content
stringlengths
20
64.1k
रासस बेनिघाटरोराङ गाउँपालिका-२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन्। ज्याला मजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तानमात्र विद्यालय जान्छन्। , खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने भएकाले मात्र विद्यालय जाने गरेका हुन्।, घरमा बस्ने अरू सबैको काम...
एजेन्सी गत अगस्टमा अमेरिकी सैनिकले अफगानिस्तान छोड्दा केही अफगान नागरिक अमेरिकी सैनिक जहाजको ल्यान्डिङ गियरमा झुन्डिएका दृश्यले संसारको ध्यान तानेको थियो।, ल्यान्डिङ गियरमा झुन्डिएका केही मानिस आकाशबाट खसेका थिए।, काबुल विमानस्थलमा भएको उक्त घटनाको तीन महिनापछि अहिले फेरि एउटा अर्को त्यस्तै घटना भएको छ।, यसपालि दक्षिण...
सेतोपाटी संवाददाता दोलखामा एकै परिवारका तीन जना मृत फेला परेका छन्।, बुधबार बिहान तामाकोशी नगरपालिका वडा नम्बर २ झुलेस्थित एक घरमा श्रीमान-श्रीमती र नाबालक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अन्जन कोइरालाले जानकारी दिए।, मृत्यु हुनेमा २७ वर्षीय श्याम तामाङ, २५ वर्षीया अम्बिका र ६ दिनको नाबाल...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिका अमिनलाई पाँच लाख घुस लिएको आरोपमा ‍पक्राउ गरेको छ।, भरतपुर महानगरपालिका वडा नम्बर २० वडा कार्यालयका अमिन वीरेन्द्रबहादुर कठायतलाई अख्तियारले पक्राउ गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए। , सहायक प्रवक्ता भण्डारीका अनुसार कठायतलाई ...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र गतिमा फैलिरहेको भन्दै अत्यावश्यक काम नपरी विदेश नजान अपिल गरेको छ। , मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै नेपालमा भने यो भेरियन्ट देखिनसकेको जनाएको छ। यद्यपि सावधानीस्वरूप अत्...
सेतोपाटी संवाददाता रूपन्देहीमा सेल्फस नामक कीटनाशक औषधी ‘आल्मुनियम फस्फेट-३ ग्राम’को बिक्री-वितरणमा रोक लगाइएको छ। , आत्महत्यामा अत्यधिक प्रयोग भएको पाइएपछि सर्वपक्षीय छलफलबाट उक्त कीटनाशक औषधीमा प्रतिबन्ध लगाइएको हो। , रूपन्देही प्रहरीले सरोकारवाला निकाय सबैको उपस्थितिमा उक्त विषादी बिक्री, आयात तथा प्रयोगमा रोक लगाए...
सेतोपाटी संवाददाता झापाको कन्काई नगरपालिका वडा नम्बर ८ स्थित पूर्व-पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनाबाट २२ जना घाइते समेत भएका छन्।, आइतबार दिउँसो साढे १२ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना भएको थियो।...
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ। आइतबार भएको उक्त घटनामा २ जना गम्भीर घाइते भएका छन्।, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१२ घर भई हाल बुटवल-३ गोलपार्कमा बस्दै आएका ४७ वर्षीय बसन्त भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ।, उ...
सेतोपाटी संवाददाता बाजुरामा जीप दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।, दुर्घटनामा परी जीपका सहचालक बडीमालिका नगरपालिका वडा नम्बर १ का २४ वर्षीय भिमबहादुर दानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।  , सदरमुकाम मार्तडीबाट जडाङ्गा जाँदै गरेको से १ ज ९६० नम्बरको जीप आइतबार बिहान पाँच बजे दुर्घटनामा परेक...
खिलानाथ ढकाल दक्षिण अफ्रिकामा कोरोनाभाइरसको ‘नयाँ भेरियन्ट’ देखिएको छ।, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन निकै संक्रामक रहेको मानिएको छ। यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा यो पाँच गुणा संक्रमण बढी संक्रामक  रहेको वैज्ञानिकहरूको दाबी छ।, कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा कार्यरत् अधिकारीहरूका अनुसार अहिले भारतले...
डा भगवान कोइराला हामीले पहिलादेखि नै सुन्दै आएका कुरा हुन्- शरीरको तौल नियन्त्रणमा राख्नुपर्छ। रक्तचाप ठिक्क राख्न नुन कम खानुपर्छ। तौल घटायो भने सुगर नियन्त्रण गर्न सजिलो हुन्छ।  , व्रत (फास्टिङ) बसे कुनै न कुनै फाइदा हुन्छ भन्ने पनि हामीलाई लाग्दै आएको हो। त्यही भएर व्रत बस्ने चलन पुस्तौंदेखि चल्दै आएको छ। अहिले यसक...
सेतोपाटी संवाददाता कैलालीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।, पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका ८ स्याउले चोकमा अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले साेमबार बिहान साढे ३ बजे ठक्कर दिँदा एक जनाकाे मृत्यु भएको हाे।, ट्रककाे ठक्करबाट घाइते उनकाे उपचारका लागि सेती प्रादेशिक अस्...
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।, घाेडाघाेडी १ का करिब २० वर्षीय रुद्र बोहराकाे मृत्यु भएको छ। अरू तीन जना गम्भीर घाइते भएका छन्।, घोडाघोडी नगरपालिका १ बेलकोटामा से ६ प ६९० नम्बरको मोटरसाइकल र से ६ प ९२३५ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाएको थियो।, घाइते हुनेमा ...
निर्मला घिमिरे एकाबिहानै फोनको घन्टी बज्यो। नयाँ नम्बर ९८१३....४६ बाट रहेछ।, फोन उठाएँ। , 'मै'साब, मैले मोबाइल लिएँ नि!' , आवाज कताकता सुनेजस्तो लाग्यो। तर ठम्याउन सकिनँ। , 'तपाईं को बोल्नुभएको,' मैले सोधेँ। , 'अस्ति नै खाना खाने ठाउँमा भेटेको क्या त, चिन्नुभएन,' उनले उल्टै प्रश्न सोधेर भने, 'म विष्णुबहादुर क्या।', उन...
सेतोपाटी संवाददाता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाको सरूवा भएको छ।, बाँस्तोलालाई सार्क क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले सेतोपाटीलाई जानकारी दिए।, बास्तोलाको ठाउँमा टेकु अस्पतालमै कार्यरत डा. मनिषा रावललाई जिम्मेवारी दिइएको छ...
रासस हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको सीताराम विवाह पञ्चमी महोत्सवका लागि तयारी तीव्र पारिएको छ।, प्रत्येक वर्षझैं यसवर्ष पनि यही मंसिर १७ देखि २२ गतेसम्म साताव्यापी सीताराम विवाह पञ्चमी मनाउन लागिएको हो।, महोत्सव नजिकिँदै गर्दा अबेर रातिसम्म पाल लगाउनेदेखि मूलद्वार सजावटमा कामदार व्यस्त देखिन्छन्।,     , मिथिलाक...
सेतोपाटी संवाददाता अपरिचित व्यक्तिले नेपाल आउनेलाई 'फकाएर' सामान पठाउने गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सूचना जारी गरेको छ। , नेपालमा कानुनअनुसार ल्याउन पाउने सुन, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थभन्दा बढी परिणाम ल्याउने गरेको भन्दै सूचना जारी गरेको हो। , यो पनि पढ्नुस्: , दुबई...
सेतोपाटी संवाददाता भ्रष्टाचार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा तत्कालीन प्रधानाध्यापकसहित दुई जनाविरूद्ध मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा यशोधरा गाउँपालिका-५, बैदौलीस्थित अनिरूद्र पब्लिक माध्यामिक विद्यालय कपिलवस्तुका तत्कालीन प्रधानाध्यापक देव...
सेतोपाटी संवाददाता मोरङमा कुटपिट गरी छोराको हत्या गरेको आरोपमा प्रहरीले आमा र बहिनीलाई पक्राउ गरेको छ। , कटहरी गाउँपालिका वडा नम्बर ५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आइतबार राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।, उनको उपचारको क्रममा नोवल अस्पताल विराटनगरम...
सेतोपाटी संवाददाता नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २५९ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ८८८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार २३१ जनाको पिसिआर परीक्षण र २६५७ जनाको एन्टिजेन परीक्षण गरिएको...
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुरको नगाउँबाट भत्केपाटीको पिपलबोटसम्मको सडकमा पिच गर्नुपर्ने माग राख्दै स्थानीयले सडक अवरूद्ध गरेका छन्। , समयमै सडक पिच नगर्दा धुलोले हैरानी दिएको भन्दै सोमबार स्थानीयले सडक अवरूद्ध गरेका थिए। केहीबेर अवरूद्ध गरेपछि खुलाइएको कीर्तिपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष गंगाराम महर्ज...
सेतोपाटी संवाददाता उपराष्ट्रपति नन्दबहादुर पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औल्याउँदै शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन्। , चन्द्रागिरि नगरपालिका वडा नं. २ वाडभन्ज्याङस्थित  श्री चण्डिका देवी माध्यमिक विद्यालयले आयोजना गरेको धार्मिक तथा शैक्षिक महोत्सव २०७८ उद्घाटन कार्यक्रममा बोल्दै उनले सो...
सेतोपाटी संवाददाता कालीकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, जिल्लाको नरहरिनाथ गाउँपालिका-१ मिलाकामा सोमबार बिहान पौने ९ बजे बा ५ ख ४६४३ नम्बरको ट्रक दुर्घटनामा परेको हो।, दुर्घटनामा नरहरिनाथ गाउँपालिका-१ का ५८ वर्षीय जयबहादुर विष्टको मृत्यु भएको छ। उनको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्या...
सेतोपाटी संवाददाता जबरजस्ती करणी उद्योगको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका चिनियाँ नागरिकलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले काभ्रे पनौती नगरपालिका वडा नम्बर १० घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० सुकेधाराका २७ वर्षीय...
सेतोपाटी संवाददाता म्याद गुज्रिसकेको खाद्यवस्तुमा 'रिलेबलिङ' गरी बेच्ने गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। , सोमबार काठमाडौंको कागेश्‍वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटारस्थित सगरमाथा फुड प्रोडक्टमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो। म्याद गुज्रिएको खाद्यवस्तुमा भेटिएपछि त्यह...
सेतोपाटी संवाददाता साढे ६ लाख नगदसहित तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय प्रहरी प्रभाग कोटेश्वरले सोमबार अपराह्न ५ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वरस्थित कोटदेवी मन्दिर नजिकैबाट तास खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको हो। , पाँच जनाबाट ६ लाख ५८ हजार ६३० रुपैयाँ बरामद गरेको महानगर...
सेतोपाटी संवाददाता विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा नभएको भन्नेबारे अध्ययन भइरहेको बताएका छन्।, सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रमुख पाण्डवले डब्ल्युएचओले नयाँ भ...
रासस पाल्पामा जेठो छोरोले आमाको हत्या गरेका छन्।, पाल्पा रिब्दीकोट गाउँपालिका-८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले ६२ वर्षीय आमा मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। , मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको...
सेतोपाटी संवाददाता चार लिटर रक्तचन्दनको तेलसहित प्रहरीले महांकालबाट एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सिन्हुपाल्चोक भोटेकोसी गाउँपालिका-४ घर भई हाल काठमाडौं-६ नयाँबस्ती बस्ने ३० वर्षीय छिरिङ शेर्पा छन्।, मंगलबार दिउँसो प्रहरीले उनी सवार बा७च ४११० नम्बरको कारबाट रक्तचन्दनको तेल बरामद भएको महानगरीय प्रहरी वृत्त ...
सेतोपाटी संवाददाता सल्यानमा देवरको हत्या गरेको आरोपमा दुई भाउजू पक्राउ परेका छन्। पक्राउ पर्नेमा २६ वर्षीया लक्ष्मी चन्द र २५ वर्षीया राधा पौडेल छन्।, सारदा नगरपालिका वडा नम्बर-५ रानीकोटका ३३ वर्षीय शेरबहादुर चन्दको शुक्रबार हत्या भएको थियो।, हत्यापछि शव आधा जलाएको अवस्थामा शुक्रबार फेला परेको जिल्ला प्रहरी प्रमुख डिए...
रासस जुम्लाको तिला गाउँपालिका–९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ।, सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो।, स्थानीयबासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा संकलनका लागि  बालुवा खानी पसेका थिए।, बालुवा सोर्दै ...
नारायण खड्का घोराही-तुलसीपुर चार लेन सडक खण्ड काम सकिने समय आउनै लाग्दा बल्ल काम सुरू गरिएको छ। घोराहीमा एक कार्यक्रम आयोजना गरी शुक्रबार काम थालनी गरिएको हो।, ३१ किलोमिटर चार लेन सडकको काम तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले पाएको छ।, निर्माण कम्पनीले नेपाल सरकारसँग गरेको पहिलो सम्झौता समाप्त भइसक...
रासस/एएफपी चीनका धेरै क्षेत्रहरूले कम्तीमा ३० दिनसम्म प्रसूति बिदा विस्तार गर्ने तयारी गरेका छन्। न्यून जन्मदरका कारण देशले जनसाङ्खिक सङ्कटको सामना गर्ने देखिएपछि चीनले बालबालिका पालनलाई प्रोत्साहन गर्ने नवीनतम प्रयास स्वरूप प्रसूति बिदा विस्तार गर्ने भएको छ। सरकारको यो निर्णयलाई सरकारी कार्यालय, संघसंस्था तथा नीजि सं...
सेतोपाटी संवाददाता चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो।, पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेको प्रहरी नायब उपरीक्षक युवराज...
नारायण खड्का सल्यानका शेरबहादुर चन्दले आफ्नी भाउजुमाथि जबरजस्ती करणको प्रयास गरेपछि उनको हत्या भएको प्रहरीले बताएको छ।, शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटका ३३ वर्षीय शेरबहादुर चन्दको बिहीबार मध्यराति हत्या भएको थियो।, हत्या अभियोगमा शेरबहादुरकी भाउजू २६ वर्षीया लक्ष्मी चन्द र २५ वर्षीया राधा पौडेल पक्राउ परेका छन्।,...
सेतोपाटी संवाददाता अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका-८ आदर्श चोक प्राइम बैंक अगाडि जगातीबाट आज तीव्रगतिमा आएको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने सवार अर्का व्यक्ति गम्भीर घाइते भएको छन्।, जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नम्बरको टिपरले सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेक...
सेतोपाटी संवाददाता मोरङको बुढीगंगास्थित आरती स्ट्रिप्सका सञ्चालक सञ्जय सिंघलसहितका सञ्चालकहरूले सोही उद्योगका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि निर्घात कुटपिट गरेका छन्।, तर, सिंघलसहितका सञ्चालकहरूले बुधबार साँझ नेपाललाई निर्घात कुटपिट गरेको घटना २४ घण्टा बित्न नपाउँदै लेनदेनमा घटना मिलाइएको छ।, कुटपिटको घटना मिलाउन नेप...
सेतोपाटी संवाददाता शुक्रबार बिहान विराटनगरको एक अस्पतालको तीन तलाबाट हामफालेका युवाको मृत्यु भएको छ।, मोरङको धनपालथान गाउँपालिका-१ का ३५ वर्षीय शिवकुमार मण्डल अस्पतालको तीन तलाबाट हामफालेका थिए।, मण्डललाई उपचार गराउँदा लागेको खर्च नतिरेको भन्दै गोल्डेन अस्पतालले तीन दिनदेखि घर जान दिएको थिएन।, प्रहरीका अनुसार उपचारमा ...
सेतोपाटी संवाददाता कर्तज्य ज्यानमुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले रामेछाप खाँडादेवी गाउँपालिका-१ का ५९ वर्षीय ज्ञानबहादुर तामाङ र ३६ वर्षीय जयराम तामाङलाई पक्राउ गरेको हो।, दुबैलाई प्रहरीले शनिबार बिहान काभ्रे धुलिखेलबाट पक्राउ गरेको हो।, तेमाल गाउँपालिका-१ पिपलबोटका २९ वर्षीय तीर्थमान ...
सेतोपाटी संवाददाता प्रहरीले सुनसरी इटहरी उपमहानगरपालिका-४ श्रमिक टोलबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा चितवन भक्तपुर १० घर भई सोही स्थानमा कोठा गरी बस्ने ३० वर्षीय सञ्जय लामा रहेका छन्।, शुक्रबार बेलुका ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ला...
युवराज श्रेष्ठ मुस्ताङको चराङ-४ का छिरिङ डुन्डुक गुरुङ केही दिनयता काठमाडौं-पोखरा गरिरहेका थिए- कहिले हवाइजहाजमार्फत, कहिले मोटरबाटोबाट। यसरी आउजाउ गर्दा उनले मोटरबाटोबाटै पोखरा आउन सुरक्षित ठाने। काठमाडौंबाट शुक्रबार छुटेको सार्वजनिक माइक्रो बसमा गुरुङ पोखरा प्रस्थान गरे।, माइक्रो बसमा आफू बसेको सिटमुनि गुरुङले एउटा ...
नवीनबाबु गुरूङ 'पिकेसी बिबिएम दोस्रो साइकल र्‍याली' सुरू भएको छ।, पद्मकन्या क्याम्पसका विद्यार्थीको आयोजनामा भएको र्‍याली महिला हिंसाविरूद्ध जनचेतना र वातावरण सचेतना फैलाउने उद्देश्यसहित र्‍याली सुरू भएको संयोजक योगेन्द्रमान सिंह वस्न्यातले जानकारी दिए।, महिला हिंसा हरेक ठाउँमा व्याप्त रहेको भन्दै यसविरूद्ध सचेतना फैल...
सेतोपाटी संवाददाता नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २१३ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ६ हजार ६३२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ४ हजार ९०७ जनाको पिसिआर परीक्षण र १७२५ जनाको एन्टिजेन परीक्षण गरिएको...
सेतोपाटी संवाददाता दाङको तुलसीपुर उपहानगरपालिकाका सबै वडामा मंसिर १२ गतेदेखि १८ वर्षदेखि माथिका सर्वसाधारणलाई कोरोनाविरूद्धको खोप लगाउन सुरू गरिने भएको छ। , नगरका सबै स्वास्थ्य संस्थाबाट कोरोना विरूद्धको चाइनिज भेरोसेल खोप १८ वर्षदेखि माथिका व्यक्तिलाई क्रमश: लगाइने भएको छ।  , तुलसीपुर उपहानगरपालिका जनस्वास्थय प्रवर्द...
सेतोपाटी संवाददाता हेटौंडा उपमहानगरपालिका-१५ मा सञ्चालित ऋद्दिसिद्दी सिमेन्ट उद्योगले सञ्चालन गर्दै आएका चुनढुङ्गा खानीका कारण स्थानीयबासी समस्या भोग्दै आएका छन्।, सो उद्योगले मापदण्डविपरीत जथाभावी चुनढुङ्गा खानी क्षेत्र उत्खनन गर्दा राक्सिराङ गाउँपालिकाका स्थानीय बासिन्दा सस्यामा परेका हुन्। चुनढुङ्गा उत्खनन कार्यले ...
रासस सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ। , शनिबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका-४ का ५३ वर्षीय गीतानाथ खनालसहित उनका १३ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो।, बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना३ख ३८६० नम्बरको ट्रकले खनाल सवार ग११प ५४...
सेतोपाटी संवाददाता कोसी ब्यारेजमा डुबेर शनिबार एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको दमक-६ का ४५ वर्षीय सुभाष नेपाल रहेका छन्।, इलाका प्रहरी कार्यालय कोसी ब्यारेजका प्रहरी नायब उपरीक्षक प्रमोद यादवका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङमा अहेव पदमा कार्यरत  नेपाल कोसी ब्यारेजको ५२ नम्बर ढोकामा फो...
सेतोपाटी संवाददाता काठमाडौंको सोल्टी दोबाटोबाट संरक्षित सुन कछुवासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १३ सोल्टी दोबाटोबाट चार जनालाई पक्राउ गरेको महागरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।, ...
सेतोपाटी संवाददाता विराटनगर ट्राफिक चोकका औषधी व्यवसायी हरिमोहन श्रेष्ठले ९१ औं पटक रक्तदान गरेका छन्।, नोबेल शिक्षण अस्पतालमा उपचारत् झापा बैगुनधुराकी ७९ वर्षीय रत्नमाया लिम्बुका लागि उनले शुक्रबार रक्तदान गरे।, बिएण्डसी अस्पताल विर्तामोडमा उपचार गर्दा निको नभएपछि रिफर गरी नोबेल अस्पताल विराटनगर ल्याइएकी लिम्बुलाई श्...
गोपालप्रसाद बराल यसपालि मध्य मंसिरअघि नै चिसो छिप्पिएको छ। महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मध्य मंसिरअघि नै चिसोको कहर बढेको हो। विगत वर्षमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मंसिर मध्यपूर्व नै ह्वात्तै बढेको छ। जारी मंसिरको दोस्रो साता प्रारम्भ भएसँगै एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिस...
सेतोपाटी संवाददाता अहिले संसारभरि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको चर्चा भइरहेको छ। धेरै मुलुकले खोप लगाउन थालेको र यसअघि निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण कम हुँदै गएर जनजीवन सामान्य बन्न लागेका बेला भेटिएको ओमिक्रोनले विभिन्न मुलुकमा त्रास सिर्जना गरेको छ।, ओमिक्रोन भेरियन्ट गत साता दक्षिण अफ्रिक...
सेतोपाटी संवाददाता जाजरकोटमा भएको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ।, जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ बर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ बर्षीया अनिला नेप...
दिपकजंग शाही नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।, नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।, दुर्घटनामा परेर मृत्यु भएकामध्ये तीन जनाको सनाखत भएको छ। आठब...
रासस चितवनको एक घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ। , शनिबार राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा आगलागी भएको थियो।, आगलागीमा परी जितबहादुरका ३ वर्षीय नाति सुरज र नातिनी मनिषा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। , आगलागीबाट घर, लत्ताकप...
सविना कार्की जन्मिँदै पक्षघात भएका रघुनाथ बस्नेत अहिले तीस वर्ष भए। उनको घर भक्तपुर हो। हिँड्न सक्दैनन्। वरपर घुमफिर गर्न उनलाई ह्विलचेयर चाहिन्छ।, रघुनाथले स्नातक तह पास गरेका छन्। उनलाई सरकारी जागिर खाने मन थियो। सरकारी जागिरकै लागि तीन वर्ष लोक सेवा तयारी गरे। नायब सुब्बा र खरिदारका लागि परीक्षा पनि दिए। पास हुन सक...
सेतोपाटी संवाददाता विभागीय मन्त्रीले चासो देखाउँदा वैदेशिक रोजगारीमा जान लागेका युवा एजेण्टको ठगीबाट जोगिएका छन्।, भाषा परीक्षा उत्तिर्ण गरी कोरिया जाने क्रममा रहेका युवालाई एजेण्टले अबैध ढंगले रकम असुल्न खोजेको सूचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल पहल कदमी लिँदा युवाहरू ठग...
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको विमान स्यालसँग ठोक्किएको छ।, प्रहरीका अनुसार एटिआर-७२ बिमान बुधबार साँझ सात बजेर सात मिनेट जाँदा नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो।, अवतरण क्रममा स्यालसँग ठक्कर खाए पनि विमान र यात्रु सकुशल रहेको बाँकेका प्रहरी प्रमुख ...
सेतोपाटी संवाददाता नेपालमा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बुधबार ३३२ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ५९० जनाको पिसिआर परीक्षण र २३३० जनाको एन्टिजेन परीक्षण गरिएक...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १८१ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४४, ललितपुरमा २६ र भक्तपुरमा ११ संक्रमित छन्।, नेपालमा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ ...
खिलानाथ ढकाल त्रिभुवन विमानस्थलबाट आइतबार अपराह्न रूकुमको सल्ले उडेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजलाई पाइलटले गन्तव्यमा नपुर्‍याई नेपालगन्ज अवतरण गराए। पाइलट पेम्बा शेर्पाले आफ्नो ‘ड्युटी आवर (समय) सकिएकाले’ अर्को दिन उडाउने भनेपछि यात्रुहरूले एक दिन नेपालगन्जमै बास बस्नुपर्‍यो।, यो घटनाले जहाज उडाउने पाइलटको ‘ड्यु...
सेतोपाटी संवाददाता राम्रोसँग आकाश नखुल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अधिकांश आन्तरिक उडान प्रभावित भएका छन्। , हुस्सु र कुहिरोका कारण भिजिबिलिटी (पारदर्शिता) कम हुँदा काठमाडौंबाट हुने उडानहरु हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ।, समयमा उडान नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मि...
सविता बुढा दुरसञ्चार प्राधिकरणले स्कुल-स्कुलमा इन्टरनेट जोड्दै थियो।, पोहोर माघमा बझाङको बुंगल नगरपालिका–१ सोलास्थित भगवती माध्यमिक विद्यालयका लेखापाल हरिश बोहराले यो कुरा सदरमुकाम चैनपुर गएपछि थाहा पाए।, एसइइ दिने विद्यार्थीको प्रयोगात्मक परीक्षाको प्राप्तांक इन्टरनेटमा राख्न उनी सदरमुकाम पुग्नुपर्थ्यो।, अरू गाउँगाउँ...
सविना कार्की नोभेम्बर २५, अर्थात् महिला हिंसाविरूद्धको दिवस।, लैंगिक हिंसा अन्त्य तथा सन् २०३० सम्म विकासोन्मुख राष्ट्रतर्फ उन्मुख हुने उद्देश्यले हरेक वर्ष १६ दिने अभियान सञ्चालन हुने गरेको छ। नेपालले लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान २०५४ सालदेखि मनाउँदै आइरहेको छ। यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर ५ सम्म चल्ने...
सबिना श्रेष्ठ हिजोआज ललितपुर महानगरपालिका वरिपरिका सडकका जेब्रा–क्रसिङमा नयाँ चिह्न थपिएका छन्– जनावर हिँडेका पाइला।, मान्छे हिँड्न बनाइएका धर्सालाई जेब्रा जनावरको नामसँग जोडिएको छ। तर ललितपुरका सडकमा जेब्राकै पाइला चाहिँ छैन है!, यहाँ त सेतो धर्साले कोरिएका जेब्रा–क्रसिङका खाली भागमा पहेँलो-सेतो रङमा कुकुरजस्ता जनावर...
दिपकजंग शाही जाजरकोटको छेडागाड नगरपालिकामा छोरीको बैंक खाता खोल्न अभिभावकले ल्याएका १९ वटा निवेदन अहिले पनि कार्यालयमै थन्किएका छन्।, अघिल्लो वर्ष आएका ती निवेदन छोरी जन्मिएको ४५ दिनपछि आएकाले प्रक्रियामा जान सकेनन्।, कर्णाली प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम लागु गरेको छ।, बालिकाको नाममा ...
रासस सेती नदीलाई पवित्र मानिन्छ। यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ।, धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको सेती नदीमा दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि दुर्गन्धित बन्दै गएको छ।, पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्लाको प्रमुख व्यापारी केन्द्रबाट निस...
सविता बुढा रिक्त दरबन्दी विवरण नआउँदा सुदूरपश्चिममा  लोक सेवा विज्ञापनमा ढिलाइ भएको छ।, प्रदेश र स्थानीय सरकारले रिक्त कर्मचारीको यकिन तथ्यांक पठाउन नसक्दा विज्ञापन खोल्न ढिलाइ भएको हो। , प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले अहिले विभिन्न तह र श्रेणीका कर्मचारीका लागि पाठ्यक्रम बनाउने काम गरिरहेको जनाएको छ। , आयोगका सचि...
सविता बुढा कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।, बिहीबार दिउँसो पूर्व-पश्चिम राजर्माग अन्तर्गत कैलालीको लम्कीमा ना २ ख ९३७० नम्बरको ट्रकले टिकापुरकी एक महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।, प्रहरीका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका-२ की ४० वर्षीया गोमा थापा छन्।, घटनापछि आ...
सेतोपाटी संवाददाता नेपालमा थप ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३०८ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ९०९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार १०४ जनाको पिसिआर परीक्षण र १८०५ जनाको एन्टिजेन परीक्षण गरिएक...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १३० कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७८, ललितपुरमा ३६ र भक्तपुरमा १६ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १७२० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६८६, ललितपुर ५५२ र भक्तपुरमा ४८२ सक्रिय संक्रमित छन्।, नेपालमा थप ३०८ जनामा को...
सेतोपाटी संवाददाता दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड-१९ नयाँ रूप पत्ता लागेको बताएका छन्। उनीहरूले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन्।, ‘दुःखको कुरा, हामीले एउटा नयाँ विविधता भएको भाइरस पत्ता लगायौँ र यो नै दक्षिण अफ्रिकामा सङ्क्रमण दर बढ्...
भानुभक्त उनले काखमा बच्चा च्यापेकी थिइन्। छेउमै एक जना पुरुष पलेँटी कसेर बसेका थिए। उनीहरू कसैलाई पर्खिरहेजस्ता देखिन्थे।, सोधीखोजी गर्दा थाहा भयो, २८ वर्षकी सरिता चौधरी र ५५ वर्षीय बजारू चौधरी ससुरा बुहारी रहेछन्। दाङको दंगीशरण गाउँपालिका-६ पर्सडुवाबाट केही दिनअघिमात्रै तुलसीपुर बजार आएका।, सरिताका श्रीमान्, बजारूका ...
सेतोपाटी संवाददाता ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि तनावग्रस्त भएको लम्कीमा अझै स्थिति सामान्य भएको छैन।, घटनापछि लम्की बजार बन्द  र पूर्व-पश्चिम राजमार्ग अवरूद्ध छ।, स्थिति सामान्य पार्न २ सय बढी प्रहरी परिचालन गरेर बल प्रयोग गरेिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, बिहीबार दिउँसो पूर्व-पश्चिम राजमार्...
भानुभक्त दार्चुलाका विकट गाउँ छाङ्गरू र तिंकरमा जनगणना गर्न गएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम खलंगा ल्याइएको छ।, ब्यास गाउँपालिका-१ मा पर्ने यी गाउँमा जनगणना गर्न गणकहरू साढे तीन दिन हिँडेर पुगेका थिए।, ‘आज हामी सेनाको हेलिकप्टरमा फर्कियौं,’ जनगणना अधिकारी खगेन्द्र कार्कीले सेतोपाटीसँग भने,‘फेरि हिँडेरै आ...
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनसुता सामुदायिक वन उपभोक्ता समूह, दाङका तत्कालीन अध्यक्ष कुलबहादुर खत्री, सचिव शोभा भनिने शवीकुमारी खड्का र कोषाध्यक्ष टोपेन्द्र थापाविरूद्ध आरोपपत्र दायर गरेको छ।, आयोगले सामुदायिक वन उपभोक्ता समूहको सम्पत्ति चार लाख ५६ हजार बदनियतपूर्वक हिनामिना गरी आफैँले खाई म...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले एक हजार नौ सय ७१ जना प्रहरी जवान माग गरेको छ।, आज गोरखापत्रमा सूचना निकालेर प्रहरी प्रधान कार्यालयले उक्त संख्यामा प्रहरी जवान माग गरेको हो।, इच्छुकहरूलाई आवदेन दिन पनि प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ।, साथै एक सय ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) माग गर्दै आवेदन खुला भएको ...
सेतोपाटी संवाददाता प्रहरीले ३३ लिटर रक्तचन्दनको तेलसहित काठमाडौंबाट १० जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार दिउँसो तीलगंगाबाट १० जनालाई पक्राउ गरेको हो।, प्रतिलिटर पाँच लाखका दरले ग्राहकसँग ‘डिल’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले बताए।, पक्रा...
राजेश घिमिरे राप्ती नदीको सानो टापुमा दुई वटा घडियाल गोही पाहर ताप्दै छन्। कहिले नजिकै बसेर बात मारेझैं गर्छन् त कहिले मुख खेलेर भिड्न लागे झैं देखिन्छन्।, करिब सय मिटर वर सौराहा 'राप्ती विच'मा सुनसरी इनरूवाका दीपनारायण चौधरी र मोरङ बेलबारीका कृष्ण राई छिनो र हेम्मर चलाउन व्यस्त छन्।, बन्दै गरेको ‘सौराहा पार्क’ मा राख...
रासस सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ।, स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो।, मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँ...
सेतोपाटी संवाददाता थानकोटमा मामा र भान्जाको झगडामा गम्भीर घाइते भएका मामाको मृत्यु भएको छ।, प्रहरीका अनुसार मृत्यु हुनेमा धादिङ थाक्रे गाउँपालिका-४ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका-५ बस्ने ३९ वर्षीय राजु पुलामी मगर छन्।, बिहीबार साँझ भान्जा सोही ठाउँ बस्ने १९ वर्षीय मिलन लुङ्गेली मगरले कुटपिट गर्दा पुलामी सख्त...
रासस काठमाडौँ महानगरपालिकाले कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।, स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेक...
सेतोपाटी संवाददाता हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मंगलबार देशका पहाडी भू-भागमा आंशिक रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्...
रासस गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन्।, गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन्।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी थिइन्।, उनलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौँदीखोला किना...
खिलानाथ ढकाल महानगरीय अपराध महाशाखाले भारतीय नागरिक ४४ वर्षीय शिवम् भीरामुथुको अनुसन्धान विवरण महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ।, महाशाखाले भीरामुथुबारे प्रारम्भिक अनुसन्धान गरी सोमबार विस्तृत अनुसन्धानका लागि परिसरमा फाइल पठाएको हो।, भीरामुथुले ठूला-ठूला नेताहरूलाई झुक्याएर ‘ठगी धन्दा’ चलाएको पाइएपछि विस्तृत...
हेमन्त केसी फिल्म बुलाकीको छायांकन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो। बल्ल दुई दिनपछि टिकट पाएपछि उनी नेपालगञ्ज हुँदै काठमाडौंतर्फ लागिन्।, दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाई हवाईमार्ग भएर गन्तव्यमा पुर्‍याउन होटल सञ्चालक बालकृष्ण डाँगीले धेरै ठाउ...
एजेन्सी युरोपेली मुलुक बुल्गेरियामा मंगलबार बिहान गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ।, मंगलबार बिहान २ बजेतिर पश्चिम बुल्गेरियाको स्ट्रुमा राजमार्गमा उक्त घटना भएको अधिकारीहरूलाई उल्लेख गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।, बसमा पहिला आगो लागेर पछि दुर्घटनामा परेको हो कि दुर्घटनामा परेपछि...
रासस कृषि ज्ञानकेन्द्र गोरखा कार्यालयको नाममा गोरखा नगरपालिका–७ मान्द्रे ढुंगामा रहेको करिब २२ रोपनी जमिनमा नमूना ग्रीन हाउस निर्माण गरिने भएको छ। , कार्यालयले केन्द्रको नाममा रहेको सम्पत्तिको खोजी गर्दै जाँदा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको जग्गा फेला परेपछि त्यसको संरक्षण र उपयोगका लागि नमूना ग्रिन हाउस, माछ...
सुसन चौधरी काठमाडौंको सार्वजनिक शौचालय संसारकै उत्कृष्टमध्ये परेको छ भन्दा तपाईंलाई अचम्म लाग्ला।, तर स्वयम्भू बुद्धपार्कबाट भगवानपाउ जाने जंगलको बाटोमा बायाँपट्टि हेर्नुभयो भने यो शौचालय देख्नुहुनेछ।, नेदरल्यान्ड्सले आयोजना गरेको 'सरफाती सेनिटेसन च्यालेन्ज' मा विश्वभरका ८० सरसफाइ संस्थामध्येबाट यो शौचालय टप-५ मा पर्न...
सेतोपाटी संवाददाता भारतले सडक मार्गबाट जान पास नदिएपछि साढे तीन दिन हिँडेर जनगणना गर्ने टोली दार्चुलाको छाङ्गरू पुगेको छ।, जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेका अनुसार सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर सोमबार दिउँसो बाह्र बजेतिर ब्यास गाउँपालिका-१ छाङ्गरू पुगेका छन्। उनीह...
सेतोपाटी संवाददाता ३८ वर्षीय न्युरोसर्जन डाक्टर सुबास लोहनीको निधन भएको छ। , टोखास्थित ग्राण्डी टावरमा सोमबार दिउँसो उनी बेहोस अवस्थामा फेला परेका थिए। बेहोस अवस्थामा भेटिएका डाक्टर लोहनीको अस्पताल लैजाँदा-लैजाँदै मृत्यु भएको हो। , महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार डाक्टर लोहनीले सोमबार दिउँसो बेहोस भएका थिए। उन...
रासस अघिल्लो सरकारले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले एकैसाथ अस्पतालको शिलान्यास गरेको भए पनि अहिले कामको प्रगति भने न्यून छ।, शिलान्यास गरिएका अधिकांश स्वास्थ्य सस्थाका भवन निर्माण शिलान्यासमै सीमित छन्।, सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले  स्वास्थ्य तथा जनस...
नवीनबाबु गुरूङ नेपालमा पनि १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप दिन थालिएको छ। पहिलो चरणमा कात्तिक २८ गतेदेखि १२ देखि १८ वर्षसम्मका दीर्घरोगीलाई सो खोप दिन थालिएको हो। , यसैबीच मंगलबार महाराजगन्जस्थित टिचिङ अस्पतालमा खोप लगाउन आउनेको घुइँचो लागेको छ। , हेर्नुहोस् तस्बिरमा, ...
सेतोपाटी संवाददाता सोलुखुम्बुका एक व्यक्तिले आफ्नै छोराछोरीलाई एसिड आक्रमण गरी घाइते बनाएका छन्।, सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरीका ५० वर्षीय मोहन बराइलीले छोराछोरीलाई एसिड प्रहार गरी घाइते बनाएका हुन्। , प्रहरीका अनुसार मदिरा सेवन गरेका बराइलीले सोमबार राति २५ वर्षीय छोरा सुरज र १५ वर्षीया छोरी सुजितामाथि एसिड प्रह...
सेतोपाटी संवाददाता नेपालमा थप ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३५१ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार १७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार ७२९ जनाको पिसिआर परीक्षण र १४४५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेप...
खिलानाथ ढकाल त्रिभुवन विमानस्थलबाट रूकुमका लागि उडेको जहाज नेपालगञ्जमा अवतरण गराउने पाइलटलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको छ। , क्याप्टेन पेम्बा शेर्पालाई त्यस घटनाबारे स्पष्टीकरण सोधिएको पर्यटन मन्त्री प्रेम आलेले बताए। , सोमबार पाइलट शेर्पाले गन्तव्यमा नपुग्दै आफ्नो ड्युटी सकिएको भनेर नेपालगञ्जमा नेपाल वायुसे...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १४४ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०५, ललितपुरमा ३० र भक्तपुरमा ९ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १६०७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५९०, भक्तपुरमा ४६७ र ललितपुरमा ५५० सक्रिय संक्रमित छन्।, नेपालमा थप ३५१ जनामा कोरोना ...
सेतोपाटी संवाददाता ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक दाङबाट पक्राउ परेका छन्। , भारतको बहाराईच जिल्लाको तहसिल नानपारा घर भएका २८ वर्षीय नाइम दाङबाट ४५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन्। , जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले उनलाई पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका...
सेतोपाटी संवाददाता भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले निरक्षर वृद्धवृद्धा लक्षित शैक्षिक अभियान सुरू गरेको छ। , अभियानको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ललितपुरमा आयोजित एक कार्यक्रमबीच मंगलबार शुभारम्भ गरेका हुन्।, निरक्षरताका कारण प्रविधिको प्रयोग गर्न नसक्दा समस्यामा परेका वृद्धवृद्धाको जीवन ...
सेतोपाटी संवाददाता भक्तपुरको एक सामुदायिक वनमा मानव कंकाल फेला परेको छ। , मंगलबार बिहान पौने ११ बजे चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कंकाल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। , कंकाल फेला परेको खबर महानगरीय प्रहरी वृत्त जगाती...
सेतोपाटी संवाददाता गोरखामा बुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ।, जिल्लाको आरुघाट गाउँपालिका-४ थुमीमा बुहारीको कुटाइबाट ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।, आफ्नै बुहारी डल्ली बराम र उनकी छोरी निशा बरामको कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए।, शनिबार दिउँसो कुटपिटबाट घाइत...