text stringlengths 71 459 | label int64 0 2 |
|---|---|
एमेच्योर सुवास तामाङले तीन अन्डर ६५ खेल्दै रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा शुक्रबार सम्पन्न सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । उनले ७२ होलको प्रतियोगितामा प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछाडि पार्दै उपाधि जितेका हुन् । | 2 |
इन्डियन प्रिमियर लिग (आईपीएल) मा आबद्ध पहिलो नेपाली खेलाडी सन्दीप लामिछाने दिल्ली ओर्लनासाथ आफ्नो क्लब दिल्ली डेयरडेभिल्सका प्रायोजकका लागि फोटोसुट र नेट अभ्यासमा व्यस्त भएका छन् । सन्दीप मंगलबारमात्र दिल्ली आइपुगेका हुन् । | 2 |
शीर्षस्थानमा रहेको मनाङ मस्र्याङदीसँगै त्रिभुवन आर्मीले सोमबार कमजोर मानिएका प्रतिद्वन्द्वीविरुद्ध कठिन प्रतिस्पर्धा गर्नुपरे पनि दोस्रो हाफमा गोल गर्दै जित हात पारेका छन् । | 2 |
गायक एवं फिल्म निर्देशक अराज केशवको दोस्रो प्रोजेक्ट ‘जालो’ को ट्रेलर र पोस्टर एकसाथ रिलिज गरिएको छ । राइजिङ मलको क्युज हलमा बिहीबार फिल्मबारे छोटो डकुमेन्ट्री पनि देखाइयो । | 1 |
लेखक/गीतकार बालकुमार गुरुङ ‘बालक’ तेस्रो एल्बमसहित श्रोतामाझ आएका छन् । ‘सुर सुगन्ध’ मा छ गीत छन् : ‘म त माया,’ ‘यस्तै रहेछ,’ ‘जाँदै छु म त,’ ‘यो जन्ममा,’ ‘धरान बजार’ र ‘फूल है फुलेछ’ । | 1 |
अदुवाले राम्रो भाउ पाएपछि तनहुँका किसान उत्साहित छन् । गत वर्ष अदुवा प्रतिकिलो २२ रुपैयाँ ५० पैसाका दरले बेचेका किसानले अहिले ८० रुपैयाँमा किनबेच भइरहेको बताएका छन् । | 0 |
क्रेजी इन्टरटेनमेन्ट प्रालिले पुरानो बुलेट नामक चलचित्र निर्माण गर्ने भएको छ । चलचित्र निर्माण पक्षले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रबारे जानकारी गराएको हो । | 1 |
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रलाई सुरक्षित बनाउन बाउन्डरी फिनिसिङका लागि बाहिरी तथा भित्री तारबार निर्माण कार्य तीव्र पारिएको छ । | 0 |
विभिन्न फुटबल खेलाडीका मुहारचित्र (पोट्रेट) कोरेर फेसबुक र युटयुबतिर राख्दै आएका छन् सनिल चित्रकारले । यति बेला उनको चर्चाचाहिँ चुलिएको छ भने, उनका कलाकृति फिफा वल्र्डकपले आफ्नो आधिकारिक फेसबुक पेजमा सेयर गरेको छ । | 1 |
साल्ट ट्रेडिङ कर्पोरेसनलाई प्राप्त पुँजीगत अनुदानलाई सेयरमा रूपान्तरण गर्न ढिलाइ भएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई पत्रचार गरेको छ । | 0 |
घरेलु टोली सुदूरपश्चिमाञ्चलले बुधबार धनगढीमा सुरु प्रधानमन्त्री कप महिला क्रिकेटमा विजय प्राप्त गरेको छ । प्रस्तावित फाप्ला क्रिकेट मैदानमा उद्घाटन खेलमा सुदूरले पश्चिमाञ्चललाई ५ विकेटले हरायो । | 2 |
क्रिस्टियानो रोनाल्डोले मंगलबार सानदार ह्याट्रिकको साथ युभेन्ट्सलाई च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुर्याएका छन् । र, स्पेनिस समर्थकसामु आफ्नो पुरानो प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनीको चर्चित ‘क्रच ग्य्राबिङ सेलिब्रेसन’ को नक्कल गरिदिए । | 2 |
नेपाली टोलीका सेभ द मिसन केशवकुमार विष्टले १८ औं एसियाली खेलकुदमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । एसियाड शनिबार इन्डोनेसियाको जकार्ता र पालेम्बाङ सहरमा औपचारिक सुरु हुँदै छ । | 2 |
विल्सनविक्रम राईलाई कलाकार बन्ने हुटहुटी सानैदेखि थियो । संयोगले लक्ष्मीनाथ शर्मा निर्देशित ‘साथी’ फिल्ममा छोटो भूमिका गर्ने मौका जुर्यो । उति बेला विल्सन मात्रै १० वर्षका थिए । साना साथीहरूसँग तास खेल्दै गरेको करिब ३० सेकेन्डको दृश्यमा विल्सन देखिन्छन् । उनको संवाद छैन । बोल्न नपाउँदै भागिहाल्नुपर्ने दृश्य छ । | 1 |
‘सिमसिमे पानीमा’ गीतमार्फत वर्षौंदेखि श्रोतामनमा बसिरहेकी गायिका रेखा शाह नयाँ शैलीको गीतसहित आएकी छन् । | 1 |
उनका साथीहरू नाटकभन्दा फिल्ममा रमाउँथे । तर, पाश्लाक्पा शेर्पालाई भने फिल्मभन्दा रंगमञ्च नै रमाइलो लाग्थ्यो । उनी एक्लै भए पनि नाटक हेर्न जान थाले । | 1 |
यातायात क्षेत्रको सिन्डिकेट खारेजीसँगै सरकारले बिमा नीति परिमार्जन गर्नुपर्ने भएको छ । सरकारको निर्देशन नमान्ने यातायात व्यवसायीहरूले यात्रु तथा तेस्रो पक्षको बिमा देखाएर मोलमोलाइ (बार्गेनिङ) गर्न थालेपछि निराकरणका लागि राष्ट्रको बिमा नीति नै परिमार्जन गर्नुपर्ने देखिएको हो । सरकारले सिन्डिकेट पक्षधर यातायात व्यवसायी समितिहरूको बैंक खाता आइतबारदेखि रोक्का गरेको छ । | 0 |
चोटका कारण पूर्ण फिट नभई कोर्टमा उत्रिएका १२ पटकका ग्रान्ड स्लाम विजेता नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसबाट बाहिरिएका छन् । जायन्ट किलरको उपमा पाएका कोरियाली खेलाडी चुङ ह्योएनले सोमबार सर्बियाली जोकोभिचलाई सोझो सेटमा पराजित गरे । | 2 |
पश्चिम नवलपरासीका चिनी मिल उद्योगीले सरकारले तोकेको उखुको मूल्य किसानलाई दिन नसक्ने बताएका छन् । चिनीको मूल्य नबढाउने तर उखुको मात्र बढाउँदा उद्योग चल्न सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । | 0 |
अस्वस्थ अभिनेता दीपक क्षेत्रीको सहयोगार्थ बेलायतका नेपाली पनि जुटेका छन् । चार वर्षदेखि घाँटीमा मासु पलाउने रोगबाट ग्रसित क्षेत्रीको उपचारार्थ देशविदेशबाट सहयोग संकलन तीव्र भइरहेका बेला क्षेत्री समाज बेलायतले यहाँ चन्दा उठाउन थालेको हो । | 1 |
होटल संघ नेपाल (हान) ले पोखरा महानगरलाई पर्यटकीय राजधानीका रूपमा विकास गर्न प्रस्ताव अगाडि सारेको छ । | 0 |
शाकाहारी बन्ने बलिउड सेलिब्रिटीको पंक्तिमा अनुष्का शर्मा पनि पर्छिन् । उनले आफू शाकाहारी बन्नुको उद्देश्य नै जनावरप्रति हुने दानवीय व्यवहारलाई बदल्नु रहेको बताउँदै आएकी छन् । | 1 |
चिया उत्पादनमा संलग्न एक प्रतिशत किसानले मात्रै संस्थागत रूपमा खेती गर्ने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले संयुक्त रूपमा गरेको ‘व्यावसायिक चिया खेती सर्वेक्षण २०७५’ मा यस्तो देखिएको हो । | 0 |
मोनालिसा र साल्भाटोर मुन्डी त लियोनार्दो दा भिन्चीका महानतम कलाकृति भइगए, तीबाहेक पनि उनका थुप्रै ‘मास्टरपिस’ छन्, जसका लागि कलाको लिलामी बजार हरेकपल्ट उचालिने गर्छ । तर, लिलामीमा उनका कला विरलै उपलब्ध हुन्छन् । | 1 |
मुरलीभन्ज्याङकी अम्बिका दुवाडीले च्याउखेतीबाटै मासिक २५ हजार रुपैयाँ आम्दानी गर्छिन् । धुनीबेंसी नगरपालिका–९ सिम्लेफाँटका दीपेश लामाले पनि च्याउ खेतीबाटै मासिक ३० हजार रुपैयाँ कमाइ गर्छन् । | 0 |
नेपालको बढ्दो व्यापार घाटा कम गर्न भारतले सघाउने भएको छ । वाणिज्य सन्धिमा आवश्यक संशोधन गरी व्यापार घाटा कम गर्न भारतीय पक्ष सकारात्मक देखिएको हो । बिहीबार नयाँदिल्लीमा भएको सहसचिवस्तरीय बैठकमा वाणिज्य (व्यापार) सन्धिमा आवश्यक पुनरावलोकन गर्ने समझदारी बनेको छ । वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन प्राविधिक समितिको बैठकमा त्यससम्बन्धी विषयहरूमा छलफल भएको र बैठक सकारात्मक रहेको नेपाली प्रतिनिधिमण्डलका संयोजक रविशंकर सैंजुले बताए । | 0 |
सन् २०१९ को कोपा अमेरिका ‘ड्र’ बिहीबार निकालिएको छ । त्यसमा आयोजक ब्राजिलले सजिलो समूह पाएको छ । ब्राजिलको पारम्परिक प्रतिद्वन्द्वी अर्जेन्टिना पनि गाह्रो समूहमा परेको छ । त्यसमा उसले कोलम्बियाको सामना गर्नुपर्नेछ । | 2 |
नागरिक उड्डयन प्राधिकरणले आगामी असारमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने दाबी गरेको छ । | 0 |
औसत खेलाडी र गतिलो इतिहास नभएको टिम थियो मछिन्द्र । तर, सनसनीपूर्ण प्रदर्शन गर्दै मछिन्द्र सहिद स्मारक ‘ए’ डिभिजन लिगन २०७० मा उपविजेता भएको थियो । | 2 |
सागर पुनले आफ्नो गृहप्रदेशविरूद्ध शतक बनाएपछि त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप अन्तरप्रदेश वान–डे क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ । लगातार दोस्रोपल्ट फाइनलमा पुग्ने क्रममा आर्मीले शुक्रबार प्रदेश ५ लाई १ सय ५४ रनले हरायो । | 2 |
बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन । | 2 |
‘ओ केटाकेटी हो, हिम्मत गर हिम्मत । कम अन गाइज, यति जाडो त सहनुपर्यो नि ?’ मिलन चाम्स आफ्नो निर्देशकीय अधिकार प्रयोग गर्दै अलिक चर्किएर बोलिरहेका थिए । कोरियोग्राफर कविराज गहतराज पनि सान्त्वना दिँदै कलाकारलाई सिकाउन अघि बढे । | 1 |
नेपाली सेयर बजार बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूबाट प्रभावित हुँदै आएको छ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी संख्या ८५ प्रतिशतभन्दा बढी छ । | 0 |
बजेटलगत्तै ठूला होलसेल र आयातकर्ताले चामल, तरकारीलगायत अत्यावश्यक वस्तुको मूल्य बढाए । सरकारले कर नबढाएको वस्तुमा समेत मूल्य बढाएर बिक्री गर्दै आएका छन् । होलसेलमा मूल्य बढेको जनाउँदै खुद्रा व्यवसायीले पनि मूल्य बढाएको विभागको बैठकमै स्वीकारे । | 0 |
नेपाल बंगलादेश बैंकले झन्डै एक अर्ब रुपैयाँमा किन्न लागेको जग्गा खरिद प्रक्रिया विवादमा परेको छ । एक सञ्चालकले खरिद प्रक्रियामा असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेपछि विवाद बाहिर आएको हो । | 0 |
‘अन्य समयको तुलनामा बिहेको लगन भएको महिनामा लघुवित्त संस्थाहरूको कर्जा लगानी बढ्छ, यसले पनि देखाउँछ कि हामी कति ठीक छौं भन्ने ?’ यो भनाइ लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीको हो । ‘लघुवित्त संस्थाहरूका विद्यमान चुनौती’ विषयक गोष्ठी उद्घाटनमा सोमबार जोशीले यस्तो बताएका हुन् । | 0 |
सरर्र बाइक हाँकिरहेका किशोरी र बजारमा खुलेआम सपिङ गरिरहेका महिला देख्दा पाकिस्तानकी ताजिन बारी एकैचोटि खुसी र आश्चर्यमा परिन् । उनको देशमा यस्तो विरलै हुन्छ रे । | 1 |
राजधानी बाहिर पहिलोपटक सर्वाधिक राशिको राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता शुक्रबारदेखि बुटवलमा सुरु भएको छ । बुटवल लनटेनिस क्लबको आयोजनामा देवीनगरस्थित लनटेनिस कोर्टमा आयोजित प्रतियोगितामा सात विधामा प्रतिस्पर्धा हुनेछ । | 2 |
नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक तथा नियमनकारी गरी दुईटा निकायमा विभाजन गर्ने कार्य चाँडै टुंग्याइने भएको छ । | 0 |
आयोजक फ्रान्सका विश्व विजेता टोलीका स्टार खेलाडीलाई पछाडि पार्दै रियल म्याड्रिडका क्रोएसियाली मिडफिल्डर लुका मोड्रिचले सोमबार बालोन डी’अर–२०१८ अवार्ड जितेका छन् । जसले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको १० वर्षे साम्राज्य तोडिदिएको छ । | 2 |
सातामा अन्तिम कारोबार दिन (बिहीबार) बजारमा करिब १ अर्ब १३ करोड रुपैयाँ बराबरका सेयर किनबेच भए । यो तीन महिनायताकै उच्च रकमको कारोबार हो । | 0 |
स्पेनिस ला लिगा अन्तर्गत शनिबार भ्यालेन्सियाले अलाभेसलाई ३–१ ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ । | 2 |
तपाईंलाई चिठ्ठा पर्यो, रकम पाउन यो खातामा यति रकम पठाउनुहोला– केही अघिसम्म मोबाइल वा इमेलमा यस्ता सन्देश पाउँदा ठगिने धेरै नेपालीको उजुरी प्रहरी कार्यालयमा आउने गर्थ्याे । | 0 |
नेपाल क्रिकेट संघ (क्यान) को झन्डै दुई वर्षदेखि कायम विवाद सुल्झाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई अन्तिम मौका दिएको छ । आईसीसीका कार्यवाहक प्रमुख उस्मान ख्वाजाको नेतृत्वमा राजधानीमा आइतबार र सोमबार फरक–फरक समूहसँगको बैठकले जुनमा हुने आईसीसीको चुनावी साधारणसभाअगावै नेपालको विवाद सुल्झाउन अल्टिमेटम दिएको छ । | 2 |
नतिजाका हिसाबमा नेपालले बिहीबार आफ्नो क्रिकेट इतिहासकै सबभन्दा ठूलोमध्ये एक खेल खेल्दै छ । नेपालले प्लेअफमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेल जिते र अर्को प्लेअफमा आफूअनुकूल नतिजा आएमा चार वर्षका लागि वान–डे अन्तर्राष्ट्रिय मान्यता र आई–कप प्रतियोगिता खेल्ने अवसर पाउनेछ । फोर–डे प्रतियोगिता आई–कपलाई भविष्यमा टेस्ट मान्यताप्राप्त गर्ने बाटोको रूपमा पनि हेरिएको छ । | 2 |
उच्च अदालत तुुलसीपुुरअन्तर्गत नेपालगन्ज इजलासले २० वर्ष पुराना सवारीसाधन (गाडी) को नवीकरण रोक्न आदेश दिएको छ । | 0 |
उमेरले ४२ छोइसके । तौल ७० केजीमुनि नै छ । खेलाडी जीवनको उत्तरार्धतिर ढल्कँदैछन् । आफ्नो तौलभन्दा डबल बढी भार जुरुक्कै उचाल्न उनलाई कुनै कठिनाइ हुँदैन । | 2 |
युवा उद्यमीको संख्या बढे पनि यो अझै लैंगिक रूपमा समान नभएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । उद्यमशीलता क्षेत्रमा पुरुषकै वर्चश्व रहेको उनको भनाइ थियो । ‘यो अवस्थालाई विगत बनाउने बेला आइसक्यो,’ उनले भने, ‘शिक्षा, सम्पत्तिमाथिको अधिकारलगायतमा पछि परेकाले कमै महिला व्यवसाय क्षेत्रमा लागे । अहिले महिलाहरू व्यवसाय क्षेत्रको परिधिमा छन्, थप प्रोत्साहन जरुरी छ ।’ | 0 |
बाबा बोर्डिङले ब्वाइज र एचएचसीएले गल्र्समा दोस्रो बौद्ध अन्तरस्कुल बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । बुधबार फाइनलमा बाबाले नेरिकलाई ४९–४८ को साँघुरो स्कोरले पराजित गर्यो । बाबाका गोकुल मोक्तानले १४ स्कोर गरे । | 2 |
थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा भाग लिन १४ सदस्यीय नेपाली जुडो टोली बिहीबार बैंकक गएको छ । | 2 |
पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र मंगलबार १८ औं लिस्नु कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । | 2 |
आशीर्वाद पेन्ट्स नेपालगन्ज कप क्रिकेटमा बुधबार एबरोल टीएमटी लुम्बिनी यात्रिजले दोस्रो जित पाएको छ । अर्को खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज विजयी भयो । | 2 |
गोदावरी नगरपालिका झरुवारासीमा प्रस्तावित सन्तानेश्वर मोनोरेल रेल विभागबाट स्वीकृत भएको छ । | 0 |
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले अन्ततः इन्डियन प्रिमियर लिग (आईपीएल) मा ‘डेब्यु’ गर्ने अवसर पाएका छन् । दिल्ली डेयर डेभिल्सले शनिबार रोयल च्यालेन्जर्स बेङलोरसँगको खेलमा सन्दीपलाई पहिलो पटक अवसर दिएको हो । | 2 |
विश्वकप फुटबल सुरु हुन केही दिनअघि नै अभिनेत्री केकी अधिकारीले फेसबुकको प्रोफाइल पिक्चर अपडेट गरिन् । तस्बिरमा अर्जेन्टिनाको जर्सी लगाएकी उनले विश्वकपको ट्रफी चुम्दै पोज दिएकी छन् । | 1 |
अखिल नेपाल फुटबल संघ (एन्फा) ले चिनियाँ फुटबल संघ (सीएफए) सँग सहकार्य गर्नेबारे नीतिगत सम्झौता गरेको छ । बिहीबार भएको सम्झौतामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र सीएफएका कार्यवाहक अध्यक्ष डु झाओकाईले हस्ताक्षर गरे । | 2 |
घोराही उपमहानगरपालिका–१७ स्थित गुलरिया मैदानमा सम्पन्न जेसिज कप टी–२० अन्तरक्लब क्रिकेटको उपाधि धनगढी क्रिकेट एकेडेमीले जितेको छ । | 2 |
नेपालबाट विभिन्न मुलुकमा निर्यात हुँदै आएको छुर्पीको मूल्यमा गिरावट आएको छ । केही महिनायता छुर्पीको निर्यात र मूल्यसमेत घटेपछि समस्या भएको कृषकहरूले बताएका छन् । गाउँगाउँ पुगेर संकलन गर्ने व्यवसायीले माग कम भएको भन्दै छुर्पी खरिद गर्नसमेत छाडेको उनीहरूको गुनासो छ । | 0 |
निक्षेप खोसाखोसले उग्र रूप लिन थालेपछि बैंकबीच संस्थागत बचत नखोस्ने समहति भएको छ । | 0 |
साउदी अरबले नाकाबन्दी गरिदिएपछि कतार अहिले अप्ठयारोमा छ । रोजगारीका लागि त्यहाँ पुगेका नेपाली गरी खान पाऊँ भन्दै आवाज उठाइरहेका छन् । समाचारमा कतार छाइरहेका बेला आइतबार अनामनगरस्थित युनियन हाउसमा पनि मजदुरीका लागि कतार नै पुगेका नेपालीबारेको डकुमेन्ट्री प्रदर्शन गरियो ।
| 1 |
जिल्लाको ग्रामीण नाकाहरूबाट भारततर्फ मरिच र रहर दानाको व्यापक तस्करी भइरहेको छ । जानकीटोला, बुढगाई, अपरपट्टी, धोरे र प्रसौनीभाठा नाकाबाट यी वस्तुको तस्करी भइरहेको छ । मरिच तस्करीमा भरियाका रूपमा महिला र बालबालिकाको बढी प्रयोग भएको छ । | 0 |
सेप्टेम्बरमा हुने एसीसी यू–१९ एसिया कप तथा त्यसअघिको सम्भावित भारत भ्रमणका लागि नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक टोलीको खुला छनोट हुने भएको छ । प्रशिक्षक विनोद दासले साउन २८ देखि ३० सम्म खुला छनोट गर्दै प्रारम्भिक टोलीमा पर्ने सम्भावना बोकेका प्रतिभाको छनोट गर्ने बिहीबार जानकारी गराए । | 2 |
७१ औं लोकार्नो फिल्म फेस्टिभलमा सिंगापुरको फिल्म ‘द ल्यान्ड इम्याजिन्ड’ ले उत्कृष्ट फिल्मको गोल्डन लियोपर्ड जितेको छ । सिउ हुवाले निर्देशन गरेको यो फिल्मको लोकार्नोमा वल्र्ड प्रिमियर गरिएको थियो । | 1 |
ह्याप्पी होली ! चिन्नै नसकिने गरी रंगले पोतिएका अनुहार । अघिपछि नाटकमा देखिने कलाकारहरू आइतबार बिहानैदेखि सहरका थिएटरहरूमा रंगसित खेल्दै थिए । उनीहरूको होली रौनक हेर्दा लाग्थ्यो– नाटकमै अभिनय गरिरहेका छन् । | 1 |
फेसनका लागि जाडो होस् या गर्मी । सिजनअनुसारको भिन्न स्टाइलहरू देखिने गरेका छन् । अहिले सेलेब्रिटीहरू भने पोल्का डट्स ड्रेसमा देखिन थालेका छन् । हालै हलिउड अभिनेत्री जेनिफर लरेन्स आफ्नो ‘मदर’ फिल्मको प्रिमियरमा पोल्का डट्स ड्रेसमा पुगेकी थिइन् । | 1 |
नतिजा आफ्नै ठाउँमा छ । आफ्नो खेलमा दर्शकको मन जित्न सके खेलाडीको मनले सन्तोष पाउँछ । विपक्षी टोलीका दर्शकले नै ताली बजाए उत्कृष्ट प्रदर्शनको भान हुन्छ । | 2 |
केही दिनअघि स्वयम्भूमा गुन्जेको लोकरक ब्यान्ड नेपथ्य अब भारतको सिक्किममा सुनिने भएको छ । आफ्ना पुराना प्रशंसकहरूको क्षेत्र सिक्किमको राबाङमा ब्यान्डले मंगलबार नेपाली लोकरक घन्काउँदै छ । | 1 |
निर्देशक सबिर श्रेष्ठले आफ्नो नयाँ फिल्म ‘बाँध मायाले’ मा नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठको अनस्क्रिन जोडी बाँधिदिएका छन् । यसै साता नवलपरासीबाट छायांकन थालिने बताइएको फिल्मलाई निर्देशक स्वयंले लेखेका हुन् । | 1 |
रुसमा जारी विश्वकप फुटबल २०१८ को फाइनलमा पुगेको क्रोएसियाप्रति पर्यटकको चासो पनि निकै बढेको छ । रुसविरुद्धको खेल सकिनुभन्दा ३० मिनेटअघि क्रोएसियाबारे सामाजिक सञ्जालमा २० हजार पोस्ट भएका थिए । | 0 |
नेपाली युवा स्पिनर सन्दिप लामिछानेको टोली सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा पहिलो जित दर्ता गरेको छ । | 2 |
शीर्ष वरीयताका शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुरको दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि जितेका छन् । | 2 |
कालीप्रसाद बाँस्कोटा पहिले संगीतकार थिए । पोहोर ‘रेसम फिलिली’ फिल्मको ‘पारि त्यो डाँडामा...’ गाएपछि उनी गायकका रूपमा पनि कहलिए । त्यसयता उनले आधा दर्जन जति गीतमा स्वर भरे, ८/१० वटा संगीत कम्पोज गरे र उति नै संख्यामा गीत लेखे । | 1 |
संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल नेतृत्वको टोलीले शनिबार बिहान अनिवार्य अवकाश दिने मन्त्रिपरिषद्को निर्णयको सूचना गोरखकाली रबर उद्योगका मजदुर कर्मचारीलाई जानकारी गराए । | 0 |
राजधानीको भृकुटीमण्डपमा शुक्रबारबाट ‘निक इलेक्ट्रो–टेक २०१८’ सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले भृकुटीमण्डमा आयोजित प्रदर्शनी उद्घाटन गरे । | 0 |
दक्षिण कोरियाली अभिनेता जी सु भ्यालेन्टाइन्स डेका लागि फिलिपिन्स जाँदै छन् । फेब्रुअरी १४ मा उनले त्यहाँका आफ्ना प्रशंसकलाई ग्रिट गर्ने भएका छन् । उनकै लागि भनेर राजधानी मनिलामा ‘जी सु, माई वान एन्ड वन्ली’ शीर्षक कार्यक्रम गरिन लागेको अलकेपप डटकममा उल्लेख छ । | 1 |
मलेसियामा हुने एशिया कप क्रिकेटका लागि प्रारम्भिक चरणमा १९ खेलाडी बिहीबार छनोट गरिएको छ । | 2 |
दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजअन्तर्गतको यू–१५ ब्वाइज एकलमा नेपालका प्रिन्स दाहाल च्याम्पियन भएका छन् । | 2 |
प्रदेश नम्बर ७ का बलर विक्रम ठगुन्नाले तीन बलमा तीनै विकेट लिएपछि टिमका लागि उनको ह्याट्रिक स्मरणीय बन्यो । उनले प्रदेश ५ विरुद्धको मंगलबारको खेलमा थप एक गरी चार विकेट लिए । म्यान अफ द म्याच घोषित विक्रमले ८ दशमलव ३ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै ३८ रन खर्चेर चार विकेट लिन सफल भए । | 2 |
म्यानचेस्टर सिटीले आइतबार राति वेम्बलीमा आर्सनललाई सजिलै ३–० ले हराएर लिगकप जितेको छ । व्यवस्थापकमा पेप ग्वार्डिओला आएयता सिटीले जितेको यो पहिलो उपाधि हो । | 2 |
सांसददेखि प्रतिष्ठित व्यवसायीका नाममा रहेका दूरसञ्चार कम्पनीहरूले सरकारलाई ३ अर्बभन्दा बढी राजस्व तिरेका छैनन् । युनाइटेड टेलिकम लिमिटेड (यूटीएल), स्मार्ट टेलिकम, सीजी कम्युनिकेसन्सलगायतका कम्पनीले ३ अर्ब १३ करोड ८ लाख ४१ हजार रुपैयाँ बक्यौता नतिरेका हुन् । | 0 |
पहिरनले हाम्रो सोचाइलाई अभिव्यक्ति दिइरहेको हुन्छ । हामी के सोच्छौं त्यसैअनुरूप आफूलाई देखाउने प्रयास गर्छाैं । बलिउड सेलेब्रिटीहरूका फेसन सम्बन्धी आ–आफ्नै सोच छन् । अभिनेत्री आलिया भट्ट आफ्नो फेसन फिलोसफी मुस्कान लुकेको दाबी गर्छिन् । | 1 |
पछिल्लो पिरियड ड्रामा ‘मणिकर्णिका : द क्वीन अफ झाँसी’ बाट सफलता चाखेकी कंगना रनावतले एउटा ‘शाही घोषणा’ गरेर सबैलाई चकित तुल्याएकी छन् । | 1 |
लोकप्रिय कलाकार दिनेश थापा र सिमा भण्डारीले 'पाउजु बरी लै...' तीज कोसेली पस्केका छन् । नेपाली नारीहरुको ठूलो पर्व हरितालिका तीजलाई मध्यनजर गरेर कलाकारद्वय थापा र भण्डारीले मौलिक गीत हालै बजारमा ल्याएका हुन् । | 1 |
एक्सन जान्रामा बनेको नेपाली फिल्म ‘वीराङ्गना’ को पोस्टर सार्वजनिक गरिएको छ । यही असार २९ मा मुलुकभर रिलिज हुने फिल्मको पोस्टरमा मुख्य कलाकारका रूपमा अनुपविक्रम शाही, शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईंलाई प्रस्तुत गरिएको छ । | 1 |
इटहरीको रंगशालामा बिहीबार सुरु सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको दोस्रो संस्करणको बिहीबार विभागीय टोलीले वर्चस्व जमाएका छन् । | 2 |
सौरहाको मुटु मानिने थारू कल्चर हाउसमा शुक्रबार महजोडी प्रार्थना गीत ‘ईश्वर तिमीले...’ गाउँदै स्टेजमा देखा परे । हास्यव्यंग्य प्रस्तुति महयात्रा हेर्न नारायणगढ, भरतपुर, टाँडी, भण्डारालगायत थलोदेखि भेला भएका दर्शकमाझ भिन्न तरंग फैलियो । | 1 |
इस्कोको ह्याट्रिकसँगै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा स्पेनले अर्जेन्टिनालाई ६–१ ले पराजित गरेको छ । मंगलबार पहिलो हाफमा २–१ को अग्रता लिएको स्पेनले दोस्रो हाफमा चार गोल गर्यो । इस्कोले २७, ५२ र ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । | 2 |
पर्सास्थित सुपर ग्यास उद्योगमा गत पुसमा भीषण आगलागी भयो । आगलागीबाट तीनजनाको ज्यान गएपछि घटनाको सत्यतथ्य यकिन गर्न तत्कालीन आपूर्ति विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा कमिटी गठन भयो । | 0 |
भौतिक पूर्वाधार निर्माण पूरा नभएपछि यहाँ हुने भनिएको आठौंं राष्ट्रिय खेलकुद प्रतियोगिता माघ मसान्तसम्म सारिएको छ । यसअघि प्रतियोगिता मंसिर २१ देखि २८ सम्म हुने घोषणा गरिएको थियो । | 2 |
सम्झौताअनुसार ढुवानी नगर्ने एयरलाइन्सलाई इन्धन कटौती गर्ने सरकारी चेतावनी दिएपछि हुम्लाका लागि खाद्यान्न ओसार्न थालेका छन् । तिहारका लागि एयरलायन्स कम्पनीहरूले खाद्यान्न ढुवानी बढाउन थालेका हुन् । | 0 |
प्रदेश १ का अरु सहर र गाउँ/जिल्लामा आयोजना हुने ‘टोलकप’ देखि गोल्डकप फुटबलसम्म हेर्न दर्शकको घुइँचो लाग्ने गरेको छ । | 2 |
नेपाल भ्रमणमा आएका चिनियाँ टोलीले नेपालको अलैंची राम्रो भएको जनाएको छ । चीनको सिचुआन प्रान्तबाट आएका टोलीले नेपाली अलैंचीबारे उक्त प्रतिक्रिया दिएको हो । | 0 |
जर्जप्रिन्स कार्कीको गोलमा त्रिभुवन आर्मी क्लबले बिहीबार विभागीय प्रतिद्वन्द्वी पुलिस क्लबलाई १–० ले पराजित गरी झापा गोल्डकप फुटबलको सेमिफाइनल तय गरेको छ । | 2 |
अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट पाँचौं दिन सोमबार १ सय १८ रनले जितेको छ । तर, यो टेस्टलाई अष्ट्रेलियाको सहज जितभन्दा पनि डेविड वार्नर र क्विन्टन डी ककबीचको झगडाका कारण सम्झिने छ । अष्ट्रेलियालाई जितसम्म पुग्न अन्तिम दिन १८ बल र २२ मिनेट मात्र आवश्यक थियो । | 2 |
निर्धारित समयमा चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्नुको साटो राष्ट्र बैंकले विशेष सुविधा दिएको छ । | 0 |
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बनाएको विद्युत् अनुमतिपत्रसम्बन्धी निर्देशिकामा स्वतन्त्र ऊर्जा उत्पादकहरूले आपत्ति जनाएका छन् । निर्देशिकामा विद्युत् आयोजनाको जडित क्षमता निर्धारण क्यू फोर्टी फाइभको आधारमा हुने प्रावधानप्रति ऊर्जा उत्पादकहरूले विरोध जनाएका हुन् । | 0 |
आँखा अगाडि देखिएको दृश्यलाई चित्रकारले थुप्रै माध्यमबाट क्यानभासमा सजाउन सक्छन् । चित्रकार डीबी राई भने प्राय: वाटरकलर नै मन पराउँछन् । वाटर कलर अर्थात् जलरंग । उनको अनुभवमा, सुन्दा सामान्य लागे पनि वाटर कलर पेन्टिङ गर्न गाह्रो हुन्छ । | 1 |
चालु आर्थिक वर्षको पहिलो छ महिनामा बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा मात्र थप ४४ अर्ब ३४ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस्तो कर्जा करिब ३३ प्रतिशतले बढेको हो । | 0 |
बाराको सिमरा रंगशालामा भइरहेको दसौं सिमरा गोल्डकप फुटबलको उपाधि कस्ले जित्ला ? सिमरामा शनिबारसम्मका लागि चर्चाको विषय बनेको छ । | 2 |
करिब एक महिनादेखि अवरुद्ध रसुवागढी नाका जोड्ने सडकमा सोमबारदेखि सवारी साधन सञ्चालनमा आएको छ । | 0 |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.