content
stringlengths
20
64.1k
शेरबहादुर सिंह/रासस गत महिना आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवर गाउँ पूरै डुबानमा पर्‍यो। महाकाली र जोगबुढा नदी उर्लिंदा रातारात प्रहरी प्रशासनले स्थानीयको उद्धार गरे। , सिंगो गाउँ बाढीका कारण विस्थापित बन्यो। अहिले अवस्था सामान्य बन्दै गए पनि कुतियाकवर गाउँ बगरमा परिणत हुँदा स्थानीयबासी चिन्त...
सेतोपाटी संवाददाता प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो वस्तुसहित चार जनालाई पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा  पाल्पा माथागढी- ५ सत्यवती ...
सबिना श्रेष्ठ सन् १८३५ मा सर रोल्यान्ड हिलले पहिलो हुलाक टिकट आविष्कार गरे। रानी भिक्टोरियाको अनुहार अंकित उक्त टिकट सन् १८४० मा मात्र प्रकाशन भयो। नेपालमा भने त्यसको चार दशकपछि अर्थात् सन् १८८१ मा बल्ल हुलाक टिकट छापिन थाल्यो।, नेपालको पहिलो हुलाक तीन वटा सेटमा प्रकाशन भएको थियो। बेलायती कागजमा प्रिन्ट भएको त्यो टिकट...
सेतोपाटी संवाददाता बुटवलमा आफ्नै श्रीमानको खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ।, रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ बाँसगढीकी खुमा घर्तीको भने उनकै श्रीमानले हत्या गरेका हुन्।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बुटवल ११ स्थित आफ्नै दिदी गोमा थापाको घरमा आएकी ३६...
सेतोपाटी संवाददाता नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २५९ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ४७२ जनाको पिसिआर परीक्षण र ४०१५ जनाको एन्टिजेन परीक्षण गरि...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १२८ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९, ललितपुरमा ४२ र भक्तपुरमा ७ संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा १७०९ सक्रिय संक्रमित छन्। जसमध्ये  काठमाडौंमा ६२८, ललितपुरमा ५९८ र भक्तपुरमा ४८३ सक्रिय संक्रमित छन्।, नेपालमा थप २५९ जनामा कोरोना...
सेतोपाटी संवाददाता श्रीमतीको हत्या गरी फरार रहेका रूपन्देहीको सैनामैनाका सुकुम भन्ने सन्तबहादुर घर्ती आफैं प्रहरी कार्यालय पुगेका छन्।, घर्तीले शुक्रबार बिहान आफ्नै श्रीमती ३६ वर्षीय खुमा घर्तीको खुकुरी प्रहार गरी हत्या गरेका थिए।, सैनामैना ८ बाँसगढीमा घर भएकी खुमा शुक्रबार बुटवल-११ स्थित दिदी गोमा थापाको घरमा आएकी थि...
डाक्टर रोशनी उलक सामान्यतयाः गर्भाधारण भइसकेपछि मात्रै अस्पताल आउने हाम्रो पुरानै चलन छ। गर्भाधारणभन्दा पहिला स्वास्थ्य परीक्षण गराएर जोखिम छ कि छैन, भन्ने कमै मात्रामा गरिन्छ। तर  विस्तारै यसबारे चेतना बढ्दैछ।, गर्भाधारण गर्नुभन्दा पहिला महिला पुरूष दुवै स्वस्थ्य हुनपर्छ। दुवैजना स्वस्थ्य भए मात्रै स्वस्थ्य बच्चा जन्...
सेतोपाटी संवाददाता ट्याक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा बेलबारी नगरपालिका-८ का२९ वर्षीय डम्बर थापा रहेका छन्।, शुक्रबार बेलुका ७ बजे रोकिराखेको प्र १-०२-००३ त ०३८० नम्बरको ट्याक्टरमा को५प ५९५९ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।, दुर्घटना हुँदा घाइते भए...
सेतोपाटी संवाददाता कैलालीमा एक महिला कोठामा झुण्डिएको अवस्था मृत फेला परेपछि श्रीमान र ससुरा पक्राउ परेका छन्। , शुक्रबार बिहान घोडाघोडी नगरपालिका-९ रामशिखरझालाकी २२ वर्षीय झरना विक सुत्ने कोठामा घाँटीमा पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन्।, घटनापछि मृतक महिलाका माइती पक्षले श्रीमान  र ससुराविरूद्ध आत्महत्या दुर...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ।, आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ। शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो। , न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, विभागले आगामी २४ घण्टाका लागि चेत...
रासस जङ्गली भालुको आक्रमणबाट बैतडीमा दुई जना गम्भीर घाइते भएका छन्।, घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द छन्।, शनिबार दिउँसो घर नजिकैको जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले बताए।...
रमेश गिरी ऐतिहासिक सम्पदाले परिपूर्ण परम्परागत शैलीमा निर्माण भएको मध्यपुरथिमिको दुई पोखरी अर्थात् निगु पुखुः बत्तीको झिलीमिली चम्किएको थियो। साँझ ढल्दै जाँदा दुई पोखरीको चौघेराभित्र चम्किएका बत्तीले थप आकर्षक बनाइरहेको थियो । , पोखरीको पूर्वपट्टिको आली अर्थात् डिलमा बनेका मञ्चमा तबला, हारमुनियम, तानपुरा, इशराज, पखवाज...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन। प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ।, सो क्रममा हालैमात्र दुबईबाट काठमाडौं आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्र्याएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। भारत घर भएका ...
युवराज श्रेष्ठ विश्वकीर्तिमानी आरोही कामिरिता शेर्पा पहिलो पटक सगरमाथा चढ्दा २४ वर्षका थिए। त्यति बेला उनले सगरमाथा बेस क्याम्पमै हिउँ पगालेर पानी खाएका थिए।, अहिले उनी ५१ वर्षका लागे।, गत वैशाखमा २५ औं पटक सगरमाथाको स्वरूप फेरिएको देखे। अहिले सगरमाथा बेसक्याम्पमा मात्र होइन, क्याम्प २ मा पनि खोला जस्तो पानी बगिरहेको ...
सेतोपाटी संवाददाता नेपालमा थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २५४ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ६८२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ६८२ जनाको पिसिआर परीक्षण र २४१४ जनाको एन्टिजेन परीक्षण गरिएको...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १५४ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११९, ललितपुरमा ३० र भक्तपुरमा ५ संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा १७६५ सक्रिय संक्रमित छन्।जसमध्ये काठमाडौंमा ६९०, भक्तपुरमा ४७४ र ललितपुरमा ६०१ सक्रिय संक्रमित छन्। , नेपालमा थप २५४ जनामा कोरोना...
रासस लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ।, झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिए।, घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राख...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिले जथाभावी पार्किङ गरेका सवारी साधनलाई ‘ठाउँको ठाउँ’ कारबाही गर्ने क्रमलाई तीव्रता दिएको छ।, महानगरको छैठौं नगर सभाको निर्णय अनुसार अनधिकृत रूपमा जथाभावी पार्किङ गरिएका गाडी र मोटरसाइकललाई सम्बन्धित ठाउँमा नै कारबाही गर्दै जरीवाना लिने कामलाई तीव्रता दिइएको नगर प्रहरी प्रमुख सीतारा...
एजेन्सी संयुक्त राज्य अमेरिकाका मध्य तथा दक्षिणी राज्यहरू आँधीले  निकै ठूलो विनाश गरेका छन्।, न्युयोर्क टाइम्सका अनुसार शुक्रबार राति आएका झन्डै २२ वटा आँधीका कारण अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरीलगायत राज्यहरूमा क्षति पुगेको छ। ती राज्यहरूमा कम्तीमा एक सयभन्दा बढी मानिसले ज्यान गुमाएको हुन सक्न...
रासस तनहुँको खैरेनीटार-भिमाद सडकखण्ड दैनिक ९ घण्टा अवरूद्ध हुने भएको छ।, सडक डिभिजन कार्यालय तनहुँले उक्त खण्ड मर्मतका लागि दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सडक बन्द गर्न लागेको हो। , उक्त सडकखण्डको दोभानमा सडक स्तरोन्नति गर्ने क्रममा हाल रहेको सडकलाई चौडाइ गर्नुपर्ने र त्यसका लागि केही समय सडक बन्द गर्दै निर्मा...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको यात्रुबाहक जीप दुर्घटना भएको छ। , दुर्घटनामा परी दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।, ४५ वर्षीया साउने घर्ती र ४८ वर्षीय प्रेम शर्माको मृत्यु भएको इप्रका तुलसीपुरका प्रवक्ता जलकप्रसाद शर्माले जानका...
रासस पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवी सामुदायिक विद्यालय।, आइतबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल विद्यालयभित्र प्रवेश गरे।, मन्त्री आउने पूर्वजानकारी नभएकाले मन्त्रीको स्वागतको तयारी पनि हुने कुरा पनि भएन।, मन्त्री पौडेल विद्यालय प्रवेश गरेर सिधै कक्षा कोठामा प्रवेश गरे।, माथिल्लो तलाम...
सेतोपाटी संवाददाता अछाममा १६ वर्षीय किशोरीको हत्या आरोपमा चार जना पक्राउ परेका छन्। , मंगलसैन नगरपालिका–११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी शुक्रबार खरतोला भन्ने ठाउँमा मृत फेला परेकी थिइन्। उनी मंसिर २१ गतेदेखि बेपत्ता भएकी थिइन्।, मृतक किशोरीका आफन्तले हत्या गरेको भन्दै चार जनाविरूद्ध जाहेरी दर्ता गरेका थिए।, किटानी...
सेतोपाटी संवाददाता सल्यानमा नाच हेर्न गएका एक किशोरको हत्या भएको छ। , छिमेकी गाउँमा राति नाच हेर्न गएका जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिन्वाङ रातामाटाका  १६ वर्षीय टेकबहादुर बोहराको कुटपिटबाट हत्या भएको प्रहरीले जनाएको छ। , बोहरा बुधबार राति सात जना साथीहरू सँगै छिमेकी गाउँ कपुरकोट ५ रिमको ओखरपाटा भन्ने गाउँ...
खिलानाथ ढकाल अहिले कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा सबै जना आ-आफ्नै सुरतालमा छन्। , आफ्नो उम्मेदवार जिताउन नारा लगाउने, प्रचारप्रसार गर्नेहरूको भीडले वातावरण गुञ्जायमान छ।, त्यो वातावरणलाई ७७ वर्षीय मंगलबहादुर नेपालीले दिनहुँ नियालिरहेका छन्।, तर, उनलाई कांग्रेस पार्टीको महाधिवेशनको रौनकसँग कुनै सरोकार छैन। जसरी क...
नारायण खड्का आइतबार बेलुकीपख दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। , दुर्घटनाका घाइतेमध्ये तीन जनाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।, सल्यानको कपुरकोट गा...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले मंगलबजारस्थित नःबहाल चक्रबहीलमा म्ह पूजाको दिन आगलागीमा परि मृत्यु तथा घाइते भएकाको परिवारलाई १० लाख दिने निर्णय गरेको छ। , ललितपुर महानगरपालिका-१२ स्थित मंगलबजार, चक्रबहीको घरमा गत कात्तिक १९ गत आगलागी भएको थियो।, दियोबाट सल्केको आगोले ग्यास सिलिन्डर पड्किँदा म्ह पूजा मनाइरहे...
एजेन्सी भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जेनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा परेर निधन भएको छ। भारतीय वायुसेनाले ट्वीट गर्दै उनको निधनको आधिकारिक जानकारी दिएको हो।, With deep regret, it has now been ascertained that Gen Bipin Rawat, Mrs Madhulika Rawat and 11 other persons on board have died in the unf...
रासस विगतका वर्षमा प्रत्येक वर्ष पालो मिलाएर हुने गरेका जिल्लाका दुई ठूला महोत्सव यस वर्ष सँगसँगै हुने भएका छन्। कोभिडका कारण गत वर्ष महोत्सव हुन नसकेपछि चितवन महोत्सव र रत्ननगर महोत्सव सँगसँगै हुन लागेका हुन्।, दुई–दुई वर्षमा हुँदै आएको चितवन महोत्सव एक वर्ष पछाडि सरेपछि नियमितरुपमा हुँदै आएको रत्ननगर महोत्सवसँगै परे...
सेतोपाटी संवाददाता ट्राफिक कारबाहीमा परे अब तत्कालै जरिवाना तिरेर कागजात फिर्ता पाइने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि यो व्यवस्था लागू गरेको हो।, उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान थालेको भन्दै सेवाग्राहीलाई सहज सेवा दिन यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। , ...
सेतोपाटी संवाददाता ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ। मच्छिन्द्रनाथलाई ६ महिना पाटन ६ महिना बुङ्मती राखिने चलनानुसार दिउँसो तःबहाल ल्याउन लागिएको हो। , यही मङ्सिर ९ गते आफूहरु बसेर हेरेको साइतअनुसार आज दिउँसो मच्छिन्द्रनाथलाई पाटन ल्याउने तयारी भइरहेको मच्छिन...
रासस नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोतीमा गैंडाको आक्रमणबाट कावासोती-१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ। , आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा  उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैंडाले एक्कासि आक्रमण गरेको थियो।, मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा बुधबार राति महतको मृत्यु भएको ...
रासस बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका-६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ ।, मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका-३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए । उनले दिएको जानकारीअनु...
सेतोपाटी संवाददाता नेपालमा थप २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २११ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ४५१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार १८ जनाको पिसिआर परीक्षण र १४३३ जनाको एन्टिजेन परीक्षण गरिएको...
सेतोपाटी संवाददाता लमजुङको मर्स्याङ्दी गाउँपालिका २ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा १ जना शिक्षक र २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ।, मृत्यु हुनेमा कपिलबस्तु घर भएका सोही विद्यालयका शिक्षक कमल राना, भलामचौरका विद्यार्थी प्रमिसा गुरूङ र सेग्लेका गणेश भण्डारी छन्। , लमजुङ प्रहरी प्रम...
रासस राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणले अझै गति लिनसकेको छैन।, नौ प्याकेजमा निर्माणअघि बढाउने योजना बनाइएको थियो। त्यसै अनुरूप केही प्याकेजको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी अघि बढाइएको छ भने केहीको अध्ययन सकिए पनि निर्माण अघि बढेको छैन।, बर्सेनि कम बजेट छुट्ट्याइ...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।, अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै उनीविरूद्ध उजुरी परेको थियो।, उनले सेवा अवधिमा एक करोड चौसठ्ठी लाख उनानब्बे हजार सात ...
सविना कार्की मैतीदेवीका सन्दिप खड्का बबरमहलको किङ्स कलेजमा अध्ययन गर्छन्। हरेक दिन धोबिखोला करिडोरको सडक हुँदै आउँछन्, जान्छन्।, दुई महिना बढी भयो, सन्दिपलाई यो बाटो हिँड्न डर लाग्न थालेको। कतै सडकमा गाडीले हान्दिने हो कि! , यो करिडरको बाटोमा पैदलयात्रुका लागि एकतर्फी मात्र, त्यो पनि साँघुरो फुटपाथ छ। खोला किनारमा रूख...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १०० संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४, ललितपुरमा २८ र भक्तपुरमा ८ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १६८३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६२३, भक्तपुरमा ४८१ र ललितपुरमा ५७९ सक्रिय संक्रमित छन्।, नेपालमा थप २११ जनामा कोरोना भ...
राजेश घिमिरे धादिङको नौबिसे घर भएका मधु लामा वन्यजन्तुका नामी सिकारी थिए। अचुक निसाना लगाउनसक्ने उनलाई तत्कालीन राजपरिवारले आधिकारिक सिकारी नियुक्त गरेको थियो। उनको खास काम चराको सिकार गर्ने थियो। चराका अलावा उनी मृगको पनि सिकार गर्थे। महिनामा एक पटक जंगली सिकार बोकेर राजदरबारमा हाजिर हुन्थे उनी।, राजपरिवार सिकार खेल्...
भगवती पाण्डे सशस्त्र प्रहरीको निगरानी फितलो बनेपछि जिल्ला प्रहरी कार्यालय रूपन्देहीले तस्करी नियन्त्रणमा चासो दिन थालेको छ।, अवैध कारोबारीबाटै सीमा क्षेत्रमा आपराधिक कार्य हुने गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रूपन्देही तस्करी नियन्त्रणमा केन्द्रित भएको हो।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरिक्षक ...
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ। , ईलाका प्रहरी कार्यालय बुटवल रूपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो ३ बजेतिर बुटवलबाट गैंडाको खागसहित तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरेको हो।, प्रहरीले गैंडाको खागको कारोबार हुँदैछ भन्ने विशेष सुराकीको आधारमा बुटवल वडा नं. ५...
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा चालू आर्थिक वर्षको हालसम्म अर्थात विगत पाँच महिनामा ९१७ वटा उजुरी परेका छन्।, भष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोगको कार्यालय हेटौंडाद्वारा बिहीबार यहाँ आयोजित ‘भष्ट्राचार नियन्त्रण र सुशासन’ विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम...
रासस कालीगण्डकी नदीमा निर्माण सामग्री उत्खननको ठेक्का लगाउन नपाउँदा पर्वतका स्थानीय तहको आन्तरिक आम्दानी घटेको छ।, नदीजन्य पदार्थको उत्खनन्बाट वार्षिक रु दुई करोड आम्दानी गर्दै आएका कुश्मा नगरपालिका र जलजला गाउँपालिकाको आम्दानी शून्य भएको छ । स्थानीय तहको मुख्य आम्दानीका रूपमा रहेको नदीजन्य पदार्थ उत्खननमा अदालतको आदे...
रासस जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई नाबालकसहित चार जनालाई भारतबाट उद्धार गरेको छ। झापाबाट झण्डै दुई वर्ष अगाडि नाबालक छोराछोरीसहित हराएका १८ र १९ वर्षीया दुई युवतीको प्रहरीले उद्धार गरेको हो।, दुई वर्षदेखि खोजतलास गर्दै जाने क्रममा निजहरू भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा आकर्षक ...
सेतोपाटी संवाददाता एक करोड एक लाख ५२ हजार ३८६ बराबरको राजश्व छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले सत्यम् शिवम् कन्सट्रक्सनका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।, विभागका अनुसार वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरेको आरोपमा सो कम्पनीका सञ्चालकद्वय रामकुमार प...
सेतोपाटी संवाददाता दाङमा बिहीबार बेलुका बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा परी मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नं. १६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको छ।, प्रहरीका अनुसार घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको चन्द सवार रा४ प ४०२ नम्बरको मोटरसाइकललाई पौने ८ बजेतिर तुलसीपुर...
रासस धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ।, विश्व हिन्दू परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरीलगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो।, सीताराम विवाह पञ्चमी महोत्सव सकिएलगत्तै मन्दिर परिसर...
सेतोपाटी संवाददाता देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।, काठमाडौं उपत्यकासहित मुलकभर न्यूनतम तापक्रम घट्न थालेको छ। यो सँगै चिसो बढेको छ। शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ।, यस्तै जुम्लामा -३.७, जोमसो...
एजेन्सी भारतीय किसानहरुले एक वर्ष लामो विरोध प्रदर्शन अन्त्य गरेका छन्।, सरकारले विवादास्पद कृषिसम्बन्धी कानुन खारेज गरेको एक सातापछि किसानहरुले आफ्नो आन्दोलन अन्त्य भएको घोषणा गरेका हुन् । , सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा हजारौं किसानहरु राजधानी नयाँ दिल्लीको सीमाक्षेत्रमा विगत एक वर्षदेखि प्रदर्शन गर्द...
सेतोपाटी संवाददाता बिल बिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरेको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ।, प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघर सडकखण्डमा ना३ख २२९ नंको मालवाहक सामग्रीसहित नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक का...
सञ्चिता घिमिरे र सुभानु आचार्य सडकमा कालोपत्रे गरिएको केही महिनामै भत्किएको चापागाउँ-लेले सडकका विभिन्न खण्ड पुनः निर्माण गरिने भएको छ। सुनाकोठीको आठ सय मिटर खण्ड र अरू खण्डमा पनि नयाँ हुने गरी मर्मत गर्न लागिएको हो।, चापागाउँ सडकमा अहिले भइरहेको संरचनामध्ये ‘बेस’ मात्रै काम लाग्ने देखिएको काठमाडौँ उपत्यका सडक विस्तार...
सेतोपाटी संवाददाता रूकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा घाइते भएका चार जनालाई हेलिकप्टर कोहलपुर र काठमाडौं लगिएको छ।, मुसिकोट नगरपालिका- २ रातामाटामा सोमबार भएको दुर्घटनामा घाइते भएकाहरूलाई मंगलबार दिउँसो दुइटा हेलिकप्टरमार्फत् तीन जनालाई कोहलपुर र एक जनालाई काठमाडौं लगिएको हो।, गम्भीर घाइते मुसिकोट नगरपालिका...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , मंगलबार उपत्यकामा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, काठमाडौंमा ८२ जना, ललितपुरमा ३१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका हुन्।, योसँगै उपत्यकामा १६१७ सक्रिय संक्रमित छन्। काठमाडौंमा मा...
सविना कार्की राम्रा सामुदायिक स्कुल, शैक्षिक सामग्रीले सजाइएका कक्षाकोठाहरू। केटाकेटीका लागि सजिला डेस्कबेन्च। हरेक डेस्कबेन्चमा दुई-दुई जना विद्यार्थी बस्छन्।, सबै कक्षामा इन्टरनेटका कुरा हेर्न सकिने ह्वाइट बोर्ड अर्थात् स्मार्ट बोर्ड टाँगिएको छ। भित्तामा शिक्षक र विद्यार्थीले बनाएका अनेक चित्रहरू देखिन्छन्। पाठ्यक्र...
सेतोपाटी संवाददाता जिल्ला अदालत नवलपरासीले सामूहिक बलात्कार घटनामा संलग्न १० जनालाई जनही १३ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना तोकेको छ।, जबर्जस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामूहिक करणीको अभियोगमा थप ४ वर्ष गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको अदालतका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले जानकारी दिए।, २०७६ भदौ २२ गते पश्च...
सेतोपाटी संवाददाता झापाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सल्यान बनगाउँ नगरपालिका-१ सल्लीबजारका ३० वर्षीय रमेश डिसी रहेको प्रहरीले जनाएको छ।, मंगलबार बिहान ११ बजे उनलाई मेचीनगर नगरपालिका-६ स्थित मेची खोलाको पुरानो पुलबाट पक्राउ गरेको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ...
रासस बाजुराको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको मृत्यु भएको छ।, हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलबार मृत्यु भएको हो।, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृत्यु भएको हो।, चदारका श्रीमान् बिनेले भने, ‘ग...
शरद् शर्मा कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो। सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो। तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन्। अझ अर्को खुशीको कुरा त यो छ कि सिटामोल र जीवन...
रासस पाल्पाको निस्दी गाउँपालिका-७ मा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका-३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।, सर्दीबाट भुटुके जाँदै गरेको प्र २–०–३००१ ख ४६६९ नं को खाली टिपर स्टार्ट बन्द नगरी चालक गाडीबाट झरी पछाडि हेर्ने क...
सेतोपाटी संवाददाता प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ।, त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएक...
गोपालप्रसाद बराल मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बुधबार बिहान महोत्तरीको मटिहानीबाट जलेश्वरहुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन्।, मङ्गलबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात यहाँ श्रीलक्ष्मीनारायण मठको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन्। रामजानकी विवाहमह...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका-१५ बिजेश्‍वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।, काठमाडौं कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका-१ घर भएकी  ३१ वर्षीया विनिता परियार लगायत १६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।, अपार्टमेन्टमा कौडा खेलिरह...
सबिना श्रेष्ठ वीर - सबभन्दा पुरानो अस्पताल। काठमाडौंको दोस्रो पुरानो अस्पताल कुन होला?, वीर खुलेको २७ वर्षपछि बिक्रम संवत् १९७४ मा दोस्रो अस्पताल स्थापना भएको थियो। पहिलो अस्पताल आज पनि स्वास्थ्य सेवाको केन्द्रमा छ, दोस्रो भने गुमनाम।, आजभन्दा १०४ वर्षअघि स्थापना भएको अस्पताल हो, नरदेवीको आयुर्वेद चिकित्सालय।, त्यो सम...
सेतोपाटी संवाददाता भन्सार छलेर ल्याइएको १७ लाख बराबरको सामान प्रहरीले बरामद गरेको छ।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले बुधबार बिहान ४ बजे एउटा बलेरोबाट उक्त बराबरको सामान बरामद गरेको हो।, ओमसतिया गाउँपालिका-४ बालापुरबाट लु१ज ४०१२ नम्बरको बलेरो जिपबाट भन्सार छलेको सामान बरामद भएको रूपन्देहीका प्रहरी उप...
एजेन्सी भारतीय  *पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर बुधबार दुर्घटनामा परेको छ।, टाइम्स अफ इन्डियाका अनुसार रावत, उनका परिवारका सदस्यहरू र केही उच्च सैनिक अधिकारी चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिलनाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो।, रावत यसअघि भारतीय सेनाका प्रमुख थिए। उनीपछि मन...
युवराज श्रेष्ठ २१ फोक्सिङबाट बेसी दम्सादी बसाइँ सर्दा टीकाराम भण्डारी ७ वर्षका थिए। त्यतिबेला फोक्सिङ डाँडामाथिको गाउँ थियो, दम्सादी बेंसी।, बेंसीमा गाईभैंसीका गोठ थिए। खेतीपाती लगाउन र गाइभैंसी चराउन फोक्सिङका बासिन्दा दम्सादी झर्थे। पहाडमा रहेको फोक्सिङ गाउँका बासिन्दा विस्तारै फेदीमा रहेको दम्सादी बसाइँ सर्न थाले।,...
एजेन्सी पछिल्लो समय संसारभरि तरंग ल्याएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पहिलाका भेरियन्टभन्दा खतरनाक नभएको विज्ञहरूले बताएका छन्।, समाचार संस्था एएफपीसँग कुरा गर्दै  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का आपतकालीन परिस्थिति निर्देशक माइकल र्‍यानले अहिलेसम्मका डाटा हेर्दा ओमिक्रोन निकै संक्रामक भए पनि यो डेल्टा वा ...
सेतोपाटी संवाददाता एमालेनिकट युवा संघका भक्तपुर जिल्ला सदस्यको कुटपिट गरी हत्या भएको छ। , सूर्यविनायक-१ सिरूटार घर भएका ३३ वर्षीय राजन श्रेष्ठको मंगलबार राति हत्या भएको हो। , महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बालकोट बसीटोलस्थित हनुमन्ते खोलानजिकै रहेको खाली जग्गामा उनलाई अज्ञात व्यक्तिहरूले कुटपिट गरेका थिए। , गम...
रासस आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन्। , मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका-३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक-१ सिरुटार पुरानो घर भई सूर्यविनायक–३ बस्ने श्रेष...
भगवती पाण्डे नागरिकस्तरबाटै पटक/पटक दबाब सृजना भए पनि बुटवलको ६ लेन सडक निर्माणमा भने निर्माण कम्पनीले चासो दिएको छैन।, बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडकको निर्माणको जिम्मा लिएको द कञ्चनजंगा बिरूवा जेभी काठमाडौंले सडक निर्माणप्रति वेवास्ता गर्दै आएको छ।, २०७४ सा...
सेतोपाटी संवाददाता नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बुधबार २८० जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १२ हजार १७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार १६८ जनाको पिसिआर परीक्षण र ३००६ जनाको एन्टिजेन परीक्षण गरिए...
एजेन्सी बुधबार भारतीय सेनाका पूर्व प्रमुख चढेको वायु सेनाको एउटा हेलिकप्टर दुर्घटनामा परेको छ। तमिलनाडु राज्यको कुनुरमा दुर्घटनामा भएको हेलिकप्टरमा आगो लागेको थियो।, घटनास्थलमा पुगेका तमिलनाडुका वन मन्त्री रामचन्द्रनले हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको जानकारी दिएका छन्। तीमध्ये पाँच जनाको शव मिलेको र दुई जनाको ग...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १४६ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ संक्रमित छन्।, नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा १२ हजार १७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९...
रासस सरकारले सुदूरपश्चिमका ६ पहाडी जिल्लालाई बाढीपहिरो संकट क्षेत्र घोषणा गरेको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो। , सोही माग बमोजिम गृ...
एजेन्सी बुधबार भारतीय वायु सेनाको एउटा हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।, भारतीय सेनाका पूर्वप्रमुख विपिन रावत चढेको हेलिकप्टर तमिलनाडु राज्यको कुनुरमा दुर्घटना भएको थियो।, प्रेस ट्रस्ट अफ इन्डियाले हेलिकप्टरमा सवार १४ मध्ये १३ जनाको मृत्यु भएको बताएको छ।  दुर्घटनापछि हेलिकप्टरमा आगो लागेकाले शवहरू पहिच...
रोहित महतो सप्ताहव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवको मुख्य दिन बुधबार जनकपुरमा श्रद्धालुको जनसागर उर्लिएको छ।, नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका श्रद्धालुले जनकपुर खचाखच भरिएको छ। महोत्सव अन्तर्गत जानकी मन्दिर परिसरमा आज वैवाहिक कार्यक्रम हुनेछ।, पौराणिक मान्यता अनुसार राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगव...
सेतोपाटी संवाददाता नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ।, नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते र त्यसअघिका निर्णयका आधारमा गृहमन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई आन्तरिक सर्कुलर जारी गर्दै उच्च सावधानी अपनाउन भनिसकेको छ। सोही आधारमा जिल्ला जिल्ला...
सबिना श्रेष्ठ ललितपुर, मानभवनस्थित 'ब्रिटिस गुर्खाज' सँगै चारतले हरियो घरको तल्लो तलामा एउटा पुस्तकालय खुलेको छ- सानुको पुस्तकालय।, एक महिनाअघि सञ्चालनमा आएको यो पुस्तकालय एउटा परिवारले आफ्नी कान्छी सदस्यको नाममा खोलेको हो। ती कान्छी सदस्यलाई सबैले घरमा 'सानु' भनेर बोलाउँथे। उमेरले २६ वर्ष भए पनि उनी घरकी सबभन्दा सानी...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा (‘बुस्टर डोज’) दिने भएको छ।, राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने भएको हो।, समितिको सिफारिस र विश्व स्वास्थ...
सेतोपाटी संवाददाता नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको छ। , नेपालमा कसरी आइपुग्यो ओमिक्रोन?, स्वास्थ्य मन्त्रालयका अनुसार मंसिर ३ गते त्रिभुवन विमानस्थलमा आएका एक जना ६६ वर्षीय विदेशी नागरिक...
रासस भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रूपमा क्वारेन्टिनमा राखिने भएको छ।, भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएपछि बैतडीमा भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । , कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस...
राजेश घिमिरे भारतसँगको सीमा नजिकै रहेको एक गैंडालाई डार्ट गरेर (बेहोस बनाउने सुई लगाएर) चितवन फिर्ता ल्याइँदैछ। चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले नवलपरासीको त्रिवेणी पुगेर एक सिंगे गैंडालाई डार्ट गरेको थियो। , बाघ गणनामा खटिएका वन्यजन्तु चिकित्सक तथा प्राविधिक टोली गणनाको जिम्मा अरूलाई ल...
सेतोपाटी संवाददाता नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको छ। , पहिलो पटक बोत्स्वाना र दक्षिण अफ्रिकामा नोभेम्बर चौथो साता पत्ता लागेको ओमिक्रोनले संसारभरका वैज्ञानिक र जनस्वास्थ्य अधिकारीहरूको ...
सेतोपाटी संवाददाता सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने प्रतिबद्धता  छ। , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने प्रतिबद्धता जनाएका हुन्।, उनले त्यसका लागि ठोस प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रह समेत गरे।, मुस्लिम आयोगले तयार पारे...
रासस ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले वाङ्मय शताब्दी पुरूष संस्कृतिविद् सत्यमोहन जोशीका बारेमा तयार पारिएका तस्वीर, पुस्तक तथा पर्चा र चित्र आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पहल गरिने बताएकी छन्। , दुई वर्षअघि माघ १५ गते कोरिएका ४०० मध्ये ...
सविता बुढा कैलालीको लम्कीचुहाका भूपेन्द्र बडुवालको हत्या दुई समूहको रिसइबीका कारण भएको प्रहरीले निष्कर्ष निकालेको छ।, घटनाको अनुसन्धान रिपोर्ट सोमबार सार्वजनिक गर्दै कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले नदीजन्य पदार्थ र बन पैदावारको ठेक्कापट्टामा लागेका समूहको रिसइबीका कारण बडुवालको हत्या भएको देखिएको बताए।, प्...
सेतोपाटी संवाददाता नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २६५ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ६१७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ११४ जनाको पिसिआर परीक्षण र १५०३ जनाको एन्टिजेन परीक्षण गरिएको...
सेतोपाटी संवाददाता सीताराम विवाह पञ्चमी उत्सवले जनकपुरमा रौनक छाएको छ। जानकी मन्दिर दुलहीझैं सिंगारिएर झकिझकाउ बनाइएको छ। ३/४ दिनअघिदेखि नै नेपाल-भारतका विभिन्न ठाउँबाट आएका श्रद्धालुको चहलपहल बढेको छ। अधिकांश मठमन्दिर, धर्मशाला, होटल तथा लज भरिन थालेका छन्।, विवाह पञ्चमी महोत्सवका लागि नेपालका विभिन्न जिल्लासहित भारत...
सेतोपाटी संवाददाता सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेको पुष्टि गरेको थियो।, मंसिर ३ गते नेपाल आएका दुई जना विदेशी नागरिकमा ओमिक्रोन भेटिएको मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी गराएको हो। संक्रमण पुष्टि भएका दुबै जनाको स्वास्थ्य ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ११२ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९, ललितपुरमा २३ र भक्तपुरमा १० संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा १६२६ सक्रिय संक्रमित छन्। जसमध्ये  काठमाडौंमा ५९८, ललितपुरमा ५५३ र भक्तपुरमा ४७५ सक्रिय संक्रमित छन्।, नेपालमा थप २६५ जनामा कोरोन...
सेतोपाटी संवाददाता प्युठानमा टिपरले अटोलाई ठक्कर दिँदा बाबु-छोराको घटनास्थलमै मृत्यु भएको छ भने थप तीन जना घाइते छन्। , जिल्लाको प्युठान नगरपालिका वडा नं. ३ घुर्चनेका ४२ वर्षीय अमृत लाल थापा र उनका ५ वर्षीय छोरा सुशान्त थापाको घटनास्थलमै मृत्यु भएको हो। , जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार दुर्घटनामा...
सेतोपाटी संवाददाता नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि गरेको हो।, ओमिक्रोनको फैलिने दर निकै बढी भएकाले यसले संक्रमण धेरै बढ्ने र अहिलेका खोपहरूले काम गर्दैनन् कि भन्ने चिन्ता छ। विश्व स्वास्थ्य संगठनले ओम...
सेतोपाटी संवाददाता ललितपुरको कुपण्डोलमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। , रामेछाप मन्थली नगरपालिका वडा नम्बर १२ गेलु घर भई ललितपुर महानगरपालिका वडा नम्बर १० कुपण्डोलमा डेराकोठा गरी बस्ने ३५ वर्षीय जानुका भुजेलको हत्या भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जन...
सेतोपाटी संवाददाता गुण्डागर्दी गरेको आरोपमा काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।, काठमाडौंको सुकेधारा बस्ने ४० वर्षीय मिलन जोशी र बालुवाटार बस्ने ३५ वर्षीय रवीन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। , उनीहरूले युन...
नारायण खड्का रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ रातमाटामा जन्ती बोकेको बस दुर्घटनामा परेको छ।, बाफीकोट गाउँपालिका २ दुई पिपलबाट दुलही लिएर रूकुमको मुसिकोट घिमानेतर्फ जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस सडकबाट १०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी निरीक्षक डेकेन्द्र शर्माले सेतोपाटीलाई जानकारी दिए।, दुर्घटना...
सेतोपाटी संवाददाता बिइङ ह्युमनले कपडा पसलका म्यानेजर पक्राउ परेपछि स्रोत नखुलेको भनिएको रकम जग्गा किन्न ऋण लिएको र आम्दानी भएको प्रष्ट्याएको छ।, सोमबार एक विज्ञप्ति जारी गर्दै नखुलेको भनिएको साढे ६९ लाख नगद जग्गा किन्नको लागि सहकारीबाट ऋण लिएको र पसलको व्यापारबाट आर्जित रकमलाई स्रोत नखुलेको भन्दै प्रहरीले नियन्त्रणमा ...
सेतोपाटी संवाददाता बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।, सोमबार साँझ पाटन नगरपालिका–१ साकारमा पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप दुर्घटनामा परेको हो। , मृत्यु हुनेमा २४ वर्षीय प्रेम चुनारा, २० वर्षीया मनिषा विक छन्। यस्तै पाटन नगरपालिका–१ का १६ वर्षीय विनोद भट्टराई र ७२ वर्षीया रमा भ...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले बारा करैयामाई गाउँपालिका-७ को यादव बिजनेस ट्रेड लिंकका प्रोप्राइटर सोनालाप्रसाद यादवसहित पाँच जनाविरूद्ध मुद्दा दायर गरेको छ।, झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा लिंकका प्रोप्राइटरविरूद्ध १२ करोड २० लाख ६१ हजार २३३ रूपैयाँ बिगो माग्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरे...