content
stringlengths 20
64.1k
⌀ |
|---|
सेतोपाटी संवाददाता शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ।, आयोगले आज वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको हो।, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुकबाट आवेदन मागसमेत भएको छ।, नेपाली विषयमा ४३७ जना माग भएको छ भने अंग्रेजी विषयलाई ६२४ जनाको माग भएको छ।, यस्तै गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित-विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै आयोगले विज्ञापन खुलाएको छ।, परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ।, आउँदो चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने सूचनामा उल्लेख छ। सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन्।, सात सय शूल्क तिरेर आवेदन फारम भर्न सकिनेछ।, माघ ६ गतेभित्र आवेदन दिन सकिने आयोगले जनाएको छ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन्।, आयोगको वेबसाइटबाट गएर अनलाइन फारम भर्न सकिनेछ।, यस्तो छ सूचना:,
झन्डै २६ सय निमावि शिक्षक माग गर्दै आयोगले खुलायो विज्ञापन
|
सेतोपाटी संवाददाता धनगढीका अटो रिक्सा चालक आन्दोलनमा उत्रिएका छन्। आइतबार विहानैदेखि उनीहरूले ट्राफिक प्रहरीले लागू गरेको जोरबिजोर प्रणालीको बिरोधमा प्रदर्शनमा उत्रिएका हुन्।, उनीहरूले धनगढी उपमहानगरपालिका घेराउ गर्नेदेखि मुख्य सडक बन्द गर्ने प्रयाससमेत गरिरहेका छन्।, अटोरिक्सा चालकले सडक अवरुद्ध गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरि बजार खुलाउने प्रयास गरिरहेको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार नगर भित्र ठूलो संख्यामा अटो रिक्सा चल्न थालेपछि व्यवस्थापनका लागि सबै पक्षसँग छलफल गरि जोरबिजोर प्रणाली लागू गरेको छ।, केही रिक्सा चालक प्रहरीले बनाएको नियम मान्नुपर्ने बताउँदै आएका छन्। केही चालकले भने ऋणमा रिक्सा किनेर चलाउनेलाई यो नियमले मर्का पर्ने भन्दै आन्दोलनमा उत्रिएका छन्।,
,
जोरविजोर लागू गरेपछि धनगढीका अटो चालक आन्दोलनमा
|
सेतोपाटी संवाददाता सिरहामा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। , गोलबजार नगरपालिका-६ गोलबजारमा शनिबार राति पौने ८ बजे दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। , उक्त झडपमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको र अर्का एक घाइते भएको बुढाथोकीले जानकारी दिए।, छुरा प्रहारबाट २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारको लागि आरके मेडिसिटी अस्पताल लगिएको थियो। त्यहाँ पुर्याएलगत्तै उनलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए।, त्यस्तै निकेश सदा गम्भीर घाइते छन्। उनको पनि उपचार भइरहेको छ। , दुई पक्षका ६-७ जनाबीच झडप भएको प्रहरीले जनाएको छ। उनीहरू अहिले फरार छन्। , प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको छ। घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ। , यसैबीच दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्गको गोलबजार खण्ड अवरोध गरेको वडा नम्बर ६ का वडाध्यक्ष बसन्तकुमार लामाले जानकारी दिए। , स्थानीयले सडकमै टायर बालेर प्रदर्शन गरिरहेका छन्।,
,
सिरहामा दुई समूहबीच झडप: एकको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरूद्ध
|
नारायण खड्का घोराही चारलेन सडक निर्माणको जिम्मा फेरि पनि पेटी ठेकेदारलाई दिइएको छ। , तुलसीपुर उपमहानगरपालिकाको हात्तिखौवा चोकदेखि घोराही उपमहानगरपालिकाको बबई नदीसम्म चार लेन सडक निर्माणको जिम्मा फेरि पनि पेटी ठेकेदारलाई दिइएको छ। , यो सडक विस्तार र कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लि.ले पेटी ठेकेदारहरू बेडा बाबा कन्स्ट्रक्सन, विमला निर्माण सेवा र शिवपुरी निर्माण सेवालाई सडक निर्माणको जिम्मा दिएको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राका आधिकारीक प्रतिनिधि विजय पाठकले सेतोपाटीलाई बताए।, यसअघि तथ्य इन्जिनियरिङको तर्फबाट स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीले कामको जिम्मा पाएको थियो।,
२ वर्षमा काम पुरा गर्ने गरि करिब ३४ महिनाअघि ठेक्का सम्झौता सकारेको अष्टभैरवले काम नगरेको भन्दै तथ्यले उसँग सम्झौता तोडेको थियो। , समयमै काम नसकेपछि तथ्य इन्जिनियरिङले पाण्डेसँगको सम्झौता तोडेर आफैं सडक निर्माण गर्ने वाचा सार्वजनिक रूपमै गरेको थियो। तर, तथ्यले फेरि तीन वटा पेटी ठेकेदारलाई सडक निर्माणको निर्माणको जिम्मा दिएको छ।, तथ्यले गत मंसिर १० गते घोराहीमा चार लेन सडकको शुभारम्भ गर्दै कम्पनीका प्रमुख प्रविन ब्रह्मदेव पाण्डेयले अब सडक निर्माणको काम आफैंले पुरा गर्ने बाचा गरेका थिए। , आफैंले कामको जस वा अपजस लिने बताएको तथ्यले एक महिना नबित्दै काम गर्ने जिम्मा तीन नयाँ पेटी ठेकेदारलाई दिएको छ।, नयाँ ठेकेदारलाई कामको जिम्मा दिँदै तथ्य प्रमुख प्रविन ब्रह्मदेव पाण्डेयले अब सडक निर्माणको कामले गति लिने दाबी गरे। यद्यपी समयमै पुरा हुनेमा स्थानीय आशंका व्यक्त गर्छन्।, बबई नदीदेखि चौघेरासम्म पहिलो खण्डको ५ किलोमिटर बेडा बाबा कन्स्ट्रक्सन, घोराहीको डिके पेट्रोलपम्पदेखि खैरासम्मको १२ किलोमिटर बिमला निर्माण सेवालाई र बाँकी खैरादेखि तुलसीपुरको हात्तिखौवासम्मको १२ किलोमिटर सडक निर्माणको जिम्मा शिवपुरी निर्माण सेवालाई काम गर्ने जिम्मेवारी दिइएको तथ्यका प्रतिनिधि पाठकले जानकारी दिए।, तीन वटा निर्माण कम्पनीले उक्त सडक खण्डमा १४ दशमल ४६ किलोमिटर सडक चार लेन र १३ दशमल ७३ किलोमिटर दुई लेन सडक निर्माण गर्ने जिम्मा पाएका हुन्।, बबई नदीदेखि–कुटवा खोलासम्म ६ दशमल ५३ किलोमिटर, सर्रादेखि नारायणपुर बजारसम्म ३ किलोमिटर र खैरादेखि दुधरासम्मको ३ दशमलब ७ किलोमिटर सडक दुई लेन र घोराहीको डिके पेट्रोल पम्पदेखि सर्रा चोकसम्म ४ किलोमिटर, नारायणपुर बजारदेखि खैरासम्म २ किलोमिटर र दुधरासदेखि तुलसीपुरको हात्तिखौवासम्म ८ दशमलब ३१ किलोमिटर सडक चारलेन बनाउने गरी तीन पेटी ठेकेदारले कामको जिम्मा पाएको पाठकले बताए। , सडक निर्माणका लागि कानुनी तथा प्राविधिक प्रक्रिया मिलाउने क्रममा अहिले सडकमा भौतिक प्रगति देखिने गरि नभएको तथ्यका प्रतिनिधिले बताए। , ‘पहिले निर्माणको जिम्मा पाएको ठेकेदारको लापरवाहीका कारण कागजी र कानुनी प्रक्रिया मिलाउँदा काम गर्न ढिलाई भएको छ । आज हामी काम मिलाउने अव अन्तिम चरणमा छौं,’ प्रतिनिधि पाठकले भने,‘यो काम सकेपछि सडकको निर्माणको कामले गति लिनेछ।’ उनले उक्त काम अबको एक हप्ताभित्र सकिने जानकारी दिए।, निमार्ण कम्पनीको कागजी प्रक्रिया अघि बढाएको, निर्माणका लागि चाहिने माटो ढुंगा खोज्ने काम भएको, स्ट्याम जेभी कन्सल्टेन्सीसँग सडकको पूरा इन्जिनियरिङ डिजाईन ल्याउने तथा माटो परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने काम भएको पाठकले जानकारी दिए। , पहिलाका ठेकेदार पक्ष अनुप पाण्डेयले ल्याब परीक्षणको रिपोर्ट नदिएपछि माटो परीक्षण गर्न केन्द्रमा पठाउनुपर्दा काममा ढिलाई भएको गुनासो गरे। , चार लेन सडक निर्माणको काम १ करोड २१ लाख ८२ हजार अमेरिकन डलरमा निर्माण गर्न लागिएको छ। , भारतीय एक्जिम बैंकमार्फत रकम भुक्तानीको ब्यवस्था गरिएको छ। सडक निर्माण गर्दा अधिकांस उपकरण तथा निर्माण सामाग्री भारतबाटै खरिद गरेको हुनुपर्ने प्रावधान राखिएको छ। , चार लेन सडक समयमै निर्माण नहुँदा सर्वसाधारणको यात्रा कष्टकर बनेको छ। jर्षायाममा हिलाम्मे र आजकल सडक धुलाम्मे हुने गरेको छ। , तुलसीपुर-घोराही सडक विस्तार : २ वर्षमा ७ प्रतिशतमात्रै काम ,
तुलसीपुर-घोराही सडक विस्तार : सडक निर्माणको काम फेरि पेटी ठेकेदारलाई
|
सेतोपाटी संवाददाता रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगरमा ९ वर्षीय बालक शव फेला परेपछि स्थानीयले छानबिन गर्न माग गरेका छन्। , शनिबार रजत खड्गीका ९ वर्षीय छोरा आसारे खड्गी स्थानीय राजेन्द्र गोतामेको घरको झ्यालमा झुण्डिएको अवस्थामा फेला परेका थिए।, राजेन्द्र गोतामे मृतक बालकको ठूलो बुवा रहेको प्रहरीले जनाएको छ। राजेन्द्रले चर्चलाई घर भाडामा दिएको र मृतक बालकका बुवा खड्गी चर्चमा ध्यान गरिरहेको बेला उक्त घटना भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले शनिबार दिउँसो मण्डलीमा गएका बालक घरको झ्यालमा तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए।, झुण्डिएको अवस्थामा फेला परेपछि तत्कालै उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो। तर उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो। , प्रहरी नायब उपरीक्षक पौडेलले मृतक बालकको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको बताए। , स्थानीयले भने ९ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला पर्नु शंकास्पद रहेको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।,
,
बुटवलमा मृत भेटिए ९ वर्षीय बालक, छानबिन गर्न माग
|
सेतोपाटी संवाददाता काठमाडौंको जर्सिङपौवाको एक रिसोर्टमा काम गर्ने महिला मृत फेला परेकी छन्। , शनिबार बिहान शंकरापुर नगरपालिका वडा नम्बर ६ जर्सिङपौवाको लाङटाङ इको रिसोर्टमा काम गर्ने ओखलढुंगाकी १९ वर्षीय उर्मिला आलेमगर मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए। , उनका अनुसार उर्मिलाले राति मकल बालेर सुतेकी थिइन्। झ्याल-ढोका बन्द भएको हुँदा उनको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ। , उनीसँगै लिभिङ टुगेडरमा बसिरहेका मोरङका अर्जुन मगर भने बेहोस अवस्थामा फेला परेका थिए।, उनीहरू दुबै जना सो रिसोर्टमा काम गर्थे। शनिबार बिहान रिसोर्ट सञ्चालकले उनीहरूलाई उठाउन जाँदा घटनाबारे थाहा भएको हो।, शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ।,
,
जर्सिङपौवाको एक रिसोर्टमा काम गर्ने महिला मृत फेला
|
सेतोपाटी संवाददाता चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरु गरेका छन्।, आइतबार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतिघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन सुरु गरेका हुन्।, बाँदर झुला संघर्ष समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायको लागि काठमाडौं केन्द्रित आन्दोलन गर्नु परेको बताइन्। उनले काठमाडौंमा आएर आफ्नो जग्गाको लालपुर्जा प्राप्त गर्नुका लागि आन्दोलन गर्नु पर्ने बाध्यता भएको बताइन्।, संयोजक आचार्यले नगरपालिका तथा निकुञ्जमा लालपुर्जाको माग गर्दै पटक–पटक आन्दोलन गरे पनि माग पुरा नभएको बताइन्। अब अन्तिम लडाइ लड्नकै लागि काठमाडौं आएको उनको भनाई थियो।, ‘बाँदर झुलाका सुकुम्बासी जनताले बाच्न पाउनुपर्ने अधिकार रहेको छ। बस्तीका आँगो लगानउने विगत ८ वर्ष देखि घुुरी कर बुझाएको प्रमाण हामीसँग छ। अनि कसरी निकुञ्जको जग्गा हुन्छ? यो विषयमा नगरपालिकाले पनि न्याय दिन सकेन’, उनले भनिन्, ‘माओवादीका अध्यक्ष प्रचण्ड तीन पटक बस्तीमा पुग्नुभयो तर, बाँदरझुलाका जनताले लालपुर्जा पाएनन्। नेताहरुलाई जनताको समस्या भन्दा पनि भोट चाहिएको छ।’, सुकुम्बासी जनताको अधिकार माथि नै राजनीति भएको भन्दै लालपुर्जा प्राप्तिको लागि निरन्तर आन्दोलन जारी राख्ने आचार्यले बताइन्। ‘अब यहाँका जनताले केही गर्न नजाने पनि भोट दिन जानेका छौं। हामी भोट दिने बेलामा हेर्छौं। हामीले जग्गाको लालपुर्जा नपाएसम्म यो नालायक सरकार चाँहिदैन। लालपुर्जा नदिएसम्म कसैलाई भोट दिदैनौं,’ उनले भनिन्, ‘सुकुम्बासी नपढेको जनता भनेर हेपियो। तर, अब हामी कसैले राजनीतिकरण गर्न खोजे पनि रोकिने छैनौं। आफ्नो अधिकार माग गर्न आउनलाई समेत रोकियो। जति आएका छौं । त्यतिले निरन्तर रुपमा आन्दोलन गछौं । आन्दोलन नभए माग पुरा गर्नको लागि अदालतमा मुद्दा हालेर मात्रै चितवन जान्छौं।’, सुकुम्बासी समुदाय बाँदरझुला मानवीय बस्ती र निकुञ्जको जग्गाको सिमाङकन गर, हाम्रो भूमिको लालपुर्जा दे, हामीहरु घर खोजी रहेका छौं, तिमीहरु बस्ती जलाउँछौं लेखेका प्लेकार्डसहित आन्दोलन गरिएको छ। ,
बाँदरझुलाबासी लालपूर्जाको माग गर्दै काठमाडौंमा
|
सेतोपाटी संवाददाता नेपालमा थप १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १८१ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ८७२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ४ हजार ८३१ जनाको पिसिआर परीक्षण र ५०४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।,
नेपालमा हाल ५ हजार २७१ जना सक्रिय संक्रमित छन्।, २८९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट १ को मृत्यु भएको छ। ,
काठमाडौं उपत्यकामा ८३ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४, ललितपुरमा १३ र भक्तपुरमा ६ संक्रमित छन्।,
,
नेपालमा थपिए १८१ कोरोना संक्रमित
|
युनिक श्रेष्ठ साक्षीले देखेको अनुहारलाई उनी कापीमा कोर्छन्, अचेल त ट्याबमै पनि।, प्रश्न सोध्दा दिइने उत्तर अनुसार उनी आफ्नो हात घुमाउँछन्। पटकपटक, 'यस्तो हो?' भनेर पनि सोध्छन्।, कतिले अँ हो-हो भन्दै जान्छन्। कतिले त सच्याउँछन् पनि। त्यसरी नै उनी स्केच बनाउँछन्।, दुबै तरिकाले स्केच त तयार हुन्छ। तर सच्याउँदै बनाएको स्केच अझ निखारिने रहेछ।, यदि कोही भागेका अपराधीको स्केच बनाउनु परे, सुरूमै महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) योगेश महर्जनलाई फोन आउँछ। महर्जन साढे तीन वर्षअघि असईबाट सईमा बढुवा भएका थिए।, नेपाल प्रहरीमा अपराधीको स्केच बनाउने उनी मात्रै रहेछन्। उनी फोरेन्सिक आर्टिस्ट हुन्। उनले यस्तो एउटा स्केच ३० देखि ४५ मिनेटभित्र तयार पार्छन्। कसैलाई अगाडि राखेर बनाउनु परे भने अझै समय लगाउँछन्। त्यसरी कोर्दा उनी अनुहारमा देखिने हरेक कुरालाई चित्रमा उतार्ने प्रयास गर्छन्।, ‘हेरेर बनाउँदा अनुहारमा धेरै विवरण देखिन्छ त्यसैले धेरै समय लाग्छ। सोधेर बनाउने हो भने चाहिँ हेरेर बनाएको जस्तो हुँदैन किनकी मानिसको दिमागमा अनुहारका धेरै विवरण बस्दैन,’ उनले भने, ‘त्यो व्यक्तिले मलाई कत्तिको बुझाउन सक्छ वा मैले कति कुरा बुझें र मैले कति उतार्न सकें स्केच कस्तो बन्यो भन्ने त्यसमा भर पर्छ।’, उनले कोरेका चित्रकै कारण थुप्रै अपराधी पक्राउ परिसकेका छन्। प्रहरीका लागि मात्र उनले चार सय बढीको स्केच बनाइसकेका छन्।, हालसालै पनि उनले एउटा स्केच बनाए। महर्जनको स्केचले प्रहरी अनुसन्धानमा धेरै सघायो।, काठमाडौंको कालिमाटीस्थित गाईबाच्छापाटीको एक घरमा मंसिर ७ गते एक पुरुषको शव फेला पर्यो।, शव भेटिएको खबर पाएपछि महाशाखाको सोको (सिन अफ क्राइम अफिसर) शाखाको टोली घटनास्थल पुग्यो। काठमाडौं उपत्यकामा हुने हत्यासम्बन्धी घटनामा यही टोली पुग्छ। प्रमाण संकलन गर्नेदेखि तस्बिर यही टोलीले खिच्छ।, गाईबाच्छापाटी घटनामा फेला परेको शव जलिसकेको थियो। अनुहार चिन्न सकिने अवस्था थिएन, सनाखत हुने केही कागजात पनि थिएन। निकै विभत्स देखिन्थ्यो।, झट्ट हेर्दा मरेका व्यक्ति युवाजस्ता थिए। सानो शरिर, सानो टाउको र खैरो कपाल। सुरूमा प्रहरीले उनी भर्खरका केटा हुन् कि भन्ने आशंका गर्यो।, शवको तस्बिर महर्जनले हेरे। त्यो देख्नेबित्तिकै उनलाई लाग्यो, ‘यसमा पक्कै मेरो काम पर्छ।’, उनी त्यसअनुसार तयार नै बसिरहेका थिए। नभन्दै दुई दिनपछि उनलाई अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण चन्दले महाराजगन्जको टिचिङ अस्पतालमा लगे।, महर्जन आफैं पनि घटनास्थलको तस्बिर खिच्छन्। अस्पतालमा गएर बडी ब्यागबाट निकालेदेखि उनले नै तस्बिर खिच्न सुरू गरे।, आफूलाई स्केच बनाउन सहयोग पुर्याउने हिसाबले तस्बिर खिचे। शवको तस्बिर देखाउँदै उनले भने, 'बडी ब्यागबाट शव निकाल्दा त भर्खरैको केटाको जस्तो देखिएको थियो।', उनलाई शव १६-१७ वर्षका युवाको जस्तै लागेको रहेछ। तस्बिर खिचेर सकेपछि कार्यालयमा आएर महर्जनले स्केच बनाए।, सुरूमा त भर्खरको केटा जस्तै खैरो रंगको हुनेगरी स्केच बन्यो। पोष्टमार्टम गरेका डाक्टरले शव केटाको नभई अलि बुढो मान्छेको भएको बताए। उनको कपाल बाहिरी भागमा खैरो भए पनि भित्रभित्र सेतो थियो। , त्यसैलाई आधार मानेर उनले अर्को चित्र बनाए। जसले अनुसन्धानमा सघाएको थियो।, अनुसन्धानमा खटिएका अरू प्रहरीलाई पनि सुरूमा त शव वस्यक पुरुषकै हुनुपर्ने अनुमान थियो।, किनकी सबैभन्दा पहिला साथीलाई खोज्दै गएका धादिङका मानव अधिकारीले शव देखेका थिए। उनी आफ्ना साथी काठमाडौं महानगर-१३ ताहाचल बस्ने ३३ वर्षीय सुशील शर्मालाई खोज्दै हिँडेका थिए। मानवले शव देखेपछि आफ्नै साथी हो भन्ने ठानेका थिए।, प्रहरीले पनि उनी नै पो हुन् कि भनेर अनुसन्धान गर्दै गयो। तर पछि सुशील जिवित नै भेटिए।, त्यसपछि अनुसन्धान पूर्ण रूपमा शवको सनाखत गराउनेतर्फ मोडियो। यता महर्जनले कपाल सेतो बनाएर स्केच तयार पारिइसकेका थिए। जुन बुढो व्यक्तिको शव जस्तै बन्यो।, स्केच बनिसके पनि शव सनाखत हुन सकेन। अनुसन्धान गर्दै जाँदा कालीमाटी क्षेत्रमा मागेर हिँड्ने एक वृद्ध हराइरहेको भन्ने सूचना प्रहरीले पायो। अनुसन्धान गर्दा मागेर हिँड्ने व्यक्ति काभ्रे तिमाल गाउँपालिका वडा नम्बर ८ का ७६ वर्षीय हर्कबहादुर बानियाँ भएको खुल्यो। अझै पनि ७ गते भेटिएको शव उनकै हो भन्ने यकिन भएको थिएन।, त्यसैबीच बानियाँ भतिज प्रहरीको सम्पर्कमा आए। उनलाई प्रहरीले स्केच देखायो। जसलाई उनले हेर्नेबित्तिकै आफ्ना काका हुन् भनेर चिने।, त्यसलाई थप पुष्टि गर्न उनले केही दिन अघिमात्रै एउटा भिडिओ पनि खिचेका रहेछन्। त्यसैको आधारमा उनी बानियाँ नै थिए भन्ने पुष्टि भयो। त्यो भिडिओमा सुशील पनि देखिएका थिए। उनी नै आरोपित हत्यारा निस्किएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।, यसरी स्केच बनाउँदा अरू व्यक्तिसँग मिल्न जाने सम्भावना पनि हुने महर्जन बताउँछन्।, ‘अर्कै व्यक्तिसँग स्केच मिल्न जाने सम्भावना धेरै हुन्छ। त्यसकारण यो औंठाछापजस्तो हुँदैन। एउटा कुरा भनिन्छ नि, अनुसन्धान मेसिनले गर्ने चिज होइन, विवेकले गर्ने कुरा हो। स्केचमा त्यही कुरा लागू हुन्छ,’ उनले भने।, कीर्तिपुरमा हुर्किएका योगेश सानैदेखि चित्र त कोर्थे। तर प्रहरी संगठनमा लागेर फोरेन्सिक आर्टिस्ट बन्छु भन्ने उनले सोचेका थिएनन्। टिभीमा आउने सिरियलहरूमा फोरेन्सिक आर्टिस्टलाई देख्दा आफू पनि त्यस्तै बन्न पाए हुन्थ्यो भन्ने रहर उनको मनमा पलाउँथ्यो।, चित्रकलाप्रतिको रूचीले गर्दा एसएलसी पास भएपछि उनले ललितकला क्याम्पसमा चित्रकला पढेका थिए।, महर्जनलाई प्रहरीमा भर्ना हुन दाइले भनेका हुन्। उनका दाइ सशस्त्र प्रहरीमा निरीक्षक छन्। , स्नातक सकेर बसिरहेका बेला नेपाल प्रहरीमा भर्ना खुलेपछि महर्जनले पनि आवेदन दिए। त्यत्तिबेला उनी मिदास भन्ने संस्थाका लागि काम गर्दै थिए। मिदासमा पनि उनको काम मानिसहरूको चित्र कोर्नु नै थियो।, असईमा उनको नाम निस्कियो। जागिर र चित्र कोर्ने कलम छाडेर उनी २०६७ वैशाखमा तालिम लिन महाराजगन्जस्थित पुलिस एकेडेमी छिरे।, त्यहाँ गएपछि त स्केच कोर्ने काम चटक्कै छुट्यो। तालिममा हुँदा राति १० बजेपछि अनिवार्य सुत्नै पर्थ्यो।, निन्द्रा नलागेपछि भने उनी कल्पना गरेर चित्र कोर्थे।, 'त्यहाँ छिरेपछि कलम चटक्कै छुट्यो। त्यसपछि धेरै नै गाह्रो भयो। तैपनि राति-राति सुत्न अगाडि चित्र कोर्थें,' महर्जनले भने, 'त्यत्तिबेला पिटी खेलेको र उडुसले खाएको जस्तो कार्टुनी शैलीको चित्र बनाएर बस्थें।', उनी आफूले कोरेका चित्र सूचनापाटीमा टाँस्थे। तीमध्ये एक ठूलो उडुसले स्ट्र राखेर तालिमेलाई उल्टो पारी रगत चुसिरहेको रोचक र व्यंग्यात्मक चित्र टाँसेका थिए।, त्यो चित्र प्रहरी नायब उपरीक्षक हृदय थापाको नजरमा पर्यो।, महर्जनका अनुसार त्यतिबेला एकेडेमीमा खुबै उडुस आउँथ्यो। उडुसले राति सुत्ने बेलामा टोकेर हैरान पार्थ्यो। त्यही कुरालाई उनले कार्टुनी शैलीमा चित्र कोरेका थिए।, 'उडुसले स्ट्र राखेर मानिसको रगत खाइरहेको चित्र कोरेको थिएँ। डाबरै-डाबर आउने गरी रगत खान्थ्यो। त्यो पीडालाई हामीलाई उडुसले खाइरहेको चित्र बनाएँ,' उनले भने, 'त्यो चित्र मैले सूचनापाटीमा लगेर टासेको थिएँ। हृदयसाबले देखेपछि रानीबारी हत्याकाण्डको एउटा स्केच देखाएर सोध्नुभयो यस्तो चित्र कोर्छौ?', उनले जवाफ फर्काए, 'मैले चित्र कोर्ने नै यस्तै हो सर।', त्यो प्रश्न सोधेपछि केही काम नदिई थापा गए। केही महिनापछि केन्द्रीय कारागारमा रहेका युनुस अन्सारीलाई गोली हानियो। २०६७ साल फागुनमा कारागारभित्रै अन्सारीलाई गोली हानिएको थियो। गोली कुममा लागेकोले उनी बचेका थिए।, गोली हानेको आरोपमा प्रहरीले मञ्जित सिंहलाई नियन्त्रणमा लिइएको थियो। गोली हान्न निर्देशन दिने व्यक्ति को थिए त भन्ने पाटोबाट पनि अनुसन्धान भइरहेको थियो।, महर्जनको तालिम पनि सकिइसकेको थिएन। , 'अर्को व्यक्तिले आफूलाई लिड गरेको भनेपछि मलाई बोलाइएको थियो। म तालिममै थिएँ,' उनले भने।, त्यही घटनामा उनलाई पहिलो पटक स्केच बनाउन बोलाइएको थियो। त्यसरी बोलाएपछि डरसँगै उनको मनमा अनेक कुराहरू खेले,‘कस्तो हुने हो। काम गरेको जस पाइन्छ कि पाइन्न। मैले बनाउन सक्छु वा सक्दिनँ भन्ने खालका कुराहरू मनमा खेल्न थालेका थिए।’, डरका बाबजुद पनि उनले गएर मञ्जित सिंहको भनाइअनुसार नै चित्र कोरेका थिए। चित्र बनाएपछि सिंहले पनि यही हो भनेर स्वीकार गरे। उनले त्यत्तिबेला राम सिंहको स्केच बनाएका थिए।, 'चित्र बनाएर सकेपछि हो उसले यस्तै हो भन्यो। त्यसपछि म यो काम गर्न सक्ने भएँ। मलाई यस्तो काम गर्ने मान्छे भनेर सर्टिफाईचाहिँ एउटा अपराधीले गर्यो,' उनले भने।, तालिम सकेर प्रहरीमातहत कार्यालयले आफूलाई चाहिने जनस्रोतअनुसार प्रहरी छानेर लैजाने गर्छ। त्यसको छनोट प्रहरीको उचाइ, अंक, लाइसेन्सलगायत विभिन्न आधार मानेर आफूलाई चाहिने जनशक्ति छानेर लगिन्थ्यो।, त्यसैक्रममा महर्जनलाई भने स्कर्टिङ गर्ने कामको लागि छानिएको थियो। तर उनलाई आफू त्यसमा छानिएको कुरा थाहा थिएन। उनको पदस्थापन महानगरीय अपराध महाशाखाको हनुमानढोकामा भएको थियो।, उनको त्यहाँ पदस्थापन हुँदा धेरै हत्याका घटनाहरू पनि भएका थिए। जसमा उनको काम पनि धेरै नै भयो। हप्ताकै तीन-चार वटा स्केच बनाउनु परेको उनले बताए।, '०७८ सालमा त धेरै नै स्केच बनाउनुपर्यो। चोरीदेखि हत्या सम्मको स्केच हप्ताकै तीन-चार वटा बनाएँ,' महर्जनले भने।, सुरूमा त उनलाई आइटी शाखामा राखिएको थियो। पछि उनलाई सोको शाखामा राखिएको हो।, कामकै दौरान उनले फोटोग्राफीको पनि तालिम लिएका छन्। अहिले स्केच बनाएसँगै फोटो खिच्ने पनि काम गर्छन्।, 'नेपाल प्रहरीमा यसरी फोरेन्सिक आर्ट गर्ने व्यक्ति ममात्रै हो। जहाँ काम आउँछ म त्यही जाने गर्छु,' उनले भने।, महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुँवेर खापुङका अनुसार प्रहरीमा फोरेन्सिक आर्टिस्टकै लागि भनेर दरबन्दी छैन।, ‘नेपाल प्रहरीमा फोरेन्सिक आर्टिस्ट भनेर उहाँमात्रै हो। नेपाल प्रहरीमा छुट्टै दरबन्दी पनि छैन,’ उनले भने, ‘उहाँ पनि सोको शाखामा बस्नुहुन्छ। अरू छैनन्।’, महर्जन आफ्नो सीपलाई अझ त निखार्न चाहान्छन्। त्यसको लागि विभिन्न कोर्सहरू गर्न पनि पाइन्छ तर विभिन्न परिस्थितिका कारण भने गर्न पाएका छैनन्।, उनका अनुसार अहिलेको समयमा स्केच बनाउने काम कमै आउने गर्छ। मोबाइल फोन, सिसिटिभी, तथा अरू विभिन्न प्रविधिका कारण उनको काम घटेको उनी बताउँछन्।, , , ,
आफूले देख्दै नदेखेको मान्छेको चित्र बनाउने प्रहरी
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ८३ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ८३ जना संक्रमित थपिएका हुन्। , काठमाडौंमा ६४, ललितपुरमा १३ र भक्तपुरमा ६ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। योसँगै उपत्यकामा १८८० जना सक्रिय संक्रमित छन्। , काठमाडौंमा मात्रै ८०२, ललितपुरमा ५८७ र भक्तपुरमा ४९१ सक्रिय संक्रमित छन्।, आइतबार देशभर १८१ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ८७२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ४ हजार ८३१ जनाको पिसिआर परीक्षण र ५०४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ५ हजार २७१ जना सक्रिय संक्रमित छन्।, २८९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट १ को मृत्यु भएको छ।,
काठमाडौं उपत्यकामा थप ८३ जनामा कोरोना संक्रमण
|
सविता बुढा कैलालीको जानकी गाउँपालिका-९ का अरूण दास शुक्रबार साँझ साथीहरूसँग जाने भन्दै घरबाट हिँडे। रातभरिमा उनी घर फर्किएनन्। शनिबार बिहानसम्म नफर्केपछि उनकी श्रीमतीले वरपर सोधीखोजी गरिन्। अरूण कहाँ छन् भन्ने कसैलाई थाहा भएन। , दिउँसोतिर श्रीमतीको मोबाइलमा एउटा अडियो रेकर्ड आयो। त्यसमा केही केटाहरू बोलेको सुनिन्छ।, ‘भाइलाई छुने भन्दै छन् नि होइन, एक दुई दिनमा खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ, हामीले गरेर आको, हामी बोर्डरपारि छौं, बैंग्लोर जान रूपडिया छौं,’ अडियोमा बोल्नेले भनेका छन्।, उक्त अडियोमा केही केटाहरूले कसैलाई फोनबाट घटनाबारे सुनाएको देखिन्छ। दासकी श्रीमती उक्त अडियो सुनेपछि लाग्यो उनीहरूले आफ्नै बेपत्ता श्रीमानको कुरा गरे। त्यसपछि उनी अडिओ नै लिएर इलाका प्रहरी कार्यालय लम्की गइन्।, एक जना प्रहरी अधिकृतका अनुसार उनी डराएर आएकी थिइन्।, ‘लोग्ने घरमा हिजोदेखि छैन, यस्तो अडियो मलाई किन पठाए भनेर होला उहाँ रूँदै आउनुभएको थियो,’ उनले भने। त्यो अडियो कसले पठाएको भन्ने प्रहरीले खुलाएको छैन।, उनी प्रहरीकहाँ पुगेको केही समयमै जानकी गाउपालिका-९ कै अमरावती सामुदायिक वनमा लास छ भनेर प्रहरीकहाँ खबर आयो। सोही वनका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।, लगत्तै प्रहरीको टोली घटनास्थल पुग्यो। श्रीमतीले त्यो शव अरूणकै हो भनेर चिनिन्।, अरूणले लगाएको सर्ट खोलेर घाँटी बाँधेको, हात रूख पछाडि रूमालले बाँधेको अवस्थामा शव फेला परेको थियो। त्यस्तै टाउको छिनालेर घुँडानेर राखिएको थियो।, घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी आफैं कुकुरसहितको टोली लिएर पुगे।, मृतक दासका २ छोराछोरी छन्। उनका आमाबुबा कामका लागि भारत गएका थिए। उनी, श्रीमती र भाउजु घरमा बस्दै आएका थिए।, उनी पनि भारत जाने-आउने गर्थे। स्थानीयका अनुसार दास १८ दिन अघिमात्रै भारतबाट नेपाल फर्केका हुन्। गाउँमा हुँदा ज्यालामा वरपरका मान्छेका बारी खन्ने, ब्लक बनाउनेजस्ता काम गर्थे।, स्थानीयले आमाबुबा आउन्जेलसम्म शव उठाउन नदिएपछि प्रहरीले घटनास्थलको काम रोकेको थियो।, शनिबार रातभर घटनास्थलको सुरक्षा गरी बसेको प्रहरीले आइतबार परिवारको उपस्थितिमा घटनास्थलको काम गरिरहेको छ।, ‘मृतक कहाँ गएका थिए, साथीहरू को-को थिए भनेर अनुसन्धान भइरहेको छ,’ कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले भने।, उनले केही मानिसहरूको नाम आएको र उनीहरूको खोजी भइरहेको बताए।, ‘घटना कसरी भएको भनेर एउटा फिगर आएको छ, मान्छे पक्राउ गरेर पुष्टि भएपछि सार्वजनिक हुनेछ,’ उनले भने।, अहिले सम्मको अनुसन्धानमा मृतक दासको आपराधिक पृष्ठभूमि देखिएको छैन।, ‘उनको कसैसँगै आपराधिक सम्बन्ध वा लागुऔषधमा संलग्नता छ/छैन अनुसन्धानपछि थाहा हुनेछ,’ डिएसपी जोशीले भने।, प्रहरीले दासकी श्रीमतीबाट प्राप्त गरेको अडियोसँग सम्बन्धित खोजी पनि सुरू गरेको छ। , अडियोमा बाकसको कुरा छ, बाकस के रहेछ भन्ने खुलेको छैन। साथै समूहमा लडाइँ, झगडा भएजस्तो अडियो सुन्दा देखिन्छ।, घटनास्थलमा चुरोटका ठुटा पनि फेला परेका प्रहरीको भनाइ छ।, कैलालीको लम्कीका भूपेन्द्र बडुवालको धारिलो हतियार प्रयोग गरी हत्या भएको एक महिना नबित्दै दासको विभत्स हत्या भएपछि लम्की र आसपासका क्षेत्रमा त्रास फैलिएको छ।, दासको हत्या किन भयो, यसमा को-को संलग्न छन् अनि किन लम्की क्षेत्रमा आपराधिक घटना लगातार भइरहेका छन् भन्दै स्थानीयले प्रहरी प्रशासनतिर औंला उठाउन थालेका छन्।, कैलालीको पूर्वी क्षेत्रमा अपराधिक गतिविधि, लागुऔषध कारोबारीको अखडा बन्न थालेको स्थानीयहरू बताउँछन्।,
जब हराइरहेका अरूण दासकी श्रीमतीको फोनमा अडियो मेसेज आयो...
|
नारायण खड्का सार्वजनिक सिँचाई कुलो मासेर जग्गा प्लटिङ गर्न खोजिएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसबिरूद्ध खबरदारी गरेको छ । , घोराही उपमहागनरपालिका वडा नं. १७ भैंसाहीको साबिक हरिद्वार ९ ‘ग’ ८१ नम्बर कित्तामा पर्ने चौघेरा, भैसाही, बर्गद्दी र ओखरासहित चार गाउँको सिँचाई कुलो मासेर भूमाफियाले घडेरी बनाउन लागेपछि अख्तियार उक्त काम तत्काल रोक्न निर्देशन दिएको हो।, घोराही उपमहानगरपालिकाका प्रशासन शाखाका उपसचिव बासुदेब आचार्यले अख्तियारले अघिल्लो साता पत्रसहित ह्यूमपाइप हटाउन निर्देशन दिएको सेतोपाटीलाई जानकारी दिए। , अख्तियारको पत्रका आधारमा उपमहानगरले घोराही १७ को वडा कार्यालय र कुलो समितिका अध्यक्षलाई पत्राचार गरि सात दिन भित्र कुलो मास्ने उद्धेश्यले भइरहेका गतिविधि रोक्न आग्रह गरेको आचार्यले जानकारी दिए । , ‘अख्तियारको पत्रका आधारमा हामी पनि घटनास्थल पुगेर निरीक्षण गरेका हौं,’ आचार्यले भने, ‘त्यहाँ केही भूमाफियाले सिँचाई कुलोमा आफूखुसी ह्यूमपाइप राखेर माटो फिलिङ गरि सडक निकाल्ने काम गरेको देखियो,’ उनले भने।, आफूहरूले गरेको आग्रह अनुसार ह्यूमपाइप झिकेर नफाले उपमहानगरले आफैं त्यो फाल्ने आचार्यले जानकारी दिए। ‘सर्वसाधारणको खेतबारीमा सिँचाई गर्ने कुरासँग जोडिएको कुलो मास्ने र भू-माफियालाई लाभ हुने गरि कार्य गर्न दिनु उचित हुँदैन,’ उनले भने । , भूमाफियाले स्थानीय चार गाउँले सार्वजनिक सिँचाई कुलो मासेर सडक निर्माण गरि घर घडेरीका लागि प्लटिङ गर्न खोजेको भनेर त्यसविरूद्ध अख्तियारमा तीन वटा उजुरी परेका थिए। , अख्तियारबाट पत्र प्राप्त भएपछि उपमहानगरले प्राविधिक र इन्जिनियरसहितको टोली पठाएर स्थलगत निरीक्षण गरिसकेको आचार्यले जानकारी दिए। , ‘त्यँहा सार्वजनिक कुलोमाथि ह्यूमपाइप राखेर त्यसलाई माटोले पुरेर सडक निर्माण गरिएको रहेछ,’ आचार्यले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने मन्त्रिपरिषदले नै निर्णय गरिसकेको कुरा हो र त्यसमा स्थानीय तह, स्वायत्त शासन ऐनमा पनि संरक्षण गर्नुपर्ने स्पष्ट उल्लेख छ।’, ब्यक्ति विषेशलाई फाइदा हुने र समुदायलाई अहित हुने काम कसैले गर्न नपाउने उनले बताए। , यो विषयमा यसअघि जिल्ला प्रहरी कार्यालय घोराही दाङमा पनि उजुरी परेको थियो। जिल्ला प्रहरी प्रमुख एसपी सुरेशकुमार काफ्लेले पनि सार्वजनिक सिँचाई कुलो मास्ने गरि भइरहेको काम रोक्न निर्देशन दिएका थिए। , स्थानीय केही सर्वसाधारणले घोराही १७ का वडा सदस्य तुलप्रसाद घिमिरेको मिलेमतोमा सार्वजजिनक सिँचाई कुलो मास्ने काम भइरहेको भन्दै गुनासो गरेका छन्। तर, वडा सदस्य घिमिरेले भने आफू कुनै भूमाफिया नभएको तथा आफ्नो जग्गा त्यो भन्दा भित्र पर्ने प्रतिक्रिया दिए। ‘कुलोलाई ब्यवस्थित गर्ने सवाल हो। बाटो निकाले सबैलाई सहज हुने थियो,’ उनले भने ‘स्थानीय एक जना ब्यक्तिको उजुरीले गर्दा भइरहेको एउटा राम्रो काम भत्काउने स्थिति उत्पन्न हुनु त्यति उचित होइन।’, चार गाउँले सिँचाई कुलो क्षेत्रको चिरो भाटेर त्यसमा सडक बनाउन अनुमति घोराही उपमहानगरपालिका र वडा कार्यालयबाट प्राप्त भएको हुँदा काम भएको उनले जानकारी दिए । , त्यस्तै स्थानीय सिँचाई कुलोका उपभोक्ता तथा कुलो सञ्चालक समितिका एक सदस्य उमानन्द खनालले पनि उक्त स्थानमा अलि ठूलो खाडल र चिरो रहेको भन्दै त्यो पुरेर सडक निर्माण गरे सबै गाउँलेलाई फाइदा पुग्ने बताए।, ‘घोराही बजार क्षेत्रबाट बगेर आउने फोहर पनि जम्मै त्यसमा आउँथ्यो,’ उनले भने ‘त्यहाँ चिरो रहेको हुँदा धेरै दुर्घटना भइरहेका छन्। त्यो पुर्दा नै ठिक हुन्थ्यो।’ , ‘यो गाउँले मिलेर गर्न थालेको काम थियो,’ उनले भने, ‘सबै गाउँलेकै जग्गा जमिन छ र त्यहाँ प्लटिङ गर्दा जग्गाले राम्रै मूल्य पाउने अवस्था आउँछ।’, उनले चार गाउँले सिँचाई कुलोमा ह्यूमपाइप राख्ने र चिरो पुर्ने काम स्थानीयकै सहमतिमा भएको हुँदा त्यो उम्काएर फाल्न नहुने बताए। ‘हामीले हिजोमात्रै घोराहीका मेयरलाई गएर भेटेका छौं,’ उनले भने, ‘उहाँले पनि हामीलाई साथ दिने कुरा गर्नु भएको छ।’,
भू-माफियाले चार गाउँले सिँचाई कुलो मास्न लागेको उजुरीपछि अख्तियारको खबरदारी
|
केदार मगर/रासस सगरमाथा राजमार्गअन्तर्गत फोक्सिङ्टारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज जडान गर्दा हासम्म पाँच करोडभन्दा बढी राज्य कोषको रकम खर्च भइसकेको छ।, जिल्लालाई पूर्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा बिगत सात वर्षदेखि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्दै आइएको छ । , पक्की पुल निर्माण भइरहेको फोक्सिङ्टारस्थित सुनकोशी नदीमा यस वर्ष गाईघाट–दिक्तेल सडक आयोजनाको ७८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले अस्थायी बेलिब्रिज जडान गरेर बिहीबारदेखि सञ्चालनमा ल्याएको छ। हिउँदभरी सञ्चालन गर्ने र वर्षा शुरु हुने बित्तिकै झिक्न गरी करीब ५० मिटर लम्बाई भएको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको हो । , एकसय किमी लामो गाईघाट–दिक्तेल सडकखण्डमा पर्ने फोक्सिङटारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधैँ गाईघाट हुँदै धरान, बिराटनगरलगायत शहर जाने दोस्रो छोटो बाटो खुलेको छ। फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज नहुँदा खोटाङ जिल्लाका अधिकांश स्थानीयबासी दिक्तेलबाट घुर्मी–कटारी हुँदै पूर्वी शहर आउने र जाने गरेका छन् । , फोक्सिङटारमा पक्की पुल नहुँदा अस्थायी बेलिब्रिज जडान गर्न वार्षिक ८० लाखको हाराहारीमा राज्य कोषको रकम खर्च हुने गरेको गाईघाट–दिक्तेल सडक कार्यालयका प्रमुख इञ्जिनीयर गोपाल खकुरेलले जानकारी दिए। ‘फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज जडान गर्दा अहिलेसम्म पाँच करोडभन्दा बढी खर्च भइसकेको छ’, उनले भने, ‘निर्माणाधीन पक्की पुलको काम यस वर्ष पनि सम्पन्न हुने अवस्था छैन । अर्को वर्ष पनि पुनःअस्थायी बेलीब्रिज जडान गर्नुपर्ने अवस्था छ।’, गाईघाट–दिक्तेल सडक कालोपत्रको काम भइरहेको छ । सडक निर्माण भएको २७ वर्षसम्म धुलाम्मे अवस्थामा सञ्चालन हुँदै आएको सडक वर्षायाममा सञ्चालन हुने सकेको छैन। फोक्सिङ्टारमा निर्माणाधीन आर्क डिजाइनको पक्की पुल समयमा निर्माण सम्पन्न हुन नसक्दा सुनकोशीमा पानीको बहाव घटेपछि लगाइने र वर्षायाम सुरू भएपछि झिक्ने अस्थायी बेलिब्रिजले हिउँदमा मात्र दिक्तेल–गाईघाट सिधा यतातयात सञ्चालन हुन्छ। फोक्सिङ्टारमा अस्थायी बेलीब्रिज जडान गरेपछि तराईका जिल्ला जोड्ने छोटो मार्ग दिक्तेल–गाईघाट सडक करिब छ महिनामात्र सञ्चालन हुन्छ।, जिल्लामा खपत हुने दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री सोही दिक्तेल–गाईघाट सडक भएर भित्र्याउने गरिन्छ। सिधा यातायात बिच्छेद भएपछि घुर्मी–कटारी हुँदै जिल्ला भित्र्याइने सामग्री महङ्गो हुने गरेको छ। गाईघाट हुँदै फोक्सिङटारबाट प्रतिकिलो साढे रु ३ देखि ४ मा जिल्ला भित्रिने निर्माण सामग्री कटारी हुँदै जयरामघाटबाट भित्र्याउँदा प्रतिकिलो रु साँढे ५ मा भित्रिने गरेको उद्योग वाणिज्य सङ्घका महासचिव मनोज बजिमयले जानकारी दिए।, फोक्सिङटारमा पक्की पुल निर्माणको कामले अपेक्षित गति लिन नसक्दा विकल्पमा सात वर्षदेखि अस्थायी बेलिब्रिज राख्ने गरिएको हो ।, फोक्सिङटारमा नौं वर्षअघि मोटरेबल पुलको ठेक्का लागेर निर्माण सुरू गरिए पनि ठेकेदारको चरम लापारबाहीले हालसम्म सम्पन्न भएको छैन। सडक विभागको १९ करोड ६० लाख नौ हजार ९४१ लगानीमा पार्वती–वाईपी जेभीले फोक्सिङ्टारमा १२० मिटर लामो मोटरेबल पुल निर्माणको काम सुरु गरिएको थियो।, नौ वर्षअघि पुल निर्माणको ठेक्का पारेको पार्वती–वाईपी जेभीले पुलको काम सन्तोषजनक नगरी अलपत्र पारेको स्थानीय बासिन्दाले बताएका छन्। विसं २०६९ चैत २३ गते सम्झौता गरेर २०७३ चैत २२ गते पुल निर्माणको सम्पूर्ण काम गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको थियो ।, तोकिएको समयमा पुल निर्माणको काम नसकिएपछि पटकपटक म्याद थप गर्दै काम नगरेपछि पुल निर्माणको कामले गति लिनै सकेन । पहिलो म्याद गुजारेको ठेकेदार कम्पनीले क्रमशः २०७५ चैत ३० गतेसम्म र २०७७ पुस १३ गतेसम्म म्याद थपेपनि काम सम्पन्न गरेको छैन । , चार वर्षमा सक्नुपर्ने पक्की पुलको काम नौँ वर्ष बित्दा भर्खर भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३६ प्रतिशत मात्रै भएको पाइएको छ । जमिनको अप्ठ्यारो काम सकिएकाले बढीमा जेठसम्म पुल सञ्चालन गर्ने तयारी भइरहेको ठेकेदार कम्पनीका प्रतिनिधि रामकुमार थापाले दाबी गरे।,
वार्षिक ८० लाख खर्चमा फोक्सिङ्टारमा सात वर्षदेखि अस्थायी बेलिब्रिज
|
सेतोपाटी संवाददाता सर्लाहीको लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा एक छात्रको सोमबार बिहान मृत्यु भएको छ ।, मृत्यु हुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव छन्। , इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार ट्यूसन पढ्न जाने क्रममा पैदल हिँडिरहेका छात्रलाई ट्रकले ठक्कर दिएको थियो। , ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।,
,
ट्रकको ठक्करबाट छात्रको मृत्यु
|
रासस स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोर्डना खोप गाउँ पठाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउन सुरु भए पनि जिल्लामा आजदेखि लगाउन सुरु हुन लागेको हो। , स्वास्थ्य सेवा कार्यालयले खार्पुनाथ, ताँजकोट, नाम्खा र अदानचुली गाउँपालिकामा रहेका बालबालिकाको लागि तीन हजार ५३० मोर्डना खोप खोप केन्द्रमा पठाएको छ।, आइतबारबाट खोप लगाउने भए पनि प्राविधिक समस्याका कारण खोप गाउँमा पठाएर सोमबारबाट बालबालिकालाई लगाइने कार्यालयका कोल्डचेन अशिस्डेण्ड मानबहादुर रोकायाले जानकारी दिए।, खार्पुनाथ ७२०, ताँजकोट ८३०, नाम्खा ५५०, अदानचुली एक हजार ८० र डाडाफया स्वास्थ्य चौकीमा ३५० खोप पठाइएको उनले बताए। खोपसहित आवश्यक पर्ने सामग्री सबै तयारी पूरा हुनुका साथै आजबाट जिल्लाका बालबालिकालाई मोर्डना खोप एक साथ दिइने भएको छ । , उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमीबाहेक अन्य सबै वडामा खोप लगाइने भएको उनले जानकारी दिए। लिमीमा चिसो र हिमपात भएका कारण स्वास्थ्यकर्मी पुग्न नसक्ने भएकाले यहाँका बालबालकालाई न्यानो भएपछि मात्रै खोप लगाइने भएको हो।, जिल्लाको सात गाउँपालिकाका विभिन्न स्थानमा गरी ७८ खोप केन्द्र रहेको कार्यालयले जनाएको छ। जिल्लामा रहेका नौ हजार नौ सय चालीसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने लक्ष्य भए पनि जिल्लामा ६ हजार ३ सय ७० डोज मात्रै आइपुगेको उनले बताए।, जिल्ला सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका वडा ५ र ६ का सहित बजारका बालबालिकाका लागि खोप लगाइने भएको छ।,
हुम्लामा आज बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै
|
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार मुलुकको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सफा रहनेछ।, देशमा उल्लेख्यनीय मौसम प्रणाली नभए पनि बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाकएको छ। आज राती देशभरि आंशिक बदली रहनेछ। , तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको विभागले जनाएको छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।, सोमबारबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ।, काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ। सोमबार बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ। यस्तै जोमसोम र जिरीको तापक्रम माइनस २.७ डिग्री पुगेको छ। ,
,
मुलुकभर चिसो बढ्दै, काठमाडौंको तापक्रम ३ डिग्रीमा झर्यो
|
सेतोपाटी संवाददाता सरकारले ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरूद्धको मोडर्ना खोप दिन सुरू गरेको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (पुस ४) देखि पुस १४ गतेसम्म लगाउन मिल्न गरि खोप दिन सुरू गरिएको जनाएको छ। , खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाका लागि झन्डै साढे १८ लाख खोप पठाइएको जानकारी दिए। , उनले एकैपटक सबै जिल्लालाई पुग्ने खोप अहिले नरहेकाले सुरूमा ५७ जिल्लामा दिइने र थप खोप आएपछि बाँकी रहेका जिल्लाहरूमा पठाइने बताए। , ५७ जिल्लामा प्रदेश १ का ११ वटा, प्रदेश २ का ५ वटा, बागमतीका ७ वटा र गण्डकीका ९ वटा छन्। यसैगरी लुम्बिनी र कर्णालीका ९ वटा र सुदूरपश्चिमका ७ वटा जिल्लाहरू छन्। , मन्त्रालयका अनुसार पुस ४ देखि १४ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा दिइनेछ।,
५७ जिल्लामा १२ देखि १७ वर्षका बालबालिकालाई कोरोनाविरूद्धको खोप दिइँदै
|
रासस डोटीका विभिन्न स्थानीय तहमा अहिलेसम्म विद्युत सेवा विस्तार हुन सकेको छैन।, विद्युत नभएका कारण यहाँका तीन स्थानीय तहका विभिन्न वडा वर्षौंदेखि अन्धकार भएका छन्।, जिल्लाका कुल नौवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहका विभिन्न वडामा हाल सम्म पनि विद्युत विस्तार भएको छैन। विद्युत् विस्तार मात्रै होइन पोल समेत गाडिएका छैनन्।, विद्युत नहुँदा यहाँका विभिन्न वडामा कामकाजमा समस्या हुने गरेको बताइएको छ।, जिल्लाको बोगटान फुड्सिल, बडीकेदार तथा जोरायल गाउँपालिकाका अधिकांश वडामा अहिलेसम्म पनि बिजुली विस्तार हुन नसक्दा कामकाजमा समस्या हुने गरेको कर्मचारी बताउँछन्।, जोरायल गाउँपालिका-५ गड्सेरामा स्थानीय जलविद्युत् भए पनि सबै गाउँमा विद्युत नपुगेको तथा दिउँसो ११ बजेबाट साँझ ५ बजेसम्म विद्युत लाइन कटौती गरिने भएका कारण कार्यालयको कामकाज तथा अन्य काम गर्नमा निकै समस्या उत्पन्न हुने गरेको वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए।, उनले भने, 'स्थानीय गड्सेरीगाढ खोलाबाट विद्युत् त निकालेका छौं, तर उक्त विद्युत दिउँसो कार्यालय समयमा काटिने भएका कारण समस्या हुने गरेको छ, राति बत्ती आएपछि मात्रै कार्यालयको काम गर्नुपर्ने हुन्छ।', विद्युतले पावर धान्न नसक्ने भएका कारण दिउँसोको समयमा विद्युतलाइन कटौती गरी राति केही गाउँमा विद्युत वितरण गरिँदै आएको गड्सेरीगाढ लघुजलविद्युत आयोजनाका अध्यक्ष लीलाधर विष्टले बताए। , उनले भने, 'विद्युतको उत्पादन क्षमता कमी छ, सबै गाउँमा विद्युत वितरण गर्न सकिएको छैन, त्यसैले दिउँसो बत्ती काट्ने गरेका हौं, राष्ट्रिय प्रसारण लाइन विस्तार भएको छैन।' , त्यस्तै, जिल्लाको बडिकेदार गाउँपालिकामा भने अहिलेसम्म विद्युत विस्तार भएको छैन।, विद्युत नहुँदा स्थानीयबासी राति सल्लाको झुरो तथा केहीले सोलार बत्ती प्रयोग गर्न थालेको बडीकेदार-५ कोला गाउँका स्थानीय टेकबहादुर कलेलले बताए।, उता बोटगटान फुड्सिल गाउँपालिकाको टुडागाढमा स्थानीय टुडागाढ विद्युत पावरहाउस भए पनि सबै वडामा विद्युत विस्तार गर्न नसकिएको सो गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताए।, उनले भने, 'टुडागाढ खोलाको विद्युत सबै वडामा पुर्याउन सकिएको छैन, विद्युत नहुँदा सारै समस्या हुने गरेको छ।', त्यस्तै, राष्ट्रिय विद्युत प्रसारण लाइनको पहुँच नहुँदा बडीकेदार गाउँपालिकाले सोलारको भरमा गाउँपालिकाको काम गरिरहेको सो गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए।, उनले भने, 'हामीसँग राष्ट्रिय विद्युत प्रसारण लाइन पनि छैन, स्थानीय विद्युत पनि उत्पादन गरिए पनि वितरण भएको छैन, सोलारकै भरमा सबै काम चलाउनुपर्ने बाध्यता छ।', जिल्लाका यी गाउँपालिकाका विभिन्न वडामा जडान गरिएका नेपाल टेलिकमका टावरसमेत सोलारकै भरमा चलिरहेका छन्।, सोलार बत्तीकै भरमा टेलिकम टावर सञ्चालन हुँदा रातिको समयमा उक्त टावरले खासै काम नगर्ने गरेको स्थानीयबासीको गुनासो छ।, त्यहाँका गाउँपालिकामा जडान गरिएका नेपाल टेलिकमका टावर घाम नलागेको अर्थात् पानी र कुहिरो लागेको दिन पूर्णरूपमा बन्द हुने गरेको जोरायल गाउँपालिका-६ निरौलीका स्थानीयबासी लालबहादुर विकले बताए।, उनले भने,'विद्युत नहुँदा हामी सञ्चार सम्पर्कबाट पनि बिच्छेद हुने गरेका छौं, राति नेटवर्क आउँदैन, केही समस्या भए फोन सम्पर्क गर्न पनि गाह्रो हुन्छ।',
डोटीका तीन स्थानीय तहका वडा अन्धकारमा
|
रासस पूर्व-पश्चिम राजमार्गमा बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमै सवारी चालक तथा सहचालकको आँखा र दाँत जाँच गरेको छ।, प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया र वीरगञ्ज सामुदायिक आँखा अस्पतालको संयुक्त सहकार्यमा पूर्व-पश्चिम राजमार्गमा चल्ने निजी तथा सार्वजनिक सवारी साधनका चालक तथा सहचालकको सडकमै आँखा र दाँतको जाँच गरिएको हो। , जाँच शिविरमा चालक १११, सहचालक १७ र सर्वसाधारण २६ गरी १५४ जनाको निःशुल्क आँखा र दाँतको जाँच गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए।, जाँच गरिएका चालकमध्ये थोरैमा मात्र आँखासम्बन्धी समस्या देखिएको र धेरैमा अझै लाइटको कलर छुट्टयाउन सकिने तथा टाढासम्म हेर्न सकिने क्षमता रहेको पाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। , यस्तै, दाँत जाँच गरिएका चालकमध्ये अधिकांशमा दाँतको समस्या देखिएको र पानपराग तथा गुटखा खाने गरेको पाइएको उनको भनाइ छ।, लामो दूरीका सवारी चालकमा बाटोमै निदाउने, स्वास्थ्य बिग्रिने जस्ता समस्यासमेत पाइएकाले ती चालकलाई थप स्वास्थ्य उपचारका लागि सल्लाह दिइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। ,
सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमै चालकको आँखा दाँतको जाँच
|
सेतोपाटी संवाददाता भक्तपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्।, पक्राउ पर्नेमा भोजपुर केराबारी घर भई हाल भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे तज टोलमा डेरा गरी बस्ने २८ वर्षीय जीवन राई रहेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार आइतबार राति राईले आफ्नै कोठामा २५ वर्षीय श्रीमती मन्दिरा राईलाई कुटपिट गरी मृत अवस्थामा छाडी फरार थिए।, घटनापछि प्रहरी अधिकृत सहितको टोली खटिई राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।, घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। ,
,
भक्तपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
|
रासस वीरगञ्जस्थित सुख्खा बन्दरगाह विस्तारका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा लामो समयसम्म वितरण हुन नसक्दा अधिकांश जग्गाधनी मर्कामा परेका छन्।, सुख्खा बन्दरगाह विस्तारका लागि वीरगञ्ज महानगरपालिका-२५ सिर्सियाको ६२ बिघा जग्गा अधिग्रहण गरिएकामा लामो समय बितिसक्दा पनि हालसम्म स्थानीयबासीले मुआब्जा पाउन नसक्दा समस्या भएको जग्गाधनीहरूको गुनासो छ। , सुख्खा बन्दरगाह (ड्राइपोर्ट भन्सार) विस्तारका कूल ६२ बिघा क्षेत्र जग्गा अधिग्रहण गरिए पनि हालसम्म अधिकांश जग्गाधनीको मुआब्जाका आएको छैन।, गतवर्ष पर्सा जिल्ला प्रशासन कार्यालयमार्फत् मुअब्जा वितरणको काम सुरू गरिए पनि बढी जग्गा भएका र पहुँच भएकाले मात्रै मुअब्जा पाएको अधिकांश पीडितको गुनासो छ।, अधिग्रहण गर्न खोजीएको क्षेत्र वीरगञ्ज महानगरपालिका-२ सिर्सिया टोलमा करिब ६०० को हाराहारी घरपरिवार बसोबास गर्दै आएका थिए।, उनीहरूमध्ये करिब १५ प्रतिशतले मात्रै मुअब्जा पाएका थिए तर बाँकी भने मुआब्जाका लागि सम्बन्धित निकाय धाइरहेका छन्।, पाँच वर्षदेखि जग्गा अधिग्रहणको नाममा स्थानीयबासीको जग्गा सरकारले रोक्का गर्दा र मुआब्जा वितरणमा ढिलाइ गर्दा सिर्सियाबासी मर्कामा परेका हुन्।, मुआब्जा समयमा नपाउदा अन्य ठाउँमा बसाइँसराइ र छोराछोरीको पढाइलेखाइका साथै विवाह गर्दा वा बिरामी पर्दा र अन्य कुनै पनि बेला अकस्मात पैसा आवश्यक पर्दा कतैबाट सापटी समेत पाउन सकेका छैनन्।, मुअब्जा नपाउँदा न्यूनस्तरका परिवार बढी मर्कामा परेका छन्।, सरकारले मुआब्जा वितरणमा ढिलाइ गर्दा आफूहरू यहाँबाट अन्यत्र जान पनि नसकेको र आवश्यक परेका बेला कसैले कर्जा पनि नदिने भएकाले झन् समस्या बढेको पीडितहरूको भनाइ छ।, मुआब्जा वितरण गर्न यस अगावै सुख्खा बन्दरगाहले आवेदन संकलन गरे पनि सोअनुरूप तत्काल कार्य सम्पादन नगरेका कारण मुआब्जा वितरणमा ढिलाइ भइरहेको उनीहरू बताउँछन्।, गतवर्ष माघ ७ गते जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै ३० दिनभित्र अधिग्रहणमा परेका ९९९ जनालाई आवेदन बुझाउन भनेको थियो तर मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिमा निवेदन दिनुपर्नेमा सिर्सिया सुख्खा बन्दरगाह भन्सारले मुआब्जाको निवेदन संकलन गरी मालपोत कार्यालयमा फाइल पठाएको र भन्सारको नाममा पूर्जा बनेपछि मात्र जिल्ला प्रशासन कार्यालयलाई भुक्तानीको लागि पत्राचार गर्ने सर्तमा काम सुरू गरेको थियो।, लालपूर्जा बनेको एक वर्ष बित्न लाग्दा पनि स्थानीयबासीले मुआब्जा पाउन सकेका छैनन्।, सुख्खा बन्दरगाहको नाममा पूर्जा बनेपछि जिप्रकामार्फत् करिब डेढ अर्ब रकम मुअब्जा वितरण गरिए पनि त्यो केही सीमित व्यक्तिले मात्रै पाएका थिए। , त्यसबेला आन्दोलनका अगुवा, राजनीतिक दलसँग आवद्ध एवं बढी जग्गा भएकाले मात्रै मुअब्जा पाएका थिए भने बाँकी कठ्ठा एवं धुरमा जग्गा हुने गरिब र न्यूनस्तरका परिवारले भने हालसम्म मुअब्जा पाउन नसकेका हुन्।, बैसठ्ठी बिघाका लागि कम्तीमा रु छ/सात अर्ब आवश्यक पर्ने देखिएको छ। तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको संयोजकत्वमा गठित मुआब्जा तथा क्षतिपूर्ति निर्धारण उपसमितिले २०७६ सालमा १३ प्रकारको जग्गाको वर्गीकरण गर्दै कट्ठाको ४० देखि ६७ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरेपनि पर्याप्त बजेटको अभावमा मुआब्जा वितरण भएको थिएन।, यसबारे वीरगञ्जस्थित सुख्खा बन्दरगाह कार्यालयका प्रमुख डा लालबहादुर खत्रीले केन्द्रबाट तत्कालका लागि रु एक अर्ब प्राप्त भएकाले उक्त रकम तत्कालै वितरण गरिने प्रतिक्रिया दिए। ,
मुआब्जा वितरणमा ढिलाइ हुँदा जग्गाधनीलाई समस्या
|
नवीनबाबु गुरूङ चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरू गरेका छन्।, आइतबारदेखि बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतीघरमा लालपुर्जा प्राप्तिको लागि गरेको आन्दोलन आज पनि जारी छ।, सुकुम्बासी समुदाय बाँदरझुला मानवीय बस्ती र निकुञ्जको जग्गाको सीमाङ्कन गर, हाम्रो भूमिको लालपुर्जा दे, हामीहरू घर खोजिरहेका छौं, तिमीहरू बस्ती जलाउँछौं, बाँदरझुला सुकुम्बासी बस्ती व्यवस्थापन गर, लेखेका प्लेकार्डसहित आन्दोलन गरिएको छ। , तस्बिरहरू:,
'हामीहरू घर खोजिरहेका छौं, तिमीहरू बस्ती जलाउँछौं' (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक अलपत्र पारेर छोडेका निर्माण व्यवसायीले थप पौने दुई करोड भुक्तानी लगेका छन्।, बिल भौचरसहित कामको भुक्तानी पाउँ भन्दै आफ्ना प्रतिनिधिमार्फत निवेदन दिएका निर्माण व्यवसायीलाई डिभिजन सडक कार्यालयले भुक्तानी दिएको हो।, यसअघि मोभिलाईजेसन पेश्की र उनले पेश गरेको बिलका आधारमा कार्यालयले करिब ९ करोड भुक्तानी दिईसकेको छ।, काम नगरेर सडक लथालिंग बनाएर छोडेका द कञ्चनजंगा विरूवा जेभीका प्रतिनिधि प्रविण मिश्रले सोमबार १ करोड ८८ लाख भुक्तानी लिएको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ।, पटकपटक ताकेता गर्दा पनि बेवास्ता गर्दै आएका निर्माण व्यवसायीले सडक विभागले भिओ स्वीकृत गरेको समाचार सार्वजनिक भएकै भोलिपल्ट बिल भौचर पेश गरेर भुक्तानी लगेका हुन्।, ‘निर्माण व्यवसायीका प्रतिनिधिले अब काम निरन्तर अगाडि बढाउँछौं भनेर प्रतिबद्धतासहित भुक्तानीका लागि निवेदन पेश गर्नुभएको थियो, त्यहीँ प्रतिवद्धतालाई आधार मानेर भुक्तानी दिएका हौं,’ डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले सेतोपाटीसँग भने।, सोमबार लिएको रकम बुटवल मिलनचोक सडक छेउछाउमा निर्माण गरिएको नाली र खानेपानी पाईप विस्तार वापतको रहेको द कञ्चनजंगा बिरूवा जेभीले जनाएको छ।, जिल्ला प्रशासन कार्यालय रूपन्देहीले कार्यालयमै उपस्थित गराएर निर्माण कार्य तत्काल सुरू गर्ने कागजसमेत गरेका निर्माण व्यवसायीले अटेरी गर्दै आएपछि कारवाही गर्न चौतर्फी दवाव परेको थियो।, उक्त कम्पनीले २०७४ साल चैत ३० गते कुल ४७ करोड २७ लाख ८ हजार २ सय ८७ रुपैयाँ लागतमा सडक निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो।, कम्पनीले २०७४ साल र २०७७ सालमा गरि दुईपटक मोभिलाईजेसन भन्दै ८ करोड २६ लाख रुपैयाँ लगिसकेको छ। सोमबार लगेको रकमसहित निर्माण कम्पनीले सडक निर्माण वापत १० करोड १४ लाख रूपैयाँ लगिसकेको छ।, पाँच वर्षअघि ठेक्का सम्झौता गरिएको सडकको तेस्रो पटक थप गरिएको सम्झौता मिति आगामी असार मसान्तसम्म मात्रै रहेको छ।, मरासिनीका अनुसार ठेकेदार कम्पनीसँगै केही स्थानीयवासीको अवरोध र सुरूमा गरिएको गलत डिजाईनका कारण सडकको अहिलेको अवस्था निम्तिएको हो। उनका अनुसार २०७३ सालमा सडकको डिजाईन गर्दा नाली नसमेटिएको र अहिले बल्ल नाली थप गरिएको थियो।, बुटवलतर्फको सडकसँगै सोही कम्पनीकै सञ्चालक सुवित श्रेष्ठकै नाममा रहेको विरूवा कन्ट्रक्सन प्रालिले १७ करोड रूपैयाँमा ठेक्का सम्झौता गरिएको भैरहवातर्फ बेलहियादेखि बाईपास सम्मको ७ सय ५० मिटर सडकको निर्माण पनि अलपत्र छ।,
सडक अलपत्र पारेका ठेकेदारलाई पौने २ करोड भुक्तानी
|
रासस मौसम खराबीका कारण विमान अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरूद्धको भेरोसेल खोप फिर्ता भएको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान विमान अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो।, एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो। , स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा विमान अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिए। , उनका अनुसार त्यहाँबाट १२ लाख एक हजार ८८७ मात्रा खोप आउन लागेको थियो। , ,
चीनबाट खोप लिएर आएको विमान काठमाडौंमा अवतरण हुन सकेन
|
नारायण खड्का कुरा मंसिर २६ गते बेलुका ५ बजेतिरको हो। महानगरीय प्रहरी शिक्षालय काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिता महत अटो चढेर दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० खैराबाट पूर्व घोराही बजार जाँदै थिइन्।, महतकी भान्जीको मंसिर २७ गते बिहे थियो। त्यसैको लागि उनी बिदा लिएर खैरास्थित घर गएकी थिइन्।, स्याङजाकी महत विवाह गरी खैरा आएको पनि नौ वर्ष भइसकेको छ। उनका श्रीमान् मदनजीत महरा पनि नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक हुन्। महरा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत छन्। , उनलाई दाङ साह्रै रमाइलो ठाउँ लाग्छ रे। त्योसँगै उनलाई आफन्तसँग सार्वजनिक सवारीसाधनमा घुम्न मनपर्छ। , त्यो दिन पनि उनी अटो चढेर जाँदै गर्दा तुलसीपुर–घोराही सडकखण्डमा फरक दृश्य देखिन्। त्यो दृश्य देखेपछि उनको ध्यान त्यतै मोडियो। , उनले दुई युवाले सडकमा पैसाका बण्डलहरू छिटो-छिटो टिपिरहेको देखेकी थिइन्। , आसपासमा सर्वसाधारण मानिसहरू पनि थिए। व्यस्त सडकमा मोटर गाडी पनि दौडिरहेका थिए। तर कसैले केही भनेनन्। , प्रहरी निरीक्षक महतले ठानिन्, 'सायद पैसा उनीहरूकै होला। नत्र त अरू सर्वसाधारण बोलिहाल्थे।' ती दुई युवाले सडकमा भएका पैसाका फटाफट टिपेर मोटरसाइकल हुइक्याएर तुलसीपुरतर्फ लागे।, महतको एक मनले ती युवा सवार मोटरसाइकल रोकेर सोधु कि? भन्ने पनि लाग्यो। तर उनी प्रहरी पोशाकमा थिइनन्। , सोधपुछ नै गर्न गएको भए पनि दुःख दिएको गुनासो गर्छन् कि भन्ने पनि लाग्यो। , ‘सर्वसाधरणलाई जहिले पनि प्रहरीले अनावश्यक दुःख दिन्छ भन्लान् भन्ने ठानेर मैले सोध्न खोजिन,’ उनले भनिन्।, उनीहरू त्यसरी भागेको देखेपछि महतलाई शंका लाग्यो। उनी चुपचाप बस्न सकिनन्। तत्कालै उनले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरिन्। , उनले आफ्नो परिचय समेत नदिइ सोधिन्, ‘ कतैबाट पैसा हराएको सूचना आएको छ?’, जवाफ आयो,‘छ सात लाख रुपैयाँ हराएको सूचना छ।’ , उनले प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेको नम्बर मागिन्। तर उनी विदामा थिए। , त्यसपछि उनले जिल्ला प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्द रिजाललाई फोन गरिन्। पहिलो पटक गर्दा उनको फोन नउठेपछि उनले मेसेज गरिन्,'सर आइएम इन्स्पेक्टर अनिता महत।', त्यसपछि भने रिजालले फोन उठाए। , फोनबाटै उनले आफूले देखेको सबै घटनाक्रम बताइन्। उनले मोटरसाइकल नम्बर पनि टिपाइन्। साँझ परिसकेको हुँदा भोलिपल्ट बिहानै डिएसपी रिजालले आफूले पाएका सूचनाका आधारमा तुलसीपुरस्थित यातायात कार्यालयबाट मोटरसाइकलको खोजी गर्यो।, त्यसको केहीबेरमै मोटरसाइकल धनीको पहिचान खुल्यो। इलाका प्रहरी कार्यालयले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित अस्थायी प्रहरी पोष्ट जस्पुरलाई त्यसको रिले गर्यो। , जस्पुरबाट प्रहरीले तुलसीपुर १२ कचिलाका निमबहादुर चौधरीलाई मंसिर २७ गते फोन गर्यो। त्यतिबेला उनी उरहरी चोकस्थित आफ्नो मोटरसाइकल ग्यारेजमा काम गरिरहेका थिए।, चौधरीले प्रहरीलाई कुनै कुरा लुकाएनन्। उनले आफूहरूले सात लाख भेटाएको र सुरक्षित साथ राखेको जानकारी दिए। , चौधरीले ,सेतोपाटी,लाई बताए अनुसार उनीहरू घोराहीको भरतपुरमा साथीको बिहेबाट फर्किदै गर्दा बाटोमा पैसा देखेपछि टिपेर ल्याएका हुन्।, ‘सर्रा चोक पुग्नुभन्दा १०० मिटर पूर्वतर्फ सडकमै केही पैसा झोला बाहिरै निस्किएको र केही झोलामै देखेपछि हामीले टिपेका हौं,’ उनले भने, ‘हामीले त्यसरी पैसा उठाउँदा अरू मानिसले पनि देखेका हुन तर, कसैले केही भनेनन्।’, त्यतिधेरै पैसा बाटोमा फेला पारेपछि आफुहरू आत्तिएको उनले बताए। , ‘के गर्ने के नगर्ने भन्ने भयो, प्रहरीमा जाँदा उल्टो आरोप लगाउँछ कि भन्ने लाग्यो,’ उनले भने ‘बरु हामीले सल्लाह गरेर कतै समाचार आएमा त्यो पैसा फिर्ता गर्दिने भनेर सुरक्षित राखेका हौं।’, निमबहादुरको साथमा तुलसीपुर ७ का साजन चौधरी पनि थिए। त्यसपछि उनीहरू दुबैलाई प्रहरीले इप्रका तुलसीपुर हुँदै सात लाख रकमसहित घोराही पुर्यायो। , अनुसन्धान पुरा गरी प्रहरीले मंसिर २९ गते घोराही १० नारायणपुरका व्यवसायी खिमराज शर्मालाई सबै रकम हस्तान्तरण गरेको थियो।, शर्माका अनुसार उक्त दिन उनी घोराहीस्थित सिद्धार्थ बैंकबाट उक्त रकम निकालेर झोलामा राखेर मोटरसाइकलको लेगगार्डमा झुण्ड्याएर पश्चिम घर जाँदै थिए। त्यसक्रममा झोला चुँडिएर त्यो पैसा खसेको थियो।, डिएसपी रिजाल र प्रहरी निरिक्षक महतले संयुक्त रूपमा रकम शर्मालाई हस्तान्तरण गरेका थिए। शर्माले प्रहरी निरीक्षक महत र डिएसपी रिजाललाई खुसी भएर खादा ओढाएर सम्मान गरेका थिए।, तर डिएसपी रिजाल र प्रहरी निरिक्षक महतले भने शर्मालाई फेरिफेरी यस्तो लापरबाही नगर्न सचेत गराएका थिए।, ‘उहाँ त भन्दै हुनुहुन्थ्यो मेरो पैसा हराउने क्रममा ह्याट्रिक भइसक्यो,’ महतले भनिन्,‘ मैले उहाँलाई आइन्दादेखि सावधानी अपनाउन खबरदारी गरे। उहाँले सावधानी अपनाएको भए कसैले दुःख पाउनु पर्ने थिएन।’, प्रहरी निरीक्षक महत एउटा असल प्रहरीले ड्युउटीमा हुँदा होस वा नहुँदा आफ्नो कर्तव्य जहिलै पुरा गरेको हुनुपर्ने बताउँछिन्।, ‘असल प्रहरी २४सै घन्टा ड्युटीमा हुनुपर्छ,’ उनले भनिन्, ‘यो जिम्मेवारी बोध बर्दी लगाउँदा हैन, नलगाउँदापनि पुरा गर्न सक्नुपर्छ।’ ,
जब प्रहरी निरीक्षक महतले बाटोमा दुई युवकले ७ लाख नगद टिपिरहेको देखिन्...
|
रासस म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा आज पहिराले चालकसहित स्काभेटर पुरिएको छ।, तुदी पावर कम्पनीद्वारा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको सडक निर्माणका क्रममा चालक र स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , प्रहरी निरीक्षक वीरेन्द्रराज गुरूङले स्काभेटर चालक रघुगंगा–२ का अन्दाजी २७ वर्षका भीमबहादुर खत्री पहिरामा पुरिएको जानकारी दिए।, 'अर्को स्काभेटरको सहायताले पुरिएको स्काभेटर र चालकको खोजी भइरहेको छ', उनले भने, 'सडक खनिरहेको अवस्थामा एक्कासि पहिरो खसेर पुरिएको हो।', प्रहरी निरीक्षक गुरूङसहितको सुरक्षाकर्मी, आयोजनाका कर्मचारी, मजदूर र स्थानीयबासी पुरिएको स्काभेटर र चालकको खोजीमा जुटेका छन्। ,
चालकसहित स्काभेटर पुरियो
|
सेतोपाटी संवाददाता सरकारले काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिएको छ।, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।, आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। ,
काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा
|
सबिना श्रेष्ठ झिझियाँ नाच्ने समय दसैंको दशमीतिर हो। विशेषगरी तराईका मधेसी समुदायले नाच्दै–गाउँदै यो पर्व मनाउँछन्, देवीको आराधना गर्छन्।, दसैं सकिएपछि पनि काठमाडौं बौद्धस्थित तारागाउँ म्युजियममा झिझियाँको रौनक छाएको छ। त्यो रौनक ल्याइदिएका हुन् जनकपुरदेखि काठमाडौं आएका चार महिला कलाकारले– सुधिरा कर्ण, मञ्जुला ठाकुर, मधुमाला मण्डल र रेवती मण्डल।, करिब आधा महिना उनीहरूले यो संग्रहालयको एक हिस्सा मिथिला भित्तेचित्र बनाउने काममा समर्पित गरे। त्यही चित्रमा छ, झिझियाँ पर्वको झलक।, म्युजियम प्रवेश गर्नेबित्तिकै देखिने यो चित्रमा केही दिनअघिसम्म उनीहरूले रङ भर्ने अन्तिम चरणको काम गरिरहेका थिए। उस्तै रङ त उनीहरूको अनुहारमा पनि प्रतिबिम्वित थियो।, त्यही भएकाले काम गर्दागर्दै कहिले हाँस्थे, गाउँथे अनि झिझियाँ सम्झिँदै नाच्थे पनि।, तोहरे भरोसे ब्रहम बाबा झिझिया बनेलियै हो , ब्रहम बाबा झिझियाँ बनेलियै हो , ब्रहम बाबा झिझियाँ पर होईयो सवार हो , बालक तोहर किछियो ने जनैछ हो, तोहरे भरोसे ब्रहम बाबा जुडुवा बनेलियै हो, तोहरे भरोसे ब्रहम बाबा होईयो सवार हो, बालक तोहर किछियो ने जनैछ हो..., 'यो गीतमा श्रृष्टिकर्ता ब्रह्मालाई उनकै भरोसामा हामी झिझियाँ बनेका छौं भनिएको छ,' गाउँदै नाचेपछि गीतको भाव बताउँदै ४८ वर्षीया मधुमालाले भनिन्, 'देउसी–भैली घरघरमा गएर खेलिन्छ, झिझियाँमा पनि त्यस्तै हुन्छ। नाचेपछि रूपैयाँ, चामल, मट्टितेल लगायत सामग्री हामीलाई मान्छेहरूले दिन्छन्।', झिझियाँ मधुमालालाई मिथिला पर्वहरूमा सबभन्दा मनपर्छ। सानो छँदा उनकी आमा, हजुरआमा (डाइ) नजिकैको देवता थानमा झिझियाँ खेल्न जान्थे। उनलाई भने कसरी खेल्छ भनेर हेर्ने रहर हुन्थ्यो। साथीसंगीसँग पनि टाउकोमा लोटा लिएर नक्कल गर्दै खेल्थिन्। , आफूलाई एकदम मनपर्ने नाच भएकाले नै उनले त्यो बेलाको सम्झनालाई चित्रमा उतारेकी हुन्। तारागाउँमा बनाइएको चित्र मधुमालाकै स्मरणमा भएको झिझियाँको चित्रण हो। उनले यो चित्र सुरूमा कागजमा उतारेकी थिइन्। पछि त्यसैलाई भित्तामा उतारियो।, तारागाउँमा मिथिला चित्र बनाउन जनकपुरबाटै माटो, भुस, गोबर लगायत सामग्री ल्याइएको थियो। सुरूमा त्यसलाई मिसाएर लिपियो। त्यसपछि सुक्न दिइयो र डिजाइन अनुसार कहाँ–कहाँ बनाउने भनेर नक्सांकन गरियो। अनि कागजको चित्र भित्तामा उतारियो। पछि रङ लगाइयो।, मिथिला कलाकार एवं सँस्कृति अध्येता एससी सुमनका अनुसार माटोका चित्र विशेषगरी वर्षा ऋतु सकिएपछि बनाइन्छ। वर्षामा खर, बाँस, भित्ताको माटो गलेर जान्छ। हरेक वर्ष यसलाई मर्मत गर्नुपर्छ। साथै वर्षा सकिएपछि मानिसहरूलाई खेतीपातीबाट फुर्सद पनि हुन्छ। त्यसैले प्रायः असोज महिनामा भित्तेचित्र बनाउने पुरानो चलन हो।, 'वर्षापछि कमिला, बिच्छी, कीराफट्यांग्रा, गँगटो आदि सरीसृप जन्तुसँग सुरक्षित हुन घरका भित्तामा गाईको गोबर लिपिन्छ। गोबरले भित्तालाई कडापन प्रदान गर्छ र मजबुत पनि बनाउँछ,' उनले भने।, तारागाउँमा बनाइएको भित्तेचित्रमा दुई जना महिला झिझियाँ खेलिरहेका छन्। बीचमा रूख छ, वरिपरि मयुर, हात्ती, चरा, चुकन्दर लगायत शुभ मानिने जनावर र बिरूवाका चिह्न छन्।, मधुमालाका अनुसार झिझियाँ विशेषगरी दुर्गा, भगवती लगायत सबै देवीलाई खुसी बनाउन नाचिन्छ। नाच्ने बेला टाउकोमा घैला राखिन्छ जसको पानीमा फूल र बत्ती राखिएको हुन्छ।, झिझियाँको त्यही झलक देखाउने चित्र बनाएका चार कलाकारमध्ये मधुमालासँगै रेवतीले झिझियाँ नाच्छिन्। सुधिरा र मञ्जुला भने नाच्दैनन्। ५२ वर्षीया सुधिराका अनुसार यो नाच मुसहर, सदा, मण्डल लगायत दलित समुदायले मात्र नाच्छन्।, 'घरमा चित्रहरू कस्तो बनाउने भन्नेमा पनि जातअुनसार फरक हुन्छ,' चित्रमा समेत जातको वर्गीकरण हुने बताउँदै सुधिराले भनिन्, 'जस्तो ठूलो भनिने जातका मान्छेले देवीदेवताका चित्र बनाउँछन्। साना भनिनेले चरा, हात्ती, घोडा, माछा लगायत बनाउँछन्।', तारागाउँमा भने कथित ठूला र साना दुवै जातको एकीकरण भएको ठान्छन् कलाकार एवं संस्कृति अध्येता एससी सुमन।, 'मिथिलामा चित्र बनाउने शैलीमा वर्गीकरण छ। तर त्यसलाई यो सामूहिक कलाले चिर्ने काम गरेको छ,' उनले भने, 'जातीय विभेदको त्यो रेखालाई धमिलो बनाउँदै यो भित्तेचित्रले अप्रत्यक्ष रूपमा एकीकरण गरेको छ।', झिझियाँ नाच साँझ सात बजेतिरबाट सुरू भई १०–११ बजेसम्म पनि चल्छ। यो नाचमा देवतालाई रिझाउनुबाहेक सबैको खुसी र समृद्धिको कामना गरिन्छ।, यो नाचको अर्को मुख्य विशेषता भनेको प्रेत (बोक्सी) पन्छाउनु पनि भएको मधुमाला बताउँछिन्। टाउकोमा बोकिने मट्कामा प्वाल पारिन्छ। यसो गर्दा प्रेत मर्ने विश्वास भएको उनी बताउँछिन्।, त्यही भएकाले एससी सुमन यसलाई तन्त्रविद्यासँग जोडिएको नाच पनि भन्छन्। त्यसरी प्वाल पार्नु र नाच्दा दायाँबायाँ हल्लिनुको कारण जोडिएको बताउँदै भन्छन्, 'नाचिरहेका बेला घैलामा भएको प्वाल कसैले गन्न सक्यो भने त्यो मान्छे त्यहीँ मर्ने जनविश्वास छ। त्यही भएर त्यसरी फनफन नाचेको पनि भनिन्छ।', मिथिला क्षेत्रको यो प्रख्यात नाच केही समय ओझेलमा परेको थियो। सुधिराका अनुसार माओवादी द्वन्द्वकालको त्रासदीपूर्ण वातावरणले यसलाई असर पुर्याएको थियो। गाउँका केटाहरूलाई लखेट्दै लग्ने, घरघरमा जाने र धम्काउने, जहीँत्यहीँ बम राख्ने लगायत गतिविधि हुन्थ्यो। त्यही भएर मान्छेहरू घरबाहिर जान डराउँथे।, 'बाहिर जानै डर भएपछि झिझियाँ मर्कामा पर्यो,' उनले भनिन्, 'अहिले ७–८ वर्षयता भने हाम्रो संस्कृति जोगाउनुपर्छ भनेर फेरि चलिरहेको हो।', झिझियाँलाई चित्रमा समेत जोगाउन लागिपरेका यी चार कलाकारले मिथिला कला सानैदेखि आफ्ना आमा वा हजुरआमासँग सिक्दै आएका हुन्। अहिले उनीहरू सबै जनकपुरमा रहेको नारी विकास केन्द्रमा आबद्ध भएर चित्र बनाउँछन् जसलाई अमेरिकाकी कलाप्रेमी क्लेयर बुकर्टले स्थापना गरेकी हुन्। बुकर्ट मिथिला भित्तेचित्रको अभिलेख राख्न चाहन्थिन्।, ४५ वर्षीया रेवती मण्डललाई सानैदेखि मिथिला चित्रमा रूचि थियो। सानो हुँदा भुइँमा बालुवाले चित्र बनाउने उनले ठूलो भएपछि माटोका घरमा चित्र बनाउन थालिन्। यो चित्रकलामा उनलाई यति रूचि थियो कि उनले नजिकैका छिमेकीका घरमा समेत चित्र बनाउँथिन्।, करिब ३० वर्षअघि त्यसरी नै चित्र बनाएर दाउरा लिन उनी जंगल हिँडेकी थिइन्। त्यही बेला उनको चित्रमा बुर्कटको नजर पुग्यो। त्यो चित्रको फोटो खिचेर कलाकार खोज्दै जाँदा रेवती फेला परिन्। अनि त्यही समयबाट रेवती नारी विकास केन्द्रमा जोडिएकी हुन्। अहिले उनका छोराहरू छुट्टिएर बसे पनि कलाले नै उनलाई जीविका धान्न सघाएको छ।, रेवतीजस्तै सानैदेखि चित्रकलाको सीप भएका अन्य महिला पनि त्यसरी नै नारी विकासमा जोडिएका हुन्। अहिले यहाँ ६५ वर्ष उमेर समूहसम्मका करिब ३५ महिला आबद्ध छन्। , यो केन्द्रकी अध्यक्ष हुन् सुधिरा र सचिव मधुमाला। हरेक दुई वर्षमा चुनाव गराएर नयाँ कार्यवाहक सदस्य छानिन्छ।, मिथिला कलाले यी स्थानीय कलाकारलाई पहिचान मात्र दिएको छैन, उनीहरूलाई सक्षम पनि बनाएको छ। अनि त्यही सक्षमताले मिथिलाका महिलाले 'घुम्टो ओढ्नै पर्ने' बाध्यता भत्काइरहेको उनीहरू बताउँछन्।, 'बुहारीहरू बिहे गरेको डेढ महिनासम्म घुम्टोमै बस्छन्,' मञ्जुलाले भनिन्, 'तर अहिले मानिसहरू विभिन्न देश घुमेका छन्, पढे–लेखेका छन्। त्यही भएर मिथिलाका महिला पनि घुँघटबाट बाहिर निस्किरहेका छन्।', सुधिराले यही सक्षमताको आडमा आफ्ना बालख छोरालाई एक्लै हुर्काइन्। छोरा ८ महिनाका हुँदा उनका श्रीमान बितेका थिए। उनी छोरा लिएर माइती घर गइन्, आफैं काम गरिन्। अहिले छोरा नै काम गर्ने भइसकेका छन्। , हाल छोराले स्नातकोत्तर गरिरहेको र ग्लोबल बैंकमा पाँचौं तहमा काम गरिरहेको सुनाउँदा उनी पहिलेका सबै दुःख बिर्सिएर मुसुक्क हाँसेकी थिइन्।, मधुमालाका छोरालाई भने स्पाइनल कर्डको समस्या छ। उनको उपचार, खाना लगायत सबै खर्च धान्न कलाले नै सहायता दिएको छ। उनी यो कलाबाट यति सन्तुष्ट छिन्, भन्छिन्, 'म त एकदिन मर्छु तर यो कला लिएर जान्छु।', पहिले अरूको भित्तामा सित्तैमा चित्र बनाइदिने रेवतीलाई पनि अहिले मान्छेमा कलाको महत्व भएजस्तो महसुस हुन्छ। उनी भन्छिन्, 'पहिला त त्यति महत्व थिएन। यसलाई सामान्य कामका रूपमा मात्र हेरिन्थ्यो। अहिले सबैले राम्रो भन्नुहुन्छ र कलाको सम्मान गर्नुहुन्छ।' , घरको भित्तामा मात्र सीमित यो कला जब बाहिर आउन थाल्यो, उनीहरूले विभिन्न ठाउँ पुग्ने अवसर पाए। दुई दर्जनभन्दा बढी जिल्ला घुमिसकेका उनीहरूमध्ये कोही त विदेशमा समेत यो कला लिएर पुगेका छन्।, २०५३ सालदेखि यो केन्द्रमा आबद्ध सुधिराले २०५८ सालमा चित्र बनाउने क्रममै एकपटक बेल्जियम जाने अवसर पाएकी थिइन्। त्यसैगरी ६५ वर्षीया मञ्जुला एकपटक स्पेन र चारपटक अमेरिका पुगिसकिन्।, मिथिला कला सुरूआतको ठ्याक्कै तिथिमिति भन्न सकिँदैन। तर मिथिलाका जनतासँग राजा जनकले सीताको विवाहका बेला घर र बार्दलीका भित्तामा चित्र कोर्न आग्रह गरेका भनाइ छ। कलाकार एससी सुमनका अनुसार मिथिला चित्रकला जीवनसँग जोडिँदै आएकाले लामो समयदेखि बाँचिरहेको हो।, मिथिला संस्कृतिमा प्रत्येक घरमा अरिपन (भूमिचित्र) बिना कुनै पूजा अगाडि बढ्दैन। भूमि होस्, भित्ते वा कागजमा बनाइने चित्रका रूपमा परिमार्जन हुँदै यो कला जोगिएको उनी बताउँछन्।, 'सन् १९३४ मा विहारमा ठूलो भूकम्प जाँदा विलियम आर्चरले मिथिला चित्रकलालाई पिकासोसम्म पुर्याएका थिए। त्यस क्रममा भारतीय कला बाहिरी संसारमा पनि पुग्यो,' उनले भने, 'तर नेपालको कला प्रचार हुन निकै समय लाग्यो। धेरै त लोप हुने क्रममा छन्।', मिथिला कला महिलाहरूले धानेका छन्। हजुरआमादेखि सिक्दै आएका कलाकारको पहिचानसमेत ओझेलमा छ। साथै कागजमा बनाइने चित्रको लोकप्रियता बढ्दै जाँदा भित्ते र अरिपन हराउँदै गएको एससी सुमन बताउँछन्।, उचित पहिचान-सम्मान नपाइने भएकाले पछिल्ला पुस्ताले यो कलामा चासो नदेखाएकामा चिन्तित छन् मिथिलादेखि आएका चार कलाकार पनि। त्यसमा पनि आधुनिक घर बढ्दै जाँदा यस्ता भित्तेकला हराउँदै गएका छन्।, 'हाम्रो कलामा पढाइ, शिक्षादेखि खाना पकाउने कुरासम्म देखाइएको हुन्छ। अहिलेका पुस्ताले चुलोमा होइन, ग्यासमा खाना पकाउँछन्। घाँस काट्ने होइन अफिस जान्छन्। त्यसले पनि चित्रका शैली परिमार्जन भइरहेका छन्,' मधुमालाले भनिन्।, उनले बनाएका कागजका चित्रमा कतै महिलाले बाइक चलाएका त कतै डोजर चलाएका छन्। पहिलादेखि पुरुषले गाह्रो काम गरेको र विकासको गतिविधि गरिरहेको देख्दा उनलाई महिलाले पनि त्यसो गर्न सक्छन् भन्ने लाग्थ्यो। त्यो कुरा मनमा गढेर बसेपछि मनको कुरा चित्रमा उतार्छु भनेर बनाइन्।, मधुमाला ठान्छिन्, 'मिथिला कला मनमा छ, त्यसलाई निकाल्न गाह्रो छ। तर सोच्नुभयो त्यो निक्लिन्छ। किनभने मनमै भएको कुरा न हो!', ..., तारागाउँ म्युजियममा बनाइएको मिथिला भित्तेचित्र 'काठमाडौं ट्रिएनाले' का लागि बनाइएको हो। सन् २०२२ फेब्रेवरी ११ देखि मार्च ११ सम्म ट्रिएनाले आयोजना हुँदैछ। हरेक तीन वर्षमा हुने यो कार्यक्रममा करिब एक महिनासम्म काठमाडौंमा रहेका विभिन्न ठाउँमा कला प्रदर्शनी गरिन्छ। सँस्कृति मन्त्रालयसँगको सहकार्यमा सिद्धार्थ आर्ट फाउन्डेसनले गर्न लागेको यो कार्यक्रम गत वर्ष गर्ने योजना थियो। कोरोनाका कारण पछाडि धकेलिएको कार्यक्रमका कला क्युरेटर हितमान गुरुङले बताए।, 'नयाँ कोरोना देखा परेको छ। अन्यौल पनि बढेको छ। तर सावधानी अपनाएर कार्यक्रम गर्ने छलफल भएको छ,' उनले भने।, यो पटकको ट्रिएनाले यी स्थानमा हुने छन्– तारागाउँ म्युजियम, पाटन संग्रहालय, पाटन संग्रहालयकै बहादुर शाह बैठक, नेपाल कला परिषद र सिद्धार्थ आर्ट ग्यालरी।, तारागाउँमा भित्तेचित्र जस्ता मौलिक कलासँगै बगैंचाको कामलाई कलामार्फत 'डिकन्सट्रक्ट' गर्ने काम पनि भइरहेको छ। त्यसका लागि कलाकारले आफैं बिरूवा पनि रोपेका छन्। , पाटन संग्रहालयमा धार्मिक तथा मौलिक कला हुने छन् भने बहादुर शाह बैठकमा नक्सांकन लगायत हुने छन्। नेपाल कला परिषदमा माइतीघर मण्डलनजिकै छ जहाँ देशभरका मुद्दामा आन्दोलन र भाषण हुन्छन्। त्यसैले परिषदमा राजनैतिक, सामाजिक, युद्धका कुरा, आदिवासी आन्दोलन लगायतमा केन्द्रित कला राखिने छ। सिद्धार्थ आर्ट ग्यालरीमा पनि यसैमा केन्द्रित कला हुने छन्।, क्युरेटर हितमान गुरुङ ट्रिएनालेका लागि तारागाउँमा हाल बनिसकेको भित्तेचित्र कलाको एक उत्सवका रूपमा मान्छन्। भन्छन्, 'ललितकला पछिल्लो समय मूलधारका चित्रमा केन्द्रित छन्। मिथिला कला भने हजारौं वर्षको अभ्यासबाट जोगिँदै आएको कला भएकाले त्यसलाई सम्मान दिने हिसाबमा पनि हामीले यहाँ ल्याएका हौं।', उनका अनुसार सन् २०१९ मा नै उनी र अर्की क्युरेटर सिलेसा राजभण्डारी कलाको अध्ययन गर्न विभिन्न ठाउँ पुगेका थिए। त्यही क्रममा उनीहरूको भेट यी मिथिला कलाकारसँग भएको थियो। त्यही बेला काठमाडौंमा यस्तो भित्तेचित्र बनाउने योजना भएको रहेछ।, अहिले त्यो योजनालाई जीवित बनाउन पाएको खुसी साट्दै उनी भन्छन्, 'वर्षौंदेखि बनाइँदै आएको परम्परागत अनि महिलाले धान्दै आएको यो कलालाई हामीले यो ट्रिएनालेमा समेट्न पाउनु निकै खुसीको कुरा हो।', सबै तस्बिर र भिडिओः सुसन चौधरी/सेतोपाटी,
काठमाडौंलाई मिथिला चिनाउन जनकपुरबाट आएका यी चार कलाकार (भिडिओ)
|
सेतोपाटी संवाददाता नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २७४ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार १६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ६९१ जनाको पिसिआर परीक्षण र १३२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ५ हजार ५२२ जना सक्रिय संक्रमित छन्।, २७० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट ३ को मृत्यु भएको छ। अहिलेसम्म निको हुनेको दर ९७.९ प्रतिशत छ।, काठमाडौं उपत्यकामा १६१ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११, ललितपुरमा ३० र भक्तपुरमा २० संक्रमित छन्।,
थपिए २७४ संक्रमित, निको भए २७०
|
सेतोपाटी संवाददाता झापाको दमकमा एक पुरूषको हत्या भएको छ। , गत बुधबार राति सवा ७ बजे दमक नगरपालिका वडा नम्बर ६ नमुनामार्गस्थित घिमिरे मार्केटका सेल्सम्यानको हत्या भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।, वडा नम्बर २ बस्ने २५ वर्षीय तेजप्रकाश पराजुलीको हत्या भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए। , उनका अनुसार सुरूमा मार्केटका सञ्चालक सन्तोष पौडेलले शव देखेका थिए। पराजुलीको घाँटी र अनुहारमा धारिलो हतियारले काटिएको थियो भने रक्ताम्मे भई बेहोस अवस्थामा लडिरहेको फेला परेका थिए। , तत्कालै उपचारको लागि उनलाई लाइफ लाइन अस्पताल दमक पुर्याइएको थियो। त्यहाँबाट थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडमा लगिएको थियो। , त्यहीँ उनको उपचारको क्रममा मृत्यु भएको थियो। अनुसन्धानकै क्रममा हत्या आरोपमा प्रहरीले बिहीबार वडा नम्बर १ का २० वर्षीय अर्जुन लिम्बुलाई पक्राउ गरेको छ।, प्रारम्भिक अनुसन्धानमा उनीहरूबीचको पुरानो रिसइबीका कारण हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।, प्रहरीका अनुसार मृतक र आरोपितबीच २/३ महिना अगाडि झगडा भएको थियो। त्यसक्रममा आरोपितमाथि कुटपिट हुँदा टाउकोमा चोट समेत लागेको थियो। , त्यसैको रिसइबी राखी बदलाको भावना लिई हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। , प्रहरीले घटनामा प्रयोग भएको दाउ, झोला, जुत्ता र कपडाहरू बरामद गरेको छ।, घटनामाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत झापाबाट शुक्रबार ७ दिन हिरासतमा राख्न अनुमति पाएको छ।, प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
पुरानो रिसइबीका कारण सेल्सम्यानको हत्या, एक युवक पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बिहीबारभन्दा दोब्बर बढेको छ।, बिहीबार काठमाडौं उपत्यकामा ८७ संक्रमित थिए शुक्रबार भने १६१ संक्रमित पुगेका छन्।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११, ललितपुरमा ३० र भक्तपुरमा २० संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १७९५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौं ८११ ललितपुर ४९३ र भक्तपुरमा ४९१ संक्रिय संक्रमित छन्।, नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ९ हजार १६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ६९१ जनाको पिसिआर परीक्षण र १३२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ५ हजार ५२२ जना सक्रिय संक्रमित छन्।, २७० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट ३ को मृत्यु भएको छ। अहिलेसम्म निको हुनेको दर ९७.९ प्रतिशत छ।, ,
काठमाडौं उपत्यकामा हिजोभन्दा संक्रमित संख्या आज झण्डै दोब्बर
|
सेतोपाटी संवाददाता काठमाडौंबाट दुर्लभ सालकलाई एक करोड १० लाख रुपैयाँमा बेच्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मरुछासपाखाबाट एक जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , प्रहरीले तीन किलोको जिउँदो सालकसहित दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ लिफ्टुङका २६ वर्षीय उद्धव थामीलाई पक्राउ गरेको हो।, मरुछासपाखा क्षेत्रमा केही व्यक्तिहरूले सालक बिक्री वितरण गर्न लागेको भन्ने सूचना पाएपछि बिहीबार प्रहरीको टोली थामीको डेरामा पुगेको थियो। , उनले सो सालक एक करोड १० लाख रुपैयाँमा बिक्री गर्न खोजेको प्रहरी उपरीक्षक कोइरालाले बताए। , उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि शुक्रबार जिल्ला वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको छ। ,
दुर्लभ सालकलाई करोडमा बेच्न खोजेको आरोपमा काठमाडौंबाट एक पक्राउ
|
सेतोपाटी संवाददाता रौतहटबाट स्रोत नखुलेको साढे ४ लाख नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , शुक्रबार दिउँसो साढे १ बजे गौर नगरपालिका वडा नम्बर १ बाट प्रहरीले एक जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए। , भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी चेकिङ टोलीले सवारी साधन तथा पैदल यात्रुलाई चेक गरिरहेको थियो।, त्यसबेला बिआर ३० एबी २६५७ नम्बरको मोटरसाइकललाई चेक गर्दा मोटरसाइकलको एयर फिल्टरबाट साढे ४ लाख रकम फेला परेको थियो। , सो रकमको स्रोत नखुलेको भन्दै प्रहरीले भारत बिहारको सितामढी बैरगिनिया बस्ने १९ वर्षीय विकासकुमार पासवान पक्राउ गरेको हो।, उनीमाथि प्रहरीले थप अनुसन्धान गर्न गौर भन्सार कार्यालयमा बुझाएको छ। ,
,
रौतहटबाट स्रोत नखुलेको साढे ४ लाखसहित एक पक्राउ
|
सेतोपाटी संवाददाता कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ।, शुक्रबार साँझ विभागले विज्ञप्ति जारी गर्दै अमेरिका, मलेसिया, थुप्रै युरोपेली मुलुकहरूसहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको हो।, सात दिनपछि कोरोना परीक्षण गराउनुपर्नेछ। नतिजा नेगेटिभ आए सात दिन फेरि घरमै क्वारेन्टिन बस्नुपर्ने विज्ञप्तिमा भनिएको छ। नतिजा पोजेटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विज्ञप्तिमा उल्लेख छ।, हेर्नुहोस् सूचना, ,
अमेरिका, मलेसियासहित ६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने
|
डा.अच्युतभक्त आचार्य फोक्सो श्वासप्रश्वासका लागि महत्वपूर्ण अंग हो। दायाँ र बायाँ गरि शरीरमा फोक्सोका दुई भाग हुन्छन्। यो श्वासनलीसँग जोडिएको हुन्छ। हामीले लिएको सास नाक, मुख, श्वासनलीहुँदै फोक्सोको दुवै भागमा जान्छ। , खासगरी श्वासप्रश्वासबाटै फोक्सोमा संक्रमण हुन्छ। भाइरस ,ब्याक्टेरिया, ढुसी आदिले पनि फोक्सोमा संक्रमण हुन्छ। यसले सास फेर्ने नली सुन्निने हुन्छ। फोक्सोको नली, फोक्सो बाहिरको भाग, छाती र त्यसमा हुने हड्डी अनि मासुमा लाग्ने विभिन्न संक्रामक रोग देखिन्छ। क्षयरोग, फोक्सोको क्यान्सर, निमोनीया, मुटु, किड्नी मस्तिस्कको समस्यालेसमेत फोक्सोमा असर गर्छ।, फोक्सोमा समस्या देखिँदा धेरै खोकी लाग्ने, खोक्दा रगत आउने, हिँड्दा श्वास फेर्न गाह्रो हुने, चाडै थाक्ने, ज्वरो आउँने, दुप्लाउँदै जाने हुन्छ। , मानिसको व्यवहार, धुम्रपान धेरै गर्ने, धुलो धुँवामा काम गर्नेलाई पनि समस्या आउँछ। अरूले धुम्रपान गरेको छ भने पनि नजिकै बस्नेलाई असर गर्छ। त्यस्तै वंशानुगत कारणले पनि असर गर्छ। काठमाडौंको प्रदुषित वातावरणसमेत फोक्सोको समस्याका लागि जिम्मेवार छ। , फोक्सोमा देखिएको समस्याको लक्षणका आधारमा यसको उपचार गरिन्छ। फोक्सोमा हुने समस्यालाई लापरबाही गर्नु हुँदैन। कतिपय समस्या औषधि गरेमा पूर्ण रूपमा निको हुन्छ। लापरबाही गरेमा कतिपय रोगहरू अरूलाई सर्नसक्छ भने ज्यानसमेत जाने खतरा हुन्छ।, नेपालको सन्दर्भमा मुटुपछि फोक्सोको समस्या हुने धेरै छन्। कोभिड-१९ ले पनि फोक्सोमा धेरै असर गरेको छ। यसकै कारण कतिपय बिरामीको मृत्यु भएको छ। फोक्सोको क्यान्सर, क्षयरोगका बिरामी पनि धेरै छन्।, जाडोको समयमा फोक्सोका बिरामी अझै सचेत हुनुपर्छ। भाइरस धेरै सक्रिय भएकाले रोग बल्झिने र रोग नभएकालाई पनि निमोनियाको खतरा हुन्छ।, धुम्रपान नगर्नुनै फोक्सोको समस्याबाट जोगिने प्रमुख उपाय हो। वातावरण प्रदुषण, खानपिन पनि मुख्य कुरा हो।, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपप्रध्यापक एवम् पाटन र नर्भिक अस्पतालमा कार्यरत छाती तथा निन्द्रा रोग विशेषज्ञ डा.अच्युतभक्त आचार्यसँग हामीले फोक्सोमा देखिने विभिन्न समस्या र यसको उपचारबारे भिडिओ कुराकानी गरेका छौं। हेर्नुहोस्।,
फोक्सोमा कस्ता कस्ता समस्या देखिन्छन्, उपचार कसरी गर्ने?
|
सेतोपाटी संवाददाता काठमाडौंको स्वयम्भूनजिक छाउनीमा एक ट्याक्सी ड्राइभरमाथि चक्कु प्रहार भएको छ। , शुक्रबार साँझ सवा ६ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १३ छाउनी नेपाल टेलिकम अगाडि चक्कु प्रहार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , बा १ ज १४४६ नम्बरको ट्याक्सी चालक काभ्रे रोशी गाउँपालिका वडा नम्बर २ घर भई हाल डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामामाथि चक्कु प्रहार भएको हो।, लामालाई ट्याक्सीमा सवार बारा कलैया घर हुने १९ वर्षीय विकास सरावले धारिलो हतियार चक्कुले घाँटीमा प्रहार गरेका थिए। चक्कु प्रहार गरेको आरोपमा सरावलाई तत्कालै नियन्त्रणमा लिइएको थियो। , घाइते लामाको उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि राति नै ट्रमा सेन्टर लगिएको थियो।, अहिले उनको त्यही अस्पतालमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरी उपरीक्षक मैनालीले बताए। , सरावले लामामाथि चक्कु प्रहार गर्नुको कारण भने खुलिसकेको छैन। , उनीहरूबीच चिनजान पनि नभएको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ। चालकले पनि आफूहरूबीच कुनै विवाद नभएको प्रहरीसमक्ष बताएका छन्।, घटनाबारे वृत्तले थप अनुसन्धान गरिरहेको बताएको छ। ,
,
स्वयम्भूमा ट्याक्सी चालकमाथि चक्कु प्रहार
|
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।, देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबार दिउँसो कर्णाली, गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।, आजराति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा बदली रहनेछ । विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।, शनिबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार न्युनतम तापक्रम ३.४ डिग्री रहेकोमा शनिबार बिहानको तापक्रम ३ डिग्री मापन भएको छ।,
काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ। शनिबारबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ। ,
,
काठमाडौंको तापक्रम ३ डिग्री, केही दिन अझै चिसो बढ्ने
|
सेतोपाटी संवाददाता कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरेको छ।, शनिबार बिहान एक सूचना प्रकाशित गर्दै विभागले शुक्रबार प्रकाशित यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टाइन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो।, ‘अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटेल क्वारेन्टाइन) सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू यथावत रहनेछन्।’, यसअघि शुक्रबार साँझ विभागले विज्ञप्ति जारी गर्दै अमेरिका, मलेसिया, थुप्रै युरोपेली मुलुकहरूसहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको थियो। , अमेरिका, मलेसियासहित ६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने, सात दिनपछि कोरोना परीक्षण गराउनुपर्नेछ। नतिजा नेगेटिभ आए सात दिन फेरि घरमै क्वारेन्टिन बस्नुपर्ने विज्ञप्तिमा भनिएको थियो। नतिजा पोजेटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने बताएको थियो।,
अमेरिका, मलेसियासहित ६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित
|
सेतोपाटी संवाददाता सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली ( र्यापिड रेस्पोन्स टिम) गठन गरेको छ।, वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर्निकायको प्रतिनिधित्व हुने गरी टोली गठन भएको हो। , वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको टोलीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि सदस्य छन्। त्यस्तै वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत सदस्य सचिव छन्। , श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी आउने गुनासोलाई तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि यो टोली गठन गरेको बताए। , वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित बनाउने क्रममा यस क्षेत्रको व्यवस्थापनमा सुधार गरी सुशासनको अभिवृद्धि गर्न टोली गठन गरेको मन्त्री श्रेष्ठले बताए।, यसले वैदेशिक रोजगार व्यवस्थापनमा कुनै सेवा प्रदायक निकाय, संघ-संस्था तथा व्यक्तिले बदनियतपूर्वक काम गरिरहेको वा गर्न लागेको कुनै सूचना प्राप्त भएमा छानविन गर्न, आवश्यक निर्देशन दिन तथा थप अनुसन्धानका लागि सिफारिस गर्नेछ।, वैदेशिक रोजगार सम्बन्धी कामलाई व्यवस्थित तथा मर्यादित बनाउने तथा कानुनको प्रभावकारी कार्यन्वयन गराउन र यस क्षेत्रमा आउने गुनासोको तत्काल सम्बोधन र्यापिड रेस्पोन्स टिमले गर्नेछ। , अहिले नेपाली युवाहरूको रोजगारीको प्रमुख स्रोतको रूपमा वैदेशिक रोजगारीले स्थान लिएको छ। तर यसक्रममा ठगिने, दुःख, हण्डर व्यहोर्नुपर्ने र सुशासनका दृष्टिले समेत नकारात्मक चित्रण हुने गरेकोले यसको छवी सुधार्ने प्रयासका रूपमा टोली गठन गरिएको मन्त्रालयले जनाएको छ।,
वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न 'र्यापिड रेस्पोन्स टिम'
|
सेतोपाटी संवाददाता गुल्मीमा भीरबाट खसेर एक दम्पतीको मृत्यु भएको छ।, शुक्रबार दिउँसो ३ बजे मुसिकोट नगरपालिका वडा नम्बर १ बाङ्गेस्थित एक सामुदायिक वनको भीरबाट खसेर एक दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले जानकारी दिए। , भीरबाट लडेर २६ वर्षीय श्रीमान मनु सार्की र २५ वर्षीया श्रीमती ज्ञानू परियारको मृत्यु भएको हो।, प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार उनीहरू गोरेटो बाटोबाट झण्डै ७ देखि ८ सय मिटर तल खसेका थिए। , ‘हाम्रो प्रारम्भिक अनुसन्धान अनुसार सुरूमा एक जना लडेर खसेको देखिन्छ, त्यसलाई बचाउनेक्रममा अर्को पनि खसेकोजस्तो देखिन्छ,’ पाण्डेले भने, ‘घटना भएको थाहा पाएलगत्तै उद्धारको लागि टोली खटिएर दुबैलाई अस्पताल पुर्याएका थियौं।’, उनीहरूको उद्धार गरी जिल्ला अस्पताल तम्घास पठाइएको थियो। अस्पताल लगेर उपचार गराएको १०-१५ मिनेटमै चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। , उनका अनुसार श्रीमतीलाई लिएर श्रीमान ससुराली जाँदै थिए। छिटो पुग्ने बाटो भएको हुँदा उनीहरूले त्यहाँको बाटो प्रयोग गरेका थिए। त्यसैक्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ। , घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। ,
गुल्मीमा भीरबाट खसेर दम्पतीको मृत्यु
|
रासस मनकामनामा चार दिन केबलकार बन्द हुने भएको छ।, स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मत गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो। , मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ।, मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुने उनले बताए। , उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहनेछ।, कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो। चालू आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ। ,
मनकामनामा केबलकार चार दिन बन्द हुने
|
सेतोपाटी संवाददाता नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८९ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ७ हजार ९९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ४८३ जनाको पिसिआर परीक्षण र २५१४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ५ हजार ४२८ जना सक्रिय संक्रमित छन्।, २५० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ। , काठमाडौं उपत्यकामा ११० संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ संक्रमित छन्।,
७ हजार ९९७ मा कोरोना परीक्षण गर्दा १८९ लाई संक्रमण
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ११० संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १८०० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ८०८, ललितपुरमा ४९७ र भक्तपुरमा ४९५ सक्रिय संक्रमित छन्।, नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ७ हजार ९९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ४८३ जनाको पिसिआर परीक्षण र २५१४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ५ हजार ४२८ जना सक्रिय संक्रमित छन्।, २५० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ। ,
काठमाडौं उपत्यकामा ११० संक्रमित, सक्रिय १८००
|
सेतोपाटी संवाददाता काभ्रेको बेथानचोक गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। , चालु आर्थिक वर्ष २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्न लागेको हो।, भविष्यमा लोक सेवा आयोगबाट सञ्चालन हुने शाखा अधिकृत तथा नायब सुब्बा पदको तयारीका लागि कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए। , उनका अनुसार कक्षा लिन इच्छुकहरूलाई सहभागिताको लागि गाउँपालिकाले अनुरोध पनि गरेको छ। , इच्छुक व्यक्तिहरूले कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण भएको शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, वडा कार्यालयको सिफारिस र १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने छ। गाउँपालिकाका अनुसार कक्षामा ६० जनासम्म सहभागी गराइने छ भने बेथानचोककै पार्वती माध्यमिक विद्यालयमा कक्षा सञ्चालन हुनेछ । , लोक सेवा कक्षा सञ्चालनको लागि ५ लाख रुपैयाँ बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए।,
,
बेथानचोक गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने
|
रासस सरकारले भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरूद्धको खोप लगाउँदैछ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा पुस ४ आइतबार देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन्।, उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ।, यस्तै खोप लगाउनेमा बागमती प्रदेशको दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत, लुम्बनी प्रदेशको रूकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया छन्।, त्यस्तै कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर जिल्लाका सो उमेर समूहका विद्यार्थीलाई खोप लगाउने भएको हो।, ती जिल्लाका विद्यार्थीलाई दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म लगाइनेछ। , यस्तै मन्त्रालयले १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका २० जिल्लामा पनि फाइजर खोप लगाउने अभियान सञ्चालन गर्दैछ।, मन्त्रालयले यही पुस १३ देखि २२ गतेसम्म काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा सञ्चालन गर्दैछ। ती जिल्लामा दोस्रो मात्रा भने माघ ४ देखि १३ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ। ,
१२ देखि १७ वर्षका विद्यार्थीलाई भोलिदेखि खोप लगाइँदै
|
सेतोपाटी संवाददाता भरतपुर, लुम्बिनी र पोखराबीचको ‘स्वर्ण त्रिकोण टुर प्याकेज’को शनिबार भरतपुरमा घोषणा गरिएको छ।, नारायणगढस्थित नारायणी नदीमा सञ्चालित मोटर बोटमा चढेर भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले टुर प्याकेज घोषणा गरेकी हुन्।, गण्डकी प्रदेश पर्यटन बोर्डका प्रमुख काशिराज भण्डारीको उपस्थितिमा घोषणा गरिएको यो त्रिकोणात्मक टुर प्याकेजअन्तर्गत अब यी तीन पर्यटकीय गन्तव्य एकले अर्को गन्तव्यको पनि प्रचारप्रसार गर्नेछन्। , भरतपुरमा टुर प्याकेजको घोषणाकाक्रममा पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी तया पत्रकार पनि उपस्थित थिए। उनीहरूले शनिबार भरतपुरका प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन गरेका छन्।, भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ सल्लाहकार विश्वराज सुवेदीले चितवनका पर्यटकीय गन्तव्यको अवलोकनपछि पोखरा र चितवनको समूह लुम्बिनी पुगेर त्यहाँका पर्यटकीय गन्तव्यको अवलोकन गर्ने कार्यक्रम रहेको बताए।, ‘लुम्बिनीपछि, पाल्पाका पर्यटकीय गन्तव्य हुँदै पोखरा पुग्नेछौं,’ उनले भने, ‘त्यसपछि पोखराका पर्यटकीय गन्तव्यको अवलोकन गरिनेछ।’, तीन ठाउँकै पर्यटकीय गन्तव्यको अवलोकनपछि आफ्नो ठाउँको पर्यटकीय गन्तव्यको प्रचार गर्दा अर्को ठाउँको गन्तव्यको पनि प्रचार गर्ने उनले बताए।, ‘अहिले भरतपुर महानगरले आफ्नो क्षेत्रभित्रका गन्तव्यको परिचयमात्रै राखेर प्रचार सामग्री प्रकाशन गर्दै आएकोमा अब पोखरा र लुम्बिनीलाई पनि समेट्नेछ। लुम्बिनी र पोखराले पनि त्यस्तै गर्नेछन्,’ सुवेदीले भने, ‘यसो गर्दा तीनै क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास लिएका छौं।’, यसअघि भ्रमण वर्ष २०२० लाई लक्षित गरेर भरतपुर महानगरपालिकाले पोखरा र लुम्बिनीसँग छुट्टाछुट्टै टुर प्याकेज तयार गरेको थियो।, तर कोरोना महामारी बढेपछि भ्रमण वर्ष स्थगित भयो। टुर प्याकेज पनि काम लागेन।, ‘त्यसपछि भरतपुर महानगरपालिका र गण्डकी प्रदेश पर्यटन बोर्डका बीचमा कुरा भएपछि हामी पर्यटन विकासका लागि त्रिकोण टुर प्याकेजतर्फ अग्रसर भयौं, लुम्बिनी पनि तयार भयो,’ सुवेदीले भने, ‘कोरोना महामारीलाई चिर्दै पर्यटन क्षेत्र अघि बढ्दैछ। यस्तो समयमा ल्याइएको यो प्याकेजले तीनै ठाउँको पर्यटकीय विकासमा भूमिका खेल्नेछ।’, मेयर दाहालले भरतपुरका ३० वटा पर्यटकीय गन्तव्यको सूची बनाएर प्रवर्द्धनका लागि महानगरले सहयोग गर्दै आएको बताइन्।, ‘अब यहाँका गन्तव्यलाई लुम्बिनी र पोखरासँग जोड्नेछौं,’ उनले भनिन्, ‘उताबाट आउने पर्यटकका लागि भनेर एक रात दुई दिनदेखि ६ रात सात दिनसम्मको प्याकेज तयार पारेका छौं।’, प्याकेजमा जंगल सफारीदेखि नारायणी नदीमा बोटिङ हुँदै धार्मिक क्षेत्र भ्रमण र पहाडी क्षेत्रमा पदयात्रासमेत रहेका छन्।, मेयर दाहालले भरतपुर घुम्न आउने पर्यटक सूर्योदयदेखि सूर्यास्तसम्म अवलोकन गरेर रमाउन सक्ने ठाउँ रहेको बताइन्। , नेपाल सरकारले सूचीकृत गरेको एक सय पर्यटन गन्तव्यमा भरतपुर महानगरपालिकाको पटिहानी र बीसहजारी ताल र बागमती प्रदेश सरकारले घोषणा गरेको एक जिल्ला एक पर्यटकीय गन्तव्यमा महानगरकै मेघौली परेको भन्दै उनले चितवनका पर्यटकीय क्षेत्रको थप विकास र प्रचार गर्दै जाने बताइन्।, उनले देवघाटको धार्मिक पर्यटन, नारायणी नदीको जल पर्यटन, मेघौलीको ग्रामीण तथा साँस्कृतिक पर्यटनका अलावा भरतपुरमा वाइल्डलाइफ पर्यटनको पनि प्रचुर सम्भावना रहेको बताइन्। , ‘लुम्बिनी र पोखरा आउने पर्यटकलाई चितवन भित्र्याउन र यहाँ आएका पर्यटकलाई ती गन्तव्यमा पठाएर बसाई लम्ब्याउन कार्यक्रम प्रभावकारी हुने विश्वास छ,’ उनले भनिन्।, गण्डकी प्रदेश पर्यटन बोर्डका प्रमुख काशिराज भण्डारीले महानगरपालिका नै विश्वसम्पदा सूचीमा सूचीकृत राष्ट्रिय निकुञ्जसँग जोडिएको विश्वमा कतै नभएको भन्दै भरतपुरले यसबाट फाइदा लिनसक्नुपर्ने बताए।, ‘जैविक विविधताको संरक्षणमा पनि सहयोग गर्दै निकुञ्जबाट पर्यटन क्षेत्रले प्रचुर फाइदा लिनसक्छ,’ भण्डारीले भने, ‘भरतपुर, लुम्बिनी र पोखरालाई एउटै प्याकेजमा जोडेर पर्यटकलाई पर्यटन क्षेत्रका सबै खाले गतिविधिमा सहभागी गराउन सकिन्छ।’, भरतपुर महानगरपालिकाले मेघौली, पटिहानी, देवघाट, बीसहजारी ताल, ज्ञानेश्वर ब्लक, नारायणी रिभर बीच, चौकीडाँडा, जगतपुर, राइनो कुञ्ज, बाटुली पोखरी, रानी पोखरी, राइनो ताल, कसरा(गोही प्रजनन् केन्द्र), गोलाघाट, बागेश्वरी, गणेशधाम, गाँजीपुरलगायतका ३० वटा पर्यटकीय गन्तव्यको प्रचार गर्दै आएको छ।, लुम्बिनी र पोखरामा वार्षिक १५ लाख भन्दा बढी पर्यटक पुग्ने गरेका छन्।, चितवनमा वार्षिक २ लाख पर्यटकले जंगल सफारी गर्ने गरेको तथ्यांक छ।, भरतपुर महानगरकी उपमेयर पार्वती शाह ठकुरीले नयाँ टुर प्याकेजले जंगल सफारीका साथै अन्य गतिविधिमा पनि पर्यटकको संख्या थपिने बताइन्। ,
भरतपुर, लुम्बिनी र पोखराबीच 'त्रिकोणात्मक टुर प्याकेज' घोषणा
|
सेतोपाटी संवाददाता कैलालीको जंगलमा एक जना युवकको शव विभत्स अवस्थामा फेला परेको छ।, शनिबार दिउँसो जानकी गाउँपालिका-९ स्थित अमरावती सामुदायिक वनभित्र साेही ठाउँका २५ वर्षीय अरूण दास मृत फेला परेका हुन्।, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार उनी बिहान ८ बजेतिर घरबाट निस्केका थिए।, दिउँसो मृत फेला परेपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए। , दासको शव रूखमा बाँधिएको र विभत्स अवस्थामा फेला परेको जोशीले बताए। , घटनास्थलबारे अनुसन्धान भइरहेको जोशीले बताए। अहिले कुकुरसहित प्रहरीको अनुसन्धान टाेली घटनाको छानबिन गरिरहेकाे उनले बताए ।,
कैलालीको जंगलमा विभत्स अवस्थामा युवकको शव फेला
|
सेतोपाटी संवाददाता भक्तपुरमा भरूवा बन्दुक फेला परेको छ। , चाँगुनारायण नगरपालिका वडा नम्बर ६ पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडकमार्गमा बन्दुक फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनका अनुसार शनिबार बिहान ९ बजे पानी बग्ने ह्युम पाइपभित्र बन्दुक फेला परेको हो।, ‘बेवारिसे अवस्थामा बन्दुक फेला परेको हो। लोड भएको थिएन,’ पाण्डेले भने,‘कसको हुन सक्छ भनेर हामीले अनुसन्धान गर्दैछौं।’, बन्दुक फेला परेको भन्ने खबर पाएपछि परिसर भक्तपुरबाट प्रहरीको टोली खटिएको थियो।, सो टोलीले थप अनुसन्धान अघि बढाएको छ। ,
भक्तपुरमा ढलमा भेटियो भरूवा बन्दुक
|
सेतोपाटी संवाददाता धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा झापा दमक नगरपालिका-१ का २० वर्षीय अर्जुन लिम्बु रहेका छन्।, इलाका प्रहरी कार्यालय दमकका अनुसार लिम्बुलाई दमक नगरपालिका-६ का २५ वर्षीय तलप्रकाश पराजुलीको हत्या आरोपमा पक्राउ गरिएको हो।, मंसिर २९ गते उनको हत्या भएको थियो। दमककै रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका पराजुलीलाई धाराबाट पानी लिएर पसलतर्फ फर्कने क्रममा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।, लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा पूर्वरिसिइबीको कारण घट्ना घटाएको, घटनामा प्रयोग भएका सामानहरू आफ्नो भएको बयान दिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।, प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार दाउ १ थान, झोला, कालो रंगको जुत्ता र अन्य कपडाहरू बरामद गरेको थियो। पक्राउ परेका लिम्बुलाई झापा जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए।,
हत्या आरोपमा दमकबाट एक पक्राउ
|
सविता बुढा बझाङको बुङ्गल-१ की रंगादेवी बोहराको घरमा नुनतेल, लुगाकपडा, साबुनजस्ता दैनिक आवश्यकताका सामान सकिइसके। किन्नलाई पैसा छैन। यस्तो समस्या उनलाई यसअघि कहिल्यै परेको थिएन। किनकी उनको परिवारको गाउँमै रोजगारी थियो।, गर्दै आएको काम ८ महिनादेखि रोकिएको छ। गाउँमा अरू केही काम पाइन्न। काम नभएपछि पैसा आउने बाटो पनि रोकियो। उनलाई घर चलाउन मुस्किल हुँदै गएको छ।, उनलाई जस्तै पीर सोही ठाउँका स्थानीय नरबहादुर धामी र धनबहादुर धामीलाई पनि छ।, गर्दै आएको काम अगाडि बढ्छ या बढ्दैन भन्ने टुंगो नलागेपछि उनीहरू पनि अलमलमा छन्। अब के गरी घरखर्च चलाउने भन्ने चिन्ताले उनीहरूलाई सताइरहन्छ।, शनिबार र स्कुलको छुट्टीपछि कापी कलम, टिफिन खर्च जुटाउने स्कुले केटाकेटी पनि काम नहुँदा पीरमा छन्।, आजसम्म उनीहरूले आफ्नै गाउँको पत्थर खानीमा काम पाएका थिए। काम भनेको रोजगारी।, बुङ्गल नगरपलिका-१ र २ मा लगभग ४० घरधुरीका ५ सय जनाले पत्थर खानीमा काम पाएका थिए। ८ महिनादेखि नगरपालिकाले पत्थर खानी बन्द गर्न भनेपछि उनीहरूको आयस्रोत ठप्प छ।, नगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन नगरी पत्थर ननिकाल्न भनेपछि यो काम रोकिएको हो। साथै नगरपालिकाले पत्थर निकाल्ने कामका लागि टेन्डर प्रक्रियामा जाने पनि भनेको थियो।, त्यसपछि बिक्री गर्न ठिक्क पारेका पत्थरको निकासीमा समेत रोक लाग्यो। अहिलेसम्म नगरपालिकाले निर्णय नगर्दा उनीहरूको काम बन्द भएको हो। , अहिले रोजी रोटी गुम्ने हो कि भन्ने चिन्तामा छन् गाउँले।, पत्थर खानीको काम सुरू हुन्छ होला भन्ने आशमा बस्दाबस्दा नभएपछि केही महिनाअगाडि स्थानीय गोरख बोहरा र कमल बोहरा निरास हुँदै भारत पसे। , जानु बाध्यता थियो। गए पनि उनीहरूले गाउँका साथी जयबहादुर बोहोरालाई फोन गरेर सोध्छन्, ‘काम कहिलेदेखि सुरू हुन्छ?’, काम हुन्छ होला भन्ने आस गर्दै बेरोजगार बसेको ८ महिना भयो।, बुङ्गल बासीको मुख्य आयस्रोत भनेको पत्थर निकाल्ने काम हो। पुर्खाले यहीँ काम गरे। उनीहरूले पनि यहीँ कामलाई निरन्तरता दिएका थिए।, बुंगल नगरपालिका-१ का जयबहादुर बोहोरा आफ्ना बुवा र दाइले त्यही काम गरेको सम्झन्छन्।, जयका घरकाले पनि बर्खाका केही महिनाबाहेक अरू महिना पत्थर निकाल्ने काम गर्थे।, ‘म सानै थिएँ, मैले त त्यतिबेला काम गरेन। बुवा र दाइ गर्नुहुन्थ्यो। एउटा पत्थरको ५० देखि १ सय रूपैयाँ बिक्री गर्नुहुन्थ्यो,' उनले सम्झिए।, बुङ्गलमा ठुल्ठूला चट्टानका खानी छन्। ती खानीबाट निस्किने पत्थर घरको छानामा प्रयोग गर्न मिल्ने भएपछि दशकौंअघि यहाँका स्थानीयले काम सुरू गरेका थिए।, खरको छानाभन्दा पत्थर बलियो र टिकाउ हुने भएपछि गाउँमा पत्थर लगाउने चलन त्यति बेला बढेको थियो। सुरूमा गाउँमै बिक्री गर्न स्थानीयले पत्थर निकाल्ने काम गरेका थिए।, उनीहरूले घन, सब्बल, बेल्चाजस्ता औजार प्रयोग गरेर चट्टान फोरेर पत्थर निकाल्थे। बिस्तारै यसको माग बढ्यो मागसँगै कामदारको माग बढ्यो। स्थानीयले नै काम पाए। घरमै बसेर स्थानीयले दुई पैसा कमाइ हुँदा गाउँलेहरू खुसी थिए।, गाउँमा मात्रै नभई बझाङका अन्य स्थानीय तहबाट पनि पत्थरको माग आउन थाल्यो। पत्थर निकाल्ने ठाउँ सवैको साझा थियो। सार्वजनिक ठाउँमा गाउँका सबैले जसले जति निकाले नि हुन्थ्यो।, बझाङकै दुर्गाथली, छविसपाथिभेरा, थलारा लगायतका ठाउँबाट मान्छे पत्थर खरिद गर्न बुङ्गलमै पुग्थे। पहिले पहिले एक पत्थरको मूल्य ५० देखि १ सय रुपैयाँ पर्थ्यो।, ‘सानोको ५० र ठूलोको सयसम्म पर्थ्यो, यसबाट एक घरपरिवारले एक सिजनमा एक डेढ लाख आम्दानी गर्ने गर्थे,’ जयले भने।, बर्खाको समयमा केही पानी पर्ने र खेतीपातीको काम गर्नुपर्ने भएकाले त्यसबेलामात्र यो काम गर्दैन थिए। उनीहरूले कामलाई निरन्तरता दिँदै आए। , अहिले त पत्थरको मूल्य पनि बढेको छ। ३ वर्ष अघिबाट यस्ता पत्थरको माग काठमाडौंबाट पनि आउन थाल्यो।, स्थानीय ठाउँबाट पत्थरको माग घटिरहेका बेला काठमाडौंबाट यसको माग आएपछि स्थानीय खुसी भए। थप जाँगर लगाएर उनीहरू यहीँ काममा लाग्न थाले।, सहर बजारमा यसले टायलको जस्तै काम गर्छ। त्यही कारण काठमाडौंबाट माग आएको स्थानीयहरू बताउँछन्।, त्यो काम गर्नेमध्येका जय पनि एक हुन्। उनी पत्थर निकाल्नेसँगै तयार पारेकालाई काठमाडौं पठाउने काम गर्थे। , ‘मचाहिँ कर तिर्ने, गाडीमा पत्थर लोड गरी ढुवानी गर्ने, अन्य हिसाबकिताब गर्ने काम गर्थेँ,’ उनले भने।, स्थानीय सरकार सञ्चालन भएपछि उनीहरूले प्रतिपत्थरको दुई रुपैयाँका दरले नगरपालिकामा कर तिर्नुपर्ने भएको थियो।, त्यतिबेला नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्नुपर्छ र ठेक्काको प्रक्रिया जानुपर्छ भन्ने कुरा गरेन। , ‘नगरपालिकाले इआइए गर्ने, टेन्डर प्रक्रियामा जाने भन्दै ढुवानीका लागि ठिक्क पारेका पत्थर त्यसै थन्किएको ८ महिना पुग्न थाल्यो, दु:ख गरी गरेको मेहनत त्यसै थन्किएको छ कि त पहिले नै नगर भन्नुपर्ने,’ जयले भने।, उनका अनुसार बुङ्गल नगरपालिका १ र २ वडामा पत्थर निकाल्ने १५/२० वटा खानी सञ्चालनमा छन्। पत्थर निकाल्ने काम जोखिम हुन्छ। पहिला हाते औजार प्रयोग गरेर काम हुन्थ्यो। अहिले मेसिन पनि प्रयोग हुन्छ। चट्टानमा पातलो पत्रजस्तो भागलाई फलामको औजार (खिना) हथौडाले माथिबाट हानेर पत्थर निस्किन्छन्। त्यसपछि जेनेटरबाट चल्ने हाते मेसिनले साइजअनुसार काँटछाट गर्ने काम हुन्छ।, पत्थर निकाल्नेदेखि काँटछाट, ढुवानी गरेबापत् एक जनाले एक पत्थरबाट सय रुपैयाँसम्म पाउँथे।, प्रत्येक घरबाट यो काममा एक जना अनिवार्य जान्थे, कतिपयको त घरका सबै सदस्य जान्थे।, ‘एक घरपरिवारले अहिले एक हिउँदमा ४/५ लाख कमाइ गर्थे। तर पत्थर ढुवानी भएको छैन। अनुमति नदिएका कारण एक करोडको मूल्य बराबरको २०/२५ गाडी पत्थर स्टकमा छन्,’ उनले भने।, बर्खामा रोड भत्केकाले ढुवानी गर्न सकिएन अहिले नगरपालिकाले अनुमति नदिएपछि गाउँलेहरू समस्या परेको उनले बताए।, प्रक्रियामा जाने हो भने त्यो काम छिटो हुनुपर्ने भन्दै गाउँलेहरू पटक-पटक नगरपालिकासमक्ष अनुरोध गर्दै आएका छन्। तर, काम अगाडि बढेको छैन। , ‘इआइए गरेर नियममा जानुपर्छ भन्छन् कहिलेचाहिँ त्यतिकै पनि जान्छ केही गर्नुपर्दैन पनि भन्छन्,' उनले भने, ‘काम सञ्चालन भए रोजगार पाउँथें। कर कम भए कर बढाउँछौं भनेर नगरपालिका गएका थियौं, इआइए गर्न खर्च लाग्छ। हामीसँग बजेटको अभाव छ भन्छन्।’, स्थानीय सरकार आएपछि थप व्यवस्थित बनाएर रोजगारी पाउने आशमा बसेका स्थानीय त्यो कामसमेत अहिलेसम्म रोकिँदा निरास बनेका छन्।, ‘अहिले गाउँका मान्छेको यो काम निकै आवश्यकता छ, कुन प्रक्रियाबाट गर्ने त्यो काम छिटो गरे सहज हुन्थ्यो, भए त भत्केको बाटो बनाउनुपर्ने, खानीमा पत्थर निकाल्दा औजारको सुविधा गरे राम्रो हुन्थ्यो,’ स्थानीय नरबहादुर धामीले भने।, उनले स्थानीय सरकारले बनाएको बाटा बर्खामा भत्केकाले मर्मतसमेत हुन नसकेकोमा दु:ख व्यक्त गरे।, ‘स्थानीय सरकार आएपछि सुख पाउँला सोचेका थियौं, एकचोटी सडक भत्किएका छन् मर्मत गर्नुपर्ने। अहिलेसम्म सुधार गरेको छैन, त्यहीँ कारण हाम्रो माल पठाउन समस्या छ,’ उनले भने।, बुङ्गल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर रोकायले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नगरिकन पत्थर निकाल्दा असर हुने भएकाले अहिले काम गर्न रोक लगाएको बताए।, ‘खानी तथा भूगर्भ विभागबाट पहिला खानी दर्ता अनुमति लिनुपर्छ, त्यसपछि जिल्ला वन डिभिजनले वातावरणीय प्रभाव मूल्याङ्कन गर्छ, डिभिजनले नगरपालिकाले रकम दिए गरिदिन्छौ भनेको छ,’ उनले भने।, उनका अनुसार इआइए गर्न १० लाख रुपैयाँसम्म लाग्छ। त्यसको लागि यो वर्ष नगरपालिकाले बजेट छुट्याइएको छैन।, त्यसका साथै, पत्थर अन्यत्र ढुवानी गर्न पनि थुप्रै कानुनी प्रक्रिया गर्नुपर्ने रोकायले बताए।, ‘अगाडि रोक थिएन। सामान्य थियो। अहिले बाहिर पठाउन थालेपछि पछि वातावरणमा असर हुन्छ भन्ने कुरा उठेर रोक लगाइएको हो, यो विषयमा छलफल कुरा हुन्छ। सकेसम्म स्थानीयको मेहनत कसरी सल्टाउने भन्ने हुन्छ,’ उनले भने।,
नगरपालिकाले काम रोकिदियो, सिंगै गाउँको आम्दानी ८ महिनादेखि बन्द
|
सेतोपाटी संवाददाता सुनसरीमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ।, ईटहरी उप-महानगरपालिका वडा नम्बर ४ मा भिनाजुमाथि छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले सालोलाई पक्राउ गरेको छ। , मृत्यु हुनेमा ५१ वर्षीय श्री मुरारी गिरी छन्। उनीमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले सालो पर्ने १९ वर्षीय अर्जुन राईलाई पक्राउ गरेको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।, सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार राई मानसिक रूपमा अस्वस्थ थिए। उपचारको लागि राईलाई गिरीकै घरमा राखिएको थियो। , मंगलबार साढे ४ बजे सालो राईले अचानक गिरीको छातीमा छुरा प्रहार गरेको कार्कीले बताए।, घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको थियो। , राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। ,
भिनाजुको हत्या आरोपमा सालो पक्राउ
|
रासस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुनजस्तो देखिने पहेंलो धातु, चेनरोल, औंठी र चुरासहित पाँच बंगलादेशी नागरिकलाई पक्राउ गरिएको छ। , पक्राउ पर्नेहरूमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडि मिराजुल इस्लाम रहेका छन्।, पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट १०० ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुलको साथबाट ४३० ग्राम पहेंलो धातु बरामद गरिएको प्रहरीले जनाएको छ।, हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै मंगलबार बंगलादेश जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाते झोला परीक्षण गर्दा उक्त धातु फेला परेपछि नियन्त्रणमा लिइएको हो।, उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।,
एक किलो ३११ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित पाँच बंगलादेशी विमानस्थलबाट पक्राउ
|
नारायण खड्का नेपालगञ्जको एउटा टेक्निकल कलेजका प्रिन्सिपल १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। , नेपालगञ्ज टेक्निकल कलेजका प्रिन्सिपल ४१ वर्षीय हिक्मत रावलका विरूद्ध १७ वर्षीया छात्राले बलात्कार गरेको भनेर उजुरी दिएपछि पक्राउ गर्नु परेको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले सेतोपाटीलाई बताए। , ‘पीडित छात्राको तर्फबाट आफूलाई प्रिन्सिपलले डर धम्की देखाएर पटक/पटक बलात्कार गरेको भनेर दिएको जाहेरीका आधारमा प्रहरीले तीन दिन अगाडि रावललाई पक्राउ गरेको हो,’ एसपी अधिकारीले भने, ‘घटना अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ।’, एसपी अधिकारीका अनुसार पक्राउ परेका रावल स्प्रिङ डेलका अध्यक्ष समेत हुन्।, उनले टेक्निकल कलेजमा अंग्रेजी विषय पढाउँदै आएका थिए। , घटना अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक खिमबहादुर घर्तीले शिक्षक रावलले पीडित किशोरीले डर धम्की र त्रास देखाएर आफूमाथि पटक/पटक बलात्कार गरेको भनेर जाहेरीमा उल्लेख गरेको जानकारी दिए।, गत साउन २२ गते पहिलो पटक प्रलोभनमा पारेर शिक्षक रावलले बलात्कार गरेको र त्यसपछि उक्त भिडिओ आफूले सुरक्षित राखेको भन्दै त्यो सार्वजनिक गरिदिने डर, त्रास र धम्की दिँदै पटक/पटक बलात्कार गरेको जाहेरीमा उल्लेख रहेकोे घर्तीले बताए। , भिडिओ सार्वजनिक गरिदिने डर धम्की र त्रास दिएर पीडित छात्रालाई ती शिक्षकले भारतको लखनऊसम्म लगेर यौन शोषण गरेको जाहेरीमा उल्लेख छ।, छात्राका बुवाले आफ्नी छोरीको खोजी गरिदिन आग्रहका साथ प्रहरीमा जाहेरी दिएपछि घटनाबारे प्रहरीले जानकारी पाएको प्रहरी निरीक्षक घर्तीले बताए। , ‘बुवाको जाहेरीपछि प्रहरीले घटना अनुसन्धान थालेको थियो,’ घर्तीले भने, ‘पीडित छात्राको जाहेरीपछि तत्काल हामीले शिक्षक रावललाई पक्राउ गरेका हौं।’, घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।,
छात्रालाई बलात्कार गरेको आरोपमा प्रिन्सिपल पक्राउ
|
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरूद्धको खोप लगाउने बताएका छन्। , उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताए। , उनका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ।, सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना भाइरसविरूद्धको खोप लगाउनका लागि मोडर्ना खोप ल्याएको छ।, उनले बुस्टर डोज लगाउनका लागि सरकारले नीतिगत र व्यवहारिक रूपमा तयारी गरिसकेको जानकारी दिए। , 'महामारी फैलिँदै गयो भने बुस्टर डोज आवश्यक रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बुस्टर डोज लगाउने बारेमा मेरो सल्लाह भइसकेको छ', मन्त्री खतिवडाले भने, 'थप सुरक्षित हुनका लागि दुई मात्रा लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर डोज लगाउने हो। आवश्यक पर्दा यसका लागि सरकार तयार छ।' , नेपालमा भेरोसेलको दुई मात्रा लगाएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने सरकारले अतिरिक्त एक मात्रा खोप दिने यसअघि नै निर्णय गरिसकेको छ। , विश्व स्वास्थ्य संगठनले ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटु रोगी, मिर्गौला, दीर्घरोगीलाई मात्र बुस्टर डोज लगाउनका लागि सिफारिस गरेको छ।,
बालबालिकालाई विद्यालयमा नै खोप लगाइने
|
सेतोपाटी संवाददाता कैलालीमा बस र स्कार्पियो गाडी ठोक्किँदा २७ जना घाइते भएका छन्।, बुधबार बिहान लम्कीचुहा नगरपालिका-३ स्थित गोराङ्गेमा काठमाडौंबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प.प्र.००२-००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको से १ च १५९३ नम्बरको स्कार्पियो ठोक्किँदा उनीहरू घाइते भएका हुन्।, स्कार्पियोमा चालकसहित ३ जना र बसमा ३८ जना सवार थिए।, उनीहरूमध्ये २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, घाइतेहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, दुबै सवारीका चालकहरू प्रहरीको नियन्त्रणमा छन्।,
कैलालीमा बस र स्कार्पियो ठोक्किँदा २७ जना घाइते
|
एजेन्सी बुधबार दिउँसो हङकङको ३८ तले वर्ल्ड ट्रेड सेन्टरमा आगलागी भएको छ।, साउथ चाइना मर्निङ पोस्टका अनुसार इलेक्ट्रिकल स्विच रूमबाट सुरू भएको आगलागीले भवनभरि धुँवा फैलिएको छ।, उक्त भवनको पार्किङ र केही तलामा पुनर्निर्माणको काम भइरहेको थियो। बुधबार दिउँसोको खाना खाने बेलामा आगलागी भएको हो।, अहिलेसम्म १२ सयभन्दा बढी मानिसलाई बाहिर निकालिएको छ भने १३ जना घाइते भएका छन्। तीमध्ये केहीलाई अस्पताल भर्ना गरिएको छ।, तलबाट धुँवा आउन थालेपछि मानिसहरू भवनको छतमा गएका थिए। उनीहरूलाई अग्नि नियन्त्रकहरूले भर्याङको प्रयोग गरेर उद्धार गरेका थिए।, अधिकारीहरूले अहिले आगो नियन्त्रणमा आइसकेको बताएका छन्।,
हङकङको ३८ तले वर्ल्ड ट्रेड सेन्टरमा आगलागी
|
विमलबहादुर विष्ट/रासस ‘वन लाया गोरु भैँसा फर्की जान्ना साँझ ,
म एकली छाणीकन काँ गई रङ्गी बाज(पति),
साइ(पति)ले मो बरबट्टै(चौपट्टै) छाणी के गरी खानु हो ,
साइ बम्बै बेपत्ता भइ गई मैले काँ जानु हो,
खोली खेत बिनुभैंसी एकली बाग(बाघ) लागी,
सबैकी घर बारी भइगइ मेरा के आगलागी।’, डोटी शिखर नगरपालिका–१ कपल्लेकीकी ४१ वर्षीया महिसरा दडिमानाका श्रीमान टेकबहादुर कमाउनका लागि २० वर्ष पहिले भारतको जोधपुर गए।, विवाहलगत्तै श्रीमान कमाउन गएपछि धन लिएर आउँछन् र घरमा आरामसँग जीवन जिउन सहज हुन्छ भन्ने उनको सपना पूरा भएन।, कमाउन गएका श्रीमान २० औं वर्षसम्म पनि घर नफर्किएपछि उनलाई मर्नु न बाँच्नुसरह भएको छ। श्रीमान कुन र कस्ता अवस्थामा छन् भन्ने विषयमा जानकारीसमेत नहुँदा उनी चिन्तित बनेकी छन्।,
,
टेकबहादुर कमाउनका लागि भारत गएका बेला गर्भमा भएको श्रीमानको नासो अहिले हुर्किएर ठूलो भए पनि सिउँदोमा सिन्दूर हाल्ने व्यक्ति अझै सम्पर्कमा नआउँदा उनी हिजोआज घरमा एक्लै छिन्।, करिब १५ वर्षका उमेरमा वैवाहिक जीवनमा बाँधिएकी महिसराले श्रीमानबाट सुख त परै जाओस्, अनुहारसम्म हेर्न नपाएको कम्तीमा पनि २० वर्ष भयो।, महिसराले भनिन्, 'म तीन महिनाकी गर्भवती थिएँ, त्यतिबेला श्रीमान कमाउनका लागि भारत जानुभएको हो, अहिलेसम्म अत्तोपत्तो छैन, म के गरी बाँचौं।', छोरा गोपालले बाबा किन आएनन् भनेर आमालाई दैनिक सोध्ने गरेका कारण उनलाई झनै पीडा हुने गरेको छ।, साथीसंगीका बुवा भारतबाट घर फर्किंदा आफ्ना चाहिँ नफर्केपछि गोपालले बाबा किन आएनन् भनेर सोध्ने गरेको तर आफूले उत्तर दिन नसकेकामा उनी चिन्ता व्यक्त गर्छिन्।, उनले रूँदै भनिन्, 'के भयो होला, कहाँ गए होलान्, कसले खोजी दिने मेरा श्रीमान ?' , चार वर्षसम्म कुनै पत्तो थिएन। पछि श्रीमान अचानक आफैं घर आएको महिसराले बताइन्।, 'त्यसपछि कमाउन श्रीमान फेरि भारत गएपछि म उहाँको बाटो कुरेरै बसें तर आउनुभएन, अब कहिले आउलान्, अझै आशा मारेकी छैन', उनले भनिन्।, सानै उमेरदेखि रक्सीको नशामा रमाउने बानी परेका टेकबहादुर धेरै दिन घरमा बस्नुभएन।, फेरि कमाउने भन्दै घरबाट गए पनि कहाँ गएको भन्ने उहाँकी श्रीमती तथा गाउँलेलाई अहिलेसम्म अत्तोपत्तो छैन।, महिसार हिजोआज बाख्रा पालेर, अर्काको मेलापात गरेर साँझ-बिहानको छाक टार्छिन्। , माइती, देवर र जेठाजुका सहयोगमा महिसराले छोरालाई हुर्काइन्, दुःख कष्ट गरेर भए पनि कक्षा १२ सम्म पढाइन्।, गोपाललाई स्कुलमा कक्षा १२ को एक विषय लागेको थियो, शिक्षकले चान्स (ग्रेड वृद्धि) दिन पाउने भनेका थिए तर उनी पनि रोजगारीका लागि भारत गए। त्यसअघि उनी छोराको खुसीमा आफ्नो दुःख बिर्सन खोज्थिन् तर ऊ पनि कमाउन मुग्लान पसेपछि उनलाई त्यो खुसी मिल्न सकेन।, श्रीमान भारतमै हराएको घटनाले पनि छोरा भारत नपसोस् भन्ने चाहना महिसराको थियो तर पेट पाल्नकै लागि मुग्लान पस्नुपर्ने लाखौं युवाको नियतिजस्तै गोपालको रह्यो। , महिसराको जस्तै अवस्था अर्की स्थानीयबासी कृष्णा गिरीको पनि छ।, करिब १६ वर्षका उमेरमा वैवाहिक जीवनमा बाँधिएकी कृष्णा पनि १६ वर्षदेखि श्रीमानका पर्खाइमा घरमा छिन्। , द्वन्द्वकालमा कृष्णाका श्रीमान दीपक घरबाट केही नबोली चुपचाप निस्किए। गाउँतिरै डुल्दै हुनुहोला भन्ने सोचेकी कृष्णाले श्रीमान कहाँ गए अहिलेसम्म खबर पाएकी छैन। , दिन, महिना र वर्ष बित्दै जाँदा १६ वर्ष पूरा भएछ तर दीपक घर फर्केर आएनन्। उनी घरबाट जाँदा गर्भमा रहेकी छोरी लक्ष्मी पनि अहिले १५ वर्ष पूरा भइसकेकी छन्। , महिसरा र कृष्णा मात्रै हैनन् गाउँमा थुप्रै महिलाले यस्तो पीडा खेपिरहनुपरेको शिखर नगरपालिका–१ कपल्लेकी चम्पा पार्की बताउँछिन्।, तीन वर्ष पहिले महिसरा र कृष्णाले श्रीमानको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिएका थिए।, प्रहरी कार्यालयबाट पनि कुनै जानकारी नआएपछि उनीहरूले अहिले श्रीमान आउने आशा मारिसकेका छन्।, जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–१, बाँझ गाउँका ३३ वर्षीय दिलबहादुर खड्का पनि परिवारको सम्पर्कमा नआएको कम्तीमा ६ वर्ष पुगेको छ।, पति फर्केर आउने आशमा पत्नी प्रेमाका दिन बितिरहेको छ।, विसं २०७२ मा पैसा कमाउन दिलबहादुर भारतको बेंगलुरू गएका थिए। श्रीमान अहिलेसम्म पनि नफर्किंदा आफूलाई बाँच्नु न मर्नुसरह भएको प्रेमा बताउँछिन्। , उनी भन्छिन्, 'कमाउन गएका श्रीमान अहिलेसम्म फर्किनुभएन, म के गरी खानू र कसरी बाँच्नू ? मर्न पनि सक्दिनँ, बाँच्न पनि गाह्रो भयो।', सम्पर्कविहीन पतिको खोजीका लागि सबै ठाउँमा धाउँदा पनि केही खबर पाउन नसकेपछि झनै पीडा भएको उनको भनाइ छ। , उनले खसमको खोजीका लागि विभिन्न ठाउँमा जोखना हेराउनाका साथै देवीदेवता पनि पुजिन् छ तर कुनै खबर नपाउँदा उनको तस्बिर राखेर श्रीमान हराएको सूचना सामाजिक सञ्जालमा राखी खोजीका लागि सबैसँग आग्रह गरिन्।, सामाजिक सञ्जालबाट पनि समाधान नभएपछि अब हराएका पतिको खोजीका लागि प्रहरी कार्यालयमा निवेदनसहित जाने तयारीमा रहेको उनले जानकारी दिइन्। , शिखर–३, जोरागाउँकी ६० वर्षीया जोगेनी भुल भने घरमा नौलो मान्छे आउनेबित्तिकै छोराको तस्बीर देखाउँदै कसैले कहीँ देख्नुभयो कि भनेर सोधपुछ गर्छिन्।, करिब २५ वर्षअघि रोजगारीका लागि भारत पसेका जोगेनीका जेठा छोरा चेत अहिलेसम्म पनि घर फर्किएका छैनन्।, छोराको पीडाले उनलाई पनि दिनहुँ सताउन थालेको छ।, उनी भन्छिन्, 'छोरो नदेखेरै मर्ने भएँ, मर्नुअघि एकपटक उसलाई देख्ने धोको छ, कुन भगवानले उसलाई खोजिदेला।', बेपत्ता चेत जीवित छन् वा छैनन्, अहिलेसम्म कहाँ छन् भन्ने उनलाई जानकारी छैन।, चेत पनि पैसा कमाउन भारत, मुम्बई गएकामा उतैबाट सम्पर्कविहीन भएका छन्। , आमा जोगेनीका अनुसार चेत मुम्बईमा चौकिदारी काम गर्थे। उनीसँगै गएका गाउँका अन्य साथीभाइ घर फर्किए पनि उनी अहिलेसम्म फर्किएका छैनन्। सम्पर्कमा नआएका चेतका बारेमा भुल परिवारले कतै उजुरी वा निवेदन भने दिएको छैन। , कामका लागि भारत गएपछि सम्पर्कमा नआएका नेपालीको तथ्यांक संकलन गरिरहेको गैरसरकारी संस्था निड्स नेपालका अनुसार रोजगारीका लागि भारतमा गएकाहरूमा शिखर नगरपालिकाका मात्रै १०० जना बेपत्ता भएका छन्।, जिल्लाभरिको पूरै तथ्यांक लिने हो भने भारतमा गएर बेपत्ता भएकाहरूको सङ्ख्या अझै बढ्न सक्ने उक्त संस्थाको जिकिर छ।, कामका लागि भारत गएका सुदूरपश्चिमका नागरिकको अवस्था र हराएकाहरू केकति कारणले सम्पर्कविहीन भएका हुन् भन्ने विषयमा अनुसन्धान गइरहेको निड्स नेपालका सहकार्यकारी अधिकृत प्रकाशचन्द्र मडैले बताए।, उनले भने, 'कामका लागि भारत गएका र पछि सम्पर्कविहीन भएकाहरूका बारेमा अनुसन्धान भइरहेको छ, कसरी र किन सम्पर्कविहीन भए, खोजी गर्दैछौं।', रोजगारीका क्रममा सानै उमेरमा भारत गएकाहरू उतै रमाउने र त्यहीँ विवाह गरी बस्ने गरेका कारण पनि कतिपय व्यक्ति पछि गएर घरपरिवारको सम्पर्कमा नआउने गरेको हुन सक्ने डोटी प्रहरी प्रमुख दानबहादुर मल्लले बताए। , प्रहरी उपरीक्षक मल्लले भने, 'यहाँ सानै उमेरमा भारत जाने बानी रहेछ, उनीहरू भारतमा कमाउने र त्यहीँ विवाह गरी बस्ने भएकाले पनि घरपरिवारको सम्पर्कमा नआउने गरेका हुन सक्छन्, विस्तृत के हो, हामी पनि बुझ्दैछौं।', निड्स नेपालको तथ्याङ्कानुसार कतिपय नेपाली पारिवारिक रूपमा तनाव भोगेर भारत जाने र उतै बेपत्ता हुने गरेका छन्।, सम्पर्कमा नआएकामध्ये केही विभिन्न कारागार रहेको उक्त संस्थाको अनुमान छ।, बेपत्ता हुनेमध्ये धेरैजसो बिहे नहुँदै भारत पसेका छन्। घरपरिवारको जिम्मेवारी नभएका कतिपय मानिस भारतमै रमाउने र हराउने गरेको देखिएको छ।, भारतमा हराएका आफन्तबारे प्रहरीमा उजुरी खासै नआउने गरेको प्रहरीको भनाइ छ। , सुदूरपश्चिम र मध्यपश्चिम प्रदेशका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत नै हो। पुस्तौंदेखि यहाँका नागरिक रोजगारीका लागि त्यहाँ जाने क्रम जारी छ। मडैका अनुसार सन् १८१६ को सुगौली सन्धिपछि नेपाली कामका लागि भारत जान थालेको पाइन्छ।, सरकारले भने भारतमा काम गर्न जाने नेपालीलाई वैदेशिक रोजगारीको सूचीमा राखेको छैन।, कामका लागि तेस्रो मुलुक गएकाहरूले केही समस्या भए बीमादेखि अन्य सुविधा पाए पनि कामकै लागि ‘हिन्दूस्थान’ गएका नेपाली भने त्यस्तो सुविधाबाट बञ्चित छन्। , कामका लागि भारत जानका लागि भने कुनै नीतिनियम छैन। नीतिनियम नहुँदा भारतमा हराएका तथा अङ्गभङ्ग र मृत्यु भएकाका परिवारका सदस्यले क्षतिपूर्तिसमेत पाउने गरेका छैनन्।, जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दले श्रीमान तथा घरका परिवार हराएका विषयमा निवेदन पर्ने गरे पनि कुन ठाउँमा र कहिले हराएका हुन् भन्ने यकिन जानकारी नआएका कारण खोजतलास गर्न समस्या भएको बताए।, प्रहरी निरीक्षक चन्दले भने, 'घरका सदस्य हराएको भन्ने निवेदन (खबर) त आउँछ तर परिवारले कहिले, कहाँबाट हराए भन्ने जानकारी दिन सक्दैनन्, त्यसैले तिनका खोजीमा केही समस्या हुने गरेको छ, तै पनि हामी हाम्रा क्षेत्रबाट खोजतलासका लागि पहल गरिरहेका छौं।',
मुग्लान कमाउन गएका खसम नफर्किंदा ...
|
सेतोपाटी संवाददाता नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २८० जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ९९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार २१२ जनाको पिसिआर परीक्षण र २७८२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ५ हजार ६३५ जना सक्रिय संक्रमित छन्।, ३०० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट ६ को मृत्यु भएको छ। , काठमाडौं उपत्यकामा ११८ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८९, ललितपुरमा २० र भक्तपुरमा ९ संक्रमित छन्।,
थपिए २८० संक्रमित, ६ को मृत्यु
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ११८ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८९, ललितपुरमा २० र भक्तपुरमा ९ संक्रमित छन्।, यस्तै, नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ११ हजार ९९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार २१२ जनाको पिसिआर परीक्षण र २७८२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ५ हजार ६३५ जना सक्रिय संक्रमित छन्।, ३०० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट ६ को मृत्यु भएको छ। , ,
काठमाडौं उपत्यकामा थपिए ११८ संक्रमित
|
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमा नगरपालिका जिल्लाको पहिलो बालमैत्री नगर घोषणा भएको छ। , बुधबार आयोजित विशेष कार्यक्रमबीच पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले तिलोत्तमालाई बालमैत्री नगर घोषणा गरेका हुन्। , रूपन्देहीका १६ वटा स्थानीय तहमध्ये पहिलो बालमैत्री घोषणा भएको तिलोत्तमा बालमैत्री घोषणा हुने देशभरका पालिकामा भने तेह्रौ भएको छ। यसअघि १२ वटा पालिका बालमैत्री घोषणा भइसकेका छन्।, बालमैत्री घोषणाका लागि पूरा गर्नुपर्ने ५१ वटा सूचक पूरा गरी नगरपालिकालाई बालमैत्री घोषणा गरिएको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए।, बालमैत्री घोषणाका लागि ५१ वटा सूचकमा ३८ वटामा शतप्रतिशत, ६ वटा सूचकमा ९५ प्रतिशत, एउटा सूचकमा ९० प्रतिशत र ६ वटा सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरी बालमैत्री नगर घोषणा गर्न सकिन्छ। तर तिलोत्तमाले भने ४१ वटामा शतप्रतिशत र १० वटामा मात्रै ९९ प्रतिशत उपलब्धि हासिल गरेको घिमिरेले दाबी गरे।, नगरपालिकामा बसोबास गर्ने २५ हजार ३०५ घरधुरी र १ लाख २३ हजार ८३६ मध्ये ५ हजार ३६४ बालबालिकालाई यो अभियानमा प्रत्यक्ष सहभागी गराएर नगरपालिकालाई बालमैत्री घोषणा गर्न सकिएको घिमिरेले जानकारी दिए।, नगरपालिकालाई बालमैत्री घोषणा गर्दै प्रमुख अतिथि पौडेलले नगरपालिकालाई बालमैत्री घोषणा गरेपछि तिलोत्तमाको अगाडि दीगो कार्यान्वयनको चुनौती थपिएको भन्दै सबैको साझा प्रयासमा यो चुनौती पार लगाउनुपर्ने बताए। , पौडेलले बालमैत्री नगरको हैसियतमा नगरपालिकाले पाएको सम्मान र इज्जतमा कमी हुन नदिन आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए।, उनलेे भौतिक विकास र सामाजिक विकासको सन्तुलन मिलाउन सकेमात्र जनताले विकासको सही अनुभूति गर्न पाउने भन्दै तिलोत्तमाले भौतिक र मानवीय विकासलाई सँगसँगै अगाडि बढाएकोमा प्रशंसा गरे।, बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णु चौबेले समाज रूपान्तरणको सबभन्दा ठूलो अभियान नै बालमैत्री अभियान भएको भन्दै तिलोत्तमाले यो अभियानमा आफूलाई अब्बल सावित गरेको बताए।,
तिलोत्तमा रूपन्देहीको पहिलो बालमैत्री नगर घोषणा
|
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटीसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गलत लिखत तयार गरी सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरूद्ध मुद्दा दायर गरेको हो।, बुधबार काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। , काठमाडौं वडा नम्बर १२, टेकुस्थित भवन निर्माण गर्नको लागि सार्वजनिक सूचनामार्फत् बोलपत्र आह्वान गरिएको थियो। त्यस बमोजिम विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरूको मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। , त्यसपछि अनुसन्धान गर्दा प्राविधिक मूल्यांकन प्रक्रियामा महानगरका निर्देशक बोगटी, खरिद इकाई प्रमुख उप-निर्देशक बखतबहादुर साउद, उप-निर्देशक सुमन अधिकारी, उप-निर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीले गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेको पाएको प्रवक्ता रिसालले बताए। , उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको सजाय हुन मागदाबी गरेको छ।,
काठमाडौं महानगरका निर्देशकसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा
|
नारायण खड्का लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्तीमा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले आफ्नो सेवा सुरू गरेको छ। , बुधबार स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारूले कार्यालय उद्घाटन गर्दै मन्त्रालयको नियमित सेवा सुरू भएको सेतोपाटीलाई बताए। , ‘अबदेखि मन्त्रालयले पूर्णरूपले दाङबाटै सेवा सुरू गरेको छ,’ चौधरीले भने, ‘स्थायी राजधानीबाटै जति सक्यो छिटो सेवा सुरू गर्ने हाम्रो प्रयासले सार्थकता पाएकोमा खुसी लागेको छ।’, हालसम्म राप्ती प्राविधिक शिक्षालयमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय र पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयको सम्पर्क कार्यालय स्थापना भइसकेको भन्दै मन्त्री थारूले अब छिटोभन्दा छिटो अन्य मन्त्रालयले पनि स्थायी राजधानीमै स्थान्तरण गरिने जानकारी दिए। , प्राविधिक शिक्षालयको हाताभित्रै प्रदेश सभा सञ्चालन गर्नका लागि सभाहल निर्माणको काम धमाधम भइरहेको र करिब ८० प्रतिशत निर्माण कार्य पूरा भएको मन्त्री थारूले फोनमा सेतोपाटीलाई बताए। , प्रदेश सभा हल निर्माणमा बिलम्ब गरेको भन्दै अघिल्लो महिना मात्रै मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीलाई कि काम छिटो सम्पन्न गर्न वा छोड्न चेतावनी दिएपछि हाल दिन रात निर्माणको काम भइरहेको छ। , २०७६ साल असोज १९ गतेको प्रदेश सभा बैठकले दाङको राप्ती गाउँपालिकालाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने निर्णय बहुमतले पारित गरेको थियो। त्यतिखेर मुख्यमन्त्रीका रूपमा दाङकै शंकर पोखरेल थिए। , कार्यालयको सेवा उद्घाटन गर्दै मन्त्री थारूले संघ सरकार र प्रदेश सरकारको नीति अनुसार सबै पालिकामा १५ शय्याको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरू भएको मन्त्री जानकारी दिए। , स्वास्थ्य सेवामा मध्यकालीन तथा दीर्घकालीन रणनीतिका साथ काम भइरहेका भन्दै मन्त्री थारूले कोभिडको तेस्रो भेरियन्टबाट नागरिकलाई सुरक्षित राख्नका लागि प्रदेश सरकारले संघ सरकारसँग खोपको व्यवस्थाको लागि पहल गरिरहेको बताए। , कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले स्थायी राजधानीमा मन्त्रालयको काम सुरू भएसँगै नागरिकले सरल र सहज रूपमा सेवा पाउन सक्ने आशा व्यक्त गरिन्। , मन्त्रालयका सचिव विकास देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सेवामूलक मन्त्रालय भएका कारण सेवा दिने काममा कुनै कसुर बाँकी नराख्ने बताए।,
अब दाङबाटै प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको सेवा
|
नारायण खड्का सल्यानको शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटका ३३ वर्षीय शेरबहादुर चन्दको हत्या रिसइबीका कारण गरेको तथ्य सार्वजनिक भएको छ।, यसअघि आफ्नै २६ वर्षीया भाउजु लक्ष्मी चन्दलाई जबरजस्ती करणीको प्रयास गरेको हुँदा शेरबहादुरको हत्या गरेको भनिएको थियो। तर अनुसन्धानको क्रममा सो कुरा गलत साबित भएको एक प्रहरी अधिकारीले बताए। , शेरबहादुर चन्दको गत मंसिर ९ गते मध्यराति हत्या भएको थियो। , उनको हत्या गरेको आरोपमा प्रहरीले दुई भाउजु २६ वर्षीया लक्ष्मी चन्द र २५ वर्षीया राधा पौडेल चन्दलाई पक्राउ गरेको थियो। त्यतिबेला लक्ष्मीमाथि बलात्कारको प्रयास गरेपछि हत्या गरेको उनीहरूले बयान दिएका थिए। , ‘अनुसन्धानको आधारमा राधाले नै पुरानो रिसइबीका कारण शेरबहादुरको बञ्चरो प्रहार गरी हत्या गरेको तथ्य उजागर भयो,’ ती प्रहरी अधिकारीले भने, ‘राधाको चरित्रको बारेमा शेरबहादुरले उनकै दाजु र समाजमा समेत कुरा काट्दै आएको हुँदा त्यही रिसइबीले हत्या गरेको देखिन आयो।’ , पारिवारिक जमघटमा सबैले संगै बसेर मदिरा सेवन गरी सबै सुत्न गएको भएपनि राधा फर्किएर मध्यरातमा आफ्नै घरको कोठामा सुतिरहेका शेरबहादुरमाथि बञ्चरो प्रहार गरी हत्या गरेको ती प्रहरी अधिकारीले बताए। , ‘शेरबहादुरको हत्यापछि राधाले लक्ष्मीलाई समेत हत्या गर्ने त्रास देखाएर आफूलाई देवर शेरबहादुरले बलात्कारको प्रयास गरेको हुँदा हत्या गरेको भनेर झुट बोल्न लगाएको तथ्य उजागर भयो,’ ती प्रहरी अधिकारीले भने।, हत्यापछि शेरबहादुरको शव समेत मध्यरातमै जलाएर नजिकै बाँसको झाडीमा फेला परेको थियो। , शव जलाउन, फाल्न र कुरा कतै भने ज्यान लिने चेतावनी राधाले लक्ष्मीलाई दिएपछि झुट बोल्न आफू बाध्य भएको लक्ष्मीले प्रहरी समक्ष बयान दिएकी छन्।, ती प्रहरी अधिकारी अनुसार शेरबहादुर हत्या काण्डबारे प्रहरी अनुसन्धान पूरा भइसकेको हुँदा अब छिट्टै प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइने भएको छ। , यो पनि:, जबरजस्ती करणी गर्न खोजेपछि भाउजुले शेरबहादुरको हत्या गरेको प्रहरीको दाबी,
बलात्कार प्रयास नभई रिसइबीका कारण शेरबहादुर चन्दको हत्या- प्रहरी
|
सेतोपाटी संवाददाता हात्तीको आक्रमणबाट झापामा एक जना वृद्धको मृत्यु भएको छ।, जंगलमा घाँस काट्न गएका ७८ वर्षीय कृष्ण भुजेलको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरूङ्गाले जनाएको छ।, कनकाई नगरपालिका २ स्थित जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रमा घाँस काट्न गएका भुजेल तीनदेखि हराइरहेका थिए।, सुरूङ्गाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले सोमबार दिउँसो घाँस काट्न जंगल गएका भुजेल रातिसम्म पनि घर नआएपछि उनको खोजी सुरू भएको थियो।, प्रहरी र स्थानीयले खोजी गर्नेक्रममा सामुदायिक वनभित्र बुधबार दिउँसोमात्रै भुजेल मृत फेला परेका थिए।, घटनाको प्रकृति र आसपासको क्षेत्रको अध्ययन अनुसन्धानले भुजेललाई हात्तीले मारेको पुष्टि भएको प्रहरीले जनाएको छ।,
जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु
|
रासस नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैंडाकोट नगरपालिकाले वडास्तरबाट माग भएर आएका विभिन्न ३९ योजना कार्यान्वयन गर्नेगरी थप गरेको छ।, अठार वडा रहेको नगरपालिकामा १६ वडाबाट माग भएका थप ती योजना कार्यान्वयन गर्ने निर्णय भएको नगरप्रमुख छत्रराज पौडेलले जनकारी दिए। , नगरपालिकाको वडा नम्बर ३ र १८ बाट थप योजना माग नभएको बताइएको छ।, योजना माग भएर आएका वडाका लागि नगरपालिकाले थप दुई करोड ४५ लाख ९९ हजार रुपैयाँ विनियोजन गरेको नगरप्रमुख पौडेलले बताए।, गत साउनयता वडाबाट वडा समितिको सिफारिस भई आएका थप योजनामा छलफलपश्चात ८१ औं नगर कार्यपालिकाको बैठकले योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ। , प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले वडा समितिको सिफारिस भएका योजना संचित कोषबाट रकम छुट्याइ योजना कार्यान्वयन गर्ने निर्णय गरेको बताए।, छुट्याइएको योजना अधिकांश सडकमार्ग र पुनः कालोपत्रे गर्नका लागि छन्। गैंडाकोट १ मा मन्दिर र सडकका पूर्वाधार निर्माणका १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। , त्यस्तै, वडा नम्बर २ मा १६ लाख रुपैयाँ, वडा नम्बर ४ मा १५ लाख रुपैयाँ, वडा नम्बर ५ मा १७ लाख रुपैयाँ, वडा नम्बर ६ मा १५ लाख रुपैयाँ विनियोजन गरिएको सुवेदीले बताए।, वडा नम्बर ७ मा तटबन्ध गर्ने तार जालीका १६ लाख ९२ हजार रुपैयाँ, वडा नम्बर ८ मा सडक मर्मतका लागि १५ लाख रुपैयाँ, वडा नम्बर ९ ग्याबिन तथा सत्सङ्ग भवनका लागि १५ लाख रुपैयाँ छुट्याइएको सुवेदीको भनाइ छ।, त्यसैगरी वडा नम्बर १० मा विद्यालयको गेट, कृषि तथा नाला र बाटोको लागि १५ लाख रुपैयाँ, वडा नम्बर ११ मा सडक पुनः कालोपत्रका लागि १५ लाख रुपैयाँ, वडा नम्बर १२ मा ग्याबिन र तटबन्धका लागि १६ लाख रुपैयाँ, तथा वडा नम्बर १३ मा सडक कालोपत्रेका लागि १५ लाख रुपैयाँ खर्च गर्ने निर्णय भएको उनले जानकारी दिए।, गैंडाकोट १४ मा सडक कालोपत्रेका लागि १५ लाख रुपैयाँ, वडा नम्बर १५ मा सडक पुनः कालोपत्रेका लागि १५ लाख रुपैयाँ, वडा नम्बर १६ मा खोला नियन्त्रणका लागि १५ लाख रुपैयाँ र वडा नम्बर १७ मा खोला नियन्त्रणका लागि १५ लाख रुपैयाँ विनियोजन भएको सुवेदीले जानकारी दिए। , त्यसैगरीे बैठकले नारायणी नदीले छोडेको खाली जमिनको संरक्षण गर्नका लागि नापनक्सांकनको काम गर्ने निर्णय गरेको छ। नदीले धार परिवर्तन गर्दा गैंडाकोटर्फ खाली छोडेको जग्गाको नापनक्साङ्कन गर्दै संरक्षण गर्ने काम गर्न लागिएको नगरप्रमुख पौडेलले बताए। , नगरपालिकाको वडा नम्बर ६, ७ र ९ को नारायणी नदीले छोडेको जमिनलाई नापनक्सा तथा संरक्षण गर्न लागिएको नगर पौडेलले बताए।, सो नदीले छोडेको जमिनलाई नाप नक्सा तथा संरक्षणका लागि संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय एवं विभागमा पत्राचार गर्ने तयारी गरिएको उनले बताए। ,
गैंडाकोटमा थपिए साढे दुई करोडका विभिन्न योजना
|
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा पिकनिक गएर गन्तब्यतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।, इलामको कन्यामबाट सुनसरीको इटहरीतर्फ गइरहेको ना ५ ख ७९३७ नम्बरको बसले ठक्कर दिँदा बुधबार राति ८ बजे इलाम रोङ गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय सन्तोष राई र सोही ठाउँका ३५ वर्षीय चक्रबहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, उनीहरु पश्चिमबाट पूर्वतर्फ मे ७ प २८४६ नम्बरको मोटरसाइकलमा सवार थिए। , तीव्र गतिको बसले आफ्नै साइडमा रहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको घटनाका प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन्।, प्रहरीले बस र चालक इलाम चुलाचुली गाउँपालिका वडा नम्बर २ बस्ने सरोज ढकाललाई नियन्त्रणमा लिएको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। , धनगढी काकडभिट्टा रूटमा चल्ने सो बस पिकनिकका लागि यात्रु लिएर इलामको कन्याम गएको ट्राफिक प्रहरी पोष्टमा सुरुङ्गाका प्रमुख प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले बताए।, गन्तव्यतर्फ फर्कने क्रममा दुर्गापुरमा दुर्घटना भएको उनले बताएका छन्।,
पिकनिक गएर फर्केको बसले ठक्कर दिँदा झापामा दुई जनाको मृत्यु
|
रासस जिल्ला कारागारबाट २८ कैदीबन्दीलाई बुधबार स्थानान्तरण गरिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अन्य जिल्ला स्थानान्तरण गरिएको हो ।, कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार १० लाई कैलाली, १० लाई डडेल्धुरा र आठ जनालाई दार्चुला कारागारमा स्थानान्तरण गरिएको छ ।, ‘कैदीबन्दीलाई खान बस्नसमेत समस्या भएपछि अन्यत्र स्थानान्तरण गरेका छौं,’ उनले भने, ‘टिनसेट, त्रिपाल र बरण्डामा राखिएका कैदीबन्दीलाई बस्नै अप्ठेरो भयो, त्यही भएर अन्यत्र पठाएका हौं ।’, कारागारमा ९५ पुरुष कैदीबन्दी र २० महिला राख्ने क्षमता छ । कारागारमा क्षमताभन्दा बढी ४२५ कैदीबन्दीलाई राखिएको छ ।, स्थानान्तरण गरिएका कैदीबन्दीमा लागूऔषध, मानव बेचबिखन र सवारी ज्यान मुद्धामा सजाय भोगिरहेका रहेका छन । सुत्नका लागि ठाउँ अभाव हुँदा कैदीबन्दीले अनिदोमै रात काटनु पर्ने अवस्थासमेत रहेको छ ।, कारागारभित्र रहेका भवनमा छ शौचालय र आठ बस्ने कोठा रहेका छन् । शौचालय जानका लागि समेत लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नु परेको कैदी बन्दीले बताएका छन् ।, कैदी बन्दीको सङ्ख्या अधिक हुँदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको कारागारका जेलर थापाले बताए ।,
कञ्चनपुर कारागारबाट २८ कैदीबन्दी स्थानान्तरण
|
सेतोपाटी संवाददाता बिहीबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम बुधबारभन्दा १.२ डिग्री सेल्सियसले घटेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारको न्युनतम तापक्रम ४.२ थियो भने बिहीबार ३ डिग्री मापन भएको छ।, काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ। बिहीबार जुम्लाको न्यूनतम तापक्रम माइनस ५.७ डिग्री पुगेको छ। , शुक्रबारदेखि चिसो अझै बढ्ने महाशाखाले जनाएको छ।, बिहीबार साँझ हिउँदे मौसमको बुलेटिन जारी गर्दै महाशाखाले पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीले शुक्रबार बिहानबाट नेपालको सुदूर पश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ।, त्यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का हिमपात हुने सम्भावनारहेको छ।, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनारहेको छ।, ‘उक्त प्रणालीका कारण आगामी दिनहरूमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावनारहेको छ। आउँदो शनिबार साँझबाट क्रमशः मौसममा बिस्तारै सुधार हुँदै जाने देखिन्छ,’ महाशाखाले भनेको छ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, २०७८ पुस १ गते (बिहीबार), दिउँसो : प्रदेश १ तथा बाँकी पहाडी भु-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।, राति : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी ,गण्डकी तथा बाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।, २०७८ पुस २ गते (शुक्रबार), दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र उक्त प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, राति : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीरहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, २०७८ पुस ३ गते (शनिबार), दिउँसो : देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा तथा बांकी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।, राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा बदलीरहनेछ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।,
हिजोभन्दा १.२ डिग्री घट्यो काठमाडौंको तापक्रम, केही दिन चिसो अझै बढ्ने
|
नारायण खड्का दाङको पहाडी जिल्ला बंगलाचुली गाउँपालिकाले बिहीबारदेखि चुनढुंगा उत्खननमा रोक लगाएको छ। , गाउँपालिका क्षेत्रभित्रबाट अबदेखि सिमेन्ट उद्योगलाई चुनढुंगा उत्खनन गर्न नदिने सर्वदलीय सर्वपक्षीय भेलाले निर्णय गरेको हो।, गाउँपालिकाको कार्यालय कमिरेचौरमा बुधबार बसेको सर्वपक्षीय बैठकले घोराही (सगरमाथा) सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगले गर्दै आएको चुनढुंगा उत्खनन गर्न नदिने निर्णय गरेको हो। , उक्त निर्णयसँगै बिहीबारदेखि नै बंगलाचुली क्षेत्रबाट चुनढुंगा उत्खनन तथा ढुवानी कार्य रोकिएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए। , तीन वटा सिमेन्ट उद्योगहरूले बंगलाचुली क्षेत्रबाट सिमेन्ट निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ चुनढुंगा उत्खनन तथा ढुवानी गर्दै आइरहेका थिए।, चुनढुंगा उत्खननले वातावरणमा नकारात्मक प्रभाव परेको, सर्वसाधारणको सामान्य जनजीवन प्रभावित बन्दै जान थालेको हुँदा उत्खनन तथा ढुवानी रोक्ने निर्णय गर्नुपरेको अध्यक्ष वलीले बताए। , बंगलाचुली गाउँपालिकाबाट सिमेन्ट उद्योगमा चुन ढुंगा ढुवानी गर्न दैनिक सयौं टिपर सञ्चालन गरिँदै आएको र त्यसले गर्दा एकाध महिनामै कालोपत्रे सडक जीर्ण बनिसकेको अध्यक्ष वलीले बताए। , ‘महिना दिनमै कालोपत्रे घोराही-मुर्कुटी-प्युठान सडक खण्ड जीर्ण भइसकेको छ,’ अध्यक्ष वलीले भने, ‘धुलोले पैदल हिँड्नै मुस्किल पर्छ। विद्यालय जाने केटाकेटीले सास्ती खेप्नु परेको छ।’, सडक आसपासका सर्वसाधारण नागरिक, विद्यालयमा अध्ययनरत विद्यार्थी निकै प्रभावित बनेको हुँदा गाउँपालिका क्षेत्रबाट चुन ढुंगा उत्खनन र ढुवानी बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए। , ‘मनपरी चुनढुंगा उत्खननले पानीका मुहान सुक्न थालेका छन्,’ उनले अगाडि भने, ‘पशु चौपायाले खाने घाँस, सडक आसपासमा रहेका बस्तीका जमिनमा लगाएको सागपात खान योग्न हुँदैन। अब स्थानीय कसरी बाँच्ने?’, उत्खननले सुन्दर शान्त पहाडी जनजीवन बिथोलिएको, वातावरण प्रदुषित बन्दै गएको तथा दैनिक ओहोर दोहोर गर्ने यसौं टिपरका कारण सर्वसाधारण आजिद बनेको उनले बताए। , सिमेन्ट उद्योगले नागरिकको स्वच्छ र शान्त वातावरणमा बाँच्न पाउने अधिकारमाथि बारम्बार खेलबाड तथा बेवास्ता गरेको अध्यक्ष वलीले आरोप लगाए। , खानी प्रभावित क्षेत्रका नागरिक, बंगलाचुली गाउँपालिका र जिल्ला प्रशासन कार्यालयका बीचमा विभिन्न समयमा भए गरेका सम्झौता कार्यान्वयन गर्न उद्योगले कुनै चासो नदेखाएको सर्वसाधारणले बताउँदै आएका छन्। , गाउँपालिकामा भएको सर्वपक्षीय भेलाले समेत उद्योगले विभिन्न समयमा गरेका सम्झौता र निर्णयको कार्वान्वयन गर्न तथा वातावरण प्रदूषण न्यूनीकरण गर्न चासो नदेखाएको उल्लेख छ। , जिल्लामा सञ्चालनमा रहेकामध्ये सोना सिमेन्ट, सगरमाथा सिमेन्ट बस्ती बीचमा रहेको हुँदा सुरूदेखि नै ती उद्योग स्थान्तरणको माग हुँदै आएको छ। , उल्लेखित उद्योगले धुँवा, धुलो र ध्वनी प्रदूषण नियन्त्रण गर्ने आवश्यक यन्त्र जडान नगर्दा स्थानीय सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको स्थानीयले बताउँदै आएका छन्। , विभिन्न समयमा संघर्ष समिति गठन गरी यहाँ आन्दोलन समेत हुँदै आएका छन्। , सर्वपक्षीय बैठकमा सबै वडाका वडाध्यक्षहरू, कर्मचारी, बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र उद्योग प्रभावित स्थानीयको सहभागिता रहेको थियो।,
बंगलाचुली गाउँपालिकाले चुनढुंगा उत्खननमा लगायो रोक
|
सबिना श्रेष्ठ पेड्रो नाम ग्रिकबाट आएको ल्याटिन शब्द 'पेट्रा' बाट बनेको हो। यसको अर्थ हुन्छ 'चट्टान'।, पोचुर्गलका ४३ वर्षीय पेड्रो बेन्टोको कथा पढिसकेपछि तपाईंलाई पनि लाग्न सक्छ, 'यो मान्छे नामजस्तै छ– बलियो र साहसी।', सन् २०१६ मा पेड्रो पहिलोपटक नेपाल आएका थिए, 'याक अट्याक' नामक माउन्टेन बाइक रेसका लागि।, त्यो दौडमा उनले समुद्र सतहबाट ५४१६ मिटर माथिसम्म यात्रा त गरे नै, सन् २०१५ मा नेपालमा गएको भूकम्पमा पीडित भएकालाई सहयोग पनि गरे। , यहाँ आउनुभन्दा अगाडि नै उनले सहयोगका लागि पैसा उठाएका थिए। भूकम्प पीडितहरूको शिविर 'क्याम्प होप' मा उनले त्यो पैसा बुझाए। केही समय शिविरमै बिताएका उनले त्यस क्रममा नेपाल र यहाँका मान्छेसँग निकट सम्बन्ध विस्तार गरे। यहाँका मान्छेले विदेशीलाई आफ्नैसरह व्यवहार गर्दा उनी प्रभावित भएका थिए।, त्यो माया र सम्मान बोकेर पोचुर्गल फर्किएको अर्को वर्ष नै पेड्रोको ठूलो दुर्घटना भयो। त्यस समय उनी पोर्चुगलमै माउन्टेन बाइक र मोटरसाइकलका रेसहरू गर्थे, गराउँथे। उनी आफैं एक मोटरबाइक रेसमा सहभागी हुन अभ्यास गरिरहेका थिए। तर उनको बाइकको गति बिग्रियो, नराम्ररी लडे। मेरुदण्डका नौ वटा करङ र हात भाँच्चिए।, डाक्टरले उनलाई भनेका थिए, 'अब तिमी जिन्दगीभर कुनै पनि खेलकुद गतिविधिमा सहभागी हुन सक्दैनौ। अब फेरि हिँड्न पनि सक्दैनौ।', यो खबरले पेड्रो डराएका थिए, तर आत्तिएका थिएनन्। किनभने उनले जीवनको शब्दकोषबाट 'हार मान्नु' भन्ने शब्दलाई टाढै राखेका थिए।, सधैं गतिवान पेड्रोलाई त्यस दुर्घटनाले ह्विलचेयरमा थन्क्यायो। त्यस समयमा उनको दिमागमा धेरै कुरा खेल्न थाले। उनले महसुस गरे, 'समस्याका अगाडि हामी कोही होइन रहेछौं। त्यस्तो अवस्थामा हामीलाई कसैको सहयोग चाहिन्छ।', अनि उनले अठोट पनि गरे, 'यदि म निको भएँ भने म खाँचो परेका धेरैभन्दा धेरै मानिसलाई सहयोग गर्छु।', त्यही अठोटले ऐठन पार्न थालेपछि उनले दुई साताको ह्विलचेयर बसाइलाई विश्राम दिने निर्णय गरे। तर डाक्टरहरूले उनलाई भनिरहे, 'तिमी निको हुन सक्दैनौ।', पेड्रोसँग विद्युतीय खाट थियो जसको सहारामा उनी उठ्ने–बस्ने आफैं गर्न सक्थे। डाक्टरहरूको चेतावनीका बाबजुद उनी राती सबै निदाएपछि खाटबाट उठ्ने प्रयास गर्थे। उठ्ने मात्र होइन, व्यायाम पनि गर्थे सकिनसकी भए पनि साइकल चलाउन खोज्थे। लड्थे, फेरि उठ्थे।, लगातारको अभ्यासपछि उनी तीन महिनामा फेरि साइकल चलाउन सक्ने भए। डाक्टरहरू चित खाए। , उनको ढाडमा दुइटा स्टिलका 'रड' र टाँकाहरू थिए। निको भएको ७–८ महिनापछि उनलाई त्यो त्यहाँबाट निकाल्नुपर्छ भन्ने सोच आयो। डाक्टरहरूले फेरि भने, 'त्यो निकाल्यो भने तिमीलाई नराम्रो हुन्छ।', यसपालि फेरि पेड्रो जिद्दी भए। दुर्घटनाको नौ महिनामा उनले त्यसलाई निकालेरै छाडे। उक्त शल्यक्रियापछि उनको घाउ र हाड निको हुन छ महिना लाग्यो।, निको हुन पाएको छैन, उनी माउन्टेन बाइक रेसमा निस्किए।, डाक्टरहरू उनलाई देखेर फेरि चित खाए।, 'मेरो सन्दर्भमा अहिलेसम्म त डाक्टरहरू गलत भएका छन्,' काठमाडौं गेस्ट हाउसमा अघिल्लो साता भेटिएका उनले भने, 'म यति छिटो निको हुनुको कारण अस्पतालमा मैले लिएको अठोट हुनुपर्छ। त्यो अठोटलाई मैले सन् २०१९ मा पूरा पनि गरेँ।', सन् २०१९ मा ७२ दिन लगाएर पेड्रो माउन्टेन बाइकमा पोर्चुगलदेखि नेपालसम्म आएका थिए। अप्रिल १, २०१९ मा उनले पोर्चुगलबाट साइकल चलाउन थाले। त्यहाँबाट स्पेन, फ्रान्स, इट्ली, स्लोभेनिया, क्रोएसिया, बोजनिया, मोन्टिनेग्रो, मोन्टेकार्लो, अलबानिया, टर्की, इरान लगायत १५ देश छिचोल्दै उनी नेपाल आइपुगेका थिए। सुरक्षाका कारण आफूलाई पाकिस्तान र अफगानिस्तान जान भने डर लागेकाले सिधै तेहरानबाट उनले भारतको जहाज पक्डिए।, यात्राभरमा उनले आराम लिएको पनि त्यही तेहरानमा थियो, जम्मा एक दिन।, 'एकदम हतारको तालिका थियो मेरो,' उनले भने, 'पोर्चुगलमा म शारीरिक शिक्षा शिक्षकका रूपमा काम गर्थेँ। आफू बिरामी हुँदा पनि काम गरेर मैले यो यात्राका लागि छुट्टी जोगाएको थिएँ। त्यहाँका हाकिमले मलाई ८१ दिन बिदा दिएका थिए। त्यही भएर समयमै यात्रा सक्न हतारिएको थिएँ। तर मैले समयावधि अगाडि नै यात्रा पूरा गर्न सकेँ।', पोर्चुगलदेखि नेपालसम्मको दस हजार किलोमिटर यात्रामा उनको साइकलसँगै आवश्यक सामग्री पनि बोकेका थिए। कहिले ६० किलोमिटर त कहिले दुई सय ५५ किलोमिटरसम्म साइकल कुदाए। कहिले साइकल बोक्नुपर्थ्यो, कहिले गुडाउनु, कहिले बनाउनु त कहिले आफूसँगै प्लेनमा उडानुपर्थ्यो।, उक्त चुनौतीपूर्ण एवं रोचक यात्रामार्फत उनले १२ हजार युरो संकलन गर्ने अठोट राखेका थिए। जुन उनी नेपालका केटाकेटी र समस्यामा परेका मान्छेलाई सहयोग गर्न चाहन्थे। , 'ड्रिम्स अफ प्रोजेक्ट' मार्फत उनले क्याम्प होपमा चिनेका दुई केटाकेटी, मिङ्मार शेर्पा र तेन्जिङ शेर्पालाई पढाउन सहयोग गरे। हाल उनीहरू माउन्ट कैलाश स्कुलमा पढिरहेका छन्। रेन्बो भोलेन्टियर क्लबमा पनि उनी उठाएको रकममार्फत सहयोग पुर्याउँछन्।, पोर्चुगलदेखि नेपालको यात्रापछि धेरैले पेड्रोलाई उक्त यात्राबारे सुनाउन आग्रह गर्थे। सुनाउनु पनि कति जनालाई? के मात्र? त्यसैले उनले किताबै लेखे, 'टेन थाउजेन्ड किलोमिटर्स– सेभेन्टी टु डेज अन बाइक'।, 'किताबको नाम खासै गतिलो त होइन तर मान्छेहरूले मन पराइदिनुभयो,' उनले हाँस्दै भने, 'किताबबाट आम्दानी भएको केही प्रतिशत पैसा पनि नेपालका केटाकेटीलाई सहयोग जान्छ।' , पेड्रोको साहसिक यात्रा र नेपालीका लागि सहयोग यति मै सीमित छैन। कहिलेकाहीँ उनी पोर्चुगलमै केही रेस गर्छन् वा कहिले कापीहरू बेचेर नेपालमा पैसा पठाउँदा रहेछन्। यही मंसिरमा पनि उनी नेपाल आए। मंसिर ६ गतेदेखि काठमाडौं गेष्ट हाउसबाट उनले माउन्टेन बाइकमा सगरमाथा बेस-क्याम्पसम्म पुग्ने लक्ष्य राखेका थिए।, सहयोग रकम मान्छेहरूसँग उठाउने भएकाले पेड्रोलाई केही रोचक र मान्छेको ध्यान आकर्षित गर्ने काम गर्न मन लाग्छ। यसपटक उनलाई दस हजार नेपालका केटाकेटीलाई खुवाउन तीन हजार युरो संकलन गर्नु थियो। त्यसमाथि अहिलेसम्म पोर्चुगलका नागरिक आधार शिविरमा साइकलमा पुगेको उनले सुनेका थिएनन्। त्यही भएर पहिलो बन्ने चाहना पनि थियो।, आधार शिविरसम्म पुग्न उनलाई ११ दिन लाग्यो। यात्रा क्रममा पाँच हजार मिटर माथिको गोरकसेप पुगेको अन्तिम रात उनलाई लेक लाग्यो। पोर्चुगलमा हिमाल भन्नु नै जम्मा २ हजार ३ सय ५१ मिटर अग्लोसम्म छ। उक्त वातावरणमा हुर्किएका उनलाई यहाँको उचाइ भारी पर्यो।, पेड्रो एकदम कमजोर भएका थिए। खान पनि नसक्ने उनको अक्सिजन घटेर ६१ प्रतिशत पुगेको थियो। यस्तो अवस्थामा माथि चढ्नुभन्दा तल झर्नु नै बुद्धिमानी हो। तर पेड्रो परे जिद्दी।, भोलिपल्ट उठ्दा अलि सन्चो भएको थियो उनलाई। के चाहियो? लसुनको सुप र तातो पानी पिए अनि खल्तीमा बोकेका चक्लेट चुस्दै लागे उकालो।, 'एकदम गाह्रो भएको थियो। तर त्यसरी जानु अर्थपूर्ण नै रह्यो,' उनी मुस्कुराए। , डाक्टरले भनेको नमान्ने र आफ्नै शारीरिक कमजोरीलाई पनि जितेर हिँड्ने पेड्रो साहसिकसँगै ज्याद्रो मान्छे जस्ता लाग्छन्।, 'तपाईंलाई यस्तो कहिल्यै लागेन?' , यो प्रश्न सोध्दा उनी निकैबेर हाँसे। अनि रोकिए। फेरि मुसुक्क हाँस्दै भने, 'मैले यसबारे कहिल्यै सोचेको थिइनँ। म त केवल आफ्ना चाहना पछ्याउँछु। यदि म कसैलाई सहयोग गर्न सक्छु भने आफू र आफ्नो शरीरले भ्याएसम्म प्रयास गर्छु। त्यसले मलाई आत्मसन्तुष्टि दिन्छ।', सुरूमा फुटबल खेल्ने पेड्रोले १८ वर्षको उमेरमा फुटबल छाडेर माउन्टेन बाइक र मोटरसाइकल रेस गर्न थालेका थिए। उनी संसारकै दस वटा गाह्रा माउन्टेन बाइक रेसमा हुँइकिन चाहन्छन्। सात देशको त खेलिसके– कोस्टारिका, चिली, क्यानडा, इट्ली, अस्ट्रेलिया, मंगोलिया र नेपालको।, माउन्टेन बाइक र मोटरसाइकलमा आकर्षित हुनुको कारणबारे उनी भन्छन्, 'तपाईं बाइकमा एउटै ठाउँमा हरेक दिन आउन सक्नुहुन्छ तर सधैं फरक पाउनुहुन्छ। कहिले ढुंगा हुन्छ, कहिले खाल्डाखुल्डी। कहिले पानी परिरहेको त कहिले घाम लागेको हुन्छ। त्यही कुराले मलाई लोभ्याएको हो। त्यसबाहेक हामी माउन्टेन बाइकमा जहाँ पनि जान सक्छौं। मैले बाइकमै नेपाल र संसार घुमेको छु जुन एकदम फरक अनुभव हो।', तीनपटक नेपाल आएका पेड्रो आफ्नो माउन्टेन बाइकमै चितवन, पोखरा, थोराङ्ला पास लगायत ठाउँ पुगेका छन्। गत बुधबार नेपालबाट पोर्चुगल फर्किएका उनलाई फेरिफेरि नेपाल आउन मन छ।, 'मलाई नेपालको सँस्कृति एकदम राम्रो लाग्छ। यहाँ राम्रो भू–दृश्य छ। हिमाल, जंगल, समथर भूभाग, नदी सबै छ। र सबभन्दा राम्रा त यहाँका मान्छे छन्, माया र आफ्नोपन देखाउँछन्। त्यही कारण पनि मलाई नेपाल मन पर्छ,' उनले भने।, , , , , , , सबै तस्बिर सौजन्यः पेड्रो बेन्टो,
डाक्टर भन्थे- तिमी हिँड्न सक्दैनौ, उनी साइकल चलाएर सगरमाथा बेस-क्याम्प पुगे
|
सेतोपाटी संवाददाता नेपालमा थप १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १८४ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार २३० जनाको पिसिआर परीक्षण र ३७८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ५ हजार ५२६ जना सक्रिय संक्रमित छन्।, २६७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ। , काठमाडौं उपत्यकामा ८७ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२, ललितपुरमा २० र भक्तपुरमा ५ संक्रमित छन्।,
थपिए १८४ संक्रमित, २ को मृत्यु
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ५ डिग्री सेल्सियस मापन गरिएको हो। , आइतबार काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस थियो। चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। , काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम सुरू हुन्छ।, केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ। , हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।, आज राति देशको पहाडी भ–ूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने बताइएको छ। , सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश ,गण्डकी प्रदेशकाउच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री र अधिकतम तापक्रम १९ दशमलव ३ डिग्री सेल्सियस रहनेछ।, त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ।,
,
आज काठमाडौंमा यो वर्षकै बढी चिसो
|
रासस सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ।, यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन्। , भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौंको संख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ। कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरूपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले बताए।, उनले भने, 'कामका लागि भारत गएका श्रमिकले त्यहाँ निकै दुःख कष्ट सहनु परेको छ, त्यसैअनुरूप अधिकांश श्रमिक हराउने र बेपत्ता हुने गरेको पाइएको छ।' श्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको श्रमिकको गुनासो छ। , भारतमा हुने श्रमशोषणमा नेपाल पक्ष मौन बसेकै कारण कष्टपूर्ण जीवन निर्वाहसँगै नेपाली श्रमिक हराउने र उत्तै बेपत्ता हुने क्रम पनि बढ्दै गएको नागरिक समाजका अगुवा तथा कांग्रेस नेता घनश्याम पाठकले बताए। , उनले भने, 'ऋण लागेर कमाउन भारत गएका त्यहाँ दुःख पाउने गरेका छन्, दुःख नहन नसक्दा र ऋण चुक्ता गर्न नपाउँदा उतै हराउने गरेका छन्।' , भारतमा कष्टपूर्ण श्रम गर्ने नेपालीका लागि सरकारले अहिलेसम्म कुनै प्रयास नगरेको उनको आरोप छ। , भारतमा नेपाली श्रमिकको शोषणबारे सरकार अनभिज्ञ भएको आरोप इन्सेकका डोटी जिल्ला प्रतिनिधि गणेश जोशीले लगाए। , उनले भने, 'श्रमिकको अवस्था बुझ्नुपर्ने नेपाली दूतावास मौन छ, बेपत्ता भएकालाई कस्ले खोज्ने?' ,
कामका लागि भारत गएका १६५ बेपत्ता
|
सेतोपाटी संवाददाता दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न तीन जनालाई जन्मकैद तोकिएको छ। दैलेख जिल्ला अदालतले थापाको हत्यामा संलग्न मुख्य आरोपीमध्ये ‘अरुण’ भन्ने बमबहादुर खड्कासहित तीन जनालाई जन्मकैदको फैसला गरेको हो।, न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार पत्रकार थापाको हत्यामा संलग्नहरूलाई जन्मकैदको फैसला सुनाएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार ईन्द्रबहादुर कार्कीले जानकारी दिए।, इजलासबाट दुल्लु नगरपालिका-६ छिउडी पुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्का, भगवतीमाई गाउँपालिका-६ का ‘मुक्ति’ भन्ने बमबहादुर खड्का र दुल्लु नगरपालिका-६ कै केशव खड्कालाई जनही २० वर्ष जन्मकैदको फैसला भएको श्रेस्तेदार कार्कीले जानकारी दिए।, कर्तव्य ज्यानसम्बन्धी मुद्दामा बाँकेको कोहलपुर नगरपालिका-३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला गरिएको छ।, माओवादी सशस्त्र द्वन्द्वको समयमा पत्रकार थापाको हत्या भएको थियो। २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरूले मरणासन्न हुनेगरी कुटेर पत्रकार थापाको हत्या गरेका थिए। दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थापालाई मुहान मर्मतका लागि जाने बेला २०६१ असार १२ गते माओवादीले अपहरण गरेका थिए।, अपहरणको ४५ दिनपछि थापाको हत्या भएको थियो।,
दैलेखका पत्रकार थापाको हत्यामा संलग्न तीन जनालाई जन्मकैद
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ८७ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२, ललितपुरमा २० र भक्तपुरमा ५ संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा १८४७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७७९, ललितपुरमा ५८७ र भक्तपुरमा ४८१ सक्रिय संक्रमित छन्।, नेपालमा थप १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार २३० जनाको पिसिआर परीक्षण र ३७८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ५ हजार ५२६ जना सक्रिय संक्रमित छन्।, २६७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ।,
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक सयभन्दा कम
|
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरका केशबहादुर वादीको परिवारमा १२ जना सदस्य छन्। छोरा-बुहारी, नाती-नातिनासहितको उनको संयुक्त परिवार हो।, परिवारका सदस्यमध्ये उनका दुई जना छोराको सामान्य आम्दानी छ। त्यो आम्दानीले परिवारका लागि खर्च पुग्दैन। १२ जनाको परिवारको भरपूर खर्च धान्ने भनेको केशबहादुरकै कमाइ हो।, उनी काँक्रेविहार परिसरमा पर्यटकलाई घोडामा सवार गराउँछन्। उनको दैनिक कमाइ औसतमा ८ सय रुपैयाँसम्म हुन्छ।, केशबहादुर केहीवर्ष अघिसम्म पैसा कमाउन भारतमा गएर काम गर्थे। सिजनमा भारत गएर कमाएको पैसाले घर खर्च चलाउन मुस्किल हुन्थ्यो। उनी भारत जान छोडेको अहिले तीन वर्ष भयो।, ‘परिवार पाल्न भारत जानुपर्ने, परिवारबाट टाढा बसेर काम गरेको त्यहाँको कमाइ पनि भारु ४ सयसम्म दैनिक हुन्थ्यो,’ केशबहादुरले भने, ‘अहिले आफ्नै ठाउँमा बसेर यो काम गर्न थालेपछि भारतको भन्दा राम्रो कमाइ भएको छ, तीन वर्षयता भारत जानु पनि परेको छैन।’, उनले तीन वर्षअघि भारतमै बसेर कमाएको पैसाले दैलेखबाट एउटा घोडा किनेर ल्याए। सुरूमा ६० हजार रुपैयाँमा एउटा घोडा किनेका उनले पछि त्यही घोडाबाट भएको कमाइले अर्को घोडा ८० हजार रुपैयाँमा किने।, पहिले काँक्रेबिहार परिसरमा वीरेन्द्रनगर-९ को वडा कार्यालयले नै पर्यटकलाई घोडामा सवार गराउने गरेको थियो। वडा कार्यालयले त्यहाँ लिएका घोडामध्ये एउटा मरिसकेको छ। त्यसपछि वडाले घोडा ल्याएन।, वडा कार्यालयले चलाएका घोडा देखेपछि केशबहादुरले आफूले पनि घोडा ल्याएर पर्यटकलाई सवार गराउने योजना बनाएका थिए।, काँक्रेविहार सुर्खेतको प्रमुख पर्यटकीय स्थल हो। यहाँ दैनिक आन्तरिक तथा बाह्य पर्यटक घुमघामका लागि आउने गर्छन्।, घुम्न आउने पर्यटकले घोडा चढेको छुट्टाछुट्टै दर छ। घोडामा चढेर फोटो खिचेको ५० रुपैयाँ तिर्नुपर्छ। काँक्रेविहारको प्रवेशद्वार नजिकको चौतारी वरिपरि घोडामा परिक्रमा गरेको १०० रुपैयाँ तिर्नुपर्छ भने काँक्रेविहार परिसर पूरै परिक्रमा गरे ३०० रुपैयाँ तिर्नुपर्छ।, ‘धेरैजसोले फोटोमात्र खिच्छन्, कोही बाहिरबाट आएकाहरूले टिकटक बनाउँदै परिसर वरिपरि पनि घुम्छन्,’ केशबहादुरले भने, ‘शुक्रबार र शनिबार धेरै पर्यटक आउँछन्, त्यो दिन अन्य दिनभन्दा धेरै कमाइ हुन्छ।’, काँक्रेविहारको टिकट काउन्टरमा काम गर्ने विष्णुबहादुर कार्कीका अनुसार शुक्रबार र शनिबार घुम्न आउने पर्यटकको संख्या एक हजारभन्दा माथि हुन्छ।, शुक्रबार र शनिबार २-३ हजार रुपैयाँसम्म घोडाबाट कमाइ हुने गरेको केशबहादुरले बताए।, उनले सुरूमा किनेको घोडा देउतीबज्यै मन्दिर परिसरमा चलाएका थिए। त्यहाँ मन्दिर नजिक घोडा लिन नपाएपछि उनले काँक्रेविहारमा आफ्नो घोडा ल्याएका हुन्। काँक्रेविहारमा घोडा चलाउँदा कमाइ राम्रो भएपछि उनले अर्को घोडा थपेका हुन्।, बिहान ८ बजेदेखि बेलुका पाँच बजेसम्म उनी दुई वटा घोडा ल्याएर काँक्रेविहारमा आउँछन्। उनी आउन नपाउने दिनमा छोराले सहयोग गर्ने गरेका छन्।, आफूसँग भएका दुई वटा घोडामध्ये केशबहादुरले शुक्रबार र शनिबार बाहेकका दिनमा एउटामात्र ल्याउने गरेका छन्। पर्यटक बढी आउने ती दुई दिनमा भने दुबै घोडा ल्याएर चलाउने गरेको उनले बताए।, आफ्नै पौरख गरी परिवार पाल्न थालेपछि अरूको भरमा जीविका चलाउने अवस्था हटेकोमा उनी खुसी छन्। केशबहादुरले भने, ‘हाम्रो समुदाय पुस्तौंदेखि अर्काको घरमा काम गरेर जीविका चलाउने समुदाय हो, अहिले आफैंले काम गरेर परिवार पाल्न पाएपछि खुसी लागेको छ।’, भग्नावशेष अवस्थामा रहेको काँक्रेविहारको संरचना पुनःनिर्माण भएपछि यहाँ आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ। केही वर्षयता पुरातत्व विभागले पुनःनिर्माण थालेको काँक्रेविहार मन्दिरको संरचना भर्खरै पूरा भएको छ। यसलाई अहिले पुरानै संरचनामा तयार पारिएको छ।, काँक्रेविहारबाट राजश्व संकलन गर्ने प्रयोजनका लागि अरूलाई नै सञ्चालनको ठेक्का दिने तयारी गरिएको छ।, अरूले ठेक्का लिन लागेपछि केशबहादुरलाई भने आफ्नो घोडा चलाउन पाइन्न कि भन्ने चिन्ता छ। ‘यसको ठेक्का अरूलाई दिने कुरा छ, ठेक्का भइसकेपछि मैले अहिले गरेको व्यवसाय निरन्तर हुन्छ कि हुँदैन,’ उनले भने, ‘फेरि भारत जाने अवस्था पो आउँछ कि भन्ने चिन्ता पनि लागेको छ।’,
घोडामा पर्यटक घुमाउन थालेपछि केशबहादुरलाई कमाउन भारत जानै परेन
|
रासस कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिला सुत्केरी हुन नसकेर छट्पटाइ रहेकी छन्।, बुढिनन्दा नगरपालिका वडा नं. ७ समालगाँउ बस्ने वर्ष २६ की शारदा कडारा अत्यधिक रक्तश्रावका कारण जीवनमरणको दोसाधमा छिन्।, तीन दिन पहिला कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी शारदाको पेटमै बच्चा मरिसकेको र त्यसपछि रक्तश्राव भएको त्यहाँका स्वास्थ्यकर्मीले जानकारी दिएका छन्।, स्वास्थ्य केन्द्रमा कार्यरत अनमी चन्द्रा दानीले महिलाको पेटमै बच्चा मरिसकेको र अहिले रक्तश्राव भइरहेको बताइन्। उनका अनुसार पाठेघरको मुख पनि नखुलेका कारणले महिलाको अवस्था निकै जोखिम छ।, स्वास्थ्य केन्द्रमा शारदालाई सुत्केरी गराउन सम्भव नभएपछि अन्यत्र लैजान भनिएको छ। अन्यन्त्र लैजान पैसा नभएपछि स्वास्थ्य चौकी बाहिर घाममै महिला छट्पटाइरहेको बताइएको छ।, शारदाका श्रीमान चन्दु कडारा श्रीमतीलाई अन्यत्र लैजान पैसाको जोहो गर्न बजार घुमिरहेका छन्। अपरेसन गरेर बच्चा निकाल्नुपर्ने भएकाले रिफर गरिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रकी अनमी चन्दाले बताइन्।,
सुत्केरी हुन नसकेकी महिला स्वास्थ्य केन्द्रमै छट्पटाउँदै
|
सेतोपाटी संवाददाता मोरङको कर्सियास्थित सिटिजन्स बैंक लुटपाट प्रकरणका मुख्य अभियुक्तसहित चार जना जेल चलान भएका छन्। , मोरङको धनपालथान गाउँपालिका-४ कर्सियास्थित सिटिजन्स बैंकबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित चार जना जेल चलान भएका हुन्। , मोरङ अदालतका न्यायाधीश सुदर्शन लम्सालको इजलासले बैंक लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका चार जना अभियुक्तलाई पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको हो। , आइतबार भएको थुनछेक बहसपछिको आदेशले विराटनगर ८ का श्याम मुखिया, भारतको अररिया जिल्लाको थाना बरगाना पञ्चायत शेखपुराका सुनिल यादव, सोही ठाउँका विजय बहरदार र रोशन कुमार यादवलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको मोरङ जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्र वीरजङ्ग राणाले जानकारी दिए। अदालतको आदेशपछि उनीहरू पुर्पक्षको लागि मोरङ कारागार चलान भएको अदालतले जनाएको छ। , पक्राउ परेकामध्ये मुखिया बैंक लुटपाटको मुख्य गिरोह रहेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो।, उनको योजना अनुसार बैंक लुटपाट भएको थियो।, मुखियाले भारतदेखि लुटपाट गर्ने समूहलाई हतियारसहित ल्याएर दिनदहाडै बैंक लुटपाट गरेका गरेका थिए।, असोज २५ गते कर्सियाको सिटिजन्स बैंकदेखि २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।, घटनामा संलग्न ११ जना भए पनि बैंक लुटपाटमा आठ जना आएर लुटपाट गरेको प्रहरीले जनाएको छ। लुटेराले बैंकदेखि लुटेर लगेको रकम भने फेला परेको छैन। , विराटनगरको मेनरोडस्थित गार्मेन्ट पसल लुटपाटमा पनि यही समूह संलग्न रहेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए। , प्रहरीले झण्डै दुई साता लगाएर गरेको अनुसन्धानपछि २२ असोजमा विराटनगरको मेनरोडमा रहेको गार्मेन्ट पसल र २५ असोजमा कर्सियाको बैंक लुट्ने समूह एउटै रहेको खुलेको हो।,
, ,
मोरङको सिटिजन्स बैंक लुटपाटमा संलग्न चार जना जेल चलान
|
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकासमा कार्यरत शिक्षक (इसिडी शिक्षक)लाई पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताएका छन्। , सोमबार शिक्षक महासंघका पदाधिकारीहरूसँगको वार्तामा मन्त्री पौडेलले सरकारले तोकेको पारिश्रमिकका विषयमा स्थानीय तहलाई कार्यान्वयन गर्न निर्देशन दिएको बताएका हुन्। , ‘इसिडीका शिक्षकहरूले सरकारले तोकेको पारिश्रमिक नपाएको गुनासो छ,’ उनले भने, ‘सरकारले गरेको निर्णय कडाइ पूर्व गराउन स्थानीय तहलाई निर्देशन दिएका छौं।’, देशका कुन-कुन स्थानीय तहले पालना गरेको छैन, त्यसको तथ्यांक संकलन गरी अनुगमन तथा समन्वयका लागि शिक्षा, समन्वय इकाइका प्रमुखलाई निर्देशन दिएको पनि जानकारी गराए।, ‘देशका धेरै स्थानीयले सरकारको निर्णयअनुसार तलब दिएका छन्’ उनले भने, ‘अन्य मन्त्रालयसँग समन्वय गरी परिपत्र गर्छौं।’, यसअघिको सरकारले प्रस्तुत गरेको बजेटमा विद्यालय कर्मचारी र बाल विकास शिक्षकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्याउने उल्लेख गरेको थियो। , देशका विभिन्न स्थानीय तहमा आफूले बुझेको भन्दै धेरै जसो स्थानीय तहले सरकारको निर्णय पालना गरेको बताए। , शिक्षक अस्पतालका डिपिआर तयार गरि छिटो ल्याउन समितिलाई निर्देशन दिएको भन्दै चाँडै अर्थ मन्त्रालयबाट आवश्यक बजेट माग गर्ने बताए। , ‘मन्त्रालयले गर्न सक्ने विषय हामीले खोजेर ल्याउँछौं’, उनले भने, ‘छोटो समयमा गर्न सक्ने काम अब रोकिँदैनन्।’ , वार्ताका क्रममा मन्त्री पौडेलले शिक्षक सेवा आयोगको विज्ञापन यही महिनाको अन्तिमसम्म निकाल्न निर्देशन दिएको बताउँदै शिक्षकको आन्तरिक बढुवा पनि हुने बताए। , शिक्षकहरूका मागमा आफू सकारात्मक रहेको बताउँदै मन्त्रालय, क्याबिनेट र संविधान संशोधनमार्फत् टुंग्याउने विषयलाई टिपोट गरी ल्याउन निर्देशन दिए। , संघीय शिक्षा ऐन जारी गर्ने तयारी सरकारको रहेको भन्दै शिक्षकहरूका समस्यालाई टिपोट गरी दिन उनले आग्रह गरे। , ‘हामी भेटघाटमा भन्दा ठोस काम गर्नेमा लागेका छौं,’ उनले भने,‘ संघीय शिक्षा ऐन ल्याउँछौं त्यसमा तपाईंहरूको माग समावेश हुन्छन्।’, मन्त्री पौडेलले शैक्षिक सुधारका लागि आन्दोलन भन्दा टेबलमा आउनुपर्ने बताउँदै सामूहिक प्रयासपछि मात्रै शिक्षामा सुधार हुने विश्वास व्यक्त गरे। , यस्तै मन्त्री पौडेलले आजै विधिविज्ञान प्रयोगशालाको निरीक्षण गरे। निरीक्षणका क्रममा अनुसन्धानको क्षेत्रलाई फराकिलो बनाउनुपर्ने भन्दै आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताए। , नेपाल पनि अनुसन्धानमा अब्बल छ भन्ने गरी काम गर्नुपर्ने बताउँदै आवश्यक तालिमका लागि मन्त्रालयले समन्वय गर्न तत्पर रहेको बताए।,
,
,
इसिडीका शिक्षकलाई तलब दिन स्थानीय तहलाई निर्देशन गरेका छौं: शिक्षा मन्त्री पौडेल
|
सेतोपाटी संवाददाता नेपालमा थप ३४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३४१ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १३ हजार २३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, १० हजार ४१६ जनाको पिसिआर परीक्षण र २८२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ५ हजार ८२४ जना सक्रिय संक्रमित छन्।, ३७६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९८ प्रतिशत छ।, यसको संक्रमणबाट ३ को मृत्यु भएको छ। , काठमाडौं उपत्यकामा १७२ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२, ललितपुरमा ३५ र भक्तपुरमा २५ संक्रमित छन्।,
१३ हजार २३६ मा कोरोना परीक्षण गर्दा ३४१ लाई संक्रमण
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १७२ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ११२, ललितपुरमा ३५ र भक्तपुरमा २५ संक्रमित छन्।, यस्तै काठमाडौंमा उपत्यकामा १७८० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७०२, ललितपुरमा ५९४, भक्तपुरमा ४८४ सक्रिय संक्रमित छन्।,
काठमाडौं उपत्यकामा थपिए १७२ संक्रमित
|
सेतोपाटी संवाददाता चितवनमा भारतीय नागरिकको सहभगितामा नेटवर्किङ व्यवसाय चलिरहेको भेटिएको छ।, नेपालीलाई नेटवर्किङ व्यवसायमा प्रोत्साहन गरि ठगी गरिरहेको अवस्थामा चितवन प्रहरीले दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर २६ बस्ने सरोज घिमिरेको सहयोगमा ती भारतीयले केही मान्छेलाई भेला गरेर नेटवर्किङ व्यवसायमा प्रोत्साहन गर्दै आएका थिए।, 'भरतपुरस्थित सिजी ल्याण्डमार्कको छैठौं तल्लामा राखेर विभिन्न झुट्टा आश्वासन र विश्वास दिलाई भ्रममा पारेर व्यक्तिगत लाभको लागि आफ्नो तथा आफूले भनेको व्यक्तिको खातामा पैसा जम्मा गर्न लगाउनुहोस् भन्दै नेपालमा प्रतिबन्धित पिरामिड शैलीको क्यूनेट नेटवर्किङ व्यवसायको सम्बन्धमा मोटिभेसनल लेक्चर दिइरहेको अवस्थामा उनीहरूलाई फेला पारेका थियौं,' डिएसपी नरहरी अधिकारीले भने, 'नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा लाखौं रुपैयाँ ठगी गरेको भेटिएको छ।', उनका अनुसार विकास घिमिरे नामका व्यक्तिले सरोज घिमिरेले आफूलाई विभिन्न प्रलोभन देखाई आफ्नो तथा आफन्त(छोरा/श्रीमती) समेतको खातामा २७ लाख ५० हजार रुपैयाँ दाखिला गर्न लगाएको बयान दिएका छन्। अन्य व्यक्तिहरू पनि त्यसैगरी ठगिएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको अधिकारीले बताए।, प्रहरीले घिमिरेसहित भारतको राजस्थान शास्त्रीनगर जयपुर बस्ने २८ वर्षीय जितेश बर्मा र हरियाणाको गुडगाउँ जिल्ला सेक्टर २३, त्रिनिटी टावर १८३ कोलारस घर भएका ३४ वर्षीय अंकित शर्मालाई नेटवर्किङ व्यवसायको सदस्य बनाउन प्रयोग गर्ने गरेको ल्यापटप र उनीहरूले प्रयोग गर्ने गरेको मोबाइलसहित नियन्त्रणमा लिएको हो। उनीहरूलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको छ।, केही दिनअघि मात्रै प्रहरीले इजाजत नलिई बैकिङ कारोबार गर्ने एक व्यक्तिलाई पक्राउ गरेको थियो।, भरतपुर महानगरपालिका वडा नम्बर १० रिजालचोकस्थित मेक्स मि ई-कमर्स इन्टरनेशनलले नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त रहेको भन्दै सर्वसाधारणलाई झुक्कानमा पारी अन्य संस्थाले भन्दा राम्रो ब्याज दिने आर्थिक प्रलोभन देखाउने गरेको भेटिएको थियो। खाता खोल्न लगाई पासबुक समेत बनाई दैनिक रूपमा निक्षेप संकलन गरी ऋण समेत प्रवाह गर्दै ठगी गरेको भन्दै प्रहरीले संस्थाका कार्यकारी निर्देशक पुष्पराज तिमिल्सेनालाई पक्राउ गरेको थियो। उनले नेपाल राष्ट्र बैकको नक्कली इजाजत पत्र तयार गरेर ठगी गरेको अनुसन्धानका क्रममा देखिएको प्रहरीले बताएको छ।,
चितवनमा भारतीय नागरिकको नेटवर्किङ धन्दा, तीन जना पक्राउ
|
रासस काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका कार्यालय परिसरमा फोटोसहितको मतदाता नामावली संकलन गर्न पुगेका कर्मचारीमाथि कुटपिट भएको छ।, बेथानचोक गाउँपालिका-२ का विष्णुप्रसाद सापकोटा अर्को जिल्लामा विवाह भएर गएको छोरीको विवरण भर्न आएपछि के गर्ने भन्ने विषयमा भएको विवादमा नामावली दर्ता गर्ने कर्मचारी कमल नेपालमाथि आइतबार कुटपिट भएको जनाएको छ।, नामावली संकलनको क्रममा बेथानचोकबाट नै नाम दर्ता गर्ने क्रममा आफूमाथि कुटपिट भएको दर्ता गर्ने कर्मचारी कमल नेपालले बताए।, 'ममाथि सुनियोजित तरिकाले आक्रमण भयो', उनले भने, 'आक्रमण गर्नेलाई कानुनी कारबाहीको माग गरेको छु।', जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईले भने पीडितसँग बुझेर आवश्यक कारबाहीको प्रक्रिया चाल्ने बताए।, 'कर्मचारी नेपालका अनुसार काम गरिरहेको स्थलमा नै कुटपिट भएको भन्ने जानकारी दिनुभएको छ', उनले भने, 'पीडितबाट आएको निवेदनको आधारमा आवश्यक कारबाहीको लागि प्रमुख जिल्ला अधिकारी समक्ष विवरण पेस गर्नेछु।',
मतदाता नामावली संकलन गर्न पुगेका कर्मचारीमाथि कुटपिट
|
सेतोपाटी संवाददाता न्युरोडमा रहेको एक सहकारीबाट १५ लाख रुपैयाँ असुलेको आरोपमा एक महिला पत्रकार पक्राउ परेकी छन्। , सोलुखुम्बु घर भई काठमाडौं बस्दै आएकी पत्रकार एन्जिना कार्कीलाई पक्राउ गरिएको महानगरी प्रहरी वृत जनसेवाका डिएसपी डिलबहादुर मल्लले जानकारी दिए।, कार्कीलाई चार दिनअघि पक्राउ गरिएको उनले बताए। उनी भारतीय टिभी च्यानल जी न्युजकी पूर्वकर्मचारीसमेत हुन्। , उनले ६ दिनअघि सो टेलिभिजनबाट बिदा लिएकी थिइन्। , स्रोतका अनुसार पत्रकारको नाममा पैसा उठाएको सूचना पाएपछि जी न्युजले उनलाई बर्खास्त गरेको हो।, ‘पहिला पत्रकार भनेर राम्रोसँग परिचय गर्ने रहेछिन्’, डिएसपी मल्लले भने, ‘पछि हिमचिम बढेपछि कमजोरी पत्ता लगाई तपाईंका समाचार निकालिदिन्छु भन्दै ब्ल्याकमेलिङ गर्ने रहेछिन्।’ , उनले अहिलेसम्म पटक/पटक गरेर १५ लाख रुपैयाँ न्युरोडस्थित एक सहकारीबाट लिएको खुल्न आएको डिएसपी मल्लले बताए। , उनीमाथि ठगी मुद्दा चलाइएको प्रहरीले जनाएको छ। , भिभिआइपी, भिआइपी, चर्चित कलाकार र पत्रकारसँग आफ्नो राम्रो चिनजान भएको र रकम नदिए सबैतिर समाचार प्रकाशित गरिदिने धम्की उनले दिने गरेको प्रहरीले बताएको छ। , उनी एक्लैले सो काम गर्न नसक्ने प्रहरीको निष्कर्ष छ। उनीसँग नजिक रहेका, उनको कल डिटेल हेरेर अनुसन्धान अघि बढाइएको जनसेवा वृत्तले जनाएको छ।,
ब्ल्याकमेलिङ गरी एउटै सहकारीबाट १५ लाख लिएको आरोपमा जी न्युजकी पूर्व संवाददाता पक्राउ
|
रासस दाङमा कोइलाखानीमा च्यापिँदा एकको मृत्यु भएको छ।, आज घोराही उपमहानगरपालिका-१ दाङ्जा भन्ने स्थानमा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने घोराही-१९ निवासी ४६ वर्षीय भक्तबहादुर घर्तीको मृत्यु भएको प्रहरीले बताएको छ। , जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार खानीको सुरूङभित्र च्यापिँदा गम्भीर घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो। ,
दाङमा कोइलाखानीमा च्यापिँदा एकको मृत्यु
|
सेतोपाटी संवाददाता वरिष्ठ नशा तथा हाडजोर्नी रोग विशेषज्ञ प्राध्यापक सुरेश पाण्डेले नशा तथा हाडजोर्नी सम्बन्धी अध्ययन र अध्यापनका लागि लक्षित गरेर पुस्तक तयार पारेका छन्।, उनले लेखेको टेक्स्ट बुक अफ अर्थोपेडिक्स नामक पुस्तक सोमबार भरतपुरमा विमोचन गरियो। , लेखक डाक्टर पाण्डेले यो टेक्स्ट बुक नेपाली चिकित्सकबाट लेखिएको पहिलो पुस्तक भएको बताए। , ‘करिब ६ वर्षको निरन्तर प्रयासपछि बल्ल यो पुस्तक प्रकाशनमा ल्याउन सफल भएँ,’ लेखक प्रा.डा. पाण्डेले भने, ‘एमबिबिएस तथाअर्थोपेडिक्स सर्जरीका विद्यार्थीलाई अध्ययन र अध्यापन दुबै कार्यका लागि यो उपयोगी हुनेछ।’, नेपाल अर्थोपेडिक एसोसियसन चितवन शाखाको अध्यक्षसमेत रहेका लेखक पाण्डे करिब १५ वर्षदेखि चितवनलाई कर्मथलो बनाई अध्यापन र बिरामीको सेवामा सकृय छन्। उनी हाल भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस र चितवन हस्पिटलको अर्थोपेडिक विभागमा कार्यरत छन्।, विमोचन कार्यक्रममा अर्थोस्कोपिक सोसाइटी अफ नेपालका केन्द्रीय अध्यक्ष डा. सुदिप मान वैद्य, नेपाल अर्थोपेडिक एसोसियसनचितवन शाखाका संस्थापक अध्यक्ष प्रा.डा.आनन्दप्रसाद रेग्मी, वरिष्ठ क्यान्सर सर्जन प्रा.डा. भक्तमान श्रेष्ठ, वरिष्ठ अर्थोपेडिक्स सर्जनडा. प्रमोद लामिछाने, वरिष्ठ मृगौला रोग विशेषज्ञ प्रा.डा. माधव घिमिरे, डा गोपेन्द्र देवलगायतले डा.पाण्डेले लेखेको पुस्तक मेडिकलशिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निकै उपयुक्त रहेको बताए। , एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरका सञ्चालकसमेत रहेका वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. लामिछाने डा.पाण्डेले नेपालमै पहिलो पटकमेडिकल शिक्षामा पाठ्यपुस्तक प्रकाशन गरेको भन्दै अब नेपाली भाषामै पाठ्यपुस्तक तयार पार्न अग्रसर हुनुपर्ने बताए।, उक्त पुस्तक समीक्षा पब्लिकेसन्स काठमाडौंले प्रकाशित गरेको हो।,
डाक्टर पाण्डेले ल्याए देशमै पहिलो पटक ‘टेक्स्ट बुक अफ अर्थोपेडिक्स’
|
सेतोपाटी संवाददाता भद्रपुर भन्सार कार्यालयका भन्सार अधिकृत प्रमोद पौडेलसहित चार जना कर्मचारीविरूद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरिएको छ।, राजश्व अनुसन्धान विभागको इटहरी कार्यालयले एक करोड ६० लाख ७५ हजार ३७८ रुपैयाँ बिगो माग्दै सोमबार पौडेलसहित चार जनाविरूद्ध मुद्दा दायर गरेको हो।, अन्य मुद्दा दायर गरिएका कर्मचारीमा नायब सुब्बा नानुका पोखरेल, लक्ष्मी विश्वकर्मा र किशोर आचार्य छन्।, लापरबाहीपूर्वक मावलस्तु चेकजाँच गरी राजश्व चुहावट गरेको अभियोगमा उनीहरूमाथि अनुसन्धान थालिएको थियो।, अनुसन्धानको क्रममा उक्त बराबर रकमको राजश्व चुहावट गरिएको पाइएपछि मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए।, यस्तै, नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको आरोपमा सिन्धुपाल्चोकस्थित थाप्लाङ गाउँपालिका-८ का सोमिया इन्टरप्राइजेजका सञ्चालक लेकबहादुर भुलेजविरूद्ध सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।, भुलेलसँग ११ करोड ९७ लाख ९३६ रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना र कैद सजाय माग गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ।, भुलेलले ३ करोड ८२ लाख १४ हजार ८९९ रुपैयाँ मूल्य अभिवृद्धि कर र ८ करोड १४ लाख ८६ हजार ३६ रुपैयाँ आयकर छलेको विभागले जनाएको छ।,
भद्रपुरका भन्सार अधिकृतसहित चार जनासँग डेढ करोड बिगो माग्दै मुद्दा
|
सविता बुढा जीवनको जिउने आधार अनि बुढेसकालको साहरा, आफ्नो प्रिय छोरा भूपेन्द्र २३ वर्षको उमेरमै संसारबाट बिदा भएपछि लम्कीकी भावना बडुवाल भावविह्वल छिन्।, भूपेन्द्रले उनको साथ छोडेको एक महिना बितिसकेको छ। तर, उनले न त छोराको यादलाई भुल्न सकेकी छन् न त अतितका सम्झना मेट्न सकेकी छन्। मात्र बगाइरहेकी छिन्, छोराको वियोगमा आँसुका थोपा।, घटना कात्तिक २३ गतेको हो।, टीकापुरको सिद्धार्थ होटल नजिकै २३ वर्षीय भूपेन्द्रमाथि सांघातिक हमला भयो।, बुवा डम्मर बडुवाल र आमा भावना बडुवालका एकमात्र छोरा भूपेन्द्रले त्यही दिन संसार छोडे।, दुई समूहको रिसइबीका कारण निर्दाेष भूपेन्द्रको ज्यान गएको प्रहरीको अनुसन्धानले देखाएको छ।, लगत्तै अनुसन्धान थालेको प्रहरीले घटनामा संलग्न भएको पुष्टि गर्दै १२ जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये जिल्ला अदालत कैलालीले ९ जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। तर पक्राउ परेका ३ जना धरौटीमा रिहा भएपछि न्यायालयको न्यायप्रति असन्तुष्ट हुँदै भावना बडुवाल न्यायको मागसहित सडकमा उत्रिएकी छन्।, आफूहरूलाई अन्याय भएको महसुस गर्दै सोमबार भूपेन्द्रका आफन्तले जिल्ला अदालत कैलाली परिसरमा नाराबाजी गरेका छन्।, मुख्य आरोपी नविन रावलसहित ९ जना अझै फरार रहेको अवस्थामा ३ जना अभियुक्तलाई धरौटीमा रिहा गरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।, हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नाराबाजी भैरहेका बेला भावना भने छोरोको अस्तु हातमा लिँदै आँखामा आँसु टिलपिलाइरहेकी थिइन्।, भावनालाई अब छोराले न्याय पाउँदैन कि भन्ने चिन्ताले पिरोल्न थालेको छ। मुख्य अभियुक्त फरार छन् पक्राउ परेका अभियुक्त पनि छुट्न थालेपछि उनको मुहारमा निराशाको पीडा गडेको छ।, ‘यो देशमा न्याय हराएको छ, गुण्डागर्दी गर्नेहरू मौलाएका छन्’, उनले भनिन्।, उनीसँग निराशामात्र छैन। प्रतिशोधको भावना उब्जिन थालेको छ। पुत्र वियोगमा भावविह्वल उनी बेला-बेलामा बदलाको कुरा सुनाउँछिन्।, ‘आज मेरो निर्दाेष छोराको बली चढ्यो, भोलि अर्काेलाई यस्तै, भयो भने मजस्ता आमाहरूले अब छोरा बचाउन खुकुरी उठाउनुपर्ने अवस्था नआउँला भन्न सकिँदैन,’ उनले भक्कानिँदै भनिन्।, आफूहरूलाई न्यायालयबाट अन्याय भएको महसुस गर्दै आन्दोलनमा उत्रिएका भूपेन्द्रका आफन्तले अब पुनरावेदन गर्ने तयारी गरेका छन्।, जिल्ला अदालतले गरेको फैसला चित्त बुझ्दो नभएपछि पुनरावेदन गर्ने सल्लाह भएको भूपेन्द्रका बुवा डम्मर बडुवालले सुनाए।, ‘हामीले छोराको लागि महिनौं दिनदेखि न्यायको भिख मागिरहेका छौं, तर, अझै दर्जनौं अपराधी लुकेर बसेका छन्’, उनले भने।, भूपेन्द्रको हत्या भएदेखि नै न्यायको माग गर्दै आएका लम्कीबासी अहिले आन्दोलनमा छन्।, उनीहरू आफ्नो क्षेत्रमा भएको यो घटनाले चिन्तित छन्।, भूपेन्द्र हत्याकाण्डले देशभर चर्चा पाएको छ। न्यायका आवाज पनि उठ्न थालेका छन्।, भविष्यमा यस्ता घटना दोहोरिन नदिन भूपेन्द्रले न्याय पाउनुपर्ने आवाज स्थानीयको छ।, यता, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले फरार ९ जनाको खोजतलास भइरहेको बताए।,
भूपेन्द्रको अस्तुसहित न्यायका लागि अदालत पुगे आमा-बुवा
|
सेतोपाटी संवाददाता कोरोना खोप लगाइदिएवापत घुस लिएको आरोपमा दुई जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजय कुमार साह र कृष्णा कुमार यादव छन्।, साहले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएर कोरोना खोप लगाइदिएको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको थियो। , साहको निर्देशनमा यादवले कोभिड-१९ विरूद्धको खोप लगाई दिई सेवाग्राहीबाट २० हजार रुपैयाँ लिएका थिए।, घुस लिइसकेको अवस्थामा उनीहरूलाई जनकपुर उपमहानगरपालिका-७ नयाँ-बसपार्क, धनुषाबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ। , उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।,
कोरोना खोप लगाइदिएवापत २० हजार घुस लिएको आरोपमा दुई स्वास्थ्यकर्मी पक्राउ
|
रासस सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडकखण्ड आज (मंगलबार) देखि १५ दिन रातिमा बन्द हुने भएको छ।, रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए।, चौडा बनाउन पहाड कटान गर्दा सडक बन्द गर्न लागिएको हो। सडक चौडा गर्दा माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गर्न थालिएको प्रमुख लम्सालले जानकारी दिए।, बुटवलको सिद्धबाबाबाट झुम्सा पुलसम्म र कालिमाटीबाट गौडेपुलसम्मको क्षेत्रमा सडक चौडा गर्ने काम हुनेछ। हरेक दिन बुलुका ९:३० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने प्रमुख लम्सालले बताए।, रातिको समयमा सवारी बन्द गरेर काम गर्दा यात्रुलाई गन्तव्यमा पुग्न समस्या हुने भएकाले दिउँसोमा यात्रा गर्न अनुरोध गरिएको उनले बताए।, पाल्पा, गुल्मी, स्याङ्जातर्फ सवारी आवागमन गर्ने प्रमुख सडकका रूपमा सिद्धार्थ राजमार्ग रहेको छ। ,
आजदेखि १५ दिन रातिमा सिद्धार्थ राजमार्ग बन्द
|
रासस नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको अश्लील फोटो आफन्तलाई पठाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले वैदेशिक रोजगारको क्रममा दुबइमा एउटै कम्पनीमा काम गर्ने महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर ब्याल्कमेल गर्ने भारत उत्तर प्रदेशका ३१ वर्षीय मोहम्मद सालीमलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।, परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर आफन्तलाई पठाइदिने धम्की दिई महिलाको आफन्तलाई पठाइदिने सालीमलाई काठमाडौँको कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिए।, 'पक्राउ सालीमले पीडित महिलाको नामबाट नक्कली फेसबुक आइडीसमेत बनाएको अनुसन्धानमा खुलेको छ', उनले भने।, पक्राउ परेका उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दायर गरी सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए। ,
सामाजिक सञ्जालमा महिलाको अश्लील फोटो पठाउने भारतीय नागरिक पक्राउ
|
रासस चितवनमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने भारतीयहरूको गिरोह सक्रिय भएको भेटिएको छ। उनीहरूले यहाँका नागरिकलाई नेटवर्किङमा फसाएर ठग्ने गरेको पाइएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनले 'क्यु नेट' नामक नेटवर्किङ व्यवसायमा संलग्न दुई भारतीय र एक नेपाली गरी तीन जनालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेका तीन जनालाई नियन्त्रणमा लिएको बताए।, २८ वर्षीय भारतीय नागरिक जितेश वर्मा, अर्का भारतीय नागरिक ३४ वर्षीय अङ्कित शर्मा र भरतपुर- २६ का ३६ वर्षीय सरोज घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, उनीहरूलाई भरतपुरमा रहेको सिजी ल्याण्डमार्कको फर्न रेसिडेन्सी चितवन होटलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।, होटलमा केही मानिस जम्मा गरेर नेटवर्किङमा लाग्न प्रेरित गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक अधिकारीले बताए। उनीहरूलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए।, उनीहरूले 'क्यु नेट' नामक नेटवर्किङ सञ्चालन गरिरहेका थिए। प्रहरी उपरीक्षक अधिकारीका अनुसार उनीहरूले केही मानिसलाई पहिल्यै सदस्य बनाएर लगानी गर्न लगाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले थप मानिसलाई सदस्य बन्न प्रेरित गरिरहेका थिए।, कति मानिस सदस्य बने भन्ने कुरा अझै पनि अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ। उनीहरू विरुद्ध ठगीमा परेकाहरुले ठगी मुद्दामा प्रहरी कार्यालयमा जाहेरी दिइसकेका छन्। 'क्यु नेट' दर्ता पनि नगरिएको र यो नितान्त ठग्ने उद्देश्यले आएको प्रारम्भिक अनुसन्धानमा खुलेको अधिकारीले बताए।, यी गतिविधि सिमानामा पर्ने नेपालका अन्य सहरमा पनि सञ्चालन गरेको हुनसक्ने अनुमान रहेको र यसबारे पनि अनुसन्धान हुने उनले बताए। प्रहरी उपरीक्षक अधिकारीले भने, 'नेपालमा पिरामिड शैलीमा हुने नेटवर्किङ अवैध छ। त्यसैले नेपालमा यो सञ्चालन गर्न पनि पाइँदैन। सदस्य पनि बन्न पाइँदैन। कोही पनि यो नेटवर्किङमा नलाग्नु हुन म आग्रह गर्दछु।',
चितवनमा अवैध नेटवर्किङ धन्दामा संलग्न तीन पक्राउ
|
रासस मुद्दा मिलाइदिने भन्दै पैसाको मोलमोलाई गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का एक कर्मचारी पक्राउ परेका छन्।, सम्पत्ति शुद्धिकरणसम्बन्धी विभागमा परेको मुद्दा मिलाइदिन्छु भन्दै मोलमोलाई गरेको आरोपमा सिआइबीका प्रहरी नायब निरीक्षक (सई) विष्णु ढुङ्गाना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।, परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार नक्साल क्षेत्रबाट उनलाई पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। प्रहरीमा परेको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो।, उनीमाथि आपाराधिक लाभ (एक्सटर्सन) कसुर गरेको आरोप छ। मुलुकीअपराध संहिताको परिच्छेद २१ को दफा २५३ मा यससम्बन्धी कानुनी व्यवस्था छ।, उक्त व्यवस्थानुसार कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पुर्याउने डर त्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरु कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपाराधिक लाभ लिएको मानिनेछ।, उक्त आरोप प्रमाणित भएमा कम्तीमा एक वर्ष कैद र १० हजार जरिवाना हुने व्यवस्था छ। ,
पैसा मोलमोलाई गरेको आरोपमा सिआइबीका सई पक्राउ
|
सेतोपाटी संवाददाता शिक्षक सेवा आयोगले माध्यमिक तहको १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ। , आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले आज सूचना प्रकाशित गरेको हो।, नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ। परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।,
शिक्षक सेवा आयोगले खुलायो माध्यमिक तहमा १५४४ शिक्षकको आवेदन
|
सेतोपाटी संवाददाता एमालेका उप-महासचिव तथा पूर्व-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।, उनले मंगलबार ट्वीट गर्दै आफूलाई कोभिड पोजिटिभ भएको जानकारी दिएका हुन्।, 'कोरोना पोजेटिभ आएको छ। सामान्य लक्षण देखिएको छ। ४/५ दिनअघिसम्म मसँग नजिक रहनुभएको सबैलाई सतर्कता अपनाउनु हुन, सुरक्षित रहन र लक्षण देखिएमा जाँच गर्नुहुन अनुरोध गर्दछु,' उनले ट्वीटमा लेखेका छन्।, , Tested COVID positive. Have mild symptoms. Kindly request to you all, who have been in close contact since 4-5 days, to be careful, to stay safe and to be tested, if have any symptoms.,
— Pradeep Gyawali (@PradeepgyawaliK) ,December 14, 2021, ,
प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा आज बुधबार यो वर्षकै बढी चिसो महसुस गरिएको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ४.२ डिग्री सेल्सियस मापन गरिएको हो। , मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो। चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। , काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ। , हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।, आज राति देशको पहाडी भ–ूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने बताइएको छ। , सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश ,गण्डकी प्रदेशकाउच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.२ डिग्री र अधिकतम तापक्रम २० दशमलव ० डिग्री सेल्सियस रहनेछ।, त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव डिग्री र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २६.७ डिग्री सेल्सियस रहेको छ।,
काठमाडौंमा आज यो वर्ष अहिलेसम्मकै चिसो, जुम्लाको तापक्रम माइनस ४
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा मुलुकभरमा २ सय ६४ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १३ हजार ७ सय ९ जनाको कोभिड परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर परीक्षणबाट २ सय २९ र एन्टीजेन्ट विधिबाट ३५ जनामा कोभिड पुष्टि भएको मन्त्रालयले जनाएको छ।, त्यसैगरी ३ सय ६२ संक्रमणमुक्त भएका छन्। हालसम्म ८ लाख ७ हजार ५ सय १६ जना संक्रमणमुक्त भइसकेका छन्। पछिल्लो २४ घन्टामा थप २ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म ११ हजार ५ सय ५९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।, देशभर सक्रिय संक्रमित ५ हजार ६ सय ८९ जना छन्। त्यसैगरी २ लाख ३६ हजार ४ सय ८२ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।,
मंगलबार थप २६४ जनामा संक्रमण, हालसम्म सक्रिय संक्रमित ५ हजार ६ सय ८९ जना
|
सेतोपाटी संवाददाता झापाको बाह्रदशी गाउँपालिका-३ मा बस र मारूती भ्यान ठोक्किँदा एकको मृत्यु भएको छ।, दुर्घटनामा पाँच जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ का ३४ वर्षीय प्रमोदचन्द्र उप्रेती छन्। भ्यानका चालक उप्रेतीको बिएण्डसी असपतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, चारपाने-राजगढ सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र. १-०१-००१-ख ३५२४ नम्बरको बस र मे१च २२२६ नम्बरको भ्यान आपसमा ठोक्किँदा दुर्घछना भएको प्रहरीले जनाएको छ।, घाइते हुनेमा बाह्रदशी गाउँपालिका-१ की ५५ वर्षीया किमारी निरौला, ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया की दुर्गा घिमिरे, कचनकवल गाउँपालिका-१ मा १२ वर्षीया विशाल पौडेल घाइते छन्।,
बस र भ्यान ठोक्किँदा झापामा एकको मृत्यु, पाँच घाइते
|
सेतोपाटी संवाददाता लोक सेवा आयोगले २८४ जना शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) का लागि विज्ञापन खुला गरेको छ।, बुधबारको गोरखापत्रमा सूचना प्रकाशित गर्दै गोरखापत्रले अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो।, आयोगले न्याय सेवा, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाका लागि आवेदन खुला गरेको हो।, यी पदहरूमा पुस २० गतेसम्म आवेदन दिन पाइने छ। पुस २७ गतेसम्म पनि दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ।, अनलाइनमार्फत् आवेदन दिन सकिनेछ।, शाखा अधिकृतको परीक्षा आगामी चैतमा हुने आयोगको सूचनामा उल्लेख छ।,
लोक सेवाले माग्यो २८४ शाखा अधिकृत
|
सेतोपाटी संवाददाता पूजा गर्न मन्दिर गएका एक वृद्धको दुई दिनपछि शव भेटिएको छ।, मंसिर २२ गते बिहान सीतामाई मन्दिरमा पूजा गर्न गएका ६६ वर्षीय दिल्लीराज सुवेदी शुक्रबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।, भरतपुर-१३ गंगानगरका सुवेदीको स्थानीय बेलसर मध्यवर्ती सामुदायिक वनमा टुक्रा-टुक्रा भएको अवस्थामा शव फेला परेको अधिकारीले बताए। उनले लगाएको कपडा, दाहिने खुट्टाको पैतालाको भाग र टाउको जंगली जनावरले खाएको जस्तो अवस्थामा फेला परेको बताए।, वन क्षेत्रमै रहेको मन्दिर गएका सुवेदीलाई बाघले आक्रमण गरेको आशंका स्थानीयको छ।, सोही वनमा गत वर्ष पनि बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो।,
पूजा गर्न मन्दिर गएका वृद्ध दुई दिनपछि मृत भेटिए, बाघले आक्रमण गरेको आशंका
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.