content
stringlengths 20
64.1k
⌀ |
|---|
एजेन्सी शुक्रबार राति न्युजिल्यान्डको आकाशमा एउटा दुर्लभ चन्द्रग्रहण देखिने भएको छ।, यो ग्रहण आठ सय वर्षपछि न्युजिल्यान्डको आकाशमा देखिन लागेको हो।, द गार्डियनका अनुसार यो चन्द्रग्रहण स्थानीय समयअनुसार शुक्रबार राति ८:२० देखि सुरू हुनेछ। त्यसपछि पृथ्वीको छायाले विस्तारै चन्द्रमालाई ढाक्नेछ। झण्डै दुई घन्टापछि राति १० बजेसम्म चन्द्रमाको ९७ प्रतिशत ढाकिनेछ। ,
त्यस्तै साढे तीन घन्टापछि ग्रहण सकिनेछ।, ग्रहण लाग्दा चन्द्रमा हल्का रातो हुने खगोलविज्ञहरू बताउँछन्।, यसअघि यस्तो सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण न्युजिल्यान्डबाट सन् १२१२ मा देखिएको समाचारमा उल्लेख छ।, 'पूर्ण चन्द्रग्रहण हुँदा साढे तीन घन्टा ग्रहण लाग्नु असामान्य होइन, कहिले अलि छोटो हुन्छ त कहिले लामो। तर आंशिक चन्द्रग्रहणमा यति धेरै लामो हुनु एकदमै दुर्लभ हो,' अकल्यान्डको स्टारडोम अब्जर्बेटरीका खगोलविद् रब डेभिसनले भने, 'धेरैजसो समय चन्द्रमालाई पृथ्वीको छायाले ढाक्नेछ र छोटो समयको लागि हाम्रो आकाशबाट ब्लड माइक्रोमुनको रूपमा प्रस्तुत हुनेछ।', यो चन्द्रग्रहण अमेरिकाको पश्चिमी राज्यहरूबाट पनि देखिन्छ। तर न्युजिल्यान्डबासीहरूलाई यो महत्वपूर्ण हुनेछ।, विशेषगरी खगोल विज्ञानमा रूची भएका व्यक्तिहरूका लागि यो महत्वपूर्ण हुनेछ।, यसको प्रत्यक्ष प्रसारण नासाले गर्ने द गार्डियनले जनाएको छ। ,
आठ सय वर्षपछि न्युजिल्यान्डको आकाशमा देखिँदैछ दुर्लभ चन्द्रग्रहण
|
नवीनबाबु गुरूङ भारतीय योगगुरू रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण बिहिबार काठमाडौं आइपुगेका छन्। , शुक्रबार राजधानीमा हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन स्वामी रामदेव र बालकृष्ण काठमाडौं आएका हुन्।, पतञ्जलीले भोलि दुई वटा आध्यात्मिक टेलिभिजन च्यानल सुरू गर्ने कार्यक्रम रहेको छ।,
योगगुरू रामदेव र आचार्य बालकृष्ण काठमाडौंमा (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता मोरङ बुढीगंगाामा गत आइतबार राति 'बर्थ डे' पार्टीपछि भएको झगडामा भएको हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , बुढीगंगा गाउँपालिका-६ कोयलपुरमा युवाहरूबीच ग्याङफाइटमा धनकुटा पाख्रीबासका २६ वर्षीय रिजन दाहालको हत्या भएको थियो।, उनी इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरी बस्थे। , प्रहरीले हत्या आरोपमा बुधबार चार जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका ७ का २१ वर्षीय बिक्रम खड्का, बुढीगंगा ६ का २४ वर्षीय ईश्वर लिम्बू, सोही ठाउँका १८ वर्षीय सुदिप उराँव र २० वर्षीय सुदिप उराँव रहेको मोरङ प्रहरीका प्रवक्ता डिएपी दीपक श्रेष्ठले जानकारी दिए।, पक्राउ पर्ने चार जनालाई आज मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको उनले बताए। घटनामा अरूको पनि संलग्नता रहेकोले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।,
,
'ग्याङफाइट' हत्या प्रकरणः चार जना पक्राउ
|
सेतोपाटी संवाददाता उत्तरी गोरखाको मनास्लु पदमार्गमा पर्ने सामागाउँका महिला धमाधम जंगली फल कोप्सी टिपिरहेका छन्। यसरी टिपिएको कोप्सीलाई सुकाएर क्यानडा पठाइन्छ जहाँ स्न्याक्स, हर्बल टि र अल्कोहलमा यसको प्रयोग गरिन्छ। , विश्वविख्यात आध्यात्मिक गुरू योङ्गे मिङ्ग्युर रिम्पोछेको मिङ्ग्युर फाउण्डेशनको ‘इन्हान्सिङ फुड सेक्युरिटि इन सामागाउँ थ्रु इम्प्रुभ्ड अर्गानिक भेजिटेबल एन्ड गुजि फार्मिङ’ परियोजनाले महिलालाई आय आर्जनमा टेवा पुर्याउन कोप्सी विरूवा रोपण र संकलनमा सहयोग पुर्याउँदै आएको छ।, जंगली गुलाब प्रजातीको कोप्सीलाई महिलाले टिपेर राम्रोसँग सफा गरेपछि परियोजनाको सोलार मेशिनमा सुकाइन्छ। सुकाइएको कोप्सीको गुणस्तर हेरेर प्रति केजी ६५ देखि ६७ डलरमा खरिद गरिने परियोजनाकी संयोजक मोर्गोट क्लेभियरले बताइन्। , ‘सामागाउँको अर्गानिक गुजी राम्रो गुणस्तरको छ’, क्लेभियरले ,सेतोपाटी,सँग भनिन्, ‘हामीले क्यानडाको टी लिभ्स कम्पनीसँग समन्वय गरेका छौं। यसपालि सय केजी पठाउने लक्ष्य छ।’ , कोप्सी सेवनले स्वास्थ्य राम्रो हुने जनविश्वास। हिमाली डाक्टर ‘आम्ची’हरूले समेत यसको प्रयोग गर्छन्। , त्यत्तिकै खेर गइरहेको जंगली फलबाट आम्दानी हुँदा गाउँका महिला पनि खुसी छन्। ८ महिना अघि सुरु भएको परियोजना अन्तर्गत २१ जना महिलाले कोप्सी बटुल्दै आएका हुन्। , ‘रिम्पोछेको यस कामले महिला शसक्तिकरणमा टेवा पुर्याउनेछ’, सामागाउँका प्रमुख लामा जिग्मे लामाले भने। , परियोजनाले गाउँमा ग्रिन हाउस बनाउने काम पनि अघि बढाएको छ। १५ वटा ग्रिन हाउस तयार भइसकेको छ भने थप ३० वटा बन्दैछन् जहाँ विभिन्न किसिमका तरकारी उत्पादन भैरहेको छ। ,
जंगली फलबाट डलर कमाउँदै मनास्लुका महिला
|
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुरमा एक महिलाको शव फेला परेको छ। , मंगलबार दिउँसो करिब १ बजे कीर्तिपुर नगरपालिका वडा नम्बर ४ राराहिल चोकस्थित एक घरमा महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।, भोजपुर घर भई कीर्तिपुरकी शारदा धमलाको घरमा डेरा गरी बस्दै आएकी अन्दाजी ६०-६५ वर्षीया मीना कार्की मृत फेला परेकी हुन्। उनी आफ्ना छोरासँग बस्थिन्। , प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार उनी बन्द कोठामा भेटिएकी थिइन्। , उनको मृत्युको कारण के हो भन्ने पत्ता लागिनसकेको प्रहरीले जनाएको छ। , 'अहिले घटनाको कारण खुलिसकेको छैन। हामी अनुसन्धान गर्दैछौं,' प्रहरी नायब उपरीक्षक ठाकुरले भने।, शवको पोष्टमार्टमको लागि महाराजगञ्जस्थित अस्पतालमा लगिएको छ।, प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ। ,
कीर्तिपुरमा डेरा गरी बसेकी महिला मृत फेला
|
सेतोपाटी संवाददाता ललितपुरको सानागाउँमा मोटरसाइकल र स्कुटर जुध्दा पाँच जना घाइते भएका छन्। , मंगलबार महालक्ष्मी नगरपालिकाको सानागाउँस्थित मुख्य सडकमा दुर्घटना हुँदा पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। , बा ५६ प २४०५ नम्बरको स्कुटर र बा ४२ प ७३९८ नम्बरको मोटरसाइकल जुधेको थियो। , घटनापछि महानगरीय प्रहरी प्रभाग लुभूको टोली घटनास्थल पुगेर एम्बुलेन्स बोलाएर अस्पताल पठाएको थियो।, घाइतेहरूको उपचार अहिले किष्ट अस्पतालमा भइरहेको छ। उनीहरूको पहिचान नखुलिनसकेको प्रहरीले जनाएको छ।, घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए। , उनका अनुसार एउटामा तीन जना सवार रहेको र तिव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्ररम्भीक अनुमान छ।, लुभू प्रभागले दुबै सवारीसाधन नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त सातदोबाटोमा पठाएको छ। , प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ। ,
,
ललितपुरमा मोटरसाइकल र स्कुटर जुध्दा पाँच घाइते, एकको अवस्था गम्भीर
|
सेतोपाटी पुरातत्वविदहरूले इजिप्टमा एउटा मन्दिर फेला पारेका छन् जुन ४५ सय वर्ष पुरानो भएको अनुमान छ। , सिएनएनका अनुसार खोजकर्ताहरूको टोलीले यो मन्दिरका अवशेषहरू कायरोभन्दा १२ माइल पर रहेको अर्को मन्दिरमुनि फेला पारेका हुन्। , यो खोज मिसामिलानो नुज्जुलोको नेतृत्वमा भएको हो। , सन् १८९८ मा केही पुरातत्वविदहरूले न्युसेरा राजाले बनाएको सूर्य मन्दिर फेला पारेका थिए। न्युसेराले इजिप्टमा इसापूर्व २४०० देखि २३७० सम्म शासन गरेका थिए।, त्यही मन्दिरमुनि अर्को मन्दिर पनि रहेको अहिले पत्ता लागेको हो। त्यसैले अध्येताहरूले एक मन्दिरमाथि अर्को मन्दिर बनेको अनुमान गरेका छन्। , उनीहरूले फेला पारेका अवशेषहरूमा राजा न्युसेराभन्दा अगाडि शासन गरेका राजाहरूको नाम पनि देखिएको सिएनएनले जनाएको छ।, ऐतिहासिक प्रमाणहरूले त्यस क्षेत्रमा ६ वटा यस्ता सूर्य मन्दिर बनेको देखाएका छन्। तीमध्ये अहिलेसम्म दुइटा उत्खनन गरिएको अध्येता नुज्जुलोले बताएका सिएनएन लेख्छ।, यी उत्खननबाट यस्ता सूर्य मन्दिरहरू अबु घरब क्षेत्र वरिपरि निर्माण भएको देखिन्छ।, न्युसेरा राजाको सूर्य मन्दिरको बनावट हेर्दा त्यसको संरचना माटोका इँटाले बनेको भवनसँग मेल खान्छ। तर यसको आकार ठूलो र यसमा माटोको सट्टा ढुंगाको इँटा प्रयोग गरिएको नुज्जुलोले बताउँछन्।, उनका अनुसार ढुंगाको प्रयोग राजा न्युसेराको पालामा भएको होइन। किनभने इजिप्टका राजाहरूले ढुंगाको इँटाबाट मन्दिर बनाएको प्रमाण फेला परेको छैन। त्यसैले यो मन्दिर पछि पुनर्निर्माण क्रममा ढुंगाको इँटा हालिएको हुन सक्ने अनुमान गरिएको छ। , अध्येताहरूको टोलीले यो क्षेत्रमा यस्तै अरू मन्दिर फेला पर्ने विश्वास राखेका छन्। , यी मन्दिरका संरचना र सामग्रीहरूको अध्ययनबाट त्यो बेलाका मान्छेहरूको जीवनशैलीबारे जानकारी मिल्ने सम्भावना धेरै भएको नुज्जुलोले बताएका छन्।,
इजिप्टमा फेला पर्यो सूर्य मन्दिर, ४५ सय वर्ष पुरानो भएको अनुमान
|
सेतोपाटी संवाददाता मोरङको बेलबारी ५ कसेनीमा ट्याक्टर पल्टिँदा त्यसमा सवार २ जना सहचालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा रंगेली नगरपालिका १ का २२ वर्षीय विजय हेमरन र १५ वर्षीय अविनाश मनण्डी रहेका छन्।, सोमबार बेलुका ८ बजे को २ त ८६८८ नम्बरको ट्याक्टरले इन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा उक्त ट्याक्टर पल्टिँदा घाइते भएका दुवै जनाको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।, ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ वर्षीय आइती सतार टुडु इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।,
ट्याक्टर पल्टिँदा दुईको मृत्यु
|
सेतोपाटी संवाददाता भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। , मंगलबार बिहान सवा ४ बजे मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा बागमती प्रदेश ०२-०२७ प २३५३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए। , उनका अनुसार काठमाडौंबाट भक्तपुर जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबीचको डिभाइडरमा ठोक्किएको थियो। ठोक्किँदा लोकन्थली बस्ने प्रदीप कार्की गम्भीर घाइते भएका थिए। , घाइते कार्कीलाई उपचारको लागि मध्यपुर अस्पताल थिमी, भक्तपुर लगिएको थियो। , उनको उपचारको क्रममा पौने ५ बजे मृत्यु भएको प्रहरी निरीक्षक जिसीले बताए। शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ। , प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ। मोटरसाइकल असावधानीपूर्वक चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। ,
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
|
सेतोपाटी संवाददाता नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तुलसीपुरका सडकका चोकमा जेब्रा क्रसिङिङ बनाएका छन्। , आफैंले आयोजना गरेको नेपाल बन्दमा उनीहरूले ट्राफिक व्यवस्थापनमा सहयोग पुगोस् भनेर तुलसीपुरको वीरेन्द्र चोक लगायतका स्थानमा जेब्रा क्रसिङ बनाएका हुन्। , बन्द सफल पार्न वीरेन्द्र चोकमा खटिएका नेकपा दाङका जिल्ला कमिटी सदस्य विजय मल्लले दुर्घटना न्यूनीकरणमा सहयोग पुगोस् भन्ने उद्धेश्यले आफू लगायतका नेता-कार्यकर्ता मिलेर बन्दको सदुपयोग गर्दै सडकमा जेब्रा क्रसिङ बनाएको जानकारी दिए। , ‘बन्दको दिनमा गाडीहरू नगुड्ने हुँदा बन्दको सदुपयोग गर्दै हामीले बढी भिडभाड हुने ठाउँमा जेब्रा क्रसिङ आफैंले निर्माण गरेका हौं,’ मल्लले भने, ‘बढी भिडभाड हुने ठाउँमा जेब्रा क्रसिङको नाम निशान पनि छैन, त्यसैले सर्वसाधारणको सजिलोको लागि र दुर्घटना न्यूनीकरणमा सहयोग पुगोस् भनेर हामी आफैंले सडक पेन्टिङ गरेका हौं।’, मल्लको हातभरि पेन्टिङ लतपतिएको देखिन्थ्यो। व्यवसायीसँग रङ सहयोग मागेर जेब्रा क्रसिङ बनाइएको उनले बताए। , सडकमा पेन्टिङ गर्नुपूर्व उनीहरूले सडकमा आफैं झाडू लगाएर बढारेका थिए। पेन्टिङ गरेपछि उनीहरूले सडक मै ‘एकीकृत जनक्रान्ति जिन्दावाद’ भन्ने नारा पनि लेखेका छन्। , बन्द गराउन चोकमा खटिएका विप्लवका नेता/कार्यकताले आफैं सडकमा झाडू लगाएर जेब्रा क्रसिङ बनाउन थालेपछि सुरक्षाको लागि चोकमा खटिएका प्रहरी र सर्वसाधारणले पनि रूचिपूर्वक नियालेको देखिन्थ्यो। , जिल्ला सदस्य मल्लले साधन स्रोतका अभावले सबै चोकमा जेब्रा क्रसिङ बनाउन नसकिएको र फेरि सहयोग मागेर तुलसीपुरका अन्य चोकमा पनि सर्वसाधारणको सजिलोको लागि जेब्रा क्रसिङ बनाउने योजना रहेको जानकारी दिए। , उनले अब छिट्टै बजार क्षेत्र र मुख्य राजमार्ग क्षेत्रका सडकका खाडल पुर्ने योजना रहेको बताए। , ‘सडक नै भरि खाडल छन् र ती पुर्न कसैले चासो दिएको देखिएन,’ मल्लले भने, ‘ती खाडलले थुप्रै दुर्घटना भएका छन्। दुर्घटना न्यूनीकरणमा सघाउ पुगोस् भनेर हाम्रो पार्टीले सडकका ठूला खाल्डाखुल्डी पुर्ने निर्णय गरेको छ।’, यही हप्ताभित्रै आफूहरू दाङका प्रमुख सडकका खाल्डाखुल्डी पुर्नका लागि खटिने मल्लले जानकारी दिए। , सडकका खाल्डाखुल्डी पुर्नका लागि जिल्लामा सञ्चालित क्रसिङर उद्योगहरूसँग आवश्यक बालुवा गिट्टी माग्ने कि भनेर सरसल्लाह भइरहेको उनले बताए। त्यसो नभए आफैं ट्याक्टर, टिपर लगेर खोलामा गई बालुवा गिट्टी ल्याई सडकका खाडल पुर्न सकिने मल्लले जानकारी दिए।, ‘तस्करहरूले रातारात नदी खोला दोहन गर्न हुन्छ भने हामीले किन सामाजिक कार्यका लागि खोलाबाट केही बालुवा गिट्टी उठाउन नपाउने ?,’मल्लले प्रश्न भने, ‘हामीले व्यक्तिगत रूपमा कमाउनका लागि हैन सडकका खाल्डा पुर्न लागेका हुँदा हामीलाई कसैले रोक टोक गर्न मिल्दैन।’, चर्को मूल्य वृद्धिविरूद्ध आफ्नो पार्टीले गरेको नेपाल बन्द जनताकै सहयोगमा सफल बनेको उनले दाबी गरे। ,
,
तुलसीपुरमा विप्लवका कार्यकर्ताले बनाए जेब्रा क्रसिङ
|
सेतोपाटी संवाददाता नेपालमा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा ९१४९ जनामा परीक्षण गर्दा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ६५०५ जनाको पिसिआर र २६४४ जनाको एन्टिजेन परीक्षण गरेको थियो। , योसँगै नेपालमा अहिले ७४७६ जना सक्रिय संक्रमित छन्। १७० जना संक्रमित मंगलबार निको भएका छन्।, यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। , यस्तै, काठमाडौं उपत्यकामा थप १४५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा मात्रै १०१, ललितपुरमा ३३ र भक्तपुरमा ११ संक्रमित थपिएका हुन्। ,
,
नेपालमा थप ३७७ जनामा कोरोना संक्रमण
|
सञ्चिता घिमिरे नेपालको पहिलो सुरूङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ। निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ । , जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी सुरू भएको आयोजना एकडेढ महिनादेखि सुस्त गतिमा अघि बढेको छ। दसैं, तिहार छठलगायतका चाडपर्वका कारण निर्माणको कामले अहिले कम गति लिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए। गत साता निर्माणस्थलमा नै एक जना कामदारको मृत्यु भएकाले पनि निर्माण एक साता अवरुद्ध थियो। अहिले चाडपर्व पनि सकिएको र कामदारसँग सहमति भएकाले निर्माणले गति लिने उनको भनाइ छ। उनले भने, ‘निर्माण कम्पनीले पुनः पहिलेकै गतिमा काम गर्दैछ।’ , पहिले तोकिएको कार्ययोजनाभन्दा अहिले एक महिना ढिला भएको छ। गत वर्षमा कोभिडका कारण काममा बाधा पुगेकाले केही ढिलाइ भएको हो। निर्माण कम्पनीले तोकिएकै समयमा सकिने प्रतिबद्धता जनाएको प्रमुख शाक्यले बताए। उनले भने, ‘४२ महिनाबाट एक दुई महिना नै थप्नुपर्ने भए पनि अहिलेको काम हेर्दा त्योभन्दा बढी नलाग्ने देखिन्छ।’, निर्माण कम्पनीले अहिले मुख्य सुरूङ निर्माणसँगै ‘फ्लाई ओभर, ‘अण्डर पास’, पहुँच सडक, खानेपानीलगायतका संरचनाको निर्माण अघि बढाइरहेको छ। विगतका वर्षमा जग्गा प्राप्ति गर्न केही समस्या देखिएको भए पनि अहिले समाधानको चरणमा रहेको उनले बताए।, अरू संरचनामा ‘फ्लाई ओभर’ को निर्माण सुरू भइसकेको छ। जग्गा प्राप्ति गरिसकेको ठाउँमा सुरु गरिएको र जग्गा प्राप्त गर्न बाँकी ठाउँमा प्राप्त भएपछि काम गरिने प्रमुख शाक्यले बताए। सुरूङ खनिसकेर ‘ब्रेक थ्रु’ गर्ने र खनिसकेको ठाउँमा स्तरोन्नति सँगसँगै हुनेछ। अरू सबै निर्माण सकिएपछि मात्रै सिस्नेरी खोलामा सर्भिस सेन्टर निर्माण हुने आयोजनाले जनाएको छ।, ‘सुरूङभित्र सबै काम सँगसँगै अघि बढाइए पनि सुरूङभित्र सिसी क्यामरा, बत्ती हाल्नेलगायतका काम पछि हुन्छ’, उनले भने। अहिले निर्माणस्थलमा चार टोली सुरुङ खन्नमा लागेको छ। बाहिर निर्माण गर्ने र भित्र निर्माण गर्ने सहायक कम्पनी छुट्टाछुट्टै भएको र तीनको एकअर्काको काममा कुनै सम्बन्ध नभएको प्रमुख शाक्यले बताए।, ‘निर्माणस्थल हेर्नका लागि इञ्जिनीयर छुट्टाछुट्टै नै हुनुहुन्छ’, उनले भने। आयोजनाले एउटा ‘अण्डर पास’ सकिएको र एउटा सुरु गर्न लागिएको जनाएको छ। धादिङमा ‘अण्डर पास’ सकियो भने काठमाडौँको ‘ओभर पास’ को निर्माण सम्पन्न भएको छ। अहिलेसम्म केही पुल निर्माण सकिएको छ। सिस्नेरी खोलालाई डाइभर्सन भइसकेको छ। स्थानीयवासीलाई पानीको अभाव नहोस् भनेर ट्याङ्की बनाइसकिएको र छिट्टै पाइपलाइन निर्माण गरिनेछ। , निर्माण कम्पनीले अहिलेसम्म एक हजार ८१२ मिटर खनेको छ। काठमाडौं जिल्लातर्फ मुख्य सुरूङमा २८३ मिटर र धादिङतर्फ मुख्य सुरूङतर्फ २८० मिटर गरी मुख्य सुरूङमा ५६३ मिटर खनिएको छ। निकासतर्फ काठमाडौँतर्फ ६६१ मिटर र धादिङतर्फ ४१८ मिटर गरी जम्मा एक हजार ७९ मिटर खनेको छ । धादिङतर्फको ‘बोर्किङ अडिट’ मा १२६ मिटर, क्रस प्यासेजमा ४३ मिटर खनिएको आयोजनाले जनाएको छ । प्राविधिक दृष्टिकोणबाट पाँच सय मिटरभन्दा बढी लम्बाइको सुरुङमार्गलाई आधुनिक मानिन्छ । , यस्ता सुरूङमार्गमा हावाका लागि भेण्टिलेटर र प्रकाशको व्यवस्था मिलाइन्छ। नेपालमा पाँच सय मिटरभन्दा बढी लम्बाइको यो नै पहिलो सुरूङ मार्ग हो।, जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माण भइरहेको सुरुङमार्गको निर्माण अवधि ४२ महिना रहेको छ। नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच विसं २०७६ असोजमा सम्झौता भएको थियो।, सुरूङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिक रूपमा हुने जाम हट्ने विभागले जनाएको छ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर चौडाइका गरेर दुई वटा सुरुङको निर्माण हुनेछ ।, दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ। तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन्। एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन्। सहायक सुरूङ तत्काल उद्धारका लागि प्रयोग हुने बताइएको छ। ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ ।, सुरूङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुनेछ । कमजोर ढुङ्गा माटोलाई भने सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ। सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायतका कक्ष हुने बताइएको छ। निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँशी नगरपालिकामा नै हस्तान्तरण हुनेछ। ,
नागढुङ्गा सुरूङमार्ग निर्माण २३ प्रतिशत सकियो
|
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक (असई)सहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। , बाराको इलाका प्रहरी कार्यालय सिमरौनगढमा कार्यरत असई वीरेन्द्र महतोसहित तीन जनाविरूद्ध अख्तियारले मंगलबार काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।, आफ्नो नागरिकता र एसएलसीको प्रमाणपत्रमा जन्म मिति सच्चाई प्रहरीमा भर्ना भएको आरोप महतोमाथि छ। , अनुसन्धान हुँदा असई महतोले जन्म मिति सच्चाएर प्रहरीमा भर्ना गरेको पाइएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए। साथै जवानबाट उनी सोही नक्कली प्रमाणपत्र पेश गरी असईमा बढुवा समेत भएका थिए। , उनीसँगै सरस्वती माध्यमिक विद्यालय, पिपरा, रौतहटमा तत्काल कार्यरत प्रधानाध्यापक रवीन्द्र झा र शिक्षक मुकेशकुमार सिंहविरूद्ध पनि मुद्दा दायर भएको छ।, उनीहरूले प्रमाणपत्र जारी गर्दा जन्ममिति सच्याएर आफूहरूलाई फाइदा हुने काम गरेको अख्तियारले जनाएको छ। , सो आरोप पुष्टि भएको भन्दै अख्तियारले उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो। ,
झूटो विवरण बुझाएर प्रहरीमा भर्ना, असईसहित तीन जनाविरूद्ध मुद्दा
|
सेतोपाटी संवाददाता दाङमा १८ जना बन्दकर्ता पक्राउ परेका छन्। , विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा मंगलबार नेपाल बन्दको आयोजना गरेको छ।,
सोही बन्दको क्रममा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गढवा गाउँपालिकाको धानखोला क्षेत्रबाट ११ जना र राप्ती गाउँपालिकाको भालुबाङ क्षेत्रबाट ७ जना आफ्ना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीप वलीले जानकारी दिए।, उनले शान्तिपूर्ण रूपमा बन्द सफल पार्न खटिएका आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरिएको भन्दै बिनासर्त रिहा गर्न माग गरे। , दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने बन्दकर्ताले सवारी साधनमाथि जोर जबरजस्ती तोडफोडको प्रयास गरेपछि नियन्त्रणमा लिनुपरेको बताए।, ‘राजधानीलगायत पूर्वबाट गन्तव्यतर्फ जान हिँडेका यात्रुलाई प्रहरीले स्कर्टिङ गर्ने क्रममा गाडीमाथि जोर जबरजस्ती गर्न खोजेपछि प्रहरी नियन्त्रणमा लिन बाध्य भएको हो,’ एसपी काफ्लेले भने, ‘टाढाबाट आएका यात्रुलाई गन्तव्यमा पुर्याउनु प्रहरीको कर्तव्य हो।’, प्रहरीले बन्दकर्तालाई सम्झाइबुझाइ गर्दा पनि जोर जबरजस्ती गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिनुपरेको जानकारी दिए।,
दाङबाट विप्लवका १८ कार्यकर्ता पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १४५ जना संक्रमित थपिएका छन्।, मंगलबार उपत्यकामा थप १४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै १०१, ललितपुरमा ३३ र भक्तपुरमा ११ संक्रमित थपिएका हुन्। , उपत्यकामा हाल १५६५ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा ५३६, भक्तपुरमा ४७६ र ललितपुरमा ५५३ सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घण्टामा देशभर ९१४९ जनामा परीक्षण गर्दा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। , ६५०५ जनाको पिसिआर र २६४४ जनाको एन्टिजेन परीक्षण गरेको थियो। , योसँगै नेपालमा अहिले ७४७६ जना सक्रिय संक्रमित छन्।, १७० जना संक्रमित मंगलबार निको भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। ,
,
काठमाडौं उपत्यकामा थप १४५ जनामा कोरोना
|
रासस वीर अस्पतालमा आफन्तलाई भर्ना गरेकाले रणबहादुर तामाङ आज बिहान खाना लिएर बिहान ११ बजे चुच्चेपाटीस्थित घरबाट निस्किए। राजधानीमा सार्वजनिक यातायातमै यात्रा गर्दै आएका उनले करिब एक घण्टा कुर्दा पनि रत्नपार्क क्षेत्रमा आउने सवारी पाएनन्। , सोमबारसम्म कसैको बन्द भन्ने नसुनेका रणबहादुरजस्ता धेरै मानिस आज सडकमा निस्केपछि सवारी नपाएर अलमल परे। घण्टौं सवारी कुर्दा पनि गन्तव्यमा पुग्न सकेनन्। कसले र किन बन्द गरेको भन्ने थाहा नपाइ अत्यावश्यक काम निस्किएका धेरै मानिस निरन्तर भइरहने यस्ता बन्दले दुःख पाउँदै आएका छन्। , बन्द गर्दैमा माग पूरा नहुने भए पनि लामो समयदेखि नेपालमा विरोधका लागि सार्वजनिक यातायात बन्द नै मुख्य अस्त्र बन्दै आएको छ। जसका कारण समस्यामा सामान्य मानिस पर्ने गरेका छन् । निजी सवारी चले पनि सार्वजनिक यातायात फाट्टफुट्टमात्र चलेको छ। थोरै चलेका सार्वजनिक यातायात पनि गन्तव्यसम्म चलेका छैनन्। चुच्चेपाटीबाट वीर अस्पताल आइपुग्न रणबहादुरले तीन वटा सवारी चढ्नु परेको बताए। एउटाले मित्रपार्क, अर्कोले पुरानो बानेश्वर र तेस्रो सवारीबाट मात्र आफू गन्तव्यसम्म पुग्न सफल भएको उनले सुनाए।,
,
जोखिम कम भए पनि कोरोना महामारी कायमै रहेकाले काम नपरी नहिँड्ने धेरै मानिसले आज काममा निस्कनुपर्दा सवारीकै कारण समस्या भोगेका छन्। विरोधका लागि बन्दको विकल्पका रुपमा अन्य रचनात्मक कार्यक्रम अघि सार्न सुझाव दिन्छन् नयाँ बानेश्वरका ज्ञानेन्द्र श्रेष्ठ। रचनात्मक रुपमा नयाँ शैलीबाट विरोध गर्दा सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गर्न सकिने उनको भनाइ छ।, एक दिनको विरोधले निम्न आय भएका र काम गरेरै बिहान बेलुकाको हातमुख जोड्नुपर्नेका लागि समस्या हुने गरेको छ। यस्तै वर्गलाई समस्यामा पार्ने गरी बन्द कार्यक्रम राख्नुको उद्देश्य प्रष्ट नहुने गरेको कीर्तिपुरकी रमिला महर्जनले बताइन्। उच्च वर्गकालाई महिनौं बन्द गरिदिए पनि कुनै समस्या नभए पनि काम गरेर जीविकोपार्जन गर्नेका लागि भने सास्ती हुने गरेको छ। बन्द भएपछि ज्याला गरेर खानेले काम गर्ने अवसरसमेत पाउँदैनन्। , बन्द कर्ताले सामान्य मानिसका यस्ता समस्यामा ध्यान दिनुपर्ने उनीहरूको माग छ। सबैले गरिखान पाउने गरी विरोधका कार्यक्रम गर्ने गरी रचनात्मक सोच अघि सार्न निम्न आय भएका वर्गको माग छ।,
बन्दका कारण निम्न आय भएकालाई समस्या
|
सेतोपाटी संवाददाता दसैं-तिहारको बीचमा धेरै नेपाली घुम्न जान्छन्। कोही साथीभाइसँग त कोही परिवारसँग। उनीहरू हिमालदेखि तराईका विभिन्न पर्यटकीय स्थानसम्म पुग्छन्। आफू घुम्न गएका ठाउँका तस्बिर सामाजिक सञ्जालमा सेयर गर्छन्।, दसैं-तिहार सकिएपछि अहिले नेपालमा रहेका तीन देशका राजदूत घुम्न निस्किएका छन्। अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत हुल बाँधेर मुगुस्थित रारा ताल पुगेका छन्।, दुई महिनाअघि अमेरिका, बेलायत र अष्ट्रेलियाका नेताहरूले तीन देशबीच 'अउकस' (अस्ट्रेलिया, बेलायत र अमेरिकाको छोटो रूप) नामक सैन्य सम्झौता घोषणा गरेका थिए। अउकस सम्झौता विशेषगरी चीनविरूद्ध लक्षित छ।, आफ्ना देशहरूले नयाँ गठबन्धन बनाएको केही सातापछि नेपालस्थित ती देशका राजदूत घुम्न पनि सँगसँगै निस्किएका हुन्!, तीन दिनदेखि उतै रहेका उनीहरूले आफ्नो घुमाइका तस्बिर र भिडिओ छिनछिनमा अपडेट गरिरहेका छन्। प्राय: कूटनीतिक गतिविधिमा व्यस्त हुने राजदूत घुम्न गएको कुराले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।, राजदूतत्रयमा रारा यात्राबारे यति धेरै उत्साह थियो, अमेरिकी राजदूत र्यान्डी बेरीले रारा जान छलफल गरेको तस्बिर पनि सामाजिक सञ्जालमा पोष्टिएका थिए।, Looking forward to our visit to Rara Lake in Mugu to engage with local communities & government leaders to learn about the impact of ,#climatechange, on mountain communities & ecosystems. Here’s the three of us planning for the trip. ,#LetsGoRara,! ,@NicolaPollittUK, ,@AusAmbNP, ,pic.twitter.com/e0msgT0MBR,
— Ambassador Randy Berry (@USAmbNepal) ,November 13, 2021, काठमाडौंबाट नेपालगन्ज हुँदै राजदूत बेरी र अष्ट्रिलियाकी राजदूत फेलिसिटी भल्क कात्तिक २८ गते गमगढी पुगेका थिए। उनीहरू रारा पुगुन्जेल पनि बेलायती राजदूत निकोला पोलिट आइपुगेकी थिइनन्। राजदूत बरीले रारा तालबाट आफू पोलिटलाई कुरिरहेको भन्दै तस्बिर राखेका थिए।, अर्को दिन भने यी तिनै राजदूत रारामा सँगै रमाएका थिए। राजदूतहरूले आफ्नो रारा भ्रमणका क्रममा जलवायु परिवर्तन विषयलाई पनि समेटेका छन्। , ‘म र मेरा साथीहरू यो यात्राका क्रममा फोहोर र प्लास्टिकको प्रयोग कम गर्न प्रतिवद्ध छौं। थोरै फोहोर उत्पादन गरे पुर्नु वा जलाउनु पर्ने फोहोर पनि कम हुन्छ। हाम्रा देशहरूले जलवायु परिवर्तनको असर कम गर्न नेपालसँग गरेको साझेदारीप्रति हामीलाई गर्व छ,’ राजदूत बेरीले एउटा ट्वीटमा लेखेका छन्।, उनको अर्को ट्वीटमा नेपाल प्राकृतिक सम्पदाले सम्पन्न रहेको र कोप-२६ मा पेश गरेका महत्वाकांक्षी प्रतिवद्धताले नेपालले प्रकृतिमा आधारित समाधानमार्फत् नेतृत्वदायी भूमिका खेल्न सक्ने देखाउने उल्लेख छ।, अष्ट्रेलियाकी राजदूत भल्कले रारादेखि मुर्मा टपसम्म ट्रेक गएका तस्बिरहरू सार्वजनिक गरेकी छन्। जलवायु परिवर्तनका असरबारे स्थानीयहरूसँग कुराकानी गरेको र रारामा रहेको नेपाली सेनाको गणलाई सोलार प्यानल अनुदानमा दिएको उनले जानकारी दिएकी छन्।, रारा ताललाई पृष्ठभूमिमा राखेर खिचिएको भिडिओमा उनले नेपालको बनजंगल संरक्षणमा अष्ट्रेलियाले गर्दै आएको सहयोग जारी रहेन उल्लेख गरेकी छन्।, Coming to you from the very 💨 windy 💨 Murma Top in the Rara National Park. ,pic.twitter.com/9IXgRsZsAO,
— Felicity Volk (@AusAmbNP) ,November 15, 2021, बेलायती राजदूत पोलिटले मुगुका तस्बिरहरू सार्वजनिक गर्दै स्थानीय महिलाले खानेपानीको अभाव भएको, जंगलमा आगलागी भएको र शिक्षकको अभाव भएको अनुभव सुनाएको बताएकी छन्।, रारामा तीन राजदूतहरू नेपाली सेनाको अतिथि गृहमा बसेका छन्।, मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार राजदूतको टोली बुधबार मुगुबाट फर्किने कार्यक्रम छ।, मंगलबार उनीहरूले जलवायु परिवर्तनको असरका सम्बन्धमा मुगुका केही स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी र स्थानीयबासीसँग छलफल गरेका छन्।, ‘गमगढी बजारमा हिजो राति आगो लागेका कारण म त आज जान पाइनँ,’ महतले भने।, महतका अनुसार पछिल्लो समय रारामा नेपाली पर्यटकको चहल-पहल बढ्दो छ। विदेशी भने आएका छैनन्।, एक महिनाअघि दक्षिण कोरियाका राजदूत पार्क छोङ सुक रारा पुगेका थिए। कोरियाली अनुदानमा बनेको अस्पताल हस्तान्तरण गर्न गएका सुक त्यही मौकामा रारा पुगेका हुन्। , तीन राजदूतको भ्रमण र सामाजिक सञ्जालमा उनीहरूले गरेको प्रचारले कोरोनाभाइरसले थलिएको राराको पर्यटन प्रर्वद्धनलाई थोरै भए पनि टेवा पुर्याउन पर्यटन व्यवसायीको अपेक्षा छ।,
उता तीन देशको गठबन्धन बन्यो, यता राजदूतहरू घुम्न निस्किए (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो।, नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, महाशाखाकाअनुसार दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना छ ।, त्यस्तै, राती देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।, दिनभर घाम लागे पनि बिहान-बेलुका जाडो बढेको छ। यद्यपी तत्काललाई पानी पर्ने सम्भावना छैन।, महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरू हुन्छ।, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव २ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस रहेको छ।, त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ५ डिग्री, जोसोमको तापक्रम शून्य दशमलव ८डिग्री छ। सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २९ दशमलव २ डिग्री सेल्सियस रहेको छ।,
देशभर चिसो बढ्यो- जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५, जोमसोमको शून्य
|
सेतोपाटी शनिबार अमेरिकाको मिसिगनमा एउटा सानो जहाज दुर्घटनामा पर्यो। बिभर टापूमा रहेको विमानस्थलमा अवतरण गर्ने क्रममा उक्त जहाज दुर्घटना भएको थियो।, जहाजमा पाइलटसहित पाँच जना थिए। चार जनाले ज्यान गुमाए। एक जना यात्रुको मात्र सकुशल उद्धार भयो।, ती यात्रु हुन् गेलर्डकी बासिन्दा ११ वर्षीया लेनी।, उनी आफ्ना बुवासँगै जहाजमा थिइन्। उनका बुवा माइक परडुको पनि दुर्घटनामा निधन भयो। , सिएनएनका अनुसार घाइते लेनीलाई जहाज दुर्घटनाबारे केही याद छैन। , उनको दिमागमा सम्झना रहेको कुरा एउटै हो- जहाज घत्र्याङघुत्रुङ हुन थालेपछि बुवाले उनलाई अँगालोमा बेस्सरी च्यापे। आफ्नो शरीरले सकेसम्म उनलाई ढाक्न खोजे। चोट नलागोस् भने जोगाउने कोशिस गरे।, लेनीले आफूलाई बुवाले बचाएको मात्र बताएकी छन्। , 'दुर्घटनाबारे मेरी छोरीको सम्झनामा रहेको एउटै कुरा त्यही मात्र हो,' माइककी श्रीमती क्रिस्टिनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उसलाई बुवाले लपेटेर आफूलाई जोगाएकोबाहेक अरू याद छैन। मेरा श्रीमानको निधनले मर्माहत बनाएको छ।', परडु दम्पतीका चार सन्तान छन्।, माइक आफू बाँच्न नसके पनि आफ्नी जेठी छोरीलाई जोगाउन सफल भएको उनका साथी र्यान वोजनले पनि बताएका छन्।, र्यानले बताएअनुसार माइकले लेनीलाई अँगालो मार्दा जतापट्टि छोरीको शरीरको भाग ढाकिएको थियो, त्यहाँ कुनै चोट लागेको छैन। तर जता खुला भयो, त्यता नराम्ररी घाउ भएको छ।, 'माइकले छोरीलाई अँगालोमा बेरेको थियो,' र्यानका भनाइ उद्धृत गर्दै सिएनएन लेख्छ, 'छोरीलाई त अरू केही कुरा याद छैन। उनका बुवाले बेस्सरी अँगालोमा च्यापेको मात्र सम्झिन्छिन्।', र्यान आफैं पनि माइकभन्दा तीन घन्टाअघि मात्र त्यही जहाजमा बिभर गएका थिए। र्यान परडु परिवारकै नजिकका साथी र व्यावसायिक साझेदार पनि हुन्।, उनका अनुसार माइककी श्रीमती क्रिस्टिनाले एक बाबुले छोरीलाई कसरी जोगाए भन्नेबारे अरूलाई पनि थाहा होस् भन्ने चाहेकी थिइन्। त्यसैले उनीहरूले आफ्नो कथा सार्वजनिक गरेका हुन्।, घाइते लेनी अहिले अस्पतालमै छिन्। उनका धेरै हड्डीहरू भाँचिएका छन् र दुइटा शल्यक्रिया भइसकेको छ। उनको ज्यान जोखिममा पार्ने समस्या भने नभएको र्यानले जानकारी दिएका छन्।, 'माइक त्यागी थियो, सधैं,' र्यानले भनेका छन्।, जहाज दुर्घटनामा मृत्यु भएका अन्य दुई व्यक्ति, केट लिज र एडम केन्डल हुन्। यी दम्पती आफ्ना दुइटा कुकुर लिएर भेट डाक्टरकहाँ जाँदै थिए। ती कुकुरको पनि दुर्घटनामा मृत्यु भएको छ। पाइलटको भने पहिचान खुलाइएको छैन।, सिएनएनका अनुसार जहाज किन दुर्घटना भयो भन्नेबारे छानबिन भइरहेको छ।,
छोरीलाई अँगालोमा बेरेर बचाए बाबुले, आफू भने बाँचेनन्
|
सेतोपाटी संवाददाता प्रधानमन्त्री शेरबहादुर देउवाले भारतले नेपालको बिजुली किन्न टुंगो नभएकाले आफैंले खपत बढाउनु पर्ने बताएका छन्।, मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को १९ र २० औं साधारण सभामा बोल्दै प्रधानमन्त्री देउवाले भारतमा कोइलाबाट बिजुली उत्पादन गर्नेहरूले अहिले पनि नेपालबाट बिजुली नआओस् भन्ने चाहेको उल्लेख गरे।, ‘भारतले नेपालको विद्युत किनिदिएन भने के गर्ने? आफ्नो देशको बिजुली आफैंमा लगाऔं। भारतमा पनि आफ्नै उत्पादन गर्दैछन्। हाम्रो देशको यति ठूलो बिजुली छ भारतले किन्छ भन्ने पनि छैन,’ प्रधानमन्त्री देउवाले भने,‘भारतमा कोइलाबाट बिजुली उत्पादन गर्नेहरू अहिले पनि नेपालबाट बिजुली नआओस् भन्ने चाहन्छन्।’, उनले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरूलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताए।, देशभर विद्युतीय सामग्रीको प्रयोग गरी देशलाई नमूना बनाउनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड थियो।, उनले ऊर्जा उत्पादकले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे।, ‘हामीले किन यो ग्यासको चुल्हो बाल्ने? हामीसँग यति विद्युत छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौं। बस चलाउन सक्दछौं। हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्छ,’ प्रधानमन्त्री देउवाले भने,‘हामी नेपालभरि नै विस्तार गरी यता जानुपर्छजस्तो लाग्छ मलाई। त्यस्ता जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ त्यस्तालाई इन्सेन्टिभ दिन तयार छौं।’, नेपालले अहिले ३९ मेगावाट बिजुली भारतमा निर्यात गरिरहेको छ।,
भारतले हाम्रो बिजुली नकिन्न सक्छ, आफैं खपत बढाऔं: देउवा (भिडिओ)
|
सेतोपाटी संवाददाता कलंकीमा बसले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा स्कुटर चालक २५ वर्षीय रामबहादुर आचार्य र ५२ वर्षीय यादव कुँवर छन्। उनीहरूको ठेगाना खुलिसकेको छैन।, मंगलबार पौने ५ बजे प्रदेश-३-०१ ००५ख ९३०० नम्बरको बसले प्रदेश३-०२-०१४ प ७४६३ नम्बरको स्कुटरलाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, बसले ठक्कर दिँदा स्कुटरमा सवार दुवै जना गम्भीर घाइते थिए। दुवैलाई बयोधा अस्पतालमा लगिएकोमा मृत्यु भएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए।, घटनास्थलबाट दुवै सवारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बस्नेतले जानकारी दिए।,
कलंकीमा बसले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु
|
सेतोपाटी संवाददाता नक्कली अन्त:शुल्क स्टिकर प्रयोग गरी राजश्व छलेको अभियोगमा दुइटा व्यापारिक फर्मका सञ्चालकसहित १२ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरिएको छ। , राजश्व अनुसन्धान विभागले सोमबार रूपन्देहीको कृष्टल बोटलर्स प्रालिका सञ्चालक फुलसिंह क्षेत्री, माउन्ड एभरेष्ट डिस्टीलरी प्रालिका सञ्चालक मृगेन्द्रगोविन्द श्रेष्ठ र सिद्धार्थनगर-३ का मोहम्मद साहिद अन्सारीसहित १२ जनाविरूद्ध मुद्दा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।, भन्सारी चोरी पैठारी गरी ल्याएको नक्कली अन्त:शुल्क स्टिकर टाँसेको, भन्सार जाँचपासभन्दा बढी परिमाणमा मालवस्तु ल्याएर ५ करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ राजश्व छली गरेको पाइएकाले उनीहरूलाई मुद्दा दायर गरिएको विभागले जनाएको छ। , उनीहरूलाई बिगो बराबरको रकम, जरिवाना र कैद सजायको मागदाबी पनि लिइएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। , ‘राजश्व चुहावट गरेको कसुर स्थापित हुन आएकोले उक्त प्रालिका सञ्चालक तथा नक्कली अन्त:शुल्क स्टिकर पैठारी गर्नेहरूलाई राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१), २३(१) को खण्ड (ग) र २३ (४) बमोजिम बिगो रकम असुल गरी जरिवाना र कैद सजायको माग गरिएको छ,’ पौडेलले भने।,
राजश्व छलीको अभियोगमा साढे पाँच करोड बिगो माग्दै १२ जनाविरूद्ध मुद्दा
|
खिलानाथ ढकाल शिवम् भीरामुथु, उमेर ४४ वर्ष।, भारतको चेन्नई र मलेसियाको क्वालालम्पुर घर बताउने भीरामुथुले गत फेब्रुअरीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मोबाइलमा मेसेज पठाए।, ‘एमालेको एउटा समूहलाई साथमै लिएर सरकार गिराउने कार्यमा सफलता प्राप्त गर्नु भएकोमा बधाई छ।’, प्रचण्डले तुरून्तै जवाफ फर्काए- धन्यवाद! चाँडै भेटौंला।, भीरामुथुले प्रचण्डसँग सम्बन्ध बनाउँदा आफू अन्तर्राष्ट्रिय रेडक्रस कमिटीको निर्देशक भएको बताएका थिए।, भीरामुथुले शेरबहादुर देउवालाई उनी प्रधानमन्त्री नियुक्त भएको बेला एसएमएस पठाए- बधाई छ।, देउवाको नम्बरबाट पनि तुरून्तै जवाफ आयो- धन्यवाद!, देउवासँग दोहोरो सम्बन्ध बनाउँदा भीरामुथुले आफूलाई रेडक्रस र सिंगापुरस्थित मिलेनियम ग्रुपको निर्देशक भनेर चिनाएका रहेछन्।, भीरामुथुले पहिलो लकडाउन बेला स्वास्थ्य मन्त्रालयबाट निस्फिक्री हिँड्न पास बनाए- रेडक्रसको डिजास्टर डाइरेक्टरका रूपमा।, रेडक्रसका लागि काम गरेको भनी तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालबाट उनले प्रशंसा पत्र नै लिए।, विभिन्न परिचय दिएर नेपालका भिआइपीसँग सम्बन्ध बनाउने यी भीरामुथु अहिले भने प्रहरीको हिरासतमा पुगेका छन्।, उनले जति पनि भिआइपीलाई अन्तर्राष्ट्रिय रेडक्रस र मिलेनियम ग्रुपको डाइरेक्टर भनेर चिनाएका थिए, ती सबै झुठा हुन् भन्ने उनी पक्राउ परेपछि क्रमश: खुल्दै गएको छ।, ‘अन्तर्राष्ट्रिय रेडक्रस कमिटीको निर्देशक भनेपछि प्रचण्ड र देउवाले सहजै भेट दिएको, दोहोरो कुराकानी हुने गरेको, सम्बन्ध स्थापित गरेको देखाउँछ,’ महानगरीय अपराध महाशाखाका एक अनुसन्धान अधिकृत भन्छन्, ‘यिनले नेपालमा बसेर साधारणदेखि भिआइपीसम्मलाई ठगेको हाम्रो अनुसन्धानले देखाउँछ।’, भीरामुथुले अन्तर्राष्ट्रिय रेडक्रसको निर्देशक भनेर गृहसचिव टेकनारायण पाण्डेसँग पनि सम्बन्ध बनाएका रहेछन्।, कहिले मोरङ, कहिले सिरहातिर पुगेर त्यहाँका सिडिओलाई भेटघाटका लागि फोन गरिदिन पाण्डेलाई अह्राउँदा रहेछन्।, ‘गृहसचिवले फोन गरेर सिडिओलाई भेटघाट र कामको सहजीकरणका लागि भन्दिनुभएको पनि देखिन्छ,’ ती अधिकृत भन्छन्।, भीरामुथु पछिल्लो समय ब्लुक्रस अस्पताल त्रिपुरेश्वरका एक जना डाक्टरलाई पचास लाख ठगी गरेको अभियोगमा प्रहरीको हिरासतमा पुगेका हुन्।, महाशाखाका अनुसार ती डाक्टरसहितको एक समूहले पोखरास्थित मणिपाल मेडिकल कलेज किन्न खोजेको थियो। मणिपाल भारतीय लगानी भएको कलेज हो।, मणिपालको व्यवस्थापनले भारतीय नागरिक संलग्न भएका कम्पनीलाई अस्पताल बिक्री गर्न चाहेको थियो। मणिपाल व्यवस्थापनले भारत व्यक्ति वा संस्थालाई खोजेकाले ती डाक्टरको समूह त्यस्तै व्यक्तिको खोजीमा थियो।, सोही क्रममा डाक्टरसँग भीरामुथुको भेट पशुपतिका मूल भट्टकहाँ भएको थियो। दुवै भारतीय भएका कारण भीरामुथु भट्टलाई भेट्न पुगिरहन्थे।, महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार करिब पाँच महिनाअघि ती डाक्टर भट्टकहाँ पुगेका थिए। भट्टसँग भीरामुथु पहिले नै परिचित भइसकेको त्यहीँ थाहा पाए।, भीरामुथुले भट्टलाई आफू अन्तर्राष्ट्रिय रेडक्रसको डाइरेक्टर, योङ लिआन ग्रुप रियालिटी मलेसियाको सिइओ र मिलेनियम ग्रुप सिंगापुरको निर्देशक बताएका थिए। विश्वासका लागि कागजातसमेत देखाएका थिए।, योङ लिआन ग्रुप मलेसियाको चर्चित कम्पनी हो। यसको सेयर नेपालको एनएमबी बैंकमा छ। २०५४ सालमै यो कम्पनीको सेयर एनएमबी बैंकमा तीन करोड थियो।, ४२ वर्षअघि मलेसियामा स्थापना भएको यो कम्पनीले होल्डिङ्स, रियलस्टेट, सेयरमा लगानी गरिरहेको छ।, पंगेनीका अनुसार अनुसार भीरामुथुले आफूलाई त्यो ग्रुपको सिइओ भनेर परिचय दिइरहेका थिए। नेपालमा आएर त्यो कम्पनीको आधिकारिक व्यक्तिको रूपमा एनएमबी बैंकबाट कागजात पनि लिए।, ‘कम्पनीको आधिकारिक व्यक्ति भनेर कागजात लिएका उनले ठूलो रकमको हिस्सेदार आफू रहेको देखाएपछि मणिपाल खरिद गर्ने समूह उनको पछाडि लागेको देखिन्छ,’ पंगेनी भन्छन्।, लिआन ग्रुपको अहिले एनएमबी बैंकमा पचास लाख कित्ता सेयर छ। यो सेयरबापत उसले बर्सेनि करोडौं बोनस लगिरहेको छ।, ‘सेयरको बोनस नै करोडौं लैजाने कम्पनीको हर्ताकर्ता भन्दै परिचय पत्र लिएर आउँदा बैंकका मानिसले डकुमेन्टहरू बनाएर दिएको देखियो,’ पंगेनीले भने।, त्यस्तै, आफ्नो व्यक्तिगत बैंक खातामा ८ करोड, लोटस इन्भेष्टमेन्ट कम्पनीमा २७ करोड लगानी, स्टेट बैंक अफ इन्डियामा पनि मौज्दात रहेको भीरामुथुले देखाएका थिए। आफ्ना अन्य पाँचवटा कम्पनी पनि भीरामुथुले देखाउने गरेका थिए।, यसरी सम्पत्ति र अन्तर्राष्ट्रिय कम्पनी देखाएपछि पशुपतिका भट्ट पनि भीरामुथुसँग प्रभावित भएका रहेछन्।, पंगेनीका अनुसार ती डाक्टर भेट्न आएका बखत भट्टले अन्तर्राष्ट्रिय कम्पनीको व्यक्ति रहेका भीरामुथुसँग सम्पत्तिको स्रोत पनि देखिएको भन्दै कुराकानी गराइदिएका थिए।, त्यसरी कुराकानी अघि बढ्दा सिंगापुरको मिलेनियम ग्रुपले मणिपाल मेडिकल कलेज किन्ने भनिएको थियो। त्यो ग्रुपका निर्देशक भएको बताएकाले मणिपाल खरिदको नेतृत्व भीरामुथुले गर्ने भनिएको थियो।, डाक्टरसँग कुरा अघि बढ्दा भीरामुथुले मणिपालले महोत्तरी, धनुषा र पोखरामा किनेको १५० बिगाहाजति जग्गा मात्र मिलेनियम ग्रुपलाई दिए पुग्ने भनेका रहेछन्।, ‘मणिपाल किन्दा मिलेनियमले जति लगानी गर्छ त्यसबापत् जग्गाको स्वामित्व आफूले लिने, कलेज भने ती डाक्टर लगायतको समूहले नै चलाउने भन्ने कुरा भएको रहेछ,’ पंगेनीले भने।, पंगेनीका अनुसार भट्टसमेतले सल्लाह दिएपछि ती डाक्टरले भीरामुथुसँग सघन छलफल थाले। डाक्टरलाई सुरूमा ८० लाख रुपैयाँ अग्रिम भुक्तानी आफूलाई दिनुपर्ने सर्त राखे। त्यो पैसा फिर्ता दिने पनि भने।, नभन्दै डाक्टर व्यक्तिगत रूपमा पचास लाख रूपैयाँ निकाल्न तयार भए। उनले भिरामोथुलाई त्यो पैसा दिए।, भीरामुथुले भट्टकहाँ पानी पुर्याउने सुदर्शन रिसालको नामको पचास लाखको चेक दिएर डाक्टरलाई पैसा फिर्ता हुने ‘ग्यारेन्टी’ गरे।, यो एक महिनाअघिको कुरा हो। पचास लाख टप्काएपछि भीरामुथु केही दिन हराए। अचानक सम्पर्कविहीन भएपछि डाक्टर पशुपतिका भट्टकहाँ पुगे।, भीरामुथुको खोजी गरे। आफ्नो सम्पर्कमा पनि आउन छोडेका भीरामुथुलाई खोज्दै डाक्टर आउँदा भट्टले चासो देखाए।, कुराकानी क्रममा डाक्टरले आफूलाई दिएको पचास लाख रूपैयाँको चेक देखाए।, चेक देखेर भट्ट झसंग भए। ‘यो त मेरो पानी बोक्ने मान्छे पो हो, उसको नामको चेक भीरामुथुले कसरी दिए?’ भट्टले डाक्टरलाई प्रश्न सोधे।, डाक्टर उसैगरी झस्किएपछि भट्टले रिसाललाई बोलाए।, त्यसपछि पो थाहा भयो- रिसाललाई पनि भीरामुथुले सेयर दिन्छु भनेर मख्ख पारी पचास लाख रूपैयाँको चेक काट्न लगाएका रहेछन्।, अब तीनै जनालाई बित्यास पर्यो, भीरामुथुले यो सब प्रपञ्च पचास लाख उम्काउन रचेका रहेछन्। यसपछि डाक्टर प्रहरीकहाँ पुगेका थिए।, भीरामुथु एक वर्षदेखि बालुवाटारस्थित एउटा घरमा बस्ने गरेका थिए। त्यसअघि उनी कहाँ बस्थे प्रहरीले खोजी गरिरहेको छ।, प्रहरीले कात्तिक २३ गते सोही घरबाट भीरामुथुलाई पक्राउ गरेको थियो। पक्राउ गर्दा उनले प्रहरीलाई धम्क्याएका थिए- म तिमीहरूलाई देखाइदिन्छु।, तर हिरासतमा पुगेपछि र प्रहरीले खेर्दै लगेपछि वास्तविकता खुल्दै गयो।, ‘हामीले इन्टरनेसनल रेडक्रसको नेपालस्थित प्रमुखलाई सोध्यौं, भीरामुथु नाम गरेको व्यक्ति रेडक्रससँग जोडिएको देखिएन,’ भीरामुथुको मुद्दा हेरिरहेका महाशाखाका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी भन्छन्।, महाशाखाले मिलेनियम ग्रुप र मलेसियाको लिआन ग्रुपलाई सोधेको छ। तर त्यहाँबाट जवाफ आइसकेको छैन।, रेग्मीका अनुसार ती कम्पनी वास्तवमै छन् तर ती कम्पनीमा भीरामुथु कहीँकतै जोडिएको देखिँदैन।, ‘उनले ती कम्पनीको आधिकारिक व्यक्ति आफू रहेको कागजात मात्र बनाएका रहेछन्, सोही कागजात देखाएर ठगी धन्दा चलाउँदै आएका रहेछन्,’ रेग्मीले भने।, अनुसन्धानमा भीरामुथुको नाममा पाँचवटा कम्पनी नेपालमै दर्ता रहेको देखिएका छन्। सिएस काष्ठ उद्योग, श्री गोक्यो होटल, किङडम होल्डिङ्स, वडिया सर्भिसेज र सीतादेवी बिजनेस एन्ड सप्लायर्स कम्पनी उनको नाममा देखिएका छन्।, यी कम्पनी २०७२ देखि २०७८ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको देखिन्छ। ती कम्पनीको कारोबार भने नदेखिएको पंगेनी बताउँछन्।, भीरामुथुले एक जना निर्माण व्यवसायीलाई पनि दुई करोड रुपैयाँ ठगी गरेको देखिएको छ। ती निर्माण व्यवसायी प्रहरीको सम्पर्कमा आएका छैनन्।, भीरामुथुको भारत, मलेसियादेखि नेपाल यात्रा, महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार भीरामुथु यसभन्दा पहिले २०७२ जेठ २२ गते वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका थिए।, ठगी मुद्दामा पक्राउ पर्नुअघि उनले यस्तो काम गरे/गरेनन् यकिन हुन सकेको छैन। उनी आफू त प्रहरीलाई ठगी गरेको होइन भनिरहेका छन्।, जेलबाट छुटेपछि उनी सनसनीपूर्ण ठगी अवतारमा देखिएका हुन्। कोइरालाका अनुसार भीरामुथु २०५२ सालतिर मलेसिया पुगेका थिए।, मलेसियामा काम गर्दागर्दै नेपालीहरूसँग नजिकिएका थिए। नेपाल आएकै २२ वर्ष भइसकेको उनले बताउने गरेका छन्।, नेपाल आएपछि उनले मलेसियामा कामदार ओसार्ने गरेका थिए। यही सिलसिलामा युवतीहरूलाई ठगी गरेको आरोपमा उनी वैदेशिक रोजगार ठगी मुद्दामा जेल परे।, भीरामुथु जेल परेको वा छुटेको भिआइपीहरू कसैले पत्तो नपाएर हुनुपर्छ उनले पहुँच बनाइरहे।, ‘यतिको ठगी गर्न सक्ने आइडिया छोटो समयमै आर्जन भएको पक्कै होइन,’ कोइराला भन्छन्, ‘लामो समयको अनुभव हासिल गर्दै धन्दालाई निरन्तरता दिएको हुनुपर्छ।’, उनका अनुसार नेपालमा मानिसहरूले छिट्टै विश्वास गरिहाल्ने भएकाले उनलाई सजिलो भयो। अन्तर्राष्ट्रिय रेडक्रसको निर्देशक भनेपछि उनलाई उच्चपदस्थ व्यक्तिले पनि पत्याएको देखियो।, त्यसरी उच्च पदस्थ व्यक्तिसँग नजिकको सम्बन्ध रहेको भनेपछि अरू मानिसले थप विश्वास गरेको देखिएको कोइराला बताउँछन्। , उनले परिचय दिने गरेका तथ्यबारे सोध्दा भीरामुथुले बताउन सकेका छैनन्। रेडक्रसबारे सोध्दा उनले ‘लकडाउन’ मा सजिलो हुन्छ भनेर नाम भजाएको बताएका छन्।, ‘यतिका परिचय-पत्र र छाप कहाँ बनाए भन्ने खोजिरहेका छौं,’ कोइराला भन्छन्।, उनले मलेसिया र सिंगापुरमा आफ्ना आफन्त रहेको बताउने गरेका छन्। लिआन ग्रुप र मिलेनियम ग्रुपबारे उनले बताउन मानिरहेका छैनन्।, आफ्नो ठगी धन्दामा लिआन ग्रुप, मिलेनियम ग्रुपजस्ता संस्था नै उनले किन प्रयोग गरे भन्ने ‘रहस्यमय’ छ।,
देउवा-प्रचण्डसँग कुराकानी गर्ने, गृहसचिवलाई फोन गर्न लगाएर सिडिओको मेजमानी खाने भीरामुथु
|
सेतोपाटी संवाददाता भारतबाट नगद र गरगहनालगायत सामान चोरी गरेर ल्याएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, सशस्त्र प्रहरीको सहयोगमा नेपाल प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ पटैयास्थित लालबहादुर शाहीको घरबाट गरगहना बरामद गरी दुई जनालाई पक्राउ गरेको हो।, उनीहरूलाई मंगलबार पक्राउ गरिएको थियो। उनीहरूले भारतको ब्याङ्लोरबाट नगद तथा गरगहना चोरी गरेर ल्याएको भन्ने सूचनापछि प्रहरीले छापा मारेको थियो।, छापा मार्ने क्रममा कञ्चनपुरको बेलौरी नगरपालिका १ फटैयाका ३८ वर्षीय लालबहादुर शाही र कैलाली चिसापानीका ३५ वर्षीय विष्णु शाहीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।, उनीहरूको साथबाट ल्यापटप चार थानसमेत बरामद गरिएको छ।, नगद भारतीय ४३ हजार दुई सय, हङकङ डलर ४०, थाइल्याण्ड भाट एक हजार दुई सय साठी, अमेरिकी डलर एक हजार पाँच, क्यानडियन डलर दुई हजार आठ सय दस, मलेसियन रिंगिटी २३, सिंगापुर डलर १८, कतार रियाल १, दुबई दिराम १३०, चाइनिज युवान १६१ पनि बरामद भएको छ।, सुनजस्तो देखिने पदार्थका गहना पनि बरामद भएको चतुर्वेदीले बताए।,
भारतबाट नगद र गरगहना चोरी गरेर ल्याएपछि पक्राउ परे दुई नेपाली
|
सेतोपाटी संवाददाता आन्दोलनरत कर्मचारीले जानकी मेडिकल कलेजमा तालाबन्दी गरेका छन्।, कलेज प्रशासनसँग भएको सम्झौता कार्यान्वयन गर्न दिएको १५ दिने अल्टिमेटमको म्याद सकिएपछि शैक्षिक क्रियाकलाप ठप्प पार्ने भन्दै कलेजको 'साइन्स' संकायतर्फ ताला लगाएका हुन्।, कलेजमा वर्षौदेखि भइरहेको अन्याय र श्रमशोषण समबन्धमा समबन्धित सबै निकायलाई पटकपटक अवगत गराइरहँदा समेत विगतमा भएका सम्झौताहरु कार्यन्वयन नभएकाले फेरि आन्दोलन गर्न बाध्य भएको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक कुल्दिप साहले बताए।, ‘हामी एक वर्षसम्म रिले अनशन बस्यौँ तर कुनै सुनुवाई नभएपछि बाध्य भएर कलेजको पठनपाठन ठप्प गर्न लागेका हौँ। यदी कलेजले प्रशासनको बल लगाएर आन्दोलनमा हस्तेक्षप गर्यो भने आमरण अनशन बस्न बाध्य हुनेछौँ,’ उनले भने।, कर्मचारी, चिकित्सक र फ्याकल्टी र संचालकबीच तलबभत्ता, संचयकोष, दशैं खर्चलगायतबारे विभिन्न मितिहरुमा भएको सम्झौता कार्तिक ३० गतेभित्र कार्यन्वयन नभए मेडिकलको शैक्षिक लगायतका सम्पूर्ण क्रियाकलाप ठप्प पार्ने आन्दोलनरत कर्मचारीले चेतावनी दिएका थिए।, गत कार्तिक १४ मा आन्दोलनरत कर्मचारीले डिनको कार्यालय त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थान, चिकित्सा शिक्षा आयोग, श्रम कार्यालय जनकपुर र जिल्ला प्रशासन कार्यालय धनुषालाई माग पूरा नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पत्र पठाएका थिए।, कलेज प्रशासन र कर्मचारीबीच ०७५ फागुन १४, ०७६ जेठ ८ र ०७७ भदौ ३१ गते, जिल्ला प्रहरी कार्यालय धनुषामा ०७७ मंसिर १३ गते भएको सम्झौता कलेजले कार्यन्वयन नगरेर अकारण कर्मचारी निष्कासित तथा स्पष्टीकरण काटिएको विरोधमा कलेजका कर्मचारीहरू कुल्दिप साह र जानकीशरण यादव आमरण अनशनसमेत बसेका थिए।, तर सम्झौता कार्यान्वयन गर्ने लिखित सहमतिपछि उनीहरुले अनशन तोडेका थिए। ती लिखित सम्झौता कार्यान्वयन गर्न कर्मचारीले माग गर्दै आएका हुन्।,
कर्मचारीले लगाए जानकी मेडिकल कलेजमा ताला
|
रासस पहिचानविहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा सहभागी नहुने घोषणा गरेका छन्।, राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा सहभागी नहुने कायत समुदायले निर्णय गरेको छ।, कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवासुविधाबाट वञ्चित हुनु परेको उनीहरूले गुनासो छ। , जातीय आधारमा जनजाति र दलितलगायतको पहिचानका आधारमा सरकारले धेरै स्थानमा छुट, आरक्षण तथा कोटा निर्धारण गरी निःशुल्क अध्ययन, छुटमा अध्ययन तथा रोजगारीमा आरक्षण दिँदै आए पनि पहिचानविहीन यहाँको नौथर समुदायभित्रका कायत समुदाय पहिचानविहीन बनेका र हालसम्म राज्यले कुनै सुनुवाइ नगरेका कारण जनगणनामा सहभागी नहुने निर्णयमा पुगेको कायत एकता समाजका अध्यक्ष नीमबहादुर कायतले जानकारी दिए। , बागलुङको ढोरपाटन नगरपालिका–७ बोबाङका कायत समुदायले पहिचान नपाउँदा आफूहरू उपेक्षामा परेको बताउँदै विरोधस्वरूप जनगणनामा सहभागी नहुने कायत समुदायले निर्णय गरेका छन्।, 'हामीलाई राज्यले बेवास्ता गर्यो, पटक-पटक नगरपालिका र जिल्ला प्रशासनमा पहिचानका विषयमा मुद्दा उठाए पनि सुनुवाइ नभएका कारण राज्यले हामीलाई बेवास्ता गरेका कारण राज्यको तथ्यांकमा सहभागी नहुने कायत समुदायले निर्णय गरेका छौं', नीमबहादुर कायतले भने, 'जातको पहिचान नहुँदा अध्ययन तथा रोजगारीमा समेत समस्या हुँदै आएको छ, तर राज्यले १०० भन्दा बढी जातजातिलाई जातीय पहिचान दिए पनि हामी थोरै भएकालाई पहिचान दिएको छैन।',
,
नेपालभर कात्तिक २५ गते देखि राष्ट्रिय जनगणना २०७८ जारी छ।, तीन वर्षअघि कायत समुदायको पहिचानको विषयमा संघीय संसदमा समेत कुरा उठे पनि छलफल हुन सकेको थिएन। राज्यले पहिचानविहीन बनाएका कारण कायत समुदायले जनगणनामा सहभागी नहुने जनाएको छ। , जातीय आरक्षणका कारण धेरै युवाले अध्ययनमा छात्रवृत्ति तथा रोजगारीमा कोटा पाउँदै आए पनि पहिचानविहीन बनेको नौ थर समुदायभित्रको कायत समुदाय पहिचानविहीन बन्दा रोजगारीसमेत पाउन मुश्किल भएको स्थानीयबासी विश्वास कायतले जानकारी दिए। , उनले जनगणनामा मात्रै हैन, आगामी दिनमा कायत समुदायले मतदानसमेत नगर्ने अवस्थामा पुगेको जानकारी दिए। , ढोरपाटनमा कायत समुदायका ८० घर छन्। उनीहरूले कायत समुदायलाई अल्पसङ्ख्यक समुदायमा राज्यले सूचीकृत गर्नुपर्ने बताउँदै आएका छन्।, कतिपयले सेवासुविधा र रोजगारीका लागि कायत समुदाय जनजाति त कतिले क्षेत्री भएको उल्लेख गर्दै आएका छन्। , तीन वर्षअघि सामाजिक सुरक्षाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नौथर समुदायभित्र पर्ने ‘कायत’ समुदायलाई लोपोन्मुख समुदायमा सूचीकृत गरी सामाजिक सुरक्षा प्रत्याभूति गर्न संशोधन प्रस्ताव दर्ता गरी छलफल अगाडि बढाइएको भए पनि कायत समुदायले पहिचान पाउन सकिरहेका छैनन्। , नौथर समुदायभित्रका पसाइ र पुजाय थर लोप भइसकेको अवस्थामा राज्यले पहिचान दिन नसके कायतजस्ता नौथरभित्रका समुदायसमेत लोप हुने अवस्थामा छन्।, कायतलाई लोपोन्मुख जातिका रूपमा सूचीकृत गरी राज्यले छुट्टै व्यवस्थापन गर्न आवश्यक रहेको मानव अधिकारकर्मी राम शर्माको भनाइ छ। , जनगणनामा सहभागी भएपछि मात्रै अधिकार पाइने भएकाले बहिष्कार गरेर समस्याको समाधान नहुने जिल्ला तथ्यांक कार्यालय बागलुङका प्रमुख मुकुन्द शर्माले जानकारी दिए। ,
,
कायत समुदाय जनगणनामा सहभागी नहुने
|
रासस पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ मा गए राति जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना३च ११९३ नम्बरको बोलेरो जीपले विपरीत दिशाबाट गइरहेको ना३४प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो।, मृत्यु हुनेमा मकवानपुरको कैलाश गाउँपालिका–४ कालिकाटारका २४ वर्षीय अबिरल रिजालको मृत्यु भएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।, दुर्घटनामा परी गम्भिर घाइते उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो। रिजालको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
जिपको ठक्करले हेटौंडामा एकको मृत्यु
|
सेतोपाटी संवाददाता उदयपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।, मंगलबार राति साढे ११ बजे लिमचुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँते हिम्मा बस्ने ७० वर्षीय सन्तबहादुर राईले कान्छी श्रीमती ५६ वर्षीया चतुरमायाको हत्या गरेको प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। , गौतमका अनुसार सन्तबहादुरले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेका छन्। सन्तबहादुरकी दुई जना श्रीमती छन्। , कान्छी श्रीमतीले आफूलाई छाडेर जाने डरले उनले हत्या गरेको प्रहरी नायब उपरीक्षक गौतमले बताए। सन्तबहादुरले श्रीमती चतुरमायामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। , उनले फेरि सोही हतियारले आफ्नो घाँटी काटेको प्रहरीले जनाएको छ। आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।, जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी सहायक निरीक्षकको टोली खटिएको थियो।, 'कान्छी श्रीमती एकदिनको लागि कहीँ गएको छ भने पनि उनले आफूलाई छाडेर गएको भन्ने बुझ्ने रहेछन्। श्रीमान घाइते अवस्थामा भए पनि बोल्न सक्ने अवस्थामा हुनुहुन्छ,' गौतमले भने,'यी कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेका छन्। हामी थप अनुसन्धान गरिरहेका छौं।', प्रहरीले घाइते सन्तबहादुरको उपचारको लागि जिल्ला अस्पताल पठाएको छ। यता जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानको लागि टोली खटिएको छ। , *यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ- सम्पादक,
श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या प्रयास
|
सेतोपाटी संवाददाता पुरानो टायर पगालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी गाउँपालिका ४ स्थित ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्ट प्रालिमा आगलागी भएको छ। , बुधबार (आज) बिहान पौने ६ बजे आगलागी हुँदा उक्त उद्योगमा कच्चा पदार्थकोरूपमा प्रयोग हुने पुराना टायर जलेर नष्ट भएको छ।, यस्तै, टायरबाट तार निकाल्ने मेसिन र टायर काट्ने मेसिनमा क्षति पुगेको छ।, दुई सिफ्टमा सञ्चालन हुने सो उद्योग गएरातिको बिहान २ बजे दोस्रो सिफ्टपछि बन्द अवस्थामा थियो। सोही समयमा आगलागी भएको हुनसक्ने उद्योग सञ्चालक विनित सिंघानियाँले बताए।, विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने उनको अनुमान छ।, उद्योगको स्क्रयाप वार्डमा राखिएका पुराना टायर जल्न थालेपछि आगलागीले भीषण रूप लिएको थियो।, विराटनगर महानगरपालिकाभित्रका दमकलले मात्र आगो नियन्त्रण हुन नसकेपछि रंगेली, बेलबारी, कानेपोखरीसहित सुनसरीको इनरुवा र दुहबी लगायतका पालिकाबाट समेत दमकल बोलाइएको उद्योग प्रशासनले जनाएको छ।, टायरमा लागेको आगो पानीको फोर्सले मात्र निभाउन समस्या भएपछि स्काभेटर मगाएर टायरको चाङलाई खोतलेर आगो नियन्त्रणमा लिइएको थियो।, बिहान पौने ६ बजे लागेको आगो स्थानियबासी, दमकल र प्रहरी प्रशासनको सहयोगबाट ८ बजेपछि मात्र नियन्त्रणमा आएको थियो।, सो उद्योगले पुराना टायर संकलन गरी पगालेर फर्नेस आयलको उत्पादन गर्दै आएको छ। फर्नेस आयल उद्योगमा इन्धनको रूपमा प्रयोग गरिन्छ।, बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको भए पनि सो विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए।,
मोरङको फर्नेस आयल उद्योगमा लागेको आगो २ घण्टापछि नियन्त्रणमा
|
खिलानाथ ढकाल गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजात बनाएर १९ करोड रूपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका चारै जनामाथि बैंकिङ कसुरमा अनुसन्धान थालिएको छ।, केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ परेकाहरूमाथि सुरूमा लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरिएको थियो।, अनुसन्धान गर्दै जाँदा बैंकिङ कसुर आकर्षित भएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए।, प्रहरीले कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई पक्राउ गरेको थियो। अमात्यको बारा, विश्रामपुरको १२ बिघा जग्गाको नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड रूपैयाँ निकालिएको थियो।, गौतम र महर्जनले अमात्यको बिरुवा भूमि वनकाली कम्पनीको नामबाट १९ करोड निकालेका थिए। उक्त पैसा निकाल्दा अमात्यको जग्गाको नक्कली कागजात बनाइएको थियो।, गौतम र महर्जन बेनियल ट्रेडिङ कम्पनी कोटेश्वरका सञ्चालक हुन्। बिरुवा भूमि वनकाली योगेश्वर अमात्य र उनकी श्रीमती सञ्चालक रहेको कम्पनी हो।, पर्सा शाखाबाट पैसा निकाल्ने चाँजो मिलाउँदा कर्मचारी ठाकुर र चौरसियाले उनीहरूलाई सहयोग गरेका थिए।, प्रहरी उपरीक्षक महतोका अनुसार पक्राउ परेकालाई पटक-पटक गरेर २९ दिनसम्म थुनामा राख्न अदालतबाट अनुमति लिइएको छ।, बैंकिङ कसुरमा प्रहरीले आरोपीलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सक्छ। ‘अनुसन्धान गर्न समय बाँकी रहेको र थप तथ्यहरू पनि बुझ्नुपर्ने भएकाले अझै ३० दिन थुनामा राखेर अनुसन्धान गर्नुपर्ने हुनसक्छ,’ महतोले भने।, बैंक कर्मचारीकै मिलेमतोमा जग्गाको नक्कली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि चार जनालाई प्रहरीले पक्राउ गरेको थियो।, ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहका अनुसार त्यसरी नक्कली कागजात बनाएर ऋण स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्साललाई पनि पत्राचार गरिएको थियो।, केन्द्रीय बैंकले अनुमति दिएका आधारमा कुमारी न्यूरोड शाखाबाट रकम निकालिएको सिंहले बताए।, गौतम र महर्जनले सुरूमा पर्सा शाखामा निवेदन दिएका थिए। पर्सा शाखाले न्यूरोडमा फाइल पठाएको थियो। न्यूरोड शाखाले ऋण दिँदा नक्सालस्थित केन्द्रीय बैंकको स्वीकृति लिएको थियो।, यो प्रकरणमा कुमारी बैंक केन्द्रीय कार्यालय नक्सालका कर्मचारी पनि छानबिनमा रहेको सिंहले बताए।, ‘ऋण प्रवाह हुँदा फाइल स्वीकृत गर्ने केन्द्रीय बैंकका केही कर्मचारीमाथि छानबिन गर्नुपर्ने भएको छ, छानबिनको अर्थ उनीहरू प्रतिवादी बन्छन् भनेर अहिल्यै यकिन गर्न सकिँदैन, कसुर स्थापित हुन आए प्रतिवादी बन्छन्,’ सिंहले भने, ‘अहिले त्यस्तो देखिएको छैन, छानबिन भने जारी छ।’, गायक अमात्यको १२ बिघा जग्गा भने सुरक्षित भइसकेको छ। नक्कली कागजातका आधारमा ऋण निकालिएको थाहा पाएपछि कुमारी बैंकले कीर्ते गर्ने व्यक्तिहरूबाट त्यस बराबर रकमको धितो सुरक्षित गरिसकेको छ।, नक्कली कागजात बनाएका गौतम र महर्जनको जग्गा-जमिन राखेर बैंकले १९ करोड रूपैयाँ बराबरको धितो सुरक्षित गराएको हो।, सम्बन्धित समाचार :, गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर कुमारी बैंकबाट निकालियो १९ करोड, गायक योगेश्वर अमात्यको १२ बिगाहा जग्गा सुरक्षित, ठगिएको कुमारी बैंकले के गर्यो १९ करोड जोगाउन?,
१९ करोड ठगीमा कुमारी बैंकका कर्मचारीसहित चार जनालाई बैंकिङ कसुरमा अनुसन्धान
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो । , मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो। चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। , काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम सुरू हुन्छ।, केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।, आज राति देशको पहाडी भ–ूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस रहनेछ।, त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ। ,
आज काठमाडौंमा यो वर्षकै बढी चिसो
|
निर्मला घिमिरे गत बिहीबार सामाजिक सञ्जाल फेसबुक हेर्दै गर्दा एउटा स्ट्याटसले तान्यो। , नतानोस् पनि कसरी?, विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौंस्थित बसन्तपुर दरबार स्क्वायर परिसरमा देखिएको एउटा दुर्दशाबारे व्यंग्य गरिएको थियो। , स्ट्याटस थियो- 'काठमाडौं दरबार स्क्वायर घुम्दै गर्दा जब विदेशी पर्यटकको आँखा यता पर्छ र सोध्छन् होला, ह्वाट इज ड्याट? , हाम्रा गाइडले अकमकाउँदै भन्दा होलान्- ओह, इट इज ग्रेभ अफ मोटरसाइकल्स (मोटरसाइकलहरूको चिहान)।', स्ट्याटस मात्रै होइन, रवि श्रेष्ठले थोत्रा मोटरसाइकलको थुप्रोको तस्बिर पनि हालेका रहेछन्। तस्बिर र लेखाइको तालमेल बडो गज्जब थियो। , त्यसले तानेपछि हामी बसन्तपुर पुग्यौं। हनुमानढोकास्थित काठमाडौं प्रहरी परिसरको पुरानो भवन छ। भुइँचालोका कारण प्रहरी परिसर अहिले टेकुमा सरेको छ। त्यही पुरानो परिसर भवनको छेवैमा रहेछ तस्बिरमा कैद भएको वास्तविकता।, बसन्तपुर दरबार हुँदै कालभैरवको मूर्तिबाट केही पाइलाअगाडि बढेर देब्रेतर्फ चिहाउने बित्तिकै मोटरसाइकल तथा स्कुटरका अस्थिपञ्जिरहरूको थुप्रोले झसंग बनाउँदो रहेछ। त्याँ दर्जन बढी दुईपांग्रे सवारी असरल्ल ढलिरहेका रहेछन्।, कतिपय त राख्दाराख्दै धूलो र खियाले मोटरसाइकल हो कि स्कुटर भनेर छुट्याउन पनि मुश्किल पर्ने। त्यसमाथि माटो थुप्रिएर झार उम्रिसकेको। , त्यहाँ विदेशी पर्यटकको नजर पर्दा साँच्चै के सोच्दा हुन्?, रवि श्रेष्ठले लेखेजस्तै अचम्म मानेर सोध्दा हुन्, 'त्यो के हो?', गाइड अक्कबक्क पर्दै भन्दा हुन्, 'यो मोटरसाइकलको चिहान हो।' , 'नेपालको काठमाडौं दरबार स्क्वायर जहाँ मोटरसाइकलको चिहान हुँदो रहेछ,' यस्तै सन्देश लिएर जाँदा हुन् उनीहरू।, हुन त कोभिड महामारीपछि विदेशी पर्यटक कम छन्। हामी पुग्दा पनि खास देखिएका थिएनन्। त्यही परिवेशसँग बानी परेका आन्तरिक पर्यटक आफ्नै तालमा दरबार र मन्दिर परिसरमा तस्बिर खिच्दै रमाइरहेका थिए। थोत्रे सवारीको थुप्रोतिर कमैले आँखा लगाउँथे। , रवि श्रेष्ठले पनि घुम्दाघुम्दै आँखा परेको बताए। , 'मैले त्यही दिन मात्रै त्यो दृश्य देखेको हो,' उनले सेतोपाटीसँग भने। , त्यसबारे हामीले परिसरमै भेटिएका प्रहरी अधिकारीहरूलाई सोध्यौं। उनीहरूले यसबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए।, 'हामी त नयाँ हौं, आउँदादेखि नै यो थुप्रो यस्तै थियो। कसले कहिलेदेखि राखेको भन्ने हामीलाई केही जानकारी छैन,' एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने।, यसबारे बुझ्न प्रहरी परिसर काठमाडौंमा सम्पर्क गर्यौं। परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले आफूलाई पनि कुनै जानकारी नभएको बताए।, 'हनुमान ढोकाअगाडि कहाँबाट हुन्छ मोटरसाइकलको थुप्रो? मलाई जानकारी छैन,' उनले भने।, प्रदेशसभा सांसद एवं पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य दुईपांग्रेको त्यो थुप्रो ट्राफिक प्रहरीले बनाएको बताउँछन्। , '२०७२ को भूकम्पअघि त प्रहरी परिसर त्यहीँ थियो। त्यो परिसरको जग्गामा न्युरोड ट्राफिक जनसेवाले समातेका मोटरसाइकल राखेको हो। मैले राख्न भनेको थिएँ,' शाक्यले भने। , उनका अनुसार त्यहाँ धेरै वर्ष अगाडिदेखि ट्राफिक प्रहरीले समातेका मोटरसाइकल राख्न थालेको हो। सम्बन्धित सवारी धनी लिन नपुगेपछि थुप्रेर कवाडखाना झैं बनेको हो।, ट्राफिकको ठाउँ नभएकाले परिसरको जग्गामा ती सवारी राखिएको उनले जानकारी दिए। आवश्यकता हेरेर तिनलाई व्यवस्थापन गरिनेसमेत उनले बताए।, न्युरोड ट्राफिक कार्यालयले पनि राख्ने ठाउँ नहुँदा परिसर अगाडि थुपारिएको जानकारी दिएको छ। न्युरोड ट्राफिक प्रमुख डिएसपी सीताराम विष्टका अनुसार डेढ महिनाअगाडि ११ वटा चोरीका तथा विभिन्न मुद्दा चलेर लिन नआएका सवारी पनि त्यहाँ राखिएको छ।, 'त्यहाँ सिभिल प्रहरीले जफत गरेका धेरै अगाडिदेखिका मोटरसाइकल छन्। यति नै छन भन्ने यकिन छैन। जफत गरेका समेत गरेर दर्जन बढी दुईपांग्रे थुप्रिएका छन्,' उनले भने।, सम्बन्धित व्यक्ति सवारी लिन नजाँदा त्यस्तो अवस्थामा राख्नुपरेको विष्टले जानकारी दिए।, त्यो स्थानबाट सवारी व्यवस्थापन गर्नुपर्यो भने ट्राफिक प्रहरी महाशाखासँग समन्वय गरेर अगाडि बढ्ने पनि उनले बताए।, ,
कसले बनायो बसन्तपुरमा 'मोटरसाइकलको चिहान'?
|
सेतोपाटी संवाददाता ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, सुनकोशी गाउँपालिका ९ काँडेभञ्याङ नजिकै आज बिहान ७:३० बजेतिर जिप दुर्घटनामा परेको हो।, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।, दुर्घटनामा १३ जना घाइते छन्।, ‘घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। हेलिकप्टर मगाएका छौं,’ उनले भने। घाइतेहरूलाई काठमाडौं ल्याउने तयारी छ।, प्रदेश ३ को ०१०२२ च ९६९४ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीको भनाइ छ।, दुर्घटनामा परेका घाइतेहरूको प्रहरीले उद्धार गरिसकेको छ। मृतकहरूको खनाखत भइसकेको छैन।,
ओखलढुंगामा जिप दुर्घटना: ३ को मृत्यु, १३ घाइते
|
सेतोपाटी संवाददाता भूपेन्द्र बडुवालको हत्या भएको एक साता पुग्दा पनि प्रहरीले त्यसको कारण पत्ता लगाउन सकेको छैन।, गत मंगलबार राति लम्कीचुहा नगरपालिका-१ का २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको थियो।, हत्यामा हालसम्म ९ जना पक्राउ परेका छन्। सुरूमा ८ जना पक्राउ परेकामा आइतबार प्रहरीले थप एक जनालाई पक्राउ गरेको थियो।, आरोपित पक्राउ परे पनि बडुवाल हत्याबारे कुनै ‘गुत्थी’ पत्ता नलागेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए।, अनुसन्धानका क्रममा प्रहरीले आइतबार लम्कीचुहा-५ का विकास खड्कालाई पक्राउ गरेको छ।, ‘आरोपीहरू समातिए पनि घटना के कारणले भएको भन्ने स्पष्ट भइसकेको छैन,’ बिष्टले भने, ‘अहिले घटना अनुसन्धानका क्रममा भएकाले सबै कुरा भन्न सकिँदैन।’, घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी निरीक्षकको नेतृत्वमा दुई जनाको टोली कैलाली पठाइएको छ। सोमबार ब्युरोबाट टोली घटनास्थल प्रस्थान गरेको ब्युरोले जनाएको छ।, हत्याको भोलिपल्ट गत बुधबार प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका-१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय किशोर, टीकापुर नगरपालिका-१ का २३ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह थिए।, घटनास्थलबाट सु.प.प्र.०१००८प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो।, पक्राउ परेका २२ वर्षीय श्रेष्ठले बडुवाललाई राति ८ बजे घरबाटै ‘साथीलाई समस्या परेको छ’ भन्दै लिएर गएका थिए।, लम्कीचुहाबाट श्रेष्ठले लिएर गएका बडुवालको टीकापुर नगरपालिका-१ मा हत्या गरिएको थियो।,
एक साता बित्दा पनि सुल्झिएन भूपेन्द्र हत्याको ‘रहस्य’
|
सेतोपाटी संवाददाता काठमाडौंको बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएका छन्।, यही कात्तिक २६ गते बसेको बूढानीलकण्ठ नगर कार्यपालिकाको बैठकले हरिबोधिनी एकादशीको दिन स्थानीय बिदा दिने निर्णय गरेको हो । , नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्ध धार्मिक तीर्थस्थलका रूपमा परिचित बूढानीलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह)का दिन विशेष मेला लाग्ने भएको हुनाले नगरपालिकामा स्थानीय पर्वका रूपमा सो दिन सार्वजनिक बिदा दिने गरिएको छ। स्थानीय संस्कृति, परम्परा र जात्राको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले बिदा दिइएको नगरपालिकाले जनाएको छ । , उक्त दिन नगरपालिकाअन्तर्गत रहेका नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने बताइएको छ।, बूढानीलकण्ठमा प्रत्येक वर्ष कात्र्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ । , त्यस्तै यही कात्तिक २९ गते परेको हरिबोधिनी एकादशीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले बताइन्। , नगरपालिकाभित्र रहेको नेपालको चार नारायणमध्येको कान्छो नारायण मन्दिरका नाममा परिचित तथा राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत इचङ्गुनारायण मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह) का दिन विशेष मेला लाग्ने भएको हुनाले नगपालिकाले स्थानीय पर्वका रूपमा सो दिन सार्वजनिक बिदा दिने बताइएको छ। , प्यागोडा शैलीमा बनेको दुईतले इचङ्गुनारायण मन्दिरमा शङ्ख, चक्र, गदा र पद्म लिएका नारायणको मूर्ति रहेको छ । सो मन्दिरमा हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन विशेष मेला लाग्ने गर्छ। ,
काठमाडौंको बुढानीलकण्ठ र नागार्जुन नगरपालिकामा आज सार्वजनिक बिदा
|
रासस हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। शुक्लागण्डकीको आइतबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले विगत दुई वर्षदेखि बिदा दिन थालेको छ । , दुलेगौँडा पुल्चोकस्थित सेती नदी किनारमा फूलको तोरण तार्ने र स्नान गर्न आउने श्रद्धालु भक्तजनको विशेष ओइरो लाग्छ। मोक्ष प्राप्तिको आस्थाले छिमेकी जिल्ला स्याङ्जा र कास्की विभिन्न स्थानबाट पनि भक्तजन यहाँ आउने गर्दछन् । यसैगरी व्यासले पनि सोही अवसरमा बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आइतबार विज्ञप्ति प्रकाशित गरी आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । , यही कात्तिक २३ गते बसेको कार्यपालिकाको बैठकबाट हरिबोधनी एकादशीका दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए।, हरिबोधनी एकादशीको दिन जिल्लाका विभिन्न ठाउँमा ठूलो मेला लाग्ने गर्दछ । शुक्लागण्डकीको पुल्चोकस्थित सेती नदी किनार, कोत्रेस्थित सेती नदी किनार, भिमाद नगरपालिका र म्याग्देको सङ्गममा पर्ने दोभान, भिमादको भिमाद बजारस्थित सेती नदी, व्यास नगरपालिकाको देउरालीनगर, शिशाघाट, आँबुखैरेनीको आँधीमूलमा एकादशीका दिन मेला लाग्ने गरेको छ । , आँधीमूलमा एकादशी मेला लाग्ने,
आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिरमा यस वर्ष एकादशी मेला लाग्ने भएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले आज एकादशी मेला सञ्चालन गर्न लागिएको हो । , कोरोना कहरका कारण गत वर्ष यहाँ मेला भर्न रोक लगाइएको थियो । एकादशी मेलाका दिन यहाँ हजारौंको सङ्ख्यामा भक्तजनको भीड लाग्ने वडाध्यक्ष किसान थापाले जानकारी दिए। पृथ्वीराजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ । , आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ । , गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । , कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेल्ने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्यरुपमा संस्कार (काजक्रिया) गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ । मन्दिरका पुजारी युवराज मास्के मगरका अनुसार दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ । गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्यमध्येमा आँधीमूललाई राख्दै यसको विकासका लागि पनि चासो दिएको छ । ,
तनहुँका दुई पालिकामा आज सार्वजनिक बिदा
|
भानुभक्त ‘बेला-बेला मनभित्र गाँठो पर्थ्यो नि!’ उनले भनिन्।, ओछ्यानमा पल्टिरहेका छोरालाई खुसी बनाउन एक आमा नाचिरहेको भिडिओ सामाजिक सञ्जालमा देखेपछि मैले उनीबारे सोधीखोजी गरेको थिएँ। टिकटकमा अपलोड भएका उनका ती भिडिओ पछिल्लो समय फेसबुकमा पनि भाइरल छन्।, ‘भिडिओमा छोरालाई हेर्दै कति मज्जाले नाच्नुभएको' भन्दा कमला भुसालले आफ्नो हाँसोभित्रको गाँठो सम्झिएकी हुन्।, @kamalabhusal09, Timro khushi nai mero Khushi ho maila xhora ❤️❤️❤️, ♬ original sound - Kamala Bhusal, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका-१ की भुसालको मनभित्र गाँठो परेको अस्ति लक्ष्मीपूजाको दिन २७ पूरा भएर २८ वर्ष लाग्यो।, सन्धीखर्कमै जन्मे-हुर्केकी कमलाका बुवा इन्डियन लाहुरे थिए। उनी घरकी जेठी छोरी। सानैमा उनलाई नाच्न, गाउन खुब रूचि थियो। स्कुलका अतिरिक्त क्रियाकलापमा जहिल्यै भाग लिन्थिन्। बेला-बेला पुरस्कार जितेर घर फर्किन्थिन्। घरमा लाउन-खान पुगेकै थियो। कोही माग्न आएका मान्छे देखे उनको मन पग्लिन्थ्यो। चामल-पीठो चोरेर पनि दिन्थिन् रे!, उनकी आमालाई भने बाबु घरमा नभएका बेला नाच्न-गाउन हिँड्ने जेठी छोरी बिग्रिन्छ कि भन्ने ठूलो पीर रहेछ।, ‘त्यही भएर एलएलसी पास हुनासाथ मेरो बिहे गरिदिनुभयो,’ कमलाले भनिन्।, २०४८ सालमा विवाह हुनुअघि कमला सन्धीखर्कको पाणिनी क्याम्पसमा आइए पढ्न भर्ना भएकी थिइन्। उनका श्रीमान् पदम भुसाल नेपाल विद्युत प्राधिकरण पोखरा कार्यालयमा अस्थायी जागिरे थिए। बिहेपछि उनी श्रीमानसँगै पोखरा पुगिन्। पाणिनीमा भर्ना भए पनि पिएन क्याम्पसमा क्लास लिन थालिन्।, आइएको पढाइ पूरा नहुँदै २०४९ सालमा उनले पहिलो सन्तानलाई जन्म दिइन्।, त्यसको दुई वर्ष नपुग्दै उनी फेरि दुई जिउकी भइन्।, २०५१ कात्तिकको कुरा हो। भाइटीका लागि उनी माइती गएकी थिइन्। लक्ष्मीपूजाको रात उनलाई पेट दुख्यो। बच्चा पाउने महिना पुगेको थियो। आमा-बुवाले छोरीले माइतीमा बच्चा पाउनु हुन्न भनेर उनलाई राति नै लालटिनको उज्यालोमा घरबाट हिँडाले।, ‘अर्को दिन मैले बाबुलाई जन्म दिएँ। जन्मेपछि ऊ अरू बच्चाजस्तो रोएन,’ कमलाले सम्झिइन्, ‘त्यहाँ भएका महिलाले यो रून पनि रोएन, निलो भइसक्यो। छैन कि क्या हो भन्नुभयो।’, उनीहरूको कुराले कमलाको मन चिसो भयो। उनले पुलुक्क बच्चातिर हेरिन्। उसको घाँटीमा नाल बेरिएको थियो।, 'त्यो हटाइदेओ न,’ कमलाले भनिन्।, बेरिएको नाल निकालेपछि बच्चा चलमलायो।, माइलो छोराको रूपमा जन्मिएको बच्चाको नाम उनीहरूले सागर राखे।, छ महिना बित्यो। भात खुवाउने बेला भयो। सागर अरू बच्चाजस्तो सक्रिय थिएनन्। उनी हलचल गर्दैनथे, प्रतिक्रिया दिँदैनथे, हातसमेत चलाउँदनथे।, कमला र पदमले छोरालाई डाक्टरकहाँ लगे। डाक्टरहरूले यो बच्चा अरूजस्तो छैन, काठमाडौंको कान्ति बाल अस्पताल लैजानुस् भने।, ‘त्यति बेला हामीलाई काठमाडौं टाढाको कुरा थियो। श्रीमानको जागिर छुटेपछि सन्धीखर्कमै पसल गरेका थियौं, बचत थिएन,’ कमलाले भनिन्, ‘ऋणदान गरेर काठमाडौं गयौं। कान्तिका डाक्टरसाबहरूले यस्ता बच्चाको वृद्धि-विकास बिस्तारै हुन्छ भनेर धेरैपटक फलोअपमा बोलाउनुभयो।’, केही समयपछि डाक्टरहरूले सागर जन्मिनासाथ पर्याप्त अक्सिजन पाउन नसकेकाले स्नायुमा समस्या भएको हुन सक्ने बताए। सामान्य मान्छेजस्तो उनले बोल्न र हिँड्न सक्दैनन् भने। फिजियोथेरापी गरे केही सुधार हुन सक्ने सुझाव दिए।, अशक्त बच्चा बोकेर आफन्तका कोठामा जाँदाको असजिलोले कमलालाई काठमाडौंमा धेरै दिन बस्न मन थिएन।, ‘एकदिन हामी फिजियोथेरापीका लागि जोरपाटी गएका थियौं। उनीहरूले कि दिनदिनै बच्चा ल्याएर थेरापी गराउनुस् नभए यहीँ राखिदिनुस्, हामी सबै गरिदिन्छौं भने,’ कमलाले भनिन्, ‘मेरो छोरालाई यहीँ राख्छन् कि सोचेर मैले उसलाई बेस्सरी समातेँ। त्यति बेला मलाई फिजियोथेरापी गर्नुपर्छ भन्ने बुद्धि नै आएन। आफूसँग पैसा नभएकाले पनि होला, बरू घरमै लगेर राख्छु भन्ने सोचेँ।’, छोरा त्यस्तो जन्मिनुमा कुनै देवीदेउताको दोष हो कि भनेर उनले धामी-झाँक्रीलाई पनि देखाइन्। कसै गरे पनि सागर बोल्न र उठ्न सक्ने भएनन्।, त्यति बेला फिजियोथेरापी गर्ने आफ्नो बुद्धि नआएको सम्झेर अहिले पनि उनी चुक्चुकाउँछिन्।, एकातिर छ-सात वर्ष भइसकेको छोरो ओछ्यानबाट उठ्न सक्दैन, अर्कातिर उसको उपचार गर्न सक्ने पैसा आफूसँग छैन। त्यसमाथि परिवार र छिमेकीले सुनाउने नानाथरी कुराले कमलाको मन कुँडिन्थ्यो।, ‘महिलाहरूले हामीले पनि बच्चा पायौं तर त्यस्ता कोही जन्मिएनन् भन्थे। शरीरमै दिसा-पिसाब गर्ने भएकाले परिवारकै केटाकेटी पनि मेरो छोराको छेउमा पर्न चाहँदैनथे,’ कमलाले सम्झिइन्, ‘छिमेकका दिदी-बहिनी पूजा र विवाहजस्ता सामाजिक काममा मलाई बोलाउँदैनथे। यो सब देखेर बेला-बेला मेरो मनमा गाँठो पर्थ्यो। त्यति बेला कस्तो हुन्थ्यो म भन्नै सक्दिनँ।’, एकपटक त उनले हिम्मत हारिसकेकी थिइन्। छोराको यस्तो हालत हेरेर बाँचिरहनुभन्दा बरू यो देहलीला समाप्त पारिदिन्छु भन्ने सोचेकी थिइन्।, ‘म डिप्रेसनमा गएकी थिएँ, एकदिन त विष खान्छु नै भनेर सोचेकी थिएँ। त्यही बेला सागर चलमलायो। उसलाई हेरेर मेरो मन फेरियो,’ कमलाले भनिन्, ‘उसकै लागि भए पनि बाँच्नुपर्छ भन्ने लाग्यो। मैले आफ्नो यथार्थता स्वीकारेँ।’, उनका श्रीमान् पदमले हरेक मोडमा उनलाई साथ दिए। उनको साथ नभएको भए कमलालाई आफू, समाज र नियतिसँग लड्ने ताकत कम हुन्थ्यो रे!, २०६० सालतिरको कुरा हो। उनको घरमा मिनबहादुर रिजाल र उमा रिजाल आए। रिजाल दम्पतीका एक जना बच्चा पनि सागरजस्तै थिए। आफ्नो बच्चाको हालत देखेपछि उनीहरूले त्यस्ता बच्चालाई पढाउने (दैनिक व्यवहार सिकाउने) विद्यालय खोल्न पहल गरेका थिए। २०४८ मा सन्धीखर्कमै निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालय खुलेको थियो। उमा त्यही विद्यालयमा पढाउँथिन्।, ‘उमा म्यामले हाम्रो मात्र होइन धेरैका बच्चा यस्ता छन्। म अब कति दिन स्कुलमा हुन्छु होला र। तिमी आऊ, पढाउन भन्नुभयो,’ कमलाले भनिन्, ‘स्कुलमा विशेष दरबन्दी आएको रहेछ। म पढाउन राजी भएँ।’, त्यसपछि उनको घरदेखि स्कुलसम्मको संसार तिनै विशेष मान्छेहरूका बीचमा घुम्न थाल्यो। उनी सागरमा स्कुलका बच्चा देख्थिन्, स्कुलका बच्चामा आफ्नै छोरा सागर भेट्थिन्।, २०६९-७० सालतिर विद्यार्थी नभएर झन्डै खारेज हुन लागेको विद्यालय उनले निकै मेहनत गरेर जोगाइन्।, कमला अहिले उक्त विद्यालयकी प्रधानाध्यापक छन्। विद्यालयमा १६ जना बच्चा छन्। दसैं-तिहार बिदामा घर गएका उनीहरू अब मंसिर १ देखि फेरि विद्यालयमा आउँदैछन्।, डाउन सिन्ड्रोम, अटिज्म भएका बच्चाका अभिभावकहरू आफ्ना बच्चालाई विद्यालय पठाउँदैनन्। अरू बच्चाजस्तै सामान्य विद्यालयमा उनीहरू जाँदैनन्। नेपालभरि अहिले बौद्धिक अपांगता भएका बच्चाहरू पढाउने यस्ता विद्यालय ३२ वटा छन्।, ‘यस्ता बच्चालाई घरमा दाम्लोमा बाँधेर बाबुआमा काममा जाने गरेका घटना धेरै छन्,’ कमलाले भनिन्, ‘कति बच्चालाई हामी आफैंले दाम्लोबाट फुकाएर ल्याएका छौं। बच्चा हाम्रो विद्यालयमा आए उनीहरूले नरकायी जीवन बाँच्नुपर्दैन, उनीहरूका आमाबुवालाई सजिलो हुन्छ।’, निर्मल नवज्योति विद्यालयमा कमलासहित तीन जना कर्मचारी छन्। बच्चाहरू विद्यालयमै बस्छन्। त्यहीँ खाना खान्छन्, खेल्छन्, नाच्छन् र रमाउँछन्।, ‘हरेक दिन विद्यालय सुरू हुँदा मादल बजाएर उनीहरूलाई नचाउनैपर्छ। त्यसपछि मात्रै अरू काम गर्न मान्छन्,’ कमलाले भनिन्, ‘उनीहरूलाई शौचालय जान, साबुनपानीले हात धुन, लुगा र चप्पल सुल्टो गरी लगाउन र मिलाएर राख्नजस्ता व्यवहारिक कुरा सिकाउँछौं। कसै-कसैले आफ्नो नाम पनि लेख्छन्। कसैलाई लेख्ने-पढ्ने कुरामा कुनै चासो हुन्न।’, कमलालाई यी काम गर्न केही अप्ठेरो लाग्दैन। विद्यालयमा गर्नुपर्ने काम उनले घरमा वर्षौंदेखि गर्दै आएकी छन्।, ‘यस्ता बच्चाहरूसँग मेरो विशेष सम्बन्ध छ। सागर मात्रै होइन, स्कुलका यी सबै विशेष बच्चाकी म आमा हुँजस्तो लाग्छ,’ कमलाले भनिन्, ‘उनीहरूलाई कसरी सिकाउने भनेर तालिम लिएकी छैन, आफ्नै अनुभवले काम गरिरहेकी छु। हाम्रोजस्तो विद्यालयमा काम गर्ने शिक्षक/कर्मचारीले तालिम र स्रोतसाधन पाए बच्चाहरूको अझ राम्ररी हेरचाह गर्न सक्थे।', आफ्ना छोरा सागर र विद्यालयका बच्चा उनलाई भगवान् जस्ता लाग्छन् रे। उनीहरूको सेवा गर्न पाउँदा आनन्द लाग्छ।, सुरूमा आफ्नो छोरो देखेर मैले केही गल्ती गरेकाले यस्तो छोरो जन्मियो कि भनेर सोच्ने कमला अचेल आफूलाई भाग्यमानी ठान्छिन्।, पहिला छी:छी र दूरदूर गर्नेहरू पनि अचेल सागरकै कारण उनीहरूको भाग्य चम्किएको ठान्छन्।, पसल गर्दागर्दै उनका श्रीमान् पदमले फेरि विद्युत प्राधिकरणमा जागिर खाए। यसपालि उनले स्थायीमा नाम निकाले। उनीहरूको व्यापार व्यवसाय राम्रै चल्यो। जेठा छोरालाई इन्जिनियर पढाए।, छोरा इन्जिनियर भएकाले पदमले पेन्सन नहुँदै जागिर छाडिदिए। अहिले कन्स्ट्रक्सन कम्पनी खोलेका छन्। सन्धीखर्क बजारमा पक्की घर बनाएका छन्। त्यही घरमा सागरलाई सजिलो हुने उपकरणहरू राखिदिएका छन्।, ‘अचेल मान्छेहरू सागरकै कारण हाम्रो भाग्य बदलियो भन्छन्, उसको भाग्यले पनि होला तर हामीले मेहनत पनि धेरै नै गरेका थियौं,’ कमलाले विगत सम्झिइन्।, केही समयअघिसम्म अर्घाखाँचीको सन्धीखर्कमै सीमित रहेको कमला र सागरको साइनो अहिले सामाजिक सञ्जालभरि फैलिएको छ। उनीहरूको कथा टिकटकले भाइरल बनाइदिएको छ।, ‘मलाई त यस्तो टिकटकबारे केही थाहा थिएन। पाँच-छ महिनाअघि कान्छा छोराले खोलिदिएको हो,’ कमलाले भनिन्, ‘म त स्कुलमा बच्चालाई, घरमा सागरलाई खुसी पार्न नाचिरहेकी हुन्थेँ। एकदिन नाचेको भिडिओ छोराले टिकटकमा हालिदियो।’, सुरूमा उनका भिडिओले धेरैको ध्यान तानेको थिएन।, यसपालि दसैं आउन लागेको थियो। टिभीमा एउटा गीत बजिरहेको थियो- गाँवै रमाइलो, देशै रमाइलो। दसैं आउँदा मनमा पीर भए नि त्यसै रमाइलो...!, बोल्न नसके पनि सागर सुन्न सक्छन्। उनलाई गीत-संगीत असाध्यै मन पर्छ। गीत सुनेर उनी खुब रमाउँछन्। उनी सुत्ने ठाउँमा ठूलो टिभी छ।, ‘टिभीमा बजेको यो गीत मलाई आफ्नै जीवनसँग मिलेजस्तो लाग्यो। कान्छो छोराले यसमा भिडिओ बनाऔं न मम्मी भन्यो,’ कमलाले भनिन्, ‘म नाचेको देखेर सागर पनि खुसी भयो। टिकटकमा हालेको, धेरैको मन छोएछ।’, तस्बिर सौजन्य: शशि भुसाल।, आमा र आफ्नो भिडिओलाई धेरैले मन पराएको सागरलाई पनि थाहा छ रे। उनी फेसबुक र टिकटकमा लाइक्स र भ्यूज हेर्छन्।, ‘म नाच्दा यस्तो-यस्तो मिलेन भनेर इशारा गर्छ,’ कमलाले भनिन्।, टिकटकबाट उनको चर्चा यति धेरै भयो, अचेल त बजारमा हिँड्दा नचिनेका मान्छेले पनि बोलाउन थालेका छन्।, ‘तपाईं त्यो छोरासँग टिकटक बनाउने दिदी होइन, खै-खै मास्क खोल्नुस् त भन्छन्, खुसी लाग्छ,’ उनले भनिन्।, @kamalabhusal09, Maila xhora ko khushi nai mero lagi Sandra ko thulo khushi ho 🙏❤️❤️, ♬ original sound - Kamala Bhusal, भिडिओ हेरेर मान्छेहरूले दिने प्रतिक्रियाले उनलाई आत्मविश्वास दिएको छ, ऊर्जा थपेको छ।, 'अहिले म ४५ वर्षकी भएँ। १० वर्षपहिला ममा यति आत्मविश्वास भएको भए यो क्षेत्रमा अरू धेरै काम गर्न सक्थेँ जस्तो लाग्छ,' कमलाले भनिन्।, अचेल कमलालाई आफ्ना छोरा र उनीजस्ता अरू बच्चा देख्दा आश्चार्य लाग्दैन। छोरासँगको यस्तै सम्बन्ध अर्को-अर्को जुनीमा पनि होस् भन्ने उनको चाहना छ।, 'श्रीमानलाई त्यसरी सम्हाल्नुपरेको भए सायद म छोडेर हिँडिसक्थेँ होला। तर उसलाई त एकदिन पनि छोड्नै सकिनँ, आमा हुँ कसरी सक्थेँ,' कमलाले अन्त्यमा भनिन्, 'धेरैले मलाई भन्छन्- यस्ता बच्चाको आयु कमै हुन्छ। ऊ मभन्दा पहिल्यै छोडेर गयो भने स्वीकार्नैपर्छ तर अर्को जुनी हुन्छ भने म फेरि पनि उसैकी आमा हुन् पाऊँ!', भिडिओ सौजन्य: शशि भुसाल।,
‘अर्को जुनी हुन्छ भने म फेरि उसैकी आमा हुन पाऊँ’
|
रासस ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका वडा नं ८ स्थित बालकुमारी मन्दिर पुनर्निर्माण कार्यको शिलान्यास गरेकी छन्। आज बिहान उनले मन्दिर पुनर्निर्माणको आरम्भ गरेकी हुन्। , तीनै तहको सरकारको मद्दतले मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गर्ने विश्वास दिलाउँदै मन्त्री भुसालले भनिन्, 'स्थानीय तहले विशेष पहल लिएको छ, तीनै तहको सरकारको मद्दतमा तोकिएको समयमै पुनर्निर्माण कार्य सम्पन्न गरिनेछ।', मन्दिर गोर्खा भूकम्पले भत्काएको थियो।, करिब ३८८ वर्ष पहिले पुनर्निर्माण भएको मन्दिरको अन्वेषण आवश्यक रहेको बताउँदै उनले भनिन्,'जीवन संस्कृतिसँग जोडिएको छ, पुनर्निर्माणसँगै यस मन्दिरको ऐतिहासिक अन्वेषण हुनेछ।', कला सम्पदाले देशको सामाजिक सद्भाव र राष्ट्रको सवर्द्धन गरेर पर्यटन क्षेत्रको लाभ लिनुपर्नेमा जोड दिँदै उनले सम्पदाले देशको आर्थिक, सामाजिक विकासमा सहयोग पुर्याउने बताइन्।, मन्त्री भुसालले भनिन्,'ललितपुर कला, संस्कृति र सम्पदाले भरिपूर्ण भएको जिल्ला हो, यसको सही सदुपयोग गरेर यहाँका बासिन्दा र राष्ट्रले नै फाइदा लिनुपर्छ।', पुनर्निर्माण भएका सम्पदा भावी पुस्तालाई सहीरूपमा हस्तान्तरण गर्न सके कला संस्कृतिको संरक्षण हुने उल्लेख गर्दै उनले भक्तालु, श्रदालु एवं सम्पदाप्रमेमीलाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग पुर्याउन अपिल गरिन्।, ,
ऊर्जा मन्त्रीले गरिन् बालकुमारी मन्दिर पुनर्निर्माण कार्यको शिलान्यास
|
रासस हरिबोधनी एकादशीका दिन भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ।, उपत्यकामा रहेका चारनारायणमध्येको जेठो नारायणका रूपमा पुजिँदै आएको सो मन्दिरमा आज बिहान ४ बजेदेखि नै दर्शनार्थीको भीड लागेको स्थानीयवासी एवं चानपा–४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले जानकारी दिए।, आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचङ्कुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शन गर्ने गर्दछन्।, चार नारायणको दर्शन गर्दा जेठो नारायणका रुपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने मान्यता रहेकाले बिहानैदेखि नै दर्शनार्थीको भीड लागेको चाँगुनारायण मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए।, मन्दिरमा सहजरुपमा दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट र प्रहरी परिचालन गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए। चारवटै नारायणको दर्शन गर्न नसक्ने पनि चाँगुनारायण मन्दिरका दर्शनमा आउने गर्दछन्।, आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान विष्णु आजै जागा हुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रुपमा विशेष पूजा अर्चना गरेर मनाइने पूजारी राजोपाध्यायको भनाइ छ। , हरिशयनी एकादशीका दिन घरघरमा रहेको तुलसीको मठलाई सिँगारेर पूजा गरी माला लगाई तुलसीको पूजा गर्ने गर्ने गरिन्छ। आजको दिनमा ब्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिँडालु र सख्खरखण्डको परिकार खाने प्रचलनसमेत रहेको छ। , चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। आज चार नारायणमध्ये जेठो नारायणका रुपमा मानिँदै आएकोे चाँगुनारायण मन्दिरमा भव्य मेला लाग्ने भएकाले चाँगुनारायण नगरपालिकाले यहाँका सरकारी कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सहकारी संस्था, शैक्षिक संस्थालाई सार्वजनिक बिदा दिएको नगर प्रमुख मिश्रले जानकारी दिए। ,
बिहानैदेखि चाँगुनारायणमा भक्तजनको भीड
|
एजेन्सी अमेरिका, नेब्रास्काको चिडियाखानामा रहेका तीन वटा हिउँ चितुवाको कोरोनाका कारण मृत्यु भएको छ। यी तीन चितुवा त्यहाँ एकदमै लोकप्रिय रहेको द वासिङटन पोस्टले जनाएको छ।, द लिंकन चिल्ड्रेन्स जूमा रहेका ती हिँउ चितुवा राम्रा र रमाइला पनि थिए। चिडियाखानामा घुम्न आउनेका लागि यिनै चितुवा आकर्षणको केन्द्र विन्दु थिए।, यी तीन चितुवाको नाम पनि थियो- एभरेस्ट, मकालु र रान्नी।, यिनलाई एक महिनाअघि कोरोना संक्रमण देखिएको थियो। गत शुक्रबार तीनै चितुवाको मृत्यु भएको चिडियाखानाले जानकारी दिएको हो। , 'यी चितुवाहरू प्रिय थिए। हाम्रा लागि पनि, हेर्न आउनेका लागि पनि,' लिंकन चिडियाखानाको विज्ञप्तिमा भनिएको छ, 'यो एकदमै दुखदायी कुरा हो। हामी सबै पीडामा छौं।', यही चिडियाखानामा भएका अरू दुई बाघमा पनि कोरोना देखिएको थियो। तिनीहरू भने अहिले निको भइसकेका वासिङटन पोस्टले लेखेको छ।, गत महिना लिंकन चिडिखानाका केही जनावरमा कोरोनाका लक्षण देखिएपछि तिनीहरूको परीक्षण गरिएको थियो। त्यसमध्ये अधिकांशलाई कोरोना देखिएको थियो। यो चिडियाघरमा कोरोना देखिएको यो नै पहिलोपटक थियो।, कर्नेल फेलिन हेल्थ सेन्टरका अनुसार मान्छेबाट जनावरमा कोरोना सरेपछि तिनले अरू जनावरमा सार्ने सम्भावना हुन्छ। तर जनावरले मान्छेमा सारेको भने अहिलेसम्म पुष्टि नभएको पनि केन्द्रले जनाएको छ।, अमेरिकाको खाद्य तथा औषधि नियामकले भने जनावरबाट मान्छेमा कोरोना सर्ने सम्भावनालाई कम जोखिम भनेर संकेत गरेको छ।,
कोरोना लागेर अमेरिकामा 'एभरेस्ट, मकालु र रान्नी' को मृत्यु
|
सेतोपाटी संवाददाता भारत सरकारको सहयोगमा नुवाकोट र गोरखामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ।, सोमबार भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडिपी र यूएनओपिएसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गर्दै भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी गराएको हो। , कार्यक्रममा भारतीय दूतावासकी नियोग उपप्रमुख नामग्यसी श्री खम्पाले भारत सरकारले प्रतिवद्धता जनाएअनुरुप ५० हजार निजी घरहरुको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको बताए। उनले नेपाललाई भारत सरकारले पुनर्निर्माणको क्षेत्रमा सहयोग गरिरहेको बताउँदै गोरखा, नुवाकोट र काठमाडौँलगायतका क्षेत्रमा सांस्कृतिक सम्पदाहरू पुनः निर्माणमा सहयोग गरिरहेको बताए। उपप्रमुख खाम्पाले नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्धतिअनुसार सम्पन्न भएको बताए।, ‘नेपाललाई भारतले पुनर्निर्माणको क्षेत्रमा धेरै सहयोग गरिरहेको छ, सम्पदा संरचना लगायतका क्षेत्रमा सम्पदा पुनर्निर्माणका लागि धेरै रकम प्रदान गरेको छ, गोरखा, नुवाकोट र काठमाडौँ लगायतका क्षेत्रमा भत्किएका भौतिक पुनः संरचना निर्माणमा सहयोग गरेको छ, मलाई विश्वास छ भारत सरकारले उपलब्ध गराएको अन्य अनुदान पनि नेपाल सरकारले उचित स्थानमा प्रयोग गर्नेछ, नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्धतिअनुसार सम्पन्न भएको छ,’ उनले भने।, कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भारतले गरेको सहयोगका लागि धन्यवाद दिए। उनले भारत सरकारले नेपाललाई पुनर्निर्माणका लागि धेरै स्थानमा सहयोग गरेको बताउँदै भारतले उपलब्ध गराउने रकम उचित क्षेत्रमा प्रयोग हुने बताए। , प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गोरखा र नुवाकोट जिल्लाका ४ नगरपालिका र १४ गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीलाई सामाजिक–प्राविधिक सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराउन सन् २०१८ मा भारत सरकारले युएनडिपी र युएनओपिएसलाई यस परियोजनामा संलग्न गराएको बताए। , उनले १०० मिलियन अमेरिकी डलर अनुदान र चौथो लाइन अफ क्रेडिट अन्तर्गतको ५० मिलियन अमेरिकी डलरसहित ५०,००० घरको पुनर्निर्माणका लागि आर्थिक र प्राविधिक सहयोग प्रदान गर्न आवास क्षेत्रमा भूकम्प पछिको सहायता प्याकेजको रुपमा भारत सरकारले १५० मिलियन अमेरिकी डलरको प्रतिवद्घता जनाएअनुरुप काम सम्पन्न भएको बताए।, ‘नेपालमा २०७२ सालको महाभूकम्पमा ध्वस्त भएका संरचनाको पुनः निर्माणको लागि भारत सरकारले धेरै सहयोग गरेको छ, यसको लागि म भारत सरकारलाई धन्यवाद भन्न चाहन्छु, निजी निवास पुनर्निर्माणमा गरेको सहयोगले नै आज हामीले गोरखा र नुवाकोटका ५० हजार घर पुनर्निर्माण सम्पन्न गरेका छौँ, हामीलाई भारत सरकारले प्राविधक र सामाजिक क्षेत्रमा गरेको सहयोग उल्लेख्य छ,’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने।, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निजी आवास पुनर्निर्माण परियोजनालाई प्रभावकारी ढङ्गले सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निकायहरूले महत्वपूर्ण भूमिका खेलेको पनि स्मरण गराए।,
गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माण
|
सेतोपाटी संवाददाता आइतबार राति मोरङको बूढीगंगा गाउँपालिका-६ को कायलपुरस्थित एउटा घरमा जन्मदिनको पार्टी चलिरहेको थियो। त्यहीक्रममा युवाबीच सुरू भएको तनाव 'ग्याङ फाइट'मा परिणत हुँदा एक जनाको हत्या भएको छ। , घटनामा धनकुटा पाख्रीबासका २६ वर्षीय रिजन दाहालको खुकुरी प्रहारबाट हत्या भएको हो।, मृतक दाहाल सुनसरीको खनारस्थित रिलायन्स धागो उद्योगमा काम गर्थे। उनी इटहरी १३ खनारमा नै डेरा गरेर बस्दै आएका थिए। , मृतक दाहाल आफ्ना साथी बूढीगंगा ६ का नानु लिम्बूको भतिजीको जन्मदिन मनाउन उनको घर पुगेका थिए। , बर्थ डेको पार्टी चलिरहँदा मदिरा सेवन गरेका दुई युवा समूहबीच विवाद सुरू भएको थियो। त्यही विवाद खुकुरी हानाहानमा परिणत भएको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार बूढीगंगा ६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ/सात जनाको समूहसँग दाहालको विवाद भएको थियो।, विवाद बढ्दै गएपछि रिजनलाई नजिकैको बारीमा लगेर उनीहरूले आक्रमण गरेका थिए। उनीमाथि धनबहादुरसहित सात जनाको समूहले खुकुरी हानेको प्रहरीको भनाइ छ। , टाउकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए।, शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ।, झगडा छुट्याउन गएका नानु लिम्बू र कमल थापा पनि घाइते भएका छन्। , हत्या गरिएका दाहाल र घाइते थापा खनारमा डेरा गरेर बस्दै आएका थिए। दुवै जना धागो उद्योगमा कार्यरत रहेको प्रहरीले जनाएको छ।, शनिबार राति रिजन र बूढीगंगा ६ डल्लेपुरका धनबहादुर तामाङको झगडा भएको थियो।, झगडा हुँदा रिजनले धनबहादुरलाई एक झापड हानेका थिए। त्यही झापड हानेको रिस फेर्न रिजन बर्थडेमा आएको मौका छोपेर आक्रमण भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए। , प्रहरीका अनुसार अघिल्लो दिन रिजन र धनबहादुरको झगडा भएपछि स्थानीय नवीन लिम्बूको घरमा पुगेर रिजनले माफी पनि मागेका थिए। माफी मागेपछि मिलेर गएका थिए।, ‘तर, झापड हानेको इख धनबहादुरले लिइरहेका रहेछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘त्यही झापड हानेको रिस फेर्न रिजनको हत्या हुन पुग्यो।’, घटनापछि प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ।, बूढीगंगा ७ का २५ वर्षीय अजय श्रेष्ठ र धनकुटा ४ देव्रेबास घर भई इटहरी १३ बस्दै आएका २४ वर्षीय कमल थापालाई मोरङ प्रहरीमा राखेर प्रहरीले अनुसन्धान सुरू गरेको छ।,
झापडको बदला लिन 'बर्थ डे' पार्टीमा साथीले लिए ज्यान
|
रासस संविधानअनुसार नागरिकता पाउनयोग्य नागरिकका लागि समयमै कानुनको तर्जुमा नहुँदा नागरिकताविहीनका परिवारमा पनि समस्या बढ्न थालेको छ।, धनुषा जिल्लास्थित गणेशमान सारनाथ नगरपालिका–३ का इन्द्रजित साफी संविधान बनेको एक वर्षमै बनाइसक्नुपर्ने कानुन छ वर्षसम्म पनि नबनाइदिँदा आफूजस्ता थुप्रै नागरिकताविहीन बन्नुपरेको बताउँछन्।, महिला, कानुन र विकास मञ्चले आज जुम प्रविधिबाट नागरिकता समस्याका विषयमा सञ्चारकर्मीसँग आयोजित छलफल कार्यक्रममा उनले अब आन्दोलनमा उत्रनुको विकल्प नभएको गुनासो गर्छन्। , पीडित साफीले यस मञ्चले कुरा उठाए पनि उपलब्धि हुन नसकेकाले नागरिकताविहीन राजधानीमा जम्मा भएर विरोध कार्यक्रम आयोजना गर्नुपर्ने बाध्यता आएको बताउँछन्।, नागरिकता नभएकाले इञ्जिनियर पढेर पनि काम पाउन नसकेको उनीजस्ता अन्य युवाको पनि गुनासो छ। , नागरिकता नभएकाले नेपालमा उच्च शिक्षा अध्ययन गर्न नपाई भारतमा पढ्न जाँदा दुईपटक समातिएर थुनिएको र कलेजको प्रमाण पत्र देखाए पछि मत्र छुटेको पीडा साफीसँग छ।, साफीका चार भाइले १२ कक्षासम्मको अध्ययन गरेका छन्। बहिनीले स्नातक अध्ययन गर्दैछिन् तर नागरिकता नभएकैले कसैले पनि सामान्य रोजगारीसमेत पाउन सकेका छैनन्।, नागरिकता नपाएकैले बेरोजगारीका कारण परिवारका सबै सदस्य मानसिक तनावमा रहेको साफीको भनाइ छ।, उनले नागरिकताका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको दुई वर्ष भयो, पेसीमा मात्र राखेर सुनुवाइ नहुँदा परिवार समस्यामा परेको छ। बैंक खाता, व्यवसाय दर्तालगायत कामका लागि पनि नागरिकता चाहिन्छ। , नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाका कासिम अन्सारीको समस्या पनि उस्तै छ।, नागरिकता नभएकैले पढ्न र काम पाउनसमेत नसकेको दुःखेसो उनी पोख्छन्।, उक्त गाउँपालिकामा नागरिकता नभएका धेरै रहेको उनी सुनाउँछन्। विराटनगर महानगरपालिकाका अजय पोद्दारको नागरिकता बनिसकेको थियो। नागरिकता दिनुअघि कर्मचारीले १० हजार रुपैयाँ मागे।, आफ्नो देशको नागरिकता लिन किन पैसा तिर्ने ? भन्ने प्रश्न कर्मचारीसँग गरेकै कारण कागज मिलेन भन्दै उनलाई नागरिकता दिन झुलाइएको रहेछ। , नागरिकता नभएकैले आफूले पाएको कामबाट हट्नु परेको पीडा पोद्दार सुनाउँछन्।, नवलपरासीको कावासोती निवासी परिचय खुलाउन नचाहने एक महिलालाई वडा कार्यालयले नागरिकता चाहिने भए विवाह गर भनी सुझाइयो।, अहिले नै विवाह गर्न नचाहने उनी नागरिकता पाउनकै लागि विवाह गर भन्ने स्थानीय सरकारका प्रतिनिधिप्रति अहिले पनि आक्रोश पोख्छिन्। , मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठ संविधानअनुसार नागरिक भएकालाई पनि कानुनले रोकेकाले समस्या बढ्दै गएको बताउँछन्।, संविधानको भावनानुसारको कानुन पारित गरेर समस्या समाधान गर्न राज्य व्यवस्था तथा सुशासन समितिलाई पटक-पटक आग्रह गरिएको पनि उनी जानकारी गराउँछन्।, विसं २०६८ को जनगणना र गृह मन्त्रालयले वार्षिकरूपमा वितरण गर्ने गरेको नागरिकताको प्रतिलिपिको तुलनात्मक रूपमा अध्ययन गर्दा वार्षिक साढे दुई लाखले नागरिकता नपाउने गरेको तथ्यांक निस्कने गरेको अधिवक्तासमेत रहेका निर्देशक श्रेष्ठ बताउँछन्।, मन्त्रालयले तीन लाख ७० हजार जनालाई वार्षिकरूपमा नागरिकता बाँड्ने गरेको छ।, प्रत्येक वर्ष १६ वर्ष उमेर पुग्ने साढे छ लाख जनसंख्या देखिन्छ तर संसदको असफलताले नागरिकताको कानुन पारित हुन नसकेको उनको भनाइ छ।,
संवैधानिक व्यवस्थाअनुसार नागरिकता नपाउँदा समस्या
|
रासस भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी नैनितालमा भारी बोक्दै भेटिएका कालिकोटका ३८ वर्षीय नवीन रावतले नैनीताल क्षेत्रमा मजदुरी गर्न थालेको आठ वर्ष भयो।, आर्थिकरूपले घरायसी अवस्था नाजुक भएपछि परिवारको पालनपोषण गर्न भन्दै मजदुरीका लागि नैनिताल पुगेका रावलको कमाइले अहिले कालिकोटमा परिवारको खर्च टरेको बताउँछन्।, 'गाउँघरमा केही रोजगारी वा आयमूलक काम पाएको भए अर्काको मुलुकमा भारी बोक्ने रहर थिएन', उनले भने, 'युवालाई रोजगारी दिने विषयमा चर्चा बढी भयो तर प्राथमिकतामा परेन।', नैनीताल क्षेत्र र आसपासमा प्रायः नेपाली नै भारी बोक्ने र सडक लगायत पूर्वाधार निर्माणको काममा मजदुरी गरिरहेका प्रशस्तै भेटिन्छन्।, 'हाम्रोजस्तो दुःखको काम यहाँ भारतीयले गर्न आँटसम्म गर्दैनन्', रावलले भने, 'यहाँ युवादेखि वृद्धसम्म मजदुरीमा सक्रिय छन्।', उनले मुलुकमा व्यवस्था परिर्वतन भए पनि बेरोजगार युवाको व्यथा बुझ्ने अवस्था नआएको बताए।, 'युवा शक्ति श्रम गर्न भारतलगायत तेस्रो मुलुकमा छन्', उनले भने,'नेताहरूले सपना देखेको समृद्धिको बाटोमा जान युवा शक्तिलाई मुलुकभित्रै राख्नसके मात्रै सम्भव होला।', सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश नागरिकको रोजगारीको गन्तव्य अझै भारत नै हो।, सुदूरपश्चिमको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक सयौं नागरिक रोजगारीका लागि भारत जानेक्रम दैनिकजसो चलिरहेको छ।, त्यसैगरी नैनीतालमा होटलमा गार्डका रूपमा कार्यरत सुर्खेतका वीरबहादुर बुढाले रोजगारीका लागि बाध्यताले आफू यहाँ आएको बताए।, 'नैनीतालको हावा पानी राम्रो भएकाले यहाँ १० वर्षदेखि कार्यरत छु', ६१ वर्षीय बुढाले भने, 'गाउँघरमा त्यसै बस्नुभन्दा यहाँ साहुले नौ हजार तलब दिएको छ।', उनले पनि मुलुकभित्र परिर्वतन आए पनि विपन्न र युवाका लागि परिर्वतनको कुनै आभास नभएको बताए।, 'नैनीतालमा दिनभरि भारी बोकेर साँझको छाक टार्ने मजदुरलाई केको परिर्वतन ?', उनले भने, 'युवाशक्तिलाई मुलुकको हितमा प्रयोग गर्न नसक्दा बाहिरिनुको विकल्प छैन।', त्यसैगरी जुम्लाका कविन्द्र शाहीले आफू भारतमा मजदुरी गर्न आउन थालेको २३ वर्ष भएको बताए।, 'नेपाली श्रमिकलाई भारतले प्रयोग गरेर विकासको फड्को मारिसक्यो', शाहीले भने, 'हाम्रो नेपालमा विकासका नाउँमा गफै बढी भयो।', शाहीले भारतबाट कमाएको रकमले छोराछोरीको पढाइ, घरखर्च चलाउनुका साथै घडेरीसम्म खरिद गरेको बताए।, 'अर्काको देशमा हप्कीदप्की सहेर काम गर्नुपर्छ तर हामीकहाँ काम पाउने ठेगान नै हुँदैन', उनले भने, 'नैनीतालमा होटल, भारी बोक्ने, सडकमा ज्यालादारी गर्ने प्रायः नेपाली नै छन्।',
भारतमा मजदूरी गर्ने भन्छन्ः हाम्रोजस्तो दुःखको काम यहाँ भारतीयले गर्ने आँटसम्म गर्दैनन्
|
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बालमैत्री नगर घोषणाको तयारी गरेको छ।, आगामी मंसिर २९ गते बालदिवसको अवसर पारी नगरपालिकाले नगरलाई बालमैत्री नगर घोषणा गर्न लागेको हो।, मंसिर २९ गते नगरपालिकालाई बालमैत्री घोषणा गरिएपछि १६ वटा पालिका रहेको रूपन्देहीमा तिलोत्तमा बालमैत्री नगरपालिका घोषणा गर्ने पहिलो पालिका बन्ने छ।, बालमैत्री नगर घोषणाका लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकास गरी ५ वटा क्षेत्रका ५१ वटा सूचकमध्ये ३८ वटा सूचकमा शत प्रतिशत उपलब्धि हासिल गर्नुपर्ने हुन्छ।, त्यस्तै, ६ वटा सूचकमा ९५ प्रतिशत उपलब्धि, एउटा सूचकमा ९० प्रतिशत र ६ वटा सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरी बालमैत्री नगर घोषणा गर्न सकिन्छ।, शत प्रतिशत हासिल भएका सूचकको निरन्तरता र ९५, ९० र ८० प्रतिशत नतिजा हासिल भएका सूचकलाई शत प्रतिशतमा पुर्याउने प्रतिबद्धतासहितको पञ्चवर्षीय रणनीतिक योजना र प्रतिबद्धता गरेमा नगरलाई बालमैत्री घोषणा गर्न सकिने प्रावधान छ।, तिलोत्तमालाई बालमैत्री स्थानीय शासनका न्यूनतम ५१ वटा सेवा सूचक पूरा गर्दै बालमैत्री नगरपालिका घोषणा गर्ने तयारीमा लागेको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए।, यो अभियान सफल पार्न नगरपालिकाले हरेक वडामा एक/एक वटा र नगरस्तरीय छुट्टै एउटा बालक्लब गठन गरिसकेको छ।, त्यस्तै, बाल सहजकर्ता र बालमैत्री स्वयंसेवक परिचालन गरी बालक्लबहरूको बैठक सञ्चालन र उनीहरूको गतिविधिमा सहजीकरण गरिरहेको घिमिरेले बताए।, नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकासका सबै सूचक पूरा गरेकाले नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्न लागिएको जानकारी दिए।, बालमैत्री सहजकर्ता विष्णुप्रसाद चौबेले तिलोत्तमा नगरपालिका रूपन्देहीमै पहिलो बालमैत्री घोषणा हुन लागेकोले यसको सिको गर्न अरू पालिकाहरूलाई आग्रह गरे।, वि.सं. २०८७ सम्म देशका ७५३ वटै पालिकालाई बालमैत्री घोषणा गर्नुुपर्ने सरकारी लक्ष्य रहेपनि स्थानीय पालिकाहरूले त्यसतर्फ धेरै काम गर्न बाँकी रहेको उनले बताए।, राजनीतिक नेतृत्वले मानवीय विकासभन्दा भौतिक विकासलाई महत्व दिँदा सरकारका घोषणा कागजमा मात्रै सीमित हुने गरेको भन्दै सहजकर्ता चौबेले मानिसको सोचमा परिवर्तन गर्न सके भौतिक विकासमा उनीहरू आफैं अग्रसर हुने बताए।, बालमैत्री नगर घोषणा गरिएपछि नगरपालिकाले बालअधिकार महासन्धिमा उल्लेखित बालअधिकारको सवाललाई आत्मसाथ गर्नु अनिवार्य हुन्छ। जसलाई नेपालले सन् १९९० मा अनुमोदन गरिसकेको छ।, बालमैत्री नगरपालिका घोषणापछि पनि बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गर्नुको साथै बालबालिकासम्बन्धी नीति, कार्यक्रम निर्माण तथा निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता अनिवार्य गराउनुपर्ने छ।, नगरक्षेत्रका शतप्रतिशत बालबलिकालाई विद्यालय भर्ना गर्नुपर्ने, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप लगाउनुको साथै बालबालिकाको जन्मदर्तालाई अनिवार्य मानिएको छ।, त्यस्तै, जोखिमयुक्त काम होटल, यातायात, उद्योग, मनोरञ्जन तथा घरेलु कामदारको रूपमा बालबालिकालाई लगाउन पाइने छैन भने बालविवाह पूर्णरूपमा अन्त्य गरिएको हुनुपर्ने छ।, नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले विद्यालय, समुदाय, घरपरिवार र स्थानीय सरकारले बालअधिकारको विषयलाई महत्व दिएर तिलोत्तमालाई बालमैत्री घोषणा गर्नुपर्ने बताए।, उनले नगरलाई बालमैत्री बनाउनका लागि निगरानी तथा हौसला प्रदान गर्ने गरी कलम चलाउने सञ्चारकर्मीहरूलाई आग्रह समेत गरे।,
तिलोत्तमालाई बालमैत्री घोषणा गर्ने तयारी
|
रासस अवरूद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सात घण्टापछि खुलेको छ।, आज बिहानै खसेको सुख्खा पहिरोले राजमार्ग अवरूद्ध बनेको थियो।, पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ अन्तर्गत पाल्पाको दोभान हेडर्बक्स नजिकै नागको मन्दिर अगाडि भागमा ठूलो ढुङे्गासहितको सुख्खा पहिरो खसेर राजमार्ग अवरूद्ध बनेको हो।, दोभान प्रहरीचौकी प्रमुख विष्णु कुँवरले १२ बजेबाट राजमार्ग खुलेको जानकारी दिए। , पहिरो पन्छाएर सडक एकतर्फी खुलेपछि अलपत्र यात्रु तथा सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन्। ,
अवरूद्ध सिद्धार्थ राजमार्ग खुल्यो
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १८७ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ४३ र भक्तपुरमा १८ संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा १४९८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४८६, भक्तपुरमा ४७४, ललितपुरमा ५३८ सक्रिय संक्रमित छन्।, थप ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा १२ हजार ४०२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ५५५ जनाको पिसिआर परीक्षण र ४८४८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ३११ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ।, २७० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।,
काठमाडौं उपत्यकामा थपिए १८७ संक्रमित
|
सेतोपाटी संवाददाता झापामा हत्या गरी सेप्टिक ट्यांकीमा राखेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।, सोमबार जिल्ला प्रहरी कार्यालय झापाले हत्या आरोपित पाँच जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। , हत्या गौरादह नगरपालिका वडा नम्बर ५ बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको भएको हो। उनी गत कात्तिक ११ गते बिहीबार बिहान ११ बजेदेखि हराइरहेका थिए। , उनको हत्या गरेको आरोपमा सोही ठाउँका ३१ वर्षीय महम्मद सद्दाम, २८ वर्षीया उनकी श्रीमती सुमेरन खातुन, २६ वर्षीय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षीय कुर्समान खातुनलाई पक्राउ गरेको हो। , मृतक र पक्राउ परेका व्यक्तिहरू छिमेकीहरू हुन्। उनीहरू आपसको घर २-३ सय मिटरको दूरीमा छ। , आफ्ना श्रीमान हराएको भन्दै श्रीमती नुरजन खातुनले गत कात्तिक १४ गते प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्।, सुरूमा प्रहरीले उनी हराइरहेको भन्ने खबर पाएपछि त्यस क्षेत्रका विभिन्न ठाउँमा खोजी गर्यो। तर प्रहरीले उनको कुनै अत्तोपत्तो पाएन।, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार त्यहाँका विभिन्न क्षेत्रमा खोजी गर्दा पनि मबेसिर फेला परेनन्।, 'मान्छे सुरूमा हराइरहेको भन्ने निवेदन पर्यो। १०-१२ दिन खोज्यौं। आफन्तकोमा छ कि, भारतमै गयो कि भनेर पनि खोज्यौं त्यसरी नभेटिएपछि कहिलेकाहीँ हत्या पनि हुनसक्ने हिसाबले अनुसन्धान अघि बढायौं,' उनले भने, 'त्यसपछि हामीले अब त्यहाँका गाउँ जंगल र आसपासका ठाउँमा सर्च गर्नु पर्छ होला भनेर टोली पठायौं।', त्यसको सुरूआत भने प्रहरीले बेपत्ता भएका मबेसिरकै छर-छिमेकका घरबाट गर्ने निर्णय लिए।, खोजतलास गर्न इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा गत शुक्रबार टोली खटिएको थियो। , 'त्यसै आसपासबाटै सुरू गरौं न त भनेर हाम्रो टोलीले खोज्न थालेको थियो,' उनले भने। , सो टोली दिउँसो करिब साढे २ बजे गौरादह नगरपालिका वडा नम्बर ५ स्थित महम्मद सद्दामको घरमा पुगेको थियो।, शंकाको घेरामा राखी खोजी गर्दा प्रहरीले हत्याका प्रमाण फेला पारेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।, घरको दक्षिणतर्फको कोठाभित्र गेरु रङले चारैतर्फको भित्री गारो पोतिएको थियो। कोठाका झ्यालका पल्ला तथा ग्रीलमा रगत जस्तो छिटा देखिएको थियो भने कोठाबाहिर शौचालयको सेप्टिक ट्यांकीमा गोबरले लिपपोत गरिएको थियो। , 'त्यो घरमा रातो रगतहरू जस्तो देख्यौं। भित्ताको रंग नमिल्ने गरी किन पोतिएको रहेछ भनेर हामीले शंका गरेर अनुसन्धान थाल्यौं,' प्रहरी उपरीक्षक भट्टराईले भने, 'यो केही त हो भनेर अरू खोज्दै जाँदा सेप्टिक ट्यांकीको ढकनमाथि गोबरका गुइँठाहरू राखिएको थियो।', त्यस्तै, गोबरको गुइँठा बनाइ सेप्टिक ट्यांकीमाथि चाङ लगाएर ढकनी पनि छोपिएको थियो।, त्यसपछि प्रहरीले गुइँठाहरू हटाइ सेप्टिक ट्यांकी भित्रका सबै पानी निकालेको थियो। , त्यहाँ हेर्दा बेपत्ता भनिएका मबेसिर हुसेन मियाँ मृत फेला परे। , उनको शव कम्बलमा पोको पारी भित्र राखिएको अवस्थामा फेला परेको थियो।, उनको शव दुर्गन्धित अवस्थामा फेला परेको थियो। यद्यपि टाउकोमा हानेको र घाँटीको चोट प्रष्ट देखिएको प्रहरी उपरीक्षक भट्टराईले बताए। , प्रहरीले शव फेला परेपछि मुचुल्का उठाइ पोष्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको थियो। अहिले शव सदगदको लागि आफन्तलाई बुझाइसकेको प्रहरीले जनाएको छ। , प्रहरीले घटनामा प्रयोग भएको भनिएका धारिलो हतियार दाउ, छुरी र घनलगायत बरामद भएका सामानलाई प्रमाणको रूपमा पेस गर्दैछ।, प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच भएको रिसिइबीका कारण मबेसिरको हत्या गरेको हो। यसमा मुख्य अभियुक्त महम्मद सद्दाम र उनकी श्रीमती सुमेरन खातुन देखिएको प्रहरीको भनाइ छ। अरू भने मतियारको रूपमा देखिएको उनले बताए। , 'पक्राउ परेका व्यक्तिहरूले घटना आफूहरूले गरेको भनेर स्वीकारिसकेका छन्। अनुसन्धान बाँकी नै छ,' उनले भने,' उनीहरूबीच रिसिइबी भएको भनेका छन्। मृतकले सद्दामकी श्रीमतीलाई पटक-पटक फोन गरी हैरानी दिएको भन्ने छ। त्यसपछि श्रीमती आफैंले बोलाएर हत्या गरेको भन्ने कुरा खुलेको छ।', पक्राउ परेका व्यक्तिहरूमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ। ,
रिसिइबीका कारण हत्या, सेप्टिक ट्यांकीभित्र शव फेला
|
रासस कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ। कोभिडको जोखिम कायमै रहेकाले थोरै कक्ष राखेर नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो।, विसं २०५३ देखि सुरु भएको महोत्सवको यो १३औं संस्करण हो। हरेक दुई/दुई वर्षमा महोत्सव हुँदै आएको थियो। विसं २०७५ पछि गत पुसमा हुनुपर्ने महोत्सव कोभिडका कारण रोकिएको थियो। उद्योग वाणिज्य सङ्घ चितवन आयोजक र भरतपुर महानगरपालिका एवं जिल्ला समन्वय समिति चितवन महोत्सवको प्रबन्धक छन्।, यसअघि तीनवटै संस्था आयोजक हुने गर्थे। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। संयोजक श्रेष्ठका अनुसार यस वर्ष महोत्सवमा ३५० कक्ष रहनेछन्। अघिल्ला महोत्सवमा ५०० भन्दा बढी कक्ष हुने गर्दथे। श्रेष्ठले कोभिडका कारण सुरक्षा सतर्कता अपनाएर महोत्सव गर्नुपर्ने भएकाले कक्ष सङ्ख्या घटाइएको जानकारी दिए। , महोत्सवमा डोमसहितका आकर्षक कक्षसमेत रहनेछन्। महोत्सवमा स्वदेशीसहित भारत, चीन, पाकिस्तान, बङ्गलादेशलगायतका देशका उत्पादनकोसमेत कक्ष रहने श्रेष्ठले जानकारी दिए।, महोत्सव अवधिमा दिनहुँजसो विभिन्न विषयमा गोष्ठी हुनेछन्। ती गोष्ठीले चितवनलाई आर्थिक केन्द्र बनाउन सहयोग पुर्याउने सङ्घका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए।, महोत्सव परिसरमा विभिन्न संस्कृति झल्कने नमूना घरसँगै कृषि, पर्यटन, कलासंस्कृति झल्कने कक्ष रहने उनले बताए। श्रेष्ठका अनुसार महोत्सवमा दुई लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सव व्यवस्थित गर्न स्टेरिङ कमिटी बनाएर काम अघि बढाइएको छ।,
चितवन महोत्सव पुस २५ देखि
|
सेतोपाटी संवाददाता नेपालमा थप ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४१६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १२ हजार ४०२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ५५५ जनाको पिसिआर परीक्षण र ४८४८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ३११ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ।, २७० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।, त्यस्तै, काठमाडौं उपत्यकामा १८७ थपिएका छन्। जसमध्ये काठमाडौंमा १२६, ललितपुरमा ४३ र भक्तपुरमा १८ संक्रमित छन्।,
थपिए ४१६ संक्रमित, निको भए २७०
|
एजेन्सी भारतको बैंगलरूमा देखिएको एउटा साँढे निकै चर्चामा छ। यो गोरु १ करोड भारूमा बिक्री भएको छ।, हिन्दुस्तान टाइम्सका अनुसार बैंगलरूमा भएको एक कृषि मेला उक्त साँढे बिक्री भएको हो। योसँगै यो गोरुले खुबै चर्चा पाइरहेको छ।, साँढेका मालिक बोरेगोदाका अनुसार यो गोरु हल्लीकर प्रजातिको हो। यसको विर्यको माग धेरै छ। एक डोज विर्यकै एक हजार भारू पर्ने बोरेगोदाले बताएका छन्। , उनका अनुसार यसको विर्यबाट मात्रै बार्षिक भारू २४ लाख आम्दानी हुन्छ।, अहिले बिक्री भएको साँढेको नाम कृष्ण हो। यो साढे तीन वर्षको भयो। यसलाई हेर्न आउनेको भिड पनि निकै धेरै भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।, बोरेगोदाका अनुसार अहिले यो प्रजातिको गोरु विस्तारै हराउँदै गएको छ। ,
भारू १ करोडको गोरु!
|
सेतोपाटी संवाददाता बर्दियामा उपचार गरिदिने भन्दै नाबालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय बर्दियाले राजापुर नगरपालिका वडा नम्बर ९ भीमापुरबाट ७२ वर्षीय वृद्धलाई पक्राउ गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। उनलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो।, उपचार गराउन उनको घरमा आएकी १४ वर्षीया बालिकामाथि मंगलबार बलात्कार गरेको आरोप छ। बिहान करिब १० बजे घरमा बालिकामाथि बलात्कार गर्दै गरेको अवस्थामा अर्का उपचार गराउन आएका व्यक्तिले देखेपछि वृद्ध भागेका थिए। , उनी भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको कार्कीले बताए। , उनका अनुसार पीडित बालिका त्यहाँ एक वर्षदेखि उपचार गराउन जान्थिन्। उनलाई मृगी रोग थियो। , वृद्धले 'जडिबुटीको उपचार' गर्ने गर्थे। यद्यपी उनीसँग जडिबुटीसम्बन्धी औपचारिक अध्ययन नभएको प्रहरी उपरीक्षक कार्कीले बताए। , 'बालिकाको सधैँ जसो उपचार गर्ने भएपछि हरेक मंगलबार जान्थिन्। उपचार गराउने नाममा उनले धम्क्याएर थर्काउने गर्थे,' उनले भने,'कसैलाई भनिस् भने रोग झन् बिगारिदिन्छु भन्दै पटक-पटक बलात्कार गरेको रहेछ।', प्रहरीले पक्राउ गरी गरेको अनुसन्धानबाट उनले जडिबुटीको उपचार गराउने काम १५ वर्ष अघि गरेका थिए। , केही भारतीयहरूले जडिबुटीको व्यापार गरेको देखेपछि सजह रूपमै पैसा कमाउन सकिने भन्दै उनले ढोंग रचेर उपचार गराउने गरेको प्रहरीको भनाइ छ। , यो काम गर्नुअघि उनी गाउँघरमै ज्याला मजदुरी तथा मिस्त्रिको काम गर्ने गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। , 'मिस्त्रीको काम गर्थे। त्यसबेला उनले जडिबुटीको काम गर्ने भारतीय नागरिकलाई भेटेका रहेछन्,' उनले भने, 'त्यसपछि उनले यो काम त सजिलै पैसा पाइने रहेछ भनेर जडिबुटीको उपचार गराउने चिकित्सक बन्यो। त्यसपछि विस्तारै उनकोमा मान्छेहरूमा आउन थाले।', उनले त्यहाँ १५ वर्षदेखि आफ्नै घरमा मृगी रोग, पिनास, टाउको दुख्ने, सर्पले टोकेको व्यक्तिलाई जडिबुटीबाट उपचार गर्दै आएका थिए। उनले एकपटकको सर्पले टोकेको ५ हजार, पिनासको ५ हजार र मृगीको ८ हजार लिने गरेका थिए।, त्यस्तै उनले बिरामी पनि मंगलबार मात्रै भेट्थे। , त्यो पनि एक पटकमा एक जनालाई भेट्ने गरेको कार्कीले बताए। , 'मंगलबारमात्रै भेट्ने त्यो पनि फरक-फरक समयमा। एउटालाई ११ बजे अर्कोलाई १ बजे गरी बोलाउने रहेछ,' उनले भने, 'उनले दिने गरेको जडिबुटीहरू पनि के हो थाहा छैन। झारपात हो कि के हो हो।', उनले १५ वर्षसम्ममा धेरैलाई ठगेको वा बलात्कार गरेको हुनसक्ने प्रहरीको आशंका छ। उनीबाट कोही पीडित भएको भए प्रहरीको सम्पर्कमा आउन जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुरोध गरेको छ। , 'हल्ला गरेर राम्रो छ भनेर ट्र्यापमा पार्न सक्छन्। अरू पनि पीडित हुनसक्छन् कसैले भन्न सकेका छैनन् होला,' उनले भने, 'अहिलेसम्म अरू आएका त छैनन्। समातेर प्रचारप्रसार भएर अरू होलान् कि भन्ने छ।', वृद्ध आफ्नी दुई जना श्रीमतीसँग सोही घरमा बस्दै आएका थिए। ,
उपचारका नाममा बालिकालाई पटक-पटक बलात्कार गर्ने वृद्ध पक्राउ
|
रासस पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्व स्थलमा 'जियोफिजिकल सर्वे' (भू–भौतिकी सर्वेक्षण) को काम सकेको नौ महिना भयो।, बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित विभिन्न स्थानमा गत फागुनमा गरिएको सर्वेमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाइएको थियो। , बेलायतस्थित दूरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–७ स्थित सिमाली, बासुकी स्थान, माल्टार, कञ्केश्वर महादेव मन्दिर तथा स्वास्थ्य चौकी आसपासलगायत क्षेत्र तथा ६ नम्बर वडाको भमरकोटसहित विभिन्न स्थानमा सर्वे गरेको थियो।, सर्वेमा संलग्न विभागका पुरातत्व अधिकृत विष्णु पाठकका अनुसार सर्वे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको छ।, 'डाटा विश्लेषण गर्दा सर्वे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको छ, बेलायतबाट सर्वेको विस्तृत प्रतिवेदन आउनेछ', पाठकले भने। , सर्वेको तीन महिनापछि विस्तृत प्रतिवेदन आउने जनाइए पनि हालसम्म नआएको विभागले जनाएको छ।, 'हामी पनि बेलायती विज्ञ टोलीबाट प्रतिवेदनको पर्खाइमा छौं, सायद कोरोनाका कारण ढिलो भएको हुनसक्छ, हामी फलोअप गर्दैछौं', विभागका पुरातत्व अधिकृत एवं प्रवक्ता रामबहादुर कुँवरले भने।, उनका अनुसार प्रतिवेदन आउने भनिएको समयको पनि छ महिना बितिसकेको छ। , कुँवरले पहिलो चरणमा जमिनमुनि के-कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन काभ्रेपलाञ्चोकको पाँचखालसहित नेपालको अन्य क्षेत्रमा 'जियोफिजिकल सर्वे' गरिएको बताए। , उनका अनुसार सर्वे गरिएको कुनै पनि स्थानको हालसम्म रिपोर्ट आएको छैन।, उक्त टोलीले पाँचखालमा एक साता लगाएर सर्वे गरेको थियो। कुँवरका अनुसार प्रतिवेदन आएपछि पाँचखालमा थप उत्खनन् गर्नुपर्ने देखिएको छ।, उनले भने,पाँचखाललाई प्राथमिकतामा राखेका छौं।' , पाँचखालमा बेलायती सर्वे मेसिन र ड्रोन क्यामेरामार्फत जियोफिजिकल सर्वे गरिएको थियो। यसअघि विभागले युनेस्कोलाई समेत गत असारमा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको थियो। , पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्वे गर्न बेलायतस्थित दूरहाम विश्वविद्यालयका आठ सदस्यीय विज्ञ टोली मार्च पहिलोसाता नेपाल आएको थियो।, सर्वे मेसिनले सम्पदा क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ। , विभागका निर्देशक दामोदर गौतमका अनुसार नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा-सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्वे गर्नु आवश्यक देखिएकाले बेलायतबाट टोली मगाइएको हो।, टोलीले त्यसबेला कपिलवस्तुबाट सम्पदा खोज-अनुसन्धान थालेको थियो।, टोलीले ६ जिल्लाका विभिन्न स्थानमा सर्वेको काम सकेको थियो। , काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा करिब-करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्वे गरेको जनाइएको छ।, पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका अधिकृत पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल नपा-२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँट्टा लगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख गरिएको छ। , उत्खननका क्रममा भेटिएको अन्य आकारका इँट्टा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँट्टाको गारोभित्र माटाको डुँडद्वारा पानीको पाइपलाइन भेटिएको थियो।, साथै, स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाइ ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।, खोज अनुसन्धानकर्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन्।, स्थानीय प्राचीन पलाञ्चोक उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिले पनि नगरभित्रका ऐतिहासिक सम्पदा पुनर्निर्माण एवं नयाँ निर्माण गर्दा पुरातात्विक ढाँचामै निर्माण गर्न नगरलाई सुझाव दिँदै आएको छ। , नगरप्रमुख महेश खरेलले सम्पदा संरक्षणमा प्रयास भइरहेको बताउँदै सर्वेको विस्तृत प्रतिवेदन आएपछि नगरद्वारा सम्पदा संरक्षणमा ‘माष्टरप्लान’ बनाउने बताए।, पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसमेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै गर्नुपरे विभागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो। ,
,
६ महिनादेखि 'जियोफिजिकल सर्वे' प्रतिवेदन कुर्दै विभाग
|
सेतोपाटी संवाददाता रौतहटमा गए राति कार दुर्घटनामा परेर चार जना भारतीय नागरिकको मृत्यु भएको छ।, गए राति १० बजेतिर चन्द्रनिगाहपुरबाट सदरमुकाम गौरतर्फ आइरहेको कार सडकबाट करिब २० मिटर तल पोखरीमा खसेको थियो।, पानीमा डुबेको कारको सीसा फोरेर प्रहरीले चार जनालाई उद्धार गरेको थियो। उनीहरूलाई उपचारका लागि अस्पताल लगेकोमा अस्पतालले गए राति नै मृत घोषणा गरेको थियो। , यमुनाई गाउँपालिकाको झुन्खुन्वा चोकनजिकै भारतीय नम्बर प्लेटको कार दुर्घटनामा परेको थियो।, यु.के.१२ सी २९०० नम्बरको कार अनियन्त्रित भएर सडकबाट तल पोखरीमा खसेको हो।, ‘कारको सीसा फोरेर उनीहरूलाई उद्धार गरी अस्पताल पुर्याएका थियौं। अस्पतालले मृत घोषणा गर्यो,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक बिनोद घिमिरेले भने।, शवलाई पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ।, उनीहरू भारतको बिहारका भएको खुले पनि खनाखत भइसकेको छैन। ‘एक जना मृतकको आफन्त सम्पर्कमा आउनुभएको छ,’ उनले भने।, घटनाबारे भारतीय प्रहरीलाई जानकारी गराइसकिएको उनले बताए।,
रौतहटमा सडकबाट कार पोखरीमा खस्यो, चार भारतीय नागरिकको मृत्यु
|
सेतोपाटी संवाददाता तुलसीपुरमा कुलोमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का कब्यान्सन डाँगीको तुलसीपुर-१२ कौवापुरस्थित कुलोमा डुबेर शनिबार मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार आमासँगै गाउँस्थित घरमा पुगेका बालकको कुलोमा कुलोमा डुबेर मृत्यु भएको हो।, आमा स्थानीय मिलमा धान कुटाउन गएको समयमा बालक कुलोमा हाम फालेको र ह्युमपाइपमा मृत अवस्थामा फेला परेको डिएसपी अर्यालले बताए।, शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।,
डुबेर तीन वर्षीय बालकको मृत्यु
|
सेतोपाटी संवाददाता धनकुटा पाख्रीबास नगरपालिका-८ लुम्बुवा टोलस्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा पाख्रीबास नगरपालिका-७ थाक्लेका २१ वर्षीय टंकबहादुर तामाङ रहेका छन्।, शनिबार दिउँसो साढे दुई बजे पाख्रीबासबाट घामेतर्फ जाँदै गरेको को२त १०४३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरको इन्जिनको भागले च्यापेर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।,
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
|
रासस खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाले कात्तिक २८ र २९ गते सार्वजनिक बिदा दिएको छ।, हरिवोधनी एकादशीमा एक सातासम्म बराहपोखरी मेला लाग्दछ।, जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई सभ्य र भव्य बनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।, मेलालाई व्यवस्थित बनाउन दुवै गाउँपालिका तथा बराहपोखरी विकास समितिका तर्फबाट स्वयंसेवकसमेत परिचालन गरिएको छ।, मेलामा हुनसक्ने आपाराधिक घटनालाई न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय चिसापानी र बराहपोखरी तथा सशस्त्र प्रहरी गुल्म चिसापानीबाट प्रहरी टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए।, मेलामा दिवङ्गत भएका आफ्ना आफन्तका नाममा सतबीज छर्ने, फूल तार्ने तथा धामीझाँक्री नाच्ने र दर्शन गर्न आउने भक्तजनका साथै अवलोकन भ्रमण गर्न आउने पर्यटकको भीड लाग्ने गर्दछ।, चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ क्षेत्रफलमा फैलिएको प्राकृतिकरूपले बनेको बराहपोखरीमा संसारकै दुर्लभ रातो माछासमेत पाइन्छ।, समुद्री सतहदेखि करिब एक हजार ३०० मिटर उचाइमा रहेको सो स्थानमा हरिवोधनी एकादशीसँगै रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिमा पनि मेला लाग्ने गरेको छ।, मेला भर्न उदयपुर, भोजपुर, धनकुटा, इलाम, ओखलढुङ्गा, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चीन, भुटानलगायतका दर्शनार्थी एवं भक्तजन आउने गरेका छन्।, परापूर्वकालमा एउटा घरको अगेनो (खाना पकाउने ठाउँ)बाट माछा निस्किएपछि त्यसलाई मारेर पोलेर खादा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर बनेको पोखरी भएकाले यसलाई बराहपोखरी भनिएको किंवदन्ती छ।, मुहान र निकास दुवै नभएको तर, बाह्रै महिना उत्तिकै मात्रामा पानी जमेर रहने बराहपोखरीको दक्षिणपट्टि अवस्थित बराहमाई र शङ्खेश्वर मन्दिरको पूजा आराधना गरे आफूले चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ।, बाह्रै महिना हरियो देखिने यस पोखरीमा नुहाएमा रोगव्याधी निको हुनुका साथै मोक्ष पाउने जनविश्वास छ। यो बराहपोखरीलाई सरकारले देशको १०० पर्यटकीय गन्तव्यमध्ये एउटा धार्मिक पर्यटकीय गन्तव्य क्षेत्रकारूपमा घोषणा गरेर प्रवर्द्धनको कामसमेत सुरू गरेको छ।,
मेलाका लागि गाउँपालिकाले दियो दुई दिन बिदा
|
सेतोपाटी संवाददाता जनकपुरधाम उपमहानगरपालिका-२० स्थित देवपुरा रुपैठामा छठ पर्वको दिन पोखरी प्रयोगलाई लिएर उत्पन्न विवादले उग्र रूप लिँदा निषेधाज्ञा जारी गरिएको छ।, तेलिया साहू पोखरीमा छठ घाट बनाउने क्रममा मंगलबार बिहान स्थानीय हिन्दु र मुस्लिम समुदायबीच विवाद सुरू भएको थियो।, वडाध्यक्ष भोगी झाका अनुसार ४५ वर्षदेखि पोखरी प्रयोगलाई लिएर विवाद हुँदै आएको छ। हिन्दु धर्मावलम्बीहरूले दसैं र विश्वकर्मा पूजामा मूर्ति सेलाउने क्रममा होस् वा इस्लाम धर्मावलम्बीहरूले ताजिया खेल्ने क्रममा प्रत्येक वर्ष विवाद हुने गरेको उनले बताए।, धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार मूर्ति सेलाउने क्रममा पोहोर विवाद हुँदा जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सर्वपक्षीय बैठकबाट पोखरीको आधा–आधा भाग दुवै समुदायले आ–आफ्नो पर्वमा प्रयोग गर्ने सहमति भएको थियो।, ‘पोखरीको दक्षिणपट्टी हिन्दुले र उत्तरतर्फको भाग मुस्लिमले प्रयोग गर्ने सहमति भएको थियो। पोखरीको बीचमा मुस्लिमले झण्डा गाडेका थिए। छठ घाट सजाउने बेला अस्ति झन्डा उखेलिएपछि विवाद सुरू भएको थियो,’ उनले भने।, वडाध्यक्ष झा भने पोखरी आधा-आधा प्रयोग गर्ने सहमति भएकोबारे आफूहरूलाई थाहा नभएको बताउँछन्।, उनका अनुसार इस्लामिक झन्डा पोखरीबाट हटाइएपछि उत्पन्न विवादमा चार जना घाइते भएका थिए। घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएकाले उग्र रूप लिन पाएन। विवाद समाधानका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षलाई बोलाएर छलफलसमेत भएको थियो।, ‘विवाद समाधान नहुन्जेल झगडा तथा नारा जुलुस नगर्ने सहमति भएको थियो,’ डिएसपी बस्नेतले भने।, उनका अनुसार शनिबार दिउँसो अचानक बजरंग दल लगायत हिन्दुवादी संगठनले जानकी मन्दिरदेखि विवादित ठाउँसम्म मोटरसाइकल र्याली निकाल्ने सूचना आयो। ‘उनीहरूलाई सम्झाई बुझाई नगर परिक्रमा गरेर फर्किन भन्यौं। तर उनीहरूले मानेनन्। रुपैठातिर जानबाट रोक्ने प्रयास गर्यौं तर कुन-कुन बाटो भएर उनीहरू घटनास्थलसम्म पुगिहाले,’ डिएसपी बस्नेतले भने, ‘रोक्न खोज्दा उनीहरूले प्रहरीमाथि लाठी, भाटा, बियरका बोतल, ढुंगामुढा प्रहार गर्न थाले।’, बजरंग दल लगायतका हिन्दुवादी संगठनका बताउने ती व्यक्तिहरू र प्रहरीबीच केही बेरसम्म दोहोरो झडप चलेको उनको भनाइ छ। स्थिति तनावपूर्ण बनेपछि नेपाल प्रहरीले २७ राउन्ड र सशस्त्र प्रहरीले ५ राउन्ड अश्रु ग्यास प्रहार गरी भिड तितरबितर पारेको डिएसपी बस्नेतले बताए।, उनका अनुसार झडप क्रममा नेपाल प्रहरीका एक, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारीतर्फबाट एक जना घाइते भएका छन्। उनीहरूको अवस्था समान्य छ।, झडपलगत्तै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर–२० देवपुरा रुपैठाको चार किल्ला पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर–जटही मार्ग, उत्तरमा हनुमाननगर, रामपुर र बहुअर्वा जाने बाटो तथा दक्षिणमा देवपुरा निम चोकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा लागू गरेको छ।, शनिबार दिउँसोदेखि लगाइएको निषेधाज्ञा आइतबार राति १० बजेसम्म लागू रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।,
र्याली रोक्न खोज्दा प्रहरीसँग झडप, जनकपुरका केही ठाउँमा निषेधाज्ञा
|
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्को चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , ग्वार्कोबाट इमाडोलतिर जाने बाटोको सानो पुल नजिकै स्कुटर दुर्घटना हुँदा चालक ३७ वर्षीय बिनोद बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार बुढाथोकीले चलाएको बागमती प्रदेश ०२–०२६ प ८१५५ नम्बरको स्कुटर शनिबार राती पौने १ बजे लडेको अवस्थामा भेटिएको थियो। , स्कुटरसँगै चालक बुढाथोकी गम्भीर घाइते अवस्थामा भेटिएका थिए। उनलाई लगत्तै बी एण्ड बी अस्पताल भर्ना गरिए पनि उपचारकै क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।, स्कुटर आफैं दुर्घटनामा परेको हो वा अरू कसैले ठक्कर दिएर दुर्घटना भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
,
ग्वार्कोमा स्कुटर दुर्घटना, चालकको मृत्यु
|
एजेन्सी भारतको बिहारमा एक पत्रकारको अपहरणपछि हत्या भएको छ। , नर्सिङ होम र अस्पतालमा हुने गरेका भ्रष्टाचारका विषयमा कलम चलाउँदै आएका बिहारको मधुवनी जिल्लाका पत्रकार बुद्धिनाथ झा (अविनास) को शव आधा जलेको अवस्थामा फेला परेको हो।, हत्याको अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।, २२ वर्षे पत्रकार झा मधुवनीको बेनीपट्टीबाट प्रकाशित हुने समाचारपोर्टल बीएनएन न्यूज बेनीपट्टीमा काम गर्थे। उनले लगातार रूपमा नर्सिङ होम र अस्पतालमा हुने गरेको भ्रष्टाचारबारे समाचार लेख्दै आएका थिए।, उनकै समाचारको प्रभावले बेनीपट्टीका चार नर्सिङ होमले केही महिना अगाडि ५०-५० हजार भारतीय रूपैयाँ जरीवानासमेत तिरेका थिए।, बुद्धिनाथका दाजु त्रिलोक झाका अनुसार पहिले उनले एक क्लिनिक सुरु गरेका थिए। तर स्थानीय नर्सिङ होम सञ्चालकले सताएपछि उनले क्लिनिक बन्द गरे। त्यसपछि उनले फर्जी नर्सिङ होमको अवैध धन्दा उजागर गर्न पछिल्लो २ वर्षयता पत्रकारिता सुरू गरेका थिए।, ९ नोभेम्बरमा अपहरणमा परेको उनको शव हत्या गरेको अवस्थामा शुक्रबार फेला परेको थियो।,
,
भारतको बिहारमा पत्रकारको अपहरणपछि हत्या
|
उप-प्राडा.दिपक मल्ल, मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ सुगरका बिरामीका लागि दिने एक किसिमको उपचार हो-इन्सुलिन।, सुगरका बिरामीको पहिलो उपचार भनेको जीवनशैलीमा परिवर्तन गर्नेनै हो। विशेष गरेर अफिसमा बसि काम गर्नेले थोरै मात्रामा भए पनि आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुपर्छ। तनाव कम लिनुपर्छ। जति तनाव लियो त्यति सुगर बढ्ने खतरा हुन्छ।, तनाव कम लिनु भनेको खुसी हुनु हो। खुसी हुनु भनेको परिवारसँग बस्नु, उनीहरूसँग काम गर्नु हो। कतिपय सुगरका बिरामीले खान पनि खादैनन्। खाने कुरा बार्ने होइन कम, खाने होइन। थोरै भात, धेरै तरकारी, झोलिलो पदार्थ खानुपर्छ। बजारमा पाइने खाना जथाभावी नखाने भनेको हो।, 'टाइप वान' डाइभिटीजमा इन्सुलीनको उत्पादन हुँदैन। त्यस्ता बिरामी कतिपय अवस्थामा अस्पताल समेत भर्ना हुनुपर्छ।, 'टाइप टु' डाइभिटीजमा इन्सुलिनको उत्पादन थोरै भएको हुन्छ। यस्तो अवस्थामा केही समयका लागि मात्रै इन्सुलिन दिनुपर्छ।, इन्सुलिन छाला र बोसोको लेयरमा दिइने एक किसिमको तरल पदार्थ हो। कुनै इन्सुलिनले २४ घण्टा र कुनैले ४८ घण्टासम्म काम गर्छ।, प्यानक्रियाजबाट बेटासेलले उत्पादन गर्ने इन्सुलिन छैन भने इन्सुलिन दिने हो। यो भनेको जीवनलाई रक्षा गर्ने एक किसिमको उपचार हो।, 'टाइप वान' डाइभिटीजमा सुरूमै इन्सुलिन दिनुपर्छ। 'टाइप टु' का बिरामीलाई औषधिले काम गरेन भने इन्सुलिन दिनुपर्छ।, सुगरका बिरामीले समय-समयमा आँखा, पिसाप, मिर्गौला र खुट्टाको समेत परीक्षण गर्नुपर्छ। , यसै विषयमा वीर अस्पताल र निदान अस्पतालमा कार्यरत उप-प्राध्यापक डा मल्लसँग सेतोपाटीले गरेको भिडिओ कुराकानी,
सुगरका बिरामीलाई कस्तो अवस्थामा इन्सुलिन चाहिन्छ (भिडिओ)
|
शेरबहादुर सिंह मनकारी दाताका सहयोगबाट सञ्चालित कञ्चनपुरको महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा व्यवसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालिएको छ।, वृद्धाश्रमको आयस्रोत बढाउनुका साथै आश्रित ज्येष्ठ नागरिकका पालपोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले लामो समयदेखि यहाँको वनखेतमा रहेको सो केन्द्रमा च्याउखेती गरिँदै आएको छ। केन्द्रका अध्यक्ष शारदा चन्दले वृद्धाश्रम सञ्चालनमा आर्थिकरूपले टेवा पुगोस् भन्ने ध्येयले आफूहरु विगत एक दशकयता वद्धाश्रममै च्याउखेती गरिरहेको जानकारी दिए। , ‘वृद्धाश्रमलाई स्थानीयवासीदेखि सङ्घीय सरकारको कुनै नियमित सहयोग छैन्’, उनले भनिन्, ‘दाताहरूको सहयोग र पछिल्लो समय कार्यसमिति नै आयमूलक काममा खटिएर वद्धाश्रम सञ्चालन गरिरहेका छौँ।’, डेढ दशकदेखि अधिकारकर्मीकारूपमा सक्रिय उनको नेतृत्वले सञ्चालन गरेको वद्धाश्रममा हाल सुदूश्चिमदेखि काठमाडौं, भक्तपुर, दाङ र सिराहालगायतका जिल्लाका गरी ६३ वद्धा आश्रित रहेका छन्। अध्यक्ष चन्दले पछिल्लो समय च्याउखेतीको मौसममा च्याउ बिक्रीबाट रु तीन लाखसम्म आम्दानी भएको बताइन्।, ‘च्याउखेतीका लागि कृषि ज्ञान केन्द्रबाट सहयोग हुँदै आएको छ’, उनले भनिन्, ‘यसपटक भने आश्रममा पालेका कुखुरा बेचेर च्याउको बीउ खरिद गरेका छौँ।’ उनले स्थानीय सरकारबाट वृद्धाश्रमलाई सहयोग नभएकोप्रति गुनासो पोखिन्। ‘पालिकामा जनप्रतिनिधि आएपछि वृद्धाश्रमलाई दिने रकम नै कटौती भयो’, अध्यक्ष चन्दले भनिन्, ‘हामीले अहिले सामाजिक सञ्जालमा समेत क्याम्पियन चलाएर वद्धाश्रम सञ्चालन गरिरहेका छौँ।’, गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारले वृद्धाश्रमलाई पाँच लाख सहयोग गरेको उनले बताइन्। उनले वृद्धाश्रममा च्याउखेती, कुखुरापालन र वृद्धाश्रमको चार कठ्ठा खेतमा फलफूल खेती गर्ने तयारी गरिएको बताइन्। ‘च्याउखेती र कुखुरापालनबाट आम्दानी ठिकै भएको छ’, उनले भनिन्, ‘जेनतेन मनकारी दाता, व्यक्तिको सहयोगबाट वद्धाश्रम चलेको छ।’, वद्धाश्रम सञ्चालनका लागि वार्षिक ४० लाखभन्दा बढी रकम खर्च हुने गरेको जनाइएको छ। त्यसैगरी यहाँको बेदकोट नगरपालिका–८ मा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्र पनि दाताका सहयोगमा चलिरहेको छ।, ‘यहाँ जन्मदिन, श्राद्धलगायतका पुनीत कार्यमा आउनेहरूबाट निकै सहयोग भइरहेको छ,’ सेवा केन्द्रका उपाध्यक्ष मोहनबहादुर चन्दले भनिन्, ‘गत वर्ष बेदकोट नगरपालिकाले पनि रु तीन लाख सहयोग गरेको थियो।’ उनले मुठ्ठीदानबाट सुरु भएको वद्धाश्रमको अवस्था आर्थिकरूपले सबल हुन नसकेको बताइन्।, वद्धाश्रमको व्यवस्थान खर्चका लागि गत वर्ष प्रदेश सरकारले रु पाँच लाख सहयोग गर्नुका साथै संरचना निर्माणमा पनि सहयोग रहेको जानकारी उनले दिइन्।,
वृद्धाश्रममै च्याउखेती
|
नारायण खड्का रोल्पामा आइतबार बिहान भएको पिकअप जीप दुर्घटनामा परि चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। , रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीका अनुसार मृतकहरूमा ५१ वर्षिय सवारी चालक रूद्र घर्तिमगर, ५३ वर्षिय टेकप्रसाद पुन र ४७ वर्षिय चौसरा विक छन्।, तीन जना घाइतेलाई उद्धार गरि अस्पताल पुर्याइएको डिएसपी सुवेदीले सेतोपाटीलाई जानकारी दिए। घाइतेहरूमा २१ वर्षिया बिना घर्तिमगर, १८ वर्षिया लीला पुनमगर र ६१ वर्षिया पञ्चना विक छन्।, जीपमा ६ यात्रु भएको आशंका भइरहेको सुबेदीले बताए। ‘दुर्घटनास्थल निकै भिरालो छ,’ सुवेदीले भने, ‘तैपनि प्रहरीले अरू पनि दुर्घटनास्थलमा छन् कि भनेर खोजी गरिरहेको छ।’, डिएसपी सुवेदीका अनुसार रोल्पाको माडी गाउँपालिका वडा नं. ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको यात्रुबाहक पिकअप जीप बिहान ११ बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनाको कारण खुलेको छैन।, मृतक र घाइते सबै माडी ६ रोल्पाकै स्थानीय हुन्।, ‘दुर्घटनास्थल भिरालो र मोडहरूसहितको छ,’ उनले भने ‘ब्रेक फेल भएर दुर्घटना भएको अनुमान भइरहेको छ।’, जीप अझैं भिरमै अड्किएको अवस्थामा रहेको छ। जीप साढे ३ सय मिटर तल खसेको डिएसपी सुबेदीले जानकारी दिए ।,
रोल्पामा जीप दुर्घटनाः ३ जनाको मृत्यु, ३ घाइते
|
सेतोपाटी संवाददाता नेपाल रेडक्रस सोसाइटीले आजदेखि विशेष महाधिवेशन गर्ने भएको छ।, विधान संशोधनलगायतका लागि आज र सोमबार विषेश महाधिवेशन गर्न लागिएको हो।, अध्यक्ष नेत्रप्रसाद तिम्सिना र महामन्त्री पिताम्बर अर्यालले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै विधान संशोधन प्रक्रियामा सहभागिताका लागि अपिल गरेका छन्।, सात प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्ला शाखा कार्यालय, स्थानीय तहमा १,५५४ उपशाखा कार्यालयहरू र ६,५३८ जुनियर तथा युवा सर्कलहरूको सांगठनिक स्वरूपबाट रेडक्रस क्रियाशील छ।, रेडक्रसको नवीकरणलगायत अन्य वैधानिक दायित्व पूरा गर्ने कार्यादेशसहित मन्त्रीस्तरीय निर्णयबाट ०७७ साउन १२ गते तदर्थ कार्यसमिति गठन भएको थियो। तदर्थ समितिले नयाँ ढंगले सञ्चालन गर्न संस्थाको मौजुदा विधानमा सुधार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको पनि उनीहरूले जनाएका छन्।, प्रस्तावित मस्यौदामा मुख्य रूपले संस्थाको शासकीय स्वरूप र व्यवस्थापनमा परिवर्तन, संस्थाका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता, राज्यको संघीय संरचनाअनुसार संस्थाको संरचना निर्माण तथा पालिकाअनुसार नेरेसोका उपशाखाहरू अनुकूलन हुने व्यवस्थालगायत संस्थाको जुनसुकै कार्यसमितिका पदाधिकारीको अधिकतम् दुई कार्यकालको व्यवस्था समावेश गरिएको छ।, तदर्थ समिति गठन भएपश्चात् रेडक्रस सोसाइटीको ऐन निर्माणका लागि उच्च तहमा पहल भइरहेको विज्ञप्तिमा उल्लेख छ। मस्यौदा ऐन तयार गरी गृह मन्त्रालयमा पेश गरिएको छ।, संस्थामा निर्वाचन गराई नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने ठोस कार्ययोजनासमेत तयार गरी कार्यान्वयन भइरहेको दाबी विज्ञप्तिमा छ।,
विधान संशोधन गर्न आजदेखि रेडक्रसको विशेष महाधिवेशन
|
रासस धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ।, हरिवोधनी एकादशीका अवसरमा हप्ता दिनसम्म बराहपोखरी मेला लाग्दछ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई सभ्य र भव्य बनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। मेलालाई व्यवस्थित बनाउन दुवै गाउँपालिका तथा बराहपोखरी विकास समितिका तर्फबाट स्वयंसेवकसमेत परिचालन गरिएको छ।, मेलामा हुनसक्ने आपाराधिक घटनालाई न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय चिसापानी र बराहपोखरी तथा सशस्त्र प्रहरी गुल्म चिसापानीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए। ‘विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण जिल्लामा अझै पनि कायमै रहेको छ’, उनले भने, ‘बराहपोखरीमा लाग्ने मेला धार्मिक भएकाले रोकिएको छैन। स्वास्थ्य सतर्कता अपनाएर मेला लगाउन प्रशासनको तर्फबाट सम्बन्धित निकायलाई आग्रह गरेका छौँ।’, मेलामा विशेषगरी दिवङ्गत भएका आफ्ना आफन्तका नाममा सतबीज छर्ने, फूल तार्ने तथा धामीझाँक्री नाच्ने र दर्शन गर्न आउने भक्तजनका साथै अवलोकन भ्रमण गर्न आउने पर्यटकको भीड लाग्ने गर्दछ। चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ क्षेत्रफलमा फैलिएको प्राकृतिकरूपले बनेको बराहपोखरीमा संसारकै दुर्लभ रातो माछासमेत पाइन्छ।, समुद्री सतहदेखि करिब एक हजार ३०० मिटर उचाइमा रहेको सो स्थानमा हरिवोधनी एकादशीसँगै रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिमा पनि मेला लाग्ने गरेको छ। मेला भर्न छिमेकी जिल्ला उदयपुर, भोजपुर, धनकुटा, इलाम, ओखलढुङ्गा, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चीन, भुटानलगायतका दर्शनार्थी एवं भक्तजन आउने गरेका छन्।, परापूर्वकालमा एउटा घरको अगेनो (खाना पकाउने ठाउँ) बाट माछा निस्किएपछि त्यसलाई मारेर पोलेर खादा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर बनेको पोखरी भएकाले यसलाई बराहपोखरी भनिएको किंवदन्ती छ। मुहान र निकास दुवै नभएको तर, बाह्रै महिना उत्तिकै मात्रामा पानी जमेर रहने बराहपोखरीको दक्षिणपट्टि अवस्थित बराहमाई र शङ्खेश्वर मन्दिरको पूजा आराधना गरे आफूले चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ।, जीवनमा शान्ति मिलोस् भनेर जोडी परेवा उडाउनुका साथै शुद्धताका लागि बराहपोखरीको पानीमा नुहाउने चलनसमेत रहिआएको छ। बाह्रै महिना हरियो देखिने यस पोखरीमा नुहाएमा रोगव्याधी निको हुनुका साथै मोक्ष पाउने जनविश्वास छ।, विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले बराहपाखरीमा गएर पूजा गरे सन्तान पाइने जनविश्वास छ। प्राकृतिकरूपमा सुन्दर तथा धार्मिक आस्थाका धरोहर मानिने बराहपोखरीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि वृद्धि हुँदै गएको स्थानीय बासिन्दा एवं नेकपा ९माओवादी केन्द्र० बराहपोखरी गाउँपालिका अध्यक्ष युवराज मगरले बताए।, बराहपोखरीसम्म सडकको पहुँच पुगेसँगै अहिले दैनिक पूजाआजा र अवलोकन भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ३०० को हाराहारीमा रहेको स्थानीय बासिन्दाले बताएका छन्। बराहपोखरी आउने पर्यटकलाई लक्ष्य गरेर अहिले तीनवटा डुङ्गा सञ्चालन गरिएको छ। डुङ्गा शयर गर्ने पर्यटकबाट सङ्कलित रकम पोखरी व्यवस्थापनमा खर्च गरिने बराहपोखरी व्यवस्थापन समितिले जनाएको छ। यो बराहपोखरीलाई सरकारले देशको १०० पर्यटकीय गन्तव्यमध्ये एउटा धार्मिक पर्यटकीय गन्तव्य क्षेत्रका रूपमा घोषणा गरेर प्रवद्र्धनको कामसमेत थालेको छ।,
हरिवोधनी एकादशीको अवसरमा खोटाङमा कात्तिक २८ र २९ गते सार्वजनिक बिदा
|
सेतोपाटी संवाददाता मुस्ताङमा हिउँ पहिरो गएको छ।, सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा हिउँ पहिरो गएको हो।, आज बिहान करिब ११ बजेर ४० मिनेटमा धौलागिरि हिमालको रेन्जबाट हिउँ पहिरो गएको हो।, ‘धौलागिरिकै रेन्जबाट हिउँ पहिरो आएको छ। पिकबाट हिउँ पग्लेर खसेको हो। भाग्दा लडेर केही मानिस घाइते छन्,’ प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेतोपाटीसँग भने, ‘प्रहरी घटनास्थल पुगिसकेको छ।’, शिक्षकसहित ९ जना विद्यार्थी सामान्य घाइते छन्। उनीहरूलाई उपचारका लागि जोमसोम लैजाने तयारी छ। हिउँ पहिरो आएको देखेपछि भाग्दा लडेर उनीहरू घाइते भएका हुन्। , ‘मानविय क्षति छैन। भाग्दा थौरै मानिस घाइते छन्। खुट्टा मर्कनेजस्ता समस्या देखिएका छन्,’ उनले भने, ‘हामी घटनास्थल नजिकै पुगिसकेका छौं।’, उनकाअनुसार हिउँ पहिरो गएको क्षेत्र चरन क्षेत्र हो। यहाँ चौरीलगायत केही हिउँ पहिरोमा परेको हुनसक्ने अनुमान छ।, हिउँ पहिरोले जोखिम नै हुने अवस्था अहिले नदेखिएको उनले बताए। हिउँ पहिरो आएको क्षेत्रमा नजान सूचना गरिएको र घटना स्थलमा प्रहरी खटाइएको उनले बताए।,
मुस्ताङमा हिउँ पहिरो, केही मानिस घाइते
|
सेतोपाटी संवाददाता मुस्ताङमा हिउँ पहिरो जाँदा एक घर भत्केको छ भने ९ जना घाइते छन्।, हिउँ पहिरो आएको देखेपछि भाग्दा एक जना शिक्षकसहित ८ जना विद्यार्थी घाइते छन्। रत्नदेवी तुलाचनको घर भत्किएको छ। , सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा आज बिहान ११ बजेर ४० मिनेटमा हिउँ पहिरो गएको हो।, हावाहुरी र हिउँ पहिरो आएको देखेपछि जनआदर्श अमरसिंह माविका शिक्षक तथा विद्यार्थी भाग्दा लडेर घाइते भएका हुन्।, ‘एक शिक्षक र ८ विद्यार्थी सामान्य घाइते छन्। उनीहरूलाई उपचारका लागि मुस्ताङ लैजाने तयारी छ,’ प्रहरी नायब उपरीक्षक रामकुमार दानीले सेतोपाटीसँग भने।, हिउँ पहिरोमा चरनका लागि लगिएका चौंरीलगायत जीवजन्तु परेको अनुमान गरिएको छ। १५० भन्दा बढी चौंरी हराइरहेका छन्। भीम थकाली र सचेन्द्र गौचनका चौंरी हराएका हुन्। दुइटा चौरी गोठमा हिउँ पहिरोले क्षति पुर्याएको छ।, घटनास्थलमा प्रहरी परिचालन गरिसकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेतोपाटीलाई बताए। , तस्बिरः निरज थकाली,
मुस्ताङमा हिउँ पहिरो: शिक्षकसहित ८ विद्यार्थी घाइते (अपडेट)
|
सुभानु आचार्य/रासस प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन विशङ्खुनारायण मन्दिरमा लाग्ने हरिबोधिनी एकादशी मेलाका लागि मन्दिर प्राङ्गणमा मर्मतसम्भार र सरसफाइको काम तीव्ररुपमा भइरहेको छ । , गोदावरी नगरपालिका–२ मा पर्ने चार नारायणमध्येका एक विशङ्खुनारायण मन्दिरमा हरिबोधिनी एकादशीका दिन भव्य मेला लाग्नेगर्छ। मेलामा मुलुकका विभिन्न जिल्लाबाट नारायणको दर्शन गर्न भक्तजन आउने भएकाले अहिले मन्दिर प्राङ्गणमा मर्मतसम्भार र सरसफाइको काम तीव्ररुपमा भइरहेको हो। , शनिबार विभिन्न सङ्घ संस्थाको सहयोगमा मन्दिर आसपास क्षेत्रमा सरसफाइ गरी बत्ती जडानसँगै लाइनआदि राख्ने व्यवस्थापन गरिएको विशङ्खुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए। उनले भने, ‘यहाँका सडक खाल्डाखुल्डी परेकाले आज मर्मत तथा सुधारका काममा हामी जुटिरहेका छौं।’ , गतवर्ष मुलुकमा कोरोना महामारी बढेकाले एकादशीका दिन भक्तजनलाई मन्दिर प्रवेश गर्न पूर्ण रुपमा रोक लगाइएको थियो । यो वर्ष कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण भएसँगै सहज रुपमा नारायणको दर्शन गर्न दिइने व्यवस्था मिलाइएको उनले जानकारी दिए।, सोमबार विशङ्खुनारायण सडकमा हुने मानिसको भीडभाडका कारण सवारीसाधन भने मन्दिर क्षेत्रमा ल्याउन नदिने निर्णय गरेको विशङ्खुनारायण परम्परागत पूजा व्यवस्थापन तथा संरक्षण समितिका सचिव दिवाकर सुवेदीले बताए। ‘भोलि राति २ बजेपछि नारायण दर्शन गर्न हजारौं हजार मानिस विशङ्खु आउने भएकाले सुरक्षा व्यवस्था पनि प्रभावकारी बनाइएको छ,’ उनले भने। , विशङ्खु नारायणथानमा नारायणको प्राकृतिक शिलाको मूर्ति रहेकाले अन्य दिन पनि दर्शनार्थी अवलोकन र भ्रमण गर्न आउने गरेका चिव सुवेदीको भनाइ छ । , स्थानीयवासी सुवेदी परिवारले विशङ्खुनारायणलाई इष्टदेवताको रुपमा पुज्ने गर्छन्। विशङ्खुनारायणको नित्य पूजा हालसम्म कहिले पनि नरोकिएको र त्यहाँका पूजारी परिवारलाई जुठो र सुत्केरी पर्दा अन्य थरका ब्राह्मण बोलाएर गरिने चलन रहेको स्थानीयवासीको धारणा छ। , नेपालका चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रुपमा पुजिने गरिएको स्थानीयवासी पुरुषोतम विष्टले बताए। ‘हिन्दू धर्मावलम्बीले भक्तपुरको चाँगुनारायणलाई जेठो नारायण, काठमाडौं दक्षिणकालीमा रहेका शेषनारायणलाई साइला नारायण र इचङगुनारायणलाई कान्छो नारायणका रुपमा पुज्ने गरेका छन्’, उनले भने। , हरेक वर्ष पुस १ गते विशङ्खुनारायण भगवानको महास्नान हुने गर्छ । महास्नानको दिन वर्षमा एक पटक मात्र भगवानको मूर्तिलाई बाहिर निकालिने चलन रहेको विष्टले जानकारी गराए।, हरिबोधनी अर्थात ठूलो एकादशीको दिनदेखि भगवान नारायण जलबाट उठ्ने हुँदा कात्तिक महिनाभर हिन्दू धर्मावलम्बीले चार नारायणको दर्शन गर्ने परम्परा नेपालमा रहिआएको छ। प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने भएकाले धुनवेशी, बनेपा, धुलिखेल, मकवानपुर, हेटैंडा, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट भाडामा सवारीसाधन लिएर दर्शन गर्न भक्तजन विशङ्खु आउने गरेका कार्यसमिति सदस्य बेबीराज भण्डारीले बताए।, विशङ्खुनारायणथान ललितपुरको एक प्रसिद्ध तीर्थस्थल हो । सो मन्दिर जमिन सतहबाट एक हजार ५०० मिटर उचाइमा रहनाका साथै लगनखेलबाट १० किलोमिटर टाढा पर्छ। सदियौंदेखि नारायणको मन्दिरमा बिहान पूजासँगै साँझ आरती गर्दा प्रिय बाजा नगरा बजाउने चलन रहिआएको छ। विशङ्खुनारायण मेलामा मुलुकका ७७ जिल्लाका मानिस भ्रमण गर्न आउने भएकाले विशेष गरी उखु, खुवा, पिँडालु, बदाम, वन तरुल, सखरखण्डलगायत स्थानीय बारीमा उत्पादन भएका तरकारी तथा अन्य फलफूल खुबै बिक्री वितरण गरिने तयारी भइरहेको प्रमिला विष्टले बताइन्।, विशङ्खुनारायण थानमा शालिकरामसमेत राखेर पूजाआजा गर्ने गरिन्छ । सो क्षेत्रमा भगवान नारायणसँगै लक्ष्मीनारायणको पाइला, हनुमान, गणेश रहनुका साथै पाप र धर्मद्वारको नामले परिचित एक गुफा समेत रहेको छ । सिलवाल र विष्टको बाहुल्यता रहेको विशङ्खुनारायण थानमा लगभग छ हजार ८०० जनसङ्ख्या रहनाका साथै झण्डै एक हजार २०० घरधुरी रहेका छन् ।, भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामाकरण भएको स्थानीय ८६ वर्षीय गोविन्द विष्टले जानकारी गराए। ‘यो मन्दिर बह्मा, विष्णु र महेश्वरको पालादेखि सुष्टि भएको हो।’ सो नारायणको दर्शन गर्न मन्दिरको ९३ सिँढी चढेर माथि चढ्नुपर्ने हुन्छ। कात्तिक महिनामा दान, पुन्य गरी जाग्राम बसेर बत्ती बाल्दा श्रीवृद्धि हुने विश्वास हिन्दू धर्मावलम्बीमा रहेको छ। , प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुनेगर्छ। हरिशयनी एकादशीको दिनमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिन व्रत बसेर राधाकृष्णको नाममा विभिन्न पकवान बनाएर, फूलमाला, फलफूल बस्त्र र रङ लगाइदिएर पूजाआरधना गर्ने चलन नेपाली समाजमा आज पनि उत्तिकै व्यापक रहेको छ। , मुलुकमा कोरोना कहर भित्रिनु अघि हरेक शनिबार वा सार्वजनिक बिदाका दिन विशङ्खु घुम्ने अनि दर्शन गर्ने र वनभोज खाने मानिसको निकै चहलपहल हुने गरेको समितिले जनाएको छ । , हरिबोधनी एकादशीको महत्व,
कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ ।, वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।, यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशङ्खुनारायण, काठमाडौँको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचङ्गुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ।,
विशङ्खुनारायण मन्दिरमा एकादशी मेलाको भव्य तयारी
|
दिपकजंग शाही डोल्पाकी सीता शाही केही वर्षयता हरेक आर्थिक वर्षको बजेट भाषण सुन्छिन्।, यो वर्ष सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/०७९ को बजेट भाषण सुन्दै गर्दा उनको मुहारमा खुसी छायो।, बजेट भाषणमा प्रारम्भिक बालविकास कक्षाका शिक्षकको तलब १५ हजार रुपैयाँ पुर्याउने भनिएको थियो। मासिक ६ हजार रुपैयाँमा काम गरिरहेकी सीतालाई १५ हजार पाउने भएपछि सरकारले आफ्नो योगदानको कदर गरेको महशुस भयो।, उनले भनिन्, ‘महिनाभर स्कुलमा पढाएको हामीलाई ६ हजारमात्र आउँथ्यो, सरकारले बजेट ल्याउँदा एक्कासी १५ हजार पुर्याउने भनेपछि निकै खुसी भएकी थिएँ।’, सीतालाई सरकारको बजेट भाषणले खुसी बनाए पनि व्यवहारले भने निराश बनाइरह्यो। उनले साउनदेखि सरकारले बजेटमा भनेको १५ हजार तलब पाउनपर्ने हो। तर उनको हातमा अहिले पनि महिनाको ६ हजारमात्र पर्छ।, डोल्पाको ठूलीभेरी नगरपालिका-७ की उनी वडा नम्बर ८ मा रहेको गिरीथान आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास शिक्षकको रूपमा कार्यरत छिन्।, सरकारले पहिले इसिडी (प्रारम्भिक बाल विकास) शिक्षकहरूले पाउँदै आएको ६ हजारमा संघबाट २ हजार र स्थानीय तहबाट ७ हजार रुपैयाँ थपेर १५ हजार पुर्याउने भनेको छ।, ‘थप भएको तलब पाउनेमा ढुक्क थिएँ, तर अहिले पनि उही तलब आइरहेको छ,’ उनले भनिन्, ‘सरकारले तलब बढाएको घोषणा गरिसक्दा पनि नपाएपछि सरकारले हामी जस्ता शिक्षकलाई हेपेको महशुस भएको छ, राज्यले नै हामीलाई यसरी ठग्यो।’, ठूलीभेरी नगरपालिकाभित्र कार्यरत इसिडी शिक्षकले बढेको तलब दिन भनेर नगर कार्यपालिकालाई ज्ञापन पत्रसमेत बुझाए। तर कुनै सुनुवाइ भएन।, ‘नगरपालिकाले बजेट हामीसँग छैन भन्छ, स्थानीय तहले दिने भनेकोमध्ये आधा रकम दिन सकिन्छ भने पनि हामीले मानेनौं,’ सीताले भनिन्, ‘भएको बजेटको व्यवस्थापन गरेर भए पनि हामीलाई तोकिएको तलब दिनुपर्ने होईन र!’, २०६१ सालबाट इसिडी शिक्षक बनेकी सुर्खेतको चिङ्गाड गाउँपालिका-४ की डिलसरा आचार्यले यो आर्थिक वर्षबाट ८ हजार रुपैयाँ बुझ्दै आएकी छिन्। १७ वर्षअघि प्रारम्भिक बाल विकास शिक्षक नियुक्त हुँदा उनको तलब एक हजार रुपैयाँ थियो।, उनको तलबमा पनि स्थानीय तहले दिने भनेको सात हजार रुपैयाँ थपिएको छैन। उनी चिङ्गाड गाउँपालिका-४ मा रहेको नेपाल राष्ट्रिय प्राविमा बाल विकास कक्षा पढाउँछिन्।, ‘अरू स्थानीय तहले दिन थाले भने दिन्छौं भनेर गाउँपालिकाबाट भन्नुभएको हो, हामीले पटक-पटक गएर ज्ञापनपत्र बुझायौं। तर सुनुवाइ भएन,’ डिलसराले भनिन्, ‘कार्यपालिकाले निर्णय गराएर पैसा दिने भनेर कहिले टार्छन्, उहाँहरूले त केन्द्र सरकारले हामीलाई बोझ बोकायो भनेर भन्नुहन्छ।’, गाउँपालिका भित्रका इसिडी शिक्षकले यही विषयमा आन्दोलन गर्न खोजेपछि गाउँपालिकाबाट ५ हजार थपेर १३ हजार दिने आश्वास आए पनि त्यो रकम नपाएको उनले बताइन्।, इसिडी शिक्षकलाई बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालयमा बस्नुपर्ने निर्देशन पछिल्लो पटक भएको छ। यस अघि २ बजेसम्म बसे पुग्थ्यो।, ‘अहिले तलब बढाउने भनेपछि हामीलाई १० देखि ४ बजेसम्म स्कुलमा बस्न निर्देशन आएको छ, तर हामी बढेको पूरा तलब आएपछि मात्र निर्देशन मान्ने भनेका छौं,’ डिलसराले भनिन्।, इसिडी शिक्षकको यो समस्या डोल्पाको ठूलीभेरी नगरपालिका र सुर्खेतको चिङ्गाड गाउँपालिकामा मात्र होइन, कर्णाली प्रदेशका अधिकांश स्थानीय तहमा छ। इसिडी शिक्षकका लागि नेपाल सरकारले तोकेको तलब स्थानीय तहले पूरा दिएका छैनन्।, कुनकुन स्थानीय तहले इसिडी शिक्षकको तलब कार्यान्वयन गरेका छैनन् भन्ने रेकर्ड पनि छैन। कर्णाली प्रदेश शिक्षा निर्देशक दीपा हमालले यो विषयमा प्रदेशमा रिपोर्ट नआउने बताइन्।, ‘हामीसँग यस्तो कुरा आउँदैन, सिधै केन्द्रमा कुरा पुग्छ,’ उनले भनिन्, ‘हामीले प्रदेश सरकारको तर्फबाट गर्न सकिने गरिरहेका छौं, स्थानीय तहले पनि अब विस्तारै कार्यान्वयन गर्लान्।’, प्रारम्भिक बाल विकास सुधार समितिको कर्णाली प्रदेश संयोजक रहेकी शिक्षक गीता बटाला राज्यले नै आफूहरूलाई ठगेको बताउँछिन्। प्रारम्भिक बाल विकास शिक्षकहरूलाई अहिलेसम्म पनि सरकारले बालवालिकाका हेरालुका रूपमा व्यवहार गरेको उनले बताइन्।, केही समय अघिसम्म सहयोगीकै रूपमा सम्बोधन गर्ने गरिएकोमा पछिल्लो समय शिक्षक भन्न थालिएको भए पनि सेवासुविधा दिने विषयमा भने स्थानीय सरकारले बेवास्ता गरेको गुनासो उनले गरिन्।, ‘हामी सहयोगीबाट शिक्षकको भूमिकामा जान चाहन्थ्यौं, तर सरकारले त्यो व्यवस्था गर्न सकेन,’ बटालाले भनिन्, ‘बरू बढाएको तलबमा पनि स्थानीय तहले व्यहोर्नुपर्ने जिम्मा दियो, सबै स्थानीय तहले अझ कार्यान्वयन गरेनन्।’, प्रदेश र स्थानीय तहसँग आफ्ना माग राखे पनि बजेट छैन भनेर टार्ने गरेको गुनासो उनले गरिन्।, सरकारले पटक-पटक गरी बढाएको तलब शिक्षकको न्युनतम पारिश्रमिकभन्दा कम भए पनि चित्त बुझाएका इसिडी शिक्षकहरू त्यही तलब पनि नपाएर पीडित हुनु परेको उनले बताइन्।, ‘न्यूनतम पारिश्रमिककै आधारमा लड्ने हो भने पनि हाम्रो तलब २२ हजार पाँच सय हुनुपर्थ्यो, तर त्यति हामीले भनेका छैनौं,’ बटालाले भनिन्, ‘तोकिएकै तलब कार्यान्वयन नहुँदा हामी राज्यले नै ठगेका र हेपेका महिला शिक्षक बन्यौं।’, नेपाल सरकारले स्थानीय तहलाई थप्न भनेका सात हजार रुपैयाँ कार्यान्वयन गर्ने सम्भावना प्रायः स्थानीय तहमा कमै देखिएको ठूलीभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद रोकाया बताउँछन्।, आन्तरिक राजस्वका लागि स्रोत बलियो नबनेसम्म सरकारले जिम्मा दिएको रकम थप्न समस्या हुने उनको भनाइ छ।, ‘हाम्रोमात्र होइन, यहाँका अरू स्थानीय तहले पनि कार्यान्वयन गर्न सेकका छैनन्,’ उनले भने, ‘यसमा आन्तरिक स्रोत नै बलियो हुनुपर्छ, नत्र अर्को विकल्प भने संघीय वा प्रदेश सरकारले अर्को कुनै शीर्षकमा रकम पठाइदिनुपर्छ।’, रोकायाका अनुसार ठूलीभेरी नगरपालिकाभित्र मात्र इसिडी शिक्षक र विद्यालय कर्मचारीलाई सरकारले बढाएको तलब कार्यान्वयन गर्न नगरपालिकाको वार्षिक ४५ लाख रुपैयाँ खर्च हुन्छ।, नगरपालिकाको आन्तरिक राजस्व ८५ लाख अनुमान गरिए पनि गत वर्ष ३५ लाख उठेको उनले बताए।, प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर पराजुलीका अनुसार सुर्खेतको चिङ्गाड गाउँपालिकाले भने इसिडी शिक्षकहरूलाई तोकिएको पारिश्रमिक कार्यान्वयन गराउन केही दिनअघि कार्यपालिकाबाट निर्णय भएको बताए।, ‘अहिलेसम्म त उहाँहरूले पूरा तोकिएकै तलब पाउनुभएको थिएन, बजेटदेखि विविध समस्या थिए,’ उनले भने, ‘अब भने हामीले कुनै व्यवस्थापन गरी इसिडी शिक्षकको तलब कार्यान्वन गराउने निर्णय कार्यपालिकाबाट गरेका छौं।’, आन्तरिक स्रोत बलियो भएका सुर्खेतका केही स्थानीय तहले भने इसिडी शिक्षकहरूलाई यो आर्थिक वर्षको सुरूदेखि नै पूरा पारिश्रमिक दिँदै आएका छन्।, त्यसमध्येको एक वीरेन्द्रनगर नगरपालिका हो। नगरपालिकाले नेपाल सरकारले तलब बढाउनुअघि नै गत आर्थिक वर्षदेखि आफैं चार हजार रुपैयाँ इसिडी शिक्षकलाई थपेको थियो।, अहिले सरकारले थप्न भनेको सात हजार थपेर १५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव ललितविक्रम सिंहले बताए। उक्त रकम नगरपालिकाको आन्तरिक स्रोतबाट उपलब्ध गराउन सकिएको उनले बताए।, ‘हामीले गत वर्ष पनि आफैंले चार हजार थपेका थियौं, अहिले पनि सरकारले तोकेअनुसार दिएका छौं,’ उनले भने, ‘हामीलाई आन्तरिक स्रोतले धानेको छ, कतिपय स्थानीय तहले बजेट नहुँदा यो कार्यान्वयन गर्न सकेका छैनन्।’, कर्णाली प्रदेश सरकारले इसिडी शिक्षकहरूलाई १० हजार रुपैयाँ चाडपर्व खर्च भनेर पठाउने गरेको छ। यो आर्थिक वर्षबाट सुरू भएको यो सुविधाअन्तर्गतको रकम धेरैजसो स्थानीय तहमा पठाइसकिएको र केहीमा पठाउने प्रक्रिया चलिरहेको शिक्षा निर्देशक हमालले बताइन्।, कर्णाली प्रदेशमा २ हजार ९३५ प्रारम्भिक बाल विकास कक्षा सञ्चालनमा छन्। तीमध्ये २ हजार ७५८ वटा सामुदायिक हुन् भने १७७ वटा निजी स्वामित्वका बाल विकास कक्षा हुन्।, ती कक्षामा पढाउने एक/एक जना शिक्षक छन्। जसअनुसार प्रदेशमा २ हजार ९३५ जना नै इसिडी शिक्षक छन्।, यी कक्षाहरूमा ५६ हजार ४३७ बालबालिका भर्ना भएका छन्।,
इसिडी शिक्षकको तलब बजेट भाषणमा १५ हजार, हातमा पर्छ ६ हजार
|
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समिति (वासिङटन डिसी) को आयोजनामा पोखरामा एक दिने पर्यटन साहित्य उत्सव सम्पन्न भएको छ। पर्यटकीयस्थल सराङकोटमा आयोजित उत्सवमा कृति लोकार्पण, चर्चा परिचर्चा, रचना वाचनलगायत कार्यक्रम गरिएको थियो ।, साहित्य र पर्यटन एक अर्काका पर्याय भएकाले अनेसासले यस्ता उत्सव विभिन्न समय र स्थानमा सञ्चालन गर्दै आएकामा यस पटक पोखराको सराङकोटमा आयोजना गरिएको ‘ट्रस्टिज’ सदस्य ऋषि बरालले बताए।, उत्सवको पहिलो सत्रमा अनेसासका बोर्ड अफ ‘ट्रस्टिज’ सदस्य साहित्यकार तीर्थराज अधिकारीका ‘जुनका टुक्राहरू’ नामक अङ्ग्रेजी–नेपाली मुक्तक सङ्ग्रह र अधिकारीकै साधनाको स्वर्णवर्ष पुगेको अवसरमा प्रकाशित ‘साधनाको स्वर्ण वर्षः मुक्तकमणि तीर्थराज अधिकारी’ दुई कृति लोकार्पण गरिएको थियो। , कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले दुवै कृति लोकार्पण गर्दै स्रष्टामा असल भावनाको विकास भए नयाँ कृति प्रकाशनका लागि विषयवस्तु खोज्नु नपर्ने धारणा व्यक्त गरे। स्रष्टाको सम्मान जिउँदैमा हुनुपर्नेमा जोड दिँदै उनले कृतिकार अधिकारीको साधनाको वास्तविक सम्मान भएको बताए।, अनेसासका केन्द्रीय सल्लाहकार सुमल गुरूङले भाषा, कला र साहित्यको उत्थानका लागि मात्र आफूहरू क्रियाशील नभएर पर्यटन र साहित्यलाई एकै सिक्काका दुई पाटा बनाएर अघि बढेको जानकारी दिए। जगन्नाथ रेग्मीले अधिकारीको जीवनयात्रालाई बुझ्न लोकार्पित कृति सहयोगी हुने धारणा व्यक्त गरे। कार्यक्रममा सहभागी स्रष्टालाई सम्मान पनि गरिएको थियो। ,
सराङकोटमा पर्यटन साहित्य उत्सव
|
रासस राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई जहाजको टिकट नपाउँदा मङ्सिरमा हुने परीक्षा दिन जाने विद्यार्थी सिमकोटमै अलपत्रमा परेका छन्।, दसैँ र तिहार मनाउन घर आएका विद्यार्थी हवाई जहाजको टिकट नपाउँदा परीक्षा दिनका लागि जान नपाउँदा विमानस्थलमै रोकिएका हुन्। उनीहरूमध्ये केहीले जहाज टिकटकै कारण आफ्नो पढाइ छुटेको गुनासो गरेका छन्।, दैनिक बिहान ४ बजेदेखि विमानस्थलमा रहेका निजी एयरलाइन्सहरूको कार्यालयमा धाउँदा टिकट नपाएको गुनासो आउने गरेको छ।, दुई सातादेखि जहाज टिकट नपाएपछि मङ्सिर १ गते हुने परीक्षा छुट्ने खार्पुनाथ-१ का विष्णु रावलले बताए। आफ्नो हातमा जिल्ला प्रशासन कार्यालयको सिफारिस र क्याम्पसको परीक्षा तालिका भएर पनि टिकट नपाएको उनको भनाइ छ।, निजी एयरलाइन्सका हवाईजहाजले आफूखुसी टिकट वितरण गरेका कारण पहुँच नभएका सर्वसाधारण, बिरामी तथा विद्यार्थी छटपटाइरहेका छन्। झण्डै एक हप्ता बढीदेखि सीता एयरलाइन्सको विमान नेपालगञ्जमा बिग्रिएका कारण उडान भर्न सकेको छैन भने समिट र तारा एयरलाइन्सले फोन, पावर र पहुँचका भरमा आफूखुसी टिकट वितरण गरिरहेका छन्।, यस विषयमा जिल्लाका जनप्रतिनिधि र सरोकार निकाय, नागरिक समाज मौन छन्। दुई सातादेखि विमानस्थलमा जिल्ला बाहिर जाने यात्रुको घुइँचो लागेको उनीहरु सबै टिकट नपाएर रित्तो हात फिर्ता हुन बाध्य छन्।, आज बिहान जहाजको टिकट नपाएर हुम्लाको सिमकोट विमानस्थलमा सयौँ यात्रु अलपत्र परेको विषयको रिपोर्टिङमा गएका पत्रकारलाई विमास्थलका सुरक्षागार्डले दुर्व्यवहार गरेका थिए।,
जहाजको टिकट नपाउँदा सिमकोटमा अलपत्र परे विद्यार्थी
|
सेतोपाटी संवाददाता रोल्पामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।, दुर्घटनामा घाइते भई जिल्ला अस्पताल रोल्पामा उपचाररत १८ वर्षीया लिला पुनको मृत्यु भएको छ। यसअघि ५१ वर्षीय चालक रूद्र घर्ती मगर, ५३ वर्षीय टेकप्रसाद पुन र ४७ वर्षीया चौसरा विकको घटनास्थलमै मृत्यु भएको थियो।, मृतक सबै रोल्पाको माडी गाउँपालिका वडा नम्बर ६ का स्थानीय रहेको रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए।, डिएसपी सुवेदीका अनुसार जिल्ला अस्पताल रेउघामा २१ वर्षीया बिना घर्ती मगर र ६१ वर्षीया पञ्चना विकको उपचार भइरहेको छ। उनीहरुको चिन्ताजनक अवस्थामा उपचार भइरहेको उनले बताए।, माडी ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको यात्रु बाहक रा १ ज ३८२ नम्बरको पिकअप जीप बिहान ११ बजेतिर दुर्घटनामा परेको थियो। जीपमा चालकसहित ६ जना सवार थिए।, दुर्घटनास्थल भिरालो र मोडहरूसहितको रहेको हुँदा ब्रेक फेल भएर दुर्घटना भएको अनुमान भइरहेको डिएसपी सुबेदीले बताए। जीप साढे ३ सय मिटर तल खसेको छ।,
रोल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
|
रासस बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। , मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–४, पण्डितपुरुवाका लखन गडरिया रहेको छ । गाई चराउन वनमा गएको बेला बाघको आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए।, प्रहरी निरीक्षक गौतमका अनुसार, यही कात्तिक २५ गते गाई चराउन वनमा गएका गडरिया नफर्किएपछि प्रहरीमा दुई दिनपछि खोजतलासका लागि शनिबार घरपरिवारले निवेदन दिएका थिए । निवेदनका आधारमा वनमा खोजतलासका क्रममा गएराति गडरिया र एउटा गाई मृत भेटिएको हो ।, नरैनापुरको पर्यटकीयस्थल गोवद्र्धन धामदेखि करिब ५ किलोमिटर पूर्वपट्टी राष्ट्रिय वनमा गडरियाको शव फेला परेको थियो। शवको पिठ्यूँको भाग बाघले खाएको छ। घाँटी र शरीरका अन्य भागमा नङ्ग्राले कोतरेको छ । बाघले एउटा गाईसमेत मारेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक गौतमले बताए।, बाँके निकुञ्जसँगै जोडिएको राप्तीसोनारी गाउँपालिकाको गाभर क्षेत्रमा केही महिनाअघि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएपछि बाघको त्रास फैलिएको थियो। राष्ट्रिय वनमा समेत बाघ देखिएपछि स्थानीय त्रसित भएको नरैनापुरका अगुवा सोहनलाल यादवले बताए।, बाघको आक्रमणमा ज्यान गुमाएका गडरियाको शव परीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए।,
बाघको आक्रमणबाट बाँकेमा एकको मृत्यु
|
सेतोपाटी संवाददाता नेपालमा थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ९६०६ जनामा कोरोना परीक्षण गर्दा ३०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, मन्त्रालयका अनुसार ८००८ जनाको पिसिआर र १५९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, योसँगै अहिले नेपालमा ७२१५ जना सक्रिय संक्रमित छन्।, यस्तै आइतबार ३४८ जनालाई कोरोना संक्रमणबाट निको भएको छ। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।, काठमाडौं उपत्यकामा थप ११३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ७६, भक्तपुरमा ८ र ललितपुरमा २९ संक्रमित थपिएका हुन्। ,
नेपालमा थप ३०६ जनामा कोरोना संक्रमण
|
सन्तोषराज पोखरेल आइतबार बिहान हामी पहिलो घन्टी पढाएर दोस्रो कक्षा लिँदै थियौं। ११ देखि ११:४५ बजेको कक्षा चलिरहेको थियो।, छ महिनायता म मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर- २ स्थित जनआदर्श अमरसिंह माध्यामिक विद्यालयमा पढाउँदै आएको छु। घर मेरो पर्वत हो। , यहाँ ११ र १२ कक्षालाई पढाउँदै आएको छु। हाम्रो कृषि क्याम्पस पनि हो। , आज कक्षा ११ मा माटो विज्ञान विषय पढाउँदै थिएँ। करिब ११:४० बजेको थियो। आकाश गज्रिएकोजस्तो ठूलो आवाज आइरहेको थियो। कक्षाकोठाभित्र भएकाले के भएको हो भन्ने थाहा पाइसकेको थिइनँ। , तलबाट गाउँलेहरूले पहिरो खसेको पहिल्यै देखेछन्। हेडसरलाई फोन गरेछन्। , सर बाहिर निस्केर सबैलाई भाग-भाग भन्नुभयो। आवाज आएको र सरले भाग भन्दै आउनुभएको एकै समय भयो। , बाहिर आएर माथितिर हेर्दा धुँवा-धुलो उडिरहेको थियो। हामीले बल्ल ठूलो हिमपहिरो आएको थाहा पायौं। , हामीले भूकम्पले पहाड भत्काएर पहिरो खसेको हो कि भन्ने सोच्यौं। कति माथिबाट खसेको छ भन्ने एकिन गर्न सकेनौं। रूखहरू पनि भाँच्चिएको देख्यौं। धुँवा-धुलो मिसिएको पहिरो विद्यालय नजिकै आउँदै थियो। , पुरिने डरले शिक्षक-विद्यार्थी एकैचोटी भाग्यौं। विद्यालयमा लगभग १२० जना विद्यार्थी र २७ जना स्टाफ थियौं। विद्यार्थीहरू पनि धेरैजसो यहाँकै छन्, केहीचाहिँ म्याग्दीबाट पनि आउँछन्।, भाग्ने क्रममा लडेर घाइते तीन जना स्टाफ र आठ जना विद्यार्थी सामान्य घाइते भएका छन्। दुई जना महिला र एक जना पुरूष शिक्षक घाइते भएका हुन्। उहाँहरूलाई हामीले गाडीमा हालेर जोमसोम अस्पताल ल्याएका छौं। उपचार भइरहेको छ। , उहाँहरूको खुट्टा मड्किएको, फ्याक्चर भएको छ। धेरै चोट लाग्न पाएन। ठूलो मानवीय क्षति हुन पाएन। , विद्यालयमाथिको पहाडले उताबाट आएको पहिरोलाई अर्कोतिर डाइभर्ट गरिदियो। हाम्रो विद्यालय भएको ठाउँमा आइपुगेन। , नत्र हाम्रो स्कुललाई पुर्थ्यो। हामी पनि पुरिन्थ्यौं होला। पहिरो अर्कोतर्फ गयो। हामीलाई हिउँसहितको उडेर आएको धुलो-धुँवा र पानी मात्रैले असर गर्यो। त्यसका छिटाहरूले भिजायो। , हाम्रो त्यहाँ होस्टेल पनि राखिएको थियो। अब त्यहाँ बस्न सक्ने स्थिति भएन। होस्टेल भत्किएको त छैन। तर माथिको पहाडबाट फेरि पहिरो लड्छ कि भनेर मानसिक रूपमा विद्यार्थीहरूलाई राख्न सक्ने जस्तो नभएको भएर चार-पाँच दिनको लागि अर्को बासस्थान खोजिरहेका छौं। , (सेतोपाटीका युनिक श्रेष्ठसँगको कुराकानीमा आधारित),
‘...अनि हेडसर भाग-भाग भन्दै कराउन थाल्नुभयो’
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ११३ जनामा संक्रमण पुष्टि भएको छ। , आइतबार उपत्यकामा थप ११३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।,
जसमध्ये काठमाडौंमा ७६, भक्तपुरमा ८ र ललितपुरमा २९ संक्रमित थपिएका हुन्।, योसँगै उपत्यकामा १४३० जना सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ४२८, भक्तपुरमा ४७५ र ललितपुरमा ५२७ जनामा सक्रिय संक्रमित छन्।, नेपालमा थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा ९६०६ जनामा कोरोना परीक्षण गर्दा ३०६ जनामा संक्रमण पुष्टि हो। मन्त्रालयका अनुसार ८००८ जनाको पिसिआर र १५९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , योसँगै अहिले नेपालमा ७२१५ जना सक्रिय संक्रमित छन्। , यस्तै आइतबार ३४८ जनालाई कोरोना संक्रमणबाट निको भएको छ। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। ,
काठमाडौं उपत्यकामा थप ११३ जनामा कोरोना संक्रमण
|
सेतोपाटी संवाददाता १६ लाख २० हजार नगद सहित एक जना पक्राउ परेका छन्।, हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई कालिमाटी क्षेत्रबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ। , कालिमाटीमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले सप्तरी मलेपुर गाउँपालिका वडा नम्बर ५ का २५ वर्षीय अमर नारायण दासलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार कालिमाटीको तरकारी तथा फलफूल बजारबाट पक्राउ गरेको हो। , उनीबाट प्रहरीले १६ लाख २० हजार ९ सय रुपैयाँ बरामद गरेको हो।, उनीमाथि थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग पुल्चोक, ललितपुरमा पठाएको छ। ,
कालिमाटी बजारबाट १६ लाख २० हजार नगदसहित एक पक्राउ
|
रासस बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएका छन्।, कात्तिक २६ गते शुक्रबार बसेको बूढानीलकण्ठ नगर कार्यपालिकाको बैठकले हरिबोधिनी एकादशीको दिन स्थानीय बिदा दिने निर्णय गरेको हो। , नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्ध धार्मिक तीर्थस्थल बूढानीलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह)का दिन विशेष मेला लाग्ने भएकोले नगरपालिकामा स्थानीय पर्वका रूपमा सार्वजनिक बिदा दिने गरिएको छ।, स्थानीय संस्कृति, परम्परा र जात्राको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले बिदा दिइएको नगरपालिकाले जनाएको छ। , उक्त दिन नगरपालिकाअन्तर्गत रहेका नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने बताइएको छ। बूढानीलकण्ठमा प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ। , त्यस्तै नागार्जुन नगरपालिकाले पनि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रमुख सुशीला अधिकारीले जानकारी दिइन्। , नगरपालिकाभित्र रहेको नेपालको चार नारायणमध्येको कान्छो नारायण मन्दिरका नाममा परिचित तथा राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत इचङ्गुनारायण मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह) का दिन विशेष मेला लाग्ने भएको हुनाले नगपालिकाले स्थानीय पर्वका रूपमा सो दिन सार्वजनिक बिदा दिन लागेको हो। , प्यागोडा शैलीमा बनेको दुईतले इचङ्गुनारायण मन्दिरमा शङ्ख, चक्र, गदा र पद्म लिएका नारायणका मूर्ति छन्। सो मन्दिरमा हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन विशेष मेला लाग्ने गर्छ।,
बूढानीलकण्ठ र नागार्जुन नगरमा सोमबार सार्वजनिक बिदा
|
राजु अधिकारी मोरङको बुढीगंगा गाउँपालिका गंगाचोकबाट करिब डेढ किलोमिटर पूर्वमा पर्छ-यादव टोल।, गाउँभरि चिकित्सक नै चिकित्सक रहेको हल्ला सुनेपछि यादव टोलले हामीलाई तानेको थियो। त्यसैले गंगाचोकबाट भित्र लागेपछि सोध्दैसोध्दै पुग्यौं।, गाउँका अधिकांश मान्छे खेतबारीमै व्यस्त देखिन्थे।, 'यादव टोल यही हो?,' टोलको बाटोमा कतै गइरहेका एक जनालाई सोध्यौं।, उनले 'हो' भन्ने स्वीकृतिसूचक टाउको हल्लाए।, 'यो टोलमा धेरै जना डाक्टर हुनुहुन्छ भन्ने सुनेका थियौं। कुनै चिकित्सकको परिवार भेट्न सकिएला? प्रश्न झर्न नपाउँदै मुसुक्क हाँस्दै उनले भने, 'मेरै भाइ पनि डाक्टर हो नि!', खोजेकै जस्ता व्यक्ति फेला परेपछि गाउँ घुम्न आउनुको उद्देश्य सुनायौं। उनी खुल्न थाले। उनको नाम जयराम यादव रहेछ, पूर्णकालीन किसान।, 'जाऊँ न त घरमै बसेर कुरा गरौं,' यति भनेर जयराम घरतिर लाग्दै थिए। बाटो किनारैको खेततिर हेरेर उनी कराए, 'काका...।', उनले आफ्नै भाषामा काकालाई घरतिर बोलाए।, 'उहाँ पनि एक जना डाक्टरको बाबु हो,' जयरामले चिनाइदिए।, उनका काका योगेन्द्र यादव। उनले खेत बैंकमा राखेर ऋण लिएर छोरालाई एमबिबिएस पढाएका रहेछन्। पछि ऋण बढ्दै गएपछि जग्गा बेचेर छोरा पढाएछन्।, 'एमबिबिएस सकाउँदा चानचुन ४० लाख सकियो,' ७० वर्षे योगेन्द्रले हिँड्दाहिँड्दै सुनाए, 'अब एमडी गर्ने तयारीमा छ।', उनका अनुसार छोरा सरोज अहिले बुढीगंगा गाउँपालिकामा करारमा काम गर्दै स्नात्तकोत्तर तहको तयारी पनि गरिरहेका छन्।, यी काका भतिजसँग गफिँदै अघि बढिरहँदा एक जना अधबैंसे बाइकमा हुइँकिँदै आए। जयरामले उनलाई पनि बाटैमा रोके।, 'एकछिन पख्नु न उहाँहरू कुरा गर्ने रे!', बाइक उनले एउटा घरभित्र छिराए।, 'आउनुस्, यतै बसेर कुरा गरौं,' उनले आफ्नै घरभित्र बोलाएका रहेछन्। उनको नाम सतनारायण यादव रहेछ। उनी पनि खेतीपातीमै व्यस्त हुँदा रहेछन्। पुर्ख्यौली सम्पत्तिमा प्राप्त दुई विघा जमिनमध्ये १० कठ्ठा बेचेर उनले पनि भाइ सुबोधलाई चिकित्सक पढाएका रहेछन्।, 'एमबिबिएस चीनबाट गरेर अहिले एमडीको तयारी गर्दैछ,' सतनारायणले सुनाए, 'काठमाडौंमा बसेर केटो तयारी गर्दैछ।', यादव टोलको बाटामा भेटिएजति व्यक्ति सबै चिकित्सकका अभिभावक! , यो टोलका हरेकजसो घरमा पाइने समानता भनेको आँगनमा फैलिरहने भकारोको गन्ध हो। गोठमा दुई चार माउ गाई र परिवारका बहुसंख्यक सदस्य खेतबारी र तिनै चौपायाको स्याहारमै भिडिरहेका भेटिनु पनि अर्को समानता हो।, पूरापूर खेती किसानीमा रमाइरहेका यो टोलका एक दर्जनभन्दा बढी परिवारमा पाइने अर्को पनि समानता भनेको उनीहरुमध्ये कसैका सन्तान चिकित्सक रहेछन्, कोही हुने क्रममा र कोही चिकित्सक बन्ने तयारीमा लागेका रहेछन्। कसैले पढेर चिकित्सक नै बन्ने सपना देखिरहेका छन्।, अधिकांश किसान र निरक्षर अभिभावकका सन्तानमा चिकित्सक बन्ने भोकको आगो यसरी सल्किएको देखिन्छ कि, घरैपिच्छेजसो कोही न कोही डाक्टर छन्। त्यसैले मोरङ बुढीगंगा गाउँपालिका १ को यादव टोल अचेल डाक्टर जन्माउने गाउँका रूपमा प्रख्यात हुँदै गएको छ।, यसको अनुभव स्थानीयवासीलाई पनि हुन थालेको छ।, 'हाम्रो गाउँलाई डाक्टर गाउँ भन्न थालेका रहेछन् अचेल,' सबैभन्दा पहिले बाटामा भेटिएर गफिन तयार बनेका जयराम यादवले सुनाए, 'हुन पनि हाम्रै टोलमा अहिलेसम्म २४ जना डाक्टर भइसके। अरू आठ-दस जना पनि त्यहीँ पढ्ने तयारीमा छन्।', गाउँमा एउटा-दुइटा घरमा, एक दुई जना डाक्टर बन्नु अनौठो होइन। तर, गाउँका कम्तीमा १२–१५ घरका अधिकांश सन्तान डाक्टर बनेको घटना रोचक वास्तविकताका रूपमा यहाँ उपस्थित छ। गाउँका हरेकजसो घरका सदस्य कसरी बने त डाक्टर?, 'यो सबै बाबुप्रसाद काकाको परिवारले देखाएको बाटो हो,' सतनारायण यादवले भने, 'उहाँको परिवारमा धेरै जना पहिल्यै डाक्टर बनेका थिए। उहाँकै प्रेरणाले गाउँका अरूलाई पनि डाक्टरी पेसातिर डोर्यायो।', उनका अनुसार छिमेकका काका र दाइले पढ्न सकेको विषय हामीले किन नसक्ने भन्ने भाव यहाँका ती विद्यार्थीमा पलायो, जो अहिले चिकित्सक छन्।, 'विस्तारै त्यतातिर लाग्नेहरू थपिँदै गए,' सतनारायणले थप्दै गए, 'हुँदाहुँदा अहिले २४ जना त डाक्टर नै भइसके। अरू आठ-दस जना पढ्ने तयारीमा लागेका छन्।', सतनारायण र गाउँका उनीजस्तै अभिभावक र विद्यार्थीमा चिकित्सा शिक्षाको भोक जगाउने बाबुप्रसादलाई भेट्न सकिएला भन्ने सेतोपाटीको जिज्ञासालाई सतनारायणले तत्कालै हल गरिदिए।, उनले पनि उही भाकामा भने, 'काका।', एकैछिनमा सतनारायणको आँगनमा आइपुगे बाबुप्रसाद यादव।, सतनारायण र जयरामले गफको विषय सुनाएपछि उनी उत्साही देखिए। ६८ वर्षीय बाबुप्रसादको परिवारमा झन् धेरै चिकित्सक रहेछन्।, उनका छोराहरू राजेश, रमेश र अनिल तीनै जना चिकित्सक रहेछन्। बाबुप्रसादका भाइ शितल, उनका जेठा छोरा सुशील, कान्छा सुनिल दुवैजना डाक्टर भइसकेका छन्। डा. शितलका दुवै बुहारी पनि भानुप्रिया र नितु यादव पनि चिकित्सक नै रहेछन्।, 'मेरो त परिवारमै आठ जना डाक्टर छन्,' बाबुप्रसादले सुनाए, 'तिनीहरुले सफलता पाएको देखेपछि गाउँका अरु भाइछोराछोरी पनि प्रेरित भए।', पूरापूर किसान परिवारबाट आठ–आठ जना चिकित्सक उत्पादन भएको कथा झन् रोचक रहेछ। बाबुप्रसादले परिवारका चिकित्सकहरु उत्पादनको कथा सुनाए।, उनका कुरा सुन्दा लाग्थ्यो, 'विख बिनाको सर्प र इख बिनाको मान्छे काम लाग्दैन' भन्ने उखानलाई उनले कुनैबेला आफ्नो जीवन दर्शन बनाएका रहेछन्। उनको जीवनमा सबैभन्दा प्रभाव पारेको र उनले व्यवहारिक रूपमै पछ्याएको लाइन यही थियो।, मोरङ बुढीगंगा गाउँपालिका १ का बाबुप्रसादका लागि कसैले चुनौती दिएको थियो, 'हिम्मत भए आफ्ना सन्तानलाई डाक्टर बनाएर देखाऊ।', यो २०३५ सालताकाको कुरा हो। बाबुप्रसादलाई यस्तो चुनौती उनकै एक नातेदारले दिएका थिए, जसलाई चिकित्सक बनाउन उनले आफ्नो करिअर नै भुलेका थिए।, महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट व्यवस्थापनमा स्नातक गरेर घरखेतमै व्यस्त बाबुप्रसादलाई जब त्यो चुनौती आयो उनले पनि झोंकमै भनिदिए, 'मैले मेरा सन्तानलाई डाक्टर बनाउन सकिनँ भने मेरा जुँगा काटेर तिम्रो हातमा राखिदिउँला।', परम्परागत यादव परिवारमा 'जुँगा' को प्रतिष्ठा त्यसबेला 'उच्च' थियो।, 'मेरा दुई जना छोरा त्यसबेला बल्ल हुर्किँदै थिए,' उनले पुराना दिन सम्झिए, 'एक न एक जनाले त कसो नपढ्ला भन्ने थियो।' उनका अनुसार २०४१ सालपछि परिवारमा कान्छा छोरा पनि थपिए।, बाबुप्रसादका हजुरबुबा बहुजन यादव पहिल्यै भारतबाट तत्कालीन टंकीसिनवारी –३ मा आएर बसोबास थालेका थिए।, 'हाम्रो घरमा वि. सं. १९९२ मै जग्गाको तिरो तिरेको रसिद मैले भेटेको थिएँ,' बाबुप्रसादले सुनाए, 'त्यसपछि २००० सालमा हजुरबुबाले एक हजार रूपैयाँ बिघाले १४ विघा जमिन किन्नुभएको रहेछ।', उनका अनुसार हजुरबुबा र बुबा दुवै निरक्षर थिए। घरमा सात–आठ हल गोरू/राँगा थिए।, 'छोरा नातिलाई पढाउनुपर्छ भन्ने लागेर उहाँहरूले हामीलाई पढाउनुभयो,' विराटनगरको आदर्श विद्यालय पढेका उनले सुनाए, '३० सालदेखि बुबा बिरामी पर्नुभयो। त्यसपछि घरव्यवहार मेरो काँधमा आयो।' , घर व्यवहार भन्नु खेतीपाती थियो, त्यो र पढाइ सँगै अघि बढाएका उनले बि.कम. सम्म अध्ययन पूरा गरे।, त्यो बेला भारतीय दूतावासको सहयोगमा चिकित्सा शिक्षा अध्ययनका लागि फारम खुलेको थियो। उनले आफ्ना एक जना नातेदारका लागि विराटनगरमा गएर मातृकाप्रसाद कोइरालालाई भेटे। त्यसको उद्देश्य बाबुप्रसादका नातेदारलाई सिफारिस गराउनु थियो।, 'कोलम्बो प्लानमा पढ्न कसैको सिफारिस चाहिन्थ्यो। त्यसैले मातृकाबाबुलाई गुहार्न पुगेका थियौं। उहाँले सिफारिस गरिदिनुभयो अनि त्यसपछि उसले चिकित्सा शिक्षा पढ्न पायो,' उनले भने।, बाबुप्रसादका ती नातेदारले जब चिकित्सा शिक्षा पढिसिध्याए त्यसपछि उनले अलि नराम्रो शब्द गरेको उनले सुनाए।, 'एक दिन उसले मैले मेरो क्षमताले पढेको हो, हिम्मत भए आफ्ना सन्तानलाई चिकित्सक बनाएर देखाउन मलाई चुनौती दियो,' उनले भने, 'अनि मैले पनि जुँगा काटेर राखिदिने घोषणा गरेँ।', त्यसपछि उनले यो घोषणाबारे आफ्ना जेठा छोरा राजेशलाई सुनाए। नभन्दै राजेशले यति राम्रो पढ्दै गए कि, उत्कृष्ट अंक ल्याएर उनी चिकित्सा शिक्षा अध्ययनतिर लागे। अहिले फर्माकोलोजिष्टका रूपमा विराटनगरकै नोवेल अस्पतालमा कार्यरत डा. राजेशले एमबिबिएस बंगलादेश र एमडी पोखरास्थित मणिपालबाट सिध्याएका हुन्।, बाबुका माइला छोरा डा. रमेश बालरोग विशेषज्ञका रूपमा विराटनगरकै विराट टिचिङ अस्पतालमा कार्यरत छन्। कान्छा छोरा अनिल बंगलादेशमा रेडियोलोजीमा स्नात्तकोत्तर गरिरहेका छन्।, 'अबको दुई महिनाभित्रमा ऊ स्वदेश फिर्दैछ,' डाक्टरका बा भनेर गाउँमा चिनिने बाबुप्रसादले सन्तुष्ट स्वरमा भने, 'आएर आफ्नो काम गर्ला।', तीन जना छोरालाई चिकित्साशास्त्र पढाउँदाको सकस भने बयानगरी साध्य नभएको उनले सुनाए।, 'कतिबेला पैसा चाहिन्छ पत्तो नहुने त्यहीँ भएर मैले मेरो ६ बिघा जमिन बेचेर उनीहरूको खर्च बेहोरेँ,' अहिले पनि नौ बिघा जग्गाका धनी बाबुले सुनाए, 'छोराहरूको पढ्ने रहर थियो। मलाई पनि कसैगरी उनीहरूलाई डाक्टर बनाउनु थियो। त्यसैले जग्गा बेचेरै उनीहरूलाई पढाएँ।', यसरी बाबुप्रसादले तीन छोरा, उनका भाइ शितलले आफू र दुई छोरालाई चिकित्सक बनाएपछि गाउँमा बेग्लै माहोल छाएको उनीहरुको बुझाइ छ।, 'डाक्टर बन्न विशेष क्षमता चाहिन्छ भन्ने कुरा गलत हो,' बाबुप्रसादले भने, 'मेहनत गरेर पढाइमा ध्यान दिए जो पनि हुनेरहेछ।', त्यसको प्रमाणका रूपमा उनले गाउँकै एक जनाको उदाहरण दिए, जसको एसएलसी थर्ड डिभिजन थियो। तर, आइएससीमा राम्रो अंक ल्याएर एमबिबिएस गरेका उनले उत्तिकै राम्रो अंकसहित एमडी गरिसकेका छन्। ती पात्रका बारे भने उनले थप केही खुलाएनन्।, हुनेखाने किसान परिवारका सदस्यका रूपमा हुर्केका बाबुप्रसादका जेठा छोरा डा. राजेश बुबाले जग्गा बेचेरै भए पनि आफूलाई पढाउने हिम्मत देखाउँदा तीन जना दाजुभाइको चिकित्सक बन्ने सपना पूरा भएको बताउँछन्।, 'बुबाले हामीलाई जसरी पढाउनुभयो, गाउँमा काका दाइहरूले पनि त्यही शैली पछ्याउनुभयो,' राजेशले भने, 'भाइबहिनीले पनि मेहनत गरे। त्यही भएर हाम्रो टोलमा यतिधेरै चिकित्सक उत्पादन सम्भव भयो।', जम्मा दुई-अढाइ बिघा जमिन भएका योगेन्द्र यादवका छोरा सरोज र दुई बिघा जमिन भएका सतनारायणका भाइ सुबोधलाई दुवै परिवारले चीनमा पढ्न पठाएको थियो।, 'उनीहरूलाई पढाउँदा एक जना बराबर ४० लाख खर्च भयो,' योगेन्द्रले भने, 'हामीले जग्गा बेचेरै पढायौं।', अहिले योगेन्द्रलाई गाउँमा 'डाक्टरको बाबु' भनेर अरूले भनिदिँदा गौरव लाग्ने सुनाए।, 'हामीले पढेनौं, खेतबारीमा जिन्दगी बितायौं,' योगेन्द्रले भने, 'तर, छोरालाई डाक्टर बनाएकामा खुसी लाग्छ। हामीले गर्दा गाउँका अरूले पनि त्यसै गरे। अहिले गाउँभरी डाक्टरै डाक्टर छन्। खुसी लाग्छ।', भाइलाई डाक्टर बनाउन जग्गा बेचेर आफू खेतीमै सक्रिय रहेका सतनारायणका अनुसार गाउँका करिब १० जना नयाँ विद्यार्थी अहिले काठमाडौंमा बसेर चिकित्सा शिक्षा अध्ययनको तयारी गरिरहेका छन्।, 'हाम्रो गाउँमा सबै किसान हुन्, हामी दिनरात खेतबारीमै हुन्छौं,' उनले भने, 'तर गाउँका सिनियरले जुन सफलता पाए त्यो नयाँ पुस्ताका लागि प्रेरक हुँदोरहेछ। त्यही प्रेरणाले यहाँका धेरै विद्यार्थी चिकित्सा शिक्षातिर लागेका हुन्।', सतनारायणलाई पनि कुनै बेला डाक्टर बन्न विछट्टै प्रतिभा चाहिएला जस्तो लाग्थ्यो। विद्यार्थीको मेहनत र लगन अनि अभिभावकको साथ भए जस्तोसुकै परिवारका सदस्यले पनि डाक्टरी पढ्न सक्ने उनको बुझाइ छ।, 'म आफैंलाई पहिला डाक्टर धनाढ्य परिवारका सदस्यले मात्रै पढ्ने पेसा हो जस्तो लाग्थ्यो,' उनले सुनाए, 'तर छिमेकमै, आफन्तमै आफू जस्तै किसान परिवारका सदस्यले धमाधम डाक्टरी पढेपछि हाम्रो परिवारमा पनि आत्मविश्वास पलाएको थियो।' , उनका अनुसार त्यो आत्मविश्वासले पढ्न हिम्मत दिएको थियो।, 'मेरो भाइ ज्यादै ट्यालेन्ट पनि थिएन, नजान्ने लद्दू पनि थिएन,' उनले भने, 'यति हो, पढाइमा ज्यादै मेहनति र लगनशील थियो। त्यसैले उसले निरन्तर सफलता पाउँदै गयो।',
जग्गा बेचेर सन्तानलाई चिकित्सक बनाउने अभिभावकको कथा
|
मनोज सत्याल मुस्ताङको थासाङ गाउँपालिका-२ मा आइतबार बिहान एकाएक त्रास फैलियो। हिमालबाट झर्दै गरेको हिउँले बादलको रूप लिएपछि स्थानीय विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरूको भागाभाग भयो।, उनीहरूले सुरूमा हिउँ बग्दै गरेको देखेका थिए। हेर्दाहेर्दै हिउँको थुप्रो बादलजस्तै देखियो र हावामा मिसिएर तीव्र गतिमा गाउँसम्मै आइपुग्यो। वडाध्यक्ष नरप्रसाद हिराचनका अनुसार हिमपहिरोले यहाँको जंगलै सखाप पारेको छ। भागदौडमा केही विद्यार्थी घाइते भएका छन्।, 'आकाशबाट बादलको थुप्रो झ्याम्म खसेजस्तो हिउँको एउटा ढिस्को नै खस्यो। कति खस्यो थाहा छैन,' हिराचनले सेतोपाटीसँग भने, 'धौलागिरी हिमालसँगै अर्को चुचुरो छ, त्यसलाई हामी मानापाथी हिमाल भन्छौं। पहिरो गएको त्यहीँ हो।', विगतमा पनि सानोतिनो पहिरो जाने गरेको भए पनि यसपटक ठूलै ढिस्का खसेको उनले बताए।, 'यसपटकको पहिरो देखेर ८०/९० वर्षका बुढापाकाहरू यस्तो त जिन्दगीमै कहिल्यै नदेखेको भनिरहेका छन्,' हिराचनले भने, 'मलाई सम्झना भएसम्म २०३०-३५ सालतिर ठूलो हिमपहिरो आएको थियो। त्यतिबेला पनि चौंरीहरू मरेका थिए। मानवीय क्षति भएको थियो।', हिमाली क्षेत्रमा जाने पहिरो लगायत प्राकृतिक प्रकोपको अध्ययन सामान्यतया स्याटलाइट तस्बिरका आधारमा गरिन्छ। त्यही स्याटलाइट तस्बिरको तुलनात्मक अध्ययनबाट विज्ञहरू त्यसको कारण पत्ता लगाउन खोज्छन्। जलवायु परिवर्तनले ल्याएका विभिन्न प्रकारका क्षणिक घटना र पृथ्वीको तापक्रम वृद्धिले यस्ता विपत बढाइरहेको विज्ञहरूको भनाइ छ।, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रञ्जनकुमार दाहालका अनुसार स्याटलाइट तस्बिरहरूको अध्ययनबाट नेपालको हिमाली क्षेत्रमा सन् २०६० देखि २१०० को बीचमा पहिरोका घटना ९० प्रतिशत बढ्ने प्रक्षेपण गरिएको छ।, कसरी आउँछ हिमपहिरो?, नेपालको ५ हजार मिटरमाथिका भू-भागमा बाह्रै महिना हिउँ जमेर बसेको हुन्छ। हिउँ पर्ने मौसम सुरू भएपछि त्यस्ता भू-भागमा हिउँमाथि हिउँ थपिँदै जान्छ। हिमाली क्षेत्रका उपत्यका वा खोँच पनि हिउँले भरिएका हुन्छन्। त्यस्ता ठाउँमा हिउँ पर्ने, जम्ने र बग्ने क्रम निरन्तर चलिरहन्छ। यसरी जम्मा भएको हिउँको थुप्रोले सन्तुलन गुमाउनु नै हिमपहिरोको प्रमुख कारण हो।, विज्ञहरूका अनुसार जब ठूलो हिउँको थुप्रोले सन्तुलन गुमाउँछ, तब त्यो खस्न थाल्छ। यसरी खस्दा हिमाली क्षेत्रको भिरालो भू-भागमा त्यसले कम समयमै एकदमै तीव्र गति लिन्छ।, हिमपहिरोलाई हिमआँधीकै एउटा रूप मानिन्छ। हिमआँधी दुई प्रकारका हुन्छन्। मुस्ताङमा आइतबार आएजस्तो सानो र सुख्खा हिउँको तह तीव्र गतिमा तल खस्दै बादलको रूप लिने हिमआँधी एउटा हो। यस्तो हिउँको थुप्रो हावामा उच्च गतिले फैलिन्छ। यसको गति ३२० किलोमिटर प्रतिघन्टासम्म हुनसक्छ।, भौगर्भिक प्रकोप विज्ञ श्रीकमल द्विवेदीका अनुसार भर्खर परेको हिउँको घनत्व ०.०१ ग्राम प्रतिघनसेन्टिमिटर हुन्छ। धेरै समय हिउँ जमेर खाँदिएर बनेको बरफ ०.९१७ ग्राम प्रतिघनसेन्टिमिटर हुन्छ।, 'हिउँको माथिल्लो तहले सन्तुलन गुमाउँदा हलुका हिउँ बादलजस्तै उड्छ। ठूलो हिमपहिरो आएको अवस्थामा त्यसले हिमबाढीसमेत सिर्जना गर्छ,' उनले भने।, अर्को प्रकारको हिमआँधी भने खाँदिएर बसेको हिउँको एउटा तहले सुन्तलन गुमाउँदा आउँछ। यसले ठूलो आँधीको रूप लिन्छ र कतिपय अवस्थामा हिमाल आरोहीहरूको ज्यानसमेत जान सक्छ।, हिमपहिरोको सुरूआतमा हिउँ मात्रै खस्ने भए पनि जति तल झर्छ, त्यसले ढुंगा, माटो लगायत गेग्रान पनि सँगसँगै लैजान्छ। मुस्ताङको हिमपहिरोमा सुरूमा सफा बादलजस्तै हिउँ देखिएको थियो। तल आइपुग्दा माटो पनि मिसिएको देखिन्छ।, उच्च हिमालमा हिउँ थुप्रिएर चोइटिने कारणले मात्र हिमपहिरो जाँदैन। पछिल्ला अध्ययनले हावाका कारण समेत हिमपहिरो जाने देखिएको छ। हिमालमा भएका ढुंगाहरू हावाले उडाउने र त्यस्तो ढुंगा हिउँमा खस्दा पहिरो जान थालेको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक दाहाल बताउँछन्।, बढ्दो तापक्रमले पनि हिउँ पग्लन थालेको र यसले पहिरोका घटनामा बढोत्तरी हुने देखिएको छ। त्यस्तै, हिमाली क्षेत्रमा पानी पर्दा हिउँ पग्लने र त्यसले पहिरो निम्त्याउने घटना बढ्दो छन्।, मध्यपश्चिम विश्वविद्यालयका डिन सुदीप ठकुरीसहित तीन जनाले सन् २०२० मा गरेको अध्ययनअनुसार धेरैजसो हिमपहिरोका घटना पुसदेखि वैशाखसम्म हुने गर्छन्। यस्ता घटना ३० देखि ३५ डिग्रीको भिरालो क्षेत्रमा ९० प्रतिशत हुने गरेका छन्। त्यस्तै, २५ डिग्रीदेखि ५० डिग्री भिरालोपना भएको ठाउँमा ९८ प्रतिशत यस्ता घटना हुन्छन्।, अन्नपूर्ण र धौलागिरी क्षेत्रमा हिमआँधी र पहिरोका घटनामा परेर सन् २०१४ मा ४३ जनाले ज्यान गुमाएका थिए। त्यति बेला हुदहुद चक्रवातले १२ घन्टाभित्रै झन्डै दुई मिटरसम्म हिउँ जमेको थियो।, यी पनि हेर्नुहोस्:, ‘...अनि हेडसर भाग-भाग भन्दै कराउन थाल्नुभयो’, मुस्ताङमा हिउँ पहिरो: शिक्षकसहित ८ विद्यार्थी घाइते (अपडेट),
'हिउँको ढिस्को यस्तरी खस्यो, मानौं आकाशबाट बादल झ्याम्म खस्दैछ' (भिडिओ)
|
सेतोपाटी संवाददाता सङ्खुवासभाको खाँदबारी नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ। हरिबोधिनी एकाशीका अवसरमा नगरपालिकाले धार्मिक तथा पर्यटकीयस्थल मनकमनामा लाग्ने एकादशी मेलाका अवसरमा आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।, आइतबार बसेको कार्यपालिका बैठकले सोमबार र मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको खाँदबारी नगरपालिका प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए।, कार्यपालिका बैठकले हरिबोधिनी एकादशीका अवसरमा दुई दिन स्थानीय पर्व बिदा दिने निर्णय गरेको नगरप्रमुख खतिवडाले बताए।, कार्यपालिकाको निर्णयानुसार सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था बिदा रहनेछन्।, चर्चित धाम मनकामना परिसरमा हरिबाधिनी एकादशीका दिन ठूलो मेला लाग्ने गरेको छ । हरिबोधिनी एकादशीका दिन मनकामनाको दर्शन गर्न भारतका विभिन्न स्थान र झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुमलगायत जिल्लाबाट मेला भर्न आउने गरेका छन्।, सडक विस्तारसँगै केही वर्षयता मनकामनामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीयवासी बताउँछन्।,
खाँदबारी नगरपालिकामा दुई दिन सार्वजनिक बिदा
|
रासस स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दामाथिका सबैलाई कोभिड-१९ विरूद्धको खोप लगाइदिने भएको छ।, कोभिड-१९ संक्रमणबाट बचाउन तथा नागरिकको जीवनरक्षाका लागि नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइदिने तयारी गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए।, 'वालिङ नगरपालिकाको तथ्यांकअनुसार १८ वर्षभन्दा माथिका करिब ३२ हजार नागरिकमध्ये १७ हजार बढीले खोप लगाइसक्नुभएको छ', उनले भने, 'कात्तिक ३० देखि मंसिर २ गतेसम्म बाँकी रहनुभएका सबैलाई खोप लगाउने गरी तयारी गरेका छौं।', वालिङ नगरपालिकाभित्र रहेको अस्पताल, स्वास्थ्यचौकी तथा सहरी स्वास्थ्य केन्द्र गरी १७ ठाउँमा तीन दिनसम्म खोप अभियान सञ्चालन गर्ने र त्यसका लागि खोप वालिङमा आइसकेको नगर प्रमुख खाँणको भनाइ छ।, 'वालिङ नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका बनाउनका लागि पहल गरिरहेका छौं', नगरप्रमुख खाँणले भने, 'त्यसैले यहाँ सबै जनाले आ-आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा गई अनिवार्यरूपमा खोप लगाउनु हुन नगरबासीसमक्ष अनुरोध गर्दछु।', अठार वर्षभन्दामाथिका नागरिकलाई खोप लगाउने कार्य सकिएसँगै उक्त उमेर समूहभन्दा मुनिका नागरिकलाई खोप लगाउनका लागि पहल सुरू गरेको नगरप्रमुख खाँणले बताए।, नगरबासीको जीवनरक्षाका लागि नगरपालिकाको प्रयासमा कात्तिक ३० देखि मंसिर २ गतेसम्म तीन दिन खोप अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए।, वालिङमा संक्रमणलाई शून्यमा झार्ने अभियानस्वरूप अनिवार्य खोप लगाउन आग्रह गरिएको उनले बताए। , वालिङ नगरपालिकाले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि कुनै कञ्जुस्याइँ नगरी निरन्तररूपमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए।, तीन दिनसम्म सञ्चालन हुने खोप अभियानमा भेरोसेलका १५ हजार मात्रा खोप लगाइने प्रमुख पाण्डेले बताए।, अठार वर्षभन्दामाथिका खोप लगाउन बाँकी रहेका १५ हजार जनालाई भेरोसेलको पहिलो मात्रा लगाइने भएको हो। , खोप अभियानका लागि नगरपालिकाका १४ वटै वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा करिब १०० जना स्वास्थ्यकर्मी परिचालन गरिने शाखा प्रमुख पाण्डेले जानकारी दिए।, वालिङ नगरपालिकाले कोभिड–१९ को संक्रमणकालीन अवस्थामा कोभिडको रोकथाम तथा नियन्त्रणका लागि खेलेको भूमिकाप्रति यहाँका नागरिक सन्तुष्ट देखिएका थिए। शेयरकास्ट इनिसियटिभ नेपालले गरेको मत सर्वेक्षणले उक्त कुरा पुष्टि गरेको बताइएको छ। ,
स्याङ्जामा १८ वर्ष माथिकालाई खोप लगाइने
|
सेतोपाटी संवाददाता जुसको बट्टामा प्रतिबन्धित लागुऔषध ल्याउँदै गरेका एक व्यक्ति बाँकेमा पक्राउ परेका छन्। , सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का ३० वर्षीय बबिन शाही बाँकेस्थित जमुनाहा नाकाबाट पक्राउ परेका हुन्। , शाहीले प्रहरीको आँखा छल्न रियल जुसको दुई वटा बट्टामा राखेर दुई लिटर प्रतिबन्धित लागुऔषध कोरेक्स र १५ ट्याबलेट नाइट्रोभ्याट नामक लागुऔषध ल्याउँदै गर्दा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। , जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ स्थित इलाका प्रहरी कार्यालय जमुनाहा र लागुऔषध ब्युरो शाखा नेपालगञ्जबाट खटिएको प्रहरी टोलिले शाहीलाई बिहीबार बेलुका सवा ६ बजेतिर पक्राउ गरेको हो। , पक्राउ परेका शाहीमाथि आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।,
जुसको बट्टामा लुकाएर ल्याउँदै गरेको लागुऔषधसहित एक युवक पक्राउ
|
सेतोपाटी संवाददाता सरकारले कोरोना भाइरसविरूद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ। , शुक्रबार फाइजर-बायोएनटेक प्रयोग गरी सञ्चालन हुने कोभिड-१९ खोप अभियानबारे पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रममा कोरोनाविरूद्धको फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो।, यो खोपको पहिलो मात्रा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालमा उपलब्ध हुनेछ।, खोप बचत भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी र १२-१७ उमेर समूहका व्यक्तिहरूलाई लगाइनेछ।, खोपको दोस्रो मात्रा, पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पुस २ गतेसम्म दिइने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।, यो खोप १२ वर्षभन्दा माथिको जनसंख्यालाई मात्र दिन मिल्ने भएकोले सोही उमेर समूहलाई मात्र लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले बताए।, उनले यो खोप १२ वर्ष माथिका दीर्घरोगीलाई पहिलो प्राथमिकतामा राखेर दिइने पनि बताए। प्रशासक दाहालले १२ वर्षमाथिका ८ प्रकारका दीर्घ रोगका बिरामीलाई यो खोप दिइने बताए।, वरिष्ठ जनस्वास्थ्य प्रशासक दाहालले भने,‘फाइजर-बायोएनटेक खोप १२ वर्षदेखि माथिको जनसंख्यालाई दिन मिल्ने भएकोले १२–१७ वर्षका व्यक्तिहरूलाई खोप दिइन्छ, यसको पहिलो मात्रा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म तोकिएका दीर्घरोगीका लागि र खोप बचत भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी १२-१७ उमेर समूहका व्यक्तिहरूलाई लगाइनेछ, खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पुस २ गतेसम्म दिइनेछ, खोप सेवा बिहान १० देखि ४ बजेसम्म दिइन्छ, यो खोप मुटुको बिरामी भई अपरेसन गरेका वा औषधि प्रयोग गरिरहेका, मिर्गौलाको समस्या भई मिर्गौला फेरेका, डायलासिस गराइरहेका, औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यान्सरको पहिचान भई उपचारमा रहेका, फोक्सोको समस्या भई चिकित्सकको पुर्जा बमोजिम औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका र मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग (पक्षघात, एन्यूरिजम, रक्तनलीमा भएका विकृति) आदि समस्या भएका दीर्घरोगीलाई लगाइन्छ।', कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले यस खोपको माग धेरै भए पनि दीर्घरोगीलाई नै दिइने बताए। , ,
कात्तिक २८ देखि फाइजर–बायोएनटेकको खोप लगाइँदै
|
सेतोपाटी संवाददाता नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष तथा होटल व्यवसायी रामाज्ञाप्रसाद चतुर्वेदीको घरको छतबाट खसेर मृत्यु भएको उनको परिवारले जनाएको छ। , शुक्रबार एक पत्रकार सम्मेलन गर्दै चतुर्वेदीको परिवारले यसबारे जानकारी गराएको हो। , विज्ञप्तिमा भनिएको छ, ‘मेरो श्रीमान ७४ वर्षका रामाज्ञा चतुर्वेदी २०७८ साल असोज २१ गते घटस्थापनाको दिन काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित चाबहिल गणेशस्थान मन्दिर नजिकै मूल सडकमा रहेको निर्माणाधीन होटलको सात तले भवनको चार तल्लाबाट रिंगटा लागेर अचेत भई लड्नु भएको हो। उहाँको सो दुर्घटनामा परेर घटनास्थलमै निधन भएको थियो।’, सो दुर्घटना हुनुभन्दा अघिल्लो दिन कमजोरी महसुस भई रिंगटा लागेर ओम अस्पतालमा उपचारका क्रममा ल्याब परीक्षण गर्दा उनमा सोडिएमको कमी र अत्यधिक मधुमेह तथा उच्च रक्तचाप देखिएको परिवारले बताएको छ। , ‘तीन हप्ता अघि मोतियाबिन्दुको पनि शल्यक्रिया गर्नु भएको थियो,’ विज्ञप्तिमा भनिएको छ। , प्रहरीको अनुसन्धान, सिसिटिभी, विधि विज्ञान परीक्षण प्रतिवेदनलगायत प्रमाण हेर्दा उनले आत्महत्या गरेको नभई रिंगटा लागेर अचेत भई लडेको परिवारले जानकारी दिएको छ। , ५० मिनेट अवलोकन गर्ने क्रममा झ्यालतर्फको पर्खाल नभएको सो भवनको चार तल्लामा रिंगटा लागेर अचेत भई खसेको देखिएको विज्ञप्तिमार्फत प्रस्ट्याइएको छ। , यसअघि विभिन्न सञ्चार माध्यमहरूले चतुर्वेदीले घरको छतबाट हामफालेर आत्महत्या गरेको समाचार सम्प्रेषण गरेका थिए। ,
तर आत्महप्या नभई दुर्घटनामार्फत् मृत्यु भएको परिवारले स्पष्ट पारेको हो। , दुर्घटनालाई सच्याएर अचेत भएर लड्दा मृत्यु भएको भन्ने कुरा सम्प्रेषण गरिदिन मृतक चतुर्वेदीको परिवारले आग्रहसमेत गरेको छ।, यो पनि:, बिहानै फटाफट आएर चाबहिलमा बनाउँदै गरेको साततले घर चढेका थिए चतुर्वेदी ,
चतुर्वेदीको मृत्युबारे परिवारले भन्यो- रिंगटा लागेर लड्दा मृत्यु भएको हो, आत्महत्या होइन
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १७१ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२५, ललितपुरमा ४२ र भक्तपुरमा ४ संक्रमित छन्।, त्यस्तै, काठमाडौं उपत्यकामा १५५९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५५८, भक्तपुरमा ४९१ र ललितपुरमा ५१० सक्रिय संक्रमित छन्।, नेपालमा थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ११ हजार ६६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार १३४ जनाको पिसिआर परीक्षण र १९३२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ४९८ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ।, ३८९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।,
काठमाडौं उपत्यकामा थपिए १७१ संक्रमित
|
रासस जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरू भएको ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा धुलोले स्थानीयबासीको स्वास्थ्यमा समस्या हुन थालेको छ।, काम सुरू गरेको ६ वर्षमा पनि सम्पन्न हुन नसक्दा हिउँदमा धुलोले त्यस क्षेत्रको वायु प्रदूषण हुने गरेको छ।, निर्माण भइरहेको धुलाम्य सडकमा निर्माण व्यवसायीले पानी पनि हाल्दैनन्।, गोकर्णेश्वर नगरपालिका–४ चौतारा खरिबोटकी राधा श्रेष्ठ आफ्नो घरअघि सधैं पानी हाल्छिन्।, सडकको धुलो उडेर घरमा बस्न नसकिने भएपछि पानी हाल्नुपरेको उनले सुनाइन्। धुलोले नाक पोल्ने, घाँटी खसखसाउने समस्या हुने गरेको श्रेष्ठको गुनासो छ।, आर्थिक वर्ष २०७५/२०७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक ६ वर्षदेखि अलपत्र छ।, सुरूमा सडकको दायाँ-बायाँ घर भएका स्थानीयबासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन।, केन्द्रबिन्दुबाट दायाँ-बायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो। , सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँ-बायाँ सात/सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए।, यो सहमतिअनुसार पनि ठाउँ-ठाउँमा काम रोकिँदा वर्षौंदेखि स्थानीयबासी र यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले पीडित छन्।, नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँ-बायाँ सात/सात मिटर विस्तार गर्ने सहमति गरेको दुई वर्षसम्म पनि सडक अलपत्र छ।, आर्थिक वर्ष २०७६/२०७७ मा सक्ने सहमति कार्यान्वयन नभई थप गरिएको एक वर्षमा पनि काम सकिएन।, आर्थिक वर्ष २०७७/२०७८ को अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो। त्यो अवधिमा पनि काम सकिएन। रु ५८ करोड लागतमा भइरहेको काममा बेला बखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन्। , संघीय सरकारले गरेको ठेक्का भएकाले निर्माण व्यवसायीले स्थानीय सरकारले छिटो काम गर्न गरेको अनुरोधलाई पनि वास्ता नगर्ने गरेको प्रवक्ता ढुंगानाको भनाइ छ।, पछिल्लो समय कालोपत्र गर्न तयार पारे पनि अझै ढिलाइ भइरहेको स्थानीयबासी बताउँछन्।, कालोपत्र गर्न ग्राभेल थुपारेको ६ महिनासम्म पनि सडकमा बिच्छ्याइएको छैन। एक दिन काम भयो भने १० दिन काम रोकिने गरेको छ।, सडकको धुलोले धेरै स्थानीयबासीलाई घाँटी खसखसाउनेलगायत स्वास्थ्य समस्या देखिएको छ।, यो समस्याबाट सडक छेउका धेरै स्थानीयबासी पीडित छन्। पछिल्लो समयमा सडक विस्तार आयोजनाका अधिकारीलाई छिटो काम गराउन अनुरोध गरी सम्पर्क गर्दा फोन नउठाउने गरेको स्थानीयबासी राजेन्द्र श्रेष्ठले बताए।, ढिलो-चाँडो सडक विस्तार हुने भए पनि सात किमीको दूरीमा पर्ने यो खण्डका पाँच वटा ठूला साना खोलामा पुलको अत्तोपत्तो छैन।, यस क्षेत्रका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरी र मेलम्चीको सुरूङ निस्कने खोल्सामा पुल नहुँदा सडक विस्तार भए पनि पुल साँघुरो भएकाले यातायात जाम हुने गरेको छ।, करोडौं लागतमा सडक विस्तार भए पनि पैदलमार्ग छैन। पैदलमार्ग नहुँदा सडक दुर्घटनाको जोखिम बढेको ओखरेनी माध्यमिक विद्यालयको शिक्षकसमेत रहेका स्थानीय मुजुरा मासिकका सम्पादक अनन्त अर्याल बताउँछन्। , सडक विस्तार भएपछि सवारी तीव्र गतिमा कुदाउने चालकको सङ्ख्या बढ्न थालेको छ।, विशेषगरी किशोरहरूले तीव्र गतिमा बाइक चलाउँदा दुर्घटना बढ्न थालेको हो। सवारीको गति नियन्त्रणका लागि ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने स्थानीयबासीको माग छ।,
६ वर्षदेखि अलपत्र जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकखण्ड
|
युवराज श्रेष्ठ पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको सिटी स्क्यान मेसिन बिग्रिएको ७ वर्ष बित्यो।, यतिका वर्ष बित्दा समेत अस्पताल प्रशासनले न नयाँ मेसिन ल्याउन सक्यो, न त पुरानै मेसिन बनाएर चलाउन। परिणाम, बिरामी सिटी स्क्यान गर्न अन्य निजी अस्पताल धाउन बाध्य भए, विद्यार्थीले प्रयोगात्मक अध्ययन गर्न पाएनन्।, उक्त अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत गण्डकी प्रदेशकै सबभन्दा ठूलो सरकारी अस्पताल हो।, प्रदेशभरका अन्य सरकारी र निजी अस्पतालमा उपचार हुन नसकेका बिरामी यही अस्पतालमा रिफर हुन्छन्। जिल्ला जिल्लाका अस्पतालमा समेत पुगेको सिटी स्क्यान मेसिन रिफरल अस्पतालमै नहुँदा बिरामी थप मर्कामा परेका छन्।, अस्पतालमा आएका बिरामीको सिटी स्क्यान गर्न आवश्यक परे बाहिरका अन्य अस्पतालमा सिटी स्क्यान गर्न पठाउने गरेको छ।, स्वास्थ्य बीमा गरेका बिरामीलाई निजी क्षेत्रले चलाएको गण्डकी शिक्षण अस्पताल र मणिपाल शिक्षण अस्पताल पठाउने गरेको अस्पताल निर्देशक डा. भरतबहादुर खत्रीले बताए। जबकि, ती अस्पताल निकै महँगा छन्।, स्वास्थ्य बीमा नगरेका बिरामीको सिटी स्क्यान गर्न भने जुनसुकै अस्पतालबाट भए पनि सिटी स्क्यान गरेर ल्याउन आग्रह गरिएको डा. खत्रीले बताए।, ‘सिटी स्क्यान आवश्यक पर्यो भने हामी बिरामीलाई अनुरोध गर्छौं,’ उनले भने, ‘बीमा गरेका बिरामीको मणिपाल र गण्डकीमा नि:शुल्क हुन्छ, अरू बिरामीले आफूखुसी अस्पताल पुगेर सिटी स्क्यान गरेर ल्याउनुहुन्छ।’, प्रदेशकै ठूलो अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा रेडियो डायग्नोसिस विषयमा एमडी अध्ययन गर्दै गरेका विद्यार्थी समेत मर्कामा परेका छन्।, उक्त विषय अध्ययन गर्दा सिटी स्क्यान मेसिन अनिवार्य आवश्यक रहेको अस्पतालका डाक्टर बताउँछन्।, रेडियो डायग्नोसिस विषय पढाइ सुरू भएको एक वर्ष बितिसक्दा समेत अझै आवश्यक उपकरण उपलब्ध नभएको एक विद्यार्थी डाक्टरले बताए। , रेडियो डायग्नोसिस पढ्न सिटी स्क्यान मेसिनसँगै एमआरआई र भिडिओ एक्स–रे आवश्यक पर्छ। अस्पतालमा अहिले एमआरआई र भिडिओ एक्स–रे मेसिन भने सञ्चालनमा छ।, सिटी स्क्यान मेसिन नहुँदा बिरामी र विद्यार्थी मर्कामा परेका हुन्।, अस्पतालमा नयाँ सिटी स्क्यान मेसिन खरिद अघिल्ला वर्षमा बजेट अभाव भएको अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले बताए।, २ वर्षअघि नै सिटी स्क्यान मेसिन किन्न सरकारसँग बजेट माग गर्दा ६ करोड रुपैयाँ प्राप्त भएको उनले बताए।, उक्त रकम सिटी स्क्यान मेसिन किन्न अपुग भएको डा. खत्रीको भनाइ छ। , सरकारले गत वर्ष थप ३ करोड बजेट दिएपछि अहिले सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढेको छ।, सिटी स्क्यान मेसिन किन्न ७ करोड रुपैयाँमा टेण्डर सम्झौता भइसकेको छ। गत असारमै तीन महिनाभित्र सिटी स्क्यान मेसिन ल्याउने शर्तमा फिलिक्स कम्पनीसँग सम्झौता गरिसकेको निर्देशक डा. खत्रीले बताए। , अस्पताल र फिलिक्स कम्पनीबीच सम्झौता भएको पनि करिब ५ महिना पुगेको छ। कम्पनीले अझै ३ महिना लाग्ने जनाउ दिएको छ।, अस्पताल निर्देशक डा. खत्रीका अनुसार सिटी स्क्यान मेसिन ल्याउन अस्पतालले कम्पनीलाई सम्झौता अनुसार भुक्तानी पनि दिएको छ।, ‘नेदरल्याण्डबाट मेसिन ल्याउँदा अनेक अड्चन देखिएको छ, कहीँ अझै बन्द छ,’ निर्देशक डा. खत्रीले भने, ‘कोरोना महामारी र अनेक कारणले गर्दा मेसिन ल्याउन कम्पनीले अझै ३ महिना लाग्छ भनेको छ।’,
गण्डकीकै ठूलो सरकारी अस्पतालमा छैन सिटी स्क्यान, अन्तै धाउँछन् बिरामी
|
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएको दाबी गरेको छ। मन्त्रालयले फाइजर खोप ढुक्क भएर लगाउन आग्रह पनि गरेको छ। , शुक्रबार स्वास्थ्य सेवा विभागले फाइजर खोपको अभियानबारे जानकारी दिन गरेको कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले खोप लगाउन आग्रह गरेका हुन्। , फाइजर खोपको अभियान यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै छ। खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिने पौडेलले बताए। , विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले दीर्घ रोगीलाई खोप लगाइसकेपछि बालबालिका लगाइने जानकारी दिए। उनका अनुसार बालबालिका लागि फाइजर खोप लगाउन ६० लाख मात्रा खरिद गरिने छ। पुसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि फाइजर खोप प्रदान गरिने उनले बताए। , नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइरज खोप उपलब्ध गराएको थियो। खोप लगाउन जाँदा दीर्घ रोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ। ,
‘फाइजर’ खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएको दाबी
|
रासस , महोत्तरीसहितका मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ। कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो। मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडवाडमा गनिन्छ।, पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ। पर्व विशेषमा आज महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा बिहानैदेखि युवापंक्ति सामूहिक भोजनको तयारीमा जुटेका छन्। यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ। पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र भोजमा पकाउने, खाने परम्परा छ। पर्व विशेषले अब चिसो मौसम छिप्पिदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार बर्दिबास नगरपालिका–२ का महेशकुमार झाले बताए।, पर्वमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिएका छन्। सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिता बढ्नु सकारात्मक भएको पाका मैथिल बताउँछन्। सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरता पाउनमा सहयोग हुने जिल्लाकै बलवा नगरपालिकाको बलवा बजारका बासिन्दा शिवनारायण झा बताउँछन्।, पर्व विशेषमा जिल्लाको बर्दिबास नगरक्षेत्रका कारेघोप्टे, माईस्थान, टुटेश्वर, राइमण्डल, कालापानी र गौरीडाँडा वनपार्क नजिकका वन क्षेत्रका अमलाका रुखका फेदमा एकाबिहानै कैयौँ वनभोजका टोली पुगेका छन्। खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा सुनिल दाहालको भनाइ छ।, मिथिलामा आजको दिनलाई कुष्माण्डा नवमीसमेत भनिने गरिएको छ। यसै तिथिमा द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई सम्हार गरेर कंश वध गर्नपूर्व मथुरा, बृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेका जनश्रुति रहेको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउँछन्।, कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने जनविश्वास छ। अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने मान्यता छ। इच्छित कामना पुरा हुने भएकाले यस पर्वलाई इच्छा नवमी र अमला (धातृ) को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको डा विमल बताउँछन्। अमला स्वस्थ्य खानाको वस्तु भएकाले यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले सुरु गरेका मैथिल युवा बताउँछन्।, ,
रुखको फेदमा खाना खाएर मिथिलामा अक्षय नवमी मनाइँदै
|
सेतोपाटी संवाददाता देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।, हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । , आज राति पनि प्रदेश नम्बर १ र प्रदेश नम्बर २ लगायत अन्य प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ।, दिनभर घाम लागे पनि बिहान-बेलुका जाडो बढेको महसुस भएको छ।, , यद्यपी तत्काललाई पानी पर्ने सम्भावना छैन।, वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ। महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरू हुन्छ।, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।, त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव ३ डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। ,
देशभर चिसो बढ्यो, सतर्कता अपनाऔं- मौसम पूर्वानुमान महाशाखा
|
सेतोपाटी संवाददाता ललितपुर महानगरले शहरी सुन्दरता बिगार्ने उद्देश्यले विभिन्न स्थानमा राखिएका ब्यानर, पोस्टर, पम्प्लेट टाँस्ने ३ दर्जन बढीलाई कारवाही गरेको छ।, कारबाहीबाट हालसम्म १ लाख भन्दा बढी रकम जरीवाना असुल गरिएको महानगरले जानकारी दिएको छ।, केही समयदेखि नै महानगरपालिकाले जथाभावी पोस्टर–पम्प्लेट नटाँस्नका लागि आग्रह गरे पनि अटेर गरी टाँस्नेलाई कारबाही गरिरहेको छ। , शिक्षण संस्था, सहकारी, इन्स्टिच्युट, कुकुर हराएको सूचना, सीपमूलक तथा व्यावसायिक तालीम दिने संस्था र वैदेशिक अध्ययनमा पठाउने संस्थाले यसप्रकारको प्रचार सामग्री वितरण गर्ने गरेको पाइएको छ।, महानगरको वातावरण विभागका अधिकारी र नगर प्रहरीको टोलीले अहिले नियमितरुपमा अनुगमन गरी कारबाहीको प्रक्रिया अघि बढाएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाथेछुले सेतोपाटीलाई जानकारी दिए।, अनुगमनका क्रममा पुल्चोक, जावलाखेल, ग्वार्को, लगनखेल, मंगलबजार क्षेत्रबाट पोस्टर टास्नेलाई नियन्त्रणमा लिएर जरीवाना तिराइएको हाछेथुले बताए।, टाँसिरहेका र टाँस्ने तयारीमा रहेका सबैलाई पक्राउ गरेर सम्झाउने तथा कारबाहीस्वरुप जरिवाना रकम असुल गरिएको नगर प्रहरीले जनाएको छ। , यस्तो कार्य गर्नेबाट महानगरले ५ हजारदेखि देखि १० हजारसम्म असुल गर्ने गरेको छ। , पछिल्लो समय महानगरका सडक सफा र चिटिक्क छन्। अनि छेउमा रहेका बिजुलीका पोलहरू हरियो रंगले रंगिएका छन्।,
महानगरले सूचना निकालेर कारबाही गर्न थालेपछि पछिल्लो समय पोष्टर पम्प्लेट टास्ने क्रम कम भएको महानगरपालिकाले जनाएको छ।, ‘हामीले पर्चा पम्प्लेट टाँस्नेलाई जरीवाना तिराएर कारबाही गर्न थालेपछि अहिले यो क्रम कम भएको छ’, नगर प्रहरी प्रमखु सिताराम हाथेछुले भने,‘आफ्नो नगर आफैं सफा गरौं भन्ने बुझाई नगरवासीमा भएको पाएको छु।’, ललितपुर महा–नगरपालिका प्रमुख चिरिबाबु महर्जनले पुराना विज्ञापन हटाएर रङरोगन कार्यक्रमको सुरूआत गर्दै सफा र सुन्दर महानगरको परिकल्पना गरेका हुन्।, महर्जनले पोलमा राखेका विभिन्न कम्पनीहरूका पोस्टर र विज्ञापन हटाएर हरियो रंग लगाउँदै ललितपुर नगर प्रहरीलाई यसको सम्पूर्ण सुरक्षा र कारबाहीको अख्तियारी दिएका थिए।, ‘सहरलाई पृथक देखाउन, हरियाली प्रवर्धनमा सहयोग पुर्याउन र पोलमा जथाभावी पम्प्लेट टाँस्न आउनेलाई झस्काउन यो काम गर्न लागेका हौं,’ महानगर प्रमुख महर्जनले भने, ‘महानगरको निर्णयलाई नटेर्नेमाथि कडा कारबाही गरिनेछ।’, महानगरपालिकाले ललितपुरका चक्रपथदेखि भित्री सडकको बीच र दायाँबायाँ रहेका बगैँचा सजाउनेदेखि बिजुलीका पोल सरसफाई अभियान पनि चलाइरहेको छ। , थापाथलीदेखि भैसेपाटी तथा बल्खुदेखि बालुमारीसम्मको सडक क्षेत्रका बगैँचा चिटिक्ट बनाउनुका साथै सडकमा रहेका बिजुलीका पोल, टेलिफोनका पोल तथा अन्य पोलहरू हरियो रंग पोतेर चिटिक्क बनाउन थालिएको हो।, घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बा (पोल) मा पम्प्लेट र पोष्टर टाँस्न नदिने गरि सडकलाई सफा र बगैंचालाई चिटिक्क बनाइराख्ने अभियानलाई तिब्रता दिएको छ।, चिटिक्क परेको महानगरमा शहरी सौन्दर्यमा असर पर्ने गरी विभिन्न प्रचार सामग्री टाँस्न र भित्तेलेखन गर्न नदिने नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।, हाछेथुका अनुसार यदि टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारवाही अघि बढाउने महानगरको तयारी छ। ‘पोस्टरमा टास्ने र टाँस्न लगाउनेहरुलाई नगरको नियम अनुसार कारवाही गछौं,’ उनले भने, ‘महानगर क्षेत्रलाई सुन्दर बनाउन अब हामी विशेष योजनाका साथमा आएका छौं।’, शहरभरि बिजुलीका पोल, पर्खाल, भित्ता, बार, बसपार्क, बस स्टपलगायतका सार्वजनिक स्थलभरि पोष्टर र पम्पेटको बिगबिगी हटाएको दाबी गर्दै उनले अब त्यसरी पोस्टर पम्प्लेट टाँसिएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिए।, यसअघि महानगरले महानगरपालिकाभित्र अव्यवस्थित मोटरसाइकल वर्कसप हटाउनुका साथै सडकका पेटीलाई व्यवस्थित बनाइसकेको छ।, त्यस्तै, नग्न तस्वीर राखिएका विज्ञापन र मादक पदार्थका होर्डिङ बोर्डलगायतले ऐतिहासिक संस्कृतिको थलो ललितपुर क्षेत्र कुरूप बनाएको भन्दै नगर प्रहरीले त्यस्ता बोर्डहरू हटाएर सफा बनाइसकेको छ।, यस्तै यसअघि विभिन्न कम्पनीको विज्ञापन राखेका ट्याक्सी चालकलाई ललितपुर महानगरपालिकाले नियन्त्रणमा लिएर करको दायरामा ल्याइसकेको छ।,
जथाभावी पोस्टर टाँसे कारबाही हुने
|
सेतोपाटी संवाददाता पाटन, मंगलबजारमा जारी आठदिने सांस्कृतिक उत्सव 'कात्तिक नाच' को तेस्रो दिन शुक्रबार 'बाथ: प्याखँ/कौला खिच' प्रदर्शन गरिएको छ।, यो नाचमा देखाइएको कथाअनुसार एक जना बाह्रमण दानमा पाएको बाख्रा लिएर आउँछन्। तीन जना मान्छे तीन ठाउँमा बसेर उनलाई 'यो त ब्राखा होइन कुकुर हो' भन्दै झुक्याउँछन्।, तीन जनाले पालैपालो कुकुर भनेपछि आफ्नो इज्जत घट्ने डरमा ती ब्राह्मणले त्यो बाख्रा त्यहीँ छाडेर हिँड्छन्।, 'कौला खिचा' अर्थात् साहु–महाजनको कुकुरले पनि बाख्राजस्तै कराउन जानेको हुन्छ भन्ने पुरानो भनाइ छ। यो नाटक त्यसैमा आधारित छ।, पहिले बाथः प्याखँअन्तर्गत लेवो लाइगु (नाठोको सुराक), चोले खुदाँ, दाँ खुँदा, भिन्द्यः पूजा (भीमसेन पूजा), माकः सि मीगु (कानमा लगाउने माकः सि गहना बेच्ने), खुसि छिकीगु (खोला तार्नु) र महामुर्ख नाटक देखाइन्थे। यसपटक दुइटा कथा मात्र देखाइएको छ।, मंगलबजारको कात्तिक डबलीमा बुधबारबाट प्रदर्शन भइरहेको कात्तिक नाच साढे तीन सय वर्षभन्दा पुरानो सांस्कृतिक उत्सव हो।, पाटनका राजा सिद्धिनरसिंहले नेपाल संवत् ७६१ मा कात्तिक नाच सुरू गरेका थिए। कृष्ण मन्दिरकै कात्तिक डबलीमा प्रत्येक दिन एक-एकवटा नयाँ लीला देखाउने गरी सातदिने कात्तिक नाच नचाउने परम्परा उनले बसालेका थिए। सुरदास, सुदामाका नृत्य नाटिका, वराह अवतार र नरसिंह अवतारका शास्त्रीय नृत्यहरू त्यही समयमा सिर्जना भएका हुन्।, विद्यामा दक्ष हरिवंश राजोपाध्याय र मन्त्रमा दक्ष विश्वनाथ राजोपाध्याय राजा सिद्धिनरसिंहका गुरू थिए। उनै दुई गुरूको 'कात्तिक नाच' सिर्जनामा प्रमुख भूमिका थियो भन्ने कथन 'नृपविनोद काव्य' मा पाइन्छ।, नेपाल संवत् ७८७ मा राजा सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले यो नाचलाई सात दिनबाट दुई साताको बनाए। यसका लागि उनले बाथः प्याखँ (बाठा मान्छेका लोकनाटक) सिर्जना गरे। श्रीनिवास मल्लले स्वयं यले बाथः अर्थात् ललितपुरका बाठा मान्छे भएर अभिनय गरेको भनाइ छ।, नेपाल संवत् ८०४ मा राजा श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले कात्तिक नाचमा नयाँ कथाहरू थपेर नाचको दिन अझ बढाए। माधवानल ब्राह्मण, उषाहरण लगायत थपेर उनले कात्तिक महिनाभरि यो नाच नचाउने चलन चलाए। यसरी महिनाभरि मनाइने नाच भएकाले यसलाई 'कात्तिक नाच' भनियो।, राजाका पछिल्ला पुस्ताले नयाँ नयाँ कथा थपेर बढाउँदै लगेको नाचलाई अहिलेका मान्छेले भने वृद्धि गर्दै लग्न सकेका छैनन्। बरू भएका दिन पनि घटाउँदै जाने क्रम बढेको छ।, २००७ सालअघिसम्म यो नाच छेभडेल अड्डाबाट सञ्चालन हुने गर्थ्यो। यसमा भाग लिने सहभागीहरू (गायक, वाद्यवादक, नृत्य र नाटक कलाकार) को संख्या २ सय ८० सम्म पुगेको थियो। पछिल्लो समय नाचको परम्परा वराह अवतार र नरसिंह अवतारको शास्त्रीय नृत्य प्रदर्शनमा मात्र सीमित छ।, कात्तिक नाच हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिबाट सुरू हुन्छ। पछिल्लोपटक यो नाच प्रदर्शन हुँदा कोरोना कारण दुई दिन मात्र देखाइएको थियो। यस वर्ष आठ दिन देखाइने जानकारी कात्तिक नाच प्रबन्ध समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले दिए।, आठ दिनसम्म देखाउन लागिएको कात्तिक नाचमा विभिन्न कथा हेर्न पाइन्छ।, पहिलो दिन कात्तिक २४ गते 'सुदामा प्याखँ' देखाइएको थियो। यो नाचमा भगवान कृष्ण र उनका साथी सुदामाको कथा देखाइयो। सुदामा गरिब भए पनि भगवान कृष्णसँग उनको घनिष्ठ मित्रता हुन्छ। दुवैको प्रेमपूर्ण सम्बन्ध यो नाचमा देखाइन्छ।, बाल्यकालदेखिको साथी भए पनि सुदामा जवान हुँदै जाँदा लोभी हुँदै जान्छन्। मान्छे लोभी हुँदै गयो भने दरिद्रता पनि भोग्नुपर्छ भन्ने सन्देश यो नाचले दिन्छ।, दोस्रो दिन 'बाथ: प्याखँ/च्वले खुदाँ दाँ खुँदा' देखाइयो। यसमा एक जना महिला बाख्रा बेचिरहेकी हुन्छिन्। सानो बाख्राको मूल्य ६ दाम र ठूलोको १२ दाम हुन्छ। एक जना चलाख मान्छे आएर १२ दामको ठूलो बाख्रालाई ६ दाममा कसरी लैजान्छ भन्ने कथा यो नाचमा छ।, अब बाँकी पाँच दिनमा देखाइने नाचहरू यस्ता छन्:, कात्तिक २७ गते – युद्ध कला, यो नाचअन्तर्गत शितज्वर र विष्मज्वर अनि महादेव र कृष्णबीचको युद्ध देखाइन्छ। युद्धका विभिन्न कला देखाइने यो नाटकमा संवाद कम छन्।, कात्तिक २८ गते – देवी प्याखँ, सुरूमा खाली डबलीमा नाट्यश्वर आह्वान गरेर बाजा बजाइन्छ। अनि देउला (माछा मार्ने नाच) नचाइन्छ र ख्या (नाचको पात्र) नचाइन्छ। त्यसपछि कंकाल अनि भैरव, कुमारी र महालक्ष्मीहरूले नृत्य देखाउँछन्। उनीहरूको पूजा पनि गरिन्छ।, कात्तिक २९ गते – जल शयण, नारायण र कैदव (जलबाट उत्पन्न भएको) बीचको युद्ध यो नाचमा देखाइन्छ। कमलमा आरामले बसिरहेका ब्रह्मालाई कैदवले सास्ती दिन आएका हुन्छन्। यो देखेर सुतिरहेका नारायण उनीसँग युद्ध लड्छन्।, कात्तिक ३० गते – वराह अवतार – हिरण्यकश्यप वध,
यज्ञ गरिरहेको बेला वराह अवतारमा भगवान इन्द्र आएर हिरण्यकश्यपलाई लात्ताले हान्छन्। यज्ञ भंग गर्छन्। उनीहरूबीच झगडा हुन्छ। वराहले हिरण्यकश्यपलाई हराउँछन्। हिरण्यकश्यप भागेर जान्छन्।, मंसिर १ गते – नरसिंह अवतार – हिरण्यकश्यप वध, हिरण्यकश्यपका दाइ हिरण्याक्षलाई विष्णुको अवतार वराहले मारेको हुन्छ। यो नाचमा विष्णुकै अर्को अवतार नरसिंहले हिरण्यकश्यपको निर्ममतापूर्वक वध गर्छन्।, यो नाचमा हिरण्यकश्यप बनेका व्यक्ति साँच्चिकै बेहोस हुन्छन् भनिन्छ। उनलाई गुठीयारहरू आफूले लगाइरहेको टोपी र जुत्ता फुकालेर साँच्चैको मलामीजसरी कुरेर बस्छन्। उनलाई चोखो पानी पिलाएर मन्त्रद्वारा ब्यूँझाइन्छ।, कात्तिक नाचभरमा सबभन्दा लोकप्रिय यो नाचको अवधि निकै लामो हुन्छ। त्यही भएर मध्यरात पनि पर्न सक्छ।, यी नृत्यनाटक हरेक दिन बेलुकी ७ बजेदेखि मञ्चन हुन्छन्।, संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार हाँसो ठट्टाबाट सुरू हुने भए पनि यो एक दुखान्त नाटक हो। बाहिरका चर्चित दुखान्त नाटकले विश्वभर चर्चा कमाएको भए पनि यति सुन्दर नाटक विरलै बन्ने उनी बताउँछन्।, 'संसारमा अनेकन दुखान्त नाटकहरू मञ्चन भए र हुँदै जालान् तर नेपाली दुःखान्त नृत्यनाटकको परम्परामा ललितपुरमा प्रत्येक वर्ष मञ्चन हुँदै आएको यो नाटकजस्तो दुखान्त अन्यत्र पाउन दुर्लभ नै हुनेछ,' उनले आफ्नो किताबमा लेखेका छन्।,
बाख्रालाई कुकुर भन्दै झुक्याएपछि
|
रासस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ। प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिए। प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरुप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा थापाले बताए। , ‘प्रतिष्ठानको बहुप्रतिक्षित एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बिएनस, बिएमएस, बिपिएच र बिफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र भ्रमसहितका समाचार केही सञ्चारमाध्यममा आएको देखियो’, उनले भने, ‘प्रतिष्ठानको पूर्वनिर्धारित कार्यक्रमअनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ। जसअनुसार भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’ , यसका लागि चिकित्सा शिक्षा आयोगको यही कात्तिक २५ गतेको सूचनाअनुसार आउँदो मङ्सिर १९ गतेदेखि कक्षा सञ्चालन गर्न प्रतिष्ठान पूर्णरुपमा तयार रहेको बताउँदै उनले प्रतिष्ठानमा सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रममा कुनै पनि रोकावट नभएको र नहुने जानकारी दिनुभयो। , तीन दिन अघि उपकुलपति डा मङ्गल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज रोक्ने निर्णय गरेपछि कर्णालीमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन तथा पढाइ अन्योलमा भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएका थिए। सरकारले त्यसको एक दिनपछि अर्थात् बिहीवार प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापालाई निमित्त उपकुलपति र प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई निमित्त रजिष्ट्रारको जिम्मा दिएको थियो। , नयाँ जिम्मेवारी पाएका निमित्त उपकुलपति डा थापा र निमित्त रजिष्ट्रार शाही, नर्सिङ डीन सरस्वती गौतम, जनस्वास्थ्य डीन मुनिराज क्षेत्रीसहितका पदाधिकारीले शुक्रबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी प्रतिष्ठानका कुनै पनि काम नरोकिएका र नरोकिने भन्दै प्रष्टीकरण दिएका थिए।, निमित्त उपकुलपति डा थापाका अनुसार एमबीबीएस २० सीटमध्ये १५ जना भर्ना भइसकेको र पाँच सिट प्रक्रियामा छन्। एमबीबीएस २० सीटसहित अन्य ९० वटा सिटमा ६० सीट भर्ना भइसकेका छन्।,
कर्णाली प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ
|
रासस , प्रदेश २ को मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयको स्नातक तहको पठन पाठन गर्ने तयारी पूरा गरेको छ ।, प्रतिष्ठानका उपकुलपति डा राम केवल साहले गत वर्ष फागुन २५ गते स्थापना भएको प्रतिष्ठानले पहिलो चरणमा ल्याबतर्फको जनशक्ति उत्पादन गर्नका लागि बीएमएल, नर्सिङतर्फको बीएस्सी नर्सिङ तथा पब्लिक हेल्थतर्फ बीपीएचको पठनपाठन एक दुई दिनमा सुरु गर्ने तयारी गरेको जानकारी दिए । , सबै विषयको अध्ययन अध्यापनका लागि विद्यार्थी भर्ना तथा पाठ्यक्रमको निर्माण गर्ने काम भइसकेको उपकुलपति डा साहले बताए । जनकपुरधामको मणिपाल शिक्षण कलेजलाई नै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन अध्यापन गर्ने थलो बनाइएको छ । शिक्षण अस्पतालको रुपमा प्रादेशिक अस्पताल जनकपुरधामको सेवा विस्तार गर्ने गरी प्रतिष्ठानले काम अगाडि बढाएको छ । पहिलोपटक स्नातक तहका तीनवटा विषयको अध्यापन अनुमति प्रतिष्ठानले प्राप्त गरेको छ । जसअन्तर्गत नर्सिङ, पब्लिक हेल्थ तथा ल्याबतर्फका लागि २०÷२० वटा सिटमा भर्ना पनि भएको प्रतिष्ठानले जनाएको छ । तोकिएको शुल्कमा नबढ्ने गरी अध्ययन अध्यापन गराउने उपकुलपति डा राम केवल साहले बताए । निकट भविष्यमा नै एमडी तथा एमएसको स्वीकृति लिएर विशेषज्ञ चिकित्सक तयार पार्ने पक्षमा प्रतिष्ठान रहेको उपकुलपति डा साहले जनाए ।,
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहको पढाइको तयारी
|
डा.प्रमोद लामिछाने ‘नसा च्यापिएको’ बोलीचालीको भाषा हो। ढाडको नसा च्यापिएका बिरामीले यसको प्रयोग बढी गर्छन्। कोही नसा च्यापिएको, कोही नसा खप्टिएको भन्दै अस्पताल आइपुग्छन्, कोही बिरामी सियाटिका भयो भनेर पनि आउँछन्। बोलीचालीमा जे भने पनि यसले खासमा मेरूदण्डको नसालाई केही न केही दख्खल परेको बुझाउँछ। , ढाड दुख्ने, खुट्टाहरू झमझम गर्ने, पिडौंला दुख्ने समस्या लिएर धेरै बिरामी अस्पताल आउँछन्। हाडजोर्नी र नसा सम्बन्धी डाक्टरको ओपिडीमा सबैभन्दा बढी बिरामी आउने नै यी समस्याका हुन्। बुझ्दै नबुझेका बिरामी पनि ढाड दुख्यो भने नसा च्यापियो भन्दै आइपुग्छन्। , हात खुट्टा झमझम गर्ने, हिँड्दाखेरि ढाड, पिडौंला धेरै दुख्ने, खुट्टाका औंला लुला हुने, दिशा, पिसावमा समस्या आउने लक्षण यस रोगका बिरामीमा देखिन्छ। मानसिक रोगका बिरामीहरु पनि यस्तै लक्षण लिएर नसा च्यापियो भन्दै आउँछन्। तर उनीहरुको समस्या भने अर्कै हो। , साँच्चै नसा च्यापिएको रोग भनेको मेरूदण्डको हड्डीको बीचबाट गएका नसालाई हड्डी भाँचिएर, खिइएर, पलाएर, मेरूदण्डको वरिपरि ट्यूमर भएर, टिबीका कारण इन्फेक्सन भएर नसाको घर सानो हुने र सहायक नसाहरु च्यापिने समस्या हुन्छ। त्यसले नसाले सप्लाई गर्ने ठाउँमा असर पर्न जान्छ। यसो हुँदा कसैलाई सिस्नोले छोएको जस्तो अनुभव हुन्छ, कसैलाई छोएको पनि थाहा हुँदैन, कसैलाई अत्यधिक दुख्छ। त्यसपछि उनीहरु उपचारका लागि अस्पताल आइपुग्छन्। सामान्य झमझम गर्दैको अवस्थामा कम आउँछन्। , यो समस्या धेरै काम गर्ने मान्छेमा र बुढेसकालमा बढी हुन्छ। ३० देखि ६० वर्ष सम्मका बिरामी यो समस्या लिएर बढी आउने गरेका छन्। उनीहरु सामान्य काम गर्न लागेको ढाड सड्कियो भनेर पनि आउँछन्। धेरैजसो १-२ वर्ष अघिदेखि समस्या भएको भनेर आउँछन्। , यसको तीन स्टेज हुन्छ। स्टेज वान र टुलाई आराम, औषधि र राम्रो काउन्सिलिङले नै निको हुन्छ। उनीहरुले धैर्य गरे र डाक्टरको सल्लाह माने भने ठीक भइहाल्छ। ८० प्रतिशत भन्दा बढीलाई यसरी नै निको हुनेगरेको छ। कोहीलाई फिजियोथेरापी पनि चाहिन सक्छ।, स्टेज थ्री भनेको धेरै समस्या भइसकेको अवस्था हो। यो अवस्थामा बिरामीलाई हलचल गर्नै गाह्रो हुन्छ। नसालाई दीर्घकालीन समस्या गर्ला जस्तो भयो भने अप्रेसन गर्नुपर्ने हुन्छ। त्यो पनि अप्रेसन गरेपछि त निको भइहाल्छ। , स्टेज थ्रीमा पुग्दा पनि हेल्चेक्र्याँई गर्दा स्थायीरुपमै नसाले काम नगर्ने अवस्था आउनसक्छ। सँधैभरी खुट्टा नचल्ने, प्यारालाइसिस हुने सम्भावना पनि हुन्छ। , पहिलो स्टेजकै बिरामीलाई एमआरआई गर्न लगाएर खर्च गराउने चलन पनि छ तर रोगको पहिचानका लागि सिधै एमआरआई गर्नुपर्दैन। अन्य परीक्षणबाट पनि रोग पहिचान गर्न सकिन्छ। जटिल अवस्थाका बिरामीलाई मात्र यसको आवश्यकता पर्छ। पहिचानमा १५-२० हजार रूपैयाँसम्म खर्च हुन्छ। अप्रेसनमा ३० हजारदेखि डेढ लाख रुपैयाँसम्म लाग्न सक्छ। , यसको अप्रेसन जटिल प्रकारको उपचार हो। बिरामीलाई रोगको गम्भीर्यता थाहा हुँदैन। कतिपय त बुझाउँदा पनि डराउँछन्। नसाको अप्रेसन गर्दा जोखिम हुन्छ भनेर हच्किन्छन्। परिवारलाई राम्रोसँग बुझाइदियो भने बल्ल बिरामी तयार हुन्छन्। , यो रोग लाग्न नदिन काम गर्ने क्रममा ढाडलाई जोगाउनुपर्छ। ढाडलाई लोड हुने काम सकेसम्म नगर्ने, बस्दाखेरि सिधा पोजिसनमा बस्ने गर्नुपर्छ। तर भुईँमा खसेको लुगा खस्दा पनि सड्किन सक्छ, हरेक काम गर्दा ढाडलाई ध्यानमा राखेर गरियो भने समस्या आउँदैन। , नसा च्यापिने समस्याबारे हामीले चितवनको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरका कार्यकारी अध्यक्ष रहेका अर्थोपेडिक्स सर्जन डा.प्रमोद लामिछानेसँग राजेश घिमिरेले गरेको भिडिओ कुराकानी :,
धैर्य गरेर डाक्टरको सल्लाह माने नसा च्यापिने रोग निको हुन्छ (भिडिओ)
|
सेतोपाटी संवाददाता बुढानिलकण्ठ नगरपालिका-११ पौटार गैरीगाउँबाट १६ जना जुवाडै पक्राउ परेका छन्।, महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले शुक्रबार मध्यराति प्रहरीले ५ लाख ११ हजार ५०० सहित उनीहरूलाई पक्राउ गरेको हो।, सुमन खड्काले जग्गा भाडामा लिएर टहरा बनाएको ठाउँमा जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीसहितलाई पक्राउ गरेको हो।, खड्काले तरकारी खेतीका लागि टहरा बनाएको ठाउँमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो।, पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका-११ का गणेश उप्रेती, कुमार केसी, मिलन तामाङ, दिनेश पौडेल, सन्जिव खड्का, दामोदर पौडेल, मुकुन्द खड्का, राजु गिरी, विवेक कार्की, प्रल्हाद खड्का र कालीचरण चौधरी रहेका छन्।, उनीहरूको साथबाट १६ थान कौडासमेत बरामद भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।, पक्राउ परेकालाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको न्यौपानेले बताए। ,
बुढानिलकण्ठबाट १६ जना जुवाडे पाँच लाखसहित पक्राउ
|
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले आज काठमाडौं उपत्यकाका विभिन्न पाँच ठाउँमा विद्युत कटौती गर्ने भएको छ। , नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै कीर्तिपुर, सुकेधारा, नागार्जुन, तारेभिर र मच्छेगाउँमा केहिबेर विद्युत अवरुद्ध हुने जनाएको हो।, प्राधिकरणका अनुसार कीर्तिपुर फिडर अन्तर्गत बल्खु, खसीबजार, टि.यु, चोभार, पाँगा, टौदह क्षेत्रमा दिउँसो १ बजेदेखि ५ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ।, यस्तै सुकेधारा फिडर अन्तर्गत मण्डिखाटार, एकतावस्ती, न्यु कोलोनीलगायतका क्षेत्रमा १२ बजेदेखि ५ बजेसम्म विद्युत अवरोध हुनेछ।, यस्तै नागार्जुन फिडर अन्तर्गत एम.टि.सि., ज्ञानमन्दिर, बोहोराटार, टौडोल, रानीवन प्लानिङ, खरिबोट, जनजागृति, नर्सिङ क्याम्पस, कृष्ण मन्दिर, नर्सरीचोकलगायत क्षेत्रमा ११ बजेदेखि १ बजेसम्म बत्ति जाने भएको छ।, यस्तै तारेभिर फिडर अन्तर्गत चपली, रुद्रेश्वर, देउवाचोक, नारायणथान, मुहानपोखरी, गैह्रीगाउँ, चिसिनीलगायत क्षेत्रमा ११ बजेदेखि ४ बजेसम्म बत्ती जाने भएको छ।, यस्तै मच्छेगाउँ फिडर अन्तर्गत खुशीखुशी चोक, मच्छेगाउँ, टौखेल, चम्पादेवी बसपार्क, पुष्पलाल पार्क, दुधपोखरी, ढाल्पा, भत्क्यापाटी, राराहिल तथा नगाउलगायतमा बिहान साढे १० बजेदेखि ५ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ। , विद्युत मर्मतको काम गर्नु पर्ने भएकाले केहीबेर विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ।,
आज काठमाडौंका पाँच ठाउँमा विद्युत कटौती
|
दिपकजंग शाही दसैंको रौनक भर्खर सकिँदै थियो। दसैं बिदामा बन्द भएका स्कुल खुलेका थिएनन्।, सल्यानको कुमाख गाउँपालिका-५ तिमिलेका १३ वर्षीय दिलाराम खड्का सामान्य घरायसी कामबाहेकको दैनिकी खेलेरै बिताइरहेका थिए।, कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि स्कुल खुल्ने भएकाले दिलारामले पूर्णिमाको दिन आफ्नो गृहकार्य पूरा भए-नभएको जाँच गर्ने योजना बनाएका थिए।, त्यसको अघिल्लो रात दिलाराम, उनकी बहिनी, आमा र बुवा एकै कोठामा सुते। घरमा भएका उनका अरू दुई भाइ अर्को कोठामा सुते।, त्यसैरात १० बजेतिर दिलारामले आफ्नी आमामाथि भएको अप्रिय घटना प्रत्यक्ष देख्नुपर्यो। उनका बुवाले सुतिरहेकी आमामाथि बसिला प्रहार गरेका थिए।, आमा छट्पटाइरहेको र बुवा कराइरहेको थाहा पाएपछि ब्युँझिएका उनले अत्तालिँदै प्रहरीलाई फोन गरे। नजिकैका फुपाजू नाता पर्ने झुपलाल गिरीलाई पनि उनले बोलाए। सुरूमा गिरी पुगे।, ‘आमालाई चोट लागेको थाहा पाएपछि सुरूमा प्रहरीलाई फोन गरें, आफन्तलाई पनि बोलाएँ,’ दिलारामले भने, ‘पहिला फुपाजूहरू आउनुभयो, केही घण्टापछि प्रहरी आयो।’, प्रहरी आइपुग्दासम्म उनकी आमाको मृत्यु भइसकेको थियो।, दिलारामका ४७ वर्षीय कविराजले कात्तिक २ गते आफ्नी श्रीमती ४२ वर्षीया श्रीमती कली खड्काको हत्या गरेका थिए।, त्यस दिन कविराजले मादक पदार्थ सेवन गरेका थिए। उनले आफ्नी श्रीमतिको टाउकोमा बसिला प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएको थियो।, आमाको मृत्युपछि दिलारामका बुवा कविराज श्रीमतीको हत्या अभियोगमा प्रहरी हिरासतमा छन्।, घरमा भएका दिलारामसहित चार भाइबहिनीहरुको भने बिचल्ली छ। दिलारामसँग भाइबहिनीहरू १० वर्षीया चन्द्रकला खड्का, ८ वर्षीय रमेश र ४ वर्षीय रिमबहादुर छन्।, दिलारामका जम्मा सात भाइबहिनी हुन्। उनीभन्दा अगाडिका तीन जना दिदीहरू अनिता, गीता र झरनाको विवाह भइसकेको छ। जसमध्ये एक जना दिदीको परिवार नै भारतमा बस्ने गरेको छ।, ‘बाबुआमा नभएपछि घरमा भएका बच्चाबच्चीको बिचल्ली छ, हामीले गाउँबाट अन्नपात र खर्च उठाएर उनीहरूको छाक टार्ने व्यवस्था गरिरहेका छौं,’ दिलारामका फुपाजू झुपलालले भने, ‘सुरूमा काजकिरिया खर्च पनि ३५ हजारजति गाउँले मिलेर उठाएका थियौं, अब यसरी कति दिन सकिएला र!’, दिलाराम गाउँको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्छन्। उनीभन्दा पछाडिकी बहिनी चन्द्रकला कक्षा ५ मा पढ्छिन्। भाइहरूमध्ये रमेश ३ कक्षामा पढ्छन् भने रिमबहादुर बाल कक्षामा पढ्छन्। उनीहरू बालकल्याण आधारभूत विद्यालयमा पढ्छन्।, सधैं कक्षामा प्रथम हुने दिलारामलाई अब आफू र भाइबहिनीको पढाइ छुट्ने डर छ। ‘पहिला बुवाआमा हुँदाको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ,’ उनले भने, ‘अहिले पनि कहिलेकाहीँ स्कुल त जान्छौं, पहिलेको जस्तो पढ्न जाँगर नै लाग्दैन।’, दिलाराम मात्र होइन, उनका अरू भाइबहिनी पनि पढाइमा उत्तिकै अगाडि छन्। उनीहरू पनि कक्षामा प्रथम हुने गरेको झुपलालले बताए।, उनीहरूको तीन रोपनी जग्गा र चार कोठा भएको एक घर छ। जग्गाबाट भएको उत्पादनले तीन महिना टार्न पनि मुस्किल हुन्छ।, नाजुक अवस्थाको परिवारमा हुर्किरहेका दिलाराम र भाइबहिनी सहयोगको पर्खाइमा छन्। गाउँलेले पनि उनीहरूलाई आवासीय रूपमा पढाइदिने परोपकारी संस्थाको खोजी गरिरहेका छन्।, ‘बिहान–बेलुकाको छाक टार्न हामीले खानेकुरा सहयोग उठाएर पुर्याउने गरेका छौं, कहिलेकाहीँ दिदीभिनाजू आएर पनि उनीहरूलाई भेट्ने गर्छन्,’ दिलारामका छिमेकी चित्रपकाश गिरीले भने, ‘यही अवस्थामा उनीहरू दुखः पाइरहन्छन्, पढाइ पनि हुँदैन। त्यही भएर कोहीले संघ-संस्थाको सहयोग खोजिरहेका छौं।’, उनीहरूलाई आवासीय रुपमा पढाईदिन केही संघ-संस्थालाई आग्रह गरे पनि सफल नभएको अर्का छिमेकी युवराज खड्काले बताए। उनका अनुसार उनीहरूको तत्काल समस्या टार्नका लागि सहयोग रकम पनि संकलन गर्ने काम भइरहेको छ।, उनका अनुसार हालसम्म डेढ लाख रुपैयाँ जति सहयोग जुटेको छ। ‘हामीले गरेको पहल अनुसार केही व्यक्तिहरूले सहयोग रकम दिइरहनुभएको छ,’ खड्काले भने, ‘तर उनीहरुको भविष्यको लागि भने पढाइ नै महत्वपूर्ण भएकाले संघ-संस्थालाई आग्रह गरिरहेका छौं।’, दिलारामका बुवा कविराज घर बनाउने मिस्त्री थिए। घटना हुनुअघिसम्म कविराज र कलीबीच खासै ठूलो झगडा नभएको छिमेकी झुपलाल गिरीले बताए।, प्रहरीका अनुसार भने घटना हुनु केही घण्टाअघि श्रीमान, श्रीमतीबीच समान्य विवाद भएको थियो।, ‘उनी रक्सी खान्थे, खाए पनि त्यति उपद्रो गर्थेनन्,’ गिरीले भने, ‘कहिलेकाहीँ बिरामी छु पैसा देऊ भनेर श्रीमतीलाई कचकच भने गर्थे, यस्तो अवस्थामा हामीले नसोचेकै घटना भयो।’, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार कविराज अहिले प्रहरी हिरासतमा छन्। उनको मुद्दाको अनुसन्धान प्रतिवेदन बिहीबार सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा पठाइएको छ।, कविराज घटना भएको भोलिपल्ट कात्तिक ३ गते पक्राउ परेका थिए।,
कक्षामा सधैं प्रथम हुने दिलारामलाई अब आफू र भाइबहिनीको पढाइ छुट्ने डर
|
सेतोपाटी संवाददाता प्रहरीले कटुवा पेस्तोलसहित बाराबाट एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा महागढीमाई नगरपालिका-५ का ३५ वर्षीय मनोजप्रसाद जैसवाल रहेका छन्।, उनलाई प्रहरीले बिहीबार राति खोपवा बजारबाट पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।, उनको साथबाट पेस्तोलसँगै एक राउन्ड गोली पनि बरामद भएको मिश्रले बताए।, बारागढी गाउँपालिका-३ स्थित खोपवा बजारमा झगडा भइरहेको स्थानबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो।, प्रदेश-३-०२-०१०प ७१२३ नम्बरको मोटरसाइकलमा बसिरहेका जैसवालको तलासी लिँदा कम्मरबाट पेस्तोल बरामद भएको मिश्रले बताए।, प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। ,
कटुवा पेस्तोलसहित बाराबाट एक पक्राउ
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.