content
stringlengths
20
64.1k
विवेक राई शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ जना मानिसमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी गरायो। योसँगै नेपालमा ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या २७ पुगेको छ। , मन्त्रालयले ओमिक्रोन संक्रमितहरूको स्वास्थ्य अवस्थाबारे भने कुनै जानकारी गराएको छैन।, अहिले नयाँ भेटिएका २४ जना ओमिक्रोन संक्रमितमा कस्ता खालका स्वास्थ्य समस्या देखिएका छन् भन्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छैन। साथै ती संक्रमितहरू कहाँबाट आएका भन्नेबारे पनि मन्त्रालयले खुलाएको छैन। , तर मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले ओमिक्रोन पुष्टि भएका सबै संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।, उनले अहिले पुष्टि भएका सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको भन्दै कसैमा पनि जटिलता नरहेको बताए। , 'सबै संक्रमितहरू स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ। अहिलेसम्म कसैमा पनि जटिलता देखिएको छैन। उहाँहरू सबै आइसोलेसनमा हुनुहुन्छ,' अधिकारीले भने। , उनका अनुसार अहिले भेटिएका ओमिक्रोन संक्रमितहरूमा सामान्य रूघाखोकी लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने र ज्वरो आउने जस्ता लक्षणहरू देखिएका छन्।, त्यस्तै, केही संक्रमितलाई श्वासप्रश्वासमा थोरै समस्या देखिए पनि जटिलता नदेखिएको अधिकारीले बताए।, उनले भन्छन्, 'धेरै संक्रमितलाई केही पनि नभएको देखिएको छ। त्यही बाहिरबाट आउनुभयो र संक्रमणको आशंका लागेर परीक्षण गर्दा पोजेटिभ देखिएको हो।', अहिले पुष्टि भएका ओमिक्रोन संक्रमितहरू कहाँबाट आएको भन्नेबारे अधिकारीले खुलाउन चाहेनन्।, यसअघि पुष्टि भएका संक्रमितहरू पनि कुन ठाउँबाट आएको भनेर मन्त्रालयले खुलाएको थिएन। यद्यपि यसपटक भेटिएका केही संक्रमित भने देशभित्रैका पनि रहेको अधिकारीले बताए।, 'संक्रमितहरू विभिन्न देशबाट आउनुभएको हुनुहुन्छ। केही भने विदेशबाट नआएको पनि हुनुहुन्छ,' उनले भने। , यद्यपि समुदायभित्रका मानिसमा पनि ओमिक्रोन भेटिएसँगै यसले समुदायमा विस्तारै यो संक्रमण फैलिँदै गएको भन्ने बुझ्न सकिन्छ। यसले संक्रमणको जोखिम बढ्दै गएको भन्ने संकेत गर्छ। , तर महत्वपूर्ण कुरा भनेको ओमिक्रोन भेरियन्ट संक्रामक रहे पनि त्यसले जटिलता ल्याउने सम्भावना निकै नै कम रहेको विभिन्न अध्ययनहरूले देखाएको छ। तर नेपालमा यसले कस्तो किसिमको असर पार्छ भन्ने हेर्न बाँकी नै छ। तर कतिपय विज्ञहरूले भने यसले धेरै मानिसलाई संक्रमण गर्ने देखिए पनि जटिलता ल्याउने सम्भावना कम हुँदा नआत्तिन आग्रह गरेका छन्। , साथै, नेपालमा धेरै मानिसले खोप लगाएका कारण त्यसले पनि संक्रमण फैलिनमा रोक्न मद्दत पुर्‍याउने विज्ञहरूको विश्वास छ।, स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको झन्डै ४० प्रतिशत मानिसले खोप लगाएका छन्। , पछिल्लो समय भारतमा व्यापक रूपमा ओमिक्रोन संक्रमण फैलिरहेको छ। जसले गर्दा नेपालमा जोखिम ह्वात्तै बढेको छ।, भारतमा संक्रमण व्यापक हुन थालेपछि अबको दुई साताभित्र नेपालमा पनि त्यसको असर देखिने विज्ञहरूको विश्लेषण छ। , स्वास्थ्य मन्त्रालयले पनि ओमिक्रोन भेरियन्टले नेपालमा छिट्टै जोखिम बढाउने भन्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।, मन्त्रालयकी प्रवक्ता डाक्टर संगिता मिश्राले संक्रमण जोखिमलाई मध्यनगर गर्दै सबै अस्पतालहरूलाई खाली रहेका अक्सिजन सिलिण्डरहरू भरेर राख्न र बिग्रिएर रहेका अक्सिजन प्लान्टहरूलाई मर्मत गर्न भनिएको जानकारी दिइन्। , ओमिक्रोन संक्रमणले जोखिम ल्याउने देखिएसँगै शुक्रबार प्रधानमन्त्रीसहित सिसिएमसीको बैठक बसिरहेको छ।, नेपालमा भेटिएका ओमिक्रोन संक्रमितहरूमा कस्ता देखिएका छन् लक्षण?
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तराईका केही भूभागमा हुस्सु-कुहिरो लागेको छ।, दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। , देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।, आज राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।, आइतबार  सुदूरपश्चिम र कर्णालीका अधिकांश स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। , साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।, सोमबार  पनि वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका अधिकांश स्थानमा पानी पर्नेछ। लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।, चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।,  , आजदेखि सोमबारसम्म वर्षा र हिमपात, सुदूरपश्चिम र कर्णालीका धेरै ठाउँमा वर्षाको सम्भावना
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघर चोकदेखि कालुङचोक जोड्ने सडकको बीच भागको तल्लो छेउमा संग्रहालय छ। बाटैमा भएको प्रदेशस्तरीय संग्रहालयमा त्यति छिटो आँखा भने धेरैको लाग्दैन।, पछिल्लो समय युट्युबलगायतका अनलाइन माध्यम वा सामाजिक सञ्जालमा स्टोर गरिएका र प्रत्यक्ष प्रस्तुत गरिएका सामग्रीले प्रदर्शनीमा राखिएका हेर्नैपर्ने वस्तुहरू ओझेलमा पर्ने क्रम चलिरहेको छ। तिनैमध्येमा स्रग्रहालयका ग्यालरीहरूमा राखिएका वस्तुहरू पनि पर्दछन्।, सुर्खेतको कर्णाली प्रदेश स्रग्रहालयमा दुई वटा ग्यालरी छन्। यी ग्यालरीमा पृथ्वीनारायण शाहको पालामा प्रचलित ‘मुद्रा’देखि कर्णाली प्रदेशभित्रका ऐतिहासिक सभ्यताको पहिचान झल्काउने वस्तुहरू राखिएका छन्।, कर्णाली प्रदेश संग्रहालय मात्र ‘संग्रहालय’ मात्र नभई ‘अभिलेखालय’ पनि हो। जसमा कर्णाली प्रदेश सरकारले गरेको निर्णयहरुमध्ये महत्वपूर्ण निर्णयहरू अभिलेखीकरण गरी राख्ने योजना छ। अहिलेसम्म कुनै निर्णय राखिसकिएको भने छैन।, संग्रहित वस्तुको ग्यालरीका अलावा कर्णाली प्रदेश स्रग्रहालयमा पुस्तकालयमा पनि बनाइएको छ। जहाँ बसेर विभिन्न विधाका पुस्तकहरू पढ्न सकिन्छ।, कर्णाली प्रदेश स्रग्रहालय २०५७ साउन २ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको हो। तत्कालीन समयमा मध्यपश्चिमाञ्चल क्षेत्रीय संग्रहालयका रूपमा स्थापना भएको थियो।, संघीयतापछि २०७५ असोज ५ गतेदेखि प्रदेश स्रग्रहालयका रूपमा रुपान्तरण गरिएको छ। अब यो स्रग्रहालय प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत आएको छ।, के हुन् हेर्न पाइने वस्तु?, प्रदेश संग्रहालयको पहिलो ग्यालरी बायाँतर्फ छ। जहाँ पृथ्वीनारायण शाहको पालामा चल्तीमा रहेको मुद्रादेखि परम्परागत लोकबाजाहरूसम्म हेर्न पाइन्छ।, काठको लहरू-गाडा, मगर संस्कृति, परम्परागत भेषभूषामा सजिएका राउटे तथा थारू डायरोमा, काँक्रेबिहार उत्खनन् गर्दा भेटिएका तामाका सिक्काहरू, कुम्हाल जातिको परम्परागत पेशा झल्किने वस्तुहरू यो ग्यालरीमा छन्।, महत्वपूर्ण गरगहना, परम्परागत भाँडावर्तन, महत्वपूर्ण परम्परागत हातहतियार, परम्परागत नापतौलका एकाइगत सामग्रीहरू, विभिन्न मूल्यक्रम तथा तिथिक्रमका मुद्रा, परम्परागत डुंगाहरू पनि यो ग्यालरीमा पुगेर हेर्न सकिन्छ।, दोस्रो ग्यालरी दायाँतर्फ छ। यो ग्यालरीमा विशेषगरी कर्णाली प्रदेशभित्रका संस्कृति झल्काउने वस्तुहरू राखिएको छ।, सुल्पा, मादल बनाउने सामग्रीहरू, काँक्रेबिहारबाट प्राप्त फलामका हुकहरू, कलात्मक प्रस्तर मूर्तिका अवशेषहरू, जुम्लाको कनकासुन्दरी मन्दिर तथा लामा गुफाबाट प्राप्त अभिलेखसहितको ‘चःचहरू’, लामा जातिका परम्परागत भेषभूषा, प्राचीन थाङ्का, जुम्लामा पाइएको काष्ठ मूर्तिहरू, प्रस्तर शिवलिङ्ग यो ग्यालरीमा हेर्न पाइन्छ।, यसका अलावा प्राचीन माटाका भाँडाका टुक्राहरू, तोरी पेल्ने काठको कोल, काठको मदुस, ढिकी, जाँतो, प्राचीन पानी घडी, माझी जातिसँग सम्बन्धित माछा मार्ने जाल, सुन चाल्न प्रयोग हुने काठका सामग्री पनि यो ग्यालरीमा हेर्न सकिन्छ।, यस्तै, पुस्तकालय माथिल्लो तलामा रहेको छ। पुस्तकालयलाई पूर्णता दिन भने केही समय लाग्ने प्रदेश स्रग्रहालय तथा अभिलेखालयका प्रमुख अर्जुनबहादुर शाहीले बताए। अहिले पुस्तकालयमा फर्निचर, कुर्ची तथा किताब व्यवस्थापनको कार्य भइरहेको छ।, ‘अहिले पनि केही पुस्तकहरू त आएर पढ्न सकिन्छ, तर पूर्णता दिने कार्यमा हामी लागिरहेको छौं,’ उनले भने।, प्रमुख शाहीका अनुसार संग्रहालयको बाँकी जमिनमा पर्यटकको आकर्षणका लागि अरू संरचना बनाउने काम पनि भइरहेको छ।, संग्रहालयको आन्तरिक आम्दानी भने अत्यन्तै न्यून रहेको छ। यसको आम्दानी बढाउन प्रचारप्रसारसँगै प्रवेश शुल्कमा पनि हेरफेर गर्न कर्णाली प्रदेश सरकारसँग आग्रह गरिने उनले बताए।, ‘अध्ययन-अनुसन्धानका लागि महत्वपूर्ण संग्रहालयको प्रवेश शुल्क नै धेरै न्यून छ, यसलाई थोरै भएपनि बढाउनुपर्छ। यसका लागि प्रदेश सरकारले केही निर्णय गर्ला,’ शाहीले भने।, संग्रहालयमा आउने मानिसको संख्या पनि न्यून छ। संग्रहालयका सूचना अधिकारी डबलप्रसाद शर्माका अनुसार कोभिड महामारीका कारण यो आर्थिक वर्षको असोजदेखि मात्र मानिसहरू संग्रहालयमा हेर्न आएका छन्।, असोजमा १४ जना विद्यार्थी १५१ जना सर्वसाधारण, कात्तिकमा विद्यार्थी २२ जना, सर्वसाधारण १४६ जना, मंसिरमा विद्यार्थी ३६५ जना र सर्वसाधारण ३९९ जना आएको उनले जानकारी दिए।, हाल कर्णाली प्रदेश संग्रहालय तथा अभिलेखालयमा प्रवेश गर्न विद्यार्थीलाई ५, सर्वसाधारणलाई १०, क्यामरा लिएर जान २०, सार्क राष्ट्रका नागरिकको लागि ५० र सार्कभन्दा बाहिरका नागरिकलाई १०० रुपैयाँ लाग्छ।, कोभिड सुरू हुनुअघिका वर्षमा भने संग्रहालयमा वार्षिक १० हजारसम्म मानिसले अवलोकन गरेको रेकर्ड पाइएको प्रमुख शाहीले बताए।, के–के हेर्न पाइन्छ सुर्खेतको प्रदेश संग्रहालयमा?
विनोद सापकोटा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिँड्ने सडकमा स्थानीयवासीले ढाट लगाएका छन्।, झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेमा ५० करोडको लागतमा निर्माण भएको वाटर किङ्डम पार्कको उद्घाटनका लागि पूर्वप्रधानमन्त्री ओली आइतबार आउने कार्यक्रम छ।, पूर्व-पश्चिम राजमार्गको झिलझिलेबाट दक्षिण चार सय मिटर सडकमा परेको खाल्डाखुल्डीमा शिवसताक्षी नगरपालिकाले माटो पुरेर आँखामा छारो हाल्ने काम गरेको भन्दै स्थानीयले विरोध गर्दै ढाट लगाएका हुन्।, नगरप्रमुख चन्द्रकुमार शेर्माले बिहीबार नै सम्बन्धित वडाका वडाध्यक्षलाई सडकमा परेका खाल्टा पुर्नका लागि अख्तियारी दिएका थिए।, तर परेका खाल्डामा पालिकाले माटो ल्याएर पुरेको भन्दै स्थानीयले सोको विरोध गर्दै ढाट लगाएको बताए। ‘हाम्रो विरोध होइन, खबरदारी मात्र हो। पालिकाले लापरबाही गर्नु हुन्न,’ एक स्थानीयले भने।, नगर प्रमुख शेर्माले खाल्डाखुल्डी पुर्न आवश्यक बजेट नगरपालिकाले व्यहोर्ने समेत बताएका थिए। स्थानीयले परेका खाल्डाखुल्डीको लागि ल्याएको माटो तत्काल फिर्ता लगेर कालोपत्रे गर्न समेत माग गरेका छन्।, पूर्वप्रधानमन्त्री ओली आइतबार झापा आउने कार्यक्रम छ। दिउँसो १२ बजे उनले एक समारोहका बीच वाटर किङडम पार्कको औपचारिक उद्घाटन गर्ने छन्।, यसका लागि सडकबाहेक सबै तयारी भइसकेको शिवसताक्षी नगरको पार्टी स्थानीय कमिटीले जनाएको छ। पार्क उद्घाटन गरेपछि २५६ लामो र ५८ फिट उचाइको जीपलाइनको मजा लिने ओलीको कार्यक्रम रहेको पार्क सञ्चालक राजकुमार संग्रौलाले बताए।, केपी ओली हिँड्ने सडकमा स्थानीयले लगाए ढाट
सेतोपाटी संवाददाता छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लाहरूमा पनि देखिन थालेको छ।, गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ विस्तारै बढ्दै जाँदा जोखिम बढेको छ। यो प्रदेशको विभिन्न जिल्लामा पछिल्लो दुई दिनको अवधिमा ९९ को गरिएको स्वाब परीक्षणमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाले जनाएको छ।, गत बिहीबार ६८ को स्वाब परीक्षण गर्दा नौ र शुक्रबार ३१ को स्वाब परीक्षण गर्दा सातजनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।, पछिल्लो पटक दुई दिनमा धनुषामा पाँच, सिरहा र महोत्तरीमा चार-चार, सप्तरी, सर्लाही र पर्सामा एक-एक गरी १६ जनामा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए। योसँगै प्रदेशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ पुगेको छ। सङ्क्रमितहरु सबै होम आइसोलेसन रहेका छन्।, ‘मङ्सिरको अन्तिम सातासम्म कोरोना सङ्क्रमण दर स्थिर थियो,’ निर्देशक झाले भने, ‘तर पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ, यो खतराको सङ्केत हो।’, अब पनि हेलचेक्र्याइँ गरिए स्थिति बिग्रिन सक्ने उनको भनाइ थियो। कोरोना सङ्क्रमणको ग्राफ बढ्दै गए पनि प्रदेश २ मा कोभिड-१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या भने निराशाजनक देखिएको छ।, सरकारले २०७८ पुस मासन्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा पुसको अन्तिम साता बित्नै लाग्दा प्रदेश २ मा ३८ प्रतिशतले मात्र खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।, निर्देशक झाका अनुसार पुस महिना बित्नै लाग्दा यो प्रदेशमा पूर्ण डोज लगाउनेको सङ्ख्या ३८ प्रतिशत मात्र छन् भने एक डोज मात्र लगाउनेको सङ्ख्या करिब ५० प्रतिशत छ। सर्लाहीमा ४६ प्रतिशत, धनुषा, सप्तरी, बारा र पर्सामा ३८, सिरहामा ३७, रौतहटमा ३५ र महोत्तरीमा ३२ प्रतिशतले मात्र पूर्ण डोज खोप लगाएको निर्देशक झाले जानकारी दिनुभयो। उहाँका अनुसार एक मात्र डोज खोप लगाउने सङ्ख्या सर्लाहीमा ६८, बारामा ६४, सिरहा र महोत्तरीमा ६२, धनुषामा ५४, पर्सामा ५१, सप्तरीमा ५० र रौतहटमा ३९ प्रतिशत रहेको छ।, पुस महनिाभित्र ६६ प्रतिशतलाई खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा गर्न दैनिक एक लाख २९ हजार ३४२ जनालाई खोप लगाउनुपर्नेमा अहिले यो प्रदेशमा दैनिक २२ हजार ३४६ जनालाई मात्र खोप लगाइरहेको निर्देशक झाले जानकारी दिए।, ‘यसरी यही गतिमा खोप अघि बढिरहे कोरोनाको तेस्रो लहर आउँदासम्म ५० प्रतिशतलाई पनि खोप लगाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यही भएर हामीले खोप लगाउने कार्यलाई गति दिनुस् भनेर जिल्ला स्वास्थ्य तथा नगरपालिका र गाउँपालिकाका प्रमुखहरुलाई भन्यौँ, तर जुन ढङ्गबाट गति लिनुपर्ने थियो, त्यो हुन सकेको छैन।’ स्थानीय तहका जनप्रतिनिधिहरुले जसरी गम्भीरतापूर्वक लिनुपर्ने थियो त्यो नलिएका कारण खोप लगाउनेको सङ्ख्या नबढेको निर्देशक झाको भनाइ छ।, यसअघिका कोरोना भाइरस सङ्क्रमणमा अन्य प्रदेशजस्तै यो प्रदेशले पनि ठूलै धनजनको क्षति व्यहोर्नु परेको छ। कोरोना भाइरस सङ्क्रमण सुरु भएयता हालसम्म प्रदेश २ मा एक हजार ४० जनाले ज्यान गुमाइसकेका छन्। हालसम्म यो प्रदेशमा दुई लाख २३ हजार २१३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा ३८ हजार ६७९ जना सङ्क्रमित भएका छन्। त्यसमध्ये ३७ हजार ५६९ निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।  , छिमेकी मुलुक भारतमा तेस्रो लहरको कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिरहँदा माघको दोस्रो साताबाट नेपालमा पनि तेस्रो लहर फैलिन सक्ने विज्ञहरुले चेतावनी दिइरहेका छन्। त्यसैले सम्भावित तेस्रो लहरबाट प्रदेशका नागरिकलाई जोगाउने तयारीमा प्रदेश सरकार जुटेको छ।, कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न खोपलाई प्राथमकिता दिनुपर्ने र कोरोना फैलिन नदिन स्वास्थ्य सतर्कता अपनाउनुपर्ने सोचका साथ प्रदेश सरकार अघि बढेको प्रदेश २ का सामाजिक विकासमन्त्री नवकिशोर साहले बताए।, ‘खोप लगाउनेको सङ्ख्या निराशाजनक देखिएको छ,’ उनले भने, ‘त्यही भएर जिल्लाका स्वास्थ्य कार्यालय प्रमुखहरु तत्काल खोप लगाउने कार्यलाई गति दिनुस् भने निर्देशन दिएका छौँ।’, केही दिनअघि मात्र मुख्यमन्त्रीको उपस्थितिमा बसेको प्रदेश सरकारका मन्त्रीहरु, आठ वटै जिल्लाका प्रजिअ, जिल्ला स्वास्थ्य प्रमुखको बैठकमा पनि तत्काल खोप लगाउने कामलाई अघि बढाउने निर्णयसमेत भएको मन्त्री साहको भनाइ छ। यसबाहेक कोरोनाको तेस्रो लहर आउन सक्ने जोखिमलाई दृष्टिगत गरी आठवटै जिल्लामा स्वास्थ्य सतर्कता बढाएको बताएको छ।, प्रदेश २ का जिल्लाहरु भारतीय सीमासँगै जोडिएकाले सीमानाकाहरुमा हेल्थ डेक्स स्थापना गरी एन्टीजेन विधिबाट स्वास्थ्य जाँच गर्न निगरानी बढाइएको मन्त्री साहले बताए।, पहिलो र दोस्रो लहरको सङ्क्रमणका बेला प्रदेश २ मा देखिएको श्यया र अक्सिजनको समस्या अब हुन नदिने तयारी भएको प्रदेश सरकारको भनाइ छ। ‘प्रदेश २ का आठवटा जिल्लामध्ये पाँच जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको छ,’ मन्त्री साहले भने, ‘बारा, रौतहट र सर्लाहीमा पनि अक्सिजन प्लान्ट जडानको प्रक्रिया अघि बढेको छ, त्यहाँ पनि छिट्टै जडान हुन्छ।’ त्यसैले अब प्रदेशमा अक्सिजनको समस्या हुँदैन, उनको विश्वास छ।, यो प्रदेशका १५ वटा अस्पतालमा ३४६ आइसोलेसन श्यया, १९२ एडियू श्यया, ९१ आइसियु श्यया, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ अक्सिजन सिलिन्डर मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ। यस्तै, प्रदेशभरि १२ वटा पिसिआर परीक्षण मेसिनबाट कोभिड-१९ जाँच हुँदै आएको जनाएको छ। भारतीय सीमानाकाबाट सङ्क्रमितलाई नेपाल प्रवेश गर्न नदिन प्रदेश २ का विभिन्न जिल्लास्थित सीमानाकाहरुमा हेल्थ डेक्स स्थापना भएको छ।, महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकाहरुमा हेल्थ डेक्स स्थापना गरी भारतबाट आउनेहरुको स्वास्थ्य परीक्षण सुरु गरिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। , प्रदेश सरकार विगतको भन्दा अहिले कोरोना सङ्क्रमण रोकथामका लागि बढी सक्रिय देखिएकाले अघिल्लो कोरोनाकालको जस्तो सम्भावित तेस्रो लहरमा पीडा भोग्नु नपर्ने प्रदेशवासीहरुको विश्वास छ।, ‘अघिल्लो दुई कोरोनाकालमा प्रदेश र स्थानीय सरकार जति सक्रिय हुनुपर्ने थिया, त्यति नभएकाले प्रदेश २ कोरोनाको हटस्पट बन्यो,’ जनकपुरधाम नगरपालिका-१७ का समीर महतोले भने, ‘त्यसैले सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले तयारी गर्नु आवश्यक छ।’, पहिलादेखि नै सर्वसाधारणसमेत सचेत भइसकेकाले पनि खासै ठूलो क्षति नहुने उनको भनाइ छ। रासस, प्रदेश २ मा कोरोनाको ग्राफ उकालो लाग्दै जाँदा खोप लगाउने दर बढ्न सकेन
नारायण खड्का बाँकेमा फेरि बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ।, जिल्लाको राप्ती सोनारी गाउँपालिका-४ प्रसौनीकी ५३ वर्षीया लिला विष्टको बिहीबार दिउँसो बाघको आक्रमणबाट मृत्यु भएको हो।, जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जलहन सामुदायिक वनमा मध्यान्ह १२ बजेतिर घाँस काट्न गएकी विष्टलाई बाघले झम्टिएर लगेर गएको बताए। , ‘तीन जना जंगलमा घाँस काट्न गएका रहेछन्,’ अधिकारीले भने, ‘तीमध्ये विष्टलाई बाघले झम्टिएर लगेपछि सँगै गएकाहरू फर्किएर खबर गरेका हुन्।’, त्यसपछि प्रहरी र स्थानीय ट्याक्टरमा चढेर जंगलतर्फ गएको र घटनास्थलभन्दा ६० मिटर जति टाढा बाघले ती महिलालाई नछोडेपछि प्रहरीले हवाई फायर समेत गरेको एसपी अधिकारीले सेतोपाटीलाई बताए। , मानिसहरू पुग्दा पनि जलहन सामुदायिक वन अन्तर्गतको घट्ट खोला खोंचमा बाघले विष्टलाई नछोडेपछि त्यसलाई धपाउन हवाई फायर गर्नु परेको एसपी अधिकारीले जानकारी दिए। , हवाई फायरपछि बाघ भागेको र पछि प्रहरीसहित पुगेका स्थानीयले विष्टको शव ल्याउन सफल भएको एसपी अधिकारीले बताए। शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा ल्याइएको पनि उनले जानकारी दिए। , गत बुधबार पनि राप्ती सोनारी ४ नयाँबस्तीकी ३० वर्षीया दुर्गा थारूलाई कोल्टेपानी जंगलमा पात टिप्ने क्रममा बाघले आक्रमण गरेको थियो। बाघलाई आफूसँगै रहेको खुर्पा प्रहार गरी दुर्गा जोगिन सफल भएकी थिइन्। , यसअघि पनि राप्ती सोनारी गाउँपालिकामा एक जना भारतीय नागरिकको बाघको आक्रमणबाट मृत्यु भएको थियो।, बाघको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु
रासस डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ राहत प्रदान गरेको छ। , आर्थिक वर्ष २०७७/७८ को हालसम्ममा जिल्लामा चितुवाको आक्रमणमा परी दश जनाले ज्यान गुमाएका थिए।, उनीहरूको परिवारलाई दश लाख रुपैयाँका दरले राहत वितरण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए।, चितुवाको आक्रमणबाट भानु नगरपालिका-३ का ६ वर्षीय विशाल श्रेष्ठ, भानु-४ का चार वर्षीया रञ्जिता लम्साल, भानु-२ का १० वर्षीय अमृत गुरुङ, भानु-२ की आठ वर्षीया पुष्पा अधिकारी र सोही वडाका सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो। , यस्तै, भानु-१ का कुशल बानियाँ, बन्दीपुर-४ का ११ वर्षीय इशाक सुनार, शुक्लागण्डकी-३ का रवीन नेपाली, आँबुखैरेनी-१ का आठ वर्षीय पुजन सिञ्जाली र शुक्लागण्डकी-२ का नारन रानाको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो।  , चितुवाको आक्रमणबाट सख्त घाइते भएकालाई जनही दुई लाख रुपैयाँ र सामान्य घाइतेलाई जनही बीस हजारका दरले उपचारखर्च उपलब्ध गराइएको पण्डितले बताए।, भानु नगरपालिका-११ का भीमबहादुर तामाङ, भानु-१३ का चिजबहादुर कुवँर, भानु-१३ कै प्रेमबहादुर बानियाँ, भानु-२ का हेमराज सुनुवार, भानु-२ का सुलभ दाहाल, भानु-२ की सोनी अछामी, बन्दीपुर-५ का अनुप नेपाली, आँबुखैरेनी-१ की अमिसा थापा, बन्दीपुर-१ का अक्कलबहादुर चेपाङ र व्यास नगरपालिका-१२ की अढाइ वर्षीया अश्विनी परियार घाइते भएकी थिइन्। वन्यजन्तुको आक्रमणबाट पशुधन क्षति हुँदा रु तीन लाख ४६ हजार राहत उपलब्ध गराइएको कार्यालयले जनाएको छ। ,  , चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई दश लाख राहत
रासस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ चित्रपुरमा रहेको बालविकास केन्द्रका बालबालिका चिसो भुइँमा बसेर बढ्न बाध्य भएका छन्।, वनहरा नदीको बगरमा वर्षौं पहिले बनाइएको टहरामा सञ्चालित बालविकास केन्द्रमा अध्ययनरत बालबालिका फर्निचरको अभावमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन्।, दुर्गम विपन्न बस्तीका बासिन्दाले विद्यालय टाढा हुँदा बालबालिकालाई पढाउनका लागि गाउँ नजिकैको नदीको बगरमा विसं २०४८ देखि बालविकास केन्द्र सञ्चालन गर्दै आएका छन्।, ‘बालविकास केन्द्र सञ्चालन हुँदै आएको टहराको भुइँमा बालुवा छ, चिसो बालुवामै बसेर बालबालिका पढ्दै आएका छन्’, स्थानीयबासी जनक कार्कीले भने, ‘अभिभावकको आर्थिक अवस्था निकै दयनीय छ, गाउँका अधिकांश परिवारले मजदुरी गरी जीविका चलाउँदै आएका छन्, मजदुरी नगरे चुलोमा आगो बल्दैन, घर चलाउनै मुस्किल भएका बेला विद्यालयलाई सहयोग गरी फर्निचरको व्यवस्था गर्न सकिएको छैन।’, गर्मीका बेला बालुवा तात्ने भएकाले बालबालिका टहरामा बस्न नसक्ने बालविकास शिक्षिका सुमिता रानाले बताइन्। , उनले भने, ‘थोरै हावा चलेपछि बालुवा उडन थाल्छ, बालबालिका बिरामी पर्ने गरेका छन्, हिउँदका बेला भुइँको बालुवा निकै चिसो हुँदा बालबालिकालाई बस्न निकै अप्ठ्यारो हुने गरेको छ।’, घाम लागेका बेला चौरमा राखेर पढाउने गरे पनि अरू बेला कक्षा सञ्चालन गर्न निकै अप्ठ्यारो रहेको उनले बताए।, टहराको माथि राखिएका वर्षौं पुराना जस्तापातामा खिया लागेर ठाउँ-ठाउँमा प्वाल पर्दा चुहिने गरेकाले थोरै बर्सातमा पनि कक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले जानकारी दिए। , ‘वडा कार्यालयमार्फत नगरपालिकालाई बालबालिका बस्नका लागि कारर्पेट, गुन्द्रीको व्यवस्था गरिदिनका लागि माग राख्दै आएका छौं’, उनले भने, ‘सुनुवाइनै हुन सकेको छैन, अश्वास दिन्छन्, त्यसपछि कोही फर्केर आउँदैनन्।’, बालविकास केन्द्रमा खेल सामग्रीको समेत अभाव रहेको उनको भनाइ छ।,  बालविकास केन्द्रमा कृष्णपुर नगरपालिका–३ र शुक्लाफाँटा नगरपालिका–१२ का पाँच वर्षमुनिका ३५ बढी बालबालिका पढ्दै आएका छन्।, यस क्षेत्रमा पहिला आधारभूत तहको विद्यालय नै सञ्चालमा रहेको थियो। बाढीजन्य प्रकोपका कारण विद्यालय विस्थापनमा परेपछि स्थानीय बासिन्दाले बालविकास शिक्षकको व्यवस्था गरी बालविकास केन्द्र सञ्चालन गर्दै आएका छन्।,  , चिसो भुइँमा बसेर पढ्न बाध्य बालबालिका
रासस हेटौंडा जिल्ला खोप समन्वय समितिले जिल्लामा कोभिड-१९ विरूद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।, जिल्लामा हालसम्म ५३ प्रतिशतले मात्र कोभिड विरूद्धको खोप लगाएका जनाउँदै समितिले निरन्तर खोप कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो। , प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतमा हालै सम्पन्न सो समितिको बैठकले खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने पनि निर्णय पनि गरेको छ।, मनहरि, राक्सीराङ, कैलाश र बकैया गाउँपालिकामा विशेषगरी खोप अभियान सञ्चालन हुने जनाइएको छ।,  , हेटौंडामा ५३ प्रतिशतले मात्र लगाए कोरोनाविरूद्धको खोप
एजेन्सी भारतमा एउटै फ्लाइटमा आएका १२५ यात्रुमा कोरोना संक्रमण देखिएको छ। , बिहीबार एउटै फ्लाइटमा सवार १२५ यात्रुमा संक्रमण पुष्टि भएको टाइम्स अफ इन्डियाले जनाएको छ।  , इटालीबाट अमृतसर विमानस्थलमा अवतरण गरेको विमानमा सवार यात्रुमा संक्रमण देखिएको विमानस्थलका निर्देशक भिके सेठले बताए। सो विमान चार्टर्ड गरिएको थियो।, त्यसमा १७९ जना सवार थिए।, जसमध्ये १६० जनाको अवतरणपछि परीक्षण गरिएको थियो। बाँकी १९ जना बालबालिका भएको कारण उनीहरूको परीक्षण नगरिएको निर्देशक सेठले बताए। , ‘इटालीबाट अमृतसर अवतरण गरेको चार्टर्ड विमानमा १७९ जना सवार थिए। त्यसमध्ये १६० जनाको अवतरणपछि कोरोना परीक्षण गरिएको थियो र १२५ जनामा संक्रमण पुष्टि भएको छ। बाँकी १९ जना बालबालिकाहरू थिए,’ सेठले भने।, इटालीबाट भारत आएको चार्टर्ड जहाजमा १२५ यात्रुमा देखियो कोरोना
सेतोपाटी संवाददाता धम्क्याएर २० लाख रुपैयाँ मागेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाले एक जनालाई बुधबार काठमाडौंको कलंकीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , प्रहरीले धम्की दिई २० लाख मागेको आरोपमा बारा निजगढ नगरपालिका-११ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका-९ बस्ने २६ वर्षीय पदम काफ्लेलाई पक्राउ गरेको हो। , उनले विभिन्न मोबाइल नम्बरहरूबाट फोन तथा म्यासेज गरी २० लाख रुपैयाँ माग गरेको आरोप छ। त्यस्तै रकम नदिएमा ज्यान लिने धम्की दिएको भन्दै जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। , उनीमाथि आपराधिक लाभ (एक्सट्रसन) लिन नहुने कसूरमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।, काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्ने अनुमति लिई उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ। , २० लाख नदिए ज्यान लिने भन्दै धम्की दिएको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता बाँकेस्थित जानकी मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। , बुधबार राति १२ बजेतिर नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थित रामजानकी मन्दिरबाट मूर्ति लगायतका विभिन्न सामान चोरी गर्ने स्थानीय २५ वर्षीय असरफ बागबानलाई पक्राउ परेका हुन्। , बागबानको साथबाट मन्दिरबाट चोरी गरिएका भगवानका मूर्ति तीन थान, घन्टी पाँच थान, नागदेवताको मूर्ति दुई थान, तामाको लोटा चार थान, त्रिशुल तीन थान, पाला छोप्ने ढक्कन आठ थान, पाला दुई थान, टीका राख्ने थाली एक थान, फलामको सिक्री एक थान लगायतका सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।, मन्दिरबाट मूर्ति चोरेको आरोपमा युवक पक्राउ
कृष्ण अधिकारी सन् १९४४ मा इटालीमा जन्मेका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेसनर यतिबेला नेपाल भ्रमणमा छन्।, विश्वका आठ हजार मिटर (२६ हजार फिट) माथिका सबै १४ वटै हिमशिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरिसकेका उनी नेपाली कला, संस्कृति र पर्यटनलाई अति माया गर्ने व्यक्तित्व हुन्।, ७७ वर्षीय मेसनर अहिले पनि नेपालको पर्वतीय पदयात्रामा गहिरो अभिरुचि राख्छन्। नेपाललाई अति मन पराउने उनले अहिलेसम्म ५० पटक यहाँको भ्रमण गरिसकेका छन्।, सन् १९७० देखि हिमाल आरोहण गर्न सुरू गरेका उनले पहिलो पटक सगरमाथाको एकल तथा बिनाअक्सिजन पिटर हाबेलरसँग मिलेर आरोहण गरेका थिए।, उनले सन् १९७० र १९७८ मा मा नङ्गा पर्वत (८,१२५ मि), १९७२ मा मनास्लु (८,१६३ मि), १९७५ र  १९८४ मा गाशेरब्रम प्रथम (८,०८० मि), १९७८ र १९८० मा सगरमाथा (८,८४८ मि), १९७९ मा के टु (८,६११ मि) र  १९८१ म शिशपाङ्मा (८,०२७ मि) को सफल आरोहण गरेका थिए।, यस्तै, १९८२ र १९८४ मा कञ्चनजङ्घा (८,५८६ मि), १९८४ मा गाशेरब्रम दोस्रो (८,०३४ मि) र ब्रोड पीक (८,०५१ मि), १९८३ मा चो ओयु (८,१८८ मि), १९८५ मा अन्नपूर्ण (८,०९१ मि ), धौलागिरि (८,१६७ मि) तथा १९८६ मा मकालु (८,४८५ मि) र ल्होत्से (८,५१६ मि) को आरोहण गरेका थिए।, अन्टार्कटिका र ग्रीनल्याण्ड पार गर्ने पहिलो नागरिक उनले गोबी मरूभूमि पनि एक्लै पार गरेका थिए।, उनका आरोहण र अन्वेषणका क्रममा आफ्ना अनुभवबारेका ८० भन्दा बढी पुस्तक प्रकाशित छन्। श्रीमती डायने छुमाछेरसँग सन् २०२२ को नयाँ वर्ष मनाउने क्रममा नेपाल आएका उनी केही दिन नाम्चे बसेर काठमाडौं फर्किएका थिए। , ठमेलस्थित काठमाडौं गेष्ट हाउसमा बसेका उनीसँग आजै स्वदेश फर्किनुअघि हामीले संक्षिप्त  कुराकानी गरेका थियौं :, तपाईंलाई के कुराले नेपालको भ्रमण गर्न प्रेरित गर्छ ? , -जतिबेला नेपालका हिमाल आरोहण गर्ने लक्ष्य लिएर म नेपाल आएँ, त्यसबेलादेखि नै मलाई यहाँको प्राकृतिक सौन्दर्यसँगै नेपालीको व्यवहारले लोभ्यायो।, पहिलोपटक सन् १९७८ मा सगरमाथाको आरोहण गरेपछि नेपालका अन्य हिमाल पनि आरोहण गर्ने चाहना ममा बढेर आयो। यहाँका हिमाल आरोहण गरेपछि नेपाली जनतालाई पनि बुझ्न पछि आएँ।, नेपाललाई पर्यटन प्रवर्वद्धन गराउन पाएकामा म आभारी छु। मेरो आरोहण सफलताको श्रेय नेपाललाई नै दिन चाहन्छु।, नेपाली कला, संस्कृतिबाट म निकै प्रभावित छु। यहाँको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यबाट म निकै प्रभावित भएको छु।, नेपाल त स्वर्गको टुक्रा नै हो, यहाँका बासिन्दा, हिमाल र प्राकृतिक सौन्दर्यको जति वर्णन गरे पनि सकिँदैन।, नेपालीहरूको सरल व्यवहार र हँसिलो अनुहारलाई बिर्सन सक्दिनँ।  त्यही मोहले मलाई बर्सेनि नेपाल भ्रमण गराउन प्रेरित गर्ने गरेको छ। वर्षमा कम्तीमा एकपटक नेपाल नआई मेरो मनै मान्दैन।, तपाईं नेपालका हिमाल आरोहण गर्दा र अहिलेका अवस्थामा के फरक देख्नुहुन्छ ?, -५० वर्षअघि मैले नेपालका विभिन्न हिमशृङ्खलाको आरोहण गर्दा र अहिलेका अवस्थामा धेरै परिवर्तन भएको मैले महसुस गरेको छु।, त्यतिबेला हिमालका बारेमा आरोहीहरूलाई कुनै जानकारी थिएन। कुन हिमालको अवस्थिति कस्तो छ, कुन समयमा कुन रूटबाट कसरी आरोहण गर्ने भन्ने ज्ञान थिएन, के-कस्ता सामग्री लैजानुपर्ने हो र कुन रूट प्रयोग गर्ने भन्ने जानकारी नभएको अवस्थामा आरोहण गर्नु निकै चुनौतीपूर्ण थियो।, हामी आरोहीका साथ जाने शेर्पाहरूमा पनि आरोहणको अनुभव थिएन तर अहिले आरोहणका बारेमा पर्याप्त जानकारी र सूचना पाउन सकिन्छ, शेर्पाहरूबाट पूर्ण सहयोग हुन्छ। , नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव देखिन थालेकै हो ?, -हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका अत्यन्त न्यून रहे पनि त्यसबाट सिर्जित जलवायु परिवर्तनको असरबाट बढी नै प्रभावित बनेको छ।, जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालको हिमालय क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ। अमादब्लम, मनास्लुलगायत हिमालयहरूमा पहिलेको तुलनामा निकै कम हिउँ पर्ने गरेको छ। हिजो वर्षैभरि हिउँले ढाक्ने चुचुराहरू पनि अहिले काला पहाड बनेका छन्।, बिस्तारै हिमाली क्षेत्रको वायुमण्डलमा कार्बन-डाइअक्साइडको मात्रा बढ्न जाँदा हिमताल फुट्ने, हिमनदी पग्लिने र हिमालहरूमा हिउँ पर्ने क्रममा निकै ह्रास आएकाले हिमालय क्षेत्रको पर्यावरणमा निकै फेरबदल भएको छ।, जलवायु परिवर्तनले मनसुनको ढाँचा र वायु प्रणालीले हिमालय आरोहणलाई थप जोखिम बनाएको छ। केही वर्षयता हिमाली भेगमा हिमपहिरो, हिमआँधीजस्ता विपद्हरूको क्रम बढ्दो छ। , यस्ता घटना न्यूनीकरण गर्न के कुरामा ध्यान दिनुपर्ला ?, -औद्योगीकीकरण, सवारी साधनको व्यापक प्रयोग, खनिज इन्धन र उपभोक्तावादका कारण सम्पूर्ण जलवायु प्रणाली सन्तुलनमा नरहेका कारण यस्ता चुनौती बढेका हुन्।, हिमाली क्षेत्रमा देखिएको जलवायु परिवर्तनका प्रभावका विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउनाका साथै आन्तरिक रूपमा पनि केही काम गर्नुपर्ने हुन्छ।, व्यवस्थित शहरीकरण, स्वच्छ ऊर्जाको प्रयोग र जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ। , नेपालमा पर्वतीय पर्यटनको सम्भावना कत्तिको देख्नुहुन्छ ?, -नेपालमा पर्वतीय पर्यटनको प्रचूर सम्भावना रहेकाले यसको विकासका लागि रणनीतिक योजनासहितका कार्यक्रम तय हुनुपर्ने देखिन्छ।, नेपाल ‘नेचर’, ‘कल्चर’ र ‘एडभेन्चर’ले भरिपूर्ण रहेकाले योजनाबद्ध र दीगो तवरबाट विकासमा ध्यान दिन सकेमा नेपालले पर्यटनबाट धेरै फाइदा लिन सक्छ। देशको ८० प्रतिशतभन्दा बढी भाग पहाड र उच्च हिमाली भेगले ढाकेको, यहीँ विश्वका आठ हजार मिटर माथिका १४ उच्च हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित अधिकांश रहेको र विश्वको सबभन्दा लामो पर्वतमाला हिमालयको मुख्य भाग पनि रहेकाले पर्वतीय पर्यटनका लागि नेपाल विश्वकै अद्वितीय गन्तव्यका रूपमा परिचित छ।, देशको समृद्धिका लागि पर्वतीय पर्यटनको दीगो विकास आवश्यक छ। , नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गराउन तपाईंको ठूलो योगदान  छ। आगामी दिनमा यसलाई अझ विस्तार गर्न यहाँले केही सोच्नुभएको छ कि ?, -नेपालका आठ हजार मिटरभन्दा बढी उचाइका हिमालहरू आरोहण गर्दाका अनुभव र पर्वतीय पर्यटनका बारेमा झण्डै ८० भन्दा बढी पुस्तक तथा जर्नलमा मेरा लेखहरू प्रकाशन भएका छन्।, मैले निर्माण गरेका थुप्रै वृत्तचित्रले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन मद्दत पुगेको नै छ।, नेपालको सद्भावना दूतका रूपमा मैले आफ्नो जन्म देश इटालीलगायत युरोपका अन्य देश र विश्वका धेरै देशमा नेपालको पर्यटन र हिमालका बारेमा प्रवचन दिँदै आएको छु।, मैले इटालीकै विभिन्न सहरमा नेपाली कला, संस्कृति झल्किने सङ्ग्रहालय निर्माण गरेको छु।, अहिले म सोलुखुम्बुको नाम्चेमा कला सङ्ग्रहालय निर्माण गर्न लागिपरेको छु। विश्वकै उच्च स्थानमा रहने सङ्ग्रहालय आगामी वर्ष उद्घाटन गर्ने तयारी भएको छ।, नेपालको पर्यटनसँग मेरो गहिरो सम्बन्ध रहेकाले आजीवन अन्तर्राष्ट्रिय जगतमा नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने नै मेरो सोचाइ छ। , नेपाली पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकार, पर्यटन व्यवसायी र नागरिकका तर्फबाट गरिनुपर्ने केही मूलभूत सुझावहरू छन् कि ?, -पर्यटकहरू औसत नभई विशिष्ट अनुभव लिनका लागि नेपाल घुम्न आएका हुन्छन्। पर्यटकलाई मन पर्ने ढंगबाट यहाँका ऐतिहासिक धरोहर, सांस्कृतिक–परम्परा, प्राकृतिक सौन्दर्य, आतिथ्य–सत्कार, साहसिक गतिविधि र खेल एवं नौला ठाउँ अवलोकनका अवसरहरू व्यवस्थित गर्न सक्नुपर्छ।, नेपालका हिमशिखरहरू आरोहण गर्न आउने अधिकांश आरोहीहरू काठमाडौं उत्रिएलगत्तै हिमालका आधार शिविरतर्फ लाग्ने र त्यहाँबाट काठमाडौं हुँदै सिधै स्वदेश फर्किने गरेकाले तिनलाई यहाँको पदयात्रासँगै कला, संस्कृति र विविधताका बारेमा पनि अवगत गराउन सकिएमा नेपालको पर्यटन प्रवर्द्धनमा धेरै सहयोग पुग्ने छ।, पछिल्लो समय विश्वका विकसित देशका नागरिकजस्तै नेपालीमा पनि मोबाइल फोनको बढ्दो प्रयोगले गर्दा विदेशी पाहुनासँग खुलेर कुरा गर्ने, अभिवादन गर्नेजस्ता  क्रियाकलाप क्रमशः घट्दै गएको देख्दा मलाई चिन्ता लागेको छ।, यसबीचमा पर्यटकीय पूर्वाधारका क्षेत्रमा धेरै कामहरू भएका छन् तर पनि अझै धेरै ठाउँमा सुरक्षित र व्यवस्थित हवाई उडान, पदयात्रा निर्माण, होटलको सुविधा, कला संस्कृतिको जगेर्ना र जैविक विविधताको संरक्षणमा ध्यान दिनुपर्ने देखिन्छ। ,रासस,  , वर्षमा एकपटक नेपाल नआई मेरो मनै मान्दैन : पर्वतारोही रेनहोल्ड मेसनर
सेतोपाटी संवाददाता नेपालमा दुई महिनायता कोरोना संक्रमितको संख्या बढेको छ।, गत कात्तिक २३ गते ५३३ संक्रमित थपिएकोमा त्यसयता क्रमिक रूपमा संक्रमित संख्या घटेको थियो। पछिल्लो २४ घण्टामा भने संक्रमित संख्या ५४० पुगेको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५४० जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १२ हजार ९९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार २०९ जनाको पिसिआर परीक्षण र ४ हजार ८९० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २७१ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको छ।, अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ पुगेको छ।, यस्तै काठमाडौं उपत्यकामा ३१० संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २२१, भक्तपुरमा ३० र ललितपुरमा ५९ गरी ३१० जना थपिएका हुन्।, दुई महिनायता बढ्यो कोरोना संक्रमितको संख्या
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ३१० संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२१, भक्तपुरमा ३० र ललितपुरमा ५९ गरी ३१० जना थपिएका हुन्।, यस्तै, काठमाडौंमा २४७६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३०२, भक्तपुरमा ५५३ र ललितपुरमा ६२१ सक्रिय संक्रमित छन्।, नेपालमा दुई महिनायता कोरोना संक्रमितको संख्या बढेको छ।, गत कात्तिक २३ गते ५३३ संक्रमित थपिएकोमा त्यसयता क्रमिक रूपमा संक्रमित संख्या घटेको थियो। पछिल्लो २४ घण्टामा भने संक्रमित संख्या ५४० पुगेको छ। , पछिल्लो २४ घण्टामा १२ हजार ९९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार २०९ जनाको पिसिआर परीक्षण र ४ हजार ८९० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २७१ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको छ।, अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ पुगेको छ।, काठमाडौं उपत्यकामा थपिए ३१० संक्रमित, सक्रिय २४७६
सेतोपाटी संवाददाता ३३ किलो सुन प्रकरणका चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती धरौटीमा छुटेका छन्।, जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार उप्रेतीलाई दुई लाख धरौटीमा छाडन आदेश दिएको हो।, थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।, युएई बस्दै आएका रमेश मङ्गलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। प्रहरीले बुधबार अदालतमा उपस्थित गराएको थियो। उनी सुन तस्करी प्रकरणको रहस्य बाहिरिएपछि फरार भएका थिए।, गत २७ मंसिरमा मुख्य आरोपी मध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए। थुनछेक बहसपछि तीन लाख धरौटी बुझाएर उनी छुटेका थिए।, २२ मङ्सिरमा लम्सालकै इजलासले तस्करीको सुनको लगानीकर्तामध्येका एक काले भनिने कृष्णगोपाल अग्रवाललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।, ७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा लम्सालकै इजलासले असोज १९ गते फैसला सुनाउँदा ५६ जना प्रतिवादीले सफाइ पाएका थिए। फैसलापछि हाजिर भएका तीन आरोपी धरौटी बुझाएर छुटेका हुन्।, अदालतले सुन तस्करी प्रकरणसँगै जाडिएको सनम शाक्य हत्याको मुद्दामा आठ जनालाई दोषी ठहर गरेको थियो।, मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो।, भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो।, ‘गोरे’ का भाइ रमेश धरौटीमा छुटे
सेतोपाटी संवाददाता सुर्खेतमा निर्माण गरिएको सुर्खेत सभाहल वीरेन्द्रनगर नगरपालिकलाई हस्तान्तरण गरिएको छ।, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत संघीय आयोजना कार्यान्वयन ईकाई सुर्खेतले २७ करोड रुपैयाँ लागतमा निर्माण गरिएको सभाहल बिहीबार नगरपालिकालाई हस्तान्तरण गरिएको हो।, सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको उपस्थितिमा औपचारिक कार्यक्रम गरी सभाहल हस्तान्तरण गरिएको हो।, हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सभाहल व्यवस्थित रूपमा सञ्चालन गर्न सबै निकाय जिम्मेवार भएर लाग्न आग्रह गरिन्।, ‘यो निर्माण मात्र भएको हो, अब यसलाई सञ्चालन गर्ने सन्दर्भमा हलको मर्मत र यसमा लाग्ने जनशक्तिलाई आफैं पाल्न सक्नेगरी सञ्चालन गरिनुपर्छ,’ मन्त्री झाँक्रीले भनिन्, ‘कर्णाली प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउनेगरी सञ्चालन गर्न आग्रह गर्दछु।’, मन्त्रालयका सचिव मणिराम गेलालले सभाहल सञ्चालनका क्रममा मर्मतसम्भारको विषयमा विशेष ध्यान दिन आग्रह गरे।, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले सभाहल निर्माणपछि सञ्चालनमा चुनौती भएकाले सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए।, प्रदेशस्थित निजी क्षेत्रले पनि व्यावसायिक वस्तु प्रदर्शनीजस्ता कार्य गरेर हलको आम्दानीमा योगदान गर्न सक्ने उनले बताए।, उनका अनुसार यस्तै साना तथा ठूला सभाहलहरू विभागले देशभर ४० वटा बनाउँदैछ। सात वटा प्रदेशका राजधानीमा निर्माण गर्न लागिएको ठूला सभाहलहरूमध्ये सुर्खेतमा निर्माण सम्पन्न भएको यो सभाहल पहिलो भएको महानिर्देशक मैनालीले बताए।, उनका अनुसार यो सभाहल बिमस्टेक, सार्क सम्मेलन जस्ता ठूला सभा सञ्चालन गर्न मिल्नेगरी निर्माण गरिएको छ।, २०७३ चैतबाट बन्न सुरू भएको सुर्खेतको सभाहल यो वर्ष निर्माण कार्य सम्पन्न भएको हो।, सुर्खेतमा निर्माण भएको सभाहल वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ।, मन्त्रालयमा आज आयोजित भेटमा दुई देशबीच पारस्परिक सहयोग र कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि निर्वाह गर्नसक्ने भूमिकाबारे छलफल भएको थियो। , मन्त्री खतिवडाले कोभिड–१९ निवारणका लागि नेपाललाई आवश्यक सामग्री  उपलब्ध गराएकामा जापान सरकारलाई धन्यवाद दिए।, जापानले नेपाललाई १६० थान अक्सिजन जेनेरेटर, २५ थान ब्लड ग्यास एनालाइजर, २५ थान पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम र छ थान जापानमा निर्मित एम्बुलेन्स उपलब्ध गराएको थियो।, मन्त्री खतिवडाले जापान सरकारले कोभिड-१९ महामारीको रोकथामका साथै जनताको रक्षा, जीविकोपार्जन र महामारीपछिको आर्थिक पुनरूत्थानका लागि नेपाललाई प्राथमिकता दिएको उल्लेख गरे।, उनले नेपाल–जापानबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत युताकाबाट निर्वाह भएको भूमिकाको प्रशंसा गर्दै दुई देश र जनताको पारस्परिक हितका लागि  मिलेर काम गर्नुपर्नेमा जोड दिए।, आगामी दिनमा पनि जापान सरकारबाट नेपालको स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोगको अपेक्षा गर्दै मन्त्री खतिवडाले पूर्वाधार विकास, गरिबी निवारण, कृषि, साना तथा मझौला उद्यमलाई सहयोग, जनस्वास्थ्य तथा शिक्षाको सुधार, मानव संशाधनको विकासलगायत क्षेत्रमा महत्वपूर्ण जापान सरकारको निरन्तर सहयोग रहदै आएको बताए। , राजदूत युताकाले कोभिड-१९ को नियन्त्रणमा आफूहरूले सहयोग गर्दै आइरहेको र फेरि पनि सहयोग गर्न तयार रहेको बताए।, उनले यसअघि जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत २० करोड अमेरिकी डलर बराबरको खोप उपलब्ध गराउनाका साथै अहिले ८० करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी गराएको बताइएको थियो।,  , जापानले कोरोना रोकथामका लागि पहल गर्ने प्रतिबद्धता
राजेश घिमिरे चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मुछिएको माछाको मूल्य विवादमा सहमति भएको छ। , बिहीबार प्रजिअ तामाङ, भरतपुरकी मेयर रेनु दाहाल र सरोकारवालाहरूको बैठकमा प्रजिअ तामाङले आफूबाट गल्ती भएको भन्दै आत्मआलोचना गरेका थिए। , ‘उहाँले म त्यहाँ सिडिओको रूपमा नभई एउटा ग्राहकको रूपमा गएको थिएँ। मबाट कमजोरी भएको हो, त्यसका लागि म आत्मआलोचना गर्छु भन्नुभयो,’ नेपाल मत्स्य व्यवसायी संघ चितवनका उपाध्यक्ष लुलाराज तामाङले भने,‘तपाईंहरूका लागि सिडिओ कार्यालयको ढोका सधैँ खुला छ भनेपछि कुरा मिल्यो।’ , सरोकारवालाहरूको बैठकले स्वस्थकर तथा बिक्री कक्षको मापदण्ड तयार गरी कार्यान्वयन अघि बढाउनेलगायत ६ वटा निर्णय पनि भएका छन्। , भएको के थियो?, गत आइतबार एक महिला सरकारी गाडी चढेर पश्चिम चितवनको दिव्यनगरस्थित अक्वा ब्रिडर्स नेपाल फार्ममा माछा किन्न पुगिन्।, त्यहाँको पोखरीका माछा भरतपुरमा पसलमै सानो पोखरी तयार पारेर जिउँदो माछा राखेर बिक्री गर्ने चितवन फिस हाउसका लुलाराज तामाङले खरिद गरिसकेका थिए। ग्राहक फार्ममै आइसकेपछि सञ्चालक खगेन्द्र सुवेदीले बिक्री भइसकेका माछा मध्येबाट केही झिकेर ती महिलालाई दिने भए।, तामाङको सहमतिमा सुवेदीले केही माछा झिकेर काट्न कर्मचारीलाई अह्राए। माछाको मूल्य प्रतिकिलो तीन सय रुपैयाँ लिइयो।, महिलाले अघिल्लो पटक २ सय ५० रुपैयाँमा दिइएको भन्दै मूल्य घटाउन दबाब दिइन् तर मूल्य घटाउन व्यवसायी तयार भएनन्। उनी तीन सय रुपैयाँका दरले पैसा बुझाएर माछा लिएर हिँडिन्। तामाङ पनि बाँकी माछा लिएर पसल आए।, साँझ पसलमा बसेर काम गरिरहेका बेला प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीसहित भरतपुरको रिजाल चोकस्थित चितवन फिस हाउस पुग्यो।, ‘सिडिओसाब त महँगोमा माछा बिक्री गरेर कालोबजारी गरेको भन्दै एक्कासी जंगिन थाल्नुभयो। मलाई तथानाम गाली गर्न थाल्नुभयो,’ तामाङले भने, ‘दिउँसो मेरो गाडीबाट माछा झिकेर दिएकी महिला उहाँकी श्रीमती हुनुहुँदो रहेछ।’, प्रजिअ अस्मान तामाङको नेतृत्वमा साँझ ६ बजेतिर पुगेको टोलीले तामाङको फिस हाउसका दुईवटा फ्रिजहरु सिल गर्‍यो। त्यहाँ रहेका केही माछाको गुणस्तर जाँच गर्न भन्दै लिएर गयो।, ‘म त भारतबाट ताजा देखाउन फर्मालिन हालेर माछा बेच्न यहाँ ल्याउँछन् तिनको प्रयोगले मानव स्वास्थ्यमा असर गरिरहेको छ, बिक्री गर्न दिनुहुँदैन भनेर वर्षौंदेखि आन्दोलनको नेतृत्व गर्दै आएको मान्छे हो। मेरो पसलमा भएका जेसुकै समानको परीक्षण गरियोस् यसमा आपत्ती छैन,’ व्यवसायी लुलाराज तामाङले भने, ‘तर सिडिओ साबको शैली ठीक भएन। व्यक्तिगत स्वार्थका लागि व्यवसायीलाई तथानाम गाली गर्न पाईंदैन।’, उनले यो घटनाले प्रशासन भारतबाट गुणस्तरहीन माछा आयात गर्नेहरूसँग मिलेको देखिएको दाबी गरे।, तामाङले माछा पोखरीबाट थोक मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँमा खरिद गरेर ३ सय ८० देखि ४ सय रुपैयाँसम्ममा काटेर बिक्री गर्ने गरेको बताए।, ‘मैले चाहेको भए किनेर गाडीमा हालिसकेको माछा सिडिओकी श्रीमतीलाई पनि ३ सय ८० मै बिक्री गर्न सक्थें। तर खगेन्द्रजीले पनि भन्नुभयो भनेर सस्तोमै दिएर आएँ,’ उनले भने, ‘उहाँलाई २ सय ४० रुपैयाँमै चाहिएको रहेछ।’, माछाको बिक्री मूल्य नेपाल मत्स्य व्यवसायी संघले तोक्ने गर्छ। संघले प्रतिकिलो माछाको मूल्य ४ सय रुपैयाँ तोकेको केही वर्ष भयो। व्यवसायीहरूले उक्त मूल्य समायोजन नभएको धेरै समय भएको भन्दै समायोजन गर्न संघलाई दबाब दिँदै आएका छन्। तर संघले केही समय पर्खन भनेको छ। माछा व्यवसायी तामाङले संघको कुरालाई मानेर मूल्य नबढाई बिक्री गर्दा प्रशासनले दुर्व्यवहार गरेको बताए। , नेपाल मत्स्य व्यवसायी संघका जिल्ला अध्यक्षसमेत रहेका खगेन्द्र सुवेदीका अनुसार प्रमुख जिल्ला अधिकारीले पठाएको भन्दै यसअघि पनि केही प्रहरी उनको पोखरीमा माछा किन्न पुगेका थिए।, ‘हामीले खुद्रामा बेच्ने मूल्य नै ३ सय हो, उनीहरूलाई त्यही भन्यौं। उनीहरूले सिडिओले पठाएको हो २ सयमा देऊ भनेछन्। कर्मचारीहरू बर्दी देखेर डराएछन्, बढी विवाद गर्नुभन्दा २ सय ४० रुपैयाँमा लैजानु भनेर दिएछन्,’ सुवेदीले भने, ‘पछि आउँदा पनि त्यही मूल्य खोज्नुभएको होला, दिन सकिएन।’, उनले गत मंसिरमा चितवनलाई माछामा आत्मनिर्भर जिल्ला घोषणा गरेपछि पटक-पटक प्रशासन कार्यालय पुगेर भारतबाट आएका माछाहरूको फर्मालिन जाँच गर्न माग गरिए पनि प्रशासनले त्यसतर्फ कहिल्यै ध्यान नदिएको बताए।, चितवनका सिडिओले आत्मआलोचना गरेपछि मिल्यो माछाको मूल्य विवाद
सेतोपाटी संवाददाता कैलालीमा मापसे गरेका  चालकले  ट्रक चलाउँदा अनियन्त्रित भएपछि घरमा ठोक्किएको छ ।, बिहीबार साँझ अतरिया बजारमा विष्णु पेट्रोल पम्पमा डिजेल भरेर महेन्द्रनगर जाँदै गरेको ना६ख ४६१९ नम्बरको  सिमेन्ट बोकेको ट्रक अनियन्त्रित भएपछि गोदावरी नगरपालिका-१ का बलराम भट्टको दुई तले पक्की घरमा ठोक्किएको हो।, ट्रक घरमा ठोक्किँदा पसल रहेको सटरमा क्षेति भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मापसे गरेर ट्रक अनियन्त्रित गर्ने  चालक दार्चुला शैल्यशिखर नगरपालिका-९ का ३५ वर्षका दिपेन्द्र भण्डारी नियन्त्रणमा छन्।, मापसे गरेर ट्रक चलाउँदा अनियन्त्रित भएर घरमा ठोक्कियो
सेतोपाटी संवाददाता मेची-महाकाली विद्युतीय रेलमार्गको काँकरभिट्टा-इनरुवा खण्डअन्तर्गत झापाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारणका लागि आवश्यक प्राविधिक काम तत्काल सम्पन्न गर्ने निर्णय भएको छ।, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा जिल्लास्थित राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिको आज जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले त्यस्तो निर्णय गरेको हो।, प्रजिअ तिमिल्सिनाले प्रशासन कार्यालयका तर्फबाट हालसम्म भएको पहल र प्रगतिबारे जानकारी गराए। रेल्वेका लागि नक्साङ्कन भएका झापाका छवटै पालिकाको वडास्तरसम्म पुगेर रेल्वे प्रभावित क्षेत्रको लगत सङ्कलन कार्य सम्पन्न भएको र यसबारेमा केही प्रमाणीकरण गर्न बाँकी रहेको भए तत्काल सम्पन्न गर्ने निर्णय भएको छ।, त्यस्तै रेल्वेअन्तर्गत मोरङ र सुनसरीमा डिमार्केसनको काम भइरहेकामा अब एक महिनाभित्र झापामा डिमार्केसन गरी पिलर गाड्ने कार्य सम्पन्न गर्ने निर्णय भएको छ। अब एक सातामा डिमार्केसन गरी पिलर गाड्ने कार्य सुरु गरिने रेल योजना कार्यालयले जनाएको छ। , डिमार्केसन सकिएलगत्तै रेल्वेमा नपर्ने जग्गाको रोक्का फुकुवा गर्ने बैठकले निर्णय गरेको छ। त्यसैगरी रेल्वे क्षेत्रमा पर्ने जग्गाको मुआब्जा निर्धारण तत्काल गर्न सक्ने गरी तयारी हालतमा रहने निर्णय भएको छ। झापाको हकमा प्रचलित दरअनुसार मुआब्जा निर्धारणको काम लगभग सकिएको बुझिएको छ। मुआब्जा निर्धारण गर्न स्रोत सुनिश्चितता गर्नुपर्ने भएकाले उक्त कार्यका लागि रेल आयोजना कार्यालय, राजनीतिक दललगायत सरोकारवाला निकायले सक्रियरूपमा पहल गर्ने निर्णय भएको छ।, स्रोत सुनिश्चित गर्न दलले सरकारको ध्यानाकर्षणसमेत गराएका छन्। हाल रेल योजना कार्यालयअन्तर्गत प्रदेश १ मा मुआब्जा वितरणका लागि एक अर्ब ६६ करोड मात्र रहेको तर मुआब्जाका लागि करिब २५ अर्ब आवश्यक पर्ने बताइँदै आएको छ। आवश्यक स्रोत सुनिश्चिताका लागि रेल योजना कार्यालयको समन्वयमा झापा, मोरङ र सुनसरीका राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिहरू प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक योजनामन्त्रीसमक्ष माघ दोस्रो साताभित्र प्रतिनिधिमण्डल जाने विषयमा समेत बैठकमा छलफल भएको छ।, बैठकमा राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेबे, नेकपा (एमाले)का प्रतिनिधि यमबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजय साम्पाङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेन वालाराई, केन्द्रीय सदस्य देउकुमार नेम्वाङ, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष अनुतसिंह राजवंशी, राप्रपाका जिल्ला सहसचिव अभिषेक ढुङ्गानाले रेल्वेको मुआब्जालगायतका समस्या तत्काल समाधान हुनुपर्नेमा जोड दिँदै त्यसका लागि राजनीतिक दलका तर्फबाट जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।, बैठकमा रेल योजना कार्यालय दमकका योजना प्रमुख इञ्जिनियर प्रकाशचन्द्र भण्डारी र इञ्जिनीयर बोधप्रसाद भण्डारीले प्राविधिक कामको अहिलेसम्मको प्रगतिबारे जानकारी गराएका थिए।, रेल्वे प्रभावित मुआब्जा समन्वय समितिका अध्यक्ष डा लक्ष्मीप्रसाद मैनाली र महासचिव रञ्जित प्रसाईंले प्रभावितका तर्फबाट विभिन्न विषयमा कुरा राखेका थिए। रासस, पूर्व-पश्चिम रेल्वेमा नपर्ने जग्गा तत्काल फुकुवा गरिने
सेतोपाटी संवाददाता मकवानपुरबाट ४५ किलो लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, बिहीबार दिउँसो १ बजे मनहरी गाउँपालिका-९ स्थितबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए।, राक्सिराङ गाउँपालिका-२ बस्ने ४२ वर्षीय भक्तबहादुर थापा मगर र ४१ वर्षीय हिरालाल गुरूङ पक्राउ परेका हुन्।, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले पूर्व-पश्चिम लोकमार्गबाट दुई जनालाई पक्राउ गरेको हो।, उनीहरूबाट ४५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। , मकवानपुरबाट ४५ किलो गाँजासहित दुई पक्राउ
सेतोपाटी संवाददाता इजरायली सरकारले महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ। , बिहीबार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई ल्याब हस्तान्तरण गरेका हुन्। , ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकहरूसँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिहरूको सम्बन्धमा छलफल गर्न सकिने जनाइएको छ। , ‘हाइटेक क्लास रूम’ को नाम दिइएको ल्याबमा बसेर एक अर्काको ज्ञान तथा सीप आदान प्रदान गर्न सकिने आविष्कार केन्द्रका प्रमुख महावीर पुनले बताए। , सो ल्याबलाई विश्वमा छिटोभन्दा छिटो विकास भइरहेको प्रविधिहरूका बारेमा सर्वसाधारणलाई जानकारी दिनका लागि प्रयोग गरिने उनले बताए।, हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हनान गोडेरले मानिसहरूको जीवन पद्दतिलाई परिवर्तन गर्न विज्ञान र प्रविधिमा भएका परिवर्तनहरूको अध्ययन आवश्यक रहेको बताए।, इजरायलले नेपालमा प्रविधिसहितको ल्याबको लागि सहकार्य गर्न पाएकोमा उनले खुसी व्यक्त गरे।, सो ल्याबमा २० जनाको क्षमता रहेको आविष्कार केन्द्रले जनाएको छ। हाल ३० लाख रुपैयाँ बराबरको प्रविधि राखिएको र लागत अझै बढ्ने बताइएको छ। , राष्ट्रिय आविष्कार केन्द्रलाई इजरायली सरकारको सहयोग (भिडिओ)
सेतोपाटी संवाददाता विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएपछि तुलसीपुरका तीन सामुदायिक विद्यालय बन्द भएका छन्।, तुलसीपुर बजारको सेन्टर मावि तुलसीपुर, तुलसीपुर-४ को गुरुजजुर नमूना मावि र तुलसीपुर-८ को अश्वारा मावि बन्द भएका हुन्।, बिहीबार बुलुका तुलसीपुरका मेयर घनश्याम पाण्डेको अध्यक्षतामा बसेको स्वास्थ्यकर्मीसहित सरोकारवालाहरूको बैठकले संक्रमण फेला परेका विद्यालय बन्द गर्ने निर्णय गरेको हो।, ‘जहाँ-जहाँ संक्रमित भेटिएका छन्, ती विद्यालयहरु स्वास्थ्य प्रोटकल अनुरुप स्वत: बन्द हुन्छन्,’ मेयर पाण्डेले भने, ‘अन्य विद्यालयको हकमा के गर्ने भन्ने सवालमा शुक्रबार छलफल पनि एउटा निष्कर्षमा पुग्ने छौं।’, शून्य अवस्थामा झरेको कोरोना संक्रमण पछिल्लो समय तीब्र रुपमा फैलिएको छ। तुलसीपुरमा तीन दिनको अवधिमा ८४ जना नयाँ सक्रिय संक्रमित थपिएका छन्।, तुलसीपुरमा बिहीबार मात्रै थप ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। १४२ जनाको परीक्षण गर्दा  ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, तुलसीपुरको मेट्रो अस्पतालमा गरिएको परिक्षणका क्रममा  गुरु जजुर माविका ११ जना विद्यार्थी तथा शिक्षक, सेन्टर मावि तुलसीपुरका १५ जना  विद्यार्थी तथा शिक्षक, ८ जना  स्वास्थयकर्मी र समुदायका थप ११ जनामा संक्रम पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए।, बिहीबार २५ महिला र २० पुरुषमा  संक्रमण पुष्टि भएको फोकल पर्सन केसीले बताए।, संक्रमित २० जनाको स्वाब थप अनुसन्धानको लागि नेपालगञ्ज पठाइएको फोकल पर्सन केसीले बताए।, त्यस्तै, अन्य  केही दिनमा भेरियन्ट पहिचानका लागि काठमाडौंस्थित टेकु अस्पताल पठाइने तयारी गरिएको केसीले जानकारी दिए।, कोरोना बढेपछि तुलसीपुरका तीन विद्यालय बन्द
सेतोपाटी संवाददाता बिहानैबाट देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।, आजराति  प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।, वर्षा तथा हिमपातको सम्भावना रहेकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्नेभन्दै विभागले चिसोवाट बच्न र हिमपातवाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।, आगामी तीन दिनको मौसम पूर्वानुमान, २०७८ पुस २३ गते (शुक्रबार), दिउँसो :  देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।, राती : प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक देखी सामान्य बदली रहनेछ।  प्रदेश १ , प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश का एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।, २०७८ पुस २४ गते (शनिबार), दिउँसो : देशभर सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन /चटयाङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।, राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ गर्जन /चटयाङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।, २०७८ पुस २५ गते (आईतबार), दिउँसो : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा  मेघ गर्जन /चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा  मेघ गर्जन /चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।, राती : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धरै स्थानहरुमा मेघ गर्जन /चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा  बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।, आज सबै प्रदेशमा वर्षा, हिमाली र उच्च पहाडमा हिमपात
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ।, असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षार्थीहरूको परीक्षाफल बिहीबार प्रकाशन भएको हो।, परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी लिए।, तीमध्ये दुई हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार ७९.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।, परीक्षा बोर्डको वेबसाइट ,www.neb.gov.np, बाट परीक्षाफल हेर्न सकिन्छ।, बोर्डले प्रकाशित गर्‍यो कक्षा ११ को आंशिकतर्फको परीक्षाफल, ७९.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरूवा गरेको छ।, एसएसपी मसाउद आलम खाँलाई नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा सरूवा गरिएको छ।, साथै एसएसपी भीमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरूवा गर्दा श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसी पठाइएको छ।, प्रहरी प्रवक्ता रहेका एसएसपी बसन्तबहादुर कुँवरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरूवा गरिएको छ।, एसएसपी पूजा सिंहलाई गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरूवा गरिएको छ। उनीहरूलाई बिहीबार सरूवा गरिएको हो।, हेर्नुस् को कहाँ सरूवा भए:, २६ एसएसपीको सरूवा: उपत्यका ट्राफिकमा जोशी, अपराध अनुसन्धानमा कुँवर
सेतोपाटी संवाददाता ट्याक्टरको ठक्करले कैलालीमा पैदल यात्रीको मृत्यु भएको छ।, गोदावरी नगरपालिका ९ धनचौरीस्थित भित्री सडकमा ट्याक्टरले ठक्कर दिँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ मौरीफाटाका करिब ४० वर्षका करन भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।, बिहीबार बेलुकी रा १ त ४६५३ नम्बरको ट्याक्टरले भट्टराईलाई ठक्कर दिएको थियो। सडकमा हिँड्दै गरेका उनलाई ट्याक्टरले ठक्कर दिएको थियो।, ट्याक्टर चालक धनगढी उपमहानगर ६ का ३६ वर्षका वीरबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, ट्याक्टरको ठक्करले कैलालीमा पैदल यात्रीको मृत्यु
सेतोपाटी संवाददाता राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बिहिवार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। बस्नेतलाई युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा सपथ गराएका हुन्।, सपथ ग्रहण लगत्तै बस्नेत सानोठिमीस्थित परिषद कार्यालयमा पुगेर पदवहाली गरेका थिए। सो अवसरमा उपाध्यक्ष बस्नेतले मुलुकको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवा समुदायको विकास र सशक्तीकरणमा जोड दिने बताए। , बस्नेतलाई बुधबारको मन्त्रिपरिषद वैठकले राष्ट्रिय युवा परिषद ऐन ,२०७२ वमोजिम कार्यकारी उपाध्यक्ष पदमा नियुक्त गरेको हो।, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतले गरे पद वहाली
रासस बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ। पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ।, बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ। यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ। बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको बताइएको छ।, बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो। बाघको पञ्जाबाट उम्किएर बच्न सफल उहाँको शरीरका विभिन्न ठाउँमा बाघको नङ्ग्राले चोट लागेकोे छ। केही दिनअघि राप्तीसोनारीका वडा नं ५ र ६ को जङ्गलमा मोटरसाइकलमा सवार एक शिक्षकलाई बाघले झम्टेको थियो।, बिहीबार राप्तीसोनारी–४ स्थित स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आक्रमण गरेको थियो। विष्टलाई बाघले आक्रमण गरेपछि भागेर आएका दुई जनाले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा जाँदा बाघले विष्टलाई खाइरहेको अवस्थामा भेटिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।, उनका अनुसार प्रहरी घटनास्थल पुग्दा बाघले मान्छेलाई खाइरहेको थियो। होहल्ला गर्दा पनि नभागेको बाघलाई प्रहरीले दुई राउण्ड फायर गरेर अलिकति टाढा भगाएर शव लिएर आएको थियो। , राप्तीसोनारी–४ को क्षेत्रमा केही दिनदेखि बाघको आक्रमण बढेको छ। बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले शुक्रबारदेखि नै त्यस क्षेत्रमा हात्तीसहितको टोली पठाएर बाघलाई लखेट्ने बताए। उनले स्थानीयवासीलाई पनि सचेत गराउने कार्यक्रम रहेको जानकारी दिए।, बाघको सङ्ख्या बढाउनकै लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा यतिबेला बाघको गणना गर्ने कार्य भइरेहेको छ। पछिल्लो गणनाअनुसार बाँकेमा २१ बाघ रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताए।, बाँकेमा बाघ आतङ्क : तीन महिनामा तीन जनाको लियो ज्यान
सेतोपाटी संवाददाता धनगढीमा ट्रकको ठक्करबाट घाइते भएकी श्रीमाया गुरूङको मृत्यु भएको छ।, पार्किङ गर्ने क्रममा: बिहीबार ट्रकले श्रीमायालाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन्। उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा: मृत्यु भएको प्रहरीले जनाएको छ।, धनगढी उपमहानगर ३ त्रिनगर भन्सारमा सु.प.प्र.०१-००१ख २८५६ नम्बरको ट्रकले उनलाई ठक्कर दिएको थियो। बडहराकी ६५ वर्षीया श्रीमाया ट्रकको ठक्करबाट घाइते थिइन्।, उपचारको क्रममा: बिहीबार बेलुकी उनको निधन भएको हो। ट्रक चालक भने फरार छन्। ट्रक प्रहरी नियन्त्रणमा छ।,  , पार्किङ गर्दा ट्रकले ठक्कर दियो, घाइतेको उपचारको क्रममा: मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको बौद्धस्थित एक घरको कोठाभित्र युवा-युवती मृत फेला परेका छन्।, गएराति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा युवक र युवती मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृत फेला परेका थिए।, प्रहरीका अनुसार उनीहरू भिडिओ गेम पब्जीबाट नजिकिएका थिए। उनीहरू केही दिनदेखि लिभिङ टुगेदर बसेका थिए।, वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार उनीहरू सँगै बस्न थालेको २०-२२ दिन मात्रै भएको थियो। उनीहरूबीच अनलाइन भिडिओ गेम पब्जीबाट चिनजान भएको थियो।, घटनामा कुनै तेस्रो व्यक्तिको संलग्नता छ कि छैन भन्ने अनुसन्धान भइरहेको छ। गएराति अनिस र युसिना दुबै मासु र चिउरा खाएर सुतेका थिए।, 'उनीहरू धेरैजसो पब्जी खेल्ने गर्थे। खेल खेल्दा हानहान, मारमार भन्ने जस्तो शब्द बोल्थे। तर राति भने अरूबेलाको जस्तो आवाज थिएन। झगडा गरेकोजस्तो आवाज आएको रहेछ,' प्रहरी वरिष्ठ उपरीक्षक गिरीले भने, '१२ बजेतिर आमाले हल्ला सुनेपछि बोलाउन गएकी रहेछन्।', आमाले बोलाउँदा उनीहरूले ढोका खोलेका थिएनन्। ढोका नखोलेपछि बहिनीको छोरालाई बोलाएर ढोका फोड्न लगाएका थिए। कोठाभित्र हेर्दा युसिना बेडमा मृत अवस्थामा फेला परेकी थिइन्।, त्यस्तै छेउमै अनिस पनि मृत अवस्थामा फेला परेका थिए। घटनास्थलबाट धारिलो हतियार पनि फेला परेको प्रहरीले जानकारी दिएको छ।, 'त्यहाँ रगतैरगत थियो। त्यसपछि प्रहरीलाई खबर भयो। प्रहरी पुग्दा अनिशको शरिर तातै थियो। अस्पताल पुर्‍याउँदा मृत घोषणा भयो,' उनले भने।, अनिशलाई चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा लगिएको थियो। यसमा युवकले पहिले धारिलो हतियार प्रयोग गरी युवतीको हत्या गरेपछि आत्महत्या गरेको हुनसक्ने प्ररम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ।, यद्यपी यसको पुष्ट्याइ पोष्टमार्टम रिपोर्टले गर्ने उनले बताए। प्रहरीले शवको पोष्टमार्टम गर्न शिक्षण अस्पताल लैजाने तयारी गरेको छ। घटनाबारे थप अनुसन्धान हुँदैछ।, काठमाडौंमा कोठाभित्र मृत भेटिए युवा-युवती
एजेन्सी पछिल्लो समय भारतमा कोरोना संक्रमण तिब्र रूपमा फैलिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ९० हजार ९ सय २८ नयाँ संक्रमित फेला परेका छन्। यो अघिल्लो दिनको तुलनामा ५६.५ प्रतिशतले बढी हो। , केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा सक्रिय संक्रमितको संख्या बढेर २ लाख ८५ हजार ४ सय १ पुगेको छ। पछिल्लो २४ घन्टामा १९ हजार २ सय ६ जना संक्रमणमुक्त भएका छन्। यस्तै २४ घन्टामा थप ३२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। , मन्त्रालयका अनुसार भारतको महाराष्ट्र, पश्चिम बंगाल र दिल्लीमा सर्वाधिक संक्रमित फेला परेका छन्। महाराष्ट्रमा मात्र पछिल्लो २४ घन्टामा २६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। , जसमध्ये मुम्बईमा मात्र २० हजार भन्दा बढीमा संक्रमण पुष्टी भएको छ। बिहिबार मुम्बईमा २० हजार १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अघिल्लो दिनको तुलनामा करिब ५ हजारले बढी हो। यसबीचमा मुम्बईमा ४ जनालाई ज्यान गएको छ।, मुम्बईमा लकडाउन हुने सम्भावना बढेर गएको छ। यसअघि मुम्बईमा दैनिक संक्रमण २० हजार नाघे लकडाउन गर्ने राज्य सरकारले बताउँदै आएको थियो।, महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेका अनुसार महाराष्ट्रमा लकडाउन लगाउने विषयमा मुख्यमन्त्री उद्धव ठाकरेले आज निर्णय गर्नेछन्। बिहिबार यस विषयमा गम्भीर छलफलसमेत भएको थियो। , मुम्बई महानगरपालिकाका अनुसार कोरोना संक्रमितमध्ये करिब ८५ प्रतिशतमा कुनै पनि लक्षण देखिएको छैन। संक्रमण पुष्टि भएका मध्ये बिहिबार मात्र ११७० जनामा लक्षण देखिएको र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। जसमध्ये १०६ जनालाई अक्सिजन आवश्यक परेको महानगरपालिकाको स्वास्थ्य विभागले जनाएको छ।, यो सँगै मुम्बईमा मात्र सक्रिय संक्रमितको संख्या करिब ८० हजार नाघेको छ।, यस्तै राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घन्टामा सक्रमित दर १५ प्रतिशतले बढेको छ। , दिल्लीमा बिहिबार १५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा दिल्लीमा १५ हजार ९७ जनामा संक्रमण पुष्टि भएको छ। यसबीचमा ८ जनाको ज्यान गएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीमा पछिल्लो मे ८ यताकै सर्वाधिक संक्रमण हो।, यो सँगै दिल्लीमा सक्रिय संक्रमितको संख्या ३१ हजार ४ सय ९८ पुगेको छ। यो संख्या करिब साढे ७ महिनापछि सबैभन्दा बढी हो। , यस्तै पश्चिम बंगालमा पनि कोरोना संक्रमण तिब्र रूपमा फैलिएको छ। पछिल्लो २४ घन्टामा पश्चिम बंगालमा १५ हजार ४ सय २१ जनामा कोरोना पुष्टि भएको छ। यस्तै १९ जनाको ज्यान गएको छ। यहाँ कोरोनाका संक्रिय संक्रमित ४१ हजार नाघेको छ।, तिब्र रूपमा फैलदै भारतमा कोरोना, पछिल्लो २४ घन्टामा ९० हजार बढी संक्रमित
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजनाहरू जतिसक्दो छिट्टो सम्पन्न गर्न पहल सुरू गरेको छ।, काठमाडौं उपत्यकाभित्रको विद्युतको बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन प्राधिकरणले निर्माणाधीन आयोजनाहरू एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको छ।, काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका सबस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजनाहरू सञ्चालित छन्।, प्राधिकरणले काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत खपत गर्ने गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ प्रसारण तथा वितरण प्रणाली पूर्वाधार बनाउन सुरु गरेको छ। नेपाल सरकार, प्राधिकरणको लगानी,  एसियाली विकास बैंक (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधारको बृहत् योजना अगाडि बढाइएको हो।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन आयोजनाहरूको स्थलगत अनुगमन गरी निर्माण प्रगति, व्यहोरिरहेका समस्या, एक वर्षभित्र सम्पन्न गर्न गर्नु पर्ने कामलगायतका विषयमा जानकारी लिएका छन्।, कार्यकारी निर्देशक घिसिङले काठमाडौंको मातातीर्थमा निर्माणाधीन २२०/१३२/३३ केभी सबस्टेसन, फुटुङ, टेकु, चोभार, भक्तपुरको ठिमी तथा चाँगुनारायणमा निर्माणाधीन १३२/३३/११ केभी सबस्टेसन, विद्युतीय तारको भूमिगत गर्ने कामको अनुगम गरी निर्माणलाई तीव्रता दिन आग्रह गरेका छन्।, घिसिङले अगामी वर्षको हिउँद सुरू हुनुभन्दा पहिले नै आयोजनाको निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरू र परामर्शदातालाई आग्रह गरे।, ‘निर्माणाधीन सबस्टेसनहरू अर्को वर्षको हिउँद अगाडि निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिएन भने पूर्वाधार अभावमा विद्युत मागअनुसार आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नु पर्ने अवस्था आउन सक्छ, त्यसैले यस्ता संवेदनशील आयोजनाहरूको निर्माणमा सबै गम्भीर बनेर सम्पन्न गरौं’, उनले भने, ‘मुख्य सडकमा विद्युतीय तार भूमिगत गर्न सडक विभागले अनुमति नदिँदा, स्थानीयले रूट परिवर्तनको माग राख्ने अवरोध गर्दा, केही स्थानमा स्थानीयले आफ्नो घर नजिक ट्रान्सफर्मर राख्न नदिँदा काम प्रभावित भएको छ, समस्यालाई पार लगाउँदै जसरी पनि आयोजनाहरू सम्पन्न गर्नु पर्ने छ, सम्बन्धित निकायमा आवश्यक पहल र समन्वय गरिरहेका छौं।’, मस्र्याङ्दी र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याएर वितरण गर्न मातातीर्थमा २२०/१३२/३३ केभी, ३२० एमभिए क्षमताको सबस्टेसन निर्माणाधीन छ। आगामी असोजभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मातातीर्थ सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत आपूर्तिका लागि ठूलो हब बन्दैछ। , सबस्टेसनबाट थानकोट, सतुंगल, गुर्जुधारालगायतका क्षेत्रमा विद्युत आपूर्ति गर्न पाँच वटा ११ केभीका फिडर भूमिगत गरी मुख्य सडकसम्म निकाल्ने प्रारम्भिक काम सुरू गरिएको छ। फिडर सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ भने स्युचाटार र टेकु सबस्टेसनको लोड काम हुने छ।, काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ। सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरू रहने छन्।, सुख्खा बन्दरगाहा नजिक हिमाल सिमेन्टको जग्गामा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने १२ रोपनी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ। मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन बनिसकेको छ।, ‘थानकोट-चापागाउँ-भक्तपुर लाइन सम्पन्न गर्न सकिएको भए काठमाडौं,ललितपुर र भक्तपुरमा १३२ केभी प्रसारण लाइनको रिङ बन्ने थियो, यसबाट विद्युत आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर सुधार हुने थियो तर लाइन बन्न नसक्ने अवस्था देखिएपछि चोभारमा सबस्टेसन बनाई चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेसनमा पुर्याउने योजना बनाएका छौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यसको डिजाइन भइसकेको छ, सञ्चालनमा रहेको लगनखेल सबस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाउँदैछौं, त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रूपमा चापागाउँ र हरिसिद्धीमा लाइन लैजाने छौं।’, अहिले ललितपुर क्षेत्रमा स्युचाटार-पाटन-बानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ। यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ।, प्राधिकरणले काठमाडौंको टेकुस्थिति ६६/११ केभी सबस्टेसनको सुदृढीकरण गरी १३२/११ केभी र फुटुङमा १३२/११ केभीको नयाँ सबस्टेसन बनाउँदैछ। दुबै सबस्टेसनमा ४५/४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरू राखिने छ। बालाजु-चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिने छ।, फुटुङ सबस्टेसनको मुख्य सिभिल संरचनाहरूको निर्माण भइरहेको छ भने उपकरणहरू आइसकेका छन्। सबस्टेसन सञ्चालनमा आएपछि बालाजु क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने छ भने बालाजु सबस्टेसनको लोड कम हुने छ।, यसैगरी भक्तपुरको चाँगुनारायणमा १३२/११ केभी सबस्टेसन निर्माणाधीन छ भने स्थानीयको अवरोधका कारण लप्सीफेदी २२०/१३२/११ केभी सबस्टेसन निर्माण सुरू हुन सकेको छैन। तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदी सबस्टेसन निर्माण गर्न लागिएको हो। सबस्टेसनमा १६० र २२.५ एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरू रहने छन्। रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसै हुँदै लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी-काठमाडौं प्रसारण लाइन निर्माणाधीन छ।, लप्सीफेदीबाट चाँगुनारयण सबस्टेसनसम्मको करिब १० किलोमिटर प्रसारण लाइन निर्माणमा स्थानीयले अवरोध गरिरहेको प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधानले बताए। चपली-भक्तपुर १३२ केभी प्रसारण लाइनलाई ट्यापिङ गरी चाँगुनारायण सबस्टेसनमा लगिने छ। सबस्टेसनको निर्माण अर्को वर्षको पुसभित्र सक्ने लक्ष्य राखिएको छ।, काठमाडौंको विद्युत आपूर्ति सुधार गर्न सबस्टेसन निर्माण धमाधम, एक वर्षभित्र सक्ने लक्ष्य
रासस दाङ घोराही-९ का खुसीराम चौधरी यतिखेर निकै व्यस्त छन्। नजिकिँदो माघी पर्वका लागि आवश्यक दाउरा संकलन र दुनाटपरी बनाउने पात टिप्न उनी दैनिक जङ्गल धाउन थालेका छन्।, ‘तीन दिन भयो, जङ्गलबाट दाउरा काटेर ल्याएँ। अब पात टिप्न थालेको छु। दुनाटपरी लगाउनुछ’, उनले भने, ‘माघीमा पाहुना धेरै आउँछन्, माघीमा चाहिने मासु र अन्नको पनि जोहो गर्नुछ। अब फुर्सद हुन्न।’, घोराहीका भुवन चौधरीले पनि माघीमा आवश्यक बङ्गुर, बाख्रा, दाउरा, माघीमा पकाइने परिकारका लागि चामल, पिठोको जोहो गर्नमा व्यस्त छन्।, ‘माघी हाम्रो प्रमुख पर्व हो। हाम्रा लागि यो नयाँ वर्षको सुरूआत हो। यस समयमा हामी खानपान, रमाइलो मात्र होइन, वर्षभरि गर्ने कामको योजना बनाउने काम गर्छौं’, उनले भने, ‘यससँगै हामी माघीमा खानपान र रमाइलो गर्ने गर्दछौं। यो समयमा थारु संस्कृति झल्कने नाचगान गर्ने गरिन्छ।’, माघी थारु समुदायको सबभन्दा ठूलो पर्व रहेकाले पर्व मनाउन लागि एक साता अघिदेखि नै तयारी सुरू गरिएको छ।, माघीका लागि आवश्यक पर्ने जिता खोज्ने, खाने मानिसको सूची बनाउनेलगायतका तयारी भइरहेको घोराही माघी महोत्सव आयोजक समितिका संयोजकसमेत रहेका चौधरीले बताए।, दाङका थारु बस्तीमा अहिले माघी पर्वको रौनक छाएको छ। माघे सङ्क्रान्ति नजिकिएसँगै दाङका थारु बस्तीमा चहलपहल बढेको हो।, यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ। माघी नजिकिएकाले थारु बस्तीमा अहिले दाउरा सङ्कलन, पात टिपेर दुनाटपरी बनाउने, कुटानी पिसानीलगायतका कार्य धमाधम भइरहेका छन्।, यतिखेर गाउँ/गाउँमा रातभर आगो बाल्ने चलन अनुसार दाउरा सङ्कलन, धान, चामल कूटानपिसान, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त छन्।, माछा मार्ने, ढिर्की, रोटी पकाउने, अनदीको विशेष झोल, (जाँड) अनदीको रोटी, भातलगायत विशेष मीठा-मीठा परिकारको जोहो माघमा गर्ने चलन छ।  , ‘यतिखेर थारु बस्तीका सबै व्यस्त छन्, सबैको घरमा माघीको तयारी सुरू भएको छ’, संयोजक चौधरीले भने, ‘माघी पर्वले थारु बस्तीमा रौनक ल्याउँछ। नयाँ जोश र उमंगका साथ मनाइने यो पर्वमा व्यस्तता हुनु सामान्य हो।’, माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन्।, गाउँभरि मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन्। नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगगरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ।, खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ। यो खिचडी पूर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ। छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली) का रूपमा चेलीबेटीका घरमा पुर्‍याउने प्रचलन रहेको मतहवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए। , माघको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर (थारु भाषामा जिता मार्ना) मारेर बराबर बाँड्ने चलन छ।, माछासँगै गङ्गटा र घोङ्गीको विशेष परिकार बनाएर खाने गरिन्छ, माघीको अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ।, यो नाच शृृंगार  र करुण रसले भरिएको हुन्छ। यसमा बजाइने मादलको ताल, धुन र गाउने व्यक्तिको स्वर पनि विशेष र फरक प्रकारको हुने संस्कृतिविद् अशोक थारुले बताए। , थारु समुदायमा ‘माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ।, पुस मसान्तमा आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने र नयाँ मतहवा चुन्ने चलन छ। , यसै उपलक्ष्यमा दाङमा थारु कल्याणकारिणी सभाले माघी महोत्सव मनाउने भएको छ।, मूल आयोजक समिति गठन गरेर महत्सवको तयारी गरेको थारु कल्याणकारिणी सभा दाङले जानकारी दिएको छ।, यही पुस २७ र २८ गते घोराहीमा माघ महोत्सव सञ्चालन गर्न लागेको मेला आयोजक समितिका संयोजक भुवन चौधरीले जानकारी दिए।, सांस्कृतिक, आर्थिक, अतिथि सत्कार, प्रचारप्रसार, मञ्च व्यवस्थापन, यातायात, स्वास्थ्य, स्वंयसेवक परिचालन, र्‍याली व्यवस्थापन र सम्पर्क समन्वय उपसमिति गठन गरिएको मूल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिए।, थारु समुदायमा माघी पर्वको तयारी
रासस कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ।, मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सडक निर्माण गरेका मजदूरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। , गत असार मसान्तमा मजदूरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन्।, मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १३२ कामदार वडा नं १ बाट छनोट भएका थिए। प्रतिव्यक्ति ५० दिनसम्म काम गरे पनि कामदारले ज्याला नपाएको गोकर्णप्रसाद जैसीले जानकारी दिए। , उनले आफूहरूलाई ५० दिनसम्म काम गर्न भनिएको र सोहीअनुसार काम गर्दा पनि ज्याला हालसम्म नपाएको बताए।, उनले भने, ‘ज्याला नपाउञ्जेल ताला खोल्ने पक्षमा हामी छैनौं।’, ताला लगाउन वडाका ४८ महिला तथा पुरूष कामदार वडा कार्यालयमै पुगेका थिए। , ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दीे
सेतोपाटी संवाददाता ​वीरगंज महानगरपालिका-१६ रजयन्ती चोकबाट स्रोत नखुलेको नगद ६ लाख ५४ हजार रुपैयाँसहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेहरूमा भारत मोतिहारी पूर्वीचम्पारण ढाका थाना विश्रामपुर-७ बस्ने जादोलाल साह र सोही ठाउँ चैनपुर बस्ने विगन साह रहेका छन्।, प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूले लुकाई ल्याउँदै गरेको उक्त नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको छ।, ​यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।, स्रोत नखुलेको नगदसहित पक्राउ
सेतोपाटी संवाददाता अतिरिक्त शुल्क विवाद कायम रहेको विराटनगरस्थित नोवेल मेडिकल कलेज तनावग्रस्त बनेको छ। , एमबीबीएस प्रथम वर्षका विद्यार्थीको पक्षमा समर्थन जनाउन नोवेल पुगेका विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्ताले नोवेलमा तोडफोड गरेका छन् । , अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ। ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरुले नोवेलको मुल गेटमा केहीबेर अघि तोडफोड गरेका हुन् । , विद्यार्थीहरुले गेट फोडेर नोवेलको चौथो तलामा रहेको प्रशासनमा तालासमेत लगाएका छन्। नोवेल परिसरमा अहिले ठूलो संख्यामा प्रहरी परिचालित छन्। विद्यार्थी संगठनहरुले नाराबाजी जारी राखेका छन्। , १४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोवेलले विभिन्न शीर्षकमा ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ। यसपटक नोवेलमा एक सय जना विद्यार्थी एमबीबीएसमा भर्ना भएका छन्।, अतिरिक्त शुल्क विवादले नोवेल कलेज तनावग्रस्त, विद्यार्थी संगठनद्वारा तोडफोड
राजेश घिमिरे धुर्मुस–सुन्तली फाउन्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियानबाट हात झिकेपछि सरकारी निकायले उक्त रंगशालामा भएको कामको मूल्यांकन गर्न सुरू गरेको छ। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले रंगशाला निर्माणको काम अघि बढाउन नसक्ने जानकारी गराएर स्वामित्व ग्रहण गरिदिन महानगरपालिकालाई पत्र लेखेपछि मूल्यांकनको प्रक्रिया अघि बढेको बताइन्।, ‘फाउन्डेशनको पत्र पाएपछि महानगरले सघन सहरी तथा भवन निर्माण आयोजनालाई पत्र लेखेर रंगशालाको समग्र अवस्थाको मूल्यांकन गर्न भन्यौं। उहाँहरूले काम सुरू गरिसक्नुभएको छ,’ मेयर दाहालले भनिन्, ‘प्राविधिक मूल्यांकनपछि हामी चार्टर्ड एकाउन्टेन्ट लगाएर आर्थिक मूल्यांकन पनि गर्छौं।’, मेयर दाहालले ठूलो गुरूयोजनासहित बन्न लागेको उक्त रंगशाला निर्माण गर्नका लागि धेरै बजेट आवश्यक पर्ने भएकाले महानगर एक्लैले बनाउन नसक्ने बताइन्।, ‘रंगशाला निर्माणका लागि संघीय सरकारसँग कुरा भइरहेको छ। युवा तथा खेलकुद मन्त्रीले छिटो सरकारी मूल्यांकन गरेर पठाउन भन्नुभएको छ,’ उनले भनिन्, ‘यहाँबाट मूल्यांकन प्रतिवेदन पठाएपछि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने कुरा छ।’, मेयर दाहालका अनुसार युवा तथा खेलकुद मन्त्रीले धुर्मुस-सुन्तली फाउन्डेशनले काम गर्दा लागेको ऋण तिर्ने र बाँकी काम वहुवर्षीय योजनामा अघि बढाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने जानकारी गराएका छन्।, सबै कागाजपत्र पुस २५ गतेसम्म तयार पारेर २६ गते काठमाडौं पठाउने तयारी भइरहेको दाहालले बताइन्। उनले अब गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला युवा तथा खेलकुद मन्त्रालयले निर्माण गर्ने गरी पहल भइरहेको बताइन्।, ‘हामीले जग्गा हामी दिन्छौं, आवश्यक सहजीकरण गर्छौं, प्रदेश र संघीय सरकारसँग बजेटका लागि पहल गरिदिन्छौं तर आवश्यक स्रोत जुटाउने जिम्मा धुर्मुस-सुन्तली फाउन्डेशनकै हो भनेर सम्झौता गरेका हौं,’ उनले भनिन्, ‘तर उहाँहरूले सम्झौताअनुसार स्रोत जुटाउन सक्नुभएन। यो अवस्थामा सरकार यतिकै गैरजिम्मेवार भएर रहन सक्दैन र रहनु पनि हुँदैन।’, उनले फाउन्डेशनले नसके पनि रंगशाला निर्माणको अभियानबाट महानगर नपन्छने बताइन्।, ‘सरोकारवाला सबैको बैठक राखेर उहाँहरूलाई सम्झौता मुताविक गर्न सक्नुहुन्छ भने गर्नुस् होइन भने हाम्रो पनि कार्याकाल सकिन लागिसकेको छ, रंगशाला महानगरको प्रतिष्ठाको विषय बनिसकेको छ। अब हामी पन्छन पाइँदैन भन्यौं,’ दाहालले भनिन्, ‘हामीले सकेनौं स्वामित्व ग्रहण गरिदिनुस् भनेर पत्र बुझाउनुभयो। त्यसैले संघीय सरकारसँग कुरा अघि बढायौं।’, के होला धुर्मुस-सुन्तलीले बनाउन सुरू गरेको रंगशालाको भविष्य?
एजेन्सी हिन्दु परम्पराअनुसार आमाबुवाको मृत्युपछि दाहसंस्कार छोराले नै गर्ने चलन छ। अझ मृतकको शवलाई काँधमा राखेर आर्यघाटसम्म छोराले नै लैजानु पर्ने मान्यता छ।, पछिल्लो समय छोरा नहुने अभिभावकको मृत्युपछि छोरीले अन्तिम संस्कार गरेका थुप्रै उदाहरण छन्। बेलाबखत छोराछोरी दुबै मिलेर दाहसंस्कार गरेका घटनाहरू पनि बाहिरिने गर्छन्।, भारतको ओडिसा राज्यमा भने छोराहरूको अनुपस्थितिमा छोरीहरूले आमाको अन्तिम संस्कार गरेका छन्। , भारतीय पत्रिका दैनिक भास्करका अनुसार मंगलाघाटमा बस्ने ८० वर्षीया जाति नायकको आइतबार मृत्यु भयो। उनको दाहसंस्कार गर्न छोराहरू नपुगेपछि चार छोरीहरू मिलेर अन्तिम संस्कार गरेका हुन्। उनका दुई छोरा र चार छोरीहरू छन्।, मृतक जातिको छिमेकीका अनुसार छोराहरू नआएपछि दिदी-बहिनीले नै आमाको शवलाई काँधमा बोकेर चार किलोमिटर टाढा रहेको आर्यघाटसम्म पुर्‍याए। धेरै बेरसम्म कुर्दा पनि भाइहरू नआएपछि छिमेकीकै सहयोगमा उनीहरूले आमाको शव आफैंले लैजाने निर्णय गरेका थिए।, श्रीमानको मृत्युपछि जातिले निकै दुःख गरेर छोराछोरीलाई हुर्काएकी थिइन्। उनले बाटोमा ठेला राखेर छोराहरूलाई पढाइन्। तर उनीहरू अन्तिम पटक आमाको अनुहार हेर्नसमेत आएनन्।, मृत्युअघि पनि छोराहरूले उनको वास्ता गर्दैन थिए।, 'आमाले पहिले नै छोराहरूले मेरो वास्ता गर्दैनन् भन्नुहुन्थ्यो,' मृतकका जेठा ज्वाइँले भने, 'आमा हामीलाई भेट्न केही दिनअघि आउनुभएको थियो। तब उहाँले तिमी नै मेरो जेठो छोरा हौ किनकी कहिले पनि छोराले मेरो वास्ता गरेनन्, मलाई धेरै वर्षदेखि भेट्न पनि आएका छैनन् भन्नुभएको थियो।', मृतक जातिकी छोरी सीतामणि साहुले पनि भाइहरूले कहिल्यै आमाको खबर नसोधेको बताइन्।, 'पछिल्लो दस वर्षदेखि आमालाई वास्ता गरेनन्। भाइहरूले आमालाई कहिल्यै साथमा समेत राखेनन्। एक पटक पनि आमालाई सन्चो छ/छैन सोधेनन्। आफ्नो ध्यान आफैं राख्नुहुन्थ्यो।', मृत्यु हुनु केही दिनअगाडि जाति बिरामी भएकी थिइन्। उनलाई छोरी-ज्वाइँले एम्बुलेन्समा अस्पताल लगेका थिए। त्यतिबेला पनि भाइहरू आमालाई भट्न नआएको उनले बताइन्। , आमा बित्दा छोराहरू आउँदै आएनन्, चार छोरीले गरे अन्तिम संस्कार
सेतोपाटी संवाददाता नेपालमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४३५ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार २६७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ७१५ जनाको पिसिआर परीक्षण र ३ हजार ५५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, २३९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।, अहिले सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको छ।, यस्तै, काठमाडौं उपत्यकामा २५३ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २०९, भक्तपुरमा १८ र ललितपुरमा २६ गरी २५३ जना थपिएका हुन्।, थपिए ४३५ संक्रमित, मृत्यु हुनेको संख्या शून्य
सेतोपाटी संवाददाता माउन्टेन बाइकर मंगल लामाले ग्रेट हिमालयन ट्रेल (जिएचटी) को १७ सय किलोकिटर यात्रा गर्दैछन्। पुर्वको कञ्चन्जंगादेखि पश्चिमको हुम्ला हिल्सासम्म हुने यो यात्रा आउँदो अप्रिल १ देखि उनी एक्लैले गर्न लागेका हुन्।, लामाले माउन्टेन बाइकरको रुपमा यात्रा गर्नुअगाडि उनी साइकल पसलमा मेकानिकको रुपमा काम गर्थे। बिस्तारै त्यही पसलको साइकल त्यहाँका मालिकले थाहा नपाउने गरी चलाउँदै उनी यो पेशामा लागेका हुन्। त्यसक्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्ने मौका पाए। जसमध्ये दशवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाउँन सफल भइसकेका छन्।, सानैदेखि फरक शैलीको काम गर्ने चाहना राख्ने लामाले त्यहीक्रममा ग्रेट हिमालयन ट्रेलबारे अध्ययन गरेका हुन्। यो ट्रेलमा अहिलेसम्म मान्छेले हिँडेर र दौडिएर यात्रा गरेका छन्। साइकलमा यात्रा गर्नुलाई चुनैतिपूर्ण र कष्टकर यात्रा मानिन्छ। त्यही भएकाले यो यात्रा गरे भने लामा नै विश्कको पहिलो व्यक्ति हुन्छन्।, त्यही रेकर्ड राख्न आतुर उनले केही समयअघि उक्त ट्रेलबारे किताब पढेर लेखकलाई भेटेका थिए। लेखकले पनि लामालाई साइकलमा यात्रा गर्नु निकै कष्टकर हुने सुझाब दिएका थिए। लामा भने आफ्नो संकल्पमा दृढ हुँदै भन्छन्, ‘म त्यति बोल्ने मान्छे होइन, गर्ने मान्छे हो। यो यात्रा पूरा गरेर नै छाड्छु।’, जिएचटीको यात्रामार्फत लामाले उक्त पर्यटकीय मार्गको प्रचार गर्नुसँगै कोभिड-१९, जलवायु परिवर्तन र ग्लोबल वार्मिङबारे जनचेतना पनि फैलाउने योजना राखेका छन्।, पर्यटन बोर्डका उपाध्याक्ष चन्द्रप्रसाद रिजालले मिहिनेत र इमान्दारीपूर्वक आफ्नो काम गर्ने मान्छेलाई सहयोग गर्नुपर्ने बताउँदै भने, ‘वहाँले जे गर्न लाग्नुभएको छ, त्यो नेपाल र पर्यटन क्षेत्रकै लागि ठूलो कुरा हो।’, करिब ८० लाख लागत अनुमान गरिएकाे यो यात्राका लागि लामाले केही सहयोगको पनि अपेक्षा राखेका छन्। त्यसका लागि उनलाई गो-फन्ड-मी, ई-सेवा र खल्ती लगायत संजालबाट पैसा सहयोग गर्न सकिने उनले बताए। ग्रेट हिमालयन ट्रेलको यस यात्रालाई उनले करिब ७० दिनमा सक्ने लक्ष्य राखेका छन्।, 'ग्रेट हिमालयन ट्रेल' मा एक्लै साइकल यात्रा गर्दैछन् मंगल लामा
सेतोपाटी संवाददाता काठमाडौंको तिलगंगामा बसले स्कुटरलाई ठक्कर दिएर भागेका चालक पक्राउ परेका छन्। , प्रहरीले बुधबार अपराह्न ४ बजे काठमाडौं महानगरपालिका बालाजुको बोहराटारबाट मयूर यातायातका चालक नुवाकोट दुप्चेश्वर घर भएका २६ वर्षीय श्रीमान तामाङलाई पक्राउ गरेको हो। , उनलाई प्रहरीले लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , ‘उनलाई बालाजुको बोहराटारबाट पक्राउ गरिएको छ। दुर्घटनापछि भागेका उनी लुकिछिपी बसिरहेका थिए,’ उनले भने। , सोमबार साँझ साढे ६ बजे काठमाडौं महानगरपालिका-९ तिलगंगा पिंगलास्थानमा मयूर यातायातको बा ५ ख १५३८ नम्बरको बसले बागमती प्रदेश-०२-०२१ प १९३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनापछि भागेका तामाङलाई प्रहरीले ४६ घण्टामा पक्राउ गरेको हो।, स्कुटर चालक दोलखा, तामाकोशी गाउँपालिका सिन्ले घर भई काठमाडौंको शान्तिनगरमा डेरा गरी बस्दै आएकी २६ वर्षीया कृतिका कार्की गम्भीर घाइते भएकी थिइन्।, उनलाई तत्कालै टिचिङ अस्पताल पुर्‍याइएको थियो।, उनको उपचारको क्रममा मंगलबार बिहान ६ बजे मृत्यु भएको थियो। दुई दिनदेखि फरार रहेका चालकलाई पक्राउ गरेसँगै प्रहरीले उनीविरूद्ध थप अनुसन्धान अघि बढाएको छ। , यो पनि:, 'बसले ब्याक गरेर नघिसारेको भए मेरी छोरी बाँच्थी',  , बालाजुबाट पक्राउ परे कृतिकालाई ठक्कर दिएर भागेका चालक
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २५३ संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा २०९, भक्तपुरमा १८ र ललितपुरमा २६ गरी २५३ जना थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा २३११ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ११८८, भक्तपुरमा ५२८ र ललितपुरमा ५९५ सक्रिय संक्रमित छन्।, नेपालमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा १० हजार २६७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ७१५ जनाको पिसिआर परीक्षण र ३ हजार ५५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, २३९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।, अहिले सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको छ।,  ,  , काठमाडौं उपत्यकामा थपिए २५३ संक्रमित
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमित्त वन निर्देशक हेमराज विष्टविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विष्टविरूद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बुधबार मुद्दा दायर गरेको हो। , पदमा बस्दा विष्टले ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा कमाएको देखिएको अख्तियारले जानकारी दिएको छ। , विष्टले २०५५ साल वैशाख २७ गते वन सेवा अन्तर्गत सहायक वन अधिकृतबाट सेवा सुरू गरेका थिए। उनी २०६८ साल चैत ६ गते जिल्ला वन अधिकृत भएका थिए। , उनले सरकारी सेवा सुरू मिति र २०७७ कात्तिक १७ गतेसम्मको अवधिको अनुसन्धान गर्दा उक्त बराबरको रकम गैरकानुनी आर्जन गरेको पाइएको अभियोग पत्रमा उल्लेख गरिएको छ। , सो अवधिमा सिर्जित तथा खर्च लगानीको वैध आय १७ करोड ३७ लाख १२ हजार ६२९ रुपैयाँमात्रै देखिएको अख्तियारको अभियोग पत्रमा दाबी गरिएको छ। , विष्टकी श्रीमती रूबीलाई पनि प्रतिवादी बनाइएको छ। अनुसन्धानमा रूबीको नाममा घर जग्गा र बैंक खाताहरूमा मौज्दात देखिएकाले भ्रष्टाचार निवारण ऐन अनुसार अकुत सम्पत्ति जफत प्रयोजनका लागि मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले बताए।, निमित्त वन निर्देशक विष्टविरूद्ध पौने सात करोड बिगोको भ्रष्टाचार मुद्दा
सेतोपाटी संवाददाता चेकिङमा खटिएको प्रहरी टोलीलाई घुस दिन खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , मंगलबार राति चन्द्रागिरि नगरपालिका-७ बाट चितवन इच्छाकामना गाउँपालिका-५ का २४ वर्षीय रोशन श्रेष्ठ र मोटरसाइकल पछाडि सवार चन्द्रागिरि-९ मच्छेगाउँका ५४ वर्षीय केशव गोपालीलाई प्रहरीले पक्राउ गरेको हो।, महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको चेकिङ टोलीलाई उनीहरूले पाँच सय रुपैयाँ घुस दिन खोजेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ। , सवार प्रदेश ०३-०२-००४ प ४९७४ नम्बरको मोटरसाइकलसहित दुबैलाई महानगरीय प्रहरी प्रभाग नैकापमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। , प्रहरी चेकिङ टोलीलाई पाँच सय दिन खोजेपछि...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले हालै सिरहा प्रमुखबाट हेडक्वाटर तानिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई निलम्बन गरेको छ।, कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवसँग लफडा गरेको आरोप  लागेका पाण्डेलाई प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ निलम्बन गरेको हो।, उनीमाथि अनुसन्धान जारी रहेकाले तीन महिनाका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिए।, ‘उहाँलाई तीन महिनाका लागि निलम्बन गरिएको छ। समिति बनाएर अब छानबिन हुन्छ,’ एसएसपी कुँवरले भने।, के थियो सिरहा कांग्रेस सभापति यादव र एसपी पाण्डेबीच लफडा?, ​पछिल्लो समय सिरहा, सप्तरीलगायत मधेशका जिल्लाहरूमा सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनका नाममा तनाव बढाइरहेको छ। सिरहामा केही समयदेखि उनीहरूले राजमार्ग  बन्द गरेर सवारी साधन जलाइरहेका छन्।, सिके राउतका कार्यकर्ताले शान्ति सुरक्षामा चुनौती दिइरहेका बेला आइतबार सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेको सरूवा भयो। प्रहरी प्रधान कार्यालयले उनलाई हेडक्वार्टर तानेर सिरहामा अर्जुन तिम्सिनालाई खटाउने निर्णय गर्‍यो।, प्रहरी उपरीक्षक पाण्डे सात महिनाअघि मात्रै सिरहा गएका थिए। प्रहरीमा साधारणतया कार्यक्षेत्रमा खटेको एक वर्षपछि मात्रै सरूवा हुन्छ। , जिल्लाको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बनेका बेला भएको एसपी पाण्डेको सरूवाले अहिले चर्चा पाइरहेको छ। र उनको सरूवासँग जोडिएका छन् नेपाली कांग्रेसका सिरहा सभापति रामचन्द्र यादव।, एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले कुनै ‘चार्ज’ लगाएको छैन। ‘शान्ति सुरक्षा’ तथा ‘विभागीय आवश्यकता’को सरूवा हो भनेको छ।, ‘उहाँको सरूवा विभागीय आवश्यकताअनुसार भएको हो,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले भने।, सरूवा भएको दिन पाण्डेले राति सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवको घरमा गएर गोली हान्ने धम्की दिएको आरोप लागेको छ। त्यो आरोप कति सत्य हो होइन भन्ने यकिन छैन।, प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरीका एसपीले पाण्डेलाई राति घरबाट लगेको यादवले दाबी गरेका छन्। यो विषयमा पनि छानबिन भइरहेको कुँवरले बताए।, पाण्डेको सरूवा शान्ति सुरक्षासँग मात्र जोडिएको भने छैन। पाण्डे र यादवबीच लामो समयदेखि ‘टकराव’ चलिरहेको थियो र यादवले पाण्डेलाई सरूवाको धम्की पनि दिएका थिए। यही सिलसिलामा पाण्डेको सरूवा भएको छ।, ‘केही दिनअघि कार्यालयमै आएर उहाँले मेरो सरूवा गरिदिन्छु भन्नुभएको थियो, सरूवा भएपछि आइतबार मैले फोन गरेर सरूवा भएछ धन्यवाद है सभापतिजी भन्दिएको चाहिँ हो,’ एसपी पाण्डेले सेतोपाटीसँग भने, ‘मैले उहाँको घर पनि देखेको छैन, उहाँको घरमा गएको पुष्टि भयो भने मलाई बर्खास्त होइन, फाँसीमा झुण्ड्याइदिए हुन्छ।’, पाण्डेका अनुसार सभापति यादवसँग दुई वटा विषयमा लामो समयदेखि ‘मनमुटाव’ भइरहेको थियो।, पहिलो, विष्णुपुर गाउँपालिकामा भएको हत्या प्रकरण। दोस्रो, उनको सुरक्षामा खटिएका प्रहरी फिर्ता।, गत कात्तिक ११ गते विष्णुपुर-५ का किशन धामीको गोली हानी हत्या भएको थियो। हत्या आरोपमा पाण्डेले कांग्रेसका दुई जना कार्यकर्ता सुशील यादव र प्रमोद यादवलाई एक महिनाअघि पक्राउ गरेका थिए।, यादवले सुरूमै उनीहरूलाई छोड्न पाण्डेलाई दबाब दिइरहेका थिए। ‘उनीहरू घटनामा संलग्न भएको यथेष्ट प्रमाण भेटिएपछि मैले पक्राउ गरेर हिरासत राखें, अनुसन्धानले निर्दोष मान्न सकेन। उनीहरूको पोलिग्राफ परीक्षण गर्दा ढाँटेकोसम्म मिसिल संलग्न राखेर सरकारी वकिल कार्यालयमा पठाइयो,’ पाण्डेले भने, ‘अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्‍यो।’, त्यसपछि यादव आफूसँग चिढिएको पाण्डेको दाबी छ। सुशील र प्रमोद विष्णुपुरका स्थानीय कांग्रेस नेता हुन्।, दोस्रो, दिइएका सुरक्षाकर्मी फिर्ता गरेपछि यादवले आफूलाई कार्यालयमै आएर सरूवाको धम्की दिएको पाण्डेले बताए।, पाण्डेका अनुसार कांग्रेसको महाधिवेशन अगाडि पाण्डेलाई दुई जना सुरक्षाकर्मी पिएसओको रूपमा खटाइएको थियो।, यादवले मंसिर १० गतेसम्मका लागि सुरक्षाकर्मी मागेका थिए। जिल्ला सुरक्षा समितिले थ्रेट मूल्यांकन गरी यादवलाई दुई जना पिएसओ खटाएका थिए।, तर, यादवले सुरक्षाकर्मी मंसिर १० पछि फर्काएनन्। उनले कांग्रेस महाधिवेशनमै लिएर गए।, ‘मंसिरभरि फिर्ता गर्नुभएन, जिल्ला सुरक्षा समितिले थप निर्णय पनि गरेन,’ पाण्डेले भने, ‘मैले ती सुरक्षाकर्मी तानिदिएँ।’, यादवले छोड्न भनेका व्यक्ति जेल गएपछि र सुरक्षाकर्मी फिर्ता गरेपछि १० दिनअघि कार्यालयमै आएर सरूवाको धम्की दिएको पाण्डेले बताए।, ‘मेरो सरूवा भयो, जहाँ सरूवा भए पनि मलाई कुनै गुनासो छैन,’ पाण्डेले भने, ‘उहाँले सरूवा गरिदिन्छु भनेका थिए, सरूवा भएपछि मैले फोन गरेर धन्यवाद दिएको हो।’, यादवले जिल्लामा यतिबिघ्न दबाब दिने गरेको भन्ने सम्झिन पनि नसकिने पाण्डेले बताए। ‘उहाँ सिरहामा सुरक्षाकर्मी आफैं चलाउन खोज्नुहुन्छ, फलानोको सरूवा गर्दिनु भनेर त कति दबाब दिने दिने भनिसाध्य छैन,’ पाण्डेले भने।, कांग्रेस जिल्ला सभापति यादव भने पाण्डेको भनाइ स्वीकार गर्दैनन्। पक्राउ परेका दुई जनाको हकमा कानुनअनुसार कारबाही गर्नुचाहिँ भनेको यादवले बताए। उनले सोमबार एउटा विज्ञप्ति पनि जारी गरेका छन्। , ‘नेता हो, कार्यकर्ता पक्राउ पर्दा भन्नुपर्छ। मैले कानुनमा मिल्ने कुरा मात्रै गर्नु भनेको थिएँ,’ यादवले भने, ‘उहाँको सरूवा मैले गर्ने होइन, सरकारले गर्ने हो, मैले सरूवा गर्न कतै भनेको पनि होइन, सरूवा गरिदिन्छु भनेको पनि होइन।’, यादवले सुरक्षाकर्मी लिएको र पाण्डेले फिर्ता लगेकोमा आफूलाई कुनै गुनासो नरहेको बताए।, ‘मलाई पिएसओ दिएको थियो, त्यो फिर्ता लगेकोमा गुनासो छैन,’ उनले भने, ‘मैले कसैको सरूवा गरिदिनु भनी दबाब दिएको छैन।’, एसपी पाण्डे सरूवा भएको राति आफ्नो घरको गेटअगाडि आएर गोली हान्ने धम्की दिएको दाबी यादवको छ।, ‘उहाँ मेरो घरमा आउँदै हुनुहुन्छ भन्ने प्रशासनले अगाडि नै थाहा पाएको रहेछ, पाण्डे आउनुभयो उहाँ कन्ट्रोलमा हुनुहुन्न थियो,’ यादवले भने, ‘सिडिओ र सशस्त्र प्रहरीको एसपी आएर उहाँलाई लिएर जानुभयो।’, सिरहामा कांग्रेस सभापतिसँग लफडा परेका एसपी पाण्डे निलम्बित
रासस दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडादेखि दैलेख बजार आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। , भगवतीमाईको मुकाम वेस्तडादेखि सदरमुकाम आउँदै गरेको लु २ च ४८२९ नं को बोलेरो नारायण नगरपालिका-११ लोहोरेमा आज बिहान दुर्घटनामा परेको हो।, दुर्घटनामा परी बोलेरो चालक भगवतीमाई-१ का ३० वर्षीय कृष्ण रोकायाको मृत्यु भएको प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए।, शाहका अनुसार जीपमा सवार अन्य आठ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर छ।, दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनाको थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। घाइते भएका अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ।, दैलेखमा जीप दुर्घटना हुँदा एकको मृत्यु
रासस त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले त्रिविको शैक्षिक गुणस्तर खस्किएको बताएका छन्।, यसो हुनुमा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक जिम्मेवार रहेको उनीहरूको आरोप थियो।, त्रिवि एलुम्नाई एशोसिएसनको बुधबार कीर्तिपुरमा आयोजित तेस्रो वार्षिक साधारण सभाका क्रममा पूर्वउपकुलपतिहरू महेशनाथ उपाध्याय, केदारभक्त माथेमा र डा तीर्थराज खनियाँले विश्वविद्यालयको हितका लागि पदाधिकारीले अडान लिन नसकेका कारण शैक्षिक गुणस्तर खस्केको दाबी गरेका थिए।, उनीहरुले अहिले पनि शैक्षिक उन्नयनको बाटोमा लैजानका लागि विश्वविद्यालयका पदाधिकारीलाई खबरदारी गर्ने र विकृति विसङ्गतिविरुद्ध आवाज उठाउने काम एलुम्नाई एशोसिएसनले गर्नुपर्ने बताए।, एशोसिएसनका अध्यक्ष सुनीति हाडा, प्राध्यापक डा सुदर्शनराज तिवारी, प्रा डा रामप्रसाद खतिवडा, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायतले विश्वविद्यालयमा अनुसन्धानको कार्य कम भएको र बजारका लागि आवश्यक जनशक्ति उत्पादन हुन नसकेको बताए।, त्रिविका पूर्वविद्यार्थीको सङ्गठनका रुपमा एशोसिएसन २०७४ सालमा स्थापना भएको थियो।, पूर्वउपकुलपतिहरू भन्छन्- त्रिविको शैक्षिक गुणस्तर खस्कियो
सेतोपाटी संवाददाता नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा कोटेश्वरस्थित युनिवर्ल्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका २४ वर्षीय समीर कार्कीलाई मङ्गलबार पक्राउ गरेको हो।, कामदार भिसामा पोर्चुगल जानका लागि प्रतिव्यक्ति १४ लाख लाग्छ र पोर्चुगलमा पुगेपछि मासिक एक लाख कमाई हुन्छ भनी उनीहरूले चार जनासँग १० लाखका दरले ४० लाख लिएर ठगी गरेको प्रहरीले जनाएको छ।, पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ। रासस, पोर्चुगल पठाइदिन्छु भनी ४० लाख ठगेको आरोपमा दुई पक्राउ
सेतोपाटी संवाददाता प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटनामा परेको छ।, सप्तरीको विष्णुपुर गाउँपालिका-६ स्थित विष्णुपुर चोकमा अनियन्त्रित बुधबार साँझ गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।, सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार ज१झ ४०६ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा राज्यमन्त्री कर्णसहित ६ जना घाइते भएका छन्।, घाइते हुनेमा गाडी चालक सप्तरीको शम्भुनाथ नगरपालिका-६ का २५ वर्षीय विवेक मण्डल, राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साह, खडक नगरपालिका-६ का ४० वर्षीय जयप्रकाश चौधरी, सोही नगरपालिकाको वडा नम्बर ८ का ४५ वर्षीय प्रथमलाल राम र राजविराज नगरपालिकाका ३० वर्षीय ध्रुव मण्डल छन्।, उनीहरू सबैको अवस्था समान्य रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए। स्थानीय मेडिकलमा घाइतेहरूको उपचार भइरहेको उनले जानकारी दिए।, प्रदेश २ का राज्यमन्त्री सवार गाडी दुर्घटना, छ जना घाइते
सेतोपाटी संवाददाता प्रदेश नम्बर २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटनामा परेको छ। , बुधबार अपराह्न सवा ४ बजे विष्णुपुर गाउँपालिका- ६ स्थित चोकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। ज १ झ ४०६ नम्बरको स्कार्पियो गाडी आफैं अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। , गाडी पल्टिँदा राज्यमन्त्रीसहित ६ जना घाइते भएका छन्।, सप्तरीको खडक नगरपालिका-६का जयप्रकाश चौधरी, प्रथमलाल राम, राजविराज नगरपालिकाका ध्रुब मण्डल, चालक शम्भुनाथ नगरपालिका-६ का विवेक मण्डल र राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसी साह घाइते छन्।, छिन्नमस्ताबाट राजविराज आउनेक्रममा सो दुर्घटना भएको हो। घाइतेहरूको छिन्नमस्ता अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ। , उनीहरू सबै जनाको अवस्था सामान्य छ। ,  , प्रदेश नम्बर २ की राज्यमन्त्री चढेको गाडी दुर्घटना, ६ घाइते
सेतोपाटी संवाददाता निलम्बनमा परेका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले प्रहरी प्रधान कार्यालयले आफूलाई सरूवा गरेपछि पनि कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादव समूहबाट आफूलाई भौतिक कारबाहीको धम्की आएको बताएका छन्। , आइतबार साँझ प्रहरी प्रधान कार्यालयले पाण्डेलाई सिराहा जिल्लाबाट आकस्मिक सरूवा गरेको थियो। , उनले सोमबार सिराहा जिल्ला छोडेका थिए। सिराहा जिल्लाबाट सरूवा भएपछि पनि आफूलाई कांग्रेस सिरहा जिल्ला सभापति यादव समूहले भौतिक कारबाहीको धम्की दिएको उनले बताए। , सिराहा जिल्लाबाट सरूवा हुँदै गर्दा पाण्डेले यादवलाई गोली हान्ने धम्की दिएको आरोप लागेपछि उनलाई प्रधान कार्यालयले निलम्बन गरिसकेको छ।, ‘सरूवा भएर हिँडेपछि पनि मलाई भौतिक कारबाही गर्ने धम्की आएको छ,’ एसपी पाण्डेले भने, ‘सबै पक्षमाथि निष्पक्ष छानबिन होस्।’ , सरूवापछि यादव समूहले फेसबुकमार्फत् धम्की दिएकोबारे पाण्डेले सेतोपाटीलाई ‘स्क्रिनसट’ पठाएका छन्। , फेसबुकमार्फत् यादवका स्वकीय सचिव सुरेन्द्र यादवले आफूलाई दिएको धम्की पाण्डेले ‘स्क्रिनसट’ पठाएका हुन्।, स्टाटसमा लेखिएको छ, ‘सिराहा जिल्लाका निवर्तमान प्रहरी प्रमुख हिरा पाण्डे सावधान, आउँदैछु, तिमीलाई भौतिक कारबाही गर्छु।’, त्यो स्टाटस सिराहा कांग्रेस सभापति रामचन्द्रको फेसबुकमा ट्याग गरिएको देखिएको छ। , तर, त्यो स्टाटस रामचन्द्र र सुरेन्द्र दुबैको टाइमलाइनबाट हटाइसकिएको छ। , त्यसअघि पनि आफूलाई सिके राउत समूहबाट सार्वजनिक धम्की आएको पाण्डेले बताए। , ‘सिके राउत समूहको आन्दोलन उग्र चलिरहेका बेला उनको सचिवालयले मलाई जनकारबाही गर्ने धम्की दिएका थिए,’ पाण्डेले भने। , पाण्डेले त्यो धम्की दिइएको स्टाटस पनि सार्वजनिक गरेका छन्। , ‘मेरो सरूवा के कसरी भयो, त्यसमा मेरो कुनै आपत्ति छैन, सरूवापछि पनि मलाई धम्की दिइएको छ, यसबारे पनि छानबिन होला,’ पाण्डेले भने, ‘म न्यायको प्रतीक्षामा छु।’ , भनेको नमानेपछि सभापति यादवले सरुवा गरिदिने धम्की दिएको र सरुवा भएपछि आफूले यादवलाई ‘धन्यवाद’ दिएको पाण्डेले सेतोपाटीलाई बताएका थिए। , रामचन्द्रका स्वकीय सचिव सुरेन्द्रले आफूले पाण्डेलाई फेसबुकमार्फत् भौतिक कारबाहीको धम्की दिएको स्वीकार गरे।, ‘हाम्रो सभापतिलाई घरमा आएर गोली हान्छु भनेपछि मैले फेसबुकमा लेखेको हो, अहिले हटाएको छु,’ सुरेन्द्रले भने, ‘सुरक्षामा खतरै भएपछि मैले आम नागरिकको तर्फबाट फेसबुकमा लेखेको हुँ।’, एसपी पाण्डे त्यसदिन राति सभापति यादवको घरमा पुगे नपुगेको विषयमा छानबिन चलिरहेको छ। , केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले अनुसन्धानका लागि पाण्डेलाई निलम्बन गरिएको बताए।, ‘अहिले छानबिन भइरहेको छ, छानबिनका लागि उहाँलाई तीन महिनाका लागि निलम्बन गरिएको हो,’ कुँवरले भने।, यो पनि हेर्नुहोस्, के थियो सिरहा कांग्रेस सभापति यादव र एसपी पाण्डेबीच लफडा?, निलम्बित एसपी पाण्डेले भने- सरूवापछि पनि मलाई भौतिक कारबाही गर्ने धम्की आएको छ
रासस पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी हुँदा तीन घर जलेका छन्।, बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा गए राति रामजीत राई र मनबहादुर राईका घर जलेका हुन्।, आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीय खगेन्द्र राईले जानकारी दिए।, आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो।, बरभञ्ज्याङ फालेलुङ–६ को केन्द्रका रुपमा रहेको बजार हो।, विद्युत् सर्ट भई आगलागी भएको स्थानीयको अनुमान छ।, पाँचथरमा गएराति आगलागी हुँदा तीन घर नष्ट
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले बुधबार बेलुकादेखि सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा लुम्बिनी प्रदेशमा हल्का वर्षा भइरहेको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती प्रदेशमा सामान्य वर्षा भइरहेको मौसमविद् सजना शाक्यले सेतोपाटीलाई जानकारी दिइन्। , ‘अहिले सुदूपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ, बागमती प्रदेशका धेरैजसो स्थानमा बादल लागिरहेको छ। र देशका बाँकी स्थानमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रहेको छ,’ शाक्यले भनिन्,‘यो क्रम आइतबारसम्म रहन्छ।’, मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा तथा हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी वायु) नेपाल प्रवेश गर्दै गरेको र यो आइतबारसम्म रहने हुन्छ। मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको यो प्रणाली क्रमशः पूर्व हुँदै शनिबार राति या आइतबार बिहानसम्म देशभर फैलन्छ। , महाशाखाका अनुसार आज बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्म देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। , आज राति साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। अनि देशका पहाडी तथा तराइका थोरै स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना छ। , अहिले काठमाडौं उपत्यकाको अधिकतम् तापक्रम घटेको जाडो बढेको छ। यो क्रम आइतबारसम्म रहने शाक्यले जानकारी दिइन्।, अहिले काठमाडौं उपत्यकाको अधिकतम् तापक्रम ८.२ डिग्री सेल्सीयस रहेको छ। ,  , आजदेखि आइतबारसम्म हल्का वर्षा हुने, चिसो बढ्ने
रासस विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिराहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ।, बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो।, घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले बताए।, यसअघि गत मङ्गलबार चिसोका कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ निवासी ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको थियो।, अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।, सो उपमहानगरसहित क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालयमा बिदा दिएका हुन्।, चिसोका कारण निमोनिया, कोल्डडायरीया, दम, रुघाखोकी र स्वासप्रस्वाससम्बन्धी समस्या लिएर बिरामी आउन थालेका छन्।, ग्रामीण क्षेत्रका विपन्न बस्तीमा चिसोले बढी प्रभाव पारेको देखिएको छ। टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ।, चिसोले कठ्याङ्ग्रिएर बेहोस भइन्, अस्पताल लैजाने भन्दाभन्दै मृत्यु
एजेन्सी भारतमा कोरोना संक्रमित तिब्र रूपमा बढिरहेको छ। पछिल्लो ८१ दिनपछि पुनः भारतमा सक्रिय संक्रमित संख्या २ लाख नाघेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।, पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ नयाँ संक्रमित थपिएका छन्। महाराष्ट्र, पश्चिम बंगाल र नयाँ दिल्लीमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ।, पछिल्लो २४ घन्टामा महाराष्ट्रमा २६ हजार ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा ८ जनाको ज्यान गएको छ।, मुम्बईमा  मात्र १५ हजार १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १२१८ जनालाई अस्पताल भर्ना गर्नुपरेको छ भने ८० जनालाई अक्सिजन आवश्यक परेको मुम्बई राज्य सरकारले जनाएको छ।, मुम्बईमा पछिल्लो २४ घन्टामा संक्रमित हुने संख्या ११ हजार २०६ दोस्रो लहरको कोरोनामा सर्वाधिक संक्रमित हो।, यो सँगै भारतमा सक्रिय संक्रमितको संख्या २ लाख १४ हजार ४ जना पुगेका छन्। यस्तै १५ हजार ३८९ जना निको भएका छन् भने ५३४ जनाको मृत्यु भएको छ। , यस्तै भारतका २४ राज्यमा ओमिक्रोन फैलिएको छ। पछिल्लो तथ्याङ्क अनुसार २१३५ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ।, जसमध्ये सबैभन्दा बढी महाराष्ट्रमा ६५३ र दिल्लीमा ४६४ जनामा ओमिक्रोन पुष्टि भएको छ।  , यसैबीच भारतमा ओमिक्रोन संक्रमित एक जनाको मृत्यु भएको छ। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित राजस्थानका ७३ वर्षिय एक पुरूषको निधन भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।,  , भारतमा सक्रिय कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो, एकै दिन ५८ हजार नयाँ संक्रमित थपिए
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बिहीबार लम्कीचुहा नगरपालिका–७ भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ३ प ६१३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएको थियो।, दुर्घटना हुँदा सोही ठाउँको चाकावाडी बस्ने मोटरसाइकल चालक २७ वर्षीय रमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको  हो।, उनी सडकको कल्भर्टबाट खसेर मोटरसाइकलमा च्यापिएको अवस्थामा मृत फेला परेका थिए।, कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
रासस नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ।, हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको छ।, हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरको धौवादी डाँडामा हावाबाट बिजुली निकालेर गाउँलाई उज्यालो बनाइएको थियो। एउटा टर्वाइनमा देखिएको समस्याले गाउँवासीले नै निकै समस्या भोग्नुपरेको स्थानीय गमबहादुर रानामगरको गुनासो छ।, टर्वाइनको समस्याले विद्युत् आपूर्ति नभएपछि सबैभन्दा बढी मारमा विद्यार्थी परेका मगरले बताए। भएका स्रोतको सदुपयोग सहित उचित व्यवस्थापन गर्न नसक्दा स्थानीय अँध्यारोमा बस्न बाध्य भएका हुन्।, उक्त परियोजनाको मर्मत सम्भारका लागि प्रदेश सरकारबाट सहयोग हुने र आफूहरु पनि मर्मत सम्भारका लागि छलफलमा जुटिरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्।, धौवादीको डाँडास्थित रुद्रपुरमा २०६८ मा एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा हावाबाट बिजुली निकालिएको थियो।, रु दुई करोड बढीको लागतमा सञ्चालित परियोजनाबाट हावाका माध्यमले १० किलोवाट विद्युत् तथा सौर्य ऊर्जाबाट दुई किलोवाट विद्युत् गरी सो स्थानमा १२ किलोवाट विद्युत् उत्पादन गरिएको थियो।, संरचनाको उचित मर्मतसम्भार नगर्दा अहिले भने हावाबाट निकालिएको बिजुली बन्द भएको छ। हावाबाट बिजुली सञ्चालन हुँदा सो क्षेत्रमा उज्यालोका साथै पर्यटकीय केन्द्रका रुपमा समेत विकास भएको थियो।, स्थानीयका अनुसार हावाबाट बिजुली निकाल्नका लागि टर्वाइनमा जडान गरिएको पङ्खा हावाको वेगले घुम्दा थप आकर्षक देखिन्थ्यो। यहाँ फोटो खिच्न तथा हावाबाट निकालिएको बिजुली अवलोकनका लागि आन्तरिक पर्यटकको बाक्लै उपस्थिति हुने गरेको थियो।, रुद्रपुरका मीनबहादुर राना मगरले हावाबाट बिजुली उत्पादन गराएर यसलाई थप आकर्षित बनाउन सके पर्यटकको आगमनमा वृद्धि हुने बताए।, परियोजना सञ्चालन भएपछि केही वर्ष उक्त स्थानमा क्षमताअनुसारको विद्युत् उत्पादन भएकाले यहाँका बासिन्दाले चौबीसैँ घण्टा विद्युत्को प्रयोग गर्न पाएका थिए।, धौवादी डाँडामा हावाबाट उत्पादन भएको विद्युत्का कारण रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय र स्थानीय ४२ घरधुरी लाभान्वित भएका थिए।, हावाबाट विद्युत् उत्पादन हुँदा टेलिभिजन हेर्न, रेडियो सुन्न तथा मोबाइल चार्ज मिल्ने गरेको भए पनि अहिले स्थानीयवासी यी सुविधा उपभोग गर्नबाट बञ्चित भएका छन्।, हावाबाट निकालिएको बिजुली उत्पादन बन्द हुँदा गाउँ नै अँध्यारोमा
सेतोपाटी संवाददाता झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। , मेचीनगर नगरपालिका-७ स्थित इन्द्रेणी टोलको एक घरमा भएको आगलागीमा ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा शरद राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। धुलाबारीस्थित एन्जल मेडिकल हल पुर्‍याउनासाथ राजवंशीको मृत्यु भएको थियो। प्रहरीका अनुसार आगो निभाउने क्रममा अचानक ग्यास सिलिन्डर पड्किँदा उनको मृत्यु भएको हो। , आगलागीमा ८ वर्षीया बालिका सुशीला अधिकारीसहित १६ जना घाइते भएका छन्।, सोही ठाउँका ४० वर्षीय लेखनाथ तिम्सिना, ३२ वर्षीय दीपेन्द्र कार्की, ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुभलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, २८ वर्षीय सन्देश बोहरा, ४० वर्षीय भवानी शंकर न्यौपाने, ३४ वर्षीय निर्मल शर्मा र ३५ वर्षीय नवराज श्रेष्ठ लगायत घाइते छन्।, त्यस्तै ३४ वर्षीय हरि विक र बिर्तामोड नगरपालिका–९ का २९ वर्षीय गोविन्द राजवंशी पनि घाइते छन्।, घाइते न्यौपानेको बिर्तासिटी अस्पताल र अरू सबैको बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। , टिनको छानो भएको घरमा आगलागी हुँदा दुई ग्याँस सिलिन्डर विस्फोट भएको थियो। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।, झापामा ग्यास सिलिन्डर पड्किँदा एकको मृत्यु, १६ घाइते
राजेश घिमिरे चितवनको भरतपुर महानगर फलफूल तथा तरकारी बजार क्षेत्रपुरमा भारतबाट आयातित माछा प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ।, भारतका विभिन्न स्थानबाट हप्तौं दिन लगाएर ल्याइएका माछा क्षेत्रपुरमामात्रै होइन जिल्लामा सञ्चालन हुने हाटबजारदेखि सडक किनारमै बसेर पनि खुल्लेआम बिक्री गर्ने गरिएको छ। , स्थानीय रूपमा माछा उत्पादन गरेर बिक्री गर्दै आएका मत्स्य व्यवसायीले आयातित माछामा फर्मालिन नामको औषधी प्रयोग गर्ने गरिएकाले मानव स्वास्थ्यमा असर पर्ने भन्दै त्यस्ता माछा बिक्री रोक्न माग गर्दै आएको वर्षौं भयो।, उनीहरूले चितवनका लागि आवश्यक पर्ने माछा जिल्लामै उत्पादन भइराखेका कारण भारतबाट ल्याइने गुणस्तरहीन माछाको बिक्री नियन्त्रण गर्न प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन्। तर प्रशासनको नजर भने त्यसतर्फ नभई स्थानीय व्यवसायीले उत्पादन गरेर बिक्री गर्ने माछामा पर्ने गरेको चितवनका मत्स्य व्यवसायी गुनासो गर्छन्।   , आइतबार भएको एक घटनाले पनि त्यहीको कुराको संकेत गर्छ।, आइतबार एक महिला सरकारी गाडी चढेर पश्चिम चितवनको दिव्यनगरस्थित अक्वा ब्रिडर्स नेपाल फार्ममा माछा किन्न पुगिन्।, त्यहाँको पोखरीका माछा भरतपुरमा पसलमै सानो पोखरी तयार पारेर जिउँदो माछा राखेर बिक्री गर्ने चितवन फिस हाउसका लुलाराज तामाङले खरिद गरिसकेका थिए। ग्राहक फार्ममै आइसकेपछि सञ्चालक खगेन्द्र सुवेदीले बिक्री भइसकेका माछा मध्येबाट केही झिकेर ती महिलालाई दिने भए।, तामाङको सहमतिमा सुवेदीले केही माछा झिकेर काट्न कर्मचारीलाई अह्राए। माछाको मूल्य प्रतिकिलो तीन सय रुपैयाँ लिइयो।, महिलाले अघिल्लो पटक २ सय ५० रुपैयाँमा दिइएको भन्दै मूल्य घटाउन दबाब दिइन् तर मूल्य घटाउन व्यवसायी तयार भएनन्। उनी तीन सय रुपैयाँका दरले पैसा बुझाएर माछा लिएर हिँडिन्। तामाङ पनि बाँकी माछा लिएर पसल आए।, साँझ पसलमा बसेर काम गरिरहेका बेला प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीसहित भरतपुरको रिजाल चोकस्थित चितवन फिस हाउस पुग्यो।, ‘सिडिओसाब त महँगोमा माछा बिक्री गरेर कालोबजारी गरेको भन्दै एक्कासी जंगिन थाल्नुभयो। मलाई तथानाम गाली गर्न थाल्नुभयो,’ तामाङले भने, ‘दिउँसो मेरो गाडीबाट माछा झिकेर दिएकी महिला उहाँकी श्रीमती हुनुहुँदो रहेछ।’, प्रजिअ अस्मान तामाङको नेतृत्वमा साँझ ६ बजेतिर पुगेको टोलीले तामाङको फिस हाउसका दुईवटा फ्रिजहरु सिल गर्‍यो। त्यहाँ रहेका केही माछाको गुणस्तर जाँच गर्न भन्दै लिएर गयो।, ‘म त भारतबाट ताजा देखाउन फर्मालिन हालेर माछा बेच्न यहाँ ल्याउँछन् तिनको प्रयोगले मानव स्वास्थ्यमा असर गरिरहेको छ, बिक्री गर्न दिनुहुँदैन भनेर वर्षौंदेखि आन्दोलनको नेतृत्व गर्दै आएको मान्छे हो। मेरो पसलमा भएका जेसुकै समानको परीक्षण गरियोस् यसमा आपत्ती छैन,’ व्यवसायी लुलाराज तामाङले भने, ‘तर सिडिओ साबको शैली ठीक भएन। व्यक्तिगत स्वार्थका लागि व्यवसायीलाई तथानाम गाली गर्न पाईंदैन।’, उनले यो घटनाले प्रशासन भारतबाट गुणस्तरहीन माछा आयात गर्नेहरूसँग मिलेको देखिएको दाबी गरे।, तामाङले माछा पोखरीबाट थोक मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँमा खरिद गरेर ३ सय ८० देखि ४ सय रुपैयाँसम्ममा काटेर बिक्री गर्ने गरेको बताए।, ‘मैले चाहेको भए किनेर गाडीमा हालिसकेको माछा सिडिओकी श्रीमतीलाई पनि ३ सय ८० मै बिक्री गर्न सक्थें। तर खगेन्द्रजीले पनि भन्नुभयो भनेर सस्तोमै दिएर आएँ,’ उनले भने, ‘उहाँलाई २ सय ४० रुपैयाँमै चाहिएको रहेछ।’, माछाको बिक्री मूल्य नेपाल मत्स्य व्यवसायी संघले तोक्ने गर्छ। संघले प्रतिकिलो माछाको मूल्य ४ सय रुपैयाँ तोकेको केही वर्ष भयो। व्यवसायीहरूले उक्त मूल्य समायोजन नभएको धेरै समय भएको भन्दै समायोजन गर्न संघलाई दबाब दिँदै आएका छन्। तर संघले केही समय पर्खन भनेको छ। माछा व्यवसायी तामाङले संघको कुरालाई मानेर मूल्य नबढाई बिक्री गर्दा प्रशासनले दुर्व्यवहार गरेको बताए। , नेपाल मत्स्य व्यवसायी संघका जिल्ला अध्यक्षसमेत रहेका खगेन्द्र सुवेदीका अनुसार प्रमुख जिल्ला अधिकारीले पठाएको भन्दै यसअघि पनि केही प्रहरी उनको पोखरीमा माछा किन्न पुगेका थिए।, ‘हामीले खुद्रामा बेच्ने मूल्य नै ३ सय हो, उनीहरूलाई त्यही भन्यौं। उनीहरूले सिडिओले पठाएको हो २ सयमा देऊ भनेछन्। कर्मचारीहरू बर्दी देखेर डराएछन्, बढी विवाद गर्नुभन्दा २ सय ४० रुपैयाँमा लैजानु भनेर दिएछन्,’ सुवेदीले भने, ‘पछि आउँदा पनि त्यही मूल्य खोज्नुभएको होला, दिन सकिएन।’, उनले गत मंसिरमा चितवनलाई माछामा आत्मनिर्भर जिल्ला घोषणा गरेपछि पटक-पटक प्रशासन कार्यालय पुगेर भारतबाट आएका माछाहरूको फर्मालिन जाँच गर्न माग गरिए पनि प्रशासनले त्यसतर्फ कहिल्यै ध्यान नदिएको बताए।, ‘तर उनीहरूलाई खुल्लेआम बेच्न छाडेर हामीजस्ता किसान व्यवसायीलाई तारो बनाइएको छ,’ उनले भने।, यस विषयमा भरतपुरकी मेयर रेनु दाहालसँग पनि संघले कुरा गरेको उनले बताए। संघले दाहालको उपस्थितिमा प्रजिअसँग कुरा गर्ने तयारी भइरहेको अध्यक्ष सुवेदीले बताए।, तामाङ माथि प्रशासनबाटै दुर्व्यवहार भएको भन्दै नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय समितिका अध्यक्ष अम्बिकाप्रसाद अधिकारी र जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीले वक्तव्य जारी गरेका छन्। उनीहरूले बजारमा फर्मालिनयुक्त माछाको अनुगमनका लागि गरिएको निवेदनको बेवास्ता गर्दै ताजा तथा जिउँदो माछाको बजार प्रवर्द्धन गर्दै आएका किसान र व्यवसायप्रति दुरूत्साहन गरिएको भन्दै प्रशासनको निन्दा गरेका छन्।, चितवनका प्रमुख जिल्ला अधिकारी तामाङले माछा किन्दा आफू ठगिएपछि कानुनअनुसार अनुगमन गरेको बताए।, ‘मेरो श्रीमती माछा किन्न गएको हो। पुस ९ गते माछा किन्दा मूल्य प्रतिकिलो २४० थियो। १८ गते ३०० सय तिर्नुपर्‍यो,’ तामाङले भने,‘मलाई ठगिएजस्तो लाग्यो। त्यसपछि जिल्ला अनुगमनका साथीहरूसँग म गएको हो।’, आफूले माछा व्यवसायी तामाङसँग बिल माग्दा उनले नदिएपछि जिल्ला अनुगमन तथा समन्वय समितिलाई उक्त माछा पसलको अनुगमन गर्न भनेको बताए।, ‘मैले उहाँसँग बिल मागेको हो, दुर्व्यवहार गरेको होइन। बरू उहाँले नै मलाई आफू शिव सेनाको कार्यकर्ता भएको बताउनुभएको थियो,’ तामाङले भने।, पछिल्लो पटक प्रशासनले मत्स्य व्यवसायीसँग जे हुनु भइहाल्यो भन्दै कुरालाई धेरै नलम्ब्याउन अग्रह गरेको स्रोत बताउँछ। माछा व्यवसायी तामाङले आफूलाई एक्लै प्रशासन आउन आग्रह गरिएको बताए।, ‘तर यो विषय अब म एक्लैको रहेन। जे गर्छ संघले गर्छ म एक्लै आउँदिनँ भनेको छु,’ उनले सेतोपाटीसँग भने।, प्रजिअ तामाङले जिल्लामा विकासका काममा भइरहेको ढिलासुस्तीको विरूद्ध खरो रूपमा उभिँदै आएका छन्। तामाङ चितवन आएपछि बजार अनुगमनको क्रम पनि बढेको छ। तर यो घटनामा भने उनी विवादमा तानिएका छन्। , चितवनमा वार्षिक ६ हजार ६ सय मेट्रिक टन माछा उत्पादन हुन्छ। यसको करिब ४० प्रतिशत देशका विभिन्न जिल्लाहरूमा बिक्री हुने गरेको छ। दैनिक करिब २ टन माछा भारतबाट चितवन आउने गरेका छन्। चितवनको बजारमा झारिने ती माछा चितवन तथा आसपासका जिल्लाहरूमा पनि बिक्री हुन्छन्।, चितवनका सिडिओ विवादमा मुछिएको माछाको मूल्य
सेतोपाटी संवाददाता नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३९३ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ७९४ जनाको पिसिआर परीक्षण र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, २६३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।, अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ९४ पुगेको छ।, यस्तै काठमाडौं उपत्यकामा २२२ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १५६, भक्तपुरमा २१ र ललितपुरमा ४५ गरी २२२ जना थपिएका हुन्।, ९ हजार ३२९ मा कोरोना परीक्षण गर्दा ३९३ लाई संक्रमण
सेतोपाटी संवाददाता नेपालगञ्जको परस्पुरकी निर्मला कुर्मीको अपहरण तथा  शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी कसूरमा गहिरो अनुसन्धान गरी संलग्न सबैलाई पक्राउ गर्न माग गर्दै आन्दोलनरत १४ महिलाको नेतृत्व गर्दै आएकी रूबी खानले आमरण अनसन फेरि सुरू गरेकी छन्। , बाँकेको महिला अधिकार मञ्चकी अध्यक्षसमेत रहेकी खानले सोमबार राति १२ बजेदेखि अनिश्चितकालीन आमरण अनसन बसेको सेतोपाटीलाई जानकारी दिइन्।, उनले तीन वटा माग राखेर आमरण अनसन थालेको बताएकी छन्।, निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न सिआइबीको टोली पठाउन, उक्त विषयमा सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न  र निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा आन्दोलनरत महिला अधिकारकर्मीको शान्ति सुरक्षा गर्नुपर्ने उनको माग छ। , 'यी तीन माग पूरा नभएसम्म म आमरण अनसनमा छु। अरू साथीहरूले माइतीघरमा दिने गरेको धर्ना निरन्तर रहनेछ,' उनले सेतोपाटीसँग भनिन्। , नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद बादशाह कुर्मी लगायतका व्यक्ति निर्मलाको नाममा रहेको करोडौं मूल्य पर्ने जग्गा हत्याउन उनलाई बन्धक बनाउने, यातना दिने र अन्त्यमा अपहरण गरी हत्या गर्नेसम्मका काममा संलग्न रहेकाले उनीहरूलाई कारबाही गर्नुपर्ने माग गर्दै खानसहितका महिलाहरू धेरै समयदेखि आन्दोलनमा छन्। , उक्त कसूरमा संलग्न भएको आरोप लागेका कृष्णमुरारी सिंह, उर्मिला कनौनिया, अम्मरलाल कुर्मी, वीरेन्द्र सिंह, रमेशकुमार थापा, पार्वती विष्ट र कुँवर बबन सिंहलाई पक्रउ गरेको छ। बबनलाई भने अदालतले ८० वर्ष उमेर पुगेका कारण छाड्यो। तर बादशाहलाई भने प्रहरीले जमानीमा छोडिदिएको छ। , निर्मलाको जग्गा हत्याउनेदेखि अपहरण गरी शरीर बन्धक बनाउने र मार्नेसम्मका काम बादशाहकै निर्देशनमा हुने गरेको आरोप महिला अधिकारकर्मीहरूको छ।, सरकारी प्रतिवेदनमा पनि बादशाह लगायतले उक्त कसुर गरेको बुझिएको उल्लेख छ। प्रतिवेदनमै निर्मलाविरूद्ध कसूर गर्ने आरोप लागेका सबैलाई पक्राउ गर्न सुझाइएको छ। , यसअघि निर्मला र महिला हिंसामा परेर ज्यान गुमाएकी अर्की महिला नकुन्नीदेवीका हत्यारालाई कारबाहीको दायरामा ल्याउन माग गर्दै असोज १ गतेदेखि हिँडेर खानसहितका महिलाहरू काठमाडौं आइपुगेका थिए।, २० दिन हिँडेर काठमाडौं आएपछि खानले १२ दिन लामो अनसन गरेकी थिइन्। त्यतिबेला सरकारले सहसचिव रेग्मीको नेतृत्वमा छानबिन समिति गठन गरेपछि उनले अनसन तोडेकी थिइन्। , उक्त समितिले गृह मन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक गर्ने र त्यसको कार्यान्वयन गर्ने सुरसार नगरेको भन्दै उनीहरू ४२ दिनअघि फेरि काठमाडौंको माइतीघर आएर धर्ना दिन थालेका छन्।, उक्त प्रतिवेदनपछि प्रहरीले निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान कसूरका आरोपीमध्ये बादशाह बाहेकलाई पक्राउ गरेको हो। तर बादशाहलाई भने प्रहरीले भदौमै जमानीमा छोडेको थियो त्यसपछि पक्राउ गरेको छैन।, यी पनि:, मोफसलबाट काठमाडौं आएर न्याय प्रणालीलाई दस्तक दिने रूबी खान को हुन्? (भिडिओ), न्याय प्रणालीलाई दस्तक दिन फेरि काठमाडौं आइन् रूबी खान, रूबी खानले थालिन् फेरि अनसन
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २२२ संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा १५६, भक्तपुरमा २१ र ललितपुरमा ४५ गरी २२२ जना थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा २२०८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १०९९, ललितपुरमा ५९५ र भक्तपुरमा ५१४ सक्रिय संक्रमित छन्।, नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ७९४ जनाको पिसिआर परीक्षण र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, २६३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।, अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ९४ पुगेको छ।, काठमाडौं उपत्यकामा थपिए २२२ संक्रमित
सेतोपाटी संवाददाता ३३ किलो सुन प्रकरणका चुडामणि उप्रेती ‘गोरे’का भाइलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। , मंगलबार साढे ३ बजेको फ्लाइटबाट काठमाडौं आइपुगेका मोरङ उर्लाबारी नगरपालिका-७ घर भएका रमेश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। , ३३ किलो सुन तस्करी गरेको बाहिरिएपछि उनी दुबई बस्दै आएका थिए। ३३ किलो तस्करी गरी ल्याएको सुन गायब भएको थियो। , उक्त सुन फेला नपर्दा पक्राउ परेका अभियुक्तहरू धरौटीमा रिहा हुन थालेपछि फरार रहेका व्यक्तिहरू पनि नेपाल फर्किन थालेको स्रोतले बताएको छ। , रमेश नेपाल फर्किँदै गरेको भन्ने प्रहरीले सूचना पाएको थियो। त्यसपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरीले नियन्त्रणमा लिएको हो।, उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।, ३३ किलो  सुन र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त गोरेलाई जिल्ला अदालत मोरङले जन्मकैदको सजाय सुनाएको छ। उनी अहिले कारागारमा छन्।  ,  , विमानस्थलबाट पक्राउ परे 'गोरे'का भाइ
सेतोपाटी संवाददाता सरकारले आजदेखि लगाउने भनेको कोभिड १९ विरूद्धको अतिरिक्त खोप स्थगित गरेको छ।, कोभिड १९ विरूद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई आजदेखि सरकारले बुस्टर डोजका रूपमा दिन लागेको अतिरिक्त खोप हाललाई स्थगित गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०७८ पुस १९ गते केही लक्षित वर्गका लागि कोभिड १९ खोपको थप मात्रा दिनेबारे जारी भएको सूचना अनुसारको कार्यक्रम हाललाई स्थगित गरिएको छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।, सबै नागरिकलाई कोभिड १९ विरूद्धको पुरा मात्रा खोप लगाउनका लागि हाललाई कार्यक्रम स्थगित गरिएको मन्त्रालयले जनाएको छ।, ‘सबै नागरिकलाई कोभिड १९ बिरुद्धको पुरा मात्रा खोप चाडै उपलब्ध गराउन महत्वपूर्ण भएकोले राष्ट्रिय खोप अभियान द्रूत गतिमा सञ्चालन गर्न आवश्यक छ।, त्यसैले थप प्राविधिक विषयहरू छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।, कोभिड १९ विरूद्धको अतिरिक्त खोप स्थगित
सेतोपाटी संवाददाता नेपालगञ्जको परस्पुरकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी कसुरमा गहिरो अनुसन्धान गरी संलग्न सबैलाई पक्राउ गर्न माग गर्दै आन्दोलनरत १४ महिलाको नेतृत्व गर्दै आएकी रूबी खानले आजैदेखि थालेको आमरण अनसन तोडेकी छन्।, सरकारले माग पूरा गर्ने सहमति जनाएपछि उनको अनसनसँगै ४२ दिनदेखि माइतीघरमा दिँदै आएको धर्नासमेत स्थगित भएको आन्दोलनरत सकिना तेलीले सेतोपाटीलाई जानकारी दिइन्। , सरकारले उनको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि खानले डाक्टर गोविन्द केसीको हातबाट जुस पिएर आमरण अनसन तोडेकी हुन्। उनले तीन वटा माग राखेर आमरण अनसन थालेको बताएकी छन्।, निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न सिआइबीको टोली पठाउन, उक्त विषयमा सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन सर्वजनिक गरी कार्यान्वयन गर्न र निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा आन्दोलनरत महिला अधिकारकर्मीको शान्ति सुरक्षा गर्नुपर्ने उनको माग छ। , तेलीका अनुसार सरकारले यी तिनै माग पूरा गर्ने भएको हो। , 'निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्ने टोली पठाउन सिआइबीलाई पत्र काटिसकिएको, रेग्मी संयोजकत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने र आन्दोलनरत महिलाहरूको शान्ति सुरक्षाका लागि बाँके प्रहरीलाई लेखी पठाएको भनेपछि रूबीजीको अनसन तोडिएको र धर्ना पनि स्थगित गरेका छौं,' उनले भनिन्।, नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद बादशाह कुर्मी लगायतका व्यक्ति निर्मलाको नाममा रहेको करोडौं मूल्य पर्ने जग्गा हत्याउन उनलाई बन्धक बनाउने, यातना दिने र अन्त्यमा अपहरण गरी हत्या गर्नेसम्मका काममा संलग्न रहेकाले उनीहरूलाई कारबाही गर्नुपर्ने माग गर्दै खानसहितका महिलाहरू धेरैसमयदेखि आन्दोलनमा छन्। , उक्त कसुरमा संलग्न भएको आरोप लगेका कृष्णमुरारी सिंह, उर्मिला कनौनिया, अम्मरलाल कुर्मी, वीरेन्द्र सिंह, रमेशकुमार थापा, पार्वती विष्ट र कुँवर बबन सिंहलाई पक्रउ गरेको छ। बबनलाई भने अदालतले ८० वर्ष उमेर पुगेका कारण छाड्यो। तर बादशाहलाई भने प्रहरीले जमानिमा छोडिदिएको छ। , निर्मलाको जग्गा हत्याउनेदेखि अपहरण गरि शरीर बन्धक बनाउने र मार्नेसम्मका काम बादशाहकै निर्देशनमा हुने गरेको आरोप महिलाअधिकारकर्मीहरूको छ। सरकारी प्रतिवेदनमा पनि बादशाह लगायतले उक्त कसुर गरेको बुझिएको उल्लेख छ। प्रतिवेदनमै निर्मलाविरूद्ध कसुर गर्ने आरोप लागेका सबैलाई पक्राउ गर्न सुझाइएको छ। , यसअघि निर्मला र महिला हिंसामा परेर ज्यान गुमाएकी अर्की महिला नकुन्नीदेवीका हत्यारालाई कारबाहीको दायरामा ल्याउन माग गर्दै असोज १ गतेदेखि हिँडेर खानसहितका महिलाहरू काठमाडौं आइपुगेका थिए। २० दिन हिँडेर काठमाडौं आएपछि खानले १२ दिन लामो अनसन गरेकी थिइन्। त्यतिबेला सरकारले सहसचिव रेग्मीको नेतृत्वमा छानविन समिति गठन गरेपछि उनले अनसन तोडेकी थिइन्। , उक्त समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेन बुझाएपनि सार्वजनिक गर्ने र त्यसको कार्यान्वयन गर्ने सुरसार नगरेको भन्दै उनीहरू ४२ दिन अघि फेरी काठमाडौंको माइतिघर आएर धर्ना दिन थालेका छन्। उक्त प्रतिवेदन पछि प्रहरीले निर्मला कुर्मीको अपहरणतथा शरीर बन्धक र कर्तव्य ज्यान कसुरका आरोपीमध्ये बादशाहबाहेकलाई पक्राउ गरेको हो। तर बादशाहलाई भने प्रहरीले भदौमै जमानीमा छोडेको थियो त्यसपछी पक्राउ गरेको छैन।, यो पनि पढ्नुहोस्ः ,सरकारी प्रतिवेदन नै भन्छ- निर्मलालाई बादशाह कुर्मीले अपहरण गरी बेपत्ता पारेका हुन्, सरकारले माग पूरा गर्छु भनेपछि रूबी खानले तोडिन् अनसन, धर्ना पनि स्थगित
रासस बर्दियाको राजापुर नगरपालिका–१० ढुण्डिपुर गाउँमा जङ्गली वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ।, नेपाल–भारत सिमाना नजिक राजापुर–१० ढुण्डिपुर गाउँको गहुँ तोरी खेतमा मंगलबार जङ्गली हात्ती मृत अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख रवीन कडरियाले बताए।, रोग वा अन्य मृत्युका बारेमा थप अनुसन्धानलगायत पोष्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीको बताए।, दुई दिनअघि राजापुर–९ की ५४ वर्षीया भुसिया थारुको बाख्रा चराउन गएका बेला सोही क्षेत्रमा जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो।, बर्दियामा जङ्गली हात्ती मृत फेला
रासस जिल्ला अस्पताल पाल्पामा आकस्मिकबाहेकको सेवा बन्द भएको छ। अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो। , निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए।, अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ।, मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो। उनीहरू सबै आइसोलेशन बस्नुपरेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए।, जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ। , पाल्पा अस्पतालका ९ कर्मचारीमा कोरोना, आकस्मिकबाहेक सबै सेवा बन्द
रासस नेपाल रेल्वे कम्पनीको नक्कली नियुक्ति पत्र दिई ठगी गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।, आफूलाई लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनीको पदाधिकारी भएको भन्दै सर्वसाधारणलाई नक्कली नियुक्तिपत्र दिएर ठगी गरेको आरोपमा मंगलबार ती युवक पक्राउ परेका हुन्।, महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी ३२ वर्षीय सागरकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।, लोकसेवा आयोग र नेपाल रेल्वे कम्पनीको नक्कली कागजात देखाएर ठगी गरिरहेको सूचनाका आधारमा जनकपुरधाम उपमहानगर ८ सीता प्यालेस होटल अगाडिबाट उनलाई पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए।, ‘लोक सेवा र रेल्वे कम्पनीको पदाधिकारी हुँ’ भन्दै नक्कली नियुक्ति पत्र दिने युवक पक्राउ
सेतोपाटी संवाददाता आज (बुधबार) देखि देशका विभिन्न भागमा मौसम बदली हुने भएको छ। मंगलबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावले अधिकांश भु-भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ। , यो प्रभाव शनिबारसम्म रहने मौसमविद्ले जनाएका छन्। मौसमी प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात हुनेछ।, महाशाखाले विशेष मौसम बुलेटिन निकालेर मौसमी प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली हुने उल्लेख गरेको छ । प्रदेश १ र प्रदेश २ मा भने त्यसको आंशिक मात्र प्रभाव पर्ने आँकलन गरिएको छ ।, साथै बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। , सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। , आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ।, यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण,  कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, मौसम पूर्वानुमानको परीक्षण मोडलअनुसार बुधबारेदेखि बिहीबारसम्म सबैभन्दा बढी असर सुदूरपश्चिम र कर्णालीमा पर्ने देखिन्छ।, महाशाखाद्वारा आज (बुधबार) बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार अहिले देशका अधिकांश स्थानमा मौसम आंशिक (थोरै आकाशमा बादल) सामान्य (धेरै आकाशमा बादल) बदली छ। , आज दिउँसो भने देशभर सामान्य बदली  रहनेछ। साथै सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ साथै यी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा पनि हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। , यस्तै राति पनि देशभर सामान्य बदली  रहनेछ। अनि सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सम्भावना छ भने यिनै प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बुलेटिनमा जानकारी दिइएको छ।,  , आजदेखि मौसम बदली र हिमपात, आइतबारसम्म रहने
एजेन्सी भारतमा कोभिड–१९ महामारीको तेस्रो लहर तिब्र रूपमा फैलिएको छ। विशेषगरी राजधानी नयाँ दिल्ली र मुम्बईमा व्यापक मात्रामा कोरोना संक्रमण फैलिएको छ। , पछिल्लो २४ घन्टामा भारतमा कोरोनाका ३७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यो संख्या एक साताअघिको तुलनामा चार गुणा,*, बढी हो। गत बुधबार भारतमा ९ हजार १ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। यो बढेर एक सातामै ३७ हजार ३ सय ७९ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। , मंगलबार थपिएका ३७ हजार ३ सय ७९ मध्ये दुई तिहाइभन्दा धेरै मुम्बई र दिल्लीका छन्। यी दुई सहरमा अत्यधिक मात्रामा संक्रमण बढेका छ। मुम्बईमा १० हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने दिल्लीमा ५ हजार ४ सय ८१ जनामा संक्रमण फेला परेको छ।, संक्रमण बढेसँगै मंगलबार दिल्ली सरकारले साताको दुई दिन कर्फ्यूको घोषणा गरेको छ। , दिल्लीमा शनिबार र आइतबार अब कर्फ्यू रहनेछ। अत्यावश्यकबाहेकका सबै सरकारी काम अब घरबाटै हुनेछ।, निजी कम्पनीमा पनि ५० प्रतिशत मानिसले घरबाटै काम गर्नुपर्ने हुन्छ। यसअघि दिल्लीले कोरोना संक्रमण नियन्त्रणको लागि रात्रिकालीन कर्फ्यू लगाएको थियो।, दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले मंगलबार पत्रकार सम्मेलन गरेर दिल्लीमा कोरोना संक्रमण तिब्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउनुको विकल्प नरहेको बताएका थिए।, दिल्लीमा कोभिड पोजेटिभ रेट दैनिक ५ प्रतिशतभन्दा बढीले बढिरहेको छ। दिल्ली रेड जोन राख्दै उपमन्त्री सिसोदियाले सातामा दुई दिन कर्फ्यूको घोषणा गरेका हुन्।, त्यस्तै मुम्बईमा पनि दैनिक नयाँ संक्रमितको संख्या २० हजार नाघे पुनः लकडाउन गरिने अधिकारीहरुले बताएका छन्। , भारतमा पछिल्लो समय कोरोना संक्रमण फैलिनुको मुख्य कारण कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट रहेको अधिकारीहरुले बताएका छन्।, दिल्लीका स्वास्थ्यमन्त्रीका अनुसार अहिले सहरमा भेटिएका नयाँ संक्रमितमध्ये ८१ प्रतिशतमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएको छ।, *, सच्याइएको , भारतमा एकै साता कोरोना संक्रमित चार गुणा बढ्यो, दिल्लीमा साताको दुई दिन कर्फ्यू
रासस केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ। , मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन्।, यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए।, यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता यादवले बताए।, अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्। क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्द गरिएको जनाएका छन्।, चिसोका कारण टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।   , चिसोका कारण धनुषा र सप्तरीमा दुई जनाको मृत्यु
युनिक श्रेष्ठ दोलखाकी कृतिकाको मंगलबार दिउँसो काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा पोस्टमार्टम हुँदै थियो।, त्यही बेला मृतक कृतिकाका बुवा कल्याण कार्की महानगरीय प्रहरी वृत्त, गौशालामा थिए।, कल्याणलगायत आफन्तहरू वृत्तमा कानुनी कारबाहीका लागि पुगेका थिए। उनलाई आफ्नी छोरीको काजकिरियासँगै दोषीलाई कठघरामा उभ्याउनु पनि थियो।, उनले वृत्तमा सवारी ज्यान मुद्दामा मयूर यातायातको बा ५ ख १५३८ नम्बरको बसका चालकविरूद्ध जाहेरी दिएका छन्। सहचालक पक्राउ परिसकेका छन्।, बुवा कल्याण सोमबार राति मात्रै दोलखा, तामाकोशी गाउँपालिका सिन्लेबाट काठमाडौं आइपुगेका हुन्। उनी आफ्ना जेठा छोरासँग रातारात काठमाडौं आइपुगेका हुन्। आफ्नी २६ वर्षीया छोरी कृतिका दुर्घटनामा परेको खबर पाएपछि उनीहरू रातरातै काठमाडौं आएका थिए।, कृतिका दुई-तीन वर्षदेखि आइएमई जनरल इन्स्योरेन्स नक्साल शाखामा काम गर्थिन्। अफिसमा ड्युटी सकेर सोमबार साँझ कोठा फर्किँदै गर्दा दुर्घटना भएको हो। करिब साढे ६ बजेको थियो।, उनी बागमती प्रदेश-०२-०२१ प १९३५ नम्बरको डियो स्कुटर चढेर कोठा फर्किँदै थिइन्। काठमाडौं महानगरपालिका-९ तिलगंगा, पिंगलास्थानमा पुगेपछि पछाडिबाट उनलाई बसले ठक्कर दियो। ठक्कर दिएपछि उनी स्कुटरबाट लडिन्। स्कुटरबाट लडेपछि बसले किचेको गौशाला वृत्तले जानकारी दिएको छ।, बसले किचेपछि कृतिका गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्कालै काठमाडौंको टिचिङ अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा मंगलबार बिहान ६ बजे चिकित्सकले कृतिकालाई मृत घोषणा गरेको हो।, उनको मृत्युपछि उनका बुवा कल्याणलगायत आफन्तहरू दुखी मात्रै छैनन्, आक्रोशित पनि छन्। दुर्घटनामा परे पनि कृतिकाको स्कुटरमा भने खासै क्षति पुगेको छैन।, मयूर यातायातको बसमा स्थानीयले आक्रोशमा आएर तोडफोड पनि गरेका थिए। नुवाकोट, शिखरबेसी घर भएका चालक श्रीमान तामाङ अहिले फरार छन्। उनी घटना भएपछि भागेको प्रहरीले जनाएको छ।, दुर्घटनामा परेको कृतिकाको स्कुटर। तस्बिरः सेतोपाटी, बसले ठक्कर मात्रै दिएको भए पनि आफ्नी छोरी जोगिनसक्ने शिक्षकसमेत रहेका बुवा कल्याण बताउँछन्। तर चालकले बस ब्याक नै गरेर घिसारेको हुँदा आफ्नी छोरी नजोगिएको उनको भनाइ छ।, 'छोरी अफिसबाट कोठा फर्किँदै थिई। पिंगलास्थानमा गाडीले स्कुटरलाई पछाडिबाट हान्यो। स्कुटर ढल्यो। मान्छे उछिट्टिएर पर पुग्यो। स्कुटरमा ठूलो क्षति भएको छैन। त्यसपछि चालकले के हेर्‍यो खै! ब्याक गरेर किच्यो, घिसारेर लग्यो,' कल्याणले दुर्घटनाको सिसिटिभी फुटेज हेरेको उल्लेख गर्दै भने, 'फालेको मात्रै भए मर्दैन थियो होला। घाइते भए उपचार गराउन सकिन्नँ भनेर २० मिटर जति घिसारेर मार्‍यो।', कृतिका काठमाडौं बसेको दस वर्ष भइसकेको थियो। उनी शान्तिनगरमा आफ्नी बहिनीसँग डेरामा बस्दै आएकी थिइन्।फुपू दिदी जमुना कार्कीका अनुसार कृतिकाले हालसालै मास्टर्स सकाएकी थिइन्। उनले एमबिएस गरेकी हुन्। जमुनाले भने घटनाबारे बिहान मात्रै थाहा पाएकी थिइन्।, कृतिका पढाइमा पनि सानैदेखि अब्बल भएको उनी बताउँछिन्। उनले भनिन्, 'पढाइमा पनि ट्यालेन्ट, त्यसमा मात्र होइन हरेक कुरामा। कसैलाई पनि नराम्रो नगर्ने सिद्धान्त थियो उनमा। उसको जति भावना कसैको छैन होला।', उनले दुर्घटनाबारे थपिन्, 'चालकको धेरै गल्ती छ। नियम मात्रै नभएर हो, नत्र फाँसी दिन हुन्थ्यो। यसरी घिसारेर ल्याएको छ। अपांगता भए उपचार गर्नुपर्छ भनेर चालकले यस्तो गरेको हो।', बसमा सहचालक पनि थिए। चालक भागेपछि सहचालक पनि अर्को बसमा चढेर धुलिखेल पुगेका थिए। सहचालकले मयूर यातायातका कर्मचारीलाई फोन गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले धुलिखेलबाट पक्राउ गरी हिरासतमा लिएको छ।, त्यस्तै चालकको पनि खोजी गरिरहेको छ।, कृतिकाका ठूला बुबाका छोरा रामचन्द्र कार्कीले चालकको गम्भीर लापरबाहीले आफ्नी बहिनीको मृत्यु भएको बताए।, 'बहिनीको पेटको भागमा किच्चिएको छ। हेल्मेटमा स्क्र्याच भएको छ। टाउकोमा कुनै चोट देखिएको छैन। अरू पोस्टमार्टममा पनि आउला,' उनले भने, 'हामीबीच उमेर तीन-चार वर्षको मात्रै फरक हो। बहिनी दोलखामै पढेर काठमाडौं आएकी थिइन्। एकदमै मिलनसार सबैसँग घुलमिल हुने किसिमकी थिइन्।', मंगलबार वृत्तमा मयूर यातायातका प्रतिनिधिहरू पनि हाजिर भएका थिए।, दुई पक्षबीच छलफल भएपछि बीमाबाहेक मृतकका परिवारलाई सात लाख क्षतिपूर्ति दिने निर्णय भएको मयूर यातायातका प्रतिनिधि इन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार त्यसबाहेक बीमा गरेकोबाट ५ लाख २५ हजार रूपैयाँ पीडित परिवारलाई दिने भएको हो।, उनले बसका चालक पनि छिट्टै पक्राउ पर्ने बताए।, 'चालक हाम्रो सम्पर्कमा आएका छैनन्। सम्पर्कमा आएको भए पक्राउ परिहाल्थ्यो। तर आएका छैनन्,' उनले भने, 'केही दिनमै पक्राउ पर्लान्।', दिनहुँजसो दुर्घटना हुनुका कारण लाइसेन्स दिने प्रक्रिया समेत रहेको कृतिकाका दाइ रामचन्द्रले बताए। सार्वजनिक सवारीसाधन चलाउने चालकको मनस्थिति जाँच गर्नुपर्ने पनि उनको भनाइ छ।, 'सार्वजनिक सवारी चलाउने चालकको छ-छ महिना वा एक वर्ष अन्तरमा मानसिक अवस्था जाँच गर्नु आवश्यक छ। मान्छेको उमेर समूहले पनि दुर्घटनामा धेरै असर पार्छजस्तो लाग्छ,' रामचन्द्रले भने, 'जब मान्छे परिपक्व हुँदै जान्छ, उसको सोच्ने क्षमता पनि बढ्दै जान्छ। त्यसले गर्दा पनि आफ्नो रिसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने लाग्छ। त्यसैले लाइसेन्स दिने प्रक्रियामा सुधार ल्याउनुपर्छ।', 'बसले ब्याक गरेर नघिसारेको भए मेरी छोरी बाँच्थी'
रासस चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ। मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ।, देवघाट मेला व्यवस्थापन मूल समितिको मङ्गलबार भरतपुरमा बसेको बैठकले मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी अशमान तामाङले देवघाट मेलालाई व्यवस्थित गर्न नवलपुर र तनहुँसँग समन्वय गरी काम थालिएको बताए। ‘माघे सङ्क्रान्ति मेलाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्छौ’, उनले भने, ‘स्नानको समयमा कुनै दुर्घटना नहोस् भनेर स्नानघाट नजिकै गोताखोर प्रहरीसमेत तयारी अवस्थामा राख्छौं।’ , प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले चितवनको देवघाटतर्फ प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ४८१ सुरक्षाकर्मी परिचालन गरिने बताए। त्यस्तै तनहुँतर्फ १५० प्रहरी परिचालन गरिने इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख सुशील लामिछानेले बताए।नवलपुरतर्फ ६० भन्दा बढी प्रहरी परिचालन गरिने छ। सशस्त्र प्रहरी बल १७ नम्बर गण आँपटारीका प्रहरी नायब उपरीक्षक सुशील शाहीले विपद् व्यवस्थापन गर्नसमेत सशस्त्र प्रहरी परिचालन गर्न लागिएको बताए।, मेला अवधिभर लोडसेडिङ नहुने गरी तयारी गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाले जनाएको छ। शाखाका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले देवघाटमा बत्ती मर्मत र आकस्मिक कामका लागि पुस ३० गतेदेखि नै ६ जनाको प्राविधिक टोली परिचालन गरिने बताए। देवघाटमा क्षेत्रमा भरतपुर–१ को देवघाट र भरतपुर–२९ को दासढुङ्गाबाट विद्यत् आपूर्ति गरिएको छ।  , ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले माघ १ गते देवघाटमा एकतर्फीमात्रै यातायात सञ्चालन गर्नेगरी रुट निर्धारण गरिएको बताए। ‘हामीले देवघाट जानका लागि रामनगर र ठिमुराबाट रुट निर्धारण गरेका छौं’, उनले भने, ‘रामनगर र ठिमुराबाट देवघाट प्रवेश गरेका सवारीसाधन वागीश्वरी, आँपटारी हुँदै नारायणगढ फिर्ता हुनेछन्।’ शववाहन र एम्बुलेन्सबाहेकका सवारीलाई आँपटारीबाट देवघाट जान पूर्णरूपमा निषेध गरिने थापाले बताए।, काठमाडौं तथा पोखराबाट देवघाट स्नानका लागि आउने सवारीलाई दासढुङ्गाको पुल तरेर तनहुँतर्फ पठाइने थापाले बताए। सो क्रममा चितवन र तनहुँको देवघाटलाई जोड्ने झोलुङ्गे पुल जीर्ण भएकाले पुलमा लाइन लगाएर तीर्थयात्रीलाई वारपार गराइने छ। पुलमा एकपटकमा २०० जनालाई मात्रै छोडिने र उनीहरु वारपार भएपछि मात्रै अर्को समूहलाई तर्न दिइने छ। , त्रिशूली र कालीगण्डकी नदीको वेणी सङ्गममा स्नानका लागि जान चितवन र नवलपुरतर्फबाट र्‍याफ्टिङ डुङ्गासमेत सञ्चालन हुनेछन्। सो क्षेत्रमा कम्तीमा ३० र्‍याफ्टिङ डुङ्गा सञ्चालन गरिने र्‍याफ्टिङ डुङ्गा संयोजक सिर्जन शर्माले बताए।, नदी तरेर वेणीमा जानका लागि एकतर्फी भाडा रु ३५ तोकिएको छ। देवघाट क्षेत्र विकास समितका अध्यक्ष बद्रीप्रसाद अधिकारीले तीनवटै जिल्लासँग समन्वय गरेर देवघाट मेलाको तयारी भइरहेको बताए। मेलामा पाँच लाखभन्दा बढी दर्शनार्थी आउने अपेक्षा गरिएको छ। तीर्थयात्रीलाई आगो ताप्न धुनीको र पानीको व्यवस्थापन तथा सवारी पार्किङको व्यवस्थापन भइसकेको घिमिरेको भनाइ छ। , देवघाट मेलाको तयारी तीव्र
सेतोपाटी संवाददाता दाङको तुलसीपुर क्षेत्रमा केही दिनदेखि फेरि कोरोना संक्रमित बढेका छन्।, पछिल्ला तीन दिनमा २५ संक्रमित फेला परेका हुन्।, मेट्रो अस्पतालमा मंगलबार आरटी एन्टीजेन्ट बिधिबाट परीक्षण गर्दा तुलसीपुर उपमहानगर ८ को आश्वारा माबिका थप ११ जनामा संक्रमण पुष्टि भएको छ।, सोमबार यस विद्यालयका विद्यार्थी र शिक्षक गरी ८ जनामा संक्रमण देखिएको थियो।, मंगलबार १०६ जनामा एन्टिजेन्ट परीक्षण गरिएकोमा ११ जनामा संक्रमण देखिएको हो।, तुलसीपुर उपमहानगरका स्वास्थ्य शाखाका फोकल पर्सन विमल केसीले मंगलबार थप चार शिक्षक र ६ विद्यार्थी तथा एक व्यापारीमा कोरोना संक्रमण देखिएको बताए।, शिक्षक र बिद्यार्थीमा संक्रमण पुष्टि भएपछि एक हप्ताको लागि अश्वारा माविको पठनपाठन बन्द गरिएको छ।, संक्रमित हुनेमा तुलसीपुर ६ का २ जना, वडा नम्बर ८ का ४ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ७ का १ जना छन्। संक्रमितहरू सबैमा समान्य लक्षण देखिएको छ।, २५ जनामा कोरोना देखिए पनि २ जनालाई मात्रै अस्पताल लगिएको छ।, शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि तुलसीपुरको विद्यालय बन्द
सेतोपाटी संवाददाता निर्मला कुर्मीको अपहरण, शरीर बन्धक गरी हत्या प्रकरणमा आमरण अनसनमा बसेकी रुवी खानले आजबाट अनसन तोडेकी छन्।, महिला अधिकार मञ्चले बुधबार माइतीघरमा पत्रकार सम्मेलन गरि एक विज्ञप्ति जारी गर्दै जारी आन्दोलन स्थगित गर्ने र खानले आजैको मितिदेखि अनसन तोड्ने जनाएको छ। सरकारसँग मंगलबार चार बुँदे सहमति भएपछि उनले अनसन तोड्न लागेकी हुन्।, सहमतिमा कथमकदाचित न्याय पाउने बाटोमा अवरोध आए फेरि निरन्तर आन्दोलनमार्फत खबरदारी गर्ने पनि उनले विज्ञप्तिमार्फत जनाएकी छन्।, ‘यसरी भएको सहमतीमा कथमकदाचित न्याय पाउने बाटो कुनै पनि आरोह अबरोध आयो भने हामी निरन्तर खबरदारी गर्नेछौं । न्यायको आन्दोलन स्थगित मात्र भएको छ, अन्त्य भएको होईन’, विज्ञप्तिमा भनिएको छ, ‘हामी न्याय विरूद्धमा कुनै चलखेल भएको जानकारी हुनासाथ पुनः यो भन्दा कडा आन्दोलन सुरू गर्ने चेतावनीसमेत दिन चाहान्छौं।’, सरकारले उनको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि खानले डाक्टर गोविन्द केसीको हातबाट जुस पिएर आमरण अनसन तोडेकी थिइन्। , सहमतीहरू, १. निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी जाहेरीमा औल्याईएका विषयमा केन्द्रिय अनुसन्धान ब्युरोमार्फत अनुसन्धान गर्ने गरि श्री प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा पत्राचार गर्ने सहमती गरियो।, २. निर्मला कुर्मी अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धमा जाहेरवाला, साक्षी, आन्दोलनरत व्यक्तिलाई समेत अभियुक्तको तर्फबाट धाकधम्की, प्रलोभन आएको भन्ने विषयमा निजको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायलाई गृह मन्त्रालयले निर्देशन दिने सहमती गरियो।, ३. छानबिन प्रतिवेदनमा औल्याएका विषयहरु कार्यान्वयन गर्न सम्बन्धीत निकायहरुमा पत्राचार गर्ने, यसमा पुर्व भएका पत्राचार कारबाहीका विषयमा प्रगति विवरण प्राप्त गर्ने कार्यान्वयनका लागि फलोअप गर्ने सहमती गरियो । , ४. उल्लेखित विषयलाई लिएर आमरण अनसनमा रहेकी रुचि खानले आजैका मितिबाट अनशन तोडने, निजसहितका आन्दोलनरत व्यक्तिहरुले धर्ना सहितका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने सहमति गरियो।, यो पनि पढ्नुहोस्ः ,सरकारी प्रतिवेदन नै भन्छ- निर्मलालाई बादशाह कुर्मीले अपहरण गरी बेपत्ता पारेका हुन्, रूवी खान र गृह मन्त्रालयबीच भएको चार बुँदे सहमतिमा के छ?
सेतोपाटी संवाददाता नेपाली सेनाले गोरखादेखि काठमाडौंसम्म पदयात्रा सुरू गरेको छ।, गोरखादेखि काठमाडौंसम्म रहेको एकीकरण मार्ग हुँदै सेनाले पदयात्रा गर्न लागेको हो।, तीन सय औं पृथ्वीजयन्तीको अवसरमा गोरखा दरबारदेखि काठमाडौंको हनुमानढोका दरबारसम्म सेनाले पदयात्रा गर्न लागेको हो।, सेनाको गोरखास्थित रिपुमर्दन दल गणका सेनाले आज बिहानदेखि पदयात्रा थालेका छन्। रिपुमर्दन दल गण, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाले पदयात्रा आयोजना गरेका थिए।, पृथ्वीनारायण शाहकालीन सेनाले लगाउने खालका पोशाकमा सजिएका १० जना सेनासहित ४० जनाले पदयात्रा गरेका छन्।, गोरखा, धादिङ, नुवाकोट हुँदै पदयात्राको टोली पुस २७ मा हनुमानढोका आइपुग्नेछ।, सेनाले थाल्यो गोरखादेखि काठमाडौंसम्म पदयात्रा (तस्बिरहरू)
एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अधिकारीले हाल संसारभरि फैलिइरहेको कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले स्वास्थ्यमा गम्भीर असर पार्दैन भन्नेबारे थप तथ्यहरू आइरहेको बताएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार  मंगलबार जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै डब्लुएचओका इन्सिडेन्ट म्यानेजर अब्दी महामुदले थप अध्ययनहरूले ओमिक्रोनले श्वास-प्रश्वास प्रणालीको माथिल्लो भागमा असर गर्ने र संक्रमण तीव्र भए पनि संक्रमितलाई गम्भीर समस्या नहुने देखिएको बताएका हुन्।, पछिल्लो समय अमेरिकालगायत मुलुकमा ओमिक्रोनका संक्रमित ह्वात्तै बढे पनि मृत्युदर र अस्पताल भर्ना हुने दर कम रहनुको पछाडि ओमिक्रोनले गम्भीर असर नपार्नु कारण भएको महामुदले बताए।, ‘यो खुसीको खबर हुन सक्छ तर हामीले यसलाई प्रमाणित गर्न अझ धेरै अध्ययनहरू गर्नुपर्छ,’ उनले भने।, गत नोभेम्बरमा पहिलो पटक ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकामा फेला परेको थियो। डब्लुएचको तथ्यांकअनुसार ओमिक्रोन अहिले संसारका १२८ देशमा फैलिसकेको छ।, दक्षिण अफ्रिकाले भने आफूले ओमिक्रोनको लहर पार गरिसकेको बताएको छ।, गत बिहीबार दक्षिण अफ्रिकाको सरकारले ओमिक्रोनको लहरबाट मृत्युदरमा सामान्य वृद्धिमात्र भएको जनाएको थियो। , ‘ओमिक्रोनका कारण चौथो लहरको संक्रमण बढ्यो, उच्च विन्दुमा पुग्यो र अहिले झरेर सुस्त भएको छ,’ दक्षिण अफ्रिका मेडिकल रिसर्च काउन्सिलका फारिद अब्दुल्लाहले भने,‘चार सातामा संक्रमण उच्च विन्दुमा पुग्यो र पछिल्ला दुई सातामा ओह्रालो लागेको छ। यो लहरभन्दा पनि अचानक आएको बाढीजस्तो थियो।’, महामुदले भने दक्षिण अफ्रिकाको विशेष परिस्थिति भएकाले सबै ठाउँमा ओमिक्रोनको संक्रमण दक्षिण अफ्रिकाको जस्तै नहुन सक्ने बताए। जनसंख्यामा उमेर समूह, खोप लगाउने मानिसको संख्या आदि कुराले संक्रमण कसरी बढ्छ भन्ने फरक पर्ने उनको भनाइ छ।, धेरै मानिसले खोप नलगाएका देशमा केही समयपछि ओमिक्रोनको संक्रमणले अस्पतालहरू भरिन सक्ने उनले चेतावनी दिए।, अहिले अमेरिका र युरोपसहित विभिन्न मुलुकमा ओमिक्रोनको संक्रमण तीव्र भइरहेको छ।, मंगलबार एकैदिन संसारभरि २१ लाख बढी मानिस संक्रमित भएका छन्।, डब्लुएचओले भन्यो- ओमिक्रोनले गम्भीर पार्दैन भन्ने थप तथ्यहरू आउँदैछन्
सेतोपाटी संवाददाता ललितपुरको कुपन्डोलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, गए राति १ बजे कुपण्डोलबाट थापाथलीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए।, बा ९५ प ५३५४ नम्बरको मोटरसाइकल कुपण्डोल हनुमानथान नजिकै दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका छम्पी घर भएका राजु तामाङ ३१ को मृत्यु भएको हो।, मोटरसाइकलमा सवार गोदावरीको गुरूङचुली टीकाभैरवका ३६ वर्षीय दिपेश तामाङ घाइते छन्।, 'हनुमानथान नजिकै मोडमा काट्न नसकेपछि लडेको जस्तो देखिन्छ,' प्रहरी उपरीक्षक महर्जनले भने।, दुर्घटना भएपछि प्रहरीले नै उनीहरूलाई पाटन अस्पताल पुर्‍याएको थियो। राजुलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।, यस्तै दिपेशलाई भने काठमाडौंको ट्रमा सेन्टर लगिएको थियो। उनको अवस्था गम्भीर भएको प्रहरी उपरीक्षक महर्जनले बताए।, उनीहरू दुबै जना ललितपुरको मंगलबजारमा डेरा गरी बस्दै आएका थिए। उनीहरू कहाँ जान लागेका थिए भन्ने नखुलेको परिसरले जनाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।, कुपण्डोलमा मध्यराति मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एक घाइते
सेतोपाटी संवाददाता नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले कोरोनाले दुई वर्षको चुनौतिपूर्ण समयपछि नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा स्वागत गर्न पाउँदा उत्साहित भएको बताएकी छिन्।, ‘स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ राजधानीमा आयोजना प्रथम अष्ट्रेलियन शैक्षिक मेला २०२२ को उद्घाटन गर्दै उनले कोरोनाको कारण बन्द बोर्डर खुला भएपछि पूर्ण रूपमा कोरोना खोप लिएका विद्यार्थीलाई अध्ययनका लागि अष्ट्रेलिया डिसेम्बरदेखि खुला भएको जानकारी दिईन्।, धेरै चुनौतिका बाबजुद अहिलेको समयमा पूर्ण खोप लगाएका र भिसा लिएका योग्य विद्यार्थीलाई अष्ट्रेलियामा प्रवेश गराइदै आएको जानकारी दिँदै उनले नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन अष्ट्रेलिया प्रतिवद्घ रहेको दोहोर्‍याइन्।, नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शैक्षिक मेला आयोजना गरेको हो।, शैक्षिक मेलामा अष्ट्रेलियामा विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरुको लागि अस्ट्रेलियाको कलेज र युनिभर्सिटीका साथै शैक्षिक ऋण र बीमा सेवा समेत गरी १५ वटा संस्थाहरुको सहभागिता रहेको थियो  ।, प्रथम अष्ट्रेलियन शैक्षिक मेला यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परीक्षा सकेर बसेका साथै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहेको नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताए ।, यस वर्षको अष्ट्रेलियन शैक्षिक मेलामा अष्ट्रेलियाबाट कलेज र विश्वविद्यालयहरू, शैक्षिक ऋण प्रदायकको लागि एनएमबी बैंक, आइएलटीएसको लागि आइडीपी आइएलटीएस, शैक्षिक बीमाको लागि एल्लियान्ज पार्टनर्स संस्थाहरुको सहभागिता रहको थियो।, मेलामा छात्रबृत्ति, पोष्ट स्टडी वर्क (अध्ययन पछि काम) र रिजनल क्याम्पस (क्षेत्रीय क्याम्पस) का बारेमा पनि जानकारी दिइएको थियो। एक सय सहभागीलाई नि:शुल्क आइएल्टीएस वा पीटीइ कक्षाहरू उपलब्ध गराइएको थियो भने र एक भाग्यशाली बिजेतालाई अष्ट्रेलियाको नि:शुल्क हवाई भाडा दिइने आयोजक पक्षले जनाएको छ।, मेलामा विद्यार्थी आफूले अष्ट्रेलियामा जान आवश्यक शैक्षिक परामर्श नि:शुल्क लिएका थिए।, नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन अष्ट्रेलिया प्रतिवद्ध: राजदूत फेलिसिटी भोल्क
सेतोपाटी संवाददाता त्रिवि केन्द्रीय गणित विभाग, नेपाल स्वास्थ्य अनुसन्धान  परिषद र स्यान्डीयागो स्टेट युनिभर्सिटी अमेरीकाबीच नेपालमा संक्रामक रोगको अनुसन्धानमा गणितीय ज्ञान र सिपको प्रयोग गरी सहकार्यात्मक अनुसन्धानको लागि हस्ताक्षर भएको छ।, मंगलबार नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवाली र गणित केन्द्रीय विभाग त्रिविका प्रमुख प्रा डा टंकनाथ धमलाले समझदारी पत्रमा हस्ताक्षर गरे।, सो अवसरमा भर्चुअल माध्यमबाट स्यान्डीयागो स्टेट युनिभर्सिटी अमेरिकाका प्रतिनिधि प्रा.डा नवीन वैद्यको उपस्थिति थियो।, नेपालमा संक्रामक रोगको अनुसन्धानमा गणितीय ज्ञान र विधिको प्रयोग, तथ्यपरक वैज्ञानिक अनुसन्धान गरी नीति निर्माणमा सहयोग पुर्‍याउने हेतुले सहकार्यात्मक अनुसन्धानको लागि उक्त समझदारी भएको हो।, सो कार्यक्रमा नेपाल अनुसन्धान परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवालीले कोभिड महामारीको समयमा गणितीय मोडलका विश्लेषणको महत्व बढिरहेको बताए। उनले नेपालमा पनि यसको प्रयोग गरी संक्रामक रोगको रोकथाम उपचार प्रवन्ध तथा निराकरणको लागि नीति निर्माणमा सहयोग पुर्‍याउन यो समझदारी महत्वपूर्ण रहने विश्वास गर्दै यसको कार्यान्वयनमा जोड दिए।, गणित केन्द्रीय विभाग त्रिविका प्रमुख प्रा. डा धमलाले विश्वविलालयसँग रहेको जनशक्ति, उनीहरूको ज्ञान र सिपलाई नीति निर्माणको आवश्यकतासँग जोड्नुपर्नेमा जोड दिदै यो समझदारी सुरूआत भएको बताए। , स्यान्डीयागो स्टेट युनिभर्सिटी अमेरिकाका ‍गणित तथा तथ्यांकशास्त्र विभागका प्रतिनिधि डा नवीन वैद्यले नेपालले भोगिरहेका स्वास्थ्य समस्याको समाधानको लागि बनाइने नीति निर्माणमा अब गरिने सहकार्यात्मक अनुसन्धान उपयोगी हुने विश्वास व्यक्त गरे।, नेपाल स्वास्थ अनुसन्धान परिषदका अनुसन्धान विभागका प्रमुख डा मेघनाथ धिमालले स्वस्थ्य अनुसन्धानमा गणितीय ज्ञान र सिपको प्रयोगले भविश्यमा तथ्यपरक महत्वपूर्ण उपलब्धि हाँसिल हुनेमा आफू आशावादी रहेको बताए। उनले गणितज्ञसँगको सहकार्य सुरू भएकोमा खुशी व्यक्त गरे।, उक्त अवसरमा आफ्नो मन्तव्य राख्दै गणित शास्त्रका प्रा.डा केदारनाथ उप्रेतीले अनुसन्धान परिषदसँगको समझदारी गणितज्ञका लागि अवसर र चुनौती दुवै रहेको बताए। उनले स्वास्थ्य अनुसन्धानमा गणितको उपयोगिता र आवश्यकता महशुस भएको बताए।, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र त्रिवि केन्द्रीय गणित विभागले संक्रामक रोग अनुसन्धानमा सहकार्य गर्ने
नवीनबाबु गुरूङ तोकिएकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। , काठमाडौं मेडिकल कलेज (केएमइसी) ले तोकेभन्दा बढी शुल्क लिएको भन्दै शुल्क वृद्धि तत्काल फिर्ता लिन मागसमेत गरेका छन्।, हाम्रो भविष्य सुनिश्चित गर, लुटतन्त्र बन्द गर, मेडिकल माफिया मुर्दावाद लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्।, बुधबार माइतिघर मण्डलाबाट निकालिएको र्‍याली बानेश्वर चोक पुगेर कोणसभामा परिणत भएको थियो। , विद्यार्थीहरूले कलेजले भविश्यमा आयोगले तोकेको बाहेक अन्य शुल्क लिन पाइनेछैन भनेर लिखित प्रतिवद्धता दिनुपर्ने, करारनामाको नाममा विद्यार्थीलाई अनावश्यक दवाब दिन नपाइने लगायतका माग राखेका छन्।, हेर्नुहोस् तस्बिरहरू, मेडिकल माफिया मुर्दावाद भन्दै सडकमा उत्रिए विद्यार्थी (फोटोफिचर)
सेतोपाटी संवाददाता जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृतसहित १३ जनाविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरिएको छ।, आइतबार बिहान पक्राउ निमित्त प्रशासकीय अधिकृत दलबहादुर घर्ती, भेरी नगरपालिका-६ का वडाध्यक्ष तथा कांग्रेसका नगर सभापति शशि बुढा, वडा नम्बर-४ का वडा सचिव प्रचण्डजंग शाह लगायतलाई जिल्ला अदालतबाट ५ दिनको थप गरी अनुसन्धान सुरू गरिएको हो।, उनीहरूविरूद्ध अवैध जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव काफ्लेले जानकारी दिए।, जाजरकोट सदरमुकामस्थित गैरीखालीबाट आइतबार बिहान ३ बजे उनीहरूलाई जुवाखालबाट प्रहरीले पक्राउ गरेको थियो।, प्रहरीका अनुसार रूकुम पश्चिमको चौरजहारी नगरपालिका ६ का विकास विक, छेडागाड नगरपालिका १३ का कर्ण खड्का, छेडागाड ५ का प्रकाशमान सिंह, भेरी नगरपालिका ८ का जीवन खत्री, वडा नम्बर ४ का सन्तोष श्रेष्ठ, निराजन भडेललगायत जुवाखालबाट पक्राउ परेका हुन्।, जुवा खालबाट पक्राउ परेका वडाध्यक्षसहित १३ जनामाथि अनुसन्धान गर्न म्याद थप
एजेन्सी संसारकी सबैभन्दा जेष्ठ व्यक्ति केन तानाकालाई आफ्नो ११९औं जन्मोत्सव मनाएकी छन्।, क्योदो समाचार एजेन्सीका अनुसार आइतबार तानाकाले जापानको एउटा नर्सिङ होममा आफ्नो बर्थडे मनाएकी हुन्। कोरोनाभाइरस रोक्न लगाइएका प्रतिबन्धका कारण तानाकाले नर्सिङ होमका कर्मचारीहरू सँगमात्रै बर्थडे मनाएकी हुन्।, सन् १९०३ जन्मेकी तानाकाले १९ वर्षको उमेरमा विवाह गरेकी थिइन्। उनका श्रीमान र छोरा सन् १९३७ मा चीनविरूद्धको युद्ध लड्न गएका थिए।, जापानमा सय वर्षमाथिका मानिसको संख्या ८६ हजारभन्दा बढी छ। यीमध्ये १० हजार पुरूष छन् भने अरू सबै महिला छन्। जापानमा औसत आयु महिलाको ८७.७४ वर्ष छ भने पुरूषको ८१.६४ वर्ष छ।, सन् १९६३ मा पहिलो पटक रेकर्ड लिँदा जापानमा सय वर्ष माथिका मानिसको संख्या १५३ जनामात्रै थियो। सन् १९९८ मा त्यो संख्या बढेर १० हजार नाघेको थियो।, पछिल्लो समय जापानमा युवाहरूको जनसंख्या घट्दै छ भने वृद्धवृद्धाको संख्या बढिरहेको छ।, जसले मनाइन् ११९ औं बर्थडे
रासस डडेल्धुराको परशुराम नगरपालिका-७ सादनीका हर्कबहादुर बोहरा आइतबार बेलुकी सादनी खोलाको डिलमा अवस्थित चिया पसलमा भेटिए। , सादनी खोलामा बनिरहेको मोटरेवल पुलको अवलोकन गरिरहेका उनी २०३८ सालमा दार्चुलाबाट डडेल्धुरा भित्री मधेशको सादनी बसाइ सरी यहाँ आएका हुन्।, उनले विगतका तुलनामा यहाँको बस्तीमा विकासले गति लिन थालेकाको भन्दै खुसी व्यक्त गरे।, ‘बस्ती बस्न सुरू गर्दाका दुःख त अहिले शब्दले वर्णन गर्न सकिन्न,’ उनले भने, ‘अहिलेको विकासको सुरसार हेर्दा पछिका सन्ततिलाई सुविधा गाउँमै प्रशस्त होला भन्ने आश छ।’, डडेल्धुरा सदरमुकामबाट परशुराम नगरपालिका कार्यालयबाट करिब ९० किलोमिटर दक्षिण परशुरामको नं ७ वडामा प्रवेश गर्ने मुख्य नाका रहेको सादनी खोलामा पक्की पुल निर्माण हुन थालेपछि सादनी र मलास क्षेत्रका करिब ६०० घरधुरीलाई आवागमनमा सहज हुने भएको छ।, ‘दार्चुलाबाट यहाँ आउँदा तोरी पेल्न दिनभरि लगाएर महेन्द्रनगर पैदल जान्थ्यौं’, बोहराले भने, ‘अहिले त पुलपुलेसा, स्कुल, स्वास्थ्य संस्था बस्तीमै आए।’, उनले सादनी खोलामा विगतमा पुल नहुँदा स्थानीयले निकै सास्ती खेप्नुपरेको बताए।, ‘अहिले पनि महाकाली नदीमा किस्ती, टियुव चडेर महाकाली तरेर किनमेलदेखि उपचारसम्मका लागि यहाँबाट भारतको टनकपुर जान्छौं’, उनले भने, ‘कोरोना कहरपछि किस्ती चल्न सकेको छैन।’, उनले जिल्ला सदरमुकामसित दूरीका हिसावले टाढा रहे पनि भारतीय बजारसित निर्भर हुनुपरेको सुनाए।, ‘विसं २०४५ यता महाकालीमा किस्ती चलेर भारत ओहोरदोहोर गर्न थालिएको हो’, उनले भने, ‘पहिलोको भन्दा विकास भइरहेको भए पनि अझै बस्तीमा विविधकाले समस्या छन्।’, त्यसैगरी सादनी खोलामा निमार्णाधीन पुल छेउमा व्यापारी गर्दै आएका सादनीका स्थानीय हरिश भण्डारीले विगत चार वर्षयता बस्तीमा विकास निर्माण भइरहेको बताए।, ‘अहिले पनि भौगोलिक दृष्टिकोणले जिल्लाकै विकट क्षेत्रमा हाम्रे वडा पर्छ’, उनले भने, ‘सडक सञ्जाल विस्तारदेखि अन्य संरचना बन्दा गाउँमा अलि सहज भएको छ।’, उनले भारतीय बजारमा गएर दिनचर्या गुजार्नुपरेको बताउँदै भण्डारीले मलास क्षेत्रकै धेरै बस्तीमा अझै गोरेटो बाटो मात्रै निर्माण  भएको बताए। , सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ, दार्चुला, बैतडी लगायतका जिल्लाबाट बसाइ सरी यहाँ बसोबास दशकौंदेखि गर्दै आएका छन्।, ‘यहाँबाट उपचारका लागि जानुपर्‍यो भने दिनभरि जसो लाग्छ’, उनले भने, ‘यहाँबाट महाकाली तरेर भारत जाने हो भने तीन घण्टामा उपचार गरेर घर फर्किन्छौं।’, विगतमा सादनी खोलामा पुल नहुँदा विद्यार्थीहरू मारमा पर्ने गरेका थिए।, वर्षातका बेला सादनी खोला तर्न नसक्दा जोगबुढा बजार जानसमेत समस्या हुने गरेको थियो।, ‘पारी चन्दनीमा रहेको सिद्धबैजनाथ स्कुल जाँदा हाम्रा छोरा छोरी वर्षातमा सक्दैन थिए’,  उनले भने, ‘पुल बन्न थालेपछि गाउँमा खुसीयाली छाएको छ।’, परशुराम नगरपालिकाको जोगबुढा बजारबाट सादनी क्षेत्रमा पुग्ने कच्ची सडक अझै स्तरोन्नति हुन सकेको छैन।, महाकाली करिडोर निर्माणअन्तर्गत पर्ने सडकको ट्याक खोलिए पनि अझै उक्त सडक निमार्णको काम भने कछुवा गतिमा छ।, कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको उत्तरी सीमानासम्म जोड्ने महाकाली करिडोरको सडक निर्माण भए जोगबुढा क्षेत्रको विकासमा टेवा पुग्नेमा स्थानीयबासी आशावादी छन्।, ‘सादनीमा बनिरहेको पुल पनि करिडोर अन्तर्गत पर्ने नै हो’, उनले भने, ‘अब करिडोर निर्माणलाई पनि गति दिन सके दुर्गम बस्तीको पनि मुहार फेरिने आशा छ।’, पुल निर्माणको जिम्मा पाएको लुम्बिनी, कुमार, राजेन्द्र जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पुल निर्माण द्रुत गतिमा भइरहेको बताए।, ‘फिल्डमा काम सुरू भएको अढाइ महिना हुँदा ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ’, उनले भने, ‘हामीले आगामी असोजसम्म निर्माण सक्ने लक्ष्यअनुसार अघि बढिरहेका छौं।’, निर्माणको अवधि ४२ महिना रहेको निर्माण कम्पनीले जनाएको छ। , त्यसैगरी परशुराम नगरपालिका–७ का वडाध्यक्ष केशबसिंह बोहराले पहिलोपटक वडालाई मोटरेवल पुल बनिरहेको जानकारी दिए।, ‘वडालाई जोड्ने अरू दुई स्थानमा यसअघि झोलुङ्गे पुलले जोडेको छ’, उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधि आइसकेपछि सडक सञ्जाल, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकासमा टेवा पुगेको छ।’, उनले तराई जोड्ने सडकको ट्रयाक खोल्ने काम पनि वडास्तरबाट भएको बताए।, ‘गाउँमा मात्रै करिब ४० किलोमिटर कच्ची सडक हामीले खोलेका छौं’, उनले भने, ‘स्वास्थ्य सुविधा पुर्‍याउनेदेखि गाउँमै प्रवीणता प्रमाण पत्र तहसम्मको शिक्षा पुर्‍यायौं।’, उनले सादनी र मलास क्षेत्रका बस्तीको विकासका लागि चाँडो महाकाली करिडोरको सडक निर्माण आवश्यक रहेको बताए। उनले महाकाली करिडोरअन्तर्गत जोगबुढा क्षेत्रमा ट्रयाक खुलाउने काम भइरहेको बताए।, कञ्चनपुरको सुडादेखि चुनापानी, गैरीखान सादनी जोड्ने १८ किलोमिटर सडकको ट्रयाक वडाकै पहलमा खोलिएको बताए।, ‘त्यो सडकको चौडाइ गर्ने सरसफाइका लागि प्रदेश सरकारको पनि सहयोग रहेको छ’, उनले भने, ‘कञ्चनपुरको झिलमिलादेखि गैरीखानसम्मको १५ किलोमिटर सडक खोल्ने कार्य पनि गरेका छौं।’, उनले स्वास्थ्य सेवामा पनि आफूहरूले प्रयोगशाला लगायतका संरचना बस्तीमा सञ्चालनमा ल्याइएको बताए।, ‘नागरिकलाई सेवा प्रवाह हुने र विकासको आभास दिलाउने गरी हरदम प्रयास गरेका छौं’, उनले भने, ‘थोरै भए पनि विकट बस्तीमा नागरिकले सुविधाको सुगन्ध भने पाइरहेका छन्।’ , सुगम हुँदै जोगबुढाका दुर्गम बस्ती
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एक आपसमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमओयूमा हस्ताक्षर गरेका हुन्।, अब प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छुट पाउने छन्। कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिस पत्रका साथै परिचयपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने छ। निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउने छन्।, प्राधिकरणले निगमको उडान गन्तव्य रहेका स्थानबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५ देखि १० प्रतिशत छुट पाउने छ। प्राधिकरणले आफ्ना कर्मचारीलाई सम्भव भएसम्म अन्तर्राष्ट्रिय यात्रा गर्दा निगमको जहाजमार्फत् गर्न परिपत्र गर्ने व्यवस्था एमओयूमा गरिएको छ।, कार्यक्रममा मन्त्री आलेले डुब्न लागेको प्राधिकरणलाई उकास्न त्यहाँको व्यवस्थापनले चालेको कदमबाट पाठ सिकेर काम गर्न निगम व्यवस्थापनलाई आग्रह गरे। उनले अन्तर्राष्ट्रिय उडानका लागि जहाज थप्ने विषयमा निगम व्यवस्थापनले व्यापारिक योजना तयार गरी सञ्चालक समितिमा पेश गरिसकेकाले यसबारे छिट्टै निर्णय गरिने बताए।, सचिव न्यौपानेले १८ घन्टासम्मको लोडसेडिङ अन्त्य, घाटाको संस्थाको वित्तीय तथा प्रशासनिक अवस्थालाई सुधार गरी नाफा आर्जन गरेको जस्ता प्राधिकरणका सफलतालाई मानक बनाएर निगम व्यवस्थापनले आफ्नो सेवालाई नियमित र भरपर्दो बनाउनु पर्ने बताए।, कार्यकारी निर्देशक घिसिङले एमओयूमा गरिएका व्यवस्था कार्यान्वयका लागि तत्काल परिपत्र गरिने बताए।, विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमबीच समझदारीपत्रमा हस्ताक्षर
रासस ‘कोभिड- १९ विरूद्धको खोप, हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौं’ भन्ने नाराका साथ पर्सा जिल्लामा आजदेखि ‘कोभिडविरूद्धको खोप अभियान पुनः सञ्चालन गरिएको छ।, यसअघि सञ्चालन गरिएको अभियानमा पहिलो मात्रा लिइसकेकालाई दोस्रो मात्रा वा छुटेका १८ वर्ष उमेरमाथिका सबै व्यक्तिलाई पहिलो मात्रा खोप लगाउने उद्देश्यले जिल्लाभर यस महिनाको  पाँच/पाँच दिन दुई चरणमा खोप अभियान सञ्चालन गरिएको हो।, स्थानीय तहसँगको सहकार्यमा जिल्लाको सबै स्वास्थ्य संस्था तथा आवश्यकताका आधारमा तत्कालै खोप केन्द्र थप हुने गरी खोप अभियान सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति जयमोद ठाकुरले जानकारी दिए।, जिल्ला खोप समन्वय समितिको निर्णयअनुसार आजदेखि पुस २३ गतेसम्म पर्सागढी, पोखरिया नगरपालिका, सखुवाप्रसौनी, जिराभवानी, ठोरी, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकामा तथा २३ देखि २७ गतेसम्म वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, विन्ध्वासिनी, धोविनी, छिपहरमाई, कालिकामाई र पकाहामैनपुर गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ।, अभियानलाई अझ प्रभावकारी बनाउन वीरगञ्जका तीन वटै निजी अस्पताल, नारायणी अस्पताल र पोखरिया अस्पतालबाट समेत तोकिएको दिन खोप लगाउन पाउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।, वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, आदर्शनगर चोक, भन्सार र ड्राइपोर्ट चोकमा समेत गरी ३७ वटा खोप केन्द्र स्थापना गरिएको छ। , वीरगञ्जको विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालमा आइतबार, गण्डकस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा मङ्गलबार र घण्टाघर लिङ्करोडको भवानी अस्पतालमा बिहीबार खोप लगाउन सकिन्छ भने नारायणी अस्पतालमा सोमबार र बुधबार दुई दिन, पोखरिया अस्पतालमा शुक्रबार खोप लगाउन सकिने व्यवस्था मिलाइएको छ।, जिल्ला खोप समन्वय समितिले २०७८ पुस मसान्तभित्र दुई तिहाइ नागरिक अर्थात् ६६ प्रतिशतले खोप लगाइसक्ने लक्ष्य लिएको छ।, जिल्लामा हालसम्म ३८ दशमलव ०२ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् भने ६० दशमलव ५७ प्रतिशतले एक मात्रा खोप लगाइसकेको अवस्था छ।, एक लाख ६९ हजार ३१५ जनाले कोभिसिल्ड, भेरोसेल, जनसन र एस्ट्राजेनिकाको दुवै मात्रा खोप लगाइसकेका र दुई लाख ६९ हजार ७५४ जनाले यी खोपको पहिलो मात्रा लिएको अवस्था छ।, जिल्लामा १८ वर्षभन्दा माथिका लक्षित समुदायको सङ्ख्या चार लाख ४५ हजार ३६८ छ।, पर्सामा आजदेखि कोभिडविरूद्धको खोप अभियान पुनःसञ्चालन
नारायण खड्का दाङको घोराहीका १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको मृत्यु-प्रकरणमा १६ जना प्रतिवादीमध्ये केही साधारण तारेखमा र केही धरौटीमा छुटेका छन्। , दाङ जिल्ला अदालतले नवीन गिरीलाई एक लाख ५० हजार रुपैयाँ र अजय न्यौपाने, नयन गौतम, हिमाल थापा, मनिष सेजवाल र लंकबहादुर बुढाथोकीलाई जनही ५० हजार रुपैयाँ धरौटीमा पुर्पक्षमा लागि छोड्न आदेश दिएको छ। , त्यस्तै, आर्यन केसी र विकास भण्डारीलाई साधारण तारेखमा छोड्न आदेश भएको छ।, अन्य आठ जना नाबालक रहेको हुँदा मुद्दा पुर्पक्षका लागि अभिभावकको जिम्मा लगाउन आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले सेतोपाटीलाई बताए। , मुद्दा फैसला हुन बाँकी रहेको र साक्षी बयानपछि अभियोग ठहर भएमा सोही बमोजिम हुने गरी पुर्पक्षका लागि कसैलाई धरौटीमा, कसैलाई साधारण तारेखमा र नाबालकहरूलाई अभिभावकको जिम्मा लगाउन आइतबार आदेश भएको सूचना अधिकारी शर्माले बताए। , जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले साथीको जन्मदिन मनाउन होटलमा गएका पौडेल मदिरा सवेन पछि छतबाट लडेर अचेत भएपछि अन्य साथीहरूले समयमै खबर गर्ने तथा अस्पताल पुर्‍याउने जिम्मेवारी पूरा गर्नुको सट्टा लापरबाही गरेको कुरा अनुसन्धानबाट खुल्न आएको बताएका थिए। , ‘लडेर अचेत अवस्थाका व्यक्तिलाई मध्यरातमा नुहाइ दिएर होटलमै सुताउनु र कसैलाई पनि खबर नगर्नु भनेको मृत्युको लागि छोड्नुजस्तै देखियो,’ एसपी काफ्लेले भने, ‘अर्को दिन बिहानसम्म पनि अचेत व्यक्तिका बारेमा दिउँसोमात्रै घर परिवारलाई खबर गर्नु ठूलो लापरबाही मान्न सकिन्छ।’, उनले पछिल्लो समय होटलमा गएर जन्मदिन मनाउने तथा मदिरा सेवन गर्नेजस्तो गलत प्रचलनले गर्दा यस्ता दुःखद घटना हुन थालेको हुँदा सबै अभिभावक सजग रहनु पर्ने तर्क गरे।, ‘एकातिर पैसाको नाश अर्कोतर्फ जीवन बर्बाद हुन थालेको छ,’ एसपी काफ्लेले भने, ‘जन्म दिन मनाउने बहानामा बढ्दो  देखासिकी तथा फजुल खर्च रोक्न समाजका सबै जिम्मेवार व्यक्तिहरू लाग्न जरूरी छ।’, घटना मंसिर १७ गते रातिको हो।, यो पनि:, 'बर्थ डे' मनाउन गएका युवकको मृत्यु-प्रकरण: होटल सञ्चालकसहित ११ जनालाई पाँच दिन थुनामा राख्न अनुमति, बर्थ डे मनाउन गएका युवकको मृत्यु-प्रकरण: प्रतिवादी १६ मध्ये ६ जना धरौटीमा छुटे
रासस हिमपहिरामा परेर बेपत्ता भएका मनाङका एक किसान चार दिनपछि मृतावस्थामा भेटिएका छन्।, मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरूङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।, चार दिनदेखि हिमपहिरामा परेर हराइरहेका गुरूङको शव गाउँमाथिको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेटिएको धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको छ। , हिउँले पुरिएको अवस्थामा उनको शव निकालिएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए। उनका अनुसार प्रहरी गस्ती टोलीले नासों गाउँपालिका–४ ओडार गाउँमाथिको फ्लेमरो जङ्गलस्थित रउभिरमा हिउँले पुरेको अवस्थामा शव भेटिएको हो।, गाउँमाथि रहेको भेडीगोठबाट फर्कने क्रममा १४ गते बुधबार दिउँसोबाट गुरूङ बेपत्ता थिए।, हिउँ परिरहेकाले उनी घर पुग्न सकेका थिएनन्। प्रहरीले बुधबारदेखि नै बेपत्ता गुरूङको खोजी गरेको थियो तर हिमपातका कारण उद्धारमा समस्या भएको थियो।, गुरूङको शव परीक्षणका लागि लमजुङको बेंसीसहरस्थित जिल्ला अस्पताल लगिएको छ। , चार दिनपछि भेटियो हिमपहिरामा बेपत्ता पुरूषको शव
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १८४  जना संक्रमित थपिएका छन्। , जसमध्ये काठमाडौंमा १४०, भक्तपुरमा १६ र ललितपुरमा २८ गरी १८४ जना थपिएका हुन्।, यस्तै, काठमाडौंमा २१३० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १०४४, भक्तपुरमा ५०२ र ललितपुरमा ५८४ सक्रिय संक्रमित छन्। , नेपालमा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार ७०० जनाको पिसिआर परीक्षण र २ हजार ७९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २५५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ।, अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ५ पुगेको छ।,  , काठमाडौं उपत्यकामा थपिए १८४ संक्रमित, सक्रिय २१३०
एजेन्सी बेलायतको एक बैंकको प्राविधिक त्रुटीले ७५ हजार जनाको खातामा रकम जम्मा भएको छ। , द न्युयोर्क टाइम्सका अनुसार स्यानट्यान्डर युके बैंकबाट १७ करोड ५० लाख अमेरिकी डलर (२० अर्ब  ७४ करोड रुपैयाँ) ७५ हजार जनाको खातामा जम्मा भएको थियो। गत क्रिसमसका बेला झुक्किएर रकम विभिन्न व्यक्तिको खातामा पुगेको हो।, प्राविधिक गल्तीले गर्दा ७५ हजार जनाको खातामा त्यसरी रकम जम्मा भएपछि अहिले बैंकले आफ्नो पैसा फिर्ता लिने प्रक्रिया अघि बढाएको छ। बैंकबाट आफ्नै ग्राहकलाई मात्रै  होइन अरू बैंकका ग्राहकको खातामा पनि पैसा जम्मा भएको थियो। , त्यसैले स्यानट्यान्डरले अरू बैंकसँग पनि आफ्नो पैसा फिर्ता लिन सहयोग मागिरहेको छ। बारक्लेज, एचएसबिसी र भर्जिन मनी लगायतका बैंकका ग्राहकको खातामा पनि रकम जम्मा भएको थियो। , स्यानट्यान्डर युकेले आफ्नो पैसा फिर्ता लिने काम आफ्नै तरिकाले गरिरहेको बताएको छ। उक्त पैसा खर्चिइसकेका ग्राहकहरूलाई के गर्ने भन्नेबारे स्पष्ट धारणा बनाइसकेको छैन।, बैंकले आफ्ना ग्राहकहरूलाई सो रकम फिर्ता गर्न आग्रह गरेको छ।, स्यानट्यान्डर युके, ब्रिटिस आर्म अफ बान्को स्यानट्यान्डर अफ स्पेनको १ करोड ४४ लाख बढी ग्राहक छन्।, गत मेमा पनि बैंकको प्राविधिक त्रुटीले गर्दा बैकिङ सेवा केही घन्टा अवरूद्ध भएको थियो। त्यसपछि बैंकले माफीसमेत मागेको थियो। , यसरी बैंकको त्रुटीका कारण ग्राहकको खाता भरिने घटना कहिलेकाहीँ मात्रै हुन्छ। तर यसरी पाएको पैसा ग्राहकले खर्चिँदा भने महंगो पर्न सक्छ। , सन् २००८ मा फेब्रुअरीमा ब्याकबर्न-इंग्ल्यान्डका दुई दिदीबहिनीलाई करिब १३५ हजार पाउन्ड रकम खर्चेको कसुरमा थुनामा राखिएको थियो। जुन संयोगवश उनीहरूको खातामा जम्मा भएको थियो।, जब बैंकको गल्तीले २० अर्ब बढी रुपैयाँ गयो ग्राहकहरूको खातामा
सेतोपाटी संवाददाता नेपालमा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३२६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार ७०० जनाको पिसिआर परीक्षण र २ हजार ७९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २५५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ।, अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ५ पुगेको छ।, यस्तै काठमाडौं उपत्यकामा १८४ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १४०, भक्तपुरमा १६ र ललितपुरमा २८ गरी १८४ जना थपिएका हुन्।, थपिए ३२६ संक्रमित, निको भए २५५
रासस म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा निर्माणाधीन घरबाट खसेर आज एक जनाको मृत्यु भएको छ।, तीन तला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका-७ हिस्तानका अन्दाजी ३२/३३ वर्षीय कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बेनी अस्पताल पुर्‍याउँदा चिकित्सकले पुनलाई मृत घोषणा गरेका जानकारी दिए।, मृतक पुन सो घर निर्माणमा मजदुरका रूपमा काम गर्थे। मृतकको शव परीक्षणका लागि बेनी अस्पतालको शव गृहमा राखिएको छ। , निर्माणाधीन घरबाट खसेर एकको मृत्यु
सेतोपाटी संवाददाता रूकुम पूर्वमा सडक निर्माणमा खटिएका १४ मजदुरको एक हप्तापछि सकुशल उद्धार भएको छ। , जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ घुसदुङमा सडक निर्माणको काममा खटिएका १४ जना मजदुर हिउँदे वर्षासँगै हिउँ परेपछि ओडारमा बसेर ज्यान जोगाउँदै आएका थिए। , आइतबारमात्रै मजदुरहरू हिउँमा फसेको जानकारी आएपछि हेलिकप्टर मागेर सोमबार सबैको सकुशल उद्धार गरिएको  प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले सेतोपाटीलाई बताए। , वडाको बजेटले घुसुङमा गोरेटो बाटो निर्माणका लागि ती मजदुर खटिएका थिए। , ‘यार्सा गुम्बा टिप्न जान सजिलो होस् भनेर त्यहाँ गोरेटो बाटो निर्माणको काम भइरहेको रहेछ,’ प्रजिअ बाँस्कोटाले भने, ‘पुस १३ र १४ गतेको हिउँदे वर्षापछि भएको भारी हिमपातले १४ जना मजदुर त्यही थुनिँदै आएको हुँदा उद्धार गर्नु परेको हो।’, गोरेटो बाटो निर्माणको काममा खटिएका १४ मजदुर भारी हिमपातका कारण फसेको खबर आफूले आइतबार दिउँसो तीन बजेतिर पाएको र तत्काल उद्धारको लागि प्रयास गरे पनि सम्भव नभएपछि गृह मन्त्रालयसँग हेलिकप्टरका लागि आग्रह गरेको प्रजिअ बाँस्कोटाले बताए। , ‘उहाँहरूले एक दुई दिनमा घाम लागेर हिउँ पग्लेपछि जान सकिन्छ भनेर ओडार र निर्मित छात्रामा बसेर ज्यान जोगाउनु भएको रहेछ,’ प्रजिअ बाँस्कोटाले भने, ‘तर, भारी हिमपात पग्लिने छाँटकाँट नदेखेपछि बल्ल आत्तिएर उद्धारका लागि सहयोग माग्नु भएको थियो।’, पुसको पहिलो हप्तापछि नै गोरेटो बाटो निर्माणका लागि खाद्यान्न लगायत बन्दोबस्तीका सामान आफैंले बोकेर लगेका कारण भारी हिमपातमा फसे पनि खाने कुरा र लत्ताकपडा साथमै लगेका कारण मजदुरहरूले आफ्नो ज्यान जोगाउन सफल भएको प्रजिअ बाँस्कोटाले  जानकारी दिए। , सोमबार दिउँसो दुई बजेतिर सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर पुगेपछि हिउँमा फसेका दश पुरूष र चार महिलाको सकुशल उद्धार सम्भव भएको प्रजिअ बाँस्कोटाले जानकारी दिए। , हिउँमा फसेकाहरूमा वडा नम्बर २ पेल्मा गाउँका जोकप्रसाद बुढा, औंसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुन रहेका थिए। ,  , रूकुम पूर्वमा हिउँमा फसेका १४ मजदुरको एक हप्तापछि सकुशल उद्धार
रासस ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबु-छोरा आज गाउँ फर्किएका छन्।, हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्लिँदै गएपछि उनीहरू गाउँ आउन सफल भएका हुन्। , अन्दाजी ५०/५५ वर्षका लाक्पाटाँसी र उनका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फसेका थिए। चौरी गोठ सार्ने क्रममा हिउँ पहिराले बगाएसँगै उनीहरू ओडारमा अल्झिएर बसेका थिए। उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि बाबु-छोरा बसेको ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन सकेको थिएन।, हिउँ पर्न रोकिएसँगै जमिएर रहेको हिउँ पनि बिस्तारै बग्दै गएपछि आज दिउँसो उनीहरू गाउँ निस्कन सफल भएको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए।, हिउँमा फसेका बाबु-छोराको स्वास्थ्य अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिए। पापङको लोनाक भन्ने ठाउँमा चौरी गोठ सार्ने क्रममा बाबु-छोरा हिउँमा फसेका थिए। , ६ दिनपछि गाउँ फर्किए हिउँमा फसेका बाबु-छोरा
सेतोपाटी संवाददाता प्रहरीले यातायात व्यवस्था कार्यालय चन्द्रागिरी-५ गुर्जुधाराबाट १६ जनालाई पक्राउ गरेको छ।, ‘बिचौलिया’को काम गरेको आरोपमा उनीहरूलाई सोमबार मध्याह्न कार्यालय अगाडिको सडकखण्डबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, कार्यालयमा आउने सेवाग्राहीलाई छिटो र छरितो तरिकाले काम लगाइदिने भनी तोकिएको भन्दा बढी शुल्क लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।, पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका-६ का सुविन लामा, शौरव श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन, हरिकृष्ण पहरी राकु तामाङ, एकेन्द्र बुढा, वीरेन्द्र कटुवाल, सुशान्तराज भण्डारी, विशाल लामा, जीवन मगर, विशाल मेचे, विवेक न्यौपाने, रुद्रबहादुर महत, छिरिङ तामाङ छन्।, पक्राउ परेकालाई तत्कालका लागि अभद्र व्यवहार गरेको कसुरमा हिरासतमा लिएर अनुसन्धान थालिएको एसपी मैनालीले बताए।, यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना ‘बिचौलिया’ पक्राउ
सेतोपाटी संवाददाता घोराही कारागारका नाइके यमराज परियार फरार प्रकरणमा दाङ जिल्ला अदालतले प्रहरी जवानसहित एक युवतीलाई पुर्पक्षका जेल चलान गर्न आदेश दिएको छ।, जिल्ला न्यायाधीश हिमलाल बेल्वासेको इजलासले कैदी भगाउन सहयोग गरेको भन्दै प्रहरी जवान धनबहादुर चौधरी र उनीसँगै होटलको कोठामा बसेकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १० की २२ वर्षीया समी चौधरीलाई पुर्पपक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।, अदालतका सूचना अधिकारी राजेन्द्र शर्माका अनुसार सोमबार भएको थुनछेक बहसमा घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरीसँग १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारुलाई ५ हजार धरौटीमा छोड्न आदेश भएको छ।, त्यस्तै, युवतीलगायत होटलको समेत व्यवस्थापनको काम गरेको अभियोग लागेका  घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका वडा नं. १६ की विपाशा चौधरीलाई अदालतले  साधारण तारेखमा छोड्न आदेश भएको सूचना अधिकारी शर्माले सेतोपाटीलाई बताए।, उनीहरू सबैलाई कारागारका नाइके यमराजलाई भगाउन सहयोगी भूमिका खेलेको अभियोजनमा मुद्दा दर्ता भएको थियो।, पुस १२ गते पक्राउ परेका कारागारका जेलर युवराज परियार भनेत पुस १६ गते नै रिहा भइसकेका थिए।, घोराही कारागारका नाइके प्रकरण : प्रहरी जवान र युवती पुर्पक्षका लागि कारागार चलान
सेतोपाटी संवाददाता पश्चिमी वायुको सामान्य प्रभावले हाल देशका पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, अन्यत्र भने मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ। , महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा आँशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।, आज राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही अन्यत्र आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको पनि सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ। , आज काठमाडौंमा बिहानैदेखि कुहिरो लागेको छ। कुहिरो लागेसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ। आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।, बिहान ६ बजे ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको र दिउँसो १६ देखि १८ डिग्रीसम्म पुग्ने महाशाखाको भनाइ छ। महाशाखाका अनुसार काठमाडौंको मौसम आज बदली हुनेछ।, देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।, महाशाखाका अनुसार मंगलबार सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश र प्रदेश १मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ।, यस्तै बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आंशिक बदली रहने छ।, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।, बिहिबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।, आज वर्षा र हिमपातको सम्भावना, तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो
सेतोपाटी संवाददाता प्रदेश २ का ६ जिल्लामा अनिश्चितकालीन आमहडतालको घोषणा गरेको सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुई वटा ट्रकमा आगजनी गरेका छन्।, सोमबार बिहान सिरहाको मिर्चैया र साँझ धनुषाको गणेशमान चारनाथ नगरपालिकामा राउतका कार्यकर्ताले ट्रकमा आगो लगाएका हुन्।, ठाउँ-ठाउँमा सडक अवरुद्ध गरेर प्रर्दशन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गणेशमान चारनाथ नगरपालिका-१ छघरियास्थित ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ।, डिएसपी जितेन्द्र बस्नेतका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१क ७७६९ नम्बरको ट्रकमा जनमत पार्टीका कार्यकर्ताले आगजनी गरेका थिए।, आगलागीमा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका धनुषा जिल्ला अध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ।, अध्यक्ष ओमविक्रम कुशवहा, चन्द्र साह र नवीन पण्डितलाई पक्राउ गरिएको डिएसपी बस्नेतले बताए।, पक्राउ परेका कुशवाहा यसअघि खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहलाई शरीरमा हिलो छ्यापेर जनकपुर परिक्रमा गराएको आरोप छ। उनी धनुषा जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए।, त्यसैगरी, सिरहाको मिर्चैया बतहाखोलानजिकै हिमालय सुगरमिल्समा उखु पुर्‍याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा पनि आगजनी गरिएको छ। प्रहरीले जनमत पार्टीकै कार्यकर्ताले आगजनी गरेको आशंका गरिरहे पनि आगो लगाउने व्यक्तिको आधिकारिक पुष्टि भइसकेको छैन।, जनमत पार्टीका कार्यकर्ताले दुई वटा ट्रक जलाए, धनुषा अध्यक्षसहित तीन पक्राउ