content
stringlengths
20
64.1k
सविना कार्की कुनै बेला विद्यार्थी नभएर ओझेलमा पर्दै गएको देशकै जेठो विद्यालय अहिले भरिभराउ छ। विसं १९१० सालमा स्थापित दरबार हाइस्कुलमा पोहोरसम्म जम्मा एक सय ७० विद्यार्थी भर्ना थिए। यसपालि बढेर छ सयभन्दा बढी भएका छन्।, नयाँ भवन बनेपछि स्कुलमा विद्यार्थीको आकर्षण बढेको दरबार हाइस्कुलकी प्रधानाध्यापक शारदा पौडेल बताउँछि...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ११३ जना कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, भक्तपुरमा ८, ललितपुरमा २८ र काठमाडौं ७७ गरी ११३ संक्रमित थपिएका हुन्।, योसँगै उपत्यकामा १८६० सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ७४५, भक्तपुरमा...
सेतोपाटी संवाददाता काठमाडौंको हलचोकमा चितुवा फेला परेको छ।, हलचोकभित्र रहेको सशस्त्र प्रहरी बल (एपिएफ) को हेडक्वाटरमा देखिएको उक्त चितुवालाई नियन्त्रणमा लिइएको छ। , ‘आज बिहान करिब ६ बजे हलचोकभित्र चितुवा देखिएपछि नियन्त्रणमा लिइएको छ,’ महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक मिलन केसीले भने।, उक्त चितुवा...
सेतोपाटी संवाददाता नेपालमा थप २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २१९ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ६७७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७१८० जनाको पिसिआर परीक्षण र २४९७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।...
दिपकजंग शाही हुम्लाका चन्द्रबहादुर कामी र मुगुकी रमिला मल्ललाई अभिभावकको जिम्मा लगाईएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लामा दुवै पक्षलाई अभिभावकसहित राखेर सोधपुछ गरेपछि अभिभावकलाई जिम्मा लगाईएको हो।, चन्द्रबहादुरको घरमा बसिरहेकी रमिलालाई उनको गाउँका मानिस आएर लगेपछि चन्द्रबहादुर रहस्यमय तरिकारले सम्पर्कविहिन भएका थिए।,...
शर्मिला पाठक/रासस यहीँ पुस १६ गतेदेखि सर्वसाधारणका लागि वसन्तपुरमा रहेको ऐतिहासिक गद्दी बैठक खुला हुने भएको छ।, भूकम्पका कारण आंशिक क्षति भएको गद्दी बैठक जिर्णोद्धार सम्पन्न भइसकेको छ। मर्मतपछि ऐतिहासिक उक्त बैठक ग्यालरीसहित सञ्चालन गर्न लागिएको हो । , ग्यालरीमा पृथ्वीनारायण शाहले एकीकरण गरेदेखि हालसम्म आइपुग्दा राजनी...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक सुशील यादव मृत फेला परेका छन्।, संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत यादव शुक्रबार मध्याह्न क्वार्टरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले पुष्टी गरे।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार यादव झुन्डिएको अवस्थामा दे...
सेतोपाटी संवाददाता रूपन्देहीमा ७ करोड बढी रकम खर्च गरेर निर्माण भएको प्रवेशद्वारको उद्घाटन गरिएको छ। , सिद्धार्थनगर नगरपालिका-१ स्थित डण्डा खोला नजिक निर्माण गरिएको उक्त प्रवेशद्वारको पूर्वमन्त्री एवं रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले आइतबार उद्घाटन गरेका हुन्।, नगरपालिकाले ७ करोड ९ लाख २...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले बाराको लार्ज ट्रेड लिंक प्रालिका सञ्चालकसहित चार जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। , विभागले नक्कली भ्याट बिल अनुसन्धानको क्रममा सञ्चालक बारा प्रसौनी गाउँपालिका-४ का अर्जुनप्रसाद पटेलसहित चार जनाविरूद्ध मुद्दा दायर गरेको हो। , मुद्दा दायर गरिएकामा बारा राजपुर...
रासस बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरूद्धको मोडर्ना खोप दिन थालिएको छ।, बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६ जनाले मात्र खोप लगाउन पाउने भएका छन्। पाँच हजार ६०२ बालबालिका खोप लगाउनबाट बञ्चित हुने बताइएको छ।  , सरकारले मुलुकका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभिय...
राजेश घिमिरे नवलपुरबाट उडेको एउटा गिद्ध साढे २ वर्षअघि भारत हुँदै पाकिस्तानको सीमा क्षेत्रमा पुग्यो। केहीदिन सीमा आसपासमै डुल्यो। त्यहीँबाट सम्पर्कविहीन बन्यो।, उसको ढाडमा राखिएको जिपिएसले दिएको सूचना थियो त्यो। नवलपुरको कावासोती नजिकै पिठौलीमा रहेको नमूना मध्यवर्ती सामुदायिक वनको क्षेत्रमा सञ्चालित जटायु रेष्टुरेन्टम...
चन्द्रकला भण्डारी/रासस झापाको दक्षिणी भेगका गौरीगञ्जमा जङ्गे सीमास्तम्भ नजिक वर्षौंदेखि बसोबास गर्दै आएका मुसहर समुदायका बासिन्दाले नागरिकता र जग्गाधनी पुर्जा पाउन सकेका छैनन्।, गौरीगञ्ज गाउँपालिका-४ बाह्रसुदीको समस्या हो यो।, भारत बिहारको किशनगञ्ज जिल्लासँग सीमाना जोडिएको यो गाउँमा ४० परिवारको बसोबास छ।, गाउँका कसैसँ...
सेतोपाटी संवाददाता देशभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस अवधिमा ११ हजार ८९८ जनाको परीक्षण गरिएको थियो। , योसँगै नेपालमा पिसिआर विधिमार्फत् आठ लाख २६ हजार ९०१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।, हालसम्म एन्टिजेन विधिबाट ९६ हजार ११५ जनाको कोरो...
सेतोपाटी संवाददाता एक महिलामाथि बलात्कार गरेको आरोपमा बाँके प्रहरीले रोल्पा नगरपालिकाका शाखा अधिकृतलाई पक्राउ गरेको छ। , प्रहरीले बलात्कार गरेको आरोपमा सुशील थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए।, पीडित महिला सशस्त्र प्रहरी बलकी सहायक प्रहरी हवल्दार हुन्। , उनल...
सेतोपाटी संवाददाता झुन्डिएको अवस्थामा मृत फेला परेका संघीय प्रहरी इकाइ कार्यालय रूपन्देहीमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको शव उनकी श्रीमती आएपछि निकालिने भएको छ।, यादवकी श्रीमती काठमाडौंबाट शुक्रबार साँझ भैरहवा पुग्ने बताइएको छ। यादवका बुवा-आमा घटनास्थल पुगिसकेका छन्।, यादव शुक्रबार मध्याह्...
नवीनबाबु गुरूङ काठमाडौं सहरको मुख्य व्यापारिक क्षेत्र हुन् न्यूरोड, प्युखा, दरबारमार्ग। यी क्षेत्रमा काठमाडौं महानगरपालिकाले २०७६ असारदेखि स्मार्ट पार्किङ व्यवस्था गरेको छ।, तर स्मार्ट पार्किङका नाममा महानगरले सर्वसाधारणमाथि अन्याय गरेको पनि लाग्दै आएको छ। न्यूरोड क्षेत्रमा सार्वजनिक बाटोको आधा भाग ओगटेर पार्किङ गराइन...
रासस मकवानपुरमा आज बेग्लाबेग्लै स्थानमा एक पुरूष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, फरक-फरक स्थानमा दुई महिला झुण्डिएको अवस्थामा फेला परेका छन् भने मृत अवस्थामा एक पुरूषको शव फेला परेको हो।, जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ सिँचाइ टोलमा ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १५१ जना संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा १०६, भक्तपुरमा १०, ललितपुरमा ३५ गरी एक सय २५ संक्रमित थपिएका छन्।, यसैगरी काठमाडौं उपत्यकामा १९०२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७९५, भक्तपुरमा ५०१ र ललितपुरमा ६०६ सक्रिय संक्रमित छन्।, देशभर पछिल्लो २४ घण्टामा थप २६० जनामा...
सेतोपाटी संवाददाता खस क्षेत्री एकता समाज र विश्व मस्ट धर्म महासंघले खस जातिको स्वतन्त्र पहिचान मेटाउने प्रयास नगर्न राष्ट्रिय समावेशी आयोगको ध्यानाकर्षण गराएको छ। , समाजका महासचिव इन्द्र बराल र महासंघका अध्यक्ष युवराज कार्कीले शुक्रबार समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सेनालाई ज्ञापनपत्र बुझाउँदै आफूहरु गोत्रीय ...
भगवती पाण्डे गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा ध्यान गृहको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।, २०७५ साल वैशाख १७ गते २५६२ औं बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलन केन्द्रको शिलान्यास गरेकी थिइन्।, अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थ नगरले दुई वर्षभित्र सम्पन...
नारायण खड्का सुत्केरी गराउन शुक्रबार दाङबाट एम्बुलेन्समा बाँके लगिँदै गरेकी एक महिलाले बाटैमा शिशु जन्माइन् र बाटोमै शिशु गुमाइन्।, यो घटनाबाट अहिले दाङ घोराही उपमहानगरपालिका-१, सिमलताराकी सुनिता थापा विक्षिप्त छिन्।, सुत्केरी व्यथा लागेर बाँके जाने क्रममा थापाले लमही नगरपालिका-९, अमेलियामा शुक्रबार बिहान ११ बजे छोरा ...
सेतोपाटी संवाददाता क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन्। आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । , पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली...
सेतोपाटी संवाददाता तमू (गुरूङ) समुदायहरुको ठूलो चाँड तमू ल्होसार २०७८ कोरोना भाइरस (कोभिड १९) बाट बच्ने उपायसहित टुँडिखेलमा भव्य मनाइने भएको छ।, तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्द्धारा गठित तमू ल्होसार मूल आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी तमू ल्होसार २०७८ को कार्यक्रम घोषणा गरेको हो।, तमू ल्...
डा पुकार थापा फ्याटी लिभर (कलेजोमा बोसो) भनेको लिभरमा बोसो जम्नु हो। अहिले हाम्रो समाजमा यो धेरै नै समस्याको रूपमा आएको छ।, फ्याटी लिभर भएको यतिकै थाहा हुँदैन। अरू कुनै प्रयोजनका लागि भिडिओ एक्सरे गर्दा थाहा हुन्छ। जो मोटो छ उसको  लिभर पनि मोटै छ भनेर बुझ्न सकिन्छ। अल्ट्रा साउण्ड र रगत परीक्षण गर्दा यस्तो समस्याबारे थ...
सेतोपाटी संवाददाता अस्पतालबाट प्रहरीकै मोटरसाइकल लिएर फरार भएका घोराही कारागारका नाइके २८ वर्षीय जयराम परियार बिरामी नभए पनि अस्पताल लगिएको खुलासा भएको छ।, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले कर्तव्य ज्यानमुद्दामा २० वर्ष कैद सजाय भई कारागारमा रहेका परियार कुनै पनि बिरामी नभई उपचारका लागि अस्पताल पठाइएको पाइएको ,...
सेतोपाटी संवाददाता गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटीबाट एक जना ७५ वर्षीय वृद्धको उद्धार गरिएको छ।, मानवसेवा आश्रमले शुक्रबार राति जोरपाटीमा रहेको बज्र इन्टरनेसनल कलेजनजिकै एउटा छाप्रोबाट पूर्णबहादुर महर्जनलाई उद्धार गरेको हो।, विगत ३० वर्षदेखि त्यहाँ बसिरहेका महर्जनबारे स्थानीय व्यक्तिले जानकारी दिएपछि वडा कार्य...
सेतोपाटी संवाददाता जिल्लामा मतदाता नामावली सङ्कलन कार्य तीव्र पारिएको छ।, जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म नौ हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।, कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मङ्सिर १७ गतेदेखि सञ्चालन गरिएको विशेष ...
रासस जिल्ला निर्वाचन कार्यालय बैतडीले इलाका प्रशासन कार्यालय पुर्चौडीबाट पनि फोटोसहितको मतदाता नामावली संकलनको व्यवस्था गरेको छ।, आगामी सबै तहका निर्वाचनलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालयबाट पनि नामावली संकलन थालिएको हो। , निर्वाचन आयोगले इलाका प्रशासन कार्यालयबाट पनि नामावली संकलन गर्न दिएको निर्देशन अनुसार नै क...
मोहम्मद सदरुल प्रदेश नम्बर १ को राजधानी विराटनगरको महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको सडकमा सुरू गरिएको सौन्दर्यकरणले यहाँको गौरव बढ्ने विश्वास बढेको छ।, सौन्दर्य हेर्न विदेशसम्म जाने तर आफ्नै देश एवम् ठाउँमा निर्माण हुँदा के को आपत्ति भन्दै विराटनगर महानगरपालिकाले प्रश्न उठाएको छ। यो हिमालय रोडको सौन्दर्यकरणले विराटन...
सेतोपाटी संवाददाता यअसघि प्रहरीले अस्पतालबाट भागेका भनिएका घोराही कारागारका नाइके जयराम परियार रेष्टुराँबाट नास्ता खाने क्रममा भागेको तथ्य फेला परेको छ।, घोराहीस्थित प्याडाइज रेष्टुराँमा नास्ता खाने क्रममा परियार भागेको सिसिटिभी फुटेजमा देखिएको छ।, प्रहरीले परियार भागेको दृश्य कैद भएको फुटेज पनि शुक्रबार नै लगिसकेको छ...
सेतोपाटी संवाददाता तारकेश्वर नगरपालिका-८ शेषमतीमा शुक्रबार राति खुकुरी प्रहारबाट नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकसहित दुई जना घाइते भएका छन्।, रामेछाप लिखु गाउँपालिका घर भई जरङ्खु बस्ने २९ वर्षीय शनि तामाङले खुकुरी प्रहार गर्दा दुई जना घाइते भएका हुन्।, तामाङले दोलखा घर भई लामाबगर बस्ने २९ वर्षीय सुवास तामाङ र धर्म...
सेतोपाटी संवाददाता हामी सबैलाई थाहा भएकै कुरा हो, दाँत स्वस्थ राख्न माझ्नुपर्छ। तर पनि दाँतमा कीरा लागिरहेको हुन्छ। अरू समस्या पनि आउँछ। कतिले त निकालेरै फाल्नुपर्छ।, किन होला त? , किनकी हामीमध्ये धेरैले दाँत माझ्दा गल्ती गरिरहेका हुन्छौं। दाँत स्वस्थ राख्न कसरी माझ्नुपर्छ भन्ने जानेकै छैनौं। , सानोदेखि नै गर्दै आएको ...
सेतोपाटी संवाददाता झापामा भाइको बाइकको लाइसेन्सको ट्रायल दिन गएको आरोपमा प्रहरीले दाइलाई पक्राउ गरेको छ। , बिहीबार बिहान विर्तामोडस्थित कान्तिपुर ड्राइभिङ सेन्टरबाट एक जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए। , प्रहरीले दमक नगरपालिका वडा नम्बर ६ बस्ने ३७ वर्...
रासस वीरगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालय लामो समयदेखि कम्प्युटर अधिकृतको भरमा सञ्चालन हुँदै आएको छ।, लामो समयदेखि कार्यालय प्रमुख रिक्त रहँदै आएपछि कम्प्युटर अधिकृत कमोद तिवारीले निमित्त कार्यालय प्रमुख भएर काम गर्दै आएका हुन्।, उनले लामो समयदेखि कार्यालय प्रमुख नभएकाले आफैंले उक्त जिम्मेवारी सम्हाल्दै आएको जान...
रासस अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ। , ठेकेदारले तोकिएको समयमा विद्युत लाइन विस्तार र पोल गाड्ने काम नगर्दा ठूला योजनादेखि विद्युतबाट सञ्चालन हुने विभिन्न कार्य अलपत्र परेका छन्।, विद्युतीकरण नहुँदा संघीय तथा प्रदेश सरकारको लगानीमा सञ्चालन हुने विभिन्न ...
ध्रुबसागर शर्मा/रासस म्याग्दीको बेनी नगरपालिका-७ बेनी सामुदायिक माविको छेवैमा रहेको करिब १०० वर्ष पुरानो पिपलको रूख मासेर व्यापारिक प्रयोजनका लागि सटर बनाइएको छ।, बेनी बजार विस्तारसँगै हिन्दूहरूले भगवान् विष्णुको अवतार मानेर पूजा गर्ने र वातावरणीय दृष्टिले पनि महत्व रहेको पिपलले बटुवालाई शितलता दिलाउँछ भन्दै विसं १९९७...
एजेन्सी भारतीय राज्य पञ्जाबको लुधियानास्थित एक अदालतमा बिहीबार दिउँसो बिस्फोट भएको छ।, लुधियाना अदालतको दोस्रो तलाको वासरूममा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको र  चार जना घाइते भएको इन्डिया टुडेले जनाएको छ।, बिस्फोटलगत्तै प्रहरी र अग्नि नियन्त्रक  अदालतमा पुगेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरूमा ६ तले अद...
सेतोपाटी संवाददाता सिन्धुलीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , बिहीबार बिहान १ बजे महोत्तरीबाट काठमाडौं आउँदै गरेको प्रदेश २-०३-००१ च ४००८ नम्बरको बोलेरो जीप सुनकोशी गाउँपालिका-६ रिठ्ठेभीरस्थित बिपी राजमार्गमा दुर्घटना भएको हो।, जीप सडकबाट २६५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्...
सेतोपाटी संवाददाता पछिल्लो समय संसारभरि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको चर्चा छ। नोभेम्बर अन्तिमतिर दक्षिण अफ्रिकामा पत्ता लागेको ओमिक्रोनले झन्डै दुई वर्षदेखि जारी कोरोनाभाइरसको महामारी चाँडै अन्त्य नहुने संकेत गरेको छ।  किनभने अहिले पनि संसारमा दैनिक लाखौं मानिस कोरोनाबाट संक्रमित भइरहेका छन् भने हजारौंले ज्य...
सेतोपाटी संवाददाता नेपालमा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २९३ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ६२६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार ५१० जनाको पिसिआर परीक्षण र २११६ जनाको एन्टिजेन परीक्षण गरिए...
रासस सर्वसाधारणलाई कलाप्रति आकर्षित गर्ने उद्देश्यका साथ अहिले २५ कलाकार वसन्तपुर क्षेत्रका सम्पदाको चित्र कोर्नमा व्यस्त छन्। हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको आयोजनामा एक हप्तादेखि उनीहरु विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रमा चित्र बनाउन लागिपरेका हुन्।  , शनिबारीय कला कार्यशाला समूहको सहकार्यमा भ...
सेतोपाटी संवाददाता ‘बिकिनी किलर’का रूपमा परिचित अपराधी चार्ल्स गुरुमुख शोभराजको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।, बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई बाटोको म्यादबाहेक तीन दिनभित्र कारण दिन आदेश दिएको हो।, शोभराजले बुधबार...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १४८ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ संक्रमित छन्।, काठमाडौं उपत्यकामा १९२४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ८०२, भक्तपुरमा ५१६ र ललितपुरमा ६०६ संक्रमित छन्।, काठमाडौं उपत्यकामा थपिए १४८ संक्रमित
सेतोपाटी संवाददाता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा आइसियूमा भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। अस्पतालका निर्देशक डाक्टर मनीषा रावलले पछिल्लो सातादेखि आइसियूमा भर्ना हुने संक्रमितको संख्या क्रमिक रूपमा बढ्न थालेको जानकारी दिइन्।, 'आइसियूमा केस बढेको हो। तीन साताअघि दुई-चार जना संक्रम...
निर्मला घिमिरे पातलो ज्यान। निन्याउरो अनुहार। काठमाडौंको ठिही छल्न रातो कुर्तामाथि पातलो ज्याकेट लगाएकी थिइन्।, छड्के भिरेको झोला हातले सम्हालिरहेकी उनी बेचैन देखिन्थिन्।, 'मलाई छोरो पढाउनु छ। महिनामा दस/पन्ध्र हजारको काम कतै पाइन्छ कि भनेर खोज्दैछु,' मसिनो स्वरमा बोलिन्, 'नभए यत्तिकै लागि विदेश जानुपर्छ। त्यो पनि अवै...
सेतोपाटी संवाददाता धनकुटामा मुख्य कार्यालय स्थापना गरेर प्रदेश १ मा कारोबार गर्दै आएको सप्तकोशी डेभलपमेन्ट बैंकमा १५ करोडभन्दा बढी रकम हिनामिना भएको घटना बाहिरिएको छ।, विराटनगरको मेनरोडस्थित कर्पोरेट कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकमा १५ करोडभन्दा बढी रकम अपचलन भएको बैंक स्रोतले जनाएको छ।, नेपाल राष्ट्र बैंकबाट ...
सेतोपाटी संवाददाता काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसका शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट गर्ने विद्यार्थीलाई क्याम्पसले निस्कासन गरेको छ।, पुस ६ गते स्नातक तहको पहिलो वर्षको आन्तरिक परीक्षा चलिरहेको समयमा विवाद हुँदा विद्यार्थी कुवेर जेठाराले शिक्षक पुडासैनीमाथि आक्रमण गरेका थिए।, जेठारा आरआरमै दोस्रो वर्षमा अध्ययन...
सेतोपाटी संवाददाता सिरहामा एक पुरूषको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , धनगढीमाई नगरपालिका-१४ मरान बस्ने ४० वर्षीय टेकबहादुर विकको उनकै श्रीमतीको कुटपिटबाट बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।, प्रहरीले श्रीमती ३५ वर्षीया हर्कमाया विकलाई ...
सेतोपाटी संवाददाता सल्यानमा हत्या आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन्।, मंसिर २० गते दार्मा गाउँपालिका–२ पाजाखोलामा एक व्यक्तिको शव भेटिएपछि प्रहरीले अनुसन्धानका क्रममा चार जनालाई पक्राउ गरेको हो।, छिमेकीको विवाह भोज खान गएका ७० वर्षीय टेकबहादुर खत्री मृत भेटिएका थिए।, प्रहरीले दार्मा-२ का अध्यक्ष डिल्लीबह...
सेतोपाटी संवाददाता प्रहरीले बाराबाट स्रोत नखुलेको रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।, कलैया उपमहानगरपालिका-१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँसहित भारत बिहार पूर्वी चम्पारण आधारपुरका २२ वर्षीय रन्देश कुशवाहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।, विशेष सूचनाको आधारमा उनी सवार बिआर२२एन ५०...
रासस बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।, दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले बिहीबार एक सूचना जारी गरेर स्थानीयवासीलाई सतर्क रहन ...
नारायण खड्का कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भइ थुनामा रहेका एक ब्यक्ति नाटकीय ढंगले भागेका छन्।, जिल्ला कारागारको घोराहीस्थित थुनामा रहेका दाङको राजपुर गाउँपालिका बेलाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाटै प्रहरीको मोटरसाईकल लिएर फरार भएका हुन्। , जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार परियार...
सेतोपाटी संवाददाता कर्तव्य ज्यानमुद्दामा २० वर्ष कैद फैसला भई सजाय भुक्तान गरिरहेका एक व्यक्ति भागेका छन्।, घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका बेलाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार परियार कारागारका नाइके थिए।, परियार बिहान...
रासस नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनको सीमा क्षेत्रमा पर्ने देवघाटमा हरेक वर्ष आयोजना हुने माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित पारिने भएको छ। मेलालाई व्यवस्थित बनाउन तीन वटै जिल्लाका स्थानीयलाई समेटेर १५१ सदस्यीय माघे सङ्क्रान्ति मेला मूल व्यवस्थापन समिति गठन गरिएको छ । , धार्मिक र पर्यटकीय दृष्टिकोणले मह...
रासस सडकको अस्थायी ट्रयाक खोल्न जाजरकोटको आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ।, अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताए।, आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएक...
रासस रोल्पाको थवाङ सिधैं काठमाडौंसँग जोडिएको छ। थवाङबाट काठमाडौंका लागि पहिलो पटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडौंसँग जोडिएको हो। , बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ। थवाङबाट रूकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखराहुँदै काठमाडौंका लागि रात्रिबस सेवा सुरु भएको छ।, हाल घोडाघोडी...
प्रशन्न पोखरेल काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा परीक्षा हलभित्रै मंगलबार आपराधिक घटना भयो- गार्ड बसेका शिक्षकमाथि एक विद्यार्थी जाइलागे।, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क (बिएसडब्लु) को पहिलो वर्षका विद्यार्थीको आन्तरिक परीक्षा भइरहेको हलभित्र छिरेका विद्यार्थी कुवेर जेठाराले गार्ड बसेक...
सेतोपाटी संवाददाता विगत एक सातादेखि हराएकी रुकुम (पूर्व) की एक महिलाको शव जङ्गलमा फेला परेको छ। सिस्ने-५ बाहुनठानाकी २९ वर्षीया सुफिया शाहको शव जङ्गलमा फेला परेको हो।, उनी घरबाट हराएको एक सातापछि मृत अवस्थामा सिस्ने-५ कै कारागाउँ नजिकैको थोतेगैरा भन्ने ठाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी ...
एजेन्सी पूर्वी अफ्रिकाको टापु मुलुक मादागास्करका एक जना मन्त्रीले १२ घन्टा समुद्रमा पौडी खेलेर ज्यान जोगाएका छन्।, द गार्डियनका अनुसार हेलिकप्टर दुर्घटनामा परेका मादागास्करका प्रहरी मन्त्री सर्जेइ गेल सोमबार रातभरि समुद्रमा पौडिँदै मंगलबार बिहान तटीय सहरमा आइपुगेका हुन्।, मादागास्करका अधिकारीहरूका अनुसार ५७ वर्षीय गेल...
सेतोपाटी संवाददाता ललिता निवास जग्गा प्रकरणमा संलग्न रामकुमार सुवेदी र उनकी श्रीमती  माधवी सुवेदी पक्राउ परेका छन्।, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुवेदी दम्पतीलाई मंगलबार साँझ पक्राउ गरेको हो।, ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार रामकुमारलाई कमलादी र माधवीलाई ताहाचलबाट पक...
रासस म्याग्दीको लुलाङ गाउँ चार महिनादेखि अन्धकारमय बनेको छ।, पहिराले बगाएको लघुजलविद्युत परियोजनाको संरचना मर्मत नहुँदा धवलागिरि गाउँपालिका-२, लुलाङ गाउँका बासिन्दा चार महिनादेखि सोलार र टुकीका भरमा छन्। , गत भदौ २० गते बाढीले बगाएको लघुजलविद्युत परियोजना हालसम्म मर्मत हुन सकेको छैन। वडाबासीले अन्धकारमा दैनिकी कटाउन ब...
सेतोपाटी संवाददाता सिरहाको गोलबजारमा छुरा प्रहार गरी हत्या गरेको घटनामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। , गत शनिबार राति साढे ८ बजे गोलबजार नगरपालिका वडा नं. ६ स्थितमा दुई पक्षबीच झडप हुँदा छुरा प्रहार गरी एक जनाको हत्या भएको थियो। एक जना घाइते समेत भएका थिए। सोही वडाका डोहटिया बस्ने २६ वर्षीय रामकुमार सदाको छुरा...
एजेन्सी इजरायलले आफ्ना नागरिकलाई कोरोनाभाइरसविरूद्ध चौथो डोज खोप दिने भएको छ।, ६० वर्षमाथि नागरिक र मेडिकल क्षेत्रमा काम गर्नेहरूलाई चौथो डोज खोप लगाउन लागिएको अधिकारीहरूले जनाएका छन्।, द न्युयोर्क टाइम्सका अनुसार प्रधानमन्त्री नेफ्टाली बेनेटले चौथो डोज लगाउने कुराको प्रशंसा गर्दै यसले पछिल्लो समय संसारलाई लपेटेको ओमि...
रासस प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाको अध्यक्षतामा आज बसेको निर्देशक समितिको २१ औं बैठकमा पुनर्निर्माणका बाँकी कार्...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १२५ जना संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा ७६, भक्तपुरमा १३, ललितपुरमा ३३ गरी एक सय २५ संक्रमित थपिएका छन्।, नेपालमा थप २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ११ हजार २७६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार २३३ जन...
राजु अधिकारी सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने झण्डीडाँडाले वारिपारि पारेको छ, रम्भ्याङ र सलकपुरलाई।, इलाम रोङ गाउँपालिका-६ मा पर्ने यी दुई गाउँको  प्राकृतिक-भौगोलिक विशेषता र अवस्थिति उस्तै छ।, तर, यी दुई गाउँको कथा भने बेग्लै छ।, सलकपुर दशकभन्दा लामो समय अघिदेखि गुल्जार छ, रम्भ्याङ सुनसान।, यही गु...
सेतोपाटी संवाददाता नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन्।, प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ...
सेतोपाटी संवाददाता नेपालमा थप २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २३६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार २७६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार २३३ जनाको पिसिआर परीक्षण र ४०४३ जनाको एन्टिजेन परीक्षण गरिएक...
एजेन्सी सन् २०२१ सकिन लागेको छ। यो वर्ष विश्वभरि कोरोनाभाइरसको महामारीले सताइरह्यो। सन् २०१९ को अन्तिमदेखि चीनको वुहानबाट सुरू भएको कोरोनाभाइसको महामारी अझै अन्त्य हुने छाँटकाँट छैन। अहिले युरोप र अमेरिकामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहेको छ। , सन् २०२१ मा अमेरिकामा जो बाइडेन राष्ट्रपति भए। अफगानिस्त...
सेतोपाटी संवाददाता बर्दियामा हराइरहेकी बालिका मृत अवस्थामा फेला परेकी छन्। , बुधबार दिउँसो २ बजे बर्दिया बारबर्दिया नगरपालिका वडा नम्बर ९ औरीस्थितमा ६ वर्षीया बालिका देविका खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए। , उनका अनुसार बालिकाको शव घर देखि अन्दाजी ५०० मिटर ...
नारायण खड्का रोल्पामा रडले प्रहार गर्दा तीन जना गम्भीर घाइते भएका छन्।, रुन्टीगढी गाउँपालिकास्थित होलेरी बजारस्थित होलेरी गेष्ट हाउसमा तीन जना साथीमाथि रड प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। , रड प्रहारबाट रुन्टीगढी गाउँपालिका-७ का ४२ वर्षीय भीमबहादुर थापा,...
दिपकजंग शाही मंसिर २९ देखि सम्पर्कविहीन भएका हुम्लाका चन्द्रबहादुर कामी बुधबार खार्पुनाथ गाउँपालिकामा भेटिए। उनले प्रहरीसँगको बयानमा आफू पाँच दिन जंगलका गोठहरूमा लुकेर बसेका बताएका छन्।, मल्ल थरकी युवती भगाएका चन्द्रबहादुर माइती पक्षले युवती फिर्ता लगेदेखि सम्पर्कविहीन थिए। उनीहरूले चन्द्रबहादुरलाई पनि अपहरण गरेर लगेक...
दिपकजंग शाही अहिले सामाजिक सञ्जालमा एउटा भिडिओ र त्यही भिडिओबाट निकालिएका केही फोटा चर्चाको विषय बनेका छन्। त्यसमा एक महिलालाई तीन पुरूषले समूहको बीचमा आक्रमण गरेका छन्। पुरुषहरूले चिच्याउँदै महिलाको सातो लिने, बिनाकारण माफी मगाउँदै खुट्टा ढोगाउने र पैताला चटाउनेसम्मका क्रियाकलाप भएको देखिन्छ।, यो भिडिओ र फोटा केही दि...
सेतोपाटी संवाददाता ललिता निवास जग्गा हिनामिना प्रकरणमा रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीलाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले मंगलबार साँझ काठमाडौं महानगरपालिका कमलादीबाट ५७ वर्षीय रामकुमार सुवेदी र ५५ वर्षीय माधवीलाई ताहाचलबाट पक्राउ गरेको थियो। ...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा विद्युत् र सञ्चार प्रर्णालीको पहुँच नहुँदा महामारी तथा विपदका बेला सिकाइलाई निरन्तरता दिन समस्या भएको छ। अधिकांश ठाउँमा विद्युत र इन्टरनेट नहुने भएकाले विपदका बेला बालवालिकाको सिकाइ निरन्तरतामा नियमितता दिन नसकिएको हो।, २०७६ देखि सुरू भएको कोभिड महामारीको जोखिमलाई मध्यनजर गर्दै गरिए...
सबिना श्रेष्ठ मंगलबजारस्थित पाटन दरबार स्क्वायरको भीमसेन मन्दिरअगाडि १४ सय वर्ष पुरानो शिलालेख भेटिएको छ।, गत सोमबार ढल खन्ने क्रममा उक्त शिलालेख फेला परेको थियो। पुरातत्वविद् प्रकाश दर्नाल र लिपि विज्ञ श्यामसुन्दर राजवंशीले बुधबार उक्त शिलालेखमा कुँदिएको अक्षरका आधारमा त्यो लिच्छवि संवत् ५३६ को रहेको पुष्टि गरेका हुन...
एजेन्सी भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको ओमिक्रोनबाट २१३ जना सङ्क्रमित भएका छन्। , भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ओमिक्रोन संक्रमित हुनेमा सबैभन्दा धेरै दिल्लीमा छन्। दिल्लीका ५७ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जानकारी दिएको छ।, दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १२९ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८९, ललितपुरमा ३३ र भक्तपुरमा ७ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १८९६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ८१२, ललितपुरमा ५९६ र भक्तपुरमा ४८८ सक्रिय संक्रमित छन्।, नेपालमा थप २२० जनामा कोरोना भ...
दिपकजंग शाही गएको मंसिर ५ गते हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका चन्द्रे कामीले मुगुकी रमिला मल्ललाई भगाएर घरमा ल्याए। रमिला र चन्द्रे मंसिर २९ गतेसम्म घरमा बसे। मंसिर २९ गते राति भने रमिलालाई उनका गाउँका मानिस आएर खोसेर लगे।, माइती गाउँका मानिसले खोसेर लगेकी गैरदलित समुदायकी युवती रमिला अहिले प्रहरी नियन्त्रणम...
सेतोपाटी संवाददाता नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा आएको छ।, सोमबार दिउँसो साढे ३ बजेतिर लागेको आगो अपरान्ह ४:४० बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।, इन्द्रेणी कम्प्लेक्सको छैटौ तलामा फिटनेस एण्ड स्पा सेन्टरमा आगो लागेको ...
सेतोपाटी संवाददाता प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १५ विश्वा बस्ने १९ वर्षीय अर्जुनकुमार साह छन्।, उनी ना १ ज ६६०६ नं  भाडाको टाटा सुमोमा वीरगञ्जबाट काठमाडौंतर्फ गरेका थिए।, आइतबार अपरान्ह ४ बजेतिर काठमाडौं दक्षिणकाली- ५ स्थित फर्पिङ बसपार्कमा सवारी साध...
सेतोपाटी संवाददाता २१ महिने बालिकाको हत्या आरोपमा मोरङ प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ। , मोरङको रंगेली नगरपालिका-२ की २१ महिने बालिकालाई हत्या गरेको र खाडल खनेर पुरेको आरोपमा सोही ठाउँका सैनी उरावँ र उनकी पत्नी संगीता पक्राउ परेका हुन्। , स्थानीय चन्द्र उराँवकी २१ महिने छोरी युनिशाको हत्या गरेको आरोपमा रंगेली २ का ...
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा न्यून चापीय  प्रणालीको आंशिक प्रभाव सुरू भएको छ। , सोमबार रातिबाट न्यून चापीय प्रणालीमा असर पर्न थालेपछि उच्च पहाडी भूभागमा हल्का हिमपात हुने सम्भावना छ। , हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेक...
रोहित महतो प्रदेश २ सरकारले जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यसहित गएको वर्ष ५ वटा बस खरिद गरेको थियो। , ती बस अझै पनि सञ्चालन हुन सकेका छैनन्। पाँच वटै बस १३ महिनादेखि मधेस भवनभित्र खुला आकाशमुनि थन्क्याइएको छ। , मेकानिक सञ्जीव साहका अनुसार वर्षदिन भन्दा बढी समयदेखि बस थन्क्याएर राख्दा...
सेतोपाटी संवाददाता जेठ २१ गते बलात्कृत भएकी राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकासन गर्ने पत्रकारलाई पाँच महिना कैद सजाय तोकिएको छ।, सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल ईजलासले ती पत्रकारलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरीवाना तोकेको हो।, ‘राप्ती पहिचान डट कम’ अनलाईनका सञ्चालक द...
प्रेम रौले/रासस बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालित त्रिवेणी साना जलविद्युत् केन्द्रले विद्युत् उत्पादन गर्न नसक्दा दैनिक विद्युत् अनियमित हुँदै आएको छ। वर्षायाममा बाढीले विद्युत नहर भत्काउने र हिउँदमा नहरमा पानी अभावको समस्या दर्शाउँदै साना जलविद्युत् केन्द्रले बत्ती नियमित रूपमा नदिएको सेवाग्राहीले चौतर्फी जनगुनासो ग...
सेतोपाटी संवाददाता बागबजारस्थित काठमाडौं मोडल कलेजका एक विद्यार्थीको मृत्यु भएको छ।  सोमबार दिउँसो नुहाउन गएका रौतहटका १८ वर्षीय सुशील सहनी बाथरूममै बेहोस भएका थिए। उनी कलेजको होस्टेलमा बस्थे।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार दिउँसो ३/४ बजेतिर अस्पताल लगिएको थियो।, अस्प...
सेतोपाटी संवाददाता बागबजारस्थित काठमाडौं मोडल कलेजका एक विद्यार्थीको मृत्यु भएको छ।  सोमबार दिउँसो नुहाउन गएका रौतहटका १८ वर्षीय सुशील सहनी बाथरूममै बेहोस भएका थिए। उनी कलेजको होस्टेलमा बस्थे।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी दिनेशराज मैनालीका अनुसार दिउँसो ३/४ बजेतिर अस्पताल लगिएको थियो।, अस्पता...
सेतोपाटी संवाददाता सुर्खेत विमानस्थल मर्मतपछि आजदेखि सञ्चालनमा आएको छ।, करिब एक महिनादेखि विमानस्थल बन्द थियो।, धावनमार्ग मर्मतको काम सकिएपछि आजदेखि विमानस्थल सञ्चालनमा आएको हो। धावनमार्ग मर्मत गर्न मंसिर १० गतेदेखि विमानस्थल बन्द गरिएको थियो।, यसबीचमा हेलिकप्टर मात्र अवतरण र उडान हुने व्यवस्था मिलाइएकोमा अब जहाज अवतर...
सेतोपाटी संवाददाता चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकलाई कुटेका छन्।, चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए।, परीक्षा सकिएपछि विद्यार्थी जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्य...
रासस बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर निवासी पदमीकला कामीले पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिकरूपमा कृषि पेशामा होमिएकी छन्।, अहिले उनको फार्ममा ४२ बाख्रा, छ हजार कुखुरा र हाँस छन्। बाख्रा, कुखुरा, हाँसपालन गरेरै जीविकोपार्जन गर्दै आएको उनले बताइन।, लोकल र कडकनाथ जातको कुखुरा खरिद गर्न व्यापारी घरमै पुग्ने गरेको उनल...
सेतोपाटी संवाददाता ललितपुरको चापागाउँमा टिपरमाथि पुल भाँचिएर खस्दा चालकको मृत्यु भएको छ। , सोमबार राति पौने ९ बजे गोदावरी नगरपालिकास्थित वडा नम्बर ९ छम्पी र ११ कुसलेचौर जोडिने फलामे पुल खसेको थियो। , करिडोरको बाटो हुँदै नख्खुबाट टीकाभैरव जाँदै गरेको ना ८ ख ८०९१ नम्बरको टिपरमाथि पुल खसेको महानगरीय प्रहरी वृत्त चापागाउँ...
युवराज श्रेष्ठ पोखरा-१५ स्थित न्यु लाइफ होस्टलकी वार्डेन जानुका नेपाली सोमबार बिहानै होस्टलमा बस्ने बालबालिकाको ओछ्यानमा पुगिन्।, उनले बालबालिका सुतेका कपडा उठाउन थालिन्। ओछ्यानमा बालक रेमन बुढाले पिसाब फेरेका रहेछन्। , डोल्पाबाट पढ्नका लागि पोखरा आएका रेमनलाई ओछ्यानमा पिसाब फेरेको निहुँमा वार्डेन जानुकाले कारबाही चला...
एजेन्सी अफ्रिकी मुलुक घानाको संसदमा एक विधेयकको विषयमा विवाद हुँदा सांसदहरूबीच हानाहान भएको छ।, सदनमा पेश भएको इलेक्ट्रोनिक कारोबार कर विधेयकको विषयमा सोमबार सत्तारूढ न्यू प्याट्रोइटिक पार्टी र प्रतिपक्षी दल नेशनल डेमोक्रेटिक कंग्रेसका सासंदहरूबीच झडप भएको हो। केही हप्तायता त्यही विधेयकले सदन विभाजित भएको समाचार संस्थ...
सेतोपाटी संवाददाता नेपालमा थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २९० जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १७ हजार ८९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, १२ हजार ४७३ जनाको पिसिआर परीक्षण र ४६१६ जनाको एन्टिजेन परीक्षण गरिए...
रासस शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको उपल्लो डोल्पामा रहेका चार वटा सुरक्षा पोष्ट कर्मचारीविहीन छ। जम्मा आठ वटा सुरक्षा पोष्ट रहेको निकुञ्जमा हाल चार पोष्ट कर्मचारीविहीन भएका हुन्। शे गुम्बा, नाम्दो, सालदाङ  र मुगुमा रहेको किम्री पोष्टमा कर्मचारी नहुँदा नियमित वन्यजन्तु संरक्षणमा समस्या भएको छ।, सदरमुकामनजिकै रहेका त...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १४६ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९०, ललितपुरमा ३८ र भक्तपुरमा १८ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १८२३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ८२३, ललितपुरमा ५०१ र भक्तपुरमा ४९९ सक्रिय संक्रमित छन्।, नेपालमा थप २९० जनामा कोरोना ...
सेतोपाटी संवाददाता जग्गा खरिद गरिदिन्छु भन्दै बैना पैसा लिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंले संखुवासभा धर्मदेवी नगरपालिका वडा नम्बर २ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध बस्ने ५३ बस्ने दुर्गाबहादुर भण्डारीलाई पक्राउ गरेको हो। , उनलाई प्रहरीले मंगलबार दिउँसो ४ ब...
सविता बुढा कैलालीको पूर्वी क्षेत्र कुनै बेला पर्यटकीय ठाउँका कारण राष्ट्रिय चर्चामा आउँथ्यो। कर्णाली नदीमाथि एउटा पिलरमा अडिएको चिसापानी पुल, टीकापुरको वीरेन्द्र पार्कलगायत ठाउँले पर्यटक तान्थे।, अहिले पनि दिनदिनैजसो पूर्वी कैलाली समाचारको विषय बनिरहेको छ। अचेल निस्फिक्री घुम्ने पर्यटकका कारण होइन, दिनदिनै हुने हत्या ...
सेतोपाटी संवाददाता नेपाली सेनाका दुई जना सहायक रथीको उपरथीमा बढुवा भएको छ। , प्राविधिक सहायक रथी डा. अरूणकुमार न्यौपाने उपरथी र सहायक रथी सागरबहादुर केसीको मानार्थ उपरथीमा पदोन्नती भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। , नेपाली सेनाका प्रधानसेनापती महारथी प्रभुराज शर्माले मंगलबार जंगी अ...