content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका-१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा मंगलबार अखिल क्रान्तिकारीका नेताको  मृत्यु भएको छ।, गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका-४ का२४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना६ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा४५प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सापकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए।, मृतक देवकोटा अखिल क्रान्तिकारी पालुङटारको संयोजक थिए। दुर्घटनाको अनुसन्धानको लागि दुबै सवारी साधन र बसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस, तनहुँमा बसले स्कुटरलाई ठक्कर दिँदा विद्यार्थी नेताको मृत्यु
सेतोपाटी संवाददाता सुनसरीबाट मंगलबार ४२ जना फरार अभियुक्त पक्राउ परेका छन्। विभिन्न मुद्दामा कैद, जरिवना फैसला भए पनि फरार रहँदै आएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो।, फरार अभियुक्त पक्राउ गर्ने अभियान नै चलाएर पक्राउ गरिएका उनीहरूलाई मंगलबार नै प्रहरीले अदालतमा पेश गरेको छ।, जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार यो सँगै चार महिनामा ५६५ जना फरार अभियुक्त पक्राउ परेका छन्।, उनीहरूबाट ११९ वर्ष ८ महिना ८ दिन कैद र २६ लाख ७२ हजार ९०६ रुपैयाँ जरिवाना असुल भएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।, इनरूवा-१ बस्ने अजित मियाँलाई  सोमबार दिउँसो पक्राउ गरिएको छ। मियाँसहित तीन जनाको समूहले २०६८ सालमा रामधुनी -५ स्थित जैयस कुमार साहको घरमा डकैती गरेको प्रहरीले जनाएको छ। तिनै जनालाई जनही ६ वर्ष कैद तथा ९९ हजार  जरिवाना फैसला भएको थियो ।, एकैदिन ४२ जना फरार अभियुक्त पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिमा मानव कंकाल फेला परेको छ। , चन्द्रागिरि नगरपालिका वडा नम्बर १ दहचोकस्थित इन्द्रदहमा मानव कंकाल फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।  , मंगलबार अपराह्न ५ बजे त्यहाँ मानव कंकाल फेला परेको भन्दै प्रहरीले खबर पाएको थियो। सो खबरपछि महानगरीय प्रहरी वृत्त थानकोटको टोली घटनास्थल पुगेको छ। साँझ भइसकेकोले अहिले घटनास्थलमा केही पनि नगरेको परिसरका प्रहरी निरीक्षक अनिल अधिकारीले जानकारी दिए। , 'साँझ भइसकेको हुनाले प्रहरीको टोलीले अहिले केही गरेको छैन। भोलि बिहानै टोली पुगेर अनुसन्धान अघि बढाउँछ,' अधिकारीले भने। , यस्तै मंगलबार नै भक्तपुरको एक सामुदायिक वनमा पनि मानव कंकाल फेला परेको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कंकाल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।, कंकाल लप्सीको रूखको फेद नजिकै फेला परेको हो। रूखको हाँगामा जुटको डोरीको पासो चुँडिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए। , घटनास्थलबाट एचपी इन्भेन्ट लेखिएको कालो रंगको झोला, नाम्लोको फिता, चेक सर्ट, चक्कु, प्लाष्टिकको फिता, बाँसको चोया, प्लाष्टिकमा प्याक गरी राखेको रुद्धाक्ष, दाँत माझ्ने ब्रस, मास्क, पत्रिकाको टुक्रा, एक जोर खरानी रंगको गोल्डस्टार जुत्ता, सुप्रिम लेखिएको सेतो टिसर्ट, गोल्ड ओरिजिनल लेखिएको कालो ज्याकेट र खैरो रंगको पाइन्ट फेला परेको हो। , प्रहरीले कंकालको पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाएको छ। , चन्द्रागिरिको इन्द्रदहमा फेला पर्‍यो मानव कंकाल
सेतोपाटी संवाददाता दुई समूहबीच भएको कुटाकुटमा घाइते भएका नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधिका उमेदवार दीर्घबहादुर केसीलाई थप उपचारको लागि काठमाडौं लगिएको छ।, रूपन्देही क्षेत्र २ को सोमबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको अवस्थामा दुई समूहबीच भनाभनपछि कुटाकुटको स्थिति उत्पन्न भएको थियो।, बुटवल बालमन्दिरमा मतगणना भइरहँदा काङ्ग्रेस सभापति शेरबहादुर देउवा समूहले केसीमाथि आक्रमण गरेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आरोप छ।, केसी पौडेल समूहबाट महाधिवेशन प्रतिनिधि उम्मेदवार रहेका थिए। आक्रमणबाट उनको टाउको र मुखमा चोट लागेको छ।, नेपाली काङ्ग्रेस बुटवल उपमहानगर समितिका उपसभापति ज्योति भण्डारीले केसीलाई उपचारको लागि काठमाडौं पठाइएको जानकारी दिए।, मतगणना कार्य सकिनै लाग्दा विवाद उत्पन्न भएपछि अहिले मतगणना कार्य रोकिएको छ।, कूल खसेको ६ सय ६९ मतमध्ये ६ सय मत गणना भइसकेकोले मतगणना कार्यलाई सुचारू गर्न दुबै पक्ष छलफलमा रहेको भण्डारीले बताए।, ६ सय मत गणना हुँदा पौडेल समूहका हरि लम्सालको प्यानलले अग्रता लिएको उनले जानकारी दिए।, देउवा-पौडेल समूहको कुटाकुटमा घाइते केसीलाई काठमाडौं पठाइयो
सेतोपाटी संवाददाता राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ।, नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय शेर्पाको बुधबार बिहान ३ बजेतिर निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले सेतोपाटीलाई जानकारी दिए।, पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य रहँदै आएका शेर्पाले त्यसअघि अमेरिका, चीन र भारतलगायतमा गएर उपचारसमेत गराएका थिए। तर उल्लेख्य सुधार नभएपछि उनी स्वदेश फर्किएका थिए।, अमृत साइन्स क्याम्पसका पूर्व सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष हुन्। , उनको अन्तिम संस्कार र श्रद्धाञ्जली कार्यक्रममा लागि परिवारसँग छलफल भइरहेको महासचिव थापाले जानकारी दिए। , राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन
सेतोपाटी संवाददाता नेपाल भ्यालुयर्स एशोसिएसनले ईञ्जिनियर पक्राउको विरोधमा आज प्रदर्शन गरेको छ।, एकपक्षीय ढंगले वीरगञ्ज उपमहानगरका सिनियर ईञ्जिनियर राकेशकुमार चौरासियालाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको विरोधमा एशोसिएसनले विरोध प्रदर्शन गरेको हो।, कुमारी बैंकबाट उपलब्ध गराइएको कागजातका आधारमा मूल्यांकन गरेको र मालपोत कार्यालयका दृष्टिबन्धन र रोक्काजस्ता कीर्ते कार्यमा एकपक्षिय रूपमा धितो मूल्यांकनकर्ता चौरासियालाई प्रहरीले पक्राउ गरेर राखेकोमा एशोसिएसनले विरोध गरेको हो।, कुमारी बैंकको केन्द्रीय कार्यालय टंगालमा एशोसिएसनले आज विरोध प्रदर्शन गरेको अध्यक्ष ऋषि कोइराला बताउँछन्।, उनीहरूले ईञ्जिनियरलाई लगाएको बैंकिङ कसुर फिर्ता लिनुपर्ने, मूल्यांकनको प्रक्रिया यकिन गर्नुपर्नेजस्ता माग राख्दै प्रदर्शन गरेका थिए।, ईञ्जिनियर पक्राउ विरोधमा भ्यालुयर्स एशोसिएसनले गर्‍यो प्रदर्शन
रासस भक्तपुरको एक उद्योगबाट ढलौटका विभिन्न सामानहरु चोरी गरी फरार भएका चार जना भारतीय नागरिकलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको छ।, कात्तिक ३० गते ढलौटका सामान चोरी गरेका उनीहरूलाई पाँच दिनपछि पक्राउ गरेर आइतबार सार्वजनिक गरिएको हो।, भारत मोतिहारी घर भई काठमाडौँ महानगरपालिका–३२ बानेश्वर बस्ने ३० वर्षीय मुन्ना साह, सोही ठाउँ बस्ने ३५ वर्षीय नारद साहु, भारत हैदराबाद घरभई काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल बस्ने १८ वर्षीय बैंकटेस गिरी र सोही ठाउँका १८ वर्षीय राजु गिरी पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।, प्रहरीले काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित मुन्ना साहको कवाडी पसलमा बिक्री गरेको चोरीका सामानसहित पक्राउ गरेको हो।, प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित दुवाल आर्ट एन्ड ह्यान्डिक्राफ्ट उद्योगबाट उनीहरुले ढलौटको करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरू चोरी गरेको अनुसन्धानका क्रममा खुलेको उनले बताए।, उनीहरुका साथबाट प्रहरीले २९ किलो ५०० ग्रामको ढलौटको करुवाको बैठक, ७४ किलो ढलौटको करुवाको मुख, ४७ किलो पानसको छड र ४८ किलो कच्चा पदार्थ बरामद गरेको छ।, चोरी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए।, उद्योगबाट ढलौटका सामान चोरेर भागेका चार भारतीय नागरिक पक्राउ
सेतोपाटी संवाददाता नेपालमा थप २ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ९ हजार १ सय २३ परिक्षणमा २३८ जनामा संक्रमण पुष्टि भएको हो। , सो अवधिमा संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट ११ हजार ४ सय ९६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। , मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ६४ रहेको छ।,  , थप २ सय ३८ जनामा कोरोना संक्रमण
सबिना श्रेष्ठ केही दिनयता उनी नेपालका विभिन्न सहर घुमिरहेका छन्। धरान, पोखरा, चितवन, धनगढी, बुटवल लगायत सहर पुगेका उनलाई हेर्न र भेट्न आउनेहरूको घुइँचो थामिनसक्नु नै छ। , उनको नजिक जान, सँगै फोटो खिचाउन, अंकमाल गर्न चाहने फ्यानहरू उत्तिकै। सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा अहिले उनी नै छाएका छन्।, फ्यानहरूले बनाएका यी 'सेलेब्रेटी' हुन् साइग्रेस पोख्रेल।, उनी शब्दमार्फत् दर्शक-श्रोता लठ्याउँछन् भन्दा फरक पर्दैन।, साइग्रेस स्पेन बस्छन्। त्यहीँबाट युट्युब र सामाजिक सञ्जालहरूमा नेपाली मूलका कथा नेपाली भाषामै सुनाउँछन्। साइग्रेसको युट्युब च्यानलमा तीन लाखभन्दा बढी सबस्क्राइबर्स छन्। केही साताअघि मात्र उनी 'वर्ड टुर' को सिलसिलामा नेपाल आएका हुन्।, 'स्टोरीटेलर' अर्थात् 'कथावाचक' को परिचय बनाएका साइग्रेस कथाहरूमा जिउन रूचाउँछन्, शब्दहरू पर्गेल्न रूचाउँछन् र कथालाई आफ्नो आवाजको मालामा उन्न रूचाउँछन्। त्यसैले युवादेखि सबै उमेर समूहका श्रोतामाझ लोकप्रिय छन्।, उनकै शब्दमा भन्नुपर्दा, युवाहरू 'आफ्नै ठाउँको केटा त हो नि' भनेर आत्मीयता देखाउँछन्, आमाबुवाहरू 'आफ्नै छोराले सुनाएको कथा हो नि' भनेर सुन्छन्।, साइग्रेसले धेरैपटक आफ्नो भिडिओ वा अन्तर्वार्तामा भन्दै पनि आएका छन्, 'जबसम्म म कथाहरूलाई जिउन सक्दिनँ, शब्दहरूलाई पानीसरी पिउन सक्दिनँ, म कथा भन्नै सक्दिनँ।', उनीसँगको कुराकानी क्रममा हामीले सबभन्दा पहिला सोध्यौं, 'तपाईंको नामको अर्थ के हो?',  , जवाफमा उनले भने, 'साइग्रेसको शाब्दिक अर्थ भन्नुपर्दा साइबाबाको कृपा। यो एउटा आध्यात्मिक विश्वास हो।', अध्यात्ममा रूचि राख्ने र विशेषगरी साइबाबालाई मान्ने उनलाई सानैदेखि कथाको भूत सवार थियो। उनको मन-मस्तिष्कमा त्यो भूत चढाइदिएका थिए, उनका बुवाले सुनाउने लोक कथाहरूले।, बुवाले भाइ र उनलाई साँझको समय कथा सुनाउँथे। भन्दै जाँदा कथाहरू कहिले दोहोरिन्थे पनि, तर हरेकपटक सुन्दा उनलाई उत्तिकै उत्कृष्ट र रोचक लाग्थे। तिनमा भएका पात्रहरू आफ्नै आँखाअगाडि आइरहेजस्तो उनलाई महशुस हुन्थ्यो। उनी हरेकचोटि ती कथा सुनेर मन्त्रमुग्ध हुन्थे। अहिले साइग्रेसका कथा सुन्नेहरूले उनलाई त्यस्तै प्रतिक्रिया दिन्छन्।, 'बुवाले कथा सुनाउने बेला धेरै लोडसेडिङ हुन्थ्यो। उहाँले सुनाउने कथाहरू नै त्यस बेलाका हाम्रा साथी थिए। मलाई त्यसैको प्रभाव परेको हुनुपर्छ,' कथावाचक बन्नुको प्रेरणा स्रोत बुवालाई बताउँदै उनले भने, 'अहिले धेरै जनाले मेरो कथा सुत्ने बेलाको आफ्नो साथीजस्तो भएको प्रतिक्रिया दिनुहुन्छ। त्यस्ताे प्रतिक्रिया सुन्दा मलाई निकै खुसी लाग्छ।', साइग्रेसले सन् २०१६ मै युट्युब च्यानल खोलेका थिए। तर युट्युब खोले पनि फेसबुकमै सेयर गरेका भिडिओमा उनी रमाउँथे। दुई वर्षअघि उनी 'नाइन्टिज किड' शीर्षकमा युट्युबमा भिडिओ हालेर सुतेका थिए। भोलिपल्ट बिहान उठ्दासम्म त्यो भिडिओ धेरैले हेरिसकेका रहेछन्। धेरैले त्यसबाट प्रभावित भएर सेयर पनि गरिसकेका रहेछन्।, साइग्रेस पोख्रेलका प्रशंसकहरू। तस्बिर सौजन्यः साइग्रेस पोख्रेलको सामाजिक सञ्जाल, करिब ८६ हजारले हेरेको उक्त भिडिओमा साइग्रेसले भनेका छन्, 'अहिलेका विद्यार्थीहरू जसरी फेसबुक, युट्युब, इन्स्टाग्राम लुकीलुकी चलाउँछन्, हामी किताबको बीचमा लुकाएर सुपर कमान्डो ध्रुव, नागराजका कमिक्सहरू पढ्थ्यौं। त्यसको छुट्टै मजा थियो।', सन् १९९० तिर मोबाइल, ल्यापटप लगायत मनोरञ्जन सामग्री केटाकेटीको पहुँचबाट टाढा थिए। कथा, चुट्किलाका किताब र कमिक्सहरू पनि मनोरञ्जनकै माध्यम हुन्थे। सानोमा पढेको 'मुना' पत्रिकामा हुने बाल साहित्य स्तम्भ र पजल खेलहरू उनी अझै सम्झन्छन्।, 'सन् २००८ देखि २०१७–१८ सम्म म दिनमा एउटा कृति त पढेकै हुन्थेँ। त्यसले पनि मेरो शब्द भण्डार बढाउन सहयोग गर्‍यो,' नेपालीमा पकड बलियो हुनुको कारण बताउँदै उनले भने।, किताब पढ्ने र कथा सुन्ने साइग्रेसले कहिले कथावाचक बन्छु र यसमै व्यावसायिक रूपले लाग्छु भन्ने सोचेका थिएनन्। तर यसबाट आकर्षित र प्रभावित चाहिँ थिए।, कक्षा ४ मा पढ्दा उनले पहिलोपटक स्कुलको कमेडी च्याम्पियन प्रतियोगितामा भाग लिएका थिए। त्यो बेला धेरैले जोडी बनाएर प्रदर्शन गरे। साइग्रेसले भने हाँस्य कथा लेखेका थिए जसलाई उनले एकल प्रदर्शन गरे। उनी त्यो प्रतियोगितामा प्रथम भए।, 'मैले अनुमान पनि गरेको थिइनँ, कसरी झुक्किएर प्रथम भएछु जस्तो लाग्छ,' स्कुले दिन सम्झिँदै उनी मुसुक्क हाँसे र भने, 'त्यस दिन मलाई अनुभव भयो, लेखाइमा शक्ति हुन्छ र आवाजमा क्षमता हुन्छ।', त्यसपछि उनी विस्तारै आफ्नो डायरीमा कथा, कविता र गीतका खेस्रा कोर्न थाले। उनले पहिलोपटक ठूलो जमातमा कथा वाचन गरेको भने सन् २०१२ मा हो। त्यो बेला साइबाबा संगठन नेपालले राष्ट्रिय युवा सम्मेलन गरेको थियो। त्यसमा आएको प्रतिक्रियाबाट उनले आफ्नो आवाजमा छुट्टै किसिमको पकड र बनावट भएको थाहा पाए।, त्यही बेला उनले अठोट गरे, 'मैले कथावाचनलाई निरन्तरता दिनुपर्छ।' , त्यही कार्यक्रमकी एक कथावाचक सरिता अधिकारी (श्रीता) ले उनको वाचन मनपरेको बताउँदै एउटा नोट छाडेकी थिइन्, 'मान्छे अक्सर तालीको भोको हुन्छ। जब ताली र गाली दुवैको भोको रहन थाल्छ, तब उसले प्रगतिलाई अंगालो हाल्छ। त्यस कारण नआत्तिनू, नमात्तिनू।', पछि उनै सरिता साइग्रेसकी जीवनसाथी बनिन्। उनी पनि युट्युबमा कथावाचन गर्छिन्।, कथावाचनलाई नै आफ्नो करिअरका रूपमा अगाडि बढाउनुअघि २०६५ सालमा साइग्रेस स्वास्थ्य मन्त्रालयमा जागिरे थिए। त्यहाँ कागज, किताब र जर्नलमा लेखिएका विवरणलाई डिजिटल बनाउने र अनुसन्धान गर्ने उनको काम थियो। त्यो अनुभवले उनलाई डिजिटल माध्यमको विशेषता चिनाउनुको साथै भाषा निखार्न मद्दत गर्‍यो।, साइग्रेस पोख्रेलका प्रशंसकहरू। तस्बिर सौजन्यः साइग्रेस पोख्रेलको सामाजिक सञ्जाल, सन् २०१५ मा डेनमार्कमा 'स्ट्राटेजिक म्यानेजमेन्ट' पढ्न गएका उनी फिल्म निर्माणमा पनि जोडिए। यसबाहेक कथा सुनाउँथे।, साइग्रेस सुरूदेखि नै सामाजिक मूल्य-मान्यताका कथाहरू भन्न र लेख्न रूचाउँथे। अधुरो प्रेम, माया र मजाक, जात नमिलेको प्रेमजस्ता कथा र अडिओ उपन्यासमा पनि अन्तिममा उनी मानवीय मूल्य-मान्यतालाई नै समावेश गर्ने प्रयास गर्छन्।, 'मलाई सामाजिक विषयवस्तुमा रहेर कथाहरू बुन्न मनपर्छ। त्यसका लागि मलाई कथाको परिवेश, कुन धरातलमा टेकेर कथा भनिरहेको छु भन्ने महशुस हुनुपर्छ,' उनले भने, 'कथाको कुन पात्रमा म आफूलाई भेट्टाउँछु भन्ने परख राख्छु। जबसम्म त्यो भोगाइलाई कसैले भोगेको देख्दिनँ वा मैले प्रत्यक्षदर्शी भएर हेर्न सक्दिनँ, तबसम्म म कथा भन्न सक्दिनँ।', डेनमार्क हुँदै स्पेन सरेका उनी यहाँका कथा भन्न सक्नुको मूल कारण पनि यसैलई मान्छन्, 'ती कथाको सूक्ष्म अवलोकन।', आफ्नो कथा आफैं लेख्ने र अरूको कथा पुनर्लेखन गरेर सुनाउने साइग्रेस कथाहरूको मूल तत्व शब्दलाई मान्छन्। त्यही भएकाले शब्द भण्डार बलियो बनाउने र नयाँ–नयाँ कुरा सुनेर शब्दहरू संकलन गर्न रुचाउँछन्। त्यसबाट आफ्नो लेखनमा स्वतस्फूर्त निखार आउने उनको धारणा छ।, करिब आठ महिनादेखि साइग्रेसले एउटा अडिओ सिरिज सुरू गरेका छन्– साइग्रेससँग मनका कथा। त्यो सिरिजमा जो आफ्ना कथा सुनाउन नपाएर भित्रभित्रै पिल्सिएका छन्, उनीहरूको गोपनीयतालाई मध्यनजर गदै कथा भनिन्छ।, 'धेरै मानिस आफ्ना कुरा अभिव्यक्त गर्न सक्दैनन्। त्यसमा सस्तो मसला मिसाएर झूटा प्रचार गरिन्छ भन्ने डर उनीहरूमा हुन्छ। उनीहरूको पहिचान गोप्य हुने भएकाले ती मान्छेले मलाई निर्धक्क कथा सुनाउँछन्,' उनले भने, 'म त्यस्ता कथा उठान गर्छु जुन समाजमा भएका छन् र जसले सामाजिक मूल्य-मान्यतामा दख्खल राख्छन्। ती प्रतिनिधि कथा हुने भएकाले उस्तै खालको सन्देश जाने कथा भने दोहोर्‍याउँदिनँ।', स्पेनमा उनी कथासम्बन्धी कामहरू नै गर्छन्। सन् २०१८ मा डिजिटल मार्केटिङको स्नातकोत्तर अध्ययन क्रममा स्पेन पुगेका उनले फोटोग्राफी र भिडिओग्राफी निर्माण गर्ने कम्पनी खोलेका छन्। त्यही कम्पनीअन्तर्गत रहेर उनले चार–पाँच कम्पनीमा मिडिया म्यनेजरका रूपमा काम गरिरहेका छन्।, सम्पूर्ण समय कथावाचन र कथा लेखनमै रहने उनले पछिल्लो समय विभिन्न गैरसरकारी संघ-संस्था र व्यावसायिक कम्पनीमा समेत काम गरेका छन्। सुरूमा 'सेभ द चिल्ड्रेन' का लागि उनले १२ वटा जनचेतनामूलक कथा भनेका थिए। बागमती अभियान, रक्तदान लगायत सामाजिक अभियानमा पनि चासो देखाउने उनले कोरोना महामारी समयमा पनि सहयोग गरे। त्यही बेलाको लकडाउनमा उनका कथाहरू धेरैमाझ लोकप्रिय भए।, उनलाई लाग्छ, जसरी विदेशमा विज्ञापन वा डबिङका रूपमा आवाजको व्यावसायिकीकरण भएको छ, नेपाली उद्योगमा पनि त्यो समय आएको छ। अहिलेको युवा पुस्ता कथावाचनमा लाग्न थालेकाले यो क्षेत्रले भविष्य कोर्दै गएको उनले महशुस गर्न थालेका छन्।, 'मेरो ममीले पनि स्टोरीटेलर बन भनेर सल्लाह दिनुभएको छ भन्ने प्रतिक्रियाहरू सुन्न पाउँदा निकै खुसी लाग्छ,' उनले भने, 'यो पेसा मर्यादित छ भनेर उहाँहरूले चिनिदिनुभएको छ। आफूलाई पनि सही बाटोमा लम्किरहेको छु भन्ने महशुस हुन्छ।', साइग्रेस कथावाचनलाई कला र विज्ञानको मिश्रण मान्छन्। कस्तो कथा उठान हुँदैछ, पात्रलाई कहाँ राखिन्छ, कसरी कथा डिजाइन हुँदैछ, यी सबैलाई कथावाचनको पाटा मान्ने उनी भन्छन्, 'कथा भन्नु र कथावाचन गर्नु दुई फरक कुरा हुन्। कथावाचनको आयाम निकै बृहत् छ।', अहिले सबैलाई भाइरल बन्ने प्रवृत्तिले भने उनलाई युवाहरूको भविष्यप्रति चिन्तित बनाएको छ। अहिलेको समय सबै जना आतुर छन्। त्यही भएकाले कसैलाई विषय खोज्न जाँगर छैन। विवादमा परेका कुराहरू छिटो फैलिइरहेका छन्। त्यस्तो समय साहित्यका कुराहरू हाइलाइटमा आउनु आफैंमा चुनौती भएको उनले महशुस गरेका छन्।, 'हामी १५ मिनेटको भिडिओ हेर्नै सक्दैनौं। बरू १५ सेकेन्डको टिकटक छिटोछिटो हेर्छौं। डिजिटल टाफ्रिक बढी भइरहेको परिवेशमा यस्तो कन्टेन्टले अडियन्स पाएर पहिचान कमाउँदा यो क्षत्रलाई नै सफलता दिएको अनुभूति हुन्छ,' उनले भने।, युवाहरूलाई सन्देश दिँदै उनले भने, 'सामाजिक सञ्जालको जुन जालो छ, त्यसले हामीलाई छिट्टै चर्चित हुने भोक जगाइदिएको छ। त्यो जालोमा पर्दै गर्दा भाइरल हुने सोचमा आफ्नो प्रोडक्टिभिटी नगुमाउनुहोला। हामी कसरी राम्रो कुरा दिन सक्छौं भन्नेमा ध्यान दियौं भने सफलता अवश्य आउँछ।', 'साइबर बुलिङ' बाट सजग रहने साइग्रेस सकारात्मक ऊर्जा सञ्चय गर्न रूचाउँछन्। त्यही भएकाले नराम्रा प्रतिक्रियालाई तुरून्तै हटाउँछन्। त्यस्ता गतिविधि बढ्दै गए आवाज उठाउने र कारबाहीको पहल गर्ने अभियान चलाएका छन्।, यही नोभेम्बर ९ देखि २७ सम्म वर्ड टुर (शब्द यात्रा) का लागि साइग्रेस नेपाल आएका हुन्। कलेजमा पढेको 'म्याजिक अफ वर्डस्' किताबबाट यो 'वर्ड टुर' शब्द प्रभावित रहेछ। आइएमईले आयोजना गरेको यो यात्रामा उनी आफ्ना प्रशंसकहरूसँग भेट्छन्, आफ्नो अनुभव सुनाउँछन् र उनीहरूका कुरा पनि सुन्छन्। , यस क्रममा उनले प्रशंसकबाट थुप्रै माया र सरहना पाएका छन्।, यो यात्रापछि एक साता उनको साथीहरूसँग बाइकमा घुम्न जाने योजना छ।, साइग्रेसको योजनामा अर्को कुरा पनि छ, अडिओ उपन्यासका रूपमा सुनाइसकेको किताब 'अधुरो प्रेम' को किताब निकाल्ने। आफ्नै अधुरो प्रेमकथामा आधारित उक्त उपन्यासलाई युट्युब च्यानलमा ३५ लाखले सुनेका छन्।, 'आज भखरै यसको किताब प्रेसमा गएको छ,' गत मंगलबार सेतोपाटीमा आएका उनले भने, 'सम्भवतः चाँडै किताब सार्वजनिक हुनेछ।', जहाँ गयो त्यहीँ फ्यानहरूले घेरेका साइग्रेस पोख्रेल को हुन्?
रासस बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।, दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो।, जिपमा सवार रहेका ७ जनामध्ये पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।, दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्। मृत्यु हुने सबै दशरथचन्द नगरपालिका–६ का रहेका छन्।, दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको खड्काले बताए।, दुर्घटनामा परेर दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन्।, उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा लगिएको छ। आइतबार बेलुकी जिप सडकबाट सात सय मिटर तल खसेको थियो।, दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, जन्ती बोकेको जिप बैतडीमा दुर्घटना: ५ जनाको मृत्यु, २ घाइते
रासस सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चार जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही छन्। , कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको बताए।, ‘विशेष सूचनाको आधारमा सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकास्थित बड्डीचौर बजारमा रहेको प्रेम होटलको कोठा नम्बर ३ मा शङ्कास्पदरुपमा बसिरहेका अवस्थामा चारैजनालाई खानतलास गर्दा जेब्रा झोलामा प्लाष्टिकको बोराभित्र राखेको तीन थान चितुवाको छाला भेटियो,’ उनले भने।, आरोपितलाई जिप्रकाले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।, जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ परेका विमल र कमल शाहीबाट एक/एक थान लाभा, ओपेन्द्र र चक्रबहादुर शाहीबाट एक/एक थान रेड/रियल्मी मोबाइल बरामद गरिएको बताए।, यसको साथै चक्र शाहीले बोकेको कालो रङ्को झोलामा रु ४५ लाख उल्लेख गरी दस्तखत गरेको चेकसमेत बरामद गरिएको प्रहरी उपरीक्षक विष्टले बताए।, सोही व्यक्तिको साथबाट रु २७ हजार नगदसमेत बरामद गरिएको र पक्राउ परेका चारै जनालाई अनुसन्धान तथा आवश्यक कारबाही लागि डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बुझाइएको जिप्रकाले जनाएको छ।, ४५ लाखको चेक, २७ हजार नगद र चितुवाको छालासहित चार जना पक्राउ
सेतोपाटी संवाददाता गुडिरहेको ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु भएको छ।, शान्तिनगर गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय लोकबहादुर वलीको ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।, आइतबार बेलुकी लु ४ त ७७७१ नम्बरको ट्याक्टरबाट वली खसेका थिए।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घर फर्कंदै गरेका वलीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो।, उनी स्थानीय बहुला खोलामा ढुंगा लोड गर्न गएका थिए। ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ।, ट्याक्टरबाट खसेर दाङमा युवकको मृत्यु
रासस बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।, जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार राती ८ः३० बजे दुर्घटनामा परेको हो । , जीपमा सवार सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारको लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको हो।, दुर्घटनामा परि गम्भीर घाइते भएका जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारको लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको प्रहरीले जनाएको छ।, घटनास्थलमै मृत्यु हुनेहरुमा सबै  दशरथचन्द –६ कै रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।, मृत्यु हुनेमा दशरथचन्द –६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की छन्।, घटनास्थलमै मृत्यु भएका पाँच जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी र  बाटोमा मृत्यु भएका चालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।  , यस्तै दुर्घटनामा परी  दशरथचन्द  ६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन्। चन्दको जिल्लामा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको छ। सडकबाट ७०० मिटर तल खसेको जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन। द्रूत गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने अुनमान गरिएको छ।   , जन्ती बोकेको जीप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो
तारानाथ आचार्य पुरानो भवनमा पानी चुहिन्छ। हिउँदमा भुइँको चिसो र वर्षाको समयमा आकाशको पानीले कैदीबन्दीलाई सधैँ पिरोल्छ। बागलुङ नगर खानेपानीले उपलब्ध गराएको एउटा धारामा बिहानमा मात्रै आउने पानीले दिनभरलाई पुग्दैन।, तीनवटा मात्रै शौचालय भएकाले लाइनमा बसेर शौचालयको प्रयोग गर्नुपर्ने अवस्था छ। क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको जिल्ला कारागारको समस्याको पोका फुकाएरै साध्य छैन।, भवन अभावले कारागारमा रहेका साँघुरा कोठामा १३ जनासम्मको विस्तरा हुन्छ। कोचाकोच गरेर रात काट्नुपर्ने बाध्यता रहेको एक कैदीबन्दीले बताए। ‘यहाँ जे छ त्यो उपयोग गर्न पाइएको छ, भवनका कारण निकै दुःख छ’, बन्दी नाइके महेन्द्र घर्तीले भने, ‘यहाँका समस्याको विषयमा सबैलाई जानकारी छ।’, कारागारका समस्याका विषयमा जेलर र बेला बेलामा अनुगमनमा आउनेसँग जानकारी राखे पनि समस्या उस्तै रहेको उनले गुनासो गरे। कारागारभित्रको पुस्तकालयमा पुस्तकको समेत अभाव छ। ‘पञ्चायतकालका पुस्तक मात्रै छन्, एक हप्ता पढे सकिन्छन्, पत्रिका पनि कार्यालयमा मात्रै आउँदो हो’, उनले भने, ‘सीप सिक्ने व्यवस्था र पुस्तकालयमा पुस्तक भैदिए राम्रो हुने थियो।’, अलातमा सधैँ सर्ने पेशीले समेत कैदीबन्दी आजित छन्। तोकिएको समयमा बहस र फैसला नहुँदा न्याय पाउन लामो समय कुर्नुपरेको उनीहरूले गुनासो गरे। कैदीबन्दीले तयार पारेका मुढाको मूल्य अर्को मुख्य समस्या हो। यहाँ तयार भएका मुढा बागलुङ र आसपासका बजारमा बिक्री हुन्छन् तर मूल्य पाँच वर्षदेखि एउटै छ। ‘पाँच वर्ष पहिले ३५० पर्ने मुढा अहिले पनि उही मूल्यमा बिक्री हुन्छ’, नाइके घर्तीले भने, ‘प्लाष्टिक धागो, बाँस र अरु सबै सामग्रीको मूल्य बढ्यो, खर्च पनि उठ्दैन।’, नयाँ बनेको भवनमा राखिएकाले महिला बन्दीका लागि भने समस्या छैन। महिला र पुरूष गरेर ८० जना क्षमता भएको कारागारमा १४७ जना कैदीबन्दी छन्। दश जना महिला र बाँकी सबै पुरुष रहेको कारागारका प्रमुख दीपेन्द्र पौडेलले बताए। ‘पानीले पुग्दैन कयौँ दिन ट्याङ्करको पानी मगाएर काम चलाएका छौं’, उनले भने, ‘विभागले सीमित स्रोत छुट्याएको हुन्छ, यहाँको समस्या टार्नै गाह्रो भयो।’, आठ रोपनी क्षेत्रफलमा फैलिएको कारागारमा तीनवटा भवन छन्। एउटा भवन भर्खरै निर्माण सम्पन्न भएको हो। पुरानो भवनमा पुरुष कैदीबन्दीलाई राखिएको छ। एउटा प्रशासनिक भवन त्यो पनि सबै कर्मचारीका लागि कुर्सी राख्नसमेत नपुग्ने अवस्थाको छ।, दशकौं पहिला बनेको भवनले अहिलेको अवस्थामा कैदीबन्दीका लागि अपर्याप्त भएको उनले बताए। नयाँ भवन बनाउनका लागि पटक पटक प्रस्ताव पेश भएका छन्। तर सुनुवाइ नहुँदा समस्या रहेको कारागार प्रमुख पौडेलले जानकारी दिए। अड्डा सरेर आएका बन्दी पनि जिल्ला कारागारमा छन्। मुस्ताङ र पर्वत कारागारबाट यहाँ बन्दी ल्याइएको छ। पछिल्लो एक वर्ष यताबाट भने अड्डा सारेर पठाउनु नपरेको उनले बताए।, विजोग कारागार कहिले बन्छन् सुधार गृह...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्ती बसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु भएको छ।, सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा प्र २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए।, बसको ठक्करबाट बस्नेतको मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन्। घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार छन्।, मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन्। शव परीक्षणका लागि मेलम्ची ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।, जन्ती बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
सेतोपाटी संवाददाता आज प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, आज देशका अधिकांश पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले बाँकी स्थानको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।, विभागले  प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।, सोमबार दिउँसो पनि देशभर नै पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। , अपराह्नतिर प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ। प्रदेश–१, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।, यसैगरी राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।, राति पनि प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।,  , प्रदेश १ को केही स्थानमा आज हल्का वर्षाको सम्भावना
सेतोपाटी संवाददाता दमकबाट प्रहरीले छ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ।, दमक-नगरपालिका २ का मोहनकुमार तामाङको घरबाट तास खेलिरहेको अवस्थामा उनीसहित छ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।, पक्राउ पर्नेमा पूर्णप्रसाद शिवाकोटी, विनोद श्रेष्ठ, दिल वहादुर श्रेष्ठ, सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका-६ का दुर्गाबहादुर राई रहेका छन्।, आइतबार अपराह्न ४ बजे उनीहरूलाई ३ बुङ तास र नगद १ लाख २० हजार ५०० सहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।, दमकबाट नगदसहित ६ जुवाडे पक्राउ
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसिल खोप शनिबारबाहेक बाँकी सबै दिन लगाउने भएको छ। , आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ३ बजेसम्म महानगरपालिकको जनस्वास्थ्य शाखा छाबहालमा खोप लगाउने व्यवस्था गरिएको महानगरले जनाएको छ।, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले खोपमा नागरिकको सहज पहुँच होस् भन्ने हेतुले उक्त निर्णय गरेको बताए। ‘यसअघि हामीले मिति तोकेर खोप कार्यक्रम सञ्चालन गथ्र्यौं, तोकेकै मितिमा आएर खोप लिन केही नागरिक असमर्थ भएकोे पनि जानकारीमा आयो, त्यसैले यस्तो निर्णय गरेका हौं,’ उनले भने।, नागरिकको सहजताको लागि महानगरले साताको ६ दिन खोप कार्यक्रम सञ्चालन गरेको उनले बताए। साताको ६ दिन खोप लगाउने व्यवस्थाले खोप लिन सबैलाई सहज हुने उनको भनाई थियो।, ललितपुर महानगर लगातार कोरोना विरुद्धको खोप सञ्चालन गर्ने पहिलो स्थानीय तह हो।, महानगरले यसअघि उमेर ,व्यक्तिको स्वास्थ्य अवस्था लगायतलाई प्राथमिकतामा राखेर खोप कार्यक्रम सञ्चालन गरेको थियो।, कोरोना नियन्त्रण र कोराना संक्रमण अत्यधिक फैलिएको बेला व्यवस्थित र बिरामीका लागि सुविधा सम्पन्न नमूना आइसोलेसन संचालन गरेकोमा समेत ललितपुर महानगरको प्रसंशा भएको थियो।, यसैगरी कोरोना विरुद्धको खोप पनि महानगरमा सौहार्दपूर्ण ढंगमा संचालन भइरहेको छ ।, ललितपुर महानगरमा दैनिक कोभिशिल्ड र भेरोसिल खोप
खिलानाथ ढकाल सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित तीन जनाविरूद्ध कर्मचारी सञ्चय कोषले सार्वजनिक सूचना निकालेको छ।, सोमबार सूचना जारी गर्दै कोषले ३५ दिनभित्र ऋण रकमको साँवा-ब्याज भुक्तान नभए सम्पत्ति लिलाम गर्ने चेतावनी दिएको छ।, पटक-पटक भाखा नाघेको ऋणको साँवा-ब्याज रकम भुक्तान गर्न ताकेता गर्दासमेत ऋणीहरू कोषको सम्पर्कमा नआएकाले सूचना जारी गर्नुपरेको उसले जनाएको छ।, कोषले सिभिल इस्टेट्स प्रा.लि., त्यसका सञ्चालक तामाङ, केशवलाल श्रेष्ठ र प्रवीण मुखियाको नाममा ३५ दिने सूचना जारी गरेको छ।, कोषका अनुसार ऋण निकाल्दा सुन्धारास्थित ६ रोपनी जग्गा र त्यसमा निर्माण भएका १३२ इकाइ पसलहरू धितोमा राखिएको थियो।, ‘३५ दिनभित्र साँवा-ब्याज, हर्जाना चुक्ता नगरे प्रचलित ऐन कानुनबमोजिम धितोमा रहेको चल अचल सम्पत्ति लिला बिक्री गरी कारबाही गरी असुल उपर लिने छ,’ सूचनामा भनिएको छ, ‘उक्त लिलाम बिक्रीबाट समेत असुल नभएमा जमानी दिनेको चल अचल सम्पत्तिबाट असुल गरिने छ।’, जमानी दिने व्यक्तिमा तामाङ, श्रेष्ठ, मुखियासँगै लालकाजी गुरूङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रवीणप्रसाद प्रधान र सुमन नन्दन वैद्य रहेका छन्।, सिभिल सहकारी ठगी प्रकरणमा तामाङसहित १२ जना ५० दिनदेखि प्रहरीको हिरासतमा छन्।, तामाङको सम्पत्ति र सिभिल सहकारी ठगीबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ भने केन्द्रीय अनुसन्धान ब्युरोले संगठित अपराधमा तामाङसहित १२ जनामाथि अनुसन्धान गरिरहेको छ।, अनुसन्धानका क्रममा उनकी श्रीमती शाक्यका नाममा कीर्तिपुरमा १५ रोपनी जग्गा भेटिएको छ। कीर्तिपुर नगरपालिका-१, ट्याङलाफाँटस्थित कम्पाउन्ड घेरेको उक्त जग्गामा घर पनि छ।, तामाङलाई प्रहरीले पक्राउ गरेपछि शाक्य फरार छिन्।, यसबाहेक इच्छाराजको नाममा सिटिसी मलमा ५० प्रतिशत लगानी देखिएको छ। सिभिल बैंकमा उनको व्यक्तिगत ३५ करोड लगानी पनि देखिएको छ। तामाङको अरू लगानी कम्पनीहरूमार्फत् भएको विभाग स्रोतले जानकारी दियो।, सात वर्षयता उनले ११ करोड रुपैयाँ ती कम्पनीबाट तलब-भत्ता र सेवा सुविधाबापत् लिएका छन्। राष्ट्र बैंकबाट विवरण माग्दा श्रीमती शाक्यको नाममा बैंक मौज्दात खासै नदेखिएको विभागका ती अधिकारीले बताए।, तामाङविरूद्ध अनुसन्धान अन्तिम चरणमा छ। उनीविरूद्ध करिब ६ अर्बको बिगो तयार भएको छ।, सिभिल सहकारीको निक्षेप ठगी प्रकरणमा उनीसहित १२ जनाविरूद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको ब्युरोले त्यस बराबर बिगो तयार पारेको छ।, तामाङसहितलाई केन्द्रीय अनुसन्धान ब्युरोले गत असोज १८ गते पक्राउ गरेको थियो।, हालसम्म उनीहरूविरूद्ध १३ सय ७५ जनाले जाहेरी दिएका छन्। ती जाहेरी र सहकारीमाथि अनुसन्धान गर्दा तामाङ तथा उनका परिवारले २१ वटा कम्पनीका नाममा सहकारीको झन्डै ६ अर्ब रुपैयाँ ऋण निकालेको पाइएको छ।, त्यो ऋण वर्षौंदेखि सहकारीमा दाखिला नगरेको अनुसन्धानले देखाएको छ। तामाङले सहकारीबाट ऋण निकालेर लगानी गरेको सिभिल होम्समा २०६३ पछि ११ सयवटा घर तथा अपार्टमेन्ट बिक्री भएको देखिएको छ।, ती घर बिक्री भएको पैसा हिसाब गर्दा झन्डै ११ अर्बजति हुन्छ। तर त्यो बिक्रीको पैसा तामाङले सहकारीको ऋण तिर्न प्रयोग गरेनन्।, तामाङले त्यो सम्पत्ति आफूले अन्य कम्पनी स्थापना गर्दा खर्च गरेको बयान दिएका छन्। त्यसमा चित्त बुझाउने ठाउँ नरहेको ती अधिकृत बताउँछन्।, तामाङको केही शंकास्पद कारोबार विदेशतिर भएको सूचनाका आधारमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।, अंशबण्डा गरेर तामाङले श्रीमतीका नाममा सम्पत्ति राखेको पाइएको ब्युरोले जनाएको छ। ब्युरोको अनुसन्धानमा २०७० सालअघि नै करिब चार अर्ब ऋण सहकारीबाट निकालेको देखिएको छ। पछि थप्दै ६ अर्ब पुर्‍याएको देखिएको छ।, त्यो पैसा लगानी भएका कम्पनीहरूले राजश्व न्यायाधिकरणमा कारोबार घाटामात्र देखाएका छन्। त्यही अवधिमा ११ अर्बको कारोबार भएको सिभिल होम्सले पनि घाटा नै देखाएको छ।, विभाग स्रोतका अनुसार तामाङ सञ्चालक रहेका २१ वटा कम्पनीले कारोबार गरिरहेका छन्। तीमध्ये सबैभन्दा बढी सिभिल होम्समा सहकारीको पैसा गएको देखिएको छ।, सिभिल होम्स राजधानीमा निकै लोकप्रिय हाउजिङ कम्पनी हो। ललितपुर भैंसेपाटीबाट सुरू भएको सिभिल होम्स सुनाकोठी, धापाखेल, रामकोट हुँदै चरणवद्ध रूपमा १० ठाउँमा फैलिइसकेको छ।, तामाङ २०५० पछि काठमाडौं फर्केर अध्यापनसँगै व्यवसायमा छिरेका हुन्। त्योभन्दा अघि उनी छातवृत्तिमा इन्जिनियरिङ पढ्न रसिया पुगेका थिए।, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ओभरसियर पढ्दा उनी ‘ब्याच टपर’ थिए। उदयपुरमा एसएलसी दिँदा उनी ‘जिल्ला टपर’ भएका थिए।, तामाङ साधारण परिवारका हुन्। ओखलढुंगा पुर्ख्यौली घर भएका उनी सानै उमेरमा आफ्ना बुवासँग सिंगापुर पुगेका थिए।, बुवा सिंगापुर प्रहरीमा रहेकाले पुलिस क्याम्पमै बसेर पढेका तामाङ माध्यमिक शिक्षा पढ्न भने नेपाल फर्केका थिए। त्यतिबेला उनको परिवार ओखलढुंगाबाट उदयपुर बसाइँ सरिसकेको थियो।, २०५२ सालमा उनको काठमाडौंमा कामेन इन्जिनियरिङ कन्सल्टेन्सी थियो। त्यसपछि उनले बाघभैरव कन्सल्टेन्सी खोले। दुबै कम्पनीले निर्माणसम्बन्धी काम गर्थे।, २०५७ सालमा सहकारी नै खोलेपछि भने उनको कारोबार मौलाउँदो देखिन्छ। उनले २०६० सालतिर सिभिल होम्स खोले, जसमा लगानी गर्नका लागि सिभिल सहकारीले अनुमति नै पाएको थियो।, तामाङले सिभिल सहकारीमा रहेको निक्षेप आफ्ना कम्पनीहरूमा प्रवाह गर्दा कानुन प्रतिकूल पनि निर्णय गरेको देखिएको अधिकारीहरू बताउँछन्।, तामाङ २०७० सालमा एमाले पार्टीबाट दोस्रो संविधानसभा सदस्य बनेका थिए। २०७४ सालमा सहकारी ऐन संशोधन हुँदा उनी मस्यौदाकार थिए। स्वार्थको द्वन्द्व हुँदाहुँदै पनि तामाङ आफू मस्यौदाकार बनेर आफूअनुकूल कानुन संशोधनमा संलग्न भएको आरोप लागेको थियो।, सम्बन्धित समाचार :, इच्छाराजकी श्रीमतीका नाममा कीर्तिपुरमा भेटियो १५ रोपनी जग्गा र घर, अर्बौंको सम्पत्ति व्यवस्थापन गर्न नसकेर प्रहरी हिरासतमा पुगेका इच्छाराज, सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जन पक्राउ, इच्छाराज तामाङले कहाँ राखे ११ सय घर/अपार्टमेन्ट बेचेको सम्पत्ति?, इच्छाराज तामाङसहित तीन जनाका नाममा ३५ दिने सूचना, सिटिसी मल लिलाम गर्ने चेतावनी
युवराज श्रेष्ठ ‘घर त मेरो यहाँ होइन तनहुँ, धेरै पीडा भनौं कि, नभनौं।’, तनहुँको व्यास नगरपालिका– ११ कि सिता कैनीले शुवातमै लोकभाकाको उल्लेखित टुक्का राखिन् र भनिन्, ‘भन्दाभन्दै वाक्क भइयो, कसैले सुन्ने होइन।’, सीताका श्रीमान श्यामसुन्दर कैनीलाई घरमै सुतिरहेको ठाउँबाट २०५९ वैशाख १६ गते तत्कालीन शाही नेपाली सेनाले लिएर गयो। श्यामसुन्दर त्यतिबेला एमालेका संगठित सदस्य थिए।, तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल पार्टी कामको शीलशिलामा दमौली पुगेका थिए। कार्यकर्तालाई सेनाले बिना कारण लगेको थाहा पाएपछि उनले पहल गरे। लगेको ३ दिनपछि सेनाले श्यामसुन्दरको शव देखाइदियो।, श्रीमानलाई के कारणले सेनाले लगेर हत्या गर्‍यो अहिलेसम्म सीतालाई जानकारी छैन। ‘म पीडित हुँदा २४ वर्षकी थिएँ, अहिले ४६ वर्षको भइसकेँ,’ उनले भनिन्, ‘हामीलाई सत्यतथ्य चाहिन्छ, सरकारले भनिदिनुपर्‍यो।’, माओवादी द्वन्द्व सकिएर शान्ति प्रक्रियामा आएको पनि १५ वर्ष वित्यो। सीताले न्यायको खोजी गरेको त्यो भन्दा धेरै समय बितिसक्यो। अहिले त टोल छिमेकमा पनि द्वन्द्वपीडित भएर १० लाख बुझेको भन्ने गरेको उनले बताइन्। , माओवादी द्वन्द्वमा ज्यान गुमाउने र बेपत्ता भएका परिवारले किस्तावन्दीमा सरकारले १० लाख रूपैया तत्कालीन राहत भनेर दिएको थियो। ‘समाजमा मेरो कुरा कसैलाई राख्यो भने १० लाख पाएको होइन भन्छन्, मेरो श्रीमानको मुल्य दश लाख हो?’ प्रश्न गर्दै उनले भनिन्, ‘खेतमा पानी लगाउन जाँदा नि त्यहीँ कुरा गर्छन्, मनमा धेरै कुरा खेल्छ, आत्तिन्छ।’, श्रीमानको बिना कारण हत्या पश्चात परिवार चलाउन उनलाई निकै मुश्किल परेको छ। २ जना छोरीलाई धेरै पढाउन नसकेपछि विवाह गरिदिएको उनले बताइन्। अहिले एक्लो जीवन चलाउन गाह्रो भएको उनको गुनासो छ।, श्यामसुन्दरलाई जस्तै त्यहीँ रात व्यास–१२ की फुलमाया नेपालीका श्रीमान गंगाबहादुरलाई पनि सेनाले लगिदियो। श्यामसुन्दरसँगै तीन दिनपछि शव देखाइदियो। गंगाबहादुर पनि त्यतिबेला एमालेका संगठित सदस्य थिए। उनलाई पनि त्यसयता न त एमालेले वास्ता गरेको छ, न त अरु पार्टीले नै। सरकारले न्याय नदिँदा दुख पाएको उनले बताइन्।, पर्वतको कुश्मा– १३ कि कल्पना सुवेदीका श्रीमान सेनामा भर्ती भएको २ वर्ष मात्र भएको थियो। माओवादीसँग २०६१ मंसिर ६ गते दोहोरो भिडन्तमा मारिए। उनका परिवारले पनि राहतका नाममा त्यही १० लाख रूपैया बुझेका छन्। बाँकी कुनै सुविधा पाएका छैनन्।, ‘१२ वर्षमा खोलो फर्कन्छ भन्थे, फर्किएन्,’ उनले भनिन्, ‘परिचय पत्र दिने भनेका थिए, कुनै सुविधा नपाउने त्यहीँ कागजको खोस्टो समेत दिएन।’ द्वन्द्वपीडितका छोराछोरी पढाउन र रोजगारीका लागि अवसर दिनुपर्ने उनले बताइन्।, कास्कीको माछापुच्छ्रे गाउँपालिका– २ भुर्जुङखोलाका रामचन्द्र विकको अहिले २ वटै खुट्टा छैन। नक्कली खुट्टा राखेर यताउता गर्छन्। माओवादीले राखेको बम खेलाउँदा खुट्टा गुमाउनुपरेको उनले बताए। २०६३ कात्र्तिक ७ गतेका दिन। रामचन्द्र साथीहरुसँग बम खेलाउन पुगे। बालसुलभ उनीहरुलाई त्यतिबेला बम भन्ने थाहा थिएन।, अचानक बम विष्फोट भयो। रामचन्द्रले खुट्टा गुमाए। उनका साथीहरु पनि अंगभंग भए। माओवादी र सेना दुबै पक्षमा नरहेका रामचन्द्रले सरकारले दिएको तत्कालीन राहतसमेत पाएनन्। , स्याङ्जाकी हिरामती शाहीका श्रीमानलाई पनि सेनाले गोली हानेर हत्या गरिदियो। उनका श्रीमानका बुबा ब्रिटिश आर्मीबाट अवकाश लिएका थिए। पेन्सन बुबालाई लिएर स्याङ्जाकै ब्रिटिश क्याम्प जाँदै थिए। त्यही बेला सेनाले गोली चलाएको हिरामतीले बताइन्। , ‘बुबाले आफ्नै अगाडि छोरालाई गोली लागेको देख्नुभयो, त्यसपछि चिन्ताले १ वर्षपनि बाच्नुभएन,’ हिरामतीले भनिन्, ‘मेरो श्रीमानलाई किन मारेको अहिलेसम्म सरकारले केही भनेको छैन।’, श्रीमानको हत्यापछि न्याय खोज्न हिरामती देशका विभिन्न ठाउँमा पुगिन्। काठमाडौंसम्म पुगेर आन्दोलन गर्नेदेखि सरकारका मान्छेसँग सत्यतथ्य दिन माग गरिन्। अहिले त उनलाई न्याय पाउँला भन्ने आशा नै मरिसकेको छ।, ‘हामीले न्याय मागेको कति बर्ष भइसक्यो, अब न्याय पाइएला जस्तो छैन,’ उनले भनिन्, ‘सरकार नै न्याय दिने पक्षमा छैनन्।’, सम्झौतामा ६० दिन, १५ बर्षमा पनि अपुरो , द्वन्द्वकालमा पीडित भएका सेना र माओवादी दुबै पक्षका पीडित र सर्वसाधारणलाई न्याय र राहत दिने शान्ति सम्झौतामा उल्लेख छ। माओवादी अध्यक्ष प्रचण्ड र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए।, शान्ति सम्झौतामा तत्कालीन सरकार र माओवादीवीच भएको सम्झौतामा संविधान सभा मार्फत संविधान निर्माण, माओवादी लडाकुको व्यवस्थापन र समायोजन, पीडितलाई संक्रमणकालीन न्याय र आर्थिक सामाजिक रुपान्तरणका एजेण्डा राखिएका थिए। उल्लेखित एजेण्डाहरुमा संविधान सभा मार्फत संविधान निर्माण र माओवादी लडाकुको व्यवस्थापन तथा समायोजनको काम सकिएको छ। , माओवादी शान्ति प्रक्रियामा आएदेखि नै सबैभन्दा जटिल बनेको संक्रमणकालीन न्यायको मुद्धामा भने अझै पनि सरकार प्रवेश गरेको छैन। जबकी, शान्ति सम्झौतामा कब्जामा रहेका मानिसको जानकारी सार्वजनिक गर्ने र १५ दिनभित्र कब्जामुक्त गर्ने उल्लेख छ। यस्तै, द्धन्द्धकालका बेपत्ता नागरिक र मृतकको वास्तविक नाम, थर र ठेगाना ६० दिनभित्र सार्वजनिक गर्ने उल्लेख छ।, विस्तृत शान्ति सम्झौतामा ६० दिनभित्र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठन गरी संक्रमणकालीन न्याय टुङ्गो लगाउने उल्लेख छ। शान्ति संझौता भएको १५ वर्ष वित्दा समेत सम्झौताका बुँदा कार्यान्वयन भएनन्, पीडितले न्याय र राहतको महशुस गर्न पाएनन्।, पीडित र अन्तर्राष्ट्रिय समुदायको निरन्तर दबावका कारण सरकारले शान्ति सम्झौता भएको ९ वर्षपछि दुबै आयोग गठन गर्‍यो। तर अहिलेसम्म आयोगले द्धन्द्धकालका उजुरी लिने बाहेक एउटा पनि उजुरीको छानविन गरेर सत्यतथ्य पत्ता लगाउन सकेको छैन। आयोगमा ६० हजार बढी उजुरी परेको छ। , सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको कानुनमा पीडितको सहमति बिना नै पीडक पक्षलाई आम माफी दिन सकिने प्रावधान राखिएपछि पीडितले दुबै आयोग प्रति विश्वास जनाएका छैनन्। उक्त कानुन नेपालको संविधान, न्याय प्रणाली र अन्तर्राष्ट्रिय कानुन विपरित रहेको भन्दै सर्वोच्च अदालतले आयोग सम्बन्धी ऐन सच्याउन आदेश दिएको एडभोकेसी फोरम कास्कीका संयोजक कुञ्जनी परियार ‘प्यासी’ले बताइन्। तर अहिलेसम्म सरकारले कानुन संशोधन गर्न कुनै कदम चालेको छैन।, आयोगका कानुन सच्याउन दिएको निर्देशन सच्याउन भन्दै सरकारले उल्टै सर्वोच्च अदालतमा निवेदन दिएको थियो। सर्वोच्चले उक्त निवेदन खारेज गरिसकेको छ। कानुन संशोधन नभएसम्म द्धन्द्धपीडितले आयोगले गरेका कुनै पनि गतिविधीमा सहमति नजनाउने बताइरहेका छन्। , दुबै आयोगमा नियुक्त भएका व्यक्तीहरु पनि राजनीतिक भागवण्डाका आधारमा नियुक्त भएका छन्। उनीहरुले सत्यतथ्य छानविन गर्न र पीडितलाई न्याय दिन नसक्ने पीडित रामचन्द्र विकले बताए। ‘हामी रोइरहेका छौं, उनीहरु काम नगरी आयोगमा बसेर खाइरहेका छन्,’ उनले भने।, शान्ति सम्झौतामा ३० दिनभित्र जमिनमुनि राखिएका विष्फोटक पदार्थका बारेमा माओवादी र सरकारले एकअर्कालाई जानकारी गराउने र ६० दिनभित्र निष्क्रिय पार्ने उल्लेख छ। सम्झौतामा उल्लेखित समयभित्रै विष्फोटक पदार्थ निष्क्रिय नपार्दा अझै बेवारिसे बम पड्केर कयौं सर्वसाधारण अंगभंग भएको एडभोकेसी फोरम कास्की संयोजक कुञ्जनीले बताइन्।, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत मोहन काफ्लेले आयोगले गरेका द्धन्द्धकालीन मुद्धाका सिफारिस सरकारले कार्यान्वयन नगरेको बताए। मानवअधिकार उल्लङ्घनका गम्भिर घटनाका दोषीलाई कारबाही हुन नसकेको भन्दै उनले पीडितलाई न्याय दिनुपर्ने बताए।, नेताहरुवीच अझै असहमति , गण्डकी योजना आयोगका उपाध्यक्ष रघुनाथ काफ्लेले प्रदेश सरकारले सकेसम्म पीडितलाई राहत पुग्ने गरी योजना ल्याउन लागेको बताए। पीडितलाई संवोधन गर्न सरकारले कानुन बनाएर सदनमा पेश गर्ने उनले जानकारी दिए।, एमाले गण्डकीका सांसद धनञ्जय दवाडीले द्धन्द्ध सिर्जना गर्ने नेतृत्व जवाफदेही हुनुपर्ने बताए। द्धन्द्धरत पक्ष भागवण्डा गरेर खान थालेपछि द्धन्द्धपीडितलाई बिर्सिएको बताए। अहिले सरकारमा रहेका दलहरुले पीडितलाई न्याय दिनेगरी कानुन ल्याउन नसक्ने दाबी गर्दै उनले त्यस्तो विधेयक आए एमालेले सहयोग गर्ने बताए।, द्धन्द्धकालका गम्भिर मानवअधिकार उल्लङ्घनका घटनाका दोषीलाई दण्डित गर्नुपर्ने भन्दै उनले सबैलाई आममाफी हुन नहुने बताए। पीडितले न्याय महशुष गर्नेगरी संक्रमणकालीन न्याय टुङ्ग्याउनुपर्ने उनको भनाई छ।, यस्तै, राष्ट्रिय जनमोर्चाका सांसद एवं प्रदेश मामिला समितिका सभापति खिमबिक्रम शाहीले सरकारले पीडितको समस्या समाधान गर्नुपर्ने बताए। प्रदेश सरकारले पनि द्धन्द्धपीडितलाई संवोधन गर्नुपर्ने भन्दै उनले त्यसका लागि आफुहरु सरकारलाई सहयोग गर्न तयार रहेको बताए।, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नेताहरुले सहमति गरेर संक्रमणकालीन न्याय टुङ्ग्याउनुपर्ने बताए। माओवादी आन्दोलनमा आफु संलग्न हुँदा मुक्ती या मृत्यु भनेर लागेको भन्दै सभामुख हुनका लागि युद्धमा नहोमिएको उनले बताए।, युद्धमा तत्कालीन राज्य र विद्रोही दुबै पक्षले जित्न नसकेपछि संझौतामा टुङ्ग्याइएको भन्दै उनले तत्कालीन सरकार र विद्रोही दुबै पक्षले सामान्य कार्यककर्तालाई दोष लगाएर उम्किन नमिल्ने बताए।, ‘अर्कालाई दोष लगाएर हुँदैन, कानुनी कारबाहीमा जाने हो भने अहिलेका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरु जोगिदैनन्,’ सभामुख अधिकारीले भने, ‘संक्रमणकालीन न्याय टुङ्ग्याउन तत्कालीन सात दल र माओवादी जवाफदेही हुनुपर्छ।’, दलहरुवीच सहमति गरेर छिटो भन्दा छिटो यो विषय टुङ्ग्याउनुपर्ने भन्दै उनले समस्या बल्झाउन नभई समाधानको खोजी गरिनुपर्ने बताए।, ‘अब न्याय पाइएला जस्तो छैन, सरकार नै न्याय दिने पक्षमा छैनन्’
सेतोपाटी संवाददाता जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बसुन्धराका सब-इञ्जिनियर दीपेन्द्र केसीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केसीविरूद्ध सोमबार दुई लाख बिगो र सजाय माग्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।, कलभर्ट निर्माण कार्यको ठेक्काको बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले केसीलाई असोज १९ गते नियन्त्रणमा लिएको थियो।, अनुसन्धानको सिलसिलामा भुक्तानीको लागि सहजीकरण गर्ने भन्दै केसीले घुस लिएको प्रमाणित भएको अख्तियारको दाबी छ।, दुई लाख घुस लिएको आरोपमा सब-इञ्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा
सेतोपाटी संवाददाता जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा वडाध्यक्षहरूले ताला लगाएका छन्।, सरसफाइका लागि भन्न जाँदा कर्मचारीले वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई दुर्व्यवहार गरेको विरोधमा वडाध्यक्षहरूले तालाबन्दी गरेका हुन्। , वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, ३ का दीपेन्द्र साह, ४ का सुदर्शन सिंह, ७ का जानकीराम साहलगायतले सोमबार तालाबन्दी गरेका हन्। तालाबन्दीपछि  वडाध्यक्षहरूले मेयर साहविरूद्ध नाराबाजी गरेका थिए।, भ्रष्टाचारी मेयर- मुर्दावाद, सफाइ कर्मचारी-मुर्दावाद, जनकपुरलाई सफा गर, करारको कर्मचारीलाई खारेज गरलगायत नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका थिए।, वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहका अनुसार वडाध्यक्ष सिंहलाई सरसफाइ शाखाका कर्मचारीले गालीगलौज गर्दै दुर्व्यवहार गरेका थिए।, ‘सञ्चयकोषको कार्यालय नजिक गाई मरेको थियो। उहाँले सफाइ कर्मचारीलाई फोन गर्दा गाली गर्नुभो। कार्यालयमा जाँदा दुर्व्यवहार र गालीगालौज भयो,’ उनले भने। दुर्व्यवहार गरेका दुई जना कर्मचारीलाई निलम्बन गर्न माग गर्दै तालाबन्दी गरेको वडाध्यक्ष साहले बताए। आन्दोलनमा उत्रिएका वडाध्यक्ष तथा सदस्यहरूले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन्।, केही वडाध्यक्षहरूले सफाइको लागि पाँच महिनाअघि हस्ताक्षरसहित निवेदन दिएका थिए। त्यसयता उनीहरू सरसफाइको माग गर्दै निरन्तर आन्दोलन गरिरहेका छन्। केही दिनअघि आन्दोलित वडाध्यक्षले नगर प्रमुख साहकै घरअगाडि ट्याक्टरमा फोहोर राखेर थुपारेका थिए।, ‘जनकपुरधाम नगर क्षेत्रमा महिनौंदेखि फोहर नउठ्दा दुर्गन्धित बनेको छ। हामीले जति भने पनि दशैंमा सफा भएन, दीपावलीमा पनि मेयरसाबले चासो देखाउनुभएन। विवाहपञ्चमी नजिक आइसक्यो त्यही भएर हामी निरन्तर सरसफाइका लागि आन्दोलन गरिरहेका छौं,’ वडाध्यक्ष साहले भने।, जनकपुरका मेयरको कार्यकक्षमा वडाध्यक्षले लगाए ताला
सेतोपाटी संवाददाता आगामी मंसिर ११ गते ‘पिकेसी बिबिएम दोस्रो साइकल र्‍याली हुने भएको छ।, पद्मकन्या क्याम्पसका विद्यार्थीको आयोजनामा हुने र्‍याली महिला हिंसा विरूद्ध जनचेतना र वातावरण सचेतना फैलाउने उद्देश्यसहित हुने संयोजक योगेन्द्रमान सिंह वस्न्यातले जानकारी दिए।, महिला हिंसा हरेक ठाउँमा व्याप्त रहेको भन्दै यसविरूद्ध सचेतना फैलाउने उद्धेश्यले र्‍यालीको आयोजना गरिएको इभेन्ट संयोजक सोनु पौडेलले बताइन्।, साइकल र्‍यालीको माध्यमबाट महिलामाझ जनचेतनासँगै वातावरणीय सचेतनासमेत फैलिने उनले आशा राखिन्। ‘यस कार्यक्रमले महिलाको चेतना वृद्धि गरि महिला सशक्तिकरण बढाउने, वातावरण सम्बन्धि ज्ञान बाढ्ने र यसको संरक्षणको महत्त्व बुझ्नलाई मद्दत पुर्‍याउने छ,’ उनले भनिन्।, यसअघि नारी दिवसको अवसरमा गरिएको साइकल र्‍यालीमा २ सय भन्दा बढीले सहभागिता जनाएका थिए।, यसपटकको र्‍यालीमा ३०० भन्दा साइकलेको सहभागीता हुने आयोजकले लक्ष्य राखेको छ। , कार्यक्रममा उठेको रकम अभियन्ता महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई दान दिने आयोजकले जानकारी दिएको छ।, साइक्लिङ र्‍यालीको रूट, पद्मकन्य क्याम्पस-सिद्धि गणेश - कमलादी- त्रिचन्द्र क्याम्पस- रत्नपार्क- माइतीघर- बबरमहल-त्रिपुरेश्वर- वसन्तपुर- न्युरोड-जमल-घण्टाघरहुँदै पद्मकन्या क्याम्पस।, कुल १५ किमी हुने साइकल र्‍यालीमा सहभागी हुनका लागि प्रवेश शुल्क ३०० रूपैयाँ तोकिएको छ।, महिला हिंसाविरूद्ध साइकल र्‍याली हुँदै
राजेश घिमिरे शिशु कक्षाका विद्यार्थी शिक्षिकाको सिको गरेर नृत्य सिक्दै थिए, एक जना विदेशी कक्षा भित्र छिरे। सँगै छिरे माडी नगरपालिकाका मेयर ठाकुर ढकाल पनि।, विदेशीले मेयरलाई ती बालबालिका देखाउँदै भने, ‘दिज आर फ्युचर अफ योर कन्ट्री।’, मेयरले जवाफ दिए, ‘यस, दिज आर फ्युचर अफ आवर कन्ट्री।’, यो त्यहीँ विद्यालय हो, जसलाई केही वर्षअघि माडी नगरपालिकाले अर्को छिमेकी विद्यालयसँग मर्ज हुन निर्देशन दिएको थियो। नजिकै रहेको रिउ खोलाको बाढीले वर्षेनी डुबानमा पर्न थालेपछि विद्यालयले अन्यत्र जमिन खोजिदिन आग्रह गर्दा नगरपालिकाले जमिन खोज्न सहयोग गर्न नसक्ने भन्दै छिमेकी विद्यालयमा मर्ज हुन भन्यो। तर विद्यालयले मर्ज हुन मानेन।, बरू प्रधानाध्यापकको सकृयतामा शिक्षक, अभिभावक मिलेर जग्गादाता खोजे, भवन निर्माणका सहयोगी खोजे। अनि नयाँ विद्यालय भवन तयार पारे। नगरकै नमूना विद्यालय बनाए।, करिब पाँच वर्षपछि नगरपालिकाका मेयर ढकाललाई लाग्यो यहाँ भर्खरै भर्ना भएका कलिला बालबालिकाहरू देशको भविष्य हुन्।, प्रसंग माडी नगरपालिका-३ रतनीमा रहेको राष्ट्रिय आधारभूत विद्यालयको हो। रिउ खोलाबाट करिब १०० मिटर पर रहेको विद्यालय वर्षायाममा पानीले भरिन्थ्यो। पानी पर्न छाडेपछि खोलो त आफ्नै बाटोमा फर्कन्थ्यो तर विद्यालय बलौटे माटोले भरिएको हुन्थ्यो। आकासे पानी रोकिएपछि कक्षा कोठामा भरिएको बालुवा तह नलाइन्जेल हप्तौं विद्यालय बन्द गर्नुपर्दथ्यो। एक्कासी बाढी पसेर विद्यालय नै लाने हो कि भन्ने जोखिम पनि उत्तिकै थियो।, नजिकै रहेको रिउ खोलाको बाढीले वर्षेनी डुबानमा पर्ने तत्कालिन विद्यालय।, थारू, मधेसी र मुस्लिम समुदायका बालबालिका पढ्ने विद्यालयलाई व्यवस्थित बनाउन अभिभावकसँग स्रोत थिएन। उनीहरू आफैंलाई रिउ र रतनी खोलामा आउने बाढीबाट घर, खेत जोगाउन हम्मे भइरहेको थियो। ‘बाढीले घर, खेत नै लाने हो कि भनेर डराउनुपर्ने अवस्थाका हामीलाई विद्यालयका लागि नयाँ जग्गा खोज्नु, त्यहाँ भवन बनाउनु कहाँ सम्भव थियो र?,’ स्थानीय हसुमुदिन मियाँले सेतोपाटीसँग भने, ‘जोखिम मोलेर बालबालिका स्कुल जान्थे, त्यति भने पनि पढेका छन् जस्तो लाग्थ्यो।’, २०७३ सालमा माडी-४ का विरेन्द्रप्रसाद महतो विद्यालयका प्रधानाध्यपक बने। अर्को साल विद्यालयमा झन् ठूलो बाढी पस्यो। विद्यालयको विजोग हालतबारे बताउन उनी अभिभावकलाई पनि लिएर नगरपालिका पुगे। ‘तर मेयर सा’बले नगरपालिकाले नयाँ जग्गा दिन सक्दैन अर्को विद्यालयसँग मर्ज गर भन्नुभयो,’ प्रधानाध्यापक महतोले भने, ‘तर हामीलाई यो कुरा चित्त बुझेन। यसै पनि विपन्न समुदायका बालबालिकालाई थप पीडित बनाउन हुँदैन भन्ने लाग्यो।’, उनले विद्यालय व्यवस्थापन समिति, सबै अभिभावकसँग छलफल गरे। समाजसेवामा पनि सकृय नारायणगढका पुराना व्यापारी कृष्णबन्धु पियाका दाजुभाइको विद्यालय नजिकै प्रसस्त जमिन रहेको जानकारी उनीहरुले पाए। ‘हामी सम्पर्क शुत्र पत्ता लगाएर पियासम्म पुग्यौं, उहाँहरूले खुसी भएर हामीलाई १२ कट्ठा ७ धुर जमिन उपलब्ध गराइदिनुभयो,’ प्रअ महतोले सुनाए।, २०७४ सालको पुसमा जग्गा त प्राप्त भयो तर अब त्यहाँ विद्यालय भवन बनाउने कसरी? प्रअ महतो वडा, नगरपालिकादेखि जिल्ला धाउन थाले। जिल्ला शिक्षा समन्वय ईकाई चैतमा जस्ताले छाएको तीन कोठाको एक तल्ले भवन निर्माणको योजना दिन तयार भयो। तर पाँच कक्षासम्म पढाउनुपर्ने विद्यालयलाई तीन कोठे भवनले पुग्ने कुरा भएन। आधा विद्यार्थी विद्यालयमा, आधा सामुदायिक भवनमा राखेर पढाउनुपर्ने भयो। महतोले तीन कोठे भवनको जस्ता हटाएर दुई तल्लाको छ कोठे भवन निर्माण गर्ने योजना स्वीकृत गराए। ईकाईबाट प्राप्त बजेटमा १८ लाख रूपैयाँ आफैंले थप गरेर विद्यालयको भवन तयार पारे।, ‘विद्यालय आफैंले जग्गा खोजेर भवन पनि बनाएपछि मेयर सा’बको मन पग्लिएछ, मैले व्यक्तिगतरूपमा लगानी गरेको रकम नगरपालिकाले दुई वर्षमा फिर्ता दियो,’ महतोले सेतोपाटीसँग भने, ‘६ कोठाको भवन तयार भयो। सबै विद्यार्थीलाई नयाँ विद्यालयमा पढाउन थालियो।’, महतो त्यतिमा रोकिएनन्। ६ कोठाको भवन प्रथामिक विद्यालय चलाउनकै लागि पर्याप्त थिएन, उनले विद्यालयलाई निमाविमा बढुवा गर्ने सपना देखिसकेका थिए। विद्यार्थीलाई औपचारिक शिक्षामा मात्रै सीमित नराखि शिक्षण सिकाई क्रियाकलापमा सकृय बनाउनुपर्छ भन्ने मान्यता राख्थे। यसका लागि कम्प्युटर ल्याब, पुस्तकालय अति आवश्यक थियो। तर थप कोठा निर्माणका लागि बजेट दिन कुनै पनि सरकारी निकाय तयार भएनन्।, महतो विद्यालयलाई आर्थिक सहयोग गर्नसक्ने दातृ संस्थाको खोजीमा लागे। इन्टरनेटमार्फत खोजी गर्दै जाँदा उनले फ्रान्सको मोनटाग्न एण्ड पर्टेज नामको संस्था फेला पारे। ‘यस संस्थाका अध्यक्ष गेरार्ड क्लेरमाइड भ्रमणका लागि नेपाल आइरहने रहेछन्, यहाँको कुनै क्षेत्रमा सहयोग गर्ने चाहना उनको रहेछ,’ महतोले भने, ‘मैले इमेलमार्फत उहाँलाई स्कूलको अवस्था बताएँ।’ उनीहरूका बीचमा ११ महिनासम्म इमेल आदानप्रदान भइराख्यो।, एक दिन क्लेरमाइड माडीको रतनीस्थित विद्यालयमा झुल्किए। विद्यालय, विद्यार्थी, समुदायको आर्थिक हैसियत बारे आफैंले देखे। ‘पाँच पटकसम्म विद्यालय आएपछि उहाँ हामीलाई सहयोग गर्न तयार हुनुभयो,’ प्रअ महतोले भने, ‘उहाँको संस्थाले विद्यालयमा नयाँ भवन निर्माण गर्न डेढ करोड रूपैयाँ सहयोग गर्ने भयो।’, विदेशी सहयोग सिधै विद्यालयले खर्च गर्न नपाउने प्रावधानका कारण दातृ संस्थाले दिएको आर्थिक सहयोगमा शेर्पा ट्रष्ट नेपाल नामक संस्थाले विद्यालय भवनको जिम्मा पायो। उक्त संस्थाले एक करोड दस लाख रूपैयाँ लागतमा ६ कोठाको दुई तल्ले पक्की भवन निर्माण गरेको छ। उक्त भवनमा रहेको कम्प्युटर ल्याबमा माडी नगरपालिका र दातृ संस्थाले दिएका १०/१० थान कम्प्युटर राखिएका छन्। विद्यालयको कार्यालय, लाइब्रेरी र तीन वटा कक्षा यो भवनमा छन्।, भवन उद्घाटनका लागि दातृ संस्थाका अध्यक्ष क्लेरमाइडसँगै नेपालका लागि फ्रान्सका राजदूत गिल्लेस बोउरबाओ पनि रतनी आइपुगेका थिए। उनीहरूले यहाँ पढ्दै गरेका बालबालिकालाई ‘नेपालका भविष्य’ भन्दै उनीहरूको शिक्षामा आवश्यक सहयोग गर्ने बताए। क्लेरमाइडले पुस्तकालयमा सयौं पुस्तकहरु राखिदिने प्रतिबद्धता जनाए।, पहिले १४३ जना विद्यार्थीले पढ्ने गरेकोमा अहिले २५६ विद्यार्थी पढ्छन्। यहाँ शिक्षकले कम्प्युटरमा तयारी गरेर प्रोजेक्टरमार्फत पढाउन थालेका छन्। विद्यार्थी पनि कम्प्युटरमा अभ्यस्त बन्न सिक्दैछन्। सानो कक्षाका विद्यार्थीलाई गीत, संगीत, नृत्यमार्फत पढ्न सिकाउने गरिएको छ। ‘यहाँको पढाइ राम्रो छ भन्ने सुनेपछि बोर्डिङ पढेका बालबालिका पनि छाडेर यहाँ आउनेक्रम चलिरहेको छ,’ महतोले भने, ‘माडी नगरपालिकाले त हामीलाई उत्कृष्ठ विद्यालय भनेर सम्मान नै गर्‍यो।’, प्रधानाध्यापक महतोको सपना अब विद्यालयलाई प्रविधिले भरिपूर्ण बनाएर निम्न माध्यामिक तहसम्म स्मार्ट कक्षा सञ्चालन गर्नेछ। ‘यहाँ पाँच कक्षासम्म त पढ्छन् तर विपन्न वर्गका बालबालिका त्यसभन्दा माथिका कक्षा पढ्न अन्यत्र जाँदैनन्,’ महतोले भनेँ, ‘यहीँ विद्यालयमा कक्षा थप गर्न सक्ने हो भने उनीहरुको पढाइले निरन्तरता पाउँछ। हामीसँग उनीहरुलाई अन्यत्र पढेको भन्दा दक्ष बनाउन सकिन्छ भन्ने आँट छ।’, तह बढाउनका लागि दातासँग थप जग्गा सहयोग मागेको उनले बताए। ‘जग्गा उपलब्ध गराउने आश्वासन पनि पाएका छौं, त्यहाँ भवन बनाउने स्रोतको खोजी पनि हुँदैछ,’ उनले भने, ‘अब त मेयर सा’बको पनि मन पग्लिएको छ, नगरपालिकाको पनि राम्रै सहयोग आउँछ होला।’, विद्यालयले नवजात शिशुलाई विद्यालयमा स्वागत गर्ने नयाँ कार्यक्रम पनि सुरू गर्दैछ। प्रअ महतोकाअनुसार यो कार्यक्रमअन्तर्गत छरछिमेकमा शिशु जन्मिएको थाहा पाएपछि विद्यालयका प्रतिनिधि पाँच सय रूपैयाँ बराबरको पौष्टिक आहार र कपडा लिएर घरमै पुग्छन्। ‘शिशुको अभिलेख विद्यालयमा राखिन्छ। ऊ तीन वर्ष भएपछि विद्यालयमा स्वागत गर्छौं र भर्ना हुँदा थप पाँच सय रुपैयाँ उपलब्ध गराउनेछौं,’ महतोले योजना सुनाए। यो कार्यक्रमका लागि ५ लाख रुपैयाँको कोष निर्माण गर्ने योजना उनको छ। कोष बनाउन विभिन्न संघ, संस्थासँग सहयोगको आग्रह गरिएको उनले बताए।, २१ वर्षदेखि विद्यालयको व्यवस्थापन समितिमा रहेका स्थानीय मकसुध सेखले प्रधानाध्यापक महतो आफ्ना बालबालिकाका लागि भगवान बनेर आएको बताए। ‘उहाँ नभएको भए हाम्रा नाति, नातिनाले यसरी पढ्न कहाँ पाउँथे र? उनीहरू पनि हामी जस्तै निरक्षर हुन्थे होलान्। घुँडासम्म पानी हुने ठाउँमा ज्यान जोखिममा राखेर बालबालिकालाई पढ्न पठाउनुपर्थ्यो,’ सेखले भने, ‘गतिलो हेडसर पाउँदा गाउँ नै फरक हुने रहेछ।’ सेखले सबै अभिभावकले हेडसरको काममा सहयोग गर्ने गरेको बताए। उनले थपे, ‘हाम्रो ठाउँमा भविष्यमा उहाँ भन्दा बढी पढेका सरहरु पनि आउलान् तर उहाँको जति दिमाग भएको मान्छे त कहिल्यै भेटिँदैन जस्तो लाग्छ।’, माडी नगरपालिकाका मेयर ढकालले बालबालिकालाई स्तरीय शिक्षा दिएर विद्यालयले राम्रो काम गरिरहेको देख्दा खुसी लागेको बताए। ‘हामी अबको पुसमा नगर परिषद् गर्दैछौं, विद्यालयलाई के-कस्तो सहयोग चाहिन्छ भन्नुहोला आवश्यक सहयोग हुनेछ,’ मेयर ढकालले भने।, हेडसरले बदलेको एउटा स्कुल...
सेतोपाटी संवाददाता कैलालीको लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोप लागेका एक युवक धरानबाट पक्राउ परेका छन्।, पक्राउ पर्नेमा लम्कीचुहा-३ का चिसापानीका १९ वर्षीय मदन शाही रहेका छन्। शाहीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले धरानबाट पक्राउ गरेको हो।, आइतबार बेलुका शाही धरान विजयपुरबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।, शाहीलाई कैलालीतर्फ पठाइएको इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।, शाही सुनसरी आएको सूचना प्रहरीलाई आएको थियो। पछ्याउँदै जाँदा शाही विजयपुरमा पक्राउ परेको खड्काले बताए।, बडुवालको कात्तिक २३ गते राति एक समूहले टीकापुरमा लगेर हत्या गरेको थियो।, हत्या गरेको आरोपमा १६ जनाविरूद्ध किटानी जाहेरी परेको छ। जाहेरी परेकामध्ये शाहीसहित सात जना फरार थिए।, टीकापुर हत्याको दुई साता नाघ्दा पनि प्रहरीले त्यसको कारण पत्ता लगाउन सकेको छैन।, शाहीसहित बडुवाल हत्याका १० आरोपी पक्राउ परेका छन्। अन्य फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।, यद्यपि, कैलाली प्रहरीले भने आधिकारिक रूपमा जानकारी दिन मानेको छैन।, धरानबाट पक्राउ परे भूपेन्द्र बडुवाल हत्याका आरोपी युवक
रासस श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा मार्ग शीर्ष कृष्ण तृतीयाका दिन आज अमालकोट कचहरीका द्वारेले सिन्दुर चढाएपछि सम्पन्न भएको छ।,    , कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा आज श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि सकिएको हो। जात्रा करिब साढे ३०० वर्ष पुरानो भएको विश्वास गरिन्छ।, नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुुरुआत गराएको स्थानीयवासीको भनाइ छ। ,     , जात्रा सफलतापूर्वक समापन भएको खुसियालीमा आज दिनभर चाबहिल क्षेत्रमा सिन्दुर जात्रा गरिन्छ। जात्रा कार्तिक शुक्ल पूर्णिमाका दिन गत शुक्रबारदेखि चाबहिल क्षेत्रमा सुरु भएको थियो। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयबागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ।  ,   , जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो। चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो। चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ। यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मूल मन्दिर पनि घुमाइन्छ।,  ,  पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले शुक्रबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो। पूर्णिमाका दिन बेलुकी शुक्रबार मन्दिर परिसरमा धुनी जगाइयो। धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ।, यसैगरी मार्गशीर्ष कृष्ण प्रतिपदाका दिन श्री चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गँगाहिटीमा लगेर स्नान गराउने विधि छ। स्नानपछि दुवै खटलाई शनिबार बेलुकी चारुमती बिहारमा लगेर बिसाइएको थियो। ,  , मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् आइतबार दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराइयो। दर्शनपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकमा घुमाइएको जात्रा समन्वय समिति सदस्य राजु भारतीले जानकारी दिए। यो जात्रा पशुपतिनाथबाट चुच्चेपाटीसम्म महत्वका साथ मनाइन्छ।, गत वर्ष कोरोना महामारीको सङ्क्रमण तीव्र रहेकाले जात्राको विधिमात्र पूरा गरिएको थियो। गुठियारलाई भौतिकरुपमा जात्रा गर्न दिइएको थिएन। यस वर्ष भने जोखिम कम हुँदै गएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर जात्रा सम्पन्न गरिएको जनाइएको छ।, सिन्दुर चढाइ सम्पन्न गरियो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
सेतोपाटी संवाददाता कैलालीको लम्कीमा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन्।, कैलालीको लम्कीचुहा नगरपालिका-१ मा आइतबार राति विवाहको कार्यक्रममा चक्कु प्रहारबाट स्थानीय दिनेश नेपाली घाइते भएका हुन्।, बिहेमा नाचगान गरिरहेका बेला उनको कोखामा एक समूहले चक्कु प्रहार गरेको आफन्तले बताएका छन्। घाइते नेपालीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको उनका दाजु रमेश नेपालीले जानकारी दिए।, चक्कु प्रहारमा संलग्न भएको आरोपमा तीन जनालाई इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेको छ।, १३ दिनअघि सोही ठाउँका २३ वर्षीय भुपेन्द्र बडुवालको धारिलो हतियार प्रयोग गरी टीकापुरमा हत्या भएको थियो। उक्त घटनापछि दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन निरन्तर भइरहेका छन्।, लम्कीमा चक्कु प्रहारबाट एक युवक घाइते
सविता बुढा कैलालीको लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको १३ दिन पुग्दा पनि प्रहरीले मुख्य आरोपीलाई पक्राउ गर्न सकेको छैन।, मृतकका आफन्तले हत्याको मुख्य योजनाकार सोही ठाउँका नवीन रावल रहेको आरोप लागाएका छन्। उनीसहित १६ जनाविरूद्ध आफन्तले किटानी जाहेरी दिएका छन्।, प्रहरीले रावललाई पक्राउ गर्न सकेको छैन। अहिलेसम्म हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दस जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका-३ बस्ने २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही छन्। उनीहरूसँगै लम्कीचुहा-१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका-१ का २२ वर्षीय प्रवीन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आलेलाई प्रहरीले पक्राउ गरेको छ।, बडुवालको हत्या गरिएको घटनाको अनुसन्धानको क्रममा फरार रहेका लम्कीचुहा नगरपालिका-३ चिसापानीका १९ वर्षीय मदन शाहीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा धरान उपमहानगरपालिका-४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।, घटना भएको यतिका दिन बित्दा पनि मुख्य आरोपी पक्राउ गर्न र घटनाको कारण पत्ता लगाउन प्रहरीले सकेको छैन।  , कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले घटनाको अनुसन्धान आफैंले गरिरहेका छन्। उनले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र चाँडै प्रष्ट विवरण बाहिर ल्याइने बताए।, ‘हामी अनुसन्धान गर्दैछौं, आज-भोलिमा थप पक्राउ हुन सक्छन्, हामी सत्य-तथ्य के हो बाहिर ल्याउँछौं,’ उनले भने।, अपराध गर्नेलाई कुनै हालतमा नछोड्ने एसपी अधिकारीको दाबी छ।, ‘त्यो क्षेत्रमा खुकरी लिएर हिँड्ने, गुण्डागर्दी गर्नेहरूप्रति कठोर रूपमा प्रहरी प्रस्तुत हुन्छ,’ एसपी अधिकारीले भने।, घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि लम्कीचुहामा छ। सिआइबीको टेक्निकल टिमले प्राविधिक रूपमा सहयोग गरिरहेको एसपी अधिकारीले बताए।, फरार रहेका छ जना ‘कहाँकहाँ पुगिसके, कोही इन्डियासम्म पुगिसके’ भन्ने कुरा आएको अधिकारीले बताए।, कात्तिक २३ गते बेलुका ८ बजे कैलालीको टीकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटलनजिकै धारिलो हतियार प्रहार गरी बडुवालको हत्या गरिएको थियो।, बडुवालको हत्या भएको दुई सातासम्म पक्राउ परेनन् मुख्य आरोपी
डा. पारस श्रेष्ठ हामीले धेरै सुनेको मात्र होइन, झेलिरहेको समस्या पनि हो, एलर्जी। कोही छालाको एलर्जीले ग्रस्त छन्, कोही खानाको। कसैलाई धुलोको एलर्जी त कसैलाई बनस्पतिको। मान्छेको रगत, छाला एवं शरीरको प्रकृति अनुसार पनि एलर्जी हुनेगर्छ।, एलर्जी तब हुने गर्छ, जब शरीरले कुनै कुरा प्रति तत्काल प्रतिक्रिया जनाउँछ। कुनै बाहिरी तत्व अथवा शरीरको बनावटमा भएको केही समस्याले कुनै पनि तत्व हाम्रो शरीरसँग मिल्न सकेन अथवा शरीरले लिन सकेन भने शरीरले एउटा आचरण देखाउँछ। त्यसलाई साधारणतय एलर्जी भनिन्छ।, त्यस्तो बेला किसिमको  लक्षण देखापर्न थाल्छ। जस्तै, चिलाउने, कसैलाई खोकी लाग्ने, हाच्छिउँ आउने, शरीर सुन्नीने, कसै-कसैलाई झाडापखला लाग्ने, बान्ता हुने हुन्छ। नाक चिलाउने, पिनास हुने, हाच्छिउ आउने फोक्सोमा हेर्ने हो भने आज्मा, दम पनि एक किसिमको एलर्जी हो।, छाला सुन्निने, रातो भएर चाक्ला\चाक्ला जस्तो हुने, त्यसबाटै पिप निस्किने पाक्ने जस्ता समस्या देखापर्छ। कहिलेकाहीँ त ओठ सुन्निने, आँखा सुन्निने, जिब्रो सुन्निने, श्वासको नली, भित्री ग्रन्थी पनि सुन्निने भएकाले त्यसलाई लापरबाही गर्नु हुँदैन। यस्तो अवस्थामा तुरून्तै अस्पताल जानुपर्छ।, एलर्जी वंशानुगत कारण तथा संक्रमणले समेत हुन्छ। त्यस्तै घाउ चोट लागेको ठाउँमा समेत एलर्जी हुन्छ भने बाहिरी कुरा धुलो, धुवाँलेसमेत हुन्छ। अर्को कामको प्रकृतिले समेत एलर्जी हुन्छ। केमिकल फ्याक्ट्री धुलो धुवाँमा काम गर्नेलाई एलर्जी हुनसक्छ।, एलर्जीको रोग अनुसारको उपचार हुन्छ। के कारणले गर्दा एलर्जी भयो भनेर पत्ता लगाउनु मुख्य कुरा हो। एलर्जी भयो तर के कारणले भयो भन्ने पत्ता नलागइ औषधि खानु हुँदैन। तपाईँले गरेको काम, खाएको खाना, लगाएको लुगा, छोएको समान वातावरणीय कारणले हो, त्यस्तो सबै पत्ता लगाउनुपर्छ। , शरीर भित्रबाट होकि, कुनै रोग लागेको छ कि, भनेर समेत पत्ता लगाउनुपर्छ। थाइरोइड र सुगरले छाला एकदमै सुख्खा बनाइदिन्छ। त्यस्तो छालामा जेको पनि एलर्जी भइदिन्छ। नयाँ औषधि तथा क्रिमले होकि त्यो सबै हेर्नुपर्छ।, कुनै पनि औषधि लिँदा चिकित्सकको सल्लाह र सुझावको आधारमा मात्रै लिनुपर्छ।, एलर्जीको उपचार भनेको वातावरणमा भएको एलर्जनबाट बच्नु नै हो। आधुनिक चिकित्सा एलोप्याथिकमा यसको कुनै उपचार छैन। जुन वस्तुसँग एलर्जी छ त्यसबाट टाढा रहनु हो । घामबाट एलर्जी छ भने घाममा नहिँड्नुहोस् । हिँड्नै परे छाता ओढेर हिँड्ने गर्नुपर्छ।, एलर्जी हुनबाट रोक्न सकिँदैन। किनकि, मानिसलाई के कारणले गर्दा एलर्जी हुन्छ भनेर सुरूमै भन्न सकिँदैन। शरीरमा नुहाउने बित्तिकै तेल लगाएमा एलर्जी कम हुनसक्छ। हात र शरीरमा चिल्लोपना बढाइदियो भने छालको एलर्जी कम हुन्छ। तर खाने कुरामै एलर्जी छ अनि त्यहीँ खाना खाइदियो भने एलर्जी रोकिँदैन।, एलर्जी किन हुन्छ, यसको कसरी उपचार गर्नेलगायतका विषयमा केन्द्रित रहेर ‘बि एण्ड बि’ अस्पताल र समाज स्किन तथा लेजर क्लिनिकमा कार्यरत छाला रोग विशेषज्ञ डा. पारस श्रेष्ठसँग हामीले भिडिओ कुराकानी गरेका छौ।, एलर्जी किन हुन्छ, यसबाट कसरी जोगिने?
सेतोपाटी संवाददाता प्रहरीले शुक्रबार त्रिभुवन विमानस्थलबाट तीन थान सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ।, मलेसियाबाट आएका यात्रुलाई भन्सार छली गर्न लगाएर ल्याइएको सुनको बालासहित शुक्रबार बिहान ११ बजे दुई जना पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।, पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका-३ का धर्मबहादुर सुनार र खोटाङ रुपकोट मझुवागढी नगरपालिका-१० का हरिप्रसाद गिरी छन्।, सुनारको साथबाट सय ग्रामका दुई थान बाला र गिरीको साथबाट पचास ग्रामको एक थान बाला बरामद भएको प्रहरीले जनाएको छ।, दुबैलाई कारबाहीको लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ।, सुनको बालासहित दुई जना पक्राउ
सेतोपाटी संवाददाता नेपाल सरकारले ११ अफगान नागरिकलाई  राष्ट्र संघीय शरणार्थी उच्च आयुक्तको कार्यालय (युएनएचसिआर)को जिम्मा लगाउने भएको छ। , गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार ११ जना अफगान नागरिकलाई युएनएचसिआरको जिम्मा लगाउने निर्णय भएको जानकारी दिए।, ती नागरिकहरूलाई अध्यागमन विभागको सेल्टरमा राखिएको थियो। , अवैध रूपमा नेपाल भित्रिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कात्तिक ८ गते काठमाडौंको सिनामंगलस्थित फेसबुक नामक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। , 'विभाग र गृहबीच आज छलफल भएको थियो। त्यसअनुसार उहाँहरूलाई युएनएचसिआरको जिम्मा लगाउने निर्णय भएको छ,' गृह प्रवक्ता पोखरेलले भने, 'उहाँहरूलाई बुझाइसक्यो कि छैन भन्ने अहिले जानकारी भएन।' , अफगान नागरिक भारतको दिल्लीसम्म वैध रूपमै पसेका थिए। तर त्यहाँबाट आफ्नो सुरक्षाको लागि उनीहरू अवैध तरिकाले स्थलमार्गबाट रूपन्देहीको नाका हुँदै नेपाल आइपुगेका थिए।, अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार उनीहरूलाई युएनएचसिआरको जिम्मामा लगाइसकेको छ। , उनीहरू आफ्नो देश फर्किन सक्ने/नस्केनेबारे अनुसन्धान गरी रिपोर्ट बुझाउन गृहमन्त्रालयस्तरबाटै निर्णय भएको बताए।, 'उनीहरू आफ्नो देश फर्किन सक्ने अवस्था छ/छैन भन्ने अनुसन्धान गर्न हामीले युएनएचसिआरलाई लेखि पठाएका छौं। रिपोर्ट पेश गर्ने गरी जिम्मेवारी दिइएको छ,' उनले भने, 'उहाँहरूले नै अनुसन्धान गर्ने भएको हुँदा हामीले मान्छेहरूलाई पनि पठाइसकेका छौं।', त्यस्तै अफगान नागरिकहरू फेरि पनि नेपाल आउन सक्ने भन्दै नाकामा सुरक्षा व्यवस्था कडा पहिल्यै पारिएको उनले बताए। युएनएचसिआरलाई रिपोर्ट बुझाउन सीमा अहिले नतोकिएको तर यथासिघ्र बुझाउन भनिएको उनले बताए।   , नियन्त्रणमा लिइएकामध्ये पाँच जना एकै परिवारका छन्। अरू बाँकी ६ जना छुट्टाछुट्टै परिवारका हुन्। उनीहरू पक्राउ परेपछि के गर्ने भन्नेमा विभाग अन्यौलमा थियो। , विकल्प खोज्दै जाँदा एकै परिवारका पाँच जनासँग मेक्सिकोको भिसा भएको हुँदा त्यहाँ पठाइएको थियो। तर मेक्सिको नपुग्दै श्रीलंकास्थित ट्रान्जिटबाटै उनीहरू पुन: नेपाल फर्किनु परेको थियो। , यो पनि:, ,भारत हुँदै नेपाल छिरेका ११ अफगान नागरिकलाई अब हामीले के गर्ने?, मेक्सिको पठाइएका ५ अफगान नागरिक फिर्ता आएपछि धर्मसंकट, अब के गर्ला अध्यागमनले?, पक्राउ परेका ११ मध्ये एकै परिवारका पाँच अफगान नागरिक गए मेक्सिको, किन आए ११ अफगान नागरिक काठमाडौं? कसरी पक्राउ परे?,  , ११ अफगान नागरिकलाई सरकारले युएनएचसिआरको जिम्मा लगाउने
भगवती पाण्डे आगामी आइतबारदेखि कपिलवस्तुमा हैजा विरूद्धको खोप खुवाइँदै छ।, गत असोज १८ गतेदेखि फैलिएको झाडापखाला (हैजा) हाल नियन्त्रणमा रहे पनि भविष्यमा पुनः दोहोरिन सक्ने भएकोले त्यसको नियन्त्रणको लागि खोप खुवाउन लागिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।, जसअनुसार पहिलो डोजको लागि २ लाख ५२ हजार ३ सय ६३ डोज खोप आइतबारदेखि खुवाउन लागिएको हो।, स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले हैजा फैलिएको जिल्लाका ५ वटा पालिकाहरू यशोधारा, महाराजगञ्ज, कृष्णनगर, शिवराज र विजयनगरमा लगाउने गरी खोप आएको र आइतबारदेखि पहिलो डोज खुवाउन सुरू गरिने जानकारी दिए।, घिमिरेले दुईदेखि चार हप्ताको अन्तरमा दुई डोज मुखबाट खुवाइने यो खोपले करिब पाँच वर्षसम्म हैजा लाग्नबाट बचाउने बताए।, अहिले आएको साढे दुई लाखभन्दा बढी डोज खोप मंसिर ५ गतेदेखि १२ गतेसम्म पहिलो डोजको रूपमा दिइने र दोस्रो डोजको लागि पुनः खोप आउने उनले बताए।, जिल्लाका पाँच वटा पालिकामा अचानक फैलिएको हैजाबाट करिब एक हजार ५ सय संक्रमित भएका थिए भने ६ जनाको ज्यान समेत गएको थियो।, दूषित खानेपानीको माध्यमबाट कपिलवस्तुमा हैजा फैलिएको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनबाट प्रमाणित स्यानकोल नामक मुखबाट खुवाउने भ्याक्सिन दिने निर्णय गरेको थियो।, अचानक झाडापखाला र वान्ता हुने समस्या लिएर बिरामीहरू अस्पताल जाने क्रम बढेपछि असोज २० गते नै बिरामीहरूको दिसाको नमूना संकलन गरी परीक्षण गर्दा हैजाको जीवाणु भेटिएपछि नियन्त्रणको लागि उच्च सतर्कता अपनाइएको थियो।, मंसिर ५ देखि १२ गतेसम्म पहिलो डोज खोप खुवाएपछि मंसिर २६ देखि पुस ४ गतेसम्म दोस्रो डोज खोप खुवाउने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिएका छन्।, पाण्डेका अनुसार हैजा फैलिएका जिल्लाका पाँच वटै स्थानीय तहका एक वर्षमाथिका सबै व्यक्तिलाई खोप खुवाइने छ।, हैजा फैलिएका पालिकाहरूको पानीको स्रोत फोहोर भएका कारण हैजा फैलिएको पुष्टि भएपछि संक्रमितहरूको उपचारसँगै समुदायमा पानी शुद्ध गर्न क्लोरिन ट्याबलेट वितरण र व्यक्तिगत सरसफाइलाई बढाएपछि बल्ल नियन्त्रणमा आएको हो।, पाण्डेका अनुसार हैजा फैलिनुको कारण खोजी गर्दै जाँदा कृष्णनगरका विभिन्न क्षेत्रबाट संकलन गरिएका १४ वटा पानीका नमूना खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलमा परीक्षण गर्दा ८ वटा नमूनामा दिसामा पाइने ई कोलाई जीवाणु भेटिएको थियो।, स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेले हैजा विरूद्धको खोपको प्रभावकारिता ७० प्रतिशतमात्रै भएकाले खोपसँगै सरसफाइमा ध्यान दिनुपर्ने बताए।, सफा पानी पिउने, शौचालयमा दिसापिसाब गर्ने, खाना बनाउनु र खानुअघि हात धुनेजस्ता कार्य नगरेसम्म हैजाको प्रकोप फैलिन सक्ने उनको भनाइ छ।, आइतबारदेखि कपिलवस्तुमा हैजा विरूद्धको खोप खुवाइँदै
खिलानाथ ढकाल अपहरण तथा शरीर बन्धक मुद्दामा जेल सजाय काटिरहेका अभिषेक गिरीलाई फेरि मोरङ कारागार पठाउने निर्णय गरिएको छ।, मोरङ कारगार सरूवापछि कैदीबन्दीले आन्दोलन गरेर सप्तरी कारागार पठाइएका गिरीलाई त्यहाँबाट फेरि मोरङ नै फर्काउन लागिएको हो।, गत कात्तिक १६ गते गिरीलाई डिल्लीबजार कारागारबाट मोरङ पठाइएको थियो। तर, कैदीबन्दीले प्रवेश नदिएपछि गिरीलाई सप्तरी कारागार पठाइएको थियो।, कारागार व्यवस्थापन विभागले शुक्रबार गिरीलाई मोरङ नै फर्काउने निर्णय गरेको छ।, ‘गिरीलाई मोरङ पठाउने निर्णय भएको पत्र आइपुगेको छ,’ विराटनगर कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले भने।, सप्तरी कारागारका निमित्त जेलर सन्दीपकुमार देवले पनि गिरीलाई मोरङ स्थानान्तरण गरिएको आफूले पनि सुनेको बताए।, ‘मैले पनि त्यही सुनेको हो, तर चिठी हेर्न पाइसकेको छैन,’ देवले सेतोपाटीसँग भने।, गृह नेतृत्वको दबाबमा गिरीलाई कारागार व्यवस्थापन विभागले गत १७ गते मोरङ पठाउने निर्णय गरेको थियो।, तत्काल विरोध भएपछि कारागार व्यवस्थापन विभागले त्यो निर्णय कार्यान्वयनमा ल्याएन। दुई महिनापछि विभागले गिरीलाई विराटनगर पठाएरै छोडेको थियो।, गिरीलाई त्यहाँ पठाउँदा कैदीबन्दीले आन्दोलन गरी भित्र छिर्न नदिएपछि तत्कालका लागि सप्तरी कारागार पठाइएको थियो।, गिरीलाई तेस्रोपटक फेरि मोरङ कारागार पठाउने निर्णयबारे कारागार व्यवस्थापन विभागले पनि प्रतिक्रिया दिएको छैन।, कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले गिरीको पुन: मोरङ कारागार सरूवाबारे प्रतिक्रिया दिएनन्।, कांग्रेसनिकट गिरी विराटनगर देवकोटा चोकका स्थानीय हुन्। मोरङ कारागारमा रहँदा गिरीले जेलभित्रैबाट असुली र फिरौती धन्दा चलाएको आरोप लागेपछि २०७४ चैत २३ गते डिल्लीबजार कारागार सारिएको थियो।, गिरीलाई कांग्रेस नेतृत्वमा सरकार बनेलगत्तै मोरङ कारागार पठाउन स्थानीय नेताहरूले गृहमन्त्री बालकृष्ण खाणसँग ‘लबिङ’ सुरू गरेका थिए।, पहिले मोरङ कारागारमा रहँदा गिरी चौकीदार थिए। चौकीदारले जेलभित्र राम्रो आम्दानी गर्छन्।, गिरीलाई चौकीदार बनाउने योजनाअनुसार भदौ १७ गतेबाट निरन्तर सरूवा गरिएको कारागार विभाग स्रोत बताउँछ। गिरीको सरूवाअघि चौकीदार रहेका नवीन राईलाई झुम्का कारागार सरूवा गरिएको थियो।, तर, विभागको निर्णय तत्काल कार्यान्वयनमा नआएपछि मोरङ कारागारमा कर्तव्य ज्यान मुद्दा दोषी किरण गुरुङ चौकीदार बनाइएका थिए।, २५० जनाको क्षमता रहेको मोरङ कारागारमा ९६७ जना कैदीबन्दी छन्।, १२ वर्ष जेलयात्रा, जेलबाटै फिरौती र हत्याका योजना, युवती प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरीलाई प्रहरीले २०७० सालमा पक्राउ गरेको थियो।, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा गिरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो।, गिरीले आफ्नी प्रेमिकालाई प्रयोग गरेर रेग्मीलाई बन्धक बनाएका थिए। रेग्मीलाई सानेपास्थित डेरामा बोलाएर बन्धक बनाइएको थियो। रेग्मी डेरामा पुगेपछि गिरीले १० लाख रुपैयाँ फिरौती मागेका थिए।, यही प्रकरणमा गिरी जेलमा छन्। गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत गिरीमाथि विशेष अदालतमा मुद्दा चलाएको छ।, पछिल्लो पटक पक्राउ पर्नुअघि २०६९ सालमा उनी कर्तव्य ज्यान मुद्दामा सफाइ पाएर जेलमुक्त भएका थिए।, २०६५ सालमा तत्कालीन जिल्ला विकास समितिमा टेण्डर लुट्न जाँदा भएको झडपमा करण यादव मारिएका थिए।, विराटनगरमा आपराधिक गतिविधि चलाउने पर्शुराम बस्नेत र गिरी दुबै समूह टेण्डर लुट्न गएकोमा यादव मारिएपछि गिरी पक्राउ परे।, तर, आफ्नै समूहका एक जनाले घटनाको जिम्मेवारी लिँदै अदालतमा बयान दिएपछि गिरीले २०६९ सालमा सफाइ पाएका थिए।, सफाइ पाएर छुटेको केही महिनामै पक्राउ परेका गिरी त्यसयता लगातार ८ वर्षयता जेलमा छन्।, करण यादवको हत्यामा केन्द्रीय कारागारमा रहँदा पनि उनी आपराधिक गतिविधिमा सक्रिय नै थिए।, काठमाडौंका व्यवसायी ध्यानगोविन्द वैद्यको अपहरणमा योजना बनाएको खुलेपछि केन्द्रीय कारागारबाट उनलाई नुवाकोट सारियो। तर त्यहाँबाट पनि उनले अपराध छोडेनन्।, नुवाकोट जेलमै रहेका सशस्त्र समूहका छोटा राजन समूहसँग मिलेर कल बाइपास गरी मोरङका व्यापारीलाई धम्क्याउँदै पैसा मागेको आरोप गिरीलाई लाग्यो। प्रहरीले जेलमा छापा मार्दा कल बाइपासका सामग्री फेला पारेको थियो।, अभिषेकको अपराध त्यहाँ पनि नरोकिएपछि उनलाई मोरङ कारागार नै पठाउने योजना भयो। तर, मोरङ कारागारले राख्न नमानेपछि गिरीलाई सुनसरीको झुम्कास्थित कारागारमा राखिएको थियो।, त्यहाँ बस्दा पनि अभिषेकले अपराध छोडेनन्। २०६६ साल फागुन महिनामा जेलबाटै मान्छे खटाएर गिरीले पर्शुरामलाई दुई गोली हान्न लगाए। दुई महिना लामो सघन उपचारपछि पर्शुराम तंग्रिए।, त्यसको ‘बदला’ लिन पर्शुराम समूहले २०६८ साल जेठ १८ गते पेशी बयानमा जिल्ला अदालत मोरङ ल्याउँदा गिरीलाई आक्रमण गरे। पर्शुराम समूहले आक्रमण गर्दा गिरी घाइते भएका थिए, अदालतभित्र प्रहरीले गोली चलाएको थियो।, गिरीलाई किन लगियो मोरङ कारागार?, कांग्रेस मोरङका नेताहरूका अनुसार गिरीलाई पार्टीभित्रैको एउटा समूहले मोरङ कारागारमै राख्न चाहन्छ। त्यसको अर्थ हो - पर्शुरामका गतिविधिमा उनले सघन निगरानी राखुन्।, गिरी जेल परिकन मोरङको आपराधिक दुनियाँमा पर्शुरामको हालीमुहाली छ। उनी आपराधिक गतिविधिसँगै राजनीतिमा समानान्तर रूपमा सक्रिय छन्। पर्शुरामको सक्रियता दिनदिनै बढिरहँदा गिरी समूह भने ओझेलमा छ।, कांग्रेसका केही स्थानीय नेताहरू पर्शुरामको गतिविधिलाई ‘साइज’मा ल्याउने उपयुक्त पात्र गिरीलाई ठान्छन्।, मोरङ एमालेमा पर्शुरामको भागबण्डा नै चल्छ। उनी आफू या आफ्नो समूहलाई एमाले राजनीतिमा सकेसम्म स्थापित गराउन चाहन्छन्। राजनीतिमार्फत् उनी आफ्नो आपराधिक कमाइलाई ‘लालमोहर’ लगाउन चाहन्छन्।, केही दिनअघि मात्रै एमालेले पालिकास्तरको अधिवेशन सम्पन्न गर्‍यो। एमाले विराटनगर महानगरपालिकाको अध्यक्ष बन्न पर्शुरामले जोड चलाए।, पर्शुराम समूहकै कित्ताबाट सागर थापा पनि अध्यक्ष बन्न अघि सरे। पर्शुराम सहमतिमा नआएपछि चुनावको वातावरण बन्न खोज्यो।, अन्तिममा पर्शुरामले आफ्नो उत्तराधिकारीको रूपमा रोहित कोइराला सचिव पदमा भएमात्र आफूले छाड्ने अडान राखे।, त्यसपछि एमालेको विराटनगर कमिटीमा सागर थापा अध्यक्ष र रोहित कोइराला सचिव भए।, ‘यसको अर्थ विराटनगर महानगरको पार्टीपंक्तिमा पर्शुरामको जबरजस्त भूमिका छ र कुनै न कुनै रूपमा पर्शुरामले विराटनगरमा अपराधको मनोविज्ञान कायमै छ भन्ने सन्देश यहाँको समाजमा छोड्न चाहन्छन्,’ एमालेकै एक नेताले भने।, यसबाहेक पर्शुराम हालै राजनीतिक नियुक्ति पाएर प्रदेश १ खेलकुद विकास बोर्डको सदस्यसचिव भए। सदस्यसचिवको लागि लामो समयदेखि आकांक्षा राख्दै आएका कांग्रेस-माओवादीका खेलकुदकर्मी जिल्ल परे।, खेलकुदमा सक्रियता नै नरहेका व्यक्तिलाई जिम्मा दिइएपछि पर्शुरामको विपक्षमा कांग्रेस-माओवादीको ‘गठ’ बनेको छ। ‘यसले पर्शुरामको गतिविधि नियन्त्रण भएको देख्न चाहन्छ र त्यसका लागि गिरीको आगमन उपयुक्त हो भन्ने ठान्छ,’ ती नेताले भने।, राजनीतिमा छाउँदै नियुक्तिमा बाजी मार्न थालेपछि पर्शुराममाथि प्रहरी प्रशासनको सूक्ष्म निगरानी कम हुँदै गएको छ।, गिरी सुरूमा एमाले निकट बस्नेतसँगै अवैध असुलीमा थिए। २०६४ सालमा धरानमा लुटपाट घटना हुँदा पर्शुराम र गिरीबीच लेनदेनमा विवाद भएको थियो। त्यही घटनाबाट पर्शुराम र गिरीको समूह औपचारिक रूपमा अलग भएको मानिन्छ।, जेलमा चौकीदार बन्न किन मरिहत्ते?, कारागार व्यवस्थापन विभागका अनुसार जेलमा कानुनसम्मत रूपमै चौकीदार चयन हुन्छन्। चौकीदारको पछिपछि विभिन्न तहमा ‘नाइके’हरू हुन्छन्।, कैदीहरूको व्यवस्थापन, औषधी-उपचार, खाद्यान्न आपूर्ति लगायतमा चौकीदारको भूमिका हुन्छ। उसले जेलभित्र पसल चलाउने, मेस चलाउने, खाद्यान्न आपूर्ति गराउने जिम्मा पाउँछ। यसबाट निकै राम्रो आम्दानी हुने भएकाले चौकीदार बन्न जेलभित्रका अपराधीहरू सक्रिय रूपमा लाग्ने गर्छन्।, राजनीतिक दलसँग निकट र सहयोगी रहेका व्यक्तिले नेताहरूलाई प्रयोग गरेर जेलभित्र आफ्नो प्रभाव बढाउन खोज्छन्। गिरीले पनि त्यही चाहेको देखिन्छ।, चौकीदार चयनका लागि जेलभित्रका कैदीबन्दीबीच सहमति वा चुनावै पनि हुने गर्छ। त्यसरी जो चयन हुन्छ उसलाई चौकीदार बनाउन कारागार प्रशासनमा कुरा पुर्‍याइन्छ।, प्रशासनले कारागार व्यवस्थापन विभागलाई जानकारी गराएर चौकीदार तोक्छ।, सम्बन्धित समाचार :, अभिषेक गिरीको सरूवाले हल्लिएको मोरङ कारागार, जुन जेलबाट फिरौती असुलेको आरोप लागेको थियो, त्यही जेलमा सरुवा गरियो गुन्डा नाइके गिरीलाई, अभिषेक गिरीलाई तेस्रोपटक विराटनगर कारागारमै सरूवा
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेसँगै प्रदूषण पनि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार अरब सागरमा बनेको निम्न चापीय प्रणालीका कारण मौसम बदली हुँदा घाम लाग्न नसकेको र यसले चिसोसँगै प्रदूषणसमेत बढाएको छ।, निम्न चापीय प्रणालीको असर आज रातिसम्म देखिने र भोलिबाट मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ।, देशका अधिकांश भू-भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुँवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोले सडक तथा हवाई यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन मशाशाखाले अनुरोधसमेत गरेको छ।, आज देशका अधिकांश भू-भागमा वदली भई उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावान रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।, बिहान काठमाडौं उपत्यकामा हल्का घाम लागे पनि दिउँसो फेरि बदली हुने आँकलन महाशाखाले गरेको छ।  प्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेको छ । पूर्वतिर क्रमश सुधार हुँदै जान्छ। तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ।, बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।, चिसो बढेसँगै प्रदुषण पनि बढ्यो, सतर्कता अपनाउनू- मौसम पूर्वानुमान महाशाखा
निशा भण्डारी नेपाल भ्रमणमा रहेका भारतीय योग गुरू रामदेव र आचार्य बालकृष्णले चन्द्रागिरिमा शनिबार बिहान जिपलाइन यात्रा गरेका छन्।, उनीहरू बिहान चन्द्रागिरिमा योग प्रशिक्षण दिन गएका थिए।, चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिएपछि रामदेव र आचार्य बालकृष्ण जिपलाइनमा सयर भएका थिए।, रामदेवले शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग सिकाएका थिए।, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरि, नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको भन्दै बाबा रामदेवले यहाँको स्वच्छ हावाले निरोगी बनाउने बताए।, रामदेव शुक्रबार बेलुका चन्द्रागिरि पुगेका थिए।, चन्द्रागिरिमा रामदेव र आचार्य बालकृष्ण जिपलाइनमा
सेतोपाटी संवाददाता नेपालमा थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार शनिबार २४२ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ७ हजार १३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ४ हजार १४५ जनाको पिसिआर परीक्षण र २९९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ३०३ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ।, ४४४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।,  , पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या बढी
सेतोपाटी संवाददाता अरनिको राजमार्गअन्तर्गत बलेफी-सुकुटेबीचको क्षेत्रमा शनिबार बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख४२८२ नम्बरको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा०३१प०५८४ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।, दुर्घटनामा मोटर साइकलमा सवार आशिष श्रेष्ठ गम्भीर घाइते भएको र उपचारका लागि उनलाई धुलिखेलतर्फ पठाइएको प्रहरीले जनाएको छ।, बिहान ८ बजे सो घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए। प्रहरीका अनुसार शव परीक्षणका लागि धुलिखेल लगिएको छ। रासस, अरनिको राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
निशा भण्डारी मानव अधिकार संरक्षण मञ्चले शनिबार राजधानीमा प्रदर्शन गरेको छ।, उसले विभिन्न माग राखेर माइतीघर मण्डलमा प्रदर्शन गरेको हो।, छुवाछूत अपमान मात्र होइन अपराध पनि हो,उचनिच भनेर भेदभाव नगरौं, मानिस कर्मले महान् हुन्छ जातर धर्मले होइन, छुवाछूतबाट मुक्त होऔं लगायत नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरिएको हो।, यस्ता छन् माग:, १. छुवाछूत उन्मूलन कानुनको प्रभावकारी कार्यान्वयन गरियोस्, २. जातीय विभेद तथा छोइछिटोविरूद्ध वडा तहसम्म राष्ट्रब्यापी जनचेतना अभियान  ब्यापकरूपमा संचालन गरियोस्। छुवाछूत र जातीय विभेद गर्ने कथित उच्च जातिका व्यक्तिहरूलाई दन्ड सजायका अतिरिक्त सुधारमुखी एवं चेतनामुखी कार्यक्रमहरू संचालन गरियोस्। , ३. सदियौंदेखि कथित उच्च वर्गबाट अपमानित तथा छुवाछूतको जातोमा पिल्सिएका दलितहरूप्रति  गरिएको विभेदकालागि राज्य, जन प्रतिनिधिहरू तथा उच्च वर्गबाट  दलित समक्ष सामूहिक क्षमा याचना र सहभोजको ब्यवस्था गरियोस्। , ४. दलित समुदायको शिक्षादिक्षा, रोजगारी तथा व्यवसायिक क्षमता वृद्धि गर्न राज्यले लगातार ३० वर्षसम्म (एक पिडी) तीनै तहको सरकारको निश्चित प्रतिशत बजेट अनिवार्य खर्च गर्नुपर्ने कानुनी व्यवस्था गरियोस्।, ५. दलित मुक्तिका लागि नागरिक स्तरमा गैरदलित समुदाय पनि सहभागी भई सभ्यसमाज निर्माणमा योगदान गरौं।,  ,  , मानव अधिकार संरक्षण मञ्चको प्रदर्शन (तस्बिरहरू)
सेतोपाटी संवाददाता अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले विगत तीन दिनदेखि बिग्रिएको नेपालको मौसममा शनिबारदेखि क्रमिक रूपमा सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, यद्यपि, उक्त मौसमी प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।, राजधानी काठमाडौंसहित देशका अधिकांश स्थानमा लगातारको बदली हटेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले विगतका दिनभन्दा केही न्यानो महसुस गरिएको छ।, शनिबार काठमाडौंको अधिकतम् तापक्रम तापक्रम १९ दशमलव ५ र न्यूनतम् तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस रहेको छ। यही मङ्सिर २ गतेदेखि देशका अधिकांश स्थानमा बदली र उच्च हिमाली भेगमा हल्का हिमपात भएको थियो।, महाशाखाका अनुसार अहिले देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भूभाग आंशिकदेखि सामान्य बदली रहेको छ।, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।, रातिको समयमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भाग आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।, आइतबार पनि देशका पहाडी भू–भागमा सामान्य बदली रही काँकी भू–भागहरूमा आंशिक बदली रहनेछ। बागमती, गण्डकी र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। रासस, काठमाडौंको मौसममा आउन थाल्यो सुधार
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी एक वृद्धाको मृत्यु भएको छ।, बझाङको केदारस्युँ गाउँपालिका-२ की ७७ वर्षीया विष्णादेवी रावल हिरासत कक्षमै बेहोस भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , आज बिहान एक्कासि बेहोस भएकी रावललाई जिल्ला अस्पताल सिमखेत लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर बिष्टले बताए।, उनका अनुसार बिहान चिया खाने क्रममा रावल बेहोस भएकी थिइन्।, उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए।, रावल र उनका छोरा जयबहादुर कर्तव्य ज्यान मुद्दामा गत कात्तिक २० गतेदेखि प्रहरी हिरासतमा थिए।, जयबहादुरकी श्रीमती कात्तिक ७ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।, उनका माइती पक्षले आमाछोरा मिलेर हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।, प्रहरी हिरासतभित्रै बेहोस भएकी वृद्धाको अस्पताल लैजाने क्रममा मृत्यु
रासस तनहुँको व्यास नगरपालिका–६ सिसाघाटमा बेवारिसे अवस्थामा बस्दै आएकी एक वृद्धाको हत्या भएको छ।, गोरखा पालुङटार नगरपालिका–७ सतिघाट घर भई सिसाघाटमा बस्दै आएकी ६५ वर्षीया मनेना कुमालको हत्यामा संलग्न रहेको अभियोगमा व्यास–६ एक्लेगाउँका १९ वर्षीय महेन्द्र कुमाल पक्राउ परेका छन्।, गत कात्तिक ३० गते राति ११ः३० बजे प्रतिवादीले ती वृद्धालाई ढुङ्गाले हानेर हत्या गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।, चौतारा नजिक सार्वजनिक ठाटीमा बसोबास गर्दै आएकी वृद्धालाई प्रतिवादीले मादक पदार्थ सेवन गरी ढुङ्गाले टाउकामा हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तिमिल्सिनाले बताए।, प्रहरीका अनुसार घटनाका बारेमा प्रहरीलाई मङ्सिर १ गते खबर आएको र अनुसन्धानको करिब २० घण्टामा प्रतिवादीलाई पक्राउ गरिएको हो। , 'टाउकामा ढुङ्गाले हानेर कर्तव्य गरी प्रतिवादी राति नै घर गएको अनुसन्धानबाट खुलेको छ, उनले दुई गिलास मादक पदार्थ सेवन गरेको देखिएको छ', तिमिल्सिनाले भने, 'थप अनुसन्धान भइरहेको छ।', घटनाको अनुसन्धानका लागि प्रहरीले पोखराबाट तालिमप्राप्त कुकुरसमेत ल्याएको थियो।, कात्तिक ३० गते कामको सिलसिलामा छिमेकी यामबहादुर तामाङको घरमा दिनभर परालको दाइँ हाल्ने काम गरी राति ८ः३० बजेतिर खाना खाएर दुरा सेवा समाजको भवनमा नाचगान कार्यक्रम भएकाले सोही स्थानतर्फ जाँदै गर्दा बाटोमा विक्रम दुरालाई भेटी निजको मोटरसाइकलमा चढी सँगै गएको र विक्रमले चिया खाएको तर निज महेन्द्रले दुई गिलास घरेलु मदिरा खाएको अनुसन्धानबाट खुलेको छ। , 'महेन्द्रले उच्शृङ्खल व्यवहार गरेपछि विक्रमले घरमा फर्किने कुरा गर्दा निजले जान नमानेको तर पछि विक्रमको मोटरसाइकलमा चढी सँगै घर फर्किएका रहेछन्', तिमिल्सिनाले भने, 'घर नजिक पुग्ने समयमा निज प्रतिवादीले आफू हिँडेर घर जाने कुरा गरेकाले विक्रमले निजलाई मोटरसाइकलबाट उतारिदिएका थिए।' , प्रहरीका अनुसार त्यसक्रममा महेन्द्र घरतर्फ नगई घर नजिकै रहेको चौतारा नजिक वृद्ध महिला भएको ठाउँमा गई हातको पाखुरामा समात्दा ती वृद्धा चिच्याएकी थिइन्। वृद्धाले चिच्याएपछि प्रतिवादी निजलाई धकेलेर लडाइ नजिकै रहेको ढुङ्गाले टाउकामा हानेर भागेका थिए। , प्रहरीले घटनास्थबाट क्याप बरामद गरेकामा निज क्याप महेन्द्रको रहेको खुलेको जनाइएको छ।, 'प्रहरीले निजलाई सोधपुछ गर्दा उक्त क्याप आफ्नो भएकोलगायत उल्लेख गरी प्रतिवादीले सनाखत गरेका छन्', प्रनाउ तिमिल्सिनाले भने, 'निजले ढुङ्गाले हानी कर्तव्य गरी मारेको भनी स्वीकार गरेकाले थप अनुसन्धान भइरहेको छ।', मादक पदार्थ सेवन गरी उत्तेजनामा आएर महिलाको हत्या भएको हुनसक्ने जनाउँदै तिमिल्सिनाले भने, 'जबर्जस्ती करणीको प्रयासबारेमा अहिल्यै भन्न सकिँदैन, थप अनुसन्धान गर्दैछौं।', प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका महेन्द्रलाई शुक्रबार सार्वजनिक गरेको थियो।, मदिराको लतमा महिलाको हत्या
रासस गोरखाको मनकामना मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको छ।, कोरोना महामारीले लामो समय बन्द भई भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन्।, हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको संख्या वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए।, शनिबार एकैदिन नौ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन्।, तीमध्ये छ हजारभन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन्।, मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकैदिन छ हजार ७०० ले केबलकार चढेको बताए।, उनकाअनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार एकैदिन छ हजार ७०० जनाले चढेको पहिलोपटक हो।, कोरोना महामारीअघि दैनिक चार हजार ५०० भन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे।, सार्वजनिक बिदा र शनिबारका दिन भने सोभन्दा बढी संख्यामा दर्शनार्थीहरू केबलकार चढेर मनकामना मन्दिर पुग्ने गरेको नायब महाप्रबन्धक शेरचनले बताए।, मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालनमा रहेको मनकामना केलबकारको तल्लो प्रदेशद्वार चितवनको इच्छाकामना–४ चेरेसमा रहेको छ।, केबलकारबाहेक मोटरबाटो र पैदलमार्फत पनि दर्शनार्थी मन्दिर पुग्ने गर्दछन्।, मनकामनामा बढ्दै दर्शनार्थी
सेतोपाटी संवाददाता सुर्खेतबाट काठमाडौं आइरहेको यात्रुबहाक बस दाङमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।, कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटनामा परेको हो।, बस दुर्घटनामा २९ यात्रु घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। उनकाअनुसार तीन जना घाइतेको अवस्था गम्भीर छ।, उनीहरूलाई उपचार गर्न राति नै बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको छ।, केही घाइतेको लमहीमै उपचार भइरहेको छ। थप चार घाइतेलाई भने उपचार गर्न कोहलपुर मेडिकल कलेज नै पठाइएको छ। , बसको अगाडिको पट्टा भाँचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको हो। गए राति पौने २ बजेति बस दुर्घटनामा परेको थियो। , बसमा ३९ जना यात्रु सवार थिए।, सुर्खेतबाट काठमाडौं आइरहेको बस दाङमा दुर्घटना, २९ यात्रु घाइते
रासस संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको सक्रियता तथा मन्त्रालयको आयोजनामा आइतबार पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा एकदिने योग शिविरको आयोजना गरिने भएको छ।, भारतीय योगगुरू रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा उक्त विशाल योग शिविरको आयोजना हुन लागेको मन्त्रालयले जनाएको छ।, योग शिविरकै दिन मन्त्री आलेले योगगुरू रामदेव तथा आचार्य बालकृष्णलाई पशुपतिनाथको दर्शन गराउने र मन्त्रालयका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको सहसचिव टोकराज पाण्डेयले बताए।, उनले भने, 'स्वामी रामदेव तथा आचार्य बालकृष्णको समुपस्थितिमा हामीले आइतबार योग शिविरको आयोजना गरेका छौं, योग गर्ने बानीको विकास गर्नु हाम्रो प्रमुख लक्ष्य हो।', मन्त्रालयले आयोजना गर्न लागेको उक्त योग शिविरबाट नेपालीको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा लिइएको छ।, उक्त योग शिविरमा सर्वसाधारणका लागि निःशुल्करूपमा प्रवेशको व्यवस्था मिलाइएको जनाइएको छ।, शिविरमा दशौँ हजार सर्वसाधारणको सहभागिता हुने मन्त्रालयको अपेक्षा छ।, योग शिविरपश्चात योगगुरू रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारतको नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।, योगगुरू रामदेवले शनिबार बिहान पनि चन्द्रागिरिमा योग ध्यान तथा प्रशिक्षण गराएका थिए। योगगुरू रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आएका हुन्।, पर्यटन मन्त्रालयले आइतबार पशुपतिमा योग शिविर गर्ने, प्रवेश नि:शुल्क
सेतोपाटी संवाददाता अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित नेपालको मौसम प्रणालीमा आजबाट सुधार आउने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर सामान्यतया मौसम सफा रहने भए पनि प्रदेश १ मा वर्षा र हिमपातको सम्भावना छ। , महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। अहिले प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।, मध्याह्नबाट मौसम क्रमिक सुधार हुँदै जानेछ । यस अवधिमा देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपात सम्भवना छ ।, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती  प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । तर, ठूलो पानी पर्ने सम्भावना छैन  । , आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने छ।, प्रदेश १ को पहाडी भुभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।, आजदेखि मौसममा सुधार, प्रदेश एकमा आंशिक रूपमा वर्षा र हिमपात
सेतोपाटी संवाददाता बैतडीमा महिलालाई कुटपिट गरेर घाइते बनाएको आरोपमा एक युवक पक्राउ परेका छन्।, डडेल्धुराको भागेश्वर गाउँपालिका– १ का १८ बर्षीय सन्दिव सार्की पक्राउ परेका हुन्।, शिवनाथ गाउँपालिका– २ की ४९ वर्षीय चम्पादेवी साउदलाई लाठीले टाउकोमा हानेर घाइते बनाएको आरोपमा उनी पक्राउ परेका हुन्। शनिबार साँझ उनले कुटपिट गरेका थिए।, कुटपिटबाट घाइते भएकी साउदको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।, जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी दर्शन खड्काले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।, महिलालाई कुटपिट गर्ने युवक पक्राउ
रासस बझाङमा बाढीपहिरोले क्षति पुर्याएको भनेर कागजात मिलाएर राहात लिनेलाई छानबिन गरी कारबाही गरिने भएको छ।, जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै बाढीपहिरोमा परेर घरमा क्षति नभएको तर वडा कार्यालय र प्रहरी मुचुल्का बनाइ पीडित बनी राहात लिनेमाथि छानविन गर्न लागेको हो।, जिप्रकाले बाढीपहिरोमा परी पूर्णरुपमा घरमा क्षति भएका र मृत्यु भएका व्यक्तिको परिवारलाई जग्गाधनी लालपूर्जा, वडा कार्यालयको सिफारिस, प्रहरी मुचुल्का र बाढीपहिरोमा परी भएको क्षतिको फोटोलगायतका कागजातका आधारमा राहात वितरण गरेको जनाउँदै आएको छ।, विपद् व्यवस्थापन कोषमार्फत बाढीपहिरोले विस्थापित पीडितका लागि सरकारद्वारा वितरित राहतमा अनियमितता भएको गुनासो आएको थियो।, जिप्रकाले गत मङ्गलबार साँझ सार्वजनिक गरेको राहत पाउनेको सूचीमा पीडितभन्दा गैर-पीडितको नाम धेरै भेटिएको थियो। वास्तविक पीडितले अहिलेसम्म राहत नपाएको तर क्षति नै नभएकाले प्रशासनबाट राहत बुझेको सूचीमा भेटिएको थियो।, बझाङमा नक्कली बाढीपीडितलाई कारबाही गरिने
सेतोपाटी संवाददाता चितुवाको छालासहित सुर्खेतबाट चार जना पक्राउ परेका छन्। शनिबार चितुवाको छालासहित जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको हो।, अछामको पञ्चदेवल नगरपालिका–८ का ३५ वर्षीय कमल शाही, २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ का २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ का ३५ वर्षीय विमल शाही पक्राउ परेका छन्।, बराहताल गाउँपालिका–५ बड्डीचौर बजारमा रहेको प्रेम होटलमा बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।, चितुवाको छालासहित चारजना पक्राउ
रासस कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिन सुरु गरिएको छ।, कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्ष उमेर माथिका व्यक्तिलाई दिइने फाइजर खोपको पहिलो मात्रा गत कात्तिक २८ देखि यही मङ्सिर ४ गतेसम्म दिइएको थियो भने दोस्रो मात्रा यही मङ्सिर २७ देखि आगामी पुस २ गतेसम्म दिइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ।, स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले फाइजरका लागि तोकिएका गङ्गालाल हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र निजामती अस्पतालका खोप केन्द्रमार्फत खोप दिने गरिएको जानकारी दिए।, काफ्लेका अनुसार खोपको मात्रा कम भएकाले ती केन्द्रहरुमार्फत आज र भोलि पहिले आउनेलाई प्राथमिकताका आधारमा खोप दिने प्रबन्ध मिलाइएको छ। आजका लागि खोप केन्द्रअनुसार ३०० देखि ४०० खोप पठाइएको उनेले बताए।, फाइजर खोप लगाउने लक्षित दीर्घ रोगी समूहमा मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका,अङ्ग प्रत्यारोपण गराएका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका र मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्तिहरु पर्दछन्।, सुरक्षित र प्रभावकारी मानिएको यो खोपको दुवै मात्रा पूरा गरेमा ९५ प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ। कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा आठ र उपत्यका बाहिरका १६ गरी कुल २४ अस्पतालमा केन्द्र तोकेर गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको थियो।, १२ वर्ष माथिका बालबालिकालाई आजदेखि फाइजर खोप लगाइने
सेतोपाटी संवाददाता डोटीमा जिपबाट खसेर एक बालिकाको मृत्यु भएको छ।, गुडिरहेको जिपबाट खसेर शिखर नगरपालिका ८ की १५ वर्षीया आशा विकको मृत्यु भएको हो।, दिपायलबाट डडेल्धुरा आइरहेको से १ ज ७१६ नम्बरको जीपबाट उनी खसेकी थिइन्। उनको टाउकोमा चोट लागेको थियो।, उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिप चालक र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, जिपबाट खसेर डोटीमा किशोरीको मृत्यु
सेतोपाटी संवाददाता करिब एक महिनादेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग सुचारू भएको छ।, कात्तिक पहिलो साता आएको अविरल वर्षाका कारण जिल्लाको जालेबगर र मालुमेलाको बीचमा ५ सय मिटर सडकमा क्षति भएको थियो।, शुक्रबार सडक डिभिजनले पक्की सडक भत्केको ठाउँमा ग्राभेल हालेर अस्थायी रूपमा सडक सुचारु गराएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।, ‘पक्की सडक पुरै ड्यामेज भएको छ। अहिले ग्राभेल हालेर सडक डिभिजनले बिग्रिएको ५ सय मिटरमा मर्मत गरेको छ। पक्की सडक बनाउन समय लाग्ने भनेको छ’, जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर बिष्टले भने।, बझाङमा मुख्य सडक अबरूद्ध हुँदा त्यहाँका बसिन्दाले आवतजावतमा निकै सास्ती भोग्नुपरेको थियो।, महिनौंदेखि अवरूद्ध बझाङको जयपृथ्वी राजमार्ग सुचारू
सेतोपाटी संवाददाता दाङको तुलसीपुरबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित आमा-छोरा पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर- ६ विद्युत पछाडि घर भई तुलसीपुर ५ स्थित माइतीघरमा बस्दै आएकी ३८ वर्षीया सुशीला श्रेष्ठ र उनका १८ वर्षीय छोरा रोहन श्रेष्ठ ब्राउन सुगरका १०० वटा पुरियासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले ।, उनीहरुको साथबाट ९९ वटा साना पुरिया र एउटा ठूलो पुरिया गरी एक सय वटा ब्राउन सुगरका पुरिया फेला परेको जनाइएको छ। प्लास्टिक हटाएर तौल गर्दा १९ ग्राम ७१० मिली ग्राम तौलको ब्राउन सुगर बरामद भएको अर्यालले बताए।, 'शनिबार बेलुका हामीले आमा-छोरालाई सँगै बसेर ब्राउन सुगरको पुरिया बनाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएका हौं,' डिएसपी अर्यालले भने, 'त्यो ब्राउन सुगर वितरण गर्ने तुलसीपुरको खास डिलर नै रहेछ।', गोप्य सूचनाको आधारमा डिएसपी अर्यालकै नेतृत्वमा बेलुका पुगेको प्रहरीले श्रेष्ठका आमा-छोरालाई बजारमा पठाउनका लागि ब्राउन सुगरको पुरिया बनाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।, डिएसपी अर्यालका अनुसार सुशीलाका श्रीमान् वसन्त श्रेष्ठले छिमेकी देश भारतबाट ब्राउन सुगर खरिद गरी ल्याउने र घरमा ल्याएर आमा-छोराले पुरिया बनाएर ग्राहक खोजेर बेच्ने गरेको तथ्य उजागर भएको छ।, 'श्रीमानले भारतबाट ब्राउन सुगर ल्याउने र आमा-छोराले पुरिया बनाएर बजारमा सप्लाई गर्दा रहेछन्,' डिएसपी अर्यालले भने ' हामीले फरार वसन्त श्रेष्ठको खोजी कार्य जारी राखेका छौं।', उनीहरुले एउटा पुरियालाई कम्तीमा एक हजारदेखि १५ सयसम्म बिक्री गर्ने गरेको बयान दिएका छन्। प्रहरीले श्रेष्ठका आमा-छोरा दुवै युजर रहेको समेत बताएको छ। नियन्त्रणमा रहेका आमा-छोरामाथि थप अनुसन्धान भइरहेको छ।, शनिबार नै प्रहरीले तुलसीपुरबाट थप दुई जना युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। तुलसीपुर ५ बसपार्कबाट २५ वर्षीय धिरज बुढाथोकी र बबई गाउँपालिका वडा नम्बर ४ घर भई हाल तुलसीपुर ६ बरुवा गाउँमा कोठा भाडामा बस्ने २० वर्षीय प्रख्यात शाह पक्राउ परेका छन्।, उनीहरुले लागु औषध बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरिक्षक झलकप्रशाद शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले बसपार्कबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो।, बुढाथोकीको साथबाट बरामद पाँच पुरिया ब्राउन सुगर प्लास्टिक हटाएर तौल गर्दा त्यसको तौल ५४० ग्राम र शाहको साथबाट बरामद चार पुरिया ब्राउन सुगर प्लास्टिक हटाएर तौल गर्दा २६० ग्राम तौल पुगेको प्रहरीले जनाएको छ।, पक्राउ परेका बुढाथोकी र शाहमाथि पनि आवश्यक अनुसन्धान जारी रहेको डिएसपी अर्यालले बताए। उनीहरुमाथि प्रतिबन्धित लागुपदार्थ ओसार-प्रसार तथा बिक्री वितणरण विरुद्धको मुद्दा चलाएर आवश्यक कारबाही थालिने उनले जानकारी दिए।, तुलसीपुरबाट ब्राउन सुगरसहित आमा-छोरा पक्राउ
सेतोपाटी संवाददाता करेन्ट लागेर बझाङमा एक जना बालकको मृत्यु भएको छ।, शनिबार बुङ्गल नगरपालिका –५ का १२ वर्षीय वीरे कुँवर राष्ट्रिय प्रसारण लाइनको पोलमा करेन्ट लागेर घाइते भएका थिए।, घाइते भएका उनको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर बिष्टले बताए।, बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु
सेतोपाटी संवाददाता विज्ञहरूले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै आम नागरिकलाई सचेत रहन आग्रह गरेका छन्। , जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा वायु प्रदूषण बढ्दै गएकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका हुन्। , बंगालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही सहरमा भीषण वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने बताए। , डा. उप्रेतीले बुधबार बेलुकादेखि नै काठमाडौंलगायत देशभरका केही सहरमा वायुको गुणस्तर कम भएको बताए।, उनले दक्षिण भारतमा २ सय १५ मिलिमिटर भन्दा बढी वर्षा हुने सम्भावना रहेको र भारतमा देखिएको प्रदूषण उत्तरतर्फ सर्दा नेपालमा असर पर्ने बताए। , बिहीबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा डा. उप्रेतीले नेपालमा वर्षा नभए पनि उच्च हिमाली क्षेत्रमा हिमपात र बाक्लो कुहिरो लाग्ने तथा तराईमा शितलहर देखापर्ने बताए।, उनले भारतका केही सहरमा प्रदूषणको मात्रा खतराको तहभन्दा माथि रहेको र हावाको दिशा उत्तरतर्फ सरेमा काठमाडौं पनि प्रभावित हुने बताए।, डा. उप्रेतीले विराटनगर, धनगढी, महेन्द्रनगर लगायत स्थानमा वायु प्रदूषणको स्तर बिग्रिँदै गएको बताए।, जलवायु विज्ञ डा. उप्रेतीले भने, ‘अहिले खास अरेबियन सागर र बंगालको खाडीको सदन पार्टमा, महाराष्ट्रदेखि पश्चिमतिर अरेबियन सागरमा र पूर्वी बंगालको खाडीमा उत्पन्न हुने एक खालको सिस्टमले दक्षिण भारतमा ठूलो वर्षा गराउँदैछ, त्यहाँ २ सय १५ मिलिमिटर भन्दा बढीको वर्षा (खतरा) भएकाले रेड अलर्ट जारी गरेको छ, त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ।', डा. उप्रेतीले वायु प्रदूषण कम गर्न धुलोलाई घटाउने गरी नगरपालिकाहरूले पानी छर्कने, उद्योगधन्दा केही दिनका लागि बन्द गर्ने र सवारी साधन बन्द गर्ने लगायतका काम बेलैमा गर्नुपर्ने बताए। , उनले वायु प्रदूषण बढ्दै गएमा देशव्यापी लकडाउन गर्नुपर्ने बताए। डा. उप्रेतीले वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनेदेखि विभिन्न रोग निम्त्याउन सक्ने बताए।,  , नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन विज्ञको सुझाव
सेतोपाटी संवाददाता नेपाल बार एसोसिएसनको कार्यालयमा गएर कानुन व्यवसायीलाई धम्क्याएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बौद्धका तीर्थराम ढकाल र मुलपानीका सीताराम श्रेष्ठ छन्।, दुबैलाई बिहीबार राति बौद्धबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, बिहीबार उनीहरूले बार एसोसिएसनमा गएर कानुन व्यवसायीलाई धम्क्याएको तथा गाली-गलौज गरेको परिसरले जनाएको छ।, सार्वजनिक ठाउँमा गएर कसैमाथि धाकधम्की तथा गाली बेइज्जती गर्न नपाइने कानुनी व्यवस्थाअनुसार उनीहरूलाई कारबाही हुने प्रहरीले जनाएको छ।, ‘पक्राउ परेकामाथि अनुसन्धान चलिरहेको छ, अभद्र व्यवहार गरेको कसुरमा कारबाही अगाडि बढ्छ,’ परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले भने।, बार परिसरमा कानुन व्यवसायीलाई गाली-गलौज गरी धम्क्याएको आरोपमा दुई जना पक्राउ
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ।, बिहीबार बढुवा सिफारिस सूची प्रकाशित गर्दै कार्यालयले ८ प्रनाउलाई प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ।, प्रनाउ जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई बढुवा गर्न सिफारिस भएको छ।, ८ प्रनाउलाई प्रहरी उपरीक्षमा बढुवा गर्न सिफारिस
सेतोपाटी संवाददाता धनुषामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको।, तीर्थयात्री बोकेर कमला नदीमा कार्तिक स्नान गर्न जाँदै गरेको अनटेस्ट ट्याक्टर विदेह नगरपालिका–७ स्थित बेलापटीमा बिहीबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा भारत सितामढीका अम्बिका देवी र रामदयाल यादव रहेको प्रहरीले जनाएको छ।, दुर्घटनामा १८ जना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जीतेन्द्र बस्नेतले जानकारी दिए।, उनका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।, घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जनकपुर र रामजानकी अस्पतालमा भइरहेको उनले बताए।, डिएसपी बस्नेतका अनुसार भोलि धनुषाको कमला नदीमा कात्तिक पूर्णिमाका अवसरमा लाग्ने भूत मेलामा सहभागी हुन उनीहरू सितामढीबाट आउँदै थिए। द्रुत गतिमा ट्याक्टर चलाइएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।, घटनाबारे थप अनुस्न्धान भइरहेको डिएसपी बस्नेतले जनाए।, धनुषामा ट्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, १८ घाइते
सेतोपाटी संवाददाता योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन्।, पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका भारतीय योगगुरु बाबा रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण दिने भएका हुन्।, शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितलाई योग सिकाउने कार्यक्रम रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ। धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरि, नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो ।, बाबा रामदेव शुक्रबार चन्द्रागिरि पुग्ने र राति त्यहाँ अवस्थित रिसोर्टमा बस्ने कार्यक्रम छ। सोही बखत उनले चन्द्रागिरिमा रहेको भालेश्वर मन्दिरमा पूजाअर्चना पनि गर्ने कार्यक्रम छ। योगगुरू बाबा रामदेव बिहीबार नेपाल आएलगत्तै नेपाल विश्वको श्रेष्ठतम् आध्यात्मिक देश भएको बताए। उनले नेपालसँग आफ्नो तीन दशकदेखिको आत्मीय सम्बन्ध रहेको पनि बताए।, नेपाल भारतपछि पतञ्जली योगपीठको दोस्रो ठूलो गन्तव्य भएको भन्दै उनले नेपालमा ७० हजार योगगुरू रहेका पनि बताए। शनिबार नै उनले पतञ्जली योगपीठले सञ्चालन गर्ने टेलिभिजनको शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको बताइएको छ।, योगगुरु रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने
रासस प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।, गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो।, उनले शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका थिए। जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उनले गरेका थिए।, गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनाका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिए।, यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ।, यस वर्ष पनि कोरोना महामारीको जोखिम कायमै रहेका कारण भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर नानक जयन्ती मनाइने जनाइएको छ।, यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ।, शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम तथा भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले बिनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’को थालनी गर्नुभएको थियो।, गुरु नानक जयन्ती मनाइँदै
युवराज श्रेष्ठ नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले लकडाउन खुलेपछि नेपालमा बंगाली पर्यटक घुम्न आउने बताएकी थिइन्।, गण्डकी सरकारले गत असोज दोस्रो साता विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखलाई पदयात्रा गराएपछि राजदूत चौधरीले भनेकी थिइन्, ‘कोठमाडौंदेखि बंगलादेशसम्म हवाइसेवा सुचारू भएपछि नेपालमा बंगाली पर्यटकको चाप बढ्नेछ।’, राजदूत चौधरीले भनेजस्तो नेपालमा बंगाली पर्यटकको चाप बढ्न सकेको छैन। हिमालय एयरलाइन्स र बिमान बंगलादेशले दुई देशबीच नियमित हवाई उडान भर्दै आए पनि अपेक्षा गरिएअनुसार बंगाली पर्यटक नेपाल घुम्न आएका छैनन्।, कोभिड-१९ को महामारीले नेपालको मात्र नभई बंगलादेशको पर्यटन व्यवसाय पनि थला परेको छ। बंगलादेशमा होटल सञ्चालकसमेत रहेका प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) बंगलादेश च्याप्टरका अध्यक्ष शहिद हमिदले बाहिरी देशका पर्यटक मात्र नभई आन्तरिक पर्यटनमा पनि उल्लेख्य गिरावट आएको बताए।, नेपालले जस्तै बंगलादेशले पनि अहिले विश्वभरका पर्यटकका लागि खुला गरेको छ। पाटा नेपाल च्याप्टरको निमन्त्रणामा १२ जना टुर अपरेटर, सञ्चारकर्मी, व्यवसायीसहितको टोली लिएर काठमाडौं ओर्लिएका हमिद बुधबार पोखरा आए। पोखराका पर्यटन व्यवसायीसँग छलफल गरेका उनले दुई देशका व्यवसायीले पर्यटन प्रवर्द्धन गर्न हातेमालो गर्न आवश्यक रहेको औंल्याए।, ‘बंगलादेशका नागरिकले घुमफिरमा प्रशस्त पैसा खर्च गर्न थालेका छन्, उनीहरूलाई नेपालले आकर्षित गर्न सक्नुपर्छ,’ हमिदले भने, ‘हामी दुई देशका व्यवसायी मिलेर पर्यटन क्षेत्रलाई उकास्न सक्छौं।’, बंगाली नागरिकले नेपालको प्राकृतिक सम्पदा मन पराएका मात्र होइन, खुला रूपमा घुमफिर, मनोरञ्जन र नेपालमा पस्मिना लगायत विभिन्न सामग्री खरिद गर्न चाहने हमिदको भनाइ छ।, पाटा नेपाल च्याप्टरका अनुसार कोरोना महामारी आउनुअघि सन् २०१९ मा २६ हजार बंगाली पर्यटक नेपाल भित्रिएका थिए। कोरोना महामारी सुरू भएपछि पनि सानो संख्यामा बंगाली पर्यटक नेपाल आउन भने नछाडेको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले बताए।, धेरैजसो बंगाली पर्यटक अहिले पनि बैंकक जाने गरेका छन्। बंगलादेशमा नेपाल प्रवर्द्ध गर्न सके उनीहरूलाई नेपाल भित्र्याउन सकिने बुडालको भनाइ छ। ‘बंगलादेशमा नेपाल प्रवर्द्धन नै भएको छैन,’ उनले भने, ‘अहिले आइरहेका पर्यटक निकै सानो संख्यामा छ, थोरै मेहनतले पनि दोब्बर पार्न सकिन्छ।’, बंगाली पर्यटकका लागि पनि नेपाल सस्तो र नजिकको गन्तव्य भएको उनले बताए। ढाकाबाट १ घण्टा २० मिनेटमा काठमाडौं उत्रने सक्ने र २ सय अमेरिकी डलर मात्र टिकट खर्च लाग्ने उनले बताए। बंगाली पर्यटकले डलरमा खर्च गर्ने भएकाले पनि नेपालको डलर सञ्चिती बढ्ने भन्दै उनले बंगाली पर्यटकबाट फाइदै-फाइदा पुग्ने बताए।, कोभिड–१९ को महामारीमा छोटो दुरीमा आउन सक्ने छिमेकी देशका पर्यटकलाई आकर्षित गर्नुपर्नेमा नेपालका पर्यटक व्यवसायी टिकाराम सापकोटा पनि सहमत छन्। बंगाली नागरिक नेपाल घुम्न आउँदा अधिकांश पोखरा आउने गरेको भन्दै उनले युवा पुस्ताका बंगालीहरू पदयात्रा गर्न रूचाएको उनले बताए।, नेपाल र बंगालादेशका पर्यटन व्यवसायीबीच व्यवसाय ‘नेटवर्किङ’ बंगलादेशका व्यवसायीलाई नेपाल बोलाएको भन्दै सापकोटाले यो भ्रमणले नेपालको प्याकेज बंगलादेशमा बेच्न सजिलो हुने बताए। ‘हामीले पर्यटकलाई दिने प्याकेज बंगलादेशकै व्यवसायीमार्फत् त्यहाँ बिक्री गर्न यो भ्रमण फलदायी हुनेछ,’ सापकोटाले भने, ‘अहिलेसम्म सानो संख्यामा भएको व्यवसाय नेटवर्किङ यो भ्रमणले विस्तार गर्न टेवा पुर्‍याउँछ।’, पोखरा आइपुगेका बंगाली पर्यटन व्यवसायीको समूहले बिहीबार बिहान फेवातालमा डुंया सयर गरेका थिए। पोखराका व्यवसायीसँग व्यवसाय नेटवर्किङबारे छलफल सकेर उनीहरूलाई अन्तर्राष्ट्रिय पर्वतीय संग्राहालय र विश्व शान्ति स्तुपमा दृश्यावलोकन गर्न लगिएको थियो।, नेपालमा जस्तो अग्ला पहाड र हिमाल नभएका कारण बंगाली व्यवसायी यी दुबै ठाउँ पुग्दा अचम्मित बनेका थिए। पर्वतीय संग्राहालयमा राखिएका विभिन्न जात-जातिका संस्कृति झल्कने सामाग्रीदेखि पर्वतीय गतिविधि, हिमाल र संग्रहालयमा रहेका हिमाली जनजीवन झल्काउने सामग्रीले उनीहरूको ध्यान खिचेको थियो। संग्राहलयका निर्देशक निर्मला न्यौपानेले बंगाली टोलीलाई जानकारी दिइन्।, फेवातालमाथि रहेको विश्व शान्ति स्तुप पुग्दा उनीहरूले यति अग्लो पहाड कहिल्यै नचढेको बताएका थिए। बादलले अन्नपूर्ण श्रृङ्खला ढाके पनि कहिलेकाहीँ खुल्दा देखिएका हिमालको थोरै भागले पनि उनीहरू रोमाञ्चक बनेका थिए। बंगाली टोलीलाई पोखरा टुर गाइड एसोसिएसनका अध्यक्ष कृष्ण भारतीले ‘गाइड’ गरेका थिए।, बंगाली पर्यटन व्यवसायीको नेपाल भ्रमणले महामारीमा थलिएको पर्यटन क्षेत्र पुनरूत्थान गर्न सघाउ पुर्‍याउने पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्माले बताए। ‘विदेशी पर्यटक भन्ने वित्तिकै पश्चिमा पर्यटकलाई मात्र सम्झने होइन,’ उनले भने, ‘बंगाली पर्यटकले पनि डलरमा पैसा तिर्छ, पश्चिमाले भन्दा धेरै खर्च गर्छ।’, पोखराको पर्यटन बजार उकास्न तम्सिए नेपाल र बंगलादेशका व्यवसायी
सेतोपाटी संवाददाता विभिन्न विधामा योगदान दिएका सञ्चारकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले 'नेपाल मिडिया अवार्ड २०७८' आयोजना हुने भएको छ। , ड्रिम हाइ नेपाल प्रालिको र नेपाल पत्रकार महासंघको सहकार्यमा हुने अवार्डबारे बुधबार राजधानीको होटल सोल्टीमा कार्यक्रम गरी जानकारी गराइएको हो। , 'नेपाल मिडिया अवार्ड २०७८' कुल २५ विधामा वितरण हुने आयोजकले जनाएको छ। 'टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिनेछ,' आयोजक संस्थाका प्रबन्ध निर्देशक कमल जिसीले भने, 'उल्लेखित विधाबाहेक भूगोलतर्फ सात प्रदेशबाट २/२ जनालाई सम्मान गरिनेछ। त्यसै गरी नेपाली मिडियाको विकासक्रममा उल्लेख्य योगदान पुर्याउने दुई विशिष्ठ सञ्चारकर्मीलाई लाइफटाइम एचिभमेन्ट सम्मान प्रदान गरिनेछ।', नेपाल पत्रकार महासंघसँगको समन्वयमा महासंघका पूर्वअध्यक्ष र सञ्चार विज्ञसहितको ५ सदस्यीय निर्णायक टिमले सम्मानित सञ्चारकर्मीहरुको छनोट गर्ने आयोजकले बताएको छ। कार्यक्रममा पत्रकार महासंघ सचिव पवन आचार्यले सञ्चारकर्मीहरुको कामलाई सम्मान गर्ने र हौसला दिने यस प्रकारको काममा महासंघले सहकार्य गर्न पाएको भन्दै खुसी व्यक्त गरे।, पुस २३ मा आयोजना हुने उक्त अवार्ड समारोहको घोषणा कार्यक्रममा शुभकामना प्रदान गर्न सञ्चारकर्मी ऋषि धमला, सञ्चारकर्मी तथा फिल्म निर्देशक दिनेश डिसी, अभिनेता रमेश उप्रेतीलगायत पत्रकारिता क्षेत्रको प्रतिनिधित्व गर्ने दर्जन बढी संस्थाका अध्यक्ष तथा प्रतिनिधि उपस्थित थिए।, पुस २३ मा 'नेपाल मिडिया अवार्ड २०७८'
सेतोपाटी संवाददाता आफ्नै श्रीमतीको हत्या आशंकामा रूपन्देहीको देवदहमा एकजना पक्राउ परेका छन्।, देवदह नगरपालिका वडा नं. १२  प्रगतिनगरकी २५ वर्षीय दिलमाया श्रेष्ठ मगरको हत्या आशंकामा प्रहरीले उनकै ३० वर्षीय श्रीमान हिमाल श्रेष्ठलाई पक्राउ गरेको हो।, दिलमायाको शव देवदह नगरपालिका–११ सदवनियास्थित सडक छेउमा बिहीबार फेला परेको थियो।, रूपन्देहीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार बुधबारदेखि घरबाट बेपत्ता दिलमायाको शव उक्त सडक छेउमा फेला परेपछि अनुसन्धानका क्रममा उनकै श्रीमानलाई पक्राउ गरिएको हो।, पक्राउ परेका श्रेष्ठलाई शुक्रबार अदालतमा पेश गरी म्याद थप गरेर थप अनुसन्धान सुरू गर्ने प्रहरीले जनाएको छ।, श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
सेतोपाटी संवाददाता कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।, आंशिक रूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।, आज ५८० वर्षयताकै सबैभन्दा लामो खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । यो सन् २०२१ को अन्तिम चन्द्रग्रहण समेत हो । , यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ। नेपाली समयानुसार दिउँसो १ः०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४ः३२ बजेसम्म देखिने जनाइएको छ। चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत क्षेत्र ढाकिनेछ । , यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । अब ८ फेब्रुअरी २६६९ मा मात्रै लामो चन्द्रग्रहण लाग्नेछ ।, एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्रग्रहण देख्न सकिने नेपाल एष्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।, नेपालबाट विरलै छायाँजस्तो भागमात्र देखिने र नाङ्गो आँखाले त्यो पनि देख्न नसकिने उनले बताए। यसपटकको चन्द्रग्रहण पहिले देखिनेभन्दा हल्का रेखा आकारमा देखिने खगोलविद्को दाबी छ।, आज ५८० वर्षयताकै सबैभन्दा लामो चन्द्रग्रहण, नेपालबाट नदेखिने
रासस अरब सागरमा बनेको न्यून चापीय प्रणालीबाट प्रभावित मौसम अगामी आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ। , नेपालमा अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार उक्त प्रणालीको प्रभाव आइतबार मध्यान्हबाट क्रमिक सुधार हुँदै जानेछ। यस अवधिमा देशको अधिकांश  स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपात र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।, 'ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन,' उनले  भने। , हाल देशको प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली भई बाँकी प्रदेशमा सामान्यतया बदली रहेको छ।, दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका भू-भागमा सामान्य  बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली  रहने महाशाखाले जनाएको छ। , मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव एक डिग्री र अधिकतम तापक्रम २२ दशमलव पाँच डिग्री सेल्सियस छ।  , आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव दुई डिग्री र सबभन्दा धेरै वीरेन्द्रनगरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस छ। , आइतबारदेखि मौसममा क्रमिक सुधार हुने
युवराज श्रेष्ठ कात्तिकको अन्तिम साता पोखरा भ्रमणमा आएका अर्थमन्त्री जनार्दन शर्मालाई फेवाताल पारिको डाँडा पुम्दीकोटका स्थानीयले आफ्नो गाउँमा आउन निम्तो गरे। , फेवातालपारिको वनमाथि रहेको डाँडामा स्थानीयले भगवान महादेवको मन्दिर र विशाल मूर्ति स्थापना गरेका छन्। त्यहीँ मूर्ति देखाउन उनलाई बोलाएका थिए।, ठाउँठाउँमा भत्किएको अप्ठेरो बाटो छिचोल्दै पुम्दीकोट गएर अर्थमन्त्री शर्माले महादेवको मूर्ति हेरे। त्यसपछि अर्थमन्त्री शर्माले स्थानीयसँग बाटो कालोपत्र गर्न सहयोग गर्ने आश्वासन दिएको वडा सदस्य चेतभक्त शर्मा बरालले बताए।, उनीमात्र होइन गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पूर्व प्रदेश प्रमुख सिता पौडेल, भौतिक पूर्वाधार मन्त्री कुमार खड्कालगायत पनि उक्त ठाउँ पुगिसकेका छन्। गण्डकी सरकारका अर्थमन्त्री रामजी बराल ‘जीवन’ले  मन्दिरसम्म पुग्ने बाटो कालोपत्र गर्ने आश्वासन दिएका छन्।, वीरगञ्ज, काठमाडौंका व्यापारीदेखि अन्य सर्वसाधारणले दिएको चन्दा र नेपाल सरकारले गरेको सहयोगले पुम्दीकोटमा महादेवको मन्दिर र मूर्ति स्थापना गरि धार्मिक पर्यटनस्थलको रूपमा विकास गर्न लागिएको छ।,  , यहाँ नेताहरूमात्र होइन महादेवको प्रतीमा हेर्न अहिले पुम्दीकोटमा अरू सर्वसाधारणको भिड बढिसकेको छ।, उक्त स्थानबाट उत्तरतर्फ अन्नपूर्ण हिमश्रृंखलाका सबै हिमाल देखिन्छ भने तल फेवाताल र पोखरा सहरको मनोरम दृश्य देखिन्छ। दक्षिणतर्फ फर्काएर शिवको प्रतिमा स्थापना गरिएको छ तर यो अझै बनाएर सकिएको भने छैन।, पुम्दिकोटमै घर भएका चन्द्रकान्त बरालले यो महादेवको प्रतिमा स्थापना गर्ने मन्दिर बनाउने कामको नेतृत्व गरेका छन्। ‘पुम्दीकोट विकास समिति’ गठन गरेर त्यसको अध्यक्ष पनि उनै भएका छन्। , समितिले सुरूमा फेवातालपारि वनमाथि जग्गामा शिव मन्दिर बनाउन जिल्ला वन कार्यालयसँग अनुमति लिएको थियो। अनुमति पाएपछि शिव प्रतिमा बनाउन गाउँमै महायज्ञको आयोजना गर्‍यो।, महायज्ञ लगाउँदा गाउँबाटै ८ करोड रूपैयाँ उठ्यो। शिव प्रतिमासहित मन्दिर र विभिन्न धार्मिक संरचना बनाउन ४० करोडको योजना बन्यो। त्यसपछि समितिले आर्थिक संकलन अभियानलाई तिव्रता दियो।, उक्त धार्मिक संरचना बनाउन पोखरा महानगर, गण्डकी सरकार र संघीय सरकारसँग पनि आर्थिक सहयोग जुटाउन सफल भए।, आर्थिक संकलनका क्रममा शिव प्रतिमा बनाउन अहिलेसम्म १२ सय जनाले आर्थिक सहयोग गरिसकेको समितिले जनाएको छ। आर्थिक संकलन अभियान अहिले पनि चलिरहेको छ।, सबभन्दा धेरै ३ करोड रूपैयाँ मूल्य बराबरको सहयोग काठमाडौंका व्यवसायी कमल जैनले सहयोग गरेका छन्। वीरगञ्जका उद्योगपति मुरलीधर रूंगटाले १ करोड रूपैयाँ नगद दान दिएको अध्यक्ष बरालले बताए।, ४० करोड रूपैयाँको लागत अनुमान गरिएको उक्त योजना अन्तर्गत अहिलेसम्म आधा अर्थात् २० करोड रुपैयाँ बराबरको काम सकिएको छ।, अझै २० करोडको संचना बनाउन बाँकी नै छ। अध्यक्ष बरालका अनुसार कुमार–पार्वती स्ट्याचू, सुमेरू पर्वत, ग्रिनरी पार्क, पार्किङ, विभिन्न देवदेवीको प्रतिमा राख्न बाँकी नै छ।, सार्वजनिक र सरकारी गरी यति ठूलो लगानीमा शिव मूर्ति स्थापना गर्दा धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको अध्यक्ष बरालले बताए।, उनले उक्त शिव मूर्तिलाई दक्षिण एसियाकै ठूलो भएको दाबी गरेका छन्। उनले शिवमूर्तिको उचाइलाई नभइ संरचना ठूलो भएको दाबी गरेका हुन्।, शिव मन्दिरको साटो यति ठूलो लगानी गरेर पुस्तकालय, स्कुल वा अस्पतालजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्न सक्ने संरचना बनाउनुपर्नेमा कतिपयको जोड छ।, बराल भने त्यहीँ मन्दिरको माध्यमबाट यस्ता संरचना बनाउन सकिने बताउँछन्। , ‘मान्छेलाई के लाग्छ भने अर्बौं खर्च गरेर मन्दिर बनाउनुभन्दा कलेज, स्कुल बनाइदिए हुन्थ्यो भन्ने लाग्दोरहेछ,’ उनले भने, ‘धार्मिक पर्यटनको हब बनाउने हाम्रो लक्ष्य हो, परम्परा धान्नुपर्छ, यसले भविष्यमा कलेज, अस्पताल धान्नसक्छ।’, पोखरा घुम्न आउने पर्यटकलाई एक दिन भए पनि बसाइँ लम्ब्याउन सके देशको आर्थिक विकासमा फाइदा पुग्ने उनको दाबी छ।, शिव मन्दिर बनाएपछि गाउँका युवा बेरोजगार बन्नुनपर्ने भन्दै उनले गाउँमै उत्पादन गरेर गाउँमै बिक्री गर्न सक्ने अवस्था सिर्जना भइसकेको बताए।, ५ वर्षअघि पोखरा बस्ने  चन्द्रकान्तले सपनामा महादेव तलाउमा तैरिरहेको देखेको बताउँछन्।, सपनामा आफूले मान्ने भगवान शिवको जुन प्रतिमा देखेका थिए, तत्काल उनले त्यहीँ प्रतीमा बनाउन लगाए। आफ्नो कार्यकक्षमा त्यहीँ प्रतीमा राखे।, पोखरामा दानाको व्यवसाय गर्दै आएका बरालले कार्यकक्षमा राखिएको शिव मूर्ति देखाउँदै भने, ‘शिवजीको यहीँ प्रतिमा मैले सपनामा देखेको थिएँ, त्यसै प्रकारको मूर्ति पुम्दीकोटमा स्थापना गर्ने अठोट गरेँ।’, बरालको पुरानो घर पुम्दीकोट हो। कोटमा मन्दिर बनाएर स्थानीय परम्परादेखि नै भूमेश्वरको पूजा गर्छन्। त्यही मन्दिर भएको ठाउँमा सपनामा देखेको शिवजीको विशाल प्रतिमा बनाउन बरालले प्रतिज्ञा गरे।, मन्दिर भएकै ठाउँमा यसअघि शान्ति मन्त्रालयको सहयोगमा भ्युटावर बनाइएको छ।, पुम्दीकोटभन्दा करिब २ किलोमिटर तल विश्व शान्ति स्तुप छ। बौद्ध धर्मावलम्बीको उक्त स्तुपा पनि पोखराको पर्यटकीय आकर्षणमध्ये एक हो।, गाउँ जाने बाटो छैन, पुम्दीकोटमा बनेको विशाल शिव प्रतिमा हेर्न जानेको भिड बढे पनि बाटोको अवस्था भने नाजुक छ।, पोखरा–लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्ग हुँदै पुम्दीकोटतर्फ उकालो लाग्दा यात्रुले धेरै ठाउँमा जोखिम मोल्नुपर्ने अवस्था छ।, पोखरा–२२ का स्थानीय बद्रिनाथ बरालले पुम्दीकोट पुग्न विभिन्न ठाउँबाट मोटरबाटोको ट्रयाक खोलिए पनि स्तरोन्नति हुन नसकेको बताए।, ‘गाउँमा मोटरबाटोको सुविधा पुगेको छैन, मन्दिर हेर्न आउनेलाई पनि दु:ख छ,’ उनले भने, ‘सरकारले बाटो बनाउन ध्यान दिनुपर्छ।’, शिव मन्दिरमा मात्र नभई गाउँलाई नै जोखिममा पर्ने गरी निजी जग्गाबाट ढुंगा निकाल्ने काम भइरहेको समेत उनले बताए। अहिलेसम्म त्यसतर्फ भने कसैको ध्यान जान नसकेको बद्रिनाथको भनाइ छ।, पुम्दीकोटबासी वडासदस्य चेतभक्त शर्मा बरालले मन्दिर जाने सिँढी बनाउन वडाले ४ लाख रूपैयाँ विनियोजन गरेको बताए।, मोटरबाटो कालोपत्रे गर्न भने संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरेको उनको भनाइ छ।, हेर्नुहोस् भिडिओ, ४० करोडको महादेव! (भिडिओ)
सेतोपाटी संवाददाता रोल्पामा बिहीबार बेलुकी भएको बस दुर्घटनामा ज्यान गुमाएका चारै जनाको सनाखत भएको छ। , घटनास्थलमै मृत्यु भएका तीन जना पुरूष र एक महिलाको शुक्रबार बिहान सनाखत भएको हो। , बसका चालक दाङको परिवर्तन गाउँपालिका वडा नं. ५ का ४० वर्षीय वीरमान बुढा, वडा नं. ६ का ५० वर्षीय कुमार पुन, वडा नं. १ का २९ वर्षीय दीपक रोका र त्रिवेणी गाउँपालिका वडा नं. ४ की १८ वर्षीया पुष्पा घर्ती मगरको मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले दुर्घटनाका १९ जना घाइतेको विभिन्न ठाउँका अस्पतालमा उपचार भइरहेको सेतोपाटीलाई बताए।, पाँच जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए।, भैरहवामा उपचाररत मध्य परिवर्तन गाउँपालिका वडा नं. २ की २१ वर्षीया अनिता बोहोराको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक रानाले बताए। , घाइतेमध्ये ११ जनाको जिल्ला अस्पताल रेउघामा र ३ जनाको घर्ती गाउँस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक रानाले जानकारी दिए। , दाङको घोराहीबाट शहीद मार्ग हुँदै रोल्पाको थवाङतर्फ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे माडी गाउँपालिका वडा नम्बर २ जलजलास्थित माडी खोलामा बस खसेको थियो। , घटनास्थलमा बाटो साँघुरो हुुनुका साथै घुम्ती रहेको हुँदा मोडमा स्टेरिङले काम नगरेर बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीको आशंका छ। , बस सडकदेखि झन्डै एक सय मिटर तल खसेको छ। , कात्तिक २८ गते बिहान माडी गाउँपालिकाबाट घर्ती गाउँतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।, रोल्पा दुर्घटनाका चारै जना मृतकको सनाखत
सेतोपाटी संवाददाता काठमाडौंको बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , शुक्रबार बिहान करिब २ बजे माइतीघरबाट बबरमहल जाँदै गरेको बागमती प्रदेश ०२-०२४ प ६७७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटना हुँदा मोटरसाइकल पछाडि बसेका एक जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए। , जेब्रा क्रसिङनेर मोटरसाइकल पल्टिँदा पछाडी सवार काभ्रे घर भएका २१ वर्षीय रोहन मलेकारको टाउकोमा चोट लागेको थियो।, काभ्रे घर भई काठमाडौंको पेप्सीकोला बस्दै आएका १८ वर्षीय चालक रूपक केसी पनि घाइते भएका थिए। , उनीहरू दुबैलाई अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो। मलेकारको उपचारको क्रममा बिहान २:५५ मा मृत्यु भएको प्रहरी नायब उपरीक्षक शाहले बताए। , चालक केसी भने सामान्य छन्। अहिले उनी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा छन्।, एक प्रहरीका अनुसार उनीहरू राति ठमेलबाट घर फर्किँदै थिए। उनीहरू साथी हुन्। तीव्र गतिका कारण दुर्घटना भएको देखिएको उनले बताए। चालकले मापसे गरेको ट्राफिक प्रहरीको ब्रेथलाइजरमा देखिएको थिएन।, मृतक मलेकारको शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ। , मध्यरातमा माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
सबिना श्रेष्ठ सार्वजनिक शौचालय भन्ने बित्तिकै पक्कै पनि तपाईंको नाक खुम्चिन्छ। जानुअगाडि धेरैपटक सोच्नु पनि होला।, अप्ठ्यारो परेका बेला अनुहार बटारेरै भए पनि जानैपर्‍यो है! , कहिलेकाहीँ राम्रा र सफा शौचालय पुग्दा त अचम्मै लाग्ला!, स्वयम्भू बुद्धपार्कबाट भगवानपाउ जाने जंगलको बाटोमा बायाँपट्टि हेर्नुभयो भने त्यस्तै अचम्म लाग्ने शौचालय देख्नुहुन्छ। सफा, सहज र स्मार्ट।, यो शौचालय संसारकै उत्कृष्ट पाँचमा परेको छ भन्दा तपाईं अझै चित खानुहोला।, नेदरल्यान्डले आयोजना गरेको 'सरफाती सेनिटेसन च्यालेन्ज' मा विश्वभरका ८० सरसफाइ संस्थामध्येबाट यो शौचालय उत्कृष्ट पाँचमा पर्न सफल भएको छ। नोभेम्बर अन्तिम सम्ममा टप पाँचमा परेका शौचालयमध्येबाट एउटा विजेता घोषित हुनेछ। पहिलो हुनेले एक लाख युरो पुरस्कार पाउनेछ।, यो शौचालयको नाम पनि छ- एरोशान।, एकतले भवनमा बनेको यसमा पूर्वाधार, व्यवस्थापन र वातावरणमैत्री गरेर मुख्य तीन कुरामा ध्यान दिइएको प्रकाश अमात्यले जानकारी दिए। अमात्य 'गुथि' नामक गैरनाफामूलक संस्थामा कार्यरत छन्। आकाशे पानी, शौचालय व्यवस्थापन र वातावरणका विषय उनको कामको मुख्य क्षेत्र हो। स्वयम्भूमा दुई वर्षअघि यो शौचालय बनाउन पनि उनी र गुथिकै हात छ।, स्वयम्भूको भगवानपाउमा रहेको सार्वजनिक शौचालयअगाडि प्रकाश अमात्य। तस्बिरः सबिना श्रेष्ठ/सेतोपाटी, अमात्यका अनुसार नगरपालिकाले उनीहरूलाई जग्गा उपलब्ध गराइदियो। शौचालय बनाउन क्यानडाको सहयोग छ। करिब ६० लाख रूपैयाँ लागतमा यो तयार भएको हो।, यहाँ मान्छे छिर्नेबित्तिकै बत्ती बल्छ, बाहिर निस्किँदा आफैं निभ्छ। सेन्सर लाइटहरू प्रयोग भएका छन्।, दायाँतिर पुरुषका लागि दुइटा र बायाँतिर महिलाका लागि दुइटा शौचालय छन्। सँगै पर्यटक, अशक्त र पाका मान्छेलाई सजिलो हुने शौचालय पनि छ।, महिला शौचालय छेउको भित्तामा स्यानिटरी प्याड राखिएको भेन्डिङ मेसिन छ। दुई रूपैयाँका तीन वटा सिक्का खसाएपछि, अर्थात् छ रूपैयाँमा एउटा प्याड पाइन्छ। बाहिर किनिने प्याडभन्दा सस्तै पर्छ। प्रयोग भएका प्याड फाल्ने डस्टबिन र ती प्याडलाई बिजुलीबाट जलाउने मेसिन पनि त्यहीँमुनि राखिएको छ। , अब सिक्का नभए कहाँबाट ल्याउने?, त्यसको समाधान शौचालयका बीचमै रहेको पसल हो। यहाँ सिक्का मात्र होइन खानेकुरासमेत किन्न र खान पाइन्छ।, शौचालयकै बीचमा खाने पसल?, सुन्दै अप्ठ्यारो लाग्न सक्छ। तर यसका थप विशेषताबारे थाहा पाएपछि अप्ठ्यारो आफैं भाग्छ।, अमात्यका अनुसार यो शौचालय यस्तो डिजाइनमा बनेको छ जहाँ दुईतिरबाट हावा सहजै बहेर बाहिर निस्किने खालको 'क्रस-भेन्टिलेसन' छ। शौचालयको गन्ध त्यहीँबाट बाहिर जान्छ।, हात धोएको र सरसफाइको पानी पाइपबाट तल पठाइन्छ। चार-पाँच पटक फरकफरक ठाउँमा प्रशोधन गरेपछि त्यो पानी राम्रो भएर माथि पुग्छ। त्यहाँ पनि ढुंगा, गिटी, बालुवा लगायत प्रक्रियामा फिल्टर गराएर बल्ल ट्यांकीमा पठाइन्छ।, त्यो पानी पुनः चर्पीमा हाल्न, सरसफाइ गर्न र बारीमा प्रयोग हुन्छ। यहाँ प्रयोग हुने अरू पानी स्रोत भने बर्खा हो। आकाशे पानी संकलन गर्न शौचालयको छानामा ६ सय वर्गफिटको छाना छ। त्यहाँबाट बग्दै आएको पानी १५ हजार लिटरको ट्यांकीमा जम्मा हुन्छ। यसबाटै ८० प्रतिशत पानीको समस्या समाधान हुन्छ। बाँकी २० प्रतिशत बाहिरी स्रोतबाट ल्याउन पर्छ।, शौचालयको दिसा-पिसाब 'बायो डाइजेस्टर' मा आउँछ। यसबाट बायोग्यास उत्पादन हुन्छ। त्यही ग्यासबाट महिनाको दुई सिलिन्डर ग्यास उत्पादन भइरहेको छ।, त्यसबाट यहाँको खाजा पसलमा चिया, पकौडा, तरकारी लगायत परिकार पाक्छन्। चाउचाउ, बिस्कुट, पानी, जुस लगायत अन्य खानेकुरा किन्न पाइन्छ। बाहिरभन्दा सस्तोमा महिनावारी प्याड र दस रूपैयाँका दुइटा मास्क यहाँ बेचिन्छ। शौचालयको नियम हो, मास्क लगाउनैपर्ने। , व्यवस्थापनको कुरा गर्दा यो शौचालय महिलाद्वारा सञ्चालित छ। सरसफाइ अनुभव भएका महिलाले यहाँको रेखदेख र सफाइ काम सम्हाल्छन्। बिहान ६ बजेदेखि बेलुकी ८–९ बजेसम्म खुल्ने भएकाले दुई सिफ्टमा काम हुन्छ। स्वयम्भूकै 'स्वाभिमानी सरसफाइ समूह' ले उनीहरूलाई परिचालन गरेको हो। पसलमा उठेको पैसा त्यही समूहलाई जान्छ।, यहाँ काम गर्ने तीन कर्मचारीलाई दिइएको सुरूआती तलब सरकारले तोकेको न्यूनतम १५ हजार रूपैयाँ हो। त्यसमा बीमा, भत्ता लगायत अन्य सुविधा थप भएको अमात्यले जानकारी दिए।, कर्मचारीको छुट्टै पोशाक पनि छ। आफूले कुनै कार्यालयमै काम गरेको महसुस गरून् भन्ने यहाँको उद्देश्य हो। , यहाँ शौचालय गएको पैसा तिर्नु पर्दैन। त्यसको बदलामा तपाईंलाई बायोग्यासबाट पाक्ने १५ रूपैयाँ पर्ने कालो चिया खान आग्रह गरिन्छ।, हामी त्यही चिया खाँदै पसलबाहिरको बगैंचामा रहेको बेन्चमा बसेर अमात्यसँग कुराकानी गरिरहेका छौं। यो शौचालयको उद्देश्य यहाँ आएर मानिसहरूले केही समय बिताऊन् भन्ने पनि रहेछ।, अमात्यले भने, 'यहाँको सबै फोहोर यहीँ व्यवस्थापन हुनु पनि यो शौचालयको विशेषता हो।', स्वयम्भूको जस्तै स्मार्ट सार्वजनिक शौचालय काठमाडौंमा कति होलान्? त्यस्ता शौचालय सम्झिनै मुश्किल पर्नुका कारण के हुन्? हरेक शौचालय दिवसमा शौचालय अभाव वा राम्रो भएन भनिन्छ, तर समाधान के?, गुथिले वाटर एड नेपालसँग मिलेर उपत्यकाका शौचालयबारे अध्ययन गरेको थियो। जसअनुसार काठमाडौंमा ३५, ललितपुरमा १०, कीर्तिपुरमा १३ र मध्यपुर थिमीमा ६ सार्वजनिक शौचालय छन्। जम्मा ६४ वटा। यसमध्ये केही शौचालय फुटपाथ पसलका गोदाम भएका पाइयो। टुडिँखेल वरिपरिका धेरै फुटपाथ/गाडा व्यापारीले सार्वजनिक शौचालयलाई आफ्नो सामान राख्ने कोठा बनाएका थिए। , अमात्यका अनुसार महानगरले ठेक्कामा दिएका शौचालयको लागत उठाउन ठेकेदारहरूले यसरी भाडामा सामान राख्न दिन्थे।, 'ठेकेदारले महानगरलाई शौचालय शुल्क भनेर वर्षमा ६० लाखसम्म पनि तिर्छ। शौचालय प्रयोगबाट हरेक दिन उठाएको पैसाले त्यो रकम पुग्न हम्मे भएपछि त्यसरी पनि पैसा उठाएका रहेछन्,' अमात्यले भने। , हामीले काठमाडौं महानगरपालिकासँग पाँच वर्षको ठेक्का लिएर हालै टेन्डर सकेका ऋषि गड्तौलासँग यस विषयमा सोध्यौं। उनले बितेका पाँच वर्षमा हरेक वर्ष २६ लाख तिर्ने गरी विद्युत प्राधिकरण, खुलामञ्च नजिकैको शौचालय, १४ लाखमा वीर अस्पतालको र एक लाखमा शंखपार्कको शौचालय किनेका थिए।, 'सरकारले सार्वजनिक सूचना जारी गरेपछि त्यहीअनुसार ठेक्कामा लिएका थियौं,' उनले भने, 'अहिले सम्झौता सकिएपछि महानगरले ती शौचालय भत्काएको छ। छिट्टै नयाँको टेन्डर खोल्ने भनेको छ। त्यसैले अहिले त्यहाँ शौचालय नै छैन।', सर्वसाधारणको सुविधाका लागि सरकारले शौचालय निःशुल्क बनाउनु पर्ने हो। कर्मचारी खटाएर सेवा–सुविधा दिनुपर्ने हो। तर ठेक्कामा दिएर कमाउन खोज्नु दुःखको कुरा भएको अमात्य बताउँछन्।, शौचालयसँगै जोडिएर आउने अर्को कुरा त्यसबाट निस्कने फोहोर हो। एरोसन ट्वाइलेट्सले गरेको एक अध्ययनअनुसार काठमाडौंका ४० लाख मानिसले गर्ने दिसा–पिसाबबाट दैनिक करिब एक सय ५० सिलिन्डर ग्यास उत्पादन गर्न सकिन्छ। तर हामीकहाँ धेरैजसो खोलानालामा मिसाइन्छ। यसलाई रोक्ने कडा कानुन छैन। त्यसैले जबसम्म फोहोर मिसाउन छाडिन्न, खोलानाला सरसफाइ अभियान सफल नहुने अमात्य बताउँछन्।, त्यस्तै शौचालयको मुद्दामा बायो ग्यास र आकाशेपानीलाई पनि उत्तिकै महत्वमा राख्न जरूरी भएको उनी बताउँछन्।, अमात्यकै रोहवरमा बनेको स्वयम्भूको यो शौचालय अहिले उदाहरणीय बनेको छ। यसैलाई हेरेर काठमाडौं र ललितपुर महानगरले हरेक वडामा एउटा शौचालय बनाउने निर्णय गरेका छन्। पुराना शौचालय पनि राम्रो बनाउने भनेका छन्।, अर्को राम्रो निर्णय पनि छ- कुनै पनि व्यवसायिक भवन, होटलले बाहिरका मान्छेलाई शौचालय प्रयोग गर्न दिए वार्षिक करमा ५० प्रतिशत छुट हुने!, तर अमात्य महानगरका यी काममा ढुक्क छैनन्, भन्छन्, 'नीति तथा कार्यक्रममा यो योजना राखे पनि उचित बजेट छुट्याएकै छैनन्। त्यसैले लोकप्रिय हुने नीति मात्र हुने हो कि भन्ने डर छ।', यता अमात्यको गुथिको कामबाट प्रभावित भएर विभिन्न नगरपालिकाले स्मार्ट शौचालय बनाउन आह्वान पनि गर्दै आएका छन्। तर गुथिले दुई सर्त राख्छ- नगरपालिकालाई एक पैसा नतिर्ने र कर्मचारी आफैंले खटाएर व्यवस्थापन गर्ने।, यस्तो सर्त राख्नुको कारण बताउँदै अमात्य भन्छन्, 'जबसम्म टेन्डर प्रक्रियामार्फत नगरपालिकाहरूले शौचालय ठेक्कामा दिन्छन्, तबसम्म शौचालयको व्यवस्थापन राम्रो हुँदैन।', उनीहरूकै सम्झौताअनुसार अहिले मंगलबजार, बानेश्वर, बुद्धपार्क लगायत ठाउँमा शौचालय बनिसकेका छन्। उनीहरूको अबको योजना काठमाडौं र ललितपुरमा ५० वटा यस्ता शौचालय बनाउने हो।, 'यो आजको भोलि हुने कुरा होइन। मान्छेलाई बुझाउन पनि समय लाग्ने रहेछ,' अमात्यले भने।, स्वयम्भूको शौचालयलाई शैक्षिक हबका रूपमा परिणत गर्ने पनि सोचेका छन् उनले। यसबारे नगरपालिकासँग कुराकानी भइरहेको छ। उनले भने, 'बायोग्यास कसरी बनाउने, आकाशेपानी भनेको के हो, फोहोर कसरी व्यवस्थापन गर्ने लगायत कुरा थाहा पाइने गन्तव्यका रूपमा यो ठाउँ विस्तार गर्ने योजना छ।' , सबै तस्बिरः सबिना श्रेष्ठ/सेतोपाटी, विश्वकै टप–५ मा नेपालको सार्वजनिक शौचालय
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा परेर युवा चिकित्सक डा. निखिल पन्जियारको निधन भएको छ। , बिहीबार राति साढे ११ बजे विराटनगर-४ मा उनले चलाएको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा २७ वर्षीय डा. निखिलले ज्यान गुमाएका हुन्। , जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काका अनुसार विराटनगर महानगरपालिका-४ स्थित आयल निगमछेउ कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको डा. निखिल चढेको प्र-२-०२-००३-प-२१८९ नम्बरको मोटरसाइकललाई को १ ख ३२४४ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो। , मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल कोशी अस्पताल लगिएको थियो।, उपचार क्रममा राति ११ः४५ बजे उनलाई अस्पतालले मृत घोषित गरेको थियो।, डा. निखिलसँगै मोटरसाइकल पछाडि बसेका रामप्रताप साह पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ।, उनको नोबेल अस्पताल विराटनगरमा उपचार जारी छ। , जनकपुर-३ घर भएका डा. निखिलले विराट मेडिकल कलेज मोरङबाट एमबिबिएस पास गरेका थिए।, उनी सोही मेडिकल कलेजमा इन्टर्न गरिरहेका थिए।, उनले जनकपुरस्थित मदर टेरेसा पब्लिक स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए।, को १ ख ३२४४ मिनी ट्रक डा. निखिल चढेको मोटरसाइकललाई ठक्कर दिएपछि फरार रहेको थियो।, प्रहरीले शुक्रबार बिहान बुढीगंगा-२ बखन भन्ने ठाउँबाट उक्त मिनी ट्रक नियन्त्रणमा लिएको छ। चालक भने अझै फरार छन्। प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ।, मिनी ट्रकको ठक्करबाट २७ वर्षीय डाक्टरको निधन
रासस हिमाली जिल्लाका रूपमा रहेको बाजुरामा दैनिक रूपमा चिसो बढ्दै गएको छ। चिसो बढ्न थालेपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। , यहाँ चिसो बढेपछि बालकदेखि वृद्धसम्म बिहान-बेलुकी घरबाहिर निस्कनसमेत गाह्रो हुने गरेको छ।, हिमाली क्षेत्रमा चिसो बढेपछि विद्यालयको पढाइ प्रभावित बन्न थालेको छ। चिसो बढेसँगै विद्यालयको चौरमा विद्यार्थीलाई आगो बालेर पढाइ सञ्चालन गर्न थालिएको छ। , यहाँको बडीमालिका नगरपालिका-९ ढम्कनेमा रहेको सरस्वती आधारभूत विद्यालय चिसो बढेपछि विद्यार्थीलाई आगो बालेर पढाइ सञ्चालन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक हस्तबहादुर धामीले बताए। , उनका अनुसार विद्यालयमा १६० जनाभन्दा बढी विद्यार्थी अध्ययन गर्दै आइरहेको छन्। तीमध्ये १५० विपन्न विद्यार्थी पढ्ने गरेका छन्।, उनीहरू जुत्ता, कपडा किन्न सक्दैनन्, हिउँ झैं तुसारो पर्छ, चिसोले पठनपाठनमा समस्या भएपछि आगो बालेर पढाइ सुरू भइरहेको वडा नं ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए। , चिसोले बालबालिकामा रुघा, ज्वरो आउने, विद्यार्थीका हात फुट्ने, गाला चर्किने समस्या देखिने गरेकाले विद्यार्थीको नियमित पढाइ हुन नसकेको धामीले बताए।, विद्यालयमा मंसिरको पहिलो सातातिर हिउँ पर्ने सुरू हुन्छ, अहिले चिसो बढ्न थालेको छ।, दसैं-तिहारपछि विद्यालय सञ्चालन भएको र त्रैमासिक परीक्षा पनि आउन थालेकाले चिसो बढेको भए पनि पढाउनुपर्ने बाध्यता छ। त्यसैले विद्यालयको चौरमा आगो बालेर विद्यार्थीलाई अध्ययन गराउने गरेको प्रअ धामीको भनाइ छ। , विद्यालयमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी राम्रोसँग लुगासमेत नलगाएर खाली खुट्टा आउने गरेका छन्। उनीहरूलाई चिसो छल्न न टोपी हुन्छ, न ज्याकेट ! चिसोमा पढाउने कार्य उनीहरूका लागि निकै कष्टकर हुने गरेको विद्यालयले जनाएको छ।, उक्त विद्यालयमा अधिकांश जनजातिका बालबालिका पढ्न आउँछन्। केही बालबालिका विद्यालयको पढाइ छोडेर चिसो छल्नका लागि आमाबुबासँग बेँसीतिर झरिसकेका छन्।, वडाको पहलमा भवन शौचालय बन्ने भए पनि भवनभित्र पनि चिसो हुने गरेकाले जाडोको समयमा विद्यार्थी र शिक्षकलाई समस्या हुने गरेको विद्यालयका प्रअ धामीले बताए। , चिसोबाट बच्नका  लागि फ्लर सेटिङ, पिफम, कार्पेट र वालमा बाल पेपर तथा एसिडिसी भएको भए पढाइ प्रभावित नहुने शिक्षकहरूले बताएका छन्। , चिसो छल्नलाई विद्यार्थीका लागि टोपी, मोजा, ज्याकेट स्वेटरजस्ता न्यानो लुगाहरूको आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर धामीले बताए।, विद्यालयमा हिउँ परेका बेलामा हिउँमै पढाइ हुने गरेको छ।, शिक्षा समन्वय एकाइ बाजुराका अनुसार बाजुरामा २७१ विद्यालयमध्ये एक सय विद्यालय हिमाली क्षेत्रमा पर्छन्।, चिसो मौसमका बेला जिल्लाका माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका केही विद्यालयमा पठनपाठनमा समस्या हुने गरेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जनाएको छ।, चिसो बढेपछि विद्यालयमा आगो ताप्दै पढ्छन् विद्यार्थी
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा परी बिहीबार एकैदिनमा दुई युवा डाक्टरले ज्यान गुमाएका छन्। कपिलवस्तु र मोरङमा भएका छुट्टाछुटै मोटरसाइकल दुर्घटनामा डाक्टर दीपक खरेल र निखिल पन्जियारको मृत्यु भएको हो।  उनीहरू दुबै जना २७ वर्षका थिए।, भाइटीकाको दिन कपिलवस्तुको बुद्धभूमिमा मोटरसाइकल दुर्घटनामा परेका डाक्टर खरेलको उपचारको क्रममा बिहीबार बिहान काठमाडौं ट्रमा सेन्टरमा मृत्यु भएको थियो।, कपिलवस्तुको वाणगंगा नगरपालिका-८ का २७ वर्षीय डाक्टर खरेल कपिलवस्तु सामुदायिक अस्पतालमा मेडिकल अफिसरको रूपमा कार्यरत थिए।, कपिलवस्तु सामुदायिक अस्पतालमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोखरेलले अनुसार डाक्टर खरेल चढेको मोटरसाइकल भाइटीकाको राति दुर्घटनामा परेको थियो।, दिउँसो अस्पतालमा आएर उनी ४-५ बजेतिर दिदी-बहिनीबाट टीका लगाउन घर गएका थिए।, ‘टीका लगाएर साथीभाइसँग बाहिर घुम्न जाँदा मोटरसाइकल दुर्घटना परेछ। परिवारले त राति साढे ३ बजेतिर मात्र थाहा पाएका थिए,’ पोखरेलले भने।, खरेल मोटरसाइकलमा पछाडि बसेका थिए। मोटरसाइकल चालकको अवस्था भने सामान्य छ।, टाउकोमा गम्भीर चोट लागेका खरेललाई सुरूमा उपचारका लागि बुटवलको क्रिमसन अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंको मेडीसिटी अस्पताल ल्याइएको थियो।, मेडीसिटीबाट उनलाई ट्रमा सेन्टर सारिएको थियो। उनको उपचारका लागि सहयोगसमेत जुटाइएको थियो।, सामान्य परिवारका खरेल कोरोनाभाइरसको महामारी सुरू भएपछि कपिलवस्तु सामुदायिक अस्पतालमा काम गर्न थालेका थिए।, ‘नेपालबाटै एमबिबिएस गर्नुभएका खरेल आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर अन्तबाट अफर आउँदा पनि यही अस्पतालमा काम गरिरहनुभएको थियो,’ पोखरेलले भने, ‘निकै लगनशील र मेहनती हुनुहुन्थ्यो। के गर्नु यस्तो भइहाल्यो!’, उता डाक्टर पञ्जियार चढेको मोटरसाइकललाई बिहीबार राति मिनी ट्रकले ठक्कर दिएको थियो।, जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काका अनुसार विराटनगर महानगरपालिका-४ स्थित आयल निगमछेउ कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको डा. निखिल चढेको प्र-२-०२-००३-प-२१८९ नम्बरको मोटरसाइकललाई को १ ख ३२४४ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो।, मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल कोशी अस्पताल लगिएको थियो।, उपचार क्रममा राति ११:४५ बजे उनलाई अस्पतालले मृत घोषित गरेको थियो।, डा. निखिलसँगै मोटरसाइकल पछाडि बसेका रामप्रताप साह पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ।, उनको नोबेल अस्पताल विराटनगरमा उपचार जारी छ।, जनकपुर-३ घर भएका डा. निखिलले विराट मेडिकल कलेज मोरङबाट एमबिबिएस पास गरेका थिए।, उनी सोही मेडिकल कलेजमा इन्टर्न गरिरहेका थिए।, उनले जनकपुरस्थित मदर टेरेसा पब्लिक स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए।, को १ ख ३२४४ मिनी ट्रक डा. निखिल चढेको मोटरसाइकललाई ठक्कर दिएपछि फरार रहेको थियो।, प्रहरीले शुक्रबार बिहान बुढीगंगा-२ बखन भन्ने ठाउँबाट उक्त मिनी ट्रक नियन्त्रणमा लिएको छ। चालक भने अझै फरार छन्। प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ।, एकैदिन बिते मोटरसाइकल दुर्घटनामा परेका दुई युवा डाक्टर
रासस प्रहरीले हातहतियार खरखजना मुुद्दाका फरार प्रतिवादीलाई नौ महिनापछि पक्राउ गरेको छ।, देवघाट गाउँपालिका-२ बैदीका ३९ वर्षीय मीनबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो। , तनहुँ जिल्ला अदालतको २०७७ फागुन २१ गतेको फैसलाले मगरलाई दुई महिना नौ दिन कैद सुनाएको थियो।, अदालतको फैसलापछि उनी फरार थिए।, मगरलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालतसमक्ष पेस गरिएको छ। उनलाई बाँकी कैद भुक्तानका लागि अदालतमा पेस गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। , जिल्लामा पछिल्लो समय चोरी, डकैती, लागूऔषध दुर्व्यवसनी र सवारी दुर्घटनामा न्यूनीकरण आएको प्रहरीले जनाएको छ। सवारी साधन जाँचमा तीव्रताका साथै प्रहरीले गस्तीसमेत बढाएको छ।  , नौ महिनापछि फरार प्रतिवादी पक्राउ
सेतोपाटी संवाददाता विमानस्थलमा सुन तस्करी गरी ल्याएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले झण्डै दुई किलोको सुन जस्तो देखिएको पदार्थसहित दुई जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए। यद्यपी सो पदार्थ सुन हो वा होइन भन्ने पुष्टि भइनसकेको उनले बताए। , सिरहाका सरोज सहनी र दाङका सिताराम चौधरी पक्राउ परेका हुन्।, 'पहेँलो लेदो छ। परीक्षणको लागि हामीले भन्सार विभागमा पठाएका छौं। त्यसपछि मात्रै भन्न सक्छौं,' उनले भने, 'धातु पनि भन्न सकिने अवस्था छैन। रंग सुन जस्तै छ तर लेदो प्याकेटमा राखेर ल्याएको छ।', पक्राउ परेका व्यक्तिहरूले कट्टुभित्र अर्को कपडामा पोका पारेर सिलाएर ल्याएका हुन्। पक्राउ परेका व्यक्तिहरू दुबईबाट नेपाल एयरलाइन्सको फ्लाइटमा साढे १० बजे काठमाडौं आइपुगेका हुन्। , 'बाला जस्तो आएको भए धातु भन्न सकिन्थ्यो। तर अहिले यो लेदो-लेदो भएको हुँदा अहिले नै सुन हो भन्न ठ्याक्कै सकिएन,' एसएसपी बाँस्तोलाले भने, 'पहिले पनि यसरी सुन भित्र्याएको देखिएको हुँदा हामीले अहिले समाएका हौं।', थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,  , दुई किलो सुनजस्तो पदार्थसहित विमानस्थलबाट दुई जना पक्राउ
दिपकजंग शाही भेरी नदी छेउमा छ यो वस्ती। गाउँपालिकाको नाममै पानीको स्रोत जोडिएको छ- बराहताल गाउँपालिका।, तर वडा नम्बर-६ इखेनीकी अमृता विकको परिवारमा पोहोर सालसम्म सबभन्दा दुःख पानीकै थियो। वरिपरि खोलानालाले घेरिएको यो ठाउँमा बर्खामै खानेपानी जुटाउन हम्मे हुन्थ्यो।, बर्खामा भेरीमा कालो लेदो बगेर आउँथ्यो। सङ्लो पानी ल्याउन नजिकको खोला धाउनुपर्थ्यो। लगातार वर्षा भयो भने खोलामा पनि पानी धमिलिन्छ।, ‘भेरी भएर पनि के गर्नु, खानलायक पानी नै नहुने,’ उनले भनिन्, ‘बर्खामा खोलाको पानी ल्याउन झरी रोकिँदासम्म कुर्नुपर्थ्यो।’, अमृताको मात्र होइन इखेनीका १०५ घरधुरीलाई नै यो वर्षको असारअघि हिउँदमा भेरी र बर्खामा ठाडो खोलाकै पानीमा भर पर्नुपरेको थियो। बर्खाको सिजनमा मकै लगाउने यहाँको मानिसले हिउँदमा तरकारी पनि फलाउन सक्थेनन्।, वस्तीमा खानेपानी नहुँदा भेरीबाट बोकेको पानीले उनीहरूलाई बारीमा हाल्न पुग्थेन। नदीबाटै बोकेर भए पनि बारीमा हाल्ने आँट गरेर तरकारी लगाउँदा उत्पादन राम्रो हुन्थेन।, ‘लगाउने भनेको खुर्सानी हो। त्यो पनि भेरीबाट पानी ल्याएर बेलाबेलामा चार्ने गर्थ्यौं,’ अमृताले भनिन्, ‘पानी नभएर होला, फल्ने बेलासम्म बोटै सुकिसक्थे। उत्पादनै नहुने।’, अहिले उनको बारीमा काउली, भान्टा, बन्दा, खुर्सानी, आलु छन्। बारी पनि हरियाली देखिएको छ ।, अहिले अमृताको परिवारले घरवरिपरिको बारीमा पूरै तरकारी लगाएका छन्। त्यो तरकारीले कम्तीमा पनि ६ महिना धान्ने अपेक्षा उनीहरूको छ।, इखेनीवासीलाई अहिले खानेपानीको सुख छ। घरघरमै धारा जडान गरिएको छ। इखेनीवासीको धाराको शुद्ध पानी पिउने सपना १६ वर्षपछि पूरा भएको हो।, पिउने पानी खलखली धारामा आउन थाले पनि वर्षौं पानीको अभाव झेलेको उनीहरूले बिर्सिन सकेका छैनन्।, ‘कहिलेकाहीँ त बर्खामा लगातार पानी पर्थ्यो, खोलामा पनि पानी सङ्लिनै पाउँथेन,’ इखेनीकी मीरा तामाङले भनिन्, ‘पानी कहिले रोकिएला र सङ्लो पानी ल्याउँला भन्दाभन्दै घरमा भएको पानी सकिन्थ्यो। धमिलो भए पनि ल्याएर सलले छानेर काम चलाउँथ्यौं।’, यो पनि हेर्नुहोस्- ,सिजनमा गाँवै सुनसान, इखेनीमा अहिले घरघरै धारा जडान गरिएको छ। भेरीको पानी लिफ्टिङ गरी प्रत्येक घरमा धारा जडान गरिएको हो।, तामाङका अनुसार एक घरपरिवारले महिनाको सय रूपैयाँ शुल्क तिर्ने गरेका छन्। एक महिनाभित्र सात युनिट पानी प्रयोग भएमा सय र त्यसभन्दा माथि पानी प्रयोग भएमा तोकिएभन्दा बढी शुल्क तिर्ने गरेको तामाङले बताइन्।, ‘अहिले त बारी पनि घरघरमै हरियाली देखिन्छन्,’ उनले भनिन्, ‘पहिला पनि भेरीबाट पानी बोकेर बारी चार्ने त गर्थ्यौं, तर पुग्थेन। सोचेजस्तो बाली कहिल्यै भएन।’, मीराको परिवारले पनि आफ्नो बारीमा आलु, भाजी, प्याजलगायतका तरकारीहरू लगाएका छन्। आफ्नै घरमा जडान गरिएको धाराको पानी यो तरकारीहरूमा प्रयोग गर्ने गरेका छन्।, गाउँमा खानेपानी सुचारू हुनुअघि बालबच्चालाई सरसफाई गर्न समेत पानी नपुग्ने अमृताले बताइन्। भेरी नदीबाट पानी छानेर ल्याएर खाना पकाउँदापकाउँदै छोराछोरीलाई स्कुल जान समेत ढिला हुने गरेको उनले बताइन् ।, इखेनीवासीलाई भेरीबाट पानी ल्याउन कम्तिमा आधा घण्टासम्म लाग्थ्यो।, घरमै पानीको धारा जडान भएपछि तरकारी खेती बढाउने र नियमित गर्ने योजना पनि अमृताले बनाएकी छिन्।, ‘अब त भएको बारीभरि हिउँदको सिजनलाई हुने तरकारी लगाउने हो, पहिलाको जस्तो पानीको समस्या छैन,’ उनले भनिन्, ‘घरको धाराबाट प्रयोग भएको पानी हाले पनि पहिलाको भन्दा त धेरै नै फल्ला।’, गाउँमा खानेपानी भएपछि विद्यालय आउने बालबालिकाको बानीमा समेत परिवर्तन भएको जनजागरण प्राथमिक विद्यालय इखेनीको शिक्षक रमेश नाम्जालीले बताए।, ‘गाउँघरमा खाने पानी समेत पुर्‍याउन मुस्किल हुन्थ्यो, विद्यालय आउने बालबालिकाले सरसफाइ गर्न चाहे पनि सोचेजस्तो थिएन,’ उनले भने, ‘अहिले त स्कुल आउँदा बालबालिका पनि चिटिक्क परेर आएका हुन्छन्, सरसफाइमा प्रगति भएको छ।’, कतिपय समय विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्दा, सानोतिनो कुरामा मर्मतसम्भार जस्ता कार्य गर्दा समेत विद्यार्थीले भेरीमा गएर स्कुलमा पानी बोक्ने गरेको उनले बताए।, ‘रातो माटो, त्यहीँमाथि चैत–वैशाखमा विद्यालयको मैदानमा धूलो उडेर हैरान बनाउँथ्यो,’ शिक्षक नाम्जालीले भने, ‘पानी हालेर धुलो मारौं भने पनि सम्भव थिएन। कतिपय दिनमा विद्यार्थीहरू दिउँसोको खाली समयमा पनि मैदानमा नगएर कोठाभित्रै खेल्नुपर्ने अवस्था थियो। अब पानी आएपछि यो समस्या हट्नेछ।’, जनजागरण प्रावि इखेनी गाउँमा भएको एक मात्र विद्यालय हो। विद्यालयमा भने अहिलेसम्म धारा जडान भएको छैन। प्रक्रिया भने पूरा भइसकेको नाम्जालीले बताए।, गाउँमा सोलार ऊर्जामार्फत भेरीको पानी लिफ्टिङ गरी ल्याइएकोले बादल लागेको दिनमा २/३ घण्टा मात्र पानी उपलब्ध हुन्छ। घाम लागेको दिन भने दिनभर पानी आउने गरेको छ।, इखेनी वस्तीमा ६५ लाख लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो। गैरसरकारी संस्था सुन्दर नेपाल र स्थानीय सरकारको लगानीमा खानेपानीको आयोजना निर्माण गरिएको उनले बताए।, बराहताल गाउँपालिका–६ मा पर्ने इखेनी वस्ती २०६२ सालमा बसेको हो। सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीको सुकुम्बासीलाई घरजग्गा दिने अभियान अन्तर्गत बसालिएको बस्तीमध्येको इखेनी वस्ती पनि एक हो।, आम्दानीका हिसाबले भने इखेनीका पूरै परिवार भारतको भर पर्ने गरेका छन्। उनीहरूको परिवार पाल्ने आम्दानीको मुख्य स्रोत भनेकै भारतको रोजगारी हो। भारतमा काम खुल्ने सिजनमा इखेनी बस्तीमा रहेका ४६५ जनसंख्यामध्ये ९५ प्रतिशत भारत जाने गरेको स्थानीय उज्ज्वल कामीले बताए।, सुरूमा जंगल मासेर ५५ घरधुरी बसेको इखेनीमा अहिले दैलेख, अछाम, प्युठान, सुर्खेत, कालिकोट, जाजरकोट र जुम्लाका मानिस बसाइ सरेपछि १०५ घरधुरी छन्।, १६ वर्षपछि पूरा भएको पानी सपना
रासस पर्वतमा १८ वर्ष उमेरभन्दा माथिका सबै नागरिकलाई कोरोना भाइरसविरूद्धको खोप लगाउन सुरू गरिएको छ। , यहाँका सात वटै स्थानीय तहका १८ वर्षदेखि ४५ वर्षसम्मका नागरिकलाई खोप लगाउने अभियान थालिएको हो। यसअघि ४५ वर्षभन्दा माथिका सबै नागरिकले दुवै मात्रा खोप पाइसकेका छन्।, १८ देखि ४५ वर्ष उमेर समूहका सबै नागरिकलार्ई गत कात्तिक ३० गते देखिनै खोप लगाउन थालिएकोे स्वास्थ्य कार्यालयले जनाएको छ। , कार्यालयका अनुसार गत कात्तिक ३० र यही मंसिर १ गते महाशिलामा, मंसिर २ र ३ गते फलेवास नगरपालिका,  पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा, मंसिर ५ र ६ गते कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा तथा मंसिर ७ र ८ गते जलजला गाउँपालिकामा खोप लगाउने कार्यक्रम तय भएको छ। , कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलका अनुसार यो उमेर समूहका सबै नागरिकलाई खोप लगाउन जिल्लामा ३५ हजार ८०० डोज भेरोसेल खोप आएको छ।, उक्त डोजले सबै नागरिकले खोप लगाउन पाउने भएका छन्। यो पहिलो डोज रहेको र एक महिनापछि अर्को डोज दिइने पनि कार्यालयले जनाएको छ।, जिल्लामा १८ वर्ष माथिका कूल ९३ हजार जनसंख्यामध्ये अहिलेसम्म ४७ हजार १४६ ले खोप लगाइसकेको समेत कार्यालयले जनाएको छ।, यही मंसिर ८ पछि १८ वर्ष माथिका सबै नागरिकले खोप पाइसक्ने पनि उनले बताए। खोप अभियान सबै पालिकाका सबै स्वास्थ्य चौकीमार्फत् सञ्चालन गरिएको छ। ,  , पर्वतमा १८ वर्षमाथिकालाई कोरोना खोप
सेतोपाटी संवाददाता नेपालमा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २९६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ९७२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ७७७ जनाको पिसिआर परीक्षण र ११९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ५३९ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ।, ३६९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।, त्यस्तै, काठमाडौं उपत्यकामा १२० थपिएका छन्। जसमध्ये काठमाडौंमा ९१, ललितपुरमा १९ र भक्तपुरमा १० संक्रमित छन्।, ८ हजार ९७२ मा परीक्षण गर्दा २९६ लाई कोरोना
सेतोपाटी संवाददाता किशोरीलाई बन्धक बनाएर यौनधन्दामा लगाएको आरोपमा कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसका एक शिक्षक पक्राउ परेका छन्। , १६ वर्षकी किशोरीलाई नेवारी खाजा घरमा काम लगाइदिने प्रलोभन देखाएर यौनधन्दामा लगाएको आरोपमा क्याम्पसका शिक्षक नेत्र ज्ञवालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। , स्थायी घर गुल्मी जिल्ला साविक तिम्घा गाविस हाल सत्यावती गाउँपालिका घर भई हाल ललितपुर इमाडोल बस्ने ज्ञवालीलाई कात्तिक १७ गते पक्राउ गरेको हो। पक्राउ गरेको लामो समयसम्म ब्युरोले घटना सार्वजनिक गरेको थिएन। , प्रतिवादीले ती किशोरीलाई २०७८ वैशाख महिनाको दोस्रो हप्तादेखि बन्धक बनाएर राखिएको प्रहरीलाई दिइएको जाहेरीमा उल्लेख छ। , किशोरीलाई धम्की दिई पसलसँगै रहेको कोठामा तथा अन्य गेष्ट हाउसमा राखेर दैनिक तीनदेखि पाँच जनासम्म पुरूषहरूसँग शारीरिक सम्बन्ध राख्न लगाउने गरेको पाइएको छ। , प्रहरीको चेकिङ आएमा खाना पकाउन तथा सरसफाइ कामका लागि बसेको भन्न लगाई यौनधन्दामा लगाइएको अवस्थामा ब्युरोको टोलीले ती किशोरीलाई उद्धार गरेको थियो। , प्रतिवादी ज्ञवालीमाथि जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ। अन्य फरार प्रतिवादीहरूको समेत खोजी भइरहेको प्रहरीले बताएको छ।, किशोरीलाई बन्धक बनाई अनैतिक काम गर्न लगाएको आरोपमा शिक्षक पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १४९ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०२, ललितपुरमा ३२ र भक्तपुरमा १५ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५८७, भक्तपुरमा ४८२ र ललितपुरमा ५७६ सक्रिय संक्रमित छन्।, नेपालमा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ११ हजार ९९३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, १० हजार १०६ जनाको पिसिआर परीक्षण र १८८७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ६३६ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ।, २०२ कोरोनाबाट निको भएका छन्।,  , काठमाडौं उपत्यकामा १४९ संक्रमित
सेतोपाटी संवाददाता नेपालमा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४१२ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ९९३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, १० हजार १०६ जनाको पिसिआर परीक्षण र १८८७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ६३६ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ।, २०२ कोरोनाबाट निको भएका छन्।, त्यस्तै, काठमाडौं उपत्यकामा १४९ थपिएका छन्। जसमध्ये काठमाडौंमा १०२, ललितपुरमा ३२ र भक्तपुरमा १५ संक्रमित छन्।, ११ हजार ९९३ मा कोरोना परीक्षण गर्दा ४१२ लाई संक्रमण
सेतोपाटी ​हरेक सालझैं यो महिना भारतको राजधानी नयाँदिल्लीका स्कुल र कलेजका विद्यार्थी छुट्टिमा छन्। यो छुट्टि कुनै चाडपर्व वा उत्सव मनाउन दिइएको होइन, प्रदूषणबाट बच्न हो।, केही दिनयता दिल्लीको आकाश ‘विषालु’ तुँवालोले ढाकेर प्रदूषित भएको छ। स्वास्थ्य जोखिम बढेको भन्दै राज्य सरकारले नै स्कुल विदा दिने निर्णय गरेको हो। हिन्दुस्तान टाइम्सका अनुसार अर्को आदेश नआउन्जेल विद्यार्थीहरू स्कुल-कलेज जान पाउने छैनन्।, त्यस्तै २१ नोभेम्बरसम्म यहाँ ट्रकहरूलाई प्रवेश निषेध छ भने सरकारी कार्यालयहरू पनि आधा कर्मचारी मात्र राखेर चलाउन भनिएको छ। निजी कार्यालयहरूलाई भने आफैं निधो गर्न छुट दिइएको हिन्दुस्तान टाइम्सले जनाएको छ।, यसबाहेक यहाँ जेनेरेटर चलाउन मनाही छ। केही अत्यावश्यकलाई छाडेर कोइलाबाट चल्ने अधिकांश कारखाना बन्द गरिएको छ। , दिल्लीमा गत तिहारपछि तुँवालो यति बाक्लो भएको छ, गाडी चलाउँदा दुई–तीन मिटर दुरीकै दृश्य देखिँदैन। तिहारपछि संसारकै बढी प्रदूषित वायु भएको सहर बनेको दिल्लीमा प्रदूषणको मात्राले खतराको तह पार गरिसकेको छ।, यहाँ रूघाखोकी तथा फोक्सोसम्बन्धी बिरामीको संख्या बढेको छ। तीन दशकदेखि दिल्लीमा कार्यरत छातीका डाक्टर अर्विन्द कुमारले धूमपान नगर्ने मान्छेको पनि फोक्सो गुलाबी हुन छाडेको बताएका छन्।, ‘दिल्लीका आधाभन्दा बढी वयष्क जनसंख्यामा फोक्सोको समस्याका लक्षण देखिएको छ,’ डाक्टर कुमारका भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइम्स लेख्छ, ‘बच्चाहरू पनि छातीको समस्याबाट ग्रसित छन्।’, दिल्लीको यो प्रदूषण कति भयानक छ भने, धेरैले यसलाई ग्यास च्याम्बर भन्न थालेका छन्। पोहोर-परारै त्यहाँका मुख्यमन्त्रीले दिल्ली ग्यास च्याम्बर भएको बताएका थिए। , यो विषालु तुँवालो दिल्लीमा नयाँ होइन। हरेक वर्ष यो याममा छिमेकी राज्यमा बाली जलाउँदा निस्कने धुँवाले दिल्लीको हावा प्रदूषित हुन्छ। बाली लगाएका खेतबारी सफा गर्न जलाउने चलन परम्परागत हो। भर्खरै सकिएको तिहारमा पड्काइने पटाकाले पनि वातावरण प्रभावित पारेको विज्ञ बताउँछन्।, यस वर्ष समस्या अझै उत्कर्षमै पुगेको छ। , डाक्टर कुमारका अनुसार अचेल त प्रदूषणका कारण फोक्सोसहित दिमाग, मुटु र अन्य अंगहरूमा पनि समस्या देखिन थालेको छ। सरकारले चालेका कदममा असन्तुष्टि जनाउँदै उनी यसको दीर्घकालीन उपाय खोज्नतर्फ लाग्नुपर्ने बताउँछन्। , 'प्रदूषणले कोरोनाले भन्दा बढी मान्छेको ज्यान लिइसकेको छ। तर यसमा दिनुपर्ने जति ध्यान दिइएको छैन,' उनले भने।, राजधानी दिल्लीको प्रदूषण नियन्त्रण गर्न वर्षौंदेखि नै अधिकारीहरूलाई सकस परिरहेको छ। यस वर्ष तिहारमा पटाका पड्काउन प्रतिबन्ध गरे पनि खासै प्रभावकारी हुन सकिरहेको छैन। त्यसमाथि बालीमा लगाइने अवैध आगलागीले तुँवालोको मात्रा बढाउँछ।, प्रदूषण बढ्नुको कारण आगलागी मात्र होइन। सवारीसाधन र उद्योगबाट निस्कने धुँवाका साथै फोहोरमैला जलाउँदा निस्कने धुँवाले पनि हावा जोखिमपूर्ण बनाएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ। चिसो मौसमका कारण पनि प्रदूषण बढेको हो।, (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको), नयाँदिल्लीका स्कुल-कलेज बन्द, ट्रक-कारखाना चलाउन निषेध
सेतोपाटी संवाददाता अवैध रूपमा भारतबाट ल्याएको ठूलो परिमाणको रेडबुल प्रहरीले बरामद गरेको छ।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सिद्धार्थनगर नगरपालिका-६ सुगरमिलबाट ९५ पेटी रेडबुल बरामद गरेको जनाएको छ।, स्याङ्जाको वालिङ नगरपालिका वडा नं. २ घर भई हाल सिद्धार्थनगर ४ बस्ने ३३ वर्षिय प्रकाश रेग्मीले अवैधरूपमा भारतबाट ल्याएको ५ लाख ७० हजार मूल्य बराबरको उक्त रेडबुल बरामद गरिएको प्रहरीले जनाएको छ।, प्रहरीले बरामद गरिएको रेडबुल र अवैध रूपमा रेडबुल ल्याउने प्रकाश रेग्मीलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहीया पठाईएको जनाएको छ।, यस्तै जिल्ला प्रहरी कार्यालयको टोलीले भन्साल छली गरि भारतबाट ल्याएका २ लाखभन्दा बढी मूल्यका विभिन्न सामग्री बरामद गरेको जनाएको छ।, मायादेवी गाउँपालिका वडा नं. ८ विश्वकर्मा मन्दिर नजिकैबाट अवैध रूपमा भारतबाट ल्याउँदै गरेको लेडिज सेन्डल, प्लाष्टिक डोरी, पेन्ट, डेरी मिल्क, कफी, सुईटर, लेगिज, मिक्स अचार, साडी, कुर्था सुरूवाल, चिनीलगायत करिब ४ लाख रुपैयाँको सामान बरामद गरेको हो।, तीन दिनको अवधिमा बरामद गरिएका सबै सामग्री आवश्यक कारवाहीको लागि बेलहीया भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सहायक प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।, भन्सार छलेर ल्याएका ठूलो परिमाणमा रेडबुल बरामद
सेतोपाटी संवाददाता रौतहटको कारागारमा झुण्डिएको अवस्थामा फेला परेका एक जना कैदीको उपचारका क्रममा मृत्यु भएको छ।, बुधबार साँझ पौने ५ बजे देवाही गोनाही नगरपालिका वडा नम्बर ७ घर भएका लडाइ साह तेली कारागारमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको रौतहट कारागारका जेलर निमित्त प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए।, उनी शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए। , 'उनी शौचालय गएका थिए। लामो समयसम्म ननिस्किएपछि नाइकेहरूले बोलाएछन्,' यादवले भने, 'नबोलेपछि ढोका फोडेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्। त्यत्तिञ्जेल सास चलिरहेकै थियो। तुरून्तै नजिकको अस्पताल पुर्‍यायौं।', उनको उपचारको क्रममा अस्पातलमा मृत्यु भएको प्रहरीले बताएको छ। , जिल्ला अदालत रौतहटले तेलीलाई अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो। सो सजाय भुक्तान गरिरहेका उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्।, जेलर यादवका अनुसार केहीदिन अघि भेटघाट गर्न आएकी उनकी श्रीमतीसँग विवाद भएको थियो। तेलीका ३ वर्षीय छोरा पनि छन्। , मुद्दामा २१ लाख बढी सकिसकेको भन्दै उनीहरूबीच विवाद भएको जेलर यादवले बताए। त्यसैको तनावले घटना भएको हो कि भन्ने आशंका उनले व्यक्त गरेका छन्।, उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर राखिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।, कारागारमा झुण्डिएको अवस्थामा फेला परेका कैदीको उपचार क्रममा मृत्यु
सेतोपाटी संवाददाता प्रहरीले ६५ हजार तीन सय ३५ नक्कली नोटसहित काठमाडौंबाट पाँच जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मंगलबार बेलुका गोकर्णेश्वर नगरपालिका-७ बाट पाँच जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नं. ८ घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नारायणटार बस्ने ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप शिरुवारी गाउँपालिका वडा नं.२ घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नं.११ कपन बस्ने २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० मिलनचोक बस्ने १९ वर्षीय चिरन्जीवी जोती र  सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन्।, गोकर्णेश्वर-७ दक्षिणढोकामा केही मानिसहरूले नक्कली नोटको कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, प्रहरीले खोजी गर्दा गोमा श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। उनको साथबाट एक सय थानका नक्कली नोटहरू बरामद भएका थिए।, त्यो पैसा छोरी पुष्पा थापामगरबाट लिएको बताएपछि प्रहरीले उनको कोठामा प्रहरी पुगेको थियो। , कोठाको तलासी लिँदा ५००, १००० को नोट बनाउनको लागि प्रिन्ट गरी पैसाको आकारमा काटेर राखेको अवस्थामा नोटहरू बारामद भएको परिसरले जनाएको छ।, सो कार्यमा चिरन्जीवी जोती र सुजन जोतीको समेत संलग्नता रहेको भन्ने खुलेपछि उनीहरूलाई पनि पक्राउ गरिएको बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।, पुष्पाकै छोरा समरोज थापामगर बस्ने कोठामा रहेको रंगिन प्रिन्टबाट उक्त नक्कली नोटहरू प्रिन्ट गरी बनाउने गरेको खुलेको न्यौपानेले बताए।, समरोजको कोठाबाट एक सयका नक्कली नोटहरू, रंगिन प्रिन्टर र कागजात बरामद भएको उनले बताए।, न्यौपानेका अनुसार गोमा श्रेष्ठको साथबाट सयका २९ वटा, पुष्पाको कोठाबाट एक हजारका ३७, पाँच सयका ५६, दस, बीस, पचाससमेतका नोटहरू बरामद भएको छ।, सोमरोज थापाको कोठाबाट कागज प्रिन्टर, लालीगुरास छाप भएको स्ट्याम, पेपर काट्ने कैचीलगायत बरामद भएको छ।, पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान थालिएको न्यौपानेले बताए।, ६५ हजार नक्कली नोटसहित काठमाडौंबाट पाँच जना पक्राउ, कोठामै छाप्थे नोट
रासस भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमलविनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएकी छिन्।, कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्ने बारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलबीच भएको छलफलमा उनीहरु दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्न सहमत भएका थिए।, निर्माण व्यवसायी महासङ्घका पूर्वमहासचिव रामशरण देउजाको समन्वयमा बुधबार सङ्घ र प्रदेशका दुई मन्त्रीसहितको टोलीबीच भएको छलफलमा सडकलाई गम्भीरताका साथ लिएकाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायी शैलुङ कन्स्ट्रक्सनलाई निर्देशन दिनेबारेमा छलफल भएको थियो।, निर्माण कम्पनीले ठेक्का सम्झौता गरी २०७०/०७१ मा निर्माण सुरु गरेको उक्त सडक पटक–पटक म्याद थप गर्दै आएको र अहिले पुनः म्याद थप गरेको छ।, पटक–पटक म्याद थप गरेर पनि आठ वर्षसम्म सडक निर्माण सम्पन्न नगरेको भन्र्दै स्थानीय बासिन्दा र होटल व्यवसायीले छिटो सडक निर्माण सम्पन्न गर्न माग गर्दै आन्दोलन समिति नै बनाएका छन्। , मन्त्री भँडेलले सडकको अवस्था र स्थानीयको आक्रोशका बारेमा मन्त्री यादवलाई जानकारी गराउँदै छिटो सडक निर्माण सम्पन्न गराउन पहल गरिदिन आग्रह गरेको समन्वयकर्ता एवं महासङ्घका पूर्वमहासचिव देउजाले बताए।, छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक गुणस्तर बन्न नसकेको र कालोपत्र पनि एक कोड मात्र भएकाले दोहोरो कोड गर्नुपर्ने आवश्यकता रहेको जानकारी गराएका थिए।, आगामी दुई महिनाभित्र कम्पनीले सडक निर्माण सम्पन्न गरेमा सडकको प्रत्येक मोडमोडमा गुणस्तरीय कालोपत्र गरेर टिकाउ बनाउन मन्त्रालयले बजेट विनियोजन गर्नेबारेमा समेत छलफल भएको छ।, मन्त्री यादव त्यसमा सकारात्मक भएको देउजाले बताए। छलफलमा सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडकको अवस्थाका बारेमा जानकारी गराएका थिए।, कात्तिक २८ मा सडकको निरीक्षण गर्दै नगरकोट पुगेर फर्केकी मन्त्री यावद सहितको टोलीलाई नगरकोट सडक सङ्घर्ष समितिका संयोजक राजकुमार लामिछानेसहिले मन्त्रीकै सवारी रोकेर सडक छिटो निर्माण सम्पन्न गराइदिन माग गरेका थिए।, भक्तपुर-नगरकोट सडक: दुई महिनाभित्र निर्माण नसके ठेक्का तोड्ने
युवराज श्रेष्ठ मुस्ताङस्थित धौलागिरि श्रृंखलाको पानामाथि हिमालबाट आइतबार उर्लिएको हिमपहिरोको क्षति अझै यकिन भइसकेको छैन।, हिमपहिरो जाँदा भागदौड हुँदा ११ जना घाइते छन्। जसमध्ये तीन जना पोखरामा थप उपचार गराइरहेका छन्।, हिमपहिरो गएको क्षेत्र थासाङ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष नरप्रसाद हिराचनका अनुसार अहिलेसम्म २४ वटा चौरी र याक हराएको यकिन भएको छ।, हिमपहिरो गएको क्षेत्रमा राखिएका चौरी गोठमा भने अहिलेसम्म गोठधनी पुग्न सकेका छैनन्। , ‘चौरी गोठ जानै सकिएको छैन,’ वडा अध्यक्ष हिराचनले भने, ‘गोठमा पुगेर हेरेपछि मात्र के कति क्षति भयो थाहा हुन्छ।’, हिमपहिरोले चौरी गोठ लैजाने बाटो बिगारिदिएको छ भने ठाउँ-ठाउँमा रूख ढलाइदिएको छ। त्यही कारण गोठसम्म पुग्न स्थानीयलाई समस्या परेको उनले बताए।, स्थानीयले याक र चौरी चराउन हिउँद र बर्खामा छुट्टछुट्टै राख्छन्। अहिले गाउँदेखि ४, ५ घण्टा हिँडेर जानुपर्ने लेकमा उनीहरूले चौरी राखेका छन्।, गोठ बनाएर राखिएकोले चौरी दिनभरि आफैं चर्ने र गोठमा गएर बस्ने स्थानीय गौतम शेरचनले बताए। ती गोठमा रहेका चौरी र याकको अवस्था बुझ्न स्थानीय जान सकेका छैनन्। , हिउँ पर्नु थाल्नुअघि नै पानामाथि हिमालबाट यति ठूलो हिमपहिरो झर्नु स्थानीयका लागि नौलो बनेको छ।, बर्खायाम सकिएर हिउँद लाग्दै गरे पनि अझै हिमाली भेगमा हिमपात सुरू भएको छैन। सुख्खायाममा उर्लिएको यो हिउँ धेरै वर्ष पुरानो भएको हुन सक्ने अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापका संरक्षण अधिकृत सन्तोष शेरचनले बताए। , ‘पुरानो हिउँ हिमालको सबभन्दा तल रहने भएकाले तलबाट एकैचोटि माथितिर प्रेसर आउँछ,’ कोवाङका स्थानीय समेत रहेका शेरचनले भने, ‘यसपालिको हिउँको सास गाउँसम्म आएको थियो, यो वर्षौ पुरानो हिउँको पहिरो गएको हुनुपर्छ।’, हिमपहिरो आएको बेला भागदौडमा निस्किएका स्थानीय निथ्रुक्क भिजेका थिए। हिमपहिरो गडगडाएर आउन थालेपछि भागाभाग गर्दा हिउँको हुरीले भेटाएको स्थानीय गौतम शेरचनले बताए।, जमिनबाट ज्वालामुखी फुटेजस्तो माथितिर उर्लिएको हिमपहिरोको हुरीले उनी भिजेका थिए। , ‘हिमपहिरो यहाँसम्म त के आउँला र भनेर सोचेका थियौं,’ गौतमले भने, ‘हिमालमा बम पड्काएजस्तो डाँडाकाँडा छोपेर आउन थाल्यो, त्यसपछि त हामी अत्तालिन थाल्यौं।’, धौलागिरि श्रृंखलामा स–साना हिमपहिरो देखिरहेका गौतमले यसपालि अचम्मैको घटना भएको सुनाए। , गौतमका अनुसार यसअघि झण्डै २४ वर्षअघि पनि धौलागिरि श्रृंखलाबाट ठूलो हिमपहिरो झरेको थियो। जुन हिमपहिरोमा परेर एक जनाको ज्यान गएको थियो। त्यतिबेला गौतमको मात्रै ५४ वटा चौरी मरेका थिए।, २०५४ सालमा गएको त्यो हिमपहिरोले ठूलो क्षति पुर्‍याएको थियो। , अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका प्रमुख राजकुमार गुरूङ त्यतिबेला मुस्ताङका वरिष्ठ रेञ्जर थिए। त्यो हिमपहिरोका कारण भएका क्षति विवरण बटुल्न गुरूङ हिमपहिरोग्रस्त क्षेत्रमा पुगेका थिए।, ‘त्यतिबेला टुकुचे पिक र धौलागिरि आइसफलको बीचबाट हिमपहिरो बोक्सेखोलामा झरेको थियो’, गुरूङले भने, ‘त्यतिबेलाको हिउँपहिरोमा पनि धेरै चौरी परेका थिए, हिमपहिरोले जंगल विनाश गरेको थियो।’, अहिले पानामाथि हिमालबाट गएको हिमपहिरो पनि बोक्सेखोलामा झरेको छ। यी दुबै हिमपहिरो नजिकैबाट गएको गुरूङले बताए।, अहिलेको हिमपहिरोमा झरेको हिउँ र माटो थुप्रिएर बसेको स्थानीयले बताएका छन्।, उनीहरूका अनुसार हिमपहिरोमा झरेका हिउँ बरफ बने पनि पग्लिएर बगेको छैन। , स्थानीय गौतम शेरचनका अनुसार २४ वर्षअघि हिमपात भएकै समयमा हिमपहिरो गएको थियो।, ‘त्यतिबेला म बाजे-बज्यैसँग कोवाङमै थिएँ, गाउँमै तीन फिट जति हिउँ परेको थियो,’ उनले भने, ‘यसपालि त हिउँ नपर्दै हिमपहिरो गयो।’, सम्बन्धित समाचार: ,'हिउँको ढिस्को यस्तरी खस्यो, मानौं आकाशबाट बादल झ्याम्म खस्दैछ' (भिडिओ), २४ वर्षअघि पनि गएको थियो धौलागिरि श्रृंखलामा हिमपहिरो
रासस जात्राका लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा दिइएको छ।, मेलौली नगरपालिकाले बुधबार सूचना जारी गर्दै बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो।, मेलौली–१ स्थित मेलौली भगवती मन्दिरमा बिहीबार र शुक्रबार बलिसहित भव्य जात्रा लाग्ने गर्दछ।, बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए।, मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीका साथै छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गर्छन्।, यस्तै सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि बिहीबार एक दिन सार्वजनिक दिने निर्णय गरेको छ।, नगरप्रमुख नरेन्द्रसिंह थापाले एक सूचना जारी गर्दै नगरपालिकाको गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा बिहीबार कात्तिक शुक्ल चतुदर्शीका दिन जात्रा लाग्ने भएकाले बिदा दिइएको जनाइएको छ।, बिदाको दिन सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालयलगायतका कार्यालयमा बिदा रहने जनाइएको छ। जगन्नाथ मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्दशीका दिन भव्य जात्रा लाग्ने गरेको छ।, जात्राका लागि दुई दिन बिदा
सेतोपाटी संवाददाता काठमाडौंको कागेश्वरी मनोहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ।, बुधबार कागेश्वरी मनोहरा-९ को सुन्दर चोकस्थित तरकारी बजारनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो। स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्न बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो।, बुधबार दिउँसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन्। सुरूको ४ घण्टा तीव्र गतिमा सुख्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलोसमेत निस्किएको छ।, ग्याससँग निस्किएको हिलो र ढुंगा आसपासका घरमा पुगेपछि स्थानीय त्रसित बनेका छन्। यसबारे सुरक्षाकर्मीलाई तत्काल खबर गरिए पनि नियन्त्रणका लागि हालसम्म पहल नभएको स्थानीयले बताएका छन्। भू-गर्भ विभागबाट प्रतिनिधिहरू आए पनि कुनै प्रतिक्रिया नदिई आफैं ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयको भनाइ छ।, बोरिङ खन्दा ग्यास निस्किएपछि दिउँसो आसपासको करिब १ किलोमिटर क्षेत्रमा धुलो फैलिएको थियो भने साँझ निस्किन थालेको हिलो र ढुंगा नजिकका घरमा झरेर फोहोर पारेको छ।, काँडाघारीमा जमिनमुनिबाट ग्यास निस्कियो (भिडिओ)
सेतोपाटी संवाददाता दाङमा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, आज बिहान बाटो बनाउने क्रममा: जेसिबी पल्टिएर दुर्घटना भएको थियो।, घोराही उपमहानगरपालिका १० नारायणपुरका २२ वर्षीय चालक सुनिल सुनारको मृत्यु भएको हो।, प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार आज बिहान करिब ४:३० बजे जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो।, बंगलाचुली गाउँपालिकाले निर्माण गर्न लागेको सडक खन्ने क्रममा ना १ क ९१४ नम्बरको जेसिबी सडकदेखि झन्डै दुई सय मिटर तल खसेको थियो।, गाउँपालिकाले आज बनभोज कार्यक्रम गरेको थियो। बनभोजका लागि आउने मानिसहरू बनभोजस्थलसम्म पुर्‍याउन भन्दै आज बिहानै सडक खन्न थालिएको थियो।, गाउँपालिकाले आज पत्रकारलाई पनि बोलाएर बार्षिक समीक्षा कार्यक्रमसमेत राखेको थियो। उक्त कार्यक्रम स्थगित भएको गाउँपालिकाले जनाएको छ।, बनभोज स्थल पुग्ने सडक खन्दै गर्दा पल्टियो जेसिबी, चालकको मृत्यु
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका भित्र आज र भोलि भेरोसिल खोपको दोस्रो मात्रा लगाउने भएको छ। , महानगरपालिकाका अनुसार खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क गर्नुपर्नेछ।, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार खोप लगाउन जाँदा अनिवार्य रुपमा पहिलो मात्रा खोप लगाएको कार्ड समेत साथमा लिएर जानुपर्नेछ।, बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म वडा कार्यालयमा खोप लगाइनेछ। आज लगाउन छुटेका व्यक्तिले भोलिसमेत खोप लगाउन पाउनेछन् ।, आज र भाेलि ललितपुर महानगरमा भेराेसिल खोपकाे दोस्रो मात्रा लगाइँदै
सेतोपाटी संवाददाता सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर ४ बाट ठूलो परिमाणमा गाँजासहित एक जना पक्राउ परेका छन्।, बुधबार दिउँसो देवानगंजस्थित सीमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको टोलीले एक जनालाई गाँजासहित पक्राउ गरेको हो। , प्रदेश -१-०४-००१ त ०६६६ नम्बरको ट्याक्टरलाई प्रहरीले चेक गर्दा ट्याक्टरमा १८० किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।, ट्याक्टरका चालक भने फरार भएका छन्। तर ट्याक्टरलाई स्कर्टिङ गर्ने पक्राउ परेका छन्। , को २९ प ८४८६ नम्बरको मोटरसाइकलले स्कर्टिङ गर्ने देवानगंज गाउँपालिका-५ का २५ वर्षीय सन्तोषकुमार मेहेता पक्राउ हुन्। , फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। , बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाइकल समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ।  ,  , १८० किलो गाँजासहित एक पक्राउ
सेतोपाटी संवाददाता उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , बिहीबार बिहान उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ दनुवारबेसीस्थित मदनभण्डारी राजमार्गमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।  , प्रदेश नम्बर २-०१-००१ त १०८३ नम्बरको ट्याक्टर घुम्ती मोडमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।, ट्याक्टरमा सवार त्रियुगा नगरपालिका वडा नम्बर ९ गैरुन बस्ने ४० वर्षीय बौका सदाको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए। , सो ट्याक्टर गाईघाटबाट रूपाटारतर्फ भवन ढलान गर्न मजदुर लिएर जाँदै थियो। त्यसमा सवार अन्य १९ जना घाइते भएका छन्। , घाइतेमध्ये चालकसहित तीन जनाको उपचारको लागि विराटनगर पठाउने तयारी भइरहेको र बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। , उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ घाइते
सेतोपाटी संवाददाता कोसी राजमार्गमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक (सई)को मृत्यु भएको छ।, धरान उपमहानगरपालिका-८ स्थित सेउती खोलानजिक राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सई सन्तोष बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।, प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ब २४३८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो। , राति ८:४५ बजे दुर्घटना सोलुखुम्बु सोलुदूधकुन्ड गाउँपालिका-१ घर भएका बस्नेत गम्भीर घाइते भएका थिए।, उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकरी दिए।, बस्नेत मोरङको डङ्ग्राहास्थित सशस्त्र प्रहरी बल बेस क्याम्पमा कार्यरत थिए।, यस्तै, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा कारको ठक्करबाट बुधबार साँझ एक जनाको मृत्यु भएको छ।, पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिँदा पैदल यात्री इलाम देउमाई नगरपालिका–६ का ३० वर्षीय आकाश लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। , धरानमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु
नवीनबाबु गुरूङ अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पुगेर फाइजर खोप केन्द्र अवलोकन गरेका छन्।, तीन दिने नेपाल भ्रमणमा आएका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायकमन्त्री लुले आज (बिहीबार) बिहान शिक्षण अस्पताल पुगेर कोरोना विरुद्धको फाइजर खोप अभियानको अवलोकन गरेका हुन्।, सहायकमन्त्री लुले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गरेका छन्।, खोप केन्द्र अवलोकन कार्यक्रममा  स्वास्थ्य मन्त्री विरोध खतिवडा, नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीलगायत सहभागी थिए।, अमेरिकी सहायकमन्त्रीले गरे खोप केन्द्रको अवलोकन (तस्बिरहरू)
एजेन्सी भारतमा अहिले एकजना कमेडियनको चर्चा भइरहेको छ। कमेडियन वीर दासलाई कसैले करोडौंको आवाज बोलेको भन्दै ‘हिरो’ मानिरहेका छन् भने केहीले उनलाई ‘देशद्रोही’ भन्दै प्रहरीकहाँ उजुरी हालेका छन्।, सत्तारूढ भारतीय जनता पार्टीका समर्थकले उनीमाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने माग गरिरहेका बेला विपक्षीहरूले दासको बचाउ गरेका छन्। सामाजिक सञ्जालमा भारतीय कंग्रेसका सांसद शशि थरूरदेखि बलिउड अभिनेत्री कंगना रनावतले दासबारे आफ्नो धारणा राखेका छन्।, बिबिसी हिन्दीका अनुसार दासले अमेरिकामा प्रस्तुत गरेको एउटा एकालापका कारण पछिल्लो घटनाक्रम विकसित भएको हो।, विश्वयात्रामा रहेका दासले नोभेम्बर १२ मा अमेरिकाको वासिङ्टनस्थित जोन एफ केनेडी सेन्टरमा एउटा एकालाप प्रस्तुत गरेका थिए। त्यसको शीर्षक थियो- आइ कम फ्रम टु इन्डियाज अर्थात् म दुई भारतबाट आएको हुँ।, उक्त एकालापमा उनले अहिलेको भारतको विरोधाभाषको व्याख्या गरेका छन्। , उनी भन्छन्:  ,म त्यो  भारतबाट आएको हुँ, जहाँ हामी महिलालाई दिउँसो पूजा गर्छौं र रातमा उनीहरूको सामूहिक बलात्कार हुन्छ।, म त्यो  भारतबाट आएको हुँ, जहाँ बच्चाहरूले पनि मास्क लगाएर एकअर्काको हात समात्छन्, तर नेताहरू मास्कबिना एकअर्कालाई अँगालो हाल्छन्।, म त्यो भारतबाट आएको हुँ, जहाँ एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ९००० छ तर हामी अझै पनि आफ्नो छतमा सुतेर रातमा ताराहरू हेर्छौं।, म त्यो भारतबाट आएको हुँ, जहाँ जनसङ्ख्याको ठूलो हिस्सा ३० वर्षभन्दा कमका मानिसको छ तर हामी ७५ वर्षका नेताहरूको १५० वर्ष पुरानो विचार सुन्न कहिल्यै छोड्दैनौं।, ६ मिनेट लामो एकालापमा उनले भारतमा भइरहेको धार्मिक राजनीति, महिला हिंसा, किसानमाथि दमन, बलिउडको दबदबालगायत तमाम विषय समेटेका छन्।, आफ्नो उक्त एकालापको भिडिओ दासले गत सोमबार आफ्नो युट्युब च्यानलमा अपलोड गरेका थिए।, युट्युबमा अपलोड भएको केही घन्टामै सामाजिक सञ्जालमा उक्त भिडिओको चर्चा हुन थालेको थियो। युट्युबमा बिहीबार बिहानसम्म उक्त भिडिओ साढे २३ लाखले हेरेका छन् भने ४७ हजारभन्दा बढी कमेन्ट आएका छन्।, सत्तारूढ भाजपाका समर्थकहरू विश्वस्तरमा दासले भारतको छवि खराब बनाइरहेको आरोप लगाइरहेका छन्। पछिल्लो समय भाजपाकी कट्टर समर्थक बनेकी अभिनेत्री कंगना रनावतले दासको एकालापलाई आतंकवादको संज्ञा दिएकी छन्। दासविरूद्ध कडा कदम चाल्नु पर्ने उनको माग छ।, भारतीय पत्रकार बर्खा दत्तले भने दासलाई धन्यवाद दिएकी छन्।, ‘म यस्तो भारतबाट आएको हुँ जहाँ पत्रकारिता समाप्त भएको छ, पुरुष पत्रकारहरू एकअर्काको प्रशंसा गर्दैछन् अनि महिला पत्रकारहरू ल्यापटप लिएर सडकमा बसेर सत्य बोलिरहेका छन्’ भन्ने राख्दै दत्तले उनलाई धन्यवाद दिएकी हुन्।, दासले भने आफ्नो प्रस्तुतिको उद्देश्य भारतको अपमान गर्नु नभएको स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले आफ्नो भिडिओमा समाचारका हेडलाइन्सभन्दा बाहिर पनि भारतको ठूलो हिस्सा छ भन्ने देखाइएको उल्लेख गरेका छन्।, दासको लामो स्पष्टीकरणले पनि उनका आलोचक साम्य भएका छैनन्।, दास अहिले अमेरिकामा रहेकाले उनी फर्किउन्जेलसम्म  सत्तारूढ भाजपाले उनीप्रति कस्तो रबैया देखाउँछ भन्ने स्पष्ट छैन।, हिन्दुत्वको नारा दिएर राजनीति गरिरहेको भाजपाले पछिल्लो समय आलोचनात्मक चेत भएका लेखक/कलाकारलाई निशाना बनाउने गरेको छ।, गत जनवरीमा हिन्दु भगवानहरूप्रति अभद्र टिप्पणी गरेको भन्दै भारतमा एक जना मुस्लिम कमेडियन मुनावार फारूकीलाई पक्राउ गरिएको थियो। फेब्रुअरीमा सर्वोच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।, गत मेमा कोरोनाभाइरसबाट ज्यान गुमाएकाहरूका शवले गंगा नदीको किनार भरिएको थियो। त्यही बेला गुजरातकी कवि परूल कक्करले ‘शववाहिनी गंगा’ शीर्षकमा कविता लेखेकी थिइन्। १४ लाइनको उक्त कवितालाई लिएर भाजपा समर्थकले कक्करको चर्को आलोचना गरेको थिए।, एउटा कमेडियनको एकालापले भारतमा तरंग
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका डाक्टर दीपक खरेलको निधन भएको छ।, उपचारको क्रममा बिहीबार बिहान उनको राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको कपिलवस्तु सामुदायिक अस्पतालमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोखरेलले जानकारी दिए।, कपिलवस्तुको वाणगंगा नगरपालिका-८ का २७ वर्षीय डाक्टर खरेल उक्त सामुदायिक अस्पतालमा मेडिकल अफिसरको रूपमा कार्यरत थिए।, पोखरेलका अनुसार डाक्टर खरेल चढेको मोटरसाइकल भाइटीकाको राति दुर्घटनामा परेको थियो।, दिउँसो अस्पतालमा आएर उनी ४-५ बजेतिर दिदी-बहिनीबाट टीका लगाउन घर गएका थिए।, ‘टीका लगाएर साथीभाइसँग बाहिर घुम्न जाँदा मोटरसाइकल दुर्घटना परेछ। परिवारले त राति साढे ३ बजेतिर मात्र थाहा पाएका थिए,’ पोखरेलले भने।, खरेल मोटरसाइकलमा पछाडि बसेका थिए। मोटरसाइकल चालकको अवस्था भने सामान्य छ।, टाउकोमा गम्भीर चोट लागेका खरेललाई सुरूमा उपचारका लागि बुटवलको क्रिमसन अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंको मेडीसिटी अस्पताल ल्याइएको थियो।, मेडीसिटीबाट उनलाई ट्रमा सेन्टर सारिएको थियो। उनको उपचारका लागि सहयोगसमेत जुटाइएको थियो।, सामान्य परिवारका खरेल कोरोनाभाइरसको महामारी सुरू भएपछि कपिलवस्तु सामुदायिक अस्पतालमा काम गर्न थालेका थिए।, ‘नेपालबाटै एमबिबिएस गर्नुभएका खरेल आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर अन्तबाट अफर आउँदा पनि यही अस्पतालमा काम गरिरहनुभएको थियो,’ पोखरेलले भने, ‘निकै लगनशील र मेहनती हुनुहुन्थ्यो। के गर्नु यस्तो भइहाल्यो!’, खरेलले जोरपाटीको नेपाल मेडिकल कलेजबाट एमबिबिएस गरेका थिए। सोही कलेजबाट एमबिबिएस सकेकी उनकी सिनियर डाक्टर एन्जिला थापाले खरेलको उपचारमा सघाउन गोफन्डमीमा सहयोग अभियान चलाएकी छन्। डाक्टर थापा अहिले अमेरिकाको भर्जिनियामा छन्।, गोफन्डमीमा खरेलका लागि बिहीबार साँझसम्म २ हजार २ सय ९४ डलर रकम जुटेको छ। ,उनको निधनपछि अब उक्त रकम खरेलका आमाबुवालाई दिने डाक्टर थापाले बताइन्। , ‘प्राइभेट कलेजमा ४०-५० लाख तिरेर डाक्टर पढेको छोरा बित्दा त्यो परिवारले भोग्ने आर्थिक समस्या सानो हुँदैन। मैले दीपकलाई बचाउनका लागि गोफन्डमी सहयोग आह्वान गरेकी थिएँ,’ डाक्टर थापाले भनिन्,‘ऊ बितेको खबरले निकै दु:खी बनायो। अब उठेको पैसा उसको बाबाममीलाई दिने हो।’, रहेनन् सवारी दुर्घटनामा गम्भीर घाइते भएका डाक्टर दीपक खरेल
एजेन्सी उत्तर अमेरिकी मुलुक क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा भीषण वर्षापछि आएको बाढी र डुबानले जनजीवन प्रभावित भएको छ। समाचार संस्था रोयटर्सका अनुसार त्यहाँका अधिकारीहरूले बिहीबार दिउँसोसम्म १ जनाको मृत्यु भएको र तीन जना हराइरहेको जानकारी दिएका छन्। , वर्षापछि आएको बाढी-पहिरोले राष्ट्रिय राजमार्ग ठाउँ-ठाउँमा बगाएको छ। पहाडी भू-भागका धेरै बस्तीहरू सम्पर्कविच्छेद भएका छन्। प्रान्तमा संकटकाल घोषणा गरिएको छ।, अमेरिका-क्यानडा-मेक्सिकोको सम्मेलनका लागि वासिङ्टनमा रहेका  प्रधानमन्त्री जस्टिन ट्रुडोले बाढी र डुबानमा फसेकाहरूको उद्धारका लागि वायु सेना परिचालन गरिएको बताएका छन्। , ब्रिटिस कोलम्बियाले केही महिनाभित्र भोगेको यो दोस्रो प्राकृतिक विपत्ति हो। यसअघि गत जुनमा त्यहाँको जंगलमा भीषण आगलागी भएको थियो। आगलागीमा एउटा सहर नै जलेको थियो। ,  , क्यानडामा बाढीको बितन्डा (तस्बिरहरू)
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १२० थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९०, ललितपुरमा २५ र भक्तपुरमा ५ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १६२८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमडौंमा ५८५, ललितपुरमा ५६८ र भक्तपुरमा ४७५ सक्रिय संक्रमित छन्।, नेपालमा थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ११ हजार १५१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ८६३ जनाको पिसिआर परीक्षण र ३२८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ६४२ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ।, २६० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।,  , काठमाडौं उपत्यकामा थपिए १२० संक्रमित
रासस विद्यालयसहितको भवन भासिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ।, गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका-१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ। , अत्यधिक वर्षाले विद्यालयको भवन र जमिन भासिएको छ। विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने अवस्था छैन। त्यसैले विद्यालय नजिकैको खेतमा पठनपाठन गर्नुपरेको प्रधानाध्यापक पुष्पराज जोशीले जानकारी दिए।, उक्त विद्यालय २०५४ मा स्थापना भएको हो। हाल विद्यालयमा छात्रछात्रा गरी १७४ विद्यार्थी अध्ययनरत छन्। , 'पठनपाठन बन्द गर्नुपर्ने अवस्था आयो, पढाइको वैकल्पिक उपायका लागि जिल्ला रेडक्रस सोसाइटीसँग त्रिपाल माग्न चैनपुर गए', प्रधानाध्यापक जोशीले भने, 'रेडक्रसका पदाधिकारीले त्रिपाल दिन सकिँदैन भन्नुभयो, रित्तै फर्किए।', विद्यालयको शौचालयसमेत पहिरोले पुरिएको छ। विद्यार्थी खुला रूपमा शौच गर्दैआएका छन्। पृथ्वी नगरपालिका-१ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर सिंहले चाँडै विद्यालय भवन निर्माण गरिने बताउँछन्। नयाँ भवन निर्माणको बजेटबारे भने सिंह अनविज्ञ छन्।  , बेताल आधारभूत प्राथमिक विद्यालयकै जस्तै खप्तडछान्ना गाउँपालिकामा-१ खाती गाउँस्थित जगदम्बा निमाविको आठ कोठे पक्की भवन पनि बाढीले बगाएपछि पठनपाठन खुला चौरमा गर्नु परिरहेको छ। प्रधानाध्यापक लालबहादुर खत्रीका अनुसार हाल १६० विद्यार्थी चौरमा पढ्ने गरेका छन्।, 'घाम लागेका बेला मात्र नियमित पढाइ हुन्छ', उनले भने, 'घाम नलागे जाडोका कारण पढाइ बन्द हुन्छ।' , वर्षाका कारण बाढीपहिरोले जिल्लाभरि ६५ विद्यालयमा आशिंक क्षति भएको छ। दुई विद्यालयमा पूर्णरूपमा क्षति पुगेको सामाजिक विकास कार्यालयका प्रमुख वीरबहादुर धामीले जानकारी दिए। , भौतिक संरचनातर्फ १० करोड ८१ लाख रुपैयाँ बराबरको क्षति भएको छ। , भवन भासिएपछि खेतमै पढाइ
सेतोपाटी संवाददाता नेपालमा थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २९९ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार १५१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ८६३ जनाको पिसिआर परीक्षण र ३२८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ६४२ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ।, २६० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।, त्यस्तै, काठमाडौं उपत्यकामा १२० थपिएका छन्। जसमध्ये काठमाडौंमा ९०, ललितपुरमा २५ र भक्तपुरमा ५ संक्रमित छन्।, थपिए २९९ संक्रमित, निको भए २६०
एजेन्सी अमेरिकाको एउटा बैंकमा भएको चोरी कसले गरेको थियो भन्ने ५२ वर्षपछि पत्ता लागेको छ। , सन् १९६९, जुलाई ११ शुक्रबारको दिन थियो। थियोडोर जोन कनराड नामक व्यक्ति अमेरिकाको ओहायोको क्लिभल्यान्डस्थित पब्लिक स्क्वायरको सोसाइटी नेशनल बैंकमा काम गर्थे। त्यसदिन उनले बैंकबाट २ लाख १५ हजार डलर कागजको एक ब्यागमा लिएर हिँडेका थिए।, युएस मार्शल सर्भिसका अनुसन्धान अधिकृतहरूका अनुसार कनराड त्यतिबेला २० वर्षका थिए। बैंकका कर्मचारीहरूले चोरी भएको  सोमबारमात्रै थाहा पाए। कनराड अफिसमा नआएपछि बैंकमा चोरी भएको खुलेको थियो।, त्यत्तिञ्जेल कनराड गायब भइसकेका थिए।, घटना भएको ५२ वर्षपछि भने अनुसन्धानकर्ताले बैंकलाई लुट्ने व्यक्ति पत्ता लागेको जनाएका छन्। कनराडको गत मेमा नै मृत्यु भइसकेको छ। , फोक्सोको क्यान्सरका कारण उनको ७१ वर्षमा मृत्यु भएको युएस मार्शल सर्भिसले जनाएको हो। , मार्शलका अनुसार कनराडले आफ्नो पहिचान बदलेर बसेका थिए। उनी सन् १९७० यता आफ्नो नाम थोमस रानडेल राखेर लिनफिल्डमा बस्दै आएका थिए। , ‍उनले त्यो चोरी गर्ने तरिका भने फिल्मबाट सिकेका रहेछन्। सन् १९६८ मा बनेको स्टिभ मिकक्विनको 'द थोमस क्राउन अफेयर'बाट सिकेर उनले चोरी गरेको मार्शलले जनाएको छ।, कनराडले आफ्ना साथीहरूलाई पनि बैंकबाट सहजै चोरी गर्ने  योजना पनि सुनाएका थिए। र संयोगवश कनराड सोही फिल्म सुटिङ भएको ठाउँनजिकै बस्न गएका थिए। , यो चोरीको घटना लामो समयदेखि अमेरिकाकै मस्ट वान्टेड र अनसल्भ्ड मिस्ट्रिजको सूचीमा राखिएको थियो। , One of America’s Most Wanted Fugitives Identified After 52 Years. Mystery solved of Ted Conrad, who pulled off one of the biggest bank robberies in Cleveland, Ohio history. ,pic.twitter.com/Jg4cbDmkfH, — U.S. Marshals (@USMarshalsHQ) ,November 12, 2021,  , अमेरिकामा सुल्झियो ५२ वर्षअघि बैंकमा भएको चोरीको घटना