content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ। , उक्त प्रणाली आजदेखि पश्चिमी भूभागबाट विस्तारै बाहिरने क्रममा रहेकाले मौसममा सुधार हुने भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन्।, देशमा पश्चिमी न्यूनचापीय प...
सेतोपाटी संवाददाता बझाङमा दुई जना पुरूष मृत फेला परेका छन्।, छबिसपाथीभेरा गाउँपालिका–७ बुड्खोरीका ४३ बर्षीय  जंग धामी घरनजिकै नौपाते भन्ने ठाउँमा बिहीबार बिहान मृत फेला परेका हुन्। , यस्तै, सुर्मा गाउँपालिका-१ दौलीचौरका ४४ वर्षीय किट्टु बोहरा मंगलबारदेखि हराएकोमा बिहीबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जन...
सेतोपाटी संवाददाता झण्डै १२ लाख रुपैयाँमा सुन भनेर बेच्न खोज्ने दुई युवक बाँकेमा पक्राउ परेका छन्। , जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. ६ का २२ वर्षीय राजु कार्की र सोही गाउँपालिका वडा नं. ८ का २९ वर्षीय पूर्णबहादुर विक पक्राउ परेका छन्। , विस्कुटजस्तै आकारमा झन्डै ६ सय ग्राम बढी तौल भएको सुनजस्तो देखिने पहें...
सेतोपाटी संवाददाता बझाङमा नागरिकता बनाउन नक्कली कागजात बनाउने वडा अध्यक्षसहित पाँच जना पक्राउ परेका छन्।, जयपृथ्वी नगरपालिका–१ का वडा अध्यक्ष गगन सिंहलाई दोहोरो नागरिकता बनाउन सिफारिस गरेको आरोपमा पक्राउ गरिएको हो।, उनीसहित सो कार्यालयका वडा सचिव करण विक र लेखापाल अजयबहादुर सिंह पनि पक्राउ परेको र सोधपुछ भइरहेको जिल्ल...
सेतोपाटी संवाददाता पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्।, उनले वंशजको आधारमा बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएकी हुन्।, उनको नागरिकता सनाखत गर्न पूर्वयुवराज्ञी हिमानी शाह प्रशासनमा पुगेकी थिइन्।, नेपालको संविधान अनुसार बुवा वा आमा दुबैको नामबाट न...
रासस पछिल्ला दुई दिन सिमसिमे पानीसँगैको चिसो स्याँठले आहत खेपेका महोत्तरीबासीलाई आज बिहीबार एकाबिहानैको झलमल्ल घामले राहत दिएको छ। , मंगलबार मध्यरातपछि छिनछिनमा पर्ने सिमसिमे पानी र त्योसँगै बहने चिसो स्याँठले आहत भएका सर्वसाधारणलाई आज बिहानै झुल्केको पारिलो घामले राहत दिएको हो।, पारिलो घाम झुल्केसँगै अब चिसो अलि कम ह...
रासस अत्यधिक चिसो बढेसँगै प्रदेशबासीलाई जाडोबाट जोगाउन प्रदेश नम्बर २ सरकारले आवश्यक तयारी थालेको छ।, वर्षासँगै चिसो बढेपछि प्रदेश नम्बर २ सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमार्फत जाडो प्रभावितका लागि योजना बनाउन तयारी थालेको हो।  , आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले भने,‘चिसोबाट प्रभावितलाई न्यानो ल...
एजेन्सी छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ।, इन्डियन एक्प्रेसका अनुसार बुधबार भारतमा १३ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार भारतमा ९ हजार १ सय ९५ जनामा संक्रमण देखिएको थियो। यो अघिल्लो दिनको तुलनामा ४४ प्रतिशत बढी हो। सोमबार भारतमा ६ हजार ३ सय ५८ जनामा ...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिमा एक युवकको शव फेला परेको छ। , चन्द्रागिरि-४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। , बिहीबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, थानकोट वृत्तको टोली घटनास्थल ...
विवेक राई सरकारले आफ्ना नागरिकालाई कोरोना खोपको अतिरिक्त मात्रा दिने निर्णय गरेको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डाक्टर संगीता मिश्राले आवश्यकताका हिसाबले मानिसहरूलाई अतिरिक्त खोप दिन लागिएको जानकारी दिइन्। , प्रवक्ता मिश्राले अतिरिक्त खोप कहिलेबाट दिने भनेर थप निर्णय हुन बाँकी रहेको भन्दै सो कुरा खो...
भगवती पाण्डे आजभन्दा करिब पाँच दशकअघिको कुरा हो।, पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हुँदाताका बुटवलको बटौली बजार गुलजार थियो। त्यसमाथि उबेलै एउटा सिनेमा हल! , २०३१ सालतिरको कुरा हो, महेश्वरगोपाल लाकौलले आफ्नै घरमा सिनेमा हल खोलेका थिए। त्यसको नाम थियो- मिलन प्रकाश चलचित्र मन्दिर।, त्यति बेला नेपाली फिल्म फाट्टफु...
नारायण खड्का फरार घोराही कारागारका नाइके यमराज परियारलाई कारागार भित्रै रहँदा पनि बाहिर जस्तै हरेक कुरामा स्वतन्त्रता दिएको खुलेको छ।, बैंक खाता खोल्ने, एटिएम चलाउने, मोबाइल फोन बोक्नेलगायतका सुविधासमेत कारागारले उनलाई दिएको थियो।, कुनै पनि कैदी बन्दीले बैंक खता खोल्न नपाउने भए पनि उनले घोराहीस्थित माछापुच्छ्रे बैंकमा...
सेतोपाटी संवाददाता काठमाडौंलगायत देशका अधिकांश ठाउँमा वर्षा भएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि हल्कादेखि मध्यम वर्षा भएको छ।, देशभर नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जानकारी दिएको छ।, मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौंसहित देशभर वर्षा भइरहेको छ...
सेतोपाटी संवाददाता काठमाडौंलगायत देशका अधिकांश ठाउँमा वर्षा भएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि हल्कादेखि मध्यम वर्षा भएको छ।, देशभर नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जानकारी दिएको छ।, मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौंसहित देशभर वर्षा भइरहेको छ...
विनोद सापकोटा झापामा मोटरसाइकल अनियन्त्रित भएर रूखमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ।, दमक नगरपालिका २ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।, प्र १–०२–०४३प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रूखमा ठक्कर खाएको थियो।, मोटरसाइकल चालक खोटाङ चिसापानी ४ का २३ वर्षी...
रासस त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको सीमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको छ।, गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए।, उनकाअनुसार उक्त स्थानमा अहिले हिउँ परिर...
सेतोपाटी संवाददाता कपिलबस्तुमा ट्रक र बसले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना घाइते छन्।, गए राति ट्रक र बसले कार ठक्करलाई पालैपालो ठक्कर दिएको थियो।, पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका ४ दरखास्तमा भएको दुर्घटनामा बाणगंगा नगरपालिका १ पिपराका ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको छ...
एजेन्सी फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। युरोपकै सबैभन्दा बढी संक्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा १ लाख ७९ हजार ८०७ जनामा संक्रमण देखिएको छ ।, कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  फैलिएसँगै संक्रमितको संख्या दैनिक बढिरहेको छ।, फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ...
सेतोपाटी संवाददाता काठमाडौं-२६ मित्रनगरस्थित नयाँ बसपार्कमा ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पुस १३ गते रातिदेखि १४ गतेसम्म महिलामाथि सामूहिक बलात्कार भएको हो।, महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आठ जनालाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको छ।, मंगलबार र...
रोहित महतो मिथिलाक्षेत्र तिर महोत्तरीको मटिहानीको आफ्नै रामकहानी छ।, प्रदेश २ को जनकपुरधामबाट १५ किलोमिटर पश्चिम–दक्षिण पर्ने महोत्तरीको सदरमुकाम जलेश्वर हुँदै पूर्व–दक्षिणतर्फ हिँडेपछि पुगिन्छ मटिहानी बजार।, त्रेतायुगमा राम र सीताको विवाह हुँदा मडवा (मण्डप) का लागि वेदी बनाउन यहीँबाट माटो खनेर लगिएको किम्बदन्ती छ। मट...
सेतोपाटी संवाददाता गएरातिदेखि परेको वर्षाका कारण भिजिबिलिटी कम हुँदा नेपालको आन्तरिक हवाई सेवा प्रभावित भएको छ। , निरन्तरको वर्षा र हिउँका कारण उच्च पहाडी क्षेत्रका विमानस्थल बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।, एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित...
रासस पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू-भागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भू-भागमा हिमपात भइरहेको छ।, यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गंगा नगरकोटीले बताइन्।, 'सो प्रणाली बिहीबारदेखि क्रमिक रूपमा कमजोर बन्दै जाने देखिएको छ', उनले भनिन्।, हाल देशभर सामान्यदेखि पूर्ण बदली ...
सेतोपाटी संवाददाता शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ।, आज आयोगले १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुला गरेको हो।, आयोगले जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षकको संख्या नै उल्लेख गरेर आवेदन माग गरेको छ।, माघ १३ गतेसम्म आवेदन फारम भर्न सकिन्छ भने चैत १९ गतेद...
सेतोपाटी संवाददाता नयाँ बसपार्कमा सामूहिक बलात्कारमा परेकी महिला सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी थिइन्।, उनी १२ गते बिहान काठमाडौं आइपुगेकी थिइन्। उनी काठमाडौं-२६ मित्रनगरमा गेष्ट हाउसमा बसेकी थिइन्। , प्रहरीका अनुसार उनी जुन दिन आइन्, त्यसै दिन सामूहिक बलात्कारमा परेकी थिइन्। , उनलाई १२ गते साँझदेखि १३ गते बिहानस...
रासस चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। सोही अवधिमा विभिन्न जनावरको आक्रमणमा परी २९ जना घाइते भएका छन्।, निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा गैंडा, हात्ती, बँदेल र गौरीगाईको ...
सेतोपाटी संवाददाता ओमिक्रोन भेरियन्टका कारण विश्वभर कोरोनाभाइरसको संक्रमण अहिलेसम्मकै उच्च भएको छ।, वर्ल्डोमिटरका अनुसार पुस १३ गते संसारभर एकैदिन १२ लाख २२ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ।, संयुक्त राज्य अमेरिका र युरोपका विभिन्न मुलुकमा कोरोनाको संक्रमण ह्वात्तै बढेको हो। मंगलबार अमेरिका ३ लाख १२ हजार, बेलाय...
रासस बालबालिकाले निर्वाध रूपमा पढ्न पाउने विश्वव्यापी अधिकारको सम्मानसहित विद्यालयलाई राजनीतिक दलगत हस्तक्षेपबाट मुक्त गर्दै शान्ति क्षेत्र बनाउने प्रतिबद्धता गरेका प्रमुख दल र संगठनबाटै पटक-पटक त्यसको उल्लंघन हुने गरेको छ।, नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३१ को शिक्षासम्बन्धी हक, बालबालिकासम्बन्धी ऐन २०७५ को ...
सेतोपाटी संवाददाता बुधबार बिहानैदेखि परेको हिउँदे वर्षाले देशभरजस्तै रूपन्देहीमा पनि चिसो बढाएको छ। रूपन्देहीको बुटवल, भैरहवालगायत आसपासका जिल्लामा बिहानैदेखि परेको वर्षाले जनजीवन प्रभावित बनेको छ।, तराईका जिल्लामा वर्षा भएको छ भने पहाडी जिल्लामा हिमपात समेत भएकोले एक्कासि चिसो बढेको हो।, रूपन्देहीमा दिनभरि नै पानी पर...
राजेश घिमिरे डिसेम्बर २४ का दिन सहरमा क्रिसमसको रन्को थियो। होटल, रेष्टुराँ, सुपरमार्केटहरू ‘एक्समस ट्री’, ‘सान्ता क्लस’ र झिलीमिली बत्तीले सजिएका थिए। जहाँ बालबालिका, युवा युवतीदेखि वृद्धवृद्धासम्म झुमेका देखिन्थे। , ‘क्रिसमस इभ’को रातमा ठाउँ-ठाउँमा सांगीतिक कार्यक्रम आयोजना गरिएका थिए। हिन्दू, बौद्ध धर्मका अनुयायीसम...
सेतोपाटी संवाददाता सर्लाहीमा प्रहरीको गोली लागेर घाइते भएका एक किशोरको काठमाडौंमा उपचार भइरहेको छ।, ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय सजयकुमार महतो घाइते भएका हुन्। आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा उनको बायाँ घुँडामूनि गोली लागेको इलाका प्रहरी कार्यालय केशरजंगका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी...
सेतोपाटी संवाददाता नयाँ बसपार्कमा भएको सामूहिक बलात्कार घटनाका अर्का आरोपी पनि पक्राउ परेका छन्। प्रहरी यसअघि ८ जनालाई पक्राउ गरेको थियो। , एक जना फरार रहेकोमा बुधबार अपराह्न पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। , सोमबार साँझदेखि मंगलबारसम्म काठमाडौं-२६ मित्रनग...
निर्मला घिमिरे जोरपाटी–सुन्दरीजल मर्मत तथा विस्तार सुरू भएको पाँच वर्ष बित्यो। तर हालसम्म उक्त सडकको काम सकिएको छैन।, करिब ६ मिटर चौडा यो सडक खण्ड २०७३ असारमा २२ मिटरमा विस्तार गर्ने गरी ठेक्का लगाइएको थियो। गोकर्णेश्वर नगरपालिकाले सडक विभागसँग सम्झौता गरी २०७४ सालमा मर्मत तथा विस्तार काम सुरू गरेको थियो।, काठमाडौं उप...
सेतोपाटी संवाददाता नेपालमा थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २२० जना संक्रमित थपिएका हुन्, पछिल्लो २४ घण्टामा ७ हजार ६०८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ४३३ जनाको पिसिआर परीक्षण र ११७५ जनाको एन्टिजेन परीक्षण गरिएको ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले राजश्व संकलनमा उल्लेख्य सुधार गरेको तथ्यांक सार्वजनिक गरेको छ।, आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको कार्यप्रगति सार्वजनिक गर्दै प्रहरीले शतप्रतिशत राजश्व संकलन पृद्धिको तथ्यांक सार्वजनिक गरेको हो। , केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सोमबार पत्रकार सम...
एजेन्सी पश्चिम अफ्रिकी मुलुक सेनेगलको राजधानी डाकरबाट सोमबारदेखि विद्युतीय रेल चल्न थालेको छ।, समाचार संस्था रोयटर्सका अनुसार, डाकरदेखि ४० किलोमिटर टाढाको सहर डायमनिआडिओलाई जोड्ने रेलको सोमबार राष्ट्रपति म्याकी सालले उद्घाटन गरेका छन्।, सन् १९६० मा फ्रान्सको उपनिवेशबाट स्वतन्त्र भएको सेनेगलले पहिलो पटक आफैंले नयाँ रेल...
डा. निमेश पौडेल हाम्रो शरीरको ७० प्रतिशत अंग पानीले बनेको हुन्छ। पानी धेरै उद्धेश्यका लागि प्रयोग गरिन्छ। खाना पकाउने, कपडा धुने, नुहाउने सबै कामका लागि पानीको आवश्यकता पर्छ। सबैभन्दा महत्वपूर्ण कुरा पिउने पानीको हो।, सामान्य व्यक्तिले (पुरूष या महिला) दिनमा दुईदेखि तीन लिटर पानी पिउनुपर्ने हुन्छ। तर, यो एकै चोटी पिउन...
रासस बैतडीको इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई पक्राउ गरेको छ।, सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।, ऐरलाई प्रहरीले घर नजिकैबाट सोमबार पक्राउ गरेको जनाएको छ।...
रासस प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ।, धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ।, पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य,...
सविता बुढा केही समय अघिसम्म बझाङको बुंगल नगरपालिकास्थित भगवती माध्यामिक विद्यालयमा पढ्ने धेरैजसो बालबालिका खाजा समयपछिका कक्षा हापेर हिँडिदिन्थे। कक्षामा बसेका साना विद्यार्थीको पनि ध्यानसमेत पढाइमा हुन्नथ्यो।, यस्तो समस्याले शिक्षकहरू हैरान थिए।, तीन महिनाअघि पाँच कक्षासम्मका विद्यार्थीलाई स्कुलमै खाना खुवाउने कार्यक...
रासस जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा साविक गौश्वारा गाविस–७ र हाल दोरम्बा शैलुङ गाउँपालिका–४ का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताए।, निज प्रतिवादीसमेत च...
रासस चितवनका भित्री सडकमा सवारी दुर्घटनाको जोखिम बढी हुने गरेको छ।, पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने मुख्य राजमार्गभन्दा भित्री सडक बढी जोखिम हुने गरेको पाइन्छ।, चालु आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्म सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको छ।, २५ जनाको भित्री सडकमा भएको सवारी दुर्घटनामा ज्यान गएको हो।, यही अवधि...
रासस भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेपछि झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ।, गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नं ५ मल्कवाङ र ६ मराङका उपभोक्ता समितिलाई लक्ष्य गरेर सोमबारदेखि मराङब...
सेतोपाटी संवाददाता प्रतिकूल मौसमका कारण नेपालको हवाई सेवा प्रभावित भएको छ। , खराब मौसमका कारण मंगलबार काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको विमानस्थलले जानकारी दिएको छ। , मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएका हुन्। ...
सेतोपाटी संवाददाता नेपालका डा सम्मृद्ध कार्कीले भारतमा पोस्ट डक्टरेट अध्ययनका लागि छात्रवृत्ति पाएका छन्। कार्डियो थोरासिक भास्कुलर सर्जरी अध्ययनका लागि उनले विदेशी विद्यार्थीका रूपमा आफ्नो नाम सुरक्षित गरेका हुन् । , उत्तरी र दक्षिणी भारतका प्रतिष्ठित चिकित्सा विश्वविद्यालयहरू (एम्स, पीजीआईएमईआर, एससीआईटी) मा भास्कुल...
राजु अधिकारी सप्तकोशी डेभलपमेन्ट बैंकमा  हिनामिना भएको १५ करोड ७० लाख रुपैयाँ बैंककै प्रमुख कार्यकारी अधिकृतका आफन्तको नाममा जम्मा भएको खुलेको छ ।, यसले बैंककै उच्च अधिकारीहरूकै संलग्नतामा रकम हिनामिना भएको रहस्य खुलेको हो। , सप्तकोशी बैंककै कर्मचारी वृत्तबाट नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा यो कुरा उल्लेख छ। बेनामी...
सेतोपाटी संवाददाता सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको मृत्यु घटनाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको छ।, मन्त्रालयले मंगलबार घटनाको सत्यतथ्य पत्ता लगाउन सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति समिति गठन गरेको हो।, मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले समि...
सेतोपाटी संवाददाता कैलालीमा रोकिराखेको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। , गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किन गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।, लम्कीचुहा नगरपालिका-५ तिलकपुर बस्ने ४२ वर्षीय सुरेश बुढाको दुर्घटनामा मृत्यु भएको हो। मंगलबा...
सेतोपाटी संवाददाता जुम्लामा एक जनाको शव फेला परेको छ। , जिल्लाको चन्दननाथ नगरापलिका-१ कुलालवाडामा सोही ठाउँका ५६ वर्षीय सेतो कुलालको शव फेला परेको हो।, निर्माणाधीन एमाले जिल्ला पार्टी कार्यालयको जग हालेको ठाउँ नजिक उनको शव फेला परेको जिल्ल प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दले ज...
सेतोपाटी संवाददाता मकवानपुरबाट साढे ६९ किलो लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, हेटौडा उपमहानगरपालिका-१ पालुङ बसपार्कबाट तीन जनालाई लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए। , गाँजा फेला परेपछि प्रहरीले कैलाश गाउँपालिका-५ कटहरे घर भई हाल ...
सेतोपाटी संवाददाता सुनसरीबाट दुई थान स्वचालित पेस्तोलसहित दुई जना भारतीय पक्राउ परेका छन्।, पक्राउ पर्नेमा भारत अररिया बासमतिया-६ का ३५ वर्षीय विद्यानन्द राम र बासमतिया-२ का ३१ वर्षीय हसम अन्सारी छन्।, कोसी गाउँपालिका-१ लौकहीबाट प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।, बिआर५०के ०१४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूल...
सेतोपाटी संवाददाता कैलालीमा हाइस गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।, पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका-१० बलियामा मंगलबार बिहान शुक्लाफाँटा यातायात प्रा.लि. को बा ५ ख ८९०० नम्बरको हाइस दुर्घटना भएको हो।, नेपालगञ्जदेखि महेन्द्रनगर आइरहेको उक्त हाइस अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १४९ जना कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, भक्तपुरमा ८, ललितपुरमा २९ र काठमाडौं ११२ गरी १४९ संक्रमित थपिएका हुन्।, योसँगै उपत्यकामा १९३१ सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ८१५, भक्तपुरम...
सेतोपाटी संवाददाता पर्सा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।, मंगलबार बिहान प्रहरीले वीरगन्व महानगरपालिका-१३ बाट १९ वर्यीय विक्रम सर्राफलाई पक्राउ गरेको हो।, शंकास्पद रूपमा हिँडिरहेका सर्राफले बोकेको झोला चेकजाँच गर्दा नुफ्रिन ३५० एम्पुल, डाइजिपाम ३५० एम्पुल र फेनारगन ३५० एम्पुल बरामद भएको पर्साका प्रहरी उप...
सेतोपाटी संवाददाता नेपालमा थप २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २६४ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १२ हजार ५६६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार ५३६ जनाको पिसिआर परीक्षण र ४०३० जनाको एन्टिजेन परीक्षण गरिए...
भगवती पाण्डे आँखामा कालो चस्मा र रातो सल ओढेर बुटवल उपमहानगरपालिकाको सभाहलमा लालपुर्जा लिन पुगेकी वडा नं. २ भिमसेन टोलकी कमलामाया शाक्य सोमबार धेरै खुसी देखिन्थिन्।, आँखाको कमजोर दृष्टिका कारण सहयोगीको हात समाउँदै गएकी कमलाको अनुहारमा भने अन्य दिनको भन्दा भिन्दै चमक देखिन्थ्यो।, साविक बुटवल ४ कित्ता नंं. १११ मा घर बना...
सेतोपाटी संवाददाता रौतहटमा भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। , गरूडा नगरपालिका वडा नम्बर १ जयनगरमा मंगलबार अपराह्न सवा ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। , प्रहरीका अनुसार जीपमा सात जना सवार थिए। त्यसमध्ये चार...
रासस एउटा गोठजस्तो आधा भागमात्र भएको घर। घरको छानोपट्टिको भाग छैन। ढुंगाका गारो पनि हार नमिलेको मकैको दानाजस्तै। आधा भागमात्र भए पनि पालले छोपिएको छ। घरको सिकुवामा कुकुर छ। घर चुहिन थालेसँगै मान्छेले घर छाड्यो तर कुकुर भने त्यहीँ छ।  , ताप्लेजुङ, फक्ताङ्लुङ गाउँपालिका-४ खानी गाउँका पूर्णबहादुर तामाङको त्यो घर पनि गत व...
सेतोपाटी संवाददाता जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्णतया बदली र तराईका भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै हिमाली तथा उच्च पहाडी भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।, आइतबारदेखि पश्चिमी नेपालबाट प्रवेश गरे...
रासस सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ। , स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयबासी शुभनारायण यादवले जनाकारी दिए। घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भन...
विवेक राई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड बढी कोरोनाविरूद्धको खोप थन्किएर बसेपछि तत्काल थप खोप नल्याउने रणनीति बनाएको छ।, मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार भएका खोप सकिएपछि मात्र थप खोप आयात गर्ने मन्त्रालयको योजना रहेको छ।, 'हामीसँग स्टोरमा भएका खोपहरू चाँडै नै सक्ने गरी योजना बनाएक...
सेतोपाटी संवाददाता सोलुखुम्बुमा निर्माणाधीन जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप बिस्फोट भएर दुई जना इन्जिनियरको मृत्यु भएको छ।, ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना परीक्षणका क्रममा आइतबार दुई जना इन्जिनियरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।, आइतबार अपराह्न भएको घटनामा माछापुच्छ्...
नारायण खड्का प्रहरीकै मोटरसाइकल चढेर फरार भएका घोराही कारागारका नाइके २८ वर्षीय यमराज परियार प्रहरी जवान धनबहादुर चौधरीलाई युवतिसँगै होटेलको कोठामा बाहिरबाट चुकुल लगाएर भागेको खुल्न आएको छ। , बिहिबार बिहान करिब ११ बजे कारागारबाट उपचार गराउन भनेर परियारलाई प्रहरी जवान चौधरीले आफ्नै मोटरसाइकलमा लिएर गएका थिए।, अस्पताल ज...
रासस काठमाडौंको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। , कागेश्वर मनोहरा नगरपालिका-८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको ...
सेतोपाटी संवाददाता काठमाडौंमा एक महिला मृत फेला परेकी छन्। , सोमबार बिहान कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ गागल फेदीस्थित सडक छेउमा एक महिला मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , मृत फेला पर्नेमा ३३ वर्षीया धनमाया लामा हुन्। लामा त्यही ठाउँकी स्थानीय हुन...
सेतोपाटी संवाददाता सरकारले विद्यालय तहका विद्यार्थीको मूल्यांकनमा थप कडाइ गरेको छ।, कक्षा १ देखि १२ सम्म एकै मापदण्ड लागू गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माथिल्लो कक्षामा पढ्न कम्तीमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने व्यवस्था लागू गरेको छ।, पुस ७ मा शिक्षा मन्त्री देवेन्द्र पौडेल ‘सुनिल’ले मन्त्रीस्तरीय निर्...
एजेन्सी दक्षिण अमेरिकी मुलुक ब्राजिलमा हप्तौंदेखिको अविरल वर्षाले दुई वटा बाँध भत्किएका छन्।  , उत्तरपूर्वी राज्य बाहियामा रहेको दुई वटा बाँध भारी वर्षाका कारण भत्किएको समाचार संस्था रोयटर्सले जनाएको छ। भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेको छ। यस्तै शहरहरूमा पनि बाढी पसेको छ। , भिटोरिया-दा- कनक्विस्टाको भेररूगा...
सेतोपाटी संवाददाता युट्युबमा अश्लिलता झल्काउने सामाग्री प्रसारण गरेको आरोपमा एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। , नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङ घर भई हाल काठमाडौं महानगरपालिका अनामनगर बस्ने ३१ वर्षीय रामबहादुर मल्ललाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।, उनलाई प्रहरीले ...
सेतोपाटी संवाददाता नेपालमा थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २७१ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ८८६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार १५७ जनाको पिसिआर परीक्षण र १७२९ जनाको एन्टिजेन परीक्षण गरिएक...
सेतोपाटी संवाददाता काठमाडौंको यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट शंकास्पद ९ विचौलियालाई प्रहरीले पक्राउ गरेको छ।, सोमबार बिहान ११ बजे चन्द्रागिरि नगरपालिका-५ स्थित कार्यालयबाट ९ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , लाइसेन्स, ब्लुबुक लगायत कागजातहरूक...
सेतोपाटी संवाददाता जिल्ला कारागार घोराहीका जेलर युवराज परियारविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ।, कारागारका नाइके यमराज परियार भागेपछि जिम्मेवारीबाट मुक्त गरी आइतबारदेखि जिल्ला प्रशासन कार्यालयमा तानिएका जेलर परियारलाई जिल्ला अदालत दाङले सोमबार पक्राउ पुर्जी जारी गरेको हो।, जेलर परियारकोसमेत उक्त घटनामा मिलेमत...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले मलेसियासहित ६ देशमा प्रहरी संयन्त्र (सहचारी) राख्न प्रस्ताव गरेको छ। , प्रस्ताव गरिएका मुलुकमा कतार, साउदी, मलेसिया, चीन, बंगलादेश र युएई छन्। प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्र संघ स्थायी प्रतिनिधिको कार्यालयमा पनि एसएसपी दरबन्दी रहने गरी प्रस्ताव गृह मन्त्रालयमा पठाए...
शेरबहादुर सिंह/रासस साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित नेपाल-भारत सीमा क्षेत्रको विवादमा गोविन्द गौतम शहीद बने।, उक्त नगरपालिकाको वडा नं ४ कारगिलडाँडा नजिकै नेपाली भू-भागमा कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गौतमले सीमामै शहादत प्राप्त गरेका थिए।, सिंगो मुलुकको ध्य...
सेतोपाटी संवाददाता सरकारले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिने तयारी गरिरहँदा खोप लगाउन आवश्यक पर्ने सिरिन्ज नआउँदा तत्काललाई सो कार्य स्थगित भएको छ।  , खोप शाखाका प्रमुख सागर दाहालले फाइजर खोपलाई आवश्यक पर्ने सिरिन्ज आउने मिति टुंगो नभएकाले तत्काललाई खोप लगाउने कार्य स्थगित गर्नु परेको जानकारी दिए।, उन...
युवराज श्रेष्ठ दिनभरि खेतमा काम गर्दा तिर्खाएका खेतालाले घरबाट लगेको पानी मध्यान्ह नहुँदै सकिन्थ्यो। नजिकै पानीको मूल थिएन।, फेवाफाँट भरिका खेताला गुणनिधि बरालकै घरमा पानी मागेर खान्थे।, असारताका बिहानदेखि बेलुका घाम अस्ताउँदासम्मै खेतभरि खेताला भरिन्थे। विन्ध्यावासिनीदेखि एक घन्टा बढी हिँडेर खेत रोप्न फेवाफाँट जान्थे...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका छन्।, सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका हुन्। , उनले कोरोनाका कारण बुवाआमा गुमाएका बालबालिकाहरू...
नारायण खड्का जिल्ला कारागार घोराहीका जेलर युवराज परियारविरूद्ध  पक्राउ पुर्जी जारी भएको छ। , जिल्ला अदालत दाङले परियारलाई पक्राउ गर्न सोमबार बेलुका पक्राउ पुर्जी जारी गरेको घोराही कारागारको समेत जिम्मेवारी सम्हालेका अमर वलीले जानकारी दिए। , त्यस्तै, घोराहीमा कार्यरत एक जना प्रहरीका असई र एक जना हवल्दारविरूद्ध पनि पक्र...
सेतोपाटी संवाददाता लामो समयसम्म दक्षिण अफ्रिकामा रंगभेदविरूद्ध लडेका डेसमन्ड टुटुको शनिबार निधन भयो। सन् १९८४ को नोबेल शान्ति पुरस्कार विजेता टुटु ९० वर्षका थिए।  टुटुले रंगभेदी आन्दोलनमा नेल्सन मण्डेलासँग मिलेर काम गरेका थिए।, केप टाउनमा आगामी जनवरी १ मा उनको अन्त्येष्टि गरिने छ। त्यसअघि उनको सम्मानमा दक्षिण अफ्रिकाभ...
सेतोपाटी संवाददाता काठमाडौं प्रवेश गर्ने नाकाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , फर्पिङ नाका र नागढुंगाबाट सोमबारमात्रै तीन जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो।, सोमबार अपराह्न साढे ४ बजे दक्षिणकाली नगरपालिका-५ फर्पिङ नाकाबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरी...
राजेश घिमिरे आइतबार बिहान ५ बजे कुखुरा भालेको डाँकोसँगै निद्रा खुल्यो।, नित्यकर्म सकेर कान्देश्वरी आधारभूत विद्यालयको कुमार बलराम स्मृति छात्राबासबाट म ओरालो लागें। जुनेली रात भए पनि ठूला-ठूला रूखले जुनको प्रकाश छोपिदिएका थिए।, विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले टर्च लाइट बालेर गोरेटो देखाइदिए।, छात्राबासबाट क...
खिलानाथ ढकाल काभ्रेको धुलिखेल नगरपालिका-४ का २९ वर्षीय अर्जुन थापाले गर्भवती श्रीमतीसँग भनेका थिए, 'म २० गतेसम्ममा आइपुग्छु।', चिकित्सकले प्रसूति हुने मिति माघ ४ गते भनेका थिए। तर त्योभन्दा अगाडि नै हुनसक्ने पनि भनेकाले थापा पहिलो सन्तान जन्मिने बेला घर आउन खोज्दै थिए।, ‘दुई-चार दिनअघि बुहारीलाई २० गते आउँछु भनेको रहे...
नारायण खड्का घोराही कारागारका नाइके यमराज परियार फरार प्रकरणमा कारागारका जेलरसहित सात जना पक्राउ परेका छन्। , घोराहीका जेलर युवराज परियार, कारागारका असई रुद्रबहादुर सेन, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, घोराही उपमहानगरपालिका वडा नं. १६ रतनपुरकी विपाशा चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ ...
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगर-४ की एलिसा बम पुस ९ गते बेलुकी ७ बजेतिर आवास क्षेत्रमा रहेको शुभलक्ष्मी अस्पतालबाट घर फर्किँदै थिइन्।, उनी हिँड्दै बसपार्कको उत्तरतर्फ गेटनजिक पुगिन्। त्यहाँबाट उनलाई घरसम्म हिँडेर पुग्न कम्तिमा २० मिनेट लाग्थ्यो।, बसपार्कको उत्तर गेटमै एलिसा आएकै बाटोतर्फबाट दुई जना युवक मोटरसाइकलम...
नारायण खड्का नाइके यमराज परियार भागेपछि प्रहरी नियन्त्रणमा रहेका घोराही कारागारका जेलर यमराज परियारले प्रक्रिया मिचेरै यमराजलाई चौकीदारको जिम्मेवारी समेत दिएको प्रमाण फेला परेको छ।, नेपाल सरकार कारागार व्यवस्थापन विभागको चलानी नं. ३७४ को पत्रअनुसार भदौ २२ गते घोराही कारागारभित्र ब्लक ‘ए’को चौकीदार रिगल ढकाल र ब्लक ‘बी...
सेतोपाटी संवाददाता सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन्। बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा नेपाली सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन् ।, विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरूलाई पुनः अवसर दिँदै प्रतिस्पर्धा गराइएको हो। प्रतिस्पर्धामा सन् २०२० क...
सेतोपाटी संवाददाता झापाको कचनकवल गाउँपालिका-२ स्थित सडक खण्डमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते रहेको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा झापा कचनकवल गाउँपालिका-४ का ४० वर्षीय शेषलाल राजवंशी रहेका छन्।, शनिबार दिउँसो साढे बाह्र बजे डब्लु बी ७४प ९७१७ नम्बरको मोटरसाइकल र मे४प ९५...
रासस प्रहरी र अर्काे एक सर्वसाधारणलाई धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रामेछापको मन्थली लिखु घर भई हाल जरङ्खु बस्ने वर्ष २९ को शनि तामाङ छन्। , काठमाडौं तार्केश्वर नगरपालिका-८ शेषमतीस्थित लामबजार नजिक सामान्य विषयमा विवाद हुँदा उनले सोही ठाउँका २९ वर्षीय सुवास तामाङलाई ...
सेतोपाटी संवाददाता यो साता देशको अधिकांश भू-भागमा अधिकतम् तथा न्यूनतम् तापक्रम घट्ने भएको छ।, पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू-भागमा अधिकतम् तथा न्यूनतम् तापक्रममा गिरावट आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, साताको सुरूमा देशको उच्च पहाडी तथा हिमाली...
सेतोपाटी संवाददाता झापाको दमक नगरपालिका-१ स्थित रतुवा खोलाको बगरबाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा इलाम माङसेबुङ गाउँपालिका-६ का ४६ वर्षीय वीरकुमार राई रहेका छन्।, अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ती टोलीले खोला बगरमा शंकास्पद अवस्थामा हिँडिरहेका राईको साथबाट ८ किलोग्रा...
सेतोपाटी संवाददाता दाङ-सल्यान सडकखण्ड आइतबारदेखि दैनिक ८ घन्टा बन्द हुने भएको छ।, आइतबार बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सडक बन्द हुने भएको छ। , जीर्ण सडक निर्माण गर्न १५ दिनसम्म  दैनिक ३ पटक गरि ८ घण्टा सडकखण्ड बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्...
सेतोपाटी संवाददाता यो साता मुलुकभर चिसो बढ्ने छ। अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने  जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।, साताको पहिलो दिन आइतबार देशको उच्च पहाडी तथा हिमाली भू–भागमा ...
रासस गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ।, बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ । विसं २०२२ मै प्रकाशन भएको ‘छोटकरी रामायण’ पहिलो संस्करण सकिएपछ...
रासस भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुसको सुरुआतमै हिमपात भएको हो ।, पाँचथरमा पर्ने ति...
सेतोपाटी संवाददाता पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पाकेटमारी गर्ने गरेको आरोपमा एक महिला र एक पुरूष गरी दुई जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो।, २६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू भारतीय नागरिक हुन्।, पक्राउ परेकाहरूसँग सोधपुछ ग...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको छ। नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटल...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले नागरिक सचेतना अभियान सुरू गरेको छ। , नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशनअनुसार ‘स्वच्छ, सुन्दर ललितपुर’ भन्ने नारासहित नगर प्रहरीले एक साता लामो सचेतना अभियान आइतबारबाट सुरू गरेको हो।, सचेतना अभियान अन्तर्गत पहिलो दिन आज ललितपुर नगर प्रहरीले सचेतना जगाउने प्लेकार्ड र माइकिङसह...
सेतोपाटी संवाददाता राहदानी विभागले दैनिक ८ सयका दरले अहिले विद्युतीय राहदानी (इ-पासपोर्ट) जारी गरिरहेको छ।, गत मंसिर १ गते इ-पासपोर्ट जारी गर्न सुरू भएको भएको। अहिलेसम्म ६ हजार जनाले इ-पासपोर्ट पाइसकेको राहदानी विभागले जनाएको छ।, विभागका प्रवक्ता शरदराज आरनका अनुसार अहिले दैनिक ८ सय वटा इ-पासपोर्ट जारी हुँदै आएकोमा बढ...
सेतोपाटी संवाददाता बसको ठक्करबाट नवलपरासीमा एक जना पैदल यात्रीको मृत्यु भएको छ।, आज बिहान करिब ५:४० मा नवलपरासी रामग्राम नगरपालिका १ निलोगेटस्थित सुनवल परासी सडकखण्डमा बसको ठक्करले पैदलयात्रीको मृत्यु भएको हो।, लु २ ख ४०५५ नम्बरको बसले पैदल यात्रीहरुलाई ठक्कर दिँदा एक जनाको मृत्यु र तीन जना घाइते भएको प्रहरीले जनाएको ...
सेतोपाटी संवाददाता काठमाडौंको नागढुंगाबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ। , आइतबार बिहान पौने ४ बजे चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुंगा चेक पोइन्टबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ। , विरगंजबाट काठमाडौं आउँदै गरेको ना ८ ख ४६८० नम्बरको यात्रुबाहक बसमा प्रहरीले ...
पूर्णप्रसाद मिश्र नेपालको संविधान २०७२ सँग बाझिएका कानुन एक वर्षभित्र संशोधन गरिसक्नुपर्ने संविधानको धारा ३०४ मा व्यवस्था छ। तर वर्षै वितिसक्दा पनि कार्यान्वयन नभएपछि राज्यविहीन भई जीवन बिताउन बाध्य हुनेको संख्या बढ्न थालेको छ।, २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो। त्यसको एक वर्षमा नेपाल नागरिकता ऐन स...
नारायण खड्का जिल्ला कारागार घोराहीका जेलर युवराज परियार जिल्ला प्रशासन कार्यालयमा तानिएका छन्।, कारागारका नाइके यमराज परियार भागेपछि जेलर परियारलाई जिम्मेवारीबाट मुक्त गरी आइतबारदेखि जिल्ला प्रशासन कार्यायमा तानिएको हो।, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अर्को व्यवस्था नहुँदासम्म जेलर परियारलाई जिल्ला प्रशासनमा ह...