content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका-१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा मंगलबार अखिल क्रान्तिकारीका नेताको  मृत्यु भएको छ।, गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका-४ का२४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, बाइसजाँगरबाट डुम...
सेतोपाटी संवाददाता सुनसरीबाट मंगलबार ४२ जना फरार अभियुक्त पक्राउ परेका छन्। विभिन्न मुद्दामा कैद, जरिवना फैसला भए पनि फरार रहँदै आएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो।, फरार अभियुक्त पक्राउ गर्ने अभियान नै चलाएर पक्राउ गरिएका उनीहरूलाई मंगलबार नै प्रहरीले अदालतमा पेश गरेको छ।, जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसा...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिमा मानव कंकाल फेला परेको छ। , चन्द्रागिरि नगरपालिका वडा नम्बर १ दहचोकस्थित इन्द्रदहमा मानव कंकाल फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।  , मंगलबार अपराह्न ५ बजे त्यहाँ मानव कंकाल फेला परेको भन्दै प्रहरीले खबर पाएको थियो। सो खबरपछि महानगरीय प्रहरी वृत्त थान...
सेतोपाटी संवाददाता दुई समूहबीच भएको कुटाकुटमा घाइते भएका नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधिका उमेदवार दीर्घबहादुर केसीलाई थप उपचारको लागि काठमाडौं लगिएको छ।, रूपन्देही क्षेत्र २ को सोमबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको अवस्थामा दुई समूहबीच भनाभनपछि कुटाकुटको स्थिति उत्पन्न भएको थियो।, बुटवल बालमन्दिरमा मतगणना भइर...
सेतोपाटी संवाददाता राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ।, नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय शेर्पाको बुधबार बिहान ३ बजेतिर निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले सेतोपाटीलाई जानकारी दिए।, पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य रहँदै आएका शेर्पाले त्यसअघि अमेरिक...
सेतोपाटी संवाददाता नेपाल भ्यालुयर्स एशोसिएसनले ईञ्जिनियर पक्राउको विरोधमा आज प्रदर्शन गरेको छ।, एकपक्षीय ढंगले वीरगञ्ज उपमहानगरका सिनियर ईञ्जिनियर राकेशकुमार चौरासियालाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको विरोधमा एशोसिएसनले विरोध प्रदर्शन गरेको हो।, कुमारी बैंकबाट उपलब्ध गराइएको कागजातका आधारमा मूल्यांकन गरेको र मालप...
रासस भक्तपुरको एक उद्योगबाट ढलौटका विभिन्न सामानहरु चोरी गरी फरार भएका चार जना भारतीय नागरिकलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको छ।, कात्तिक ३० गते ढलौटका सामान चोरी गरेका उनीहरूलाई पाँच दिनपछि पक्राउ गरेर आइतबार सार्वजनिक गरिएको हो।, भारत मोतिहारी घर भई काठमाडौँ महानगरपालिका–३२ बानेश्वर बस्ने ३० वर...
सेतोपाटी संवाददाता नेपालमा थप २ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ९ हजार १ सय २३ परिक्षणमा २३८ जनामा संक्रमण पुष्टि भएको हो। , सो अवधिमा संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट ११ हजार ४ सय ९६ जनाको मृत्यु भएको मन्त्रालयले ...
सबिना श्रेष्ठ केही दिनयता उनी नेपालका विभिन्न सहर घुमिरहेका छन्। धरान, पोखरा, चितवन, धनगढी, बुटवल लगायत सहर पुगेका उनलाई हेर्न र भेट्न आउनेहरूको घुइँचो थामिनसक्नु नै छ। , उनको नजिक जान, सँगै फोटो खिचाउन, अंकमाल गर्न चाहने फ्यानहरू उत्तिकै। सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा अहिले उनी नै छाएका छन्।, फ्यानहरूले बनाएका यी ...
रासस बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।, दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो।, जिपमा सवार रहेका ७ जनामध्य...
रासस सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चार जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल श...
सेतोपाटी संवाददाता गुडिरहेको ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु भएको छ।, शान्तिनगर गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय लोकबहादुर वलीको ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।, आइतबार बेलुकी लु ४ त ७७७१ नम्बरको ट्याक्टरबाट वली खसेका थिए।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका...
रासस बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।, जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार राती ८ः३० बजे दुर्घटनामा परेको हो । , जीपम...
तारानाथ आचार्य पुरानो भवनमा पानी चुहिन्छ। हिउँदमा भुइँको चिसो र वर्षाको समयमा आकाशको पानीले कैदीबन्दीलाई सधैँ पिरोल्छ। बागलुङ नगर खानेपानीले उपलब्ध गराएको एउटा धारामा बिहानमा मात्रै आउने पानीले दिनभरलाई पुग्दैन।, तीनवटा मात्रै शौचालय भएकाले लाइनमा बसेर शौचालयको प्रयोग गर्नुपर्ने अवस्था छ। क्षमताभन्दा दोब्बर कैदीबन्दी ...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्ती बसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु भएको छ।, सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा प्र २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार...
सेतोपाटी संवाददाता आज प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, आज देशका अधिकांश पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले बाँकी स्थानको मौसम भने सामान्यतया सफा रहने महाशाखाल...
सेतोपाटी संवाददाता दमकबाट प्रहरीले छ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ।, दमक-नगरपालिका २ का मोहनकुमार तामाङको घरबाट तास खेलिरहेको अवस्थामा उनीसहित छ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।, पक्राउ पर्नेमा पूर्णप्रसाद शिवाकोटी, विनोद श्रेष्ठ, दिल वहादुर श्रेष्ठ, सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका-...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसिल खोप शनिबारबाहेक बाँकी सबै दिन लगाउने भएको छ। , आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ३ बजेसम्म महानगरपालिकको जनस्वास्थ्य शाखा छाबहालमा खोप लगाउने व्यवस्था गरिएको महानगरले जनाएको छ।, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्...
खिलानाथ ढकाल सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित तीन जनाविरूद्ध कर्मचारी सञ्चय कोषले सार्वजनिक सूचना निकालेको छ।, सोमबार सूचना जारी गर्दै कोषले ३५ दिनभित्र ऋण रकमको साँवा-ब्याज भुक्तान नभए सम्पत्ति लिलाम गर्ने चेतावनी दिएको छ।, पटक-पटक भाखा नाघेको ऋणको साँवा-ब्याज रकम भुक्तान गर्न ताकेता गर्दासमेत ऋणीहरू कोषको सम...
युवराज श्रेष्ठ ‘घर त मेरो यहाँ होइन तनहुँ, धेरै पीडा भनौं कि, नभनौं।’, तनहुँको व्यास नगरपालिका– ११ कि सिता कैनीले शुवातमै लोकभाकाको उल्लेखित टुक्का राखिन् र भनिन्, ‘भन्दाभन्दै वाक्क भइयो, कसैले सुन्ने होइन।’, सीताका श्रीमान श्यामसुन्दर कैनीलाई घरमै सुतिरहेको ठाउँबाट २०५९ वैशाख १६ गते तत्कालीन शाही नेपाली सेनाले लिएर ग...
सेतोपाटी संवाददाता जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बसुन्धराका सब-इञ्जिनियर दीपेन्द्र केसीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केसीविरूद्ध सोमबार दुई लाख बिगो र सजाय माग्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।, कलभर्ट निर्माण कार्यको ठेक्काको बिल भुक्तानी दिने क्रममा सेवाग्...
सेतोपाटी संवाददाता जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा वडाध्यक्षहरूले ताला लगाएका छन्।, सरसफाइका लागि भन्न जाँदा कर्मचारीले वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई दुर्व्यवहार गरेको विरोधमा वडाध्यक्षहरूले तालाबन्दी गरेका हुन्। , वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, ३ का दीपेन्द्र साह, ४ का ...
सेतोपाटी संवाददाता आगामी मंसिर ११ गते ‘पिकेसी बिबिएम दोस्रो साइकल र्‍याली हुने भएको छ।, पद्मकन्या क्याम्पसका विद्यार्थीको आयोजनामा हुने र्‍याली महिला हिंसा विरूद्ध जनचेतना र वातावरण सचेतना फैलाउने उद्देश्यसहित हुने संयोजक योगेन्द्रमान सिंह वस्न्यातले जानकारी दिए।, महिला हिंसा हरेक ठाउँमा व्याप्त रहेको भन्दै यसविरूद्ध ...
राजेश घिमिरे शिशु कक्षाका विद्यार्थी शिक्षिकाको सिको गरेर नृत्य सिक्दै थिए, एक जना विदेशी कक्षा भित्र छिरे। सँगै छिरे माडी नगरपालिकाका मेयर ठाकुर ढकाल पनि।, विदेशीले मेयरलाई ती बालबालिका देखाउँदै भने, ‘दिज आर फ्युचर अफ योर कन्ट्री।’, मेयरले जवाफ दिए, ‘यस, दिज आर फ्युचर अफ आवर कन्ट्री।’, यो त्यहीँ विद्यालय हो, जसलाई के...
सेतोपाटी संवाददाता कैलालीको लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोप लागेका एक युवक धरानबाट पक्राउ परेका छन्।, पक्राउ पर्नेमा लम्कीचुहा-३ का चिसापानीका १९ वर्षीय मदन शाही रहेका छन्। शाहीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले धरानबाट पक्राउ गरेको हो।, आइतबार बेलुका शाही धरान विजय...
रासस श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा मार्ग शीर्ष कृष्ण तृतीयाका दिन आज अमालकोट कचहरीका द्वारेले सिन्दुर चढाएपछि सम्पन्न भएको छ।,    , कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा आज श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि सकिएको हो। जात्रा करिब साढे ३०० वर्ष पुरानो भएको विश्वास गरिन्छ।, नेपाल संवत् ८०१ ...
सेतोपाटी संवाददाता कैलालीको लम्कीमा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन्।, कैलालीको लम्कीचुहा नगरपालिका-१ मा आइतबार राति विवाहको कार्यक्रममा चक्कु प्रहारबाट स्थानीय दिनेश नेपाली घाइते भएका हुन्।, बिहेमा नाचगान गरिरहेका बेला उनको कोखामा एक समूहले चक्कु प्रहार गरेको आफन्तले बताएका छन्। घाइते नेपालीलाई उपचारका लागि कोह...
सविता बुढा कैलालीको लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको १३ दिन पुग्दा पनि प्रहरीले मुख्य आरोपीलाई पक्राउ गर्न सकेको छैन।, मृतकका आफन्तले हत्याको मुख्य योजनाकार सोही ठाउँका नवीन रावल रहेको आरोप लागाएका छन्। उनीसहित १६ जनाविरूद्ध आफन्तले किटानी जाहेरी दिएका छन्।, प्रहरीले रावललाई पक्राउ गर्न...
डा. पारस श्रेष्ठ हामीले धेरै सुनेको मात्र होइन, झेलिरहेको समस्या पनि हो, एलर्जी। कोही छालाको एलर्जीले ग्रस्त छन्, कोही खानाको। कसैलाई धुलोको एलर्जी त कसैलाई बनस्पतिको। मान्छेको रगत, छाला एवं शरीरको प्रकृति अनुसार पनि एलर्जी हुनेगर्छ।, एलर्जी तब हुने गर्छ, जब शरीरले कुनै कुरा प्रति तत्काल प्रतिक्रिया जनाउँछ। कुनै बाहिर...
सेतोपाटी संवाददाता प्रहरीले शुक्रबार त्रिभुवन विमानस्थलबाट तीन थान सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ।, मलेसियाबाट आएका यात्रुलाई भन्सार छली गर्न लगाएर ल्याइएको सुनको बालासहित शुक्रबार बिहान ११ बजे दुई जना पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।, पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका-३ का धर्मबहाद...
सेतोपाटी संवाददाता नेपाल सरकारले ११ अफगान नागरिकलाई  राष्ट्र संघीय शरणार्थी उच्च आयुक्तको कार्यालय (युएनएचसिआर)को जिम्मा लगाउने भएको छ। , गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार ११ जना अफगान नागरिकलाई युएनएचसिआरको जिम्मा लगाउने निर्णय भएको जानकारी दिए।, ती नागरिकहरूलाई अध्यागमन विभागको सेल्टरमा राखिएको थि...
भगवती पाण्डे आगामी आइतबारदेखि कपिलवस्तुमा हैजा विरूद्धको खोप खुवाइँदै छ।, गत असोज १८ गतेदेखि फैलिएको झाडापखाला (हैजा) हाल नियन्त्रणमा रहे पनि भविष्यमा पुनः दोहोरिन सक्ने भएकोले त्यसको नियन्त्रणको लागि खोप खुवाउन लागिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।, जसअनुसार पहिलो डोजको लागि २ लाख ५२ हजार ३ सय ६३ डोज खोप आ...
खिलानाथ ढकाल अपहरण तथा शरीर बन्धक मुद्दामा जेल सजाय काटिरहेका अभिषेक गिरीलाई फेरि मोरङ कारागार पठाउने निर्णय गरिएको छ।, मोरङ कारगार सरूवापछि कैदीबन्दीले आन्दोलन गरेर सप्तरी कारागार पठाइएका गिरीलाई त्यहाँबाट फेरि मोरङ नै फर्काउन लागिएको हो।, गत कात्तिक १६ गते गिरीलाई डिल्लीबजार कारागारबाट मोरङ पठाइएको थियो। तर, कैदीबन्...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेसँगै प्रदूषण पनि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार अरब सागरमा बनेको निम्न चापीय प्रणालीका कारण मौसम बदली हुँदा घाम लाग्न नसकेको र यसले चिसोसँगै प्रदूषणसमेत बढाएको छ।, निम्न चापीय प्रणालीको असर आज रातिसम्म देखिने र भोलिबाट मौसममा सुधार ...
निशा भण्डारी नेपाल भ्रमणमा रहेका भारतीय योग गुरू रामदेव र आचार्य बालकृष्णले चन्द्रागिरिमा शनिबार बिहान जिपलाइन यात्रा गरेका छन्।, उनीहरू बिहान चन्द्रागिरिमा योग प्रशिक्षण दिन गएका थिए।, चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिएपछि रामदेव र आचार्य बालकृष्ण जिपलाइनमा सयर भएका थिए।, रामदेवले शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्...
सेतोपाटी संवाददाता नेपालमा थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार शनिबार २४२ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ७ हजार १३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ४ हजार १४५ जनाको पिसिआर परीक्षण र २९९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपाल...
सेतोपाटी संवाददाता अरनिको राजमार्गअन्तर्गत बलेफी-सुकुटेबीचको क्षेत्रमा शनिबार बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख४२८२ नम्बरको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा०३१प०५८४ नम्बरको म...
निशा भण्डारी मानव अधिकार संरक्षण मञ्चले शनिबार राजधानीमा प्रदर्शन गरेको छ।, उसले विभिन्न माग राखेर माइतीघर मण्डलमा प्रदर्शन गरेको हो।, छुवाछूत अपमान मात्र होइन अपराध पनि हो,उचनिच भनेर भेदभाव नगरौं, मानिस कर्मले महान् हुन्छ जातर धर्मले होइन, छुवाछूतबाट मुक्त होऔं लगायत नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरिएको हो।, यस...
सेतोपाटी संवाददाता अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले विगत तीन दिनदेखि बिग्रिएको नेपालको मौसममा शनिबारदेखि क्रमिक रूपमा सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, यद्यपि, उक्त मौसमी प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी एक वृद्धाको मृत्यु भएको छ।, बझाङको केदारस्युँ गाउँपालिका-२ की ७७ वर्षीया विष्णादेवी रावल हिरासत कक्षमै बेहोस भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , आज बिहान एक्कासि बेहोस भएकी रावललाई जिल्ला अस्पताल सिमखेत लैजाँदै गर्दा मृत्यु भएको जिल्ला...
रासस तनहुँको व्यास नगरपालिका–६ सिसाघाटमा बेवारिसे अवस्थामा बस्दै आएकी एक वृद्धाको हत्या भएको छ।, गोरखा पालुङटार नगरपालिका–७ सतिघाट घर भई सिसाघाटमा बस्दै आएकी ६५ वर्षीया मनेना कुमालको हत्यामा संलग्न रहेको अभियोगमा व्यास–६ एक्लेगाउँका १९ वर्षीय महेन्द्र कुमाल पक्राउ परेका छन्।, गत कात्तिक ३० गते राति ११ः३० बजे प्रतिवादी...
रासस गोरखाको मनकामना मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको छ।, कोरोना महामारीले लामो समय बन्द भई भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन्।, हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको संख्या वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए।, शनि...
सेतोपाटी संवाददाता सुर्खेतबाट काठमाडौं आइरहेको यात्रुबहाक बस दाङमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।, कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटनामा परेको हो।, बस दुर्घटनामा २९ यात्रु घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्ले...
रासस संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको सक्रियता तथा मन्त्रालयको आयोजनामा आइतबार पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा एकदिने योग शिविरको आयोजना गरिने भएको छ।, भारतीय योगगुरू रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा उक्त विशाल योग शिविरको आयोजना हुन लागेको मन्त्रालयले जनाएको छ।, योग शिविरकै दिन मन...
सेतोपाटी संवाददाता अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित नेपालको मौसम प्रणालीमा आजबाट सुधार आउने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर सामान्यतया मौसम सफा रहने भए पनि प्रदेश १ मा वर्षा र हिमपातको सम्भावना छ। , महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमान बुलेटि...
सेतोपाटी संवाददाता बैतडीमा महिलालाई कुटपिट गरेर घाइते बनाएको आरोपमा एक युवक पक्राउ परेका छन्।, डडेल्धुराको भागेश्वर गाउँपालिका– १ का १८ बर्षीय सन्दिव सार्की पक्राउ परेका हुन्।, शिवनाथ गाउँपालिका– २ की ४९ वर्षीय चम्पादेवी साउदलाई लाठीले टाउकोमा हानेर घाइते बनाएको आरोपमा उनी पक्राउ परेका हुन्। शनिबार साँझ उनले कुटपिट गर...
रासस बझाङमा बाढीपहिरोले क्षति पुर्याएको भनेर कागजात मिलाएर राहात लिनेलाई छानबिन गरी कारबाही गरिने भएको छ।, जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै बाढीपहिरोमा परेर घरमा क्षति नभएको तर वडा कार्यालय र प्रहरी मुचुल्का बनाइ पीडित बनी राहात लिनेमाथि छानविन गर्न लागेको हो।, जिप्रकाले बाढीपहिरोमा परी पूर्णरुपमा घरम...
सेतोपाटी संवाददाता चितुवाको छालासहित सुर्खेतबाट चार जना पक्राउ परेका छन्। शनिबार चितुवाको छालासहित जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको हो।, अछामको पञ्चदेवल नगरपालिका–८ का ३५ वर्षीय कमल शाही, २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ का २१ वर्षीय ओपेन्...
रासस कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिन सुरु गरिएको छ।, कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्ष उमेर माथिका व्यक्तिलाई दिइने फाइजर खोपको पहिलो मात्रा गत कात्तिक २८ देखि यही मङ्सिर ४ गतेसम्म दिइएको थियो भने दोस्रो मात्रा यही मङ्सिर २७ देखि आगामी ...
सेतोपाटी संवाददाता डोटीमा जिपबाट खसेर एक बालिकाको मृत्यु भएको छ।, गुडिरहेको जिपबाट खसेर शिखर नगरपालिका ८ की १५ वर्षीया आशा विकको मृत्यु भएको हो।, दिपायलबाट डडेल्धुरा आइरहेको से १ ज ७१६ नम्बरको जीपबाट उनी खसेकी थिइन्। उनको टाउकोमा चोट लागेको थियो।, उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ...
सेतोपाटी संवाददाता करिब एक महिनादेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग सुचारू भएको छ।, कात्तिक पहिलो साता आएको अविरल वर्षाका कारण जिल्लाको जालेबगर र मालुमेलाको बीचमा ५ सय मिटर सडकमा क्षति भएको थियो।, शुक्रबार सडक डिभिजनले पक्की सडक भत्केको ठाउँमा ग्राभेल हालेर अस्थायी रूपमा सडक सुचारु गराएको जिल्ला प्रहरी कार्यालय बझाङ...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित आमा-छोरा पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर- ६ विद्युत पछाडि घर भई तुलसीपुर ५ स्थित माइतीघरमा बस्दै आएकी ३८ वर्षीया सुशीला श्रेष्ठ र उनका १८ वर्षीय छोरा रोहन श्रेष्ठ ब्राउन सुगरका १०० वटा पुरियासहित पक्राउ गरिएको इलाका प्रहरी क...
सेतोपाटी संवाददाता करेन्ट लागेर बझाङमा एक जना बालकको मृत्यु भएको छ।, शनिबार बुङ्गल नगरपालिका –५ का १२ वर्षीय वीरे कुँवर राष्ट्रिय प्रसारण लाइनको पोलमा करेन्ट लागेर घाइते भएका थिए।, घाइते भएका उनको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर बिष्टल...
सेतोपाटी संवाददाता विज्ञहरूले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै आम नागरिकलाई सचेत रहन आग्रह गरेका छन्। , जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा वायु प्रदूषण बढ्दै गएकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका हुन्। , बंगालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही सहरमा भी...
सेतोपाटी संवाददाता नेपाल बार एसोसिएसनको कार्यालयमा गएर कानुन व्यवसायीलाई धम्क्याएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बौद्धका तीर्थराम ढकाल र मुलपानीका सीताराम श्रेष्ठ छन्।, दुबैलाई बिहीबार राति बौद्धबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, बिहीबार उनीहरूले बार एसोसिएसनमा ...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ।, बिहीबार बढुवा सिफारिस सूची प्रकाशित गर्दै कार्यालयले ८ प्रनाउलाई प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ।, प्रनाउ जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रा...
सेतोपाटी संवाददाता धनुषामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको।, तीर्थयात्री बोकेर कमला नदीमा कार्तिक स्नान गर्न जाँदै गरेको अनटेस्ट ट्याक्टर विदेह नगरपालिका–७ स्थित बेलापटीमा बिहीबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा भारत सितामढीका अम्बिका देवी र रामदयाल यादव रहेको प्रहरीले जनाएको छ।, दुर्घ...
सेतोपाटी संवाददाता योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन्।, पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका भारतीय योगगुरु बाबा रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण दिने भएका हुन्।, शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्राग...
रासस प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।, गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो।, उनले शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका थिए। जातिवादको अन्त्य गर...
युवराज श्रेष्ठ नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले लकडाउन खुलेपछि नेपालमा बंगाली पर्यटक घुम्न आउने बताएकी थिइन्।, गण्डकी सरकारले गत असोज दोस्रो साता विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखलाई पदयात्रा गराएपछि राजदूत चौधरीले भनेकी थिइन्, ‘कोठमाडौंदेखि बंगलादेशसम्म हवाइसेवा सुचारू भएपछि नेपाल...
सेतोपाटी संवाददाता विभिन्न विधामा योगदान दिएका सञ्चारकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले 'नेपाल मिडिया अवार्ड २०७८' आयोजना हुने भएको छ। , ड्रिम हाइ नेपाल प्रालिको र नेपाल पत्रकार महासंघको सहकार्यमा हुने अवार्डबारे बुधबार राजधानीको होटल सोल्टीमा कार्यक्रम गरी जानकारी गराइएको हो। , 'नेपाल मिडिया अवार्ड २०७८' क...
सेतोपाटी संवाददाता आफ्नै श्रीमतीको हत्या आशंकामा रूपन्देहीको देवदहमा एकजना पक्राउ परेका छन्।, देवदह नगरपालिका वडा नं. १२  प्रगतिनगरकी २५ वर्षीय दिलमाया श्रेष्ठ मगरको हत्या आशंकामा प्रहरीले उनकै ३० वर्षीय श्रीमान हिमाल श्रेष्ठलाई पक्राउ गरेको हो।, दिलमायाको शव देवदह नगरपालिका–११ सदवनियास्थित सडक छेउमा बिहीबार फेला परेक...
सेतोपाटी संवाददाता कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।, आंशिक रूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।, आज ५८०...
रासस अरब सागरमा बनेको न्यून चापीय प्रणालीबाट प्रभावित मौसम अगामी आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ। , नेपालमा अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले...
युवराज श्रेष्ठ कात्तिकको अन्तिम साता पोखरा भ्रमणमा आएका अर्थमन्त्री जनार्दन शर्मालाई फेवाताल पारिको डाँडा पुम्दीकोटका स्थानीयले आफ्नो गाउँमा आउन निम्तो गरे। , फेवातालपारिको वनमाथि रहेको डाँडामा स्थानीयले भगवान महादेवको मन्दिर र विशाल मूर्ति स्थापना गरेका छन्। त्यहीँ मूर्ति देखाउन उनलाई बोलाएका थिए।, ठाउँठाउँमा भत्किएक...
सेतोपाटी संवाददाता रोल्पामा बिहीबार बेलुकी भएको बस दुर्घटनामा ज्यान गुमाएका चारै जनाको सनाखत भएको छ। , घटनास्थलमै मृत्यु भएका तीन जना पुरूष र एक महिलाको शुक्रबार बिहान सनाखत भएको हो। , बसका चालक दाङको परिवर्तन गाउँपालिका वडा नं. ५ का ४० वर्षीय वीरमान बुढा, वडा नं. ६ का ५० वर्षीय कुमार पुन, वडा नं. १ का २९ वर्षीय दीपक ...
सेतोपाटी संवाददाता काठमाडौंको बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , शुक्रबार बिहान करिब २ बजे माइतीघरबाट बबरमहल जाँदै गरेको बागमती प्रदेश ०२-०२४ प ६७७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटना हुँदा मोटरसाइकल पछाडि बसेका एक जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उप...
सबिना श्रेष्ठ सार्वजनिक शौचालय भन्ने बित्तिकै पक्कै पनि तपाईंको नाक खुम्चिन्छ। जानुअगाडि धेरैपटक सोच्नु पनि होला।, अप्ठ्यारो परेका बेला अनुहार बटारेरै भए पनि जानैपर्‍यो है! , कहिलेकाहीँ राम्रा र सफा शौचालय पुग्दा त अचम्मै लाग्ला!, स्वयम्भू बुद्धपार्कबाट भगवानपाउ जाने जंगलको बाटोमा बायाँपट्टि हेर्नुभयो भने त्यस्तै अचम्...
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा परेर युवा चिकित्सक डा. निखिल पन्जियारको निधन भएको छ। , बिहीबार राति साढे ११ बजे विराटनगर-४ मा उनले चलाएको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा २७ वर्षीय डा. निखिलले ज्यान गुमाएका हुन्। , जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काका अनुसार विराटनगर महानगर...
रासस हिमाली जिल्लाका रूपमा रहेको बाजुरामा दैनिक रूपमा चिसो बढ्दै गएको छ। चिसो बढ्न थालेपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। , यहाँ चिसो बढेपछि बालकदेखि वृद्धसम्म बिहान-बेलुकी घरबाहिर निस्कनसमेत गाह्रो हुने गरेको छ।, हिमाली क्षेत्रमा चिसो बढेपछि विद्यालयको पढाइ प्रभावित बन्न थालेको छ। चिसो बढेसँगै विद्यालयको चौरमा वि...
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा परी बिहीबार एकैदिनमा दुई युवा डाक्टरले ज्यान गुमाएका छन्। कपिलवस्तु र मोरङमा भएका छुट्टाछुटै मोटरसाइकल दुर्घटनामा डाक्टर दीपक खरेल र निखिल पन्जियारको मृत्यु भएको हो।  उनीहरू दुबै जना २७ वर्षका थिए।, भाइटीकाको दिन कपिलवस्तुको बुद्धभूमिमा मोटरसाइकल दुर्घटनामा परेका डाक्टर खरेलको उपचार...
रासस प्रहरीले हातहतियार खरखजना मुुद्दाका फरार प्रतिवादीलाई नौ महिनापछि पक्राउ गरेको छ।, देवघाट गाउँपालिका-२ बैदीका ३९ वर्षीय मीनबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो। , तनहुँ जिल्ला अदालतको २०७७ फागुन २१ गतेको फैसलाले मगरलाई दुई महिना नौ दिन कैद सुनाएको थियो।, अदालतको फैसलापछि उनी फरार थिए।, मगरलाई पक्राउ गरी प्रहरील...
सेतोपाटी संवाददाता विमानस्थलमा सुन तस्करी गरी ल्याएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले झण्डै दुई किलोको सुन जस्तो देखिएको पदार्थसहित दुई जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए। यद्यपी सो पदार्थ सुन हो वा होइन भन्ने पुष्टि भइन...
दिपकजंग शाही भेरी नदी छेउमा छ यो वस्ती। गाउँपालिकाको नाममै पानीको स्रोत जोडिएको छ- बराहताल गाउँपालिका।, तर वडा नम्बर-६ इखेनीकी अमृता विकको परिवारमा पोहोर सालसम्म सबभन्दा दुःख पानीकै थियो। वरिपरि खोलानालाले घेरिएको यो ठाउँमा बर्खामै खानेपानी जुटाउन हम्मे हुन्थ्यो।, बर्खामा भेरीमा कालो लेदो बगेर आउँथ्यो। सङ्लो पानी ल्या...
रासस पर्वतमा १८ वर्ष उमेरभन्दा माथिका सबै नागरिकलाई कोरोना भाइरसविरूद्धको खोप लगाउन सुरू गरिएको छ। , यहाँका सात वटै स्थानीय तहका १८ वर्षदेखि ४५ वर्षसम्मका नागरिकलाई खोप लगाउने अभियान थालिएको हो। यसअघि ४५ वर्षभन्दा माथिका सबै नागरिकले दुवै मात्रा खोप पाइसकेका छन्।, १८ देखि ४५ वर्ष उमेर समूहका सबै नागरिकलार्ई गत कात्तिक...
सेतोपाटी संवाददाता नेपालमा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २९६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ९७२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ७७७ जनाको पिसिआर परीक्षण र ११९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेप...
सेतोपाटी संवाददाता किशोरीलाई बन्धक बनाएर यौनधन्दामा लगाएको आरोपमा कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसका एक शिक्षक पक्राउ परेका छन्। , १६ वर्षकी किशोरीलाई नेवारी खाजा घरमा काम लगाइदिने प्रलोभन देखाएर यौनधन्दामा लगाएको आरोपमा क्याम्पसका शिक्षक नेत्र ज्ञवालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १४९ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०२, ललितपुरमा ३२ र भक्तपुरमा १५ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५८७, भक्तपुरमा ४८२ र ललितपुरमा ५७६ सक्रिय संक्रमित छन्।, नेपालमा थप ४१२ जनामा कोरोना भाइरसको संक्र...
सेतोपाटी संवाददाता नेपालमा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४१२ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ९९३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, १० हजार १०६ जनाको पिसिआर परीक्षण र १८८७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेप...
सेतोपाटी ​हरेक सालझैं यो महिना भारतको राजधानी नयाँदिल्लीका स्कुल र कलेजका विद्यार्थी छुट्टिमा छन्। यो छुट्टि कुनै चाडपर्व वा उत्सव मनाउन दिइएको होइन, प्रदूषणबाट बच्न हो।, केही दिनयता दिल्लीको आकाश ‘विषालु’ तुँवालोले ढाकेर प्रदूषित भएको छ। स्वास्थ्य जोखिम बढेको भन्दै राज्य सरकारले नै स्कुल विदा दिने निर्णय गरेको हो। हि...
सेतोपाटी संवाददाता अवैध रूपमा भारतबाट ल्याएको ठूलो परिमाणको रेडबुल प्रहरीले बरामद गरेको छ।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सिद्धार्थनगर नगरपालिका-६ सुगरमिलबाट ९५ पेटी रेडबुल बरामद गरेको जनाएको छ।, स्याङ्जाको वालिङ नगरपालिका वडा नं. २ घर भई हाल सिद्धार्थनगर ४ बस्ने ३३ वर्षिय प्रकाश रेग्मीले अवैधरूपमा भारतबाट ल्याएक...
सेतोपाटी संवाददाता रौतहटको कारागारमा झुण्डिएको अवस्थामा फेला परेका एक जना कैदीको उपचारका क्रममा मृत्यु भएको छ।, बुधबार साँझ पौने ५ बजे देवाही गोनाही नगरपालिका वडा नम्बर ७ घर भएका लडाइ साह तेली कारागारमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको रौतहट कारागारका जेलर निमित्त प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए।, उनी शौ...
सेतोपाटी संवाददाता प्रहरीले ६५ हजार तीन सय ३५ नक्कली नोटसहित काठमाडौंबाट पाँच जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मंगलबार बेलुका गोकर्णेश्वर नगरपालिका-७ बाट पाँच जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नं. ८ घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नारा...
रासस भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमलविनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएकी छिन्।, कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्ने बारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलबीच भएको छलफलमा उनीहरु ...
युवराज श्रेष्ठ मुस्ताङस्थित धौलागिरि श्रृंखलाको पानामाथि हिमालबाट आइतबार उर्लिएको हिमपहिरोको क्षति अझै यकिन भइसकेको छैन।, हिमपहिरो जाँदा भागदौड हुँदा ११ जना घाइते छन्। जसमध्ये तीन जना पोखरामा थप उपचार गराइरहेका छन्।, हिमपहिरो गएको क्षेत्र थासाङ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष नरप्रसाद हिराचनका अनुसार अहिलेसम्म २४ ...
रासस जात्राका लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा दिइएको छ।, मेलौली नगरपालिकाले बुधबार सूचना जारी गर्दै बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो।, मेलौली–१ स्थित मेलौली भगवती मन्दिरमा बिहीबार र शुक्रबार बलिसहित भव्य जात्रा लाग्ने गर्दछ।, बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस...
सेतोपाटी संवाददाता काठमाडौंको कागेश्वरी मनोहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ।, बुधबार कागेश्वरी मनोहरा-९ को सुन्दर चोकस्थित तरकारी बजारनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो। स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्न बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो।, बुधबार दिउँसो १२ बजेबाट ग...
सेतोपाटी संवाददाता दाङमा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, आज बिहान बाटो बनाउने क्रममा: जेसिबी पल्टिएर दुर्घटना भएको थियो।, घोराही उपमहानगरपालिका १० नारायणपुरका २२ वर्षीय चालक सुनिल सुनारको मृत्यु भएको हो।, प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार आज बिहान करिब ४:३० बजे जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलम...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका भित्र आज र भोलि भेरोसिल खोपको दोस्रो मात्रा लगाउने भएको छ। , महानगरपालिकाका अनुसार खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क गर्नुपर्नेछ।, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार खोप लगाउन जाँदा अनिवार्य रुपमा पहिलो ...
सेतोपाटी संवाददाता सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर ४ बाट ठूलो परिमाणमा गाँजासहित एक जना पक्राउ परेका छन्।, बुधबार दिउँसो देवानगंजस्थित सीमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको टोलीले एक जनालाई गाँजासहित पक्राउ गरेको हो। , प्रदेश -१-०४-००१ त ०६६६ नम्बरको ट्याक्टरलाई प्रहरीले चेक गर्दा ट्याक्टरमा १...
सेतोपाटी संवाददाता उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , बिहीबार बिहान उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ दनुवारबेसीस्थित मदनभण्डारी राजमार्गमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।  , प्रदेश नम्बर २-०१-००१ त १०८३ नम्बरको ट्याक्टर घुम्ती मोडमा अनियन्त्रित भई दुर्घटना हुँदा...
सेतोपाटी संवाददाता कोसी राजमार्गमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक (सई)को मृत्यु भएको छ।, धरान उपमहानगरपालिका-८ स्थित सेउती खोलानजिक राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सई सन्तोष बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।, प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ ...
नवीनबाबु गुरूङ अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पुगेर फाइजर खोप केन्द्र अवलोकन गरेका छन्।, तीन दिने नेपाल भ्रमणमा आएका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायकमन्त्री लुले आज (बिहीबार) बिहान शिक्षण अस्पताल पुगेर कोरोना विरुद्धको फाइजर खोप अभियानको अवलोकन गरेका...
एजेन्सी भारतमा अहिले एकजना कमेडियनको चर्चा भइरहेको छ। कमेडियन वीर दासलाई कसैले करोडौंको आवाज बोलेको भन्दै ‘हिरो’ मानिरहेका छन् भने केहीले उनलाई ‘देशद्रोही’ भन्दै प्रहरीकहाँ उजुरी हालेका छन्।, सत्तारूढ भारतीय जनता पार्टीका समर्थकले उनीमाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने माग गरिरहेका बेला विपक्षीहरूले दासको बचाउ गरेका छन...
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका डाक्टर दीपक खरेलको निधन भएको छ।, उपचारको क्रममा बिहीबार बिहान उनको राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको कपिलवस्तु सामुदायिक अस्पतालमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोखरेलले जानकारी दिए।, कपिलवस्तुको वाणगंगा नगरपालिका-८ का २७ वर्षीय डाक्टर खरेल उक्त सामुदाय...
एजेन्सी उत्तर अमेरिकी मुलुक क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा भीषण वर्षापछि आएको बाढी र डुबानले जनजीवन प्रभावित भएको छ। समाचार संस्था रोयटर्सका अनुसार त्यहाँका अधिकारीहरूले बिहीबार दिउँसोसम्म १ जनाको मृत्यु भएको र तीन जना हराइरहेको जानकारी दिएका छन्। , वर्षापछि आएको बाढी-पहिरोले राष्ट्रिय राजमार्ग ठाउँ-ठाउँमा बगाए...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १२० थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९०, ललितपुरमा २५ र भक्तपुरमा ५ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १६२८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमडौंमा ५८५, ललितपुरमा ५६८ र भक्तपुरमा ४७५ सक्रिय संक्रमित छन्।, नेपालमा थप २९९ जनामा कोरोना भाइरसको संक...
रासस विद्यालयसहितको भवन भासिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ।, गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका-१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ। , अत्यधिक वर्षाले विद्यालयको भवन र जमिन भासिएको छ। विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने अवस्था छ...
सेतोपाटी संवाददाता नेपालमा थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २९९ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार १५१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ८६३ जनाको पिसिआर परीक्षण र ३२८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेप...
एजेन्सी अमेरिकाको एउटा बैंकमा भएको चोरी कसले गरेको थियो भन्ने ५२ वर्षपछि पत्ता लागेको छ। , सन् १९६९, जुलाई ११ शुक्रबारको दिन थियो। थियोडोर जोन कनराड नामक व्यक्ति अमेरिकाको ओहायोको क्लिभल्यान्डस्थित पब्लिक स्क्वायरको सोसाइटी नेशनल बैंकमा काम गर्थे। त्यसदिन उनले बैंकबाट २ लाख १५ हजार डलर कागजको एक ब्यागमा लिएर हिँडेका थ...