text
stringlengths
71
459
label
int64
0
2
नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्यान्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्यान्डबीच शुक्रबार भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्यान्ड जान पाउने भएका हुन् । दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता नवीकरण भएको हो ।
0
सेयर कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने भएको छ । मंगलबार जारी भएको आर्थिक वर्ष ०७५/७६ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो । यो व्यवस्थासँगै सेयर बजारमा करिब डेढ वर्षदेखि चल्दै आएको भ्याटबारेको विवाद अन्त्य भएको छ ।
0
धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा सोमबारमा नेपाल पुलिस क्लबले पोखराको सहारा क्लबलाई सडनडेथमा हराउँदै सेमिफाइनल पुगेको छ । 
2
दाबेदार चितवन राइनोज नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटमा लगातार दोस्रो खेलमा पराजित भएको छ । चितवनलाई पोखरा राइनोजले ५ विकेटले पराजित गर्‍यो । प्रतियोगितामा पहिलो विजय हात पार्ने आशामा रहेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ४० रन बनाएको थियो ।
2
हेम्जाका केशव त्रिपाठी हरेक दिन विहानै शान्तिवनस्थित तरकारी तथा फलफूलको थोक बजारस्थल पुग्छन् । दिनदिनै संकलन हुने तरकारी लिएर भ्यानसँगै बजार आइपुग्ने उनी आफैँ किसान पनि हुन् । 
0
पछिल्लो संस्करणको उपविजेता मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७५ को दसौं चरणमा आएर पहिलो जित हात पारेको छ । शुक्रबार उसले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सरस्वती युवा क्लबमाथि ४–२ को जित रच्दै यो सिजन पहिलोपल्ट ३ अंक जोडेको हो ।
2
आयोजक रुस आइतबार स्पेनलाई पेनाल्टी शुटआउटमा ४–३ ले पराजित गरी विश्वकपको क्वार्टरफाइनल पुगेको छ । रुसले सेमिफाइनलमा प्रवेश पाउन डेनमार्क र क्रोएसिया बीचको विजेतासँग खेल्नु पर्नेछ ।
2
चौथो संस्करणको झापा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । गोल्डकप फागुन १८ देखि २७ गतेसम्म चल्नेछ । गोल्डकपका लागि अहिले प्रचारप्रसार, मैदान, प्याराफिट निर्माण, विभिन्न संघसंस्था, जनप्रतिनिधिसँगको छलफललगायत कार्यहरू अन्तिम चरणमा पुगेको आयोजक झापा गोल्डकपका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए ।
2
इंग्लिस एफए कपअन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेडले हडर्सफिल्ड टाउनलाई २-० ले पराजित गरेको छ । युनाइटेडको जितमा दुवै गोल रोमेलु लुकाकुले गरे । उनले खेलको तेस्रो र ५५ औं मिनेटमा गोल गरे ।
2
सूर्य नेपाल गल्फ टुर २०१७/१८ अन्तर्गत सिजनको सातौं प्रतियोगिता वेस्टर्न ओपन बुधबार पोखराको हिमालयन गल्फ कोर्समा सुरु हुँदै छ । २५ व्यावसायिक तथा १८ एमेच्योरसहित ४३ गल्फरले प्रतिस्पर्धा गर्नेछन् । ७० पारको हिमालयन गल्फ कोर्समा गत सिजन शिवराम श्रेष्ठले उपाधि जितेका थिए ।
2
रुस्लान धनगढी प्रिमियर लिगको उपाधि टिम चौराह धनगढीले उचालेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि उचालेको हो । १८२ रनको लक्ष्य लिएर आएको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १६० रनमा रोकेपछि चौराहले उपाधि उचाल्न सफल भएको थियो । तस्बिरमा हेरौं डीपीएल-२ को फाइनल ।
2
चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा १ अर्ब २३ करोड रुपैयाँ मात्र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो करिब ७६ प्रतिशतले कम हो ।
0
भीमेश्वर नगरपालिका जिलुकी सपना चौलागाईंले मिस दोलखा–२०१८ को ताज जितेकी छन् । सदरमुकम चरिकोटमा पहिलोपटक आयोजित प्रतिस्पर्धामा २१ जनालाई उछिन्दै सपना विजेता बनेकी हुन् । उनले नगद ५० हजार समेत पाइन् ।
1
पारस खड्काको शतक पन्छाउँदै यूएईले नेपालमाथि ७ रनको जितबाट विश्व क्रिकेट लिग डिभिजन २ को उपाधि हात पारेको छ । बिहीबार यूएईलाई जितेको भए उपाधिको हिसाबमा नेपालले सबैभन्दा ठूलो सफलता पाउने थियो । 
2
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा बचतका लागि रणनीति तयार पारेको छ । रणनीतिको मस्यौदामा सुझाव संकलनका लागि मन्त्रालयले सार्वजनिक गरेको हो ।
0
मिथिला चित्रकलाका लागि जनकपुर नामी छ । तिनै चित्रकलालाई संगीतसँग जोडेर अहिले एउटा सांगीतिक डकुमेन्ट्री तयार पारिएको छ । डकुमेन्ट्रीमा भनिएको छ, ‘चित्रकला र संगीतको नाता गाढा छ । यहाँको हरेक चित्रसँग आफ्नै गीत छ ।’
1
हेटौंडामा ४० वर्षमाथिको चौथो भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडा भेट्रान्सको आयोजना र हेटौंडा उपमहानगरपालिका–६ को सहआयोजनामा प्रतियोगिता चौघडामा मंसिर १९ देखि २२ सम्म हुनेछ । 
2
बाइसौं राष्ट्रिय महिला भलिबलमा तीन विभागीय टोली र प्रदेश ५ सेमिफाइनल पुगेका छन् । विभागीय टोली त्रिभुवन आर्मी र पुलिस क्लबले बिहीबार दोहोरो जित पाउँदा एपीएफले पनि एक जित पाएको छ । 
2
तुलसीपुर उपमहानगरपालिका १७ बेलझुन्डीमा बुधबार रंगशाला शिलान्यास गरिएको छ । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले रंगशाला शिलान्यास गरे ।
2
ठाउँ धेरै ठाउँ घुम्ने अवसर जुरेको छैन । सुटिङका बेला सजिलै पुगिने पोखरा हो । त्यसैले पनि होला, त्यहाँको दृश्य निकै मन पर्छ ।
1
पोखराको फेवाफाँटमा धान दिवस एवं १५ औं असारे रोपाइँ महोत्सव मनाइएको छ । पोखरा पर्यटन परिषद्ले फेवा तालपारि पामेको चार रोपनी खेतमा महोत्सव आयोजना गरेको हो ।
0
त्रिभुवन आर्मी क्लबले क्वीक्स बास्केटबल लिगमा शतप्रतिशत जित यात्रालाई निरन्तरता दिँदै सोमबार हिमालयन हाउन्ड्सलाई ७१–५० स्कोरले पराजित गरेको छ ।
2
फ्लडलाइटमा सञ्चालन हुने विराट गोल्डकप फुटबलको पाँचांै संस्करणमा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
2
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ । 
2
माओत्से गुरुङद्वारा निर्देशित चलचित्र ‘मनको बाबरी’आगामी असार ३ गतेदेखि धमाधम प्रदर्शन हुने भएको छ । नेपाली समाजमा रहेको रुढीवादी संस्कारका कारण महिलाले भोग्ने गरेको पीडा समेटेर निर्माण गरिएको चलचित्र मनको बाबरीको पहिलो प्रदर्शनी असार ३ गते रामबजार–१५, पोखरामा हुने भएको हो ।
1
राष्ट्र बैंक ऐन पारित भएको करिब डेढ वर्ष नपुग्दै संशोधनको तयारी भएको छ  । डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित समितिले राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधनका लागि आन्तरिक गृहकार्य सुरु गरेको हो  ।
0
नेपाली लेगस्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै बिग बासमा मेलबर्न स्टार्सले जित हासिल गरेको छ । मेलबर्न क्रिकेट मैदानमा आइतबार भएको खेलमा उनले बिग बासमा उत्कृष्ट प्रदर्शन गरे ।
2
सुरुआती १० मिनेटभित्रै विपक्षीलाई गोल सुम्पिँदा च्यासल युथ क्लब पोखरामा जारी छैटौं मनकामना पोखरा कप फुटबलबाट बाहिरिएको छ । क्यामरुनी क्लब डफिन्स फेमिलीले बुधबार च्यासललाई १–० ले पराजित गर्दै अन्तिम आठ सुरक्षित गरेको हो ।
2
सुदूरपश्चिमको प्रतिष्ठा बनिरहेको धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करण फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ । माघ १९ देखि हुने डीपीएलका लागि दुई महिनाअघिदेखि नै फाप्लामा पिच निर्माणको काम धमाधम भइरहेको छ । 
2
सीवाइसी अत्तरिया तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अत्तरियाले बुधबार धनगढीस्थति फाप्ला क्रिकेट मैदानमा काठमाडौं गोल्डेन्सलाई पहिलो क्वालिफायरमा ४१ रनले पराजित गर्‍यो ।
2
पाँच वर्षदेखि सामाजिक क्षेत्र सहयोगका लागि आयोजना गरिदै आएको ‘नेपाल आईस धरान रन नेवा च्यारिटी’ को तयारी पूरा भएको छ ।  
2
भलिबल कप्तान जनक खड्का डोटीका स्थायी बासिन्दा हुन् । तर उनी अधिकांश राष्ट्रियस्तरको भलिबल प्रतियोगितामा महेन्द्रनगर र धनगढीको नेतृत्व गर्छन् । उनको खेल त्यतिमा मात्र सीमित छैन । सुर्खेतको चुली युथ क्लबको कप्तानी जिम्मा पनि उनैमा छ । 
2
तमोर तटीय क्षेत्रका खडेरी पीडित किसानलाई छथर गाउँपालिकाले क्षतिपूर्ति दिने भएको छ ।
0
सुनौली नाकामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण आयोजना १४ वर्षदेखि अलपत्र छ । भारतीय पक्षले काम अगाडि नबढाएकाले अलपत्र परेको हो ।
0
रूपन्देही च्यालेन्जर्सले लगातर दोस्रो जित हात पार्दै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा प्लेअफको बाटो समातेको छ । दुईपल्टको डिफेन्डिङ च्याम्पियन धनगढी स्टार्स भने लगातार दोस्रो खेलमा पराजित भएपछि संकटमा परेको छ । 
2
काठमाडौं– फिल्म ‘ड्रिम्स’ बाट ब्रेक पाएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह त्यसपछि ‘ए मेरो हजुर २’ मा डेब्यु एक्टर सलिनमान बानियाँसँग देखिइन् ।
1
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १.२८ प्रतिशतले घटयो । अघिल्लो दिनको तुलनामा करिब साढे १६ अंकले घटेपछि सोमबार नेप्से परिसूचक १ हजार २ सय ८७. ७४ विन्दुमा ओर्लेको हो । यो करिब एक वर्षयताकै न्यून हो ।
0
वाढीले उब्जाउ जमिन बगर बनेपछि बिचल्लीमा परेका कैलाली मोहनपुर र ललितपुरका कृषकका लागि त्यही बगर अहिले वरदान सावित भएको छ ।
0
नेपाल स्टक एक्सचेन्जमा यो साताभरको कारोबार रकम करोड रुपैयाँमा सीमित भएको छ । एक्सचेन्जका अनुसार सातामा ९१ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
0
स्पेनिस ला लिगा अन्तर्गत बुधबार रियल म्याड्रिड र एथ्लेटिक बिल्बाओबिचको खेल १–१ को बराबरीमा टुंगिएको छ ।
2
व्यास गाउँपालिका ४ सुन्सेराका मानसिंह कुँवर तरकारी उत्पादनमा लागेका छन् । गाउँपालिकाले कृषि पेसा गर्नेहरूलाई कृषि सामग्रीहरू अनुदानमा सहयोग गर्न थालेपछि उनीसँगै अन्य स्थानीयबासी समेत कृषि पेसामा जुट्न थालेका छन् । तर, यातायात र बजारको समस्या छ ।
0
तीन वर्षअघि प्रदर्शन भएको ‘वडा नम्बर छ’ फिल्मको ‘सुर्के थैली खोइ...’ गीतले कीर्तिमानी कायम गर्‍यो । फिल्मी गीतमा लोकलयको लहर ल्याउनुमा यसलाई जस दिन सकिन्छ ।
1
नेपाल क्रिकेट संघको विवाद निकासतर्फ अगाडि बढेको संकेत देखिएको छ  । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले झन्डै साढे दुई वर्ष निलम्बन गरेको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिले सर्वोच्च अदालतको विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रियामा जाने जनाएपछि नेपाली क्रिकेट नयाँ कदमतर्फ अगाडि बढ्न लागेको हो  ।
2
कुनै समय थियो, राजधानीका नाट्य फेस्टिभलहरूमा दूरदराजबाट कलाकारहरू आउँथे  । यति बेला भने मोफसलमै रंगमञ्चीय गतिविधि बढ्दै छ  ।
1
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा उत्पादित सबै विद्युत् सरकारले किन्ने प्रतिबद्धता जनाएका छन् । सरकारले विद्युत्को बजार खोज्ने भन्दै ढुक्क भएर लगानी गर्न उनले आग्रह गरेका हुन् । 
0
नेयमार, केयलिन एमबापे, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोविरुद्धको विश्वकप । कल्पना गर्न सकिन्छ र ? अर्को शब्दमा भन्ने हो भने विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता, तर त्यसमा कोही पनि स्टार खेलाडी छैनन् ।
2
पश्चिम सेती जलविद्युत् आयोजना निर्माणबारे चीन र नेपाल सरकारको मत बाझिएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजले बनाउने सहमति भएको आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी लगानीमै बनाउने उल्लेख छ ।
0
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले साल्केविरुद्ध पाएको ३–२ गोलको कठिन जितबाट केही नसिक्ने हो भने यस सिजन च्याम्पियन्स लिगको उपाधि जित्न नसक्ने बताएका छन् ।
2
भारतीय योगगुरु बाबा रामदेवको कम्पनी पतंजली टेलिकम क्षेत्रमा प्रवेश गरेको छ । एफएमसीजी (फास्ट मुभिङ कन्जुमर गुड्स) क्षेत्रमा एउटा ब्रान्ड बनिसकेको पतंजलीले भारतीय सरकारी टेलिकम कम्पनी भारत सञ्चार निगम लिमिटेड (बीएसएनएल) सँग सहकार्य गर्दै सिमकार्ड ल्याएको छ ।
0
पाल्पा ट्वान्टी–२० च्याम्पियन्स लिग क्रिकेटको उपाधि पाल्पाली क्रिकेट प्लेयर्स तानसेनले जितेको छ। दमकडा क्रिकेट क्लबद्वारा आयोजित स्पर्धाको आइतबार फाइनलमा पाल्पाली लेजेन्ड्स क्रिकेट क्लबलाई ११ रनले हराउँदै उपाधि जितेको हो  ।
2
‘ईकु’ उपनामले चर्चित सुलेमान शंकरको प्रस्तुति रहेको फिल्म ‘फिर्के’ को पोस्टर रिलिज गरिएको छ । पुस १४ मा रिलिज हुन लागेको उक्त फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापालगायतका कलाकारहरूको अभिनय रहेको छ ।
1
द्वन्द्व निर्देशन हुँदै फिल्म निर्देशनमा होमिएका हिमाल केसीले माघ ४ मा ल्याउन लागेको ‘पिँजडा ब्याकअगेन’ को आइतबार गीत सार्वजनिक गरियो । ‘तिमी नि आधा...’ बोलको गीतमा फिल्मकै मुख्य जोडी निखिल उप्रेती र सारा सिर्पाली फिचरिङ छन् ।
1
विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको पहिलो खेलमा नेपालले नामिवियामाथि एक विकेटको जित हात पारेको छ ।
2
कानुनत: छुवाछुत वर्जित रहे पनि समाजमा अझै यो समस्याकै रूपमा रही आएको छ । छुवाछुत र विभेदका अप्रिय घटनाहरू सञ्चारमाध्यममा समाचारको विषय बनिरहेकै छ । कालिकास्थानस्थित सर्वनाम थिएटरमा यति बेला यस्तै विषयवस्तु समेटिएको नाटक मञ्चन भइरहेको छ । राज शाहको लेखन/निर्देशन ‘बुख्याँचा मन’ ले कथित तल्लो जात र माथिल्लो जातबीच विद्यमान द्वन्द्वलाई उजागर गरेको छ ।
1
मुगु सदरमुकाम गमगढीमा यातायात पुगेको ६ वर्ष भयो । तर, सडक गाउँगाउँसम्म अझै पुगेको छैन । गमगढीसम्म पुगेको मोटरबाटोले विकट गाउँका स्थानीयबासीमा थोरै भए पनि आशा जगाएको छ ।
0
नेपालले एसिया कप छनोटका तयारीका क्रममा श्रीलंकामा सबै तीन अभ्यास खेलमा जित हात पारेको छ । कप्तान पारस खडका र दीपेन्द्रसिंह ऐरीको अर्धशतकपछि नेपालले आइतबार अन्तिम अभ्यास खेलमा कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्‍यो । 
2
साताको पहिलो दिन (आइतबार) नेप्से परिसूचक करिब साढे ४१ अंकले घटेको छ ।अघिल्ला दिनहरूमा लगातार घटेको नेप्सेमा आइतबार पनि सोही प्रवृत्ति दोहोरिएको हो ।
0
सहरिया परिवेशमा हुर्केकाहरूलाई गाउँले जनजीवन नौलो लाग्छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको याङ्जाकोटमा यतिबेला वर्षा राउत, स्वरूप ढकाल र स्वस्तिमा खड्कालाई जितु नेपाल र केदार घिमिरे (माग्नेबूढा) गाउँले जनजीवन देखाइरहेका छन् ।
1
संघीयता कार्यान्वयन तहमा गएसागै स्थानीय सरकार गठनपछि जुम्ला सदरमुकामको कारोबार ७० प्रतिशतले घटेको छ । उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलका अनुसार सदरमुकामका अधिकारहरू विक्रेन्द्रित गरिएपछि कारोबार घटेको हो ।
0
श्रीसियास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टको टोलीले सीमावर्ती भारतीय बजारबाट अवैध रूपले भित्र्याइरहेको अवस्थामा वीरगन्ज महनगरपालिका ३ इदगाह क्षेत्रबाट बुधबार कपडा नियन्त्रणमा लियो  । करिब ४ लाख रुपैयाँ बराबरका ती कपडा भन्सार राजस्व छली ल्याइएको थियो  ।
0
दर्शकलाई कमेडी स्वाद दिन सफल फिल्म ‘शत्रु गते’ ले रिलिजपछिका दुई साता सानदार व्यापार गरेको छ ।
1
युया ओसाकोले खेलको अन्तिम समयमा गोल गरेपछि जापानले दक्षिण अमेरिकी राष्ट्र कोलम्बियालाई समूह ‘एच’ को खेलमा मंगलबार २–१ ले पराजित गरेको छ । यो जितसँगै जापान कुनै पनि दक्षिण अमेरिकी राष्ट्रलाई हराउने पहिलो एसियाली राष्ट्र बन्यो ।
2
विराटनगरले दोस्रो यू–१९ इटहरी प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ । मंगलबार नेपाल डीभीएम स्कुलको मैदानमा भएको फाइनलमा विराटनगरले धनगढीलाई ३ रनले हराएर ट्रफीसँगै १ लाख रुपैयाँ पुरस्कार जितेको छ । धनगढीले ५० हजारमा बुझाएको छ ।
2
सरकारले आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले निगम कार्यकारी निर्देशकका लागि १७ आवेदकमध्ये पौडेललाई नियुक्त गरेको हो ।
0
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाललाई मन्त्रालय तानेर प्रशासन तथा अनुमतिपत्र शाखा प्रमुख पुरुषोत्तम खनाललाई निमित्तको जिम्मेवारी दिएको छ ।
0
नेपाल पुलिस क्लबलाई सडनडेथमा रोक्दै क्यामरुनी टिम डफिन्स पहिलो सहभागितामै २१ औं रेडबुल बुढासुब्बा गोल्डकप फुटबलको उपाधि दाबेदार बनेको छ । विजेता डफिन्सले शनिबार फाइनलमा आयोजक धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
2
फिल्म ‘तिमीसँग’ आइतबार राजधानीमा एक पत्रकार सम्मेलन गरी अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र २३ गतेदेखि देशव्यापी प्रदर्शन थाल्ने तयारीमा रहेको उक्त फिल्मलाई शिशिर राणाले निर्देशन गरेका हुन् ।
1
नौवटा साना तथा पाँचवटा ठूला जेट विमान गरी १४ वटा जहाज भएको सरकार स्वामित्वको ध्वजाबाहक कम्पनी नेपाल वायुसेवा निगमले स्वेतपत्र जारी गर्दै आर्थिक संकट आइपरेको भन्दै सरकार गुहारेको छ । 
0
ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । मंगलबार भएको बङ्गलादेशसँगको तेस्रो खेल एक/एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो । 
2
आफूभन्दा उच्च वरीयताका भारत र इरानलाई पराजित गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोली उडिसामा जारी हिरो गोल्डकप फुटबलको फाइनल पुगेको छ ।
2
जर्मन नागरिक पउलले सोचेका थिएनन्— कुनै दिन नेपाल पुगेर पदयात्रामा निस्कन्छु । गत वर्ष उनको भेट नौ वर्ष नेपाल बसेका हबर्ट बेडेनबेन्डरसँग भयो । हबर्टले उनलाई नेपाल जान सिफारिस गरे ।
0
मौलनाले साक्षी राखेर उर्दुमा ‘तपाईं निकाह (बिहे) गर्न मञ्जुर हुनुहुन्छ ?’ भनी सोधेपछि बेहुली एकै छिन अलमल परिन् । के भन्नेभन्ने ? बेहुलाका आफन्तले तीन चोटि ‘कबुल है’ भन्नुपर्छ भनेर सिकाएपछि उनले उसै गरिन्, ‘कबुल है, कबुल है, कबुल है ।’
1
अमेरिकी खेलाडी सेरेना विलियम्स बिहीबार भएको सेमिफाइनलमा अनास्टासिया सेभात्सोभालाई पराजित गर्दै नवौं पटक यूएस ओपनको फाइनल पुगेकी छन् ।
2
विश्वभरका हिमाल आरोहण गर्दै हिँड्ने दावा याङ्जुम शेर्पा नेपालकी पहिलो महिला माउन्टेन गाइड पनि हुन् ।
1
नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा रु ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ । 
0
जता हेरे पनि ‘हाइब्रिड’ कै प्रयोग । रैथाने बाली पाउनै मुस्किल । यही पाराले त मौलिक स्वाद हराएरै जाने भो । किसान चिन्तामा परे । त्यही चिन्ताले उपाय निकाल्यो– सबै मिलेर बीउ जोगाउने । 
0
सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाउने तयारीस्वरूप फेरि स्पष्टीकरण सोधेको छ । पहिलो स्पष्टीकरण सोधेको तीन महिनामा सरकारले शुक्रबार भण्डारीलाई अर्को स्पष्टीकरण सोधेको हो ।
0
खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले गत पुस १४ मा आफ्नै अध्यक्षतामा नेपाल उसु संघको पुनर्गठन गरेका थिए । उसुमा समानन्तर दुई संघ भएको र दुवैले कुनै किसिमको कार्यक्रम अगाडि नल्याएको भन्दै विष्टले दुवै संघ समेट्ने गरी नयाँ कार्यसमिति बनाए । उनले त्यतिबेला ३ महिनाभित्र नयाँ निर्वाचनलाई वातावरण सिर्जना गर्ने बताएका थिए ।
2
पछिल्लो समय झाँक्रीलाई मनोचिकित्सासँग जोडेर हेर्ने अवधारणा पनि पाइन्छ । नेपाली लोकबाजा संग्रहालय र सांस्कृतिक संस्थानले बुधबारदेखि राष्ट्रिय नाचघरमा सुरु गरेको सातौँ अन्तर्राष्ट्रिय लोक संगीत फिल्म फेस्टिभलको पहिलो दिन झाँक्रीलाई लोकसंगीतसँग जोडेर चर्चा गरियो ।
1
केन्द्रीय तथ्यांक विभागले मुलुकभर सबै प्रकृतिका व्यावसायिक संस्थाको संख्या ९ लाख २२ हजार ४ सय २५ रहेको तथ्यांक सार्वजनिक गरेको छ । विभागले बिहीबार राष्ट्रिय आर्थिक गणना–२०७५ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो ।
0
शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १ सय १३ रुपैयाँ २५ पैसा खर्चिनुपर्ने भएको छ । यो विनिमय दर हालसम्मकै उच्च हो । यसको अर्थ डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्ने हो । दुई दिनअघि एक अमेरिकी डलरको विनिमयदर १ सय १२ रुपैयाँ ६५ पैसा पुगेको थियो ।
0
श्रुति संगीत विद्यालयले गरेको ‘श्रुति संगीत सन्ध्या–२०७३’ मा चर्चित गायकगायिकाले प्रस्तुति दिए । संगीतकार कल्याणकारी कोषको सहयोगार्थ सोमबार नेपाल पर्यटन बोर्डमा कसन्र्ट गरिएको हो । गायक नरहरि प्रेमीले ‘यही देशको लागि...’ बोलको गीतमार्फत कार्यक्रम प्रारम्भ गरेका थिए ।
1
उद्योगहरूले विद्युत आपूर्ति सन्तुलित गर्ने क्यापासिटर बैंक नराखेका कारण विभिन्न जिल्लामा भोल्टेजको समस्या देखिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
0
पूर्वाञ्चल क्रिकेट एकेडेमीले विराट कप क्रिकेट प्रतियोगिता वैशाख २० बाट आयोजना गर्ने भएको छ । प्रतियोगिता विराटनगरको मिल्स एरियास्थित प्रहरी तालिम केन्द्रमा हुनेछ । 
2
शिवम् न्यु डायमन्ड विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ पराजित गर्दै केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पश्चिमाञ्चल भलिबल संघले पनि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो ।
2
जनकपुरमा प्रथम मिनी गिरी खुला राष्ट्रिय महिला हयान्डबल प्रतियोगिता मंगलबार सुरु भएको छ । रंगभूमि मैदानमा पहिलो दिन विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र धनगढीको टोली विजय भएका छन् ।
2
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले चिनीमा भएको आर्थिक चलखेल छानबिन गर्न पत्राचार गरेको छ । अर्थ र आपूर्ति मन्त्रालय र मातहतका विभागको मिलेमतोमा चिनी आयात बन्द गरी १२ उद्योगीको कार्टेलिङ गराएको विस्तृत छानबिन गर्न पत्रचार गरेको हो । 
0
वित्तीय संस्थाको संख्या घटाएर गुणस्तर वृद्धि गर्ने उद्देश्यविपरीत केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्था बढाएर करिब सवा सय पुर्‍याउन लागेको छ ।
0
नीलो पारीमा हेभी एम्ब्रोइडेड लहंगा चोली । फेसन डिजाइनर तेन्जिङ छितेन भुटियाले निकै मिहिनेत गरेर ब्राइडल पहिरन बनाएको यत्तिकै स्टोरमा थन्काएर राखेनन् । फेसबुकमा अपलोड गरे, आफ्नो कामले कस्तो प्रतिक्रिया पाउँछ भनेर । तर, निराश हुनुपरेन ।
1
पहिलो नेपाल आइडल बुद्ध लामा भाइटीकाको दिन पोखरा पुगे । नयाँबजारस्थित दिदीको घर गएर टीका थापे । गोवद्र्धन पूजाको दिनसम्म कन्सर्टमा व्यस्त उनी भाइटीकाको रीतिरिवाज सकिएपछि दाइदिदीसँग कार्कीडाँडा घुम्न गए । साँझ तास खेले, आफन्तसँग रमाए । समग्रमा बुद्धको तिहार गज्जबै भयो ।
1
दाबेदार चितवन राइनोज नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटमा लगातार दोस्रो खेलमा पराजित भएको छ । चितवन सोमबार पोखरा पल्टनसँग ५ विकेटले पराजित भयो ।
2
एलआरआई र रातो बंगला प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरस्कुल बास्केटबलको गर्ल्सतर्फ फाइनल पुगेका छन् ।
2
कप्तान विराट कोहलीले अविजित ६१ रन बनाएपछि भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रियमा २ बलअगावै जित हासिल गरेको छ ।
2
आयोजक नेपाल व्यायाम मन्दिरका मिलन सिजापती शनिबार १५ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा च्याम्पियन भएका छन् ।नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा उनले उपाधि जित्दा १३ औं धर्मश्री विजेता महेश्वर महर्जनलाई पछाडि पारेका थिए ।
2
तपाईंलाई मन पर्ने नयाँ नेपाली ब्यान्ड कुन हो ? प्रश्न सुनेपछि गायक मुक्ति शाक्य एक छिन टोलाए । निराशजस्तै देखिए । अनि भने, ‘विगत पाँच/सात वर्षयता नयाँ ब्यान्ड आएको छैन । रक सिनमा राम्रो गरिरहेको अन्डरसाइड छ । तर, यो नयाँ ब्यान्ड होइन ।’
1
ज्यामी ट्रेभोर ओलिभर एकजना चर्चित सेफ, होटल व्यवसायी, पाककलासम्बन्धी पुस्तकका लेखक तथा मिडिया व्यक्तित्व हुन् । ४२ वर्षीय बेलायती नागरिक उनी सानैदेखि डाइस्लेक्सिया’ रोगले ग्रसित छन् ।
0
चौवालीस वर्षअघि मस्कोमा जन्मेका एन्ड्री एन्ड्रिभ एकजना रुसी उद्यमी हुन् । आफैंले सञ्चालन गरेको डेटिङ नेटवर्किङ (एप) बाट उनी अर्बपति बनेका छन् ।
0
विराटनगर टाइटन्स र पोखरा पल्टनबीच पोखरा प्रिमियर लिग (पीपीएल) लिगको पहिलो खेल हुँदैछ  । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले कात्तिक ९ गते देखि २० सम्म पोखरामा हुने फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरेको हो  ।
2
अछामको व्यापारिक केन्द्र साँफेबगरमा १५ वर्षपछि समिट एयरको लेट विमानले परीक्षण उडान गरेको छ । हुम्लाको सिमकोटबाट नेपालगन्जका लागि उडेको समिटको विमानले साँफेबगर विमानस्थलमा ‘टचडाउन’ गरी नेपालगन्ज फर्केको थियो ।
0
सरकारले कालीगण्डकी करिडोर चौडा पार्न २० करोड रुपैयाँ निकासा गरेको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको बागलुङ र गुल्मी खण्डका लागि उक्त रकम रकमान्तरण गराएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । 
0