text
stringlengths
71
459
label
int64
0
2
टेलिकम कम्पनीले आपसी नेटवर्कमा हुने फोनमा अवरोध गरेर अस्वस्थ प्रतिस्पर्धा गरिरहेका कम्पनीका गतिविधि रोक्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले उपकरण किन्ने भएको छ ।
0
तत्कालीन श्री ३ जंगबहादुरलाई जारले काटेको कथामा आधारित नाटक ‘सोनाम ग्याल्मो’ हेर्न शनिबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बत्तिसपुतलीस्थित शिल्पी थिएटर पुगे । नाटक हेरेपछि उनले भने, ‘नाटकमा इतिहासको पुनर्व्याख्या पाएँ । तामाङ सामाजिक जीवनको यथार्थ चित्र प्रस्तुत गरी जंगबहादुरको मृत्युसम्बन्धी रहस्यलाई स्थापित गर्न खोजेको छ नाटकले ।’ 
1
तीज पर्व घर र माइतीभन्दा बाहिर निस्किएको छ । महिलाहरू अचेल पार्टी प्यालेस, ब्यांकेट, होटलतिर दर कार्यक्रम आयोजना गर्न थालेका छन् । पार्टी प्यालेस छिरेको तीजले उनीहरूको व्यवसायलाई उकासेको छ ।
0
पछिल्लो समय घटिरहेको सेयर बजार परिसूचकसँगै बुधबार एक वर्षयताकै थोरै रकमको कारोबार भएको छ । घटदो नेप्सेले लगानीकर्तालाई कारोबार गर्न निरुत्साहित बनाएकाले कारोबार रकममा गिरावट आएको जानकार बताउँछन् ।
0
डफिन्स एफसी क्लब क्यामरुन बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकप फुटबलको फाइनल पुगेको छ । उसले शुक्रबार एन्फा एकेडेमीको खेल मैदान देवीनगरमा आयोजक लाली रूपन्देही–११ लाई २–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो । घरेलु मैदानमा दर्शकको राम्रो साथ र समर्थनका बाबजुत आयोजकले पराजय बेहोर्‍यो । आयोजक गत वर्षको उपविजेता हो ।
2
नियमित कप्तान भरत खवास दुई पहेँलो कार्डका कारण निलम्बनमा परेपछि एन्फा कम्प्लेक्समा बुधबार थ्रीस्टारविरुद्ध आर्मीको कप्तानी गर्ने अवसर नवयुग श्रेष्ठले पाएका थिए ।
2
नेपालकै सर्वधिक पुरस्कार राशिको नकआउट फुटबल सुदूरपश्चिम खप्तड गोल्डकपको तेस्रो संस्करणलाई सीजी समूहको नेपाल आइसले मुख्य प्रायोजन सम्झौता नवीकरण गरेको छ ।
2
विराटनगर घर भएका हरिओम ट्रेडिङका सञ्चालक ५४ वर्षीय कुलप्रसाद राजभण्डारीलाई गत वर्ष भदौमा मदिराको अन्त:शुल्कको नक्कली स्टिकर आयात प्रकरणमा प्रहरीले पक्राउ गर्‍यो । गत साता आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख गोपीकृष्ण कोइरालाको इजलासले उनीसहित ८ जनालाई उक्त मुद्दामा जनही १/१ वर्ष कैद र जनही ६ करोड ७८ लाख रुपैयाँ जरिवाना असुल गर्ने फैसला सुनायो ।
0
काठमाडौंमा शुक्रबार सकिएको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) सम्मेलनमा सदस्य राष्ट्रबीच विद्युत् आदानप्रदान गर्नेबारे सहमति जुटेको छ ।
0
पर्यटन प्रवद्र्धनका लागी नेपाल क्यानोनिङ एसोसियसनले यही  जेठ २५ र २६ गते क्यानोनिङ महोत्सव आयोजना गर्ने भएको छ । एसोसियसनले धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको रानी झर्नामा क्यानोनिङ महोत्सव गर्न लागेको हो ।
2
यस्तै परिस्थितिमा हो नेपाली फुटबलमा ललितकृष्ण श्रेष्ठको अनुपस्थिति खडकने । उनी अब फेरि फर्कने त छैनन् तर उनी आफूलाई बेस्वाद र बेथितिको केही काम भयो कि एक शब्द दोहोर्‍याइहाल्थे ‘लटरपटर’ । यति सम्झना नेपाली फुटबलसँग नजिक रहेका सबैलाई छ ।
2
२० वर्षीया आकांक्षा (स्वस्तिमा) अस्ट्रेलिया जाने चक्करमा छे । सम्पन्न परिवारकी एक्ली छोरी भए पनि आकांक्षाका लागि आमा उमा (प्रियंका) नै विदेश सपनाको तगारो बनिदिन्छे । आफ्नै बलबुताले जान लागेकी ऊ आईईएलटीएसमा नम्बर कम आएपछि ‘डिपेन्डेन्ट भिसा’ को वैकल्पिक बाटोमा होमिन्छे ।
1
यो साताको कुल कारोबारमा वाणिज्य बैंक सम्मिलित बैंकिङ समूहको हिस्सा करिब ६६ प्रतिशत छ । सामान्य अवस्थामा कुल कारोबारमा बैंकिङ समूहको हिस्सा ४५ देखि ५२ प्रतिशतसम्म रहँदै आएको छ  ।
0
नाओमी ओसाकाले शनिबार चेक गणतन्त्रकी पेट्रा भिटोभालाई हराउँदै अस्ट्रेलियन ओपन जितेकी छन् । उनी यस्तो उपलब्धि हात पार्ने पहिलो जापानी खेलाडी पनि भएकी छन् । 
2
उपहार सबैलाई मन पर्छ । ‘सरप्राइज्ड गिफ्ट’ त झनै गज्जब लाग्छ । हाम्रा सेलेब्रिटीले केकस्तो सरप्राइज्ड गिफ्ट पाएका छन् ? थाहा पाऔं, उनीहरुकै शब्दमा :
1
प्रतियोगिता सकिएपछि उपाधिमै रमाएर बस्ने परिपाटीबाट अलग छन् बेलायतका सुन्दरीहरु । प्रतियोगिता चालु हुंदा उनीहरुले नेपालका लागि च्यारिटी काम गर्ने एउटा वाचा गरेका थिए, त्यो शनिबार पुरा गरे ।
1
इलाममा प्याराग्लाइडिङको सम्भावना अध्ययन थालिएको छ । जिल्लाका विभिन्न सम्भाव्य स्थानमा प्याराग्लाइडिङ परीक्षण गर्दै हिँड्ने टिम बाक्लै भेटिने गरेका छन् ।
0
कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आशीर्वाद पेन्ट्स नेपालगन्ज कप क्रिकेटमा दंगाली गोर्खाज् फाइनल पुगेको छ ।
2
झन्डै चार दशकअघि बनेको गुरुयोजना तीन वर्षभित्रै पूरा गर्न लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्ने भएको छ । 
0
फिल्म महोत्सव प्राय: राजधानीकेन्द्रित छन् । यस्तोमा पहिलो पटक हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) भने पोखरामा हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले गर्न लागेको उक्त महोत्सव माघ १९ देखि चार दिनसम्म पोखराको उद्योग वाणिज्य संघमा चल्नेछ । पत्रकार सम्मेलनमा सोमबार बताइए अनुसार महोत्सवमा ५३ लामा–छोटा फिल्म देखाइनेछन् ।
1
जोसे जिमिनेजको ८९ औं मिनेटको हेडर गोलसँगै उरुग्वेले इजिप्टलाई शुक्रबार १-० ले पराजित गरेको छ । स्टार खेलाडी मोहमद सलाहलाई पुरै समय बेन्चमा राखेको इजिप्टको डिफेन्सले बलियो उरुग्वेको आक्रमण निस्तेज पारेको थियो ।
2
मोहम्मद सलाहले लगातार छैटौं खेलमा गोल गरेपछि लिरभपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार राति वेस्ट ह्यामलाई ४–० ले हरायो । एनफिल्डमा प्राप्त यस जितपछि लिभरपुल लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । 
2
पर्यटन प्रर्वद्धनका लागि सय किलोमिटरको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘वालिङ १०० अल्टिमेट एमटीबी च्यालेन्ज’ सुरु भएको छ । 
2
भनिन्छ– बालबालिका काँचो माटोबराबर हुन्छन् । भविष्यमा केही बनून् भनेर उनीहरूलाई बेलैदेखि आकारविशेषमा ढाल्दै जानुपर्छ । कति बालबालिकाले भविष्यमा के बन्ने भन्ने लक्षण सानैमा देखाइसकेका हुन्छन् भने धेरैजसोलाई अभिभावकको मार्गदर्शनको खाँचो परिरहन्छ । प्रतिभा भएकालाई पनि उत्प्रेरणा, भरथेग, हौसला लगायतको आवश्यकता परिरहन्छ ।
1
ऋण लिँदा तोकिएको सर्त वा ब्याजदर परिवर्तन भएको कारण ऋणीले अग्रिम कर्जा भुक्तानी गर्न चाहे बैंकले अबदेखि थप शुल्क लिन नपाउने भएका छन् ।बैंक तथा वित्तीय संस्थाले एकतर्फी रूपमा ब्याज नबढाऊन् र सर्तहरू नतोडून् भन्ने उद्देश्यले ‘एकीकृत निर्देशिका ०७५’ मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
0
नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मुल्यमा वृद्धि गर्ने निर्णय गरेको छ । निगमले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धी गरेको जनाएको छ ।
0
केही विदेशीसहित गैरआवासीय नेपालीको पहिलो विश्व विज्ञ सम्मेलन सुरु भएको छ  । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा राजधानीमा शुक्रबार विज्ञ सम्मेलन सुरु भएको हो  ।
0
राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनसहित खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन चाँडै गर्न माग गरेका छन् ।
2
गुरुङ समुदायले पुरानो वर्ष कुकुर वर्ग ‘खि’ ल्होलाई बिदाइ गरी नयाँ वर्ष ‘फो’ ल्हो मृग वर्गको स्वागत गरेको छ । 
1
नेपाल आयल निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी इन्धनको भाउ बढाएको छ । निगमका अनुसार काठमाडौंका उपभोक्ताले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर थप दुई रुपैयाँ तिर्नुपर्नेछ । पेट्रोलको मूल्य प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर मूल्य ९७ रुपैयाँ कायम गरिएको छ ।
0
गुणस्तरीय इन्टरनेट प्रयोगकर्ताको संख्या उल्लेख्य बढेको छ । एक वर्षको अवधिमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या तीन गुणा बढेको छ ।
0
मुलुक संघीयतामा गएपछि पनि अधिकांश वित्तीय सेवा सुविधा अझै काठमाडौं उपत्यका (प्रदेश तीन) मै केन्द्रित छ । बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेपको करिब ७२ प्रतिशत र ती संस्थाबाट प्रवाह भएको कुल कर्जाको ५७ प्रतिशत हिस्सा प्रदेश तीनमै रहेकाले यस्तो देखिएको हो ।
0
स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले घरेलु मैदानमा अलाभेसलाई २-१ ले पराजित गरेको छ ।
2
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीन व्यापार सम्झौताको नजिकतिर पुगेको बताएका छन् । बेइजिङसँगको उक्त सम्झौताकै एक अंशका रूपमा चिनियाँ टेलिकम कम्पनी हुवावेले झेल्दै आएको आपराधिक अभियोगको मुद्दासमेत सुल्झिन सक्ने उनको भनाइ छ । 
0
असार मसान्तसम्ममा मुलुकभर अघिल्लो वर्षको तुलनामा धेरै क्षेत्रमा धान रोपाइँ भएको छ ।  बेलैमा पर्याप्त वर्षा भएकाले रोपाइँ बढेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार असार मसान्तसम्म ६४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।
0
गायकीबाट सबैको मन जित्दै आएका अरिजित सिंह अहिले विवादमा तानिएका छन् । एउटा पुरानो भिडियो सामाजिक सञ्जालमा आएपछि उनको पक्ष/विपक्षमा बोल्नेदेखि मजाक उडाउनेहरूसम्म सलबलाएका छन् । भिडियोमा उनी ‘रकस्टार’ फिल्मको ‘नादान परिंदे...’ गाइरहेका देखिन्छन् । गाउँदै जाँदा माइक निहुरिन्छ अनि उनी एक्कासि मुख छाड्छन् । 
1
खाद्य संस्थानले दसैंका लागि खसीबोका तथा च्यांग्राको बजारमा नाम मात्रैको उपस्थिति जनाएको छ  । दैनिक ३ हजारभन्दा बढी खसीबोका किनबेच हुने काठमाडौं उपत्यकाका लागि उसले एक/एक हजार खसीबोका र र च्यांग्रा खरिद गर्ने लक्ष्य राखेको थियो  ।
0
दुवै हातमा बीस मिटर लामो रेसमको सल फर्फराउँदै नाच्दा उनी परीकथाकी राजकुमारीझैं लाग्थिन् । नीलो–सेतो चिनियाँ जामामा सजिएर उनले ‘डिप नाइट’ शीर्षकमा लोक नृत्य देखाइन् ।
1
अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिना (पुस) मा रेमिटयान्स आप्रवाहमा करिब २ अर्ब रुपैयाँले कमी आएको छ । उक्त अवधिमा रोजगारीका लागि विदेसिने कामदारको संख्या घट्नुका साथै पैसा ओसारपसार गर्ने हुन्डीलगायत गैरकानुनी माध्यमहरू सक्रिय बन्दै गएकाले रेमिटयान्समा कमी आएको विज्ञहरू बताउँछन् । 
0
पर्सा बारा औद्योगिक करिडोरका उद्योगले मागअनुरूप सहज रूपमा ढुवानी गर्न नसक्दा सिर्सिया सुक्खा बन्दरगाहमा ठूलो परिमाणमा डन्डी उद्योगका कच्चा पदार्थ थन्किएका छन् ।
0
वरिष्ठ कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा बुधबार बिहान निधन भयो । फोक्सो, मुटु र मृगौलामा समस्या झेल्दै आएका उनले मैतीदेवीस्थित आफ्नो निवासमा अन्तिम सास फेरे ।
1
रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले विभिन्न क्षेत्रमा परीक्षण गरिएका बहुराष्ट्रिय कम्पनीका हाईब्रिड (वर्णसंकर) मकैको ‘परीक्षण मूल्यांकन’ सुरु गरेको छ ।
0
सोमपाल कामी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा ५ विकेट लिने नेपालको पहिलो बलर बनेका छन् । दायाँहाते तीव्र गतिका बलर उनी आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा पनि टिमले जितेकोमा बढी खुसी थिए । उनको प्रदर्शनमा नेपालले शनिबार दोस्रो खेलमा यूएईलाई १ सय ४५ रनले पराजित गरी शृंखला १–१ को बराबरीमा ल्याएको छ ।
2
धान रोप्ने बेलामा सरकारले उत्पादनको एकदेखि दुई प्रतिशत खरिद गर्ने आश्वासन किसानलाई दिएको थियो । धान काटिसक्ने बेला सरकारले त्यो आश्वसन पूरा गरेन ।
0
अघिल्ला दुई दिन लगातार घटेको सेयर बजार मंगलबार करिब ६ अंकले सुधार भयो । दिनभरको कारोबारमा समग्र नेप्से परिसूचक ०.५१ प्रतिशत बढेर १ हजार १ सय ९९ विन्दुमा पुगेको छ ।
0
सीवाइसी अत्तरियाले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै उपाधि उचालेको हो ।
2
ए डिभिजन टोलीको सहभागितामा हुने लालबन्दी गोल्डकप फुटबलको तयारी पूरा भएको छ । लालबन्दीको राधाकृष्ण खेल मैदानमा बिहीबार गोल्डकप सुरु हुँदै छ ।
2
अघिल्लो वर्ष भारत भ्रमण गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको लगानीमा सञ्चालित जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा तीव्रता दिने आश्वासन दिएका थिए ।
0
ठेकेदारले विद्युत्गृह समयमै मर्मत नगर्दा जुम्लाबासी अध्याँरोमा बस्न बाध्य छन् । भारतीय पासी शुभकामना जेभीले विद्युत्गृहमा रहेको टर्बाइन र आवश्यक उपकरण जडान गर्ने जिम्मेवारी २०७२ पुस महिनादेखि लिएको थियो । 
0
विश्वका कयौं अर्बपतिहरू आफूसँग अथाह सम्पत्ति भएर पनि सस्तो कार चढछन् । सादा जीवन अपनाउँछन् । परोपकारी सेवामा आफ्नो सम्पत्तिको केही रकम मन खोलेर दान गर्छन् । अझ रोचक त के छ भने तिनीहरूले सस्तो मूल्यका कार प्रयोग गर्छन् ।
0
शरद भेषावकर समावेश पोखरा पल्टन पोखरा प्रिमियर लिग (पीपीएल) को अक्सनमा बलियो टोलीमा देखिएको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीको आयोजनामा कात्तिक ९ गतेदेखि २० सम्म पोखरामा हुने फ्रेन्चाइज लिग क्रिकेटका लागि आइतबार भएको अक्सनमा पोखरा पल्टनले विनोद भण्डारी, रोहितकुमार पौडेललगायत खेलाडी लिएको छ ।
2
‘अब किराको जमाना पनि गएजस्तो छ । दुई महिना किरा (यार्सा) टिपेर वर्षभरि मोज गर्न पाइहालिन्छ भनेर खेतीपाती लाउन छाडें । खेत पनि बाँझो भयो, किरा पनि सकियो,’ साविक काँडा गाविस (हाल साइपाल गाउँपालिका) का पूर्वअध्यक्ष गोपाल बोहराले बझाङ सदरमुकाम, चैनपुरमा अनौपचारिक कुराकानीका क्रममा चिन्ता व्यक्त गरे । 
0
यतिबेला राष्ट्रिय भलिबल टोली उत्कृष्ट फर्ममा छ । गत वर्ष माल्दिभ्स र बंगलादेशमा सम्पन्न तेस्रो र चौथो सेन्ट्रल जोन भलिबलको प्रदर्शनले खेलाडीलाई अझै उत्साहित बनाएको छ । तेस्रो सेन्ट्रल जोन प्रतियोगितामा तेस्रो भएको नेपाली टोली चौथो संस्करणमा सेमिफाइनल पुगेको थियो ।
2
सञ्चारकर्मी प्रकाश सुवेदी पनि फिल्म निर्देशनमा उत्रने भएका छन् । यसअघि ‘हर्के हल्दार’ र ‘रिसानी माफ’ नामक टेलिसिरियल निर्देशनको अनुभव लिइसकेका सुवेदीले शनिबार नयाँ फिल्म ‘बकम्फुसे राजा’ निर्माणको घोषणा गरेका हुन् ।
1
इजरायली फिल्म ‘सिनोनियम्स’ लाई उत्कृष्ट फिल्मको गोल्डेन बियर सुम्पिँदै ६९ औं बर्लिन फिल्म फेस्टिभल सकिएको छ । इजरायलबाट फ्रान्स आएको यहुदी युवाले पेरिसमा आफ्नो पहिचान लुकाउन गर्ने प्रयत्नबारे यो फिल्म बनेको छ । फिल्मलाई इजरायली निर्देशक नादाव लुपिडले निर्देशन गरेका हुन् । यो उनको आफ्नै भोगाइमा आधारित फिल्म हो ।
1
चीन, थाइल्याण्ड, नेपाल र टर्कीसहित चार वटा मुलुकका पाँचवटा सहरको यात्रामा निस्केको एयरबसको पछिल्लो व्यवसायिक वायुयान एयरबस २२० काठमाडौंको दुई दिने प्रर्दशनी सकेर फर्केको छ ।
0
सर्वसाधारणको सम्पत्ति कुम्ल्याएर सहकारी संस्था भाग्ने क्रम अझै रोकिएको छैन । फितलो नियमन र संस्थागत सुशासनको अभावमा सहकारी संस्था समस्याग्रस्त हुने र भाग्ने क्रम नरोकिएको हो । हाल मुलुकभरबाट ८३ वटा सहकारी संस्था फरार रहेको सहकारी विभागको तथ्यांक छ ।
0
नेपाल निर्माण व्यवसायी महासंघले समयमा निर्माण सम्पन्न नहुनुको मुख्य कारण व्यवसायीले क्षमता भन्दा बढी काम लिनु रहेको जनाएको छ।
0
नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । एसियन कप २०१९ छनोटको अन्तिम खेलमा नेपालले दोहामा मार्च २७ मा यमनको सामना गर्दै छ । त्यसपछि नेपालले अप्रिल १ मा मलेसियाविरुद्ध उसैको मैदानमा खेल्ने एन्फाले बिहीबार जनाएको छ ।  ।
2
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पद सम्हालेपछि मन्त्री मातृका यादवले ठूला व्यवसायलाई लक्ष्य गरी बजार अनुगमन गर्ने बताएका थिए । मुहानै सफा भएपछि बजार स्वत: सफा र व्यवस्थित हुने बताउँदै उनले उपभोक्ता ठग्ने ठूला व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने दाबी गरे ।
0
पटिहानीमा प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल शनिबार सुरु भएको छ । पहिलो दिन शिवम् न्यु डायमन्ड एकेडेमी, विभागीय टोली त्रिभुवन आर्मी र एपीएफ क्लब विजयी भएका छन् ।
2
नेपाल आइडल बनेपछि आफ्नो जीवन कायापलट भएको बुद्ध लामाले बताएका छन् । मंगलबार पहिलोपटक पत्रकार सम्मेलनमा उपस्थित भएका उनी केही छिन् भावुक पनि बने ।
1
विसं २०५२ मा जुम्लाबाट बर्दिया हिँडेका मानवशास्त्री डोरबहादुर विष्ट त्यसपश्चात् हराए । उनी कहाँ गए, के भए अझै अत्तोपत्तो छैन । उनी हराउनुका अनेक कारण र तर्क सुन्नमा आएका छन् । केहीले उनलाई भारतमा प्रत्यक्ष भेटेको दाबीसमेत गर्दै आएका छन् ।
1
ढासुब्बा रेडबुल गोल्डकप फुटबलको उपाधि जित्न राष्ट्रिय स्तरका अनुभवी खेलाडीको टोली रुस्लान थ्रीस्टार क्लब र युवा जोसले भरिएको विभागीय टोली नेपाल पुलिस क्लब शनिबार धरान रंगशालामा उत्रँदै छन्।
2
लभस्टोरीमा आधारित नेपाली फिल्म ‘लिलिबिली’ को मुलुकबाहिर सुटिङ सकिएको छ । ५० दिन लामो युरोपको सुटिङ यात्रा हालै टर्कीको इस्तानबुलमा प्याक अप भएको फिल्मका निर्देशक मिलन चाम्सले जनाए ।
1
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार करिब डेढ अंकले घटयो । अघिल्लो दिनको तुलनामा ०.१२ प्रतिशतले कमी आएको नेप्से १ हजार १ सय ८८.२१ विन्दुमा ओर्लेर बन्द भएको छ ।
0
दक्षिण अफ्रिकाका तीव्र गतिका बलरले सुरुआतमै लगातार विकेट लिएपछि दोस्रो टेस्टमा भारत समस्यामा परेको छ । घरेलु टोलीले टेस्टको चौथो दिन प्रस्तुत गरेको २ सय ८७ रनको लक्ष्य पछयाइरहेको भारत दिनको खेल सकिँँदासम्म ३५–३ को स्थितिमा छ ।
2
हाइलाइफ मोरङ एफसीले ललित स्मृति युथ यू–१८ च्याम्पियनसिप फुटबलमा आइतबार नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध पारेको छ ।
2
शाहिद कपुर र उनकी पत्नी आफ्नो दोस्रो सन्तानको पर्खाइमा रहेका बेला शाहिदकी पूर्वप्रेमिका करिना कपुर खानको भने दोस्रोपटक आमा बन्ने कुनै योजना देखिँदैन । यसको अर्थ के पनि हुन सक्छ भने तैमूर सैफ अली खान र बेबोको एक्लो सन्तान भइरहन सक्छन् ।
1
हलिउड नायिका/गायिका सेलेना गोमेज आफ्नो स्वास्थ्य स्थितिलाई लिएर खुला किताबझैं छिन् । सन् २०१५ मा उनले आफूलाई ‘लुपस’ नामक रोग लागेको बताएकी थिइन् । पूर्ण निर्मूल पार्न नसकिने उक्त रोगसँग लड्न नियमित केमोथेरोपी गराउनुपरेको थियो ।
1
कप्तान पारस खडकाले टिम सूची म्याच रेफ्रीलाई बुझाउने छन् । टसको सिक्का सम्भवत: घरेलु टोली भएकाले नेदरल्यान्ड्सका कप्तान पिटर सिलारसँग हुनेछ ।
2
रक्सी उत्पादक कम्पनीले नक्कली अन्त:शुल्क स्टिकर प्रगोग गरेको भेटिएको छ । आन्तरिक राजस्व विभागको अनुगमन टोलीले विभिन्न उद्योग र डिलरमा गरेको अनुगमनमा यस्तो फेला परेको हो ।
0
नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्झौता गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा हुने सम्झौताको प्रस्ताव मन्त्रिपरिषद्ले आज पारित गरेको हो ।
0
कुशल मेन्डिस र एन्जेलो म्याथ्युजको सानदार साझेदारी तोड्न असफल भएपछि न्युजिल्यान्डले श्रीलंकाविरुद्ध वर्षाले प्रभावित पहिलो टेस्टमा बराबरी खेलेको छ । 
2
आयोजक जिम्बावे र स्कटल्यान्डले पहिलो दुवै खेल जितेपछि विश्वकप छनोट क्रिकेटमा नेपालका लागि धेरै समीकरण बाँकी छैन । जिम्बावेमा भइरहेको प्रतियोगितामा नेपालले बाँकी ३ खेलमा स्पष्ट विजय हात पार्नुपर्छ । सुपर सिक्समा पुग्न अफगानिस्तान र हङकङको चाहिँ खेल जित्नैपर्छ ।
2
रंगमञ्चप्रेमीलाई खुसीको खबर । नाटक हेर्न अब थिएटर धाउनु पर्दैन । सिंगो थिएटर नै तपाईंलाई खोज्दै आउँदै छ । पूर्वी प्रदेशका विभिन्न ८ सहरमा मण्डला थिएटरका कलाकारहरू घुम्ती थिएटर ‘जुनकिरी’ लिएर आइपुग्दै छन् ।
1
पूर्वी रुकुमको सिस्ने गाउँपालिकाका २ वडाका १ सय १० पसलमा गरिएको अनुगमनमा विभिन्न कैफियत फेला परेको छ । ५ र ६ नम्बर वडास्थित बजार अनुगमनमा अधिकांश पसलमा कुनै न कुनै कैफियत भेटिएको अनुगमन समितिले जनायो ।
0
एउटा संस्थामा दस प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने कानुनी व्यवस्था भए पनि करिब आधा दर्जन संस्थामा रहेको बढी सेयर राष्ट्र बैंकले अझै बिक्री गर्न सकेको छैन । कानुन पालना गराउने मुलुकको केन्द्रीय बैंक नै जवाफदेही बन्न नसक्दा यस्तो अवस्था आएको हो ।
0
अभिनेत्री रेखा थापा र कलाकार/निर्देशक लय संग्रौलालाई हरितारा चलचित्र पुरस्कार प्रदान गरिएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा थापा र संग्रौलालाई उक्त सम्मान दिइयो ।
1
त्रिपुरासुन्दरी नगरपालिका ५ करपगार तथा खदाङ र ६ को सिरबिन्डेसम्म गाडी पुगेपछि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
0
वीरगन्ज/आईसीपी भन्सार नाकाबाट नयाँ सवारी साधनको आयात बढेको छ  । चाडपर्वका कारण जिप, कार, भ्यानलगायत सवारी साधनको आयात बढेको हो  ।
0
शान्तिनगर युवा क्लबले खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० क्रिकेटअन्तर्गत पहिलो क्वाटरफाइनलमा मंगलबार त्रिभुवन आर्मी क्लबलाई ७ रनले पराजित गरेको छ । नेपाल पुलिस क्लबका अधिकांश खेलाडीसम्मिलित शान्तिनगरविरुद्ध हारेसँगै आर्मी प्रतियोगिताबाट बाहिरिएको छ ।
2
सडकले नछोएको हुम्लामा खाद्यान्न ढुवानी गर्न हेलिकप्टर सञ्चालकले मानेका छैनन् । खाद्य संस्थानले ढुवानीका लागि आहवान गरेको टेन्डरमा कुनै पनि कम्पनीले भाग लिएनन् । हुम्लाको सिमकोट सदरमुकामसम्म खाद्यान्न ढुवानी गर्न खाद्य संस्थानले तीन पटक टेन्डरका लागि सूचना प्रकाशित गरे पनि उनीहरूले इच्छा नदेखाएका हुन् ।
0
पूर्वी पहाडी भेकमा लामो समयदेखि ठप्प हवाई सेवा तिहारसम्ममा पुन: सुरु हुने नेपाल वायु सेवा निगमको विराटनगर स्टेसनले जनाएको छ ।
0
नेपाली महिला क्रिकेट टोली थाइल्यान्ड जानुअघि नेपालका मुख्य प्रशिक्षक विनोद दासले टिमको आत्मविश्वास सुधारमा समय खर्चिएको बताएका थिए । यही टोलीले आईसीसी ट्वान्टी–२० र एकदिवसीय महिला विश्वकप यात्राको पहिलो खुट्किलोको रूपमा रहेको एसियाली छनोटको पहिलो खेलमा मलेसियालाई ३४ रनले हराउँदा नेपालको ब्याटिङमा उल्लेख्य सुधार आएको देखिएको छ । 
2
प्रत्येक वर्षझैं यस वर्ष पनि तीज गीत धमाधमा आइरहेका छन्। राजधानीमा मंगलबार एकैचोटि २७ गीत आएका छन्। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा आयोजित कार्यक्रममा संस्कृतिविद् कान्त भट्टराईलगायतले सिंगल ट्रयाकहरू सार्वजनिक गरे।
1
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले वर्षका उत्कृष्ट खेलाडी सम्मान कार्यक्रम माघ अन्तिम साता गर्ने भएको छ । विगतमा २५ खेलका खेलाडीलाई सम्मान गरिँदै आएकोमा यसपालि संघले ३५ खेल समेटेको छ ।
2
साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब २४ अंकले बढयो ।
0
नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् । 
0
भारत सरकारले दुई वर्षअघि लिएको नोटबन्दीको निर्णयका सम्बन्धमा रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को तत्कालीन सञ्चालक समितिले नै विभिन्न विषयमा असहमति जनाएको नयाँ तथ्य बाहिर आएको छ  । आरटीआई अधिकारकर्मी बैंकटेश नायकको दिएको निवेदनको उत्तरमा भारतको केन्द्रीय बैंकले उपलब्ध गराएको सूचनाले त्यस्तो खुलासा भएको हो  ।
0
हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले महोत्तरीको मुसहर बस्तीका २ सय बढी परिवारलाई कम्बल वितरण गरेका छन् । बाक्लो हुस्सु र १० डिग्री कम तापक्रमका बीच मनरा सिसवा ५ बथनाहा पुगेका उनले मुसरहर समदायका बस्तीमै पुगेर शीतलहर पीडितलाई कम्बल बाँडेका हुन् । 
1
भूमे गाउँपालिकाका २ वडामा झन्डै ३ हजार स्याउका बोट छन् । तत्कालीन नेकपा माओवादी र शान्ति स्थापनापछि नेपाल सरकारले २ र ७ नम्बर वडामा स्याउ फलाउन प्रयास गरेका हुन् ।
0
प्रधामन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा नेपाली ग्यास बुलेट सञ्चालन गर्ने विषयलाई प्राथमिकतामा राखे पनि टुंगो लाग्न  सकेन ।
0
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई बजार अनुगमन गर्न ताकेता गरेको छ । गाउँ तहसम्मै सरकारको उपस्थिति देखाउन अनुगमनको जिम्मा स्थानीय तहलाई दिए पनि कार्यान्वयन नभएपछि मन्त्रालयले ताकेता गरेको हो ।
0
संशोधित विधान पारित गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार चितवनमा १७ औं विशेष साधारणसभा सम्पन्न गरेको छ ।
2
भारतीय कस्टमका अधिकारी रक्सौल आईसीपीमा ढिलो गरी आउँदा समस्या भएको छ । उनीहरू साँझ ५ बजेपछि मात्रै आईसीपीमा बस्दा समस्या देखिएको हो ।
0
सर्वोच्च शिखर सगरमाथामा शुक्रबार ६५ आरोही पुगेका छन् । आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए अनुसार यसमा ३५ जना नेपाली शेर्पा र ३० जना विदेशी रहेका छन् । आइतबारदेखि शुक्रबारसम्म चुचुरोमा पुग्नेहरूको संख्या २ सय २४ पुगेको छ 
0
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले डीएभी कलेजलाई ६ विकेटले पराजित गर्दै दोस्रो गोल्डेनगेट युनिभर्सिटी क्रिकेट कप टान्टी–२० क्रिकेटको उपाधि जितेको छ ।
2
कमजोर नियमनका कारण मुलुकको वित्तीय स्थायित्व जोखिममा रहेको विज्ञहरूले औंल्याएका छन् । वित्तीय कारोबार गरिरहेका बचत तथा ऋण सहकारीलगायत ठूलो संख्यामा रहेका गैरबैंकिङ वित्तीय संस्थाहरू नियमन हुन नसक्दा वित्तीय स्थायित्वको जोखिम बढ्दै गएको उनीहरूको भनाइ छ ।
0
काठमाडौं गोल्डेन्स आइतबार रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको क्वालिफायर्स पुग्ने पहिलो टोली बनेको छ । अपराजित यात्रा कायम राख्नेक्रममा काठमाडौं आइतबार रूपन्देही च्यालेन्जर्सलाई १ सय रनले पराजित गर्दै फाइनल नजिक पुगेको हो ।
2