content
stringlengths 20
64.1k
⌀ |
|---|
रासस मिथिलामा छठ पर्वकै बीच दाजुभाइ दिदीबहिनीबीचको अगाध स्नेह र समर्पणको प्रतीक मानिने ‘सामा–चकेवा’ पर्व सुरू भएको छ।, कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको ‘खरना’ को दिन नै ‘सामाचकेवा’ आज सुरू भएको हो।, महोत्तरीसहितका मिथिला क्षेत्रमा बोलीचालीमा ‘सामा’ भनिने रमाइलो खेलको यो पर्व कात्तिक पूर्णिमासम्म मनाइन्छ । , दश दिनसम्म मिथिलाञ्चलका दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धि र दीर्घायूको कामना गर्दै सामा खेल्नेछन्।, आज (कात्तिक शुक्ल पञ्चमी) को दिन बिहानै मिथिलाञ्चलका दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा कान्लाबाट दाजुभाइको हातबाट माटो खनेर ल्याई सो माटो मुछेर विभिन्न प्रकारका कलात्मक सामा–चकेवा (माटाका मूर्ति, आकृति) बनाएका छन्।, सामा–चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ भरेर रङ्गीचङ्गी बनाइने छ।, रङ्ग्याइएका आकृति रातको समयमा रातो रङको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म गीत, नाच गर्दै चेलिबेटीले सामा खेल्ने मैथिल परम्परा छ। दिदीबहिनीले गाउने सामा गीतमा आफ्ना दाजुभाइको सौर्य बखान र दीर्घायूको कामना हुन्छ।,
,
मिथिलाञ्चलमा यो पर्व दिदीबहिनीले माइतीमा मनाउने रहर राख्छन्। यद्यपि विवाहित चेली माइत पुग्ने अनुकूलता नभए आफ्नै ठाउँमा मनाउन सक्ने परम्परा छ। मिथिलाका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएको सामा–चकेवा पर्व निकै महत्वपूर्ण मानिन्छ। यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीसँग पर्व मनाउने गर्छन्। सामा खेल्नाले दाजुभाइ दीर्घजीवी र बहादुर हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध मधुर र प्रगाढ हुने जनविश्वास छ। , मध्यरातसम्मको चकमन्न समयमा नगर⁄गाउँ बस्तीको चौबाटोमा समूहमा जम्मा भएर दिदीबहिनीले गीतमार्फत आफूहरूप्रति दर्शाएका प्रेम र समर्पण भावले रोमाञ्चित गराउने मिथिलाका युवा बताउँछन्।, 'कार्तिक मासे यौ भैया सामा लेलक अवतार, सयौं बरख जियौ यौ भैया सामा लेलक अवतार’ (हे दाजुभाइ हो, कात्तिक महिनामा सामा (खेलकी प्रमुख स्त्री पात्र) ले फेरि अवतार लिएकी छन्। तिमी सयौं वर्ष बाँच्छौ, सामा (बहिनीको भाव) ले फेरि अवतार लिइसकेकी छन् ।), दाजुभाइको दीर्घायूको कामनामात्र नभएर मिथिलानीहरू सामा गीतमा आफ्ना दाजुभाइ बहादुर, परोपकारी र दिदीबहिनीप्रति अपार स्नेह भएका पनि गीतबाटै भाव व्यक्त गर्दछन्।, यस्ता गीत सुनिरहँदा आफ्ना दिदीबहिनी हुनेहरू खुसीले दङ्ग हुन्छन् भने दिदीबहिनी नहुनेलाई मेरा चाहिँ किन दिदीबहिनी भएनछन् भन्ने भाव पैदा हुने गरेको महोत्तरीकै भङ्गाहा नगरपालिका–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहाल बताउँछन्।, 'चलु बहिना सामा खेल भैयाके आँगन हे..जुग जुग जियथिन भैया अपन हे...!’ (हिँड दिदीबहिनी हो (सामा खेल्न तयार भएकी एक महिलाले अर्की महिलालाई भन्दैछिन्) सामा खेल्न दाजुको आँगनमा जाऊँ, हाम्रो कामनाले दाजुभाइ युगयुगसम्म बाँच्नेछन्।), मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग रहेको सामा पर्वले ‘छोरी’ नचाहिने भन्नेलाई पनि ‘छोरी’ को रहर जगाउने गरेको पाइएको छ।, 'चोक-चोकमा अरुका दिदीबहिनीले सामाका गीत गाएर आफ्ना दाजुभाइको सौर्य बखान गरेको सुन्दछु' आफ्ना दिदीबहिनी नभएका बर्दिवास–९ पशुपतिनगरका ३२ वर्षीय किशोर महतो भन्छन्, 'के गरौं...? आफ्ना दिदीबहिनी भएनन्।', यही दिदीबहिनी नभएको न्यास्रोले अब आफ्ना छोराहरूले न्यास्रिनु नपरोस् भनेर एउटी छोरीको कामनामा दुई छोरा भइसक्दा पनि परिवार नियोजन नगरेर अझै छोरी पर्खेको महतोको भनाइ छ।, पर्वमा मिथिलानीले सतभैया (सप्तर्षि), चुगला (कुरा लगाउने, कुरौटे, झगडा लगाउने), वृन्दावन, सामा र चकेवाका माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगोले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्ने गर्छन्।, पर्वको अन्तिम दिन (कात्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट सामाका आकृति फुटाउन लगाएर जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ।, यस अवसरमा दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणावापत दिने चलन छ। , दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँच हजार वर्ष पहिले द्वापरयुगबाट सुुरू भएको मिथिला संस्कृतिका जानकार बताउँछन्।, द्वापरयुगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा) सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला) ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसंग यो पर्वको परिवेश रहेको मिथिलामा विश्वास गरिन्छ। , कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवा (चक्रधर) को मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाएर कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन रहेको पाइन्छ।, दाजु साम्बको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामा–चकेवा पर्वको परम्परा बसेको महोत्तरीको मटिहानीस्स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का साहित्य विषयका सहप्राध्यापक ध्रुव राय बताउँछन्।, मिथिलामा दाजुभाइ/दिदीबहिनीबीच प्रेम दर्शाउने भैयादुज, राखी र सामा–चकेवा पर्व परम्परा रहेका छन्।, भैयादुज कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी विजय तिलक र माला लगाएर मनाउँछन्।, त्यस्तै साउन पूर्णिमामा दाजुभाइका हातमा सप्तरङ्गी डोरा (राखी) बाँधी दिएर दिदीबहिनीले सौर्यवृद्धिको कामना गर्छन्। अनि कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म सामा–चकेवा मनाइन्छ। भैयादुज र राखी पर्व सत्ययुगमा राजा बलिका बहिनीहरू गङ्गा र यमुनाले सुरू गरेका र सामा भने द्वापरयुगमा श्रीकृष्ण पुत्री सामाले दाजुप्रति कृतज्ञता जनाउन गरेकी सम्झनाको निरन्तरता भएको मैथिल जनविश्वास छ। ,
मिथिलामा छठकै बीच प्रेम र समर्पणको अर्को पर्व 'सामा' सुरू
|
सेतोपाटी संवाददाता सामूहिक बलात्कार मुद्दामा दस वर्ष बढी जेल सजाय तोकिएका एक प्रतिवादी पक्राउ परेका छन्। , राप्ती गाउँपालिका वडा नं. ३ मसुरियाका २८ वर्षीय सुभाश चौधरीलाई प्रहरीले कात्तिक १७ गते पक्राउ गरेको हो। , मसुरियामै लुकिछिपी बसेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। , चौधरीलाई सामूहिक बलात्कार मुद्दामा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले २०७३ साल भदौ २६ गते दस वर्ष तीन महिना १७ दिनको कैद सजाएको फैसला सुनाएको थियो। , चौधरी त्यसयता फरार रहँदै आएका थिए।, चौधरीलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएपछि अदालतको आदेशमा तोकिएको सजाय भुक्तानीका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रवक्ता रिजालले जाकारी दिए।,
सामूहिक बलात्कार मुद्दामा १० वर्ष बढी जेल सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
|
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका एक जना ६४ वर्षीय वृद्ध पक्राउ परेका छन्। , कपिलवस्तु जिल्लाको बारगंगा नगरपालिका वडा नं. ३ वसन्तपुरका ६४ वर्षीय जग्गु चौधरी कात्तिक २० गते पक्राउ परेका हुन्।, आज भन्दा १२ वर्ष पहिले २०६६ साल वैशाख २७ गतेको दाङ जिल्ला अदालतले चौधरीलाई कतर्व्य ज्यान मुद्दामा २० वर्ष कैद सजाएको फैसला सुनाएको थियो। , त्यसयता फरार रहँदै आएका चौधरी कपिलवस्तुमा लुकिछिपी बस्दै आएको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। , पक्राउ परेका चौधरीलाई सोमबार अदालत पेस गरिएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको डिएसपी रिजालले बताए।,
ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका ६४ वर्षीय वृद्ध पक्राउ
|
भगवती पाण्डे भारतीय पक्षको अतिक्रमणको कारण पटक-पटक विवादित बन्दै आएको पश्चिम नवलपरासीको सुस्तामा फेरि भारतीय अर्धसैनिक बल (एसएसबी) का जवानले अतिक्रमणको प्रयास गरेका छन्।, गत आइतबार र सोमबार हतियार र पोशाकसहित आएका एसएसबीका जवानले विवादित बनेको क्षेत्रमा नापजाँच गरेको स्थानीयले दाबी गरेका छन्।, सुस्ता गाउँपालिका वडा नं. ५ नारायणी नदीपारिको सुस्ता गाउँ कुल ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको छ। त्यसमध्ये ७ हजार ५ सय हेक्टर जमिनमात्रै नेपालीले भोगचलन गर्दै आएका छन्। १४ हजार हेक्टर नेपाली भूमि भारतीय पक्षले यसअघि नै अतिक्रमण गरिसकेको छ भने भारतीय पक्षको दबाबको कारण करिब साढे १९ हेक्टर जमिन आफ्नो भएर पनि स्थानीयले त्यसै छोडिदिएका छन्।, २०६२ जेठ १७ गतेदेखि भारतीय पक्षले सुस्तामा अतिक्रमण बढाउँदै गएपछि २०६४ सालमा दुबै देशका सुरक्षा अधिकारीका बीचमा भएको वार्ताबाट एउटा सहमति भयो। सहमती थियो, अतिक्रमणका कारण विवादित बनेको १९ हजार ४ सय ८० हेक्टर जमिन नेपाल र भारतीय कुनै पनि पक्षले जोतभोग र उपयोग नगर्ने।, उक्त जग्गा भारतको रहेको दाबी भारतीय पक्षको थियो भने, सुस्ताबासी उक्त जग्गाको लालपुर्जा आफूहरूसँग रहेकोले आफूहरूको भएको बताउँदै आएका थिए। सोही जग्गाको कारण सीमावारि र पारि पटक-पटक विवाद बढ्दै गएपछि दुबैतर्फका सुरक्षा अधिकारीले कुनै पनि पक्षले उपभोग र जोतभोग नगर्ने सहमति गरेका थिए। तर अहिले फेरि भारतीय पक्षले सोही जग्गामा 'आँखा लगाउँदै' नापजाँच गर्न लागेको स्थानीयको दाबी छ।, स्थानीय रवीन्द्र जयसवालले आइतबार र सोमबार दुई दिनसम्म एसएसबीको पोशाक र हतियारसहित आएको समूहले विवादित जग्गा नापजाँच गरेको र बाँकी रहेको जमिनसमेत फेरि भारतले खोस्ने हो कि! भन्ने चिन्ता बढाएको बताए।, जयसवालले छ महिनाअघि सोही क्षेत्रमा ड्रोन चलाएको भारतीय एसएसबीले अहिले भने आफैं आएर डोरी लगाएर नापजाँच गरेको बताए।, ‘फेरि अतिक्रमण गर्ने उद्देश्यले नै भारतीय एसएसबीले नापजाँच गर्दै आएका छन्, ६ महिना अघि ड्रोन उडाए पनि आइतबार र सोमबार हतियार सहितका एसएसबी आफैंले डोरी लगाएर नापेका छन्,’ उनले भने।, नारायणी नदीको किनारमा रहेको विवादित क्षेत्रबाट सुस्ता बाँधको एक नम्बर ठोक्करसम्मको जग्गा एसएसबीका जवानहरूले नापजाँच गरेको उनले बताए। , सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले नेपालको आफ्नै जग्गा भइकन पनि दुबै देशका सुरक्षा अधिकारीहरूको वार्तापछि कुनै पक्षले भोगचलन नगर्ने सहमति गरिए पनि अहिले भारतीय पक्षले सहमतिविपरीत नापजाँच गर्न लागेको बताए।, पाण्डेका अनुसार उक्त जमिनको लालपुर्जा सुस्ताबासीसँग छ। तर भारतीय पक्षको दबाबका कारण त्यसबेलाको जिल्लास्थित सुरक्षा अधिकारीहरूले जोतभोग नगर्ने सहमति गरेका थिए।, पाण्डेले भारतीय पक्षको दबाब र डरका कारण जमिनको लालपुर्जा गोजीमा भए पनि जमिन बाझो राख्न बाध्य स्थानीयको जमिनमाथि भारतीय पक्षले फेरि आँखा लगाउन थालेको बताए।, ‘अहिले पनि १ सय १३ जना स्थानीयले उक्त जमिन आफ्नो भएको प्रमाणको रूपमा लालपुर्जाको फोटोकपीसहित गाउँपालिकामा मालपोत बुझिदिन भन्दै निवेदन दिनुभएको छ, २०३४ सालदेखिको जति लाख भए पनि मालपोत बुझाउन आफूहरू तयार भएको उहाँहरू बताउनुहुन्छ, यता भारतीय पक्षले फेरि डोरीले नाप्न सुरू गरेको छ,’ अध्यक्ष पाण्डेले भने।, स्थानीय कैलन हरिजनका अनुसार करिब १२ जनाको समूहमा आएको एसएसबीको समूहले झोलुंगे पुलदेखि करिब १ सय ५० मिटरको दूरीमा आई नेपाली भूमिको नापजाँच गरेका थिए।, नेपाली भूमि नापजाँच गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरी त्यहाँ पुग्दा एसएसबीको समूह भने त्यहाँबाट हिँडिसकेको थियो।, एसएसबीले नापजाँच सुरू गरेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहितको जिल्ला सुरक्षा समितिका अधिकारीहरूको टोलीले सुस्ता क्षेत्रको अनुगमन गरेको छ।, प्रमुख जिल्ला अधिकारी मिश्रले स्थानीयका अनुसार हतियारसहित आएका एसएसबीले नापजाँच गरेको भन्ने बुझिएकोले त्यसका बारेमा माथिल्लो निकायमा जानकारी गराएको बताए।, ‘यसअघि ड्रोन उडाएको भन्ने कुरा कतैबाट पुष्टि नभए पनि आइतबार र सोमबार विवादित क्षेत्रको पश्चिम तर्फको भागमा नापजाँच गर्न एसएसबीको टोली हतियारसहित आएको भन्ने बुझिएको छ, यद्यपि प्रहरी टोली त्यहाँ पुग्दा भने एसएसबीको टोली हिँडिसकेको थियो, त्यसबारेमा गृहसचिव र शान्तिसुरक्षा महाशाखा प्रमुखलाई सोमबार नै जानकारी गराइसकेको छु,’ प्रमुख जिल्ला अधिकारी मिश्रले भने।, सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको पोष्ट सुस्तामा रहे पनि भारतीय एसएसबीका अगाडी निरिह बन्दा सुस्तामा पटक-पटक अतिक्रमणको घाउ बल्झिने गरेको छ।, सरकारले सुस्ताको विवाद समाधान गर्न तत्काल पहल नगर्ने हो भने बाँकी रहेको जमिन पनि भारतीयको कब्जामा पर्नसक्ने भन्दै जमिन जोगाउन तत्काल पहल गर्न स्थानीयले सरकारलाई आग्रह गरेका छन्। , सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरूङले अहिलेसम्मका सरकार भारतका सामु झुकेकै कारण भारतीय पक्षबाट अतिक्रमित नेपाली भूमि फिर्ता गर्न नसकिएको बताए।, उनले नेपाली भूमि जोगाउने अभियानलाई साथ दिन सबैलाई आग्रह गरे।, सुस्ताको भूमि अतिक्रमणका लागि अहिले पनि भारतीय एसएसबीले आफूलाई धम्क्याउने गरेको उनले दाबी गरे।, स्थानीय गोपाल गुरूङले पटक-पटक भारतीय नम्बरबाट फोन गरेर धम्क्याउने गरेका कारण मोबाइलको सिमसमेत बदल्नु परेको गुनासो गरे।, २०३४ सालमा नारायणी नदीले धार बदलेसँगै भारतीय पक्षले अतिक्रमण सुरू गरेको उनको भनाइ छ।, , , , ,
कहिले ड्रोन उडाएर, कहिले डोरीले सुस्ताका जग्गा नाप्दै भारतीय एसएसबी!
|
रासस कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा भने झाडापखाला देखा पर्यो।, गत असोज १८ गतेबाट सुरू भएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन। , कृष्णनगर नगरपालिका-९ बाट सुरू भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्पतालमा भर्ना भएका थिए।, प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो। , अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार शिवराज अस्पताल बहादुरगञ्जमा एक हजार ३३२, वैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए। , अहिले पनि दैनिक १० जनाभन्दा बढी उपचाररत रहेको शिवराज अस्पताल बहादुरगञ्जका स्वास्थ्यकर्मीको भनाइ छ।, अहिलेसम्म जिल्लामा ६ जनाको झाडा पखालाकै कारण मृत्युसमेत भएको छ। अस्पतालमा भने अहिलेसम्म कसैको ज्यान नगएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांकमा छ।, 'केही दिन कम भएको थियो, पछिल्लो समय फेरि दैनिक ८,१० जना बिरामी आउने गरेका छन्', शिवराज अस्पतालका डा मुकेश चौधरीले भने, 'अझै पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन, पहिलाको तुलनामा केही कम भएको छ।', गाउँमा बान्ता र पखलाका बिरामी अहिले पनि छन्।, शिवराज नगरपालिका-७, ८ का गाउँमा झाडापखाला देखा परे पनि अहिले नियन्त्रण रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराईले बताए। , यता स्वास्थ्य कार्यालय कपिलवस्तुले खोपको लागि तयारी गरिरहेको जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए। साढे दुई लाख खोप विश्व स्वास्थ्य सङ्गठनले दिने निर्णय भइसकेको र खोप आउनासाथ कार्यक्रम लागू गरिने पाण्डेले बताए।, पहिलो चरणमा पाँच स्थानीय तहका नागरिकलाई खोप दिने तयारी छ। खोपसँगै नागरिकले पनि सफा पानी पाउने, हात धुनेलगायत सरसफाइमा विशेष ध्यान दिएमा मात्र नियन्त्रण हुने स्वास्थ्यकर्मीको भनाइ छ।,
कपिलवस्तुमा झाडापखाला नियन्त्रणबाहिर, खोप लगाउने तयारी
|
सेतोपाटी संवाददाता सुर्खेतको लेकवेशी नगरपालिकामा एक बालिका मृत फेला परेकी छन्।, लेकवेशी-१ ढापखर्कमा सोमबार बिहान ११ बजे बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, ढापखर्कका गगनबहादुर सुनारकी ७ वर्षीया छोरी घरदेखि करिब ५ सय मिटर टाढा बारीमा मृत फेला परेकी हुन्।, शवलाई पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए।, घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।, घर्तीका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपीसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेको छ।,
सुर्खेतमा मृत भेटिइन् सात वर्षीया बालिका
|
सेतोपाटी संवाददाता सुनसरीमा आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।, धरान उपमहानगरपालिका वडा नम्बर १५ निराजन बस्ती बस्ने ४१ वर्षीय महेन्द्र राईमाथि आफ्नै ३४ वर्षीया श्रीमती छुङ्कु मगर (राई) को कुटपिट गरी हत्या गरेको आरोप छ। , सोही आरोपमा प्रहरीले राईलाई सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। , महेन्द्रको कुटपिटबाट गम्भीर घाइते भएकी छुङ्कुको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। , अस्पतालमा मृत्यु भएको भन्ने खबरपछि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।,
,
सुनसरीमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
|
एजेन्सी सोमबार भारतको राजधानी नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा एउटा समारोहको आयोजना गरिएको थियो। , उक्त समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले सात जनालाई प्रतिष्ठित पद्म विभूषण, १० जनालाई पद्म भूषण र १०२ जनालाई पद्मश्री पुरस्कारबाट सम्मानित गरेका थिए। , पद्मश्री पुरस्कार लिन राष्ट्रपति भवन पुगेकी दुई जनाका तस्बिरको भने अहिले चर्चा भइरहेको छ। ७७ वर्षीया आदिवासी महिला तुलसी गौडा र ६५ वर्षीय सुन्तला व्यापारी हरेकाला हजाब्बा राष्ट्रपति कार्यालय जाँदा पनि खाली खुट्टा थिए। , तुलसी खाली खुट्टा आफ्नो जातिको परम्परागत पहिरन लगाएर राष्ट्रपति भवन पुगेकी थिइन्। पर्यावरणको सुरक्षामा दिएको योगदानका लागि तुलसीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो। , तुलसी कर्नाटककी पर्यावरणविद् हुन्। उनलाई जंगलकी इन्साइक्लोपिडिया पनि भनेर चिनिन्छ। उनले अहिलेसम्म ३० हजार बिरूवा रोपेकी छन्। , उनले १२ वर्षको उमेरदेखि नै बिरूवा रोप्न थालेकी थिइन्। ती बिरूवाको हेरचाह उनी आफैंले गर्थिन्।, तुलसी वन विभागमा पनि काम गर्छिन्। त्यसअघि उनले त्यहाँ स्वयंसेवकको रूपमा काम थालेकी थिइन्। , सहारोहमा राष्ट्रपति कोविन्दले उनलाई बधाई दिएका थिए। , 'राष्ट्रपति कोविन्दले सामाजिक कार्यको लागि श्रीमती तुलसी गौडालाई पद्मश्री पुरस्कार प्रदान गरेका छन् उनी कर्नाटककी एक पर्यावरणविद् हुन्, जसले ३० हजार बढी बिरूवा रोपेकी छन्। र छ दशकदेखि उनी पर्यावरण संरक्षण गतिविधिमा सामेल छिन्,' राष्ट्रपति कार्यालयको आधिकारिक ट्विटरमार्फत् गरिएको ट्विटमा उल्लेख छ। , यसअघि इन्दिरा प्रियदर्शिनी वृक्ष मित्र अवार्ड, राज्योत्सव अवार्ड र कविता मेमोरियल लगायत पुरस्कारबाट सम्मानित गरिएको थियो। , त्यस्तै कर्नाटकाको एक गरिब परिवारका ६५ वर्षीय सुन्तला व्यापारी हरेकाला हजाब्बालाई पनि पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो। उनले आफ्नो कमाइबाट दक्षिण कन्नाडाको न्युपादुपु गाउँका गरिब बालबालिकाहरूलाई पढाउन मद्दत गरेका थिए।, उनले गाउँमा बालबालिकाहरूका लागि प्राथमिक र माध्यामिक विद्यालय बनाएका थिए। उनी पनि सोमबार खाली खुट्टामा पद्मश्री पुरस्कार लिन पुगेका थिए। ,
जो पुरस्कार थाप्न खाली खुट्टा भारतको राष्ट्रपति कार्यालय पुगे
|
सेतोपाटी संवाददाता पर्सामा स्रोत नखुलेको २० लाख नगदसहित एक जना पक्राउ परेका छन्। , वीरगंज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँसहित बारा विश्रामपुर गाउँपालिका-५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो। , उनलाई प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। , उनीमाथि बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। ,
,
स्रोत नखुलेको २० लाख नगदसहित एक पक्राउ
|
सेतोपाटी संवाददाता विराटनगर कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कारागारका कैदीबन्दीबीच दोहोरो झडप भएको छ।, मंगलबार १० बजे कारागार भित्र कैदीबन्दीबीच दोहोरो झडप भएको हो। झडपमा परि चौकीदार गुरूङसहित ६ जना घाइते भएका छन्।, घाइते हुनेमा नाइके किरण गुरूङ, शेखर राई, निर्मल ढकाल, बिशाल मुक्तान, डिल्ली देवान र सूर्यदिप गुप्ता छन्।, घाइतेलाई सामान्य चोटपटक लागेकोले उपचारको लागि कोशी अस्पताल पढाएको जेलर रामप्रसाद पोखरेलले सेतोपाटीलाई जानकारी दिए। , चौकीदार गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेले यातना दिएको भन्दै यहाँका कैदीबन्दी आन्दोलित भएका थिए। चौकीदार गुरूङको शोषण र यातना सहन नसकेपछि गुरूङसहित उनी समूहका १४ जना नाइके र भाइ नाइकेलाई यहाँका कैदीबन्दीहरूले एउटा कोठामा थुनिदिएका थिए। त्यसपछि कैदीबन्दीबीच दोहोरो झडप भएको कारागार स्रोतले जानकारी दिएको छ। कर्तब्य ज्यान मुद्दामा कैद सजाय भोग्दै आएका गुरूङले कैदीबन्दीलाई यातना दिने गरेको आरोप छ। , यातना र अत्याचार सहन नसकेपछि अन्य कैदीबन्दीले चौकीदार गुरूङसहित नाइके र भाइ नाइकेहरू पदम कुमार लिम्बु, निर्मल ढकाल, राम कुमार राई, रमेश मण्डल, शेखर राई, बिशाल मुक्तान, डिल्ली देवान, रोशन दाहाल, सूर्यदिप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईलाई एउटा कोठामा थुनिदिएका थिए। , थुनिएका कैदीबन्दीलाई अहिले बाहिर निकालेपछि कारागार भित्रको माहोल शान्त भएको जेलर पोखरेलले बताए। ‘कारागार भित्र होहल्ला भएपछि हामीले चौकीदारसहित १४ जनालाई बाहिर निकालेर राखेका छौं,’ जेलर पोखरेलले भने, ‘१४ जनालाई बाहिर निकालेपछि कारागारभित्रको माहोल शान्त भएको छ। १४ जनाको हकमा भित्र बस्ने वातावरण नहुने भएपछि उनीहरूलाई अन्यन्त्र कारागार पठाउने तयारी गरिएको छ।’, यद्यपी ती १४ जनालाई कुन कारागारमा पठाउने निर्णाय भने भइनसकेको उनले बताए । , यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा जेल परेका अभिषेक गिरीलाई मोरङ सरूवा गरिएपछि कैदीबन्दी दिनभरी आन्दोलनमा उत्रिएका थिए।, गिरीलाई डिल्लीबजार कारागारबाट मोरङमा गत मंगलबार बिहान साढे पाँच बजे ल्याइएपछि विरोधमा यहाँका कैदीहरूलेले दिनभरी आन्दोलन गरेका थिए। कैदीबन्दी आन्दोलित भएपछि गिरीलाई सप्तरी कारागार पठाएको थियो।, यो पनि हेर्नुहोस्, अभिषेक गिरीको सरूवाले हल्लिएको मोरङ कारागार,
विराटनगर कारागारमा झडप, चौकीदार गुरूङसहित ६ घाइते
|
सेतोपाटी संवाददाता दाङ, कोइलावास हुलाकी सडकमा बस दुर्घटना हुँदा २६ जनाभन्दा बढी घाइते भएका छन्।, तिहारमा खेलेको देउसी-भैलोबाट संकलित रकमबाट वनभोज खान जान थालेका घोराहीको नारायणपुर क्षेत्रका स्थानीय दुर्घटनामा परेका हुन्।, वनभोजका खान भनेर कोइलावासतर्फ जान थालेको ना ४ ख ४३५९ नम्बरको बस गढवा गाउँपालिका वडा नम्बर ८ कोइलावास चारखम्बा नजिकै आइतबार दिउँसो दुर्घटनामा पर्दा उनीहरू घाइते भएका इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।, अधिकांश घाइते लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको पनि प्रहरीले जनाएको छ।, चालक प्रहरी नियन्त्रणमा छन्। उनले बस अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी समक्ष बयान गरेका छन्।,
वनभोज खान कोइलावास जाँदै गरेको बस दुर्घटना, २६ घाइते
|
नारायण खड्का सल्यान बस दुर्घटनाका मृतक १२ जना सबैको सनाखत भएको छ। दुर्घटनामा परी दाङका सात जना र सल्यानका पाँच जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले दुर्घटनामा परी दस महिला र दुई पुरुषको मृत्यु भएको जानकारी दिए।, बस दुर्घटनामा दाङ, शान्तिनगर गाउँपालिका-८ की ३५ वर्षीया सावित्रा केसी, शान्तिनगर- ६ कोरबाङका ५ वर्षीय सुरज वली, बबई गाउँपालिका- ४ की ६० वर्षीया डुली रेउले, बबई-६ पञ्कुलेकी ७० वर्षीया कलावती बुढाथोकी, घोराही उपमहानगरपालिका-१० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, घोराही उपमहानगरपालिका-१० की ३६ वर्षीया रुपा केसीको मृत्यु भएको छ। , शारदा नगरपालिका- १२ घर घई हाल दाङ, तुलसीपुर- ६ बस्ने ५३ वर्षीया पर्भा चलाउनेले पनि दुर्घटनामा ज्यान गुमाएकी छन्।, त्यस्तै सल्यानको शारदा नगरपालिका-२ की ६१ वर्षीया मीना डाँगी, शारदा-३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका- १ काभ्राकी २४ वर्षीया मीना शाही, क्षत्रेश्वरी गाउँपालिका- २ का २९ वर्षीय तिलक वली, त्रिवेणी ४ की ९ वर्षीया सरिता बोहोराले ज्यान गुमाएका छन्।, दुर्घटनामा घाइतेमध्ये केहीको सल्यानकै श्रीनगरमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि दाङ र बाँकेका अस्पतालमा रिफर गरिएको छ। केहीलाई हेलिकप्टरमार्फत काठमाडौं पनि पठाइएको छ। , आइतबार दुर्घटना भएको उक्त बसमा तीस जना सवार थिए। थापका अनुसार चालक अहिलेसम्म सम्पर्कबिहीन छन्। , सडकको खराब अवस्था र तीव्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान प्रहरीको छ। , सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान पौने ११ बजेतिर कपुरकोट गाउँपालिका वडा नं. ५ खारखोला नजिकै दुर्घटनामा परेको थियो।, यो पनि पढ्नुहोस्ः, 'बच्चाहरू रोइरहेका थिए, बसबाट निस्किँदा घटनास्थल हेर्नसक्ने अवस्थामै थिएन',
सल्यान बस दुर्घटनामा मृत्यु भएका १२ जनाकै सनाखत
|
सेतोपाटी संवाददाता आज बिहान देशभर आंशिक बदली रहेको मौसमी प्रणाली अनुसार दिउँसो तथा राति केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। , आज दिउँसो देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।, आज राति देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। , केही दिनदेखि मौसम देशभर एकै खालको छ। प्रदेश १ र गण्डकी प्रदेका केही भागमा छिटपुट वर्षा र यी प्रदेशका थोरै हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ । , हाल नेपालमा अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।,
,
हिमाली भू–भागमा हिमपातको सम्भावना
|
भगवती पाण्डे नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापा मगरलाई १२ दिनको अवधिमा पत्नी र पुत्रीशोक परेको छ।, गत कात्तिक ४ गते थापाकी श्रीमती खुमा बुढा मगरको ४२ वर्ष उमेरमा र कात्तिक १५ गते छोरी कृति थापा राजभण्डारीको ३० वर्ष उमेरमा निधन भएको एमाले जिल्ला कमिटी सदस्य दिनेश फुल्लेले जानकारी दिए।, खुमा कृतिकी कान्छी आमा हुन्। उनकी आफ्नी आमा अञ्जु थापाको २०६६ सालमै मृत्यु भएको थियो। अञ्जुको निधनपछि कुमारले खुमासँग केही वर्षअघि विवाह गरेका थिए।, बुटवल उपमहानगरपालिका-१२, ढबाहा निवासी थापाका जेठा छोरा केशन थापा पनि सहिद गंगालाल हृदयरोग अस्पतालमा उपचाररत रहेको पारिवारिक स्रोतले जनाएको छ।, गत असोज २८ देखि आएको ज्वरो बढ्दै गएपछि उपचार क्रममा कात्तिक ४ गते खुमाको मृत्यु भएको थियो। अस्पताल भर्ना गर्दा ज्वरो आउनुका साथै हेमोग्लोबिन घट्दै गएको र पछि ब्रेन ह्रयामरेजका कारण खुमाको मृत्यु भएको अस्पतालले जनाएको थियो।, खुमाको मृत्यु भएको १२ दिनपछि थापाकी छोरी कृतिको पनि मृत्यु भएपछि थापा र राजभण्डारी परिवार शोकमा डुबेको छ। कृति नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक पदमा कार्यरत थिइन्।, उनको काठमाडौं, भंगालका रवीन्द्र राजभण्डारीसँग ११ महिनाअघि विवाह भएको थियो। रविन्द्र राष्ट्र बैंक हुँदै हाल परराष्ट्र मन्त्रालयमा अधिकृत छन्। उनी यसै साता ब्राजिल जाने तयारीमा थिए। उनका जेठाजु गेहेन्द्र राजभण्डारी युरोपेली युनियनका लागि ब्रसेल्समा राजदूत छन्।, कृति आठ महिनाकी गर्भवती थिइन्। नियमित गर्भ परीक्षण गर्दै आएकी कृतिलाई चिकित्सकले मंसिरमा डेलिभरीको मिति दिएका थिए। तर असोज अन्तिम सातादेखि स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक ८ गते अप्रेसन गरी बच्चा निकालिएको थियो। त्यसको एक सातापछि उनको मृत्यु भएको पारिवारिक स्रोतले बतायो।, सुरूमा खोकी बढ्दै गएपछि नर्भिक अस्पताल काठमाडौंमा उपचारका लागि गएकी उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। कोरोनासँगै मुटुमा समस्या देखिएपछि टिचिङ अस्पताल लगेर अप्रेसन गरी बच्चा निकालिएको थियो।, पारिवारिक स्रोतका अनुसार कृतिको १२ वर्षपहिले मुटुको अप्रेसन गरि भल्ब फेरिएको थियो। मुटुका चार भल्बमध्ये उनका तीनवटा भल्ब कृत्रिम थिए। अहिले त्यही भल्बमा समस्या आएपछि मुटुमा संक्रमण फैलिएको थियो।, पहिले नै मुटुका भल्ब फेरिएको र गर्भवती अवस्थामा कोरोना संक्रमणसँगै भल्बमा समस्या आएपछि संक्रमण फैलिँदै जाँदा उनको मृत्यु भएको हो।, बेहोस अवस्थामै अप्रेसन गरी बच्चा जन्माइएपछि एक सातासम्म भेन्टिलेटरमै रहेकी कृतिलाई चिकित्सकले १५ गते मृत घोषणा गरेका हुन्। उनको बच्चाको पनि टिचिङ अस्पतालमै उपचार भइरहेको छ।, यता आमाको किरिया बस्ने क्रममै मुटुमा समस्या देखिएपछि थापाका जेठा छोरा २७ वर्षीय केशन थापा गंगालाल हृदययरोग उपचार केन्द्रमा उपचाररत छन्। केशनको पनि मुटुको भल्बमा प्वाल देखिएपछि १२ वर्ष उमेरमा लेजरथेरापी गरिएको थियो।, लेजरथेरापी गरिएको १५ वर्षपछि अहिले फेरि भल्बमा समस्या देखिएको छ। अब भने मुटुको अप्रेसन गरी भल्ब फेर्न चिकित्सकले सुझाव दिएका छन्। पारिवारिक स्रोतका अनुसार उनको केही दिनभित्रै अप्रेसन गर्ने तयारी भइरहेको छ।, लामो समय सवारी चालक रहेका कुमार थापाले आधा दर्जनभन्दा बढी चलचित्र र टेलिचलचित्रमा समेत अभिनय गरेका थिए। उनले चलचित्र 'औंठाछाप' र टेलिचलचित्र 'डाँडापारिको गाउँ' लगायतमा अभिनय गरेका छन्।,
राष्ट्र बैंककी सहायक निर्देशक ३० वर्षीया थापाको कोरोनाले मृत्यु
|
रासस प्रदेश नं १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले यही कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ।, सोमबार समितिका अध्यक्ष तथा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले बाढीबाट भएको क्षति तथा प्रभावलाई सम्बोधन गर्ने निर्णय गरेको छ।, वर्षा र त्यसपछिको डुबान, कटान तथा पहिरोबाट भएको क्षतिका विषयमा समग्र समीक्षा गर्दै पाँचथरको मिक्लाजुङ जोड्ने सडक सञ्चालन गर्न समन्वय गर्ने निर्णय भएको छ।, सडक अवरूद्ध भएकाले खाद्यान्न तथा नुनलगायत सामग्री अभाव भयो भन्ने गुनासो आएकाले संघीय भौतिक पूर्वाधार मन्त्रालय र सडक डिभिजनसँग समन्वय गरेर तत्काल सडक मर्मत गर्दै सञ्चालन गर्न समन्वय गर्ने, वर्षा र बाढीबाट भएको मृत्युको विवरण प्राप्त भए पनि अन्य क्षतिको विवरण पूर्णरूपमा आउन बाँकी रहेकाले जिल्लास्थित दैवी प्रकोप उद्धार समितिबाट चाँडै लिने, १४ जिल्लामा विपद्जन्य के–के घटना हुन सक्छन् भन्ने जोखिम क्षेत्रको 'म्यापिङ' गरेर यकिन विवरण जिल्ला विपद् व्यवस्थापन समितिले १५ दिनभित्र मन्त्रालयमा पठाइसक्ने निर्णय भएको मन्त्रालयका सचिव कालिप्रसाद पराजुलीले जानकारी दिए।, प्रदेशका १४ वटै जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई सम्भावित विपद्का कारण उत्पन्न परिस्थितिमा उद्धारका लागि आवश्यक पर्ने सामग्री आवश्यक भए मन्त्रालयमा माग गरेर पठाउने, बाढीपहिरोबाट भएको भौतिक संरचना आदि क्षतिको भौतिक पूर्वाधार मन्त्रालयबाट एकीकृत विवरण तयार गरी मर्मत गर्नुपर्ने सडक भए मर्मत गर्ने र पहिरोको दीर्घकालीन समाधान गर्नुपर्ने भए सोसमेत गर्ने निर्णय भएको छ।, बैठकमा मन्त्री कार्कीले बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहज हुने गरी काम गर्न विपद् व्यवस्थापन समितिलाई सक्रिय हुन निर्देशन दिएका थिए।, सुरक्षा समिति बैठक, सोमबार नै प्रदेश सुरक्षा समन्वय समितिको बैठक पनि सम्पन्न भएको छ। बैठकमा नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीका प्रदेशस्तरीय प्रमुख सहभागी थिए।, बैठकमा समग्र प्रदेशको सुरक्षा, अपराध नियन्त्रण, लागुऔषध नियन्त्रणका विषयमा निकायगतरूपमा प्रस्तुति गरिएको थियो। , बैठकमा मन्त्री कार्कीले अपराध तथा सीमामा हुने चोरी, तस्करी नियन्त्रण गर्दै समग्र सुरक्षा व्यवस्था चुस्त बनाउनुपर्नेमा जोड दिए।, बैठकले सुरक्षा अवस्था, सीमापार अपराध, चोरी, तस्करी नियन्त्रणजस्ता विषयमा जिल्ला सुरक्षा समितिलाई आवश्यक निर्देशन दिने र रिपोर्टिङको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ।,
प्रदेश नं १ मा सम्भावित विपद् जोखिम क्षेत्रको 'म्यापिङ' गर्ने निर्णय
|
नारायण खड्का दाङ, तुलसीपुर-९ बेलुवाकी १५ वर्षीया देवी खत्री तिहारमा सल्यान गइन्। अंकलका छोराहरूलाई टीका लगाउन उनी सल्यान, चोरपानीस्थित पुर्ख्यौली घर गएकी थिइन्।, फर्किँदा चोरपानीदेखि लान्टीसम्म रिजर्भ गाडीमा आइन्। अनि लान्टीदेखि तुलसीपुर आउने बस चढिन्। अन्तिमतिरको सिटमा बसेर यात्रा गरिरहेकी उनका साथमा दुई दाजु पनि थिए।, सल्यानको दुलधारा पोखरा खलंगा हुँदै तुलसीपुरतर्फ आउन लागेको ना २ ख २५५२ नम्बरको बस आफ्नै गतिमा कुदिरहेको थियो। सबै सिट यात्रुले भरिएको थियो। केही उभिएका पनि थिए।, देवीका अनुसार बस चढेको एक घन्टा जतिपछि लुमाम बजारमा राकियो। चालक र सहचालक झरेर बजार छिरे। निकैबेर बेपत्तै भए। , यात्रु कराउन थालेपछि बल्ल पौने घन्टा जस्तोमा चालक आए। सहचालक भने फर्केनन्। बस फेरि गुड्यो।, यसपछि देवी बसमा ढुक्कले निदाएकी थिइन्।, बिहान करिब सवा ११ बजेको थियो। कपुरकोट गाउँपालिका वडा नं. ५ खारखोला नजिकै पुग्दा ठूलो आवाज आयो। बसका मानिसहरू चिच्याउन, कराउन थाले। , देवी जब बिउँझिन् उनी चढेको गाडी खसेर गल्ट्याङगुल्टुङ गर्दै थियो। गाडी खसेको आवाजले झस्किएकी उनले सुरूमा त के भयो, पत्तो पाइनन्।, देवीले सेतोपाटीसँग फोन कुराकानीमा भनिन्, 'बच्चाहरू मम्मी मम्मी भन्दै रोइरहेका थिए। जम्मै यात्रु कराउँदै, चिच्याउँदै थिए। बस पल्टिँदै जाँदा को कता को कता पर्यो थाहै भएन। म सिटमुनि फसेकोजस्तो लाग्छ।', 'दुर्घटनापछि केही बेरमा एक जना दादा आउनुभयो। पछि अर्को दादा पनि आएर मलाई त्यहाँबाट निकाल्नुभएको हो,' देवीले थपिन्, 'म निस्किएर हेर्दा घटनास्थल हेर्नसक्ने अवस्थामै थिएन। जताततै रगत थियो। एउटाको रगत अर्कोमाथि बगिरहेको थियो। म त्यो शब्दमा वर्णन गर्न पनि सक्दिनँ।', त्यो भयावहपूर्ण दृश्य नियाल्न नसकेर आफू सडकमै थुचुक्क बसेको उनले बताइन्। त्यसपछि बसेरै घरमा आमाबुवालाई फोन गरेर घटनाबारे जानकारी दिइन्।, उनका दुवै खुट्टा सिटले च्यापेको थियो। उपचारका लागि सुरूमा सल्यानको श्रीनगर पुर्याइयो। पछि थप उपचारका लागि दाङ, तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल ल्याइयो।, 'म ठूलो भाग्यले बाँचेजस्तो लाग्छ, भाग्यमानी रहेछु,' देवीले भनिन्, 'दुवै खुट्टामा सामान्य चोट छ। अहिले त म घर आइसकेँ।', आइतबार दुर्घटना भएको उक्त बसमा सवार तीस जनामध्ये १२ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार दस महिला र दुई पुरुषको बस दुर्घटनामा परेर मृत्यु भएको हो। , दुर्घटनामा घाइतेमध्ये केहीको सल्यानकै श्रीनगरमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि दाङ र बाँकेका अस्पतालमा रिफर गरिएको छ। केहीलाई हेलिकप्टरमार्फत काठमाडौं पनि पठाइएको छ। , दुर्घटनामा परेको बस। तस्बिर स्रोत: गोविन्द थापा।, त्यही बसमा देवीजस्तै सिटमुनि च्यापिएर घाइते भएकी अर्की यात्रु हुन् दाङ, तुलसीपुर- ६ रजौराकी ५० वर्षीया सरस्वती केसी।, उनी पनि भाइटीकाको दुई दिनअगाडि सल्यानको लेखपोखरा पुगेकी थिइन्। माइतीमा दुई भाइसँग टीका सकेर दाङ आउँदै गरेकी उनका पनि बसमा आँखा झ्याप्प लागे।, बस पल्टिन थालेपछि उनी झस्किन्। बस गुल्टिन थाल्यो। सिटले सरस्वतीलाई च्याप्यो।, छटपटाउँदै सकिनसकी सरस्वतीले भनिरहिन्, 'मेरो हात भाँचियो। मलाई तानिदिनू। छिटो निकाल्नुस्, मलाई बचाउनुस्।', सरस्वतीका अनुसार जति हारगुहार गरे पनि निकैबेरसम्म कोही आएनन्।, बल्ल आधा घन्टाजतिपछि एक जना प्रहरी त्यहाँ पुगे। प्रहरीले उनलाई सिटमुनिबाट निकाले। पिठ्यूँमा बोकेर बाटोसम्म ल्याए। सुरूमा उपचारका लागि श्रीनगर पुर्याइयो। अहिले तुलसीपुर राप्ती प्रादेशिक अस्पताल ल्याइएको छ।, यहीँ उपचार भइरहेको छ सल्यान, शारदा नगरपालिका- ५ रानीकोटका २० वर्षीय सन्देश खड्काको पनि। सन्देशको गाला र छातिमा भित्री चोट छ। तुलसीपुरकै हिमाल एकेडेमीमा कक्षा १२ मा अध्ययनरत सन्देश पनि तिहार मानेर तुलसीपुर, हेमन्तपुरस्थित मामाघर आउँदै थिए।, बिहान ८ बजेतिर बस चढेका सन्देश पनि मजाले निदाएकै थिए।, 'सबै चिच्याएको सुनेपछि मेरा आँखा खुले,' उनले भने, 'त्यसपछि बस पल्टिँदै तल झर्यो। एउटा घरमा गएर अड्कियो।', दुर्घटनापछि अरू के-के भयो, उनलाई खास याद छैन। एकैपटक श्रीनगरमा आफ्ना आमाबुवालाई भेटेको सम्झिन्छन् उनी।, 'त्यहाँ मलाई खतरा मुक्त देखेपछि उहाँहरू अँगालो मारेर रूनुभएको थियो,' उनले भने, 'म आफूलाई आज निकै भाग्यमानी ठानिरहेको छु।', दुर्घटनास्थल केही उकालो बाटो भए पनि त्यस्तो कुनै घुम्ती वा मोड भने नभएको उनले बताए।, 'लुहाममा धेरै समय चालक गायब थिए। मदिरा सेवन गरे कि भन्ने शंका छ,' सन्देशले भने, 'नत्र त्यति सजिलो र सिधा बाटोमा कसरी गाडी दुर्घटनामा पर्छ?', सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापा भने चालक फरार भएकाले शंकाको भरमा केही भन्न नसकिने बताउँछन्। दुर्घटनालगत्तै चालक फरार छन्।, 'घटनास्थल सजिलो ठाउँ छ,' थापाले भने, 'त्यसैले तीव्र गतिका कारण दुर्घटनामा परेको हुनसक्ने हाम्रो अनुमान छ।', गाडी समितिका एक कर्मचारी बसमा प्राविधिक गढबढी पनि भएको बताउँछन्। गाडीको मेन पट्टा एकै साथ भाँचिएको र अनियन्त्रित भएर दुर्घटनामा परेको सूचना आफूले पाएको उनले दाबी गरे।, 'तुलनात्मक रूपमा घटनास्थल सजिलो ठाउँ अवश्य छ,' उनले भने, 'खाल्डाखुल्डीमा चर्किएका पट्टा सजिलो ठाउँमा स्पिडमा चलाउँदा एकै साथ भाँचिएको हुनुपर्छ।', मेन पट्टा भाँचिएपछि स्टेयरिङले काम नगरी गाडी खसेको उनले तर्क गरे। भने, 'दुर्घटनामा परेको गाडी हेरे पनि थाहा हुन्छ। गाडी दुई टुक्राजस्तै भएर छुट्टिएको छ। पट्टा भाँचिएको देखिएको छ।', सल्यानकै गाडी साहु पनि बस दुर्घटनामा गम्भीर घाइते भएको उनले जानकारी दिए। साहु गाडीमै हुँदा चालक-सहचालकले हम्मेसी मदिरा सेवन नगर्ने तर्क पनि उनले गरे।, बस दुर्घटनामा दाङ, शान्तिनगर गाउँपालिका-८ की ३५ वर्षीया सावित्रा केसी, शान्तिनगर- ६ कोरबाङका ५ वर्षीय सुरज वली, बबई गाउँपालिका- ४ की ६० वर्षीया डुली रेउले, बबई-६ पञ्कुलेकी ७० वर्षीया कलावती बुढाथोकी, घोराही उपमहानगरपालिका-१० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, घोराही उपमहानगरपालिका-१० की ३६ वर्षीया रुपा केसीको मृत्यु भएको छ। , त्यस्तै सल्यानको शारदा नगरपालिका-२ की ६१ वर्षीया मीना डाँगी, शारदा-३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका- १ काभ्राकी २४ वर्षीया मीना शाही, क्षत्रेश्वरी गाउँपालिका- २ का २९ वर्षीय तिलक वली, त्रिवेणी ४ की ९ वर्षीया सरिता बोहोरा र शारदा नगरपालिका- १२ घर घई हाल दाङ, तुलसीपुर- ६ बस्ने ५३ वर्षीया पर्भा चलाउनेले दुर्घटनामा ज्यान गुमाएका छन्।,
'बच्चाहरू रोइरहेका थिए, बसबाट निस्किँदा घटनास्थल हेर्नसक्ने अवस्थामै थिएन'
|
गोपालप्रसाद बराल मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ। सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन्। पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्। यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि आइतबार नै सुरु गरेका हुन्। निरामिष (साविक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रत विधि सुरु हुने पर्व परम्परा छ।, छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन्। कोरोना सङ्क्रमण अलि मत्थर भएपछि यसपालि धक खोलेर पर्व मनाउन पाइएको व्रतालुको भनाइ छ। गत वर्ष कोरोना सन्त्रासले घरआँगनमै छठ मनाउनुपरेको सम्झना गर्दै यसपालि भने महाव्याधि कम भएपछि पर्व मनाउन सहज भएको व्रतालु बताउँछन्।, छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन्। पर्वमा महिला/पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेका देखिन्छ। पर्व सुरु भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन व्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनितो खानेछन्। यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ। पर्वले घरघरमा व्यस्तता बढाएको छ। पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन्। ,
,
श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा प्रसाद सामग्री ठेकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ। यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ। पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषिउपजले राम्रो बजार पाउने गरेका छन्।, आइतबार (कात्तिक शुक्ल तृतीया) का दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठी देवीलाई चढाएर प्रसादस्वरुप खानेछन्।, यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ। त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा पसेर नुहाएसँगै अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ। यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ। यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ। मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर व्रतालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन्। सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन्।, केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनिसकेको छ। पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन्। जनजन परिचालित हुने यो पर्व मिथिला संस्कृतिको अभिन्न अङ्गका रुपमा स्थापित भएको देखिन्छ। ,रासस,
छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’
|
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिका ५ सीमरानामा बा०२०१५प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।, मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका ७ का २५ वर्षीय नरेश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई धनगढीस्थित निसर्ग अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।, मोटरसाइकलमा चार जना सवार रहेकोमा अन्य तीन जना सामान्य घाइते भएका छन्।, घाइते हुनेमा मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय अभिषेक चौधरी, २४ वर्षीय प्रकाश चौधरी र २० वर्षीय जीवन चौधरी छन्।, उनीहरुलाई मोटरसाइलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्प्ररहरीले जनाएको छ।,
कैलालीमा चार जना सवार मोटरसाईकल अनियन्त्रित हुँदा १ जनाको मृत्यु
|
सेतोपाटी संवाददाता सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ। आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुन्छ भन्ने सो समुदायको विश्वास रहिआएको छ । , ताप्लेजुङको फक्ताङलुङ गाउापालिका–७ हिमाली बस्ती ओलाङचुङगोलामा मात्र सो पर्व मनाइँदै आइएको छ। गत वर्ष कोरोनाले प्रभाव परे पनि यस वर्ष भने सो समुदायले धुमधामका साथ मनाएका हुन्।, परापूर्वकालदेखि यस गाउँमा मात्र मनाइँदै आएको पर्वमा देश विदेशमा रहेको वालुङ समुदायका आफ्ना आफन्त फुटुक पर्व मनाउन ओलाङचुङ गोलामा पुगेको थियो। पर्वमा नजिकैका बस्ती याङ्मा, घुन्सालगायत स्थानमा मानिस जम्मा भएको थियो।, पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्छन् भने देव नृत्यसमेत देखाउने गरेको थियो। पछिल्ला चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने गरिन्छ। आगोमा घ्यू र तेल लगाएर आगोको रापलाई गुम्बाको धुरी कटाएपछि यसको समापन हुने स्थानीय छेतेन शेर्पाले जानकारी दिए।, यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने विश्वास गरिन्छ। समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य प्रदर्शन गर्दछन्। यस्तै लामाले देवता र राक्षसको मखुण्डो लगाएर देवता र राक्षसबीचको युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने गर्छ। लामाको नृत्य हेर्न साथै आशीर्वाद लिनका लागि स्थानीयवासी साथै बाहिरबाट जाने मानिसले गुम्बा नजिकै पाल टाँगेर बसेको शेर्पाले बताए। गाउँलेले रकम जुटाएर मनाइँदै आएको यो पर्व अहिलेसम्म कुनै वर्ष पनि नरोकिएको स्थानीयको भनाइ छ। , फुटुकमा नयाँ कपडा फेर्ने, मिठोमसिनो बनाएर खाने प्रचलन रहेको छ। पर्वका समयमा सीमावर्ती चीनको तीब्बतदेखि भारतको दार्जिलिङ, सिक्किमलगायत ठाउँबाट समेत मानिस आउने गरेको छ। ओलाङ्चुङगोलामा ४०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा रहेको छ। निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई बर्सेनि विशेषरूपमा मनाइँदै आएको स्थानीयको भनाइ रहेको छ।, चीन र नेपालको सीमानाका नजिकै रहेको ओलाङ्चुङगोला फत्ताङलुङ गाउँपालिका–७ मा पर्छ । यस बस्तीमा वालुङ समुदाको ५२ घरधुरी रहेका छन् भने नजिकैको बस्ती याङ्मामा १० घरपरिवार छन् । ओलाङचुङगोला तीन हजार २०० मिटर उचाइमा पर्दछ भने २४ किलोमिटरमा नेपाल र चीनको नाका टिप्ताला नाका पर्दछ। ,रासस,
आगोको रापले गुम्बाको धुरी कटाउँदै सकियो फुटुक पर्व
|
एजेन्सी भारतीय राज्य छत्तीसगढमा एक प्रहरीले आफ्नै साथीहरूमाथि गोली हानेका छन्।, हिन्दुस्तान टाइम्सका अनुसार सिक्मा जिल्लामा रहेको सेन्ट्रल रिजर्भ पुलिस फोर्सको क्याम्पमा सोमबार बिहान साढे ३ बजेतिर एके-४७ राइफलबाट गोली चलेको थियो। यो ठाउँ प्रदेश राजधानी रायपुरबाट ४ सय किलोमिटर टाढा छ।, गोली लागेर चार जना प्रहरीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।, आफ्नै साथीहरूमाथि गोली बर्साउने प्रहरीलाई हिरासतमा लिइएको छ। उनले किन गोली हानेका हुन् भन्नेबारे प्रहरीले सोधपुछ गरिरहेको छ।,
भारतको छत्तीसगढमा प्रहरीले हाने एके-४७ बाट आफ्नै साथीहरूमाथि गोली, ४ जनाको मृत्यु
|
सेतोपाटी संवाददाता समाज व्यक्ति केन्द्रित हुन थालेको चिन्ता बढिरहँदा अरूका लागि सोच्नेको सङ्ख्यामा पनि कमी छैनन्। यहाँका पाँच दिदी बहिनी कुसुम , सविता , पूजा , लक्ष्मी र निर्मिता थापाले भाइटीकामा प्राप्त दक्षिणा बाल आश्रमलाई सहयोग गरी मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन्।, भाइटीकामा प्राप्त दक्षिणाबाट केही चिनो किन्ने र माइतीको सम्झना साँट्ने चलन हुन्छ तर ती उनीहरूले आफूले पाएको दक्षिणा कन्सन बाजुराद्वारा सञ्चालित बाल अनाथाश्रमलाई सहयोग गरेका हुन्। अहिले आश्रममा १३ अनाथ बालबालिका आश्रित छन्।, आश्रमका आजीवन सदस्य नरेन्द्र थापाले पाँच दिदी बहिनीको प्राप्त रकम सस्थाका अध्यक्ष बहादुर थापालाई हस्तान्तरण गरेका थियो। रकम थोरै भए पनि आफूहरूको खुसी साहराविहीन बालबालिकालाई बाँड्न खोजेको सविताले जानकारी दिइन्। मनकारी र सहयोगीले नै बाल आश्रम सञ्चालन गर्न सहज र साहस भएको सस्थाका अध्यक्ष थापाले बताए। ,रासस,
भाइटीकाको दक्षिणा अनाथाश्रमलाई
|
सेतोपाटी संवाददाता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको वैजनाथ सामुदायिक वन उपभोक्ता समितिले विपन्न उपभोक्तालाई घर निर्माणका लागि निःशुल्क काठ उपलब्ध गराउने भएको छ।, समूहले उनीहरूलाई चिरान गरिएको काठ घरसम्मै ढुवानी गरी उपलब्ध गराउने व्यवस्था मिलाएको हो। विपन्न परिवारलाई साँझ बिहानको छाक टार्नै मुस्किल रहेको अवस्थामा घर निर्माण र मर्मत गर्न नसक्ने देखिए पछि निःशुल्क रुपमा काठ उपलव्ध गराउने निर्णय गरिएको समितिका अध्यक्ष बहादुरसिंह महराले जानकारी दिए।, ‘झोपडीमा वर्षौंदेखि बस्दै आएका विपन्न, एकल महिला, घरबासका लागि मात्रै जग्गा भएका आयस्रोत नभएका उपभोक्तालाई ढुवानी चिरानी खर्च सामुदायिक वनले बेहोर्ने गरी काठ उपलब्ध गराउँदै छौं’, उनले भने, ‘यस कार्यबाट सहजरुपमा विपन्न परिवारले बस्नका लागि घर पाउँछन्।’ , झोपडीमा बस्दै आएका परिवारले सर्प, विषालु किरा र बर्सातमा पानी पर्दा निर्क सास्ती खेप्नुपर्ने अवस्था थियो। काठ उपलब्ध गराइएपछि विपन्न परिवारले सुरक्षित घर निर्माण गरी सहजरूपमा बस्न पाउँछन्’, उनले भने। सामुदायिक वनका उपभोक्तामध्ये विपन्न अवस्थाका उपभोक्ताको पहिचान गर्ने कार्य भइसकेको उनले बताए। विपन्न अवस्थाका ६५ उपभोक्तालाई निःशुल्क रूपमा काठ उपलब्ध गराउनका लागि छनोटमा परेका छन्। अपाङ्गता भएका व्यक्तिलाई समितिले भत्ता दिने व्यवस्थासमेत गरिएको छ ।, चार वर्षदेखि नियमित रूपमा समितिले दुई दर्जन बढी अपाङ्गता भएका व्यक्तिलाई मासिक रूपमा ३०० का दरले भत्ताबापत रकम उपलब्ध गराउँदै आएको छ। उपभोक्ताको मृत्यु संस्कारमा प्रयोग हुने गरी समितिले निःशुल्क रूपमा दाउरासमेत उपलब्ध गराउँदै आएको छ। ‘उपभोक्ताको मृत्यु भएमा अन्तिम संस्कारका लागि दाउरा उपलब्ध गराउँदै आएका छौं’, समितिका अध्यक्ष महराले भने, ‘बेवारिसे शवको दाहसंस्कारका लागिसमेत निःशुल्क दाउरा उपलब्ध गराउने व्यवस्था गरेका छौं।’, उपभोक्तालाई काठ उपलब्ध गराउँदा धोद्रो (भित्र कुहिएको) भएको गोलिया पर्ने सम्भावना धेरै हुन्थ्यो। उपभोक्ता मार्कामा पर्ने गरेका थिए। यसै कुरालाई मध्यनजर गर्दै समितिले उपभोक्तालाई काठ चिरानी गरी उपलब्ध गराउँदै आएको छ। सामुदायिक वनकै ट्रयाक्टरमा राखेर बाह्य क्षेत्रको तुलनामा आधा सस्तोमा चिरानी गरिएको काठ उपभोक्ताको घरसम्मै ढुवानी गर्ने व्यवस्था गरिएको उनको भनाइ छ।, समितिले डिभिजन वन कार्यालय कञ्चनपुरको सहमतिमा चालु आवमा साल, राइजामुन, बर्रो, असना, कर्मा, जामुनलगायतका दुई हजार ४२ गोलियाको १७ लाख ३६ हजार ७६९ क्युविक फुट काठ चिरानी गर्ने सहमती पाएको छ। काठ चिरानीको सव डिभिजन वन कार्यालयका कर्मचारीको प्रत्यक्ष देखदेखमा हुने बताइएको छ।, काठ, दाउरा, भुइँ घाँस बिक्रीबाट सामुदायिक वनले आम्दानी गर्दै आएको छ । सामुदायिक वनमा ५०० उपभोक्ता आश्रित रहेका छन् । विसं २०५८ मा विधिवत्रुपमा दर्ता भएको सामुदायिक वन २३० दशमलव शून्य एक हेक्टरमा फैलिएको छ।,
विपन्नलाई घर निर्माण गर्न निःशुल्क काठ
|
सेतोपाटी संवाददाता सल्यानको कालीमाटीबाट दाङतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार दुर्घटनामा परी जीप धनी देवबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको छ। , दाङको बबई गाउँपालिका वडा नं. ३ ठाडो खोलामा बिहान साढे ९ बजेतिर जीप दुर्घटनाको खबर आएपछि प्रहरी घटनास्थलतर्फ पठाएर घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय हापुरेका सई केशव रेग्मीले जानकारी दिए। , जीपको अल्फाबेट खुलिनसकेको र घाइतेलाई उद्धार गरी तुलसीपुरतर्फ पठाउने क्रम जारी रहेको उनले बताए। केही घाइतेलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लैजाँदै गरिएको प्रहरीले जानकारी दिएको छ।,
दाङको बबईमा जीप दुर्घटना, एकको मृत्यु
|
सेतोपाटी संवाददाता सुनसरी कोशी गाउँपालिका- ८ भण्टाबारी चोकस्थित पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट घाइते भएका दुबै जनाको उपचारको क्रममा मृत्यु भएको छ।, मृत्यु हुनेमा मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय अल्ताप मियाँ र पछाडि सवार ३० वर्षीय गियासुदिन मियाँ छन्।, हिजो बिहान १० बजे उनीहरूलाई बसले ठक्कर दिएको थियो। उनीहरूको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान साढे ११ बजे मृत्यु भएको थियो।, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ३५३० नम्बरको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको प्र २-०१-००१प ०७६३ मोटरसाइकललाई ठक्कर दिएको थियो।, बस र चालक झापा कनकाई नगरपालिका ३ सुरुङ्गाका ५५ वर्षीय पुष्प अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
बसको ठक्करबाट घाइते भएका दुवै जनाको मृत्यु
|
सेतोपाटी संवाददाता किशोरीमाथि बलात्कार गरेको आरोपमा नेपाल फ्रेट फरवार्डर्स (कार्गो) एशोसिएसनका अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन्। , १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।, महानगरीय प्रहरी वृत्त मालिगाउँले अधिकारीलाई कात्तिक १६ गते बलात्कार आरोपमा ठमेलबाट पक्राउ गरेको हो।, आफूमाथि बलात्कार गरेको भन्दै कात्तिक ८ गते किशोरीले उनीविरूद्ध जाहेरी दिएकी थिइन्। , जाहेरीको परेको आठ दिनपछि प्रहरीले उनलाई ठमेलबाट पक्राउ गरेको हो। , 'जाहेरी परेपछि मालिगाउँको टोलीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ,' प्रहरी उपरीक्षक बस्नेतले भने।, उनीमाथि मालिगाउँ वृत्तले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ। ,
,
बलात्कार आरोपमा कार्गो एशोसिएसनका अध्यक्ष पक्राउ
|
सेतोपाटी बजेट अभावमा विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जंगली जनावर सालकको अनुसन्धान रोकिएको छ। बागमती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा विनियोजित रकम दुई वर्षदेखि रोकिएका कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान यो वर्ष पनि रोकिएको हो। , संरक्षण अभियानन्तर्गत डिभिजन वन कार्यालय धुलिखेलले दुई वर्षअघि सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो।, प्रदेश सरकारले २०७५/०७६ मा दुई लाख रुपैयाँ तथा अघिल्लो आर्थिक वर्षमा पाँच लाख रुपैयाँ पठाएको कार्यालय प्रमुख देवीचन्द्र पोखरेलले बताए।, उनले भने, 'प्रदेश सरकारबाट दुई वर्षदेखि बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको छ।' , पोखरेलका अनुसार कृषि उत्पादनमासमेत निकै गुणकारी नेपालमा रहेको स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालकको अनुसन्धान/संरक्षण अत्यावश्यक देखिन्छ।, अभियानकै क्रममा सालकको उपयुक्त बासस्थान भएको स्थानीय क्षेत्रमा सालक ‘गुणी’ जनावर भएको जानकारी पाएपछि यसको संरक्षणमा पनि निकै उत्साहित पनि देखिएका थिए।, जिल्लाको कुन कुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको पोखरेलले बताए। , 'हामीले सालकबारे पाँचवर्षे योजना बनाउने प्रक्रियामा थियौं, बजेट रोकिँदा यसप्रति थप अनुसन्धान र गतिविधि गर्न सकिएन', उनले भने।, आउने वर्षका लागि योजना बनाएर मन्त्रालयमा पेस गर्नेबारे छलफल भएको उनले बताए।, गत असारमा पनौती नगरपालिका–८ पाल्पाली गाउँमा विश्वमा दुर्लभ तथा संरक्षित स्तनधारी जंगली जनावर सालक भेटिएको थियो।, राति ९ बजे स्थानीय एक घरको आँगनमा भेटिएको उक्त सालक प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमा छाडिएको थियो। , पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पेङ्गोलिन’ रहेको पोखरेलले जानकारी दिए।, उनका अनुसार नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पेङ्गोलिन’नै रहेका छन्।, सालकको उपयुक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत शृङ्खलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा दुई वर्षअघि पहिलो चरणको चेतनामूलक कार्यक्रम भएको थियो।, जिल्लाको अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यक देखिएको छ।, 'यो मानिसका लागि उपयुक्त जनावर हो, यसले बालीका कमिला र धमिरा खान्छ, पर्यावरणलाई जोगाउन मद्दत पुर्याउँछ, मानिसलाई भने आक्रमण गर्दैन', पोखरेलले थपे।, उनका अनुसार सालकमा १५ सेन्टिमिटर टाढाका किरा श्वासले तानेर खानसक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ। , बल्थलीस्थित समुदायमा आधारित चोरी, सिकारी नियन्त्रण एकाइका अध्यक्ष विष्णुप्रसाद हुमागाईले स्थानीय आठ वटा सामुदायिक वनमा अध्ययन गर्दा जमिनमा ५४२ वटा प्वाल भेटिएकामध्ये पुरानो ३२३ र नयाँ २१९ प्वाल रहेको जानकारी दिए।, उनले भने, 'नयाँ प्वालको संख्या कमी देखिँदा सालक लोप हुने अवस्थामा जाँदैछ भन्ने बुझिन्छ, हामीले सालक तस्करीविरूद्ध विशेष निगरानी गर्दै आएका छौं।', उनका अनुसार एकाइले गत वर्ष स्थानीय २५० स्कुले विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गराएको थियो भने एकाइकै पहलमा काठमाडौं विश्वविद्यालयका विद्यार्थीले पनि उक्त क्षेत्रमा सालकको अनुसन्धान गरेका थिए। , अध्ययन प्रतिवेदनअनुसार एउटा वयस्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ।, प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वाभावको जनावर सालक विशेष गरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ। दुर्लभ सालक जिल्लामा कति छ भन्ने कुनै स्पष्ट तथ्याङ्क नभए पनि कालो सालकको खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुङ्खर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको उसको बासस्थानबाट देखिएको अनुसन्धानबाट खुलेको छ। , पाँच वर्षअघि वन विभागको स्वीकृतिमा नेपाल ग्रामीण विकास तथा वातावरण संरक्षण परिषद् भक्तपुरले काभ्रेपलाञ्चोकका सामुदायिक वनमा सालकको अनुसन्धान गरेको थियो।, संरक्षित जनावरमध्येको नेपालमा पाइने कालो सालकको वनमा रहेको प्राकृतिक बासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुनसक्ने अवस्था देखिएको अनुसन्धानकर्ता प्रतिभा कसपाल बताउँछिन्।, उनी भन्छिन्, 'नेपालमा दुर्लभ कालो सालक अति सङ्कटापन्न अवस्थाको सूचीमा छ।', विश्वभर एसिया र अफ्रिकामा आठ प्रजातिका सालक पाइन्छन्, त्यसमध्ये चार प्रजातिका सालक एसियामा मात्रै पाइन्छ।, एसियामा पाइने चार प्रजातिका सालकमध्ये नेपालमा तामे र कालो सालक पाइने पोखरेलले जानकारी दिइन्।, उनका अनुसार यसको प्राकृतिक प्रजनन् पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा ठूलो सहयोग गरिरहेको छ।, सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेका कारण नेपालबाट यसको तस्करी हुनेगरेको घटनाक्रमले देखाएको छ।, वन संरक्षण ऐन अनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुनसक्ने व्यवस्था छ। ,रासस,
बजेट अभावमा रोकियो दुर्लभ सालकको अनुसन्धान
|
सेतोपाटी हाल नेपालमा अरब सागरमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सामान्य असरले देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, उक्त मौसमी प्रणालीका कारण देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।, राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागे पनि आकाश खुला भएकाले बढी चिसो महसुस गरिएको छ।, अहिले प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहेको छ।, प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ।, भोलि मंगलबार पनि देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।,
,
कात्तिक २४ गते बुधबार प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।, गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौंको अधिकतम तापक्रम २३ दशमलव ८ र न्यूनतम तापक्रम नौ दशमलव दुई डिग्री सेल्सियस छ।, रासस,
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
|
नारायण खड्का सल्यानमा आइतबार १२ जनाको ज्यान जाने गरी भएको बस दुर्घटना प्राविधिक समस्याले भएको मानिएको छ। , दुर्घटनालगत्तै फरार भई सोमबारमात्रै दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको सम्पर्कमा आएका बसका चालक सल्यानको शारदा नगरपालिका वडा नं. ३ महिसेपानीका ३० वर्षीय सुदीप खानले 'मेन सेकेण्ड पट्टा' भाँचिएपछि बसको स्टेरिङले काम नगरेको बताएका छन्।, ‘अगाडिको मेन सेकेण्ड पट्टा खाल्डोमा परेर एकै पटक भाँचिएपछि एक्कासि ड्राइभर साइडमा गाडीले तान्यो,’ खानले भने, ‘ मैले खलासी साइडमा जति काट्न खोजे पनि स्टेरिङले काम नै गरेन।’, चालकले मदिरा सेवन गरी सवारी चलाएको आशंका गरिएको छ नि ? भनेर प्रश्न गर्दा चालक खानले त्यो सरासर गलत र झूटो आरोप भएको बताए। , ‘त्यति धेरै मानिस बसमा सवार थिए,’ खानले भने, ‘त्यस्तोमा यात्रुलाई सकुशल गन्तव्यमा पुर्याउनु हरेक चालकको कर्तव्य र जिम्मेवारी हुन्छ। मदिरा सेवन गरेको भन्नु सरासर गलत हो।’, आफू पनि गाडी दुर्घटना हुँदा गाडीसँगै तलै पुगेको र भाग्यले जोगिएको चालक खानले बताए। , ‘मेरो खलासीले पहिलै नै हाम फालेर जोगिए छ,’ उनले भने, ‘ साहुको अवस्था गम्भीर छ रे। त्यतिधेरै मानिसको मृत्युको खबरले म रातभर निदाउन सकिनँ।’, उनले आफूलाई दाहिने खुट्टा, छाती लगायतका स्थानमा घाउ चोट लागेको जानकारी दिए। , सोमबार बिहानमात्रै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आएर आफूले उपचार गराएको उनले बताए।, दुर्घटनापछिको अवस्था भयावहपूर्ण देखेपछि असुरक्षा महसुस गरी आफू भागेको उनले बताए।, अहिले उनलाई जिल्ला प्रहरी कार्याल सल्यान लगिएको प्रहरीले जनाएको छ।, सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान पौने ११ बजेतिर कपुरकोट गाउँपालिका वडा नं. ५ खारखोलानजिकै दुर्घटना हुँदा दश महिला र दुई पुरूष गरी १२ जनाको मृत्यु भएको थियो। जसमा सात जना दाङका र पाँच जना सल्यानका छन्।, सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले २८ घाइतेमध्ये १९ जनाको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए। त्यसमध्ये गाडी साहुसहित दुई जनाको अवस्था गम्भीर रहेको थापाले बताए। उनले चार जना जतिको सल्यानमै उपचार भइरहेको जानकारी दिए। , यो पनि :, सल्यान बस दुर्घटनामा मृत्यु भएका १२ जनाकै सनाखत,
,
स्टेरिङले काम नै नगरेपछि बस मोड्नै सकिनँ: चालक
|
सेतोपाटी संवाददाता प्रदेश २ को राजधानी जनकपुरधाममा ई-रिक्साको अत्यधिक चापका कारण पार्किङको समस्या बढ्दै गएको छ। जनकपुरधाम उपमहानगरपालिकाले ई-रिक्सा व्यवस्थापन गर्न ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको हो। , नगरमा दर्ता नगरिएका रिक्सा पनि सञ्चालन भइरहेको स्थानीयहरु बताउँछन्। नगरमा अत्यधिक ई-रिक्सा गुड्ने गरेको कारण कतिपय ठाउँमा घण्टौंसम्म जाम लाग्ने गरेको छ। विशेष गरेर रामाचन्द्र चोक र बस पार्क क्षेत्रमा सर्वसधारणहरुलाई निकै समस्या हुने गरेको छ। नगर क्षेत्रमा गुड्ने गरेको ई–रिक्साको कुनै भाडासमेत तोकिएको छैन। जसकारण मनपरी भाडा लिने गरेको स्थानीयको गुनासो छ।, जनकपुरधाम उपमहानगरपालिकामा दर्ता भए पनि रिक्साका लागि रूट परमिट भने यातायात व्यवस्था कार्यालयले दिने गरेको छ। तर रूट परमिटको आधारमा कुनै पनि ई–रिक्सा सञ्चालनमा नआएको स्थानीयको गुनासो छ।, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिताकुमारी मिश्रले आफूहरू ई-रिक्सा पार्किङको व्यवस्थापनलगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेकै कारण समस्या पैदा भएको बताइन्। उनले छठ पर्वपछि पार्किङ र भाडालगायतको व्यवस्थापनको लागि सर्वपक्षीय छलफल गरेर अगाडि बढाउने बताइन्।, ‘हामी ट्राफिक त व्यवस्थापन गरिरहेका छौं, तर हामी पार्किङको व्यवस्थापन लगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेको छ, जसकारण काम समयमै हुन सकेको छैन, अब चाँडै नै पार्किङ र भाडा लगायतको व्यवस्थापनको लागि सर्वपक्षीय छलफल गरेर अगाडि बढाउनेछौं’, उपमेयर मिश्रले भनिन्, ‘अब बस्नै बैठकमा पार्किङका लागि जग्गा छुट्याउने भनिएको छ, हामी चाँडै कहाँ पार्किङका लागि स्थल बनाउने भन्ने मै लागि परेका छौँ ।’, उपमेयर मिश्रले ट्राफिक व्यवस्थापन, पार्किङ, वन वेलगायतका विषयहरूको चाँडै टुङ्गो लगाउने बताइन्। पछिल्लो समय बिना कुनै मापदण्ड नगरक्षेत्रमा थपिँदै गएका ई रिक्साहरूका कारण जनकपुरको आवागमनसमेत असहज बन्दै गएको छ। , चालकहरुले अत्यधिक गतिमा रिक्सा चलाउने र जुनसुकै ठाउँमा पनि रोकिदिने गर्दा नगरक्षेत्रमा अस्तव्यस्तता बढेको देख्न सकिन्छ। अहिलेसम्म यसको व्यवस्थापनको विषयमा सरोकारवाला निकाय नै मौन रहेको स्थानीय बताउँछन्।,
जनकपुरमा ई–रिक्साको अत्यधिक चाप, पार्किङको समस्या बढ्दै
|
सेतोपाटी संवाददाता मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ। , सोमबार ,न्युज एजेन्सी नेपाल,सँगको कुराकानीका क्रममा महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम सुरू भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताएका हुन्।, उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए। , वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौंको तापक्रम १७ डिग्रीबाट ८ डिग्री सेल्सियससम्म झरेको बताए। , उनले कात्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस वान डिग्री सेल्सियससम्म पुगेको जानकारी दिए। , ‘यो हप्ता दिन १० दिन भयो, खास गरी नेपालको विभिन्न स्थानको बिहानको र रातिको न्यूनतम तापक्रम (चिसिने क्रम) बढ्दै गएको देखिन्छ, हप्ता, १० दिनको कुरा हेर्दा न्यूनतम तापक्रम काठमाडौंको १६/१७ डिग्रीबाट घट्दै ९ डिग्रीसम्म गएको अवस्था छ, कात्तिक महिनामा नै यति चिसो हुँदै जाँदा विशेष गरेर रातिको आकाश खुला अवस्थामा छ, दिनहरू पनि छोटो हुँदै जान्छ, त्यसैले आगामी दिनमा चिसो पनि बढ्दै जान्छ’, वरिष्ठ मौसमविद् पौडेलले भने।, आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको बताए।, ‘हामी जाडो याममा प्रवेश गर्दैर्छौं, यो क्रम बढ्दै जान्छ तर अहिले नै यतिसम्म चिसो जान्छ भनेर भन्न सकिँदैन, क्रमिक रूपमा जाडो बढ्दै जान्छ, हिजो आजको मौसम हेर्दा नेपालको केसमा हामीसँग भएको मौसम केन्द्रको तथ्यांक हेर्दा जुम्लामा माइनस वानसम्म पुगेको अवस्था छ, काठमाडौंमा ९ डिग्रीसम्म आएको अवस्था छ’, उनले भने, ‘त्यसले गर्दा अहिले नै माइनसमा जान्छ काठमाडौंमा भन्न सकिँदैन तर तापक्रम माइनस वा जिरोको आसपास जान सक्छ यो वर्ष, अझै जाडो आउने दिनहरू मंसिर, पुस, माघ महिना बाँकी नै छ, कात्तिकमै यत्तिको जाडो हुँदा यही क्रमले अलि जाडो हुने देखिन्छ।’, वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढिरहेकोले नेपालमा पनि जाडो याममा मुख्य सहरमा प्रदूषण बढ्न सक्ने बताए।, उनले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायुमण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौंलगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुरजस्ता सहरमा आगामी दिनमा प्रदूषण बढ्ने बताए।, वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्नुपर्ने बताए।, उनले जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नुपर्ने बताए।, 'भारतमा, चीनको बेइजिङमा पनि प्रदूषण बढ्दै गएको छ भन्ने कुराहरू आइरहेको छ, गत वर्ष पनि नेपालका काठमाडौंलगायत मुख्य सहरमा जाडो याममा बढी तुवाँलो लागेको थियो, धुम्म भएको थियो, अत्यधिक प्रदूषित सहर भनिएको थियो, यो वर्ष पनि मौसमको भाषाले भन्दा वर्षा याम वा चैत्र, वैशाख, जेठ जस्तो ठूलो हावाहुरी, लामो समय पानी पर्ने हुँदैन, लामो समयसम्म पानी परेन, हावा चलेन भने प्रदूषण जमिन नजिकै वायुमण्डलको तल्लो तहमा थिग्रिएर बसेको हुन्छ, त्यसले गर्दा काठमाडौं लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, जनकपुर आगामी दिनमा पनि प्रदूषण हुन सक्ने सम्भावना छ,' उनले भने।, त्यसैले अहिलेबाट नै तयारीमा लाग्नुपर्ने उनले बताए।, 'लामो समय हिउँद र वर्षा याममा वर्षा भएन भने त्यस किसिमको प्रदूषण हुन्छ, तराईमा हुस्सु लाग्ने हुन्छ, चिसो लाग्ने सम्भावना माइनसमै जान्छ भनेर भन्न सकिँदैन, तर काठमाडौंको कुरा गर्दा चिसो जिरोकै आसपासमा हुन्छ', उनले भने, 'त्यसैले जाडोयामलाई मध्यनजर गर्दै त्यही अनुसार तयारीका कुरा व्यवस्थित गर्नुपर्छ, स्थानीय निकाय, प्रदेश, सेन्ट्रल गभर्मेण्ट, सबै मिलेर बढी चिसोबाट जनधनको क्षति नहोस् तयारीका कुराहरु अहिलेबाटै अपनाउनु पर्छ।', वरिष्ठ मौसमविद् पौडेलले जाडोयाममा बढी नै प्रदूषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपाय अपनाउनुपर्ने बताए। , 'गर्मीयाममा भन्दा जाडोयाममा प्रदूषण बढी हुन्छ, वायुमण्डल स्थिर भएर बसेको हुन्छ, त्यसले गर्दा जति पनि प्रदूषण हुन्छ, हाम्रो भेहिकल, गाडीबाट जाने, उद्योगबाट जाने प्रदूषण वायुमण्डलको माथि आकाशमा उड्न सक्दैन, वायुमण्डलको तल्लो स्तरमा बसेको हुन्छ, त्यही लेयरबाट हामी श्वासप्रश्वास गर्छौं, त्यस्तोबेलामा आँखा पिरो हुने, धमिलो हुने,कतिपय स्थानमा दिउँसै अँध्यारो जस्तो हुने, जाडो याममा लामो खडेरी भयो भने त्यस्तो खालको गतिविधि हुन्छ, यस्तो बेलामा वायुमण्डल स्थिर हुन्छ', उनले भने, 'त्यसैले के पनि भनिन्छ भने जाडो याममा मर्निङ वाक गर्न राम्रो मानिँदैन, बरु बन्द कोठामा योगा गर्नुपर्छ, जाडो याममा दिउँसोको तुलनामा बिहान र बेलुका बढी प्रदूषण हुन्छ, त्यसैले धेरै भीडभाड हुने सहरी क्षेत्रमा यस्तो खालको अवस्था हुनसक्छ, त्यसैले घरभित्रै बस्ने, मर्निङ वाकमा ननिस्किने, दिउँसो घाम लागेको बेलामा मात्रै बाहिर निस्किने, चिसोबाट बच्ने उपाय अपनाउने, बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपाय अपनाउँदै जानुपर्ने हुन्छ।', ,
मौसम पूर्वानुमान महाशाखाले भन्यो- काठमाडौं उपत्यकाको तापक्रम माइनसमा झर्नसक्छ, सतर्क रहौं
|
भगवती पाण्डे १२ वर्षका थिए। उनको मन स्कुलभन्दा ज्यादा गाडीमै हुन्थ्यो। ज्यान स्कुल जान्थ्यो मन भने पोखरासम्मै पुग्थ्यो।, २०४५ सालतिरको कुरा हो विजय खनालका आमाबुवा बुटवलको पुरानो बसपार्कमा होटल चलाउँथे। होटलमात्र होइन आमाबुवाले बस पनि सञ्चालन गरेका थिए।, ७२ मोडलको बस भैरहवा-पोखरा चल्थ्यो।, बुवाआमा दुवैजना काममा व्यस्त भए विजयको पढाइमा मन नगएको ख्याल गर्नै पाएनन्। उनी पनि स्कुल पढ्न छोडेर त्यहीँ बसको ढोका ढक्ढकाउँदै भैरहवा-पोखरा गर्न थाले।, साँघुरो र कच्ची सडकमा चल्ने बस बिग्रिरहन्थ्यो। बीच बाटोमा बस बिग्रिएपछि त्यसलाई कुर्ने जिम्मा उनैको हुन्थ्यो। पन्चर भएको टायर फेर्दा नटबोल्ट खोल्न, मोबिल चुहिएको र पट्टा फुस्किएको हेर्न पनि उनी आफैं गाडीभित्र छिरिहाल्थे। गाडीभित्रै छिरेर सामान्य चेकजाँच गर्दागर्दै उनी ग्यारेजप्रति आकर्षित हुन थाले।, त्यहीँ आकर्षणले उनलाई अहिले बुटवलमा नाम कहलिएका विजय मिस्त्री बनाएको छ।, तिनताका बुटवलमा पाटन दाइको ग्यारेज थियो। विजयले उनकै ग्यारेजमा काम गर्न थाले। त्यतिबेला साना सवारीको त्यति चाप थिएन। पहाडका अप्ठ्यारा र कच्ची सडकमा ओहोरदोहोर गर्ने बस र ट्रकहरू बिग्रिएपछि बनाउन आउने ठाउँ बुटवल नै थियो। पाटन दाइको ग्यारेजमा ४ वर्ष काम गरेपछि उनी आफैंले ग्यारेज खोल्ने निधो गरे।, पढाई छोडेर गाडी र ग्यारेजमा लाग्दा बुवाआमा उनीसँग खुसी थिएनन्। त्यहीँ बीचमा आमाको मृत्यु भयो। बुवासँग उनको भेटघाटसमेत बन्द भयो। १७ वर्षको उमेरमा ग्यारेज सुरू गर्दा लगानी गर्ने पैसा उनीसँग थिएन। पैसा नभए पनि पाटन दाइले ४ वर्ष सिकाएको सिप थियो। त्यसैले उनलाई बुटवलमा ग्यारेज चलाएर जम्न सक्छु भन्ने आत्मविश्वास बढाएको थियो।, अलिकति ऋणधन गरेर उनले मिलन चोकमा ‘विजय वर्कसप’ ग्यारेज सुरू गरे, जुन अहिले मैनाबगरमा सरेको छ।, सुरूसुरूमा उनी बिहान ८ बजेदेखि राती १२ बजेसम्म वर्कसपमा काम गर्थे। उनको काम गर्ने जाँगर र समय अहिले पनि घटेको छैन। बिहान चिल्लो गाडीमा सफा सर्ट र पाईन्ट लगाएर ग्यारेज छिर्छन्। त्यहाँ पुगेपछि मोबिल र ग्रिस पोतिएर कालै बनेका कपडा लगाउँछन् अरू मिस्त्री र सहयोगीसँगै खटिईरहन्छन्।, सानै उमेरमा बिग्रिएका गाडी खोतल्न सुरू गरेका उनलाई अहिले विजय मिस्त्री भनेपछि ठूला गाडीका चालक र साहु धेरैले चिन्छन्। हरेक महिना ५ सयभन्दा बढी गाडी मर्मतको लागि आफ्नो ग्यारेजमा आउने उनले बताए।, दिनमा भने ४० वटासम्म गाडी मर्मतको लागि आउँछन्। गुड्न सक्ने गाडी मर्मतको लागि ग्यारेजसम्मै आउँछन्। गुड्न नसक्ने गरि बिग्रिएका गाडी मर्मत गर्न उनी आफैं गाडी भएको ठाउँसम्म पुग्छन्।, ‘यहाँ आउन नसक्ने गाडी बनाउनकै लागि धनकुटा, हिले, जुम्ला, कालिकोट, बाजुरा, गुल्मी, बाग्लुङ, मुग्लिङ, चाईनाको नाकासम्म पनि पुगेको छु,’ उनले सेतोपाटीसँग भने।, पहिले उनी यी ठाउँमा आरएक्स मोटरसाईकल चढेर गाडी मर्मत गर्न पुग्थे। अहिले आफ्नै हाईलक्स गाडी चढेर पुग्छन्।, ‘कहिलेकाहीँ गाडीको आवाज सुनेर यो बिग्रिएको छ यसो गर भनेर फोनमा चालकलाई पनि सिकाउँछु, धेरैजसो त आफैं जानुपर्छ, चालक साहुहरूले तपाईँ आफैं आउनुपर्छ भनेर म नगई मान्दैनन्,’ उनले भने।, बुटवलबाट चल्ने मात्र होईन उनको ग्यारेजमा सिन्धुपाल्चोक, तेह्रथुम, धनगढी नेपालगञ्ज, बैतडी, साँफेबगर, दाङ, पोखरा, चितवनबाट समेत गाडी मर्मतको लागि ल्याउने गर्छन्।, दाङ तुल्सीपुरका राजेन्द्र बहादुर वली आफूले पोखरामा गाडी चलाउँदै आए पनि गाडी बिग्रिएपछि मर्मतको लागि बुटवलमै ल्याउने गरेको बताए।, ‘गाडी बनाउने ग्यारेज त पोखरामा पनि धेरै छन्, तर पहिलेदेखि विजय दाइको ग्यारेजमै बनाउने गरियो अहिलेपनि यहीँ ल्याउँछु, सामान्य बिग्रिएको बेला फोन गरेर पनि बनाउन सिकाउनुहुन्छ,’ वलीले भने।, २८ वर्षअघि आफूले ग्यारेज सुरू गर्दा मर्मत गर्न आउने गाडीका चालक र साहुहरू अहिलेसम्मै आउने गरेको विजयले सुनाए।, ‘मेरो ग्यारेज सुरू हुँदाका गाडी विस्थापित गरेर अरू गाडी किने पनि साहु र चालकले गाडी मर्मत गर्ने ग्यारेज र मिस्त्री भने फेर्न सक्नुभएको छैन,’ उनले भने।, ईन्जिन, ब्रेक, गियर, पट्टालगायत गाडीका पार्टपूर्जा मर्मत गर्ने मैनाबगरस्थित उनको ग्यारेज गाडीले भरिएको हुन्छ।,
‘गाडी बनाउँदा यति अभ्यस्त भईयो कि गाडीको आवाज सुनेर पनि त्यसमा के समस्या हो भन्ने छुट्याउन सक्छु,’ उनी ढुक्कसाथ भन्छन्।, अरू ग्यारेजमा नबनेका गाडीसमेत आफ्नो ग्यारेजमा ल्याएपछि चल्ने बनाएर पठाएको र आफ्नोमा बन्न सकेन भने अन्यत्र बन्न नसक्ने उनको दाबी छ।, ‘टाटा, सिप्रदी कम्पनीमा मर्मत हुन नसकेका गाडी पनि मैले मर्मत गरेको छु, त्यहाँ मर्मत गर्न नसकेर यहाँ ल्याएका धेरै गाडी चल्ने बनाएर पठाएको छु,’ उनले भने।, आफूले ग्यारेज सुरू गर्दा अहिलेको जस्तो अटोमेटिक सिष्टमका गाडी नभए पनि उनले आफूलाई समय अनुकुल अभ्यस्त गराउँदै लगेको बताउँछन्।, ‘पहिले अहिलेजस्तो सेल्फ स्टार्ट हुने गाडी थिएनन्, पार्टपूर्जा पनि फरकफरक छन्, मैले भने खोल्दै जोड्दै गरेर भए पनि आफूलाई त्यसमा अभ्यस्त बनाउने गरेको छु, एकपटक खोलेर जोड्न नसकिए पटकपटक प्रयास गर्नुपर्छ, एकपटक बिगारेर बनाएको चिज कहिल्यै बिर्सिंदैन,’ उनले भने।, ग्यारेजबाट आम्दानी राम्रै हुने भए पनि नेपालमा मेकानिकल मिस्त्री थोरै छन्। त्यसैले गाडी मर्मत गर्न धेरै टाढासम्म जानुपर्दा अलि बढी दु:ख हुने उनले बताए।, उनले वर्षमा चार/पाँच जना मिस्त्री आफैंले पनि तयार पार्छन्। तर बजारमा अझै मेकानिकल मिस्त्रीको अभाव छ।, ‘मेरै ग्यारेजमा काम सिकेका ५० जनाभन्दा बढीले नेपालका विभिन्न स्थानमा आफैं ग्यारेज चलाएर बसेका छन्, विजयको चेला भनेर चिनाउन पाउँदा गर्व लाग्छ,’ उनले भने। , अहिले पनि उनको ग्यारेजमा ३० जना युवाले गाडी मर्मत गर्दै सिप सिकिरहेका छन्।, कुनै पनि सिप हातमा छ भने नेपालमा पैसा कमाउन कुनै दुःख नहुने उनको अनुभव छ।, ‘नेपालमा पैसा त हावामा उडिरहेको छ, टिप्न जाने मात्र हुन्छ, नेपालको पैसा चिन्न नसक्दा युवाहरू विदेश जाने गरेका छन्,' उनले भने, 'कामलाई सानो नभनि यहीँ केही गर्ने हो भने परिवार पाल्न विदेश जानैपर्दैन, नेपालमै सानदार जीवन बिताउन सकिन्छ, मेरो त फोनका हरेक घण्टीमा पैसा बज्छ।’, गाडी बनाएर दैनिक ३५/४० हजार बचत गर्ने गरेको उनले बताए।, ‘साँझ घर फर्किँदा ३५ देखि ४० हजार लिएर नजाने दिन कमै हुन्छ, सबै खर्च कटाएर पनि मासिक ६ देखि ७ लाख रूपैयाँ बचत गर्न सकिन्छ,’ उनले भने।, ग्यारेज सुरू गर्दा उनीसँग हातमा सिपबाहेक केही थिएन। तर त्यहीँ ग्यारेजको आम्दानीबाट बुटवल ट्राफिक चोक र चाँदबारीमा दुई वटा घर बनाएका छन्। तीन चार ठाउँमा घडेरी लिएको उनले बताए। हाइलक्स गाडी किनेका छन्।, आफ्नो ग्यारेजलाई उनी नेपालकै नमूना ग्यारेज बनाउन चाहन्छन्। अब जिन्दगीमा उनको यहीँ सपना छ। आफ्नो यो सपना पुरा गर्न छोराको साथ उनले आश गरेका छन्।, उनका दुई वटी छोरी काठमाडौंमा पढ्छन्। छोरा भने बुटवलमै १० कक्षामा पढ्दै छन्।, ‘छोराले तपाईँको सपना जे छ म त्यहीँ पढ्छु भनेको छ,’ विजयले भने, ‘मैले त कालैकालो ग्यारेजमा जीवन बिताउन थालेँ, छोराले मेकानिकल ईञ्जिनियर पढ्यो भने मैले सुरू गरेको ग्यारेजलाई व्यवस्थित बनाएर नेपालकै नमूना बनाउने भन्ने सपना मेरो छ।’,
ग्यारेज चलाउने विजय भन्छन्- मेरो त फोनका हरेक घण्टीमा पैसा बज्छ
|
सेतोपाटी संवाददाता चेक बाउन्स मुद्दामा एक जना फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ।, भारतको मोतीहारी घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १ कमलपोखरी बस्ने ४५ वर्षीय राजहरण साहलाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई ब्युरोको प्रहरीले सोमबार कमलपोखरीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।, उनी ललितपुर महानगरपालिका वडा नम्बर १५ सातदोबाटोस्थित जय बाबा गणिनाथ महाराज सप्लायर्सका प्रमुख पनि हुन्।, साहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याएर २०७५ पुस ५ गते ग्लोबल आइएमई बैंकको चेक काटेर दिएका थिए।, त्यसरी चेक काटेर बाउन्स भएपछि जाहेरवालाले दायर गरेको मुद्दामा उच्च अदालत पाटनले गत माघ २६ गते साहलाई कैद र जरिवानाको फैसला सुनाएको थियो। , साहलाई सात दिन कैद र ९ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।, फैसलापछि फरार रहेका उनलाई ब्युरोले पक्राउ गरेको हो। फैसला कार्यान्वयनको लागि उनलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्युरोले जनाएको छ।,
चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ
|
सेतोपाटी संवाददाता कपिलवस्तुमा आफ्नी श्रीमतीको हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, ३५ वर्षीया चिन्का लोनियाको हत्या आरोपमा प्रहरीले महाराजगंज नगरपालिका वडा नम्बर ११ बाबा बनगाई बस्ने ४५ वर्षीय रामकेवल लोनियालाई पक्राउ गरेको हो। , उनलाई प्रहरीले गत शुक्रबार बिहान पक्राउ गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। प्रहरीले यस घटनामा शव फेला पारेको भने होइन। , प्रहरीले गत असोज १७ गते दिउँसो बुद्धभूमि नगरपालिका वडा नम्बर ९ स्थित चम्पापुरस्थित कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा कंकाल फेला पारेको थियो। कंकाल फेला परेको भन्ने खबरपछि इलाका प्रहरी कार्यालय गोरूसिङेबाट प्रहरीको टोली खटिएको थियो।, कंकालमात्रै फेला परेको हुँदा शव तत्काल पहिचान नखुलेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।, घटनास्थलबाट हरियो रङको एक जोर चप्पल, साडीमा माटो लागेको अवस्थामा साडी लट्पटिएको शवको हड्डीका केही भाग फेला परेको थियो। , प्रहरीले यस अनुसन्धानमा जिल्लामा हराएका महिलाहरूको खोजी गर्न थालेको थियो। त्यसैअनुसार चिन्का भदौ १५ गतेदेखि बेपत्ता रहेको खुल्यो। , उनीसँगै उनका श्रीमान रामकेवल पनि बेपत्ता नै थिए। प्रहरीले दुबै जना हराएपछि थप अनुसन्धान गर्दै श्रीमानलाई खोज्न थालेको थियो।, यता मृतककी १८ वर्षीया छोरी पुनिताले कपडामार्फत् आमाको सनाखत गराएकी थिइन्।, 'हामीले कंकाल फेला पारेपछि महिला को हो भनेर खोज्यौं। खोज्दै जाँदा श्रीमान-श्रीमती दुबै हराएको फेला पारेपछि हामीले श्रीमानको पनि खोजी गर्न थालेका थियौं,' प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने, 'श्रीमानले आफ्नी श्रीमती हराएको भनेर केही खबर नगरेपछि हामीलाई शंका लागेको थियो।' , खोजेपछि उनका श्रीमान रामकेवल नेपाल-भारतको सीमा क्षेत्रमा लुकेर बसेको अवस्थामा भेटिएको उनले बताए।, उनलाई फेला पारेपछि प्रहरीले बुद्धभूमि नगरपालिका-९ डुमराबाट कात्तिक १९ गते शुक्रबार पक्राउ गरेको हो। , उनीमाथि सोधपुछ गर्दा आफ्नी श्रीमतीको हत्या स्वीकारेको प्रहरीले बताएको छ।, प्रहरीका अनुसार चिन्काले परपुरूषसँग अवैध सम्बन्ध राख्ने गरेको शंकाको विषयलाई लिएर उनीहरूबीच झगडा भएको थियो। झगडापछि श्रीमान रामकेवलले हत्या गर्ने योजना गरी भदौ १५ गते जंगलमा काठ लिन जाने बहानामा जंगल लगेका थिए। , जंगलमा लगेर हसियाँले हत्या गरी भारत भागेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। , थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।,
श्रीमान-श्रीमती दुबै बेपत्ता भएपछि खुल्यो कपिलवस्तुको जंगलमा भेटिएको कंकालको रहस्य
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १५२ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११७, ललितपुरमा २० र भक्तपुरमा १५ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १५६८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५६३, भक्तपुरमा ५०२ र ललितपुरमा ५०३ सक्रिय संक्रमित छन्।, नेपालमा थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ५ हजार २६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, २ हजार ६०६ जनाको पिसिआर परीक्षण र २४२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ६५४ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ।, ४२५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।,
काठमाडौं उपत्यकामा थपिए १५२ संक्रमित
|
दिपकजंग शाही कात्तिक १८ गते दुर्घटनामा घाइते भएकी सुर्खेतकी रानी रानामगरको पनि मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका–१२ की रानाको आइतबार राति कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो।, गत साता बिहीबार छिन्चुबाट सुर्खेततर्फ तिहारको लागि किनमेल गर्न आउन लागेका रानी र उनका भाइ रविन रानामगर सवार स्कुटरलाई मिनी ट्रकले ठक्कर दिएको थियो।, दुर्घटनामा परी रविनको घटनास्थलमै मृत्यु भएको थियो भने रानी घाइते थिइन्।, उनको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।, बिहीबार दिउँसो पौने १ बजेतिर दिदी-भाइ कर्णाली प्रदेश ०२०० प ७६६९ नम्बरको स्कुटरलाई जुम्लाबाट नेपालगञ्जका लागि गइरहेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको ट्रकले वीरेन्द्रनगरनजिक पर्ने व्युरेनीमा ठक्कर दिएको थियो।, स्कुटर रविनले चलाएका थिए। उनकी दिदी रानी पछाडि बसेकी थिइन्।, दिदीभाइको मृत्यु भएपछि स्थानीयले छिन्चु बजार बन्द गरेका छन्। सोमबार दिउँसोदेखि सुर्खेत-नेपालगञ्ज सडक खण्ड र बजार बन्द गरेको प्रहरीले जनाएको छ।, स्थानीयले उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गरेको डिएसपी घर्तीले बताए।, उनका अनुसार दुर्घटना हुनासाथ फरार भएका चालक अहिलेसम्म पनि फरार छन्।, उनको खोजीकार्य भइरहेको डिएसपी घर्तीले बताए।, दुर्घटनामा मृत्यु भएका रविनले चार वर्षअघि नेपाली सेनामा जागिर खाएका थिए। तिहारको बिदा लिएर गत साताको बिहीबार बिहान मात्र घरमा पुगेका २६ वर्षका रविनले दिदी रानालाई पहिलोपटक तिहारको सपिङ गराउन हिँडेका थिए।, उनकी दिदी २९ वर्षीया रानीले अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी थिइन्। स्थानीय एक बोर्डिङमा उनले माध्यमिक तहलाई पढाउँथिन्।, डिएसपी घर्तीका अनुसार स्कुटरलाई ठक्कर दिने उक्त ट्रक आवद्ध मध्यपश्चिम ट्रक तथा ट्याक्टर व्यवसायी संघले भने घटनाको जिम्मा लिएको छ।, उनका अनुसार समितिले कानुनबमोजिम क्षतिपूर्तिको व्यवस्था गर्ने बताएको छ।, यो पनि:, दिदीलाई लिएर भाइटीकाको किनमेल गर्न जाँदा बाटैमा भयो यस्तो घटना,
तिहारको किनमेलमा जाँदा स्कुटर दुर्घटनामा घाइते भएकी रानीको पनि मृत्यु
|
सेतोपाटी संवाददाता नेपालमा थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३९० जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ५ हजार २६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, २ हजार ६०६ जनाको पिसिआर परीक्षण र २४२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ७ हजार ६५४ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ।, ४२५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।, त्यस्तै, काठमाडौं उपत्यकामा १५२ थपिएका छन्। जसमध्ये काठमाडौंमा ११७, ललितपुरमा २० र भक्तपुरमा १५ संक्रमित छन्।,
५ हजार २६ मा कोरोना परीक्षण गर्दा ३९० लाई संक्रमण
|
नारायण खड्का सल्यानको कालिमाटीबाट दाङ आउँदै गरेको भे१ज ५२२ नम्बरको जीप सोमबार बिहान ९ बजेतिर बबई गाउँपालिका-३, ठाडोखोलामा दुर्घटनामा पर्यो। गाडीसाहु देवबहादुर सुनारको घटनास्थलमै मृत्यु भयो भने थप १५ यात्रु घाइते भए।, यो घटनाबारे प्रहरीले साढे ९ बजे मात्रै खबर पायो। घाइतेलाई उद्धार गरी तुलसीपुर बजारसम्म ल्याइपुर्याउँदा थप एक-डेढ घन्टा समय लाग्यो।, झन्डै ४५ किलोमिटर पश्चिमको बबई गाउँपालिकाबाट तुलसीपुर ल्याइएका घाइतेहरू बाटोभरि ऐया र आत्था गर्दै थिए। निकै कष्टपूर्वक अस्पताल पुगेपछि अब त उपचार होला भन्ने भावमा उनीहरूको अनुहारमा सन्तोष झल्किएको थियो।, तर यो सन्तोष लामो समय रहन पाएन।, तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालले अधिकांश घाइतेलाई थप उपचार निम्ति बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरेर पठायो।, त्यसपछि भने घाइतेका आफन्तमा फेरि बेचैनी बढ्न थाल्यो। उनीहरू एम्बुलेन्स खोज्न दौडधुप गर्न थाले।, मध्याह्न सवा १२ बजेसम्म अस्पतालले ९ जना घाइतेलाई रेफर गरिसकेको थियो। सबैका लागि एकैचोटि एम्बुलेन्स पाउन सम्भव थिएन। तिनैमध्ये दंगीशरण गाउँपालिका-२ की ३१ वर्षीया पार्वत ओली खत्रीको अवस्था गम्भीर थियो। स्वास्थ्यकर्मी र चिकित्सकले उनीहरूलाई छिटोभन्दा छिटो काठमाडौं लैजान भनिरहेका थिए। तर लाख कोशिस गर्दा पनि उनका आफन्तले एम्बुलेन्स जुटाउन सकेनन्।, त्यसपछि उनीहरू हेलिकप्टर चार्टर्ड गरेर भए पनि काठमाडौं लैजाने तयारीमा लागे।, हेलिकप्टर पनि भन्नेबित्तिकै पाउन कहाँ सजिलो थियो र!, उनीहरूले तुलसीपुरका भएभरका उद्योगी, व्यापारी र नेताहरू गुहारे। आखिरमा ३ लाख ४० हजार रूपैयाँमा सिम्रिक एयरको हेलिकप्टर बन्दोबस्त भयो।, दिउँसो सवा १ बजेतिर पार्वतीलाई काठमाडौंको न्यूरो अस्पाल लैजान भनेर हेलिकप्टर तुलसीपुरबाट उड्यो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार पार्वतीको टाउकोमा चोट लागेको हुँदा अवस्था गम्भीर छ। घाइतेमध्ये अर्का एक बालक र एक महिलाको अवस्था पनि गम्भीर छ।, उनीहरूका आफन्तलाई पनि अस्पतालले थप उपचार निम्ति काठमाडौं लैजान सुझाव दिएको थियो। खर्च जोहो गर्न नसकेपछि तुलसीपुरबाट झन्डै सय किलोमिटर टाढाको कोहलपुर लैजान बाध्य भए। एम्बुलेन्स खोज्न पनि उनीहरूलाई निकै कष्ट भयो।, पार्वतीका आफन्त देवीराम कुसारीले दाङजस्तो सुगम भनेर चिनिने उपत्यकामा एउटा सुविधासम्पन्न अस्पतालसमेत नहुनु दुर्भाग्यपूर्ण भएको बताए।, 'अघिपछि दालभातको जोहो नागरिक आफैंले गर्छन्,' उनले भने, 'यस्तो अप्ठ्यारोमा समेत बिरामी वा घाइतेले नजिकै उपचार नपाउनु भनेको राज्य नहुनु सरह हो।', जिल्लामा दूई ठूला सरकारी अस्पताल भए पनि ती रेफर सेन्टर मात्र भएको उनले गुनासो गरे।, 'सानातिना भैपरी आउने घटना र दुर्घटनाका घाइतेको समेत उपचार नहुने अस्पतालको के काम?' उनले भने, 'यसले संघीयताको उपहास भइरहेको छ।', उपचारका लागि छपटाउँदै गरेका घाइतेलाई एम्बुलेन्स र हेलिकप्टरबाट सयौं किलोमिटर टाढाका ठूला सहरमा लैजानुपर्ने बाध्यता अन्त्य गर्न राज्यले कुनै ध्यान नदिएको भन्दै उनले आक्रोश पोखे।, यो आजको घटना मात्र होइन। यहाँ पटकपटक दुर्घटनाका घाइतेले यस्तै नियति भोग्नुपरेको छ।, यसै साता आइतबार बिहान करिब ११ बजेतिर सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुर आउँदै गरेको ना२ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका-५, खारखोला नजिकै दुर्घटना हुँदा १० महिला र २ पुरूष गरी १२ जनाले ज्यान गुमाए। मृतकमध्ये सात जना दाङका र पाँच जना सल्यानका थिए।, सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाका अनुसार ६ जनाको घटनास्थलमै र ६ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।, दुर्घटनास्थल खारखोला सल्यान खलंगाबाट ३६ किलोमिटर, लुहाम बजारबाट करिब ७ किलोमिटर र दाङसँग सीमा जोडिएको कपुरकोट बजारबाट करिब ७ किलोमिटर दुरीमा छ। दाङको तुलसीपुरदेखि सल्यानको दुरी २४ किलोमिटर छ। तर दुर्घटनाका घाइतेलाई कहाँ लैजाने भनेर एकछिन अन्यौल भयो।, दाङ वा सल्यान जहाँ लगे पनि ढुक्कसँग उपचार हुन खालको अवस्था कतै थिएन। त्यही भएर अधिकांश घाइतेलाई सुरूमा सल्यानको श्रीनगर पुर्याइयो। त्यहाँबाट केहीलाई खलंगा पुर्याइयो। त्यहाँबाट फेरि केहीलाई दाङको तुलसीपुर ल्याइयो।, तुलसीपुरमा पनि उपचार सम्भव नभएकाहरूलाई झन्डै सय किलोमिटर टाढा बाँकेको कोहलपुर पुर्याइयो। घाइतेमध्ये १९ जनालाई कोहलपुर लगिएकामा ८ जनालाई हेलिकप्टरमा र ११ जनालाई एम्बुलेन्समा कोहलपुर लगिएको डिएसपी थापाले जानकारी दिए।, 'हेलिकप्टरले आठ जना घाइते ओसार्न तीन खेप गर्नुपर्यो,' डिएसपी थापाले भने, 'नजिकै राम्रो उपचार नहुँदा घाइतेलाई कहाँ पठाउने भनेर निकै तनाव बेहोर्नुपर्यो।', गम्भीर अवस्थाका आठ जनालाई हेलिकप्टरमा नपठाएको भए थप क्षति हुने निश्चित भएकाले बिरामीको अवस्था हेरेर हेलिकप्टर मगाउनुपरेको थापाले बताए।, दाङ, सल्यान, रोल्पा, रूकुम, प्युठान लगायत आसपासका जिल्लामा कहीँ पनि यस्ता भैपरी आउने घटना वा दुर्घटनामा बिरामी उपचार गर्न सघन उपचार सेवा उपलब्ध छैन। दाङ आसपासका ती पहाडी जिल्लाबाट बिरामी ल्याउने दाङमै हो। तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल छ भने घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। तर ती अस्पतालमा भरपर्दो सेवा छैन।, नजिकै राम्रो उपचार सेवा नहुँदा यस्ता आकस्मिक घटनामा घाइतेले ठूलो सास्ती खेप्नुपर्छ। रूकुम, रोल्पा, सल्यानजस्ता पहाडी जिल्लामा हुने दुर्घटनाका घाइतेलाई दाङ र दाङदेखि फेरि नेपालगन्ज दौडाउने परम्पराजस्तै बनेको छ। धेरै घाइते बाटोमै छटपउँदै प्राण त्याग्छन्। त्यो प्रत्यक्ष देख्ने आफन्तले ठूलो मानसिक पीडा खेप्नुपर्छ।, दुर्घटनाजस्तो आकस्मिक अवस्थामा मात्र होइन, सामान्य समयमा पनि यहाँका स्थानीयले राम्रो स्वास्थ्य सेवा पाउन सकेका छैनन्। यसको उदाहरण कात्तिक १८ गतेको घटना हो।, त्यस दिन दाङको घोराही उपमहानगरपालिका-१६ की धनमाया नाथलाई सुत्केरी भएलगत्तै ब्रेन ह्यामरेज भयो। बुवा खिमबहादुर नाथ लगायत आफन्तले हारगुहार गरे। सरकारले नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं लगेर उनको उपचार गरेको थियो। उनको मृत्यु भइसकेको छ।, धनमायाजस्ता थुप्रै सुत्केरी र दुर्घटनाका घाइतेलाई हेलिकप्टर चार्टर्ड गरेर काठमाडौंलगायत जिल्लामा उपचार निम्ति लगिएका घटना छन्। कोरोना महामारीको दोस्रो लहर चल्दा पनि दाङका धेरै सिकिस्त बिरामीहरू व्यक्तिगत खर्चमा हेलिकप्टर चार्टर्ड गरेर काठमाडौं पुगेका थिए।, आर्थिक अवस्था कमजोर भएकाहरू यसरी हेलिकप्टर चार्टर्ड गर्न सक्दैनन्। यसले गरिब परिवारका घाइतेलाई ऐया र आत्थु गर्दै एम्बुलेन्समा घन्टौं दौडाएर अन्य जिल्ला लग्नुको विकल्प छैन। ती एम्बुलेन्स पनि आकस्मिक सेवासुविधायुक्त होइनन्, बिरामी ओसारपसार गर्ने गाडी मात्र हुन्। गम्भीर बिरामी वा घाइतेका लागि अत्यावश्यक सुविधाविहीन यस्ता गाडीमा लामो समय दौडाउँदा बीच बाटोमै ज्यान जान्छन्।, अहिले दाङ लुम्बिनी र सल्यान कर्णाली प्रदेशमा विभक्त भए पनि यी दुई जिल्लाको लाइफलाइन एउटै हो। दाङमा रोल्पा, सल्यान, रूकुम, प्युठानका मानिस बसाइ सरेर आउने क्रम रोकिएको छैन। सल्यानबाट बसाइ सरेर आउनेको संख्या पनि ठूलो छ। तर यी जिल्लामा भरपर्दो अस्पताल एउटै छैन। भए पनि दरबन्दीअनुसार विशषेज्ञ चिकित्सक छैनन्।, मुलुक संघीयतामा गएको पाँच वर्ष बित्नै लाग्दा पनि ठूला सहरबाहेक दुर्गम पहाडी क्षेत्रका नागरिकले त्यसको अनुभूत गर्न पाएका छैनन्। उनीहरूले उपचारका लागि राम्रो अस्पतालसमेत पाएका छैनन्।, दाङ र सल्यानजस्ता ठाउँका घाइतेले समयमै र नजिकै राम्रो उपचार नपाउनु नै यसको सबभन्दा ठूलो उदाहरण हो।,
घाइतेहरू ऐया र आत्थु गर्दै एम्बुलेन्समै कुदिरहे घन्टौं
|
नवीनबाबु गुरूङ जलवायु न्यायका लागि भन्दै अभियन्ताहरूले प्रदर्शन गरेका छन्। , सोमबार दिउँसो काठमाडौंको बसन्तपुरमा जलवायु परिवर्तनविरूद्ध जाग्नुपर्ने भन्दै प्रदर्शन भएको हो। , नेपालमा मात्रै नभई जलवायु परिवर्तनविरूद्ध फिलिपिन्स, इन्डोनेसिया,भारत, बंगलादेश, पाकिस्तान र थाइल्यान्डले पनि सोमबार प्रदर्शन गरेको अभियन्ताले जनाएका छन्।, जलवायु परिवर्तन विरूद्धको श्रृंखलाबद्ध प्रदर्शन गत नोभेम्बर ६ तारिखदेखि सुरू भएको थियो।, प्रदर्शनमा अभियन्ताहरूले नाराहरू लेखिएको पम्पलेट बोकेका थिए। , 'जलवायु परिवर्तनका प्रभावहरूमा भारी असमानता छ!', 'हामी प्रकृतिको अंश हौं', 'जेलैमा हो जेलैमा चरी जेलैमा जलवायु परिवर्तनविरूद्ध जागौं बेलैमा!', 'कता हो? क्लाइमेट मार्चतिर केटो हो क्लाइमेट मार्चतिर' लगायतका नारासहित प्रदर्शन गरिएको थियो। , तस्बिरहरू:,
,
जेलैमा हो जेलैमा चरी जेलैमा, जलवायु परिवर्तनविरूद्ध जागौं बेलैमा! (तस्बिरहरू)
|
रासस/एपी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिना कोरोना भाइरस संक्रमण ५० प्रतिशतभन्दा बढेको बताएका छन्। खोपहरूको पर्याप्त आपूर्तिका बाबजुद युरोप महामारीको केन्द्रविन्दु बनेको उनीहरूले टिप्पणी गरेका छन्।, 'त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ तर खोपको खपत बराबर मात्रामा हुन सकेको छैन। यसले समस्या निम्त्याएको छ,' डब्लुएचओका आपतकालीन प्रमुख डा. माइकल रायनले बिहीबार पत्रकार सम्मेलनमा भने।, उनले खोपहरूमा रहँदै आएको अन्तर बन्द गर्न युरोपेली अधिकारीहरूलाई आग्रह गरेका छन्।, डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आफ्नो जनसंख्याको ४० प्रतिशतभन्दा बढी खोप लगाएका देशहरूले आफूसँग भएका खोप अन्य विकासोन्मुख देशलाई दिनुपर्ने बताएका छन्।, 'संवेदनशील समूहका मानिसलाई बाहेक अरूलाई बुस्टर डोज दिन हतार गर्नु पर्दैन,' टेड्रोसले भने।, उनले खोप निर्माताहरूसँग कोभ्याक्स आपूर्तिलाई प्राथमिकता दिन आह्वान गरेका छन्। गरिब देशले कोभिड–१९ खोपको १ प्रतिशतभन्दा कम प्राप्त गरे पनि अफ्रिका र दक्षिणपूर्वी एसियामा गत साता ९ प्रतिशत संक्रमण घटेको पाइएको छ।, ६० भन्दा बढी देशले जाडो यामभन्दा पहिले नै कमजोर प्रतिरोधी क्षमताविरूद्ध लड्न बुस्टर डोज दिन थालेका छन्। यद्यपि अर्को कोभिड लहर आउने सम्भावना अझै कायम छ। अमेरिकामा ५ देखि ११ वर्षका बालबालिकाले यो साता कोभिडविरूद्ध खोप लिन थालेपछि अधिकारीहरूले जोखिमभन्दा लाभ बढी भएको टिप्पणी गरेका छन्।, यसअघि बिहीबार डब्लुएचओको ५३ देशका युरोप क्षेत्र निर्देशक डा. हान्स क्लुगेले बढ्दो संक्रमित संख्या 'गम्भीर चिन्ताको विषय' भएको बताएका थिए।, 'युरोप महामारीको केन्द्रविन्दुमा फर्किएको छ जहाँ हामी एक वर्षपहिले थियौं,' डब्लुएचओको कोपेनहेगन कार्यालयका क्लुगेले भने।, क्लुगेले चेतावनी दिँदै भनेका छन्, 'कोरोना भाइरसबाट संक्रमितको अस्पताल भर्ना दर गत साता दोब्बरभन्दा बढी भएको छ। यस्तै बढ्दै जाने हो भने युरोप क्षेत्रमा थप पाँच लाखको महामारीबाट मृत्यु हुनसक्छ।', क्लुगेले यस क्षेत्रका देशहरू 'भ्याक्सिनेसन रोलआउटको विभिन्न चरणमा' रहेको र क्षेत्रव्यापी औसत ४७ प्रतिशत मानिसलाई पूर्ण रूपमा खोप लगाइएको बताएका छन्। आठ देशमा भने उनीहरूको जनसंख्याको ७० प्रतिशतलाई पूर्ण खोप लगाइएको छ।, युरोपको कोभिड-१९ संक्रमण दर लगातार पाँचौं सातासम्म बढिरहेको पाइएको छ। संक्रमण दर युरोपमा अहिलेसम्मकै उच्च थियो जसले प्रति एक लाख व्यक्तिमा १ सय ९२ नयाँ संक्रमण भएको देखाएको छ।, 'हामी स्पष्ट रूपमा अर्को लहरमा छौं,' स्वीडेनका प्रमुख महामारी विशेषज्ञ एन्डर्स टेगनेलले बिहीबार भनेका छन्, 'महामारीको बढ्दो रूप युरोपमा केन्द्रित छ।', मध्य र पूर्वीयुरोपका धेरै देशमा हाल दैनिक संक्रमण दर बढेको छ। एम्स्टर्डममा रहेको युरोपेली मेडिसिन एजेन्सीले बिहीबार अनलाइन ब्रिफिङमा विज्ञहरूले सबैलाई खोप लगाउन आग्रह गरेको छ।, 'युरोपमा महामारीको अवस्था अहिले धेरै चिन्ताजनक छ। किनकी संक्रमण दर, अस्पतालमा भर्ना हुने र मृत्युको संख्यामा वृद्धि भएको देख्न सक्छौं,' इएमएका क्लिनिकल अध्ययन र निर्माण कार्य बलका प्रमुख फर्गस स्विनीले भने।, उनका अनुसार सबैलाई पूर्ण मात्राको खोप लगाउन अनिवार्य छ। यो मात्र महामारी नियन्त्रण गर्ने एक सशक्त उपाय हो।,
कोभिड महामारीको केन्द्रविन्दु बन्दै युरोपः डब्लुएचओ
|
भीष्मराज ओझा र निरा गौतम बुटवल बजारबाट उत्तरतिर नजर डुलाउँदा विगतमा हरिया पहाड देखिन्थे, अहिले हेर्दा अत्यास लाग्छ।, बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि र पारिका चुरे पहाडलाई पहिराले छियाछिया पारेको छ। दुवैतिरका चुरेमा खसेका साना–ठूला पहिराले यी पहाडलाई सख्त घाइते तुल्याएको स्पष्ट देखिन्छ।, विशाल पहिराको मुन्तिर देखिने बुटवल बजार निरीह छ। यस वर्ष उपमहानगरको वडा नम्बर ३ मा पर्ने ज्योतिनगर क्षेत्रमा मात्रै करिब ७० हेक्टर क्षेत्रमा पहिरो गएको छ। यहाँ गत वर्षदेखि नै स–साना पहिरा जान थालेको थियो। यसपालि सामान्य वर्षा हुँदा पनि हिलो र लेदो झर्न थालेकाले पहिरोमुनिको बस्ती सचेत भएर बसेको थियो। कुनै मानवीय क्षति हुन पाएन।, यो अवस्थामा भीमकाय पहिराको मुन्तिर अवस्थित बुटवल सहरको भविष्य के होला? के अहिलेको अवस्थामा देखिएको चुरेको पहिरो वर्षातहरूमा थामिएला?, विकासोन्मुख सहरमा देखिएको जोखिमले स्थानीयवासीमा चिन्ता जगाइदिएको छ। 'समयमै चुरेको पहिरो नियन्त्रणका लागि पहल नगर्ने हो भने बुटवलको उत्तरी क्षेत्र पहिरामा मिसिन सक्छ,' चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतमले भने, 'अब पनि ढिलाइ भयो भने ठूलो क्षति हुने खतरा छ, यसमा तीनै तहका सरकार गम्भीर हुनुपर्छ।', अघिल्लो वर्षातमै देखिएको थियो संकेत, बुटवल क्षेत्रमा चुरेको पहिरो अहिले मात्रै आएको होइन। राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम कार्यान्वयन इकाई कार्यालयका अनुसार बुटवल उपमहानगरपालिका–३, ज्योतिनगर क्षेत्रमा २०३३ सालबाटै पहिरो देखिन थालेको थियो।, २०५५ सालमा वडा नम्बर ३ र ४ का ५७ घर विस्थापित नै गर्ने गरी ठूलो पहिरो आयो। त्यसले लामो समय ज्योतिनगर क्षेत्रलाई त्रासमै राख्यो। सरकारले सामान्य तटबन्ध लगायत काम गरे पनि भरपर्दो व्यवस्था गरेन। त्यति बेला स्थानीयवासीलाई अन्यत्र बसोबासको व्यवस्था मिलाएर स्थानान्तरणसमेत गरियो। पछि विस्तारै पहिरो थामियो र हरियाली भयो।, २०५५ देखि २०७१ सम्म आइपुग्दा पहिरो गएको स्थानमा फेरि रूखबिरूवा हुर्किएपछि पहिरो गएको क्षेत्र पुरानै अवस्थामा फर्कियो। पहिरो रोकिएपछि स्थानान्तरण गरिएका परिवार पनि ढुक्कसँग त्यहीँ बस्न थाले। घरजग्गा किनबेच हुन थाल्यो।, स्थानीयवासीले मात्र होइन, स्थानीय सरकारले समेत पहिरो बिर्सियो।, अघिल्लो वर्ष साउन २८ गते बुटवल र पाल्पाको तिनाउ गाउँपालिका र बुटवल आसपास भीषण वर्षा भयो। करिब पाँच घन्टा लामो उक्त वर्षाले तिनाउ गाउँंपालिकाको दोभान लगायत क्षेत्रमा क्षति पुर्यायो। केही घर पुरिए। रातिको समय भएको भारी वर्षाले तिनाउ नदीमा पनि भयंकर बाढी आयो।, रातभरको भारी वर्षापछि बिहान उठ्दा बुटवलमाथिका चुरे पहाडमा साना–साना पहिराका थुप्रै दृश्य देखिए। स्थानीय केही मिडियाले चुरेमा आएका स–साना पहिराले जोखिम निम्त्याएको समाचार पनि लेखे। केही अगुवाले जोखिम हुनसक्ने ठानेर आवाज उठाएका थिए। ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका केही घरमा चुरेबाट बग्ने साना खोलाले ल्याएको गेग्रेटो नै पस्यो तर जिम्मेवार निकायले ध्यान पुर्याउन सकेन।, यस वर्ष पनि चुरेमा पहिरो खसिरह्यो।, लामो र भारी वर्षा अनुुभव गरे पनि चुरेमा गएको पहिरो बुटवलवासीले थाहै पाएनन्। किनभने पहिरो एकैचोटि गएन। रूखबिरूवा र हरियालीका कारण भित्रभित्रै पहिरो जाँदा पनि तलबाट देखिएन।, गत भदौ १३ र १४ गते भएको भारी वर्षासँगै लेदो र हिलो बगेर घरहरू पुरिँदा पनि माथि जंगलमा पहिरो देखिएको थिएन। यसलाई पनि बुटवलवासीले सामान्य रूपमा लिए। घर वरिपरि हिलो बग्दा पनि ज्योतिनगर क्षेत्रका बासिन्दा घर छाडेर भागेनन्। लेदो बग्न थालेपछि थोरै घरपरिवारले मात्र डरले घर छाडेका थिए। अधिकांशले जोखिम मोलेरै बसे। स–साना पहिरो खसेर मात्र हिलो बगेको महशुस गरियो।, तर जब भारी वर्षा थामियो, दुई दिनपछि मात्र बजारमाथिको पहाडको दृश्य देखेर बुटवलवासी झसंग भए। त्यति बेलासम्म भारी वर्षा बन्द भइसकेको थियो।, अहिले वर्षा बन्द भए पनि पहिरो ठूलो भएकाले फेरि ढुंगामाटो खस्न सक्ने जोखिम कायमै छ। जुनसुकै समयमा खस्न सक्ने गरी ढुंगामाटो झुन्डिएर बसेकाले उक्त क्षेत्र अहिले पनि जोखिममा छ।, 'भर्खरै खस्छ कि जस्तो गरी ढुंगाहरू बसेकाले अझै ढुक्क हुन सकेका छैनौं। घर वरिपरि ढुंगा, माटोसहितको पहिराले लथालिंग अवस्था छर। भएको सम्पत्ति यही घर हो, एक महिना त डेरा भाडामा लिएर बस्यौं तर आफ्नो घरजस्तो नहुने भएपछि फेरि यहीँ फर्कियौं,' पहिरो प्रभावित तुलसा सुवेदीले गुनासो गरिन्।, भदौ १३ गते रातभर पानी पर्यो। १४ गते बिहान एकाएक माटोको लेदोसहितको भेल आउन थालेपछि बुटवल उपहानगरपालिका–३, ज्योतिनगर बस्ने रमा पुन निकै आत्तिइन् तर पहिरो घरभित्रै पस्ला भन्ने हेक्का उनलाई थिएन।, सुरूमा सानो भेल बगे पनि विस्तारै ठूला ढुंगासहितको पहिरो आउन थालेपछि पुनसहित उनका छिमेकीहरू हल्लाखल्ला गर्न थाले। बिहान ९ बजेपछि चुरे पहाडबाट ठूला–ठूला ढुंगासहित पहिरो आयो। पुनसहित उनका छिमेकी हतार–हतार गरी बालबालिका लिएर बुटवल बहुमुखी क्याम्पसमा पुगे। त्यति बेलासम्म ज्योतिनगरका एक दर्जन बढी परिवार क्याम्पसको प्रांगणमा आएर बसेका थिए।, भदौ १४ गते गएको पहिराले ज्योतिनगर मिलनपथ निवासी सीता मल्लको दुईतले घरको पहिलो तला पूरै पुरिएको छ। पहिराका कारण घरमा बस्ने स्थिति नभएपछि एक महिना भाडामा बसेकी सीताले ५० हजार रूपैयाँ खर्च गरी घरभित्रको माटो सोहोर्ने र पहिराले भत्काएको घर अगाडिको पर्खाल लगाउने काम गर्दै छिन्।, 'स्थानीय सरकारले भाडामा बसेको रकम दिने भने पनि अहिलेसम्म दिएको छैन। जिल्ला प्रशासन कार्यालयबाट भने राहतस्वरूप प्रतिपरिवार १५ हजार पाएका छौं,' मल्लले भनिन्, 'हामीलाई राहत होइन, पहिरो नियन्त्रण भए पुग्छ।', २०५५ को पहिरोसमेत बेहोरेकी मल्लसहित त्यहाँका स्थानीयवासीलाई बुटवलको तामनगरमा स्थानान्तरण गरिएको थियो। तर मल्ल त्यहाँ बसिनन्।, 'तामनगरमा पनि खोलाकै किनारमा हामीलाई १० धुर जग्गा दिइएको थियो तर यहाँ घर बनाएर बसिसकेकाले छोड्न मन लागेन,' उनले भनिन्।, सरकारले यहाँबाट बस्ती स्थानान्तरण गर्नुभन्दा पहिरो नियन्त्रणका लागि योजना बनाउनुपर्ने उनको भनाइ छ।, ज्योतिनगरकै कस्मिरा बानु पनि पहिरोले भत्काएको घर अगाडिको पर्खाल र गेट बनाउने तयारी गर्दै छिन्। पहिरोले घरमा बस्ने स्थिति नहुँदा डेढ महिना भाडाको घरमा बसेर एक साताअघि फर्किएको बानुको परिवार पनि अहिले पुरिएको एकतले घरका कोठा सरसफाइ गर्दैछ।, 'पहिराले गर्दा घरै अगाडिका तीनवटा घर भत्किएकाले टोल नै सुनसान छ, जताततै पहिराले ल्याएको माटो र ढुंगा मात्रै देख्दा मन खिन्न हुन्छ,' उनले भनिन्।, बुटवल उपमहानगरपालिका–२ पाखापानी क्षेत्रमा पनि पहिराका दृश्य त्यत्तिकै डरलाग्दा छन्। पहाडैभरि पहिरो झरेका कारण पाखापानीका बासिन्दा वर्षातभरि रातिको समय घरै छाड्न बाध्य भए। यहाँ पनि गत वर्षदेखि पहिरो देखिन थालेको हो।, गत वर्ष देखिएका केही पहिराका दृश्य बढेर अहिले ठूलो भागमा क्षति पुगेको छ। कयौंपटक पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध हुन पुग्यो। डिभिजन सडक कार्यालय बुटवलले तारजालीमा ढुंगा भरेर खसेको पहिरो सडकमा आउन नदिने गरी तटबन्ध त गरेको छ तर वडाध्यक्ष रमेश नेपाल जोखिम कायमै रहेको बताउँछन्।, पहिराका कारण बुटवलको शिरमा रहेको सिद्धबाबा क्षेत्र पनि उत्तिकै जोखिममा छ। पानीका मूलसँगै बेलाबेला पहिरो जाने र ढुंगा खस्ने हुँदा डराइडराइ यात्रा गर्नुपर्ने बाध्यता यात्रुलाई छ। वर्षा हुनेबित्तिकै पहिरो जाने भएकाले यो क्षेत्रमा पर्ने बुटवल–पाल्पा सडक अवरूद्ध हुने गर्छ। यसको व्यवस्थापनका लागि सरकारले सुरूङ मार्ग निर्माण प्रक्रिया अघि बढाएको छ।, किन गयो बुटवल क्षेत्रको चुरेमा पहिरो?, मौसमी परिवर्तन, मानवीय अतिक्रमण, सडक लगायत पूर्वाधारका नाममा भएका चुरे क्षेत्रको विनास र २०७२ मा आएको भूकम्पलाई नै चुरेमा पहिरो जानुका कारण मानिएको राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम कार्यान्वय इकाई कार्यालयका सूचना अधिकारी प्रकाश बस्नेतले बताए।, चुरे क्षेत्रमा अघिल्लो र यस वर्ष छोटो समय तर भारी वर्षा भयो। हुन त बुटवल क्षेत्र तुलनात्मक रूपमा धेरै पानी पर्ने क्षेत्र हो। दक्षिणतिरबाट जलवाष्प बोकेर आएको बादल वसन्तपुर र नुवाकोटका अग्ला डाँडामा ठोक्किँदा यहाँ पानी परिरहन्छ। पछिल्ला केही वर्षमा धेरै पानी परेको महशुस नभए पनि यो क्षेत्र भौगोलिक हिसाबले बढी पानी पर्ने क्षेत्रको रूपमा लिइन्छ।, मनसुन सक्रिय भएको बेला यहांँ ठूलो र धेरै पानी पर्ने सम्भावना सधैं रहन्छ। हिउँद वा प्रिमनसुन बेला पनि अरू ठाउँको तुलनामा यहाँ पानी परिरहन्छ। ज्योतिनगरमाथिको चुरेमा छवटा पानीका मुहानसमेत छन्।, 'ती पानीका मुहान व्यवस्थित हुन नसक्नु, भारी वर्षा हुनु, बर्सेनि डढेलो लाग्नु र २०७२ को भूकम्पले चर्किएका भू–भागबाट पानी पस्नु चुरेको पहिराका कारण हुन्,' कार्यालयका जलाधार व्यवस्थापन अधिकृत विमल राउतले भने।, मानवीय अतिक्रमणका कारण पहिरो गएको भनिए पनि चुरे फेदीमा सडक बनेको स्थानमा पहिरो नगएका कारण अतिक्रमण भन्न नमिल्ने उनको भनाइ छ।, बुटवल क्षेत्रको चुरेमा पहिरो गएपछि विज्ञहरूको टोलीले एक महिनाअघि यहाँ स्थलगत अध्ययनत गरेको छ। भूगर्भविद् डा. रञ्जन दाहालसहितको टोलीले अध्ययन गरेर सरकारलाई प्रतिवेदनसमेत बुझाइसकेको छ।, 'त्यहाँको चुरेमा पानीका मूलहरू छन्, तिनको व्यवस्थापन पनि छैन र वर्षातमा परेको पानीको व्यवस्थापन पनि छैन। त्यसले यति ठूलो पहिरो निम्तिएको हो,' डा. दाहालले भने।, पहिरो नियन्त्रणका नाममा परम्परागत तारजाली गरेर समस्या समाधान नहुने उनको भनाइ छ।, 'तटबन्ध र तारजालीले पहिरो नियन्त्रण हुँदैन भन्ने कुरामा प्रस्ट हुनुपर्छ,' उनले भने। यसपालि भारी वर्षा भएको र समयमै पानी व्यवस्थापन गर्न नसकेका कारण पहिरो गएको उनको निष्कर्ष छ।, विज्ञहरूका अनुसार बस्ती विकास वा विभिन्न नाममा चुरे अतिक्रमण हुने भएकाले पहिरोको जोखिम रहन्छ। त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकाय भूगोल विभागका सहायक प्राध्यापक डा. देवी पौडेल भन्छन्, 'चुरेमा जंगल भरिएको हुनुपर्छ, उत्खनन भएको हुनुहुँदैन। निरन्तर वृक्षरोपण गर्नुपर्छ।', चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतमका अनुसार २०५५ को पहिरोपछि जाइका समूहले उक्त क्षेत्रमा सर्भे गरेको थियो। भू–उपग्रहमार्फत चुरे क्षेत्रको तस्बिर खिचेर अध्ययन गरेपछि जाइकाले यो क्षेत्र जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको थियो।, चुरे क्षेत्रमा भएका ठूला रूखले जोखिम निम्त्याउने भएकाले कटान गर्न सुझाव दिइएको थियो तर त्यो काम अझै भएको छैन। चुरेको पहिरो व्यवस्थापनका लागि गत वर्ष विष्णु पौडेल अर्थमन्त्री भएका समयमा ४ करोड ११ लाख रूपैयाँ बजेट विनियोजन गरिएको थियो। यो बजेटको आधा रकम गत वर्ष नै खर्च गरिए पनि बाँकी दुई करोड यो वर्ष मात्रै हुने बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए।, त्यसो त उपमहानगरपालिकाले पहिरो गएपछि त्यसको नियन्त्रण तथा माटो सोर्ने काममा मात्रै करिब ८० लाख खर्च भएको जनाएको छ। तर पहिरो नियन्त्रणकै लागि ठोस काम अझै हुन बाँकी छ।, 'ज्योतिनगरको पहिरो नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउँदैछौं, त्यसका लागि विज्ञको समूहले अध्ययन सुरू गरेको छ, अध्ययनपछि सुझावका आधारमा संघ र प्रदेश सरकारसँग समन्वय गरी काम अघि बढाउँछौं,' उपमहानगरपालिका प्रमुख सुवेदीले भने।, चुरे क्षेत्रमा पहिरो नियन्त्रणका लागि सघाउ पुर्याउने खालका वनस्पति रोप्ने, ठूला रूखहरू नम्बरिङ गरी हटाउने र पानीको निकासका लागि प्राविधिक खटाएर काम गर्ने योजना उपमहानगरको छ।, चुरेमा गएको पहिरो नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले भने कुनै योजना बनाएको छैन। नयाँ सरकार गठनपछि भागबन्डामै अलमलिएको प्रदेश सरकारका मन्त्रालयहरू अझै लयमा फर्किन सकेका छैनन्।, अधिकांश मन्त्रालय टुक्रिएपछि जिम्मेवारी बाँडफाँटसमेत हुन नसक्दा मन्त्रालयका कामले गति लिनसकेको छैन। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयबाटै भयानक पहिराको दृश्य देखिँदासमेत ठोस योजना बन्न सकेको छैन। ,रासस,
पहिरोले छियाछिया चुरे, जोखिममा बुटवल सहर
|
सेतोपाटी संवाददाता आइतबार देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन।, आज दिउँसो देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। , प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।, आज राति देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने मौसम विभागले जनाएको छ। , प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। , एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।,
,
पहाडी क्षेत्रमा सामान्य बदली, बाँकी क्षेत्रमा मौसम सफा हुने
|
एजेन्सी भारतको राजधानी नयाँदिल्ली क्षेत्रमा बढेको प्रदूषणले बालबालिका सबभन्दा बढी प्रभावित भएको पाइएको छ।, नयाँदिल्ली शुक्रबार संसारकै बढी प्रदूषित वायु भएको सहर बनेको थियो। बिहीबार राति लक्ष्मीपूजा र दिपावलीको अवसरमा पड्काइएका पटकाका कारण दिल्लीको वायुमा प्रदूषणको मात्राले खतराको तह पार गरेको हो।, विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। वायु प्रदूषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने सर गंगाराम अस्पतालका डा. धीरेन गुप्ताको भनाइ छ। , 'बालबालिकामा प्रदूषणको असर अहिले के देखिएको छ र? त्योभन्दा बढी असर त पछि देखिन्छ, त्यसैले यो धेरै गम्भीर र दूरगामी समस्या हो,' गुप्तालाई उद्धृत गर्दै रासस/एएनआई लेख्छ।, समाचार संस्था रोयटर्सका अनुसार शुक्रबार बिहानदेखि दिल्लीको आकाश तुँवालोले ढाकेको छ भने दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ४५१ पुगेको छ। सरकारले पटाका पड्काउन प्रतिबन्ध लगाए पनि कार्यान्वयन नहुँदा दिल्लीसहित भारतका अरू सहरमा पनि वायु प्रदूषण बढेको छ।, स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार शुक्रबार दिउँसो दिल्लीको एयर क्वालिटी इन्डेक्स ३९२ थियो। एक्वुआई ५० हुनु राम्रो मानिन्छ। शून्यदेखि १०० सम्मलाई मध्यम मानिन्छ भने एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ।, एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। तीन सयभन्दा माथि जानु चाहिँ घातक हो।, बालबालिकामा यसले पार्ने असरबारे चिन्ता, चासो र गाम्भीर्य अधिकांशमा नदेखिनु अर्को चिन्ताको विषय भएको डा. गुप्ताको टिप्पणी छ। विशेष गरेर बालबालिकामा स्वासप्रश्वाससँगै मानसिक समस्या देखिन सक्ने उनले बताए। आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता बिरामी आउने गरेको जानकारी पनि उनले दिए।, सवारी साधन, औद्योगिक उत्सर्जन, धूलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि भारतको नयाँदिल्ली विश्वको सबभन्दा प्रदूषित राजधानीका रूपमा चिनिँदै आएको छ। हिउँदमा छिमेकी राज्यमा जलाइएका परालका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ।, सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन्।, दिल्ली मात्र नभई भारतका अरू पनि धेरै सहर अतिप्रदूषितमा पर्छन्। संसारका सबभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा भारतमै छन्। भारतमा प्रदूषित वायुका कारण बर्सेनि १० लाखको मृत्यु हुने विभिन्न तथ्यांकले देखाउने गरेका छन्।,
दिल्लीको प्रदूषणले बालबालिका बढी प्रभावित
|
रासस कञ्चनपुरको बेलौरी नगरपालिकामा सात फिट लामो अजिंगर फेला परेको छ। वडा नम्बर ६, भुराकोट दसगजा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले उक्त अजिङ्गर उद्धार गरेर सुरक्षित ठाउँमा छाडेको छ।, बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सीमा गस्ती टोलीले अजिंगर जीवितै उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।, उद्धार गरिएको अजिंगर कुन्डा सबडिभिजन वन कार्यालयका वन रक्षक महेन्द्र कँडेलको टोलीलाई बुझाइएको छ। उक्त अजिंगर वन रक्षकको टोलीले सुरक्षित स्थानमा छाडेका छन्।,
सात फिट लामो अजिंगर फेला
|
सेतोपाटी बाँकेमा शनिबार दिउँसो जुवाको खालमा प्रहरीले छापा मार्दा साढे चार लाख रूपैयाँ नगदसहित जुवाडे पक्राउ परेका छन्।, नेपालगन्ज उपमहानगरपालिका-१३, बाबुगाँउमा भएको प्रहरी कारबाही क्रममा ४ लाख ६६ हजार ७७ रूपैयाँसहित ४८ जना जुवाडे पक्राउ परेका हुन्।, शनिबार दिउँसो दुई बजेतिर केही मानिसले जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले १० गड्डी ताससमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीका अनुसार उनीहरूविरूद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही हुनेछ।, यसैबीच जुवातास नियन्त्रणका लागि कञ्चनपुरमा प्रहरीले अभियान नै चलाएको छ। जुवातास खेल्ने ठाउँ पहिचान गरी प्रहरीले जुवाडेलाई पक्राउ गर्ने र नगद रकम बरामद गर्ने क्रम जारी राखेको राष्ट्रिय समाचार समिति (रासस) को समाचारमा उल्लेख छ।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व बेला हालसम्म ९५ जुवाडे पक्राउ गरेको छ। पक्राउ परेकालाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ। जुवातासका ११ मुद्दामा ८ लाख १४ हजार ५ सय १० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।, समाजमा विकृतिका रूपमा रहेको जुवातास नियन्त्रणका लागि अभियान निरन्तर सञ्चालन हुने प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।, उनका अनुसार शुक्रबार मात्रै भीमदत्त नगरपालिका–६, ऐठपुरबाट १० जना जुवाडे पक्राउ परेका छन्। पक्राउ परेकाको साथबाट ६२ हजार ७० रूपैयाँ बरामद गरिएको छ।,
साढे ४ लाख नगद, १० गड्डी तास र ४८ जुवाडे
|
रासस वर्षौदेखि टुकी र सिठाको धिपधिपे उज्यालोमा जीवनयापन गर्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानी कालाबांगवासी केन्द्रीय प्रसारण लाइनको बिजुलीले गाउँ नै झिलीमिली भएपछि खुसी छन्।, पाखापाखानीको कमथानदेखि घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, कालावाङ्गलगायत बस्तीका ५० घरमा बिजुली विस्तार भएको छ।, नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले यी गाउँमा विद्युतीकरण गरेपछि गाउँ उज्यालो भएको रघुगंगा –६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताए।, यसअघि त्यहाँका बासिन्दा लघुजलविद्युत परियोजनाको विजुली, सोलार र टुकिमा निर्भर थिए।, केन्द्रीय लाइन विस्तारपछि टेलिभिजन हेर्न, कम्प्युटर र ल्यापटप चलाउन, मोबाइल चार्ज गर्न, घरायसी काम गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको उनले बताए।, विद्युतीकरणका लागि हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएकोे थियो।, रायखोर, मुलपानी र उल्लेरीका ९१ घरमा ६५० जनसंख्याको बसोबास छ।,
म्याग्दीको कालाबांगमा पुग्यो बिजुली, स्थानीय खुसी
|
रासस प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ।, गए राति चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।, प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जुवातास खेलिरहेको जानकारी आएपछि गएको टोलीले पुरीका घरमा छापा मार्दा जुवातास खेलिरहेका अवस्थामा नगद रु १२ लाख ४३ हजार ७८० सहित १५ जनालाई पक्राउ गरेको बताए।, उनकाअनुसार पक्राउ पर्ने जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी, जुवा खेल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ वर्षीय राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन्।, प्रहरीका अनुसार पक्राउ पर्नेमा राजनीतिक दलसम्वद्ध केही युवा नेता र पत्रकारसमेत छन्। यसअघि पनि चाँगुनारयणबाट केही युवानेतासहित प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो। प्रहरीले नेताको नाम भने सार्वजनिक गरेको थिएन।, मणिराम पुरीले यसअघि पनि पटकपटक जुवातास खेलाउँदै आएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी गिरीले जानकारी दिए।,
१२ लाख ४३ हजारसहित भक्तपुरबाट पक्राउ परे १५ जुवाडे
|
रासस मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ।, दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन्। अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ।, लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ। छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ।, खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन्। यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ।, अहिले छठपर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन्। घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ।, जनकपुरको गङ्गा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउ लगायतका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ।, युवा क्लब र संस्थाको अग्रसरतामा जनकपुरका विभिन्न पोखरी तथा सरोवरलाई सिङ्गार्न जुटेका छन्। छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ।, विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउँछन्। यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ।, सोमबारदेखि सुरु हुने पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ।,
मिथिलामा छठ पर्वको तयारी
|
नारायण खड्का दाङको तुलसीपुरमा एक युवकको हत्या भएको छ। अर्का एक जना गम्भीर घाइते छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँवस्तीका २१ वर्षीय टोपबहादुर पुनको हत्या भएको छ।, बिहान ३ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याएलगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।, लाठी र धारिलो हतियार प्रहारबाट उनको साथमा रहेका सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ४ का १७ वर्षीय शंकर डाँगी गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।, उनलाई थप उपचारका लागि बाँके लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनउ लगिएको छ।, उनीहरुमाथि तुलसीपुर ४ कै २० वर्षीय खिमबहादुर मगर, १८ वर्षीय रेशम थापा र २१ वर्षीय विनय मगरले लाठी र धारिलो हतियार प्रहार गरेको आरोप छ।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले आरोपित सबै फरार रहेको र उनीहरुको खोजी भइरहेको बताए।, ‘शरीरका विभिन्न भागमा काटेको घाउ देखिएको छ,’ उनले भने।, पुरानो रिसिबीका कारण ती युवाहरूको समूहले पुनको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।, हत्या गरिएका मगर र गिरी नाताले दाजु भाइ पर्छन्। उनीहरु दुबै कात्तिक ११ गते धरौटीका रिहा भएका थिए। उनीहरुमाथि डाँका मुद्दा थियो। मगर १५ हजार धरौटीमा र गिरी नाबालक नै रहेको हुँदा अदालतको आदेशले साधारण तारेखमा छुटेका थिए।, प्रहरी उपरीक्षक काफ्लेका अनुसार उनीहरुमाथि एक शिक्षकलाई कुटपिट गरेर दाँत भाँचिदिएको एउटा र अर्कौ भैंसी चोरेको अभियोगमा पक्राउ परेका थिए।, कुटपिट र हत्यामा सम्लग्न आरोपित तीन जना र हत्या गरिएका तथा घाइते एक जनाका बीचमा पुरानो रिसिबी थियो। तर पछिल्लो समय उनीहरुका बीचमा सामान्य बोलचाल हुन थालेको थियो।, तिहारको दिन राति साढे ९ बजेतिर सँगै घरमा बसेका मगर र गिरीलाई कसैले फोन गरेर बोलाएपछि उनीहरु घरबाट एकै छिनमा आउँछौंभनेर निस्किए। जंगल नजिकै एकान्त स्थानमा गएर आरोपित तीन जना र हत्या गरिएका मगर र गिरी सबैले मिलेर मदिरा सबेन गरेका थिए।, त्यही क्रममा पुरानो रिसिबी कुरा झिकेर तीन जना मिलेर योजनाबद्ध रुपमा दुई जनामाथि लाठी तथा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन आएको प्रनाउ अर्यालले बताए।, ‘घटनास्थल जंगल नजिक छ। त्यहाँ नजिकै एउटा घर मात्रै रहेछ,’ अर्यालले भने, ‘हामीलाई आज बिहान साढे दुई बजे मात्रै खबर भयो। उद्धार गरी अस्पताल पुर्याउँदा तीन बजेको थियो। घाइते मध्य एक जनालाई तत्काल चिकित्कसले मृत घोषणा गरे।’, स्थानीय पसलमा खाने कुरा किनेर पाँच जना सँगै जंगल नजिक एकान्त स्थलमा मदिरा सेवन गर्न गएको र त्यही क्रममा तीन जना मिलेर दुईजना माथि लाठि तथा धारिलो हतियारले आक्रमण गरेको प्रहरीले जनाएको छ।,
दाङमा युवकको हत्या, अर्का एक गम्भीर घाइते
|
रासस दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ।, गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ।, उनी थापाका कान्छी श्रीमती हुन्। हत्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ।,
श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु
|
एजेन्सी सियरा लिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा कम्तिमा ९८ जनाको ज्यान गएको छ।, सियरा लिओनको राजधानी फ्रीटाउनमा शनिबार अर्को लरीसँग जुधेँर विस्फोट हुँदा कम्तीमा ९८ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।, समाचार संस्था एएफपीका अनुसार आगलागी हुनुअघि इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले नजिकै रहेका मानिस र सवारी साधनमा सल्किएको थियो।, घटनामा परी १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन्। अधिकांशको शरीरका धेरै भाग जलेका छन्। आफ्ना सवारी साधनमा फसेका कारण कैयौंले ज्यान गुमाउन पुगेका थिए।, प्रत्यक्षदर्शीका अनुसार दुर्घटनालगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको, रोइरहेको देखिएको थियो र कोही कोही त जल्दै दौडिँदै गरेको पनि देखिएको थियो।, घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत छन्। शनिबार बिहान किनबेचका लागि सयौँ मानिसको भीड सडकमा लागेको थियो । त्यही भएर पनि मानवीय क्षति धेरै भएको अनुमान गरिएको छ । , घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरुले अनुमान गरेका छन्। , Deeply disturbed by the tragic fires and the horrendous loss of life around the Wellington PMB area. My profound sympathies with families who have lost loved ones and those who have been maimed as a result. My Government will do everything to support affected families. ,pic.twitter.com/xJRA1UtCJJ,
— President Julius Maada Bio (@PresidentBio) ,November 6, 2021, यसैबीच राष्ट्रपति जुलियस मादा बायोले दुखान्तकारी आगलागी र मानिसको ज्यान गएका कारण आफूलाई गहिरो दुःख लागेको बताएका छन्। ट्वीट गर्दै राष्ट्रपतिले पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्नेसमेत बताएका छन्।, सियरा लिओनको राष्ट्रिय प्रकोप व्यवस्थापन संस्थाका प्रमुख ब्रिमा बुरेह सेसेले यो घटनालाई स्थानीय सञ्चार माध्यमसँग भयानक दुर्घटना भएको बताइन्।, एक लाखभन्दा बढी मानिस बसोबास गर्ने यस बन्दरगाह सहरमा, पछिल्ला वर्षमा निकै गम्भीर प्रकोपहरूको सामना गरेको बिबिसीले जनाएको छ।, गत मार्चमा सोही सहरको एउटा बस्तीमा भीषण आगलागी हुँदा ८० जना भन्दा बढी व्यक्ति घाइते भएका थिए। घटना लगत्तै करिब ५ हजार मानिस विस्थापित हुनु परेको थियो।, त्यस्तै सन् २०१७ मा भारी वर्षापछि आएको बाढीमा परेर एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। बाढीले पछि सहर प्रभावित पारेको थियो जसका कारण ३ हजार मानिस घरबारविहीन भएका थिए।,
सियरा लिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा कम्तिमा ९८ जनाको मृत्यु
|
सेतोपाटी संवाददाता देउसीभैलो खेलिरहेको एउटा समूहलाई यात्रुबाहक बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। , गए राति भएको दुर्घटनामा आठ जना घाइते छन्।, हेटौंडादेखि चितवनको भरतपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको यात्रुबहाक बसले नेवारपानीमा देउसी भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएको थियो।, दुर्घटनामा हेटौंडा उपमहानगर १५ का सुजन विष्ट र चितवनका प्रेम सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार दुर्घटनामा २ को मृत्यु र ८ जना घाइते भएका छन्।, घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार गरिएको थियो। सात जना घाइते उपचारपछि अस्पतालबाट घर गइसकेका छन् भने एक जनाको उपचार जारी छ। , बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।, दुर्घटनाको कारण खुलिसकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ।,
देउसी खेलिरहेको समूहमाथि बसले ठक्कर दिँदा दुईको मृत्यु, आठ घाइते
|
सेतोपाटी संवाददाता झापामा मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।, बिर्तामोड ६ स्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटी र मोटरसाइकल ठक्कर खाँदा शनिबार साँझ एक जनाको मृत्यु भएको हो।, पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको रातो रङको पल्सर मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–०१४ प ६००७ नम्बरको स्कुटीसँग ठक्कर खाएको थियो।, दुर्घटनामा स्कुटी चालक मेचीनगर १० बस्ने ४२ वर्षीय डिल्ली कार्की, उनका छोरा १६ वर्षीय मनिष कार्की र अर्का मोटरसाइकलको पछाडि सवार हल्दिबारी ४ का २१ वर्षीय पिजेश लामा घाइते भएको प्रहरीले जनाएको छ।, घाइतेमध्ये स्कुटीको पछाडि सवार मनिष कार्कीको उपचारका क्रममा बिएण्डसी अस्पतालमा राति ९ बजे मृत्यु भएको झापा प्रहरीका प्रवक्ता राकेश थापाले बताए।, घाइते अन्य दुई जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।, दुर्घटनामा संलग्न हल्दिबारी ४ बस्ने २५ वर्षीय नरेश तामाङ फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।,
स्कुटर र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु
|
सेतोपाटी संवाददाता ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, छ जना घाइते छन्।, गए राति मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको थियो।, बिरामी लिएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ जाँदै गरेको एम्बुलेन्स ताप्लेजुङको मिल्केडाँडामा दुर्घटनामा परेको हो।, दुर्घटनामा परेर मैवाखोला २ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको छ।, एम्बुलेन्स साँघुरो सडकबाट झन्डै ५० मिटर तल खसेको थियो।,
ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना: एकको मृत्यु, ६ घाइते
|
सेतोपाटी संवाददाता चितवनमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।, शनिबार राति राप्ती नदीको ड्यामसाइड घुम्न गएका व्यक्तिहरु माथि हात्तीले आक्रमण गरेको थियो।, राप्ती-१ घलानचोक बस्ने २८ वर्षका सागर लामाको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।, सोही ठाउँका ३५ वर्षीय कृष्ण लामा र २३ वर्षीय शक्ति गुरुङ पनि ड्याम साइड घुम्न गएका थिए।, हात्तीले लखेटेपछि भागेका सागरको बिहान मकवानपुरको मनहरी-खयरघारीमा शव भेटिएको हो।, हात्तीको आक्रमणबाट कृष्ण लामा पनि घाइते भएका छन्।,
जंगली हात्तीको आक्रमणबाट चितवनका एक युवकको मृत्यु
|
सेतोपाटी संवाददाता मिथिलामा लोक आस्थाको महापर्व छठको तयारी सुरू भएको छ।, मिथिलाको प्राचीन राजधानी रहेको जनकपुरधाममा छठ पर्वको तयारी सुरू भएको हो। जनकपुरका पोखरीहरूलाई अहिले सजाउने कार्य धमाधम भइरहेको छ। जनकपुरका रामायणकालीन पोखरी धनुष सागर, गंगा सागर, अंगराज सरोवरलगायत पोखरीमा भव्य रूपमा छठ पर्व मनाउने गरिएको छ। अहिले विभिन्न पोखरीमा रहेको छठ पूजा समिति तथा स्थानीय युवा क्लबले पोखरी सजाउने काम गरिरहेका छन्।, क्लबहरू स्थानीय स्तरबाट सहयोग जुटाएर पोखरी सजाउने कार्यको अन्तिम तयारीमा लागेको पूजा व्यवस्थापक सुशील कर्णले बताए। उनले ग्रामीण क्षेत्रमा भएका पोखरी, नदी तथा सरोवरहरूको सरसफाइ तथा सौन्दर्यकरणको काम सुरू भएको र गंगा सागर छठ पूजा समितिले गंगा सागरको छेउमा छठका लागि घाट निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाएको पनि जानकारी दिए। पोखरीको चारैतिरका डिलमा करिब चार हजारभन्दा बढी मानिस एकसाथ बसेर छठ पर्व मनाउने सक्ने उल्लेख गर्दै उनले छठ पर्वमा हरेक जातजाति एकै ठाउँमा बसेर मनाउने भएकै कारण यसलाई लोक आस्थाको पर्व भनिएको बताए।, निष्ठापूर्वक ४ दिनसम्म मनाइने छठ पर्व भोलि (सोमबार) ‘नहाय खाए’ विधिबाट सुरु गरिन्छ। छठ पर्व अत्यन्तै निष्ठापूर्वक मनाइने भएकाले यसलाई सबैभन्दा कठोर पर्वको रूपमा समेत लिने गरिएको छ। यस पर्वमा व्रतालुले पहिलो दिन ‘नहायखाए’ गर्छन् भने दोस्रो दिन खरना, तेस्रो दिन डुब्दै गरेको र चौंथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिने चलन छ।,
छठको तयारी सुरू, सजाउन थालियो जनकपुरका पोखरी
|
एजेन्सी न्युजिल्यान्डमा आजदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू भएको छ। स्टफ न्युज साइटका अनुसार गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशत बहुमतका साथ उक्त कानुन पास भएको थियो।, न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले कडा मापदण्ड बनाउँदै आजदेखि इच्छा मृत्युको सेवालाई वैधानिकता दिएको हो। इच्छा मृत्यु वरण गर्न १८ वर्ष पुगेको हुनुपर्ने पहिलो सर्त छ। कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने छन्। यो प्रक्रियाका लागि कम्तीमा दुई जना चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ।, इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।, बिबिसी हिन्दीका अनुसार स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्ग, क्यानडा, अष्ट्रेलिया र कोलम्बियामा पनि इच्छा मृत्यु वरण गर्न पाउने कानुन छ। तर ती मुलुकले इच्छा मृत्युका लागि फरक-फरक मापदण्ड बनाएका छन्।, ,
न्युजिल्यान्डमा आजदेखि लागू भयो इच्छा मृत्यु रोज्न पाउने कानुन
|
नारायण खड्का सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ।, सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटना परी सात जनाको मृत्यु भएको पुष्टि गरेका छन्। बस सडकबाट २ सय मिटर तल खसेको छ।, ‘घटनास्थलमै पाँच जनाको मृत्यु भइसकेको छ,’ डिएसपी थापाले सेतोपाटीसँग भने, ‘उद्धार गरी श्रीनगर लगिएका थप दुई बालबालिकाको पनि मृत्यु भएको खबर छ।’, थापाले आफू घटनास्थलमै रहेको र घाइते यात्रुको उद्धार भइरहेको बताए।, ‘घाइतेको संख्या धेरै छ,’ उनले भने, ‘हामी उद्धार गरी अस्पताल पुर्याउँदै छौं।’ बसमा ३० जना यात्रु रहेको बताइएको छ।, सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।, बस दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको हो। प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए।,
सल्यानबाट दाङ आउँदै गरेको बस दुर्घटना
|
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिबाट १६ जना जुवाडे पक्राउ परेका छन्। , चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ पुरानो नैकापस्थित शंकर थापाको घरबाट १६ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। , जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले १६ जनालाई शनिबार राति पक्राउ गरेको हो।, उनीहरूबाट चार लाख ४३ हजार ३ सय रुपैयाँ बरामद गरेको छ। , प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ। ,
चन्द्रागिरिबाट ४ लाख ४३ हजार नगदसहित १६ जुवाडे पक्राउ
|
नारायण खड्का सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।, सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटनामा परी ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। बस सडकबाट २ सय मिटर तल खसेको छ।, थापाले आफू घटनास्थलमै रहेको र घाइते यात्रुको उद्धार भइरहेको बताए।, ‘घाइतेको संख्या धेरै छ,’ उनले भने, ‘हामी उद्धार गरी अस्पताल पुर्याउँदै छौं।’ बसमा ३० जना यात्रु रहेको बताइएको छ। १८ जना घाइतेको सल्यानमा उपचार भइरहेको छ।, सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।, बस दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको हो।, प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए।, एक मृतकको सनाखत, प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार जिल्ला अस्पताल सल्यानमा छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वलीको मृत्यु भएको छ।, ‘यहाँ आठ जना घाइतेहरु ल्याएकोमा एक जनाको मृत्यु भएको छ,’ उनले भने।,
सल्यानमा बस दुर्घटना, कम्तीमा ९ जनाको मृत्यु
|
द न्यूयोर्क टाइम्स लागुऔषध हेरोइन तस्करी गरेको भन्दै बाह्र वर्षदेखि जेलमा रहेका एक मलेसियन नागरिकलाई सिंगापुरले अर्को साता मृत्युदण्ड दिने भएको छ। मानवअधिकारकर्मीहरूले उक्त मृत्युदण्ड रद्द गर्न सिंगापुर सरकारसँग आग्रह गरेका छन्।, ३३ वर्षका नागेनथ्रन धर्मलिंगम सन् २००९ मा पक्राउ परेका थिए। साढे एक औंस अर्थात् ४२ ग्रामभन्दा बढी हेरोइन तिघ्रामा बाँधेर मलेसियाबाट सिंगापुर प्रवेश गर्न खोजेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो। धर्मलिंगमलाई आउँदो बुधबार फाँसी दिने तय भएको छ।, मृत्युदण्डको दिन नजिकिएसँगै मलेसियामा विरोध प्रदर्शन सुरू भएको छ। मृत्युदण्ड खारेज गरिपाऊँ भन्दै अनलाइनमार्फत् हस्ताक्षर संकलन भइरहेको छ। अहिलेसम्म ५२ हजारभन्दा बढीले हस्ताक्षर गरेका छन्।, ‘धर्मलिंगमलाई सुनाइएको मृत्युदण्डबाट सिंगापुरको न्यायिक प्रणाली बौद्धिक रूपले अक्षम व्यक्तिहरूको सुरक्षा र हित संरक्षण गर्न असफल छ भन्ने देखाउँछ,’ अनलाइन याचिकामा भनिएको छ।, सिंगापुर सरकारले अदालती निर्णयको बचाउ गर्दै मलेसियन नागरिक धर्मलिंगममाथि लागेको आरोपमा निष्पक्ष सुनुवाइ भएको बताएको छ।, करिब ६० लाख जनसंख्या भएको सिंगापुर प्रतिव्यक्ति आम्दानीका आधारमा दक्षिणपूर्वी एसियाकै सबभन्दा धनी देश हो। कुनै पनि अपराधमा मृत्युदण्ड दिने कि नदिने भन्नेबारे सिंगापुरमा बहस जारी छ। त्यहाँको कानुनअनुसार हुलदंगा गर्ने र लागुपदार्थ ओसारपसार गर्नेलाई मृत्युदण्ड दिइन्छ।, लागुपदार्थको मामिलामा सिंगापुरको कानुन एकदमै कडा छ। थोरैभन्दा थोरै परिमाणको लागुपदार्थ फेला परे पनि कुनै सहानुभूति राखिँदैन। कानुनअनुसार मृत्युदण्ड दिइन्छ। सिंगापुरले पछिल्लोचोटि सन् २०१९ मा मृत्युदण्ड दिएको थियो। त्यति बेला चार जनाले फाँसीको सजाय पाएका थिए।, धर्मलिंगमलाई हेरोइनसहित सिंगापुर प्रवेश गर्न खोज्दा सीमा सुरक्षाकर्मीले पक्राउ गरेको थियो। उनीसँग बरामद भएको ४२ ग्रामभन्दा बढी हेरोइन ५१० जना प्रयोगकर्तालाई करिब एक साता आपूर्ति गर्न पुग्ने प्रहरीले जनाएको छ।, सन् २०१० देखि चलिरहेको सुनुवाइ क्रममा धर्मलिंगमले सुरूमा आफूलाई लागुपदार्थ ओसार्न बाध्य पारिएको बयान दिएका थिए। पछि उनले आफूलाई पैसाको खाँचो परेकाले स्वेच्छाले लागुपदार्थ ओसारेको बयान दिए। त्यसपछि सिंगापुर अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो।, उनले सन् २०१५ मा मृत्युदण्ड सजायलाई आजीवन कारावासमा बदल्न अदालतसमक्ष अपिल गरेका थिए। धर्मलिंगमको बौद्धिक क्षमता स्तर औसतभन्दा कम भएकाले यस्ता व्यक्तिलाई अन्तर्राष्ट्रिय कानुनअनुसार मृत्युदण्ड दिन नमिल्ने वकिलहरूको तर्क छ।, बौद्धिक क्षमता परीक्षण गर्दा धर्मलिंगमको सामान्य ज्ञान स्तर ६९ पाइएको थियो। अन्तर्राष्ट्रिय रूपमा सामान्य ज्ञानको स्तर ७० हुनुपर्ने मान्यता छ। त्योभन्दा कम सामान्य ज्ञान भएको मान्छे आफूले गरेका काम सही हो कि गलत भनी छुट्टयाउन असमर्थ हुने वकिलहरूको भनाइ छ।, यही आधारमा धर्मलिंगमलाई हेरोइन बोकेर सिंगापुर प्रवेश गर्नु गैरकानुनी हो भन्ने थाहा नभएको वकिलहरूले जिकिर गरेका छन्।, सिंगापुर अदालतले भने वकिलहरूको तर्क स्वीकार गरेन। उनको अपिल २०१७ मा अदालतले खारेज गरिदियो।, सामान्य ज्ञान जति भए धर्मलिंगमलाई आफूले गरेको काम गैरकानुनी हो भन्ने राम्ररी थाहा भएको र उनी आफैंले पैसा खाँचो परेर लागुपदार्थ ओसारेको बयान दिएकाले उनी सही–गलत छुट्टयाउन समर्थ रहेको अदालतले भनेको छ।, अदालतले गत महिना उनको परिवारका सदस्यहरूलाई नोभेम्बर १० मा फाँसी दिइने जानकारी गराएको थियो।, मृत्युदण्ड सजायका विरोधीहरूले यसै साता मलेसियाको क्वालालम्पुरस्थित सिंगापुर उच्च आयोगअगाडि विरोध प्रदर्शन गरेका छन्। कूटनीतिक पहलबाट धर्मलिंगमको सजाय कटौती गराउन उनीहरूले मलेसिया सरकारसँग आह्वान पनि गरेका छन्।, ‘यस्तो अमानवीय सजाय सच्याउन र धर्मलिंगमप्रति सहानुभूति देखाउँदै मृत्युदण्ड कटौती गर्न अझै पनि समय छ,’ सिंगापुरस्थित एमनेष्टी इन्टरनेसनलका अनुसन्धाता रेचल होवार्डले भने।, कुनै पनि मानिसको ज्यान लिने गरी सजाय दिनु बर्बरतापूर्ण रहेको उनले बताएका छन्।, सिंगापुरकै मनोचिकित्सहरूले समेत धर्मलिंगमको बौद्धिक स्तर कमजोर रहेको प्रमाणित गरिसकेकाले यस्ता मानसिक रूपले अस्वस्थ व्यक्तिमाथि न्यायिक सहानुभूति राख्न उनले सिंगापुर सरकारसँग अपिल गरेका छन्।,
मलेसियन नागरिकलाई सिंगापुरले फाँसी दिन लागेपछि उत्पन्न तरंग
|
एजेन्सी युरोपेली मुलुक स्पेनमा एउटा अनौठो घटना भएको छ। अफ्रिकी मुलुक मोरोक्कोबाट टर्कीका लागि उडेको एयर अरेबिया मारोकको हवाइजहाजले शुक्रबार साँझ स्पेनिस टापु मालोर्काको विमानस्थलमा आकस्मिक अवतरणका लागि अनुमति माग्यो।, जहाजभित्र यात्रुलाई गम्भीर स्वास्थ्य समस्या आएको उल्लेख गर्दै पाइलटले अनुरोध गरेपछि विमानस्थलका अधिकारीहरूले अवतरणको अनुमति दिए।, जहाज अवतरण भएपछि बिरामी भनिएका यात्रुलाई एम्बुलेन्समा राखेर अस्पताल लगियो। डाक्टरहरूले उनलाई खासै ठूलो समस्या नभएको भन्दै केहीबेर राखेर डिस्चार्ज गरिदिए।, न्युयोर्क टाइम्सका अनुसार त्यतिञ्जेल जहाजभित्र रहेका अरू यात्रुले भने हंगामा गरिसकेका थिए।, उनीहरू जहाजबाट बाहिर निस्किएर विमानस्थलको पर्खाल नाघेर भागिसकेका थिए। बिरामी भनिएका यात्रुसँगै अस्पताल गएका उनका साथी पनि अस्पतालबाट भागेको स्पेनका अधिकारीहरूले जनाएका छन्।, बिरामी यात्रुलाई जहाजमा ल्याउँदा अरू भागिसकेको थाहा पाएपछि विमानस्थलका अधिकारी र चालक दलका कर्मचारी तनावमा परेका थिए। विमानस्थल केही घन्टा बन्द गरिएको थियो। दर्जनौं फ्लाइटलाई डाइभर्ट गरिएको थियो। जहाजमा भएका यात्रु भागेपछि बिरामी परेका भनिएका यात्रुलाई प्रहरीले हिरासतमा लिएको थियो। स्पेनमा पुग्नका लागि उनीहरू सबैले मिलेर बिरामी हुने योजना बनाएका थिए कि थिएनन् भन्ने प्रष्ट भइसकेको छैन।, केही घन्टा उनीहरूको खोजी गरे पनि फेला नपरेपछि उपलब्ध यात्रु बोकेर जहाज इस्तानबुलका लागि उडेको थियो।, भागेका २४ मध्ये अहिलेसम्म १२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने बाँकी १२ जनाको खोजी गरिरहेको छ।, मोरोक्कोबाट स्पेननजिकै छ। आप्रवासीहरू ज्यान जोखिममा राखेर समुद्री बाटो हुँदै स्पेन पुग्न प्रयास गरिरहेका हुन्छन्। त्यस्ता प्रयासलाई रोक्न स्पेन सरकारले विभिन्न तरिका अपनाउँदै आएको छ।, जहाज नै इमर्जेन्सी ल्यान्डिङ गराए स्पेन छिर्ने यो तरिका भने नौलो हो।,
‘इमर्जेन्सी ल्यान्डिङ’ भएको जहाजबाट यात्रुहरू भागेपछि…
|
लक्ष्मी गारु/रासस तिहारको चौथो दिन कात्तिक शुक्ल प्रतिपदाको अवसर पारेर आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्ह पूजा मनाउँदैछन्।, आफ्नो आत्मालाई चिनेर आत्म शुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकारलाई नाश गरेर ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित नेवार समुदाय म्ह पूजा मनाउने गर्छन्।, म्ह पूजाका लागि नेवार समुदाय बिहानैदेखि घर सफा गर्ने र विभिन्न पकवान तयार गरी म्ह पूजाको तयारी गर्छन्। साँझ मनाइने म्ह पूजाका लागि सुरूमा मण्डप बनाउने स्थानमा रातो माटोले लिपेर चोखो पानी छर्किइन्छ। पानीको मण्डल बनाई त्यसको माथि तेलको मण्डल र तेलको माथि भुइसिन (सुन्तला रङको) मण्डल बनाइन्छ। अनि चामलको पिठोको मण्डल बनाई त्यसलाई कालो भटमास, आख्य (धानको बोक्रा निकालेर तयार गरेको कालो चामल), लावा, मासको गेडाले सजाई मण्डप तयार गरिन्छ। त्यसको माथि खेलुइता (टुप्पीदेखि चिउँडोसम्मको नापमा बनाइएको मलमल कपडा) को बत्ती राखिन्छ।, घरका सदस्य क्रमशः घरको मूलीदेखि लस्करै मण्डल अगाडि पारेर बस्छन्। मण्डलमा बिमिरो, भोगटे, सुन्तला, केरा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, वयरलगायतका फलफूल सजाइन्छ। त्यसको माथि कोखा (काँचो धागोमा पञ्चरङ्गीन कपडाको टुक्रा राखेर बनाइएको माला), फूलको माला र सयपत्री फूल राखिन्छ। , म्ह पूजा गर्दा पहिले घरको मूलीभन्दा माथि मण्डलमा सुकुण्डा बालेर चामलको पिठोबाट बनाइएको गणेश पूजा गरी सुरू गरिन्छ। यो पूजा घरको नकी (मूली महिला) ले गर्ने परम्परा छ। यो पूजा गर्दा प्रत्येकलाई देवीदेवतालाई जस्तै विधिवत्रूपमा पूजा गरी खेलुइता बालेर शरीरको तीन अङ्ग घुँडा, कुम र टाउकोमा तीन ओटा मुटुमारी (चामलको रोटी), पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर, ताय, जुङ्गेधान, आँखे आदि राखेर तीन पटकसम्म टाउकोमा ढोगाएर मण्डलमा जाने गरी कुल (काठको पाठी) ले खन्याई म्ह पूजा गरिन्छ। म्ह पूजा गर्दा खेलइता निभाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ। , पूजा सकिएपछि क्रममा बिमिरो, कोखा, फूलको माला र सयपत्री फूलसहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउकोमा फूल राखिन्छ। त्यसपछि खेलुइता ननिभेकै बेला नकीले तलदेखि लक्ष्मी पूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बढारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ। रातभरि त्यतिकै छोडेर भोलिपल्ट बिहानै खोलामा लगेर सेलाइन्छ।, म्ह पूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकीबाट खेःसगं (अन्डा सगुन) लिने परम्परा छ। नेवार समुदायमा हरेक शुभकार्यमा सगुन लिने दिने प्रचलन छ। खेःसगं दिँदा अन्डा, माछा, बारा र मदिरा दिइन्छ। यसरी खेःसगं लिइसकेपछि विभिन्न पकवान राखेर भोज खाने प्रचलन छ। भोज खाइसकेपछि सलादका रूपमा बिमिरो काटेर भोज समापन गरिन्छ।, म्ह पूजा गर्दा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गर्नसक्ने ज्ञान प्राप्त हुने जनविश्वास छ। साथै शरीरमा कुनै रोग व्याधि नलागोस्, सधैँ स्वस्थ रहोस् भन्ने कामनासमेत गरिन्छ। म्ह पूजा गर्नुको अर्को उद्देश्य जीवनमा पाप कर्म गर्न नपरोस् भनी बलिराजालाई साक्षी राखेर प्रतिज्ञा गर्नु पनि रहेको संस्कृतिकर्मी बताउँछन्।, सामान्यतया समाजशास्त्र र प्राकृतिक दृष्टिकोणले म्ह पूजा भन्नाले आत्मपूजाका रूपमा लिन सकिने पुरोहित तथा संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताए। ‘मानव समाजमा आत्माभन्दा ठूलो केही पनि छैन। यही आत्मालाई शान्ति र सन्तुष्टि मिलोस्। यसले सारा जगत्मा ज्ञानको ज्योति फैलाओस् भनी यो पूजा गरिन्छ’, उनले भने, ‘आत्मसन्तुष्टि नै सबभन्दा ठूलो सन्तुष्टि हो। त्यही भएर हामी यमपञ्चकको समयमा काग, कुकुर, गाई, गोरुको पनि पूजा गर्छौं।’ , म्ह पूजा मानव सभ्यता, संस्कृति, धार्मिक र आध्यात्मिक पक्षसँग मात्र नभई मानव विकासक्रमसँग जोडिएको उनको कथन छ। ‘हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ। पञ्च प्रकारको रूपमा लिँदा अण्डालाई मैथुनका रूपमा लिइन्छ। जसमा प्राण छ, प्राण भएपछि सृष्टि हुन्छ जसले गर्दा मानव सभ्यताको विकासक्रममा यसले सहयोग पुर्याएको छ,’ उनले भने।, इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले आफूलाई चिनेर सारा संसारलाई चिन्नका लागि म नै भगवान्, म नै ब्रह्माण्ड, मैले सारा जगत्को कल्याण गर्नसक्छु, संसारमा ज्ञानको ज्योति फैलाउन सक्छु भनेर आफू र आफ्नो आत्मालाई गरिने ज्ञानको प्रतीक पूजा नै म्ह पूजा रहेको बताए।, ‘म्ह पूजा यमपञ्चकको चौथो दिनमा गरिन्छ। त्यसको अघिल्लो दिन अर्थात् औँसीको दिन लक्ष्मी पूजा पर्छ जुन दिन कोजाग्रत पूर्णिमादेखि औँसीसम्म गरिने १६ लक्ष्मीको पूजा सम्पन्न गरिन्छ। यही सम्पन्ताको प्रतीकस्वरुप गरिने पूजा नै म्ह पूजा हो,’ उनले भने।, प्राडा श्रेष्ठले अगाडि भने, ‘म्ह पूजा नेवार समुदायको प्राचीन पर्व हो। नेपाल मण्डलका नेवार समुदायले प्राचीन समयदेखि यसलाई मौलिक पर्वका रूपमा मनाउँदै आएको छ। यो पर्वमा अन्धकारलाई नाश गरेर बत्ती बालेर आफू र आफ्नो आत्मालाई मात्र नभएर सम्पन्नताको प्रतीक दैनिक जीवनमा प्रयोग हुने चुलो, कुचो, नाङ्लो, गाग्री, करुवा, सिलौटा लगायत पूजा गरी म्ह पूजा पर्व मनाइन्छ।’, यसै दिन पारेर नेवारले नयाँ सम्बतसमेत मनाउँछन्। म्ह पूजाको दिन शंखधर साख्वा:ले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्ता गरी ऋणबाट मुक्त गराएको भनाइ छ। म्ह पूजाकै अवसर पारेर शंखधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल सम्बत सुरू भएको कथन पाइन्छ।, एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एक जना प्रख्यात ज्योतिषीले शुभ मुहुर्तमा विष्णुमती र भद्रमतीको बीचमा रहेको चंखुतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ती चढाउँछ। त्यसैनुसार चार जना भरियालाई राजा आनन्द देवले गोप्य रूपमा चंखुतीर्थमा बालुवा लिन पठाउँछन्।, ती भरियाहरू बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शंखधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनुको कारण खोज्न थाले। उनले बालुवामा केही रहस्य भएको शंका गरी। ती भरियालाई लोभमा पारेर थप ज्याला दिई बालुवाका भारी आफ्नो घरमा खन्याउन लगाए र भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाए।, भोलिपल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शंखधरले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर त्यो सुनबाट दुनियाँको ऋण चुक्ता गरी आफ्नो नाउँबाट नयाँ सम्बत चलाए। त्यसैको खुसियालीमा आज पनि म्ह पूजाकै दिन पारेर नेपाल सम्वतलाई धुमधामका साथ मनाउन थालिएको हो।, कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरूआत गर्ने परम्परासमेत काठमाडौंमा अझै छ।,
यसरी मनाइँदैछ आत्म शुद्धि गर्ने म्ह पूजा
|
सेतोपाटी संवाददाता दाङ, कात्तिक १९, बसको छतबाट खसेर घाइते भएका सल्यानका एक ब्यक्तिको दाङमा उपचारका क्रममा मृत्यु भएको छ। , सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नं. ३ का ३४ वर्षीय रविन्द्र बोहोरा बिहीबार बेलुका ६ बजेतिर समान झार्ने क्रममा बसको छतबाट खसेर गम्भीर घाइते भएका थिए। , उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राति ११:२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोबिन्दबहादुर थापाले जानकारी दिए। , सल्यानको श्रीनगरबाट तिहारको लागि किनमेल गरेर गएका बोहोरा घरमा पुगेपछि सामान झार्ने छतमा चढेको समयमा त्यहीँबाट लड्न पुगेको डिएसपी थापाले बताए। , आफू बस भित्र सिटमा बसेर गएका बोहोरा घर पुगेपछि तिहारका लागि किनमेल गरि ल्याएको सामान निकाल्न जाँदा साबधानी नअपनाउनुकै कारण छतबाट लड्न पुगेको देखिएको डिएसपी थापाले जानकारी दिए।,
बसको छतबाट खसेर मृत्यु
|
सेतोपाटी संवाददाता यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ।, नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो।, प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सवा६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ। गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो। गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो।, विगतका वर्षहरूमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ। यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शुन्यमा झरेको छ।, यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो।, चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ। यो डिमाण्ड गत असोज १० गतेको हो। सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत माग १७५८.८ रेकर्ड गरिएको छ। यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमाण्ड हो।, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकहरु विश्वप्रकाश गौतम, कपिल आचार्य,कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोलीले स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो। , यस वर्षमा लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ। प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ति बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो।, प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो। ,
लक्ष्मीपूजाको रात प्राधिकरणले सोचेजति खपत भएन बिजुली, ४८ मेगावाट पठाइयो भारत
|
नारायण खड्का रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-८ स्थित वीरबहादुर खड्काको घरबाट कात्तिक १५ गते नगद र गरगहना चोरी भयो।, परिवारका सदस्यभित्रै बसेर खाना खाइरहेका बेला माथिल्लो तलाबाट साढे नौ तोला सुनका गरगहना, ५० हजार नगद र दश हजार बराबरको रिचार्ज कार्ड चोरी भएको थियो।, घटना हुँदा रात छिप्पिसकेको थिएन। घरको माथिल्लो तलाबाट चोरी भएपछि पीडितले स्थानीय सोलावाङ प्रहरी चौकीमा जानकारी दिए।, आशंकाको आधारमा एक जना स्थानीय १५ वर्षीया किशोरीलाई अनुसन्धानका लागि कात्तिक १७ गते प्रहरीले नियन्त्रणमा लियो। त्यसको दोस्रो दिन बिहानै अँध्यारोमा खड्काको घरमा झन्डै नौ तोला सुनका गरगहना झोलासहित कसैले ढोकामा लगेर राखिदिएको अवस्थामा फेला परे।, चोरी भएको गरगहनामध्ये एउटा आधा तोलाको तिलहरी भने फेला नपरेको खड्का परिवारले प्रहरीलाई बताएको छ।, जिल्ला प्रहरी प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठले खड्काको घरबाट चोरी भएको नगद ५० हजार र दश हजार बराबरको रिचार्ज कार्ड अझै फेला नपरेको जानकारी दिए।, कान्लामा गाडेको रकम फेला, मुसिकोट नगरपालिका-१२ थारकोट बुडेरीका लोकबहादुर पुनको घरबाट गत असोज २५ गते घरमा कोही नभएको मौका छोपी चोरले चार लाख ९९ हजार नगद र एक लाख बराबरको रिचार्ज कार्ड चोरेर लगेका थिए। पक्राउ परेकी ती किशोरीलाई सोधपुछ गर्ने क्रममा पुनको घरबाट उनैले चोरी गरेको खुल्न आएको डिएसपी श्रेष्ठले सेतोपाटीलाई बताए।, उनलाई सोधपुछ गर्दा सोही वडाको थारकोट डाँडा भन्ने स्थानमा बाटोमुनि कान्लामा प्लाष्टिकले बेरेर लुकाएर राखेको बयान दिइन्। प्रहरीले ती किशोरीलाई सँगै लगेर कात्तिक १७ गते नगद ८८ हजार कान्लामुनि लुकाएको अवस्थामा फेला पार्यो।, त्यसपछि किशोरी बस्ने घरबाट थप १७ हजार पाँच सय ३२ रुपैयाँ र ३० वटा रिचार्ज कार्ड फेला परे।, डिसएसपी श्रेष्ठका अनुसार ती किशोरीलाई सोधपुछ गर्दै जाँदा कात्तिक १९ गते फेरि प्रहरीले थारकोटस्थित उनको मामाको घरनजिकै मकैको नलको थुप्रोमा लुकाएर राखेको अवस्थामा ८९ हजार नगद फेला पार्यो। योसँगै २३ वटा एक सय रूपैयाँ पर्ने रिचार्ज कार्ड पनि फेला परेको डिएसपी श्रेष्ठले जानकारी दिए।, घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी श्रेष्ठले बताए।, ‘ती किशोरी विश्वासै नगर्ने गरी चोरी कार्यमा संलग्न रहेको देखियो,’ डिएसपी श्रेष्ठले भने, ‘खड्काको घरबाट नगद र सुनका गरगहना चोरीमा उनको संलग्नता छ कि भनेर अनुसन्धान भइरहेको छ।’, डिएसपी श्रेष्ठका अनुसार ती किशोरीका बुवा-आमा रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् भने उनी मामाको घरमा बस्दै आएकी छन्।, ‘ती किशोरीले किन यसरी लाखौं नगद र गरगहना चोरी गरेकी हुन भन्नेबारे प्रहरीले अनुसन्धान गर्ने छ,’ डिएसपी श्रेष्ठले भने।, नाबालिका भएको हुँदा ती किशोरीको नाम भने प्रहरीले गोप्य नै राखेको छ।,
चोरी आरोपमा पक्राउ परिन् १५ वर्षीया किशोरी, कान्ला र मकैको नलमुनि भेटियो झन्डै दुई लाख रुपैयाँ
|
सेतोपाटी संवाददाता रुकुम पश्चिममा एक जना वडाध्यक्षसहित पाँच जुवाडे पक्राउ परेका छन्। मुसिकोट नगरपालिका वडा नं. १३ का वडाध्यक्ष दीपक केसी बिहीबार जुवाखालबाट पक्राउ परेका हुन्।, उनीसँगै ४३ वर्षीय उत्तम खड्का, ३१ वर्षीय तोयाराम वली, ३३ वर्षीय युगल पुन र ३४ वर्षीय कमल बुढालाई पनि प्रहरीले पक्राउ गरेको छ।, ४० वर्षीय केसी नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्। पक्राउ परेका वली सरकारी कर्मचारी हुन्।, उनीहरूको साथबाट जुवा खेल्न प्रयोग गरिएको कौडा र एक लाख आठ हजार दुई सय ९० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठ श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।, गोप्य सूचनाको आधारमा मुसिकोट नगरपालिका वडा नं. १ मठस्थित उत्तम खड्काको घरमा राति साढे ११ बजे छापा हान्दा वडाध्यक्ष केसीसहित पाँच जना जुवाको खालबाट पक्राउ परेको डिएसपी श्रेष्ठले जानकारी दिए।, पक्राउ परेकाहरूलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कानुनी कारबाही सुरू गरिने डिएसपी श्रेष्ठले बताए।,
वडाध्यक्ष र सरकारी कर्मचारी जुवाखालबाट पक्राउ
|
नवीनबाबु गुरूङ प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल सम्बत ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्बतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।, नयाँ वर्षको स्वागतमा आज काठमाडौं, भक्तपुर, ललितपुरलगायत नेवार बस्ती भएका देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरिएको छ। परम्परागत नेवारी पहिरनमा सजिएका युवा-युवतीले र्यालीसमेत निकालेका छन्। , राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको सुरूआत गराएको इतिहास छ।, नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्बतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए।, 'लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरू नेपाल सम्बत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्बतका रूपमा चलेको थियो, लिच्छविकालअघि शक सम्बत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्बत हो,' उनले भने।, विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्बतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो। नेपाल सम्बतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा लगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ।, गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्बत चलाएको कदर गर्दै २०५६ को नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए।, विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्बतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।, म्ह पूजासँग जोडिएको एउटा किम्बदन्ती पनि छ।, एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एक जना प्रख्यात ज्योतिषीले शुभ मुहुर्तमा विष्णुमती र भद्रमतीको बीचमा रहेको चंखुतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ती चढाउँछ। त्यसैनुसार चार जना भरियालाई राजा आनन्द देवले गोप्य रूपमा चंखुतीर्थमा बालुवा लिन पठाउँछन्।, ती भरियाहरू बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शंखधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनुको कारण खोज्न थाले। उनले बालुवामा केही रहस्य भएको शंका गरी। ती भरियालाई लोभमा पारेर थप ज्याला दिई बालुवाका भारी आफ्नो घरमा खन्याउन लगाए र भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाए।, भोलिपल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शंखधरले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर त्यो सुनबाट दुनियाँको ऋण चुक्ता गरी आफ्नो नाउँबाट नयाँ सम्बत चलाए। त्यसैको खुसियालीमा आज पनि म्ह पूजाकै दिन पारेर नेपाल सम्बतलाई धुमधामका साथ मनाउन थालिएको हो।, कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरूआत गर्ने परम्परा समेत काठमाडौंमा अझै छ।, हेर्नुस् तस्बिरहरू, ,
यसरी स्वागत गरियो नेपाल सम्बतको नयाँ वर्षलाई (तस्बिरहरू)
|
दिपकजंग शाही चार वर्षअघि नेपाली सेनामा भर्ती भएका रविन राना मगर रूकुम पश्चिमको सैनिक गणमा कार्यरत थिए। उनी तिहारको विदा लिएर बिहीबार लक्ष्मीपूजाको दिन सुर्खेतको भेरीगंगा नगरपालिका–१२, छिन्चुस्थित आफ्नो घर पुगेका थिए।, रविन घर पुग्दा बिहानको करिब ५ बजेको थियो।, चिया–नास्ता खाइसकेपछि उनले आफ्नी दिदी रानी राना मगरलाई लिएर भाइटीकाको किनमेल गर्न वीरेन्द्रनगर, सुर्खेत जाने योजना बनाए।, सेनामा जागिर खाएयता उनी दिदीलाई लिएर पहिलोपटक भाइटीकाको किनमेलमा जाँदै थिए।, दिउँसो पौने १ बजेतिर दिदी-भाइ स्कुटरमा छिन्चुबाट सुर्खेततिर लागे। कर्णाली प्रदेश ०२०० प ७६६९ नम्बरको स्कुटर रविनले चलाएका थिए, दिदी पछाडि बसेकी थिइन्।, छिन्चु र वीरेन्द्रनगरको बीचमा भेरी नदी छ। नदी तरेर वीरेन्द्रनगर-११ मा पर्ने ठूलो व्युरेनी पुग्नासाथ रविन र उनकी दिदी सवार स्कुटरलाई एउटा मालवाहक ट्रकले ठक्कर दियो। कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको उक्त ट्रक जुम्लाबाट नेपालगन्ज जाँदै थियो।, दिदीसँग भाइटीकाको किनमेलमा हिँडेका रविनको घटनास्थलमै मृत्यु भयो। दिदी रानी घाइते छिन्। प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ। कर्णाली प्रदेश अस्पतालको आइसियूमा उनको उपचार भइरहेको छ।, 'तिहारमा दिदीको हातबाट टीका लगाउन आएको हो, त्यही बेला दिदीलाई सपिङ पनि गराइदिन्छु भनेर वीरेन्द्रनगर लिएर गएको,' रविनको काकी पर्ने सावित्री सिंहले बिहीबार राति सेतोपाटीसँग भनिन्, 'बाटोमा यस्तो घटना भयो, तिहार बेला दु:ख आइपर्यो।', उनका अनुसार २६ वर्षीय रविनले दसैंमा भागी विवाह गरेका थिए। पुसाइँ (फुपाजु) बितेको एक वर्ष नपुगेको भएर घरमा भित्र्याएका थिएनन्। रविनका बुवा छैनन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनी फुपू र पुसाइँसँगै बस्थे। भगाएर ल्याएको श्रीमतीलाई छिन्चुमै कोठा लिएर राखेका थिए।, 'गणबाट विदा लिएर हिँडेको त बुधबारै रहेछ। छिन्चुमा एक रात बसेर भोलिपल्ट बिहान मात्र घर आएछ। आउनेबित्तिकै आफ्नो गणमा खबर पनि गरेछ,' काकी पर्ने सिंहले भनिन्, 'यसपालि भाइटीकामा दिदीको हातबाट टीका लगाउनुअघि केही सपिङ गरिदिन्छु भनेर दिउँसो दिदी-भाइ वीरेन्द्रनगर गएका रहेछन्।', नजिकका आफन्त कुमार पुनका अनुसार रविनको दरबन्दी नवलपरासी हो। उनी तालिम सिलसिलामा रूकुम पश्चिम गण आएका थिए। उपचाररत रानी छिन्चुमै रहेको छिन्चु बोर्डिङ स्कुलमा माध्यमिक तहलाई पढाउँछिन्। उक्त स्कुल कुमार पुनकै हो।, २९ वर्षीया रानीले अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी छन्। उनको विवाह नभएको पुनले जानकारी दिए।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटना गराउने मालवाहक ट्रक चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।,
दिदीलाई लिएर भाइटीकाको किनमेल गर्न जाँदा बाटैमा भयो यस्तो घटना
|
एजेन्सी भारतको राजधानी नयाँदिल्ली शुक्रबार संसारकै बढी प्रदुषित वायु भएको सहर बनेको छ। बिहीबार राति लक्ष्मीपूजा र दिपावलीको अवसरमा पड्काइएका पटकाका कारण दिल्लीको वायुमा प्रदुषणको मात्राले खतराको तह पार गरेको हो।, समाचार संस्था रोयटर्सका अनुसार शुक्रबार बिहानदेखि दिल्लीको आकाश तुँवालोले ढाकेको छ भने दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ४५१ पुगेको छ। , सरकारले पटाका पड्काउन प्रतिबन्ध लगाए पनि त्यसको कार्यान्वयन नहुँदा दिल्लीसहित भारतका अरू सहरमा पनि वायु प्रदुषण बढेको हो। , स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार शुक्रबार दिउँसो दिल्लीको एयर क्वालिटी इन्डेक्स ३९२ छ। , एक्वुआई ५० हुनु राम्रो मानिन्छ। ० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ।, एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानु चाहिँ घातक हो।,
दिपावलीको अर्को दिन दिल्ली बन्यो संसारकै प्रदुषित वायु भएको सहर (तस्बिरहरू)
|
युवराज श्रेष्ठ रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम ‘जलस्रोत' सुनेर कास्की, ताङतिङका जसबहादुर गुरूङले गाउँमा बिजुली बाल्ने सपना देखे।, यो आजभन्दा ३३ वर्षअघि २०४५ सालको घटना हो।, लघुजलविद्युत आयोजना बनाउन सरकारले दिने अनुदान र प्रक्रियाबारे रेडियोबाट जानकारी पाएपछि जसबहादुरले गाउँका अरू दुई जना साथीसँग सल्लाह गरे। साथीहरू थिए, गमबहादुर गुरूङ र बलराम सापकोटा।, उनीहरू रेडियो सुनेको भरमा ताङततिङबाट एक दिन हिँडेर गगनगौंडास्थित कृषि विकास बैंकको कार्यालय पुगे। गाउँमा बगेर गइरहेको घट्टेखोलाबाट बिजुली निकालेर गाउँ झिलिमिली बनाउन चाहेको उनीहरूले बताए।, बैंकका कर्मचारीले लघुजलविद्युत आयोजना बनाउन अपनाउनुपर्ने सबै प्रक्रिया बताइदिए। बुटवलस्थित एउटा कम्पनीसँग सम्पर्क पनि गराइदिए।, बैंकका कर्मचारी र लघुजलविद्युत आयोजना बनाउने कम्पनीका कर्मचारीले जसबहादुरको सपना पूरा गरिदिने अठोट लिए र त्यसका लागि गाउँलेहरूको सहयोग जुटाउने जिम्मा जसबहादुरले बोके। गाउँका तत्कालीन प्रधानपञ्च देवीजंग गुरूङ सकारात्मक भएपछि गाउँलेको सहयोग जुटाउन गाह्रो परेन। तै पनि ३० वर्षका युवा जसबहादुरले देखेको उज्यालो ताङतिङको सपना गाउँमा कसैले पत्याएका भने थिएनन्।, ‘प्रधानपञ्चले बरू विश्वास गरे तर गाउँलेहरूले पत्याएनन्। कस्तो कस्तो ठाउँमा त बिजुली बलेको छैन, ताङतिङजस्तो ठाउँमा कसरी बिजुली आउँछ भनेका थिए,' उनले सम्झिए।, मादी गाउँपालिका–२ मा पर्ने ताङतिङ कास्कीको उत्तरी भेगमा पर्छ। पोखराबाट एक दिन हिँडेर गाउँ पुग्नुपर्थ्यो। गाउँलेहरूले पोखरा पुग्न र फर्कन एक-एक दिन गरी दुई दिन लगाएर मट्टितेल बोक्नुपर्थ्यो, अनि बल्ल टुकीको उज्यालोमा बस्न पाइन्थ्यो।, कृषि विकास बैंक र बुटवलको कम्पनीका अधिकारीहरू जब गाउँमा खोला निरीक्षण गर्न आए, त्यसपछि बल्ल गाउँलेमा आशा पलायो। गाउँ नजिकै ठाडै बगेको घट्टेखोलाबाट बिजुली निकाल्न सकिने प्राविधिकहरूले बताए। बैंकले तत्कालीन सरकारको योजनाअनुरूप ताङतिङमा लघुजलविद्युत आयोजना बनाउन पाँच लाख अनुदान र दुई लाख रूपैयाँ ऋण दियो।, बिजुली बल्ने पक्का भएपछि लघुजलविद्युत आयोजनाका सामान बोक्न र पानीको कुलो खन्न गाउँलेले श्रमदान गरे।गाउँलेहरूले नै लघुजलविद्युतको जेनेरेटर बाँसमा झुन्ड्याउँदै पोखराबाट तीन लगाएर ताङतिङ पुर्याएको जसबहादुर सम्झन्छन्।, ताङतिङलाई उज्यालो बनाउन १२ किलोवाट बिजुली भए पुग्ने प्राविधिकहरूको अनुमान थियो। त्यति नै क्षमताको टर्वाइन ल्याएर जडान गरियो। काम थालेको वर्षदिनमै ताङतिङमा बिजुली बल्यो। पोखराबाट दुरदराजको गाउँ ताङतिङवासी २०४६ सालमा बिजुलीको उज्यालोमा रमाए।, कास्की जिल्लामै पहिलोपटक लघुजलविद्युत आयोजना बनाएर बिजुली बालेको जसबहादुरको दाबी छ। उनका अनुसार उक्त लघुजलविद्युतको उद्घाटन तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य नन्दजंग गुरूङले गरेका थिए।, 'बिजुली बलेपछि विद्यार्थीले टुकीमा बसेर पढ्नुपरेन। ताङतिङमा बलेको बिजुली हेर्न अरू गाउँका मानिस पनि आएका थिए,' जसबहादुरले भने, ‘गाउँमा खुसीको सीमा थिएन, गाउँलेले उत्सव नै मनाएका थिए।', जति बेला ताङतिङमा बिजुली बल्यो, वरिपरिका गाउँ अझै टुकीकै भरमा थिए। अन्धकारमा टाढाबाट हेर्दा गाउँ छ कि छैन भन्ने पनि देखिन्थेन। ताङतिङ भने रात परेपछि झिलिमिली देखिन्थ्यो।, उत्पादित बिजुली लैजान बनाइएका पोल। तस्बिर सौजन्य: प्रकाश गुरूङ, २०५३ सालमा आएर ताङतिङवासीलाई १२ किलोवाट बिजुलीले पुगेन। उनीहरूलाई दोब्बरभन्दा धेरै बिजुली चाहियो।, २०४३ सालमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना 'एक्याप' स्थापना भइसकेको थियो। गाउँगाउँमा संरक्षण शिक्षा शिविर सञ्चालनमा थिए। गाउँलेलाई घाँसदाउरा गर्दा वनजंगल र वन्यजन्तु जोगाउने उपाय एक्यापका अधिकारीले सिकाउँदै थिए। यसका लागि एक्यापले गाउँलेलाई विभिन्न सहयोग गर्दै थिए। ताङतिङवासीले भने थप बिजुली मागे।, एक्यापले घट्टेखोला लघुजलविद्युत आयोजनामै अर्को टर्वाइन किनिदियो। त्यही आयोजनामा २७ किलोवाटको टवाईन जोडियो। २०५३ मा टवाईन जोडेपछि ताङतिङको लघुजलद्युत आयोजना फेरि उद्घाटन भयो। पूर्वराजा ज्ञानेन्द्र शाह हेलिकप्टरमा ताङतिङ पुगेर उक्त आयोजना उद्घाटन गरेको स्थानीय हिमालय माविका प्रध्यानाध्यापक प्रकाश गुरुङले बताए।, त्यसपछि ताङवासीले कृषि विकास बैंकको अनुदानमा किनेको १२ किलोवाटको टर्वाइन नजिकै सेतीखोलाका गाउँलेलाई १ लाख ५० हजार रूपैयाँमा बेचिदिए। उक्त रकम घट्टेखोला लघुजलविद्युत आयोजना समितिले राख्यो। समितिले आयोजना मर्मतसम्भारमा उक्त रकम खर्च गर्थ्यो।, यसबीच गाउँलेहरूले कृषि विकास बैंकसँग आयोजनानिम्ति लिएको ऋण तिर्न बाँकी थियो। उनीहरूले बिजुलीको बल्बअनुसार पैसा उठाए। सय वाटको बल्ब बाल्दा २५ रूपैयाँ उठाएको जसबहादुरले बताए। गाउँमा २५ वाटको चारवटा बल्ब बाल्ने धेरै थिए।, यसरी पैसा उठाएर ऋण तिर्न उनीहरूलाई हम्मेहम्मे पर्यो। जसबहादुर र उनका साथीहरू मिलेर आफैं पैसा उठाएर ऋण तिरे। ‘ऋण नतिरे त बैंकले घर बस्नै दिँदैन नि,' जसबहादुरले भने, ‘हामीले नै पैसा उठाएर बाँकी रकम तिर्यौं।', एक्यापले सहयोग गरेको दोब्बरभन्दा बढी क्षमताको टवाईन चल्न थालेपछि गाउँमा उज्यालोको मात्रा पनि दोब्बर भयो। दुईवटा बत्ती बाल्ने घरले चारवटा बाल्न थाले। कसैले टेलिभिजनसमेत राखे। एक्यापका संरक्षण अधिकारीहरूले खाना पकाउन पनि बिजुली प्रयोग गर्न उक्साउँथे। किनकी उनीहरूलाई वनजंगलको संरक्षण गर्नु थियो। दाउराको प्रयोग घटाउनु थियो।, बिजुलीको उज्यालोमा पढ्न पाउँदा विद्यार्थीको पढाइ पनि राम्रो भएको हिमालय माविका प्रधानाध्यापक प्रकाशले बताए। पोखराबाट दुरदराजको उक्त विद्यालय जिल्लाकै उत्कृष्ट बन्न पुगेको थियो। ‘गाउँमा बिजुली बलेपछि पढाइ राम्रो भयो,' उनले भने, ‘हाम्रो स्कुलले पोखराका स्कुललाई पनि जित्यो।', ताङतिङलाई यसरी उज्यालो बनाएको घट्टेखोला लघुजलविद्युत आयोजना दुई वर्षदेखि बन्द छ। जिल्लाकै पुरानो आयोजनाको विद्युतगृह झाडीले छोपेको छ। टर्वाइनमा पानी लैजाने पाइप बेकामे बनेको छ। विद्युतगृहबाट गाउँमा बिजुली लैजान बनाइएका पोल खियाले ढल्न आँटेका छन्। पोलमा टाँगिएका तारमा बिजुली प्रवाह रोकिएको छ। पानीले घुमाउने टर्वाइन पनि खिया लाग्दै गएको वडाध्यक्ष एकजंग गुरूङले बताए।, उनका अनुसार आयोजना बिग्रिएर होइन, गाउँमा राष्ट्रिय प्रसारण लाइन पुगेकाले आयोजना बन्द हुन पुगेको हो।, त्यस्तै, ताङतिङबाट सेतीखोला लगेको १२ किलोवाटको टर्वाइन पनि अहिले थन्किएको छ। त्यहाँ पनि राष्ट्रिय प्रसारण लाइन पुगिसकेको छ।, जसबहादुर अहिले ६० वर्षका भए। परिवारसहित पोखरामा बस्छन्। बेलाबखत गाउँ गइराख्छन्। गाउँ जाँदा उनी त्यही लघुजलविद्युत आयोजनाको याद गर्छन्। पञ्चायत कालको अन्धकारमा गाउँमा बिजुली बालेर उज्यालो दिएको क्षण सम्झन्छन्।, स्याङ्जाको आँधीखोलामा बन्द लघुजलविद्युत आयोजनाको टर्वाइन। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी, लघुजलविद्युतका बिजुली हामी किन्छौं– प्राधिकरण, नेपाल विद्युत प्राधिकरणले गाउँगाउँमा रहेका लघुजलविद्युत आयोजनाको बिजुली किनिदिने बताएको छ। केन्द्रीय प्रसारण लाइन पुगेका ठाउँमा त्यही लाइनमा लघुजलविद्युत आयोजनाको बिजुली जडान गर्न सकिने प्राधिकरणका गण्डकी प्रमुख केदारराज सिलवालले बताए।, गाउँमा रहेका लघुजलविद्युत आयोजनाको बिजुली जडान गर्न प्राधिकरणले ‘इनर्जी नेटिङ' कार्यविधि बनाएको छ। उक्त कार्यविधिले गाउँका लघुजलविद्युत आयोजनाका बिजुली प्रसारण लाइनमा जोड्न अनुमति दिएको छ। यसका लागि आयोजनामा एउटा छुट्टै मिटर जडान गर्न आवश्यक रहेको सिलवालले बताए।, ‘आयोजनामा जडान गरिएको विशेष प्रकारणको मिटरले प्रसारण प्रणालीमा कति बिजुली खपत भयो भनेर नापजाँच गर्छ,' सिलवालले भने, ‘त्यहीअनुसार लघुजलविद्युत आयोजना चलाएका सामुदायिक संस्थालाई प्राधिकरणले भुक्तानी दिन्छ।', उनका अनुसार केन्द्रीय प्रसारण लाइन पुगेका गण्डकीका केही गाउँका लघुजलविद्युत आयोजनाबाट उत्पादित बिजुली प्रसारण प्रणालीमा जडान गरिएको छ। लघुजलविद्युत आयोजनाका लागि अरू ठूला आयोजनालाई जस्तो प्रसारण लाइन र सबस्टेसन बनाउन आवश्यक छैन। गाउँमा बिजुली बाल्न लगिएको वितरण लाइनमै लघुजलविद्युतका बिजुली जोड्न सकिन्छ। यसरी जडान गर्न एक मेगावाटभन्दा ठूला आयोजनाको हकमा भने प्राधिकरणसँग खरिदबिक्री सम्झौता (पिपिए) गर्नुपर्ने उनको भनाइ छ।, ताङतिङमा लघुजलविद्युत चलाएका उपभोक्ताले पनि गाउँमा खेर गइरहेको घट्टेखोलाबाट नियमित बिजुली निकालेर बेच्न सक्ने उनले जानकारी दिए। यसका लागि उनीहरूले विद्युत प्राधिकरणको प्रदेश कार्यालय पोखरा वा केन्द्रीय कार्यालय काठमाडौंमा निवेदन दिन सक्छन्। प्राधिकरणका प्राविधिकले आयोजनाको स्थलगत अनुगमनपछि मिटर जोड्ने र बिजुली किन्ने सहमति गर्नेछ।, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मात्र देशभर झन्डै २ हजार १ सयवटा यस्ता लघुजलविद्युत आयोजना निर्माण गरिसकेको छ। यी आयोजनाको ३७ मेगावाट बिजुली उत्पादन क्षमता रहेको केन्द्रका सूचना अधिकारी कृष्णचन्द पौडेलले बताए।, केन्द्रका अनुसार प्रदेश १ र ७ मा बनेका ९० प्रतिशत बढी लघुजलविद्युत आयोजना अहिले पनि सञ्चालनमै छन्।, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाहेक सरकारी, गैरसरकारी र सामुदायिक रूपमा अझ धेरै लघुजलविद्युत आयोजना निर्माण भएका छन्। गाउँमा रहेका खोला, खोल्सा र झरनाका पानी सदुपयोग मात्र होइन, लघुजलविद्युतमार्फत सिँचाइ सुविधासमेत पुगेका छन्। यस्ता आयोजना नियमित सञ्चालन गर्न वैकल्पिक ऊर्जा र प्राधिकरणले संयुक्त पहल थालेको पौडेलले बताए।, उनका अनुसार प्राधिकरणले मध्यनेपाल लमजुङमा १०० किलोवाट, धनकुटामा ४० किलोवाट, नुवाकोटमा २३ किलोवाटका आयोजना पनि परीक्षणका रूपमा केन्द्रीय प्रसारण लाइनमा जडान गरिसकेको छ।, ‘गाउँका सानातिना भनिएका आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा एकत्रित गर्दा ठूलो परिमाणमा बिजुली जम्मा हुन्छ,' पौडेलले भने, ‘यसले गाउँलेलाई मात्र होइन, प्राधिकरणलाई पनि फाइदा नै गर्छ।',
६० वर्षीय जसबहादुरको ३३ वर्ष पुरानो बिजुली संघर्ष
|
नवीनबाबु गुरूङ काठमाडौंमा तमु गुरुङ कलाकर संघले देउसी भैलो कार्यक्रम आयोजना गरेको छ।, देशभरबाट आई राजधानी काठमाडौंमा बसोबास गर्दै आएका तमु गुरुङ समुदायको कलाकारहरूको टोलीले काठमाडौंमा देउसी कार्यक्रम गरेको हो। , गुरुङ समुदायको प्रतिनिधित्व गर्दै आ-आफ्नो मौलिक पहिरनमा सजिएका गुरुङ समुदायका कलाकारहरूले देउसी खेलेका हुन्। ,
गोंगबुको देउसी टोलीमा संघकी अध्यक्ष तथा वरिष्ठ गायिका शर्मिला गुरुङले मिठो लयमा देउसी भट्याउँदै थिइन् भने अरू कलाकार स्वरमा स्वर मिलाउँदै देउसी भनिरहेका थिए। ,
गुरुङ समुदायका कलाकारले आ-आफ्नो कला देखाउँदै देउसी खेलेका थिए। आफ्नो मौलिक पहिचान जोगाइ राख्न पनि देउसी- भैलो खेलिएको कलाकारहरूले बताए। , देउसी भैलोमा गुरुङ समुदायको कौडा, चुट्का, सालैजो गीतमा कलाकारहरूले प्रस्तुति दिएका थिए। ,
तस्बिरमा हेर्नुस् काठमाडौंमा गुरुङ समुदायको देउसी-भैलो
|
रासस स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पाँच लाख रुपैयाँ बराबरको फूल बिक्री गरेको छ।, फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल बिक्री गरेर गाउँपालिकाले पाँच लाख आम्दानी गरेको हो।, गाउँपालिकाले वडा नं ७ को बारीचौरमा पाँच र वडा नं ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल १९ रोपनी जग्गा भडामा लिएर सयपत्री फूलखेती गरेको थियो। फूल बिक्रीका लागि कुनै पनि समस्या नभएको र मागअनुसारको फूल पुर्याउन नसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाभित्रै रोजगारी सिर्जना गर्ने योजना अनुसार पहिलो पटक सुरू गरेको व्यावसायिक फूलखेती सफल भएपछि यसलाई सबै वडामा विस्तार गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए।, उनले भने, ‘स्थानीय बासिन्दालाई आवश्यक पर्ने फूलको बीउ, प्राविधिक सहयोगसमेत उपलब्ध गराएर यसलाई फूलैफूलको गाउँपालिका बनाउने योजनाअनुसार हामी काम गर्दैछौं।’, काम गर्ने किसानलाई आवश्यक सहयोग प्रदान गरेर प्रोत्साहन गर्ने कार्यमा गाउँपालिकाले कुनै पनि प्रकारको कन्जुस्याइँ नगर्ने अध्यक्ष थापाले बताए।, किसानले उत्पादन गरेका वस्तु बजारीकरणको जिम्मासमेत गाउँपालिकाले लिने अध्यक्ष थापाको भनाइ छ। कृषिका माध्यमबाटै स्थानीयवासीलाई स्वरोजगार बनाउने योजनाअनुसार गाउँपालिकाले नै पहिलो चरणमा फूल र ड्रागन खेती सुरू गरेको अध्यक्ष थापाले बताए। गाउँपालिकाले लगाएको फूलखेतीबाट पालिकावासीसमेत उत्साहित भएका छन्। पालिकाले लगाएको फूल ग्राहकको मागअनुसार पुर्याउन नकिएकाले आफूहरूलाई समेत यो खेतीतर्फ आकर्षित गरेको कालीगण्डकी-६ का हिराबहादुर गाहाले बताए। व्यावसायिक रूपमा फूलखेती गरेरसमेत मनग्य आम्दानी गर्न सकिने अवस्था गाउँपालिकाले सिर्जना गरेको उनको भनाइ छ।, गाउँपालिकाले सुरु गरेको फूलखेतीबाट करिब ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने पालिकावासीलाई फूलखेतीमा लाग्ने प्रेरणा मिलेको छ। फूलखेतीमा स्थानीयवासीले प्रत्यक्ष रोजगारीसमेत पाएका छन्। फूल रोप्ने कार्यदेखि गोडमेल, फूल टिप्ने, माला बनाउने कामसम्म आइपुग्दा करिब ४०० जनाले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ।, सयपत्री कर्मा ५५५ जातको फूल लगाइएकामा पहिलो चरणको फूल बिक्री गरेर सकिएको छ। तिहारअघि नै तिहारका लागि साथै अन्य विभिन्न कार्यक्रम, पूजापाठ, विवाह, सजावटलगायतका कार्यका लागि बगैंचामै आएर ग्राहकले फूल लगेका छन्। सयपत्री कर्मा ५५५ जातको फूल मङ्सिरसम्म टिप्न मिल्ने हुँदा पहिलो चरणमा फक्रिएका फूल बिक्री गरेर सकिएको र अहिले पनि ती बोटमा कोपिला लागिरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख हुमप्रसाद श्रेष्ठ (मनिष)ले जानकारी दिए।, उनका अनुसार प्रतिमाला फुटकरमा ८० देखि ९० सम्ममा र होलसेलमा ४५ रुपैयाँमा बिक्री भएको छ। फूलखेती गर्दा करिब दुई लाख ४८ हजार रुपैयाँ खर्च भएको र पाँच लाख आम्दानी भएकोसमेत गरेको कृषि शाखा प्रमुख श्रेष्ठले जानकारी दिए।, यहाँ उत्पादित फूल गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेशसम्म निर्यात गरिएको गाउँपालिकाले जनाएको छ। बारीचौरलाई फूलैफूलको होमस्टे बनाउने पालिकाको योजना छ भने बिर्घामा ड्रागन खेतीसँगै फूलखेतीसमेत गरिएको छ। ,
गाउँपालिकाले बेच्यो आफैंले फूलाएका पाँच लाखका फूल
|
रासस गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मध्यपुरथिमि नगरपालिका धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश०२-०१६प ३४३६ नम्बरको स्कुटर मध्यपुरथिमि नगरपालिका-८ बोडे तीनदोबाटोमा शुक्रबार दुर्घटना भएको हो।, दुर्घटनामा मृत्यु हुनेमा रामेछापको लिखु गाउँपालिका-६ घर भई हाल मध्यपुरथिमि नगरपालिका धुन्चेपाखा बस्ने ३५ वर्षीय राजकुमार तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।, दुर्घटनामा घाइते भएका तामाङलाई लगत्तै प्रहरीले उपचारका लागि नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल पुर्याएको थियो। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। ,
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
|
साफल्य अमात्य म्ह पूजा कसरी मनाउन थालियो भन्नेबारे संस्कृतिविद् साफल्य अमात्यको 'काठमाडौं नगरायण: काठमाडौं नगरको उद्भव, नगरायण र संस्कृतिको इतिहास' किताबमा उल्लेख छ। यसपालि तिहार र नेपाल सम्बतका अवसरमा हामीले किताबको उक्त अंश साभार गरेका छौं:, प्रचलित वंशावलीअनुसार कान्तिपुर निर्माणको श्रेय राजा गुणकामदेवलाई दिइएको छ।, गुणकामदेव प्रथम इस्वी ९८७ देखि ९९० ताका नेपाल उपत्यकाका राजा थिए। उनी राजा नरेन्द्रदेवका भाइ थिए। उनलाई सपनामा महालक्ष्मीले आज्ञा गरिन्, ‘हे राजा, तिमी बागमती र विष्णुमतीको संगमनिर, जहाँ कान्तिश्वर महादेवले बास गरेका छन्, त्यहाँ एउटा पुरी बनाऊ। त्यस पुरीलाई खड्गाकार बनाई कान्तिपुरी भनी नाम देऊ।’, देवीको आज्ञाअनुसार राजाले पनि कलिगत वर्ष ३८२५ (इस्वी ७२४) मा १८ हजार घर भएको कान्तिपुर सहर बसाले। वंशावलीको यो विश्लेषण हेर्ने हो भने कलिगत वर्ष ३८२५ (इस्वी ७२४) मा नेपाल उपत्यकाका राजा जयदेव द्वितीय थिए।, कान्तिपुरको निर्माण अर्थात्, कोलिग्राम र दक्षिण कोलिग्राम संयुक्त भई एउटै सहरको रूपमा विकसित हुने क्रमको सुरुआत भने दसौं शताब्दीमा राजा गुणकामदेवको समयदेखि मात्र भएको हुने सम्भावना धेरै छ।, लिच्छविकालमा टुकुचा र धोबीखोलाको बीच ठूलो बस्ती थियो। त्यो लिच्छविहरूको राजधानी सहर पनि थियो। यसका सीमाना थःबही (ठमेल), लाजिम्पाटदेखि उत्तरमा धुम्बाराही, पूर्वमा ग्वल (देवपाटन), दक्षिणमा कोरीगां (दक्षिण कोलिग्राम), बागमतीको किनारसम्म फैलिएको थियो। आजभोलिको नक्साल, नारायणहिटी, बानेश्वर, ज्ञानेश्वर सबै यसैभित्र पर्थे।, यो सहर निकै ठूलो हुनाले वंशावलीहरूमा यसलाई ‘विशालनगर’ भनी नामाकरण गरिएको छ।, अन्तरिम कालको आखिरी र मल्लकालको सुरुताका नै यो सहर विस्तारै स–साना टुक्रामा विभक्त भई टाढाटाढा छुट्टिन लागेको देखिन्छ। मल्लकालको उत्तरार्द्धमा यहाँ धेरै स–साना बस्ती तथा गाउँहरू विकसित हुन थाले। जस्तै– हाँडीगाउँ, नरा (टुँडालदेवी), मघा (मैतीदेवी द्यःछे), नङ्सां (नक्साल), टंगाल, ज्ञानेश्वर आदि। तर, यति ठूलो विशालनगर सहर कसरी टुक्राटुक्री भई स–साना गाउँबस्तीमा परिणत भयो भन्नेबारे कतै उल्लेख पाइँदैन। धेरैजसो वंशावलीहरूमा ठूलो आगलागीद्वारा विशालनगर ध्वस्त भएको कुरा भने रोमाञ्चक किसिमले दन्त्यकथाका रूपमा उल्लेख गरिएको छ।, वास्तवमा राघवदेवको समय (इस्वी ८७९) तिर प्राचीन विशालनगरमा भएको भयंकर आगलागीले उपत्यकावासीहरूको जीवन नै तहसनहस पारिदियो। सबैको घरबार उजाडियो। सबैको धनसम्पत्ति हानी भयो। यो यति ठूलो दुर्घटना थियो, उपत्यकावासीहरू आजभन्दा एघार सय वर्षअघि भएको यो दुर्घटनालाई आज पनि सम्झन्छन्।, यो दुर्घटनामा लिच्छविहरूका प्राचीन राजधानी र दरबारहरू मानगृह र कैलाशकुट भवन पनि ध्वस्त भए।, यति ठूलो दुर्घटनाबाट ज्यान जोगाउन सफल भएका उपत्यकावासीहरूले खुसियाली मनाउन थाले। कात्तिक शुल्क परेवाका दिन नयाँ सम्बत् चलाए। सोही दिन म्ह पूजा (आत्मपूजा) गरी रक्सी, फुल, माछा, मासु र मासको बारा राखेर सगुन खाने चलन चलाए।, यो चलन नेवार समुदायमा जीवितै छ।, आगलागीपछि धेरै देशवासी यत्रतत्र छरिएर बसोबास गर्न थाले। धेरै मान्छे बन्दबेपारले धनी हुँदै गएको नजिकैको दक्षिण कोलिग्राम (अहिलेको वसन्तपुर, असन, इन्द्रचोक लगायत मध्य काठमाडौं सहर) मा आएर बसोबास गर्न थाले। कोही भने ललितपुरतिर बस्न गए।, प्राचीन विशालनगर क्षेत्र हाँडीगाउँ, मालिगाउँ, टंगाल इलाकामा धेरै कम मात्र मान्छे बस्न थाले। यसको पुष्टिस्वरुप विजयादशमीको साँझ निस्कने खड्ग यात्रा (पायः) हो।, असनटोलबाट निस्कने खड्गयात्रामा सहभागीहरू प्राचीन विशालनगर क्षेत्रबाटै आएका हुन् भन्ने चलन छ। केही मानन्धर, मल्ल र ललितपुरका केही भद्र परिवारका मान्छेको कुलदेवी पनि अझै श्रीमन्मानेश्वरी देवी नै छन्। यसरी मन्मानेश्वरी देवीलाई कुलदेवी मानेर पूजा गर्ने सम्पूर्ण मान्छेका पुस्ता प्राचीन विशालनगरवासी नै थिए भन्न सकिन्छ।, त्यसैले, राघवदेवले नेपाल सम्बत् सुरु गरेको धेरै वर्षपछि मात्र गुणकामदेवलाई कान्तिपुर निर्माण गर्नु आवश्यक भएको पनि यहाँ पुष्टि हुन्छ। प्राचीन राजधानी ध्वस्त नभएको भए नयाँ सहर तथा राजधानी कान्तिपुर निर्माण गर्नुपर्ने आवश्यकतै थिएन।,
भयंकर आगलागीबाट बाँचेको खुसियालीमा मनाइएको थियो म्ह पूजा
|
सेतोपाटी संवाददाता नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। , विकास समितिका अनुसार कात्तिक २० गते, बिहान ११ बजेर २ मिनेटमा भाइटीका को उत्तम साइत छ।, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ।, कात्तिक २० गते दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ।,
भाइटीका लगाउने उत्तम साइत कति बजे?
|
युनिक श्रेष्ठ पाटन, मंगलबजारको एउटा घरमा शुक्रबार राति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ।, शुक्रबार ६ बजेर ४५ मिनेटमा ललितपुर महानगरपालिका-१२ स्थित मंगलबजार चक्रबहिको एउटा घरमा आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।, साढे तीन तलाको पुरानो घरमा अचानक भएको आगलागी चार जनाको ज्यान गएको महर्जनले बताए। आगलागीको कारण खुलिसकेको छैन।, आगो लागेको घर लक्ष्मीकृष्ण ताम्राकारको हो। मृत्यु हुनेमा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रचना र १० वर्षका नाति निर्जल रहेको मंगलबजार प्रहरी प्रभागले जनाएको छ। छोरा ४२ वर्षका निरज ताम्राकार र ३२ वर्षकी कान्छी छोरी सिर्जना ताम्राकार घाइते छन्। सिर्जनाको अवस्था गम्भीर छ।, 'आगलागी कसरी भयो भन्ने खुलेको छैन। अहिले मृतक सबैको नाम पनि पाइसकेका छैनौं,' उनले भने। , घटनास्थल पुगेका प्रहरीका अनुसार उक्त घरमा १० जना व्यक्ति थिए। तीमध्ये दुई जना घाइते छन्। उनीहरूलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ।, (थप विवरण आउँदैछ।), ,
पाटन मंगलबजारको घरमा आगलागी हुँदा चारको मृत्यु, दुई घाइते
|
सेतोपाटी संवाददाता कैलालीको टीकापुरमा निर्माण गर्न लागिएको प्रस्तावित योग अनुसन्धान केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरिएको छ।, स्व. प्रहरी उपरीक्षक हरिप्रसाद अधिकारीको स्मृतिमा स्थापित ‘हरिहर स्मृति प्रतिष्ठान’को तर्फबाट केन्द्रलाई शुक्रबार पाँच लाख १ हजार ११ रुपैयाँ सहयोग गरिएको हो।, हरिप्रसादका कान्छा छोरा अमेरिका निवासी वासुदेव अधिकारीले प्रतिष्ठानको तर्फबाट केन्द्रलाई सहयोग गरेका हुन्।, अधिकारीका जेठा छोरा कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारी, प्रतिष्ठानका अध्यक्ष ढविन्द्र रावलले आश्रमका संस्थापक एवम् महानिर्देशक योग गुरू पृथ्वीराज रावललाई एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरिएको थियो।,
टीकापुरको योग अनुसन्धान केन्द्रलाई पाँच लाख सहयोग
|
रासस सोलुखुम्बु जिल्लाको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ। शुक्रबार मेरापिक आरोहण गरेर फर्किने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।, हाइक्याम्पमा लडेर ३९ वर्षीय बेलायती नागरिक फायन एलेक जार्नाड क्रिष्टायनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।, उनका अनुसार चिप्लिएर लडेका क्रिष्टायन बेहोस बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी पासाङल्हामु निकोलनिकी अस्पताल लुक्ला लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।, शव परीक्षणका लागि काठमाडौं लाने तयारी गरिएको भए पनि मौसम प्रतिकूलता कारण हेलिकप्टरले उडान भर्न नसक्दा लुक्लामै राखिएको बताइएको छ। क्रिष्टायनसहितको टोली हिमालय स्टेट कम्पनी लिमिटेड काठमाडौँमार्फत कात्तिक १० गते मेरापिक पुगेको थियो।, त्यस्तै यही कात्तिक २ गते सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ चाचालुङ ठेगाना भएका २५ वर्षीय पर्यटक भरिया जीवन कुलुङको पनि लेक लागेर मृत्यु भएको थियो। त्यसै दिन मेरापिक आरोहणमा गएका २९ वर्षीय छेतेन शेर्पा भारी हिमपातका कारण बेपत्ता बनेका थिए।, उपकरणसहितको अन्तर्राष्ट्रिय माउन्टेन गाइडको टोलीले खोजतलास गरेको भए पनि उनको अवस्था अझै अज्ञात छ।,
मेरापिक आरोहण गरेर फर्कंदै गरेका बेलायती नागरिकको मृत्यु
|
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका-६ नयाँ बस्तीस्थित ओलाङचुङ्गोला गुम्बा नजिकबाट १८ जना जुवाडे पक्राउ परेका छन्।, सागर लामाको कोठामा कौडा खेलिरहेको अवस्थामा प्रहरीले बिहीबार राति बौद्ध बस्ने ५१ वर्षीय माधव आर्चाय लगायत १८ जनालाई पक्राउ गरेको हो।, कोठामा कौडा खेलाइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए।, पक्राउ परेकाहरूको साथबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ र ४८ थान कौडा बरामद गरिएको उनले बताए। लामा भने हाल फरार छन्।, कपिलवस्तु, : बाणगंगा नगरपालिका-२ लेखबेसी होटलमा जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही ठाउँका ३३ वर्षीय रमेश भट्टराई लगायत १२ जना पक्राउ परेका छन्।, इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ७ सय ४५ रुपैयाँ र २ थान पासासहित उनीहरूलाई पक्राउ गरेको हो।, बाणगंगा नगरपालिका-१ कै किशोरजंग पुनको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका ४५ वर्षीय उदय अधिकारीलगायत १८ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ , उनीहरूलाई नगद ५ लाख ४२ हजार ३ सय ८० रुपैयाँ र ३ थान पासासहित पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।, रुकुम पश्चिम, : मुसिकोट नगरपालिका-१ मठका ४३ वर्षीय उत्तम खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा उनीसहित पाँच जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई नगद १ लाख ८ हजार २ सय ९० रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।, सुर्खेत, : वीरेन्द्रनगर नगरपालिका-८ कबडहलका ६३ वर्षीय गोविन्दबहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा शाहीसहित ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। नगद १ लाख ७२ हजार ४ सय ५० रुपैयाँसहित उनीहरू पक्राउ परेका हुन्।, भक्तपुर, : चाँगुनारायण नगरपालिका-६ तेलकोट बेसिटोलका ४० वर्षीय दीपककुमार तामाङको मंगोलियन वेभ रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।, बारमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद २ लाख ६८ हजार ३ सय ९० रुपैयाँसहित पक्राउ गरेको हो।, लमजुङ, : बेसिसहर नगरपालिका-३ गाउँसहरका २९ वर्षीय सन्तोष बोहोराको घरमा कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ गरेका छन्। शुक्रबार बिहान उनीहरूलाई प्रहरीले १ लाख ५६ हजार ५ सय ४० रुपैयाँसहित पक्राउ गरेको हो।, गोरखा, : गोरखा नगरपालिका-८ चाइनिजधाराका २९ वर्षीय मन्दीप श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। नगद १ लाख १ हजार ८ सय रुपैयाँसहित श्रेष्ठ र अन्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, पक्राउ परेकाहरूमाथि जुवा ऐन आकर्षित गरी कारबाही थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।,
तिहारमा कौडा खेलिरहेका १०० जना जुवाडे पक्राउ
|
नारायण खड्का नाम चलेकी गायिका विन्दु परियार दाङको एउटा टेलरिङमा लुगा सिउँदै गरेकी भेटिइन् भने अचम्म नमान्नुहोला।, उनी अहिले जन्मथलो दाङमा छिन् र त्यही मौकामा आफ्नी आमाको टेलरिङमा बेलाबेला सघाउन जान्छिन्।, उसो त विन्दु धानखेतमा पनि भेटिन सक्छिन्। उनी घर आउने वर्षको एकपटक दसैंमा हो। यो बेला आमाबाको टेलरिङमा धेरै काम हुन्छ। खेतमा धान काट्ने बेला पनि भइसकेको हुन्छ। त्यही भएर गाउँ आएका बेला आमाबालाई खेतदेखि टेलिरिङको काममा सघाउँछिन्।, 'काठमाडौंमा सधैं भ्याइनभ्याइ हुन्छ, दसैंमा घर आएका बेला मात्र शान्तिले सास फेर्न पाउँछु,' उनी भन्छिन्, 'म यी सब काम गर्दै हुर्किएकीले केही अप्ठ्यारो लाग्दैन। काठमाडौंको व्यस्तता भुलेर आनन्दले दिन बिताउँदा रमाइलो हुन्छ। आफ्नो विगत फेरि जिउन पाएझैं लाग्छ।', दाङमा बसुञ्जेल बाल्यकालदेखि गायिका हुँदासम्मका सम्झना सजीव भएर आउने उनी बताउँछिन्। कसरी हुर्किइन्, कसरी गाउन सिकिन् र सार्वजनिक रूपले गीत गाउँदा पाएको जिन्दगीकै पहिलो ताली मिठो याद बनेर आउने उनको अनुभव छ।, सार्वजनिक रूपमा पाएको त्यही पहिलो तालीले नै उनलाई गायिका बन्ने सपना पछ्याउन हौस्याएको थियो।, यिनै कथा सोध्न भनेर हामी उनलाई भेट्न गएका थियौं।, विन्दु सानै छँदा उनको परिवार तुलसीपुरबाट पर्सेनी भन्ने ठाउँमा बसाइँ सरेको थियो। विन्दुको घरनजिकै उनका मावली (आमाका बुवा) हजुरबुवा कृष्ण परियारको घर थियो। मावली हजुरबुवा एक्लै छँदा प्राय: गीत गाइरहन्थे। त्यति बेला उनले साँझबिहान गाउने गीतहरू नारायण गोपालका रहेछन् भन्ने विन्दुले आफू ठूलो भएपछि मात्र थाहा पाइन्।, ‘गाउँले धेरैले उहाँलाई नारायण गोपाल नै भन्ने गर्थे,' विन्दुले सम्झिइन्, 'उहाँले दुरूस्तै गाउनु हुन्थ्यो।', हजुरबुवाले रेडियोमा बज्ने गीतजस्तै गाउन सकेको देख्दा विन्दुलाई अचम्म लाग्थ्यो। तिनै गीत गाएर हजुरबाले पाएको तारिफले विन्दुको बालमन प्रभावित हुन्थ्यो। यसैबाट प्रेरित भएर उनले बिस्तारै गुनगुनाउन थालिन्।, घरको रेडियोमा नारायण गोपाल, तारादेवी, रामकृष्ण ढकाल, यम बराल, उदितनारायण झाका गीतहरू बजिरहन्थे। विन्दुलाई ती सबैका गीत मनपर्थे र त्यही सुनेर आफू पनि गाउने अभ्यास गर्थिन्।, विन्दुले गाएको सुनेर गाउँघरका मान्छेले पनि भन्न थाले, 'कति राम्रो गाउने रैछ। यसको गला त माउली हजुरबातिर गयो कि क्या हो!', गाउँलेका यस्ता प्रतिक्रिया सुनेर विन्दु दंग पर्थिन्। बिस्तारै उनको चर्चा गाउँघर हुँदै स्कुले सहपाठी र साथीहरूबीच पनि हुन थाल्यो।, उतिखेर उनले पढ्ने कालोखोला माध्यमिक विद्यालयमा शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलाप हुन्थे। कक्षा ७ मा पढ्दै गर्दा एक दिन विन्दुका साथीहरूले उनलाई गीत गाउन भने र उनको नाम गाउनेहरूको सूचीमा टिपाइदिए।, साथीहरूकै करकापमा उनले पहिलोपटक विद्यालयमा सबैका अगाडि उभिएर गीत गाइन्।, पहिलोपटक स्कुलको मञ्चमा उक्लेर गीत गाउन खोज्दा हातखुट्टा लगलग कामेको उनलाई अझै याद छ। तै जसोतसो गीत गाएको उनी बताउँछिन्।, त्यस दिन विन्दुले गीत सिध्याउँदा सबैले जोडले ताली बजाएका थिए। कतिले हुटिङ नै गरेका थिए। शिक्षकहरूले पनि खुब तारिफ गरे, उनले भनिन्, ‘रमेश रेग्मी सरले मलाई त्यतिखेरै भविष्यमा राम्रो गायक बन्ने घोषणा गरिदिनुभयो। त्यही हौसलापछि म विद्यालयमा हुने हरेक शुक्रबारे कार्यक्रममा सहभागी बन्दै गएँ।’, त्यसपछि कक्षाकोठामा मात्र होइन, विद्यालयमै उनको स्वरको प्रशंसा चुलिँदै गयो। लोकगीतदेखि चलचित्रका गीत र सुगम संगीतमध्ये चलेका गीतहरू उनले गाउन थालिन्।, विभिन्न दिवस र उत्सवमा साथीहरूले शब्द लेख्थे, गीत तयार पार्थे र विन्दुलाई गाउन दिन्थे। कहिले सामूहिक गीत गाउँदा विन्दुले नेतृत्व गर्थिन्। उनको स्वर अरूभन्दा राम्रो भएकाले सामूहिक गीति कार्यक्रममा उनलाई नै नेतृत्व गर्न लगाइन्थ्यो।, पछि उनले विद्यालयस्तरीय गायन प्रतियोगितामा पनि भाग लिन थालिन्।, ‘कक्षा ८ मा पढ्दा रमेश सरले नै मलाई तुलसीपुरको रक्षाचौरस्थित नमूना माविमा प्रतिस्पर्धा गराउन लैजानुभएको थियो,’ विन्दुले भनिन्, ‘म तेस्रो भएकी थिएँ।’, विन्दु पढाइमा पनि कमजोर थिइनन्। उनले कालोखोला माविबाट २०६६ सालमा एलएसली पास गरिन्। यसबीच प्रशंसा र चर्चाले उनको हौसला बढिसकेको थियो। उनले गीत-संगीत क्षेत्रमै केही गरेर देखाउने सपना देख्न थालेकी थिइन्।, एसएलसीपछिको खाली समय उनले तुलसीपुरमै मामा नाता पर्ने व्यक्तिसँग संगीत कक्षा लिइन्। सुरतालबारे जानकारी लिइन्। यसले उनलाई गायन क्षेत्रमा अघि बढ्ने थप हौसला दियो। उनको मनमा आफ्नो गायन तिखार्ने हुटहुटी चलिरहन्थ्यो। कुनै ठाउँमा प्रतियोगिता हुँदैछ भन्ने थाहा पाउनेबित्तिकै उनी भाग लिन पुगिहाल्थिन्।, ‘चुम्बकले फलाम तानेजस्तै म त्यस्ता कार्यक्रममा आकर्षित हुन थालेकी थिएँ,’ विन्दुले भनिन्।, उनी कालोखोला माविमै कक्षा १२ पढ्दै गर्दा २०६८ सालमा घोराहीमा 'राप्ती आइडल' भन्ने गायन प्रतियोगिता भएको थियो। त्यसमा विन्दु प्रथम भइन्। यसले उनको आत्मविश्वास झन् बढायो।, त्यही समय तुलसीपुरमा 'रेडियो सर्यु गंगा' भन्ने एफएम खुल्यो जसले ‘सर्यु स्टार’ नामक गायन प्रतिस्पर्धा गरायो। लगभग पाँच सय प्रतिस्पर्धी सामेल त्यो प्रतियोगितामा लगातार तीन महिना प्रतिस्पर्धा गरेर विन्दु प्रथम भइन्।, प्रथम हुनेलाई एउटा सिनेमाको गीत गाउन अवसर दिने सर्त थियो। यसैअनुसार उनले 'अप्रिलफुल' भन्ने फिल्ममा गाउने अवसर पाइन्। त्यही गीत गाउन उनी पहिलोपटक २०७० सालमा काठमाडौं गएकी थिइन्।, उनले, 'तेरो मेरो पिरती भयो कस्तो कस्तो ... छुटेपछि नभेट्ने मुना मदनजस्तो ... ', गीतमा महिला स्वर दिएकी थिइन्। , यो गीत गाएपछि उनलाई धेरैले भने, 'तपाईंको राम्रो सम्भावना छ, काठमाडौंमै बसेर संघर्ष गर्नुहोस्।', त्यतिबेलासम्म विन्दुको मनमा एउटा गीत मात्रै रेकर्ड गर्न पाए हुन्थ्यो भन्ने रहर थियो। काठमाडौंमा बस्ने र गायनलाई नै पेसा बनाउने अवसर यति छिट्टै पाइएला भन्ने उनले सोचेकै थिइनन्।, काठमाडौंमा गीत रेकर्ड गराएर घर फर्किएपछि आफ्नै ठाउँका रेडियोबाट समेत उनले गाएको गीत बज्न थाल्यो। त्यसपछि त विन्दुको खुसीको सीमा नै रहेन।, ‘बसमा यात्रा गर्दा र रेडियोमा आफ्नो गीत बज्दा यति खुसी लाग्थ्यो, म वर्णन पनि गर्न सक्दिनँ,’ उनले भनिन्, 'म आफैंलाई अर्कै मान्छे भएँजस्तो लाग्थ्यो। गाउँघर, छरछिमेक, साथीहरूले पनि सेलिब्रेटीलाई झैं मान्न थाले।', त्यसपछि लगालग विन्दुलाई धेरै गीतका अफर आए। उनले निरन्तर दर्जनभन्दा बढी गीत गाइन्। यसबीच उनी दाङ–काठमाडौं आउजाउ गरिरहन्थिन्। आउजाउ गर्न गाह्रो हुँदै गएपछि उनी काठमाडौंमै दिदीसँग बस्न थालिन्।, काठमाडौंमा बाँच्न कहाँ सहज थियो र? सुरू–सुरूमा खर्च जुटाउन कोरस (समूह) र रेस्टुरेन्टमा पनि गाएको उनले बताइन्।, 'मैले धेरै गीत गाएँ, कहिले समूहमा गाएँ, कहिले रेस्टुरेन्टहरूमा गजल गाएँ,' उनले भनिन्, 'काठमाडौंमा खर्च ज्यादा हुन्थ्यो, गीत गाएर पैसा धेरै आउन्नथ्यो। यहाँ टिकिरहन मैले टेलरिङको काम पनि गरेँ।', रेस्टुरेन्टमा रातिराति काम गर्दा चिसोले घाँटी खराब हुने डरले उनले त्यो काम छाडिदिइन्।, केही वर्ष यसरी नै संघर्ष गरेपछि २०७४ सालमा चलचित्र 'मंगलम' का लागि गीत गाउने अफर आयो। यही अफरले उनको करिअरलाई नयाँ मोड दियो। यो फिल्मको ,‘पर्ख पर्ख मायालु म पनि त आउँला, रेलको झ्याल समाएर सँगै भागम्ला’ ,बोलको गीत सुपरहिट भयो।, विन्दुले यो गीतबाट पहिलो राष्ट्रिय अवार्ड जितिन्। त्यसपछि देशभरका मेला-महोत्सवबाट उनलाई निम्ता आउन थाले।, तीन वर्षपहिले ‘छक्कापञ्जा’ चलचित्रको ,‘पहिलो नम्बरमा’, बोलको गीत गाएपछि त उनी देश-विदेशमा बस्ने नेपालीहरूकी प्रिय गायिका बनिन्। हालसम्म विभिन्न फिल्ममा समेत गरी झन्डै तीन सय गीत गाइसकेको उनी बताउँछिन्।, अचेल विन्दु निकै व्यस्त छिन्। झन्डै तीन साताअघि उनको ,‘तिम्रै हुन पाउँ’ ,बोलको गीत सार्वजनिक भएको छ जसमा उनले आफैंले पहिलोपटक मोडलिङ पनि गरेकी छन्।, उनी दिनहुँ बिहान सबेरै उठेर साधना गर्छिन्। त्यसपछि विभिन्न अनलाइनमा समाचार पढ्छिन्। देश-विदेशका घटनाहरू हेर्छिन्। एक्लै हुँदा किताब पढ्न र विभिन्न भाषा सिक्न उनलाई मनपर्छ। देश-विदेशका गीतहरू एक्लै बसेर खुब सुन्ने गरेको उनी बताउँछिन्।, आफूले नयाँ गीत रेकर्ड गरेपछि कोठामा एक्लै बसेर महिना दिनसम्म ध्यान दिएर सुन्ने उनको बानी छ। ‘गीतमा कहाँनिर गल्ती छ भनेर पहिल्याउन म आफ्ना गीतहरू एकान्तमा सुन्छु,’ उनले भनिन्, 'पहिले आफूले गाएका गीत सुन्दा धेरै कमजोरी भएको महशुस हुन्छ। सायद मान्छेको चित्त कहिल्यै बुझ्दैन क्यारे!’, विन्दुको अब ठूलो सपना केही छैन। अहिले पाएको सफलता र चर्चालाई जोगाउन पाए हुन्थ्यो भन्ने मात्र छ।, 'जिन्दगीको आखिरी पलसम्म गीत गाउन पाए पुग्छ,' उनले भनिन्।, सबै तस्बिर: नारायण खड्का/सेतोपाटी,
टेलरिङ र खेतका काममा आमाबालाई सघाउँदै छिन् 'पर्ख पर्ख मायालु' की गायिका
|
युनिक श्रेष्ठ पाटन, मंगलबजारस्थित ताम्राकार परिवारको एउटा घरमा शुक्रबार राति म्ह पूजा भइरहँदा लागेको आगोमा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १० वर्षका बालकसमेत छन्। दुई जना गम्भीर घाइते भएका छन्।, ललितपुर महानगरपालिका-१२ स्थित मंगलबजार, चक्रबहीको घरमा शुक्रबार राति पौने ७ बजेतिर यो दुर्घटना भएको हो।, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार उनीहरू तेस्रो तलामा म्ह पूजा गर्दै थिए। दोस्रो तलाको झ्यालमा दियो बालेर राखिएको थियो। त्यही दियोको आगोले झ्यालको पर्दा टिप्यो।, परिवारका सबै जना माथिल्लो तल्लामा पूजामा व्यस्त रहेकाले आगो सल्किन थालेको चाल पाएनन्।, 'पर्दामा लागेको आगो ह्वारह्वार्ती दन्किन थाल्यो। पुरानो घर भएर होला, आगोले एक्कासि माथिल्लो तल्लालाई पनि टिप्यो,' प्रहरी उपरीक्षक महर्जनले भने।, साढे तीन तलाको पुरानो घरमा आगो सल्किँदै माथिल्लो तल्लामा पुगेपछि भान्छामा रहेको ग्यास सिलिन्डर पड्किएको उनले जानकारी दिए।, आगो लागेको घर लक्ष्मीकृष्ण ताम्राकारको हो। मृत्यु हुनेमा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रचना र १० वर्षका नाति निर्जल रहेको मंगलबजार प्रहरी प्रभागले जनाएको छ। छोरा ४२ वर्षका निरज ताम्राकार र ३२ वर्षकी कान्छी छोरी सिर्जना ताम्राकार घाइते छन्। सिर्जनाको अवस्था गम्भीर छ।, घटनास्थल पुगेका प्रहरीका अनुसार उक्त घरमा १० जना व्यक्ति थिए। घाइतेहरूलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ।, सबै तस्बिर: निशा भण्डारी/सेतोपाटी, ,
दियोबाट सल्केको आगोले ग्यास सिलिन्डर पड्किँदा म्ह पूजा मनाइरहेका एकै घरका चारको मृत्यु, दुई घाइते
|
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका १३ फूलबारीस्थित बहुउदेश्यीय गौशाला सञ्चालनमा आएको छ। गोलौराबाट सयौं गाई स्थान्तरण गर्दै शुक्रबारदेखि फुलबारीमा गौशाला औपचारिक रूपमा सञ्चालनमा आएको हो।, लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहकारी मन्त्री डिल्लीबहादुर चौधरीलगायतले सामुहिक गाई पुजन गर्दै गौशालाको उद्घाटन गरे।, उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले गाई हिन्दु धर्मको आस्थाको केन्द्र भएकाले यसको संरक्षण र विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए।, उनले फूलवारी क्षेत्र कृषिमा मात्रै नभएर शिक्षाको पनि हव बनाउन सकिने हुँदा के गर्न सकिन्छ त्यसबारे प्रतिवेदन पेश गर्नसमेत आग्रह गरे। , फूलबारी क्षेत्रमा डिप ट्यूवेल खनेर, तटबन्धहरु गरेर कृषि क्रान्ति गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताए । त्यस्तै उनले फूलबारी क्षेत्रका प्रदेश यूर्निभर्सिटी बनाउन चाहेको भन्दै त्यो सम्भव नभएर बालबालिका र महिलाको लागि तुही खोला क्षेत्रमा युर्निभर्सिटी बनाउन लागिएको आश्वासन दिए। , मन्त्री चौधरीले छिमेकी मुलुक भारतमा ठूला ठूला गौशाला सञ्चालनमा रहेकाले त्यहाँ कसरी सञ्चालनमा रहेको भन्दै ती ठाउँको अध्ययन गर्न जरूरी रहेको बताए। , कार्यक्रमलाई सम्बोधन गर्दै दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गौशालालाई बहुआयामिक बनाएर गरिबी न्यूनीकरण र पर्यटनसँग जोड्न सकिने बताए। , उनले नमुनायोग्य काम भएको भन्दै यसलाई पर्यटकीय थलो बनाउन अभियान थाल्नुपर्ने तर्क गरे । , तुलसीपुर ६ का वडाध्यक्ष तथा उपमहानगरपालिका वातावरण समितिका संयोजक नवराज लामिछानेले गौशालासँग स्थानीय सरकारको सहकार्य कायमै रहने बताए। सडक चौपायाको संरक्षण र सडक सुरक्षाका लागि भनेर गौशाला सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। , संस्थाका अध्यक्ष भण्डारीले नयाँ प्रक्रिया अनुसार गौशाला सञ्चालन गरेको बताए। उनले सबैको सहयोग र सहकार्य गौशालालाई आवश्यक रहेको बताए। , तुलसीपुर उपमहानगरपालिकाको शेयर लगानीमा तुलसी गौशाला तथा सरसफाई व्यवस्थापन बहुउदेशीय सहकारी संस्थाले उक्त गौशाला सञ्चालनमा ल्याएको हो। सात विगाह क्षेत्रफलमा फैलिएको गौशाला २०७६ सालदेखि निर्माण सुरु भएको थियो । अहिले गौशालामा ४ सय गाई राखिएका छन् । , सडकमा छाडा छोडेका गाईलाई संरक्षण र सम्बद्र्धन गरि सहरलाई व्यवस्थित गराउन फूलबारीमा २ करोड बढी लगानीमा गौशाला सञ्चालनमा आएको तुलसी गौशाला तथा सरसफाई व्यवस्थापन बहुउदेशीय सहकारी संस्थाका अध्यक्ष बीरबहादुर भण्डारी (मोहन)ले जानकारी दिए । , गौशाला सञ्चालनका लागि पूर्वाधार निर्माणको काम पुरा भए पनि गाईका लागि आहारा व्यवस्थापन गर्न समस्या भइरहेको अध्यक्ष भण्डारीले बताए। गौशालाको रूपमा मात्रै नभई आफूहरूले धेरै क्षेत्रमा काम गर्न चाहेको हुँदा युवा वर्गलाई हातेमालो गर्न भण्डारीले आग्रह गरे। , तुलसीपुर ६ गोलौराबाट फूलबारीस्थित गौशाला झन्डै १५ किलोमिटर जति दक्षिणमा अवस्थित छ । बजारको गोलौरास्थित गौशालाबाट यसैसाता गाईका बथानलाई एकै साथ हिँडाउँदै फूलबारी लगिएको थियो ।,
तुलसीको फूलबारीमा २ करोडको लगानीमा गौशाला सञ्चालन
|
सुशीला रेग्मी ‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ। , पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन्। ‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो तर दाजु भाइटीकामा नआएको पीडा झस्काइदिन्छ।, दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ। कहिल्यै नओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइनाका साथै तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन्। , हिजोआज भने मखमली फूल लोप हुँदै गएको छ। गाउँघरमा यो फूल भरसक पाउनै मुस्किल छ। दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपालीहरूका लागि तिहारको अभिन्न अङ्ग बनिसकेको छ। अहिले यो फूल गाउँघरमा पाइनै छाडेको रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा गौतमले बताइन्।, ‘मखमली फूल सुन्दै तिहारको झल्को आइहाल्छ, पहिला–पहिला त घर वरपर दुई÷चारवटा बोट भए पनि मखमली फूल हुन्थ्यो, अहिले त फूलमा त्यति महत्व नदिदा गाउँघरमा यस्ता परम्परागत चलनचल्तीमा आएका पर्वविशेष महत्व राखेका फूलको संरक्षण हुनसकेको छैन’, उनले भनिन्।, रामपुर नगरपालिका–६ तिलकपुर बस्ने ५६ वर्षीय गिरीमाया कुमालले तिहारमा मखमली फूलको महत्व नबुझेर लोप हुन लागेकामा चिन्ता व्यक्त गरिन्। उनले भनिन्, ‘तिहारजस्तो पर्वमा पनि दाजुभाइलाई मखमली फूलको माला पहिराउन नपाउँदा तिहार खल्लोजस्तो हुन्छ, घरको डिलमा दुई÷तीन बोट छन्, जोगाएर राखेको छु, पहिला त घर वरिपरि बारीका डिल, कान्ला जताततै मखमली फूलमात्रै हुन्थे, हिजोआज चामलमा बियाँ खोजेझैँ मात्र भेटिन्छ।’, रामपुर–३ कामीगाउँकी ६७ वर्षीया सन्तकुमारी विकको घरको आँगनीमा मखमली फूलका दुई बोट छन्। सयपत्री फूलसँग गाँसेर मखमली फूलको महत्वलाई जोगाइराख्न भाइटीकामा दाजुभाइलाई लगाउने तयारी गरेकी छन्। ‘फूल जोगाउनतिर कसैको ध्यान छैन, बजारमा गएर प्लाष्टिकका माला किनेर ल्याउने बढे, तिहारमा कुन फूलको माला लगाउने हो अबका पुस्ताले महत्व चिन्नै छाडेजस्तो लाग्यो’, उहाँले मखमली फूल लोप हुँदै गएकामा चिन्ता व्यक्त गरिन्।, मखमली फूल हराउँदै जाँदा यसको संरक्षणमा ध्यान भने कसैको गएको पाइँदैन। अहिले सस्ता र कृत्रिम फूलका मालाले बजारका पसल भरिएका छन्। सुपारीजस्तो गोलाकार मखमली फूल पनि सयपत्रीझैँ सयौँ फूलको पुष्पपुञ्ज हो। नामले मखमली भनिएता पनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ। वैजनी र प्याजी रङमा मखमली विशेष लोकप्रिय छ।, नझर्ने, नओइलाउने र वर्षौँ पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर मानिन्छ। मखमली फूल नोपालीहरूका लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो। सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फुल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ।, छुँदा घोच्ने, मखमलको कपडाजस्तो सेता, गाढा कलेजी र हल्का रातो रङमा फुल्ने गर्दछ। यस फूललाई नरम मखमली नाम दिइन्छ। पछिल्ला वर्षका तिहारमा मखमली फूलको माला देखिनै छाडेको छ। यसको ठाउँमा प्लाष्टिक तथा कृत्रिम मालाको प्रयोग बढ्दै गइरहेको छ। तिहारमा मखमली फूलले विशेष महत्व राखे पनि गाउँघरमा संरक्षण नगरिँदा हराउन पुगेको हो। बाहिरबाट भित्रिएका प्लाष्टिकका कृत्रिम मालामा उपभोक्ताको आकर्षण पनि उत्तिकै छ।, अर्कोतर्फ मखमली फूलसँगै गाउँघरमा फुल्ने सयपत्री र गुरधौली फूल पनि देखिन छाडेको छ। प्लाष्टिकको मालाको प्रयोग बढेपछि सयपत्री, मखमली र गुरधौली फूल लोपोन्मुख अवस्थामा पुग्न थालेको हो। पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ। प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फुले पनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको छ। ,रासस,
गाउँघरमा लोप भयो मखमली फूल
|
सेतोपाटी संवाददाता दाङमा श्रीमानले लाठी प्रहार गरि श्रीमतीको हत्या गरेका छन्। , जिल्लाको गढवा गाउँपालिका वडा नं. ६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सेतोपाटीलाई बताए। , मदिरा सेवन गरेका थापाले सामान्य विवादको क्रममा श्रीमती सुनितालाई लाठीले टाउको, घाँटीलगायतमा आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो।, इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले घरमा श्रीमान श्रीमती मात्रै रहेको समयमा उनीहरूबीच विवाद भएको र त्यही क्रममा श्रीमानले लाठी प्रहार गरि श्रीमतीको हत्या गरेको भन्ने खुल्न आएको बताए। , प्रहरीका अनुसार उनीहरूका दुई छोरामध्ये एउटा छोरा तिहार मनाउन गएको र अर्को छोरा गाउँमा साथीको घरमा गएकाले घरमा श्रीमान श्रीमती मात्रै थिए।, ‘थापा परिवार मजदुरी गरेर जिविका आर्जन गर्ने परिवार हो र उनीहरू खोला किनारमा बस्दै आएका थिए,’ प्रहरी निरीक्षक भट्टले भने, ‘रातमा श्रीमान श्रीमतीको झगडा भएको गाउँलेले पनि सुनेका रहेछन्। बिहान गएर हेर्दा श्रीमती मृत अवस्थामा फेला परिन्।’, प्रहरीका अनुसार हत्या गरिएकी सुनिता थापाकी कान्छी श्रीमती हुन्। , हत्या आरोपित थापा फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिए।,
श्रीमानको लाठी प्रहारबाट श्रीमतीको हत्या
|
रासस यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । , प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । , भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।, यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाँहिने पार्नु पर्ने शास्त्रीय नियम छ । , राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने समितिले जनाएको छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।, तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले सुनाए । , टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । , दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला , दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । , बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।,
, खञ्जनेश्वर महादेवमा भक्तजन, यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । , ‘विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ’, उनले भने । , विसं २०३५ पछि नियमितरुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । छ वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि गत वर्षसम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो । बालगोपालेश्वर मन्दिर भूकम्पपछि गत वर्षदेखि मात्र भक्तजनका लागि पुन: खुला गरिएको हो ।, भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् । गत वर्ष नेवार समुदायले किजापूजाका रुपमा मनाउने भाइटीका तिथि घटबढका कारण भोलिपल्ट परेको थियो । यस वर्ष भने एकै दिन परेको जनाइएको छ ।,
आज भाइटीका, उत्तम साइत ११ बजेर २ मिनेटमा
|
सेतोपाटी संवाददाता प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा संज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ ।, संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी डा मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ ।,
,
डा मल्ल कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइका प्रमुख हुन् । उनले राजधानी किन्सासामा उक्त एकाइ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।,
प्रहरी उपरीक्षक मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार
|
रासस महोत्तरीसहित मिथिला क्षेत्रमा आज शनिबार ‘भैयादुज’ पर्व मनाइँदै छ। यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ।, भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन्। अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ।यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दूको पर्व मनाउने पौराणिक कथावस्तु भने एउटै देखिन्छ। अघि सत्ययुगमा राजा वलिका बहिनी गङ्गा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएका कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको मिथिलाका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताउँछन्र, , भैयादुज पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्छन्। विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर आएपछि दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइलाई बसाउँछन्। टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छ। यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाइदिने गरिन्छ।, यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइको पनि होस् भन्दै गीतबाट भाव व्यक्त गर्दछन्। यसैक्रममा सुकेको केराउको दाना दाजुभाइलाई चपाउन दिइन्छ। ‘बजरी’ ख्वाइने भनिने यो विधिमा साह्रो न साह्रो केराउलाई बज्रसँग तुलना गरेर बजरी भनिएको डा विमलको भनाइ छ। बजरी ख्वाइने विधिको भाव भने दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने कामना रहेको उहाँ बताउनुहुन्छ। यो विधि सकिएपछि दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राख्छन्। दिदीबहिनीले त्यसपछि दाजुभाइलाई मिष्ठान्न भोजन गराएर पर्व सम्पन्न गर्छन्।, मिथिलामा दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम सम्बन्ध प्रगाढ बनाउने तीनवटा परम्परागत पर्व छन्। साउन पूर्णिमाका दिन दाजुभाइलाई सप्तरङ्गी डोरो (राखी) बाँधीदिने र यमपञ्चक अर्थात् तिहारको कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भैयादुजको कथावस्तु पौराणिक गाथामा आधारित राजा वलि र उनका दिदीबहिनी गङ्गा–यमुना नै हुन्। कार्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व भने द्वापरयुगकालीन भगवान् श्रीकृष्णका पुत्र साम्ब र छोरी सामाबीचको प्रेमपूर्ण स्नेह, समर्पण र त्यागको कथावस्तुमा आधारित भएको डा विमल बताउँछन्।, पछिल्ला वर्षहरुमा मिथिलाका मूल बासिन्दा र यहाँ बसोबास गर्न आएका अन्य जाति, धर्म, परम्परा र संस्कृतिका विभिन्न समुदायबीच सांस्कृतिक घुलमिलले चाडबाडहरू साझा बन्दै गएका छन्। पर्वते हिन्दू परम्पराको भाइटीका र मैथिल परम्पराको भैयादुज मनाउन दिदीबहिनी र दाजुभाइ मानेर फरक–फरक परम्पराका युवापुस्ता एकसाथ पर्व मनाउन थालेका छन्। आपसी सद्भाव वृद्धि र सामाजिक, सांस्कृतिक एकताको जग मजबुत बनाउन यसले सहयोग पु¥याइरहेको पाका मैथिल बताउँछन्।रासस,
मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै
|
सेतोपाटी संवाददाता आज यमपञ्चक अर्थात् तिहारको पाँचौं तथा अन्तिम दिन भाइटीका मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्। , प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । , भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।, आज नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका लगाइँदैछ। विश्वका अन्य देशमा पनि भाटीकाको उत्तम साइत निर्धारण गरिएको छ। , अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटीका लगाउने साइत सार्वजनिक गरेको छ।, यस्तो छ विश्वका विभिन्न स्थानका लागि भाइटीकाको उत्तम साइत,
भाइटीकाको उत्तम साइत विश्वका कुन देशमा कति बजे
|
सेतोपाटी संवाददाता आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।, ‘प्रदेश १, गण्डकी, कर्णाली प्रदेशका हिमाली भू–भागका एक/दुई स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ’, महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘अहिले बिहान देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।’, आज राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ ।, हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ। कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। ,
,
आज पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
|
सेतोपाटी संवाददाता ड्युटी सकेर घर फर्किंदै गरेका सशस्त्र प्रहरीका एक जना हवल्दारको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ।, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० बन्गैका ३५ वर्षीय कैलास भण्डारीको दुर्घटनामा परेर गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।, भण्डारी सशस्त्र प्रहरी वेश तुलसीपुरमा कार्यरत थिए। दुर्घटनामा परेपछि उनलाई उपचार गर्न अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर १० चैलाहीका ३६ वर्षीय लीलाधर खड्का भने घाइते छन्। उनलाई थप उपचार गर्न नेपालगञ्ज मेडिकल कलेज लगिएको छ।, उनको अवस्था सामान्य छ। मोटरसाइकलमा सवार अर्का एक जना भने उपचारपछि घर फर्किसकेका छन्।, तुलसीपुर बजारबाट बन्गैस्थित गाउँ जाँदै गरेको रा ४ प ६०५८ नम्बरको मोटरसाइकलमा तीन जना सवार थिए।, मोटरसाइकल भण्डारीले चलाएका थिए। भण्डारीको शव पोस्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पतालमा राखिएको छ।,
ड्युटी सकेर घर फर्किदै गरेका सशस्त्रका हवल्दारको दुर्घटनामा मृत्यु
|
सेतोपाटी संवाददाता दाङमा दुई परिवारबीच कुटाकुट हुँदा तीन जना घाइते भएका छन्।, शान्तिनगर गाउँपालिका वडा नम्बर ५ बाबियाचौरमा गए राति दुई परिवारबीच झगडा भएको थियो।, तीन महिनाकी सुसंस्कृति कुँवर, ३३ वर्षीया सीता कुँवर र ३० वर्षका प्रकाश कुँवर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए।, कुटपिटमा संलग्न रहेको आरोपमा ५६ वर्षकी पीमा बुढाथोकी, ४६ वर्षका कमल बुढाथोकी र १८ वर्षका प्रमोद बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, जग्गाका विषयमा दुई परिवारबीच विवाद भएको थियो। एक परिवारले धान भित्र्याउन खोज्दा अर्को परिवारले चिर्पटलगायतले प्रहार गरी अर्को परिवारलाई घाइते बनाएको प्रहरीले जनाएको छ।,
जग्गाका विषयमा विवाद हुँदा दाङमा तीन जना घाइते
|
सेतोपाटी संवाददाता मोटरसाइकलको ठक्करबाट डोटीमा एक जनाको मृत्यु भएको छ।, दिपायलबाट डडेल्धुरा जाँदै गरेको लु ६५ प १५२० नम्बरको मोटरसाइकलले केआईसिंह राजमार्गमा ठक्कर दिँदा शिखर नगरपालिका–७ सेटीगाउँकी ६५ वर्षीया कृष्णादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।, मोटरसाइकलको ठक्करबाट बुधबार घाइते भएकी उनलाई थप उपचारका लागि धनगढी ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।, ठक्कर दिने चालक दिपायल सिलगढी नगरपालिका–२ पुन्यपाटाका २५ वर्षीय ध्रुव कडायत र मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।,
मोटरसाइकलको ठक्करले डोटीमा एकको मृत्यु
|
सेतोपाटी वीरगञ्ज बजारमा रहेको घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ।, विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज महानगरपालिकाको पहलमा मर्मतसम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो।, महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मतसम्भार गरेर घडी पुनः सञ्चालनमा ल्याएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए।, आगामी दिनमा घण्टाघरको व्यवस्थापन गर्ने जिम्मा वीरगञ्ज महानगरपालिकाले नै लिने भएको हो।, घण्टाघर व्यवस्थापनका लागि महानगरपालिकाले चालु आव ०७८/०७९ मा रु ५० लाख बजेटसमेत विनियोजन गरेको थियो।, वीरगञ्जको पहिचानका रूपमा परिचित घण्टाघर प्रमुख आकर्षणको केन्द्रविन्दु हो। धेरैको जमघट गर्ने स्थल पनि घण्टाघर नै हो।, त्यही घण्टाघरको घडी लामो समयदेखि बिग्रिएको थियो।, (रासस),
६ वर्षपछि सञ्चालनमा आयो वीरगञ्जको घन्टाघर
|
सेतोपाटी काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पटाकासहित एक पक्राउ परेका छन्।, शनी कस्मेटिक पसलका सञ्चालक भारत मोतिहारीका ४८ वर्षीय जागाप्रसाद जैसवाललाई पटाकासहित प्रहरीले पक्राउ गरेको हो।, प्रहरी प्रधान कार्यालयका अनुसार उनको पसलबाट करिब २३ किलो कोब्रा पटाकासमेत बरामद गरिएको छ।, उनलाई बुधबार पक्राउ गरिएको हो।, हाल उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, (रासस),
२३ किलो पटाकासहित काठमाडौंबाट पक्राउ परे भारतीय नागरिक
|
राजेश घिमिरे बुधबार बिहान ११ बजे बुधरामले बाबु सिंगराम चेपाङलाई डोर्याएर खुरखुरेस्थित कामना सेवा विकास बैंकको कार्यालयमा पुर्याए।, लट्टा परेको लामो कपालमाथि बाक्लो टोपी र खुट्टामा पुराना चप्पल लगाएका सिंगरामलाई बुधरामले बैंकको चिटिक्क परेको सोफामा बसाए। बैंकका कर्मचारीले केही कागजमा उनको ल्याप्चे लगाइदिए। केही बेरमा उनको हातमा १२ हजार रूपैयाँको बिटो थमाइदिए।, उनीहरूले पैसा दिँदै गरेको फोटो खिचे। कहिले पैसा गन्न लगाएर खिचे, कहिले बैंकका कर्मचारीको साथमा उनलाई राखेर फोटो खिचे। , सबैले उनलाई बधाई दिए। यो सब तामझाम देखेर सिंगराम भने अलमलमा परे।, उनलाई यो सब नाटक पो हो कि झैं लागिरहेको थियो।, ‘यो पैसाले के गर्नुपर्ने हो? मलाई नै दिएको हो कि एकछिन राख्न मात्रै दिएको हो?’ उनले प्रश्न गरे।, सिंगराम उनै वृद्ध हुन् जसको नागरिकता प्रमाणपत्रमा लेखिएको उमेर वास्तविकभन्दा २० वर्ष कम देखिएपछि वृद्धभत्ताबाट वञ्चित हुँदै आएका थिए।, नागरिकतामा कम उमेर लेखिएका कारण वर्षौंदेखि वृद्धभत्ताबाट वञ्चित भएका राप्ती–१३, कान्दाका सिंगरामले अन्ततः भत्ता प्राप्त गरेका छन्।, ८२ वर्ष पुगिसक्दा पनि नागरिकतामा २० वर्ष कम उमेर देखिएपछि उनले वृद्धभत्ता पाएका थिएनन्। नागरिकतामा उनको उमेर ६२ देखिँदा भाइ लालसिंगको उमेर ७१ पुगिसकेको थियो।, सेतोपाटीमा सिंगरामको विषयमा समाचार प्रकाशन भएपछि, चितवनका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमराज लामिछानेले चासो देखाउँदै समस्या समाधान गर्न सम्बन्धित शाखालाई निर्देशन दिएका थिए। जिल्ला प्रशासनको पुरानो अभिलेखमा सिंगराम विसं १९९५ मा जन्मिएको भेटिएपछि उनले नागरिकता पाएका थिए।, वृद्धभत्ता लिन बैंक पुगेर सोफामा सुस्ताउँदै सिंगरामका बाबुछोरा। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, २०४६ सालमा नागरिकता वितरणका लागि तत्कालीन लोथर गाविस पुगेको टोलीले दिएको नागरिकतामा भने उनको उमेर त्यो दिन ३१ वर्ष पुगेको लेखिएको देखिन्थ्यो। भाइ लालसिंगको नागरिकतामा उमेर ४० वर्ष लेखिएको थियो। त्यतिखेर नागरिकतामा जन्म मितिको ठाउँमा उमेर लेख्ने चलन थियो।, ‘मैले ५१ वर्ष पुगेँ भनेको ३१ वर्ष सुनेर त्यही लेखिदिएछन्,’ सिंगरामले सेतोपाटीसँग भनेका थिए, ‘उमेर ८२ पुगिसक्यो नागरिकताले ६२ भन्दो रहेछ।’ , उनकी श्रीमती सुकमाया केही वर्षअघि बितिन्। बित्नुअघि उनले तीन वर्ष वृद्धभत्ता बुझेकी थिइन्। सिंगराम भने नागरिकता बोकेर सरकारी अड्डा धाइराखे तर पाएनन्।, उमेर छँदा नागरिकतामा कम उमेर हुँदा पनि खुसी भएका सिंगरामलाई वृद्ध अवस्थामा भने सास्ती भयो।, ‘उहिलेका मान्छेले बुढो भयो भने मार्छन् भनेर सुनाउँथे, नागरिकतामा उमेर घट्दा राम्रै भएछ कि जस्तो लाग्थ्यो। तर बुढो भएपछि भाइहरूले भत्ता खाँदा पनि आफूले पाइनँ,’ उनले भनेका थिए, ‘आफ्नो कुरा राख्दा कसैले सुनेनन्।’, गाउँका आफू सरहकाले वृद्धभत्ता बुझ्न थालेको १२ वर्ष हुँदा पनि सिंगराम भने वृद्धभत्ता पाउने उमेर पर्खेर बसिरहेका थिए।, जिल्ला प्रशासन कार्यालयले अभिलेखमा उल्लेख भएअनुरुपको नागरिकता प्रमाणपत्र प्रदान गरेपछि सिंगरामले वृद्धभत्ता पाउने बाटो खुलेको थियो। वृद्धभत्ताका लागि उमेर पुगेपछि पूर्वी चितवनको खुरखुरेस्थित कामना सेवा विकास बैंकका कर्मचारीले गाउँमै पुगेर सिंगरामको बैंक खाता खोल्ने फारम भरिदिएका थिए।, ‘गत साउनदेखि असोजसम्मको वृद्धभत्ताबापतको १२ हजार रूपैयाँ उहाँले प्राप्त गर्नुभएको छ,’ बैंककी म्यानेजर विन्दु सिञ्जाली मगरले भनिन्, ‘अब उहाँले तीन–तीन महिनामा आएर भत्ता बुझ्न सक्नुहुन्छ।’, सरकारले ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई महिनाको चार हजार रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिने गरेको छ।, त्यो पैसा उनैले खर्च गर्न सक्नेगरी नेपाल सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता हो भन्ने थाहा पाएपछि सिंगरामले १२ वर्षदेखिको सपना पूरा भएको बताए।, ‘बेलैमा भत्ता पाएको भए पैसा जम्मा गरेर गाई, भैंसी, बाख्रा किन्थेँ, तीबाट आएको आम्दानी खान्थेँ। काम गर्न नसक्ने भएपछि पो भत्ता पाइयो, अब गाई–भैंसी किनम् कसले घाँस काटेर पाल्ने, बाख्रा किनम कसरी चराउने,’ उनले भने, ‘जे होस् मर्नुअघि भनेपनि भत्ता पाइयो, खुसी हुनैपर्यो नि।’, जिन्दगीकै पहिलो वृद्धभत्ता पाएपछि दंग सिंगराम। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, भत्ता बुझ्न बाबुलाई लिएर आएका बुधराम चेपाङले सरकारले दिएको पैसाले नुन, दाल, चामल किनेर लैजाने बताए। ‘घरमा मकै बाहेक केही पनि छैन, चामलको भात खान साह्रै दुःख छ,’ उनले भने, ‘यो पैसाले नुन, दाल, चामल, मासु किनेर बुबालाई खुवाउँछु।’, सिंगराम कान्दास्थित एक खोलाको आडमा पानी घट्ट चलाउने काम गर्छन्। छिमेकीले ल्याएको मकै, कोदो पिसेर आउनले आम्दानीबाट उनले जीवन चलाउन थालेको वर्षौं भयो। खोलाको डिलमा रहेको घट्ट अनि नजिकै रहेको ठूलो ढुंगा मुनिको ओडारलाई बारेर बनाएको कोठामै उनको दैनिकी बित्ने गरेको छ।, ‘घट्टमा एक पाथी मकै पिस्यो भने पाँच मुठी मैलाई दिन्छन्। अब त बुढो भएँ, त्यो काम पनि राम्रोसँग गर्न सकेको छैन,’ सिंगरामले भने, ‘भत्ता पाइराख्यो भने त अब दुःख कम गरेपनि खान पुग्छ होला।’, स्थानीय कान्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले सिंगरामको नागरिकतामा उल्लिखित उमेर मिलाउन धेरै प्रयास गरेका थिए।, ‘प्रशासन कार्यालयका प्रतिनिधिसँग उहाँले आफ्नो गुनासो राख्नुभयो तर उमेर परिवर्तन गर्न नमिल्ने बरू जेष्ठ नागरिकलाई गाविसले नै भत्ता दिनसक्ने भनेर फर्काइदिए,’ थपलियाले भने, ‘तर गाविसले यसमा बेवास्ता गर्यो। उहाँले कतैबाट सहयोग पाउनुभएन। समाचारमा आएपछि बल्ल उहाँको सपना साकार भयो।’, केही व्यक्तिले उनका लागि घर बनाउन आर्थिक सहयोग गरेको जानकारी दिँदै थपलियाले अब उनलाई ओडारको छाप्रोबाट घरमा सार्ने प्रयास गरिने बताए।, वृद्धभत्ता बुझ्दै सिंगराम। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, सिंगरामको गाउँ पुग्न पूर्व–पश्चिम राजमार्गको भण्डाराबाट करिब तीन घन्टा गाडी चढेर करिब दुई घन्टा पैदल यात्रा गर्नुपर्छ। यी बस्तीमा सरकारी निकायको उपस्थिति असाध्यै कम हुन्छ। लामो समय हिँड्नुपर्ने बाध्यताका कारण चुनावको समयमा उम्मेद्वारसमेत पुग्न सक्दैनन्।, चितवनको विकट पहाडी क्षेत्रमा मुख्य बसोबास भएका चेपाङ नेपालको अतिसिमान्तकृत वर्गमा पर्ने आदिवासी हुन्। विकटको बसाइ र विपन्न अवस्थाका कारण यस क्षेत्रका धेरैले अझैपनि नागरिकतासमेत पाएका छैनन्।,
८३ वर्षमा पहिलो वृद्धभत्ता बुझेपछि सिंगरामले भने– मलाई नै हो कि एकछिन राख्न मात्रै दिएको हो?
|
तारानाथ आचार्य १६ वर्षको उमेरमा भैली खेल्दा जम्मा भएको चामल बोराभरि बोकेर सातगाउँ डुलेका बागलुङको गलकोट नगरपालिका–४ का भवदत्त न्यौपानेलाई अहिले पनि भैलेनीको खुब याद आउँछ।, ७० वर्षीय न्यौपानेलाई उहिलेको भैलेनी सम्झिँदा अहिले पनि मारुनी बनेर नाचौँ नाचौँ लाग्छ। महिलाको वेशमा पुरुषले सोरठी गीतमा नाच्नुलाई मारुनी भनिन्छ।, गाउँभरिका तन्नेरी जम्मा भएर भैली खेल्दा, मारुनी नाच्दा रमाइलो हुन्थ्यो। कात्तिके दान जसको घरमा जे छ, त्यही दिने चलन थियो। चामल, धान कोदोलगायतका अन्न धेरै दान पाइने भएकाले बलिया युवा भैलेनीमा खोजी हुन्थे। बारीका कान्ला हुन् वा बाटोका पर्खाल भैलेनीमा हिँडेका युवाले जरक्कै भारी बोकेर पार लगाउँथे।, बलिराजाका कथा सोरठीको भाकामा गाउँदै मारुनी नाच्दा सातगाउँ डुलेको र रात कटेको पत्तै हुँदैनथ्यो उनलाई। राँको बालेर अक्करे भीरको बाटोमा हल्ला गर्दै हिँडेको तन्नेरी जोश अहिले बुढ्यौलीमा झल्झली याद आउँछ तर अहिले न्यौपानेले भैलेनी नदेखेको धेरै वर्ष भयो।, आफूले गाउन नाच्न नसके नि अहिलेका नयाँ पुस्ताले भैलेनी खेलेको हेर्ने न्यौपानेको रहर छ।, ‘न भैलेनीका गीत सुनिन्छ न नाच भैलेनीको जस्तो छ’, उनले भने, ‘अहिले त गीत र नाच पनि सबै अर्कैका हुन्छन्, चन्दा माग्न हुल बाँधेर आएजस्तो, हरियो गोबरले लिपेको लक्ष्मीको पूजा गरेको कथा जस्तै हुन थाल्यो।’, बागलुङको जैमिनी नगरपालिका–१० का खगेन्द्र पौडेल पनि उ बेला भैलेनीका प्रखर गायक थिए। ५० वर्षीया पौडेल गाउने, नाच्ने र भट्याउने सबै कला भएका कलाकार थिए। गाउँमा विद्यालयका लागि सहयोग गर्न होस् वा गोरेटो बाटो बनाउन किन नहोस्, राजनीतिक पार्टीको खर्च चलाउनेसम्मका कामका लागि भैली खेल्ने गरेको उनको अनुभव छ।, पौडेलले पनि धेरै भयो सामाजिक भाव राखेर खेलिएको भैलो नदेखेको। ‘कति हिँडियो, कति गाइयो नाचका कुरै नगरौँ, भैलीको आफ्नै मौलिकता थियो’, पौडेलले भने, ‘हिजोआज त हिन्दी र अङ्ग्रेजी गीतमा नाचेर भैलो भन्छन्।’, विशेष गरेर तिहार पर्वमा खेलिने भैलो हराउँदै गएकामा पुराना पुस्ता चिन्तित छन्।, भैलीको आफ्नै मौलिक पहिचान र इतिहास छ तर नयाँ पुस्ताले एकातर्फ भैलीको मौलिकतामाथि प्रहार गरिरहेको छ भने अर्कोतर्फ भैली खेल्ने संस्कृति नै लोप हुने अवस्थामा छ। अहिले भैलेनी आँगनमा आउँदैन, आँगनको फेरो हालेर भैलेनी नाच्दैनन्। डेक र स्पिकरमा घन्केका गीतमा हुने नृत्यले न त तिहार सम्झाउँछ न भैलोको कुनै छनक दिन्छ।, विक्रम संवतको १४ औँ शताब्दीबाट भैली खेल्ने परम्परा सुरु भएको हो। लोकसाहित्यका जानकार प्राध्यापक डा दीनबहादुर थापाले भने, ‘उ बेलाको बृहत् खस राज्यबाट यो प्रचलन सुरु भएको हो। त्यतिबेला खस राज्यका प्रभावशाली राजा बलिले सामाजिक कामका लागि सेवा भावले चन्दा उठाउन बठाएको कथासँग भैलो जोडिएको छ।’, उनकाअनुसार भैलोमा सोरठी गाउने चलन छ । खस राज्यमा गाइने सोरठी पनि दुई प्रकृतिको हुन्थ्यो। मङ्गोल समुदायले ढिलो सोरठी गाउँथे। सोरठीमा जयसिंह राजाको कथा गाइन्थ्यो भने आर्य समुदायले अलि छिटो गाउँथे। आर्य समुदायले राम चरित्रमा आधारित गीत गाउँथे।, ‘ताल, नाच, लय भाव एउटै थियो, मात्रै गीतको गति र विषयवस्तु फरक रहेको पाइन्छ। भैलोसँग कला संस्कृति, परम्परा र समाजसेवा धेरै क्षेत्रसँग जोडिएको छ,’ उनले भने।, अहिले भैलोको मर्म मारेर भैलो खेलिने गरेको थापाको बुझाइ छ। समाजसेवाका लागि दान सङ्कलन गर्न गाइने भैलो अहिले सीमित स्वार्थ पूर्तिका लागि प्रयोग हुने गरेको उनले गुनासो गरे।, ‘पहिले पनि माग्थे, अहिले पनि माग्छन्, मनोरञ्जनका लागि खेलिने भैलोमा पहिले र अहिलेमा फरक छैन’, थापाले भने, ‘मात्रै पहिले विशुद्ध समाजसेवा र मनोरञ्जनसँग जोडिएको भैलो अहिलेको तडकभडकले कहाँ पुर्यायो।’, भैलोमा आएको विकृति सुधार गर्दै संस्कृतिको संरक्षण गर्नुपर्ने तर्क छ, उनको।, (रासस),
हराउँदै भैलीको मौलिकता
|
युवराज श्रेष्ठ कास्कीको मादी गाउँपालिका– ६ तप्राङकी बसन्धरी बरालको चुल्हो अहिले धुँवारहित छ।, खाना पकाउँदा होस् वा वस्तुभाउलाई कुँडो पकाउँदा अहिले उनको आँखा पोलेको छैन, दाउराको पनि खर्च कम भएको छ। भान्सा कोठामा परम्परागत चुल्हो छाडेर ‘धुँवारहित’ चुल्हो जडान गरेपछि सजिलो भएको उनले बताइन्।, ‘पहिलेको चुल्होमा पकाउँदा कहिलेकाहीँ त सास फेर्न पनि सक्थिनँ,’ उनले भनिन्, ‘धुँवाले पोलेर आँखा मिच्दै बाहिर दौडिएको हिजोजस्तै लाग्छ।’, बसन्धरीको घरमा मात्र होइन, अहिले तप्राङ गाउँका सबै घरमा धुँवारहित चुल्हो जडान गरिएको छ।, मादी– ६ का वडा अध्यक्ष पसबहादुर बास्तोलाका अनुसार वडामा रहेका सबै २४६ घरधुरीमा धुँवारहित चुल्हो जडान गरिएको हो। फलामबाट बनेको उक्त चुल्होबाट खाना पकाउँदा धुँवा फलामकै पाइपमार्फत् बाहिर पठाइन्छ, जसले घरभित्र धुँवा भरिन पाउँदैन।, फलामबाट बनेको धुँवारहित चुल्हो तातेपछि भान्सा कोठा पनि न्यानो हुने बसन्धरीको अनुभव छ। उनले भनिन्, ‘जाडो ठाउँ छ, चुल्हो तातेपछि न्यानो हुन्छ, आगो ताप्दा धुँवा पनि हुँदैन।’, धुँवारहित चुल्होले ग्रामीण महिलाको स्वास्थ्यलाई फाइदा पुर्याएको स्थानीय गोमा च्वाई बरालले बताइन्।, ‘फलामे चुल्होमा दाउरा बाल्दा जहाँतहीं छिरल्दैन, एकैपटक दुई ठाउँमा पकाउन मिल्छ,’ उनले भनिन्, ‘धुँवा नआउने भएपछि स्वास्थ्यलाई पनि फाइदा पुग्यो।’, यसअघि तप्राङका बासिन्दाले परम्परागत चुल्होको विकल्पमा ‘वायुपंखी चुल्हो’को अभ्यास गरेका थिए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको सहयोगमा वायुपंखी चुल्हो प्रयोगमा स्थानीय गृहिणीले मन पराएनन्। फेरि परम्परागत चुल्होमै फर्किए।, वायुपंखी चुल्हो प्रयोग गर्दा बिजुली आवश्यक पर्छ। बिजुलीमार्फत् पंख घुमाएर हावा चुल्होमा पठाइन्छ, जसले दाउरा बाल्न सहयोग पुर्याउछ। यो चुल्होमा पनि दाउरा कम लाग्ने स्थानीय गोमाले बताइन्।, उनकाअनुसार एक्यापले दाउराको प्रयोग कम गर्न उक्त चुल्हो वितरण गरेपनि धुँवाको समस्या भने समाधान भएको थिए। , वायुपंखी चुल्होमा खाना पकाउँदा एकैपटक दुईथरी पकाउन नमिल्ने भएकाले पनि उक्त चुल्हो प्रयोग हुन नपाएको उनको भनाइ छ।, वायुपंखी चुल्होबाट परम्परागत चुल्होमा फर्किएका तप्राङका गृहिणी अहिले प्रयोगमा ल्याएका धुँवारहित फलामे चुल्हो मन पराएका छन्। उक्त चुल्होबाट खाना पकाउँदा समस्या नआएकाले परम्परागत चुल्हो प्रयोग गर्न नपरेको स्थानीय जमुना पौडेलले बताइन्।, तप्राङ गाउँका सबै घरमा धुँवारहित चुल्हो नेपाल रेडक्रस सोसाइटी कास्कीले वितरण गरेको हो।, अनुसन्धानबाट धुँवाकै कारण ग्रामिण महिलालाई दम, क्यान्सरजस्ता रोग धुँवाका कारण लागेको देखिएकाले गाउँगाउँमा धुँवारहित चुल्हो वितरण अभियान चलाएको रेडक्रस कास्कीका प्रमुख खेमराज सापकोटाले बताए।, ‘ग्याँस चुल्हो प्रयोग नगर्ने ठाउँमा धुँवाबाट स्वास्थ्यमा असर नपरोस् भनेर धुँवारहित चुल्हो अभियान चलाएका हौं,’ सापकोटाले भने, ‘गाउँका महिलाले यो चुल्हो मन पराएका छन् ।’, कास्कीको तप्राङमा मात्र होइन, मकैखोला, भाचोक, ढोडेनी, दाङसिङ, दुम्सीकोट लगायतका गाउँमा समेत उक्त अभियान चलाएको सापकोटाले बताए। रेडक्रस कास्कीले नेदरल्याण्डको युनिका फाउण्डेसनसँग मिलेर उक्त अभियान चलाएको उनले जानकारी दिए।, तप्राङ गाउँका सबै घरमा धुँवारहित चुल्हो वितरण पश्चात मादी– ६ लाई धुँवारहित वडा घोषणा गर्ने तयारी गरिएको छ। वडाअध्यक्ष बास्तोलाले गाउँपालिकामै पहिलो पटक आफ्नो वडा धुँवारहित बनाउन सफल भएको बताए।, गण्डकी प्रदेशका अधिकांश ग्रामिण क्षेत्रमा अझै पनि खाना पकाउन दाउराको प्रयोग गरिन्छ।, प्रदेशको ऊर्जा मन्त्रालयका अनुसार गण्डकीका ९५ प्रतिशत घरमा विजुली पुगेपनि ७० प्रतिशत घरमा खाना पकाउन दाउरा प्रयोग गरिन्छ।, ग्रामीण क्षेत्रमा दाउराका धुँवाबाट गृहिणीलाई मुक्त गर्न सके उनीहरुको स्वास्थ्यमा ठुलो सुधार आउने रेडक्रस कास्कीका प्रमुख सापकोटाले बताए।,
चुल्होले तप्राङ गाउँका घरघरलाई बनायो धुँवामुक्त
|
सेतोपाटी संवाददाता सुर्खेतमा पिकअप जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। , बिहीबार बिहान सवा ५ बजे वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ झुप्रा खोला जाने बाटो नजिकै पिकअप जीप दुर्घटनामा पर्दा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो। , दाङबाट सुर्खेत जाँदै गरेको रा १ च १३१० नम्बरको जीप आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खोल्सामा खसेको थियो। , दुर्घटनाबाट दाङ घोराही नगरपालिका वडा नम्बर १३ बस्ने २९ वर्षीय चालक राजु विकको मृत्यु भएको हो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , त्यस्तै, रोल्पा लिवाङ नगरपालिका वडा नम्बर ३ बस्ने १६ वर्षीय सहचालक लोकेन्द्र सुनार घाइते छन्।, दुर्घटनापछि उनीहरूको उद्धार गरी कर्णाली प्रदेश अस्पताल कालागाँउमा लगिएको थियो।,
सुर्खेतमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
|
नवीनबाबु गुरूङ हिन्दू धर्मावलम्बीहरूले आज गाईको पूजा गरेर गाई तिहार मनाएका छन्। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो।, गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ।, , गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।, गाईतिहारको अवसरमा आज काठमाडौंको पशुपतिनाथमा पनि गाई पूजा गरिएको छ। पशुपतिमा रहेका बटुकहरूले गाईको पूजा गरी मीठो खानेकुरा खुवाएका छन्।, तस्बिरमा हेर्नुस्:,
पशुपतिमा यसरी गरियो गाई पूजा (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता महोत्तरीमा सुमो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। , बिहीबार बिहान बर्दिबास नगरपालिका वडा नम्बर ३ कारेभोगटे पुलस्थित ना १ ज ५७४७ नम्बरको सुमोले स १० प ३९९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। , सुमो गाडी बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै थियो भने मोटरसाइकलविपरीत दिशाबाट आउँदै थियो। , त्यसैक्रममा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षीय सुन्धिर मिश्रा गम्भीर घाइते भएका थिए।, उनको उपचारको लागि बर्दिबास शुभ स्वस्तिक अस्पतालमा पठाइएको थियो। , थप उपचारको लागि उनलाई गोल्डेन अस्पताल विराटनगर मोरङमा पठाइएको थियो।, त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। , शव सोही अस्पतालमा राखिएको छ। चालक र दुबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। ,
,
महोत्तरीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.