content
stringlengths 20
64.1k
⌀ |
|---|
सेतोपाटी संवाददाता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ।, परिषद्का अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको हो।, परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सिटिइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले जानकारी दिए।, आफ्नै १०० शय्याको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ।, ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय भएको काफ्लेले बताए।, परिषद्तहका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन्। ती २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा आङ्गिक कलेज हुन्। रासस, सम्बन्धित समाचार :, सिटिइभिटी र पूर्वाञ्चल विश्वविद्यालयका सय बढी नर्सिङ कलेज बन्द हुने अवस्थामा,
आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने
|
राजु अधिकारी फजुल खर्च र आर्थिक अपारदर्शीताले बदनाम बनेका स्थानीय सरकारले अनियमित रूपमा खर्च गर्ने, जथाभावी कर्मचारी नियुक्ति गर्ने क्रमलाई तीव्र पारेका छन्।, पाँच वर्षे कार्यकालको अन्तिम वर्ष चलिरहँदा प्रदेश १ का विभिन्न स्थानीय सरकारहरूले कानुन मिचेर कार्यकर्ता भर्ती तीव्र पारेका छन्। जनप्रतिनिधिले आफ्नो कार्यकाल सकिनै लाग्दा विभिन्न शीर्षकमा जथाभावी खर्च गर्ने क्रम पनि तीव्र बनाएका छन्।, महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०७८ को वार्षिक (५८ औं) प्रतिवेदनका अनुसार प्रदेश १ का स्थानीय सरकारहरूले अनियमित र फजुल खर्चलाई निरन्तरता दिएका छन्। कानुनले रोकेका खर्चसमेत गरेको पाइएको महालेखा प्रतिवेदनमा उल्लेख छ।, महालेखाले आर्थिक वर्ष २०७६०७७ को अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो। जसमा झापाको मेचीनगरदेखि सुनसरीको इटहरी उपमहानगरसम्म, मोरङको विराटनगर महानगरदेखि कानेपोखरी गाउँपालिकासम्मले अनियमित खर्च, नियम मिचेर कर्मचारी र सल्लाहकार नियुक्ति तीव्र पारेका हुन्।, मेचीनगरदेखि इटहरीसम्म देखिएको समानता के छ भने ती स्थानीय सरकारले कानुनी सल्लाहकारका नाममा आफू निकट कानुन व्यवसायी राखेर वार्षिक लाखौं रकम निकासा गरिरहेका छन्।, विराटनगर महानगरपालिकाले कानुनमा भएको व्यवस्था उल्लंघन गर्दै छ जना कर्मचारीलाई अस्थायी नियुक्ति दिएको छ। सरकारी सेवामा अस्थायी कर्मचारी राख्न नपाउने व्यवस्था छ। महानगरले १९५ जना कर्मचारी करारमा नियुक्त गरी नियमित पारिश्रमिक र विभिन्न सेवा सुविधा भुक्तानी गरेकोमा पनि महालेखाले अहसमति जनाएको छ।, त्यसरी नियुक्त कर्मचारीलाई ६ करोड ८८ लाख ८४ हजार ३६५ रुपैयाँ अनियमित रुपमा खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। महानगरले करार र अस्थायी कर्मचारी पदपूर्ति गर्दा पनि दरबन्दीभन्दा बाहिर हुनेगरी नियम विपरीत ६० कर्मचारी नियुक्त गरेको जनाएको छ। अनियमित नियुक्तिका कारण महानगरले २ करोड ४१ लाख ८६ हजार ६३० रुपैयाँ नोक्सानी व्यहोरेको महालेखाले आफ्नो प्रतिवेदनमा जनाएको छ।, महालेखाको अघिल्लो प्रतिवेदनले आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएको भए पनि महानगरले बेवास्ता गरेको भन्दै पुनः सचेत गराएको छ। महानगरले आवश्यक नियम कानुन निर्माण नगरी कानुन विपरीत कर्मचारी नियुक्ति, सेवा सुविधा वितरण, अतिरिक्त सुविधा भुक्तानी, स्तरवृद्धि गर्ने जस्ता कार्य गरेको र त्यसबाट अराजकता बढ्नुको साथै ठूलो व्ययभार सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ।, महानगरले ९२ जनालाई ज्यालादारी कर्मचारी नियुक्त गरी तलब सुविधा दिइरहेको भन्दै महालेखाले त्यसबाट पनि महानगरमा नियमित व्ययभार थपिएको जनाएको छ। अस्थायी तथा ज्यालादारी कर्मचारीहरुको तलबबाट १० प्रतिशत रकम कट्टा गरेर त्यसमा सोही बराबरको रकम थपेर जम्मा गर्ने गरेको समेत पाइएको छ। करारका कर्मचारीहरूलाई यस प्रकारको सुविधा दिने विषय संघीय र प्रदेश कानुन विपरीत रहेको र त्यसबाट महानगरपालिकालाई आर्थिक वर्ष २०७६/७७ मा मात्र २२ लाख ९ हजार ४८४ रुपैयाँ व्ययभार थपिएको उल्लेख छ।, अर्कातिर गाउँपालिकाहरूले पनि जथाभावी नियुक्ति र खर्च तीव्र पारेको प्रतिवेदनले औंल्याएको छ। मोरङको कानेपोखरी गाउँपालिकाले एक वर्षमा कानुन विपरीत ५६ जना कर्मचारी कर्मचारी नियुक्त गरेको छ। निजी सचिव र कानुनी सल्लाहकार पनि नियम विपरीत राखेको महालेखा प्रतिवेदनमा उल्लेख छ।, कानेपोखरी गाउँपालिकाले नियुक्त गरेका कर्मचारीलाई मात्रै १ करोड ४२ लाख २८ हजार ७ सय रुपैयाँ भुक्तानी गर्नु नियमसंगत नभएको महालेखाले उल्लेख गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सिर्जना गर्न नसकिने अवस्था छ। यस्तै, थप विभिन्न ६ पदमा ७ जना करार कर्मचारी नियुक्ति गरी वर्षभरिमा २५ लाख ५० हजार ५ सय ३० रुपैयाँ अनियमित भुक्तानी गरेको पनि महालेखाले उल्लेख गरेको छ।, सोही ऐनको दफा ८३ (८) बमोजिम नगर प्रहरी, सवारी चालक, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली, बगैंचेलगायतका पदमा मात्र करारबाट सेवा लिन सकिने व्यवस्था गरेको छ। उक्त नियुक्ति कानुन विपरीत रहेको प्रतिवेदनमा किटान गरिएको छ। गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले कानुनमा उल्लेख नै नभएका सल्लाहकार नियुक्त गरेको पनि खुलेको छ।, गाउँपालिकाले ऐनमा निजी सचिवको सुविधा सम्बन्धी व्यवस्था रहेको छैन। तर, काफ्लेले निजी सचिवका लागि ३ लाख ७६ हजार ६ सय रुपैयाँ खर्च गरेको र आन्तरिक आय र कार्यबोझको विश्लेषण नगरेको प्रतिवेदनमा उल्लेख छ।, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा गाउँ तथा नगरसभाका सदस्यहरूले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ मा कानुनी सल्लाहकार नियुक्ति सम्बन्धी व्यवस्था गरेको छैन। तर, गाउँपालिकाले राजेश सुब्बालाई कानुनी सल्लाहकार नियुक्ति गरी मासिक ३५ हजार २ सय ९५ रुपैयाँका दरले रकम भुक्तानी गर्नेगरी सम्झौता गरेको छ। , कात्तिकदेखि असार मसान्तसम्ममा २ लाख ७० हजार ७ रुपैयाँ भुक्तानी भएको रकम नियमसंगत नदेखिएको पनि महालेखाले ठहर गरेको छ। उक्त रकम फिर्ता गराउनुपर्ने महालेखाको सुझाव छ।, झापाको मेचीनगरको हकमा पनि उस्तै राय महालेखाले दिएको छ। पदम डाँगीलाई नियम विपरीत ३ लाखभन्दा बढी रकम भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ। सुनसरीको इटहरी उपमहानगरले पनि कानुनी सल्लाहकारका नाममा २ लाखभन्दा बढी रकम जथाभावी खर्च गरेको प्रतिवेदनमा उल्लेख छ।, स्थानीय तहका जनप्रतिनिधिले गरेको आश्चर्यजनक काम पनि कम छैन। उनीहरूले गरिबहरूको स्वास्थोपचार सहयोगको सिफारिस गर्न बसेको बैठकको पनि भत्ता लिएको पाइएको छ। कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले लगायतले नियमविपरीत त्यसरी भत्ता बुझेको महालेखाले उल्लेख गरेको छ। त्यस्तो भत्ता अध्यक्ष काफ्ले, उपाध्यक्ष राजमति इङ्नाम , तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले पनि बुझेका छन्।, गाउँ तथा नगरसभाका सदस्यहरूले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा ४ मा विषयगत समितिको हकमा जतिसुकै पटक बैठक बसेपनि बैठकमा उपस्थित सदस्यले एक महिनामा एउटा बैठकको मात्र बैठक भत्ता पाउने व्यवस्था छ। ‘कार्यालयले औषधी उपचार सिफारिस समितिको बैठक भत्तावापत पदाधिकारी तथा कर्मचारीलाई समेत भत्ता भुक्तानी गरेको कानुनमा भएको व्यवस्था विपरीत पटक-पटक भुक्तानी बैठक भत्ता असुल उपर गर्नुपर्ने १ लाख ७ हजार ६ सय ५० रुपैयाँ रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ।, जसमा अध्यक्ष काफ्लेले गैरकानुनी रुपमा ३९ वटा बैठकको ३३ हजार १ सय ५० रुपैयाँ भत्ता लिएका छन् भने उपाध्यक्ष राजमति इङ्नामले ४ वटा बैठकको ३ हजार ४ सय रुपैयाँ, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले २५ वटा बैठकको २१ हजार २ सय ५० रुपैयाँ र स्वास्थ्य सहसंयोजक रोहणी राजभण्डारीले ३३ वटा बैठकको २८ हजार ५० रुपैयाँ लिएका छन्। अन्य कर्मचारीले पनि यसरी भत्ता बुझेका छन्।, महालेखाले स्वकीय सचिव र सल्लाहकार राख्ने व्यवस्था स्थानीय तहहरूलाई कानुनले नदिएको भन्दै महानगरदेखि गाउँपालिकासम्मले त्यस विषयलाई पनि उल्लंघन गरेको जनाएको छ।,
गरिबको उपचार सहयोग गर्न बैठक बस्दा पनि भत्ता बुझे जनप्रतिनिधिले
|
रासस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्कघातका कारण आज निधन भएको छ।, उनलाई मस्तिष्कघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए। , मन्त्रालयका निमित्त सचिव डा हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जली र शोककुल परिवारमा समवेदना व्यक्त गरे। , अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। ,
रहेनन् उपसचिव ढुण्डीराज अर्याल
|
सेतोपाटी संवाददाता रत्ननगर इलाका प्रहरी कार्यालयले शनिबार एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ।, रत्ननगर नगरपालिका-१४ शान्ति चोकबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।, प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीयवासी विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेस बरामद गरिएको थियो।, पन्तको घरलाई वडा नम्बर १५ निवासी उद्धव अधिकारीले गोदामका रुपमा प्रयोग गर्दै आएका थिए।, गोदामबाट ३२ वटा कार्टुनमा १९२ वटा चेवनपरासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरिएको थियो। उक्त घटनामा संलग्न अन्यको खोजी भइरहेको जनाइएको छ। रासस,
चरेसको गोदाममा प्रहरीको छापा, तीन जना पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ११८ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९, ललितपुरमा ३३ र भक्तपुरमा ६ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १४४९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४६४, ललितपुरमा ५१२ र भक्तपुरमा ४७३ सक्रिय संक्रमित छन्।, नेपालमा थप २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ८ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार २२५ जनाको पिसिआर परीक्षण र ३०१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार २७८ जना सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ।, ४७८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।,
काठमाडौं उपत्यकामा ११८ संक्रमित, सक्रिय १४४९
|
रासस जुम्लाको गुठीचौर गाउँपालिकाले सौर्य ऊर्जाबाट बिजुली निकाल्ने भएको छ।, वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जाबाट बिजुली निकाल्न थालिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए।, उनले भने, 'वडाभित्र रहेका झण्डै दुई सय घरधुरीलाई बिजुलीको पहुँचमा ल्याउनका लागि सौर्य ऊर्जाबाट बिजुली बाल्न लागिएको हो।' , विगतदेखि नै यो वडा अन्धकार थियो। हुनेखानेले सोलार प्यानल जडान गरेर बिजुली बालिरहेका थिए।, विपन्न घरपरिवारले सल्लाको दियालोको भरमा उज्यालो पारेका छन्।, अन्धकारमा बस्न बाध्य यहाँका स्थानीयबासीले निकट भविष्यमै सौर्य ऊर्जाको बत्ती पाउने भएका छन्।, योसँगै सल्लाको दियालो बालेर उज्यालो गर्ने युगको अन्त्य हुने छ। कुनै पनि घर बिजुलीविहीन हुने छैनन्, सबै घरधुरीमा बिजुली पुर्याउन स्थानीय सरकार लागिपरेको छ।, गाउँ-गाउँमा सडक, घरघरमा बिजुली, एक घर- एक धाराको अवधारणा साकार पार्न लागिएकोे अध्यक्ष भण्डारीले बताए। , सौर्य ऊर्जाका लागि तीन करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको र यसबाट ५० वाटको बिजुली बत्ती बालिने छ।, गाउँपालिकाका कुनै पनि बस्ती बिजुलीविहीन नहुने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए। वर्षौंदेखिको बिजुली बाल्ने सपना पूरा हुने भएको छ।, बिजुली नहुँदा विद्यार्थी र ज्येष्ठ नागरिकलाई सास्ती हुने गरेको थियो। , गुठीचौरमा ‘होमस्टे’ , यहाँको गुठीचौर गाउँपालिकाभित्र ५३ होमस्टे सञ्चालनमा अएका छन्। सो गाउँपालिका–१ कोल्ते र चोत्रा गाउँमा जुम्ला सदरमुकाम खलङ्गा हुँदै डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई दृष्टिगत गर्दै स्थानीयबासीले होमस्टे सञ्चालनमा ल्याएका हुन्।, होमस्टेमा पर्यटकले सम्मान एवं सत्कार पाएका छन्। यहाँको रैथाने वस्तुको खानाले होमस्टे राम्ररी चलिरहेको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए। ,
,
होमस्टेको व्यवस्थापन प्रभावकारी बनाउँदै पर्यटकमैत्री व्यवहारबारे स्थानीयबासीलाई जागरूक बनाउने कार्य भइरहेको छ।, अध्यक्ष भण्डारीले भने, 'होमस्टे यहाँका रैथाने वस्तुको प्रवर्द्धन र स्थानीय भाषा संस्कृतिको संरक्षणका लागि स्थापना भएका हुन्। होमस्टेमा आउँदा पर्यटकले आफ्नो घरमा पुगेको जस्तो अनुभूति गरून् भन्ने हेतुले सबै व्यवस्थापन भएको छ।', गाउँपालिकाले होमस्टे सञ्चालनका लागि सहयोग गर्ने गरेको अध्यक्ष भण्डारीले बताए। , होमस्टे व्यवस्थित बनाउनका लागि पालिकाले होमस्टे सञ्चालकलाई आवश्यक सामग्री प्रदान गरेको गाउँपालिकाको स्टोर शाखाप्रमुख मोतीप्रसाद जैसीले बताए।,
सौर्य ऊर्जाबाट बिजुली निकाल्दै गुठीचौर
|
रासस करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ।, ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको हो। बिहीबार रानाको करेन्ट लागेर मृत्यु भएको थियो। , विद्युत् व्यवस्थापन समितिको लापरबाहीका कारण करेन्ट लागेको भन्दै पीडित परिवारले शव बुझेका थिएनन्। , पीडितले २५ लाख रुपैयाँ क्षतिपूर्तिको माग गरेका थिए। , चित्रबहादुर आफ्नै कोठामा हातमा मोबाइल लिइरहेको अवस्थामा अचेत भेटिएका थिए। , स्थानीयबासीका अनुसार उनको दाहिने हात, मोबाइल र चार्जरसमेत जलेको थियो। उपचारका लागि बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। , क्षतिपूर्ति दिने सहमति भएसँगै शव दमौली अस्पतालमा परीक्षण गरी बेलचौतारामा लगेर अन्त्येष्टि गरिएको छ। , समितिले किरिया खर्चबापत एक लाख रुपैयाँ आइतबार उपलब्ध गराउने र बाँकी १५ लाख रुपैयाँ पुस २५ गतेभित्र उपलब्ध गराउने सहमति गरेको छ। , करेन्ट लागेर सोही ठाउँका अन्य दुई जना घाइते भएका थिए। घाइतेको पनि उपचार खर्च समितिले बेहोर्ने भएको छ।, विद्युत् व्यवस्थापन समितिको लापरबाहीले ट्रान्सफर्मरमा फ्युज नराखीकन विद्युत् प्रवाह गर्दा घटना भएको पीडित परिवारको आरोप छ।,
करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई १६ लाख क्षतिपूर्ति
|
सेतोपाटी संवाददाता जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।, प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलालले शनिबार २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन्।, जनकपुर उपमहानगरपालिका-२० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच तनाव भएको थियो।, त्यसैक्रममा शनिबार हिन्दु समुदायले मोटरसाइकल र्याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडप भएको छ।, स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको बास्तोलाले बताए।, ‘उक्त पोखरीमा तीन-चार वर्षदेखि नै समस्या आइरहेको थियो, छठको बेलामा सामान्य झडप पनि भएको थियो,’ बास्तोलाले भने।, दुई समुदायबीच तनाव हुन थालेपछि शुक्रबार बास्तोलाले बैठक बोलाएर सहमति गराएका थिए।, तर, एकाएक शनिबार हिन्दु समुदायले र्याली निकालेर जान खोजेपछि निषेधाज्ञा जारी गर्नुपरेको उनले बताए।, ‘झडपमा केही प्रहरी घाइते छन्, स्थिति पूरै नियन्त्रणमा आएको छैन, प्रहरीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई लखेटिरहेको छ,’ उनले भने।,
हिन्दु र मुस्लिम समुदायबीच तनाव भएपछि जनकपुरमा निषेधाज्ञा जारी
|
सेतोपाटी संवाददाता नेपालमा थप २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार शनिबार २९५ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार २२५ जनाको पिसिआर परीक्षण र ३०१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार २७८ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ।, ४७८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।, त्यस्तै, काठमाडौं उपत्यकामा ११८ थपिएका छन्। जसमध्ये काठमाडौंमा ७९, ललितपुरमा ३३ र भक्तपुरमा ६ संक्रमित छन्।,
संक्रमितभन्दा निको हुनेको संख्या झण्डै दोब्बर
|
सेतोपाटी संवाददाता प्रहरीले १८ लाख नगदसहित छ जना जुवाडे पक्राउ गरेको छ।, पोखरा महानगरपालिका–१२ चापापानीस्थित नवीन गौचनका घरमा तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले छ जना व्यक्तिलाई १८ लाख सात हजार ५३० नगद र ताससहित पक्राउ गरेको हो।, निजलाई सार्वजनिकहित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीका प्रवक्ता प्रानाउ सुवास हमालले जानकारी दिए। जुवा तास खेल्नका लागि निजले घर नै भाडामा लिई सिसिटिभी क्यामेरासहित जडान गरी सङ्गठितरूपमा जुवा खेल्ने खेलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।, पक्राउ पर्नेमा मुस्ताङको थासाङ–३ घर भई पोखरा–१२ चापापानी बस्ने नवीन गौचन, पोखरा–१२ फूलबारी बस्ने काजी गुरुङ, पोखरा–१२ माटेपानी बस्ने सूर्य गुरुङ, दैलेखको नौमूले–८ घर भई पोखरा–२६ विजयपुर बस्ने खम्बसिंह राना, कास्कीको मादी–१० घर भई पोखरा–१३ सङ्गमटोल बस्ने खेमराज गुरुङ र पोखरा–१९ घर भई पोखरा–१६ दीप बस्ने श्याम श्रेष्ठ रहेको जनाइएको छ। रासस,
१८ लाख नगदसहित पोखराबाट छ जना जुवाडे पक्राउ
|
खिलानाथ ढकाल सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले अंशबण्डा गरेर श्रीमतीको नाममा घर-जग्गा राखेको पाइएको छ।, सिभिल सहकारी ठगी प्रकरणमा हाल केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका तामाङले श्रीमती सिर्जना शाक्यका नाममा जग्गा राखेको पाइएको हो।, तामाङको सम्पत्ति र सिभिल सहकारी ठगीबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ भने केन्द्रीय अनुसन्धान ब्युरोले संगठित अपराधमा तामाङसहित १२ जनामाथि अनुसन्धान गरिरहेको छ।, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार उनकी श्रीमती शाक्यका नाममा कीर्तिपुरमा १५ रोपनी जग्गा भेटिएको छ। कीर्तिपुर नगरपालिका-१, ट्याङलाफाँटस्थित कम्पाउन्ड घेरेको उक्त जग्गामा घर पनि छ।, तामाङलाई प्रहरीले पक्राउ गरेपछि शाक्य फरार छिन्।, यसबाहेक इच्छाराजको नाममा सिटिसी मलमा ५० प्रतिशत लगानी देखिएको छ। सिभिल बैंकमा उनको व्यक्तिगत ३५ करोड लगानी पनि देखिएको छ। तामाङको अरू लगानी कम्पनीहरूमार्फत् भएको विभाग स्रोतले जानकारी दियो।, ‘बेलायतमा छोरीहरू पढाउन केही रकम खर्च गरेको देखिन्छ,’ विभागका एक अधिकारीले भने।, सात वर्षयता उनले ११ करोड रुपैयाँ ती कम्पनीबाट तलब-भत्ता र सेवा सुविधाबापत् लिएका छन्। राष्ट्र बैंकबाट विवरण माग्दा श्रीमती शाक्यको नाममा बैंक मौज्दात खासै नदेखिएको विभागका ती अधिकारीले बताए।, केन्द्रीय अनुसन्धान ब्युरोले भने सम्पत्तिको छुट्टाछुट्टै विवरण आउन बाँकी रहेको जानकारी दियो।, ‘हामीले छुट्टाछुट्टै रूपमा उनी, उनीनिकटका व्यक्तिहरूसँग कहाँ के सम्पत्ति छ भन्ने विवरण मगाएका छौं, त्यो विवरण प्राप्त भइसकेको छैन,’ ब्युरो निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले भने।, तामाङविरूद्ध अनुसन्धान अन्तिम चरणमा छ। उनीविरूद्ध करिब ६ अर्बको बिगो तयार भएको छ।, सिभिल सहकारीको निक्षेप ठगी प्रकरणमा उनीसहित १२ जनाविरूद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको ब्युरोले त्यस बराबर बिगो तयार पारेको छ।, एक साताभित्र अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी ब्युरोको छ। तामाङसहितलाई केन्द्रीय अनुसन्धान ब्युरोले गत असोज १८ गते पक्राउ गरेको थियो।, हालसम्म उनीहरूविरूद्ध १३ सय ७५ जनाले जाहेरी दिएका छन्। ती जाहेरी र सहकारीमाथि अनुसन्धान गर्दा तामाङ तथा उनका परिवारले २१ वटा कम्पनीका नाममा सहकारीको झन्डै ६ अर्ब रुपैयाँ ऋण निकालेको पाइएको छ।, त्यो ऋण वर्षौंदेखि सहकारीमा दाखिला नगरेको अनुसन्धानले देखाएको छ। तामाङले सहकारीबाट ऋण निकालेर लगानी गरेको सिभिल होम्समा २०६३ पछि ११ सयवटा घर तथा अपार्टमेन्ट बिक्री भएको देखिएको छ।, ती घर बिक्री भएको पैसा हिसाब गर्दा झन्डै ११ अर्बजति हुन्छ। तर त्यो बिक्रीको पैसा तामाङले सहकारीको ऋण तिर्न प्रयोग गरेनन्।, तामाङले त्यो सम्पत्ति आफूले अन्य कम्पनी स्थापना गर्दा खर्च गरेको बयान दिएका छन्। त्यसमा चित्त बुझाउने ठाउँ नरहेको ती अधिकृत बताउँछन्।, तामाङको केही शंकास्पद कारोबार विदेशतिर भएको सूचनाका आधारमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।, अंशबण्डा गरेर तामाङले श्रीमतीका नाममा सम्पत्ति राखेको पाइएको ब्युरोले जनाएको छ। ब्युरोको अनुसन्धानमा २०७० सालअघि नै करिब चार अर्ब ऋण सहकारीबाट निकालेको देखिएको छ। पछि थप्दै ६ अर्ब पुर्याएको देखिएको छ।, त्यो पैसा लगानी भएका कम्पनीहरूले राजश्व न्यायाधिकरणमा कारोबार घाटामात्र देखाएका छन्। त्यही अवधिमा ११ अर्बको कारोबार भएको सिभिल होम्सले पनि घाटा नै देखाएको छ।, विभाग स्रोतका अनुसार तामाङ सञ्चालक रहेका २१ वटा कम्पनीले कारोबार गरिरहेका छन्। तीमध्ये सबैभन्दा बढी सिभिल होम्समा सहकारीको पैसा गएको देखिएको छ।, सिभिल होम्स राजधानीमा निकै लोकप्रिय हाउजिङ कम्पनी हो। ललितपुर भैंसेपाटीबाट सुरू भएको सिभिल होम्स सुनाकोठी, धापाखेल, रामकोट हुँदै चरणवद्ध रूपमा १० ठाउँमा फैलिइसकेको छ।, तामाङ २०५० पछि काठमाडौं फर्केर अध्यापनसँगै व्यवसायमा छिरेका हुन्। त्योभन्दा अघि उनी छातवृत्तिमा इन्जिनियरिङ पढ्न रसिया पुगेका थिए।, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ओभरसियर पढ्दा उनी ‘ब्याच टपर’ थिए। उदयपुरमा एसएलसी दिँदा उनी ‘जिल्ला टपर’ भएका थिए।, तामाङ साधारण परिवारका हुन्। ओखलढुंगा पुर्ख्यौली घर भएका उनी सानै उमेरमा आफ्ना बुवासँग सिंगापुर पुगेका थिए।, बुवा सिंगापुर प्रहरीमा रहेकाले पुलिस क्याम्पमै बसेर पढेका तामाङ माध्यमिक शिक्षा पढ्न भने नेपाल फर्केका थिए। त्यतिबेला उनको परिवार ओखलढुंगाबाट उदयपुर बसाइँ सरिसकेको थियो।, २०५२ सालमा उनको काठमाडौंमा कामेन इन्जिनियरिङ कन्सल्टेन्सी थियो। त्यसपछि उनले बाघभैरव कन्सल्टेन्सी खोले। दुबै कम्पनीले निर्माणसम्बन्धी काम गर्थे।, २०५७ सालमा सहकारी नै खोलेपछि भने उनको कारोबार मौलाउँदो देखिन्छ। उनले २०६० सालतिर सिभिल होम्स खोले, जसमा लगानी गर्नका लागि सिभिल सहकारीले अनुमति नै पाएको थियो।, तामाङले सिभिल सहकारीमा रहेको निक्षेप आफ्ना कम्पनीहरूमा प्रवाह गर्दा कानुन प्रतिकूल पनि निर्णय गरेको देखिएको अधिकारीहरू बताउँछन्।, तामाङ २०७० सालमा एमाले पार्टीबाट दोस्रो संविधानसभा सदस्य बनेका थिए। २०७४ सालमा सहकारी ऐन संशोधन हुँदा उनी मस्यौदाकार थिए। स्वार्थको द्वन्द्व हुँदाहुँदै पनि तामाङ आफू मस्यौदाकार बनेर आफूअनुकूल कानुन संशोधनमा संलग्न भएको आरोप लागेको थियो।, सम्बन्धित समाचार :, अर्बौंको सम्पत्ति व्यवस्थापन गर्न नसकेर प्रहरी हिरासतमा पुगेका इच्छाराज, सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जन पक्राउ, इच्छाराज तामाङले कहाँ राखे ११ सय घर/अपार्टमेन्ट बेचेको सम्पत्ति?,
इच्छाराजकी श्रीमतीका नाममा कीर्तिपुरमा भेटियो १५ रोपनी जग्गा र घर
|
दिपकजंग शाही पदाधिकारीलाई कामकाजमा रोक लगाएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन्।, प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतसहित निर्देशक र डीनलाई स्वास्थ्य मन्त्रालयले कामकाजमा रोक लगाएपछि ८८ भन्दा बढी कर्मचारीको हस्ताक्षर गरी विज्ञप्ति जारी गर्दै आन्दोलन सुरू गरेका हुन्।, प्रतिष्ठानमाथि हस्तक्षेप भएको भन्दै कर्मचारीले संघर्षका कार्यक्रमसहित अघि बढ्ने चेतावनी दिएका छन्।, उपकुलपति, रजिष्ट्रारलगायतका पदाधिकारीलाई कामकाजमा रोक लगाउँदा एमबिबिएस, बिएनएस, बिफार्मालगायतका शैक्षिक कार्यक्रम सञ्चालनमा समस्या आउने भन्दै कर्मचारीले मन्त्रालयको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।, ‘राजनीतिक दाउपेज र राज्यबाट भइरहेको हस्तक्षेप प्रतिष्ठानलाई अगाडि बढ्न नदिन रचिएको सुनियोजित षड्यन्त्रका रुपमा हामीले लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ।’, समयमै माग सम्बोधन नभए प्रतिष्ठानको सम्पूर्ण टिम संघर्षका कार्यक्रमसहित आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन्।, प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अर्को निर्णय नभएसम्म कामकाजमा रोक लगाएका थिए।, मंगलबार उक्त पत्र प्रतिष्ठानमा पुगेको उपकुलपति रावलले सेतोपाटीलाई बताए।, रावल २०७७ चैत २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका थिए।, त्यसअघि कर्णालीसहित पाटन स्वास्थ्य विज्ञान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्ने प्रक्रिया नमिलेको भन्दै सर्वोच्चमा रिट परेको थियो।, उक्त रिटका आधारमा अदालतले चैत २० गते यी संस्थामा तत्कालका लागि पदाधिकारी नियुक्ति प्रक्रिया रोक्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो।, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक पदाधिकारीका अनुसार अदालतको उक्त अन्तरिम आदेशसहितको चिठी चैत २७ गते प्रधानमन्त्री कार्यालयले र ३१ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुझेको थियो।, ‘सरकारले हामीलाई अगाडि नै नियुक्त गरिसकेको थियो, हामीले कामकाज पनि सुरु गरिसकेका थियौं,’ ती पदाधिकारीले भने, ‘सरकारले आदेश भएको मितिभन्दा पनि म्याद तामेली भएको मितिलाई हेर्ने हो, अहिले हामीलाई राजनीतिक पूर्वाग्रह साँध्न काम नगर्नू भन्ने पत्र आएको छ।’, पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा तत्कालीन स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति थियो। उक्त समितिले यी तीन प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरेको हो।,
पदाधिकारीलाई कामकाजमा रोक लगाएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित
|
रासस बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरूष मृत भेटिएका छन्।, मृत भेटिनेमा जगन्नाथ गाउँपालिका-६ का १८ वर्षीय जीवन चदारा र बूढीगंगा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन्। , चदारा बूढीनन्दा नगरपालिका–५ विरसैनमा तथा कटुवाल बूढीगंगा नगरपालिका–८ रिठाबजार नजिकै बूढीगंगा नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, कटुवाल यही कात्तिक २२ गतेदेखि बेपत्ता थिए।, यस्तै, चदारा रोजगारीको सिलसिलामा सदरमुकाम मार्तडी आउँदै थिए। , कटुवालको शव परीक्षणपछि दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको छ भने चदाराको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।, घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ,
,
बाजुरामा मृत भेटिए दुई पुरूष
|
सेतोपाटी संवाददाता राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरू भएको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार राष्ट्रपति कार्यालय शितल निवासबाट जनगणना प्रारम्भ गरिएको हो।, बिहान साढे १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीको लगत लिएर जनगणना सुरू गरिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए। राष्ट्रपति भण्डारीको व्यक्तिगत र पारिवारिक विवरण महानिर्देशक श्रेष्ठ आफैंले लिएका थिए।, राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार श्रेष्ठले गणकको रूपमा राष्ट्रपति भण्डारीलाई प्रश्न सोधेका थिए। , ‘उहाँले सम्माननीयज्यूलाई नाम, उमेरलगायतका विवरण सोध्नुभयो। राष्ट्रपतिज्यूले केही प्रश्नको उत्तर आफैंले दिनुभयो,’ अधिकारीले भने। , राष्ट्रपतिको लगत लिनका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाल, आयोगका सचिव केवल भण्डारीसहितको टोली शितल निवास पुगेको थियो।, अबको १५ दिन अर्थात् कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने जनगणनामा देशका सबै घरमा यसरी नै गणकहरू पुग्नेछन्। यसका लागि केन्द्रीय तथ्यांक विभागले ४० हजार गणक परिचालन गरेको जनाएको छ।, गणकको कामलाई अनुगमन गर्न, वडा कार्यालयहरूमा सामुदायिक प्रश्नावली भर्नका लागि ८ हजार ५ सय जना सुपरीवेक्षक परिचालन गरिएको छ।, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको यो पहिलो जनगणना हो। यस जनगणनाले संघीयताको मर्म अनुसार सेवाहरू विकेन्द्रित भए नभएको, नागरिकहरूको जीवनस्तरमा के कस्तो परिवर्तन भयो भन्ने कुराहरूको वास्तविक अवस्था झल्काउनेछ।, नेपालमा राणा प्रधानमन्त्री चन्द्रशम्शेरले वि.सं. १९६८ सालबाट जनगणना लिने कार्य प्रारम्भ गरेका थिए। त्यसयता हरेक १० वर्षमा जनगणना हुने गरेको छ।, के-के विवरण लिइन्छ?, •तपाईंको परिवारमा अक्सर बसोबास गर्ने पुरुष, महिला र अन्य लिङ्गीहरूको संख्या कति छ? (अन्य लिङ्गी भन्नाले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति भन्ने बुझिन्छ।), •तपाईं बसोबास गर्नु भएको घर वा अन्य प्रकारका घरको प्रयोग कसरी भएको छ? (यस प्रश्नबाट आवासीय, व्यापार व्यवसाय, सरकारी, शैक्षिक, स्वास्थ्यजन्य, उद्योग तथा कलकारखाना, बैंक तथा वित्तीय संस्था, संस्थागत, होटल तथा लज, गोठ तथा धन्सार र खाली घरहरूको संख्या प्राप्त हुन्छ।), •तपाईंले उपभोग गरेको कृषि योग्य जग्गा जमिन र परिवारले पालन गरेको पशुपन्छीहरूको संख्या कति छ?, •तपाईंको परिवारले सरकारी अनुदान अन्तरगत आवासीय घर निर्माण गरेको छ/छैन।, •तपाईंको घरमा कति जना व्यक्तिको नाममा बैंक वा वित्तीय संस्थामा खाता छ?, •तपाईंको परिवारमा प्राविधिक तथा व्यावशायिक शिक्षा वा तालिम लिएका व्यक्ति कति जना छन्?, •तपाईंको परिवारले बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण सुविधा लिएको छ?,
शितल निवासमा तथ्यांक विभागका महानिर्देशकले राष्ट्रपतिलाई सोधे नाम र उमेर
|
सेतोपाटी संवाददाता ईञ्जिनियर पक्राउ गरेको विरोधमा नेपाल भ्यालुयर्स एशोसिएशनले मूल्यांकन कार्य रोकेको छ।, एशोशिएसनका वीरगञ्ज च्याप्टरका सदस्यसमेत रहेको डाइनामिक कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन सर्भिसेजले कुमारी बैंकबाट उपलब्ध गराएको कागजातका आधारमा मूल्यांकन गरे पनि केन्द्रीय अनुसन्धान व्यूरोले ईञ्जिनियरलाई पक्राउ गरेकोमा एशोसिएशनले विरोध गरेको छ।, एशोसिएशनले बुधबारदेखि बैंक तथा वित्तिय संस्थाहरूमा मूल्यांकन कार्य बन्द गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले डाइनामिक कन्सल्टेन्सीका सञ्चालक राजेशकुमार चौरासियालाई नियन्त्रणमा लिएको छ। उनलाई गत कात्तिक २२ मा अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।, अध्यक्ष ऋषि कोइरालाले विज्ञप्ति निकालेर आन्दोलनलाई थप शशक्त र प्रभावकारी बनाउन थप आन्दोलन कार्यक्रमसमेत घोषणा गरिने चेतावनी दिएका छन्।,
ईञ्जिनियर पक्राउ विरोधमा नेपाल भ्यालुयर्स एशोसिएशनले रोक्यो काम
|
भगवती पाण्डे बुटवल नआएकाहरूले पनि बुटवल सहरको नाम सुन्दा सुन्दर, सफा र हरियाली सहितको फराकिलो सडकको तस्वीर आँखामा आउने गर्छ।, तर बुटवल बजारभित्रको मुख्य सडकको पछिल्लो अवस्थाले भने बुटवलको पहिचानलाई नै गिज्याइरहेको छ।, वर्षायामभरि भत्किएर खाल्डाखुल्डी परेको हिलाम्मे सडक अहिले भने धुलाम्मे बनेको छ।, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवलको मुख्य बजारकै सडकको यस्तो दुर्दशाले सडकमा हिँड्ने यात्रुमात्र होइन बुटवलबासीलाई सास्ती बनाएको छ।, बेलहियादेखि राजमार्ग चौराहसम्मको ६ लेन सडक निर्माण गरिएपछि राजमार्ग चौराहदेखि गोलपार्क चिडियाचौकीसम्मको साढे तीन किलोमिटर सडकलाई पनि ६ लेनको बनाउने प्रक्रिया सुरू गरिएको थियो। सोही अनुरूप २०७४ साल चैत ३० गते सडक निर्माणको लागि ठेक्का सम्झौता भए पनि सडक छेउछाउका घरधनीहरूको अवरोध र मुद्दामामिलाका कारण सडक निर्माणको काम अगाडि बढ्न सकेको थिएन।, तर गत पुस २० गते सर्वोच्च अदालतले गरेको फैसलाले सडक निर्माणको कामलाई अगाडि बढाउने बाटो खोलिदिए पनि सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरबाहीले सडक निर्माणको काम अगाडि बढ्न सकेको छैन। जसको कारण बुटवलबासीले धुलो र खाडल सहितको सडकमा हिँड्न सास्ती पाएका छन्।, द कञ्चनजंगा बिरूवा जेभी काठमाडौंले २०७४ सालमा निर्माणको लागि ठेक्का लिँदा २०७६ साल असोज १२ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो।, घरधनीहरूको पटक-पटकको अवरोध र मुद्दामामिलाका कारण काम अगाडि बढ्न नसकेपछि तेस्रो पटक गरी २०७९ साल असार ३२ गते निर्माण सम्पन्न गर्नुपर्ने म्याद थप गरिए पनि निर्माण कम्पनीले भने लापरबाही गर्दै आएको छ।, गत पुसमा सर्वोच्चले आदेश दिए पनि निर्माण कम्पनी सम्पर्कविहीन थियो। पछिल्लो दुई महिनादेखि भने उसले नाला निर्माणको मात्र काम सुरू गरे पनि समयमै काम सम्पन्न गर्नेतर्फ भने चासो दिएको छैन।, हाल चार लेनमा रहेको सडकलाई स्तरोन्नति गरी ६ लेनको बनाउन कुल ४७ करोड २७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम सुरू नहुँदै २०७४ सालमै ४ करोड रुपैयाँ रकम लगिसकेको थियो। तर सडकको हालत भने जस्ताको तस्तै!, सडक विस्तार आयोजनाका प्रमुख जयलाल मरासिनीले यसअघि छेउछाउको नाली निर्माण गरिएको र चाडपर्वका कारण पछिल्लो समय काम रोकिएको बताउँछन्।, ‘निर्माण कम्पनी केही महिना सम्पर्कमा नआए पनि दुई महिना अघिदेखि काम सुरू गरेको छ, अहिले दसैंतिहार र छठ पर्वका कारणले रोकिएको हो, अबको एक हप्ताभित्र काम सुरू नभए एक्सन लिन्छौं,’ मरासिनीले भने।, मरासिनीले ठेकेदार कम्पनीले समयमा निर्माण सुरू नगरेपछि कागज गरेर सम्झौता गरेपछि बल्ल काममा चासो दिएको बताए।, ‘थप गरिएको मितिभित्रै निर्माण सम्पन्न गर्न भन्दै पटक-पटक ताकेता गरेका छौं,’ उनले भने।, भत्किएको सडकका खाडल पुरिए पनि भदौ दोस्रो साता झरेको ज्योतिनगर पहिरोको लेदोमाटो बसपार्कसम्म नै बगेर आएपछि झनै धुलाम्मे बनेको उनले बताए।, ‘सडकमा परेका खाडल वर्षा सकिएपछि पुरे पनि धुलोको समस्या हटाउन सकिएको छैन, चुरेबाट झरेको लेदोसहितको पहिरो सुकेपछि धुलो झनै बढेको हो।’, लुम्बिनी प्रदेश सरकारको मुकाम रहेको बुटवलको यही सडकमा झण्डा हल्लाउँदै प्रदेश सरकारका १७ जना मन्त्री दैनिक ओहोरदोहोर गर्छन्।, संघ, प्रदेश र बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि, विकासे अड्डाका दर्जनौं सरकारी गाडी यही सडकमा धुलो उडाउँदै गुड्छन्।, राजमार्ग चौराह र भुड्कीचोकदेखि पुष्पलाल पार्कसम्मको सबभन्दा बढी व्यस्त हुने क्षेत्र सबभन्दा बढी खाडलै खाडल र धुलाम्मे बनेको छ।, ओहोर-दोहोर गर्ने सवारी साधनले उडाएको धुलोले मोटरसाइकल, साइकल र पैदलयात्री सबैभन्दा बढी मारमा परेका छन्।, यही सडकको पश्चिमतर्फ लुम्बिनी प्रादेशिक अस्पताल रहेको छ। पूर्वतर्फ सडकसँगै जोडिएर करिब आधा दर्जन निजी अस्पताल र दर्जनौं क्लिनिक सञ्चालन गरिएका छन्।, आकाश नै ढाकिने गरी उड्ने धुलोले अस्पतालमा आउने बिरामीलाई पनि सास्ती पुगेको छ।, चाडपर्वको बहानामा सडक निर्माणको काम रोकेको निर्माण कम्पनीले धुलोले बुटवल नै ढाकिँदा पनि पानी हालेर धुलो कम गर्नेतर्फ चासो दिएको छैन।, बुटवल उपमहानगरपालिका पनि सडकको क्षेत्राधिकार आफ्नो नभएको भन्दै उम्किने गरेको छ। तर पटक-पटक देशभरका नगरपालिकामा उत्कृष्ट बनेको बुटवलका अधिकांश राम्रा कामलाई राजमार्ग चौराहदेखि चिडियाखोला सम्मको यही सडकले ओझेलमा पारिदिएको छ।, पुष्पलाल पार्कमा व्यापार गर्दै आएका मिलन न्यौपाने पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न स्थानको लागि प्रस्थानबिन्दु रहेको बुटवललाई यही सडकले गिज्याइरहेको बताउँछन्।, ‘भित्र जति राम्रा काम गरेको भए पनि बाहिरबाट आएकाहरूले देख्ने भनेको त सडक हो नि, यस्तो सडकमा यात्रा गरेर जानेहरूले बुटवलको कस्तो सन्देश लैजालान्,’ उनको भनाइ छ।, लुम्बिनी प्रादेशिक अस्पतालको अगाडि सडक किनारमा ठेलामा कपडाको व्यापार गर्दै आएका यम बहादुर मगर सडकमा उडेको धुलोले ठेलामा राखेका कपडा धुलैधुलो बन्ने गरेको बताए।, नवजात शिशु र सुत्केरी महिलाको लागि आवश्यक पर्ने लत्ताकपडा अस्पताल अगाडि बिक्री हुने भए पनि धुलो लागेका कपडाले संक्रमण हुने भन्दै अन्यत्र किन्न जाने गरेको उनले गुनासो गरे।, ‘पहिले त राम्रै बिक्री हुन्थ्यो, अहिले चार पाँच महिना यता त बस्ने मात्रै हो, यस्तो धुलैमैलै कपडा लगाइदिए त बच्चा र आमा बिरामी हुन्छन् भन्दै माथितिर किन्न जानुहुन्छ,’ मगरले गुनासो पोखे।, सडकमा उडेको धुलोले व्यापार घटेर खाना बस्न समेत पुग्न छोडेको उनको भनाइ छ।, पाँच वर्ष पहिले सडक निर्माणको लागि ठेक्का सम्झौता भएपछि सडक मर्मत गर्नेतर्फ डिभिजन सडक कार्यालयले पनि चासो दिएन।, ठाउँ-ठाउँमा खाडल परे पनि लामो समय मर्मत नगरिँदा राजमार्ग चौराह र भुड्कीचोकदेखि पुष्पलाल पार्कसम्मको सडकमा कालोपत्रै सबै उप्किएको छ।, खाडलैखाडल परेको सडकमा गाडी चलाउँदा धुलो उड्ने सास्तीसँगै सवारीसाधन छिटो बिग्रिने गरेको बस चालक बुद्धिबहादुर कुमालले गुनासो गरे।, ‘सडक भत्काएर अलपत्र छाड्दा गाडि चलाउन समस्या भएको छ, धुलो र हिलोले सडकको खाडल नदेखिएपछि त्यही खाडलमा गाडी फस्छ,’ उनले भने।, धुलो र खाडैलखाडल परेको सडकका कारण दुर्घटनाको जोखिम पनि बढाएको उनले बताए। , सडकको यस्तो दुर्दशा भएपछि बुटवलका केही युवाहरूले ‘यो सडक हो कि मान्छे मार्ने धराप ?’ भन्दै पुष्पलाल पार्कमा सांकेतिक रूपमा विरोध गर्दै सरकारलाई प्रश्न गरेका थिए।, ‘यो सडक हो कि मान्छे मार्ने धराप? जति दुर्घटना भए पनि छैन सरकारलाई चासो’ लेखिएका ब्यानरसहित युवाहरूको उक्त समूहले प्रदर्शन गरेको थियो।,
बुटवललाई नै गिज्याउने सडक
|
सेतोपाटी संवाददाता झन्डै तीन वर्षअघि पूर्वी अफ्रिकी मुलुक इथियोपियामा भएको जहाज दुर्घटनामा ज्यान गुमाएकी गोरखाकी एकता अधिकारीका परिवारसहित अन्य पीडितलाई क्षतिपूर्ति दिन जहाज निर्माता कम्पनी बोइङ तयार भएको छ।, अमेरिकी जहाज निर्माता कम्पनी बोइङ सन् २०१९ मा इथियोपियामा दुर्घटनामा परेको आफ्नो ७३७ म्याक्स जहाजका यात्रुका परिवारलाई क्षतिपूर्ति दिन सहमत भएको हो।, अमेरिकाको सिकागोस्थित एक अदालतमा बोइङले १४९ यात्रु र ८ चालक दलका सदस्यको मृत्युको कारण आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। , ‘ती दुर्घटनामा आफन्त र प्रियजन गुमाएका सबै परिवारले पूर्ण र न्यायिक क्षतिपूर्ति उपलब्ध पाउने कुरामा बोइङ प्रतिवद्ध छ,’ बोइङले बुधबार जारी गरेको विज्ञप्ति भनिएको छ,‘बोइङसँगको सम्झौतापछि दुबै पक्षको प्रयास पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउने विषयमा केन्द्रीत हुने बाटो खुलेको छ।’, बोइङले यो सहमति गरेसँगै अरू मुलुकका पीडितका परिवारले पनि अमेरिकी अदालतबाटै क्षतिपूर्ति लिन पाउने बाटो खुलेको पीडित परिवारका तर्फबाट मुद्दा लडेका वकिलहरूले बताएका छन्।, बोइङले ७३७ म्याक्स जहाज असुरक्षित अवस्थामा रहेकाले दुर्घटना लागि अरू कसैलाई आरोप नलगाउने सहमति पनि गरेको छ।, २०७५ फागुन २६ गते इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोबी जान लागेको जहाज दुर्घटनामा परेको थियो। उक्त जहाजका १४९ जना यात्रुमध्ये गोरखा छेपेटारकी २८ वर्षीया एकता अधिकारी पनि एक थिइन्।, अधिकारी विश्व खाद्य कार्यक्रम इथियोपियामा कार्यरत थिइन्।, २०७५ को दशैंपछिमात्र उनी इथियोपिया गएकी थिइन्। त्यसअघि उनले तीन वर्ष विश्व खाद्य कार्यक्रम नेपालमा लजिस्टिक अफिसरको रूपमा काम गरेकी थिइन्। अन्तर्राष्ट्रिय कन्सल्ट्यान्ट बन्ने उनको सपना थियो।, काठमाडौंको निलगिरी स्कुलबाट एसएलसी पास गरेकी एकता आइएस्सी सकेर बेलायत पढ्न गएकी थिइन्। पढाइ सकेर उनी नेपाल फर्किइन्। २०७२ को भूकम्पपछि उनले विश्व खाद्य कार्यक्रममा लजिस्टिक अफिसरको रूपमा काम सुरू गरेकी थिइन्।, इथियोपियामा दुर्घटना हुनुअघि बोइङको ७३७ म्याक्स मोडलको जहाजले राम्रो बजार लिएको थियो। लगातार दुई जहाज दुर्घटनामा परेपछि बोइङका उक्त मोडलका जहाज संसारभरि ग्राउन्डेड भएका थिए।, २०१८ को अक्टोबरमा इन्डोनेसियामा बोइङको यही मोडलको जहाज दुर्घटनामा परेको थियो। लायन एयरलाइन्सले सञ्चालन गरेको उक्त जहाज २९ अक्टोबरमा जाकर्ताबाट उडेको केही मिनेटमै दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो। , बोइङको ७३७ सिरिजमा म्याक्स पछिल्लो मोडल हो। यसअघिका मोडलभन्दा यो मोडलको जहाज इन्धन खपतमा किफायती थियो। बोइङका ७३७ सिरिजका यसअघिका जहाजहरू सबैभन्दा सुरक्षितमध्ये मानिन्छन्। म्याक्सको ७, ८, ९ र १० मोडलका जहाजले १३८ देखि २०४ जनासम्म यात्रु बोक्न सक्छन्। दुई लहरमात्र सिट भएका यी जहाज छोटो र मध्यम दूरीका लागि उपयुक्त छन्। , इन्डोनेसियाको लायन र इथियोपियन एयरलायन्सका दुर्घटनाग्रस्त दुबै जहाजमा उचाइ लिँदा नै समस्या आएको प्रारम्भिक अनुसन्धानले देखाएको थियो।, गत वर्षमात्रै अमेरिकी अधिकारीहरूले बोइङलाई फेरि उक्त मोडलका जहाज उडाउन अनुमति दिएका थिए।, बोइङले जहाजको डिजाइन, सफ्टवेयर परिवर्तन र चालक दलका सदस्यहरूलाई तालिम दिएपछि उक्त जहाजमा पहिलाको जस्तो दुर्घटना नहुनेबारे आश्वस्त पारेपछि अमेरिकाको संघीय उड्डयन प्राधिकरणले जहाज फेरि उडाउन बाटो खोलिदिएको हो।,
गोरखाकी एकतासहित इथियोपिया जहाज दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन बोइङ कम्पनी तयार
|
युवराज श्रेष्ठ मध्यपहाडी (पुष्पलाल) राजमार्गको पोखरा खण्ड अझै निर्माण सकिएको छैन।, पोखराको याम्दीदेखि घट्टेखोलासम्मको १२ किलोमिटर खण्डमा अझै १ किलोमिटर कालोपत्र गर्न बाँकी छ। कालोपत्र भएका ठाउँमा पनि सडकमा कोर्नुपर्ने रेखा र राख्नुपर्ने चिन्ह मजदुरले सडकमा कोरिरहेका छन्।, राजमार्गको बीचमा २ देखि ३ मिटर खाली ठाउँ राखिएको छ जहाँ चाइनिज दुबो रोप्न बाँकी छ। दुबोका वरिपरि फूलहरू रोपिनेछन्।, सडकको छेउकुनामा रातिका बेला टल्किने ‘क्याट आई’ राख्न पनि बाँकी नै रहेको मध्यपहाडी राजमार्ग आयोजनाका कास्की, पर्वत र बागलुङ खण्डका प्रमुख नारायणदत्त भण्डारी बताउँछन्।, सडक सुरक्षा र सौन्दर्यका काम बाँकी रहँदै राजमार्गको पोखरा खण्ड यतिबेला भाइरल छ।, सामाजिक सञ्जालमा उक्त सडक खण्डका तस्बिर र भिडिओ हेरेकाहरू मोहित भएका छन्।, ‘यो सडक अझै भाइरल हुनेवाला छ,’ भण्डारीले भने, ‘किनकि, ‘सडक सुरक्षा र सौन्दर्यका काम बाँकी नै छन्।’, यस्तै, बजार क्षेत्रमा चोक बनाउन पनि बाँकी छ। चोकमा आकाशेपुल राख्ने योजना बनाएको उनले बताए।, याम्दीदेखि घट्टेखोलासम्मका १२ किलोमिटर उक्त सडकको चौडाइ ३० मिटर छ। ६ लेनमा बनेको यो सडकका दायाँ-बायाँ फुटपाथ र नाला राखिएका छन्।, जेब्राक्रस र सडकको लेन छुट्याउन कोरिएको रेखाले सडकको सोन्दर्य बढाएको भण्डारीले बताए।, याम्दी–घट्टेखोला सडकको याम्दीदेखि अन्नपूर्ण श्रृंखलाका अधिकांश हिमाल देखिन्छन्। सडक हेर्दा हिमालतर्फ सोझिएका देखिन्छन्। फराकिलो सडक अगाडि उभिएका हिमालले सडकको सोन्दर्य थपिएको हेम्जाका स्थानीय आइबहादुर थकालीले बताए।, मध्यपहाडी लोकमार्ग बनाउन थालेपछि पोखरा-बागलुङ सडक खण्डका पुरानो कालोपत्र भत्काइएिको थियो। जसका कारण २ वर्षसम्म सडकका वरिपरिका बासिन्दा मात्र होइन, यात्रु समेत धुलोले आक्रान्त बनेका थिए।, सडकबाट आउने धुलोकै कारण थकालीले घरका सटरमा समेत सिसा राखेका थिए।, सडक कालोपत्र भएपछि हेम्जाबासीले धुलोको सामना गर्नुपरेको छैन। घरअगाडि नै ६ लेनको फराकिलो सडकले बजारको शान बढाइदिएको थकालीले बताए।, मध्यपहाडी राजमार्गको पर्वत कार्यालयले कास्की, पर्वत र बागलुङमा गरी २४० किलोमिटर सडक बनाउँदैछ। जसमा कास्कीको ३३ किलोमिटर सडक खण्ड विवादका कारण ठेक्का लाग्न सकेको छैन भने बाँकी सडक आगामी चैतसम्म निर्माण सकिनेछ।, आयोजनाका पर्वत कार्यालयले लमजुङको भोर्लेटारदेखि बागलुङबाट रुकुमको सीमानासम्मका सडक हेर्दैछ। राजमार्गका सबै ठाउँमा उत्तिकै फराकिलो सडक भने नहुने भण्डारीले बताए।, पोखराकै घट्टेखोलादेखि पर्वततर्फ लागेपछि केही ठाउँमा २ लेन रहनेछ भने पर्वत बजारमा ४ लेन बनाउने योजना छ।, आयोजना अन्तर्गत लमजुङको भोर्लेटारदेखि कास्कीको भगवतीटारसम्म १६ किलोमिटर सडक बनाउन ठेक्का सम्झौता भइसकेको छ। विवादित भनिएको भगवतीटारदेखि पोखराको याम्दीसम्मको क्षेत्रमा भने नयाँ रूटको सम्भाव्यता अध्ययन भइरहेको भण्डारीले बताए।, ‘पुरानो डिपिआर गरेको ठाउँबाट सडक लैजान सम्भव देखिएन,’ भण्डारीले भने, ‘विवादित ठाउँमा पोखरा महानगर, प्रदेश सरकार र सडक विभागसँग सल्लाह गरेर नयाँ रूटको अध्ययन गर्दैछौं।’, मध्यपहाडी राजमार्गलाई टिकाउ बनाउन ‘अस्फाल्ट’ प्रविधिमा आधारित कालोपत्र गरिएको छ। संसारमा सबभन्दा बलियो मानिएको यो प्रविधि अमेरिकी प्रविधि हो। मध्यपहाडी लोकमार्गलाई बलियो र सुरक्षित बनाउन अमेरिका र भारतका रोड कंग्रेससँग मिलेर काम गरेको भण्डारीले बताए।, अस्फाल्ट प्रविधि बलियो र टिकाउ हुने भएकाले कालोपत्र गर्न पनि अन्य प्रविधिभन्दा महँगो हुने उनले बताए।, याम्दी–घट्टेखोला सडक १२ किलोमिटर कालोपत्र गर्न २ अर्ब १० करोड रुपैयाँ लागेको उनले जानकारी दिए।, कोरोना महामारी र गएको वर्षातमा लामो समय झरी परेका कारण सडक कालोपत्र गर्न एक वर्ष बढी समय थपिएको आयोजनाले जनाएको छ।, पोखरा बागलुङ सडक २०४५ सालतिर चिनियाँ सरकारको सहयोगमा जग्गाको मुआब्जा दिएर बनेको थियो।, अहिले सडक विस्तार गर्दा कतिपय ठाउँमा स्थानीयले मुआब्जा माग्ने गरेका छन्।, यस्तै, बिजुलीका पोल सार्न नेपाल विद्युत प्राधिकरणले ढिलाइ गरेका कारण पनि आयोजनाको काम केही समय रोकिएको थियो।, मध्यपहाडी राजमार्ग अन्तर्गत याम्दी–घट्टेखोला सडकले आयोजना छिटो सक्न हौसला मिलेको पर्वत कार्यालय प्रमुख भण्डारीले बताए।, ‘सडक बनेपछि नागरिकमा देखिएको उत्साहले भरोसा बढाएको छ,’ उनले भने, ‘मध्यपहाडी आयोजना समयमै सकिँदैन, लामो समय अड्किन्छ भनेर कतिपयले आशंका गरेका थिए, काम गरेपछि सकिन्छ भनेर विश्वास बढाएको छ।’, राजमार्गलाई सुरक्षित बनाउन विज्ञहरूसँग सुझाव लिएर काम गरिरहेको समेत भण्डारीले बताए।, मध्यपहाडी राजमार्गको यी तीन जिल्लाका सडक सुरक्षित बनाउन सडक सुरक्षाविज्ञ पदम शाहीसँग परामर्श लिएको उनले बताए। शाहीले राजमार्गको स्थलगत अध्ययन गर्दैछन्।, ‘राजमार्गका उकाली, ओराली र घुम्ती मिलाउनुपर्छ, यसले सवारी साधनको स्पिड बढाउँछ,’ सडक सुरक्षा विज्ञ शाहीले भने, ‘राजमार्गमा स्पिड नियन्त्रण गर्न अन्य उपाय अपनाउनुपर्छ।’, राजमार्गमा दुर्घटना कम गर्न सावधानी जगाउने चिन्हहरू राख्ने, ठाउँ-ठाउँमा बेरियर र सडक छेउमा दुर्घटना रोक्ने संरचना बनाउनुपर्ने उनले बताए।, यसका अलवा सवारी चालकलाई नै सवारीको गति नियन्त्रण गर्न प्रोत्साहन हुनेगरी संरचना बनाउनुपर्ने उनले जोड दिए।, जस लिन होडबाजी, मध्यपहाडी राजमार्गका याम्दी–घट्टेखोला सडकको तस्बिर र भिडिओ राखेर विभिन्न राजनीतिक दलका कार्यकर्ताले जस लिन होडबाजी गरेका छन्।, धेरैले उक्त सडक पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको योजना भनेका छन् भने एमालेका कार्यकर्ताले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला बनाइएको बाटो भनेका छन्।, यस्तै, कांग्रेस कार्यकर्ताले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बनाएको भनेका छन् भने माओवादीका कार्यकर्ता अध्यक्ष प्रचण्डको योजनामा उक्त बाटो बनेको भनिरहेका छन्।, सडक विभागका अनुसार उक्त आयोजना कुनै नेताविशेषले भन्दा पनि विभागको योजना अनुसार अघि बढेको जनाएको छ।, मध्यपहाडी राजमार्ग बन्नुअघि पहाडका मानिस पूर्वपश्चिम जानुपर्दा तराईमा रहेको महेन्द्र राजमार्ग पुग्नुपर्थ्यो। यस्तै, पहाडकै एउटा जिल्लाबाट अर्को जिल्लामा जानुपर्दा पनि तराई नझरी उपाय थिएन।, पहाडै-पहाड मेचीदेखि महाकाली जोड्ने सडक थिएन। त्यही अभाव पूरा गर्न सडक विभागकै परिकल्पनामा उक्त सडक बनेको विभागले जनाएको छ।, यस्तै, अहिले हिमाली क्षेत्रबाट पूर्वपश्चिम राजमार्ग बनाउन योजना बनिरहेको छ भने तराईमा भारतको सिमाना नजिकैबाट पूर्वपश्चिम जोड्न हुलाकी राजमार्ग निर्माण भइरहेको छ।, यी राजमार्गले नागरिकलाई सुविधा दिने मात्र नभई देशको आर्थिक उन्नतिमा टेवा पुर्याउने विभागले आशा गरेको छ।,
पोखराको 'भाइरल' सडक, हेर्नुहोस् तस्बिर र भिडिओ
|
सेतोपाटी संवाददाता काठमाडौंको बल्खुबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले एक जनालाई काठमाडौं महानगरपालिका वडा नम्बर १४ बल्खु जागरण बस्ती बस्ने २२ वर्षीय नुरप्रसाद खतिवडालाई पक्राउ गरेको हो। , उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। , खतिवडाले लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो।, उनको डेराबाट प्रहरीले स्टिलको तराजु, लागुऔषध डाइजेपाम, व्युप्रोनोफिनलगायत २१९ एम्पुल, नाइट्राजेपाम ६० ट्याब्लेट र ११ हजार नगद बरामद गरेको छ। , उनीमाथि वृत्तले थप अनुसन्धान अघि बढाएको छ।,
,
बल्खुबाट लागुऔषधसहित एक पक्राउ
|
भगवती पाण्डे रूपन्देहीको देवदह-६ ज्योतिनगरस्थित बुद्ध सामुदायिक वनको यो खोंच तीन वर्षअघिसम्म काँडेझाडीले ढाकिएको थियो।, २०७२ सालदेखि स्थानीय युवाहरूको अगुवाइमा दुई तीन वटा सेड निर्माण गरी गौतमबुद्ध राष्ट्रिय उद्यान नामकरण गरी वनभोज खाने स्थान बनाइएको थियो।, नयाँ वर्ष, कुनै चाड वा जाडो याममा स्थानीय युवाको समूह वर्षमा एकपटक वनभोज खान जान्थे।, गाउँदेखि नजिकै रहेको सामुदायिक वनमा स्थानीय युवाहरूले लागुऔषध प्रयोग गर्ने स्थान बनाउँदा अभिभावक चिन्तित थिए। तर अहिले झाडी र बुट्यानले ढाकिएको वन रूपन्देहीको मात्र नभई बुद्धजीवनी बुझ्न चाहनेहरूका लागि आकर्षक पर्यटकीय केन्द्र बनेको छ।, सामुदायिक वनका कोषाध्यक्ष रेशमबहादुर गुरूङ २०७६ सालमा एक साता चलाइएको काष्ठकला कार्यशालाले सामुदायिक वनको मुहार नै फेरिदिएको बताउँछन्।, ‘पहिले खेतमा सिँचाइको लागि लैजाने कुलो सफाइ गर्न आउन पनि डर लाग्थ्यो, झाडीले ढाकिएको जंगलमा गाँजा खाने युवाको अखडा हुन्थ्यो, सुधार्न पनि सकिएको थिएन पार्क बनेपछि उनीहरूलाई पनि सुधार्न सकिएको छ,’ उनले भने।, २०७६ सालमा ललितकला प्रज्ञा प्रतिष्ठानले काष्ठकला कार्यशालाको लागि २ लाख रुपैयाँ छुट्याएको थियो। त्यति सानो रकमले कार्यशाला सम्पन्न गर्न गाह्रो थियो।, ड्रिम देवदहको अगुवाइमा बुद्ध सामुदायिक वनले कार्यशाला गर्ने आँट देखायो। जेठको दोस्रो साता चलेको कार्यशालामा देशका विभिन्न स्थानबाट आएका १७ जना कलाकारले काठका ढलेका मुढामा बुद्ध जीवनीसँग जोडिएका मूर्तिहरू कुँदे। अहिले तिनै मूर्तिहरू गौतमबुद्ध राष्ट्रिय उद्यानका प्रमुख आकर्षक बनेका छन्।, गौतमबुद्ध राष्ट्रिय उद्यान पार्क व्यवस्थापन समितिका सहसंयोजक सम्मरबहादुर खड्का त्यस्तो काँडेझाडी भएको जंगललाई एउटै कार्यशालापछि यति सुन्दर पार्क बनाउन सकिएकोमा अचम्म मान्छन्।, ‘त्यस्तो झाडी भएको जंगलमा यस्तो पार्क बन्ला भनेर त सोचिएकै थिएन, एउटै काष्ठकला कार्यशालाले देवदहको मुहार फेरिदिएको छ,’ उनले भने।, पार्क सञ्चालनमा आएपछि नै देशमा कोरोना महामारी फैलिए पनि पार्क अवलोकनको लागि आउने आन्तरिक पर्यटकहरूको संख्यामा भने कमी आएको छैन।, खड्काका अनुसार कोरोना महामारीका कारण जारी गरिएको लकडाउनको समयमा केही महिना पार्क बन्द भए पनि अरू समय दैनिक ६ देखि ७ सयको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक पार्क अवलोकनको लागि पुग्ने गरेका छन्।, ‘कात्तिक २२ गते तिहारको भोलिपल्ट त १२ सय जनाले पार्कको अवलोकनको लागि टिकट काटेका थिए, गत वैशाख १ गते नयाँ वर्षको दिन ७ हजारभन्दा बढीले पार्कको अवलोकन गरेका थिए, पार्कको भुइँमा कतै टेक्ने ठाउँ थिएन,’ उनले भने।, पार्क अवलोकनको लागि २० रुपैयाँको टिकट काट्नुपर्छ। पिकनिक लागि भने २५ जनाको समूहलाई २ सय र त्योभन्दामाथि ४ सय रुपैयाँ लिने गरेको वन रक्षक जीवन काफ्लेले बताए।, स्टलको लागि भने ५ सय रुपैयाँ थप शुल्क तिर्नुपर्छ। पार्क सञ्चालन भएको छोटो अवधिमै टिकट बिक्रीबाटै करिब १० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको पार्कका संयोजक गुरूङले बताए।, सामुदायिक वनको ८ हेक्टर क्षेत्रमा पार्क निर्माण गरिएपछि गाउँमा पर्यटकहरूको आगमन बढ्नुको साथै स्थानीय बालबालिकालाई लागुऔषधको दुर्व्यसनमा लाग्नबाट पनि जोगाएको स्थानीय बुद्धिकला सारुले बताइन्।, पार्कमा निर्माण गरिएको सेल्फी ब्रिज, पानीको फोहोरा, बुद्धसँग सम्बन्धित काठका मूर्तिहरूले उद्यानलाई सजिव बनाएको छ।, सोमबार पार्क अवलोकनका लागि पुगेका नवलपरासीको सुनवल १३ बडेराका जीवन पाण्डेले आकर्षक भौगौलिक बनावट र हरियालीको बीचमा बनेको पार्क सुनेभन्दा धेरै सुन्दर र आकर्षक रहेको बताए।, ‘पार्कको बारेमा साथीहरूबाट सुनेको थिए, सुन्दा यति आकर्षक होलाजस्तो लागेको थिएन, तर सोचेभन्दा आकर्षक रहेछ,’ उनले भने।, देवदहको खैरेनी चोकदेखि करिब ३ किलोमिटर उत्तरतर्फ रहेको उक्त पार्क सिमसार क्षेत्र समेत रहेकोले गर्मी समयमा शितल हुने भएकोले पर्यटकको रोजाइमा पर्ने गरेको छ।, त्यसैमाथि बुद्धजीवनप्रति रुचि राख्नेहरूलाई काठमा कुदिएका बुद्धमूर्ति, सेल्फी पुल, थरिथरिका बाटिका, प्रवेशद्वार नजिकै बनाइएको पानीको फोहोराले त्यहाँ जाने सबैलाई आकर्षित गर्छ।, चारैतिर हरियालीसहितको वन, उत्तरतर्फ भुलभुले झरनामा कलकल बहेको पानीको दृश्यसँगै बुद्धसँग जोडिएका जीवनी झल्काउने कलात्मक काठका मूर्तिहरूले पार्कलाई साँच्चिकै सुन्दर बनाएका छन्।, बुद्धपार्कको नामबाट चिनिने पार्कमा घुमफिर गर्ने र टिकटक तथा फेसबुकमा राख्न तस्वीर खिच्ने र भिडिओ बनाउनेहरूको भिड लागिरहने गर्छ।, पार्क निर्माणको लागि अहिलेसम्म प्रदेश, संघीय र स्थानीय सरकारको साथै विभिन्न दाता र सामुदायिक वनको गरी २ करोड भन्दा बढी लगानी भइसकेको छ।, देवदह नगरपालिकाले पहिलो वर्ष २ लाख र त्यसपछि २० लाख रुपैयाँ सहयोग गरे पनि पछिल्लो वर्ष भने रकम उपलब्ध गराएको छैन।, लुम्बिनी प्रदेश सरकारले भने २०७६ सालमा ५० लाख र ७७ सालमा २० लाख गरी हालसम्म ७० लाख रुपैयाँ लगानी गरिसकेको छ। अरू रकम विभिन्न दाता र सामुदायिक वनबाट लगानी गरिएको पार्क सह-संयोजक खड्काले बताए।, बुद्ध सामुदायिक वनका अध्यक्ष टेकबहादुर राना यो पार्कलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट पार्कको रूपमा विकास गर्न लागिएको बताए।, 'भगवान गौतम बुद्धको मावली देवदह पर्यटकीय हिसाबले महत्वपूर्ण स्थल रहे पनि ओझेलमा थियो, यही पार्कको माध्यमबाट पनि देवदहलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिन्छ कि भन्ने आशा जगाएको छ,’ उनले भने।, पार्कले देवदहको पर्यटन विकासमा कोशेढुंगाको रूपमा काम गर्न सकोस् र यहाँ आउने पर्यटकहरूले कम्तीमा एकदिन देवदहमा बसाइँ बसून् भन्ने आफूहरूको उद्देश्य रहेको उनले बताए।, बुद्ध सामुदायिक वन पार्क निर्माण र व्यवस्थापनमा मात्र होइन सामुदायिक वन संरक्षणको हिसाबले पनि मुलुकमै उत्कृष्ट बन्दै आएको छ।, यसै वर्षमात्रै सामुदायिक वन उपभोक्ता समूह गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार २०७८ बाट सम्मानित भएको थियो।, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र वन तथा भू-संरक्षण विभागद्वारा हरेकवर्ष प्रदान गर्दै आएको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार २०७८ यसवर्ष बुद्ध सामुदायिक वन उपभोक्ता समूहले प्राप्त गरेको थियो।, , , , ,
एउटा कार्यशालाले फेरिएको पार्कको मुहार
|
रासस काठमाडौं उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ।, उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको छ। , उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो। मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए। , उनका अनुसार अहिले भइरहेका मुहान संरक्षण गरेर त्यहीँबाट बढी पानी लिन लागिएको छ।, पुराना ट्युबवेल संरक्षण गर्न थालिएको छ। उपलब्ध पानीको परिमाण बढेपछि तालिका हेरफेर गरेर वितरण गरिने उनले बताए। उपत्यकामा कतिपय स्थानका सेवाग्राहीले आफ्नो घरमा पानी नआएको भनी गुनासो गर्दै आएका छन्। , उनले भने, 'ती स्थानमा पनि ट्यांकरबाट सार्वजनिक ट्यांकीमा भरेर सुख्खा व्यवस्थापन गरिनेछ।', लिमिटेडले उपत्यकाभित्रै खानेपानीको क्षमता बढाउन १० स्थानमा ट्युबवेल खन्न लागेको छ।, भइरहेका मुहान बढाउँदा र डिप ट्युबवेल गरी हाल भइरहेको पानीमा एक करोड लिटर थप हुनेछ।, हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ। वर्षामा झण्डै १७ करोड र हिउँदमा त्योभन्दा कम उपलब्ध गराउन सकिएको लिमिटेडले जनाएको छ।, हिउँद लागेसँगै अहिले पानीको उपलब्धता घटेर दैनिक आठदेखि नौ करोड लिटर पानी वितरण भइरहेको छ। , लिमिटेडअन्तर्गत सम्बन्धित शाखाले आफ्नो क्षेत्रमा कुन कुन बार र कति बजे पानी वितरण गरिने भनी फेसबुक पेजबाट तालिका राख्ने गरेको छ।, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले वैकल्पिक पानीको स्रोतको पनि अध्ययन गरिरहेको छ। सिस्नेरी, कुलेखानी लगायतका पानीको स्रोतको पनि सम्भाव्यता अध्ययन भइरहेको छ।, लिमिटेडले उपत्यकामा जग्गा उपलब्ध हुनसक्ने ठाउँमा डिप वेल निर्माण गरिरहेको छ। सानेपा-बल्खुमा एउटा निर्माण सकिएको छ भने गोकर्ण, भक्तपुर लगायतका ठाउँमा निर्माण भइरहेको छ। स्थानीय तहले सार्वजनिक जग्गा उपलब्ध गराउँदा अध्ययन गरेर सम्भावना भएमा खन्ने गरिएको छ। , काठमाडौं उपत्यकामा दशकौंदेखि खानेपानीको समस्या छ। पानीको समस्या हटाउन मेलम्चीको पानी ल्याउन लागिएको थियो। मेलम्चीमा भएको दुर्घटनाका कारण पानी आउन रोकिएपछि पुनः समस्या बढेको छ। ,
मेलम्ची नआउँदासम्म विकल्प खोजिँदै
|
रासस नागढुंगा सुरूङमार्ग निर्माणमा देखिएको जग्गा विवाद समाधान हुँदै गएको छ। , सडक यातायातमा नयाँ आयामका रूपमा रहेको सुरूङमार्ग निर्माणमा जग्गा प्राप्ति अवरोधका रूपमा रहेको थियो। अरू विवाद रहेका जग्गामा मात्रै जग्गा अधिग्रहण बाँकी रहेको नागढुंगा सुरूङमार्ग निर्माण आयोजनाले जनाएको छ।, आयोजनाका अनुसार अहिले धादिङ जिल्लास्थित केही जग्गाको अख्तियारमा मुद्दा रहेकाले छानबिनको क्रममा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए। त्यसबाहेक काठमाडौं जिल्लामा पनि थोरै जग्गा प्राप्ति गर्न बाँकी छ। समस्या भएका ठाउँमा शुक्रबार नै जिल्ला प्रशासन कार्यालयमा छलफल गरेर टुंग्याइने उनले बताए।, उनले भने, 'भोलिको बैठकले निर्णय गरेमा छिटपुट बाँकी विषय पनि टुंगो लगाउनेछ।', खत्रीपौवा पहिरामा मात्र समस्या बाँकी रहेको प्रमुख शाक्यले बताए।, पहिराको अध्ययन, डिजाइन गरेर कति जग्गा थप लिनुपर्ने भनी टुङ्गाउनुपर्ने उनले बताए।, 'स्थानीयबासीले अध्ययन गर्न नदिएकाले जग्गा प्राप्त गर्नुपर्ने वा नपर्ने थाहा भएको छैन', उनले भने, 'चाडपर्वका कारण छलफल भएको थिएन, चाडपर्व सकिएकाले अब हुनेछ।' , जग्गा प्राप्त भइसकेको ठाउँबाट ‘फ्लाइ ओभर’को निर्माण सुरू गरिएको छ।, बलम्बुमा पहुँच सडकबाट ‘फ्लाई ओभर’ सुरू भएको प्रमुख शाक्यले बताए।, त्रिभुवन राजपथमा जग्गा प्राप्त गर्नुपर्नेमा त्यहाँ पनि टुंगो लागेपछि निर्माण अघि बढाइनेछ।, उनले भने,'अबको बैठकले बाँकी कुरा टुङ्गाएमा त्यहाँ पनि निर्माण अघि बढाइनेछ।', सुरूङ खनेपछि पानीको अभाव हुने भन्दै स्थानीयबासीले खानेपानीको व्यवस्थापनको माग गरेका थिए। त्यहाँको खानेपानी समस्या समाधानका लागि ट्यांकी निर्माण अन्तिमचरणमा पुगेको छ। केही दिनमा नै घर-घरमा पाइप लगिने उनले बताए।, आयोजनाले बजेट छुट्टाइसकेको छ भने नगरपालिकासँगको समन्वयमा पाइप विच्छाइने बताइएको छ।,
नागढुंगा सुरूङमार्गमा जग्गाको विवाद समाधान हुँदै
|
सेतोपाटी संवाददाता नेपालमा थप ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३१७ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १२ हजार ६५३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार ६०९ जनाको पिसिआर परीक्षण र ३०४४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ५३५ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ।, २७९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।, त्यस्तै, काठमाडौं उपत्यकामा १५३ थपिएका छन्। जसमध्ये काठमाडौंमा ११०, ललितपुरमा ३६ र भक्तपुरमा ७ संक्रमित छन्।,
१२ हजार ६५३ को परीक्षण गर्दा ३१७ लाई कोरोना
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १५३ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११०, ललितपुरमा ३६ र भक्तपुरमा ७ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १४९९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५१०, ललितपुरमा ४९७ र भक्तपुरमा ४९२ सक्रिय संक्रमित छन्।, नेपालमा थप ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा १२ हजार ६५३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार ६०९ जनाको पिसिआर परीक्षण र ३०४४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ५३५ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ।, २७९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।,
काठमाडौं उपत्यकामा थपिए १५३ संक्रमित, सक्रिय १४९९
|
एजेन्सी विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनबीच पछिल्लो समय तिक्ततापूर्ण सम्बन्ध छ। सन् २०१८ देखि सुरू भएको व्यापार युद्ध जारी छ। सिन्जियाङ, हङकङ र तिब्बतको मानव अधिकार, ताइवानको स्वतन्त्रता र साउथा चाइना सीबारे दुई मुलुक फरक ध्रुवमा छन्।, दोस्रो विश्वयुद्ध पछि महाशक्ति बनेको अमेरिका र अमेरिकालाई पछि पार्दै विश्व महाशक्ति बन्ने दौडमा रहेको चीनबीचको द्वन्द्व र प्रतिष्पर्धाले संसारका धेरै मुलुकको परराष्ट्र नीतिमा असर परेको छ।, संसारकै पहिलो र दोस्रो ठूलो अर्थतन्त्र भएका यी दुई मुलुक पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा बिरलै एक ठाउँमा उभिन्छन्। स्कटल्यान्डको ग्लास्गोमा भइरहेको संयुक्त राष्ट्र संघको वातावरण सम्मेलन कोप-२६ मा बुधबार चीन र अमेरिकाका प्रतिनिधि एक ठाउँमा उभिएका छन्। उनीहरूले संयुक्त व्यक्तव्य नै जारी गरेका छन्। यी दुई मुलुकलाई एक ठाउँमा ल्याएको छ- जलवायु परिवर्तनले।, कोप-२६ मा अमेरिकी राष्ट्रपति जो बाइडेन उपस्थित थिए। चीनका राष्ट्रपति सी चिनफिङ सम्मेलनमा नआएको भन्दै सीलाई गाली गरेका थिए। ग्लास्गोमा अनुस्पस्थित भएर सीले ठूलो गल्ती गरेको बाइडेनको भनाइ थियो।, बाइडेनले चिनियाँ समकक्षीलाई गाली गरिरहँदा उनका विश्व जलवायुका लागि दूत जोन केरी भने चिनियाँसँग गहन वार्तामा थिए। द न्युयोर्क टाइम्सका अनुसार यो अवधिमा ग्लास्गोमा बनेको अस्थायी भवनमा केरीले चिनियाँ समकक्षी सेई झेन्हुवालाई लगभग दिनहुँ भेटिरहेका थिए।, ‘हामी निकै व्यस्त थियौं,’ सेईले भनेका थिए,‘मैले जोन केरीलाई दिनदिनैजसो भेटेको थिएँ।’, ७७ वर्षीय केरी र ७२ वर्षीय सेईले एक-अर्कालाई चिनेको २० वर्ष भइसक्यो। , ‘मास्क लगाएका अनुवादकलाई राखेर छलफल गर्दा उनीहरू सुरूमा आफ्ना नाति-नातिनाबारे कुरा गर्थे। त्यसपछिमात्रै कोइला, मिथेन र ग्रिनहाउस ग्यास उत्सर्जनको गम्भीर विषयमा प्रवेश गर्थे,’ उनीहरूको वार्तामा सहभागी एक जना अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ।, जलवायु परिवर्तनको एउटा मुख्य कारण विश्वव्यापी तापमान वृद्धि हो। वायुमण्डलको तापमान बढाउन महत्वपूर्ण भूमिका खेल्ने कार्बन उत्सर्जन गर्नेमा चीन पहिलो र अमेरिका दोस्रो मुलुक हुन्। जलवायु परिवर्तनको असर अहिलेको भन्दा अब आउने पुस्ताले झन् धेरै भोग्नु पर्ने छ। नाति-नातिना पुस्तालाई बाँच्नयोग्य पृथ्वी हस्तान्तरण गर्ने हो भने यी दुई मुलुकले मिलेर काम गर्नुको विकल्प छैन।, ‘हामी दुबैले जलवायु परिवर्तनलाई अस्तित्वसँग जोडिएको चुनौतीका रूपमा हेरेका छौं,’ सेईले भनेका छन्,‘संसारका दुई शक्तिशाली हुनुका नाताले अमेरिका र चीनले आफ्नो बाँकी जिम्मेवारी लिएर सँगै काम गर्नुपर्छ। र जलवायु परिवर्तनलाई सम्बोधन गर्न सहकार्यको मर्मअनुरूप अरू मुलुकसँग पनि काम गर्नुपर्छ।’, अमेरिकाका विदेश मन्त्री भएर लामो समय चीनसँगको नेगोशिएसनमा सहभागी भइसकेका केरीले ग्लास्गोमा बोल्दै चीनसँग थुप्रै कुरामा बिमति भए पनि जलवायु परिवर्तनको मुद्दामा नमिलेर नहुने अवस्था रहेको बताए।, ‘मतभेदका लागि अमेरिका र चीनबीच विषयको खाँचो छैन,’ केरीले भने,‘जलवायुको कुरा गर्दा यो काम फत्ते गर्न सहकार्यबाहेक अर्को कुनै विकल्पै छैन।’, बुधबारको संयुक्त वक्तव्यमा चीन र अमेरिकाले विश्व अर्थतन्त्रलाई कार्बन उत्सर्जन शून्य बनाउन सहयोग गर्न उल्लेख गरेका छन्।, चीनले सन् २०२६ बाट सुरू हुने १५ औं राष्ट्रिय योजनाबाट कोइला प्रयोगलाई कम गर्दै लैजाने बताएको छ।, संयुक्त राष्ट्रसघले अमेरिका र चीनले जलवायु परिवर्तनका क्षेत्रमा गरेको घोषणाको स्वागत गरेको छ।, संयुक्त राष्ट्रसघका महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गरेका हुन्। उनले ट्वीटमा लेखेका छन्- जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा अमेरिका र चीनले आगामी वर्षहरूमा सहकार्य गर्ने भनी गरेको घोषणाको म स्वागत गर्दछु, यसले विश्वमा नै सकारात्मक परिणाम दिने कुरामा म विश्वस्त छु। , अहिले कोप-२६ सम्मेलनको घोषणापत्र तयार भइरहेको छ। त्यसमा भएका सहमतिहरुमा धनी देशहरूलाई गरिब राष्ट्रहरूका लागि सहयोग बढाउन प्रोत्साहन गर्ने बताइएको छ। उक्त सम्मेलनको सहमतिको मस्यौदा जलवायु परिवर्तनका प्रभाव कम गर्ने कार्यका लागि सहयोग पुग्नेगरी तयार गरिएको बताइएको छ। खासमा ती सम्झौताहरूमा अनुकूलन र आर्थिक पाटोमा केन्द्रित रहने पनि बताइएको छ।,
‘नाति-नातिनाका लागि’ मिले अमेरिका र चीन
|
सेतोपाटी संवाददाता स्वीट्जरल्यान्ड सरकारले नेपाललाई कोभिड-१९ विरूद्धको एस्ट्राजेनेकाको एक लाख ४४ हजार डोज खोप सहयोग गरेको छ। , बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोख्रेललाई खोप हस्तान्तरण गरेकी थिइन्। , एस्ट्राजेनेका अन्तर्गतको कोभ्याक्स खोप नेपाललाई उपलब्ध गराएको राजदूतावासले जनाएको छ। , यसअघि पनि स्वीस सरकारले नेपाललाई पिसिआर किट, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको छ।, यी सहयोग सन् २०२० अप्रिल यताका हुन्।, दूतावासका अनुसार अहिलेसम्म नेपालमा कोभिड-१९ विरूद्ध लड्न दुई करोड अमेरिकी डलर छुट्याइएको छ। , साथै निरन्तर रूपमा नेपाल सरकारलाई सहयोग गर्ने विज्ञप्तिमार्फत् जानकारी दिइएको छ।,
,
स्वीस सरकारले नेपाललाई दियो एक लाख ४४ हजार डोज खोप
|
सेतोपाटी संवाददाता ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाले भारतको चेन्नाई घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरूमुथु चेटियारलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले गत मंगलबार पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , चेटियारले आफू मेडिकल व्यवसाय गर्ने, मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरहरूसँग आफ्नो कुरा भएको र अस्पतालमा पार्टनर बनाइदिने प्रलोभनमा पारी विभिन्न मानिसको विश्वास जितेको कोइरालाले बताए। , त्योसँगै उनले नेपालका विभिन्न बैंक तथा वित्तिय संस्थामा ठूलो परिमाणमा आफ्नो नाममा संस्थापक शेयर रहेको भन्दै झूटा कागजात तथा विवरण देखाएर ठगी गरेको खुलेको छ। , प्रहरीले उनीबाट विभिन्न संस्थाको परिचयपत्र पनि बरामद गरेको छ। त्यसमध्ये एक अन्तरार्ष्ट्रिय रेडक्रस कमिटीको हो। , उनले आफू त्यस संस्थाको डाइरेक्टर हुँ र सरकारका उच्च अधिकारीसँग समेत निकट सम्बन्ध रहेको भन्दै ठगी गरेको भन्दै महाशाखामा जाहेरी परेको थियो। सोही जाहेरीको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। , उनलाई बालुवाटारबाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा विभिन्न बहानामा विभिन्न व्यक्तिबाट जम्मा ५० लाख रुपैयाँ ठगी गरिसकेको देखिन आएको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।, उनीमाथि थप अनुसन्धान गर्न महाशाखाले उनलाई बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ। , उनी यसअघि पनि २०७२ साल जेठ २२ गते पक्राउ परेका थिए। वैदेशिक रोजगारी सम्बन्धी मुद्दामा पक्राउ परी डिल्लीबजार कारागारमा दुई वर्ष कैद र ३ लाख ५० हजार रकम धरौटी तिरेर छुटेको महाशाखाले जनाएको छ। ,
५० लाख ठगी गरेको आरोपमा एक पक्राउ
|
सेतोपाटी संवाददाता स्वर्गीय पत्रकार डिलप्रकाश शर्माको परिवारलाईअमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको साझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले आर्थिक सहयोग गरेको छ।, नेजाका अध्यक्ष विकासराज न्यौपानेले बिहीबार शर्माकी आमा खगिसरा जैशीलाई ६५ हजार रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।, चेक बुझ्दै शर्माकी आमा खगिसराले सुख र दुःखमा साथ दिएको भन्दै नेपाल पत्रकार महासंघ र नेजाप्रति आभार व्यक्त गरिन्।, आर्थिक अवस्था कमजोर रहेको आफूहरूको एक मात्र छोरा गुमाएपछि थप संकट परेको भन्दै सहयोगको अपेक्षा गरिन्।, त्यस्तै नेजाका अध्यक्ष न्यौपानेले अमेरिकामा रहे पनि नेपालका सञ्चारकर्मीको सुख र दुःख सहयोग गर्दै आएको बताए। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले दुःखमा परेका हरेक पत्रकारलाई महासंघले कुनै न कुनै रूपमा सहयोग जुटाउँदै आएको बताए।, महासंघै पहलमा शर्माका परिवारलाई सहयोग जुटाएको पोखरेलले बताए।, सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द शर्मा, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष गणेशकञ्चन भारती, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका पूर्व उपाध्यक्ष कमल पन्त, नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका कोषाध्यक्ष ललित गाहा, नेपाल पत्रकार महासंघ दैलेख अध्यक्ष यज्ञराज थापा लगायतको उपस्थिति थियो।, दैलेख स्थायी घर भएका शर्मा ६ वर्षदेखि सुर्खेतमा बसेर पत्रकारिता गर्दै आएका थिए। , मोनम्यारो रोगका कारण २३ वर्षकै उमेरमै शर्माको दुई वर्षअघि (२०७६ साल कात्तिक २८ गते) उपचारको क्रममा मृत्यु भएको थियो।, बाल्यकालमै बुवा गुमाएका शर्मा घरका एक्ला छोरा थिए। स्वर्गीय शर्माका हजुर आमा, आमा र एक महिनी छन्। उनको मृत्युपछि उनीहरु सुर्खेतस्थित अंकलको घरमा बस्दै आएका छन्।,
स्वर्गीय पत्रकार शर्माका परिवारलाई नेजाको सहयोग
|
सेतोपाटी संवाददाता रेडियो नेपालले ईञ्जिनियरलगायत विभिन्न पदमा आवेदन माग गरेको छ।, आज सूचना प्रकाशन गर्दै रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले विभिन्न पदमा ३९ जना माग गर्दै आवेदन खुला गरेको छ।, ईञ्जिनियर ३ जना माग भएको छ। सबैभन्दा धेरै प्राविधिक सहायक पदका लागि आवेदन खुलेको छ। १० जना प्राविधिक सहायक माग भएको हो।, वरिष्ठ प्राविधिक सहायक ७ जना माग भएको छ। अन्य १९ जना भने विभिन्न पदका लागि छन्। लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगितामार्फत् यी पदमा पदपूर्ति गर्न लागिएको हो।, आजदेखि २१ दिनभित्र इच्छुकहरूले आवेदन दिन सक्नेछन्।, यसबारे विस्तृत सूचना आजको गोरखापत्रमा प्रकाशित छ। रेडियो नेपालको वेबसाइटबाट आवेदन फारम डाउनलोड गर्न सकिन्छ।,
रेडियो नेपालले खुलायो ईञ्जिनियरसहित ३९ जनालाई जागिर
|
सेतोपाटी संवाददाता देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।, वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो।, महाशाखाका अनुसार यस्तै हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहेको जनाइएको छ।, महाशाखाका अनुसार आज देशको प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। , आज राति पनिप प्रदेश नम्बर १ र प्रदेश नम्बर २ लगायत अन्य प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। ,
,
चिसो बढेसँगै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह
|
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमामा रहेको फर्निचर उद्योगमा आगलागी भएको छ।, तिलोत्तमा नगरपालिका वडा नं. १३ पथरडाँडादेखि करिब १ किलोमिटर पश्चिम मडाहामा रहेको कनौजे ट्रेडर्समा आगलागी भएको हो।, तिलोत्तमा नगरपालिका वडा नं. १३ का वडाअध्यक्ष गणेश न्यौपानेले साँझ साढे ५ बजेदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको बताए।, बुटवलका दुइटा र भैरहवाबाट आएको एउटा गरी तीन वटा दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको न्यौपानेले बताए।, तिलोत्तमा नगरपालिकाको आफ्नै दमकल भए पनि बिग्रिएको कारण बुटवल र भैरहवाबाट बोलाइएका दमकल आउन ढिलाइ हुँदा धेरै क्षति भएको उनले बताए।, बस्तीको बीचमा रहेको उक्त फर्निचर उद्योगमा लागेको आगो बस्तीमा फैलिन नपाए पनि उद्योगभित्र लागेको आगो भने पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।, सोफासेट, टेबुल कुर्सी, खाटलगायत काठका सम्पूर्ण फर्निचर निर्माण गरिने उक्त उद्योगमा रहेका सम्पूर्ण फर्निचर नष्ट भएको न्यौपानेले जानकारी दिए।, न्यौपानेका अनुसार उद्योगभित्रका सबै सामग्री जलेर नष्ट भए पनि कतिको क्षति भयो भन्ने अनुमान गर्न सकिएको छैन।, कनौजे ट्रेडर्स नामबाट सञ्चालित उक्त फर्निचर उद्योग कसले सञ्चालन गरेका थिए भन्ने जानकारी नभएको उनले बताए।,
तिलोत्तमाको फर्निचर उद्योगमा आगोलागी
|
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने ठहरसहितको छानबिन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने भएको छ।, स्वास्थमन्त्री विरोध खतिवडा, धरान उपमहानगर प्रमुख तिलक राई र स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहितको छानबिन टोलीले तयार पारेको प्रतिवेदन आज प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवालाई बुझाउने कार्यक्रम छ।, ‘हामी आज प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन बुझाउँदैछौ,’ स्वास्थ्यमन्त्री खतिवडाले सेतोपाटीसग भने, ‘त्यो प्रतिवेदनमा के छ भन्ने कुरा भरेसम्म पर्खनुस्।’, मन्त्रीले समितिको ठहरबारे खुलाउन नचाहे पनि प्रतिवेदनमा प्रतिस्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीलाई कारबाही गर्नुपर्ने सिफारिस गरिएको स्रोतको भनाइ छ।, उपकुलपति गिरी, रेक्टर डा. गुरु खनाल, अस्पताल निर्देशक डा गौरीशंकर साहलाई पदमुक्त गर्ने प्रक्रिया थाल्न र त्यसका लागि सिनेट बोलाउन सिफारिस प्रतिवेदनमा गरिएको छ।, रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीले भने यसअघि नै पदबाट राजीनामा दिइसकेका छन्।, ‘हामीले थाहा पाएअनुसार कारबाही सिफारिस भएको छ भन्ने सुनेका छौ,’ बिपीका एक चिकित्सकले भने, ‘तर प्रतिवेदन सार्वजनिक नभएसम्म ढुक्क हुन सकिने अवस्था छैन।’, शैक्षिक, आर्थिक प्रशासनिक र स्वास्थ्य सेवा सुधार हुनुपर्ने, अनियमितताको छानबिन र दोषी उपर कारबाही माग गर्दै चार महिनादेखि निरन्तर आन्दोलनमा रहेका प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले पदाधिकारीको बहिर्गमनलाई आन्दोलनको न्यूनतम शर्त बनाएका थिए।, आन्दोलन चर्केर सेवा नै प्रभावित हुने अवस्था आएपछि सरकारले वार्ता टोली गठन गरेर आन्दोलनकारीको माग सम्बोधन गर्ने सहमति गरेको थियो। तर सहमतिअनुसार सरकारले कुनै कदम अघि नबढाएको भन्दै बिपीमा आन्दोलन जारी थियो।,
बिपी प्रतिष्ठान छानबिन समितिले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने
|
सेतोपाटी संवाददाता रौतहटमा लागुऔधष गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , शुक्रबार बिहान पौने १० बजे गौर नगरपालिका वडा नम्बर ४ गढवा टोलबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए। , पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्बर १२ बस्ने २५ वर्षीय सुरेन्द्र गोले र १९ वर्षीय रित्तम तामाङ छन्।, उनीहरूबाट प्रहरीले १८६ किलो गाँजा बरामद गरेको हो। विशेष सूचनाको आधारमा खटिएको टोलीले उनीहरू चढेको ना.६ ख-५९४३ नम्बरको आइचर ट्रक चेक गरेको थियो। , त्यसक्रममा ट्रकमा फल्स बटम बनाई प्लाष्टिकले बेरेको १२ वटा पोका फेला परेको थियो। त्यसपछि ट्रक चालक गोलेसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। , उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। ,
,
१८६ किलो गाँजासहित दुई जना पक्राउ
|
नारायण खड्का सल्यानमा एक जना व्यक्तिले वडाध्यक्ष लगायतका जनप्रतिनिधिलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेपछि ती वडाबासीलाई वडाबाट प्राप्त हुने सेवा सुबिधाबाटै बञ्जित गर्ने निर्णय गरिएको छ।, सल्यानको बागचौर नगरपालिका वडा नं. ४ ले बिहीबार एक सार्वजनिक विज्ञप्ति जारी गरी वडाको सिमखानीका दिलबहादुर केसीलाई वडा कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवाबाट बञ्चित गर्ने निर्णय गरेको जानकारी दिएको हो।, वडाध्यक्ष प्रेमबहादुर पुनको नामबाट जारी विज्ञप्तिमा केसीले मनपरी रूपमा आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् वडाध्यक्ष र वडा सदस्य लगायतलाई चरित्र हत्या गर्ने गरी स्टाटस लेखेको हुँदा सेवाबाट प्रतिबन्ध लगाउने निर्णय भएको उल्लेख गरेका छन्।, पुनले जारी गरेको विज्ञप्तिमा केसीले कमजोरी नसच्याएसम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाबाट प्रतिबन्ध लगाउने निर्णय भएको कुरा उल्लेख गरिएको छ।, साथै, पुनले केसीलाई अराजक व्यक्तिको संज्ञा दिँदै सबै वडाबासीलाई भ्रममा नपर्न आग्रह पनि गरेका छन्।, नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष पुनले आफू लगायतका जनप्रतिनिधिहरूलाई ‘छोटे राजा’को संज्ञा दिँदै दमन गरेको भन्दै विज्ञप्तिमा गालीगलौज गरेको भनेर आरोप लगाइएको छ।, केसीले वडाध्यक्षको नाममा जारी विज्ञप्तिले आफू कत्ति पनि बिचलित नभएको बरू उनीहरूले आफ्नो इज्जत आफैं फाल्ने काम गरेको सेतोपाटीलाई प्रतिक्रिया दिए।, ‘अन्यायमा परेपछि हामीजस्ता सर्वसाधारण जनताले के गर्ने, लेखेरै सत्य सार्वजनिक गर्ने न हो,’ केसीले भने, ‘त्योभन्दा मेरो अरू कोहीप्रति व्यक्तिगत कुरा छैन।’, वडाले आफूलाई सेवावाट प्रतिबन्ध लगाउने कुरा न्यायोचित मान्न नसकिने उनले बताए।, ‘मैले गल्ती गरेको भए मुद्दा हालेर कारबाही गरे भयो नि!,’ केसीले भने, ‘मलाई वडाको सेवाबाटै प्रतिबन्ध लगाउन खोज्नु साँघुरो सोच हो।’, केसीको अर्को स्टाटस वडा सदस्य तुलसीराम घर्ती (जनक)विरूद्ध छ। जसमा केसीले वडा सदस्य घर्तीलाई मानव बेचबिखनमा संलग्न रहेको भन्ने आरोप लगाएका छन्। सर्वसाधारणलाई विदेश पठाउने बहानामा मोटो रकम असुल्ने गरेको उनको आरोप छ।, वडाध्यक्ष पुनले चेतावनीस्वरूप केसीलाई वडाको सेवाबाट प्रतिबन्ध लगाउने निर्णय गर्नुपरेको बताए।, ‘समाजिक सञ्जालमा मेरो समेत नाम जोडेर मनपरी लेख्न थालेपछि चेतावनीस्वरूप विज्ञप्ति जारी गर्नु परेको हो,’ वडाध्यक्ष पुनले हाँस्दै भने, ‘सामाजिक सञ्जालमा लेख्नेलाई हामी पनि त्यसैगरी ठिक पारौं भन्ने सोचले त्यसो गरिएको हो।’, तपाईंले केसीविरूद्ध कानुनी उपचार नखोजेर सेवाबाटै प्रतिबन्ध लगाउन मिल्छ ? भन्ने प्रश्नमा वडाध्यक्ष केसीले एउटा चेतावनी दिए पनि त्यस्तो गर्न नमिल्ने बताए। ,
सामाजिक सञ्जालमा जनप्रतिनिधिलाई गाली गरेपछि वडाको सेवाबाटै रोक
|
रासस काठमाडौं उपत्यका भित्रिने/बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुंगा-मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ।, यहाँका साँघुरा र घुमाउरो सडक तथा पुल सवारी दुर्घटनाको कारण बनिरहेकाले सडक विस्तारसँगै सुधार गर्न लागिएको हो। , झण्डै ९५ किमी लम्बाइको सडक तीन प्याकेजमा गरी निर्माण गर्ने योजना बनाइएको छ।, यी तीन प्याकेजमा सडक र पुल दुवैको विस्तार र सुधार समेटिने नागढुंगा-मुग्लिन सडक योजनाका प्रमुख किरण कार्कीले बताए।, यो सडक निर्माणका लागि अहिले अध्ययन सकिएर ठेक्काको चरणमा छ। सडक विभाग, विकास सहायता समन्वय महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको हो। , विभिन्न प्याकेजमध्ये कुनै मूल्यांकन त कुनै मूल्यांकन सकाएर खोल्ने चरणमा रहेको प्रमुख कार्कीले बताए।, नागढुंगा-नौबिसे र नौबिसे-मलेखुमा आवेदनका लागि आगामी मंसिर ९ गतेसम्म अवधि छ भने मलेखु मुग्लिन प्राविधिक मूल्यांकन भइरहेको छ।, उनले भने, 'अवधि सकिएपछि नै प्रक्रिया अघि बढाइनेछ।' , नौबिसे-नागढुंगा, नागढुंगाबाट मलेखु र मलेखुबाट मुग्लिन गरी तीन प्याकेजमा गरी निर्माण अघि बढाइने योजनाले जनाएको छ।, सडक निर्माणका लागि निर्माण कम्पनीसँगै परामर्शदाता छनोट भइरहेको छ। डेढदेखि दुई महिनामा गरिसकिने बताइएको छ। , सडक विभागले सोही सडकमा जोडिने मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ–बुटवल सडक निर्माणाधीन छ।, यी सडक चारदेखि छ लेनसम्म विस्तार गरिएको भए पनि नागढुंगा–मुग्लिन सडक अधिकांश स्थानमा दुई लेनको नै हुने योजनाले जनाएको छ।, यो सडकमा विस्तारसँगै भइरहेका सडक र पुलको सुधार तथा मर्मतमा पनि ध्यान दिइने प्रमुख कार्कीले बताए।, बजार क्षेत्रमा चार लेनसम्म विस्तार हुने भए पनि अधिकांश स्थानमा पहाड भएकाले दुई लेनमा नै निर्माण गरिनेछ। मलेखु, गजुरीलगायतका क्षेत्रमा चार लेनसम्म विस्तार हुनेछ। , तराईमा सडक विस्तार गर्नुभन्दा पहाड नै पहाड भएको स्थानमा विस्तार गर्न गाह्रो हुने प्रमुख कार्कीले बताए।, पहाड नै काटेर बनाउन नसकिने हुँदा भइरहेकै सडकलाई स्तरोन्नति गर्न प्राथमिकता दिइनेछ।, उनले भने, 'सडकमा आवश्यक संरचना निर्माण पनि सँगसँगै हुनेछ।', सडकसँगै एउटै प्याकेजमा पुलको निर्माण र मर्मत हुँदैछ।, कतिपय स्थानमा पुल बांगो भएकामा त्यो हटाइने प्रमुख कार्कीले बताए। सडक सुरक्षित बनाउनकै लागि मोड सुधार गर्न लागिएको छ। दुर्घटना कम गर्नेसँगै सडक निर्माणपछि यात्रामा लाग्ने समय र खर्च घट्ने उनले बताए। , अध्ययनअनुसार तीन प्याकेजमा निर्माण अघि बढाउँदा दुई वर्षमा निर्माण सम्पन्न हुने योजनाले जनाएको छ।, निर्माण सकिएपछि पाँच वर्ष मर्मत अवधि रहनेछ। सडक निर्माणपछि पनि बिग्रिए वा भत्केमा त्यो अवधिसम्म पनि पुनर्निर्माण वा मर्मत निर्माण कम्पनीले नै गर्नुपर्ने प्रमुख कार्कीले बताए।, कानुनी लगायतका अरू समस्या नआएमा ठेक्का प्रक्रिया टुंगो लागे पनि निर्माण सुरू गर्न लामो समय नलाग्ने उनको भनाइ छ। उनले भने, 'सरासर काम भएमा ठेक्का खुलेको डेढ दुई महिनामा काम सुरू हुनेछ।', यो खण्डमा अधिकांश स्थानमा सडकको चौडाइ झण्डै १० देखि ११ मिटरसम्म हुनेछ।, ‘डेडिकेटेड’ दुई लेन भन्नाले चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ। यसले गर्दा सडक सुरक्षित हुनेसँगै गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिने उनले बताए। , सडकसँगै पुलको निर्माण र सुधारलाई जोड दिइएको योजनाले जनाएको छ।, नयाँ पुल निर्माणसँगै जोखिमयुक्त पुल हटाइने प्रमुख कार्कीले बताए। चार ठाउँमा रहेका पुल रेखांकन परिवर्तन गरिने उनले बताए।, अरू ठाउँमा भइरहेको पुल मर्मत गर्ने र सँगै अर्काे पनि थपिनेछ।, उनले भने, 'पुल पनि एउटै ठेक्कामा र दुई वर्षमा सकिनेछ।', काठमाडौं उपत्यकाबाट सबभन्दा बढी सवारी साधन बाहिरिने सडकका रूपमा रहेको यो खण्डमा सडक विस्तार भएपछि यहाँको चाप कम हुने अपेक्षा गरिएको छ।, नागढुंगाामा सुरूङ बनिसकेर यो सडक बनेपछि यात्रुलाई आवतजावत गर्न सजिलो हुनेछ।,
अघि बढ्यो नागढुंगा-मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया
|
रासस जनगणनामा खटिएकी गणक झापा भद्रपुर नगरपालिका–६ की लक्ष्मी राजवंशी धान खेतमै गएर जनगणनाको फाराम भरिरहेको भेटिइन्। , खेतमा धान काटिरहेकी पुष्पा रिमालको घरमा पुग्दा उनी घरमा नभेटिएपछि नजिकैको खेतमै पुगेर राजवंशीले जनगणनाको फाराम भरिन्। पहिलो चरणको गणनामा नाम छुटेकी भद्रपुर–६ की आस्मा खातुनको विवरणसमेत राजवंशीले सोही बेला टिपिन्।, 'घरमा मान्छे नभेटिएपछि सोधी खोजी गरेर उहाँहरू जहाँ हुनुहुन्छ, त्यहीँ गएर फाराम भर्ने गरेकी छु', उनले भनिन्,'कोही नछुट्ने गरी काम गरिरहेका छौं।', गणनाका लागि जाँदा केही समस्या आउने गरेको उनको भनाइ छ।, 'केहीले उमेर भन्न मान्दैनन्, केहीले अन्दाजी यति उति लेखिदिनु भन्छन्', उनले भनिन्, 'डेरामा बस्ने मान्छे घरमा भेटिँदैनन्, मोबाइल नम्बर पनि घरबेटीसँग माग्दा नपाइएको अवस्था छ।', बिर्तामोड नगरपालिकामा घरभाडामा बस्ने मानिसको संख्या धेरै छ।, इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी लगायतका जिल्लासँगै भारतबाट व्यवसाय-मजदूरी गरेर बस्नको संख्या धेरै छ। , जनगणनामा खटिएका बिर्तामोड-४ का नवेश गुरूङले एउटै घरमा पाँच/छ परिवार घरभाडामा बस्दै आएको पाइएको बताए।, 'कर उठाउन, भाडा बढाउन, चुनावका लागि विवरण लिन आएको भन्ने मानिसमा भ्रम रहेको पाइयो', बिर्तामोड-५ मा गणकका लागि खटिएका उनले भने, 'धेरैले विवरण दिन अन्काउँछन्, धेरैलाई ‘कन्भिन्स’ गर्दा मात्र विवरण दिने गरेका छन्।', उनले मानिसको बुझाइ गलत भएकाले केही समस्या भएको बताए।, राजवंशी र गुरूङजस्तै जिल्लामा हाल एक हजार १८७ जना गणक जनगणनामा खटिएका छन्। उनीहरू घरदैलोसँगै खेतबारी र कार्यस्थलमै पुगेर विवरण लिइरहेका छन्।, जनगणनाका लागि झापामा दुई वटा कार्यालय (बिरिङ नदी पश्चिम दमक र बिरिङ नदी पूर्व भद्रपुर) स्थापना गरिएको छ। यसअघि गरिएको प्रारम्भिक सर्वेक्षणमा झापामा दुई लाख सात हजार ५०० परिवार र करिब १० लाख जनसंख्या रहेको तथ्यांक छ। ,
खेत-खेतमै पुगेर जनगणना
|
सेतोपाटी संवाददाता सर्वोच्च अदालतका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई गेटमै रोक्न धर्ना दिने भएको छ।, बार महासचिव लीलामणि पौडेलका अनुसार शुक्रबार १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश राणालाई छिर्न नदिन बारले धर्ना दिनेछ।, 'हामीले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्दा उहाँको प्रशासनले हामीमाथि बल प्रयोग गर्यो। त्यसैको विरोधमा शुक्रबार उहाँलाई अदालत प्रवेशमा रोक लगाउने तय भएको छ,' उनले भने।, प्रधान्यायाधीशले सरकार र संवैधानिक निकायमा भागबन्डा मागेको, अदालतमा अनियमितता, विसंगति र विचौलिया रोक्ने उपायस्वरूप न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेसी तोक्दा गोलाप्रथा लागू गर्ने सुझाव कार्यान्वयन नगरेको भन्दै नेपाल बारले उनको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ।, बिहीबार सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गर्दा प्रहरीले वकिलहरूमाथि लाठीचार्ज गरेको थियो।, प्रहरीको लाठीचार्जबाट बार महासचिव पौडेल, उपाध्यक्ष रक्षा बस्याल लगायतलाई चोटपटक लागेको थियो। उक्त घटनाको भर्त्सना गर्दै नेपाल बारले विज्ञप्ति निकालेको छ। शुक्रबार सर्वोच्च अदालतका सबै इजलास बहिष्कार गर्ने निर्णय पनि बारले गरेको छ।, प्रधाननन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागबन्डा मागेको कुरा बाहिरिएपछि न्यायिक विचलन निम्त्याएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशरूले उनको राजीनामा मागेका छन्। , उनीहरूले बन्दीप्रत्यक्षीकरणका बाहेक राणाले तोकेका इजलास बहिष्कार गर्दै आएका छन्।, नेपाल बारले शुक्रबार बन्दीप्रत्यक्षीकरणका मुद्दा तोकिएका इजलाससमेत बहिष्कार गर्ने भएको छ। बार पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलनमा छ।,
प्रधानन्यायाधीश राणालाई आज सर्वोच्चको गेटमै रोक्ने नेपाल बारको तयारी
|
सेतोपाटी संवाददाता भारतको हैदराबादमा भएको इन्डियन पुलिस ट्रेनिङ्ग (आइपीएस) मा नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षकले अवार्ड पाएका छन।, हैदराबादस्थित सरदार बल्लभभाइ पटेल पुलिस एकेडेमीमा भएको ५० हप्ता लामो तालिममा नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षकहरुले अर्वाड पाएका हुन।, प्रहरी निरीक्षक अनिल थापाले आउटडोरमा द बिएसएफ ट्रफि, किरण राउतले द जयपुर कप र सिमोन धितालले द जयपुर कपको उपाधि पाएका हुन।, सरदार बल्लभभाइ पटेल पोलिस एकेडेमीमा शुक्रबार विहान भएको दिक्षान्त समारोहमा भारतीय सुरक्षा सल्लाहकार अजित डोवलले उनीहरुलाई अर्वाडले सम्मानित गरेका हुन। , कार्यक्रममा सहभागी हुन नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्री पनि सहभागी भएका थिए। तालिममा नेपालसहित, भारत, भुटान र माल्दिभ्सका प्रहरी अधिकृत सहभागी भएका थिए। , सो तालिममा नेपाल सन १९५४ देखि सहभागी हुदैँ आइरहेका छ। तालिममा सहभागी हुन नेपालबाट अवार्ड पाएका ३ प्रहरी निरीक्षक र प्रहरी निरीक्षक सुभाष खतिवडा र होमनाथ रेग्मी सहभागी भएका थिए।,
,
हैदराबादमा भएको इन्डियन पुलिस ट्रेनिङ्गमा नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षकलाई अवार्ड
|
सेतोपाटी संवाददाता सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ। , शुक्रबार बिहान काठमाडौंस्थित प्रहरी अस्पतालमा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेश धमलाले जानकारी दिए। , उनी तिहारअघि नै बिरामी थिए। प्रहरी उपरीक्षक धमलाका अनुसार उनलाई दुई पटक कोरोना भाइरसको संक्रमण भएको थियो। , 'उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो। दुई चोटी कोभिड संक्रमण भइसकेको थियो,' उनले भने, 'उहाँको फोक्सोमा निमोनिया भएको रहेछ। आज उपचारको क्रममा मृत्यु भएको हो।' , यसअघि गत जेठमा काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत् डिएसपी समिरचन्द्र खरेलको कोरोना संक्रमणबाट निधन भएको थियो।,
,
निमोनियाले बिते दुई पटक कोरोना भइसकेका डिएसपी तिम्सिना
|
रासस धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा आज भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन्। , द्रुत गतिमा गुडेको सवारी साधन साँघुरो घुम्तीमा दुइटा बस आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , धादिङबेंसीबाट चितवन गइरहेको ना५ख ३२३५ नंको बस र काठमाडौंबाट धादिङबेंसी हुँदै फूलखर्कतर्फ आउँदै गरेको ना७ख ५८२८ नंको बस आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले बताए।, दुर्घटनामा घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये गम्भीर अवस्थाका दुई जनाको थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ। बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।, केही यात्रुलाई बसमा चेपिएको अवस्थामा समेत उद्धार गरिएको थियो। , दुर्घटनापछि सडक अवरूद्ध भएको थियो। अवरूद्ध सडकलाई डोजरको सहायताले सवारी साधन हटाएर यातायात सञ्चालन गराइएको बताइएको छ।,
धादिङमा बस आपसमा ठोक्किँदा ३५ घाइते
|
सेतोपाटी संवाददाता मोरङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। , रंगेली नगरपालिका वडा नम्बर ७ बक्राह खोलाले बुधबार दिउँसो दुई जनालाई बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए। , स्थानीयले बगाएको देखेपछि एक जनाको उद्दार गरी रंगेली अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले मृत घोषणा गरिसकेका थिए। , अर्का एक युवक बेपता भएका छन्। भारत मध्यापुर सिंहेश्वरथान घर भई रंगेली नगरपालिका वडा नम्बर ६ भन्सार टोलका सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटुकुमार साहको मृत्यु भएको प्रहरी उपरीक्षक जिसीले बताए। , त्यस्तै भारतकै १८ वर्षीय राजा साह बेपत्ता छन्। प्रहरीका अनुसार बिटुकुमार र राजा सुरेशका भान्जाहरू हुन्। , 'उनीहरू मामाको घरमा पाहुना आएका थिए। बक्राहा खोलामा छठ मनाउँन गएका थिए। खोला छेउमा उनीहरूले सुरूमा घाट बनाए,' प्रहरी उपरीक्षक जिसीले भने, 'घाट बनाएर उनीहरू नुहाउन छिरेका थिए। तर भासिँदै गए। एक जनालाई स्थानीयले देखेपछि निकाल्न भ्याए तर अर्का बेपत्ता भए।' , घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटिएको थियो।, स्थानीय, प्रहरी र सशस्त्र प्रहरी मिलेर राजा साहको खोजि गरिरहेको छ। यस्तै गोटाखोर पनि बोलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए। ,
,
भारतबाट छठमा मामाघर आएका दुई जनालाई खोलाले बगाउँदा एकको मृत्यु अर्का बेपत्ता
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २०२ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५५, ललितपुरमा ३२ र भक्तपुरमा १५ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १५०२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५०४, ललितपुरमा ५०१ र भक्तपुरमा ४९७ सक्रिय संक्रमित छन्।, नेपालमा थप ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ६ हजार ८१४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ४०७ जनाको पिसिआर परीक्षण र १४०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ५१९ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ।, ४७४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।, ,
काठमाडौं उपत्यकामा थपिए २०२ संक्रमित
|
सेतोपाटी संवाददाता नेपालमा थप ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४४० जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ६ हजार ८१४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ४०७ जनाको पिसिआर परीक्षण र १४०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ५१९ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ।, ४७४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।, त्यस्तै, काठमाडौं उपत्यकामा २०२ थपिएका छन्। जसमध्ये काठमाडौंमा १५५, ललितपुरमा ३२ र भक्तपुरमा १५ संक्रमित छन्।,
६ हजार ८१४ मा परीक्षण गर्दा ४४० लाई कोरोना
|
सेतोपाटी संवाददाता नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले मंगलबार आसिर मलिकसँग वैवाहिक सम्बन्ध गाँसेको घोषणा गरेकी छन्। बालिकाहरूको शिक्षा क्षेत्रमा काम गर्दै आएकी मलालाले आफ्नो आधिकारिक ट्विटरमार्फत् बेलायतको बर्मिङ्घमस्थित घरमा आसिरसँग मुस्लिम परम्पराअनुसार 'निकाह' गरेको घोषणा गरेकी हुन्।, आफ्नो जिन्दगीको महत्वपूर्ण क्षण सार्वजनिक गर्दै २४ वर्षीया मलालाले नेपाली समयअनुसार मंगलबार राति ११ बजेर २८ मिनेटमा ट्वीटरमा लेखेकी छन्- 'आजको दिन मेरो जिन्दगीको अमूल्य दिन हो। आसिर र म आजबाट जीवनसाथीका रूपमा जिन्दगी बिताउँदैछौं। हामीले बर्मिङ्घमस्थित घरमा परिवारका सदस्यहरूमाझ सानो निकाह आयोजना गर्यौं। हामीलाई तपाईंहरूको शुभकामनाको खाँचो छ। जिन्दगीको आगामी यात्रा सँगसँगै हिँड्न लागेकामा हामी उत्साहित छौं।', मलालाले आफ्नो श्रीमानबारे थप जानकारी उल्लेख गरेकी छैनन्। तर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उनका श्रीमान आसिर को हुन् भन्नेबारे उल्लेख गरेका छन्। , द न्यूयोर्क टाइम्सका अनुसार आसिर पाकिस्तान क्रिकेट बोर्डमा म्यानेजर छन्। आसिरको लिंक्डइन प्रोफाइलमा पनि यही विवरण उल्लेख भएको टाइम्सले लेखेको छ। , आसिरले सन् २०१२ मा पाकिस्तानको लाहोर युनिभर्सिटी अफ म्यानेजमेन्ट साइन्सेसबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरेका हुन्। पाकिस्तान क्रिकेट बोर्डमा आवद्ध भएको भने सन् २०२० मेदेखि हो। उनले पाकिस्तान सुपर लिगको फ्रेन्चाइज मुल्तान सुल्तान्समा पनि अपरेसनल म्यानेजरका रूपमा काम गरेका थिए।, उनको पाकिस्तानमै एउटा लिग फ्रेन्चाइज पनि छ जसको नाम लास्ट म्यान स्ट्यान्ड्स हो। आसिरले आफ्नो प्रोफाइलमा उल्लेख गरेअनुसार उनले तल्लो तहमा भएको क्रिकेटको क्षमतालाई संस्थागत र व्यवस्थित बनाउन यो लिग बनाएका हुन्।, आसिर विभिन्न नाटकहरूमा पनि आवद्ध भएको बताइएको छ। भारतीय सञ्चारमाध्यम डिएनएका अनुसार उनी नाटक निर्माण गर्ने ड्रामालाइन नामको संस्थाका अध्यक्ष थिए।, मलाला युसुफजाईको जन्म पाकिस्तानमा भएको थियो। उनलाई सन् २०१२ मा बालिकाहरूको शिक्षा पाउने हकबारे बोलेको भन्दै तालिबान आतंकवादीहरूले गोली हानेका थिए। त्यति बेला उनी ११ वर्षकी थिइन्। उनले भनेकी थिइन्, 'यहाँ छोरी जन्मिनुलाई सधैं उत्सवका रूपमा लिइँदैन।', उनलाई त्यसपछि बर्मिङ्घमको अस्पताल लगिएको थियो। उनले त्यहीँ बसेर बालिका शिक्षा क्षेत्रमा वकालत गर्दै आएकी छन्।, कयौं महिनाको शल्यक्रिया र पुनर्स्थापनापछि सन् २०१४ मा उनी बेलायतको नयाँ घरमा आफ्नो परिवारसँग बस्न थालेकी थिइन्। आफ्नाो बुवाको सहयोगमा उनले मलाला कोष स्थापना गरिन् जसले बालिका शिक्षामा सहयोग गर्दै आएको छ।, कम उमेरमै बालिका शिक्षा क्षेत्रमा काम गरेबापत् उनको योगदानको कदर गर्दै सन् २०१४ डिसेम्बरमा मलालालाई नोबेल शान्ति पुरस्कार दिइएको थियो। उनी सबभन्दा कम उमेरकी नोबेल विजेता हुन्।, उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सन् २०२० मा दर्शन, राजनीति र अर्थशास्त्रमा ग्र्याजुएट गरेकी थिइन्।, आसिर र मलालाको भेट कहिले भएको थियो भन्ने यकिन छैन। तर सन् २०१९ मा आसिरले सार्वजनिक गरेको एक फोटोमा मलाला पनि सँगै देखिएकी छन्। बर्मिङ्घमको एक स्टेडियममा भएको क्रिकेट प्रतियोगितामा मलाला र आसिर एउटा सामूहिक फोटोमा सँगै देखिएका हुन्।, मलाला र आसिरको बिहेको खबर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा उनीहरूलाई संसारभरबाट बधाइ दिनेको ओइरो नै लागेको छ। युवा वातावरण अभियन्ता ग्रेटा थनवर्गदेखि अभिनेत्री प्रियंका चोपडासम्मले उनीहरू शुभकामना दिएका छन्। त्यस्तै बिल-मेलिन्डा गेट्स फाउन्डेसनकी मेलिन्डा गेट्स र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडिउले पनि सामाजिक सञ्जालमार्फत् उनीहरूलाई बधाइ र शुभकामना दिएका छन्।, (एजेन्सीको सहयोगमा),
को हुन् मलाला युसुफजाईका श्रीमान आसिर मलिक?
|
रासस धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।, पक्राउ पर्नेमा सबैला नगरपालिका-३ का ३५ वर्षीय लालबाबु साफी छन्। , साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप छ। लालबाबुले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ।, यही कात्तिक ८ गते राति अजमेरी घरमा मृत फेला परेकी थिइन्। आलमले छोरीको हत्या लालबाबुले गरेको किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। , इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले लालबाबुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जानकारी दिए।, घटनामा संलग्न भएको आरोपमा लालबाबुका परिवारका अन्य सदस्यमाथि पनि अनुसन्धान जारी छ। ,
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
|
रासस धनुषामा टिपरको ठक्करबाट युवकको मृत्यु भएको आरोपमा चालकलाई पक्राउ गरिएको छ। , प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ना१८ख १२७५ नंको टिपरका चालक नागेन्द्र यादवलाई पक्राउ गरेको हो। , जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिका-१ मा लक्ष्मीनियाँ गाउँपालिका सपहीका १८ वर्षीय राजु यादवको मृत्यु भएको थियो। , मृतक यादव टिपरका कामदार हुन्। उनका भाइ झगरु यादवले राजुको टिपरले किचेर हत्या गरेको आरोप लगाएका छन्।, घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।, यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। ,
टिपरको ठक्करबाट युवकको मृत्यु भएको आरोपमा चालक पक्राउ
|
सेतोपाटी संवाददाता कैलालीको लम्कीचुहा नगरपालिका-१ का २२ वर्षीय भूपेन्द्र बडुवाल अमेरिका जाने तयारीमा थिए। डिभी परेपछि उनी अमेरिका जाने चाँजोपाँजो मिलाउँदै थिए।, काठमाडौंमा बहिनीसँग बसिरहेका बडुवाल दसैंमा घर गएका थिए। उनी काठमाडौंमा ब्याचलर्स पढिरहेका थिए।, उनकी छिमेकी तथा लम्कीचुहा नगरपालिकाकी उपमेयर टीका थापाका अनुसार दसैंमा घर आएपछि अमेरिका जाने तयारी थालेका बडुवाल काठमाडौं फर्केका थिएनन्।, उनकी बहिनी भने दसैं मनाएर काठमाडौं गइसकेकी थिइन्। परिवारमा उनीहरू दुई छोराछोरी मात्रै हुन्।, मंगलबार राति ८ बजे खाना खाएर बसिरहेका बडुवाललाई बोलाउन उनका साथी कपिल श्रेष्ठ आएका थिए।, ‘साथीलाई अप्ठेरो परेको छ भन्दै उनले राति ८ बजे घरबाट लिएर गएका थिए,’ थापाले सेतोपाटीसँग भनिन्।, लम्कीचुहा-१ कै श्रेष्ठ बडुवालका नजिकका साथी थिए। उनी पनि काठमाडौं नै बस्थे। श्रेष्ठ मंगलबारमात्रै कैलाली पुगेका थिए।, ‘लगेर केहीबेरमै मारिहाल्नुपर्ने त्यस्तो ठूलो कही दुश्मनी थियो भन्ने मलाई लाग्दैन,’ थापाले भनिन्।, बडुवाल इमान्दार स्वभावका थिए। घर गइकन बुवा डम्बरलाई पसलमा सहयोग गरिरहेका थिए।, लम्कीचुहामा डम्बरको जुत्ता-चप्पल र इनामेलको पसल छ।, ‘उनीहरू साधारण परिवारका थिए, बुवाआमा यता व्यापार गर्थे, छोराछोरी काठमाडौं पढ्थे,’ थापाले भनिन्।, बडुवाललाई सुरूमा टीकापुरस्थित केराबारीमा पुर्याएका थिए। त्यहाँबाट लखेट्दै-लखेट्दै होटल सिद्धार्थनजिक पुर्याएर हत्या गरेको पाइएको थापाले बताइन्।, ‘परिवार विक्षिप्त अवस्थामा छ, उनीहरूसँग केही कुराकानी गर्ने परिस्थिति छैन,’ उनले भनिन्।, बडुवाललाई खुकुरी र टाउकोमा रड प्रहार गरेको देखिएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।, अधिकारीका अनुसार शंकास्पदहरू प्रहरीको निगरानीमा छन्। कपिल पनि प्रहरीको निगरानीमा छन्।, शंकास्पद आठ जनालाई पक्राउ गरिसकिएको अधिकारीले बताए। ‘उनीहरू कोही टीकापुर, कोही लम्कीमा छन्, एकठाउँमा ल्याएर घटनामा संलग्नता पुष्ट्याइँ गर्ने काम भइरहेको छ,’ अधिकारीले भने, ‘अनुसन्धानको क्रममा रहेकाले नाम उल्लेख गर्न मिलेन।’, हत्यामा प्रयोग भएको खुकुरी बरामद गरिएको छ। घटनास्थल नजिकै पेट्रोल पम्पको छेउमा खुकुरी फेला परेको अधिकारीले बताए।, हत्याको बिरोधमा लम्कीका स्थानीयले टायर बालेर पूर्व-पश्चिम राजमार्ग अवरूद्ध पार्दै प्रदर्शन गरिरहेका छन्। प्रहरीले राजमार्ग खुलाउन प्रयास भइरहेको छ। ,
डिभी परेपछि अमेरिका जाने तयारीमा थिए टीकापुरमा हत्या भएका भूपेन्द्र
|
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले अवैध सुनसहित पक्राउ गरेको छ। , दुबईबाट बुधबार बिहान १०:०५ बजे फ्लाई दुबईको विमानबाट काठमाडौं आएका भारतीय नागरिक महोम्मद जुहेबलाई प्रहरीले पक्राउ गरेको हो।, उनले मलद्वारमा सुन लुकाएर ल्याएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए। , उनले आधा किलो (५४५ ग्राम) सुन लुकाएर ल्याएको बाँस्तोलाले बताए।, प्रहरीले उनको गतिविधि शंकास्पद देखेपछि उनलाई नियन्त्रणमा लिएको थियो। , 'उनी शंकास्पद रूपमा हिँडिरहेको देखेपछि हामीले उनलाई नियन्त्रणमा लिएका थियौं,' प्रहरी वरिष्ठ उपरीक्षक बाँस्तोलाले भने, 'सुन ल्याएको थाहा पाएपछि चिया बिस्कुट खुवाएर दिसा गराएर सुन निकाल्यौं।', उनले नेपालमा कसको लागि सुन ल्याइदिएका थिए भन्ने खुलिसकेको छैन।, उनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। ,
,
,
मलद्वारमा लुकाएर ल्याएको आधा किलो सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ
|
सेतोपाटी संवाददाता बिहीबारदेखि सुरू हुने बाह्रौं राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। , प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना भोलि(बिहीबार)देखि सुरू हुँदैछ।, जनगणनाको सम्पूर्ण तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्यांक विभागले जानकारी गराएको छ।, विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणनाको लागि आवश्यक सम्पूर्ण तयारीको काम सम्पन्न भइसकेको बताए। , जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिनको अवधि हुने उनले बताए।, जनगणना सञ्चालन गर्नका लागि देशभरमा ७ प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र ३४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको उनले जानकारी दिए।, काठमाडौं जिल्लामा भने ५ वटा जनगणना कार्यालय स्थापना गरिएको र धेरै जनसंख्या भएका जिल्ला मोरङ, झापा, सुनसरी, ललितपुर, रूपन्देही र कैलाली लगायतका जिल्लामा भने २/२ वटा जिल्ला जनगणना कार्यालय रहेको महानिर्देशक श्रेष्ठले बताए। जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५०० सुपरीवेक्षक परिचालन हुने उनले बताए।, तथ्यांक विभागका महानिर्देशक श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रूपमा आवतजावत गर्न दिएमा भौतिक रूपमा उपस्थित भएर जनगणना गरिने र त्यसरी आवतजावत गर्न नदिएमा अन्य स्रोतको प्रयोग गरेर जनगणना गरी सो क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने बताए।, उनले भने, 'भारतीय सरकारबाट सहज आवतजावत दिने र जनगणना गराउने अवस्था रह्यो भने हामी फिजिकली गएर त्यहाँ जनगणना गर्छौं। कारणवश गर्न नसकेको अवस्था रह्यो भने त्यत्तिकै छोड्ने हुँदैन। कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको इन्फरमेसन हामीले अरू स्रोतबाट र त्यहाँसँग सम्बन्धित अरू व्यक्तिबाट या नजिक हाम्रो एक्सेस भएको ठाउँबाट लिँदाखेरी लगभग ७०० देखि ८०० सम्मको हाराहारीमा जनसंख्या त्यहाँ रहेको छ भन्ने प्रारम्भिक कुरा हामीले प्राप्त गरेका छौं। अहिले प्रविधिको विकास साह्रै राम्रो भएको छ। स्याटेलाइट प्रयोग गरिकन ती क्षेत्रमा कति घर छ भन्ने त सजिलैसँग काउन्ट गर्न सक्छौं। एउटा घरमा एभरेज परिवार कति बस्दो रहेछ भन्ने ती विवरण लिन पनि हामीलाई गाह्रो हुँदैन। यसरी त्यहाँको केही अनुमान हामी निकाल्न सक्छौं। त्यो अनुमानसहितको रिपोर्ट हामी प्रकाशन गर्नेछौं।’, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले संघीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना भएकाले यो जनगणनाको निकै महत्व रहेको बताए।, सबै तहमा चाहिने खण्डीकृत विवरण जनगणनाबाट आउने बताए।, आगामी दिनमा विकासका योजना तर्जुमा गर्न र बजेट बनाउनका लागि यो जगणना माउ ग्रन्थको रूपमा रहने उनले बताए।, उनले भने,‘सबै तहमा चाहिने खण्डीकृत डेटा जो उत्पादन गर्नुपर्ने हुन्छ, विकासका योजना तर्जुमा गर्न, बजेट बनाउन, त्यो सबैलाई सहयोग गर्ने एउटा माउ ग्रन्थ जस्तैको रूपमा अहिलेको जनगणनालाई लिएका छौं। यो धेरै महत्वपूर्ण छ। यसले उत्पादन गर्ने डेटाले हाम्रो देशको सामाजिक, आर्थिक रूपान्तरणका लागि दूरगामी प्रभाव पार्छ।’, काठमाडौं महानगरपालिकासहित काठमाडौंका ६ वटा नगरपालिकामा डिजिटल पद्धतिमा आधारित क्यापी विधि प्रयोग गरी ट्याबलेटबाट विवरण संकलन गरिने तथ्यांक विभागले जनाएको छ।, साथै विदेशस्थित नेपाली कूटनीतिक नियोगमा इ–सेन्सस विधि अपनाई वेबसाइट एप्लिकेसनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिहरूको जनगणना संकलन गरिने भएको छ।, यस पटकको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ।, ,
बाह्रौं राष्ट्रिय जनगणनाको तयारी पूरा
|
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरूद्धको खोप फाइजर यही कात्तिक २८ देखि मंसिर ४ गतेसम्म लगाउने भएको छ। , मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको जानकारी दिए।, नेपाललाई अमेरिकाले एक लाख ६२० डोज फाइजर खोप उपलब्ध गराएको थियो। , मन्त्रालयले दीर्घरोगी भएका १२ वर्ष उमेरदेखि माथिका व्यक्तिलाई फाइजर खोपको दुई मात्र दिइने जनाएको छ।, खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचारसम्बन्धी पुर्जा लिएर जान भनिएको छ। खोप मन्त्रालयले देशभरिका विभिन्न २४ वटा अस्पतालबाट लगाउने भएको छ। , यी दीर्घरोगीले लगाउन पाउँछन् खोप, मन्त्रालयका अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलासिस गराइरहेका, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अंग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार गराइरहेकालाई फाइजर खोप दिइने छ। , यस्तै, रोग प्रतिरोधात्मक क्षमता कम भएका, मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएकालाई पनि फाइजर खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए।, उनका अनुसार फाइजर खोप सुरक्षित र प्रभावकारी रहेको तथा खोपको दुवै मात्रा लगाएमा ९५ प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ। , फाइजर खोप २१ देखि २८ दिनको बीचमा दुई मात्रा लगाइसक्नुपर्ने हुन्छ। फाइजर खोपको दोस्रो मात्रा मंसिर २७ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ। ,
,
कात्तिक २८ देखि फाइजरको पहिलो डोज, यी दीर्घरोगीले लगाउन पाउँछन् खोप
|
सेतोपाटी संवाददाता विराटनगरको सिंघीया खोला किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन श्रद्धालु भेला भएका छन्।, विराटनगरको सिंघीया खोला, सुनसरी मोरङ सिञ्चाइ आयोजनाको नहर र केसलिया खोला किनारामा छठ पूजा गरिन्छ। यहाँका यी तीन वटै जलाशय किनारामा श्रद्धालुको ठूलो भिड हुने गरेको छ।, छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्री चढाइन्छ। प्रसादको रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ।, अर्घ्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाइ उपवास बस्ने गर्दछन्। छठ पर्वमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रूपमा मानिन्छ।,
विराटनगरमा छठको उल्लास (तस्बिरहरू)
|
सबिना श्रेष्ठ छठमा तराई जानू अनि ठेकुवा नखानू!, दुई वर्षअघि म र सहकर्मी समिक्षा अधिकारी सप्तरीमा छठ हेर्न गएका थियौं। त्यो बेला हामीले तराईको छठमा हुने गतिविधिलाई नजिकबाट हेर्ने मौका पायौं।, त्यही बेला हो मैले ठेकुवाबारे धेरैथोरै जानकारी पनि संकलन गर्न पाएकी थिएँ। यो छठमा तराईको त्यही ठेकुवा सम्झिँदै यहाँहरूलाई ठेकुवाको कथा भन्छु है!, हामी बसेको हनुमाननगरको घरमा पूजाको दिन बिहानै ठेकुवा बनाउने तयारी भइरहेको थियो। ठेकुवा बनाउनेमा थिइन् घरमूली ममता मेहता। उनलाई सहयोग गर्ने श्रीमान शिवशंकर।, छठको विशेषता हो शुद्धता। मन–तन सबै शुद्ध। छठीमाईलाई पकाएर चढाउने सामग्रीसँगै चुलो पनि। , परिकार पकाउने घरको महिला भए पनि सामान जुटाउनु, चुलो बनाउनु वा किन्नु लगायत काम पुरुषले गर्छन्।, नयाँ माटोको चुलोमा दाउरा ठोसेर त्यसमाथि विभिन्न बुट्टा कुँदिएका ठेकुवा पकाउँदै थिइन् ममता। उनका श्रीमान शिवशंकर गहुँको पिठोमा सख्खर, घ्यु, मरमसलाहरू हाली मुछेर बुट्टा कुँद्न मद्दत गर्दै थिए।, ठेकुवामा बुट्टा कुँद्न विभिन्न साँचा हुन्छन्। त्यसमा हालेर पिठो थिचेपछि रोटी कलात्मक बुट्टाले भरिन्छन्।, यसरी साँचोले बुट्टा कुँदिएको रोटी कहिलेदेखि बनाउन थालियो ममतालाई थाहा छैन। साँचोमा ठोकेर बुट्टा कुँदेर बनाइने भएकाले यसको नाम 'ठेकुवा' रहेको भने भनिन्छ।, छठबारे सूर्य पुराणमा उल्लेख छ। जसअनुसार पाण्डवहरू द्रौपदीसहित वनवास जाँदा यात्रा सफल होओस् भनी सूर्यदेवको आराधना गर्थे। त्यही समयदेखि छठ मनाउने परम्परा रह्यो। तसर्थ यसको उत्पत्तिस्थल विराटनरेशको राजधानी विराटनगर हो भन्ने भनाइ पनि छ। यसैगरी अग्नीमुनिकी पत्नी अनुसुईयाले आफ्ना पतिको प्रेम तथा अटल सौभाग्यका लागि यो व्रत गरेकी भन्ने विश्वास पनि छ।, त्यो बेला यसरी नै ठेकुवा लगायत रोटी बनाउने चलन थियो कि थिएन होला!, ममताको परिवारझैं तराइबासीलाई भने छठमा ठेकुवा अनि भुसुवा लगायत रोटी अनिवार्य नै हो। गम्हरी चामलको पिठोमा सख्खर, घ्यु र अन्य मसला हालेर बिस्कुटजस्तै भुसुवा तयार हुन्छ। यी सबैलाई बाँसले बनेको ढाकी (कोनिया, दौरी लगायत भाँडा) मा हालेर खोला–किनार वा पोखरीको घाटमा लगिन्छ। बेलुकी सूर्य अस्ताउने समयमा पूजा हुन्छ। अनि सूर्य नउदाउन्जेल रातभर त्यही घाटमा बसेर ती सामग्रीको सुरक्षा गरिन्छ।, छठको दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि ममता घर फर्किइन्। परिवारजनलाई खाना बनाएर खुवाइन्। दिनभरीको निराहार व्रतपछि उनले बेलुकीको एक छाक मात्रै खाने हो। उनले खाना खाने भनेको सबै सुतेपछि वा सदस्य बाहिर गएपछि मात्रै।, 'छठमा व्रत बस्नेहरू खाना खाँदा कुनै आवाज आयो वा खानामा ढुंगा पनि किरकिर गर्यो भने खाना बन्द गर्छन्,' उनका देवर हरिओम मेहताले भने। हरिओम कलाकार पनि हुन्। उनैले हामीलाई सप्तरीको छठ हेर्ने अवसर जुराइदिएका थिए।, छठ पूजाको अघिल्लो दिनलाई 'खर्ना' भनिन्छ। त्यो दिन पनि रोटी बनाइएको हुन्छ, जसलाई सोहाडी भनिन्छ। विशेषगरी, चामलको पिठोले बनाएको रोटी। राति घरको आँगनमा पूजा गर्ने देवतातिर फर्काएर केही रोटी दुई केराको पातमा राखिएका थियो।, 'यी रोटीलाई घरका कोही दुई पुरुष मान्छेले खान्छन्,' उक्त्त रोटीबारे विश्लेषण गर्दै हरिओमले भने, 'पुरुषहरू घर बाहिरको काम गर्छन्, विदेश जान्छन्। उनीहरूलाई घर बाहिर रहँदा सुरक्षा होस् भन्ने हिसाबमा त्यो रोटी खान दिइएको हो।', घरका दुई पुरुषले रोटी खाइसकेपछि मात्रै अन्य सदस्यले खान पाउँछन्। छठमा बनेको ठेकुवा भने बिहान सूर्योदयको पूजा भएपछि मात्रै खान पाइन्छ। छठका यी रोटीलाई प्रसाद स्वरूप माग्ने पनि हुन्छन्। तिहारको सेलरोटीजस्तै यी रोटी धेरै दिनसम्म खान सकिन्छ।, विराटनगर मूल घर भएका मिथिला कलाकार एससी सुमनका अनुसार छठ कृषिसँग जोडिएको पर्व हो। त्यही भएकाले यो पर्वमा साग, हरियो पात भएको बेसार, लौका, भ्यान्टा, केरा, अम्बा लगायत आफ्नो घरमा उब्जाउ भएको अन्न तथा फलफूलसँगै स्याउ, सुन्तला लगायत आयातित फलफूल पनि खोलाकिनारमा पूजाका लागि लगिन्छ। यी अन्न र फलफूलसँगै मिठाइ र नैवेद पनि चढाउने चलन छ। सबै गरेर ७० वटा परिकार हुनुपर्छ।, 'यदि कसैको ढाकीमा ७० सामग्री पुगेन भने गम्हरी धानको चामल चढाउँदा हुन्छ। अनि क्षमायाचना गर्न भिजाएको केराउ (अकडी) छर्किने पनि चलन छ,' उनले भने, 'त्यसरी केराउ छर्किएपछि धर्तीमा फेरि केराउको बोट उम्रिन्छ र त्यसले आफ्नो जीवनचक्र पूरा गर्ने विश्वास छ।', छठको ७० परिकारमध्ये एक ठेकुवा विस्तारै प्रख्यात हुँदै गएको उनी बताउँछन्। छठको समयमा निराहार व्रत बस्ने भएकाले गहुँ, सख्खर, घ्यु लगायत विभिन्न पौष्टिक आहार मिसिएको ठेकुवा खाँदा त्यसले शरीरमा ऊर्जा पनि मिल्ने उनी बताउँछन्। त्यसका साथै ठेकुवाको बुट्टाले मिथिलामा कला र सौन्दर्यको व्यापकता भएको पनि झल्काउँछ।, 'मिथिला क्षेत्रका हरेक गतिविधिसँग कला मिसिएर आएको हुन्छ। त्यसैको उदाहरण ठेकुवा पनि हो,' उनले भने, 'त्यसरी बुट्टा कुँद्दा खान पनि रूचिकर हुन्छ।', ठेकुवा सधैं–सधैं पकाइने रोटी भने होइन। छठबाहेक चौरचन र घरी भनिने पर्वमा पनि यो रोटी पाक्ने हरिओम बताउँछन्। घरी भनेको घरको कुलदेवताको पूजा गर्ने समय हो। यो साउन महिनामा आफ्नो कुल देवताअनुसार शनिबार वा बुधबार मनाइने रहेछ।, हामी बसेको मेहता परिवार भने सोखा स्वयम्भूनाथ भन्ने कुल देवतालाई पूजा गर्दा रहेछन्। यो पर्वमा घरको मान्छेबाहेकका मान्छे पूजामा सामेल हुन र प्रसाद खान पाउँदैनन्। घरभित्रै खाएर त्यहीँ हात चुठेर मात्रै बाहिर निस्कन पाउँछन्।, यही पर्वपछि अन्य चाड तीज, दसैं, तिहार लगायत सुरू हुन्छ र राम नवमीका दिन मूर्ति जलाएर अन्त्य हुन्छ। मूर्ति नबनाउनेले भने आफ्नो घरमा मिठाइ ल्याएर बाँड्छन्।, 'साउन भनेको हरियाली हुने मौसम हो। यो समयमा वर्षात हुन्छ। कीरा, सर्पहरू धेरै हुने महिना पनि यही हो,' घरी मनाउनुको आशय बताउँदै हरिओमले भने, 'यो समयमा धेरै मान्छेको मनभित्र पनि मानसिक असर गरिरहेको हुन्छ। त्यसलाई अन्तै मोड्न पनि यो पर्व मनाएको हुनसक्छ।', यही पूजामा प्रयोग भएको अक्षताको खीर आउँदो पूर्णिमा अर्थात् रक्षाबन्धनमा बनाएर खाइने रहेछ।, चौरचन पूजा भदौ शुक्ल चतुदर्शीमा मनाइन्छ। यसमा पुरी, फलफूलसँगै ठेकुवा पनि हुन्छ। यो पूजा घरको बाहिर आँगनमा हुन्छ। जसरी छठमा सूर्यको आराधना हुन्छ, चौरचनमा जूनको पूजा गरिन्छ। चौरचनमा ठेकुवा बनाइने भए पनि यहाँ दही मुख्य हो। छ–सात वटा माटाका भाँडामा दही राखेर पूजा हुन्छ। छठमा झैं चौरचनमा पनि भाकल गरिन्छ। भाकल पूरा हुनेले छठमा ढाकी थप्दै पूजा सामग्री बढाएझैं चौरचनमा दही बढाउँदै लानुपर्ने हरिओमले बताए।, 'चौरचन दुई-तीन घन्टा मात्रै हुन्छ। भदौतिर एकदम गर्मी हुने भएकाले शीतलताको प्राथना गर्दै यो पर्व मनाइन्छ,' उनले भने, 'दहीले शीतलता दिन्छ, जून पनि शीतलताको प्रतीक।' , चौरचनमा पनि छठको खर्नामा झैं आँगनमा राखिएका पूजाका रोटी घरको पुरुषले खान्छन्। ती रोटी खाएपछि पात त्यही गाड्नुपर्ने परम्परा हुन्छ, जसलाई 'मडड' भनिन्छ। अचेल त्यो लोप हुँदै गइरहेको हरिओम बताउँछन्।, यी पर्वलाई चाहिने रोटी शुद्ध तरिकाले बनाउनुपर्ने हुँदा त्यहाँ नजिकै बसेर पिउन र खान हुँदैन।, छठ जति महत्वपूर्ण छ तराइबासीलाई त्यति नै महत्वको छ 'चौरचन', 'घरी' लगायत अन्य पर्व। तर बाहिर चर्चामा आउँदैनन्।, 'छठ तामझामका साथ बाहिर देखाइन्छ, अरू पर्व देखाइन्न। घरभित्रै हुन्छ, त्यही भएर बाहिरको समुदायलाई कति त थाहा पनि हुँदैन्,' हरिओमले भने।, ब्रह्मववैर्त पुराणमा सूर्यसँग षष्ठी तिथिको सम्बन्धबारे उल्लेख छ। षष्ठी अपभ्रंस भएर छठ भएका हुनाले यस पूजाको नाम छठ भएको मानिन्छ। ब्रह्म पुराणअनुसार प्रकृति देवीले दुर्गा, लक्ष्मी, सरस्वती, राधा र सावित्री गरि आफूलाई पाँच भागमा बाँडेकी छिन्। प्रकृतिको छैठौं अंश षष्ठीलाई मानिएको छ। मैथिल कोकिलकवि विद्यापतिको वर्षकृत्यमा सूर्यष्ठीको चर्चा प्रतिहार षष्ठीको रूपमा गरिएको एससी सुमन बताउँछन्।, शास्त्रीय मान्यता अनुसार चार दिवसीय अनुष्ठानका रूपमा मनाइने यो पर्व प्रत्येक वर्ष शुक्लषष्ठी (प्रदोषषष्ठी) को साँझ र सप्तमीको बिहान सूर्यलाई अर्घ्य दिएर मनाइन्छ। , 'नकारात्मक सोच छोडेर सकारात्मकतातिर अग्रसर हुनु छठ पर्वको विशेषता हो,' एससी सुमनले भने, 'पहिले अस्ताउँदो र पछि उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाउनु मिथिलाञ्चलको साँस्कृतिक परम्परा हो। यस पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्म मूल्यांकन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ भविष्यको निर्माणमा जुट्न प्रेरित गर्ने विश्वास गरिन्छ। यो पर्वलाई स्वास्थ्य, निरोगिता, सन्तान प्राप्ति, कल्याण तथा परिवारको उन्नति र रक्षाका लागि श्रद्धापूर्वक मनाइन्छ।', एउटै पोखरी वा जलाशयको चारैतिर विभिन्न जातजाति, धर्म, समुदायका व्यक्तिले घाट बनाई अर्घ्य दिने भएकाले यो पर्व छुवाछुतबाट टाढा रहेको पनि सन्देश दिन्छ। आफूले गरेको भाकल अनुरूप कतिपय इस्लाम, बौद्ध, इसाई धर्मावलम्बीले पनि प्रकृति पूजाका रूपमा छठ पूजामा सहभागी भई अर्घ्य दिने गरेको पाइन्छ। यो पर्व कुनै पनि विभेद पनि नभएको पर्व भएको एससी सुमन बताउँछन्।, 'छठ घाटमा मधेसी मात्रको उपस्थित हुँदैनन्। हिन्दु मात्र पनि उपस्थित हुँदैनन्। सम्पन्न, धनी वा हुने-खाने मात्र नभई कुनै पनि जात, धर्मले यसमा सहभागी हुन पाउँछन्,' उनले भने, 'यस अर्थमा हेर्ने हो भने यस पर्वमा सबैले आत्मसम्मान र प्रतिष्ठासहित जीवनयापन गर्न सकून् भन्ने सन्देश पनि दिन्छ।',
छठमा पनि ठेकुवा नखानू!
|
सेतोपाटी संवाददाता सोमबार साँझदेखि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्तामाझ भारत सरकारले बाँडेको एउटा पुरस्कारको चर्चा भइरहेको छ।, सुरूमा नेपाली भाषी साहित्यकार लिलबहादुर क्षेत्रीले भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार पाएको विषयले चर्चा पाएको थियो।, नेपाली पाठकमाझ लोकप्रिय रहेको उपन्यास ‘बसाइँ’ का लेखक क्षेत्रीले खुकुरी क्रससहितको भादगाउँले टोपी लगाएर भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट पुरस्कार थापेका थिए। नेपाली भाषी भएकाले क्षेत्रीले पुरस्कार पाउँदा नेपालीहरूलाई भावनात्मक रूपले छुनु स्वभाविक थियो।, मंगलबारदेखि भने भारतीय सञ्चारमाध्यममा पुरस्कार पाउने अरू पात्रका कथा आउन थाले। राष्ट्रपति कार्यालयमा पुरस्कार थाप्न जानेहरू यस्ता भुइँमान्छे थिए, जसलाई जिन्दगीभरि न खुट्टामा चप्पल लगाउनु पर्ने आवश्यकता पर्यो न त आधुनिक पहिरनमा सजिने रहर। उनीहरू आफ्नो काममा मस्त थिए। दूर-दराजका ती आममान्छे जसले राष्ट्रपतिबाट देशकै प्रतिष्ठित पुरस्कार थापे उनीहरूको कथाले नेपालीलाई छुनु पनि स्वभाविकै हो।, यी दुई कुराबाहेक अहिले अर्को पक्षको पनि चर्चा भइरहेको छ। नेपालमा केही महिनाअघि सरकारले बाँडेको तक्मा पाउने र अहिले भारतमा पुरस्कार पाउनेहरूबीच तुलना भइरहेको छ। भारतमा पुरस्कार पाउने मानिसहरूको तारिफ भइरहेको छ।, यतातिर ‘हाम्रो पार्टीको राम्रो मान्छे’ खोज्ने परम्परा देखिआएकोले होला यस पटकको भारतीय पद्मश्री अवार्ड दिएका मानिसहरू देखेर सुखद आश्चर्य लागिरहेको छ।राज्य कसरी समावेशी हुनसक्छ/हुनुपर्छ/बनाउन सकिन्छ भनेर सिक्न हाम्राले पनि त्यो पुरै नामावली हेरे हुने हो के रे!!!! ,https://t.co/BQZaiWLrv2,
— Jugal Bhurtel (@JugalBhurtel) ,November 9, 2021, नेपालमा हरेक वर्ष संविधान दिवसको दिन पारेर सरकारले विभिन्न पदवी र तक्मा पाउने नामवाली सार्वजनिक गर्छ। यसपालि ९ सयभन्दा बढी जनालाई पदवी र तक्मा दिने सरकारले निर्णय गरेको थियो।, शेरबहादुर देउवा नेतृत्वको सरकारले सार्वजनिक गरेको सूचीमा सत्तारूढ गठबन्धनमा रहेका दलका कार्यकर्तादेखि कालोसूचीमा परेका ठेकेदार पनि थिए। सरकारले बाँड्ने तक्मा उनीहरूले समाजमा गरेको योगदानमा नभई सत्तासँगको साँठगाँठमा आधारित थिए। केही लेखक, पत्रकार र कार्टुनिस्टले आफूलाई सोध्दै नसोधी तक्मा दिइएको र तक्मा लिँदा तक्माकै अपमान हुने भन्दै नलिने घोषणा गरे।, भारतीय राष्ट्रपतिको ट्वीटर र युट्युब च्यानलमा विभूषण अर्पण समारोहको तस्वीर र भिडियो हेर्दा सम्मान आफैं सम्मानित भएको महसुस भयो । शिष्ट राष्ट्रपति, विशिष्ठ विभूषित । यता त विभूषण विरामी छ । कि ईज्जत नहुनेले पाउँछन् कि त पाउनेको नै ईज्जत जान्छ । बहिष्कार गर्नेको मात्र ईज्जत रहन्छ ।,
— मिलन बगाले (@milantanahun) ,November 9, 2021, सरकारले बाँडेका तक्मा विवादमा परेको यो पहिलो पटक होइन। यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले पनि आफ्नै पार्टीका नेता/कार्यकर्तालाई केन्द्रमा राखेर तक्मा बाँडेका थिए।, नेपालको तक्मा वितरणमा सत्तारूढ दलको हालीमुहाली भइरहेकाले यसको संख्या, छनोट प्रक्रियादेखि पदवी पाउने पात्रबारे विभिन्न कोणबाट प्रश्न उठिरहेका छन्। हरेक वर्ष तक्मा पाउनेको सूची सार्वजनिक हुँदा विवाद भइहाल्छ।, आफ्नो देशमा सरकार पुरस्कार बाँड्ने मामलामा तन्नम भएका बेला नेपालीहरू भारतमा सरकारी पुरस्कार पाउनेको उदाहरण दिएर ‘हो, यस्ता मान्छेलाई दिँदा सम्मानको पनि सम्मान हुन्छ’ भनिरहेका छन्।, भारतमा पुरस्कार पाउनेमध्ये अहिले चार पात्र चर्चामा छन्। उनीहरू हुन्: तुलसी गौडा, हरेकाला हजाब्बा, मन्जामा जोगाती र के वाई भेन्कातेश।, ७७ वर्षीया आदिवासी महिला तुलसी गौडा र ६५ वर्षीय सुन्तला व्यापारी हरेकाला हजाब्बा राष्ट्रपति कार्यालय जाँदा पनि खाली खुट्टा थिए।, तुलसी खाली खुट्टा आफ्नो जातिको परम्परागत पहिरन लगाएर राष्ट्रपति भवन पुगेकी थिइन्। पर्यावरणको सुरक्षामा दिएको योगदानका लागि तुलसीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो।, तुलसी कर्नाटककी पर्यावरणविद् हुन्। उनलाई जंगलकी इन्साइक्लोपिडिया पनि भनेर चिनिन्छ। उनले अहिलेसम्म ३० हजार बिरूवा रोपेकी छन्।, उनले १२ वर्षको उमेरदेखि नै बिरूवा रोप्न थालेकी थिइन्। ती बिरूवाको हेरचाह उनी आफैंले गर्थिन्।, तुलसी वन विभागमा पनि काम गर्छिन्। त्यसअघि उनले त्यहाँ स्वयंसेवकको रूपमा काम थालेकी थिइन्।, कर्नाटकाको एक गरिब परिवारका ६५ वर्षीय सुन्तला व्यापारी हरेकाला हजाब्बाले आफ्नो कमाइबाट दक्षिण कन्नाडाको न्युपादुपु गाउँका गरिब बालबालिकाहरूलाई पढाउन मद्दत गरेका थिए।, उनले गाउँमा बालबालिकाहरूका लागि प्राथमिक र माध्यामिक विद्यालय बनाएका थिए। उनी पनि सोमबार खाली खुट्टामा पद्मश्री पुरस्कार लिन पुगेका थिए।, कर्नाटकाकी ६४ वर्षीया मन्जामा जोगाती लोक नृत्यंगना हुन्। पारलैंगिक हुन्। पारलैंगिक भएकै कारण उनले सानोमा अनेक दु:ख पाएकी थिइन्। ज्यान जोगाउन उनले भिख मागेकी थिइन्। पछि उनले लोक नृत्य सिकिन् र त्यसको प्रवर्द्धनमा लागिन्।, पद्मश्री अवार्ड पाएका के वाई भेन्कातेश पाराओलम्पियन हुन्। बैङ्लुरूका भेन्कातेशको उचाइ ४ फिट २ इन्च छ। उनले सन् १९९९ मा भारतका लागि सट पुटमा स्वर्ण दिलाएका थिए।, उनलाई पुरस्कार दिन भारतीय राष्ट्रपति कोविन्द सोमबार आफ्नो स्थान छोडेर तल ओर्लिएका थिए। यीबाहेक अरू पनि सामान्य मान्छेले भारत सरकारको पुरस्कार पाएका छन्।, यी भुइँमान्छेले कसरी पाए त प्रतिष्ठित पुरस्कार?, भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुरस्कारमा विविधता हुनुको मुख्य कारण छनौट प्रक्रिया हो।, भारत सरकारले सन् १९५४ मा भारत रत्न र पद्म पुरस्कार स्थापना गरेको थियो। भारत रत्न नागरिकले पाउने भारतको सबैभन्दा ठूलो पुरस्कार हो। भारत रत्नपछि पद्म पुरस्कार छ। पद्म पुरस्कारलाई पनि तीन श्रेणीमा विभाजन गरिएको छ। सुरूमा यसलाई पद्म प्रथम वर्ग, दोस्रो वर्ग र तेस्रो वर्ग भनेर छुट्याइएको छ। पछि त्यो नाम परिवर्तन गरेर पद्म विभूषण, पद्म भूषण र पद्मश्री बनाइएको छ। एक वर्षमा १२० जनासम्मलाई यो पुरस्कार दिइन्छ।, पुरस्कार पाउनेको नामावली भारतको गणतन्त्र दिवसको अघिल्लो साँझ सार्वजनिक हुन्छ। सोमबार वितरण भएको पुरस्कार सन् २०२० को हो।, यसपालि राष्ट्रपति कोविन्दले ११९ जनालाई पद्म पुरस्कार दिएका छन्। तीमध्ये ७ पद्म विभुषण, १० पद्म भूषण र १०२ पद्म श्री छन्। पुरस्कार पाउनेमध्ये २९ महिला छन् भने १६ जनालाई मरणोपान्त पुरस्कार दिइएको छ।, पद्म पुरस्कारमा विविधता हुनुको प्रमुख कारण छनौट प्रक्रिया हो। सन् २०१६ देखि पद्म पुरस्कार छनौट समितिले अनलाइनबाट पुरस्कारका लागि सिफारिस गर्न सक्ने व्यवस्था गरिदिएको छ। कुनै व्यक्तिले आफूलाई वा अरू कसैलाई पनि पुरस्कारका लागि सिफारिस गर्न सक्छन्। यसरी सिफारिस भएकाहरूबाट गृह मन्त्रालय अन्तर्गत बनेको समितिले अन्तिम नामावली छानेर प्रधानमन्त्री कार्यालयमा पुर्याउँछ।, यति हुँदाहुँदै पनि यो पुरस्कार विवादरहित भने छैन। यसअघि नै कतिपय व्यक्तिले पुरस्कार अस्वीकार गरेका छन्।, यसपालि पनि अभिनेत्री कंगना रनावतले पद्मश्री पुरस्कार पाएकी छन्। उनी पछिल्लो समय सत्तारूढ भारतीय जनता पार्टीकी कट्टर समर्थक बनेर निस्किएकी छन्।, (विभिन्न भारतीय सञ्चारमाध्यमका विवरणमा आधारित),
भारतीय राष्ट्रपतिबाट पुरस्कार थाप्न खाली खुट्टा गएकाहरूको तुलना नेपालमा तक्मा पाउनेसँग
|
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले गौरीघाट र कमलपोखरीमा छठी माताको पूजा अर्चना गरेकी छन्।, बुधबार काठमाडौंको गौरीघाट र कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएकी हुन्। , कमलपोखरीमा अर्घ्य दिनुअघि राष्ट्रपति भण्डारीले गौरीघाटमा पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी थिइन्। छठ पर्वको मुख्य दिन बुधबार (आज) अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ।, ब्रतालुले कार्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय–खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन्। , श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँ, नगर, बस्ती अहिले दुलहीझैं सिंगारिएका छन्। , जनकपुरका पोखरी अहिले छठको गीत र सजावटले झकिझकाउ भएको छ।, खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिएका छन्। ब्रतालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व विधिवतरूपमा समापन हुनेछ।,
राष्ट्रपतिले दिइन् अस्ताउँदो सूर्यलाई अर्घ्य
|
सेतोपाटी संवाददाता टिकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटलनजिकै भएको हत्यामा संलग्न रहेको आरोप लागेका आठ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ।, मंगलबार राति लम्कीचुहा नगरपालिका-१ लम्की चौराहका २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको थियो।, हतियार प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले बुधबार आठ जनालाई पक्राउ गरेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।, पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका-१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय किशोर, टीकापुर नगरपालिका-१ का २३ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह छन्।, घटनास्थलबाट सु.प.प्र.०१००८प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।, सोही विषयलाई लिएर मृतकका आफन्तहरूले चिसापानी बजारस्थित महेश रावलको संगम होटल, भैरव शाही र राजबहादुर शाहीको घरमा ढुंगामुडा गर्दा सामान्य क्षति भएको छ।, लम्कीचुहा नगरपालिका-१ पूर्व-पश्चिम राजमार्गमा स्थानीयले गरेको अवरोध हटेको छ। घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।, आइतबार मात्रै संगम होटल सञ्चालक र नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत् सेनानी (मेजर) अशोकजंग शाहीबीच झगडा भएको थियो। त्यसको पर्सिपल्ट त्यही होटल सञ्चालकको परिवारका सदस्य महेश हत्यामा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको छ।, हत्याको कारण स्पष्ट खुलिनसकेको भए पनि आपसी रिसिइबीका कारण भएको प्रारम्भिक अनुमान प्रहरीको छ।, ‘कसले के भूमिका खेलेको भन्ने पूरै खुलेको छैन, आपसी रिसिइबीकै कारण हत्या भएको अनुमान छ,’ अधिकारीले भने।, पक्राउ परेका २२ वर्षीय श्रेष्ठले बडुवाललाई राति ८ बजे घरबाटै ‘साथीलाई परेको छ’ भन्दै लिएर गएका थिए। त्यसको एक घन्टामा रावलको हत्या भएको थियो।, सम्बन्धित समाचार :, ‘साथीलाई अप्ठेरो परेको छ भन्दै लिएर गए, पुग्नेबित्तिकै खुकुरी, रड र चक्कु हानेर हत्या गरे’, डिभी परेपछि अमेरिका जाने तयारीमा थिए टीकापुरमा हत्या भएका भूपेन्द्र,
टीकापुरमा मारिएका बडुवाललाई घरबाट जसले लगेका थिए, उनीसहित आठ जना पक्राउ
|
सेतोपाटी संवाददाता आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने पर्व छठ बिहिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ। , छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।, हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन्। काठमाडौंको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए ।, यस्तै जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुइँचो लागेको थियो ।, वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझम रहेको छ । झापाको मेची नदी, विरीङ, मावा, रतुवालगायतका नदी किनारमा पनि भक्तजन भेला भएर पूजा आराधना गरेका थिए ।, सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर सदरमुकाम राजविराजसहितका स्थानमा पनि उत्तिकै उल्लासले पर्व मनाइएको छ ।, दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरेका छन्। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ।,
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न
|
सेतोपाटी संवाददाता सूर्यको उपासना गरी मनाइने छठ पर्वको लागि रूपन्देहीमा विभिन्न तलाउ तथा खोला किनारमा श्रद्धालुहरूको भिड लागेको छ।, ४८ घण्टासम्म पानी समेत नखाइ कठोर ब्रत बसी मनाइने छठ आज तलाउ तथा नदी किनारमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिबिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ।, छठ पर्वमा निष्ठापूर्वक सूर्यको उपासना गरी मनाइने भएकोले छठलाई निष्ठा र कठोर पर्वको रूपमा मानिन्छ। केही वर्ष पहिलेसम्म तराईबासीमा मात्र सीमित रहेको छठलाई पछिल्ला वर्षमा पहाडी समुदायले पनि मनाउन थालेका छन्।, छठ मनाउन रूपन्देहीका तिनाउ, दानव, रोहिणी नदी किनार र भैरहवाकै छठपोखरीमा अहिले श्रद्धालु भेला भई अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरेका छन्।, कतिपय क्षेत्रमा तलाउ तथा नदीकिनारमा रातभर जाग्राम बसी बिहान उदाउँदो सूर्यको पर्खाइमा बस्ने गर्छन्।, तस्बिरमा हेर्नुस्, बुटवलको तिनाउ नदी किनारमा छठ पूजा गर्दै भक्तजन,
बुटवलको तिनाउ नदी किनारमा छठ पूजा गर्दै भक्तजन (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता आजदेखि ‘मेरो गणना मेरो सहभागिता’ नारासहित राष्ट्रिय जनगणना सुरू गरिएको छ।, जनगणनाका लागि घरघरमा पुग्ने गणकले ८० वटा प्रश्न सोध्नेछन्। यसका लागि देशभर गरी ८ हजारभन्दा बढी गणक खटिएका छन्।, एक जना गणकले एक दिनमा करिब एक दर्जन घरपरिवारको जनगणना गर्न सक्ने आँकलन गरिएको छ।, आज केन्द्रमा भने राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणनाको सुरूवात गर्ने तयारी छ। , यस्तै गरी प्रदेशमा मुख्यमन्त्री र स्थानीय तहमा प्रमुख तथा उपप्रमुखको जनगणना गरेर गणनाको सुरूवात गर्ने कार्यक्रम छ। वडामा भने वडाध्यक्षको जनगणना गरेर सुरू हुनेछ।, केन्द्रीय तथ्यांक विभागले दिएको जानकारीअनुसार जनगणनाका लागि स्थानीय तहमा ३५०, जिल्लामा ७७ भन्दा बढी र सातै प्रदेशमा जनगणनाका लागि कार्यालय खुलेका छन्।, जनगणना कार्य यही मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ।, यसअघि कात्तिक १८ सम्म घरपरिवार सूचीकरण गरिएको थियो। यसअघि सरकारले २०६८ मा जनगणना गरेको थियो। १० वर्षको अन्तरालमा जनगणना गर्ने गरिन्छ। ,
आजदेखि जनगणना सुरू
|
सबिना श्रेष्ठ विद्यामा दक्ष हरिवंश राजोपाध्याय र मन्त्रमा दक्ष विश्वनाथ राजोपाध्याय पाटनका राजा सिद्धिनरसिंह मल्लका गुरू थिए। सिद्धिनरसिंहका उनै दुई गुरूको 'कात्तिक नाच' सिर्जनामा प्रमुख भूमिका थियो भन्ने कथन 'नृपविनोद काव्य' मा पाइन्छ।, साढे तीन सय वर्षभन्दा पुरानो यो नाच बुधबारबाट पाटन, मंगलबजारको कात्तिक डबलीमा प्रदर्शन हुँदैछ।, राजा सिद्धिनरसिंहले नेपाल संवत् ७६१ मा कात्तिक नाच सुरू गरेका थिए। कृष्ण मन्दिरकै कात्तिक डबलीमा प्रत्येक दिन एक-एकवटा नयाँ लीला देखाउने गरी सातदिने कात्तिक नाच नचाउने परम्परा उनले बसालेका थिए। सुरदास, सुदामाका नृत्य नाटिका, वराह अवतार र नरसिंह अवतारका शास्त्रीय नृत्यहरू त्यही समयमा सिर्जना भएका हुन्।, दोस्रो चरणमा नेपाल संवत् ७८७ मा राजा सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले यो नाचलाई सात दिनबाट दुई साताको बनाए। यसका लागि उनले बाथः प्याखँ (बाठा मान्छेका लोकनाटक) सिर्जना गरे। श्रीनिवास मल्लले स्वयं यले बाथः अर्थात् ललितपुरका बाठा मान्छे भएर अभिनय गरेको भनाइ छ।, तेस्रो चरणमा नेपाल संवत् ८०४ मा राजा श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले कात्तिक नाचमा नयाँ कथाहरू थपेर नाचको दिन अझ बढाए। माधवानल ब्राह्मण, उषाहरण लगायत थपेर उनले कात्तिक महिनाभरि यो नाच नचाउने चलन चलाए। यसरी महिनाभरि मनाइने नाच भएकाले यसलाई 'कात्तिक नाच' भनियो।, 'नेपाल संवत् १०७० (विसं २००७) अघिसम्म यो नाच प्रत्येक दिन नयाँ कार्यक्रम समावेश गरी महिनादिन नचाउने परम्परा थियो,' ललितपुर महानगरपालिकाले निकालेको किताब 'ललितपुर र कात्तिक नाचको पृष्ठभूमि' मा संस्कृतिविद् सत्यमोहन जोशीले लेखेका छन्, 'पछि यो नाचमा शिथिलता देखा पर्न थालेको छ।', राजाका पछिल्ला पुस्ताले नयाँ नयाँ कथा थपेर बढाउँदै लगेको नाचलाई अहिलेका मान्छेले भने अभिवृद्धि गर्दै लग्न सकेका छैनन्। बरू भएका दिन पनि घटाउँदै जार्ने क्रम बढेको छ।, २००७ सालअघिसम्म यो नाच छेभडेल अड्डाबाट सञ्चालन हुने गर्थ्यो। यसमा भाग लिने सहभागीहरू (गायक, वाद्यवादक, नृत्य र नाटक कलाकार) को संख्या २ सय ८० सम्म पुगेको थियो। पछिल्लो समय नाचको परम्परा वराह अवतार र नरसिंह अवतारको शास्त्रीय नृत्य प्रदर्शनमा मात्र सीमित छ।, 'कात्तिक नाच प्रबन्ध समिति गठन भएपछि कुनै वर्ष ८ दिन र कुनै वर्ष १० दिनसम्म प्रत्येक दिन नयाँ कार्यक्रम समावेश गरी सार्वजनिक रूपमा प्रदर्शन हुँदै आएको छ,' सत्यमोहन जोशीले लेखेका छन्।, कात्तिक नाच हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिबाट सुरू हुन्छ। पछिल्लोपटक यो नाच प्रदर्शन हुँदा कोरोना कारण दुई दिन मात्र देखाइएको थियो। यस वर्ष आठ दिन देखाइने जानकारी समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले दिए। कोरोनाले नाच तयारी गर्ने समय कम भएको उनले बताए।, 'कात्तिक नाचको उद्देश्य देशमा विध्नवाधा रोक्नु र शान्ति, सुस्वास्थ्य कायम राख्नु हो,' शाक्यले भने, 'यसले जनतालाई मनोरञ्जन दिनुका साथै धार्मिक, नैतिक र समाजिक ज्ञान पनि दिन्छ।', आठ दिनसम्म देखाउन लागिएको कात्तिक नाचमा कस्ता-कस्ता कथा हेर्न पाइन्छ भनेर हामीले शाक्यसँग कुराकानी गरेका छौं।, १. कात्तिक २४ गते – सुदामा प्याखँ, यो नाचमा भगवान कृष्ण र उनका साथी सुदामाको कथा देखाइनेछ। सुदामा गरिब भए पनि भगवान कृष्णसँग उनको घनिष्ठ मित्रता हुन्छ। दुवैको प्रेमपूर्ण सम्बन्ध यो नाचमा देखाइने छ।, बाल्यकालदेखिको साथी भए पनि सुदामा जवान हुँदै जाँदा लोभी हुँदै जान्छन्। मान्छे लोभी हुँदै गयो भने दरिद्रता पनि भोग्नुपर्छ भन्ने सन्देश यो नाचले दिन्छ।, २. कात्तिक २५ गते – बाथः प्याखँ – च्वले खुदाँ दाँ खुँदा, एक जना महिला बाख्रा बेचिरहेकी हुन्छिन्। सानो बाख्राको मूल्य ६ दाम र ठूलोको १२ दाम हुन्छ। एक जना चलाख मान्छे आएर १२ दामको ठूलो बाख्रालाई ६ दाममा कसरी लैजान्छ भन्ने कथा यो नाचमा छ।, ३. कात्तिक २६ गते – बाथः प्याखँ – कौला खिचा, एक जना बाह्रमण दानमा बाख्रा लिएर आउँछन्। तीन जना मान्छे तीन ठाउँमा बसेर उनलाई 'यो त ब्राखा होइन कुकुर हो' भन्दै झुक्याउँछन्। तीन जनाले पालैपालो कुकुर भनेपछि आफ्नो इज्जत घट्ने डरमा ती ब्राह्मणले त्यो बाख्रा त्यहीँ छाडेर हिँड्छन्।, 'कौला खिचा' अर्थात् साहु–महाजनको कुकुरले पनि बाख्राजस्तै कराउन जानेको हुन्छ भन्ने पुरानो भनाइ छ। त्यही आधारमा यो रमाइलो नाटक प्रस्तुत गरिनेछ।, पहिले बाथः प्याखँअन्तर्गत नै लेवो लाइगु (नाठोको सुराक), चोले खुदाँ, दाँ खुँदा, भिन्द्यः पूजा (भीमसेन पूजा), माकः सि मीगु (कानमा लगाउने माकः सि गहना बेच्ने), खुसि छिकीगु (खोला तार्नु) र महामुर्ख नाटक देखाइन्थे। यसपटक दुइटा कथा मात्र देखाइन लागिएको छ।, ४. कात्तिक २७ गते – युद्ध कला, यो नाचअन्तर्गत शितज्वर र विष्मज्वर अनि महादेव र कृष्णबीचको युद्ध देखाइन्छ। युद्धका विभिन्न कला देखाइने यो नाटकमा संवाद कम छन्।, ५. कात्तिक २८ गते – देवी प्याखँ, सुरूमा खाली डबलीमा नाट्यश्वर आह्वान गरेर बाजा बजाइन्छ। अनि देउला (माछा मार्ने नाच) नचाइन्छ र ख्या (नाचको पात्र) नचाइन्छ।, त्यसपछि कंकाल अनि भैरव, कुमारी र महालक्ष्मीहरूले नृत्य देखाउँछन्। उनीहरूको पूजा पनि गरिन्छ।, ६. कात्तिक २९ गते – जल शयण, नारायण र कैदव (जलबाट उत्पन्न भएको) बीचको युद्ध यो नाचमा देखाइन्छ। कमलमा आरामले बसिरहेका ब्रह्मालाई कैदवले सास्ती दिन आएका हुन्छन्। यो देखेर सुतिरहेका नारायण उनीसँग युद्ध लड्छन्।, ७. कात्तिक ३० गते – वराह अवतार – हिरण्यकश्यप वध,
यज्ञ गरिरहेको बेला वराह अवतारमा भगवान इन्द्र आएर हिरण्यकश्यपलाई लात्ताले हान्छन्। यज्ञ भंग गर्छन्। उनीहरूबीच झगडा हुन्छ। वराहले हिरण्यकश्यपलाई हराउँछन्। हिरण्यकश्यप भागेर जान्छन्।, ८. मंसिर १ गते – नरसिंह अवतार – हिरण्यकश्यप वध, हिरण्यकश्यपका दाइ हिरण्याक्षलाई विष्णुको अवतार वराहले मारेको हुन्छ। यो नाचमा विष्णुकै अर्को अवतार नरसिंहले हिरण्यकश्यपको निर्ममतापूर्वक वध गर्छन्।, यो नाचमा हिरण्यकश्यप बनेका व्यक्ति साँच्चिकै बेहोस हुन्छन् भनिन्छ। उनलाई गुठीयारहरू आफूले लगाइरहेको टोपी र जुत्ता फुकालेर साँच्चैको मलामीजसरी कुरेर बस्छन्। उनलाई चोखो पानी पिलाएर मन्त्रद्वारा ब्यूँझाइन्छ।, कात्तिक नाचभरमा सबभन्दा लोकप्रिय यो नाचको अवधि निकै लामो हुन्छ। त्यही भएर मध्यरात पनि पर्न सक्छ।, यी नृत्यनाटक हरेक दिन बेलुकी ७ बजेदेखि मञ्चन हुन्छन्।, संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार हाँसो ठट्टाबाट सुरू हुने भए पनि यो एक दुखान्त नाटक हो। बाहिरका चर्चित दुखान्त नाटकले विश्वभर चर्चा कमाएको भए पनि यति सुन्दर नाटक विरलै बन्ने उनी बताउँछन्।, 'संसारमा अनेकन दुखान्त नाटकहरू मञ्चन भए र हुँदै जालान् तर नेपाली दुःखान्त नृत्यनाटकको परम्परामा ललितपुरमा प्रत्येक वर्ष मञ्चन हुँदै आएको यो नाटकजस्तो दुखान्त अन्यत्र पाउन दुर्लभ नै हुनेछ,' उनले किताबमा लेखेका छन्।, सबै तस्बिर: प्रनिशन राजभण्डारी,
३५० वर्ष पुरानो नाच जसमा राजा स्वयं नाच्न आउँथे
|
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।, बिहिबार बिहान ग्वार्को चोकमा ना ६ ख १९३३ नम्बरको ट्रककोले बा ३१ प ७५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेका सोप्निल लामाको मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।, प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते लामालाई उपचारका लागि तत्कालै बीएण्डबी अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।, प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ।,
,
ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
|
सेतोपाटी संवाददाता सिरहामा चार वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, सोमबार राति कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित आँप बगैंचामा ४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। , बलात्कार आरोपमा धनुषा कमलामाई नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी २० वर्षीय शेषकुमार महतो छन्। , उनलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले राति नै पक्राउ गरेको थियो। , उनीमाथि थप अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।, प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।,
,
४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
|
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , मंगलबार दिउँसो चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ पोखरेस्थित बन्देउस्थित सडकखण्डमा बा २ ख २६१२ नम्बरको माइक्रो आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो।, सो माइक्रो सडकबाट ७-८ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।, दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते छन्। , माइक्रोमा सवार बलेफी गाउँपालिका वडा नम्बर ५ की जानुका भन्ने सरस्वती पराजुलीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।, अन्य घाइतेको काभ्रेस्थित धुलिखेल अस्पतालमा भइरहेको छ। ,
,
,
काठमाडौं आउँदै गरेको माइक्रो सिन्धुपाल्चोकमा दुर्घटना हुँदा एकको मृत्यु, १८ घाइते
|
युवराज श्रेष्ठ नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा सबभन्दा धेरै कोरोना विरूद्धको खोप चीनले उपलब्ध गराएको दाबी गरेकी छन्।, ‘नेपालमा सबभन्दा धेरै खोप उपलब्ध गराएको मुलुक बनेको छ चीन,’ उनले भनिन्, ‘अहिलेसम्म हामीले डेढ करोड डोज खोप नेपाललाई उपलब्ध गराइसक्यौं।’, चीन सरकारले उपलब्ध गराएको खोप हस्तान्तरणमा आफू सहभागी भएको भन्दै उनले केही समयअघि मात्र नेपाली सेनालाई चिनियाँ जनमुक्ती सेनाले उपलब्ध गराएको खोप हस्तान्तरण गरेको बताइन्। , चीन र नेपालबीच अनुभव आदान–प्रदान गर्दै आपसी सहयोग बढाउँदै लगेको समेत उनले जानकारी दिइन्। , पोखराका ४ वटा सार्वजनिक विद्यालयलाई इन्टरनेट सञ्चालन गर्न आवश्यक सामग्री प्रदान कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै यान्छीले पोखराको शिक्षामा सहयोग गर्न पाएको भन्दै खुसी व्यक्त गरिन्। , कोरोना महामारीले पठनपाठन इन्टरनेटको माध्यमबाट सञ्चालन गर्नुपरेको भन्दै उनले इन्टरनेट सेवा सञ्चालन भएपछि सिकाइ सहज हुने विश्वास लिइन्।, ‘कोरोनाले धेरै चुनौती दिएको छ, विद्यार्थीले अनलाइन कक्षा लिनुपर्छ,’ उनले भनिन्, ‘सार्वजनिक स्कुलमा इन्टरनेट नहुँदा अनलाइन क्लास पढ्न नपाएको कुरा थाहा पाएपछि हामीले सामग्री किन्यौं।’, चीन र नेपाल असल छिमेकी मुलुक भएको भन्दै यान्छीले कोरोना भाइरसको महामारी चीनबाट सुरू हुँदा नेपालले पनि सहयोग गरेको सम्झिइन्।, ‘हामीले आपसमा सहयोग गरेर कोभिड-१९ मा विजय पायौं,’ उनले भनिन्, ‘नेपालले सुरूमा धेरै सहयोग गरेको छ, यसका लागि आभारी छु।’ , नेपालमा कोरोना महामारी बढ्दा चीनले मेडिकल सामग्री सहयोग गरेको उनले बताइन्। , नेपालका विद्यार्थीलाई चीनले धेरै छात्रवृत्ति प्रदान गर्दै आइरहेको समेत उनले जानकारी दिइन्। , चीन सरकारको सहयोगमा निर्माण भएको दरबार हाइस्कुल हेर्न गएको भन्दै उनले पोखरामा सहयोग पाएका ४ वटै स्कुलमा पनि समय मिलाएर हेर्न आउने बताइन्। राजदूत यान्छीले विद्यार्थीलाई राम्रोसँग पढेर भविष्यमा नेपाल मुलुक निर्माणमा योगदान दिन विद्यार्थीलाई आग्रह गरिन्। , ‘चीनको इतिहास पनि पढ्नुहोला, चीनमा पनि पढ्न जानुस्,’ उनले भनिन्, ‘नेपाल र चीनको सम्बन्धको प्रचार पनि गर्नुस् भन्ने आशा छ।’, नेपाल चीन जनमैत्री संघको समन्वयमा पोखरा– २१ का जनचेतन मावि, जनजागृति मावि, भविष्य निर्माण मावि र पोखरा–३२ का शिशुकल्याण माविलाई उक्त सामग्री प्रदान गरिएको थियो। , चिनियाँ राजदूतावासले सोलार प्यानलसहित सामग्री दिएर स्कुलमा इन्टरनेट सञ्चालन गर्न पोखरा इन्टरनेट कम्पनीसँग १ वर्ष नि:शुल्क इन्टरनेट उपलब्ध गराउन सम्झौता गरेको छ।, कोरोना महामारीमा अनलाइन कक्षा सञ्चालन गर्दा नेपाल टेलिकमको इन्टरनेट निकै ढिलो चल्ने गरेको जनचेतन माविका प्रध्यानाध्यापक अर्जुन पौडेलले बताए।, ‘इन्टरनेट राम्रोसँग नचल्दा अनलाइन कक्षा प्रभावकारी भएन,’ उनले भने, ‘बिजुली पनि आउने जाने भइरहने हुँदा सिकाइमा धेरै अवरोध पुग्यो।’ , चिनियाँ दूतावासको सहयोगले इन्टरनेट जडान गरेपछि उक्त समस्या समाधान हुने पौडेलले विश्वास लिए। , इन्टरनेट सेवा सुचारू हुन सके विद्यालयमा सञ्चालन गरिएका सूचना प्रविधि, ल्याबलगायत सञ्चालनमा सहज हुने उनले बताए।, सामग्री हस्तान्तरण कार्यक्रममा विद्यार्थीद्वय सविन अधिकारी र आयुष्मा भण्डारीले विद्यालयलाई शौक्षिक सामग्रीका रूपमा इन्टरनेट सेवा सञ्चालनमा आवश्यक उपकरण दिएको भन्दै चिनियाँ दूतावासलाई धन्यवाद दिए।, नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले आगामी दिनमा अन्य विद्यालयमा समेत इन्टरनेटलगायत शौक्षिक सहयोग उपलब्ध गराउँदै जाने बताए। उल्लेखित विद्यालयमा इन्टरनेटको समस्या भएको पाएपछि आफूले नै चिनियाँ दूतावाससँग उक्त सामग्री माग गरेको भन्दै पालिखेले ४ वटा विद्यालयमा २० लाख बराबरको सामग्री हस्तान्तरण गरेको बताए।, कार्यक्रममा बोल्दै गण्डकीका शिक्षामन्त्री मेखलाल श्रेष्ठले गण्डकी सरकार चीनसँग मिलेर शौक्षिक र विकासका योजना अघि बढाउन चाहेको बताए। , मुस्ताङको कोरोना नाका खुलाउन राजदूत यान्छीलाई पहलकदमी लिन समेत उनले आग्रह गरे। ,
,
अहिलेसम्म हामीले डेढ करोड डोज खोप नेपाललाई उपलब्ध गराइसक्यौं: राजदूत यान्छी
|
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीलाई आफ्नो व्यवहारमा नम्रता देखाउन निर्देशन दिएका छन्। , उनले मंगलबार प्रहरी शिक्षालय भरतपुरमा प्रशिक्षार्थी, प्रशिक्षक तथा विभिन्न प्रहरी इकाइका प्रमुखलाई व्यवहारमा नम्रता देखाउन निर्देशन दिएका हुन्। तर कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्न भनेका छन्। , आइजिपी क्षेत्रीले प्रहरीलाई सेवामूलक पेशा छनोट गरेकोमा बधाई तथा धन्यवाद दिएका थिए। , त्यस्तै, बदलिँदो परिवेश तथा चुनौतीलाई सामना गर्न आफ्ना जिम्मेवारी र उत्तरदायित्वप्रति कटिवद्ध भई निष्पक्षरूपमा नागरिक सेवामा कटिबद्ध हुन निर्देशन दिए। , कर्तव्य पालनाको सिलसिलामा आउन सक्ने विभिन्न आरोह-अवरोहलाई पेशागत निष्ठा र धर्म अनुसार सामना गर्दै व्यक्तिगत आचरण र व्यवहारमा समय सापेक्ष सुधार गरी आफ्नो तह अनुसारको जीवन जिउने शैली अनुशरण गरेमा मात्र प्रहरी पेशालाई गौरवशाली बनाउन सकिने उनको भनाइ थियो। , प्रत्येक प्रहरी कर्मचारीले पारिवारिक जीवन र पेशागत जीवनमा सामञ्जस्यता मिलाइ प्रभावकारी र नतिजामूलक कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए। ,
व्यवहारमा नम्रता देखाउनू, कानुन कार्यान्वयनमा सम्झौता नगर्नू- आइजिपी
|
सेतोपाटी संवाददाता नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले मंगलबार आसिरसँग वैवाहिक सम्बन्ध गाँसेको घोषणा गरेकी छन्।, बालिकाहरूको शिक्षा क्षेत्रमा काम गर्दै आएकी मलालाले आफ्नो आधिकारिक ट्विटरमार्फत् बेलायतको बर्मिङ्घमस्थित घरमा आसिरसँग मुस्लिम परम्पराअनुसार 'निकाह' गरेको घोषणा गरेकी हुन्।, आफ्नो जिन्दगीको महत्वपूर्ण क्षण सार्वजनिक गर्दै २४ वर्षीया मलालाले नेपाली समयअनुसार मंगलबार राति ११ बजेर २८ मिनेटमा ट्वीटरमा लेखेकी छन्- 'आजको दिन मेरो जिन्दगीको अमूल्य दिन हो। आसिर र म आजबाट जीवनसाथीका रूपमा जिन्दगी बिताउँदैछौं। हामीले बर्मिङ्घमस्थित घरमा परिवारका सदस्यहरूमाझ सानो निकाह आयोजना गर्यौं। हामीलाई तपाईंहरूको शुभकामनाको खाँचो छ। जिन्दगीको आगामी यात्रा सँगसँगै हिँड्न लागेकामा हामी उत्साहित छौं।', मलालाले आफ्नो श्रीमानबारे थप जानकारी उल्लेख गरेकी छैनन्।, मलाला युसुफजाईको जन्म पाकिस्तानमा भएको थियो। उनलाई सन् २०१२ मा बालिकाहरूको शिक्षा पाउने हकबारे बोलेको भन्दै तालिबान आतंकवादीहरूले गोली हानेका थिए। त्यति बेला उनी ११ वर्षकी थिइन्। उनले भनेकी थिइन्, 'यहाँ छोरी जन्मिनुलाई सधैं उत्सवका रूपमा लिइँदैन।', उनलाई त्यसपछि बर्मिङ्घमको अस्पताल लगिएको थियो। उनले त्यहीँ बसेर बालिका शिक्षा क्षेत्रमा वकालत गर्दै आएकी छन्।, Today marks a precious day in my life.,
Asser and I tied the knot to be partners for life. We celebrated a small nikkah ceremony at home in Birmingham with our families. Please send us your prayers. We are excited to walk together for the journey ahead.,
📸: ,@malinfezehai, ,pic.twitter.com/SNRgm3ufWP,
— Malala (@Malala) ,November 9, 2021, कयौं महिनाको शल्यक्रिया र पुनर्स्थापनापछि सन् २०१४ मा उनी बेलायतको नयाँ घरमा आफ्नो परिवारसँग बस्न थालेकी थिइन्। आफ्नाो बुवाको सहयोगमा उनले मलाला कोष स्थापना गरिन् जसले बालिका शिक्षामा सहयोग गर्दै आएको छ।, कम उमेरमै बालिका शिक्षा क्षेत्रमा काम गरेबापत् उनको योगदानको कदर गर्दै सन् २०१४ डिसेम्बरमा मलालालाई नोबेल शान्ति पुरस्कार दिइएको थियो। उनी सबभन्दा कम उमेरकी नोबेल विजेता हुन्।, उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सन् २०२० मा दर्शन, राजनीति र अर्थशास्त्रमा ग्र्याजुएट गरेकी थिइन्।, (एजेन्सीहरूको सहयोगमा), सबै तस्बिर: मलालाको ट्वीटरबाट,
नोबेल विजेता मलाला युसुफजाईले गरिन् आसिरसँग विवाह, हेर्नुहोस् तस्बिरहरू
|
सबिना श्रेष्ठ प्रेम यति शक्तिशाली हुँदो रहेछ, संसार जित्ने हरकोहीलाई यसले पराजित गर्न सक्छ। चाहे त्यो भगवान नै किन नहोस्।, नपत्याए पचली भैरवको कथा नै हेर्नुहोस् न!, पचली भैरवको कथा सुनाउने उपयुक्त समय दसैं हुन सक्थ्यो। किनभने देशभर दसैंको रौनक छाएका बेला काठमाडौंको तल्लो टोल अर्थात् लिच्छविकालीन ‘दक्षिण कोलिग्राम’ का बासिन्दा घटस्थापनादेखि पञ्चमीसम्म पचली भैरवको जात्रा मनाउँछन्।, हामीले पञ्चमीको दिन ,‘फर्पिङका किराँती राजा र दुई अजिमाको त्रिकोणात्मक प्रेमकथा’, शीर्षकमा स्टोरी पनि छापेका थियौं। मैले सुनाउन लागेको यो कथा र त्यो कथा अलिकति तलमाथि छ तर यो पनि फर्पिङका राजा र अजिमाको प्रेमकथामै सम्बन्धित छ।, कथा–किम्बदन्तीको विशेषता नै यही हो, सुनाउने मान्छे र ठाउँअनुसार केही फरक हुन सक्छन्। हुन त दसैं सकिएर तिहार पनि सकिइसक्यो। बेला न कुबेला किन यो कथा सुनाउन लागेको भन्नुहोला तर अहिले यो कथा सुनाउनुको झनै विशेष कारण छ।, यी दुई भगवानको प्रेमकथालाई हामीले अब सुन्न र पढ्न मात्र होइन, हेर्न पनि पाउने भएका छौं।, सोच्नुस् त! भगवानको प्रेमलाई दृश्यमा हेर्न पाउनु कति भाग्यको कुरा!, बज्र कला कुञ्जले टेकुस्थित कौसी नाटकघरमा ‘पचली भैरव’ कथालाई सांस्कृतिक नाटकका रूपमा मञ्चन गर्न लागेको छ। नाटकमा रूपान्तरण हुन लागेका उनै पचली भैरवको कथा मलाई सुनाएका हुन्, सुदन मुनिकारले। बज्र कला कुञ्जमा आबद्ध उनी सांस्कृतिक नृत्यहरू गर्छन्, सिकाउँछन्। बाजा बजाउनुका साथै प्रशिक्षण पनि दिन्छन्।, उनका बुवा चन्द्रमान मुनिकार चर्या नाचका गुरू हुन्। यसपटक चन्द्रमानको निर्देशन र परिकल्पनामा पचली भैरवको नाटक मञ्चन हुन लागेको हो।, यही सेरोफेरोमा छोरा सुदनले हामीलाई नाटकमा देखाइने पचली र अजिमाको कथा सुनाएका छन्।,
..., जसरी काठमाडौं, इन्द्रचोकका आकाश भैरवलाई प्रथम किराँती राजा यलम्बरको प्रतिरूप मानिन्छ, टेकुका पचली भैरवलाई फर्पिङका किराँती राजाको प्रतिरूप भनिन्छ। फर्पिङमा पुरानो दरबारका केही अवशेष छन् जसलाई स्थानीयहरू पचली भैरवको निवास मान्छन्।, कतिपयले पचली भैरव भनेका दोस्रो किराँती राजा पेलं वा पलम्बर हुन् पनि भन्छन्।, अब प्रश्न उठ्छ, फर्पिङका किराँती राजाको प्रतिरूप टेकुमा कसरी प्रतिस्थापन भयो? के उनलाई यहाँ बन्दी बनाएर ल्याइएको थियो? वा, उनले काठमाडौंमाथि विजय प्राप्त गरेका हुन्।, यसको जवाफ पचली भैरवको किम्बदन्तीले दिन्छ।, किम्बदन्तीअनुसार फर्पिङका राजा राज्यको कामकाज सकेर साँझपख थकान मेट्न टेकु दोभान आउँथे जुन बागमती र विष्णुमतीको संगम स्थल हो। यसलाई पञ्चलिंगेश्वरको लिंग आफैं उत्पत्ति भएको पवित्र ठाउँका रूपमा पनि लिइन्छ।, पचली भैरव यहाँ आफ्नो भेष बदलेर आउँथे र थकाइ मार्थे। ध्यान गर्थे र घुम्थे।, त्यही क्रममा एकदिन उनको नजर स्थानीय खड्गी समुदायकी एक केटीमा पर्छ। कालान्तरमा अजिमा भनेर चिनिएकी ती केटीको नाम रूक्मणि हुन्छ।, रूक्मणिको रूप देखेर पचली भैरवको होसहवास उड्छ। उनी मन्त्रमुग्ध भएर उनलाई हेरिरहन्छन्। रूक्मणि पनि लजाउँछिन्। हरेक दिनको देखादेखपछि उनीहरूबीच कुराकानी हुन्छ, माया बस्छ।, पछि रूक्मणि गर्भवती हुन्छिन्।, प्रेममा चुर्लुम्म डुबेकी रूक्मणि अब भने झल्याँस्स हुन्छिन्। उनले आफूले प्रेम गरेका पचली भैरवलाई राम्ररी चिनेकी पनि हुँदिनन्। आफू गर्भवती भएपछि भने उनलाई जिज्ञासा हुन्छ, ‘मेरो पेटमा जसको बच्चा छ ऊ को हो?’, यति मात्र होइन, यही गर्भकै कारण आफूले पचलीसँग गुपचुप गरिरहेको प्रेम पनि सार्वजनिक होला भनेर उनी डराउँछिन्।, रूक्मणि डराउँदै आफ्नी आमालाई सबै कुरा बताउँछिन्।, सुरूमा त आमाले गाली गर्छिन्। पछि जो भए पनि उसलाई स्विकार्नुपर्छ भनेर सम्झाउँछिन् र उसको वास्तविकता कसरी पत्ता लगाउने भनेर उपाय पनि सिकाउँछिन्।, हरेक साँझझैं पचली भैरव आफ्नी प्रेमिका भेट्न टेकु दोभान पुग्छन्।, रूक्मणिले आफ्नो पेटमा हुर्कंदै गरेको बच्चाबारे पचलीलाई बताउँछिन् र उनलाई आफ्नो परिवारसँग भेटाउन लैजान्छिन्।, घरमा रूक्मणिले झ्याल, ढोका सबैतिर सारीले छोपिदिएकी हुन्छिन्। त्यसो गर्दा कुनै चिजमा दैविक शक्ति छ भने त्यो सारी नाघेर बाहिर जान सक्दैन भन्ने सांस्कृतिक विश्वास छ। अझै पनि नेवाः समुदायले यसमा विश्वास गर्छन्।, त्यस्तो कोठामा लगेपछि रूक्मणिले पचली भैरवलाई सोध्छिन्, ‘मैले तपाईंलाई प्रेम गरेँ। तपाईंको बच्चा पनि मेरो पेटमा बसिसक्यो। तर म तपाईंलाई अझै चिन्दिनँ। भन्नुहोस् तपाईं को हो?’, रूक्मणिले विवश बनाएपछि पचलीलाई आफ्नोबारे भन्नैपर्ने दबाब पर्छ। उनी भन्छन्, ‘ल ठीक छ। म तिमीलाई मेरो वास्तविक रूप देखाउँछु तर तिमीले मलाई साथ दिनुपर्छ। मैले भनेको मान्नुपर्छ।’, यति भनेर भैरवले आफूसँग भएको अक्षता-चामलमा मन्त्र फुकेर रूक्मणिलाई दिन्छन् र भन्छन्, ‘यो अक्षताले मलाई हान्नू अनि म आफ्नो रूपमा आउँछु। त्यसपछि तिमीले मलाई पहिलेकै रूपमा फर्काउन फेरि अक्षताले हान्नुपर्छ।’, रूक्मणिले टाउको हल्लाउँछिन्। भनेअनुसार अक्षताले भैरवलाई हान्छिन्। त्यसपछि भैरव आफ्नो एकदम डरलाग्दो रूपमा आउँछन्। ठूलो अनुहार, लामा कपाल अनि लामा नङ। एकदम भीमकाय, डरलाग्दो शरीर।, रूक्मणिको होसहवास उड्छ। आफूलाई खान आएको भन्ठानेर उनी डराएर भाग्छिन्।, भैरवलाई पहिलेकै रूपमा फर्काउन रूक्मणिले त्यो अक्षताले हान्नुपर्ने हुन्छ। यसको निम्ति भैरव रूक्मणिको पछिपछि दौडन्छन्।, रूक्मणिका खुट्टाका गति झन् झन् बढ्छ। डरैडरमा उनले हान्नुपर्ने अक्षता आफैं निल्छिन्। परेन फसाद!, अब भैरव आफ्नो रूपमा कसरी फर्कने?, मान्छेहरूसँग भाग्दै भाग्दै भैरव टेकुको पचली क्षेत्रमा मान्छे जलाउने पिठनजिक आउँछन्। त्यति बेलासम्म रात परिसकेको हुन्छ। रातको भन्दा उनलाई बिहानको डर लाग्छ। किनभने घाम उदाउने बेलासम्म उनी आफ्नो वास्तविक स्वरूपमा फर्किसक्नुपर्ने हुन्छ।, घामबाट लुक्ने ठाउँ खोज्दा उनले त्यहाँ बाँसको मान्द्रो भेट्टाउँछन्। त्यही मान्द्रोले आफ्नो जीउ छोप्छन्।, मान्द्रोमा उनको पूरा शरीर अटाउन सक्दैन। उनको कम्मरभन्दा मुनिको भाग छोपिएकै हुन्न। त्यसैले घाम उदाएपछि उनी त्यहीँ सिद्ध हुन्छन्।, अहिले पनि पचली क्षेत्र पुग्दा त्यहाँ हामी एउटा शिला देख्छौं। मन्दिरमा पूजा गर्ने ठाउँमा खाल्डोजस्तो ठाउँ छ। त्यही खाल्डोमा रहेको शिलामा मान्छे ढोग्छन्, पूजाआजा गर्छन्।, स्थानीयले शिलाबारे खोजीनीति गर्दा यो पचली भैरव भएको र यहाँ सिद्ध भएको थाहा पाउँछन्। त्यसपछि उनीहरू भैरवले आफ्नो क्षेत्र रक्षा गर्ने भए भनेर खुसी हुन्छन्।, रूक्मणिले पनि आफ्नो गल्तीले प्रेमी त्यसरी सिद्ध भएको थाहा पाउँछिन्। अब त्यसलाई स्विकार्नुबाहेक उनीसँग अर्को विकल्प हुन्न।, उनको पेटमा हुर्कंदै गरेको बच्चा बिस्तारै बढ्दै जान्छ। जब त्यो बच्चाको जन्म हुन्छ, बच्चाको बाबु उनको साथमा हुँदैनन्। रूक्मणि विभिन्न लाञ्छना सहन बाध्य हुन्छिन्। कसैले उनलाई ‘श्रीमान नभएकी श्रीमती’ भन्छन् त कसैले के भन्छन्!, ठूलो हुँदै गएको बच्चामाथि पनि प्रश्न उठ्न थाल्छ, ‘खोइ! तिम्रो बुवा?’, बच्चालाई यस्तो प्रश्न सुन्दा सुन्दा गाह्रो हुन्छ। मन दुख्छ। अनि उसले आमालाई सोध्छ, ‘हाम्रो बुवा कहाँ हुनुहुन्छ?’, छोराले हरेक दिन सोध्ने प्रश्न र हठको अगाडि उनी हार्छिन्। समाजका हरेक टोकसो सहेकी उनले आफ्नो छोराको पीडा सहन सक्दिनन्। अनि उनले आफ्नो बच्चालाई बाबुसँग भेटाउन टेकु दोभानतिर लग्छिन्। त्यहाँ उनले पूजा गरेर भैरवको आह्वान गर्छिन्।, भैरव आएर दर्शन दिन्छन्। मनमा गाँठो परेका गुनासाहरू फुकिन्छन्।, परबाट छोराले आमाबुवा कुराकानी गरेको हेरिरहेका हुन्छन्। अनि आफ्नो बुवा जीवित रहेछन् भन्ने थाहा पाएर उनी मुसुक्क हाँस्छन्। उनै छोरालाई मुसुकाः गणेश भनेर चिनिन्छ। उनलाई रूद्रविनायक पनि भनिन्छ।, टेकु दोभानबाट काठमाडौंको भित्री सहरतिर आउँदा जसै तपाईं टेकु चोक नाघेर जैसीदेवलतिर उक्लिनुहुन्छ, उकालोको सिरानमै दाहिनेतिर गणेशको मन्दिर छ। यो यिनै ‘मुसुकाः गणेश’ को मन्दिर हो।, यो कथाभन्दा अलिकति फरक कथा पनि चलनचल्तीमा छ। त्यो कथामा मुसुकाः गणेश अजिमाका छोरा हुँदैनन्। बरू पार्वती र शिवका छोरा हुन्छन्। भैरवलाई शिवजीकै अवतार मानिन्छ। आफ्नो पितालाई टेकु दोभानमा लुकिछिपी अर्की केटी (नै अजिमा) सँग प्रेम गरेको देखेपछि उनी आँखा सन्काउँदै मुसुक्क हाँसेको भनिन्छ।, अब हामी माथिकै कथामा फर्किऔं। किनभने नाटकमा देखाइने कथा त त्यो हो।, भैरवलाई हामीले रूद्रका रुपमा पनि लिन्छौं। मुसुकाः गणेशलाई खड्गी समुदायले रूद्र गणेशका रूपमा मानेर जात्रा मनाउँछन्। त्यसले गणेश, नै अजिमा र भैरवको सम्बन्ध देखाउँछ।, त्यस दिन भैरवलाई भेट्दा रूक्मणिले आफ्नो मन खोल्छिन्। आफूले एकल महिला भएर भोग्नुपरेका सारा पीडा सुनाउँछिन्।, भैरव उनको र बच्चाको पीडा सुन्न नसकेर उनीहरूलाई स्विकार्ने प्रयास गर्छु भन्छन्। उनीहरूलाई आफ्नो दरबार लैजान्छन्। तर फर्पिङको उनको राज्यमा रूक्मणि र उनको बच्चालाई स्वीकार गरिन्न। कथित तल्लो जात र नाजायज सम्बन्धबाट जन्मेको बच्चा भन्दै तिरस्कार गरिन्छ।, रूक्मणिले भन्छिन्, ‘जुन समाजले मलाई स्विकार्दैन, त्यो समाजमा बस्नुको कुनै औचित्य छैन।’, उनी आफ्नो बच्चा बोकेर हिँड्छिन्। श्रीमानको घर जान्छु भनेर हिँडेकी रूक्मणिलाई माइती फर्किने बाटो पनि रहन्न। त्यही भएकाले यात्रा गर्दै उनी अनकन्टार ठाउँ पुग्छिन्।, यात्रा क्रममा पानी पर्छ, हावा चल्छ, विभिन्न अवरोध आउँछन्। कतै खान पाउँदैनन्। त्यही क्रममा बच्चा बिरामी पर्छ र एकदमै नराम्रो अवस्थामा पुग्छ।, श्रीमानले पनि साथ नदिएको, समाजले तिरस्कार गरेको अनि बच्चा पनि बिरामी भएपछि रूक्मणिको पीडाले सीमा नाघ्छ। उनी भित्रैबाट रिसाउँछिन्। उनको रौद्र रूप प्रकट हुन्छ। अनि रूक्मणि रूद्रायणीमा परिणत हुन्छिन्।, रूक्मणि आफैंमा साधारण महिला भने थिइनन्। उनमा छुट्टै तेज भएकाले भैरव उनीसँग नजिकिएका थिए। बस् उनले त्यसलाई अनुभव गर्न सकेकी थिइनन्।, रूक्मणि रुद्रायणी भएपछि उनको तेज र तापबाट त्यहाँको क्षेत्र हराभरा हुन्छ। केही नभएको ठाउँमा जंगल बन्छ। खेतीयोग्य जमिन बन्छ। स्थानीयले उनलाई भगवान मानेर पुज्न थाल्छन्। त्यो ठाउँलाई अहिले सिकाली मन्दिर भनिन्छ। उनले त्यहीँ उब्जेको अन्न बच्चालाई खुवाएर निको बनाउँछिन्।, त्यसैबीच छोराको पीडाले रूँदै गर्दा उनले एक जना ज्यापूलाई भेटेकी हुन्छन्। एक्लै रूँदै हिँडेकी महिला देखेपछि ज्यापू सहानुभूति प्रकट गर्न अघि सर्छन्। उनको पीर बुझ्न खोज्छन्।, अनि रूक्मणिले रूँदै रूँदै आफ्नो सबै कहानी सुनाउँछिन्।, यसरी उनले रूँदै कथा सुनाएकीले त्यो सुनसान ठाउँको नाउँ ‘खोया खँ कंगू थ्या’ अर्थात् ‘रोएर कथा भनेको ठाउँ’ रहन गएको किम्बदन्ती छ। कालान्तरमा त्यही नाउँ अपभ्रंश हुँदै ‘खोकना’ रहेको विश्वास गरिन्छ। खोकनाको रूद्रायणी देवीलाई अजिमाकै प्रतिरूप मान्ने चलन छ। यता, टेकु दोभानको नै अजिमा मन्दिरलाई रूद्रायणी पिठका रूपमा पनि पूजा गरिन्छ।, त्यो कथामा पचली भैरव, नै अजिमा र अर्की एक अजिमाको ‘त्रिकोणात्मक प्रेमकथा’ छ जुन नाटकको हिस्सा भने होइन।, कथाअनुसार पचली भैरव र नै अजिमा लुकिछिपी घुम्न हिँडेका बेला गाइँगुइँ हल्ला चल्छ। स्थानीयहरू आफ्नो टोलको केटी घुमाउने अपरिचित को हन् भनेर पचलीको खोजी गर्न थाल्छन्।, पचली नै अजिमालाई टेकु दोभानको मोडमा छाडेर गोप्य ठाउँमा लुक्न जान्छन्।, यता नै अजिमा पचलीको बाटो हेरेर बसिरहेकी हुन्छिन्, उता पचली चाहिँ त्यही बेला भद्रकालीको लुमरी अजिमातिर लहसिन्छन्।, लामो समय पचली भेट्न नआएपछि नै अजिमा उनको खोजखबर लिन थाल्छिन्। उनले थाहा पाउँछिन्, पचली त लुक्न गएको बहानामा लुमरी अजिमासँग प्रीति पो गाँस्न थालेछन्।, उनी रिसले चूर हुन्छिन्, अनि पचलीसँग ठुँस्केर विपरीत दिशातिर फर्केकी हुन् भन्ने भनाइ छ। अनि रूँदै एक्लै खोकनातिर गएको भनाइ छ।, अब हामी फेरी माथिकै कथामा फर्किऔं।, धेरै वर्ष बितिसकेको हुन्छ। रूक्मणि अर्थात् रूद्रायणीको बच्चा पनि ठूलो भइसकेको हुन्छ। रूक्मणिलाई यता माइतीको याद आउँछ, श्रीमानको याद आउँछ। उनीहरू कस्ता भए होलान् भन्ने जिज्ञासा हुन्छ। त्यही भएकाले उनी टेकु आउँछिन्।, त्यति बेलासम्म १२ वर्ष कटिसकेको हुन्छ। यहाँ आएर उनले आफ्नो श्रीमानलाई भेट्छिन् र भन्छिन्, ‘अब हामीले आफ्नो छुट्टै ठाउँ बनाइसक्यौं। हामीलाई त्यहाँका मान्छेले पनि राम्रो गर्छन्। हामी त्यहीँ खुसी छौं। तर मलाई तपाईंको याद आउँछ। त्यही भएकाले हरेक १२ वर्षमा यसरी नै एकपटक तपाईंलाई भेट्न आउँछु।’, भैरव दुःखी हुँदै भन्छन्, ‘तिमीहरूलाई स्विकार्न नसक्नु मेरो कमजोरी हो। म जतिसुकै शक्तिशाली भए पनि प्रेममा कमजोर ठहरिएँ। तर तिमीलाई हरेक १२ वर्षमा भेट्न पाउने कुराले खुसी छु। म तिमी आउने दिनहरू गन्दै बस्नेछु।’, नाटकको कथा यति नै।, अब तपाईंहरूलाई पचली भैरव र नै अजिमाको कथा सांस्कृतिक उत्सवहरूमा कसरी प्रस्तुत हुन्छन् भन्छु है।, हरेक बाह्र वर्षमा मरूसत्तल (काष्ठमण्डप) अगाडि देखाइने पचली भैरवको खड्गजात्रामा रातो मुकुण्डो लगाएर नै अजिमा सरिक हुन्छिन्। त्यस्तै, मखनमा हुने अर्को बाह्र वर्षे खड्गजात्रामा भद्रकाली र पचली भैरवको प्रतिरूप नचाउने चलन छ।, दुवै अलग–अलग जात्रा हुन् तर दुवैका गुठियार एउटै हुन्छन्।, ‘यहाँ जात्रा सकिएको अर्को वर्ष सिकाली जात्रा हुन्छ। त्यहाँ पूजापाठ गरेपछि नै अजिमा स्थानमा गुठियारहरू आउँछन्। नै अजिमाको खाल्डोजस्तो खाली ठाउँमा पूजाआजा गर्छन् र पोसाक, मुकुण्डो लगाएर हिँड्छन्,’ सुदनले भने, ‘उनीहरू आउँदा वन्दे चल्खुमा सुनको ढोकाबाट भित्र छिर्छन्। त्यो ढोका त्यही दिन मात्रै राखिन्छ। त्यसरी सुनको ढोकाबाट छिर्नु भनेको माइतीमा रूक्मणिलाई स्वागत गरेको संकेत हो।’, खोकनाका मान्छे भने रूद्रायणी र नै अजिमा फरक हुन् भन्ने तर्क राख्छन्। त्यसरी तर्क राख्नुको कारण नै अजिमा भनेको खड्गी समुदायको भएको र यहाँबाट तिरस्कार गरेको देवतालाई त्यहाँ पूजा गर्नुपरेकाले लुकाएको हुनसक्ने उनी बताउँछन्।, तर उनी यो तर्क चिर्दै अगाडि भन्छन्, ‘यदि त्यसो हो भने खोकनाको जात्रा यहाँ किन ल्याउने? रूद्रायणीलाई यहाँको सुनको ढोकाबाट किन भित्र्याउने? नै अजिमा भएकै ठाउँमा उनीहरू पाल ओढेर किन बस्छन्? किन पूजाआजा गर्छन् र लुगा लगाएर हिँड्छन्?’, बाह्रवर्षे पचली भैरव जात्रामा यहाँको राजासँग खड्ग हस्तान्तरण गर्ने चलन पनि थियो। त्यो भनेको भैरवले राजालाई आफ्नो शक्ति र राज्य सुरक्षाको भार सुम्पेको सुदन बताउँछन्। खड्ग त्यसैको प्रतीक हो।, पुरातत्वविद् साफल्य अमात्यले पनि आफ्नो किताब ‘काठमाडौं नगरायण’ मा पचली भैरवसँग खड्ग साट्ने जात्राबारे उल्लेख गरेका छन्।, यो प्रचलनले ‘प्रत्येक बाह्र वर्षमा राजाले भैरवसँग राज्य सञ्चालन गर्न अनुमति लिनुपर्ने वा लिने परम्पराको बोध गराउने’ अमात्यको भनाइ छ। ‘भैरवले गद्दीनसीन राजालाई आफ्नो शक्ति प्रदान गरी देशरक्षा गर्ने जिम्मा दिएको भावनाको प्रतीक पनि हो,’ उनी लेख्छन्।, वीरेन्द्रको पालासम्म प्रत्येक बाह्र वर्षमा राजा आफैं काष्ठमण्डप आएर पचली भैरवसँग खड्ग साटेका थिए। शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले आफू गद्दीबाट हटेपछि पचली भैरवको नयाँ मूर्ति स्थापना गर्न सहयोग गरे।, राजतन्त्र अन्त्यपछि यो खड्गसिद्धी परम्परा अब नाम मात्रको छ। पहिलो राष्ट्रपति रामवरण यादवका पालामा उनकै हातबाट खड्ग साट्ने कि भन्ने कुरा चलेको थियो। पचली भैरव मन्दिरका पुजारी तथा गुठियारहरू राजी भएनन्। त्यो प्रयास त्यत्तिकै रोकियो।, यो जात्रा धर्मसँग मात्र जोडिएको छैन, यसमा हामी प्राचीन काठमाडौंको राजनीतिक अवशेष पनि पाउँछौं। यसलाई काठमाडौं सहर स्थापना र सत्ता हस्तान्तरण परम्पराको लिच्छविकालीन सम्झनाका रूपमा लिइन्छ।, लिच्छवि राजाहरूले दक्षिण कोलिग्राम (अहिले काठमाडौं भित्री सहरको दक्षिणी भाग) बसाउँदा सहरको रक्षक वा द्वारपालका रूपमा टेकु दोभाननिर पचली भैरव मन्दिर स्थापना गराएको भनाइ छ। काठमाडौंको (खड्गाकार) आकृति पचली भैरवले प्रयोग गर्ने शस्त्र खड्गकै प्रतिरूप भएको इतिहासकारहरू बताउँछन्। त्यही भएर बर्सेनि धुमधामका साथ मनाइने पचली भैरव जात्रा लिच्छविकालदेखि चलेको मानिन्छ।, यो जात्रा घटस्थापनादेखि पञ्चमीसम्म पाँच दिन मनाइन्छ। जात्राको सुरूआत ती गुठियारको घरबाट हुन्छ, जहाँ अघिल्लो वर्ष पचली भैरवको मूर्ति अंकित घ्याम्पो लगेर राखिएको हुन्छ। हरेक वर्ष फरक–फरक गुठियारको घरमा घ्याम्पो राख्ने चलन छ। जुन गुठियारको घरमा घ्याम्पो हुन्छ उसैकोबाट जात्रा सुरू हुन्छ।, यो जात्रा मल्लकालमा खुब लोकप्रिय थियो। तत्कालीन अभिलेख (थ्यासफु) हरूमा यसबारे धेरै उल्लेख पाइन्छ। भाषा वंशावलीअनुसार राजा शिवसिंह (विसं १६३५–१६७७) ले पचली भैरवको मूर्ति अंकित धातुको घ्याम्पो बनाइदिएका थिए। त्यसअघिसम्म घ्याम्पो माटोको थियो। राजा भाष्कर मल्ल (विसं १७५७–१७७९) को राज्यकालमा राजमाता भुवनलक्ष्मीले नयाँ घ्याम्पो फेरिदिएको इतिहास छ।, एक सय २० मिनेटको नाटक ‘पचली भैरव’ मा हामीले देख्न पाउने कथा भनेको पचली भैरवको प्रेमकथा हो। बाँकी गतिविधि त हामीले जात्रामा हेर्न पाइहाल्छौं।, कात्तिक २५ देखि मंसिर ४ गतेसम्म चल्ने नाटकलाई नाट्य रूपान्तरण र सहनिर्देशन गरेका छन् रंगकर्मी इँगिहोपो कोइच सुनुवारले। उनी आफैं पनि यो नाटकमा कलाकारका रूपमा आबद्ध छन्। यसपछि कौसी नाटकघरमा चल्ने ‘एनिमल फार्म’ नाटकमा पनि उनी कलाकारका रूपमा छन्।, पचली भैरव नाटकमा इगिंसँगै सुदन मुनिकार पनि छन्। उनीहरूबाहेक श्रृष्टिना मुनिकार, अनिसा श्रेष्ठ, नानुमैया महर्जन, संगीता थापा, पवित्रा राई, सिर्जना शर्मा, युवहाङ राई, रोशनी चौधरी र करिना सुनुवारको अभिनय देख्न सकिन्छ।, नाटकको व्यवस्थापकसमेत रहेका सुदन मुनिकारका अनुसार यो नाटकले समाजमा भएका एकल महिला र जातीय विभेदलाई चिर्दै महिलाको शक्ति देखाउने प्रयास गरेको छ।, ‘महिलाहरू महिनावारी नहुने वा गर्भवती नहुने हो भने पुरूषको महानता कहाँ थाहा हुन्छ भनेर नाटकले प्रश्न गर्छ,’ उनले भने, ‘प्रकृति र समाज बनाउन पुरूषभन्दा महिलाको बढी हात हुन्छ। चाहेको खण्डमा उनी सहन्छिन् पनि, बलियो पनि हुन सक्छिन्। त्यही भएर सभ्यको मुकुण्डो ओढेको हाम्रो समाजलाई यो नाटकले थुप्रै गम्भीर प्रश्नहरू गर्ने प्रयास गरेको छ।’, नाटकमै एउटा संवाद पनि छ, ‘नारीले जे भोग्छ त्यो पुरूषले भोग्नै पर्दैन, भोग्नै सक्दैन। अनि भोग्दै नभोगेको कुरा कसरी बुझ्नुहुन्छ?’, सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, , , , , ,
पचलीको प्रेममा परेर के-के सहिन् रूक्मणिले?
|
खिलानाथ ढकाल गायक योगेश्वर अमात्यको बारास्थित जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रूपैयाँ ठगी गरेको अभियोगमा कुमारी बैंकका कर्मचारीसहित चार जना पक्राउ परेका छन्।, प्रहरीका अनुसार पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन छन्।, गौतम र महर्जन बेनियल ट्रेडिङ कम्पनी कोटेश्वरका सञ्चालक हुन्। उनीहरूमध्ये तीन जनालाई केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको थियो। चौरसियालाई भने प्रहरीले मंगलबार पक्राउ गरेको हो।, ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको कीर्ते कागजात बनाएर १९ करोड ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको पुष्टि गरे।, गौतम र महर्जनले बिरुवा भूमि वनकाली कम्पनीका नाममा नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड निकालेको फेला परेको सिंहले बताए। बिरुवा भूमि वनकाली योगेश्वर अमात्य र उनकी श्रीमती सञ्चालक रहेको कम्पनी हो।, कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा उक्त जग्गाको नक्कली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि चार जनालाई पक्राउ गरिएको सिंहले बताए।, उनका अनुसार त्यसरी नक्कली कागजात बनाएर ऋण स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्साललाई पनि पत्राचार गरिएको पाइएको छ। केन्द्रीय बैंकले अनुमति दिएका आधारमा कुमारी न्यूरोड शाखाबाट रकम निकालिएको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले सेतोपाटीलाई जानकारी दिए।, ‘सुरूमा पर्सा शाखामा निवेदन दिएको देखिन्छ, पर्सा शाखाले न्यूरोडमा फाइल पठाएको र त्यहीँबाट पैसा निकालेको देखिन्छ,’ ब्युरोका प्रहरी उपरीक्षक महतोले भने, ‘न्यूरोड शाखाले ऋण दिँदा नक्सालस्थित केन्द्रीय बैंकको स्वीकृति पनि लिएको देखिन्छा।’, पक्राउ परेका सबैलाई सरकारी लिखतसम्बन्धी कसुरमा अनुसन्धान थालिएको महतोले जानकारी दिए।, यो प्रकरणमा कुमारी बैंक पर्सा शाखा, न्यूरोड शाखा र कुमारी बैंक केन्द्रीय कार्यालय नक्सालका कर्मचारीको के कति मिलेमतो र संलग्नता छ भन्ने विषयमा अनुसन्धान जारी रहेको महतोले बताए।, पक्राउ परेका चारै जना, कुमारी बैंकको पर्सा शाखा, न्यूरोड शाखा र कुमारी बैंकको केन्द्रीय कार्यालय नक्सालका कर्मचारी छानबिनमा रहेको महतोले बताए।, ‘पक्राउ परेकासँग बयान चलिरहेको छ, उनीहरूले कसुर स्वीकार गरेको अवस्था छैन,’ महतोले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं, कसको के संलग्नताबारे विस्तारै खुल्दै जाने छ।’, गायक अमात्यले आफ्नो जग्गा कीर्ते गरेर ऋण निकालेको सन्दर्भमा एक महिनाअघि उजुरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरू गरेको थियो।, सेतोपाटीले कुराकानी गर्दा अमात्यले 'अनुसन्धान क्रममा रहेको विषयमा अहिले प्रतिक्रिया नदिने' बताए।,
गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर कुमारी बैंकबाट निकालियो १९ करोड
|
सेतोपाटी संवाददाता लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका आठौं तथा सातौं तहका पदमा आवेदन माग गरेको छ।, तीन सय बढी पदमा दरखास्त आह्वान गर्दै आयोगले आज गोरखापत्रमा सूचना निकालेको छ।, यी पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा हुनेछ। इच्छुकलाई आवेदन दिन आयोगले आह्वान गरेको छ।, आवेदन ,psconline.psc.gov.np, मार्फत् दिन सकिनेछ।, राजपत्रांकित तृतीय श्रेणी प्राविधिक, संघीय संसद सेवाका प्राविधिक र स्वास्थ्य सेवाका सातौं र आठौं तहका लागि इच्छुक उम्मेदवारबाट आवेदन माग भएको छ।, मंसिर १४ गतेभित्र आवेदन दिइसक्नुपर्ने पनि आयोगले जनाएको छ।,
प्राविधिक र स्वास्थ्य सेवाका पदमा लोक सेवाले खुलायो आवेदन
|
रासस छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ।, कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो।, ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ।, लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ।, संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन्। सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन। सूर्य किरणको चिकित्सा माथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ।, सूर्यको किरणबाट कैयौँ असाध्य तथा रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ। साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ।, छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ।, यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन्। आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन्। व्रतविधि कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ।, दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ। यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सचिव नवलकिशोर यादवले बताए।, “षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ’, उनले भने।, कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्मअर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ। २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ। २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा विगतका वर्षमा काटिएकामा यस वर्षदेखि फेरि बिदा दिइएको छ।, छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ।, कमलपोखरीमा भने यस वर्ष छठको व्यवस्थापन काठमाडौँ महानगरपालिकाले नै गर्ने जनाइएको छ। छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन्। केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखोअर्थात् सात्विक भोजन गरेर बस्छन्।,
सूर्यदेवको पूजा आराधना गरी मनाइँदै छठ
|
रासस ट्रक र बस एक आपसमा ठोकिँदा मकवानपुरमा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।, जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नम्बरको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका दुई यात्रुको घटनास्थलमै मृत्यु भएको हो।, मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।, उनले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए।,
जनकपुरबाट काठमाडौं आइरहेको बसलाई ट्रकले ठक्कर दिँदा २ को मृत्यु
|
रोहित महतो जनकपुरसहित देशका विभिन्न स्थानमा हर्सोल्लासपूर्वक सूर्यको पूजा आराधना गरी आज छठपर्व मनाइँदै छ।, पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ।, जनकपुरको पोखरी र जलाशयमा श्रद्धालुहरू मंगलबार रातिदेखि नै पूजा सामग्री लिएर घाटमा पुगेका छन्। तर ग्रामीण भेगमा भने आज दिउँसो र साँझ मात्रै पूजा सामग्री लिएर भक्तजनहरु घाटमा पुग्नेछन्।, चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गरेका थिए। दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना मनाएका थिए।, तेस्रो दिन अर्थात् मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्वको विधिवत समापन हुन्छ।, छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ। प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ।, अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाइ उपबास बस्ने गर्दछन्। छठ पर्वमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ।, पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ दिन लगेको पूजा सामग्री सहित रातभर जग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी भोली पल्ट विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन्।, ग्रामीण भेगका कतिपय ईनारमा घाट बनाएर छठपर्व गर्नेहरु साँझ पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्दछन्। र बिहान पख सूर्य उदाउनु केहिबेर पूर्व पूजा सामग्री घाटमा लगेर अर्घ दिने गर्दछन्। उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन्।, छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पूर्याइदिने चलन छ। विभिन्न स्थानमा सांस्कृति कार्यक्रम पनि आयोजन हुने गर्दछ। छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ। पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन्।, यसकारण चर्चित छ जनकपुरको छठ:, छठ पर्व भव्य बनाउन दुई साता अघिदेखि नै स्थानीयहरु छठको तयारीमा जुट्ने गर्दछन्। अन्य स्थानको तुलनामा यहाँ विशेष सजावट र झकिझकाउ बनाइने हुँदा जनकपुरको छठ चर्चित छ।, सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा घाटलाई विशेष रुपले सिंगारिएको छ।, मुख्यतः जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, कामिनी सर, रत्नसागर लगातका पोखरीलाई दुलहीझैँ सजाएर झकिझकाउ बनाइएको छ।, आकर्षक पण्डाल र लाइटिङ गरी घाट सजाइएको छ। यी पोखरी तथा तलाउहरुका घाट (किनार) सजाउनकै लागि मात्रै वर्षेनी करिब ५० लाख बढी खर्च गरिन्छ।, घाटहरुमा लगाइएको झिलिमिली बत्तीले राति झनै मनमोहक देखिन्छ।, मिथिलाञ्चलको गाउँघर, सहर बजारलगायत गल्लीमा गुञ्जिरहेको छठपर्वको नानाथरी सुमधुर गीतले मिथिलाञ्चलको रौनकता नै बदलिएको छ। पर्वकै नाउँमा भए पनि छठपूजा गर्ने नदी तथा तलाउ सफासुग्घर गर्ने परम्परा पहिलेदेखि विद्यमान रहे पनि अचेल सजावटको लागि स्थानीय युवा क्लबहरु प्रतिस्पर्धा नै गर्छन्।, यस्तै प्रदेश २ का वीरगञ्जलगायत क्षेत्रमा पनि पोखरीहरू सजाइएका छन्।, तस्बिर: रासस,
छठको रौनक: सजाइयो जनकपुरका पोखरी (तस्बिरहरू)
|
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन्।, यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने शुभकामना सन्देशमा भनिएको छ।, विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र व्यक्तिगत दुःख कष्ट हटेर जाने जनविश्वास छ।, सम्पूर्ण पृथ्वीलाई समान रूपले शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा र आराधना गरी कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ दिएर यो चाड मनाइन्छ।, तराई र मधेश क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइने छठ पर्व हाल काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा सूर्य देवता र छठी माताको पूजाअर्चना गरी मनाइन्छ।,
पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ: राष्ट्रपति भण्डारी
|
रासस चक्कु प्रहारबाट कैलालीमा एवाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका-१ का भूपेन्द्र बडुवालको मंगलबार राति ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।, चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।, दुई समूहबीच झडप हुँदा घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।,
कैलालीमा चक्कु प्रहारबाट युवकको हत्या
|
रासस पाटनको कृष्ण मन्दिर परिसरस्थित ‘कात्तिक डबली’ मा आज ‘सुदामा प्याखँ’ नाच मञ्चन हुने भएको छ। हरेक वर्ष पाटनमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन गर्न लागिएको हो। , यस वर्षको पहिलो दिन आज भगवान् कुष्ण र उनका प्रिय मित्र सुदामाको कथामा आधारित भएर नाटक वा नृत्य मञ्चन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए। ‘यस नाचमार्फत दुई मित्रबीचको घनिष्ठता, उहाँहरु एक ईश्वर र अर्का गरिब दुःखी भए पनि प्रेमपूर्ण र आधारको सम्बन्धलाई यस नाचमार्फत देखाउने छौं।’, यसैगरी कृष्ण र सुदामा गुरुकुलमा अध्ययन गर्दाको बाल्यकाल, सुदामा जवानी हुँदै जाँदा लोभी भएका कारण देखिएको दरिद्रतालाई उजागर गरी नाचमार्फत मानिस लोभी हुनुहुँदैन, यदि लोभी भयो भने यस्तै दरिद्रता भोग्नुपर्छ भन्ने सन्देश पस्कने उनले जानकारी दिए।, विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए। प्रत्येक वर्ष कात्तिक नाच सुरू गर्नु अघिल्लो दिन ललितपुर महानगरपालिका–१२ स्थित पाटनको नासलचोक र नाट्यश्वर महादेव मन्दिरमा गएर महादेवको पूजा तथा आराधना गर्ने चलनानुसार मंगलबार सो विधि पूरा गरिएको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए।, यस वर्ष सुदामा प्याखँसँगै बिहीबार अनि शुक्रबार दुवै दिन बाथःप्याखँ, शनिबार युद्धकला, आइतबार देवी प्याखँ, सोमबार जल शयण अर्काे मङ्गलबार बराह अवतार र अन्तिम दिन बुधबार नृसिंह अवतार नृत्य मञ्चन गरी बिट मारिने समितिका प्रचार विभाग संयोजक सञ्जय शर्मा राजोपाध्यायले जानकारी दिए।, सो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा सम्पूर्ण नेपालीसामू रहन सफल भइरहेको जनाइएको छ। ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्य, मान्यता बोकेको यस नाचको गरिमा आज पनि उत्तिकै उच्च स्थानमा रहेको छ। यस गरिमायम नाचको सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई लिइन्छ। , कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्ति र सु–व्यवस्था कायम रहने विश्वास रहेको छ। सो नाचको थालनीले सुरुआती चरणदेखि नै जनतालाई एउटै सूत्रमा बाँधेर एकछत्रमा ल्याई मनोरञ्जन दिनुका साथसाथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ । , कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यस नाच आफैंले ठूलो विशेषता बोकेको छ। , कात्तिक नाच प्रथमपटक पाँच दिन प्रदर्शनी भएको थियो । सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन सञ्चालन गरिएको जानकारहरू बताउँछन्।, यसैगरी श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीलालाई पछि थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका इतिहासकार बताउँदछन् ।, मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्काे दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको थियो। यो ललितपुरको मात्र नभई सिङ्गो मुलुककै राष्ट्रिय अमूर्त सम्पदाका साथै परम्परागत सांस्कृतिक जर्गेना गर्ने माध्यम पनि बनिरहेको छ। हिन्दूका साथै बौद्ध धर्मावलम्बीका लागि पनि अति महत्वपूर्ण सो नाट्य महोत्सव यस वर्ष आठ दिन मञ्चन गरिने भएको छ भने गत वर्ष मुलुकमा कोरोना महामारी बढेकाले दुई दिन मात्रै देखाइएको थियो। ,
कात्तिक नाट्य महोत्सवः आज साँझ ‘सुदामा प्याखँ’ नाच मञ्चन हुने
|
सेतोपाटी संवाददाता मकवानपुर प्रहरीले १२२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-२ का ४२ वर्षीय नरबहादुर मोक्तान छन्।, मनहरी गाउँपालिका-९ जयसिंहस्थित पूर्व-पश्चिम राजमार्गमा गाँजाको सुरक्षा गरेर बसिरहेका मोक्तानलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।, ‘शंकास्पद रूपमा सामानको सुरक्षा गरेर बसिरहेका मोक्तानलाई सोधपुछ गर्दा गाँजा फेला परेपछि पक्राउ गरिएको हो,’ मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने।, उक्त गाँजा कसले कहाँ लैजान खोजेको थियो भन्नेबारे अनुसन्धान भइरहेको राठौरले बताए।,
मकवानपुरबाट १२२ किलो गाँजासहित एक पक्राउ
|
रासस सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी भएपछि पहिलोपटक चितवनका निजी हात्ती दर्ता प्रक्रियामा गएका छन्।, हात्ती धनीलाई सर्वोच्च अदालतले दर्ता गर्न निर्देशन दिएपछि सो प्रक्रिया सुरु भएको हो।, वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस)को नेपाल पक्षराष्ट्र हो। महासन्धिको पक्षराष्ट्र भएका कारण नेपालले विसं २०७३ मा सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी गरेको थियो।, उक्त ऐन कार्यान्वयनका लागि विसं २०७६ मा नियमावलीसमेत बनिसकेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले निजी हात्ती दर्ता प्रक्रियाका लागि काम अघि बढेको जानकारी दिए।, सम्बन्धित क्षेत्रका राष्ट्रिय निकुञ्जमार्फत दर्ता प्रक्रिया अघि बढाइएको उनले बताए। निजी हात्ती धनीमार्फत फाराम भराएर सङ्कलन कार्य भइरहेको छ।, उनकाअनुसार नियमावली बनेको एक वर्षभित्रमा दर्ता हुनुपर्नेमा कोभिडका कारण हुन नसकेको हो। २०७६ को मङ्सिरमा नियमावली बनेको थियो। सोही वर्षको पुसपछि कोभिडको प्रभाव देखिएको हो। नियमावलीले तोकेका समयमा दर्ता नभएका कारण संशोधनका लागि विभागले मन्त्रालयमा पठाएको छ।, यसै समयमा जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता सञ्जय अधिकारीले प्रधानमन्त्री कार्यालय र मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाएर हात्ती बिक्री रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।, सर्वोच्चले गत भदौ ३० मा अन्तरिम आदेश दिँदै हात्तीको अन्तरदेशीय तस्करी, बिक्री, हस्तान्तरण तत्काल रोक्न भनेको थियो। दर्ता अभिलेखीकरण नभएका हात्ती आदेशको मितिले एक महिनाभित्र दर्ता गर्न र दर्ता नभए जफत गर्न सर्वोच्चले निर्देशन दिएको छ।, व्यवसायीले गत असोज १४ गते सर्वाेच्चको पत्र बुझेसँगै दर्ता प्रक्रिया सुरु गरेका हुन्। सोहीपश्चात सर्वाेच्चको आदेशलाई आधार मानेर विभागले दर्ता प्रक्रिया अघि बढाएको हो। नियमावली संशोधन गरेर दर्ता प्रक्रिया अघि बढाइने महानिर्देशक कँडेलले जानकारी दिए।, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यसअघि निकुञ्जले ‘ट्याग’ लगाइदिने गरेको भए पनि पहिलोपटक दर्ता प्रक्रिया अघि बढाइएको बताए।, साइटिसको मुख्य उद्देश्य दुर्लभ र सङ्कटापन्न वन्यजन्तुको व्यापारलाई नियमन गर्नु हो। त्यस्ता वन्यजन्तु वनस्पतिको व्यापार फस्टाए अस्तित्वमाथि नै सङ्कट पर्ने उनको भनाइ छ।, नेपालमा साइटिसको सूचीमा रहेका वन्यजन्तुमा निजी क्षेत्रमा पालिएको हात्तीमात्रै हो। साइटिसमा सूचीकृत जुनसुकै वन्यजन्तु निजी क्षेत्रले पालेमा एक वर्षभित्र दर्ता गर्नुपर्ने उनले बताए।, नियमावली आउनुअघि निजी क्षेत्रले पालेका सूचीकृत वन्यजन्तुको एक वर्षभित्र दर्ता गर्नुपर्ने उनको भनाइ छ। यस निकुञ्ज आसपास पर्यटकीय गतिविधिका लागि पालिएका ६६ हात्ती दर्ता प्रक्रियामा आएका छन्।, उनकाअनुसार ती हात्तीको सूची मङ्गलबार विभाग पठाइएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले हात्तीको नाम, हात्ती धनीको नाम, अन्दाजी उमेर, हात्ती रहेको ठेगानालगायतका विवरण भरेर पठाइएको बताए। छुटेको भए विभागमा परामर्श गरेर पुनः पठाइने उनको भनाइ छ।, यस निकुञ्ज सफारीका लागि प्रख्यात भएकाले वरपर रहेका सामुदायिक वनमा हात्ती सफारी गरिने हुँदा हात्तीको सङ्ख्या धेरै रहेको छ।, युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था सौराहाका अध्यक्ष ऋषि तिवारीले यसअघि राष्ट्रिय निकुञ्जको भेटेरेनरी विभागमा दर्ता गरेर ट्याग लिएर सञ्चालन गर्दै आएकामा हाल सर्वाेच्चको आदेशसँगै निकुञ्ज र सर्वाेच्च अदालतमा विवरण पठाइएको बताए।, हात्ती प्रचलित नियम–कानुनअनुसार नै सञ्चालन हुँदै आएको जनाउँदै उनले सरकारको ऐन नियमावलीअनुसार सधैँ हात्ती सञ्चालन गरिने बताए।, पछिल्लो समय कोभिडका कारण पर्यटकीय गतिविधि घटेपछि यहाँका निजी हात्ती पलायन हुँदै गएका छन्। सो सहकारीमा हाल ३३ हात्ती दर्ता भएका छन्।, कोभिडसँग १५ हात्ती घटेको उनको भनाइ छ। व्यवसायीले आधिकारिकरूपमा नभने पनि अधिकांश हात्ती भारततर्फ बिक्री भएका हुन्। सरकारले दर्ता प्रक्रिया सुरु गरेसँगै अवैधरूपमा हुने व्यापार रोकिने अपेक्षा गरिएको छ।,
सर्वोच्चको आदेशपछि दर्ता गरिँदै निजी हात्ती
|
सेतोपाटी संवाददाता संयुक्त राष्ट्रसंघले दिँदै आएको 'वर्ष महिला प्रहरी –२०२१' अवार्ड नेपालकी संज्ञा मल्लले पाएकोमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बधाई र शुभकामना दिएका छन्। , मल्ल अफ्रिकी राष्ट्र कंगोमा संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत छिन् । मल्ल राजधानी किन्सासामा रहेको मिसनको मुख्यालयमा जनस्वास्थ्य तथा वातावरण इकाई प्रमुख हुन् ।, राष्ट्रसंघले इबोला र कोभिड–१९ को महामारी तथा गत मे महिनामा भएको ज्वालामुखी विस्फोटसहितको प्राकृतिक प्रकोपमा मल्लले खेलेको भूमिकामा वर्ष २०२१ को अवार्डबाट सम्मान गर्ने भएको हो।, मल्लले नेतृत्व गर्ने ईकाईले राष्ट्रसंघमा कार्यरत कर्मचारी र स्थानीय बासिन्दालाई स्वास्थ्य सम्बन्धी सावधानीको मापदण्ड सचेत गराउँदै आएको छ।,
,
राष्ट्रसङ्घीय पुरस्कार पाएकी प्रहरी उपरीक्षक मल्ललाई राष्ट्र संघका महासचिवको बधाई
|
रोहित महतो आठ वर्षअघि दिपावली र छठको रौनकले उनको घर झिलिमिली हुन्थ्यो।, महोत्तरीको मैनपट्टीमा बस्दा बबिता राम पर्व सुरू हुनुभन्दा एक साताअघिदेखि घर सजावटमा लाग्थिन्। त्यसमाथि रंगीचंगी बत्तीले टोलै गुलजार हुन्थ्यो।, तर ऋणमा डुबेपछि उनको परिवारले घरघडेरी सबै बेच्नुपर्यो। बबिता परिवारसहित माइतीमा बस्न थालिन्।, केही समयपछि धनुषाको लक्ष्मनियाँ गाउँपालिकाको गमहरियास्थित ऐलानी जग्गामा बस्ती बस्न लागेको थाहा पाएर बबिता र उनका श्रीमान बेचु राम जग्गा हेर्न गए। त्यहाँ दुई-चारवटा घर बनिसकेका थिए। उनीहरूले त्यहीँ घर बनाउने निधो गरे। ऋण काढेर त्यहीँको एउटा टुक्रा जग्गामा घर बनाए।, त्यसयता उनीहरूले कहिल्यै धुमधामसँग दिपावली र छठ मनाउन पाएका छैनन्।, बिजुली नभएकाले दिपावली र छठमा उल्लास हुनुपर्ने बेला टोलै सुनसान हुन्छ। साँझ ढल्नेबित्तिकै चारैतिर अन्धकार छाउँछ। विपन्न आर्थिक अवस्थाका टोलवासीहरू थोरै मात्र मट्टीतेल खर्च होस् भनेर घरभित्रै टुकी बालेर बस्छन्।, 'बिजुलीका लागि नेताहरूलाई भनेका भन्यै छौं तर हामी गरिबको कुरा कसले सुनदिने? नेताले त धनीमनीका कुरा मात्र सुन्छन्,' बबिताले भनिन्, 'अँध्यारोमै जिन्दगी बिताउनुपर्ने हाम्रो भाग्यमा लेखेको छ। दिपावलीमा पनि घरमा उज्यालो नहुँदा मन खिन्न हुन्छ।', १५ घरपरिवारको बसोबास रहेको यो टोलका सबै जना विपन्न आर्थिक अवस्था भएका दलित समुदायका छन्। उनीहरू मजदुरी गरेर गुजारा गर्छन्। बिजुलीका लागि स्थानीय नेताका घर र विद्युत प्राधिकरणको कार्यालय धायेका धायै छन्। तर बिजुली आउने कुनै छाँट नदेखिएको स्थानीय मटरू रामले बताए।, 'तीन वर्षअघि विद्युत कार्यालयमा निवेदन दिएको थिएँ। त्यसयता पटकपटक गयौं। नेताहरूलाई पनि भन्यौं तर सबैले केही दिन पर्खिनुस् मात्र भन्छन्,' उनले भने। , मोबाइल र टर्चलाइट चार्ज गर्न पनि उनीहरू नजिकैको अर्को टोल जानुपर्छ। , 'अर्को टोलबाट चार्ज गरेर ल्याउँछौं। सधैं अरूकोमा चार्ज गर्न जाँदा रिसाइरहन्छन्, चार्ज गर्न दिन मानिरहेका हुँदैनन्,' उनले भने।, अँध्यारोमा बस्नुपर्दा साँझ पर्नासाथ सर्प र बिच्छीको डरले उनीहरूलाई सताउन थाल्छ।, 'चारैतिर झाडी छ, सर्प र कीराफट्याङ्ग्राको बास छ। घरअगाडिका ठूल्ठूला रूख हावाहुरी बेला घरमै ढल्न सक्छ। हाम्रो ज्यानै जोखिममा छ। गाउँपालिकाका अध्यक्षजीलाई भन्दा रूख काट्नुहुन्न,' स्थानीय सुबलाल मण्डलले भने, 'कतै कुनै उपाय नभएर बाध्यतावश यहाँ बस्न आएका हौं तर उहाँहरू हाम्रो पीडा बुझ्नुहुन्न। हाम्रो बस्तीछेउमै नेताहरूको खेत भएको ठाउँतिर बिजुली आयो तर हामी गरिबका कुरा कसैले सुनेनन्।', धनुषाको लक्ष्मनियाँ गाउँपालिकाको गमहरियाका बासिन्दा। तस्बिर: रोहित महतो/सेतोपाटी, बिजुली मात्र होइन, यहाँ पानीको पनि उस्तै अभाव छ।, करिब पाँच सय मिटर दुरीको खेतमा गाडिएको कलबाट स्थानीयले पानी भरेर ल्याउँछन्। हुन त करिब एक वर्षअघि वडा कार्यालयले यो बस्तीमा समेत कल गाडिदिएका थिए। तर त्यसबाट फोहोर पानी आउने गरेको स्थानीय सकुन्ती सहनीले बताइन्।, 'त्यो कलबाट कहिल्यै सफा पानी आएन। चउरमा रहेको कलबाट पानी बोकेर ल्याउनुपर्छ। अहिले त जसोतसो ल्याइहाल्छौं तर बर्खा बेला बाटोमा हिलैहिलो हुन्छ, बहुत अप्ठ्यारो हुन्छ,' उनले भनिन्।, गाउँपालिका अध्यक्ष विन्देश्वर यादवलाई पीडा सुनाउन जाँदा मतदाता नभएकाले केही गर्न नसक्ने भनेर फर्काइदिएको सकुन्तीले गुनासो पोखिन्।, 'तिमीहरूको भोटले हामी जितेका हौं र? तिमीहरू यहाँका भोटर पनि होइनौं भनेर उहाँले झपार्नुभयो,' सकुन्तीले थपिन्।, वडाध्यक्ष गणेश यादव उनीहरू सडकको जग्गामा बसिरहेकाले विद्युत पुग्न नसकेको बताउँछन्।, 'आज वा भोलि त्यहाँ लाइन त आउँछ नै तर उनीहरू सडकको जग्गामा बसिरहेका छन्। सडक विस्तार भएपछि सबैको घर तोड्नुपर्छ। अध्यक्षज्यूले उनीहरूको घर हटाउनुपर्ने भनेर उहिल्यै भन्नुभएको थियो तर अहिले किन भगाउनु भनेर हामीले छोड्दियौं,' उनले भने।, बस्ने ठाउँ नपाएपछि लक्ष्मनिया गाउँपालिकाकै अर्को टोलबाट आएर केही व्यक्ति यहाँ बस्न थालेको उनको भनाइ छ।, ,
न बिजुली न खानेपानी, अँध्यारोमै बित्दैछ जिन्दगानी
|
सेतोपाटी संवाददाता बलात्कार आरोप लागेपछि रूकुम पूर्वका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, सिस्ने गाउँपालिका वडा नम्बर ८ का २४ वर्षीय सञ्जय नाथविरूद्ध बलात्कार मुद्दामा किटानी जाहेरी परेको थियो।, जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार १६ वर्षीया किशोरीलाई जंगलमा बलात्कार गरेको जाहेरीपछि नाथलाई पक्राउ गरिएको हो।, नाथ पत्रकार हुन्। उनले गत सोमबार ती किशोरीलाई जंगलमा लगेर बलात्कार गरेको आरोप छ। उनीमाथि मंगलबार किटानी जाहेरी परेको थियो। उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।, किशोरीको स्वास्थ्य परीक्षण गरिए पनि रिपोर्ट आइसकेको छैन। नाथविरूद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ।,
रूकुम पूर्वमा बलात्कार आरोपमा पक्राउ परे पत्रकार
|
राजु अधिकारी कारागारभित्र मौलाएको चौकीदारको 'दादागिरी' र त्यसलाई देखेको नदेख्यै गर्ने प्रशासनको कमजोरीले विराटनगस्थित मोरङ कारागार सधैं तनावको घेरामा पर्दै आएको छ।, कारागारमा भइरहने यस्तो तनावले कैदीबन्दीलाई असुरक्षित मात्र पारेको छैन, तिनका नातेदारलाई सधैं भयाक्रान्त पनि तुल्याउँदै आएको छ।, एक साताअघि मात्रै विराटनगरका अभिषेक गिरीलाई काठमाडौंको डिल्लीबजार कारागारबाट मोरङ कारागार ल्याएपछि कैदीबन्दी आन्दोलित बने। उनीहरूको माग एउटै थियो- अवैध असुली र चरम यातना दिने गिरीलाई विराटनगर नल्याइयोस्। , तिनै कैदीबन्दीको शंकाअनुसारकै घटना मंगलबार विराटनगरमा फेरि भयो। चौकीदारले यातना दिएको भन्दै अन्य कैदीबन्दी झडपमै ओर्लिए।, कारागारको अवस्थाबारे जानकारहरूका अनुसार त्यहाँभित्र हुने अवैध असुली धन्दा र त्यसमा प्रशासनले गरेको नजरअन्दाज नै कारागारमा दोहोरिने तनावको मुख्य कारण हो।, 'अहिले देशभरका कारागारमध्ये सबभन्दा खराब अवस्था विराटनगरमा छ,' विराटनगरका अधिवक्ता हेमराज पन्तले भने, 'प्रशासनकै अघि चौकीदारले अलग्गै साम्राज्य चलाएका छन्। जब त्यो साम्राज्यमा खलल पर्न थाल्छ, जेलमा यस्ता घटना हुन्छन्।', उनले जेलभित्र हुने अमानवीय गतिविधिलाई त्यहाँको प्रशासनले आम्दानीको माध्यम ठान्ने गरेको आरोप लगाए।, 'विराटनगर कारागारमा हुने अमानवीयताको पराकाष्ठाबारे जेल प्रशासन, प्रमुख जिल्ला अधिकारी सबै जानकार छन्,' अधिवक्ता पन्तले भने, 'तर उनीहरू चुइँक्क बोल्दैनन्। किनभने त्यहाँभित्र हुने ठूलो आर्थिक लेनदेनको सवाल छ।', उनका अनुसार जेलभित्र हुने व्यापार, उपभोग्य वस्तुको आपूर्ति, औषधोपचारजस्ता सबै गतिविधि चौकीदारको रेखदेखमै हुने भएकाले प्रशासनले उसैलाई सबैथोक जिम्मा लगाएको हुन्छ। त्यसैले जेलमा जे चल्छ, चौकीदारकै चल्छ।, मंगलबार दिउँसो मोरङ कारागार परिसर तनावग्रस्त हुँदा बाहिर कैदीबन्दीका आफन्त झुम्मिइसकेका थिए। भित्र भइरहेको होहल्लाले उनीहरू तर्सिएका थिए।, 'एक साताअघि अभिषेक गिरी ल्याउने भनेपछि हाम्रो भोक तिर्खा हराएको थियो,' मोरङ कारागार परिसरमा भेटिएकी एक महिलाले भनिन् 'आज फेरि कुटाकुट भएछ। जेलमा पनि सुरक्षा हुँदैन भने के गर्ने हो?', लागुऔषध मुद्दामा सजाय काटिरहेका २७ वर्षे उनका छोरा जेलभित्र छन्। जेलमा बारम्बार हुने तनावले सधैं तर्साउने उनको भनाइ छ।, 'अभिषेक गिरी आउने भनेपछि कैदीबन्दीका हामी धेरै आफन्त तर्सेका थियौं,' ती महिलाले भनिन् 'उसलाई नल्याउने भएपछि थोरै राहत भएको थियो। अहिले फेरि अर्को चौकीदारको दादागिरी सुरू भएछ।', जिल्ला कारागार मोरङमा मंगलबार बिहान कैदीबन्दीबीच दोहोरो झडप भयो। त्यसको मुख्य कारण पनि चौकीदारको दादागिरी नै भएको कैदीबन्दीका आफन्त भएको बताउँछन्। आजको झडपमा घाइते हुने चौकीदार किरण गुरूङसहित १४ जना कैदीबन्दीहरूलाई स्थान्तरण गरिने भएको छ।, झगडा गर्नेहरूलाई सरूवा गर्नेबित्तिकै अर्को समस्या आउने कारागारकै कर्मचारीहरू बताउँछन्।, 'जसलाई चौकीदार बनायो, उसैले भित्र डनगिरी थाल्छ,' मोरङ कारागारका एक कर्मचारीले सेतोपाटीसँग भने, ‘प्रशासनको नेतृत्वले त्यसलाई देखेको नदेख्यै गरेपछि यस्तो घटना दोहोरिइरहन्छ।’, यसपटक चौकीदार गुरूङसहित पाँच जनालाई झुम्का कारागार र ९ जनालाई झापा कारागार स्थानान्तरण गरिएको निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए।, झुम्का कारागार सरुवा हुनेहरूमा शेखर राई, सुर्यदिप गुप्ता, निर्मल ढकाल र पदम कुमार लिम्बु रहेका छन्। यस्तै झापा कारागारमा नाइके र भाइ नाइकेहरू एलएक्स नेपाली, राम बहादुर लिम्बु, रोशन दाहाल, डिल्ली देवान, कपिल कुमार साह, विशाल तामाङ, रमेश मण्डल, मुस्कान भन्ने बबिहाङ राई र राजु राईलाई सरूवा गरिएको पोखरेलले जानकारी दिए।, गुरूङको सरूवा भएपछि मोरङ कारागारको चौकीदारको जिम्मेवारी तत्कालको लागि कार्तिक कामतलाई दिइएको छ। चौधरी ज्यान मार्ने उद्योगमा जेल परेका हुन्। उनी मोरङ कारागारमा १७ वर्षदेखि रहँदै आएका छन्।, गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले कैदीबन्दीहरुलाई यातना दिएको आरोपमा दुई पक्षबीच बिहान १० बजेतिर झडप भएको थियो। झडपमा परि चौकीदार गुरूङसहित ६ जना कैदीबन्दी घाइते भएका छन्।, झडपमा परेर चौकीदार गुरूङसहित अरू कैदीबन्दी शेखर राई, निर्मल ढकाल, विशाल मोक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता सामान्य घाइते भएका थिए। घाइते भएकाहरूको हात, टाउको र नाकमा चोटपटक लागेको थियो। कोशीमा उपचार भएपछि उनीहरूसहित १४ जनालाई सरूवा गरिएको जेलर पोखरेलले जानकारी दिए।, एक साताअघि कैदीबन्दीहरूले दिनभर जेलको छतमा चढेर प्रदर्शन गरेपछि अभिषेक गिरीलाई कारागारबाट सप्तरी सरूवा गरिएको थियो। गिरीले कारागारभित्र कैदीबन्दीलाई चरम यातना दिने, महँगो मूल्यमा विभिन्न उपभोग्य सामग्री किन्न लगाउने गरेकाले कैदीबन्दीले विरोध जनाएको बताएका थिए। तर, अर्का चौकीदार गुरूङले पनि कारागारभित्र मनोमानी गर्ने र कैदीबन्दीलाई चरम यातना दिने गरेको भन्दै उनको समूहसँग अरू कैदीबन्दी रूष्ट बनेका थिए। त्यही विषयमा बढेको विवादका कारण दोहोरो झडप हुँदा कारागारको अवस्था निक्कै बेर तनावपूर्ण बन्यो।, स्रोतका अनुसार विवाद बढ्दै गएपछि चौकीदारको समूहविरूद्ध अर्को समूह जाइलागेको थियो।, निमित्त जेलर पोखरेलले घटनाका बारेमा थप बुझ्ने प्रयास भइरहेको बताए। उनका अनुसार चौकीदारको समूहविरूद्ध अरू कैदीबन्दी आन्दोलित भएका छन्। चौकीदार गुरूङको निर्देशनमा कारागारका नाइके र भाइनाइकेहरूले कुटपिट गर्ने तथा यातना दिने एवं अत्याचार गर्ने गरेको भन्दै अरू कैदीबन्दी आन्दोलित बनेपछि झडपको अवस्था उत्पन्न भएको कारागार प्रशासनले जनाएको छ।, आन्दोलित बनेका कैदीबन्दीले गुरूङसहित १४ जना कैदीबन्दीलाई कारागारभित्रकै एउटा कोठामा केही बेर थुनेरसमेत राखिदिएका थिए।, कारागारभित्र चौकीदारले नाइके र भाइ नाइके चयन गर्दछन्। १० जना कैदीबन्दी बराबर एक जना भाइ नाइके हुन्छ। २० देखि २५ जना कैदी बन्दी बराबर नाइके बन्ने कानुनी व्यवस्था रहेको छ। कारागार भित्र नाइके र भाइ नाइकेहरूले चौकीदारको निर्देशनअनुसार कैदीबन्दीहरू आफ्नो पकडमा राख्ने गर्दछन्। मोरङ कारागारमा ८ सय ९७ जना पुरुष कैदीबन्दी छन् भने ७२ महिला छन् ।, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल भने क्षमताभन्दा धेरै कैदीबन्दी हुनु नै जेलमा बारम्बार निम्तिने तनावको मुख्य कारण भएको दाबी गर्छन्।, 'क्षमताभन्दा धेरै बढी कैदीबन्दी भएपछि यस्तो भएको हो,' जेलबारे प्रशासनका अधिकारीहरुले सधैं दिने रेडिमेड उत्तर दिँदै उनले थपे 'अन्यथा यस्तो अवस्था नआउनु पर्ने हो।', जेलभित्र हुने 'दादागिरी' र असुलीबारे भने आफूलाई केही थाहा नभएको उनको दाबी छ।, 'त्यसबारे हामीलाई केही जानकारी छैन,' उनले भने।,
विराटनगर जेलमा चौकीदारको 'साम्राज्य'
|
सेतोपाटी संवाददाता धारिलो हतियार प्रहार गरी युवकको हत्या भएपछि कैलालीको लम्की बजार तनावग्रस्त बनेको छ।, मंगलबार राति लम्कीचुहा नगरपालिका-१ का २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको थियो।, टीकापुरस्थित होटल सिद्धार्थनजिक राति ९ बजे एक समूहले धारिलो हतियार प्रहार गरेर र बडुवालको हत्या गरेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।, युवकको हत्यापछि स्थानीयले लम्की बजारमा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध गरेर बुधबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।, ‘स्थानीयले राजमार्ग अवरूद्ध पारेका छन्, खुलाउन प्रयास भइरहेको छ,’ अधिकारीले भने।, युवकको शव टीकापुर अस्पतालमा राखिएको छ। हत्यामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ परेको प्रहरी उपरीक्षक अधिकारीले बताए।, हत्या भएका बडुवाल।, लम्कीचुहा नगरपालिकाकी उपमेयर टीका थापाका अनुसार मंगलबार बेलुका एक युवकले बडुवाललाई लिएर गएका थिए।, ‘साथीलाई अप्ठेरो परेको छ भन्दै उनले राति ८ बजे घरबाट लिएर गएका रहेछन्,’ छिमेकीसमेत रहेकी थापाले भनिन्, ‘टीकापुरमा लगेपछि एउटा समूहले भाइलाई रड, खुकुरी र चक्कु हानेर मारेछन्।’, थापाका अनुसार बडुवाललाई लिएर जाने युवक कपिल श्रेष्ठ हुन्। उनी काठमाडौं बस्दै आएका थिए।, ‘उनी मंगलबार नै लम्कीचुहा आइपुगेको थाहा भएको छ, उनी घरसमेत पुगेका रहेनछन्, उनका बुवाआमालाई सोध्दा छोरो काठमाडौं छ भनिरहेका छन्,’ थापाले भनिन्।, बडुवालका बुवाआमा लम्कीचुहामा व्यापार गर्छन्।, ‘उनीहरू साधारण व्यापारी हुन्, म पहिलेदेखि नै चिन्छु,’ उपमेयर थापाले भनिन्। हत्या गर्नुको कारण के थियो खुलिसकेको छैन।,
‘साथीलाई अप्ठेरो परेको छ भन्दै लिएर गए, पुग्नेबित्तिकै खुकुरी, रड र चक्कु हानेर हत्या गरे’
|
एजेन्सी दीपावलीको अर्को दिन तुवाँलोले घेरिएका भारतको राजधानी नयाँदिल्लीका बासिन्दाले अहिले प्रदुषणको फिजैफिजले भरिएको यमुनामा छठका लागि डुबुल्की मारिरहेका छन्। , भारतीय सञ्चारमाध्यममा अनुसार पवित्र नदी मानिने यमुनामा केही दिनदेखि छठको स्नान गर्ने श्रद्धालुहरूको भीड छ। उनीहरूले पवित्र मानेको यमुनाको पानी भने प्रदुषणको फिजले ढाकिएको छ। त्यही फिजमा सूर्यलाई अर्घ दिइरहेका श्रद्धालुको दृश्य टाढाबाट हेर्दा बादलमा तैरिएर पूजा गरिरहेजस्तो देखिन्छ। , उद्योगबाट निस्केको फोहोर सोझै नदीमा मिसाएकाले नदीमा एमोनियाको मात्रा बढेकाले फिजैफिज देखिएको एनडिटिभीले जनाएको छ। , हेर्नुस् तस्बिरहरू:,
यमुनामा ‘बादलमा तैरिएर’ छठ पूजा (तस्बिरहरू)
|
रासस काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ। , जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ।, दिनभर घाम लागे पनि बिहान-बेलुका जाडो बढेको महसुस भएको छ।, 'तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन', उनले भनिन्।, वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ। महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरू हुन्छ।, हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ। दिउँसो प्रदेश नं १ बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।, त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। ,
,
देशभर चिसो बढ्यो
|
सेतोपाटी संवाददाता विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १८ औं पटक दण्डप्रणाम गर्दै छठको पूजाका लागि सिङ्घीया घाटतर्फ लागेका छन्।, निराहार व्रत बसेका पराजुली विराटनगर–३ ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरबाट बुधबार बिहान साढे ११ दण्ड प्रणाम गर्दै करिब ३ किमी दुरी पार गरेर सिङ्घीया घाटसम्म पुग्नेछन्। उनीसँगै भतिज प्रमिश पराजुलीले पनि दण्डप्रणाम गर्दै यात्रा सुरु गरेका छन् । , मेयरमा निर्वाचित भएपछि पराजुलीको चौथो छठ व्रत हो। नगरबासीको सुख, शान्ति समृद्धिको कामना गर्दै उनले यसअघि छठको कष्टपूर्ण व्रत बसेको बताएका छन्।, दण्डप्रणाम यात्रापछि उनले आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर घाटमा रातभर जाग्राम बसी भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्नेछन्।,
,
विराटनगरका मेयर पराजुली १८ औं पटक दण्डप्रणाम गर्दै घाटको यात्रा
|
रासस सिन्धुपाल्चोकको हेलम्बु ७ इचोकबाट काठमाडौंको लागि छुटेको यात्रुबाहक बस इचोकमा दुर्घटनामा परेको छ।, सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नं को बस हेलम्बुको इचोकमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।, मृत्यु हनेमा हेलम्बु-३ पाल्चोककी ५५ वर्षीया महिला पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ।, घाइते हुनेमा हेलम्बु ६ का अनुज तामाङ, सोही ठाउँमा पासाङ दोर्जे, साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु ७ का आयुष पण्डित रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायब निरीक्षक सुनिल थापाले जानकारी दिए। , घाइतेको उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको छ। ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ।,
ब्रेक फेल भएर सिन्धुपाल्चोकमा बस दुर्घटना: एकको मृत्यु, पाँच घाइते
|
सेतोपाटी संवाददाता कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित ओदालीमा निमार्णाधीन चार लेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ। , पुल निर्माण प्रक्रियामै रहेका बेला गत महिनाको ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन परिवर्तन गर्न लागिएको हो।, पुरानो डिजाइनमा पुलको नदी किनारको भेगदेखि पुल किनार भेगसम्म ढुंगाको बाँध लगाउने भनिए पनि स्थानीयले ढुंगा व्यवस्थापनमा विरोध गरेका कारण ढुंगाको सट्टा आरसिसीको प्रयोग गर्ने गरी डिजाइन परिवर्तन गरिन लागिएको महाकाली पुल आयोजना कञ्चनपुरका सबइञ्जिनियर दुर्गादत्त अवस्थीले बताए।, सबइञ्जिनियर अवस्थीले भने, ‘ढुंगाको अभावले डिजाइन परिवर्तन गर्न लागेका हौं, अब परिवर्तन भएर आएपछि मात्रै पुलको काम अघि बढ्नेछ।’, निमार्णको जिम्मा पाएको कुमार सिएफइसी जेभीले भने ढुंगा अभावका कारण बाढीले कम्पनीलाई धेरै क्षति गरेको जनाएको छ।, कम्पनीले भनेको समयमा ढुंगा व्यवस्थापन नभएको र बाँध निर्माण गरिसक्नु पर्ने क्षेत्रमा बाँध बाँध्न ढुंगा नभएका कारण बाढीले समग्र आयोजनालाई पछि धकेलेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले बताए। , इञ्जिनियर पाण्डेयले भने, ‘कम्पनीले भनेको समयमा ढुंगा व्यवस्थापन नभएको र बाँध निर्माण गरिसक्नु पर्ने क्षेत्रमा बाँध बाँध्न ढुंगा नभएका कारण बाढीले समग्र आयोजनालाई पछि धकेलेको छ, हामीले ढुंगा ल्याउन बारम्बार भनिरहेका छौं, त्यो भएन भने ५/७ महिना लाग्न सक्छ, यदि समयमै ढुंगा आएन भने त्यो भन्दा बढी समय पनि लाग्न सक्छ।’, निर्माण गरिनुपर्ने बाँध क्षेत्रमा ३० प्रतिशत २० देखि ४० किलोको सानो ढुंगा तथा बाँकी ७० प्रतिशत क्षेत्रमा भने २ सय ५७ किलो माथिका ढुंगा आवश्यक पर्छन्।, आयोजनाकाअनुसार निर्माण स्थलदेखि २५ किलोमिटर क्षेत्र भित्रमा ढुंगा संकलन गर्ने भन्ने भए पनि स्थानीयका विरोधका बीच ढुंगा व्यवस्थापन गर्न नसकिएको हो।, बाढीले आयोजनाको ६ करोड ३४ लाख ७३ हजार २ सय ५० रुपैयाँको निर्माणाधीन संरचनामा क्षति गरेको छ।, २०७४ सालमा ३ अर्ब २७ करोड रुपैयाँ ठेक्का सम्झौता निर्माण सुरू गरिएको पुलको उत्तरतर्फको २ सय ५० मिटर पहुँच मार्गलाई बाढीले भत्काएको थियो।,
महाकाली चार लेन पुलको डिजाइन परिवर्तन गरिँदै
|
रासस उपत्यकाको महत्वपूर्ण धार्मिकस्थल बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा मेला लाग्ने भएको छ। , कात्तिक २७ देखि मंसिर ३ गतेसम्म हुने सो मेलाको तयारी र व्यवस्थापनका लागि उपसमिति गठन गरिएको बूढानीलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्काले बताए। , शिवपुरी र खप्तड बाबाले तप गरेको पावन शिवपुरी पर्वत शृंखलाको काखमा रहेको पवित्र बूढानीलकण्ठ मन्दिरमा हरेक वर्ष लाग्ने गरेको सो मेला कोरोना महामारीको कारण रोकिएको थियो।, खड्काले भने,'हामीले मेलाको लागि सबै प्रकारको तयारी गर्न समितिमार्फत सम्पूर्णकार्य अगाडि बढाइसकेका छौं।' ,
हरिबोधनी एकादशीमा बूढानीलकण्ठमा मेला लाग्ने
|
रासस धनुषामा आज बिहान एउटा यात्रुबाहक बस पल्टिएर दुर्घटनालगत्तै आगलागी हुँदा बस जलेर पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने १२ जना यात्रु घाइते भएका छन्।, इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएअनुसार दाङको तुलसीपुरबाट विराटनगरतर्फ जाँदै गरेको बस पूर्व-पश्चिम राजमार्गको धनुषाधाम नगरपालिका– ६ मालटोल सडक खण्डमा दुर्घटना हुँदा बसको पूरै भाग जलेर नष्ट भएको छ। , आज बिहान ना ६ ख ७१०२ नं को बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।, इप्रका ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले सडकबाट तल खसेको बसमा आफैं आगो लागेको बताए। , प्रहरी निरीक्षक सुवेदीले बस दुर्घटनाको क्रममा पल्टिँदा तेल ट्याङ्की फुटेर बसमा आगो लागेको हुनसक्ने अनुमान गरिएको बताए। घाइतेको नाम ठेगाना तत्काल खुल्न सकेको छैन। तर घाइते हुनेमा सात जना महिला, चार जना पुरूष र एक बालक रहेको प्रनि सुवेदी जानकारी दिए।, घाइतेमध्ये १० जनाको पुष्पवलपुरस्थित एक निजी स्वास्थ्य उपचार केन्द्रमा, दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको र बाँकी यात्री सकुशल रहेको प्रहरीले जनाएको छ।, बसमा लागेको आगो ढल्केबरस्थित दङ्गा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केबर जनपद प्रहरीले बारुणयन्त्रको मद्दतले नियन्त्रण लिएको थियो।, आगोमा परी अधिकांश यात्रुको समान जलेर नष्ट भएको छ।,
,
बस पल्टिएर अचानक आगो लाग्यो, १२ यात्रु घाइते
|
रासस लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन्। पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् ।, आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई बर्तालुले त्यही खिर खाने गर्दछन् । यो विधिलाई ‘खरना’ भनिएको हो ।, श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खिर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् । आज दिनभर उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्दैछन् ।, पर्वको चौथो दिन भोलि बुधबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका बर्तालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने प्रचलन छ । उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ ।, छठपर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त तथा नातेदारकहाँ पुर्याउन जाने परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।, केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएकामा अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत धुमधामसँग मनाउन थालेकाले छठपर्व साझा बनेको छ । इस्लाम धर्मावलम्बीले छठको भाकल गरेर व्रत बसेका बर्तालुलाई प्रसाद सामग्री सूर्यलाई चढाएको देखाइदिन आग्रह गरेका अब प्रशस्त देखिन थालेको छ । सबै धर्र्म, संस्कृति, वर्ग र तप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य (क्याम्पस प्रमुख) तोपबहादुर ठकुरीले बताए। ,
आज छठपर्वअन्तर्गत ‘खरना’ को तयारी
|
सेतोपाटी संवाददाता नेपालगन्जकी नकुन्नी धोबी मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।, सोमबार जिल्ला अदालत बाँकेबाट जारी भएको पुर्जीका आधारमा सात जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्याम अधिकारीले जानकारी दिए।, पक्राउ पर्नेमा कृष्णमुरारी सिंह, उर्मिला कनौनिया, अमरलाल कुर्मी, विरेन्द्र सिंह, रमेशकुमार थापा, पार्वती विष्ट र कुँवर बबन सिंह छन्। बबनलाई भने अदालतले ८० वर्ष उमेर पुगेका कारण छाडेको अधिकारीले बताए। 'पक्राउ पुर्जी जारी भएको थियो। उहाँहरू आफैं आउनुभएको हो,' उनले भने।, उनीहरूमाथि थप अनुसन्धान गर्न अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति पाएको प्रहरीले बताएको छ। , यसअघि बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका थिए। पीडितको न्यायका लागि भन्दै नेपालगन्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना स्थानीयले माइतीघरमा धर्ना दिएका हुन्। उनीहरूले धोबी र कुर्मी दुवैको हत्यारालाई कारबाहीको माग गरेका छन्।, नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भए पनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै स्थानीय तथा छिमेकीले कारबाही माग गरी असोज १ देखि नेपालगन्जबाट पैदल यात्रा गरेका थिए।, दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्न पनि उनीहरूले माग गरेका छन्।, बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झूटो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुर्व्यवहार गरेको बताएका थिए।, उनीहरूको यो आन्दोलनपछि यसबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समित गठन गरिएको थियो। उक्त समितिले कात्तिक १५ गते गृहमन्त्री बालकृषण खाणलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।, प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले छानबिनबाट निकालिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाएका थिए। समितिले प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिका–२ नेवाजीकी नकुन्नी धोबीको मृत्यु प्रकरणमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबीउपर जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएको उल्लेख छ।, प्रतिवेदनमा जाहेरीपछि अनुसन्धान भएर दुवै आरोपी हाल पुर्पक्षका लागि थुनामा रहेको र हाल मुद्दा विचाराधीन रहेको जनाइएको छ। नेपालगन्ज उपमहानगरपालिका–१७ का निर्मला कुर्मीको बेपत्ता प्रकरणमा भने जग्गाको कुरा जोडिएको प्रतिवेदनले औँल्याएको छ।, समितिले कुर्मीको घटनामा सम्बन्धित निकायबाट विज्ञसहितको टोली गठन गरी अनुसन्धान गर्न सिफारिस गरेको छ।, समितिमा प्रहरी उपरीक्षक रामप्रकाश शाह, उपअनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र मोहम्मद शेर बागवान सदस्य थिए।, यो पनि हेर्नुहोस्:, मोफसलबाट काठमाडौं आएर न्याय प्रणालीलाई दस्तक दिने रूबी खान को हुन्? (भिडिओ),
नकुन्नी धोबी मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सात पक्राउ
|
सेतोपाटी संवाददाता सरकारले एक करोड मात्रा कोरोना खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ।, सोमबार मन्त्रिपरिषदबाट खोप खरिद गर्ने निर्णय भइसकेको छ।, मोर्डना र फाइजर खोप खरिद गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ। यो खोप बालबालिकालाई पनि लगाउन मिल्ने भएकोले खरिद गर्न लागिएको हो।, करिब ६० लाख फाइजर र ४० लाख मोर्डना खोप खरिद गर्न लागिएको छ। १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाउन खोप खरिद गर्न लागिएको छ।, सरकारले चैतभित्र सबै नागरिकलाई कोरोनाविरूद्ध खोप लगाइसक्ने बताएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरूद्ध खोप लगाउने कार्य सरकारको प्राथमिकतामा रहेको बताइरहेका छन्।,
सरकारले थप एक करोड मात्रा कोरोना खोप खरिद गर्ने
|
सेतोपाटी संवाददाता कैलालीमा चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको सोमबार मृत्यु भएको छ।, मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका-७ का २५ वर्षीय नरेश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।, प्रनाउ विष्टका अनुसार जोशीपुर गाउँपालिका-५ सिम्ररास्थित चालक लम्की चुहानगरपालिका-७ को अभिषेक चौधरीले चलाएको बा०२-०१५ प २७३८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा रहेको फोहर फाल्ने फलामको ड्रममा ठोक्किएको थियो।, दुर्घटनामा चालक अभिषेक चौधरी, मोटरसाइकलमा सवार सोही ठाउँका प्रकाश चौधरी, जीवन चौधरी र नरेश रोकायासहित चार जना घाइते भएका थिए।, घाइतेलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा ल्याइएकोमा घाइते नरेश रोकायालाई चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए। रासस,
कैलालीमा चार जना चढेको मोटरसाइकल दुर्घटना, एकको मृत्यु
|
सेतोपाटी संवाददाता कैलालीमा पसलेको हत्या गरेको आरोपमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिकाक-३ का १८ वर्षीय जीवन ठकुरी शाही रहेका छन्।, कैलालीको घोडाघोडी नगरपालिका घर भई मोहन्याल गाउँपालिका-सिम्ली खोलामा पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय पदम आचार्यको शाहीले रड प्रहार गरी हत्या गरेको आरोप छ।, मोहन्याल गाउँपालिका-४ स्थित महरा निर्माण सेवाको टिपरमा सहजकर्ताको काम गर्दै आएका शाहीले मृतक आचार्यको पसलमा खाना खाने गरेका थिए।, तिहारका बेला उनी उक्त निर्माण सेवाको रेखदेखमा खटिएका थिए। आइतबार राति शाही र आचार्यबीच पसलमा झगडा भएको प्रहरीले जनाएको छ। आचार्यको घटनास्थलमै मृत्यु भएको थियो।, घट्नापछि फरार भएका शाहीलाई बाँके प्रहरीको सहयोगमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुखडको टोलीले नेपालगञ्जबाट पक्राउ गरेको हो। रासस,
पसलेको हत्या आरोपमा एक जना पक्राउ
|
नारायण खड्का दाङका एक यातायात व्यवसायीले २० वर्षपछि न्याय पाएका छन्।, तत्काललीन राप्ती बस सार्वजनिक व्यवसायी समिति केन्द्रीय कार्यालय तुलसीपुर दाङ र हालको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका संरक्षक रहेका घोराही उपमहानगरपालिका वडा नम्बर ४ का भरतनाथ योगीका बसहरू २०५८ मा नेपाली सेनाले नियन्त्रणमा लिएको थियो।, माओवादीले २०५८ मंसिर ८ गते घोराहीस्थित नेपाली सेनाको रिपुमर्दन गणमा आक्रमण गरेको थियो। आक्रमणपछि माओवादीले नेपाली सेनाका हातहतियार, बन्दोबस्तीका सामान र घाइतेलाई ओसार्न योगीका दुइटा बस प्रयोग गरेका थिए। माओवादीलाई सघाएको आरोपमा सेनाले योगीका बस नियन्त्रणमा लिएको थियो।, नेपाली सेनाले योगीका बस दुई वर्ष बढी समयसम्म नियन्त्रणमा लिएर प्रयोग गरे पनि कुनै क्षतिपूर्ति दिएको थिएन।, सेनाले आफ्नो सम्पत्ति कब्जामा राखेपनि क्षतिपूर्ति नदिएको भन्दै योगीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।, योगीले दिएको मुद्दामाथि फैसला गर्दै सर्वोच्च अदालतले योगीलाई क्षतिपूर्ति वापतको रकम एक करोड चार लाख ९७ हजार ८ सय ६६ रूपैयाँ उपलब्ध गराउन सिफारिस गर्न जिल्ला प्रशासन कार्यालय दाङको नाममा र रकम उपलब्ध गराउन सरकारको नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ।, आफूले ढिलै भए पनि न्याय पाएको योगीले बताए। ‘देशमा न्याय मरेको छैन भन्ने लागेको छ,’ उनले भने ‘ढिलै भए पनि मैले न्याय पाउँछु भन्ने आशा त थियो।’, उनले यसअघि धेरैपटक क्षतिपूर्तिका लागि सरकार र सेनासँग अनुरोध पनि गरेका थिए। उनले माओवादीसँग पनि क्षतिपूर्तिका लागि पहल गर्न अनुरोध गरेका थिए।, योगीको पक्षबाट अधिवक्ता भिमार्जुन आचार्यले बहस गरेका थिए। योगीका बसहरू सेनाकै सवारी साधनजस्तै देखिने गरी 'पेन्टिङ' गरिएका थिए। ती बस रोल्पा क्षेत्रमा सञ्चालन हुँदै आएका थिए।, सेनाले माओवादी र उनीहरूका बन्दोबस्तीका सामान ओसारपसारमा प्रयोग भएको भन्दै योगीका ना २ ख २४४३, ना २ ख ५३८३, रा १ ख २८१ नम्बरका तीन वटा बस र बा ३ च ७५६१ नम्बरको बोलेरो जीप झण्डै दुई वर्ष नियन्त्रणमा लिएर आफैँ चलाएको थियो।, सेनाले ०५८ मंसिर ८ गते नियन्त्रणमा लिएका ती गाडीहरु २०६० भदौ १० गतेसम्म आफ्नै नियन्त्रणमा राखेर सञ्चालन गरेको थियो। पछि ती गाडी सेनाले योगीलाई नै बुझाएको थियो।,
बस व्यवसायी योगीले पाए २० वर्षपछि न्याय
|
रासस लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ।, लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए।, उनकाअनुसार बालिका आइतबार बिहान १० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी तर घर नफर्केपछि परिवारले सोमबार बिहान ९ बजे इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो।, खबर प्राप्त भएलगत्तै इप्रकाका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा रहेको पाँच प्रहरीको टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियो।, घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ।,
खरबारीमा भेटियो ७ वर्षीया बालिकाको शव
|
सेतोपाटी संवाददाता प्रधान सेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्।, मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्लीका लागि प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ।, भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भारत भ्रमणमा गएका हुन्।, प्रधान सेनापतिसहित ९ सदस्यीय टोली भारत भ्रमणमा गएको हो।, तस्बिरहरू: , ,
भारत भ्रमणमा प्रधान सेनापति शर्मा (तस्बिरहरू)
|
रासस हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश ३००४प ७१९१ नम्बरको मोटरसाइकललाई ना७ख ८८१ नम्बरको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।, मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन्।, ट्रकका चालक लमजुङ निवासी पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
|
रासस सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ।, बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेको किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो।, तीमध्ये एकजनालाई रुपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए।, ‘आधुनिक विधि र प्रविधि प्रयोग गरी अनुसन्धान भइरहेको छ, घटनामा कसैको दबाब छैन’, उनले भने।, एक्लै सुतिरहेको अवस्थामा ती युवाले जबर्जस्ती धम्क्याउँदै पालैपालो बलात्कार गरेको भन्ने पीडितको उजुरी परेकाले जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरी पीडकको खोजी गरिएको थियो।, उक्त घटना थामथुम पार्न गाउँका केहीले पीडितका आफन्तहरूकै उपस्थितिमा पीडित युवतीको परिवारबीच आर्थिक लेनदेन गरी मिलापत्रको प्रयास गरेको हल्लाले अनुसन्धानमा असर नगर्ने प्रहरीको भनाइ छ।, मुलुकी अपराध संहितामा १८ वर्ष वा माथिका कसुरदारलाई बलात्कारको अभियोगमा १० देखि १२ वर्षसम्म कैद सजायका साथै सामूहिक बलात्कार पुष्टि भएमा थप पाँच वर्ष सजाय हुने कानुनी व्यवस्था छ।,
सामूहिक बलात्कारका तीन आरोपी पक्राउ
|
शोभा शर्मा सर्वोच्च अदालतका १९ न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग इजलास सेयर नगर्ने र बन्दीप्रत्यक्षीकरणका मुद्दामात्र सुनुवाई गर्ने सहमति गरेका छन्। , प्रधानन्यायाधीशको राजीनामा माग गर्दै दुई हप्तादेखि विद्रोह गरेका न्यायाधीशहरूले उनले तोकेका बन्दीबाहेक कुनै पनि मुद्दा नहेर्ने अडानबाट आफूहरू पछि नहटेको एक न्यायाधीशले बताए। , 'हामीले सोमबार पनि बन्दीका मुद्दामात्र हेर्ने र प्रधानन्यायाधीशसँग इजलास सेयर नगर्ने सहमति गरेका छौं। उहाँले अरू मुद्दा तोक्नुभयो भने पनि हामीले बन्दीका मुद्दामात्र हेर्ने हो,' उनले भने, 'उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने कुरामा पनि हामी सब एकजुट छौं।', उनका अनुसार आज पनि ११ बजेपछि सबै न्यायाधीशहरु बसेर छलफल गर्नेछन्। , मन्त्रिपरिषदमा भागबण्डा मागेर न्यायिक विचलन निम्त्याएको फसकेको भन्दै दुई साता अघिदेखि उनीहरूले प्रधानन्यायाधीशको माग गरिरहेका छन्। अघिल्लो साता उनीहरूले प्रधान्यायाधीशबारे छलफल गरे कुनै पनि इजलास बसेका थिएनन्। गत साता प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएपछि उनीहरूले बन्दीका मुद्दामात्र तोक्न, प्रधानन्यायाधीशले इजलास छोड्नु पर्ने सर्त राखेका थिए। , उनीहरूको शर्त मान्दै प्रधानन्यायाधीशले पनि एक सातासम्म बन्दीका मुद्दामात्र तोकेर आफूले इजलास छोडेका थिए। , सोमबार प्रधानन्यायाधीश राणाले आफ्ना लागि पनि इजलास तोके उनले हिजो पनि बन्दीप्रत्येक्षीकरण रिटका मात्रै पेशी तोकेका थिए। , उनी इजलास फर्किएपछि विद्रोह गरिरहेका न्यायाधीशहरूले छलफल गरी प्रधानन्यायाधीशसँग इजलास नबस्ने र बन्दी बाहेकका अरू मुद्दा नहेर्ने सहमति गरेका हुन्।, तर आज प्रधानन्यायाधीशले १० वटा इजलासमा २ सय ९८ मुद्दा तोक्दा एउटा मात्रै बन्दीप्रत्येक्षीकरणको मुद्दा राखेका छन्। ९ मध्ये ९ वटा अरू न्यायाधीशका संयुक्त इजलास तोकेका छन् भने आफ्ना लागि एकल इजलास तोकेका छन्।, सर्वोच्च अदालतका अर्का न्यायाधीशले भने राजीनामा नै दिनुपर्ने आफूहरूको अडान विपरीत प्रधानन्यायाधीश छलछाम र अटेर गर्न खोजेको आरोप लगाए। , 'उहाँले इजलास छोड्नुपर्ने यसअघिको भद्र सहमति तोडेर उहाँले आफ्ना लागि इजलास तोक्नुभएको छ। यो उहाँको छलछाम गर्ने नटेर्ने नियत हो। तर हामी १९ जना न्यायाधीश उहाँसँग इजलास नबस्ने र बन्दीका मात्र मुद्दा हेर्नेमा सहमत छौं,' उनले भने। , सोमबार ६ इजलासमध्ये २ वटा एकल इजलास थिए भने चार वटा संयुक्त इजलास थिए। जसमा विश्वम्भर श्रेष्ठ र मनोज शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदी र प्रधानन्यायधीश राणा र न्यायाधीश चुडालका लागि संयुक्त इजलास थिए।, उनले इजलास तोकेपछि अरू न्यायाधीशले सुनुवाइ गर्दैनन् भन्ने धेरैले अड्कल काटेका थिए। तर न्यायाधीश कुमार चुडालको एकल इजलास बस्यो। कतिपयले उनी आफ्ना सहकर्मीलाई छोडेर प्रधानन्यायाधीशको पक्षमा गएको अड्कल काटे। , खाजापछि सबै न्यायाधीशको छलफलमा पनि उनी गए। उनलाई अरू न्यायाधीशहरूले प्रधानन्यायाधीशले इजलास छोड्ने आफूहरूको सर्त विपरीत इजलास गठन गरेको सम्झाए। , सर्वोच्चका अर्का एक न्यायाधीशका अनुसार चुडालले बन्दीका मात्र मुद्दा हेर्न गएको प्रधानन्यायाधीशसँगको इजलास सेयर नगरेको सहकर्मीहरूलाई बताएका थिए। , उनले इजलासमा बसेर सुनुवाइ गरेकाले खाजासमयपछि अरू न्यायाधीशहरू पनि इजलासमा बसेर मुद्दाको सुनुवाइ गरे। , मन्त्रिपरिषद, संवैधानिक परिषदलगायतमा भाग मागेको, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोलाप्रथाबाट पेसी तोक्छु भनेर पछि हटेकोलगायत विषयमा प्रधानन्यायाधीशको न्यायिक विचलन देखिएको भन्दै सर्वोच्चका न्यायाधीशले प्रधानन्यायाधीशको राजीनामा माग्दै आएका छन्।, दसैंअघि मन्त्रिपरिषद विस्तार हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश राणाले मागेको भागमा उनकै जेठान गजेन्द्र हमाललाई नियुक्त गरेका थिए। चर्को विवादपछि हमालले राजीनामा दिए।, प्रधानन्यायाधीशले यसरी सत्तामा भाग खोज्नु न्यायालयमा विचलन हो भन्दै नेपाल बार एसोसिएसन आन्दोलनमा छ। सर्वोच्चका १९ न्यायायाधीशहरू पनि प्रधानन्यायाधीश राणाले न्यायिक विचलन निम्त्याएको भन्दै उनी विरूद्ध विद्रोह गरिरहेका छन्।,
सर्वोच्चका न्यायाधीशबीच बन्दीका मुद्दा हेर्ने, प्रधानन्यायाधीशसँग इजलास नबस्ने सहमति
|
खिलानाथ ढकाल भाइटीकाको भोलिपल्ट राति ११ बजेको घटना हो।, कैलाली लम्कीचुहा नगरपालिकास्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत सेनानी (मेजर) अशोकजंग शाही नजिकैको चिसापानी बजार पुगेका थिए।, उनी आफ्नो बागमती प्रदेश ०१-००२६च ३४६१ नम्बरको गाडी चलाएर राति चिसापानी चोक पुगेका थिए।, प्रहरीका अनुसार शाही सुरूमा उनी चिसापानीको संगम होटलमा पुगे।, होटलमा सञ्चालक हर्कबहादुर रावल बसिरहेका थिए। मादक पदार्थ सेवन गरेका शाही होटलको पछाडिबाट छिरे।, राति अबेर भइसकेकाले सञ्चालक रावलले शाहीलाई समयबारे अवगत गराए। तर, शाही मानेनन्। उनीहरूबीच विवाद सुरू भयो।, ‘मेजरसा’ब जान खोजेको होटल अर्कै थियो, तर त्यहाँ पुग्नुभएछ,’ कैलाली प्रहरी स्रोतले भन्यो, ‘केहीबेर विवाद भएछ।’, हो-हल्ला बढ्दै गयो। हल्ला छिमेकसम्म पुगेपछि स्थानीय भेला भए। स्थानीयसमेत भेला भएपछि सेनानी शाही गाडी हाँकेर शिक्षालयतिर गए।, शिक्षालयको गेटमा ड्युटी गरिरहेका हुद्दा तीर्थबहादुर बडुवाललाई गाडीमा बस्न अह्राए। सिनियर अफिसरले भनेपछि बडुवाल आफूले बोकेको एसएलआर राइफलसहित सेनानी शाहीको गाडीमा चढे।, प्रहरी स्रोतका अनुसार शिक्षालय र चिसापानी बजार एक किलोमिटर टाढा छ। शाही हुद्दालाई लिएर जब चिसापानी चोक पुगे, स्थानीय त्यहीँ थिए। शाहीको गाडी देख्नासाथ स्थानीयले तोडफोड सुरू गरिहाले।, गाडी तोडफोड हुन थालेपछि मेजर शाहीले हुद्दा रावलले बोकेको राइफल खोसेर स्थानीयलाई ताके।, ‘बन्दुक देखाउँदा स्थानीय भाग्छन् र पुन: होटल छिर्न पाउँला भन्ने अभिप्राय देखिन्छ,’ एक प्रहरी अधिकृतले भने।, मदिराले मातेका शाहीलाई स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गर्न थाले।, ‘चोकमा झगडा भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय चिसापानीको टोली घटनास्थल पुग्यो,’ ती प्रहरी अधिकृतले भने, ‘त्यहाँ पुग्दा मेजरको टाउको फुटिसकेको थियो।’, प्रहरीका अनुसार शाहीमाथि स्थानीयको आक्रोश थपिँदै थियो। त्यसकारण उनको जीवन रक्षा गर्न प्रहरी लाग्यो।, स्थानीयको बीचबाट मेजर शाहीलाई खोसेर प्रहरीले इलाका प्रहरी प्रहरी कार्यालय चिसापानी पुर्यायो। तर, आक्रोशमा रहेका स्थानीय प्रहरी कार्यालयतिरै अघि बढे।, मेजर शाहीलाई बचाएको आरोप लगाउँदै स्थानीयले प्रहरी कार्यालयभित्रै ढुंगामुढा गरे। ढुंगामुढाबाट प्रहरी कार्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, प्रहरीका अनुसार स्थानीय ३०-४० जना थिए। कार्यालयमा ढुंगामुढा हुन थालेपछि प्रहरीले मेजर शाहीलाई त्यहाँ राख्दा झन् स्थानीयको आक्रोस बढ्ने ठान्यो। शाहीलाई राति नै इलाका प्रहरी कार्यालय लम्की लग्यो। , घाइते मेजरलाई उपचारका लागि स्वास्थ्य चौकी लम्कीमा पुर्याइयो। उनको टाउकोमा लागेको चोटमा १६ वटा टाँका लगाउनु परेको छ। प्रहरीले उनको स्वास्थ्य परीक्षण रिपोर्ट पनि संकलन गरिएको छ।, प्रहरीका अनुसार सोमबार स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीय जनताबीच चिसापानी प्रहरी कार्यालयमा छलफल भएको थियो।, छलफल हुँदा मेजर शाहीले आफ्नो गल्तीलाई क्षमा दिन अनुरोध गरेका थिए। आफू अर्कै होटलमा जान खोजेको तर उक्त होटलमा पुग्दा विवाद भएपछि आवेशमा आफूले घटना गराएको बताएका छन्।, ‘मेजर शाहीलाई हामीले सोमबार नै आवश्यक कारबाहीका लागि शिक्षालयलाई जिम्मा लगाएका छौं,’ ती प्रहरी अधिकृतले भने।, मेजर शाहीले मच्चाएको हंगामाबारे सैनिक मुख्यालयलाई जानकारी भइसकेको छ। घटना थाहा पाउनासाथ छानबिनका लागि कोर्ट अफ इन्क्वाइरी गठन गरेको सेनाले जनाएको छ।, ‘घटनाबारे जानकारी भएपछि जंगी अड्डाले महासेनानीको अध्यक्षतामा कोर्ट अफ इन्क्वाइरी गठन गरिसकेको छ,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले सेतोपाटीसँग भने, ‘त्यसले भोलि (बुधबार)देखि काम सुरू गर्छ।’, पौडेलले इन्क्वाइरीले दिएको रिपोर्टका आधारमा मेजर शाहीमाथि कारबाही हुने बताए।, ‘छानबिनबाट जे-जस्तो रिपोर्ट प्राप्त हुन्छ, त्यहीअनुसार कारबाही हुन्छ। सैनिक अनुशासन कायम राख्न कुनै पनि सम्झौता गरिन्न,’ पौडेलले भने।,
रक्सीले मातेका सेनाका मेजरले मध्यरातमा गरे हंगामा
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.