content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ। , उक्त प्रणाली आजदेखि पश्चिमी भूभागबाट विस्तारै बाहिरने क्रममा रहेकाले मौसममा सुधार हुने भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन्।, देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको विहार आसपसमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको थियो। हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानामा हल्का हिमपात भइरहेको छ। , राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली  रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । , मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम आठ दशमलव एक डिग्री सेल्सियस रहेको छ। , त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री  र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम २२ दशमलव एक डिग्री सेल्सियस रहेको छ।,  , आजदेखि मौसममा क्रमिक सुधार हुँदै
सेतोपाटी संवाददाता बझाङमा दुई जना पुरूष मृत फेला परेका छन्।, छबिसपाथीभेरा गाउँपालिका–७ बुड्खोरीका ४३ बर्षीय  जंग धामी घरनजिकै नौपाते भन्ने ठाउँमा बिहीबार बिहान मृत फेला परेका हुन्। , यस्तै, सुर्मा गाउँपालिका-१ दौलीचौरका ४४ वर्षीय किट्टु बोहरा मंगलबारदेखि हराएकोमा बिहीबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।, उनी घर नफर्केपछि खोजतलास गर्दा पदाली भन्ने ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए।, उनीहरूको चिसोले कठ्यांग्रिएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी पुगे पनि विस्तृत विवरण आउन नसकेको उनले बताए।, बझाङमा दुई जना मृत भेटिए
सेतोपाटी संवाददाता झण्डै १२ लाख रुपैयाँमा सुन भनेर बेच्न खोज्ने दुई युवक बाँकेमा पक्राउ परेका छन्। , जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. ६ का २२ वर्षीय राजु कार्की र सोही गाउँपालिका वडा नं. ८ का २९ वर्षीय पूर्णबहादुर विक पक्राउ परेका छन्। , विस्कुटजस्तै आकारमा झन्डै ६ सय ग्राम बढी तौल भएको सुनजस्तो देखिने पहेंलो धातु, नगद दुई लाख ७७ हजार र चार लाखको चेकसहित उनीहरूलाई बाँके प्रहरीले पक्राउ गरेको थियो। , सुनको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले बुधबार बेलुका आठ बजेतिर बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० राँझा चोकबाट पक्राउ गरेको थियो। , उनीहरूको साथबाट बरामद भएको उक्त पहेंलो धातु प्रहरीले प्रयोगशालामा परीक्षणका लागि पठाउँदा सुन नभएको पुष्टि भएको छ। , जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले उक्त वस्तु नक्कली सुन रहेको पुष्टि भएको जानकारी दिए। , ‘प्रहरीले बिहानै बरामद वस्तु प्रयोगशालामा परीक्षण गराउन दिएको थियो र बिहीबार दिउँसोमात्रै त्यो धातु नक्कली सुन भएको भन्ने कुरा आयो,’ घर्तीले भने, ‘उनीहरूले उक्त धातु एक जनासँग १२ लाख रुपैयाँमा बेच्नका लागि मोलतोल गरिरहँदा पक्राउ परेका थिए।’, बरामद पहेंलो धातुमा सुनको एक अंश पनि छैन भन्ने कुरा परीक्षणबाट पुष्टि भएको हुँदा पक्राउ परेका दुई जनाविरूद्ध ठगी मुद्दा चलाउने तयारी भइरहेको प्रहरी निरीक्षक घर्तीले जानकारी दिए।, 'सुन' भन्दै १२ लाखमा बेच्न खोजेपछि...
सेतोपाटी संवाददाता बझाङमा नागरिकता बनाउन नक्कली कागजात बनाउने वडा अध्यक्षसहित पाँच जना पक्राउ परेका छन्।, जयपृथ्वी नगरपालिका–१ का वडा अध्यक्ष गगन सिंहलाई दोहोरो नागरिकता बनाउन सिफारिस गरेको आरोपमा पक्राउ गरिएको हो।, उनीसहित सो कार्यालयका वडा सचिव करण विक र लेखापाल अजयबहादुर सिंह पनि पक्राउ परेको र सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।, यस्तै, सोही वडामा रहेको नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक ऐनबहादुर सिंहलाई पनि सोही व्यक्तिको नक्कली सर्टिफिकेट बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।, नागरिकता बनाउन नक्कली कागजात बनाउन खाज्ने वडा अध्यक्षसहित पाँच जना पक्राउ
सेतोपाटी संवाददाता पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्।, उनले वंशजको आधारमा बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएकी हुन्।, उनको नागरिकता सनाखत गर्न पूर्वयुवराज्ञी हिमानी शाह प्रशासनमा पुगेकी थिइन्।, नेपालको संविधान अनुसार बुवा वा आमा दुबैको नामबाट नागरिकता प्राप्त गर्न सकिन्छ।, ‘उहाँले वंशजको आधारमा नागरिकता लिनुभएको हो, सनाखत गर्न आमा आउनुभएको हो,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने।, छोरीले नागरिकता लिँदा पूर्वयुवराज पारस भने गएका थिएनन्। यसअघि जेठी छोरी पूर्णिकाले नागरिकता लिँदा पनि सनाखत गर्न हिमानी नै गएकी थिइन्।, नेपालमा पहिला राज परिवारका सदस्यले नागरिकता लिनु नपर्ने व्यवस्था थियो। २०६५ गणतन्त्र घोषणा भएपछि पनि पूर्वराजपरिवारका सदस्यको नागरिकताबारे स्पष्ट व्यवस्था थिएन। , २०७२ सालमा नयाँ संविधान जारी भएपछि सबै नेपाली नागरिकलाई संविधानमुनि राखिएको छ। त्यसअघि अन्तरिम संविधान २०६३ कतिपय विषयमा मौन रहे पनि संविधान जारीपछि कानुनभन्दामाथि कसैलाई राखिएको छैन।, ‘पहिले राजपरिवार र त्यसका सदस्यलाई संविधानभन्दामाथि राखिएको थियो, त्यसैले नागरिकता लिँदैनथे,’ पूर्वगृहसचिव डा. गोविन्द कुसुम भन्छन्, ‘अहिले संविधानमा भएका व्यवस्थाअनुसारका सबै प्रावधान सबै नागरिकले पालना गर्नुपर्छ।’, अहिले पासपोर्ट बनाउन पनि नागरिकता अनिवार्य गरिएको छ। नाबालकको हकमा भने जिल्ला प्रशासन कार्यालयले दिने  सिफारिसको आधारमा पासपोर्ट बन्ने गरेको छ।, पारस-हिमानी दुबैले नेपाली नागरिकता लिइसकेका छन्। पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले नागरिकता लिएका छन्/छैनन् भन्ने खुलेको छैन।, हिमानीले गरिन् सनाखत, कृतिकाले लिइन् नागरिकता
रासस पछिल्ला दुई दिन सिमसिमे पानीसँगैको चिसो स्याँठले आहत खेपेका महोत्तरीबासीलाई आज बिहीबार एकाबिहानैको झलमल्ल घामले राहत दिएको छ। , मंगलबार मध्यरातपछि छिनछिनमा पर्ने सिमसिमे पानी र त्योसँगै बहने चिसो स्याँठले आहत भएका सर्वसाधारणलाई आज बिहानै झुल्केको पारिलो घामले राहत दिएको हो।, पारिलो घाम झुल्केसँगै अब चिसो अलि कम हुने सर्वसाधारणले आश पालेका छन्।, ‘पुसमा जाडो भयो त के भन्नु ? यो महिना नै जाडोको हो, तर पछिल्ला दुई दिनको छिटफुटे पानी पराई र चिसो बतासले निकै अत्यायो’, जिल्लाको बर्दिबास नगरपालिका-२ बुद्धचोकका ६५ वर्षीय श्याम घले भन्छन्, ‘आज भने बिहानै पारिलो घाम देखियो, अब मौसम सुध्रने आश जाग्यो।’, घाम देखिएपछि पछिल्ला दुई दिन घरमै गुजल्टिएर बसेका गरिब बस्तीमा पनि काममा निस्कने चहलपहल देखिएको छ।, जिल्लाको उत्तरी भेगमा एकाबिहानै घाम देखिए पनि सुदूरदक्षिणी भेगमा भने आज पनि अबेरसम्म हुस्सु देखिएको छ। यद्यपि हुस्सुभित्रै घामका किरण देखिन थालेका हुँदा चिसो बतास चल्ने क्रम घटेर हिँडडुल गर्न पाइने आश जागेको भारतसँगै सीमा जोडिएको जलेश्वर नगरपालिका-५ चौरिया बस्तीका ७० वर्षीय किसान रहिमन मण्डल बताउँछन्।, जिल्लाको उत्तरीक्षेत्रमा झलमल्ल घाम लाग्दा पनि दक्षिणी भेगमा भने मंसिर मध्यदेखि नै हुस्सु लाग्दै आएको छ।, दक्षिणतिर झुरमुट्ट (गुजुमुज्ज) बस्ती हुने, पतिङ्र र झुत्रा प्लाष्टिक बालेर घूर ताप्ने र पोखरी धेरै भएको हुँदा त्यसको वाष्पीकरणले हुस्सु बढी लाग्ने गरेको जलवायु क्षेत्रमा कार्यरत सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासका अध्यक्ष नागदेव यादव बताउँछन्।योसँगै विश्वव्यापी जलवायु परिवर्तनको असर मुख्य भएको उनको यादवको ठहर छ।, पछिल्ला केही दिनयता मलिनो घाम लाग्ने र चिसो सिरेटो बहने क्रमले जाडो ह्वात्तै बढाएको थियो।, यसैबीच पछिल्ला दुई दिन परेको सिमसिमे पानीले घर बाहिर निस्कन नसकेका वृद्धवृद्धा पनि आज घाम देखिएपछि जिउ तताउन बाहिर निस्केका छन्।, एकाबिहानै घाम लागेसँगै महोत्तरीका सबैतिरजसो बजार चहलपहल ह्वात्तै बढेको छ।, पछिल्ला दुई दिन गोठमै बाँधिएका घरपालुवा पशुवस्तु आज घाम देखिएपछि फुकाइनासाथ फूर्तिले उफ्रिएका छन्। सुध्रदो मौसमले पशुवस्तुलाई आहारा जुटाउन सजिलो भएको किसानको भनाइ छ।, झलमल्ल घाम देखिएपछि सबभन्दा बढी राहत पराले झुप्रा बस्तीका गरिबले महसुस गरेका छन्। गरिबीले खाने/लाउने चाँजो नमिल्दा सबै कुरामा प्रकृतिमाथि निर्भर भएका आफूहरूको दुःख ईश्वरले नै बुझेर घाम भुल्काइ दिएका भङ्गाहा–४ रामनगर मुसहरीटोलका अगुवा ६५ वर्षीया जुगला सादा बताउँछिन्। , ‘भोकै छटपटिने, चिसोले ज्यान लिने र अभावमा खुट्टा टेकेर उभिनुपर्ने सबै हाम्रा जिम्माका कुरा हुन् भन्ने लाग्छ’, उनी भन्छन्, ‘हामी गरिब ईश्वरले चाँजो मिलाए बाँच्नेसम्म मात्रका हौं।’, भगवान (सूर्य) उदाउनु भएपछि बनीबुतो गर्न निस्कन पाइन्छ भन्ने लागेको सादाको भनाइ छ।, पहिले आफ्नो गरिबीप्रति कतै गुनासो नगर्ने मुसहर अब भने राज्यका निकायबाट उपेक्षित हुनु परेको बुझ्न र भन्न थालेका छन्।, ‘हामीलाई हेर्ने को छ र ?’ भन्ने जुगलाको व्यथा राज्यका निकायप्रतिकै व्यंग्य भएको भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालको भनाइ छ।   ,  , पारिलो घाम झुल्केपछि महोत्तरीबासीलाई राहत
रासस अत्यधिक चिसो बढेसँगै प्रदेशबासीलाई जाडोबाट जोगाउन प्रदेश नम्बर २ सरकारले आवश्यक तयारी थालेको छ।, वर्षासँगै चिसो बढेपछि प्रदेश नम्बर २ सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमार्फत जाडो प्रभावितका लागि योजना बनाउन तयारी थालेको हो।  , आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले भने,‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी सुरू गरेका छौं, केही दिनभित्रै वितरण गर्नेछौं।’, यसवर्ष चिसोका कारण कुनै किसिमको मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणसँगै अन्य अति आवश्यक कुरा मिलाइरहेको मन्त्री साहको भनाइ छ।, ‘शीतलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा छौं’, उनले भने,‘चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ।’ , शीतलहरबाट सबभन्दा बढी जोखिममा विपन्न गरिब परिवार मारमा पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएको उनले बताए।, विगतमा जाडो बढेपछि चोक-चोकमा आगो बाल्न दाउराको व्यवस्था हुँदै आएको छ र यस पटक पनि स्थानीय प्रशासनसँग छलफल गरेर तयारी गरिरहेको मन्त्री साहको भनाइ छ। , बर्सेनि चिसोबाट प्रदेश नं २ मा करिब १५ प्रतिशत नागरिक प्रभावित हुने गरेको प्रदेश नीति तथा योजना आयोगले जनाएको छ।, ‘प्रदेशको कूल जनसंख्यामध्ये करिब १५ प्रतिशत जनसंख्या दलित, विपन्न छन्, ती सबै चिसोबाट प्रभावित हुने गरेका छन्’, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले भने,‘अधिकांशसँग चिसोबाट जोगिन ओढ्ने, ओछ्याउने न्यानो लुगा हुँदैन, त्यसैले चिसोबाट कतिपयले ज्यान समेत गुमाउने गर्छन्।’ , हरेक वर्ष हुने शितलहर र चिसोका कारण अनाहकमा सर्वसाधारणहरू ज्यान गुमाउने गरेका छन्।, पछिल्ला चार वर्षमा चिसोका कारण प्रदेश नं २ मा ७४ जनाको मृत्यु भइसकेको छ।, गत वर्ष मात्रै चिसोका कारण प्रदेश नं २ मा १० जनाको मृत्यु भएको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। , आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म रौतहटमा सबभन्दा बढी ३२ जनाको मृत्यु भएको छ भने सप्तरीमा १८, सिरहामा सात, पर्सामा ६, धनुषामा चार, महोत्तरी र सर्लाहीमा तीन-तीन तथा बारामा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ।, चिसोबाट जोगाउन प्रदेश २ सरकारले थाल्यो तयारी
एजेन्सी छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ।, इन्डियन एक्प्रेसका अनुसार बुधबार भारतमा १३ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार भारतमा ९ हजार १ सय ९५ जनामा संक्रमण देखिएको थियो। यो अघिल्लो दिनको तुलनामा ४४ प्रतिशत बढी हो। सोमबार भारतमा ६ हजार ३ सय ५८ जनामा कोरोना संक्रमण भएको थियो।, कोरोना संक्रमणसँगै भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण पनि फैलिँदै गएको छ। राजधानी दिल्ली र अर्को प्रमुख सहर मुम्बईमा ओमिक्रोनको संक्रमण तीव्र भइरहेको छ। अहिले भारतभरि ९६१ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ भने तीमध्ये दिल्लीमा २६३ र मुम्बईमा २५२ जना संक्रमित पुगेका छन्।, गत मेमा भारतमा एकैदिन कोरोनाका ४ लाख १४ हजार संक्रमित थपिएका थिए। त्यतिबेला भारतमा डेल्टा भेरियन्टको संक्रमण थियो। डेल्टा भेरियन्ट भारतमै पहिलो पटक पत्ता लागेको थियो। त्यो दर घट्दै गएर डिसेम्बर २० मा ५ हजार ३ सय २६  पुगेको थियो। त्यसपछि भारतमा फेरि संक्रमण बढ्न थालेको हो।, संक्रमण बढेपछि दिल्ली र महाराष्ट्रका अधिकारीहरूले विभिन्न प्रतिबन्धहरू लगाएका छन्।, भारतमा दुई दिनमै दोब्बर बढे कोरोना संक्रमित
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिमा एक युवकको शव फेला परेको छ। , चन्द्रागिरि-४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। , बिहीबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, थानकोट वृत्तको टोली घटनास्थल गएको छ। , फरेन्सिक चिकित्सकसहितको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले बताए।, चन्द्रागिरिमा युवकको शव फेला
विवेक राई सरकारले आफ्ना नागरिकालाई कोरोना खोपको अतिरिक्त मात्रा दिने निर्णय गरेको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डाक्टर संगीता मिश्राले आवश्यकताका हिसाबले मानिसहरूलाई अतिरिक्त खोप दिन लागिएको जानकारी दिइन्। , प्रवक्ता मिश्राले अतिरिक्त खोप कहिलेबाट दिने भनेर थप निर्णय हुन बाँकी रहेको भन्दै सो कुरा खोप सल्लाहकार समितिले निर्णय गर्ने बताइन्।, अहिले खोप सल्लाहकार समिति सोबारे टुंगो गर्न छलफलमा जुटेको छ। , यद्यपि क-कसले खोपको अतिरिक्त मात्रा पाउने भन्ने कुरा मन्त्रालयले टुंगो गरेको छ।, प्रवक्ता मिश्राका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूलाई अतिरिक्त मात्रा दिन लागिएको छ। जसमा क्यान्सर रोगी, अंग प्रत्यारोपण गर्नेहरू र एचआइभीका बिरामी रहेका छन्। , योसँगै चिनियाँ कम्पनीले उत्पादन गरेको 'भेरोसेल' खोप लगाएका ६० वर्ष माथिका वृद्धवृद्धालाई पनि अतिरिक्त मात्रा दिने भनिएको छ। तर अतिरिक्त मात्रा दिनलाई कम्तीमा खोप लगाएको तीन महिना पूरा भएको हुनुपर्ने छ। साथै अतिरिक्त मात्रा दिँदा अघिल्लोपटक लगाएकै खोप दिइने मिश्रा बताउँछिन्। , सरकारले अतिरिक्त मात्रा दिने निर्णय गर्दा कतिपयले यसलाई बुस्टर डोजको रूपमा पनि हेरेका छन्। तर मन्त्रालयकी प्रवक्ता मिश्राले बुस्टर डोज र अतिरिक्त मात्र छुट्टाछुट्टै विषय रहेको भन्दै भनिन्, 'बुस्टर डोज र अतिरिक्त मात्रा छुट्टाछुटटै कुरा हो। अतिरिक्त मात्रा सबैलाई दिने होइन। बुस्टर डोज भनेको सबैलाई दिने हो। त्यसैले अहिलेलाई अतिरिक्त मात्रा दिने निर्णय भएको हो, बुस्टर डोजको होइन।', गत पुस ६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठनले अनुमति दिएमा पुस अन्तिमदेखि नागरिकलाई बुस्टर डोज दिन सुरू गरिने जनाएका थिए। तर त्यसबारे थप जानकारी मन्त्रालयले दिएको छैन।, कोरोना खोपको अतिरिक्त मात्रा दिने सरकारको निर्णय, क-कसले पाउँछन्?
भगवती पाण्डे आजभन्दा करिब पाँच दशकअघिको कुरा हो।, पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हुँदाताका बुटवलको बटौली बजार गुलजार थियो। त्यसमाथि उबेलै एउटा सिनेमा हल! , २०३१ सालतिरको कुरा हो, महेश्वरगोपाल लाकौलले आफ्नै घरमा सिनेमा हल खोलेका थिए। त्यसको नाम थियो- मिलन प्रकाश चलचित्र मन्दिर।, त्यति बेला नेपाली फिल्म फाट्टफुट्ट मात्र बन्थे। भारतीय फिल्म पनि उतैको हलमा देखाएको धेरै समयपछि मात्र नेपाल आउँथे। बटौलीको एक मात्र सिनेमा हल पनि बन्द भएपछि चलचित्र हेर्न रूचाउनेहरू भैरहवा, भारतको नौतनवा र गोरखपुरसम्म जान थाले। जब नयाँ फिल्म लागेको थाहा हुन्थ्यो, उनीहरू साइकलमा बत्तिँदै उता पुग्थे।, बुटवलका रामचन्द्र क्षेत्रीलाई आफ्नो ठूलो साइकल दुई-तीन घन्टा चलाएर हरेक साता नौतनवासम्म फिल्म हेर्न जाँदाको रमाइलो अहिले पनि सम्झना आइरहन्छ।, 'नौतनवामा जयहिन्द र ओम भन्ने दुइटा हल थिए। नयाँ फिल्म लागेको छ रे भन्ने थाहा पाएपछि साथीहरू मिलेर साइकलमै पुग्थ्यौं,' रामचन्द्र भन्छन्, 'बुटवलबाट ३५/४० किलोमिटरको बाटोपछि अर्को साथीलाई राखेर साइकल कुदाउँदा पनि फिल्म हेर्ने हुटहुटीले थकाइ लाग्थेन।', स्कुल र क्याम्पस पढ्दा बिदाको दिनमा साथीहरू मिलेर धेरैपटक भैरहवा र नौतनवा पुगेको उनी बताउँछन्।, 'मसँग धेरै मिल्ने साथी मिनबहादुर ध्वजु थिए। हामी स्कुल र क्याम्पसमा सँगै पढ्यौं। म धेरैजसो उनीसँगै फिल्म हेर्न पुग्थेँ,' उनले भने।, रामचन्द्रले सबभन्दा पहिले हेरेको चलचित्र हो 'वनफूल'। हिन्दी फिल्म वनफूल २०२८ सालतिरै बनेको हो। तर उनले २०३१ सालमा बटौलीकै उही पुरानो मिलन प्रकाश हलमा हेरे।, कालिकानगरकै नारायण अर्याल पनि बटौली उक्त हलमा ४० पैसामा फिल्म हेरेको सम्झिन्छन्।, 'फिल्मको नाम त अहिले बिर्सिएँ। तर ४० पैसाको टिकट काटेर सबैभन्दा अगाडि काठको बेन्चमा फिल्म हेरेको सम्झना छ,' नारायणले भने।, तर बटौलीबासीलाई फिल्मको मजा दिने यो मिलन प्रकाश चलचित्र मन्दिर २०३१ सालमै बन्द भयो। हल बन्द भएपछि भने नारायण पनि रामचन्द्रजस्तै गरी फिल्म हेर्न भैरहवा र नौतनवासम्म पुग्थे।, 'बसमा नौतनवा पुगेर फिल्म हेरेर फर्किन दस रूपैयाँ नेपाली चाहिन्थ्यो। उति बेला दस रूपैयाँ पाउन कम्ता मुस्किल थिएन। फिल्म हेर्न पुग्ने पैसा भयो भने साइकलमा जान्थ्यौं,' उनले भने।, यसपछि २०३२ सालतिर भैरहवा खजहनामा 'पञ्चरत्न चलचित्र मन्दिर' सञ्चालन भयो। भैरहवा, नौतनवासम्म जान नसक्नेहरू भने मेलाहरूमा देखाइने नाटक र फिल्म हेरेर मनोरञ्जन लिन्थे।, २०३५/३६ सालतिर बुटवलको कान्ति स्कुलमा हरेक वर्ष हिउँदमा मेला लाग्थ्यो। २०/२५ दिन लाग्ने मेलामा विभिन्न सामग्रीको किनमेलसँगै जादु र फिल्म पनि देखाइन्थ्यो। विराटनगरका भगवानदास गुप्ता अस्थायी सिनेमा घर बनाएर फिल्म देखाउन बुटवल आइपुग्थे।, टिन र प्लास्टिक बारेर बनाइने अस्थायी सिनेमा हल मेला अवधिभरि दर्शकले खचाखच भरिन्थ्यो। मेला सकिएपछि बन्द भइहाल्ने। फिल्मका पारखीहरूलाई मजा चखाएर जान्थ्यो।, त्यही मजाको स्वाद बुटवलका द्वारिका उदयलाई परेको थियो।, फिल्ममा निकै रूचि भएकाले मेलामा फिल्म देखाउन बुटवल आएका भगवानदाससँग द्वारिकाको संगत बढ्दै गयो। मेला अवधिभर भगवानदाससँगै घुमफिर गर्ने उनले पछि आफैं फिल्म देखाउने सोच बनाए। भगवानदाससँग सबै कुरा बुझे। अनि मेला सकिएपछि त्यही वर्षदेखि फिल्म देखाउन सुरू गरे।, द्वारिकाले सानो घुम्तीमा फिल्म देखाउने चाँजो मिलाएका थिए। त्यसको नाम राखे- राजेश टुरिङ प्याकेज।, द्वारिका उदय, यो घुम्ती सिनेमा हल बुटवलको हाटबजारपछि अहिलेको भलाई कोष रहेको स्थान नजिकै थियो। टिनले छाएर बनाइएको हलमा असार-साउनको बर्खामा पानी चुहिन्थ्यो।, पानी परेर चुहिन थालेपछि द्वारिकाले यसलाई बर्खाका बेलामा भने सार्ने सोचे। अहिले बुटवल उपमहानगरपालिका कार्यालय अगाडि रहेको बालमन्दिरको घर भाडा लिए। अनि त्यहीँ फिल्म लगाउन सुरू गरे।, बर्खाभरि बालमन्दिरमा र हिउँदमा बाहिर घुम्ती सिनेमा देखाउँदा देखाउँदै उनी बुटवलमा फिल्म हलका मालिक भनेर चिनिन थालेका थिए।, भगवानदाससँगको संगतले द्वारिकालाई बुटवलमा बाह्रै महिना चल्ने सिनेमा हल चलाउने बाटो देखाइदियो।, द्वारिकाले हाटबजार, बालमन्दिर र फर्साटिकरमा समेत राजेश टुरिङ र पछि लक्ष्मी टुरिङ प्याकेज चलाए। २०४३ सालदेखि भने बुटवलको ट्राफिकचोकमा जग्गा भाडा लिए। त्यसमा त्रिपाल टाँगे र फिल्म देखाउन थाले। पछि उनले त्यहीँ पक्की हल बनाए।, उक्त हलको नाम रह्यो बुटवल चलचित्र मन्दिर।, यसैलाई बुटवलको पहिलो पक्की सिनेमा हल मानिन्छ। बुटवल चलचित्र मन्दिर खुलेपछि फिल्म हेर्न भैरहवा र नौतनवासम्म पुग्नेहरूलाई धेरै सजिलो भयो। , धेरै अगाडिदेखि फिल्म हेर्न भारतसम्म धाउने रामचन्द्र क्षेत्री द्वारिकाको हलले नै बुटवलवासीलाई फिल्म हेर्न सिकाएको बताउँछन्।, 'बुटवल चलचित्र मन्दिर सुरू भएपछि त शनिबार फिल्म हेर्ने दिन नै हुन्थ्यो। क्याम्पस पढ्ने बेलामा साथीहरू हुल बनाएर हेर्न जाने चलन थियो,' रामचन्द्रले सम्झिए, 'अहिलेजस्तो केटा र केटीहरू सँगै मिलेर हेर्न जाने चलन थिएन। केटीहरू दिदीबहिनी र साथीहरू मिलेर जान्थे। हामी पनि केटा साथीहरू मात्रै जान्थ्यौं।', आफूले बिहे गरेपछि भने श्रीमती तारालाई लिएर धेरैपटक फिल्म हेर्न पुगेको उनले बताए।, रामचन्द्रजस्तै बुटवलका रन्जित शेरचन, शिवनारायण श्रेष्ठ, अरूण श्रेष्ठ, मृगेन्द्र शेरचन लगायत त्यति बेला धेरै सिनेमा हेर्नेहरूमा गनिन्थे।, द्वारिकाले घुम्ती सिनेमा हल चलाउँदा उनका छोरा प्रदीप नौ वर्षका थिए। पछि बुवाकै बाटोमा हिँड्दै उनी चलचित्र निर्माण र सिनेमा हल सञ्चालनमा लागे।, 'बुटवल चलचित्र मन्दिर सुरू गर्दा पनि म सानै थिएँ। बुवालाई मेरा दाइ राजकुमारले सघाउनुहुन्थ्यो,' प्रदीपले भने।, प्रदीपका अनुसार एक हजार ७३ जना अट्ने बुटवल चलचित्र मन्दिरमा फिल्म हेर्न बुटवल वरिपरिका गाउँबाट मानिसहरू बस चढेर आउँथे, 'शनिबारको दिन त टिकट पाउन हम्मे हुन्थ्यो।', उक्त हल त्यति बेलै एक करोड रूपैयाँ लगानीमा बनेको प्रदीप बताउँछन्। दर्शकहरू भरिएको देखेर हौसिएका द्वारिकाले छोरा प्रदीपलाई निर्माता बन्न हौस्याए।, २०४५ सालतिर यादव खरेल नेपाल परिवार नियोजनमा जेनरल म्यानेजर थिए। बुटवलमा परिवार नियोजन संघ सञ्चालन गर्दा यादवसँग द्वारिकाको चिनजान भएको थियो। सामान्य चिनजानबाट सुरू भएको उनीहरूको मित्रता घनिष्ठ भइसकेको थियो। यादव र द्वारिका मिलेर फिल्म बनाउने निधो गरे। नाम राखे 'चेलिबेटी'।, यादव निर्देशक रहेको उक्त फिल्म निर्माताको जिम्मेवारी द्वारिकाले छोरा प्रदीपलाई नै दिए। त्यही फिल्मको निर्माता बन्ने बुवाको आग्रहले आफूलाई चलचित्र उद्यमी बनाएको प्रदीप बताउँछन्।,  प्रदीप उदय।, 'विज्ञान विषय पढिरहेको म पढाइसँगै विद्यार्थी राजनीतिमा थिएँ। बुवाको पहिलो चलचित्रमै निर्माता बनेर काम गरेपछि उतै लत बस्न लाग्यो,' उनी भन्छन्।, 'चेलिबेटी' बाट निर्माण थालेका प्रदीपले त्यसयता 'मालतीको भट्टी', 'अल्पविराम', 'कहीँ मिलन कहीँ विछोड', 'नमस्ते नेपाल', 'अर्धकट्टी', 'हाम्रो माया जुनीजुनीलाई', 'शुभलभ' लगायत ११ वटा फिल्म बनाइसकेका छन्। एउटा नेवारी फिल्म निर्माणाधीन छ।, बुवाको प्रेरणाबाट चलचित्र क्षेत्रमा लागेका प्रदीपलाई २०५९ सालमा बज्रपात पर्‍यो। अरूलाई फिल्म देखाउँदै मनोरञ्जन दिइरहेका द्वारिकाको जीवन फिल्मी शैलीमै मोडियो।, फागुन १ गतेको त्यो घटना प्रदीप यसरी सम्झिन्छन्ः, उनी काठमाडौं बस्थे। फिल्मकै कामले मुम्बई जाने तयारी थियो। बुवा द्वारिका सँगै थिए। अघिल्लो दिन काठमाडौंमै रहेकी छोरीको घरमा बस्न भनेर गए। भोलिपल्ट बिहानै द्वारिका प्रदीपको कोठामा आए र 'पोखरा जाने' भन्दै हिँडे।, द्वारिका त्यसपछि कहिल्यै फर्किएनन्। एकाएक सबै चटक्क छाडेर बेपत्ता भए।, 'अघिल्लो दिन दिदीकहाँ गएर बिहान मेरो कोठामा आउनुभयो। म त्यही दिन मुम्बई जाँदै थिएँ। बुवाले पोखरा जाने भन्नुभयो। गाडी लिएर जानुभन्दा होइन प्लेनमा जान्छु भन्नुभयो। टिकट पनि लिइसक्नुभएको थियो। त्यसरी हिँड्नुभएको बुवा फर्किनुभएन,' उक्त घटना सम्झिँदै प्रदीप भन्छन्।, बुवा बेपत्ता भएको खबर पाएपछि प्रदीप चार दिनमै मुम्बईबाट फर्किए। उनले भारत र नेपालका विभिन्न सहरमा द्वारिकालाई खोजे। कतै भेट्न सकेनन्।, द्वारिकाले पोखरा जाने टिकट रद्द गरेर भैरहवा गएको उनीहरूले थाहा पाए। उता पनि खुबै खोजी गरे।, 'बुवालाई मधुमेह थियो। औषधि लिने भनेपछि बुटवलका मानबहादुर केसीले सुनौलीसम्म छाड्नुभएको थियो रे। त्यसपछि नै सम्पर्कमा आउनुभएन।', उनीहरूले द्वारिका गोरखपुरसम्म पुगेको पत्ता लगाएका थिए। त्यसपछि भने कता गए, केही पत्तो भएन। द्वारिका हराएका भए भेटिन्थे होला भन्ने प्रदीपलाई लाग्छ। तर आफैं परिवार छाडेर हिँडेकाले खोजी गरे पनि पत्ता लगाउन नसकिएको उनी बताउँछन्।, ६२ वर्षको उमेरमा अचानक बुवाले किन घरपरिवार छाडेर हिँडे भन्ने कुरा पनि प्रदीपको परिवारले पत्ता लगाउन सकेको छैन, 'आजको मितिमा उहाँ ८२ वर्षको हुनुभयो। कहाँ हुनुहुन्छ, केही थाहा छैन।', द्वारिका हिँडेपछि उनीहरूको पारिवारिक र व्यवसायिक जीवन क्षतविक्षत भयो। काठमाडौं, बबरमहलका द्वारिकाको परिवार पाल्पा आएर त्यसपछि मात्रै बुटवल झरेका थिए। सामाजिक कार्यमा अग्रसर द्वारिका बुटवलमा पनि समाजसेवामा तल्लीन थिए। सरकारी कार्यालयलाई भौतिक संरचना निर्माण गर्न, विद्यालय, अस्पताल लगायत सञ्चालनमा उनी खट्थे। , ईलाका प्रहरी कार्यालयको पुरानो लामो भवन, परिवार नियोजन संघको भवन, सिद्धार्थ क्याम्पस, कान्ति स्कुल, लुम्बिनी अस्पतालको पुरानो भवन र सटरहरू द्वारिकाकै अगुवाइमा निर्माण गरिएको प्रदीप बताउँछन्।, बुटवलका लागि धेरै योगदान गरे पनि बुवा हराएपछि कतिपयले नकारात्मक टिप्पणी गरेको सुन्दा परिवारमाथि झनै चोट परेको थियो।, संयोग नै भन्नुपर्ला द्वारिका पत्तो नदिइ हिँडेकै बेला प्रदीप 'कहीँ मिलन कहीँ विछोड' चलचित्र बनाउँदै थिए। त्यही बेला बुवासँग विछोड भयो। त्यसपछि उनी आर्थिक अभावले पनि लामो समय चलचित्र निर्माणमा लागेनन्।, 'हाम्रो सम्पत्ति प्रशस्त भए पनि सबै बुवाकै नाममा थियो। बेचविखन गर्न र बैंकिङ कारोबार गर्न पाइएन। नेपालमा मानिस हराएको ११ वर्ष नभएसम्म हराएको नमानिने रहेछ। बुटवल चलचित्र मन्दिर लिजमा थियो। त्यसका कागजात पनि बुवासँगै गायब भए। पछि हल छाड्नुपर्‍यो,' उनले भने।, द्वारिकाको सपना लुम्बिनी अञ्चलका ६ वटै जिल्लामा सिनेमा हल बनाउने थियो। बुटवलपछि कपिलवस्तुको कृष्णनगरमा 'उदय चलचित्र मन्दिर' निर्माण गरेका उनले नवलपरासीको सुनवलमा पनि 'त्रिवेणी चलचित्र मन्दिर' बनाएका थिए। अर्घाखाँची, पाल्पा र गुल्मीमा पनि एउटा/एउटा हल बनाउने योजना थियो।, द्वारिका उदय सिनेमा, माओवादी द्वन्द्वले चलचित्र उद्योग तहसनहस बनेपछि अरू जिल्लामा हल सञ्चालन गर्ने सपना २०५९ सालमा द्वारिका एकाएक बेपत्ता भएपछि झन् अधुरै रह्यो। द्वारिका हराएपछि लामो समय प्रदीप पनि बुटवल बाहिरै बसे।, पछि कपिलवस्तुको कृष्णनगरमा रहेको चलचित्र घर भत्काएर प्रदीपले जग्गा बेचे। त्रिवेणी चलचित्र मन्दिर भने माइला हजुरबुवालाई बिक्री गरे। तैपनि बुटवलमा 'फिल्म हलवाला' भनेर चिनिएको उदय परिवारको विरासत प्रदीपले मेटिन दिएका छैनन्।, चलचित्र संघका निवर्तमान अध्यक्षसमेत रहेका प्रदीपले विगत तीन वर्षदेखि बुटवलको राजमार्ग चौराहमा 'द्वारिका उदय सिनेमा' सञ्चालनमा ल्याएका छन्। दुई सय सिट क्षमताको उक्त हलमा लक्जरी सिट, पर्दा तथा मल्टिप्लेक्स निर्माण गरिएको छ।, छ महिनाको अन्तरमा उनले इटहरीमा पनि साझेदारीमा 'इलाइट सिनेमा' चलाए। तर खुलेको दुई वर्ष नहुँदै कोरोना आयो। यसपछि सिनेमा क्षेत्र चौपट भएको उनी बताउँछन्। , 'इटहरीमा काठमाडौंको कुमारी हलको शैलीमा हल खोलिएको थियो। एक वर्ष ९ महिना मात्र चलाउन पायौं। बुटवलको पनि तेह्र महिना चलेको थियो,' उनले भने। दुई हल सञ्चालनमा ११ करोड लगाएका प्रदीप कोरोनाले थलिए पनि चलचित्र क्षेत्रबाट अन्यत्र जान नसकिने बताउँछन्।, 'बुवालाई बुटवलमा सबैले हलवाला भनेर चिन्थे। उदय परिवारलाई पछिसम्म पनि हलवाला भनेर चिनियोस् भनेरै बुटवलमा हल खोलेको हुँ। बुवाको सपना पनि यही थियो, त्यसैले नामसमेत द्वारिका नै राखेको छु,' उनी भन्छन्।, विद्यार्थी बेलादेखि नै राजनीतिमा रूचि राख्ने प्रदीप चलचित्र उद्योगसँगै राजनीतिमा पनि सक्रिय छन्। उनी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश संयोजकका रूपमा काम गरिरहेका छन्। बैंकमा जागिरे श्रीमती सुमी रञ्जित उदय र दुई छोरी अध्ययनका लागि काठमाडौंमा छन्।, तर उनी आफू भने बुवाले आर्जन गरेको बुटवल कर्मथलो छाड्न नसकेको बताउँछन्।, जसका बुवा बुटवलबासीलाई फिल्म हेर्न सिकाएर बेपत्ता भए
नारायण खड्का फरार घोराही कारागारका नाइके यमराज परियारलाई कारागार भित्रै रहँदा पनि बाहिर जस्तै हरेक कुरामा स्वतन्त्रता दिएको खुलेको छ।, बैंक खाता खोल्ने, एटिएम चलाउने, मोबाइल फोन बोक्नेलगायतका सुविधासमेत कारागारले उनलाई दिएको थियो।, कुनै पनि कैदी बन्दीले बैंक खता खोल्न नपाउने भए पनि उनले घोराहीस्थित माछापुच्छ्रे बैंकमा खाता खोलेर एटिएमसमेत चलाउँदै आएका थिए।, घटना अनुसन्धानमा संलग्न  एक उच्च अधिकारीका अनुसार  नाइके यमराजले ब्यक्तिगत रूपमा चौविसै घन्टा मोवाइल फोनसमेत राख्ने गरेका थिए। , ‘यमराजले नमस्ते र एनसेलका दुई वटा सिमकार्ड प्रयोग गर्ने गरेको तथ्य फेला परेको छ, ती अधिकारीले सेतोपाटीसँग भने, ‘यमराजलाई कारागार प्रशासनले यतिसम्मको उन्मुक्ति दिएको रहेछ कि,  उनी बिहानै कारागारबाट निस्किएर बेलुका अबेर मात्रै कारागार छिर्ने गर्दा रहेछन्।’ , अनुसन्धान अधिकृतका अनुसार उसले चाहेको समयमा कारागार भित्रै युवति ल्याएरसमेत राख्ने गरेका रहेछन्। ती अधिकारीले भने, ‘उसका लागि कारागार नाम मात्रैको थियो, सुबिधा भने लज जस्तै प्रदान गरिएको रहेछ।’, स्रोतका अनुसार यमराजले हालै मुद्दा मिलाउन सहयोग गर्छु भनेर एक जना लागूऔषधका थुनुवासँग पाँच लाख बढी र अर्का एक जनासँग पनि त्यतिकै रकम अशुल गरेको तथ्य फेला परेको छ। , ‘वकिललाई पैंसा खुवाउनुपर्छ भनेर उनीहरूसँग पैंसा लगेको कागज नै गरेको देखिएको छ,’ ती अधिकारीले भने, ‘यमराजले त्यसअघि पनि त्यस्ता काम गरेको देखिएको छ ।’, कारागारका जेलर युवराज परियारसँगको सम्बन्धका कारण फरार नाइके यमराजलाई कारागार भित्र हरेक कुराको स्वतन्त्रता दिइएको ती अधिकारीले जानकारी दिए। , प्रहरी हिरासतमा रहेका प्रहरी जवान धनबहादुर चौधरीलाई विश्वासमा पार्न लत्ताकपडा किनिदिने लगायतका काम गरेकोसमेत अनुसन्धानबाट खुलेको छ। , ‘आफू भाग्ने दिन यमराजले आफ्नै प्रेमीकालाई प्रहरी जवान धनबहादुर चौधरीसँगै कोठामा पठाएको देखिएको छ,’ ती अधिकारीले भने, ‘आफ्नै प्रेमीकालाईसमेत अरूलाई सुम्पिने यमराजले योजनाबद्ध प्लान गराएको देखिन्छ।’, पुस ८ गते दिउँसो प्रहरी जवान चौधरीलाई ती युवतीसँग घोराहीस्थित एक होटेलको कोठामा बाहिरबाट चुकुल लगाएर यमराज  भागेका थिए।, यसअघि पनि फरार नाइके यमराज, आफ्नै गर्भवती प्रेमिकाको हत्या अभियोगमा जेल परेका थिए। , दाङ देउखुरी जिल्ला अदालतले यमराजलाई २० वर्ष कैद तोकेकोमा साढे ७ वर्ष सजाय भुक्तान गरिसकेका थिए । , यमराजलाई भगाउन सहयोगी भूमिका खेलेको अभियोगमा घोराहीका जेलर युवराज परियार, कारागारका असइ रूद्रबहादुर सेन, प्रहरी हवल्दार गणेशकुमार थारू, प्रहरी जवान धनबहादुर चौधरीसहित सात जना पक्राउ परेको घोराही कारागारको समेत जिम्मेवारी सम्हालेका अमर वलीले सेतोपाटीलाई जानकारी दिए।, स्रोतका अनुसार घटनामा संलग्न रहेको आरोपमा मंगलबार थप दुई जना पक्राउ परेका छन्।, फरार नाइके यमराजलाई कारागार भित्रै ‘लज’ को जस्तै सुविधा!
सेतोपाटी संवाददाता काठमाडौंलगायत देशका अधिकांश ठाउँमा वर्षा भएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि हल्कादेखि मध्यम वर्षा भएको छ।, देशभर नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जानकारी दिएको छ।, मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौंसहित देशभर वर्षा भइरहेको छ। बिहीबार बिहानसम्म वर्षा हुने सम्भावना रहेको उनले बताए।, काठमाडौंमा आज दिउँसो केहीबेर रोकिएर फेरि वर्षा हुने सम्भावना छ।, पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुनसक्ने उनले बताए।, देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागको भनाइ छ।, काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ। , अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।, अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित, गए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ।, उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ।, हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ।, चिसोले जनजीवन कष्टकर भएको डोल्पाको कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले बताए।, बिहानै घाँस सङ्कलन गर्ने काम ठप्प भएपछि पशुचौपायलाई खुवाउने आहाराका लागि समस्या भएको स्थानीयले बताएका छन्।, चिसो अत्यधिक बढेपछि पठनपाठन प्रभावित बनेको छ। नियमित पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ।, हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध, डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मङ्गलबार रातिदेखि हिमपात सुरु भएको छ।, हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध बनेका छन्।, सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध छ।, हिउँ परेपछि तराई–पहाडका जिल्लाका लागि गुडेका सवारीसउाधन राजमार्गमै रोकिएका छन्। यात्रु बाटोमै अलपत्र परेको बताइएको छ।, मङ्गलबार बेलुकादेखि पानी पर्न सुरु भएसँगै रातिदेखि हिमपात भएको हो।, भीमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा आज बिहानदेखि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।, सडक क्षेत्रको हिउँ पन्छाउन डोजर पठाइएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबलबहादुर मल्लले बताए।, प्रहरीको टोली पनि त्यसतर्फ गएको छ। डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको छ।, देशका अधिकांश ठाउँमा वर्षा, हिमाली क्षेत्रमा हिमपात
सेतोपाटी संवाददाता काठमाडौंलगायत देशका अधिकांश ठाउँमा वर्षा भएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि हल्कादेखि मध्यम वर्षा भएको छ।, देशभर नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जानकारी दिएको छ।, मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौंसहित देशभर वर्षा भइरहेको छ। बिहीबार बिहानसम्म वर्षा हुने सम्भावना रहेको उनले बताए।, काठमाडौंमा आज दिउँसो केहीबेर रोकिएर फेरि वर्षा हुने सम्भावना छ।, पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुनसक्ने उनले बताए।, देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागको भनाइ छ।, काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ। , अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।, तस्बिरहरू:, काठमाडौंमा हिउँदे वर्षा (तस्बिरहरू)
विनोद सापकोटा झापामा मोटरसाइकल अनियन्त्रित भएर रूखमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ।, दमक नगरपालिका २ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।, प्र १–०२–०४३प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रूखमा ठक्कर खाएको थियो।, मोटरसाइकल चालक खोटाङ चिसापानी ४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती ४ का १९ वर्षका किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला ३ का १९ वर्षीय अनिल लामगादेको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।, उनीहरू तीनै जना एकै मोटरसाइकलमा सवार थिए।, उनीहरू सुनचाँदी पसलमा काम गर्ने कामदार रहेको खुलेको प्रहरीले जनाएको छ।, अनियन्त्रित भएर रूखमा ठोक्कियो मोटरसाइकल, तीन जनाको मृत्यु
रासस त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको सीमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको छ।, गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए।, उनकाअनुसार उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्चालनमा रोक लगाएको हो।, उनले मौसम सुधार भएमा आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताए।, हिमपातले त्रिभुवन राजपथ अवरुद्ध
सेतोपाटी संवाददाता कपिलबस्तुमा ट्रक र बसले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना घाइते छन्।, गए राति ट्रक र बसले कार ठक्करलाई पालैपालो ठक्कर दिएको थियो।, पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका ४ दरखास्तमा भएको दुर्घटनामा बाणगंगा नगरपालिका १ पिपराका ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको छ।, कारमा सवार सुदीप खनाल र राजेश शर्मा पनि गम्भीर घाइते छन्। कपिलवस्तुको जितपुरबाट गोरुसिंगे जाने क्रममा: उनीहरू मंगलबार राति करिब १० बजे दुर्घटनामा परेका थिए।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाण्डे सवार बा ६ च ११६४ नम्बरको कारलाई सुरुमा ट्रकले ठक्कर दिएको थियो।, पछि ना ५ ख ३३८७ नम्बरको बसले उक्त कारलाई ठक्कर दिएको थियो। कार पाण्डेले चलाएका थिए। कारलाई ठक्कर दिने ट्रक र बसको नम्बर खुलेको छैन।, पाण्डेलाई उपचारका लागि क्रिमसन अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए। पाण्डे शाइन रेसुंगा बैंक जितपुर शाखाको प्रमुख थिए भने कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष पनि हुन्।, साथै घाइते दुई जनाको भने बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, ट्रक र बसले कारलाई ठक्कर दिँदा बैंकका शाखा प्रमुख पाण्डेको मृत्यु, २ घाइते
एजेन्सी फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। युरोपकै सबैभन्दा बढी संक्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा १ लाख ७९ हजार ८०७ जनामा संक्रमण देखिएको छ ।, कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  फैलिएसँगै संक्रमितको संख्या दैनिक बढिरहेको छ।, फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगल लगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन्। , यस्तै बेलायतमा पछिल्लो २४ घन्टामा १ लाख १७ हजार ९३ जना, इटालीमा ७८ हजार, पोर्चुगलमा १७ हजार १७२, ग्रिसमा २१ हजार ६ सय ५७ जनामा संक्रमण फेला परेका छन्। , क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले युरोपमा कोरोना तीव्र रूपमा फैलिएको हो।, विश्व स्वास्थ्य संगठनले कोरोनाको पछिल्लो लहरबाट युरोपको स्वास्थ्य प्रणालीलाई नै तहसनहस हुनसक्ने चेतावनी दिएको छ।, फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानका अनुसार आगामी जनवरीदेखि फ्रान्समा दैनिक संक्रमितको संख्या २ लाख ५० हजार नाघ्नसक्ने र अधिकांश अस्पताल कोभिडका विरामीले भरिनसक्ने बताएका छन्।, यसैबीच सरकारले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइसकेको छ। फ्रान्समा अहिलेसम्म २ करोड ३० लाख जनाले कोभिडको बुस्टर डोज लगाइसकेका छन्।, फ्रान्समा एकै दिन थपिए १ लाख ८० हजार कोभिड संक्रमित
सेतोपाटी संवाददाता काठमाडौं-२६ मित्रनगरस्थित नयाँ बसपार्कमा ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पुस १३ गते रातिदेखि १४ गतेसम्म महिलामाथि सामूहिक बलात्कार भएको हो।, महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आठ जनालाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको छ।, मंगलबार राति र बुधबारसम्ममा काठमाडौंका विभिन्न ठाउँबाट बलात्कार आरोपीलाई पक्राउ गरिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।, बलात्कारमा संलग्न अर्का एक जना फरार रहेको र उनको खोजी भइरहेको प्रहरी उपरीक्षक मैनालीले बताए।, ‘बसपार्कको एउटा गेष्ट हाउसमा लगेर महिलालाई बलात्कार गरिएको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन भएको थियो,’ मैनालीले भने।, सुरूमा बलात्कार घटनाबारे प्रहरी प्रभाग नयाँ बसपार्कमा सूचना पुगेको थियो। त्यसपछि प्रहरी वृत्त महाराजगन्ज, परिसर र अपराध महाशाखाको टोली अनुसन्धानमा जुटेको थियो।, महिलाको स्वास्थ्य परीक्षण गरिएको र उनको स्वास्थ्य सामान्य रहेको मैनालीले बताए।, नयाँ बसपार्कमा ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार, आठ जना पक्राउ
रोहित महतो मिथिलाक्षेत्र तिर महोत्तरीको मटिहानीको आफ्नै रामकहानी छ।, प्रदेश २ को जनकपुरधामबाट १५ किलोमिटर पश्चिम–दक्षिण पर्ने महोत्तरीको सदरमुकाम जलेश्वर हुँदै पूर्व–दक्षिणतर्फ हिँडेपछि पुगिन्छ मटिहानी बजार।, त्रेतायुगमा राम र सीताको विवाह हुँदा मडवा (मण्डप) का लागि वेदी बनाउन यहीँबाट माटो खनेर लगिएको किम्बदन्ती छ। मटिहानी यो किम्बदन्तिसहित हिन्दु धर्मका मठ, पाठशाला, अनि मुस्लिम धर्मगुरू पिर बाबाको मजार र मनमोहक पोखरीले धनी छ।, मुख्य सडकको उत्तरतिर मठहरूको पनि महामठ लक्ष्मीनारायण छ। जसलाई चुन, मासको दाल, काठ र इँटाको समिश्रणबाट बनाइएको छ। महामठ दुई तल्लामा ठडिएको छ। छेवैमा ३ सय ३ वर्ष पुरानो देशकै जेठो राजकीय संस्कृत विद्यालय छ।, दक्षिणमा लक्ष्मीसागर पोखरी झन्डै अढाई बिघामा फैलिएको छ। पूर्वी डिलमा रहेको दुर्गा मन्दिर र पश्चिम डिलमा मुस्लिम धर्मगुरू पिर बाबाको मजारले लक्ष्मी सागरलाई झन् महत्वपूर्ण बनाएको छ।, लक्ष्मी सागरको डिलमा रहेको पिर बाबाको मजारको यस्तो मजार हो जसले नेपाल र भारतका हिन्दु-मुस्लिमलाई धार्मिक सहिष्णुताको बाटोमा हिँडाउँछ।, ईद, बकरिद, मोहर्रम लगायतका पर्वसँगै सोम र शुक्रबार भक्तजनको यहाँ ठूलो भिड लाग्छ।, मनोकामना पूर्तिका लागि पीर बाबालाई पुकार्न मुस्लिम मात्रै होइन हिन्दू धर्मावलम्बीहरू पनि यो मजार पुग्छन्।, मजारका मोलवी ६० वर्षीय मोहम्मद हसनका अनुसार नेपालसँगै भारतका विभिन्न राज्यबाट हिन्दु—मुस्लिम भक्तजन मजारमा आउने गर्छन्।, ‘जसले नोकरी पाइरहेका हुँदैनन्, सन्तान भइरहेको हुँदैन। घर परिवारमा समस्या आउँछ, कतैबाट स्वास्थ्य लाभ हुँदैन अनि यहाँ दुवा माग्न आउँछन्। मनोकामना पुरा भएपछि मजारमा चादर, खसी, लड्डु, कुखुरा चढाउँछन्,' उनले भने।, उसो त मटिहानीकै लक्ष्मीनारायण मठ यस्तो मठ हो जहाँ मुस्लिमहरूपनि आफ्नो आशिर्वाद थाप्न आउँछन्।, मुस्लिमको ईस्लामिक क्यालेन्डर अनुसार हिजरी सम्वत्को पहिलो महिना मुहर्रममा मुस्लिम समुदायले ताजिया (दाहा) लिएर लक्ष्मीनारायण मठमा पुग्छन्।, हजारौँको संख्यामा पुग्ने उनीहरू मठभित्रै लाठी, भाला, तलवार भाज्दै खेल खेल खेल्छन्।, खेलमा हिन्दु समुदायका व्यक्तिहरू पनि सरिक हुन्छन्।, मठाधीश जगरनाथ दासका अनुसार आजसम्म यो ठाउँमा हिन्दु मुस्लिमबीच कहिल्यै कुनै विवाद भएको छैन।, मुस्लिम समुदायले मठ सरसफाईदेखि कुनै किसिमको सहयोग परेका बेला निर्धक्क भएर सहयोग गर्ने गरेको उनले सुनाए।, ‘यहाँ सबै बराबर छन्। मठमा केही काम पर्‍यो भने जतिखेर बोलाउँदा पनि गरिदिन्छन्। पैसा लिँदैनन्। उनीहरूलाई पनि कुनै काम पर्‍यो भने हिन्दुहरूले पनि दिल खोलेर सहयोग गर्छन्,’ मठाधीस दासले भने, ‘मुस्लिम  समुदायमा जसका छोरा– बुहारीले खान दिँदैनन्। उनीहरु यहाँ आउँछन् खान्छन्। लगाउने नहुँदा बस्त्र पनि दिन्छौँ । यो परम्परा सुरूदेखि नै चलिआएको छ।’, यहाँ दसैंका बेला आयोजना हुने दुर्गा पूजामा मुस्लिम समुदायहरू सहभागी त हुन्छन् नै व्यस्थापन समितिमा समेत खटिन्छन्। , याज्ञवल्क्य लक्ष्मिनरायण विद्यापीठका सह–प्रध्यापक तथा मटिहानीको इतिहासबारे सोधखोज गरेका ध्रुव रायका अनुसार हिन्दु-मुस्लिमबीचको यो अनौठो सदभावका पछाडि पुरानो कथा छ।, करिब साढे ५ सय वर्षअघि मटिहानी क्षेत्रमा घना जंगल थियो।, जंगलमा सिद्धि प्राप्त गरेका मुस्लिम धर्मगुरू सुफी सन्त पिर बाबा र राम लाला दास बस्थे।, पीर बाबाले रामलाल दासलाई जंगलमा कुनै चमात्कार देख्दा खन्ती र चिम्टा गाड्न भनेका थिए।, जंगलमा घुम्दै जाँदा एकदिन रामलाल दासले बिरोलोलाई मुसाले पंजामा समातेको देखेका थिए।  यो भन्दा ठूलो चमत्कार के हुनसक्छ भनेर उनले खन्ती गाडे।, रायका अनुसार  सन्त पिर बाबा र रामलाला दास दुवै सिद्ध सन्त थिए। बोलेको कुरा भइहाल्ने।, 'पत्यार नलाग्ला तर दासजी ढुंगाको डुंगा नदी चढेर विरिजा नदीमा स्नान गर्थे। त्यो पाखरको रूख मुनी त्यो ढुंगाको डुंगा अझै पनि छँदैछ,’ उनले भने।  त्यो ढुंगा दिनानुदिन खिइदै गरेको उनले बताए।, पछि जंगल फडानी गरेर उनैले वस्ती बसाएको इतिहास छ।, रामलाला दासलाई मुस्लिमहरूले पनि मान्न थाले। उनी ‘तसमैया बाबा’ भनेर पनि परिचित छन्। , ‘गाईको दुधको खिर बनाएर उहाँले भगवानलाई समर्पन गर्नुभएको थियो। त्यसैले उहाँलाई तसमैया बाबा भनियो,’ सह प्रध्यापक रायले थपे।, विक्रम संम्वत १७५१ मा मकवानपुरका राजा मानिक सेनका छोरा हेमकर्णलाई सन्तान नहुँदा तसमैया बाबालाई दर्शन गर्न आए।, बाबाले भगवानलाई चढाउन बनाएका खिरले सबैको भोजन गराए। राजाका छोरा खुसी भएर तत्काल ५ सय विघा जग्गा उनलाई दान गरेको बताइन्छ।, हेमकर्णले नै रामलाला दासले मुसाले विरालो समातेको देखेपछि खन्ती गाडेको ठाउँमा मठ बनाउन लगाए। छेवैमा रहेको पोखरीबाट मठ निर्माणका लागि माटो खनियो।, पीरबाबा मजारका मोलवी हसन तत्कालिन मकवानपुरका राजाले मजारको लागि १२ विघा जग्गा दान दिएको बताउँछन्। तर त्यसको कुनै कागजात तथा प्रमाण भने भेटिएको छैन।, ‘मठलाई २२ सय विघा र मजारलाई १२ विघा राजाले दिएको हाम्रा पुर्खाले बताउनु भएको थियो। तर हामीसँग प्रमाण केही छैन। सरकारले यसको सोधीखोजी गरिदिनुपर्यो,’ उनले भने।, सो पोखरीमा नुहाउँदै गर्दा एकदिन तसमैया बाबाले लक्ष्मीनरायण भगवानको मुर्ती भेटे। त्यहीँ दिन पोखरीलाई  लक्ष्मीसागर नामाकरण गरियो। मूर्ति मन्दिरमा स्थापना गरिसकेपछि मठलाई लक्ष्मीनरायण मठ नामाकरण गरिएको इतिहास रहेको सहप्रध्यापक रायको भनाई छ।, तसमैया बाबाकै शिष्य जयकृष्ण दासले विस १७७५ मा संस्कृत पाठशाला स्थापना गरे।, ३०३ वर्षअघि स्थापना गरिएको श्री राजकीय संस्कृत माध्यमिक विद्यालय दक्षिण एसियाकै सबैभन्दा पहिलो विद्यालय रहेको मानिन्छ। यद्दपी शिक्षा विभागको तथ्याङ्कमा यो विद्यालयको स्थापना वि.सं. १८६८ मा भएको उल्लेख छ। सह प्रध्यापक रायका अनुसार यहाँ अहिले संस्कृत धारको अचार्यसम्म पढाइ हुन्छ। स्कुल र हाइस्कुल गरेर करिब ५ सय विद्यार्थी अहिले यस विद्यालयमा अध्ययनरत छन्।, मोलवी हसनका मजारमा ७ पुस्तादेखि पुजा गर्दै आएका छन्। यसअघि उनका भाई रूदल फकिर यहाँका मोलवी थिए। भक्तजनका लागि ठाउँ अभाव रहेकाले ठाउँको व्यवस्थापन समेत राज्यले गरिदिनुपर्ने उनको माग छ।, ‘यहाँ टाढा टाढाबाट भक्तजन आउँछन् तर बस्ने सुविधा छैन्। शौचालय छैन्। सरकारले धर्मशाला बनाइदिनुपर्थ्यो,’ उनले भने।, जहाँ हिन्दु-मुस्लिम एक अर्काको मजार र लक्ष्मीनारायणमा पूजा गर्न जान्छन्
सेतोपाटी संवाददाता गएरातिदेखि परेको वर्षाका कारण भिजिबिलिटी कम हुँदा नेपालको आन्तरिक हवाई सेवा प्रभावित भएको छ। , निरन्तरको वर्षा र हिउँका कारण उच्च पहाडी क्षेत्रका विमानस्थल बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।, एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन् ।, नेपालगन्ज, र पोखरा एयरपोर्टमा भिजिबिलिटी कम भएकाले केही ढिलो गरि खुलेको छ।, लुक्ला, तुम्लिङटार, सुकेटार, सिमिकोट विमानस्थल हिउँले भरिएको छ।, अन्तर्राष्ट्रियतर्फ कुनै पनि उडान प्रभावित नभएको विमानस्थल स्रोतले जानकारी दिएको छ।, विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन नसकेपछि हवाई सेवा प्रदायकहरुले उडान रद्द गरेका छन्। यती एयरलाइन्सले काठमाडौं–पोखरा ६ उडान रहेकोमा हालसम्म ३ वटा उडान रद्द गरिसकेको छ। यस्तै बुद्ध एयरले पनि ३ वटा उडान रद्द गरेको छ।, प्रतिकूल मौसमले हवाई उडान प्रभावित
रासस पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू-भागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भू-भागमा हिमपात भइरहेको छ।, यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गंगा नगरकोटीले बताइन्।, 'सो प्रणाली बिहीबारदेखि क्रमिक रूपमा कमजोर बन्दै जाने देखिएको छ', उनले भनिन्।, हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ। , राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको बताइएको छ।, विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई-यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ।, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।, त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री र सबभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। , भोलिदेखि मौसममा क्रमिक सुधार हुने
सेतोपाटी संवाददाता शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ।, आज आयोगले १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुला गरेको हो।, आयोगले जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षकको संख्या नै उल्लेख गरेर आवेदन माग गरेको छ।, माघ १३ गतेसम्म आवेदन फारम भर्न सकिन्छ भने चैत १९ गतेदेखि लिखित परीक्षा हुनेछ।, आयोगले प्रावि तृतीय श्रेणीका लागि शिक्षक माग गरेको हो।, खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले शिक्षक आवेदन गरिएको आयोगले जनाएको छ। आयोगकै अनलाइनबाट आवेदन फारम भर्न सकिन्छ।, १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन फारम भर्न पाउँछन्।, यसअघि आयोगले निमावि शिक्षक पनि माग गर्दै आवेदन खुला गरेको थियो।, यस्तो छ सूचना:, १३ हजार बढी शिक्षक माग गर्दै आयोगले खुलायो विज्ञापन, कुन जिल्लामा कति?
सेतोपाटी संवाददाता नयाँ बसपार्कमा सामूहिक बलात्कारमा परेकी महिला सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी थिइन्।, उनी १२ गते बिहान काठमाडौं आइपुगेकी थिइन्। उनी काठमाडौं-२६ मित्रनगरमा गेष्ट हाउसमा बसेकी थिइन्। , प्रहरीका अनुसार उनी जुन दिन आइन्, त्यसै दिन सामूहिक बलात्कारमा परेकी थिइन्। , उनलाई १२ गते साँझदेखि १३ गते बिहानसम्म मित्रनगरका विभिन्न गेष्ट हाउसमा लगेर बलात्कार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। , उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। उनीहरू वैदेशिक रोजगारीका लागि जाने तयारीमा थिए। , पक्राउ पर्नेमा युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढालगायत छन्। , पक्राउ परेका सात जना मुगु जिल्लाका हुन् भने अर्का एक अर्घाखाँचीका रहेको प्रहरीले जनाएको छ। , ‘श्रीमान बेपत्ता भएपछि एकल रहेकी उनी काम खोज्न काठमाडौं आएकी थिइन्,’ मैनालीले भने। , उनलाई सुरूमा युवराज बडुवालले फकाएर गेष्ट हाउसमा लगेका थिए। त्यसपछि पालैपालो अरू युवाले विभिन्न गेष्ट हाउसमा लगेका थिए। , ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ। उनको शारीरिक र मानसिक परीक्षण प्रसूति गृहमा गरिएको छ। , बलात्कारमा परेको खबर महानगरीय प्रहरी प्रभाग बसपार्कमा पुगेको थियो। त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौं, महाराजगञ्ज वृत्त, महानगरीय अपराध महाशाखालगायतबाट प्रहरी टोली खटिएको थियो। , प्रहरीले सिसिटिभी फुटेज अनुसन्धान गरी त्यसैका आधारमा आठ जनालाई पक्राउ गरेको मैनालीले बताए। अर्का एक आरोपी भने फरार छन्।, काम खोज्दै जुन दिन काठमाडौं आइन्, त्यसै दिन सामूहिक बलात्कारको शिकार बनिन्
रासस चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। सोही अवधिमा विभिन्न जनावरको आक्रमणमा परी २९ जना घाइते भएका छन्।, निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा गैंडा, हात्ती, बँदेल र गौरीगाईको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको हो।, यस्तै, सोही समयमा हात्तीको आक्रणबाट चार, गैंडाको आक्रमणबाट १५, बाघको आक्रमणबाट तीन, भालुको आक्रमणबाट चार, जङ्गली बँदेलको आक्रमणबाट दुई र मगर गोहीको आक्रमणबाट एक जना घाइते भएका छन्।, घाइतेमध्ये १६ सामान्य तथा १३ जना गम्भीर भएको उनले जानकारी दिए।, चालु आवमा मानवीय क्षति, घरगोठ क्षति र भण्डारण गरिएको अन्नको क्षतिवापत निकुञ्जले रु ८० लाख ७३ हजार क्षतिपूर्ति तिरेको छ।, निकुञ्जले वन्यजन्तुबाट भौतिक तथा मानवीय क्षति भएका पीडित परिवारलाई आव २०७५/७६ देखि आव २०७८/७९ को कात्तिक मसान्तसम्म ६ करोड २५ लाख ४४ हजार रुपैयाँ राहत वितरण गरेको छ। , निकुञ्जभित्रका वन्यजन्तुले मानव, पशु तथा अन्नबाली र भौतिक संरचनामा क्षति पुर्‍याएमा पीडित परिवारलाई राहत वितरण गरिँदै आएको छ।, चालु आवको चार महिनामा मृत्यु भएका चारै जनाको परिवारलाई ४० लाख रुपैयाँ राहत रकम वितरण गरिएको छ।, त्यस्तै, वन्यजन्तुबाट सामान्य घाइते भएका पीडित परिवारलाई तीन लाख सात हजार रुपैयाँ र गम्भीर घाइते भएका पीडित परिवारलाई १३ लाख १६ हजार रुपैयाँ उपलब्ध गराएको तिवारीले जानकारी दिए।, त्यस्तै, पशुधन क्षति शीर्षकमा सात लाख ८५ हजार रुपैयाँ तथा घरगोठ शीर्षकमा ४२ हजार रुपैयाँ वितरण गरिएको छ।, वन्यजन्तुले अन्न भण्डारण र खाद्यन्न बालीमा क्षति पुर्‍याएका परिवारलाई १६ लाख २१ हजार रुपैयाँ प्रदान गरिएको छ।, निकुञ्जबाट निस्कने बाघ, चितुवा, हात्ती, गैंडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले मानवीय तथा भौतिक क्षति पुर्‍याउने गरेका छन्।, निकुञ्जभित्रका वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई १० लाख रुपैयाँ दिने निकुञ्जको निर्देशिकामा उल्लेख छ।, त्यस्तै, सामान्य घाइतेको अवस्थामा २० हजार रुपैयाँ, गम्भीर घाइतेको न्यूनतम रु दुई लाख वा सरकारी अस्पतालको सिफारिसमा घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गर्दछ।, जंगली जनावारले अन्नबालीमा क्षति पुर्‍याएमा बढीमा १० हजार रुपैयाँ, घरगोठ भत्काएमा १० हजार रुपैयाँ र पशुधनको क्षति गरेमा ३० हजार रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ।, वन्यजन्तुको आक्रमणबाट आव २०७३/७४ मा १०, आव २०७४/७५ मा पाँच, आव २०७५/७६ मा १२, आव २०७६/७७ मा नौ र आव २०७७/७८ मा १२ जनाको मृत्यु भएको थियो।, निकुञ्ज र स्थानीयबासीबीच द्वन्द्व बढेपछि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अवधारण ल्याएर निकुञ्जको आम्दानीको ५० प्रतिशतसम्म मध्यवर्ती क्षेत्रमा खर्च गर्न थालिएको छ।, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले स्थानीयबासी र निकुञ्जबीचमा द्वन्द्व घटाउँदै लगिएको बताए।, पहिले-पहिले राहत रकम वितरणमा ढिलाइ हुने भए पनि पछिल्ला वर्षमा तत्काल राहत रकम वितरण गर्न थालिएको छ।, मध्यवर्ती क्षेत्रमा हुने क्षतिको राहत निकुञ्जले दिने गर्दछ। निकुञ्जले चितवन, पर्सा, मकवानपुर र नवलपरासीको बर्दघाट सुस्तापूर्वलाई समेटेको छ।, वि.सं २०३० मा स्थापना भएको यस निकुञ्जसित जोडिएका क्षेत्रलाई समेटेर २०३० मा मध्यवर्ती क्षेत्र घोषणा गरिएको हो। मध्यवर्ती क्षेत्र ७२९ दशमलव ३७ वर्ग किलोमिटरमा फैलिएको छ भने निकुञ्ज ९५२ दशमलव ६३ वर्ग किलोमिटरमा फैलिएको छ।   , चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमण बढ्दो, पाँच महिनामा चारको मृत्यु
सेतोपाटी संवाददाता ओमिक्रोन भेरियन्टका कारण विश्वभर कोरोनाभाइरसको संक्रमण अहिलेसम्मकै उच्च भएको छ।, वर्ल्डोमिटरका अनुसार पुस १३ गते संसारभर एकैदिन १२ लाख २२ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ।, संयुक्त राज्य अमेरिका र युरोपका विभिन्न मुलुकमा कोरोनाको संक्रमण ह्वात्तै बढेको हो। मंगलबार अमेरिका ३ लाख १२ हजार, बेलायतमा १ लाख २९ हजार, फ्रान्समा १ लाख ७९ हजारमा संक्रमण भएको छ। स्पेन, इटाली र जर्मनीलगायत मुलुकमा पनि संक्रमण बढेको छ।, अमेरिका र युरोपमा अहिले कोरोनाको चौथो लहर चलिरहेको छ। यसअघिका तीन लहरको ‘पिक’ हुँदा पनि एकैदिन यति धेरै संक्रमित थपिएका थिएनन्। यसअघि ८ जनवरी २०२१ मा एकैदिन ८ लाख ४४ हजार संक्रमित थपिएका थिए। त्यसपछि घटेको संक्रमण अप्रिलमा फेरि बढेको थियो। अप्रिल २९ मा संसारभरि ९ लाख ४ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो। जुलाईमा घटेर एकदिनमा चार लाखभन्दा मूनि पुगेको संक्रमण अगस्टमा फेरि बढेको थियो। अगस्ट २० मा विश्वभरि ७ लाख २३ हजार मानिस संक्रमित भएका थिए। त्यसयता लगातार घटेको संक्रमण गत अक्टोबरदेखि बढ्न थालेको हो। नोभेम्बर अन्तिम साता दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट फेला परेको थियो। त्यसपछि संक्रमण लगातार बढिरहेको छ।, डेल्टा भेरियन्टले निकै क्षति पुर्‍याएको छिमेकी भारतमा पनि फेरि कोरोना संक्रमण बढ्न थालेको छ। बिबिसी हिन्दीका अनुसार बुधबार ९ हजार १ सय ९५ जनामा संक्रमण देखिएको छ। यो अघिल्लो दिनको तुलनामा ४४ प्रतिशत बढी हो। मंगलबार भारतमा ६ हजार ३ सय ५८ जनामा कोरोना संक्रमण भएको थियो। , संक्रमण बढे पनि ओमिक्रोनका कारण मृत्युदर भने बढेको छैन। २०२० को अप्रिलमा संसारभर दैनिक ७-८ हजार कोरोना संक्रमितले ज्यान गुमाएका थिए। २७ जनवरी २०२१ मा एकैदिन १७ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भएको थियो। अप्रिल २९ मा १५ हजार ८ सय ७६ मानिसले ज्यान गुमाएका छन्।  अगस्ट २५ मा ११ हजार ८ सय ७० संक्रमितको मृत्यु भएको थियो।, पछिल्लो समय संक्रमित ह्वात्तै बढे पनि मृत्युदर भने कम छ।  पुस १३ गते एकैदिन अहिलेसम्मकै बढी संक्रमित थपिँदा ज्यान गुमाउनेको संख्या भने ६ हजार ८ सय ९९ छ।, संसारभरि खोप लगाउने मानिसहरू बढ्दै गएकाले ओमिक्रोनबाट संक्रमणको तुलनामा ज्यान गुमाउने कम भएका हुन्। दक्षिण अफ्रिका, बेलायत र स्कटल्यान्डका वैज्ञानिकहरूले केही दिनअघि सार्वजनिक गरेका छुट्टाछुट्टै अध्ययनले ओमिक्रोन निकै संक्रामक भए पनि डेल्टा भेरियन्टजस्तो घातक नभएको देखाएका थिए।, संक्रमितलाई सिकिस्त नपार्ने भए पनि संक्रमण निकै तीव्र गतिमा फैलिने भएकोले ओमिक्रोन अझै पनि संसारका लागि गम्भीर खतरा भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।  , कोरोना सुरू भएदेखिकै विश्वभरको दैनिक संक्रमण सबैभन्दा उच्च
रासस बालबालिकाले निर्वाध रूपमा पढ्न पाउने विश्वव्यापी अधिकारको सम्मानसहित विद्यालयलाई राजनीतिक दलगत हस्तक्षेपबाट मुक्त गर्दै शान्ति क्षेत्र बनाउने प्रतिबद्धता गरेका प्रमुख दल र संगठनबाटै पटक-पटक त्यसको उल्लंघन हुने गरेको छ।, नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३१ को शिक्षासम्बन्धी हक, बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७ (८) शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा पढ्न पाउने बालबालिकाको हकको व्यवस्था गरिएको छ।, विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका-२०६८ ले विद्यालयलाई सशस्त्र गतिविधि, हिंसा, दलगत राजनीति तथा अन्य हस्तक्षेप, भेदभाव, दुर्व्यवहार, बेवास्ता र शोषणबाट मुक्त राख्ने  व्यवस्था गरेको छ।, विसं २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौतापछि  नेपाल  सरकारले २०६८ जेठ ११ मा मन्त्रिपरिषद्बाट विद्यालय शान्ति क्षेत्रको अवधारणा पारित गरेको थियो।,  , बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ (२) (छ) अनुसार विद्यालयमा हुने त्यस्ता गतिविधि बालबालिकाविरूद्धको कसुर हो। यो कसुरका लागि रु ७५ हजारसम्म जरिवाना र तीन वर्ष कैद हुनसक्ने प्रावधान छ।, यस्तो काम नैतिक पतन हुने फौजदारी कसुर मानिएको छ। उक्त ऐनमा 'कसैले सशस्त्र द्वन्द्व वा जस्तोसुकै प्रतिकूल अवस्थामा कुनै पनि प्रयोग हुने विद्यालयलगायत स्थान, सेवा वा सुविधालाई आक्रमण वा सोको सञ्चालन एवं व्यवस्थापनमा अवरोध गर्न वा गराउन हुँदैन', भन्ने उल्लेख छ भने ऐनको दफा ७२ मा कारबाहीको व्यवस्था गरिएको छ।,  , गत निर्वाचनको घोषणापत्रमा वाम गठबन्धनले विद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त गर्दै शान्ति क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो।, नेपाली कांग्रेससहित अन्य दलले पनि घोषणापत्रमा कल्याणकारी राज्यअन्तर्गत शिक्षा क्षेत्रलाई सवल बनाउने उल्लेख गरेको थियो।, उक्त संवैधानिक व्यवस्था र प्रतिबद्धताविपरीत पछिल्ला समयमा विद्यालयमा पठनपाठन अवरोध हुने गरी राजनीतिक गतिविधि भएको पाइएको छ।, सिन्धुलीको गोलन्जोर गाउँपालिकाका चार, बत्साला माध्यमिक विद्यालय र लमजुङको क्ब्होलासोथार गाँउपालकिा १, जनज्योति माध्यमिक विद्यालयमा विद्यार्थी सङ्गठन अनेरास्ववियुले यही पुस ८ गते पढाए अवरोध गरेर विद्यालय कमिटी गठन गर्ने कार्य गरेको छ।, यतै जाजरकोटमा सर्वदलीय निर्णय गरी मेला लगाउन सदरमुकाम खलङ्गाको त्रिभुवन माध्यमिक विद्यालयमा यही पुस १२ देखि १६ सम्म पढाइ बन्द गरिएको छ भने नेकपा (एमाले) पर्साको जगरनाथपुर गाउँपालिकामा पुस ८ गते भएको सभामा त्यहाँका सबै विद्यालय बन्द गरी विद्यार्थीलाई सहभागी गराइएको छ।, विद्यमान शिक्षा नियमावलीमा वर्षमा कम्तीमा १९२ दिन विद्यालय खुल्नुपर्ने व्यवस्था छ।, बालबालिकामाथि टेलिफोन, इन्टरनेट, अनलाइनलगायत विद्युतीय सञ्चार माध्यम वा अन्य माध्यमबाट बालबालिकालाई हैरानी गर्ने, तर्साउने, धम्क्याउने, गलत सूचना प्रवाह गर्नेजस्ता कार्य पनि भइरहेका छन्।, एघार महिनाअघि गत माघ २१ गते बैतडीमा विद्यालयबाट घर फर्कंदै गर्दा भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको थियो।, गत साउन १७ गते रौतहटको माधवनारायण नगरपालिका–४, विष्णुपुकारस्थित श्री माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष चयनका क्रममा झडप हुँदा बाँसको भाँटाको प्रयोगबाट १७ जना घाइते भएका थिए । , पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित गीतागजेन्द्रराज जोशी माध्यमिक विद्यालयमा गत मङ्सिर १४ गते अधिकारका लागि आवाज उठाउँदा सुरक्षाकर्मीले विद्यार्थीमाथि हस्तक्षेप गरेका थिए । सञ्चारमाध्यममा सार्वजनिक नभएका यस्ता घटना पनि अनगिन्ती छन्।, बाल संरक्षण र बालअधिकारमा क्रियाशील नागरिक संस्थाको राष्ट्रिय सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) सहित विभिन्न शैक्षिक सञ्जालले पछिल्ला समयमा विभिन्न दल, भ्रातृ संगठन तथा समुदायस्तरबाटै बालबालिकालाई जुलुस, सभा र विद्यालयमा विद्यार्थी सङ्घसङ्गठनका गतिविधिमा संलग्न गराएकामा आपत्ति जनाउँदै आएका छन्।, सिजपका अध्यक्ष राजेश शर्मा र महासचिव मीना शर्माले आज जारी गरेको विज्ञप्तिमा जुलुस तथा कुनै पनि राजनीतिक क्रियाकलापमा बालबालिकाको प्रयोग नगर्न, कुनै पनि बहानामा विद्यालय बन्दजस्ता गतिविधि नगर्ने, हुन नदिने र शान्तिपूर्ण सुरक्षित तथा बालमैत्री वातावरणमा शिक्षण सिकाइको प्रत्याभूति गराउने वातावरण गराउन स्थानीय सरकारको पनि ध्यानाकर्षण गराइएको छ।, अध्यक्ष शर्माले सञ्जालले सम्बन्धित संस्थाको समन्वयमा बालअधिकार र शिक्षा अधिकारविरोधी त्यस्ता गतिविधिको नियमित र प्रभावकारी अनुगमन गर्ने बताए।, तत्कालीन नेकपा (माओवादी)को सशस्त्र युद्धकालमा २०६० असोज २६ गते डोटीको मुढभरास्थित शारदा उच्च माध्यमिक विद्यालयमा विद्रोही पक्षको सांस्कृतिक कार्यक्रममा सुरक्षा निकायबाट भएको गोली प्रहारका क्रममा चार विद्यार्थीसहित दशको मृत्यु तथा केही विद्यार्थी घाइते भएपछि अधिकारकर्मीले बालबालिका शान्ति क्षेत्र र विद्यालय शान्ति क्षेत्रका लागि देशव्यापी आवाज उठाएका थिए। अभियानकै निरन्तरताका क्रममा सिजप सञ्जाल विस्तार गरिएको हो।, विद्यालयमा रोकिएन दलगत हस्तक्षेप
सेतोपाटी संवाददाता बुधबार बिहानैदेखि परेको हिउँदे वर्षाले देशभरजस्तै रूपन्देहीमा पनि चिसो बढाएको छ। रूपन्देहीको बुटवल, भैरहवालगायत आसपासका जिल्लामा बिहानैदेखि परेको वर्षाले जनजीवन प्रभावित बनेको छ।, तराईका जिल्लामा वर्षा भएको छ भने पहाडी जिल्लामा हिमपात समेत भएकोले एक्कासि चिसो बढेको हो।, रूपन्देहीमा दिनभरि नै पानी परिरहेको छ। भैरहवामा बुधबार बिहान १२.६ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि पानी परिरहेको छ।, अविरल वर्षाले सर्वसाधारणको दैनिकी समेत प्रभावित बनेको छ। गत बिहीबारदेखि बुटवलमा संचालित औद्योगिक प्रदर्शनी तथा व्यापार मेला वर्षाका कारण बिथोलिएको आयोजकले जनाएका छन्।, त्यस्तै, सर्वसाधारणलाई यात्रामा समेत कठिनाइ भएको छ।, यता हिउँदे वर्षाले बुटवल बजारमा हिँडडुल गर्ने सर्वसाधारणलाई सास्ती भएको छ। घाम लाग्दा भत्किएको सडकमा उडेको धुलोले सास्ती हुने गरेकोमा पानी परेपछि हिलोले सास्ती भएको छ।, बेलहिया-बुटवल सडकखण्ड अन्तर्गत राजमार्ग चौराहदेखि गोलपार्क सम्मको सडक निर्माणमा ढिलाइ हुँदा बुटवलबासीमात्र होइन सो सडक हुँदै यात्रा गर्ने यात्रुहरूलाई सास्ती भएको छ।, भत्किएको सडकमा परेका ठूलाठूला खाडलमा पानी जम्दा सडकमा दुर्घटनाको जोखिम समेत बढेको स्थानीय नारायण खनालले बताए। , हिउँदे वर्षाले रूपन्देहीमा जनजीवन प्रभावित (तस्बिरहरू)
राजेश घिमिरे डिसेम्बर २४ का दिन सहरमा क्रिसमसको रन्को थियो। होटल, रेष्टुराँ, सुपरमार्केटहरू ‘एक्समस ट्री’, ‘सान्ता क्लस’ र झिलीमिली बत्तीले सजिएका थिए। जहाँ बालबालिका, युवा युवतीदेखि वृद्धवृद्धासम्म झुमेका देखिन्थे। , ‘क्रिसमस इभ’को रातमा ठाउँ-ठाउँमा सांगीतिक कार्यक्रम आयोजना गरिएका थिए। हिन्दू, बौद्ध धर्मका अनुयायीसमेत क्रिसमसमा रमाइरहेका थिए।, राप्ती-१३ कालीटारका मलीमाया चेपाङको परिवारमा भने क्रिसमसको कुनै रंग थिएन। , जुल्याहा छोरा राम, लक्ष्मण र तिनका दाइहरू भुवन र सुमन अगेनाको डिलमा टुक्रुक्क बसेर आगो तापिरहेका थिए। , आमा मलीमाया खाने कुराको जोहो गर्दै थिइन्।, हामीले सोध्यौं–भोलि त तपाईंहरूको महान चाड क्रिसमस, सहरमा आजको रातलाई क्रिसमस इभ भनेर रमाइलो गर्छन्। गाउँ त सुनसान देखिन्छ।, कुरा सकिन नपाउँदै मलीमायाले जवाफ सुरू गरिन्, ‘हामी जस्ता गरिब चेपाङले रमाएर चाड मनाउन कहाँ पाइन्छ र? क्रिसमसमा पनि गरिबलाई त कागलाई बेल पाक्यो हर्ष न विस्मात नै हो। पैसाले नपुगेर पो अर्को धर्म छानेको।’, 'अर्को धर्म छान्दा कसरी पैसाले पुग्छ त?' मैले सोध्दा उनले सिधा सिधा उत्तर दिइन्- 'पैसा त यसले पनि दिँदैन। कम से कम कमाएको पैसा चाहीँ बच्छ।' , पुर्खाको धर्ममा भन्दा क्रिश्चियन हुँदा पैसा जोगिएको आफ्नै अनुभव पछि उनको परिवार यता लागेको रहेछ।, मलिमायाले १५ वर्ष अघिका दिनहरु सम्झन थालिन्। त्यतिखेर उनकी छोरी सिर्जना १ वर्षकी थिइन्। उनको स्वास्थ्यमा समस्या आउन थाल्यो। , समाजका जान्ने सुन्नेहरूले पान्दे (चेपाङ समुदायका धामी/ झाँक्री)कहाँ जान सुझाए। , उनी र श्रीमान आइतबहादुर सिर्जनालाई बोकेर गाउँका पान्दे कहाँ घर धाउन थाले। , ‘हाम्रा पुर्खाले मान्दै आएको धर्मले पान्देलाई भगवान जस्तै मान्छ, झारफुक गरेपछि रोगव्यादी निको हुन्छ भन्छ। यही कुरालाई मानेर पान्देलाई कुखुराको भाले, बोका, रक्सी, पैसा चढाउनसम्म चढाइयो तर छोरी निको भइनन्,’ मलीमायाले सुनाइन्, ‘त्यसपछि मलाई यतातिर विश्वास लाग्नै छाड्यो।’, समाजको कुरा सुनेर पान्देको पछि लागेकी उनी त्यही समाजको कुरा सुनेर धर्म परिवर्तन गर्ने निचोडमा पुगिन्। , त्यतिखेर क्रिस्चियन धर्म प्रचारकहरू गाउँ–गाउँ डुलिरहेका थिए। पान्देप्रति चेपाङहरूको घट्दो विश्वासले उनीहरूलाई फाइदै भयो। धेरै  चेपाङ क्रिश्चियन भए।, ‘गाउँमा चर्चहरू बन्न थाले। छिमेकीहरू खर्च कम हुने, पान्देले भन्दा पास्टरले राम्रो उपचार गर्ने भन्दै धर्म परिवर्तन गर्न थाले,’ उनले भनिन्, ‘छोरीलाई सन्चो हुन्छ भने अर्को धर्म मान्दा केही फरक पर्दैन भनेर हामी पनि चर्च जान थाल्यौं।’ , तर यो धर्मबाट पनि सिर्जनालाई निको भएन। बरू छोरीको पिरले मलीमाया आफै थला पर्न थालिन्। , अल्लि समयपछि उनकी माइली छोरी पनि बिरामी भइन्। , पान्देमाथि नै आशा राखेर उनीहरू फेरि पुरानै धर्ममा फर्किए। फेरि बोका, कुखुरा चढाउन थाले। तर बिसको उन्नाइस पनि भएन। , ‘पान्देको उपचार चल्दाचल्दै माइली छोरीको ज्यान गयो, त्यसपछि भने अब यसको भर पर्नु हुँदैन भन्ने भयो,’ मलीमायाले सुनाइन्।, करिब तीन वर्ष भयो उनीहरू फेरि क्रिस्चियन भएको। , ‘घर नजिकै चर्च छ। गाउँका सबै त्यतै लागेपछि हामी मात्रै एक्लो बन्न सकिएन,’ मलीमायाले भनिन्, ‘पान्देले कुखुरा, बाख्रा खाइरहन्थ्यो, अहिले त्यति भने पनि बचेको छ।’, केही वर्षअघि बिरामी छोरी सिर्जनालाई लक्ष्मी प्रतिष्ठान नामको संस्थाले पढाउने जिम्मा लियो। उनी काभ्रे बसेर पढ्न थालिन्। , गंगालाल हृदयरोग केन्द्रमा परीक्षण गर्दा उनको मुटुमा खराबी देखिएको थियो। शल्यक्रिया गर्नुपर्ने भयो। , ‘तर हामीसँग अप्रेसनका लागि आवश्यक पर्ने पैसा थिएन,’ उनले सुनाइन्, ‘लक्ष्मी प्रतिष्ठानका प्रमुख विष्णु गौतमले ठूलो सहयोग गरे। हामीले पनि एक लाख रूपैयाँ ऋण खोज्यौं।’ , अहिले पनि त्यही ऋण चुक्ता गर्न मरिमेटेर काम गरिरहेको उनले सुनाइन्। उपचारपछि सिर्जनाको स्वास्थ्यमा सुधार आएको छ।, मलीमायाका श्रीमान आइतबहादुर खेती किसानी गर्छन्। काम आइपर्दा मजदुरीका लागि गाउँ बाहिर पनि पुग्छन्। छोरो उदय घरदेखि तीन घण्टा हिँडेर पुगिने कान्दामा रहेको कुमार बलराम स्मृती छात्राबासमा बसेर ५ कक्षा पढ्दैछन्। , सुमन र भुवन घर नजिकैको विद्यालयमा ३ र ६ कक्षा, राम र लक्ष्मण कक्षा १ मा पढ्दैछन्। जेठी छोरी सर्मिला सिलाईको काम गर्छिन्।, आइतबहादुरले विभिन्न कारणले धर्म परिवर्तन गरेपनि छोराछोरीको नाम परिवर्तन नगरेको बताए। , ‘मेरो त घरमा राम, लक्ष्मण सिर्जना छन्, कुनै चर्चमा त पास्टर पनि कृष्णबहादुर, श्यामबहादुर छन्,’ उनले भने, ‘उनीहरू पनि प्रायः पान्देकै खर्च धान्न नसकेर त्यता पुगेका हुन्।’, कालीखोलाका कृष्णबहादुर प्रजाले पनि पान्देको झ्याउलो सहनु भन्दा धर्म छाड्न सजिलो लागेको बताए। , ‘हप्तामा एक दिन चर्च गयो ५ रुपैयाँ चढायो, प्रार्थना गरेपछि सकिन्छ,’ उनले भने, ‘तर पुर्खाको चलनअनुसार गर्दा त पान्देकै लागि भनेर २–४ वटा बाख्रा, कुखुरा पालिराख्न पर्ने। पैसा साँचेर राख्नुपर्ने भयो।’ , दिनभर पसिना बगाएर दुई छाक टार्न पनि मुस्किल पर्ने समुदायले धर्मको नाममा धेरै पैसा खर्च गर्न नसक्ने उनले बताए। , ‘हामीलाई न पहिले दसैं आउँथ्यो, नअहिले क्रिसमस लाग्छ,’ उनी भन्छन्, ‘चेपाङका लागि आफू र परिवारले दुई छाक पेटभरी खान पाउनु नै सबैभन्दा ठूलो धर्म हो।’, चर्च नजिकै घर भएका ५२ वर्षीय बुद्धलाल प्रजाका ५ भाइ छोरा र ९ नाति छन्। करिब एक दशकदेखि इसाई धर्म मान्दै आएका उनलाई क्रिसमसको दिनको हेक्का थिएन। , न त क्रिसमस भनेको के हो भन्ने नै थाहा थियो। , ‘आवश्यक पर्दा ऋण पाइन्छ भनेर चर्चमा गएको,’ उनले भने, ‘कोषको पैसा सय कडा दुई ब्याजमा पाइन्छ। बाहिर खोज्दा सय कडा तीन पर्छ।’  , साविकको लोथर र कोराक गाविसमा पर्ने राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा ५२ प्रतिशत बढी जनसंख्या गरिबीको रेखामूनि रहेको नगरपालिकाको आधिकारिक वेवसाइटमै उल्लेख गरिएको छ। पहाडी क्षेत्रमा अचेल पिता, पुर्खाले मान्दै आएको धर्म मान्नेको संख्या असाध्यै न्यून देखिन्छ।, ‘हामीलाई न उहिले दसैं आउँथ्यो न अहिले क्रिसमस लाग्छ’
सेतोपाटी संवाददाता सर्लाहीमा प्रहरीको गोली लागेर घाइते भएका एक किशोरको काठमाडौंमा उपचार भइरहेको छ।, ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय सजयकुमार महतो घाइते भएका हुन्। आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा उनको बायाँ घुँडामूनि गोली लागेको इलाका प्रहरी कार्यालय केशरजंगका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। , केही दिनयता सर्लाहीमा आन्दोलन भइरहेको छ। गत आइतबार राति इलाका प्रहरी कार्यालयको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चालक रामकुमार महतोको मृत्यु भएको थियो।  दुर्घटना पछि उनलाई तत्कालै अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, उनी ईश्वरपुर नगरपालिका-६ का स्थानीय व्यापारी थिए। सो घटनाबारे थाहा भएपछि स्थानीय आक्रोशित भएर विरोध प्रदर्शन गर्न थालेका थिए। प्रदर्शनले पछि उग्र रूप लिएको हो। , प्रदर्शनकारीले ढुंगामुढा, सवारीसाधनमा आगजनीसमेत गरेका थिए। प्रहरीकै एउटा भ्यानमा पनि आगजनी गरिएको थियो। , ‘स्थानीयहरू आक्रोशित भएर अस्तिदेखि नै अलिअलि लफडा सुरू भइसकेको थियो। प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने काम भयो। प्रहरीहरू पनि घाइते हुनुभयो,’ प्रहरी निरीक्षक ढुंगानाले भने, ‘तैपनि हामीले संयमित भएर वार्ता गरौं भनेका थियौं। खास्सै बल प्रयोग गरिएन।’ , मंगलबार दिउँसो भने त्यसले अर्कै रूप लिएको हो। वार्ताका लागि भनेर जिल्लाका प्रहरी उपरीक्षक, प्रमुख जिल्ला अधिकारी, मृतकका बुवा, स्थानीयलगायत केशरजंग कार्यालयमा पुगेका थिए। , त्यहाँ छलफल भइरहेको थियो। छलफल चलिरहेकै बेलामा ढुंगामुढा सुरू भएको प्रहरी निरीक्षक ढुंगानाले बताए। , त्यतिबेला मृतकका बुवा आफैं भीडलाई सम्झाउन पनि गएका थिए। तर उनीमाथि पनि ढुंगामुढा हुँदा घाइते भएको प्रहरी निरीक्षक ढुंगानाले बताए। , त्यसरी छलफल भइरहेको प्रहरी कार्यालयमै ढुंगामुढा भएपछि प्रहरीले बल प्रयोग गर्न बाध्य नै भएको प्रहरीको भनाइ छ।, ‘यसरी छलफल गर्न सम्भव हुँदैन, यहाँ हामीमात्रै छैनौं कन्ट्रोल गर्नुपर्ने जस्तो कुरा आयो। त्यसपछि त भीडले पनि एकाएक उग्र रूप लियो। दुई जना डिएसपी साबसहित ३२ जना घाइते हुनुभयो।’ , ढुंगामुढा हुँदा नगरपालिकाका मेयर पनि घाइते भएका छन्। ६ जना सशस्त्र प्रहरी पनि घाइते छन्। चिकित्सकहरूलाई नै बोलाएर उपचार गराइरहेको प्रहरीले जनाएको छ। प्रदर्शनकारीहरूको तर्फबाट एक जनामात्रै घाइते भएको कार्यालयले जनाएको छ।, इलाका प्रहरी कार्यालय भित्रै प्रवेश गरी तोडफोड गर्ने स्थिति बनेपछि प्रमुख जिल्ला अधिकारीको आदेशमा गोली चलाइएको प्रहरी कार्यालयले जानकारी दिएको छ। , प्रहरीले भीडलाई नियन्त्रणमा लिन ९५ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो। यस्तै एसएलआरबाट ८४ राउन्ड  हवाई फायर गरेको प्रहरी निरीक्षक ढुंगानाले बताए। , ‘लाठी चार्जले पनि सम्भव भएन। परिस्थितिलाई हेरेर सिडिओ साबले गोली चलाउन आदेश दिनुभयो। त्यसपछि हामीले हवाई फायर गर्‍यौं,’ उनले भने, ‘८४ पटक हवाई फायर गर्दा पनि नभएपछि गोली हानिएको हो।’, यस्तै एक राउन्ड भने भीडमा हान्दा १८ वर्षीय संजयकुमार महतोको बायाँ घुँडामूनि लागेको हो। तत्कालै उनलाई उपचारको लागि जनकपुर लगिएको थियो। , त्यहाँबाट उनको थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा रिफर भएको थियो। अहिले उनको अवस्था पनि सामान्य भएको प्रहरीले जनाएको छ। , प्रहरीले यस्तो गतिविधिमा लागेको भन्दै सोमबार दुई जनालाई नियन्त्रणमा लिएर छाडेको थियो। मंगलबार एक जनालाई नियन्त्रणमा लिएको छ। , बुधबार पनि सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, मृतकका बुवा, लगायतको उपस्थितमा इलाका प्रहरी कार्यालय लालबन्दीमा छलफल भइरहेको छ। प्रशासन कार्यालयले मंगलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ। , बुधबार ईश्वरपुरको अवस्था पनि सामान्य भएको प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।, सर्लाहीमा प्रहरीको गोली लागेर घाइते भएका किशोरको काठमाडौंमा उपचार हुँदै
सेतोपाटी संवाददाता नयाँ बसपार्कमा भएको सामूहिक बलात्कार घटनाका अर्का आरोपी पनि पक्राउ परेका छन्। प्रहरी यसअघि ८ जनालाई पक्राउ गरेको थियो। , एक जना फरार रहेकोमा बुधबार अपराह्न पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। , सोमबार साँझदेखि मंगलबारसम्म काठमाडौं-२६ मित्रनगरस्थित बसपार्कका विभिन्न गेष्ट हाउसमा लगेर ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको थियो। , ती महिला १२ गते नृ बिहान काठमाडौं आइपुगेकी थिइन्। उनी काठमाडौं-२६ मित्रनगरमै गेष्ट हाउसमा बसेकी थिइन्। , प्रहरीका अनुसार उनी जुन दिन आइन्, त्यसै दिन सामूहिक बलात्कारमा परेकी थिइन्। , पक्राउ पर्नेमा युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढालगायत छन्। पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरिसकेको छैन।, महिलालाई सुरूमा युवराज बडुवालले फकाएर गेष्ट हाउसमा लगेको प्रहरीले जनाएको छ। त्यसपछि पालैपालो अरू युवाले विभिन्न गेष्ट हाउसमा लगेका थिए। , ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ। उनको शारीरिक र मानसिक परीक्षण प्रसूति गृहमा गरिएको छ। , बलात्कारमा परेको खबर महानगरीय प्रहरी प्रभाग बसपार्कमा पुगेको थियो। त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौं, महाराजगञ्ज वृत्त, महानगरीय अपराध महाशाखालगायतबाट प्रहरी टोली खटिएको थियो।, नयाँ बसपार्कमा भएको सामूहिक बलात्कारमा फरार रहेका अर्का आरोपी पक्राउ
निर्मला घिमिरे जोरपाटी–सुन्दरीजल मर्मत तथा विस्तार सुरू भएको पाँच वर्ष बित्यो। तर हालसम्म उक्त सडकको काम सकिएको छैन।, करिब ६ मिटर चौडा यो सडक खण्ड २०७३ असारमा २२ मिटरमा विस्तार गर्ने गरी ठेक्का लगाइएको थियो। गोकर्णेश्वर नगरपालिकाले सडक विभागसँग सम्झौता गरी २०७४ सालमा मर्मत तथा विस्तार काम सुरू गरेको थियो।, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार सात किलोमिटर उक्त सडक हालसम्म करिब साढे तीन किलोमिटर मात्रै बनेको छ। सुन्दरीजलदेखि गोकर्णेश्वरसम्मको काम सकिएको आयोजनाले बताएको छ।, तर सकिएको क्षेत्रमा पनि सडक कतै साँघुरो छ, कतै फराकिलो बनेको छ। मुआब्जा विषयमा कुरा नमिल्दा करिब ६९ करोड लागतमा बनाइने भनिएको यो सडकको स्वरूप योजनाअनुसार निर्माण गर्न नसकिएको आयोजनाको भनाइ छ।, आयोजनाका सूचना अधिकारी महानन्द जोशी सरकारले जमिनको मुआब्जा नदिँदा सडक विस्तारमा लामो समय अवरोध सिर्जना भएको बताउँछन्।, 'सरकारले भौतिक संरचनाको मात्रै मुआब्जा दिन्छ। जमिनको दिँदैन। तर त्यहाँका कतिपय स्थानीयले जमिनको पनि मुआब्जा मागे। कसैले अटेर गरिरहे। यसले गर्दा पनि योजनाअनुसार काम हुन सकेन,' सूचना अधिकारी जोशीले सेतोपाटीसँग भने।, दायाँबायाँ ११/११ गरी २२ मिटर चौडा सडक विस्तार गर्न उपत्यका सडक विस्तार आयोजनाले ठेक्का लगाएपछि स्थानीयले मुआब्जा तथा क्षतिपूर्ति माग गरे। सरकारले आफ्नो व्यक्तिगत सम्पत्ति अधिग्रहण गर्दा उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग थियो। कुरा नमिलेपछि उनीहरूले सडक विस्तार अवरोध गरेका थिए। क्षतिपूर्ति माग गर्दै उनीहरूले सर्वोच्च अदालतमा मुद्दा नै हाले। जसले गर्दा लामो समयसम्म कामअघि बढ्न सकेन।, वि.सं २०७४ असोजमा सर्वोच्चले स्थानीयवासीको घरजग्गा लिएर सडक विस्तार गर्दा मुआब्जा दिनुपर्ने फैसला गर्‍यो। फैसला पुनरावलोकन गर्न सडक विभागले दिएको पुनरावेदनमा पनि मुआब्जा दिएरै सडक विस्तार गर्न अदालतले आदेश गरिसकेको छ।, तर सरकारले स्थानीयले माग गरेअनुसार मुआब्जा दिन सकेन। अनि दायाँबायाँ सर्वोच्चको फैसला ध्यानमा राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णय गरी यो सडक १४ मिटरमा विस्तार गर्ने सहमति प्रदान गर्‍यो। मन्त्रिस्तरीय निर्णयले सार्वजनिक जग्गा भएको ठाउँमा २२ मिटर र स्थानीयको जग्गा पर्ने ठाउँमा १४ मिटरले सडक विस्तार गर्ने सहमति प्रदान गर्‍यो।, त्यसपछि दायाँबायाँ ७/७ गरी १४ मिटर चौडा सडक निर्माण गर्ने, स्थानीयको कुनै पनि भौतिक संरचना नभत्काउने गरी योजनाअघि बढेको हो। हाल यथास्थितिमै निर्माण भइरहेको आयोजनाका सूचना अधिकारी जोशी बताउँछन्।, 'अझै पनि कतिपय ठाउँमा त स्थानीयले फुटपाथमा बार लगाएका छन्। अब जति छ त्यतिमै हामी सक्छौं। सार्वजनिक जग्गा तथा स्थानीयले सहमति दिएको जग्गा वरिपरि बाटो फराकिलो छ। नदिएका ठाउँमा जस्तो थियो, त्यस्तै साँघुरो छ,' उनले भने।, यो सडक तत्काल मर्मत तथा विस्तार गरी दैनिक सडक प्रयोग गर्ने गागलफेदी, भद्रवास, सुन्दरीजल, नयाँपाटी, गोकर्ण, जोरपाटी तथा आलापोट लगायत स्थानका नागरिकलाई सास्ती कम हुने विश्वास गरिएको थियो। तर सोही झमेलाका कारण निर्माण प्रक्रिया समयमा नटुंगिँदा यो सडक प्रयोग गर्नेले सुविधाको साटो थुप्रै सास्ती झेले।, वर्षाको समयमा हिलो र हिउँदमा धुलाम्मे यो सडक लामो समय अस्तव्यस्त बन्यो। थुप्रै दुर्घटना भए। अझै पनि आधा उस्तै नै छ। तर अब चैतदेखि सडकको स्वरुप फेरिने आयोजनाले बताएको छ।, 'अब चैत मसान्तसम्ममा काम सकिएन भने त ठेकेदार कारबाहीमा पर्छ। जसरी पनि त्यो बेलासम्म सक्ने गरी काम भइरहेको छ,' जोशीले भने।, उनका अनुसार हाल पाइप बिछ्याउने, पर्खाल लगाउने तथा कालोपत्रे गर्ने जस्ता काम भइरहेको छ। तर सर्वोच्चको फैसलापछि अझ स्थानीयले जग्गासमेत छाड्न नमान्दा मापदण्डअनुसार विस्तार गर्न नसकिएको आयोजनाको भनाइ छ।, सार्वजनिक सडक ऐनले राजमार्ग, चक्रपथ, रणनीतिक सडक, सडक शाखा र प्रशाखाको मापदण्ड निर्धारण गरेको छ। नगरविकास निर्देशिकामा चक्रपथ सडक केन्द्रबाट दायाँबायाँ ३१/३१ मिटर चौडा हुनुपर्ने व्यवस्था छ। राजमार्ग सडक दायाँबायाँ २५/२५ मिटर, रणनीतिक सडक दायाँबायाँ ११/११ मिटर हुनुपर्ने व्यवस्था छ। स्थानीय तहको सडक मापदण्डै आफ्नै किसिमको छ।, ५ वर्षमा पनि किन बन्न सकेन जोरपाटी–सुन्दरीजल सडक?
सेतोपाटी संवाददाता नेपालमा थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २२० जना संक्रमित थपिएका हुन्, पछिल्लो २४ घण्टामा ७ हजार ६०८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ४३३ जनाको पिसिआर परीक्षण र ११७५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २५३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ।  , अहिले नेपालमा ४ हजार ८ सय ६४ सक्रिय संक्रमित छन्।, सात हजार ६०८ मा कोरोना परीक्षण गर्दा २२० लाई संक्रमण
सेतोपाटी संवाददाता नेपाल प्रहरीले राजश्व संकलनमा उल्लेख्य सुधार गरेको तथ्यांक सार्वजनिक गरेको छ।, आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको कार्यप्रगति सार्वजनिक गर्दै प्रहरीले शतप्रतिशत राजश्व संकलन पृद्धिको तथ्यांक सार्वजनिक गरेको हो। , केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सोमबार पत्रकार सम्मेलन गरी पाँच महिनाको समग्र कार्यविवरण सार्वजनिक गरे। , सो कार्यप्रगतिमध्ये राजश्व संकलन २ अर्ब २० करोड ६० लाख ८७२ रुपैयाँ रहेको कुँवरले बताए। , गत आर्थिक वर्ष २०७७/७८ मा जम्मा १ अर्ब ६ करोड ८१ लाख २९ हजार ५५१ संकलन भएको थियो। गत आर्थिक वर्षको तुलनामा यो वर्षको पाँच महिनामा १०६.७४ प्रतिशतले राजश्व संकलन वृद्धि भएको कुँवरले जानकारी दिए। , राजश्व संकन गरिएको क्षेत्रमध्ये सबैभन्दा बढी सुन बरामदमा छ। त्यसैगरी, चाँदी बरामद, ट्राफिक कारबाही, अवैध मुद्रा, भन्सार छली बरामद, काठ, अदालती फैसला कार्यान्वयन र मास्क नलगाएबापत जरिवनाबाट सो बराबरको राजश्व संकलन भएको कुँवरले जानकारी दिए। , चालु आर्थिक वर्षमा प्रहरीलाई चालु र पुँजीगत गरी ४० अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएको थियो। विनियोजन भएको भारलाई राजश्व संकलन सहायताको आधारमा मूल्यांकन गर्दा पहिलो वाँच वर्षमा कुल रकमको ५.४२ प्रतिशत योगदान प्रहरी कामकारबाहीबाट भएको कुँवरले बताए। , कुँवरका अनुसार भन्सार चोरी पैठारी, सुन तस्करीलगायतमा प्रहरीको कारबाही केन्द्रित छ। यसैगरी, फैसला कार्यान्वयन गर्दा पीडितलाई न्याय हुने साथै राजश्व संकलनमा पनि टेवा पुगेको छ। ,  , प्रहरी कारबाहीबाट राजश्व संकलनमा १०६ प्रतिशतले वृद्धि
एजेन्सी पश्चिम अफ्रिकी मुलुक सेनेगलको राजधानी डाकरबाट सोमबारदेखि विद्युतीय रेल चल्न थालेको छ।, समाचार संस्था रोयटर्सका अनुसार, डाकरदेखि ४० किलोमिटर टाढाको सहर डायमनिआडिओलाई जोड्ने रेलको सोमबार राष्ट्रपति म्याकी सालले उद्घाटन गरेका छन्।, सन् १९६० मा फ्रान्सको उपनिवेशबाट स्वतन्त्र भएको सेनेगलले पहिलो पटक आफैंले नयाँ रेलमार्ग बनाएको हो। १.३ अर्ब अमेरिकी डलर खर्च भएको रेलमार्ग पाँच वर्षमा बनेको हो।, रेलमार्ग बनेपछि राजधानी डाकरको प्रदुषण कम हुने र सवारी जाम पनि सहज हुने अपेक्षा गरिएको छ।, उक्त रेलबाट दैनिक १ लाख १५ हजार यात्रुले सेवा पाउने अपेक्षा गरिएको छ।, रेलमार्ग बनाउँदा सरकारले मुआब्जा नदिएको भन्दै केही स्थानीयहरू आन्दोलनमा छन्। उनीहरूले सोमबार पनि प्रदर्शन गरेका थिए। , अफ्रिकी मुलुक सेनेगलको राजधानीमा चल्न थाल्यो विद्युतीय रेल (तस्बिरहरू)
डा. निमेश पौडेल हाम्रो शरीरको ७० प्रतिशत अंग पानीले बनेको हुन्छ। पानी धेरै उद्धेश्यका लागि प्रयोग गरिन्छ। खाना पकाउने, कपडा धुने, नुहाउने सबै कामका लागि पानीको आवश्यकता पर्छ। सबैभन्दा महत्वपूर्ण कुरा पिउने पानीको हो।, सामान्य व्यक्तिले (पुरूष या महिला) दिनमा दुईदेखि तीन लिटर पानी पिउनुपर्ने हुन्छ। तर, यो एकै चोटी पिउनु हुँदैन। यसको लागि यही समय भन्ने पनि छैन। पिसाब पहेँले हुनु हुँदैन। पिसाब पहेँलो छैन भने शरीरमा पानीको मात्रा कमी छैन भन्ने बुझ्न सकिन्छ।, यदि तिर्खा लागिहाल्यो भने तिर्खा मेट्नुपर्छ। यसको मतलब यो होइन कि, तिर्खा लाग्नासाथ १ लिटर, २ लिटर पानी खाइहाल्नुपर्छ। धेरै पानी एकैचोटी पिएमा बमिट हुन सक्छ। पेट फुले जस्तो हुन्छ शरीरलाई असहज हुन्छ।, हामीले मिलाएर दिनमा दुईदेखि तीन लिटर पानी पिउनुपर्छ। धेरै गर्मी छ शरीरमा पसीना आएको छ अथवा काम गरिएको छ भने पानीको मात्रा बढाउनुपर्ने पनि हुन्छ।, कस्ता व्यक्तिले पानी बढी खाने, किड्नीको बिरामीले भने पानीको मात्रा बढाउनुपर्छ। किड्नीको बिरामीले एक दिनमा कति पिसाब फेर्छ त्यो भन्दा पाँच सय एमएल बढी पानी पिउनुपर्छ। यस्ता बिरामीले डाक्टरको सल्लाहमा पानीको मात्रा मिलाउनुपर्छ।, मधुमेहका बिरामीले पनि पानी धेरै खानुपर्ने भएकोले डाक्टरको सल्लाह बमोजिम पानी खानुपर्छ। मधुमेहको मात्रा अनुसार पानीको मात्रा घटाउने बढाउने गर्नुपर्छ। पखाला लागेको बेलामा पानी यती नै मात्रामा खाने भन्ने हुँदैन। शरीरले आवश्यक ठाने जति पानी पिउनुपर्छ। स्वच्छ पानीले नै हो पखाला निको पार्ने। पखाला लागेको मान्छेको शरीरमा पानीको अभाव भएको कारण नै मृत्यु हुन्छ।, पानी कति बेला पिउने?, एक पटकमा कति पानी पिउने र कति कति बेला पिउने भन्ने जिज्ञासा पनि लाग्नसक्छ। एक पटकमा एक गिलास पानी पिउनु राम्रो हुन्छ। बढी पिएमा दुई गिलाससम्म पिउन सकिन्छ। पानी उठ्ने बित्तिकै पिएको राम्रो हो।, सामान्यत सबैले बिहान उठ्नासाथ पानी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। ग्याष्ट्रिकको समस्या हुनेले अनिवार्य जस्तै हो। राति पानी पिउँदा केही बिग्रिदैन। तर, पिसाबको समस्या हुनेले नपिएको राम्रो हो।, खाना खाने समयमा पानी नखाएकोनै राम्रो हो। शरीरको तौल घटाउन चाहनेहरुले भने खाना खानुभन्दा आधा घण्टा अगाडि एक दुई गिलास पानी पिउँदा राम्रो हुन्छ। पानी खाएर खाना खाने हो भने खाना थोरै रूच्छ।, खाना खाएको समयमा पानी खाने हो भने खाना राम्रोसँग रूच्दैन त्यसैले पानी पिउँनु हुँदैन भनिएको हो। तर, पिउन नै नहुने त्यस्तो कुनै कारण भने छैन।, पानी कुन समयमा खाने भन्ने केही छैन। तिर्खा लागेको समयमा पिउन सकिन्छ। एकैचोटी धेरै पानी पिउन भने हुँदैन। पानी कति पिउने भन्ने कुरा आफू बसेको ठाउँको हावापानीले पनि फरक पार्छ। काठमाडौंमा बस्नेहरुले दिनमा डेढदेखि दुई लिटरसम्म पानी पिए पनि हुन्छ। धेरै गर्मी छ भने पानीको मात्रा बढाउनुपर्छ।, पानीको मात्रा बढी भयो भने मष्तिष्कको लागि पनि राम्रो हुन्छ।, पानीको अभाब भयो भने मान्छे थकित हुने काम गर्न जाँगर नहुने हुन्छ। रक्सी खानुभन्दा पहिला कम्तिमा आधा लिटर पानी खायो भने त्यसको असर कम हुन्छ। भोलिपल्ट ह्याङ पनि कम हुन्छ।, पानीको कारण टाउको दुःखेको कम हुन्छ। पाचन प्रक्रियामा समेत पानीले सहयोग गर्छ। कब्जीयत हुन नदिने, शरीरको तौल घटाउनका लागि पानी अति उपयोगी हुन्छ।, पानी धेरै खाएमा किड्नीले फिल्टर गर्न समस्या आउन सक्छ।, एउटा मान्छेले बढीमा ६ लिटरसम्म पानी पिउँदा शरीरलाई हानी गर्देन। तर, पानी सफा हुनुपर्छ।, पानी तातो चिसो भएर केही फरक पर्देन तर पानी सफा भने हुनुपर्छ। एलर्जीको समस्या हुनेहरुले भने चिसो पानी पिउनु हुँदैन। पानीमा आइस हालेर पिउनु राम्रो मानिदैन।, यति उमेर समूहले  यति पानी पिउने भन्ने केही पनि छैन। पानी सफा हुनुपर्‍यो सकेसम्म उमालेर फिल्टर गरियो भने त्यो धेरै राम्रो हुन्छ।, खुट्टा सुनिने समस्या भएकाले, दम, मुटुका रोगीले भने धेरै पानी पिउँनु हुँदैन। यसको लागि चिकित्सकको सल्लाह लिनुपर्छ।, स्वच्छ पानी नपिउँदा के हुन्छ?, स्वच्छ पानी नपिउने हो भने शरीरमा बिभिन्न खाले रोग लाग्छ। पानीको अभावमा नै पखाला, ज्वरो र उल्टी हुन्छ। पखला  लागेका व्यक्तिले अझै बढी पानी पिउनुपर्छ। संसारमा पाँच वर्षमुनिका बालबालिकाको ज्यान जाने दोस्रो रोग नै पखाला हो। पहिलो रोग भने निमोनिया हो।, दैनिक किन र कति पानी पिउने? (भिडिओ)
रासस बैतडीको इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई पक्राउ गरेको छ।, सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।, ऐरलाई प्रहरीले घर नजिकैबाट सोमबार पक्राउ गरेको जनाएको छ।, गत मंसिर १३ गते राति कालपोखरी मन्दिरको जात्रामा गएका कटक बोहरा मंसिर १६ मा मृतावस्थामा फेला परेका थिए।, टाउको र शरीरमा घाउचोट देखिएकाले बोहराको हत्या गरिएको जनाउँदै आफन्तजनले  निवेदन दिएपछि प्रहरीले  अनुसन्धान गरेको थियो।, पक्राउ परेका ऐर घटना भएको भोलिपल्टदेखि फरार रहेकोले उनीमाथि प्रहरीले निगरानी बढाएको जनाइएको छ।  , प्रहरी निरीक्षक शाहीले भने, 'कालपोखरी मेलामा ऐर र बोहराको भेट भएको र भेट हुँदा बोहराले ऐरलाई दिएको ऋण माग्दा सोही विषयलाई लिएर रातिका समयमा उनीहरूबीच वादविवाद र झगडा भएको कुरा बुझिन आएको छ।', प्रहरीले हिरासतमा रहेका ऐरमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।  , दिएको ऋण माग्दा हत्या!
रासस प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ।, धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ।, पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धुप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ।, धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट खिचडी भोग दिइएको द्वारे पूर्ण डङ्गोलले जानकारी दिए।, पशुपतिनाथमा महाभोगका लागि ब्राह्मणले दुईवटा खँडकुलामा खिचडी बनाउँछन्। एउटामा सख्खरसहितको र अर्कोमा चिनीसहितको खिचडी बनाउने गरिन्छ। अरु बेलामा पशुपतिनाथमा लगाइने भोगमा नुनिलो सामग्री हुन्छ।, आज गुलियो र चिल्लो सामग्री चढाउने विधि रहेको पशुपति क्षेत्रका मूर्त अमूर्त संस्कृतिका बारेमा विशेष खोज गरिरहेका कर्मचारी बरुण खतिवडाले जानकारी दिए।, पुस महिनाभर सूर्यनारायण धनु राशिमा हुन्छन्। प्रत्येक वर्ष पुस महिनामा बढी भीडभाड नहुने दिनको साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ। चान्द्रमास र सौरमास दुवै पुस महिनामा पारेर धनुर्मास पूजाको साइत निकालिन्छ।, पहिले पुस महिनामा नौ पटकसम्म धनुर्मास पूजा गर्ने गरिएकामा त्यो परम्परा अहिले लोप भइसकेको छ। त्यसबेला भक्तजनले पनि आफ्नो खर्चमा पनि धनुर्मास पूजा गर्न पाउँथे। यो परम्परा पनि अहिले लोप भइसकेको छ। धनुर्मास पूजा गर्नुअघि सोमबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो।, बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ। पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ।, सोमबार रातभर धनुर्मास पूजा गरेपछि आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ। आज बिहानैदेखि बेलुकीसम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गरिन्छ। बिहान १२ बजेसम्म एउटा ढोका भने खोलिन्छ।, उपवासका दिन बिहानै महादेव कैलाश एवं शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत परम्परादेखि रहेको छ। यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाउने परम्परा सुरु भएको हो।, महादेवडाँडामा घाम तापेर बस्ने विश्वासमा कैलाशमा दिनभर खिचडी बनाएर खाने परम्परा भने विगत १६ वर्षदेखि लोप भएको खोजकर्ता खतिवडा बताउँछन्।, बेलुकी भने महादेव कैलाश, शिवपुरी डाँडाबाट घाम तापेर फर्कने विश्वासमा नियमित आरती गरिन्छ। बुधबार बिहानदेखि भने नियमित पूजा आराधना गरी भक्तजनका लागि मन्दिर खुलाइने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए।, पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द
सविता बुढा केही समय अघिसम्म बझाङको बुंगल नगरपालिकास्थित भगवती माध्यामिक विद्यालयमा पढ्ने धेरैजसो बालबालिका खाजा समयपछिका कक्षा हापेर हिँडिदिन्थे। कक्षामा बसेका साना विद्यार्थीको पनि ध्यानसमेत पढाइमा हुन्नथ्यो।, यस्तो समस्याले शिक्षकहरू हैरान थिए।, तीन महिनाअघि पाँच कक्षासम्मका विद्यार्थीलाई स्कुलमै खाना खुवाउने कार्यक्रम लागू गर्ने जिल्ला शिक्षा विकास तथा समन्वय इकाइबाट पत्र आयो।, दिउँसो खाना खान पाए भने त विद्यार्थीहरू पुरै समय स्कुल बस्लान् भनेर शिक्षकहरू खुसी भए।, विद्यार्थीलाई खानेकुरा खुवाउन हप्ता दिन अघिबाट सुरू भएको हो। त्यसपछिका दिनमा विद्यार्थीले कक्षा छोड्ने समस्या त बिस्तारै कम भयो।  तर जिल्लाले पठाइदिएको चामलका कारण स्कुल प्रशासन हैरान भएको छ।, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइबाट आएको पत्रमा विद्यालयले अभिभावक र प्रधानाध्यापकसहितको एउटा समिति बनाएर सम्झौता गर्न आउनु भनेको थियो।, त्यसपछि अभिभावक हर्क बोहोराको अध्यक्षतामा ९ सदस्यीय पौष्टिक आहार समिति बन्यो।, समितिमा अध्यक्षबाहेक अन्य अभिभावक ७ जना र प्रधानाध्यापक सदस्य सचिव छन्।, यो विद्यालयमा जम्मा विद्यार्थी ३५० जना छन्। कक्षा १ देखि ५ सम्मका खाजा खाने विद्यार्थी भने १८० जना छन्।, समितिले विद्यालयका तर्फबाट जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ मातहत रहने 'शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना कार्यान्वयन इकाइ' सँग सम्झौता गर्‍यो।, सम्झौतामा शिक्षाका लागि खाद्य कार्यक्रम परियोजनाले विद्यालयमै खाना बनाउन चाहिने सामग्री पुर्‍याइदिने भनिएको छ।, सोहीअनुसार सो विद्यालयले डेढ सय प्लेट, एक बाल्टी, एक जग, एक जोडा डाडु-पन्यू, दुई ओटा पकाउने ठूला भाडा निःशुल्क पायो।, खाना पकाउन स्कुलले एकजना परिचरलाई जिम्मा दिएको छ।, खाद्य कार्यक्रम परियोजनाले खाद्यान्न र सामग्री स्थानीय झापा बजारसम्म पुर्‍याइदिएपछि त्यहाँको डिपोबाट ढुवानी गर्ने र खर्च विद्यालयले व्यहोनुपर्ने सम्झौतामा छ।, उक्त विद्यालयका लेखापाल हरिश बोहोराले इन्धन, खाना पकाउने मान्छे र डिपोबाट ल्याउने खर्च स्कुलले व्यहोरेको बताए।, उनको स्कुलले अढाई क्विन्टल चामल, ६०/७० केजी दाल, २५/३० लिटर तेल र नुन २० केजी पाएको छ।, ‘खुर्सानी भने विद्यार्थी, अभिभावक र स्टाफहरूलाई ल्याउन भनेका छौं, बेसार स्कुलले किनेको छ। यता खुर्सानी फल्ने भएकाले सबैसँग मागेका हौं,’ उनले भने।, उनको स्कुलमा एक साताअघि चामल पुगेको थियो। पहिलो दिन खाना पकाउन खोलेको बोराबाट एक लट खाना पकाएर खुवाए। दोस्रो लटको खाना पकाउन चामल पखाल्ने बेलामा काला किरा देखेपछि उनीहरूले यसअघि पनि किरा खाएको चाल पाए।, ‘बोरा खोल्दा चामलमा किरा देखिएन, पानीमा हेर्दा त किरैकिरा देखिए,’ उनले भने।, किरा देखिएपछि चामल फाल्ने कि नफाल्ने अलमलमा उनीहरू पुगे।, ‘पटक-पटक पखालेर आँखाले नदेखिने गरि सफा त गर्‍यौं तर चामल कुहिएको हो कि थाहा पाएका छैनौं,’ उनले भने।, तातोपानीले पनि धोएर भात पकाएपछि उनीहरूले विद्यार्थीलाई खुवाए।, ‘विद्यार्थीका लागि आएको चामल शिक्षकले खान नमिल्ने हो तर किरा खुवाए भन्ने हुन् कि भनेर एकदिन त हामीले पनि खायौं,’ उनले भने।, चामलमा किरा आएपछि परियोजना कार्यालयलाई विद्यालयले खबर गर्‍यो।, परियोजनाले भने अर्को खोल्न भन्यो।, अर्को बोरा खोलेर हेर्दा किरा देखिएन। तर, पखाल्दा भने देखिए।, त्यसपछि उनीहरूले सुरूमै पकाएको बोराकै चामल अहिले पनि प्रयोग गरिरहेका छन्।, ‘अर्कोमा पनि पखाल्दा किरा नै देखिन्छ होला त्यही भएर सुरूको बोराकै चामल एक घन्टा पखाल्ने, एक घन्टा केलाएर पकाउने गरेका छौं,’ लेखापाल बोहोराले भने।, अहिलेसम्म १५ किलोजति चामल प्रयोग भइसकेको छ। बाँकी ४० किलोजति चामल बोरामै छ।, चामलमा किरा देखिएकोबारे विद्यार्थीलाई खबर गरिएको छैन।, ‘अरू बोरामा किरा छ कि छैन, चेक गरेका छैनौं, सुरूमा खोलेको बोराको चामल प्रयोग गर्न छोड्यो भने नराम्रो सन्देश जानसक्छ, किराको बहाना गरेर शिक्षकले चामल लुकाए कि भन्ने आशंका हुन्छ? भनेर त्यही चामल पखालेर प्रयोग गरिरहेका छौं,’ बोहराले सेतोपाटीसँग भने।, उनका अनुसार खाजा कार्यक्रमले विद्यार्थीलाई पढाइमा सहज हुने अपेक्षा विद्यालय रहे पनि अहिले किरा परेका चामलले तनाव सिर्जना गरेको छ।, ‘खुवाउन छोडौं, सुरूको दिन खुवाइहाल्यो, अब बोराको चामल सक्किँदै जान्छ नखोलेको बोरामा किरा नभए हुन्थ्यो,’ उनले भने।, यो समस्या भगवती माविको मात्र होइन हरिचन्द्र आधारभूत विद्यालयमा खाजा कार्यक्रमले पठाएका चामलमा समस्या देखिएको छ।, परियोजनाले पठाएको चामलबारे गुनासो गरे खाजा कार्यक्रम नै कटौती गरिदिन्छन् कि भनेर कति स्कुलले त बोल्नसमेत मान्दैनन्।, हामीसँग एउटा स्कुलले यही कारण बोल्न मानेन।, यी विद्यालयले चामलको त्यो बोरामा उत्पादन मिति, प्रयोग गरिसक्नुपर्ने मिति, कहाँ उत्पादन भएको लेखेको छ, त्यो हेरेका छैनन्।, यस्तै कार्यक्रम लागु भएको बझाङकै एक अर्को विद्यालयमा सोध्दा बोरामा उत्पादन र प्रयोग गरिसक्नुपर्ने मिति नलेखिएको पाइएको छ।, ‘अमेरिकाबाट आएको चामल हो, सय दाना चामलमा एक दाना भिटामिन मिसाएको हुन्छ भन्ने कुरा छ, बोरामा मिति भने लेखिएको छैन, हाम्रोमा किरा परेको भन्नेचाहिँ सुनिएको छैन तर भातमा ननिको गन्ध भने आउने गुनासो छ,’ उक्त विद्यालयकी एक शिक्षिकाले भनिन्।, विश्व खाद्य कार्यक्रमअन्तर्गत अघिल्लो बर्ष कक्षा १ देखि ८ सम्म सञ्चालन भएका विद्यालयमा मात्रै सबै विद्यार्थीलाई यस्तो खाना खुवाउने गरिएको थियो। विद्यालय माध्यमिक तहको भए कसैले पनि खाना नपाउने नियम फेरेर यस वर्ष जुनसकै तहको भए पनि कक्षा १ देखि ५ सम्मका बालबालिकालाई स्कुलमै खाना खुवाउने गरिएको छ।, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बझाङका प्रमुख सुरेन्द्र कठायतले भण्डारण गर्दा चामल बिग्रेको हुनसक्ने बताए।, ‘खाद्यान्न डुब्लुएचपीले दिने हो, केन्द्र सरकारसँग उसको सम्झैता भएअनुसार जिल्लामा आएपछि हामीले समन्वय मात्रै गरिदिन्छौं,’ उनले भने।, बझाङका हरेक स्थानीय तहमा शिक्षाका लागि खाद्य कार्यक्रमका आफ्नै कर्मचारी नै छन्। उनीहरूले भण्डारण र वितरणको काम गर्छन्।, हरेक पालिकामा हुने कार्यक्रम परियोजनाका डिपोबाट स्कुललाई विद्यार्थी संख्याका आधारमा खाद्यान्न दिने गरिएको कठायतले भने।, ‘खाद्यान्न कमसल वा त्यसको गुणस्तर केन्द्रले नै चेक गर्छ, जिल्लामा सिडिओबाट पनि कहिलेकाहीँ चेक हुन्छ, पालिकाका मान्छे पनि जाने गर्छन्, म पनि गएको छु,’ उनले भने।, बझाङका ४४८ विद्यालयमा यस वर्ष खाजा खुवाउने कार्यक्रम लागु रहेको कठायतले बताए।, उनका अनुसार अझै छुटेका केही विद्यालयलाई कार्यक्रममा जोड्न प्रयास भइरहेको छ।, विद्यार्थीलाई खाजा खुवाउन पठाएको चामलमा किरा, स्कुलहरू तनावमा
रासस जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा साविक गौश्वारा गाविस–७ र हाल दोरम्बा शैलुङ गाउँपालिका–४ का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताए।, निज प्रतिवादीसमेत चार जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई पुरानो विवादका कारण चक्कुले मुटु छेड्ने गरी प्रहार गरी हत्या गरेर फरार रहेका थिए।, होमबहादुरबाहेक अन्य तीन अभियुक्तमध्ये चन्द्रबहादुर मगर र गङ्गाबहादुर मगरले कैद सजाय भुक्तान गरिसकेका छन् भने टकबहादुर मगरको मृत्यु भइसकेको छ।, ढुङ्गानाका अनुसार कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रामेछापको विसं २०५० फागुन १६ गतेको फैसलाअनुसार २० वर्ष कैद सजाय तोकिएका थापामगर हालसम्म फरार रहेका थिए।, प्रहरीले विशेष सूचनाका आधारमा मगरलाई आफ्नै घरभित्र डोकोमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।, निजकी श्रीमतीले घरमै भएका श्रीमान् होमबहादुरका बारेमा विभिन्न झुक्यानमा पारी भगाउन खोज्दै गर्दा प्रहरीले खोजतलासको क्रममा घरको मााथिल्लो तलामा डोकोभित्र लुकेर बसेको अवस्थामा फेला परेको हो।, निज अभियुक्तलाई आजै जिल्ला अदालत पेश गरिने प्रहरीले जानकारी दिएको छ। , २८ वर्षपछि फरार प्रतिवादी पक्राउ
रासस चितवनका भित्री सडकमा सवारी दुर्घटनाको जोखिम बढी हुने गरेको छ।, पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने मुख्य राजमार्गभन्दा भित्री सडक बढी जोखिम हुने गरेको पाइन्छ।, चालु आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्म सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको छ।, २५ जनाको भित्री सडकमा भएको सवारी दुर्घटनामा ज्यान गएको हो।, यही अवधिमा जिल्लाभर २२४ वटा सवारी दुर्घटना भएका छन्। यीमध्ये भित्री सडकमा मात्रै १०२ वटा सवारी दुर्घटना भएका छन्।, यही अवधिमा जिल्लाभर सवारी दुर्घटनामा ३८३ घाइते भएका छन्।, उनीहरूमध्ये १६८ जना भित्री सडकमा भएको सवारी दुर्घटनामा घाइते भएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको यस तथ्यांकले भित्री सडकमा दुर्घटनाको अवस्था जोखिमपूर्ण रहेको देखिन्छ।, भित्री सडकबाहेक पूर्व-पश्चिम लोकमार्गमा चालु आर्थिक वर्षको पाँच महिनामा सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने ९० घाइते भएका छन्।, यो अवधिमा उक्त सडकखण्डमा ४९ वटा सवारी दुर्घटना भएका थिए।, यही अवधिमा नारायणगढ–मुग्लिन सडकमा ४१ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन्। , पृथ्वी राजमार्गमा १२ सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।  , सहरी सडकखण्डमा २० वटा सवारी दुर्घटना भएका छन्। जसमा तीन जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। आव २०७३/७४ मा भित्री सडक दुर्घटनामा ३० जनाको मृत्यु तथा २५८ घाइते, २०७४/७५ मा ४३ जनाको मृत्यु तथा २७१ जना घाइते भएका थिए। २०७५/७६ मा ४२ जनाको मृत्यु तथा २९५ जना घाइते र २०७६/७७ मा २९ जनाको मृत्यु तथा २६१ जना घाइते भएका थिए।, भित्री सडकमा लापरवाही तरिकाले सवारीसाधन चलाउने गर्दा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताए।, भित्री सडकमा ट्राफिक प्रहरीको पहुँच कम हुने र यही कारण लापरबाही तरिकाले सवारी साधन चलाउँदा दुर्घटना निम्तिने उनको भनाइ छ।, ट्राफिक प्रहरीको उपस्थिति कम हुने भएकाले भित्री सडकमा मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको उनले बताए। भित्री सडक साँघुरा र बिग्रिएका कारण पनि ती सडकमा दुर्घटना बढी भएको कार्यालयले जनाएको छ।  सडकमा खाल्डाखुल्डी, छरपस्ट राखिने निर्माण सामग्रीले दुर्घटना बढाउने गरेको थापाले बताए।, मुख्य राजमार्गभन्दा भित्री सडक जोखिमपूर्ण
रासस भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेपछि झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ।, गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नं ५ मल्कवाङ र ६ मराङका उपभोक्ता समितिलाई लक्ष्य गरेर सोमबारदेखि मराङबेंसीमा घुम्ती शिविर सञ्चालन गरेको हो।, वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधिकारीलाई पालिकामा जाने आउने समय, झन्झट हट्नुका साथै व्ययभार घटेको मराङका बासिन्दा ईश्वर सुवेदीले बताए।, ‘मुना पुग्न, काम गर्न र फर्कन उपभोक्तालाई कम्तीमा दुई दिन लाग्ने गर्छ’, उनले भने, ‘वडामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा तीन जनाको पालिका जाने आउने समय र खर्च बचत भएको छ।’, मराङ र मल्कवाङका बासिन्दालाई धवलागिरिको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरवाङ धारापानी ताकम हुँदै घुमाउरो यात्रा गर्नुपर्छ।, पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ। मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ।, पालिकाको केन्द्र र बैंकको शाखा एकै ठाउँमा नहुँदा मल्कवाङ, मराङ र ताकमका सेवाग्राहीलाई झन्झटपूर्ण उल्टो यात्रा गर्नुपर्छ।, मराङ र मल्कवाङका उपभोक्तालाई आर्थिक कारोबार गर्न ताकमभन्दा दरवाङमा रहेको बैंकको शाखाबाट सजिलो र पायक पर्छ।, पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ। मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ। पहिलो दिन १९ वटा उपभोक्ता समितिसँग सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताए। , अधिकृत शर्माको नेतृत्वमा लेखा अधिकृत कृष्ण खराल, इञ्जिनियर सोबिन जिसी, योजना शाखाका रमेश पौडेल, प्राविधिक जनक धानुक, दिपेन्द्र थापा, लेखा शाखाका कर्मचारी श्याखराज सुवेदीको टोली घुम्ती शिविर लिएर मराङ पुगेको हो।, वडाका अध्यक्ष, सचिव र जनप्रतिनिधिले सहजीकरण तथा समन्वय गरेका छन्। , प्राविधिक टोलीले यसअघि नै मराङका २० र मल्कवाङका १० वटा योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए। सबै प्रक्रिया पूरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंक शाखामा गएर खाता खोल्न सिफारिस गरी पेश्की उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।, योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधिकारीलाई प्राविधिक, लेखा व्यवस्थापन र प्रशासनिक प्रक्रियाका विषयमा परामर्श पनि दिइएको प्रशासकीय अधिकृत शर्माले बताए।, वडा नं ७ मा पनि घुम्ती शिविरबाट योजना सम्झौता गर्ने तयारी भएको छ। आवश्यकता र मागका आधारमा अन्य वडामा पनि योजना सम्झौता गर्न जान सकिने प्रशासकीय अधिकृत शर्माले बताए।, चालु आवमा १२० वटा पूर्वाधारसम्बन्धी योजना छनोट गरेको धवलागिरि गाउँपालिकाले चारवटा ठेक्का सम्झौता गरेको छ। अन्य उपभोक्ता समितिसँग पनि सम्झौता गरी कार्यान्वयन थालिएको प्रशासकीय अधिकृत शर्माले बताए।, *यसअघि अन्यथा फोटो पर्न गएकोमा सच्याइएको छ। -सम्पादक, वडामै योजना सम्झौता हुँदा झन्झट हट्नुका साथै समय र खर्च बचत
सेतोपाटी संवाददाता प्रतिकूल मौसमका कारण नेपालको हवाई सेवा प्रभावित भएको छ। , खराब मौसमका कारण मंगलबार काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको विमानस्थलले जानकारी दिएको छ। , मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएका हुन्। , कतिपय विमानस्थलहरू ढिलागरि खुलेपछि उडान डिले भएका छन्। अझै कतिपय विमानस्थल खुलेका छैनन्।, मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान केहीबेर रोकिएको थियो। अहिले पनि विमानस्थल आइएसआर लागू भएकाले विमानहरू निर्धारित समयमा उडान भर्न पाइरहेका छैनन्। , ‘अहिले विमानस्थलमा आइएसआर लागू भएकाले विमानहरू एकतर्फीमात्र ल्याण्डिङ भइरहेका छन्। बिहान एकछिन रनवे मर्मतका लागि भन्दै विमानस्थल बन्द गरिएको थियो। मौसमको कारणलेलै अहिले हरेक उडान २ घन्टाभन्दा ढिला भइरहेको छ’, यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाले सेतोपाटीसँग भने।, ‘उडान रद्द भएको छैन। तर सबै उडान डिले छन्’, उनले भने,‘मौसमको कारणले समयमै उडान र अवतरण गराउन सकिएको छैन।’, यस्तै मौसममा आएको खराबीले बिहानदेखिनै बुद्ध एयरका सबै उडान प्रभावित भएका छन्। ‘अधिकांश विमानस्थल ढिला खुलेको र कुनै खुल्ने क्रममा रहेकाले उडान प्रभावित भएका छन्’, बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले सेतोपाटीसँग भने,‘विमानस्थलमा आइएसआर लागू भएको छ। रनवे वान वे मात्र खुलेको छ। कुनै कुनै विमानस्थल भर्खरमात्र खुलेका छन्। मौसमको खराबीले प्राय उडान डिले भएका छन्। तर रद्द भएका छैनन्।’ , किन हुन् जहाज डिले? , हुस्सु र कुहिरोका कारण कुन विमानस्थल कतिखेर खुल्ने अनिश्चित हुनेहुँदा उडान क्रमशः ढिला हुँदै जानु स्वभाविक हो।, राजधानी काठमाडौंमा रहेको नेपालको एकमात्र ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ मा जहाज उडान–अवतरण डिले हुँदै आएको छ। विभिन्न कारणहरुले उडान डिले हुँदा त्यसको प्रत्यक्ष मार भने विभिन्न गन्तव्यमा पुग्नुपर्ने यात्रु र ती यात्रुलाई गन्तव्य पुर्‍यायाउने जिम्मा लिएका वायुसेवा कम्पनीलाई पर्छ।, गन्तव्य पुग्न समयमै विमानस्थल आइपुगे पनि तालिकाअनुसार जहाज नउड्दा यात्रुहरू घन्टौंसम्म कुर्नुपरेको गुनासो गर्न थालेका छन्। यसो हेर्दा यसमा वायुसेवा कम्पनीहरूको दोष जस्तो देखिए पनि उनीहरूको भने आफ्नै पीडा छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उडान गरिरहेका वायुसेवा कम्पनी आफैं समेत तोकिएको समयमा उडान–अवतरण गर्न नपाएको दुःखेसो पोखिरहेका छन् ।, डिलेका प्रमुख कारण, मौसम र भिजिविलिटीः, प्रायःजसो जाडो मौसममा उडान निकै ढिला हुन्छन् । मंसिरदेखि फागुनको दोस्रो सातासम्म कुहिरो र हुस्सुले भिजिविलिटीमा निकै समस्या आउँछ । कतिबेला कुन विमानस्थल खुल्ने हो टुंगो नै हुँदैन । पछिल्ला वर्षहरुको तथ्यांक केलाउने हो भने तराईका अधिकांश विमानस्थलहरु जाडो याममा हुस्सु कुहिरोले निकै बाधा पुगेको देखिन्छ ।, बिहान केहीबेर मात्रै मानौं ५ मिनेट ढिला भयो भने त्यसपछिका सबै उडानहरुमा त्यत्तिकै डिले समय थपिदै जान्छ र त्यही अनुरुप क्रमशः अरु अरु उडानहरु पनि ढिला हुँदै जान्छन् ।, त्यसमाथि त्रिभुवन विमानस्थलमा आन्तरिक उडान–अवतरण सञ्चालन हुन अन्य सम्बद्ध गन्तव्यमात्र नभई वैकल्पिक विमानस्थलको मौसम पनि सफा र खुलेको हुनुपर्छ। त्यसो भएको खण्डमा मात्र काठमाडौंबाट जहाज उड्न सक्छन् भने अन्य गन्तव्यबाट पनि यहाँ जहाज आउन सक्छन्। उदाहरणको लागि काठमाडौंबाट विराटनगर उडानको लागि दुवै ठाउँको साथै अन्य वैकल्पिक एयरपोर्ट पनि खुलेको हुनुपर्छ । वैकल्पिक एयरपोर्ट भन्नाले नजिककै सिमरा, भरतपुर वा भैरहवा हुन् ।, अपुग भौतिक पूर्वाधार, एकाबिहानै देखि राती अबेरसम्म जहाजको उडान अवतरण बढ्दो क्रममा रहेको छ । कोभिड महामारी सामान्य हुनु र यात्रुको चाप बढ्दै जानु नियमित प्रक्रिया भएको छ । यसले गर्दै देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा यात्रुको चापसँग उडान अवतरण संख्या दिनानुदिन बढ्दो क्रममा छ । यात्रु चाप बढ्नुसँगै भौतिक पूर्वाधार संरचना अद्यावधिक वा निर्माण नहुनुले विलम्वका विभिन्न कारणहरुमध्ये एक हो ।, त्रिभुवन विमानस्थलमा एउटामात्र धावनमार्ग भएका कारण समस्या झन् जटिल हुँदै आएको छ । एउटै धावनमार्गबाट राष्ट्रियदेखि अन्तर्राष्ट्रिय उडानहरुले गर्दा जहाजहरु घण्टौं आकाशमै होल्ड बस्नुपर्ने हुन्छ । तोकिएको समयमै उडान–अवतरण हुन नसकी डिलेको समस्या वृद्धि हुँदै जान्छ ।, यसैगरि अझ कतिपय विमानस्थलहरुमा भिजुअल फ्लाइट रुल (भिएफआर) उडान हुने गरेको छ । विमान कम्पनीहरुले पहिला भीएफआर उडानलाई प्राथमिकतामा राखी आइएफआर उडानपछि राख्ने गरेका छन् ।, उडान संख्या बढ्दै जानु विमानस्थलको आम्दानीका लागि राम्रै भए पनि अपुग भौतिक पूर्वाधार र मौसम खराबीका कारण यसको सिधा असर यात्रु र वायुसेवा कम्पनीहरुमाथि परिरहेको हुन्छ। , मौसमको खराबीले हवाई सेवा प्रभावित, सबै उडान डिले
सेतोपाटी संवाददाता नेपालका डा सम्मृद्ध कार्कीले भारतमा पोस्ट डक्टरेट अध्ययनका लागि छात्रवृत्ति पाएका छन्। कार्डियो थोरासिक भास्कुलर सर्जरी अध्ययनका लागि उनले विदेशी विद्यार्थीका रूपमा आफ्नो नाम सुरक्षित गरेका हुन् । , उत्तरी र दक्षिणी भारतका प्रतिष्ठित चिकित्सा विश्वविद्यालयहरू (एम्स, पीजीआईएमईआर, एससीआईटी) मा भास्कुलर सर्जरीमा पोस्ट डक्टरेट एमसीएच डिग्रीको लागि छात्रवृत्तिमा सिट सुरक्षित गर्न डा.कार्की सफल भएका हुन् । , अन्य देशबाट परीक्षा दिने विदेशीमध्ये एम्स, अखिल भारतीय आयुविज्ञान संस्थान, पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल शिक्षा, अनुसन्धान केन्द्र चण्डीगढ, श्री चित्र तिरुनाल चिकित्सा विज्ञान र प्रविधि संस्थान त्रिवेन्द्रममा छात्रवृत्तिमा एकै पटक आफ्नो नाम सुरक्षित गर्ने आफू पहिलो भएको उनले दाबी गरेका छन्।,  , भास्कुलर सर्जरी अध्ययनका लागि कार्की छनोट
राजु अधिकारी सप्तकोशी डेभलपमेन्ट बैंकमा  हिनामिना भएको १५ करोड ७० लाख रुपैयाँ बैंककै प्रमुख कार्यकारी अधिकृतका आफन्तको नाममा जम्मा भएको खुलेको छ ।, यसले बैंककै उच्च अधिकारीहरूकै संलग्नतामा रकम हिनामिना भएको रहस्य खुलेको हो। , सप्तकोशी बैंककै कर्मचारी वृत्तबाट नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा यो कुरा उल्लेख छ। बेनामी उजुरी दर्ता भएपछि नेपाल राष्ट्र बैंकले छानबिन थालेको थियो। त्यसपछि यो घटना सार्वजनिक भएको हो। , धनकुटा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ। त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेको थियो। यति ठूलो रकम पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैंक बेखबर जस्तै देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिनुले यो प्रकरणमा सिइओ लगायतका उच्च अधिकारीहरू शंकाको घेरामा परेका छन्। , बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा  बबिता सुवेदीको नाममा मात्रै  १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ। बबिता सिइओ नविन सुवेदीकी दिदी हुन्। उजुरीका अनुसार सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खाता नं. ९९९००००१५००१५ बाट १४ करोड गैरकानुनी ढंगबाट निकालिएको छ। , बबिताको नाममा फर्जी खाता सिइओ सुवेदी र हाल प्रहरी नियन्त्रणमा रहेका रेमिट शाखा प्रमुख हिमाल भट्टराईले बनाएको आरोप लागेको छ।, रेमिट शाखाका प्रमुख भट्टराई पनि सिइओ सुवेदीका नातेदार हुन्। भट्टराई उनका फुपुका छोरा हुन्। , हिनामिना भएको रकममध्ये धेरै बबिताको खातामा र हिमाल भट्टराईको विभिन्न पाँच वटा बैंकको खातामा एक करोड रुपैयाँ जम्मा भएको राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ।, यसैगरी सिइओ सुवेदीकी भाउजू भगवती सुवेदी, सालो साजन पोखरेल जेठी सासू बानी पोखरेल लगायतको खातामा रकम पठाएको दाबी उजुरीमा गरिएको छ।, ‘उक्त खाता पनि अरू नै व्यक्तिबाट सञ्चालन गरी कारोबार भएकोले सूक्ष्म अनुसन्धान गरिनुपर्ने देखिन्छ,’ उजुरीमा भनिएको छ।, पछिल्लो ६ वर्षयता फर्जी कारोबारको कागजात बनाएर रेमिट्यान्सको यति ठूलो रकम हिनामिना भएको हो।, यही प्रकरणमा बैंकको कर्पोरेट कार्यालयका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिएर यसबारे अनुसन्धान गरिरहेको छ। , बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेकोबारे उजुरी गरेपछि मंसिर पहिलो साता बैंकको रकम हिनामिना भएको खुलेको हो।, प्रहरी नियन्त्रणमा रहेका आरोपित भट्टराईका आफन्तले सिइओ नविन सुवेदीको योजनामा बैंकमा  घोटाला भएको आरोपसमेत लगाएका छन्।  , विराटनगरमा पत्रकारहरूसित कुरा गर्दै भट्टराईका परिवारजनले सिइओ सुवेदीकै योजनामा बैंकको रकम हिनामिना भएको आरोप लगाएका हुन्। , बैंकमा यति ठूलो रकम अपचलन हुँदासमेत बैंकका सञ्चालक भने बेखबरजस्तै थिए।, राष्ट्र बैंकले हिनामिनाको विषयमा पत्राचार गरेपछि मात्रै जानकारी पाएको बैंकका सञ्चालक समितिका अध्यक्ष अर्जुन बरालले बताए।, ‘नेपाल राष्ट्र बैंकले पत्राचार गरेपछि हामीले आन्तरिक छानबिन गर्यौं,’ बरालले भने ‘त्यसक्रममा  जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईको आर्थिक हिनामिनामा संलग्नता देखिएपछि राष्ट्र बैंक र जिल्ला प्रहरी मोरङमा उजुरी दिएका हौं।’ , जिल्ला प्रहरी मोरङले भट्टराईलाई मंसिर १९ मा नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ।, पक्राउ परेका भट्टराई ६ वर्षदेखि उक्त बैंकमा कार्यरत छन्।, उनले बैंकमा २०७१ सालदेखि रेमिट्यान्सतर्फको जिम्मेवारी हेरिरहेका थिए।  , रेमिट्यान्सतर्फका प्रमुखलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको अनुसन्धानका क्रममा सिइओ नविन सुवेदीसहित अन्य ५ जना कर्मचारीहरू पनि शंकाको घरामा छन्।, प्रहरी स्रोतका अनुसार बैंकका सिइओ सुवेदी, लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी, कर्जा प्रमुख विदुर पोखरेल, आइटी प्रमुख शशांक पोखरेल र अपरेसन प्रमुख अमित थापा मगर  पनि अनुसन्धानको दायरामा परेका छन्।  , प्रदेश १ को ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको सप्तकोशी बैंकको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ।, साविकको काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा गएर हाल सप्तकोशी डेभलपमेन्ट बैंक लि. नामबाट वित्तीय कारोबार गरिरहेको यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो।  , बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने अध्यक्ष अर्जुन बरालले बताउँदै आएका छन्।, सप्तकोशी बैंकमा १५ करोड ७० लाख हिनामिना: हराएको पैसा सिइओका आफन्तको बैंक खातामा
सेतोपाटी संवाददाता सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको मृत्यु घटनाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको छ।, मन्त्रालयले मंगलबार घटनाको सत्यतथ्य पत्ता लगाउन सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति समिति गठन गरेको हो।, मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले समिति गठन भएको र त्यसले भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने जानकारी दिए।, ‘यो घटना के कति कारणले घट्यो भनेर रिपोर्ट ल्याइकन भविष्यमा यस्तो घटना नहोस् भनेर सुरक्षा मापदण्ड कार्यविधि बनाउन भनी समिति गठन गरिएको छ,’ भेटुवालले सेतोपाटीसँग भने।, आइतबार अपराह्न आयोजनामा कार्यरत् इन्जिनियर धुलिखेल नगरपालिका-४ का २९ वर्षीय अर्जुन थापा र अछाम साँफेबगर-२ का २६ वर्षीय सुवासराज रेग्मीको मृत्यु भएको थियो।, आयोजनाको पाइपलाइन परीक्षण गर्ने क्रममा अगाडिको वल्डिङ विस्फोट भएर थापा र रेग्मीको मृत्यु भएको प्रारम्भिक रिपोर्ट छ। ‘पाइपलाइनले पानीको प्रेसर थेग्छ वा थेग्दैन भनी परीक्षण गर्ने क्रममा विस्फोट भएको कुरा आएको छ,’ भेटुवालले भने, ‘समितिले रिपोर्ट नल्याइकन यही हो भन्न सकिएन।’, तर, मापदण्डअनुसार पाइपलाइन बने नबनेको र पानी परीक्षणभन्दा अगाडि पाइपलाइन के कस्तो छ जाँच गरिएको नगरिएको, सुरक्षा मापदण्ड अपनाएको छ छैन सबै विषयमा समितिले काम गर्ने भेटुवालले बताए।, इन्जिनियरहरूको नियामक निकाय नेपाल इन्जिनियरिङ परिषदले भने यो घटनाको सत्यतथ्यबारे बुझ्ने काम भइरहेको बताएको छ।, ‘मैले ऊर्जा मन्त्रालयसहित हाइड्रो क्षेत्रका विज्ञहरूलाई छलफलमा बोलाएको छु,’ परिषदका अध्यक्ष डिल्लीरमण निरौलाले भने, ‘लापरबाहीको कुरा आएको छ, त्यहाँ अरू धेरै कुरा हुनसक्छन्।’, निरौलाले परिषदको आचारसंहिता अनुसार इन्जिनियरहरूलाई काम लगाइएको नलगाइएकोबारे परिषदले मन्त्रालयलाई सोध्ने बताए।, ‘के कस्तो सुरक्षा मापदण्डमा काम लगाइएको हो त्यो खोजी गरिन्छ,’ उनले भने।, नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष त्रिरत्न बज्राचार्जले घटनाको छानबिन गरी पीडितलाई उचित क्षतिपूर्ति दिलाउन, भविष्यमा यस्ता घटना दोहोरिन नदिन माग गरेको बताए।, ‘हामीले परिषदसँग कुरा गरेका छौं,’ बज्राचार्यले भने।,  , सोलुखोला जलविद्युत आयोजनामा दुई इन्जिनियरको मृत्यु भएपछि सरकारले बनायो छानबिन समिति
सेतोपाटी संवाददाता कैलालीमा रोकिराखेको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। , गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किन गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।, लम्कीचुहा नगरपालिका-५ तिलकपुर बस्ने ४२ वर्षीय सुरेश बुढाको दुर्घटनामा मृत्यु भएको हो। मंगलबार पौने १२ बजे बल्मीमा लक्ष्मणकुमार रावतले सु.प.प्र. ०-००२ त ६०७९ नम्बरको ट्याक्टर ढुंगा लोड गरी सडकको छेउमा रोकी राखेका थिए। , त्यस अवस्थामा ट्रयाक्टरको पछाडी बुढाले चलाएको सु.प.प्र.०१-००८ प ७१२७ न. को मोटरसाइकल ठोक्किन गएको थियो। दुर्घटना हुँदा बुढा गम्भीर घाइते भएका थिए। , उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको थियो। , त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ‍,  , कैलालीमा रोकिराखेको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
सेतोपाटी संवाददाता जुम्लामा एक जनाको शव फेला परेको छ। , जिल्लाको चन्दननाथ नगरापलिका-१ कुलालवाडामा सोही ठाउँका ५६ वर्षीय सेतो कुलालको शव फेला परेको हो।, निर्माणाधीन एमाले जिल्ला पार्टी कार्यालयको जग हालेको ठाउँ नजिक उनको शव फेला परेको जिल्ल प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दले जानकारी दिए।, उनी सोही ठाउँमा रहेको ओडार जस्तो ठाउँमा लामो समयदेखि बस्दै आएका थिए। उनका एक छोरी र श्रीमतिले छोडेपछि ओडारमा बस्दै आएका हुन्।, उनी मृत अवस्थामा देखिएको स्थानीयले प्रहरीलाई खबर गरेपछि उनलाई पोष्टमार्टमा लागि अस्पताल पठाइएको डिएसपी चन्दले बताए।,  , जुम्लामा एक पुरूषको शव फेला
सेतोपाटी संवाददाता मकवानपुरबाट साढे ६९ किलो लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, हेटौडा उपमहानगरपालिका-१ पालुङ बसपार्कबाट तीन जनालाई लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए। , गाँजा फेला परेपछि प्रहरीले कैलाश गाउँपालिका-५ कटहरे घर भई हाल हेटौडा-७ कमाने बस्ने ३४ वर्षीय अटो चालक सिताराम मोक्तान, ३३ वर्षीय अमरबहादुर गिरी र २६ वर्षीय इन्द्रबहादुर मोक्तानलाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। , विशेष सूचनाको आधारमा खटिएको टोलीले पालुङ बसपार्कमा ना १ ह ७६३८ नं. को अटोलाई चेकजाँज गरेको थियो। , त्यसक्रममा तरकारीको बोराभित्र लुकाएर ल्याएको १० वटा पोकामा ६९ किलो ५०० ग्राम गाँजा फेला परेको हो। , उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। ,  , साढे ६९ किलो गाँजासहित तीन पक्राउ
सेतोपाटी संवाददाता सुनसरीबाट दुई थान स्वचालित पेस्तोलसहित दुई जना भारतीय पक्राउ परेका छन्।, पक्राउ पर्नेमा भारत अररिया बासमतिया-६ का ३५ वर्षीय विद्यानन्द राम र बासमतिया-२ का ३१ वर्षीय हसम अन्सारी छन्।, कोसी गाउँपालिका-१ लौकहीबाट प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।, बिआर५०के ०१४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई रोकेर चेकजाँच गर्दा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए।, उनीहरूको साथबाट चार वटा म्यागजिन र तीन राउन्ड गोली बरामद भएको कार्कीले बताए। उनीहरू साना हतियारको कारोबारी रहेको बुझिएको कार्कीले बताए।, दुबैलाई मुलुकी अपराध संहिता-२०७४ को परिच्छेद ६ को ‘हातहतियार तथा खरखजाना सम्बन्धी कसुर’ अनुसन्धान थालिएको छ।, सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोलसहित भारतीय पक्राउ
सेतोपाटी संवाददाता कैलालीमा हाइस गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।, पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका-१० बलियामा मंगलबार बिहान शुक्लाफाँटा यातायात प्रा.लि. को बा ५ ख ८९०० नम्बरको हाइस दुर्घटना भएको हो।, नेपालगञ्जदेखि महेन्द्रनगर आइरहेको उक्त हाइस अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ। , सो हाइसमा सवार ८ जना यात्रु सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरूको लम्कीकै लालरत्न अस्पतालमा उपचार भइरहेको छ।, कैलालीमा गाडी दुर्घटना हुँदा ८ जना घाइते
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १४९ जना कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, भक्तपुरमा ८, ललितपुरमा २९ र काठमाडौं ११२ गरी १४९ संक्रमित थपिएका हुन्।, योसँगै उपत्यकामा १९३१ सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ८१५, भक्तपुरमा ४९८ र ललितपुरमा ६१८ जना सक्रिय संक्रमित छन्। , काठमाडौं उपत्यकामा थपिए १४९ संक्रमित, सक्रिय १९३१
सेतोपाटी संवाददाता पर्सा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।, मंगलबार बिहान प्रहरीले वीरगन्व महानगरपालिका-१३ बाट १९ वर्यीय विक्रम सर्राफलाई पक्राउ गरेको हो।, शंकास्पद रूपमा हिँडिरहेका सर्राफले बोकेको झोला चेकजाँच गर्दा नुफ्रिन ३५० एम्पुल, डाइजिपाम ३५० एम्पुल र फेनारगन ३५० एम्पुल बरामद भएको पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।, जिल्ला प्रहरी पर्साबाट खटिएको टोलीले सर्राफलाई नियन्त्रणमा लिएको उनले बताए। सर्राफलाई लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान थालिएको बताइएको छ।, लागुऔषधसहित पर्साबाट एक पक्राउ
सेतोपाटी संवाददाता नेपालमा थप २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २६४ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १२ हजार ५६६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार ५३६ जनाको पिसिआर परीक्षण र ४०३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २६० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ।  , १२ हजार ५६६ लाई कोरोना परीक्षण गर्दा २६४ मा संक्रमण
भगवती पाण्डे आँखामा कालो चस्मा र रातो सल ओढेर बुटवल उपमहानगरपालिकाको सभाहलमा लालपुर्जा लिन पुगेकी वडा नं. २ भिमसेन टोलकी कमलामाया शाक्य सोमबार धेरै खुसी देखिन्थिन्।, आँखाको कमजोर दृष्टिका कारण सहयोगीको हात समाउँदै गएकी कमलाको अनुहारमा भने अन्य दिनको भन्दा भिन्दै चमक देखिन्थ्यो।, साविक बुटवल ४ कित्ता नंं. १११ मा घर बनाएर बसेकी कमलामायाले उक्त जग्गाको लालपुर्जा पाउँछु भन्ने आशै मारेकी थिइन्।, २०२७ सालमा नापी भए पनि लालपुर्जा नपाएकी उनले ५१ वर्षपछि बल्ल लालपुर्जा पाउँदा अचम्म लागेको बताइन्।, ‘आफ्नो पालोमा लालपुर्जा पाइएला भन्ने त आशै मारिसकेकी थिएँ,’ लालपुर्जा नहुँदा आफूले जग्गा राखेर भए पनि ऋण निकाल्न पाइएन, अब छोरा नातिले त केही गर्न पाउँछन् कि भन्ने आशा पलायो,’ कमलामायाले भनिन्।, भीमसेनटोलकै इन्दु बज्राचार्यलाई पनि आमाले उपहारस्वरूप दिएको जग्गाको लालपुर्जा नपाउँदा मन खिन्न थियो।, इन्दुका चारै जना दिदीबहिनीलाई विवाह भएपछि आमाले भीमसेन टोलमा रहेको जग्गा बराबर भाग लगाएर दिएकी थिइन्।, जग्गा पाए पनि लालपुर्जा नपाउँदा उनले पनि घर बनाएर बस्नेबाहेक जग्गाको अन्य उपयोग गर्न पाएकी थिइनन्।, अब भने आमाले दिएको चिनो पक्का भएको भन्दै उनले खुसी व्यक्त गरिन्।, ‘नापी भएकै ५१ वर्षसम्म पनि लालपुर्जा नपाउँदा त यत्तिकै बित्ने भयो भन्ने धुकचुक थियो, अब लालपुर्जा हातमा आएपछि त ढुक्क भयो नि,’ इन्दुले भनिन्।, रूपन्देहीका अरू पालिकाहरूमा जस्तै बुटवल उपमहानगरपालिकामा पनि गाउँ ब्लकमा बसोबास गरेकाहरूले वर्षौंसम्म पनि लालपुर्जा पाउन सकेका थिएनन्।, अहिले भने बुटवलको एउटा गाउँ ब्लकमा बसोबास गर्ने ३५ घरपरिवारलाई मात्र भए पनि लालपुर्जा वितरण गरिएको हो।, नापी कार्यालय भैरहवाले पुरानो बटौंली भनेर चिनिने भिमसेन टोलमा रहेका ३५ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको बताएको छ।, नापी कार्यालयका प्रमुख अजित कुँवरले पुरानो सहरी ब्लक भए पनि गाउँ ब्लकको रूपमा रहेको बस्तीलाई नयाँ निर्देशिका नै जारी गरेर लालपुर्जा वितरण गरिएको जानकारी दिए।, कुँवरले गाउँ ब्लक भनिए पनि बुटवलको जग्गा सहरी ब्लकभित्र पर्ने भएकोले लालपुर्जा वितरणको लागि नयाँ निर्देशिका नै जारी गर्नु परेको बताए।, ‘पुरानो निर्देशिकामा वडाभित्रका सबै जग्गाको एकैपटक लालपुर्जा दिन सकिने प्रावधान रहेको थियो, त्यसो गर्दा वडाभरिकै जग्गाको लगत उठाएर मात्रै दिन सकिन्थ्यो, तर नयाँ निर्देशिकामा उक्त प्रावधानलाई हटाएर गाउँ ब्लक छ भने त्यसलाई मात्र उठाएर भए पनि लालपुर्जा दिन सकिने गरी परिवर्तन गरिएको छ,’ कुँवरले भने।, कुँवरले जग्गाको पुनः नापी गर्दा पनि सरकारी सार्वजनिक जग्गाको विभिन्न अप्ठ्याराले छुट्याउन नसकिएकोमा पुरानो सहर बटौंलीबासीलाई लालपुर्जा वितरण गर्न पाएकोमा खुसी व्यक्त गरे।, ‘हाम्रा बाबु बाजेलाई नुनदेखि सुनसम्म दिएको व्यापारिक क्षेत्र बटौंलीलाई नापी भएको ५१ वर्षपछि लालपुर्जा दिन पाएका छौं,’ उनले भने।, उनले पुनः नापी गर्दा पनि गाउँ ब्लकसँग जोडिएको सार्वजनिक र सरकारी जग्गाले गर्दा सुरूमा अप्ठ्यारो भए पनि नयाँ निर्देशिका ल्याएर लालपुर्जा वितरणलाई सहज बनाइएको बताए।, स्थानीय प्रविन प्रसाद उदयले पुरानो बटौलीमा मात्रै १ सय ६ घरपरिवारले लालपुर्जा पाउन नसकेकोमा अहिले ३५ घरले मात्र पाएको बताए।, आफूहरूसँगै नापी भएका बाँकी परिवारलाई पनि लालपुर्जा वितरण गर्न उनले आग्रह गरे।, उदयले बुटवल बजारभित्रै जग्गा भएर पनि वर्षौंसम्म लालपुर्जा पाउन नसक्दा त्यसलाई उपयोग गर्न नपाउँदा आर्थिक रूपले अगाडि बढ्न नसकिएको बताए।, ‘जग्गालाई बैंकमा धितो राखेर ऋण निकालेर भए पनि छोराछोरीलाई बाहिर पठाउन चाहन्थें, तर धितो राख्नको लागि जग्गाको लालपुर्जा नभए पनि त्यसबाट बञ्चित हुनुपर्‍यो,’ उनले दुखेसो गरे।, स्थानीय मोहम्मद प्रसाद तेली जग्गा राखेर बैंकबाट ऋण निकाली व्यापारलाई बढाउन चाहन्थे। तर लालपुर्जा नहुँदा ऋण निकाल्ने र व्यापार बढाउने उनको योजना सफल हुन सकेको थिएन।, ‘अब त बैंकिङ प्रक्रियाका लागि पनि जग्गा राख्न पाइन्छ, लालपुर्जा नहुँदा बिक्री गर्न र धितो राख्न केही गर्न पनि पाइएको थिएन,’ उनले भने।, उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले निर्वाचनमा गरेको वाचा अनुरूप वर्षौंसम्म लालपुर्जा पाउन नसकेकाहरूलाई लालपुर्जा वितरण गर्न पाउँदा खुसी लागेको बताए।, उनले कतिपय कानुनी र सरकारी जटिलताका कारण ढिलाइ भए पनि लालपुर्जा वितरण गर्न सकिएको भन्दै लालपुर्जालाई कागजी प्रमाणको रूपमा मात्र नभई व्यवसायिक वृद्धिको काममा लगाउन सुझाव दिए।, उपप्रमुख गोमादेवी आचार्यले लालपुर्जाको सही सदुपयोग गर्दै आर्थिक रूपमा समृद्ध बन्न सुझाव दिइन्।, उनले जग्गा बिक्री गरेर एकैपटक पैसा बुझ्ने नभई जग्गालाई आर्थिक उत्पादनको क्षेत्रमा प्रयोग गर्न आग्रह गरिन्।, नापी कार्यालयका प्रमुख कुँवरका अनुसार रूपन्देही जिल्लामा अझै १ हजार २ सय ५० गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण गर्न बाँकी छ।, दुईवर्ष भित्रमा गाउँ ब्लकभित्र पर्ने सबै जग्गाधनीलाई लालपुर्जा वितरण गर्ने सरकारको लक्ष्य अनुरूप लालपुर्जा वितरणको लागि काम गरिरहेको उनले बताए।, उनका अनुसार बुटवलमा पनि अझै ३ वटा गाउँ ब्लकको लालपुर्जा वितरण गर्न बाँकी रहेको छ।, चालु आर्थिक वर्षको साउनदेखि यता १ हजार ५ सय लालपुर्जा वितरण गरिएको र अहिले पनि ३० वटा बढी ब्लकमा काम भइरहेको उनले बताए।, लालपुर्जा पाउने आशै मारेकी थिइन्, ५१ वर्षपछि पाइन्
सेतोपाटी संवाददाता रौतहटमा भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। , गरूडा नगरपालिका वडा नम्बर १ जयनगरमा मंगलबार अपराह्न सवा ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। , प्रहरीका अनुसार जीपमा सात जना सवार थिए। त्यसमध्ये चार जनाको मृत्यु भएको र बाँकी तीन जना घाइते भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत भइसकेको छैन।, गौरबाट गरूडा जाँदै गरेको बिआर ०५पिए ६९५३ नम्बरको स्कोर्पियो जीप आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए। जीप सडकबाट १५-२० फिट तल खसेको हो।, स्थानीयहरूले सो जीप विवाहमा गएको प्रहरीलाई जानकारी दिएका छन्। प्रहरीले पनि यसबारे पुष्टि गर्ने काम भइरहेको बताएको छ।,  ,  ,  , रौतहटमा भारतीय जीप दुर्घटना हुँदा चार जनाको मृत्यु
रासस एउटा गोठजस्तो आधा भागमात्र भएको घर। घरको छानोपट्टिको भाग छैन। ढुंगाका गारो पनि हार नमिलेको मकैको दानाजस्तै। आधा भागमात्र भए पनि पालले छोपिएको छ। घरको सिकुवामा कुकुर छ। घर चुहिन थालेसँगै मान्छेले घर छाड्यो तर कुकुर भने त्यहीँ छ।  , ताप्लेजुङ, फक्ताङ्लुङ गाउँपालिका-४ खानी गाउँका पूर्णबहादुर तामाङको त्यो घर पनि गत वर्ष बर्खे झरीले भत्काएको थियो।उनी अहिले अरूको बनाएका घरमा शरण लिएर बसेका छन्। छयहत्तर वर्षीय पूर्णका धेरै वर्ष फेरिए,  कपाल सेताम्य भयो तर अहिलेसम्म घरको छानो फेरिएको छैन। अर्थाभावका कारण उनले अहिलेसम्म खरको छानो फेर्न सकेका छैनन्। , उनी पुर्खाका पालादेखि नै खरले छाएको घरमा बस्दै आएका हुन्। दश वर्ष अगाडि खानी गाउँमा सबै एक प्रकारको घर थियो– खरले छाएको।, विस्तारै केही पैसा हुनेले घरको छाना फेर्दै गए। केही विपन्न परिवारको भने अहिले पनि उस्तै छ। , अरूको घरको छानो हेर्दै मन अमिलो बनाएर बस्नुपर्ने तामाङले सुनाए।, उनले भने, ‘सबै टिनले छाएको घरमा बस्दा आफू खरले छाएको र त्यसमा पनि झरी पर्दा चुहिने घरमा बस्नुपर्दा आफ्नै भाग्यलाई दोष दिन्छु।’ , सोही गाउँकी सुनमाया तामाङको पनि व्यथा उस्तै छ। उनको आफ्नै आँखाले छिमेकीको घर छाउन नसकेर ढलेको देखेको छ। आफ्नो पनि घर भत्किएला कि भन्ने चिन्ताले उनलाई घरिघरि पोलिरहन्छ।, अहिले गाउँघरमा अन्नबाली घर भित्र्याइसकिएको छ। फुर्सदिलो यस समयमा गाउँघरमा घर बनाउन तथा  छानो छाउन खर जुटाउने र छाउने समय हो।, गत वर्ष नै स्थानीय तहहरूबाट खरको छानामुक्त बनाइदिने भनी प्राविधिक आएर घरको चार कुना नापजाँच गरेका थिए। सुनमायाको घरको छानो गत वर्ष नै छाउनुपर्ने थियो।, उनले घर छाउनका लागि खर काट्न तयारी गर्दागर्दै स्थानीय तहबाट प्राविधिक आएर चार कुन नापजाँच गरे। खरले छाएका घरमा जस्ताको पाता दिइने भएपछि उनको खुसीको सीमा नै रहेन। त्यो खुसी धेरै समय रहेन। गत वर्ष नै नापजाँच गरिए पनि अहिलेसम्म जस्ताको पाता नपाउँदा उनमा निराशा छाएको छ।, उनले भने, ‘गाउँपालिकादेखि आएका  प्राविधिकले अर्को चरणमा आउँछ भनेपछि आशा गरेर बसेका छौं। दिने नदिने थाहा छैन। नदिने भए खर जुटाएर भए पनि छाना छाउनैपर्‍यो। चुहिने घरमा त बस्न सकिन्न।’, सिदिङ्वा गाउँपालिका-४ साब्लाखु निवासी खोमनाथ खड्काका मुहारमा पनि आजभोलि खुसीका रेखा देखिन छाडेको छ। जाडो मौसम सुरू भएको छ। घरको छाना मक्किएर झरिसक्यो। छानो उदाङ्गो हुँदै छ। अझ हावाहुरीको समय आउँदै छ। त्यसैको पिरले खड्कामा खुसी हराउँदै गएको छ। गत वर्ष नै जस्ताको पाता दिने भनेर घर नापजाँच गरिए पनि दुई वर्ष बित्न लाग्दा अहिलेसम्म जस्ताको पाता नपाउँदा आफूलाई दुःख लागेको उनले सुनाए। , पूर्णबहादुर, सुनमाया र खोमनाथ मात्र नभई जिल्लाका एक हजार ८७४ घरपरिवारको व्यथा उस्तै छ। अर्थाभावका कारण खरको छानामुनि बस्न बाध्य भएका एक हजार ८७४ परिवारको घरका छाना छाउन सहरी विकास तथा भवन निर्माण विभागको नयाँ जस्तापाताको छाना लगाउने कार्यक्रममार्फत गत वर्ष नै नापचाँच गरिएको छ। त्यसैको आसमा बसेका परिवार अहिले दोधारमा छन्। जस्तापाता पाइएला भनी बसेका उनीहरूमा निक्कै छट्पटीसमेत सिर्जना भएको छ। खर काटेर घरको छानो छाउन थालौं भने घर नापजाँच गरिएकाले जस्तापाता पाइहालिन्छ कि भन्ने आशा पनि तिनलाई छ। , घरको छानो फेरिने कहिले हो ?
सेतोपाटी संवाददाता जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्णतया बदली र तराईका भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै हिमाली तथा उच्च पहाडी भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।, आइतबारदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई यी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । देशको पहाडी तथा हिमाली भूभागहरूमा सामान्यदेखि पूर्णतया बदली हुनेछ। , सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रक ५ दशमलब ८ डिग्री सेल्सियस मापन गरिएको छ।, पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव मङ्गलबार र बुधबार देशभर फैलिएर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ । , जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । , आगामी तीन दिनको मौसम पूर्वानुमान, २०७८ पुस १२ गते (सोमबार), दिउँसो : देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्यदेखि पूर्णतया बदली र तराइका भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।, राती : देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्यदेखि पूर्णतया बदली र तराइका भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।, २०७८ पुस १३ गते (मंगलबार), दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।, राती : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।, २०७८ पुस १४ गते (बुधबार), दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।, राती : देशभर सामान्यदेखि पूर्णतया बदली  रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।, मंगलबार र बुधबार देशभर वर्षा हुनसक्ने
रासस सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ। , स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयबासी शुभनारायण यादवले जनाकारी दिए। घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ।, यसैबीच घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप विवरण आउन बाँकी नै रहेको जनाइएको छ। साथै अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।, सप्तरीमा महिलाको हत्या
विवेक राई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड बढी कोरोनाविरूद्धको खोप थन्किएर बसेपछि तत्काल थप खोप नल्याउने रणनीति बनाएको छ।, मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार भएका खोप सकिएपछि मात्र थप खोप आयात गर्ने मन्त्रालयको योजना रहेको छ।, 'हामीसँग स्टोरमा भएका खोपहरू चाँडै नै सक्ने गरी योजना बनाएका छौं। अब थप खोप तत्काल नल्याउने रणनीति छ,' उनले सेतोपाटीसँग भने।, उनले आउनुपर्ने धेरै खोपहरू आइसकेको भन्दै अब सन् २०२२ फेब्रुअरीपछिको खोपहरू मात्र पाइपलाइनमा रहेको बताए।, यसबीचमा तत्काल अरू खोप नआउने भन्दै यो डेढ महिनाभित्र खोप लगाइसक्ने मन्त्रालयको तयारी रहेको उनले बताए। , अहिले टेकुस्थित स्वास्थ्य सेवा विभागको ,'सेन्ट्रल भ्याक्सिन स्टोर', मा मात्र झण्डै ७८ लाख खोप थन्किएर बसेको छ। अब तत्काल थप खोपहरू आए भण्डारण गर्ने क्षमता नरहेको खोप शाखाका प्रमुख डाक्टर सागर दाहाल बताउँछन्। उनले भने, 'अब कसरी राख्ने? स्टोरको क्षमताले पुग्दैन। त्यसैले अब अरू खोप लिँदैनौ। खपत भएपछि मात्र लिन्छौं।', विभागका अनुसार अहिले एक करोड १८ लाख खोप 'सेन्ट्रल भ्याक्सिन स्टोर' र प्रदेशस्तर 'भ्याक्सिन स्टोर' हरूमा थन्किएर बसेको छ। तर मन्त्रालयले योजना अनुसार खोप अभियानलाई थप बढाउन सके अहिले भएका खोपलाई डेढ महिनाभित्र लगाइसक्न सम्भव छ। किनकि, अहिले दैनिक लगभग २ लाख ५० हजार जना मानिसमा खोप लगाइराखिएको छ। यहीँ हिसाबले निरन्तर खोप लगाउन सके दुई महिनाभित्र अहिले थन्किएको खोप लगाइसक्ने देखिन्छ। , मन्त्रालयका सह-प्रवक्ता अधिकारीले पनि खोप अभियानलाई थप बढाइने भन्दै अबको रणनीति 'डोर टू डोर' पुगेर मानिसहरूलाई खोप लगाउने रहेको जनाए।, 'अहिले बालबालिकालाई खोप लगाउने काम भइरहेको छ। अब त्यो सकेर 'डोर टू डोर' रणनीति अनुसार अर्को उमेर समूहलाई खोप लगाउँछौं। त्यो भनेको घरघरै पुगेर खोप लगाउने होइन। तर घरको नजिक पहुँच हुने ठाउँसम्म केन्द्रले खोप पुर्‍याउने हो। त्यसरी अबको डेढ महिनामा भएका खोप लगाइसक्छौं,' उनले भने। , अहिले मन्त्रालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइरहेको छ। अधिकारीका अनुसार बालबालिकाको ठूलो समूहलाई समेट्न सुरूमा बालबालिकाको धेरै संख्या रहेका २० वटा जिल्लामा यो अभियान सुरु गरेको छ।, उनले अहिले बालबालिकामा खोप केन्द्रित गरेका कारण अरू मानिसहरू झुक्किने भएकाले अब विद्यालयमै खोप लगाउने गरी काम अगाडि बढेको बताए। , ‘पछिल्लो समय बालबालिका केन्द्रित गरेकाले अरू झुक्किनुहुन्छ भनेर बालबालिकाको विद्यालयमा खोप लगाउने गरी काम गरिरहेका छौं। त्यो पहिले २० वटा जिल्लाबाट सुरू गर्न लागेका छौं। त्यसले पनि अलिकति घटाउँछ,' अधिकारीले भने, ‘त्यसपछि भने 'डोर टू डोर' रणनीति अनुसार अरू उमेर समूहका मानिसलाई लगाउँछौं।' , साथै खोप भण्डारमा समस्या हुन थालेपछि जिल्लालाई पनि सक्दो लक्षित समयभित्र खोप लगाइसक्न निर्देशन दिइएको अधिकारीले बताए।, उनले केही जिल्लाहरूले समयभित्र खोप लगाइसक्ने र केन्द्रमा त्यसको जानकारी गराउन गरे पनि धेरै जिल्लाले लक्षित समय भित्र खोप नलाइसक्दा समस्या देखिएको जनाए। , उनले जिल्लाले खोप खपत गरेर त्यसको तथ्यांक केन्द्रमा पठाएपछि मात्र थप खोपहरू पठाउने गरिएको भन्दै अब जिल्लालाई पनि खोप लगाउने कार्यलाई तीब्रता दिन निर्देशन दिइएको बताए।, थन्कियो एक करोड बढी खोप, तत्काल थप खोप नल्याइने
सेतोपाटी संवाददाता सोलुखुम्बुमा निर्माणाधीन जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप बिस्फोट भएर दुई जना इन्जिनियरको मृत्यु भएको छ।, ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना परीक्षणका क्रममा आइतबार दुई जना इन्जिनियरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।, आइतबार अपराह्न भएको घटनामा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर २६ वर्षीय सुवासराज रेग्मी र कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए।, उनका अनुसार रेग्मी अछाम र थापा काभ्रेका हुन्।, घटनामा  हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगरका मोहम्मद राइन घाइते छन्। उनलाई आइतबार नै हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको ढकालले बताए।, ‘सुरूङको अगाडिको भाग बिस्फोट भई उछिट्टिएर लाग्दा दुई जनाको मृत्यु भएको हो,’ ढकालले भने।, दुबैको शव पोस्टमार्टमका लागि सोमबार बिहान हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल पठाइएको ढकालले बताए।, सोलुखुम्बुमा जलविद्युत आयोजनाको परीक्षण गर्दा दुर्घटना: दुई इन्जिनियरको मृत्यु, एक घाइते
नारायण खड्का प्रहरीकै मोटरसाइकल चढेर फरार भएका घोराही कारागारका नाइके २८ वर्षीय यमराज परियार प्रहरी जवान धनबहादुर चौधरीलाई युवतिसँगै होटेलको कोठामा बाहिरबाट चुकुल लगाएर भागेको खुल्न आएको छ। , बिहिबार बिहान करिब ११ बजे कारागारबाट उपचार गराउन भनेर परियारलाई प्रहरी जवान चौधरीले आफ्नै मोटरसाइकलमा लिएर गएका थिए।, अस्पताल जानुको साटो प्रहरी जवान धनबहादुरलाई विश्वासमा पारेर कारागार नाइके यमराजले सबैभन्दा पहिले होटेलमा खाजा खान भनेर पुर्‍याएका थिए। , होटेलमा खाजा खान गएपछि यमराजको योजना अनुसार उक्त होटेलमा दुई युवती आए। चार जना सँगै बसेर कफी खाएपछि प्रहरी जवान धनबहादुर र यमराज युवतीको साथमा बेग्लाबेग्ला कोठामा प्रवेशका थिए। , यसैबीच यमराजले प्रहरी जवान धनबहादुर र एक युवतीलाई बाहिरबाट चुकुल लगाएर आफू प्रहरी जवान धनबहादुरको मोटरसाइकलबाट भागेको प्रहरी अनुसन्धानले देखाएको छ।, यमराजले भाग्न प्रयोग गरेको लु १४ प ४१० नम्बरको मोटरसाइकल प्रहरीले घोराही-लमही सडकखण्डको मुसोट नजिकै जंगलमा फेला पारेको थियो। , स्रोतका अनुसार कोठामै थुनिएका प्रहरी जवान धनबहादुरलाई बेलुका चार बजेतिरमात्र अरूले ढोका खोलिदिएपछि बाहिर निस्किएका थिए।, प्रहरी हिरासतमा रहेका प्रहरी जवान र दुई युवतीको बयान अनुसार धनबहादुरलाई विश्वासमा पारेर उनी भाग्न सफल भएका थिए।, जिल्ला प्रहरी कार्यालयले घटना अनुसन्धानका लागि तत्कालै जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालको संयोजकत्वमा एउटा समिति बनाएको थियो। , यसअघि कारागारका घटना अनुसन्धान गर्ने सम्पूर्ण जिम्मा जेलरलाईनै हुन्छ। तर घोराही कारागारका जेलेर युवराज परियारकोसमेत उक्त घटनामा मिलेमतोको आशंकापछि उनलाई पदमुक्त गर्दै रिजालको संयोजकत्वमा छानिबिन समिति बनाइएको थियो।, परियारलाई जिल्ला प्रशासनमा तानेर उनको स्थानमा तुलसीपुर कारागारका जेलर अमर वलीलाई पठाइएको छ।, सेतोपाटी,लाई प्राप्त सूचना अनुसार कारागारका जेलर पुस ६ गतेदेखि १३ गतेसम्म बिदामा बसेका थिए। आफू बिदामा बसेकै बेला जेलर युवराजले कारागार नाइके यमराजलाई पुस ८ गते उपचारका लागि अस्पताल लैजाने अनुमति दिएका थिए। , यद्यपी अनुसन्धानबाट यमराज त्यस्तो कुनै पनि बिरामी नभएको खुलेको छ।, ‘जेलर युवराजको भूमिका निकै संकाष्पद देखियो,’ घटना अनुसन्धानमा संलग्न एक उच्च अधिकारीले सेतोपाटीसँग भने, ‘उहाँले नै आफूखुसी यसअघि यमराजलाई कारागार नाइके तोकेको देखिनुले घटना थप रहस्यमय देखिएको छ।’, प्रहरी उच्च स्रोतका अनुसार कारागार नाइके यमराज भागेको दिन जेलर युवराज र यमराजबीच दिउँसो साढे दुई बजेतिर फोन सम्पर्कसमेत भएको छ। , ‘उहाँहरूबीच के हुरा भयो थाहा भएन तर यमराज फरार भएको एक डेढ घन्टाको अन्तरमा फोन सम्पर्क भएको कल टिडेलबाट खुलेको छ’, स्रोतले भन्यो।, अनुसन्धानमा खटिएका ती अधिकारीका अनुसार नसोचेकै ब्यक्तिकोसमेत यमराज फरार काण्डमा मिलेमतो र संलग्नता देखिएको छ। प्रहरी जवान धनराजको झनै चरम लापरबाही देखिएको छ। , चौकिदारबाट निकालिएका थिए यमराज, गृह मन्त्रीका रूपमा बालकृण्ण खाण आएपछि नेपाली कांग्रेस निकट नेपालगन्जका रिगल ढकाल घोराही कारागारको चौकीदारमा नियुक्त भएका थिए। चौकीदारलाई कारागार भित्र अरूभन्दा अलग स्वतन्त्रता हुन्छ। राम्रो कमाइ पनि हुन्छ। , त्यसपछि यमराजलाई पुनः चौकीदार तोक्न र चौकीदारबाट हटाइएपछि नाइके बनाउन भूमिका पनि जेलर युवराज परियारलेनै खेलेको अनुसन्धानबाट खुलेको स्रोतले दाबी गरेको छ।, यद्यपि यसअघि सेतोपाटीसँगको संवादमा हाल जिम्मेवारीबाट मुक्त गरिएका युवराजले आफ्नो नाइके यमराजसँग कुनै नातागोता र अलग सम्बन्ध नभएको जिकिर गरेका थिए । , फरार नाइके यमराज पक्राउ नपरे पनि घटनाबारे सबै अनुसन्धान लगभग सकिएकाले सोमबार बेलुकासम्म सबै घटना विवरण सार्वजनिक गर्ने तयारीमा छानबिन समिति र जेल प्रशासन रहेको प्रहरीले जानकारी दिएको छ।, यो पनि , घोराही कारागारका नाइके यमराज भगाउन युवतीको प्रयोग, प्रहरी जवानलाई कोठामा चुकुल लगाएर भागेका थिए घोराही कारागारका नाइके
रासस काठमाडौंको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। , कागेश्वर मनोहरा नगरपालिका-८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको हो।, दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। , काठमाडौंको कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंमा एक महिला मृत फेला परेकी छन्। , सोमबार बिहान कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ गागल फेदीस्थित सडक छेउमा एक महिला मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , मृत फेला पर्नेमा ३३ वर्षीया धनमाया लामा हुन्। लामा त्यही ठाउँकी स्थानीय हुन्। , स्थानीयले बिहान उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।, तालिम प्राप्त कुकुर, चिकित्सकसहितको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा परिसरका एसएसपी र महाशाखाबाट एसपीको टोली खटिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।, शवको पोष्टमार्टम गर्न महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिँदैछ। उनको मृत्यु कसरी भएको हो भन्ने पोष्टमार्टमपछि खुल्ने प्रहरीले जनाएको छ।,  , काठमाडौंको गागल फेदीमा एक महिला मृत फेला
सेतोपाटी संवाददाता सरकारले विद्यालय तहका विद्यार्थीको मूल्यांकनमा थप कडाइ गरेको छ।, कक्षा १ देखि १२ सम्म एकै मापदण्ड लागू गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माथिल्लो कक्षामा पढ्न कम्तीमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने व्यवस्था लागू गरेको छ।, पुस ७ मा शिक्षा मन्त्री देवेन्द्र पौडेल ‘सुनिल’ले मन्त्रीस्तरीय निर्णय गर्दै ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ ल्याएका हुन्। यो निर्देशिका लागूसमेत गरिसकिएको छ।, विद्यालय तहको मूल्यांकन र प्रमाणिकरणमा सान्दर्भिकता, पारदर्शिता र वस्तुनिष्ठता तथा विश्वसनियता कायम गर्न आवश्यक भएकाले यो निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ।, ‘२०७२ देखि नै यस्तो निर्देशिका कार्यान्वयनमा थियो। यसलाई अहिले थप परिस्कृत गरिएको हो,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने।, यो निर्देशिका लागू भएसँगै विद्यार्थी पास हुन अब विषयपिच्छे कम्तीमा ३५ अंक ल्याउनै पर्छ। यसअघि पास हुन विद्यार्थीले ३२ अंकमात्रै ल्याए पनि पुग्थ्यो।, ३५ भन्दा कम अंक ल्याएका विद्यार्थीलाई सर्टिफिकेट नै नदिने निर्देशिकाको व्यवस्था छ।, ३५ अंक नल्याउने विद्यार्थीलाई ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था भने मिलाइएको छ। विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्छन्।, नयाँ पाठ्यक्रम लागू भएका कक्षा यसै वर्षदेखि यो मूल्यांकन प्रणाली लागू हुनेछ। मन्त्रालयले बनाएको निर्देशिकामा ८ वटा ग्रेड निर्धारण गरिएको छ।, ९० वा सोभन्दा माथि ल्याउनेलाई ‘ए प्लस’ दिइनेछ भने ८० वा सोभन्दा माथि ९० भन्दा कम ल्याउनेलाई ‘ए’ ग्रेड निर्धारण गरिएको हो।, ७० र सोभन्दा माथि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’, ६० र सोभन्दा माथि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० वा सोभन्दा माथि ६० भन्दा कम ल्याउने ‘सी प्लस’, ४० वा सोभन्दा माथि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३५ वा सोभन्दा माथि ४० भन्दा कम ल्याउनेलाई ‘डी’, ३५ भन्दा कम ल्याउनेलाई ‘नो ग्रेड’ राखिएको छ।,  , मन्त्रालयका अनुसार प्रत्येक विषयको उत्तरपुस्तिकाको परीक्षण र सम्परीक्षण अंकमा गरिनेछ। परीक्षण र सम्परीक्षणबाट प्राप्त (सैद्धान्तिक र आन्तरिकको छुट्टाछुट्टै अंक) लाई अक्षर ग्रेडमा रूपान्तरण गरिनेछ।, कक्षा ८, १० र १२ मा सबै विषयमा न्यूनतम ग्रेड पूरा गरेपछि मात्रै सम्बन्धित निकायले मूल प्रमाणपत्र उपलब्ध गराउनेछन्।, विषयगत रूपमा आन्तरिकतर्फ ‘सी’ र सैद्धान्तिकतर्फ ‘डी’ ग्रेड प्राप्त गर्न नसक्ने विद्यार्थीका लागि मूल प्रमाणपत्र उपलब्ध नगराउने मन्त्रालयको भनाइ छ।, माथिल्लो कक्षामा भर्ना गर्न मूल प्रमाणपत्र अनिवार्य गरिएको छ।, ‘मूल प्रमाणपत्र प्राप्त गर्न नसकेका विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा संलग्न हुन पाउनेछन्,’ निर्देशिकामा भनिएको छ।,  , दुई विषयभन्दा बढी विषयमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेमा वा ग्रेड वृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका परीक्षार्थी अर्को वर्षको सम्पूर्ण परीक्षामा संलग्न हुन वा सोही कक्षामा पुन: अध्ययन गर्न पाउने व्यवस्था निर्देशिकाले गरेको छ।, विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ खारेज गरी पुस ७ मा मन्त्रीस्तरीय निर्णय गर्दै लेटर ग्रेडिङ निर्देशिका २०७८ स्वीकृत गरिएको थियो।, विद्यार्थी मूल्यांकनको अभिलेख लेटर ग्रेडिङ निर्देशिकाअनुसार व्यवस्थित गर्न पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले सूचनासमेत जारी गरेका छन्।, सरकारले लागू गर्‍यो लेटर ग्रेडिङ प्रणाली, पास हुन विद्यार्थीले ३५ नम्बर ल्याउनै पर्ने
एजेन्सी दक्षिण अमेरिकी मुलुक ब्राजिलमा हप्तौंदेखिको अविरल वर्षाले दुई वटा बाँध भत्किएका छन्।  , उत्तरपूर्वी राज्य बाहियामा रहेको दुई वटा बाँध भारी वर्षाका कारण भत्किएको समाचार संस्था रोयटर्सले जनाएको छ। भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेको छ। यस्तै शहरहरूमा पनि बाढी पसेको छ। , भिटोरिया-दा- कनक्विस्टाको भेररूगा नदीमा बनेको इगुवा बाँध शनिबार राति भत्किएको थियो। बाँध फुटेपछि स्थानीयहरूको स्थानान्तरण गर्नु परेको थियो। , भिटोरिया-दा-कनक्विस्टाका मेयर शिइला लिमोसले इगुवा बाँध नजिकैका बासिन्दाहरूलाई त्यो ठाउँबाट हटाइसकेको बताए। बाढी पसेपछि बिआर-११६ राजमार्ग पनि अवरूद्ध भएको थियो। , त्यो ठाउँबाट १०० किलोमिटर उत्तरमा जुस्सियापेमा रहेको अर्को बाँध पनि भत्किएको छ। त्यो बाँध भने आइतबार बिहान भत्किएको हो। , बाँध, सडक, पुल लगायतका भौतिक संरचना भत्किए पनि अहिलेसम्म कसैको मृत्यु वा घाइते भएको खबर आएको छैन। उद्धारकर्ताहरूले घरमा फसेका मानिसहरूको उद्धार गरिरहेको छन्।, बाहियाका गभर्नर रूइ क्यास्ट्रोका अनुसार अहिलेसम्म अविरल वर्षाका कारण ४ लाख मानिसहरूलाई असर गरेको छ।, झन्डै दुई महिनादेखिको निरन्तर वर्षाले असर गर्दा हजारौं मानिस विस्थापित भएका छन्। ६७ शहरमा बाढीका कारण आपतकालिन अवस्था आएको छ।  , ‘हजारौं मानिसहरूले आफ्नो घर छाड्न बाध्य भएका छन् किनकी पानीको तह एकदेखि दुई मिटर र केही ठाउँमा तीन मिटरसम्म बढेको छ,’ गभर्नर क्यास्ट्रोले भने। , गत नोभेम्बर यता वर्षाले बाहियामा मात्रै १८ जनाको ज्यान गुमाएको छ। , ब्राजिलमा भत्किए दुई बाँध, हजारौं मानिस विस्थापित
सेतोपाटी संवाददाता युट्युबमा अश्लिलता झल्काउने सामाग्री प्रसारण गरेको आरोपमा एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। , नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङ घर भई हाल काठमाडौं महानगरपालिका अनामनगर बस्ने ३१ वर्षीय रामबहादुर मल्ललाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।, उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। , उनी युट्युब च्यानल साथीभाइ अनलाइन टिभीका सञ्चालक हुन्।, आफ्नो च्यानलमा अश्लिल शीर्षक राखेर समाजमा अश्लिलता फेलाउने किसिमका भिडिओहरू बनाएर राखेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। , विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको भन्दै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। , अदालतबाट ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ।,  , अश्लिल शीर्षक राखेर युट्युबमा भिडिओ राख्ने काठमाडौंबाट पक्राउ
सेतोपाटी संवाददाता नेपालमा थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २७१ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ८८६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार १५७ जनाको पिसिआर परीक्षण र १७२९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २२५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट १ को मृत्यु भएको छ।  , थपिए २७१ संक्रमित, निको भए २२५
सेतोपाटी संवाददाता काठमाडौंको यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट शंकास्पद ९ विचौलियालाई प्रहरीले पक्राउ गरेको छ।, सोमबार बिहान ११ बजे चन्द्रागिरि नगरपालिका-५ स्थित कार्यालयबाट ९ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , लाइसेन्स, ब्लुबुक लगायत कागजातहरूको राजस्व तिर्न गएका सर्वसाधारणलाई लाग्ने दस्तुरभन्दा बढी लिएर छिटो काम गरिदिने भन्दै आश्वासन दिने गरेको आरोप छ।, त्यसरी आश्वासन दिएर जबरजस्ती तानातान गरी अनावश्यक हैरानी दिएको गुनासो आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ। , उनीहरूमाथि महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको बताएको छ। ,  ,  , यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट ९ विचौलिया पक्राउ
सेतोपाटी संवाददाता जिल्ला कारागार घोराहीका जेलर युवराज परियारविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ।, कारागारका नाइके यमराज परियार भागेपछि जिम्मेवारीबाट मुक्त गरी आइतबारदेखि जिल्ला प्रशासन कार्यालयमा तानिएका जेलर परियारलाई जिल्ला अदालत दाङले सोमबार पक्राउ पुर्जी जारी गरेको हो।, जेलर परियारकोसमेत उक्त घटनामा मिलेमतोको आशंकापछि उनलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै परियारविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।, जेलर परियार आफू बिदामा रहेकै बेला नाइके परियारलाई उपचारका लागि लैजान अनुमति दिएका थिए।, बिहीबार बिहान ११ बजेतिर कारागारबाट स्वास्थ्य उपचारका लागि भनेर प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै मोटरसाइकलबाट कारागारका नाइके यमराज परियारलाई उपचार गर्न लगेका थिए। त्यसपछि एउटा रेष्टुराँमा नास्ता खाने क्रममा नाइके परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर फरार भएका थिए।, राजपुर गाउँपालिका बेलका यमराज परियार कतर्व्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका थिए। , घोराही कारागारका नाइके परियार भागेपछि उनलाई उपचाका लागि मोटरसाइकलमा अस्पताल लैजाने प्रहरी जवान धनबहादुर चौधरीसहित घटनामा संलग्न दुई युवतीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।, परियारले भाग्न प्रयोग गरेको प्रहरी जवान चौधरीको मोटरसाइकल शुक्रबार लमही बजारदेखि केही माथिको जंगलमा फेला परेको थियो।, यसअघि परियारलाई जिल्ला प्रशासनमा तानेर उनको स्थानमा तुलसीपुर कारागारका जेलर अमर वलीलाई पठाइएको थियो।, यो पनि हेर्नुहोस्,  , प्रहरी जवानलाई कोठामा चुकुल लगाएर भागेका थिए घोराही कारागारका नाइके , घोराहीका जेलर युवराज परियारविरूद्ध पक्राउ पुर्जी जारी
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले मलेसियासहित ६ देशमा प्रहरी संयन्त्र (सहचारी) राख्न प्रस्ताव गरेको छ। , प्रस्ताव गरिएका मुलुकमा कतार, साउदी, मलेसिया, चीन, बंगलादेश र युएई छन्। प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्र संघ स्थायी प्रतिनिधिको कार्यालयमा पनि एसएसपी दरबन्दी रहने गरी प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। , ती देशमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी राख्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। , वैदेशिक रोजगारी तथा अध्ययनका लागि ठूलो संख्यामा ती देशमा नेपालीहरू जाने गरेकाले अन्तर्राष्ट्रिय अपराध अनुसन्धानका लागि संयन्त्रको विकास गर्नुपर्ने देखिएपछि प्रस्ताव पठाइएको प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। , ‘अपराध अनुसन्धान विशेष क्षेत्रमा सूचना संयन्त्रको विकास गर्न र आपराधिक गतिविधिका सूचना आदानप्रदान गर्न प्रस्ताव पठाइएको छ,’ प्रहरी प्रवक्ता वसन्तुबहादुर कुँवरले भने। , यसअघि ती देशमा प्रहरी संयन्त्र राख्ने प्रस्ताव पटक-पटक बहसमा आए पनि कार्यान्वयनमा भने आएको थिएन। , संयन्त्र स्थापनापछि विदेशमा बसेर नेपालमा आपराधिक काम गर्ने प्रवृत्ति न्यूनीकरण हुने प्रहरीको आकलन छ। , अहिले विदेशमा बसेर नेपालमा आपराधिक गतिविधि गर्नेहरूलाई ल्याउन अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहायता लिनु परिरहेको छ। त्यो प्रक्रिया निकै झन्झटिलो र ढिलो हुने गरेको छ। , अपराध गरेर बस्ने व्यक्तिलाई खोज्न त्यहाँको प्रहरीलाई समन्वय गर्नुपर्ने अवस्था छ। त्यही संयन्त्र राखिए यो प्रक्रियामा सहजता आउने प्रहरीको बुझाइ छ।, मलेसियासहित ६ देशमा प्रहरी संयन्त्र राख्न प्रस्ताव
शेरबहादुर सिंह/रासस साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित नेपाल-भारत सीमा क्षेत्रको विवादमा गोविन्द गौतम शहीद बने।, उक्त नगरपालिकाको वडा नं ४ कारगिलडाँडा नजिकै नेपाली भू-भागमा कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गौतमले सीमामै शहादत प्राप्त गरेका थिए।, सिंगो मुलुकको ध्यान पुनर्वासतिर तानियो। स्थानीयस्तरदेखि राष्ट्रिय राजनीतिमा समेत चर्चा पाएको उक्त विषय अहिले सेलाए पनि त्यहाँ नेपाल-भारतबीचको सीमा समस्या उस्तै छ।, गौतम शहीद बनेको तीन वर्षपछि सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं हालका आन्तरिक आर्थिक मामिला मन्त्री तारालामा तामाङले  पूर्वाधार विकासको बजेट उपलब्ध गराएपछि शहीदको शालिकका साथै स्मृति पार्क निर्माण गरिएको छ।, स्थानीय आइबिआरडी बजारदेखि घटनास्थल (कारगिल डाँडा) सम्म सडकको नामकरण आनन्द मार्ग राखिएको छ।, नेपाल-भारत मुख्य सीमास्तम्भ नं २०० नहुँदा उक्त क्षेत्रमा सीमा विवाद हुन पुगेको स्थानीयबासीको भनाइ थियो। , 'दाइ घर निर्माणको तरखरमा हुनुहुन्थ्यो',शहीद गोविन्दकी भाइबुहारी राधिका गौतमले भनिन्, 'न त दाइको घर पूरा भयो न दाइ लडेको सीमा विवाद नै सुल्झियो।', उनले उक्त घटनापछि झण्डै एक वर्ष सो नाकाबाट नेपाली र भारतीयबीच आवागमन नै ठप्प रहेपछि पछिल्लो वर्षमा आवतजावत निर्वाधरूपमा भइरहेको बताए।, 'विगतको भन्दा सीमामा त्यस्तो थिचोमिचो नभएकै कारण हामी पारी भारतीय बसही बजारमा किनमेल गर्न गइरहेका हुन्छौं', राधिकाले भनिन्, 'सीमा छुट्याउने विषय टुंगो नलाग्दा कहिले फेरि विवाद र लफडा हुन्छ भन्ने पिरलो मनमा रहिरहन्छ।', उक्त घटना र कोरोनापछि नेपाली पक्षले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति बनाएकाले त्यहाँको वातावरण शान्त नै रहेको स्थानीयबासीको भनाइ थियो।, 'गाउँको मुख्य चोकमै राष्ट्रिय प्रजातन्त्र पार्टीले शालिक बनाउने भनेको थियो', गौतमले भने,'पछि सासूससुराको आग्रहमा आफ्नै जग्गामा शहीद पार्क र शालिक बनाइयो।', शहीद गौतमका परिवारले घटनाका बेला अनेक आश्वासन पाए पनि अहिले पनि कहीँकतैबाट वास्ता नभएको दुखेसो गरेका छन्।, शहीद गौतमकी श्रीमती लक्ष्मी काठमाडौं बस्छिन्। , स्थानीयबासी बृद्ध  खड्कबहादुर सुनारले भने, 'यो नाकाबाट आवागमनमा कुनै रोकतोक छैन नेपाली र भारतीयले सीमाको क्षेत्र दाबी गर्नेक्रम आ-आफ्नै किसिमको छ।', उनले कल्भर्टको करिब ५०० मिटर परसम्म नेपाली भू-भाग रहे पनि दशकौंयतादेखि नै भारतीय पक्षले नियन्त्रणमा लिएको जिकिर गरे।, 'नेपाल-भारत सर्वेक्षण टोली आएर सीमा समस्या समाधान गर्ने कुरो भए पनि यहाँ पनि केही सुरसार भएको  छैन', वृद्ध सुनारले भने, 'दुवै पक्षले समाधान गरे त झन्झटै सकिन्थ्यो।', कारगिल डाँडामा रहेको सशस्त्र प्रहरी बल बिओपी पोष्टका सशस्त्र प्रहरी नायव निरीक्षक टेकबहादुर सिंहले पनि हाल सीमा क्षेत्रमा कुनै समस्या नरहेको बताए।, 'यहाँ २०० नम्बर सीमा नहुँदा दशगजा छुट्याउनु पर्ने भएको छ', उनले भने,'दुवै देशबीचको सर्वेक्षण पछि यो विषय टुंगो लगाउन आवश्यक छ।', प्रहरी नायब निरीक्षक सिंहले हरेक हप्ता वा १० दिनमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलको संयुक्त सीमा गस्ती भइरहेको बताए।, 'संयुक्तरूपमै यहाँका सीमा पिल्लर र सीमा क्षेत्रको शान्तिसुरक्षा र अपराध नियन्त्रणमा हातेमालो भइरहेको छ', उनले  जोड दिए, 'विगतको भन्दा सीमामा अहिले हाम्रो उपस्थिति बढ्दै गएको छ।', कारगिल डाँडा नजिकै रहेको खोलामा अहिले चार वटा ह्युमपाइप राखिएका छन्।, सोही कल्भर्टमाथि विवाद हुँदा सीमा विवाद चुलिएको थियो। सोही कल्भर्ट नजिकै रहेको गुल्लरको रूखलाई भारतीय पक्षले २०० नम्बर सीमा स्तम्भ भएको जिकिर गरिरहेको छ।, 'भारतले गुल्लरको रूखलाई सीमा स्तम्भ भनी जिकिर गरे पनि अहिले भारतीय पोष्ट रहेको त्यो ठाउँ दशगजा थियो।' विसं २०२८ देखि सोही क्षेत्रमा बसोबास गर्दै आएका नेत्रबहादुर शाहीले भने, 'भारतले रूखलाई सीमा भन्नुमा कुनै तुक छैन।', उनले हाल रहेको गुल्लरको रूखबाट पर दुई दशकअघि ढल्ने अवस्थामा रहेको सुकेको रूखमा विगतमा सीमा भएको जिकिर  गरिएको बताए।, 'सुकेको रूखमा कालो अक्षरले सीमा नम्बर लेखिएको थियो, पछि काटेर दाउरा चिरेकाले रूख नै रहेन', शाहीले भने, 'त्यही रूख सुनेर अहिले भारतीय पक्षले नेपालतर्फ रहेको गुल्लरको रूखलाई सीमा मानिरहेका छन्।'    , पुनर्वास नगरपालिकाको प्याराताल क्षेत्रदेखि पश्चिम बेलौरी हुँदै बेल्डाँडी गाउँपालिकाको सीमा क्षेत्रसम्म भारतसित लामो समयदेखि सीमा विवाद छ।, 'गुल्लरको रूख वर आफ्नो जमिन जोत्ने क्रममा भारतीय वन विभागले मलाई २०५४ सालमा नियन्त्रणमा लिएका थिए', उनले भने, 'अहिले गोविन्द गौतमको घटनापछि कल्भर्टबाट हिँडडुल नभएपछि छेउछाउबाट किनमेल गर्न भारत आउन जान दिइएकै छ।', आफ्नै जग्गामा टेक्न नपाएका निराश करन, विसं २०५९ सम्म आफ्ने खेत भोगचलन गरिरहेका स्थानीयबासी करनबहादुर सुनारलाई यतिबेला सोही खेतमा जान असहज भइरहेको छ।, भारतीय पक्षले सीमा भनेकोे गुल्लरको रूखबाट १०० मिटर दक्षिण-पश्चिम सुनारको १५ कट्ठा खेतीयोग्य जमिन भारतीय पक्षले भोगचलन गर्न दिएकै  छैन।, 'सीमा विवाद समाधान गरेर जग्गा तेरो होइन, दशगजामा पर्‍यो भन्दिए पनि टन्टैसाफ हुने थियो', उनले भने, 'हरेक वर्ष तिरो तिर्छु तर जग्गामा खुट्टा राख्न पाइँदैन।', सुनारले भारतीय पक्षले उक्त भूमि आफ्नो क्षेत्रको भन्दै आफूलाई भोगचलनमा रोक लगाएको गुनासो गरे। , 'अहिले पनि लालपुर्जा मसित छ र बेलौरी नगरपालिकामा तिरो तिर्दैछु', उनले भने, 'जग्गाका लागि धेरै गुहारें तर कहीँ कतैबाट सुनुवाइ नै भएन।', सुनारले आफ्नो जमिनसँगै जोडिएको जग्गाधनी मानबहादुर सुनारले भने भोगचलन गरिरहेको बताए।, 'मानबहादुर जीले जग्गा भारतीयलाई बन्धकी दिएका छन्', सुनारले भने, 'मैले जग्गामा टेक्न नपाएर अरूको मजदूरी गरेर खाद्यान्न जोहो गर्नुपरेको छ।', मानबहादुरले भने उक्त जग्गाको सट्टा अन्तै जग्गा पाउनुपर्ने माग गरेका छन्। , शहीद गौतमको घटनापछि नेपाल-भारतबीच संयुक्त सर्वेक्षण टोली बनाएर सीमा विवाद समाधान,सीमास्तम्भ पुनःनिर्माण र व्यवस्थान गर्न टोली गठन भएको थियो। , कैलाली र कञ्चनपुरसित सीमा जोडिएको क्षेत्रको स्थलगत अनुगमन र सीमाको व्यवस्थापनका लागि गठित संयुक्त सर्वेक्षण टोलीले आफूहरूको क्षेत्रको विवाद तत्काल समाधान गर्नुपर्ने पुनर्वासबासीको माग छ।, गुल्लरको रूखलाई सीमा स्तम्भ मान्दा...
सेतोपाटी संवाददाता सरकारले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिने तयारी गरिरहँदा खोप लगाउन आवश्यक पर्ने सिरिन्ज नआउँदा तत्काललाई सो कार्य स्थगित भएको छ।  , खोप शाखाका प्रमुख सागर दाहालले फाइजर खोपलाई आवश्यक पर्ने सिरिन्ज आउने मिति टुंगो नभएकाले तत्काललाई खोप लगाउने कार्य स्थगित गर्नु परेको जानकारी दिए।, उनले फाइजर खोपको हकमा छुट्टै सिरिन्ज चाहिने भन्दै उक्त सिरिन्ज छिट्टै आउने भनिए पनि ठ्याक्कै कहिले आउँछ भनेर जानकारी नआएको बताए। , 'अरू सबै खोप ०.५ एमएलको सिरिन्जमा दिइन्छ तर फाइजर खोपका लागि ०.३ एमएलको सिरिन्ज चाहिन्छ,' दाहालले भने, 'सिरिन्ज पनि चाँडै आउँदैछ भन्ने जानकारी आएको छ तर कहिले भन्ने मिति आइसकेको छैन। त्यसैले सिरिञ्ज आएपछि मात्र खोप अभियान सञ्चालन गर्छौं।', योसँगै फाइजर खोपका लागि चाहिने घोलक पनि आउन बाँकी रहेको भन्दै घोलक पनि पर्सि आइपुग्ने दाहालले बताए।, 'फाइजर खोप सिधै दिन मिल्दैन। त्यसमा घोलक मिसाउनुपर्ने हुन्छ र घोलक पनि पर्सिसम्म आइपुग्छ भन्ने छ,' दाहालले भने। , गत पुस ९ गते अमेरिकाले नेपाललाई थप ६ लाख ६४ हजार फाइजर खोप अनुदानमा दिएको थियो।, सरकारले सोही खोप १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई दिने तयारी गरेको थियो। तर खोपसँगै चाहिने घोलक र सिरिन्ज बेलैमा आइनपुग्दा उक्त कार्यक्रम प्रभावित भएको हो।, सिरिन्ज नआउँदा बालबालिकालाई खोप लगाउने कार्य तत्काललाई स्थगित
युवराज श्रेष्ठ दिनभरि खेतमा काम गर्दा तिर्खाएका खेतालाले घरबाट लगेको पानी मध्यान्ह नहुँदै सकिन्थ्यो। नजिकै पानीको मूल थिएन।, फेवाफाँट भरिका खेताला गुणनिधि बरालकै घरमा पानी मागेर खान्थे।, असारताका बिहानदेखि बेलुका घाम अस्ताउँदासम्मै खेतभरि खेताला भरिन्थे। विन्ध्यावासिनीदेखि एक घन्टा बढी हिँडेर खेत रोप्न फेवाफाँट जान्थे। पोखरेलीले अन्न फलाउने एउटा मुख्य फाँट थियो, फेवाफाँट।, धान रोप्ने बेला मात्र होइन, मंसिर लागेपछि धान काट्ने र दाइँ हाल्नेको पनि उस्तै घुइँचो लाग्थ्यो।, बिहान घाम उदाउनुअघि नै गोरू लिएर दाइँ हाल्न जानेहरूको हल्ला गुणनिधि ओछ्यानमै बसेर सुन्थे।, बर्खामा फाँटभरि धान रोप्नेको घुइँचोजस्तै मंसिरमा बिहानैदेखि धान काट्ने र झाँट्नेहरूको घुइँचो हुन्थ्यो।, धेरै खेत भएकाहरूले लगातार २ दिन लगाएर दाइँ हाल्थे।, खेताला खेतमै बास बस्थे। बिहानदेखि काम गरेका खेतालालाई खेतमै खाना बनाएर खुवाउने र परालमा सुत्ने व्यवस्था हुन्थ्यो।, फेवाफाँटका गुणनिधिले विगत सम्झँदै भने, ‘पञ्चेबाजा बजाएर खेत रोप्ने र दाइँ हाल्ने चलन थियो, खेतालालाई खुवाउन घ्यू हालेको भात पकाएको वासना फाँटभरि फैलिन्थ्यो। त्यतिबेलाको माहौल नै छुट्टै थियो।’, फेवाफाँट त्यतिबेला विशुद्ध पोखरेलीको खेतीपाती लगाउने फाँट थियो। जहाँ २०१९ सालतिर नै फेवातालको पानी लगेर सिँचाइ पुर्‍याइएको थियो। फेवा नहरबाट लगिएको पानीले फेवाफाँटका १५ हजार रोपनी जमिनमा सिँचाइ पुगेको थियो। सोही नहरको पानीबाट १ मेगावाटको जलविद्युत आयोजनासमेत सञ्चालन गरिएको थियो।, जलविद्युत आयोजना त अहिले पनि चलिरहेकै छ। उतिबेला धानलगायत बालीनाली लहलह हुने फाँट र ती फाँटमा हुने किसानको रौनक अहिले उति सारो चल्दैन।, खेती लगाउने फेवाफाँटमा जतिबेला कोही पनि बस्थेनन्, त्यही बेला गुणनिधिको परिवार बस्नुपर्ने भयो। उनको मासबारस्थित घरबारी घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय राख्न सरकारले अधिग्रहण गरिदियो। त्यतिबेला घरबारी दिएबापत् सरकारले ८७ हजार ६ सय रुपैयाँ दिएको गुणनिधिलाई सम्झना छ।, उनका बुबा भानुभक्तले त्यही मुआब्जाको रकमबाट ५० हजार रुपैयाँमा फेवाफाँटमा १२ रोपनी जमिन किनेका थिए। बाँकी पैसाले एउटा सानो खरले छाएको घर बनाए। त्यतिबेला फेवा जलविद्युत आयोजनाका कर्मचारीबाहेक फेवाफाँटमा मानिस बस्दैनथे।, फाँटभरिका किसान तिर्खा लाग्दा गुणनिधिको घरमा पानी माग्न पुग्थे।, त्यही बेला गुणनिधिले ७ सय रुपैयाँमा थप १ रोपनी ४ आना जग्गा किने। त्यतिबेला उनलाई २ सय रुपैयाँ ऋण लागेको थियो।, एक वर्ष काम गरेर ऋण तिरेको गुणनिधि सम्झिन्छन्।, ‘त्यतिबेला पैसाको भाउ महँगो थियो, जग्गाको भाउ सस्तो,’ उनले भने, ‘अहिले पैसा सस्तो भयो, जग्गा महँगो।’, त्यतिबेला गुणनिधि २२ वर्षका थिए। अहिले ६४ वर्षका भए।, यो ४२ वर्षमा फेरिएको फेवाफाँटको दृश्यले उनलाई चिन्तित बनाउँछ।, उनले भने, ‘भारतले नेपालमा लगाएको जस्तो नाकाबन्दी लामो समय लाग्यो भने पोखराका मान्छेले के खाएर ज्यान जोगाउलान्?’, फेवाफाँटभरि अहिले घर बनेका छन्। घर बनाउन बाँकी रहेका जमिन पनि प्लटिङ गरिएका छन्। खेती लगाउनभन्दा अन्य व्यापारिक प्रयोजनमा जग्गाको प्रयोग गर्दा फाइदा बढी रहेको गुणनिधिले बताए।, गुणनिधिको परिवारले त्यतिबेला किनेको खेतमा अहिले पनि खेती गर्छन्। धान रोप्दा वर्षमा २०/२२ मुरी मात्र धान फल्छ। जेठोबुढो धान प्रतिमुरी ५ हजारमा बिक्री हुने गरेको छ। खेती लगाउन काम गर्ने मान्छेको अभाव त छँदैछ, खेती गरेर फइदा हुन छाडेको गुणनिधिको अनुभव छ।, गत वर्ष मात्र एउटा मोटरसाइकल कम्पनीले ‘सर्भिस सेन्टर’ बनाउन उनको खेत १० वर्षका लागि भाडामा मागेको थियो। त्यतिबेला कम्पनीले वार्षिक ३ लाख दिने प्रस्ताव गरेको थियो।, गुणनिधिले मानेनन्। जबकी धान रोप्दा वार्षिक १ लाख बराबरको उब्जनी हुन्छ, त्यही पनि आधा रकम त खेत रोप्दादेखि बाली भित्र्याउँदासम्म खर्च लाग्छ।, ‘किसानी गर्ने मान्छे उभो लाग्ने जमाना छैन,’ उनले भने, ‘प्लटिङ गर्ने हो भने रातारात धनी हुन्छ, अन्न फलाउने सधैँको गरिब।’, फेवाफाँटमा अहिले सबैभन्दा ठूलो क्षेत्रफलमा व्यवसायी गणेशबहादुर भट्टराईले धान रोप्छन्। उनको २६ रोपनी जमिनमा धान रोप्दा यस वर्ष ७० मुरी धान फलेको बताए। उनको बाहेक अरू धेरैजसोले खेत टुक्राएर घडेरी बनाएका छन्। अधिकांशले बेचिसकेका छन्।, खेत रोप्दादेखि पराल भित्राउँदासम्म करिब ३ लाख रुपैयाँ खर्च भएको भट्टराईले बताए।, आउँदा वर्षदेखि धानको सट्टा कृषि फार्म सञ्चालन गर्ने तयारी गरेको उनले बताए।, ‘धान रोपेर फाइदा छैन। अब फेवाफाँटमा फार्म चलाउँछु,’ उनले भने।, पोखराका अधिकांश खेतीयोग्य जमिन बस्तीले भरिँदै गएको छन्। पोखरा महानगरले गरेको अध्ययनअनुसार सन् २००० मा पोखरामा २३ हजार ६२० हेक्टर जमिनमा खेती लगाइन्थ्यो। सन् २०१८ मा २ हजार हेक्टर खेतियोग्य जमिनमा घर बनिसकेको छ।, सन् २०१८ मा पोखराका १ हजार ७५४ हेक्टर जमिनमा मानिसको बसोबास थियो। अहिले ३ हजार ७३० हेक्टरमा बस्ती फैलिएको महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए। उनका अनुसार अझै पोखरामा ११ हजार ५७ हेक्टर खेतीयोग्य जमिन बाँकी नै छ। यो जमिनमा पनि तीव्र गतिमा प्लटिङ र घर बनाउने क्रम बढेको उनले बताए।, महानगरको अध्ययन अनुसार पाखो जमिनका बस्तीहरू सहरका खेतीयोग्य जमिनमा बसाइँ सरिरहेका छन्। महानगरका कृषि महाशाखा प्रमुख कडरियाले भने, ‘बसाइसराइँले पाखो जग्गा जंगलमा परिणत भएको छ, खेतीयोग्य जमिन कंक्रिटका जंगलले भरिएका छन्।’, पोखरामा धान खेती गर्ने अधिकांश फाँटमा सिँचाइको सुविधा पुगेको छ। अहिले पनि पोखराका कुँडहर, हेमजालगायत खेतीयोग्य फाँट जोगाउन सकिने कडरियाले बताए।, सरकारले २०७७ सालमा ल्याएको भू-उपयोग ऐनले जग्गालाई १२ प्रकारले विभाजन गरेको छ। उक्त विभाजनअनुसार कृषियोग्य जमिनमा बस्ती बसाउन नपाइने भनिएको छ।, ऐन जारी भएको १ वर्षभित्र स्थानीय तहले जग्गाको वर्गिकरण गरेर संरक्षण गर्नुपर्ने भनिए पनि पोखरा महानगरले खेतीयोग्य जमिन संरक्षणको नीति लिन सकेको छैन।, फेवाफाँटमा धान रोप्दै आएका व्यवसायी भट्टराईले खेती गर्दा किसानले फाइदा पाउने व्यवस्था हुनुपर्ने बताए। खेतीयोग्य जमिन संरक्षण गर्न बारम्बार आवाज उठाउँदै आए पनि सुनुवाइ नभएको उनको गुनासो छ।, ‘सरकारले ठूलो कुरा गर्छ, काम केही गर्दैन,’ भट्टराईले भने, ‘कुन जमिनमा बस्ती बसाउने, खेतीपाती कहाँ गर्ने सरकारसँग कुनै योजना छैन।’, सबै तस्बिरहरू: युवराज श्रेष्ठ/सेतोपाटी।, गुणनिधिले सुनाए फेवाफाँटको कथा
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका छन्।, सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका हुन्। , उनले कोरोनाका कारण बुवाआमा गुमाएका बालबालिकाहरूको शिक्षामा कुनै बाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान सुरू गरेको बताए।, महामन्त्री थापाले बालबालिकाहरूमा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउनका लागि र समस्यामा परेका बालबालिकाहरूका उचित शिक्षा दिनको लागि अभियानले काम गर्ने बताए।, महामन्त्री थापाले भने, ‘यस्तो कुरा एकदमै धेरै मान्छेहरूलाई परेको छ। जसलाई परेको छ, त्यसलाई थाहा हुन्छ। आफ्नो परिवारमा जसले कमाउने मान्छे गुमाएको छ, त्यसको घरमा अरू पनि थुप्रै समस्या हुन्छ। बा-आमासँग मात्रै होइन, समाजसँग पनि घुलमिल हुनुपर्छ। सरकारले आफ्नो ठाउँबाट गर्ने सहयोग छँदै छ। कोरोनाको कारण आमाबुबा गुमाएका वा अभिभावकविहीन बालबालिकाहरूको अध्ययन नरोकियोस् भनेर पवित्र मनबाट सुरू गरेको हो। समाजप्रति भरोसा ल्याउनको निम्ति यो अभियान सुरू गरिएको हो। पारदर्शी तरिकाबाट साथीहरूले चलाउनु हुनेछ। नेपालीहरूले आफैं मिलेर पनि यस्ते अभियान चलाउन सक्छौं भन्ने कुरा देखाउने पनि हो।’, भरोसा छात्रवृत्ति अभियान ७ वटै प्रदेशका २/२ वटा जिल्लामा सुरू हुनेछ। , उक्त जिल्लामा कोरोनाको कारण आमाबुबा गुमाएका विद्यार्थीहरूको शिक्षाका लागि सहयोग गर्ने र आवश्यकताको आधारमा डिसहोमको नेटवर्कबाट छात्रावृत्ति रकम उपलब्ध गराउने बताए।, कोरोनाले आमाबुवा गुमाएका बालबालिकाका लागि 'भरोसा छात्रवृत्ति अभियान'
नारायण खड्का जिल्ला कारागार घोराहीका जेलर युवराज परियारविरूद्ध  पक्राउ पुर्जी जारी भएको छ। , जिल्ला अदालत दाङले परियारलाई पक्राउ गर्न सोमबार बेलुका पक्राउ पुर्जी जारी गरेको घोराही कारागारको समेत जिम्मेवारी सम्हालेका अमर वलीले जानकारी दिए। , त्यस्तै, घोराहीमा कार्यरत एक जना प्रहरीका असई र एक जना हवल्दारविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। ती प्रहरी अधिकारी को हुन् ? भन्ने बारेमा भने खुलाइएको छैन। , कारागारका नाइके यमराज परियार भागेपछि जिम्मेवारीबाट मुक्त गरी उनको ठाउँमा तत्कालका लागि तुलसीपुर कारागारका जेलर समेत रहेका वलीलाई नै जिम्मेवारी तोकिएको छ। , यसअघि आइतबार नै घोराहीका जेलर युवराज जिल्ला प्रशासन कार्यालय तानिएका थिए ।, जेलर परियारकोसमेत कारागारका नाइके यमराज परियारलाई भगाउन सहयोगी भूमिका खेलेको आशंका भएपछि उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो। , मिलेमतोको आशंकापछि कारागारका जेलरसहित तीन जनाविरूद्ध सोमबार बेलुका थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै परियारविरूद्ध कारागार प्रशासनको आग्रहमा अदालतले पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। , जेलर परियार आफू बिदामा रहेकै बेला नाइके परियारलाई उपचारका लागि लैजान अनुमति दिएका थिए।, कुनै पनि बिरामी नरहेका नाइके परियारलाई बिहीबार बिहान ११ बजेतिर छालासम्बन्धी स्वास्थ्य उपचार गराउने भनेर कारागारबाट प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै मोटरसाइकलमा राखेर लगेका थिए। , त्यसपछि एउटा रेष्टुराँमा नास्ता खाने क्रममा युवतीसँगै प्रहरी जवान चौधरीलाई नाइके परियारले कोठामा बाहिरबाट चुकुल लगाई दिएर प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर फरार भएका थिए।, राजपुर गाउँपालिका बेलका यमराज परियार आफ्नै गर्भवती प्रेमिका हेमा चौधरीलाई हत्या गरेको खुलेपछि कर्तव्य ज्यान मुद्दामा साढे सात वर्ष कैद सजाय भोगिसकेका थिए। उनलाई जिल्ला अदालतले २० वर्ष कैद फैसला सुनाएको थियो। , घोराही कारागारका नाइके परियार भागेपछि उनलाई उपचाका लागि मोटरसाइकलमा अस्पताल लैजाने प्रहरी जवान धनबहादुर चौधरीसहित घटनामा संलग्न थप दुई युवतीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।, परियारले भाग्न प्रयोग गरेको प्रहरी जवान चौधरीको मोटरसाइकल शुक्रबार लमही बजारदेखि केही माथिको जंगलमा फेला परेको थियो।, जेलर परियारसहित असई र हवल्दारविरूद्ध पनि पक्राउ पुर्जी जारी
सेतोपाटी संवाददाता लामो समयसम्म दक्षिण अफ्रिकामा रंगभेदविरूद्ध लडेका डेसमन्ड टुटुको शनिबार निधन भयो। सन् १९८४ को नोबेल शान्ति पुरस्कार विजेता टुटु ९० वर्षका थिए।  टुटुले रंगभेदी आन्दोलनमा नेल्सन मण्डेलासँग मिलेर काम गरेका थिए।, केप टाउनमा आगामी जनवरी १ मा उनको अन्त्येष्टि गरिने छ। त्यसअघि उनको सम्मानमा दक्षिण अफ्रिकाभरि विभिन्न कार्यक्रम गरिनेछ।, उनको निधनपछि संसारभरिका विभिन्न नेताहरूले दु:ख व्यक्त गर्दै श्रद्धान्जली दिएका छन्।, पोप फ्रान्सिस, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती महारानी एलिजाबेथ द्वितीय, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामामासहितले टुटुको निधनमा दुःख व्यक्त गर्दै श्रद्धान्जली दिएका छन्।, ६२ वर्षदेखि भारत निर्वासनमा रहेका तिब्बती आध्यात्मिक नेता दलाई लामाले पनि टुटुको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।, दलाई लामाले टुटुकी छोरीलाई पठाएको समवेदना सन्देशमा लेखेका छन्- तिमीलाई थाहै छ, तिम्रा बुवा र लामो समयदेखि साथी थियौं। सन् २०१५ मा धर्मशाला बिताएको एक सातासहित विभिन्न ठाउँमा हामीले सँगै बिताएको समय म सम्झन्छु। जतिबेला हामी दुनियाँमा शान्ति र आनन्द बढाउन के गर्न सकिन्छ भनेर आफ्ना विचार साट्थ्यौं। हामीबीचको मित्रता र आध्यात्मिक सम्बन्ध हामीले सम्मान गर्ने विषय हो।, टुटु र लामाबीचको दोस्तीको अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। एसी दावाले गत जुलाई २ मा ट्वीटरमा राखेको उनीहरूबीचको दोस्ती र मजाकको भिडिओ अहिलेसम्म २६ लाख बढी पटक हेरिएको छ।, उक्त भिडिओमा टुटु र लामाले आफ्नो दोस्तीदेखि मृत्युसम्मका कुरामा मजाक गरेका छन्।, I bet you won't stop laughing after watching this beautiful conversation between His Holiness the ,#DalaiLama, and Arch Bishop ,#DesmondTutu,. ,pic.twitter.com/BPavCRnyqR, — Yeshi Dawa (@yd_tweets) ,July 2, 2021, सन् २०१५ को अप्रिलमा लामालाई भेट्न टुटु भारत आएका थिए। टुटुको स्वागतमा लामा धर्मशालाबाट १५ किलोमिटर टाढाको  विमानस्थल पुगेका थिए। उनले केही दिन धर्मशालामा बिताएका थिए। टुटु र लामा मिलेर ‘द बुक अफ जोय’ लेखेका थिए।,  , डेसमन्ड टुटु र दलाई लामाको उन्मुक्त हाँसो (भिडिओ)
सेतोपाटी संवाददाता काठमाडौं प्रवेश गर्ने नाकाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , फर्पिङ नाका र नागढुंगाबाट सोमबारमात्रै तीन जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो।, सोमबार अपराह्न साढे ४ बजे दक्षिणकाली नगरपालिका-५ फर्पिङ नाकाबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, नाकामा चेक गर्नेक्रममा प्रहरीले रौतहटको चपुरबाट काठमाडौं आउँदै गरेको ना १ ज ३९३६ नम्बरको टाटा सुमोलाई रोकेर चेक गरेको थियो। , त्यसमा सवार बारा कोल्हबी नगरपालिका-५ बधुबन घर भई हाल काठमाडौं कलंकी बस्ने ५१ वर्षीय टेकबहादुर थापाको झोलामा प्रहरीले चेक गर्दा लागुऔषध बरामद गरेको थियो। लागुऔषध फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरिएको थियो। , उनीबाट डाइजेपाम ५८८ एम्पुल, नुफिन ५८४ एम्पुल, फेनरागन ५८५ एम्पुल गरी जम्मा १७५७ एम्पुल बरामद गरेको हो।, उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ।, त्यसैगरी प्रहरीले सोमबार नै काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगाबाट पनि लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। , चन्द्रागिरि नगरपालिका-२ नागढुंगा चेकपोइन्टमा भैरहवाबाट काठमाडौं आएको लु १ ख ८७०० नम्बरको यात्रुबाहक बसबाट दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक मैनालीले बताए। , बसमा सवार नवलपरासी नन्दन गाउँपालिका-३ बस्ने २९ वर्षीय राजुराम अबध जैसवाल र २४ वर्षीय मुन्ना चौहानलाई पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले १६० एम्पुल डाइजापम, १६० नुफिन एम्पुल र १६० फेनरागन एम्पुल बरामद गरेको हो। , उनीहरूमाथि थप अनुसन्धान महानगरीय प्रहरी वृत्त थानकोटबाट भइरहेको परिसरले जनाएको छ।, काठमाडौं प्रवेश गर्ने नाकाबाट लागुऔषधसहित तीन पक्राउ
राजेश घिमिरे आइतबार बिहान ५ बजे कुखुरा भालेको डाँकोसँगै निद्रा खुल्यो।, नित्यकर्म सकेर कान्देश्वरी आधारभूत विद्यालयको कुमार बलराम स्मृति छात्राबासबाट म ओरालो लागें। जुनेली रात भए पनि ठूला-ठूला रूखले जुनको प्रकाश छोपिदिएका थिए।, विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले टर्च लाइट बालेर गोरेटो देखाइदिए।, छात्राबासबाट करिब दुई सय मिटर तल विद्यालय भवन छ। भवन छाडेर करिब २ मिनेट ओर्लिएपछि फेरि एउटा भाले बास्यो।, दशरथ चेपाङले पालेको बढेमानको भाले रहेछ।, गोरेटो आडैको खरले छाएको छाप्रो र पर्खाल नलगाइएको धन्सार दशरथको हो। छाप्रोको मूल ढोकामा पखेंटा फिँजाइरहेको थियो खाइलाग्दो रातो भाले। मेरो ध्यान भने छाप्रोसँग जोडिएको धन्सारको बीच भागमा रहेको अगेनोले तान्यो। अगेनोमा आगो बलिरहेको थियो। अगेनो वरिपरि थिए साना केटाकेटी। उनीहरू नजिकै दर्जन बढी कुखुरा र चल्लाहरू भुइँ खोस्रिँदै थिए।, आगोको छेवैमा निदाइरहेका थिए दशरथका चार वर्षे छोरा पूर्णसिंग।, एक थान च्यातिएको र मैलो कपडाले पूर्णसिंगको शरीरको माथिल्लो भागको करिब आधा हिस्सा ढाकेको। आधा हर कपडाविहीन छ वर्षीया छोरी बागमती भने भाले बास्नुअघि नै जागेकी थिइन्।, राति सुत्दा बलिरहेको आगो निभेको केही समयमा उनी ब्युँझिएकी थिइन्। १३ वर्षीया दिदी मुरलीलाई पनि उठाइन्। दिदी–बहिनी मिलेर आगो बाले।, उही छानोमुनि सुतेका दशरथ र उनका दुई श्रीमती सबेरै गाई वस्तुको स्याहार गर्न निस्किसकेका थिए।, हामीलाई देखेपछि दशरथ घरमा आइपुगे।, ‘हाम्रो त सुत्ने ठाउँ नै यही हो। ओड्ने, ओछ्याउने केही छैन, खरको छानोमुनि रातभरि आगो बाल्न भएन,’ दशरथले भने, ‘यो खुला घरको माझमा आगो बाल्यो, वरिपरि सुत्यो।’, उनीसँगै आइपुगेकी जेठी श्रीमती बैरी केटाकेटीलाई सुम्सुम्याउन थालिन्।, केहीबेरमा एक वर्षे दुधे बच्चा च्यापेर दशरथकी कान्छी श्रीमती सिर्जुमाया पनि आइपुगिन्।, समुद्र सतहबाट करिब चौध सय मिटर उचाइमा रहेको कान्दास्थित दशरथ चेपाङको घरमा पुसको चिसो रात कटाउने साधन हो आगो।, रात कटाउन अगेनाको डिलमा सुत्नु यो परिवारको बाध्यता हो।, ‘छोरा, छोरीलाई न्यानो कपडा लगाइदिने, विस्तारामा सुताउने मन त कसलाई हुन्न र?,’ दशरथले भने, ‘नाम त भगवान रामकै बावुको पाइयो तर भाग्य यस्तो मिल्यो।’, उनले मन भएर पनि छोरा, छोरीलाई एक सरो लुगा किनिदिन नसकेको बताए। नुन, तेल, चामल किन्न उनले कुखुरा, बाख्रा पाल्ने गर्दा रहेछन्।, ‘यिनै कुखुरा, बाख्रा हुर्काउँदै बेचेर परिवारलाई खानाको जोहो गर्नुपरेको छ,’ उनले भने, ‘यिनलाई पनि हुर्काउन नसके त खानै पाइँदैन।’, उनले अन्न सकिएपछि जंगलबाट गिठा, भ्याकुर, सिस्नु ल्याएर भएपनि परिवारलाई खुवाउने गरेको सुनाए।, २०७२ सालको वैशाखमा भूकम्प जाँदा दशरथको घरभित्रको अगेनामा गिठा पाकिरहेको थियो।, खरले छाएको उनको घर भूकम्पले गर्ल्याम्म ढलाइदियो। अगेनाको आगोले खर, डाँडा, भाटा, काठमा सल्क्यो। ‍सबै जले। घरभित्र रहेका मकै, कोदो पनि आगोले खाइदियो। , भूकम्पले उठीबास लगाएको उनको परिवारले केही दिन छिमेकीको साहरा लिए। केही समयमा दशरथले खरकै छाना भएको एउटा सानो झुप्रो ठड्याए।, ९ जनाको परिवारका लागि यो झुप्रो असाध्यै सानो थियो। भूकम्प पूनर्निर्माण प्राधिकरणको मापदण्डभित्र परे पनि उनले घर बनाउनका लागि आवश्यक कागजपत्र जुटाउन सकेनन्।, केही छिमेकीले दुइटी श्रीमती भएका कारण सरकारी अड्डा धाउँदा कानुनी झण्झट आइलाग्न सक्ने सुनाइदिएपछि उनी त्यसतर्फ लाग्न चाहेनन्।, पछि सामाजिक संस्था लक्ष्मी प्रतिष्ठानका प्रमुख विष्णु गौतमले नयाँ घर बनाउनका लागि जस्तापाता दिने भए। दशरथले घरका लागि आवश्यक पर्ने काठहरूको जोहो गरे। जस्तापाताले छाएर घर ठड्याए। तर घरमा गारो लगाउन अझै सकेका छैनन्। यही खुला घरलाई धन्सार भन्छन् उनी।, ‘खरको घरमा सबै अट्दा पनि अटाइन्न, यही खुला धन्सारमा सुतेरै रात कटाइरहेका छौं,’ उनी भन्छन्, ‘खान, लाउनको साह्रै दुःख छ। केले घर बार्नु र खोई।’, ५५ वर्षीय दशरथका अहिले नौ सन्तान छन्। जेठी श्रीमती तर्फका ६ वर्षीय निषेध चेपाङ लक्ष्मी प्रतिष्ठानले सञ्चालन गर्ने कुमार बलराम स्मृति छात्राबासमा बसेर विन्देश्वरी आधारभूत विद्यालयमा कक्षा १ मा पढ्छन्।, उनीभन्दा अघिका दुई दिदीले पढ्न छोडेर बिहे गरिसके। दुई दाइहरूले पनि पढ्न छाडे।, ‘सबै छोरा–छोरीलाई पढाउने मन छ तर मैले मात्रै चाहेर सक्दिनँ,’ उनले भने, ‘पढाउने सहयोगीहरू हुने रहेछन्, भेट्नुभयो भने भनिदिनुहोला।’, दशरथको घर वरपर लालपुर्जाबिनाको केही खेत छ। त्यही खेतमा मकै, कोदोलगातयतका अन्न उब्जाएर जिविका चलाउँछ यो परिवार। गत वर्ष फौजी कीराको प्रकोपका कारण चितवनका पहाडी क्षेत्रमा मकै कम फल्यो।, त्यसको चोट दशरथको परिवारलाई पनि परेको छ।, ‘४०/५० डोको भित्र्याउनुपर्ने मकै १५ डोकोमात्रै भित्रियो, कोदो पनि कम फल्यो। भकारी रित्तै छ,’ उनले भने, ‘खानै समस्या छ। लगाउने, ओड्ने, ओछ्याउने त कसरी व्यवस्था गर्नु।’, विन्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया विद्यालय र छात्राबासका कारण धेरै चेपाङ बालबालिकाले अध्ययनको अवसर पाएपनि अभिभावकमा अपेक्षित रूपमा चेतनाको विकास हुन नसकेको बताउँछन्।, ‘सन्तान उत्पादनलाई उनीहरू सामान्य विषय ठान्छन् तर उनीहरूको लालनपालन, खानपिनमा मतलब गर्दैनन्,’ उनले भने, ‘आफूले जन्माएका सन्तानप्रतिको कर्तव्यवोध अभिभावकमा नहुँदासम्म यस्तो अवस्था देखिराख्नुपर्छ।’, उनले विद्यालय आउने बालबालिकामार्फत् अभिभावकमा सचेतना जगाउने प्रयास गर्दै आएको बताए।, ‘प्रत्यक्ष रूपमै भेटेर हुन्छ कि छोराछोरीमार्फत् हुन्छ बाबुआमालाई मेहनत गर्न, फजुल खर्च नगर्न, जिम्मेवार बन्न सिकाउने गरिएको छ,’ थपलिया भन्छन्, ‘तर पुर्खाबाट सिक्दै आएको कुरामा परिवर्तन ल्याउन सजिलो रहेनछ।’, उनले आर्थिक अवस्था कमजोर भएका सयौं परिवारका बालबालिकालाई छात्राबासमा राखेर नि:शुल्क अध्ययनको व्यवस्था मिलाइएको भए पनि अभिभावकमा चेतनाको कमी र छात्राबासको स्रोतको सीमितता लगायतका कारण अझै धेरै बालबालिका पढाइबाट बञ्चित हुँदै आएको बताए।  , दशरथ चेपाङको घरमा करिब एक घण्टा भुलेपछि हामी करिब तीन घण्टाको पैदलयात्रा गर्दै राप्ती-१३ को वडा कार्यालय रहेको स्थान कालीटार आइपुग्यौं।, ११ बजेसम्म पनि त्यहाँ वडा कार्यालय बन्द थियो। त्यहाँबाट ३ घण्टा भन्दा बढी समय गाडी चढेर पूर्व-पश्चिम राजमार्गको भण्डारा आइपुग्यौं।, यही रहेको राप्ती नगरपालिकाको कार्यालयको कार्यक्षेत्र हो दशरथको गाउँ कान्दा।, आफ्नो कार्यकालमा यहाँकी मेयरले एक पटक मात्र कान्दा गाउँमा पाइला टेकेकी छन्। वडाध्यक्ष सूर्यबहादुर चेपाङ पनि बिरलै देखिन्छन् यहाँ।, अब त निर्वाचित जनप्रतिनिधिरूको कार्यकाल सकिन केही महिना मात्रै बाँकी छ। नयाँ चुनावका लागि प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् अचेल उनीहरू।, दशरथको परिवार र यस्तै कैयन परिवारको अवस्था हेर्ने र उनीहरुको दर्दनाक कथा सुन्ने फूर्सत उनीहरूले कहिले पाउलान्? ,  , कपडा नहुँदा अगेनाको छेउमा रात कटाउँछ दशरथ चेपाङको परिवार
खिलानाथ ढकाल काभ्रेको धुलिखेल नगरपालिका-४ का २९ वर्षीय अर्जुन थापाले गर्भवती श्रीमतीसँग भनेका थिए, 'म २० गतेसम्ममा आइपुग्छु।', चिकित्सकले प्रसूति हुने मिति माघ ४ गते भनेका थिए। तर त्योभन्दा अगाडि नै हुनसक्ने पनि भनेकाले थापा पहिलो सन्तान जन्मिने बेला घर आउन खोज्दै थिए।, ‘दुई-चार दिनअघि बुहारीलाई २० गते आउँछु भनेको रहेछ, यहीबीच यस्तो घटना सुन्नुपरो,’ उनका ठूलोबुवा जयराम थापाले सोमबार ,सेतोपाटी,सँग भने।, मेकानिकल इञ्जिनियर थापा सोलुखोलाको दूधकोसी जलविद्युत् आयोजनामा काम गर्थे। आयोजनाको काम माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीले गर्दै आएको छ। आइतबार अपराह्न आयोजना परीक्षण क्रममा पाइप विस्फोट हुँदा अर्जुनसहित माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीकै अर्का इञ्जिनियर २६ वर्षीय सुवासराज रेग्मीको मृत्यु भएको थियो।, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार घटनामा परेर दुवैको हात, खुट्टा र पेटमा चोट लागेको थियो।, ‘प्रहरी टोली उद्धार गर्न पुग्दा उनीहरू बोलिरहेकै थिए तर अस्पताल ल्याउँदा डाक्टरले दुवैलाई मृत घोषणा गरे,’ ढकालले भने।, उनका अनुसार इञ्जिनियरको टिम दिनभरि नै परीक्षण क्रममा थियो। पानीको चाप नमिलिरहेका बेला पाइपको वेल्डिङ छुट्टिएपछि दुर्घटना भएको बुझिएको ढकालले बताए।, दुर्घटनामा ज्यान गुमाएका दुई जनामध्ये अर्जुनले काठमाडौं विश्वविद्यालयमा इञ्जिनियरिङ पढेका थिए। उनी त्यहीँ डिग्री पढ्दै थिए। कोरोना भाइरसको दोस्रो महामारीले पढाइ रोकियो। त्यही बेला उनले दूधकोसी जलविद्युत् आयोजनामा काम थालेका थिए।, जयरामका अनुसार अर्जुन डिग्री सकेर लोकसेवा आयोगमा भिड्ने तयारीमा थिए।, ‘सरकारी इञ्जिनियर बन्ने सुरमा थियो, यही चैतमा डिग्री सकिँदै थियो,’ जयरामले भने, ‘साह्रै राम्रो मान्छे, साह्रै मजाको। यस्तो राम्रो मान्छेलाई दैवले चुँडेर लग्यो।’, उनी गएको तिहारमा विदा नमिलेको भन्दै घर गएका थिएनन्। यसपालि पहिलो सन्तान जन्मिने बेला आउँछु भन्दै थिए।पहिलो सन्तानको मुख हेर्ने सपना पूरा नहुँदै उनी बिते।, अर्जुन परिवारका कान्छा छोरा हुन्। जेठा भीमसेन घरमै छन्। बुवा जयरत काठमाडौं विश्वविद्यालयमै सेक्युरिटी गार्डका कमान्डर छन्। सामान्य परिवारका जयरतले सेक्युरिटी गार्डको काम गरेर निकै दु:खले कान्छो छोरालाई इञ्जिनियर बनाएका थिए।, ‘छोरालाई त्यहीँ जागिर खाँदाखाँदै भाइले दु:खले पढाएको थियो,’ जयरामले भने, ‘घरमा ठूलो बज्रपात परेको छ। बुहारीको सुत्केरी हुने बेला छोरो दुर्घटनामा परेर बितेको छ।’, सुवासराज रेग्मी, अर्जुनसँगै ज्यान गुमाएका सुवासराज रेग्मी अछाम, साँफेबगर-२ का थिए। उनी साँफेबगरका नामी शिक्षक मणिराजका माइला छोरा थिए। मणिराजका तीन छोरी र तीन छोरा हुन्।, वडाध्यक्ष कालुसिंह कुँवरका अनुसार रेग्मी अविवाहित थिए। उनी त्रिपुरासुन्दरी माविमा एसएलसी पास गरेर काठमाडौं पढ्न गएका थिए। उनले पाटनको नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीमा पढेका थिए।, मणिराज साँफेबगरकै खापरमाण्डु प्राविमा प्रधानाध्यापक थिए। केही वर्षयता उनले धनगढीमा जागिर सारेका छन्। उनका जेठा छोरा सरकारी जागिरे हुन्। उनी कृषि कार्यालयमा काम गर्छन्।, ‘मणिराज गुरूका सबै सन्तान पढाइमा अब्बल छन्,' कुँवरले भने, 'छोरा, भतिजा-भतिजी धेरैजसो सरकारी जागिरमा छन्।’, रेग्मी परिवार धेरैजसो धनगढी बस्छन्। साँफेबगरबाट बसाइँसराइ भने गरेका छैनन्।, ‘रेग्मी गुरूले धनगढीमा जागिर सारे पनि उहाँका मावली आफन्त सबै साँफेबगरमै छन्,’ कुँवरले भने, ‘साह्रै मेहनती थिए सुवास। अढाइ वर्षदेखि काम गर्न थालेका थिए भन्ने हामीले सुनेका छौं।’, यसबीच ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा काम गर्दागर्दै दुई जना इञ्जिनियरको मृत्यु भएपछि प्राविधिक विद्यार्थी परिषदले छानबिन गर्न माग गरेको छ।, ‘व्यावसायिक सुरक्षासम्बन्धी मापदण्डमा कडाइ गर्न नसकेको र सरकारको नीतिगत त्रुटिका कारण पटक-पटक मुलुक शोकाकुल हुनुपरेको छ,’ परिषदले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘दुवै इञ्जिनियरको मृत्युबारे सरकारले निष्पक्ष र न्यायिक अनुसन्धान गरेर दोषीमाथि उचित कारबाही अगाडि बढाओस्।’, पहिलो सन्तान जन्मँदा घर आउँछु भनेका थिए, मुखै हेर्न नपाई बिते
नारायण खड्का घोराही कारागारका नाइके यमराज परियार फरार प्रकरणमा कारागारका जेलरसहित सात जना पक्राउ परेका छन्। , घोराहीका जेलर युवराज परियार, कारागारका असई रुद्रबहादुर सेन, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, घोराही उपमहानगरपालिका वडा नं. १६ रतनपुरकी विपाशा चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ की समी चौधरी र घोराही होटल प्याराडाइजका सौजन्य खनालसमेत गरी सात जना पक्राउ परेका छन् ।, खनाल यसअघि पनि कारागारको कारबाही भुक्तानी गरेर निस्किएको व्यक्ति भएको र उनले नै होटलमा युवती लगायत अन्य कुराको  व्यवस्थापनको भूमिका खेलेको स्रोतले बताएको छ। , पक्राउ परेकामध्येको नाम नखुलाइएका हवल्दार खासै दोषी नदेखिएको पनि स्रोतले जानकारी दिएको छ। , घटना अनुसन्धान अधिकृत अमर वलीका अनुसार दाङ जिल्ला अदालतबाट सोमबार बेलुकी पक्राउ पुर्जी जारी हुनासाथ उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। , तर घोराही कारागारका जेलर युवराज परियार भने दुई दिन अगाडि नै पक्राउ परी सकेको भए पनि अदालतबाट कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरूको पक्राउबारे जानकारी दिइएको स्रोतको दाबी छ। , घोराही कारागारका जेलर पक्राउ परेलगत्तै उनको जिम्मेवारी खोसेर तुलसीपुर कारागारका जेलेर वलीलाई तत्कालका लागि जिम्मेवारी तोकिएको थियो। कारागार शाखाको अनुसन्धान पनि जेलरकै नेतृत्वमा हुने हुँदा अनुसन्धान सकेरमात्रै उनीहरू पक्राउ परेकोबारे जानकारी दिइएको छ। , यसअघि कारागारका नाइके बिहीबार भागेपछि आइतबार घोराहीका जेलर युवराज जिल्ला प्रशासन कार्यालय तानिएको जानकारी प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सेतोपाटीलाई बताएका थिए। , जेलर परियार आफू बिदामा रहेकैबेला नाइके परियारलाई उपचारका लागि लैजान अनुमति दिएको अनुसन्धानबाट खुलेको स्रोतले सेतोपाटीलाई बताएको थियो। नाइके यमराज भागेकै दिन दिउँसो जेलर युवराज र यमराजको बीचमा समेत फोन संवाद भएको कलडिटेलका आधारमा पत्ता लागेको थियो। , यसअघि नाइके परियार घोराही कारागारका चौकीदार थिए। बालकृष्ण खाण गृह मन्त्री भएपनि नेपाली काँग्रेस निकट मानिने नेपालगन्जका रिगल ढकाल कारागारका चौकीदार बनाइएका थिए। त्यसपछि यमराज नाइके बनेका थिए। यमराजलाई चौकीदार बनाउनेदेखि नाइके बनाउने सम्मका गतिविधिमा कारागारका जेलर युवराजले प्रक्रिया समेत मिचेको देखिएको स्रोतले बताए। , त्यस्तै कुनै पनि बिरामी नरहेका नाइके परियारलाई बिहीबार बिहान ११ बजेतिर छालासम्बन्धी स्वास्थ्य उपचार गराउन भनेर पठाएको कुरा अनुसन्धान अधिकृतले बताएका थिए। , यसरी भागेका थिए नाइके परियार ,  , बिहीबार बिहान कारागारबाट प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै मोटरसाइकलमा राखेर उनलाई उपचारका लागि भनेर लगेका थिए। , तर चौधरीले नाइके परियारलाई अस्पताल नपुर्‍याइ घोराहीस्थित प्याराडाइज होटल एण्ड रेस्टुरेन्टमा नास्ता खान पुगेका थिए। त्यहाँ थप दुई युवती भेटिए। चार जनाले सँगै बसेर कफी खाए। , त्यसपछि उनीहरु घोराहीस्थित सब्जीमण्डी पुगे। त्यहाँबाट थकाली होटलमा दुइटा कोठा लिएर बसेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए।, त्यसको केहीबेरमै युवतीसँगै प्रहरी जवान चौधरीलाई नाइके परियारले कोठामा बाहिरबाट चुकुल लगाइ आफू प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर फरार भएका थिए।, राजपुर गाउँपालिका बेलका यमराज परियार आफ्नै गर्भवती प्रेमिका हेमा चौधरीलाई हत्या गरेको खुलेपछि कर्तव्य ज्यान मुद्दामा साढे सात वर्ष कैद सजाय भोगिसकेका थिए। उनलाई जिल्ला अदालतले २० वर्ष कैद फैसला सुनाएको थियो। , परियारले भाग्न प्रयोग गरेको प्रहरी जवान चौधरीको मोटरसाइकल शुक्रबार लमही बजारदेखि केही माथिको जंगलमा फेला परेको थियो।, नाइके फरार प्रकरणमा जेलर र तीन प्रहरीसहित सात पक्राउ
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगर-४ की एलिसा बम पुस ९ गते बेलुकी ७ बजेतिर आवास क्षेत्रमा रहेको शुभलक्ष्मी अस्पतालबाट घर फर्किँदै थिइन्।, उनी हिँड्दै बसपार्कको उत्तरतर्फ गेटनजिक पुगिन्। त्यहाँबाट उनलाई घरसम्म हिँडेर पुग्न कम्तिमा २० मिनेट लाग्थ्यो।, बसपार्कको उत्तर गेटमै एलिसा आएकै बाटोतर्फबाट दुई जना युवक मोटरसाइकलमा आए। एलिसालाई देखेर रोके। मोटरसाइकल पछाडि बसेका युवकले उनीसँग कालागाउँ अस्पताल (कर्णाली प्रदेश अस्पताल) कता पर्छ भने सोधे।, एलिसाले उनीहरूलाई अस्पतालको ठेगाना भनिन्। तर उनले आफूहरू सुर्खेतमा नयाँ भएको भन्दै फोन गर्न एलिसाको मोबाइल मागे।, ‘हामी दुवैको मोबाइल अफ भयो, हामी सुर्खेतमा नयाँ हो। साथी लिन पनि आएन भनेर फोन गर्न मेरो मोबाइल मागे,’ एलिसाले भनिन्, ‘मैले पनि होला त भनेर मोबाइल दिएँ। फोन डायल गरेपछि बाइक साइड लगाउँछु भनेर हुइँक्याइहाले।’, एलिसाले त्यति बेलै मोटरसाइकलको नम्बर कन्ठ गर्न भ्याइन्। तत्कालै प्रहरी कार्यालयमा गएर नम्बर टिपाइन्।, मोबाइल माग्नेले नम्रतासाथ मागेका थिए।, ‘दयालाग्दो गरी अस्पतालमा आफन्त उपचार गराइरहेका छन् भनेर मोबाइल मागे, मैले त दया लागेर हत्तपत्त मोबाइल दिइहालेँ,’ एलिसाले भनिन्, ‘त्यस्तो गर्दा मोबाइल नै चोर्ने योजना होला भन्ने कसलाई लाग्ला र!’, एलिसाको ‘भिभो वाई-२’ मोबाइल हो।, पुस ९ गते नै जुम्लाको पातारासी गाउँपालिका-२ का हिक्मत नेपाली बेलुकीपख कालिञ्चोकमा उभिरहेका थिए। उनीसँग पनि एलिसालाई जस्तै व्यवहार भयो।, मोटरसाइकलमा आएका दुई जनामध्ये एक जनाले हिक्मतसँग ‘बांगेसिमल’ कता पर्छ भनेर सोधे। बांगेसिमल वीरेन्द्रनगर उपत्यकाको पश्चिमतर्फको भाग हो।, आफूहरू सुर्खेतमा नयाँ आएकाले गन्तव्य पत्ता लगाउन फोन गर्नुपर्ने भन्दै उनीसँग पनि त्यसैगरी मोबाइल मागे। हिक्मतले दिए। उनीहरू त्यसैगरी मोटरसाइल हुइँक्याएर भागे।, ‘बांगेसिमल जानुपर्ने ठाउँ थाहा भएन भनेर मोबाइल मागेका रहेछन्। फोन डायल गरेजस्तो गरी उहाँको मोबाइल पनि लिएर गएछन्,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले भने।, एलिसा र हिक्मतसँग त्यसरी मोबाइल लिनेहरू एकै समूहका थिए।, एलिसाले प्रहरीमा मोटरसाइलको नम्बरसहित निवेदन दिएपछि उनीहरू पक्राउ परेका छन्।, पुस ९ गते बेलुकी हिक्मत र एलिसाले दिएको निवेदनका आधारमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको थियो। त्यसको दुई दिनपछि आइतबार वीरेन्द्रनगरस्थित सहकारी चोकबाट प्रहरीले उक्त मोटरसाइकल नियन्त्रणमा लिन सफल भयो।, भे७प ३२५२ नम्बरको उक्त मोटरसाइकल त्यसरी मोबाइल चोर्ने युवकका बुवाले प्रयोग गर्दै आएका छन्। मोटरसाइकल चालकसँगको सोधपुछका आधारमा वीरेन्द्रनगर–१ का १९ र १६ वर्षका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।, उनीहरू दुवैले यस्तो तरिकाले मोबाइल चोरी गर्ने गरेको स्वीकारेका छन्।, ‘उहाँहरूको निवेदन परेपछि सादा पोसाकमा निरन्तर प्रहरी परिचालन गर्‍यौं, बल्ल एउटा मोटरसाइकल पक्राउ गरी त्यसका आधारमा चोरीमा संलग्नहरूलाई पक्राउ गरेका छौं,’ प्रहरी निरीक्षक शाहीले भने।, शाहीका अनुसार सुर्खेतमा ‘फोन गर्छु भनेर कसैको मोबाइल माग्ने, त्यसपछि भाग्ने’ ट्रेन्ड नै चलेको छ। उनीहरूले त्यसरी चोरी गरेका दुवै मोबाइल प्रहरीमा निवेदन दिने निवेदककै भएको प्रहरी निरीक्षक शाहीले बताए। निवेदकलाई सोमबार बोलाएर जाहेरी पनि दर्ता गर्न पठाइएको छ।, पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गर्न मंगलबारदेखि जिल्ला अदालतबाट अनुमति लिइने उनले बताए।, अहिले दुई जना मात्र पक्राउ परे पनि यस्तो कार्य गर्ने गिरोह नै हुन सक्ने आशंका प्रहरीले गरेको छ। यस्तै तरिकाबाट मोबाइल चोरीमा प्रयोग गरिएको एउटा स्कुटरको विवरण प्रहरीमा आएको र त्यसको खोजी जारी रहेको उनले बताए।, ‘एउटा मोटरसाइकल नियन्त्रणमा लिइसकेपछि अर्को एउटा स्कुटर पनि त्यस्तै कार्यमा संलग्न छ भन्ने सूचना आएको छ तर पत्ता लागेको छैन,’ प्रहरी निरीक्षक शाहीले भने, ‘अहिले पक्राउ परेकाहरूबाहेक पनि गिरोह बनेर यस्तो काम गरिरहेको हुन सक्ने आशंका भएकाले हामी अनुसन्धानमा लागिरहेका छौं।’, ‘अलपत्र परेँ, एकछिन फोन गर्न दिनुस्’ भन्दै मोबाइल माग्नेहरूसँग सावधान!
नारायण खड्का नाइके यमराज परियार भागेपछि प्रहरी नियन्त्रणमा रहेका घोराही कारागारका जेलर यमराज परियारले प्रक्रिया मिचेरै यमराजलाई चौकीदारको जिम्मेवारी समेत दिएको प्रमाण फेला परेको छ।, नेपाल सरकार कारागार व्यवस्थापन विभागको चलानी नं. ३७४ को पत्रअनुसार भदौ २२ गते घोराही कारागारभित्र ब्लक ‘ए’को चौकीदार रिगल ढकाल र ब्लक ‘बी’को चौकीदार सुरतबहादुर बिकलाई तोकिएको छ। , चौकीदारको पद कारागारभित्र स्वतन्त्रता र आयआर्जन गर्ने दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। चौकीदारहरूलाई कार्यालय परिसरभित्र आवात-जावात गर्न अनुमति प्रदान गरिएको हुन्छ।  , तर, जेलर युवराज परियारले भदौ २३ गते आफूखुसी चलानी नम्बर ३७६ नम्बरको पत्र तयार गरी कारागारका नाइके यमराज परियारलाई चौकीदारको जिम्मेवारी तोकेको प्रमाण फेला परेको छ। , जेलर युवराजले त्यसको बोधार्थ कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय लगायतलाई दिनुपर्नेमा सो को जानकारी नदिएर राखेको तथ्य फेला परेको छ। , यही तथ्यबाट पनि जेलर परियार र नाइके परियारबीच सम्बन्ध स्पष्ट हुने एक जना अनुसन्धान अधिकृतले बताए। , कारागार व्यवस्थापन विभागको पुस ५ गतेको पत्रमा जेलर परियार घरायसी कामकाजले पुस ६ गतेदेखि १३ गतेसम्म घर बिदामा बसेको तथ्य फेला परेको छ। , जेलर परियार घर बिदामा बस्नु पर्ने भएकाले उक्त अवधिमा निमित्त जेलर भई कामकाज गर्ने जिम्मेवारी कारागार व्यवस्थापन विभागले नासु चित्रबहादुर डाँगीलाई तोकेको स्पष्ट उल्लेख छ। , तर, पुस ८ गते बिदा बसेका जेलर परियारले आफैं कारागारमा उपस्थित भएर कुनै पनि बिरामी नभएका कारागारका नाइके यमराजलाई छालासम्बन्धी उपचारका लागि अस्पताल पठाउने शंकास्पद भूमिका खेलेको अनुसन्धानबाट खुलेको छ। , त्यस्तै, नाइके परियार प्रहरी जवान धनबहादुर चौधरीको मोटरसाइकलाई लगेर भागेको झन्डै दुई घन्टापछि पुस ८ गते दिउँसो नै जेलर परियारले नाइके यमराजलाई फोन सम्पर्क गरेको  खुल्न आएको हुँदा जेलको भूमिका शंकास्पद देखिएको सुरक्षा स्रोतले बतायो। , तिनै कारणहरूले गर्दा नाइके भागेपछि घटना अनुसन्धानका लागि जेलर युवराजसहित घटनामा नजिकको सम्बन्ध देखिएका सात जनालाई पक्राउ गर्नु परेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए। , उक्त दिन राजपुर गाउँपालिकाको बेलाका २८ वर्षीय यमराज प्रहरी जवान चौधरी र युवतीलाई होटलको कोठामा बाहिरबाट चुक्कल लगाएर जवान प्रहरीकै मोटरसाइकल लगेर फरार भएका थिए। , फरार नाइके यमराज आफ्नै गर्भवती प्रेमिका २३ वर्षीया हेमा चौधरीलाई मध्यरातमा जंगलमा पुर्‍याई घाँटी थिचेर हत्या गरेको अभियोगमा जेल परेका थिए। उनलाई दाङ देउखुरी जिल्ला अदालतले २० वर्ष कैद तोकेकोमा साढे ७ वर्ष सजाय भुक्तानी गरिसकेका थिए।, किन पक्राउ परे घोराही कारागारका जेलर?
सेतोपाटी संवाददाता सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन्। बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा नेपाली सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन् ।, विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरूलाई पुनः अवसर दिँदै प्रतिस्पर्धा गराइएको हो। प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए।, सिरहाका सन्तोषले १८ विभिन्न नेपाली ‘भेगन’ खाना प्रस्तुत गरेका थिए। दोस्रो चरणको ‘फेस्टिभ फिस्ट’ मा उनले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेडांको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए।, निर्णायकहरुले सन्तोषको खानाको तारिफ गर्दै उनलाई उपाधि दिलाए।, बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेसनल यूके’ मा नेपाली खाना लिएर उपविजेता बनेका सन्तोषको ख्याति गत वर्षदेखि चुलिएको थियो।, गत वर्ष ३२ चर्चित सेफबाट सुरु भएको उक्त प्रतियोगितामा साह विभिन्न मौलिक नेपाली परिकार विश्वमाझ चिनाउन सफल भए।, मास्टरसेफ सन्तोष साहसँग काठमाडौंको फूड टूर (भिडिओ), सन्तोष साहले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि
सेतोपाटी संवाददाता झापाको कचनकवल गाउँपालिका-२ स्थित सडक खण्डमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते रहेको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा झापा कचनकवल गाउँपालिका-४ का ४० वर्षीय शेषलाल राजवंशी रहेका छन्।, शनिबार दिउँसो साढे बाह्र बजे डब्लु बी ७४प ९७१७ नम्बरको मोटरसाइकल र मे४प ९५०० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका २७ वर्षीय शिवलाल माझी, ४४ वर्षीय सजन राजवंशी र ४० वर्षीय शेषलाल राजवंशीको ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको थियो।, घाइतेमध्ये शेषलालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते
रासस प्रहरी र अर्काे एक सर्वसाधारणलाई धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रामेछापको मन्थली लिखु घर भई हाल जरङ्खु बस्ने वर्ष २९ को शनि तामाङ छन्। , काठमाडौं तार्केश्वर नगरपालिका-८ शेषमतीस्थित लामबजार नजिक सामान्य विषयमा विवाद हुँदा उनले सोही ठाउँका २९ वर्षीय सुवास तामाङलाई घारिलो हतियार खुकुरीले टाउको र घाँटीको पछाडिबाट हिर्काइ घाइते बनाएका थिए। त्यसपछि सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजु मातहत प्रभाग धर्मस्थलीमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।, सोही क्रममा उनले प्रहरीमाथि नै आक्रमण गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। दुवै घाइतेको ट्रमा सेन्टरमा उपचार गरिएको छ। , सामान्य विवाद हुँदा घाइते बनाए, घटनामा खटिएका प्रहरीमाथि नै आक्रमण गरे
सेतोपाटी संवाददाता यो साता देशको अधिकांश भू-भागमा अधिकतम् तथा न्यूनतम् तापक्रम घट्ने भएको छ।, पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू-भागमा अधिकतम् तथा न्यूनतम् तापक्रममा गिरावट आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, साताको सुरूमा देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र थोरै स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको औंल्याइएको छ।, देशको पहाडी भू–भागमा साताको सुरूमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १ तथा बागमती प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा र साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा, थोरै स्थानमा मेघगर्जन चट्याङसहित वर्षा र एक/दुई स्थानमा असिनाको समेत सम्भावना छ।, तराईका भू–भागमा साताको मध्य तथा अन्त्यतिर सामान्यदेखि पूर्णातया बदली रही साताको मध्यमा थोरै स्थानमा हल्का वर्षा र साताको अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। रासस, आगामी साताको मौसम : देशभरि वर्षाले जाडो बढ्ने
सेतोपाटी संवाददाता झापाको दमक नगरपालिका-१ स्थित रतुवा खोलाको बगरबाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा इलाम माङसेबुङ गाउँपालिका-६ का ४६ वर्षीय वीरकुमार राई रहेका छन्।, अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ती टोलीले खोला बगरमा शंकास्पद अवस्थामा हिँडिरहेका राईको साथबाट ८ किलोग्राम १६० ग्राम अवैध लागुऔषध गाँजा बरामद गरिएको हो।, गाँजासहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय दमकबाट अनुसन्धान भइरहेको छ।, ८ किलो गाँजासहित दमकबाट एक पक्राउ
सेतोपाटी संवाददाता दाङ-सल्यान सडकखण्ड आइतबारदेखि दैनिक ८ घन्टा बन्द हुने भएको छ।, आइतबार बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सडक बन्द हुने भएको छ। , जीर्ण सडक निर्माण गर्न १५ दिनसम्म  दैनिक ३ पटक गरि ८ घण्टा सडकखण्ड बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए।, राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर हुँदै सल्यानको प्रवेश मार्ग कपुरकोट क्षेत्रको सडक निकै जीर्ण बनेको छ।, राप्ती राजगर्मा सडक खण्ड अन्तरगत चोरखोला-कपुरकोट क्षेत्रमा स्तरोन्नतिको काम हुन लागेको हुँदा सडकखण्ड दैनिक ८ घन्टा बन्द गर्ने निर्णय भएको खड्काले बताए।, पुस ११ गतेबाट लागू हुनेगरी २५ गतेसम्म सडक खण्ड दैनिक ८ घन्टा बन्द हुने भएको हो।, यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुट कपुरकोट-पैंयाखोर डाइभर्सन प्रयोग गर्न सक्ने समेत खड्काले बताए।, रोल्पाको कोइरास्थित सिमेन्ट उद्योगबाट चुनढुंगा र कच्चा पदार्थ ओसार्ने दर्जनौं टिपरहरू गुड्न थालेपछि कालोपत्रे सडक जीर्ण अवस्थामा पुगेको हो।, दाङ-सल्यान सडकखण्ड दैनिक ८ घन्टा बन्द हुने
सेतोपाटी संवाददाता यो साता मुलुकभर चिसो बढ्ने छ। अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने  जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।, साताको पहिलो दिन आइतबार देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। , यस्तै साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही अधिकांश पहाडी र हिमाली क्षेत्रमा हिमपात र थोरै स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।, देशको पहाडी भू–भागमा साताको सुरूमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ तथा बागमती प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा र साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा, थोरै स्थानमा मेघगर्जन चट्याङसहित वर्षा र एक/दुई स्थानमा असिनाको समेत सम्भावना छ। , देशको तराईका भू–भागमा साताको मध्य तथा अन्त्यतिर सामान्यदेखि पूर्णातया बदली रही साताको मध्यमा थोरै स्थानमा हल्का वर्षा र साताको अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।, आइतबार देशमा पश्चिमी वायुको प्रभाव छ। हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ।, देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। , पहाडी भू-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।, आज राति देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेश का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।, तराईका भू-भागहरुमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।, यस्तो छ आगामी दुई दिनको मौसम पूर्वानुमान, २०७८ पुस १२ गते (सोमबार), दिउँसो :  देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशहरुको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ।, राती: देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।  उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।, २०७८ पुस १३ गते (मंगलबार), दिउँसो :  देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। प्रदेश १ तथा प्रदेश २ को एक-दुई स्थान र बाकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ।, राती: देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ। देशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।, यो साता मुलुकभर चिसो बढ्ने
रासस गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ।, बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ । विसं २०२२ मै प्रकाशन भएको ‘छोटकरी रामायण’ पहिलो संस्करण सकिएपछि थापाका नाति विजयकुमार थापाले दोस्रो संस्करण प्रकाशन गरेर गोकर्णेश्वरका सामुदायिक एवं संस्थागत विद्यालयमा निःशुल्क वितरण अभियान सुरु गरेका हुन्।, यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा शनिबार आयोजना गरिएको पुस्तक हस्तान्तरण कार्यक्रममा प्रकाशक थापाले नगरपालिकाको वडा नं ४ का विद्यालयका लागि आवश्यक पुस्तक वडाध्यक्ष श्रीकुमार श्रेष्ठलाई दिएका छन्। हजुरबाले लेखेको पुस्तक आफूले नौ वर्षको उमेरमा पढेको उल्लेख गर्दै प्रकाशक थापाले पुस्तकले आफूलाई अहिलेसम्म पारेको प्रभावका आधारमा माध्यमिक तहका विद्यार्थीले अध्ययन गर्ने अवसर पाऊन् भनी प्रकाशन गरेर निःशुल्क वितरण गरिएको सुनाए।, कार्यक्रममा यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देल, वडाध्यक्ष श्रेष्ठलगायतले सानै उमेरदेखि बालबालिकामा नैतिक ज्ञानको विकास गर्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे। पहिलो चरणमा नगरपालिकाका सबै विद्यालयमा पाँच–पाँच प्रति पुस्तक दिएर पुस्तकालयमा राखिने छ । अध्ययन गर्न चाहने विद्यार्थीले ती पुस्तकबाट लाभ लिन सक्ने जनाइएको छ ।, रामायणको लामो कथाबाट बालबालिकाका लागि उपयुक्त मुख्य–मुख्य विषय समेटेर ९२ पृष्ठमा तयार पारिएको पुस्तक उपयोगी रहेको भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले बताए। बालबालिकालाई नैतिक पक्ष सिकाउन पुस्तक उपयोगी रहेको उनले सुनाए।, नगरपालिकामा सामुदायिक १७ र संस्थागत ९८ गरी ११५ वटा विद्यालय छन् । नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरे पनि कोरोनाकालपछि यो पुस्तकको पढाइ नै बन्द भएको विद्यार्थीको गुनासो छ । नगरपालिकाले देशमै पहिलोपटक स्थानीय पाठ्यक्रम  लागू गरेको दाबी गरेको थियो।, गोकर्णेश्वरका विद्यार्थीले रामायण अध्यापन गराइने
रासस भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुसको सुरुआतमै हिमपात भएको हो ।, पाँचथरमा पर्ने तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीनसिमाना, चाररातेलगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् ।, पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरु विन्दु चिवाभञ्ज्याङ क्षेत्र हिउँले ढाकिनुका साथै करिब दुई किलोमिटर तलसम्म सडकमा हिउँ जमेको छ । याङवरक–२ का सन्तप्रसाद बेघाका अनुसार दुई वर्षअघि मङ्सिर महिनाको अन्त्यमा समेत हिउँ परेको थियो । यसपालि सामान्य वर्षापछि हिउँ पर्न थालेको बेघाले जानकारी दिए।, ‘हिउँ धेरै दिनचाहिँ रहँदैन । तर यसपालि चाँडै हिमपात सुरु भयो’, उनले भने, ‘हिमपातपछि चिसो अत्यधिक बढेको छ ।’ हिमपात भएका क्षेत्रमा चौँरी तथा भेडीगोठ छन् । तर चिसो बढ्ने भएपछि गत कात्तिकबाटै गोठ गाउँबस्तीको नजिक सारिएका छन् । ‘गाउँको छेउमा सारिए पनि चिसोको प्रभाव पर्ने नै भयो’, उनले भने।, हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको छ। पाँचथरमा याङवरक गाउँपालिकामा चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा तीन सिमाना फालोट र चाररातेमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) राखिएका छन्।, बिओपीहरु हिउँले ढाक्दा सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको हो । नेपालसँग सीमा जोडिएको भारतको सिक्किम क्षेत्रमा समेत हिमपात भएको छ । जिल्लामा भारतसँग सीमा जोडिएको ४५ किलोमिटर भू–भाग पर्दछ । उच्च पहाडमा पर्ने सीमा क्षेत्रमा वर्षेनीजस्तो हिमपात हुने गरेको छ । , पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात
सेतोपाटी संवाददाता पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पाकेटमारी गर्ने गरेको आरोपमा एक महिला र एक पुरूष गरी दुई जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो।, २६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू भारतीय नागरिक हुन्।, पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा यसअघि मनकामना र पोखरालगायत ठाउँमा बसेर पनि पाकेटमार गर्ने गरेको उनीहरूले स्वीकार गरेको प्रहरीको भनाइ छ।, उनीहरू पशुपतिनाथ परिसरभित्र पाकेटमार गर्ने र जयबागेश्वरीस्थित सित्तला गेस्ट हाउसमा बस्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ। उक्त गेस्ट हाउसको १०८ कोठामा उनीहरू बस्ने गर्दथे।, उक्त कोठा चेकजाँच गर्दा मोबाइललगायत सामान बरामद भएको र उनीहरूलाई थप अनुसन्धानका लागि गौशाला प्रहरीमा राखिएको छ।, उनीहरूको साथबाट आइफोनसहित ५ थान मोबाइल बरामद भएको छ। उनीहरूको साथबाट ४२ हजार नगद पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।, साथै पर्स दुई थान, चक्कु एक थान पनि बरामद भएको छ।           , गेस्ट हाउसमा बसेर पशुपतिनाथ परिसरमा पाकेटमार गर्ने भारतीय नागरिक पक्राउ
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको छ। नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आवको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा सीमित गर्न सफल भएको छ।, कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो। गत वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२.०१ प्रतिशत थियो। गत आवको चार महिनाको तुलनामा यस वर्ष वितरण तर्फको चुहावट २.७७ प्रतिशत विन्दुले कम हो। प्राधिकरणले चालु आवमा विद्युत चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। , आव २०७२/०७३ मा २५.७८ प्रतिशत विद्युत चुहावटलाई घटाएर प्राधिकरणले आव २०७६/०७७मा १५.२५प्रतिशतमा झारेको थियो। तर, आव २०७७/०७८मा चुहावट १.९१ प्रतिशत विन्दुले बढेर १७.१८ प्रतिशत पुगेको थियो।, कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रूपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए। उद्योगहरूमा विद्युत आपूर्ति बढेको र चुहावट नियन्त्रण अभियानलाई अझै सशक्त तथा प्रभावकारी बनाएर चालु आवका लागि राखिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम अगाडि बढाइएको घिसिङले बताए।, ‘गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण,महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर  लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइएको छ’, उनले भने,‘चोरी नियन्त्रण गर्दा कति ठाउँमा हाम्रा कर्मचारीमाथि आक्रमण भएको छ, यस्तो अवस्थामा पनि वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएका छौं।’ , काठमाडौं उपत्यकामा जाडोमा र तराई क्षेत्रमा गर्मीमा चुहावट बढ्ने उल्लेख गर्दै घिसिङले प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर चालिएको अभियानलाई अझै सशक्त र प्रभावकारी बनाएर चालु आवको लक्ष्य हासिल गरिने बताए।, प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण  र सेवाप्रवाह सुधारमा केन्द्रित रहेर प्राधिकरणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखहरू र मातहतका वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने छ।, कार्यकारी निर्देशक घिसिङले थपे,‘उपयुक्त स्थानमा उपयुक्त व्यक्ति भन्ने अवधारणाका आधारमा जिम्मेवारी दिन सुरू गरिएको छ, ग्राहकलाई  दिने सेवामा सुधार गर्न, ग्राहकलाई थप विद्युत दिन, विद्युत चुहावट नियन्त्रण, विद्युत् महशुल वक्यौता असुली, विद्युतीकरणलगायतलाई मुख्य मानक मानी ग्राहक तथा वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन गर्दै छौं, यसबाट चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाह लगायतमा सुधार हुने छ।’, चार महिनामा विद्युत चुहावट १४.३५ प्रतिशतमा झर्‍यो
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले नागरिक सचेतना अभियान सुरू गरेको छ। , नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशनअनुसार ‘स्वच्छ, सुन्दर ललितपुर’ भन्ने नारासहित नगर प्रहरीले एक साता लामो सचेतना अभियान आइतबारबाट सुरू गरेको हो।, सचेतना अभियान अन्तर्गत पहिलो दिन आज ललितपुर नगर प्रहरीले सचेतना जगाउने प्लेकार्ड र माइकिङसहित मोटरसाइकल र्‍यालीको आयोजना गर्‍यो।, महानगर भित्र बसोबास गर्ने जनतालाई सभ्य र सचेत गराउन तथा नयाँ नियम कानूनबारे जानकारी गराउने उद्धेश्यले अभियान सुरू गरेको ललितपुरका नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए।, ‘सचेतना कार्यक्रमअन्तर्गत नागरिकलाई नगरपालिकाका नियमहरूबारे जानकारी दिनेदेखि स्वच्छ सुन्दर ललितपुर बनाउन महानगर र नागरिकको साझेदारीबारे पनि सचेतना फैलाउँछौँ,’ उनले भने,‘कार्यक्रममा फोहोर व्यवस्थापन, सवारी पार्किङ, फुटपाथ अतिक्रमण भवन निर्माणदेखि करबारे नागरिक जानकारी दिइनेछ। यसका लागि पर्चा बाँड्नेदेखि टोलटोलमा पुगेर माइकिङ गर्नेसम्मको कार्य गरिनेछ।’, नगर प्रहरीले यसअघि जथाभावी पार्किङ गर्ने सवारीसाधानलाई कारबाही गर्दै आएको छ। फुटपाथ मासेर सवारी चलाउन बाधा पारी पार्किङ गरेर राखिएका सवारीलाई ह्वील लक गरी तत्कालै जरीवाना गराउन थालेको छ। , यो अभियानबाट पछिल्लो समय जथाभावी पार्किङ गर्ने बानी परिवर्तन हुँदै गएको हाछेथुले बताए।, ‘हामीले सचेतनास्वरूप कारबाही थालेका थियौं। छोटो समयमै सफल भयौं’, उनले भने,‘हाम्रो अभियानलाई नगरवासीले साथ दिनुभएको छ।’ , ललितपुर महानगरपालिकाको नागरिक सचेतना अभियान सुरू
सेतोपाटी संवाददाता राहदानी विभागले दैनिक ८ सयका दरले अहिले विद्युतीय राहदानी (इ-पासपोर्ट) जारी गरिरहेको छ।, गत मंसिर १ गते इ-पासपोर्ट जारी गर्न सुरू भएको भएको। अहिलेसम्म ६ हजार जनाले इ-पासपोर्ट पाइसकेको राहदानी विभागले जनाएको छ।, विभागका प्रवक्ता शरदराज आरनका अनुसार अहिले दैनिक ८ सय वटा इ-पासपोर्ट जारी हुँदै आएकोमा बढाएर १२ सय पुर्‍याउने तयारी भइरहेको छ।, 'अहिले दैनिक ८ सयको संख्यामा विद्युतीय राहदानी जारी भइरहेको छ। दैनिक १२ सय पुर्‍याउने हाम्रो लक्ष्य छ,' उनले भने।, विभागबाट आवेदन दिनेहरूले दुई कार्य दिनभित्र इ-पासपोर्ट पाउने प्रवक्ता आरन बताउँछन्। उनले आज आवेदन दिन व्यक्तिले पर्सि इ-पासपोर्ट पाउने बताए।, विभागबाट इ-पासपोर्ट लिन १२ हजार रुपैयाँ लाग्छ। जिल्लाबाटै इ-पासपोर्ट लिन भने ५ हजार रुपैयाँ राजश्व तिर्नुपर्छ।, अहिले विभागसहित ११ वटा जिल्लामा इ-पासपोर्ट वितरण सुरू भएको छ।,  '११ वटा जिल्लामा यो सेवा सुरू भइसकेको छ। जिल्लाको हकमा पनि एक हप्तामै पासपोर्ट पठाइदिन्छौं। त्यसैले विभागमा लाइन लाग्नुपर्ने जरूरी नै छैन,' प्रवक्ता आरनले भने, 'फेरि जिल्लामा त ५ हजारले नै हुन्छ अनि विभागमा किन १२ हजार तिर्नु?', यही साताभित्र इ-पासपोर्ट दिने जिल्लाको संख्यालाई बढाएर २० पुर्‍याइने उनले बताए।, अहिले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, रूपन्देही, कास्की, पर्सा, मोरङ र सुनसरीका जिल्ला प्रशासन कार्यालयमार्फत् इ-पासपोर्ट लिन सकिन्छ।, एमआरपी र इ-पासपोर्टमा के फरक ? (भिडिओ) , दैनिक ८ सय जनालाई इ-पासपोर्ट, जिल्लाबाट पनि एक सातामै पाइने
सेतोपाटी संवाददाता बसको ठक्करबाट नवलपरासीमा एक जना पैदल यात्रीको मृत्यु भएको छ।, आज बिहान करिब ५:४० मा नवलपरासी रामग्राम नगरपालिका १ निलोगेटस्थित सुनवल परासी सडकखण्डमा बसको ठक्करले पैदलयात्रीको मृत्यु भएको हो।, लु २ ख ४०५५ नम्बरको बसले पैदल यात्रीहरुलाई ठक्कर दिँदा एक जनाको मृत्यु र तीन जना घाइते भएको प्रहरीले जनाएको छ।, बसको ठक्करबाट घाइते भएकी परासीकी ३५ वर्षीया कमला रेग्मीको पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको हो।, २७ वर्षकी अस्मिता गैरे, चितवन राप्ती ६ की ४५ वर्षका शिवप्रसाद राई र सुनवलका ३७ वर्षका अर्जुन ढकालको उपचार भइरहेको छ।, बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु, तीन घाइते
सेतोपाटी संवाददाता काठमाडौंको नागढुंगाबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ। , आइतबार बिहान पौने ४ बजे चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुंगा चेक पोइन्टबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ। , विरगंजबाट काठमाडौं आउँदै गरेको ना ८ ख ४६८० नम्बरको यात्रुबाहक बसमा प्रहरीले चेकजाँच गरेको थियो। त्यसमा सवार पर्सा पकाहमैनपुर गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय सुनिल साहलाई प्रहरीले पक्राउ गरेको हो। , उनले बोकेको झोलाबाट लागु औषध बरामद भएको प्रहरीले जनाएको छ। , ५०० एम्पुल डाइजापाम, ५०० एम्पुल नुफिन, ५०० एम्पुल फेनरागन र ९०० ट्याब्लेट नाइट्राभेट बरामद गरेको वृत्तले जनाएको छ। , प्रहरीले पक्राउ परेका साहमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान अघि बढाएको छ।, नागढुंगाबाट एकजना लागुऔषध सहित पक्राउ
पूर्णप्रसाद मिश्र नेपालको संविधान २०७२ सँग बाझिएका कानुन एक वर्षभित्र संशोधन गरिसक्नुपर्ने संविधानको धारा ३०४ मा व्यवस्था छ। तर वर्षै वितिसक्दा पनि कार्यान्वयन नभएपछि राज्यविहीन भई जीवन बिताउन बाध्य हुनेको संख्या बढ्न थालेको छ।, २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो। त्यसको एक वर्षमा नेपाल नागरिकता ऐन संशोधन विधेयक पारित नहुँदा हजारौँ नेपालीले स्वदेशमै राज्यविहीन भई बाँच्न बाध्य हुनुपरेको महिला, कानुन र विकास मञ्चले आज आयोजना गरेको राज्य विहीनतासम्बन्धी संयुक्त महासन्धिको अनुमोदनको आवश्यकता विषयक छलफलका वक्ताले सुनाएका थिए।, विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ।, प्रतिनिधिसभा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले संविधानमा सबै नेपाली नागरिकलाई नागरिकता दिने सुनिश्चित गरिए पनि ऐन संशोधन नहुँदा कार्यान्वयन हुन नसकेको बताए।, गर्भमा नौ महिना राखेर बच्चा जन्माउने आमाले नै आफ्ना नाममा सन्तानलाई नागरिकता दिन नसक्ने व्यवस्था कानुन संशोधन नभएकैले संस्थागत बनिरहेको उनले बताए।, ‘आमाका नाममा छोराछोरीलाई नागरिकता दिँदा भाञ्जाभाञ्जीले पनि नागरिकता पाउँछन् भन्ने डरले यस्तो व्यवस्था गरिनु न्यायोचित छैन, जन्मदर्ता र कोरोनाको खोप लगाउनसमेत नागरिकता चाहिने व्यवस्था छ, तर नागरिकता पाउन नसक्दा धेरैले राज्यविहीन भएर बाँच्नु परेको छ’, उनले भने।, देवानी र फौजदारी संहितामा केही विभेदकारी प्रावधान रहेकाले संशोधनको तयारीमा समिति लागेको जानकारी सभापति पोखरेलले गराएका थिए।, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आफ्नो कार्यालयमा नागरिकता पाउन नसकेको सम्बन्धमा दैनिक पाँचवटा मुद्दा आउने गरेको बताइन्।, राज्यविहीनताको समस्या जटिल बन्दै गएकाले संसदीय समितिले समाधानका लागि छिटो पहल गर्नुपर्नेमा उनले जोड दिएकी थिइन्।, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापाले बाबु नभएकै कारण लाखौँ बालबालिकाको जन्मदर्ता हुन नसकेको बताएकी थिइन्।, आयोगले प्रकाशन गर्न लागेको बाल अधिकारसम्बन्धी प्रतिवेदनमा यस्तो रहस्य खुलेको उनको भनाइ छ। महिलालगायतलाई विभेद् गरिएको देवानीसंहिता छिटोभन्दा छिटो संशोधन गर्ने गरी पहल गर्न उनले मानव अधिकार समितिका सभापति पोखरेलसँग माग गरेकी छन्।, मञ्चका अध्यक्ष गीता अर्याल, कार्यकारी निर्देशक सविन श्रेष्ठ, अधिवक्ता नवीनकुमार श्रेष्ठलगायतले विभिन्न कारण नागरिकता नपाई राज्यविहीन भएकामा आत्महत्याका घटना बढेकाले छिटो समस्या समाधानको पहल गरिदिन माग गरेका थिए।, नेपालगञ्ज र काठमाडौँमा एक/एक जनाले नागरिकता नपाएकै कारण आत्महत्या गरेको मञ्चले जनाएको छ। नागरिकता नहुँदा बैंक खाता खोल्न नपाउने, सिमकार्ड नपाउने, रोजगारी नपाउने भएकाले युवामा तनाव भई आत्महत्या गर्ने दुस्साहस गर्ने क्रम बढेकाले पनि समस्या समाधानमा छिटो पहल गरिनुपर्नेमा उनीहरूको जोड थियो।, मोरङको कानेपोखरीमा रहेका ३१ हजार सन्थाल जातिमध्ये ११ हजारसँग मात्र नागरिकता भेटिएको तथ्य अध्ययनका क्रममा फेला परेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए।, आमाका नाममा नागरिकता पाउने संवैधानिक व्यवस्था भए पनि ऐन संशोधन नभएकाले कार्यान्वयनमा असहजता आएको छ। सर्वोच्च अदालतमा मुद्दा दायर गरेर फैसला भएकाले मात्र आमाको नाममा नागरिकता पाएका छन्।, यसरी पाइएको नागरिकताको तल नोट भन्ने उल्लेख गरी अदालतको निर्णय अनुसार नागरिकता दिइएको वाक्यांश मितिसहित लेखिनुले पनि नागरिकको अपमान भएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए।, नागरिकता ऐन संशोधन विधेयकलाई प्राथमिकता दिएर अघि बढाइनुपर्नेमा सरोकार भएकाले माग गर्दै आएका छन्।, नागरिकता नपाएर राज्यविहीन हुने आधिकारिक तथ्याङ्क कुनैपनि निकायसँग छैन। गैरसरकारी क्षेत्रबाट भएको अध्ययनका आधारमा हजारौँले यो समस्या भोगिरहेका छन्। ,(रासस), कानुन संशोधन नहुँदा राज्यविहीन हुनेको संख्या बढ्दै
नारायण खड्का जिल्ला कारागार घोराहीका जेलर युवराज परियार जिल्ला प्रशासन कार्यालयमा तानिएका छन्।, कारागारका नाइके यमराज परियार भागेपछि जेलर परियारलाई जिम्मेवारीबाट मुक्त गरी आइतबारदेखि जिल्ला प्रशासन कार्यायमा तानिएको हो।, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अर्को व्यवस्था नहुँदासम्म जेलर परियारलाई जिल्ला प्रशासनमा हाजिर गराइएको सेतोपाटीलाई बताए।, ‘हाललाई जेलर परियारको जिम्मेवारी खोसिएको छ,’ प्रजिअ रेग्मीले भने ‘उहाँको जिम्मेवारी तत्काललाई तुलसीपुर कारागारका जेलर अमर वलीलाई हेर्ने गरी जिम्मेवारी प्रदान गरिएको छ।’, घटना अनुसन्धानमा सहज होस् भन्नका लागि घोराहीका जेलर परियारलाई तत्कालका लागि जिम्मेवारीबाट हटाउनु परेको रेग्मीले बताए।, बिहीबार बिहान ११ बजेतिर कारागारबाट स्वास्थ्य उपचारका लागि भनेर प्रहरी जवान धनबहादुर चौधरीले आफ्नो लु १४ प ४१० नम्बरको मोटरसाइकलबाट कारागारका नाइके यमराज परियारलाई उपचार गर्न लगेका थिए। त्यसपछि एउटा रेष्टुँरामा नास्ता खाने क्रममा नाइके परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर फरार भएका थिए।, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले कारागारका नाइके बिरामी नभए पनि छालाको उपचार गराउन भनेर अस्पताल लैजाने कुरा नै रहस्यमय भएको बताएका छन्। , राजपुर गाउँपालिका बेलका यमराज परियारले कतर्व्य ज्यान मुद्दामा साढे ७ वर्ष कैद भुक्तान गरिसकेका थिए। अदालतले उनलाई २० वर्ष कैद सजाय तोकेको थियो। , घोराही कारागारका नाइके परियार भागेपछि उनलाई उपचाका लागि मोटरसाइकलमा अस्पताल लैजाने प्रहरी जवान धनबहादुर चौधरीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।, परियारलाई भगाउन भूमिका खेलेको आशंकामा चौधरीबाहेक अन्य थप तीन जना सर्वसाधारणलाई पनि प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान गर्दै आएको छ।, परियारलाई भगाउन अन्य व्यक्ति पनि संलग्न रहेको देखिएको तथा उनीहरूको खोजी कार्य जारी रहेको जानकारी दिइएको छ।, परियारले भाग्न प्रयोग गरेको प्रहरी जवान चौधरीको मोटरसाइकल शुक्रबार लमही बजारदेखि केही माथिको जंगलमा फेला परेको थियो।, नाइके भागेपछि घोराही कारागारका जेलर तानिए जिल्ला प्रशासनमा