content
stringlengths
20
64.1k
सविना कार्की कुनै बेला विद्यार्थी नभएर ओझेलमा पर्दै गएको देशकै जेठो विद्यालय अहिले भरिभराउ छ। विसं १९१० सालमा स्थापित दरबार हाइस्कुलमा पोहोरसम्म जम्मा एक सय ७० विद्यार्थी भर्ना थिए। यसपालि बढेर छ सयभन्दा बढी भएका छन्।, नयाँ भवन बनेपछि स्कुलमा विद्यार्थीको आकर्षण बढेको दरबार हाइस्कुलकी प्रधानाध्यापक शारदा पौडेल बताउँछिन्।, 'विद्यार्थी संख्या ह्वात्तै बढ्नुको कारण आकर्षक भवन नै हो,' प्रधानाध्यापक पौडेलले भनिन्, 'भवनप्रति अभिभावक र विद्यार्थी दुवैको आर्कषण बढेको पाएका छौं।’ , स्कुल २०७२ सालको भुइँचालोमा भत्किएर खण्डहरझैं बनेको थियो। विद्यार्थीलाई केही समय पाल टाँगेर त केही समय अन्तै लगेर पढाइयो। धेरै विद्यार्थी अरू नै स्कुल गए।, स्कुलको भवन परम्परागत शैलीको भएकाले भत्काउन नहुने सम्पदा अभियन्ता र विज्ञहरूको राय थियो। लामो विवाद र छलफलपछि भवन जीर्णोद्धार हुन नसक्ने निष्कर्ष निकालियो। अनि बल्लतल्ल पोहोर चीनको सहयोगमा परम्परागत शैलीमै नयाँ भवन बन्यो। पोहोरै हस्तान्तरण भएर माघदेखि पढाइ सुरू हुने भनिए पनि कोरोनाका कारण रोकिएको थियो। , यही साल असोजदेखि बल्ल यहाँ औपचारिक पढाइ सुरू भएको प्रधानाध्यापक पौडेलले जानकारी दिइन्। नयाँ भवन र विद्यार्थी भरिभराउ भएसँगै स्कुलको रौनक फेरिएको छ।, बढेका विद्यार्थी व्यवस्थापन गर्न विभिन्न समूह विभाजन गरेर पठनपाठन भइरहेको छ। , 'स्कुलको मापदण्डअनुसार एउटा कोठामा क्षमताअनुसार ३२ जना विद्यार्थी राख्न सकिन्छ। तर अहिले ४० जनासम्म छन्,' उनले भनिन्, 'एउटा कक्षामा सबभन्दा बढी ८० जनासम्म विद्यार्थी छन्। त्यसलाई हामीले दुई समूहमा विभाजन गरेका छौं।’, भूकम्पअघि दुई तले र बीस कोठा भएको दरबार हाइस्कुल अहिले चार तले बनेको छ। ४६ कोठा छन्। १६ वटामा दरबार स्कुलका आवासीय विद्यार्थी बस्छन्। चौथो तलामा भानु संस्कृत माविका विद्यार्थी पढ्छन्। बाँकी केही कोठामा भौतिक तथा शैक्षिक सामग्री राखिएको छ।, प्रधानाध्यापक पौडेलका अनुसार मन्टेश्वरी, अंग्रेजी माध्यमबाट पठनपाठन, सफा र पारिवारिक वातावरण र विभिन्न अतिरिक्त क्रियाकलाप स्कुलका विशेषता हुन्। खेलकुदका लागि पर्याप्त स्थान छ भने विज्ञान प्रयोगशाला, बास्केट बल कोर्ट, पुस्तकालय र चमेना गृह पनि छ। छात्राका लागि स्यानिटरी प्याड र प्रयोगपछि फँयाक्न छुट्टै डस्टबिन व्यवस्था छ। कक्षा ५ सम्मका विद्यार्थीलाई खाजा दिइन्छ।, दरबार हाइस्कुलकी प्रधानाध्यापक शारदा पौडेल। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, स्कुलमा ८ देखि १० कक्षासम्म डिजिटल माध्यमबाट पढाइ हुन्छ। छ वटा अन्तर्क्रियात्मक स्मार्ट बोर्ड छन्। काठमाडौं महानगरपालिकाले दिएको ३८ लाख बजेटबाट स्कुलले डिजिटल माध्यममा पढाइ सुरू गरेको हो। दुइटा स्मार्ट बोर्ड राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आएका हुन्। बाँकी कक्षालाई पनि विस्तारै डिजिटल माध्यममा लैजाने योजना छ।, हाइस्कुल भए पनि यहाँ दस कक्षासम्म मात्र पढाइ हुन्छ। अहिले व्यवस्थापनमा कठिनाइ भए पनि ११ र १२ कक्षा पढाइका लागि योजना भने बनाइरहेको उनले जानकारी दिइन्।, स्कुलले रोबोट सम्बन्धी सिकाइ पनि सुरू गरेको छ। केही समयअघि रोबोटिक्स एसोसिएसन नेपालका सदस्यले विद्यार्थीलाई रोबोट बनाउन सिकाएका थिए।, 'विद्यार्थीको रूचि देखियो अनि स्कुलले रोबोटिक्स कक्षा पनि सञ्चालन गरेको हो,’ प्रधानाध्यापक पौडेलले भनिन्, 'विद्यार्थीले दुई सातामा सात वटा रोबोट बनाइसकेका छन्।', सातामा तीन दिन स्कुलमा नेपाल भाषा, अंग्रेजी र नेपालीमा निबन्ध प्रतियोगिता, लेखन, चित्रकला, हाजिरीजवाफ, क्यालिग्राफी, आर्ट, नृत्य लगायत क्रियाकलाप हुन्छन्। यसमा उत्कृष्ट हुनेलाई पुरस्कार दिइन्छ। योसँगै फोटोग्राफी, संगीत कक्षा थप्ने योजना छ।, यस्तै अतिरिक्त सिकाइका कारण पनि स्कुलमा विद्यार्थीको रूचि बढेको शिक्षकहरूको अनुभव छ। गत वर्षसम्म दस जना विद्यार्थीलाई पढाउने प्रावि शिक्षक बिर्सजना मल्ल अहिले आफ्नो कक्षामा ५० जना भएको बताउँछिन्।, 'भवनमा क्षति पुगेपछि विद्यार्थी पूरै घटेका थिए। अब मेरो कक्षामा विद्यार्थी आऊलान् र भन्ने लाग्न थालिसकेको थियो,’ उनले आश्चर्य मान्दै भनिन्, 'अहिले त पुराना दिन फर्केजस्तो भएको छ।', मल्लले २०४३ सालदेखि यहाँ कक्षा एकदेखि तीनसम्म नेपाली विषय पढाइरहेकी छन्। उनले पढाउन सुरू गर्दा दरबार हाइस्कुलमा लगभग दुई हजार ५ सयसम्म विद्यार्थी हुन्थे।, 'त्यति बेला यहाँ पढ्न कि त ठूलाबडाका छोराछोरी हुनुपर्थ्यो कि धनीमानी,' उनले अनुभव सुनाइन्, 'यहाँ पढ्न भनसुन गराउनुपर्ने अवस्था थियो।', सुरूमा यो स्कुल राणाहरूकै पठनपाठनका लागि मात्र खोलिएको थियो। पछि संस्कृत पढ्न र २०४८ सालदेखि भने सबैका लागि खुला भएको हो।, स्कुलको भवन आकर्षक देखेर पढाइ पनि राम्रो होला भन्ने अपेक्षा बोकेर अरू जिल्लाबाट आउने विद्यार्थीहरू पनि छन्।, यस्तै विद्यार्थी हुन् खोटाङबाट आएका अम्रिस पौडेल। उनी उतै निजी विद्यालयमा पढ्थे। सामुदायिक विद्यालयबाट एसइइ दिने सोचले दुई वर्षअघि आफू यहाँ आएको उनले बताए।, 'सामुदायिक स्कुलको यस्तो राम्रो भवन देखियो। पढाइ पनि राम्रो होला भन्ने भयो,' कक्षा दसमा अध्ययनरत उनले भने, 'हेर्दा जति आकर्षक छ, पढाइ पनि राम्रो छ। सामुदायिक स्कुलजस्तो लाग्दै लाग्दैन।', प्रधानाध्यापक पौडेलका अनुसार यहाँ विपन्न परिवारबाट आएका विद्यार्थी धेरै छन्। अहिले भने मध्यम आर्थिक अवस्था भएकाहरू पनि भर्ना भइरहेका छन्। त्यसैले सकेसम्म गुणस्तरीय शिक्षा दिने र विद्यार्थी संख्या बढाउने लक्ष्य स्कुलले राखेको छ।, लामो समय अव्यवस्थित रहेको स्कुल व्यवस्थापन गर्न भने कठिन भइरहेको उनी बताउँछिन्। एकै वर्षमा थपिएका यतिका धेरै विद्यार्थीका निम्ति स्कुलको तयारी थिएन। मुख्य समस्या, स्कुलमा शिक्षक अभाव छ। जम्मा १९ जना शिक्षक छन्, १७ जना दरबन्दीमा र २ जना निजी स्रोतका।, 'दरबन्दी त २८ जना शिक्षकको हो। निजी स्रोतमै ७ जना थिए। तर कोरोनाकालमा स्कुलले तलब दिन सकेन जसले गर्दा गत साउनबाट निजी स्रोतका केही शिक्षकले छाडे,' उनले भनिन्, 'विद्यार्थी कम हुँदा दरबन्दी पनि घटाइएको थियो। अहिले विद्यार्थी बढ्दा शिक्षक पुगेनन्।’, अहिले एक जना शिक्षक एक दिन बिदा बस्दा ६ वटा कक्षा खाली हुने उनी बताउँछिन्। त्यस्तै विद्यार्थीलाई समूहमा विभाजन गर्दा शिक्षकको कक्षा पनि थपिएको छ। , 'विद्यार्थी बढेपछि सेक्सन छुट्याइएको छ। तर शिक्षक अभाव हुँदा दुबै सेक्सनमा आफैं पढाउनुपर्ने बाध्यता छ,’ स्कुलका विज्ञान विषयका शिक्षक विजय यादवले भने।, यादव पहिले सातदेखि दस कक्षामा चार वटा कक्षा लिन्थे। सेक्सन छुट्टिएसँगै छ वटा कक्षा लिइरहेको उनले बताए।, स्कुलमा थपिएका सुविधाका कारण पढाउन भने सहज भएको उनको भनाइ छ। उनका अनुसार ठूला कक्षामा स्मार्ट अन्तर्क्रियात्मक बोर्ड छन्। स्कुलले ल्यापटप र पेनड्राइभ दिएको छ। त्यसबाट शिक्षकले प्रोजेक्टरको माध्यमबाट पढाइरहेका छन्।, उनले भने, 'श्रव्यदृश्य हुँदा विद्यार्थीले पनि सहजै बुझेका छन्। विद्यार्थी बढ्नु खुसीको कुरा हो। तर शिक्षक पनि थप्न सके अझै राम्रो हुने थियो।', जति सुविधा भए पनि स्कुल राम्रो कि नराम्रो भनेर मापन गर्ने एक मात्र कडी पढाइको गुणस्तर हो। त्यसैका लागि शिक्षक जुटाउन लागि परेको प्रधानाध्या पक पौडेल बताउँछिन्।, 'हाम्रो उद्देश्य सबैखाले आर्थिक अवस्था भएका विद्यार्थीले राम्रो शिक्षा पाऊन् भन्ने हो,' उनले भनिन्, 'हामी यसमै काम गरिरहेका छौं। त्यसैले आगामी शैक्षिक सत्रमा विद्यार्थी अझै थपिने निश्चित देखिन्छ। स्कुलसँग पर्याप्त संरचना छन्। हामीलाई आवश्यक भनेको शिक्षक मात्र हो। यसको व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौं।', सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  , दरबार हाइस्कुलमा एक वर्षमै बढे तीन गुणा विद्यार्थी, शिक्षक भने अभाव
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ११३ जना कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, भक्तपुरमा ८, ललितपुरमा २८ र काठमाडौं ७७ गरी ११३ संक्रमित थपिएका हुन्।, योसँगै उपत्यकामा १८६० सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ७४५, भक्तपुरमा ४९९ र ललितपुरमा ६१६ जना सक्रिय संक्रमित छन्। , यस्तै नेपालमा थप २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ९ हजार ६७७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार १८० जनाको पिसिआर परीक्षण र २४९७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २८३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ।  ,  , काठमाडौं उपत्यकामा थप ११३ जनामा कोरोना संक्रमण
सेतोपाटी संवाददाता काठमाडौंको हलचोकमा चितुवा फेला परेको छ।, हलचोकभित्र रहेको सशस्त्र प्रहरी बल (एपिएफ) को हेडक्वाटरमा देखिएको उक्त चितुवालाई नियन्त्रणमा लिइएको छ। , ‘आज बिहान करिब ६ बजे हलचोकभित्र चितुवा देखिएपछि नियन्त्रणमा लिइएको छ,’ महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक मिलन केसीले भने।, उक्त चितुवा हलचोकस्थित शशस्त्रको गेटबाटै भित्र पसेको अनुमान छ। चितुवा छ/सात महिनाको रहेको बन कार्यालयले जनाएको छ। , ‘प्रहरी र सशस्त्र प्रहरी मिलेर चितुवा नियन्त्रणमा लिएका हौं। चितुवालाई जिल्ला बन कार्यालय हात्तिसारको जिम्मा लगाइएको छ,’ उनले भने।, उक्त चितुवालाई उद्धार गरेर ललितपुरस्थित जाउलाखेलको सदर चिडियाखानामा ल्याइएको छ।, उक्त चितुवा स्वयम्भूको सडकमा हिडिँरहेको पनि देखिएको स्थानीय बासिन्दाले बताएका छन्।, चितुवा बिरामी रहेको हुन सक्ने अनुमान छ।, जब सशस्त्र प्रहरीको मुख्यालयभित्र चितुवा पस्यो...
सेतोपाटी संवाददाता नेपालमा थप २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २१९ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ६७७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७१८० जनाको पिसिआर परीक्षण र २४९७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २८३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ।  , भक्तपुरमा ८, ललितपुरमा २८ र काठमाडौं ७७ गरी ११३ संक्रमित थपिएका छन्।, थप २१९ जनामा कोरोना संक्रमण
दिपकजंग शाही हुम्लाका चन्द्रबहादुर कामी र मुगुकी रमिला मल्ललाई अभिभावकको जिम्मा लगाईएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लामा दुवै पक्षलाई अभिभावकसहित राखेर सोधपुछ गरेपछि अभिभावकलाई जिम्मा लगाईएको हो।, चन्द्रबहादुरको घरमा बसिरहेकी रमिलालाई उनको गाउँका मानिस आएर लगेपछि चन्द्रबहादुर रहस्यमय तरिकारले सम्पर्कविहिन भएका थिए।, मंसिर २९ गतेदेखि सम्पर्कविहिन भएका उनी पुस ७ गते खार्पुनाथ गाउँपालिकामा पर्ने याङ्चु बजारमा भेटिएका थिए।, सोही दिन उनलाई जिल्ला प्रहरी कार्यालयमा लगेर सोधपुछ गरिएको थियो। प्रहरीसँग उनले आफू डरले भागेर जंगलतिर गएको बताएका थिए। पाँच दिनसम्म जंगलका गोठमा बसेको उनले प्रहरीसमक्ष बयान दिएका थिए।, उनी फेला परेपछि मुगुबाट रमिलालाई पनि ८ गते जिल्ला प्रहरी कार्यालय हुम्ला झिकाइएको थियो।, रमिला र चन्द्रबहादुरका अभिभावकलाई बोलाएर सोधपुछ गरिएको हुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए। ‘दुवै पक्षलाई राखेर छलफल भयो, उहाँहरु दुवै पक्षले कानुनी प्रक्रियामा नजाने भन्नुभयो,’ डिएसपी शर्माले भने, ‘विवाह गर्ने उमेर नपुगेका भएर दुवै जनालाई आ–आफ्नो अभिभावकको जिम्मा लगाएर पठाएका छौं।’, दुवै पक्षलाई सँगै राखेर सोधपुछ गर्दा प्रचारप्रसार भएजस्तो कुनै विषय नभेटिएको उनले बताए।, चन्द्रबहादुर सम्पर्कविहिन हुँदा उनको परिवारले रमिलालाई लिन आएका मानिसले सँगै अपहरण गरी लगेको आरोप लगाएका थिए। पछि चन्द्रबहादुरले भने प्रहरीसँग आफू स्वयम् डरले भागेर जंगलतिर गएको बताएका थिए।, मंसिर ५ गते १८ वर्षीया रमिलालाई १९ वर्षीय चन्द्रबहादुरले आफ्नो घरमा ल्याएका थिए। त्यसपछि मंसिर २९ गते रमिलाको गाउँका मानिसले उनलाई चन्द्रबहादुरको घरबाट खोसेर लगेका थिए।, रमिला मुगुको सोरू गाउँपालिका-४ की हुन् भने चन्द्रबहादुर हुम्लाको सर्केगाड गाउँपालिका-१ का हुन्। यी दुई गाउँपालिका सिमाना जोडिएका दुई जिल्लाका स्थानीय तह हुन्।, त्यसै दिनदेखि सम्पर्कविहिन भएका चन्द्रबहादुरलाई खोज्न डिएसपीको नेतृत्वमा ३५ जना प्रहरी परिचालित थिए।, प्रहरी कार्यालयमा बयान दिएपछि आ–आफ्नो घर गए हुम्लाका चन्द्रबहादुर र मुगुकी रमिला
शर्मिला पाठक/रासस यहीँ पुस १६ गतेदेखि सर्वसाधारणका लागि वसन्तपुरमा रहेको ऐतिहासिक गद्दी बैठक खुला हुने भएको छ।, भूकम्पका कारण आंशिक क्षति भएको गद्दी बैठक जिर्णोद्धार सम्पन्न भइसकेको छ। मर्मतपछि ऐतिहासिक उक्त बैठक ग्यालरीसहित सञ्चालन गर्न लागिएको हो । , ग्यालरीमा पृथ्वीनारायण शाहले एकीकरण गरेदेखि हालसम्म आइपुग्दा राजनीतिक परिवर्तका विषय समेटेर विभिन्न कालखण्डका लिखित दस्तावेज राखिने हनुमानढोका दरबार हेरचाह अड्डाले जानकारी गराएको छ।, यस अवधिका प्राप्त गर्ने सके जतिका फोटो पनि अवलोकनका लागि ग्यालरीमा राख्ने तयारी भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए।, उक्त ऐतिहासिक कागजात विद्यार्थी, अवलोकनकर्ता र अनुसनधानकर्ताका लागि महत्वपूर्ण दस्तावेज हुने विश्वास अड्डाको रहेको छ। जिर्णोद्धारपछि तत्काल खोल्ने भनिए पनि केही आन्तरिक तयारी गर्नुपर्ने भएकाले केही समय लागेको बताइएको हो । ‘सांस्कृतिक धरोहर’समेत रहेको बैठक सर्वसाधरणका लागि खुला हुँदा यसको झनै महत्व बढ्ने आशा गरिएको छ । भूकम्पबाट क्षति भएको गद्दी बैठकको तीन वर्षअगावै जीर्णोद्धार सकिएको सम्पन्न भएको थियो । , गद्दी बैठक काठमाडौं दरबार क्षेत्रमा अवस्थित छ । हनुमानढोका नामले पनि प्रसिद्ध यो दरबार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीर विक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारक छन् । त्यस क्षेत्रमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डपलगायत महत्वपूर्ण स्मारक रहेका छन् ।  , अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले जिर्णोद्धार गरेको गद्दी बैठक २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो । सोही दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गरेका थिए। तत्कालीन समयमा विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा वसन्तपुर दरबारमा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक)  निर्माण गरिएको थियो । , सुरुमा यो भवनमा विदेशी पाहुनासँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो । हाल यसको प्रयोग राष्ट्रप्रमुखले जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्दा मात्र हुन्छ । सन् १९०८ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा निर्मित यो बैठक सर्वसाधारणले यसअघि अवलोकन गर्न पाएका थिएनन्।, भ्रमण वर्ष, २०२० लाई लक्षित गरेर खुला गरिए पनि विश्वभरि फैलिएको कारोनाका कारण  अवलोकन गर्न नपाई पुनः बन्द गरियो। मर्मतपछि बैठकको भुइँतलामा सङ्ग्रहालयसमेत बनाइएको छ भने उक्त सङ्ग्रहालयमा नेपाली इतिहास र संस्कृतिका दुर्लभ पुरातात्विक वस्तुका साथै विशेषगरी वसन्तपुरमा रहेको ऐतिहासिक सामग्रीको चित्र र त्यसको बारेमा विवरणसमेत राखिने छ । , वसन्तपुर क्षेत्रमा हुने गरको जात्रा पर्वको बारेमा पनि उक्त स्थानमा जानकारी राखिने छ । त्यसैगरी ‘५० वर्ष अघिको अनुमान ढोका. भन्ने शीर्षकमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले ५० वर्ष अघिको उक्त स्थानका फोटो प्रदर्शन गर्न लागिएको छ । , इन्टरनेटबाटै गर्नुस् वसन्तपुरको अवलोकन, कुनै पनि स्थानको अवलोकन गर्नका लागि उक्त स्थानमा नै पुग्नुपर्ने व्यवस्थाको अन्त्य गर्दै हनुमान ढोका दरबार क्षेत्रले विश्वको जुनसुकै स्थानबाट पनि उक्त ऐतिहासिक स्थानको अवलोकन गर्न सक्ने व्यवस्थाको तयारी थालेको छ ।  , आमनागरिकले उक्त व्यवस्थाको प्रयोग यही पुस १२ गतेबाट गर्न सक्नेछन् । पहिलो पटक अभ्यास गर्न लागिएको उक्त व्यवस्थाको सुरुमा अनलाइन अवलोकन गरेवापत कुनै पनि शुल्क लाग्ने छैन । कोरोनाका कारण राम्रोसँग विगत दुई वर्षदेखि अवलोकनकर्ताले वसन्तपुर क्षेत्रको अवलोकन गर्न पाएका छ्रैनन् । यसरी लामो समयसम्म महत्वपूर्ण र ऐतिहासिक सम्पदाको अवलोकन गर्न नपाउँदा जनगुनासो बढेपछि अड्डाले भर्चुअल आध्ययमबाट हेर्न सकिने व्यवस्था गर्न लागेको हो । , त्यति मात्रै होइन यही पुस १ गतेदेखि अवलोकनकर्ताको सहजताका लागि भन्दै अड्डाले यस क्षेत्रको अवलोकनका लागि अनलाइन टिकटको पनि व्यवस्था गरेको छ । पहिलो पटक यसरी अभ्यास गरिएकाले अनलाइनबाट टिकट काट्नेको सङ्ख्या भने अत्यन्तै कम रहेको बताइएको छ । , पुस १६ गतेदेखि सर्वसाधारणका लागि गद्दी बैठक खुला हुने
सेतोपाटी संवाददाता नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक सुशील यादव मृत फेला परेका छन्।, संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत यादव शुक्रबार मध्याह्न क्वार्टरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले पुष्टी गरे।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार यादव झुन्डिएको अवस्थामा देखिएपछि प्रहरी घटनास्थल गएको छ।, ‘घटनास्थल सुरक्षित राखेर हामीले अनुसन्धान थालेका छौं,’ जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एक प्रहरी अधिकृतले भने। , शुक्रबार बिहान १० बजेसम्म निवासमा रहेका यादवले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन।, गाडी चालकलाई गाडी मर्मतको लागि पठाएका यादव ढोका बन्द गरी कोठाभित्र पसेको र लामो समय सम्म नफर्किएपछि हेर्दा झुन्डिएको अवस्थामा भेटिएका हुन्।, यादव कोठा भित्र झुन्डिएको अवस्थामा भेटिए पनि परिवारका सदस्य र लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारी आएपछि मात्रै ढोका खोल्ने तयारी रहेको स्रोतले जनाएको छ।, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यादवको कोठाभित्र मृत भेटिए पनि के कस्तो अवस्थामा भेटिएको भन्ने मुचुल्का आएपछि मात्र भन्न सकिने सेतोपाटीले जानकारी दिए। , यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन्। ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते यादवले अवकाश पाउन लागेका थिए। यादवको घटनापछि अहिले संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कसैलाई पनि प्रवेश दिइएको छैन।, भैरहवामा मृत फेला परे प्रहरीका एसएसपी
सेतोपाटी संवाददाता रूपन्देहीमा ७ करोड बढी रकम खर्च गरेर निर्माण भएको प्रवेशद्वारको उद्घाटन गरिएको छ। , सिद्धार्थनगर नगरपालिका-१ स्थित डण्डा खोला नजिक निर्माण गरिएको उक्त प्रवेशद्वारको पूर्वमन्त्री एवं रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले आइतबार उद्घाटन गरेका हुन्।, नगरपालिकाले ७ करोड ९ लाख २७ हजार रुपैयाँ लागतमा निर्माण गरेको प्रवेशद्वार भारतीय सिमाना बेलहियादेखि एक किलोमिटर अगाडि निर्माण गरिएको भन्दै बेलहियाबासीले असन्तुष्टि जनाएका थिए।, प्रवेशद्वार उद्घाटन गर्दै सांसद भुसालले लुम्बिनी र रूपन्देहीको पर्यटन विकासमा यसले सकारात्मक प्रभाव पार्ने बताए। , पर्यटक बढे यस क्षेत्रको कारोबार बढ्छ, पर्यटकको बसाई लम्बिन्छ,’ भुसालले भने, ‘यसले सिंगो लुम्बिनीको आर्थिक वृद्धि दरमा टेवा पुग्छ।’, यसअघि बेलहियाको दशगजा नजिकै निर्माण गरिएको पुरानो प्रवेशद्वारलाई पनि भत्काएर सडक विभागले नयाँ, फराकिलो र आकर्षक गेट निर्माण गर्ने तयारी गरेको छ। दशगजा पारी भारतले आकर्षक गेट निर्माण गरेपछि नेपाल प्रवेश गर्ने गेट साँघुरो देखिएको छ।, भारतीय सिमाना हुँदै लुम्बिनी आउने पर्यटकहरूलाई बुद्धजन्मस्थल लुम्बिनी प्रवेश गरेको अनुभुति दिलाउने भन्दै बुद्धत्व झल्किने पर्यटकीय गेट निर्माण गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी बताए।, नगरपालिकाले २०७५ साल मंसिरमा भैरहवाको प्राकृतिक निर्माण सेवासँग प्रवेशद्वार निर्माणको ठेक्का सम्झौता गरी तीन वर्षको अवधीमा निर्माण सम्पन्न गरेको हो। , नगरपालिकाका फिल्ड सुपरभाइजर चेतनारायण ज्ञवालीले गेट निर्माणको ठेक्का सम्झौता गर्दा २०७८ असार २५ गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्ने समय सीमा तोकिएको थियो। तर दुई वर्ष देखि फैलिएको कोरोना महामारीका कारण पाँच महिना ढिला भएको बताए।, नेपाल र बुद्धको चिनारी झल्कने गरी तयार गरिएको प्रवेशद्वारको एडिट कन्सल्टेन्सी काठमाण्डौंले डिजाइन गरेको हो। गेटको डिजाइनपछि पुरातत्वविद्, लुम्बिनीका जानकार, शान्ति अभियन्ता, संस्कृतिविद्, समाजसेवी, बुद्धिजिवी, इन्जिनियर, जनप्रतिनिधि, परामर्शदाता, बौद्धज्ञाता र नगरबासीको छलफलपछि मात्रै पास गरिएको थियो।, प्रवेशद्वारमा बुद्धमूर्ति र स्वयम्भूका आँखासहितको बुद्ध चिनारी, अशोक स्तुपा राखिएको छ। , नगरप्रमुख अधिकारीले प्रवेशद्वारले सिद्धार्थनगरको सुन्दरता थपिएको बताए। उनले बुद्ध जन्मभुमि लुम्बिनीको प्रवेशद्वारको रूपमा रहेको सिद्धार्थनगरमा आइपुगेको अनुभुति दिन प्रवेशद्वार निर्माण गरिएको बताए।, ५० मिटर लम्बाइ, २३ मिटर ८० सेन्टिमिटर चौडाइ तथा सडकदेखि २९ मिटर अग्लो रहेको उक्त प्रवेशद्वारमा नेपालको चिनारी झल्कने कलात्मक वस्तु, स्वयम्भूमा रहेको बुद्धको आँखासहितको चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्धमूर्ति, हर्निका, आर्च र स्पायर गजूरले सिंगारिएको छ।, सिद्धार्थनगरको बेलहिया नाका स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो। यो नाकामा नेपालको दोस्रो ठूलो भन्सार पनि छ। यो नाका हुँदै भारतलगायत तेस्रो मुलुकबाट वर्षेनी लाखौ पर्यटक लुम्बिनी भ्रमणमा आउने गर्छन्।, भैरहवामा सात करोड बढी लगानीमा गेट निर्माण
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले बाराको लार्ज ट्रेड लिंक प्रालिका सञ्चालकसहित चार जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। , विभागले नक्कली भ्याट बिल अनुसन्धानको क्रममा सञ्चालक बारा प्रसौनी गाउँपालिका-४ का अर्जुनप्रसाद पटेलसहित चार जनाविरूद्ध मुद्दा दायर गरेको हो। , मुद्दा दायर गरिएकामा बारा राजपुर-५ घर भई महालक्ष्मी नगरपालिका-१ बस्ने जयकिशोर साह, सिरहा रामपुर-९ पिपराका सूर्यजितप्रसाद साह र सर्लाही भक्तिपुर घर भई हाल कागेश्वरी नगरपालिका-१३ काँडाघारी बस्ने तोयानाथ अधिकारी छन्। , उनीहरूसँग १८ करोड ३५ लाख २२ हजार २८६ रुपैयाँ बिगो, बिगोको शतप्रतिशत जरिवाना र कैद सजाय माग गरी मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। , उनका अनुसार वस्तु तथा सेवा खरिद नै नगरी झूटा मूल्य अभिवृद्धि कर बिजकमात्र खरिद गरेर उनीहरूले राजश्व चुहावट गरेको अनुसन्धानका क्रममा खुलेको छ। , अनुसन्धानमा मूल्यअभिवृद्धि कर ६ करोड १५ लाख ९७ हजार ९२७, लाभांश १ करोड ५४ लाख ५६७ र आयकर १० करोड ६५ लाख २४ हजार ८९२ रुपैयाँ छलेको पाइएको पौडेलले बताए।, यसैगरी, विभागले वीरगञ्ज महानगरपालिका-७ स्थित तुराहा सप्लायर्स प्रालिका सञ्चालक हरिनारायण साह तुराह, किशोर साह र सूर्यजितप्रसाद साहविरूद्ध मुद्दा दायर गरेको छ। , नक्कली भ्याट बिल प्रकरणमा उनीहरूसँग २ करोड १८ लाख ९८ हजार १२४ रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवना र सजाय माग गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ। , यस्तै, विभागले विदेशी मुद्दा अपचलन गरेको कसुरमा मुस्ताङ दामोदरकुण्ड गाउँपालिका-१ घर भई हाल पोखरा बस्ने छिरिङ ढुण्ढु गुरुङविरूद्ध पनि मुद्दा दायर गरेको छ।, अवैध डलरको कारोबार गरी २ करोड ३२ लाख ७४ हजार १८० रुपैयाँ अपचलन गरेको कसुरमा उनीविरूद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ। , उनलाई बिगोको दोब्बर जरिवना र तीन वर्ष कैद सजाय माग गरिएको छ। , यसैगरी, विभागले भन्सार चोरी पैठारी गरी राजश्व छलेको अभियोगमा बाँकेका सैपादिन मिया र भारतीय नागरिक अमन मित्तलविरूद्ध मुद्दा दायर गरेको छ।, उनीहरूसँग १ करोड ८९ लाख ८९ हजार ४४७ रुपैयाँ बिगो माग गरी मुद्दा दायर गरिएको विभागले जनायो।, नक्कली भ्याट बिल प्रकरणमा १८ करोड बिगो माग्दै चार जनाविरूद्ध मुद्दा
रासस बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरूद्धको मोडर्ना खोप दिन थालिएको छ।, बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६ जनाले मात्र खोप लगाउन पाउने भएका छन्। पाँच हजार ६०२ बालबालिका खोप लगाउनबाट बञ्चित हुने बताइएको छ।  , सरकारले मुलुकका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गरेसँगै बाजुरामा पनि आजदेखि मोडर्ना खोप लगाउन सुरू गरिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए।, नौ पालिकाका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन सुरू गरिएको पन्तले बताए। , बूढीगंगा, बडीमालिका, बूढीनन्दा र त्रिवेणी नगरपालिका तथा खप्तड छेडेदह, हिमाली, गौमूल, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका विद्यार्थीलाई खोप दिन स्वास्थ्यकर्मी खटाइएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर महेश चन्दले जानकारी दिए। नौ पालिकाका २२ हजार ४०८ मध्ये १६ हजार ८०६ बालबालिकाले मात्र पहिलोपटक मोडर्ना खोप  लगाउन पाउने छन्।  , 'खोपको मात्रा १६ हजार मात्र उपलब्ध भएको छ, बाँकीलाई थप खोपको मात्रा उपलब्ध भएपछि लगाइनेछ', उनले भने।, नौवटै पालिकाका विद्यालयमा एकसाथ खोप दिन थालिएको हो। यसका लागि विद्यालयमै खोप केन्द्र स्थापना गरिएको छ। जिल्लाभरि १३४ खोप केन्द्र स्थापना गरेर अभियान सञ्चालन गरिएको पन्त बताउँछन्।, बडीमालिकाका दुई हजार ९०५ मध्ये दुई हजार १९७ जनाले खोप लगाउन पाउने छन्।, बूढीगंगाका तीन हजार ७३८ मध्ये दुई हजार ९६३ जनाले, त्रिवेणीका तीन हजार ५६३ मध्ये दुई हजार ६७२, बूढीनन्दाका तीन हजार ४२ मध्ये दुई हजार २८२, खप्तड छेडेदहका तीन हजार २१७ मध्ये ८१४ तथा गौमूलका एक हजार २७१ मध्ये ९५३ बालबालिकाले मोडर्ना खोप लगाउन पाउने छन्।  , यसैगरी स्वामीकार्तिक खापरका एक हजार ७१८ मध्ये एक हजार २८९, हिमालीका हजार ५०६ मध्ये एक हजार १३० तथा जगन्नाथका एक हजार २३५ मध्ये ९२६ बालबालिकाले मोडर्ना खोप लगाउने छन्।, खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ।, बाजुरामा हालसम्म एक लाख १८ हजार व्यक्तिले कोरोनाविरूद्धको पूर्ण खोप लगाएका छन्।, पहिलो चरणमा ६५ हजारले तथा दोस्रो चरणमा ५३ हजार व्यक्तिले खोप लगाएका थिए। , बाजुरामा विद्यार्थीलाई विद्यालयमै मोडर्ना खोप
राजेश घिमिरे नवलपुरबाट उडेको एउटा गिद्ध साढे २ वर्षअघि भारत हुँदै पाकिस्तानको सीमा क्षेत्रमा पुग्यो। केहीदिन सीमा आसपासमै डुल्यो। त्यहीँबाट सम्पर्कविहीन बन्यो।, उसको ढाडमा राखिएको जिपिएसले दिएको सूचना थियो त्यो। नवलपुरको कावासोती नजिकै पिठौलीमा रहेको नमूना मध्यवर्ती सामुदायिक वनको क्षेत्रमा सञ्चालित जटायु रेष्टुरेन्टमा अहिले ३३४ वटा गिद्ध छन्। यी गिद्धको वास्तविक अवस्था पत्ता लगाउन ढाडमा स्याटेलाइट, खुट्टा र पखेटामा नम्बर ट्याग लगाउने गरिएको छ। यहीँबाट उडेको उक्त गिद्ध सयौं किलोमिटर उडान भर्दै पाकिस्तानसम्म पुगेको थियो।, जटायु रेष्टुरेन्टबाट अहिलेसम्म ७९ वटा गिद्धलाई यसरी स्याटेलाइट र नम्बरका ट्याग लगाएर छाडिएको छ। यीमध्ये ४० वटा जंगली र ३९ वटा प्रजनन् केन्द्रमा जन्मिएर हुर्किएका हुन्।, पूर्व-पश्चिम राजमार्गबाट करिब ४ किलोमिटर दक्षिणतर्फ लागेपछि नमूना मध्यवर्ती वन पुगिन्छ। यहाँको एक सय बढी हेक्टर क्षेत्रफललाई ओगटेर जटायु रेष्टुरेन्ट सञ्चालन गरिएको १६ वर्ष भयो।, वनमा अग्ला-अग्ला सिमलका रूख छन्। ती रूखका हाँगामा टनाटन गिद्ध देखिन्छन्। धेरै गिद्ध आकाशमा उडिरहेका पनि देखिन्छन्। यही जंगलभित्र रहेको खुला चौर गिद्धलाई आहारा खुवाउनका लागि छुट्टाइएको छ। दुई दिनमा एक पटक मृत चौपायाको शव चौरमा राखिन्छ। आकाशमा उडिरहेका गिद्धले नजर परेको केही मिनेटमा आहारा भ्याइदिन्छन्। , स्थानीय क्षेत्रमा मरेका पशु चौपायाको शब ल्याएर गिद्धलाई खुवाउने गरिएको छ। केही समयदेखि जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिले सहर र सडकमा छाडा भेटिएका चौपायालाई रेष्टुरेन्ट परिसरमै राख्न थालेको छ। , सन् २००६ अघि यहाँ न ठूलो जंगल थियो न त धेरै वन्यजन्तु र पंक्षी। यहाँ रहेका अग्ला सिमलका रुखमा केही गिद्ध देखिन्थे। तर संख्या धेरै थिएन। अनुसन्धानले गिद्धका प्रजाति संकटापन्न अवस्थामा पुगेको देखाएपछि उक्त क्षेत्रलाई गिद्धको संरक्षणमा प्रयोग गर्न थालिएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति संयोजक डिबी चौधरीले बताए।, उनका अनुसार रेष्टुरेन्ट सुरू गर्नुअघि यहाँ १७ जोडी गिद्धमात्रै भेटिन्थे। १६ वर्षमा गिद्धको संख्या ४५० प्रतिशत भन्दा बढेको छ। १७ वटा गुँडबाट अहिले ६७ वटा पुगेका छन्।, नेपालमा पाइने गिद्धका ९ मध्ये ८ प्रजाति यहाँ देखिने गरेको चौधरीले बताए। तीमध्ये ४ प्रजाति रैथाने हुन्। बाँकी ४ प्रजाति आगन्तुक हुन्। उनीहरू जाडो छल्न र आहाराको खोजीमा अन्य ठाउँबाट यहाँ आइपुगेका हुन्। यहाँ पाइने मध्ये ३ प्रजाति (डङ्गुर, सानो खैरो र लामो ठुँडे गिद्ध)अतिसंकाटपन्न प्रजातिमा पर्छन्। विश्वभरमा २३ प्रजातिका गिद्ध पाइन्छन्। , नेपालमा पाइने चराका प्रजातिमध्ये सबभन्दा बढी संकटमा ९ प्रजातिका चरा पर्छन्। यीमध्ये दुई प्रजाति नेपालबाट पनि लोप भइसकेका छन्। हाल जीवित रहेका अतिसंकटापन्न सात प्रजातिमध्ये चार प्रजाति गिद्धमात्रै हुन्।, ‘गिद्धलाई आवश्यकताअनुसार आहाराको व्यवस्थापन गर्ने र तिनको संरक्षणमा काम गर्ने भएकाले जटायु रेष्टुरेन्ट भनिएको हो,’ संयोजक चौधरीले भने, ‘१६ वर्षअघि केही गिद्धमात्रै रहेको ठाउँमा अहिले सयौं पुगेका छन्। सरकार, दातृ निकाय र समुदाय मिलेर काम गर्दा जटायु रेष्टुरेन्ट संसारकै नमूना बनेको छ।’, जटायु रेष्टुरेन्टमार्फत् भइरहेको गिद्ध संरक्षणका कारण पंक्षीका प्रजाति संरक्षणमा नेपाल संसारकै ‘टप लिस्ट’मा पर्न सफल भएको चौधरीले बताए। उनका अनुसार गिद्धको यसरी संरक्षण गरिएको दक्षिण एसियामा यहीँमात्रै हो।, ‘अफ्रिका र युरोपका देशमा केही ठाउँमा आहारा दिएर गिद्धको संरक्षण गरिएको छ। समुदाय स्तरमा काम भएको त संसारमै यहीँमात्रै हो,’ चौधरीले भने, ‘हामीले सुरू गरेको लोपोन्मुख र संकटापन्न प्रजातिको संरक्षण अभियान संसारभर अनुकरणीय बन्न पुगेको छ।’, उनले जटायु रेष्टुरेन्टले गरेको काम हेर्न विश्वका विभिन्न देशबाट विज्ञ आउने र प्रभावित भएर फर्कने गरेको बताए।, प्रजाति संरक्षणमा संसारकै नमूना, चितवन राष्ट्रिय निकुञ्जको हेडक्वार्टर कसरानजिकै गिद्ध प्रजनन् केन्द्र छ। यहाँ संरक्षण गरिएका गिद्धले बच्चा जन्माएपछि प्राकृतिक बासस्थानमा छाड्नुअघि जटायु रेष्टुरेण्ट ल्याइन्छ। रेष्टुरेन्ट परिसरमा एउटा सफ्ट रिलिज एभिरी (ठूलो पिँजरा) छ। त्यसमा प्रजनन् केन्द्रबाट ल्याइएका गिद्धलाई ३ देखि ६ महिनासम्म राखिन्छ।, ‘त्यसपछि उनीहरूको शरीरमा जिपिएस जोडेर छाड्छौं,’ जटायु रेष्टुरन्टका संयोजक चौधरीले भने, ‘यसबाट प्रजनन् केन्द्रमा जन्मिएका गिद्ध प्राकृतिक बासस्थानमा कत्तिको सुरक्षित रहन्छन् भन्ने थाहा हुन्छ।’, उनका अनुसार प्रजनन् केन्द्रबाट अहिलेसम्म पाँच लटमा गिद्ध रेष्टुरेन्टमा ल्याइएको छ। तीमध्ये चार पटकमा गरेर ३९ वटालाई प्राकृतिक बासस्थानमा छाडिसकिएको छ। केही दिनअघि मात्रै ल्याइएका १० वटा अहिले एभिरीमै छन्।, प्रजनन् केन्द्रमा हुर्किएकालाई जंगली गिद्धको आनीबानी, व्यहोरा खाने तरिकादेखि हरेक कुरा सिकाउनुपर्छ।, ‘एभिरीमा राख्दा उनीहरूले बाहिर चौरमा राखिएको आहारालाई अन्यले कसरी आहाराको रूपमा प्रयोग गर्छन् भन्ने कुरा देख्छन्, केही महिनामा उनीहरूले धेरै कुरा जानिसक्छन्,’ चौधरीले भने, ‘अब सजिलै उड्न सक्छन् भन्ने भएपछि सबै सहयोगी संस्थाहरूको उपस्थितिमा छाडिन्छ।’, त्यहाँबाट छाडिएका गिद्ध आहारा खोज्दै दैनिक ५० किलोमिटर परसम्म पुग्ने गरेका छन्। जंगली गिद्ध भने दैनिक १०० किलोमिटर भन्दा टाढा पुग्ने गरेको पाइएको चौधरीले बताए। , अनुसन्धानले प्रक्रिया पूरा गरेर छाडिएका गिद्ध जंगली गिद्धसँग घुलमिल हुन थालेको देखाएको छ। चौधरीका अनुसार प्राकृतिक बासस्थानमा छाडिएका तीन वटा गिद्ध अहिले प्रजनन् क्रियामा सहभागी भएका छन्। यी मध्येको एकले जंगली गिद्धलाई जोडीको रूपमा अपनाएको भेटिएको छ।, ‘हामी आहारा खुवाउनेमात्र नभई केन्द्रमा हुकिएका र जंगलका गिद्ध कसरी घुलमिल हुन्छन्, सँगै कति टाढासम्म जान्छन्, सँगै बस्छन् कि बस्दैनन् लगायतका कुरामा पनि ध्यान दिन्छौं,’ चौधरीले भने, ‘यस्ता कुराले गिद्धको संरक्षण अभियानमा सघाउ पुर्‍याउँछ।’, प्रजनन् केन्द्रमा हुर्काएर प्राकृतिक बासस्थानमा छाडिएको संसारमै नेपालमा मात्रै हो। , जटायु रेष्टुरेन्ट सञ्चालन गर्न चितवन राष्ट्रिय निकुञ्ज, डब्लुडब्लुएफ, नेपाल पंक्षी संघ(बीसीएन), जुलोजिकल सोसाइटी अफ लण्डन(जेडएसएल), राष्ट्रिय प्रकृति संरक्षण कोषले सहयोग गर्ने गरेका छन्।, चाख मानेर हेर्छन् पर्यटक, चितवन राष्ट्रिय निकुञ्ज वन र वन्यजन्तु अवलोकनका लागि विश्वभर चर्चित छ। विश्व सम्पदा सूचीमासमेत रहेको निकुञ्ज एक सिंगे गैंडा, पाटे बाघ, घडियाल गोहीजस्ता लोपोन्मुख जीवको बासस्थान हो। यहाँ देखिने पंक्षीले पनि पर्यटकलाई आकर्षित गर्ने गर्छन्।, नवलपुरमा रहेको जटायु रेष्टुरेन्ट पंक्षीप्रेमी पर्यटकको रोजाईको पर्यटकीय गन्तव्य हो। यहाँ आन्तरिक तथा बाह्य पर्यटक गिद्धको दिनचर्या नियाल्न आइपुग्छन्। गिद्धबारे चासो राख्नेहरू धेरै आउने गरेको कर्मचारी यमबहादुर नेपालीले बताए।, कावासोती-७ का यमबहादुरले यहाँ काम गर्न थालेको सुरूआतबाटै हो। उनको काम यहाँ रहेका गिद्धको आहारा जुटाएर खुवाउने हो।, ‘आहारा खाँदै गरेको हेर्न धेरै पर्यटक आउनुहुन्छ,’ उनले भने, ‘कोरोना महामारीअघि त विदेशी निकै धेरै आउँथे। अचेल कम आउँछन्।’, गण्डकी प्रदेश पर्यटन बोर्डको अग्रसरतामा भरतपुर महानगरपालिका, लुम्बिनी र पोखरालाई जोडेर बनेको ‘गोल्डेन ट्रयाङगल टुर प्याकेज’ भित्र जटायु रेष्टुरेन्टलाई पनि समावेश गरिएको छ। भरतपुरबाट लुम्बिनी जाँदा राजमार्गबाट नजिकै पर्ने भएकाले यी गन्तव्य घुम्न आउने पर्यटकले जटायु रेष्टुरेन्ट पनि अवलोकन गर्ने गरी टुर प्याकेजमा समावेश गरिने बोर्डका प्रमुख काशीराज भण्डारीले बताए। , नवलपुरमा सफल भएपछि रूपन्देही, दाङ, कैलाली, कास्की, सुनसरीलगायत जिल्लामा पनि गिद्ध रेष्टुरेन्ट खोलिएका छन्।, घरपालुवा चौपायनमा पीडानाशक औषधी डाइक्लोफेनेक प्रयोग गरिने गरेका कारण मृत पशुको सिनो खाएर नेपालमा धेरै गिद्ध मर्ने गरेका छन्। गत वैशाखमा मात्रै नवलपरासीको रामग्राम क्षेत्रमा एकै ठाउँमा ७० भन्दा बढी गिद्ध मरेका थिए। अग्ला सिमलका रूख मासिँदै जानेलगायत कारण प्राकृतिक रूपमा रहने गिद्धको संख्या कम हुँदै जाँदा जटायु रेष्टुरेन्टले गरेको कामले संरक्षणमा मदत पुगेको देखिन्छ।, तस्बिर  सौजन्य : कोमलचन्द्र भगत, जटायु रेष्टुरेन्टका गिद्ध: एउटा पाकिस्तान पुगेर हरायो, अर्काले जंगलीलाई पार्टनर बनायो
चन्द्रकला भण्डारी/रासस झापाको दक्षिणी भेगका गौरीगञ्जमा जङ्गे सीमास्तम्भ नजिक वर्षौंदेखि बसोबास गर्दै आएका मुसहर समुदायका बासिन्दाले नागरिकता र जग्गाधनी पुर्जा पाउन सकेका छैनन्।, गौरीगञ्ज गाउँपालिका-४ बाह्रसुदीको समस्या हो यो।, भारत बिहारको किशनगञ्ज जिल्लासँग सीमाना जोडिएको यो गाउँमा ४० परिवारको बसोबास छ।, गाउँका कसैसँग पनि जग्गाको धनीपुर्जा छैन। बस्तीका आधाभन्दा बढी घर राज्यले प्रदान गर्ने सेवा र सुविधाको पहुँचभन्दा टाढा रहेका आदिबासी मुसहर समुदायको छ। उनीहरू अर्काको खेतीपातीमा मजदूरी गरेर जीविकोपार्जन गर्दछन्। , भित्री बस्तीमा बस्नका लागि जग्गा नपाएपछि ३३ नम्बरको जङ्गे सीमास्तम्भ नजिकको खाली जग्गामा घर बनाएर वर्षाौंदेखि बस्दै आएका ७० वर्षीय सुन्दर ऋषिदेव (मुसहर)ले आफूहरू बसेकै कारण जङ्गे सीमास्तम्भको समेत सुरक्षा भएको बताए।, 'ऐलानी जग्गामा बसेका छौं, तर सरकारले धनीपुर्जा दिएन', उनले भने, 'धनीपुर्जा दिएको भए ढुक्क हुने थियो, कसैले पनि हाम्रो कुरा सुनेनन्।' , उनले आफ्नो भोगचलनमा पाँच कट्ठा ऐलानी जग्गा रहेको र गाउँपालिकामा गएर बारम्बार दर्ताका लागि प्रक्रिया अघि बढाइदिन आग्रह गरेको बताए।, गाउँपालिकाले धनीपुर्जा नभएका विपन्न परिवारलाई अन्यत्र जग्गा किनेपछि सरकारको तर्फबाट आवास बनाइदिने आश्वासन दिएको उनले बताए तर त्यहाँका बासिन्दा वर्षौंदेखिको बसोबास रहेको ऐलानी जग्गा छाड्न तयार छैनन्।, मुसहर बस्तीमा नागरिकताको पनि समस्या छ। बाबु र छोराहरूको नागरिकता भए पनि बुहारी कसैको पनि नागरिकता छैन। स्थानीय राजा ऋषिदेवको तीन जना छोरा र एउटी छोरी छन्।  , तीनवटै छोराले बिहे गरेर ल्याएका बुहारीको नागरिकता बनेको छैन। भारतबाट समेत बिहे गरेर बुहारी भित्र्याउने चलन छ। मोरङ जिल्ला माइती भएकी राजा ऋषिदेवकी जेठी बुहारी शेमा ऋषिदेवले आफूले पनि नागरिकता नपाएको गुनासो गरिन्।, उनले भारतबाट बिहे गरेर ल्याएका आफ्नो परिवारका दुवै देउरानीको पनि नागरिकता नबनेको बताइन्।, नागरिकता नबनेपछि जग्गा र अरू सम्पत्तिको स्वामित्व नपाएका स्थानीयबासीले जङ्गे सीमास्तम्भ वरिपरि घर बनाएर बसेका कारण भारतीय सुरक्षाफौजबाट बारम्बार प्रताडना बेहोर्नुपरेको सुनाइन्।, भारतीय सीमा सुरक्षाकर्मीले विगतमा हतियारसहित आएर बस्ती हटाउन दबाब दिने गरेको भए पनि आफूहरूले बसोबास नछाडेको ८१ वर्षीया लालिमा ऋषिदेवले बताइन्।, जङ्गे सीमास्तम्भ भएको स्थानबाट वरिपरि सबै घर हटाउन भारतीय सुरक्षाकर्मीको जोडबल थियो। , भारतीय सुरक्षाकर्मीले धम्कीसमेत दिन थालेपछि गौरीगञ्ज इलाका प्रशासन कार्यालयमा गएर समस्या सुनाएको जनाउँदै प्रशासनबाट सुरक्षा दिने आश्वासन दिएपछि ढुक्कले बस्दै आएको उनले बताइन्।, केही वर्षयता भारतीय सुरक्षाकर्मीबाट कुनै दबाब नआएको तर जङ्गे सीमास्तम्भ हेर्न चाहिँ आउने गरेको उनले जानकारी दिइन्। , दशगजा नजिकको सो बस्तीमा विद्युत सुविधा पुगेको छ। पिउने शुद्ध पानीको व्यवस्था छैन। आर्सेनिकयुक्त पानी आउने ट्युवबेलमा उनीहरूको निर्भरता छ। नुहाउन र लुगा धुन बस्तीका सबै मानिस सिमानाको गौरिया खोलामा जाने गरेका छन्।, मुसहर बस्तीका बालबालिकाको नाम नजिकको प्राथमिक विद्यालयमा लेखाइएको भएता पनि उनीहरू पढ्न भने जाने गरेका छैनन्।, न्यानो लुगा र अभिभावकमा चेतनाको अभावका कारण बालबालिका विद्यालय नगएका हुन्। जङ्गे सीमा स्तम्भसँग टाँसिएको एउटै आँगनमा सात परिवारको बसोबास छ।, आँगनका कुनामा हरेक परिवारको अलग-अलग भान्साका लागि चुलो बनाइएको छ। बस्नका लागि अलग-अलग झुपडी छ। टाटीमा माटोले लिपेको कच्ची घरभित्र प्लास्टिकका बोरामा पराल भरेर सुत्ने डसना बनाइएका छन्।, ओढ्नका लागि पुराना कपडा सिलाएर बनाइएका केही कम्बल छन्। बालबालिका फाटेका कपडा लगाएर बस्छन्। परिवारका कसैका खुट्टामा पनि चप्पल जुत्ता छैनन्। स्वीटर र ज्याकेट उनीहरूले बजारमा मात्र देखेको बताउँछन्।, चिसो बढेकाले बालबालिका विद्यालय जान नमानेको र केही बालबालिका बिहान विद्यालय गए पनि दिउँसो घर फिर्ने गरेको स्थानीय गृहिणी शेमा ऋषिदेवले बताइन्।, सीमा क्षेत्रका सुकुम्बासी मुसहर परिवारलाई नागरिकता, जग्गाधनी पुर्जा, सुरक्षित आवास र शिक्षा दिलाउन स्थानीय पालिकाको ध्यानाकर्षण हुनुपर्ने नेपाली कांग्रेस गौरीगञ्ज गाउँ समितिका उपसभापति आत्माराम राजवंशी बताउँछन्।, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले मुसहर बस्तीमा नागरिकता र जग्गा धनीपुर्जाको समस्या रहेको स्वीकार गर्दै समाधानका लागि पहल भइरहेको जानकारी दिए। , संघीय सरकारको नागरिकता नीतिका कारण कतिपयले नागरिकता पाउन नसकेको र भूमि आयोग खारेज भएका कारण सुकुम्बासीलाई बसोबासका आधारमा धनीपुर्जा दिलाउने तयारी अधुरो रहेको उनले बताए।, वंशजको आधारमा बाहेक अरू प्रकारको नागरिकता वितरण संघीय सरकारले नै रोकेको जनाउँदै उनले भारतबाट विवाह गरेर ल्याएका बुहारीले अङ्गीकृत नागरिकता बनाउन नपाएको बताए।, गौरीगञ्जका ३०० विपन्न परिवारलाई पालिकाले आवास निर्माण गरेर हस्तान्तरण गरिसकेको जनाउँदै मुसहर बस्तीको समस्या समाधानका लागि स्थानीय सरकार प्रयासरत रहेको वचनबद्धता प्रकट गरे।, मुसहर समुदायको गुनासो: न नागरिकता, न जग्गाधनी पुर्जा
सेतोपाटी संवाददाता देशभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस अवधिमा ११ हजार ८९८ जनाको परीक्षण गरिएको थियो। , योसँगै नेपालमा पिसिआर विधिमार्फत् आठ लाख २६ हजार ९०१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।, हालसम्म एन्टिजेन विधिबाट ९६ हजार ११५ जनाको कोरोना परीक्षण गरिएको छ।, पछिल्लो २४ घण्टामा ३४९ जना कोरोनाबाट निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख १० हजार २७१ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८२ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ। , यसैगरी, पछिल्लो समय तीन लाख २९ हजार ३७१ जनाले कोरोना भाइरसविरूद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४८ रहेको छ। , थप २६० जनामा कोरोना संक्रमण पुष्टि
सेतोपाटी संवाददाता एक महिलामाथि बलात्कार गरेको आरोपमा बाँके प्रहरीले रोल्पा नगरपालिकाका शाखा अधिकृतलाई पक्राउ गरेको छ। , प्रहरीले बलात्कार गरेको आरोपमा सुशील थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए।, पीडित महिला सशस्त्र प्रहरी बलकी सहायक प्रहरी हवल्दार हुन्। , उनलाई थापाले विवाहको प्रलोभनमा परी शारीरिक सम्पर्क राखेको तर पछि विवाह नगरी जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। , जाहेरीपछि प्रहरीले उनलाई गत सोमबार रोल्पाबाट पक्राउ गरेको प्रहरी निरीक्षक थापाले बताए। कार्यालयमा गत शुक्रबार जाहेरी परेको थियो। , प्रहरीले म्याद थप गरी थप अनुसन्धान अघि बढाएको बताएको छ।  , बलात्कार आरोपमा रोल्पाका शाखा अधिकृत पक्राउ
सेतोपाटी संवाददाता झुन्डिएको अवस्थामा मृत फेला परेका संघीय प्रहरी इकाइ कार्यालय रूपन्देहीमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको शव उनकी श्रीमती आएपछि निकालिने भएको छ।, यादवकी श्रीमती काठमाडौंबाट शुक्रबार साँझ भैरहवा पुग्ने बताइएको छ। यादवका बुवा-आमा घटनास्थल पुगिसकेका छन्।, यादव शुक्रबार मध्याह्न पौने १ बजे आफ्नै कार्यालयको क्वार्टरमा झुन्डिएको अवस्थामा फेला परेको रूपन्देही प्रहरीले जनाएको छ।, यादव नवलपरासी रामग्राम नगरपालिकाका हुन्। उनी माघमा अनिवार्य अवकाशमा जाँदै थिए।, ‘घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान गरिराखेका छौं,’ जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले भने, ‘म्याडम आएपछि शवको मुचुल्का उठाउने काम हुन्छ।’, एसएसपी यादव मृत्यु प्रकरण: श्रीमती आएपछि मात्रै शव निकालिने
नवीनबाबु गुरूङ काठमाडौं सहरको मुख्य व्यापारिक क्षेत्र हुन् न्यूरोड, प्युखा, दरबारमार्ग। यी क्षेत्रमा काठमाडौं महानगरपालिकाले २०७६ असारदेखि स्मार्ट पार्किङ व्यवस्था गरेको छ।, तर स्मार्ट पार्किङका नाममा महानगरले सर्वसाधारणमाथि अन्याय गरेको पनि लाग्दै आएको छ। न्यूरोड क्षेत्रमा सार्वजनिक बाटोको आधा भाग ओगटेर पार्किङ गराइन्छ। त्यहाँ दुईपांग्रे सवारी एक घन्टा राख्दा २५ रूपैयाँ र चारपांग्रे राख्दा ६० रूपैयाँ लिइन्छ।, सुरूआती चरणमा सडकको एक भागमा एक लाइन मात्र स्मार्ट पार्किङका लागि छुट्याइएको थियो। सवारी साधनको सुरक्षाका लागि पहेँलो धर्सा तानेर निश्चित ठाउँ बनाइएको थियो। निश्चित ठाउँ छुट्याएर पूर्ण सुरक्षित र भरपर्दो पार्किङ भनेर प्रचार पनि गरियो।, तर यहाँ पार्किङ केही स्मार्ट नभएको र पैसा असुली मात्र गरिरहेको सर्वसाधारणको गुनासो छ।, ह्विल्स ट्र्युली युअर्स प्रालि नामक कम्पनीले सञ्चालन गरेको यो पार्किङमा एलइडी स्क्रिन राखिएको छ। त्यसमा सुरूआती चरणमा पार्किङ खाली भएको/नभएको जानकारी देखाइन्थ्यो। यस्तै पार्क केटिएम नामक एन्ड्रोइड एपबाट पार्किङस्थल खाली भए/नभएको हेरेर पार्क बुक गरेर जान पाइने व्यवस्था समेत थियो।, तर अहिले यहाँको स्क्रिनमा कोरोना सचेतना अर्थात् मास्क लगाऔं, दुरी कायम गरौं जस्ता सन्देश देख्न सकिन्छ। पार्किङ स्थलबारे सूचना कहीँ भेटिदैन। पार्क केटिएम एपले काम गरेको पनि देखिँदैन र यसको प्रयोग शून्य देखिन्छ। एपमा देखिने टोल फ्री नम्बरमा पनि सम्पर्क हुन सक्दैन।, सुरूमा एक लाइन र सुरक्षित पार्किङ भनिए पनि हाल सडकमा दुई लाइन पार्क गरेको देखिन्छ। सुरक्षाको कुनै मापदण्ड छैन। झन्डै एक माथि अर्को मोटरसाइकल स्कुटर खप्ट्याएरै राखिएजस्तो देखिन्छ।, अर्थात् यहाँ पार्किङ गरिएका मोटरसाइकल एकअर्कामा नठोक्क्याइ निकाल्न सकिँदैन।, 'अब भन्नुस् कसरी सुरक्षित भयो?,' एक सवारीधनीले भने।, यति मात्र होइन, मानिस हिँडडुल गर्ने फुटपाथमा समेत यहाँ सवारी पार्किङ गरेको देखिन्छ। यसबारे सम्बन्धित निकायमा अर्थात् दिइएको नम्बरमा सम्पर्क हुन नसकेपछि यहाँका प्राविधिक टिमलाई हामीले सम्पर्क गर्‍यौं।, टिमका सदस्यले प्रविधिमा कुनै कमजोरी नरहेको दावी गर्‍यो। , 'खासमा मानिसहरू स्मार्ट नभइदिएर यो स्मार्ट पार्किङ स्मार्ट नदेखिएको हो,' उल्टो टिमका ती सदस्यले भने, 'मान्छेले नियम नमानिदिने, जबरजस्ती आफैं पार्किङ गरिदिने तथा व्यापारिक क्षेत्र भएकाले एकैछिन त हो नि भनेर पार्क गरिदिनेले अप्ठ्यारोमा पारेको छ।', एपको सन्दर्भमा आइओएसमा उपलब्ध नभए पनि एन्ड्रोइडमा काम गरिरहेको बताए। अझै सुधार गर्ने पक्षमा रहेको भन्दै सेवाग्राही नै स्मार्ट भइदिनुपर्ने उनले बताए। हाल सुरक्षाका निम्ति सिसी क्यामराबाट निगरानी गरिरहेको पनि उनले दावी गरे। ,  , महानगरले बनाएको नाम मात्रको स्मार्ट पार्किङ (तस्बिरहरू)
रासस मकवानपुरमा आज बेग्लाबेग्लै स्थानमा एक पुरूष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, फरक-फरक स्थानमा दुई महिला झुण्डिएको अवस्थामा फेला परेका छन् भने मृत अवस्थामा एक पुरूषको शव फेला परेको हो।, जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ सिँचाइ टोलमा बस्ने १८ वर्षीया आरती घिमिरे कोठामा र मकवानपुरगढी गाउँपालिका-६ बस्ने ४२ वर्षीया सुनमाया रुम्वा गोलेको शव घर नजिकै रूखमा झुण्डिएको अवस्था फेला परेको जिल्लाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। , उक्त दुवै शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाइएको छ।, मकवानपुरगढी गाउँपालिका-७ सुकौरामा आज अन्दाजी २५ वर्षीय एक पुरूषको शव फेला परेको छ।, स्थानीय बासिन्दाले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।, प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाएको जनाएको छ।, शवको पहिचान खुल्न सकेको छैन। , मकवानपुरमा बेग्लाबेग्लै स्थानमा तीन शव फेला
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १५१ जना संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा १०६, भक्तपुरमा १०, ललितपुरमा ३५ गरी एक सय २५ संक्रमित थपिएका छन्।, यसैगरी काठमाडौं उपत्यकामा १९०२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७९५, भक्तपुरमा ५०१ र ललितपुरमा ६०६ सक्रिय संक्रमित छन्।, देशभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस अवधिमा ११ हजार ८९८ जनाको परीक्षण गरिएको थियो। , योसँगै नेपालमा पिसिआर विधिमार्फत् आठ लाख २६ हजार ९०१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।, हालसम्म एन्टिजेन विधिबाट ९६ हजार ११५ जनाको कोरोना परीक्षण गरिएको छ।, पछिल्लो २४ घण्टामा ३४९ जना कोरोनाबाट निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख १० हजार २७१ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८२ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ। , यसैगरी, पछिल्लो समय तीन लाख २९ हजार ३७१ जनाले कोरोना भाइरसविरूद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४८ रहेको छ। , काठमाडौं उपत्यकामा थपिए १५१ संक्रमित
सेतोपाटी संवाददाता खस क्षेत्री एकता समाज र विश्व मस्ट धर्म महासंघले खस जातिको स्वतन्त्र पहिचान मेटाउने प्रयास नगर्न राष्ट्रिय समावेशी आयोगको ध्यानाकर्षण गराएको छ। , समाजका महासचिव इन्द्र बराल र महासंघका अध्यक्ष युवराज कार्कीले शुक्रबार समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सेनालाई ज्ञापनपत्र बुझाउँदै आफूहरु गोत्रीय अवधारणाभन्दा वंश/कैरनको पहिचानमा जोडिएको भन्दै यसलाई हटाएर गोत्र थोपरिए नमान्ने चेतावनी दिएका छन् । , आयोगले खस आर्य समुदायको थर/गोत्र सूचीकरणका लागि सुझाव आह्वान गरेका बेला खस समुदायले असन्तुष्टि जनाएका हुन् ।  , 'हामी गोत्रीय अवधारणामा हैन वंश/कैरनको इतिहास बोक्दछौं जस्ले जमिनसँग हाम्रो पहिचान जोडेको रहन्छ । हामी खप्तड, लामाथाडा, श्रीपाल, खुलाल इत्यादी भूगोलससँग वंशको पहिचान जोडिएको जाति हो । यसलाई हटाएर गोत्र थोपर्नु भनेको नेपालकै प्रचलित कानुनअनुसार जाति नास अर्थात जेनोसाइट गरिने अपराधिक कार्य हो,' ज्ञापनपत्रमा भनिएको छ । , समावेशी आयोगले खस आर्यका थरि, वर्ण र गोत्र सुचिकृत गर्ने धृष्टता गरेको भन्दै ज्ञापनपत्रमा गम्भीर ध्यानाकर्षणसमेत जनाइएको छ । , 'इतिहासको कालो खण्डमा खस माथि थोपरिएको विभेदकारी वर्णको पहिचान र खसको पहचिान नष्ट गर्न थोपरिएको तथाकथित र अप्रमाणित एवं तर्क संगत नभएको गोत्रलाई प्रमाणित गर्दै आर्यकरण गर्ने कार्य खसको स्वगभिमान, आत्म समन र प्रमाणित इतिहासको हरण हो,' ज्ञापनपत्रमा भनिएको छ ।  , संविधानले नै वर्णगत पहिचानले मानवीय सिँढीगत विभेदलाई व्यवस्थित गर्ने भएबाट संशोधनमार्फत हटाई सकेको अवस्थामा संवैधानिक अक्षर र भावना विपरीत वर्ण स्थापित गर्दै विभेदलाई व्यवस्थित गर्ने प्रयासको गम्भीर संवैधानिक उल्लंघन र भयानक दुष्परिणाम आउने दुबै संगठनको चेतावनी छ । , 'आयोगले विश्वव्यापी मान्यता र संवैधानिक भावनालाई शिरोपर गर्दै खस जातिका थर वंश/ कैरनको पहिचान कायम गर्दै खसको स्वतन्त्र पहिचान कायम गर्दै खसमाथि न्याय गरोस्,' ज्ञापनपत्रमा भनिएको छ, 'सरोकारका समाजको प्रतिनिधित्व गर्ने संस्थाको राय, सल्लाह र सहभागतिामा यस्तो सम्वेदनशील एवं दूरगामी महत्वका विषयमा निर्णय गरोस्।', गोत्र थोपरेर खस जातिको स्वतन्त्र पहिचान मेटाउने प्रयास नगर्न समावेशी आयोगलाई चेतावनी
भगवती पाण्डे गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा ध्यान गृहको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।, २०७५ साल वैशाख १७ गते २५६२ औं बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलन केन्द्रको शिलान्यास गरेकी थिइन्।, अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थ नगरले दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सम्मेलन केन्द्रको निर्माणको जिम्मा लिएको थियो।, २०७७ असारभित्रै सम्पन्न गरिसक्नुपर्ने सम्झौताको शर्त थियो। तर २ वर्ष ढिलो गरी आगामी असारसम्म सकिने लुम्बिनी विकास कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराईले दाबी गरे।, कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित बनेपछि २०७९ साल असार मसान्तसम्म समय थप गरिएको थियो।, काम सुरू गर्दा सम्मेलन केन्द्रको भवनमात्रै निर्माण गर्ने योजना थियो। तर पछि विभिन्न संरचनाहरू समेत थप गरिएको छ।, इन्जिनियर भट्टराईका अनुसार पहिलो चरणमा थालिएको ५ हजार मानिस अट्ने सम्मेलन केन्द्रको सबै काम पूरा भएको छ। तर २०७७ साल पुसमा सम्झौता गरिएको दोस्रो चरणको काम सक्न बाँकी छ। त्यो पनि ५० प्रतिशत पूरा भएको उनले बताए।, भट्टराईका अनुसार चार बिघा क्षेत्रमा निर्माण भइरहेको सम्मेलन केन्द्रको पहिलो चरणको कामको लागि ३३ करोड रुपैयाँ खर्च भएको छ।, पहिलो चरणमा सभाहल, दुइटा शौचालय र कन्ट्रोल रूम निर्माणको कामसँगै सभाहलको भुइँमा टायल बिच्छाउने, छानो हाल्ने, फल्स सिलिङ जडान, रङरोगन, पार्टेसन, लाइट जडान तथा अन्य फिनिसिङका काम समावेश गरिएका थिए।, तीमध्ये पार्टेसन बाहेकका सम्पूर्ण काम सकिएका छन्।, त्यस्तै, दोस्रो चरण अन्तर्गत कम्पाउन्ड वाल, पाहुनाहरूको लागि प्रतिक्षा कक्ष, ल्यान्ड स्केप, पार्किङ, विद्युतीकरण, बुद्ध मूर्तिसहितको आकर्षक वाटर फाउन्टेन लगायतका कामको निर्माण भइरहेको छ।, दोस्रो चरणको कामको लागि पनि २७ करोड रुपैयाँ बराबरका संरचना निर्माण गर्ने तय भएको थियो।, त्योसहित सम्मेलन केन्द्रको सम्पूर्ण काम पूरा हुँदा ७० करोड रुपैयाँ लागत पुग्ने भट्टराईले बताए।, बौद्ध सम्मेलनमात्र नभई सार्क, विमष्टेकजस्ता अलि ठूला सम्मेलन समेत आयोजना गर्न सकिने भएकोले सुविधा पनि थप गरिएको छ।, दोस्रो चरणको काम अन्तर्गत भिआइपीलाई आराम गर्न, छलफल र बैठक गर्न दुइटा भिआइपी कक्ष निर्माण भइरहेका छन्।, पहिलो चरणको काम पूरा भई दोस्रो चरणको काम पनि ५० प्रतिशत पूरा हुँदै गर्दा सभाहल आकर्षक देखिएको छ।, म्युजियम अगाडि रहेको हेलिप्याडदेखि सभाहलसम्म आकर्षक बाटो निर्माण गरिने छ।, सडकको दायाँबायाँ विभिन्न प्रकारका पुष्प वाटिका तथा बुद्धकालीन वृक्षहरू रोपिने गरी डिजाइन गरिएको छ।, भिआइपीको लागि कार पार्किङ, २०/२० जनाले एकैपटक शौच गर्न मिल्ने गरी चार वटा शौचालय निर्माण भइरहेका छन्।, चाइनिज इँट्टाको प्रयोग गरी बनाईएको कम्पाउण्ड वालको निर्माणको काम पूरा हुँदैछ।, कम्पाउण्ड वालको भित्रतर्फ बुद्धको विभिन्न आकर्षक प्रतिमाहरू निर्माण गरिने छ।, भट्टराईका अनुसार ७ सय ५० मिटर लम्बाइको कम्पाउण्ड वालको साढे ७/७ मिटर फरकमा ९७ वटा बुद्धमूर्ति राखिने छ।, त्यस्तै, सभाहलको ठिक अगाडि मानव आकृतिका बुद्धका स्ट्याचुहरू राखिने छन्।, भट्टराईले नेपालमा यति ठूलो सभाहल निर्माण गरिएको लुम्बिनीकै पहिलो भएकोले यसलाई अझै फराकिलो बनाएर काम अघि बढाइएको बताए।, ‘काम गर्दै जाँदा विभिन्न क्षेत्रबाट सकारात्मक प्रतिकृया आएका छन्, त्यसले पनि हामीहरू अलि उत्साहित भएका छौं,’ भट्टराईले भने।, नेपालकै सबभन्दा ठूलो र आकर्षक शैलीको यो सम्मेलन केन्द्रमा आवश्यकता अनुसार 'अटोमेटिक पार्टेसन' गर्न सकिने प्रविधि जडान गरिने भट्टराईले बताए।, कहिलेकाहीँ सानो संख्यामा कार्यक्रम गर्नुपरे हललाई सानो साइजको बनाउन मिल्ने छ।, भट्टराईका अनुसार विभिन्न मुलुकका बौद्ध धर्मावलम्बीहरूले दिएका प्रवचनलाई अटोमेटिक विभिन्न भाषामा अनुवाद गर्न मिल्ने प्रविधिसमेत जडान गरिने छ।, लुम्बिनीमा हिउँदयाममा शितलहर पर्ने र गर्मीयाममा अत्यन्त गर्मी हुने भएकोले सम्मेलन केन्द्रभित्र मौसम अनुसार ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने ५० एमएमको इपिसएस स्याण्डबिच प्यानल प्रयोग गरेर छाना लगाइएको भट्टराईले जानकारी दिए।, तीन वटा मुख्य प्रवेशद्वार राखिएको सभाहलभित्र ५५ वटा ढोकाबाट प्रवेश गर्न सकिनेछ र ५५ वटै गोलाकार आकारका झ्याल बनाइएको छ।, छानामा लगाइएको इपिएस प्यानलबाट हावाहुरी तथा असिना पर्दा समेत माथिको आवाज तल सुनिँदैन भने पानी र शीत नझर्ने प्राविधिकहरू बताउँछन्।, कोरियाली गुम्बा शैलीको सम्मेलन केन्द्रमा गोलाकार छानो र छानोको माथिल्लो बीच भागमा बुद्धका दुइटा आँखाको आकृति डिजाइन गरिएको छ।, हलको भुइँमा ४ वर्ग मिटरको ब्लक बनाएर मोज्याक बिछ्याइएको छ भने हलभित्र उज्यालोका लागि छतमा ४ सय ७६ बत्ती जडान गरिएका छन्।, छाता शैलीमा निर्माण भइरहेको अत्याधुनिक र सुविधा सम्पन्न सम्मेलन केन्द्रमा १० मिटर गहिराइका १ सय ४० वटा पाइल फाउन्डेसन निर्माण गरी त्यसैमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको हो।, दक्षिण एसियाकै नमूना र फरक शैलीमा स्टिल र फलामको स्ट्रक्चरबाट डिजाइन गरिएको सम्मेलन केन्द्रको उचाइ १२ दशमलव ३३ देखि २० दशमलव ४९ मिटरसम्म रहेको भट्टराईले बताए।, जापानिज वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी गुरूयोजनामा सम्मेलन केन्द्र नसमेटिएको भए पनि यसलाई गुरूयोजनामा मेल खाने गरी निर्माण गरिएको उनले दाबी गरे।, पाँच हजार मानिस अटाउने सभाहल भनिएको छ। तर हलको भुइँको क्षेत्र साढे आठ हजार स्क्वायर मिटर रहेकोले साढे ७ हजार देखि ८ हजारसम्म कुर्ची राख्न सकिने र भुइँमा पलेँटीमा बसेर ध्यान गर्दा ५ हजार जना अटाउने भट्टराईले बताए।, राष्ट्रपति विद्यादेवी भण्डारी तथा विदेशी पाहुना समेत सहभागी उक्त कार्यक्रम बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही सभाबाट लुम्बिनीमा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्ने घोषणा गरेका थिए।, ओलीको सोही घोषणा अनुरूप पहिलो वर्षमै ४ करोड रूपैयाँ खर्च गरी अस्थायी रूपमा सभाहल निर्माण गरिएको थियो भने दुई वर्षपछि स्थायी सम्मेलन केन्द्रको निर्माण सुरू गरिएको थियो।, लुम्बिनी विकास कोषका वरिष्ठ इन्जिनियर भट्टराईले यसको नियमित सञ्चालन तथा व्यवस्थापनको लागि कार्यविधि तयार भइरहेको बताए।, ‘सभाहललाई कसरी सञ्चालन गर्ने, कस्ता कार्यक्रमको लागि उपलब्ध गराउने, राजनीतिक दलका कार्यक्रमलाई दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा गृहकार्य भइरहेको छ,'उनले भने, 'कोषले सभाहलको सञ्चालन तथा व्यवस्थापनको लागि कार्यविधि समेत तयार गर्दैछ।’, लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन, गोष्ठी तथा साधना एवं ध्यानका कार्यक्रम भइरहने भएकोले त्यस्ता कार्यक्रमको लागि सभाहल निर्माण पछि सहज हुने कोषको अपेक्षा छ। ,  , लुम्बिनीमा यसरी बन्दै छ ५ हजार मान्छे अट्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (भिडिओ)
नारायण खड्का सुत्केरी गराउन शुक्रबार दाङबाट एम्बुलेन्समा बाँके लगिँदै गरेकी एक महिलाले बाटैमा शिशु जन्माइन् र बाटोमै शिशु गुमाइन्।, यो घटनाबाट अहिले दाङ घोराही उपमहानगरपालिका-१, सिमलताराकी सुनिता थापा विक्षिप्त छिन्।, सुत्केरी व्यथा लागेर बाँके जाने क्रममा थापाले लमही नगरपालिका-९, अमेलियामा शुक्रबार बिहान ११ बजे छोरा जन्माएकी थिइन्। सुनिताका जेठाजु निम थापाले एम्बुलेन्समा बुहारी सुनितालाई बाँके लैजाँदै थिए।, ‘म बुहारीलाई लिएर नेपालगन्ज जाँदै थिएँ। बाटोमै बुहारीले छोरा जन्माइन्,’ निमले भने, ‘बाटैमा सन्तान जन्मिँदा निकै खुसी भयौं तर हाम्रो खुसी केही बेरमै आँशुमा परिणत हुन पुग्यो।’, जन्मिएको केही समयमै बच्चाको मृत्यु भएपछि आफूहरू त्यहीँबाट घर फर्किएको निमले बताए।, निमका अनुसार बिहीबार राति १२ बजेतिर सुनिताको रक्तस्राव भएपछि परिवारका सदस्यले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएका थिए।, ‘बुहारीलाई हेरेपछि सबै ठिक छ, अहिले घर जानुहोस्, भोलि बिहान ८ बजे फेरि आउनुहोला भनियो,’ निमले भने, ‘त्यसैले हामी राति साढे दुई बजेतिर घर पुगेका थियौं।’, उनीहरू अस्पतालले भनेकै समयमा शुक्रबार बिहान ८ बजेतिर प्रतिष्ठान पुगे। त्यतिखेर भने बच्चा बचाउने भए तुरून्तै बाँके लैजानू भनेर अस्पताल प्रशासनले भनेको निमले बताए।, ‘प्रतिष्ठानजस्तो ठाउँमा पुग्दासमेत चौबीसै घन्टा डाक्टर पाइँदैन भने कहाँ पाइन्छन्?’ उनले भने, ‘समयमै राम्रो उपचार भएको भए आज हामीले बच्चा गुमाउनुपर्ने थिएन।’, निमले जिल्लामा एउटा गतिलो अस्पताल नहुनुले सुत्केरी महिला, दुर्घटनाका घाइतेलाई बाहिर लैजानुपर्ने परिस्थितिले निकै पीडा भोग्नु परिरहेको गुनासो पनि गरे।, अस्पताल प्रशासनले भने आफूसँग एनआइसियू सेवा नभएका कारण सुत्केरीका लागि सुविधायुक्त स्थान बाँकेमा रिफर गर्नुपरेको बताएको छ।, प्रतिष्ठानका निमित्त उपकुलपति डा. वसन्त लामिछानेले आफूहरूसँग बालरोग विशेषज्ञ पनि नहुनु र एनआइसियू सेवा पनि उपलब्ध नभएको हुँदा रिफर गर्नुपरेको बताए।, ‘हामीसँग दरबन्दीअनुसारका चिकित्सक पर्याप्त छैनन्। हामीले चौबीसै घन्टा सेवा दिन नसकिरहेको कुरा सत्य हो,’ लामिछानेले भने, ‘दुई जना डाक्टर सरूवा भएर अन्यत्र जानुभयो। जनशक्ति असाध्यै कम भएकै कारण हामीले यतिखेर भ्याकेन्सी पनि खोलेका छौं।’, रातमा गर्भवती महिला अस्पताल आउँदा जनशक्ति नभएकै कारण नर्सहरूले घर पठाएको हुनसक्ने उनले बताए।, 'ती महिला शुक्रबार बिहान अस्पताल आउँदा दुई-तीन घन्टाभित्र बाँके पुर्‍याउन सके बच्चाले राम्रो उपचार पाउला भनेरै राम्रो ठाउँमा पठाइएको हो,' उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै लामिछानेले भने।, बाटोमै शिशु जन्माइन्, बाटोमै गुमाइन्
सेतोपाटी संवाददाता क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन्। आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । , पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए। उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका छन्। , मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए। विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो ।, दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। यस वर्ष भने सबैलाई सार्वजनिक बिदा दिइएको छ । , हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ। तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ। महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा क्रिसमस महोत्सव, २०७८ आयोजना गरिएको छ। कार्यक्रममा सरकारका प्रतिनिधि तथा मानव अधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए।, पछिल्लो समय मुख्य शहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ। गत वर्ष कोरोना महामारीका कारण क्रिसमसमा चहलपहल कम भएको थियो। यस वर्ष भने पर्यटक आउने क्रम शुरु भएकाले पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।, आज क्रिसमस डे’ मनाइँदै
सेतोपाटी संवाददाता तमू (गुरूङ) समुदायहरुको ठूलो चाँड तमू ल्होसार २०७८ कोरोना भाइरस (कोभिड १९) बाट बच्ने उपायसहित टुँडिखेलमा भव्य मनाइने भएको छ।, तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्द्धारा गठित तमू ल्होसार मूल आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी तमू ल्होसार २०७८ को कार्यक्रम घोषणा गरेको हो।, तमू ल्होसार मूल आयोजक समितिका अनुसार यस पटक पनि अघिल्ला वर्षमा जस्तै शुभकामना आदान–प्रदान, लोक दोहोरी प्रतियोगिता, किताव समिक्षा एवं श्रष्ठा सम्मान, खेलकुद प्रतियोगिताको आयोजना गरिने भएको छ।, घोषित कार्यक्रमअनुसार शनिबार (१० पुस) किताव समिक्षा एवं श्रष्ठा सम्मान कार्यक्रमको आयोजना हुनेछ। यस्तै, आइतबार (११ पुस) तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले चियापान तथा शुभकामना आदान–प्रदानको कार्यक्रम आयोजना गर्ने छ भने बुधबारबाट खेलकुद र लोकदोहोरी प्रतियोगिता सुरु हुनेछ।, तमू ल्होसार २०७८ को अन्तिम दिन टुँडिखेलमा भव्य समारोहको आयोजना हुनेछ, जहाँ प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्।, कोरोना महामारीको प्रभाव केही कम देखिएपछि यो वर्ष टुडिखेलमा ल्होसार पर्व मनाउने तयारी गरिरहेको तमू ल्होसार मूल आयोजक समितिले सुरक्षाका उपायसहित मनाइने जनाएको छ।, ‘कोरोना भाइरसको प्रभाव अझै कम भइसकेको छैन । भर्खरै पनि नयाँ भेरियन्ट देखिएको छ । तर, हामी हाम्रो ठूलो पर्व ल्होसार भव्य मनाइरहँदा कोरोना भाइरसबाट बच्ने उपायहरु एपनाउने छौं’, तमू ल्होसार मूल आयोजक समितिका अध्यक्ष श्रीप्रसाद गुरुङले भने, ‘हामी स्टेजलाई पनि नियमित रुपमा स्यानिटाइज गर्नैछौं। बाँकी स्टलहरुलाई पनि स्यानिटाइज गर्नेछौं । ल्होसार मनाउन टुँडिखेल आउने सबैलाई मास्क अनिवार्य गर्नैछौं।’, कार्यक्रममा तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरूङले फरक धर्म र संस्कार मान्ने समुदायमाथि राज्यबाट भेदभावको व्यवहार हुने गरेको आरोप लगाए।, उनले तमू ल्होसारको दिन यसअघि दिइँदै आएको सार्वजनिक विदा काटेको सरकारले यो वर्ष उक्त दिन परीक्षाको मिति तोकेर गुरुङ समुदायमाथि अन्यायपूर्ण व्यहार प्रदर्शन गरेको बताए ।, ‘यसअघि हामीले पाउँदै आएको सार्वजनिक विदा काटिएको सन्दर्भमा हाम्रो आन्दोलन अझै जारी छ। यो वर्ष त सरकारले त्यहीँ दिन परीक्षाको मिति तोकेर गुरूङ समुदायलाई अझ पेल्न खेलेको छ’, अध्यक्ष गुरुङले भने, ‘हामी सरकारको यो विभेदकारी व्यवहारको विरोध गर्दछौं। गुरूङ समुदायले तमू ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा पाउनै पर्छ।’, गुरूङ समुदायले हरेक वर्ष पुस १५ मा टुँडिखेलमा भव्य समारोहको आयोजना गरी आफ्नो ठूलो चाढ ल्होसार मनाउँदै आइरहेको छ। हरेक वर्ष पुस १५ मा ल्हो फेरिने अर्थात् नयाँ वर्ष सुरु हुने विश्वासका साथ गुरुङ समुदायले प्रकृति र आफ्नो पितृको पूजा गर्ने, ठूला बडाबाट आशिर्वाद लिने गर्छन्।, सुरक्षाका उपायसहित तमू ल्होसार भव्य मनाइने
डा पुकार थापा फ्याटी लिभर (कलेजोमा बोसो) भनेको लिभरमा बोसो जम्नु हो। अहिले हाम्रो समाजमा यो धेरै नै समस्याको रूपमा आएको छ।, फ्याटी लिभर भएको यतिकै थाहा हुँदैन। अरू कुनै प्रयोजनका लागि भिडिओ एक्सरे गर्दा थाहा हुन्छ। जो मोटो छ उसको  लिभर पनि मोटै छ भनेर बुझ्न सकिन्छ। अल्ट्रा साउण्ड र रगत परीक्षण गर्दा यस्तो समस्याबारे थाहा हुन्छ। फ्याटी लिभरको कुनै लक्षण हुँदैन।, बाटोमा हिँडिरहेका १० जनालाई समातेर भिडिओ एक्सरे गर्ने हो भने ५ जनाको फ्याटी लिभर देखिने सम्भावना हुन्छ। , १० जना मध्ये कसैलाई पनि कुनै लक्षण नदेखिन सक्छ। कसै-कसैलाई कलेजो भएकोतिर अलिकती भारी भएको जस्तो अनुभव हुन्छ। धेरै कमलाई दुखेजस्तो हुनसक्छ तर अस्पताल जानुपर्ने गरि दुख्दैन।, विदेशीको अध्ययनमा यस्तो समस्या २०,३० प्रतिशतसम्म देखिन्छ। नेपालमा खासै अध्ययन गरिएको छैन। यस्तो अध्ययनहरू अस्पतालको बिरामीमा नगरि जनमानसमा गएर केही पनि नभएको, रोग नलागेको मानिसमा गएर अध्ययन गर्दा ४० प्रतिशतसम्म फ्याटी लिभर देखिन्छ।, तर यो काठमाडौंको अध्ययन होइन। यो बाहिर अरू जिल्लाको अध्ययन हो। अहिले काठमाडौंमा हामीले अध्ययन गर्ने हो भने अन्दाज लगाउन सकिन्छ कि, १० जनामा ५ जनाको फ्याटी लिभर देखिन्छ।, यसको उपचार भनेको मोटोपना घटाउने हो। फ्याटी लिभर छ, सुगर प्रेसर, मुटुको समस्या छ भने एउटा कुरा हो। तर यी समस्या नभइ फ्याटी लिभर मात्रै भएको व्यक्तिले रक्सी खान्छ कि खाँदैन भन्ने हो। यदि रक्सी खान्छ भने त्यो छोड्ने, मोटोपना घटाउने गर्नुपर्छ। , त्यसको लागि चिल्लो कम खाने र दिनहुँ व्यायाम गर्नुपर्छ। यसबाट पनि केही भएन भने सर्जरी गर्नुपर्छ। तौल घटाउन सर्जरी गर्नुपर्छ।, फ्याटी लिभरलाई यतिकै छोडियो भने सिरोसिस (कलेजो सुकेर जाने) हुन्छ। बोसोले कलेजोमा चलखेल गर्छ र कलेजो कडा हुँदै जान्छ। कलेजोले काम गर्न छोड्छ त्यसपछि क्यान्सर समेत हुन्छ।, पहिला सिरोसिसको कारण रक्सी, हेपटाइटिस बी भनिन्थ्यो। तर अहिले आएर सिरोसिसको सबैभन्दा धेरै कारक फ्याटी लिभर भएको छ। अध्ययनले यस्तै देखाएको छ।, फ्याटी लिभर रोक्न आफ्नो दैनिकीमा परिवर्तन ल्याउन जरूरी छ। शारीरिक व्यायाम गर्नुपर्छ भने खानपिनमा अनुशासन अपनाउनुपर्छ।, फ्याटी लिभरको समस्या र यसको उपचारबारे केन्द्रीत रहेर हामीले कलेजो रोग विशेषज्ञ डा. पुकार थापासँग भिडिओ कुराकानी गरेका छौं। कलेजो रोग विशेषज्ञ थापा वीर अस्पताल, नर्भिक र बि एण्ड बी अस्पतालमा कार्यरत छन्।, बाटोमा हिँडिरहेका १० जनाको परीक्षण गर्ने हो भने ५ जनामा फ्याटी लिभर देखिन्छ (भिडिओ)
सेतोपाटी संवाददाता अस्पतालबाट प्रहरीकै मोटरसाइकल लिएर फरार भएका घोराही कारागारका नाइके २८ वर्षीय जयराम परियार बिरामी नभए पनि अस्पताल लगिएको खुलासा भएको छ।, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले कर्तव्य ज्यानमुद्दामा २० वर्ष कैद सजाय भई कारागारमा रहेका परियार कुनै पनि बिरामी नभई उपचारका लागि अस्पताल पठाइएको पाइएको ,सेतोपाटी,लाई बताए।, ‘बिरामी नभएका कारागारका नाइके परियारलाई किन उपचारका लागि अस्पताल पठाइएको हो, त्यो कुराबाटै अनुसन्धान गर्नुपर्ने भएको छ,’ एसपी काफ्लेले भने, ‘अनुसन्धानपछि परियारलाई भगाउन क-कसको मिलेमतो छ भन्ने कुरा स्पष्ट भन्ने छौं।’, अनुसन्धानले जिल्ला कारागार घोराहीका जेलर युवराज परियारमाथि शंका देखाएको प्रहरी दाबी छ।, तर, परियारले भने, ‘कतिले जयरामलाई मेरै भाइ भनेर समेत लेखेको देखेँ, उनीसँग मेरो कुनै नाता पर्दैन र उनलाई मैले जेलर भएर आएपछि मात्रै चिनेको हो।’, बिरामी नभएका व्यक्तिलाई किन अस्पतालाई पठाइएको हो? भन्ने प्रश्नमा जेलर परियारले व्यक्तिगत रूपमा त्यो सबै कुरा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए। ‘छाला सम्बन्धी समस्या छ भन्ने रिपोर्टिङ गरेपछि पठाइएको हो,’ उनले भने।, रिपोर्टिङकै आधारमा आफूले कारागार सुरक्षागार्डलाई छाला सम्बन्धी उपचारका लागि पठाएको जेलर परियारले जानकारी दिए।, कारागारका नाइके परियारलाई कारागार लैजाने जवानलाई प्रहरीले हिरासतमा राखेको हुँदा आफूसँग सम्पर्क नभएको र सोध्न समेत नपाएको जेलर परियारले बताए।, बिहीबार बिहान ११ बजेतिर उपचारका लागि नाइके परियारलाई कारागारबाट लगिएको भए पनि दिउँसो तीन बजेसम्म पनि नआएपछि आफूले खोजी गरेको जेलर परियारले बताए।, ‘दिउँसो तीन बजेसम्म पनि फर्किएर नआएपछि मैले सोधीखोजी गरेको थिएँ,’ जेलर परियारले भने, ‘त्यसपछि असई साहेबले उपचारमा लैजाने प्रहरी जवानलाई धेरै फोन गर्नुभयो, पहिलो फोन लाग्यो र पछि स्वीच अफ भन्यो।’, त्यसपछि धेरै पछाडि चार बजेतिर मात्रै ती प्रहरी जवानले अरुकै मोबाइल नम्बरबाट फोन गरेर कारागारका नाइके आफ्नो मोटरसाइकल लगेर फरार भएको सूचना दिएको जेलर परियारले जानकारी दिए।, जिल्ला प्रहरी प्रमुख एसपी काफ्लले परियारलाई भगाउन मद्दत गरेको आशंकामा थप तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्।, पक्राउ परेका तीन जनाको नाम भने खुलाइएको छैन। ‘परियारलाई भगाउन कम्तीमा पनि पाँच जनाले सहयोग गरेको देखिएको छ,’ एसपी काफ्लेले भने।, परियारले लगेर फरार भएको प्रहरी जवानको मोटरसाइकल शुक्रबार लमहीभन्दा केहीमाथि जंगलमा फेला परेको एसपी काफ्लेले बताए।, फरार परियारलाई खोज्न प्रहरीले जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालको नेतृत्वमा दुई दर्जनजति प्रहरी खटाइएको छ।, फरार भएका कारागारका नाइकेलाई बिरामी नै नभई अस्पताल लगिएको खुलासा
सेतोपाटी संवाददाता गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटीबाट एक जना ७५ वर्षीय वृद्धको उद्धार गरिएको छ।, मानवसेवा आश्रमले शुक्रबार राति जोरपाटीमा रहेको बज्र इन्टरनेसनल कलेजनजिकै एउटा छाप्रोबाट पूर्णबहादुर महर्जनलाई उद्धार गरेको हो।, विगत ३० वर्षदेखि त्यहाँ बसिरहेका महर्जनबारे स्थानीय व्यक्तिले जानकारी दिएपछि वडा कार्यालयको सिफारिस र प्रहरी वृत्त जोरपाटीको सहयोगमा उनको उद्धार गरिएको मानवसेवा आश्रमकी अभियन्ता नवीना सिटौलाले बताइन्। , वृद्ध व्यक्तिले बताए अनुसार उनको घर काठमाडौंमै छ। तर उनी असहाय भएको र लामो समयदेखि एक्लो जीवनयापन गरिरहेकोले थप विवरण खुल्न सकेको छैन। , जोरपाटीबाट ७५ वर्षीय वृद्धको उद्धार
सेतोपाटी संवाददाता जिल्लामा मतदाता नामावली सङ्कलन कार्य तीव्र पारिएको छ।, जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म नौ हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।, कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मङ्सिर १७ गतेदेखि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत हालसम्म चार हजार ४४५ महिला र पाँच हजार २२१ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन्।, अभियानअन्तर्गत पहिलो चरणमा माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा तीन हजार ५४२ जनाले नाम दर्ता गराएका छन्। पुस ४ गतेदेखि सञ्चालन भएको दोस्रो चरणअन्तर्गत अभियानमा राप्ती, खैरहनी र रत्ननगरमा एक हजार ७८८ जनाले नाम दर्ता गराएको कार्कीले बताए।, उन अनुसार माडी नगरपालिकामा ७१२ महिलासहित एक हजार ५५१, कालिका नगरपालिकामा ६६२ महिलासहित एक हजार ३७७ र इच्छाकामना गाउँपालिकामा ३१५ महिलासहित ६१४ ले नाम दर्ता गराएका छन्।, दोस्रो चरणअन्तर्गत राप्ती नगरपालिकामा ३६४ महिलासहित ७६९, खैरहनी नगरपालिकामा २५६ महिलासहित ५३७ र रत्ननगर नगरपालिकामा २४८ महिलासहित ४८२ जनाले नाम दर्ता गराएका छन्। दोस्रो चरणअन्तर्गत मतदाता नामावली सङ्कलन कार्य पुस १८ गतेसम्म सञ्चालन हुनेछ।, जिल्ला प्रशासन कार्यालय चितवनमा अभियानका क्रममा एक हजार ३९ जनाले नाम दर्ता गराएका छन्। जसमध्ये महिला ४७४ महिला र ५६५ पुरुष रहेका छन्। जिल्ला निर्वाचन कार्यालयमा दुई हजार ६१३ जनाले नाम दर्ता गराएका हुन्। जसमध्ये एक हजार ३८१ पुरुष, एक हजार २३२ महिला रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ।, अभियानकै क्रममा स्थायी बसोबास अन्य जिल्ला भएर चितवनमा आएर मतदाता नामावली सङ्कलन गराउने ५७२ रहेका छन्। अभियानका लागि दोस्रो चरणमा पालिकाको कार्यालय रहेको स्थानमा एक-एक वटा दर्तास्थल राखिएको छ।, जिल्ला निर्वाचन कार्यालयमा तीन वटा र जिल्ला प्रशासन कार्यालयमा एउटा दर्तास्थल राखेर मतदाता नामावली सङ्कलन कार्यलाई तीव्र पारिएको कार्कीले जानकारी दिए। कार्यालयका अनुसार अभियान सुरु हुनुअघि जिल्लामा तीन लाख ८० हजार ५५८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए।, २०७७ पुस ५ गते निर्वाचनको मिति तोक्दा जिल्लामा तीन लाख ६८ हजार ३८२ मतदाता रहेका थिए। जुन नामावलीमा नाम दर्ता गराएर १८ वर्ष उमेर कटेका हुन्। २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तीन लाख ५४ हजार ३६ जना मतदाता रहेका थिए।, मतदाता नामावलीमा नाम सङ्कलनका लागि राजनैतिक दलले चासो दिन थालेको कार्कीको भनाइ छ। ‘राजनीतिक दलहरूले मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि फाराम लाने, फाराम भरेर मतदाता ल्याउने जस्ता काम गरिरहनुभएको छ,’ उनले भने।, मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सक्कल नागरिकता, बसाइसराइको प्रमाणपत्र, विवाह दर्ता जस्ता आवश्यक कागजपत्र अनिर्वाय गरिएको उनले बताए। चितवनमा तीन निर्वाचन क्षेत्र छन्। रासस, चितवनमा थपिए नौ हजारभन्दा बढी नयाँ मतदाता
रासस जिल्ला निर्वाचन कार्यालय बैतडीले इलाका प्रशासन कार्यालय पुर्चौडीबाट पनि फोटोसहितको मतदाता नामावली संकलनको व्यवस्था गरेको छ।, आगामी सबै तहका निर्वाचनलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालयबाट पनि नामावली संकलन थालिएको हो। , निर्वाचन आयोगले इलाका प्रशासन कार्यालयबाट पनि नामावली संकलन गर्न दिएको निर्देशन अनुसार नै काम सुरू गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलले जानकारी दिए। यसै हप्ताबाट सुरू भएको नामावली सो कार्य पुस १९ गतेसम्म सञ्चालन हुनेछ। , इलाका प्रशासनबाट नेपाली नागरिकता प्रमाणपत्र जारी हुने भएकोले नागरिकता पाउने बितिक्कै नामावलीमा नाम दर्ता गराउनको लागि उक्त व्यवस्था गरिएको हो।  हालसम्म ९८ जनाले आफ्नो नाम दर्ता गराइसकेका त्यहाँ खटिएका दर्ता कर्मचारी दीपेन्द्र धामीले जानकारी दिए।  , जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट भने नियमित रूपमा नामावली संकलन जारी छ।  बैतडीमा हालसम्म १ लाख ४८ हजार बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।, फोटोसहितको मतदाता नामावली संकलन
मोहम्मद सदरुल प्रदेश नम्बर १ को राजधानी विराटनगरको महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको सडकमा सुरू गरिएको सौन्दर्यकरणले यहाँको गौरव बढ्ने विश्वास बढेको छ।, सौन्दर्य हेर्न विदेशसम्म जाने तर आफ्नै देश एवम् ठाउँमा निर्माण हुँदा के को आपत्ति भन्दै विराटनगर महानगरपालिकाले प्रश्न उठाएको छ। यो हिमालय रोडको सौन्दर्यकरणले विराटनगरको मात्र होइन प्रदेशकै गौरव बढ्ने विश्वासले महानगरपालिकाले योजना अघि सारेर काम सुरू गरेको बताइएको छ।, भारतको सिक्किममा एमजी रोडबाट प्रशिद्धि कमाएको सिक्किम जाने पर्यटक घण्टौं एमजी रोडमा विश्राम गरेर मनोरञ्जन लिइरहेका हुन्छन्। अहिले सो झल्को दिने विराटनगर महानगरपालिकाले हिमालय रोडको सौन्दर्यकरणका लागि सुरू गरेको अभियानका विषयमा अतिरञ्जित गर्न खोजिएको जनाइएको छ।, महानगरपालिकाले परियोजनाका विषयमा सरोकारवाला नागरिक र स्थानीयसँग पर्याप्त छलफल गरेर नै यो कार्यक्रम ल्याएको जनाएको हो।, विराटनगरको ऐतिहासिक महत्व बोकेको तथा जनआन्दोलन रोडका रुपमा समेत पहिचान बनाएको उक्त रोडको गरिमा अझ बढ्ने गरी ब्युटिफिकेसन गर्न लागिएको महानगरको भनाइ छ।, महानगरका प्रमुख भीम पराजुलीले स्थानीय घरधुरीसँग निर्माणका विषयमा गुरुयोजना बनाउँदै सहमति गरिएको, स्थानीयको सुझावका आधारमा निर्माणका कार्य समाविष्ट गरिएको, रोड ब्लक नहुने गरी आवागमन व्यवस्थित गर्न लागिएको, रथयात्रा गर्नका लागिसमेत समस्या नपर्ने, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक आवागमन नरोकिने गरी र पार्किङको समेत व्यवस्थापन हुनेगरी ब्युटिफिकेसन गर्न लागिएको जानकारी दिए।, ‘विकासका कुरामा नगरवासी कसैले पनि अवरोध नगरौं, जनताको चाहनाअनुरुप नै विकास गर्ने हो, काम गर्न दिऊँ,’ उनले भने।, हिमालय रोडको सौन्दर्यकरणका विषयमा केही मानिसले विरोध गर्दै आएका छन्। यसमा केही पसल व्यवसाय गर्ने मानिस पनि छन्। स्थानीयबासीका अनुसार कोठाभाडा बढ्ने हो कि भत्रे चिन्ताका साथ केही मानिसले भ्रम फैलाइरहेको बताइन्छ। यद्यपि, यो भ्रम र आरोपका कारण विराटनगरमा हुन लागेका विकास निर्माणका कार्य एकपछि अर्कोले पूर्णता पाउन सकिरहेको छैन।, दिगो विकासका क्षेत्रमा काम गर्दै आएका शाहिल श्रेष्ठले भने, ‘स्थानीयको सुझावका आधारमा गर्न खोजिएको काममा बाहिरी मानिसको हस्तक्षेप नियोजित देखिन्छ, विकासको काममा राजनीति गरिरहने हो भने विराटनगरको विकास कहिले हुने?’, भारतको सिक्किम राज्यको गान्तोकमा रहेको महात्मा गान्धी रोड (एमजी रोड) स्वरुपमा परिवर्तन गर्ने गरी महानगरपालिकाले यो योजना अगाडि सारेको हो।, उक्त सडकलाई केही महिनाभित्रै सक्ने महानगरको योजना छ। एक सय ५० मिटर दूरी रहेको हिमालय रोडलाई नयाँ स्वरुप दिन लागिएको छ। सिक्किमको एमजी रोडकै डिजाइनमा बत्र लागेको रोडमा घुम्न आउनेलाई बस्ने ठाँउ, सडकमै खान सकिने गरी स्ट्रिट फुडका स्टल, सडकका दुबै किनारमा आकर्षक रङरोगनसहितको मार्बल ओछ्याउनका साथै फूलका गमला राखेर साज सजावट गरिने महानगरले जनाएको छ।, साथै रोडमा रातको समयमा विद्युत् जाँदा पनि बत्ती बलिरहने गरी सोलार बिजुली र सिसी क्यामरा जडित आकर्षित मूर्ति राखिने भएको छ। सडकको दुबै किनारमा भएका भवनलाई आकर्षक रङ लगाइने बताइएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले हिमालय रोडको सौन्दर्यकरणले कसैलाई पनि हानी नहुने बरु सबैलाई आनन्दको अनुभूति हुने बताए।, पराजुलीले विराटनगरलाई नै चमक र चहकिलो बनाउने यो रोड करिब एक करोड ५० लाखभन्दा बढी लागतमा निर्माण हुनुले नै यसको सौन्दर्य र सजावटबाट विराटनगर आउने जो कोहीलाई आनन्द अनुभूति हुने बताए। रासस, विराटनगरमै सिक्किमको एमजी रोड!
सेतोपाटी संवाददाता यअसघि प्रहरीले अस्पतालबाट भागेका भनिएका घोराही कारागारका नाइके जयराम परियार रेष्टुराँबाट नास्ता खाने क्रममा भागेको तथ्य फेला परेको छ।, घोराहीस्थित प्याडाइज रेष्टुराँमा नास्ता खाने क्रममा परियार भागेको सिसिटिभी फुटेजमा देखिएको छ।, प्रहरीले परियार भागेको दृश्य कैद भएको फुटेज पनि शुक्रबार नै लगिसकेको छ।, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले फुटेज हेर्दा चरम लापरबाही देखिएको सेतोपाटीलाई बताए। सरासर अस्पताल नलगेर किन रेष्टुराँमा नास्ता खान लगिनुले चरम लापरबाही र मिलेमतो स्पष्ट रुपमा देखिन आएको एसपी काफ्लेले टिप्पणी गरे। ‘हामी अनुसन्धान पूरा गरेपछि तथ्य कुरा सार्वजनिक गर्छौं,’ एसपी काफ्लेले भने, ‘दोषी जोकोही भए पनि हामी कसैलाई छोड्दैनौं।’, कर्तव्य ज्यानमुद्दामा साढे ७ वर्ष कैद भुक्तान गरिसकेका घोराही कारागारका नाइकेलाई उपचारका लागि भनेर अस्पताल लैजाँदा हतकडी पनि लगाइएको थिएन।, परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै लु३४प ४१० नम्बरको मोटरसाइकलमा राखेर उपचार गराउन भनेर बिहीबार बिहान ११ बजेतिर अस्पताल हिँडाएका थिए।, तर, अस्पताल नपुग्दै उनीहरू रेष्टुँरामा नास्ता खान पसेको र त्यही मौका छोपी परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेको जानकारी दिइएको छ। यसअघि प्रहरीले अस्पतालबाट परियार भागेको जानकारी दिएको थियो।, स्रोतका अनुसार कारागारका नाइकेलाई हतकडी लगाउने चलन छैन।, कुनै पनि बिरामी नरहेका परियारलाई किन अस्पताल उपचारका लागि लगिएको हो भन्ने कुरा नै रहस्यमय रहेको एसपी काफ्लेले बताए। , जिल्ला कारागार घोराहीका जेलेर युवराज परियारले भने रिपोर्टिङका आधारमा छाला सम्बन्धी उपचार गराउनका लागि नाइके परियारलाई उपचारका लागि पठाउनु परेको बताउँदै आएका छन्।, कारागारका नाइके परियार भागेपछि कारागार प्रशासन र प्रहरीका बीचमा आरोप-प्रत्यारोप चल्न थालेको छ। एकले अर्कोलाई कमजोरी तथा लापरबाही गरेको हुँदा परियार भाग्न सफल भएको दोषारोपण गर्न थालेका छन्।, यसैबीच, प्रहरीले प्रहरी जवान चौधरीसहित थप तीन जना सर्वसाधारणलाई परियारलाई भगाउन भूमिका खेलेको भन्दै नियन्त्रणमा लिएको छ। एसपी काफ्लेले अन्यको पनि त्यसमा मिलेमतो देखिएको र उनीहरूको पहिचान खुले पनि फरार रहेकाले खोजी जारी रहेको जानकारी दिए। प्रहरीले शुक्रबार मात्रै परियारले भाग्न प्रयोग गरेको मोटरसाइकल लमही बजारभन्दा केहीमाथि जंगलमा फेला परेको जानकारी दिएको छ।, प्रहरीले फरार परियारको खोजी तीब्र पारिएको तथा भारत प्रवेश गर्ने नाकाहरू पनि सिल गरिसकेको बताएको छ।, नास्ता खाने क्रममा घोराही कारगारका नाइके भागेको सिसिटिभी फुटेज
सेतोपाटी संवाददाता तारकेश्वर नगरपालिका-८ शेषमतीमा शुक्रबार राति खुकुरी प्रहारबाट नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकसहित दुई जना घाइते भएका छन्।, रामेछाप लिखु गाउँपालिका घर भई जरङ्खु बस्ने २९ वर्षीय शनि तामाङले खुकुरी प्रहार गर्दा दुई जना घाइते भएका हुन्।, तामाङले दोलखा घर भई लामाबगर बस्ने २९ वर्षीय सुवास तामाङ र धर्मस्थली प्रभागका प्रहरी नायब निरीक्षक पदम अवस्थीलाई खुकुरी प्रहार गरेका हुन्।, मध्यराति सामान्य विवादमा तामाङले सुरूमा सुवासलाई खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहार गरी भागेका तामाङलाई नियन्त्रणमा लिन खोज्दा सई अवस्थीलाई पनि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, घाइते भए पनि अवस्थीले तामाङलाई नियन्त्रणमा लिन सफल भएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।, घाइते भएका सुवास उपचारपछि डिस्चार्ज भइसकेका छन् भने सई अवस्थीको टाउकोमा पाँच टाँका लगाइएको छ।, खुकुरी प्रहार गर्नेलाई समात्न खोज्दा प्रहरीका सई घाइते
सेतोपाटी संवाददाता हामी सबैलाई थाहा भएकै कुरा हो, दाँत स्वस्थ राख्न माझ्नुपर्छ। तर पनि दाँतमा कीरा लागिरहेको हुन्छ। अरू समस्या पनि आउँछ। कतिले त निकालेरै फाल्नुपर्छ।, किन होला त? , किनकी हामीमध्ये धेरैले दाँत माझ्दा गल्ती गरिरहेका हुन्छौं। दाँत स्वस्थ राख्न कसरी माझ्नुपर्छ भन्ने जानेकै छैनौं। , सानोदेखि नै गर्दै आएको काम पनि सिकाउनुपर्छ र भन्नु होला! दाँत माझ्ने पनि नियम हुन्छ र भन्ने पनि लाग्ला! तर संसारका धेरै देशमा भएका अनुसन्धानले अधिकांश मान्छेले गलत तरिकाले दाँत माझिरहेको देखाएका छन्। त्यसैले अहिले पनि अध्येताहरू हामीलाई दाँत माझ्ने तरिका सुझाइरहेका हुन्छन्। , दाँतमा समस्या आउने भनेको त्यहाँ जम्मा हुने फोहोरले हो। फोहोर भन्नाले ब्याक्टेरिया, तिनले निकाल्ने एसिड (अम्ल) र खानेकुराका लेग्रा हुन्। खानेकुरा खानेबित्तिकै यी सबै कुरा दाँतमा बस्छन्। तत्कालका लागि हानिकारक पनि हुँदैनन्। तर लामो समयसम्म यी सफा नभएर दाँतमा बसिरहे समस्या निम्त्याउँछन्।, कति समयमा यस्ता पदार्थ दाँतका लागि हानिकारक बन्छन् भन्ने यकिन त छैन, तर सामान्यतया १२ घन्टासम्म यसै छाडिए हानिकारक हुन थाल्ने अध्येताहरूले बताएका छन्। , अध्ययनहरूका अनुसार हाम्रो दन्त स्वास्थ्यमा दाँत माझ्ने तरिकाले ठूलो फरक पार्छ। सही तरिका र शैली पछ्याएदेखि दाँतमा देखिने धेरै समस्या कम हुने उनीहरूले बताएका छन्। , उसो भए दाँत कसरी माझ्ने? कति समय माझ्ने? कस्तो ब्रस वा मञ्जनले माझ्ने?, हामीले स्वास्थ्यसम्बन्धी लेख प्रकाशन गर्ने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित लेखका आधारमा यी र यस्तै प्रश्नको जवाफ खोजेर यहाँ बुँदामा प्रस्तुत गरेका छौं।, १. कस्तो ब्रसले माझ्ने?, धेरैजसोका लागि नरम तार र तारहरूबीचको दुरी मध्यम भएको ब्रस उपयुक्त हुन्छ।, फराकिलो तार भएको ब्रसभन्दा मसिना रेसा भएका ब्रसले अप्ठ्यारा र भित्री भागसम्म पुगेर सफा गर्न मद्दत गर्छ। तर कतिपय मसिना रेसा भएका ब्रसले संवेदनशील गिँजामा असर पार्न सक्छन्।, त्यसैले सबभन्दा उपयुक्त नरम र मध्यम रेसा भएका ब्रस हुन्छ। किनकी यसले गिँजा र दाँतलाई असर गर्दैन।, कतिले ब्रस घोटीघोटी दाँत माझ्छन्। यसो गर्नु हुँदैन। यसरी माझे दाँत र गिँजा दुवैलाई असर पर्छ।, अनि ब्रस छान्दा हातमा सजिलै अट्ने र समाउन सजिलो हुने ह्यान्डल भएको छान्नुपर्छ। एउटै ब्रस लामो समय चलाउनु पनि हुँदैन। सामान्यतया चार-पाँच महिनाभन्दा बढी समय एउटै ब्रस प्रयोग गर्नु राम्रो मानिँदैन। त्यस्तै ब्रसका तार फ्याँ परे वा बिग्रिएजस्तो देखिए भने त्यसले अब काम गर्दैन भन्ने बुझे हुन्छ। , हातले घोटेर माझ्ने ब्रसभन्दा विद्युतीय ब्रस धेरै प्रभावकारी हुने पनि वैज्ञानिक अध्ययनले पुष्टि गरेका छन्।, अर्को मुख्य कुरा, दाँतसँगै हाम्रो ब्रस पनि सफा गर्नुपर्छ। हामीले दाँत माझिसकेपछि ब्रसमा ब्याक्टेरिया बसेका हुन्छन्। ब्रस राम्ररी सफा नगरी राखे ब्याक्टेरिया त्यहाँ रहिरहन्छ। माझिसकेपछि केही समय धारामा थापेर ब्रस पनि सफा गर्न नभुल्नुहोला।, २. कस्तो मञ्जनले माझ्ने?, दाँत माझ्दा धेरैजसो फाइदा मञ्जनले नै दिने हो। मञ्जनमा हुने मुख्य पदार्थ भनेको फ्लोराइड हो जसले दाँतमा कीरा लाग्न रोक्ने पुष्टि भइसकेको छ। फ्लोराइडले दाँतबाट गुमेको खनिज फर्काउँछ र बलियो पनि बनाउँछ।, फ्लोराइडको मात्रा १३५० देखि १५०० पिपिएम भएको मञ्जन राम्रो हुन्छ। यत्ति मात्रा भएको मञ्जनले कीरा रोक्न प्रभावकारी भूमिका खेल्छ। प्रायः मञ्जनको पछाडि भागमा फ्लोराइडको मात्रा उल्लेख गरिएको हुन्छ। सामान्यतया यो प्रतिशतमा उल्लेख हुन्छ।, केटाकेटीले भने दाँत माझ्दा आधाजसो निल्ने भएकाले उनीहरूका लागि बनाइएका अधिकांश मञ्जनमा फ्लोराइड कम हुन्छ वा हुँदै हुँदैन। फ्लोराइड निलिनु स्वस्थकर मानिँदैन। तर केटाकेटीकै दाँत सबभन्दा जोखिममा पनि हुन्छन्। त्यसैले उनीहरूको उमेर र दाँतको अवस्था हेरेर दन्त चिकित्सकको सल्लाहमा मञ्जन चलाउन दिनु राम्रो हुन्छ। , ३. दाँत कसरी माझ्ने?, सबभन्दा पहिले केराउ आकार जति मञ्जन ब्रसमा लगाउने। यसलाई दाँतमा दायाँबायाँ सिधै घोट्ने होइन। घुमाइ घुमाइ गोलाकार बनाउँदै माझ्नुपर्छ।, अनि ब्रस सिधा, तेर्सो वा ठाडो बनाउनु हुँदैन। ४५ डिग्रीको कोणमा अर्थात् अलिकति छड्के बनाएर माझ्नुपर्छ। अनि मुख आँ गरेर दाँतको भित्रपट्टिसम्म सफा गर्नुपर्छ।, ४. दाँत कति समय माझ्ने? कतिपटक माझ्ने?, ब्याक्टेरियाले चिनी र चिनीजन्य पदार्थ लिएर अम्ल उत्पादन गर्छ। यो अम्लले दाँतमा भएका खनिज तत्व पगाल्छ। अनि हाम्रा आँखाले देख्न नसक्ने स-साना प्वाल बन्न थाल्छन्। यो प्रक्रिया बन्द नभए र बेलैमा उपचार नगरे आँखाले देख्न सकिने प्वाल बन्छन्। यसैलाई सामान्य भाषामा हामी दाँतमा कीरा लागेको भन्छौं।, हामीले दिनको दुईपटक, दिनमा र रातमा दाँत माझ्नुपर्छ। दिउँसोको तुलनामा राति हामीले कम मात्रामा थुक उत्पादन गर्छौं। थुकले हाम्रो दाँतको सुरक्षा गर्छ। कम थुक भएकै कारण राति हाम्रो दाँतको सुरक्षा पनि कम हुन्छ र अम्ल उत्पादन हुने जोखिम बढ्छ।, त्यसैले राति सुत्नुभन्दा अगाडि दाँत राम्ररी माझेर सबै लेग्रा हटाउन जरूरी छ। नभए त रातभर ब्याक्टेरिया तिनै लेग्रा खाएर हुर्किन्छ।, बेलुकी दाँत माझिसकेपछि सादा पानीबाहेक अरू कुरा खानु हुँदैन। यसो हुँदा मञ्जनबाट पाएको फ्लोराइडले लामो समय राम्ररी काम गर्न पनि पाउँछ।, अध्येताहरूका अनुसार दाँतमा भएका लेग्रा र अन्य हानिकारक पदार्थ हटाउन कम्तीमा दुई-तीन मिनेटसम्म माझ्नु उपयुक्त हुन्छ। खस्याकखुसुक एक मिनेट पनि नमाझ्दा दाँत सफा हुँदैन।, ५. जिब्रो पनि सफा गर्नुपर्छः, दाँतमा भएका ब्याक्टेरिया हाम्रो जिब्रोमा पनि बसेका हुन्छन्। जिब्रोका ब्याक्टेरियाले पनि दाँत र मुखको स्वास्थ्यमा असर पार्छन्। जिब्रोका ब्याक्टेरिया सहजै हटाउन मुश्किल हुन्छ। त्यसैले जिब्रोमा पनि ब्रस लगाउनुपर्छ।, दाँत माझिसकेपछि फेरि अलिकति मञ्जन राखेर हलुका र विस्तारै जिब्रोमा पनि ब्रस गर्ने बानी बसाउनुपर्छ।, ६. दाँत माझ्दा थुक्ने गर्नुहोस्, कुला गर्ने होइनः, दाँत माझेपछि पानी वा बजारमा पाइने माउथवासले कुला पनि नगर्न अध्येताहरू सुझाउँछन्। यसले मञ्जनबाट प्राप्त फ्लोराइड पनि पखालिन्छ।, कुला नगरी दाँत माझ्ने चलनै नभएकाको बानी यसै त फेरिँदैन। तर याद राख्नुहोस्, तपाईंले कुला गर्नुको साटो सर्लक्क पखालेर थुक्नु मात्र भयो भने दाँत कीरा लाग्ने समस्या २५ प्रतिशतसम्म कम हुने अध्ययनहरूले देखाएका छन्।, आफ्नो दाँत स्वस्थ रहोस् भन्ने चाहनुहुन्छ भने चिनी खाने बानी पनि कम गर्नुहोस्। सामान्यतया प्राकृतिक फल र खानेकुरामा पाइने चिनीको तुलनामा खानेकुरामा पछि राखिएको चिनीले दाँतलाई धेरै असर गर्छ। चिनीजन्य खानेकुरा दाँतका ब्याक्टेरियाले लिन निकै सहज हुन्छ।, कुन खालको चिनी दाँतका लागि सबभन्दा खराब हो भन्न त निकै कठिन छ। तैपनि उदाहरण दिनुपर्दा प्राकृतिक फलमा पाइने चिनी ठिकै हुन्छ। तर बजारमा पाइने फलफूलका जुस हानिकारक हुन्छन्। त्यसैले आफू र घरपरिवारका अन्य सदस्य, विशेषगरी केटाकेटीले कति र कस्तो चिनी खाइरहेका छन् भन्ने याद गर्नुपर्छ।, स्वस्थ दाँतका लागि यत्ति गरे पनि पर्याप्त हुन्छ-, दिनमा दुईपटक फ्लोराइड भएको मञ्जनले दुई-तीन मिनेट सही तरिकामा दाँत माझ्नुहोस्।, कुला गर्ने होइन, थुक्ने बानी गर्नुहोस्।, दाँत माझेपछि राति केही नखानुहोस्।, अनि चिनी कम खानुहोस्।, (यो लेख विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको हो।), दाँत माझ्दा हामीले गर्ने गल्ती, ठीकसँग माझ्न ध्यान दिनुपर्ने ६ कुरा
सेतोपाटी संवाददाता झापामा भाइको बाइकको लाइसेन्सको ट्रायल दिन गएको आरोपमा प्रहरीले दाइलाई पक्राउ गरेको छ। , बिहीबार बिहान विर्तामोडस्थित कान्तिपुर ड्राइभिङ सेन्टरबाट एक जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए। , प्रहरीले दमक नगरपालिका वडा नम्बर ६ बस्ने ३७ वर्षीय हरि श्रेष्ठलाई पक्राउ गरेको हो। उनी आफ्ना २१ वर्षीय भाइ सुजितबहादुर श्रेष्ठको बाइकको ड्राइभिङ लाइसेन्सको लागि ट्रायल दिन आएका थिए। , त्यसरी लाइसेन्स दिन आएको थाहा पाएपछि प्रहरीले हरिलाई नियन्त्रणमा लिएको हो। , उनीमाथि यातायात व्यवस्था ऐन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। ,  , भाइको ड्राइभिङ लाइसेन्सको ट्रायल दिन गएका दाइ पक्राउ
रासस वीरगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालय लामो समयदेखि कम्प्युटर अधिकृतको भरमा सञ्चालन हुँदै आएको छ।, लामो समयदेखि कार्यालय प्रमुख रिक्त रहँदै आएपछि कम्प्युटर अधिकृत कमोद तिवारीले निमित्त कार्यालय प्रमुख भएर काम गर्दै आएका हुन्।, उनले लामो समयदेखि कार्यालय प्रमुख नभएकाले आफैंले उक्त जिम्मेवारी सम्हाल्दै आएको जानकारी दिए। , पटक-पटक कार्यालय प्रमुखको रूपमा यस कार्यालयमा  उपसचिवको सरूवा भए पनि फेरि तुरून्तै अन्यत्र सरूवा भई जाने, वा यहाँ दरबन्दी भए पनि काजमा जाने गरेकाले यो कार्यालय लामो समयदेखि कार्यालय प्रमुखविहीन हुँदै आएको पाइन्छ।, कूल ५३ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल ३३ कर्मचारी छन्। अधिकांश कर्मचारी नहुँदा कार्यालय सञ्चालनमा कठिनाइ हुँदै आएको अधिकृत तिवारीको भनाइ थियो।, हाल एक उपसचिव, एक प्रशासन अधिकृत, एक अधिकृत (मालपोत), पाँच नायब सुब्बालगायत अन्य कर्मचारीसमेत रिक्त छन्।, कार्यालयबाट नियमितरूपमा जग्गा रजिष्ट्रेसन, दृष्टिबन्दक (ऋण लिदा गरिने जग्गा रोक्का/फुकुवा), नामसारीजस्ता काम हुँदै आएका छन्।, साविकको मालपोत र भूमिसुधार गरी दुई वटा फरक/फरक कार्यालयलाई एकीकृत गरी अहिले भूमि सुधार तथा मालपोत कार्यालयको रूपमा सञ्चालन हुँदै आएको छ।  , कम्प्युटर अधिकृतको भरमा भूमि सुधार तथा मालपोत कार्यालय
रासस अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ। , ठेकेदारले तोकिएको समयमा विद्युत लाइन विस्तार र पोल गाड्ने काम नगर्दा ठूला योजनादेखि विद्युतबाट सञ्चालन हुने विभिन्न कार्य अलपत्र परेका छन्।, विद्युतीकरण नहुँदा संघीय तथा प्रदेश सरकारको लगानीमा सञ्चालन हुने विभिन्न योजना पनि अलपत्र परेका हुन्।, ११ केभी प्रसारण लाइनको पोल गाडेको तीन वर्षसम्म पनि विद्युत लाइन विस्तार नहुँदा यसबाट सञ्चालन हुने कार्यमा बाधा पुग्दै आएको छ। , खलङ्गा–बाहुन थाना, पाँच काटिया हुँदै कुशे गाउँपालिकाको विभिन्न ठाउँमा लाइन विस्तारका लागि तीन वर्षदेखि काम नहुँदा विद्युतबाट हुने काममा बाधा पुगेको हो।, त्यस्तै खलंगा हुँदै नलगाड नगरपालिका र बारेकोट गाउँपालिका जोड्ने मुख्य लाइन नलगाडको कालीमाटीभन्दा अगाडि बढ्न नसकेपछि अर्को समस्या थपिएको छ।, लाइन विस्तारको जिम्मेवारी लिएका ठेकेदारले समयमा काम नगर्दा विकास निर्माणमा समेत बाधा पुगेको हो।, विद्युतीकरणको अभावमा २० लाख रुपैयाँमा स्थापना गर्न लागेको प्रि फ्याब प्राविधिकको कोल्डस्टोर (शीतभण्डार) स्थापनामा चुनौती थपिएको छ।, कृषि विकास कार्यालय, जाजरकोटले फलफूललाई सुरक्षित बनाउका लागि सहकारी संस्थाबाट प्रस्ताव गत भदौमा मागेको थियो।, कार्यालयले मागेको मापदण्डमा फेज लाइन वा विद्युत सञ्चालन हुने क्षेत्र भनि उल्लेख गरेपछि पहिलो पटकको प्रस्ताव अस्वीकृत भएका थिए। , फेरि कार्यालयले सोही मापदण्ड राखेर पुस ७ गते दोस्रो पटक सूचना प्रकाशित गरेको छ।, दोस्रो पटकको पनि फलफूल उत्पादन हुने क्षेत्रमा विद्युत नपुगेकाले असफल हुने हो कि भन्ने चिन्ता बढेको कुशे गाउँपालिकाका अगुवा किसान शक्तिबहादुर ओलीले बताए। , ‘विद्युत नभएको ठाउँमा शीतभण्डार सञ्चालन हुन सक्दैन’, कृषि विकास कार्यालयका प्रमुख रवीन धितालले भने, ‘पहिला पनि प्रस्ताव माग गरिएको रहेछ, तर मापदण्ड नपुगेर काम हुन सकेन। फेरि पनि प्रस्ताव माग गरेका छौं, मापदण्ड पुगे काम हुन्छ। नत्र बजेट फिर्ता जान्छ।’, त्यस्तै, अघिल्लो वर्ष दूध डेरी स्थापना गर्ने भन्दै पन्चासे सहकारी संस्था नलगाड नगरपालिकाको कालीमाटीले १६ लाख रुपैयाँमा खरिद गरिएको उपकरण विद्युतकै अभावमा सञ्चालन गर्न सकेको छैन। पशु अस्पताल तथा पशुसेवा कार्यालयको अनुदानमा उक्त उपकरण सहकारी संस्थाले खरिद गरिएको थियो।, दूध उत्पादनका लागि राम्रो क्षेत्र मानिएको नलगाडको लहँ, डाडाँगाउँलाई केन्द्रमा राखेर उक्त मेसिन जडान गरिए पनि कामविहीन भएको छ।, सहकारीले आफ्नै लगानीमा जेनेरेटर खरिद गर्न समस्या भएको भन्दै अब केही दिनमा जसरी पनि उक्त मेसिन सञ्चालन गर्नका लागि पहल सुरू भएको प्रबन्धक किशोर रावलले बताए। , जिल्लास्थित सरकारी कार्यालयको अनुदान सहयोगमा सञ्चालन हुने विभिन्न कार्यक्रम विद्युतीकरणको अभावमा अलपत्र पर्ने गरेको छ।, त्यस्तै, जिल्लाभरिका स्थानीय तहलेसमेत विभिन्न प्रविधिसँग जोडिएका किसान मैत्री कार्यक्रम सञ्चालन गर्न खोज्दा मापदण्ड नपुगेको भन्दै बजेट फिर्ता हुनेगरेको गुनासो गरेका छन्।, नेपाल विद्युत प्राधिकरणले निर्माण व्यवसायीलाई कारबाही गर्नुको ठाउँमा संरक्षण गर्दै जाँदा जाजरकोटमा अहिलेसम्म सबै ठाउँमा भइसक्ने विद्युतीकरण रोकिएको छ।, जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्तिलाई फाइदा पुग्ने गरी ठेक्का दिँदा जिल्लाको विद्युतीकरणमा बाधा पुगेको सर्वसाधारणको गुनासो छ।, शिवालय, जुनिचाँदे, नलगाड र बारेकोटमा लाइन विस्तारको ठेक्का लागेको चार वर्षपछि बल्ल काम गर्ने भन्दै दुई दिनअघि निर्माण व्यवसायी तेजविक्रम  शाह र निर्माण व्यवसायी शान्तबहादुर बस्नेतले सामग्री बुझेर लगेको जाजरकोट वितरण केन्द्रका प्रमुख अविषेक राजले बताए।, ठेकेदारले केही सामग्री तीन वर्षअघि बुझेर लिए पनि जथाभावी फ्याँक्दा पहिरो तथा खोलाले बगाइसकेको छ।, लाइन विस्तारका लागि सबै सामग्री आइसकेकाले अब बहानाबाजी बनाएर काम रोक्ने अधिकार कसैलाई नभएको प्रमुख अविषेकले बताए। त्यस्तै जिल्लाका बडावन, समाइला, चौखामा निर्माण गर्ने भनिएका सवस्टेसनको कामसमेत धिमा गतिमा भएकाले जिल्लाको विद्युतीकरणमा समस्या देखिएको हो। , पोल गाडेको तीन वर्षसम्म पनि पुगेन बिजुली, विभिन्न योजना अलपत्र
ध्रुबसागर शर्मा/रासस म्याग्दीको बेनी नगरपालिका-७ बेनी सामुदायिक माविको छेवैमा रहेको करिब १०० वर्ष पुरानो पिपलको रूख मासेर व्यापारिक प्रयोजनका लागि सटर बनाइएको छ।, बेनी बजार विस्तारसँगै हिन्दूहरूले भगवान् विष्णुको अवतार मानेर पूजा गर्ने र वातावरणीय दृष्टिले पनि महत्व रहेको पिपलले बटुवालाई शितलता दिलाउँछ भन्दै विसं १९९७ मा भट्टचन थर गरेका एक व्यक्तिले पिपल रोपेका थिए। पिपलको रूख रातारात हटाउन खोज्दा सबैतिरबाट चर्को विरोध पनि भएको थियो। , सर्वसाधारणलाई पैदल हिँडन, सवारीसाधनबाट आवतजावत गर्न र  विद्यालयको पार्किङस्थलका लागि पिपल काटिएको वडाका जनप्रतिनिधिले जिकिर गरे।, घाम चर्कदा र पानी पर्दा ओत लाग्ने सानो प्रतिक्षालय जस्तै बनेको पिपल मास्ने कार्य नरोखिएको भन्दै चौतर्फी भएको विरोधलाई बेवास्ता गर्दै नगरपालिकाले आन्तरिक आम्दानीको नाममा मनलाग्दी तरिकाले सटर बनाएर भाडा दिएको हो।, अस्थायी ट्यांकी राख्न सम्झौता गरी प्रति हात ६०० रुपैयाँ भाडा तिरेका व्यापारीले सम्झौताविपरीत शक्ति र पहुँचको आडमा पक्की संरचना बनाउँदासमेत नगरपालिका मौन बसेको छ।, वडा नं ७ र ८ भित्र बढ्दो सहरीकरणले व्यस्त सडकसहित खाली रहेकास्थान सार्वजनिक हितका लागि प्रयोग गरिनुपर्नेमा ठाउँ खाली देख्ने बित्तिकै भाडामा दिने गरिएको छ।, बजारभित्र सार्वजनिक स्थानमा वडाका जनप्रतिनिधिको अगुवाइमै भाडामा लगाउने गरिएको छ। , दैनिक लाखौंको  करोबार गर्नेलेसमेत सस्तोमा बस्न पाएपछि सार्वजनिक जग्गामा अस्थायी संरचना हालेर व्यवसाय गर्ने होडबाजी नै चलेको एक स्थानीयबासीले बताए।, 'विपन्नलाई जीविकोपार्जनका लागि बनाइएका संरचनामा पनि व्यापारीको नजर परेको छ, नगरलाई समेत जानकारी नदिई पक्की संरचना बनाउन थालिएका छन्', ट्यांकीको व्यवसाय गरेकी एक महिलाले गुनासो गरिन्। , उनका अनुसार भाडामा दिइएका संरचनासमेत नगरपालिकासँग कुनै समन्वय नगरी कंक्रिटको पिल्लर ठड्याएर, महँगोमा खरिदबिक्रीसमेत भएको छ।, जिल्लाको प्रमुख प्रशासनिक क्षेत्र वीरेन्द्रचोक, पुस्तकालय चोक आसपास तथा कालीपुल, बसपार्कका सार्वजनिक जग्गामा बनाइएको संरचना प्रयोग गरेबापत व्यापारीले प्रतिहात ६०० देखि एक हजार १०० रुपैयाँसम्म तिर्ने गरेको नगरपालिकाले जनाएको छ। , बजारभित्र ट्यांकी र ठेलासहितका ६० वटा अस्थायी संरचनालाई मासिक भाडा तिर्ने गरी प्रयोग गर्न दिइएको छ।, गत साता सदरमुकामलाई व्यवस्थित र सुन्दर बनाउन सरोकारवालाबीच भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भाडामा दिइएको संरचनालाई आवश्यकताअनुसार हटाउन सकिने बताए।, नगरपालिकाले नै भाडामा दिएका संरचना नै बेनीबजारलाई सुन्दर र व्यवस्थित बनाउन बाधक बनेको भन्दै नगरको आम्दानीको नाममा पार्किङ तथा सार्वजनिक महत्वको स्थान अतिक्रमणले खुम्चिएको सरोकार निकायका प्रतिनिधिले चर्को गुनासो गरेका थिए।, 'खाली ठाउँमा सटर हालेर आम्दानी गर्ने प्रवृत्तिले समस्या हुनाका साथै ट्राफिक व्यवस्थापनमा पनि निकै समस्या भयो' प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले भने।, उनले यस्ता अनेकन समस्याका कारण एकतर्फी पार्किङसहितको अभियान नै प्रभावकारी बनाउन असहज भएको बताए।, सार्वजनिकस्थललाई नगरपालिकाले कमाइको भाँडो बनाइरहेकामा आलोचनासमेत भएको थियो।, सार्वजनिक ठाउँलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्दा बढ्दो सहरीकरणले बजारभित्र पानी पर्दा ओत लाग्ने एउटा प्रतिक्षालयका लागि ठाउँसमेत छैन।, बेनी सामुदायिक विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले सटर र आसपासमा राखिएका ठेला व्यवसायका कारण उक्त माविमा अध्ययनरत विद्यार्थीलाई प्रवेशमा ठूलो समस्या भएको बताए।,  , ‘विद्यार्थीलाई हिँड्न अप्ठ्यारो भएको छ, विद्यालयको समस्यामा सरोकार निकाय मुकदर्शक बनेको छ’ उनले भने।, विद्यालयको प्रवेशद्वारमा ठेला, सटर हाल्ने, सवारी साधनको पार्किङलाई हटाउन पटक/पटक नगरपालिका, प्रशासनलगायत सरकारी निकायलाई ज्ञापनपत्र समेत बुझाइए पनि वास्ता नगरिएको प्रअ श्रेष्ठको भनाइ थियो। , बजारमा विभिन्न व्यवसायीले घरभन्दा बाहिर जस्तापाता राखेर सडक ढोक्ने गरी सामान झुड्याउने गरेकाले त्यसलाई हटाउनका लागि दिइएको एक हप्ताको सूचना बुधबार सकिँदै छ।, नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, जिल्ला उद्योग वाणिज्य संघबीच ट्राफिक कार्यालयबीच ७ र ८ वडामा पर्ने सदरमुकामलाई सुन्दर बनाउन व्यवस्थित पार्किङ, फराकिलो बाटो, सार्वजनिकस्थलमा सरसफाइ, सिसी क्यामरा जडानलगायत कार्यलाई व्यवस्थित बनाउन पटक/पटक भएका छलफल र सार्वजनिक प्रतिबद्धता कार्यान्वयन नहुँदा बजार लथालिंग भएको छ। , सम्पदाभन्दा सम्पत्ति प्यारो, सय वर्ष पुरानो पिपल मासेर सटर!
एजेन्सी भारतीय राज्य पञ्जाबको लुधियानास्थित एक अदालतमा बिहीबार दिउँसो बिस्फोट भएको छ।, लुधियाना अदालतको दोस्रो तलाको वासरूममा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको र  चार जना घाइते भएको इन्डिया टुडेले जनाएको छ।, बिस्फोटलगत्तै प्रहरी र अग्नि नियन्त्रक  अदालतमा पुगेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरूमा ६ तले अदातल भवनबाट धुँवा आइरहेको देखिन्छ।, लुधियाना अदालतमा बिहीबार वकिलहरूको बन्द थियो।  त्यही भएर बिस्फोटका बेला अदालतमा धेरै मानिस थिएनन्।, बिस्फोट कसरी भयो र कसले गरायो भन्ने खुलिसकेको छैन।, भारतमा अदालतभित्र बिस्फोट हुँदा २ को मृत्यु, चार घाइते
सेतोपाटी संवाददाता सिन्धुलीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , बिहीबार बिहान १ बजे महोत्तरीबाट काठमाडौं आउँदै गरेको प्रदेश २-०३-००१ च ४००८ नम्बरको बोलेरो जीप सुनकोशी गाउँपालिका-६ रिठ्ठेभीरस्थित बिपी राजमार्गमा दुर्घटना भएको हो।, जीप सडकबाट २६५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए।, उनका अनुसार दुर्घटनामा परी जीपमा सवार एक जनाको मृत्यु भएको छ। , मृत्यु हुनेमा लालबन्दी नगरपालिका वडा नम्बर १५ बस्ने २० वर्षीय कुन्थाङ मोक्तान छन्।, त्यस्तै, सोही ठाउँका चालक ३३ वर्षीय आइत सिंह र २१ वर्षीय मनिष परियार घाइते छन्। , प्रहरी नायब उपरीक्षक लामाका अनुसार घाइतेको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। मनिष परियारको अवस्था गम्भीर छ।, काठमाडौं आउँदै गरेको जीपमा करिब २०० वटा कुखुरा थियो। ती कुखुरा पनि सबै मरेको प्रहरी नायब उपरीक्षक लामाले बताए। , ‘प्रारम्भिक अनुसन्धानबाट चालक निदाउँदा दुर्घटना भएको हो कि भन्ने आशंका छ। चालकसँग कुराकानी हुन सकेको भने छैन,’ उनले भने,‘जीप आफ्नो लेन छाडेर अर्को लेनबाट तल झरेको हुँदा पनि निदाएको हो कि भन्ने आशंका भएको हो।’, प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको बताएको छ।, सिन्धुलीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
सेतोपाटी संवाददाता पछिल्लो समय संसारभरि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको चर्चा छ। नोभेम्बर अन्तिमतिर दक्षिण अफ्रिकामा पत्ता लागेको ओमिक्रोनले झन्डै दुई वर्षदेखि जारी कोरोनाभाइरसको महामारी चाँडै अन्त्य नहुने संकेत गरेको छ।  किनभने अहिले पनि संसारमा दैनिक लाखौं मानिस कोरोनाबाट संक्रमित भइरहेका छन् भने हजारौंले ज्यान गुमाइरहेका छन्।, अमेरिका र बेलायतमा दैनिक एक लाखभन्दा बढी संक्रमित थपिएका छन् भने फ्रान्स, जर्मनी, इटाली, स्पेनलगायत मुलुकमा पनि संक्रमण बढेको छ।, कोरोनाभाइरसको संक्रमण बढेपछि चीनले सान्सी प्रान्तको सियान सहरमा बिहीबारदेखि लकडाउन गरेको छ। समाचार  संस्था सिन्ह्वाका अनुसार सियानका झन्डै १ करोड ३० लाख मानिसलाई घरभित्रै बस्न भनिएको छ।, अमेरिका र युरोपमा दुई दिनपछि आउन लागेको क्रिसमसमा स्वास्थ्य मापदण्ड पूर्ण रूपले पालना गर्न अधिकारीहरूले भनेका छन्। क्रिसमस र नयाँ वर्षका बेला हुने भीडभाडले ओमिक्रोनको संक्रमण बढ्ला भन्नेमा अधिकारीहरू चिन्तित छन्।, ओमिक्रोनका कारण महामारीले कस्तो रूप लिन्छ भन्ने अन्यौल भएका बेला केही अध्ययनहरूले भने आशलाग्दा रिपोर्टहरू दिएका छन्।, द न्युयोर्क टाइम्सका अनुसार दक्षिण अफ्रिका, बेलायत र स्कटल्यान्डमा गरिएका छुट्टाछुट्टै अध्ययनले एउटै कुरा देखाएका छन्- ओमिक्रोनको संक्रमण भए पनि धेरै संक्रमित अस्पताल नगएर पनि निको हुन सक्छन्।, तीन वटै देशमा अनुसन्धानकर्ताहरूले डेल्टा भेरियन्टको संक्रमण हुँदाभन्दा अहिले ओमिक्रोनका संक्रमित कम अस्पताल भर्ना भएको देखिएको बताएका छन्।, ओमिक्रोन अहिले संसारमा जताततै पुगेको र तीव्र गतिमा फैलिरहेको भए पनि यसले संक्रमितलाई सिकिस्त नपार्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।, यसअघि नै कोरोना संक्रमण भइसकेका र खोप लगाएकाहरूमा संक्रमण धेरै भएकाले पनि ओमिक्रोनले धेरै असर नपारेको हुन सक्ने उनीहरूको अनुमान छ।, ओमिक्रोनको संक्रमण तीव्र भएकाले उमेर समूह अनुसार वृद्धवृद्धामा धेरै संक्रमण फैलिए अस्पताल आउने संक्रमितको संख्या बढ्न सक्छ।, अहिले भएका अध्ययनहरू प्रारम्भिक भएकाले ओमिक्रोनबारे यसै हो भन्न अझै बढी अध्ययन गर्नुपर्ने वैज्ञानिकहरूले बताएका छन्।, दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरूले ओमिक्रोनको संक्रमण धेरै लामो समयसम्म नफैलिने बताएका छन्।, बुधबार उनीहरूले सार्वजनिक गरेको अनुसन्धान रिपोर्टअनुसार नोभेम्बर अन्तिमतिर दक्षिण अफ्रिकामा पहिलो पटक ओमिक्रोन पत्ता लागेको थियो। एक महिना नबित्दै ओमिक्रोन संक्रमणको उच्च विन्दु पार भइसकेको छ।, यसअघि पत्ता लागेको डेल्टा भेरियन्टको संक्रमण महिनौंसम्म बढेको बढ्यै थियो।,  , ओमिक्रोनबारे के भन्छन् तीन देशमा भएका अनुसन्धानले?
सेतोपाटी संवाददाता नेपालमा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २९३ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ६२६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार ५१० जनाको पिसिआर परीक्षण र २११६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ५ हजार १६१ जना सक्रिय संक्रमित छन्।, २६३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ।  , काठमाडौं उपत्यकामा १४८ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ संक्रमित छन्।, ११ हजार ६२६ मा कोरोना परीक्षण गर्दा २९३ लाई संक्रमण
रासस सर्वसाधारणलाई कलाप्रति आकर्षित गर्ने उद्देश्यका साथ अहिले २५ कलाकार वसन्तपुर क्षेत्रका सम्पदाको चित्र कोर्नमा व्यस्त छन्। हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको आयोजनामा एक हप्तादेखि उनीहरु विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रमा चित्र बनाउन लागिपरेका हुन्।  , शनिबारीय कला कार्यशाला समूहको सहकार्यमा भएको ‘क्यानभासमा हनुमान ढोका प्रतिविम्ब’ चित्रकला कार्यशालामा  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति  कान्छाकुमार कर्माचार्य, प्रतिष्ठानका पूर्वकूलपति किरण मानन्धर, वरिष्ठ कलाकार ग्रेहेन्द्रमान अमात्य, गोविन्दसिंह डङ्गोल, जीवन राजोपाध्यायसहित कलाकार सहभागी छन्।   , प्रत्येक कलाकारले कम्तीमा फरक फरक दुई चित्र बनाउनुपर्ने छ। एउटा चित्र समितिले राख्ने छ भने अर्को कलाकार स्वयमले प्रयोग गर्न सक्नेछन्। कलाकारले मुख्यगरी मूलचोक, त्रिशूल चोक, मोहन चोक र जलाशय नारायणको चित्र बनाएका छन्। शनिबारीय समूह चार वर्षदेखि प्रत्येक शनिबार ऐतिहासिक सम्पदाको चित्र बनाउनमा व्यस्त रहने गरेको स्थलगत कार्यशालाका संयोजक दिबेसमानसिंह प्रधानले जानकारी दिए।, हरेक शनिबार सम्पदाको चित्र बनाउनकै लागि  शनिबारीय कला कार्यशाला समूह काठमाडौं उपत्यकाको तीन वटै जिल्ला र कहीलेकाहीँ उपत्यका बाहिरका जिल्लामा पनि जाने गरेको प्रधान बताउँछन्। चार वर्षदेखि अहिलेसम्ममा सम्पदाको मात्रै दुई हजारभन्दा बढी चित्र उतारिसकेको प्रधानले बताए।, ‘चित्र बनाउने विषयवस्तु धेरै छन्, अझै पनि युवा पुस्तामा चित्रकलाप्रति आकर्षण कम छ त्यसमा पनि ऐतिहासिक सम्पदा प्राथमिकतामा पर्दैनन् त्यसैले सम्पदाकै चित्र बनाउने र त्यसलाई प्रदर्शनमा राख्न थालिएको हो’, उनले भने। हाल तयार भइरहेको वसन्तुपुरको ऐतिहासिक सम्पदाको चित्र पनि यही पुस १२ गतेदेखि एक महिनासम्म प्रदर्शनीमा राखिने बताइएको छ। , उक्त स्थानमा २५ कलाकारले करिब ५० चित्र बनाउने छन्। चित्र कोरेबापत उक्त समूहले कुनै परिश्रम लिने छैनन्। चित्र बनाउनका लागि आवश्यकपर्ने सामग्री समितिले प्रदान गरेको हो। तयार पारिएका चित्र सङ्ग्रहालमा राख्ने बताइएको छ। , कार्यशाला समूहले अहिलेसम्म काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सात सम्पदामध्ये ५ वटाको चित्र बनाइसकेको छ। पशुपतिनाथको चित्र कोर्ने तयारी छ।, कलाकार सम्पदा संरक्षणमा सक्रिय
सेतोपाटी संवाददाता ‘बिकिनी किलर’का रूपमा परिचित अपराधी चार्ल्स गुरुमुख शोभराजको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।, बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई बाटोको म्यादबाहेक तीन दिनभित्र कारण दिन आदेश दिएको हो।, शोभराजले बुधबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण मुद्दा दिएका थिए। उनले आफूलाई उमेरका कारण कैदमुक्त गर्नु पर्ने माग गरेका थिए।, यसअघि शोभराजले अधिवक्ता शकुन्तला थापामार्फत् जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।, जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ। उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागु हुनु पर्ने शोभराजको जिकिर थियो।, शोभराज अहिले ७७ वर्षका भए।, सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई काठमाडौं र भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेका थिए। , अमेरिकी नागरिक कोन्नीजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै उनले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए।, काठमाडौं जिल्ला अदालतमा चलेको उनको मुद्दा  सर्वोच्च अदालतसम्म पुगेको थियो। जिल्ला अदालतले उनलाई गरको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो। सन २००३ देखि उनले  केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका छन्। , चार्ल्स शोभराजको बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाऊ आदेश
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १४८ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ संक्रमित छन्।, काठमाडौं उपत्यकामा १९२४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ८०२, भक्तपुरमा ५१६ र ललितपुरमा ६०६ संक्रमित छन्।, काठमाडौं उपत्यकामा थपिए १४८ संक्रमित
सेतोपाटी संवाददाता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा आइसियूमा भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। अस्पतालका निर्देशक डाक्टर मनीषा रावलले पछिल्लो सातादेखि आइसियूमा भर्ना हुने संक्रमितको संख्या क्रमिक रूपमा बढ्न थालेको जानकारी दिइन्।, 'आइसियूमा केस बढेको हो। तीन साताअघि दुई-चार जना संक्रमित रहेकोमा पछिल्लो साता बिस्तारै त्यो संख्या छ/सात हुँदै आज आठ पुगेको छ,' निर्देशक रावलले भनिन्।, आइसियूमा भर्ना हुने संक्रमितको संख्या बढे पनि अहिले नै संक्रमण बढ्न थालेको भनेर बुझ्न नहुने उनको भनाइ छ।, 'अरू अस्पतालमा पनि संक्रमित बढ्न थालेको भन्ने सुनिएको छैन। टेकु अस्पतालमा पनि आइसियूमा भर्ना हुनेको संख्या पहिलेको तुलनामा कम नै हो। अब केही दिनमा यो संख्या बढेर दोब्बर अंकमा पुग्यो भने संक्रमण बढेको हो कि भन्न सकिन्छ। त्यसैले अहिले ठ्याक्कै संक्रमण बढेको भनेर भन्न सकिन्न,' उनले भनिन्।, उपत्यकाकाका अरू अस्पतालमा कोरोना संक्रमित बढेको देखिँदैन। ललितपुरको पाटन अस्पतालमा अहिले ३० जना कोरोना संक्रमित उपाचररत् छन्। तीमध्ये दुई जना आइसियूमा छन्। अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले एक महिनादेखि संक्रमितको संख्या ३० भन्दा कम रहेको र आइसियूमा पनि दुई/चार जना मात्रै उपचाररत् रहेकाले संक्रमण नबढेको बताए।, 'एकदिनको तथ्यांकलाई आधार मानेर संक्रमण बढेको भन्न मिल्दैन। निरन्तर बढ्दै गएको अवस्थामा मात्र संक्रमण बढेको मान्न सकिन्छ। कहिलेकाहीँ थपघट भइहाल्छ नि,' निर्देशक शाक्यले भने, 'हाम्रो विज्ञ टिमको विश्लेषणमा अहिले संक्रमण बढेको भन्ने छैन।', महाराजगन्जस्थित टिचिङ अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले पनि अहिले कोरोनाको संक्रमण नबढेको बताए। टिचिङ अस्पतालमा केही समयदेखि २०/२२ जना संक्रमित रहेको उनले जानकारी दिए।  , 'आज पनि २२ जना संक्रमित उपचाररत हुनुहुन्छ। ८ जना आइसियूमा हुनुहुन्छ। त्यसैले अवस्था यथावत् छ, संक्रमण बढेको छैन,' उनले भने।, मिति, परीक्षण, संक्रमित, प्रतिशत, पुस ८, २९३, ११६२६, २.५२, पुस ७, २३६, ११३०९, २.०९, पुस ६, २९०, १७०८९, १.७, पुस ५, २२०, ४१४१, ६.५२, पुस ४, १८१, ९८७२, १.८३, पुस ३, १८९, ७९९७, २.३६, पुस २, २७४, ९०१६, ३.०४, साताको जम्मा, १६८३, ७१०५०, २.३७, पुस १, १८४, ११०१८, १.६७, मंसिर २९, २८०, ११९९४, २.३३, मंसिर २८, २६४, १३७०९, १.९३, मंसिर २७, ३४१, १३२३६, २.५८, मंसिर २६, २५४, ८६८२, २.९३, मंसिर २५, २३६, ९१७८, २.५७, मंसिर २४, २५५, १०४८७, २.४३, साताको जम्मा, १८१४, ७८३०४, २.३२, अन्य अस्पतालमा संक्रमितको संख्या यथावत् हुँदा टेकु अस्पतालमा बढ्नुको पछाडि धेरै मानिसको रोजाइ सुरूमा टेकु अस्पताल परेर पनि हुनसक्ने अस्पतालकी निर्देशक डाक्टर रावलको बुझाइ छ।, सरकारी आँकडामा पनि पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण बढेको देखिँदैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गर्ने दैनिक तथ्यांकअनुसार पछिल्लो दुई साताको संक्रमण दर २ प्रतिशतमा यथावत् छ। मंसिर २४ देखि पुस १ सम्म ७८ हजार ३०४ जनाको परीक्षण हुँदा एक हजार ८१८ जनामा संक्रमण पुष्टि भएको छ। जुन २.३२ प्रतिशत हो।, त्यस्तै पुस २ देखि ८ गतेसम्म ७१ हजार ५० जनाको परीक्षण गरिएकोमा एक हजार २८३ जनामा संक्रमण पुष्टि भएको छ। जुन २.३६ प्रतिशत हो।, पछिल्लो समय अमेरिका र युरोपका विभिन्न मुलुकहरूमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रूपमा भइरहेको छ।  नयाँ भेरियन्टबारे वैज्ञानिकहरूले धेरै कुरा पत्ता लगाउन बाँकी रहेकाले यसको संक्रमण अन्य मुलुकमा कसरी फैलिन्छ र स्वास्थ्य प्रणालीलाई कति प्रभाव पार्छ भन्ने यकिन छैन।, नेपालमा भने अहिलेसम्म तीन जनामा मात्रै ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ।, ओमिक्रोनबारे के भन्छन् तीन देशमा भएका अनुसन्धानले?, पछिल्लो समय संसारभरि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको चर्चा छ। नोभेम्बर अन्तिमतिर दक्षिण अफ्रिकामा पत्ता लागेको ओमिक्रोनले झन्डै दुई वर्षदेखि जारी कोरोनाभाइरसको महामारी चाँडै अन्त्य नहुने संकेत गरेको छ।  किनभने अहिले पनि संसारमा दैनिक लाखौं मानिस कोरोनाबाट संक्रमित भइरहेका छन् भने हजारौंले ज्यान गुमाइरहेका छन्।, अमेरिका र बेलायतमा दैनिक एक लाखभन्दा बढी संक्रमित थपिएका छन् भने फ्रान्स, जर्मनी, इटाली, स्पेनलगायत मुलुकमा पनि संक्रमण बढेको छ।, कोरोनाभाइरसको संक्रमण बढेपछि चीनले सान्सी प्रान्तको सियान सहरमा बिहीबारदेखि लकडाउन गरेको छ। समाचार  संस्था सिन्ह्वाका अनुसार सियानका झन्डै १ करोड ३० लाख मानिसलाई घरभित्रै बस्न भनिएको छ।, अमेरिका र युरोपमा दुई दिनपछि आउन लागेको क्रिसमसमा स्वास्थ्य मापदण्ड पूर्ण रूपले पालना गर्न अधिकारीहरूले भनेका छन्। क्रिसमस र नयाँ वर्षका बेला हुने भीडभाडले ओमिक्रोनको संक्रमण बढ्ला भन्नेमा अधिकारीहरू चिन्तित छन्।, ओमिक्रोनका कारण महामारीले कस्तो रूप लिन्छ भन्ने अन्यौल भएका बेला केही अध्ययनहरूले भने आशलाग्दा रिपोर्टहरू दिएका छन्।, द न्युयोर्क टाइम्सका अनुसार दक्षिण अफ्रिका, बेलायत र स्कटल्यान्डमा गरिएका छुट्टाछुट्टै अध्ययनले एउटै कुरा देखाएका छन्- ओमिक्रोनको संक्रमण भए पनि धेरै संक्रमित अस्पताल नगएर पनि निको हुन सक्छन्।, तीन वटै देशमा अनुसन्धानकर्ताहरूले डेल्टा भेरियन्टको संक्रमण हुँदाभन्दा अहिले ओमिक्रोनका संक्रमित कम अस्पताल भर्ना भएको देखिएको बताएका छन्।, ओमिक्रोन अहिले संसारमा जताततै पुगेको र तीव्र गतिमा फैलिरहेको भए पनि यसले संक्रमितलाई सिकिस्त नपार्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।, यसअघि नै कोरोना संक्रमण भइसकेका र खोप लगाएकाहरूमा संक्रमण धेरै भएकाले पनि ओमिक्रोनले धेरै असर नपारेको हुन सक्ने उनीहरूको अनुमान छ।, ओमिक्रोनको संक्रमण तीव्र भएकाले उमेर समूह अनुसार वृद्धवृद्धामा धेरै संक्रमण फैलिए अस्पताल आउने संक्रमितको संख्या बढ्न सक्छ।, अहिले भएका अध्ययनहरू प्रारम्भिक भएकाले ओमिक्रोनबारे यसै हो भन्न अझै बढी अध्ययन गर्नुपर्ने वैज्ञानिकहरूले बताएका छन्।, दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरूले ओमिक्रोनको संक्रमण धेरै लामो समयसम्म नफैलिने बताएका छन्।, बुधबार उनीहरूले सार्वजनिक गरेको अनुसन्धान रिपोर्टअनुसार नोभेम्बर अन्तिमतिर दक्षिण अफ्रिकामा पहिलो पटक ओमिक्रोन पत्ता लागेको थियो। एक महिना नबित्दै ओमिक्रोन संक्रमणको उच्च विन्दु पार भइसकेको छ।, यसअघि पत्ता लागेको डेल्टा भेरियन्टको संक्रमण महिनौंसम्म बढेको बढ्यै थियो।, टेकु अस्पतालमा बढे कोरोना संक्रमित, संक्रमण दर भने २ प्रतिशतमै यथावत्
निर्मला घिमिरे पातलो ज्यान। निन्याउरो अनुहार। काठमाडौंको ठिही छल्न रातो कुर्तामाथि पातलो ज्याकेट लगाएकी थिइन्।, छड्के भिरेको झोला हातले सम्हालिरहेकी उनी बेचैन देखिन्थिन्।, 'मलाई छोरो पढाउनु छ। महिनामा दस/पन्ध्र हजारको काम कतै पाइन्छ कि भनेर खोज्दैछु,' मसिनो स्वरमा बोलिन्, 'नभए यत्तिकै लागि विदेश जानुपर्छ। त्यो पनि अवैध रूपमा।', उनी मैयाँ तामाङ (परिवर्तित नाम) हुन्। ३५ वर्षीया मैयाँको घर सिन्धुपाल्चोक हो। हिजोआज काठमाडौंमा आफन्तको डेरामा अल्झिएकी छन्।, आठ कक्षा पढिरहेका उनका छोरा होस्टल बस्छन्। तिनै छोरा पढाउन उनी दौडधूप गरिरहेकी हुन्। यहीँ काम पाउन मुश्किल भएपछि उनी भारत हुँदै इराक जाने योजनामा छिन्।, 'यहीँ छोरा पढाउन सक्ने गरी नियमित पैसा पाइने काम भए किन जान्थेँ होला र,' उनले भनिन्। , उसो त उनी पहिलोपटक यसरी अवैध रूपमा विदेशिन लागेकी होइनन्। एक दशक भयो, उनको घर खर्च परदेशको कमाइले धानेको।, मैयाँ यसअघि इजिप्टमा घरेलु कामदारका रूपमा काम गर्थिन्। कोरोना महामारीमा नेपाल फर्केकी हुन्। तर इजिप्ट जानुअघि उनले लामो समय इराकमै काम गरेकी थिइन्।, 'इराकमा एक जना साहुनी मात्र थिइन्। काम धेरै थिएन तर पैसा धेरै हुन्थेन,' मैयाँले परदेशको आफ्नो पहिलो कामबारे सुनाइन्, 'साढे दुई वर्षको छोरा छाडेर गएको धेरै याद आउँथ्यो।', दस वर्षअघि इराक जाँदा उनी फरक विवरण भएको पासपोर्टमा आफ्नो फोटो टाँसेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिरेकी रहिछन्। उनलाई पठाउने दलालले अर्काको पासपोर्ट दिएका थिए। त्यसमा भएको नाम, उमेर, ठेगाना, बाबुबाजेको नाम मैयाँले कण्ठ पारिन्। विमानस्थलमा सोध्दा सबै भनिन्। त्यसपछि उनलाई जान दिए।, इराक पुगेपछि पासपोर्ट र कागजात साहुनीले राखिन्। त्यहाँ साढे तीन वर्ष बसिसक्दा मैयाँले पासपोर्टमा लेखिएको नाम र विवरण भुलिन्।, 'नेपाल फर्किने बेलासम्म सबै भुलेँ। त्यहाँको विमानस्थलमा सोध्दा आफ्नो वास्तविक नाम भनिदिएँ। उमेर २७ वर्ष भएको बताएँ तर पासपोर्टको उमेर ३५ वर्ष पुगिसकेको रहेछ। यो विवरण नमिलेपछि त्यहाँ प्रहरीले पक्रिए,' उनले सम्झिइन्।, त्यो दिन उनी विमानस्थलमा चार/पाँच घन्टा प्रहरीचौकीमा बस्नुपर्‍यो। साहुनीले त्यहाँबाट निकालेर उनलाई घर लगिन्। केही दिनपछि फर्काइदिइन्। तर नेपाल आएर पनि मैयाँ प्रहरीको फन्दामा परिन्।, 'अर्काको नाममा गएको थाहा पाएपछि मलाई यहाँको विमानस्थलबाटै हनुमानढोका ल्याइयो। हनुमानढोकामा १५ दिन बसेँ। पचास हजार तिरेर निस्किएँ,' उनले भनिन्।, तीन वर्ष इराक काम गरेर कमाएको आठ लाख उनले श्रीमानलाई दिएकी थिइन्। आउँदा एक रूपैयाँ पनि थिएन। उनका श्रीमानको कमाइ थिएन, तास खेलिरहन्थे।, 'उनलाई घरै छाडेर छोरालाई माइत राखेर म कमाउन इराक गएकी थिएँ। सबै पैसा श्रीमानले कता लगे कता,' उनले गुनासो गरिन्, 'म आएपछि मलेसिया गएका थिए। अहिले अत्तोपत्तो छैन। केही खबर छैन। अरूले भनेको सुन्दा उनी अर्कै केटीसँग बस्छन् रे।', फर्केको एक वर्षजति मैयाँ नेपालमै बसिन्। यहीँ मजदुरी गरेर छोरा पढाउने सोचिन्। सात महिना ज्यामी काम गरिन्। तर ठेकेदार आधा पैसा दिएर भागे।, 'अनि त रूनु न हाँस्नु भएँ। त्यत्रो महिना इँटा-बालुवामा पोखेको पसिना खेरै गयो,' उनले भनिन्, 'अरू काम खोजेँ। तर यहाँ चिनेको नहुँदा लुगा धुने काम पनि नपाइने रहेछ। पाए पनि चार-पाँच हजार कमाइले कसरी धानिनु! त्यसपछि फेरि विदेश जाने सोच बनाएँ।', त्यसपछि मैयाँले ऋण खोजिन्। छोरालाई होस्टल राखिन्। म्यानपावरलाई साढे दुई लाख बुझाएर करिब पाँच वर्षअगाडि घरेलु कामदारकै रूपमा इजिप्ट पुगिन्।, गौशालास्थित एक म्यानपावर कम्पनीमार्फत त्यहाँ पुगेकी उनलाई सुरूमा एउटा घरमा काम लगाइएको थियो। बालबच्चा स्याहार्ने, खाना पकाउने, कपडा धुने, सफाइ गर्नेजस्ता काम गर्नुपर्थ्यो। तर उनले न तलब पाइन्, न समयमा खान।, 'एकदमै यातना खप्नुपर्थ्यो। त्यहाँको भोगाइ शब्दमा भन्न नै सकिने छैन। छ महिना काम गरेको तलब दिएन। त्यसपछि म दूतावास पुगेँ। दूतावासले मलाई अर्को घरमा पठायो,' उनले भनिन्।, नयाँ ठाउँको परिवारमा ५ जना थिए, घर मात्रै चार वटा। ती सबै घर सफा गर्नेसहित भित्रका सबै काम गर्थिन्। बिहान पाँच बजेदेखि राती दुई बजेसम्म खट्दा पनि अरबी साहुनीले शारीरिक यातना दिइरहन्थिन्।, 'मलाई चिथोर्ने, चिमोट्ने गर्थिन्। घाउ नै घाउ हुन्थ्यो। आफ्नो शरीर देखेर आफैं रुन्थेँ। तर छोरालाई पढाउनु थियो अनि सबै सहन्थेँ,' मैयाँ भक्कानिइन्।, त्यहाँ पनि तीन महिना काम गरेपछि बल्ल एक महिनाको तलब पाउँथिन्। मुश्किलले दुई वर्ष बिताएपछि उनी नेपाल फर्किन चाहिन्। पासपोर्ट साहुनीसँगै थियो। , उनले मैयाँलाई 'अवैध रूपमा बसेकी होस्, मारेर फ्याँकिदिन्छु, कोही खोज्न आउँदैनन्। चुपचाप काम गर्' भनिदिइन्। मैयाँलाई त म्यानपावरले दुई वर्ष काम गर्नुपर्छ भनिदिएको थियो। पढाइ नभएकाले सबै हेर्न जानिनन्। तर भिसा तीन महिनाको मात्र रहेछ।, त्यसपछि साहुनीले तलब भने अलिकति बढाइदिइन्। छोराको पढाइ र होस्टल खर्च सम्झेर उनी बसिन्। साढे चार वर्ष त्यही घरमा त्यसरी नै काम गरिरहिन्।, अनि सुरू भयो कोरोना।, 'रोग आएपछि मलाई खुबै डर लाग्यो। मरे पनि आफ्नै देशमा, बरू छोरासँगै मर्छु भन्ने भयो,' मैयाँले भनिन्, 'त्यसपछि मैले साहुसाहुनीलाई नेपाल फर्काइदिनू भनेर धेरै हारगुहार गरेँ, रोएँ।', यसपालि भने साहुनी रोकिनन्, टिकट काटिदिइन्। मैयाँले सात महिनाको तलब पाउन बाँकी थियो। साहुनीले नेपाल फर्कने दिन दिन्छु भनिन्। त्यो दिन साहुनी घरै बसिनन्, पछि एयरपोर्टमै आएर दिन्छु भनिन्। तर आइनन्।, मैयाँले फोन गर्दा जवाफ पाइन्, 'चुपचाप तेरो घर जा, पैसा पाउँदिनस्।', फर्किएपछि झन्डै एक वर्षसम्म मैयाँ कहिले सिन्धुपाल्चोकको माइत त कहिले आफन्तको डेरा, काठमाडौं बसिन्। , महामारी सामान्य बन्दै गएपछि उनी फेरि भारतको बाटो हुँदै इराक जान हिँडिन्। तर उनलाई भारतीय प्रहरीले पक्राउ गर्‍यो। ६ महिना हिरासतमा बसिन्।, 'मलाई इराकको पुरानो मेरो साहुनीले भिसा पठाइदिनु भएको थियो। म भिजिट भिसा बनाएर युएई जाने र त्यहाँबाट इराक छिर्ने सोचिरहेकी थिएँ,' मैयाँले सुनाइन्।, सोच बनाए पनि उनलाई प्रक्रिया थाहा थिएन। त्यही क्रममा इराकमै रहेकी गाउँकी चिनजानकी महिलाले एक व्यक्तिले इराक छिर्न सहयोग गर्ने सुनाइन्। उनले ती व्यक्तिको नम्बर पनि दिइन्।, 'मैले फोन गरेँ। ती मान्छे नेपाल आएका रहेछन्। उनले भारत हुँदै इराक १५ दिनमा पुर्‍याइदिने सुनाए। त्यहाँबाट सजिलै जान सकिने सुनेपछि म राजी भएँ,' मैयाँले भनिन्।, २०७७ माघको कुरा। सबै काम मिलाउन भन्दै ती व्यक्तिले सुरूमा मैयाँसँग डेढ लाख मागे। उनले पैसा हातमा थमाइदिइन्। ती व्यक्तिले 'एयरपोर्टमा यो कागजात देखाउनु' भनेर दिए।,  मैयाँ दंग पर्दै बाटो लागिन्। लखनउ पुगेर त्यहाँको एयरपोर्टमा कागजात देखाइन्। तर दूतावासका कागजात नक्कली बनाइदिएका थिए दलालले। उनलाई त्यहाँको प्रहरीले पक्रियो। सबै कागजात र मोबाइल पनि प्रहरीले नियन्त्रणमा लियो। उनी एयरपोर्टबाट छिर्न पाइनन्।, 'मोबाइलमा इराकबाट साहुनीले पठाएको भिसा थियो। त्यो देखेर यो त आफैं दलाल रहिछे भन्ने आरोप प्रहरीले लगाए र मलाई जेलमा पुर्‍याए,' उनले भनिन्।, मैयाँको परिवारमा सम्पर्क गर्ने केही माध्यम भएन। रातदिन रोएरै उनले भारतको हिरासतमा ६ महिना कटाइन्।, एकदिन हिरासतमा अर्की नेपाली महिला ल्याइयो। ती महिलासँग फोन मागेर उनले घरमा सम्पर्क गरिन्।, 'मलाई त्यहाँ पुर्‍याउने मान्छे त कता गयो कता। उसको फोन नम्बर पनि थिएन। मलाई लिन मेरो भाइ गयो। त्यहाँ जरिवाना तिरेर म निस्किएँ,' उनले भनिन्।, २०७८ साउनमा उनी नेपाल फर्किइन्। भएको सबै पैसा सकियो।, 'यहाँ केही काम पाइँदैन। छोरालाई पढाउन यति दुःख गरिसकेँ। उसलाई होस्टलबाट निकाल्न मन छैन,' उनी भन्छिन्, 'अब स्कुलको पैसा कसरी तिर्ने भन्ने पीरले रातभर निदाउन सकेकी छैन।', त्यसैले उनी फेरि इराक जान तम्सिएकी हुन्। उनलाई अवैध रूपमा जाँदा समस्या हुन्छ भन्ने थाहा नभएको होइन। तर भन्छिन्, 'सबै दुःख थाहा हुँदाहुँदै छोराका लागि मर्न तयार भइसकेँ।', जब एयरपोर्टमा उनले आफ्नो पासपोर्टको नामै बिर्सिइन्
सेतोपाटी संवाददाता धनकुटामा मुख्य कार्यालय स्थापना गरेर प्रदेश १ मा कारोबार गर्दै आएको सप्तकोशी डेभलपमेन्ट बैंकमा १५ करोडभन्दा बढी रकम हिनामिना भएको घटना बाहिरिएको छ।, विराटनगरको मेनरोडस्थित कर्पोरेट कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकमा १५ करोडभन्दा बढी रकम अपचलन भएको बैंक स्रोतले जनाएको छ।, नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पाएको बैंकको रेमिट्यान्सतर्फको सो रकम हिनामिना भएको अभियोगमा एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेर छानबिन गरिरहेको छ।, मंसिर पहिलो साता रेमिट्यान्सतर्फको  ठूलो रकमको  हिसाब नमिलेपछि बैंकले मोरङ प्रहरीमा अनुसन्धानको लागि जाहेरी दिएको थियो।, बैंकले कति रकम हिसाब नमिलेको उल्लेख नगरे पनि १५ देखि १६ करोड बराबरको बैंकको रेमिट्यान्सतर्फको रकम अपचलन भएको प्रहरी स्रोतको भनाइ छ।, अहिले मोरङ प्रहरीबाहेक सिआइबी, नेपाल राष्ट्र बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले पनि आन्तरिक रूपमा यो घटनाको गरिरहेका छन्।, बैंकले दिएको जाहेरीको आधारमा मोरङ प्रहरीले सप्तकोशी बैंक विराटनगर कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट (जिएसडी) प्रमुख हिमाल भट्टराईलाई १९ मंसिरमा नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।, पक्राउ परेका भट्टराई ६ वर्षदेखि उक्त बैंकमा कार्यरत छन्।, उनले बैंकमा २०७१ सालदेखि रेमिट्यान्सतर्फ जिएसडी प्रमुखको जिम्मेवारीमा थिए।, बैंकभित्रको ठूलो रकम हिनामिना भएकोले यस घटनामा जिएसडी प्रमुख भट्टराईको मात्र एकल संलग्नता हुन नसक्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।, ‘बैंकको ठूलो रकम घोटालामा एक जनाको मात्र संलग्न मात्र हुन नसक्ने भएकोले हामीले सबै कोणदेखि अनुसन्धान अगाडि बढाएका छौं,’ उनले भने।, पक्राउ परेका भट्टराई बैंकका सिइओ रहेका नविन सुवेदीका फुपुका छोरा हुन्।, धनकुटामा केन्द्रीय कार्यालय रहेको बैंकको प्रदेश १ मा ३६ वटा शाखा कार्यालय छन्। बैंकमा चार अर्ब ३० करोड निक्षेप रहेको छ।, सप्तकोशी डेभलपमेन्ट बैंकले बैंकको नाफा रहेको रकम हिनाहिना भएकोले निक्षेपकर्ता र लगानीकर्तालाई  ढुक्क हुन भनेको छ।, निक्षेपकर्ता र लगानी कर्ताको रकम सुरक्षित भएको बैंकका अध्यक्ष डा. अर्जुन बरालले बताएका छन्।, उनले बैंकको केही रकम हिनामिना भएकोले निक्षेपकर्ताको रकम हिनामिना नभएको बताएका हुन्।, विराटनगरको सप्तकोशी बैंकमा करोडौं रकम हिनामिना
सेतोपाटी संवाददाता काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसका शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट गर्ने विद्यार्थीलाई क्याम्पसले निस्कासन गरेको छ।, पुस ६ गते स्नातक तहको पहिलो वर्षको आन्तरिक परीक्षा चलिरहेको समयमा विवाद हुँदा विद्यार्थी कुवेर जेठाराले शिक्षक पुडासैनीमाथि आक्रमण गरेका थिए।, जेठारा आरआरमै दोस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थी थिए।, यो पनि: ,आरआरका विद्यार्थीले शिक्षकको टाउकोमा हान्दा कुच्चिएको जग, उनलाई निष्कासन गरेर कानुनी कारबाही पनि अगाडि बढेको क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।, विद्यार्थी जेठाराले स्टिलको जगले शिक्षक पुडासैनीलाई आक्रमण गर्दा पुडासैनीको टाउकोमा सात वटा टाँका लगाइएको थियो।, हेर्नुस् विज्ञप्ति:, शिक्षक कुट्ने विद्यार्थी आरआरबाट निस्कासित
सेतोपाटी संवाददाता सिरहामा एक पुरूषको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , धनगढीमाई नगरपालिका-१४ मरान बस्ने ४० वर्षीय टेकबहादुर विकको उनकै श्रीमतीको कुटपिटबाट बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।, प्रहरीले श्रीमती ३५ वर्षीया हर्कमाया विकलाई पक्राउ गरेको छ।, उनीहरूबीच गएराति आपसी विवाद एवं झगडा भएको थियो। त्यसैक्रममा हर्कमायाले टेकबहादुरमाथि दाउराको चिर्पटले टाउकोमा हिर्काएका थिए। , त्यसबाट गम्भीर घाइते भएका टेकबहादुरको उपचारको लागि आरके मेडिसिटी अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।, शव धनगढीमाई नगरपालिका-१३ भुल्लेस्थित टेकबहादुरकै भाइ बुद्धबहादुर विकको घरमा राखिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले हर्कमायालाई पक्राउ गरेको हो। , यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।,  , सिरहामा कुटपिटबाट श्रीमानको मृत्यु, श्रीमती पक्राउ
सेतोपाटी संवाददाता सल्यानमा हत्या आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन्।, मंसिर २० गते दार्मा गाउँपालिका–२ पाजाखोलामा एक व्यक्तिको शव भेटिएपछि प्रहरीले अनुसन्धानका क्रममा चार जनालाई पक्राउ गरेको हो।, छिमेकीको विवाह भोज खान गएका ७० वर्षीय टेकबहादुर खत्री मृत भेटिएका थिए।, प्रहरीले दार्मा-२ का अध्यक्ष डिल्लीबहादुर केसी, स्थानीय रामबहादुर खत्री, कुलबहादुर खत्री र लक्ष्मण केसीलाई पक्राउ गरेको हो।, प्रहरीका अनुसार वडा अध्यक्ष केसीलाई पुस ५ गते पक्राउ गरेको हो।, अरू तीन जनालाई मंसिर २७ गते नै पक्राउ गरिएको हो।, मृत भेटिएका टेकबहादुर वडाध्यक्ष केसीले चलाएको दार्मा गाउपालिकाको लू ७१ प ३९२७ नम्बरको मोटरसाइकल चढेर भोज खान गएको खबर पाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, ७० वर्षीय वृद्धको 'रहस्यमय' मृत्यु भएपछि वडा अध्यक्षसहित चार जना पक्राउ
सेतोपाटी संवाददाता प्रहरीले बाराबाट स्रोत नखुलेको रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।, कलैया उपमहानगरपालिका-१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँसहित भारत बिहार पूर्वी चम्पारण आधारपुरका २२ वर्षीय रन्देश कुशवाहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।, विशेष सूचनाको आधारमा उनी सवार बिआर२२एन ५०१४ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले जाँच गर्दा रन्देशलाई १ हजार दरको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी जम्मा १६ लाख रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ।, स्रोत नखुलेको १६ लाख रुपैयाँसहित बाराबाट एक पक्राउ
रासस बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।, दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले बिहीबार एक सूचना जारी गरेर स्थानीयवासीलाई सतर्क रहन अपिलसमेत गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने यहाँ निकुञ्जबाट बाघ बस्ती आसपास आएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले बताए। दुम्कीबास, बघुवनसहित पूर्व–पश्चिम राजमार्गको अरुणखोला दुम्कीबास जङ्गल क्षेत्रमा समेत बाघ देखिएको स्थानीयवासीले बताएका छन् ।, गत महिनामात्रै विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी सामुदायिक वनका हेरालु ६१ वर्षीय जीतबहादुर विकको बाघको आक्रमणका कारण मृत्यु भएको थियो । अहिले फेरि जङ्गल छेउछाउका बस्ती आसपास बाघ देखिएकाले आफूहरूले रातिको समयमा वन क्षेत्र नजिकका ठाउँमा हिँडडुल नगर्न, सकेसम्म एक्लै नहिँड्न सबैमा अपिल गरिएको गाउँपालिका अध्यक्ष जिसीले बताए।, बाघले हालै मात्र मानवीय क्षति र पशु चौपायामा समेत क्षति पुर्‍याएको हुनाले गाउँपालिकाले यस क्षेत्रमा रहेको बाघको नियन्त्रण गरी निकुञ्जमा लैजान डिभिजन वन कार्यालयमार्फत पत्राचार गरिसकेको गाउँपालिका अध्यक्ष जिसीले बताउ। ‘बाघका कारण स्थानीयवासी त्रसित भएका छन्, नियन्त्रणका लागि हामीले डिभिजन वन कार्यालयमार्फत निकुञ्जलाई पत्राचार गरिसकेका छौं’,  ‘बाघ नियन्त्रणमा लिएर निकुञ्ज नलैजाने समयसम्म गाउँपालिकावासीलाई  सतर्क रहन आग्रह गरेका छौं,’ उनले भने। , विनयी त्रिवेणी गाउँपालिका, मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका, देवचुली नगरपालिकासहित गैँडाकोट नगरपालिकाको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका बस्तीमा सधैँजसो वन्यजन्तुको त्रास रहने गर्दछ।, बस्ती आसपास बाघ देखिएपछि स्थानीयवासी त्रसित
नारायण खड्का कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भइ थुनामा रहेका एक ब्यक्ति नाटकीय ढंगले भागेका छन्।, जिल्ला कारागारको घोराहीस्थित थुनामा रहेका दाङको राजपुर गाउँपालिका बेलाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाटै प्रहरीको मोटरसाईकल लिएर फरार भएका हुन्। , जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार परियार कारागारका नाइके हुन्। परियार बिहान छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएको एसपी काफ्लेले सेतोपाटीलाई बताए। , उपचारका लागि भनेर हतकडी खोलेपछि परियार तीनै प्रहरी जवान चौधरीको मोटरसाइकल लिएर फरार भएका हुन्। परियार भागेपछि त्यसमा चौधरीको मिलेमतो हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको एसपी काफ्लेले जानकारी दिए। , घटनाबारे चौधरीले दिउँसो चार बजेतिर मात्रै अवगत गराएकाले आशंका गर्ने प्रशस्त आधार रहेको उनले बताए। , ‘हामीले प्रहरी जवान चौधरीलाई थुनामा राखेका छौं,’ एसपी काफ्लेले भने, ‘परियारलाई भगाउन चौधरीलेनै भूमिका खेलेको आधारहरू देखिएका छन्।’, कर्तब्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाए तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए। , फरार रहेका परियारको खोजी तिब्र पारिएको प्रहरीले जनाएको छ ।,  , कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी प्रहरीकै मोटरसाइकल लिएर फरार
सेतोपाटी संवाददाता कर्तव्य ज्यानमुद्दामा २० वर्ष कैद फैसला भई सजाय भुक्तान गरिरहेका एक व्यक्ति भागेका छन्।, घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका बेलाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार परियार कारागारका नाइके थिए।, परियार बिहान छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु३४प ४१० नम्बरको मोटरसाइकल चढेर गएको एसपी काफ्लेले सेतोपाटीलाई बताए।, उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेको भए पनि त्यसमा चौधरीको मिलेमतोको आशंका भइरहेको एसपी काफ्लेले जानकारी दिए।, घटनाबारे चौधरीले दिउँसो चार बजेतिर मात्रै अवगत गराएको हुँदा आशंका गर्ने प्रशस्त आधारहरू रहेको उनले बताए।, ‘हामीले प्रहरी जवना चौधरीलाई थुनामा राखेका छौं,’ एसपी काफ्लेले भने, ‘परियारलाई भगाउन चौधरीले नै भूमिका खेलेको आधारहरू देखिएका छन्।’, परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तानी गरिसकेका थिए। परियारको खोजीमा प्रहरी परिचालन गरिएको काफ्ले बताए।, प्रहरीसँग मोटरसाइकलमा अस्पताल गएका कारागारका नाइके फरार
रासस नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनको सीमा क्षेत्रमा पर्ने देवघाटमा हरेक वर्ष आयोजना हुने माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित पारिने भएको छ। मेलालाई व्यवस्थित बनाउन तीन वटै जिल्लाका स्थानीयलाई समेटेर १५१ सदस्यीय माघे सङ्क्रान्ति मेला मूल व्यवस्थापन समिति गठन गरिएको छ । , धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको देवघाटधाममा हरेक वर्षको माघे सङ्क्रान्तिमा लाखौँ भक्तजन स्नानका लागि आउने गर्दछन्।, स्नानका लागि आउने तीर्थयात्रीको सहजताका लागि यही पुस ३० गते बिहानैदेखि उक्त स्थानमा सवारीसाधन निषेध गरिएको छ। देवघाटको झोलुङ्गे पुल जीर्ण भइसकेकाले सो पुलमा पुस ३० गतेदेखि नै सवारीसाधनलाई निषेध गरिने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिए।, देवघाटको बेणी सङ्गममा स्नान गर्न चितवन, तनहुँ र नवलपुरबाट जान मिल्ने भए पनि चितवनबाट बाटो सहज हुने भएकाले सोहीअनुसारको यातायात व्यवस्थापन गरिने घिमिरेको भनाइ छ। त्रिशूली तथा कालिगण्डकी नदी तरेर सङ्गम स्थल पुग्नका लागि प्रति व्यक्ति ३० रूपैयाँ भन्दा बढी पैसा लिन नपाउने गरी क्षेत्र विकास समितिले शुल्क तोकेको घिमिरेले जानकारी दिए।, देवघाटमा माघे सङ्क्रान्ति स्नानका लागि पुस मसान्तदेखि नै नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत तीर्थयात्री आउने गरेका छन् । , गत वर्ष कोरोना कहरका कारण देवघाटमा स्नान गर्न प्रतिबन्ध गरिएकामा यस वर्ष भने देवघाट स्नानलाई व्यवस्थित पारिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रिप्रसाद अधिकारीले बताउ।, अधिकारीका अनुसार देवघाट स्नानका लागि बेणी सङ्गम तथा चितवन र नवलपुरको किनारमा क्षेत्र निर्धारण गरिएको छ। स्नानका क्रममा कुनै अप्रिय घटना हुन नदिन सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिने भन्दै अन्य सुरक्षाका लागि तीन वटै जिल्लामा नेपाल प्रहरीका सुरक्षाकर्मी परिचान हुने अधिकारीले बताए।, मेलालाई व्यवस्थित गर्न २० वटा उपसमिति गठन गरिएको छ। स्वयंसेवक सेवक परिचालन, धुनी व्यवस्थापन, बजार व्यवस्थापन तथा सरसफाइ, खानेपानी व्यवस्थापन, प्राथमिक उपचार, बिजुली बत्ती, डुङ्गा व्यवस्थापनलगायत उपसमिति गठन गरिएका छन्। , देवघाट स्नानका लागि यातायात बन्द गरिने
रासस सडकको अस्थायी ट्रयाक खोल्न जाजरकोटको आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ।, अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताए।, आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उनले बताए। नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी वडा नं १ मा लगेर सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ। सर्वसाधारणले सडक खनेर सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको हो।, नगरपालिकाको वडा नं ३ खदीसम्म सडकको अस्थायी ट्रयाक खुलेको र बाँकी वडा नं १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्नका लागि डोजरको सहायता लिनुपरेको हो। सिस्ने हिमालको काखमा भएकाले अत्यधिक चिसोसमेत हुने गर्दछ ।, वडा नं २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको थियो। नगरपालिकाको अत्यधिक अप्ठ्यारो भागमध्ये यही पर्दछ। हिमालय क्षेत्र भएकाले यहाँ काम गर्न मुस्किल छ। , हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा सडक
रासस रोल्पाको थवाङ सिधैं काठमाडौंसँग जोडिएको छ। थवाङबाट काठमाडौंका लागि पहिलो पटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडौंसँग जोडिएको हो। , बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ। थवाङबाट रूकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखराहुँदै काठमाडौंका लागि रात्रिबस सेवा सुरु भएको छ।, हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ। यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत करिब आठ घण्टाको दूरी पार गर्दै रात्रिबसमा काठमाडौं जाने गरेका थिए।, थवाङ–लिवाङ र लिवाङ–काठमाडौंको बराबरी भाडा तिर्न बाध्य उनीलाई थवाङ–काठमाडौँ बस सेवा सुरु भएसँगै राहत मिलेको छ। , काठमाडौंसँग जोडियो रोल्पाको थवाङ
प्रशन्न पोखरेल काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा परीक्षा हलभित्रै मंगलबार आपराधिक घटना भयो- गार्ड बसेका शिक्षकमाथि एक विद्यार्थी जाइलागे।, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क (बिएसडब्लु) को पहिलो वर्षका विद्यार्थीको आन्तरिक परीक्षा भइरहेको हलभित्र छिरेका विद्यार्थी कुवेर जेठाराले गार्ड बसेका लेक्चरर प्रकाश पुडासैनीमाथि आक्रमण गरेका थिए।, पहिलो वर्षका विद्यार्थीको परीक्षा भए पनि दोस्रो वर्षमा पढ्ने जेठारा परीक्षा हलभित्र छिरेका थिए। उनी जबरजस्ती परीक्षा हलभित्र छिरेपछि उनलाई पुडासैनीले बाहिर निकाल्न खोजेका थिए।, परीक्षा नै नभएका विद्यार्थी हलभित्र छिरेपछि पुडासैनीले निकाल्न खोज्दा विवाद भएपछि विद्यार्थी कुटपिटमा उत्रिएका थिए।, ‘ती विद्यार्थीले तीर्खा लाग्यो भन्दै पानी भएको स्टिलको जग उचाले,’ आरआर क्याम्पसका बिहानी सत्र सहायक क्याम्पस प्रमुख गोविन्दप्रसाद आचार्यले भने, ‘त्यसपछि त्यही जगले शिक्षकको टाउकोमा प्रहार गर्‍यो। उसलाई २०/२५ मिनेट जति सबैले घेरेर राखे। केहीबेरमा पिसाब लाग्यो शौचालय जान्छु भन्यो। शिक्षक रूममै रहेको अट्याच बाथरूममा जान दिइयो, भित्रबाट ढोका लगाएर ऊ शौचालयकै झ्यालबाट भाग्यो।’, विद्यार्थीले शिक्षकको टाउकोमा हान्दा कुच्चिएको जग। तस्बिर स्रोत: श्रीराम पौडेल।, शिक्षकमाथि जग प्रहार गरेपछि घटनाबारे छलफल भइराख्दा बीचमै विद्यार्थी जेठारा शौचालय गएका थिए। ‘जोखिम लिएरै ऊ शौचालयको झ्यालबाट छिरेर भागेको हो, अहिलेसम्म पक्राउ परेको छैन,’ आचार्यले भने, ‘प्रहरीमा जाहेरी दिइएको छ।’, विद्यार्थीले अर्कै शौचालय जाने अडान लिए पनि शिक्षक कोठाभित्रै रहेको शौचालय पठाइएको थियो। शिक्षकलाई कुटपिट गर्ने विद्यार्थी जेठारालाई कारबाही गर्नेबारे क्याम्पसले अहिलेसम्म केही निर्णय लिइसकेको छैन।, विवादबीच विद्यार्थी जेठाराले शिक्षकको टाउकोमा प्रहार गर्दा जग कुच्चिएको छ।, ‘उहाँको टाउकोमा सात टाँका लगाइएको छ। उपचारपछि उहाँ हिजो घर फर्किनुभएको हो। डाक्टरले बान्ता हुनेजस्ता समस्या देखिए फलो अपमा आउन भनेका छन्,’ उनले भने। , पुडासैनीको आरआरसँगै रहेको काठमाडौं मोडल अस्पतालमा उपचार भएको थियो। , ‘हड्डीमा परेर उहाँ जोगिनुभयो, जग कुच्चिएको हिसाबले हेर्दा ज्यान नै तलमाथि हुने खालको घटना देखिन्छ,’ आचार्यले भने, ‘ती विद्यार्थीले आफूलाई पुडासैनी शिक्षकजस्तो नलागेर कुटेको भनेको छ। कुटपिट गरेपछि जे भने पनि भयो, अनुशासनहीन विद्यार्थीले।’, पहिलो वर्षको परीक्षा भएको हलमा दोस्रो वर्ष पढ्ने विद्यार्थी जबरजस्ती किन प्रवेश गरे भन्ने खुलेको छैन।, ‘यो उसको परीक्षा थिएन, ऊ दोस्रो वर्षमा पढ्ने आरआरकै विद्यार्थी हो,’ उनले भने, ‘हजार-बाह्र सय विद्यार्थी राखेर विभिन्न कक्षामा परीक्षा चलाइएको थियो। आन्तरिक परीक्षा भएकाले परीक्षार्थीसँग प्रवेश पत्र पनि हुँदैन त्यसैले कुन परीक्षार्थी हो वा होइन छुट्याउनै मुश्किल पर्छ।’, चार दिनसम्म चलेको परीक्षा आज सकिएको छ।, ‘घटनाका दोषीलाई पक्राउ गरेर कारबाही नगरेसम्म पठनपाठन नगर्न क्याम्पस प्रशासनलाई प्राध्यापक संघलगायतले ज्ञापन पत्र बुझाएका छन्,’ आचार्यले भने, ‘आज पनि परीक्षा थियो, सकियो। आन्तरिक परीक्षा दिएर मात्रै परीक्षा फारम भर्ने हो त्यसैले परीक्षा चलायौं।’, मानविकीतर्फ वार्षिक परीक्षा हुने भए पनि ३० नम्बरको आन्तरिक परीक्षा लिने व्यवस्था छ।, ‘परीक्षा आयो भनेपछि व्यवस्थापन मिलाउन तनाव हुन्छ। कुटाइ खाइखाइ कसलाई परीक्षा गार्ड राख्ने? पाँच हजार रुपैयाँ दिए पनि बस्दिनँ भन्छन् शिक्षकहरू,’ उनले भने, ‘विद्यार्थीको यस्तो व्यवहार हुने हो भने अब प्रहरी र सेना राखेर परीक्षा गरे हुन्छ, शिक्षक त निरिह छ- विद्यार्थीसँग मुकाबिला गर्न शिक्षक ब्ल्याकबेल्ट लिएर आएको हुन्न। परीक्षा चलाउनै गाह्रो हुन थालेको छ।’, विद्यार्थीले शिक्षकको टाउकोमा हान्दा कुच्चिएको जग। तस्बिर स्रोत: श्रीराम पौडेल।, मानविकीतर्फ आन्तरिक परीक्षा लिने प्रणाली व्यवस्थित छैन। त्यसले गर्दा पनि शिक्षकहरूले अनावश्यक दु:ख पाइरहेका छन्।, ‘परीक्षा हलमा जो आए पनि हुन्छ, प्रवेश पत्रको सिष्टम छैन। दिनमा हजार-बाह्र सय विद्यार्थीको परीक्षा हुन्छ। परीक्षार्थी नै आयो कि खेताला पठायो कि केही थाहा हुन्न,’ उनले भने।, शिक्षकलाई कुटपिट गर्ने जेठारा पनि आफ्नै परीक्षा दिन आएका हुन् कि अरू कसैको भन्ने पनि खुलेको छैन।, ‘परीक्षार्थी नै आएर जाँच दिइरहेको छ कि कसैलाई खेतला पठाइरहेको छ भन्नेसम्म यकिन हुन्न, जात्रा छ,’ उनले परीक्षा व्यवस्थित नभएकोतर्फ संकेत गर्दै भने।, विद्यार्थीले शिक्षकलाई निर्घात कुटेको विरोधमा प्राध्यापक संघ, नेपाल प्रगतिशील प्राध्यापक संगठन, प्रजातान्त्रिक प्राध्यापक संघलगायतले विरोध गरेका छन्। यस्तै घटनाको विरोधमा आरआरमै रहेको पत्रकारिता केन्द्रीय विभागअन्तर्गत पत्रकारिता तर्फका केही कक्षा समेतमा बुधबार पठनपाठन भएन।, शिक्षक कुट्ने विद्यार्थी अखिलनिकट, शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण गर्ने विद्यार्थी कुवेर जेठारा नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता हुन्।, यसअघि आरआरमा माधवकुमार नेपाल पक्षधरका विद्यार्थीलाई जेठारानिकट युवाले कुटपिट गरेका थिए। , ‘आरआरको स्ववियुमा लामो समयदेखि अनेरास्ववियूको पकड छ। यो घटनालाई कानुनी कारबाही गर्नेभन्दा पनि मिलाउनेतर्फ कुरा अगाडि बढेको छ,’ स्रोतको दाबी छ, ‘शिक्षक कुट्ने विद्यार्थीलाई उन्मुक्ति दिनेतिर लागेका छन्, यसो भयो भने शिक्षक कुटे पनि केही हुन्न भन्ने नजिर बस्छ, राम्रो हुँदैन।’, आरआरका विद्यार्थीले शिक्षकको टाउकोमा हान्दा कुच्चिएको जग
सेतोपाटी संवाददाता विगत एक सातादेखि हराएकी रुकुम (पूर्व) की एक महिलाको शव जङ्गलमा फेला परेको छ। सिस्ने-५ बाहुनठानाकी २९ वर्षीया सुफिया शाहको शव जङ्गलमा फेला परेको हो।, उनी घरबाट हराएको एक सातापछि मृत अवस्थामा सिस्ने-५ कै कारागाउँ नजिकैको थोतेगैरा भन्ने ठाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ।, शाह पुस १ गते घरबाट हराएको परिवारले बताएको छ। परिवारले खोजी गर्दा पनि नभेटिएपछि पुस ४ गते जिल्ला प्रहरी कार्यालयलाई खोजीका लागि आग्रह गरेको थियो। त्यसै सिलसिलामा बुधबार शाहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले बताए। शाहको शव घाँस काट्न गएका स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। , शाहको मृत्यु बाटोबाट लडेर भएको प्रनाउ श्रेष्ठले बताए। परिवारका अनुसार शाह लामो समयदेखि मानसिक रोगबाट ग्रसित रहेकाले हिँडडुल गर्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ। रासस, एक सातादेखि हराएकी महिलाको शव जङ्गलमा फेला
एजेन्सी पूर्वी अफ्रिकाको टापु मुलुक मादागास्करका एक जना मन्त्रीले १२ घन्टा समुद्रमा पौडी खेलेर ज्यान जोगाएका छन्।, द गार्डियनका अनुसार हेलिकप्टर दुर्घटनामा परेका मादागास्करका प्रहरी मन्त्री सर्जेइ गेल सोमबार रातभरि समुद्रमा पौडिँदै मंगलबार बिहान तटीय सहरमा आइपुगेका हुन्।, मादागास्करका अधिकारीहरूका अनुसार ५७ वर्षीय गेल र एक जना अर्का प्रहरी अधिकारी छुट्टाछुट्टै रूपमा माहाम्बो सहरमा आइपुगेका हुन्।, सोमबार बिहान मादागास्करको उत्तर-पूर्वी क्षेत्रमा एउटा सानो जहाज समुद्रमा डुबेको थियो। उक्त घटनामा ३९ जनाले ज्यान गुमाएका थिए।, मन्त्री गेललगायत अधिकारीहरू उक्त घटनाको निरीक्षण गर्न गएका थिए। उनीहरू चढेको हेलिकप्टर कसरी दुर्घटनामा पर्‍यो भन्नेबारे खुलाइएको छैन।, गेल तटमा आइपुगेपछि सामाजिक सञ्जालमा उनको एउटा भिडिओ सार्वजनिक भएको छ। निकै थकित देखिएका गेलले आफूलाई चिसो भए पनि घाइते नभएको बताएका छन्।, ‘मेरो मर्ने बेला अझै भइसकेको रहेनछ,’उनले भनेका छन्।, गत अगस्टमा मन्त्री बन्नुभन्दा अघि गेलले तीन दशकसम्म प्रहरीमा सेवा गरेका थिए। प्रहरीमा काम गरेकाले स्टामिना धेरै भएकाले उनी १२ घन्टासम्म पौडिन सकेको बताइएको छ।,  , १२ घन्टा पौडिएर ज्यान जोगाएका मादागास्करका मन्त्री
सेतोपाटी संवाददाता ललिता निवास जग्गा प्रकरणमा संलग्न रामकुमार सुवेदी र उनकी श्रीमती  माधवी सुवेदी पक्राउ परेका छन्।, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुवेदी दम्पतीलाई मंगलबार साँझ पक्राउ गरेको हो।, ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार रामकुमारलाई कमलादी र माधवीलाई ताहाचलबाट पक्राउ गरिएको हो।, बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाम लैजाने उनीहरू सुरूदेखि नै संलग्न देखिएको सिआइबीको अनुसन्धानबाट पुष्टि भएको महतोले बताए।, सुवेदी दम्पतीलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौं लगिएको छ।, मंगलबार पक्राउ परेका उनीहरूमाथि अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले सरकारी वकिलको कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको छ।, सुवेदीविरूद्ध प्रहरीले केही दिनअघि पक्राउ पूर्जी जारी गरेको थियो।, सुवेदी मालपोत कार्यालयमा लेखनदासको काम गर्थे। शोभाकान्त ढकाल लगायत विभिन्न व्यक्तिसँग मिलेर सरकारी जग्गा व्यक्तिका नाममा सार्न उनले भूमिका खेलेका थिए। , सरकारले पूर्वसचिव शारदा त्रितालको संयोजकत्वमा गठन गरेको छानबिन समितिले उनी र शोभाकान्त ढाकाललाई भू-माफिया भनेर किटान गरेको थियो। बालुवाटारको सरकारी जग्गामा नक्कली मोही खडा गर्ने र तिनबाट कतिपय जग्गा बेचबिखन गर्ने कतिपय आफ्नै नाममा पास गर्ने काममा उनीहरू संलग्न रहेको भन्दै समितिले उनीहरूमाथि थप अनुसन्धान गर्न र कानुनी कारबाही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई सिफारिस गरेको थियो।, समितिकै सिफारिसका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको भन्दै सुवेदी, ढकाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङ, पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री, अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यात  र २ जना पूर्वसचिवसहित १७५ जनालाई भ्रष्टाचार मुद्दा चलाएको थियो। ती मध्ये ढकाल अहिले डिल्लिबजार कारागारमा छन् भने अरू कतिपय धरौटी र कति साधारण तारेखमा रिहा भएका छन्।, ढकाल, सुवेदी र गुरूङको परिवारका नाममा २८ रोपनी जग्गा थियो। ढकाल र  गुरूङलाई अख्तियारले ३९ करोड २७ लाख र  सुवेदीले झण्डै ५३ करोड भ्रष्टाचार गरेको अभियोग लगाएर विगो बमोजिम जरिवाना ८ देखि १० वर्षसम्म कैद सजाय  माग गर्दै मुद्दा चलाएको थियो। , के हो बालुवाटारको जग्गा प्रकरण?, पञ्चायतकालमा सरकारले सुवर्णशमशेरलाई राजद्रोहको अभियोग लगाएर उनको नाममा भएको ललितानिवासको १४ रोपनी जग्गा जफत गरेको थियो।, ललिता निवासको बाँकी २८५ रोपनी जग्गा सरकारले २०२१ सालमा अधिग्रहरण गर्‍यो।, बहुदल आएपछि २०४७ सालमा राणा परिवारले जफत गरिएका आफ्ना जग्गा फिर्ता गर्न सरकारसँग माग गरे।, कृष्णप्रसाद भट्टराई सरकारले जफत गरेको जग्गा छानबिन गरेर फिर्ता गर्ने निर्णय गर्‍यो।, मालपोत कार्यालयले भने छानबिन नगरी सोझै त्यही निर्णयका आधारमा १ सय १३ रोपनी जग्गा सुवर्णशमसेरका हकवालाको नाममा सारेको देखिन्छ। यसरी जग्गा नामसारी खडा गरिएको मिसिलको सक्कल नै नभेटिएको समितिले जनाएको छ।, यो बेलासम्म ललिता निवासको जग्गामा मोही कायम भएको देखिन्न।, राणाहरूले जग्गा लिएपछि २०५५ सालमा कतिपय मोहीहरूले हकदाबी गर्दै अदालतमा मुद्दा दर्ता गरे।, स्रोतका अनुसार ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणको सुरूआतमा शोभाकान्त ढकाल र रामप्रसाद सुवेदी कतिपय राणा र मोहीका वारेस बनेका छन्। वारेसबाट उनीहरूले बालुवाटारको जग्गा आफ्नो नाममा ल्याए। अहिले पनि बालुवाटारको १४ रोपनी जग्गा ढकाल र सुवेदीको नाममा छ।, उनीहरूले बालुवाटारको जग्गा हत्याउन भाटभटेनी सुपरमार्केटका सञ्चालक  मीनबहादुर गुरूङसँग पनि मिलेमतो गरेको देखिन्छ। गुरूङ र उनका परिवारको नाममा पनि त्यहाँको १४ रोपनी जग्गा छ। भाटभटेनी सुपरमार्केटको गोदाम पनि त्यही जग्गामा छ। अख्तियारले उनको परिवारलाई समेत बयानमा बोलाएको थियो।, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई पनि ढकाल र सुवेदीले जग्गा उपलब्ध गराएका थिए।, २०६१ सालमा ढकालकी पत्नी उमा र सुवेदीकी पत्नी माधवीले पौडेललाई ८ आना जग्गा हस्तान्तरण गरे।, पौडेललाई आठ आना जग्गा दिँदासम्म ‘भू-माफिया’ हरूले बालुवाटारका धेरै जग्गा कब्जा गरिसकेका थिए। तीमध्ये कैयौं जग्गा उपभोग गर्न भने पाएका थिएनन्।, आफ्नो नाममा आएका जग्गा कसरी उपभोग गर्ने र त्यहाँ रहेका बाँकी जग्गा कसरी कब्जा गर्ने भन्ने उनीहरूको ध्याउन्न थियो। उनीहरूसामु तीन वटा मुख्य चुनौती थिए।, पहिलो, आफ्नो नाममा रहेका र आफूले खडा गरेका नक्कली मोहीका नाममा आएका कतिपय जग्गा बालुवाटार प्रधानमन्त्री निवासको कम्पाउन्डभित्र थिए।, उनीहरूले तिनको भोगचलन गर्न सक्ने कुरै थिएन। सार्वजनिक रूपमा हाम्रो त्यहाँ जग्गा छ भन्ने दाबी गर्न सक्ने अवस्था पनि थिएन।, दोस्रो, प्रधानमन्त्री निवास परिसरको दक्षिण पर्खालसँगै जोडिएको र आफूहरूले हडपेका जग्गासम्म जाने बाटो थिएन। ढकाल र सुवेदीले पौडेललाई २०६१ सालमा ‘उपहार’ दिएको सभामुख निवासछेउको जग्गामा जान पनि त्यो बेलासम्म बाटो थिएन।, उनले बाटोबिनाकै जग्गा ‘किनेका’ थिए।, तेस्रो, प्रधानमन्त्री निवास दक्षिणपट्टी अझै सार्वजनिक जग्गा र कुलो थिए। केही मोहीका नाममा रहेका जग्गामा पनि उनीहरूका आँखा थिए।, तर, कुनै आधारबिना ती जग्गा आफ्नो हातमा पार्न सक्ने स्थिति थिएन। एमाले नेतृत्वको सरकार रहेका बेला २०६६/६७ सालमा उनीहरूले मन्त्रिपरिषदबाट पटक-पटक निर्णय गराएर झन्डै थप २७ रोपनी जग्गा हडपे।, यो बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने दोस्रो चरणको मन्त्रिपरिषद निर्णय हो। त्यतिखेर उनीहरूले विष्णु पौडेललाई प्रयोग गरेर माधव नेपालको मन्त्रिपरिषदमार्फत पटक-पटक निर्णय गराएका थिए।, पहिलो निर्णय २०६६ चैत २९ गते भयो, जसमा पाँच वटा मुख्य कुरा समेटिएका छन्।, पहिलो, प्रधानमन्त्री निवास दक्षिणतर्फ विस्तार गर्ने।, दोस्रो, प्रधानमन्त्री निवास विस्तार गर्न परिसर क्षेत्रभित्र परेका व्यक्तिको जग्गाका हकमा सोही क्षेत्रफल बराबर जग्गा बाहिर शोधभर्ना दिने।, तेस्रो, प्रधानमन्त्री निवास विस्तार क्षेत्रभित्रका मोहीलाई उनीहरूले पाउने आधा क्षेत्रफल बराबर जग्गा विस्तार क्षेत्रबाहिर दिने।, चौथो, प्रधानमन्त्री निवास विस्तार क्षेत्रबाहिर पर्ने सरकारी जग्गाका मोहीलाई पनि उनीहरूले रोजेकोतर्फ आधा जग्गा दिने।, पाँचौं, प्रधानन्यायाधीश निवास पश्चिमतर्फबाट प्रधानमन्त्री निवास दक्षिणतर्फ सभामुख निवाससम्म करिब ५७० मिटर लामो र ८ मिटर चौडा बाटो निर्माण गर्ने।, उक्त बाटोमा पर्ने व्यक्तिका नाममा दर्ता रहेको सात रोपनी जग्गाको सरकारले सट्टाभर्ना दिने।, यी निर्णयले त्रिताल आयोगले ‘भू-माफिया’ भनेर किटान गरेका ढकाल, सुवेदी र उनीहरूबाट जग्गा ‘उपहार' पाउने विष्णु पौडेललाई प्रत्यक्ष लाभ भयो।, ढकाल र सुवेदीले आफ्नो नाममा दर्ता गराएका प्रधानमन्त्री निवास परिसरभित्रका जग्गा र उनीहरूले खडा गरेका मोहीका नाममा रहेका जग्गा वैधानिक रूपमा परिसरबाहिर ल्याउन पाए।, नक्कली मोहीका नाममा रहेका परिसरबाहिरका जग्गाको आधा हिस्सा पनि वैधानिक रूपमा लिन पाउने भए।, उनीहरूले प्रधानमन्त्री निवास दक्षिणतर्फ पर्ने ती जग्गामा जाने बाटो खोल्ने निर्णयमात्र मन्त्रिपरिषदबाट गराएनन्, उक्त बाटोमा पार्ने जग्गाको सट्टाभर्ना पाउने निर्णय पनि गराए।, प्रधानन्यायाधीश निवास पश्चिम मूल सडकबाट सुरू भएको उक्त आठ मिटर चौडा बाटो सभामुख निवास अगाडि रहेको पौडेलको जग्गा छुँदै सुवर्णशमसेर मार्गमा जोडियो।, ‘उपहार’ पाएको बाटोबिनाको जग्गा मन्त्रिपरिषदको एउटै निर्णयले बालुवाटारका दुईतिरका मूल सडकसँग जोडियो।, छानबिन समितिका एक सदस्यले बताएअनुसार, प्रधानमन्त्री निवास बालुवाटारभित्रको जग्गा आफ्नो नाममा पार्न यी दुवैले नक्कली गुठी र नक्कली मोही खडा गरेका थिए।, मालपोत कार्यालयका कतिपय लिखतमा प्रधानमन्त्री निवास कम्पाउन्डभित्रै पशुपति टिकिन्छा गुठी रहेको देखाइएको छ। त्यो गुठी नै नक्कली भएको र नक्कली मोही खडा गरिएको छानबिन समितिमा काम गरेका एक सदस्यले बताए।, पशुपति टिकिन्छा गुठीको प्रमाणका रूपमा उक्त गुठीले विक्रम सम्बत १९९३, १९९४ र १९९५ मा कुत बुझेको एउटा लिखत मालपोतमा बुझाइएको छ। त्यो लिखत नै नक्कली रहेको छानबिन समितिका सदस्यले सेतोपाटीलाई जानकारी दिए।, ‘लिखतको भाषा त्यो बेलाको नेपालीजस्तो छैन। आजभोलि हामीले प्रयोग गर्ने नेपाली भाषा छ,' ती सदस्यले भने, ‘यो लिखत भू-माफियाले नक्कली बनाएका हुन्। त्यसैले गुठी पनि नक्कली हो।’, यही नक्कली गुठीको जग्गामा २०६६ चैत २९ गतेको मन्त्रिपरिषद् निर्णयपछि मोही खडा गरिएको छ। ती मोहीले ढकाल र सुवेदी अनि उनीहरूका परिवारका नाममा जग्गा हस्तान्तरण गरेका छन्।,  ,  ,  , ललिता निवास जग्गा प्रकरणमा सुवेदी दम्पती पक्राउ
रासस म्याग्दीको लुलाङ गाउँ चार महिनादेखि अन्धकारमय बनेको छ।, पहिराले बगाएको लघुजलविद्युत परियोजनाको संरचना मर्मत नहुँदा धवलागिरि गाउँपालिका-२, लुलाङ गाउँका बासिन्दा चार महिनादेखि सोलार र टुकीका भरमा छन्। , गत भदौ २० गते बाढीले बगाएको लघुजलविद्युत परियोजना हालसम्म मर्मत हुन सकेको छैन। वडाबासीले अन्धकारमा दैनिकी कटाउन बाध्य छन्।, लमसुङ्गस्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजना बाढीले बगाएको थियो। बाढीले विद्युत गृह, कुलो र पोल बगाएको थियो।, संरचना पुनर्निर्माण नहुँदा स्थानीयबासी सोलार र टुकीको भरमा छन्।, बाढीले विद्युत गृहसँगै चार पोल र मुहानको बाँध तथा कुलो बगाएको लघुजलविद्युत परियोजनाका सचिव लालबहादुर खड्काथोकीले बताए।, बाढीले विद्युत गृहका जेनेरेटरलगायत उपकरण बगाएको छ। विद्युत आपूर्ति बन्द हुँदा वडा नं २ का खोरिया, लुलाङ, लमसुङ्गलगायतका ३५४ परिवार प्रभावित भएका छन्।, विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ। विसं २०७३ मा पहिराले जुगेपानीस्थित २५ किलोवाट क्षमताको विद्युत गृह बगाएपछि सोही परियोजनालाई २०७५ सालमा मरेनीको फेदीमा स्थानान्तरण गरिएको हो।, गाउँपालिकाको ५० लाख रुपैयाँ र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ८६ लाख रुपैयाँ तथा स्थानीयबासीको श्रमदानमा उक्त परियोजना निर्माण गरिएको हो।, बाढीले एक करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।, परियोजना पुनर्निर्माणका लागि गाउँपालिकाले १० लाख रुपैयाँ र प्रदेश सरकार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले १० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए। दुई महिनाभित्र बिजुली बाल्ने प्रयास भइरहेको उनको भनाइ छ।  , चार महिनादेखि सोलार र टुकीको भरमा म्याग्दीको लुलाङ
सेतोपाटी संवाददाता सिरहाको गोलबजारमा छुरा प्रहार गरी हत्या गरेको घटनामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। , गत शनिबार राति साढे ८ बजे गोलबजार नगरपालिका वडा नं. ६ स्थितमा दुई पक्षबीच झडप हुँदा छुरा प्रहार गरी एक जनाको हत्या भएको थियो। एक जना घाइते समेत भएका थिए। सोही वडाका डोहटिया बस्ने २६ वर्षीय रामकुमार सदाको छुरा प्रहारबाट मृत्यु भएको थियो। २६ वर्षीय रिकेश सदा घाइते छन्।  , त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। , सोही नगरका २२ वर्षीय भुवनप्रसाद महतो, १९ वर्षीय श्रवणकुमार मण्डल, २० वर्षीय रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादव पक्राउ परेका हुन्। , प्रहरीले दुई जनालाई गत आइतबार र बाँकी तीन जनालाई मंगलबार पक्राउ गरेको हो।, प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार यसमा केही व्यक्तिहरू अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको बताए। , दुई पक्षबीच पहिले कुनै रिसइबी नभएको प्रहरीले बताएको छ।, प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गत शनिबार राति मृतक रामप्रसाद सदा लगायतको समूह वडा नं. ६ स्थित लक्ष्मी मन्दिरदेखि पश्चिमतिर घर जाँदै थिए। , उनीहरू बाटोमा हो-हल्ला गर्दै हिँडिरहेका थिए। त्यही ठाउँमा दीपक साह लगायतको समूह पनि बसिरहेको थियो। , बाटोमा होहल्ला गर्दै हिँडेपछि साह लगायतले भने,‘ किन हो-हल्ला गरेको ? हल्ला नगरी आफ्नो घर जानू।’, त्यसपछि उनीहरूबीच विवाद सुरू भई झगडासम्म हुन पुगेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।, झगडाकै क्रममा दीपक साहको समूहले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। , छुरा प्रहारपछि रामप्रसाद सदा र रिकेश सदा घाइते भएका थिए।, उनीहरूलाई उपचारको लागि गोलबजारको भूमिजा अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि उनीहरूलाई आर.के. मेडिसिटी अस्पताल धनगढी पुर्‍याउँदा उपचारको क्रममा रामप्रसादको मृत्यु भएको थियो।, रिकेश यादव अहिले सोही अस्पतालमा उपचाररत छन्। , यस घटनापछि गोलबजारका स्थानीयले विरोध प्रदर्शन गर्दै पूर्व-पश्चिम राजमार्ग समेत अवरोध गरेका थिए। उनीहरूले घटनाका दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शन गरेका थिए।  , घटनाको अनुसन्धान गर्न प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा इलाका प्रहरी कार्यालय गोलबजारबाट संयुक्त टोली खटिएको थियो। , पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत सिरहाबाट कर्तव्य ज्यान मुद्दामा पाँच दिन हिरासतमा राख्न अनुमति पाएको छ। , 'हल्ला नगरी घर जानू' भन्दा भयो झडप, छुरा प्रहार गरी हत्या गरेको आरोपमा पाँच पक्राउ
एजेन्सी इजरायलले आफ्ना नागरिकलाई कोरोनाभाइरसविरूद्ध चौथो डोज खोप दिने भएको छ।, ६० वर्षमाथि नागरिक र मेडिकल क्षेत्रमा काम गर्नेहरूलाई चौथो डोज खोप लगाउन लागिएको अधिकारीहरूले जनाएका छन्।, द न्युयोर्क टाइम्सका अनुसार प्रधानमन्त्री नेफ्टाली बेनेटले चौथो डोज लगाउने कुराको प्रशंसा गर्दै यसले पछिल्लो समय संसारलाई लपेटेको ओमिक्रोन भेरियन्टविरूद्ध लड्न सहयोग पुग्ने बताएका छन्।, इजरायलमा कोरोनाभाइरसविरूद्धको खोप कार्यक्रम निकै प्रभावकारी छ। बेन्यामिन नेतन्याहूलाई हटाएर इजरायलको प्रधानमन्त्री बनेका बेनेटले गत जुनमै आफ्ना नागरिकलाई कोरोनाविरूद्धको तेस्रो डोज खोप लगाउने घोषणा गरेका थिए।, कोरोनाभाइरसविरूद्ध बनेका केही खोप एक डोज लगाउनु पर्ने छन् भने धेरै खोपका दुई डोज लगाउनु पर्छ।, खोप लगाएको केही महिनापछि प्रभावकारिता कम हुने भन्दै बुस्टर डोज लगाउनु पर्ने कुरा उठिरहेको छ। युरोपका केही देश र अमेरिकामा बुस्टर डोजको रूपमा तेस्रो डोज पनि लगाउन थालिएको छ।, ओमिक्रोन भेरियन्टले बेलायत, अमेरिकालगायत मुलुकमा कोरोनाका संक्रमित बढिरहेका बेला इजरायलले चौथो डोज लगाउने निर्णय गरेको हो।, चौथो डोज लगाउँदा इजरायलमा ओमिक्रोनको संक्रमण कस्तो हुन्छ भन्ने कुराले अरू देशलाई पनि आफ्नो खोप कार्यक्रमलाई कसरी अघि बढाउने भन्नेमा सहयोग पुग्नेछ।, इजरायलमा अहिलेसम्म ओमिक्रोनबाट एक जनाको मृत्यु भएको छ भने दैनिक कूल संक्रमितमध्ये एक चौथाइमा ओमिक्रोन देखिएको छ।, इजरायलले आफ्ना नागरिकलाई कोरोनाविरूद्ध चौथो डोज खोप दिने
रासस प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाको अध्यक्षतामा आज बसेको निर्देशक समितिको २१ औं बैठकमा पुनर्निर्माणका बाँकी कार्यमा बजेटको अभाव नहुने विश्वास दिलाएका थिए।, उनले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा विस्थापित परिवारको पुनर्स्थापनासम्बन्धी कार्यलाई सफलतापूर्वक सम्पन्नताको चरणमा पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिए।, सो अवसरमा निर्देशक समितिका उपाध्यक्ष एवं नेकपा (एमाले) का नेता सुवास नेम्वाङले पुनर्निर्माणका अनुभव र सिकाइलाई संस्थागत सम्झनामा राख्न सुझाव दिँदै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिए। , प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणबाट प्राप्त उपलब्धिको चर्चा गर्दै विपद उत्थानशील विकासलाई राष्ट्रिय विकास योजनाको अभिन्न अङ्गका रूपमा लैजानुपर्ने र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विशिष्ट कानुनी अधिकारसहित आवश्यक वित्तीय व्यवस्थापनका साथै जनशक्ति उपलब्ध गराउनुपर्ने बताए।, निर्देशक समितिको आजको बैठकले प्राधिकरणअन्तर्गत भइरहेका कार्य तथा हक, दायित्व, सम्पत्ति, स्रेस्ता, कागजात तथा विवरणको हस्तान्तरण सम्बन्धमा पनि निर्णय गरेको छ।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायमार्फत् सम्पादन भइरहेका पुनर्निर्माण तथा पुनःसंस्थापनसम्बन्धी कार्यको सहजीकरण, समन्वय तथा अनुगमनसम्बन्धी कार्य अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् हुने भएको छ।, त्यसैगरी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको चालू र पुँजीगत खर्चको आव २०७८/७९ को एकीकृत आर्थिक विवरण तयार गर्ने कार्य तथा लेखापरीक्षणसम्बन्धी कार्यको जिम्मेवारी पनि यसै प्राधिकरणलाई दिइएको सो अवसरमा जानकारी गराइएको थियो।, साथै, विश्व बैंकसँगको सम्झौताबमोजिम कार्यान्वयन भइरहेका भूकम्पीय आवास पुनर्निर्माण आयोजना तथा एमडिटिएफसँग सम्बन्धित प्राविधिक सहयोग, सोधभर्ना र प्रतिवेदनसम्बन्धी कार्य पनि अब राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेर्ने जनाइएको छ।, प्राधिकरणका अनुसार हाल पुनर्निर्माण प्राधिकरणले प्रत्यक्ष हेरिरहेको धरहरा, सिंहदरबार, रानीपोखरीको शान्तिबाटिका खण्ड, हरिहर भवन तथा नारायणहिटी सङ्ग्रहालयअन्तर्गतको रणोद्विप दरबारको भौतिक निर्माणको कार्य सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले हेर्नेछ भने पुनर्निर्माण सम्पन्न भएको रानीपोखरी काठमाडौं महानगरपालिकाको कार्यालयलाई हस्तान्तरण हुनेछ।, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन), केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) र केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) अन्तर्गत सम्बन्धित स्रेस्ता तथा कागजात सम्बन्धित मन्त्रालय एवं विभागमा गत भदौ अन्तिम साता नै हस्तान्तरण भइसकेका छन्।, बैठकले गत मंसिर २१ देखि २३ गतेसम्म भौतिक एवं विद्युतीय माध्यमबाट काठमाडौंमा सम्पन्न भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ कोभिड-१९ को महामारीका बीचमा समेत अत्यन्त सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गरेको छ। , आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्री, मुख्यसचिव शङ्करदास बैरागी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, पुनर्निर्माण प्राधिकरण एवं विभिन्न मन्त्रालयका सचिव, निर्देशक समितिका सदस्य, प्राधिकरणका कार्यकारी समिति सदस्य लगायतको उपस्थिति थियो।, भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३(३) को व्यवस्था तथा सो अनुरूप नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ मंसिर १५ गतेको निर्णयानुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल यही पुस ९ गतेदेखि सकिँदैछ।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दायित्व, सम्पत्ति, स्रेस्तालगायत हस्तान्तरण हुने
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १२५ जना संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा ७६, भक्तपुरमा १३, ललितपुरमा ३३ गरी एक सय २५ संक्रमित थपिएका छन्।, नेपालमा थप २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ११ हजार २७६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार २३३ जनाको पिसिआर परीक्षण र ४०४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २७२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ।,  , काठमाडौं उपत्यकामा थपिए १२५ संक्रमित
राजु अधिकारी सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने झण्डीडाँडाले वारिपारि पारेको छ, रम्भ्याङ र सलकपुरलाई।, इलाम रोङ गाउँपालिका-६ मा पर्ने यी दुई गाउँको  प्राकृतिक-भौगोलिक विशेषता र अवस्थिति उस्तै छ।, तर, यी दुई गाउँको कथा भने बेग्लै छ।, सलकपुर दशकभन्दा लामो समय अघिदेखि गुल्जार छ, रम्भ्याङ सुनसान।, यही गुल्जार र सुनसान अवस्थाबीचको खाडल पुर्ने यात्रामा रम्भ्याङ बल्ल वामे सर्दैछ।, ‘यी दुईमध्ये एउटा गाउँ उत्साहपूर्ण अवस्थामा अघि बढिरहेको छ, अर्को त्यही गाउँको उत्साह आफूमा सञ्चारित गराउने उपाय खोज्दैछ,' यहाँका तन्नेरी वडा अध्यक्ष मणिकुमार स्याङ्बोले आफ्ना दुई गाउँको तुलना गर्दै भने‘सलकपुरलाई देखेर पनि रम्भ्याङलाई उत्साह जगाउनै पर्ने बाध्यता छ।’ , सुन्तला गाउँका रूपमा आन्तरिक र बाह्य पर्यटक तान्न सफल सलकपुरमा बोटबोटै सुन्तला बिक्छ। होमस्टेमा रात बिताएर फर्कने बेलामा इस्कुस र अकबरे खुर्सानी किन्नेहरूको ताँती उत्तिकै हुन्छ।, वर्षभरिजसो घुमन्तेहरूको भीड लाग्ने सलकपुरमा त्यस्तो कुनै कृषि उत्पादन छैन, जसले बजार नपाएको होस्। सुन्तलासँगै अलैंची र एभोकाडो खेतीमा यहाँका किसान अग्रसर छन्।, वडाध्यक्ष स्याङ्बोका शब्दमा 'सलकपुरको दाँजोमा रम्भ्याङ बिडम्बनामा बाँचेको छ।', उनले सुनाए ‘यहाँ प्रशस्त इस्कुस र अरू तरकारी फल्छ तर बजार पुग्दैन। फर्सीदेखि अन्य तरकारीहरू गाईवस्तु र सुँगुरको खोलेमै सकिन्छ।’, जबकि, झण्डीडाँडा पारीको सलकपुरमा हरेक कुरा बोटैमा बिक्ने अवस्था छ। उनका  अनुसार भौगोलिक असहजताले यहाँबाट सामान ढुवानी गरेर झापाको बजार पुर्‍याउन ज्यादै खर्चिलो छ।, ‘यहाँबाट पिकअप भ्यानमा हालेर करिब २५ किलोमिटर टाढा काँकडभिट्टा पुर्‍याउने हो भने बजार उपलब्ध छ,’ उनले भने ‘तर, ढुवानी भाडा यति चर्को पर्न जान्छ, त्यसले लगानी नै उठाउन सक्दैन।’, अन्यत्र दुई हजार पच्चीस सय पर्ने यतिको दूरीको ढुवानी भाडा यहाँ पाँचदेखि सात हजार पर्छ। बाटो ज्यादै अप्ठ्यारो भएकै कारण महँगो पर्ने भाडाले कृषि उत्पादनलाई दोब्बर महँगो बनाइदिन्छ।, यसरी बजार पुग्दानपुग्दै रम्भ्याङको उत्पादनले प्रतिस्पर्धी क्षमता गुमाइसकेको हुन्छ।, ‘बरू गाईवस्तु र सुँगुरलाई खोले बनाएर खुवाउँदै जितिन्छ भन्ने अवस्था छ,’  उनले भने।, २०७४ सालमा स्थानीय तहको चुनावपछि जनप्रतिनिधिहरूले सबभन्दा धेरै माथापच्ची गरेको विषय हो, एउटै वडाको उत्तिकै सम्भावनायुक्त ठाउँको यो बिडम्बना कसरी अन्त्य हुन सक्ला?, वडाध्यक्ष स्याङ्बोका अनुसार कठिन भौगोलिक अवस्था जसरी यहाँको बिडम्बना बनेको छ, यसलाई अवसरमा बदल्न सकिने सम्भावना पर्यटक तान्ने योजनाले जीवित राख्न सक्छ भन्ने ठहरमा जनप्रतिनिधिहरू पुगे।, पर्यटक तान्ने कसरी त ?, यसमा पनि ठूलै माथापच्ची चलेपछि उनीहरूको निष्कर्ष थियो, मेची राजमार्गमा पर्ने मुख्य पर्यटन गन्तव्य हर्कटे, कन्याम र सुन्तला गाउँका नामले चर्चित सलकपुरसहितको करिडोरमा रम्भ्याङलाई जोड्ने।, ‘त्यसका लागि पदमार्ग सबभन्दा उपयुक्त हुने ठहरमा पुग्यौं,’ एक वर्ष अघिको कुरा उनले उप्काए ‘जब यसबारे हामी विश्वस्त भयौं, हामीले गाउँबासीलाई पनि योजना सुनायौं। सबै जना आश्वस्त भएपछि वर्ष दिनमै पदमार्ग तयार भयो।’, गत वर्षको कात्तिकतिरबाट सुरू भएको पदमार्ग बनाउने अभियान यति छिट्टै सफल बनेको छ कि, पदमार्गले यो गाउँलाई मेची राजमार्गसँग जोडिसकेको छ।, पदमार्गले सकारात्मक प्रभाव पनि देखाउन थालिसकेको छ।, यसका एक प्रमाण हुन् रम्भ्याङका ज्ञानकुमार राई।, गाउँमै पहिलो होमस्टे तयार पार्ने जाँगर यही पदमार्गले दिलाएको हो।, ‘यो हिँड्ने बाटो बनेपछि त मान्छेहरू हाम्रो गाउँमा पनि आउन थालेको छ,’ राईले भने ‘अहिले त मान्छे घुम्नु आउनु थालेको छ। हाम्रोमा रात बस्नु पनि थालेको छ।’, यसरी मान्छेको आउजाउ सुरू भएपछि गाउँघरका मान्छेको आम्दानी बढ्न थालेको उनको अनुभव छ।, जसरी सलकपुरमा पर्यटकहरू आएर रमाउँछन्, तिनै पर्यटकलाई रम्भ्याङसम्म ल्याउने र घुमाउने हो भने यो गाउँको अवस्था बदलिन सक्छ भन्ने निष्कर्षमा पुगेर थालिएको कामले परिणाम दिन थालेको जनप्रतिनिधिहरूको अनुभव छ। , उनीहरूका अनुसार पदमार्गमा अब केही काम गर्न बाँकी छ, त्यसपछि रम्भ्याङले काँचुली फेर्नेछ भन्नेमा आशा लागेको छ।, गाउँमा पर्यटक आउनलाई भरपर्दो मोटरबाटो थिएन। अझै छैन। तर, गाउँसम्म आइपुग्ने बाटोभरि सुनाखरी फुल्ने ठाउँ छ भन्ने बुझेका जनप्रतिनिधिले ‘करसोङ पदमार्ग’ बनाउने निर्णय गाउँपालिका बैठकबाटै गरे।, करसोङ लेप्चा भाषाको शब्द हो, जसको अर्थ हुन्छ सुनाखरी।, अल्पसंख्यक अवस्थामा रहेका लेप्चाहरूको कूल जनसंख्या नेपालमा १० हजार हाराहारी छ। त्यसमध्ये करिब ३५ सय जनसंख्या इलामको रोङमै रहेको गाउँपालिकाले जनाएको छ।, ‘लेप्चा जातिको अपनत्व होस् भन्ने हेतुले गाउँपालिकाले यो पदमार्गलाई करसोङ नामकरण गरेको हो,’ वडाध्यक्ष स्याङ्बोले भने ‘हामी सबैलाई आग्रह गर्छौं, सुनाखरी वा अर्किड भनेर नलेखिदिनुहोला। करसोङकै रूपमा यो स्थापित हुनुपर्छ ।’, झापाको चारआलीबाट उकालो लागेपछि केहीबेरमा पुगिन्छ, सानी पाथिभरा। त्यही सानी पाथिभराभन्दा तीन सय मिटर उत्तरमा रहेको हाँसपोखरीबाट सुरू हुन्छ यो पदमार्ग।, रोङ–३ बाट रोङ–५, रोङ–६ हुँदै मेची नदी र झापा मेचीनगरको निन्दा सिरान जोड्ने  यो पदमार्गको लम्बाई २९ किलोमिटर छ।, यसको प्रथम चरण अन्तर्गत १६ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ।, यो पदमार्गको १६ किलोमिटर क्षेत्र निर्माण वर्ष दिनभित्रै सकिनुमा स्थानीयबासीको हौसलाले सबभन्दा धेरै काम गरेको गाउँपालिकाको अनुभव छ।, प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट परिचालन गरेर पदमार्ग खोलिएको गाउँपालिकाले जनाएको छ।, हाँसपोखरीबाट सुरू हुने यो पदमार्ग चिन्डेपानी, गुगल डाँडा, देउराली डाँडा, दैले, लामा डाँडा, झण्डीडाँडा, सत्तालसेन टाकुरा, गुरुधुम डाँडा, भीमसेन ढुंगा, मेची सिद्धि दोभान, इन्द्रेणी झरना, सलकपुर, चिसापानी हुँदै झापाको मेचीनगरसँग जोडिएको छ।, ‘यो पदमार्ग प्रदेश १ कै सबभन्दा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुनेक्रममा छ,’ पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी निरज कट्टेल भन्छन्, ‘यसले इलामको रोङ क्षेत्रलाई थप पर्यटक बोलाउन सहयोग गर्नेछ।’, करसोङ पदमार्गलाई साइक्लिङ मार्गका रूपमा विकसित गर्ने लक्ष्य गाउँपालिकाको छ।, पदमार्गमा यात्रारत अवस्थामा भेटिएका झापा धुलाबारीका सागर शिवाकोटी अर्कोपटक साइकल यात्रामा आउने योजना सुनाउँदै थिए।, ‘यो पदमार्ग प्राकृतिक सुन्दरताका लागि आकर्षक रहेछ नै, साइकल यात्राका लागि पनि उत्तिकै साहसिक गन्तव्य बन्नेरहेछ,’ उनले भने ‘अर्को पटक साइकलमा फन्को लगाउने गरी  सुनाखरी फूल्ने यो ठाउँ आउने योजना बनेको छ।’, यो पदमार्गमा पर्ने झण्डीडाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ भने कृषि पर्यापर्यटन पनि यहाँको मुख्य आकर्षण रहेको पर्यटन कार्यालयको भनाइ छ।, ‘वनस्पति विज्ञानका विद्यार्थीका लागि यो पदमार्ग गज्जबको गन्तव्य हुनसक्छ,’ सूचना अधिकारी कट्टेलले भने,‘यो पदमार्गभरी सिजनमा सुनाखरी फुल्छ।  अन्य वनस्पतिका लागि पनि यो मार्ग उपयुक्त अवलोकनस्थल हो।’, यो पदमार्गलाई लक्षित गरेर रोङ गाउँपालिकाले होमस्टे प्वाइन्टरू पनि तयार पारेको छ। जसअनुसार यो मार्गमा पर्ने  मझुवा, चिसापानी, जौवारी, रम्भ्याङ,  सलकपुर र पाटापुर क्षेत्रमा जस्केलो सामुदायिक होमस्टेमार्फत  १८ घर दर्ता भइसकेका छन्।, पदमार्ग हुँदै गाउँसम्म आइपुग्ने पाहुनालाई लक्षित गरेर तयार हुँदै गरेका होमस्टे सञ्चालकहरु तालिम लिने तरखरमा लागेका छन्।, ‘तालिम एकदमै जरूरी रहेछ, त्यसैले गाउँपालिकाले त्यसको प्रबन्ध मिलाउँदैछ,’ गाउँपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष स्याङ्बोले भने ‘७० जना पाहुनालाई रम्भ्याङमा खाना खुवाउन सिंगो गाउँ दिनभरी खटिएको पाइयो। तर, सलकपुरमा दुई जना दम्पतीले एकैछिनमा सबैलाई खाना खुवाउन सकेको देखियो। यो तालिम र अनुभवको फरक हो।’, पदमार्ग हुँदै घुमन्तेको टोली गाउँ आउन थालेपछि स्थानीयबासीले आर्थिक कारोबार बढेको अनुभव गरेका छन्।, ‘अब पुस १० गते झापाको एउटा ठूलो टोली आउँदैछ,’ स्थानीयबासीले सुनाए ‘उनीहरू पदमार्ग हुँदै रम्भ्याङ आउनेछन्। र, वनभोज खाएर फर्कनेछन्।’, ग्रामीण पर्यटनमा लामो समयदेखि काम गरिरहेका झापाका अर्जुन कार्की नेतृत्वको टोली त्यहाँ पुग्न लागेको हो।, ‘हामी यहाँबाट वनभोजका लागि  करिब डेढ सयको संख्यामा पदमार्ग हुँदै रित्तै जाँदैछौं,’ उनले भने ‘हामी खसी, कुखुरा गाउँमै किन्नेछौं, चामल, दालदेखि आवश्यक सबै खाद्य सामग्री त्यही गाउँमै किन्नेछौं। दाउरादेखि खाना बनाउने काममा स्थानीयलाई खटाउनेछौं र त्यसवापत पारिश्रमिक पनि दिनेछौं।’, स्थानीयबासीका अनुसार पदमार्ग सुरू भएपछि यसरी गाउँमै वनभोजका लागि आउनेको संख्या बढेको छ।, ‘हामीलाई उकालो ओरालो हिँड्न झन्झट लाग्छ तर मान्छेलाई रमाइलो लाग्ने रै छ,’ रम्भ्याङका ज्ञानकुमार राईले भने ‘हुलको हुल मान्छे आउँदा गाउँमा त रमाइलो हुने रहेछ।’,  , सबै तस्बिर: राजु अधिकारी,  , 'अर्कोपटक साइकलमा फन्को लगाउने हो सुनाखरी फुल्ने गाउँ'
सेतोपाटी संवाददाता नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन्।, प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइन्। उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको बताइन्।, योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार २३६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ११ हजार २३३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार २३३ जनाको पिसिआर परीक्षण र ४०४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।  २७२ जना निकोसमेत भएको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट २ को मृत्यु भएको छ।  , भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौं ७६ संक्रमित थपिएका छन्।, नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि
सेतोपाटी संवाददाता नेपालमा थप २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २३६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार २७६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार २३३ जनाको पिसिआर परीक्षण र ४०४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २७२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ।  , भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौं ७६ गरी एक सय २५ संक्रमित थपिएका छन्।, थपिए २३६ संक्रमित, निको भए २७२
एजेन्सी सन् २०२१ सकिन लागेको छ। यो वर्ष विश्वभरि कोरोनाभाइरसको महामारीले सताइरह्यो। सन् २०१९ को अन्तिमदेखि चीनको वुहानबाट सुरू भएको कोरोनाभाइसको महामारी अझै अन्त्य हुने छाँटकाँट छैन। अहिले युरोप र अमेरिकामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहेको छ। , सन् २०२१ मा अमेरिकामा जो बाइडेन राष्ट्रपति भए। अफगानिस्तानमा तालिबानहरूले फेरि सत्ता कब्जा गरे। जापानमा एक वर्षअघि हुनु पर्ने ओलम्पिक भयो। यो वर्ष पनि अमेरिका र युरोप छिर्न खोज्ने आप्रावासीहरूले निकै सास्ती पाए। , हेर्नुस् तस्बिरहरू, सबै तस्बिरहरू समाचार संस्था रोयटर्सबाट साभार गरिएका हुन्। , कसरी बित्यो सन् २०२१, हेर्नुस् तस्बिरमा
सेतोपाटी संवाददाता बर्दियामा हराइरहेकी बालिका मृत अवस्थामा फेला परेकी छन्। , बुधबार दिउँसो २ बजे बर्दिया बारबर्दिया नगरपालिका वडा नम्बर ९ औरीस्थितमा ६ वर्षीया बालिका देविका खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए। , उनका अनुसार बालिकाको शव घर देखि अन्दाजी ५०० मिटर पश्चिममा रहेको बबई सिचाई आयोजनाको नहरको अन्डर ग्राउन्डभित्र फेला परेको हो। , देविका गत शनिबार अपराह्न ५ बजेदेखि बेपत्ता थिइन्। आफ्नी छोरी हराइरहेको भन्दै बारबर्दिया नगरपालिका वडा नम्बर ८ औरी बस्ने बुवा विष्णु खनालले आइतबार जानकारी गराएका थिए। , त्यसपछि प्रहरीको टोली खोजी गर्न खटिएको थियो। खोजतलासकै क्रममा बुधबार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले शव फेला पारेको हो। , बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक इश्वर कार्कीका अनुसार मृत्यु चिप्लिएर लडि पानीमा डुबेपछि भएको प्ररम्भीक अनुसन्धानबाट देखिएको छ। , ‘चप्पल फेला पारेका छौं। अहिले हेर्दा मृत्यु चिप्लिएर लडेपछि पानीमा डुबेर भएको देखिन्छ,’ उनले भने,‘पोष्टमार्टम गर्न पठाएका छौं। बाँकी अनुसन्धान अघि बढाएका छौं।’, बालिकाको शव फेला पारी पोष्टमार्टमको लागि बर्दिया अस्पताल पठाइएको छ।,  , हराइरहेकी ६ वर्षीया बालिका मृत फेला
नारायण खड्का रोल्पामा रडले प्रहार गर्दा तीन जना गम्भीर घाइते भएका छन्।, रुन्टीगढी गाउँपालिकास्थित होलेरी बजारस्थित होलेरी गेष्ट हाउसमा तीन जना साथीमाथि रड प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। , रड प्रहारबाट रुन्टीगढी गाउँपालिका-७ का ४२ वर्षीय भीमबहादुर थापा, ३९ वर्षीय सरोज पुन र रुकुम पश्चिमको सानी भेरी गाउँपालिका-४ घर भई नेपालगन्ज बस्ने ४३ वर्षीय मैतबहादुर बिक गम्भीर घाइते छन्। , उनीहरूमाथि रुन्टीगढी-९ का ४६ वर्षीय टेकबहादुर वलीले सुतेको समयमा रड प्रहार गरेको घिमिरले बताए। , उनका अनुसार चारै जना मंगलबार राति गेष्ट हाउसमा बास बसेका थिए। उनीहरू सबै एउटै कोठामा सुतेका थिए। राति सबै जना सुतिसकेपछि वलीले एकाएक तीनै जना साथीहरूमाथि रडले हानेको घिमिरेले बताए। , घाइते तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। , घाइतेमध्ये थापा र बिकको बाँकेको कोहलपुरमा र पुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। , उनका अनुसार घटनाबारे सूचना प्राप्त गर्नासाथ बुधबार बिहान साढे ३ बजे प्रहरी होटलमा पुगेको थियो। प्रहरी पुग्दा तीनै जना रगताम्मे र अचेत अवस्थामा थिए। , ‍तत्कालै प्रहरीले उनीहरूको उद्धार गरी दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो। त्यहाँबाट उनीहरूलाई भैरहवा र कोहलपुर रिफर गरिएको थियो। , घाइते सबैको टाउको र अनुहारमा गहिरो घाउ खत रहेको सबैजना अचेत रहेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका वलीलाई प्रहरीले बुधबार रुन्टीगढी-५ हातखोलाबाट नियन्त्रणमा लिएको छ। , घटनास्थलबाट प्रहरीले फलामको रड फेला पारेको छ। , प्रहरी नायब उपरीक्षक घिमिरेले घटनाबारे अनुसन्धान भइरहेको र नियन्त्रणमा लिइएका वलीसँग सोधपुछ गर्न बाँकी नै रहेको बताए।, रोल्पाको होटलमा सँगै सुतेका साथीले हाने ३ जनालाई रड, सबैको अवस्था गम्भीर
दिपकजंग शाही मंसिर २९ देखि सम्पर्कविहीन भएका हुम्लाका चन्द्रबहादुर कामी बुधबार खार्पुनाथ गाउँपालिकामा भेटिए। उनले प्रहरीसँगको बयानमा आफू पाँच दिन जंगलका गोठहरूमा लुकेर बसेका बताएका छन्।, मल्ल थरकी युवती भगाएका चन्द्रबहादुर माइती पक्षले युवती फिर्ता लगेदेखि सम्पर्कविहीन थिए। उनीहरूले चन्द्रबहादुरलाई पनि अपहरण गरेर लगेको आरोप उनको परिवारले लगाएको थियो। प्रहरीको सोधपुछमा भने उनले आफूलाई अपहरण नगरिएको तर डरले जंगलको गोठमा लुकेर बसेको बताए।, हाल जिल्ला प्रहरी कार्यालय हुम्लामा रहेका उनले प्रहरीलाई दिएको बयानअनुसार केटी पक्षले उनलाई घरबाट सय मिटरजति पर लगेर छाडेको थियो।, ‘उनीहरूको उद्देश्य केटीलाई मात्र लैजाने रहेछ, सँगै बसेको भएर चन्द्रबहादुरलाई पनि केही परसम्म लगेछन्,’ प्रहरी निरीक्षक दानसिंह भण्डारीले भने, ‘त्यसपछि उनी केटी पक्षका मानिस फर्केर आउँछन् कि भनेर जंगलतिर गएका रहेछन्।’, चन्द्रबहादुर सामान्य अवस्थामा भेटिएको र अहिले पनि उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भण्डारीले बताए।, उनका अनुसार चन्द्रबहादुरको शरीरमा चोटपटक देखिएको छैन। चन्द्रबहादुरले पनि आफूलाई कुटपिट नगरिएको बयान दिएका छन्।, राति जंगल छिरेका चन्द्रबहादुरले आफू हुम्लाको सर्केगाडमै पर्ने ठान्ना र गुसा भन्ने लेकमा बसेको बताएका छन्। ठान्ना र गुसा भन्ने ठाउँमा गोठहरू प्रशस्तै छन्।, ‘तीन दिन जंगलमा भोकै बसेँ, गोठमा आगो तापेर बसेँ भनेका छन्,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘तर शारीरिक अवस्था हेर्दा त्यस्तो देखिँदैन।’, चन्द्रबहादुरले पुस ६ गते गुसाबाट खार्पुनाथ गाउँपालिकामा पर्ने सुनखाडा भन्ने बजार आएर त्यहाँको होटलमा बसेको प्रहरीलाई बताएका छन्। उनी सुनखाडाबाट हिँडेर आउँदै गरेका बेला प्रहरी टोलीले खार्पुनाथ गाउँपालिका–५ मा पर्ने याङ्चु बजारमा भेटेको थियो।, भण्डारीका अनुसार चन्द्रबहादुरसँग अहिले मोबाइल फोन छैन। आफूसँग भएको मोबाइल केटी पक्षका मानिसले मंसिर २९ गते नै खोसेर लगेको उनले प्रहरीलाई बताएका छन्।, हुम्लाको सर्केगाड गाउँपालिका–१, जैरका चन्द्रबहादुरले मंसिर ५ गते मुगुको सोरू गाउँपालिका–४ की युवती भगाएर लगेका थिए। त्यसको २४ दिनपछि एक समूह आएर युवतीलाई फिर्ता लगेको थियो। त्यसै दिनदेखि चन्द्रबहादुर पनि सम्पर्कविहीन भएका थिए। उनलाई खोज्न जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको नेतृत्वमा ३५ जना प्रहरी परिचालन गरिएको थियो।, मुगुको सोरू गाउँपालिका र हुम्लाको सर्केगाड गाउँपालिका सीमा जोडिएका दुई जिल्लाका स्थानीय तह हुन्। एउटा गाउँपालिकाको केन्द्रबाट अर्को गाउँपालिकाको केन्द्र पुग्न चार घन्टाको बाटो रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोसी धामीले बताए।, चन्द्रबहादुर बुधबार फेला परेसँगै डिएसपी शर्मासहितको प्रहरी टोली लिन गएको छ।, बिहीबारसम्म उनीहरू हुम्ला आइपुग्ने प्रहरी निरीक्षक भण्डारीले बताए। ‘आज बीच बाटोमा पुग्नुभएको छ, भोलि यहाँ पुग्नुहुन्छ,’ भण्डारीले भने, ‘यहाँ आइसकेपछि दुवै पक्षलाई राखेर सोधपुछ हुन्छ, त्यसबाट निस्किएको निष्कर्षअनुसार अरू प्रक्रिया अगाडि बढ्छ।’, ८ दिनपछि फेला परेका चन्द्र कामीले प्रहरीसँग भने- पाँच दिन जंगलको गोठमा लुकेर बसेँ
दिपकजंग शाही अहिले सामाजिक सञ्जालमा एउटा भिडिओ र त्यही भिडिओबाट निकालिएका केही फोटा चर्चाको विषय बनेका छन्। त्यसमा एक महिलालाई तीन पुरूषले समूहको बीचमा आक्रमण गरेका छन्। पुरुषहरूले चिच्याउँदै महिलाको सातो लिने, बिनाकारण माफी मगाउँदै खुट्टा ढोगाउने र पैताला चटाउनेसम्मका क्रियाकलाप भएको देखिन्छ।, यो भिडिओ र फोटा केही दिनअघि सुर्खेतको लेकवेशी नगरपालिका–४ दशरथपुरमा भएको एक कुलपूजाका हुन्। आफूलाई धामी भन्ने व्यक्तिहरूले आफ्नो शरीरमा देउता चढेको भन्दै महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार जिल्ला अदालतबाट मंगलबारदेखि चार दिनको समय माग गरी उनीहरूमाथि थप अनुसन्धान थालिएको छ। पक्राउ परेका तीन पुरुषहरू इलाका प्रहरी कार्यालय छिन्चुमा रहेको उनले बताए।, महिलामाथि तीन पुरूषले अमानवीय क्रियाकलाप गरेको भिडिओ सार्वजनिक भएपछि मानव अधिकारकर्मी, महिला अधिकारकर्मीले विरोध गरिरहेका छन्।, सुर्खेतस्थित मानव अधिकार रक्षक सञ्जाल (इन्सेक), आवाजलगायतका अधिकारकर्मी संस्थाहरूले यस्ता कार्य रोक्न भन्दै संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गरेका छन्।, उक्त घटनाको विषयमा फिल्डमा गएर वा उनीहरूसँग सम्पर्क गरेर रिपोर्ट बनाउन आफूहरूले पहल थालेको मानव अधिकार रक्षक सञ्जाल, इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताए।, पीडित महिला तथा उनको परिवारले भने आफ्नो तर्फबाट जाहेरी दिन मानेका छैनन्।, 'म आफू बिरामी भएपछि धामीलाई बोलाएर झारफुक गर्न लगाएको हुँ भनेर पीडितले परिवारसँग भन्छन्,' एक जना प्रहरी अधिकृतले सेतोपाटीसँग भने, 'हामीले आफ्नो तर्फबाट मुद्दा दर्ता गरी यसको अनुसन्धान प्रक्रिया चलाएका छौं।', तीन पुरूषले भने आफूहरूले ती महिलामाथि भिडिओमा देखिएजस्तो व्यवहार गरेको स्वीकारेका छन्।, 'बयान लिने काम पनि भइरहेको छ। उनीहरू हामीले नगरेर यो व्यवहार देउताले गरेको भनेर भनिरहेका छन्,' ती प्रहरी अधिकृतले भने।, पीडित भनिएकी महिलाको घर बाँकेको खजुरा हो। पुस ४ गते माइतीमा हुने कुल पुजाका लागि सुर्खेतको दशरथ गाउँमा उनी आएकी थिइन्।, पीडितले आफू पीडित भएको नस्वीकारे पनि प्रहरीले मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको हो।, प्रहरी प्रधान कार्यालयका प्रवक्ता बसन्तबहादुर कुँवरले पीडितले जाहेरी नदिए पनि सार्वजनिक ठाउँमा भएको घटनाबारे प्रहरीले अनुसन्धान गरी दोषीलाई कारबाही हुने बताए। , 'सैद्धान्तिक कुरा गर्ने हो भने सरकार वादी हुने अपराधका घटनामा पीडितले नै जाहेरी दिनुपर्छ भन्ने हुँदैन। अपराध भएको छ भने त्यसको अनुसन्धान गर्ने र त्यसका आधारमा दोषीलाई कारबाहीको दायरामा ल्याउँछ,' उनले भने।  , सुर्खेतकी अधिवक्ता गीता कोइराला यस्तो अमानवीय घटनाका पीडकलाई यत्तिकै छोड्न नहुने बताउँछिन्।, 'यो अमानवीय व्यवहार हो। धामीझाँक्री वा देउताको निहुँमा यस्तो कार्य कसैमाथि हुनु हुँदैन,' उनले भनिन्, 'भिडिओमा पर्याप्त प्रमाण छन्। पीडकले उन्मुक्ति नपाऊन्।', लेकवेशी नगरपालिकाका उपमेयर शान्ति कुमारी छन्तेलले पीडितले यो विषयमा कुरा गर्न नमानेकाले न्यायिक समितिले केही गर्न नसकेको बताइन्।, 'हामीले पीडितसँग कुरा गर्ने प्रयास गरेका छौं। तर उहाँहरू न परिवारले मान्नुहुन्छ, न त पीडित महिला नै कुरा गर्न मान्नुहुन्छ,' उनले भनिन्, 'अब हामीले हाम्रो तर्फबाट कसरी प्रक्रिया अगाडि बढाउने भन्ने अन्यौल भयो।', फौजदारी घटनामा अनुसन्धान गर्न पीडितकै उजुरी पनि चाँहिदैन।, महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीका अनुसार यो घटनामा पीडितले उजुरी नदिए पनि अनुसन्धान गरी प्रहरी प्रतिवेदन र त्यसका आधारमा मुद्दा चलाउन कुनै बाधा हुँदैन।, 'सबै अवस्थामा पीडित बोल्न सक्छन् भन्ने हुँदैन। घटना भएको नभएको र त्यसमा प्रमाण जुटाउने प्रहरीले हो। अनुसन्धान गर्दा पर्याप्त प्रमाण भयो भने पनि मुद्दा बलियो हुन्छ। पीडितले नै घटना भएको भनेर उजुरी बयान दिएको हुन जरूरी छैन,' उनले भने, 'यो मुद्दामा त झन् त भिडिओ छ। त्यत्रो समूहमा देख्ने मान्छे छन्। त्यसैले बलिया प्रमाण जुटाउन खास समस्या छैन।', 'पीडित नबोले पनि पैताला चटाउने तीन पुरूषलाई कारबाही हुन्छ'
सेतोपाटी संवाददाता ललिता निवास जग्गा हिनामिना प्रकरणमा रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीलाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले मंगलबार साँझ काठमाडौं महानगरपालिका कमलादीबाट ५७ वर्षीय रामकुमार सुवेदी र ५५ वर्षीय माधवीलाई ताहाचलबाट पक्राउ गरेको थियो। , उनीहरूमाथि थप अनुसन्धान गर्न सिआइबीले बुधबार उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो।, उनीहरूमाथि अनुसन्धान गर्न अदालतले लिखतसम्बन्धी कसूरमा पाँच दिन हिरासतमा राख्न अनुमति दिएको सिआइबी प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनीहरूले ललिता निवासको सरकारी जग्गा गुठीको नाममा बनाई आफ्नो नाममा गरेको महतोले बताए। , रामकुमार सुवेदी मालपोत कार्यालयमा लेखनदासको काम गर्थे। शोभाकान्त ढकाललगायत विभिन्न व्यक्तिसँग मिलेर सरकारी जग्गा व्यक्तिका नाममा सार्न उनले भूमिका खेलेका थिए। , सरकारले पूर्वसचिव शारदा त्रितालको संयोजकत्वमा गठन गरेको छानबिन समितिले उनी र शोभाकान्त ढाकाललाई भू-माफिया भनेर किटान गरेको थियो।, बालुवाटारको सरकारी जग्गामा नक्कली मोही खडा गर्ने र तिनबाट कतिपय जग्गा बेचबिखन गर्ने कतिपय आफ्नै नाममा पास गर्ने काममा उनीहरू संलग्न रहेको भन्दै समितिले उनीहरूमाथि थप अनुसन्धान गर्न र कानुनी कारबाही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई सिफारिस गरेको थियो।, समितिकै सिफारिसका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको भन्दै सुवेदी, ढकाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङ, पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री, अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यात  र २ जना पूर्वसचिवसहित १७५ जनालाई भ्रष्टाचार मुद्दा चलाएको थियो। तीमध्ये ढकाल अहिले डिल्लीबजार कारागारमा छन् भने अरू कतिपय धरौटी र कति साधारण तारेखमा रिहा भएका छन्।, ढकाल, सुवेदी र गुरूङको परिवारका नाममा २८ रोपनी जग्गा थियो। ढकाल र  गुरूङलाई अख्तियारले ३९ करोड २७ लाख र सुवेदीले झण्डै ५३ करोड भ्रष्टाचार गरेको अभियोग लगाएर बिगो बमोजिम जरिवाना ८ देखि १० वर्षसम्म कैद सजाय  माग गर्दै मुद्दा चलाएको थियो। , के हो बालुवाटारको जग्गा प्रकरण?, पञ्चायतकालमा सरकारले सुवर्णशमशेरलाई राजद्रोहको अभियोग लगाएर उनको नाममा भएको ललितानिवासको १४ रोपनी जग्गा जफत गरेको थियो।, ललिता निवासको बाँकी २८५ रोपनी जग्गा सरकारले २०२१ सालमा अधिग्रहरण गर्‍यो।, बहुदल आएपछि २०४७ सालमा राणा परिवारले जफत गरिएका आफ्ना जग्गा फिर्ता गर्न सरकारसँग माग गरे।, कृष्णप्रसाद भट्टराई सरकारले जफत गरेको जग्गा छानबिन गरेर फिर्ता गर्ने निर्णय गर्‍यो।, मालपोत कार्यालयले भने छानबिन नगरी सोझै त्यही निर्णयका आधारमा १ सय १३ रोपनी जग्गा सुवर्णशमसेरका हकवालाको नाममा सारेको देखिन्छ। यसरी जग्गा नामसारी खडा गरिएको मिसिलको सक्कल नै नभेटिएको समितिले जनाएको छ।, यो बेलासम्म ललिता निवासको जग्गामा मोही कायम भएको देखिन्न।, राणाहरूले जग्गा लिएपछि २०५५ सालमा कतिपय मोहीहरूले हकदाबी गर्दै अदालतमा मुद्दा दर्ता गरे।, स्रोतका अनुसार ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणको सुरूआतमा शोभाकान्त ढकाल र रामप्रसाद सुवेदी कतिपय राणा र मोहीका वारेस बनेका छन्। वारेसबाट उनीहरूले बालुवाटारको जग्गा आफ्नो नाममा ल्याए। अहिले पनि बालुवाटारको १४ रोपनी जग्गा ढकाल र सुवेदीको नाममा छ।, उनीहरूले बालुवाटारको जग्गा हत्याउन भाटभटेनी सुपरमार्केटका सञ्चालक  मीनबहादुर गुरूङसँग पनि मिलेमतो गरेको देखिन्छ। गुरूङ र उनका परिवारको नाममा पनि त्यहाँको १४ रोपनी जग्गा छ। भाटभटेनी सुपरमार्केटको गोदाम पनि त्यही जग्गामा छ। अख्तियारले उनको परिवारलाई समेत बयानमा बोलाएको थियो।, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई पनि ढकाल र सुवेदीले जग्गा उपलब्ध गराएका थिए।, २०६१ सालमा ढकालकी पत्नी उमा र सुवेदीकी पत्नी माधवीले पौडेललाई ८ आना जग्गा हस्तान्तरण गरे।, पौडेललाई आठ आना जग्गा दिँदासम्म ‘भू-माफिया’ हरूले बालुवाटारका धेरै जग्गा कब्जा गरिसकेका थिए। तीमध्ये कैयौं जग्गा उपभोग गर्न भने पाएका थिएनन्।, आफ्नो नाममा आएका जग्गा कसरी उपभोग गर्ने र त्यहाँ रहेका बाँकी जग्गा कसरी कब्जा गर्ने भन्ने उनीहरूको ध्याउन्न थियो। उनीहरूसामु तीन वटा मुख्य चुनौती थिए।, पहिलो, आफ्नो नाममा रहेका र आफूले खडा गरेका नक्कली मोहीका नाममा आएका कतिपय जग्गा बालुवाटार प्रधानमन्त्री निवासको कम्पाउन्डभित्र थिए।, उनीहरूले तिनको भोगचलन गर्न सक्ने कुरै थिएन। सार्वजनिक रूपमा हाम्रो त्यहाँ जग्गा छ भन्ने दाबी गर्न सक्ने अवस्था पनि थिएन।, दोस्रो, प्रधानमन्त्री निवास परिसरको दक्षिण पर्खालसँगै जोडिएको र आफूहरूले हडपेका जग्गासम्म जाने बाटो थिएन।, ढकाल र सुवेदीले पौडेललाई २०६१ सालमा ‘उपहार’ दिएको सभामुख निवासछेउको जग्गामा जान पनि त्यो बेलासम्म बाटो थिएन।, उनले बाटोबिनाकै जग्गा ‘किनेका’ थिए।, तेस्रो, प्रधानमन्त्री निवास दक्षिणपट्टी अझै सार्वजनिक जग्गा र कुलो थिए। केही मोहीका नाममा रहेका जग्गामा पनि उनीहरूका आँखा थिए।, तर, कुनै आधारबिना ती जग्गा आफ्नो हातमा पार्न सक्ने स्थिति थिएन। एमाले नेतृत्वको सरकार रहेका बेला २०६६/६७ सालमा उनीहरूले मन्त्रिपरिषदबाट पटक-पटक निर्णय गराएर झन्डै थप २७ रोपनी जग्गा हडपे।, यो बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने दोस्रो चरणको मन्त्रिपरिषद निर्णय हो। त्यतिखेर उनीहरूले विष्णु पौडेललाई प्रयोग गरेर माधव नेपालको मन्त्रिपरिषदमार्फत पटक-पटक निर्णय गराएका थिए।, पहिलो निर्णय २०६६ चैत २९ गते भयो, जसमा पाँच वटा मुख्य कुरा समेटिएका छन्।, पहिलो, प्रधानमन्त्री निवास दक्षिणतर्फ विस्तार गर्ने।, दोस्रो, प्रधानमन्त्री निवास विस्तार गर्न परिसर क्षेत्रभित्र परेका व्यक्तिको जग्गाका हकमा सोही क्षेत्रफल बराबर जग्गा बाहिर शोधभर्ना दिने।, तेस्रो, प्रधानमन्त्री निवास विस्तार क्षेत्रभित्रका मोहीलाई उनीहरूले पाउने आधा क्षेत्रफल बराबर जग्गा विस्तार क्षेत्रबाहिर दिने।, चौथो, प्रधानमन्त्री निवास विस्तार क्षेत्रबाहिर पर्ने सरकारी जग्गाका मोहीलाई पनि उनीहरूले रोजेकोतर्फ आधा जग्गा दिने।, पाँचौं, प्रधानन्यायाधीश निवास पश्चिमतर्फबाट प्रधानमन्त्री निवास दक्षिणतर्फ सभामुख निवाससम्म करिब ५७० मिटर लामो र ८ मिटर चौडा बाटो निर्माण गर्ने।, उक्त बाटोमा पर्ने व्यक्तिका नाममा दर्ता रहेको सात रोपनी जग्गाको सरकारले सट्टाभर्ना दिने।, यी निर्णयले त्रिताल आयोगले ‘भू-माफिया’ भनेर किटान गरेका ढकाल, सुवेदी र उनीहरूबाट जग्गा ‘उपहार' पाउने विष्णु पौडेललाई प्रत्यक्ष लाभ भयो।, ढकाल र सुवेदीले आफ्नो नाममा दर्ता गराएका प्रधानमन्त्री निवास परिसरभित्रका जग्गा र उनीहरूले खडा गरेका मोहीका नाममा रहेका जग्गा वैधानिक रूपमा परिसरबाहिर ल्याउन पाए।, नक्कली मोहीका नाममा रहेका परिसरबाहिरका जग्गाको आधा हिस्सा पनि वैधानिक रूपमा लिन पाउने भए।, उनीहरूले प्रधानमन्त्री निवास दक्षिणतर्फ पर्ने ती जग्गामा जाने बाटो खोल्ने निर्णयमात्र मन्त्रिपरिषदबाट गराएनन्, उक्त बाटोमा पार्ने जग्गाको सट्टाभर्ना पाउने निर्णय पनि गराए।, प्रधानन्यायाधीश निवास पश्चिम मूल सडकबाट सुरू भएको उक्त आठ मिटर चौडा बाटो सभामुख निवास अगाडि रहेको पौडेलको जग्गा छुँदै सुवर्णशमसेर मार्गमा जोडियो।, ‘उपहार’ पाएको बाटोबिनाको जग्गा मन्त्रिपरिषदको एउटै निर्णयले बालुवाटारका दुईतिरका मूल सडकसँग जोडियो।, छानबिन समितिका एक सदस्यले बताएअनुसार, प्रधानमन्त्री निवास बालुवाटारभित्रको जग्गा आफ्नो नाममा पार्न यी दुवैले नक्कली गुठी र नक्कली मोही खडा गरेका थिए।, मालपोत कार्यालयका कतिपय लिखतमा प्रधानमन्त्री निवास कम्पाउन्डभित्रै पशुपति टिकिन्छा गुठी रहेको देखाइएको छ। त्यो गुठी नै नक्कली भएको र नक्कली मोही खडा गरिएको छानबिन समितिमा काम गरेका एक सदस्यले बताए।, पशुपति टिकिन्छा गुठीको प्रमाणका रूपमा उक्त गुठीले विक्रम सम्बत १९९३, १९९४ र १९९५ मा कुत बुझेको एउटा लिखत मालपोतमा बुझाइएको छ। त्यो लिखत नै नक्कली रहेको छानबिन समितिका सदस्यले सेतोपाटीलाई जानकारी दिए।, ‘लिखतको भाषा त्यो बेलाको नेपालीजस्तो छैन। आजभोलि हामीले प्रयोग गर्ने नेपाली भाषा छ,' ती सदस्यले भने, ‘यो लिखत भू-माफियाले नक्कली बनाएका हुन्। त्यसैले गुठी पनि नक्कली हो।’, यही नक्कली गुठीको जग्गामा २०६६ चैत २९ गतेको मन्त्रिपरिषद् निर्णयपछि मोही खडा गरिएको छ। ती मोहीले ढकाल र सुवेदी अनि उनीहरूका परिवारका नाममा जग्गा हस्तान्तरण गरेका छन्।, ललिता निवास जग्गा प्रकरणमा सुवेदी दम्पतीलाई पाँच दिन हिरासतमा राख्न अनुमति
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा विद्युत् र सञ्चार प्रर्णालीको पहुँच नहुँदा महामारी तथा विपदका बेला सिकाइलाई निरन्तरता दिन समस्या भएको छ। अधिकांश ठाउँमा विद्युत र इन्टरनेट नहुने भएकाले विपदका बेला बालवालिकाको सिकाइ निरन्तरतामा नियमितता दिन नसकिएको हो।, २०७६ देखि सुरू भएको कोभिड महामारीको जोखिमलाई मध्यनजर गर्दै गरिएको बन्दाबन्दीका कारण विद्यालयहरू बन्द हुँदा कर्णालीमा अधिकांश अधिकांश बालवालिकाको सिकाइमा नकारात्मक प्रभाव परेको छ।, महामारीका कारण शिक्षामा भएको क्षति अपूरणीय भएकोले अबका दिनमा वैकल्पिक विधिबाट गरिने सिकाइका लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने शिक्षासँग सम्बन्धित सरोकारवालाहरूले बताएका छन्।, सामाजिक विकास मन्त्रालय र सेभ द चिल्ड्रेनको सहकार्यमा आयोजित ‘विद्यालय पुनःसञ्चालन’ सम्बन्धी अभिमुखीकरणमा सहभागी सरोकारवालाहरूले विद्युत, इन्टरनेटको विस्तारसँगै शिक्षकहरूलाई प्रविधिसम्बन्धी आवश्यक तालिमको सञ्चालन गर्नु पर्नेमा जोड दिएका छन्।, विद्युत तथा वैकल्पिक ऊर्जाको व्यवस्थापन, यातायात पूर्वाधार निर्माण गरी विद्यालयमा पहुँच पुर्‍याउने, टोल शिक्षा, रेडियो-टेलिभिजन शिक्षा, गृह शिक्षकको व्यवस्था, जोखिम पहिचानसहित कार्ययोजना निर्माण तथा महामारीमा पनि बालवालिकाको सिकाइ निरन्तरतामा सरकारी तथा गैरसरकारी निकायले विशेष ध्यान दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।, एक विद्यालय एक स्वास्थ्यकर्मीको व्यवस्था, विद्यालयहरुमा स्वास्थ्य सामग्री पर्याप्तता, शिक्षक तथा विद्यार्थीलाई विपद्बारे मनोपरामर्श दिनेजस्ता कार्यमा पनि निकायको ध्यान दिनुपर्नेमा उनीहरूको जोड छ।, विपदमा सिकाइ निरन्तरताका लागि सुरक्षाको प्रत्याभूति नहुनु, प्रविधिको पहुँच तथा दक्षताको कमी, बालमैत्री शैक्षिक सामग्री नहुनुजस्ता मुख्य कारण भएको सरोकारवालाहरूले बताए।, यस्तै, विद्यालयमा क्वारेन्टिन बनाइनु, न्यूनतम् स्वास्थ्य मापदण्डको कमी हुनुजस्ता कारणले कोभिडपछि पनि विद्यालय पुनः सञ्चालनमा सस्या आएको उनीहरूले बताए।, आगामी दिनमा आउन सक्ने सम्भावित विपदलाई मध्यनजर गरी सिकाई निरन्तरताका लागि सम्बन्धित निकायहरूसँग सहकार्य गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।, सेभ द चिल्ड्रेनका शिक्षा व्यवस्थापक आत्माराम भट्टराईका अनुसार कर्णाली प्रदेशमा इन्टरनेटको सुविधा भएका विद्यालय १८.४० प्रतिशत छन्। यस्तै, ९.५४ प्रतिशत विद्यालयमा नेपाल टेलिभिजन, ५.९१ प्रतिशत विद्यालयमा स्थानीय टेलिभिजन, ८३.१९ प्रतिशत विद्यालयमा रेडियो नेपाल र ७४.१६ प्रतिशत विद्यालयमा स्थानीय एफएमको पहुँच छ।, कर्णाली प्रदेशका कुल विद्यालयमध्ये ८.९१ प्रतिशत विद्यालयमा कुनै पनि विद्युतीय सञ्चारको पहुँच छैन।, कर्णाली प्रदेशभर ३ हजार १८४ विद्यालय छन्। जसमध्ये १ हजार ९२१ वटा १-५ सम्म, ५५९ वटा १-८ सम्म सञ्चालनमा छन्। ४ सय ४ वटा ९-१० सम्म पढाइ हुने माध्यमिक विद्यालय छन् भने ११-१२ सम्म पढाइ हुने माध्यमिक विद्यालय ३०० वटा रहेको भट्टराईले बताए।, कर्णाली प्रदेशमा कुल २ हजार ९३५ वटा बालविकास केन्द्र छन्।, यस्तै, कर्णाली प्रदेशमा आधारभूतदेखि माध्यमिक तहसम्मा ६ लाख ६४ हजार ९६५ जना विद्यार्थी अध्ययनरत् छन्। त्यसमध्ये ३ लाख ४० हजार ४३० जना बालबालिका अध्ययनरत छन्।, विद्युत र सञ्चार प्रणालीमा पहुँच नहुँदा विपदका बेला सिकाइलाई निरन्तरता दिन समस्या
सबिना श्रेष्ठ मंगलबजारस्थित पाटन दरबार स्क्वायरको भीमसेन मन्दिरअगाडि १४ सय वर्ष पुरानो शिलालेख भेटिएको छ।, गत सोमबार ढल खन्ने क्रममा उक्त शिलालेख फेला परेको थियो। पुरातत्वविद् प्रकाश दर्नाल र लिपि विज्ञ श्यामसुन्दर राजवंशीले बुधबार उक्त शिलालेखमा कुँदिएको अक्षरका आधारमा त्यो लिच्छवि संवत् ५३६ को रहेको पुष्टि गरेका हुन्। यो भनेको विक्रम संवत् ६७१ हुन आउँछ।, बुधबार अपराह्न ३ बजेतिर हामी मंगलबजार पुग्दा लिपि विज्ञ राजवंशी र पुरातत्वविद् दर्नाल ढलको निम्ति खनिएको खाडलमा झरेर शिलालेखमा कुँदिएका अक्षर पढ्दै थिए।, उनीहरूले शिलापत्रमाथि सेतो कागज टाँसे र त्यसमाथि मसी पोते। यसबाट शिलापत्रमा कुँदिएका अक्षर कागजमा छापियो। यसै आधारमा लिपि विज्ञ राजवंशीले शिलालेखमा कुँदिएका अक्षरबारे प्रारम्भिक विवरण दिएका हुन्।, उनका अनुसार शिलालेखको शीर्षभागमा श्रावक मृग र बीचमा धर्मचक्र चिह्न छ। यसले उक्त शिलालेख बौद्ध धर्मसँग सम्बन्धित रहेको बुझाउँछ।, शिलालेखमा ५३६ जेठ मासे शुक्ल पक्ष भनेर लेखिएको छ। लिच्छविकालीन लिपि र संस्कृत भाषाको शिलालेखमा तत्कालीन शासक अंशुवर्माको नाम प्रस्टै बुझिने राजवंशीले जानकारी दिए।, 'अंशुवर्माले लिच्छवि राजा वृषदेवले मंगलबजारमा निर्माण गराएको बौद्ध विहारबारे जानकारी दिन यो शिलालेख राखेको हाम्रो प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,' राजवंशीले सञ्चारकर्मीहरूसँग भने।, लिच्छवि राजा वृषदेव बौद्ध धर्मका अनुयायी थिए। उनले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बौद्ध चैत्य निर्माण गराएको इतिहास छ। उनी राजा मानदेवका जिजुबुवा हुन्, अर्थात् हजुरबुवाका पनि बुवा हुन्।, पाटन, मंगलबजारमा फेला परेको लिच्छविकालीन शिलालेखमा कुँदिएका अक्षर छाप्दै लिपि विज्ञ श्यामसुन्दर राजवंशी (दायाँ) र पुरातत्वविद् प्रकाश दर्नाल। तस्बिर: सेतोपाटी, हामीले अहिले पाटन दरबार स्क्वायर जस्तो देखिरहेका छौं, त्यो सधैं यस्तो थिएन। लिच्छवि कालमा त्यहाँ एउटा बौद्ध विहार थियो जसलाई वृषदेवले बनाएका थिए।, धेरै वर्षपछि राजा सिद्धिनरसिंह मल्लले त्यहाँ आफ्नो दरबार विस्तार गर्न उक्त विहार अहिलेको ह:का बहालमा सारेको र लिच्छविकालीन विहार भएको ठाउँमा केशवनारायण चोक निर्माण गराएको भनाइ छ।, ‘पाटन दरबारको मुख्य प्रवेशढोकामा अहिले पनि साउन महिनाभरि बुद्धको मूर्तिमा पानी चढाएर पूजा गरिन्छ। यसले त्यो ठाउँमा पहिले विहार थियो भन्ने झल्काउँछ,’ राजवंशीले भने, 'अहिले फेला परेको शिलालेखले त्यहाँ लिच्छविकालीन विहार थियो भन्ने प्रमाणित गरेको छ।', शिलालेखमा राजा वृषदेवले बनाएको विहारबारे उल्लेख भएकाले ऐतिहासिक रूपले निकै महत्वपूर्ण रहेको राजवंशी बताउँछन्।, ‘शिलालेखले धेरै कुरा बोल्दैन, थोरै बोल्छ। तर यसले इतिहासका घटना पुष्टि गर्छ। वृषदेवले यहाँ बौद्ध विहार बनाएका थिए भनी पुष्टि गर्ने यो शिलालेख निकै महत्वपूर्ण छ,’ उनले भने।, शिलालेख करिब छ फिट अग्लो छ तर यसको एकचौथाइ भागमा मात्र अक्षर कुँदिएका छन्। बाँकी भाग जमिनमुनि गाडिएको हुनसक्ने राजवंशीले बताए।, शिलालेख फेला परेको ठाउँमा करिब ४० वर्षअघि ढलको पाइप बिछ्याइएको थियो। ढलको पाइप र शिलापत्रको अवस्था हेर्दा त्यति बेलै यो फेला परेको भए पनि बेवास्ता गरेर पुरिएको हुनसक्ने स्थानीय बताउँछन्।, यस्तो महत्वपूर्ण शिलालेखलाई बेवास्ता गरिएकोमा राजवंशीले दु:ख पनि व्यक्त गरे।, ‘त्यो बेला लिपि विशेषज्ञ हेमराज शाक्य जीवित हुनुहुन्थ्यो। सत्यमोहन जोशी र हरिराम जोशी त अहिलेसम्म जीवित हुनुहुन्छ। उहाँहरूले पनि थाहा नपाउने गरी गुपचुप छोपिएजस्तो छ। नभए उहाँहरूले यति पुरानो शिलालेख फेला परेपछि त्यसरी बेवास्ता गरेर फेरि छोप्न दिनुहुन्थेन,' उनले भने।, उनका अनुसार ढल निर्माण क्रममा प्रयोग भएको सिमेन्टले शिलालेखको केही भागलाई असर पुर्‍याएको छ। यसले सबै अक्षर पढ्न असहज भइरहेको राजवंशी बताउँछन्।, लिपि विज्ञ श्यामसुन्दर राजवंशी। तस्बिर: सेतोपाटी, सिमेन्ट भएको भागमा कुँदिएका अक्षर बुझियोस् भनेर खुर्किने काम भइरहेको छ। 'सबै विवरण पढेपछि मात्र अरू के-के लेखिएको छ भनेर भन्न सकिन्छ,' उनले भने।, यसअघि लिच्छवि संवत् ५३६ कै शिलालेख गोकर्णको बालुवा गाउँमा फेला परेको थियो। त्यसमा संवत् ५३६ द्वितीय पौष भनेर लेखिएको छ।, ‘त्यो शिलालेखमा अंशुवर्माले आफैंले स्थापना गरेको राजविहारबारे उल्लेख गरेका छन्। त्यसैले उनले त्यसमा 'स्वकारितक राजविहार' भनेर लेखाएका थिए,’ राजवंशीले भने, ‘यसमा भने राजा वृषदेवले बनाएको विहारबारे उल्लेख गरेका छन्, त्यसैले 'वृषदेवकारितक राजविहार' भनिएको छ।’, यो शिलापत्रलाई बुधबारै ढल निर्माण भइरहेको खाडलबाट झिकेर पाटन संग्रहालयमा लगेर राखिएको छ।, पुरातत्व विभागकी नर्वदा श्रेष्ठले संग्रहालयमा शिलालेख सुरक्षित रहने बताउँदै भनिन्, ‘यहाँ त घामपानीबाट पनि असुरक्षित छ र बिग्रने सम्भावना पनि हुन्छ।’, मंगलबजारमा भेटिएको १४ सय वर्ष पुरानो अंशुवर्माको शिलालेखले के भन्छ?
एजेन्सी भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको ओमिक्रोनबाट २१३ जना सङ्क्रमित भएका छन्। , भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ओमिक्रोन संक्रमित हुनेमा सबैभन्दा धेरै दिल्लीमा छन्। दिल्लीका ५७ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जानकारी दिएको छ।, दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्।, यस्तै कर्नाटकमा १९, राजस्थानमा १८, केरलमा १५, गुजरातमा १४, जम्बु-काश्मिरमा ३, उडिसा र उत्तर प्रदेशमा २-२ तथा आन्द्र प्रदेश, चण्डीगढ, लद्दाख, तमिलनाडु र पश्चिम बंगालमा १-१ संक्रमित फेला परेका छन्। , मन्त्रालयका अनुसार ओमिक्रोन संक्रमित ९० जना निको भइसकेका छन् भने १२३ जना सक्रिय संक्रमित छन्।, भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमित १८ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट ६ हजार ३ सय १७ जना संक्रमित थपिएका छन्।, यो अघिल्लो दिनको तुलनामा १८.६ प्रतिशतले बढी हो। हाल भारतमा कोरोनाका सक्रिय संक्रमित ७८ हजार १ सय ९० जना छन्।, यस्तै भारतमा निको हुने दर ९८.४० प्रतिशत छ। पछिल्लो २४ घन्टामा ६९०६ जना निको भएका छन्।, त्यसैगरी पछिल्लो २४ घन्टामा ३ सय १८ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। , भारतमा ओमिक्रोनबाट २१३ जना सङ्क्रमित, दिल्लीमा सबैभन्दा बढी
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १२९ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८९, ललितपुरमा ३३ र भक्तपुरमा ७ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १८९६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ८१२, ललितपुरमा ५९६ र भक्तपुरमा ४८८ सक्रिय संक्रमित छन्।, नेपालमा थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ४ हजार १४१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, २ हजार ७२५ जनाको पिसिआर परीक्षण र १४१६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ५ हजार २२५ जना सक्रिय संक्रमित छन्।, २६३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट १ को मृत्यु भएको छ।  , काठमाडौं उपत्यकामा १२९ संक्रमित, सक्रिय १८९६
दिपकजंग शाही गएको मंसिर ५ गते हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका चन्द्रे कामीले मुगुकी रमिला मल्ललाई भगाएर घरमा ल्याए। रमिला र चन्द्रे मंसिर २९ गतेसम्म घरमा बसे। मंसिर २९ गते राति भने रमिलालाई उनका गाउँका मानिस आएर खोसेर लगे।, माइती गाउँका मानिसले खोसेर लगेकी गैरदलित समुदायकी युवती रमिला अहिले प्रहरी नियन्त्रणमा छिन्। उनलाई भगाएका दलित समुदायका चन्द्रे भने सम्पर्कविहीन छन्। मंसिर २९ गतेदेखि नै उनी कसैको सम्पर्कमा आएका छैनन्।, दलित समुदायको युवासँग विवाह गर्न लागेको थाहा पाएपछि परिवारले रमिलालाई फिर्ता लिएका हुन्। त्यसै बेलादेखि चन्द्रे कामी सम्पर्कविहीन भएपछि घटना 'रहस्यमय' बनेको छ।, चन्द्रेको परिवारले युवतीका आफन्तले युवतीसँगै उनलाई लिएर गएको दाबी गर्दै आएका छन्। उनले भगाएकी रमिलाका माइती पक्षले भने चन्द्रेलाई घरमै छोडेर युवतीलाई मात्र लिएर गएको बताउने गरेका छन्।, रमिला स्वयंले पनि माइती गाउँबाट आएका मानिसले आफूलाई मात्र लिएर गएको प्रहरीसँग बताएकी छन्।, रमिला मुगुको सोरु गाउँपालिका–४ की हुन्। २९ गते मध्यरातमा मुगुबाट १२ जनाको समूह आएर घरबाट १८ वर्षीया रमिला र १९ वर्षीय चन्द्रेलाई लिएको युवकको परिवारले बताएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दानसिंह भण्डारीले सेतोपाटीलाई बताए।, मुगुको सोरु गाउँपालिका र हुम्लाको सर्केगाड गाउँपालिका सीमाना जोडिएको दुई जिल्लाका स्थानीय तह हुन्। एउटा गाउँपालिकाको स्थानीय तहको केन्द्रबाट अर्को गाउँपालिकाको केन्द्र पुग्न चार घण्टा लाग्छ।, ‘घटना अन्तरजातीय विवाहको विषयमा भएकोजस्तो छ, गाउँबाट युवती पक्षका मानिस आएर युवालाई समेत लिएर गएको पीडित पक्षले बताउने गरेका छन्,’ भण्डारीले भने, ‘पीडक भनिएको पक्षले भने युवकलाई लिएको होइन भनेर भन्दै आएका छन्।’, रमिला र उनका बुवा प्रहरीको नियन्त्रणमा रहेको उनले बताए। , उनका अनुसार युवतीलाई खोस्न गएका भनिएका मानिसहरू पनि सम्पर्कमा छैनन्।, सर्केगाड गाउँपालिका–१ का स्थानीय कृष्ण बमका अनुसार युवकको फोनसमेत अफ छ। , ‘मेरो गाउँबाट युवकको गाउँ १ घण्टा जतिको दूरीमा पर्छ, गाउँका मान्छेसँग मेरो कुरा भने भएको थियो,’ उनले भने, ‘चन्द्रेसँग भएको फोन पनि अफ छ भनेर उहाँहरूले कुरा गर्नुभएको थियो।’, रीप भन्ने ठाउँमा चन्द्रेकी दिदीबहिनीको घर भएकाले प्रहरी खोजी गर्न त्यतै गएको बमले बताए। रीप गाउँ सर्केगाड गाउँपालिकाकै वडा नम्बर २ मा पर्छ।, जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक भण्डारीका अनुसार ३५ जनाको प्रहरी टोली चन्द्रेको खोजी गर्न परिचालन गरिएको छ। , जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षकसहित जिल्लाका विभिन्न प्रहरी चौकीबाट प्रहरी खोजी कार्यमा लागेको उनले बताए।, युवक लामो समयसम्म सम्पर्कविहीन भएपछि शनिबारदेखि जिल्ला प्रहरी प्रमुख नै खोजी गर्ने टोलीमा गएका हुन्।, ‘जो केटीलाई खोस्न आएका हुन्, तिनीहरू सम्पर्कमा छैनन्। युवती र उनका बुवा भने प्रहरीको नियन्त्रणमा रहेछन्,’ सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले भने, ‘हिजो त उनी गाउँमै छन् भन्ने हल्ला चलेको थियो, तर सम्पर्कमा आएनन्। हामी जनप्रतिनिधि समेत यो केसमा लागेका छौं।’, जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले माइती पक्षबाट युवतीलाई लिन गएका मानिसहरू खोज्ने कार्य भइरहेको बताए। , ‘हुम्ला प्रहरीले पनि आफ्नो तर्फबाट अनुसन्धान गर्दैछ, यो घटना यतातिर पनि जोडिएकाले हामीले पनि आफ्नो तर्फबाट काम गरिरहेका छौं,’ डिएसपी हमालले भने।, युवतीलाई ललाइफकाई, जबर्जस्ती वा प्रेम सम्बन्ध भएर युवकले भगाएर लिएका हुन् भन्ने विषय पनि खुल्न बाँकी रहेको गाउँपालिकाका उपाध्यक्ष धामीले बताए।, सरोकारवाला समूहहरूले यो घटनाको विषयमा ध्यानाकर्षण भएको जनाएका छन्। , चे फोर्स नेपालको कर्णाली प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै युवकको अवस्थाबारे यथाशिघ्र जानकारी गराउन ध्यानाकर्षण गराएको छ।, उसले निकालेको विज्ञप्तिमा मल्ल थरकी ती युवती र कामी थरका युवकबीच चार वर्षदेखि प्रेम सम्बन्ध रहेको उल्लेख गरिएको छ। रमिला आफ्नो इच्छा अनुसार नै युवकको घरमा आएर बसेको विज्ञप्तिमा उल्लेख गरिएको छ।, ६ दिनदेखि बेपत्ता चन्द्रे कामीलाई खोज्न ३५ प्रहरी परिचालन
सेतोपाटी संवाददाता नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा आएको छ।, सोमबार दिउँसो साढे ३ बजेतिर लागेको आगो अपरान्ह ४:४० बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।, इन्द्रेणी कम्प्लेक्सको छैटौ तलामा फिटनेस एण्ड स्पा सेन्टरमा आगो लागेको थियो। जसका सञ्चालक श्रवण श्रेष्ठ हुन्।, इन्भर्टरमा करेन्ट सर्ट भई आगो लागेको प्रवक्ता मैनालीले जानकारी दिए। , प्रहरीका अनुसार आगलागीबाट पूर्णरूपमा सामानको क्षति भएको छ। , ‘आगलागीबाट करिब ३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ’, उनले भने। , आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाका दुई वटा, ललितपुरका दुई वटा र भक्तपुरको एक वटा दमकल परिचालन गरिएको उनले बताए।, यसैगरी, एक सय ५० प्रहरी परिचालन गरिएको थियो भने नेपाली सेना, सशस्त्र प्रहरी बल पनि खटिएको उनले बताए।, सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, इन्द्रेणी कम्प्लेक्सको आगलागी नियन्त्रणमा, इन्भर्टरमा करेन्ट सर्ट भएर लागेको थियो आगो (भिडिओ)
सेतोपाटी संवाददाता प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १५ विश्वा बस्ने १९ वर्षीय अर्जुनकुमार साह छन्।, उनी ना १ ज ६६०६ नं  भाडाको टाटा सुमोमा वीरगञ्जबाट काठमाडौंतर्फ गरेका थिए।, आइतबार अपरान्ह ४ बजेतिर काठमाडौं दक्षिणकाली- ५ स्थित फर्पिङ बसपार्कमा सवारी साधन चेक गर्ने क्रममा शंकास्पद लागेपछि उनलाई चेक गरिएको थियो।, उनले बोकेको झोला चेक गर्दा पत्रिका र पानी टेपले बेरेको प्रतिबन्धित लागुऔषध बरामद भएको थियो। उनको साथबाट डाइजापाम ४७५ ग्राम, फेनारगन ४९९ ग्राम, नुफिन ४९३ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।, उनलाई नियन्त्रणमा लिई ईप्रका फर्पिङबाट लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। , लागुऔषधसहित एक जना पक्राउ
सेतोपाटी संवाददाता २१ महिने बालिकाको हत्या आरोपमा मोरङ प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ। , मोरङको रंगेली नगरपालिका-२ की २१ महिने बालिकालाई हत्या गरेको र खाडल खनेर पुरेको आरोपमा सोही ठाउँका सैनी उरावँ र उनकी पत्नी संगीता पक्राउ परेका हुन्। , स्थानीय चन्द्र उराँवकी २१ महिने छोरी युनिशाको हत्या गरेको आरोपमा रंगेली २ का ४६ वर्षीय  सैनी  र २५ वर्षीया  संगीता उरावँ पक्राउ परेका हुन्।, उनीहरू मृतकका नातामा फुपू-फुपाजु पर्दछन्।, इलाका प्रहरी कार्यालय रंगेलीले बालिकाको हत्या आरोपमा दुवै जनालाई पक्राउ गरी सोमबार मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। , २१ महिने बालिका युनिशा २६ मंसिरमा घरबाट हराएकी थिइन्।, हराएको तीन दिनपछि घरदेखि करिब १ सय मिटर टाढा २ फिट गहिरो खाडलभित्र उनको शव भेटिएको थियो।, खाल्डोमा कपडा पनि भेटिएको थियो। कपडा भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको थियो।, प्रारम्भिक अनुसन्धानबाट  घटनामा संलग्न आफन्त नै रहेको खुलेपछि उरावँ दम्पतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। , उनीहरूले बालिकालाई हत्या गर्नुको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ।, ‘घटनामा संलग्न देखिएकोले  पक्राउ गरेर अनुसन्धान सुरू गरिएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘थप अनुसन्धानपछि कारण खुल्नेछ।’, बालिकाको कुन दिन हत्या भयो भन्ने पनि थप अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।, २१ महिने बालिकाको हत्या आरोपमा फुपू-फुपाजु पक्राउ
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा न्यून चापीय  प्रणालीको आंशिक प्रभाव सुरू भएको छ। , सोमबार रातिबाट न्यून चापीय प्रणालीमा असर पर्न थालेपछि उच्च पहाडी भूभागमा हल्का हिमपात हुने सम्भावना छ। , हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।, न्यून चापीय प्रणालीले न्यूनतम तापक्रम थोरै बढ्नसक्छ भने अधिकतम तापक्रम घट्ने हुन्छ। अर्थात बिहान चिसो केही कम र दिउँसो घाम लागे पनि न्यानो कम न्यानो हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।, ‘न्यून चापीय प्रणालीको आंशिक प्रभावले रातिदेखि अलिअलि बादल छ, खासै त्यस्तो ठूलो प्रभाव होइन, उच्च पहाडी भूभागमा हल्का हिमपात मात्र हुनसक्छ भने तराईका भागमा हुस्सु लाग्नसक्छ। नभए आंशिक बदलीको अवस्था हो’, मौसमविद् कँडेलले भनिन्, ‘काठमाडौंको आकाशमा पनि हल्का बादल लागेको छ। आजबाट यो प्रणाली हटेर जान्छ।’, कँडेलका अनुसार घाम लागे पनि हिजोअस्तिको जस्तो तातो फिल हुँदैन।, तराईका भू-भागमा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। , मौसमविद् कँडेलका अनुसार मंगलबार बिहानन गरिएको मापन अनसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस देखिएको छ।, आगामी तीन दिनको मौसम पूर्वानुमान, मंगलबार, दिउँसो : पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।, राती : प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ ,बागमती प्रदेश तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।, बुधबार, दिउँसो : पहाडी भेगमा आँशिक बदली रही प्रदेश १ को  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।, राती : पहाडी भेगमा आंशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।, बिहीबार, दिउँसो : देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।, राती: देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।,  , 'आज चिसो बढ्ने, दिउँसो घाम लाग्छ, तातो हुँदैन'
रोहित महतो प्रदेश २ सरकारले जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यसहित गएको वर्ष ५ वटा बस खरिद गरेको थियो। , ती बस अझै पनि सञ्चालन हुन सकेका छैनन्। पाँच वटै बस १३ महिनादेखि मधेस भवनभित्र खुला आकाशमुनि थन्क्याइएको छ। , मेकानिक सञ्जीव साहका अनुसार वर्षदिन भन्दा बढी समयदेखि बस थन्क्याएर राख्दा बसको टायर खराब हुने र खिया लागेर इन्जिनको पिस्टन जाम हुने जोखिम बढेको छ। बसको विभिन्न पार्टपुर्जामा खिया लाग्नुको साथै रंग पनि खुइलिन थालेका छन्। , यता खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले अनुसन्धान समेत सुरू गरेको छ। , मन्त्रालयका प्रवक्ता कृष्णकुमार मिश्रका अनुसार अख्तियारले करिब ५ महिना पहिले पनि बस संचालन किन नभएको पत्र पठाएको थियो। , ‘बस किन चलेन? खरिदको उद्धेश्य किन पूरा भएन सहितका प्रश्न गरी अख्तियारबाट पत्र आएको थियो। त्यसको जवाफ हामीले पठाएका थियौं,’ प्रवक्ता मिश्रले भने।, तर जवाफ चित्तबुझ्दो नभएको र खरिदमा भ्रष्टाचर भएको उजुरीपछि केहीदिन अघि फेरि बस खरिदसम्बन्धी कागजात पठाइदिन पत्र काटेको अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी मणिराम ज्ञवालीले बताए। , ‘धेरै वटा उजुरी परेपछि हामीले अनुसन्धान थालेका छौं। उहाँहरूले अहिलेसम्म खरिदसँग सम्बन्धित कागजात पठाइसक्नुभएको छैन,’ ज्ञवालीले भने। , तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको पालामा ९ मंसिर २०७७ मा ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा ५ वटा बस खरिद गरिएको थियो।, जनकपुरधामदेखि वीरगंज, वीरगंजदेखि जनकपुरधाम र जनकपुरधामदेखि राजविराजसम्म प्रदेश परिवहन सेवा सञ्चालन गर्ने मन्त्रालय र निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री सोनलको योजना थियो। , प्रदेश परिवहन योजनाले सुलभ दरमा जनताले सेवा पाउने र त्यसले सरकारको लोकप्रियता बढ्ने उनको भनाइ थियो।  , उनको योजना कागजमै सीमित रह्यो। पार्टीभित्रको आन्तरिक कलहले सोनलको मन्त्री पद पनि गयो।, त्यसपछि कांग्रेस सरकारमा गएपछि संसदीय दलका नेता रामसरोज यादव सो मन्त्रालयको जिम्मेवारी सम्हाले। उनले सुरूमै प्रदेश परिवहन सेवाको आवश्यकता नरहेको भन्दै बस सेवा नै संचालन नगर्ने बताएका थिए। , ‘बस विना प्रयोजन खरिद गरिएको छ। हामीले छलफल गरेर खरिद गरिएका बस प्रदेश सरकारकै विभिन्न निकाय, प्रदेश परिसरभित्र वा परोपकारी संस्थालाई वितरण गर्न छलफल गर्छौं,’ संचारकर्मीहरूसित कुराकानीमा उनले भनेका थिए।, तर चौतर्फी दबाबपछि अहिले मन्त्री यादव बस चलाउन तयार भएका छन्। , सञ्चालनसम्बन्धी निर्देशिका नबनिसकेकाले हालसम्म बस चल्न नसकेको मन्त्रालयका प्रवक्ता मिश्रले बताए।, उनका अनुसार तत्कालीन मन्त्री सोनलको पालामा मन्त्रालयले निर्देशिका बनाएर मन्त्रिपरिषदमा पेश गरेको थियो। तर त्यसमा केही त्रुटी भएकाले सच्चाएर ल्याउनु भन्दै फर्काइयो।, सुधार गरी मन्त्रालयले सो निर्देशिका फेरि गएको साउन दोस्रो साता मन्त्रिपरिषदमा पेश गर्‍यो।, मन्त्रिरपरिषदको प्रशासन तथा विधेयक समितिमा सो निर्देशिका छलफलका लागि विचाराधीन अवस्थामा छ।, मन्त्रिपरिषद् स्रोतका अनुसार सो निर्देशिका सम्बन्धमा अहिलेसम्म कुनै छलफल भएको छैन। , सोनल मन्त्री हुँदा मन्त्रालयले नै बस महाशाखा खोलेर कर्मचारी नियुक्त गरी बस सञ्चालन गर्ने निर्देशिकामा व्यवस्था थियो। हाल त्यसमा संशोधन गरी लिजमा दिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता मिश्रले बताए।, ‘सोनलजी मन्त्री हुँदा महाशाखा खोलेर आफ्नै ड्राइभर, लेखा लगायतका कर्मचारी राखेर बस संचालन गर्ने उल्लेख गरेर निर्देशिका मन्त्रिपरिषदमा लगिएको थियो,’ मिश्रले भने, ‘यसपटक भने मन्त्रालयले आफैं संचालन नगरी सीमित अवधिका लागि कुनै कम्पनी वा फर्मलाई बस लिजमा दिने र उसैले चलाउने व्यवस्था छ।’, प्रदेश २ सरकारले किनेका बस एक वर्षदेखि खुला आकाशमुनि, अख्तियारले थाल्यो अनुसन्धान
सेतोपाटी संवाददाता जेठ २१ गते बलात्कृत भएकी राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकासन गर्ने पत्रकारलाई पाँच महिना कैद सजाय तोकिएको छ।, सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल ईजलासले ती पत्रकारलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरीवाना तोकेको हो।, ‘राप्ती पहिचान डट कम’ अनलाईनका सञ्चालक दाङको तुलसीपुर उपमहानरपालिका–३ का एग्गेबहादुर बुढा मगरलाई उक्त सजाय तोकिएको हो।, उनले आफ्नो अनलाईनमा युवतीको पहिचान खुल्नेगरी तस्विर र नामसहित समाचार प्रकाशन गरेका थिए। यस्तै पीडकको तर्फबाट बहस गरेका वकिलहरुको विरूद्ध फेसबुकमा स्टाटस लेखेका थिए।, बुढामगरले फेसबुकमा लेखेका थिए, ‘अदालतभित्र राउटे युवतीलाई बलात्कार गर्ने राक्षसबाट मोटो रकम लिएर ती राक्षसको पक्षमा बहस पैरवी गर्न पुगेका तीन जना कालो कोट लगाउने प्रमाणपत्रधारीबाट तीन घण्टा टर्चर भयो। निजहरुको जिरहलाई निरह पार्नेगरी सवालको जवाफ दिएको छु।’, पीडकका तर्फबाट वकालत गर्ने वकिलहरु मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीले  बलात्कार पीडित राउटे युवतीको पहिचान खुल्नेगरी अनलाईनमा समाचार प्रकाशन गरेको र आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए।, संवेदनशील विषयमा समाचार सामग्रीहरु प्रकाशन/प्रसारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कैद र सजाय तोकिएको जिल्ला न्यायाधीश आचार्यको फैसलामा उल्लेख गरिएको छ।, ‘सामाजिक क्षेत्रमा समाचार सम्प्रेषण गर्नेले परिणामको गाम्भीर्यतालाई समेत मध्यनजर गर्नुपर्ने हुन्छ, सो विषयमा गम्भीर नभई पीडितको पहिचान खुलाएको अवस्था हुँदा यो कानुनी कारबाहीको विषय हुन आयो,’ फैसलामा भनिएको छ।, सजाय तोकिएका पत्रकार बुढामगरले २४ घण्टाभित्र क्षमायाचना गरेमा भने कैद बस्नुपर्दैन। जुन सामाजिक सञ्जाल प्रयोग गरी कानुन आकर्षित हुने क्रियाकलाप गरिएको हो तिनै सञ्जालमार्फत माफी माग्नुपर्ने हुन्छ।, उनले आफू सञ्चालक रहेको अनलाईनमार्फत क्षमायाचना पनि गरेका छन्।, राउटे समुदाय गुर्भाकोट नगरपालिका–९ स्थित आँपसोतीमा बसेका बेला युवतिमाथि बलात्कार भएको हो। जेठ २१ गते राउटे समुदायका दुई युवती सामान किन्न आएको बेला होटलमा जबजस्ती मदिरा सेवन गराएर युवाहरुले यौनजन्य क्रियाकलाप गरेका थिए।, उक्त कार्य गरेको भिडियो समेत बाहिर आएको थियो। युवतिमाथि जबर्जस्ती गर्ने गुर्भाकोटका चमन घर्ती, भुपेन्द्र बुढा र विनोद पुनलाई यसअघिको फैसलाबाट कारागार चलान गरिएको छ।, बलात्कार पीडित राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैद
प्रेम रौले/रासस बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालित त्रिवेणी साना जलविद्युत् केन्द्रले विद्युत् उत्पादन गर्न नसक्दा दैनिक विद्युत् अनियमित हुँदै आएको छ। वर्षायाममा बाढीले विद्युत नहर भत्काउने र हिउँदमा नहरमा पानी अभावको समस्या दर्शाउँदै साना जलविद्युत् केन्द्रले बत्ती नियमित रूपमा नदिएको सेवाग्राहीले चौतर्फी जनगुनासो गर्दै आएका छन्। , जीर्ण मेसिनले विद्युत् उत्पादन कम हुने गरेको र क्षमताभन्दा बढी ग्राहक बनाउँदै लाइन विस्तार गर्ने गरेकाले जिल्ला सदरमुकामका स्थानीयवासीले नियमितरूपमा बत्ती बाल्न पाएका छैनन्। उनीहरूले विद्युत अनियमितताका कारण हैरानी खेप्दै आएका छन्। विद्युत् नियमित नआए पनि महसुल भने मासिक रूपमा उठाउने गरेको बडीमालिका नगरपालिका–३ रजालीका स्थानीय भीमबहादुर रावलले बताए।, ‘विद्युत् वर्षायाममा खोलाले नहर बगायो, हिउँदमा पानी अपुग भएको कारण देखाउँदै लोडसेडिङ गरेर नियमितरूपमा उज्यालो बाल्नबाट बञ्चित भएका छौं, साना जलविद्युत् केन्द्रले नियमित सेवाग्राहीलाई बत्ती नदिए पनि महसुल भने उठाउन छाडेको छैन।’, विद्युत् नआएका बेला पनि साना जलविद्युत् केन्द्रले  मासिक रूपमा मिटर रिडिङ गर्दै महसुल चुक्ता गर्ने गरेको बडीमालिका नगरपालिका–८ का स्थानीयवासी जङ्गबहादुर थापाले बताए। विद्युत् केन्द्रले मेसिन पनि खरिद नगर्ने र पुरानै मेसिन मर्मत गर्दै कामचलाउरूपमा  विद्युत् सञ्चालन गरेको थापाको आरोप छ। , त्रिवेणी सहकारीले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेर सञ्चालन गरिएको विद्युत्को पुरानै अवस्थामा भएका कारण विद्युत् नियमित हुन नसक्दा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय र विभिन्न सञ्चारमाध्यम मारमा परेका छन्। त्रिवेणी साना जलविद्युत् केन्द्रले उपभोक्ताको मागअनुसार विद्युत् आपूर्ति गर्न सकेको छैन। जीर्ण अवस्थामा रहेको मेसिनले क्षमताभन्दा बढी विद्युत् उत्पादन गर्न नसक्ने भए पनि विद्युत् सञ्चालक समितिले भने उपभोक्ता बढाउँदै गएको छ।, साना जलविद्यत् केन्द्रको सेवा क्षेत्र रहेको बडिमालिका नगरपालिका क्षेत्रभित्र मात्र एक हजार किलोवाट बढी विद्युत् माग भइरहेकाले आपूर्ति गर्न नसकेको केन्द्रका अध्यक्ष अशोक रावलले स्वीकारे। त्रिवेणीले दुई सय किलोवाट क्षमताभन्दा विद्युत् बढाउन नसकिने अवस्था रहेकाले लोडसेडिङ गर्नुपरेको अध्यक्ष रावलले बताए। मार्तडीको विद्युत् एक दशकयता त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरिरहेको छ।, साना जल विद्युत् केन्द्र तथा सहकारीका अध्यक्ष रावलले बजारमा जति माग छ, त्यसअनुसार आपूर्ति गर्न नसकिने भएकाले विद्युत् प्राविधिकरणसँग थप विद्युत् खरिद गर्न प्रक्रिया सुरु गरिएको बताए। उनले सडक तथा बाटोमा गाडिएका पोलमा भएको क्षतिपछि प्राधिकरणलाई लाइन विस्तारमा ढिलाइ भए पनि मार्तडी सबै कार्यालयमा विद्युत् जडानलगत्तै सम्झौता गर्ने अध्यक्ष रावलले राससलाई जानकारी दिए।, वर्षौं पुरानो विद्युत् मेसिन खरिद गर्न नसकिएको र विद्युतको नहर मर्मतका लागि समेत ठूलो लगानी आवश्यक भएकाले सहकारीले सबै खर्च व्यहोर्न गाह्रो भएको रावलको भनाइ छ। जिल्ला सदरमुकाम मार्तडीमा बिहान ५ देखि ९ः३० र बेलुका पनि ५ देखि ९ः३० बजेसम्म लोडसेडिङ गर्नुपर्ने बाध्यता भएकाले अब प्रत्येक ग्राहकलाई दैनिक लोडसेडिङ तालिका एसएमएसमार्फत जानकारी गराउने निमित्त व्यवस्थापक गगन अयडीले बताए।, देश लोडसेडिङ मुक्त भइरहेको बेला बाजुरामा अँध्यारोमा बस्नुपर्ने र लोडसेडिङ तालिकाबारे जानकारी गराउनुपर्ने अवस्था छ। सेवाग्राहीले उज्यालो पाउनुपर्ने माग राख्दै त्रिवेणीमाथि आक्रोश पोख्दै आएका छन्। त्रिवेणीले प्राधिकरणले निर्धारण गरेभन्दा बढी विद्युत् महसुल असुली गर्दै आएको छ। विद्युत् सम्झौता गर्दा प्राधिकरणकै मूल्यमा उपभोक्तालाई बिजुली दिने सहमति गरे पनि आफ्नो नियम बनाएर थप रकम असुली गर्ने गरेकामा समेत स्थानीयवासी आक्रोशित छन्।, यस वर्षको पुसबाट प्राधिकरणकै विद्युत् महसुल दरमा विद्युत् दिने त्रिवेणी साना जल विद्युत् केन्द्रका सचिव शेरबहादुर रावलले राससलाई जानकारी दिए। उनले साना जलविद्युत् केन्द्रले विद्युत् अनियमित गर्ने र रकम असुली गर्ने नियत नराखेकाले भ्रममा नपर्ने सेवाग्राहीलाई आग्रह गरे।, त्रिवेणीले निर्धारित २० युनिटको महसुल  ८० राखेको छ भने प्राधिकरणले ३० राखेको छ। उपभोक्ताले ५० आधारभूत महसुल दरमै बढी तिर्नुपर्ने बाध्यता छ। हाल त्रिवेणीसँग दुई हजार १७४ विद्युत् उपभोक्ता छन्। विद्युत् महसुल नै साना जलविद्युत् केन्द्रले ठगी गरेको आरोप उपभोक्ताले लगाउने गरेका छन्।, त्रिवेणीको सेवामा हैरानी व्यहोर्न बाध्य उपभोक्तालाई सहकारीका पदाधिकारीले भने सुधारका लागि प्रयास जारी रहेको भन्दै आश्वस्त पार्ने काम गरिरहेको छ। विद्युत् सेवा अनियमित हुँदा दैनिक कामकाज प्रभावित बन्ने गरेको छ। विद्युत् नियमितता नहुँदा जिल्लाका इलेक्टोनिक तथा अनलाइनका सञ्चारमाध्यम सबैभन्दा बढी प्रभावित भएका छन्। विद्युत् अनियमितता हुँदा सेवाग्राहीले हैरानी खेप्दै आएका छन्। , महसुल तिर्छन्, नियमित बिजुली बाल्न पाउँदैनन्
सेतोपाटी संवाददाता बागबजारस्थित काठमाडौं मोडल कलेजका एक विद्यार्थीको मृत्यु भएको छ।  सोमबार दिउँसो नुहाउन गएका रौतहटका १८ वर्षीय सुशील सहनी बाथरूममै बेहोस भएका थिए। उनी कलेजको होस्टेलमा बस्थे।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार दिउँसो ३/४ बजेतिर अस्पताल लगिएको थियो।, अस्पतालले सहनीलाई मृत घोषणा गरेको थियो।, प्रहरी उपरीक्षक मैनालीले ग्यास गिजरमा पानी तताएर नुहाउन खोज्दा भेन्टिलेसनको कमीले सहनी बेहोस भएको हुन सक्ने बताए।, ‘अहिलेसम्म ग्यास गिजरको कारण मृत्यु भएको भन्ने छ। प्रहरीले अनुसन्धान गरिरहेको छ,’ मैनालीले भने।, कक्षा ११ मा पढ्ने सहनीको मृत्यु भएपछि मंगलबार विद्यार्थीहरूले क्याम्पसको लापरवाहीले  साथीको मृत्यु भएको भन्दै प्रदर्शन गरेका छन्।, जाडो मौसममा नुहाउन बाथरूमभित्र मात्रै होइन, कोठा तताउन बालिएको हिटरको कारणले पनि निसास्सिएर मृत्यु हुने गरेको छ।, फिजिसियन डाक्टर निमेश पौडेल यस्तो मृत्युमा ग्यास गिजर मात्रको दोष हैन। बाथरूममा राखिने भेन्टिलेसन पनि हो।, ‘हामी प्राय: नुहाउन बाथरुम छिर्दा झ्याल ढोका लगाउँछौं, अनि ग्यास गिजन चलाउछौं,’ पौडेलले भने, ‘त्यसपछि ग्यास गिजरबाट निस्कने कार्वन मोनोअक्साइडको मात्रा शरीरमा बढ्दै जान्छ, अक्सिजन कमी हुन्छ र मानिस बेहोस हुन्छन्।’, बेहोस बिरामीलाई तत्कालै खुल्ला ठाउँमा वा पर्याप्त अक्सिजन भएको ठाउँमा लैजान सके बचाउन सकिन्छ।, ‘तर, हाम्रोमा बाथरुम छिरेर लामो समय बस्ने र बाहिर कसैले वास्ता नगर्दा यस्तो जोखिम बढेको छ,’ उनले भने।, नुहाउँदा थाहा नै नपाई बेहोस नहुने उनले बताए। सुरूमा टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ। त्यसलाई ख्याल नगर्दा पछि दिमागले काम गर्न छोड्छ। ‘कहाँ छु भन्ने थाहा हुन छोड्छ। र, मानिस बेहोस हुन्छ,’ उनी भन्छन्।, यस्तै, टेकु अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर पुन पनि पौडेलको जस्तै तर्क गर्छन्।, ‘यसको मुख्य कारण भनेको अक्सिजन पर्याप्त नहुनु हो। ग्यास गिजरबाट निस्कने हानीकारक रसायनले मानिसको मत्यु हुन्छ,’ उनले भने।, उनी ग्यास गिजर किन्दा, जोड्दा यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी नदिँदा जोखिम अझै बढेको बताउँछन्।, ‘गिजर जोड्ने मान्छे आउँछ जोडेर जान्छ, त्यसलाई कसरी प्रयोग गर्ने भन्ने सिकाएको भेटिँदैन,’ पुनले भने, ‘प्राय: परिवारमा पनि यस विषयमा चर्चा गरेको पाइँदैन। त्यसैले यस्तो दुर्घटना बढेको छ।’, पौडेल गिजर अन गरेर लामो समयसम्म बाथरुममा नबस्न सुझाव दिन्छन्। भन्छन्, ‘कसैको एक घण्टा वा लामो समय बाथरुममा बस्ने बानी हुन्छ, गिजर खोलेर नुहाउँदा बेला-बेलामा बन्द गर्नुपर्छ र सकेसम्म छिटो नुहाइसक्नुपर्छ,’ उनले भने।, पुन भने परम्परागत तरिकाले पानी तताएर बाथरुममा लगेर नुहाउन सल्लाह दिन्छन्।, बाथरूममा बेहोस भएका काठमाडौं मोडल कलेजका विद्यार्थीको मृत्यु
सेतोपाटी संवाददाता बागबजारस्थित काठमाडौं मोडल कलेजका एक विद्यार्थीको मृत्यु भएको छ।  सोमबार दिउँसो नुहाउन गएका रौतहटका १८ वर्षीय सुशील सहनी बाथरूममै बेहोस भएका थिए। उनी कलेजको होस्टेलमा बस्थे।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी दिनेशराज मैनालीका अनुसार दिउँसो ३/४ बजेतिर अस्पताल लगिएको थियो।, अस्पतालले सहनीलाई मृत घोषणा गरेको थियो।, प्रहरी उपरीक्षक मैनालीले ग्यास गिजरमा पानी तताएर नुहाउन खोज्दा भेन्टिलेसनको कमीले सहनी बेहोस भएको हुन सक्ने बताए।, ‘अहिलेसम्म ग्यास गिजरको कारण मृत्यु भएको भन्ने छ। प्रहरीले अनुसन्धान गरिरहेको छ,’ मैनालीले भने।, कक्षा ११ मा पढ्ने सहनीको मृत्यु भएपछि मंगलबार विद्यार्थीहरूले क्याम्पसको लापरवाहीले  साथीको मृत्यु भएको भन्दै प्रदर्शन गरेका छन्।, जाडोयाममा पोहोर-परार पनि ग्यास गिजरका कारण ज्यान गुमाएका घटना भएका थिए। पानी तताउन गिजर चलाउँदा भेल्टिलेसन नहुँदा बाथरूममै बेहोस हुँदा ज्यान जाने गरेको छ। , फिजिसियन डाक्टर निमेश पौडेल यस्तो मृत्युमा ग्यास गिजर मात्रको दोष हैन। बाथरूममा राखिने भेन्टिलेसन पनि हो।, ‘हामी प्राय: नुहाउन बाथरुम छिर्दा झ्याल ढोका लगाउँछौं, अनि ग्यास गिजर चलाउछौं,’ पौडेलले भने, ‘त्यसपछि ग्यास गिजरबाट निस्कने कार्बन मोनोअक्साइडको मात्रा शरीरमा बढ्दै जान्छ, अक्सिजन कमी हुन्छ र मानिस बेहोस हुन्छन्।’, बेहोस बिरामीलाई तत्कालै खुल्ला ठाउँमा वा पर्याप्त अक्सिजन भएको ठाउँमा लैजान सके बचाउन सकिन्छ। ‘तर, हाम्रोमा बाथरुम छिरेर लामो समय बस्ने र बाहिर कसैले वास्ता नगर्दा यस्तो जोखिम बढेको छ,’ उनले भने।, नुहाउँदा थाहा नै नपाई बेहोस नहुने उनले बताए। सुरूमा टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ। त्यसलाई ख्याल नगर्दा पछि दिमागले काम गर्न छोड्छ। ‘कहाँ छु भन्ने थाहा हुन छोड्छ। र, मानिस बेहोस हुन्छ,’ उनी भन्छन्।, यस्तै, टेकु अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर पुन पनि पौडेलको जस्तै तर्क गर्छन्।, ‘यसको मुख्य कारण भनेको अक्सिजन पर्याप्त नहुनु हो। ग्यास गिजरबाट निस्कने हानीकारक रसायनले मानिसको मत्यु हुन्छ,’ उनले भने।, उनी ग्यास गिजर किन्दा, जोड्दा यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी नदिँदा जोखिम अझै बढेको बताउँछन्।, ‘गिजर जोड्ने मान्छे आउँछ जोडेर जान्छ, त्यसलाई कसरी प्रयोग गर्ने भन्ने सिकाएको भेटिँदैन,’ पुनले भने, ‘प्राय: परिवारमा पनि यस विषयमा चर्चा गरेको पाइँदैन। त्यसैले यस्तो दुर्घटना बढेको छ।’, पौडेल गिजर अन गरेर लामो समयसम्म बाथरुममा नबस्न सुझाव दिन्छन्। भन्छन्, ‘कसैको एक घण्टा वा लामो समय बाथरुममा बस्ने बानी हुन्छ, गिजर खोलेर नुहाउँदा बेला-बेलामा बन्द गर्नुपर्छ र सकेसम्म छिटो नुहाइसक्नुपर्छ,’ उनले भने।, पुन भने परम्परागत तरिकाले पानी तताएर बाथरुममा लगेर नुहाउन सल्लाह दिन्छन्।, बाथरूमको ग्यास गिजरले जान सक्छ ज्यान, कसरी ख्याल गर्ने?
सेतोपाटी संवाददाता सुर्खेत विमानस्थल मर्मतपछि आजदेखि सञ्चालनमा आएको छ।, करिब एक महिनादेखि विमानस्थल बन्द थियो।, धावनमार्ग मर्मतको काम सकिएपछि आजदेखि विमानस्थल सञ्चालनमा आएको हो। धावनमार्ग मर्मत गर्न मंसिर १० गतेदेखि विमानस्थल बन्द गरिएको थियो।, यसबीचमा हेलिकप्टर मात्र अवतरण र उडान हुने व्यवस्था मिलाइएकोमा अब जहाज अवतरण र उडानसमेत हुने भएको छ।, सोमबारदेखि बायु सेवा कम्पनीहरूले जहाजको टिकट बिक्री खुला गरेका थिए।, सुर्खेत-काठमाडौं सिधा हवाई उडान गर्ने बुद्ध एअरले पनि आजदेखि नै नियमित सुर्खेतको उडान गरेको छ।, यसबीचमा बुद्धले सुर्खेतको विकल्पमा नेपालगन्जमा एउटा उडान थपेको थियो।, मर्मतपछि आजदेखि सञ्चालनमा आयो सुर्खेत विमानस्थल
सेतोपाटी संवाददाता चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकलाई कुटेका छन्।, चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए।, परीक्षा सकिएपछि विद्यार्थी जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाएका थिए। विवाद भएपछि शिक्षक तथा विद्यार्थीबीच सहायक क्याम्पस प्रमुखको कोठामा छलफल पनि गरिएको थियो। , त्यही बेला विवाद हुँदा विद्यार्थी जेठाराले शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट गरेका छन्। पुडासैनी नै आफैं परीक्षामा गार्ड बसेका थिए। , विद्यार्थीले पानी पिउन प्रयोग हुने स्टिलको जगले शिक्षक पुडासैनीको टाउकोमा प्रहार गरेको प्रत्यक्षदर्शी एक शिक्षकले बताए।, घाइते पुडासैनीलाई उपचारका लागि नजिकैको मोडल अस्पताल लगिएको छ। उनको टाउकोमा सात वटा टाँका लगाइएको छ।, विवादपछि परीक्षा स्थगित गरिएको छ। , 'चिट चोर्न नदिएको' भन्दै आरआरका विद्यार्थीले कुटे शिक्षक, लगाइयो सात टाँका
रासस बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर निवासी पदमीकला कामीले पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिकरूपमा कृषि पेशामा होमिएकी छन्।, अहिले उनको फार्ममा ४२ बाख्रा, छ हजार कुखुरा र हाँस छन्। बाख्रा, कुखुरा, हाँसपालन गरेरै जीविकोपार्जन गर्दै आएको उनले बताइन।, लोकल र कडकनाथ जातको कुखुरा खरिद गर्न व्यापारी घरमै पुग्ने गरेको उनले जानकारी दिइन्।, गाभर दलित महिला समूहमा आवद्ध उनले आफूसहित घरका चार जनालाई कामले भ्याइनभ्याई हुने गरेको बताइन्।, 'बाख्रा चराउन, घाँस काट्न, कुखुरालाई दानापानी खुवाउने कामले फुर्सद नै हुँदैन। हामीले घरमै स्थानीय चारो बनाएर कुखुरापालन गर्दै आएका छौं', पदमीकलाले भनिन।, खजुरा गाउँपालिका-६ सिमलघारी निवासी सुनिता विकले दुई वर्ष भयो नास्ता पसल सञ्चालन गरेको छ।, सिमलघारी चोकमै रहेको पसलबाट अहिले दैनिक रु दुई हजार देखि दुई हजार ५०० सम्मको बिक्री हुने गरेको उनको भनाइ छ।, सिर्जनशील दलित महिला समूहका सचिवसमेत रहेकी सुनिताका श्रीमान खाडी मुलुक कतार पुगेका छन्।, 'समूहमा लागेर नास्ता पसल सञ्चालन गर्ने सोच आएको हो, अहिले राम्रो भएको छ। घर खर्च र बाबुलाई स्कुल पढाउन नास्ता पसलबाटै पुगेको छ, श्रीमानले कमाएको पैसा चोखै बचाएर राखेकी छु', उनले भनिन्।, पदमीकला र सुनिताजस्तै बाँकेको खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकाका केही दलित महिला विभिन्न व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न थालेका छन्। , थोरै पैसाका लागि पनि विगतमा श्रीमानको भर पर्दै आएका दलित महिला अहिले कुखुरापालन, तरकारी खेती, सौन्दर्य कला, होटल व्यवसायलगायत विभिन्न व्यवसाय सञ्चालन गरी घरको आर्थिक व्यवहार सञ्चालन गरेका छन्।, दलित महिला संघ (फेडो) ले सञ्चालन गरेको दलित तथा सीमान्तकृत समुदाय र महिलाको स्रोत र सेवामा पहुँच अभिवृद्धि  कार्यक्रमअन्तर्गत गाउँ-गाउँमा गठन भएका समूहमा आवद्ध भएर दलित महिला सामाजिक तथा आर्थिकरूपमा सशक्तीकरणको बाटोमा लम्किएका छन्।, विगतमा रोजगारीका अवसर नभएको भन्दै भारत जाने या त खाली समय घरमा बसेर बिताउने विपन्न वर्गका दलित महिलासमेत पछिल्लो समय गाउँ-गाउँमा महिला समूह निर्माण गरी स्वरोजगारमूलक व्यवसायमा संलग्न भएको खजुरा गाउँपालिका–६ स्थित दलित कृषक समूहकी अध्यक्ष देवी विकले बताइन्।, 'दलित महिलालाई आम्दानीको स्रोतको सिर्जना गरी विभिन्न पेशा व्यवसायमा संलग्न गराउन समूहबाट ऋण लगानीसमेत गर्ने गरिएको छ', उनले भनिन्, 'समूहबाट ऋण लिएर व्यवसाय गरेपछि धेरै जनालाई जीविकोपार्जनमा सहज भएको छ।', समूह गठन भएपछि विभिन्न हिंसामा परेका विपन्न दलित महिला सस्तो , ब्याजदरमा ऋण लिई विभिन्न व्यवसायमा संलग्न हुनेक्रम बढेको छ।, व्यवसाय सञ्चालन गरेपछि जीविकोपार्जनमा सहज भएको बैजनाथ गाउँपालिका–८ राइटरपुर निवासी पम्फादेवी सुनारले बताइन्। , तरकारी खेती, कुखुरापालन र बङ्गुरपालन गर्दै आएकी उनले समूहबाट ऋण लिएर उत्पादन गरेको वस्तु बिक्रीबाट मसिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको दाबी गरिन्। , उनले उद्यमशीलतासम्बन्धी तालिम तथा सहुलियत ब्याजदरमा ऋण पाए गाउँका थुप्रै महिला व्यवसायमा जोडिने र घरेलु हिंसासमेत कम हुने बताइन्।, समूहमा आवद्ध भएर किराना तथा फलफूल पसल सञ्चालन गर्दै आएकी बैजनाथ गाउँपालिका वडा नं ३ निवासी जुना विकले आर्थिक आम्दानीमा सुधार भएसँगै छोराछोरीलाई राम्रो शिक्षा दिन सकेको बताइन्।, आर्थिक अवस्था कमजोर भएका यस्ता महिलाका लागि स्थानीय सरकारले पनि विभिन्न किसिमका तालिम तथा सहयोग गर्न सके आर्थिक अभावले घरमा हुने हिंसा न्यूनीकरण गर्नमा सहयोग पुग्ने उनको भनाइ छ।  , दलित महिलालाई सामाजिक तथा आर्थिक रूपमा सशक्तिकरण गराउँदै वडा तथा गाउँपालिकास्तरका संरचनामा सहभागी बनाउन दलित महिला सङ्घ (फेडो) ले लामो समयदेखि कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक दिलासा गौतमले जानकारी दिइन्। , दलित महिला संघले हाल बाँकेको बैजनाथ, खजुरा र डुडुवा गाउँपालिकामा सञ्चालन गरेको दलित तथा सीमान्तकृत समुदाय र महिलाको स्रोत र सेवामा पहुँच अभिवृद्धि कार्यक्रमअन्तर्गत प्रत्येक टोलमा २८ जना सदस्य रहेको समूह गठन गरी महिलाको आवश्यकता र रूचि तथा सीपअनुसार सहयोग गर्दै आएको गौतमले बताइन्। , दलित महिलालाई आर्थिक तथा सामाजिक रूपमा अगाडि बढाउन आफूहरूले लक्षित वर्गका कार्यक्रम विनियोजन गरेर लागिपरेको खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले बताइन्। , उनलै स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न चाहने र गरिरहेका दलित महिलालाई प्रोत्साहनस्वरूप गाउँपालिकाले सहयोग गर्दै आएको उल्लेख गरिन्। , स्वरोजगार बन्दै बाँकेका दलित महिला
सेतोपाटी संवाददाता ललितपुरको चापागाउँमा टिपरमाथि पुल भाँचिएर खस्दा चालकको मृत्यु भएको छ। , सोमबार राति पौने ९ बजे गोदावरी नगरपालिकास्थित वडा नम्बर ९ छम्पी र ११ कुसलेचौर जोडिने फलामे पुल खसेको थियो। , करिडोरको बाटो हुँदै नख्खुबाट टीकाभैरव जाँदै गरेको ना ८ ख ८०९१ नम्बरको टिपरमाथि पुल खसेको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए। करिडोरको बाटोमा टिपरमात्रै गुड्थ्यो। पुल भने सर्वसाधारण आवतजावत गर्न प्रयोग हुन्थ्यो। , गोदावरी नगरपालिका वडा नम्बर ६ भुसेल बस्ने ३० वर्षीय अजय मार्फाको मृत्यु भएको हो। , टिपरमाथि पुल खसेर उनी घाइते भएका थिए। उनको उद्धार गरी मेडिसिटी अस्पतालमा लगिएको थियो। त्यहीँ उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए।, पुललाई टिपरले ठक्कर दिएर खसेको वा आफैं खसेको हो भन्ने अनुसन्धान भइरहेको वृत्तले जनाएको छ। , ‘हिजो राति फलामको पुल खसेको हो। कसरी खसेको हो भन्ने अनुसन्धान हुन्छ,’ उनले भने,‘खाली टिपर लोड गर्न जाँदै थियो। अगाडि पट्टि पुल खसेर लागेको हो।’,  , ललितपुरको चापागाउँमा टिपरमाथि फलामे पुल खस्दा चालकको मृत्यु
युवराज श्रेष्ठ पोखरा-१५ स्थित न्यु लाइफ होस्टलकी वार्डेन जानुका नेपाली सोमबार बिहानै होस्टलमा बस्ने बालबालिकाको ओछ्यानमा पुगिन्।, उनले बालबालिका सुतेका कपडा उठाउन थालिन्। ओछ्यानमा बालक रेमन बुढाले पिसाब फेरेका रहेछन्। , डोल्पाबाट पढ्नका लागि पोखरा आएका रेमनलाई ओछ्यानमा पिसाब फेरेको निहुँमा वार्डेन जानुकाले कारबाही चलाइन्। कारबाही स्वरूप उनले रेमनको लिङ्गमा रबरले बाँधिदिइन्। बिहानभर रेमनले आफ्नो लिङ्गमा बाँधिएको रबर निकालेनन्, उल्टै रोएर बसे। , बिहान १० बजेपछि कक्षाको समय सुरू भयो। नर्सरीमा पढ्ने ५ वर्षीय बालक रेमनको कक्षाकोठामा होस्टलकी शिक्षिका सिर्जना कँडेल पढाउन पुगिन्।, कक्षामा एक जना बालकले शिक्षिका सिर्जनालाई लिङ्गमा पनि रबर बाँध्न मिल्ने बताए। सिर्जना आश्चर्यमा परिन्। उनले यसबारे सोधखोज गर्दा वार्डेन जानुकाले रेमनको लिङ्गमा रबर बाँधेको भेटिन्। , त्यतिबेला पनि रेमन रोइरहेका थिए। उनको पेट फुलिसकेको थियो। होस्टल बसेका बालबालिकाको स्याहारसुसार गर्न खटिएकी जानुकाले बालक रेमनलाई यसरी यातना दिएको घटना बाहिरिएपछि होस्टल प्रशासनले घटना लुकाउन खोज्यो। विद्यालयमै गुपचुप राख्न लिखित समझदारी गरे।, लिखतमा होस्टल संचालक राहुल नेपालीले अब आइन्दा यस्ता घटना दोहोरिन नदिन र यस्ता घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाए। होस्टल सञ्चालकले चाहे अनुसार घटना लुकेन, सार्वजनिक भयो। होस्टलका कर्मचारीका अनुसार वार्डेन जानुकाले यसअघि ओछ्यानमा पिसाब फेरेको निहुँमा बालिकाको यौनाङ्गमा मैनबत्ती पगालेर चुहाइदिने गरेकी थिइन्। , घटना सार्वजनिक भएपछि होस्टल वार्डेन जानुकासहित सञ्चालकलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले घटनाका आरोपीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताए।, ‘बालबालिकालाई यस्तो सजाय दिन मिल्दैन, यसबारे हामीले अनुसन्धान गर्दैछौं,’ उनले भने, ‘दोषी पाइए कानुनी कारबाही अघि बढाउँछौं।, ओछ्यानमा पिसाब फेरेको निहुँमा बालकमाथि अमानवीय व्यवहार, होस्टल वार्डेन र सञ्चालक नियन्त्रणमा
एजेन्सी अफ्रिकी मुलुक घानाको संसदमा एक विधेयकको विषयमा विवाद हुँदा सांसदहरूबीच हानाहान भएको छ।, सदनमा पेश भएको इलेक्ट्रोनिक कारोबार कर विधेयकको विषयमा सोमबार सत्तारूढ न्यू प्याट्रोइटिक पार्टी र प्रतिपक्षी दल नेशनल डेमोक्रेटिक कंग्रेसका सासंदहरूबीच झडप भएको हो। केही हप्तायता त्यही विधेयकले सदन विभाजित भएको समाचार संस्था रोयटर्सले जनाएको छ। , मोबाइलमार्फत् गरिने कारोबारहरूमा १.७५ प्रतिशत इ-लेबी राख्ने विधेयक सत्तारूढ दलले पेश गरेको छ। तर प्रतिपक्षी दलले त्यसको विरोध  गर्दै आएको छ। , उपसभामुख जोसेफ ओसेइ-ओवुसुले सदनमा करसम्बन्धी विधेयकमा छलफल हुने र मतदान हुने बताएका थिए। उनले विधेयकको पक्षमा मतदान गराउन खोजेको भन्दै सासंदहरू उपसभामुखको चेम्बर अगाडि जम्मा भएका थिए। , त्यत्तिकैमा केही सासंदहरूले धकेलाधकेल र मुक्का हानाहानसमेत गरेका थिए। , अर्थमन्त्री केन ओफोरी-अट्टाले लेबीले गर्दा सन् २०२२ सम्म करको दायरा फराकिलो हुने राजश्व बढ्ने तर्क गरेका छन्। ,  विपक्षी सासंदहरूले यो विधेयक पास भए कम आय भएका व्यक्तिहरूलाई असर गर्ने बताएका छन्।, अर्थमन्त्री अट्टाले यस बारेमा सरोकारवालाहरूसँग थप कुराकानी गर्ने बताएका छन्।, Ghana Parliament breaks out into fight over the passing of the controversial E levy Bill ,pic.twitter.com/XnEwa901EM, — #TV3GH (@tv3_ghana) ,December 21, 2021,  , घानाको संसदमा हानाहान
सेतोपाटी संवाददाता नेपालमा थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २९० जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १७ हजार ८९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, १२ हजार ४७३ जनाको पिसिआर परीक्षण र ४६१६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ५ हजार २४२ जना सक्रिय संक्रमित छन्।, २३२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट ३ को मृत्यु भएको छ।  , काठमाडौं उपत्यकामा १४६ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९०, ललितपुरमा ३८ र भक्तपुरमा १८ संक्रमित छन्।, १७ हजार ८९ मा कोरोना परीक्षण गर्दा २९० लाई संक्रमण
रासस शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको उपल्लो डोल्पामा रहेका चार वटा सुरक्षा पोष्ट कर्मचारीविहीन छ। जम्मा आठ वटा सुरक्षा पोष्ट रहेको निकुञ्जमा हाल चार पोष्ट कर्मचारीविहीन भएका हुन्। शे गुम्बा, नाम्दो, सालदाङ  र मुगुमा रहेको किम्री पोष्टमा कर्मचारी नहुँदा नियमित वन्यजन्तु संरक्षणमा समस्या भएको छ।, सदरमुकामनजिकै रहेका तोइजम, सुम्दुवा र मुख्य कार्यालय सुलिगाडमा मात्र कर्मचारी छन्।, एक सय एक कर्मचारीको दरबन्दी रहेको निकुञ्जमा अधिकृत तीन, रेन्जर छ, नायब सुब्बा एक, लेखापाल एक, खरिदार दुई, सिनियर गेम स्काउट १३, गेम स्काउट ३९, कार्यालय सहयोगी एक गरी ६६ जना कार्यरत  छन्।, लालबहादुर भण्डारी अहिले निकुञ्ज प्रमुख भएका छन् तर अन्य दुई अधिकृत खाली छ। शे गुम्बामा, नाम्दो, सालदाङ र मुगुमा रहेको किम्रीमा कर्मचारी नहुँदा काम गर्न मुस्किल भएको छ। हिमपातका कारण देखाउँदै उपल्लो डोल्पामा सुरक्षागस्ती नै बन्द गरिएको छ। हिमपातले बाटोमा पहिरो गएको भन्दै नाउर, हिउँचितुवालगायत वन्यजन्तुको निगरानीसमेत प्रभावकारी हुन सकेको छैन।,  , कर्मचारी बस्न नसक्ने र भारी हिमपात हुने ठाउँमा अघिल्लो वर्ष तत्कालीन कार्यालय प्रमुख सरोजमणि पौडेलले जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठकबाट ड्रोन क्यामेराका साथै अन्य प्रविधिमार्फत् निगरानी गर्ने निर्णय गराएका थिए तर त्योभन्दा पछाडि दुईपटक कार्यालय प्रमुख फेरिसके पनि निर्णय भएसँगै सम्भाव्यता अध्ययन गर्ने भनिएको काम अहिलेसम्म प्राथमिकतामा पर्न सकेको छैन। , सोमबारदेखि नै हिउँ चितुवाको आहारा हुने प्रजातिको गणना सुरू गरिएको डब्लुडब्लुएफ नेपालका ‘फिल्ड अफिसर’ चन्द्रजङ्ग हमालले जानकारी दिए।, उनका अनुसार झारल, कस्तुरी, मृग, फेमुसा, चिरु र तिब्बती गधासमेत गणना हुने भएको छ।, डब्लुडब्लुएफको प्राविधिक सहयोगमा अध्ययन, अनुसन्धान, हिउँ चितुवाको बासस्थानलगायत विषयमा समेत अध्ययन भइरहेको उनको भनाइ थियो। , निकुञ्ज डाँफे, मुनाल, चिरलगायत २०० प्रजातिका पंक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले निकुञ्जलाई जैविक विविधतायुक्त बनाएको छ।, आहार र बिहारका दृष्टिले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान रहेको अनुसन्धानबाट खुलेको अधिकृत हमालले बताए।, अघिल्लो गणनाअनुसार निकुञ्जमा नावरको सङ्ख्या दुई हजार ४२ बाट बढेर चार हजार १३६ पुगेको थियो। वर्षमा दुई पटक नाउरको गणना हुने गर्दछ। हिउँ चितुवाको मुख्य आहारा नाउर हो। निकुञ्ज क्षेत्रमा हिउँ चितुवाले नै सबैभन्दा बढी नाउर र चौरी–याक मार्ने गरेको छ। , जानकारका अनुसार हिउँ चितुवाको घनत्व बढी भएका कारण पशु चौपाया मारिने क्रम वृद्धि भएको छ।, निकुञ्जभित्र दुई वटा हिउँ चितुवामा ‘स्याटेलाइट जिपिएस कलर’ जडान गरेर तिनको निगरानी र अन्य सबै कुराको रेखदेख हुँदै आएको छ।, विसं २०७८ जेठ ५ गते तीन हजार ९२५ मिटर उचाइको साल्दाङ ब्लकको राप्का भन्ने स्थानमा ३७ किलोको सात वर्षे र ११ गते तीन हजार ७१९ मिटर उचाइको साल्दाङकै धोरा भन्ने स्थानमा ३८ किलोको छवर्षे हिउँ चितुवाको घाँटीमा स्याटेलाइट कलर जोडिएको थियो। ती दुवै भाले हुन्।, कलर जडान गरिएको स्थान चीनको सिमानाबाट करिब १२ किलोमिटरको दूरीमा पर्छ। यी हिउँ चितुवा चीनतर्फ विचरण गर्न जान्छन् कि जाँदैनन् भन्ने जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।, पहिलो हिउँ चितुवाको नाम “घाङ्ग्री धापी हिउल” र दोस्रोको “लाङ्गेन” राखिएको थियो। यसअघि गतवर्ष स्याटेलाइट कलर जोडिएका दुई वटा हिउँ चितुवा (सामलिङ र जेबोरोङ) को मृत्युपछि दोस्रो पटक फेरि स्याटेलाइट कलर जडान गरिएको थियो। विसं २०७५ को भदौ १५ मा निकुञ्जका चार वटा हिउँ चितुवामा स्याटेलाइट जडान गर्ने वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार थप दुई वटामा यो पटक स्याटेलाइट कलर राखिएको हो।, राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को प्राविधिक र डब्लुडब्लुएफको आर्थिक सहयोगमा स्याटेलाइट जडान गरिएको हो।, स्याटेलाइट कलर जडानपछि हिउँ चितुवाको आनिबानी, व्यवहार, विचरणको व्यवस्थापन, अन्तरदेशीय सहकार्यलगायत हिउँ चितुवाको र यसको आहार प्रजाति संरक्षणको पहिचान गरी रणनीति बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।, जडान गरिएको स्याटेलाइट कलरले प्रत्येक चार घण्टामा हिउँ चितुवाको अवस्थिति (जिपिएस लोकेसन) प्राप्त हुने गरेको छ। यो कलरले १८ महिनासम्म तथ्याङ्क दिन्छ। निकुञ्जमा हाल हिउँ चितुवा १२० देखि १३० वटा सम्मको सङ्ख्यामा रहेको एक अध्ययनले देखाएको छ।, डब्लुडब्लुएफ र निकुञ्जको सहकार्यमा रेडियो कलरिङ(जिपिएस) मार्फत् हिउँ चितुवाको सङ्ख्या पत्ता लागेको हो।, सन् २०१९ मा जेब्रम र स्याम्लिङ नामक हिउँ चितुवालाई रेडियो कलरिङ(जिपिएस)जडान गरिएको र केही समय पनि दुवैको मृत्यु भएको थियो।, अहिलेसम्मको विवरणअनुसार हिउँ चितुवाको अवस्था राम्रो रहेको बताइएको छ। तीन हजार ५५५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज डोल्पाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका साथै माथिल्लो डोल्पासम्म  फैलिएको छ।, मुगुको मुगमकार्मारोङ गाउँपालिकाले पनि निकुञ्जको ८२९ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ। काञ्जिरोवा दक्षिण (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), बेज चुचुरो (७,१३९ मिटर) जस्ता हिम शिखर र कतिपय हिम नदीले निकुञ्जलाई सुन्दरता बढाएको छ। निकुञ्जको लगभग मध्यभागमा नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो तालसमेत छ। , उपल्लो डोल्पामा छैनन् कर्मचारी, ड्रोनबाट निगरानी गरिँदै
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १४६ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९०, ललितपुरमा ३८ र भक्तपुरमा १८ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १८२३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ८२३, ललितपुरमा ५०१ र भक्तपुरमा ४९९ सक्रिय संक्रमित छन्।, नेपालमा थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा १७ हजार ८९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, १२ हजार ४७३ जनाको पिसिआर परीक्षण र ४६१६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ५ हजार २४२ जना सक्रिय संक्रमित छन्।, २३२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट ३ को मृत्यु भएको छ।  , काठमाडौं उपत्यकामा थपिए १४६ संक्रमित, सक्रिय १८२३
सेतोपाटी संवाददाता जग्गा खरिद गरिदिन्छु भन्दै बैना पैसा लिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंले संखुवासभा धर्मदेवी नगरपालिका वडा नम्बर २ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध बस्ने ५३ बस्ने दुर्गाबहादुर भण्डारीलाई पक्राउ गरेको हो। , उनलाई प्रहरीले मंगलबार दिउँसो ४ बजे कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ थलीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनीमाथि आठ जना व्यक्तिबाट एक करोड ६६ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप रहेको मैनालीले बताए। प्रहरीका अनुसार भण्डारीले जग्गा खरिद गरिदिन्छु भन्दै पैसा लिने गर्थे। , त्यसपछि जग्गा बैना गरी जग्गा नामसारी भने गर्दैन थिए। त्यसो नगरी उनले सो बापत चेकबाट पैसा फिर्ता गर्ने भन्दै रकम नभएको खाताको चेक काटेर दिई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ। , त्यसरी ठगी गर्दै आएको भन्दै महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा प्रहरीले उनलाई थलीबाट पक्राउ गरेको हो।, प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ। अहिलेसम्म उनले आठ जनालाई ठगी गरेको खुलेको छ। ,  , जग्गा खरिद गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट एक पक्राउ
सविता बुढा कैलालीको पूर्वी क्षेत्र कुनै बेला पर्यटकीय ठाउँका कारण राष्ट्रिय चर्चामा आउँथ्यो। कर्णाली नदीमाथि एउटा पिलरमा अडिएको चिसापानी पुल, टीकापुरको वीरेन्द्र पार्कलगायत ठाउँले पर्यटक तान्थे।, अहिले पनि दिनदिनैजसो पूर्वी कैलाली समाचारको विषय बनिरहेको छ। अचेल निस्फिक्री घुम्ने पर्यटकका कारण होइन, दिनदिनै हुने हत्या र अपराधले  यो क्षेत्रलाई चिनाइरहेका छन्।, पछिल्लो समय लम्की र टीकापूर क्षेत्रमा लगातार हत्याका घटना भएका छन्। ती हत्याका पछाडि आपराधिक समूहहरू सक्रिय छन्।   , गत कात्तिक २३ गते लम्कीका भूपेन्द्र बडुवालको हत्या हुनुअघि प्रहरी र ४ बोरा चक्कु, हँसिया, खुडा, खुकुरीलगायत हतियार बोकेको समूहको जम्काभेट भयो।, लम्कीबाट टीकापुरतर्फ गइरहेका बेला प्रहरीको गाडी आएपछि उनीहरू हतियारधारी समूह रोकिएको थियो।, एकजना प्रहरी अधिकारीका अनुसार त्यो दिन त्यो आपराधिक समूहले गस्ती आएका प्रहरीलाई त्यही हतियारले आक्रमण गर्न खोजेका थिए।, तत्कालै प्रहरीको अर्को ‘क्विक रेस्पोन्स टिम’ त्यहाँ पुग्यो। अर्को गाडी पुगेपछि हतियार छोडेर उनीहरू भागे।, ‘त्यो दिन अर्को गाडी नपुगेको भए प्रहरीमाथि आक्रमण हुनसक्थ्यो,’ ती प्रहरी अधिकारीले भने।, उक्त समूहले छोडेको हतियार ल्याएर प्रहरी चौकी फर्कियो।, केही घन्टापछि राति ९ बजेतिर टीकापुरमा भूपेन्द्रमाथि चक्कु र धारिलो हतियार प्रहार गरियो।  खबर पाएको ६ मिनेटमा प्रहरी घटनास्थल पुग्दा २२ वर्षीय भूपेन्द्र घाइते थिए। उपचारका क्रममा टीकापुर अस्पतालमा ‍उनको मृत्यु भयो। दुई समूहको रिसइबीका कारण भूपेन्द्रमाथि आक्रमण भएको थियो।, कैलाली प्रहरीको अनुसन्धानमा केही वर्षदेखि लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेक्कापट्टामा आपराधिक गिरोह सक्रिय रहेका र तिनीहरूको विवादकै कारण भूपेन्द्रले ज्यान गुमाउनु परेको देखिएको छ।, भूपेन्द्र हत्यामा संलग्न रहेको आरोपमा २१ जनाविरूद्ध जाहेरी दर्ता भए पनि अहिलेसम्म १२ जना पक्राउ परेका छन्। ९ जना अझै फरार छन्। उनीहरू भागेर भारत गएका छन्।, भूपेन्द्रअघि कात्तिक १२ गते राति टीकापुरमै चक्कु प्रहारबाटै १८ वर्षीय अनुप साउँदको हत्या भएको थियो।, आपसी विवादका क्रममा भजनी नगरपालिका-३ बस्ने १८ वर्षीय किरण साउँदले चक्कु प्रहार गरी अनुपको हत्या गरेको प्रहरी रेकर्ड छ।, चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको थियो।, भूपेन्द्रको हत्यामा संलग्नलाई पक्राउ गरिनसक्दै पुस ३ गते जानकी गाउँपालिका-९ का अरूण दास रूखमा बाँधेर घाँटी छिनालिएको अवस्थामा फेला परे।, उनकी श्रीमतीको मोबाइलमा कसैले पठाएको एउटा अडियो रेकर्डमा दासको हत्या आफूहरूले गरेको दाबी गरिएको छ।, ‘भाइलाई छुने भन्दै छन् नि होइन, एक दुईदिनमा खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ, हामीले गरेर आएको, हामी बोर्डरपारि छौं, बैंग्लोर जान रूपडिया छौं,’ अडियोमा बोल्नेले भनेका छन्।, जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दासको हत्या कसले, कसरी गऱ्यो भन्नेबारे  प्रारम्भिक खाका तयार भएको छ।, कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले घटनामा संलग्नहरूको पहिचान भएको बताए।, ‘घटनामा संलग्नको पहिचान भएको छ, पक्राउ गर्न सकिएको छैन, उनीहरूमध्ये केही भारत गएको अनुमान गरिएको छ, त्यसैले उनीहरूलाई खोज्न समय लागेको हो’, उनले भने।, यस घटनाको अनुसन्धानका लागि टीकापुरबाट एकजनालाई प्रकाउ गरेको जोशीले बताए।, प्रदेश प्रहरीको अनुसन्धान टिम र केन्द्रको प्राविधिक सहयोगले अनुसन्धान भइरहेको उनले बताए।, यसअघि २०७४ मा टीकापुरमै होली कार्यक्रममा सहभागी भएका २१ वर्षीय करन थापाको अज्ञात समूहको खुकुरी प्रहारबाट मृत्यु भएको थियो।, २०७६ असोज १६ गते कैलालीको लम्कीमा खुकुरी प्रहारबाट लम्कीचुहा-२ का अन्दाजी ३१ वर्षीय कृष्णबहादुर बुढामगर घाइते भएका थिए।, २०७७ साउन ९ गते लम्कीचुहा नगरपालिका-१ मा २८ वर्षीय रमेशबहादुर शाहीमाथि खुकुरी प्रहार भएको थियो। सैलुनमा कपाल काटेर बाहिर निस्कने क्रममा उनीमाथि ७/८ जनाको समूहले आक्रमण गरेको थिए।, २०७८ मंसिर ५ गते लम्कीचुहा-१ खुन्टीखेतका स्थानीय दिनेश नेपालीमाथि खुकुरी प्रहार भएको थियो। बिहेमा नाचगान गरिरहेका बेला उनको कोखामा एक समूहले खुकुरी प्रहार गरेको थियो।, पछिल्लो समय निर्मम तरिकाले हत्या हुन थालेपछि कैलालीको यो क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै स्थानीयमा त्रास फैलिएको छ।, जानकी गाउँपालिका-९ का स्थानीय धनीराम चौधरीले गाउँमा घटेका अपराधले डरैडरमा बस्नु परेको बताए।, ‘आजकाल साँझ परेपछि डर लाग्छ, गाई-बाख्रा चराउन जंगल एक्लै जाँदा डर लाग्छ,’ उनले भने, ‘यो ठाउँ छोडेर अन्त जाऊँ भने कहाँ जाने? हाम्रा पनि छोराछोरी छन्, कहीँ केही पो भइहाल्छ कि भन्ने डर छ।’, प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेका कारण अपराध झन् बढेको स्थानीयहरू बताउँछन्।, ‘प्रहरीमाथि विश्वास रहेन। त्यस्तो अडियो रेकर्ड हुँदा अरू के प्रमाण चाहिन्छ?,’ जानकी गाउँपालिका- ९ का प्रकाश नेपालीले भने।, अपराधीहरू कारबाहीको दायरामै नआएपछि उनीहरूको साहस बढेको नेपालीको बुझाइ छ। प्रहरीको सक्रियता बढे अपराधीहरू डराउने थिए भन्ने उनको अपेक्षा छ।, केही घटनामा राजनीतिक संरक्षण मिल्ने भएकाले पनि प्रहरी प्रशासनलाई काम गर्न गाह्रो भएको स्थानीयको भनाइ छ।, स्थानीय जानकी-९का  लालबहादुर सोडारी अपराधीलाई राजनितिक संरक्षण दिन नमिल्ने बताए।, ‘यस्ता अपराधीहरू बढे, भोलि यो क्षेत्र क्राइम एरिया बन्छ। त्यसकारण सबै निकायले यसतर्फ ध्यान दिनुपर्छ,’ सोडारीले भने,‘हरेक अभिभावकले आफ्ना छोराछोरीको क्रियाकलापमाथि  नियमित निगरानी गर्नुपर्छ। शंका लागे समयमै प्रहरीलाई खबर गर्नुपर्छ।’, यी तीन स्थानीय तहको पूर्वमा कर्णाली नदी, दक्षिणमा मोहना नदी छन्। कर्णाली तरेपछि बर्दिया हुँदै बाँके पुगिन्छ। नेपालगन्ज हुँदै रूपडिया नाका प्रयोग गरी अपराधीहरू भारत जाने गरेका छन्।, टीकापुरसँग जोडिएको स्थानीय तह जोशीपुर, भजनी, कैलारी र धनगढी हुँदै हुलाकी सडकको बाटो छ। हुलाकी सडकपारि भारतीय सीमा नजिकै छ। यो रूट भएर पनि अपराधीहरू भारत जान्छन्।, पूर्वपश्चिम राजमार्ग प्रयोग गरेर कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी भएर पनि कतिपय अपराधी भारत पसेका छन्।, कैलाली प्रहरीका अनुसार त्यो क्षेत्रमा अहिलेसम्म सक्दो प्रहरी परिचालन र सुरक्षा दिने प्रयास भएको छ।, थप संवेदनशील क्षेत्र पहिचान गरेर सुरक्षा बढाउने कैलाली प्रहरीको तयारी छ। प्रहरी अस्थायी पोष्ट राख्नु पर्ने भए त्यसो पनि गरिने छ।, प्रहरीका अनुसार यो क्षेत्रमा आपराधिक गतिविधि लगातार बढ्नुको पहिलो कारण लागुऔषध प्रयोग र कारोबार हो।, कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जोशीका अनुसार युवा जमात अपराधमा बढी संलग्न देखिएको छ। जसमा कुलतमा लागेका, झै-झगडा गरिरहनेहरू र लागु औषध प्रयोगकर्ता छन्।, खुला सीमा भएकाले घटनापछि अभियुक्तहरू भारत जाने भएकाले प्रहरीलाई काम गर्न कठिन भएको छ।, अपराधको ‘हब’ बन्दै टीकापुर-लम्की क्षेत्र
सेतोपाटी संवाददाता नेपाली सेनाका दुई जना सहायक रथीको उपरथीमा बढुवा भएको छ। , प्राविधिक सहायक रथी डा. अरूणकुमार न्यौपाने उपरथी र सहायक रथी सागरबहादुर केसीको मानार्थ उपरथीमा पदोन्नती भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। , नेपाली सेनाका प्रधानसेनापती महारथी प्रभुराज शर्माले मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच न्यौपाने र केसीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। उनीहरूलाई पुस १ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार बढुवा गरिएको हो। , पदोन्नती भएसँगै उपरथी न्यौपाने सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको रूपमा नियुक्त भएका छन्। , जंगी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिती थियो।   ,  , सेनाका दुई सहायक रथीको उपरथीमा बढुवा