content
stringlengths 20
64.1k
⌀ |
|---|
रासस बेनिघाटरोराङ गाउँपालिका-२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन्। ज्याला मजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तानमात्र विद्यालय जान्छन्। , खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने भएकाले मात्र विद्यालय जाने गरेका हुन्।, घरमा बस्ने अरू सबैको काम ज्याला मजदुरी नै हो। नत्र हातमुख जोर्ने अर्को कुनै विकल्प छैन भन्छन् कालीबहादुर।, 'आफ्नो खेतबारी छैन। भएको थोरै खोरियामा दुई महिनालाई पुग्ने अन्न पनि फल्दैन। बाँकी समय हामी त भोकै हो। हामी गरिबलाई कसले हेर्छ र ?' उनको भनाइ छ। , मैलो, फाटेका केही पुराना लुगाको भरमा वर्षाैं काटेका चेपाङ परिवारका बालबच्चा गाउँ नजिकै रहेको विद्यालयमा जाँदासमेत पुरानो लुगा र खाली खुट्टामा जाने गर्दछन्।, कालीबहादुरको परिवारमात्र होइन, सिमथलीका चेपाङ समुदायको दुःख करिब उस्तै छ। घरमा खानेकुरा छैन। जाडो मौसममा आगोको भरमा रात काट्नुपर्छ भने विद्यालय जानेहरुले दिउँसोको खाजाको भरमा रात काट्नुपर्छ। , सिमथलीमा रहेको प्रजा आधारभूत विद्यालयमा आउने विद्यार्थीहरूको अवस्था हेर्ने हो भने पनि उस्तै छ। अधिकांश विद्यार्थी भोकै विद्यालय आउँछन्। विद्यालय आएपछि खाजा बनाउने ठाउँ हेर्छन् र दिउँसोको खाजाको पर्खाइमा बस्छन्।, अघिल्लो दिनको खाजाले भोक लागेका विद्यार्थी छट्पटिएर शौचालय जाने बहानामा खाजा बनाएको हेरेर कक्षामा फर्कने गरेको टिठलाग्दो दृश्य हरेक दिन देख्न सकिने विद्यालयका शिक्षक अप्सरा मैनालीले बताइन्।, गत वर्ष विद्यालयमा आउने विद्यार्थीको अवस्था नाजुक भएका कारण काठमाडौंका समाजसेवी राधा श्रेष्ठले संयोजन गरी कपडा र स्टेसनरी वितरण गरिएको थियो तर एक वर्ष भइसक्दा पनि उनीहरू त्यही पुरानो कपडा र फाटेको जुत्तामा विद्यालय जानु उनीहरूको दैनिकी भइसकेको छ।, विद्यालय आउने तर घरमा अभिभावक नहुनेहरू झनै समस्यामा छन्।, नियमित विद्यालय आउने छ वर्षीय डेप चेपाङ र आठ वर्षीय कमल चेपाङको आमाले घर छाडेर हिँडेको लामो समय भयो। बाबु घरमै आउँदैनन्। ज्याला गर्न गएर १०/१५ दिनमा फर्किन्छन्। मामाघरमा हजुरआमासँग बसेका उनीहरूको हालत खराब छ।, विद्यालयको खाजामा जीवन चलेको छ। लगाउने लुगा छैन। जाडोको सिरेटोले काम्दै विद्यालयको दृश्य नरमाइलो किसिमको हुने गरेको शिक्षक मैनालीको भनाइ छ।, प्रजा आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये करिब २५ प्रतिशत हरेक दिन विद्यालयको खाजा खान पाइन्छ भनेर आउने गरेका छन् भने करिब ७५ प्रतिशत विद्यार्थी खाली खुट्टामा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गरेका उनको भनाइ छ।, घरमा खाने अन्न नभएका चेपाङ समुदायको बसोबास रहेको सिमथलीमा ७० घर छन्।, छाप्रा बनाएर बसेको गाउँमा र विद्यालयमा खानेपानीसमेत छैन। विकासको सबै पूर्वाधारको पहुँचबाट टाढा रहेको सिमथलीबासीका लागि आयआर्जनको कुनै उपाय नभएपछि गाउँबासी ज्याला मजदूरी गर्न गाउँ छाडेर हिँड्ने र केही मानिस बच्चा भएकाले गाउँमै बसेर एक छाकको भरमा जीवन निर्वाह गरिरहेको कष्टकर जीवन देख्न सकिन्छ।,
,
बाबुलाई खोलाले बगाएर मृत्यु भएपछि कठिन संघर्ष गरेर बाँचिरहेका ११ वर्षीया मनमाया चेपाङ र १४ वर्षीय सन्तोष चेपाङको अवस्था झनै कठिन छ।, घरमा केही नभएपछि कठिन जीवन बिताइरहेको चेपाङ परिवारको कथाजस्तै लागे पनि यो वास्तविकता नयाँ स्थानीय सरकार बनेपछि पनि गरिबहरूले एकछाक खानसमेत उस्तै अवस्था छ। , स्थानीय सरकार आएको चार वर्ष वितिसक्दा पनि अझैसम्म उनीहरूको आर्थिक अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन।,
काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका
|
एजेन्सी गत अगस्टमा अमेरिकी सैनिकले अफगानिस्तान छोड्दा केही अफगान नागरिक अमेरिकी सैनिक जहाजको ल्यान्डिङ गियरमा झुन्डिएका दृश्यले संसारको ध्यान तानेको थियो।, ल्यान्डिङ गियरमा झुन्डिएका केही मानिस आकाशबाट खसेका थिए।, काबुल विमानस्थलमा भएको उक्त घटनाको तीन महिनापछि अहिले फेरि एउटा अर्को त्यस्तै घटना भएको छ।, यसपालि दक्षिण दसियाली मुलुक होइन मध्य अमेरिकी मुलुक ग्वाटेमालाका नागरिक जहाजको ल्यान्डिङ गियर राख्ने ठाउँमा बसेर संयुक्त राज्य अमेरिका आइपुगेका छन्। , ग्वाटेमाला गरिब मुलुक हो। ग्वाटेमालाको बाटो भएर धेरै आप्रवासीहरू गैरकानुनी तरिकाले अमेरिका छिर्न खोज्छन्। , द न्युयोर्क टाइम्सका अनुसार ग्वाटेमाला सिटीबाट आएको अमेरिकन एयरलाइन्सको फ्लाइट नम्बर ११८२ को जहाज गत शनिबार बिहान १० बजे मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।, विमानस्थलमा अवतरण भएपछि जहाजको सुरक्षा जाँच गर्ने अधिकारीहरूले उडानका क्रममा ल्यान्डिङ गियर राखिने ठाउँमा एक जना मानिस भेट्टाए।, अमेरिकाको भन्सार तथा सीमा रक्षाका अधिकारीहरूले ल्यान्डिङ गियरमा बसेर आएका २६ वर्षीय युवकलाई हिरासतमा लिए।, ती युवकको परिचय सार्वजनिक गरिएको छैन। ती युवक कसरी जहाजमा आइपुगे भन्नेबारेमा अनुसन्धान भइरहेको छ।, ग्वाटेमाला सिटीबाट मियामीसम्मको सिधा उडानमा साढे २ देखि पौने तीन घन्टासम्म लाग्छ।, फ्लाइटअवेर डटकमका उक्त फ्लाइटका लागि अमेरिकन एयरलाइन्सले बोइङ ७३७-८०० जहाज प्रयोग गरेको थियो।, अमेरिकाको संघीय उड्डयन प्राधिकरणले दिएको जानकारीअनुसार सन् १९४७ यता १२९ जना यसरी ल्यान्डिङ गियर वा अन्य खतरापूर्ण ठाउँमा लुकेर यात्रा गर्न प्रयास गरेका थिए। तीमध्ये १०० जना गन्तव्यमा नपुग्दै बितेका थिए।, पछिल्लो समय सन् २०१९ मा केन्याको नैरोवीबाट बेलायतको हिथ्रु विमानस्थलका लागि उडेको केन्या एयरवेजको जहाजको ल्यान्डिङ गियरबाट एक जना युवक खसेका थिए।,
जो जहाजको ल्यान्डिङ गियरमा बसेर ग्वाटेमालाबाट अमेरिका पुगे
|
सेतोपाटी संवाददाता दोलखामा एकै परिवारका तीन जना मृत फेला परेका छन्।, बुधबार बिहान तामाकोशी नगरपालिका वडा नम्बर २ झुलेस्थित एक घरमा श्रीमान-श्रीमती र नाबालक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अन्जन कोइरालाले जानकारी दिए।, मृत्यु हुनेमा २७ वर्षीय श्याम तामाङ, २५ वर्षीया अम्बिका र ६ दिनको नाबालक मृत फेला परेका हुन्।, वडा नम्बर २ झुलेका अध्यक्ष हर्कबहादुर योञ्जनका अनुसार उनीहरूको निस्सासिएर मृत्यु भएको देखिएको छ।, गएराति खाना खाएपछि कोठामा मकल बालेर सुतेका उनीहरू बिहान अबेरसम्म पनि नउठेपछि आफन्तले बोलाउन जाँदा मृत फेला परेको उनले बताए। , 'मकलमा कोइला बालेर सुतेको गुम्सिएर अक्सिजनको कमीले मृत्यु भएको देखिन्छ। कोठामा प्वाल नै नभएको देखिन्छ,' उनले भने, 'अक्सिजन नछिरेपछि बिते। बिहान घरका मान्छेले किन उठेनन् भनेर ७ बजे उठाउन गएका थिए। मैले बिहान आठ बजे थाहा पाएँ।', घटनाबारे प्रहरीलाई ९ बजेतिर खबर भएको थियो।, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि उनीहरूको निस्सासिएरै मृत्यु भएको आशंका गरिएको प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए। , अरू घर परिवार नजिकैको अर्को घरमा बस्थे। दम्पतीका ६ वर्षका छोरा पनि छन्। , श्याम गाउँमा खेती किसानी गर्थे। प्रहरी घटनास्थल पुगे पनि शव पोष्टमार्टमको लागि घर परिवार तथा गाउँलेले लैजान नदिएको उनले बताए। , 'प्रहरीले पोष्टमार्टमको लागि शव लग्ने कुरा गर्नुभयो। तर यहाँ घर-परिवार आफन्त लगायत जनमानिसले चाहिँ लैजान दिएको छैन,' उनले भने, 'मर्ने मरिसक्यो बच्ने होइन किन दु:ख गर्ने भन्ने कुरा आयो।' , प्रहरीले भने पोष्टमार्टमको लागि शव उठाउने प्रयास गरिरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए। , 'कसैले मारेको होइन। दुई तीन घण्टा लगाएर शव ओहोरदोहोर मात्रै हुन्छ भनेर पोष्टमार्टमको लागि नलैजान माग राख्नुभएको हो। हामीले मनाउने प्रयास गर्दैछौं,' उनले भने, 'कर्तव्य नभएको भन्दै त्यस्तो भनेका हुन्।', थप अनुसन्धान गर्न प्रहरी घटनास्थल पुगेको छ। ,
दोलखामा एकै परिवारका तीन जना मृत फेला, निस्सासिएर मृत्यु भएको आशंका
|
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिका अमिनलाई पाँच लाख घुस लिएको आरोपमा पक्राउ गरेको छ।, भरतपुर महानगरपालिका वडा नम्बर २० वडा कार्यालयका अमिन वीरेन्द्रबहादुर कठायतलाई अख्तियारले पक्राउ गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए। , सहायक प्रवक्ता भण्डारीका अनुसार कठायतलाई एक लाख ५० हजार नगद र तीन लाख ५० हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो। , अंशबण्डा गरी बाटो कायम गर्न जग्गा कित्ताकाट लगायतका काममा सहजीकरण गरिदिने भन्दै कठायतले सेवाग्राहीसँग पाँच लाख घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। , सूचनापछि काठमाडौंको टंगालबाट खटिएको टोलीले भरतपुर-४ धर्मचोक लंकुबाट उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको सहायक प्रवक्ता भण्डारीले बताए। , त्यस्तै, मालपोत कार्यालय चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेललाई ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ। , उनले पनि अंशबण्डा गरी बाटो कायम गरी जग्गा कित्ताकाट गर्दा प्रमाणपत्र बनाइदिएको बापत ५० हजार रुपैयाँ घुस मागेको आरोप छ। उनलाई अख्तियारले ५० हजार घुससहित क्वाटरबाट नियन्त्रणमा लिएको हो।, अख्तियारले उनीहरूविरूद्ध थप अनुसन्धान अघि बढाएको छ।,
मालपोत अधिकृत र भरतपुर महानगरका अमिन घुससहित पक्राउ
|
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र गतिमा फैलिरहेको भन्दै अत्यावश्यक काम नपरी विदेश नजान अपिल गरेको छ। , मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै नेपालमा भने यो भेरियन्ट देखिनसकेको जनाएको छ। यद्यपि सावधानीस्वरूप अत्यावश्यक नपरी विदेश नजान अनुरोध गरेको हो। , 'कोभिड-१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न हुन तथा सावधानी अपनाउनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछ, ' विज्ञप्तिमा भनिएको छ। , यो भेरियन्ट दक्षिण अफ्रिका तथा एशियाका केही मुलुकमा तीव्र गतिमा फैलिरहेको मन्त्रालयले जनाएको छ। , विश्व स्वास्थ्य संगठनले पनि यसलाई 'भेरियन्ट अफ कन्सर्न' भनेर घोषणा गरेको छ। , 'हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको अवस्था छ। नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको छ,' विज्ञप्तिमा उल्लेख छ। ,
नेपालमा ओमिक्रोन भेरियन्ट देखिएको छैन, अत्यावश्यक नपरी विदेश नजानू: स्वास्थ्य मन्त्रालय
|
सेतोपाटी संवाददाता रूपन्देहीमा सेल्फस नामक कीटनाशक औषधी ‘आल्मुनियम फस्फेट-३ ग्राम’को बिक्री-वितरणमा रोक लगाइएको छ। , आत्महत्यामा अत्यधिक प्रयोग भएको पाइएपछि सर्वपक्षीय छलफलबाट उक्त कीटनाशक औषधीमा प्रतिबन्ध लगाइएको हो। , रूपन्देही प्रहरीले सरोकारवाला निकाय सबैको उपस्थितिमा उक्त विषादी बिक्री, आयात तथा प्रयोगमा रोक लगाएको हो। , उक्त विषादी रोक लगाउने विषयमा आइतबार विशेषज्ञ चिकित्सक, क्वारेन्टिन कार्यालयका प्रमुख, स्थानीय तह, कृषि कार्यालय, मानसिक रोग विशेषज्ञ, एग्रोभेट सञ्चालक र विषादी बिक्री वितरण गर्ने पसलहरूसँग छलफल राखिएको रूपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले बताए।, ती सबैको सहमतिपछि उक्त कीटनाशक औषधीलाई प्रतिबन्ध लगाइएको केसीले बताए। , जिल्लामा आत्महत्याको दर बढेको र त्यसमा कीटनाशक औषधी प्रयोग अत्यधिक देखिएपछि प्रहरीले ‘आत्महत्या न्यूनीकरण कार्ययोजना ‘थ्री सर्कल’ अभियान सुरू गरेको थियो। , यो अभियान चलाउँदा रूपन्देहीमा आत्महत्यामा सबैभन्दा बढी उक्त विषादी प्रयोग भएको देखिएपछि सरोकारवालासँगको सहमतिमा विषादी नै रोक लगाउने निर्णय भएको केसीले बताए। , ‘मानिस कुनै कारणले आवेशमा आउने र बजारमा सहजै पाइने भएकाले विषादी प्रयोग गरेर आत्महत्या गरेको तथ्यांक देखिएकाले विषादी नै प्रतिबन्ध गराउने निर्णयमा पुग्यौं,’ केसीले भने, ‘मानिसको अकाल मृत्यु रोक्नका लागि अहिले यो कदम उपयुक्त देखिएकोमा सबैको एकमत रह्यो।’ , रुपन्देही जिल्लामा विगत पाँच वर्षमा विषादी सेवनबाट मात्र ३५४ जनाले आत्महत्या गरेका थिए। चालु आर्थिक वर्षको चार महिनाको अवधिमा विषादी सेवनबाट आत्महत्या गर्ने १४ मध्ये सात जनाले सेल्फसनामक विषादी प्रयोग गरेको देखिएको केसीले बताए। , छलफलमा देवदह मेडिकल कलेजका सह-प्राध्यापक डा.मनोज ढुङ्गाना, प्लान्ट क्वारेन्टाइन कार्यालय रुपन्देहीका प्रमुख कुलदीप घिमिरे, क्रिमसन हस्पिटलका डा. सन्दीप बर्मा, पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा. भक्त निउरे र कृषि निर्देशनालय बुटवल रुपन्देहीका अधिकृत अनिल बानियाँलगायत १७२ जना सहभागी थिए। , ‘यसअघि नै अन्य विषादीहरूको प्रयोगको अवस्था हेरेर त्यस्ता विषादीको बिक्री र प्रयोगमा कडाइ गरिसकिएको छ,’ केसीले भने।,
रूपन्देहीमा ‘सेल्फस’ कीटनाशक विषादीमा लगाइयो प्रतिबन्ध
|
सेतोपाटी संवाददाता झापाको कन्काई नगरपालिका वडा नम्बर ८ स्थित पूर्व-पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनाबाट २२ जना घाइते समेत भएका छन्।, आइतबार दिउँसो साढे १२ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटना हुँदा बसमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। , दुर्घटनामा घाइते भएकाहरूलाई उपचारको लागी अस्पताल पठाएको थियो। उपचारको क्रममा कन्काई नगरपालिका वडा नम्बर ७ का १६ वर्षिय उत्सव पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।, अन्य घाइते भएका मध्ये ११ जनाको बिएण्डसी अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।,
झापामा बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते
|
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ। आइतबार भएको उक्त घटनामा २ जना गम्भीर घाइते भएका छन्।, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१२ घर भई हाल बुटवल-३ गोलपार्कमा बस्दै आएका ४७ वर्षीय बसन्त भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ।, उपमहानगरको निर्माणाधीन भवनमा थ्री फेज लाइन जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको हो। भुसाल विद्युत प्राधिकरण कार्यालय बुटवलमा कार्यरत् रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।, करेन्ट लागेपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगेका भुसाललाई चिकित्सकले मृत घोषणा गरेका थिए।, सोही भवनमा काम गरिरहेका रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दियाको राजापुर नगरपालिका-१६ का २८ वर्षीय राजगोपाल चौधरी पनि करेन्ट लागेर घाइते छन्। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरेको प्रहरी प्रमुख केसीले बताए।,
करेन्ट लागेर बिते विद्युत प्राधिकरणका कर्मचारी
|
सेतोपाटी संवाददाता बाजुरामा जीप दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।, दुर्घटनामा परी जीपका सहचालक बडीमालिका नगरपालिका वडा नम्बर १ का २४ वर्षीय भिमबहादुर दानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , सदरमुकाम मार्तडीबाट जडाङ्गा जाँदै गरेको से १ ज ९६० नम्बरको जीप आइतबार बिहान पाँच बजे दुर्घटनामा परेको थियो।, दुर्घटनापछि सहचालक दानी गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।, उक्त जीप सडक देखि करिब १ सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ।, जीप चालकलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको छ।,
बाजुरामा जीप दुर्घटना हुँदा सहचालकको मृत्यु
|
खिलानाथ ढकाल दक्षिण अफ्रिकामा कोरोनाभाइरसको ‘नयाँ भेरियन्ट’ देखिएको छ।, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन निकै संक्रामक रहेको मानिएको छ। यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा यो पाँच गुणा संक्रमण बढी संक्रामक रहेको वैज्ञानिकहरूको दाबी छ।, कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा कार्यरत् अधिकारीहरूका अनुसार अहिले भारतले दक्षिण अफ्रिका तथा आसपासबाट भित्रिनेहरूलाई कडाइ थालिसकेको छ।, भारतमा दुई जना त्यस्ता बिरामी देखिएसँगै भारतले जमिनको सीमा तथा हवाई उडानमा कडाइ गरिसकेको छ।, यो भेरियन्ट नेपालमा भित्रिने खतरा बढिसकेको छ। तर, नयाँ भेरियन्टको कोरोना रोकथामबारे सरकारको तयारी भने छैन।, अधिकारीहरू अहिले ओमिक्रोनबारे छलफलमात्रै गरिरहेका छन्। सिसिएमसी अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमातहत छ। पहिले प्रधानमन्त्री कार्यालयमातहत नै रहेको सिसिएमसी हटिसकेको छ।, पहिले पूर्वरथी बालानन्द शर्मालाई सिसिएमसीको संयोजक तोकिएको थियो। गत वर्ष जेठमा कोरोना कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा जारी भएको अध्यादेशको अवधि सकिएसँगै गत असोजयता केन्द्र निष्क्रिय छ।, केन्द्रमा रहेका शर्मा असोजदेखि हटिसकेका छन्। त्यसयता केन्द्रको जिम्मेवारी प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेलाई दिइएको छ।, हाल सिसिएमसीका संयोजक रहेका न्यौपानेका अनुसार आइतबार पनि बैठक बसेको थियो। बैठकले कोरोनाको नयाँ भेरियन्ट फैलिरहेको विषयमा समीक्षा गरेको छ।, ‘अहिले अफ्रिकाबाट आउनेहरूलाई निगरानी राख्ने, क्वारेन्टाइनमा पठाउनेलगायत कडाइ जारी राखिएको छ,’ उनले भने।, उनका अनुसार हाल अहिले अफ्रिका सात वटा देश, युरोपका चार पाँच वटा देशसँगै इजरायल र हङकङसम्म नयाँ भेरियन्ट आएको जानकारीमा आएको छ।, ‘भारतमा पनि यो भेरियन्ट भित्रिएको जानकारी समाचारबाट आएको छ, तर पुष्टि हुन सकेको छैन,’ न्यौपानेले भने।, उनका अनुसार हङकङ र इजरायलबाट भइरहेका उडान जारी भए पनि यात्रुहरू निगरानीमा छन्।, अहिले तत्कालै के गर्ने भन्ने विषयमा सिसिएमसीले आफ्नो कार्यविधि बनाएर मन्त्रिपरिषदबाट निर्णय गराएमात्र ठोस निचोड निस्कने उनले बताए।, ‘अन्तर्राष्ट्रिय उडानको विषयमा के निर्णय गर्ने भन्ने विषय हामीले निर्णय गर्न सक्दैनौं, भोलिको सिसिएमसी बैठकबाट मन्त्रिपरिषदलाई सुझाव दिन्छौं,’ न्यौपानले भने।, अरू देशबाट हुने उडान तथा त्यहाँबाट फैलन सक्ने नयाँ भेरियन्टबारे पनि मन्त्रिपरिषदले नै निर्णय गर्नुपर्ने उनले बताए।, ‘कार्यविधि बनाउने वा कुनै आदेश दिनुपर्ने भन्नेबारेमा सिसिएमसीको बैठकले तय गर्छ,’ न्यौपानले भने।, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाका अनुसार सोमबार कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बोलाइको छ।, त्यसले एउटा कार्यादेश बनाएर प्रधानमन्त्री कार्यालयलाई प्रतिवेदन बुझाइने भनिएको छ। ‘हामी भोलि बैठक बस्दैछौं, त्यसले कार्यविधि बनाउने छ,’ कोइरालाले सेतोपाटीलाई भने।, अध्यागमन विभागले पनि अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने नेपालीहरूलाई निगरानीमा राख्ने गरेको बताइएको छ। विशेषगरी नयाँ भेरियन्टको संक्रमण भित्रिन नदिनका लागि अहिले संक्रमित देखिएका देशबाट आउने नागरिकलाई प्राथमिकतामा राखेर निगरानी गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए। , ‘हामीले जोखिमयुक्त देशबाट आउने नागरिकलाई निगरानीमा राख्ने, क्वारेन्टाइन र आइसोलेसनमा पठाउने लगायतका कडाइ गरिरहेका छौं,’ भट्टराईले भने, ‘जोखिमयुक्त देशबाट आउने नागरिकलाई पूर्ण प्रतिबन्ध लगाउने काम सरकारको हो, सरकारले निर्णय गरेपछि मात्र हामी रोक्न सक्छौं।’ , सिसिएमसीका पूर्वसंयोजक बालानन्द शर्माले नयाँ भेरियन्टलाई रोकथाम गर्न सुरूमा हवाइजहाजलाई नै नियन्त्रण गर्नुपर्ने र त्यसपछि स्थलबाट हुने प्रवेशमा कडाइ गर्नुपर्ने बताए।, उनले नयाँ भेरियन्त्र भारतमा भित्रिसकेको जानकारी आएकाले तत्कालै हवाइ र स्थलमार्ग (सीमा)मा कडाइ गर्नुपर्ने बताए।, त्यसका साथै अहिलेको भेरियन्टले खोपलाई पनि चुनौती दिने बताइएकाले सरकार नयाँ खोपको तयारीमा लाग्नुपर्ने उनले बताए।, ‘आएका मान्छेहरू सबैको कभिड र एन्टिजेन परीक्षण गर्ने छँदैछ, अहिले लगाएको खोपले थेग्दैन भन्ने कुरा आएको छ। त्यसको लागि पनि नयाँ खोपको पनि तयारी गर्नुपर्छ,’ उनले भने, ‘सकभर प्रवेश नै नहोस् भनेर कडाइ गर्नुपर्छ, त्यसका लागि नाका र हवाइजहाजको इन्ट्रीलाई कडाइ गर्नुपर्छ।’,
दक्षिण अफ्रिकाबाट युरोपदेखि इजरायल र हङकङसम्म पुग्यो कोरोनाको नयाँ भेरियन्ट, नेपालको तयारी के छ?
|
डा भगवान कोइराला हामीले पहिलादेखि नै सुन्दै आएका कुरा हुन्- शरीरको तौल नियन्त्रणमा राख्नुपर्छ। रक्तचाप ठिक्क राख्न नुन कम खानुपर्छ। तौल घटायो भने सुगर नियन्त्रण गर्न सजिलो हुन्छ। , व्रत (फास्टिङ) बसे कुनै न कुनै फाइदा हुन्छ भन्ने पनि हामीलाई लाग्दै आएको हो। त्यही भएर व्रत बस्ने चलन पुस्तौंदेखि चल्दै आएको छ। अहिले यसको महत्व र फाइदाबारे नयाँ प्रमाण आउन थालेका छन्।, जनावर र मानिसमा गरिएका अनुसन्धानले प्रमाणसहित व्रत बस्नाले राम्रो हुँदो रहेछ भनिसकेपछि विश्वास लाग्नु स्वभाविक पनि हो।, फास्टिङले फाइदा गर्छ भन्ने कुरा हाम्रा पोषणविदले सधैं सल्लाह दिइराखेकै हो। तौल घटाउन पर्यो भने ८ र १६ अर्थात् ८ घन्टा खाने १६ घन्टा नखाने सूत्र अपनाइन्छ।, अहिले आएर विज्ञानले पनि यसलाई प्रमाणित गरेको छ कि बीचबीचमा खाली पेट राख्नाले हाम्रो मेटाबोलिजमको क्यालोरी पचाउने तरिका नै फेरिँदो रहेछ। खाना खाँदा त्यसको क्यालोरी कलेजोमा गएर ग्लुकोज बन्ने प्रक्रिया सुरू हुन्छ।, ग्लुकोजले हामीलाई शक्ति दिन्छ। तर त्यो शक्ति तत्काल खर्च भएन भने बोसोमा परिणत भएर भण्डारण (स्टोर) हुन्छ।, हाम्रो शरीर त्यो सारा स्टोर गर्ने काममा व्यस्त हुन्छ। केही यस्ता तत्व पनि क्यालोरीबाट उत्पादन हुन्छन् जसले शरीरलाई हानी गर्छ, चाँडै बूढो बनाउँछ। यदि हामीले सधैँ खाइरह्यौं भने यो क्रम जारी रहन्छ।, पेट खाली राख्ने, थोरै खाने गर्यो भने फ्याट जति डिपोजिट भएको छ त्यसलाई शरीरले खर्च गर्न थाल्छ।, यो प्रक्रिया २४ घन्टाभित्रै पनि हुनसक्छ। त्यसले गर्दा लामो समय खाली पेट राखेर तौल कम गराउनेभन्दा पनि एकै दिनको २४ घन्टाको चक्र (साइकल)मा पनि खाली पेटले फ्याट खपत गर्ने काम गर्छ।, ग्लुकोजको मेटाबोलिजम र किटोनको मेटाबोलिजमको ‘स्विचिङ’ हाम्रो शरीरका लागि फाइदाजनक हुन्छ। त्यसले सुगर, प्रेसर नियन्त्रण गर्न सजिलो हुन्छ भन्ने थाहा थियो अहिले आएर थप प्रमाणित भएको छ।, व्रत बसे हाम्रो मस्तिष्कको सम्झन सक्ने क्षमता बढ्ने, तनाव र खराब वातावरणसँग लड्न सक्ने क्षमता वृद्धि गर्ने र लामो समय बाँच्न पनि मद्धत गर्छ भन्ने थप प्रमाण आएका छन्। यो हामी सबैका लागि व्यवहारिक ज्ञानको हिसाबले महत्वपूर्ण जानकारी हो।, यो सबै मेकानिजम त न मैले बुझेको छु न विज्ञानले धेरै कुरा व्याख्या गर्छ। यो थप अनुसन्धानकै चरणमा छ।, फास्टिङको प्रक्रियाले कसरी स्मरण शक्ति बढ्छ भन्ने कुरा त आज पनि विज्ञानले व्याख्या गर्न सक्दैन किनभने मस्तिष्कलाई कसैले सम्पूर्ण रूपमा व्याख्या गर्न सकेको छैन। अनुसन्धानकै विधिबाट के प्रमाणित भएको हो भने बीचबीचमा खाली पेट राख्नेको तौल घटने, खराब अवस्थालाई डिल गर्ने क्षमता, स्मरण शक्ति बढी हुने देखिएको छ।, फास्टिङले ४-५ वटा कुरामा सकारात्मक भूमिका खेल्दो रहेछ भन्ने विज्ञानका अनुसन्धान र विभिन्न प्रकाशनले देखाएका छन्। त्यसैले खाना कम गरौं, तौल घटाऔं र शरीरलाई सन्तुलनमा राखौं। , फास्टिङका लागि २-३ वटा तरिका अपनाउन सकिन्छ।, २४ घन्टामा ८ घन्टा खाने, १६ घन्टा नखाने एउटा उपाय हो।, अर्को उपाय सातामा ५ दिन खाने र २ दिन थोरै खाने गर्न सकिन्छ। अर्थात् दैनिक क्यालोरी ५/६ सयमा झार्ने गर्दा पनि हुने रहेछ। यसका लागि पूरै भोकै र व्रत बसेजस्तो पनि गर्नु पर्दैन।, ५ दिन सामान्य खाना खाने अनि दुई दिन एकदमै न्यून क्यालोरी भएको खाना खाने गर्नुपर्छ। त्योबाहेक लामो समय भोकै बसेर फेरि खाने खालका तरिका पनि छन् तर त्यो हामीलाई व्यवहारिक हुँदैन।, दैनिक कम क्यालोरीयुक्त खाना खाने पनि फाइदाजनक छ। त्योभन्दा बढी फाइदाजनक ८ र १६ घन्टाको सूत्र छ। त्योभन्दा पनि बढी फाइदाजनक ५ दिन खाने र २ दिन नखाने सूत्र भएको विज्ञानले प्रमाणित गरको छ।, यसबारे थप जानकारी भने हामीले पोषणविदबाट लिनुपर्छ तर म यसमा ‘कन्भिन्स’ भएको छु। आफैं पनि यो विषयलाई व्यवहारमा ल्याउने सोचमा पुगेको छु।, मलाई ठिक्क क्यालोरी खाने र त्यसलाई व्यायामबाट पगालेर पठाउने भन्ने लागेको थियो। अब त्यसले अलि पुगेन, पचाएरमात्रै हुँदो रहेनछ खाली नै राख्यो भने अरू ‘ड्यामेजिङ’ तत्व कम बन्ने रहेछन् भन्ने प्रमाण मिल्यो।, जसलाई ग्याष्ट्रिक छ, सुगर छ। पेट खाली राखे असर गर्छ। उनीहरूले चाहिँ फास्टिङ गर्ने कि नगर्ने ध्यान पुर्याउन पर्छ। बेलाबेलामा खाइरहनु पर्ने भए क्यालोरी थोरै भएको खाना खानु पर्छ।, ८ र १६ घन्टा वा ५ र २ दिनको कुनै पनि सूत्र लगाउनु पहिला पेटका चिकित्सक र पोषणविद्सँग पनि सल्लाह लिनुपर्छ किनकी सबैलाई एउटै सूत्र लागू हुन्छ भन्ने हुँदैन। जसलाई खाली पेट बस्न अप्ठ्यारो छ, उहाँहरूले भिन्न तरिका अपनाउनु पर्ने हुन्छ।, हामीले कोलस्ट्रोल, कार्बोहाइड्रेट र प्रोटिन खान्छौं। यो सबै शरीरका लागि जरूरी पनि छ। हामीले दिने सल्लाह के हो भने, नुन कम हुनेबित्तिकै रक्तचाप नियन्त्रण गर्न सजिलो हुन्छ। कार्बोहाइड्रेट आफैं तत्काल पचेन र खर्च भएन भने त्यो बोसोमा परिणत हुन्छ। प्रोटिन शरीर र मांसपेशीका लागि चाहिन्छ। यो अरू शक्तिको स्रोत पनि हो।, योसँगै कार्बोहाइड्रेट, फ्याट, प्रोटिन सन्तुलित हिसाबले खानुपर्छ। तर बीचबीचमा केही नखानाले हाम्रो शरीरलाई क्यालोरीको सन्तुलनभन्दा पनि भिन्न तरिकाले फाइदा गर्छ भन्ने यसको सार हो।, युवा हुँदा धेरै इनर्जी खर्च गर्ने खेल खेल्ने मान्छेहरूलाई त्यति पीर नपर्ला किनकी त्यो खपत भइरहन्छ। तर धेरै खाने र धेरै खपत गर्नेको पनि एउटा ‘लोड’ भने हुँदो रहेछ। खाना पचाउने क्रममै निस्किने तत्वले पनि थोरै हानी गर्ने रहेछ।, यसको सम्बन्ध मुटु स्वास्थ्यमा पनि देखिन्छ।, मुटु स्वस्थ राख्न मेडिटेरियन डाइटको चलन बढी छ। हुन त तौल नियन्त्रणका लागि धेरै खाले डाइटका फर्मुला छन्। छोटकरीमा यी सबैले के भन्छन् भने सागसब्जी, बदाम, ओखर र फलफूलको मात्रा बढाउने अनि प्रोटिन, कार्बोहाइड्रेटको मात्रा ठीक्क खाने र फ्याटलाई नियन्त्रण गर्ने गर्नुपर्छ।, त्यो त डाइटको फर्मुला हो। त्यसले मुटुलाई पनि राम्रो बनाउँछ। योबाहेक अलिअलि व्यायाम पनि गर्नैपर्छ। मुटुलाई लोड दिनुपर्छ जसका लागि व्यायाम अनिवार्य छ।, तौल र प्रेसर नियन्त्रण गर्न नुन र अन्य कुरालाई नियन्त्रण गर्नु अर्को महत्वपूर्ण पाटो हो।, फास्टिङ गर्नेले व्यायाम पनि गर्यो भने अझै राम्रो हुन्छ। तर फास्टिङ नगर्नेले पनि व्यायाम त गर्नैपर्छ।, हामीले हृदयघातबाट बच्ने सूत्र सधैं बताउँदै आएका छौं। म आज पनि भन्छु:, १.तौल र रक्तचाप नियन्त्रण गरौं।, २.सुगर नियन्त्रण गरौं या हुनै नदिऔं अथवा खतरामा छ भने त्यसलाई कम गर्न फास्टिङका काइदा अपनाऔं। या डाइबेटिजको चिकित्सकले भनेजस्तो गरौं।, ३.कोलस्ट्रोलको मात्रा ठेगानमा राखौं। त्यसलाई पनि घटाउन तौल नियन्त्रण गरौं र खाना पनि नियन्त्रण गरौं।, ४. स्ट्रेसलाई व्यवस्थापन गरौं त्यसका लागि ध्यान, व्यायाम र खेलकुदमध्ये कम्तिमा एउटालाई प्राथमिकता दिने गरौं।, ५. दैनिक कि ४५ मिनेट छिटोछिटो हिँड्ने या ३०-३५ मिनेट दौडिने, जगिङ गर्ने अथवा पसिना निकाल्ने काम गरौं।, तौल नियन्त्रण सबै मुटु रोगबाट बच्ने उपाय हो। यसमा फास्टिङको पनि भूमिका बढी देखियो भन्ने थप जानकारी आएको छ। यी सबै हामीले भन्दै आएका कुरा हुन् अब व्यवहारमा उतार्न पर्यो, यो वा त्यो बहानामा घरमा बस्ने अनि सिरक ओढेर सुत्ने गर्न भएन।, (वरिष्ठ मुटु रोग विशेषज्ञ भगवान कोइरालासँग सेतोपाटीका लागि सन्जिब बगाले र रविन न्यौपानेले गरेको कुराकानीमा आधारित।), - यो लेख सेतोपाटीमा पहिलोपटक २०७६ पुस १६ गते प्रकाशित थियो।,
दिनमा १६ घन्टा नखाऔं ८ घन्टा खाऔं, धेरै फाइदा हुन्छ(भिडिओ)
|
सेतोपाटी संवाददाता कैलालीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।, पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका ८ स्याउले चोकमा अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले साेमबार बिहान साढे ३ बजे ठक्कर दिँदा एक जनाकाे मृत्यु भएको हाे।, ट्रककाे ठक्करबाट घाइते उनकाे उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएपछि मृत्यु भएको हाे। उनकाे पहिचान खुलेकाे छैन। मृतकको पहिचान खुलाउन प्रहरीले आफन्तकाे खाेजी कार्य गरिरहेकाे छ।, घटनापछि ट्रक चालक कपिलवस्तु ९ भर्तापुरका २५ वर्षीय सैलेश नेपालीलाई प्रहले नियन्त्रणमा लिएको छ।,
कैलालीमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
|
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।, घाेडाघाेडी १ का करिब २० वर्षीय रुद्र बोहराकाे मृत्यु भएको छ। अरू तीन जना गम्भीर घाइते भएका छन्।, घोडाघोडी नगरपालिका १ बेलकोटामा से ६ प ६९० नम्बरको मोटरसाइकल र से ६ प ९२३५ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाएको थियो।, घाइते हुनेमा सोही ठाउँका करिब ३२ वर्षीय लक्ष्मीराम चौधरी, ३० वर्षीया सुमिता चौधरी र १८ वर्षीय सन्जु शाही रहेको जिल्ला प्रहरी कार्यलय कैलाली जनाएको छ।, घाइतेमध्ये दुई जनालाई मेडिकल कलेज पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।,
मोटरसाइकल र स्कुटर ठक्कर खाँदा कैलालीमा एकको मृत्यु
|
निर्मला घिमिरे एकाबिहानै फोनको घन्टी बज्यो। नयाँ नम्बर ९८१३....४६ बाट रहेछ।, फोन उठाएँ। , 'मै'साब, मैले मोबाइल लिएँ नि!' , आवाज कताकता सुनेजस्तो लाग्यो। तर ठम्याउन सकिनँ। , 'तपाईं को बोल्नुभएको,' मैले सोधेँ। , 'अस्ति नै खाना खाने ठाउँमा भेटेको क्या त, चिन्नुभएन,' उनले उल्टै प्रश्न सोधेर भने, 'म विष्णुबहादुर क्या।', उनी कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि दोस्रोपटक गरिएको लकडाउन समयमा मनकारीहरूले खाना बाँडिरहेको ठाउँमा भेटिएका विष्णुबहादुर श्रेष्ठ रहेछन्। , विष्णुलाई मैले पहिलोपटक डल्लुस्थित पुलमा खाना पर्खिरहेको भिडभित्र भेटेकी थिएँ। अब त चिनिहालेँ। , 'कतै चामल सहयोग पाइन्छ भने मिलाइदिनुस् न मै'साब,' त्यो बेला उनले भावुक हुँदै भनेका थिए। , 'मलाई नम्बर दिइराख्नू, मपछि फोन गर्छु, अहिले त मसँग भएको यही कापी, कलम र क्यामरा मात्रै हो,' मैले उनलाई यसै भनेकी थिएँ।, मेरो कुरा सुनेर विष्णुको अनुहारमा अँध्यारो थपिएको थियो।, 'तपाईंको त्यो कापीमा लेखेर नम्बर दिनुस् न। म मोबाइल भएपछि फोन गर्छु,' उनका ओठ र हात थरथर काँपिरहेका थिए। , कागजको सानो टुक्रामा मैले उनलाई नम्बर लेखेर दिएकी थिएँ। , अहिले यतिका समयपछि उनले मलाई फोन गरेका थिए। साथीले एउटा मोबाइल दिएका रहेछन्। त्यही मोबाइल पाएपछि उनले मलाई फोन गरेका रहेछन्। , तर त्यो फोन उनले पहिले भनेजस्तै भोक टार्ने चामलका लागि थिएन। , 'लकडाउन त खुल्यो, त्यसपछि मेरो त आँखा बन्द भयो मै'साब। काम गरेर खानुपर्ने मान्छे मागेर खानुपरेको छ,' उनको कुराले झसंग बनायो।, के भयो आँखामा? , 'दाइने आँखामा मोतिबिन्दु र देब्रेमा जलबिन्दु भएको भनेको छ डाक्टरले। अपरेसन गर्न पाए त आँखा देख्थेँ कि! तर पैसा छैन,' एकै सासमा उनले सुनाए। , कहाँ भेट्न सकिन्छ तपाईंलाई?, 'अस्ति नै भेटेको पुलमा हुन्छु मै'साब।', शनिबारको दिन थियो। उनी पुलछेउमा टुक्रुक्क बसिरहेका रहेछन्। हातमा डिटिसी कम्पनीको टुकटुक नम्बर थिच्नुपर्ने सानो मोबाइल।, 'फोन कहिले बज्छ भनेर हेरिरहेको,' मलाई देखेर ओठमा मुस्कान थप्दै उनले भने।, नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरमा डाक्टरको 'प्रेस्क्रिप्सन' देखाउँदै उनले भने, 'हेर्नुस् त डाक्टरले यस्तो दिएको छ।', ६५ वर्षीय विष्णु यसअघि ठेलागाडामा राखेर सडकमा सोडापानी बेच्थे। त्यसबाट दिनमा चार सयदेखि पाँच सयसम्म कमाउँथे। त्यहीबाट उनको पेट पालिएको थियो। मीठो-मसिनो खान नपुगे पनि भोकै बस्नुपर्थेन। , उनी डल्लूमा डेरा बस्थे। थोरै पैसा पनि बचाएका थिए त्यति बेला। तर जब कोभिड–१९ महामारी नियन्त्रणका लागि निषेधाज्ञा सुरू भयो, ठेलागाडाका चक्का रोकिए। काम ठप्प भयो। केही दिनमै बचाएको थोरै रकम पनि सकियो। रित्तिए विष्णु।, लकडाउन थपिँदै थियो। उनलाई एक छाक खानकै लागि सडकसम्म पुग्नुपर्यो। उनी कोही मनकारीले खाना दिन्छन् र आजको छाक टर्छ भनेर आश गर्नुपर्ने अवस्थामा पुगे।, 'त्यो बेला त सोडापानी बेच्छु भनेर गाडा निकाल्यो कि प्रहरीले लखेटिहाल्ने। तर राख्न पाएकै भए पनि त्यस्तो बेला सोडापानी कसले खान्थ्यो र है,' उनले भने।, लकडाउन लम्बिँदा विष्णुको दैनिकी नै फेरियो। दिनभरि ठेलागाडा ठेलेर डेरा फर्किने उनी दिनभरी भातको पोको पर्खन थाले। , डेराभाडा तिर्न नसकेपछि उनले छाडिदिए।, 'पैंतालीस सय कोठाभाडा थियो। तिर्न सकिनँ। त्यसपछि त मेरो पाटीमा बास भयो,' उनले सुनाए। , लामो समय उनी धौबिचौरस्थित एउटा घरको सत्तलमा बास बस्न थाले। त्यहाँ पनि चिनिराखेको भएर ओत लाग्ने ठाउँ पाएका रहेछन्।, भोक पनि चिनजानका साथीहरूसँग खानेकुरा मागेर मेटाउँथे। , उनी कहिलेकाँही फुटपाथमा व्यापार गर्ने साथीहरूलाई सघाउँथे। सामान बोकिदिन्थे। दिनभरि पसलमा कुरेर व्यापार पनि गरिदिन्थे। , व्यापारी साथीहरूले दया गरेर कहिलेकाहीँ खानेकुरा दिन्थे। व्यापार राम्रो भयो कसैले २०/३० रूपैयाँ पनि दिन्थे। त्यही पैसाले खानेकुरा किनेर उनले भोक टारे। तर साथीहरूले एकाध दिन दिएको सहयोगले कति धानिन्थ्यो! , 'कतिपटक बिस्कुटले भोक मेटेँ। कहिलेकाँही त भोकै बसियो,' यसो भन्दै गर्दा उनी मलीन देखिए।, उनको सकस सकिएकै थिएन। काठमाडौंमा दिनानुदिन जाडो बढ्दै जाँदा सत्तलमा रात कटाउन मुश्किल पर्न थाल्यो। , त्यसपछि उनले भाँडा माझ्ने र सरसफाइ गरिदिने सर्तमा पाटनस्थित एक घरमा बास पाएका छन्। चार दिन भयो, उनले खान पनि त्यहीँ पाएका छन्।, ओत र भातले पेट शान्त भए पनि उनको कष्ट थामिएको छैन। आँखाले दुःख दिन थालेका छन्। दिनदिनै आँखा धमिलिँदै गएको छ। उपचार गर्ने पैसा छैन।, 'उपचार गर्न सकिन्छ कि भनेर कवाडीको काम गर्ने एक जना साथीको साथ लिएर गाडा निकाल्न थालेको छु। साथीले गाडा ठेलिदिन्छ। म दिनभरी उभिन्छु। तर व्यापारै छैन,' उनले भने।, विष्णुलाई हातखुट्टा लागुन्जेल आफैं पाखुरी चलाएर खान मन छ। तर आँखाले राम्रोसँग देख्न छाडेपछि उनले सडकमा गाडा ठेल्न सकेका छैनन्। साथीको भरमा जसोतसो दिनभरी गाडा रुँघ्छन्। सामान साथीले नै ल्याइदिन्छन्। , 'आँखाले टाढाको केही देख्दैन। नजिकैको मधुरो देख्छु। कतै गाडीले हानेर मरियो भने के गर्नु। दुःख भए पनि बाँच्ने रहर छ। यो आँखाको उपचार भए त ८० वर्षसम्म गाडा ठेलेर खाने आँट छ,' उनले भने। , विष्णुका काठमाडौं सहरमा कोही छैन भन्दा हुन्छ। एक्लै छन्। सात वर्षको उमेरमा काठमाडौं छिरेका उनले सुरूदेखि नै सोडापानी बेच्थे। त्यो पेसाबाहेक उनको मन अरू कतै गएन पनि। सोडापानी बेचेरै जीविका चलिरहेको थियो। , धेरै वर्षअगाडि उनले बिहे गरेका थिए। तर सम्बन्ध लामो समयसम्म टिकेन। त्यसपछि एक्लै गुजारा गरिरहेको उनले बताए। , उनको पुर्ख्यौली थलो काभ्रे हो। गाउँ फर्किन चाहे पनि उनको आफ्नै घरजग्गा छैन। भएको थोरै पुर्ख्यौली सम्पत्तिमा उनका दाइले गुजारा गरेका छन्।, सानैमा गाउँ छाडेकाले फर्किन पनि मन नलाग्ने उनी बताउँछन्।, 'म त आमाबुबा बितेपछि गाउँ फर्किएको छैन। थुप्रै भयो नगएको। आफ्नो कोही छजस्तो पनि लाग्दैन,' विष्णुका आँखा टिलपिलाए। आँशुले भरिएपछि सायद उनले झनै मधुरो देख्न थाले।,
लकडाउनमा भात खोज्दै हिँडेका विष्णुले एकाबिहानै फोन गरेर सुनाए आफ्नो हाल
|
सेतोपाटी संवाददाता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाको सरूवा भएको छ।, बाँस्तोलालाई सार्क क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले सेतोपाटीलाई जानकारी दिए।, बास्तोलाको ठाउँमा टेकु अस्पतालमै कार्यरत डा. मनिषा रावललाई जिम्मेवारी दिइएको छ। गत भदौमा टेकु अस्पतालको निर्देशक ,नियुक्त, भएका डा. बास्तोला नेपालमा कोरोना महामारीको सुरू भएदेखि नै संक्रमितको उपचारमा खटिएका थिए। , त्यो बेला उनले राम्रो भूमिका निर्वाह गरेको भन्दै धेरै जनाबाट तरिफसमेत पाएका थिए। , यस्तै थापाथलिस्थित प्रसुति गृहकी निर्देशक डा. संगिता मिश्रालाई मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ।, साथै हाल सार्क क्षयरोग केन्द्रमा रहेका डा. तारा पोखरेललाई मन्त्रालयको योजना महाशाखाको जिम्मेवारी दिइएको छ।,
टेकु अस्पतालका निर्देशक डा. अनुप बास्तोलाको सरूवा
|
रासस हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको सीताराम विवाह पञ्चमी महोत्सवका लागि तयारी तीव्र पारिएको छ।, प्रत्येक वर्षझैं यसवर्ष पनि यही मंसिर १७ देखि २२ गतेसम्म साताव्यापी सीताराम विवाह पञ्चमी मनाउन लागिएको हो।, महोत्सव नजिकिँदै गर्दा अबेर रातिसम्म पाल लगाउनेदेखि मूलद्वार सजावटमा कामदार व्यस्त देखिन्छन्।,
,
मिथिलाको उत्सवमध्ये विवाह पञ्चमीलाई महामहोत्सवका रूपमा भव्यताका साथ मनाउने गरिन्छ।, त्रेतायुगमा भगवान् राम सीता विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउँदै आइएको छ । महामहोत्सव तयारीका लागि दिनरात जानकी मन्दिर प्रशासन लागिपरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए।, मन्दिर प्रांगणमा कार्यक्रमका लागि मञ्च बनाउनेदेखि जानकी मन्दिर तथा मूलद्वार सजाउने कार्य अहिले भइरहेको उल्लेख गर्दै उनले प्रत्येक साँझ मन्दिर परिसरमा मंगल गीत तथा झाँकीसमेत हुने गरेको बताए। , विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट आउने सन्त महन्थसहितको जन्तीको स्वागतका लागि पन्डाल, स्वागत द्वार निर्माणलगायत कार्यसमेत भइरहेको छ।, अघिल्लो वर्ष विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण विवाह पञ्चमी औपचारिकतामा मात्र सीमित थियो। त्यसैले यसवर्ष भव्यरूपमा विवाह पञ्चमी मनाउन विभिन्न १९ वटा समिति एवं उपसमितिसमेत गठन गरिएको जनाइएको छ।, महोत्सवका लागि शान्तिसुरक्षाको व्यवस्था, प्रचारप्रसार, सवारी साधन व्यवस्थापन, अयोध्याबाट आउने जन्तीको स्वागत, विद्युत् आपूर्ति, बजार व्यवस्थापनलगायत समिति गठन गरिएको छ।, भगवान् रामको जन्मभूमि अयोध्याबाट हरेक पाँच वर्षमा सीता नगरी जनकपुरमा विशेष जन्ती आउने प्रचलन छ। त्यसैले यसपटक औपचारिकरूपमा जन्ती नआए पनि साधुसन्त र ठूला महन्थ जन्तीकैरूपमा आउने उनको भनाइ थियो।, विवाह पञ्चमीमा सहभागी हुन ठूलो सङ्ख्यामा मानिस आउने भएकाले जताततै फोहर बढ्ने हुँदा सरसफाइमा ध्यान दिन र शौचालयको व्यवस्था मिलाउन जनकपुर उपमहानगरपालिकासँग आग्रह गरिएकोे महन्थ वैष्णवले बताए। , फोहर र शौचालय व्यवस्थापनमा उपमहानगरपालिका र जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्लेसमेत ध्यान नदिने गरेको गुनासो गर्दै उनले आफ्नै छोरीको बिहे ठानेर सबैले सहयोगमा चासो दिनुपर्ने आवश्यकता औंल्याए। , महन्थ वैष्णवले प्रदेश सरकारले चाहे केही सरसफाइ र शौचालय व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।, विवाह पञ्चमी महोत्सवअन्तर्गत मंसिर १७ गते जनकपुर नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर र २२ गते शुभविवाह तथा २३ गते रामकलेवा कार्यक्रम तय गरिएको छ। ,
विवाह पञ्चमीको तयारी तीव्र, साताव्यापीरूपमा विवाह पञ्चमी महोत्सव मनाइने
|
सेतोपाटी संवाददाता अपरिचित व्यक्तिले नेपाल आउनेलाई 'फकाएर' सामान पठाउने गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सूचना जारी गरेको छ। , नेपालमा कानुनअनुसार ल्याउन पाउने सुन, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थभन्दा बढी परिणाम ल्याउने गरेको भन्दै सूचना जारी गरेको हो। , यो पनि पढ्नुस्: , दुबई एयरपोर्टमा अर्कैले दिएको लुगा लगाउँदा प्रहरी फन्दामा परे सीताराम, 'सुविधाभन्दा बढी परिमाण र स्वरूपमा सुन तथा सुनका गहना, मोबाइल, ल्यापटप तथा मदिराजन्य पदार्थहरू ल्याउने गरेको छ,' सूचनामा उल्लेख छ,'सोउपर कानुनबमोजिम कारबाही हुँदा यात्रुहरूले प्रचलित कानुनी व्यवस्थाको पर्याप्त जानकारी नभएको र अन्य अपरिचित व्यक्तिले ललाइफकाइ त्यस्ता सामग्री पठाउने गरेको भनी बयान दिने गरेकोतर्फ यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।', तस्करहरूले भन्सार छल्न नेपाल आउने व्यक्तिहरूलाई विभिन्न प्रलोभनमा पारी सुनलगायत सामान पठाउने गरेको छ। त्यसरी भन्सार छलेर नेपाल भित्र्याउनेहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरी विभागलाई बुझाउने गरेको छ। , अनुसन्धानकै क्रममा पक्राउ परेका व्यक्तिहरूले अरूले नै फकाएर पठाउने गरेको बयान दिएको भन्सार विभागले जनाएको छ।, सो काम रोक्न विभागले कानुनअनुसार नेपाल भित्र्याउन पाउने सामानको परिणाम सार्वजनिक गरेको छ।, त्यस्तै, भन्सार कार्यालयले अपरिचित व्यक्तिको ललाइफकाइ कुनै मालवस्तु लगिदिन अनुरोध गरेमा, कुनै अवैध वस्तु लुकाइएको छ/छैन भन्ने सुनिश्चित नभएसम्म अरू कसैको मालवस्तु नलिनू/नल्याउन अनुरोध गरेको छ। , भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी गत जेठ १५ गतेदेखि लागु हुने गरी यात्रुले आफूसँगै ल्याउन र लैजान पाउने मालवस्तुको देहाय बमोजिमको परिमाणमा मात्र भन्सार महसुल छुटमा ल्याउन पाउने भन्सार कार्यालयले जनाएको छ।, १. व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्रामसम्म ५० ग्राम भन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महशुल लिई जाँचपास गर्न सकिने; सोभन्दा बढी परिमाणका सुनका गहना ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने, व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महशुल लिई जाँचपास गर्न सकिने; सोभन्दा बढी परिमाणको सुन ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने, २. व्यक्तिगत प्रयोगको ट्याबलेट वा ल्यापटप १ वटा (सोभन्दा बढी भएमा भन्सार महशुल लाग्ने), ३. व्यक्तिगत प्रयोगको मोबाइल १ वटा (सोभन्दा बढी भएमा भन्सार महशुल लाग्ने) , ४. मदिरा १ लिटरसम्मको बोतल १ (सोभन्दा बढी परिमाणको मदिरा जफत गरिने),
अपरिचित व्यक्तिले 'फकाएर' नेपाल आउनेलाई सामान पठाउन थालेपछि त्रिभुवन विमानस्थल भन्सारले जारी गर्यो सूचना
|
सेतोपाटी संवाददाता भ्रष्टाचार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा तत्कालीन प्रधानाध्यापकसहित दुई जनाविरूद्ध मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा यशोधरा गाउँपालिका-५, बैदौलीस्थित अनिरूद्र पब्लिक माध्यामिक विद्यालय कपिलवस्तुका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठी र लेखापाल असर्फी यादवविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। , उनीहरूले ७ लाख ८२ हजार ६५१ रुपैयाँ भ्रष्टाचार गरी सार्वजनिक सम्पत्तीमा हानिनोक्सानी पुर्याएको आरोपमा मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। , त्रिपाठीले आर्थिक वर्ष २०७४/०७५ मा विज्ञान प्रयोगशालाको लागि विद्यालयमा प्राप्त रकमबाट कुनै काम नगरी फर्जी बिल बनाएर हिनामिना गरेको भन्ने उजुरी परेको थियो। , उजुरी अनुसार अनुसन्धान गर्दा उनी र लेखापाल यादवले मिलेर विद्यालयको कोषबाट रकम निकालेर निर्माणमा खर्च नगरी हिनामिना गरेको देखिएको प्रवक्ता रिजालले बताएका छन्। , हिनामिना गरेको देखिएको भन्दै अख्तियारले उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम एक वर्ष छ महिनादेखि दुई वर्ष छ महिना कैद र ७ लाख ८२ हजार ६५१ रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ। ,
पूर्वप्रधानाध्यापक र लेखापालविरूद्ध भ्रष्टाचारको मुद्दा
|
सेतोपाटी संवाददाता मोरङमा कुटपिट गरी छोराको हत्या गरेको आरोपमा प्रहरीले आमा र बहिनीलाई पक्राउ गरेको छ। , कटहरी गाउँपालिका वडा नम्बर ५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आइतबार राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।, उनको उपचारको क्रममा नोवल अस्पताल विराटनगरमा मृत्यु भएको हो। हत्या आरोपमा ५५ वर्षीया आमा बातियो उराउ र ३० वर्षीय बहिनी रिता पक्राउ परेका छन्।, शनिबार राति राजेन्द्रले मादक पदार्थ सेवन गरी आफ्नी आमा र बहिनीसँग झगडा गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। विवादको क्रममा आमा र बहिनीले बाँसको लाठीले राजेन्द्रको टाउकोमा प्रहार गरेका थिए। , टाउकोमा प्रहारपछि घाइते भएका राजेन्द्रको उपचारको लागि नोवल अस्पताल पुर्याइएको थियो। त्यहीँ उनको उपचारको क्रममा मृत्यु भएको हो। , घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
मोरङमा कुटपिटबाट छोराको मृत्यु, आमा र बहिनी पक्राउ
|
सेतोपाटी संवाददाता नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २५९ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ८८८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार २३१ जनाको पिसिआर परीक्षण र २६५७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ६ हजार ९४४ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ।, २६४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।, ,
थपिए २५९ संक्रमित, निको भए २६४
|
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुरको नगाउँबाट भत्केपाटीको पिपलबोटसम्मको सडकमा पिच गर्नुपर्ने माग राख्दै स्थानीयले सडक अवरूद्ध गरेका छन्। , समयमै सडक पिच नगर्दा धुलोले हैरानी दिएको भन्दै सोमबार स्थानीयले सडक अवरूद्ध गरेका थिए। केहीबेर अवरूद्ध गरेपछि खुलाइएको कीर्तिपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष गंगाराम महर्जनले जानकारी दिए।, 'धेरै धुलो भएको भन्दै स्थानीयले २० मिनेट जति सडक अवरूद्ध गरेका थिए,' उनले भने। , उनका अनुसार सो सडकखण्डमा एक किलोमिटर ३०० मिटर पिच गर्ने योजना छ। सडकको लम्बाई नौ मिटरको छ।, यसको ठेक्का पिआर इन्फ्रास्ट्रक्चर कन्स्ट्रक्सनलाई परेको थियो। बोलकबोल गरी तीन करोड ८५ लाखमा सडक विभागले सो कम्पनीलाई ठेक्का दिएको थियो। , अवरूद्ध गरेपछि सडकमा निर्माणको काम सुरू भएको वडाध्यक्ष महर्जनले बताए। , 'सडक विभागले यस सडकको डेन्सिटी टेष्ट गरिरहेको छ। बेस र सबबेसको ल्याब टेष्ट गर्नुपर्ने हुन्छ,' उनले भने, 'आइतबारदेखि काम सुचारू हुन्छ भनिएको थियो। केही दिन ढिला भएको हो।' , जेठदेखि सुरू भएको निर्माणको काम भदौ १५ गतेभित्र सकाउने योजना थियो। तर असारमै पिच गर्ने योजना भए पनि पानी पर्दा काम हुन नसकेको उनले बताए।, 'पानी रोकिएपछि काम छिटो भन्दा छिटो सकाउने भनिएको थियो। खानेपानीको ३० वर्षे पाइप पनि छन् जसले पानीहरू चुहिने गरेका छन्,' उनले भने,' अब त्यसैमाथि पिच गर्यो भने छिट्टै उप्किन्छ। सकिन्छ भने भोलिबाटै काम सुरू गर्नुपर्छ भनेका छौं। आजको पनि समय खेर नफाली डेन्सिटी टेष्ट भइरहेको छ।', ठाउँ-ठाउँमा पानी चुहिने समस्याको समाधानको लागि र बिजुलीको अन्डरग्राउन्डको पनि काम भइरहेको उनले जानकारी दिए। यी समस्याले पनि निर्माणको काममा ढिलाइ भएको उनले बताए।, यस सडकखण्डमा पिच गर्ने काम एक हप्तादेखि १५ दिनसम्ममा सकाउने आश गरेको उनले बताए।,
सडक पिच गर्न माग गर्दै स्थानीयले गरे कीर्तिपुरको नगाउँ-भत्केपाटी सडकखण्ड अवरूद्ध
|
सेतोपाटी संवाददाता उपराष्ट्रपति नन्दबहादुर पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औल्याउँदै शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन्। , चन्द्रागिरि नगरपालिका वडा नं. २ वाडभन्ज्याङस्थित श्री चण्डिका देवी माध्यमिक विद्यालयले आयोजना गरेको धार्मिक तथा शैक्षिक महोत्सव २०७८ उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।, अझै पनि कैयौं बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेको भन्दै उनले शिक्षाका लागि आन्दोलन जरूरी रहेको बताए।, उपराष्ट्रपति पुनले भने, ‘शिक्षामा आएका दरार हटाउँदै, समान शिक्षाका लागि आन्दोलन जरूरी रहेको छ। शिक्षा क्षेत्रमा विभेद हुनु हुन्न। पछिल्ला दिनमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर समेत बढेर गएको छ। विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडि बढे शैक्षिक क्षेत्रको रूपमान्तरण सम्भव छ।’, सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले निजी विद्यालयलाई क्रमशः नियमन गर्नुपर्ने बताए। , हुने खानेको लागि निजी र हुँदा खानेको लागि मात्र सामुदायिक विद्यालय भएको चर्चा गर्दै उनले शिक्षामा ठूलो खाडल रहेको उल्लेख गरे। , विद्यालयको विकास र विस्तारका लागि आफ्नो पारिश्रमिकवापतको १५ दिनको रकम विद्यालयलाई प्रदान गर्ने घोषणा समेत गरे।, महायज्ञ मूल आयोजक समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रवण सुवेदीले सोमबारदेखि २१ गतेसम्म हुन गइरहेको श्रीमद्भागवत ज्ञान महायज्ञ गरिन लागेको बताए।, उनले ग्रामीण क्षेत्रको विद्यालयको हरेक गतिविधिमा सरिक हुन समेत आग्रह गरे।, चन्द्रागिरि २ का वडा अध्यक्ष गोपी सुर्खेतीले विद्यालयको भवन निर्माण र विद्यालयको चौतर्फी विकास गर्ने उद्धेश्यका साथ गर्न लागिएको कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको औंल्याए।, विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा (११/१२) सञ्चालनमा सहयोग पुग्ने उद्धेश्य उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।,
जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ: उपराष्ट्रपति पुन
|
सेतोपाटी संवाददाता कालीकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, जिल्लाको नरहरिनाथ गाउँपालिका-१ मिलाकामा सोमबार बिहान पौने ९ बजे बा ५ ख ४६४३ नम्बरको ट्रक दुर्घटनामा परेको हो।, दुर्घटनामा नरहरिनाथ गाउँपालिका-१ का ५८ वर्षीय जयबहादुर विष्टको मृत्यु भएको छ। उनको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, मिलाकाबाट डिजेल र सिमेन्ट लिएर कोटबाडा विमानस्थलतर्फ जाँदै गरेको उक्त ट्रक उकालोमा ब्रेक नलागेपछि ३० मिटर तल पल्टिएको प्रहरीले जनाएको छ।, ट्रकमा सवार चार जनामध्ये तीनजना घाइते छन्। ट्रक चालक सुर्खेतको वीरेन्द्रनगरका किरणबहादुर भुजा, ट्रक साहु नरहरि–१ का २४ वर्षीय नेत्रबहादुर विष्ट र सहचालक घाइते छन्।, उनीहरूमध्ये गम्भीर घाइते विष्टलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि सुर्खेत ल्याइएको छ।, अरू दुई जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।,
कालीकोटमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो
|
सेतोपाटी संवाददाता जबरजस्ती करणी उद्योगको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका चिनियाँ नागरिकलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले काभ्रे पनौती नगरपालिका वडा नम्बर १० घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० सुकेधाराका २७ वर्षीय रविना थापालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए।, थापामाथि जबरजस्ती करणी उद्योगको २०७८ असार १८ गते पक्राउ परेका चिनियाँ नागरिक लिउ युईलाई छुटाइदिने भन्दै चितवन घर भई बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० सुकेधारा बस्ने श्रीमती कमला भुसाललाई ठगी गरेको आरोप छ। युई अहिले पुर्पक्षको लागि डिल्लीबजार कारागार चारखालको थुनामा छन्।, रविना थापाले मञ्जु ओली भन्ने अर्की महिलाको सहयोगमा ठगी गरेको महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार उनीहरूले आफ्नो मान्छे वकिल, न्यायाधीश भएको, सेटिङ गरेर श्रीमानलाई धरौटीमा छुटाइदिने र त्यसको लागि धेरै खर्च लाग्ने भनेका थिए। , त्यसरी उनीहरूले श्रीमानलाई छुटाइदिने भन्दै भुसालसँग २० लाख रुपैयाँ लिएका थिए। तर पछि ठगिएको भन्ने थाहा पाएर उनले दुवै जनाविरूद्ध महाशाखामा जाहेरी दिएका थिए।, 'सुरूमा पीडित महिलाले पनि छुट्ला कि भनेर आश गरिन् तर छुट्ने अवस्था नदेखेपछि जाहेरी आएको देखिन्छ,' प्रहरी वरिष्ठ उपरीक्षक खापुङले भने। , जाहेरीको आधारमा महाशाखाबाट खटिएको टोलीले आइतबार रविनालाई पक्राउ गरेको हो। , उनीमाथि थप अनुसन्धान गर्न सोमबार महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ।, अहिले मञ्जु ओली फरार छिन्। उनको पनि खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। ,
थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा एक पक्राउ
|
सेतोपाटी संवाददाता म्याद गुज्रिसकेको खाद्यवस्तुमा 'रिलेबलिङ' गरी बेच्ने गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। , सोमबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटारस्थित सगरमाथा फुड प्रोडक्टमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो। म्याद गुज्रिएको खाद्यवस्तुमा भेटिएपछि त्यहाँबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा सप्तरी घर भई हाल काठमाडौं गौरीघाट बस्ने सगरमाथा फुड प्रोडक्ट नेपालका सञ्चालक ४४ वर्षीय पवनकुमार साह छन्। , प्रहरीले काँडाघारी क्षेत्रमा म्याद गुज्रेको खाद्य वस्तुमा नयाँ मिति राखेर बेचिरहेको भन्ने सूचना पाएपछि टोली खटिएको थियो।, त्यहाँबाट प्रहरीले चिजबल्स, मसला लगायतका ४५ लाख बराबरका सामग्री बरामद गरेको छ। त्यहाँ वाणिज्य विभागको टोली समेत खटिएको थियो।, थप अनुसन्धान तथा कारबाहीको लागि वाणिज्य विभाग, बबरमहलमा बुझाइएको छ। ,
म्याद गुज्रेको खाद्यवस्तु 'रिलेबलिङ' गरी बेचेको आरोपमा गोठाटारबाट एक पक्राउ
|
सेतोपाटी संवाददाता साढे ६ लाख नगदसहित तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय प्रहरी प्रभाग कोटेश्वरले सोमबार अपराह्न ५ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वरस्थित कोटदेवी मन्दिर नजिकैबाट तास खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको हो। , पाँच जनाबाट ६ लाख ५८ हजार ६३० रुपैयाँ बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , ईश्वर कार्कीको घरको तेस्रो तलामा तास खेलिरहेको भन्ने सूचनापछि प्रहरीको टोली खटिएको थियो। , पक्राउ पर्नेमा घर धनी ४४ वर्षीय कार्की, पेप्सीकोला बस्ने ४४ वर्षीय नवराज थपलिया, ४० वर्षीय दीपक तामाङ, ललितपुरको लुभु ३२ वर्षीय दीपक तिम्लसिना र कोटेश्वर बस्ने ३० वर्षीय सागर केसी छन्। , उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। ,
साढे ६ लाखसहित ५ जना जुवाडे कोटेश्वरबाट पक्राउ
|
सेतोपाटी संवाददाता विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा नभएको भन्नेबारे अध्ययन भइरहेको बताएका छन्।, सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रमुख पाण्डवले डब्ल्युएचओले नयाँ भेरियन्ट बारेमा सही कुरा पत्ता लगाउनका लागि भेरियन्ट देखिएको स्थानमा अध्ययन गरिरहेको पनि बताए।, उनले डब्ल्युएचओले यो भेरियन्टविरूद्ध अहिले प्रयोगमा रहेका भ्याक्सिनले काम गर्छ वा गर्दैन भन्ने कुराको पनि अध्ययन गरिरहेको बताए।, प्रमुख पाण्डवले भने, ‘यो भेरियन्ट सार्स कोभिड भाइरस हो। यो २६ नोभेम्बर २०२१ म देखिएको हो र यसलाई डब्ल्युएचओले ‘ओमिक्रोन’ नाम दिएको छ। पहिलो कुरा त यो भेरियन्ट अन्य भाइरसभन्दा फरक छ भनिएको छ तर यो भेरियन्ट धेरै मानिसबाट मानिसमा उत्परिवर्तन हुन्छ भन्नेबारे स्पष्ट भइसकेको छैन।', अहिले विश्व स्वास्थ्य संगठन र टेक्निकल पार्टनर्सहरूले भाइरसको भेरियन्ट फेला परेको स्थानमा अनुसन्धान गरिरहेको उनले बताए।, 'डब्ल्युएचओले अहिले यो भेरियन्टमा कोरोनाविरूद्धको खोप सफल हुन्छ कि हुँदैन भनेर पनि अध्ययन गरिरहेको छ। केही समयभित्रमा सायद अहिलेको भ्याक्सिनले काम गर्छ कि गर्दैन ? भन्ने कुरा पत्ता लाग्नेछ। डेल्टा भेरियन्टमा सफल भएको भ्याक्सिन ‘ओमिक्रोन’ भेरियन्टमा कतिको सफल हुनेछ यसले रोगबाट कतिको बचाउन सफल हुन्छ, त्यसको अध्ययन चलिरहेको छ।’, प्रमुख पाण्डवले कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि सदाझैं मास्क अनिवार्य लगाउनुपर्ने, हात मिचिमिची धुनुपर्ने, सभा सम्मेलन रोक्नुपर्ने बताए।, उनले अहिले नेपालमा कोरोनाको संक्रमण सकिएकोझैं एकै ठाउँमा भेला भएर बस्नेहरूको जमात बढ्दै गएको र सार्वजनिक स्थलमा समेत मास्कको प्रयोग नगर्नेहरूको संख्या बढ्दै गइरहेकोले त्यसतर्फ सचेत हुनुपर्ने बताए।, प्रमुख पाण्डवले अस्पतालहरूले तयारीका साथ रहनुपर्ने, र्याल, सिंगान, खकार जथाभावी नफाल्ने र कोरोनाको लक्षण देखिए तत्काल परीक्षण गरेमा कोरोना महामारीलाई नियन्त्रण गर्न सकिने बताए।, प्रमुख पाण्डवले विश्व स्वाथ्य संगठनले अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्टबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको पनि बताए।, उनले कोरोनालाई नियन्त्रण गर्न भ्याक्सिनको मात्रा सबै क्षेत्रमा पुर्याउनुपर्ने भन्दै भाइरसबाट बच्न सबै मिलेर स्वास्थ्यका मापदण्ड पूर्णपालन गर्नुपर्ने बताए।, प्रमुख पाण्डवले भने,‘हामीले नेपालको स्वास्थ्य मन्त्रालयलाई नयाँ भेरियन्टको बारेमा भनिसकेका छौं। यसको लागि स्वास्थ्य मन्त्रालयले तीव्र र राम्रो तयारी गर्ने भनेको छ। स्वास्थ्य चौकी र अस्पताललाई तयारी अवस्थामा रहन भन्नुपर्छ। यो भाइरस धेरै पटक परिवर्तन भइसकेको छ र हुँदै पनि छ।’, यो भाइरस आम नागरिकको लागि रिस्क सावित भइरहेको भन्दै सबैलाई सचेत रहन र भ्याक्सिन लगाउन उनले सुझाए।, ‘धेरै मानिसले सार्वजनिक स्थलमा मास्क लगाएको देखिँदैन, त्यसैले यसबाट बच्नको लागि मास्क, सामाजिक दूरी कायम गर्ने कुरा, भेला हुने र हात धुने कुरा महत्वपूर्ण छ। यसकारण पनि सबैले यी नियम अपनाएमा हाम्रो सामुमा आइरहेका कोरोना भाइरसका विभिन्न नयाँ प्रकारबाट बच्न र बचाउन सकिन्छ,’ उनले भने। , कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा नोभेम्बर २६ मा पुष्टि भएको थियो।, यसबारेमा हालसम्म डब्ल्युएचओले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।, नयाँ भेरियन्टको बारेमा विश्व स्वाथ्य संगठन र प्राविधिक टोलीले अध्ययन, अनुसन्धान सकेपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने डब्ल्युएचओ नेपालका प्रमुख पाण्डवको भनाइ छ। , ,
कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बारे अध्ययन गर्दै विश्व स्वास्थ्य संगठन
|
रासस पाल्पामा जेठो छोरोले आमाको हत्या गरेका छन्।, पाल्पा रिब्दीकोट गाउँपालिका-८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले ६२ वर्षीय आमा मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। , मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए।, छोरा कृष्णबहादुर सारुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइएको उनले जानकारी दिए।,
दाउरा प्रहार गरी आमाको हत्या
|
सेतोपाटी संवाददाता चार लिटर रक्तचन्दनको तेलसहित प्रहरीले महांकालबाट एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सिन्हुपाल्चोक भोटेकोसी गाउँपालिका-४ घर भई हाल काठमाडौं-६ नयाँबस्ती बस्ने ३० वर्षीय छिरिङ शेर्पा छन्।, मंगलबार दिउँसो प्रहरीले उनी सवार बा७च ४११० नम्बरको कारबाट रक्तचन्दनको तेल बरामद भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।, प्रहरीले केही दिनअघि पनि ३३ लिटर रक्तचन्दनको तलसहित १० जनालाई पक्राउ गरेको थियो।, यो तेल कहाँबाट ल्याइएको हो भन्ने यकिन भइरहेको छैन। प्रहरीले शेर्पालाई तेलसहित जिल्ला वन कार्यालय बुझाउने तयारी गरिरहेको छ।, शेर्पाले भारतीयले तेल नयाँ बसपार्कमा ल्याइदिएको बताएका छन्। उनले ती भारतीयसँग २ लाख ८७ हजारमा किनेको बताएका छन्। , ‘तर ती व्यक्ति को थिए भन्ने खुलाएका छैनन्, यसबारे अनुसन्धान भइरहेको छ,’ वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले भने। ,
चार लिटर रक्तचन्दनको तेलसहित महांकालबाट एक पक्राउ
|
सेतोपाटी संवाददाता सल्यानमा देवरको हत्या गरेको आरोपमा दुई भाउजू पक्राउ परेका छन्। पक्राउ पर्नेमा २६ वर्षीया लक्ष्मी चन्द र २५ वर्षीया राधा पौडेल छन्।, सारदा नगरपालिका वडा नम्बर-५ रानीकोटका ३३ वर्षीय शेरबहादुर चन्दको शुक्रबार हत्या भएको थियो।, हत्यापछि शव आधा जलाएको अवस्थामा शुक्रबार फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले सेतोपाटीलाई बताए।, ‘दुई भाउजू मिलेर मध्यरातमा बञ्चरो प्रहार गरी देवरको हत्या गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ डिएसपी खड्काले भने, ‘हत्या अभियुक्त दुबै महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’,
देवरको हत्या आरोपमा भाउजू पक्राउ
|
रासस जुम्लाको तिला गाउँपालिका–९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ।, सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो।, स्थानीयबासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा संकलनका लागि बालुवा खानी पसेका थिए।, बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।, घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट करिब ३५ कोष टाढा छ।, उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानका साथै मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन्।, घटनाको प्रकृति हेरेर पीडित परिवारलाई राहत उपलब्ध गराइने बताइएको छ। ,
बालुवा खानीमा पुरिएर दुईको मृत्यु
|
नारायण खड्का घोराही-तुलसीपुर चार लेन सडक खण्ड काम सकिने समय आउनै लाग्दा बल्ल काम सुरू गरिएको छ। घोराहीमा एक कार्यक्रम आयोजना गरी शुक्रबार काम थालनी गरिएको हो।, ३१ किलोमिटर चार लेन सडकको काम तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले पाएको छ।, निर्माण कम्पनीले नेपाल सरकारसँग गरेको पहिलो सम्झौता समाप्त भइसकेपछि बल्ल काम थालेको हो।, सन् २०१९ मे महिनामा निर्माण सम्झौता भएको सडक सन् २०२१ मे अन्त्यमा पूरा गरिसक्नु पर्ने सम्झौता थियो।, तर, निर्माण कम्पनीका स्थानीय प्रतिनिधिको चरम लापरबाहीका कारण दुई पटक म्याद थपे पनि कार्य प्रगति भएन।, दुई वर्षको अवधिमा जम्मा भौतिक प्रगति ७ प्रतिशत र आर्थिक प्रगति १४ प्रतिशत मात्रै भएको पाइएको छ।, तथ्यको तर्फबाट दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ अश्वारका अनुप पाण्डे स्थानीय प्रतिनिधिका रूपमा थिए।, पत्रकारसँग कुरा गर्दै तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट मुम्बईका प्रबन्ध निर्देशक प्रवीण ब्रम्हदेव पाण्डेले आफूलाई कम्पनीका स्थानीय प्रतिनिधिले काम हेर्नका लागि नेपाल आउनै नदिएको दाबी गरे। उनले आफूलाई झुक्याउने गरेको बताए।, ‘हाम्रो परियोजनाको कामको अवस्थाबारे हामीले खटाएका प्रनितिधिले हामीलाई काम राम्रो भइरहेको छ भनेर झुक्याउँदै आइरहे र भइरहेको ढिलासुस्तीबारे कुनै पनि जानकारी दिएनन्,’ उनले भने, ‘सबै ठिक छ भन्दै हामीलाई उतै अल्मल्याउन खोजेको अहिले आएर हेर्दा मैले थाहा पाएँ।’, उनले अहिले भने आफू नेपाल प्रहरीका एसपी र परियोजनासँग समन्वय गरेर मुस्किलले दाङसम्म आइपुगेको बताए। कम्पनीबाट काममा भएको ढिलासुस्तीबारे उनले सार्वजनिक रूपमै क्षमा मागेका थिए।, ‘विगतमा जे भयो, त्यो अत्यन्तै गलत भयो र अब आफैं काममा आएको छु,’ उनले भने, ‘यस्तो गल्ती दोहोरिने छैन।’, अब दिनरात काम गरेर ३६५ दिनभित्रै सडक निर्माणको काम सक्ने उनले प्रतिबद्धता गरे।, सवा अर्ब लगानीमा सो परियोजना भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा सुरू भएको हो। यसमा सम्पूर्ण सामग्री भारतबाट खरिद गर्नुपर्ने सर्त रहेको छ।, दोस्रो पटक थपिएको मिति अनुसार यो परियोजना निर्माणको काम सन् २०२२ मे महिनाभित्र पूरा गरिसक्नु पर्ने छ।, काम सन्तोषजनक भएको अवस्थामा पुनः ५/६ महिना थप गर्न सकिने परियोजनाका प्रमुख डिभिजनल इञ्जिनियर पारस हमालले बताए।,
सम्झौता भएको दुई वर्षपछि घोराही-तुलसीपुर चार लेन सडकको काम सुरू
|
रासस/एएफपी चीनका धेरै क्षेत्रहरूले कम्तीमा ३० दिनसम्म प्रसूति बिदा विस्तार गर्ने तयारी गरेका छन्। न्यून जन्मदरका कारण देशले जनसाङ्खिक सङ्कटको सामना गर्ने देखिएपछि चीनले बालबालिका पालनलाई प्रोत्साहन गर्ने नवीनतम प्रयास स्वरूप प्रसूति बिदा विस्तार गर्ने भएको छ। सरकारको यो निर्णयलाई सरकारी कार्यालय, संघसंस्था तथा नीजि संस्थाले पनि प्रोत्साहन गर्ने बताएका छन्।, यसै वर्ष कडा परिवार नियोजन नियमहरूलाई अन्त्य गर्दै दुईभन्दा बढी बच्चा जन्माउन प्रोत्साहन गर्ने सरकारको नीतिपछि बालबालिकाको हेरचाहलाई सहज बनाउन प्रसूति बिदा विस्तार गर्ने योजना सार्वजनिक भएको हो।, तीव्र गतिमा वृद्धि देखिएको वयस्क जनशक्तिका कारण उत्पादन तथा अर्थव्यवस्थामा सुस्तता आएपछि चिनियाँ प्रशासनले युवा जनशक्ति बढाउन विविध प्रयासहरू गरिरहेको अधिकारीहरूले बताएका छन्।, शुक्रबार बेइजिङ नगर प्रशासनले महिलाहरूले अब यस पहिले लिँदै आएको १२८ दिनको प्रसूति विदामा एक महिना (३० दिन) विदा थप गरी १५८ दिन विदा पाउने घोषणा गरेको छ।, शाङ्घाईको प्रशासनले पनि एक दिनअघि (बिहीबार) यसै प्रावधानलाई कानूनी मान्यता दिने घोषणा गरेको छ।, पूर्वी झेजियाङ प्रान्तमा दोस्रो वा तेस्रो बच्चाका आमाहरूले अब जम्मा १८८ दिन लिन सक्ने बनाइएको सिन्ह्वा न्यूज एजेन्सीको एक समाचारमा उल्लेख गरिएको छ।, चालु राष्ट्रिय नियमावलीअनुसार आमाले ९८ दिन पारिश्रमिक पाउने प्रसूति बिदा पाउने व्यवस्था छ।, यस मुद्दाले अनलाइन छलफललाई व्यापकता दिएको छ। केही विश्लेषकहरूले यो परिवर्तनले कम्पनीहरूलाई महिलाहरूलाई रोजगारी दिनेबारे गम्भीर भएर सोच्न बाध्य पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।, एक जना इन्टरनेट प्रयोगकर्ताले एएफपीसँग भने, 'प्रशासनको यो निर्णयले महिलाहरूको बेरोजगारी दर अझ बढाउन सक्ने देखिन्छ।' अन्य केहीले बेइजिङमा १५ दिनमै पितृत्वको हक किन अपरिवर्तित रह्यो भन्ने पनि प्रश्न गरेका छन्।, राजधानीमा नयाँ बुबाहरूले आफ्नो साथीको कोटाबाट विदाका दिनहरू लिएर मात्र आफ्नो शिशु स्याहार विदा विस्तार गर्न सक्छन्। त्यस्तै, झेजियाङमा पुरूषलाई शिशु स्याहार विदा १५ दिन र शाङ्घाईमा १० दिन रहेको छ।, यो परिवर्तनले उद्यमीहरूले पुरुषहरूलाई महिलाहरूभन्दा बढी मन पराउने अवस्था ल्याउनसक्ने टिप्पणी इन्टरनेटको सक्रिय प्रयोग गर्ने एक अर्का व्यक्तिले बताए।, चीनले सन् २०१६ मा विश्वकै सबैभन्दा कडा पारिवार नियोजन नियमावलीमध्येको एक ‘एक बाल नीति’ लाई अन्त्य गर्दै चिनियाँ दम्पतीलाई दुई सन्तान जन्माउने अनुमति दिएको थियो।, सरकारले सन्तान जन्माउनसक्ने प्रावधानलाई थप लचिलो पार्दै यो वर्षको सुरुतिर एक दम्पत्तीले तीन बच्चासम्म जन्माउनसक्ने बनाएको थियो। गत वर्ष प्रति एक हजार चिनियाँबाट करिब नौ बच्चा जन्मिएको रेकर्ड गरिएको थियो। यो सन् १९७८ मा वार्षिक तथ्याङ्क सुरु भएदेखिको सबैभन्दा कम हो।,
चीनमा जन्मदर वृद्धि गर्न प्रसूति बिदा बढाइने
|
सेतोपाटी संवाददाता चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो।, पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।, पक्राउ परेकालाई ७३ वर्ष आठ महिना २९ दिन कैद भुक्तानका लागि कारागार चलान गरिनाका साथै उनीहरूबाट २८ लाख ८३ हजार ३५५ जरिवाना असुल गरिएको छ।, प्रहरीले यस अवधिमा २०२५ वैशाख १४ गते फैसला भई हालसम्म फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको थियो। फरार प्रतिवादी पक्राउ अभियान विगत दुई वर्षदेखि सञ्चालित छ।, प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको चार महिनामा १५४ मुद्दा दर्ता भएकामा ५२ मुद्दा फर्छ्यौट भएको र १०२ मुद्दा फर्छ्यौट हुन बाँकी छ। प्रहरीले यसअवधिमा विभिन्न मुद्दाका ८९ जनालाई पक्राउ गरेकामा एक जना फरार छ। पक्रिएकामध्ये २४ जना पुर्पक्षका लागि थुनामा गएको प्रहरीले जनाएको छ।, चार महिनाकै अवधिमा ११ जनालाई लागुऔषधसहित पक्राउ परेका र उनीहरूबाट ११४ थान डाइजेपाम, ११४ थान फेनरागन, ११३ थान नुफिन र १० किलो ८५५ ग्राम गाजा बरामद भएको छ। प्रहरीले सोही अवधिमा १५५ रोपनी क्षेत्रफलमा उम्रिएका २२ हजार ३०७ गाजाका बोट नष्ट गरेको जनाएको छ।, पाँच वटा जुवा मुद्दामा ६८ जनालाई पक्राउ गरी ११ लाख ७५ हजार ९१० नगद बरामद गरेको प्रहरीले कोरोना भाइरस नियन्त्रणका लागि तपाईंको मास्क खोई अभियानअन्तर्गत ४७ वटा कार्यक्रममार्फत नौ हजार ५३५ लाई मास्क वितरण गरेको थियो।, अवैध नदीजन्य पदार्थ नियन्त्रणतर्फ चार महिनाको अवधिमा एक डोजर, दुई स्काभेटर, दुई जेसिबी, दस टिपर र ३७ ट्याक्टर गरी ५२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर चार लाख ७६ हजार ५०० जरिवाना असुल गरिएको पनि बताइएको छ। रासस,
चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ
|
नारायण खड्का सल्यानका शेरबहादुर चन्दले आफ्नी भाउजुमाथि जबरजस्ती करणको प्रयास गरेपछि उनको हत्या भएको प्रहरीले बताएको छ।, शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटका ३३ वर्षीय शेरबहादुर चन्दको बिहीबार मध्यराति हत्या भएको थियो।, हत्या अभियोगमा शेरबहादुरकी भाउजू २६ वर्षीया लक्ष्मी चन्द र २५ वर्षीया राधा पौडेल पक्राउ परेका छन्।, जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले प्रारम्भिक अनुसन्धानबाट शेरबहादुरले भाउजू लक्ष्मीमाथि जबरजस्ती गर्न गरेपछि हत्या भएको तथ्य खुल्न आएको बताए।, डिएसपी खड्काका अनुसार बिहीबार कुपेन्डेदहमा पूजा गरेको बोकाको टाउको चन्दको घरमा ल्याइएको थियो।, घर परिवारभित्रै जमघट र खानपिन भयो। दुई भाउजू, हत्या गरिएका शेरबहादुर, राधाका श्रीमान सँगै बसेर मदिरा सेवन गरेका थिए।, लक्ष्मीका पाँच वर्षीय छोराले निद्रा लाग्यो भनेपछि घरको माथिल्लो तलामा राधाका श्रीमान् शेरबहादुरको कोठामा गएर सुतका थिए।, शेरबहादुर पनि आफ्नो कोठामा सुत्न गइसकेका थिए। राधा घर जाने तर्खर गर्दै थिइन्। लक्ष्मी पनि सुत्न खोजिरहेकी थिइन्।, प्रहरीका अनुसार राति साढे ११ बज्दै थियो। लक्ष्मीको छोरा शेरबहादुरसँग सुतेका थिए। , छोराको पानी खाने भनेपछि राधा माथिल्लो कोठामा पुगेकी थिइन्।, ‘त्यहीबेला लक्ष्मीमाथि शेरबहादुर एकाएक झम्टिए,’ डिएसपी खड्काले भने, ‘लक्ष्मीले गुहार मागिन्। लक्ष्मीको गुहार सुनेर राधा माथिल्लो कोठा पुगिन्।’, शेरबहादुरलाई सुरूमा राधाले लात्तीले हिर्काइन्। तर पनि शेरबहादुले भाउजुलाई छोडेनन्। त्यसपछि राधाले आवेगमा आएर शेरबहादुरमाथि बञ्चरो प्रहार गरेको प्रहरीसँग बयान दिएकी छिन्।, शेरबहादुर ढलेपछि लक्ष्मीले पनि फेरि त्यही बञ्चरोले प्रहार गरेको खड्काले बताए।, बञ्चरो प्रहारबाट शेरबहादुरको तत्कालै मृत्यु भएको थियो। त्यसपछि लक्ष्मी र राधा रातारात घर सफा गर्न तथा शव व्यवस्थापन गर्न लागेका थिए।, शवलाई ब्ल्याङ्केटमा बेरेर घर बाहिर राखे। रत्ताम्मे घर सरसफाइपछि दुबै मिलेर मध्यरातमै शव जलाउने प्रयास गरे।, चन्दको घर एकान्तमा थियो। कसैले देख्ने अवस्था थिएन। मध्यरातमै ब्ल्याङकेट र झुत्रा कपडा राखेर शव जलाए।, तर, शव टाउकोको भागदेखि आधा मात्रै जल्यो। त्यसपछि उनीहरूले आधाजति जलेको शवलाई उठाएर घर नजिकैको बाँसको झाँडीमा फालेको प्रहरीले जनाएको छ।, स्थानीयले बाटो नजिकैको झाँडीमा मानिसका खुट्टा देखेपछि शुक्रबार प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुगेर अनुसन्धान थाल्यो। मृतकको पहिचान खुलेपछि आफन्त र घर परिवारको खोजी सुरू भयो। दुई भाउजू भागेको भन्ने खुलेपछि प्रहरीले उनीहरूको खोजी थालेको थियो।, १२ घन्टा नबित्दै प्रहरीले आरोपित दुई फरार महिलालाई पक्राउ गरेको थियो। डिएसपी सुमित खड्काले उनीहरूले घटना स्वीकार गरिसकेको बताए।, शेरबहादुरको हत्या भएपछि उनका घर परिवारकै एक भाइले दुई भाउजुका विरूद्धमा किटानी जाहेरी दिइसकेको डिएसपी खड्काले जानकारी दिए।,
जबरजस्ती करणी गर्न खोजेपछि भाउजुले शेरबहादुरको हत्या गरेको प्रहरीको दाबी
|
सेतोपाटी संवाददाता अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका-८ आदर्श चोक प्राइम बैंक अगाडि जगातीबाट आज तीव्रगतिमा आएको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने सवार अर्का व्यक्ति गम्भीर घाइते भएको छन्।, जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नम्बरको टिपरले सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा५७ प३११३ नम्बर को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा राजारानी घर भई हाल ललितपुर कुसुन्ती बस्ने २४ वर्षीय अशिम लिम्बुको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।, दुर्घटनामा गम्भीर घाइते स्कुटर पछाडि सवार ललितपुर पाटन बस्ने २६ वर्षीय सन्दीप महर्जनको डा. इवामुरा अस्पताल, सल्लाघारीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिएण्डबी अस्पताल पठाएको उनले जानकारी दिए।, दुर्घटनापछि फरार टिपर चालक दाङ घोराही-२ रामपुर घर भई हाल काठमाडौँ माछापोखरी बस्ने ३१ वर्षीय किरण कुँवर योगीलाई प्रहरीले थिमिको राधेराधेबाट नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए। रासस,
भक्तपुरमा टिपरको ठक्करले स्कुटर चालकको मृत्यु
|
सेतोपाटी संवाददाता मोरङको बुढीगंगास्थित आरती स्ट्रिप्सका सञ्चालक सञ्जय सिंघलसहितका सञ्चालकहरूले सोही उद्योगका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि निर्घात कुटपिट गरेका छन्।, तर, सिंघलसहितका सञ्चालकहरूले बुधबार साँझ नेपाललाई निर्घात कुटपिट गरेको घटना २४ घण्टा बित्न नपाउँदै लेनदेनमा घटना मिलाइएको छ।, कुटपिटको घटना मिलाउन नेपाली प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कार्कीले अग्रसरता लिएका थिए।, कर्मचारी कुटेको आरोप लागेका सिंघल बुधबार राति पक्राउ परेका थिए। उनी पक्राउ परेलगत्तै राजनीतिक नेतृत्वको दबाबमा प्रहरीले ९ बजे राति सिंघललाई छोडिदिएको थियो।, बिहीबार बिहान घाइते भएका नेपाललाई उपचार खर्चसहित लाखौं रूपैयाँ दिने सहमति भएपछि कुटपिट गर्नेविरूद्ध कारबाहीको प्रक्रिया अगाडि नबढाई विवाद सहमतिमा टुंग्याइएको थियो।, घाइते भएका नेपाल नेपाली कांग्रेस विराटनगर महानगरपालिकाका सह-सचिव हुन्। उनलाई मन्त्री कार्कीले नै आरती स्ट्रिप्समा जागिर लगाइदिएका थिए। नेपाललाई पचास लाख रुपैयाँ दिने सर्तमा सहमति गराइएको दाबी गरिएको छ।, अहिले दुबै पक्ष उजुरबाजुर नगर्ने भन्दै मेलमिलापमा लागेको छलफलमा सहभागी कांग्रेसका एक नेताले बताए।, ‘पीडित र पीडकबीच मुद्दा मामिला नगर्ने सहमति भएपछि प्रहरीमा जाहेरी नदिने निचोडमा पुगियो,’ छलफलमा सहभागी ती नेताले भने, ‘दुबै पक्षबीच सहमति गरेको पत्र मोरङ प्रहरी कार्यालयमा बिहीबार ११ बजे बुझाइएको छ।’, तर सहमति गर्ने र गराउने दुबै पक्षले भने यसबारे प्रतिक्रिया दिएका छैनन्।, घाइते भएका नेपालले पनि सिंघलविरूद्ध बिहीबार कार्यालय खुल्ने समयसम्ममा जिल्ला प्रहरी कार्यालयमा जाहेरी नदिएको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए। घटनामा पीडितले उजुरी नगरेपछि प्रक्रिया अगाडि नबढाएको उनले बताए।, आक्रमणबाट नेपालको टाउकोमा गम्भीर चोट लागेको थियो। सिंघलसहितको टोलीले पेस्तोल देखाएर कुटपिट गरेको पीडित नेपालले बताएका थिए। , सिंघलले ‘मारिदे कति पैसा लाग्छ म तिर्छु’ भन्दै आरती स्ट्रिप्सका भाइस प्रेसिडेन्ट विशाल गुप्तालाई पेस्तोल दिएको नेपालले बताएका थिए।, गुप्ताले पेस्तोल देखाएपछि सिंघल र निर्देशक एसपी बर्मासहितको टोलीले आक्रमण गरेको नेपालले बताएका थिए।, गोली हान्न खोज्दा आफूले ज्यान जोगाएको उनले सञ्चारकर्मीलाई उपचारको क्रममा कोसी अस्पतालमा बताएका थिए।, ‘मार्दे जति पैसा लाग्छ म खर्च गर्छु भन्दै सञ्जय सिंघलले पेस्तोल विशाल गुप्तालाई दिए,’ नेपालले पत्रकारसँग भनेका थिए, ‘पेस्तोल देखाएपछि मैले पनि प्रतिकार गरें।’, आरती स्ट्रिप्स भारतीय लगानीको उद्योग हो। उद्योगले जस्तापाता र पाइप उत्पादन गर्दै आएको छ।, केही समयअघिदेखि नै नेपाल र सञ्चालकबीच विवाद हुँदै आएको थियो। सञ्चालकले नेपाललाई निकाल्न खोजेको तर उनले ठूलो रकम माग गर्दा अहिलेको घटना भएको दाबी गरिएको छ।, नेपालले उद्योग सञ्चालकसँग कति रकम माग गरेका थिए यकिन भएको छैन। सिंघलले यसअघि पनि इन्द्रजित गर्ग, सञ्जीव शर्मा र नागेन्द्र सिंहलगायत कर्मचारीलाई कुटपिट गरेको आरोप लागेको छ।,
पेस्तोल देखाएर कांग्रेस विराटनगरका सह-सचिव नेपालमाथि आक्रमण
|
सेतोपाटी संवाददाता शुक्रबार बिहान विराटनगरको एक अस्पतालको तीन तलाबाट हामफालेका युवाको मृत्यु भएको छ।, मोरङको धनपालथान गाउँपालिका-१ का ३५ वर्षीय शिवकुमार मण्डल अस्पतालको तीन तलाबाट हामफालेका थिए।, मण्डललाई उपचार गराउँदा लागेको खर्च नतिरेको भन्दै गोल्डेन अस्पतालले तीन दिनदेखि घर जान दिएको थिएन।, प्रहरीका अनुसार उपचारमा लागेको खर्च तिर्न नसकेका कारण घर जान नपाएका बिरामीले अस्पतालबाट हाम फालेको बताएको छ।, मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो। अस्पतालको आकस्मिक कक्षमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।, छारे रोग र मानसिक समस्या भएपछि उनलाई उपचारका लागि मंसिर ३ गते अस्पताल ल्याइएको थियो।, आइसियूमा राखेर अस्पतालले उनको उपचार गरिएको थियो। आइसियूबाट वार्डमा सारेपछि घर लैजाँदा हुने भन्दै अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको थियो।, तर, उपचारबापतको २१ हजार रुपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाइरहेका थिएनन्।, मृतकका आफन्त श्रीराम कामतले उपचारमा लागेको रकम नतिरेसम्म बिरामीलाई लैजान नदिने भनेर अस्पतालले राखेको थियो।, अस्पतालका अनुसार मण्डलको उपचारमा जम्मा ३८ हजार रुपैयाँ खर्च भएको थियो। उपचारमा लागेकोमध्ये १७ हजार रुपैयाँ मात्रै परिवारले तिर्न सकेको थियो।, २१ हजार रुपैयाँ तिर्न नसकेका कारण मण्डललाई अस्पतालले घर जान दिएको थिएन। अस्पतालमा उनकै सासू कुरुवा बसेकी थिइन्। प्रहरीका अनुसार सासू शौचालय गएका बेला मण्डल हामफालेका थिए।, गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले बिरामीको डिस्चार्ज भएकोले अस्पतालले जतिसक्दो चाँडो घर लैजानू भनिरहेको भए पनि परिवारका सदस्यले नै ‘पैसा तिरेर मात्रै लैजान्छौं’ भन्दै बिरामीलाई राख्दा यस्तो घटना भएको दाबी गरे।,
घर जान नदिएपछि अस्पतालको तीन तलाबाट हामफालेका युवाको मृत्यु
|
सेतोपाटी संवाददाता कर्तज्य ज्यानमुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले रामेछाप खाँडादेवी गाउँपालिका-१ का ५९ वर्षीय ज्ञानबहादुर तामाङ र ३६ वर्षीय जयराम तामाङलाई पक्राउ गरेको हो।, दुबैलाई प्रहरीले शनिबार बिहान काभ्रे धुलिखेलबाट पक्राउ गरेको हो।, तेमाल गाउँपालिका-१ पिपलबोटका २९ वर्षीय तीर्थमान तामाङको हत्या आरोपमा फरार रहेका दुबै जनालाई प्रहरीले घटना भएको १२ वर्षपछि पक्राउ गरेको हो।, २०६६ असोज १८ गते तीर्थमानको हत्या भएको थियो। पुरानो रिसिइबीका कारण खुकुरी र तरबार प्रहार गरी उनको हत्या भएको थियो।, हत्या भएयता फरार रहेका बाबुछोरालाई काभ्रे प्रहरीको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।,
हत्या भएको १२ वर्षपछि आरोपी पक्राउ
|
सेतोपाटी संवाददाता प्रहरीले सुनसरी इटहरी उपमहानगरपालिका-४ श्रमिक टोलबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा चितवन भक्तपुर १० घर भई सोही स्थानमा कोठा गरी बस्ने ३० वर्षीय सञ्जय लामा रहेका छन्।, शुक्रबार बेलुका ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले लामालाई कोठाबाट ब्राउनसुगर ९ ग्राम २० मिलिग्रामसहित पक्राउ गरेको हो।, यस्तै, सुनसरी धरान उपमहानगरपालिका १५ निराजन बस्तीबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ।, पक्राउ पर्नेहरूमा सोही स्थानका २४ वर्षीय दिपेश राई, विशाल राई र २६ वर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन्।, शुक्रबार राति ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट नाइट्रोजन ७० ट्याब्लेट, डाइजेल्याप ११ एम्पुल, लुप्रिजेशिक ११ एम्पुल, एभिल ११ एम्पुल र नगद ३६ हजार ५०० सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।,
ब्राउन सुगरसहित झापाबाट एक जना पक्राउ
|
युवराज श्रेष्ठ मुस्ताङको चराङ-४ का छिरिङ डुन्डुक गुरुङ केही दिनयता काठमाडौं-पोखरा गरिरहेका थिए- कहिले हवाइजहाजमार्फत, कहिले मोटरबाटोबाट। यसरी आउजाउ गर्दा उनले मोटरबाटोबाटै पोखरा आउन सुरक्षित ठाने। काठमाडौंबाट शुक्रबार छुटेको सार्वजनिक माइक्रो बसमा गुरुङ पोखरा प्रस्थान गरे।, माइक्रो बसमा आफू बसेको सिटमुनि गुरुङले एउटा झोला राखे। जहाँ १ लाख ९४ हजार २ सय अमेरिकी डलर प्याकिङ गरेर राखिएको थियो।, गुरुङले यतिका रकम बोकेर माइक्रो बसमा आउँदै गरेको सूचना प्रहरीले शुक्रबार बिहान पायो। पृथ्वी राजमार्गको पोखरा खण्डमा चेकजाँच बढायो। गुरुङ चढेको माइक्रो बस पोखरा प्रवेश गर्नासाथ प्रहरीको चेकजाँचमा पर्यो। गुरुङ र उनले बोकेको सबै सामग्री बरामद गर्यो।, शुक्रबार दिउँसो साढे तीन बजेतिर पोखराको मझुवाबाट गुरुङलाई पक्राउ गर्न सफल भएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए। ‘हामीले ठूलो परिमाणमा डलर लिएर एक जना आउँदैछन् भनेर सूचना पाएका थियौं,’ उनले भने, ‘नभन्दै काठमाडौंबाट आउँदै गरेको माइक्रो बसबाट १ लाख ९४ हजार २ सय डलरसहित पक्राउ गर्न सफल भयौं।’ उनको झोलामा ५० अमेरिकी डलरको नोट ७२ वटा र १०० डलरको नोट १ हजार ९ सय ६ वटा भेटिएको उनले जानकारी दिए।, गुरुङले बोकेको त्यतिका परिमाण अमेरिकी डलर आजको मूल्यमा नेपालीमा साट्दा २ करोड ३२ लाख ६ हजार ९ सय रुपैयाँ हुन्छ। नेपालमा एक हजार डलरभन्दा धेरै रकम बोक्न राष्ट्र बैंकको अनुमति चाहिन्छ। गुरुङले बोकेका त्यतिका परिमाणको डलरको प्रयोजन अहिलेसम्म खुल्न सकेको छैन। उनले राष्ट्र बैंकसँग डलर लिएर हिँड्न स्वीकृति लिएको कागजात नभेटिएको एसपी थापाले बताए।, अमेरिकी डलर तस्करीका बारेमा प्रारम्भिक अनुसन्धानका क्रममा काठमाडौं र पोखरामा डलर तस्करीको ठूलो सञ्जाल हुन सक्ने प्रहरीले आशंका गरेको छ। ‘एक जना व्यक्तिले मात्र यति धेरै डलर बोकेर हिँड्न सक्दैन, संगठित अपराध भएकाले यसको विस्तृत छानबिन गर्दैछौं,’ एसपी थापाले बताए।, प्रहरीले प्रारम्भिक बयान लिँदा गुरुङले कहाँबाट यति धेरै डलर ल्याएको र कहाँ लैजान लागेको खुलाएका छैनन्। अनुसन्धानमा खटिएका प्रहरीले सुन तस्करीका लागि उक्त डलर प्रयोग गर्न खोजिएको अनुमान गरेका छन्। पोखराका स्थानीय बजारबाट भन्दा पनि अन्तरदेशीय सुन तस्करीका लागि उक्त डलर प्रयोग हुन सक्ने उनीहरूको अनुमान छ। चीन र भारतमा सुन तस्करी गर्न नेपाली रुपैयाँ नचल्ने भएकाले डलरको प्रयोग भएको हुन सक्ने उनीहरूले आशंका गरेका छन्।, उत्तरी गोरखाबाट तिब्बत जोड्ने नाकाबाट बेलाबखत सुन तस्करी पक्राउ पर्ने गरेका छन्। यस्तै, मनाङ र मुस्ताङको बाटोबाट पनि तस्करी हुन सक्ने प्रहरीले आशंका गरेको छ। चीनबाट अवैध रूपमा सुन ल्याएर भारत पठाउन डलरको प्रयोग भएको आशंका गरिएको एसपी थापाले बताए।, प्रारम्भिक बयानका क्रममा गुरुङले यसअघि पनि यसरी नै ठूलो परिमाणमा डलर लिएर पोखरा आउने गरेको स्वीकार गरेका छन्। गुरुङसँग डलर बरामद गरेपछि प्रहरीले नेपाल राष्ट्र बैंकका प्राविधिकलाई परीक्षण गराएका थिए। राष्ट्र बैंकका कर्मचारीले मेसिनमा राखेर बरामद डलर परीक्षण गरेका थिए।, डलरसहित पक्राउ परेका गुरुङको साथबाट प्रहरीले २ वटा मोबाइल, नेपाली नागरिकता र १ थान चेकबुक पनि नियन्त्रणमा लिएको छ। गुरुङलाई थप अनुसन्धान र कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान विभाग काठाडौंको जिम्मा लगाउने प्रहरीको तयारी छ। गुरुङलाई विदेशी मुद्रा विनिमय नियमित गर्ने ऐन–२०१९ र विदेशी मुद्रा अपचलन सम्बन्धी ऐन अनुसार कारबाहीका लागि सिफारिस गर्ने तयारी भएको एसपी थापाले बताए।, राजश्व अनुसन्धान विभागलाई जिम्मा लगाए पनि अवैध रूपमा अमेरिकी डलर ओसारपसारका बारेमा भने प्रहरीले अनुसन्धान जारी राख्ने भएको छ। ‘पोखरा र काठमाडौंमा यसको सञ्जाल जोडिएको देखिन्छ, हामीले अनुसन्धान जारी राखेका छौं,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने।,
काठमाडौंबाट झन्डै दुई लाख अमेरिकी डलर बोकेर हिँडेका युवक पोखरामा पक्राउ
|
नवीनबाबु गुरूङ 'पिकेसी बिबिएम दोस्रो साइकल र्याली' सुरू भएको छ।, पद्मकन्या क्याम्पसका विद्यार्थीको आयोजनामा भएको र्याली महिला हिंसाविरूद्ध जनचेतना र वातावरण सचेतना फैलाउने उद्देश्यसहित र्याली सुरू भएको संयोजक योगेन्द्रमान सिंह वस्न्यातले जानकारी दिए।, महिला हिंसा हरेक ठाउँमा व्याप्त रहेको भन्दै यसविरूद्ध सचेतना फैलाउने उद्धेश्यले र्यालीको आयोजना गरिएको इभेन्ट संयोजक सोनु पौडेलले बताइन्।, कार्यक्रममा उठेको रकम अभियन्ता महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई दान दिने आयोजकले जानकारी दिएको छ। कार्यक्रममा महावीर पुन पनि उपस्थित थिए।, यसअघि नारी दिवसको अवसरमा गरिएको साइकल र्यालीमा २ सय भन्दा बढीले सहभागिता जनाएका थिए।, तस्बिरहरू:, ,
महिला हिंसाविरूद्ध साइकल र्याली (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २१३ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ६ हजार ६३२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ४ हजार ९०७ जनाको पिसिआर परीक्षण र १७२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार १५६ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ।, ३२५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।, ,
६ हजार ६३२ लाई कोरोना परीक्षण गर्दा २१३ संक्रमण
|
सेतोपाटी संवाददाता दाङको तुलसीपुर उपहानगरपालिकाका सबै वडामा मंसिर १२ गतेदेखि १८ वर्षदेखि माथिका सर्वसाधारणलाई कोरोनाविरूद्धको खोप लगाउन सुरू गरिने भएको छ। , नगरका सबै स्वास्थ्य संस्थाबाट कोरोना विरूद्धको चाइनिज भेरोसेल खोप १८ वर्षदेखि माथिका व्यक्तिलाई क्रमश: लगाइने भएको छ। , तुलसीपुर उपहानगरपालिका जनस्वास्थय प्रवर्द्धन शाखाका फोकल पर्सन विमल केसीले मंसिर १२ गतेदेखि १६ गतेसम्म खोप लगाइने जानकारी दिए। , पालैपालो १८ वर्षमाथिका सबैलाई खोप लगाउने जिल्ला खोप समितिको निर्णयअनुसार खोप कार्यक्रम सञ्चालन गरिने केसीले बताए। , नजिकको वा पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क राखेर आफ्नो टोलको पालो अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी खोप लगाउन सकिने छ। पहिलो खोप लगाउनेहरूले उमेर खुल्ने परिचय पत्र साथमा लैजानुपर्ने छ। , खोप बिहान ११ बजेदेखि ३ बजेसम्म लगाइने छ। , एउटा स्वास्थ्य संस्थाबाट दैनिक १२५ देखि १५० जनासम्मलाई खोप लगाउने लक्ष्य राखिएको केसीले जानकारी दिए।,
आइतबारदेखि तुलसीपुरमा १८ वर्ष माथिकालाई भेरोसेल खोप लगाइने
|
सेतोपाटी संवाददाता हेटौंडा उपमहानगरपालिका-१५ मा सञ्चालित ऋद्दिसिद्दी सिमेन्ट उद्योगले सञ्चालन गर्दै आएका चुनढुङ्गा खानीका कारण स्थानीयबासी समस्या भोग्दै आएका छन्।, सो उद्योगले मापदण्डविपरीत जथाभावी चुनढुङ्गा खानी क्षेत्र उत्खनन गर्दा राक्सिराङ गाउँपालिकाका स्थानीय बासिन्दा सस्यामा परेका हुन्। चुनढुङ्गा उत्खनन कार्यले खानी क्षेत्रको आसपासको सडक बिग्रिने भत्किने, धुलो धुवाँ उड्ने, ध्वनी प्रदूषणलगायत वातावरणीय समस्याबाट स्थानीय पीडित भएकाले उत्खनन् रोक्न माग गरेका छन्।, सो गाउँपालिका-४ का वडाध्यक्ष सञ्जय कोइरालाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई शनिबार एक ज्ञापनपत्र बुझाउँदै उत्खनन कार्य तत्काल रोक्न माग गरेका हुन्। सो उद्योगको राक्सिराङ गाउँपालिका-४ मा चुनढुङ्गा खानी रहेको र चुनढुङ्गाका लागि मापदण्डविपरीत उत्खनन गर्दा स्थानीय समस्यामा परेकाले त्यस्ता कार्य तत्काल रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई पाँच बुँदै ज्ञापनपत्र बुझाएको उनले बताए।, उनका अनुसार चुनढुङ्गा झिक्दा पन्छाएका अन्य ढुङ्गा, गिटी, माटो सर्वसाधारणको जग्गामा फाल्ने गरेका कारण पनि स्थानीयबासी समस्या भोग्न बाध्य भएका छन्। विशेषगरी सिमेन्ट उद्योगद्वारा सञ्चालित चुनढुङ्गा खानीका क्षेत्रमा दिनहुँ उत्खनन गर्दा हेवी मेसिन उपकरणको प्रयोग, टिपरको आवतजावत हुनेहुँदा सडक बिग्रिएकाले स्थानीयवासीमा समस्या हुँदै आएको छ। खानीमा उत्खनन गर्दा पाँच प्रतिशत चुनढुङ्गा निकाल्नका लागि ९५ प्रतिशत अरु ढुङ्गा, गिटी र माटो पन्छाएर बाहिर फाल्नुपर्ने हुन्छ। व्यवस्थितरुपमा उत्खनन कार्य नहुँदा समस्या बल्झिँदै गएको छ।, ज्ञापनपत्रमा खानी क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन नभएको, मनहरी–चैनपुर–रतुवा– खैराङ हुँदै कैलाश गाउँपालिकासम्म बाटो निर्माणका लागि आग्रह गरेअनुसार बाटो बनाउँदा त्यसको वातावरणीय प्रभाव मूल्याङ्कन नभएको, सामुदायिक वनका पदाधिकारीमाथि बाटोका विषयमा मुद्दा खेप्नुपरेको, विगतमा भएको सहमति र सम्झौता कार्यान्वयन नभएको तथा स्थानीयवासीबीच विवाद बढाएकालगायतका कारणले पनि उत्खनन् कार्य तत्काल रोक्नुपर्ने उल्लेख छ। यसका साथै खानी सञ्चालन गर्नुअघि स्थानीय बासिन्दा, व्यवसायी र सरोकावालाबीच पटकपटक भएको सम्झौता र सहमति कार्यान्वयन नहुँदा उत्खननकर्ता कम्पनी बानियाँ निर्माण सेवा र मोतिदान कन्स्ट्रक्सन प्रालिले स्थानीय व्यवसायीसँग समन्वय नगरी उल्टै प्रहरीप्रशासन लगाएर दुःख दिने कार्य गरेको आरोप वडाध्यक्ष कोइरालाको छ। , सो उद्योगले व्यवस्थित रुपमा चुनढुङ्गा खानीको उत्खनन नगर्दा खानी आसपास क्षेत्रमा निस्कने धुलोका कारण एक दर्जन परिवारले गाउँ छाड्नुपर्ने अवस्था आएको स्थानीयवासीको भनाइ छ। घर नजिकै डोजर चल्न थालेपछि खानी आसपासका क्षेत्रबाट निस्कने धुलोका कारण घर धुलाम्य हुने अवस्था आएको उनीहरुको भनाइ छ।, यसैबीच सो उद्योगले चुनढुङ्गा खानीलाई व्यवस्थित नगरी अनुमति पाएको भन्दा बाहिर गएर उत्खनन गर्दै आएको स्थानीय जनसरोकार मञ्च राक्सिराङ वडा नम्बर ४ का गोपाल मोक्तानले बताए। जथाभावी उत्खनन तथा दोहनले त्यस क्षेत्रभन्दा बाहिर स्थानीयबासीको घर जग्गा रहेकाले समस्या भएको, खानेपानी मुहानमा समस्या भएको र स्थानीयवासीको स्वास्थ्यमा प्रतिकूल प्रभाव परिरहेको बताइएको छ। उनले अनुमति प्राप्त क्षेत्रमा मात्र काम गर्न र उद्योगबाट भएका क्षतिको क्षतिपूर्ति प्रदान गर्न माग गरे।, उद्योगले सञ्चालनमा ल्याएका चुनढुङ्गा खानीका कारण स्थानीयवासीका समस्या देखा परेकाले उद्योगसँग समन्वय गरी समस्या समाधान गर्न पहल गरिने योजना रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। उद्योगले वर्षमा अर्बौं रकम नाफा कमाउने तर निजी स्वार्थका लागि गाउँलेलाई चपेटामा पारेर विस्थापित गर्न लागिएको भन्दै स्थानीयसीले विरोध गरिरहेका छन्।, यस सम्बन्धमा उच्च अदालत पाटन हेटौँडालेसमेत तोकिएको क्षेत्रभन्दा बाहिर गएर उत्खनन नगर्न आदेश जारी गरेको थियो। तरपनि सो आदेशको पालना नगरेको जनसरोकार मञ्च राक्सिराङ वडा नम्बर ४ का मोक्तानले जानकारी दिए। उनले अदालतको फैसलाअनुसार उद्योगले अनुमति प्राप्तभन्दा बाहिर जथाभावी उत्खनन् गरेको बताए। रासस,
सिमेन्ट उद्योगले जथाभावी चुनढुंगा खोस्रिँदा स्थानीयलाई सास्ती
|
रासस सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ। , शनिबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका-४ का ५३ वर्षीय गीतानाथ खनालसहित उनका १३ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो।, बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना३ख ३८६० नम्बरको ट्रकले खनाल सवार ग११प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए।, ट्रकको ठक्करबाट घाइते भएका दुबै जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका क्रममा दिउँसो १:३५ बजे मृत्यु भएको हो।, ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्।,
भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु
|
सेतोपाटी संवाददाता कोसी ब्यारेजमा डुबेर शनिबार एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको दमक-६ का ४५ वर्षीय सुभाष नेपाल रहेका छन्।, इलाका प्रहरी कार्यालय कोसी ब्यारेजका प्रहरी नायब उपरीक्षक प्रमोद यादवका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङमा अहेव पदमा कार्यरत नेपाल कोसी ब्यारेजको ५२ नम्बर ढोकामा फोटो खिच्ने क्रममा लडेका थिए।, लडेर पानीमा डुबेका नेपाललाई सशस्त्र प्रहरी नम्बर १ बाहिनी पकली, सुनसरीको टोलीले उद्धारको प्रयास गरे पनि उनलाई बचाउन भने सकेन।, नेपालको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ। रासस,
फोटो खिच्दा सप्तकोसीमा खसेका स्वास्थ्यकर्मीको मृत्यु
|
सेतोपाटी संवाददाता काठमाडौंको सोल्टी दोबाटोबाट संरक्षित सुन कछुवासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १३ सोल्टी दोबाटोबाट चार जनालाई पक्राउ गरेको महागरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।, सुन कछुवा बिक्री गरेको आरोपमा प्रहरीले तनहुँ भानु नगरपालिका घर भई काठमाडौं-२६ रानीबारी बस्ने ४२ वर्षीय हरि परियार, दोलखा गौरीशंकर गाउँपालिका-८ भई बुढानिलकण्ठ नगर-१ बस्ने ३३ वर्षीय राजुकुमार तामाङ, बालाजु बस्ने २२ वर्षीय प्रभास कार्की र ४४ वर्षीय सञ्जय तामाङलाई पक्राउ गरेको हो।, सुन कछुवाको बिक्री वितरण गर्न लागेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो। सूचना पछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।, प्रहरी आफैं ग्राहक बनेर उनीहरूलाई पक्राउ गरेको वृत्तले जनाएको छ। उनीहरूले ८० लाख रुपैयाँमा सुन कछुवा बिक्री गर्ने सहमति गरेका थिए।, उनीहरूबाट एउटा जीवित सुन कछुवा, पाँच वटा मोबाइल र ३६ हजार ६०५ रुपैयाँ नगद बरामद गरेको छ।,
सुन कछुवासहित चार जना पक्राउ
|
सेतोपाटी संवाददाता विराटनगर ट्राफिक चोकका औषधी व्यवसायी हरिमोहन श्रेष्ठले ९१ औं पटक रक्तदान गरेका छन्।, नोबेल शिक्षण अस्पतालमा उपचारत् झापा बैगुनधुराकी ७९ वर्षीय रत्नमाया लिम्बुका लागि उनले शुक्रबार रक्तदान गरे।, बिएण्डसी अस्पताल विर्तामोडमा उपचार गर्दा निको नभएपछि रिफर गरी नोबेल अस्पताल विराटनगर ल्याइएकी लिम्बुलाई श्रेष्ठले एक पिन्ट ताजा रगत दिए।, लिम्बुलाई चाहिने रगत ए पोजेटिभ मिलेपछि श्रेष्ठले रक्तदान गरेको बिरामीका नाति महेश राईले बताए।, यसभन्दा अगाडि श्रेष्ठले गत भदौ ७ गते गाइजात्राको दिन मोरङ उर्लाबारीका सञ्जय माझीका लागि ९० औं पटक रक्तदान गरेका थिए।, भदौ ६ गते राति उर्लाबारी-४ वरगाछीमा भएको मोटरसाइकल दुर्घटनामा परी अस्पताल भर्ना गरिएका उनको करङ भाँचिएर छातीमा रगत जमेको र शल्यक्रियाका लागि ए पोजेटिभको ताजा रगत आवश्यक पर्दा श्रेष्ठले रक्तदान गरे।, श्रेष्ठले तीन-तीन महिनामा रगतको आवश्यक परेका बिरामीलाई दिउँसो राति केही नभनी रगत दिँदै आएका छन्।, ८९ औं पटकमा उनले वैशाख १९ गते खोटाङ चिसापानीकी उर्मिला राईका लागि रक्तदान गरेका थिए। त्यसपछि उनले तीन महिना पुग्नसाथ रक्तदान गर्न खोजे पनि कोरोना खोप लगाएको २४ दिनपछि मात्र पाइने भएपछि ढिलो गरी भदौमा मात्र रक्तदान गरेका थिए।, कम्तीमा एक सय पटक रगत दिने रहर रहेको श्रेष्ठले बताए। विराटनगरमा सय पटक भन्दाबढी रगत दिनेमा डा. केएन ठाकुर छन्। ठाकुर अहिले वृद्धावस्थाका कारण रक्तदान गर्न छाडेका छन्।, विराटनगरका अर्का रक्तदाता घनश्याम राठीले ६२ पटक रगत दिएका छन्।,
हरिमोहनले गरे ९१ औं पटक रक्तदान
|
गोपालप्रसाद बराल यसपालि मध्य मंसिरअघि नै चिसो छिप्पिएको छ। महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मध्य मंसिरअघि नै चिसोको कहर बढेको हो। विगत वर्षमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मंसिर मध्यपूर्व नै ह्वात्तै बढेको छ। जारी मंसिरको दोस्रो साता प्रारम्भ भएसँगै एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो हावा लगातार बहिरहेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईमा जनजीवन कष्टकर बनेको छ।, जिल्लाको मध्य र दक्षिणी भेगमा बिहान हुस्सुले ढाक्दै आएको छ। मध्याह्नसम्म घाम देखिँदैन। यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यसपालि मंसिर निगल्दो नै जाडो निकै बढेको हो। जिल्लाको उत्तरी भेगको पूर्वपश्चिम राजमार्ग वरपर बिहानै घाम झुल्के पनि तुषारोसँगै सिरेटो चल्ने क्रमले चिसो निकै बढाएको छ। मध्य र दक्षिणी भेगमा त मंसिर दोस्रो साता लागेसँगै एकाबिहानैदेखि बाक्लो हुस्सुले ढाक्दै आएको छ। मध्याह्नपछि देखिने घाम पनि मधुरो हुँदा यसपालि मध्य मंसिरअघि नै जाडो बढेको जलेश्वर नगरपालिका-५ पर्साका रामनारायण राउत जानकारी दिए।, एक्कासी बदलिएको मौसमले व्यापार व्यवसायमात्र नभएर कृषि कार्य पनि प्रभावित छन्। मंसिर मध्यपूर्व नै यस्तो चिसो भएपछि यस भेगका बूढापाका पुस, माघ झन् कस्तो होला भन्दैछन्।, ‘खै उमेरले ६० वर्ष टेक्न लागियो, मंसिरमै यसरी लगलगी कमाउने जाडो त त्यति भोगेको सम्झनै छैन,’ भङ्गाहा नगरपालिका-४ रामनगरका ५९ वर्षीय किसान सत्यनारायण यादवले भने, ‘खै यो दुई वर्षदेखिको कोरोना त्रासले जाडो चाँडै बढाएको त हैन?’, बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन्। दैनिक ज्यालादारी गरेर गुजारा गर्नपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नपर्ने अवस्था बनेको छ।, ‘जाडो त सबैलाई हो ता नि..! हुनेखाने जाडोबाट बच्ने सरजाम (बन्दोबस्त) घरमै जुटाउलान्, हामी बनीबुतो गरेर गुजारा गर्नेको चाहिँ के हविगत हुने हो अब,’ जिल्लाको बलवा नगरपालिका-१० को मुसहरीटोलका पलट माझी मुसहरले चिन्ता व्यक्त गरे।, चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र स-साना नानीहरूको स्याहार, सम्भार कठिन भएको छ। घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर वरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन्।, यसैबीच जिल्लाका स्वास्थ्य संस्थाहरूले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन्। घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरूरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन्।, यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताए।, चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन्।, ‘क्षति हुन थालेपछि मात्र राहतका पोका बोक्ने बानी छ हाम्रो, अब स्थानीय तहको नेतृत्व चनाखो हुनपर्छ”, प्रयासका अध्यक्ष प्रवीण कर्णले भने, ‘अहिलेको तदारुकताले क्षति हुन कम सकिन्छ।’, मंसिरमै लगलगी कमाउने चिसो बढेपछि पुस र माघ झनै चिसो बढ्ने अड्कलले गरिब बस्तीमा चिन्ता बढेको छ। गरिब बस्तीका बासिन्दाले जाडोबाट बचाउने उपायका लागि आ-आफ्ना बस्तीका स्थानीय तहका प्रतिनिधि गुहार्न थालेका छन्।, यसैबीच जिल्ला समन्वय समितिको कार्यालयले जिल्लाका १५वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट वर्षेनी हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ। ,रासस,
मंसिरमै तराईमा लगलगी कमाउने जाडो
|
सेतोपाटी संवाददाता अहिले संसारभरि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको चर्चा भइरहेको छ। धेरै मुलुकले खोप लगाउन थालेको र यसअघि निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण कम हुँदै गएर जनजीवन सामान्य बन्न लागेका बेला भेटिएको ओमिक्रोनले विभिन्न मुलुकमा त्रास सिर्जना गरेको छ।, ओमिक्रोन भेरियन्ट गत साता दक्षिण अफ्रिकामा फेला परेको हो। दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा संक्रमितहरू धेरै भेटिएपछि अधिकारीहरूले नयाँ भेरियन्टका बारेमा थाहा पाएका हुन्। अहिले युरोपका बेलायत, जर्मनी, इटाली, चेक रिपब्लिकसहित विभिन्न मुलुकमा यो भेरियन्टका संक्रमित भेटिएका छन्। , द इकोनोमिस्टका अनुसार ओमिक्रोन भेरियन्टले दुइटा त्रास सिर्जना गरेको छ।, पहिलो, यो भेरियन्ट डेल्टाभन्दा पनि निकै संक्रामक हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। यसको संक्रमणको गति कति हो भन्नेबारे विस्तृत अध्ययन हुन बाँकी छ तर यो निकै संक्रामक रहेको वैज्ञानिकहरूको निष्कर्ष छ। सुरूमा भारतमा देखिएको डेल्टा भेरियन्ट त्यसअघिका अरू भेरियन्टभन्दा निकै संक्रामक थियो। देखिएको केही दिनमै यो संसारभरि फैलिएको थियो। अहिले भेटिने अधिकांश संक्रमितमा डेल्टा भेरियन्ट हुन्छ।, डेल्टाभन्दा ओमिक्रोन झन् संक्रामक भए यसले फेरि विश्वभरि एकैसाथ संक्रमण बढाउन सक्ने देखिएको छ। डेल्टा भेरियन्ट पत्ता लाग्दासम्म यो संसारभरि फैलिइसकेको थियो। ओमिक्रोन भने सुरूमै पत्ता लागेको हुन सक्ने स्वास्थ्य अधिकारीहरूले विश्वास गरेका छन्।, दोस्रो, अहिले प्रयोगमा आइरहेका कोरोनाविरूद्धका भ्याक्सिनहरूले ओमिक्रोन भेरियन्टविरूद्ध प्रभावकारी ढंगले काम गर्न सक्दैनन् कि भन्ने डर छ। ओमिक्रोनविरूद्ध अहिलेका भ्याक्सिनहरूले कति काम गर्न सक्छन् भन्ने विस्तृत अध्ययन हुन बाँकी छ। भ्याक्सिन निर्माता कम्पनी फाइजर र बायोएन्डटेकले ६ साताभित्र नयाँ भेरियन्टविरूद्धको प्रभावकारी खोप बनाउन सक्ने र एक सयदिनभित्र पहिलोमात्र डेलिभरी गर्न सक्ने बताएको छ।, त्रासका बीचमा अहिले विभिन्न मुलुकले दक्षिण अफ्रिका र आसपासका मुलुकबाट हुने उडान बन्द गरेका छन्। अमेरिका, बेलायत, अष्ट्रेलिया र युरोपेली युनियनअन्तर्गतका मुलुकले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्स्वाना, अंगोला, मालावी, जाम्बिया, लेसेथोबाट हुने उडान बन्द गरेका छन्। भारतले पनि दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुको राम्ररी परीक्षण गर्न निर्देशन दिएको छ।, इजरायलले त आइतबारदेखि लागु हुने गरी सबै विदेशीको आगमनमा प्रतिबन्ध लगाइदिएको छ। प्रधानमन्त्री नाफ्टाली बेनेटले यो प्रतिबन्ध १४ दिनसम्म रहने बताएका छन्। ,
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका दुई त्रास
|
सेतोपाटी संवाददाता जाजरकोटमा भएको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ।, जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ बर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ बर्षीया अनिला नेपाली र सप्तरीका ४० बर्षीया गंगाराम यादवको मृत्यु भएको छ।, नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस सदरमुकाम पुग्नुभन्दा करिब १० किलोमिटर यता भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा परेको थियो। शनिबार राती नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।, दुर्घटनामा चालकसहित २८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई हेलिकप्टर मगाएर नेपालगञ्ज पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए।, ‘अवस्था सामान्य नभएको बिरामीलाई हेलिकप्टर मगाएर नेपालगञ्जको अस्पतालमा लैजाने योजना बनाएका छौं,’ उनले भने।, दुर्घटनामा परेर घाइते भएकाहरुमध्ये नेपालगञ्जका २५ वर्षीय मोहन खत्री, प्रकाश थापा, जाजरकोटको बारेकोट गाउँपालिका–९ का संगिता बुढा, कालीबहादुर बोहरा, मनिषा बोहरा, वडा नम्बर ७ का प्रेम सिंह, वडा नम्बर ६ का कमल चलाउने, वडा नम्बर १ का खम्ब प्रसाद पुन रहेका छन्।, जाजरकोटको नलगाड नगरपालिका–१० का अमित ध्यार, अमित धामी, अमर दमाई, वडा नम्बर ४ का हजारी वली, वडा नम्बर १ का अभिषेक परियार, वर्षा परियार, विपना परियार रहेका छन् भने रुकुमको आठविसकोट नगरपालिकाका धर्मी मल्ल, जयकुमार रिजाल, सरोजचन्द्र शाही छन्।, जाजरकोटको कुशे गाउँपालिका–९ का गिता नेपाली, गणेश नेपाली, कोहलपुरका शेरबहादुर खत्री, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका रमेश विष्ट, सप्तरीका हिरनजित यादव उक्त दुर्घटनामा घाइते भएका छन्।, दुर्घटनामा घाइतेहरु रेम्बो पुन र आस्या वली ठेगाना नखुलेको प्रहरीले जनाएको छ। अरु चार जनाको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।,
जाजरकोट बस दुर्घटना: मृतक ५ जनाको सनाखत, गम्भीर घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज पठाइने
|
दिपकजंग शाही नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।, नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।, दुर्घटनामा परेर मृत्यु भएकामध्ये तीन जनाको सनाखत भएको छ। आठबिसकोट नगरपालिका रूकुमकी ४ वर्षीया दिब्या शाही, नलगाड नगरपालिका-१० का शेरबहादुर परियार र सप्तरीका ४० वर्षीय गंगाराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।, साथै दुर्घटनामा परेर २७ जना घाइते भएका छन्। बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।, दुर्घटना स्थलबाट जाजरकोट सदरमुकाम पुग्न करिब १० किलोमिटर छ। मृतकहरुमध्ये २ जनाको सनाखत भइसकेको छैन।, दुर्घटनामा परेर नेपालगञ्जका २५ वर्षीय मोहन खत्री, प्रकाश थापा, जाजरकोटको बारेकोट गाउँपालिका–९ का संगीता बुढा, कालीबहादुर बोहरा, मनिषा बोहरा, वडा नम्बर ७ का प्रेम सिंह, वडा नम्बर ६ का कमल चलाउने, वडा नम्बर १ का खम्बप्रसाद पुन घाइते रहेका छन्।, जाजरकोटको नलगाड नगरपालिका–१० का अमित ध्यार, अमित धामी, अमर दमाई, वडा नम्बर ४ का हजारी वली, वडा नम्बर १ का अभिषेक परियार, वर्षा परियार, विपना परियार पनि घाइते रहेको प्रहरीले जनाएको छ।, रुकुमको आठविसकोट नगरपालिकाका धर्मी मल्ल, जयकुमार रिजाल, सरोजचन्द्र शाही पनि घाइते छन्।, साथै जाजरकोटको कुशे गाउँपालिका–९ का गिता नेपाली, गणेश नेपाली, कोहलपुरका शेरबहादुर खत्री, रुकुमाको चौरजहारी नगरपालिकाका रमेश विष्ट, सप्तरीका हिरनजित यादव उक्त दुर्घटनामा घाइते छन्।, घाइतेहरूमध्ये रेम्बो पुन र आस्या वलीको ठेगाना खुलेको छैन।,
नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ घाइते
|
रासस चितवनको एक घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ। , शनिबार राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा आगलागी भएको थियो।, आगलागीमा परी जितबहादुरका ३ वर्षीय नाति सुरज र नातिनी मनिषा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। , आगलागीबाट घर, लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पूर्ण रुपमाजलेर नष्ट भएको छ।, घरमा अभिभावक नभएकोबेला आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बताए। , सोलारको ब्याट्री सर्ट भई आगलागी भएको अनुमान गरिएको छ। शनिबार घटना भए पनि विकट पहाडी क्षेत्र भएकाले आइतबार मात्र घटनाको जानकारी गराएको प्रहरीले जनाएको छ। , शव परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ।,
,
चितवनमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु
|
सविना कार्की जन्मिँदै पक्षघात भएका रघुनाथ बस्नेत अहिले तीस वर्ष भए। उनको घर भक्तपुर हो। हिँड्न सक्दैनन्। वरपर घुमफिर गर्न उनलाई ह्विलचेयर चाहिन्छ।, रघुनाथले स्नातक तह पास गरेका छन्। उनलाई सरकारी जागिर खाने मन थियो। सरकारी जागिरकै लागि तीन वर्ष लोक सेवा तयारी गरे। नायब सुब्बा र खरिदारका लागि परीक्षा पनि दिए। पास हुन सकेनन्।, त्यसपछि ललितपुरको एउटा निजी संस्थामा सात वर्ष काम गरे। , 'शारीरिक रूपमा अशक्त भए पनि म बाँचुञ्जेल आफ्नै पाखुरा बझारेर खान चाहन्छु,' रघुनाथ भन्छन्।, त्यसैले उनले जीवन ह्विलचेयरमा मात्र बिताएनन्। १३ वर्षदेखि चारपांग्रे स्कुटर पनि गुडाइरहेका छन्।, १३ वर्षअघि रातो रङको प्लेजर स्कुटर थियो रघुनाथसँग। भक्तपुर घरबाट पुल्चोकस्थित कार्यालय जान-आउन मात्र चलाउँथे। घर वरपर ह्विलचेयरमै गुड्छन्।, ह्विलचेयरमा गुडेको शरीरले स्कुटर गुडाउन सजिलो थिएन। सुरूमा डर भयो। ह्विलचेयरको जीन्दगीबाट पहिलोपटक एक्लै सडकमा पुग्दा उनी हराएका पनि थिए। तर आफ्नो आत्मविश्वास अड्याइराखे। त्यसैले स्कुटर चलाएर काठमाडौंका सडकमा खुट्टा टेक्दा उनलाई संसार जितेजस्तो लागेको थियो।, 'ह्विलचेयरबाट स्कुटरमा चढेको पहिलो दिन म हराएको थिएँ। डर लागेको थियो। तर सँगै खुसी पनि थिएँ,' उनी त्यो दिन सम्झिँदै भन्छन्, 'जब स्कुटर गुडाउन जान्ने भएँ, त्यसपछि दिनभर काठमाडौं डुलेँ। अनि बल्ल थाहा भयो ह्विलचेयर बाहिरको जीवन कस्तो हुँदो रहेछ।', अहिले उनको दैनिकी पूरै फेरिएको छ। चारपांग्रे स्कुटरमा उनी आफू मात्र हुँइकिँदैनन्, पछाडि यात्रुलाई राखेर गन्तव्यसम्म पुर्याइदिन्छन्। यही कामबाट कमाइ पनि गर्छन्। , रघुनाथ राइड सेयरिङ कम्पनी पठाओका चालक हुन्। कुनै बेला सरकारी जागिर खाने रहर पालेका उनले अहिले यात्रु ओसारपसारको कामलाई नै पेसा बनाएका छन्।, 'सरकारी जागिर खाने रहर थियो तर पठाओ राइडर भइयो,' होन्डाको नयाँ चारपांग्रे स्कुटरमा बसेका रघुनाथले मुस्कुराउँदै भने। , सुरूसुरूमा उनलाई स–साना खाल्डाखुल्डीमा पनि डर लाग्थ्यो। आजभोलि उनको आत्मविश्वास बढेको छ।, उनी हरेक बिहान १० बजे भक्तपुरबाट निस्किन्छन्।, 'कोठाबाट ह्विलचेयरको सहायताले बाहिर निस्कन्छु। विस्तारै ह्विलचेयरलाई स्कुटरसँगै जोड्छु अनि स्कुटरमा चढ्छु,' उनी स्कुटरमा बस्दाको अनुभव सुनाउँछन्, 'सुरूमा त श्रीमतीको सहयोग पनि चाहिन्थ्यो। अचेल एक्लै चढ्ने बानी भइसक्यो।', निस्किने बेलामा उनी पठाओ एप खोल्छन्। यात्रुले पठाओ बुक गर्नासाथ लोकेसन-अन गर्दै उनी सेवा दिन त्यही स्थान पुग्छन्। दिनभरि सहरका मुख्य र भित्री सडक छिचोल्दै यात्रुलाई गन्तव्यसम्म पुर्याउँछन्।, यसरी उनी दिनमा दसदेखि १५ जनालाई सेवा दिन्छन्। पठाओ चलाएरै मासिक २५ हजारसम्म आम्दानी हुने उनले बताए।, 'अरूको जागिर खानुभन्दा आफूले सकेको काम गरेर कमाएको रकमले खुसी पनि दिने रहेछ,' उनले सेतीपाटीसँग भने।, दिनभरि यात्रुको सेवामा खटिएपछि जब घडीमा साँझको ६ बज्छ, उनी घर फर्किन्छन्। , उनले श्रीमती संगीता बस्नेतलाई पनि पठाओ चालक बन्न प्रेरित गरेका छन्। २४ वर्षीया संगीता शारीरिक रूपमा अशक्त छिन्। उनलाई जन्मजातै 'क्ल फुट' भएको हो।, यसअघि संगीता एक गैरसरकारी संस्थामार्फत् अशक्त व्यक्तिको समूहमा बसेर काम गर्थिन्। त्यहाँ उनले बच्चाका लुगा तथा सुत्केरी महिलाले लगाउने गाउन बनाउँथिन्। मासिक १५ हजार कमाइ हुन्थ्यो।, श्रीमान रघुनाथले एउटै पेसामा आउन अनुरोध गरे। उनले चारपांग्रे स्कुटर चलाउन सिकिन्। लाइसेन्स निकालिन् र पठाओमा आफ्नो नम्बर दर्ता गराइन्।, 'पहिले हामीसँग एउटा मात्र स्कुटर थियो। त्यसकारण एक जनाले मात्र पठाओको काम गर्नुपर्ने बाध्यता थियो,' हाँस्दै संगीता सुनाउँछिन्, 'रहर त मलाई पहिल्यैदेखि थियो नि।', दुवै जनाको आम्दानी बचत गरेर संगीताले केही महिनाअघि मात्र टिभिएसको एनटर्क स्कुटर किनेकी छिन्। त्यसपछि भने उनीहरू दुवैले यात्रुलाई सेवा दिन थालेका हुन्।, सुरूमा त संगीताको अशक्तता र महिला भएकै कारण धेरै यात्रुले बुकिङ गरेका पठाओ पनि रद्द गर्थे। उनी मन चिसो बनाउँथिन् र घरतिर फर्किन्थिन्।, 'महिला त्यसमाथि अपांगता भएको व्यक्ति, सुरूमा काम गर्न धेरै समस्या भयो,' उनले भनिन्, 'महिलालाई हेर्ने यो समाज जहिल्यै त्यस्तै हो। यस्तो महिलाले हामीलाई कसरी पुर्याइदिन्छ भन्छन्।', अचेल भने संगीतालाई यो सबै बानी पर्दै गएको छ। उनलाई पठाओ राइडर बन्नु नै थियो। त्यसैले उनी यात्रुलाई गन्तव्यमा पुर्याउन सम्झाइबुझाइ गर्थिन्, गर्छिन्- 'एकपटक बसेर त हेर्नुस् अनि भन्नुस्।', सहजै गन्तव्यमा पुर्याएपछि यात्रुहरू छक्क परेर प्रशंसा गर्ने संगीताको अनुभव छ। भन्छिन्, 'सजिलै गन्तव्यमा पुर्याइदिँदा सबैले सम्मानपूर्वक हेर्छन्। कतिले टिप्स पनि दिएर जान्छन्।' , संगीताले पठाओ चालक भएर काम थालेको चार महिना भयो। उनी दैनिक १५ जनासम्मलाई गन्तव्यमा पुर्याउँछिन्। यही कामबाट महिनामा बीस हजार रूपैयाँ कमाउने उनले बताइन्।, शारीरिक रूपमा अशक्त भए पनि आफूहरूलाई पठाओले स्वरोजगार बनाएको बस्नेत दम्पती बताउँछन्। दिनभरि आफ्नै सवारीसाधनमा यात्रुलाई राखेर पुर्याउन पाउँदा निकै खुसी अनुभूति गर्छन्।, 'पठाओले रोजगारीमूलक काम दिएको छ। शारीरिक रूपमा अपांगता/अशक्त भएकालाई आयआर्जनको माध्यम बनेको छ,' खुसी हुँदै बस्नेत दम्पतीले भने।, उनीहरू अरू अशक्त व्यक्तिलाई पनि पठाओ चालक बन्न सुझाव दिन्छन्। आफूहरूको सुझावअनुसारै अहिले चारपांग्रे स्कुटर चलाएर यात्रुलाई सेवा दिने पठाओ चालक दस जनाभन्दा बढी भइसकेको उनीहरू बताउँछन्।, 'अशक्तता हुँदैमा सर्वस्व गुमाएको भन्ने होइन। केही गर्न नसके पनि चारपांग्रे मोटरसाइकल गुडाएर पठाओ राइडर बन्ने हो भने सामान्य परिवार धान्न सकिन्छ,' आत्मविश्वास दिलाउँदै उनीहरूले भने।,
पठाओ चलाएरै धानिएको छ बस्नेत दम्पतीको घर
|
सेतोपाटी संवाददाता विभागीय मन्त्रीले चासो देखाउँदा वैदेशिक रोजगारीमा जान लागेका युवा एजेण्टको ठगीबाट जोगिएका छन्।, भाषा परीक्षा उत्तिर्ण गरी कोरिया जाने क्रममा रहेका युवालाई एजेण्टले अबैध ढंगले रकम असुल्न खोजेको सूचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल पहल कदमी लिँदा युवाहरू ठगिनबाट जोगिएका हुन् ।, वैदेशिक रोजगारीमा जान चाहनेले एजेण्टबाट भोग्नुपरेका समस्याका बारेमा सञ्चारमाध्यममा समाचार आउने गरे पनि त्यसबारे मन्त्री स्वयमले चासो देखाउने गरेका थिएनन्। तर मन्त्री श्रेष्ठ भने कोरिया पठाउँदै आएका एजेन्टले बन्धक जसरी राखेका युवालाई भेट्न आफैं होटल पुगेका थिए। , मंगलबार राती मन्त्रीको मोबाईलमा आएको सूचनाका आधारमा उनी सुरक्षाकर्मी, श्रम विभागका अधिकारीसहित युवालाई राखिएको होटल बाल्टिक इन सिनामंगल पुगेका थिए। बुधबार साँझ कोरिया उड्न लागेका दजनौं युवालाई अनिवार्य सात दिन क्वारेन्टीन बस्नुपर्ने भन्दै संयुक्त संघर्ष समितिको नामबाट एक युवाको सिफारिसमा एयरपोर्टस्थित होटल बाल्टिक इनमा जर्बजस्त राखिएको थियो। पीडित युवाले आफूहरूलाई एजेण्टले विभिन्न बहानामा पैसा असुल्न खोजेको गुनासो मन्त्रीसँग गरेका थिए।, पीडीतको गुनासो सुनेपछि मन्त्री श्रेष्ठले होटलमा बन्धक बनाउने काममा संलग्नलाई कारवाही गर्न निर्देशन दिए। ‘म पैसा कमाउन मन्त्री भएको मान्छे होइन, केही गर्न मन्त्री भएको मान्छे हुँ। जो-जोसँग सात दिनको पैसा लिनुभएको छ, सबको फिर्ता गर्नुहोस्। अब तपाईँलाई मर्का पर्यो होला, कसले एग्रिमेन्ट गर्यो ऊ सँग माग्नुस्। यो भाइबहिनीसँग माग्ने होइन,’ मन्त्री श्रेष्ठले भने।, वैदेशिक रोजगारीमा जाने युवाले भोग्नुपरेको समस्याबारे थप छानबिन हुने र भविश्यमा यसता दुःख भोग्न नपर्ने वातावरण निर्माण गर्ने मन्त्री श्रेष्ठले आवश्वासन दिए।, ‘भाइहरूले अहिलेसम्म जति टेन्सन लिनुभयो, जति टर्चर लिनुभयो त्यसका लागि सरी। मन्त्रालयको हेड त म हो। एउटा खरिदार, कर्मचारी जसले गल्ती गरे पनि त्यसको जिम्मेवारी त मैले लिनुपर्यो । म फेरि जिम्मेवारीबाट पन्छिने मन्त्री होइन। भाइहरू कोही ४ दिन, कोही ५ दिन, कोही ७ दिन बसेको छ। त्यो हिसाबले क–कसको लिनुभएको छ फिर्ता गर्नुस्’, मन्त्री श्रेष्ठले भने, ‘उहाँहरू उड्ने बेलामा म एयरपोर्ट आउँछु त्यहाँ एक जना भाइले कम्प्लेन गर्यो भने तपाईँलाई सिधै थुन्छु है म फेरि। क्लियर हुनुस् है त।’, पीडित युवा शंकर नेपालले होटल सञ्चालकले जर्बजस्ती बढी पैसा असुलेपछि मन्त्रीसम्म सूचना पुर्याएको उल्लेख गर्दै सामान्य नागरिकले दिएको सानो सूचनाको आधारमा मन्त्री आफैं आएर समस्या सल्ट्याइदिएकोमा खुशी व्यक्त गरे।, भाषा परीक्षा पास गरेका युवाहरू बुधवार साँझ कोरिया प्रस्थान गर्दैछन्।,
मन्त्रीले चासो देखाउँदा वैदेशिक रोजगारीमा जान लागेका युवा एजेण्टको ठगीबाट जोगिए
|
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको विमान स्यालसँग ठोक्किएको छ।, प्रहरीका अनुसार एटिआर-७२ बिमान बुधबार साँझ सात बजेर सात मिनेट जाँदा नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो।, अवतरण क्रममा स्यालसँग ठक्कर खाए पनि विमान र यात्रु सकुशल रहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले सेतोपाटीलाई जानकारी दिए।, ‘स्यालसँग ठोक्किए पनि विमान र यात्रु सकुसल छन्, विमानमा सामान्य क्षति भएको छ,’ अधिकारीले भने।, जहाजलाई प्राविधिकहरूले हेरिरहेका छन्। यो घटनापछि जहाज उडान-अवतरण भने नरोकिएको अधिकारीले जानकारी दिए।,
बुद्ध एयरको जहाज नेपालगञ्ज एयरपोर्टमा स्यालसँग ठोक्कियो
|
सेतोपाटी संवाददाता नेपालमा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३३२ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ५९० जनाको पिसिआर परीक्षण र २३३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ३६९ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४९३ पुगेको छ।, २३२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।, त्यस्तै, काठमाडौं उपत्यकामा १८१ थपिएका छन्। जसमध्ये काठमाडौंमा १४४, ललितपुरमा २६ र भक्तपुरमा ११ संक्रमित छन्।,
थपिए ३३२ संक्रमित, निको भए २३२
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १८१ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४४, ललितपुरमा २६ र भक्तपुरमा ११ संक्रमित छन्।, नेपालमा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ५९० जनाको पिसिआर परीक्षण र २३३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ३६९ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४९३ पुगेको छ।, २३२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।, ,
काठमाडौं उपत्यकामा थपिए १८१ संक्रमित
|
खिलानाथ ढकाल त्रिभुवन विमानस्थलबाट आइतबार अपराह्न रूकुमको सल्ले उडेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजलाई पाइलटले गन्तव्यमा नपुर्याई नेपालगन्ज अवतरण गराए। पाइलट पेम्बा शेर्पाले आफ्नो ‘ड्युटी आवर (समय) सकिएकाले’ अर्को दिन उडाउने भनेपछि यात्रुहरूले एक दिन नेपालगन्जमै बास बस्नुपर्यो।, यो घटनाले जहाज उडाउने पाइलटको ‘ड्युटी आवर’ कति हो भन्ने प्रश्न उठेको छ।, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पाइलटको ड्युटी समय निर्धारण गरिदिएको छ। नेपालका आन्तरिक उडानका हकमा १० घन्टा ड्युटी समय र ९ घन्टा उडान अवधि तोकिएको नेपाल वायुसेवा निगमका अपरेसन प्रमुख क्याप्टेन दिपुराज ज्वार्चन बताउँछन्।, यसमा पनि दुर्गम, सुगम र अन्तर्राष्ट्रिय उडानका लागि छुट्टाछुट्टै अवधि तोकिएको हुन्छ। दुर्गमका लागि ८ घन्टा उड्ने र १० घन्टा ड्युटी समय हो।, ‘प्राय: संसारभरि एयरलाइन्सले ‘रिस्क म्यानेजमेन्ट सिस्टम' लागू गरेका हुन्छन्। उनीहरू त्यही सिस्टममा जहाज उडाउँछन्। हाम्रोमा भने डाक्टरले प्रेस्क्रिप्सन दिएजस्तो पाइलटलाई समय छुट्याइएको हुन्छ,’ वरिष्ठ पाइलट ज्वार्चनले भने, ‘नेपालको अवस्थाअनुसार यो सब गरिएको विमान र यात्रुको सुरक्षाकै लागि हो।’, उनका अनुसार पाइलटको ड्युटी समय पाइलट अपरेसन कन्ट्रोल सेन्टरमा हाजिर भएपछि सुरू हुन्छ। यो समयमा उडानको तयारीसम्बन्धी कार्यहरू गरिन्छ। गन्तव्य विमानस्थल, उडाउने ठाउँको विमानस्थल, वैकल्पिक विमानस्थल र रूटको मौसम हेरिन्छ।, त्यसपछि चालक दलको मेडिकल डकुमेन्ट, लाइसेन्स डकुमेन्ट परीक्षण हुन्छ। विमानमा कति यात्रु छन् र उनीहरूको अवस्था के छ भन्ने विश्लेषण हुन्छ।, प्राधिकरण र आइकाओले तोकेको ड्युटी समयभन्दा बढी काम गरे पाइलटलाई कारबाही हुन्छ। नौ घन्टाभन्दा बढी उडान भर्ने पाइलटबारे सम्बन्धित एयरलाइन्सले क्यानमा प्रतिवेदन नै बुझाउनुपर्छ।, आइतबारको घटनामा बिहान ६:१५ बजे नै सल्लेका लागि उडान तय गरिएको थियो। त्यसअनुसार पाइलट र यात्रुलाई खबर गरिएको थियो। तर मौसम प्रतिकूलताका कारण काठमाडौं-सल्ले उडान रद्द गरियो।, त्यसपछि दिउँसो २:१५ बजेका लागि पुनः उडान तालिका तोकियो। विमान चालक, परिचारक एवं यात्रुहरूलाई फोन गरेर विमानस्थल डाकियो। सबै आइपुगेर उडान भर्दा अपराह्न २:५८ बजेको थियो। काठमाडौं-सल्ले उडान भरिसक्दा कम्तीमा ५ बज्ने अवस्था थियो।, यसअनुसार पाइलटको ड्युटी बिहान सवा ५ बजे नै सुरू भएको निगमले जनाएको छ। उनले साँझ ४ बजेभन्दा बढी काम गर्न मिल्दैनथ्यो। सल्ले पुगेर नेपालगन्ज आइपुग्दा ड्युटी समयले नभ्याउने ठानेर उनले नेपालगन्ज अवतरण गराएको निगमको भनाइ छ।, ‘पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घन्टा हो। बिहान ५:१५ बजे ड्युटी सुरू गरेका विमान चालकको ड्युटी आवर ४ बजे पूरा भइसक्ने हुँदा रूकुम पुगेर नेपालगन्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगन्जसम्म मात्र उडान भर्ने निर्णय भयो,’ निगमले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।, ‘फ्लाइट अपरेसन रिक्वायरमेन्ट-२०२०’ अनुसार पाइलटले एक घन्टा अतिरिक्त समय उडाउन सक्छन्। त्यसलाई पाइलटको तजबिजी अधिकार भनिन्छ। तर यो अधिकार अति आवश्यक पर्दा मात्रै प्रयोग गरिने ज्वार्चन बताउँछन्। कोही चिन्ताजनक बिरामी भएको वा तुरून्तै नगई नहुने अवस्थाबाहेक पाइलटले तजबिजी अधिकार प्रयोग नगर्ने उनको भनाइ छ।, यति हुँदाहुँदै यहाँ यात्रुहरूलाई भने गुमराहमा राखिएको छ। उनीहरू काठमाडौंबाट उड्दासम्म सल्ले पुगिन्छ भन्नेमा ढुक्क थिए। नेपालगन्जमै अवतरण भएपछि उनीहरूले जहाजमा केही समस्या भयो कि भन्ने अड्कल गरेका थिए। तर पाइलटले 'ड्युटी आवर सकिएकाले भोलि जाऔं' भनेपछि मात्रै यात्रुले थाहा पाए।, एकचोटि रद्द भइसकेको उडान फेरि सञ्चालन गर्ने क्रममा निगम व्यवस्थापनले पाइलटको ड्युटी आवर ख्याल नगर्दा यस्तो अवस्था आएको देखिन्छ।, निगमका अध्यक्ष युवराज अधिकारी भने पाइलटको ड्युटी आवरलाई ध्यानमा राखेरै रूकुम उडान गर्न खोजेको दाबी गर्छन्।, 'निर्धारित समयमै उडान गर्न सकेको भए ड्युटी आवरमै पूरा हुन्थ्यो,' उनले भने, 'तर उडानमा केही समय ढिला भएर यो अवस्था आएको मैले बुझेको छु। यसबारे थप बुझ्ने काम भइरहेको छ।’, सम्बन्धित समाचार :, रूकुम उडेको जहाजका पाइलटले यात्रुलाई ‘ड्युटी सकियो’ भनेर नेपालगञ्जमा अवतरण गराएपछि… , 'ड्युटी सकियो' भनेर पाइलटले नेपालगञ्ज अवतरण गराएकोबारे निगमको स्पष्टीकरण ,
कति हो पाइलटको ड्युटी आवर?
|
सेतोपाटी संवाददाता राम्रोसँग आकाश नखुल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अधिकांश आन्तरिक उडान प्रभावित भएका छन्। , हुस्सु र कुहिरोका कारण भिजिबिलिटी (पारदर्शिता) कम हुँदा काठमाडौंबाट हुने उडानहरु हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ।, समयमा उडान नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप छ।, विमानस्थलका अनुसार भद्रपुर, विराटनगर, भरतपुर, सुर्खेत, पोखरा, धनगढी, नेपालगन्जलगायत क्षेत्रमा आज बिहान निर्धारित उडानमा ढिलाइ भएको छ। , कुनै पनि आँखाले हेरेर अवतरण हुने (भिएफआर) जहाजलाई कम्तिमा ५ किलोमिटर भिजिवलिटी आवश्वकता पर्छ भने यान्त्रिक भिजिवलिटीमा अवतरण गर्ने (आइएफआर) जहाजका लागि १६ सय मिटर आवश्यक पर्छ।, बिहानैदेखि मौसम खरावीका कारण भिजिवलिटी नपुग्दा बाटो पहिल्याएर आउन (एअरवे फलो) जहाजहरुलाई समस्या हुने भएपछि विमानस्थलले उडान-अवतरण गर्न अनुमति नदिने गरेको जनाएको छ।, आन्तरिक उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ३ हजार मिटरभन्दा बढी हुनुपर्छ । , विमानस्थलका अनुसारका आजका लागि १५० उडान हुने तालिका थियो। मौसम क्रमशः खुल्दै छ, घाम लागेर कुइरो हट्ने वित्तिकै उडान-अवतरण सुचारू विमानस्थल स्रोतले जानकार दिएको छ।,
मौसम नखुल्दा बिहीबार बिहानको आन्तरिक उडान प्रभावित
|
सविता बुढा दुरसञ्चार प्राधिकरणले स्कुल-स्कुलमा इन्टरनेट जोड्दै थियो।, पोहोर माघमा बझाङको बुंगल नगरपालिका–१ सोलास्थित भगवती माध्यमिक विद्यालयका लेखापाल हरिश बोहराले यो कुरा सदरमुकाम चैनपुर गएपछि थाहा पाए।, एसइइ दिने विद्यार्थीको प्रयोगात्मक परीक्षाको प्राप्तांक इन्टरनेटमा राख्न उनी सदरमुकाम पुग्नुपर्थ्यो।, अरू गाउँगाउँका स्कुलमासमेत इन्टरनेट पुगेको रहेछ। आफ्नो स्कुलमा इन्टरनेट नपुगेकोमा उनको चासो बढिहाल्यो।, बुझ्दै जाँदा उनले प्राधिकरणको नम्बर फेला पारे। फोन गरेरै आफ्नो स्कुलमा पनि इन्टरनेट जोडिदिन आग्रह गरे।, ‘छुटेका केही विद्यालयमा जोड्ने काम हुँदैछ भन्ने उत्तर आयो,’ उनले भने, ‘म खुब खुसी भएँ।’, चैतमा मर्कन्टाइल कम्युनिकेशन प्रा.लिका कर्मचारी उनको स्कुल आइपुगे। उनीहरूले इन्टरनेट जोडिदिए। ती कर्मचारीले राम्रै चल्छ भनेर गएका थिए। जडान पनि नि:शुल्क भएको थियो।, सोलारका तीन पाता, ३ ब्याट्री, एउटा राउटरलगायतका उपकरण स्कुलमा जोडिएको छ। २ वर्षसम्मका लागि यी सामानको वारेन्टी लेखिएको कार्ड पनि दिइएको छ।, नेट जोडेको एक महिना इन्टरनेट राम्रै चल्यो।, वैशाख १७ गतेसम्म स्कुल लागेका बेला राम्रै इन्टरनेट चलिरहेको थियो। कोरोनाको दोस्रो लहरको महामारीमा स्कुल बन्द भयो। तर स्कुल खुलेसँगै इन्टरनेट भने खुलेन।, ‘फेरि स्कुल सुचारू भएपछि सबै कनेक्सन ठिक भए पनि नेट आएन। चल्दै नचल्ने भएपछि सेवा प्रदायक मर्कन्टाइल कम्युनिकेशनलाई खबर गरियो,’ उनले भने ।, इन्टरनेट जोड्न आएका कर्मचारी र मर्कन्टाइललाई पटकपटक खबर गरे पनि सात महिनासम्म पनि उनको स्कुलमा इन्टरनेट बनेको छैन।, ‘पत्र दिनुपर्ने भनेपछि लिखित रूपमा दुरसञ्चार र कर्मन्टाइललाई दिएका पनि छौं,’ उनले भने।, ‘पत्रको प्रतिक्रिया आएको छैन। प्राधिकरणले भने फेरि पत्र पठाउन भनेको छ,’ उनले भने।, हरेक सामुदायिक विद्यालयले आइइएमएसमार्फत विद्यार्थी विवरण इन्टरनेटमा राख्नुपर्छ। पोहोर मोवाइलमा डाटा लिएर हटस्पटबाट विवरण अपलोड गरिएको बोहराले बताए।, अहिले मोवाइलमा डाटाबाटसमेत इन्टरनेट नचल्ने भएपछि यस वर्षको विद्यार्थी विवरण, छात्रवृत्तिका लागि नाम पठाउन नसकिएको उनको भनाई छ। , ‘८ कक्षाको मार्कसिटको काम गर्न पनि स्थानीय होटलमा वाइफाई प्रयोग गरेको पैसा तिरेर काम गर्नुपर्यो,’ उनले भने।, आइइएमआइएसमा विवरण नभरेका केही विद्यालयले कक्षा ९ र १० को परीक्षा फारम मान्य नहुने भनिएपछि अहिले यस्ता इन्टनेटको पहुँच नभएका विद्यालय थप समस्यामा छन् । , कोरानाको महामारीका बेला यी विद्यालयले वैकल्पिक विधिबाट पढाउन इन्टरनेटको थप आवश्यकता महसुस गरेका थिए।, ‘सिकाइ सहज होस् भनेर नै नेट जोडेका थियौं, भएन,’ लेखापाल बोहराले भने।, प्रसाशनिक काम गर्न पनि समस्या भइरहेको उनले बताए।, ‘पहिले भौतिक रूपमा हुने तालिम अहिले अनलाईन विधिबाट हुन थाले। सूचना पनि पहिला चिठी मै आउँथ्यो तर अहिले नेटमा राखेका हुन्छन्, हेर्न समस्या भइरहेको छ,’ उनले भने।, हुलाकबाट आउने चिठी सूचना अहिले विद्यालयमा आउन छोडेका छन्। सरकारी सूचनाहरु वेवसाइटबाट हेर्नुपर्ने भएपछि इन्टरनेटको पहुँच नभएका सामुदायिक विद्यालयलाई समस्या छ।, यस्ता विद्यालयले स्थानीय तहका सूचना एमएम रेडियोमार्फत पाएका छन् तर प्रदेश र केन्द्रका सूचना पाउन असहज छ।, छात्रवृत्तिको विवरण इन्ट्री गर्न नपाएर केही विद्यार्थी यसबाट बञ्चित भइरहेको बोहराले बताए।, बुंगल नगरपालिकाकै कतिपय स्वास्थ्य चौकी र वडा कार्यलयमा पनि नेट चलेको छैन।, बुंगल नगरपालिकाको कार्यालयले पनि यसबारे जानकारी गराउँदै मर्मत गरिदिन आग्रह गरेको पत्र पठाएको छ।, नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भरतबहादुर रोकायाले वडा कार्यालयलयहरू, स्वास्थ्य, विद्यायलयमा मर्कन्टाइलले जोडेको नेटमा सिग्नलसमेत नदेखाउने बताए।, जोडेर पनि नेट नचलेपछि केही कार्यालयले नजिकैका होटलहरूमा गएर वाइफाइबाट सरकारी काम गर्नु परिरहेको उनले बताए।, मर्कन्टाइल कम्युनिकेशन प्रालिका निर्देशक मधु अमात्यले इन्टरनेट नचलेको गुनासो प्राप्त भएपछि मर्मतका लागि मातहतका शाखामा निर्देशन गरिसकिएको बताए।, ‘यसबारे फोन पनि आएको छ । आजभोलिमै बन्छ भन्ने छ,’ उनले भने।, मर्कन्टाइल कम्युनिकेशनले यस प्रकारको सेवा दिइरहेका अछाम, बाजुरा र बझाङका अरू सरकारी संस्थामा पनि इन्टरनेट नआउने गरेको गुनासो छ।, नेपाल दुरसञ्चार प्राधिकरणका उपनिर्देशक विनोदचन्द्र श्रेष्ठका अनुसार सुदूरपश्चिमका सातै जिल्लामा ग्रामिण दुरसञ्चार विकास कोषबाट कार्यक्रम लागू गरिएको छ।, जस अन्तर्गत त्यहाँका सबै पालिका, वडा, स्वास्स्य संस्था, अस्पताल र सामुदायिक माध्यमिक विद्यालयमा इन्टरनेट सेवा पुर्याउने काम भएको छ।, दार्चुला, डडेल्धुरा, डोटी र बैतडी गरी चार जिल्लामा भायोनेट कम्युनिकेशन प्रालि इन्टरनेट सेवा दिन छनोट भएको छ। उसले सन् २०१७ को नोभेम्बर एक वर्षमा सबै चार जिल्लामा इन्टरनेट पुर्याउने गरी करिब २६ करोडको अनुदान पाएको थियो।, निर्धारित अवधिमा काम नसकेपछि भायोनेटले २०१९ को अक्टुबरमा काम सकेको भनेर प्राधिकरणलाई रिपोर्ट दिएको थियो। उसले ३१५ वटा स्कुलसहित ८ सय २६ संस्थामा इन्टरनेट जोडेको रिपोर्ट दिएको छ।, यस्तै त्यति नै बजेटमा अछाम, बझाङ र बाजुरामा इन्टरनेट सेवा विस्तारको जिम्मा पाएको मर्कन्टाइल कम्युनिकेशनले पनि २०१७ कै नोभेम्बरमा सम्झैता गरी काम थालेको थियो। उसले पनि निर्धारित समयमा नसकेर २०२० को फेब्रुअरीमा काम सकेको रिपोर्ट दिएको थियो।, मर्कन्टाइलले २०७ वटा स्कुलसहित ६ सय ५२ संस्थामा नेट जोडेको रिपोर्ट गरेको प्राधिकरणले जनाएको छ।, सम्झैता अनुसार यी दुबै कम्पनीले जडान गरिसकेको २ वर्षसम्म निःशुल्क इन्टरनेट सेवा दिनुपर्नेछ। कम्तीमा ५ सय १२ केबीपिएस स्पिडको नेट सेवा दिनुपर्ने सम्झौतामा उल्लेख भए पनि धेरै प्रयोगकर्ताहरू भने इन्टरनेट नै नचलेको गुनासो गरिरहेका छन्।, ‘चलेको छैन भन्ने गुनासो धेरै छ, कतिपय मर्मत भए, कति हुँदैछ, भौगोलिक हिसाबले समस्या भा'छ, केही ठाउँमा त सेवा सुरू हुँदै नभएको भन्ने पनि गुनासो छ,' उपनिर्देशक श्रेष्ठले भने।, प्राधिकरणको कार्यालय र कर्मचारी सबै प्रदेशमा नभएर निरीक्षणमा जान नसकिएको प्राधिकरण्ले स्वीकार्यो।, ‘समस्या आए टोल फ्री नम्बर पनि छ। सेवा प्रदायकलाई पनि खबर गर्नू र पनि नभए लिखित वा मौखिक प्राधिकणमा खबर गरेपछि के भएको गर्न लगाउँछौं,’ श्रेष्ठले भने ।,
होटलका वाइफाईमा पैसा तिरेर सरकारी काम
|
सविना कार्की नोभेम्बर २५, अर्थात् महिला हिंसाविरूद्धको दिवस।, लैंगिक हिंसा अन्त्य तथा सन् २०३० सम्म विकासोन्मुख राष्ट्रतर्फ उन्मुख हुने उद्देश्यले हरेक वर्ष १६ दिने अभियान सञ्चालन हुने गरेको छ। नेपालले लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान २०५४ सालदेखि मनाउँदै आइरहेको छ। यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर ५ सम्म चल्ने छ। , अभियानको राष्ट्रिय नारा 'घरैबाट सुरू गरौं, महिला हिंसा अन्त्य गरौं' छ। , लैंगिक हिंसाविरूद्ध सचेतना अभिवृद्धि गर्दै परिवार र समुदायलाई जिम्मेवार बनाउनु र हिंसा न्यूनीकरणमा स्थानीय तह तथा त्यहाँ गठन हुने न्यायिक समितिलाई थप जिम्मेवार बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो।, १६ दिनमा विशेषगरी देशभरका स्थानीय तहमार्फत् गाउँगाउँसम्म विभिन्न कार्यक्रम गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ।, यस अभियानमा छाउपडी प्रथा, बालविवाह, बहुविवाह, दाइजो प्रथा, बोक्सो आरोप लगायतका कुचलनसम्बन्धी कर्णाली र सुदूरपश्चिम प्रदेश तथा मधेशमा केन्द्रित अन्तर्क्रिया कार्यक्रम गरिने आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन्।, '१६ दिनमा हामीले सबै स्थानीय तहमा कार्यक्रम राखेका छौं,' उनले भनिन्, 'अभियानमा विभिन्न संघसंस्था, राजनीतिक दल लगायत सम्बन्धित निकायसँग छलफलमा रहेर काम गर्नेछौं।', आयोगमा दैनिक २० भन्दा बढी उजुरी, आयोगमा अहिले दैनिक महिला हिंसाका २० वटासम्म उजुरी दर्ता हुने गरेको छ । देशभरबाट हिंसामा परेका महिलाले आयोगको हेल्पलाइन ११४५ मा सम्पर्क गरी उजुरी टिपाउने गरेका छन्। , आयोगले ०७४ मंसिरबाट हेल्पलाइन सेवा सुरू गरेको थियो। विशेषगरी हेल्पलाइनमार्फत् परामर्शको काम प्रभावकारी बनेको अध्यक्ष पराजुली बताउँछिन्।, 'चार वर्षमा हेल्पलाइनमार्फत सम्पर्क गरी ५ हजार ५ सय १५ वटा हिंसाका उजुरी आएका थिए,' उनले भनिन्, 'जसमध्ये ३ हजार ४ सय जनालाई आयोगले न्याय दिइसकेको छ।', आयोगमा आउने उजुरीमध्ये ८० प्रतिशत उजुरी घरेलु हिंसाको छ। जसलाई आयोगले पीडित र पीडकलाई राखेर आपसी समझदारीमा मिलाउने र मनोपरामर्श गर्ने गरेको छ।, चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) सम्म आयोगमा ७ सय १६ जनाले हिंसामा परेको उजुरी गरेका छन्। जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशबाट छ। बागमती प्रदेशमा २ सय ८५ वटा घरेलु हिंसाका घटना भएका छन्।, वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटनाः, सरकारले महिला हिंसाका घटना कम गर्न हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आइरहेको छ। तर हिंसाका घटना बर्सेनि बढ्दै गइरहेका छन्।, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, दाइजोप्रथा, बालविवाह, बहुविवाह, जातीय छुवाछुत, बोक्सी आरोप, अवैध गर्भपतन, बालयौन दूराचार, अप्राकृतिक मैथुन लगायतका घटना भएका छन्।, नेपाल प्रहरीको तथ्यांकअनुसार वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना भएको देखिन्छ।, आर्थिक वर्ष ०७५/०७६ मा देशभर १९ हजार ३ सय ४ वटा घटना भएका थिए। त्यस्तै आर्थिक वर्ष ०७६/०७७ मा १५ हजार ७ सय ५६ वटा घटना भएको छ। , त्यसैगरी आर्थिक वर्ष ०७७/०७८ मा १८ हजार ९ सय ६१ घटना भएका छन्। , चालु आर्थिक वर्षको चार महिनामा ४ हजार ७ सय ८ वटा घटना भएका छन्। तथ्यांकअनुसार प्रदेश नम्बर १ मा ४ सय ७०, प्रदेश नम्बर २ मा १ हजार १ सय ४७, प्रदेश नम्बर ३ मा ४ सय ४९ वटा घटना भएका छन्। , त्यसैगरी प्रदेश नम्बर ४ मा ३ सय ५३, प्रदेश नम्बर ५ मा ७ सय ७६, प्रदेश नम्बर ६ मा २ सय ५५, प्रदेश नम्बर ७ मा ४ सय ४६ वटा महिला हिंसका घटना भएका छन्। त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र ४ महिनामा ८ सय १२ घटना भएको तथ्यांकले देखाउँछ। , इन्टरनेटको दुरुपयोगले हिंसा बढाएको छः प्रहरी प्रवक्ता, प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवर हिंसाका घटना बढ्नुमा सामाजिक संरचना प्रमुख कारण रहेको बताउँछन्। त्यससँगै मादक पदार्थ सेवन, आर्थिक प्रलोभन र इन्टरनेटको दुरुपयोगका कारण हिंसाका घटना बढ्दै गएको उनले सेतोपाटीलाई बताए।, 'इन्टरनेटको पहुँच बढेसँगै श्रीमान श्रीमतीबीच पनि द्वन्द्व हुने र झगडा–कुटाकटपछि हिंसामा परेको उजुरी गर्ने गरेको पाइन्छ,' उनले भने।, उनका अनुसार यसका लागि चेतनामूलक कार्यक्रम भइरहेको छ। जसअन्तर्गत कानुनी प्रावधान प्रचारप्रसार रिपोर्टिङ र सहजीकरणको काम भइरहेको छ। , 'ग्रामीण क्षेत्रसम्म पुगेर चेतनामूलक कार्यक्रम गरिरहेका छौं,' उनले सेतीपाटीसँग भने, 'प्रहरी परिचालनबाट हिंसाका घटनाबारे निगरानी गर्ने र आएका उजुरीलाई हेरेर पीडितलाई न्याय दिने काम प्रहरीले गरिरहेको छ।', समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत पनि प्रहरीले महिलामाथि हुने सबैखाले हिंसा न्यूनीकरण र ग्रामीण क्षेत्रसम्म सचेतना पुर्याउनका लागि काम गरिरहेको जनाएको छ। ,
वार्षिक २० हजार महिला हिंसाको शिकार बन्दै
|
सबिना श्रेष्ठ हिजोआज ललितपुर महानगरपालिका वरिपरिका सडकका जेब्रा–क्रसिङमा नयाँ चिह्न थपिएका छन्– जनावर हिँडेका पाइला।, मान्छे हिँड्न बनाइएका धर्सालाई जेब्रा जनावरको नामसँग जोडिएको छ। तर ललितपुरका सडकमा जेब्राकै पाइला चाहिँ छैन है!, यहाँ त सेतो धर्साले कोरिएका जेब्रा–क्रसिङका खाली भागमा पहेँलो-सेतो रङमा कुकुरजस्ता जनावरका चार औंला र पाउ दखिन्छ। यी पदचिह्नले जोकोहीको ध्यान खिच्छ।, ती पाइला कसले बनाएका होलान्? किन बनाएका होलान्?, कतै जनावरहरू आफैं हिँडेर त बनेन!, पक्कै होइन। , करिब एक महिनाअघिबाट ललितपुरका सडकमा देखिन थालेका यी चिह्न जनावरहरूको कल्याणका लागि काम गरिरहेको संस्था स्नेहाज केयरले राखेको हो।, ललितपुर महानगरपालिका र सडक विभागसँगको सहकार्यमा स्हेनाजले यहाँ ती चिह्न राखेको संस्थाकी प्रमुख स्नेहा श्रेष्ठले बताइन्।, 'जसरी जेब्रा–कस्रिङ हिँड्दा मान्छेलाई प्राथमिकता दिइन्छ, त्यसरी नै जनावरलाई पनि प्राथमिकता दिनुपर्छ,' उनले भनिन्, 'यो सडक जति गाडी र मान्छेका लागि हो, जनावरका लागि पनि हो। सवारी चालकहरूलाई बाटो काट्नेमध्ये जनावरहरू पनि हुन् है भन्ने सचेतना दिन हामीले त्यहाँ यस्ता चिह्न बनाएका हौं।', ललितपुरका सबै ठाउँमा यो चिह्न बनाउने योजना भए पनि अहिलेलाई कुपन्डोलदेखि सातदोबाटो अनि पाटन र सानेपाका भित्री केही गल्लीमा यस्ता चिह्न बनेका छन्।, मान्छेहरूले आफ्ना चौपाया र कुकुरलाई बाटामा छाड्ने क्रम बढ्दो छ। स्नेहाका अनुसार हरेक महिना २५ देखि ३० वटा जनावरलाई सवारीले ठक्कर दिएर भागेको घटनाबारे उनीहरूको संस्थालाई खबर आउँछ। गाडीले हानिदिएर जनावरको उपचार वा खोजिनिती नगरी भाग्नेहरू हुन्छन्। स्नेहाकै संस्थामा त्यसरी हानेर पक्षघात र अंगभंग भएका करिब १५ वटा कुकुर छन्। , विशेषगरी, सवारीसाधनले हानेर ढाड भाँचिएका ठूला चौपाया र जनावर निकै नहुने उनी बताउँछिन्। , 'ललितपुरका छाडा चौपाया र कुकुरहरूबारे हामीलाई महानगरले जानकारी गराउँछ। त्योसँगै बाहिरबाट पनि खबर आउँछ,' स्नेहाले भनिन्, 'हाम्रै संस्थामा करिब एक सय ७० वटा कुकुरलाई आश्रय दिइरहेका छौं। त्यही भएकाले बाहिरका जनावरलाई चाहेर पनि हामीले सुविधा दिन गाह्रो भइरहेको छ।', स्नेहाजले ललितपुर महानगरसँग सहकार्य गरेको यो पहिलोपटक होइन। सन् २००९–२०१० देखि नै उनीहरूले सहकार्य गर्दै आएका हुन्। महानगर वरिपरिका जनावरलाई हरेक वर्ष खोप लगाउने, छाडा चौपायालाई व्यवस्थापन गर्ने र घाइतेलाई उपचार गर्ने काम स्नेहाजले गर्दै आएको छ।, पछिल्लो समय ललितपुरलाई 'रेबिज फ्रि र बेबिज फ्रि' बनाउने पनि स्नेहाजको योजना छ। अध्ययनक्रममा ललितपुरमा मात्रै दस हजार कुकुर भएको तथ्यांक निक्लिएको थियो। कुकुरको टोकाइबाट हुने रेबिज रोगलाई सरकारले सन् २०३० सम्ममा रोक्ने भनेको छ। तर कुनै पहल नगरिरहेको अवस्थामा स्नेहाजले ललितपुर महानगरसँग सहकार्य गरेको हो। , त्यसैगरी सडकमा रहेका कुकुरलाई बन्ध्याकरण गरेर छाउराछाउरी जन्माउने क्रम पनि कम गरिरहेको छ। कुकुरको बन्ध्याकरण गरेपछि उनीहरूले तिनको कान काटेर 'यु' आकारको बनाउँछन्। , 'हामी सबै संस्थाले एउटै मापदण्ड अपनाएका छौं,' स्नेहाले भनिन्, 'त्यो चिह्न देखेपछि अन्य संस्थाले बन्ध्याकरण गरेको जानकारी पाउँछन्।', बन्ध्याकरणका लागि ललितपुर महानगरले यो वर्ष पाँच लाख रूपैयाँ बजेट छुट्याएको छ। त्यसैगरी लकडाउनका बेला पनि सडकका जनावरलाई खाना खुवाउन महानगरले स्नेहाजलाई दुई लाख रूपैयाँ रकम दिएको स्नेहाले जानकारी दिइन्।, ललितपुर परिसरमै रहेको स्नेहाजले महानगरसँग सहकार्य गरेको भए पनि देशैभर आफ्नो काम गरिरहेको छ। उनीहरूले कुपन्डोल र काठमाडौं महानगरपालिकामा पनि खोप लगाउने काम गरेका छन्। त्यसैगरी कैलाली र धनगढीमा छाडा चौपाया व्यवस्थापन केन्द्र नै बनाएर काम गरेका थिए।, सन् २०१४ मा खुलेको स्नेहाज केयर सडक कुकुर र जनावरको रक्षाका लागि खुलेको संस्था हो। जनावरको हित र कल्याणका लागि काम गर्ने यो संस्थाले जनावरलाई हुने हिंसा, यातना र क्रुरताप्रति आवाज उठाउँदै आएको छ। हिजोआज पशु ऐनका लागि पनि पहल गरिरहेको छ।, 'हाम्रो देश यस्तो देश हो जहाँ जनावरको पूजा हुन्छ तर तिनै जनावरलाई यातना दिइन्छ। क्रुरतापूर्वक हत्या गरिन्छ तर केही कारबाही हुँदैन,' स्नेहाले भनिन्, 'अहिलेसम्म पनि हाम्रो देशमा त्यस्तो घटनाका दोषीलाई सजाय दिने कानुन बनेको छैन। त्यस्तो क्रम कम गर्न पनि हामीले ऐन बनाउन आवाज उठाएका हौं।', अब तपाईं पनि सडकमा सवारी चलाउँदा ध्यान दिनुहोस् है, बाटोमा मान्छे मात्र होइन जनावर पनि हिँड्छन्!, सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी,
कसले बनायो ललितपुर सडकका जेब्रा-क्रसिङमा जनावरका पाइला?
|
दिपकजंग शाही जाजरकोटको छेडागाड नगरपालिकामा छोरीको बैंक खाता खोल्न अभिभावकले ल्याएका १९ वटा निवेदन अहिले पनि कार्यालयमै थन्किएका छन्।, अघिल्लो वर्ष आएका ती निवेदन छोरी जन्मिएको ४५ दिनपछि आएकाले प्रक्रियामा जान सकेनन्।, कर्णाली प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम लागु गरेको छ।, बालिकाको नाममा खाता खोलेपछि प्रदेश सरकारले मासिक रूपमा उक्त खातामा रकम जम्मा गरिदिन्छ।, यसका लागि अभिभावकले छोरी जन्मिएको ४५ दिनभित्र उनको नाममा बैंक खाता खोलिसक्नुपर्छ। ३५ दिनभित्र जन्मदर्ता गराई ४५ दिनअघि नै स्थानीय तह गाउँपालिका वा नगरपालिकाको कार्यालयमा गएर बैंक खाता खोल्न सिफारिस लिनुपर्छ।, त्यसका आधारमा सम्बन्धित स्थानीय तहमा रहेको बैंकले खाता खोलिदिन्छ। जहाँ प्रदेश सरकारले रकम जम्मा गर्दिने हो। कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिमै यो व्यवस्था गरिएको छ।, तर प्रदेश सरकारको यो कार्यक्रम प्रभावकारी हुन सकेको छैन। अर्थात् तोकेको समयावधिभित्र लक्षित सबै छोरीको बैंक खाता खुल्न सकेको छैन।, ‘२०७६ मा आएका केही निवेदन त्यतिकै छन्, मन्त्रालयबाट त्यसबारे केही परिपत्र आउँछ कि भनेर राख्यौं। तर केही आएन,’ छेडागाड नगरपालिकामा सामाजिक सुरक्षा कार्यक्रम हेर्ने अमृता चन्दले भनिन्, ‘त्यसपछि २०७७ बाट हामीले ४५ दिनमा आएका निवेदनको पनि सिफारिस गरेनौं, ४५ दिन पुग्नुको दुई/तीन दिन अघिसम्म आएकालाई सिफारिस गर्ने गरेका छौं।’, स्थानीय तहमा बैंकको न्यून उपस्थिति, भौगोलिक विकटता लगायतका समस्याले गर्दा प्रदेश सरकारको यो कार्यक्रम प्रभावकारी हुन नसकेको सरोकारवालाहरू बताउँछन्।, छेडागाड नगरपालिकामा एउटा मात्र बैंक छ। सामाजिक सुरक्षाका सबै कार्यक्रम बैंकिङ प्रणालीमा चल्ने भएकाले भनेको समयमा बैंकबाट काम हुन नसकेको चन्दले बताइन्।, कालीकोटको खाँडाचक्र नगरपालिकामा जिल्ला सदरमुकाम भएकाले बैंकहरू पर्याप्त छन्। तर पनि नगरपालिकामा तोकिएको समयभित्र आएका छोरीको बैंक खाता खोल्ने कतिपय निवेदन फिर्ता भए।, ‘कतिपय त समयावधि नाघेपछि निवेदन लिएर आउनुहुन्छ, उहाँहरूको त छुट्ने भयो नै,’ यो कार्यक्रम हेर्ने खाँडाचक्र नगरपालिकाकी रिताकुमारी पाण्डेले भनिन्, ‘कतिपय समयमा ४५ दिन पुग्नै लाग्दा अभिभावकहरू जन्मदर्ता लिएर नगरपालिकामा आउनुभएको हुन्छ, हामी सम्बन्धित शाखा हेर्ने कर्मचारी फिल्ड गएको मौका पर्छ। अनि उहाँहरू पनि खाता नखोली फर्किनुपर्ने अवस्था आउँछ।’, ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ ले तोकेको ४५ दिन कर्णाली प्रदेशका लागि निकै अपुग भएको उनले बताइन्।, उनका अनुसार कतिपय ४४ दिनमा आएका अभिभावकहरू पनि बैंकसम्मको प्रक्रिया पूरा गर्दा छुट्ने गरेका छन्।, रोजगारी वा अस्थायी बसोबासका लागि गाउँबाहिर भएका अभिभावकका छोरी प्रायः यो कार्यक्रमबाट बञ्चित हुनुपरेको छेडागाड नगरपालिकाकी सामाजिक सुरक्षा कार्यक्रम संयोजक चन्दले बताइन्।, उनीहरू आफू बस्ने ठाउँमा जन्मिएका छोरीलाई यो कार्यक्रममा समावेश गराउने प्रक्रियामा पुग्न ४५ दिन निकै कम भएको उनले बताइन्।, त्यति मात्र होइन, छोरीको बैंक खाता खोल्ने कार्यक्रम कार्यान्वयनमा जनशक्ति अभाव पनि मुख्य समस्या देखिन्छ।, जनशक्ति अभाव, त्यसैमाथि सम्बन्धित विषयमा अभिमुखीकरण नहुँदा पनि छोरीको बैंक खातासम्बन्धी कार्यक्रममा काम गर्न असहज भएको चन्दले बताइन्।, ‘एक जना मात्र कार्यक्रम हेर्ने कर्मचारी हुन्छ, उसले नै सामाजिक सुरक्षाका अरू कार्यक्रम हेर्नुपरेको छ,’ उनले भनिन्, ‘कम्तीमा दुई जना भइदिए पनि अलि सहज हुने थियो, हामीलाई यसबारे अभिमुखीकरण नहुँदा कार्यक्रमको अभिलेख राख्न पनि समस्या भइरहेको छ।', कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको यो कार्यक्रममा २०७६ साउनयता जन्मिएका छोरीहरूको बैंक खाता खोलिन्छ। उनीहरूको खातामा मासिक ५०० रुपैयाँका दरले सरकारले रकम जम्मा गरिदिन्छ। खाता खोल्दा सुरूमा १ हजार रुपैयाँ सरकारले नै जम्मा गरिदिन्छ।, कार्यक्रममा आफ्ना छोरीलाई समावेश गराउन जन्मदर्ता, अभिभावकको विवाह दर्ता, नागरिकता र बच्चाको फोटो लिएर नगरपालिकामा सिफारिस लिन जानुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।, सामाजिक विकास मन्त्रालयको महिला तथा बालबालिका शाखा प्रमुख तथा छोरीको बैंक खाता कार्यक्रमका फोकल पर्सन अनिता ज्ञवालीले स्थानीय तहमा काम गर्ने कर्मचारीले यो कार्यक्रमलाई कार्यबोझका रूपमा लिने गरेको बताइन्।, उनीहरूलाई उत्प्रेरित गर्नेखालका तालिम, अभिमुखीकरण, सहजीकरण लगायतको व्यवस्था नहुनुले यसलाई कर्मचारीले कार्यबोझका रूपमा लिन थालेको उनले बताइन्।, स्थानीय तह र प्रदेश स्तरमा सहजीकरणका लागि नियमित संरचना व्यवस्था नहुनु, कार्यक्रम कार्यान्वयनका लागि आवश्यक सहायक कार्यक्रम सञ्चालन नहुनु, समय कम भएकाले सबै छोरीहरू समावेश हुन नसक्नु लगायतका कारणले कार्यान्वयनमा समस्या भएको उनको भनाइ छ।, छोरीको बैंक खाता कार्यक्रममलाई प्रदेशबाट परियोजनाका रूपमा हेरिनुपर्ने उनले बताइन्। ज्ञवालीको विचारमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश स्तरमा समिति नै बनाउनुपर्छ।, स्थानीय स्तरमा बुझाइ नहुनु, आवश्यक मात्रामा बजेट विनियोजन नहुनु, स्थानीय स्तरबाट समयमै बजेट माग नहुनु जस्ता कारणले आर्थिक वर्ष सकिँदा पनि दायित्व बाँकी रहने गरेको उनले बताइन्।, ज्ञवालीका अनुसार कुनै पनि स्थानीय तहबाट यो कार्यक्रम कार्यान्वयनबारे हालसम्म प्रतिवेदन आएको छैन।, छोरीको बैंक खाता खोल्न कर्णाली प्रदेश सरकारले तोकेको समयसीमा हेरफेर गर्नुपर्ने प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठ बताउँछन्।, ‘खाता कहिले खोल्ने भन्ने समय अभिभावकलाई नै दिनुपर्छ, उसको अधिकारलाई समयसीमा तोकेर सरकारले आफूसँग राख्नु हुँदैन,’ श्रेष्ठले भने, ‘यसरी समयसीमा तोक्यो भने लाभग्राही अधिकारबाटै बञ्चित हुन सक्छ।’, ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम २०७६ पुस १ गतेदेखि औपचारिक रूपमा घोषणा गरिएको थियो।, कालीकोटकी खाँडाचक्र नगरपालिका-१ की जमुना सुनार र वडा नम्बर २ की जानकी परियारको पहिलोपटक यो कार्यक्रमअन्तर्गत खाता खोलिएको थियो।, बालिकाको पहुँच विद्यालय शिक्षामा सहजै पुर्याउने, लैंगिक विभेद तथा बालविवाहजस्ता सामाजिक अभ्यास अन्त्य गर्ने, बालिकालाई सशक्त बनाउने उद्देश्यका साथ कर्णाली प्रदेश सरकारले यो कार्यक्रम ल्याएको हो।, फोकल पर्सन ज्ञवालीका अनुसार हालसम्म यो कार्यक्रमअन्तर्गत ११ हजार ४१५ जना बालिकाको बैंक खाता खोलिएको छ। उनीहरूको खातामा ७ करोड ४३ लाख ८१ हजार ६०० रुपैयाँ जम्मा गरिएको छ।, यो कार्यक्रम लागु भएका ६७ स्थानीय तहको तथ्यांक हो।, ज्ञवालीका अनुसार ७ वटा पालिकाबाट तथ्यांक लिन सकिएको छैन भने ५ वटा पालिकामा अझै कार्यक्रम सञ्चालन गर्न सकिएको छैन।, यो कार्यक्रममा समावेश भएका बालिकाहरूको नाममा २० वर्ष पुग्दासम्म मासिक ५०० रुपैयाँका दरले कर्णाली प्रदेश सरकारले रकम जम्मा गरिदिन्छ। यसरी २० वर्षसम्म उनीहरूको खातामा १ लाख २० हजार ५०० रुपैयाँ जम्मा हुन्छ।, उक्त रकम प्रतिफलसहित २० वर्षपछि निकाल्न पाइन्छ।, २० वर्ष उमेर पूरा नभएमा, कार्यक्रममा समावेश बालिकाले माध्यमिक तहसम्मको पढाइ पूरा नगरेमा, २० वर्षअघि नै विवाह गरेमा भने उक्त रकम निकाल्न पाउँदैनन्।, तर खातावाला बालिकाको मृत्यु भएमा, कडा रोग लागेमा वा गम्भीर प्रकृतिको अपांगता भए र माध्यमिक तहको पढाइ पूरा गर्न नसक्ने अवस्था आएमा, अभिभावक वा संरक्षकको मृत्यु भई आर्थिक कठिनाइले पढाइलाई निरन्तरता दिन नसकेमा भने २० वर्ष नपुगे पनि उक्त जम्मा भएको रकम निकाल्न पाइने व्यवस्था कार्यविधिमा छ।, एक परिवारका दुईभन्दा बढी छोरी भएमा दुई जनालाई मात्र यो कार्यक्रममा समावेश गर्न पाइन्छ।, कार्यक्रम सुरू भएको दुई वर्षमा उपलब्धीहरू नदेखिए पनि सकारात्मक संकेत भने देखिन थालेको ज्ञवालीको दाबी छ।, छोरा र छोरीबीच विभेद गर्न नहुने मानसिकतामा वृद्धि, जन्म दर्ता समयमै गर्नुपर्नेबारे सचेतना, महिलाको नाममा बैंक खाता खोल्ने दरमा वृद्धि, बालविवाह गर्नु हुँदैन भन्ने मानसिकतामा वृद्धि लगायतका सकारात्मक संकेत देखिएको उनले बताइन्।,
के कर्णाली प्रदेशका बालिकाको बैंक खातामा गइरहेको छ सरकारले पठाएको पैसा?
|
रासस सेती नदीलाई पवित्र मानिन्छ। यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ।, धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको सेती नदीमा दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि दुर्गन्धित बन्दै गएको छ।, पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्लाको प्रमुख व्यापारी केन्द्रबाट निस्किने फोहर सिधै सेती नदीमा फालिने गरेका कारण बर्सेनि फोहर तथा दुर्गन्धित बन्दै गएको हो। प्रदूषणकै कारण अहिले नदीको पानी पिउन र स्नान गर्न नसकिने अवस्था रहेको स्थानीयबासी बताउँछन्। , 'सदरमुकाम दिपायल, पिपल्ला किनारका बस्तीका सबै फोहर नदीमै जान्छ', स्थानीयबासी तथा व्यापारी रामबहादुर विष्टले भने।, उनका अनुसार बजार क्षेत्रको फोहर सेतीमै विसर्जन गरिन्छ। किनारका बस्तीको ढल निकास पनि नदीमै छाडिएको छ।, अझ कतिपय ठाउँमा मलमूत्रसमेत नदीमै मिसाइएको सहजै देखिन्छ। यसले सेती नदी दिन प्रतिदिन दूषित बन्दै गएको हो। कुहिने नकुहिने सबै प्रकारका फोहर सेतीमा मिसाउँदा पानी दूषित बन्दै गएको हो। , 'यहाँका व्यापारी तथा स्थानीयबासीले घरको ढल र प्लास्टिकजस्ता फोहोर सधैं नदीमा फाल्ने गरेका कारण दिन प्रतिदिन दुर्गन्धित बन्न थालेको छ', उनले भने,'नगरपालिकाले ढल निकासको व्यवस्थापन गर्न नसक्दा बजारमा निस्किने फोहर तथा स्थानीयबासीले ढल सिधै नदीमा फाल्ने गरेका छन्, यसले बर्सेनि सेती नदी दुर्गन्धित बन्दै गएको छ।', बजारबाट निस्किने फोहर तथा ढल नदीमा मिसाउने विषयमा पटक-पटक दिपायल सिलगढी नगरपालिकामा जानकारी गराउँदासमेत व्यवस्थापनका लागि नगरपालिकाले खासै चासो नदेखाएको स्थानीयबासीको आरोप छ।, बजारबाट निस्किने फोहर व्यवस्थापनका लागि जमिन नपाएका कारण समस्या हुँदै आएको नगरपालिकाले जनाएको छ।, धार्मिक आस्था बोकेका पवित्र सेती नदीमा फोहर थुप्रिन थालेपछि पानीको शुद्धता हराउँदै क्षारियपना बढ्दै गएको अर्का स्थानीयबासी घनश्याम पाठकले बताए।, उनले भने, 'सेती नदी हिमालबाट बगेर आउँछ, यो पवित्र नदी हो, यसैमा फोहर मिसाउँदैछन्, यो क्रम नरोकिए अबका केही वर्षमा यो नदी बागमती नदीजस्तै फोहर हुनेछ।', फोहरको मात्रा बढ्दै जाँदा नदीमा बस्ने जलचर प्राणी हराउँदै जान थालेको उनको भनाइ छ। यतिमात्र होइन, गर्मी होस् वा जाडो, यहाँका नागरिक सेती नदीको पानी खानका लागि प्रयोग गर्ने भएकाले फोहर तथा दुर्गन्धित हुन थालेपछि विभिन्न खाले रोगको संक्रमण देखिने अवस्था रहेको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक आइजङ् कुँवरले बताए।, उनले भने, 'दिपायलमा पानीको समस्या हुन्छ, यहाँका नागरिकले प्रायः खानका लागि सेती नदीकै पानी प्रयोग गर्छन, त्यही पानी फोहर भए रोगको संक्रमण बढ्ने नै भयो।', यहाँका स्थानीयबासीले नदीको पानीमा नुहाउने, गाईवस्तुलाई खुवाउने, बालुवा झिक्ने र दाउरा संकलन गर्नेजस्ता काम गर्दै आएका छन्। , यहाँको शिखर नगरपालिकाको बानीडुग्रीसैनदेखि दिपायल सिलगढी नगरपालिकाको नारिदाङसम्मका नागरिकले सेती नदीको पानी प्रयोग गर्दै आएका छन्।, खोला तथा नदीको संरक्षण र सरसफाइको जिम्मेवारी स्थानीय तहको भए पनि यहाँका दुई स्थानीय तह दिपायल सिलगढी र शिखर नगरपालिकाले नदीमा फोहर व्यवस्थापनका लागि पहल नचालेकाले यस्तो समस्या उत्पन्न भएको दिपायलका स्थानीयबासी कर्णबहादुर द्वारियाले बताए। , उनले भने,'फोहर व्यवस्थापनका लागि नगरपालिकाले कुनै पहल चाल्दैन, बजारको फोहर र घरका ढल जति नदीमा छन्, कसरी सेती नदी सफा र शुद्ध हुन्छ।', उनका अनुसार नदी किनारका कयौं घरको शौचालयको सेप्टिकट्यांकी अहिले पनि छैनन्। मदिराका बोतल जथाभावी फालिएका देखिन्छन्।, घर तथा बजारबाट निस्किने फोहर नदी तथा खोलामा सिधै फाल्न नपाउने कानुनी व्यवस्था भए पनि त्यसको वास्ता नगरी नदीमा फोहर व्यवस्थापन गरिएकाले समस्या भएको कानुन व्यवसायी शङ्करदीप मडैले बताए।, उनले भने, 'नदी तथा खोलामा सिधै फोहर व्यवस्थापन गर्न नपाइने कानुनी व्यवस्था छ तर त्यसको कार्यान्वयन नहुँदा समस्या भएको देखिन्छ।' , सेती नदीमा फोहरको मात्रा बढ्दै जाँदा भविष्यमा विकराल समस्या आउने वातावरणविज्ञको भनाइ छ।, 'घरभित्र र घर बाहिरबाट निस्केको फोहरका कारण महाकाली नदीको पानीमा दूषितको मात्रा बढ्दै गएको छ। यसको असर जलचर तथा मानव स्वास्थ्यमै पर्छ', वातावरणविज्ञ भन्छन्, 'यसतर्फ सबैले समयमै सोच्नुपर्छ।' ,
दुर्गन्धित बन्दै सेती नदीः विकराल समस्या आउन सक्ने विज्ञको चेतावनी
|
सविता बुढा रिक्त दरबन्दी विवरण नआउँदा सुदूरपश्चिममा लोक सेवा विज्ञापनमा ढिलाइ भएको छ।, प्रदेश र स्थानीय सरकारले रिक्त कर्मचारीको यकिन तथ्यांक पठाउन नसक्दा विज्ञापन खोल्न ढिलाइ भएको हो। , प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले अहिले विभिन्न तह र श्रेणीका कर्मचारीका लागि पाठ्यक्रम बनाउने काम गरिरहेको जनाएको छ। , आयोगका सचिव दुर्गादत्त विष्टले प्रदेशमा रिक्त दरबन्दीको विवरण प्राप्त हुने बित्तिकै विज्ञापन गर्ने गरी तयारी भइरहेको बताए। , ‘हामीले रिक्त दरबन्दीको यकिन तथ्यांक प्राप्त गर्न स्थानीय र प्रदेश सरकारलाई पत्राचार गरेका छौं, तर अहिलेसम्म उनीहरूले विवरण पठाएका छैनन्, यसकारण ढिलाइ भइरहेको छ, विवरण आउनेबित्तिकै काम अघि बढ्छ,’ उनले भने।, आयोगले गत असार महिनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रदेशमा रिक्त दरबन्दीको विवरण पठाउन आग्रह गरेको थियो।, प्रदेशका ८८ ओटै स्थानीय तहलाई पनि आवश्यक कर्मचारीको विवरण पठाउन आग्रह गरिएको आयोगले जनाएको छ। , जसमध्ये ३५ वटा स्थानीय तहले आवश्यक विवरण पठाए पनि मुख्यमन्त्री कार्यालयसहित प्रदेशका ५३ वटा स्थानीय तहले विवरण पठाएका छैनन्। , मुख्यमन्त्री कार्यालयका अनुसार प्रदेश सरकारका विभिन्न कार्यालयमा हाल ९ सय ८२ दरबन्दी रिक्त छ। तर रिक्त दरबन्दीको विवरण आयोगमा पठाइएको छैन। , संगठन तथा व्यवस्थापन सर्वेक्षण पूरा हुन नसकेको र प्रदेशको निजामती सेवा ऐन पनि बन्न नसक्दा कुन तहमा विज्ञापन गर्ने भन्ने विषयमा अन्यौलता देखिएको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी जगदीश जोशीले बताए। , प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम स्थापना भएको आउँदो चैत महिनामा १ वर्ष पुग्दैछ।, नेपालको संविधान २०७२ मा व्यवस्था भए अनुरूप संघीय संरचना अन्तर्गत गत वर्षको चैत ९ गते प्रदेश लोक सेवा आयोग सुदूरपश्चिममा स्थापना भएको थियो। , तर, स्थापनाको आधा वर्षभन्दा बढी समय बितिसक्दा पनि प्रदेश लोक सेवा आयोगले न त विज्ञापन खुलाउन सकेको छ। न त पूर्ण रूपमा पाठ्यक्रम नै निर्माण गर्न सकेको छ। , अन्य प्रदेशका लोक सेवा आयोगले विज्ञापन प्रकाशित गरी कर्मचारी छनोटको प्रक्रिया पनि सुरू गरिसकेका छन्। तर सुदूरपश्चिम विज्ञापन प्रकाशनका लागि अन्यौल सिर्जना हुँदा तयारीमा रहेकाहरू भने निराश छन्।, करारमा आफ्नाहरू नियुक्त गर्ने परिपाटीले लोक सेवाको विज्ञापनमा ढिलाइ भैरहेको उनीहरूको आरोप छ। , स्थापनाको ८ महिने अवधिमा प्रदेश लोक सेवा आयोगले आवश्यक पर्ने प्रदेश लोक सेवा आयोग नियमावली र प्रदेश लोक सेवा ऐन कार्यसञ्चालन निर्देशिका पनि लागु भैसकेको छ। तर पनि कर्मचारी भर्ना प्रक्रियामा भने ढिलाइ भैरहेको छ।,
रिक्त दरबन्दी विवरण नआउँदा सुदूरपश्चिममा लोक सेवा विज्ञापनमा ढिलाइ
|
सविता बुढा कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।, बिहीबार दिउँसो पूर्व-पश्चिम राजर्माग अन्तर्गत कैलालीको लम्कीमा ना २ ख ९३७० नम्बरको ट्रकले टिकापुरकी एक महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।, प्रहरीका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका-२ की ४० वर्षीया गोमा थापा छन्।, घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमाथि आगजनी र तोडफोड गरेका छन्। , ट्रकमा आगजनी गर्न खोजेपछि स्थानीयलाई रोक्न प्रहरीले अश्रुग्याँस र केही राउण्ड हवाई फायरसमेत गरेको थियो।,
अहिले स्थानीयले बजार बन्द गराउनुका साथै राजमार्ग अवरूद्ध पारेका छन्।, लम्कीको अवस्था तनावग्रस्त भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।,
लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, अवस्था तनावग्रस्त
|
सेतोपाटी संवाददाता नेपालमा थप ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३०८ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ९०९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार १०४ जनाको पिसिआर परीक्षण र १८०५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ३४९ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ।, २०८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।, त्यस्तै, काठमाडौं उपत्यकामा १३० थपिएका छन्। जसमध्ये काठमाडौंमा ७८, ललितपुरमा ३६ र भक्तपुरमा १६ संक्रमित छन्।,
८ हजार ९ सय ९ मा कोरोना परीक्षण गर्दा ३०८ लाई संक्रमण
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १३० कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७८, ललितपुरमा ३६ र भक्तपुरमा १६ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १७२० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६८६, ललितपुर ५५२ र भक्तपुरमा ४८२ सक्रिय संक्रमित छन्।, नेपालमा थप ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ८ हजार ९०९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार १०४ जनाको पिसिआर परीक्षण र १८०५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो, नेपालमा हाल ७ हजार ३४९ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ।, २०८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।,
काठमाडौं उपत्यकामा थपिए १३० संक्रमित, सक्रिय १७२०
|
सेतोपाटी संवाददाता दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड-१९ नयाँ रूप पत्ता लागेको बताएका छन्। उनीहरूले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन्।, ‘दुःखको कुरा, हामीले एउटा नयाँ विविधता भएको भाइरस पत्ता लगायौँ र यो नै दक्षिण अफ्रिकामा सङ्क्रमण दर बढ्नुको चिन्ताको कारण हुनसक्छ,’ भाइरललोजिस्ट टुलियो डे ओलिभेराले पत्रकार सम्मेलनमा भने।, बी.१.१.५२९ वंश संख्या मानेको यस भेरिएन्टमा ‘धेरै संख्यामा उत्परिवर्तनहरू’ रहेको उनले बताए।, दक्षिण अफ्रिकाबाट आएका यात्रुमाझ बोत्स्वाना र हङकङमा पनि यो पत्ता लागेको उनले बताए।, स्वास्थ्य मन्त्री जो फाहल्लाका अनुसार बिरामीमा देखिएको समस्याका पछाडि यो विविधता ‘गम्भीर चिन्ताको’ विषय भएको छ।, दक्षिण अफ्रिकामा यस महिनाको सुरूतिर १०० जनाको दरमा दैनिक कोभिड सङ्क्रमित देखिएकोमा बुधबारको संक्रमण एक हजार २०० भन्दा बढी पाइएको छ।, गत वर्ष दक्षिण अफ्रिकामा यो भाइरसको ‘बीटा’ भेरिउन्ट भेटिएको थियो यद्यपि अहिलेसम्म यहाँ संक्रमितहरूमा डेल्टा भेरिएन्ट नै बढी पाइएको थियो।डेल्टा भेरिएन्ट सुरुमा भारतमा पत्ता लागेको थियो।, अफ्रिका महादेशभरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको संख्या दक्षिण अफ्रिकामा छ, जहाँ लगभग २९ लाख ५० हजार सङ्क्रमित पुगेका छन् र त्यसमध्ये ८९ हजार ६५७ जनाको मृत्यु भएको छ। रासस,
दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ भेरिएन्ट भेटिएको वैज्ञानिकहरूको दाबी
|
भानुभक्त उनले काखमा बच्चा च्यापेकी थिइन्। छेउमै एक जना पुरुष पलेँटी कसेर बसेका थिए। उनीहरू कसैलाई पर्खिरहेजस्ता देखिन्थे।, सोधीखोजी गर्दा थाहा भयो, २८ वर्षकी सरिता चौधरी र ५५ वर्षीय बजारू चौधरी ससुरा बुहारी रहेछन्। दाङको दंगीशरण गाउँपालिका-६ पर्सडुवाबाट केही दिनअघिमात्रै तुलसीपुर बजार आएका।, सरिताका श्रीमान्, बजारूका छोरा सीताराम चौधरी अहिले काठमाडौंमा प्रहरीको हिरासतमा छन्। मंसिर ३ गते दुबईबाट फर्किएका सीतारामलाई त्रिभुवन विमानस्थलमै प्रहरीले पक्राउ गरेको थियो। उनले लगाएको अन्डरवेयरभित्र एक किलोग्राम सुन भेटिएपछि प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो। उनीसँगै सिरहाका सरोज सहनी पनि अवैध सुन ओसारेको आरोपमा पक्राउ परेका छन्।, दुबईमा अलपत्र परेका सीतारामसँग घर फर्किने पैसा पनि थिएन। मंसिर १ गते उनले श्रीमती सरितालाई फोन गरेर टिकटको व्यवस्था भइसक्यो, अब म नेपाल आउँछु भनेका थिए। सरिता श्रीमान आउने बाटो हेरिरहेकी थिइन्।, बल्लबल्ल टिकट जोहो गरेका श्रीमानसँग त्यति धेरै सुन किन्ने पैसा थियो भन्ने सरितालई पटक्कै विश्वास छैन। उनले जानीजानी तस्करीको सुन बोके होलान् भन्ने पनि सरितालाई लाग्दैन।, उनको मनले ‘निर्दोष र सोझो’ ठानेका सीतारामलाई छुटाउन सकिन्छ कि भनेर अहिले उनी दूधे बालक बोकेर तुलसीपुर पुगेकी हुन्।, हामीले भेट्दा उनका ससुरा-बुहारी लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई भेट्ने आशमा कुरिरहेका थिए।, ३० वर्षीय सीताराम गाउँमा अटोरिक्सा चलाएर जिविका चलाइरहेका थिए। परिवारका एक्ला छोरा उनले सहकारीबाट ऋण तानेर अटो किनेका थिए।, केही समयअघि दंगीशरण-७ सिमठानका अनुपविक्रम क्षेत्रीले सीतारामलाई लाखौं कमाइ हुने भन्दै विदेशको सपना देखाए। सीतारामले अनुपविक्रमको कुरा पत्याए। सरिताका अनुसार अटोरिक्सा बेचेर उनी विदेश जान राजी भए।, विदेशको कमाइले ऋण तिरौंला र जग्गा जमिन पनि थपौंला भनेर घर सल्लाह गरी सीताराम गत असोज ५ गते दुबई जान हिँडे।, अनुपविक्रमले नै भिजिट भिसामा उनलाई दुबई पठाए। खर्च दुई लाख लाग्यो। अटो बेचेको पैसा सकियो। यताबाट जाने बेला फुड प्याकिङको काम हो भनिएको थियो।, सीतारामले सरितालाई भनेका थिए- यहाँ त अरू नै काम गर भन्छन् त्यो पनि आज-भोलि भन्दाभन्दै महिना दिन हुन लाग्यो। खाना पनि एक छाकमात्रै दिन्छन्।, सीतारामलाई दुबईमा चित्त बुझेन। घरमा मेहनत गरे खान-लाउन समस्या थिएन। दुबई गएको दुई महिना नपुग्दै उनले सरितालाई आफू घर फर्किन लागेको बताए।, उनी नेपाल त आए तर घर जान पाएन।, ‘हामी गाउँघरमा बस्ने, आफ्नो श्रम गरेर खानेहरू कसैलाई फसाउने, दुई नम्बरी काम गर्ने भन्ने कहिल्यै सोच्ने कुरै आउँदैन। मेरा श्रीमानले पनि त्यस्तो कहिल्यै गरेको थाहाँ थिएन,’ सरिताले सेतोपाटीसँग भनिन्, ‘कट्टुभित्र लुकाएर ल्याएको एक किलो सुन उहाँको साथबाट फेला परेको भन्ने खबरले हामी छाँङ्गाबाट खसेझैं भएका छौं। यो असत्य हो।’, सीताराम सुन तस्करको जालोमा परेको हुन सक्ने उनीभन्दा अघि नेपाल आएका उनका साथीहरूले बताएका छन्।, मंसिर २ गते दुबईबाट नेपाल आएका सल्यानका रामबहादुर बस्नेत र दाङका श्यामबहादुर वली (दुबैका नाम परिवर्तन) पनि संयोगले त्रिभुवन विमानस्थलमा पक्राउ पर्नबाट जोगिएका रहेछन्।, यी दुबै जना पनि दलालको विश्वासमा परी भिजिट भिसामा दुबई गएका र भनेअनुसार काम नदिई तल्लो स्तरको काम गर्न लगाएपछि फर्किएर आएका व्यक्ति हुन। आफूहरूलाई एजेन्टले ड्राइभिङको काम मिल्छ र राम्रै कमाइ हुन्छ भन्ने आश्वासन दिएको भए पनि त्यहाँ पुग्दा फरक काम गर्न भनिएपछि फर्केर आएको रामबहादुरले बताए।, बस्नेत र वलीसँग पनि घर फर्किन पैसा थिएन। अलपत्र परेको अवस्थामा एक जना नेपाली युवतीको सम्पर्कमा उनीहरू पुगे। ती युवतीको धन्दा अप्ठेरोमा परेका नेपाली खोज्ने र उनीहरूलाई उपयोग गर्ने रहेछ।, घर फर्कने टिकटको आश्वासन दिएर उनले भारतीय नागरिक ‘गणी’सँग बस्नेत र वलीलाई भेटाइदिइन्। , गणीले प्लेन टिकटको खर्च आफूले व्यहोर्ने र त्यसको बदलामा आफ्नो सामान नेपालसम्म पुर्याइदिन आग्रह गरे। टिकट खर्च नेपाली ३० हजारजति लाग्थ्यो।, कस्तो सामान भनेर बस्नेतले प्रश्न गरे।, गणीले लत्ता-कपडा हो भने। सानो कपडाको झोला पनि उनीहरूलाई दिए।, प्लेन चढ्नुभन्दा पहिला त्यही कपडा लगाउनु पर्छ भन्ने सर्त गणीले राखेका थिए। बस्नेत र वलीले पनि गणीले भनेअनुसार गरिदिए। दुबई विमानस्थलमा उनीहरूले दिएका लुगा लगाए।, उनीहरू चढेको जहाज काठमाडौं आइपुग्यो। त्रिभुवन विमानस्थलमा प्रहरीले रोकेन। उनीहरू फ्रीमा काठमाडौं आउन पाएकोमा दंग परे।, जब उनीहरू विमानस्थलबाट बाहिर निस्किए। हेलमेट र मास्क लगाएका केही युवाहरूले उनीहरूलाई एउटा गाडीमा हाले।, बस्नेतका अनुसार अज्ञात स्थलामा पुर्याएर उनीहरूले बस्नेत र वलीका कपडा खोल्न लगाए। अन्डरवेयर पनि लगेर गए।, बस्नेतले उनीहरूलाई किन अन्डरवेयर पनि खोल्न लगाएको भनेर सोधेछन्।, जवाफमा ती अपरिचित युवाले योभित्र सिलाएको अवस्थामा एक किलो सुन छ भनेर जवाफ दिए।, ‘त्यसपछि म झसंग भएँ,’ बस्नेतले भने,‘हामी दुबैको अन्डरवेयरभित्र सिलाएर फिट गरेको अवस्थामा दुई किलो सुन तस्करले पठाएका रहेछन्। त्यो हामीलाई थाहा थिएन।’, अप्ठेरोमा पर्दा तस्करले आफ्नो विवशताको फाइदा उठाएको उनले बताए। आफूहरू भाग्यवस जोगिएको भए पनि सीताराम र सरोज प्रहरीको फन्दामा परेको बस्नेतको ठहर छ।, प्रहरी भने सीताराम र सरोजले थाहै नपाई सुन ल्याए कि तस्करीलाई सहयोग गर्न सुन बोके भन्ने टुंगोमा पुगिसकेको छैन।, ‘हामी र भन्सार विभागले अनुसन्धान गरिरहेका छौं,’ विमानस्थलका प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले भने,‘अन्डरवेयरमा एक किलो सुन राखेको कुरा लगाउने मानिसलाई कसरी थाहा हुँदैन?’, उनीहरूमाथि अनुसन्धान भइरहेको र भन्सार ऐनअनुसार कारबाही हुने बास्तोलाले बताए।, त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार सीताराम र सरोजको पहिलो चरणको बयान सकिएको छ।, ‘हिजो पहिलो चरणको बयान सकिएर उनीहरूलाई कारागार पठाइएको छ,’ भट्टराईले भने,‘हामी थप अनुसन्धान गरिरहेका छौं।’, पछिल्लो समय दुबईमा सुनका तस्करहरूले दु:ख पाएका नेपालीहरूलाई प्रयोग गर्ने गरेको ‘ट्रेन्ड’ देखिएको भट्टराईले बताए।, पक्राउ परेकाहरूसँग लिएको बयानमा आधारमा यस्तो देखिएको हो। सुन तस्करीको यो जालोमा कति तह छन् भन्ने खुल्न बाँकी रहेको भट्टराईले बताए।, ‘सुरूमा यहाँका मध्यस्तकर्ताले भिजिट भिसामा जाऊ, उता गएपछि राम्रो काम गर्न मिलिहाल्छ भनेर पठाउने रहेछन्,’ भट्टराईले भने, ‘उता गएपछि भने उनीहरू काम पाउँदैनन्। बिहान-बेलुका खाना नपाएपछि उनीहरू पार्कतिर दु:खी भएर झोक्राएर बस्छन्।’, त्यसरी दु:ख पाएका नेपालीलाई तस्कर एजेन्टले निशाना बनाउँछन्।, ‘दु:ख पाएकाहरूसँग उनीहरू फलानो संस्था वा व्यक्तिले तिमीहरूलाई सहयोग गर्छन् भनेर आश्वान दिन्छन्। यहाँ बसेर काम छैन तिमीहरू अब नेपाल फर्केऊ भन्छन्,’ अभियुक्तहरूले दिएको बयान उल्लेख गर्दै भट्टराईले भने,‘टिकटको व्यवस्था हामी गरिदिन्छौं। हाम्रो अलिकति सामान छ। काठमाडौंमा पुर्याइदिनु भनेपछि सहयोग पाएकाहरू खुसी-खुसी ल्याइदिन्छन्।’ , दुबई विमानस्थलमा सुन तस्करले आफूले दिएको लुगा लगाउन भन्छन्। लुगा लगाएपछि उनीहरूको फोटो खिच्छन्। काठमाडौंमा सामान कसलाई दिने हो भन्ने उनीहरू खुलाउँदैनन्। तिमीलाई विमानस्थलमा, रिङरोड वा होटलमा कसैले भेट्छमात्रै भन्छन्।, मान्छे काठमाडौं आउनुअघि विमानस्थलमा उनीहरूले लगाएको लुगासहितको तस्बिर काठमाडौंका एजेन्टको मोबाइलमा पुगिसक्छ।, यसरी विमानस्थलमै लिन आउने मानिस तस्करीमै संलग्न हुन्छन् कि उनीहरूलाई तस्करले प्रयोगमात्र गर्छन् भन्ने खुलिसकेको छैन।, ‘अहिलेसम्म पक्राउ परेकाहरूको बयान सुन्दा दु:ख पाएका नेपालीलाई तस्करले उपयोग गर्ने गरेको दखियो,’ प्रमुख भन्सार प्रशासक भट्टराईले भने,‘कानुनले उनीहरू उपयोग भए कि साँच्चै अपराधमा संलग्न छन् भन्ने जान्दैन। गैरकानुनी तरिकाले सामान ल्याएपछि कानुनअनुसार कारबाही गर्नैपर्छ।’, बुधबारमात्रै दुबईबाट आएका एक नेपाल टर्चभित्र सुन बोकेर ल्याएको अवस्थामा पक्राउ परेका छन्।, पछिल्लो समय नेपालीहरू अरूले दिएका सामान ल्याउँदा पक्राउ परेको देखिएको उल्लेख गर्दै भट्टराईले विदेशबाट आउँदा अरूले दिएका सामान नल्याउन अनुरोध गरे।, ‘विदेशबाट आउँदा अपरिचित व्यक्तिले दिएको सामान ल्याउँदै ल्याउनु हुन्न, ल्याउनै परे खोलखाल पारेर पूरै हेरेरमात्र ल्याउनु पर्छ, नेपालमा त्यो सामान कसलाई दिने हो पूरा विवरण मागेर सामान ल्याए तस्करको जालोबाट जोगिन सकिन्छ,’ भट्टराईले भने,‘यो आम नेपालीलाई हाम्रो अनुरोध हो।’ ,
दुबई एयरपोर्टमा अर्कैले दिएको लुगा लगाउँदा प्रहरी फन्दामा परे सीताराम
|
सेतोपाटी संवाददाता ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि तनावग्रस्त भएको लम्कीमा अझै स्थिति सामान्य भएको छैन।, घटनापछि लम्की बजार बन्द र पूर्व-पश्चिम राजमार्ग अवरूद्ध छ।, स्थिति सामान्य पार्न २ सय बढी प्रहरी परिचालन गरेर बल प्रयोग गरेिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, बिहीबार दिउँसो पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लम्की बजारमा पेट्रोल भरेर गन्तव्यतिर फर्किन लागेको ट्रकले टीकापुर नगरपालिका–२ की ४० वर्षीय गोमा थापालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।, सवारीको पर्खाइमा सडक छेउमा बसेकी थापालाई ट्रक चालकले लापरबाही गर्दा उनको मृत्यु भएको भन्दै लम्कीका स्थानीय र मृतकका आफन्त आन्दोलनमा छन्। उनीहरूले उक्त ट्रकमा आगो लगाएका थिए। , प्रहरी स्थानीयलाई रोक्न अश्रुग्यास र केही राउण्ड हवाई फायर समेत गरेको थियो।, प्रहरीले आगो लगाउन रोके पनि स्थानीयले सो ट्रकमा आगजनी गरेरै छोडे।, प्रहरीले बल प्रयोग गरेर मृतकको शव उठाएर पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।, ‘बल प्रयोग गरेर राजमार्ग सुचारू गर्न, स्थिति सामान्य पार्न आन्दोलनकर्तालाई बल प्रयोग गरेर रोकिरहेका छौं, एकछिन खुल्ने फेरि एकछिन बन्द हुने अवस्था छ,’ उनले भने।, राजमार्ग अवरूद्ध हुँदा गन्तव्यका लागि छुटेका सवारी साधन ठप्प छन्।,
ट्रकको ठक्करबाट महिलाको मृत्युपछि लम्की तनावग्रस्त, स्थिति सामान्य पार्न प्रहरीले गरे बल प्रयोग
|
भानुभक्त दार्चुलाका विकट गाउँ छाङ्गरू र तिंकरमा जनगणना गर्न गएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम खलंगा ल्याइएको छ।, ब्यास गाउँपालिका-१ मा पर्ने यी गाउँमा जनगणना गर्न गणकहरू साढे तीन दिन हिँडेर पुगेका थिए।, ‘आज हामी सेनाको हेलिकप्टरमा फर्कियौं,’ जनगणना अधिकारी खगेन्द्र कार्कीले सेतोपाटीसँग भने,‘फेरि हिँडेरै आउनुपर्छ कि जस्तो लागेको थियो। सरकारले व्यवस्था गरेर हामीलाई लिन हेलिकप्टर पठाएछ।’, बिहीबार बिहान जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले कार्कीलाई फोन गरेर आज वा भोलि हेलिकप्टर आउन सक्छ भनेका थिए।, हेलिकप्टर आउने खबरले कार्की खुसी भएका थिए।, ‘हामीले छाङ्गरू र तिंकरका ११३ घरमा जनगणना गरेर सकेका थियौं। जनगणना गर्ने आज अन्तिम दिन थियौं। आजै काम सकेर फर्किन पाउँदा खुसी लागेको छ,’ कार्कीले भने।, कार्कीसँगै कार्यालय सहयोगी लोकेन्द्र टेर गत शुक्रबार खलंगाबाट हिँडेका थिए। , उनीहरू तिंकर पुग्दा त्यहाँका बासिन्दा बेंसी झरिसकेका थिए।, ‘मान्छे नभए पनि हामी तिंकर पुगेर त्यहाँको घरको अवस्थाबारे बुझेर आयौं,’ कार्कीले भने।, स्थानीय तथा व्यास गाउँपालिका-१ का वडा सचिव विनोदसिंह बुढाथोकीका अनुसार तिंकरका बासिन्दा आइतबार नै बेंसी झरिसकेका थिए।, भारतीय सडक हुँदै सीतापुलसम्म गाडीमा गएर त्यहाँबाट २०-२५ मिनेट हिँडेर पुगिने छाङ्गरू जान भारतले पास नदिँदा गणकले झन्डै चार दिन हिँड्नु परेको हो।, यो सकसका पछाडि नयाँदिल्ली र काठमाडौंको राजनीति जोडिएको छ। सामान्य अवस्था हुन्थ्यो भने कार्कीको टोली अहिलेसम्म गणना सकेर खलंगा फर्किइसकेको हुन्थ्यो।, जनगणना गर्न जानेलाई खलंगापारि धार्चुलाको बाटो हुँदै गाडी चढेर छाङ्गरूनजिकैको सीतापुलसम्म जाने अनुमति नेपालले नमागेको होइन। दुईपटक चिठी लेख्दा पनि भारतीय अधिकारीहरूले विभिन्न बहाना बनाएर स्वीकृति दिन मानेनन्।, ‘सुरूमा हामीले कात्तिक २५ गते एक जना गणकका लागि पास मागेका थियौं। त्यही दिन यहाँका केही सरहरूले पनि घुम्न जान पास माग्नुभएको थियो,’ जनगणना कार्यालय प्रमुख पाण्डेले भने, ‘घुम्न जानेहरूलाई चाहिँ उनीहरूले पास दिए, गणकलाई दिएनन्। बाटो बिग्रिएको छ, मर्मत गर्नुपर्ने भएकाले अहिले पास दिन मिल्दैन भनेर टारे।’, सदरमुकामसम्म पुग्न आफ्नो भूमिमा बाटो नभएपछि दार्चुलाका भारतीय सीमावर्ती गाउँका मान्छे भारतको बाटो हुँदै आउजाउ गर्छन्। भारतले महाकालीको किनारै-किनार लिपुलेकसम्म बाटो बनाएको छ।, भारतीय बाटो प्रयोग गर्ने पास बनाउन स्थानीयलाई जिल्ला समन्वय समितिको सिफारिस चाहिन्छ। सरकारी कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालयले पत्र लेखिदिन्छ।, ‘कात्तिक ३० गते हामीले फेरि सिडिओ कार्यालयबाट चिठी पठायौं। उताबाट हुन्छ पनि भनेनन्, हुन्न पनि भनेनन्,’ पाण्डेले भने, ‘सहायक सिडिओसाबले फोन गर्दा उताका सिडिएम (सहायक सिडिओका समकक्षी) ले फोन नै उठाएनन्।’, घर तथा घरपरिवारको सूचीकरण गर्न कार्यालयले यसअघि असोजमा सुपरीवेक्षक खटाएको थियो। त्यति बेला भारतले नेपाली सुपरीवेक्षकलाई सीतापुलबाट छाङगरू र तिंकर जान सजिलै पास दिएको थियो।, सीतापुल भारतले पछिल्लो समय बनाएको लिपुलेक जोड्ने सडकमा पर्छ। त्यो ठाउँमा महाकाली नदीमाथि काठको पुल बनाइएको छ। पुलभन्दा केही किलोमिटर दक्षिणमा भारतीय गाउँ ग्यार्बेङ छ। सीतापुलको भारतीय साइटतिर एसएसबी बस्छ। त्यही पुलमा नेपालबाट भारत जान र भारतबाट नेपाल आउने पासको चेकिङ हुन्छ। नेपाली साइटमा यसअघि सुरक्षा उपस्थिति थिएन। २०७७ वैशाखमा सशस्त्र प्रहरी बलले छाङ्गरूमा बोर्डर आउटपोस्ट राखेको थियो। त्यसपछि पुलको नेपालतिर पनि सुरक्षाकर्मीको उपस्थिति भएको हो।, गत असोजमा विवरण संकलन गरेर आएका सुपरीवेक्षकका अनुसार छाङ्गरू र तिंकरमा ११३ वटा घर छन्। तीमध्ये तिंकरमा २ वटा प्रहरी चौकी छन् भने र छाङ्गरूमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट छ।, कालापानी, लिपुलेकलाई आफ्नो भूमिमा समेटेर नेपालले नक्सा जारी गरेपछि भारत रिसले चुर भएको थियो। लामो समयसम्म दुई देशका अधिकारीहरूबीच राजनीतिक र कूटनीतिक रूपमा वार्ता हुन सकेको थिएन। लामो समयपछि दुई देशबीच संवादको श्रृंखला सुरू भए पनि भारतले उक्त भूमि आफ्नो भएको दाबी गरिरहेको छ।, यहीबीच नेपालले कालापानी र लिपुलेकमा रहेका गाउँको पनि जनगणना गर्ने कुराबारे चर्चा भएको थियो।, कालापानी, लिपुलेकमा जनगणना गर्ने विषयले मिडियामा चर्चा पाएपछि भारतीय पक्ष अझ बढी संवेदनशील भएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डेले बताए।, ‘पहिला पास दिएकाले फेरि पनि दिइहाल्छन् भन्ने सोचेर पास मागेका थियौं। छाङ्गरू र तिंकर जाने पास दिनु त परको कुरा, अहिले त भारतीय सुरक्षाकर्मीले यहीँ दार्चुलापारि जनगणनाका पोष्टर लगायत अन्य सामान लैजान पनि दिँदैनन्,’ पाण्डेले भने।, तिंकर र छाङ्गरू भारतले ओगटेका नेपाली भूमि कालापानी र लिपुलेक नजिकैका गाउँ हुन्। यहाँ ९९ प्रतिशत सौका जातिका मानिसहरू बस्छन्। अहिले भारतीय नियन्त्रणमा रहेका कुटी, नाबी, गुन्जी लगायत गाउँमा उनीहरूको पारिवारिक सम्बन्ध हुन्छ। नेपालले बनाएको नयाँ नक्सामा यी गाउँलाई पनि समेटिएको छ।, ‘वारि-पारि हाम्रो बिहेवारी चल्छ। मर्दा-पर्दा पनि जान्छौं,’ वडासचिव बुढाथोकीले भने, ‘भारततिर पनि सौका जातिका मानिसहरू उच्च सरकारी ओहोदामा भएकाले स्थानीयलाई पासको त्यति समस्या हुँदैन।’, तिंकरमा नेपाल र चीन सीमाको पिलर नम्बर १ गाडिएको छ। त्यहाँबाट चीनको ताक्लाकोट बजार नजिकै छ। औपचारिक रूपमा नेपाल र चीनले तिंकर नाकालाई मान्यता नदिए पनि छाङ्गरू र तिंकरका बासिन्दा यही नाकाबाट व्यापार गर्छन्।, ‘हामी वैशाख-जेठमा किरा (यार्सागुम्बा) टिप्छौं। फापर, उवा आलु लगाउँछौं,’ बुढाथोकीले भने, ‘मंसिरको महिना लागेपछि खलंगा झर्छौं। खलंगामा पनि तिंकर र छाङ्गरूबासी सबैका घर छन्।’, सबै मानिसहरू प्राय: खलंगामै बस्ने भएकाले वडा कार्यालय पनि खलंगामै राखिएको छ।, ‘सबै जना यतै भएकाले स्थानीयको मागअनुसार नै व्यास गाउँपालिका-१ को वडा कार्यालय सदरमुकाममै छ,’ वडासचिव बुढाथोकीले भने।, नेपाली भूमि हुँदै तिंकर पुग्ने बाटो बनाउने जिम्मा नेपाली सेनाले पाएको छ। २०७७ वैशाखमा मन्त्रिपरिषदले निर्णय गरी दार्चुलादेखि तिंकरसम्मको ८७ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको हो। घाँटीबगरमा अस्थायी क्याम्प बनाएर सेनाले ट्रयाक खोल्ने काम सुरू गरिसकेको छ।,
सेनाको हेलिकप्टरमा ल्याइयो छाङरू र तिंकरमा जनगणना गर्न गएकाहरूलाई
|
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनसुता सामुदायिक वन उपभोक्ता समूह, दाङका तत्कालीन अध्यक्ष कुलबहादुर खत्री, सचिव शोभा भनिने शवीकुमारी खड्का र कोषाध्यक्ष टोपेन्द्र थापाविरूद्ध आरोपपत्र दायर गरेको छ।, आयोगले सामुदायिक वन उपभोक्ता समूहको सम्पत्ति चार लाख ५६ हजार बदनियतपूर्वक हिनामिना गरी आफैँले खाई मासेको पुष्टि हुन आएको भन्दै उनीहरूविरूद्ध आज आरोपपत्र दायर गरेको जनाएको छ।, तत्कालीन अध्यक्ष खत्रीले बिना अनुमति रुख कटान गरी आर्थिक हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनीहरूले आव २०६८/०७९ देखि २०७१/०७२ सम्मको लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित घुम्ती कोष लगानी विवरणमा तीन लाख ७२ हजार लिए/दिएको भनी भरपाइसमेत नभएको झुट्टा विवरण बनाएको पुष्टि भएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।, साथै वन हेरालुलाई तलब ८४ हजार दिएको विवरण व्यय शीर्षकमा राखी झुट्टा विवरण बनाई आपसी मिलेमतोमा समूहको सम्पत्ति बदनियतपूर्वक हिनामिना गरी आफैंले खाई मासेको पुष्टि हुन आएको हुँदा कसुरमा बिगो चार लाख ५६ हजार कायम गरी र सो सम्पत्ति असुलउपर हुन मागदावीका साथ विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो। रासस,
मनसुता सामुदायिक वनका अध्यक्ष, सचिव र कोषाध्यक्षविरूद्ध आरोपपत्र दायर
|
सेतोपाटी संवाददाता नेपाल प्रहरीले एक हजार नौ सय ७१ जना प्रहरी जवान माग गरेको छ।, आज गोरखापत्रमा सूचना निकालेर प्रहरी प्रधान कार्यालयले उक्त संख्यामा प्रहरी जवान माग गरेको हो।, इच्छुकहरूलाई आवदेन दिन पनि प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ।, साथै एक सय ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) माग गर्दै आवेदन खुला भएको छ।, प्रहरी निरीक्षक, प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदहरूमा खुला र समावेशी प्रावधानअनुसार पदपूर्ति गर्ने गरी आवेदन खुला गरिएको छ।, फागुन १९ गतेदेखि दरखास्त फारम बुझाउन पाइन्छ।,
ठूलो संख्यामा प्रहरी जवान र इन्स्पेक्टर माग गर्दै प्रहरीले खुलायो जागिर
|
सेतोपाटी संवाददाता प्रहरीले ३३ लिटर रक्तचन्दनको तेलसहित काठमाडौंबाट १० जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार दिउँसो तीलगंगाबाट १० जनालाई पक्राउ गरेको हो।, प्रतिलिटर पाँच लाखका दरले ग्राहकसँग ‘डिल’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले बताए।, पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि वन कार्यालय पठाउने तयारी भइरहेको खापुङले बताए।, पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका-६ घर भई काठमाडौं महाराजगञ्ज बस्ने २३ वर्षीय घनश्याम आलेमगर, हलेसी-९ मै घर भई चाबहिल बस्ने २० वर्षीय जीवन थापा, तनहुँ भानु नगरपालिका-६ घर भई सामाखुसी बस्ने २५ वर्षीय सुदीप भट्टराई लगायत छन्।, रक्तचन्दन बिक्री वितरणमा प्रतिबन्ध छ। त्यसको तेल कसरी कहाँबाट काठमाडौं ल्याइयो र यो केमा प्रयोग हुन्छ भन्नेबारे अनुसन्धान भइरहेको छ। , ‘अहिले प्रारम्भिक अनुसन्धान भइरहेको छ, यो कहाँबाट ल्याइयो भन्नेबारे सोधपुछ भइरहेको छ,’ महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले भने। ,
३३ लिटर रक्तचन्दनको तेलसहित काठमाडौंबाट पक्राउ परे १० जना
|
राजेश घिमिरे राप्ती नदीको सानो टापुमा दुई वटा घडियाल गोही पाहर ताप्दै छन्। कहिले नजिकै बसेर बात मारेझैं गर्छन् त कहिले मुख खेलेर भिड्न लागे झैं देखिन्छन्।, करिब सय मिटर वर सौराहा 'राप्ती विच'मा सुनसरी इनरूवाका दीपनारायण चौधरी र मोरङ बेलबारीका कृष्ण राई छिनो र हेम्मर चलाउन व्यस्त छन्।, बन्दै गरेको ‘सौराहा पार्क’ मा राखिएका बढेमानका तीनवटा ढुंगामध्ये एकलाई घडियाल गोहीको आकार दिन व्यस्त छन् चौधरी र राई।, ‘प्रकृतिमा रमेको गोही हेर्दै, ढुंगामा कुँद्दै छु,’ चौधरीले भने, ‘जिन्दगीमा धेरै ढुंगालाई मूर्ति बनाएँ तर प्राकृतिकरूपमा खेलिरहेका वस्तुलाइ हेर्दै आकार दिने अवसर कहिल्यै पाएको थिइनँ, नयाँ अनुभव सँगाल्दै छु।’, चौधरीले केही वर्षअघि सिराहामा पोखरीमा एउटा गोही देखेका थिए। तर त्यसलाई धेरै ध्यान दिएर हेरेनन्। केही दिन अघि सौराहामा गोहीकै मूर्ति बनाउन बोलाइएपछि उनी इन्टरनेटमा चित्रहरू हेर्न थाले।, ‘गोहीको शारीरिक बनावट दिमागमा सेट गरेर त आएको थिएँ तर यहाँ त आँखै अगाडि देखिँदा रहेछन्, वास्तविक वस्तु नै हेरेर बनाउँदा पाउँदा त मूर्तिले अझ जिवन्तता पाउँछ,’ चौधरीले भने, ‘काम गर्दा पनि आनन्द आइरहेको छ।’, उही ढुंगामा छिनो चलाइरहेका राईले सौराहामा काम गर्दा विल्कुलै नौलो अनुभूति गरेको बताए।, ‘केही वर्षअघि कोशीटप्पु वन्यजन्तु आरक्षमा सात दिन घुमेर जंगलीको हात्ती अवलोकनगरि फोटो खिचेर त्यसको मूर्ति खोपेको अनुभव त म सँग थियो। तर सौराहा त अचम्मैको ठाउँ रहेछ, गोही, गैंडा, हात्ती जुनसुकै जनावर पनि सजिलै देख्न पाइने,’ उनले भने, ‘यहाँ काम गर्न पाउँदा त आफूलाई भाग्यमानी ठानेको छु।’, भक्त राई अर्को ढुंगामा हात्ती कुँद्न व्यस्त छन्। नजिकैको सडकमा हात्ती लम्किरहेको छ। उनको नजर हात्तीतर्फ पुग्यो। राईले एकटकले हात्ती हेरे, अनि छिनोमा हेम्बर बजार्न थाले।, चितवनको कालिका नगरपालिकाको कयर खोलाबाट ल्याइएका बढेमानका ढुंगामा चितवनका पहिचान मानिने एक सिंगे गैंडा, पाटेबाघ, घडियाल गोही, हात्ती, हरिण, अजिंगर, हाँस, घोंगीलगायतको मूर्ति खोपिँदैछ। वन्यजन्तुसँगै यिनको संरक्षणमा खटिएका संरक्षणकर्मीको आकृति पनि उतारिँदैछ।, नेपाल ललितकला प्रतिष्ठानका मूर्ति विभाग प्रमुख लालकाजी लामा र चितवन ललितकला प्रतिष्ठानका अध्यक्ष चित्रकार दामोदर बराल मूर्ति निर्माण भइरहेको ठाउँमा भेटिए।, ‘यसपटक चितवनका साथीहरु मूर्ति बनाउन अन्यत्र पुगिसकेकाले पूर्वी नेपालका साथीहरूलाई बोलाइयो,’ लामाले भने, ‘केही दिनपछि सौराहामा नेकपा एमालेको महाधिवेशन हुने र हजारौं मान्छे भेला हुने भएकाले त्यसअघिनै मूर्ति तयार पार्न पाए हुन्थ्यो भनेर द्रूत गतिमा काम भइरहेको छ।’, उनले ढुंगा असाध्यै साह्रो भएकाले निर्माणकार्यमा केही विलम्ब भइरहेको बताए।, ‘तै पनि साथीहरू १ गतेबाटै खटिइराख्नुभएको छ, हामी निरन्तर यहीँ बसेर सघाइरहेका छौं,’ उनले भने, ‘१० गतेसम्ममा त सकिन्छ होला।’, सौराहामा चित्रकलाको व्यवसाय पनि सञ्चालन गर्दै आएका चित्रकार बरालले सम्बन्धित जनावरलाई हेर्दै कुँद्न पाहिएकाले मूर्तिहरू उत्कृष्ट बन्दै गरेको बताए।, ‘सौराहा आउने पर्यटकले दुर्लभ वन्यजन्तुहरू देख्थे, कसैले तीसँग सेल्फी नै लिन्थे अब वन्यजन्तु देख्न नपाउनेले पनि तिनका जिवन्त मूर्तिमा तस्वीर खिचाउन पाउने छन्,’ बरालले भने, ‘चितवनको पहिचानलाई विश्वव्यापी बनाउन यी मूर्तिले सघाउनेछन्।’, उनले सौराहा पार्कमा निर्माण भएका मूर्तिहरु सौराहाका चिनारी बन्ने बताए।, सौराहा पार्क नेपाल पर्यटन बोर्डमार्फत् प्राप्त युएनडिपीको बजेटमा रत्ननगर नगरपालिकाले केही थप गरेर बनाउन सुरू भएको थियो। युएनडिपीको ४८ लाखमा रत्ननगर नगरपालिकाले १२ लाख रूपैयाँ थपेर सौराहामा जीविकोपार्जन पुनरोत्थानको लागि दिगो परियोजना कार्यक्रम सुरू भएको थियो। कार्यक्रमको ८० प्रतिशत हिस्सा सौराहा र आसपासका खोला, नदी सरसफाइमा खर्च गरेर बाँकी पार्कमा लगानी गरिएको हो।, मूर्ति निर्माणका लागिमात्रै १२ लाख रूपैयाँमा सम्झौता भएको लामाले बताए।, रत्ननगर नगरपालिकाका मेयर नारायण वनले पार्क निर्माण भएसँगै सौराहा घुम्न आउने पर्यटकले नयाँ स्वाद पाउने बताए। ‘अब पर्यटकहरु यहाँको सुन्दर पार्कमा उभिएर राप्ती नदीका घडियालदेखि राप्ती पारिका बाघ, गैंडा, हात्तीलगायतका जनावर अनि तिनका मूर्तिहरू हेरेर रमाउन सक्छन्,’ मेयर वनले भने, ‘यसले सौराहाको पर्यटन विकासमा थप सहयोग पुर्याउने विश्वास छ।’,
राप्तीका गोही हेर्दै ढुंगामा मूर्ति कुँद्छन् दीपनारायण
|
रासस सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ।, स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो।, मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।, ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ।,
सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीबाट तीन बालकको मृत्यु
|
सेतोपाटी संवाददाता थानकोटमा मामा र भान्जाको झगडामा गम्भीर घाइते भएका मामाको मृत्यु भएको छ।, प्रहरीका अनुसार मृत्यु हुनेमा धादिङ थाक्रे गाउँपालिका-४ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका-५ बस्ने ३९ वर्षीय राजु पुलामी मगर छन्।, बिहीबार साँझ भान्जा सोही ठाउँ बस्ने १९ वर्षीय मिलन लुङ्गेली मगरले कुटपिट गर्दा पुलामी सख्त घाइते भएका थिए।, घाइते पुलामी मगरको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर सेन्टरमा मृत्यु भएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।, मिलनलाई बिहीबार साँझ नै पक्राउ गरिएको उनले बताए। मिलनको पनि निधार, हात र घुँडामा चोटपटक छ।,
थानकोटमा मामा-भान्जाको झगडामा मामाको मृत्यु
|
रासस काठमाडौँ महानगरपालिकाले कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।, स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको जनाएको छ।, यही मंसिर ५ गतेबाट सुरु भएको कार्यक्रम आगामी पुस ५ गतेसम्म चल्ने कामपाले जानकारी गराएको छ। काठमाडौँ प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई उमेर खुलेको प्रमाण आधारमा खोप दिइने पनि कामपाले जनाएको छ।, कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको स्वास्थ्य सुरक्षामा आफू सधैँ जिम्मेवार रहेको बताए।, कोरोनाको दोस्रो लहरको समयमा पनि कामपाले काठमाडौँ उपत्यकाको सरकारी र सामुदायिक गरी १२ अस्पताललाई कोभिडविरुद्ध उपचार गर्नका लागि विभिन्न औजार, उपकरण, सामग्री तथा स्रोत परिचालनमा सहयोग गरेको उनले बताए।, स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले निर्धारण गरिएको चारवटै खोप केन्द्रबाट केन्द्रबाट भेरोसेल, कोभिसिल्ड, एस्ट्राजेनिका खोप उपलब्ध हुने बताए।, यससँगै महानगरका ३२ वटै वडामा यसअघि तोकिएको खोप केन्द्रबाट मङ्सिर ७ र ८ गते कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुनेछ।, यसमा १८ वर्ष उमेर समूहमाथिका र यसअघि खोप लगाउन छुटेका सबै नागरिक, पहिलो मात्रा लगाएर आठ हप्ताको समय कटिसकेकालाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ। यहाँ भेरोसेल, कोभिसिल्ड, एस्ट्राजेनिका खोप उपलब्ध हुनेछन्।,
कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरूद्ध खोप लगाउन पाइने
|
सेतोपाटी संवाददाता हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मंगलबार देशका पहाडी भू-भागमा आंशिक रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।, हिमपातको सम्भावना रहनुको साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।,
देशभर चिसो बढ्यो, आज पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने
|
रासस गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन्।, गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन्।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी थिइन्।, उनलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौँदीखोला किनारमा मृत फेला पारिएको हो।, तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
दरौंदी किनारमा भेटियो सातादेखि हराइरहेकी महिलाको शव
|
खिलानाथ ढकाल महानगरीय अपराध महाशाखाले भारतीय नागरिक ४४ वर्षीय शिवम् भीरामुथुको अनुसन्धान विवरण महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ।, महाशाखाले भीरामुथुबारे प्रारम्भिक अनुसन्धान गरी सोमबार विस्तृत अनुसन्धानका लागि परिसरमा फाइल पठाएको हो।, भीरामुथुले ठूला-ठूला नेताहरूलाई झुक्याएर ‘ठगी धन्दा’ चलाएको पाइएपछि विस्तृत अनुसन्धान गर्न परिसरलाई लेखी पठाइएको महाशाखा स्रोतले बतायो।, ‘प्रारम्भिक अनुसन्धानमा भीरामुथुले देशका उच्च नेताहरूलाई नै झुक्याएर नक्कली कागजात बनाई चिटिङ गरेको देखियो,’ महाशाखा स्रोतले सेतोपाटीलाई भन्यो।, परिसरका एक अधिकृतले भीरामुथुबारेको फाइल आए पनि हेरिनसकेको बताए।, ‘हामीकहाँ महाशाखाले फाइल पठाएको छ, हामीले त्यो हेरिसकेका छैनौं,’ ती अधिकृतले भने, ‘फाइल हेरेपछि के कस्तो हो भनेर भन्न सकिन्छ।’, महाशाखाले आरोपीलाई पक्राउ गरी परिसरलाई विस्तृत अनुसन्धानका लागि पठाउने गरेको छ। मुद्दा अभियोजन गर्ने अधिकार नरहेकाले महाशाखाले ठूला अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि अनुसन्धानको फाइल परिसरमा पठाउँछ।, भारतको चेन्नई र मलेसियाको क्वालालम्पुर घर बताउने भीरामुथुलाई गत कात्तिक २३ गते महाशाखाले पक्राउ गरेको थियो।, महाशाखा स्रोतका अनुसार भीरामुथुले देखाउने गरेका करोडौं लगानीका कागजात नक्कली भेटिएका छन्।, भीरामुथुले विभिन्न कम्पनीमा २५ करोड रूपैयाँभन्दा बढी लगानी रहेको कागजात देखाएर पोखरास्थित मणिपाल मेडिकल कलेज किनबेचको ‘डिल’ गरेको अनुसन्धानमा खुलेको थियो।, महाशाखाले आफ्नो अनुसन्धान क्रममा केही कम्पनीमा भीरामुथुको लगानी छ/छैन भनी पत्राचार गरेको थियो। त्यसैमध्ये एउटा कम्पनीले जवाफ पठाउँदै भीरामुथुले पेस गरेका कागजात नक्कली रहेको भनी महाशाखामा जवाफ पठाएको छ।, त्यस्तै, भीरामुथुले एउटा सहकारीमा आफ्नो लगानी रहेको भन्दै पाँच करोडका कागजात बनाएका थिए। उक्त सहकारीमा बुझ्दा त्यो कागजात पनि झूटो पाइएको महाशाखा स्रोतले बतायो।, महाशाखा स्रोतका अनुसार सिंगापुरको मिलेनियम ग्रुपको निर्देशक भन्दै भीरामुथुले मणिपाल मेडिकल कलेज किन्न ब्लुक्रस अस्पताल त्रिपुरेश्वरका एक डाक्टरसँग ‘डिल’ गरेका थिए।, पशुपतिनाथका भट्टलाई समेत प्रभावमा पारेर भीरामुथुले मणिपाल कलेज किन्ने सर्तमा ती डाक्टरसँग ५० लाख रूपैयाँ ठगी गरेको अनुसन्धानमा फेला परेको छ।, भीरामुथुले आफूलाई योङ लियान ग्रुप रियालिटी मलेसियाको सिइओ बताएर एनएमबी बैंकलाई पनि छलेका छन्।, योङ लिआन ग्रुप मलेसियाको चर्चित कम्पनी हो। लिआन ग्रुपको एनएमबी बैंकमा १५ प्रतिशत सेयर छ। ४२ वर्षअघि मलेसियामा स्थापना भएको यो कम्पनीले होल्डिङ्स, रियलस्टेट, सेयरमा लगानी गरिरहेको छ।, भीरामुथुले आफूलाई त्यो ग्रुपको सिइओ भनेर परिचय दिई एनएमबी बैंकबाट कागजात लिएका थिए।, लिआन ग्रुपको अहिले एनएमबी बैंकमा पचास लाख कित्ता सेयर छ। यो सेयरबापत उसले बर्सेनि करोडौं बोनस लगिरहेको छ।, भीरामुथुले उक्त कम्पनीको कागजात कसरी लिए भनेर महाशाखाले एनएमबी बैंकलाई एक साताअघि नै पत्राचार गरेको थियो। बैंकले अहिलेसम्म विवरण उपलब्ध नगराएको महाशाखा स्रोतले बतायो।, ‘यतिका सेयर भएको कम्पनीको आधिकारिक विवरण बैंकसँग हुनुपर्छ, त्यो कम्पनीको सिइओ भनेकै भरमा भीरामुथुलाई बैंकले कसरी सिइओ उनै हुन् भनेर कागजात दियो? यो कुरा अपत्यारिलो देखिएको छ,’ अनुसन्धानमा संलग्न अधिकृतहरू भन्छन्, ‘कि नक्कली कागजात बनाएको हो भनेर बैंकले भन्नुपरो, पटक-पटक ताकेता गर्दा बैंकले विवरण दिएको छैन।’, बैंकले विवरण दिन ढिलासुस्ती गरेकाले त्यहाँका कर्मचारीले नै मिलेमतो गरे कि भन्ने शंका जन्मिएको महाशाखाका ती अधिकृतले दाबी गरे।, आफ्नो व्यक्तिगत बैंक खातामा ८ करोड, लोटस इन्भेस्टमेन्ट कम्पनीमा २७ करोड लगानी, स्टेट बैंक अफ इन्डियामा पनि मौज्दात रहेको भनी भीरामुथुले कागजात देखाएर मणिपाल मेडिकल कलेज किन्ने ‘डिल’ गरेको अनुसन्धानमा खुलेको थियो।, भीरामुथुले आफ्ना अन्य पाँचवटा कम्पनी पनि देखाउने गरेका छन्। भीरामुथुको नाममा पाँचवटा कम्पनी नेपालमै दर्ता रहेको देखिएका छन्। सिएस काष्ठ उद्योग, श्री गोक्यो होटल, किङडम होल्डिङ्स, वडिया सर्भिसेज र सीतादेवी बिजनेस एन्ड सप्लायर्स कम्पनी उनको नाममा देखिएका छन्। यी कम्पनी २०७२ देखि २०७८ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका छन्।, भीरामुथुले आफू अन्तर्राष्ट्रिय रेडक्रसको निर्देशक, मिलेनियम ग्रुप सिंगापुरको निर्देशक र योङ लिआन ग्रुप रियालिटी मलेसियाको सिइओ भन्दै नेपालका उच्च नेताहरूसँग ‘सम्बन्ध’ बनाएका थिए।, उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई रेडक्रसको निर्देशक, मिलेनियम ग्रुपको निर्देशक भनी चिनाएका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अन्तर्राष्ट्रिय रेडक्रसको निर्देशक भनी परिचय दिएका थिए।, भीरामुथु, देउवा र प्रचण्डबीच एसएमएसमा दोहोरो संवाद भएको अपराध महाशाखाको अनुसन्धानले पनि देखाएको छ।, भीरामुथुले गृहसचिव टेकनारायण पाण्डेलाई पनि हातमा लिएर ‘फाइदा’ लिएको अनुसन्धानमा संलग्नहरूको दाबी छ।, यो पनि हेर्नुहोस्, भीरामुथुले मलाई मेसेज पठाउने गरेका रहेछन्, तर मेरो व्यक्तिगत चिनजान छैन: गृहसचिव पाण्डे, देउवा-प्रचण्डसँग कुराकानी गर्ने, गृहसचिवलाई फोन गर्न लगाएर सिडिओको मेजमानी खाने भीरामुथु,
देउवा र प्रचण्डसँग फोनमै कुरा गर्ने भीरामुथुको अनुसन्धान अब काठमाडौं प्रहरीले गर्ने
|
हेमन्त केसी फिल्म बुलाकीको छायांकन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो। बल्ल दुई दिनपछि टिकट पाएपछि उनी नेपालगञ्ज हुँदै काठमाडौंतर्फ लागिन्।, दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाई हवाईमार्ग भएर गन्तव्यमा पुर्याउन होटल सञ्चालक बालकृष्ण डाँगीले धेरै ठाउँमा हारगुहार गर्नुपर्यो। दुई दिनपछि गिरीलाई बल्लबल्ल टिकट उपलब्ध गराएएपछि नेपालगञ्ज पठाएकामा डाँगीले खुसी व्यक्त गरे। , गिरीजस्तै बुटवलका रमेश न्यौपानेले पनि जुफाल विमानस्थलमा टिकटका लागि चार दिन बस्नुपर्यो।, डाँगीले भने,'चार दिनपछि मात्र टिकट पाइयो, छिनछिनमा बादल लाग्नुका साथै हिउँ पर्दा उडान अवरूद्ध हुँदा समस्या भयो। चिसो अत्यधिक छ। अनलाइनबाटै टिकट पाउन सके सहज हुन्थ्यो।', बिहान ४ बजेदेखि नै विमानस्थलको मूलढोकामा टिकटका लागि यात्रु लाइन लाग्छन्।, टिकटका लागि उनीहरू राति जाग्राम बस्छन्। , 'उडान धेरै भए टिकट सबैलाई दिनहुन्थ्यो, तर अवस्था त्यस्तो छैन', समिट एयरका प्रमुख पूर्णजंग शाहीले भने, 'हामीसँग जम्मा १७ सिट क्षमता छ, त्यसमा बिरामी, महिला र अन्य सबै मिलाउँदा सबैलाई ठाउँ दिन सकिँदैन। सक्दो मिलाउने प्रयासमा हुन्छौं।' , शाहीका अनुसार समिटको एउटा जहाजले मात्र डोल्पाका लागि उडान भर्छ।, डोल्पाबाट टिकट पाएर बाहिर जाँदा र आउँदा ठूलै युद्ध जितेझैं हुने यात्रु बताउँछन्।, डोल्पामा प्रेस सेन्टरको जिल्ला अधिवेशन सम्पन्न गर्न हिँडेका कर्णाली प्रदेशका इन्चार्ज ध्रुवविक्रम बुढाथोकीले नेपालगञ्ज र जुफाल विमानस्थलमा यात्रुको चाप देख्दा आफू अचम्ममा परेको बताए। , उनले भने, 'सडकमार्ग राम्रो भएको भए सायद हवाईमार्गमा यति धेरै चाप हुने थिएन होला। विमानस्थलको अवस्थासमेत राम्रो छैन।', डोल्पाका अधिकांश सर्वसाधारण र घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक हवाई मार्गबाटै नेपालगञ्ज झर्ने भएकाले यात्रुको चाप बढी हुने गर्दछ।, नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थलमा जाँदा रु नौ हजारभन्दा बढी भाडा लाग्छ भने जुफालबाट नेपालगञ्ज आउँदा रु पाँच हजार बढी भाडा तिर्नु पर्छ। जति महंगो भए पनि भनेको बेला टिकट नपाउँदा यात्रुले समस्या भोग्दै आएका छन्।, पत्रकार महासंघ डोल्पाका सचिव लेखबहादुर बुढा भन्छन्, 'टिकट हातमा परे पनि ढुक्क हुने अवस्था छैन, सिकिस्त बिरामी आए उनीहरूलाई नै पठाउनुपर्छ।' , डोल्पामा निजी क्षेत्रका दुई हवाई कम्पनीले उडान भर्दै आएका छन्।, समिट र तारा एयरले मात्र डोल्पामा एक/एक उडान भर्दा यात्रुको चाप बढेको हो। नेपाल एयरलाइन्सले डोल्पामा उडान नभरेको झण्डै दुई वर्ष हुन थालेको छ। यात्रुको चाप हेरेर उडान संख्या थप्नुपर्ने माग डोल्पाबासीको छ। डोल्पाको मेसिनेचौरमा समेत अर्को विमानस्थल छ, तर त्यो सञ्चालनमा आउन सकेको छैन।, सडक स्तरोन्नतिको ढिलाइले हवाई मार्ग रोजाइ, जाजरकोट–डोल्पा सडकखण्डको ११८ किलोमिटर लम्बाइमध्ये १७ किलोमिटर सडकको स्तरोन्नतिको काम दुई वर्षदेखि सुरू भए पनि अझै पूरा भएको छैन।, सडकखण्डको बीचमा रहेका झण्डै १३ पुलमध्ये जाजरकोट खण्डको अधिकांश पुल निर्माणको चरणमा भए पनि डोल्पा खण्डमा निर्माण पूरा नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन्। , सडक डिभिजन चौरजहारीले सडक र पुल निर्माणको जिम्मा लिएको छ। जाजरकोट खण्डको १७ किलोमिटर सडक कालोपत्र गर्नका लागि आठबीसकोट नगरपालिकाका प्रमुख गोखरबहादुर केसीले लिएको ठेक्काको काम दुई वर्ष बित्दा पनि पूरा भएको छैन।, रिम्नाबाट तल्लुसम्म सडक स्तरोन्नतिका लागि ठेक्का अन्तिम चरणमा पुगेको डिभिजन प्रमुख ध्रुव झाले बताए। यी खण्डमा अघिल्लो वर्ष नै निर्माण पूरा गर्ने भनिएका पुल यस वर्ष पनि निर्माण हुने अवस्था छैन। ,
दुर्गमको पीडा: डोल्पामा सधैं टिकटकै सास्ती
|
एजेन्सी युरोपेली मुलुक बुल्गेरियामा मंगलबार बिहान गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ।, मंगलबार बिहान २ बजेतिर पश्चिम बुल्गेरियाको स्ट्रुमा राजमार्गमा उक्त घटना भएको अधिकारीहरूलाई उल्लेख गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।, बसमा पहिला आगो लागेर पछि दुर्घटनामा परेको हो कि दुर्घटनामा परेपछि आगो लागेको हो भन्ने प्रष्ट भइसकेको छैन। मृत्यु हुनेमा केही बच्चाहरू पनि छन्।, मृत्यु हुनेमा धेरैजसो आफ्ना नागरिक रहेको सोफियास्थित नर्थ मेसेडोनियाको राजदूतावासले जनाएको छ। नर्थ मेसेडोनिया बुल्गेरियाको छिमेकी मुलुक हो जुन सन् १९९१ मा स्वतन्त्र भएको थियो।, उक्त बसमा नर्थ मेसेडोनियाका ५२ जना पर्यटकहरू चढेको समाचार संस्था तासले उल्लेख गरेको छ। बिबिसीका अनुसार उक्त बस टर्कीबाट नर्थ मेसेडोनिया जाँदै थियो। , बसमा आगो लाग्दा जलेका सात जनालाई उपचारका लागि राजधानी सोफियाको अस्पतालमा लगिएको छ।,
बुल्गेरियामा गुडिरहेको बसमा आगो लाग्दा ४५ जनाको मृत्यु
|
रासस कृषि ज्ञानकेन्द्र गोरखा कार्यालयको नाममा गोरखा नगरपालिका–७ मान्द्रे ढुंगामा रहेको करिब २२ रोपनी जमिनमा नमूना ग्रीन हाउस निर्माण गरिने भएको छ। , कार्यालयले केन्द्रको नाममा रहेको सम्पत्तिको खोजी गर्दै जाँदा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको जग्गा फेला परेपछि त्यसको संरक्षण र उपयोगका लागि नमूना ग्रिन हाउस, माछा पोखरी, च्याउ घर निर्माण गर्न लागेको कार्यालयका प्रमुख परशुराम अधिकारीले जानकारी दिए।, कार्यालयको नाममा भएको उक्त जग्गामा दुई भवन रहेको भए पनि गएको करिब ३५ वर्षदेखि उक्त जमिन र घर उपयोगविहीन हुँदै आएको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए।, 'टिनको छाना भएका तीन/तीन कोठे दुई भवन रहेछ, दुवै भवन जीर्ण अवस्थामा रहेको पाइयो,भवनको मर्मत सम्भार गर्ने र कार्यालयको नाममा रहेको जमिनलाई तारजाली गरी संरक्षण गर्न बजेट समेत प्राप्त भएको छ', उनले भने। , गण्डकी प्रदेश सरकारबाट भवन संरक्षणलगायतका कामका लागि चालू आर्थिक वर्षमा रु ५० लाख रकम प्राप्त भएको छ।, प्रदेश सरकारले कृषि ज्ञान केन्द्रको स्रोत केन्द्र संरचनात्मक सुधार कार्यका लागि रु १० लाख विनियोजन गरेको छ भने उक्त नमूना ग्रीन हाउस निर्माणका लागि चालू आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरेको प्रमुख अधिकारीले जानकारी दिए।, विनियोजित कार्यक्रमबाट उक्त जमिनमा तारजाली लगाउने, जीर्ण भवन मर्मत गर्ने, पानी पोखरी निर्माण गर्ने नमूना ग्रिन हाउस निर्माण गर्नेलगायतको योजना रहेको छ। , त्यस्तै, प्लाष्टिकको घर निर्माण गरी तरकारी खेती, नर्सरी निर्माण गरी बेर्ना उत्पादन गर्ने लगायतका योजनासमेत कार्यालयको रहेको कार्यालयले जनाएको छ।, पानी पोखरी निर्माण गरी लिफ्टिङ गरी पोखरीको पानीको व्यवस्था गरिनेछ।, उनले भने, '३०/४० गोलासहितको घार राखेर मौरीपालन गर्ने योजना छ।', पहाडी खाद्यान्न आयोजनाले करिब २०४३ सालतिर कार्यालयको उक्त जमिनमा भवन निर्माण गरे पनि भवन प्रयोगमा नआउँदा जीर्ण अवस्थामा पुगेको छ। ,
गोरखामा नमूना ग्रीन हाउस निर्माण गरिने
|
सुसन चौधरी काठमाडौंको सार्वजनिक शौचालय संसारकै उत्कृष्टमध्ये परेको छ भन्दा तपाईंलाई अचम्म लाग्ला।, तर स्वयम्भू बुद्धपार्कबाट भगवानपाउ जाने जंगलको बाटोमा बायाँपट्टि हेर्नुभयो भने यो शौचालय देख्नुहुनेछ।, नेदरल्यान्ड्सले आयोजना गरेको 'सरफाती सेनिटेसन च्यालेन्ज' मा विश्वभरका ८० सरसफाइ संस्थामध्येबाट यो शौचालय टप-५ मा पर्न सफल भएको हो। नोभेम्बर अन्तिम सम्ममा उत्कृष्ट पाँचमा परेका शौचालयमध्येबाट एउटा विजेता घोषित हुनेछ। पहिलो हुनेले एक लाख युरो पुरस्कार पाउनेछ।, सफा, सहज र स्मार्ट यो सार्वजनिक शौचालयको नाम पनि छ- एरोशान।, एकतले भवनमा बनेको यसमा पूर्वाधार, व्यवस्थापन र वातावरणमैत्री गरेर मुख्य तीन कुरामा ध्यान दिइएको प्रकाश अमात्यले जानकारी दिए। अमात्य 'गुथि' नामक गैरनाफामूलक संस्थामा कार्यरत छन्। स्वयम्भूमा दुई वर्षअघि यो शौचालय बनाउन उनी र गुथिकै हात छ।, अमात्यका अनुसार नगरपालिकाले उनीहरूलाई जग्गा उपलब्ध गराइदियो। शौचालय बनाउन क्यानडाको सहयोग छ। करिब ६० लाख रूपैयाँ लागतमा यो तयार भएको हो।, यहाँ मान्छे छिर्नेबित्तिकै बत्ती बल्छ, बाहिर निस्किँदा आफैं निभ्छ। सेन्सर लाइटहरू प्रयोग भएका छन्।, दायाँतिर पुरुषका लागि दुइटा र बायाँतिर महिलाका लागि दुइटा शौचालय छन्। सँगै पर्यटक, अशक्त र पाका मान्छेलाई सजिलो हुने शौचालय पनि छ।, महिला शौचालय छेउको भित्तामा स्यानिटरी प्याड राखिएको भेन्डिङ मेसिन छ। दुई रूपैयाँका तीन वटा सिक्का खसाएपछि, अर्थात् छ रूपैयाँमा एउटा प्याड पाइन्छ। बाहिर किनिने प्याडभन्दा सस्तै पर्छ। प्रयोग भएका प्याड फाल्ने डस्टबिन र ती प्याडलाई बिजुलीबाट जलाउने मेसिन पनि त्यहीँमुनि राखिएको छ। , अब सिक्का नभए कहाँबाट ल्याउने?, त्यसको समाधान शौचालयका बीचमै रहेको पसल हो। यहाँ सिक्का मात्र होइन खानेकुरासमेत किन्न र खान पाइन्छ।, शौचालयकै बीचमा खाने पसल?, सुन्दै अप्ठ्यारो लाग्न सक्छ। तर यसका थप विशेषताबारे थाहा पाएपछि अप्ठ्यारो आफैं भाग्छ।, अमात्यका अनुसार यो शौचालय यस्तो डिजाइनमा बनेको छ जहाँ दुईतिरबाट हावा सहजै बहेर बाहिर निस्किने खालको 'क्रस-भेन्टिलेसन' छ। शौचालयको गन्ध त्यहीँबाट बाहिर जान्छ।, हात धोएको र सरसफाइको पानी पाइपबाट तल पठाइन्छ। चार-पाँच पटक फरकफरक ठाउँमा प्रशोधन गरेपछि त्यो पानी राम्रो भएर माथि पुग्छ। त्यहाँ पनि ढुंगा, गिटी, बालुवा लगायत प्रक्रियामा फिल्टर गराएर बल्ल ट्यांकीमा पठाइन्छ।, त्यो पानी पुनः चर्पीमा हाल्न, सरसफाइ गर्न र बारीमा प्रयोग हुन्छ। यहाँ प्रयोग हुने अरू पानी स्रोत भने बर्खा हो। आकाशे पानी संकलन गर्न शौचालयको छानामा ६ सय वर्गफिटको छाना छ। त्यहाँबाट बग्दै आएको पानी १५ हजार लिटरको ट्यांकीमा जम्मा हुन्छ। यसबाटै ८० प्रतिशत पानीको समस्या समाधान हुन्छ। बाँकी २० प्रतिशत बाहिरी स्रोतबाट ल्याउन पर्छ।, शौचालयको दिसा-पिसाब 'बायो डाइजेस्टर' मा आउँछ। यसबाट बायोग्यास उत्पादन हुन्छ। त्यही ग्यासबाट महिनाको दुई सिलिन्डर ग्यास उत्पादन भइरहेको छ।, त्यसबाट यहाँको खाजा पसलमा चिया, पकौडा, तरकारी लगायत परिकार पाक्छन्। चाउचाउ, बिस्कुट, पानी, जुस लगायत अन्य खानेकुरा किन्न पाइन्छ। बाहिरभन्दा सस्तोमा महिनावारी प्याड र दस रूपैयाँका दुइटा मास्क यहाँ बेचिन्छ। शौचालयको नियम हो, मास्क लगाउनैपर्ने। , व्यवस्थापनको कुरा गर्दा यो शौचालय महिलाद्वारा सञ्चालित छ। सरसफाइ अनुभव भएका महिलाले यहाँको रेखदेख र सफाइ काम सम्हाल्छन्। बिहान ६ बजेदेखि बेलुकी ८–९ बजेसम्म खुल्ने भएकाले दुई सिफ्टमा काम हुन्छ। स्वयम्भूकै 'स्वाभिमानी सरसफाइ समूह' ले उनीहरूलाई परिचालन गरेको हो। पसलमा उठेको पैसा त्यही समूहलाई जान्छ।, यहाँ काम गर्ने तीन कर्मचारीलाई दिइएको सुरूआती तलब सरकारले तोकेको न्यूनतम १५ हजार रूपैयाँ हो। त्यसमा बीमा, भत्ता लगायत अन्य सुविधा थप भएको अमात्यले जानकारी दिए। कर्मचारीको छुट्टै पोशाक पनि छ।, यहाँ शौचालय गएको पैसा तिर्नु पर्दैन। त्यसको बदलामा तपाईंलाई बायोग्यासबाट पाक्ने १५ रूपैयाँ पर्ने कालो चिया खान आग्रह गरिन्छ। यो शौचालयको उद्देश्य यहाँ आएर मानिसहरूले केही समय बिताऊन् भन्ने पनि रहेछ।,
यस्तो छ संसारकै टप-५ मा परेको स्वयम्भूको सार्वजनिक शौचालय (भिडिओ)
|
सेतोपाटी संवाददाता भारतले सडक मार्गबाट जान पास नदिएपछि साढे तीन दिन हिँडेर जनगणना गर्ने टोली दार्चुलाको छाङ्गरू पुगेको छ।, जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेका अनुसार सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर सोमबार दिउँसो बाह्र बजेतिर ब्यास गाउँपालिका-१ छाङ्गरू पुगेका छन्। उनीहरू शुक्रबार बिहान दार्चुला सदरमुकामबाट हिँडेका थिए।, ‘उहाँहरू हिजो पुग्नुभयो अहिले छाङ्गरूको जनगणना गरिरहनुभएको छ। तिंकरमा पनि मानिस रहेछन् भने त्यहाँ पनि जानुहुन्छ,’ पाण्डेले भने।, छाङ्गरूबाट तिंकर पुग्न चार-पाँच घन्टा हिँड्नुपर्छ।, स्थानीय तथा व्यास गाउँपालिका-१ का वडा सचिव विनोदसिंह बुढाथोकीले तिंकरका बासिन्दा आइतबार नै बेंसी झरिसकेको सेतोपाटीलाई जानकारी दिएका छन्।, ‘तिंकर गाउँका सबै जना आज (आइतबार) तल झरिसके। केही दिनमै उनीहरू सदरमुकाम खलंगा आइपुग्छन्,’ तिंकरका स्थानीय तथा व्यास गाउँपालिका-१ का वडा सचिव विनोदसिंह बुढाथोकीले सेतोपाटीसँग भने, ‘हिउँदका ६ महिना हाम्रा उताका घरमा ताल्चा लाग्छन्। सबै कुरा भगवान् भरोसा छाडेर आउँछौं।’, जनगणनाको विवरण संकलन गर्नुपर्ने अन्तिम मिति मंसिर ९ लाई तोकिएको छ।, भारतीय सडक हुँदै सीतापुलसम्म गाडीमा गएर त्यहाँबाट २०-२५ मिनेट हिँडेर पुगिने छाङ्गरू जान भारतले पास नदिँदा गणकले झन्डै चार दिन हिँड्नु परेको हो।, यो सकसका पछाडि नयाँदिल्ली र काठमाडौंको राजनीति जोडिएको छ। सामान्य अवस्था हुन्थ्यो भने कार्कीको टोली अहिलेसम्म गणना सकेर खलंगा फर्किइसकेको हुन्थ्यो।, जनगणना गर्न जानेलाई खलंगापारि धार्चुलाको बाटो हुँदै गाडी चढेर छाङ्गरूनजिकैको सीतापुलसम्म जाने अनुमति नेपालले नमागेको होइन। दुईपटक चिठी लेख्दा पनि भारतीय अधिकारीहरूले विभिन्न बहाना बनाएर स्वीकृति दिन मानेनन्।, ‘सुरूमा हामीले कात्तिक २५ गते एक जना गणकका लागि पास मागेका थियौं। त्यही दिन यहाँका केही सरहरूले पनि घुम्न जान पास माग्नुभएको थियो,’ जनगणना कार्यालय प्रमुख पाण्डेले भने, ‘घुम्न जानेहरूलाई चाहिँ उनीहरूले पास दिए, गणकलाई दिएनन्। बाटो बिग्रिएको छ, मर्मत गर्नुपर्ने भएकाले अहिले पास दिन मिल्दैन भनेर टारे।’, सदरमुकामसम्म पुग्न आफ्नो भूमिमा बाटो नभएपछि दार्चुलाका भारतीय सीमावर्ती गाउँका मान्छे भारतको बाटो हुँदै आउजाउ गर्छन्। भारतले महाकालीको किनारै-किनार लिपुलेकसम्म बाटो बनाएको छ।, भारतीय बाटो प्रयोग गर्ने पास बनाउन स्थानीयलाई जिल्ला समन्वय समितिको सिफारिस चाहिन्छ। सरकारी कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालयले पत्र लेखिदिन्छ।, ‘कात्तिक ३० गते हामीले फेरि सिडिओ कार्यालयबाट चिठी पठायौं। उताबाट हुन्छ पनि भनेनन्, हुन्न पनि भनेनन्,’ पाण्डेले भने, ‘सहायक सिडिओसाबले फोन गर्दा उताका सिडिएम (सहायक सिडिओका समकक्षी) ले फोन नै उठाएनन्।’, घर तथा घरपरिवारको सूचीकरण गर्न कार्यालयले यसअघि असोजमा सुपरीवेक्षक खटाएको थियो। त्यति बेला भारतले नेपाली सुपरीवेक्षकलाई सीतापुलबाट छाङगरू र तिंकर जान सजिलै पास दिएको थियो।, सीतापुल भारतले पछिल्लो समय बनाएको लिपुलेक जोड्ने सडकमा पर्छ। त्यो ठाउँमा महाकाली नदीमाथि काठको पुल बनाइएको छ। पुलभन्दा केही किलोमिटर दक्षिणमा भारतीय गाउँ ग्यार्बेङ छ। सीतापुलको भारतीय साइटतिर एसएसबी बस्छ। त्यही पुलमा नेपालबाट भारत जान र भारतबाट नेपाल आउने पासको चेकिङ हुन्छ। नेपाली साइटमा यसअघि सुरक्षा उपस्थिति थिएन। २०७७ वैशाखमा सशस्त्र प्रहरी बलले छाङ्गरूमा बोर्डर आउटपोस्ट राखेको थियो। त्यसपछि पुलको नेपालतिर पनि सुरक्षाकर्मीको उपस्थिति भएको हो।, गत असोजमा विवरण संकलन गरेर आएका सुपरीवेक्षकका अनुसार छाङ्गरू र तिंकरमा ११३ वटा घर छन्। तीमध्ये तिंकरमा २ वटा प्रहरी चौकी छन् भने र छाङ्गरूमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट छ।, कालापानी, लिपुलेकलाई आफ्नो भूमिमा समेटेर नेपालले नक्सा जारी गरेपछि भारत रिसले चुर भएको थियो। लामो समयसम्म दुई देशका अधिकारीहरूबीच राजनीतिक र कूटनीतिक रूपमा वार्ता हुन सकेको थिएन। लामो समयपछि दुई देशबीच संवादको श्रृंखला सुरू भए पनि भारतले उक्त भूमि आफ्नो भएको दाबी गरिरहेको छ।, यहीबीच नेपालले कालापानी र लिपुलेकमा रहेका गाउँको पनि जनगणना गर्ने कुराबारे चर्चा भएको थियो।, कालापानी, लिपुलेकमा जनगणना गर्ने विषयले मिडियामा चर्चा पाएपछि भारतीय पक्ष अझ बढी संवेदनशील भएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डेले बताए।, ‘पहिला पास दिएकाले फेरि पनि दिइहाल्छन् भन्ने सोचेर पास मागेका थियौं। छाङ्गरू र तिंकर जाने पास दिनु त परको कुरा, अहिले त भारतीय सुरक्षाकर्मीले यहीँ दार्चुलापारि जनगणनाका पोष्टर लगायत अन्य सामान लैजान पनि दिँदैनन्,’ पाण्डेले भने।, तिंकर र छाङ्गरू भारतले ओगटेका नेपाली भूमि कालापानी र लिपुलेक नजिकैका गाउँ हुन्। यहाँ ९९ प्रतिशत सौका जातिका मानिसहरू बस्छन्। अहिले भारतीय नियन्त्रणमा रहेका कुटी, नाबी, गुन्जी लगायत गाउँमा उनीहरूको पारिवारिक सम्बन्ध हुन्छ। नेपालले बनाएको नयाँ नक्सामा यी गाउँलाई पनि समेटिएको छ।, ‘वारि-पारि हाम्रो बिहेवारी चल्छ। मर्दा-पर्दा पनि जान्छौं,’ वडासचिव बुढाथोकीले भने, ‘भारततिर पनि सौका जातिका मानिसहरू उच्च सरकारी ओहोदामा भएकाले स्थानीयलाई पासको त्यति समस्या हुँदैन।’, तिंकरमा नेपाल र चीन सीमाको पिलर नम्बर १ गाडिएको छ। त्यहाँबाट चीनको ताक्लाकोट बजार नजिकै छ। औपचारिक रूपमा नेपाल र चीनले तिंकर नाकालाई मान्यता नदिए पनि छाङ्गरू र तिंकरका बासिन्दा यही नाकाबाट व्यापार गर्छन्।, ‘हामी वैशाख-जेठमा किरा (यार्सागुम्बा) टिप्छौं। फापर, उवा आलु लगाउँछौं,’ बुढाथोकीले भने, ‘मंसिरको महिना लागेपछि खलंगा झर्छौं। खलंगामा पनि तिंकर र छाङ्गरूबासी सबैका घर छन्।’, सबै मानिसहरू प्राय: खलंगामै बस्ने भएकाले वडा कार्यालय पनि खलंगामै राखिएको छ।, ‘सबै जना यतै भएकाले स्थानीयको मागअनुसार नै व्यास गाउँपालिका-१ को वडा कार्यालय सदरमुकाममै छ,’ वडासचिव बुढाथोकीले भने।, नेपाली भूमि हुँदै तिंकर पुग्ने बाटो बनाउने जिम्मा नेपाली सेनाले पाएको छ। २०७७ वैशाखमा मन्त्रिपरिषदले निर्णय गरी दार्चुलादेखि तिंकरसम्मको ८७ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको हो। घाँटीबगरमा अस्थायी क्याम्प बनाएर सेनाले ट्रयाक खोल्ने काम सुरू गरिसकेको छ।,
साढे तीन दिन हिँडेर छाङ्गरू पुग्यो जनगणना टोली
|
सेतोपाटी संवाददाता ३८ वर्षीय न्युरोसर्जन डाक्टर सुबास लोहनीको निधन भएको छ। , टोखास्थित ग्राण्डी टावरमा सोमबार दिउँसो उनी बेहोस अवस्थामा फेला परेका थिए। बेहोस अवस्थामा भेटिएका डाक्टर लोहनीको अस्पताल लैजाँदा-लैजाँदै मृत्यु भएको हो। , महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार डाक्टर लोहनीले सोमबार दिउँसो बेहोस भएका थिए। उनी टोखा नगरपालिका-३ स्थित ग्रान्डी टावरको ११ औं मा तलामा बस्ने गरेका थिए।, बेहोस भएका लोहनीलाई डाक्टर रहेकी उनकी श्रीमतीसहितले उपचारका लागि अस्पताल लगेका थिए। तर अस्पताल पुग्न नपाउँदै बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, लोहनीलाई एक साताअघि कोरोनाभाइरसको संक्रमण पनि भएको थियो।, केही वर्ष न्युरो अस्पताल बाँसबारीमा डाक्टर उपेन्द्र देवकोटासँग काम गरेका लोहनी पछिल्लो समय महाराजगन्जस्थित नेशनल न्युरो सेन्टरमा आवद्ध थिए। , साहित्य, अध्यात्म र संगीतमा पनि रूचि राख्ने लोहनीका ,थुप्रै लेखहरू, प्रकाशित छन्। ,
,
बेहोस अवस्था फेला परेका डाक्टर सुबास लोहनीको अस्पताल नपुर्याउँदै मृत्यु
|
रासस अघिल्लो सरकारले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले एकैसाथ अस्पतालको शिलान्यास गरेको भए पनि अहिले कामको प्रगति भने न्यून छ।, शिलान्यास गरिएका अधिकांश स्वास्थ्य सस्थाका भवन निर्माण शिलान्यासमै सीमित छन्।, सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ मंसिर १५ गते देशभरसँगै जिल्लाका नौ स्थानीय तहमध्ये सात स्थानीय तहमा अस्पतालको शिलान्यास गरिएको थियो।, सात स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मको आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास गरिएको थियो।,
,
संघीय सरकारले नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा दिने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास गरे पनि निर्माणमा ढिलाइ हुँदा दुर्गम भेगका नागरिक सरकारले प्रदान गर्ने स्वास्थ्य सेवाबाट बञ्चितसमेत बनेका छन्। , यहाँका पौवादुङमा, अरुण, साल्पासिलिछो, टेम्केमैयुङ, रामप्रसादराई, आमचोक र हतुवागढी गाउँपालिकामा पाँचदेखि १५ शय्याको अस्पताल शिलान्यास गरिएको हो।, सातमध्ये पाँच अस्पतालको मात्र बोलपत्र आह्वानको काम भएको छ तर निर्माण भने सुरूआत हुनसकेको छैन।, अरूण गाउँपालिकाले गत कात्तिकमा बोलपत्र खुलाएको जनाएको छ, भने रामप्रसादराई गाउँपालिकाको भने जग्गा अभावका कारण सम्पूर्ण काम अलपत्र अवस्थामा रहेको जनाएको छ।, पौवादुङमा गाउँपालिकाको अस्पताल निर्माण भने २० प्रतिशत सम्पन्न भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए।, वि.सं २०७७ फागुन महिनामा रु चार करोड ८१ लाख १४ हजारमा बोलपत्र आह्वान भइसकेकोले अस्पताल पाँच शय्याको निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत रामेश राईले बताए। , उनले भने,'हाम्रोमा पाँच बेड क्षमताको अस्पताल निर्माण हुन्छ। यसको लागि आवश्यक प्रक्रिया सुरू भइसकेको छ।' , हालसम्म जग बसाल्ने काम भइसकेको उनको भनाइ छ।,
,
त्यस्तै साल्पासिलिछो गाउँपालिकामा पनि रु छ करोड ६५ लाखको लागतमा पाँच शय्याको अस्पताल निर्माणको लागि २०७८ असार महिनामा बोलपत्र प्रक्रियाबाट काम सुरू भएको गाउँपालिका अध्यक्ष महेश राईले जानकारी दिए।, वर्षाका कारण सामान ढुवानी गर्न यातायातको समस्या हुँदा काममा केही ढिलाइ भएको उनको भनाइ छ।, बाटो राम्रो भएपछि कामले गति लिने उनको दाबी छ।, उनले भने,'यहाँ अस्पताल निर्माण कामको प्रक्रिया सुरू भएको छ। वर्षाका कारण काममा खास प्रगति हुनसकेन। अब निर्माण कामलाई तीव्रताका साथ अघि बढाउने योजना छ।', आमचोक गाउँपालिकामा रु १२ करोड ५० लाख लागतमा १० बेडको अधारभूत स्वास्थ्य अस्पताल निमार्णको लागि २०७८ वैशाखमा बोलपत्र प्रक्रिया सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ। ,
,
भवनको विस्तृत परियोजना प्रतिवेदन तयार गर्दा केही ढिलाइ भएको भए पनि समयमा नै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीसँग कुरा भइरहेको गाउँपालिका अध्यक्ष अशोक राईले बताए। , केन्द्र सरकारले पाँच बेडको अस्पताल निर्माणको लागि निर्देशन गरेको भए पनि गाउँपालिकाका जनतालाई मध्यनजर गर्दै गाउँपालिकाको आर्थिक साझेदारीमा दश शय्याको अस्पताल निर्माणको काम सुरू गरेको उनको भनाइ छ।, हतुवागढी गाउँपालिकामा रु १६ करोडको लागतमा गत असार महिनामा बोलपत्रमार्फत १५ बेड क्षमताको अस्पताल निर्माणको लागि प्रक्रिया सुरू भएको गाउँपालिकाले जनाएको छ।, सरकारको एक स्थानीय तहमा एक आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्यक्रम अन्तर्गत अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।, उनले भने, 'सरकारको योजना अनुसार अस्पाल निर्माणको प्रक्रिया सुरू भएको छ। निर्माणको काम भने सुरू भएको छैन। तर काम गर्ने तयारीमा छौं। , अस्पताल अभावका कारण गाउँपालिकाका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको उनको भनाइ छ। अस्पताल निर्माण पश्चात् आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुनु नपर्ने उनको भनाइ छ।,
,
रामप्रसादराई गाउँपालिकाको भने जग्गा अभावका कारण अस्पताल निर्माणको कुनै काम सञ्चालन नगरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन्।, उनले भनिन्,'अस्पताल निर्माणको लागि नौ रोपनी जग्गा आवश्यकपर्ने रहेछ। हामीले भर्खर जग्गा टुंगो लगाएका छौं। अब चाँडै अस्पतालको नाममा जग्गा पास गरेपछि अस्पताल निर्माणको काम सुरू हुन्छ।' , षडानन्द नगरपालिकाले भने १५ शय्या क्षमताको गान्धी मेमोरियल अस्पतालबाट सेवा दिँदै आएको छ।, यसअघि नै अस्पताल निर्माण भएकाले अर्को अस्पलात निर्माण नगरिएको नगर प्रमुख वीरबल राईले जानकारी दिए।, भोजपुर नगरपालिकाकामा भने जिल्ला अस्पताल सञ्चालन भएकाले आधारभूत स्वास्थ्य अस्पतालको काम नगरिएको उपप्रमुख ममिता राईले बताइन्।,
,
यहाँ ६६ स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र, तीन प्राथमिक स्वास्थ्य केन्द्र, तीन सहरी स्वास्थ केन्द्र, सात सामुदायिक स्वास्थ्य इकाई र एक जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालय प्रमुख फणिन्द्र थापाले बताए।, स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको काम संघीय सरकारले सोझै स्थानीय तहसँग काम गर्ने भएकाले आफूलाई त्यस विषयमा जानकारी नभएको उनले प्रतिक्रिया दिए। , उनले भने,'स्थानीय तहमा निर्माणका प्रक्रियामा रहेका अस्पताल केन्द्र सरकार मातहत बन्छन्। हामीलाई यसको विषयमा खास जानकारी छैन। स्थानीय तहले नै त्यसको व्यवस्थापन गरिरहेका छन्।' , सरकारले जनतालाई आधारभूत सेवा दिने लक्ष्यले सुरूआत गरेको काममा ढिलाइ हुनु दुःखद रहेको स्थानीयबासीले बताउने गरेका छन्।, कामलाई तोकिएको समयमा सम्पन्न गराउनको लागि सरोकारवाला पक्ष जिम्मेवार भएर लाग्नुपर्ने रामप्रसाद गाउँपालिकाका स्थानीयबासी अभिषेक मगरले बताए। , उनले भने,'सरकारले जनताको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै थालेका यस्ता कामलाई समयमा सम्पन्न गराउन पर्ने दायित्व स्थानीय सरकारको हो। आधारभूत अस्पताल नहुँदा जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ। शिलान्यास भएको छ महिना हुन लाग्यो तर कामको प्रगति शून्य छ प्रायः यस्ता महत्वपूर्ण कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने हो। बेवास्ता गरेजस्तो देख्छु। धेरै स्थानीय तहले कामका प्रक्रियामा ढिलाइ गरिरहेका छन्।',
आधारभूत अस्पताल शिलान्यासमा सीमित
|
नवीनबाबु गुरूङ नेपालमा पनि १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप दिन थालिएको छ। पहिलो चरणमा कात्तिक २८ गतेदेखि १२ देखि १८ वर्षसम्मका दीर्घरोगीलाई सो खोप दिन थालिएको हो। , यसैबीच मंगलबार महाराजगन्जस्थित टिचिङ अस्पतालमा खोप लगाउन आउनेको घुइँचो लागेको छ। ,
हेर्नुहोस् तस्बिरमा,
कोरोना विरूद्धको खोप लगाउनेको भिड (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता सोलुखुम्बुका एक व्यक्तिले आफ्नै छोराछोरीलाई एसिड आक्रमण गरी घाइते बनाएका छन्।, सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरीका ५० वर्षीय मोहन बराइलीले छोराछोरीलाई एसिड प्रहार गरी घाइते बनाएका हुन्। , प्रहरीका अनुसार मदिरा सेवन गरेका बराइलीले सोमबार राति २५ वर्षीय छोरा सुरज र १५ वर्षीया छोरी सुजितामाथि एसिड प्रहार गरेका हुन्। , एसिड प्रहारपछि घाइते भएका दुबै जनालाई उपचारका लागि वीर अस्पताल काठमाडौं पठाइएको सोलुखुम्बुमा प्रहरी नायब उपरीक्षक कवित कटवालले बताए। , मोहनलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ। घाइतेमध्ये सुरजको घाँटीमा र सुजिताको हातमा चोट लागेको छ। , जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि वीर अस्पताल पठाइएको कटवालले बताए। केही दिनयता मोहन छोरासँग झगडा गरिरहेका थिए। , मोहनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।,
सोलुखुम्बुमा बुवाले गरे छोराछोरीमाथि एसिड आक्रमण
|
सेतोपाटी संवाददाता नेपालमा थप ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३५१ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार १७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार ७२९ जनाको पिसिआर परीक्षण र १४४५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ३०० जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ।, २७३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।, त्यस्तै, काठमाडौं उपत्यकामा १४४ थपिएका छन्। जसमध्ये काठमाडौंमा १०५, ललितपुरमा ३० र भक्तपुरमा ९ संक्रमित छन्।,
१० हजार १७४ मा कोरोना परीक्षण गर्दा ३५१ लाई संक्रमण
|
खिलानाथ ढकाल त्रिभुवन विमानस्थलबाट रूकुमका लागि उडेको जहाज नेपालगञ्जमा अवतरण गराउने पाइलटलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको छ। , क्याप्टेन पेम्बा शेर्पालाई त्यस घटनाबारे स्पष्टीकरण सोधिएको पर्यटन मन्त्री प्रेम आलेले बताए। , सोमबार पाइलट शेर्पाले गन्तव्यमा नपुग्दै आफ्नो ड्युटी सकिएको भनेर नेपालगञ्जमा नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज अवतरण गराएको आलेले बताए। , ‘उहाँले मेरो ड्युटी सकिएको भनेर रूकुम नपुर्याई नेपालगञ्जमा अवतरण गराउनुभएको जानकारी आएको छ,’ आलेले ,सेतोपाटी,सँग भने, ‘यात्रुलाई गन्तव्यमा नपुर्याई अलपत्र पारेर उहाँले नेपालगञ्जमै छोडिदिनुभएछ।’ , यो घटना थाहा पाएलगत्तै आफूले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई छानबिन गर्न निर्देशन दिएको आलेले बताए। , ‘पाइलटलाई स्पष्टीकरण सोधिएको छ। यस्तो गैरजिम्मेवार काम किन गरेको भनेर छानबिन गर्न पनि भनिएको छ,’ आलेले भने। , निगम स्रोतका अनुसार सोमबार ३ बजे त्रिभुवन विमानस्थलबाट आठ जना यात्रु लिएर ट्वीनअटर जहाज रूकुमको *सल्ले विमानस्थलतर्फ उडेको थियो। , तर, जहाज रूकुम नपुगी नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको थियो। क्याप्टेन शेर्पाको चार बजे ड्युटी सकिन्थ्यो।, उनले नेपालगञ्ज पुगेपछि ‘मेरो ड्युटी सकियो’ भन्दै यात्रुलाई त्यहीँ ओरालेका थिए। यात्रुलाई नेपाल वायुसेवा निगमले नै बस्ने बन्दोबस्त मिलाएको थियो।, मंगलबार बिहान त्यही ट्वीनअटर जहाजले नेपालगञ्ज विमानस्थलबाट यात्रुलाई रूकुम पुर्याएको छ। , स्रोतका अनुसार सोमबार त्यो ट्वीनअटर साढे ६ बजे नै उड्ने तालिका थियो। , तर, मौसमलगायत कारण समयमा उडाउन नसकिएपछि क्याप्टेन शेर्पा घर गएका थिए। उनलाई दिउँसो फेरि निगमले जहाज उडाउनुपर्ने भयो भनेर बोलाएको थियो। , ‘एकपटक फर्काएर पुन: बोलाएर जहाज उडाउन लगाइएको थियो, उहाँले आफ्नो समय सकिएपछि नेपालगञ्जमा ओराल्नुभएछ, मंगलबार बिहान यात्रुलाई पुर्याइसकिएको छ,’ निगम स्रोतले भन्यो। , नेपाल वायुसेवा निगमले भने यो घटनाबारे आधिकारिक रूपमा जानकारी दिन मानेको छैन।, नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले नेपाल एयरलाइन्सको जहाज कतिबेला आइपुग्यो, कहाँ उडेको थियो आफूलाई केही जानकारी नभएको बताए।, ‘जहाजमा कुनै टेक्निकल समस्या आएको भए जानकारी हुन्थ्यो होला, कति जहाज आउँछन् जान्छन् सबै जानकारी मलाई हुँदैन,’ झाले भने, ‘मलाई कसैले पनि रिपोर्ट गरेको छैन, मैले पनि तपाईंहरूले सोध्दा थाहा पाएँ।’, निगमकै नेपालगञ्जका प्रवन्धक किरण श्रेष्ठले घटनाबारे जानकारी दिन मानेनन्।, नोट, : सल्ले विमानस्थल हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ। ,-सम्पादक,
रूकुम उडेको जहाजका पाइलटले यात्रुलाई ‘ड्युटी सकियो’ भनेर नेपालगञ्जमा अवतरण गराएपछि…
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १४४ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०५, ललितपुरमा ३० र भक्तपुरमा ९ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १६०७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५९०, भक्तपुरमा ४६७ र ललितपुरमा ५५० सक्रिय संक्रमित छन्।, नेपालमा थप ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, नेपालमा थप ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, ८ हजार ७२९ जनाको पिसिआर परीक्षण र १४४५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल ७ हजार ३०० जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ।, २७३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।,
काठमाडौं उपत्यकामा १४४ संक्रमित, सक्रिय १६०७
|
सेतोपाटी संवाददाता ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक दाङबाट पक्राउ परेका छन्। , भारतको बहाराईच जिल्लाको तहसिल नानपारा घर भएका २८ वर्षीय नाइम दाङबाट ४५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन्। , जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले उनलाई पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नं. ९ को अमेलिया बजार क्षेत्रबाट सोमबार बेलुका पक्राउ गरिएको जानकारी दिए। , नाम थर वतन खोल्न नमानेका भारतीय नागरिकले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बिक्री/ वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले चेकका क्रममा उनालई पक्राउ गरेको बताए। , दाङ र बाँके जिल्लाका बीचमा प्रवेशका लागि दर्जनौ खुला सीमा नाका रहेको हुँदा छिमेकी देश भारतबाट लागुऔषध नेपाल भित्रने गरेको छ।, बाँके र जिल्ला हुँदै भित्रने लागुऔषध देशका विभिन्न जिल्लामा निर्यात हुने गरेको प्रहरीले बताएको छ।, सोमबार पक्राउ परेका भारतीय नागरिक पनि एक जना ब्राउन सुगरका मुख्य कारोबारी तथा डिलर नै रहेको तथ्य सार्वजनिक भएको एसपी काफ्लेले बताए। , ,
दाङमा ४५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
|
सेतोपाटी संवाददाता भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले निरक्षर वृद्धवृद्धा लक्षित शैक्षिक अभियान सुरू गरेको छ। , अभियानको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ललितपुरमा आयोजित एक कार्यक्रमबीच मंगलबार शुभारम्भ गरेका हुन्।, निरक्षरताका कारण प्रविधिको प्रयोग गर्न नसक्दा समस्यामा परेका वृद्धवृद्धाको जीवन सहज बनाउने उद्देश्यले अभियान थालिएको भरतमोहन पुत्री लीमा अधिकारीले जानकारी दिइन्।, ज्येष्ठ नागरिकलाई राज्य, परिवार र समाजले सम्मान गर्नुपर्छ भन्ने भरतमोहनको मान्यतालाई आफूहरूले आत्मसात गरेर अघि बढेको उनको भनाइ थियो। , पहिलो चरणमा ललितपुरको बुङमतीस्थित शान्ति आश्रम दिवा सेवा केन्द्रमा बुधबारदेखि कक्षा सञ्चालन सुरू हुने उनले बताइन्।, उनका अनुसार शनिबारबाहेक सातामा ६ दिन सञ्चालन हुने कक्षामा बुङमतीका ६० वर्ष उमेर नाघेका ४० निरक्षर वृद्धवृद्धा सहभागी हुनेछन्।, कक्षामा सहभागी हुनेहरूलाई कार्यक्रममै शैक्षिक सामग्री, पोशाक, तथा झोला उपलब्ध गराइएको थियो।, फाउण्डेसनले केही दिनभित्रै सबैलाई एक–एक वटा टेलिफोन सेटसमेत उपलब्ध गराउने तयारी गरेको अधिकारीले बताइन्।, एक वर्षसम्म सञ्चालन हुने कक्षाबाट साधारण लेखपढ गर्न, आर्थिक हिसाब गर्न, मोबाइल तथा टेलिफोन, कम्प्युटर, इन्डक्सन चुल्होजस्ता विद्युतीय उपकरण प्रयोग गर्न, सडकमा राखिएका ट्राफिक संकेत बुझ्न तथा होर्डिङ बोर्ड पढ्न सक्ने बनाउने लक्ष्य राखिएको छ।, प्रतिष्ठानका अनुसार अध्यापनका लागि नेपाली र स्थानीय भाषा (नेवारी) मा दख्खल भएका स्नातकोत्तरसम्म अध्ययन गरेका प्रमुख शिक्षक र स्नातक अध्ययन गरेका एक गरी दुई शिक्षक व्यवस्था गरिएको छ।, उनीहरूलाई दक्ष बनाउन केही महिना विशेष तालिमसमेत दिइएको छ।, ,
भरतमोहन प्रतिष्ठानले सुरू गर्यो ज्येष्ठ नागरिक शैक्षिक कार्यक्रम
|
सेतोपाटी संवाददाता भक्तपुरको एक सामुदायिक वनमा मानव कंकाल फेला परेको छ। , मंगलबार बिहान पौने ११ बजे चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कंकाल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। , कंकाल फेला परेको खबर महानगरीय प्रहरी वृत्त जगातीले पाएको थियो। त्यसपछि प्रहरी निरीक्षक सूर्यबहादुर शाहीसहितको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ। घटनास्थलमा विशेषज्ञ डाक्टर पनि पुगेको वृत्तले जनाएको छ।, कंकाल लप्सीको रूखको फेद नजिकै फेला परेको हो। रूखको हाँगामा जुटको डोरीको पासो चुँडिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए। , घटनास्थलबाट एचपी इन्भेन्ट लेखिएको कालो रंगको झोला, नाम्लोको फित्ता, चेक सर्ट, चक्कु, प्लाष्टिकको फिता, बाँसको चोया, प्लास्टिकमा प्याक गरी राखेको रुद्राक्ष, दाँत माझ्ने ब्रस, मास्क, पत्रिकाको टुक्रा, एक जोर खरानी रंगको गोल्डस्टार जुत्ता, सुप्रिम लेखिएको सेतो टिसर्ट, गोल्ड ओरिजिनल लेखिएको कालो ज्याकेट र खैरो रंगको पाइन्ट फेला परेको हो। , प्रहरीले कंकालको पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाएको छ। , यस प्रकारको हुलिया तथा कपडा लगाएका व्यक्ति हराएको भएमा प्रहरी वृत्त जगातीमा वा भक्तपुर परिसरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। ,
भक्तपुरको वनमा फेला पर्यो मानव कंकाल
|
सेतोपाटी संवाददाता गोरखामा बुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ।, जिल्लाको आरुघाट गाउँपालिका-४ थुमीमा बुहारीको कुटाइबाट ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।, आफ्नै बुहारी डल्ली बराम र उनकी छोरी निशा बरामको कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए।, शनिबार दिउँसो कुटपिटबाट घाइते भएका चामबहादुरलाई उपचारका लागि सोमबार काठमाडौं लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीको भनाइ छ।, घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न आमाछोरीलाई नै पक्राउ गरेको छ। पक्राउ परेका दुबैविरूद्ध ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। रासस,
बुहारीको कुटाइबाट जेठाजुको मृत्यु
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.