content
stringlengths
20
64.1k
शेरबहादुर सिंह/रासस गत महिना आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवर गाउँ पूरै डुबानमा पर्‍यो। महाकाली र जोगबुढा नदी उर्लिंदा रातारात प्रहरी प्रशासनले स्थानीयको उद्धार गरे। , सिंगो गाउँ बाढीका कारण विस्थापित बन्यो। अहिले अवस्था सामान्य बन्दै गए पनि कुतियाकवर गाउँ बगरमा परिणत हुँदा स्थानीयबासी चिन्तित छन्।, 'भारतसित सीमा जोडिएको कुतियाकवरमा ४२ परिवार छन्', दोधारा चाँदनी नगरपालिका-१० का वडाध्यक्ष नरबहादुर सुनारले भने, 'ती सबै परिवारको कमाइखाने खेत बालुवाले पुरिएको छ।', बस्तीको खेतीयोग्य जमिन बालुवाले पुरिँदा किसान खेतबारी लगाउन नसक्ने अवस्थामा पुगेका वडाध्यक्ष सुनारको भनाइ छ।, उनले बाढीका बेला महाकाली नदीले बगाएर ल्याएका रूख, दाउरा पनि गाउँमा थुपारिएको बताए।, 'महाकाली र जोगबुढाको दोसाध हुनाले कुतियाकवरमा बढी क्षति भयो', सुनारले भने,'बाढीका बेला मेरो वडामा मात्रै ९०० परिवार प्रभावित बनेका थिए।', उनले खेतमा थुपरिएको बालुवा हटाउन नगरपालिकाले समन्वय गर्ने बताए।, बाढीपीडितलाई तत्कालको राहतस्वरूप नगरपालिका र दातृ निकायबाट खाद्य सामग्री वितरण गरिएको उनको भनाइ छ।, दोधारा चाँदनीकै भौगोलिकरूपले विकट मानिने कुतियाकवरका स्थानीय खेतीपाती र भारतीय सीमावर्ती बजारमा ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका छन्।, स्थानीयबासीले सरकारले उपलब्ध गराउने भनेको राहत अझै पाउन नसेकोप्रति दुखेसो पोखेका छन्।, 'राहत आउँदै गर्थ्यो, बरू डोजर पठाएर खेतको बालुवा हटाइ दिए हुन्थ्यो', स्थानीय टेकबहादुर सुनारले भने, 'गरिखाने खेतमा बालुवा भरियो, अब कसरी जीविका चलाउने ?', उनले बालुवा हटाउन स्थानीय पालिकालाई आग्रह गरे पनि सुनुवाइ नभएको बताए।, अन्नबाली बाढीले बगाउँदा स्थानीयलाई छाक टार्न समस्या भएको सुनारको भनाइ छ।, त्यसैगरी अर्का स्थानीय सुष्मा सुनारले हरेक वर्ष जोगबुढा नदीले समस्या दिने गरेको दुखेसो पोखे।, 'बर्सातमा गाउँका झुपडी सुरक्षित रहँदैनन्', उनले भने,'गरिब त्यहीमाथि दलितको बस्तीलाई कसैले वास्ता गरेनन्।', दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले बाढीका बेला तत्काल खाद्यान्न लगायतका राहत वितरण गरिएको बताए।, 'विभिन्न संघ/संस्थाले पीडितलाई त्यो बेला सहयोग गरे', उनले भने,'पीडितको लगत संकलन गरेर केन्द्रमा पठाएका छौं, सरकारले सहयोग गर्ने आश्वासन दिएको छ।', गरिखाने खेत बगर बन्दा...
सेतोपाटी संवाददाता प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो वस्तुसहित चार जनालाई पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा  पाल्पा माथागढी- ५ सत्यवती बस्ने २० वर्षीय विशाल सुनारी, पाल्पा तानसेन नगरपालिका वडा-१० गाबुडाँडा बस्ने ३२ वर्षीय टोपबहादुर राना, रौतहट चन्द्र निगाहापुर नगरपालिका- ५ मंगलपुर दोभानटोल बस्ने २९ वर्षीय धनबहादुर विश्वकर्मा र रौतहट चन्द्र निगाहापुर नगरपालिका- ५ मंगलपुर दोभानटोल बस्ने २९ वर्षीय धनबहादुर विश्वकर्मा छन्।, काठमाडौं-१५ चमती क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  , उनीहरूलाई कानुनी कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौं पठाइएको प्रहरीले बताएको छ।, काठमाडौंको चमतीबाट भालुको पित्तजस्तो देखिने वस्तुसहित चार पक्राउ
सबिना श्रेष्ठ सन् १८३५ मा सर रोल्यान्ड हिलले पहिलो हुलाक टिकट आविष्कार गरे। रानी भिक्टोरियाको अनुहार अंकित उक्त टिकट सन् १८४० मा मात्र प्रकाशन भयो। नेपालमा भने त्यसको चार दशकपछि अर्थात् सन् १८८१ मा बल्ल हुलाक टिकट छापिन थाल्यो।, नेपालको पहिलो हुलाक तीन वटा सेटमा प्रकाशन भएको थियो। बेलायती कागजमा प्रिन्ट भएको त्यो टिकटमा हरियो, बैजनी र गुलाबी रङको एकै प्रकारको तीन वटा सेट थियो। तत्कालीन समयमा ती टिकटको मूल्य एक आना, दुई आना र चार आना तोकिएको थियो। चार वर्षपछि नेपाली कागजमा तिनै हुलाक टिकट पुनः छापियो।, सन् १८८१ देखि सन् २०२१ सम्म (विक्रम सम्वत् १९३८ देखि २०७८ सम्म) का, अर्थात् १५० वर्षका हुलाक टिकटको संकलन एवं विवरण भएको किताब 'द हिस्ट्री अफ नेप्लिज पोस्टेज स्ट्याम्पस्' सार्वजनिक भएको छ। यो किताब लेखक तथा संकलकद्वय भुवनेशकुमार प्रधान र केदारप्रसाद प्रधानले लेखेका हुन्।, पुस्तकमा राजपरिवारका सदस्य, सहिद, साहित्यकार, राजनीतिज्ञ लगायतका व्यक्तित्व, जीवजन्तु र वनस्पति, हिमालहरू, सांस्कृतिक सम्पदा लगायत विविध सामाजिक, राजनैतिक, जैविक, आर्थिक, सांस्कृतिक लगायत सबै विधा समेटिएका १ हजार तीन सय १७ टिकटको विवरणसहित समेटिएको छ। यसमा नेपाली मिति र इश्वी सम्वत् दुवै उल्लेख छ।, ८६ वर्षीय भुवनेशकुमारका बुवालाई टिकट संकलनको रूचि थियो। त्यही रूचि अगाडि बढाउँदै उनले १६ वर्षको उमेरदेखि टिकट संकलन गरे। सौखका रूपमा उनले ७० वर्षसम्म यो काम गरे। त्यसक्रममा नेपालको मात्र नभई अमेरिका, बेलायत, संयुक्त राष्ट्र संघ र विश्व हुलाक संघका टिकट समेत संकलन गरेका छन्।, उनका अनुसार विश्व हुलाक संघको सदस्य नभएसम्म पोस्ट स्ट्याम्पहरू निकाल्न पाइन्न। र त्यसको सदस्य हुनुअघि संयुक्त राष्ट्र संघको सदस्य हुनुपर्छ।, 'नभए हाम्रो चिठीमा भारतको टिकट टाँसिन्थ्यो। त्यसका लागि लैनचौर गएर भारतीय टिकट टाँस्नुपर्थ्यो,' उनले भने।, संस्कृतिविद सत्यमोहन जोशी आफ्नो देशमा अरू देशको टिकट टाँस्नुपर्दाका दिनलाई एउटा नराम्रो कालखण्डका रूपमा सम्झन्छन्। त्यस समयमा चार पैसे, आठ पैसे लगायत टिकट त थिए तर त्यो नेपालमा मात्र चल्थ्यो। बाहिर चल्दैनथ्यो। आफ्नो देशमा अर्काको टिकट टाँस्नुपर्दा 'हाम्रो सार्वभौमिकता कहाँ छ?' भन्ने सधैं लाग्थ्यो उनलाई।, त्यसैले जोशी भन्छन्, 'टिकट इतिहास मात्र होइन। सार्वभौमिकता र इज्जतको कुरा पनि हो। यसले हामीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चिनाउँछ।', धेरैजसो व्यक्तित्वले मृत्युपछि सम्मान पाउँछन्। उनीहरूको अनुहार अंकित टिकट पनि पछि नै बन्छ। तर ललितपुर महानगरपालिकाले जोशीको सयौं वर्षको अवसरमा उनलाई रथारोहण गराउनुका साथै उनको अनुहार अंकित मुद्रा र टिकट सार्वजनिक गरेको थियो। , सानैदेखि मुद्रा र स्ट्याम्पको धेरैथोरै संकलनमा रूचि राख्ने जोशीलाई त्यो सम्मानले झनै हौस्याएको बताउँदै भने, 'मेरो सानोतिनो संकलन थियो। त्यो सम्मान पाएपछि मैले लोक साहित्य भवनमा पाँचौं शताब्दीदेखिका मुद्रा संकलन गरेर राखिदिएको छु। टिकटको पनि केही नमूना छ।', किताब 'द हिस्ट्री अफ नेप्लिज पोस्टेज स्ट्याम्पस्' का अर्का संकलक एवं सम्पादक केदारप्रसाद प्रधान नेपाली हुलाक टिकटमा जंगबहादुर राणाको ठूलो योगदान भएको सम्झन्छन्। जंगबहादुर बेलायत जाँदा टिकट चलन देखेका रहेछन्। अनि नेपालमा पनि टिकट छाप्ने मनसायले यो काम सुरू गरे।, जंगबहादुरले त्यतिबेलै बेलायतबाट गिद्दको चित्र अंकित 'गिद्दे प्रेस' उपहारमा ल्याएका थिए। त्यो गोरखापत्र छाप्न प्रयोग गरिएको थियो। त्यही प्रेसबाट हुलाक टिकट छापिएको थियो।, त्यसरी छापिएका टिकटमा सुरूमा 'गोरखा' लेखिएको थियो। सन् १९३० देखि भने 'नेपाल सरकार' लेख्न थालियो। पछि फेरि 'श्री ५ को सरकार' लेखियो।, केदारप्रसादले टिकट संकलन गर्न थालेको २०२३ सालदेखि हो। हाल ७४ वर्षीय उनले दार्जिलिङमा पढ्दाताका पहिलो टिकट किनेका थिए। त्यति बेला जवाहरलाल नेहरूको निधनपछि टिकट निस्किएको रहेछ। स्कुल अगाडिको हुलाक कार्यालयमा लामो लाइन थियो। उनी पनि 'के होला!' भन्दै लाइनमा मिसिए।, 'त्यहाँ १५ पैसा पर्ने टिकट बेचिरहेको रहेछ। मैले अनजानमै किनेँ। पछि संकलन गर्न रमाइलो लाग्न थाल्यो,' उनले भने, 'बनारसमा मेरो एउटा साथी थियो। उसलाई पनि म नेपालको टिकट पठाउँथे। बदलामा उसले त्यहाँको टिकट मलाई पठाउँथ्यो।', २०६६ सालमा काठमाडौं आएका उनले भोटाहिटी जाने बाटोमा रहेको हुलाकबाट रामसीता अंकित टिकट किने। पछि उनी नेपाल फिलाटेलिक सोसाइटीमा पनि आबद्ध भए। दुई सयभन्दा बढी सदस्य भएको उक्त सोसाइटीका पूर्व अध्यक्ष पनि रहेका उनको संकलक भुवनेशसँग त्यहीँ भेट भएको हो। पछि उनीहरूले संयुक्त किताब निकाल्ने योजना बनाए।, किताब निकाल्ने योजनामा १४ वर्ष खटेपछि बल्ल सम्भव भएको उनी बताउँछन्। , 'लेख्दै सच्याउँदै गयौं। कतिपय व्यक्तित्वको साँचो नाम, जन्ममिति खोज्नै समय लाग्यो। हुलाक विभागले पनि ठ्याक्कै मिति नराखेकाले एकप्रकारको अनुसन्धान नै गर्नुपर्‍यो,' उनले भने, 'अझै पनि नमिलेका कति कुरा होलान्। कसैले पढेर भन्नुभयो भने अर्को संस्करणमा सच्याउने छौं।', केदारका अनुसार नेपालको पहिलो टिकटको मूल्य अहिले १७/१८ हजारसम्म पुगिसक्यो। महत्वपूर्ण टिकटहरू महँगो हुने भन्दै उनले रानी एलिजावेथद्वारा संकलित एउटा टिकटको ६–७ करोड पनि भएको जानकारी दिए।, 'साना केटाकेटीहरू धेरैले आफ्नो रूचिका रूपमा टिकट संकलन गर्छन्। तर संकलन गर्ने उचित ज्ञान र शिक्षा नहुँदा निरन्तरता दिँदैनन्। यसको महत्व विश्व बजारमा धेरै छ भनेर स्कुलहरूमै जानकारी दिइनुपर्छ,' उनले भने।, संकलकद्वय केदारप्रसार र भुवनेशले हुलाकमा कलात्मक काम गर्ने स्वर्गीय कलाकारहरू उत्तम नेपाली, एस.डि. अशान्त, मोहन नरसिंह र हाल हुलाक सेवा विभागमा काम गरिरहेकी कलाकार पूर्णकला लिम्बूलाई स्मरण पनि गरे।, विभागकी महानिर्देशक इन्दु घिमिरेका अनुसार हेर्दा कागजको टुक्राजस्तो लागे पनि टिकटको महत्व धेरै छ। देशको भूगोल, साहित्य, धरोहर, इतिहास लगायत कुरा टिकटले बताउनु त छँदैछ, यसले विभिन्न विवादमा प्रमाणका रूपमा काम गर्ने पनि उनले बताइन्।, 'यो किताबभित्रका पाना भविष्यका प्रमाण हुन्। यो किताब ऐतिहासिक दस्ताबेज हो,' उनले भनिन्, 'यो काम खासमा नेपाल सरकारले गर्नुपर्ने काम हो। उहाँहरूले यस्तो महत्वपूर्ण किताब निकालेर आउने पुस्तालाई सजिलो बनाइदिनुभएको छ।', जंगबहादुरले ल्याएको 'गिद्दे प्रेस' बाट छापिएको थियो पहिलो हुलाक टिकट
सेतोपाटी संवाददाता बुटवलमा आफ्नै श्रीमानको खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ।, रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ बाँसगढीकी खुमा घर्तीको भने उनकै श्रीमानले हत्या गरेका हुन्।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बुटवल ११ स्थित आफ्नै दिदी गोमा थापाको घरमा आएकी ३६ वर्षीय खुमाको उनकै श्रीमान ३८ वर्षीय सुकुम भन्ने सन्तबहादुर घर्तीले हत्या गरेको जानकारी दिए।, सन्तबहादुरले शुक्रबार बिहान साढे ११ बजेतिर दिदीको घरमा आएकी खुमाको घाँटीमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए।, खुकुरी प्रहारबाट गम्भीर घाइते खुमालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिए पनि मध्यान्ह साढे १२ बजेतिर मृत्यु भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।, श्रीमतीमाथि खुकुरी प्रहार गरेपछि उनका श्रीमान सन्तबहादुर फरार छन्। फरार रहेका सन्तबहादुरको खोजी भइरहेको पौडेलले बताए।, श्रीमानले गरे श्रीमतीको हत्या
सेतोपाटी संवाददाता नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २५९ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ४७२ जनाको पिसिआर परीक्षण र ४०१५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ५ हजार ९९७ जना सक्रिय संक्रमित छन्।, ३३७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.९ प्रतिशत छ।, यसको संक्रमणबाट ३ को मृत्यु भएको छ।  , काठमाडौं उपत्यकामा १२८ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९, ललितपुरमा ४२ र भक्तपुरमा ७ संक्रमित छन्।, संक्रमितभन्दा निको हुनेको संख्या बढी
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १२८ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९, ललितपुरमा ४२ र भक्तपुरमा ७ संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा १७०९ सक्रिय संक्रमित छन्। जसमध्ये  काठमाडौंमा ६२८, ललितपुरमा ५९८ र भक्तपुरमा ४८३ सक्रिय संक्रमित छन्।, नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा १० हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ४७२ जनाको पिसिआर परीक्षण र ४०१५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ५ हजार ९९७ जना सक्रिय संक्रमित छन्।, ३३७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.९ प्रतिशत छ।, यसको संक्रमणबाट ३ को मृत्यु भएको छ।  , काठमाडौं उपत्यकामा थपिए १२८ संक्रमित, सक्रिय १७०९
सेतोपाटी संवाददाता श्रीमतीको हत्या गरी फरार रहेका रूपन्देहीको सैनामैनाका सुकुम भन्ने सन्तबहादुर घर्ती आफैं प्रहरी कार्यालय पुगेका छन्।, घर्तीले शुक्रबार बिहान आफ्नै श्रीमती ३६ वर्षीय खुमा घर्तीको खुकुरी प्रहार गरी हत्या गरेका थिए।, सैनामैना ८ बाँसगढीमा घर भएकी खुमा शुक्रबार बुटवल-११ स्थित दिदी गोमा थापाको घरमा आएकी थिइन्। दिदीको घरमा बसेको बेला सन्तबहादुरले खुमाको घाँटीमा खुकुरी प्रहार गरेका थिए।, बिहान साढे ११ बजेतिर खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी खुमाको उपचारको क्रममा मध्यान्ह साढे १२ बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।, श्रीमतीलाई खुकुरी प्रहार गरी तत्काल फरार रहेका सन्तबहादुर दिउँसो तीन बजेतिर आफैं इलाका प्रहरी कार्यालय बुटवल पुगेका हुन्।, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले आफूहरूले खोजी गरेको थाहा पाएपछि सन्तबहादुर आफैं प्रहरी कार्यालय पुगेको बताए।, ‘हामीले खोजी गरिरहेका थियौं, दिउँसो उनी आफैं श्रीमतीको हत्या गरें भन्दै हाम्रो सम्पर्कमा आएका छन्,’ केसीले भने।, केसीका अनुसार श्रीमतीको हत्या आफैंले स्वीकार गरेका सन्तबहादुर सामान्य अवस्थामा देखिएको र उनको स्वास्थ्य परीक्षण गर्ने तयारी भएको छ। , आफैंले हत्या स्वीकार गरेका सन्तबहादुरले हत्या किन र के कारणले गरेको भन्ने प्रहरीसामु बताएका छैनन्।,  , श्रीमतीको हत्या गरी आफैं प्रहरीकहाँ पुगे श्रीमान
डाक्टर रोशनी उलक सामान्यतयाः गर्भाधारण भइसकेपछि मात्रै अस्पताल आउने हाम्रो पुरानै चलन छ। गर्भाधारणभन्दा पहिला स्वास्थ्य परीक्षण गराएर जोखिम छ कि छैन, भन्ने कमै मात्रामा गरिन्छ। तर  विस्तारै यसबारे चेतना बढ्दैछ।, गर्भाधारण गर्नुभन्दा पहिला महिला पुरूष दुवै स्वस्थ्य हुनपर्छ। दुवैजना स्वस्थ्य भए मात्रै स्वस्थ्य बच्चा जन्मने हो। जस्तै, पहिला कुनै रोगहरू छ भने त्यसलाई कम गराएर मात्रै गर्भाधारणको योजना बनाउनुपर्छ।, धेरै महिलाले ३० वर्षपछि योजना बनाएका हुन्छन्। त्यो बेलासम्म कतिपयलाई थाइराइड, हाइपरटेन्सन सुरू भएको हुन्छ। त्यस्तो हुँदैमा योजना बनाउन हुँदैन भन्ने होइन। त्यसलाई कम गराएर गर्न सकिन्छ।, ३० वर्ष कटेपछि प्रजनन क्षमता घट्दै जान्छ। यसो भन्दैमा आत्तिनुपर्दैन। तर पहिला स्वास्थ्य परीक्षण गरेर योजना बनाउँदा राम्रो हुन्छ।, बच्चा जन्माउने योजना बनाउनुभन्दा पहिला स्वास्थ्य परीक्षण गराएमा के कस्ता जोखिम छन् भनेर थाहा पाउने भएकाले त्यसलाई कम गर्न सकिन्छ भन्ने हो। नेपालको सन्दर्भमा गर्भाधारण कुनै योजना अन्तर्गत हुँदैन। धेरै गर्भाधारण आकस्मिक नै हुन्छ। , बिहेको लागि, परीक्षाको लागि योजना बनाएजस्तै गर्भाधारणको लागि योजना बनाइँदैन। बच्चा राख्नुभन्दा तीन महिना पहिला चिकित्सककहाँ जानुपर्छ। त्यस्तो भएमा चिकित्सकले शारीरिक अवस्था र तौल अनुसारको औषधि दिनसक्छ। त्यसले  बच्चा रहनको लागि सहयोग गर्छ।, गर्भाधारण गर्नुभन्दा पहिलाको स्वास्थ्य परीक्षण र तयारीबारे हामीले अल्का अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. रोशनी उलकसँग भिडिओ कुराकानी गरेका छौं हेर्नुहोस्।, ३० वर्ष कटेपछि प्रजनन् क्षमता घट्छ भन्दैमा आत्तिनु पर्दैन (भिडिओ)
सेतोपाटी संवाददाता ट्याक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा बेलबारी नगरपालिका-८ का२९ वर्षीय डम्बर थापा रहेका छन्।, शुक्रबार बेलुका ७ बजे रोकिराखेको प्र १-०२-००३ त ०३८० नम्बरको ट्याक्टरमा को५प ५९५९ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।, दुर्घटना हुँदा घाइते भएका थापाको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।, मोटरसाइकल पछाडि सवार सोही स्थानका २६ वर्षीय राजन पराजुली समेत घाइते छन्।, रोकिराखेको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
सेतोपाटी संवाददाता कैलालीमा एक महिला कोठामा झुण्डिएको अवस्था मृत फेला परेपछि श्रीमान र ससुरा पक्राउ परेका छन्। , शुक्रबार बिहान घोडाघोडी नगरपालिका-९ रामशिखरझालाकी २२ वर्षीय झरना विक सुत्ने कोठामा घाँटीमा पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन्।, घटनापछि मृतक महिलाका माइती पक्षले श्रीमान  र ससुराविरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दा प्रहरीमा दर्ता गराएका थिए।, त्यसपश्चात्  श्रीमान राजेश विक र ससुरा जगतबहादुर विकलाई पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेतप्रकाश जोशीले जानकारी दिए।, कोठाभित्रै श्रीमती मृत फेला परेपछि श्रीमान र ससुरा पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ।, आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ। शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो। , न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ। ,     , आगामी साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (कुण्ड) का कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ। , मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री र अधिकतम तापक्रम २० दशमलव सात डिग्री सेल्सियस छ।, त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव सात डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस रहेको छ। , देशभर चिसो बढ्यो
रासस जङ्गली भालुको आक्रमणबाट बैतडीमा दुई जना गम्भीर घाइते भएका छन्।, घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द छन्।, शनिबार दिउँसो घर नजिकैको जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले बताए।, घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।, भालुको आक्रमणबाट दुई घाइते
रमेश गिरी ऐतिहासिक सम्पदाले परिपूर्ण परम्परागत शैलीमा निर्माण भएको मध्यपुरथिमिको दुई पोखरी अर्थात् निगु पुखुः बत्तीको झिलीमिली चम्किएको थियो। साँझ ढल्दै जाँदा दुई पोखरीको चौघेराभित्र चम्किएका बत्तीले थप आकर्षक बनाइरहेको थियो । , पोखरीको पूर्वपट्टिको आली अर्थात् डिलमा बनेका मञ्चमा तबला, हारमुनियम, तानपुरा, इशराज, पखवाजलगायतका बाजा गुञ्जिरहेको थियो। चम्किएको बत्तीले दुई पोखरीभित्र मध्यपुरथिमिमै पहिलोपटक आयोजना गरिएको खुला सन्ध्याकालीन शास्त्रीय तथा भक्ति सङ्गीत कार्यक्रमले लाग्थ्यो सिङ्गो मध्यपुरथिमि गुञ्जयमान बनिरहेको छ। , मध्यपुरथिमि नगरपालिकाको सहकार्य तथा मध्यपुर सङ्गीतप्रेमी समाजले मध्यपुरथिमिका दुईपोखरीमा शनिबार साँझ आयोजना गरेको ‘सन्ध्याकालीन शास्त्रीय तथा भक्ति सङ्गीत कार्यक्रमले’ मा बजेका सङ्गीतको धुनलाई मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, मध्यपुरकै वरिष्ठ कलाकर्मी, सङ्गीतकर्मी, स्थानीयवासीले पोखरीको वरिपरि डिलमा बसेर मन्त्रमुग्ध भएर सुनिरहेका थिए।, शास्त्रीय तथा भक्ति सङ्गीतको संरक्षण एवं जगेर्ना गर्ने, यहाँका नयाँ पुस्तालाई यसप्रति जागरुक बनाउने, मध्यपुरथिमिभित्र रहेका विभिन्न लय र भावका दाफा भजनको संरक्षण गर्ने उद्देश्यका साथ ऐतिहासिक सम्पदामा आयोजना गरेको कार्यक्रमले मध्यपुरथिमि कला, संस्कृति, सम्पदाले मात्रै नभई सङ्गीतले पनि परिपूर्ण छ भन्ने पुष्टि गरेको नगर प्रमुख श्रेष्ठले बताए।, दुई पोखरीमात्रै नभई शङ्खधर चोकस्थित शङ्खधर पार्क, बालकुमारी, निगु पुखुः, नगदेश, बोडेबाट कुमारी पार्कसम्म अहिले गीत, सङ्गीतदेखि विभिन्न कार्यक्रम गर्ने आकर्षक थलो बनेको, विभिन्न फिल्म तथा म्युजिक भिडियो निर्माणको केन्द्र बनेको जनाउँदै उनले आन्तरिक पर्यटनको विकासमा यो चार वर्षका अवधिमा ठूलो फ्ड्को मार्न सफल भएको बताए।, ‘यहाँका बासिन्दाले देखिरहनुभएको छ, चार वर्ष अगाडि मध्यपुर कस्तो थियो, यहाँका सम्पदा कहाँ र कस्ता थिए, आज कस्तो भएको छ, भित्री गल्ली–गल्ली र टोल–टोलमा रहेका मूर्त तथा अमूर्त कला संस्कृतिको संरक्षण, भित्री तथा बाहिरी सडक, ढल, खानेपानीका समस्या समाधान गर्दै मध्यपुरथिमिको पहिचान बदल्न सफल भएको छु, भन्ने लाग्छ,’ उनले भने।, ‘पानी चुहिने जीर्ण २५ वटा पाटी आज सुन्दर स्वरुपमा परिणत मात्रै भएका छैनन्, हरेक साँझ दाफा भजनले गुञ्जयमान हुन थालेका छन्, पुरिएका जीर्ण इनार, झारले छोपिएका ऐतिहासिक ढुङ्गे धारा, पुररिएका र खेलमैदान भएका पोखरीले पुनःजीवन पाएका छन्, फोहर फाल्ने पाखो सुन्दर उद्यानमा परिणत भएका छन्, वर्षौं बन्द भएका ऐतिहासिक नाच एवं पर्व जीवित भएका छन्, मन्दिरबाट बिहारसम्म, पाटीबाट दरबारसम्म बलिया भएर उठेका छन्, जनप्रतिनिधि भएर आएपछि त्यहीँ नै हाम्रो सफलता हो’, उनले भने।, कार्यक्रममा शास्त्रीय गायनतर्फ निर्जल डङ्गोल, आर्जन डङ्गोल र निमेश कपालीको संयुक्त तबला बादन, श्री केसीको गायन, इशरान बाजामा सन्तोषभक्त श्रेष्ठ, परवाज बाजामा मिलेष तन्डुकार र तानपुरामा सुनिल शाहीले शास्त्रीय सङ्गीत प्रस्तुत गरेका थिए। त्यस्तै मध्यपुरथिमिका स्थानीय १२ वटा समूहले विभिन्न १२ वटा भक्तिसङ्गीत तथा तीनवटा शास्त्रीय सङ्गीत प्रस्तुत गरेका थिए। , मध्यपुर सङ्गीतप्रेमी समाजका अध्यक्ष हरिसुन्दर लाखे श्रेष्ठले यहाँको सङ्गीतलाई जगेर्ना गर्न र यहाँका गाउने तरिकाका बारेमा जानकारी गराउन कार्यक्रमको आयोजना गरेको बताए। यहाँका दाफा भजनमा पुरानो पुस्ता, नयाँ पुस्तादेखि महिलासम्मको उत्तिकै लगाब र सहभागिता रहने गरेको बताउँदै उनले यसको विकास र संरक्षणका लागि पहिलोपटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए। ,रासस, साँझ ढल्दै जाँदा ...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन। प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ।, सो क्रममा हालैमात्र दुबईबाट काठमाडौं आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्र्याएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। भारत घर भएका ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रूपमा काठमाडौं ल्याएको ९०५ ग्राम अर्धठोस सुनसहित पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो। उनीसँगको सोधपुछको आधारमा अन्य एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ।, अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा उनको गतिविधि शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि अस्पताल लैजाने क्रममा उनको मलद्वारनजिक कालो रङको चिल्लो रबर जस्तो देखिने वस्तुले बेरेको अवस्थामा उक्त सुन फेला परेको थियो।, प्रारम्भिक सोधपुछको क्रममा उक्त सुन ल्याउन भारतीय नागरिक ३५ वर्षीय कादर इब्राहिमको सङ्लग्नता रहेको खुल्न आएपछि उनलाई समेत पक्राउ गरी कारबाही थालिएको छ।, यसैगरी, जजिरा एयरको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौँ आएका भारतीय नागरिक ५० वर्षीय सिराज मदापाट बापुट्टेलाई भन्सार छली अवैध रूपमा ल्याएको ३४९ ग्राम सुनसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुण एयरलाइन्सद्वारा सिमरा जाने क्रममा उनले बोकेको झोला एक्स-रे जाँच गर्दा उक्त धातु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई बरामद धातुसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस, मलद्वारमा लुकाएर सुन तस्करी, तीन पक्राउ
युवराज श्रेष्ठ विश्वकीर्तिमानी आरोही कामिरिता शेर्पा पहिलो पटक सगरमाथा चढ्दा २४ वर्षका थिए। त्यति बेला उनले सगरमाथा बेस क्याम्पमै हिउँ पगालेर पानी खाएका थिए।, अहिले उनी ५१ वर्षका लागे।, गत वैशाखमा २५ औं पटक सगरमाथाको स्वरूप फेरिएको देखे। अहिले सगरमाथा बेसक्याम्पमा मात्र होइन, क्याम्प २ मा पनि खोला जस्तो पानी बगिरहेको देखे।, त्यहीँ बगेको पानी आफूले खाएको कामिरिताले बताए।, ‘अहिले त हिमनदी बनेका छन्, हिउँ पग्लेर खोला जस्तो बग्छ,’ उनले भने, ‘आधा हिमाल त कालापत्थर भइसके, आधा भागसम्म रक माउण्टेन चढेजस्तो हुन्छ।’, हिमालमा हिउँ घटिरहेको उनले आरोहणपिच्छे देखेका छन्। अघिल्लो पटक जाँदा जमिरहेको हिउँ अर्को वर्षको त्यही सिजनमा पग्लेर बगिरहेको उनले देखेका छन्।, हिमाल तीव्र गतिमा पग्लिरहँदा शेर्पा पनि पलायन भइरहेको कामिरिताले बताए।, हिउँ पग्लेर नभई पर्वतारोहणमा सरकारको उदासीपनले शेर्पा विदेश पलायन हुन परेको उनको निष्कर्ष छ।, आफूभन्दा पछाडि आरोहणमा लागेका युवाहरू पनि विदेश पलायन भएको कामिरिताले देखेका छन्। तर उनलाई नेपालमै केही गर्न सकिन्छ भन्ने आशा अहिले पनि लाग्छ। त्यहीँ भएर अमेरिकादेखि युरोपियन देशहरू पुगिसकेका कामिरिता देशमै फर्कन्छन्।, ‘नेपालमा हिमाल छ, यहींँ आरोहण गर्न सकिन्छ,’ कामिरिताले भने, सरकारले अलिकति बुझिदियो भने संसारमै सबैभन्दा धेरै हिमाली गतिविधि नेपालमै गर्न सकिन्छ।’, सर्वोच्च शिखर सगरमाथा २५ पटक आरोहण गरेर कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने आरोहीको कीर्तिमान राखेका छन्।, उनले विश्वकै खतरनाक ठानिएको पाकिस्तानको माउन्ट केटु, तिब्बतको छोयु हिमाल ८ पटक, मनास्लु ३ पटक र ल्होत्से हिमाल एक पटक आरोहण गरिसके।, सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमाल ३८ पटक आरोहण गरेर कामिरिताले अर्को पनि कीर्तिमानी राखेका छन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई यसको प्रमाणपत्र दिएको छ। विश्व कीर्तिमानी आरोही भएकाले पनि नेपालमै बसेर आरोहणको क्षेत्रमा काम गर्न मन लागेको उनले बताए। तर कुनै पनि सरकारले उनलाई साथ दिएको छैन।, कामिरिताले शनिबार पोखरामा पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई पनि त्यही कुरा बताए।, अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्राहालयमा आयोजित कार्यक्रमा उनीहरूको भेट भएको थियो।, ‘नेपाल भन्ने वित्तिकै सगरमाथा र शेर्पा भनेर चिन्छन्, धेरै शेर्पा विदेश पलायन भइसके, मलाई पनि बोलाएका छन्,’ उनले भने, ‘नेपालमै बसेर काम गर्नुपर्छ भनेर बसेको छु।’, तर नेपालमा पर्वतीय क्षेत्रमा भविश्य नदेखिएको उनले बताए ।, यसअघि धेरै जना पर्यटनमन्त्रीलाई पर्वतीय क्षेत्रमा लागेका शेर्पाका समस्या र गर्न सकिने कामका बारेमा बताइसकेका छन्। तर आफूले गरेको ‘गुनासो’ कोही मन्त्रीले नसुनेको कामिरिताले बताए।, अहिले नेपाल पर्वतारोहण संघले मनाङमा एउटा पर्वतारोहण तालिम केन्द्र सञ्चाचालन गरेको छ। यस्तै तालिम केन्द्र संखुवासभा, दोलखालगायत हिमाली जिल्लामा खोल्नुपर्ने उनको चाहना छ।, नेपाली शेर्पा र आरोहीलाई मात्र होइन, विदेशीलाई पनि यस्ता तालिम केन्द्रहरूले आकर्षित गर्नसक्ने उनले बताए। देशमै रहेका अनुभवी शेर्पाले तालिम दिनसक्ने उनको भनाइ छ। यस्तै, नेपालका हिमाली क्षेत्रमा विभिन्न प्रकारका साहसिक गतिविधि सञ्चालन गर्ने, पर्वतारोहणलाई पनि खेलकुदमै समेटेर सरकारले योजना दिनुपर्ने उनको माग छ।, हिमाल आरोहणमा गएका शेर्पाको दुर्घटनामा परेर मृत्यु हुँदा जीवन विमाको रकम निकै काम भएको उनले अनुभव गरेका छन्। सरकारले आरोहणमा गएका शेर्पाको १५ लाख रूपैयाँको दुर्घटना बिमा गरेको उनले बताए। यसलाई बढाएर एक करोड पुर्‍याउनुपर्ने उनको प्रस्ताव छ।, यस्तै, आरोहणमा मृत्यु भएका व्यक्तिका सन्तान पढाउन सरकारले छात्रवृत्ति दिनुपर्ने उनले माग राखे।, ‘हिमाल चढ्दा मरियो भने परिवारको विचल्ली हुन्छ, बालबच्चाको शिक्षा दिक्षा कसले दिन्छ?’ उनले भने, ‘सरकारले यतातिर हेर्नुपर्छ, म मन्त्रीलाई अनुरोध गर्छु।’, यति कुरा सरकारले बुझिदिए पर्वतारोहण छाडेर शेर्पाहरू विदेश नजाने उनले दाबी गरे। विदेशमा पनि पर्वतारोहणकै क्षेत्रमा काम गर्न शेर्पाहरू पलायन भएको उनको भनाइ छ।, ‘विदेशमा गएर जे काम गर्नुपर्ने हो, त्यहीँ काम नेपालमा गरौं, पर्यटक पनि आउँछ, सरकारलाई फाइदा हुन्छ भनेको हो,’ उनले भने, ‘धेरैजना मन्त्रीलाई भनिसकेँ, अहिले पनि हुन्छ जस्तो लाग्दैन ।’, सरकारको बेवास्ताकै कारण अबका १०/१५ वर्षमा हिमाल चढाउन शेर्पाको अभाव हुने उनको आँकलन छ। पहिले पहिले पढ्न नपाएका शेर्पाले जीवनयापनका लागि आरोहणमा लागेका थिए। अहिले धेरैजसोले पढ्न पाएका छन्। आरोहणमा लागेकालाई पनि विदेशतिर पर्वतारोहण सम्बन्धी काम गर्न राम्रो अफर पाउने गरेका छन्।, नेपालमा उनीहरूको ख्याल नगर्ने हो भने अबका शेर्पा पर्वतारोहणमा नलाग्ने र लागेका थोरै मानिस पनि विदेश पलायन हुने उनले बताए।, अन्तर्राष्ट्रिय पर्वतीय संग्राहालयको प्रांगण । तस्बिरः युवराज श्रेष्ठ/सेतोपाटी, आरोहणका लागि भने नेपाल नै आउनुपर्छ। किनकि, सर्वोच्च शिखर सगरमाथासहित ५ वटा ८ हजार मिटर अग्ला हिमाल नेपालमै छन्। नेपालमा आरोहणमा बसेका शेर्पाको संख्या कम हुँदा मुल्य बढ्ने कामरिताले बताए ।, ‘हिमाल आरोहण गर्ने पर्यटकको संख्या बढ्दैछ, तर शेर्पाको संख्या घटिराखेको छ,’ उनले भने, ‘यस्तै स्थिति रहिरहने हो भने शेर्पा पाउनै मुश्किल पर्छ।’, पर्वतारोहण सम्बन्धी एउटा कोर्स गर्न अहिले कम्तिमा ४, ५ लाख लाग्ने गरेको उनको भनाई छ। अन्तर्राष्ट्रियस्तरको पर्वतारोहण गाइड बन्न ७० लाख बढी खर्च गरेर ४, ५ वर्ष लामो तालिम लिनुपर्ने अवस्था रहेको कामरिताले बताए।, यी तालिम पनि नेपालमा नभई विदेशका सानातिना हिमालमा भइरहेका छन्। यस्ता तालिम नेपालमा चलाउन सके आफू जस्तै धेरै शेर्पाले स्वदेशमै काम पनि पाउने र हिमाल चढ्न चाहनेलाई नेपालमै तालिम दिने व्यवस्था गर्दा सरकारलाई पनि फाइदा पुग्ने उनले बताए। यसका लागि सरकारले स्कुल खोलिदिनुपर्ने उनको माग छ।, नेपालमा १२ महिना पर्वतीय गतिविधि संचालन गर्न सकिने भन्दै सिजन र अफ सिजन भन्नु नै गलत भएको कामरिताले बताए। जुनसुकै सिजनमा पनि नेपालमा पर्वतारोहण सम्बन्धी काम गर्न सकिने भन्दै उनले सरकारले हिमालको सदुपयोग नै गर्न नसकेको बताए।, नेपाल पर्वतारोहण संघले २७ वटा र सरकारले ७ हजार मिटर भन्दा अग्लो हिमालको रोयल्टी उठाउँछ। त्यसको १० प्रतिशत रकम शेर्पाका लागि कल्याणकारी कोष हुनुपर्ने उनले बताए।, ‘सरकारले हामीलाई अवमूल्यन गरेको कुरा विदेशी आरोहीले पनि भन्छन्,’ कामिरिताले भने, ‘सरकारले यति धेरै रोयल्टी लिएर पनि शेर्पाका लागि केही नगरेको रैछ, कति सस्तो शेर्पा भनेर विदेशीले पनि भन्छन्।’, अर्का आरोही पूर्णिमा श्रेष्ठले पनि सरकारले आरोहणका क्षेत्रमा काम गर्न बाँकी रहेको बताइन्। सरकारले लिने गरेको हिमाल आरोहण रोयल्टीबाट शेर्पालाई १० प्रतिशत रकम दिनुपर्ने उनले बताइन्।, ‘अक्सिजन बिना हिमाल आरोहण गर्न सकिन्छ तर शेर्पा बिना सकिन्न, श्रेष्ठले भनिन्, ‘शेर्पालाई उत्साही पार्न पनि रोयल्टीको १० प्रतिशत रकम दिनुपर्छ।’, पर्वतारोहणको लाभ स्थानीय समुदायले पनि पाउनुपर्ने श्रेष्ठको भनाई छ। अन्नपूर्ण र धौलागिरी हिमाल आरोहणमा जाँदा बाटो नै नभएको उनले बताइन्। म्याग्दीतर्फबाट गत वर्ष उनले अन्नपूर्ण प्रथम आरोहण गरेकी थिइन्। ‘अन्नपूर्ण र धौलागिरी चढ्न जाँदा बाटो नै थिएन, सबैजना हेलिकप्टरबाट आउने जाने भयो,’ उनले भनिन्, ‘कम्तिमा बाटो बनाइदियो भने हिँडेर जान्छन्, स्थानीय गाउँलेले पनि फाइदा पाउँछन् ।’, १८ औं अन्तर्राष्ट्रिय पर्वतीय दिवसमा बोल्दै पर्यटनमन्त्री प्रेमबहादुर आले । तस्बिरः युवराज श्रेष्ठ/सेतोपाटी।, पर्यटनमन्त्री आलेले भने यी दुई पर्वतारोहीका कुरा राम्रोसँग सुनेनन्। उनले आफू बोल्दा उनीहरूका गुनासाका बारेमा केही बोलेनन्। बरू पोखराका मन्दिरलाई पैसा दिएकोदेखि अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा बोल्न भ्याए।, मञ्चबाट सोफामा बस्न पुगेपछि फेरि माइक मागेर उनले पर्वतारोहीले माग गरेको रोयल्टीको १० प्रतिशत शेर्पा कल्याणकारी कोष बनाउन पहल गर्ने जवाफ दिए।, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामाले राजनीति बरालिँदा संघको दु:ख पाएको बताए। पर्वतारोहण क्षेत्रका समस्या समाधान गर्न पटक पटक सरकारका मन्त्रीलाई आग्रह गरे पनि समाधान नभएको उनको भनाई छ।, हिमाल आरोहणमा जाँदा मृत्यु भएका गाइडको दुर्घटना विमा बढाउनेदेखि पर्वतारोहण सम्बन्धी अन्य गतिविधि सञ्चालन गर्न सरकारले चासो नदिएको उनले बताए।, सरकारले चाहने हो भने पर्वतारोहणका क्षेत्रमा संसारमा हुन नसक्ने काम नेपालमा सम्भव हुने आरोही कामिरिताको विश्वास छ। यसका लागि नेपालमा हिमालय श्रृङ्खला मात्र नभई विश्वमै हिमाल आरोहण गाइडका रूपमा प्रख्यात शेर्पा पनि छन्। पर्वतारोहणमा सरकारले चासो दियो भने शेर्पाको विदेश पलायन रोकिने उनको भनाई छ।, कीर्तिमानी आरोही कामिरिता भन्छन्- विदेश बोलाएका छन् तर यहीँ काम गर्नुपर्छ भनेर बसेको छु
सेतोपाटी संवाददाता नेपालमा थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २५४ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ६८२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ६८२ जनाको पिसिआर परीक्षण र २४१४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ५ हजार ८९० जना सक्रिय संक्रमित छन्।, २३४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.९ प्रतिशत छ।, यसको संक्रमणबाट १ को मृत्यु भएको छ।  , काठमाडौं उपत्यकामा १५४ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११९, ललितपुरमा ३० र भक्तपुरमा ५ संक्रमित छन्।, ८ हजार ६८२ मा कोरोना परीक्षण गर्दा २५४ लाई संक्रमण
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १५४ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११९, ललितपुरमा ३० र भक्तपुरमा ५ संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा १७६५ सक्रिय संक्रमित छन्।जसमध्ये काठमाडौंमा ६९०, भक्तपुरमा ४७४ र ललितपुरमा ६०१ सक्रिय संक्रमित छन्। , नेपालमा थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ८ हजार ६८२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ६८२ जनाको पिसिआर परीक्षण र २४१४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ५ हजार ८९० जना सक्रिय संक्रमित छन्।, २३४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.९ प्रतिशत छ।, यसको संक्रमणबाट १ को मृत्यु भएको छ। , काठमाडौं उपत्यकामा थपिए १५४ संक्रमित, संक्रिय १७६५
रासस लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ।, झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिए।, घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उनले बताए।, ‘हात्ती आएको थाहा पाउनेबित्तिकै परिवारका सबै जना भागे। खगिलाई भाग्ने क्रममै हात्तीले आक्रमण गरी खुट्टा तोड्यो। हो–हल्ला गरी हात्ती भगायौँ, अस्पताल पुर्‍याउँदा ज्यान गयो,’ उनले भने।, शिवरमा रानाका श्रीमती, बुहारी र नातिनतिनासँग बस्दै आएका थिए। हात्तीले शिविरका बासिन्दाका २० झुपडीसमेत भत्काइदिएको छ।, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट राति ८ः३० बजे १५ बढीका सङ्ख्यामा छावासहितको जङ्गली हात्तीको बथान शिविरमा छिरेको उनको भनाइ छ।, हात्तीले झुपडी भत्काउन सुरु गरेपछि शिविरका बासिन्दा सबै एकै ठाउँमा जम्मा भएर हो–हल्ला गरेपछि हात्ती निकुञ्जतर्फ भागेको बताइएको छ।, शिविरसहित हात्तीको बथानले लालझाडी गाउँपालिकाको डुङ्गाका बासिन्दाको समेत घर भत्काइदिएको वडाध्यक्ष फुलाराम चौधरीले बताए।, हात्तीले बस्तीमै छिरेर मानवीय क्षति गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेको उनले बताए।, हात्तीको आक्रमणबाट कञ्चनपुरमा एकको मृत्यु
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिले जथाभावी पार्किङ गरेका सवारी साधनलाई ‘ठाउँको ठाउँ’ कारबाही गर्ने क्रमलाई तीव्रता दिएको छ।, महानगरको छैठौं नगर सभाको निर्णय अनुसार अनधिकृत रूपमा जथाभावी पार्किङ गरिएका गाडी र मोटरसाइकललाई सम्बन्धित ठाउँमा नै कारबाही गर्दै जरीवाना लिने कामलाई तीव्रता दिइएको नगर प्रहरी प्रमुख सीताराम हाथेछुले सेतोपाटीलाई जानकारी दिए।, अनधिकृत रूपमा पार्किङ गरिएका सवारीलाई पार्किङ स्थलबाट उठाएर अर्को ठाउँमा जरीवाना तिराउँदा सर्वसाधारणले थप झन्झट बेहोर्नुपर्ने निष्कर्ष निकाल्दै ललितपुर महानगरले ठाउँको ठाउँ जरीवाना गराएर सचेत गराउन थालेको हो।, नगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगर भित्र जथाभावी पार्किङ गरेर हिँड्नै असहज हुने गरी सहर कुरूप बनाएकोले त्यसलाई नियन्त्रण गर्न सुरू गरिएको बताए।, अनधिकृत पार्किङको जरीवाना गर्ने अधिकार महानगरपालिकालाई हुने भन्दै महर्जनले आफूहरूले ट्राफिक प्रहरीको सहकार्यमा नगर प्रहरी लगाएर कारबाही प्रक्रियालाई तीव्रता दिएको जानकारी दिए।, नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा ललितपुर महानगर भित्रका सबै क्षेत्रको फुटपाथ र नो पार्किङ राखिएका स्थानमा पार्किङ गर्ने सवारी साधनलाई ‘ह्वील लक’ गरेर जरीवाना तिराएर मात्र छोड्ने गरेको छ।, ‘नो पार्किङ र फुटपाथमा पार्किङ गरी पैदल यात्रु र अन्य सवारीलाई असर गरेका मोटरसाइकल तथा स्कुटर र चार पाङ्ग्रे सवारीलाई कारबाही प्रक्रिया अगाडि बढाएका हौं,’ नगर प्रहरी प्रमुख सिताराम हाथेछुले सेतोपाटीसँग भने, ‘हामीले यसको अवलोकन र कारवाहीका लागि महिला नगर प्रहरीलाई तालिम दिएर परिचालन गरेका छौं। उहाँहरूले कारबाही गर जरीवाना ठाउँको ठाउँ गर्नुहुन्छ।’, जथाभावी पार्किङ गरेर छोडेका सवारी साधनलाई कारबाही स्वरूप ‘ह्वील लक’ गर्ने र सवारीमा ‘निषेधित क्षेत्रमा सवारी पार्क गरिरहेकाले तपाईंको सवारी लक गरिएको छ’ भनेर सूचनासमेत दिने गरेको छ।, उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनधिकृत पार्किङ निरूत्साहित गर्न उक्त सवारी साधनलाई कारबाही गर्दै सचेत गराइएको हाथेछुले बताए।, मंसिर १३ गतेदेखि सुरू गरिएको अभियानमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरिँदै आएको हो।, ‘हामी नो पार्किङ, पैदल यात्रुलाई हिँड्न अप्ठ्यारो हुने र सडकमा गुड्ने सवारीलाई असर गर्ने गरी पार्किङ गरिएका सवारीलाई कारबाही थालेका छौं। त्यसरी पार्किङ गरेका सवारी धनी भेटिए तत्कालै जरीवाना तिराएर अर्को पटकदेखि पार्किङ नगर्न सचेत गराउँछौं। धनी नभेटिए कार्यालयमा ल्याएर बेलुका ५ बजेपछि मात्र सवारी छोड्छौं,’ उनले भने।, गल्ती गरेको ठाउँमा नै जरीवाना गर्दा चालक र यात्रुको समयको बचत हुने र झन्झट बेहोर्नु नपर्ने उनले दाबी गरे। अनधिकृत पार्किङका कारण पैदल यात्रुले सहज रूपमा आवतजावत गर्नबाट वञ्चित भएका छन् भने, ट्राफिक जाम पनि बढ्ने गरेको छ।, नगर प्रहरीले मोटरसाइकललाई ५ सय र गाडीलाई १ हजार जरिवाना लिने गरेको छ। ,  , ‘सडक सवारीका लागि र फुटपाथ सर्वसाधारणका लागि भएकाले फुटपाथमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारवाही गरेका हौँ,’ हाथेछुले भने,‘हाम्रो कामलाई स्थानीयले साथ दिएका छन्।, यातायात व्यवस्था विभागका अनुसार २०७८ मंसिरसम्म काठमाडौँ उपत्यकामा ३९ लाख हाराहारीमा सवारी साधन दर्ता भएका छन्।, अधिकांश सवारी धनीले बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म सडकमै अव्यवस्थित पार्किङ गर्नेलाई कारवाही गरेर पार्किङ निषेध बनाउँदा सडक जाम कम भएको उनले दाबी गरे। उनले ललितपुरमा सवारी पार्किङका लागि विभिन्न ठाउँ छुट्टाएकाले पर्याप्त क्षेत्र रहेको पनि बताए।,  , ‘हामीले ललितपुरमा पर्याप्त पार्किङ क्षेत्र छुट्टाएका छौं। जथाभावी पार्किङ गर्नेक्रममा केही कमि आएको छ। आगामी दिनमा सबै नागरिक सचेत हुनेछन्,’ उनले भने, ‘कारबाही र जरीवाना हाम्रो उद्देश्य होइन। हामी त स्वच्छ र स्वस्थ्य सहरको परिकल्पनामा लागेका छौं।’, ‘काठमाडौंमा पार्किङका लागि फराकिलो ठाउँ छैन, धेरैले सडकमै पार्किङ गर्छन्, हामीले सकेसम्म व्यवस्थित पार्किङका लागि अनुरोध गर्दै आएका छौं। अब जति पनि व्यावसायिक फर्म, सपिङ मल वा भिडभाड हुने कार्यालय, बैंक, अस्पताल खुल्छन्, ती सबैलाई पार्किङस्थल बनाउन अनिवार्य गर्नुपर्छ,’ उनले भने, अब बन्ने हरेक घरको नक्सामै पार्किङस्थल अनिवार्य गर्नुपर्छ।’, महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने मोटरसाइकल तथा स्कुटरलाई मादक पदार्थ सेवन (मापसे), लेन अनुशासन कारवाही, हर्न कारवाही, सिसी क्यामरा कारवाही, हेल्मेट नलगाउनेलाई कारवाही गर्दै आएको छ।, ललितपुरमा अनधिकृत पार्किङ गर्नेलाई फिल्डमै जरीवाना तिराउँदै नगर प्रहरी
एजेन्सी संयुक्त राज्य अमेरिकाका मध्य तथा दक्षिणी राज्यहरू आँधीले  निकै ठूलो विनाश गरेका छन्।, न्युयोर्क टाइम्सका अनुसार शुक्रबार राति आएका झन्डै २२ वटा आँधीका कारण अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरीलगायत राज्यहरूमा क्षति पुगेको छ। ती राज्यहरूमा कम्तीमा एक सयभन्दा बढी मानिसले ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ।, सबैभन्दा बढी प्रभावित केन्टकी राज्यका गभर्नर एन्डी बेशिरले आफ्नो राज्यमा ७० जना बढीको मृत्यु भइसकेको बताएका छन्।, सामान्यत: आँधीहरू गर्मी सिजनमा आउँछन्। यसपालि डिसेम्बरमा यति ठूला आँधी आउनु अस्वभाविक भएको विज्ञहरूले बताएका छन्।, आँधीले पक्की घर भत्काइदिएका छन् भने गुडिरहेको रेलमा पनि क्षति पुर्‍याएका छन्। आँधी प्रभावित राज्यहरूमा बिजुली आपूर्ति अवरूद्ध भएको छ।, राष्ट्रपति जो बाइडेनले केन्टकी राज्यमा आपतकाल लगाउन अनुमति दिएका छन्।, तस्बिरमा हेर्नुस् अमेरिकामा आँधीको विनाश
रासस तनहुँको खैरेनीटार-भिमाद सडकखण्ड दैनिक ९ घण्टा अवरूद्ध हुने भएको छ।, सडक डिभिजन कार्यालय तनहुँले उक्त खण्ड मर्मतका लागि दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सडक बन्द गर्न लागेको हो। , उक्त सडकखण्डको दोभानमा सडक स्तरोन्नति गर्ने क्रममा हाल रहेको सडकलाई चौडाइ गर्नुपर्ने र त्यसका लागि केही समय सडक बन्द गर्दै निर्माण गर्नुपर्ने निमित्त डिभिजन प्रमुख कल्याण खड्काले जानकारी दिए।, 'निर्माण कार्य गर्दा दुर्घटना घट्न सक्ने सम्भावना देखिएकाले सडक चौडा पार्ने कार्य सम्पन्न नहुञ्जेल सडक अवरूद्ध हुनेछ', उनले भने।, सडक निर्माणका क्रममा सडक अवरूद्ध भए पनि आवश्यकताअनुसार करिब १ घण्टा बन्द हुने तथा ३० मिनेट सडक खोलिनेछ। , उक्त सडकखण्ड गत साउनदेखि स्तरोन्नति सुरू गरिएको हो।, उक्त कामका लागि कार्यालयले काठमाडौंस्थित श्री महालक्ष्मी/हिमाली जेभीबीच सम्झौता गरेको थियो।, खैरेनीटार–भिमाद–भुमरीघाट–कावासोती सडकको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको पाँच किलोमिटर सडक फराकिलो बनाएर नयाँ कालोपत्रे गरिनेछ।, सात करोड ४५ लाख २१ हजार रुपैयाँको लागतमा उक्त कामको ठेक्का लागेको छ।, गत वैशाख १३ गते एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौंसँग निर्माण सम्झौता भएको थियो तर वर्षा र कोरोनाको कारण समयमै काम सुरू हुन सकेको थिएन।, वि.सं २०७९ कात्तिक १३ गतेसम्म उक्त काम सम्पन्न गर्ने म्याद रहेको छ। , खैरेनीटार–भिमाद सडकको ठाउँ/ठाउँमा कालोपत्रे उप्किएर ठूला/ठूला खाल्डा बनेका छन्।, खाल्डामा वर्षाको पानी जम्दा पोखरी बनेको छ।, शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार र म्याग्दे गाउँपालिका–५ थाङ्दीदेखि भिमादको पुलसम्म सडकको दुरावस्था छ। कतिपय स्थानमा सडकको कालोपत्रे देख्नै मुस्किल हुने अवस्थामा पुगेको छ। भिमाद नगरपालिकाको प्रवेशद्वारमा पनि सडकको हालत बिजोग छ। , जिल्लाको भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख सडक यही हो। नवलपुर, पाल्पा र स्याङजाका विभिन्न स्थानका सवारी र यात्रु यही सडक भएर आवतजावत गर्ने गर्दछन्।, खैरेनीटार–भिमाद सडकखण्ड दैनिक ९ घण्टा अवरूद्ध हुने
सेतोपाटी संवाददाता दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको यात्रुबाहक जीप दुर्घटना भएको छ। , दुर्घटनामा परी दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।, ४५ वर्षीया साउने घर्ती र ४८ वर्षीय प्रेम शर्माको मृत्यु भएको इप्रका तुलसीपुरका प्रवक्ता जलकप्रसाद शर्माले जानकारी दिए। , तुलसीपुर उपमहानगरपालिका ३ श्रीखोलानजिकै बेलुकी साढे ४ बजेतिर रा १ ज ४३८ नम्बरको यात्रुबाहक जीप दुर्घटना हुँदा ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता झलकप्रसाद शर्माले सेतोपाटीलाई बताए।, तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा बिरामीको व्यवस्थापनमा लागेको हुँदा थप विवरण केहीबेरमा प्राप्त हुने उनले जानकारी दिए।,  , तुलसीपुरबाट सल्यान जाँदै गरेको जीप दुर्घटना: दुईको मृत्यु
रासस पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवी सामुदायिक विद्यालय।, आइतबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल विद्यालयभित्र प्रवेश गरे।, मन्त्री आउने पूर्वजानकारी नभएकाले मन्त्रीको स्वागतको तयारी पनि हुने कुरा पनि भएन।, मन्त्री पौडेल विद्यालय प्रवेश गरेर सिधै कक्षा कोठामा प्रवेश गरे।, माथिल्लो तलामा कक्षा ५ का विद्यार्थीलाई अध्यापन गराउँदै थिइन् शिक्षिका प्रिति ढकाल। नौलो व्यक्ति कक्षामा प्रवेश गरे लगत्तै सबै विद्यार्थी आफ्नो स्थानबाट उठे।, विद्यार्थी आफ्नो सिटमा बसेपछि शिक्षा मन्त्री पौडेलले विद्यालयमा पढाइका विषयमा विद्यार्थीलाई सोधे।, गृहकार्य गरे/नगरेका बारेमा जिज्ञासा राखे।, सबैले नियमित गृहकार्य गर्ने गरेको, शिक्षक कक्षा समयमा सधैं समयमै उपस्थित हुने गरेको मन्त्री पौडेललाई बताए।, मन्त्री पौडेल विद्यार्थीलाई राम्रोसँग पढ्न र गुरूले मानेर अनुसाशित हुन आग्रह गर्दै केही समयमै कक्षा कोठाबाट बाहिरिए। राम्रो अध्ययन गरेर देशको ठूलो मान्छे बन्न उनले विद्यार्थीलाई सुझाए। , शिक्षा क्षेत्रको प्रमुख नियमनकारी निकाय र सामुदायिक शिक्षा सुधार्ने प्रमुख जिम्मेवारी रहेको शिक्षा मन्त्रालयका मन्त्री पौडेलले आकस्मिक विद्यालय निरीक्षण गर्दा विद्यालयका कसैलाई पूर्वजानकारी दिएनन्।, मन्त्री पौडेल एक्कासि विद्यालय निरीक्षणमा निस्किँदा र पछि मात्र मन्त्री आएको जानकारी पाएपछि शिक्षक विद्यार्थीले अचम्म माने।, शिक्षिका ढकालले भनिन्, 'शिक्षा मन्त्री विद्यालय आउनेबारेमा स्कुलमा कसैलाई पनि जानकारी दिएन। अन्य बेला पनि भिजिटर आउनुहुन्थ्यो, त्यही भएर कोही आउनुभयो होला भन्ने सुरूमा ठानेको थिएँ। शिक्षा मन्त्री नै कक्षा कोठामा पाएपछि त अचम्म भयौं।', शिक्षा मन्त्री पौडेलले विद्यालयमा जिम्मेवारी पाएका शिक्षक तथा प्रधानाध्यापकबाट ठीक ढङ्गले जिम्मेवारी निर्वाह भए नभएको बुझ्ने र शैक्षिक समस्याका बारेमा सरोकार भएकासँग जानकारी लिनका लागि आकस्मिक विद्यालय निरीक्षण गरिएको बताए। , राजधानी काठमाडौंका केही विद्यालयमा पनि यसअघि यस्तै प्रकृतिको आकस्मिक निरीक्षण गरिएको जानकारी दिँदै उनले भने, 'शिक्षक कक्षा कोठामा छन् कि छैनन् ? विद्यार्थीले पढेका छन् कि के छन् भनेर आकस्मिक निरीक्षण सुरू गरेका छौं। यसबाट कमजोरी फेला परेका खण्डमा सम्बन्धित व्यक्ति वा संस्थालाई सुधारका लागि आग्रह गर्ने गरिएको छ।', मन्त्री पौडेलले सामुदायिक विद्यालयमध्ये राम्रो पढाइ भएका र कमजोर पढाइ भएका गरी दुई श्रेणीमा विभाजन गरी निरीक्षण गरेर शिक्षण, विधि, प्रशासनिक अवस्थालगायत बारेमा अध्ययन गर्ने गरिएको जानकारी दिए।, मन्त्री पौडेलले शिक्षक विद्यार्थी अनुपात, भौतिक पूर्वाधार र शैक्षिक वातावरणका बारेमा जानकारी लिएका थिए।, विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले शिक्षामन्त्री नै आएर निरीक्षण गर्दा आफूहरू गौरवान्वित भएको बताए।, विद्यालयलाई सम्झेर विद्यालय परिसरभित्र मन्त्री प्रवेश गरेर उनलाई अवस्थाका बारेमा जानकारी गराउँदा खुसी लागको उनले बताए।, उनले भने, 'मन्त्रीलाई विद्यालयको समग्र पक्ष, शैक्षिक प्रगतिसहित विद्यालयका समस्याका बारेमा राख्ने अवसर मिल्यो। शिक्षक दरबन्दी समस्या समाधानमा उहाँले पहल गर्नुहोला भन्ने विश्वास छ।' , शिक्षा मन्त्री पौडेल अचानक कक्षा कोठामा प्रवेश गरेपछि...
सेतोपाटी संवाददाता अछाममा १६ वर्षीय किशोरीको हत्या आरोपमा चार जना पक्राउ परेका छन्। , मंगलसैन नगरपालिका–११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी शुक्रबार खरतोला भन्ने ठाउँमा मृत फेला परेकी थिइन्। उनी मंसिर २१ गतेदेखि बेपत्ता भएकी थिइन्।, मृतक किशोरीका आफन्तले हत्या गरेको भन्दै चार जनाविरूद्ध जाहेरी दर्ता गरेका थिए।, किटानी जाहेरीको आधारमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको छ।,  , अछाममा १६ वर्षीया किशोरीको हत्या आरोपमा चार पक्राउ
सेतोपाटी संवाददाता सल्यानमा नाच हेर्न गएका एक किशोरको हत्या भएको छ। , छिमेकी गाउँमा राति नाच हेर्न गएका जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिन्वाङ रातामाटाका  १६ वर्षीय टेकबहादुर बोहराको कुटपिटबाट हत्या भएको प्रहरीले जनाएको छ। , बोहरा बुधबार राति सात जना साथीहरू सँगै छिमेकी गाउँ कपुरकोट ५ रिमको ओखरपाटा भन्ने गाउँमा बिहे रहेको हुँदा नाच हेर्न गएका थिए।, जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बिहे घरको नजिकै काल्नामा बोहराको शव बिहीबार बिहान फेला परेको सेतोपाटीलाई बताए। , बोहरालाई कुटपिट गरी हत्या गरेको आशंकामा अनुसन्धानका लागि ओखरपाटाका तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए।, पक्राउ पर्नेमा १८ वर्षीय सुनिल बुढा, १८ वर्षकै टिकाराम विक र २२ वर्षीय अमित सिरपाईली बिक रहेको प्रहरीले जनाएको छ। , हत्या गरिएका टेकबहादुर सँगै उक्त दिन ७ जना मिलेर छिमेकी गाउँमा नाच हेर्न गएका थिए।, टेकबहादुर सँगै गएका प्रमोद बोहराले आफूहरू राति १० बजे बिहे घरमा टेकबहादुर र लेखमणि खड्का नाचिरहेको समयमा एक्कासि आएर टेकबहादुरमाथि आक्रमण भएको बताए। , प्रमोदले फोनमा भने, ‘नाच्ने क्रममा अघि अमित भनेर मेरो नाम लिने मानिस को हो भनेर एक्कासि आक्रमण गरे र दुई पटक हातैले आक्रमण गरेपछि टेकबहादुर त्यही ढलेका हुन्।’ , त्यसपछि अन्यले आफूहरूलाई घेरेर राखेको र टेकबहादुरलाई उनीहरूले कुट्दै लगेको प्रमोदले बताए।, प्रमोदले भने, ‘हामीलाई उनीहरूले २० मिनेट जति घेरेर राखे, त्यसपछि हामीले टेकबहादुरलाई फोन हान्दा मोबाइलमा सम्पर्क हुन सकेन अनि हामीले खोज्दा पनि फेला पार्न नसकेपछि हामी घर गएर घटनाबारे बताएका थियौं।’, मृतकसहित दुबै पक्षका युवाहरूले मदिरा सेवन गरेका कारण सामान्य भनाभनमा घटना भएको देखिन आएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ। , प्रहरीसँगको बयानमा पक्राउ परेकाहरूले कुटपिट गर्ने क्रममा भाग्न खोज्दा टेकबहादुरको भिरबाट लडेर मृत्यु भएको बताएका छन्। , रातामाटा र ओखरपाटा गाउँबीचको दूरी पैदलयात्रा गर्दा करिब एक घन्टा टाढा रहेको प्रहरीले जनाएको छ।, बिहे नाच हेर्न गएका किशोरमाथि कुटपिट गरी हत्या
खिलानाथ ढकाल अहिले कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा सबै जना आ-आफ्नै सुरतालमा छन्। , आफ्नो उम्मेदवार जिताउन नारा लगाउने, प्रचारप्रसार गर्नेहरूको भीडले वातावरण गुञ्जायमान छ।, त्यो वातावरणलाई ७७ वर्षीय मंगलबहादुर नेपालीले दिनहुँ नियालिरहेका छन्।, तर, उनलाई कांग्रेस पार्टीको महाधिवेशनको रौनकसँग कुनै सरोकार छैन। जसरी केही समयअघि राप्रपा महाधिवेशन हुँदा पनि नेपालीलाई चासो रहेन।, उनलाई मात्र चासो छ-  मेरो ठेलाअगाडि मानिस आऊन्, बदाम सुन्तला, जुस किनून्।, ठिङ्ङ उभिएर उनी ग्राहकलाई सुन्तला, बदाम जोखेर बेचिरहेका छन्। यसरी पार्टीका ठूला अधिवेशन हुँदा उनको व्यापार भने मौलाउँछ। उनी त्यसैमा खुसी मान्छन्।, भिडभाड बढेपछि उनलाई सामान बेच्न भ्याइनभ्याइ हुन्छ। त्यसकारण पनि पार्टीका कार्यक्रम किन भइरहेका छन्, केका लागि भइरहेका छन् त्यसमा चासो राख्ने समय निस्किँदैन।, ‘चुनावमा भोट हालिन्छ, तर कसलाई हालिन्छ मतदान गर्न गएपछि नै टुंगो हुन्छ,’ नेपालीले भन्छन्, ‘कुनै पार्टीमा आवद्ध भइनँ, सदस्य पनि भइनँ, त्यसैले यस्ता कार्यक्रम हुँदा आफ्नो व्यापारबाहेक अन्त ध्यान पनि गएन।’, भृकुटीमण्डपमा नेपालीजस्ता धेरै व्यक्तिहरू बिहान-बेलुकाको छाक टार्न ठेला लिएर बसिरहेका हुन्छन्। पार्टीका ठूला कार्यक्रम र मेला-महोत्सव हुँदा उनीहरूलाई चाडवाड आएजस्तो हुन्छ।, ‘यहाँ कति मेला लाग्छन्, कति कार्यक्रम हुन्छन् ख्याल राखेर साध्य छैन,’ नेपाली भन्छन्।, तर, उनी भृकुटीमण्डपमा हुने कार्यक्रमहरूको चासो नराखे पनि आफू बसेको ठाउँनजिकै अर्को त्यस्तै पसलको निगरानी भने बेजोड गर्छन्।, सेताम्य कपाल ढाक्न टोपी, शरीरमा कमिज सरवाल र स्टकोट भिरेका नेपालीलाई बुढ्यौलीमा अर्को पसल थापेर सघाउँछिन् श्रीमती डालश्व नेपालीले।, ५६ वर्षीया डालश्वको भने खुब रेखदेख गर्छन्। घरिघरि पुगिहाल्छन्। पसलमा सामान किन्नेलाई फिर्ता गर्न खुजुरा पैसा भएन भने लु साटिदेऊ भन्दै पुग्छन्।, मंगलबहादुर र डालश्वको जोडी भृकुटीमण्डपमा जमेको ६ वर्ष पुगिसकेको छ।, दुबै बागबजारमा मासिक ६ हजार तिरेर डेरा बस्छन्, उज्यालो हुनेबित्तिकै भृकुटीमण्डप पुगिहाल्छन्।, श्रीमती मोरङकी हुन्, मंगल काभ्रे फूलबारी दाप्चाका हुन्। यी दुबैको भेट ‘दैव सन्जोग’ जस्तै छ। बदाम सुन्तला बेच्दै गर्दा मंगलबहादुरले आफ्नो कथा सुनाउन भ्याए।, मंगलबहादुरको गाउँमा १२ रोपनी जग्गा थियो। चार भाइ छोरा दुई छोरी थिए। सबैको बिहे भइसकेको थियो।, २०६१ सालमा मंगलकी श्रीमती बितिन्। त्यसपछि मंगलको पारिवारिक बिछोड सुरू भयो।, ‘छोराछोरी आ-आफ्नै घरधन्दामा व्यस्त भए, मलाई रेखदेख गर्ने कोही भएन, एक्लो भएँ,’ उनले भने, ‘आफूले भनेको कसैले नमान्ने र अरूको कमाइमा बाँच्नु परेपछि गाउँ छोडें।’, काभ्रे छोडेर उनी २०६५ सालमा काठमाडौं आए। केही समय त बेपर्वाह जिन्दगी बिताए।, ‘कतै गयो, काम माग्यो, मेरो उमेर अनुसारको काम कसैले नदिने, म त त्यतिकै मर्छु कि जस्तो भयो,’ उनी भन्छन्, ‘घुम्दै-फिर्दै जाँदा डालोमा बदाम बेच्नेहरूलाई देखें।’, मंगलबहादुरले त्यही डालोमा आफ्नो बाँकी जिन्दगी देखे। त्यसपछि उनी एउटा डालोमा बदाम बोकेर भृकुटीमण्डप छिर्न थाले।, डालोमा बदाम बोकेर हिँड्दा दिनमा एक दुई सय जम्मा पार्थे। त्यसैले कोठाभाडा तिर्ने र बिहान बेलुकाको छाक टार्ने गरिरहेका थिए।, जिन्दगी बितिरहेकै थियो। ६ वर्षअघि भृकुटीमण्डपमा एउटा रक्तदान कार्यक्रम आयोजना भइरहेको थियो। उनी त्यहाँ बदाम बेच्न पुगेका थिए।, कसैले उनलाई बुढ्यौलीमा एक्लै जिन्दगीभन्दा साथी खोज्न सल्लाह दिएछन्। त्यस्तो सल्लाह दिनेले डालश्वको फोन नम्बर पनि टिपाइदिएछन्।, ‘उहाँ को हुनुहुन्थ्यो त मैले बिर्सें, तर नम्बर पाएपछि मैले फोन गर्न थालें,’ मंगलले भने।, एक डेढ महिना निरन्तर फोन गरिरहे। डालश्व र मंगलबीच घनिष्ठता बढ्दै गयो।, डालश्व पनि एक्लै रहिछन्। दुई छोराछोरीको बिहेवारी भएर थान्को लागेका रहेछन्। श्रीमान् विदेश गएको दुई दसकसम्म घर फर्केका रहेनछन्।, फोनमा कुरा गर्ने क्रममा डालश्वलाई आफ्नो सबै कथा भने। छोराछोरी रहेको, श्रीमती बितेको र त्यसपछि परिवारले बेवास्ता गरेकाले काठमाडौं आएर काम गर्न थालेको बताए।, कैलश्वले पनि आफ्नो व्यथा पोखिन्। दुबै बिहे गर्न मञ्जुर भएछन्।, ‘तिमी काठमाडौं आऊ न भनेर मैले भनें, तर म त एक्लै आउन सक्दिनँ, लिन आउने भए आउँला,’ उनले भनिछन्।, मंगललाई ‘के खोज्छस्’ भनेजस्तो भएछ।, ‘म उनलाई लिन मोरङको केराबारी पुगें, उनी तयार भएर बसेकी रहिछन्, लिएर आएँ,’ मंगलले हाँस्दै थोते हुँदै गएका गीजा देखाए।, डालश्वलाई ल्याएपछि त मंगललाई दु:खै परेन। दुई जनाले डालो बोकेर बदाम बेच्न थाले।, २०७४ सालको कुरा हो। भृकुटीमण्डपमा डालो लिएर दिनहुँ जाँदा सेक्युरिटी गार्डहरूले रोक्न थाले।, ‘यसरी यहाँभित्र कहाँ व्यापार गर्न पाइन्छ र? समाज कल्याण परिषदमा दर्ता हुनुपर्छ,’ गार्डले रोक्दै भन्न थाले।, त्यसपछि मंगल समाज कल्याणको प्रक्रियातिर लागे। समाज कल्याण परिषदमा पुगेर उनले व्यापारका लागि के गर्नुपर्छ भनेर सोधे। त्यहाँका मानिसले भनेछन् - नागरिकता चाहिन्छ।, मंगलले तुरुन्तै नागरिकतासहित पेश गरेर भृकुटीमण्डपमा आधिकारिक रूपमा व्यापार गर्ने अनुमति लिए।, त्यसपछि उनले एउटा ठेला आफ्नो लागि, अर्को ठेला श्रीमतीको लागि किने।, आधिकारिक रूपमै व्यापारको अनुमति लिएपछि उनले आफ्नो र श्रीमतीको लागि अलग-अलग स्थानमा ठेला राख्न थाले।, ‘जाडोमा बदाम, सुन्तला, पानी, जुस बेच्छौं, गर्मीमा सिजन अनुसारका फलफूल काटेर कागजको प्लेटमा बेच्छौं,’ मंगलकी श्रीमतीले भनिन्, ‘कालिमाटी बजारबाट सामान ल्याउँछौं।’, कालिमाटीबाट सामान ल्याएर बेच्दा दिनमा मंगल सामान्य अवस्थामा पनि ११ देखि १५ सय रुपैयाँको बेच्छन्। उनकी श्रीमतीले सरदर त्यति नै बेच्छिन्।, भृकुटीमण्डपमा यस्ता ठूला भीड जमेपछि भने उनीहरूले दोब्बर कमाउँछन्। ‘अहिले दिनमा २१ देखि २५ सयसम्म कमाइ एक जनाको हुन्छ,’ मंगलले भने।, भृकुटीमण्डपमा उनीहरू जस्तै आधिकारिक रूपमै पसल खोलेका थुप्रै छन्। कोही चटपटे, कोही पानीपुरी, कोही पानी, पान पराग र चुरोट बेच्नेहरू छन्।, समाज कल्याण परिषदमा दर्ता गरेपछि उसलाई भाडा तिर्नुपर्दो रहेछ। मंगल आफू र आफ्नी श्रीमतीको गरेर तीन हजार रुपैयाँ मासिक भाडा परिषदलाई तिर्छन्।, ‘लकडाउनको बेला त ४५ सय तिर्नुपर्‍यो, त्यो बेला मान्छे पनि नआउने, भाडाचाहिँ महंगो तिर्नुपर्ने,’ मंगलले गुनासो गरे, ‘म जस्तो बुढो मान्छेलाई त भाडा नलिए पनि हुने नि, म त ज्येष्ठ नागरिकमा पर्दो रहेछु।’, मंगल र डालश्वले जति नै कमाइ गरे पनि हिसाब-किताब भने गर्दा रहेनछन्।, ‘बिहान-बेलुका मजाले खान पुगेको छ, अब त बानी पर्‍यो यहाँ नआई चित्त पनि बुझ्दैन,’ मंगलले भने, ‘हामीले परिवारका कसैलाई दिनु परेको छैन। जति हुन्छ जे हुन्छ हामीलाई ठिकै छ।’, मंगलका अनुसार परिस्थितिले जिन्दगीलाई जता धकेल्छ, जसो भन्छ उसैगरी बाँच्नुपर्दो रहेछ। सकुञ्जेल यही पेशा गरेर जीविकोपार्जन गर्ने मंगलले सुनाए।, ‘छोराछोरी कहाँ के छन्, नातिनातिना भइसकेका थिए, छोराहरूले खोजेका छैनन्,’ उनले भने, ‘काभ्रेको त्यो जग्गा नामसारी गरिदिएको पनि छैन। उनीहरूले नखोजेपछि म पनि गएको छैन।’, बुढ्यौली उमेरमा दिनभर उभिँदा मंगलबहादुर गल्छन्। श्रीमतीलाई भने बस्ने कुर्सी राखिदिएका छन्।, ‘थाके पनि गले पनि बानी परिसक्यो, वास्ता लाग्दैन, उनको खुट्टा गल्छ भनेर कुर्सी राखिदिएको छु, बेला-बेला थाक्दा म उता जान्छु, उनी यता आउँछिन्,’ मंगलले भने।, कांग्रेस महाधिवेशन स्थलमा बदाम बेच्ने जोडीको प्रेम र संघर्षको कथा
नारायण खड्का आइतबार बेलुकीपख दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। , दुर्घटनाका घाइतेमध्ये तीन जनाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।, सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ४ की ४६ वर्षीया साउने घर्ती, सोही ठाउँका ३९ वर्षीय प्रेमप्रकाश शर्मा र २६ वर्षीया लालमती खड्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। , तुलसीपुर उपमहानगरपालिका ३ श्रीखोलानजिकै बेलुकी साढे ४ बजेतिर रा १ ज ४३८ नम्बरको यात्रुबाहक जीप दुर्घटना हुँदा थप १६ जना घाइते भएका छन्।  घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि बाँके रिफर गरिएको छ। , चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। जीप झन्डै दुई सय मिटर तल खसेको छ। , एक जना घाइतेले क्षमताभन्दा बढी यात्रु बोकेको हुँदा उकालोमा जीपले नतानेपछि झरेर 'ओट' हाल्ने क्रममा जीप ब्याक हुन पुग्दा भिरबाट तल खसेको जानकारी दिए।, चालकको भनाइ उदृत गर्दै डिएसपी अर्यालले आफूलाई एक्कासि उकालोमा स्टार्ट बन्द भएपछि ओट हाल्न झर्ने क्रममा गाडी ब्याक भएर खस्न पुगेको बताए।, चालक प्रहरी नियन्त्रणमा छन्।, उकालोमा तान्न नसकेर जीप ब्याक भएर तुलसीपुरमा दुर्घटना: तीनको मृत्यु
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले मंगलबजारस्थित नःबहाल चक्रबहीलमा म्ह पूजाको दिन आगलागीमा परि मृत्यु तथा घाइते भएकाको परिवारलाई १० लाख दिने निर्णय गरेको छ। , ललितपुर महानगरपालिका-१२ स्थित मंगलबजार, चक्रबहीको घरमा गत कात्तिक १९ गत आगलागी भएको थियो।, दियोबाट सल्केको आगोले ग्यास सिलिन्डर पड्किँदा म्ह पूजा मनाइरहेका एकै घरका चारको मृत्यु, दुई घाइते, महानगरीय विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले प्रभावित परिवारलाई राहतस्वरूप  १० लाख दिने निर्णय गरेको हो। यसैगरी, बैठकले आगलागीमा परेर घाइते भएका सबैको औषधि उपचारको खर्चसमेत महानगरले नै बेहोर्ने निर्णय गरेको छ। , आगलागीमा परेको उक्त घर पुनर्निर्माणका लागि नक्सा पास गर्न लाग्ने राजश्व छुट दिने निर्णयसमेत उक्त बैठकले गरेको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए। , ‘त्यो क्षति अपुरणीय हो, त्यसमा हामीले सहयोग गरेर घाउमा मल्हम मात्रै लगाउन खोजेका हौं,’ महानगर प्रमुख महर्जनले भने। , यो सहयोगले अग्नी पीडित परिवारलाई केही राहत पुग्ने नगरप्रमुख महर्जनले भने।, आगलागीमा परेर चार जनाले ज्यान गुमाएका थिए। नःबहाल चक्रबहीलका लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगलागी भएको थियो। , प्रहरीले सर्जमिन गरी उठाएको मुचुल्का अनुसार आगलागीमा करिब २० लाखको क्षति भएको अनुमान गरेको थियो। महानगर वडा नं १२ का वडा अध्यक्ष नारायणलाल अवालेले वडास्तरीय विपद् व्यवस्थापन समितिले घटना लगत्तै एक लाख सहयोग गरेको बताए। , उनले घरबारविहीन भएकालाई महानगर र वडाले गरेको सहयोग महल्म भएको बताए। म्ह पूजाको दिन झ्यालमा बालेर राखेको दियोको आगोल झ्यालको पर्दा टिपेर सल्किएको आगो भान्सामा पुगेपछि ग्याँस पड्किएको थियो।, मृत्यु हुनेमा ६७ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रचना र १० वर्षका नाति निर्जल छन्। , पाटन अस्पतालमा उपचारका लागि लगिएका लक्ष्मीकृष्णका ४२ वर्षीय छोरा निरज ताम्राकार केही दिनको उपचारपछि घर फर्किए। ३२ वर्षकी कान्छी छोरी सिर्जना ताम्राकार हालसम्म पनि उपचारकै क्रममा छन्। प्रहरीका अनुसार घटना हुँदा घरमा १० जना थिए।, म्ह पूजाको आगलागीमा मृत्यु भएका परिवारलाई ललितपुर महानगरको १० लाख सहयोग दिने
एजेन्सी भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जेनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा परेर निधन भएको छ। भारतीय वायुसेनाले ट्वीट गर्दै उनको निधनको आधिकारिक जानकारी दिएको हो।, With deep regret, it has now been ascertained that Gen Bipin Rawat, Mrs Madhulika Rawat and 11 other persons on board have died in the unfortunate accident., — Indian Air Force (@IAF_MCC) ,December 8, 2021, भारतीय सेनाका पूर्वप्रमुखसमेत रहेका रावत चढेको हेलिकप्टर बुधबार तमिलनाडु राज्यको कुनुरमा दुर्घटना भएको थियो। दुर्घटना परि विपिन रावत, उनकी पत्नी र सशस्त्र बलका अन्य जवानसहित १३ जनाको मृत्यु भएको छ।, रावत यसअघि भारतीय सेनाका प्रमुख थिए। उनीपछि मनोजमुकुन्द नरवाणे सेना प्रमुख भएका छन्। रावत अहिले भारतको चिफ अफ डिफेन्स स्टाफ थिए। यो पद केही महिना अघिमात्रै सिर्जना गरिएको हो। पहिलो चिफ अफ डिफेन्स स्टाफको रूपमा रावतले २०२० जनवरीदेखि काम थालेका थिए। , दुर्घटनापछि सामाजिक सञ्जालमा उपलब्ध भिडिओहरूमा हेलिकप्टर पूर्ण क्षतिग्रस्त अवस्थामा रहेको र त्यसका पार्ट पूर्जाबाट धुँवाको मुस्लो र आगो निस्किरहेको देखिएको थियो।, #WATCH, | Latest visuals from the spot (between Coimbatore and Sulur) where a military chopper crashed in Tamil Nadu. CDS Bipin Rawat, his staff and some family members were in the chopper. ,pic.twitter.com/6oxG7xD8iW, — ANI (@ANI) ,December 8, 2021, हेलिकप्टरमा आगो लागेकाले शवहरू पहिचान गर्न कठिन भएको थियो। उनीहरूको डिएनए परीक्षणबाट पहिचान गरिएको थियो।, उक्त हेलिकप्टर सुलुरस्थित सैन्य क्षेत्रबाट वेलिंगटनस्थित सैन्य क्षेत्रतर्फ उडेको थियो।, यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रावतको निधनमा दु:ख व्यक्त गरेका छन्।, ‘तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर मलाई अत्यन्तै दु:ख लागेको छ। त्यसमा हामीले जेनरल विपिन रावत, उनकी पत्नी र सशस्त्र बलका अन्य जवानहरूलाई गुमायौं। उनीहरूले पूर्ण मेहनतका साथ भारतको सेवा गरेका थिए। दिवङ्गत भएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्छु’, प्रधानमन्त्री मोदीले भनेका छन्।, यता भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे जानकारी दिन संसद्‌मा सम्बोधन गर्ने भएका छन्।, यसैबीच भारतीय वायु सेनाको एमआई-१७ भी ५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति बनाएको सेनाले जानकारी दिएको छ।, भारतीय पूर्व सेनाप्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु
रासस विगतका वर्षमा प्रत्येक वर्ष पालो मिलाएर हुने गरेका जिल्लाका दुई ठूला महोत्सव यस वर्ष सँगसँगै हुने भएका छन्। कोभिडका कारण गत वर्ष महोत्सव हुन नसकेपछि चितवन महोत्सव र रत्ननगर महोत्सव सँगसँगै हुन लागेका हुन्।, दुई–दुई वर्षमा हुँदै आएको चितवन महोत्सव एक वर्ष पछाडि सरेपछि नियमितरुपमा हुँदै आएको रत्ननगर महोत्सवसँगै परेको हो । उद्योग वाणिज्य सङ्घ–चितवन र रत्ननगर उद्योग वाणिज्य सङ्घले जिल्लाको उद्योग, व्यापार, व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आलोपालो गर्दै महोत्सव आयोजना गर्दै आएका छन् । विसं २०५९ बाट हरेक विजोर वर्षमा चितवन महोत्सव र जोर वर्षमा रत्ननगर महोत्सव हुँदै आएको छ ।  , सोही निर्णयअनुसार अन्तिमपटक बिजोर वर्ष २०७५ मा चितवन महोत्सव भयो भने २०७६ मा रत्ननगर महोत्सव भएको थियो। यस वर्ष आगामी पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव र पुस २७ देखि माघ ८ गतेसम्म रत्ननगर महोत्सव हुने भएको छ। चितवन महोत्सव नारायणी नदी किनारमा र रत्ननगर महोत्सब टिकौली चौरमा हुँदैछ।, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले दुई संस्थाबीच छलफल गरेर महोत्सव गर्न लागिएको बताए। गत वर्ष कोभिडका कारण चितवन महोत्सव हुन नसकेकामा यस वर्ष गर्नुपरेको जनाउँदै उनले सल्लाहमा नै मिति तय भएको जानकारी दिए। एक अर्को संस्थाले आपसमा आवश्यक सहयोग गर्ने गरी काम अघि बढेको उनको भनाइ छ।, उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले दुई संस्थाले फरक फरक वर्षमा महोत्सव गर्ने सम्भावना नरहेपछि सँगसँगै सहकार्य गरेर महोत्सव गर्न लागिएको बताए।, चितवन महोत्सवमा ४०४ कक्ष हुनेछन्। विगत वर्षहरुमा महोत्सवमा ५९० कक्षसम्म राखिएको भए पनि कोभिडका कारण सङ्ख्या घटाइएको वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताए।, विगतको तथ्याङ्कलाई हेर्दा चितवन महोत्सवमा पाँच अर्ब हाराहारी व्यापार हुने गरेको थियो । पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । पाँच सय ५० कक्ष रहने रत्ननगर महोत्सवमा यस वर्ष ३५० मात्रै राखिँदै छन्।, चितवन महोत्सवको यो १३ औँ संस्करण हो भने रत्ननगर महोत्सवको ११ औँ संस्करण हो।, जिल्लाकै कालिका नगरपालिकामा आजदेखि पदमपुर पर्यटक, सांस्कृतिक तथा व्यापारिक महोत्सव सुरु हुँदैछ। यहाँका थारु समुदायले पर्साको खैरहनीमा खिचरा महोत्सव गर्ने गर्दछन्। साना महोत्सव पालिकास्तरमा हुने गर्दछन्।, चितवनमा दुई ठूला महोत्सव सँगसँगै
सेतोपाटी संवाददाता ट्राफिक कारबाहीमा परे अब तत्कालै जरिवाना तिरेर कागजात फिर्ता पाइने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि यो व्यवस्था लागू गरेको हो।, उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान थालेको भन्दै सेवाग्राहीलाई सहज सेवा दिन यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। , महाशाखाका अनु्सार सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरे पश्चात ट्राफिक प्रहरीले जारि गर्ने २४ घण्टे पुर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने सकिने छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले एक कार्यक्रमबीच प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट’ (इन्स्ट्यान्ट पेमेन्ट सिस्टम) को सुरुवात गरेका हुन्।, सो अवसरमा एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुदै गएको उल्लेख गर्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरि थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको सुरुवात गरिएको बताए।, पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरि पाँच वटा ट्राफिक कार्यालयबाट शुरु गरिएको यो सेवालाई क्रमशः अन्य कार्यालयमा समेत बिस्तार गरिने महाशाखाले जनाएको छ।, मादक पदार्थ सेवन गरि सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामुलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने महाशाखाले जनाएको छ। , ट्राफिक कारबाहीमा परे अब तत्कालै जरीवाना तिरेर कागजात फिर्ता पाइने
सेतोपाटी संवाददाता ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ। मच्छिन्द्रनाथलाई ६ महिना पाटन ६ महिना बुङ्मती राखिने चलनानुसार दिउँसो तःबहाल ल्याउन लागिएको हो। , यही मङ्सिर ९ गते आफूहरु बसेर हेरेको साइतअनुसार आज दिउँसो मच्छिन्द्रनाथलाई पाटन ल्याउने तयारी भइरहेको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए। ‘बिहानको साइतअनुसार साङ्केतिक रुपमा भगवानलाई हल्लाएर दिउँसो खटमा बोकेर ल्याइनेछ’, उनले भने।, मच्छिन्द्रनाथलाई पाटन ल्याउन आफूहरुले चार दिनअघिदेखि एक छाक चोखो खाना खानाका साथै आवश्यक नियम पालन गरेर बसिरहेको मच्छिन्द्रनाथका मूल पूजारी कमलराज बज्राचार्यले बताए। ‘हामीले पाटन ल्याउनु केही दिनअघि भैरवनाथ अनि कुमारीका साथै मच्छिन्द्रनाथको समेत पूजा गरिसकेका छौं’, उनले भने। यसैगरी चार दिनअघि मच्छिन्द्रनाथको रङरोहण तथा होम र बलि पूजासमेत गरेको बज्राचार्यले जानकारी गराए।, दिउँसो गुठी संस्थानका कर्मचारी बुङ्मती आएर पूजापाठ गर्ने र गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ पूजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित काठमाडौँ उपत्यकाका जनताको सहभागितमा बाजागाजासहित खटमा बोकेर पाटन ल्याउने ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए।, किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए। यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ। ,रासस, , रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटन तःबहाल लगिने
रासस नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोतीमा गैंडाको आक्रमणबाट कावासोती-१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ। , आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा  उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैंडाले एक्कासि आक्रमण गरेको थियो।, मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा बुधबार राति महतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।, जिल्लामा निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्कने गैंडाको आक्रमणबाट बर्सेनि स्थानीयबासीले ज्यान गुमाउने गरेका छन्।, पछिल्लो राष्ट्रिय गैंडा गणना २०७७ अनुसार नेपालमा ७५२ गैंडा छन् भने चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैंडा भेटिएका छन्। , गैंडाको आक्रमणबाट एकको मृत्यु
रासस बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका-६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ ।, मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका-३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए । उनले दिएको जानकारीअनुसार नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट खसेको हो ।, ट्रक चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए । मृतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने तयारी भइरहेको छ । दुर्घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।, बाजुरामा ट्रक दुर्घटना, दुई जनाको मृत्यु
सेतोपाटी संवाददाता नेपालमा थप २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २११ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ४५१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार १८ जनाको पिसिआर परीक्षण र १४३३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ६ हजार १०५ जना सक्रिय संक्रमित छन्।, ३२९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।, यसको संक्रमणबाट २ को मृत्यु भएको छ।  , काठमाडौं उपत्यकामा १०० संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४, ललितपुरमा २८ र भक्तपुरमा ८ संक्रमित छन्।, थपिए २११ कोरोना संक्रमित
सेतोपाटी संवाददाता लमजुङको मर्स्याङ्दी गाउँपालिका २ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा १ जना शिक्षक र २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ।, मृत्यु हुनेमा कपिलबस्तु घर भएका सोही विद्यालयका शिक्षक कमल राना, भलामचौरका विद्यार्थी प्रमिसा गुरूङ र सेग्लेका गणेश भण्डारी छन्। , लमजुङ प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार जीपमा सवार ९ जना घाइते भएका छन्। दुघर्टनाका मृतक र घाइतेलाई जिल्ला अस्पताल बेसीशहर लगेको डिएसपी कार्कीले जानकारी दिए। , विद्यार्थीलाई घुमाउन पर्यटकीय भुष्मे गाउँतर्फ लैजाँदै गर्दा ग १ ज ६३१७ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल खसेको थियो। मर्स्याङ्दी– २ स्थित गणेश मावि कक्षा ७ र ८ का विद्यार्थीलाई २ वटा जीपमा राखेर भुष्मे गाउँतर्फ लगिएको थियो।, शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना भएपछि स्थानीयबासी र प्रहरीले उनीहरुको उद्धार गरेका थिए।, लमजुङमा शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु, ९ जना घाइते
रासस राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणले अझै गति लिनसकेको छैन।, नौ प्याकेजमा निर्माणअघि बढाउने योजना बनाइएको थियो। त्यसै अनुरूप केही प्याकेजको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी अघि बढाइएको छ भने केहीको अध्ययन सकिए पनि निर्माण अघि बढेको छैन।, बर्सेनि कम बजेट छुट्ट्याइएकाले निर्माणले गति लिन नसकेको रेल विभागले जनाएको छ।, रेलमार्ग निर्माणमा जग्गा प्राप्तिको विषय पनि टुंगो लाग्न बाँकी रहेको विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताए।, 'बर्सेनि सरकारले झण्डै रु ८/१० अर्ब बजेट छुट्टाउने गरेको छ', उनले भने, 'यो वर्ष अझै घटेर रु साढे छ अर्ब बजेट छुट्टाइएको छ।', आयोजना पूरै सम्पन्न गर्न ठूलो रकम आवश्यक भए पनि एउटा खण्डलाई पहिलो प्राथमिकता दिएर निर्माण अघि बढाउन सकिने विभागले जनाएको छ।, निर्माणको काम अघि बढिरहेको बर्दिबास–निजगढ खण्डमा पहिले सम्पन्न गर्दा रेल यातायातको विस्तार गर्न सकिने महानिर्देशक भट्टराईले बताए।, सो खण्डमा अन्तिम काम बाँकी रहेकामा त्यो सम्पन्न गर्दा रेल चलाउन पूर्वाधार बन्ने उनले बताए।, बजेट उपलब्ध हुँदा कम्तीमा पाँच वर्षमा निर्माण सकिने उनको भनाइ छ।, उनले भने, 'बजेट कम भएकाले काम गर्न गाह्रो हुन्छ।', बर्दिबास–निजगढ प्याकेजमा पहिले बजेट सुनिश्चित गरेर बाँकी काम अघि बढाउने गरी योजना बनाइएको छ।, यो एउटा प्याकेजमा काम गर्न सकेमा सो रेलमार्ग जयनगरबाट बर्दिबाससम्म पुग्नसक्ने महानिर्देशक भट्टराईले बताए।, भारत सरकारको लगानीमा निर्माण भएको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्मको रेलमार्ग तयारी अवस्थामा छ।, नेपाल रेल्वे कम्पनी लिमिटेडले जनशक्ति तयार भएपछि रेल सञ्चालन गर्न तयारी अघि बढाएको छ।, कुर्थाबाट बिजलपुरासम्म १७ किमी रेलमार्ग निर्माण भइरहेको छ भने विजलपुराबाट बर्दिबाससम्म १७ किमीमा जग्गा प्राप्तिको काम भइरहेको छ।, जग्गा छुट्टाएर काम गर्दा दुई वर्षमा बर्दिबाससम्म निर्माण सकिने उनको भनाइ छ।, पूर्व-पश्चिम विद्युतीय रेलमार्गमा नै पर्ने बर्दिबास निजगढ खण्डमा विभागले कतिपय काम गरिसकेको छ।, उनले भने, 'कतिपय काम बाँकी भएकामा बजेट सुनिश्चित भएमा पाँच/सात वर्षमा बर्दिवाससम्मै रेल चल्नसक्छ।' , विभागले अहिले निर्माणको काम बर्दिबास निजगढ खण्डमा मात्रै अघि बढाएको छ। झण्डै ६९ किमी लम्बाइको सो खण्डमा सुधार र पुल निर्माणको काम भइरहेको महानिर्देशक भट्टराईले बताए।, ५० किमीमा लम्बाइमा सुधारको काम सकिएर अरू काम गर्नुपर्ने देखिन्छ। सो खण्डमा रेलको ट्याक राख्ने, स्टेसन  बनाउने, विद्युतीय काम र सिग्निलिङको काम गर्नुपर्ने महानिर्देशक भट्टराइले बताए।, उनले भने, 'रेल चलाउन गर्नुपर्ने खास काम बाँकी नै छ।', निर्माण भइरहेको प्याकेजमा पनि सम्पन्न हुन पाँच वर्ष लाग्ने विभागले जनाएको छ।, बजेट सुनिश्चित र बहुवर्षीय ठेक्काका लागि कारबाही अघि बढाइएको महानिर्देशक भट्टराईले बताए। यो खण्डमा काम गर्न यो वर्ष अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेमा आगामी वर्ष निर्माण कम्पनी र परामर्शदाता नियुक्ति प्रक्रिया अघि बढाइनेछ।, उनले भने, 'आगामी वर्ष ठेक्का लगाउन सकेमा तीन चार वर्षमा निर्माण सकिनेछ।' , निजगढदेखि चितवन खण्डमा अझै अध्ययन हुन बाँकी छ। अरू खण्डमा विस्तृत अध्ययन सकिएको छ।, सो प्याकेजमा रेखाङ्कन परिवर्तन गर्नुपर्ने हुँदा अरू प्याकेजभन्दा ढिला अध्ययन भइरहेको छ।, राष्ट्रिय निकुञ्जभित्रबाटै रेलमार्ग निर्माण गर्दा त्यहाँका वन्यजन्तु र वनस्पतिलाई असर पुर्‍याउने भएकाले अहिले निजगढबाट हेटौंडा हुँदै भरतपुर जोडिने गरी रेलमार्ग अघि बढाउन लागिएको छ।, सो स्थानमा डिपिआर भइरहेकामा विभागले पनि अनुगमन गरिरहेको छ। , काँकडभिट्टा-इनरुवा खण्डमा विगतका वर्षमा जग्गा प्राप्तिमा समस्या थियो। अहिले सो खण्डमा कतिपय जग्गाको समस्या हल भइसकेको र बाँकीमा अन्तिम चरणमा पुगेको महानिर्देशक भट्टराईले बताए।, बजेटको कमीले गर्दा दररेट निर्धारण गर्न नसकिएको उनको भनाइ छ।, विभागले अहिले बजेट सुनिश्चितताका लागि कारबाही अघि बढाइएको छ।, रेल विभागको दमक कार्यालयले अहिले त्यहाँका पालिकासँगको समन्वयमा जग्गा प्राप्तिका लागि काम गरिरहेको छ।, जग्गा प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालयले उपसमिति बनाएर काम अघि बढाएको छ।, महानिर्देशक भट्टराईका अनुसार दररेट निर्धारणको काम थोरै मात्रै बाँकी छ।, उनले भने, 'सूचना निकालेमा स्थानीयबासी मुआब्जाका लागि आउनुहुन्छ तर बजेट नभएकाले हामीले त्यो गर्न सकिएको छैन।' , अहिलेसम्म सरकारको बजेटबाट नै रेलमार्गको अध्ययन र थोरै निर्माण अघि बढिरहेको छ।, अहिलेसम्म रेलमार्गमा वैदेशिक लगानी सुनिश्चित नभएको महानिर्देशक भट्टराईले बताए।, निर्माणको तयारीका लागि पहिले अध्ययन र जग्गा प्राप्तिमा लागिएको छ।, उनले भने, 'अध्ययन र तयारी सकिएपछि नै लगानीबारे सोच्नुपर्छ।' , सो रेलमार्ग र भारतीय लगानीमा निर्माण भएको जयनगर–कुर्था–बर्दिवास रेलमार्ग बर्दिवासमा मिसिने विभागका सिनियर डिभिजनल इञ्जिनियर अमन चित्रकारले बताए। , भारत सरकारले निर्माण गरेको रेलमार्ग ब्रोडगेज हो भने पूर्व–पश्चिम रेलमार्ग कतिपय अध्ययन स्ट्याण्डर्ड गेजमा भइरहेको उनको भनाइ छ। , पहिले पूर्व-पश्चिम विद्युतीय रेलमार्ग ९४५ किमी लम्बाइ हुने देखिएको थियो।, पहिलेको रेखाङ्कन परिवर्तन गरेर नयाँमा जाँदा भने लम्बाइ कूल लम्बाइ परिर्वतन हुनसक्ने सिनियर डिभिजनल इञ्जिनियर चित्रकारले बताए।, पुरानो रेखाङ्कनमा चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज भएर जाने गरी अध्ययन भएको थियो। त्यहाँबाट लैजान नमिलेपछि रेखाङ्कन परिवर्तन हुन लागेको छ।, अहिले निजगढ–हेटौंडा–भरतपुरको डिपिआर भइरहेकामा त्यो सकिएपछि नै कुल लम्बाइ थाहा हुने उनले बताए।, उनले भने, 'केही बढ्ने देखिए पनि यति नै हुन्छ भन्न अहिले सकिँदैन।' , नेपालमा रेल यातायातमा अहिलेसम्म उल्लेखनीय उपलब्धि हासिल भइसकेको छैन।, पहिले रेल यातायात भौतिक पूर्वाधार मन्त्रालयमा एउटा आयोजनाका रूपमा रहेको थियो। विसं २०६८ रेल विभाग स्थापना भएपछि त्यसले नै रेल यातायातमा काम गरिरहेको छ।, बर्सेनि कम बजेट छुट्ट्याइएकाले पूर्व–पश्चिम रेलमार्ग निर्माण सुस्त
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।, अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै उनीविरूद्ध उजुरी परेको थियो।, उनले सेवा अवधिमा एक करोड चौसठ्ठी लाख उनानब्बे हजार सात सय पच्चीस पैसा रुपैयाँ बढी रकम गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो।, अख्तियारले आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम असुल उपर/जफत गरी पाउन मागदाबी समेत गरेको छ।, उनले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्त थपलियाको नाममा घरजग्गा तथा बैंक खातामा राखेका थिए।, अख्तियारले उनकी श्रीमती मुना पन्त थपलियासमेतलाई प्रतिवादी बनाई सम्पत्ति जफत गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।, अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा
सविना कार्की मैतीदेवीका सन्दिप खड्का बबरमहलको किङ्स कलेजमा अध्ययन गर्छन्। हरेक दिन धोबिखोला करिडोरको सडक हुँदै आउँछन्, जान्छन्।, दुई महिना बढी भयो, सन्दिपलाई यो बाटो हिँड्न डर लाग्न थालेको। कतै सडकमा गाडीले हान्दिने हो कि! , यो करिडरको बाटोमा पैदलयात्रुका लागि एकतर्फी मात्र, त्यो पनि साँघुरो फुटपाथ छ। खोला किनारमा रूखबिरूवा छन्। यही एकतर्फी खुम्चिएको फुटपाथमा सामान थुपारेर राखिदिएपछि सन्दिपलाई हिँड्नै सकस भएको हो। , 'फुटपाथमा यसरी सामान राख्दा पैदलयात्रीलाई मुश्किल र जोखिम भएको छ,' सन्दिपले भने, 'हामी सडकबाटै हिँड्न बाध्य छौं।', फुटपाथ मिचिएको कुरा नौलो त होइन। तर यहाँ पैदलयात्रुको बाटो मिच्ने सरकारी निकाय हो। केही महिनायता विद्युत प्राधिकरणले तार भूमिगत बनाउने भन्दै फुटपाथ अव्यवस्थित बनाएको छ। , एकातिर फुटपाथ खनेर प्यानल बक्स राखिएको छ। अर्कोतिर बाकस वरपर मोटामोटा तार छरिएका छन्। अनि अरू सामग्रीले भरिएर हिँड्ने ठाउँ नै छैन। ,  ,  , करिडोर सडकको पहेँलो पुलदेखि बिजुलीबजारसम्म करिब ४० ठाउँमा हरेक ५० मिटर दूरीमा यस्ता साना-ठूला प्यानल बक्स राखिएको छ। साँघुरा फुटपाथ च्यापेर सडकको पेटीमा राखिएको बक्सका कारण पैदलयात्रु पेटीबाट झरेर सडकमा हिँड्नुपर्छ।, दुई महिनादेखि यो समस्या भोग्दै आएको र काममा पनि ढिलासुस्ती भएको स्थानीय तथा पैदलयात्रीको आरोप छ। , 'तारको गन्जागोललाई भूमिगत गराउने काम राम्रो हो तर यसरी अव्यवस्थित गर्नुभएन,' सेतोपुलका स्थानीय देवेन्द्र शाही भन्छन्, 'प्राधिकरणले दसैंलगत्तै यी बाकस राख्यो। अहिलेसम्म व्यवस्थापन गर्न सकेन।', धोबिखोला करिडोरमा आवतजावत गर्ने यात्रुले मात्र होइन, काठमाडौंका अधिकांश साना-ठूला सडकमा पैदलयात्रुले उस्तै समस्या भोगिरहेका छन्। फुटपाथ यसै साँघुरा, एउटा मान्छे सजिलै हिँड्न सकिन्न। अधिकांश ठाउँमा त दुई खुट्टै टेकिँदैनन्। अझ कहीँकहीँ फुटपाथै बिलाउँछ।, यिनै खुम्चिएका फुटपाथमा कहिले हरियालीका नाममा ठ्याँस्स रूख रोपिन्छ। कहिले सफाइका नाममा डस्टबिन ठड्याइन्छ। कहीँ निर्माण सामग्रीदेखि पसलसम्म फिँजारिन्छन्। अनि त्यसमै ठिंग हुन्छन् बिजुलीका पोल। यसैमाथि प्राधिकरणले प्यानल बक्स राख्दा के होला!, 'फुटपाथमा यत्रा बाकस ठडिएका छन्। सडकमा हिँड्दा गाडी हुँइकिएर आउँछ। हान्दिने हो कि डर हुन्छ,' आक्रोशित हुँदै एक पैदलयात्रुले भने, 'यसरी कहिलेसम्म जोखिम लिने?', सडकमा सवारीसाधनको चाप बढ्दो छ। फुटपाथ छाडेर सडकमा हिँड्दा डर लाग्नु स्वाभाविक हो। तर पैदलयात्रुको अधिकार र मान्छे जोखिममा पर्न सक्ने अवस्थामा ध्यान नदिइकन काम सुरू गर्ने अनि सक्न ढिलासुस्ती गर्ने प्रवृत्ति हामीकहाँ छ।, प्राधिकरण भने यहाँको काम ढिला हुनुमा प्राविधिक समस्या र स्थानीयको अवरोध रहेको बताउँछ। रत्नपार्क वितरण केन्द्रका अनुसार काठमाडौं उपत्यका दक्षिण तथा पूर्वी विद्युत वितरण प्रणाली शुद्धीकरण आयोजनाले धोबिखोला कोरिडोर खण्डको तार व्यवस्थापन गर्ने जिम्मा पाएको छ।, आयोजना प्रमुख सुमन श्रेष्ठ साँघुरो र फुटपाथ नभएको सडकमा काम गर्न मुश्किल भएको बताउँछन्।, 'कतिपय ठाउँमा काम अघि बढिरहँदा स्थानीयले बाधा पनि गर्छन्,' सेतोपाटीसँग भने, 'अहिले सम्बन्धित वडा कार्यालयसँग समन्वय गरेर काम अघि बढेको छ।', उनका अनुसार धोबिखोला करिडोर खण्डमा केबल तार तान्ने काम सकिइसकेको छ।, 'तार भूमिगत गराउने क्रममा सडकको कालोपत्र भत्काइएको हुन्छ। त्यो बनाउनु पर्नेछ। काम सकिएपछि प्यानल बक्स त्यहीँ बस्छ, पोलहरू हट्छन्,' श्रेष्ठले भने।, काम सक्न त्यस क्षेत्र वरपर बत्तीको लाइन दिनभर बन्द गर्नुपर्छ। अहिले एक–दुई घन्टा मात्र बन्द गर्न पनि मुश्किल भएकाले काममा ढिलाइ भएको उनको भनाइ छ।, तार भूमिगत गराउने क्रममा पैदलयात्रुले सास्ती भोग्नुपरेको स्वीकार्छन् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई। सडकपेटी र फुटपाथ साना भएकाले आयोजनालाई पनि काम गर्न कठिनाइ भएको उनले बताए।, 'तार भूमिगत गर्ने बेग्लै खाली ठाउँ अभाव छ। फुटपाथमै सबै सामान राख्नुपरेको छ। त्यसैले अव्यवस्थित देखिएको हो,' उनले भने।, काठमाडौंका मुख्य सडकमा तार भूमिगत गर्ने काम तीव्र भइरहेको तर भित्री सडकमा विभिन्न समस्या देखिएको आयोजना प्रमुखहरू बताउँछन्। लाजिम्पाटदेखि नारायणगोपाल चोक हुँदै बुढानिलकण्ठ सडक र अन्य केही रूटका सडकको तार भूमिगत गराउने जिम्मा काठमाडौं उपत्यका मध्य तथा उत्तरी विद्युत प्रसारण प्रणाली शुद्धीकरण आयोजनाले पाएको थियो। हालसम्म यो खण्डको काम सम्पन्न भइसकेको आयोजना प्रमुख अभिषेक अधिकारीले जानकारी दिए।, 'बाँसबारी सडक क्षेत्रमा हामीले काम सकेपछि खानेपानी आयोजनाले सडक भत्काइदियो। केबल पनि ड्यामेज भएको छ। त्यहाँ के गर्ने भन्नेबारे छलफल भइरहेको छ,' उनले भने।, आयोजनाका अनुसार हालसम्म पाइप हाल्ने काम ४५ प्रतिशत सकिएको छ। नगर तथा महानगरका भित्री सडकमा आयोजनाले काम गरिरहेको बताउँदै अधिकारीले असार मसान्तसम्म काम सकिसक्नुपर्ने बताए।, तर भित्री बाटोमा प्रायः स्थानीयले बक्स राख्न नदिएकाले ढिलाइ भएको उनको भनाइ छ। प्यानल बक्सले घरघरमा तार पुर्‍याउने भएकाले यो फुटपाथमै रहने पनि उनले बताए।, सडकमा जथाभावी गाडिएका पोल र छरिएका तार व्यवस्थित गर्ने लक्ष्यसहित प्राधिकरणले २०७६ साल फागुन ५ गतेबाट रत्नपार्कदेखि महाराजगञ्जसम्मको विद्युत प्रसारणलाई भूमिगत गर्ने काम सुरू गरेको थियो।, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट काठमाडौंको विद्युत् प्रणाली भूमिगत गरी स्वचालित गराउने अभियान सुरू गरेका थिए। प्राधिकरणले भारतीय कम्पनी केइआइ इन्ड्रस्टिजसँग सम्झौता गरेर यो काम अघि गरिरहेको छ। काम सक्न करिब ७ अर्ब रूपैयाँ लाग्ने अनुमान छ। , फुटपाथमा प्राधिकरणका बाकस, पैदलयात्रुलाई हिँड्नै सकस
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १०० संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४, ललितपुरमा २८ र भक्तपुरमा ८ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १६८३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६२३, भक्तपुरमा ४८१ र ललितपुरमा ५७९ सक्रिय संक्रमित छन्।, नेपालमा थप २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ९ हजार ४५१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार १८ जनाको पिसिआर परीक्षण र १४३३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ६ हजार १०५ जना सक्रिय संक्रमित छन्।, ३२९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।, यसको संक्रमणबाट २ को मृत्यु भएको छ।  ,  , काठमाडौं उपत्यकामा थपिए एक सय संक्रमित, सक्रिय १६८३
राजेश घिमिरे धादिङको नौबिसे घर भएका मधु लामा वन्यजन्तुका नामी सिकारी थिए। अचुक निसाना लगाउनसक्ने उनलाई तत्कालीन राजपरिवारले आधिकारिक सिकारी नियुक्त गरेको थियो। उनको खास काम चराको सिकार गर्ने थियो। चराका अलावा उनी मृगको पनि सिकार गर्थे। महिनामा एक पटक जंगली सिकार बोकेर राजदरबारमा हाजिर हुन्थे उनी।, राजपरिवार सिकार खेल्न जंगल पस्दा उनको बन्दुक जनावरमाथि सोझिन्थ्यो। मधु लामाका दाइ दिलबहादुर पनि उस्तै नामुद सिकारी थिए। , त्यतिखेरको शक्तिशाली दरबारको आधिकारिक सिकारी बनेर उनीहरूले धेरै वन्यजन्तुको ज्यान लिए।, मधु र दीलबहादुरले जस्तै उनका सन्ततिले पनि बन्दुक समाए। तर त्यो बन्दुकमा वन्यजन्तुको ज्यान लिने गोली नभई ज्यान बचाउने सिरिञ्ज लोड गरिएको हुन्छ।, मानववस्तीमा आएको जंगली जनावरलाई सुरक्षित रूपमा जंगल फर्काउन वा अध्ययन अनुसन्धानका लागि उनीहरूको शरीरमा केही उपकरण राख्नु परे औषधि दिएर लठ्याउनुपर्छ। जसलाई डार्ट गर्ने भनिन्छ। डार्ट गर्न औषधि राखेको सिरिञ्ज बन्दुकमा जोडेर जनावरलाई ताकेर निसाना लगाउनुपर्छ।, पञ्चायतकालमा नामुद सिकारी दाजुभाइ २०४६ सालको राजनीतिक परिवर्तन पछि निष्कृय भए। मधु लामाका दुई भाइ छोरा विष्णुबहादुर र हर्कमान भने त्यसपछि सकृय बन्न थाले। बाबूको बन्दुक चलाउने कौशलतालाई संरक्षणमा लगाए।, उनीहरू बाघ तथा पर्यावरण नामक अनुसन्धानमूलक परियोजना हुँदै राष्ट्रिय प्रकृति संरक्षण कोषमा चार दशक बढी काम गरेर निवृत्त भइसकेका छन्।, सुरूमा चितवन निकुञ्जका वन्यजन्तु गणना गर्ने कर्मचारीकारूपमा काम थालेका उनीहरू अहिले वन्यजन्तुको ज्यान जोगाउन गरिने डार्टको विज्ञ नै मानिन्छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा वरिष्ठ वन्यजन्तु प्राविधिक पदबाट निवृत्त यी दुई दाजुभाइले सेवावधिमा सयौं बाघ, गैंडा, हात्तीजस्ता दुर्लभ, लोपोन्मुख तथा हिंस्रक जंगली जनावरहरुलाई बेहोस बनाए। जसले गर्दा मानववस्तीमा पसेका ती जनावरलाई स्थानान्तरण गर्न र जनधनको क्षति कम हुनमा सहयोग पुग्यो।, वि.सं.२०२९ ताका बाघ र पर्यावरण नामको परियोजना लिएर चितवन झर्ने क्रममा डा.किर्तिमान तामाङले विष्णु र हर्कमानलाई ‘नडराउने भए हिँड म सँग भनेका’ थिए।, ‘हामी डराउँदैनौं भनेर धादिङबाट चितवन झर्‍यौं, अहिलेजस्ता घरहरू थिएनन् राप्ती नजिकैको चौरमै सुत्थ्यौं,’ हर्कमानले सुरूआती दिन सुनाए।, परियोजनाका लागि संरक्षणको काममा खटिँदै आएका हर्कमानले सन् १९८८ बाट वन्यजन्तुको डार्ट गर्न सुरू गरेका थिए। सुरूमा चितवन निकुञ्जको टाइगर टप्स क्षेत्रमा जंगली हात्तीको डार्ट गरेका थिए उनले। त्यसपछि बाघ अनि गैंडाको काम थाले। दाइ विष्णुले उनले भन्दा पहिले डार्ट गर्न थालेका थिए। ‘यो अवधिमा दुई सय बढी बाघको डार्ट गरेँ होला, गैंडा, हात्ती, चितुवा, भालुको पनि खुबै गरियो,’ उनले सुनाए, ‘कहिले हात्तीले हान्यो, कहिले गैंडा, बाघले लखेटेर घाइते बनाए तर भाग्यले बाँच्दै आएँ।’, दाइ विष्णुबहादुर लामाले अनुसन्धानका लागि ३१ र गाउँ आएका बाघलाई जंगल फर्काउन २५ वटालाई डार्ट गरे। सोही हाराहारीमा गैंडा डार्ट गरेको उनले बताए। जंगली र घरेलु हात्ती पनि डार्ट गरे। चितुवा, मृग र भालुलाई पनि डार्ट गर्नु पर्दथ्यो। वन्यजन्तु डार्ट गर्न देशका विभिन्न भागमा पुग्थे उनी। एक पटक जंगली हात्ती डार्ट गर्न भन्दै कोशी टप्पु वन्यजन्तु आरक्ष गएका थिए। डार्ट गर्नुभन्दा पहिल्यै हात्तीले लखेट्न थाल्यो।, ‘लखेट्दै बगरमा ल्यायो। बगरमा धन्न हात्ती दौडन सकेन र हाम्रो ज्यान जोगियो,’ लामाले भने।, डार्टले वन्यजन्तुको जीवन जोगाउन सकेको उनीहरु बताउँछन्। ‘जंगल फर्काउन सकिदैन भन्ने लागेमा स्थानीयले जनावरलाई कुटेर मार्थे होलान्। जंगल फर्काउन टोली आउँदैछ भनेपछि स्थानीयले पनि धौर्य गर्ने भए। डार्ट गरेपछि धेरै वन्यजन्तु जोगिएर आफ्नो वासस्थलमा फर्केका छन्,’ उनीहरू भन्छन्।, हर्कमानले राष्ट्रिय प्रकृति संरक्षण कोषको जागिर छोडेको ३ वर्ष भयो। जागिर छोडे पनि उनको मन संरक्षणको काम छोड्न मानेको छैन। आवश्यक पर्दा अझै पनि वन्यजन्तुलाई नियन्त्रणमा लिन सक्ने आँट उनमा छ। ६६ वर्षे उमेरमा पनि उनी चितवन निकुञ्ज र कोषले बोलाएको ठाउँमा हाजिर हुन्छन्, नयाँलाई सिकाउँछन्।, जागिर छोडेपछि उनले केही समय चितवनदेखि पथलैयासम्मको राजमार्गमा वन्यजन्तुको अवस्थाको विषयमा अध्ययन गर्ने एक परियोजनामा काम गरे।, ‘अहिले पनि प्रोजेक्टहरूले लौन हाम्रोमा सहयोग गरिदिनुपर्‍यो भन्छन्,’ चितवन निकुञ्जमा सुरू भएको बाघ गणनाका लागि एउटा समूहको नेतृत्व गरेर जंगल छिर्नुअघि ,सेतोपाटी,सँगको कुराकानीमा हर्कमानले भने, ‘सकेसम्म समय मिलाएर संरक्षणका काम गर्ने गरेको छु। हात, खुट्टाले काम गर्दासम्म त लाग्नै पर्‍यो नि।’ , जागिरको दौरानमा लामा दाजुभाइले वन विज्ञानका कैयौं विद्यार्थीहरूमाझ प्रयोगात्मक ज्ञान बाँडेका छन्। नेचर गाइडहरूलाई तालिम दिएका छन्। पिएचडी गर्न आउनेहरूलाई तथ्यांक संकलनमा सघाएका छन्।, ‘३० जना भन्दा बढीलाई पिएचडी गर्नमा विभिन्न तवरबाट सहयोग गरें। अचेल उनीहरु यहाँ आउँदा म र दाइलाई खोज्छन्। ओहो, गुरु भनेर नमस्कार गर्छन्,’ हर्कमान सुनाउँछन्, ‘जिन्दगीमा अरु केही नकमाएपनि इज्जत चाहि कमाएछु जस्तो लाग्छ। बाबू, बाजेले दिएको आशिर्वाद लाग्यो झैं लाग्छ।’, सिक्ने सिकाउनेक्रममा हर्कमान अमेरिका, जापान, चीन, थाइल्याण्ड, भियतनामलगायतका देशहरु पुगे। विष्णुले भियतनाम, थाइल्याण्ड र बंगलादेशमा काम नै गरे।, ‘वन र वन्यजन्तुको विषयमा त्यहाँका विज्ञहरुसँग सिकें, यहाँका अनुभवहरु सुनाएँ, आफूले जानेका सिकाएँ,’ उनी भन्छन्, ‘अब बाँकी जिन्दगी पनि यसैगरी संरक्षण कर्ममै बिताउन मन छ।’, हर्कमानका छोरा तिर्थ लामा अहिले बाबूहरूको विडो थामिरहेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु प्राविधिक उनी बाबू, बाजे जस्तै निसानेबाज हुन्। वन्यजन्तुलाई डार्ट गर्नुपर्‍यो भने तिर्थ लामाको नाम पहिलो नम्बरमा आउँछ। बाबूहरूले बाजेबाट सिके झैं तिर्थले पनि बाबूहरूबाट सिके।, ‘तीन कक्षा भन्दा पढ्न सकिनँ। चितवनमा बाघ तथा पर्यावरण परियोजना सुरू भएपछि दाजुभाइ त्यसैमा काम गर्न थालियो। काम सिक्दै संरक्षणमै जम्न थालियो,’ हर्कमानले भने, ‘आफूले छाड्दैगर्दा दुई भाई छोरालाई पनि काम सिकाएको छु। तिर्थले त मैले जसरी नै काम गर्न थालिसकेको छ।’, रत्ननगर नगरपालिका–७ सौराहा घर भएका तिर्थले कक्षा ७ सम्ममात्रै पढेका छन्। सानैबाट बुबा हर्कमान र ठूलो बुबा विष्णुबहादुरको काम देखिरहेका तिर्थले सन् २००१ बाट केन्द्रमा जागिर सुरू गरे। सन् २०१० देखि उनले डार्टको काम पनि थाले। वन्यजन्तु चिकित्सकले जनावरलाई बेहोस बनाउनका लागि आवश्यक पर्ने औषधी राखेर सुटरलाई सिरिञ्ज दिन्छन्। सुटरले आफ्नो बन्दुकमा त्यो सिरिञ्ज लोड गरेर निसाना लगाउँछन्। जंगली जनावरका लागि हितकारी काममा निपूर्णता हासिल गरेका बाबूहरूले तिर्थलाई हात समातेर डार्ट गर्न सिकाएका थिए। अचेल तिर्थसँगै काम गर्ने दिपु चौधरीलाई पनि हर्कमान र विष्णुले नै डार्ट गर्न सिकाएका हुन्। , अहिलेसम्म करिब ५० वटा गैंडा, ३० बढी बाघ, हात्ती, चितुवा, भालु, निलगाईलगायतका वन्यजन्तुलाई डार्ट गरेको तिर्थले बताए।, ‘कहिलेकाहीँ प्राविधिक कारणले रनिङ सट(दौडदाको अवस्थामा हानिने)मा चुक्नु अलग कुरा भयो। नत्र मैले हानेको सट कहिल्यै मिस गएको छैन,’ तिर्थ भन्छन्, ‘पुर्खाबाट सिक्दै आएको काम भएर पनि होला यो काममा जोस, जाँगर चल्छ।’, उनी जंगली हात्ती डार्ट गर्न शुक्लाफाँटादेखि कोशीटप्पुसम्म पुगेका छन्। चितुवालाई नियन्त्रणमा लिन पहाडि इलाकाहरू पुगेका छन्। पछिल्ला केही महिनामा चितवनकै विभिन्न ठाउँमा गरेर ४ वटा बाघलाई डार्ट गरेका नियन्त्रणमा लिइएको छ। यो काममा उनी अग्रपंक्तिमा खटिए।, ‘मान्छे खाने बाघलाई नियन्त्रणमा लिनु साह्रै जोखिम हुन्छ। रूखमा चढ्दा पनि उफ्रिएर झम्टिन आउँछ,’ उनी भन्छन्, ‘धेरै पटक आक्रमणबाट जोगिन सफल भएको छु।’, काम गर्दा डर नलागेपनि घर आएपछि छोराछोरीलाई भेट्दा ‘भगवानले मलाई यीनैलाई देख्नका लागि बचाएछन्’ जस्तो लाग्ने उनले बताए।, ‘मेरो काम देखेर बुबाहरू हाम्रो विडो धानिस् भन्दै खुसी हुनुहुन्छ,’ तिर्थ भन्छन्, ‘उहाँहरू खुसी भएको देख्दा कामप्रति गर्व लाग्छ।’, तिर्थसँगै उनका भाइ गणेश लामा पनि राष्ट्रिय प्रकृति संरक्षण कोषमा काम गर्छन्। गणेशले पनि बाबूबाट डार्ट गर्न सिकिसकेका छन् तर काम सुरू गरिसकेका छैनन्।, दरबारले पत्याएका नामुद सिकारीकै सन्तति चलाउँदैछन् संरक्षणको बन्दुक
भगवती पाण्डे सशस्त्र प्रहरीको निगरानी फितलो बनेपछि जिल्ला प्रहरी कार्यालय रूपन्देहीले तस्करी नियन्त्रणमा चासो दिन थालेको छ।, अवैध कारोबारीबाटै सीमा क्षेत्रमा आपराधिक कार्य हुने गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रूपन्देही तस्करी नियन्त्रणमा केन्द्रित भएको हो।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरिक्षक डा. मनोज केसीले जिल्लाको शान्ति सुरक्षाका लागि तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने रणनीति रहेको बताउँछन्।, भारतसँग खुला सिमानाका कारण रूपन्देहीमा तस्करीको सामान ल्याउनेहरूको बिगबिगी रहेकोले सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरेर तस्करी नियन्त्रणमा लागेको उनले बताए।, प्रहरीले बुटवल, भैरहवा लगायतका बजारमा भरियामार्फत् पठाइएका सामान र ढुवानीका साधन समेत नियन्त्रण गरी भन्सार चलान गर्ने गरेको छ। प्रहरी उपरीक्षक केसीले जिल्लाका विभिन्न सीमा नाकामार्फत् भन्सार छली गरेर ल्याइएका त्यस्ता सामानको गोदाममा समेत छापा हानी बरामद गरिएको बताए।, केसीका अनुसार चालू आर्थिक वर्षमा जिल्ला प्रहरीको टोलीले दैनिक एक लाखदेखि झण्डै ५८ लाख रुपैयाँसम्मको तस्करीको सामान बरामद गरेको छ। गत कात्तिक १७ गते दुई वटा पिकअप गाडीमा ल्याउँदै गरेको ५७ लाख ८७ हजार ५ सय मूल्य बराबरको लिपगार्ड, कुर्ता-सरवाल, बनारसी साडी, चुन्नी तथा पटाका प्रहरीले नियन्त्रणमा लिएको थियो।, चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा मात्रै ५ करोड १५ लाख ७४ हजार बराबरको सामान बरामद गरी भन्सार चलान गरिएको छ। हरेक महिना डेढ करोडको हाराहारीमा भन्सार छलेर ल्याइएको सामान बरामद हुने गरेको केसीले बताए।, नेपाल-भारत सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी तथा तस्करी नियन्त्रणका लागि भनेर नै खटिएको सशस्त्र प्रहरीले भने यही अवधीमा जम्मा १ करोड ७१ लाख रुपैयाँ बराबरको तस्करीको सामान बरामद गरी भन्सार चलान गरेको छ।, सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी सशस्त्र प्रहरीको भए पनि तस्करी नियन्त्रणमा भने सशस्त्रलाई नेपाल प्रहरीले उछिनेको छ। गत आर्थिक वर्ष २०७७/७८ मा पनि जिल्ला प्रहरी कार्यालय रूपन्देहीले १० करोड २३ लाख रूपैयाँ बराबरको तस्करीको सामान बरामद गरी भन्सार चलान गरेको थियो।, सशस्त्र प्रहरीले गत आर्थिक वर्षमा पनि जिल्ला प्रहरी कार्यालयको भन्दा अत्यन्त न्यून २ करोड १४ लाख रुपैयाँ बराबरको मात्रै सामान बरामद गरेको थियो।, गत आर्थिक वर्षमा भैरहवा भन्सार कार्यालयमा १३ करोड ८२ लाख मूल्य बराबरको चोरी तस्करी गरी लगिएको सामान बुझाइएको थियो। चालू आर्थिक वर्षमा जिल्ला प्रहरीले मात्रै तस्करीका सामान बरामद गरेर १६ करोड बराबरको राजश्व संकलन गर्ने लक्ष्य राखेको केसीले बताए।, शान्ति सुरक्षा कायम गर्नेतर्फ केन्द्रित हुनुपर्ने प्रहरी तस्करी नियन्त्रणमा बढी केन्द्रित भएन र? भन्ने प्रश्नमा केसी भन्छन्, ‘कानुन नमान्ने मान्छेहरू नै अपराध र तस्करीमा लागेको हुन्छन्, कहीँ न कहीँ अपराध र तस्करी गर्नेहरूको सम्बन्ध रहेको हुन्छ। त्यसैले, अपराध नियन्त्रण गर्नको लागि तस्करी रोक्नैपर्छ।’, प्रहरीले सिमानामा नै अपराध गर्नेहरूलाई रोकिदिने हो भने अर्को अपराध हुन नपाउने उनको भनाइ छ। ‘तस्करी नियन्त्रणलाई राजश्वसँग मात्र जोडेर हेरिनु हुँदैन, यो शान्ति सुरक्षासँग पनि जोडिएको छ, अवैध रूपमा कमाएको पैसा अवैध तरिकाबाटै खर्च हुने गर्छ, अन्ततः अपराध बढाउँछ,’ उनी भन्छन्।, प्रहरीले तस्करी गर्नेहरूलाई चल्न-हल्न नदिएको कारण सीमा क्षेत्रमा अपराध कम भएको उनले दाबी गरे। ‘रूपन्देहीका मर्चवार, मझगाँवा, धकधईजस्ता सीमा क्षेत्रमा तस्करी रोक्नेबित्तिकै अपराध पनि रोकिएको छ,’ उनले भने।, केसीका अनुसार प्रहरीले विभिन्न माध्यमबाट सामान तस्करी गर्नेलाई नियन्त्रण गर्ने तथा विगतमा तस्करीमा संलग्नहरूको पनि निगरानी बढाइएको बताए। यसअघि तस्करी गरी ल्याइएको सामग्री मात्र नियन्त्रण गरी भन्सार चलान गर्ने गरिएकोमा पछिल्लो समय सामान लोड गरी ल्याइएका सवारी साधन समेत भन्सार चलान गर्ने गरिएको छ।, केसीले सामान नियन्त्रण गरेर मात्र पेशेवर तस्करलाई निरुत्साहित गर्न नसकिने भएकोले सामान सहित ढुवानीको लागि प्रयोग गरिएको साधन र ढुवानीमा संलग्न व्यक्तिलाई पनि कारबाही गर्न थालिएको बताए। ‘सामान मात्रै नियन्त्रणमा लिएर भन्सार पठाउने तर सामान ल्याएको साधन छोडिदिँदा फेरि तस्करीमै संलग्न हुने गरेको पाइयो, साधन समेत नियन्त्रणमा लिएर भन्सार चलान गर्न थालेपछि त्यही व्यक्ति फेरि तस्करीमा नलाग्न सक्छ,’ उनले भने।, तस्करीलाई रोक्ने हो भने सामान मात्र होइन, साधन पनि समात्नुपर्छ भन्ने लागेर साधन पनि समात्न थालिएको उनले बताए। ‘भन्सार कार्यालयले त थोत्रो बाइक लिलाम पनि हुँदैन नसमाते पनि हुन्छ भन्छ, तर हाम्रो उद्देश्य लिलाम गराएर राजश्व बढाउने मात्र नभई तस्करी नै रोक्नु हो,’ केसी भन्छन्।, कतिपय ठूलो तस्करीमा संलग्नहरूलाई धरौटी समेत लिन थालिएको उनले बताए। यसै महिना एउटै व्यक्तिबाट १८ लाखको जुत्ता-चप्पल बरामद गरिएपछि तस्करीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर ९ लाख धरौटी लिइएको उनले बताए।, सानो परिमाणमा हुने तस्करीमा सीमा आसपासका व्यक्तिहरू भरियाको रूपमा प्रयोग हुने गरे पनि ठूलो परिमाणमा हुने तस्करीमा भने पेशेवर तस्कर र गाडीका चालक समेत प्रयोग हुने गर्छन्। ‘ठूलो परिमाणमा सामान ल्याउने ८/९ जना पहिचान भइसकेका छन्, तीमध्ये तीन जना त पक्राउ परी धरौटीमा छुटेका छन्,’ उनले भने।, प्रहरी उपरीक्षक केसीले सीमा क्षेत्रका प्रहरी चौकीलाई तस्करी नियन्त्रणसँगै अपराध नियन्त्रणमा समेत उच्च सतर्कतामा राखिएको बताए। खुला सीमाको फाइदा उठाउँदै रूपन्देहीमा विशेषगरी कपडा, सूर्ती, जुत्ता-चप्पल, छालाका सामान, खाद्यान्न, किराना, हार्डवेयरका सामान, मोटर पार्टस्, मेसिनरी सामान लगायत तस्करी हुने गरेको केसीले बताए।, त्यस्तै, सुपारी, केराउ, मरिच, चिनियाँ स्याउ, बालुवालगायतका वस्तुहरू नेपालबाट भारततर्फ तस्करी हुने गर्छ। केसीले जनसम्पर्क र सबै ठाउँमा पहुँच पुर्‍याउन सक्ने भएकोले तस्करी नियन्त्रणमा आफूहरू अगाडि रहेको हुनसक्ने बताए।, प्रहरी उपरीक्षक केसी प्रहरी र तस्करहरूको बीमा सम्बन्ध हुन्छ भन्ने आरोपलाई पनि चिर्न चाहेको बताउँछन्। उनले तस्करहरूलाई प्रहरीसँगको भेटघाट र कार्यालय प्रवेशमा निषेध नै गरेको बताए।, ‘यदाकदा सुनिन्छ तस्करहरू र प्रहरीबीचमा सम्बन्छ हुन्छ भन्ने, तर मेरो कार्यालयमा तस्करहरूलाई नो इन्ट्री, म मातहतका प्रहरी अधिकृत र अन्य प्रहरीहरूलाई पनि तस्करीमा संलग्नहरूलाई नभेट्न निर्देशन दिएको छु,’ केसीले भने।, रुपन्देहीमा ‘तस्कर’लाई प्रहरी कार्यालयमा ‘नो इन्ट्री’
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ। , ईलाका प्रहरी कार्यालय बुटवल रूपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो ३ बजेतिर बुटवलबाट गैंडाको खागसहित तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरेको हो।, प्रहरीले गैंडाको खागको कारोबार हुँदैछ भन्ने विशेष सुराकीको आधारमा बुटवल वडा नं. ५ स्थितमा रहेको हरियाली होटल एण्ड लजको चौथो तलाको ११८ नं. कोठामा बसेको बेला उनीहरूलाई पक्राउ गरेको जनाएको छ।, पक्राउ परेकाहरूमा अर्घाखाँची छत्रकोट गाउँपालिका वडा नं.७ सूर्यथुम बस्ने वर्ष ४८ को नरबहादुर सुनार, वर्ष ५८ को पदम सुनार र छत्रकोट वडा नं.५ रानीचाप बस्ने वर्ष २८ को सुमन न्यौपाने छन्।, पक्राउ परेकामध्ये सुमन न्यौपानेले लगाएको ज्याकेटमा खोजी गर्दा ज्याकेटको भित्री गोजीमा लुकाइ राखेको कालो रङको ४ इन्च गोलाइ, ४ इन्च लम्बाइ भएको गैंडाको खागजस्तो चिज वस्तु फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले पक्राउ परेका तीनै जना र बरामद गरिएको खागलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भैरहवा पठाइएको बताएका छन्।, यस्तै, प्रहरीले बुटवल उपमहानगरपालिका वडा नं. २ पुष्पनरसिंह टोलबाट लागुऔषध र लागुऔषध कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ। , प्रहरीले बुटवल २ कै २० वर्षीय जाबेद खानलाई नुफिन २४ एम्पुल, फेनारगन २४ एम्पुल र सेरि ज्याक २४ एम्पुलसहित पक्राउ गरी आवश्यक अनुसन्धान सुरू गरिएको जनाएको छ।, गैंडाको खागसहित तीन जना पक्राउ
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा चालू आर्थिक वर्षको हालसम्म अर्थात विगत पाँच महिनामा ९१७ वटा उजुरी परेका छन्।, भष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोगको कार्यालय हेटौंडाद्वारा बिहीबार यहाँ आयोजित ‘भष्ट्राचार नियन्त्रण र सुशासन’ विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो।, कार्यालयबाट प्राप्त प्रतिवेदन अनुसार कार्यालयमा चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि मङ्सिर २० गतेसम्ममा परेकोमध्ये ३३० वटा उजुरी फर्छ्यौट भएका छन् भने ५८७ वटा उजुरी फर्छ्यौट हुन बाँकी छन्।, कार्यालय प्रमुख रविन्द्र शर्माद्वारा प्रस्तुत प्रतिवेदनमा ११ जिल्ला कार्य क्षेत्र रहेको सो कार्यालयमा बारा जिल्लाबाट सबैभन्दा बढी उजुरी परेको जानकारी दिइएको थियो।, विगत पाँच महिनामा परेको कूल उजुरीमध्ये बाराको २४९, पर्साको १८७, मकवानपुरको १७३, रौतहटको १६०, चितवनको ९०, दोलखाको १६, धादिङको १५, काभ्रेपलान्चोकको १२, रामेछापको १२, सिन्धुपाल्चोकको दुई  र नुवाकोटको एक उजुरी परेको प्रतिवेदनमा उल्लेख गरिएको छ।, भष्टाचार एवम् अनियमितताका सम्बन्धमा सबैभन्दा बढी बाराको २४९ उजुरी परेको छ भने मन्त्राालयगत अनुसार सङ्घीय मामिलाको (स्थानीय तह)को सबैभन्दा बढी ४४४ उजुरी परेको कार्यालयका प्रमुख शर्माले बताए।, कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिवहादुर महत र अख्तियार हेटौंडाका सिनियर डिभिजिनल अधिकृत मोहनदत्त भट्ट र उपसचिव विष्णुप्रसाद सापकोटाले भष्टाचारविरुद्ध आ-आफना विचार व्यक्त गरेका थिए। रासस, अख्तियार हेटौंडामा पाँच महिनामा ९१७ उजुरी
रासस कालीगण्डकी नदीमा निर्माण सामग्री उत्खननको ठेक्का लगाउन नपाउँदा पर्वतका स्थानीय तहको आन्तरिक आम्दानी घटेको छ।, नदीजन्य पदार्थको उत्खनन्बाट वार्षिक रु दुई करोड आम्दानी गर्दै आएका कुश्मा नगरपालिका र जलजला गाउँपालिकाको आम्दानी शून्य भएको छ । स्थानीय तहको मुख्य आम्दानीका रूपमा रहेको नदीजन्य पदार्थ उत्खननमा अदालतको आदेशले रोक लागेको छ ।, जलजलाका राजस्व अधिकृत लीलाधर सुवेदीका अनुसार नदीजन्य पदार्थ उत्खनन हुन नसक्दा गाउँपालिकाको आम्दानी आधा घटेको छ। आन्तरिक आम्दानीले नागरिकका अधिकांश माग सम्बोधन गर्न कठिनाइ भइरहेको सुवेदीले बताए ।, नदीको आम्दानी गुमेपछि गाउँपालिकाले स्लेट ढुङ्गालाई उत्खनन गरी निकासी गर्ने र गाउँपालिकाको राजस्वमा वृद्धि गर्ने सोच बनाएको छ। यसले खेर गएको ढुङ्गाले बजार पाउने र स्थानीयस्तरमा रोजगारीको सिर्जना गर्न सकिने गाउँपालिकाले जनाएको छ।, स्लेट ढुङ्गा उत्खनन तथा कटिङ ढुङ्गा उद्योग सञ्चालन कार्यविधि २०७८ तर्जुमा गरी लागू गर्न लागिएको सुवेदीले बताए । गाउँपालिकाले स्लेट ढुङ्गा भएका जग्गाधनी र गाउँपालिकाबीच बिहीबार सम्झौता गरेको छ। गाउँपालिकाले आइइई गरेर सबै प्रक्रिया पूरा गरिसकेकाले तुरुन्तै प्रक्रियामा लैजाने उनले बताए । अब विगतमा जस्तै स्लेट ढुङ्गा निकासीमा व्यवसायीले बेचौलियाको सङ्गत गर्न नपर्ने र पारदर्शिता कायम हुनाका साथै गाउँपालिकाको राजस्वमा वृद्धि भई स्थानीय जनताका माग सम्बोधन गर्न सहज हुने उनले जानकारी दिए।, कालीगण्डकी नदीमा अहिले निर्माणजन्य सामग्री उत्खननमा पूर्णतः रोक लगाइएको छ। अदालतको आदेशले नदीजन्य पदार्थ उत्खननमा रोक लाग्दा निर्माण सामग्री अन्य जिल्लाबाट ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ। अर्कोतिर नदीमा आश्रित परिवारको आर्थिक उपार्जनमा समस्या भएको छ।, जलजलाका माझफाँट, बाँसखर्क, शालिजा, बनौ, लेखफाँटलगायत यसअघि पनि स्लेटखानी उत्खनन गरिए पनि दर्ता प्रक्रिया नपुगेको भन्दै पालिकाले रोक लगाएको थियो । अब भने सबै स्थानीय तहबाट अनुमति लिएर सञ्चालन गर्न पाउने भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए। , पर्वतको जलजलामा स्लेटखानी उत्खनन् गरिँदै
रासस जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई नाबालकसहित चार जनालाई भारतबाट उद्धार गरेको छ। झापाबाट झण्डै दुई वर्ष अगाडि नाबालक छोराछोरीसहित हराएका १८ र १९ वर्षीया दुई युवतीको प्रहरीले उद्धार गरेको हो।, दुई वर्षदेखि खोजतलास गर्दै जाने क्रममा निजहरू भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा आकर्षक काममा लगाइदिने भनी झुक्याइ प्रलोभनमा पारेर बेचबिखनमा परेको थाहा पाएपछि प्रहरीले उद्धार गरेको जनाएको छ।, जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले माइती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्टस्सँग समन्वय गरी चारै जनालाई उक्त स्थानबाट उद्धार गरी ल्याउन सफल भएको प्रहरीले जनाएको छ ।, उक्त मानव बेचबिखन कसुरमा सलंग्न व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। , नाबालकसहित चार जनालाई भारतबाट उद्धार
सेतोपाटी संवाददाता एक करोड एक लाख ५२ हजार ३८६ बराबरको राजश्व छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले सत्यम् शिवम् कन्सट्रक्सनका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।, विभागका अनुसार वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरेको आरोपमा सो कम्पनीका सञ्चालकद्वय रामकुमार प्याकुरेल र संगीताकुमारी झाविरुद्ध बिहीबार मुद्दा दायर गरिएको हो।, कम्पनीले १६ लाख ७७ हजार ३३४ मूल्य अभिवृद्धि कर, आयकरतर्फ २९ लाख ४२ हजार ९८२ र चार लाख ५५ हजार ८७७ गरी कूल ५० लाख ७६ हजार १९३ बराबरको राजश्व चुहावट गरेको पाइएको छ।, विभागले बिगोको दोब्बर सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ। रासस, नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको अभियोगमा मुद्दा
सेतोपाटी संवाददाता दाङमा बिहीबार बेलुका बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा परी मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नं. १६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको छ।, प्रहरीका अनुसार घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको चन्द सवार रा४ प ४०२ नम्बरको मोटरसाइकललाई पौने ८ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१च ३८५ नम्बरको बोलेरोले ठक्कर दिएको थियो।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालका अनुसार गम्भीर घाइते चन्दको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको थियो। ठक्कर दिने बोलेरो र चालक प्रहरी नियन्त्रणमा छन्।, बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा एक जनाको मृत्यु
रासस धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ।, विश्व हिन्दू परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरीलगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो।, सीताराम विवाह पञ्चमी महोत्सव सकिएलगत्तै मन्दिर परिसरमा आयोजित सामूहिक विवाह समारोहमा विभिन्न जातजातिका जोडीको विवाह गराइएको विश्व हिन्दू परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए।, विश्व जगत्मा जनकपुरस्थित जानकी मन्दिर प्रसिद्ध विवाहस्थलका रूपमा रहेको प्रचार–प्रचारसँगै विकास गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सामूहिक विवाह समारोह आयोजना गरिएको अध्यक्ष साहले बताए।, विवाह समारोहमा प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवलगायतले नवविवाहिता जोडीलाई सुखद् दाम्पत्य जीवनको शुभकामना दिए।, विश्व हिन्दू परिषद् नेपालले विगत चार वर्षदेखि जनकपुरधाममा विवाह पञ्चमीको भोलिपल्ट सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ। अघिल्लो वर्ष कोरोना सङ्क्रमणका कारण सामूहिक विवाह समारोह गर्न सकिएको थिएन। , जनकपुरमा बाइस जोडीको सामूहिक विवाह
सेतोपाटी संवाददाता देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।, काठमाडौं उपत्यकासहित मुलकभर न्यूनतम तापक्रम घट्न थालेको छ। यो सँगै चिसो बढेको छ। शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ।, यस्तै जुम्लामा -३.७, जोमसोममा -१  डिग्री सेल्सियस मापन गरिएको छ।, देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। , बिहान हुस्सु कुहिरो लाग्ने हुँदा पनि धेरै चिसो महसुस हुने महाशाखाले जनाएको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले अबको केही दिन मौसम सफा रहने सम्भावना रहेको छ।, आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भने मौसम आंशिक बद्ली हुने सम्भावना छ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, २०७८ मंसिर २४ गते (शुक्रबार), दिउँसो : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।, रातीः प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।, २०७८ मंसिर २५ गते (शनिबार), दिउँसो : प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।, रातीः देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।, २०७८ मंसिर २६ गते (आईतबार), दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही  बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।, रातीः देशको  सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ।, देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ६.२ डिग्री
एजेन्सी भारतीय किसानहरुले एक वर्ष लामो विरोध प्रदर्शन अन्त्य गरेका छन्।, सरकारले विवादास्पद कृषिसम्बन्धी कानुन खारेज गरेको एक सातापछि किसानहरुले आफ्नो आन्दोलन अन्त्य भएको घोषणा गरेका हुन् । , सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा हजारौं किसानहरु राजधानी नयाँ दिल्लीको सीमाक्षेत्रमा विगत एक वर्षदेखि प्रदर्शन गर्दै आएका थिए। , प्रदर्शनका क्रममा गर्मी, ठन्डी तथा कोभिडका कारण दर्जनौ किसानहरुको मृत्यु भएको थियो। शनिबारदेखि किसानहरु आआफ्ना घरमा फर्किने भएका छन् । , किसानका अन्य समस्या सम्बोधन गर्न र उत्पादित बस्तु तथा सेवाको मुल्य सुनिश्चित गर्न सरकार सहमत भएपछि किसानहरुका विभिन्न संगठनले एक वर्षदेखिको आन्दोलन समाप्त भएको बताएका हुन्। आन्दोलनरत किसानहरुमाथि लगाइएको मुद्दा पनि फिर्ता गर्न सरकार तयार भएको छ । , गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरुले आपत्ति जनाउँदै आएका तीन वटा कानुन खारेज गर्ने निर्णय गरेका थिए। , सरकारले बेइमानी गरेमा फेरि आन्दोलन शुरु गर्ने चेतावनी पनि किसान नेताहरुले दिएका छन् ।, ‘१५ जनवरीमा एउटा समिक्षा वैठक आयोजना गरेका छौं । प्रतिबद्धता जनाए बमोजिम सरकारले हाम्रा माग पुरा गरेन भने हामी पुनः आन्दोलनमा फर्किनेछौं,’ किसान नेता गुर्नाम सिंह चरुनीले स्थानीय संचार माध्यमलाई भने ।  , गत वर्ष भारत सरकारले ल्याएको कृषि सम्बन्धि नयाँ कानुन मध्ये उत्पादन, मूल्य र भण्डारण सम्बन्धि पक्षमा किसानहरुको आपत्ति रहँदै आएको थियो । कृषि क्षेत्र किसानको हातबाट ठूला ब्यापारीको हातमा पुग्ने भन्दै भारतभरिका किसान एकजूट भएका थिए ।,  , भारतमा एक वर्षदेखिको किसान आन्दोलन अन्त्य
सेतोपाटी संवाददाता बिल बिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरेको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ।, प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघर सडकखण्डमा ना३ख २२९ नंको मालवाहक सामग्रीसहित नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पठाइएको हो। , सो क्रममा उक्त ट्रक तथा चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ बस्ने वर्ष २५ का सागर रायलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।, करिब रु पाँच लाख मूल्य बराबरको भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामान लोड गरिएको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उक्त ट्रकमा बिलबिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरिएको प्रहरीले जनाएको छ।, भन्सार छली भित्र्याइएको ट्रक प्रहरी नियन्त्रणमा
सञ्चिता घिमिरे र सुभानु आचार्य सडकमा कालोपत्रे गरिएको केही महिनामै भत्किएको चापागाउँ-लेले सडकका विभिन्न खण्ड पुनः निर्माण गरिने भएको छ। सुनाकोठीको आठ सय मिटर खण्ड र अरू खण्डमा पनि नयाँ हुने गरी मर्मत गर्न लागिएको हो।, चापागाउँ सडकमा अहिले भइरहेको संरचनामध्ये ‘बेस’ मात्रै काम लाग्ने देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। त्योभन्दा माथि नयाँ मसला हालेर सुरूदेखि नयाँ कामका रूपमा गरिने आयोजनाका प्रमुख दीपेन्द्र पाण्डेले बताए।, उनका अनुसार जहाँ जहाँका सडक  भत्किएको छ त्यहाँ नयाँ नै देखिनेगरी  निर्माण गरिने छ। प्रमुख पाण्डेले भने, ‘केही भागमा थोरै उप्केकामा मर्मत गरे पनि ठूलो क्षति पुगेको ठाउँमा भने पुनःनिर्माण  नै गर्नुपर्छ।’, आयोजनाले यो महिनाको अन्तिमसम्ममा उक्त सडक निर्माण गरिसक्ने लक्ष्य लिएको छ। आगामी चैतसम्म निर्माणको अवधि भए पनि त्योभन्दा पहिले नै सम्पन्न गरिने उनले बताए।, प्रमुख पाण्डेले  भने, ‘सम्भव भएसम्म यही महिनाभित्रै सकाइने छ।’, कालोपत्र गरेको छ महिना नपुग्दै चापागाउँ-सुनाकोठी सडकमा खाल्डैखाल्डा भएको थियो। अहिले सडकमा खाल्डो र धुलोका कारण हिँड्नै कठिन भएको छ। सडक निर्माणका लागि ठेक्का सम्झौता भएको पाँच वर्षमा कालोपत्र भएकामा केही महिनामा सडक पुनः पहिलेकै अवस्थामा पुगेको थियो।, सुनाकोठीमा सडक हिलाम्मे हुँदा मोटरसाइकलमा सवार आफू दुर्घटनामा परेको लेलेका सुनिल थापाले बताए। हिलाम्मे सडकमा जाम हुँदा आफू यो वर्ष दुई पटक चिप्लिएर लडेको उनको भनाइ थियो।, आफूलाई ठूलो चोट नलागे पनि सँगै रहेकी छोरीलाई हातमा चोट लागेकाले उपचार गराउनु परेको यात्रु थापाले  गुनासो गरे। वर्षाले खाल्डो पूरै भरिँदा कहाँ खाल्डो छ र कहाँ छैन भन्ने थाहै हुँदैन। उनले भने, ‘समथरै होला भनेर लैजाँदा लड्ने सम्भावना रहन्छ।’, कूल २० मिटर सडक चौडा गर्ने गरी आयोजनाले पाँच वर्ष पहिले ठेक्का सम्झौता गरेकामा सडक विस्तार गर्न नसकिएपछि उपलब्ध पाँच/छ मिटर चौडाइमै कालोपत्र गरिएको थियो। सडकको चौडाइ कम भएर नाली नबनाइएकाले पानी जम्दा कालोपत्र चाँडै उप्केको आयोजनाले जनाएको छ। सडकमा भएको ३०/४० वर्ष पुराना पाइप फुटेर पानी जमेकाले पनि कालोपत्र उप्काएको थियो।, पानीले माथिल्लो भाग र सवबेस (ग्राभेल) दुबै तहलाई भिजाएकाले चाँडो कालोपत्र उप्केको बताइएको छ। टाखेलदेखि सुनाकोठीसम्मको सडक गत वर्षामा जुन अवस्थामा  थियो यो वर्षको वर्षा याममा पनि त्यही अवस्थामा पुगेको छ। सडक बिग्रिएपछि निर्माण व्यवसायीसँग पत्राचार गरिएको आयोजनाले जनाएको छ। अहिले निर्माण कम्पनीले निर्माण सामग्री र उपकरण लगेर तयारी गरिसकेको देख्न सकिन्छ।, साँघुरो सडक र वरपर पुराना घर भएकाले सडक निर्माण गर्दा रोलिङ (ग्राभेल थिच्न प्रयोग गरिने हेभी उपकरण) प्रयोग गर्न नसकिएको आयोजनाले जनाएको छ। ग्राभेल र त्योभन्दा तल्लो तहलाई रोलिङ गर्नुपर्ने भए पनि त्यो नगरिकनै कालोपत्र गरिएको थियो। स्थानीयवासीले रोलिङ गर्दा कम्पनले पुरानो घरलाई कमजोर बनाएर घर भत्किन्छ भन्दै रोलिङ गर्न दिएका थिएनन्। ग्राभेल खँदिलो (कम्प्याक्ट) हुन नपाएपछि प्वाल प्वालबाट पानी छिरेको सडक विभागका इञ्जिनीयरले बताउँदै आएका छन्।, निर्माण व्यवसायी आफैंले सडक मर्मत गर्दा सरकारी खर्च नबढ्ने र  निर्माण सम्पन्न भएको एक वर्षसम्म निर्माण कम्पनीले त्रुटी सच्याउनु पर्ने अवधि हुन्छ। त्यसैले निर्माण अवधिमै सडक भत्किएकाले त्यसको जिम्मेवारी व्यवसायीको भएको आयोजनाले जनाएको छ। सडकका ठाउँठाउँमा खाल्डैखाल्डा हुँदा यात्रुले  कष्टकर यात्रा गर्न बाध्य भएका छन्।, ढोलाहिटीबाट चापागाउँसम्मको सडकमध्ये  खुमलटारबाट ढोलाहिटीसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र भने साँघुरै सडकमा कालोपत्र गरिएको थियो। चापागाउँ, ठेचो, सुनाकोठीलगायत स्थानमा सडक साँघुरा छन्। यी ठाउँहरूमा ठूला सवारीसाधन आउँदा घन्टौंसम्म पनि सडक जाम हुने गरेको छ। खासगरी कार्यालय समयमा लामो समय सडक ठप्प हुँदा स्थानीयवासी हैरान हुँदै आएका छन्।, झन्डै नौ किमी लम्बाइको सडक निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भएकामा एउटा प्याकेजमा आव २०७३ मा र अरू दुई प्याकेजमा आव २०७४/०७५ मा ठेक्का सम्झौता गरिएको थियो। ठेक्काको अवधि सकिएको भए पनि निर्माणस्थल खाली नगरिएकाले अवधि थप हुँदै आएको छ। गत आवमा कोभिडको सङ्क्रमणका कारण अवरोध पुगेका सडकमा छ महिना थप्न गर्न  सरकारले निर्णय नै गरेको थियो। चालु आवमा पनि सरकारले छ महिना थप्ने निर्णय गरिसकेको छ।, सरकारले पाँच वर्ष पहिले नै काठमाडौँ उपत्यकाका तीनै जिल्लाका गरी १० स्थानका सडक विस्तार सुरू गरेको थियो। आयोजनाले ५३ किमी सडक विस्तारको काम अघि बढाउन विभिन्न खण्डमा ठेक्का सम्झौता गरेको थियो। त्रिपुरेश्वर-कलङ्की-नागढुङ्गा १२ दशमलव ४८ किमी, चाबहिल-जोरपाटी-साँखु १२ किमी, जोरपाटी-सुन्दरीजल सात किमी, लगनखेल-सातदोबाटो ८०० मिटर, इमाडोल-सिद्धिपुर-गोदावरी खोला तीन किमी, कर्मनासा-हरिसिद्धि चार किमी, ढोलाहिटी-सुनाकोठी-चापागाउँ सात किमी, नख्खु-भैंसेपाटी-बुङ्मती साढे तीन किमी सडक विस्तारका क्रममा छन्। तीमध्ये अहिलेसम्म नागढुङ्गा-त्रिपुरेश्वर सडक मात्रै सम्पन्न भएको छ। ,(रासस), कालोपत्रे गर्नासाथ भत्किएको चापागाउँ-लेले सडक पुनः निर्माण गरिने
सेतोपाटी संवाददाता रूकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा घाइते भएका चार जनालाई हेलिकप्टर कोहलपुर र काठमाडौं लगिएको छ।, मुसिकोट नगरपालिका- २ रातामाटामा सोमबार भएको दुर्घटनामा घाइते भएकाहरूलाई मंगलबार दिउँसो दुइटा हेलिकप्टरमार्फत् तीन जनालाई कोहलपुर र एक जनालाई काठमाडौं लगिएको हो।, गम्भीर घाइते मुसिकोट नगरपालिका १ का ३५ वर्षीय विकास भण्डारी, सोही ठाउँका ७६ वर्षीय कालिबहादुर खत्री र २२ वर्षीय दिनेश केसीलाई बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा थप उपचारका लागि लगिएको छ। त्यस्तै सोही ठाँउका ४८ वर्षीय टेकबहादुर बस्नेतलाई भने थप उपचारका लागि काठमाडौं पठाइएको छ।, जिल्लाको बाफीकोट गाउँपालिका २ पिपलबाट जन्ती लिएर  मुसिकोट नगरपालिका १ घिमानेतर्फ गइरहेको रा १ ख २१०९ बस सोमबार बेलुका साढे सात बजे दुर्घटनामा परेको थियो। दुर्घटनामा ४० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले रूकुम पश्चिमले जानकारी दिएको छ।, गम्भीर घाइते १० मध्य मुसिकोट नगरपालिका १ घिमानेका ६७ वर्षीय बुधुराम खड्काको उपचारका लागि एम्बुलेन्सबाट कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।, रूकुम पश्चिम बस दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो कोहलपुर र काठमाडौं
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , मंगलबार उपत्यकामा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, काठमाडौंमा ८२ जना, ललितपुरमा ३१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका हुन्।, योसँगै उपत्यकामा १६१७ सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ५९३, ललितपुरमा ५५३ र भक्तपुरमा ४७१ सक्रिय संक्रमित छन्।   , पछिल्लो २४ घण्टामा ११ हजार ८१० जनाको कोरोना परीक्षण गर्दा ३१५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। , योसँगै नेपालमा ६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घण्टामा ३०४ जना कोरोनाबाट निको भएका छन्। , योसँगै निको हुनेको संख्या आठ लाख पाँच हजार २०५ पुगेको छ। निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।, पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर छन्। , दुई सयभन्दा बढी संक्रमित भएका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, पूर्व नवलपरासी, बाँके र कैलाली छन्। यस्तै शून्य संक्रमित भएका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, सल्यान र मुगु छन्। नेपालमा संक्रमण दर १७.६ प्रतिशत छ।, त्यस्तै कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ। , त्यसैगरी पछिल्लो समय एक लाख २७ हजार ७५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। अहिलेसम्म खोपको पहिलो मात्रा एक करोड ५ लाख चार हजार ७६४ जनाले र पूर्ण मात्रा ८७ लाख ८० हजार ४३३ जनाले लगाएका छन्। , काठमाडौं उपत्यकामा थपिए १२२ संक्रमित
सविना कार्की राम्रा सामुदायिक स्कुल, शैक्षिक सामग्रीले सजाइएका कक्षाकोठाहरू। केटाकेटीका लागि सजिला डेस्कबेन्च। हरेक डेस्कबेन्चमा दुई-दुई जना विद्यार्थी बस्छन्।, सबै कक्षामा इन्टरनेटका कुरा हेर्न सकिने ह्वाइट बोर्ड अर्थात् स्मार्ट बोर्ड टाँगिएको छ। भित्तामा शिक्षक र विद्यार्थीले बनाएका अनेक चित्रहरू देखिन्छन्। पाठ्यक्रमसँग सम्बन्धित महत्वपूर्ण जानकारीहरू लेखेर टाँसिएको छ। कुनै कक्षामा विद्यार्थीले बुनेका टोपी-मोजासमेत प्रदर्शनीमा राखिएका छन्। , यो सबै दृश्य बालुवाटारस्थित नेपाल राष्ट्र बैंक मुख्यालयको विपरीत दिशाबाट करिब दुई किलोमिटरभित्र लम्टङ्गिन मार्गको एउटा स्कुलमा देखिन्छ।, बाटोमै पहेँलो रङको तीन तले फराकिलो भवन छ। झट्ट हेर्दा निजी घरजस्तै देखिने यो सामुदायिक स्कुल हो।, स्कुल प्रवेशका लागि सडक पार गर्नासाथ एकापट्टि सानो गेट छ। त्यसमा लेखिएको छ- श्री पञ्चकन्या आधारभूत विद्यालय।, गेट प्रवेशसँगै भर्‍याङ छ। केही खुड्किला चढेपछि स्कुलको प्रांगणमा पुगिन्छ।, दायाँतिर करिब चार फिट उचाइमा विद्युतीय हाजिरी यन्त्र जडित छ। उक्त यन्त्रमा शिक्षक र विद्यार्थीले अनुहार देखाएर र बुढी औंला राखेपछि हाजिरी हुन्छ। यो हाजिरी अभिभावकहरूले घरबाटै अनुगमन गर्न सक्ने व्यवस्था पनि छ।,  , साना केटाकेटीका लागि भने यन्त्रसम्म पुगेर हाजिर गर्न छेउमा टेबल राखिएको छ। उनीहरू टेबलमाथि चढेर रमाउँदै, अनुहार देखाउँदै डिजिटल माध्यमबाट हाजिर गर्छन्। छेउमा स्वचालित स्यानिटाइजर यन्त्र पनि छ। विद्यार्थीलाई आवश्यकताअनुसार स्यानिटाइजर प्रयोग अनिवार्य गरिएको छ।, काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा रहेको यो सामुदायिक स्कुल झट्ट हेर्दा राम्रो बोर्डिङजस्तै देखिन्छ। यसको भवन, कक्षाकोठा, मल्टिमिडिया, पुस्तकालय र विद्यार्थीको युनिर्फम हेर्दा धेरैले यसलाई बोर्डिङ स्कुल ठान्ने यहाँकी प्रधानाध्यापक विनिता रञ्जित बताउँछिन्।, 'हिजो रञ्जना लिपि अभियानका केही युवाहरू आउनुभएको थियो। गेट प्रवेश गर्नासाथ यो त बोर्डिङ स्कुल पो रहेछ भन्दै फर्किनुभयो। मैले नै सम्झाएपछि बस्नुभयो र लिपि सिकाएर जानुभयो,' रञ्जितले हाँस्दै सुनाइन्। , यतिका सुविधा भएको यो सामुदायिक स्कुल नयाँ पनि होइन। रञ्जितका अनुसार यसको स्थापना २०१७ सालमा भएको हो। यहाँ नर्सरीदेखि कक्षा आठसम्म पढाइ हुन्छ। नर्सरी पढेपछि सिधै कक्षा एकमा पुग्ने व्यवस्था छ।, त्यस्तै बीचमा अध्ययन गर्न चाहने विद्यार्थीले पनि भर्ना पाउँछन्। प्रधानाध्यापक रञ्जितका अनुसार गाउँमा पढेर यहाँ चार वा पाँच कक्षामा भर्ना गर्नेहरू धेरै छन्।, काठमाडौं वडा नम्बर ४ स्थित पञ्चकन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक विनिता रञ्जित। तस्बिरः सविना कार्की/सेतोपाटी, स्कुलमा धेरैजसो तामाङ समुदाय र दुर्गम जिल्लाका विद्यार्थी छन्। हाल बझाङ, सल्यान, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट लगायत जिल्लाका विद्यार्थीले अध्ययन गरिरहेका उनले जानकारी दिइन्।, 'शैक्षिक सत्र सुरू हुँदा धेरै विद्यार्थी आउँछन्। हामीले उनीहरूको पढाइ स्तर हेरेर प्रश्न सोध्छौं र त्यहीअनुसार उपयुक्त कक्षामा राख्छौं,' उनले भनिन्। , यहाँ नर्सरीदेखि पाँच कक्षासम्म पूरा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ। त्यस्तै छदेखि आठसम्म विज्ञान, गणित, कम्प्युटर, ऐच्छिक गणित अंग्रेजी माध्यममा पढाइ हुन्छ। अरू विषय नेपाली माध्यममा। , 'आठ कक्षासम्मै अंग्रेजी माध्यममा पढाउने कि भन्ने सोचेका थियौं। तर हामीकहाँ केही पुराना शिक्षक हुनुहुन्छ जसको अवकाश हुने बेला भइसकेको छ। उहाँहरूलाई ठूलो कक्षामा अंग्रेजीबाट पढाउन मुश्किल छ,' उनले भनिन्, 'त्यसैले अहिले अंग्रेजी माध्यम पाँचसम्म मात्र राखेका हौं।', यो स्कुलमा १६ जना शिक्षक छन्, १४ जना महिला र दुई जना पुरुष। कुल नौ वटा कक्षामा गरी २६९ जना विद्यार्थी छन्, १ सय ४२ जना छात्र र १२७ जना छात्रा। एउटा कक्षामा कम्तीमा ३५ जना विद्यार्थी राखेर पढाउने क्षमता छ। हरेक कक्षामा विद्यार्थी संख्या पूरा छन्।, प्रधानाध्यापक रञ्जितका अनुसार स्कुलमा पारिवारिक वातावरण छ। शिक्षण सिकाइ बालमैत्री छ। विद्यार्थीप्रति शिक्षकहरूको समर्पण र समुदायको विश्वास नै यहाँको विशेषता भएको बताउँछिन् उनी।, 'विगतमा घरेलु कामदारका छोराछोरी धेरै पढ्थे। अहिले १४ प्रतिशत मात्र छन्,' उनले भनिन्, 'त्यो भनेको विद्यालयप्रति समुदायको विश्वास हो। अहिले निजी स्कुल गएकाहरू पनि फर्केर आइरहेका छन्।', सामुदायिक स्कुलमा पढाइ राम्रो हुँदैन भन्ने मानसिकता अधिकांशमा छ। त्यसैले आर्थिक अवस्था धेरै बलियो नभएकाले पनि जोरजाम गरेरै आफ्ना सन्तानलाई निजी स्कुल पठाउँछन्। तर यो सामुदायिक स्कुलले यस्ता मान्यतालाई चुनौती दिँदै जेहेन्दार विद्यार्थी उत्पादन गरिरहेको प्रधानाध्यापक रञ्जित बताउँछिन्।, उनका अनुसार पञ्चकन्या आधारभूतबाट आठ कक्षा पास भएर बाहिर जाने विद्यार्थीमध्ये 'ए प्लस' ग्रेड ल्याउने धेरै छन्। ग्रेड राम्रो र अनुशासित विद्यार्थी उत्पादन गर्ने भएकाले वरपरका माध्यमिक विद्यालयले सिधै सम्पर्क गरी माध्यमिक शिक्षाका लागि विद्यार्थी माग गर्छन्।, विद्यालयका सबै कक्षामा सिसिटिभी क्यामरा छ। प्रधानाध्यापक रञ्जित आफ्नो कोठामा रहेको मनिटरमा हेरेर हरेक कक्षा नियाल्छिन्।, कोरोना लकडाउनअघि यहाँ सेतो बोर्डमा मार्करले लेखेरै पढाइन्थ्यो। लकडाउनपछि मात्र स्मार्ट कक्षा सुरू भएको हो। सबै कक्षामा ल्यापटप छ। शिक्षकहरू ल्यापटप र प्रोजेक्टरको सहायताले स्मार्ट बोर्डमा पढाउँछन्।, सामुदायिक स्कुलमा लामो समयदेखि अध्यापन गराइरहेका शिक्षकलाई सुरूमा डिजिटल माध्यमबाट अध्यापन गराउन चुनौती थियो। तर यो मुश्किललाई उनीहरूले अवसरका रूपमा प्रयोग गरे। पढाएर सकेपछि उनीहरूले फुर्सदको समयमा ल्यापटप चलाउन सिक्ने, कक्षा कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल गरे। अन्य शिक्षकले स्कुलकै कम्प्युटर पढाउने शिक्षकसँग सिके पनि।, 'कम्प्युटरबाट पढाउने भन्दा सुरूमा निकै डर लागेको थियो,' शिक्षक सीता बोहराले हाँस्दै भनिन्, 'कहिल्यै प्रयोग नगरेको साधनबाट कसरी पढाउने भन्ने चिन्ता थियो। जागिर नै पो छोड्ने हो कि भन्ने अवस्थामा पुगेको थिएँ।', उनी २०६४ सालबाट पञ्चकन्या आधारभूतमा गणित विषय पढाइरहेकी छन्। बोहरालाई अहिले डिजिटल माध्यमबाट पढाउन आनन्द लाग्छ। चक, डस्टर र मार्करले छुटकारा पाएको छ। उनी घरबाट निस्किँदा झोलामा ल्यापटप बोकेर हिँड्छिन्। कक्षामा ल्यापटप झिक्छिन् र प्रोजेक्टरमा देखाउन थाल्छिन्।, प्रोजेक्टरबाट दृश्यसहित पढाउँदा विद्यार्थीको ध्यान बढी तानिएको उनको अनुभव छ। डिजिटल माध्यमबाट पठनपाठन भएसँगै विद्यार्थीको मुहारमा पनि छुट्टै खुसी देखिएको उनी बताउँछिन्। , यहाँका शिक्षक मात्र होइन, विद्यार्थी पनि अनुशासित छन्। उनीहरू एकअर्कालाई समान व्यवहार गर्छन्। स्कुल प्रवेशसँगै ठूला-साना सबैलाई 'तपाईं' भनेर सम्बोधन गर्छन्।, 'पञ्चकन्या आधारभूतमा पढ्न पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छु,' कक्षा आठमा अध्ययनरत छात्रा गीता राउतले भनिन्, 'किनभने यहाँ घरजस्तो माहोल छ। अर्को वर्ष छाडेर जानुपर्छ, यसमा दुःख लागेको छ।', स्कुलमा अनिवार्य रहेको कम्प्युटर विषय पढ्न विद्यार्थीको रूचि बढी देखिन्छ। दिउँसो ३ बजेतिर कक्षा आठका विद्यार्थीहरू ल्याब कोठामा थिए।, 'हामी कलमले मात्र लेख्दैनौं नि दिदी,' छात्रा अंकिता बाठा मगरले किबोर्ड चलाउँदै भनिन्, 'यसबाट टाइपिङ गर्न सिकिसक्यौं।', उनीसँगै कक्षा आठका १८ जना विद्यार्थी किबोर्ड थिचिरहेका थिए। विद्यार्थीले किताबसँगै प्राविधिक तथा डिजिटल माध्यमबाट पढ्न र लेख्न छिट्टै सिकेको कम्प्युटर शिक्षक पूजा अर्यालले बताइन्।, 'कति बेला तीन बज्ला र कम्प्युटर कक्षा सुरू होला भनेर बस्छन् यिनीहरू,' विद्यार्थीलाई सिकाउने क्रममा उनले भनिन्, 'सबैलाई राम्रो चलाउन आउँछ। मलाई नै सिकाइदिन्छन् कतिपयले।', विद्यार्थीको सिकाइ र सिक्ने क्षमताप्रति पञ्चकन्या आधारभूतका शिक्षक खुसी छन्। सामुदायिक विद्यालयबाट पनि सबै सेवा-सुविधा दिन पाउँदा आफ्नो पेसामा गर्व लाग्ने उनीहरू बताउँछन्।, स्कुल भवन साना र ठूला गरी नौ वटा सटर पनि छन्। यी सटर व्यवसायिक प्रयोजनका लागि भाडामा दिइएको छ। त्यसबाट आएको रकमले पाँच जना शिक्षकलाई तलब दिइने प्रधानाध्यापक रञ्जितले बताइन्।, 'इसिटी, निजी स्रोतका शिक्षक, आमाहरू, बत्ती, टेलिफोन, मर्मत लगायत विषयमा सटर भाडाबाट उठेको पैसा खर्च हुन्छ,' उनले भनिन्। सरकारी अनुदानबाट १५ जना र निजी स्रोतबाट एक जना शिक्षक राखिएको छ।, स्कुललाई शिक्षा मन्त्रालयले बजेट दिएको छ भने प्रदेश सरकारले पनि सहयोग गरेको छ। यहाँ स्मार्ट बोर्डको सुरूआत प्रदेश सरकारले दस लाख सहयोग गरेपछि नै भएको हो। त्यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छ लाख ५० हजार रकम पनि स्कुलले पाएको थियो। नपुग स्मार्ट बोर्ड थपेर कम्प्युटर ल्याब व्यवस्थापन गरेको प्रधानाध्यापक रञ्जितले बताइन्।, काठमाडौं महानगरभित्र ३२ वडा छन्। हरेक वडामा एउटा नमूना विद्यालय घोषित भएको छ। यही नमूना विद्यालयभित्र पर्छ श्री पञ्चकन्या आधारभूत विद्यालय।, नमूना विद्यालय भएकै कारण चालु आर्थिक वर्षमा दुई लाख रूपैयाँ थप बजेट पनि पञ्चकन्या आधारभूतले पाएको थियो। यो पैसाले नर्सरीका विद्यार्थीलाई खेल्ने सरसामान किनिएको उनले जानकारी दिइन्।, कक्षा शिक्षक भत्ता, थप कक्षा लिएबापत भत्ता, खाजा भत्ता, सवारी खर्च, बिदा बचत लगायत सुविधा पनि स्कुलले शिक्षकलाई दिन्छ। त्यस्तै कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीलाई खाना व्यवस्था छ। यो व्यवस्था केन्द्रीय सरकारले गरेको हो।, पढाइबाहेक यहाँ हरेक शुक्रबार फुटसलमा फुटबल, हाजिरी-जवाफ, संगीत, नाच लगायत अतिरिक्त क्रियाकलाप हुन्छ।  , 'गर्मीमा तीनदेखि आठ कक्षासम्मका विद्यार्थीलाई स्वीमिङ पुल पनि लैजान्छौं,' प्रधानाध्यापक रञ्जितले भनिन्, 'नर्सरी, एक र दुई कक्षाका विद्यार्थीलाई दुइटा कृत्रिम स्वीमिङ पुल ल्याएर राखेका छौं। एक ट्यांकर पानी हाल्यो भने पुगिहाल्छ।'सामुदायिक स्कुलको पढाइ, सरसफाइ, अतिरिक्त क्रियाकलाप राम्रो नहुने जस्ता टिप्पणी गर्नेका लागि पञ्चकन्या आधारभूत गतिलो उदाहरण बनेको छ।, सबै तस्बिरः सविना कार्की/सेतोपाटी, बोर्डिङ भनेर झुक्किने काठमाडौंको यो सामुदायिक स्कुल
सेतोपाटी संवाददाता जिल्ला अदालत नवलपरासीले सामूहिक बलात्कार घटनामा संलग्न १० जनालाई जनही १३ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना तोकेको छ।, जबर्जस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामूहिक करणीको अभियोगमा थप ४ वर्ष गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको अदालतका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले जानकारी दिए।, २०७६ भदौ २२ गते पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-३ बस्ने १८ वर्षीया युवतीलाई उनीहरूले सामूहिक बलात्कार गरेका थिए। एक स्थानीय संस्थामा कार्यरत युवती आफ्ना साथीसँग मोटरसाइकलमा काममा जाँदै गर्दा युवतीलाई बाटो कुरेर बसेको समूहले उखुबारीमा लगेर सामूहिक बलात्कार गरेको युवतीको बयानमा उल्लेख छ।, बाटो ढुकेर बसेका १० जनाको समूहले घेरा हालेर युवती चढेको मोटरसाइकल कब्जामा लिई सामूहिक बलात्कार गरेको युवतीले बयान दिएकी थिइन्।, समूहमा रहेका चार जनाले युवतीलाई मोटरसाइकलमा राखेर लैजाने युवालाई बाँधेर राखेका थिए भने बाँकी छ जनाले युवतीलाई उखुबारीमा लगेर सामूहिक बलात्कार गरेका थिए। अन्य चार जनाले पनि पछि बलात्कार गरेको बयानमा उल्लेख छ।, दस जनाले जबर्जस्ती करणी गरेपछि बेहोस भएकी युवतीको अस्पताल ल्याएपछि मात्रै होस खुलेको थियो।, युवतीसँगै गएका युवाले प्रहरीलाई खबर गरेपछि त्यसै दिन ९ जना पक्राउ परेका थिए। घटनामा संलग्न एक जना भने हालसम्म पनि फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।, जबर्जस्ती करणी ठहर भए ७ देखि १० वर्ष र सामूहिक ठहर भए थप ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ। जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले सोमबार गरेको कैद सजायसँगै जनही १ लाख रुपैयाँ जरिवानास्वरूप पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको श्रेस्तेदार पौडेलले बताए।, सजाय पाउनेमा सुस्ता गाउँपालिका-३, फेनरहवाका सुरेन्द्र यादव, मनमोहन राजभर, शिवप्रसाद भर, भीमलाल मुसहर, सन्दिपप्रसाद यादव, राजु भनिने भीमबहादुर मुसहर, नेत्रबहादुर चौधरी, पिन्टु राजभर र अमरनाथ भेडियार छन्।, घटनामा संलग्न त्यसै गाउँका सागर चौधरी भने हालसम्म फरार रहेको प्रहरीले जनाएको छ।, १९ देखि ४० वर्ष उमेर समूहका उनीहरू सबै युवतीको गाउँनजिकै अर्को गाउँका भएको प्रहरीले जनाएको छ।, दुई वर्षअघिको सामूहिक बलात्कार घटनामा संलग्न १० जनालाई १३ वर्ष कैद, एक जना अझै फरार
सेतोपाटी संवाददाता झापाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सल्यान बनगाउँ नगरपालिका-१ सल्लीबजारका ३० वर्षीय रमेश डिसी रहेको प्रहरीले जनाएको छ।, मंगलबार बिहान ११ बजे उनलाई मेचीनगर नगरपालिका-६ स्थित मेची खोलाको पुरानो पुलबाट पक्राउ गरेको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।, उनले बोकेको झोलाभित्र २३ ग्राम ब्राउनसुगर फेला परेको पाठकले बताए। उनको झोलामा रहेको किताबभित्र ब्राउनसुगर फेला परेको उनले जानकारी दिए।, डिसीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले हिरासतमा राखेर अनुसन्धान गरिरहेको पाठकले बताए।, किताबभित्र लुकाइएको २३ ग्राम ब्राउनसुगरसहित काँकडभिट्टाबाट युवा पक्राउ
रासस बाजुराको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको मृत्यु भएको छ।, हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलबार मृत्यु भएको हो।, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृत्यु भएको हो।, चदारका श्रीमान् बिनेले भने, ‘गङ्गा बिहान जङ्गलबाट घाँस काटेर आएकी थिइन्। आउनेबित्तिकै पेट दुख्यो भनिन्, केही समयपछि सुत्केरी भइन् तर, मरेको शिशु जन्मियो।’, चदार दम्पतीको पहिलो सन्तान छोरा छन्। गङ्गा गर्भवती भएको सात महिना भएको र स्वास्थ्यचौकीमा तीनपटक गर्भजाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ।, जिल्लाका दुर्गम गाउँमा अझै स्वास्थ्यचौकीमा गर्भजाँच गर्न नजाने तथा घरमै सुत्केरी हुने चलन विद्यमान छ।, घरमै सुत्केरी भएकी गङ्गालाई रक्तश्रावपछि स्वास्थ्यचौकी नलगीकन झाँक्रीकहाँ लगिएको बताइएको छ।, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले स्वास्थ्यचौकीमा गर्भजाँच तथा सुत्केरी हुन पालिकाले उच्च प्राथमिकता दिएको बताए।, रक्तश्रावबाट सुत्केरीको मृत्यु
शरद् शर्मा कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो। सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो। तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन्। अझ अर्को खुशीको कुरा त यो छ कि सिटामोल र जीवनजल नपाएर छट्पटाउने कर्णाली अहिले आफैँले अस्पताल र दक्ष चिकित्सक उत्पादन गरिरहेको छ। , पहिले बिरामीको उपचार गर्न अस्पताल र चिकित्सक नभएर सुर्खेत र नेपालगञ्ज पठाउने गरेको कर्णालीले अहिले आफैं दक्ष चिकित्सक उत्पादन गरेर देशका विभिन्न ठाउँमा पठाउने तयारीमा देखिन्छ। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस) र एमडी अध्यापन गराएर दक्ष चिकित्सक उत्पादन गरिरहेको छ।, प्रतिष्ठान स्थापना भएसँगै कर्णालीमा चिकित्सक पुगेर जनताले गुणस्तरीय स्वास्थ्य सेवासमेत पाइरहेका छन्। विसं २०६९ मा साविकको अञ्चल अस्पताललाई प्रतिष्ठानकै ३०० शय्याको अस्पतालमा रुपान्तरण गरेपछि कर्णालीका जनताले सुर्खेत र नेपालगञ्ज आउनुपर्ने बाध्यता हटेको हो। विसं २०६८ मा ऐनमार्फत प्रतिष्ठान स्थापना गरेर सरकारले कर्णालीका जनतालाई स्वास्थ्य सेवा पुर्‍याइरहेको छ। प्रतिष्ठानले कर्णालीमा यसै वर्षदेखि चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस)को पढाइ सुरु गरेको छ। यही मङ्सिर १९ गतेबाट चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस) पढाइ सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए।, राष्ट्रपतिबाट शिलान्यास, राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीको जुम्लामा सञ्चालन भएको एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको उद्घाटन र चिकित्सा शिक्षाको शैक्षिक भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। यही मङ्सिर २६ गते राष्ट्रपति भण्डारीले एमबिबीएसलगायत शैक्षिक कार्यक्रम र शैक्षिक भवनको जुम्ला सदरमुकाम खलङ्गामा शिलान्यास गर्नुहुने उपकुलपति डा रावलले जानकारी दिए। करिब रु ६८ करोडमा बन्न थालेको शैक्षिक भवन दुईवटा पाँचतले हुनेछ।, कर्णालीमा यही मङ्सिर १९ गतेदेखि एमबिबीएस २०, स्नातक तहमा नर्सिङ (विएन) २० र ब्याचलर अफ फार्मेसी (विफार्मेसी)मा २० जना विद्यार्थीको पढाइ सुरु भएको छ। विगत केही वर्षदेखि नै प्रवीणता प्रमाणपत्र तह नर्सिङ, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ (बिपीएच) सुरु भइसकेको छ।, यस्तै प्रतिष्ठानमा नै चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहको पढाइ पनि सुरु भएको छ। बालरोग, एनेस्थेसिया र एमडीको जनरल प्याट्रिक्समा (जिपी) गरी तीन विषयमा स्नातकोत्तर तहको पढाइ गत बर्षबाट सञ्चालन भएको प्रतिष्ठानका डिन डा रमेश भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार अब प्रतिष्ठानमा चिकित्सा शिक्षामा विद्यावारिधि, नर्सिङमा स्नातकोत्तर तह र पब्लिक हेल्थमा स्नातकोत्तर तहको पढाइ सञ्चालनको तयारी भइरहेको छ।, प्रतिष्ठानमा विशेषज्ञ सेवा, प्रतिष्ठानकै अस्पतालबाट बिरामीलाई विशिष्ट र विशिष्टकृत सेवा उपलब्ध गराइरहेको छ। प्रतिष्ठानमा अहिले नाम चलेका राम्रा विशेषज्ञ दक्ष चिकित्सकबाट विशिष्ट र विशिष्टकृत सेवा उपलब्ध गराइरहेको उपकुलपति डा रावलले बताए।, छाती रोग, हाडजोर्नी, न्यूरो, बालरोग, स्त्री तथा प्रसूति, नाक, कान र घाँटी, आँखा, छालारोग, दन्त, मेडिसिन, जनरल सर्जरी, क्रिटिकल केयर, मानसिक रोग, फिजियोथेरापीजस्ता विशिष्ट र विशिष्टकृत सेवा प्रदान गर्दै आइरहेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालमा काम गरेका विशेषज्ञ चिकित्सक, प्राध्यापक अहिले प्रतिष्ठानमा रहेर काम गरिरहेका छन्।, न्यूरोलोजिष्ट डा सुनन्द पौडेल, छातीरोग विशेषज्ञ डा अनुशस्मृति पाल, सघन उपचार विशेषज्ञ डा प्रवीण गिरी रहनुभएको छ। यस्तै मेसिनबाट पत्थरीको शल्यक्रिया, हाडजोर्नीका ठूलो शल्यक्रियालगायत ठूला शल्यक्रिया कर्णालीको प्रतिष्ठानकै अस्पतालमा हुने गर्दछ। ‘हामीले कर्णालीका जनतालाई जुम्लामा नै विशेषज्ञसहितको सबै स्वास्थ्य सेवा पुर्‍याइरहेका छौं’, डा रावलले भने, ‘अब हामीले कर्णालीका कुनै नागरिकलाई उपचार गर्न अन्यत्र सिफारिस गर्दैनौँ। हामी सबै सेवा यहीँ दिन्छौं।’, अहिले प्रतिष्ठानले दैनिक ४०० भन्दा बढी कर्णालीका जनतालाई सेवा उपलब्ध गराइरहेको छ। प्रतिष्ठालले कर्णालीका जनतालाई दुई किसिमले सेवा प्रदान गरिरहेको छ। एक प्रतिष्ठानकै अस्पतालमा बिरामीले उपचार गराइरहेका छन् भने अर्को प्रतिष्ठानले समय–समयमा घुम्ती शिविर राखेर सेवा प्रदान गरिरहेको छ। ‘सङ्घीय, प्रदेश र स्थानीय तह सरकारको आग्रहमा हामीले समय–समयमा कर्णालीका जनताका घरमा पुगेर सेवा दिइरहेका छौं’, उनले भने, ‘वर्षमा कर्णाली प्रदेशका १३ वटा जिल्लामा घुम्ती शिविर सञ्चालन गर्दछौँ।’, अहिले अस्पतालमा १२ स्थायी चिकित्सक र करारमा ७० चिकित्सक कार्यरत रहेका छन्। यस्तै प्रतिष्ठानमा करिब ४०० स्वास्थ्यकर्मीसहितका कर्मचारी रहेका छन्।  प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले आफूहरुसँग सबै दक्ष विशेषज्ञसहितको चिकित्सक भए पनि उपकरण अभावका कारणले सबै सुविधा दिन नसकेको बताए। उनले एमआरआई र अन्य उपकरणको अभाव हुँदा कर्णालीका जनतालाई अझ सेवा दिन नसकेको बताए।, पिछडिएको क्षेत्र कर्णालीमा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको काम गर्ने भनेर प्रतिष्ठान स्थापना गरिएको हो र अहिले तिनै क्षेत्रमा प्रतिष्ठानले काम गरिरहेको छ।, स्वास्थ्य सूचाङ्कमा प्रगति, कर्णालीमा स्वास्थ्य सेवा पुगेकाले अहिले त्यहाँका मानिसको स्वास्थ्य सूचाङ्कमा पनि प्रगति भएको छ। प्रतिष्ठान स्थापना भएसँगै गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि कर्णालीको स्वास्थ्य सूचाङ्कमा प्रगति भएको हो। प्रतिष्ठानको स्थापना भएसँगै ९६ प्रतिशत महिलाले गर्भवती जाँच गर्ने गरेको पाइएको छ। , यस्तै ६२.३ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मी प्रसूति सेवा लिने गरेको जनस्वास्थ्यविद् डा माधव चौलागाईँले जानकारी दिए। जुम्लाका मात्र ८१ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएको पाइएको छ। उनले प्रतिष्ठान स्थापना भएसँगै कर्णालीको स्वास्थ्यमा सुधार भएको बताए।, उनका अनुसार झाडापखाला लागेर उपचार गर्न नपाएका ९८ प्रतिशत बालबालिकाले उपचार पाएका छन्। यस्तै कर्णालीका ९० प्रतिशत क्षयरोगका बिरामीले उपचार गरेर निको भएका छन्। जनस्वास्थ्यविद् डा चौलागाईँले बच्चालाई खोप, बाल मृत्युदर तथा मातृ मृत्युदर घटेको र संस्थागत सुत्केरी गराउने दर बढेको बताए।, स्वास्थ्य अनुसन्धान केन्द्र, कर्णाली क्षेत्रको स्वास्थ्यको अनुसन्धान गर्नका लागि प्रतिष्ठानको ‘इन्स्च्यिुट रिभ्यू बोर्ड’ गठन गरिएको छ। सो बोर्डले कर्णाली क्षेत्रमा स्वास्थ्यको अध्ययन अनुसन्धान गर्नका लागि अनुमति दिने गर्दछ।, उक्त बोर्डले कर्णाली क्षेत्रको स्वास्थ्यको पनि अध्ययन गर्दछ। यस्तै प्रतिष्ठानले आफैँ पनि जर्नल प्रकाशित गर्ने गरेको छ। कर्णाली क्षेत्रमा विभिन्न व्यक्तिले गरेका खोज, अनुसन्धान र बाहिर गरिएको अनुसन्धानलाई समेटेर चार/चार महिनामा जर्नल प्रकाशित गर्ने गरेको प्रतिष्ठानका डिन डा भट्टराई जानकारी दिए।, चिकित्सकद्वारा नेपालगञ्ज पुगेर सेवा, कोरोना भाइरसको बेला कर्णालीका चिकित्सकले कर्णालीमा मात्र नभई नेपालगञ्जसम्म नै पुगेर बिरामीको उपचार गरेका थिए। नेपालगञ्ज कोरोना भाइरसको ‘हटस्पट’ बनेको बेला प्रतिष्ठानका चिकित्सक नेपालगञ्ज आई बिरामीको उपचार गरेका थिए। सघन उपचार विशेषज्ञ डा गिरीको नेतृत्वमा स्वास्थ्यकर्मी आई नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको उपचार गरेका थिए। यस्तै रुकुममा डा अनुपमङ्गल समाल, मुगुमा डा सिद्धार्थ खातीले कोरोना महामारीमा उपचार गरेका थिए।, प्रतिष्ठानका उपकुलपति डा रावलले कर्णालीमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा प्रतिष्ठानले कर्णालीको जनताको मानव विकास सूचाङ्कमा परिवर्तन गर्न सकिने बताए।, उपकरण र सुविधाको अभाव, प्रतिष्ठानमा चिकित्सकका लागि राम्रो बस्ने सुविधा छैन। तैपनि चिकित्सकले डेरामा बसेर कर्णालीका जनतालाई सेवा दिइरहेका छन्। यस्तै इन्टरनेट सेवा र विद्युत् सेवाको समस्या पनि जुम्लामा त्यत्तिकै रहेको छ।, विद्युत् नहुँदा जेनेरेटरको भरमा अस्पताल सञ्चालन गर्नुपरेको प्रतिष्ठानका उपकुलपति डा रावलले बताउनुभयो। यस्तै इन्टरनेटका लागि फाइवर दैलेखसम्म मात्र बिछ्याइएको छ। जसले गर्दा जुम्लामा राम्रोसँग इन्टरनेट सेवा पुगेको छैन। यस्तै बजेट अभावले चिकित्सकले उपचार गर्नका लागि आवश्यक उपकरणको पनि अभाव रहेको छ। उपकरण उपलब्ध गराउन प्रतिष्ठानले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा जानकारीसमेत गराइसकेको छ। , चिकित्सक टिकाउन भने गाह्रो, चिकित्सकलाई पर्याप्त सुविधा नहुँदा उनीहरुलाई कर्णालीमै टिकाउन भने समस्या रहेको छ। चिकित्सकका बालबालिकलाई पढाउन राम्रो स्कुल, कलेजलगायत अन्य सुविधा नहुँदा चिकित्सकलाई टिकाउन गाह्रो भएको उपकुलपति डा रावलले बताए।, अन्य प्रतिष्ठानको भवन संरचना तयार भइसकेपछि सञ्चालनमा आउने गर्दछ। तर कर्णाली प्रतिष्ठान भने भवन बन्दै गरेको अवस्थाबाट नै सञ्चालनमा आएको छ। अझै भवन बन्न केही समय लाग्छ। अहिले शैक्षिक भवन नबन्दा स्थानीयवासीको घर भाडामा लिएर कक्षा सञ्चालन, प्रयोगशाला र चिकित्सकको आवासीय कक्ष बनाइएको उनले बताए।, कर्णाली प्रदेशका प्रदेश सांसद नरेश भण्डारीले प्रतिष्ठान स्थापना भएसँगै कर्णालीमा स्वास्थ्य युगको सुरुआत भएको बताए। उनले प्रतिष्ठान कर्णालीका विकास मोडल भएको भन्दै पिछडिएको क्षेत्रको लागि युगान्तकारी परिवर्तन भएको बताए।, ‘पहिले नेपालगञ्ज र सुर्खेतमा बिरामी पठाउने कर्णालीले अहिले आएर त्यहाँ चिकित्सक पठाउने भएको छ’, उनले भने, ‘कर्णालीका जनताले स्वास्थ्य सेवा मात्र पाएका छैनन्। कर्णलीले चिकित्सक पनि उत्पादन गर्न थालेको छ।’ रासस, अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली
रासस पाल्पाको निस्दी गाउँपालिका-७ मा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका-३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।, सर्दीबाट भुटुके जाँदै गरेको प्र २–०–३००१ ख ४६६९ नं को खाली टिपर स्टार्ट बन्द नगरी चालक गाडीबाट झरी पछाडि हेर्ने क्रममा सोही गाडी ब्याक हुँदा अर्को ग २ ख ३६१ नं को टिपरको बीचमा टाउको च्यापिदा योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले बताए।, पाल्पाको रामपुर ५ बेझाडमा ट्याक्टरको ट्रली मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही इसरापुरका जय किसान चौधरीका छोरी मुन्न चौधरी रहेको बताइएको छ। , हाइड्रोलिक पाइप मर्मत गर्ने क्रममा अचानक ट्रली झरेर लाग्दा घाइते भएकोमा उनको उपचारका लागि रामपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको जानकारी दिए।  , पाल्पा दुर्घटनामा दुईको मृत्यु
सेतोपाटी संवाददाता प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ।, त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो।, मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।, त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो।, रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ। सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन्।, महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ। पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्‍याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ। , रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ। त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ। यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन्।, रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ।, पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ।, श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्। यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ। देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।, उक्त महोत्सवपहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ । यसैगरी, देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजाआराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत छ ।,  , भगवान् श्रीरामचन्द्रको जन्मभूमि चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी भएको सार्वजनिक चर्चापछि पुरातत्व विभागले यस क्षेत्रका विज्ञसहित सहभागी गराएर अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवेदन प्राप्त भएपछि उत्खननलगायत काम अघि बढाइने विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। ,रासस, आज विवाह पञ्चमी
गोपालप्रसाद बराल मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बुधबार बिहान महोत्तरीको मटिहानीबाट जलेश्वरहुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन्।, मङ्गलबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात यहाँ श्रीलक्ष्मीनारायण मठको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन्। रामजानकी विवाहमहोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने पुरानो परम्परा हो।, महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन्। केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे।, यो तालिकामा पहिलो रात मटिहानी, दोस्रो रात जलेश्वर, तेस्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो। यसक्रममा दिवा र रात्रिभोजनका स्थल निर्धारित भएबमोजिम स्थानीयवासीले अहोभावले स्वागत गर्दै भोजन, विश्रामको चाँजो मिलाउने परम्परा रहेको पिपरा गाउँपालिका बनौलीका सञ्चारकर्मी ६५ वर्षीय वैद्यनाथ चौधरीले जानकारी दिए।, यो पुरानो परम्परा भने अब हराउँदै गएर केही साधुसन्त पञ्चमीको एक दिनपूर्व मटिहानी पुग्ने र महोत्सवको मुख्य दिन पञ्चमी तिथिमा जलेश्वर हुँदै जनकपुर जान थालेका छन्। विज्ञान प्रविधिको विकाससँगै मान्छेको व्यस्तता बढेर, पुरानो पुस्ताको अनुशरण हुन छाडेर र मेला उत्सवको आकर्षण घट्दै गएर सीमित सङ्ख्याका साधुसन्त र सर्वसाधारण श्रद्धालु आउने गरेका यात्राको बाटो क्षेत्र (मटिहानी–जलेश्वर–पिपरा–जनकपुर) का बासिन्दा बताउँछन्।, कतिपय भारतीय साधुसन्त त आज नै सीमानाकाबाट नेपाल प्रवेश गर्दै सोझै जनकपुर पुग्न थालेका जलेश्वर नगरपालिकाको सारीनिवासी रवीन्द्र ठाकुर बताए। पछिल्लो समयमा मेलाउत्सवका भीडभाडमा असुरक्षाभाव बढ्दै गएर पनि महोत्सवमा उपस्थिति पातलिँदै गएको सामाजिक अभियानकर्मीसमेत रहेका उनको भनाइ छ।, गत वर्ष कोभिड–१९ महामारीको सन्त्रासले नेपाल–भारत सीमानाकामा आवतजावत ठप्प हुँदा भारतीय साधुसन्त महोत्सवका लागि नेपाल आएनन्। यसपालि पनि यो महाव्याधि पूर्ण नियन्त्रण भइनसकेको र पछिल्लो कालमा नयाँ भेरयन्ट ‘ओमिक्रोन’ भारतका विभिन्न ठाउँमा देखिएपछि महोत्सवका लागि नेपाल आउने पातलिएका अड्कल गरिएको छ।, जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी महोत्सव त्रेतायुगमा अयोध्या नरेश दशरथ पुत्र श्रीराम र मिथिला (विदेह) का राजा शिरध्वज जनककी पुत्री सीताको मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन विवाह भएको सम्झनामा मनाउँदै आइएको हो। हिन्दू परम्परामा श्रीराम विष्णुका अवतार र मर्यादा पुरुष्वत्तम कहलिन्छन् भने सीता लक्ष्मीकी अवतार र आदर्शनारीका रूपमा पूज्य छन्।, जनकपुरधाममा सम्पन्न गरिने महोत्सवको साप्ताहिक तालिकामा जनकपुर दर्शन, फूलबारी लीला, धनुष भङ्ग र स्वयम्वर, तिलकोत्सव, मटकोर, विवाह र रामकलेवा विधि छन्। विवाहको भोलिपल्ट रामकलेवा विधिका दिन जन्ती भई आएका भारतीय साधुसन्तलाई मिष्ठान्न भोजन गराई वस्त्राभूषण र दक्षिणा दिएर बिदाइ गरिने चलन छ। यी सबै विधिका मुख्य आयोजक जानकी मन्दिर व्यवस्थापन हो।, विवाह महोत्सवमा जानकी मन्दिरका महन्थ राजा जनकको र जनकपुरकै राम मन्दिरका महन्थ राजा दशरथको भूमिकामा हुन्छन्। समारोहमा मैथिल परम्पराअनुसार जन्ती र घरगाउँले तथा सम्धीसम्धीबीचको हाँसख्याल ठट्टा सहभागीहरुका लागि मनोरञ्जक हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का साहित्य विषयका सहप्राध्यापक ध्रुव रायले बताए।, प्राचीन मिथिलाको विवाह पद्धति, चालचलन र रितिथिति सम्झाउने यो सांस्कृतिक पर्वको शाख ओइल्याउन दिन नहुने  पाका मैथिलको भनाइ छ। यसका लागि नयाँ पिँढीका मैथिल युवाले अग्रसरता लिनपर्ने महोत्तरीकै बलवा नगरपालिकाको धमौरा बस्तीका बासिन्दा मैथिल संस्कृति र परम्पराका जानकार ७० वर्षीय कामेश्वर झाको सुझाव छ। ,रासस, विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका-१५ बिजेश्‍वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।, काठमाडौं कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका-१ घर भएकी  ३१ वर्षीया विनिता परियार लगायत १६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।, अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ लाख ९० हजार ५ सय रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो।, पक्राउ परेकालाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरी नायब उपरीक्षक मिलन केसीले बताए।, अपार्टमेन्टमा जुवा खेलिरहेका १६ जना पक्राउ
सबिना श्रेष्ठ वीर - सबभन्दा पुरानो अस्पताल। काठमाडौंको दोस्रो पुरानो अस्पताल कुन होला?, वीर खुलेको २७ वर्षपछि बिक्रम संवत् १९७४ मा दोस्रो अस्पताल स्थापना भएको थियो। पहिलो अस्पताल आज पनि स्वास्थ्य सेवाको केन्द्रमा छ, दोस्रो भने गुमनाम।, आजभन्दा १०४ वर्षअघि स्थापना भएको अस्पताल हो, नरदेवीको आयुर्वेद चिकित्सालय।, त्यो समय जनतालाई आधुनिक चिकित्साभन्दा आयुर्वेदमा बढ्ता विश्वास थियो। राणा प्रधानमन्त्री चन्द्रशमशेरले कोष नै स्थापना गरी यहाँका वैद्यहरूलाई कविराज पढ्न भारत पठाउने गर्थे। सर्वसाधारणको यही विश्वासका कारण करिब एक वर्ष विष्णुमती किनारको सानो पाटीमा सञ्चालन भएपछि यो आयुर्वेद अस्पताल नरदेवी सरेको थियो। तत्कालीन वैद्य हाकिमले गुठीको नौ रोपनी जग्गा किनेर जम्मा चारवटा बेडको अस्पताल स्थापना गरेका थिए।, नरदेवी अस्पतालको इतिहास जान्ने हो भने यसकाे भित्तामा आँखा दौडाउनुपर्छ जहाँ स्थापना कालदेखि अहिलेसम्मका निर्देशकहरूको नामावली छ।, पहिलो पंक्तिमा छन्, कविराज गोविन्ददास वैष्णव। उनी यो अस्पताल स्थापना गर्ने व्यक्ति हुन्। उनीपछिका कविराज हरिप्रसाद खकुरेललाई आयुर्वेद जगतका विद्वत व्यक्ति मानिन्छ।, यो सूची हेर्दा कतिपय व्यक्ति ३५ वर्ष अस्पताल निर्देशक रहेका देखिन्छन्। १०४ वर्षको इतिहासमा अहिलेका निर्देशक डाक्टर प्रदीप केसीको नाम ३०औं नम्बरमा बल्ल आउँछ। उनी यहाँ निर्देशक भएको दुई वर्ष भयो। तर पछिल्लो समय निर्देशकको फेरबदल छिटोछिटो भइरहेको छ। २०७५ सालभित्र एक-दुई महिनाकै फरकमा चार जना निर्देशक फेरिएका रहेछन्। त्यसअघिको वर्ष पनि छ–सात महिनाको फरकमा निर्देशक फेरिएका देखिन्छन्।, 'म आउनुअघिसम्म यो अस्पताल निकै अव्यवस्थित थियो,' केसीले दुई वर्षअघिको अनुभव सुनाउँदै भने, 'बिरामीको तथ्यांक पनि राम्ररी राखिन्नथ्यो, ड्रग्स खानेहरू डुलिरहेका हुन्थे। चिकित्सालयको प्रांगणमै गाडी पर्किङ हुन्थ्यो। जताततै फोहोर थियो।', उनले अगाडि भने, 'यो त सरकारी जग्गा हो, हामीले गुच्चा खेलेको ठाउँ हो भन्दै स्थानीयले पनि हेप्ने, गुठीको जग्गा भन्दै विवाह, ब्रतबन्ध, भोजभतेर पनि यहीँ हुन्थ्यो। यता बिरामी ह्विलचेयरमा बसेको छ, उता बाजा बजिरहेको छ। यसो हेर्दा अस्पतालजस्तो केही देखिँदैन थियो। यस्तो ठाउँमा सेवाग्राहीहरू किन सेवा लिन आउने?', केसी निर्देशकका रूपमा यहाँ लामो समय टिके र अस्पतालमा भएका छिद्रहरूलाई बिस्तारै टालटुल पारे। पहिले दिनमा जम्माजम्मी ५० जना बिरामी आउँथे भने अहिले दुई सय जनासम्म आउन थालेको उनी बताउँछन्।, 'पहिले त थप कमाइ हुनु सपनाजस्तो लाग्थ्यो। राम्रो सेवा दियो भने आम्दानी पनि बढ्दो रहेछ। हामीले आम्दानी भएको पैसा कर्मचारीलाई प्रोत्साहन भत्ताका रूपमा दिइरहेका छौं,' केसीले भने, 'यसले उनीहरू प्रोत्साहित पनि भइरहेका छन्। त्यसले अस्पताल व्यवस्थापनलाई राम्रो गरिरहेको छ।', नरदेवी अस्पतालका ९९ दरबन्दीमध्ये १८ जना डाक्टर छन्। अस्पताल विकास समितिका कर्मचार्मेत गरी जम्माजम्मी १ सय २५ जना कार्यरत छन्। कुनै समय यहाँ आयुर्वेद पढाइ पनि हुन्थ्यो। २०५३–५४ पछि भने त्रिभुवन विश्वविद्यालयले नै आयुर्वेद पढाउन थालेपछि नरदेवीमा हुने पढाइ कीर्तिपुर सर्यो।, नरदेवी चिकित्सालयले सुरूदेखि नै निःशुल्क औषधि दिन्थ्यो। एउटा समय यो जन्डिस उपचार गर्ने अस्पताल भनेर पनि प्रख्यात थियो। अहिले पनि यहाँ ग्यास्ट्रिक, कब्जियत, जन्डिस लगायत रोगका करिब २५ वटा निःशुल्क औषधि पाइन्छ। त्यसका लागि सरकारले पैसा दिन्छ। अरू औषधि पनि बजारभन्दा सस्तोमा पाइन्छ। आठ सयभन्दा बढी कम्पनीले बनाएका औषधि टेन्डर प्रक्रियामार्फत् आह्वान गरिने भएकाले मध्यस्थकर्ता हुँदैनन्, त्यसैले औषधिको मूल्य कम पर्ने केसी बताउँछन्।, उनका अनुसार यहाँ पायल्स, फिस्टुला लगायतका बिरामी बढी आउँछन्। अकुपंचर, प्यारालाइसिस, नसा च्यापिने, स्ट्रोक, माइग्रेन लगायतका बिरामी पनि प्रशस्तै आउँछन्। , 'पछिल्लो समय धेरै बिरामी पञ्चकर्म चिकित्साका लागि आउँछन्। यो चिकित्साबाट हाम्रो शरीरभित्र रहेका नचाहिने विकारहरू (जस्तो कोलेस्ट्रोल) बाहिर निकालिन्छ,' केसीले भने, 'हामीले अझै विस्तृत रूपमा पञ्चकर्म विधि चलाइसकेका छैनौं तर मानिसको यसमा धेरै आकर्षण छ।', कुनै समय पुरानै पद्धतिमा उपचार हुने आयुर्वेद चिकित्सामा पछिल्लो समय आधुनिक उपकरणहरू पनि प्रयोग हुन थालेका छन्। यहाँ प्रयोगशाला सेवा, भिडिओ एक्सरे, युएसजी, फिजिओथेरापी लगायत आधुनिक चिकित्साका उपकरण पनि प्रयोग गरिन्छन्।, 'पहिलेजस्तो नाडी छामेर, आँखा हेरेर औषधि दिने समय छैन। हामी रोगको अनुसन्धानका लागि आधुनिक चिकित्साका केही उपकरण पनि प्रयोग गर्छौं,' केसीले भने।, कतिपयले क्यान्सरको उपचार र रक्सी छुटाउन पनि यो अस्पतालमा दैनिकजसो फोन गर्छन्। क्यान्सरको बिरामी हेरेर 'प्रिभेन्टिभ' र 'प्यालियाटिक' सेवा दिइन्छ। रक्सी छुटाउने उपचार भने नहुने केसी बताउँछन्।, 'कतिपयले आयुर्वेदका नाममा आधुनिक चिकित्साका औषधि मिसाएर ठगी गरिरहेका छन्। चोकचोकमा फुटकर रूपमा दर्ता नभई खुलेका पसलहरूले मिसावट गरिरहँदा त्यसले आयुर्वेद चिकित्साप्रति मान्छेको वितृष्णा बढ्दै गएको छ। आधुनिक चिकित्साका सही मान्छेको नजरमा पनि यो पेसा अलि धुमिलो, नराम्रो र ठगीको धन्दा बन्दै छ,' उनले भने।, उनका अनुसार आयुर्वेदमा पछिल्लो समय विभिन्न विकृति आएका छन्। पहिलो विकृति भनेको गलत अभ्यास हो। धेरै त शैक्षिक योग्यताबिनै खटिएका वैद्य कविराजहरू छन्। त्यसबाहेक नियमनको कमजोरी छ। मिसावट हो कि होइन भनेर प्रयोगशालामा परीक्षणसमेत नहुँदा राम्रो नियतले काम गरिरहेका संस्थामा समेत हिलो छ्यापिने काम भइरहेको केसी बताउँछन्।, 'पछिल्लो समय जेमा पनि हर्बल, आयुर्वेद भनेर डिपार्टमेन्ट स्टोरमा राखिदिने क्रम बढेको छ। यसलाई फुड सप्लिमेन्टजस्तो बनाइदिनु पनि विकृति नै हो,' उनले भने, 'त्यसमाथि विदेशीहरुले पतञ्जलिजस्ता सामग्री ल्याइरहेका छन्। यसले पनि नेपालको आयुर्वेदलाई धरासायी बनाएको छ।', पतञ्जलिको कुरा आइहालेकाले हामीले सोधिहाल्यौं, 'नेपालमा पतञ्जलि लगायत आयुर्वेदका ब्रान्ड खुल्नुले यहाँको आयुर्वेदमा कस्तो असर पुग्छ?', 'रामदेवलाई जग्गा दिन्छु भन्नुअघि सिंहदरबारमै रहेको सिंहदरबार वैद्यखानामा सरकारको नजर किन पुगेन होला? त्यो अहिले पूरै रूग्ण अवस्थामा छ,' केसीले भने, 'नेपालजस्तो सानो देशमा ठूला औद्योगिक ब्रान्डहरू खुले भने यहाँका मझौला र साना स्तरका आयुर्वेदिक संस्थालाई त्यसले यान्त्रीकरण गर्छ। त्यसले देशमा बेरोजगारी हुने र यहाँको आयुर्वेद नै धरासायी हुने अवस्थामा पुग्छ।', उनले अगाडि भने, 'फेरि औषधि भनेको प्रचार गर्ने कुरा पनि होइन। कुनै ब्रान्ड नै दिव्य हो भनेर पछि लाग्नु हुँदैन। हाम्रो देशको नीति त नेपालमै भइरहेका संस्थालाई कसरी माथि ल्याउने भन्ने पो हुनुपर्ने हो। ती किन पछि परे, किन हराए र किन काम गर्न सकेनन् भनेर सरकारले खोइ अनुगमन गरेको? जो नेतृत्वमा छ उसलाई जग्गा पुगेन कि, जनशक्ति अभाव भयो कि, पैसा पुगेन कि भनेर त सरकारले हेर्नुपर्ने हो नि।', हामीले धेरैपटक नेपाललाई आयुर्वेदमा धनी राष्ट्र भएको सुन्दै–पढ्दै आएका छौं। यहाँको जडिबुटी प्रयोगमा ल्याउने र आयुर्वेद क्षेत्रलाई उकास्ने हाम्रो जिम्मेवारी हो। विदेशीलाई ठाउँ दिनुभन्दा यहीँको संस्थालाई सक्षम बनाउनुपर्ने बताउँदै केसी भन्छन्, 'बाहिरका मान्छेका त आफ्नै स्वार्थ हुन्छन्। विदेशीलाई दिएर राम्रो बन्ने भए त उनीहरूले कब्जा गरेका क्षेत्रहरू हेरे भइहाल्छ नि। यदि हामीले माग गरेका कुरा दिने हो भने हामी आफैं पनि सक्षम छौं जस्तो लाग्छ।', नरदेवी चिकित्सालयमा प्रशासनिक, ओपिडी र अन्तरंग विभाग गरी तीन मुख्य भवन छन्। केसीसँग हामी जुन प्रशासनिक भवनमा बसेर कुराकानी गरिरहेका छौं, त्यो नै पाँच दशकभन्दा पुरानो हो। २०७२ को भुइँचालोमा यो भवनको पूर्वी मोहडा चर्किएको थियो। यसलाई मर्मत वा पुनर्निर्माण गर्न अहिलेसम्म ध्यान पुगेको छैन। , यो भवन पुनर्निर्माण गर्न भवन विभागसँग पहिले बजेट प्रस्ताव गरिएको थियो। पछि त्यो प्रक्रिया त्यसै रोकियो। अहिले फेरि मन्त्रालयसँग कुराकानी भइरहेको केसीले बताए।, नर्सिङ विभाग र कर्मचारीहरू बस्ने भवन पनि जीर्ण छ। नौ रोपनी क्षेत्रफलको नरदेवी चिकित्सालयमा यस्ता सानातिना भवन चार–पाँचवटा छन्। तिनलाई भत्काएर राम्ररी व्यवस्थापन गर्न सकियो भने काठमाडौंमा एउटा राम्रो खुला ठाउँ पनि हुने उनी बताउँछन्।, 'नरदेवीजस्तो घना बस्ती भएको ठाउँमा कुनै भवितव्य आयो भने खुट्टा टेक्ने ठाउँ छैन। हामी बसेको यो जग्गा पनि हाम्रो होइन, यहाँका स्थानीयकै हो,' केसीले भने, 'यो ठाउँलाई राम्ररी व्यवस्थापन गर्ने हो भने हरियालीयुक्त पार्क बन्नेछ। हामीले महानगरमा यो कुरा पनि उठाएका छौं।', सबै तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी,  ,  ,  , यस्तो हालतमा छ १०४ वर्ष पुरानो अस्पताल
सेतोपाटी संवाददाता भन्सार छलेर ल्याइएको १७ लाख बराबरको सामान प्रहरीले बरामद गरेको छ।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले बुधबार बिहान ४ बजे एउटा बलेरोबाट उक्त बराबरको सामान बरामद गरेको हो।, ओमसतिया गाउँपालिका-४ बालापुरबाट लु१ज ४०१२ नम्बरको बलेरो जिपबाट भन्सार छलेको सामान बरामद भएको रूपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।, उक्त बलेरोका चालक ओमसतिया-५ का ३२ वर्षीय परदेशीप्रसाद सहनीलाई प्रहरी नियन्त्रणमा लिएको छ।, बरामद सामानमा लेडिज सुट, मेसिनरी उपकरणका पार्टपुर्जालगायत छन्। गाडी र बरामद सामान भन्सार कार्यालय पठाइएको छ।, प्रहरीले तीन दिनअघि पनि भन्सार छलेर ल्याइएको १८ लाख रुपैयाँ बराबरको जुत्ता बरामद गरेको थियो।, भन्सार चोरी पैठारीमाथि आक्रामक कारबाही भइरहेको केसीले बताए।, भारतबाट भन्सार छलेर ल्याइएको १७ लाख बराबरको सामान बरामद
एजेन्सी भारतीय  *पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर बुधबार दुर्घटनामा परेको छ।, टाइम्स अफ इन्डियाका अनुसार रावत, उनका परिवारका सदस्यहरू र केही उच्च सैनिक अधिकारी चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिलनाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो।, रावत यसअघि भारतीय सेनाका प्रमुख थिए। उनीपछि मनोजमुकुन्द नरवाणे सेना प्रमुख भएका छन्। रावत अहिले चिफ अफ डिफेन्स स्टाफ थिए। यो पद केही महिना अघिमात्रै सिर्जना गरिएको हो। पहिलो चिफ अफ डिफेन्स स्टाफको रूपमा रावतले २०२० जनवरीदेखि काम थालेका थिए। , #Watch,: Military chopper crashes in TamilNadu's Ooty, CDS Bipin Rawat, his staff and some family members were in the Mi-series chopper that crashed between Coimbatore and Sulur in Tamil Nadu. Search and rescue operations launched from nearby bases: Sources ,pic.twitter.com/Vtlm2yOJJD, — The Times Of India (@timesofindia) ,December 8, 2021, रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टर भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ।, दुर्घटनास्थलको भिडिओमा हेलिकप्टरमा आगलागी भएको देखिन्छ। , #WATCH, | Latest visuals from the spot (between Coimbatore and Sulur) where a military chopper crashed in Tamil Nadu. CDS Gen Bipin Rawat, his staff and some family members were in the chopper., (Video Source: Locals involved in search and rescue operation) ,pic.twitter.com/YkBVlzsk1J, — ANI (@ANI) ,December 8, 2021, इन्डिया टुडेले अहिलेसम्म दुई जनाको शव फेला परेको र तीन जनाको उद्धार गरिएको जनाएको छ।  घाइतेहरूको अवस्था गम्भीर छ।  हेलिकप्टरमा १४ जना सवार रहेको बताइएको छ।, घटनाको विस्तृत विवरण आउन बाँकी छ।, *यसअघि भारतीय सेना प्रमुख रावत भन्ने पर्न गएकोमा सच्याइएको छ। -सम्पादक , भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना
युवराज श्रेष्ठ २१ फोक्सिङबाट बेसी दम्सादी बसाइँ सर्दा टीकाराम भण्डारी ७ वर्षका थिए। त्यतिबेला फोक्सिङ डाँडामाथिको गाउँ थियो, दम्सादी बेंसी।, बेंसीमा गाईभैंसीका गोठ थिए। खेतीपाती लगाउन र गाइभैंसी चराउन फोक्सिङका बासिन्दा दम्सादी झर्थे। पहाडमा रहेको फोक्सिङ गाउँका बासिन्दा विस्तारै फेदीमा रहेको दम्सादी बसाइँ सर्न थाले।, दम्सादीको समथर ठाउँमा खेतीपाती गर्न सजिलो थियो।, दिनहुँ गाउँबेसी गर्न भन्दा बेसीमै घर बनाएर बस्न गाउँलेहरूले सुविधा ठाने। यतिमात्र होइन, पोखरा सहर पनि दम्सादीबाट नजिक पर्थ्यो। गाउँका फलेका अन्न उपज र पशुपंक्षी बिक्री गर्न र आवश्यक सामग्री किन्न पनि दम्सादीबाट सजिलो भयो।, दम्सादीमा बस्ती बसाएको झण्डै ५८ वर्षपछि गाउँले उठिबास लाग्ने चिन्तामा छन्।,  दम्सादी गाउँ तल गएको पहिरो। तस्बिर: युवराज श्रेष्ठ, पोखराबाट दम्सादी गाउँ जाँदा फुस्रेखोला तर्नुपर्छ। उक्त खोलामा फेवातालको पानी पनि मिसिएको छ।, गाउँलेलाई आवतजावत गर्न झोलुंगे पुल बनाइएको छ। गएको वर्षायामपश्चात् पुल र गाउँकै भविश्य जोखिममा पर्ने गरी पहिरो गएको छ।, फेवातालबाट बिजुली निकाल्न बनाइएको पावर हाउसदेखि दम्सादी गाउँ जोड्न बनाइएको एउटा झोलुंगे पुल पहिरो बगाएको छ।, पुल नजिकै रहेको राधाकृष्ण मन्दिर पनि पहिरोले बगाएको स्थानीय भण्डारीले बताए।, पोखरा वडा नम्बर १७ र २१ जोड्ने अर्को पुल पनि पहिरोले जोखिममा पुर्‍याएको छ।, गएको असारदेखि परेको पानीले दम्सादी गाउँतर्फको फुस्रेखोला किनारमा ठूला-ठूला ३ वटा पहिरो गएका छन्।, पहिरोले बाँकी रहेको एउटा पुल र बस्ती नै बगाउने जोखिममा पुर्‍याएको भण्डारीले बताए।, असारदेखि वर्षात नसकिँदासम्म गाउँले घरमा रात बिताउन समेत नसक्ने अवस्था आएको उनको भनाइ छ।, पहिरोले फुस्रोखोलामा थुपारेको गेगरान। तस्बिर: युवराज श्रेष्ठ, ‘आकाशमा गड्याङ-गुडुङ गरेपछि रातभरि सुत्न सक्थेनौं, पहिरो जाँदा ठूला-ठूला आवाज आउँथ्यो, भूकम्प गएजस्तो गाउँ नै थर्कन्थ्यो,’ भण्डारीले भने, ‘यस्तो हुन्छ भनेर कहिल्यै सोचेका थिएनौं।’, फुस्रेखोलाको किनारमा रहेको अग्लो भिरबाट गाउँ नै बगाउने गरी पहिरो जानुको कारण पनि स्थानीयले खुट्याएका छन्।, गाउँमाथि तीन वटा ठूला-ठूला भ्वाङ छन्। बर्खायामको झरीमा पहाडबाट बगेर आएका सबै पानी त्यही भ्वाङमा पुगेर बिलाउने भण्डारीले बताए।, त्यो भ्वाङ कहिलेदेखि थियो भन्नेबारे स्थानीयसमेत अनभिज्ञ छन्।, गएको बर्खामा मात्र होइन, यसअघिका अन्य वर्षातमा समेत गाउँ र डाँडादेखि बगेको पानी त्यही भ्वाङमा पुगेर हराउँथ्यो। भ्वाङमा पानी परेपछि फुस्रोखोला किनारको भिरबाट मूल फुटेजस्तो पानी रसाउँथ्यो।, भ्वाङमा जति धेरै पानी पस्यो, त्यति नै पानी फुस्रोखोला किनारको भिरबाट निस्कने गरेको भण्डारीले बताए।, गएको बर्खामा अघिल्ला वर्षमा भन्दा ठूलो पानी परेकाले भिरबाट पनि खोला बगेजस्तो पानी निस्केको उनको भनाइ छ।, त्यही भ्वाङबाट छिरेको पानी फुस्रोखोला किनारमा निस्कँदा गाउँ नै जोखिममा पर्ने गरी पहिरो गएको स्थानीयले बताएका छन्।, ‘डाँडादेखि बगेको पानी भ्वाङमा पर्दा ताल परेजस्तो हुन्छ,’ भण्डारीले भने, ‘त्यही पानी भिरमा निस्कँदा खोलाको मूल फुटेजस्तो देखिन्थ्यो।’, दम्सादी गाउँ नै जोखिममा पर्ने गरी पहिरो गएपछि पोखरा महानगरपालिकाले भूगर्भविद्को टोली लिएर अध्यनमा गएको थियो।, पोखरा-२१ का वडा अध्यक्ष खगराज आचार्यका अनुसार भूगर्भविद्को टोलीले दम्सादीमा बस्ती राख्न उचित नरहेको निष्कर्ष दिएको छ।, उक्त ठाउँ कालान्तरमा पहिरो गएर सकिने र रोकथाम गर्न नसकिने निष्कर्ष दिएको वडाअध्यक्ष आचार्यले बताए।, यद्यपि, भूगर्भविद्हरूले तकाल बस्ती जोगाउन भने अल्पकालीन उपाय अपनाउन सकिने उपाय दिएको छ।, पृथ्वीनारायण क्याम्पस पोखराका पूर्वप्रमुख कृष्ण केसीले दम्सादी गाउँ जोगाउन पानीको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताए।, ‘जमिनमुनि रहेको कमेरो माटोको एउटा तह पानी पर्ने बित्तिकै पग्लन्छ, जसले जमिन भासिने र पहिरो जाने हुन्छ,’ उनले भने, ‘यसको रोकथाम गर्नु भनेकै पानी जमिनमुनि जान नदिनु हो।’, दम्सादी गाउँ माथिका भ्वाङमा पानी छिर्न नदिने आकाशे पानी अन्यत्र व्यवस्थापन गर्नुपर्ने बताए।, यतिमात्र होइन, घरको छानोबाट झरेका बलेसीका पानी र भल पनि उचित व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ।, यस्तै, शौचालयको सेप्टिक ट्यांकी प्लाष्टर नभए त्यहीँबाट पानी रसाएर भ्वाङ पर्न सक्ने उनको भनाइ छ।, फेवा पावर हाउसबाट दम्सादी जोड्न बनाइएको झोलुंगे पुल पहिरोले बगाएपछि अलपत्र अवस्थामा। तस्बिर: युवराज श्रेष्ठ, पोखरा-२१ का वडाध्यक्ष खगराज आचार्यले तत्कालका लागि पहिरो गएको ठाउँमा तारजाली भरेर दम्सादी गाउँलाई सुरक्षित बनाउन लागेको बताए।, गाउँ जोगाउन प्रदेश र केन्द्रमा समेत लेखेर पठाएको भन्दै अहिलेसम्म दुई तहकै सरकारले कुनै चासो नदेखाएको उनको गुनासो छ।, दम्सादीका स्थानीयबासी आगामी वर्षामा गाउँ रहला कि नरहला भन्ने चिन्तामा छन्।, ‘यसपालि धन्नधन्न बाँचियो,अब रोकथाम भएन भने गाउँ नै रहँदैन,अर्कोपालि के हुन्छ भनने थाहा छैन,’ स्थानीय भण्डारीले भने,‘यही हिउँदमा गाउँ जोगाउन सरकारले केही गरेन भने आउँदो बर्खामा दम्सादीको नामनिसाना मेटिन्छ।’,  ,  ,  ,  , ‘यसपालि धन्न-धन्न बाँचियो, अर्कोपालि थाहा छैन’
एजेन्सी पछिल्लो समय संसारभरि तरंग ल्याएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पहिलाका भेरियन्टभन्दा खतरनाक नभएको विज्ञहरूले बताएका छन्।, समाचार संस्था एएफपीसँग कुरा गर्दै  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का आपतकालीन परिस्थिति निर्देशक माइकल र्‍यानले अहिलेसम्मका डाटा हेर्दा ओमिक्रोन निकै संक्रामक भए पनि यो डेल्टा वा अरू भेरियन्टभन्दा खतरनाक नदेखिएको बताएका छन्।, उनले अहिले प्रयोग भइरहेका भ्याक्सिनहरूले ओमिक्रोनविरूद्ध पनि काम गर्ने विश्वास व्यक्त गरेका छन्।, ओमिक्रोन कति खतरापूर्ण छ भन्ने कुरा टुंगोमा पुग्न भने विस्तृत अध्ययनहरू गर्नु पर्ने र्‍यानले बताए।, र्‍यानको जस्तै धारणा अमेरिकी सरकारका मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले पनि व्यक्त गरेका छन्। ओमिक्रोन बढी संक्रामक भए पनि  दक्षिण  अफ्रिकाबाट आएका प्रारम्भिक अध्ययनहरूले यसले बिरामीलाई डेल्टाले जति सिकिस्त नपार्ने देखिएको फाउचीको भनाइ छ।, ओमिक्रोनका चुनौतीबारे विज्ञहरूमाझ आमसहमति हुन भने संसारभरिबाट धेरै डाटाहरू संकलन गर्नुपर्ने उनको भनाइ छ।, ओमिक्रोन भेरियन्ट पहिलो पटक देखिएको दक्षिण अफ्रिकामा भएका प्रारम्भिक अनुसन्धानले ओमिक्रोन बढी संक्रामक भए पनि यो बिरामीलाई सिकिस्त पार्ने खालको नभएको देखाएका छन्।, सोमबार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ओमिक्रोनका कारण महामारी बढिरहेको भए पनि यो अरू भेरियन्टभन्दा कम सिकिस्त पार्ने खालको भएको बताएका छन्।, रामाफोसाले भनेझैं अहिले दक्षिण अफ्रिका संक्रिमत ह्वात्तै बढिरहेका छन्। केही महिनाअघिसम्म दैनिक ३ सय जना संक्रमित थपिने गरेकोमा शुक्रबार, शनिबार १६ हजार बढी संक्रमित थपिएका थिए।, प्रिटोरियाका विभिन्न अस्पतालका अनुसन्धानकर्ताहरूले अहिले अस्पताल भर्ना भएका कोरोना संक्रमितहरू उनीहरूले यसअघि उपचार गरेका संक्रमितभन्दा कम सिकिस्त रहेको बताएका छन्। दक्षिण अस्पतालका अरू अस्पतालहरू पनि यस्तै देखिएको छ। कतिपय बिरामी त कोरोना भएर भन्दा अरू कारणले अस्पताल भर्ना भएको अनुसन्धानमा देखिएको छ।, दक्षिण अफ्रिकाका मेडिकल रिसर्च काउन्सिलको एचआइभी एड्स र क्षयरोग अनुसन्धान कार्यालयका प्रमुख डाक्टर फरिद अब्दुल्लाहले अस्पताल भर्ना भएका ४२ जना संक्रमितको मिहीन अध्ययन गरेका थिए। तीमध्ये २९ जनालाई श्वासप्रश्वासमा कुनै समस्या थिएन भने १३ जनाले अक्सिजन लिइरहेका थिए। ४२ मध्ये एक जनामात्रै आइसियूमा थिए।, डाक्टर अब्दुल्लाहले अरू अस्पतालमा नोभेम्बर १४ देखि २९ सम्म भर्ना भएका १६६ जना बिरामीको पनि अध्ययन गरेका थिए। उनीहरूको औसत अस्पताल बसाइ २.८ दिन देखियो भने मृत्युदर ७ प्रतिशतभन्दा कम थियो। महामारीको १८ महिनामा कोरोना संक्रमितको औसत अस्पताल बसाइ ८.५ दिन थियो। संक्रमितको अस्पताल बसाइ छोट्टिदा अस्पतालहरूमा भीडभाड कम हुन्छ।, प्रारम्भिक अध्ययनहरूले ओमिक्रोन धेरै सिकिस्त पार्न खालको नदेखिए पनि यी अध्ययनहरूको नमूना सानो छ र पिअर रिभ्यू हुन पनि बाँकी छ।, ओमिक्रोन भेरियन्ट के हो?, पहिलो पटक बोत्स्वाना र दक्षिण अफ्रिकामा नोभेम्बर चौथो साता पत्ता लागेको ओमिक्रोनले संसारभरका वैज्ञानिक र जनस्वास्थ्य अधिकारीहरूको ध्यान खिचेको छ।, ओमिक्रोनको फैलिने दर निकै बढी भएकाले यसले संक्रमण धेरै बढ्ने र अहिलेका खोपहरूले काम गर्दैनन् कि भन्ने चिन्ता छ। विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ र यसले विश्वभरि नै जोखिम हुन सक्ने भन्दै चेतावनी दिएको छ। अहिलेसम्म अन्टार्टिकाबाहेक सबै महादेशमा ओमिक्रोनका संक्रमित भेटिइसकेका छन्।, किन यसको नाम ओमिक्रोन नै राखियो?, विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसका नयाँ भेरियन्टको नाम ग्रिक अल्फाबेटअनुसार राख्ने निर्णय गरेको छ। जसअनुसार बेलायतमा भेटिएको भेरियन्टको नाम अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टको नाम बेटा राखिएको थियो। भारतमा भेटिएको भेरियन्टको नाम डेल्टा राखिएको थियो। अहिले भेटिएको भेरियन्टको नाम नु राखिनु पर्थ्यो। त्यसपछि अर्को अल्फाबेट सी थियो।, नु राख्दा धेरै मानिसले न्युजस्तो सुन्न सक्ने र सी धेरै मानिसको थर (जस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङ) हुने भएकाले यी अल्फाबेटलाई छोडेर ओमिक्रोन राखिएको हो।, आफ्नो नीतिअनुसार कुनै जातीय समुदाय, सामाजिक, राष्ट्रिय, क्षेत्रीय र पेशागत समूहलाई असर पर्ने गरी भेरियन्टको नाम नराखिने डब्लुएचओले जनाएको छ।   , डब्लुएचओदेखि डाक्टर फाउचीसम्मले भने- ओमिक्रोन अरू भेरियन्टभन्दा खतरनाक देखिएको छैन
सेतोपाटी संवाददाता एमालेनिकट युवा संघका भक्तपुर जिल्ला सदस्यको कुटपिट गरी हत्या भएको छ। , सूर्यविनायक-१ सिरूटार घर भएका ३३ वर्षीय राजन श्रेष्ठको मंगलबार राति हत्या भएको हो। , महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बालकोट बसीटोलस्थित हनुमन्ते खोलानजिकै रहेको खाली जग्गामा उनलाई अज्ञात व्यक्तिहरूले कुटपिट गरेका थिए। , गम्भीर घाइते अवस्थामा भेटिएका श्रेष्ठको मध्यपुर थिमी अस्पतालमा राति साढे १० बजे मृत्यु भएको परिसर प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले बताए। , महानगरीय प्रहरी प्रभाव बालकोट र महानगरीय प्रहरी वृत्त ठिमीबाट प्रहरी गएर घाइते श्रेष्ठलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए। , घटनास्थलमा अनुसन्धानका लागि ठिमीका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीको नेतृत्वमा प्रहरी खटिएको छ। , घटना आर्थिक लेनदेनका कारण भएको आशंका गरिएको छ।, ‘यससम्बन्धी अनुसन्धान भइरहेको छ, हामी संलग्न व्यक्तिहरूको नजिक पुगिसकेका छौं,’ श्रेष्ठले भने।, भक्तपुरमा एमालेनिकट युवा संघका जिल्ला सदस्यको कुटपिट गरी हत्या
रासस आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन्। , मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका-३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक-१ सिरुटार पुरानो घर भई सूर्यविनायक–३ बस्ने श्रेष्ठको गएराति पौने १० बजे कुटपिट गरी फर्माले हानेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ। , हत्यामा संलग्न रहेको अभियोगमा बालकोट बस्ने राजनकै साथी करिब ३२ वर्षीय हेमन्त श्रेष्ठ र मजदुरी गर्ने प्रेम विकलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ। , महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिव श्रेष्ठले बिहान अपराध अनुसन्धान महाशाखाको टोली र जिल्लाको प्रहरी कार्यालयको टोलीसहित तालिम प्राप्त कुकुरको सहायताबाट घटनाबारे थप रहस्य खुलाउँदै हत्याको घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरी अनुसन्धान गरेको जानकारी दिए।, यसबारेमा थप विस्तृत विवरण साँझसम्ममा सार्वजनिक गर्ने उनले जानकार दिए।, महानगरीय प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान महाशाखाको टोलीले गरेको अनुसन्धानमा प्रहरीले जानकारी दिएको छ।, यसबारेमा महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले अनुसन्धान जारी रहेको बताए।, उनका अनुसार राजनले हेमन्तसँग लिनुपर्ने पैसा दिन्छौं भन्दै हेमन्तले गठ्ठाघरबाट सँगै लगेर फलामे पुल तरेपछि एकान्त ठाउँमा पुर्‍याएर कुटपिट गरेको र प्रेमले फर्माले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। , लेनदेनबाटै घटना सृजना भएको पाइएको उनले बताए।, हत्या गर्ने र शवसमेत गायब पार्ने गरी योजनाबद्ध रूपमा घटना घटाइएको पाइएको प्रहरीको भनाइ छ।, राति कुटपिट गरेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरेर प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर लैजाँदा अस्पतालले मृत्यु भएको जानकारी गराएको उनले बताए।, मृतक श्रेष्ठको मुख र निधारमा गहिरो चोट रहेको छ। , ऋण तिर्नु नपरोस् भनेर आफ्नै साथीले गरे योजनाबद्ध रूपमा राजनको हत्या
भगवती पाण्डे नागरिकस्तरबाटै पटक/पटक दबाब सृजना भए पनि बुटवलको ६ लेन सडक निर्माणमा भने निर्माण कम्पनीले चासो दिएको छैन।, बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडकको निर्माणको जिम्मा लिएको द कञ्चनजंगा बिरूवा जेभी काठमाडौंले सडक निर्माणप्रति वेवास्ता गर्दै आएको छ।, २०७४ साल चैत ३० गते सडक निर्माणको लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम सुरू नगर्दै ०७४ साल र ०७७ सालमा दुईपटक गरी मोबिलाइजेसन भन्दै ८ करोड २६ लाख रुपैयाँ लगिसकेको छ। तर सडक निर्माण गर्नेतर्फ भने वेवास्ता गर्दै आएको छ।, कुल ४७ करोड २७ लाख ८ हजार २ सय ८७ रुपैयाँ लागतमा निर्माणको सम्झौता गरेको ठेकेदार कम्पनीले १८ प्रतिशत बढी रकम लगिसकेको छ। तर राजमार्ग चौराहदेखि बसपार्कसम्म नाली खन्ने काम गरे पनि देखिनेगरी काम गर्न सकेको छैन।, सबै क्षेत्रबाट सडक निर्माणको लागि दबाब सृजना गरिएपछि तिहारलगत्तै नाली बनाउन सुरू गरेको थियो। तर पछिल्लो एक सातायता भने सबै काम ठप्प पारेको छ।, डिभिजन सडक कार्यालयका प्रमुख जयलाल मरासिनीले पटक/पटक सडक निर्माणको लागि ताकेता गरे पनि निर्माण कम्पनीले अटेर गर्दै आएको बताए।, मरासिनीका अनुसार निर्माण कम्पनीले अटेर गरेपछि जिल्ला प्रशासन कार्यालयले समेत सडक निर्माणमा ढिलाइ नगर्न दबाब दिएको थियो।, जिल्ला प्रशासन कार्यालयमा निर्माण कम्पनीका तर्फबाट उपस्थित भएका सुमित श्रेष्ठले यथाशिघ्र सडक निर्माणको काम अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए। तर प्रतिवद्धता जनाएको एक महिना बितिसक्दा पनि सडकको धुलोमा पानी हाल्नेबाहेक निर्माणको कुनै पनि काम अगाडि बढाएनन्।, निर्माण कम्पनीले आयोजनाबाट रकम लगिसकेको भए पनि पेटी ठेकेदार, कामदार र सप्लायर्सहरूलाई भने रकम नदिएपछि निर्माण सामग्रीको आपूर्ति र काम रोकिएको छ।, रकम नपाएका कामदार र सप्लायर्सहरूले सडक निर्माणमा प्रयोग गरिएका मेसिनका पार्टपुर्जा र निर्माण सामग्री समेत लैजाने अवस्था आएको बताएका छन्।, डिभिजन सडक कार्यालयका प्रमुख मरासिनीले तत्काल काम अगाडि नबढाए मोबिलाइजेसन रकम फिर्ता ल्याउने चेतावनी समेत दिएका छन्।, पाँच वर्षअघि ठेक्का सम्झौता गरिएको सडकको तेस्रो पटक थप गरिएको सम्झौता मिति आगामी असार मसान्तसम्म मात्रै रहेको छ।, सबै क्षेत्रबाट दबाब बढेपछि सडक भत्किएर लथालिंग बनेको अस्पताल लाइन, मिलनचोक, ट्राफिक चोक र राजमार्ग चौराहमा केही दिन पानी छर्किएर धुलो मार्ने प्रयास गरे पनि उक्त काम समेत अहिले बन्द गरेको छ।, मरासिनीका अनुसार ठेकेदार कम्पनीसँगै केही स्थानीयबासी र सडकको सुरूमा गरिएको गलत डिजाइनका कारण सडकको अहिलेको अवस्था निम्तिएको हो।, उनका अनुसार २०७३ सालमा सडकको डिजाइन गर्दा नाली नसमेटिएको र अहिले बल्ल नाली थप गरिएको थियो।, तर मन्त्रालयले नाली थप गरी भेरिफिकेसन अर्डर स्वीकृत नगर्दा निर्माण कम्पनीले आलटाल गर्ने अवसर पाएको छ। मरासिनीका अनुसार भेरिफिकेसन अर्डर सडक विभागले स्वीकृत गरी मन्त्रालयमा पठाए पनि त्यहाँबाट अगाडि बढ्न सकेको छैन।, गृह मन्त्री बालकृष्ण खाण र पूर्वअर्थमन्त्री विष्णु पौडेलको आडमा निर्माण कम्पनीले मन्त्रालयका अधिकारीहरूलाई वेवास्ता गरेपछि फाइल अगाडि नबढाएको बुझिएको छ।, उक्त कम्पनीले बुटवलमा मात्र होइन बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाको अन्य दुई खण्डको सडक निर्माण समेत अलपत्र पारेको छ।, बुटवल तर्फको सडकसँगै ठेक्का सम्झौता गरिएको भैरहवातर्फ बेलहियादेखि बाइपाससम्मको ७ सय ५० मिटर सडकको निर्माण पनि अलपत्र छ।, निर्माण व्यवसायी सुमित श्रेष्ठकै स्वामित्वमा रहेको बिरूवा कन्स्ट्रक्सन प्रालिले १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त खण्डमा सुरूदेखि नै कुनै अवरोध नभए पनि अहिलेसम्म निर्माण पूरा भएको छैन।, स्थानीयबासीले सडक निर्माणका लागि पटक-पटक दबाब दिँदै सडक समेत बन्द गराए पनि ठेकेदार कम्पनीले भने सडकको दुवैतर्फ नाली बनाउनेबाहेक अरू काम गरेको छैन।, कोरोना महामारीको कारण देखाउँदै पटक-पटक सम्झौता अवधि थप गरिए पनि निर्माण कार्य अगाडि नबढेपछि स्थानीयले सास्ती खेपेका छन्।, सडकमै यत्रतत्र छाडिएका निर्माण सामग्रीले दुर्घटनाको जोखिम बढेको छ भने धुलोले सडकमा ओहोरदोहोर गर्ने मानिसहरू चिन्नै मुस्किल पर्छ।, धुलोकै कारण आँखा, घाँटी, फोक्सो र छालाको समेत समस्या देखिने गरेको स्थानीय रामबहादुर बस्नेतले गुनासो गरे।, त्यस्तै, यही सडकको लखनचोकदेखि अञ्चलपुरसम्मको २ किलोमिटर सडक पनि सुमित श्रेष्ठकै बिरूवा श्रेष्ठ एपेक्स जेभीले निर्माणको जिम्मा लिएको थियो।, २०७२ साल माघ महिनामा ४१ करोडको ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाइएको थियो। ३० महिनामा निर्माण पूरा गर्नुपर्ने सम्झौता गरिए पनि सो खण्डको सर्भिस लेन अझै पनि अधुरै छ।, सम्झौता गर्दा ३० महिनामा निर्माण पूरा गर्नुपर्ने भनिए पनि निर्माण कम्पनीले विभिन्न बहानामा काबु बाहिरको परिस्थिति भन्दै सम्झौता अवधि थप गर्दै आएको छ।, बेलहियादेखि बुटवल गोलपार्कसम्मको अरू खण्डको निर्माण कार्य सम्पन्न भए पनि सुमित श्रेष्ठकै जिम्मामा रहेका तीन वटा खण्ड अधुरै रहँदा बुटवल बेलहिया सडकको विषयलाई लिएर सरकारको निरन्तर आलोचना भइरहेको छ।, डिभिजन प्रमुख मरासिनीले निर्माण व्यवसायीको अटेरीले आफूहरूको काम समेत ओझेलमा परेको बताए।, ‘कति भन्नु, कारबाही गर्छु भनेर समेत चेतावनी दिएकै छ, तर व्यवसायी निकै चाम्रो रहेछ सुनेको नसुने जस्तै गर्छ,’ मरासिनीले भने।,  ,  , निर्माण व्यवसायीको अटेरीले फेरि रोकियो बुटवल सडकको निर्माण कार्य
सेतोपाटी संवाददाता नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बुधबार २८० जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १२ हजार १७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार १६८ जनाको पिसिआर परीक्षण र ३००६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ६ हजार २३९ जना सक्रिय संक्रमित छन्।, ३६६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।, यसको संक्रमणबाट २ को मृत्यु भएको छ।  , काठमाडौं उपत्यकामा १४६ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ संक्रमित छन्।, थपिए २८० संक्रमित, २ को मृत्यु
एजेन्सी बुधबार भारतीय सेनाका पूर्व प्रमुख चढेको वायु सेनाको एउटा हेलिकप्टर दुर्घटनामा परेको छ। तमिलनाडु राज्यको कुनुरमा दुर्घटनामा भएको हेलिकप्टरमा आगो लागेको थियो।, घटनास्थलमा पुगेका तमिलनाडुका वन मन्त्री रामचन्द्रनले हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको जानकारी दिएका छन्। तीमध्ये पाँच जनाको शव मिलेको र दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको उनले बताएको बिबिसी हिन्दीले उल्लेख गरेको छ।, समाचार पत्र द हिन्दु,का अनुसार पूर्वसेना प्रमुख  रावत र उनकी श्रीमती मधुलिका रावतको अवस्था अज्ञात छ।, यसअघि टाइम्स अफ इन्डियाले स्रोतलाई उद्धृत गर्दै रावतलाई उद्धार गरी अस्पताल लगिएको उल्लेख गरेको थियो।, दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति बनाइएको छ।, रावत यसअघि भारतीय सेनाका प्रमुख थिए। उनीपछि मनोजमुकुन्द नरवाणे सेना प्रमुख भएका छन्। रावत अहिले भारतको चिफ अफ डिफेन्स स्टाफ थिए। यो पद केही महिना अघिमात्रै सिर्जना गरिएको हो। पहिलो चिफ अफ डिफेन्स स्टाफको रूपमा रावतले २०२० जनवरीदेखि काम थालेका थिए। , हेलिकप्टर दुर्घटनामा परेका भारतीय पूर्वसेना प्रमुख रावतको अवस्था अज्ञात
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १४६ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ संक्रमित छन्।, नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा १२ हजार १७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार १६८ जनाको पिसिआर परीक्षण र ३००६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ६ हजार २३९ जना सक्रिय संक्रमित छन्।, ३६६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।, यसको संक्रमणबाट २ को मृत्यु भएको छ।  , काठमाडौं उपत्यकामा थपिए १४६ संक्रमित
रासस सरकारले सुदूरपश्चिमका ६ पहाडी जिल्लालाई बाढीपहिरो संकट क्षेत्र घोषणा गरेको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो। , सोही माग बमोजिम गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। , सरकारको निर्णयअनुसार डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, बैतडी तथा डोटीलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । असोज अन्तिम सातादेखि परेको बेमौसमी वर्षाका कारण आएको बाढीपहिराले दजर्नौंको मृत्यु भएको थियो भने करोडाँैको बालीनाली नोक्सान भएको थियो । बाढीपहिराले सुदूरपश्चिमका बझाङ, बाजुरा, बैतडी, दार्चुला तथा डोटीका नागरिकहरु अलपत्र परेका थिए भने कतिपय घरबारविहीन भएर बास बस्नका लागि पनि समस्यामा परेका छन् ।, सुदूरपश्चिमका नौ वटा जिल्लामध्ये सबभन्दा बढी मानवीय क्षति बझाङ तथा डोटीमा भएको थियो। बेमौसमी अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा ३७ जनाको मृत्यु भएको थियो भने अर्बौंको धनजनको क्षति भएको थियो।,     , सुदूरपश्चिमका डोटी र डडेल्धुरामा पाँच/पाँच, बझाङका चार तथा बैतडी, बाजुरा र दार्चुलाका दुई/दुई पालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन्।, डोटीको दिपायल सिलगढी नगरपालिका, केआइसिंह, आदर्श, जोरायल र सायल गाउँपालिका र डडेल्धुराका नवदुर्गा, अमरगढी, आली ताल, गन्यापधुरा र परशुराम गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन्।, यसका साथै बझाङका थलारा, बित्थडचिर, खप्तडछान्ना र जयपृथ्वी गाउँपालिका, बैतडीका सिगास  र शिवनाथ गाउँपालिका, दार्चुला दुहुँ र अपी हिमाल गाउँपालिका र बाजुराका हिमाली र जगन्नाथ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।,  , सुदूरपश्चिमका ६ जिल्ला बाढी-पहिरो संकटग्रस्त क्षेत्र घोषणा
एजेन्सी बुधबार भारतीय वायु सेनाको एउटा हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।, भारतीय सेनाका पूर्वप्रमुख विपिन रावत चढेको हेलिकप्टर तमिलनाडु राज्यको कुनुरमा दुर्घटना भएको थियो।, प्रेस ट्रस्ट अफ इन्डियाले हेलिकप्टरमा सवार १४ मध्ये १३ जनाको मृत्यु भएको बताएको छ।  दुर्घटनापछि हेलिकप्टरमा आगो लागेकाले शवहरू पहिचान गर्न कठिन भएको छ। उनीहरूको डिएनए परीक्षणबाट पहिचान गरिने समाचारमा जनाइएको छ।, दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति बनाइएको छ।, रावत यसअघि भारतीय सेनाका प्रमुख थिए। उनीपछि मनोजमुकुन्द नरवाणे सेना प्रमुख भएका छन्। रावत अहिले भारतको चिफ अफ डिफेन्स स्टाफ थिए। यो पद केही महिना अघिमात्रै सिर्जना गरिएको हो। पहिलो चिफ अफ डिफेन्स स्टाफको रूपमा रावतले २०२० जनवरीदेखि काम थालेका थिए। , भारतका पूर्वसेना प्रमुख रावत सवार हेलिकप्टर दुर्घटना: १४ मध्ये १३ जनाको मृत्यु
रोहित महतो सप्ताहव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवको मुख्य दिन बुधबार जनकपुरमा श्रद्धालुको जनसागर उर्लिएको छ।, नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका श्रद्धालुले जनकपुर खचाखच भरिएको छ। महोत्सव अन्तर्गत जानकी मन्दिर परिसरमा आज वैवाहिक कार्यक्रम हुनेछ।, पौराणिक मान्यता अनुसार राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी आज दिउँसो रङ्गभूमि मैदान पुर्‍याइएको थियो।, जानकी मन्दिरबाट विशेष सुसज्जित डोलामा राखी सिताको डोलासमेत रङ्गभूमि मैदानमा लगिएको थियो । त्यसैक्रममा नेपाली सेनाको हेलिकप्टरले जानकी मन्दिर र रंगभूमि मैदानमा पुष्पवृष्टि गरेको थियो।, ढोल पिपही, सहनाई, ब्याण्ड बाजा र पञ्चेबाजासहित निस्किने दुबै डोला वाह्रविगाहा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर भएको थियो। डोलाको दर्शन र रामसीताको स्वयमम्बर हेर्न बाह्रविगाहा मैदानमा दर्शनार्थीको ठूलो घुइँचो लागेको थियो।, स्वयम्वरपश्चात राम र जानकीको डोलालाई नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुर्‍याइएको छ। राम र सीताको विवाहका लागि जानकी मन्दिरको प्राङ्गढमा विवाह मण्डप (मडवा) बनाइएको छ।, राम र जानकीको विवाहको लागि जानकी मन्दिरलाई नवदुलहीझैं सिंगारिएको छ। जानकी मन्दिरमा साँझदेखि मिथिलाको वैदिक परम्परा अनुसार विवाहको काज आरम्भ हुनेछ।, वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भगवान् रामका बुबा अर्थात् राजा दशरथको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन्।, त्यहाँ सुमधुर गीत संगीत, झाँकी किर्तन र मिथिलाको गाली गीतसहित सांस्कृतिक कार्यक्रम गर्ने गरिन्छ। विवाहको काजमा मैथिलानीहरूले जन्तीलाई थरी– थरीका गाली गीतले स्वागत गर्ने गर्छन्।, विवाह कार्यक्रम हेर्न जानकी मन्दिरमा हजारौं श्रद्धालुहरुको घुइँचो लागेको छ। बिहीबार रामकलेवा विधिपछि विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ। विवाहपञ्चमीमा भिडलाई मध्यनजर गरि जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।, भीडभाडमा हुनसक्ने आपराधिक घटनालाई रोक्न करिब २ हजारको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत खटाइएको छ।, हेर्नुहोस् तस्बिरमा, खचाखच जनकपुर (तस्बिरसहित)
सेतोपाटी संवाददाता नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ।, नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते र त्यसअघिका निर्णयका आधारमा गृहमन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई आन्तरिक सर्कुलर जारी गर्दै उच्च सावधानी अपनाउन भनिसकेको छ। सोही आधारमा जिल्ला जिल्लामा आवश्यक तयारी थालिएको हो।, गृहप्रवक्ता प्रदीपकुमार कोइरालाले मन्त्रिपरिषद्ले विभिन्न मितिमा गरेको निर्णय र कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को निर्णयका आधारमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र गराउनका लागि मातहतका निकायलाई सर्कुलर जारी गरिसकेको जानकारी दिए। सोहीअनुसार सीमा क्षेत्रका जिल्लाले आवश्यक निर्णय गरी कार्यान्वयनसमेत गर्न थालिसकेका छन्।, यसअघि कोभिड-१९ को सङ्क्रमण न्यून भएकाले मापदण्ड कार्यान्वयनमा केही खुकुलो भएको थियो। अहिले पनि मापदण्ड विपरीतका कार्यक्रम देखिँदै आएको छ। पुनः त्यही मापदण्ड कार्यान्वयन गरी भीडभाड कम गर्न, दुई मिटरको दूरी कायम गर्न तथा साबुनपानीले नियमित हात धुने, सेनिटाइज गर्ने र खोप अभियानमा मानिसलाई सरिक गराउने जस्ता गतिविधिमा जोड दिन थालिएको छ।, गृहप्रवक्ता कोइरालाले मापदण्ड पालना गराउन र सीमा प्रवेशमा सुरक्षा अपनाउँदै कडाइ गर्न थालिएको जानकारी दिए। उनले नयाँ केसको विषयमा सिसिएसमसी र स्वास्थ्य मन्त्रालयको विशेष निर्णयका आधारमा आवश्यक निर्णय गरेर अघि बढ्ने पनि बताए।, अघिल्लो हप्ता नेपाल आएका दुई विदेशी नागरिकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको थियो। त्यसको सङ्क्रमण गति उच्च रहेकाले सङ्क्रमण फैलिन नदिन नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको निर्णयअनुसार ओमिक्रोन देखिएका विभिन्न १० मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ।, सङ्क्रमित दुई नागरिक सङ्क्रमणमुक्त भइसकेका र उनीहरूको सम्पर्कमा रहेका भनिएका ६६ जनाको परीक्षण गर्दा कसैमा नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो कोभिड-१९ को पछिल्लो समयमा पुष्टि भएको नयाँ भेरियन्ट हो वा रुप परिवर्तन भएको अवस्था हो। शुरुमा दक्षिण अफ्रिकामा पुष्टि भएको यो भेरियन्ट धेरै छिटो फैलिनसक्ने जनाइएको छ।, त्यसैले सरकारले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो।, सङ्क्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने सरकारले निर्णय गरेको छ। जोखिम भएका मुलुकबाट नेपाल भ्रमण गर्ने यात्रुले आफ्नै खर्चमा अनिवार्य सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पनि सरकारले गरेको छ।, नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले नेपाल सरकार गृहमन्त्रालयको निर्देशनअनुसार सबै प्रहरी एकाइमा परिपत्र जारी गरी आवश्यक सतर्कता अपनाउन र मापदण्ड पालना गराउने सन्दर्भमा ध्यान दिन निर्देशन दिइसकिएको बताए।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी अनिवार्य मास्क प्रयोग गर्ने, दुई मिटर दूरी कायम गर्ने र राम्ररी साबुनपानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्दा पनि नयाँ भेरियन्ट सङ्क्रमण रोक्न सकिने विज्ञबाट जानकारी आएको तर यसको अझै अध्ययन हुन बाँकी रहेको बताउँछन्। ‘अहिलेसम्मको पुष्टि भएको आधारमा यसअघि अपनाइएका मापदण्ड र खोप कार्यक्रम नै प्रभावकारी छ, हामीले त्यसलाई नै ध्यान दिनुपर्छ,’ अधिकारीले भने।, स्वास्थ्य विज्ञ डा. विवेककुमार लाल खोप लिएर सुरक्षित हुन आग्रह गर्छन्। ‘नयाँ कोरोना भाइरस ओमिक्रोन सङ्क्रमण रोक्न के गर्ने, खोपले काम गर्छ कि गर्दैन भन्ने जिज्ञासा सबैमा छ, अहिलेसम्मको अध्ययनले खोप प्रभावकारी नै छ,’ डा लालले भने, ‘विज्ञको सिफारिस भनेको नै जनस्वास्थ्यका सबै मापदण्ड र उपलब्ध भएका खोपलाई निरन्तरता दिनु भरपर्दो र सुरक्षित उपाय हो।’, प्राप्त विवरणअनुसार हालसम्म विश्वमा २६ करोड ५७ लाख बढीमा सङ्क्रमण पुष्टि भइसकेको छ। अमेरिका र युरोपपछि दक्षिण पूर्वीएसियाली क्षेत्र कोरोनाबाट बढी प्रभावित छ। हालसम्म ५२ लाखभन्दा बढीको मृत्यु भइसकेको छ।, नेपालमा भने ५४ लाखभन्दा बढीमा परीक्षण गर्दा नौ लाख १९ हजारमा सङ्क्रमण भएको तथ्याङ्क छ। अहिलेसम्म ११ हजार ५४७ को मृत्यु भइसकेको छ। नेपालमा सङ्क्रमणदर १७ दशमलव छ प्रतिशत छ। प्रति १० लाखमा ३८० को मृत्यु भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए। केही शहरी क्षेत्रमा बढी सङ्क्रमित रहेका पनि उनले जानकारी दिए। रासस, नयाँ भेरियन्टको कोरोना भित्रिएसँगै मुलुकभर सुरक्षा सतर्कता बढाइयो
सबिना श्रेष्ठ ललितपुर, मानभवनस्थित 'ब्रिटिस गुर्खाज' सँगै चारतले हरियो घरको तल्लो तलामा एउटा पुस्तकालय खुलेको छ- सानुको पुस्तकालय।, एक महिनाअघि सञ्चालनमा आएको यो पुस्तकालय एउटा परिवारले आफ्नी कान्छी सदस्यको नाममा खोलेको हो। ती कान्छी सदस्यलाई सबैले घरमा 'सानु' भनेर बोलाउँथे। उमेरले २६ वर्ष भए पनि उनी घरकी सबभन्दा सानी थिइन्।, उनै सानुको एक वर्षअघि निधन भयो जसको सम्झनामा यो पुस्तकालय सञ्चालनमा आएको हो।, ‘सानु बितेपछि म र मेरो परिवारलाई सुरूमा एकदमै गाह्रो भयो। त्यो दुखद घडीमा किताबले हामीलाई केही सहज वातावरण दियो,’ सानुकी दिदी प्रियंशा सिलवालले भनिन्।, ३३ वर्षीया प्रियंशा डाक्टर हुन्। उनी पुस्तकालयमा बस्ने समय काम सकेर फर्किएपछि हो। धेरैजसो समय उनकी आमा, बुवा र एक जना कर्मचारी यहाँका किताब र पाठकको निगरानीमा खटिन्छन्।, बुवा अवकाशप्राप्त सैनिक हुन् भने आमा अवकाश लिइसकेकी नेपाली शिक्षिका। घरमा पहिलेदेखि किताबहरू किनिरहने र पढ्ने वातावरण थियो। त्यही भएर अरूमा पनि पठन संस्कृति विकास होस् भन्ने उद्देश्यले पुस्तकालय खोलेको प्रियंशा बताउँछिन्। , ‘हाम्रो घरमा आफ्नै किताबको संकलन थियो। पछि साथी र परिवारले पनि किताब दिएर सहयोग गरिदिनुभयो। यसरी पुस्तकालयले आकार पाएको हो,’ उनले भनिन्, ‘सानुको नाममा केही गरौं भन्ने सोच थियो। अनि पुस्तकालय नै किन नखोल्ने त भनेर छलफल भएपछि सुरू गरेका हौं।’, प्रियंशा अंग्रेजी आख्यानका किताब पढ्न रूचाउँछिन् भने उनकी आमा नेपाली किताब बढी पढ्छिन्। सानु भने अध्यात्म, धर्म–संस्कृतिका किताब बढी पढ्ने रहिछन्।, यो पुस्तकालय हरेक दिन बिहान ११ देखि बेलुकी ६ बजेसम्म खुल्छ। शनिबार पनि खुल्ने पुस्तकालय आइतबार भने बन्द हुन्छ। दिउँसोको समय पारिलो घाम छिर्ने पुस्तकालयका तीनवटा कोठालाई आख्यान, गैरआख्यान र बालबालिकाको शाखा भनेर विभाजन गरिएको छ। आख्यानको तुलनामा गैरआख्यान किताब अलि कम भएको प्रियंशालाई लाग्छ।, ‘यहाँ भएका प्रायःजसो अंग्रेजी आख्यानका किताब मेरै हो। नेपालीचाहिँ आमाको। आमा नेपाली शिक्षक पनि हुनुभएकाले वहाँलाई नेपाली साहित्यमा रूचि थियो। म चाहिँ नेपाली किताब खासै पढ्दिनँ,’ उनले भनिन्, ‘गैरआख्यानमा पनि त्यति रूचि छैन। त्यही भएर आख्यानको तुलनामा अलि कम भएजस्तो लाग्छ।’, करिब दुई हजार किताब भएको यो पुस्तकालयमा २०–२५ देखि कोहीले पाँच सयवटासम्म किताब सहयोग गरेका छन्। ‘ओहा’ भन्ने पुस्तकालय सफ्टवेयरमार्फत् यहाँ भएका किताब र सदस्य आए–गएको सबै रेकर्ड गरिन्छ।, पुस्तकालय खोल्नुअघिको सुरूआती समयमा प्रियंशाकी आमाले पुस्तकालयमा काम गर्ने एक जना व्यक्तिसँग सम्पर्क गरेकी थिइन्। वीरेन्द्र सैनिक आवासीय विद्यालयका ती व्यक्तिले ‘लाइब्रेरी साइन्स’ पढिरहेका मान्छेलाई बेलाइदिए। उनले यो पुस्तकालयकी कर्मचारीलाई तालिम दिए। , ‘किताबलाई कसरी ‘नम्बरिङ’ गर्ने, कसरी सफ्टवेयरमा राख्ने, को मान्छे आएको–गएको छ, पुस्तकालयमा के–कस्ता संकलन छन् लगायत सबै काम उहाँले तीन महिना यहीँ आएर सिकाइदिनुभयो,’ प्रियंशाले भनिन्, ‘त्यहीअनुसार यहाँको सबै काम रेकर्ड हुन्छ।’, यो पुस्तकालयमा १२ वर्षभन्दा मुनि र ६५ वर्ष माथिका सदस्यलाई शुल्क लाग्दैन। उनीहरूले पछि फिर्ता आउने ‘डिपोजिट’ पैसा भने जम्मा गर्नुपर्छ। १२ वर्षमुनिका सदस्यले २ सय ५० रूपैयाँ र ६५ वर्ष माथिका सदस्यले पाँच सय रूपैयाँ डिपोजिट गर्नुपर्छ। त्यो पैसा किताब कसैले बिगार्ला वा लगेर फिर्ता नगर्ला भनेर राखिएको हो।, यो उमेर समूहमा नपर्ने सदस्यले भने सुरूमा हजार रूपैयाँ तिनुपर्छ। त्यसमा पाँच सय ‘डिपोजिट’ पर्छ। अर्को वर्ष पनि समय थप्न मन भए फेरि पाँच सय तिरेर समयावधि लम्बाउन सकिन्छ। यहाँको सदस्य भएबापत यहीँ बसेर किताब पढ्न त पाइन्छ नै, दुई साताका लागि दुईवटा किताब घरमा पनि लग्न सकिन्छ। त्यो समयावधिमा किताब पढेर नसकेको खण्डमा समय थप्न पाइन्छ। ढिला किताब बुझाएमा शुल्क पनि निकै कम लाग्छ। दिनको जम्मा एक रूपैयाँ।, ‘पुस्तकालयमा धेरै शुल्क राख्न पनि मिलेन। मान्छेले फिर्ता ल्याऊन् भन्ने हिसाबले मात्र त्यो एक रूपैयाँ राखेका हौं,’ प्रियंशाले भनिन्।, भर्खरै खुलेको यो पुस्तकालयलाई केही साथी र परिवारले मात्र प्रचार गरेका छन्। केहीले भने सामाजिक सञ्जालबाट थाहा पाइरहेका छन्। त्यही भएर अहिले दिनमा दुई–तीन जना मात्र पुस्तकालयमा आउने र पढ्ने गरेका छन्। जति पनि आएका छन्, उनीहरूले खोज्ने किताबबाट पनि पुस्तकालयमा अब कस्तो किताब किन्ने भन्ने ‘आइडिया’ बन्दै गइरहेको उनी बताउँछिन्।, किताबहरू आफ्नै साथी–परिवारबाट संकलन गरेकाले अहिलेसम्म त्यति किन्नुपरेको छैन। यहाँ भएका फर्निचरका सामग्री पनि केही आफ्नै घरका हुन्, केही छिमेकीले दिएका छन्। केही मात्र किनिएको हो।, यहाँ प्रयोग भएको कम्प्युटर पनि ‘डोको रिसाइकर्लर्स’ बाट ल्याइएको हो। प्रियंशा श्रीमान सोही कम्पनीका सञ्चालक हुन्। , ‘धेरैजसो कम्पनीले आफ्ना कम्प्युटर पुरानो भएर काम नलाग्ने भएपछि फाल्छन्। त्यस्ता कम्प्युटरलाई त्यहाँ बनाएर सेकेन्ड ह्यान्डका रूपमा बेचिन्छ। हामीले त्यस्तै कम्प्युटर डोकोबाट ल्याएका हौं,’ डोकोको पनि पुस्तकालयमा सहयोग रहेको बताउँदै प्रियंशाले भनिन्, ‘त्यहाँ मान्छेले पुराना किताब पनि बेच्नुहुन्छ। त्यहाँबाट पनि काम लाग्ने केही किताब ल्याएका छौं।’, प्रियंशालाई यो पुस्तकालयमार्फत मान्छेमा पठन संस्कृति बढाउन मन छ। उनी सानो हुँदा फोन, कम्प्युटर लगायत मनोरन्जन सामग्री थिएनन्। उनलाई आख्यानका किताब पढेर अर्को संसार पुग्नै रमाइलो लाग्थ्यो। , विद्यालयमा राम्रै पुस्तकालयको वातावरणमा हुर्किएकी उनी पछि कुपन्डोलमा भएको ‘ए–वान’ पुस्तकालयको सदस्य भएर पढ्न थालिछन्। बीचमा भने पुस्तकालयहरू नै कता हो खोज्दै जानुपर्ने अवस्था आयो। त्यही कारणले पनि अहिलेको पुस्तामा पठन संस्कृति हराएजस्तो उनलाई लाग्छ।, ‘मेरा आफन्तमै पनि साना केटाकेटीहरू किताबमा भन्दा बढी मोबाइलमा झुन्डिरहेको देखिरहेको हुन्छु। ठूला मान्छेसँग कुराकानी गर्दा पनि त्यति धेरै किताब पढ्ने समय कहाँ छ र जस्तो गर्नुहुन्छ,’ उनले भनिन्, ‘तर दिनमा १० पेज पढे पनि आधा घन्टा पढे पनि महिनामा तीन–चार किताब पढ्न सकिन्छ। अलिअलि गरेर पढ्यो भने पढ्न सकिन्छ जस्तो मलाई लाग्छ।’, हालै ‘साइकोलोजी अफ मनी’ किताब पढेकी उनी आफैं पनि काम सकेर पढ्ने समय निकाल्छिन्। त्यही भएर इच्छा भयो भने समय बाधा नहुने उनलाई लाग्छ। लकडाउनको समयबाट भने उनले फेरि पठन संस्कृति बढेको महशुस गरेकी छन्।, ‘मान्छेले किताब त किनिरहनुभएको छ नै, मोबाइल, आइप्याड, किन्डल लगायतमा पनि इ–बुक्सहरू पढ्नु हुँदो रहेछ,’ उनले भनिन्, ‘सामाजिक सञ्जालमा पनि एउटा ठूलै समुदाय छ जो किताब पढ्छन् र त्यसबारे छलफल गर्छन्।’, पुस्तकालय हुनुले झनै पढ्ने बानी विकास गर्छ। पुस्तकालय भयो भने जसलाई पढ्न मन लागेको छ तर किताब किनिरहन सक्दैनन् उनीहरूले पनि पढ्ने अवसर पाउँछन्। यसमार्फत पढ्ने मान्छेलाई राम्रो अवसर त भयो नै, नयाँ पाठकहरू पनि बढ्ने प्रियंशाको आशा छ।, यो पुस्तकालयमा विभिन्न गतिविधि गराउने विषयमा पनि उनको परिवारमा छलफल भइरहेको छ। खानेकुरा पकाउन सोखिन उनकी आमालाई सुरूमा ‘बुक क्याफे’ खोल्ने मन थियो। विभिन्न कारणले त्यो योजना परिवर्तन भयो। पछि यहाँ पढ्ने ठाउँसँगै चिया, कफी र बेकरी आइटम राख्ने सोचाइ भने बनिरहेको छ।, त्यसका साथै साना केटाकेटीलाई कथा वाचनको कार्यक्रम गर्ने ‘आइडिया’ पनि आफन्तले दिइरहेका छन्।, ‘के गर्ने भनेर ठ्याक्कै चित्र नै त बनिसकेको छैन। प्रतिक्रियाहरू भने लिइरहेका छौं,’ उनले भनिन्।, सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, सानुको पुस्तकालय
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा (‘बुस्टर डोज’) दिने भएको छ।, राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने भएको हो।, समितिको सिफारिस र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्डमा परेका ६० वर्षभन्दा माथिका भेरोसेल खोपको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई एक मात्रा खोप पुनः दिन थालिएको स्वास्थ्य सेवा विभागको परिवार कल्णाण महाशाखाका प्रमुख डा विवेककुमार लालले बताए।, राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्वास्थ्यमन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग यही मङ्सिर १७ गते गरेको छलफलमा एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञको राय लिएर ‘बुस्टर डोज’ उपलब्ध गराउन आग्रह गरेकी थिइन्।, ‘भेरोसेल खोपको दुई मात्रा लगाइसकेका ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको छ,’ खतिवडाले बुधबार मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा भने, ‘सोही सिफारिसलाई खोप सल्लाहकार समितिले नेपालमा पनि ६० वर्षभन्दा माथिका भेरोसेल लगाएका दुई मात्रा लगाएका सबै व्यक्तिलाई तीन महिनापछि एक मात्रा खोप बुस्टर डोज लगाउन सिफारिस गरेको छ। सोही अनुसार मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेको छ।’, बढीभन्दा बढी जनसङ्ख्या खोप लगाएपछि पनि पुनः थप मात्रा (बुस्टर डोज) दिने उनको भनाइ रहेको छ। ‘अहिलेको कोरोना भाइरसको भेरियन्टको सङ्क्रमणको जोखिम कति छ। यसभन्दा अगाडि लगाएका खोपले अहिलेको भेरियन्टसँग जुध्न सक्छ कि सक्दैन भन्ने अध्ययनको नतिजा आउँछ भन्नेबारेमा डब्लुएचओले बुस्टर डोजको अध्ययन गरिरहेको छ। त्यो सबैको परिणामको पुनः आकलन गरेर सरकारले बुस्टर डोजको बारेमा थप निर्णय लिने छ,’ उनले भने।, केही विशेष अवस्थाका व्यक्तिलाई खोप लगाएपछि जुनस्तरमा रोग प्रतिरोधात्मक क्षमता हुनुपर्ने हो, त्यो नभएपछि त्यस्ता व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको छ। यस्तै क्यान्सरका रोग भएका, अङ्ग प्रत्यारोपण गरेका, रोग प्रतिरोधी क्षमता कम भएका (एचआइभी), रोग प्रतिरोधी क्षमता दबाउने औषधि प्रयोग गर्ने व्यक्तिलाई लक्षित गरी एक मात्रा खोप दिनका लागि पनि डब्लुएचओले सिफारिस गरेको छ।, विश्वका केही देशले आफूखुशी निर्णय गरेर बुस्टर डोज लगाउने गरेको पाइएको छ तर डब्लुएचओले सबै जनसङ्ख्यालाई समेटेर बुस्टर डोज लगाउनका लागि सिफारिस भने गरेको छैन। ‘अझै पनि सबै सदस्य राष्ट्रले बढीभन्दा बढी जनसङ्ख्यालाई खोप लगाउनुपर्दछ। त्यो सबै जनसङ्ख्यालाई लगाइसकेपछि बल्ल थप मात्र लगाउन पर्दछ भनेको छ,’ उनले भने।, नेपालमा कोभिशिल्ड एस्ट्राजेनिका, भेरोसेल, जोन्सन एण्ड जोन्सन र फाइजर खोप लगाइँदै आइरहेको छ। नेपालमा लक्षित जनसङ्ख्याको ५३.७ प्रतिशतलाई पहिलो मात्रा र ४४.५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ।, कोभिड शिल्ड छ लाख मात्रा आयो, मोडर्ना आउँदै, , कोराना भाइरस विरुद्धको खोप कोभिड शिल्ड बुधबार छ लाख मात्रा नेपाल आएको छ। कोभ्याक्स सुविधाअन्तर्गत भारतको खोप दिउँसो कतार एयरवेजबाट नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए।, उनका अनुसार खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ। आज आएकोसँगै नेपालमा अहिलेसम्म दुई करोड ७८ लाख मात्रा खोप नेपाल आइसकेको उनले बताए।, यस्तै भोलि अमेरिकाबाट मोडर्ना खोप आउँदैछ। उनले भोलि १४ लाख मात्रा मोर्डना खोप नेपाल आउने जानकारी दिए। मोडर्ना खोप १२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई लगाइन्छ। सरकारले बालबालिका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको छ। रासस, ६० वर्षमाथिका भेरोसेल लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने
सेतोपाटी संवाददाता नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको छ। , नेपालमा कसरी आइपुग्यो ओमिक्रोन?, स्वास्थ्य मन्त्रालयका अनुसार मंसिर ३ गते त्रिभुवन विमानस्थलमा आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय वृद्धमा ओमिक्रोन देखिएको हो। दुबै जना विदेशी नागरिक हुन्।, उनीहरू दुबै जना अहिले आइसोलेसनमा छन् उनीहरूको सम्पर्कमा आएका ६६ जनाको पिसिआर परीक्षण गर्दा कसैलाई पनि संक्रमण देखिएको छैन।, यस्तो छ स्वास्थ्य मन्त्रालयको विज्ञप्ति, कोभिड-१९ को भाइरसमा नयाँ उत्परिवर्तन (म्युटेसन) देखिएको छ र नयाँ उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन नाम दिइएको छ। यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। हालसम्म यो भेरिएन्ट विश्वका ३५ देशहरूमा फैलिसकेको जानकारी प्राप्त भएको छ र यी देशहरूमा आजको मितिसम्म ५७४ जना ओमिक्रोन भेरिएन्ट संक्रमित देखिएका छन्।, विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ। दक्षिण एसियाका केही देशहरूमा समेत यो भेरियन्ट पुष्टि भैसकेको छ। यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ। यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको छ, नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेको खोपको विवरण लिने गरेको लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ। एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरूको नमुना संकलन गरी पिसिआर गर्ने र शंकास्पद नमूनाहरूको जिन सिक्वेन्सिङ गर्ने गरिएको छ। यसका साथै विगत एक महिना अगाडिदेखि पोजिटिभ भएका नमूनाहरूको थप परीक्षण गर्ने गरिएको छ।, यही क्रममा २०७८ मंसिर ३ गते नया भेरियन्ट पुष्टि भएको देश हुँदै एक ६६ वर्षीय विदेशी नागरिक नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए, नेपाल आउँदा नियमानुसार पिसिआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो। वहाँसँग नजिकको सम्पर्कमा आएका एक ७१ वर्षीय व्यक्ति र स्वयं आफैंलाई मंसिर ७ गते कोभिड- १९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएपश्चात परीक्षण गर्दा कोभिड ९९ को नतिजा पोजिटिभ आएको थियो। कोभिड-१९ परीक्षणमा पोजिटिभ आएकाहरूको एस-जिन परीक्षण गर्नु पर्ने हालको नयाँ रणनीति अनुरूप परीक्षण गर्दा दुवै जनाको नमूनामा एस-जिन फेला परेको थिएन। एस-जिन फेला नपरेका उक्त दुबै नमूनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा २०७८ मंसिर १९ गते राति कोभिड-१९ को  नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको छ।, हाल दुबै जना नेपाल सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहनु भएको छ।, हाल उहाँहरूमा कुनै लक्षण देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ। उक्त दुई व्यक्तिहरूसँग सम्पर्कमा आएकाहरूको बृहत रूपमा कन्ट्याक्ट ट्रेसिङ गरिएको, कन्ट्याक्ट ट्रेसिङबाट प्राप्त ६६ जना सम्पर्कहरूको पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको पाइएको छ।, यससँगै नेपालमा ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङको कार्यलाई थप प्रभावकारी बनाइएको छ। आम नागरिकलाई ओमिक्रोनसम्बन्धी वैज्ञानिक तथ्य प्रेषण गर्न विश्वमा भएका यससम्बन्धी अध्ययन अनुसन्धानका आधारमा प्राप्त सही सूचनाहरू आधिकारिक माध्यमबाट प्रवाह गर्ने गरिएको छ।, कोभिड १९ का अरू भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना (मास्कको सही प्रयोग, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने ) र  खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुनुहुन अनुरोध गर्दछौं।, नेपालमा कसरी आइपुग्यो ओमिक्रोन
रासस भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रूपमा क्वारेन्टिनमा राखिने भएको छ।, भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएपछि बैतडीमा भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । , कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।, भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टिनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहलाई पत्राचारसमेत गरिएको छ।, उनले भने,'भारतबाट फर्किनेको  सीमा-नाका झुलाघाटमै एन्टिजेन परीक्षण गर्ने र उनीहरूलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्न भनेका छौं।', झुलाघाटमा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षण कार्य जारी रहेको हो। यसका साथै सीमामा आवातजावत गर्दा अनिवार्य रूपमा स्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ।  , यसैबीच कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सीमा क्षेत्रमा भारतीय प्रशासनले पनि कडाइ गरेको छ।, झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरूले अनिवार्य रूपमा कोरोनाका दुवै डोज लगाएको कार्ड लैजानुपर्ने भएको छ। कोरोनाविरूद्धको खोपका दुवै डोज लगाएपछि १५ दिनपछि भारत पस्न दिइने भारतीय प्रशासनले जनाएको छ। , पिथौरागढ जिल्ला अधिकारीको कार्यालयले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पत्र लेखेर नेपालबाट भारत पस्नेलाई अनिवार्य कोरोनाविरूद्धको खोप लगाएको कार्ड हुनुपर्ने बताएको छ।, दुवै डोज खोज लगाएको कार्ड नभएकालाई सीमाबाट जान नदिने भारतले जनाएको छ। , भारतबाट फर्किनेले सात दिन क्वारेन्टिनमा बस्नुपर्ने
राजेश घिमिरे भारतसँगको सीमा नजिकै रहेको एक गैंडालाई डार्ट गरेर (बेहोस बनाउने सुई लगाएर) चितवन फिर्ता ल्याइँदैछ। चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले नवलपरासीको त्रिवेणी पुगेर एक सिंगे गैंडालाई डार्ट गरेको थियो। , बाघ गणनामा खटिएका वन्यजन्तु चिकित्सक तथा प्राविधिक टोली गणनाको जिम्मा अरूलाई लगाएर गैंडा नियन्त्रणमा लिन त्रिवेणी पुगेको थिए। चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु चिकित्सक डा.विजयकुमार श्रेष्ठ र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु चिकित्सक डा.अमिर सडौलाको नेतृत्वमा रहेको टोली गैंडा समात्न आइतबार नै त्रिवेणी पुगेको थियो।, '६ वर्षअघि नारायणी नदीको बाढीमा बगेर सीमापारी पुगेको यो गैंडालाई ६ वर्षअघि भारतबाटै नियन्त्रणमा लिन खोजिए पनि सकिएको थिएन। तिहारअघि नवलपरासीको सुस्तातिर देखियो भन्ने खबर पाएर गएका थियौं डार्ट नहुँदै भाग्यो,’ वन्यजन्तुलाई डार्ट गर्न निसाना लगाउने प्राविधिक तीर्थ लामाले भने, ‘यसपटक त हामीले समातिहाल्यौं।’, बिहान ७ बजेदेखि नै प्रयास गरे पनि मध्यान्ह १२ बजेर ५ मिनेट जाँदा मात्रै गैंडा माथि निसाना लागेको थियो। ‘लगभग १५ मिनेटमा गैंडा बेहोस भयो, त्यसपछि हामीले खोरमा राखेर ट्रकमा हाल्यौं,’ लामाले भने, ‘अब चितवन निकुञ्ज ल्याउँदैछौं।’, सुस्ताको उखुबारीमा गैंडा चरेक‍ो देखेपछि स्थानीयले निकुञ्जलाई खबर गरेका थिए। ६ वटा हात्तीसहित पुगेको वन्यजन्तु चिकित्सक, प्राविधिक र सहयोगीको टोलीले गैंडालाई डार्ट गरि खोरमा राखेर चितवन ल्याउन लागेको हो।, लामाकाअनुसार नियन्त्रणमा लिइएको यो गैंडा अन्दाजी ८ वर्षको पोथी हो। बच्चा अवस्थामा नदीमा बगेर भारत पुगेको यो गैंडा चञ्चले भएकाले पटक-पटक प्रयास गर्दा पनि नियन्त्रणमा लिन सकिएको थिएन। यसअघि यो गैंडा बन्दुकमा सुई राखेर परबाट डार्ट गर्न खोज्दा भागेर फुत्किएको थियो।, सन् २०१७ र २०१८ मा नेपालले भारतका विभिन्न ठाउँमा पुगेका १० वटा गैंडा फिर्ता गरेको थियो। भारत पुगेर आफैं नेपालतर्फ फर्किएका ३ गैंडालाई पनि सीमा नजिकैबाट डार्ट गरेर चितवन निकुञ्ज ल्याइएको थियो। , ‘अहिले भारतले नेपालबाट गएको थाहा पाए पनि वन्यजन्तुहरू नेपाल फिर्ता गर्दैन। पहिले त्यहाँ संरक्षणका लागि बासस्थान तयार नभएकाले राख्न नसकेर फिर्ता गर्थ्यो,’ राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा.बाबुराम लामिछानेले भने, 'अहिले त उनीहरुले गैंडाका लागि पर्याप्त बासस्थान तयार पारिसके। वन्यजन्तु जहाँ पुग्छन् त्यहीँ संरक्षण गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता पनि छ।’ , भारतबाट ल्याउन नपाए पनि नेपालतर्फको सीमा क्षेत्रमा आएका गैंडालाई भने सुरक्षित स्थानमा ल्याएर छाड्ने गरिएको उनले बताए। आज नियन्त्रणमा लिइएको गैंडालाई सकेसम्म सोमबार नै निकुञ्जको पूर्वी सेक्टर आसपासकै जंगलमा छाडिने उनले बताए। , डा.लामिछानेकाअनुसार भारतीय सञ्चारमाध्यमले अहिले वाल्मीकी टाइगर रिजर्भमा २३ वटा गैंडा रहेको उल्लेख गर्दै ती गैंडा नेपालबाट बगेर आइपुगेको उल्लेख गर्ने गरेका छन्। नेपालका सरकारी निकायसँग यसको यकिन तथ्याङ्क छैन। तर नेपाल फिर्ता हुन नसकेका गैंडाको संख्या २३ भन्दा बढी रहेको लामिछाने बताउँछन्। , ‘चितवन निकुञ्जको पश्चिम क्षेत्रमा गैंडाको संख्या धेरै छ, बाढी आउँदा बच्चा र बुढा गैंडाहरू बगेर भारत पुग्ने गरेका छन्,’ उनले भने, ‘विगतमा नेपालबाट गएका गैंडालाई भारतले विभिन्न ठाउँका चिडियाखानामा राख्ने गरेको र नेपालबाट जानेक्रम हरेक वर्ष चलिरहेकाले संख्या २ दर्जन भन्दा बढी न‌ै रहेको अनुमान गर्न सकिन्छ।’, नारायणीको बाढीमा भारत पसेको गैंडा ६ वर्षपछि घर फर्कदै
सेतोपाटी संवाददाता नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको छ। , पहिलो पटक बोत्स्वाना र दक्षिण अफ्रिकामा नोभेम्बर चौथो साता पत्ता लागेको ओमिक्रोनले संसारभरका वैज्ञानिक र जनस्वास्थ्य अधिकारीहरूको ध्यान खिचेको छ।, ओमिक्रोनको फैलिने दर निकै बढी भएकाले यसले संक्रमण धेरै बढ्ने र अहिलेका खोपहरूले काम गर्दैनन् कि भन्ने चिन्ता छ। विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ र यसले विश्वभरि नै जोखिम हुन सक्ने भन्दै चेतावनी दिएको छ। अहिलेसम्म अन्टार्टिकाबाहेक सबै महादेशमा ओमिक्रोनका संक्रमित भेटिइसकेका छन्।, छिमेकी भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थालेका छन्।, इन्डियन एक्प्रेसका अनुसार आइतबार राजस्थानको राजधानी जयपुरमा ९ जना संक्रमित भेटिएका छन् भने महाराष्ट्रको पुने जिल्लामा सात जना संक्रमित थपिएका छन्। उनीहरूमध्ये तीन जना केही दिनअघि अफ्रिकी मुलुक नाइजेरियाबाट फर्किएका थिए।, भारतको राजधानी नयाँदिल्लीमा पनि आइतबार एक जनामा ओमिक्रोनको संक्रमण देखिएको छ। योसँगै भारतमा २१ जनामा ओमिक्रोनको संक्रमण भेटिएको छ।, सुरूमा कर्नाटका राज्यमा ओमिक्रोनका संक्रमित भेटिएका थिए अहिले अरू राज्य पनि संक्रमण बढेको छ।,  , नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन
सेतोपाटी संवाददाता सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने प्रतिबद्धता  छ। , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने प्रतिबद्धता जनाएका हुन्।, उनले त्यसका लागि ठोस प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रह समेत गरे।, मुस्लिम आयोगले तयार पारेको ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रूपान्तरण’ अध्ययन प्रतिवेदन सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गर्दै मन्त्री पौडेलले संविधानले समावेशीताको कुरा सुनिश्चित गरे पनि त्यसलाई कार्यान्वयन गर्ने कामले गति लिन नसकेको स्पष्ट पारे। , उनले राजनीतिक दलहरूभित्रै संविधानको भावनाअनुसार समावेशीताको सिद्धान्तलाई अंगीकार गरिसकेको अवस्था नरहेको स्वीकारे।, मन्त्री पौडेलले भने, ‘मूलभूतरूपमा संविधानमा हामीले समावेशीताको कुरा त गर्‍यौं। तर व्यवहारतः अझै बाँकी छ। व्यवहारतः राजनीतिक पार्टीमा बाँकी छ। सेना, पुलिसमा बाँकी छ। ब्युरोक्रेसीमा बाँकी छ। विभिन्न दलमा पनि बाँकी छ। कुराले मात्रै हुँदैन। त्यसकारण हामी तपाईंहरूले उठाउनु भएको कुरालाई गम्भीरतापूर्वक लिएर मन्त्रालयमा छलफल गर्छौं र पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ ? विगतका कुरा पनि खोजीनीति गरेर अघि बढ्छौं। त्यसका लागि तपाईंहरूले ठोस प्रस्ताव ल्याउनुपर्छ।’, मन्त्री पौडेलले मदरसा शिक्षाको रूपान्तरणका लागि आफूले केही मदरसा शिक्षालयमा अनुगमन गरेको पनि स्मरण गराए।, यता, आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विद्यालय शिक्षालाई सुविधा सम्पन्न गराउने तर मदरसा शिक्षालाई बेवास्ता गर्ने काम सरकारबाट हुन नहुने बताए।, उनले अझै पनि मदरसा शिक्षालयमा बोरा ओछ्याएर पढनुपर्ने अवस्था रहेको भन्दै यो अवस्थाको अन्त्य गर्न मन्त्री पौडेलको गम्भीर ध्यानाकर्षण गराए।, अध्यक्ष अन्सारीले भने, ‘अझै पनि मदरसामा बोरामा बसेर पढ्नुपर्ने अवस्था छ। कहिलेसम्म यो अवस्था रहन्छ ? जुन सार्वजनिक शिक्षालय स्कुल छ। सरकारी स्कुलमा चाहिँ सुविधा सम्पन्न छ। मदरसामा भने बोरा ओछ्याएर पढ्नुपर्ने अवस्था कहिले अन्त्य हुन्छ ? अब यो अवस्थामा परिवर्तन गर्नुपर्छ।’, आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा मदरसा शिक्षालाई बेवास्ता गरिएको उल्लेख गर्दै सरकारको आलोचना गरिएको छ। , मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने सरकारको प्रतिबद्धता
रासस ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले वाङ्मय शताब्दी पुरूष संस्कृतिविद् सत्यमोहन जोशीका बारेमा तयार पारिएका तस्वीर, पुस्तक तथा पर्चा र चित्र आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पहल गरिने बताएकी छन्। , दुई वर्षअघि माघ १५ गते कोरिएका ४०० मध्ये छानिएका ४० चित्रको संग्रह क्यानभासमा ‘सत्यमोहन बा’ चित्रकला प्रदर्शनी कार्यक्रमको आज उद्घाटन गर्दै उनले नेपाली कला अनि वाङ्मयको क्षेत्रमा जोशीले पुर्‍याएको योगदानको कदर गर्दै अघि बढ्ने भनाइ राखिन्। , उनले भनिन्, 'मुलुकका साथै विशेष गरी ललितपुरले जोशी जस्ता विशिष्ट व्यक्ति पाउनु अत्यन्तै गर्वको विषय रहेको छ।', उनले एउटै चित्रले जोशीका जीवनका बारेमा अनकौ कुरा बोल्न सक्ने भएकाले सो चित्र कोर्ने कलाकारको राष्ट्रले उच्च सम्मान गर्ने विश्वास लिएको धारणा व्यक्त गरेकी थिइन्। , सत्यमोहन लोक साहित्य भवनलाई आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ सहयोग गर्ने जनाउँदै मन्त्री भुसालले पर्यटन मन्त्रालयलाई समेत सो काममा ध्यान दिन आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरिन्।, शताब्दीपुरूष जोशीले आफ्नो जीवन रहँदै कोरिएका चित्र प्रदर्शन गरिनु आजसम्मको सबैभन्दा सफल दिन रहेकामा खुसी व्यक्त गरे।, उनले भने, 'योङ पिकासोजस्ता अन्य संस्थाले पनि गाउँ-गाउँमा पुगरे यस्ता सिर्जनशील प्रतिभाको खोजी गरी बाहिर ल्याएर राष्ट्रियकरण गर्न जरूरी छ।', ललितपुर क्षेत्र नं २ प्रतिनिधि सभाका सांसद कृष्णलाल महर्जनले मुलुकका युवामा देखिएको चित्रकलाप्रतिको ऊर्जा र उत्साह प्रशंसनीय रहेको धारणा राख्दै सोलाई थप बढवा गर्न जरूरी रहेको औंल्याए।, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले ललितकला प्रज्ञा-प्रतिष्ठान र पिकासोले कला क्षेत्रको विकासका लागि गरेका काम उदाहरणीय रहेको उल्लेख गर्दै सो प्रदर्शनीले कलाकारको समेत सम्मान गर्दै जाने भनाइ राखिन्। ,  , सत्यमोहनका तस्वीरांकित पर्चा र पुस्तक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न पहल गरिने
सविता बुढा कैलालीको लम्कीचुहाका भूपेन्द्र बडुवालको हत्या दुई समूहको रिसइबीका कारण भएको प्रहरीले निष्कर्ष निकालेको छ।, घटनाको अनुसन्धान रिपोर्ट सोमबार सार्वजनिक गर्दै कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले नदीजन्य पदार्थ र बन पैदावारको ठेक्कापट्टामा लागेका समूहको रिसइबीका कारण बडुवालको हत्या भएको देखिएको बताए।, प्रहरी अनुसन्धानमा केही वर्षदेखि लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेक्कापट्टामा आपराधिक गिरोह सक्रिय रहेका र तिनीहरूको विवादकै कारण भूपेन्द्रले ज्यान गुमाउनु परेको देखिएको हो।  , लम्कीचुहा नगरपालिका-३ का ३२ वर्षीय लोकजंग शाहीले नदीजन्य पदार्थ तथा वन पैदावारको ठेकापट्टामा आफ्नो वर्चश्व कायम गर्न युवाहरूको समूह बनाई आपराधिक लाभको लागि परिचालन गर्ने गरेका थिए। सो समूहलाई टीकापुर नगरापलिका-६ बस्ने ३५ वर्षीय अशोक रावलले संरक्षण प्रदान गर्ने गरेका थिए।, सुरूमा एकै समूहमा रहेका जानकी गाउँपालिका-६ जगतपुर बस्ने जयन्द्र शाह र लम्कीचुहा-३ बस्ने नवीन रावलबीच मनमुटाव तथा आपसी वैमनश्यता भएपछि दुई समूहका युवाबीच पटक-पटक झगडा हुने गरेको थियो।, ‘यी समूहका सदस्यविरूद्ध कैलाली र काठमाडौंमा समेत ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा दर्ता भएको देखिएको छ,’ एसपी अधिकारीले भने।, त्यसै क्रममा २०७८ भदौमा काठमाडौंको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नवीन रावल समूहका हिमाल शाहीलाई पेटमा खुकुरी प्रहार गरी मार्ने प्रयास गरेको प्रहरी रकेर्डमा छ।, त्यसपछि कपिल श्रेष्ठले जयन्द्र समूहको तर्फबाट नवीन रावल र उनको समूहमाथि आक्रमण गर्ने योजना बनाएका थिए।, कात्तिक १७ गते काठमाडौंबाट मोटरसाइकलमा आएका कपिलले २० गते लम्की पुगी मुनमुन होटलमा एक रात र बौनियाँस्थित अनुकूल होटलमा २ रात बसी नवीन रावललाई आक्रमण गर्ने उपयुक्त अवसरको खोजी गरिरहेका थिए।, कात्तिक २३ गते नवीन रावल समेतको समूह लम्कीमा आयोजित फुटबल खेल हेर्न आएको उनीहरूले थाहा पाएका थिए।, त्यो थाहा पाएपछि कपिलले आफ्ना समूहलाई खबर गरी लम्की खेल मैदानमै आक्रमण गर्न खोजेका थिए। उनको समूह समयमै लम्की पुग्न नसकेका कारण सो ठाउँमा आक्रमण गर्न नसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ।, मदन शाहीले पहिले नै लम्की विद्युत कार्यालय नजिकको बाटोबाट टीकापुर हिँडेका नवीन रावल समेतलाई भेटी जयन्द्रको समूह हातहतियारसहित आक्रमणको तयारीमा रहेको जानकारी दिए। पछि नवीन रावलले आफ्नो समूहका (आर्यन, हिमाल, हेमन्त, मदन, चिरञ्जीवी, रोशन, निशान्त, धिरज, रोहित, सोहन, विकास शेरचन) लाई टीकापुरको रोड साइड क्याफेमा जम्मा गरे। जयन्द्र समूहको जुनसुकै व्यक्ति फेला पारे पनि आक्रमण गर्ने योजना उनीहरूले बनाएको खुलेको छ।   , कपिल श्रेष्ठ एक्लिएपछि नयाँ टीकापुर क्षेत्रमा लुकी बसेको र त्यहाँबाट लम्कीमा रहेका मिल्ने साथी भुपेन्द्र बडुवाललाई फोन गरी आफूलाई लिन बोलाए। भुपेन्द्र उनलाई लिन टीकापुर गए।, यता नवीन रावलको समूह जयन्द्र समूहका व्यक्तिलाई आक्रमण गर्न हातहतियारसहित खोजीमा हिँडेको थियो।, टीकापुरको जमरा पुल नजिक भुपेन्द्र बडुवाललाई देख्दा उनीहरूले आफूविरूद्ध टीकापुर आएको ठाने। अनि करिब २ किलोमिटरसम्म लखेटी सिद्धार्थ होटल नजिक पुऱ्याए। भुपेन्द्रले मोटरसाइकल छोडी आफन्तको घरतर्फ जाँदा पछाडिबाट लखेटेर नियन्त्रणमा लिए। छातीको २ पटक, पिठ्युँमा ३ पटक र टाउकोको पछाडि भागमा एक पटक धारिलो हतियार प्रहार गरी उनीहरू त्यहाँबाट भागे।, नवीन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, चिरञ्जिवी शाही र आर्यन देवकोटा पशु हाट बजारको बाटो हुदै जोशीपुर पुगे। त्यहाँ एक जनाले अपराध स्वीकार्ने र अरू फरार रहने योजना बनाए।, कात्तिक २४ गते बिहान अपराध आफूले मात्रै गरेको हो भन्ने पार्न आर्यन देवकोटा बौनियाँ बजारमै रहे। अरूलाई लोकेन्द्र कुँवरले बौनियाँ बजारभन्दा उत्तर तर्फको चायाँभावर गाउँमा लगी एक स्थानीयको घरमा राखे।, उनीहरूलाई खाने बस्ने व्यवस्थापन गर्ने, खर्च रकम दिने र २५ गते  उनीहरूलाई भगाउन सवीनजंग शाहीले कार भाडामा लिई धनगढी-१२ जुगेडासम्म ल्याए।, सवीनजंगले नै कात्तिक २६ गते भारतीय नम्बर प्लेटको बोलेरो जीप व्यवस्था गरी उनीहरूलाई भारतको ढकिया गाउँसम्म पुर्‍याएर आफू फर्किएको प्रहरी अनुसन्धानमा देखिएको छ।, नवीन रावल र अरूले प्रयोग गरेका २ वटा मोटरसाइकल लोकेन्द्र कुँवरले बौनियाँमा ल्याई नम्बर प्लेट चेन्ज गर्न लगाए। पछि बर्दिया भुरीगाउँस्थित रोयल एडभेन्चर रिसोर्टमा लुकाएर राखेका ती मोटरसाइकल अहिले प्रहरीले बरामद गरेको छ। , कात्तिक २६ गते बिहान सवीनजंग शाहीले नवीन रावलसहित अरूलाई भारततर्फ पठाएका थिए। उनीहरूका ५ सेट  मोबाइल आफूले लिई लुकाएर राख्न धनगढी-१६ बनबेहेडाका डेबिडचन्द्र कडायतलाई राख्न दिएका थिए। ती मोबाइल पनि प्रहरीले बरामद गरेको छ।, प्रहरीको अनुसन्धानको निष्कर्षमा घटना कात्तिक २३ गते राति ८ बजेर ५२ मिनेटमा भएको थियो। टीकापुर नगरपालिका-१ को ब्लक नं २९ स्थित सिद्धार्थ होटल नजिक रहेको स्थानीय कौशीदेवी बिष्टको घर आँगनमा भएको घटना हो।, ‘प्रकति हेर्दा धारिलो हतियार प्रयोग गरी भूपेन्द्र बडुवालको हत्या गरिएको देखिन्छ,’ एसपी अधिकारीले भने।, घटना भएको ६ मिनेटमै घटनास्थलमा पुगेको प्रहरीको दाबी छ। प्रहरी पुग्दा बडुवाल घाइते थिए। पछि टीकापुर अस्पतालमा उपचारका लागि पुर्‍याए पनि साढे ९ बजे उनको मृत्यु भयो।, घटनामा संलग्न रहेको आरोपमा बडुवालका आफन्तले २१ जनाविरूद्ध जाहेरी दर्ता गरेका थिए।, अहिलेसम्म बडुवाल हत्या प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। अझै ९ जना फरार रहेका प्रहरीले जनाएको छ।,  , लम्कीका भूपेन्द्र बडुवालको हत्या दुई ग्याङको रिसइबीले भएको प्रहरी निष्कर्ष
सेतोपाटी संवाददाता नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २६५ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ६१७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ११४ जनाको पिसिआर परीक्षण र १५०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ६ हजार ३८६ जना सक्रिय संक्रमित छन्।, ३५७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।, यसको संक्रमणबाट २ को मृत्यु भएको छ।  , काठमाडौं उपत्यकामा ११२ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९, ललितपुरमा २३ र भक्तपुरमा १० संक्रमित छन्।, ८ हजार ६१७ मा कोरोना परीक्षण गर्दा २६५ लाई संक्रमण
सेतोपाटी संवाददाता सीताराम विवाह पञ्चमी उत्सवले जनकपुरमा रौनक छाएको छ। जानकी मन्दिर दुलहीझैं सिंगारिएर झकिझकाउ बनाइएको छ। ३/४ दिनअघिदेखि नै नेपाल-भारतका विभिन्न ठाउँबाट आएका श्रद्धालुको चहलपहल बढेको छ। अधिकांश मठमन्दिर, धर्मशाला, होटल तथा लज भरिन थालेका छन्।, विवाह पञ्चमी महोत्सवका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत श्रद्धालु आउने क्रम जारी छ।, विभिन्न मन्दिरका महन्त तथा साधुसन्तसँगै विवाह पञ्चमी हेर्न आएका श्रद्धालु उत्साहित देखिन्छन्। शुक्रबारदेखि विधिवत् रूपमा सुरू भएको महोत्सवअन्तर्गत चौथो दिन आज तिलकोत्सव मनाइएको छ।, तिलकोत्सवको अवसरमा १०८ वटा पाहुर लिएर जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव राम मन्दिर पुगेका थिए। त्यहाँ अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्त राम गिरी र जानकी मन्दिरका महन्तले सम्धी मिलन गरेका थिए। मंगलबार मटकोर विधि र बुधबार मुख्य कार्यक्रम विवाह हुनेछ। त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा धुमधामसँग विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ।, रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागी भई पूजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्ति हुने जनविश्वास छ।, कोरोना भाइरसका कारण प्रभावित हुँदै आएको विवाह पञ्चमीमा यस वर्ष पाँच लाखभन्दा बढी श्रद्धालु आउने अनुमान गरिएको छ। महोत्सवमा सहभागीलाई मास्क अनिवार्य गरिएको छ। महोत्सवमा हुने भीडले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिने जोखिम उच्च रहेकाले मास्क अनिवार्य गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए। उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक संघ संस्थाले हेल्थ डेस्क राख्ने र निःशुल्क मास्क वितरण गर्ने तयारी छ। विवाहमहोत्सवको अवसरमा प्रदेश २ सरकारले बुधबार सार्वजनिक बिदा पनि दिएको छ। गत वैशाखमा प्रदेश सरकारले विवाह पञ्चमीमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो।, त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाले पनि विवाह पञ्चमी महोत्सवको अवसरमा नगरपालिकाका सम्पुर्ण सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, मंगलबारदेखि बिहीबारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए। विवाह पञ्चमीकै लागि एक हप्ता जनकपुरधाम परिक्रमा क्षेत्रमा माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाइएको छ। मंसिर २६ गतेसम्म उपमहानगरपालिकाले माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको हो।, जनकपुरमा विवाह पञ्चमीको रौनक, ५ लाख श्रद्धालु आउने अनुमान
सेतोपाटी संवाददाता सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेको पुष्टि गरेको थियो।, मंसिर ३ गते नेपाल आएका दुई जना विदेशी नागरिकमा ओमिक्रोन भेटिएको मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी गराएको हो। संक्रमण पुष्टि भएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको सम्पर्कमा आएकाहरूमा संक्रमण नेगेटिभ देखिएको विज्ञप्तिमा उल्लेख छ।, ३५ भन्दा बढी देशहरूमा भेरियन्टका संक्रमित फेला परिसकेकाले पनि पछिल्लो समय यसलाई लिएर विश्व नै तरंगित छ। नेपालमा पनि ओमिक्रोन भेरियन्ट फेला परेसँगै यसलाई लिएर धेरै जनालाई यसबारे चासो छ।, भाइरोलोजिस्ट डाक्टर लुना भट्ट ओमिक्रोन भेरियन्टलाई लिएर आतंकित हुन नपर्ने बताउँछिन्।, सेतोपाटीसँग कुराकानी गर्दै भट्टले भनिन्, ‘ओमिक्रोन भेरियन्टले खोप लगाएकाहरूलाई र संक्रमित भइसकेर एन्टिबडी भएकाहरूमा पनि संक्रमण गराउनसक्छ भन्ने कुराले गर्दा मानिसहरू आतंकित हुनु स्वभाविक हो। तर ओमिक्रोन पनि पहिल्यैको जस्तो उत्परिवर्तित भएर आएको नयाँ भेरियन्ट हो। त्यसैले पहिले जुन सावधानीका उपायहरू अपनाएका थियौं त्यहीँ उपायहरू पालना गरे यसबाट सुरक्षित रहन सक्छौं।', यो भेरियन्ट पहिलेका भेरियन्टभन्दा कति घातक छ भन्ने तथ्य बाहिर आइसकेको छैन। अहिले पनि वैज्ञानिकहरू सो कुरा पत्ता लगाउन काम गरिरहेका छन्। हालसम्म बाहिर देखिएका कुराहरूले पनि यसबाट आत्तिहाल्न नपर्ने डाक्टर भट्टको भनाइ छ।, 'यो भेरियन्टबारे धेरै तथ्यहरू आउन बाँकी नै छ तर अहिलेसम्म देखिएका कुराहरू हेर्दा आत्तिनु पर्ने अवस्था छैन। यो भेरियन्ट धेरै फैलिने गरिएको देखिए पनि यसले गम्भीर अवस्थामा लैजाने सम्भावना देखिसकेको छैन। संक्रमण देखिएकाहरूमा समेत सामान्य लक्षणहरू मात्र देखिएको छ। अलिक धेरै फैलिने भएकाले मात्र मानिसहरूमा डर भएको हो,' उनले भनिन्।, ओमिक्रोन भेरियन्टलाई बेवास्ता गर्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न हेलचक्र्याइँ भने गर्न नहुने उनको सुझाव छ। अहिले यो भेरियन्ट फैलिन सक्ने जोखिम रहेकालाई सुरूमै सावधानी अपनाउनु पर्ने भन्दै मास्कको प्रयोग गर्ने, साबुन पानीले हात धुने, भौतिक दूरी कायम गर्ने र भिडभाड कम गर्ने जस्ता सवाधानीका उपायहरू अपाउनु पर्ने भट्ट बताउँछिन्।, नेपालजस्तो देशमा संक्रमणले जटिल अवस्था पुर्‍याउने नभए पनि अस्पताल भर्ना हुने क्रम बढ्नु पनि चिन्ताको विषय हुने उनको भनाइ छ। साथै यो भेरियन्ट बच्चाहरूमा पनि देखिएकाले ती समूहलाई ख्याल गर्नुपर्ने उनको सुझाव छ। दक्षिण अफ्रिकामा पनि बच्चाहरूमा यो भेरियन्ट देखिएको उल्लेख गर्दै उनले भनिन्, 'खोप नलगाएका बच्चाहरू बढी अस्पताल भर्ना हुने देखिएको छ। यद्यपी उनीहरूमा जटिल लक्षण देखिएको छैन। मृत्यु भएको छैन। तर अस्पताल भर्ना हुने क्रम धेरै देखिनुले यसबाट खोप नलगाएका जसलाई यसअघि पनि संक्रमण भएको थिएन, ती समूह बढी जोखिममा छन् भन्ने हो। त्यसैले बच्चाहरूलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ।', ओमिक्रोन भेरियन्ट नेपालमा भर्खर देखिएकाले अहिले नै यसबाट हुने थप संक्रमण फैलिन नदिन सावधानीका उपायहरू अझ कडाइका साथ लागू गर्नुपर्ने उनी बताउँछिन्। त्यसका लागि कन्ट्याक्ट ट्रेसिङको काम बढाउनुपर्ने र बाहिरबाट आउनेहरूमा निगरानी बढाउनु पर्नेलगायत जनस्वास्थ्यका मापदण्डहरू पालना गर्नुपर्ने उनको सुझाव छ। यी कामहरू गरे कोरोनाको जुनै पनि नयाँ भेरियन्ट आए पनि आतंकित हुनुनपर्ने भट्ट बताउँछिन्।, यी पनि पढ्नुस्:, नेपालमा कसरी आइपुग्यो ओमिक्रोन, नेपाल भित्रियो नयाँ कोरोना, वैज्ञानिकहरूले यसबारे के भनेका छन्?, भाइरोलोजिस्ट लुना भट्ट भन्छिन्- ओमिक्रोनबाट आतंकित हुनु पर्दैन, पहिलेजस्तै सावधानी अपनाए पुग्छ
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ११२ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९, ललितपुरमा २३ र भक्तपुरमा १० संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा १६२६ सक्रिय संक्रमित छन्। जसमध्ये  काठमाडौंमा ५९८, ललितपुरमा ५५३ र भक्तपुरमा ४७५ सक्रिय संक्रमित छन्।, नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ८ हजार ६१७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ११४ जनाको पिसिआर परीक्षण र १५०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ६ हजार ३८६ जना सक्रिय संक्रमित छन्।, ३५७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।, यसको संक्रमणबाट २ को मृत्यु भएको छ।  , काठमाडौं उपत्यकामा थपिए ११२ संक्रमित, सक्रिय १६२६
सेतोपाटी संवाददाता प्युठानमा टिपरले अटोलाई ठक्कर दिँदा बाबु-छोराको घटनास्थलमै मृत्यु भएको छ भने थप तीन जना घाइते छन्। , जिल्लाको प्युठान नगरपालिका वडा नं. ३ घुर्चनेका ४२ वर्षीय अमृत लाल थापा र उनका ५ वर्षीय छोरा सुशान्त थापाको घटनास्थलमै मृत्यु भएको हो। , जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार दुर्घटनामा परी ३४ वर्षीय पुनम थापा, ११ वर्षीय दुर्गा थापा र १३ वर्षीय सुस्मा थापा घाइते छन्। , घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको डिएसपी थापाले बताए। , घाइते र मृतक एकै घर परिवारका व्यक्ति  हुन्।, प्रहरीका अनुसार उनीहरू अटो रिजर्भ गरी स्वर्गद्वारी मन्दिरको दर्शन गर्न भनेर जाँदै गरेका थिए।, दाङबाट इँट्टा बोकेर प्युठानतर्फ जाँदै गरेको ना ८ ख ३९०३ नम्बरको टिपरले सोमबार दिउँसो १ बजेतिर रा १ ह ७५०७ नम्बरको अटोलाई ठक्कर दिँदा उक्त घटना भएको प्रहरीले जनाएको छ। , टिपरले अटोलाई प्युठानको माण्डपी गाउँपालिका वडा नं. ५ को चकचके– चरनेटा सडकखण्डमा ठक्कर दिएको प्रहरीले जनाएको छ। , टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।, टिपरको ठक्करबाट बाबु-छोराको घटनास्थलमै मृत्यु, अटो रिजर्भमा परिवारै जाँदै थिए मन्दिर दर्शन गर्न
सेतोपाटी संवाददाता नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि गरेको हो।, ओमिक्रोनको फैलिने दर निकै बढी भएकाले यसले संक्रमण धेरै बढ्ने र अहिलेका खोपहरूले काम गर्दैनन् कि भन्ने चिन्ता छ। विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ र यसले विश्वभरि नै जोखिम हुन सक्ने भन्दै चेतावनी दिएको छ।, अहिलेसम्म अन्टार्टिकाबाहेक सबै महादेशमा ओमिक्रोनका संक्रमित भेटिइसकेका छन्। छिमेकी भारतमा २१ जनामा ओमिक्रोनको संक्रमण भेटिएको छ।, कति खतरनाक छ?, ओमिक्रोन पत्ता लागेपछि यसले संसारभरि तरंग ल्याएको छ। जापान, इजरायल, मोरोक्को लगायत मुलुकले विदेशीलाई प्रवेशमा प्रतिबन्ध लगाएका छन् भने अमेरिका, बेलायत र इयूका मुलुकहरूले दक्षिण अफ्रिका र आसपासका मुलुकबाट उडान बन्द गरेका छन्। नेपालले पनि हङकङसँगै दक्षिण अफ्रिकासहित आसपासका मुलुकबाट प्रवेश प्रतिबन्ध गरेको छ।, जनस्वास्थ्य अधिकारीहरूले भने अहिले नै ओमिक्रोन यसअघिको डेल्टा भेरियन्टभन्दा खतरनाक छ भन्ने प्रमाणित भइनसकेको बताएका छन्।, ओमिक्रोन कति संक्रामक छ र संक्रमण भएपछि यसले कति सिकिस्त पार्छ भन्ने पनि थाहा छैन। दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले पछिल्लो समय ओमिक्रोनको संक्रमण धेरै फैलिएको र पहिला संक्रमित भइसकेकाहरूलाई फेरि यसको पनि संक्रमण देखिएको बताएका छन्।, बेटा र डेल्टा भेरियन्ट आउँदा यति धेरै संख्यामा पहिला संक्रमित भएकाहरूलाई फेरि संक्रमण नभएको उनीहरूको भनाइ छ। दक्षिण अफ्रिकाका वैज्ञानिकहरूका अनुसार डेल्टाभन्दा ओमिक्रोन दुई गुणा बढी संक्रामक हुन सक्ने देखिएको छ।, एउटा अध्ययनले ओमिक्रोनको संक्रमणले धेरै सिकिस्त नपार्ने देखाएको छ। त्यो अध्ययन दक्षिण अफ्रिकाका युवाहरूमा मात्र गरिएकाले वृद्धवृद्धालाई यसको असर कस्तो पर्छ भन्ने यकिन छैन।, दक्षिण अफ्रिकाको मेडिकल एसोसियसनकी अध्यक्ष डाक्टर एन्जेलिक कोइट्जीले अस्पतालहरू भरिभराउ नभएको र अस्पताल आउने धेरै जना खोप नलगाएकाहरू रहेको बताएकी छन्। आफूले भेटेका धेरै संक्रमितले स्वाद र गन्ध नगुमाएको र उनीहरूमा अलिअलि खोकी मात्रै रहेको उनको भनाइ छ।, ओमिक्रोनबारे वैज्ञानिकहरू किन चिन्तित छन्?, दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले सुरूमा यो भेरियन्टको स्पाइक प्रोटिनमा ३० वटाभन्दा धेरै म्युटेसन देखिएको जानकारी दिएका थिए। पछि बोत्स्वानाले सार्वजनिक गरेको केही नमूनामा झन् यसअघि कहिले पनि नदेखिएका ५० विभिन्न म्युटेसन भेटिएका थिए।, कोरोना भाइरस आफ्नो स्पाइक प्रोटिनको मद्दतले मानव शरीरका कोषिकाहरूमा छिर्छ। अहिलेका भ्याक्सिनले त्यही स्पाइक प्रोटिनलाई टार्गेट गरेका छन्। स्पाइक प्रोटिन त्यति धेरै म्युटेसन हुँदा यसले भ्याक्सिन लगाएपछि शरीरमा बनेका एन्टिबडीलाई छल्ने हो कि भन्ने डर छ।, स्पाइक प्रोटिनमा भएका यी म्युटेसन रोग सर्नेमा पनि अझै धेरै मद्दत गर्छ कि अर्को डर पनि छ।, भ्याक्सिनले काम गर्छन्?, विज्ञहरूले अहिले उपलब्ध भ्याक्सिनहरूले नै ओमिक्रोन भेरियन्टविरूद्ध केही हदसम्म काम गर्ने अपेक्षा गरेका छन्। खोप लगाएको ६ महिनापछि एन्टिबडी कम हुँदै जाने कुरालाई ध्यानमा राखेर बुस्टर डोज लगाउनु पर्ने आवश्यकता उनीहरूले औंल्याएका छन्।, अमेरिकी सरकारका प्रमुख मेडिकल सल्लाहकार एन्थोनी फाउचीले मानिसहरूलाई बुस्टर डोज लगाउन र मास्क लगाउने, भीडमा नजानेजस्ता सुरक्षाका तरिका अपनाउन आग्रह गरेका छन्।, केही वैज्ञानिकहरूले भने बुस्टर डोज नलगाए पनि पहिला लगाएका भ्याक्सिनले बनाएका टी सेलले भने काम गरेर सिकिस्त बिरामी हुनबाट रोक्ने आशा व्यक्त गरेका छन्।  , खोप निर्माता मोडेर्ना, फाइजर-बायोएनटेक, जोन्सन एन्ड जोन्सन र अष्ट्राजेनेकाले आफूहरूले ओमिक्रोनको अध्ययन गरेको र नयाँ भेरियन्टविरूद्ध आफूहरूले काम गर्न सक्ने आत्मविश्वास व्यक्त गरेका छन्।, किन यसको नाम ओमिक्रोन नै राखियो?, विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका नयाँ भेरियन्टको नाम ग्रिक अल्फाबेटअनुसार राख्ने निर्णय गरेको छ। यसअनुसार बेलायतमा भेटिएको भेरियन्टको नाम अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टको नाम बेटा राखिएको थियो। भारतमा भेटिएको भेरियन्टको नाम डेल्टा राखिएको थियो। अहिले भेटिएको भेरियन्टको नाम नु राखिनुपर्थ्यो। त्यसपछि अर्को अल्फाबेट सी थियो।, नु राख्दा धेरै मानिसले न्युजस्तो सुन्न सक्ने र सी धेरै मानिसको थर (जस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङ) हुने भएकाले यी अल्फाबेटलाई छाडेर ओमिक्रोन राखिएको हो।, आफ्नो नीतिअनुसार कुनै जातीय समुदाय, सामाजिक, राष्ट्रिय, क्षेत्रीय र पेशागत समूहलाई असर पर्ने गरी भेरियन्टको नाम नराखिने डब्लुएचओले जनाएको छ।   , (न्युयोर्क टाइम्सका प्रकाशित सामग्रीमा आधारित), नेपाल भित्रियो नयाँ कोरोना, वैज्ञानिकहरूले यसबारे के भनेका छन्?
सेतोपाटी संवाददाता ललितपुरको कुपण्डोलमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। , रामेछाप मन्थली नगरपालिका वडा नम्बर १२ गेलु घर भई ललितपुर महानगरपालिका वडा नम्बर १० कुपण्डोलमा डेराकोठा गरी बस्ने ३५ वर्षीय जानुका भुजेलको हत्या भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए। , हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय श्रीमान एक्काराज भुजेललाई पक्राउ गरेको छ। , जानुका गत बिहीबार दिउँसो कोठामा मृत फेला परेकी थिइन्।, शव फेला परेको सूचनापछि प्रहरीको टोली खटिएको थियो। सूचना श्रीमान एक्काराज आफैंले प्रहरीलाई दिएका थिए।, 'घटना भएपछि श्रीमानले नै श्रीमती मृत अवस्थामा फेला परेको भन्दै खबर गरे। खाटमा सुतिरहेको अवस्थामा फेला परेको भनिएको थियो,' प्रहरी उपरीक्षक महर्जनले भने, 'त्यसपछि हामी अनुसन्धान गर्न पुग्यौं।', घटनास्थल पुग्दा प्रहरीलाई शंकास्पद लागेको थियो। त्यसपछि सुरूमा श्रीमान आफैं नै प्रहरीको शंकाको घेरामा रहेका थिए। , मुचुल्का उठाएपछि प्रहरीले शव पोष्टमार्टमको लागि ललितपुरको पाटन अस्पतालमा पठाएको थियो। त्यसको रिपोर्ट र प्रविधिगत विश्लेषणले श्रीमान एक्काराजले नै हत्या गरेको देखिएको प्रहरी उपरीक्षक महर्जनले बताए।, 'सुरूमा घटना स्वीकार गर्न मानेका थिएनन्। तर पछि स्वीकारे,' उनले भने। , उनका अनुसार जानुकाको घाँटी कसेर हत्या भएको हो। उनीहरू सामान्य मजदूरी गर्थे। दुई छोरा र एक छोरी पनि छन्। , प्राय: उनीहरूबीच झगडा हुने गरेको प्रहरी उपरीक्षक महर्जनले बताए। त्यसदिन पनि उनीहरूबीच झगडा भएको थियो।, त्यसैक्रममा जानुकाले हात उठाएपछि एक्काराजले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ। , प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो। उनीमाथि कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ। , कुपण्डोलमा श्रीमती मृत फेला परेको भन्दै आफैं फोन गरेका थिए हत्या आरोपित श्रीमानले
सेतोपाटी संवाददाता गुण्डागर्दी गरेको आरोपमा काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।, काठमाडौंको सुकेधारा बस्ने ४० वर्षीय मिलन जोशी र बालुवाटार बस्ने ३५ वर्षीय रवीन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। , उनीहरूले युनिभर्सल इन्टरनेसनल मेनपावर कम्पनीका सञ्चालक, उनकी श्रीमती, कर्मचारी लगायतलाई धम्क्याएर रकम असुली गरेको आरोप छ। , जोशी, बस्नेत लगायतले आफूहरू त्यस क्षेत्रका दादा हौं भन्दै विदेश पठाएका व्यक्तिहरूबाट लिएको रकमबाट कम्तीमा पनि २५ हजारका दरले कमिसन माग गरेको प्रहरी उपरीक्षक पंगेनीले बताए। , उनीहरूले त्यसरी ९० लाख २५ हजार रुपैयाँ लिइसकेको प्रमाणसहित उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको हो।, उनीहरूलाई महाशाखाको टोलीले आइतबार पक्राउ गरेको हो।, उनीहरूमाथि आपराधिक लाभ लिएको कसुर मुद्दामा अनुसन्धान अघि बढाएको छ। थप अनुसन्धानको लागि उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ। , गुण्डागर्दी गर्दै रकम असुली गरेको आरोपमा दुई पक्राउ
नारायण खड्का रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ रातमाटामा जन्ती बोकेको बस दुर्घटनामा परेको छ।, बाफीकोट गाउँपालिका २ दुई पिपलबाट दुलही लिएर रूकुमको मुसिकोट घिमानेतर्फ जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस सडकबाट १०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी निरीक्षक डेकेन्द्र शर्माले सेतोपाटीलाई जानकारी दिए।, दुर्घटनामा परि करिब १५- २० घाइते भएका छन्। घाइतेको उद्धार गरि जिल्ला अस्पतालमा पुर्‍याइएको छ।, घटना सोमबार साँझ साढे सात बजेतिरको हो।, पानी परेकोले उद्धारमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ध्रुवबहादुर श्रेष्ठले जानकारी दिए।, विस्तृत विवरण आउन बाँकी छ।, दुलही लिएर जाँदै गरेको जन्ती बस दुर्घटना
सेतोपाटी संवाददाता बिइङ ह्युमनले कपडा पसलका म्यानेजर पक्राउ परेपछि स्रोत नखुलेको भनिएको रकम जग्गा किन्न ऋण लिएको र आम्दानी भएको प्रष्ट्याएको छ।, सोमबार एक विज्ञप्ति जारी गर्दै नखुलेको भनिएको साढे ६९ लाख नगद जग्गा किन्नको लागि सहकारीबाट ऋण लिएको र पसलको व्यापारबाट आर्जित रकमलाई स्रोत नखुलेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेको छ। , त्यसको स्पष्ट स्रोत खुलेको र आवश्यक कागजात र प्रमाणसहित कानुनी उपचार लिन लागिएको समेत उल्लेख गरिएको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंले गत शुक्रबार दरबारमार्गको पसलबाट म्यानेजर हिरोसी खनाललाई रकमसहित नियन्त्रणमा लिएको थियो।, परिसरले आइतबार विज्ञप्ति जारी गर्दै म्यानेजर खनाललाई पक्राउ गरी थप अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभाग पुल्चोकमा बुझाएको जानकारी दिएको थियो। , 'यस संस्थालाई बदनाम गरी आफ्ना केही निजी स्वार्थपूर्ति गर्ने कार्यमा संलग्नहरूको पहिचान गरी आवश्यक कानुनी कारबाहीको लागि समेत संस्थाले आवश्यक कदम चाल्ने सबैमा जानकारी गराउँदछौं,' विज्ञप्तिमा भनिएको छ।, यो पनि: ,स्रोत नखुलेको साढे ६९ लाखसहित दरबारमार्गबाट बिइङ ह्युमनका म्यानेजर पक्राउ, बिइङ ह्युमनले भन्यो- स्रोत नखुलेको होइन, जग्गा किन्न लिएको ऋण र आम्दानी रकम हो
सेतोपाटी संवाददाता बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।, सोमबार साँझ पाटन नगरपालिका–१ साकारमा पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप दुर्घटनामा परेको हो। , मृत्यु हुनेमा २४ वर्षीय प्रेम चुनारा, २० वर्षीया मनिषा विक छन्। यस्तै पाटन नगरपालिका–१ का १६ वर्षीय विनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराई छन्।, दुर्घटनामा परेर घाइते भएका ६ जनाको पाटन स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।, इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जीपका चालक फरार रहेको बताए। , सडकबाट करिब डेढ सय मिटर तल खसेर जीप दुर्घटना भएको उनले बताए ।,  , बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले बारा करैयामाई गाउँपालिका-७ को यादव बिजनेस ट्रेड लिंकका प्रोप्राइटर सोनालाप्रसाद यादवसहित पाँच जनाविरूद्ध मुद्दा दायर गरेको छ।, झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा लिंकका प्रोप्राइटरविरूद्ध १२ करोड २० लाख ६१ हजार २३३ रूपैयाँ बिगो माग्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।, अन्य प्रतिवादीहरूमा जयकिशोर साह, परमेश्वर साह, मुकेशकुमार झा र सानुकुमार श्रेष्ठ रहेका छन्।, वस्तु तथा सेवा खरिद नै नगरी झुठा र नक्कली बिल बिजक मात्र खरिद गरेर मूल्य अभिवृद्धि कर र आयकर छलेको आरोप उनीहरूलाई छ।, विभागका अनुसार उनीहरूले मूल्य अभिवृद्ध कर ४ करोड, ३१ लाख १९ हजार २६ र आयकर ७ करोड ८९ लाख ४२ हजार २०७ रूपैयाँ छलेको अनुसन्धानमा खुलेको छ।, प्रतिवादीलाई बिगो र बिगोको दोब्बर सजाय मागदाबी लिएर मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए।, नक्कली भ्याट बिल प्रकरणमा १२ करोड बिगो माग्दै पाँच जनाविरूद्ध मुद्दा