content
stringlengths 20
64.1k
⌀ |
|---|
एजेन्सी भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना पुष्टि भएको छ। , उनले मंगलबार एक ट्वीट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। , आम आदमी पार्टी (आप) प्रमुखसमेत रहेका उनी घरमै आइसोलेशनमा बसेका छन्। उनले पछिल्ला केही दिनमा आफूसँग सम्पर्कमा रहेकाहरुलाई आइसोलेट गर्न र कोरोनाको परीक्षण गराउनसमेत आग्रह गरेका छन्। , I have tested positive for Covid. Mild symptoms. Have isolated myself at home. Those who came in touch wid me in last few days, kindly isolate urself and get urself tested,
— Arvind Kejriwal (@ArvindKejriwal) ,January 4, 2022, ‘मैले कोभिडको परीक्षण गरेको छु र कोभिड देखिएको छ। अहिले घरमै आइसोलेसनमा बसिरहेको छु पछिल्ला केही दिनमा जो मसँग सम्पर्कमा आएका छन्, कृपया आफूलाई अलग गर्नुहोस् र आफ्नो परीक्षण गराउनुहोस्,‘ केजरीवालले ट्वीट गरेका छन्। , नयाँ दिल्लीमा कोरोना संक्रमण दर ६.४६ प्रतिशत पुगेको छ। पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ४ हजार ९९ नयाँ संक्रमित फेला परेका छन्। यो स्वास्थ्य विभागको तथ्याङ्क अनुसार दिल्लीमा पछिल्लो २४ घन्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।, भारतमा पछिल्लो २४ घन्टामा ३५ हजार ८८६ जनामा कोरोना संक्रमण देखिएको छ। ,
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना
|
सेतोपाटी संवाददाता प्रहरीले इटहरीबाट ७२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, इटहरी उपमहानगरपालिका-२० बाट सोमबार बिहान गाँजासहित धनकुटा सहिदभूमि गाउँपालिका-१ का २४ वर्षीय भूपेन्द्र राई र ३३ वर्षीय सन्जीप राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।, तरहरा प्रहरी चौकीनजिकैको जंगलमा चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरिएको इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले बताए।, उनीहरू सवार प्रदेश १-०२-०४२ प ६२१९ मोटरसाइकल रोक्ने क्रममा गाँजा बरामद भएको खड्काले बताए।, मोटरसाइकलमा दुई वटा पोकामा गाँजा फेला परेको खड्काले बताए। पक्राउ गर्ने क्रममा सन्जीप राई घाइते भएको खड्काले बताए।, उनको अहिले नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।, पक्राउ परेका अर्का भूपेन्द्र राईलाई हिरासतमा राखेर अनुसन्धान थालिएको खड्काले बताए।, ‘मोटरसाइकल रोक्ने क्रममा गाँजा छोडेर उनीहरू भाग्न खोजे, त्यसक्रममा प्रहरी भ्यानले पछ्याएर पक्राउ गरेको हो, त्यसक्रममा एक जना घाइते भएका छन्,’ खड्काले भने।,
इटहरीबाट ७२ किलो गाँजासहित दुई जना पक्राउ
|
रासस नाक र कानसम्बन्धी समस्याले थला परेका हुम्लाका दुई बिरामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।, उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो।, उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार सम्भव नभएपछि उनीहरूले आफ्नै खर्चमा काठमाडौँबाट हेलिकोप्टर मगाएर थप उपचारका लागि जिल्ला बाहिर लिइएको आफन्त रेछिङबहादुर लामाले बताए।, ‘आफ्नै खर्चमा बिरामीको उद्धार गरेका हौँ, रु सात लाख ५० हजार महङ्गो हवाई भाडा तिरेर उपचारका काठमाडौँ लगिएको छ,’ उनले भने।, गाउँघरमा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको उनले बताए।, काठमाडौँबाट नाइनएन–एजेआरको समिट एरलाइन्सको फिस्टेल हेलिकोप्टरबाट उनीहरूलाई उद्धार गरिएको हो।, पचास वर्षीय तामाङको नाकबाट निरन्तर रगत बगिरहेको थियो। आइतबार राति नाकबाट रगत बग्न नरोकिएपछि थप उपचारका लागि हेलकोप्टर मगाएर जिल्ला बाहिर लगिएको हो।, पच्चीस वर्षीय लामालाई कानमा समस्या भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो। बिरामीसँगै अन्य दुई बिरामी कुरुवासमेत गएको जानकारी प्राप्त भएको छ।, उत्तरी हुम्लाका नागरिक बिरामी हुँदा आफ्नै खर्चमा महङ्गो हवाई भाडा तिरेर बिरामीको उद्धार गर्दै आएका छन्।, हिउँदयाममा यस क्षेत्रमा चिसो हुनुका साथै स्वास्थ्यकर्मी कार्यालयमा नियमित नहुँदा सिधै काठमाडौँबाट हेलिकोप्टर मगाएर महङ्गो खर्चमा बिरामीले उपचार गर्नुपर्ने बाध्यता छ।, यातायात सुविधा नहुँदा हुम्लीले बिरामी हुँदा हेलिकोप्टर र हवाईजहाजको भर पर्नुपर्ने अवस्था छ।, बिरामी आफैँले हेलिकोप्टर रिजर्भ गर्दा रु सातदेखि १० लाखसम्म भाडा तिरेर उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।,
सात लाख तिरेर हेलिकप्टरबाट बिरामीको उद्धार
|
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले मापदण्डविपरित घरभन्दा बाहिर राखिएका ट्रस हटाउन सुरू गरेको छ। हावाहुरी आउँदा ट्रस खसेर दुर्घटना हुनसक्ने भन्दै महानगरले टस हटाउन आग्रह गर्दै सूचना निकालेको थियो। , सूचनासँगै हरेक घर-घरमा माइकिङ गर्दै पत्रसमेत पठाएर ट्रस हटाउन आग्रह गरेको थियो। , महानगरपालिकाले यसरी सूचना दिएर पनि अटेर गर्ने घरको ट्रस मंगलबारबाट निकाल्न सुरू गरेको महानगरपालिकाले जानकारी दिएको छ।, ‘हामीले ट्रस राख्ने घर धनी व व्यक्तिलाई म्याद दिएर हटाउन आग्रह गर्दै पत्र समेत पठाएका थियौं। महानगरको आग्रहलाई वेवास्था गरेपछि बाध्य भएर हामीले हटाउन सुरू गरेका हौ’, महानगरका नगर प्रहरी प्रमुख सिताराम हाथेछुले भने।, उनले सबै ठाँउमा माईकिङबाट केही दिन अगाडि नै जानकारी गराएर नगरको सौन्दर्यमा ह्रास आउने गरि जथाभावी राखिएको ट्रस हटाउन आग्रह गरेको बताए।, ‘हावा हुरीबतास आयो भने सेड खसेर दुर्घटना भईरहेको ।छ। आगामी दिनमा यस्ता दुर्घटना नहोस् भनेर हामीले हटाउन सुरू गरेका हौ’, उनले भने।, ट्रस राखेपछि पसलका सामानहरू अन्य पैदल यात्रुलाई बाधा पर्ने गरी बाहिर राख्ने क्रम बढेको भन्दै त्यस्तो रोक्नका लागि समेत यो निर्णय लिएको उनले बताए।, स्थायी संरचना नभत्काउने भन्दै उनले पछि पसल बिस्तार गर्नका लागि मापदण्ड विपरित राखिएका ट्रस मात्र हटाइएको उनले बताए। ‘हामी स्थायी रूपमा बनेका संरचना हटाउँदैनौ। नक्सा अनुसार घर बनाईसके पछि फेरि थप गरिएको सेडहरू मात्र निकालिरहेका छौ’, उनले भने,‘यसबाट सहरको सौन्दर्य सफा देखिने र पैदल यात्रु निष्फ्रिक्री हिड्न सक्नेछन्।’, घरधनीले भाडामा दिएपछि पसलेले आफूखुसी यस्तो राख्ने गरेको भन्दै महानगरको कामलाई साथ दिएका छन्।, ‘घर धनीले पसल भाडामा दिए पनि पसल ठूलो पार्ने र होर्डिङ बोर्ड राख्नका लागि भाडामा लिएका व्यक्तिले नै उक्त ट्रस बनाएको देखियो, घर धनीले पनि आफ्नो घरको स्वरूप बिगारेको भन्दै गुनासा गरेका छन्’, उनले भने,‘यसैलाई हटाउन पनि हामीले यस्तो निर्णय गरेका हौ।, हाथेछुका अनुसार पत्र पाएपछि ६० प्रतिशतले आफैं निकालेका छन्। केहीले थप समय मागेका छन्।, महानगरले यसअघि ललितपुर नगर प्रहरीले महानगरभित्रका विभिन्न स्थानमा अवैधानिक रूपले पार्किङ गर्ने सवारीलाई कारबाही गर्न सुरू गरिसकेको छ।, नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा ललितपुर महानगर भित्रका पुल्चोक, मंगलबजार, लगनखेल, जावलाखेल, मानभवन, कुमारीपाटी, कुपण्डोल, ग्वार्को, सातदोबाटोलगायतका फुटपाथ क्षेत्रमा अवैध रूपमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटर र चार पाङ्ग्रे सवारी नियन्त्रणमा लिएर कारवाही प्रक्रिया सुरू गरेको हो।, ‘नो पार्किङ’ र फुटपाथमा पार्किङ गरि पैदल यात्रु र अन्य सवारीलाई असर गरेका मोटरसाइकल तथा स्कुटर र चार पङ्ग्रे सवारीलाई कारबाही प्रक्रिया अगाडि बढाएको नगर प्रहरी प्रमुख सिताराम हाथेछुले सेतोपाटीलाई जानकारी दिए।, जथाभावी पार्किङ गरेर छोडेका सवारी साधनलाई कारबाही स्वरूप ‘ह्वील लक’ गर्ने, उठाएर ल्याउने र जरीवाना तिराउने काम सुरू गरिएको उनले बताए।, उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरूत्साहित गर्न उक्त सवारी साधनलाई कारबाही गर्दै सचेत गराइएको हाथेँछुले बताए।,
ललितपुर महानगरपालिकाले हटाउन थाल्यो मापदण्डविपरित राखिएका ट्रस
|
राजु अधिकारी आन्दोलनमा नजाऊँ थाम्नै नसक्ने अनावश्यक शुल्कको बोझ, आन्दोलनमा जाऊँ कलेजले 'नोटिस' मा लिएर जुनसुकै बेला बदला लिइदेला भन्ने त्रास। , विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबिबिएस पहिलो वर्षमा भर्ना भइसकेका ८० जना हाराहारीका विद्यार्थीले यही दुविधाबीच आन्दोलनको बाटो रोजेका छन्।, कक्षा सुरू भएको दोस्रो साता भइसक्यो। तर उनीहरूले कुनै कक्षा लिन पाएका छैनन्। कारण- उनीहरूले अतिरिक्त शुल्क बुझाउन इन्कार गरिरहेका छन्।, 'उपाय नै नलागेपछि के गर्ने?,' विराटनगरका एक विद्यार्थीले भने, 'ऐन-कानुनले तोकेको पैसा तिरिसकेका छौं। भर्ना पनि भइसकेका छौं। तर अतिरिक्त शुल्क नबुझाएसम्म पढ्नै नपाउने अवस्था भएपछि आन्दोलनमा जानुको विकल्प भएन।', आन्दोलनमा छन् तर आफ्नो तस्बिर मिडियामा छाएका कारण उनीहरूको त्रास बढेको छ। राज्यको ऐन-कानुनले निर्दिष्ट गरेको प्रावधानभन्दा बाहिर गएर विद्यार्थीसँग जसरी पनि अतिरिक्त शुल्क असुल्न खोजिरहेको नोबेल कलेज र उसका अघि निरीह देखिएको राज्य संयन्त्रको लाचारीले यी विद्यार्थीको त्रास झनै दोब्बर पारेको छ। त्यसैले आन्दोलनमा भए पनि पहिचान नखुलोस् भन्नेमा सजग छन्।, उनीहरूलाई आफ्नो माग पूरा गराएर खुरूखुरू कक्षा लिन मन छ। अरू केही साथीहरू भित्र पढिरहँदा उनीहरू भने बाहिर प्लेकार्ड बोकेर प्रदर्शनमा छन्।, 'राज्यको नियम नमान्ने, सरकारलाई समेत नटेर्ने कलेजले हामी विद्यार्थीलाई चाहँदा जे पनि गर्न सक्ने रहेछ,' ती विद्यार्थीले साझा पीडा सुनाए, 'त्यसैले परिचय लुकाएर आन्दोलन गर्नुपरेको छ। क्लासमा हुनुपर्ने बेलामा आन्दोलनमा जानुपरेको छ। ज्यादै पीडादायी अवस्था भयो।', उनका बुबा शिक्षक हुन्। महँगो मेडिकल शिक्षामा सजिलै लगानी गर्न सक्ने पारिवारिक आर्थिक हैसियत छैन। त्यसैले छात्रवृत्तिकै लागि प्रयास गर्ने रहर थियो। कोरोना कहरले एक वर्ष खेर गयो। अर्को वर्ष छात्रवृत्तिका लागि तयारी गर्नै लाग्दा शिक्षक बुबाले भने- एक वर्ष खेर नफालौं। सकेसम्म शुल्क जुटाउने छु। तिमी तयारीमा लाग।, अभिभावकले यस्तो हिम्मत गरेपछि उनले पनि तयारी गरे। नाम निकाले। वर्षौंदेखिको उनको र परिवारको सपना पूरा हुँदै थियो।, काठमाडौं विश्वविद्यालयमा १४ लाख ८५ हजार रूपैयाँ बुझाएपछि उनी औपचारिक रूपमा एमबिबिएस प्रथम वर्षमा भर्ना भए। तर अघिल्लो बुधबार जब उनी कक्षा लिन कलेज पुगे, नोबेल प्रशासनले प्रवेश नै दिएन।, चिकित्सा शिक्षा आयोगले तोकेभन्दा चार लाखभन्दा बढी रकम असुल्ने कलेजको योजनाबाट पीडित अरू पनि रहेछन्।, 'हामी सबैको पीडा उस्तै छ,' आन्दोलनमै रहेका सुनसरीका अर्का विद्यार्थीले भने, 'हाम्रा आमाबुवा हुनेखाने होइनन्, दुःख गरेर पहिलो वर्षको शुल्क तिरिदिनुभयो। कानुनले लिँदै नलिनू भनेको शुल्क लिन खोजेर कलेजले हामीलाई हैरानी दिइरहेको छ।', 'यो हाम्रो भविष्यको कुरा मात्रै होइन, हाम्रा अभिभावकको ठूलो सपनाको कुरा पनि हो,' सोमबार विराटनगरस्थित नोबेल मेडिकल कलेज परिसरमा प्रदर्शनरत् विद्यार्थीहरू भन्दै थिए, 'अहिले आन्दोलनमा लागेका कारण कलेजले भविष्यमा कुनै न कुनै रूपमा हामीसँग बदला लिन सक्छ। ज्यादै अप्ठ्यारोमा परेका छौं।', कठोर मेहनतपछि मेडिकल शिक्षाको कक्षा प्रवेश गर्नै लाग्दा नोबेलको मनपरीले उनीहरूलाई कक्षामा होइन, सडकमा पुर्याएको छ। त्यसैले उनीहरू डाक्टर बन्ने कक्षा छाडेर दिनहुँ प्रदर्शनमा उत्रिन बाध्य छन्।, विद्यार्थी जसरी त्रस्त छन्, अभिभावकको पीडाको पारो झन् धेरै छ। उनीहरू कहिले कलेज पुग्छन्, कहिले जिल्ला प्रशासन कार्यालय, मोरङको चक्कर लगाइरहेका हुन्छन्। तर कतैबाट पनि आडभरोसा पाएका छैनन्।, 'छोराछोरी कानुनअनुसार पढाउँछौं भन्न पनि नपाइने अवस्थामा पुगियो। परिचय खुलेर छोराछोरीले दुःख पाऊलान् भन्ने डर पनि उत्तिकै भयो,' आफ्ना सन्तानको प्रदर्शन नियालिरहेका एक अभिभावकले भने, 'होइन भने हाम्रा नानीहरूले किन कक्षा लिन पाइरहेका छैनन्? यो देशमा मेडिकल कलेज र त्यसका सञ्चालकका अघि राज्य निरीह भएको हो?', उनी निजामती कर्मचारी हुन्। सञ्चय कोषको रकम र ऋणसहित गरेर उनले छोरीको पहिलो वर्षको शुल्क १४ लाख ८५ हजार रूपैयाँ तिरेका रहेछन्। भर्ना भएपछि पनि छोरीले कक्षामा प्रवेश नपाएपछि उनी जिल्ला प्रशासन कार्यालय पुगे अन्य अभिभावकसहित।, 'सिडिओले प्रमाण लिएर आउनु भन्नुहुन्छ,' उनले भने, 'नोबेल परिसरमा देखिएको यो अवस्थाभन्दा ठूलो प्रमाण के चाहियो?', विद्यार्थी र अभिभावकको दबाबपछि जिल्ला प्रशासन कार्यालय, मोरङले नोबेलसँग 'स्पष्टीकरण लिने' औपचारिकता पूरा गरेको छ। नोबेलले प्रशासनलाई दिएको जवाफमा 'कुनै पनि अतिरिक्त शुल्क नलिएको' भनेको छ। प्रशासन त्यही पत्याएर बसेको छ।, बरू अभिभावक र विद्यार्थीसँग प्रमाण खोज्दैछ।, 'कुन बेला कलेजले हामीलाई नोटिस गर्ला र यतिको लगानी र सपना खेर जाला भन्ने त्रासमा छौं,' विद्यार्थी भन्छन्, 'तर, प्रशासन प्रमाण ल्याउनू भन्छ। राज्य नै नोबेलको संरक्षक रहेछ।', प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नोबेललाई अतिरिक्त शुल्क नलिन निर्देशन दिइसकेको बताउँदै आएका छन्। तर त्यो निर्देशन नोबेलले निरन्तर लत्याउँदा प्रशासन मौन छ।, सोमबार करिब बीस जना विद्यार्थीले कक्षा लिइरहँदा ८० हाराहारी विद्यार्थी प्रदर्शनमै थिए। केही विद्यार्थी संगठनका नेताहरू पुगेर ऐक्यबद्धता पनि जनाए। बिरामीका आफन्तले पनि समर्थन जनाए।, तर विद्यार्थीहरू एउटै प्रश्न सोधिरहेका छन्, 'यो देशमा कानुन, नियम छैन? कलेज र सञ्चालकले मनपरी गर्न मिल्छ?', यी विद्यार्थी डराउनुको एउटा मुख्य कारण नोबेल सञ्चालक डा. सुनिल शर्माको पृष्ठभूमि पनि हो। नेपालका गनिएका मेडिकल व्यवसायी शर्मा कांग्रेसका नेतासमेत हुन्।, अतिरिक्त शुल्कको विवाद बाहिर आएपछि नोबेलका उच्च अधिकारीहरू मिडियाबाट पन्छिरहेका छन्। सञ्चालक शर्मा, प्रिन्सिपल डा. रामहरि घिमिरे र जनसम्पर्क विभागका सबै अधिकारीहरू सम्पर्क बाहिर छन्। भेट्न खोज्नेहरूलाई समय दिन अस्वीकार गरिरहेका छन्।, जसरी पनि अतिरिक्त शुल्क लिएरै छाड्ने कलेजको अड्डी र कानुन विपरीत कुनै शुल्क तिर्न नसक्ने विद्यार्थी अभिभावकको अडानले बहुसंख्यक विद्यार्थी बेगरै कक्षा अघि बढेको छ।, 'यतिञ्जेल कक्षा लिन पाइएको छैन,' अर्का एक विद्यार्थीले भने, 'कोर्स छुट्दा कसरी व्यवस्थापन गर्ने चिन्ता बढेको छ।', ती विद्यार्थी पनि विराटनगरकै बासिन्दा हुन्। उनी घरबाटै कलेज धाएर पढ्न चाहिरहेका छन्। तर कलेजले होस्टलमा अनिवार्य बस्नु भनिरहेको छ।, 'दुइटा खाट मात्रै भएको कोठाको भाडा १२ हजार तोकिएको छ,' उनले सुनाए, 'खानासमेत त्यहीँ खाने र पानी-बत्तीको पैसा सबै जोड्दा मासिक २२ हजार लाग्ने रहेछ। त्यो पैसा मेरो बुबाआमाले कहाँबाट तिर्नुहुन्छ?', चिकित्सा शिक्षा आयोगले होस्टल अनिवार्य नभनेको तर कलेजले अनिवार्य भनिरहेको उनको भनाइ छ।, विद्यार्थीका अनुसार यसपटक नोबेलमा एमबिबिएस पहिलो वर्षमा एक सय विद्यार्थी भर्ना भएका छन्। तीमध्ये दस जना छात्रवृत्ति अन्तर्गतका नौ जना भारतीय छन्। केही विद्यार्थीले अतिरिक्त शुल्क बुझाएका छन्।, नोबेलले एमबिबिएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसिपवापत दुई लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्कवापत ९८ हजार र होस्टल शुल्क एक लाख ४४ हजार लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दबाब दिँदै आएको छ। चिकित्सा शिक्षा आयोगले तोकेभन्दा नोबेलले हरेक विद्यार्थीसँग चार लाख ८२ हजार रुपैयाँ अतिरिक्त शुल्क मागिरहेको छ।, चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि तोकेको जम्मा शुल्क ४४ लाख ३६ हजार २५ रूपैयाँ हो। पाँच वर्षे कोर्सको प्रथम वर्ष बापतको १४ लाख ८५ हजार रूपैयाँ विद्यार्थीले काठमाडौं विश्वविद्यालयलाई बुझाइसकेका छन्।, नोबेल र केएमसीको भनाइ - बढी शुल्क मागेको छैन, राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरीत चिकित्सा शिक्षा आयोगले पठनपाठन शुल्क निर्धारण गरेको र छात्राबास ऐच्छिक भनिएको भन्दै नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले आपत्ति जनाएका छन्।, पठनपाठनका लागि आयोगले निर्धारण गरेको शुल्क कार्यान्वयन नभएको र कक्षा सञ्चालन नभएको गुनासो तथा उजुरी आएको भन्दै आयोगले यो विषयमा नोबेल, केएमसी र पोखरास्थित मणिपाल मेडिकल कलेजलाई पत्र काटेर जवाफ मागेको थियो।, जवाफमा नोबेल र केएमसीले बढी शुल्क नलिएको दाबी गर्दै एमबिबिएस, बिडिएस र बिएनएसमा नियमित पठनपाठन भइरहेको पत्रमार्फत जानकारी गराएका छन्। सोही पत्रमा दुवै कलेजले पठनपाठन शुल्क निर्धारण प्रक्रियामा असन्तुष्टि जनाएका हुन्। आयोगले छात्राबास ऐच्छिक भनेकोप्रति पनि दुवै कलेजको आपत्ति छ।, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ (क) मा विश्वविद्यालय, प्रतिष्ठान वा शिक्षण संस्थाको लागत तथा सञ्चालन खर्च, मुद्रास्फिती, भौगोलिक अवस्थिति, छात्रवृत्ति तथा निःशुल्क सेवा समेतलाई दृष्टिगत गरी विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थासँग परामर्श गरी आयोगले शुल्क निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ। तर आयोगले मेडिकल कलेजहरूसँग परामर्श नगरी ऐन विपरीत आफूखुसी शुल्क निर्धारण गरेको भन्दै नोबेल र केएमसीले आपत्ति जनाएका हुन्।, 'हामीसँग कुनै राय-परामर्श नगरी राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मर्म, भावना विपरीत आत्मपरक ढंगले अध्ययन शुल्क निर्धारण गरेको छ,' नोबेल र केएमसीले आयोगलाई पठाएको पत्रमा लेखिएको छ, 'तर पनि सो निर्णय बमोजिम नै शुल्क लिई अध्ययन अध्यापन गराइँदैछ। आयोगले तोकेको भन्दाबढी कुनै शुल्क लिएको छैन।',
नोबेल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थी भन्छन्- उपाय नै नलागेपछि के गर्ने?
|
एजेन्सी अफ्रिकाको टापु मुलुक मोरिससमा जहाजको शौचालयभित्र एक जना नवजात शिशु फेला परेका छन्।, बिबीसीका अनुसार जनवरी १ मा माडागास्करबाट आएको एयर मोरिससको जहाजको नियमित चेकिङ गर्ने क्रममा शौचालयको डस्टबिनमा नवजात शिशु भेटिएका हुन्। विमानस्थलका अधिकारीहरूले शिशुलाई तत्कालै अस्पताल लगेका थिए। अहिले उनको अवस्था सामान्य छ।, बच्चा जन्माएर शौचालयमा राखेको आशंकामा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ। माडागास्करबाट काम गर्न भनेर आएकी ती २० वर्षीया युवतीले सुरूमा बच्चा आफ्नो नभएको बताएकी थिइन्।, स्वास्थ्य परीक्षण गर्दा उनी हालै सुत्केरी भएको देखिएपछि उनलाई अहिले परीक्षण निगरानीमा अस्पतालमा राखिएको छ।, अस्पतालबाट डिस्चार्ज भएपछि उनीमाथि थप अनुसन्धान हुने अधिकारीहरूले बताएका छन्। , , ,
मोरिससमा जहाजको शौचालयभित्र भेटिए नवजात शिशु, एक युवती पक्राउ
|
रासस कपिलवस्तुमा ट्रयाक्टर पल्टिँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ।, जिल्लाको बुद्धभूमि नगरपालिका-३ रनगाईमा लु४त २४०२ नंको ट्रयाक्टर आज बिहान दुर्घटना भएको थियो। , बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्रयाक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो।, मृत्यु हुनेमा स्थानीयबासी ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फूलकुमारी थारू रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ।, यसैगरी, घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू रहेका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। , तीव्र गतिका कारण ट्रयाक्टर दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गे प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
कपिलवस्तुमा ट्रयाक्टर पल्टिँदा दुईको मृत्यु
|
रासस जाजरकोट–जुम्ला जोड्ने सुरूङ मार्ग निर्माण हुने भएको छ।, जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरूङ मार्ग निर्माण हुने भएको हो।, यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्यूआरडिसी)ले सूचना जारी गरिसकेको छ।, सुरूङमार्गको सम्भाव्यता अध्ययनका लागि सडक विभागले बोलपत्र आह्वान गरिसकेको र अध्ययन सकिएपछि सुरूङ मार्ग निर्माण अघि बढ्ने पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए।, ‘सुरूङ मार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो’, उनले भने, ‘जाजरकोट र जुम्ला जोड्ने सबभन्दा छोटो सुरूङ हुने भएकाले खन्ने कामलाई अध्ययन सकिनेबित्तिकै अघि बढाइने छ।’, जाजरकोट साङ्टाबाट र जुम्लाको इमिल्चाघारीसम्मको लम्बाइ करिब १० किलोमिटर छ।, सुरूङ निर्माणका लागि करिब पाँच किलोमिटर पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण गर्नुपर्ने पूर्वमन्त्री बस्नेतले बताए।, ‘हामीले सुरूङ मार्गको सम्भाव्यता अध्ययनका लागि विगतदेखि नै नेपाल सरकारसँग माग गर्दै आएका थियौं’, नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले भने, ‘सम्भाव्यता अध्ययनका लागि सडक विभागले सूचना नै जारी गरिसकेको छ।’, जाजरकोटबाट जुम्ला जान करिब १० घण्टा उकालो हिँड्नुपर्छ।, सुरूङ मार्ग निर्माण भए ३० मिनेटमै जुम्ला जान सकिने सिंहले बताए।, ‘यो सुरूङ मार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुनेछ’, उनले भने, ‘विगतदेखि माग गर्दै आएको हाम्रो माग पूरा हुने आशा गरेका छौं’, उनले भने।,
जाजरकोट–जुम्ला सुरूङ मार्ग : सम्भाव्यता अध्ययन सुरू
|
सेतोपाटी संवाददाता सरकारले आजदेखि कोभिड १९ विरूद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ। , कोभिड १९ विरूद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई आजदेखि सरकारले बुस्टर डोजका रूपमा अतिरिक्त खोप लगाउने निर्णय गरेको हो।, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मध्यम तथा गम्भीर रूपमा कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई त्यस्तो खोप दिइने सरकारले जनाएको छ। , अधिकारीका अनुसार केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिन सिफारिस गरेको आधारमा सरकारले यो निर्णय गरेको हो।, मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू सेवन गरिरहेका बिरामी, भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्तिले अतिरिक्त खोप लगाउन पाउनेछन्।, लक्षित व्यक्तिहरूले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गई थप मात्रा खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ।,
,
क-कसले पाउँछन् आजदेखि अतिरिक्त मात्रा खोप?
|
नारायण खड्का दाङको तुलसीपुरमा फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ नामक कम्पनीका जिल्ला संयोजक सुरेश घले र केन्द्रीय कार्यालयका प्रबन्धक युवराज उपाध्याय पक्राउ परेका छन्। , कम्पनीका नाममा सर्वसाधारणबाट लाखौं रकम उठाएर ठगी गरेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु आर्यालले सेतोपाटीलाई बताए। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्रीगाउँमा कार्यालय खोलेर घले र उपाध्यायले सर्वसाधारणबाट ठगी गरेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको डिएसपी अर्यालले जानकारी दिए। , केही समय पहिले तुलसीपुर-९ बेलुवाकी ४० वर्षीया अनिता वली महतरासहित ४८ जना उक्त कम्पनीका कर्मचारीहरूले संयुक्त रूपमा इप्रका तुलसीपुरमा ठगी मुद्दामा जाहेरी दिएका थिए। , ती कर्मचारीहरूले घले, उपाध्याय र सुमन भनिने मानबहादुर देउवाविरूद्ध किटानी जाहेरी दिएका थिए। , फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ कम्पनीले तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकालाई कार्यक्षत्र बनाएर कार्य गर्दै आएको थियो। , कम्पनीले ती स्थानका सर्वसाधारण कृषकको उन्नतिका लागि भन्दै किसानलाई सदस्य बनाउने बहानामा प्रतिकिसान ५ सय रुपैयाँका दरले रकम संकलन गरेको थियो। , जसका लागि विभिन्न कर्मचारी नियुक्त गरी उनीहरूमार्फत् समूह बनाएर रकम संकलन गर्नुका साथै बीमा बनाउने भनेर रकम समेत संकलन गर्न लगाएको ४८ कर्मचारीले दिएको जाहेरीमा उल्लेख छ। , त्यसरी संकलितमध्ये बीमा बापतको ९ लाख ५० हजार रुपैयाँ, कम्पनीको सेयर बनाउने भनेर ५ जनाबाट ३ लाख रुपैयाँका दरले संकलित रकम १५ लाख रुपैयाँ, विदेश पठाइ दिने भनेर एक जनाबाट संकलित ७ लाख र ४३ जना कर्मचारीलाई ७ महिना सम्मको दिन बाँकी तलब ५५ लाख ७७ हजार ८ सय रुपैयाँ रकम समेत ठगी गरेको भन्दै पीडित ४८ जनाले प्रहरीमा जाहेरी दिएका छन्। , उनीहरूमध्ये एक जनालाई बर्दिया जिल्ला प्रहरी कार्यालयको सहयोगमा र अर्का एक जनालाई बाँके प्रहरीको सहयोगमा केही दिनअघि पक्राउ गरी दाङमा ल्याइएको हो। , पक्राउ परेकाविरूद्ध अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिए। , आरोपितमध्ये सुमन भनिने मानबहादुर देउवा भने राजनीतिक पहुँचका आधारमा जोगिँदै आएको हुँदा पीडितले उनलाई पनि तत्काल पक्राउ गरी आफूहरूलाई न्याय दिन माग गर्दै आएका छन्। , तर, देउवाले भने आफू कतै नभागेको र असुलेको रकम फिर्ता गर्ने दाबी फोनमार्फत् प्रहरीलाई बताउने गरेको एक प्रहरी अधिकारीले बताए।, उनले लकडाउनका कारण समस्या भएको भन्दै छिट्टै रकम फिर्ता गर्ने बताउने दाबी गर्ने गरेको प्रहरी अधिकारीले जानकारी दिए।, यो पनि:, समूह बनाउने बहानामा झण्डै ७० लाख ठगेर सुगम फरार भएको पीडित पक्षको दाबी ,
समूह बनाएर सर्वसाधारणबाट लाखौं ठगी गरेको आरोपमा दुई पक्राउ
|
राजेश घिमिरे जाडोमा कठ्यांग्रिएका चितवनको राप्ती नगरपालिका–१३ का चेपाङ परिवारलाई विभिन्न संस्था तथा व्यक्तिहरूले सहयोग गरेका छन्। , केही दिनअघि सेतोपाटीमा ,कपडा नहुँदा अगेनाको छेउमा रात कटाउने परिवार,को समाचार प्रकाशन भएको थियो।, उक्त समाचार पढेपछि देश, विदेशमा रहेका विभिन्न संस्था तथा व्यक्तिहरूले चितवनका पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायको विषयमा चासो राखेका थिए। , सोमबार राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रले राप्ती–१३ कान्दाका दशरथ चेपाङ र सानीमाया चेपाङको परिवारलाई जाडोका लागि उपयुक्त हुने लत्ताकपडा तथा खाना सहयोग गरेको छ। , केन्द्रको सौराहास्थित कार्यालयका प्राविधिक आनन्दराम थापाले जाडोका कारण सबैभन्दा बढी प्रभावित दुई परिवारका लागि फाइबरको सिरक, म्याट्रेस, स्वेटर, ट्राउजर, चामल, सोयाबिन, तेल र नुन सहयोग गरेको जानकारी दिए। , केन्द्रको सौराहा कार्यालयका प्रमुख बाबुराम लामिछानेले केन्द्रले चितवनका अन्य ठाउँमा पनि चेपाङ समुदायलाई लक्षित गरेर विभिन्न सहयोग तथा आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको बताए।, ‘केन्द्रले राप्ती-१० र कालिका-११ का विभिन्न ठाउँमा वन्यजन्तुको चोरी सिकारीमा संलग्न भएर जेल परेकाका परिवारलाई जीविकोपार्जनमा सघाउन आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको छ।, ‘कोराक, पदमपुर, बाँसघारी, सैपाम लगायतका ठाउँमा पनि आयआर्जनका लागि प्राकृतिक स्रोतमा निर्भर हुन नपरोस् भनेर गाई, बाख्रा पालन, उन कात्ने, कार्पेट बुन्ने जस्ता सीपमूलक तालिम, तरकारी फार्मका लागि सहयोग जस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौं,’ लामिछानेले भने, ‘यो कार्यक्रमलाई विस्तार गर्दै लैजाने योजना छ। छात्राबास विस्तार, छात्रवृत्ति कार्यक्रम पनि सञ्चालन गर्दैछौं।’ , उनले सेतोपाटीमा समाचार पढेपछि तत्कालको राहतका लागि दुई परिवारका २१ जनालाई अत्यावश्यक सामग्री सहयोग गरिएको बताए। , सहयोग पाएपछि दशरथ चेपाङले आफ्ना बालबच्चाहरू बाँच्ने आशा पलाएको बताए। , ‘भुइँमा नांगै सुत्नुपर्दा यो जाडोले बच्चाहरूलाई खान्छ कि भन्ने पीर थियो,’ उनले भने, ‘अब त बाँचे भन्ने लागेको छ।’, कान्दामै कुमार–बलराम स्मृति छात्राबास सञ्चालन गरेर चेपाङ समुदायका लागि काम गर्दै आएको संस्था लक्ष्मी प्रतिष्ठानले पनि यसअघि दशरथ चेपाङको परिवारलाई सहयोग गरेको थियो।, छात्राबासका प्रमुख मनोज श्रेष्ठले उक्त परिवारलाई खाना, लत्ताकपडा र ओढ्ने, ओछ्याउने कपडाहरू सहयोग गरिएको बताए।, यो परिवारलाई सहयोग गर्ने बेला कतिपयले गाउँमा रहेको उक्त छात्राबासमा समेत सहयोग गरेका छन्।, एक सय तीस जना विद्यार्थीहरूलाई लायन्स र लियो क्लबअफ खैरहनीले ज्याकेट र स्टेसनरी सामग्री सहयोग गर्यो। कान्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई चितवनको खैरहनीका समाजसेवी मुरलीप्रसाद गजुरेलको समन्वयमा स्वेटर र स्टेसनरी सामग्री वितरण भएको प्रधानाध्यापक बालकृष्ण थपलियाले बताए। , हाल अमेरिकामा रहेका सप्तकोशी–१ फत्तेपुर सप्तरीका ध्रुब पराजुली, चितवनका रोमन पौडेल लगायतले पनि परिवारलाई लत्ताकपडा, खाद्य सामग्री र भाँडावर्तन सहयोग गरेका छन्।, चितवनको राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका पहाडी क्षेत्रमा चेपाङ समुदायको बसोबास रहेको छ।, चेपाङ बाहुल्य पहाडी इलाकामा ५२ प्रतिशतभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि रहेको राप्ती नगरपालिकाले उल्लेख गरेको छ।, प्रधानाध्यापक थपलियाले जाडोले कठ्यांग्रिएको समाचारले धेरै चेपाङ परिवारले लत्ताकपडा पाएको बताए।,
कपडा पाएपछि दशरथ चेपाङले भने- जाडोले बच्चाहरूलाई खान्छ कि भन्ने पीर थियो, अब बाँचे
|
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, शनिबार दिउँसो पौने २ बजे विमानस्थलबाट ५० लाख रूपैयाँ बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू ७२४ मा स्रोत नखुलेको रकम रहेको भन्ने सूचना प्रहरीले पाएको थियो। , सो सूचनापछि सादा पोसाकमा खटिएको प्रहरीले रातो रंगको भद्रपुर लेखिएको झोला चेक गरेको थियो। त्यसभित्र प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ लेखिएको कार्टुन भित्र स्रोत नखुलेको रकम बरामद भएको प्रहरीले जनाएको छ। , एक हजारका दरले ४९५० वटा र पाँच सयका दरले १०० वटा गरी ५० लाख रुपैयाँ बरामद गरेको हो। सो रकम लिन आएको आरोपमा एयरलाइन्सको काठमाडौंमा एसिस्टेन्टसमेत रहेकी रेशा शाक्यलाई प्रहरीले पक्राउ गरेको छ। , ‘विराटनगरमा चेक नगरी विमानमा हाल्यो। अवैध सामान छ भन्ने सूचना मलाई आएपछि यहाँ गएर चेक गर्दा ५० लाख भेटियो,’ प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले सेतोपाटीसँग भने, ‘उताकै स्टेशन म्यानेजरले हालेर पठाएको र यता कर्मचारीलाई रिसिभ गर्न लगाउँदा पक्राउ परिन्।’ , बरामद भएको नगद र उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाएको छ।, थप अनुसन्धानको लागि सौर्य एयर विराटनगरका स्टेशन म्यानेजर प्रकाश पौड्याललाई पनि नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गरेको प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले जानकारी दिए। , यस सम्बन्धमा विभागले थप अनुसन्धान अघि बढाएको छ। ,
विमानस्थलबाट स्रोत नखुलेको ५० लाख नगद बरामद, सौर्य एयरका स्टेशन म्यानेजरसहित दुई पक्राउ
|
रोहित महतो पूर्व-पश्चिम राजमार्गस्थित धनुषाको पोर्ताहा पुलमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ।, धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहा पुलमा टायर बालेर बाटो अवरूद्ध गरेका कार्यकर्तालाई हटाउने क्रममा प्रहरीले गोली चलाउँदा करिब आधा दर्जन घाइते भएका छन्।, प्रहरीको गोली लागेर नथु यादव, राम दयाल मण्डल, सञ्जय साह, विजय यादव र वैजनाथ साह घाइते भएका छन्। घाइतेमध्ये वैजनाथको टाउकामा गोली लागेको प्रहरीले जानकारी दिएको छ।, डिएसपी बस्नेतका अनुसार घटनामा परि दुई प्रहरी घाइते भएका छन्।, घाइते प्रहरी जवान विवेक कुमार साह र नारायण चौधरीको उपचार भइरहेको बस्नेतले जानकारी दिए।, प्रहरीले अवरूद्ध सडक खुलाउन पटक पटक आग्रह गर्दा पनि उनीहरूले नमानेपछि प्रहरीले बल प्रयोग गरेको धनुषाका डिएसपी जितेन्द्र बस्नेतले ,सेतोपाटी,लाई जानकारी दिए।, ‘हामीले पटक पटक आग्रह गर्दा पनि उनीहरूले सडक अवरूद्ध खोलेनन्। उल्टै प्रहरीमाथि ढुंगा मुडा प्रहार गरेपछि प्रहरीले जवाफी कारबाही गरेको हो’, बस्नेतले भने,‘उनीहरूले ढुङ्गा मुडा गरी पेट्रोल भरिएको बोतल प्रहरीतर्फ प्रहार गरेका थिए। जवाफमा भिड नियन्त्रणमा लिन प्रहरीले ४ शेल रबर बुलेट र ११ शेल अश्रु ग्यास गरेको छ।’,
सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा गोली चल्यो, आधा दर्जन घाइते
|
सेतोपाटी संवाददाता अर्कैको नाममा लिखित परीक्षा दिँदै गरेका दुई जना नक्कली परिक्षार्थी पक्राउ परेका छन्। , सशस्त्र प्रहरी बलमा रिक्त रहेको प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका दुई जना शनिबार पक्राउ परेका हुन्। , पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका-६ बस्ने १८ वर्षीय निलकुमार अदै र धनकुटाको सहिदभूमी गाउँपालिका-५ बस्ने २७ वर्षीय सौहार्द राई छन्।, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका सुनिल पुन मगरको स्थानमा अदैले परीक्षा दिन खोजेका थिए। , यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका योगेन्द्र राईको स्थानमा सौहार्द राईले परिक्षा दिने प्रयास गरेका थिए।, सशस्त्र प्रहरीले ‘थम्ब रिडर बायोमेट्रिक डिभाइस’को मद्दतले नक्कली परीक्षार्थी पत्ता लागेको हो। , पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ।,
सशस्त्र प्रहरी जवानको लिखित परीक्षा दिन गएका दुई नक्कली परीक्षार्थी पक्राउ
|
एजेन्सी दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी भएको छ।, समाचार संस्था एएफपीका अनुसार आइतबार बिहान केपटाउनस्थित संसद भवनमा आगलागी भएको हो।, ससंद भवनको छतबाट सुरू भएको आगलागी अरू भागमा पनि फैलिएको र नियन्त्रणको प्रयास भइरहेको समाचार उल्लेख गरिएको छ।, आगो निभाउन दर्जनौं अग्नि नियन्त्रक पुगेका छन्। भवनभित्र कोही मानिस छन् कि छैनन् भन्ने यकिन भएको छैन। , आगलागी कसरी सुरू भयो भन्ने खुल्न सकेको छैन। केपटाउनको संसद भवनमा सन् १८८४ मा बनेको पूरानो भवन र १९२० र १९८० को दशकमा तयार भएको नयाँ भाग पनि सँगै छ।,
दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी
|
सेतोपाटी संवाददाता पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।, लु २ ख ७२७९ नम्बरको बस दुर्घटनामा आठ जना घाइते रहेको प्रहरीले जानकारी दिएको छ। शव बोकेको बस दुर्घटनामा परेको हो। वुटवलको बेलबासबाट पाल्पाको रिडीतर्फ शव बोकेर जाँदै गरेको गरेका मलामीहरू दुर्घटनामा परेका हुन्।, रिब्दीकोट २ लगुवा भन्ने ठाउँमा बस दुर्घटनामा पर्दा सात जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।, ‘सात जनाको मृत्यु भएको छ। घाइतेलाई उपचारका लागि अस्पताल लगेका छौं,’ उनले भने।, बस घुम्तीबाट खसेको थियो। सडक चिप्लो हुँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ।, मृत्यु हुनेहरूको नाम खुल्न बाँकी छ।,
पाल्पामा बस दुर्घटना हुँदा ७ को मृत्यु, ८ घाइते
|
रासस पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ। वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो।, पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिकाको नगद चोरी भएको हो।, दान पेटीकामा रहेका पैसा र विभिन्न सामग्री गरेर करिब १० हजार बराबरको नगद तथा जिन्सी चोरी भएको कार्यालयका प्रमुख तथा सहायक प्रहरी निरीक्षक उदय केसीले जानकारी दिए।, उनका अनुसार पाँच/सात जनाको समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मन्दिरमा रहेका मूर्ति र अन्य सामग्री सुरक्षित छन्। घटनाको प्रकृति हेर्दा पैसाका लागि चोरी गरिएको अनुमान गरिएको छ।,
चितवनमा एकै पटक चार मन्दिरमा चोरी
|
सेतोपाटी संवाददाता सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। , शनिबार राति ईश्वरपुर नगरपालिका-३ बयलवास भक्तिपुर सडकखण्डस्थित सागरनाथ जंगलबाट बयलवास जादैँ गरेको बा १९ प ७१९७ मोटरसाइकल दुर्घटना भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिए। , दुर्घटना हुँदा ईश्वरपुर-१० का २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम बिक र २२ वर्षीय रोहन सिंहको मृत्यु भएको हो। , डिएसपी बुढाथोकीका अनुसार उनीहरू तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो। , मोटरसाइकल आफैँ अनियन्त्रित भई सपेताको रूखमा ठोक्किएको थियो। रूखमा ठोक्किएर मोटरसाइल सडकभन्दा १० मिटर तल खसेको डिएसपी बुढाथोकीले बताए। , मृतकहरूको शव जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ।,
,
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
|
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को ओमिक्रोन भेरियन्ट सम्बन्धी थप सतर्क रहन अनुरोध गरेको छ। , आइतबार मन्त्रालयको स्वास्थ्य सेवा विभागले स्थानीय तह, स्वास्थ्य कार्यालय र निर्देशनालयहरूलाई पत्र लेख्दै सतर्कता अपनाउन भनेको हो। , ‘थप संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ सतर्क र पुर्वतयारीका साथ रहनु अपरिहार्य देखिन्छ,’ पत्रमा भनिएको छ, ‘बिगत झैं यसपटक पनि कोभिड-१९ का केसहरू बढ्न नदिन विभिन्न उपायहरू थप प्रभावकारीताका साथ गर्नु गराउनु हुन इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुरोध गर्दछ।’, विभागले जनस्वास्थ्यको मापदण्ड (एसएमएस)को पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ। भीडभाड नगर्न, मास्कको प्रयोग गर्न तथा हात धुन अनुरोध गरेको छ।, समुदायमा जोखिम क्षेत्रहरूको पत्ता लगाई एन्टिजेन किटद्वारा परीक्षण गराउन भनिएको छ।, संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी क्वारेन्टिन तथा परीक्षण गर्न समेत अनुरोध गरिएको छ। , विभागले सीमा नाकामा रहेका प्रवेश बिन्दुहरूमा परीक्षणको व्यवस्थापन गर्न र खोप लगाउन छुटेकाहरूको पहिचान गरी लगाइदिन सबै स्वास्थ्य कार्यालय तथा निर्देशनालयहरूलाई अनुरोध गरिएको छ।,
ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन थप सतर्कता अपनाऔं: स्वास्थ्य मन्त्रालय
|
रासस मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा दुई जनाको मृत्यु भएको छ।, कञ्चनपुर-फत्तेपुर भित्री सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका-४ तुलसी टोलमा आज (आइतबार) दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा सप्तरी कञ्चनरुप नगरपालिका- ७ का सुभास बस्नेत र उदयपुर चौदण्डीगढी नगरपालिका- ९ भिमाटोलका २८ वर्षीय हरिशंकर चौधरी रहेका छन्।, दुवै जना मोटरसाइकल चालक रहेको र उनीहरुको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।, कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को २२ प १५५८ नम्बरको मोटरसाइलकलाई विपरीत दिशाबाट आउँदै गरेको अर्को को २२ प १५५८ नम्बर मोटरसाइकल एक आपसमा ठोक्किएको थियो।, सो दुर्घटनामा परी को २२ प १५५८ नं को मोटरसाइकलमा सवार सुभास बस्नेतको ३० वर्षीय श्रीमती ममता सापकोटा, आठ वर्षीय छोरा सम्मर बस्नेत र एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन्।, त्यस्तै को २२ प १५५८ नं को मोटरसाइकलमा सवार सप्तरी सप्तकोशी नगरपलिका- ९ का २६ वर्षीय रोहित चौधरीसमेत घाइते भएका छन्।, उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।,
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
|
सेतोपाटी संवाददाता दाहसंस्कारको लागि बुटवलबाट मलामी लिएर गएको बस दुर्घटनामा परि मृत्यु हुनेमध्ये ६ जनाको पहिचान खुलेको छ।, बुटवल १७ रानीगञ्जका बीरबहादुर बिकको शव अन्त्येष्टीको लागि गुल्मीको रिडी लैजाँदै गर्दा मलामी चढेको बस दुर्घटनामा परेको थियो।, ३६ जना मलामी बोकेर गएको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नं. २ लगुवामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक मधु नेपालका अनुसार मृत्यु हुनेमा बुटवल ११ का ३२ वर्षिय विजय थापा क्षेत्री, बुटवल १७ का ३० वर्षिय पशुपति रसाईली, ४० वर्षिय खुमबहादुर राना, मालारानी गाउँपालिका २ अर्घाखाँचीका २७ वर्षिय भोजेन्द्र विक, २५ वर्षिय शंकर विक र सोही स्थानका ३६ वर्षिय मोहन कुँवर छन्।, बाँकी मृतकको सनाखत हुन सकेको छैन।, दुर्घटनामा परि घाइते हुनेको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।, अर्घाखाँचीको मरेङबाट केही वर्षअघि बुटवलमा बसाईसराइ गरेको विक परिवार बुटवल बुद्धनगरमा पसल चलाउँदै आएका छन्।, स्थानीयका अनुसार बीरबहादुरका ६ भाइ छोरामध्ये एक जनाको मृत्यु भइसकेको छ। ५ जना दाहसंस्कारको लागि गएका थिए। यस्तै मलामी गएकामध्ये तीन जना अझै फेला नपरेको प्रहरीले जनाएको छ।,
अपडेटः मलामी बस दुर्घटनामा मृत्यु हुने ६ जनाको सनाखत
|
नारायण खड्का घोराही कारागारका जेलर युवराज परियारलाई मुद्दा चलाउन कारागार व्यवस्था विभागले अनुमति नदिएको हुँदा उनी प्रहरी हिरासत छुटेको खुलेको छ।, कारागारका नाइके यमराज परियार पुस ८ गते फरार हुनुमा जेलर युवराजको पनि मिलेमतो र संलग्नताको आशंकापछि पुस १२ गते सात जना पक्राउ परेका थिए।, सरकारी कर्मचारीलाई मुद्दा चलाउन सम्बन्धित विभागबाट अनुमति चाहिन्छ। त्यसका लागि मिसिलसहित कारागार व्यवस्था विभागमा पत्रचार गरे पनि विभागले अनुमति नदिएको हुँदा मुद्दा चल्न नसकेको हो। एउटै मुद्दामा कारागारका एक असई, हवल्दार, प्रहरी जवान, दुई महिला, एक जना व्यवस्थापक, फरार नाइके समेतका विरूद्धमा मुद्दा चलाइए पनि जेलर युवराजविरूद्ध मात्रै मुद्दा चलाउन किन अनुमति दिइएन भन्ने प्रश्न खडा भएको छ।, दाङका एक जना सरकारी वकिलले लिखित रूपमा पत्राचार गर्दा पनि विभागले मुद्दा चलाउन सहमति नदिएको हुँदा जेलर यमराजविरूद्ध मुद्दा चल्न नसकेको जानकारी दिए।, ‘तर, विभागबाट सहमति आएपछि मुद्दा पेश गर्ने गरी सहमति भएको छ,’ उनले भने, ‘कानुनी व्यवस्थामा कुनै पनि काम गर्दा घटना भयो वा गल्ती गरे सम्बन्धित विभागको सहमति नभई मुद्दा दायर गर्न मिल्दैन र यहाँबाट सहमति माग्दा विभागले सहमति दिएन।’, सबै फाइलको फोटोकपी गरेर पठाएको भए पनि विभागले सहमति नदिनु, सात दिन बढी थुन्न नपाइने अवस्था हुनुजस्ता कारणले जेलर युवराज छुटेको उनले बताए।, ‘यो पुलिसले चलाउने मुद्दा हैन, कारागारले चलाउने मुद्दा हो,’ उनले भने ‘विभागले सायद अध्ययन गर्दै होला। उसले अनुमति दिए फेरि मुद्दा चल्न सक्छ।’, विभागले आफैं कारबाही गर्छ वा मुद्दा चलाएर कारबाहीको अनुमति दिन्छ? त्यो कुरा भने विभागमै निर्भर रहने उनले स्पष्ट पारे।, त्यही भएर आवश्यक परेको समयमा फेरि उपस्थित गराउने गरी जेलर युवराजलाई पुस १६ गते जमानतमा छोडिएको उनले बताए।, हाल घोराही कारगारको समेत जिम्मेवारी प्रदान गरिएका तुलसीपुर कारागारका जेलर अमर वलीले पनि जिम्मा जमानीमा जेलर युवराज छुटेको बताए। , ‘उहाँलाई खोजेको बेलामा उपस्थित हुने गरी छोड्न आदेश भएको हो,’ वलीले भने, ‘अझै उहाँमाथिको अनुसन्धान जारी नै छ र विभागले अनुमति दिएको खण्डमा मुद्दा चल्छ।’, उनले आफूले केन्द्रमा समन्वय गरिरहेको पनि जानकारी दिए।, ‘जेलरबारे यसअघि बाहिर आएका तथ्यहरू सत्य हुन्,’ एक प्रहरी अधिकारीले भने, ‘यहाँ कसैलाई जोगाउने र कसैलाई फसाउने उद्देश्य अनुरूप खेलहरू हुनु गलत हो।’, यसअघि बिदामा बसेका जेलर युवराजले बीचमै गएर कुनै बिरामी नै नभएका कारागारका नाइके यमराजलाई उपचारका लागि अस्पताल लैजान अनुमति दिएको, कारागारभित्र युवती ल्याउने र राख्ने अनुमति दिएको, कैदी बन्दीलाई बैंकमा खाता खोल्न र एटिएम राख्न दिएको, चौबिसै घन्टा मोबाइल राख्न दिएको, आफूखुसी कारागारको चौकिदार तोकेको, कैदी बन्दीबाट रकम असुलेका आर्थिक अनियमितताको कुराहरू सार्वजनिक भएका थिए।, उनले राजनीतिक आड र पहुँचका आधारमा अधिकृतलाई जोगाउन खोज्नु अपराधलाई प्रश्रय दिने गलत खेल सुरू भएको बताए। राज्य संयन्त्र नै अपराधीलाई जोगाउन लाग्नु कुनै पनि अर्थमा सही भन्न नमिल्ने उनको तर्क थियो। स्रोतका अनुसार जेलर परियार नेकपा माओवादी केन्द्र निकटका व्यक्ति हुन्।, ‘यसै हो भने त प्रहरीलाई पनि छोडे भयो नि,’ उनले भने, ‘गल्ती गर्ने सबैलाई कानुनबमोजिम कारबाही हुनुपर्छ भन्ने हो।’, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जेलर यमराजलाई विभागबाट स्वीकृति नआइसकेको हुँदा जमानीमा छोडेको जानकारी दिए।, उनले भने, ‘माथि प्रक्रियामै छ र माथिबाट स्वीकृति आयो भने फेरि मुद्दा चल्न पनि सक्छ।’, नियमावलीअनुसार निजामति कर्मचारी तथा अधिकृतको मुद्दाको कुरा फरक हुने हुँदा प्रहरीका विरूद्ध मुद्दा चलाउन सहज भएको र जेलर यमराजविरूद्ध विभागको स्वीकृतिबिना मुद्दा चलाउन नमिल्ने उनले स्पष्ट पारे।, ‘विभागको स्वीकृतिबिना मुद्दा चलाउँदा हामीले नै गल्ती गरेको ठहर्छ,’ उनले भने, ‘विभागबाट स्वीकृति आयो भने बल्ल मुद्दा चलाउन सम्भव हुन्छ।’, कर्तव्य ज्यान मुद्दामा साढे सात वर्ष कैद भुक्तान गरिसकेका कारागारका नाइके यमराजलाई जिल्ला अदालतबाट २० वर्ष सजाए तोकिएको छ।, फरार नाइके यमराजको खोजी कार्यमा केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि खटिएको स्रोतले जानकारी दिएको छ।, *सच्याइएको, यो पनि पढ्नुस्:, किन पक्राउ परे घोराही कारागारका जेलर? ,
कारागार व्यवस्था विभागले अनुमति नदिँदा जेलर युवराज* छुटे मुद्दा नै नचली
|
रासस जाडो बढ्दै गएपछि काभ्रेपलाञ्चोकको स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन्। चार दिन अघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिइसकेका छन्।, तेमाल गाउँपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको जनाउँदै आजदेखि एक हप्ताका लागि आफ्नो क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ।, प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकालद्वारा जारी सूचनामा विद्यालय आउने बालबालिकामा चिसो बढिरहेकाले पठनपाठनमा कठिनाई हुँदै गएकाले गाउँपालिकाद्वारा एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ।, यस्तै, रोशी गाउँपालिकाले गत शुक्रबारदेखि दश दिनका लागि विद्यालय बन्द गराएको छ।, शिक्षा शाखा अधिकृत रामबहादुर तामाङका अनुसार प्रतिकूल मौसमका कारण विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले चिसोबाट बालबालिकामा हुने स्वास्थ्य जोखिमबाट बच्न दश दिनका लागि विद्यालयमा पठनपाठन बन्द गराइएको हो।, धुलिखेल नगरपालिकाले पनि गत बिहीबारदेखि आफ्नो क्षेत्रका विद्यालय एक हप्ताका लागि बन्द गराएको छ।, गत मङ्गलबार र बुधबारको वर्षापछि चिसो बढेको जनाउँदै नगरपालिकाद्वारा जारी सूचनामा तापमान न्यून भई जाडो बढिरहेकाले सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न आग्रह गरिएको नगरप्रमुख अशोक ब्याञ्जुले बताए। ,
चिसो बढेपछि काभ्रेका स्थानीय तहले गरे विद्यालय बन्द
|
रासस अत्यावश्यक औषधि मध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका- ४ स्थित साया स्वास्थ्यचौकीमा पाइँदैन।, नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन्। साया स्वास्थ्यचौकीमा बिरामी उपचारका लागि जाँदा सामान्य सिटामोलसमेत नपाउने गरेको गुनासो गर्न थालेका छन्। मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयबासीको गुनासो छ।, स्वास्थ्यचौकीमा औषधि पाइन छाडेपछि सर्केगाडका सर्वसाधारण्लाई सास्ती खेप्नु परेको स्वास्थ्यकर्मीले बताएका छन्। कोरोना भाइरस सङ्क्रमण (कोभिड- १९) का बिरामीका लागि पनि अत्यावश्यक औषधि मानिने सिटामोलको अभाव देखिएको छ भने ज्वरोका विरामीहरू औषधि नपाएर घर फर्किनु परेको अवस्था आइपरेको स्वास्थ्यकर्मीको भनाइ छ।, स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेका छन्। सो स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने गरेको बताइएको छ।, पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण सो स्वास्थ्य संस्थामा ज्वरोका बिरामी बढेका छन्।, 'केही औषधि पसलहरूले समेत सिटामोल आफ्नो नजिकको ग्राहकलाई दिन स्टक गरी राख्दा उपलब्धतामा थप समस्या देखिएको हो,' स्वास्थ्यचौकीका अनमी बिजौरा शाहीले भनिन्।, व्यवस्थापनमा सरकारी निकायका कमजारीले देशभर जीवनरक्षक औषधि अभाव रहेको आरोप स्थानीयबासीको छ।, 'गाउँभरि सिटामोलको अभाव छ। स्वास्थ्य चौकीमा समेत सिटामोल छैन,' उनले भनिन्।, गाउँपालिकाको दूरदर्शिता नभएकाले यो समस्या आएको स्वास्थ्यकर्मीको आरोप छ। सिटामोल जस्तो अत्यावश्यक औषधि नहुनुमा गाउँपालिकाले समयमै यसतर्फ ध्यान नदिनु मुख्य कारण भएको उनीहरूको भनाइ छ।, सो स्वास्थ्यचौकीमा अस्थायी साधनसँग सम्बन्धित पिल्सहरू पनि नभएको अनमी बिजौरा शाहीले बताइन्। यसका साथै सलायन पनि नभएको उनको भनाइ छ।, प्रायः टाउको दुख्ने, ज्वरो आउने, जीउ दुख्ने लगायतका समस्या लिएर स्वास्थ्यचौकीमा आउनेहरू सिटामोल, एमोसिलिनजस्ता औषधि नहुँदा थप समस्या बनाएको शाहीले बताइन्।, यस्तै हिउँदको समयमा दमका बिरामी स्वास्थ्यचौकीमा बढी आउने गरेको भए पनि उनीहरूलाई आवश्यक पर्ने औषधिसमेत नभएको बताइएको छ।, स्वास्थ्यचौकीका अहेब धर्मराज शाहीले औषधि अभाव हुँदा नागरिकको गाली आफूहरूले खानुपर्ने अवस्था आएको बताए। उपचारका लागि आएका बिरामीलाई औषधि छैन भन्दा जानेबुझेका फिर्ता हुने गरे पनि नबुझेका केहीले गाली गर्नेको उनको भनाइ छ।, शाहीका अनुसार स्वास्थ्यचौकीमा औषधि अभाव भए पनि आफूहरू नियमित कार्यालयमा आउने गरेको र उपचारका लागि यहाँ आउने बिरामीलाई औषधि छैन भन्दा उनीहरूले रिसाउने र गाली गर्ने गरेका छन्।, औषधि अभाव हुँदा अहिले आफूहरूको काम कार्यालय खोल्ने र बन्द गर्ने मात्र भएको उनको भनाइ छ।,
हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा सिटामोल अभाव
|
सेतोपाटी संवाददाता नेपालमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २१६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ७ हजार ६३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ९६२ जनाको पिसिआर परीक्षण र १ हजार ६६९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २०९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ।, अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ पुगेको छ।, यस्तै काठमाडौं उपत्यकामा १३७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ११८, भक्तपुरमा ६ र ललितपुरमा १३ गरी १३७ जना थपिएका हुन्।,
,
थप २१६ जना संक्रमित थपिए
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १३७ जना संक्रमित थपिएका छन्। , आइतबार काठमाडौं उपत्यकामा आइतबार १३७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। , काठमाडौंमा ११८, भक्तपुरमा ६ र ललितपुरमा १३ गरी १३७ जना थपिएका हुन्।, योसँगै काठमाडौं उपत्यकामा २ हजार ९० सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै एक हजार ४, ललितपुरमा ५८९ र भक्तपुरमा ४९७ संक्रमित थपिएका हुन्। , यस्तै नेपालमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ७ हजार ६३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ९६२ जनाको पिसिआर परीक्षण र १ हजार ६६९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २०९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ।, अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ पुगेको छ।,
,
काठमाडौं उपत्यकामा १३७ जनामा कोरोना संक्रमण
|
एजेन्सी फ्रान्समा नयाँ वर्ष २०२२ को अवसरमा ८७४ कार जलाइएका छन्। , शुक्रबारमात्रै ८७४ कार जलाइएको बिबिसीले जनाएको छ। फ्रान्सेली गृह मन्त्रालयका अनुसार यो संख्या सन् २०१९को भन्दा निकै कम हो।, फ्रान्समा नयाँ वर्षको पूर्वसन्ध्या कारहरू जलाउनु परम्पराजस्तै बनेको छ।, यसरी कारहरू जलाएपछि उनीहरूलाई रोक्ने र निगरानीमा राखेर पक्राउ गर्ने काम पनि भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।, अघिल्लो वर्ष कोभिड-१९ को महामारीका कारण लगाइएको कर्फ्युका कारण यस्ता घटना बाहिरिएका थिएनन्। तर यो वर्ष पुन: कारहरू जलाएको घटना बाहिरिएको हो।, सन् २००५मा भएको एक दंगा पछि फ्रान्सका सहरहरूमा कार जलाउनु वार्षिक घटनाजस्तै बनेको छ। , कुनै समूहले गरेको अपराध लुकाउन र बीमाको नक्कली दाबी गर्न पनि यसरी कारहरू जलाउने गरिन्थ्यो। तर त्यहाँ पछिल्लो समय नयाँ वर्षलाई स्वागत गर्न भन्दै कारहरू जलाउन थालिएको हो। , नयाँ वर्षको सुरक्षाको लागि ९५ हजार प्रहरी र थुप्रै दमकल तैनाथ गरिएको थियो।, ,
फ्रान्समा नयाँ वर्षको अवसरमा जलाइए ८७४ कार!
|
राजु अधिकारी एमबिबिएस पहिलो वर्षको कक्षा सुरू भएको दुई हप्ता बित्दा पनि विराटनगरस्थित नोबेल मेडिकल कलेजका ८० भन्दा बढी विद्यार्थी कक्षा प्रवेश गर्न पाएका छैनन्।, चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा चार लाखभन्दा बढी रकम विद्यार्थीबाट असुल्ने ध्येयमा रहेको नोबेलले आइतबार पनि ११ जना विद्यार्थीलाई मात्रै कक्षामा सहभागी गराएको छ।, ‘आज पनि सधैँ कक्षा हुने ठाउँभन्दा अलग्गै लगेर ११ जनालाई पढाइएको छ,’ अतिरिक्त शुल्क बुझाउन अस्वीकार गरेका विद्यार्थीहरूले भने, ‘बुधबारदेखि कक्षा सुरू भएको हो। यो विवाद साम्य नभएसम्म कक्षा नचलाउन गरेको आग्रह कलेजले मानेन। हाम्रो पढाइ छुटिरहेको छ।’, बुधबार गेटमै सुरक्षा गार्ड र अन्य व्यक्ति खटाएर विद्यार्थी रोकेको नोबेल प्रशासनले बिहीबार पनि रोकेको थियो।, कलेजले रोकेपछि शुक्रबार विद्यार्थी गएनन्। आइतबार फेरि पढ्न गएका विद्यार्थीलाई प्रवेश नै नदिइएपछि विद्यार्थीहरूले कलेज परिसरमै प्रदर्शन गरेका थिए।, ‘अरू ११ जना भित्र पढिरहँदा हामी ८० जना हाराहारी विद्यार्थीले आज प्रदर्शन गर्यौं,’ ती विद्यार्थीले भने, ‘कलेजले हामीलाई अन्याय गरिरहेको छ।’, नोवेल डा. सुनिल शर्माको स्वामित्वमा रहेको स्वास्थ्य प्रतिष्ठान हो। नेपाली काँग्रेसका नेतासमेत रहेका नोवेलका सञ्चालक डा. शर्माले आफूहरूबाट अनावश्यक शुल्क असुल्न खोजेको विद्यार्थी र अभिभावकको भनाइ छ।, यसअघि प्रशासनकै रोहबरमा भएको छलफलमा कलेज व्यवस्थापनले शुल्क नलिने भनेपछि विद्यार्थी र अभिभावक ढुक्क बनेका थिए। तर बुधबारदेखि सुरू भएको कक्षा प्रवेश गर्नु अघि शुल्क अनिवार्य बुझाउन कलेजले विद्यार्थीलाई ताकेता गरिरहेको छ।, विद्यार्थीका अनुसार यसपटक नोवेलमा एमबिबिएस पहिलो वर्षमा १ सय विद्यार्थी भर्ना भएका छन्। तीमध्ये १० जना छात्रवृत्ति अन्तर्गतका, नौ जना भारतीय छन्। केही विद्यार्थीले अतिरिक्त शुल्क बुझाएका छन्।, विद्यार्थी र अभिभावकहरू भने चिकित्सा शिक्षा आयोगले तोकेको बाहेकका कुनै पनि शुल्क नबुझाउने अडानमा छन्।, नोबेलले एमबिबिएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसिप बापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजार लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दबाव दिँदै आएको विद्यार्थीले बताएका छन्। चिकित्सा शिक्षा आयोगले तोकेभन्दा नोवेलले हरेक विद्यार्थीसँग ४ लाख ८२ हजार रुपैयाँ अतिरक्त शुल्क असुल्न खोजिरहेको छ।, चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि तोकेको जम्मा शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ हो। पाँच वर्षे कोर्सको प्रथम वर्ष बापतको १४ लाख ८५ हजार रुपैयाँ विद्यार्थीले काठमाडौं विश्वविद्यालयलाई बुझाइसकेका छन्। नोवेलले विश्वविद्यालयबाट लिइसकेको छ।, यस्तै नोबेल मेडिकल कलेजमा भइरहेको विद्यार्थी सताउने कदमका बारे गृहमन्त्रालायले चासो लिएको छ।, नोबेल मेडिकल कलेजसहितले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दै धेरै शुल्क लिएको विषयमा गृह मन्त्रालयले ठगी मुद्दामा कारबाही चलाउन प्रशासनलाई निर्देशन दिएको छ।, गृहको निर्देशनपछि अतिरिक्त शुल्क लिएको प्रमाणसहित आए ठगी मुद्दाअन्तर्गत कारबाही गर्ने तयारी प्रशासनले गरेको हो।, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अतिरिक्त शुल्क लिएको प्रमाणसहित सम्बन्धित व्यक्ति उपस्थित भए ठगी मुद्धाअन्तर्गत कारबाही गरिने बताए। गृह मन्त्रालयले अतिरिक्त शुल्क सन्दर्भमा पत्राचार गरेको जानकारी दिँदै उनले कानुनविपरीत शुल्क लिन नपाइने स्पष्ट पारे।, गृहको निर्देशनपछि प्रशासनले मेडिकल कलेजलाई अतिरिक्त शुल्क नलिन निर्देशनसहितको पत्राचार गर्ने तयारी गरेको छ। नोबेलले अतिरिक्त शुल्क नबुझाएको भन्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको छ।, मेडिकल कलेजहरूले अतिरिक्त शुल्क लिएको विषय बाहिर आएपछि गृह मन्त्रालयले मेडिकल कलेज भएका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै कानुनी कारबाही गर्न निर्देशन दिएको हो।, तस्वीरहरू:,
नोबेलले विद्यार्थीलाई फेरि रोक्यो, ठगी मुद्दा चलाउने गृहको चेतावनी
|
भगवती पाण्डे आइतबार वुटवलबाट मलामी बोकेर गएको बस पाल्पामा दुर्घटना भयो। यो समाचार एकाएक आगोसरि फैलियो।, शवको अन्तिम संस्कार लागि गुल्मीको रिडी हिँडेको मलामी बोकेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका २ लगुवामा दुर्घटनामा परेको थियो।, मलामी बोकेको बस दुर्घटनामा परेसँगै बुटवल उपमहानगरपालिका १७ रानीगञ्जवासीमा वेचैनी भयो।, रानीगञ्जकै स्थानीय वीर बहादुर विकको शव लिएर ३५ जना मलामी गुल्मीतर्फ गएका थिए। अधिकांश मलामी रानीगञ्ज र बुद्धनगरका थिए।, रानीगञ्जबाट शव लिएर गएको बस दुर्घटनामा परेको समाचार थाहा पाएर त्यहाँ पुग्दा स्थानीयमा सन्नाटा थियो।, रानीगञ्जस्थित समावेशी टोलमा निलो रङ लगाएको एक तले घर बाहिर मानिसको भिड लागेको थियो। घर बाहिर सेतो त्रिपाल टाँगिएको थियो। घरदेखि केही अगाडि कपडा धोएर सुकाइएको थियो। खाटमा परालको थुप्रो राखिएको थियो।, त्यति देखेपछि दाहसंस्कारको लागि शव लिएर गएको मृतकको घर यहीँ हो भनेर सजिलै चिन्न सकिन्थ्यो।, गत वैशाखदेखि विरामी परेका रानीगञ्जस्थित समावेसी टोलका ६८ वर्षिय विकको शनिबार साँझ मृत्यु भयो।, उच्च रक्तचापका कारण पक्षघातबाट थलिएका विकको मृत्युपछि दाहसंस्कारको लागि उनको शव गुल्मीको रिडी लैजाने परिवारले सल्लाह गरे।, अर्घाखाँचीको मालारानी गाउँपालिका-२ मरेङबाट केही वर्ष पहिले बुटवल झरेका वीर बहादुर पनि मृत्युपछि आफ्नो दाहसंस्कार रिडीमै होस् भन्ने चाहन्थे।, वीर बहादुर मात्र होईन, गुल्मी अर्घाखाँचीबाट बसाईसरि बुटवल आसपासमा झरेका अधिकांश बुढापाकाको मृत्युपछि अन्तिम संस्कारका लागि रिडी लैजाने चलन छ।, उनलाई रिडी लैजान परिवार र छरछिमेकी तयार भए।, मृतक वीरबहादुरका ६ भाइ छोरामध्ये एक जना विदेश थिए। घरमा भएका ५ छोरासहित ३५ जना मलामी बोकेर उक्त बस बिहान सात बजे बुटवलबाट रिडीका लागि गुडेको थियो।, तर रिडी नपुग्दै पाल्पाको रिब्दिकोट २ लघुवामा उक्त बस दुर्घटनामा पर्यो। मलामीका लागि केही आफन्त निजी सवारीसाधनमा गएकोले दुर्घटनामा जोगिए।, बिहान करिब साढे १० बजे भएको उक्त दुर्घटनामा परि मृतक वीर बहादुरका छोरा ३० वर्षीय पशुपति विकसहित ७ जनाको घटनास्थलमै मृत्यु भयो।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक मधु नेपालका अनुसार मृत्यु हुनेमा अर्घाखाँची मालारानी गाउँपालिका २ का २५ वर्षीय शंकर वि.क., सोही स्थानकै ३६ वर्षीय मोहन कुँवर, २८ वर्षीय भोजेन्द्र वि.क., ३३ वर्षीय अर्जुन वि.क. बुटवल उपमहानगरपालिका- १७ का ४० वर्षीय खुमबहादुर राना र बुटवल उपमहानगरपालिका-११ का ३२ वर्षीय विजय थापा क्षेत्री छन्।, दुर्घटनामा परेर ज्यान जोगाउन सफल रानीगञ्जका ३१ वर्षीय थम्मन पचभैयाले चिप्लो र उकालो सडकमा चालकले गियर परिवर्तन गर्न नसक्दा दुर्घटना भएको बताउँछन्।, वीर बहादुरका छिमेकी पचभैया आफू पनि सोही बसमा रहेको र बस दुर्घटनामा परेपछि आफू बसेको अगाडिको सिट समातेर बसेका कारण केही नभएको बताउँछन्।, दुर्घटनाका घाईतेको भनाई उद्दृत गर्दै बुटवल ११ का वडा सदस्यसमेत रहेका नहकुल शाही ठकुरीका अनुसार दुर्घटना हुँदा केही मलामी निदाएको र कोल्टे पर्दै तल झरेको बसको झ्यालबाट बाहिर खसेकाको मृत्यु भएको हो।, सडकबाट २ सय मिटर तल पुगेको बस घसारिएर तल झर्दा सोहि बसले च्यापिएर उनिहरूको मृत्यु भएको ठकुरीले बताए। बस भित्र सिटलाई दरो गरि समातेका सकुशल छन्।, बसले च्यापिएका ३ जनाको शवलाई डोजर र स्काभेटरमार्फत निकालिएको प्रहरीले जनाएको छ।, बस दुर्घटनामा परेपछि बसबाट हाम फालेर ज्यान जोगाएका चालक प्रहरी सम्पर्कमा छन्। प्रहरीले दुर्घटना हुनुको कारणबारे अनुसन्धान सुरू गरिसकेको जनाएको छ।, घटनास्थल साँघुरो र घुम्तिसँगै शीतलहरले ओसिलो बनेका कारण बस चिप्लिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।, बुवाको अन्त्येष्टिका लागि गएका छोरासहित सात जनाको एकै स्थानमा मृत्यु भएपछि अहिले बुटवलको रानीगञ्ज र अर्घाखाँचीको मरेङ शोकमा डुबेको छ।, मृतक र घाइते सबैजसो परिवार भित्रैका र नजिकका आफन्त छन्।, घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभास र युनाईटेड मिसन अस्पताल पाल्पामा उपचार भईरहेको छ।, मृतक तथा घाईतेको अवस्था बुझ्न अस्पताल पुगेका वडा सदस्य ठकुरीले अस्पतालबाट सात जनाको शव निकालेको दृश्यले मर्माहत बनाएको बताए।, ‘बिहान घरबाट सकुशल निस्किएका व्यक्तिलाई अस्पतालबाट लाश बनेर निकाल्दा ज्यादै मुटु पोल्दोरहेछ, कतिपय घाइतेको अवस्था पनि दर्दनाक छ,’ उनले ,सेतोपाटी,सँग भने।, ठकुरीका अनुसार दुर्घटनामा परि मृत्यु भएका मोहन कुँवरको शवलाई दाहसंस्कारको लागि रिडी नै लगिएको छ।, उनका आफन्त सबै मरेङमै रहेको र रिडी पायक पर्ने भएपछि उतै लगिएको उनले बताए।, वडासदस्य ठकुरीका अनुसार दुर्घटनाका ६ जना मृतक र वीर बहादुरको शवलाई दाहसंस्कारको लागि कहाँ लैजाने भन्ने टुंगो लागेको छैन।, हिन्दु धार्मिक प्रचलन अनुसार दाहसंस्कारको लागि घरबाट निकालिएको शवलाई फर्काएर ल्याउन नमिल्ने भएकोले कता लैजाने भन्ने टुंगो नलागेको उनले जानकारी दिए। ‘मृतकको आफन्त तथा परिवार रिडी लैजान हिँडेकै बखत दुर्घटनामा सात जनालाई गुमाएपछि फेरि रिडीमै लैजाने पक्षमा हुनुहुन्न, तर बुवाको शवलाई फर्काएर ल्याउन मिल्दैन भनेर सल्लाह गर्दै हुनुहुन्थ्यो,’ उनले भने।,
बुवाको अन्त्येष्टिका लागि गएका छोरासहित सात जनाको एकै स्थानमा मृत्यु
|
रासस शीतलहर सुरू भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ।, गाउँपालिकाले आइतबार सूचना जारी गरी यहीँ पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ। , यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ । महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरेको हो । , ती सामग्रीले केही भए पनि ज्येष्ठ नागरिकलाई राहत मिल्ने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए। प्रति ज्येष्ठ नागरिकलाई करिब ६ हजार बराबरको सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ। ,
चिसो बढ्दै गएपछि पर्सामा पठनपाठन बन्द
|
सेतोपाटी संवाददाता बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। , आइतबार राजापुर नगरपालिका- बस्ने ५४ वर्षीया भुसिया थारूको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।, थारू दशगजा नजिकै बाख्रा चराउन गएकी थिइन्। त्यसैक्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो।, प्रहरीलाई दिउँसो ३ बजे खबर भएको हो। , यस सम्बन्धमा प्रहरीले थप कानुनी प्रक्रिया अघि बढाएको छ।,
बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
|
रासस ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन।, आइतबार बिहान दुई पटक अल्टिच्युट एयरको हेलिकप्टर उद्धारका लागि गए पनि ठाउँ पहिचान गर्न नसकेपछि उद्धार भएन।, करिब ५५ वर्षका लाक्पा टासी र उनका १५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबार हिउँमा फसेका थिए।, ‘चौँरीसँगै हिउँ पहिरोले बगायो तर ओडार भेटेर बसेका छौँ, हामी निस्कन नसक्ने भयौँ’ भन्दै गत शनिबार उद्धार गर्न लाक्पाले आग्रह गरेका थिए।, वडाअध्यक्ष डण्डु शेर्पालाई लाक्पाले फोनमार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका थिए।, समुद्री सतहबाट चार हजार मिटर उचाइमा रहेको पापुङको लोनाक भन्ने ठाउँमा चौँरीगोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका हुन्।, गत शनिबार ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकप्टर दुई पटक उडान गरेको थियो। तर कुन ठाउँमा हो भन्ने मेसो नपाएपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको थियो।, फेरि आइतबार बिहान दुई पटक उद्धारका लागि सुकेटरबाट पापुङको लोनाक ठाउँमा गए पनि बाबुछोरा बसेको ठाउँ पत्ता नलागेपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए।, फोन सम्पर्क भएकाले बाबुछोरा बसेको ठाउँमा आगो बालेर धुवाँ निकाल्न अनुरोध गरेको पाण्डेले बताए। धुवाँ निस्केपछि ठाउँ पहिचान गरेर हेलिकप्टरमार्फत उद्धार गर्ने पाण्डेले बताए।,
हिउँमा फसेका बाबुछोरा पाँच दिनदेखि उद्धारको पर्खाइमा
|
सेतोपाटी संवाददाता हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। सोमबार बिहान उपत्यका र तराईका भूभागमा हुस्सु-कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। , यस्तै मंगलबार सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। , राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहनेछ। , सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।, यस्तै बुधबार सुदूर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ। , सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।,
,
काठमाडौं उपत्यका र तराईमा हुस्सु, दिउँसो आंशिक बदली हुने
|
एजेन्सी भारतमा पछिल्लो २४ घन्टामा ९६ नयाँ ओमिक्रोन संक्रमित भेटिएका छन्। यो सँगै कुल ओमिक्रोन संक्रमितको संख्या १५२५ पुगेको छ। , केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतका २३ राज्यमा ओमिक्रोनको संक्रमण फैलिएको छ। जसमध्ये महाराष्ट्रमा सबैभन्दा बढी ४६० जनामा ओमिक्रोन देखिएको छ भने दिल्लीमा ३५१ जनामा संक्रमण देखिएको छ।, यस्तै तमिलनाडुमा ११७, गुजरातमा १३६ तथा केरलामा १०९ जना ओमिक्रोनका नयाँ संक्रिमत फेला परेका छन्।, यस्तै राजस्थानमा ६९, तेलंगानामा ६७, हरियाणामा ६३, कर्नाटकमा ६४, आन्ध्र प्रदेशमा १७, पश्चिम बंगालमा २०, उडिशामा १४, मध्य प्रदेशमा ९, उत्तर प्रदेश र उत्तराखण्डमा ८-८, चण्डीगढ र जम्मू-कश्मीरमा ३-३, गोवा, हिमाञ्चल प्रदेश, लद्दाख, मणिपुर र पञ्जाबमा एक-एक संक्रमित फेला परेका छन्।, यसअघि डिसेम्बर २ मा पहिलो ओमिक्रोन संक्रमित भेटिएको भारतमा एक महिनामै १५०० भन्दा बढीमा संक्रमण देखिएको छ। , यो सँगै भारतमा पछिल्लो २४ घन्टामा २८ हजार ४ सय ५८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।,
भारतका २३ राज्यमा फैलियो ओमिक्रोन, १५२५ जना संक्रमित
|
सेतोपाटी संवाददाता रुकुम पश्चिमका एक युवाले मादक पदार्थ सेवनगरी श्रीमतीको हत्या गरेका छन्।, रूकुम पश्चिम बाफिकोट गाउँपालिका– ९ स्थित झुला पिपल टोलका दलजीत खनाल (दिपक)ले श्रीमती कमला खड्का (२६ को घाटी थिचेर हत्या गरेका हुन्।, गत शुक्रबार राती रक्सी सेवन गरेर आएका खनालले श्रीमतीको घाटी थिचेर हत्या गरेको रूकुम पश्चिमका प्रहरी प्रमुख धुर्वकुमार श्रेष्ठले बताए। ‘श्रीमान दैनिक जसो रक्सी सेवन गर्दा रहेछन् त्यसदिन राति पनि रक्सीले मातेर आएका रहेछन्। श्रीमतीसंग निहुँ खोजेर आफैले घाटी थिचेर हत्या गरे छन्। आत्महत्या गरेको पुष्टी गराउन मृतकको सल प्रयोग गरेर झुड्याएको अवस्थामा शव भेट्यौ,’ श्रेष्ठले भने, ‘हामीलाई शंका लागेर अनुसन्धान गर्दा खनालले हत्या गरेको स्वीकार गरेका छन्।’, हत्याका आरोपी खनाललाई जिल्ला कारागार म्याद थप गरेर राखिएको श्रेष्ठले बताए।, ‘हामीले मृतको पोस्टमार्टमगरी सकेका छौ। त्यसको सबै रिर्पोट आएको छैन त्यसपछि सबै अनुसन्धान खुल्ने छ,’ श्रेष्ठले भने।, यसैबीच आफ्नी बहिनी कमलाको हत्या नै भएको भन्दै दाजु पलबहादुर खड्काले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइसकेका छन्। मृतक कमलाको ६ महिनाको छोरा छन्।,
रूकुम पश्चिममा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या
|
रासस गत वर्ष सरकारले ४२ परिवार मुक्तहलियालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत महेन्द्रनगरको पुनर्वास नगरपालिका–९ सीताबस्तीमामा पुनर्स्थापना गर्यो। १२ धुर जग्गा र दुईकोठे पक्की भवन उनीहरूलाई हस्तान्तरण गरे पनि बस्तीमा खानेपानी, बिजुलीलगायतका पूर्वाधार अझै पूरा भएको छैन।, ‘४२ परिवार मुक्तहलिया भएको यो बस्तीमा दुइटा नल्का (धारा) छन्।’, मुक्तहलिया बस्तीका सिर्जना सुनारले भनिन्, ‘सरकारले घरबास त दियो, बेरोजगारी समस्याले फेरि हलिया नै बस्नुपर्ने अवस्था छ।’, उनले बस्तीमा बिजुलीको व्यवस्था पनि राम्रोसित हुन नसकेको बताइन्।, यहाँको मोतियाफाँटाबाट मुक्तहलियालाई सीताबस्तीमा पुनर्स्थापना गरेको भए पनि स्थानीयलाई आयमूलक काममा लाग्न मद्दत हुने विभिन्न सीपमूलक तालिम माग गरेका छन्।, ‘भारतीयले जंगलबाट दाउरा ल्याउन दिएन भने घरमा चुलो नै बल्दैन’, राधिका सुनारले भनिन्,‘बस्तीका सबै महिला सिलाइ कटाइलगायतका सीपमूलक तालिम पाए काम गरेर खाने थिए।’, उनले आयआर्जनका लागि स्थानीयदेखि सङ्घीय सरकारले मुक्तहलियाका लागि केही पनि सहयोग नगरेको गुनासो गरिन्।, ‘दलितका नाउँमा आउने सहयोग कस्तो हुन्छ हामीलाई त थाहा नै छैन’, सुनारले भनिन्, ‘दलितभित्र पनि निम्न आयस्रोत भएकालाई कुनै खालको सुविधा उपभोग गर्न पाएनौं।’, बस्तीका अधिकांश पुरूष भने रोजगारीका लागि भारत जानुका साथै गाउँघरमै ज्यालादारी गरिरहेका छन्।, ‘हलियाबाट मुक्त भए पनि पारिवारिक अवस्था दयनीय नै छ।’ मुक्तहलिया बस्तीका मञ्जु विश्वकर्माले भनिन्, ‘मुलुकमा जतिसुकै विकास भए पनि मुक्तहलियाको दैनिकीमा दुःख नै रहे।’,
मुक्तहलिया महिला भन्छन्- आयमूलक काम पाए हुन्थ्यो
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १५४ कोरोना संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा ११४, भक्तपुरमा ८ र ललितपुरमा ३२ गरी १५४ छन्।, यसैगरी काठमाडौं उपत्यकामा १८३४ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ७०५, ललितपुरमा ६१८ र भक्तपुरमा ५११ सक्रिय संक्रमित छन्।, नेपालमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ९ हजार ८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ८८५ जनाको पिसिआर परीक्षण र ११९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २१२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।, अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ पुगेको छ।,
काठमाडौं उपत्यकामा थपिए १५४ संक्रमित, सक्रिय १८३४
|
सेतोपाटी संवाददाता नेपालमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २३५ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ८८५ जनाको पिसिआर परीक्षण र ११९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २१२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।, अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ पुगेको छ।, यस्तै काठमाडौं उपत्यकामा १५४ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ११४, भक्तपुरमा ८ र ललितपुरमा ३२ गरी १५४ छन्।,
थपिए २३५ संक्रमित, ४ को मृत्यु
|
रासस नवलपुरको मध्यबिन्दु-१२ मा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।, बाघको आक्रमणबाट मध्यबिन्दु-१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारूको मृत्यु भएको हो।, बिहान स्थानीय वनमा साग टिप्न गएकी सारूलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताए। सारूसँगै गएका अन्यले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो। , घटनास्थल अरूणखोला– दुम्कीबास सडकखण्डभन्दा करिब ५०० मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ।, नवलपुरमा यसअघि मंसिर दोस्रो साता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका-१, मा स्थानीय सामुदायिक वन रक्षकको मृत्यु भएको थियो। सो घटनास्थल र आजको घटनास्थल केही दूरीको फरकमा छ। , वन आसपासमा बाघको आतंक बढेको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिन अगाडिमात्रै एक सूचनामार्फत् वन क्षेत्रमा नजान स्थानीयबासीलाई अनुरोध गरेको थियो।, बाघको आक्रमणबाट थप एक जनाको मृत्य भएपछि चिन्तित स्थानीयबासी बाघलाई नियन्त्रण गरी निकुञ्ज क्षेत्रमा लैजान पहल गर्नुपर्ने माग गर्न थालेका छन्।,
बाघको आक्रमणबाट महिलाको मृत्यु
|
मनोज सत्याल गत बुधबारदेखि काठमाडौंमा पटक-पटक झ्यापझ्याप बत्ती गयो। कतिपय ठाउँमा बुधबार दिनभरि नै बत्ती आएन। झरी परेसँगै बढेको चिसोले काठमाडौंमा एक्कासी बिजुलीको माग बढेको थियो तर मान्छेले चाहिएको बेला बिजुली बाल्न पाएनन्। विद्युत आपूर्तिमा समस्या देखिएपछि सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरण र प्रमुख कार्यकारी प्रमुख कुलमान घिसिङको आलोचना भयो। आलोचना बढेपछि कुलमानले शुक्रबार पत्रकार सम्मेलन गरे।, पत्रकार सम्मेलनमा भएको कुलमानसँगको सवाल-जवाफ:, प्रश्न: काठमाडौंमा पछिल्लो हप्ता किन बिजुली झ्यापझ्याप गयो?, काठमाडौंमा जाडो बढ्दा लोड बढ्छ। गत वर्षभन्दा ८० देखि १०० मेगावाट लोड बढेको छ। यो अचानक आएको होइन। तर बुधबार पानी पर्नुअघि अचानक लोड पनि बढ्यो। काठमाडौंमा धेरै वटा सबस्टेशन छन्, जसले बिजुली सप्लाई गर्छन्। त्यसबाट गएको बिजुली फिडर हुँदै ट्रान्सफर्मरमा पुग्छ। काठमाडौं उपत्यकामा ३८ सय जति ट्रान्सफर्मर छन्। ती ट्रान्सफर्मरबाट उपभोक्तालाई बिजुली दिइन्छ। एउटा फिडरमा समस्या आउँदा १० देखि २० वटा ट्रान्सफर्मरमा समस्या आउँछ। एउटा ट्रान्सफर्मरमा समस्या हुदाँ त्यहाँबाट विद्युत जाने २० देखि ३० घर प्रभावित हुन्छ। काठमाडौंमा पानी परेका बेला ट्रान्सफर्मरमा समस्या भयो। २०० केभिएको ट्रान्सफर्मरले सामान्यत: १८० किलोवाट विद्युत सप्लाई हुन्छ। त्योभन्दा बढी लोड भयो। कुनै घरले एसी राखे। कुनै घरले हिटर राखे। त्यसले ट्रान्सफर्मरमा लोड बढ्यो। धान्न नसकेर केही ट्रान्सफर्मर जले। कुनै ट्रान्सफर्मरमा एसमसिबी ट्रिपिङ भयो। धेरै ठाउँमा ट्रान्सफर्मरमा समस्या आउँदा हामीलाई परिवर्तन गर्न समय लाग्यो।, सिंहदरबार भित्रको फिडरम आगलागी भयो। मर्मत गर्न एकदिन लाग्यो। अनामनगरदेखि डिल्लीबजार एरियामा समस्या आयो। ट्रान्सफर्मरपछि घरमा जाने तारहरूमा आगलागी भएकाले फेर्न पनि समय लाग्यो।, हामीले २ देखि ३ महिनामा डेढ सय ट्रान्सफर्मर थप्यौं। हामी ट्रान्सफर्मर फेरिरहेका छौं। ट्रान्सफर्मर फेर्दा फिडरको लाइन काट्नु पर्दा ४ देखि ५ घन्टा समस्या भयो। बितेका दुई-तीन दिनमा काठमाडौंमा ५० देखि ६० वटा ट्रान्सफर्मर जल्यो। इमाडोल क्षेत्रमा मात्र २० देखि ३० ठाउँमा समस्या आयो। महाराजगञ्ज एरियामा पनि समस्या भयो। एकदिन रातभर दिनभर पानी पर्दा हाम्रो टोलीले रूझेर काम गर्यो। तर समयमा काम सकिएन। आज बेलुकासम्म प्राय: सबैजसो ठाउँमा ट्रान्सफर्मर फेरिसक्छौं। , प्रश्न: विद्युत उत्पादन बढेसँगै नेपालले भारतमा निर्यातमा जोड दियो। तर सबैभन्दा ठूलो समस्या काठमाडौंमा पछिल्ला दिनहरूमा देखिए। बिजुली नहुँदा मान्छेहरूले घरमा पानीसमेत तान्न पाएनन्। निर्यात भए पनि हाम्रो आन्तरिक खपतमा लागि पूर्वाधारमा तयारी पुगेन। तयारी नगरी आन्तरिक खपत गर भनेकाले हिटर किने। एसी जोडे। यो अवस्थाले खपत बढाऊ भन्न हतार भयो भन्ने लाग्दैन?, लाग्दैन। उदाहरणका लागि एउटा एरियामा सय केभिएको ट्रान्सफर्मर राख्दा त्यहाँ लोड बढ्छ भन्ने अपेक्षा गरिएको हुन्छ। तर कसले एसी वा इन्डक्सन किन्यो थाहा हुन्न। त्यो अपर्झट आउने नै हो। सयको ठाउँमा दुई सय थप्ने हो। तीन सय थप्ने हो। पुगेन भने १० वटा ट्रान्सफर्मर राख्ने हो। त्यो ठूलो कुरा भएन। एउटा तहमा पुगेपछि गएपछि माग स्थिर हुन्छ। हामीले अपेक्षा गरेर राखेका हुन्छौं। तर त्योभन्दा बढी लोड आइदिन्छ। त्यो आउनु हाम्रो लागि राम्रो हो। रत्नपार्क एरियामा ३ सय केभिएको लोड आउँछ भन्ने थियो। तर अचानक ५ सय केभिएको आयो। राम्रो भयो। आज एक दिन सप्लाइ कम भयो। अर्को दिन म ३ सयको ३ वटा ट्रान्सफर्मर थपिदिन्छु। अहिले काठमाडौं उपत्यकाको लोड साढे ४ सयदेखि ५ सय मेगावाट छ। यो लोड राम्रै बढेको हो। बेलुका एक घन्टा र बिहान एक घन्टा ५ सय पुग्ने हो। राति सय मेगावाट मात्र पुग्छ। ३ सय केभिएको ट्रान्सफर्मर धेरैजसो अन्डर लोडमा चल्छ। एक घन्टा मात्र उच्च माग हुने हो। यसरी उतारचढाव भएको लोडलाई एकीकृत गर्नुपर्छ। अहिले आएको लोडको माग राम्रो हो। केही दिन पानी पर्यो। हामीलाई म्यानेज गर्न एकदमै गाह्रो भयो। मर्मतका लागि धेरै टिम पठाउँदा पनि अलिक म्यानेज गर्न गाह्रो भयो। यो ठूलो समस्या होइन। यस्तो समस्या आउनु हाम्रो लागि राम्रो हो।, हामी दीर्घकालका लागि पनि काम गरिरहेका छौं। अर्को वर्ष ३/४ वटा सबस्टेशन निर्माण काठमाडौं भित्रै सम्पन्न हुन्छ। त्यसले गर्दा हामीलाई २ देखि ३ सय मेगावाटको लोड धान्न सजिलो हुन्छ। खपत बढाउन हामी देशभर काम गरिरहेका छौं। अघिल्लो वर्ष देशभरको माग १३ सय मेगावाट थियो। अहिले १७ सय पुगेको छ। उद्योगहरूमा पनि लोड बढिरहेको छ। काठमाडौंमा दुई- तीन दिनमा केही समस्या आएको हो। यसलाई हामीले अवसरको रूपमा लिएका छौं। अब हामीलाई थाहा भयो कुन-कुन ठाउँमा ट्रान्सफर्मर थप्नुपर्छ। , प्रश्न : विद्युतको गुणस्तर पनि छैन। मानिसहरूले घरमा भएका इलेक्ट्रिक सामानका लागि आवश्यक २२० भोल्ट करेन्ट आउँदैन भनेका छन्। सामाजिक सञ्जालमा विद्युतीय उपकरण चल्दै चल्दैन भनेर लेखिराखेका छन्। तपाईंले कति ट्रान्सफर्मर अपग्रेड गर्नुभयो?, गुणस्तरको कुरा गर्दा हाम्रो सिस्टममा १३२ केभिए, ६६ केभिएलगायतका लाइनबाट बिजुली सबस्टेशनमा जान्छ। सबस्टेशनबाट फिडरमा गएको भोल्टेज र ट्रान्सफर्मरबाट गएको भोल्टेज मेन्टेन गर्न खोज्छौं। तर धेरैजसो ठाउँमा घना बस्ती र हाउजिङ भएको ठाउँमा एक ठाउँमा ट्रान्सफर्मर राखेर लामो-लामो तार तानिएको छ। ६ एमएमको सर्भिस केबल तान्नुपर्ने ठाउँमा २ एमएमको तानिएको छ। २० मिटर तान्नुपर्ने ठाउँमा २ सय मिटर तानिएको छ। त्यो सर्भिस केबलमा ड्रप भएर भोल्टेज डाउन भएको छ। उहाँहरूको केही पनि चल्दैन। ट्रान्सफर्मरपछि अब हामी केबल पनि चेञ्ज गर्छौं। कतिपय ठाउँमा जलेको पनि छ। हामी ट्रान्सफर्मर पनि थप्दैछौं। यो माग बढेसँगै आएको समस्या हो। इन्डक्टिभ लोडले भोल्टेज डाउन गर्छ। एसीहरूले भोल्टेज डाउन गर्छ। हामीले भोल्टेज बढाउन सबस्टेशनहरूमा हामीले क्षमता बढाएका छौं। तर सिस्टममा कति भोल्टेज डाउन हुन्छ भनेर हामी योजनाअनुसार काम गर्छौं। , प्रश्न : विद्युत प्राधिकरणमा यसअघि मुकेश काफ्ले हुनुहुन्थ्यो। हितेन्द्रदेव शाक्य हुनुहुन्थ्यो। तर कुलमान आएपछि मान्छेहरूको अपेक्षा बढेको छ। साँझमा कामबाट घर गएको व्यक्तिले खाना पकाउन पाएका छैनन्। तपाईंले समस्या बताउनुभयो। समाधान कहिलेसम्म हुन्छ? उच्च माग भएको समयमा पनि तपाईंले समाधान दिन सक्नुपर्यो नि!, अहिले पनि सबै ठाउँमा समस्या होइन। ५० देखि ६० ट्रान्सफर्मरले समस्या पारेको हो। आपूर्तिको समस्या होइन। केही ठाउँमा फिडर ओभरलोड भएको हो। समाधान एकैचोटी हुँदैन। अपग्रेड गर्न जमिनमूनि तार बिछ्याउने काम भइराखेको छ। कहीँ फिडर ओभरलोड भयो भने अन्डरग्राउन्डबाट सप्लाई दिन्छौं। अहिले फिडर थप्ने, ट्रान्सफर्मर थप्ने काम भइराखेको छ। अहिलेको समस्या समाधान हुन्छ। दीर्घकालमा पनि शतप्रतिशत समाधान कतै पनि हुन्न। अमेरिकामा १५ दिन पावर बन्द भएको केस छ। जापानमा बन्द भएको छ। टेक्निकल समस्या जहाँ पनि आउँछ।, विद्युतीय वितरण विश्वासनीय बनाउन ९९ प्रतिशत बनाउन हामी काठमाडौंभित्र ९ देखि १० वटा सबस्टेशन बनाइरहेका छौं। १३२ केभिएको लाइनको रिङ बनाउन काम गरिराखेका छौं। त्यसले गर्दा नजिक-नजिक सबस्टेशन र ट्रान्सफर्मर भएपछि भोल्टेज सुध्रिन्छ र गुणस्तर पनि राम्रो हुन्छ। कुनै एरियामा माग भयो, २/३ सय माग भयो भने त्यस्तो अवस्थामा दिन सकिन्छ। हाम्रो लोड अझै बढ्ने हो फिक्स भएको छैन। पहिला बत्तीमात्रैबालेका थियौं, अहिले सबैले एसी राख्न थाले। अपग्रेड हुँदैछ। इन्डक्सन प्रयोग गर्दैछौं। अब सबैलाई बत्ती पुग्यो भनेपछि बल्ल माग फिक्स हुन्छ। माग फिक्स होउन्जेलसम्म संरचना पनि स्टेबल हुन्छ। , प्रश्न: उपत्यकामा विश्वासनीय रूपमा बिजुली आउन सबस्टेशन निर्माण हुनुपर्यो। भूमिगत तार बिच्छ्याउनु पर्यो भनेपछि अब २ वर्ष लाग्छ?, डेढदेखि २ वर्षमा धेरै सुधार हुन्छ। सबै सबस्टेशन बन्छ। लाइन पनि बन्छ। खिम्तीदेखि बाह्रबिसे र लप्सीफेदीको ४ सय केभिएको लाइन बन्दैछ। लप्सीफेदीमा समस्या छ। त्यहाँबाट चाँगुनारायण ल्याउन समस्या छ। जबकी त्यहाँ सबस्टेशनको बन्न लागिसक्यो। हामी २४ घन्टा लागेका छौं। सकिएन भने राज्य पनि लाग्नुपर्यो। काठमाडौंको मुटुमा १३२ केभिए र २२० केभिएको लाइन ल्याउन सकिएन भने दीर्घकालमा समस्या हुन्छ। कार्यक्रम छ तर स्थानीय समस्या छन्। राज्यले सबैले सहयोग गर्नुपर्छ।,
कुलमानसँग सवाल-जवाफ: काठमाडौंमा झ्यापझ्याप बिजुली कहिलेसम्म जान्छ? (भिडिओ)
|
सेतोपाटी संवाददाता गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ स्थित माछाखोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। , शुक्रबार दिउँसो पौने १२ बजे आरूघाटबाट माछाखोलामा सिमेन्ट-रड बोकेर लैजाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए। , मिनी ट्रक सडकबाट अन्दाजी एक सय मिटर तल खसेको उनले बताए। , मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-४ का २४ वर्षीय निराजन नेपाल, २० वर्षीय दिपक परियार र धार्चेकी दुई वर्षीया सपना गुरूङ छन्। थप तीन जना घाइते समेत भएका छन्। नेपाल मिनी ट्रक चालक थिए। , उपचारको लागि दुई जनालाई हेलिकप्टरबाट र एक जनालाई एम्बुलेन्समा राखेर काठमाडौं ल्याइएको छ। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, अहिलेसम्म दुर्घटनाका प्रत्यक्षदर्शी नभएको हुँदा कसरी दुर्घटना भएको भन्न सकिने अवस्था नभएको प्रहरी उपरीक्षक खनालले बताए। , ‘प्रत्यक्षदर्शी नभएको हुँदा कसरी दुर्घटना भएको हो भन्ने खुलिसकेको छैन। त्यहाँको बाटो पनि नराम्रो र हिजो-अस्ति परेको पानीको कारणले पनि दुर्घटना हुनसक्छ,’ उनले भने। ,
गोरखामा मिनी ट्रक दुर्घटना हुँदा दुई वर्षीया बालिकासहित तीनको मृत्यु
|
सेतोपाटी संवाददाता सर्लाहीको ईश्वरपुर नगरपालिकामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा हटाइएको छ।, मंगलबार दिउँसो ३ बजेदेखि जारी गरेको निषेधाज्ञा आज बेलुकी ७ बजेदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिए।, प्रहरी भ्यानको ठक्करबाट आइतबार राति ईश्वरपुर नगरपालिका-७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार ३० वर्षीय व्यापारी रामकुमार महतोको मृत्युको घटना विरोधमा आन्दोलन उग्र रूप लिएपछि निषेधाज्ञा जारी गरिएको थियो।, प्रहरीले घटना लुकाउन खोजेको र शंकास्पद देखिएको भन्दै स्थानीयले टायर बालेर प्रहरी प्रशासनविरूद्ध नाराबाजी गर्दै आन्दोलन गरेका थिए।, प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने, जागिरका लागि पहल गर्ने र छानबिन समिति गठन गरी निष्पक्ष अनुसन्धान गर्ने र परिवारका एक जना सदस्यलाई स्थानीय तहमा जागिरका लागि पहल गर्ने निर्णय भएपछि आन्दोलन रोकिएको छ।, सहमतिपश्चात महतोको शव ५ दिनपछि परिवारले बुझेको छ।, सहमतिअनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले हिजो पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइदिन माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ।, घटनाको निष्पक्ष छानबिनका लागि प्रदेश प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्र फुँयालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए।, समितिमा २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवार, २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाका प्रहरी निरीक्षक (इन्सपेक्टर) गोविन्दलाल कर्ण, सोही कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सइ) प्रेमकुमार साह र सङ्घीय प्रहरी एकाई कार्यालय जनकपुरधाम, धनुषामा कार्यरत प्रहरी हवल्दार प्रमोद कुमार साह सदस्य छन्।, समितिलाई उक्त दुर्घटनाको सम्बन्धमा वास्तविक सत्य-तथ्य बुझेर अबिलम्ब प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।,
सर्लाहीमा हट्यो निषेधाज्ञा, पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमति
|
विनोद सापकोटा धेरै मानिस उत्तम जागिर, मध्यम व्यापार ठान्छन्। व्यापारभन्दा जागिर रोज्ने मानिस धेरै छन्।, जागिरले नै शान, मान र दाम तीन वटै चिज पाइने हुँदा अन्य पेशा व्यवसायमा त्यति धेरैको मन जाँदैन।, तर, अहिले पहिलेको जस्तो छैन। जागिरभन्दा व्यवसायप्रति युवाहरूको आकर्षण बढ्दो छ। सरकारी तथा गैरसरकारी जागिर छोडेर आफ्नै लगानीमा व्यवसाय गर्नेको लर्को नै लागेको छ। यतिमात्र होइन, वैदेशिक रोजगारबाट फर्किनेले कि व्यापार कि व्यवसाय सुरू गर्न थालेका छन्।, झापाको शिवसताक्षी-७ का २७ वर्षीय विवेक आचार्य शिक्षण पेशामा थिए। ५ वर्ष गाँउकै संस्थागत विद्यालयमा विज्ञान विषय पढाउँथे। विद्यार्थीले मात्र होइन, तिनका अभिभावकले पनि सर भनेर बोलाउँदा आफूलाई सम्मानित ठान्थे।, तर, जागिरको पैसा कति नै हुन्थ्यो र। बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पढाएको पैसाले घर खर्च नधानेपछि उनी जागिर छोडेर व्यवसायतिर लागे। उनको पहिलो योजना नै स्थानीय जातका कुखुरा पालन गर्ने बन्यो।, सुरूमा एक हजार कुखुराका चल्ला किनेर आफैंले बनाएको खोरमा हाले। पाँच महिनामै कुखुरा मासुका लागि बेच्न योग्य भए। छोटो समयमा आफूले पालेका कुखुरा बजारमा पुग्न थालेर रुपैयाँ भित्रन थालेपछि व्यवसायको प्रचार उनले आफ्नै फेसबुक पेजबाट गरेका थिए। पूर्वका झापा, इलाम, धनकुटा, मोरङ, सोलुखुम्बु हुँदै मध्यपहाडी सुर्खेतसम्म उनका कुखुराले बजार पायो।, अपेक्षा गरेभन्दा राम्रो बजार पाउन थालेपछि उनले सुरूको संख्यालाई थपेर तेब्बर कुखुराका चल्ला हाले। उनी भन्छन्, ‘महिनाको एक लाख रुपैयाँ त सजिलै बच्छ।’ सुरूमा उनले खोर बनाउन एक लाख र चल्ला किनेर हाल्न दुई लाख मात्र खर्च गरेका थिए।, जागिर गरेर कमाएको जति पैसा राम्ररी व्यवसाय गर्ने हो भने एक महिनामै कमाउन सकिने उनले अनुभव गरेका छन्। बिएस्सी गरेका आचार्य शिक्षण पेशा छाडेर २०७३ सालदेखि कुखुरा पालन व्यवसायमा रमाउन थालेपछि उनलाई गाँउका स्थानीयले पनि अब्बल किसानको रुपमा चिन्छन्।, शिक्षण पेसाले दिन नसकेको सन्तुष्टि कुखुरा पालन व्यवसायले दिएको उनले बताएका छन्। ‘सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टि हो,’ आचार्यले भने, ‘यो व्यवसायबाट कमाई पनि भएको छ र आत्मसन्तुष्टि पनि।’, कुखुरा पालनसँगै यतिबेला प्रत्येक घर र मानिसलाई आववश्यक पर्ने हारपिक र फिनेल पनि उनले उत्पादन गर्न थालेका छन्। घर, आँगन, भान्सा कोठा, शौचालय आदिमा प्रयोग हुने फिनेल र हारपिक उत्पादन गर्न थालेर आफ्नो कमाइलाई उनले दोब्बर बनाउन थालेका हुन्।, ट्वाइलेट क्लिनर, बहुप्रकारका फिनेल, कारवास, क्लिनिङ सोप, हेण्ड वास, घरको फ्लोर क्लिनर, ग्लास क्लिनका आइटम पनि उनले आफ्नै घरबाट सुरू गरेका छन्। आवश्यक कच्चा पदार्थ बाहिरबाट ल्याएर घरैमा उनले हारपिक र फिनेल बनाउँछन्। थोरै लगानीमा मनग्ये आम्दानी हुने देखेपछि जाल्पादेवी केमिकल प्रालि नामको उद्योग नै सञ्चालन गरेर आम्दानी सुरू गरेका छन्।, सानै उमेरमा उद्योग सञ्चालन गरेर गाउँमै राम्रो आय आर्जन सुरू गरेपछि शिवसताक्षी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नवीन इजम पनि आचार्यको पौरख देखेर औधी खुसी भएका छन्। उनले भने, ‘पढाइ नसक्दै रोगगारका लागि विदेसिन बल गर्ने युवालाई विवेकको व्यवसाय शिवसताक्षी नगरमा राम्रो उदाहरण बन्यो।’ यस्ता उद्यमीलाई स्थानीय सरकारले पनि प्रोत्साहन दिन उत्पादनमूलक कार्यक्रम दिने उनले बताए।, आचार्यको व्यवसायमा उनका बुवा गेहनाथ, आमा राधिका र भाइ विशाल नै कामदारका रूपमा छन्। एकाघरका सदस्य मिलेर काम गर्दा पैसा पनि नबाहिरिने उनले सेतोपाटीलाई बताए। थोरै लगानीले थालेको व्यवसायले उच्च आम्दानी दिन थालेपछि उनको परिवारमा यतिबेला निक्कै सन्तोष मिलेको परिवारलाई अनुभूति भएको छ।,
बिएस्सी पढेर व्यवसाय थालेका विवेक भन्छन् - एक महिनामा लाख कमाउँछु
|
एजेन्सी आजदेखि सन् २०२२ सुरू भएको छ। मध्यरात १२ बजे विश्वभर नयाँ वर्ष सन् २०२२ लाई भव्य स्वागत गरिएको छ।, पछिल्लो वर्ष विभिन्न कारणले चर्चामा रह्यो।, विश्व नै प्रभावित भएको कोरोना महामारीको सामना मात्र नगरी यसविरुद्धको खोपको विकास भयो।, मानव जीवनमा आइपर्ने ठूलठूला संकट जस्तै कोरोना महामारीलाई विश्वका सञ्चामाध्यमले प्राथमिकता दिए। , हेर्नुहोस् तस्बिरमा वर्ष २०२२ लाई यसरी स्वागत गर्यो विश्वले। ,
तस्बिरमा नयाँ वर्ष २०२२
|
सेतोपाटी संवाददाता ग्रेग्रोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरू भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरूआत भएको भन्ने भनाइ छ।, पोप ग्रेग्रोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेग्रोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । , जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रूसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटीले बताए।, विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ। , यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ।, रासस,
,
आजदेखि अंग्रेजी नयाँ वर्ष २०२२ सुरू
|
सेतोपाटी संवाददाता काठमाडौंको नरेफाँट स्थित तरकारी बजार सडकखण्डबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , शुक्रबार बिहान साढे १० बजे काठमाडौं महानगरपालिका-३२ नरेफाँट तरकारी बजारस्थितबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सुचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीको टोलीले एक जनालाई पक्राउ गरेको हो।, धादिङ घर भई काठमाडौंको तार्केश्वर नगरपालिका-११ लोलाङ बस्ने ४६ वर्षीय लेखबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। , उनको साथबाट प्रहरीले ८९२ एम्पुल लागु औषध बरामद भएको प्रहरी उपरीक्षक मैनालीले बताए। उनीबाट युगान्तर मिडिया प्रालिको परिचय पत्रसमेत फेला परेको छ। , प्रहरीले थप अनुसन्धान अघि बढाएको छर ,
काठमाडौंबाट लागुऔषधसहित एक पक्राउ
|
सेतोपाटी संवाददाता दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चुन्न शनिबार बिहानदेखि मतदान सुरु भएको छ। , बिहान पौने आठ बजेदेखि सुरु भएको मतदानको समय बेलुका साढे चार बजेसम्म निर्धारण गरिएको छ। , नेतृत्वको लागि नौ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता यमकान्त भण्डारीको एउटा प्यानल र नेपाली काँग्रेसकै पवनराज बुढाथोकीको अर्कौ प्यानल चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन्। , भण्डारीको प्यालनबाट उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सीताराम शर्मा आचार्य, नेकपा एमालेका शेबकराम भण्डारीलाई सचिव र कोषाध्यक्षमा विप्लव नेकपाका भद्रबहादुर वली रहेका छन् । , खानेपानीको कार्यसमितिमध्ये केही सदस्य पदमा सर्वसम्मत भए पनि नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूलाई खुला सदस्य प्रदान गरिएको छ। , त्यस्तै बुढाथोकी प्यानलबाट काँग्रेस वडा क्षेत्रीय प्रतिनिधि र अहिलेका पनि उपाध्यक्ष गिरीधारी प्रशाद पौडेल उपाध्यक्ष र क्रियाशील सदस्य भोलाप्रसाद थापा कोषाध्यक्ष पदमा प्रतिष्पर्धी छन् । , तुलसीपुर खानेपानीमा ८ हजार १ सय ६५ उपभोक्ता छन् । तर, त्यसमध्ये निर्धारित समयमा महशुल बुझाएका करिब ७ हजार ४ सय ६७ जना मात्रै मताधिकार पाएका छन् । , मतदान तुलसीपुरस्थित अरनिको खेल मैदानमा भइरहेको छ ।, बिहान नौ बजेसम्म ३ सय १५ मत खसेको निर्वाचन अधिकृत पुष्कर भण्डारीले सेतोपाटीलाई बताए ।,
तुलसीपुर खानेपानीमा नेतृत्व चुन्न मतदान जारी
|
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्। , पक्राउ पर्नेमा तीन महिला र दुई पुरूष छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीया दिपु नेपाली, तुलसीपुर ६ बरुवागाउँका २९ वर्षीय रूद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र तुलसीपुर ७ को सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन्। , दुई दिनको अवधिमा यी पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले ५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी दिए । , यहीँ महिना मात्रै प्रहरीले तुलसीपुर क्षेत्रबाट २४ जना जतिलाई ब्राउन सुगरसहित पक्राउ गरि सकेको जनाएको छ। , पछिल्लो सयम तुलसीपुरमा किशोर किशोरीहरु समेत लागूऔषधको कुलतमा फस्दै गएको प्रहरी बताउँछ।,
तुलसीपुरमा ब्राउन सुगरसहित पाँचजना पक्राउ
|
डा.प्रियादर्शनी योञ्जन सुगर (मधुमेह, डाइभिटिज) भएको बिरामीले आफ्नो दैनिकी बिहान सबेरै उठेर सुरू गर्नुपर्ने हुन्छ। , अहिले चिसोको मौसम छ। चिसो बढिरहेको छ। सकेसम्म सात बजेभन्दा अगाडि उठ्नुपर्छ। सम्भव भए साढे ५, ६ बजेसम्म उठेको राम्रो।, उठेपछि सुरूमा एक गिलास तातो पानी पिउने। त्यसपछि जिउ तन्क्याउनुपर्छ। सुत्दाखेरी मांसपेशी कडा भएको हुन्छ। त्यसैले ५ मिनेट शरीर तन्क्याएर मात्रै आफ्नो दिनको सुरूआत गर्नुपर्छ।, दिनको सुरूआत सकारात्मक सोचबाट गर्नुपर्छ। त्यसको लागि ५ मिनेट ध्यान गरेर सुरू गरेको राम्रो हुन्छ। त्यसपछि ४५ मिनेटजति फटाफट हिँड्नुपर्छ। चिसोको मौसम भएकोले कम्तिमा आधा घण्टा आफ्नै घरमा हिँड्दा हुन्छ। , हिड्नुअघि कालो चिया, बिस्कुट अथवा दुई चम्चा सातु खाएर निस्किएको राम्रो हो। हिँडेर आएपछि एकदमै हल्का खाना खाएर कामको लागि निस्किनुपर्छ। खानामा ओड्स, सुख्खा रोटी, अण्डाको सेतो भाग, चनालगायत खान सकिन्छ।, अफिस जानेले घरबाटै खानेकुरा लिएर गएको राम्रो हुन्छ। सलाद, रोटी लिएर जान सकिन्छ। अफिस पुगेपछि काम सुरू गर्नुभन्दा पहिला तातोपानी अथवा कालो चिया खाएमा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। , त्यसको दुई घण्टापछि हल्का खाना खानुपर्छ। २,३ बजे हल्का खाजा खानुपर्छ। सम्भव भए फलफूल सँगै खानुपर्छ।, काम गर्दा लगातार कुर्सीमा बस्नुभन्दा १-१ घण्टामा २-३ मिनेट भए पनि यताउता चलमलाउनुपर्छ। , घर आइसकेपछि जाडो मौसम भएकोले गेडागुडीको सुप खान सकिन्छ। त्यसपछि ७ साढे ७ बजेभित्र बेलुकाको खान खानुपर्छ। त्यसपछि ५-१० मिनेट कोठामै बिस्तारै हिँड्नुपर्छ। सुत्नुअघि सकेसम्म मोबाइल चलाउने र टेलिभिजन हेर्ने गर्नुहुँदैन। बरू किताब पढ्ने तथा ध्यान गरे राम्रो हुन्छ।, सुत्ने समय सधै एउटै बनाउनुपर्छ। सकेसम्म ६ देखि ८ घण्टाको राम्ररी निदाउनुपर्छ।, मधुमेह भएको बिरामीहरू अफिस जाने मात्रै हुँदैनन्। कोही घरमै बस्ने पनि हुन्छन्। कोही जेष्ठ नागरिक हुन्छन्। कतिपय ड्राइभिङ गर्ने, कोही खेतबारीमा काम गर्ने हुन्छन्। कतिलाई रातीको ड्यूटी गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा समेत सकेसम्म एउटै रूटीन मिलाउनुपर्छ।, धेरै तनाव लिनु हुँदैन। कसैले ड्राइभिङ गर्छ भने पनि खानाको समय मिलाउनुपर्छ। लामो समय खाली पेट बस्नु हुँदैन। त्यसैले २-३ घण्टाको अन्तरमा केही खानुपर्छ। लामो यात्रामा हुनेले आफ्नो साथमा फलफूल लिएर जानुपर्छ।, औषधि कहिले खाने भन्ने कुरा बिरामीको अवस्थामा भर पर्छ। धेरैजसो बिहान र बेलुकाको समयमा औषधि दिइन्छ।, सुगरका बिरामीले कम्तीमा महिनाको एक पटक सुगर नाप्नुपर्छ। अस्पताल र नजिकको ल्याबमा गएर परीक्षण गर्न सकिन्छ।, इन्सुलिन लिएका बिरामीले घरमा मेसिन हुनेले हप्तामा २-३ पटकनै परीक्षण गरेको राम्रो हो। घरमा इन्सुलिन नाप्ने मेसिन छैन भने हप्तामा एक पटक परीक्षण लगराउनुपर्छ।, सुगरका बिरामीले बिहानदेखि रातीसम्म कस्तो दैनिकी अपनाउने के गर्ने, के नगर्ने अनि के खाने, के नखानेलगायतका विषयमा केन्द्रीत रहेर हामीले अल्का अस्पतालमा कार्यरत मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा.प्रियादर्शनी योञ्जनसँग भिडिओ कुराकानी गरेका छौं। हेर्नुहोस् भिडिओ,
सुगरका बिरामीले उठेदेखि नसुतेसम्म के-के गर्ने, के खाने? (भिडिओ)
|
सेतोपाटी संवाददाता प्रहरीले शुक्रबार राति लागुऔषधसहित चार युवालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका-६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-४ बस्ने १७ वर्षीय वीरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका-७ बस्ने १४ वर्षीय सुमन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट नेपाल आएका उनीहरूलाई औरही नगरपालिका-४ स्थित सडकबाट प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो।, प्रहरीले उनीहरूको साथबाट नेपालमा प्रतिबन्धित नाइट्राभेट ट्याब्लेट ३७५ पिस, स्पास्मो प्रो ८ पिस र डाइलेक्स सिरप ४ बोतल बरामद गरेको छ। रासस,
महोत्तरीबाट लागुऔषधसहित चार युवा पक्राउ
|
सेतोपाटी संवाददाता घोराही कारागारका जेलर युवराज परियार रिहा भएका छन्। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जेलर परियार शुक्रबार नै अदालतको आदेशले रिहा भएको सेतोपाटीलाई बताए।, पक्राउ परेका तीन प्रहरीसहित अन्य ६ जना भने थुनामै छन्। ‘म त हिजो फिल्डमा थिएँ, अदालतले छोड्न आदेश दिएछ,’ प्रजिअ रेग्मीले भने, ‘त्यही त होला सायद प्रमाण नपुगेरै छोड्न आदेश भयो होला।’, त्यस्तै, घोराही कारगारको समेत जिम्मेवारी प्रदान गरिएका तुलसीपुर कारागारका जेलर अमर वलीले भने जिम्मा जमानीमा छुटेको सेतोपाटीलाई बताए। ‘उहाँलाई खोजेको बेलामा उपस्थित हुने गरी छोड्न आदेश भएको हो,’ वलीले भने, ‘अझै अनुसन्धान भइरहेको छ।’, फरार नाइके यमराज परियार र जेलर युवराजका बीचमा दाजुभाइको जस्तै सम्बन्ध रहेको तथा त्यही भएर कारागारभित्रै पनि यमराजलाई दिनै नमिल्ने सेवा सुविधा, अधिकार दिएको आरोप बाहिरएको थियो।, पुस ८ गते कारागारका नाइके यमराज परियार प्रहरीकै मोटरसाइकल लगेर भागेपछि घटना अनुसन्धानका लागि भन्दै जेलर परियार पुस १२ गते सात जना पक्राउ परेका थिए।, कर्तव्य ज्यानमुद्दामा साढे सात वर्ष कैद भुक्तान गरेका कारागारका नाइके परियारलाई जिल्ला अदालतबाट २० वर्ष सजाए तोकिएको छ।, फरार नाइके परियारको खोजी कार्यका लागि केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि खटिएको स्रोतले जानकारी दिएको छ।, नाइके यमराजलाई भगाउन तीन जना प्रहरीको समेत मिलेमतो रहेको पाइएको भन्दै हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।, घटनामा संलग्न प्रहरीका बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालको नेतृत्वमा एउटा छानबिन समिति पनि गठन गरेको छ।,
नाइके फरार प्रकरण: छुटे घोराही कारागारका जेलर युवराज
|
सेतोपाटी संवाददाता गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्प गएको छ।, शनिबार बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका-८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।, जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ। जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुँदै आएको छ। रासस,
लमजुङमा भूकम्पको धक्का
|
सेतोपाटी संवाददाता पर्सा प्रहरीले ६० लाख रुपैयाँ बराबरको भन्सार छलीका सामग्री लोड गरिएको ट्रकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. २ का ३३ वर्षीय नसरुदिन मियाँ रहेका छन्।, ट्रकमा लोड गरिएका सम्पूर्ण सामग्रीको बिल देखाउन नसकेपछि मियाँलाई ट्रकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विशेष सूचनाका आधारमा मियाँले चलाइरहेको ट्रक चेकजाँच गर्दा उनी पक्राउ परेका हुन्।, वीरगञ्ज महानगरपालिका वडा नं. २२ स्थित परवानीपुर चोकमा मियाँले चलाइरहेको प्रदेश नं. २-०३-००१ ख ०१२९ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेकजाँच गर्दा उनले लोड गरिएको सम्पूर्ण सामग्रीको बिल बिजक देखाउन नसकेको बस्नेतले जानकारी दिए।, सामग्रीहरु उनले पोखरा लगिरहेको प्रहरीलाई बयान दिएको खनालले बताए। जफत गरिएको सामग्रीमा खुद्रा मालवस्तु र औषधी रहेका छन्।, प्रहरीले जफत गरिएको सामग्रीको मूल्यांकन ६० लाख रुपैयाँ गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ।,
६० लाख मूल्य बराबरको भन्सार छलीको सामान र ट्रकसहित एक पक्राउ
|
सेतोपाटी संवाददाता विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रकी जीवित देवी कुमारी घरमा साढे छ वर्षअघिको भूकम्पले क्षति पुर्यायो।, भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गरे। पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर उनले कुमारी घरलाई पुनःनिर्माणको सूचीमा राख्न निर्देशन पनि दिए।, कुमारी घरमा भूकम्पले गरेको क्षतिका बारेमा गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले छुट्टाछुट्टै प्राविधिक अध्ययन गरे। तीनवटै निकायले एक-एक महिना लगाएर भवनको प्राविधिक अध्ययन गरेको ६ वर्ष बितिसक्दा पनि भवन भने टेकोका भरमा अडिएको छ। कुनै पनि निकायले पुनःनिर्माणमा चासो देखाएका छैनन्।, सनातनदेखि चली आएको इन्द्रजात्रामा जीवित देवी कुमारीको पनि रथयात्रा गराउने चलनको सुरुआत मल्लकालमा भयो। कुमारीको रथयात्रा चलाउन कुमारी राख्ने घर जयप्रकाश मल्लका पालामा बनेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य बताउँछन्। त्यसपछि बेलाबेलामा भवनको मर्मतसम्भार गरिए पनि पुनःनिर्माण भएको छैन। पच्चीस वर्षअघि चार इञ्चको चिल्लो इँटाको गारो बाहिरबाट थपिएकाले भवन नयाँ नै हो कि भन्ने लाग्छ। मल्लकालीन भवन भएकाले भूकम्पले भित्रभित्रै जीर्ण बनेको छ।, भित्री गारो जीर्ण भएकाले भवन जोखिममा परेको समितिले जनाएको छ। कुमारी घरको पश्चिमी भागमा भित्रबाट टेको लगाएर राखिएको छ। इन्द्रजात्रामा गुठी संस्थानले प्रयोग गर्ने कोठासमेत रहेको पश्चिमी भाग धेरै जीर्ण भएकाले नै तालाबन्दी गरी राखिएको छ। वसन्तपुर डबलीको भागमा भने बाहिरपट्टिबाटै टेकोका भरमा कुमारी घरलाई अड्याइएको छ। , ‘भवनको भित्री भाग चर्किएको छ, दलिन कुहिएको छ, वरिपरि टेकोका भरमा भवन अडिएको छ, भित्री चोकको टेको भने यसै वर्ष इन्द्रजात्रा बेला निकालियो, भर्याङ जीर्ण भएर हनुमानढोका दरबार हेरचाह अड्डाले बनाइदिएको छ, मूल भवन भने अझै बनाउने अत्तोपत्तो छैन,’ उनले भने।, धेरै विदेशी पर्यटकको आवतजावत हुने वसन्तपुर डबली क्षेत्रमा राखिएको टेकोले नकारात्मक सन्देश प्रवाह गरे पनि पुनःनिर्माण नहुनु दुःखद् भएको यहाँ अवलोकनका लागि आएका राजेन्द्र डङ्गोल बताउँछन्।, जीवित देवीका रुपमा पुजिने कुमारी घर बनाउन गत आर्थिक वर्षमै काठमाडौं महानगरपालिकाले ५० लाख बजेट विनियोजन गरे पनि काम भने सुरू गरेन। गत आर्थिक वर्षमा वडा नम्बर २३ का अध्यक्षको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर काम अघि बढाउन खोजे पनि बजेट अपुग भएर काम सुरु हुन नसकेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यले बताए।, महानगरपालिकाले चालू आर्थिक वर्षमा कुमारी घर पुनःनिर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ। पुनःनिर्माणका लागि तीन करोड बजेट लाग्ने अनुमानित लागत यसअघि नै तयार गरिएको छ। पुनःनिर्माणको लागत एकैपटक जुटाउन नसक्दा काम हुन नसकेको दरबार संरक्षण कार्यक्रमले जनाएको छ। दरबार क्षेत्रका सम्पदा हेर्न महानगर र पुरातत्व विभागले फरकफरक निकायको स्थापना गरे पनि संरक्षणमा ध्यान नदिएको स्थानीयवासी सन्तबहादुर श्रेष्ठ बताउँछन्।, घरबाट वर्षमा १३ पटक निकालिन्छ कुमारीलाई, कुमारी घरबाट वर्षमा १३ पटक विभिन्न सांस्कृतिक गतिविधिका लागि कुमारीलाई निकाल्ने गरिन्छ। इन्द्रजात्राकै क्रममा तीनपटक कुमारीलाई घरबाट बाहिर निकालिन्छ। वडादसैँमा हनुमानढोका दरबारमा कुमारीको पूजाआजा गरिन्छ। रामनवमीका दिन कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिन्छ।, चैतेदसैंकै बेला हुने सेतो मच्छिन्द्रनाथको रथयात्राका क्रममा कुमारीलाई लगनटोल लगिन्छ। माघ महिनामा हुने सेतो मच्छिन्द्रनाथको स्नानका क्रममा पनि कुमारीलाई मच्छिन्द्रबहाल लैजाने परम्परा रहेको छ। गाईजात्राको भोलिपल्ट ठमेलस्थित भगवानबहालमा लगिन्छ। गाईजात्राको भोलिपल्ट ठमेलमा बौद्धमार्गीका बहिल देवताको प्रदर्शनी गरिएको हुन्छ।, माघमै चाँगुनारायणलाई हनुमानढोका दरबार ल्याउने क्रममा पनि कुमारीलाई घरबाट निकालेर दर्शनका लागि लगिन्छ। गाईजात्राको चार दिनअघि पनि चाँगुनारायणलाई हनुमानढोका दरबारमा ल्याउँदासमेत कुमारीलाई घरबाट निकालेर लैजाने गरिएको छ। आश्विन शुक्ल पञ्चमीमा पचलीभैरव जात्रा हनुमानढोका दरबार लैजाँदा पनि कुमारीलाई घरबाट निकालेर लैजाने गरिएको छ। यसैगरी घोडेजात्रा क्रममा कुमारीलाई नेपाल वायुसेवा निगम भवन लगेर राखी जात्रा देखाउने गरिन्छ। २०६५ मा कुमारी परम्परा सुरु भएको २५० वर्षको विशेष कार्यक्रम गरी मनाइएको छ। रासस,
भूकम्पपछिको कुमारी घर : प्राविधिक अध्ययन गरेको ६ वर्ष बित्यो, भवन अझै टेकोका भरमा
|
सेतोपाटी संवाददाता नेपालमा थप ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३८२ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा २० हजार ९५९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ७ जनाको पिसिआर परीक्षण र १५९५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २५२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।, अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ९६९ पुगेको छ।, यस्तै काठमाडौं उपत्यकामा २८५ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २४४, भक्तपुरमा ९ र ललितपुरमा ३२ गरी २८५ छन्।,
२० हजार ९५९ मा कोरोना परीक्षण गर्दा ३८२ लाई संक्रमण
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २८५ कोरोना संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा २४४, भक्तपुरमा ९ र ललितपुरमा ३२ गरी २८५ छन्।, यसैगरी काठमाडौं उपत्यकामा २०७३ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ९५९, ललितपुरमा ६१२ र भक्तपुरमा ५०२ सक्रिय संक्रमित छन्।, नेपालमा थप ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा २० हजार ९५९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ७ जनाको पिसिआर परीक्षण र १५९५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २५२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।, अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ९६९ पुगेको छ।,
काठमाडौं उपत्यकामा थपिए २८५ संक्रमित, काठमाडौंमा मात्रै २४४
|
सेतोपाटी संवाददाता पत्रकार केपी ढुंगानालाई ‘अनलाइन जर्नालिज्म अवार्ड’ प्रदान गरिएको छ। शनिबार अनलाइन पत्रकार संघको ११औं साधारणसभामा ढुंगानालाई पुरस्कार प्रदान गरिएको हो।, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ढुंगानालाई पुरस्कार प्रदान गरे।, इञ्जिनियर विनोद ढकालले पाँच लाख रुपैयाँको अक्षय कोष राखेर स्थापना गरेको पुरस्कार पहिलोपटक ढुंगानालाई प्रदान गरिएको हो। पुरस्कारको राशी ५० हजार रहेको छ।, अक्षयकोषबाट आएको रकमबाट संघले अब हरेक दुई वर्षमा आफ्ना सदस्यहरूमध्येबाट उत्कृष्टलाई पुरस्कार दिने संघका अध्यक्ष शिवप्रसाद सत्यालले बताए।, पत्रकार कुवेर चालिसेको सञ्योजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेल, महासंघका पूर्वसभापति तारानाथ दाहाल, महासंघका पूर्वसचिव रामप्रसाद दाहाल र संघका सदस्य सचिव शिवप्रसाद सत्याल सम्मिलित समितिले ढुंगानालाई पुरस्कारको लागि छनोट गरेको थियो। , कार्यक्रममा पत्रकार चालिसेले पहिलोपटक पुरस्कार वितरण गरिएकाले अनलाइन पत्रकारितामा पुर्याएको योगदान र लेखेका समाचारहरूको आधारमा ढुंगानालाई पुरस्कृत गरेको बताएका थिए। यस्तै, उनले आगामी वर्षदेखि संघका सदस्यहरूलाई उनीहरूले लेखेको समाचारका आधारमा मूल्यांकन गर्दै पुरस्कृत गरिने बताए। , ढुंगाना डेढ दशकदेखि पत्रकारितामा संलग्न छन्। कान्तिपुर, नागरिक, नयाँ पत्रिका, राजधानी दैनिक, पहिलोपोस्ट डटकम, शुक्रबार साप्ताहिक र नेपाललाइभ डटकममा काम गरेका ढुंगाना अहिले उकेरा डटकमको प्रधान सम्पादक छन्। उनी अन्तरदेशीय अपराध सम्बन्धी पुस्तक ‘ओपन सेक्रेट’का लेखक हुन्।, कार्यक्रममा बोल्दै मन्त्री कार्कीले अनलाइन सञ्चारमाध्यम अब मुलधारको पत्रकारिता बनिसकेको भन्दै यसमा कुनै समस्या भए सरकार सहजीकरण गर्न तयार रहेको बताएका थिए।, उनले अन्य सन्चारमाध्यमझैं अनलाइन सञ्चारमाध्यमलाई समेत समानुपातिक विज्ञापन उपलब्ध गराउन कार्यविधि बनिरहेको भन्दै उनले वर्तमान सरकार प्रेस स्वतन्त्रतामा अवरोध हुने कुनै गतिविधिबारे सोच्न समेत नसक्ने बताएका थिए।, ११ औं अधिवेशनले शनिबार डिल्लीप्रसाद सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ।, समितिको उपाध्यक्षमा गोविन्द अधिकारी, सचिवमा गोविन्द मरासिनी, कोषाध्यक्ष निर्दोष घोरसाइने र सदस्यहरूमा रविराज बराल, प्रजु पन्त र अमृत पौडेल छन्।,
उकेराका प्रधानसम्पादक ढुंगानालाई अनलाइन जर्नालिजम अवार्ड
|
सेतोपाटी संवाददाता नार्गाजुन नगरपालिका–२, इचंगुस्थित त्रितेन नोर्बुचे गुम्बामा मृतात्माको शान्ति र विश्व शान्तिको कामनासहित धार्मिक अनुष्ठान सुरु भएको छ। यसरी बोन धर्माबलम्बी ‘कुन्रीग लेसी ग्युङा’मा सहभागि भइरहेका छन्। , शान्ति तथा पूण्य प्राप्तिको कामनासहित गरिने पूजापाठ सातासम्म चल्छ। यस अनुष्ठानमा शनिबारदेखि होम सुरु भएको छ। तीन दिनसम्म होम हुने छ। खेम्पो तेम्बा युङ्डुङसहितका लामा एवं सर्बसाधारण पूजापाठमा सहभागि छन्। , बोन बुद्धिष्ट महासंघका महासचिव गेसे लोटोई छोग्लेककाअनुसार भोट क्षेत्रका ठूला लामाहरूको निधन भएको ४९ औं दिनमा यस्तो अनुष्ठान गरिन्छ। काठमाडौंको गुम्बामा भने समय समयमा आवश्यकताअनुसार गरिन्छ। , यहाँको गुम्बामा बोन धर्मका प्रवर्तक तोन्पा शेन्राव मिवोका मूर्ति राखिएको छ। तिनै मिवोले सुरु गरेको बाने धर्मले संसारका सबै प्राणीलाई सबै खाले दुःखहरूबाट रक्षा गर्ने जनविश्वास छ। , बोन धर्म १८ हजार ३८ वर्ष पुरानो मानिन्छ। समयक्रममा पृथ्वीमा एक हजार आठ बुद्धको जन्म हुन्छ भन्ने बोन धर्मग्रन्थमा उल्लेख छ। यस हिसाबले तोन्पा शेन्राब आठौं बुद्ध हुन्। , विशेषतः नेपालको हिमाली भेगमा बोन धर्मावलम्बीको बाक्लो बसोबास छ। इचंगुनारायणको गुम्बा गुरु योङजीन रिम्पोचेले ३८ वर्ष अघि स्थापना गरेका हुन्। यहाँ बोधन धर्म सम्बन्धी ‘फिलोसपी अफ डाक्टर’ पढाई हुन्छ। ,
इचंगुनारायणमा विश्व शान्ति पूजा (फोटो फिचर)
|
सेतोपाटी संवाददाता आज देशभर मौसम सफा रहनेछ। पश्चिमी वायुको सामान्य प्रभावले केही समय बादल लागे पनि तत्काल हटेर घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशका प्रदेश १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।, साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।, बाक्लो हुस्सु र कुहिरो केही बेपछि हटेर घाम लाग्ने महाशाखाले अनुमान गरेको छ।, आज काठमाडौंको तापक्रम ४.२ डिग्री सेल्सियस रहेको छ। दिउँसो १६–१८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। ,
,
आज देशभर मौसम सफा रहने, बिहानको हुस्सु र कुहिरो केही समयपछि हट्ने
|
नवीनबाबु गुरूङ किरात समुदायले शनिबार काठमाडौंको टुँडिखेलमा उधौली पर्व साथ साकेला नाचेर मनाएका छन्।, किरात समुदायले अन्नबाली भित्र्याएको खुसियाली र चिसो बढेसँगै लेकबाट बेसी झर्ने परम्पराको सांकेतिक पर्वका रूपमा उधौली पर्व मनाउने चलन छ।, किराती समुदाय, विशेषगरी सुनुवार, राई, लिम्बू र याख्खाहरूले मंसिर पूर्णिमाको दिनदेखि उधौली पर्व मनाउँछन्। , शनिबार किरात समुदायले आ-आफ्नो मौलिक पहिरन र बाजागाजासहित टुँडिखेलमा जम्मा भएर उधौली साकेला पर्व मनाएका हुन्। , हेरौं केही तस्बिरहरू , ,
टुँडिखेलमा नाचियो साकेला (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता नेपाली सेनाले दुई सय २९ जना क्याडेट अधिकृत माग गर्दै आवेदन खुला गरेको छ।, छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज सूचना निकालेर २२९ जना अधिकृत क्याडेट माग गरेको हो।, खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको निर्देशनालयले जनाएको छ।, www.nepalarmy.mil.np, वेबसाइटबाट इच्छुकले दरखास्त दिन सक्नेछन्।, खुलातर्फ १२६ जना माग भएको छ। महिलातर्फ २१, आदिवासी जनजातिमा ३३, मधेशीमा २९, दलिततर्फ १५ र पिछडिएको क्षेत्रतर्फ ५ जनाको माग भएको छ।, आजेदेखि माघ १७ गतेसम्म दरखास्त दिन सकिन्छ।, १८ वर्ष पूरा भई २१ वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्नेछन्। तर स्नातक तह वा सो सरह शैक्षिक योग्यता भएका २४ वर्षसम्मकाले दरखास्त दिन सक्नेछन्।, पुरूषका लागि उचाइ ५ फिट ३ इन्च र महिलालाई ५ फिट हुनुपर्दछ। ,
२२९ अधिकृत क्याडेट माग गर्दै सेनाले खुलायो जागिर
|
सेतोपाटी संवाददाता नेपालमा थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २४१ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ८९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ८१४ जनाको पिसिआर परीक्षण र २०८३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २२८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।, अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ पुगेको छ।, यस्तै काठमाडौं उपत्यकामा १४५ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १०९, भक्तपुरमा ११ र ललितपुरमा २५ गरी १४५ छन्।,
पछिल्लो २४ घण्टामा थपिए २४१ संक्रमित, मृत्यु हुनेको संख्या शून्य
|
सेतोपाटी संवाददाता ५० ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्। , त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सिरहाका २१ वर्षीय मोहम्मद इजराइल मियाँलाई पक्राउ गरेको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। , उनलाई बुधबार बेलुकी विमानस्थलबाट नियन्त्रणमा लिइएको हो। उनी साढे ७ बजे कतार एयरवेजको क्युआर ६५० को उडानमार्फत् दोहाबाट काठमाडौं आएका थिए। , विमानस्थलमा उत्रेपछि जब उनको सुटकेश एक्सरे मेसिनमा राखियो तब भन्सार कार्यालयका कर्मचारीले केही धातु फेला पारे।, मेसिनमा शंकास्पद सामान देखिएपछि मियाँलाई कर्मचारीले बोलाएर सोधपुछ गरेको थियो। उनको सुटकेश चकलेटका प्याकेटले भरिएको थियो। उनलाई त्यो सामान देखाउन भनिएपछि उनले सुटकेशबाट चकलेटको प्याकेट खोलेका थिए। , मियाँले सुटकेश खोलेर एउटा चकलेटको प्याकेट पनि खोले। त्यसबाट पनि उनले एउटा चकलेट निकालेर खोलेका थिए।, ‘आफन्तलाई भनेर चकलेटहरू ल्याइएको छ। त्यसको बीचमा एउटामा बाहिरबाट चकलेटको र्यापर थियो। भित्र कालो एउटा टेपले बारिएको अवस्थामा सुन फेला परेको हो,’ भट्टराईले भने।, उनीबाट ५० ग्राम सुनको ब्रास्लेट बरामद भएको उनले बताए। जसलाई ठिक चकलेट जस्तै बनाएर भन्सार छल्न ल्याइएको अवस्थामा फेला परेको हो।, पछिल्लो समय विभिन्न तरिकाबाट सुन लुकाएर नेपाल भित्र्याउने प्रयास भइरहेको छ। , त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराई तस्करहरूले विभिन्न तरिका अपनाएर नेपालमा कसरी सुन भित्र्याउन सकिन्छ त भन्नेबारे हेरिरहेको हुनसक्ने बताउँछन्। , ‘धेरै सुन ल्याएको त होइन। तर सायद यो अवैध कारोबारीहरूले हामीलाई विभिन्न तरिकाले टेष्ट गरिरहेका छन्। के गर्दा चाहिँ पत्ता लगाउन सक्दैनन् त भनेर टेष्ट गरिएको देखिन्छ,’ उनले भने, ‘विभिन्न तरिका अपनाइरहेका हुन्। तर ठ्याक्क पत्ता लाग्यो।’, उनीमाथि अहिले विमानस्थल भन्सार कार्यालयले भन्सार राजस्व छल्ने नियतले अवैध रूपमा आयात गरेको भन्दै थप अनुसन्धान अघि बढाएको छ।, उनलाई महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरी हिरासतमा पठाएको कार्यालयले जनाएको छ।, भन्सार ऐन अनुसार विदेशबाट ५० ग्रामसम्मका गहना ल्याउन छुट दिइएको छ। तर उनले ल्याएको सुन भने काँचो भएको र त्यसलाई नै ब्रास्लेटको रूप दिएको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए। , ‘बरामद भएको सुन काँचो नै हो। त्यसलाई ब्रास्लेटको जस्तो बनाइएको मात्र हो। राजस्व छल्ने मनसायले त्यसरी बनायो र चकलेटभित्र राख्यो। यसको मुख्य उद्देश्य चाहिँ हाम्रो परीक्षण गरिराखेको हो। के गर्दा चाहिँ हाम्रो सिस्टमले पत्ता लाग्दैन भनेर परीक्षण गरिरहेको हो,’ उनले भने, ‘गोल्ड टेष्ट गर्न दिएको भए त्यही अनुसार जान सकिन्थ्यो। तर बदनियत राखेर ल्याइएको देखिन्छ।’, त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २५० ग्रामसम्मका गहना ल्याउन पाइने र २०० ग्रामको भने भन्सार तिर्नुपर्ने जनाएको छ। , त्यस्तै, काँचो सुन भने १०० ग्रामसम्म मात्रै ल्याउन पाइन्छ। तर काँचो सुनको हकमा १ ग्रामदेखि १०० ग्रामसम्म जति ल्याए पनि भन्सार तिर्नुपर्ने कार्यालयले जनाएको छ। ,
चकलेटले भरिएको सुटकेशमा ५० ग्राम सुन भेटिएपछि...
|
सेतोपाटी संवाददाता उपत्यकाको छुट्टाछुट्टै स्थानमा बिहीबार दुई व्यक्ति मृत फेला परेका छन्। एक जना भक्तपुरमा र अर्का एक जना ललितपुरको चोभारमा मृत भेटिएका हुन्।, प्रहरी प्रधान कार्यालयका अनुसार भक्तपुरको मध्यपुरथिमी नगरपालिका–२ सानोथिमीस्थित नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको कम्पाउण्डमा वृद्धा मृत भेटिएकी छन्। मृत्यु हुनेमा काठमाडौंको जडीबुटी बस्ने मकवानपुर हेटौंडा घर भएकी ८० वर्षीया उखुमाया गोले रहेकी छन्।, यस्तै, ललितपुर महानगरपालिका–१८ चोभारमा बन्दै गरेको नयाँ घरको भुइँतलामा एक पुरुष बिहीबार मृत भेटिएका छन्। अन्दाजी ५०-५५ वर्षका देखिएका मृतकको पहिचान भएको छैन।, दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटना अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ। रासस,
भक्तपुर र ललितपुरमा दुई जना मृत फेला
|
राजु अधिकारी चिकित्सा शिक्षा आयोगले तोकेभन्दा लाखौं बढी शुल्क विद्यार्थीबाट असुल्ने प्रयासमा रहेको नोबेल मेडिकल कलेजको कदमको विपक्षमा उभिने विद्यार्थी पढाइबाटै बञ्चित भएका छन्। , चिकित्सा शिक्षा आयोगको शुल्क सीमा पालना गर्ने र विद्यार्थीहरूबाट कुनै पनि अतिरिक्त शुल्क नलिने वचन स्थानीय प्रशासनलाई दिएर विद्यार्थी आन्दोलन मत्थर पारेको विराटनगरको नोबेल कलेजले फेरि उनीहरूलाई सताउन थालेको छ। , नोबेल डा. सुनिल शर्माको स्वामित्वमा रहेको स्वास्थ्य प्रतिष्ठान हो। नेपाली कांग्रेसका नेतासमेत रहेका नोबेलका सञ्चालक डा. शर्माले आफूहरूबाट अनावश्यक शुल्क असुल्न खोजेको विद्यार्थी र अभिभावकको भनाइ छ।, मुलुकको ऐन, नियमविपरीत आफूहरूबाट शर्माले पैसा असुल्न खोजेको तर उनीविरूद्ध राज्यले कुनै 'एक्सन' नलिएको भन्दै अभिभावकहरू आक्रोशित बनेका छन्। , स्नातक तह (एमबिबिएस) पहिलो वर्षमा भर्ना हुन आएका विद्यार्थीहरूबाट कानुनविपरीत अतिरिक्त शुल्क असुल्न खोजिरहेको नोबेलले शुल्क नबुझाउने विद्यार्थीलाई कक्षा प्रवेशमै रोक लगाएको हो।, जिल्ला प्रशासन कार्यालय मोरङमा साताअघि भएको छलफलमा नोबेलले कुनै पनि अतिरिक्त शुल्क नदिने प्रतिबद्धता जनाएको थियो। , प्रशासनकै रोहबरमा भएको छलफलमा कलेज व्यवस्थापनले शुल्क नलिने भनेपछि विद्यार्थी र अभिभावक ढुक्क बनेका थिए। तर, बुधबारदेखि सुरू भएको कक्षा प्रवेश गर्नुअघि शुल्क अनिवार्य बुझाउन कलेजले विद्यार्थीलाई ताकेता गरिरहेको छ।, अतिरिक्त शुल्क नबुझाएकै कारण बुधबार र बिहीबारको कक्षामा अधिकांश विद्यार्थीले प्रवेश नै पाएनन्। , ‘प्रशासनसँग छलफलमा कलेज प्रशासनले अतिरिक्त कुनै पनि शुल्क नलिने भनेको थियो,’ एमबिबिएस अध्ययनका लागि नोबेलमा भर्ना भएका एक विद्यार्थीले भने, ‘तर, शुल्क नबुझाएको भन्दै हामीलाई कक्षामा प्रवेश नै दिइएन। यो कलेजको असुली धन्दा जस्तो भयो।’ , ती विद्यार्थीका अनुसार यसपटक नोबेलमा एमबिबिएस पहिलो वर्षमा ९६ विद्यार्थी भर्ना भएका छन्। तीमध्ये १० जना छात्रवृत्ति अन्तर्गतका, नौ जना भारतीय र अतिरिक्त शुल्क बुझाएका पाँचदेखि सात जनालाई मात्रै अहिले कक्षामा प्रवेश दिइएको छ।, ‘अरूलाई अतिरिक्त शुल्क नबुझाएको भन्दै रोकिएको छ,’ ती विद्यार्थीले भने,‘अस्पतालमा खटिएका सुरक्षागार्डसहितका व्यक्तिहरूले रोकेका हुन्।’ , विद्यार्थी र अभिभावक भने चिकित्सा शिक्षा आयोगले तोकेकोबाहेकका कुनै पनि शुल्क नबुझाउने अडानमा छन्।, नोबेलले एमबिबिएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसीपबापत २ लाख ४० हजार रुपैयाँ, विश्वविद्यालय सम्बन्धन शुल्कबापत ९८ हजार रुपैयाँ र होस्टेल शुल्क १ लाख ४४ हजार रुपैयाँ लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दबाब दिँदै आएको विद्यार्थीले बताएका छन्।, चिकित्सा शिक्षा आयोगले तोकेभन्दा नोबेलले हरेक विद्यार्थीसँग ४ लाख ८२ हजार रुपैयाँ अतिरिक्त शुल्क असुल्न खोजिरहेको छ। , कलेजले लाखौं अतिरिक्त शुल्क नै तोकेर थप आर्थिक भार बोकाउने भएपछि विद्यार्थी र अभिभावकले जिल्ला प्रशासन मोरङमा अघिल्लो आइतबार ज्ञापनपत्र बुझाएका थिए।, गत साताको सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले नोबेल प्रशासनलाई छलफलमा बोलाएर अतिरिक्त शुल्क नलिन निर्देशन दिएका थिए। कलेज व्यवस्थापनका प्रतिनिधिहरूले अतिरिक्त शुल्क नलिने बताएका थिए। , ‘मैले उहाँहरूलाई बोलाएर चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क नलिन भन्दा उहाँहरूले नलिने वचन दिनुभएको छ,’ प्रमुख जिल्ला अधिकारीले त्यही दिन सञ्चारमाध्यमसँग भनेका थिए ‘उहाँहरूले पनि नलिने भन्नुभएको छ।’, चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि तोकेको जम्मा शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ हो।, पाँच वर्षे कोर्सको प्रथम वर्षबापतको १४ लाख ८५ हजार रुपैयाँ विद्यार्थीले नोबेललाई बुझाइसकेका छन्।, नोबेलले भने यस बाहेकका अन्य शुल्क नबुझाए कक्षा अघि नबढाउने भन्दै विद्यार्थीलाई निरन्तर दबाब दिइरहेको छ। , बिहीबारसमेत कक्षामा विद्यार्थीलाई प्रवेश नदिएपछि अभिभावक र कलेज प्रशासनबीच छलफल भएको थियो। यद्यपि छलफलमा कलेजका प्रिन्सिपल डा. रामहरि घिमिरेले अतिरिक्त शुल्क बुझाउनैपर्ने अडान राखेको अभिभावकले बताएका छन्।, ‘हामीले यो विषय किनारा नलागेसम्म कक्षा नचलाइदिन आग्रह गर्यौं,’ छलफलमा सहभागी एक अभिभावकले भने, ‘तर, उहाँहरू मान्नुभएन। उहाँहरू राज्यको नियम कानुनभन्दा माथि हो कि के हो ? उहाँहरूले चाहिँ केही पनि मान्नु नपर्ने ?’ , ती अभिभावकका अनुसार चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क सीमा र स्थानीय प्रशासनको निर्देशन लत्याउँदै नोबेलले विद्यार्थीबाट रकम असुल्न खोजिरहेको छ।, अभिभावकहरू आफ्नो बच्चाको शैक्षिक भविष्यबारे चिन्तित भएर कहिले मुख्यमन्त्री कार्यालय त कहिले जिल्ला प्रशासन धाइरहेका छन्। त्यति गर्दा पनि उनीहरूको माग सम्बोधन हुन सकेको छैन।, ‘यहाँका सञ्चालक सुनिल शर्मा शक्तिशाली मान्छे रहेछन्,’ एक जना अभिभावकले भने ‘प्रशासन, कानुन सबभन्दा माथिजस्तो रहेछन्। कसैले भनेको नमान्ने हुनुहुँदोरहेछ।’ , ‘यहाँ जे पनि हुनेरहेछ,’ चिन्तित मुद्रामा भेटिएका उनले भने, ‘यहाँका कलेज सञ्चालक देशको कानुनभन्दा माथि रहेछन्। डरै मर्दो भयो।’ , पाँच वर्षसम्म एमबिबिएस अध्ययन गरेका विद्यार्थीले अस्पतालमा एक वर्षसम्म इन्टर्नसीप गर्नुपर्ने हुन्छ।, उनीहरूले इन्टर्नसीप गर्दा कलेज प्रशासनले एकेडेमी एलाउन्सको नाममा केही रकम भुक्तानी गर्ने गरेको अस्पतालका प्रबन्धक नारायण दाहाल बताउँछन्।, प्रशासनसँगको छलफलमा आफूहरूले इन्टर्नसीप शुल्क मात्रै नलिने भनेको कलेजको दाबी छ।, ‘विद्यार्थीले इन्टर्नसीप शुल्क नुबझाए कलेज प्रशासनले ‘एलाउन्स पे’ गर्नेछैन,’ प्रबन्धक दाहालले भने, ‘विश्वविद्यालय सम्बन्धन शुल्क र होस्टेल शुल्कको विषय यथावत छन्।’, सम्बन्धन शुल्क बापतको रकम विश्वविद्यालयको निर्णय बमोजिम हुने र होस्टेल शुल्कको विषय व्यवस्थापनले टुंग्याउने अस्पताल प्रशासनको दाबी छ।,
नोबेल मेडिकल कलेजमा मनपरी: अतिरिक्त शुल्क बुझाउन इन्कार गर्ने विद्यार्थीलाई कक्षा प्रवेशमै रोक
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १४५ कोरोना संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा १०९, भक्तपुरमा ११ र ललितपुरमा २५ गरी १४५ छन्।, यस्तै काठमाडौं उपत्यकामा १८९१ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७७६, भक्तपुरमा ५१० र ललितपुरमा ६०५ सक्रिय संक्रमित छन्।, नेपालमा थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ८ हजार ८९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ८१४ जनाको पिसिआर परीक्षण र २०८३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २२८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।, अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ पुगेको छ।,
काठमाडौं उपत्यकामा थपिए १४५ संक्रमित, सक्रिय १८९१
|
सेतोपाटी संवाददाता मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आच्छ्यु गुरूङ बुधबार बिहानै गोठ गए। जंगलको बाटो हुँदै गोठ जाँदा उनीसहित ३ जना थिए।, गोठमा पुग्दा हिमपात बाक्लो भइसकेको थियो, जाडो बढेर उनीहरू फर्कन थाले। आच्छ्यु छिटोछिटो हिँड्न सकेनन्। उनीसँगै गएका दुई जना छिटो हिँडर गाउँ फर्किए। आच्छ्यु साँझसम्मै फर्केनन्। , बिहीबार बिहानसम्म पनि उनी सम्पर्कमा आउन नसक्दा प्रहरीले खोजी थालेको छ।, ‘बाक्लो हिमपातका कारण उहाँले बाटो बिर्सिएको हुनुपर्छ,’ मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले भने, ‘हिउँले बाटो पुरिएकाले पहिल्याउनै समस्या भएको छ।’, यस्तै, म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जाका ५० वर्षीय रामबहादुर छन्त्याल पनि बेपत्ता छन्।, गाउँबाट भेडा चराउन जंगल गएका छन्त्याल हिमपातपछि सम्पर्कमा आउन सकेका छैनन्। उनले पनि जंगलमा बाटो बिराएको हुनुपर्ने स्थानीयले अनुमान गरेका छन्। , हिमपातका कारण मोबाइल, इन्टरनेट लगायत संचार सेवा समेत बन्द भएको छ। धवलागिरी–१ का वडा अध्यक्ष झकबहादुर छन्त्यालले हिमपातमा हराएकाको खोजीमा संचार सेवा अवरूद्ध हुँदा समस्या भएको बताए।,
हिमपातले मनाङ र म्याग्दीमा दुई बेपत्ता
|
सेतोपाटी संवाददाता मनाङको नासों गाउँपालिका-४ ओडारका ५३ वर्षीय आच्छ्यु गुरुङ बुधबार बिहानै गोठ गए।, जंगलको बाटो हुँदै गोठ जाँदा उनीसहित तीन जना थिए। गोठमा पुग्दा हिमपात बाक्लो भइसकेको थियो।, जाडो बढेर उनीहरू फर्कन थाले। आच्छ्यु छिटोछिटो हिड्न सकेनन्। उनीसँगै गएका दुई जना छिटो हिँडर गाउँ फर्किए। आच्छ्यु साँझसम्मै फर्केनन्।, बुधबार बिहानसम्म पनि उनी सम्पर्कमा आउन नसक्दा प्रहरीले खोजी थालेको छ। ‘बाक्लो हिमपातका कारण उहाँले बाटो बिर्सिएको हुनुपर्छ,’ मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले भने, ‘हिउँले बाटो पुरिएकाले पहिल्याउनै समस्या भएको छ।’, यस्तै, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ५० वर्षीय रामबहादुर छन्त्याल पनि बेपत्ता छन्।, गाउँबाट भेडा चराउन जंगल गएका छन्त्याल हिमपातपछि सम्पर्कमा आउन सकेका छैनन्। उनले पनि जंगलमा बाटो बिराएको हुनुपर्ने स्थानीयले अनुमान गरेका छन्।, हिमपातका कारण मोबाइल, इन्टरनेट लगायत सञ्चार सेवासमेत बन्द भएको छ। धवलागिरी–१ का वडा अध्यक्ष झकबहादुर छन्त्यालले हिमपातमा हराएकाको खोजीमा सञ्चार सेवा अवरुद्ध हुँदा समस्या भएको बताए।,
हिमपातले मनाङ र म्याग्दीमा दुई जना बेपत्ता
|
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल गरेको छ।, मन्त्रालयले बिहीबार सूचना जारी गर्दै केही दिनदेखि देशभर चिसो बढेको र जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा अप्रिय घटना हुने भएकाले सावधानी अपनाउन अपिल गरेको हो।, मन्त्रालयले कोठा न्यायो बनाउनका लागि हावा ओहरदोहर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न आग्रह गरेको छ।, मन्त्रालयले कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न अनुरोध गरेको छ।, यसैगरी मन्त्रालयले आगो तापिसकेपछि त्यसलाई पूर्णरूपमा निभाउन, हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्न, सुत्नुअघि अनिवार्यरूपमा हिटर निभाउन अनुरोध गरेको छ।, मन्त्रालयले गिजरको मुख्य मेसिनलाई स्नानगृह बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म स्नानगृहमा नबस्न पनि आग्रह गरेको छ।, नेपालगञ्जको भेरी अस्पतालको क्याटरमा कोठा न्यानो बनाउनका लागि कोइला बालेर सुत्दा एकै परिवारका चार जनाको बिहीबार निसास्सिएर निधन भएको थियो।,
आगो ताप्दा सावधानी अपनाउन मन्त्रालयको अपिल
|
रासस नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ।, उक्त जहाज काठमाडौँ–ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ।, निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै ग्राउण्डेड जहाजलाई उडान योग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको बताएकी छन्।, उनकाअनुसार जहाजको बायाँ इञ्जिनमा समस्या पहिचान भइसकेको र इञ्जिन उत्पादनकर्ता पीए/आईएईसँग निगम व्यवस्थापनले परामर्श गरेको छ।, इञ्जिनलाई ‘रिप्लेस’ गरी मर्मत गर्न सुझाव आएकाले जहाजलाई छिटो उडान योग्य बनाइनेछ। निगमको वाइडबडी जहाज ए ३३० मा काठमाडौँ–नारिता उडानको तयारी गर्ने क्रममा समस्या देखिएको थियो।, उक्त जहाजको समस्या भने श्रीलङ्काबाट पार्टपुर्जा भित्र्याएर निगमकै इञ्जिनीयरिङ टिमले मर्मत गरेको थियो। तत्पश्चात उक्त जहाजले आजै काठमाडौँ–दिल्ली नियमित उडान गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।, निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी र दुई थान न्यारो बडी जहाज छन्। यी जहाजले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएका छन्।,
निगमको न्यारो बडी जहाज ग्राउण्डेड
|
सेतोपाटी संवाददाता गोरखाको लाप्राकस्थित गुप्सीपाखामा हिउँ परेको छ।, यहाँ भूकम्प प्रभावित लाप्राकीलाई एकीकृत बस्तीमा राख्न पाँच सय ७३ वटा घर बनाइएका छन्।, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बनाएका यी घरमा लाप्राकीहरू स्थायी रूपमा बसोबास भने गरिसकेका छैनन्। , हेर्नुस् भिडिओ:, लाप्राकीहरू पुरानै गाउँ लाप्राकमा छन्। गुप्सीमा थोरै परिवारहरू मात्र बसोबास गर्छन्। दुई कोठे घर र शौचालयहरू पनि निर्माण भइनसक्दा लाप्राकी गुप्सीमा बसोबास नगरेका हुन्। एनआरएनएले भने यो बस्ती हस्तान्तरण गरिसकेको छ।, गुप्सी २७ सय मिटर उचाइमा पर्छ। हिउँदमा अन्यत्र वर्षा हुँदा यहाँ भने हिमपात हुन्छ। एकपटक बाक्लो हिउँ परेपछि पग्लिन करिब महिना दिन लाग्छ।, गुप्सीपाखा पर्यटकीय केन्द्रका रूपमा परिचित हुन थालेको छ। यहाँ विदेशी तथा स्वदेशी पर्यटकलाई लक्षित गरेर होमस्टे र स-साना होटल खुलेका छन्।, गुप्सीपाखा नजिकै सरकारी विद्यालय छ। लाप्राकी बालबालिका त्यहीँ पढ्छन्। , पुरानो लाप्राक पहिरो र भूकम्पपछि घर भत्किँदा जोखिममा थियो। एनआरएनएले घर बनाइदिने भनेपछि लाप्राकीलाई सरकारले घर बनाउन अनुदान रकम दिएको थिएन।, लाप्राक झुरूप्प परेर बसेको गुरूङ समुदायको बाहुल्य भएको गाउँ हो। यहाँसम्म पुग्न बारपाक हुँदै सडकमार्गबाट जान सकिन्छ तर सडक कालोपत्र भने भइसकेको छैन।, हेर्नुस् तस्बिरहरू:, सबै तस्बिर: जेशन गुरूङ/लाप्राक।,
आहा! लाप्राक (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता सर्लाहीको ईश्वरपुर नगरपालिका अन्तर्गत बयलवास बजार क्षेत्रमा लगाइएको निषेधाज्ञा शुक्रबार पनि जारी रहनेछ।, प्रहरीको जीपले ठक्कर दिएर एक जनाको ज्यान गएपछि स्थिति तनावग्रस्त भएको थियो। सम्भावित दुर्घटना रोक्न स्थानीय प्रशासनले थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको हो।, जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहीबार बेलुका साढे ७ बजेदेखि लागू हुने गरी शुक्रबार ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो।, गएको आइतबार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेपछि निषेधाज्ञा लागू गरिएको हो।, पीडित पक्षसँग मृतकलाई १० लाख रुपैयाँ दिने गरी ६ बुँदे सहमति भए पनि पीडित पक्षले शव बुझ्न आनाकानी गरेकाले शान्ति, सुरक्षा कायम राख्न निषेधाज्ञा लम्ब्याइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिए।,
आजसम्म सर्लाहीमा निषेधाज्ञा
|
रासस म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर नेपाली सेनाको टोली फर्किएको छ।, गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता छन्।, बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र परेका थिए।, काठमाडौँबाट हेलिकप्टरमा सेनाको टोली गुर्जाको मानिस बेपत्ता र अलपत्र परेको ठाउँमा पुगेर बिहीबार फर्किएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए।, उनकाअनुसार अलपत्र परेका तीन जनालाई खाद्यान्न र बेपत्ताको खोजिका लागि गुर्जाका चार जनालाई सुकेलट्टे पुर्याएर सेनाको टोली हेलिकप्टरमा फर्किएको हो।, करिब चार/पाँच फिट तल पुरिएका रामबहादुरको हिउँ पग्लेपछि खोजी गर्ने त्यहाँ पुगेका स्थानीयले बताएका गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताए।, गोठ भएको ठाउँमा रातिको समयमा हिउँपहिरो आएर क्षति भएको उनको भनाइ छ।, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत् र मोबाइल सेवा पनि अवरुद्ध भएको छ। छिमेकी लुलाङबाट गुर्जा पुग्न पुरै एक दिन हिँड्नु पर्छ।, पैदल हिँडेर घटनास्थल पुग्न नसकिने भएपछि उद्दार र बेपत्ताको खोजीमा सेनाको हेलिकप्टर बोलाउनु परेको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए।,
हिउँ पहिरोमा परेर म्याग्दीमा एक बेपत्ता, उद्धार टोली पुर्याएर फर्कियो सेना
|
सेतोपाटी संवाददाता शुक्रबार बिहान देशभर आंशिक बदली रहि धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।, मौसम पूर्वानुमान महाशाखामा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ।, दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ। गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । , राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।, शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।, आगामी तीन दिनको मौसम पूर्वानुमान,
२०७८ पुस १६ गते (शुक्रबार),
दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।, राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।, २०७८ पुस १७ गते (शनिबार),
दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।, राती : देशभर आंशिक बदलीको सम्भावना रहेको छ।, २०७८ पुस १८ गते (आईतबार),
दिउँसो : देशभर आंशिक बदली रहनेछ, राती : देशभर आंशिक बदलीको सम्भावना रहेको छ।,
देशभर आंशिक बदली, हुस्सु र कुहिरो तीन दिनसम्म
|
सेतोपाटी संवाददाता बाक्लो हुस्सुका कारण शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन्।, विमानस्थल स्रोतका अनुसार भिजिबिलिटी नभएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्रोतले जानकारी दिएको छ।, विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय उडान र अवतरणका लागि कम्तीमा ३ हजार सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। तर हुस्सुका कारण यतिबेला काठमाडौंको भिजिबिलिटी १ हजार आसपास रहेकाले कुनै पनि विमान अवतरण हुन नसकेका हुन्।, विमानस्थलका अनुसार साना जहाजका लागि कम्तिमान २ हजार भिजिविलिटी आवश्यक हुन्छ।, त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसके हो। , कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुई वटा जहाज आकाशमा फन्को लगाइरहेका छन्। उनीहरूलाई नजिकको मौसम सफा भएको विमानस्थलमा अवतरण गर्न अनुमति दिन टर्मिन कार्यालयले जानकारी दिएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर बाक्लो हुस्सु र कुहिरो लागेकाले काटठमाडौंसहित मुलुकभरका विमानस्थल खुलेका छैनन्।, पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण हुस्सु लागे विभागले जनाएको छ। ,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडान र अवतरण ठप्प
|
रासस राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ।, नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पटक–पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो।, बिहीबारमात्रै अरुणखोला क्षेत्रमा बाटो विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा दिनभरजसो नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या भएको थियो। यो समस्या नवलपुरमा अहिले पटक–पटक हुन थालेको छ।, मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन्।, नेपाल टेलिकमको मोबाइल र ल्याण्डलाइन फोन दुवैमा समस्या हुने गरेको छ। जिल्लाको गैँडाकोट थुम्सीबाट दाउन्नेसम्मका सेवाग्राही समस्यामा पर्दै आएका छन्। गैँडाकोट बजार क्षेत्रमा भने भरतपुरबाट सेवा प्रवाह हुने भएकाले समस्या नभएको नेपाल टेलिकम कावासोती शाखाका कार्यालय प्रमुख चन्दनकुमार झाले जानकारी दिए।, गैँडाकोट बजार क्षेत्रबाहेक अन्य ठाउँमा भने बाटो विस्तारको क्रममा अप्टिकल फाइबर काँटिदा समस्या भएको उनले बताए।पटक–पटक विभिन्न क्षेत्रमा तार काँटिदा समस्या बल्झिएको उनले बताए।, प्राविधिकले तार काटिएका ठाउँमा मर्मत गरी सेवा प्रदान गर्न खटिएको भए पनि बाटो विस्तारका क्रममा पटक–पटक तार काँटिदा समस्या जटिल बन्दै गएको कार्यालय प्रमुख झाले सुनाए।, बाटो विस्तारका क्रममा अप्टिकल फाइबर भएको क्षेत्रको पहिचान गरी सावधानी नअपनाउँदासमेत समस्या भएको छ। धेरै ठाउँमा काटिएका तार मर्मत गरी सेवा प्रदान गरिएकाले कुनै पनि समय सेवा अवरुद्ध हुनसक्ने र सेवाको गुणस्तर कम हुनसक्ने कार्यालय प्रमुख झाले बताए।, यसअघि बिछ्याइएका नेपाल टेलिकमका तार पुरानो बाटो नजिकै रहेका र अहिले विस्तार गर्दा ती तार झण्डै बाटोको बीच भागमा पर्ने अवस्था छ। यही अवस्थामा सेवा प्रदान गर्न समस्या हुने कार्यालय प्रमुख झाले बताए।, नयाँ अप्टिकल फाइबरसहित व्यवस्थापनका लागि हालै केन्द्रबाट कुनै योजना नरहेको उनले बताए। ‘हालै नयाँ योजना केही छैन, तर केन्द्रमा समस्याका बारेमा भन्छौँ,’ उनले भने।, बाटो विस्तारका क्रममा पटक–पटक तार काटिँदा नेपाल टेलिकमका सेवाग्राहीले लामो समयसम्म समस्या भोगिरहनुपर्ने अवस्था देखिएको छ।,
राजमार्ग विस्तार गर्दा काटियो अप्टिकल फाइबर, नेटवर्कमा समस्या
|
रासस त्रिभुवन राजपथअन्तर्गत पर्ने सीमभञ्ज्याङमा बाक्लो शीतलहर परेका कारण यातायात अवरुद्ध भएको छ।, बिहीबार साँझ हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याइएको भए पनि अढाइ घण्टापछि बाक्लो शीतलहर परेका कारण पुनः यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए।, उनकाअनुसार दामनबाट सिमभञ्ज्याङको करिब तीन किलोमिटरमा बाक्लो शीतलहर पर्नाले काठमाडौँबाट हेटौँडातर्फ आउने र हेटौँडाबाट जाने दुवैतर्फको यातायात अवरुद्ध भएको हो।, आजै अपराह्नसम्म शीतलहर पन्छाइ यातायात सञ्चालनमा ल्याइने तयारी भइरहेको प्रहरी निरीक्षक तिमल्सिनाले बताए।, हाल काठमाडौँबाट आएका विभिन्न सवारी साधन दामनमा र हेटौँडाबाट गएका सवारी अघोरमा लामबद्ध भई आ–आफ्नो गन्तव्यतिर जान पर्खिरहेका उनले बताए।,
सीमभञ्ज्याङमा यातायात अवरुद्ध
|
चन्द्रकला भण्डारी ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ। यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पंक्षी रुफ्स नेक्ड हर्नबिल (नेपाली नाम–हङरायो) को कीर्तिमानी तस्बिर खिच्न सफलता मिलेको छ।, पहाडमा पाइने पाङ्ग्रो एक प्रकारको लहरे वनस्पतिको फल हो। जो ज्यादै कडा र चराले खान नसक्ने आकारको हुन्छ। उखानअनुसार एउटा चरा छ, जसले पाङ्ग्रो देख्नेबित्तिकै हतार–हतार खान्छ।, मानिसहरूले हतारमा कुनै वस्तु खाँदा ‘हाङ्ग्रोले पाङ्ग्रो’ निलेकोझैँ भनेर उखान जोड्ने चलन छ। चरा खोजकर्ता खरेलले इलामको सूर्योदय नगरपालिका–१ सीमधापमा यही पुस ६ गते एक जोडी ‘हङरायो’ को तस्बिर खिचेका हुन्।, लोप भएको ठानिएको यो चरा नेपालमा १९२ वर्षपछि उनले खिचेको हुँदा यसलाई ठूलो उपलब्धिका रूपमा लिइएको छ। नेपालमा चराका विषयमा खोज गरेका ब्राइन हड्सन नामका विदेशी विज्ञले सन् १८२९ मा नेपालमा ‘हङरायो’ भेटिएको उल्लेख गरेका थिए।, त्यसयता नेपालमा यो पक्षीको अस्तित्व कसैले पुष्टि गर्न सकेको थिएन। विज्ञहरुले विभिन्न दस्तावेजमार्फत यो चरा नेपालमा लोप भइसकेको जानकारी दिने गरेका थिए।, चरा खोजीमा रुचि राख्दै आएका मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी वाइल्ड लाइफ फोटोग्राफर खरेललाई चराविद् कमल मादेनले ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान सुनाउँदै नेपालमा हङरायोको अस्तित्व हुन सक्ने बताउने गरेका छन्।, मादेनले दिएको प्रेरणाका आधारमा नै उखान पछ्याउँदै जाँदा हङरायोको अस्तित्व पुष्टि गर्ने अवस्थासम्म पुर्याएको खरेलले बताए।, ‘मादेन सरले मलाई हङरायो खोज्न प्रेरित गर्नुभयो, मैले पनि सानैदेखि ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान सुन्दै आएको थिएँ। त्यही हङरायोलाई गाउँतिर पाङ्ग्रो निल्ने हाङ्ग्रो भन्दा रहेछन्,’ उनले भने।, पत्रकार सम्मेलन गरी उनले आफूले खिचेका हङरायोका तस्बिर सार्वजनिक गर्दै नेपालमा भएका चराहरूको संरक्षण जरुरी भएको बताए।, ‘हङरायो’ चरा अस्तित्वमा रहेको पुष्टि गरिदिएपछि चरासम्बन्धी खरेलको खोजको प्रशंसा भइरहेको छ। साथै पाङ्रा निल्ने दुर्लभ चरा पूर्वी नेपालमा डुलिरहेको छ भन्ने सत्य सावित भएको छ।, ‘चराको खोजीका लागि इलामको जङ्गलमा डुलिरहेका बेला अचानक अनौठो चराको जोडी पखेटा फट्फटाउँदै एउटा रुखबाट अर्को रुखमा उडेर गएको देखेँ। हत्तपत्त क्यामेरा निकालेर ४५ सट तस्वीर खिचेर हेर्दा नेपालमा लोप भइसकेको घोषणा गरिएको हङरायो पो रहेछ भन्ने थाहा भयो,’ उनले भने।, धनेष चराको जस्तो मोटो चुच्चो र टाउकामा सिङजस्तो देखिने कडा भाग भएको ‘हङरायो’ निकै लामो र ठूलो हुने खरेलले बताए।, झापाको मेचीनगरमा अरु तीन प्रकारका ‘हङरायो’को प्रजाति फेला पारिसकेको भए पनि रुफ्स नेक्ड हर्नबिल प्रजातिको चरा फेला पार्नु आफ्नो वाइल्ड लाइफ फोटोग्राफी जीवनका लागि अभूतपूर्व उपलब्धि बनेको उनले सुनाए।, वाइल्ड लाइफ फोटोग्राफीमा रुचि राख्ने खरेलले विगत पाँच वर्षदेखि निजी खर्चमा चराको खोज अनुसन्धान र संरक्षण गर्ने अभियान सञ्चालन गरिरहेका छन्।, उनले नेपालमा पाइने ८८७ मध्ये ४०० भन्दा बढी प्रजातिका चराको तस्वीर आफ्नै क्यामेराले कैद गरिसकेका छन्।, झापाको मेचीनगर नगरपालिकालाई नेपालकै सबैभन्दा बढी चरा पाइने पालिकाका रूपमा चित्रण गर्दै आएका उनले मेचीनगरमा मात्र ३०० भन्दा बढी प्रजातिको चराको तस्वीर खिचिसकेको दाबी गरेका थिए।, ‘संरक्षित क्षेत्रबाहेक नेपालमा सबैभन्दा बढी चरा पाइने ठाउँ मेचीनगर नै हो। यहाँ खोला चरामात्रै पनि २० प्रजातिका छन् भने दुर्लभ मानिएको तीन प्रजातिका हङरायो भेटिएको रेकर्ड मसँग छ,’ उनले भने।, चराविद् मादेनले नेपालमा लोप भइसकेको घोषणा गरिएको रुफ्स नेक्ड हर्नबिलको पुनः खोजी गर्ने र पहिलो तस्वीर खिच्ने व्यक्ति झापाका खरेल नै भएको बताए।, उनले एउटा लेखमा भारत, भूटान, चीन, म्यान्मार र थाइल्याण्डमा थोरै सङ्ख्यामा पाइने यो चरा नेपालमा लोप भएको भनेर केही विज्ञले झुटो दाबी गरेको भए तापनि आफूले ‘हङरायोले पाङरो निल्छ’ भन्ने प्रचलित उखानका आधारमा पूर्वी पहाडमा यसको अस्तित्व रहेको अनुमान सार्वजनिक रूपमै गर्दै आएको जिकिर गरेका छन्।, क्यारोल इन्स्किप र टी इन्स्किपले संयुक्तरूपमा सन् १९८५ मा प्रकाशित गरेको ‘अ गाइड टु दी बर्डस् अफ नेपाल’ नामक पुस्तकमा यो चरा नेपालबाट सम्भवतः लोप भइसकेको भनेर उल्लेख गरेका थिए।, विदेशी विज्ञहरुले पर्याप्त खोज नै नगरी ‘हङरायो’ लोप भयो भनी गरेको घोषणालाई चरा खोजकर्ता खरेलले गलत सावित गरिदिएकामा खुशी लागेको मादेनले उल्लेख गरे।, खरेलले नै मेचीनगर–३ बेँसीबजारमा ग्रेट हर्नबिल, मेचीनगर–११ को बाँसबारी वनमा ओरियन्टल हर्नबिल र मेचीनगर–६ काँकडभिट्टामा इन्डियन ग्रे हर्नबिलको तस्वीर खिचेको जानकारी दिए।, स्थानीय लोकतन्त्र पोष्ट दैनिकमा फोटो पत्रकारितासमेत गर्दै आएका खरेलले चराहरूको खोज तथा अनुसन्धानमा हालसम्म रु सात लाख निजी खर्च गरिसकेको र कुनै निकायबाट आर्थिक सहयोग नपाएको बताए।, पुरानो भइसकेको क्यामेरा र लेन्सबाट चरा खोज गर्न असजिलो हुँदै गएको समस्या सुनाउँदै उनले अत्याधुनिक प्रविधियुक्त क्यामेरा किन्न सामर्थ नरहेको जानकारी दिए।, तीन सयभन्दा बढी प्रजातिका चरा पाइने मेचीनगरलाई चरा संरक्षित क्षेत्र घोषणा गरेर चरा मार्न निषेध गरिनुपर्ने उनले माग गरेका छन्। यही क्षेत्रमा उनले गत वर्ष विश्वमै दुर्लभ मानिएको हरित परेवाका तस्बिर खिचेका थिए।, इलामको रोङमा खिचेको रातोढाडे पुष्पकोकिल नामक चराको तस्बिर खिच्ने उनी नेपालको पहिलो व्यक्ति भएको बताइएको छ।, नेपालमा चरा पर्यटनको प्रचुर सम्भावना रहेको जनाउँदै उनले स्थानीय सरकारले यस विषयमा चासो नदेखाएकामा दुःख व्यक्त गरे।, सीमसार मासिने, जङ्गल क्षेत्रमा मानव अतिक्रमण बढ्ने र खोलाहरुमा ट्याक्टर र टिपरको बढ्दो कर्कश आवाजले चराको बासस्थान नासिने क्रम बढेको उनको धारणा छ।, (रासस),
उखान पछ्याउँदै जाँदा दुई शताब्दीपछि भेटियो ‘हङरायो’
|
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुरू भएको छ। शुक्रबार बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण भिजिविलिटी नपुगेर बन्द भएको विमानस्थल केहीबेर अघि खुलेको हो।, विमानस्थल स्रोतका अनुसार आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको छ। यसक्रममा कतारको दोहाबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमान अवतरण भइसकेको छ।, यसअघि बिहानै आएका चारवटा जहाजलाई भने डाइभर्ट गरिएको छ। सिमराको आकाशमा तीन घण्टासम्म फन्को लगाउँदासमेत अवतरण गर्न नसकेपछि ती जहाजलाई अन्यत्रै डाइभर्ट गरिएको हो।, तीन वटा जहाजलाई ढाका र अर्को जहाजलाई कोलकातामा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ। , फ्लाइ दुबईको जहाजलाई कलकत्ता डाइभर्ट गरियो भने साउदीको दमामबाट आएको हिमालय एयरलाइन्स, कुवेतबाट आएको जजिरा एयरलाइन्स र दोहाबाट आएको हिमालय एयरलाइन्सलाई ढाका डाइभर्ट गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ।, बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आज बिहानैदेखि उडान र अवतरण प्रभावित भएको थियो। , यस्तै आन्तरिक तर्फको उडान पनि क्रमशः खुलेको छ। विमानस्थल खुलेसँगै आन्तरिक सेवा प्रदायकहरूले उडानको तयारी गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ।,
विमानस्थलमा उडान-अवतरण सुरू, चार वटा जहाज डाइभर्ट
|
एजेन्सी अमेरिकामा एक महिलाले कोरोनाभाइरसको संक्रमण भएपछि जहाजको शौचालयमा पाँच घन्टा बिताएकी छन्।, द गार्डियनका अनुसार गत डिसेम्बर २० मा मारिसा फोतिओ सिकागोबाट आइसल्यान्ड जाने जहाज चढेकी थिइन्। जहाजमा यात्रा गर्नुअघि उनले दुई पटक परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो।, जहाजमा उडिरहेको बेला उनको घाँटी दुख्यो। अप्ठेरो भएपछि उनी जहाजको शौचालयमा गइन्। उनीसँग र्यापिड टेस्ट किट थियो। त्यसले कोरोना परीक्षण गरिन्। रिपोर्ट पोजेटिभ आयो।, त्यसपछि उनी शौचालयमै बसिन्। मारिसाले टिकटकमा राखेको भिडिओमा उनले अरू यात्रुलाई संक्रमण नफैलियोस् भनेर आफू शौचालयमा आइसोलेसनमा बसेको बताएकी छन्।, @marisaefotieo, Shout out to @Icelandair for my VIP quarantine quarters.. ,#luxuryliving, ,#imsolucky, ,#covid, ,#vaccinated, ,#fyp, ,#viralvideotiktok, ,#quarantine, ,♬ I'm So Lucky Lucky - Grandzz, टिकटकमा उनले राखेको भिडिओ ४४ लाख पटक हेरिएको छ। , उनले आफ्नो जानकारीबारे एयर होस्टेसलाई पनि जानकारी गराइन्। उनीहरूले आफ्नो राम्रो ख्याल गरेको मारिसाको भनाइ छ।, आइसल्यान्ड पुगेपछि मारिसा अहिले होटल क्वारेन्टिनमा बसेकी छन्।,
जहाजमा उड्दा-उड्दै कोरोना भएको थाहा पाएपछि उनले शौचालयमा बिताइन् पाँच घन्टा
|
एजेन्सी दक्षिण अफ्रिकाले ठूलो क्षतिबिनै ओमिक्रोन भेरियन्टको लहर पार भएको बताएको छ।, द न्युयोर्क टाइम्सका अनुसार बिहीबार दक्षिण अफ्रिकाको सरकारले ओमिक्रोनको लहरबाट मृत्युदरमा सामान्य वृद्धिमात्र भएको जनाएको छ। अमेरिका र युरोपमा ओमिक्रोनले संक्रमण तीव्र रूपमा बढिरहेका बेला दक्षिण अफ्रिकाले आशालाग्दो तथ्यांक सार्वजनिक गरेको हो। , ‘ओमिक्रोनका कारण चौथो लहरको संक्रमण बढ्यो, उच्च विन्दुमा पुग्यो र अहिले झरेर सुस्त भएको छ,’ दक्षिण अफ्रिका मेडिकल रिसर्च काउन्सिलका फारिद अब्दुल्लाहले भने,‘चार सातामा संक्रमण उच्च विन्दुमा पुग्यो र पछिल्ला दुई सातामा ओह्रालो लागेको छ। यो लहरभन्दा पनि अचानक आएको बाढीजस्तो थियो।’, गत नोभेम्बर अन्तिममा बोत्स्वाना र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेको थियो। यो अवधिमा कोरोनाबाट मृत्यु हुने संक्रमितको संख्या थोरैले मात्र बढेको दक्षिण अफ्रिकाको भनाइ छ। , केही वैज्ञानिकहरूले दक्षिण अफ्रिकाको जस्तै ‘ट्रेन्ड’ अरू देशमा पनि देखिने बताएका छन्।, ‘जनवरी हाम्रा लागि कठिन हुनेछ, त्यो बेलासम्म संक्रमित निकै बढ्नेछन् र त्यसपछि निकै छिटो घट्नेछन्,’ युनिभर्सिटी अफ वासिङ्टनका इपिडिमिओलोजिस्ट अली मोक्दादले भने। संक्रमितले अस्पताल भरिए पनि अस्पताल जानुपर्ने दर पहिलाभन्दा कम हुने उनको अपेक्षा छ।,
दक्षिण अफ्रिकाले भन्यो- ठूलो क्षतिबिनै ओमिक्रोनको लहर पार गर्यौं
|
दिपकजंग शाही शरीरमा देउता चढेको निहुँमा महिलालाई पैतला चटाउने सुर्खेतका तीन जना पुरूष (धामी) माथि प्रहरीले अनुसन्धान सकेको छ। उनीहरुलाई आज सरकारी वकिल समक्ष पेश गर्न लागिएको छ।, ईलाका प्रहरी कार्यालय छिन्चुको हिरासतमा राखेर उनीहरूमाथि अनुसन्धान गरिएको थियो। अनुसन्धान सकिएपछि अब अदालती प्रक्रिया सुरु गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए।, ‘प्रहरीले अनुसन्धान सकाईसकेको छ, अब सरकारी वकिलमार्फत उनीहरुलाई अदालतमा पेश गरिन्छ,’ उनले भने, ‘पीडितले भने सोधपुछका क्रममा आफू पीडित नभएको बताएको रेकर्ड छ।’, उनका अनुसार पुरूष धामीहरूले पैतला चटाएको र शारीरिक रुपमै झम्टिएको घटनामा पीडित भनिएकी बाँकेकी महिलाले प्रहरीसँग पुगेर ‘आफूमाथि अन्याय नभएको’ बताएकी छिन्।, ‘मलाई उहाँहरुले यस्तो गरेको होईन, देउताले गरेको हो भनेर प्रहरीले गरेको सोधपुछका क्रममा उहाँले भन्नुभएको रहेछ,’ प्रहरी निरीक्षक शाहीले भने।, एक अधिवक्ताका अनुसार पीडित भनिएकी ती महिलाले वकिलमार्फत सार्वजनिक भएको घटनामा ‘आफू पीडित नभएको’ निवेदन लेखाएर प्रहरीको अनुसन्धान अधिकारीलाई दिएकी थिईन्। उक्त निवेदन प्रहरीले दर्ता नगरी बयान गराएको थियो।, सुर्खेतको लेकवेशी नगरपालिका–४ दशरथपुरमा भएको एक कुलपूजामा महिलालाई पुरुषहरुले झम्टिएको र पैताला चटाएको भिडियो सार्वजनिक भएको थियो। उक्त कुलपूजा यही पुस ४ गते भएको थियो।, आफूलाई धामी भन्ने व्यक्तिहरुले आफ्नो शरीरमा देउता चढेको भन्दै महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।, महिलामाथि तीन पुरूषले अमानवीय क्रियाकलाप गरेको भिडिओ सार्वजनिक भएपछि मानव अधिकारकर्मी, महिला अधिकारकर्मीले यस विषयमा आवाज उठाएका छन्। मानव अधिकारकर्मी संस्थाको सहयोग र प्रहरी प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरिएको थियो।, पीडित महिला तथा उनको परिवारले भने आफ्नो तर्फबाट जाहेरी दिएका छैनन्।, तीन पुरुषले भने आफूहरुले ती महिलामाथि भिडिओमा देखिएजस्तो व्यवहार गरेको स्वीकारेका छन्।, पीडित भनिएकी महिलाको घर बाँकेको खजुरा हो । पुस ४ गते माइतीमा हुने कुल पूजाका लागि सुर्खेतको दशरथपुर गाउँमा उनी आएकी थिइन्।,
महिलालाई पैतला चटाउने पुरुषमाथि प्रहरीको अनुसन्धान सकियो, आज सरकारी वकिलसमक्ष पेश गरिँदै
|
सेतोपाटी संवाददाता भक्तपुरमा चार तले घरबाट खसेर एक किशोरीको मृत्यु भएको छ। , भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेनाको घरको चार तलाबाट खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनका अनुसार शुक्रबार बिहान सवा ६ बजे उनी घाइते अवस्थामा फेला परेकी थिइन्। बुवा हरिनारायणले छोरी लडेर गम्भीर घाइते भएको अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएको थियो। , उनलाई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। किशोरी ९ कक्षामा अध्ययनरत विद्यार्थी हुन्। , किशोरी रातिकै समयमा खसेको हुनुपर्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी उपरीक्षक पाण्डेले बताए। उनी कसरी खसेको हो भन्नेबारेमा अनुसन्धान भइरहेको उनले बताए।, घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटिएको प्रहरीले बताएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। ,
,
घरको चार तलाबाट खसेर भक्तपुरमा १५ वर्षीया किशोरीको मृत्यु
|
रासस पुस्तौंदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ का रामदेव सदाको परिवार अहिले चिन्तामा छ।, स्थानीयबासी रमानन्द चौधरीले सदा परिवार बसिरहेको जग्गा खाली गर्न भनेपछि उनीहरूलाई समस्या भएको हो।, ‘वर्षौंदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएका छौं’, सदाले भने, ‘अहिले आएर चौधरीले यो जग्गा मेरो हो भन्दै जग्गा खाली गर्न भन्नुभयो, पछि त अदालतमा पनि मुद्दा हाल्नुभयो,अहिले कहाँ जाने भन्ने समस्या परेको छ।’ , यहाँबाट विस्थापित नै हुन्छ कि भन्ने चिन्तामा डुबेको उनको दुखेसो छ। , ‘आफूहरूसँग नम्बरी जग्गा छैन, त्यसैले पोखरीको डिलमा फुसको छाप्रो बनाई बस्दै आएका छौं’, उनले भने, ‘अहिले भोक र निद्रा नै हराएको छ।’, उनका अनुसार सदा समुदायले धेरै पहिलादेखि सोही जग्गामा घर बनाएर बस्दै आएका थिए।, ‘बुवा पनि सोही जग्गालाई आफ्नो बासस्थान बनाउनुभयो’, ६० वर्षीय सदाले भने, ‘हामी पनि यही जग्गामा थाकथलो बनाएर बसिरहेका छौं, तर अहिले अचानक आएर चौधरीले जग्गा दाबी गर्दै मुद्दा हालेपछि परिवार नै उठीबासमा पर्ने चिन्तामा छौं।’, पछिल्लो समय केही दिनयता चौधरीले बस्तीमै आएर जग्गा खाली गर्न धम्कीसमेत दिन थालेपछि थप तनावमा परेको सदाको गुनासो छ। , ‘कहिलेदेखि हजुरबुबा यो जग्गामा बस्नुभयो भने नै हामीलाई नै थाहा छैन’, डाक्नेश्वरी नगरपालिका–५ का ४५ वर्षीय रामेश्वर सदाले भने, ‘जग्गा खाली गराउने भन्दै चौधरी अदालत गुहारेपछि चिन्ताले निद्रा लाग्न छाडिसक्यो, जग्गा छोड्नु परे कहाँ जाने र के खाने भन्ने ? समस्यामा परेका छौं।’, ‘पुस्तौंदेखि यही बस्यौं, यही मजदुरी गर्यौं, कहिले पनि कसैले यो जग्गा मेरो हो भनेनन्’, उनले भने, ‘अहिले अचानक चौधरीले जग्गा खालीका लागि धम्की आउन थालेपछि लालाबालासहित कहाँ जाने भन्ने चिन्तामा डुबेका छौं।’, विस्थापित हुनबाट जोगाइदिन सबैसँग उनले अपिलसमेत गरेका छन्।, स्थानीय रमानन्द चौधरीले जग्गा दाबी गर्दै पोखरीको डिल खाली गराउन अदालत पुगेपछि रामदेव र रामेश्वर सदा मात्र होइन, आर्थिकरूपमा विपन्न मुसहर समुदायसँग आफ्नो जग्गा नहुँदा गाउँ नजिकैको पोखरी डिलमा पुस्तौंदेखि बस्दै आएका २५ घर मुसहर समुदाय उठीबासका जोखिममा छन्। , स्थानीय चौधरीले पोखरी डिल आफ्नो निजी जग्गा भएको र सदाले जग्गा हडपेर जबर्जस्ती घर बनाई बसेको भन्दै जग्गा खाली गराउन २०७८ मंसिर २० गते सप्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन्। , चौधरीले मुद्दा दिएको अदालतबाट पत्र आएपछि बल्ल थाहा पाएको सुनाउँदै स्थानीय मुसहर समुदायले पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गा खाली नगर्ने अडानमा छन्। , ‘पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गा खाली नगर्ने आफूहरू पनि अडानमा छौं’, ३७ वर्षीय ओपेन्द्र सदाले भने, ‘त्यसैले हामी पनि अदालतमा प्रतिउत्तर जोड्ने तयारीमा छौं, अन्तिमसम्म हामी पनि लड्छौं। यसमा सबैको सहयोग चाहियो,’ उनको आग्रह थियो।, यसअघि सप्तरीको शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहाका दलित समुदायलाई जग्गा खाली गराउन स्थानीय देवीलाल साहले अदालतमा मुद्दा दायर गरेका थिए। सो मुद्दामा अदालतले यथास्थितिमै राख्न आदेश दिएपछि दलित समुदाय उठीबास हुनबाट जोगिएको थियो। , यसरी आर्थिक विपन्नता र सामाजिक विभेदमा परेका दलित समुदायलाई आवश्यक परामर्श तथा सहयोगका लागि श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले अभियान सुरू गरेको छ।, ,
पुस्तौंदेखि बसोबास गर्दै आएका मुसहरलाई उठीबासको चिन्ता
|
खिलानाथ ढकाल सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। , ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई बुधबार जिल्ला अदालत काठमाडौंले जेल चलानको आदेश दिएको हो। , उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान भएको जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताए। , केन्द्रीय अनुसन्धान ब्युरोले, ,सिभिल सहकारी ठगी प्रकरणमा तामाङ, श्रेष्ठसहित १२ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। , उनीहरूसँग पाँच अर्ब ६३ करोड बिगो माग गरी मुद्दा दायर गरिएको थियो। , न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र श्रेष्ठलाई कारागार चलान गर्न आदेश दिएको छ। अन्य ९ जना धरौटी र एक जना साधारण तारेखमा रिहा भएको इटेनीले बताए। , सिभिल सहकारी ठगी प्रकरणमा तामाङसहित १२ जनाविरूद्ध १५०३ जना निक्षेपकर्ताले जाहेरी दिएका थिए।, सम्बन्धित समाचार :, इच्छाराजकी श्रीमतीका नाममा कीर्तिपुरमा भेटियो १५ रोपनी जग्गा र घर, अर्बौंको सम्पत्ति व्यवस्थापन गर्न नसकेर प्रहरी हिरासतमा पुगेका इच्छाराज, सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जन पक्राउ, इच्छाराज तामाङले कहाँ राखे ११ सय घर/अपार्टमेन्ट बेचेको सम्पत्ति?, इच्छाराज तामाङसहित तीन जनाका नाममा ३५ दिने सूचना, सिटिसी मल लिलाम गर्ने चेतावनी, कारोबार अर्कैलाई छोडेर बेलायत जान लागेका थिए इच्छाराज तामाङ,
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान
|
सेतोपाटी संवाददाता सिमराबाट काठमाडौं आउँदै गरेको मालबाहक ट्रक त्रिशुली नदीमा खसेको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लु१ख ६०५० नम्बरको ट्रक अपराह्न ५ बजे मुग्लिन-नारायणगढ सडकबाट त्रिशुली नदीमा खसेको हो।, सनफ्लो नामको तेल बोकेर काठमाडौं गइरहेको ट्रक जलबीरेनजिक त्रिशुली नदीमा खसेको चितवनका प्रहरी उपरीक्षक ओम अधिकारीले बताए।, ट्रकको अधिकांश भाग पानीमा डुबेको छ। ट्रकमा सवार कति जना थिए भन्ने यकिन भएको छैन र उनीहरूको अवस्था अज्ञात छ।, घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान थालेको अधिकारीले बताए।,
सिमराबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुली नदीमा खस्यो
|
सेतोपाटी संवाददाता बुधवार मुलुकभर वर्षा भएसँगै पहाडी तथा हिमाली भूभागमा हिमपात भएसँगै चिसो बढेको छ। , बिहीबार थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , ‘देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ,' महाशाखाले जनाएको छ।, त्यसैगरी राति भने अधिकांश स्थान आंशिक बदली रहने बताइएको छ।, हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। , यस्तै राती देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ।, प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।, देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।, त्यसैगरी, यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।,
आज पनि वर्षासँगै हिमपातको सम्भावना
|
सेतोपाटी संवाददाता आज गुरूङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ।, ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।, ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।, यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।, पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।, पर्वका अवसरमा बिहिबार सरकारले देशभर ,सार्वजनिक बिदा ,दिएको छ।,
आज तमु ल्होसार मनाइँदै, देशैभर सार्वजनिक बिदा
|
सेतोपाटी संवाददाता देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ।, बुधबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भएको थियो। बिहीबार पनि वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, वर्षा र हिमपातले गर्दा जनजीवन कष्टकर भएको छ। सडकहरू अवरूद्ध हुँदा यात्रुले दु:ख पाएका छन्। कतिपय ठाउँमा कालोपत्र गरिएका सडक पनि हिमपातले गर्दा अवरूद्ध भएका छन्।, हेर्नुस् तस्बिरहरू:, बैतडीमा हिउँ हटाउँदै नेपाली सेना। तस्बिर: रासस।, खप्तड घुम्न आएका पर्यटक। तस्बिर: रासस।, म्याग्दीको धवलागिरि गाउँपालिका क्षेत्रमा परेको हिमपात। तस्बिर: रासस।, हिउँले ढाकिएको सुकेटार विमानस्थल। तस्बिर: रासस।, जुम्लाको खलंगामा परेको हिउँ। तस्बिर: रासस।, भोजपुरको बाघखोरमा परेको हिउँ। तस्बिर: रासस।, हिमपातपछि डोल्पाको दृश्य। तस्बिर: रासस।, डोटीमा परेको हिमपात। तस्बिर: रासस।, मनाङमा लगातार ७२ घन्टासम्म हिमपात भएको छ। तस्बिर: रासस।, हुम्लामा हिमपात। तस्बिर: रासस।, काठमाडौंको चन्द्रागिरिमा परेको हिउँ। तस्बिर: रासस।, हिमपातपछि गोरखाको लाप्राकस्थित गुप्सीपाखा। तस्बिर: जेसन गुरूङ।,
हिमपात: हुम्लादेखि चन्द्रागिरिसम्म (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा संजय चौधरीले उम्मेदवारी घोषणा गरेका छन्। , चौधरी बुक डिपो धनगढीका सञ्चालकसमेत रहेका चौधरी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार हुन्। , आगामी पुस २८ र २९ गते चितवनको सौराहामा आयोजना हुन लागेको महासंघको छैठौ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको चौधरी बताए। , आफू निर्वाचित भए महासंघको भवन र सचिवालय स्थापना गर्ने, पुस्तक, मसलन्द तथा स्टेशनरीको अन्तर्राष्ट्रिय प्रदर्शनी गर्ने, पुस्तक प्रकाशक, उत्पादक, वितरक र खुद्रा व्यवसायीबीचमा सौहार्द्ध सम्बन्ध स्थापना गर्ने चौधरीले बताए ।, महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष मेखराज दाहाल, कैलाली अध्यक्ष तेज प्रताप मल्ल, कञ्चनपुर अध्यक्ष धर्मानन्द डीएन भट्ट, डडेल्धुरा अध्यक्ष तिर्थराज जोशी, डोटी अध्यक्ष खडक बिक्रम शाही, अछाम अध्यक्ष कृष्ण कुवँर, बाजुरा अध्यक्ष नृप बहादुर खाती, बझाङ अध्यक्ष दीपकराम जोशी, बैतडी अध्यक्ष जयराज भट्ट र दार्चुला अध्यक्ष राजेन्द्र प्रसाद बडुले चौधरीलाई महासंघको केन्द्रीय अध्यक्ष पदमा समर्थन गर्ने निर्णय गरेका छन्। , चौधरी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सुदूरपश्चिम क्षेत्रीय समिति र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कैलाली जिल्लाका संस्थापक अध्यक्ष हुन्। उनले महासंघको केन्द्रीय समितिमा प्रथम उपाध्यक्ष र सल्लाहकारका रूपमा भूमिका निर्वाह गरिसकेका छन्।,
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा चौधरीको उम्मेदवारी घोषणा
|
नारायण खड्का नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीका अनुसार कालीकोटको खाँडाचक्र नगरपालिका-६ का धनप्रसाद भट्टराईका परिवारका चार जना बिहीबार बिहान मृत फेला परेका हुन्।, २४ वर्षीय धनप्रसादसँगै उनकी आमा कोपिला, दिदी नन्दकली र तीन महिनाका छोरा इप्सन भट्टराईको निस्सासिएर मृत्यु भएको प्रहरी निरीक्षक घर्तीले जानकारी दिए।, धनप्रसाद अस्पतालमा स्टोर किपरको काम गर्थे। बुधबार दिनभरि परेको पानीले चिसो बढेपछि उनको परिवार एकै कोठामा कोइला बालेर सुतेको थियो।, ‘न्यानो बनाउन कोइला बालिएको छ। झ्याल पनि बन्द भएकाले उनीहरूको निस्सासिएर मृत्यु भएको देखिन्छ,’ घर्तीले भने।, घटनामा धनप्रसादको परिवारका तीन जना अरू पनि परेका छन्। उनकी श्रीमती सुशीला बोल्न सक्ने अवस्थामा छन् भने भाइ नरेन्द्र र तीन वर्षका छोरा दिवश अहिले पनि अचेत अवस्थामा छन्।, उनीहरूको भेरी अस्पतालमै उपचार भइरहेको छ।,
भेरी अस्पतालको क्वाटरमा बिते एकै परिवारका चार जना
|
रासस बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।, गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।, भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ।, भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो।, भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।,
सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का
|
सेतोपाटी संवाददाता बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ।, नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो ।, जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर पुस २२ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो।, कतिपय विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको भए पनि उक्त परीक्षा विद्यालय खुलेपछि निरन्तरता दिई सञ्चालन गर्ने व्यवस्था मिलाउनसमेत सबै विद्यालयलाई नगरपालिकाको १४ गतेको निर्णयअनुसार अनुरोध गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताए।,
चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द
|
एजेन्सी भारतमा एक हिन्दुवादी धार्मिक नेतालाई प्रहरीले पक्राउ गरेको छ।, एनडिटिभीका अनुसार महात्मा गान्धीलाई गाली गरेको आरोपमा कालीचरण महाराजलाई छत्तीसगढ प्रहरीले बिहीबार बिहान मध्यप्रदेशको खजुरावबाट पक्राउ गरेको हो।, कालीचरणले रायपुरमा भएको धर्म संसदमा महात्मा गान्धीलाई गाली गर्दै उनलाई गोली हान्ने नाथुराम गोड्सेको प्रशंसा गरेका थिए। गान्धीलाई उनले गाली गरेको भिडिओ पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको थियो।, उनीविरूद्ध प्रहरीमा उजुरी परेको थियो। प्रहरीमा उजुरी परेपछि कालीचरणले ठेगाना बदल्दै हिँडेका थिए। प्रहरीले उनलाई पक्रन तीन प्रहरी टोली खटाएको थियो।, उनलाई आजै रायपुरको अदालतमा पेस गर्ने तयारी भइरहेको छ।,
महात्मा गान्धीलाई गाली गर्ने कालीचरण महाराज पक्राउ
|
सेतोपाटी संवाददाता भक्तपुरमा बुधबार राति कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , राति पौने ११ बजे मध्यपुर थिमी नगरपालिका-४ स्थित चारदोबाटोमा बा ४ च ५७६ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो। , दुर्घटनामा कारका चालक सिन्धुली कमलामाई नगरपालिका १२ का २५ वर्षीय सविन घिसिङ र धनुषा जनकपुर उपमहानगरपालिका-१५ का २२ वर्षीय अभिषेक साहको मृत्यु भएको हो। , महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुबैको नागरिक अस्पताल गठ्ठाघरमा उपचारका क्रममा मृत्यु भएको हो। , कार नयाँ ठिमीबाट गठ्ठाघरतर्फ गइरहेको थियो। कारले सोही दिशामा गइरहेको ट्याक्सी र बसलाई ठक्कर दिएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए।, ट्याक्सी चालक रामेछाप मन्थली नगरपालिका-१२ घर भई ललितपुर टिकाथली बस्ने ३२ वर्षीय भीमसेन खत्री सामान्य घाइते भएका थिए। उनी उपचारपछि डिस्चार्ज भइसकेका छन्।,
भक्तपुरमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु
|
सेतोपाटी संवाददाता हिजोआज काठमाडौं उपत्यकाभित्र विद्युत् अनियमित हुन थालेको छ।, सिंहदरबार क्षेत्र, बानेश्वर, स्वयम्भू, अनामनगर, कीर्तिपुर, गौशाला क्षेत्रमा विद्युत् अनियमित भइरहेको गुनासा आएका छन्।, ललितपुरको इमाडोल, टीकाथली, चापागाउँ क्षेत्रमा पनि विद्युत् अनियमित भएको छ।, पछिल्लो दुई, तीन दिनदेखि विद्युत् झ्यापझ्याप जाने समस्या पनि रहेको पाइएको छ।, नेपाल विद्युत् प्राधिकरणले भने ठाउँ-ठाउँमा समस्या देखिएकोले मर्मत गरिँदै आइएको बताएको छ।, ‘सिंहदरबार क्षेत्रमा हिजो केही समस्या देखिएको थियो, मर्मत गरियो,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘कतै ट्रान्सफर्मर र कतै केवलहरूमा समस्या आइरहेका छन्, हामीले मर्मत गरिरहेका छौं।’, तर उपभोक्ताहरूले भने एकपटक विद्युत गएपछि घटौंसम्म पनि मर्मत नहुने गरेको गुनासो गरेका छन्। , वर्षातले पनि विद्युत् नियमित गर्न समस्या भइरहेको उनले बताए।, ‘कतै रूखपातले तारमा छोएको छ कतै ट्रान्सफर्मर ओभरलोड भएका छन्,’ उनले भने, ‘केवलहरूमा पनि सर्ट भएको छ।’, जाडो याममा काठमाडौंमा विद्युतको माग पनि बढ्ने उनले बताए।, , , ,
काठमाडौंमै विद्युत् अनियमित, के भन्छ प्राधिकरण?
|
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको भौगर्भिक अध्ययन गर्न जाँदा हिमपातमा फसेको एसियाली विकास बैंक (एडिबी)का भूगर्भविदसहितको टोलीको उद्धार गरिएको छ।, भौगर्भिक विज्ञसहितको १५ जनाको टोली बुधबार मेलम्ची खानेपानीको माथिल्लो भाग भ्रेमाथाङमा हिमपातमा फसेको थियो।, श्री एयरको हेलिकप्टरले १५ जनालाई नै उद्धार गरेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।, १० गते मेलम्चीको भौगर्भिक अध्ययन गर्न खानेपानी मन्त्रालयबाट १० जनाको टोली हेलिकप्टरमा मेलम्ची क्षेत्रमा गएको थियो।, हेलिकप्टर एक ठाउँमा ल्याण्ड गराएर अन्य स्थानीय ५ जनालाई समेत लिएर टोली भ्रेमाथाङ गएको अधिकारीले बताए।, हिमपातमा फसेको थाहा पाएपछि त्यही हेलिकप्टरले सुरक्षित स्थानमा ल्याएको अधिकारीले जानकारी दिए।, १५ जनालाई सुरूमा उद्धार गरी ल्याङ्ग्री लार्के होटलमा ल्याइएको थियो।, उनीहरूमध्ये ५ जना काठमाडौं फर्केको अधिकारीले बताए।, ‘सबैको स्वास्थ्य अवस्था सामान्य छ, पाँच जना हेलिकप्टरमा काठमाडौं फर्कनुभएको छ, अरू स्थलमार्गबाट जाने तयारीमा हुनुहुन्छ,’ अधिकारीले भने।,
भौगर्भिक अध्ययन गर्न मेलम्ची गएको एडिबी टोलीको हेलिकप्टरबाट उद्धार
|
सेतोपाटी संवाददाता चितवनमा गतवर्षको तुलनामा मानवअधिकार उल्लंघनका घटनामा कमी आएको एक तथ्यांकले देखाएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले तयार पारेको वार्षिक तथ्यांकले चितवन जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष १८ वटा घटना कम भएको देखाएको छ।, इन्सेक चितवनका संयोजक दिपेन्द्र अधिकारीकाअनुसार चितवनमा सन् २०२० मा एक सय दसवटा मानवअधिकार उल्लङ्घन घटना भएका थिए। सन् २०२१ मा भने ९२ वटा घटना मात्रै संकलन भएको उनले बताए।, चितवनमा सन् २०२० मा महिला बलात्कारका १५ र बलात्कार प्रयासका ७ वटा घटना भएका थिए। यसवर्ष महिला बलात्कार १६ र प्रयासका ७ वटा घटना चितवन प्रहरीमा दर्ता भएका छन्। बालिका बलात्कारका ३६ वटा घटना अघिल्लो वर्ष रहेकोमा यसवर्ष २९ वटा रहेको अधिकारीले बताए। गतवर्ष ११ जना बालबालिका यौन दुव्र्यवहारको सिकार भएकोमा चालू वर्ष यो संख्या १८ पुगेको छ, जसमा एक जना बालक छन्।, ४ महिला र ५ जना पुरूषको हत्या भएको घटना अघिल्लो वर्ष संकलन भएकोमा चालू वर्षमा ३ पुरूष र १ महिलाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ। यसवर्ष बहुविवाहका १० वटा घटना छन्, अघिल्लो वर्ष १४ वटा थिए। यसवर्ष आत्महत्या दुरूत्साहनका मुद्दा दर्ता भएका छैनन्। अघिल्लो वर्ष ३ वटा घटना भएका थिए। मानव बेचबिखनका ४ घटना अघिल्लो वर्ष भएकोमा यसवर्ष ३ वटा घटना छन्।, भरतपुरमा आयोजना गरेको वर्ष पुस्तक पूर्वसमीक्षा कार्यक्रममा चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले मानवअधिकार उल्लंघनका घटना कम हुनु सुखद रहेको बताए । पछिल्ला दिनमा आपराधिक घटनाहरु सूचना र प्रविधिको प्रयोगबाट भइरहेको पाइएको उनले बताए। सूचना, प्रविधि पहुँच सहज बन्दै जाँदा यसमार्फत सिकोगर्दै बालबालिकादेखि युवायुवती अपराधिक घटनामा सामेल हुनेक्रम बढेको भन्दै एसपी अधिकारीले यसतर्फ सचेत हुनुपर्ने बताए।,
चितवनमा मानव अधिकार उल्लंघनका घटनामा कमी आएको इन्सेकको तथ्यांक
|
सुदीप श्रेष्ठ दुई सय चालीस मिनेट — त्यो सन्तोष साहको जिन्दगीकै सबभन्दा यादगार दुई सय चालीस मिनेट थियो।, गत वर्ष बिबिसी मास्टरसेफ च्यालेन्जका उपविजेता रहेका सन्तोष यसपालि फेरि प्रतिस्पर्धामा ओर्लेका थिए। उपाधि जित्ने अधुरो ख्वाब पूरा गर्ने हुटहुटीले उनलाई दोस्रोचोटि प्रतिस्पर्धामा ओरालेको थियो।, कतिले त उनलाई भने पनि, उपविजेता भइसकेको मान्छे फेरि भिडेर किन चुनौती मोल्छौ!, कतिले त तर्साए पनि, उपाधि जित्ने आकांक्षाले कतै कमाइसकेको नाम गुमाउने त होइनौ!, सन्तोष दोधारमा परे। , उनको मनले भन्दै थियो, दोस्रोचोटि पाएको मौका कुनै हालतमा छाड्नु हुन्न। दिमागले भन्दै थियो, फेरि पनि उपाधि जितिएला–नजितिएला ठेगान छैन, प्रतिस्पर्धामा लागेर किन चुनौती मोल्नु!, आखिरमा उनले मनको सुने।, ‘मलाई दुइटा कुराले दोस्रोचोटि प्रतिस्पर्धा गर्न हौस्यायो,’ सन्तोष साहले बुधबार राति बेलायतको लन्डनबाट ह्वाट्सएपमा सेतोपाटीसँग कुरा गर्दै भने, ‘एक त, मान्छेले कोशिस गरेर थाक्नुहुन्न। एकचोटि असफल भइयो भन्दैमा प्रतिस्पर्धाबाट भाग्ने मान्छे जिन्दगीमा कहीँ पुग्दैन। जिन्दगीको यात्रामा लड्नु नै पराजय हुनु होइन, लडेपछि उठ्न नखोज्नु चाहिँ पराजयको निशानी हो। म लड्न त लडेँ तर त्यसले मलाई आफ्नो गल्ती र कमी–कमजोरी फर्केर हेर्न सिकायो। तिनै गल्तीबाट पाठ सिकेर फेरि उठ्ने र रेसमा भाग लिने निधो गरेँ।’, अनि दोस्रो?, ‘दोस्रो कुरा, मास्टरसेफ च्यालेन्जमा उपाधि जित्नु भनेको म सन्तोष साहले व्यक्तिगत रूपमा उपाधि जित्ने कुरा मात्र होइन। त्यो त नेपालको सिराहामा पर्ने मधेस गाउँ कर्जनाबाट आएको नेपाली केटोले संसारकै प्रतिष्ठित प्रतियोगितामा आफूलाई अब्बल साबित गर्नु हो।’, ‘त्यति मात्र होइन,’ उनले अगाडि भने, ‘मैले यो उपाधि जित्नु भनेको नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु पनि हो। अघिल्लोचोटि म उपविजेता भएँ, अर्थात् मेरो नेपाली परिकार संसारको प्रतिस्पर्धामा उपविजेता ठहरियो। मैले सोचेँ, के उपविजेतामै चित्त बुझाएर बस्ने त! के नेपाली परिकार संसारकै अब्बल ठहरिन योग्य छैन त! मलाई दोस्रोचोटि प्रतिस्पर्धा गर्न घच्घच्याउने मुख्य कारण यही हो। मेरो लागि यो प्रतिस्पर्धा नेपाली परिकारलाई संसारकै अब्बल परिकारका रूपमा चिनाउने कोशिस पनि थियो।’, सन्तोष आफ्नो यो कोशिसमा सफल भएका छन्।, नेपाली समयअनुसार गत मंगलबार राति भएको बिबिसी मास्टरसेफ च्यालेन्ज ‘रिम्याच’ मा सन्तोषले बनाएको नेपाली परिकार अब्बल ठहरिएको छ। उनले प्रतियोगितामा तीन जनालाई उछिन्दै ‘मास्टरसेफ’ उपाधि हात पारेका छन्।, जसरी विश्वकप उचालेको फुटबल टोलीका लागि खेलको नब्बे मिनेट जिन्दगीकै यादगार नब्बे मिनेट हुन्छ, मास्टरसेफ उपाधि जितेका सन्तोष साह पनि प्रतियोगिताको त्यो दुई सय चालीस मिनेट आफ्नो निम्ति अविश्मरणीय रहेको बताउँछन्।, मास्टरसेफ च्यालेन्ज ‘रिम्याच’ मा सन्तोषसहित चारै जना प्रतियोगीले दुई राउन्डमा गरेर दुई सय चालीस मिनेट अर्थात् चार घन्टा समय पाएका थिए, आफ्नो पाककला देखाउन।, पहिलो राउन्ड डेढ घन्टाको थियो। यो राउन्डको मुख्य चुनौती के भने, यसमा निर्णायक मण्डलका सदस्यको मात्र मन जितेर पुग्दैन, संसारकै नामी खाना समीक्षक जे रेनरलाई पनि खुसी बनाउनुपर्छ।, बेलायती पत्रिका ‘गार्डियन’ मा खाना समीक्षा गर्ने जे रेनरको जिब्रोलाई जित्नु भनेको कुनै पनि सेफका लागि फलामको हड्डी चपाउनुसरह हो।, सन्तोषकै शब्दमा भन्दा, जे रेनर एकदमै कडा समीक्षकका रूपमा चिनिन्छन्। संसारका एक–से–एक स्वादको परख गरेकाले उनी कुनै खानेकुरा जिब्रोमा बसेन भने पकाउने व्यक्तिलाई गाली गर्न पनि पछि पर्दैनन्।, ‘रेनरको मन जित्नु मेरो लागि बढी चुनौतीपूर्ण थियो,’ सन्तोषले भने, ‘यसका लागि मैले नेपालका राई–लिम्बूहरूको शैलीमा कुखुराको मासु पकाउने निधो गरेँ।’, जसै डेढ घन्टाको स्टपवाच टिकटक गर्न थाल्यो, सन्तोषले कुखुराको भुत्ला आगोमा पोलेर त्यसको पाउडर बनाए। राई–लिम्बूहरू यसरी पोलेको कुखुराको भुत्लालाई ‘तीते’ भन्छन्। त्यसपछि उनले कुखुराको मासुका चौटामा त्यो तीते पाउडर मिसाए। सँगसँगै, कुखुराको छातीको मासु झोल हालेर पकाए।, घडीको टिकटक सकिँदा नसकिँदै मास्टरसेफ च्यालेन्जका निर्णायक र खाना समीक्षक जे रेनरको टेबल अगाडि नेपालको लिम्बू परिकार तयार थियो।, ‘उनीहरूले खान सुरू गर्दा म चाहिँ ट्वाल्ल परेर उनीहरूको मुख हेर्दै थिएँ,’ सन्तोषले भने, ‘हामी कुनै नयाँ खानेकुरा चाख्दै छौं भने जिब्रोमा स्वाद पर्नेबित्तिकै त्यसको प्रतिक्रिया हाम्रो आँखामा देखिन्छ। जिब्रोलाई स्वाद मन परेको छ कि छैन भनेर आँखाले भन्छ। म पनि एकटक उनीहरूका आँखातिर हेर्दै थिएँ।’, जसै निर्णायक मण्डल र जे रेनरका आँखा चम्के, उनीहरूको जिब्रोले कस्तो स्वाद पायो भनेर बुझ्न सन्तोषलाई गाह्रो भएन।, ‘मलाई रेनरको टिप्पणी सुन्न एकदमै डर लागिरहेको थियो,’ सन्तोषले भने, ‘उनले खुसी हुँदै ‘फेन्टास्टिक’ भने। कुखुराको मासुको झोल त औंला चाटीचाटी खाए।’, पहिलो राउन्ड पास भएपछि सुरू भयो, साढे दुई घन्टाको दोस्रो राउन्ड। मास्टरसेफ च्यालेन्जको मुख्य प्रतिस्पर्धा यसैमा हुन्छ।, यो राउन्डमा निर्णायक मण्डलले प्रतियोगीहरूलाई कुनै एउटा ‘थिम’ (विषय) दिन्छन्। प्रतियोगीहरूले त्यही थिमका आधारमा परिकार बनाउनुपर्छ। के परिकार कसरी बनाउने भन्नेमा चाहिँ उनीहरू स्वतन्त्र हुन्छन्।, प्रतियोगीहरूले जे पकाउने हो, त्यसको सुरूदेखि अन्त्यसम्मको काम यही साढे दुई घन्टाबीच गर्नुपर्छ। उनीहरूले आफ्नो परिकारको मेनु दिएका हुन्छन्। मेनुअनुसार के–के चाहिन्छ, ती चिज सबै टेबलमा ल्याएर राखिएको हुन्छ। आलु चाहिन्छ भने आलु राखिन्छ। काउली चाहिन्छ भने काउली राखिन्छ। कुन–कुन मसला मागिएको छ, त्यही त्यही मसला राखिएको हुन्छ।, स्टपवाचमा टिकटक सुरू हुनेबित्तिकै प्रतियोगीले साढे दुई घन्टाकै बीचमा तरकारी ताछ्ने, काट्ने, सफासुग्घर गर्ने, पकाउने र पस्किनेसम्मको काम पूरा गर्नुपर्छ।, यसपालि क्रिश्चियनहरूको ठूलो पर्व क्रिसमसलगत्तै प्रतियोगिता भएकाले उनीहरूलाई दिइएको थिम ‘क्रिसमसमा पकाइने भोज’ थियो।, सन्तोषले यो थिमलाई आफ्नै शैलीमा ढालेका थिए। यसबारे निर्णायक मण्डललाई जनाउ दिँदै उनले भनेका थिए, ‘जसरी तिमीहरूको ठूलो पर्व क्रिमसम हो, हामी नेपालमा क्रिसमसजस्तै धूमधामका साथ दसैं मनाउँछौं। जसरी तिमीहरू क्रिसमसमा सपरिवार जम्मा भएर अनेक परिकार पकाएर खान्छौ, हामी पनि दसैंमा सबै सदस्य जम्मा भएर अनेक परिकार पकाएर खान्छौं। म तपाईंहरूलाई नेपालको ठूलो चाड दसैंका परिकारहरू खुवाउँछु।’, यसमा निर्णायक मण्डल सहमत भएपछि उनले आफ्नै मधेसको दसैं परिकारलाई मास्टरसेफ च्यालेन्जको भान्सामा प्रवेश गराए।, दसैं भन्नेबित्तिकै हामीलाई मासुका थरीथरी परिकार याद आउँछ। साकाहारी परिवारमा हुर्केका सन्तोषले भने दसैंमा आफ्नी आमा र दिदीहरूले पकाउने साकाहारी स्वाद अहिलेसम्म भुलेका छैनन्। आमाको भान्साको त्यही साकाहारी स्वाद सन्तोषले मास्टरसेफका निर्णायकहरूलाई चखाए।, ‘मेरो परिवारमा आमा, दुई जना दिदी र एक जना दाइ साकाहारी हो। हाम्रो घरमा दसैं बेला पनि साकाहारी खाना नै पाक्छ,’ उनले भने, ‘मेरी आमा र दिदीहरू आलु, काउली, कटहर, भ्यान्टा र घिरौंला पनि अनेक किसिमले पकाउनुहुन्छ। एउटै तरकारीबाट कसरी त्यतिविधि परिकार बन्छ भनेर म सानोमा छक्कै पर्थेँ। आफूले बच्चैदेखि आमाको हातबाट जे पाक्दै आएको देखेको थिएँ, मैले तिनै परिकार मास्टरसेफमा पकाएँ।’, उनले अगाडि भने, ‘मान्छेको अर्गानिक रूप नै उसको बेस्ट रूप हो भनेर भनिन्छ नि, हो रहेछ। मैले आफ्नो परिकारमा कृतिम स्वाद हाल्न खोजेको भए न त्यसमा न्याय गर्न सक्थेँ, न निर्णायकहरू मेरो कामबाट खुसी हुन्थे। सानैदेखि जे देखेँ, जे चाखेँ, त्यसैलाई हुबहु मास्टरसेफमा पेस गरेँ। मैले पकाएको अर्गानिक स्वाद नै बेस्ट भयो।’, उनले यो राउन्डमा १८ थरीका साकाहारी परिकार पकाएका थिए जसमा चामलको पुरी, तिलौरी, तिलको चटनी, गोलभेँडाको चटनी, पुलाउ, तामाको अचार, पोलेको कटहर, माल्पुवा प्रमुख थिए। यसबाहेक आलु, काउली, भन्टा, तरूल लगायतको तरूवा पनि चखाए।, ‘यी सबै परिकार मैले जन्मेदेखि आमाको हातबाट खाँदै आएको हुँ,’ उनले सेतोपाटीसँगको कुराकानीमा भने, ‘म बेलायत आएको ११ वर्ष भयो, त्योभन्दा अगाडि दस वर्ष भारतमा काम गरेँ। यो २१ वर्षमा मैले सबभन्दा बढी मिस गर्ने भनेकै आमाको हातका परिकार हुन्। आज पनि बेलाबेला दसैं मनाउन नेपाल जाँदा म यी परिकार खान छुटाउँदिनँ।’, गत वर्ष फागुनमा नेपाल आउँदा उनले यी परिकार चाख्नुका साथै पकाउने तरिका मिहिन रूपमा हेरेका थिए। आमाको हातबाट बनेको तिलौरी आफूसँगै बेलायत लगे र त्यही तिलौरी उनले मास्टरसेफमा पकाए।, ‘मैले जितेको उपाधिमा आमाको हातको स्वाद पनि मिसिएको छ,’ उनले भने, ‘मैले प्रतियोगिता जित्नेबित्तिकै घरमा फोन गरेको थिएँ। दाइले उठाउनुभएको थियो। आमासँग पनि कुरा गरेँ। तपाईंले बनाउनुभएको तिलौरीले मलाई मास्टरसेफ जितायो नि आमा भनेर भनेँ। आमा खुसीले दंग पर्नुभो।’, हुन त सन्तोषकी आमालाई मास्टरसेफ भनेको के हो, कस्तो हो, केही थाहा छैन। मतलब पनि छैन। तर आमाको मन न हो!, गाउँमा कुनै सानो खेल जितेर मेडल ल्याउँदा त आमाको भुइँमा खुट्टा हुन्न, झन् छोराले ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता जित्यो भनेपछि आमालाई खुसी हुन अरू के चाहियो!, सन्तोषलाई दोस्रो राउन्ड पूरा गर्न निर्धारित साढे दुई घन्टा पनि लागेन। उनले पन्ध्र मिनेटअगाडि नै सबै पकाइवरी तयार पारिसकेका थिए। बचेको समयमा चामलको पुरी र प्याजको अचार बनाए। यी दुवै परिकार उनको सुरूको मेनुमा थिएन।, अघिल्लो प्रतियोगितामा काठमाडौंको नेवार परिकार यःमरि चखाएर निर्णायकहरूको वाहवाही कमाएका सन्तोषले यसपालि पकाएको मधेसको स्वादले पनि निर्णायकहरूको मन जित्यो।, एक जना निर्णायकले उनको परिकार चाखेपछि भने, ‘तपाईंले आफ्नो देश गएर त्यहाँको रैथाने स्वाद लिएर आउनुभयो। यो चाख्दा म आफैं त्यहाँ पुगेँजस्तो लाग्यो। अर्कोचोटि तपाईं नेपाल जाँदा मलाई पनि सँगै लैजानुस् है।’, हुन त बाँकी तीन प्रतियोगीले पकाएका खानेकुरामा पनि निर्णायकहरूले कुनै खोट देखाएका थिएनन्। यसले उपाधि कसको हातमा पर्ला भन्ने अन्यौल कायमै थियो।, ‘कसैको खानामा पनि खोट थिएन भने उपाधि चाहिँ तपाईंले कसरी जित्नुभयो?’, यो प्रश्नमा सन्तोषले भने, ‘मास्टरसेफ च्यालेन्जमा खानाको स्वाद मात्र हेरिँदैन। प्रतियोगिता जित्न स्वाद त मिठो हुनैपर्यो तर त्यतिले पुग्दैन। खानेकुरा कत्तिको सिर्जनशील छ, कत्तिको स्वस्थ छ, तोकिएको अवधिमा पकाएर भ्यायो कि भ्याएन, कसरी पस्कियो भन्नेदेखि त्यो परिकारसँग जोडिएको सामाजिक कथा पनि उनीहरू केलाउँछन्।’, यी सबै पक्ष जोडेर आफूले बाँकी प्रतियोगीलाई उछिनेको उनले बताए।, ‘मास्टरसेफ च्यालेन्जमा हामीसँग जम्मा दुई सय चालीस मिनेट थियो, त्यो अवधिमा हामीले आफ्नो बेस्ट दिनुपर्थ्यो। मैले नेपालका लिम्बू जाति र मधेस क्षेत्रमा खाइने फरक–फरक शैलीको परिकारलाई जतिसक्दो सिर्जनात्मक ढंगले पस्किएँ, त्योसँग जोडिएको कथा पनि उनीहरूले खुब रूचाए,’ सन्तोषले भने, ‘यो दुई सय चालीस मिनेट मेरो जिन्दगीकै सबभन्दा यादगार क्षण रह्यो।’, सन्तोषले मास्टरसेफ जितेर आफ्नो एउटा अधुरो धोको पूरा गरेका छन्। उनको अर्को धोको छिट्टै पूरा हुँदैछ। आउँदो फेब्रुअरी ३ मा उनको किताब प्रकाशित हुँदैछ।, नेपालका विभिन्न जातजाति र क्षेत्रमा प्रचलित परिकारहरू र त्यसको कथा समेटिएको किताब ‘ऐला’ पेन्गुइन प्रकाशनले छापेको हो। पहिलो चरणमा लन्डनमा मात्र विमोचन गरिँदैछ। केही समयपछि नेपालका लागि अलग्गै प्रकाशन गर्ने तयारी छ।, ‘अनि लन्डनमा नेपाली परिकारहरू पाइने नेपाली रेस्टुरेन्ट खोल्ने योजना चाहिँ कहाँ पुग्यो?’ मैले उनको तेस्रो धोकोबारे जिज्ञासा राखेँ।, जवाफमा उनले भने, ‘सबै कुरा एकैचोटि पूरा हुँदैन नि, एक–एक पाइला बिस्तारै चाल्नुपर्छ।’, उनले अगाडि भने, ‘यसपालि मास्टरसेफ जितेँ, किताब पनि आउँदैछ। त्यसपछि तेस्रो धोको पूरा गर्ने पालो।’, हुन त उनको चौथो धोको पनि छ — नेपालका थुप्रै रैथाने परिकारहरू पाइने एउटा ठेट नेपाली रेस्टुरेन्ट काठमाडौंमै खोल्ने।, ‘त्यसको पालो चाहिँ लन्डनमा रेस्टुरेन्ट खोलेपछि,’ उनले भने।, यी पनि हेर्नुहोस्:, १६ नेपाली परिकारसहित लन्डनमा रेस्टुरेन्ट खोल्दै मास्टरसेफ सन्तोष साह, मास्टरसेफ सन्तोष साहसँग काठमाडौंको फूड टूर (भिडिओ),
मास्टरसेफ सन्ताेष साहको त्यो यादगार २४० मिनेट
|
सेतोपाटी संवाददाता चर्चित र्यापर आशिष राना पक्राउ परेका छन्। , 'लाउरे' नामले परिचित उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए। , उनलाई लागुऔषध मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी हिजो बेलुकी पक्राउ परेका हुन्।, ‘एक जना लाउरे भन्ने आशिष रानालाई हामीले लागुऔषधको मुद्दामा ल्याएका छौं,’ प्रहरी उपरीक्षक थापाले भने,‘अनुसन्धानको क्रममा छ।’, उनी हिमालयन रोडिजका निर्णायक पनि हुन्। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। र्याप ब्याटल रअ बार्जबाट उनी चर्चामा आएका थिए। , उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगयात गीतहरू चर्चित छन्। उनले ताण्डव सिनेमामा पनि खेलेका छन्।,
,
लागुऔषध मुद्दामा पक्राउ परे र्यापर 'लाउरे'
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.