content
stringlengths
20
64.1k
सेतोपाटी कोरोनाभाइरस संक्रमणबाट दुई वर्षपछि विश्वले त्राण पाउन थालेको छ। सन् २०१९ को अन्त्यदेखि यो भाइरस संसारभरि महामारीका रूपमा फैलिएको थियो।, खासगरी केही महिनाअघिसम्म महामारीको चपेटमा परेर लकडाउनमै रहेका दक्षिण एसियाली मुलुकहरूले बिस्तारै यो संकटबाट राहतको सास फेर्न थालेको तथ्यांकहरूले देखाएका छन्।, विश्वव्यापी कोर...
सेतोपाटी संवाददाता नेपालमा थप ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३५६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ६ हजार ३८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ३ हजार २५९ जनाको पिसिआर परीक्षण र ३१२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपा...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा कोरोना भाइरसको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, काठमाडौंमा ८४, ललितपुरमा ३४ र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, योसँगै उपत्यकामा १...
राजेश घिमिरे विद्युत् प्राधिकरणको भरतपुर सबस्टेसनमा रहेको एउटा ट्रान्सफर्मर पड्किएको गाइँगुइँ केही दिनदेखि नै चल्दै थियो। भरतपुर–५ का सुमन अधिकारीले त्यसैका कारण फाट्टफुट्ट बत्ती गइरहेको हुनसक्ने अनुमान गरेका थिए।, तर केही बेरमा बत्ती आइहाल्थ्यो, खासै समस्या हुन्थेन।, मंगलबार मध्याह्न पनि त्यसैगरी बत्ती गयो। यसपालि भन...
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले पाँच जनालाई चरेशसहित पक्राउ गरेको छ। , महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले बिहीबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १६ म्हैपी क्षेत्रबाट पाँच जनालाई पक्राउ गरेको हो। , गोरखा धार्चेका २२ वर्षीय मनबहादुर गुरूङ, २२ वर्षीय सजिन गुरूङ, रसुवाका ५२ वर्षीय मिनबहादुर तामाङ...
सेतोपाटी संवाददाता मोरङको धनपालथानमा बसले साइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ। घटनामा श्रीमान् घाइते छन्।, धनपालथान नगरपालिका-३ मोरियापुलस्थित सडकमा बसले ठक्क दिँदा साइकलमा सवार रंगेली नगरपालिक- ३ की २८ वर्षीय रेखा पासवानको मृत्यु भएको हो। उनी साइकलको पछाडि थिइन्।, बिहीबार दिउँसो प्र१-०४-००१ख ००२२ नम्बरको बसल...
सेतोपाटी संवाददाता ट्रकले स्कुटरलाई ठक्कर दिँदा सुर्खेतमा एकजनाको मृत्यु भएको छ।, नेपालगञ्ज–सुर्खेत सडकखण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–११ ठूलो व्युरेनीमा मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको हो।, भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२०० प ७६६९ लाई जुम्लाबाट नेपालगञ्ज जाँदै ग...
नारायण खड्का जिन्दगीमा आफ्नै मेहनतले दुई-चार पैसा कमाएर आर्थिक जीवन सुधार्न तेज वलीलाई कहिले यो, कहिले त्यो काम गरिरहन पर्‍यो।, २७ वर्षको उमेरमै तीन वटा जागिर फेरे।, स्कुले जीवनदेखि रेडियोमा बोल्ने, त्यसैमा काम गर्ने सपना बुन्दै हुर्किएका तेज अहिले थ्रिडी वालपेपर व्यवसायमा जमिरहेका छन्। सानैदेखि देखेको सपना पूरा नभएको...
सेतोपाटी संवाददाता अनामनगरस्थित एउटा फर्निचर शोरुम रहेको घरमा भीषण आगलागी भएको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बाजेको सेकुवा पछाडि रहेको फर्निचरको शोरुम भएको घरमा आगलागी भएको हो।, कार्की भवनको ६ तले घरमा राति करिब ८ बजेबाट आगलागी सुरू भएको परिसरले जनाएको छ।, उक्त भवनको पहिलो र दोस्रो तलामा फर्निचर शोरुम रह...
सेतोपाटी अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको अवसरमा दियो बाल्दै यो पर्व मनाउने संसारभरका सबैलाई शुभकामना दिएका छन्।, बाइडेनले आफ्नो ट्वीटरमा राष्ट्रपति निवास ह्वाइट हाउभित्र दियो बालेको तस्बिरसहित दिपावलीको शुभकामना दिएका हुन्। तस्बिरमा उनकी पत्नी तथा अमेरिकाकी प्रथम महिला जील बाइडेन पनि सँगै छिन्।, बिहीबार लक्ष्...
रासस जाजरकोटमा ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। , नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो।, मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२...
सेतोपाटी संवाददाता प्रहरीले ९ लाखभन्दा बढी रकमसहित तनहुँबाट जुवाडेलाई पक्राउ गरेको छ।, तनहुँको शुक्लागण्डकी नगरपालिका ८ ढोरफेदीका बिलबहादुर गुरूङको घरमा जुवा खेलिरहेकाहरूलाई गए राति करिब १ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ।, ९ लाख ११ हजार चार सय ५ रूपैयाँसहित २९ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेश मैनालीले जान...
समिक्षा अधिकारी काग, यमराजको दूत। तिहारको पहिलो दिन कागपूजा गरी खानेकुरा खुवाउने चलन छ। उसो त नेपाली समाजमा कागलाई खबरवाहकका रूपमा पनि लिइन्छ। आफन्त, नातेदार दिवंगत भए, कोही पाहुना आउने भए, बार्दली या रूखमा बसेर सन्देश दिन्छ भन्ने मान्यता अझै छ।, हिन्दू धर्मकथाअनुसार यमराजलाई बहिनी यमुनाले कागमार्फत् नै पहिलोपटक खबर प...
रासस कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ।, बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी...
सेतोपाटी संवाददाता देशको केही पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा बुधबार मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।, अहिले बिहान देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँ...
अनुषा अधिकारी आज कुकुर तिहार। मान्छेको असल जनावर साथी पुज्ने दिन।, तर के कुकुर र मान्छेबीच सधैं यस्तै निकट सम्बन्ध थियो? यिनीहरू कहिलेदेखि घरमा पालिन थालिए?, कुकुरलाई संसारभरि मान्छेको निकट साथीका रूपमा लिइन्छ। घरको रक्षा गर्नु, चोरबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगाउन सघाउनु वा उहिले–उहिले शिकारीलाई जंगलमा ...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले तिहारललक्षित ‘विशेष’ सुरक्षा योजना बनाएको छ।, चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रण, नगर सुरक्षा, सरसफाई, आगलागीलगायत बजार व्यवस्थित गर्न महानगरका मेयर चिरीबाबु महर्जनले नगर प्रहरीलाई निर्देशन दिएका छन्।, तिहारका बेला आगो तथा बिजुलीको प्रयोग बढी हुनेहुँदा विपद्को घटना पनि ब...
सेतोपाटी संवाददाता आफूहरूलाई स्थायी गर्नुपर्ने माग राखेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका करार सेवाका कर्मचारीले तिहारका बेला विद्युत् उत्पादन र आपूर्तिमै अवरोध गर्ने चेतावनी दिएका छन्।, चार सय ५६ मेगावाट क्षमताको आयोजनाको विद्युत् उत्पादन आजदेखि अनिश्चितकालसम्म बन्द गर्ने चेतावनी स्वतन्त्र कर्मचारी यूनियनको छ।,...
सेतोपाटी संवाददाता माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।, कर्मचारीहरूले आजदेखि विद्युत उत्पादन बन्द गर्ने चेतावनी दिएका थिए।, अस्थायी, करारमा राखिएका कर्मचारीलाई आयोजना सम्पन्न भएसँगै स्थायी गराउनुपर्ने लगायतका तीन बुँदे माग राख्दै कर्मचारीले कात्तिक १३ गतेदेखि ...
रासस धादिङको धुनीबेँसी नगरपालिका–१ मा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, धुनीबेँसी नगरपालिका–१ का ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा काठमाडौँ...
मनोज सत्याल छिमे तामाङ जान्ने बुझ्ने भएदेखि नै उनका वरिपरि याक र चौंरी थिए। हुर्किँदै गर्दा रसुवाको लाङटाङ हिमालको काखका फाँटहरूमा बाबुबाजेसँगै याक डुलाउने उनको दैनिकी बन्यो। , अहिले ५२ वर्ष लागेका छिमेको गोठमा एउटा चौंरीसँगै २४ वटा याक छन्। समुद्र सतहदेखि साढे तीन हजार मिटर उचाइमा रहेको लाङटाङ र केन्जिङ उपत्यकामा उनक...
सेतोपाटी स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन्। , मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलंकीमा सञ्चालन गरेको कोरोनाविरूद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको  निरीक्षण गरेका हुन्। सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यू...
सेतोपाटी काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि खानी विभाग चोक र टुकुचामा नयाँ ट्राफिक बत्ती जडान गरिएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न संघ संस्थाको सहकार्यमा आज थप दुई स्थानमा ट्राफिक बत्ती जडान गरेको हो।, महाशाखाले खानी विभाग चोकमा एनसेलसँगको सहकार्य र टुकुचामा काठमाडौं...
सेतोपाटी प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृह मन्त्री बालकृष्ण खाणले स्थानीय सिगास गाउँपालिका-५ ढुङ्गारस्थित सेती नदीबाट भएको डुबानको स्थलगत निरीक्षण गरेका छन्।  , सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडी जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उनी आज यहाँ आएकन हुन्।, गत असोजको अन्तिम सा...
सेतोपाटी संवाददाता कपिलवस्तुको विजयपुर गाउँपालिका-९ का चन्द्रबहादुर थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा विजयपुर-६ का २६ वर्षीय जयन पुन मगर र विजयपुर-९ का २४ वर्षीय मुकेश महरा छन्। मगर थापाका झड्केला छोरा हुन्।, आफ्नी आमालाई दु:ख दिएको आरोपमा उनले महराको सहयोग लिएर हत्य...
सेतोपाटी संवाददाता भारतबाट कपिलवस्तुको सीमा नाका हुँदै बुटवल आइपुगेको ५१ लाख रुपैयाँ बराबरको भन्सार छलेको सामान प्रहरीले बरामद गरेको छ।, लु१ज ३७८७ र लु१ज ४६३६ नम्बरको पिकअप गाडीमा ल्याइएको उक्त बराबरको भन्सार छलीको सामान प्रहरीले बुधबार बिहान बुटवलबाट नियन्त्रणमा लिएको हो।, भन्सार छलेर ठूलो मात्रामा सामान ल्याइँदै गरे...
सेतोपाटी संवाददाता चीनले नेपाललाई अनुदान सहायता स्वरूप थप १६ लाख डोज कोभिडविरूद्धको खोप उपलब्ध गराएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन्।, कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री...
सविता बुढा पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको अत्तरियामा राजा महेन्द्रको सालिक फेरि राखिने भएको छ।  अत्तरिया  सुदूरपश्चिम विभिन्न स्थान जान मिल्ने चोक हो। धनगढी, महेन्द्रनगर, डडेल्धुरा र चिसापानीबाट आएका बाटा यहीँ मिसिन्छन्।, अत्तरिया चोकमा २०४३ सालमा राजा वीरेन्द्र र रानी ऐश्वर्याले महेन्द्रको सालिक अनावरण ...
विनोद सापकोटा जनताको विरोधलाई बेवास्ता गरेका नमूना इँटाभट्टाका सञ्चालकले स्थानीय सरकारलाई समेत नटेरेको पाइएको छ।, झापाको हल्दिबारी गाउँपालिकाको न्यायिक समितिलाई नमूना इँटाभट्टाका सञ्चालकले नटेरेका हुन्।, स्थानीयको उजुरीपछि मंगलबार तत्काल इँटाभट्टा सञ्चालन नगर्नू भनेर दिएको आदेश सञ्चालकले बेवास्ता गरेका हुन्।, उनले बुध...
सेतोपाटी संवाददाता कैलालीमा एक महिलाको बेवारिस शव फेला परेको छ।, मोहन्याल गाउँपालिका–७ चिप्लेस्थित कर्णाली नदीको किनारमा अन्दाजी ३३ वर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको हो।, प्रहरी टोलीले शव पानीबाट निकालेर पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।, शवको कानमा सुनको ज...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १७५ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३१, ललितपुरमा २७ र भक्तपुरमा १७ संक्रमित छन्।, यस्तै, काठमाडौंमा १९९६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ९४६, ललितपुरमा ५४४ र भक्तपुरमा ५०६ छन्।, नेपालमा थप ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।,...
सेतोपाटी राष्ट्रिय जनगणनाका लागि कञ्चनपुरमा गणक खटाउने तयारी अन्तिम चरणमा पुगेको छ। , जिल्ला जनगणना कार्यालय कञ्चनपुरका प्रमुख गोविन्दप्रसाद न्यौपानेका अनुसार गणकलाई चार दिने तालिम प्रदान गरी खटाउने तयारी गरिएको छ।, जनगणनाका लागि खटिने गणकलाई आवश्यक पर्ने सबै विषय वस्तुबारे तालिमका क्रममा सिकाइएको कार्यालय प्रमुख न्यौ...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा १७ वटा व्यापारिक फर्मविरूद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ।, ती व्यापारिक फर्मसँग दुई अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बिगो असुल, जरिवाना र हदैसम्मको कैद सजाय माग गरेर मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले सेतोपाटीलाई ...
सेतोपाटी संवाददाता भारतले नेपालबाट बिजुली किन्न थालेको छ। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट मंगलबार रातिदेखि बिजुली भारत पठाउन थालिएको हो।, भारतले सोमबार नेपाललाई भारतीय बजारमा बिजुली बेच्न अनुमति दिएको थियो।, अहिले भारतले किनिरहेको बि...
सेतोपाटी संवाददाता नेपालमा थप ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४४७ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ९१३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ५७७ जनाको पिसिआर परीक्षण र ३३३६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपाल...
सेतोपाटी संवाददाता प्रहरीले बाराबाट १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।, मंगलबार राति प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-७ बाट तीन जनालाई गाँजासहित पक्राउ गरेको हो।, पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका-२ का २३ वर्षीय सुमन रुम्बा, २० वर्षीय विजय थिङ र १९ वर्षीय अखिल मोक्तान छन्।, टेढा रोडमा शंकास्पद ...
झलनाथ खनाल/रासस कर्णाली नदीमा २०४० सालमा आएको बाढी अझै पनि धेरै विस्थापितको मनमा ताजै छ। त्यतिबेलाको बाढीले करोडौँ रुपैयाँको क्षतिमात्रै गरेन, सयौँ परिवार विस्थापित पनि भए। बाढीले कर्णाली नदीको तटीय क्षेत्रमा धेरै नोक्सान गर्‍यो। , त्यतिबेला नागरिकले सहरभन्दा घाँस दाउरा गर्न सजिलो र गाई वस्तु चराउन सहज ठाउँलाई बढी रोज...
नवीनबाबु गुरूङ राजधानीलगायत देशभर यतिबेला तिहारका लागि सरसमान खरीद गर्नेहरुको भीड लागेको छ। मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ।, खासगरी राजधानीको असन, इन्द्रचोक, न्यूरोड, बानेश्वर, कालिमाटीलगायतका अधिकांश स्थानहरु उपभोक्ताको भीड लाग्ने गरे पनि उपत्यका बाहिरका प्रमु...
सेतोपाटी संवाददाता अभिषेक गिरीलाई मोरङ कारागार ल्याइएपछि कैदीबन्दी आन्दोलित बनेका छन्। , अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय काटिरहेका गिरीलाई मंगलबार बिहान पाँच बजे मोरङ कारागार ल्याइएको हो। , काठमाडौंको डिल्लीबजार कारागारमा रहेका गिरीलाई मोरङ ल्याएको बिरोधमा कैदीबन्दीले कारागारको छतमा बसेर प्रदर्शन गरिरहेका छन्।,...
रासस सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन्।, उनीहरु ६ दिनदेखि बेपत्ता छन्। , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल र लुइस छन्।, उनीहरु आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड ए...
सेतोपाटी संवाददाता तिहार मनाउन घर जान लागेका यात्रुलाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका तिहार मनाउन काठमाडौं बाहिर जाने यात्रुलाई कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप दिन लागिएको हो।, मन्त्रालयका अनुसार दुईदिनसम्म सञ्चालन हुने कार्यक्रम बिहान ७ बजेदेख...
सेतोपाटी संवाददाता तेह्रथुमको फेदाप गाउँपालिका-२ भित्री सडक खण्डमा मंगलबार बिहान भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक घाइते भएका छन्।, बिहान राति साढे १ बजे औंसीडाँडाबाट सदरमकुकाम म्याङलुङ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख २७७० नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर द...
सेतोपाटी धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ। भाइरल ज्वरो, झाडाबान्ता लगायतका बिरामीको चाप बढे पनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ। , झाडाबान्ता भएपछि छोरालाई अस्पताल ल्याएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गरिन्। शर्माजस्तै अन्यले पनि उक्त समस्या भोग्नु परिरहेको छ। केही दिनदेखि जीवनजल अभाव भएको अस्...
सेतोपाटी संवाददाता जलवायु संकटको आवाज उठाउँदै युएन हाउस पुल्चोक अगाडि वृहत नागरिक समाजले प्रदर्शन गरेको छ।, डाक्टर गोविन्द केसी, नारायण वाग्लेलगायतको सहभागितामा मंगलबार प्रदर्शन भएको हो।, अधिक कार्बन उत्सर्जन गर्ने देशलाई जवाफदेही बनाउन नेपालजस्ता देशले चुस्त कुटनीति अंगाल्नुपर्ने भन्दै सहभागीले कार्बन उत्सर्जन कम गर्...
सेतोपाटी झापाको कन्काई नगरपालिका– १ स्थित खेतको खोल्सीमा एकजना पुरूष मृत भेटिएका छन्।, घर निर्माणमा कार्यरत सोही ठाउँका ४८ वर्षीय बेनुप्रसाद उप्रेती आज बिहान ६ बजेतिर खोल्सीमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ। , प्रहरीका अनुसार हिजो दिउँसो ३ बजेदेखि बेपत्ता भएका उप्रेती घर नजिकैको खोल्सीमा आज ब...
सेतोपाटी संवाददाता नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ।, तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरुको घुँईचो लागेको हो। असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ।, कोटाभन्दा बढी मानिसको घुइँचो देखिएपछि सुनको असर्फी नपाउने भईयो...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितको उपचारमा समस्या देखिएको छ।, सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत अथवा काठमाडौंनै जानुपर्ने बाध्यता छ।, डायलासिसका लागि अस्पताल पुगेका बिरामीमध्ये कतिपयले अस्पतालकै शैयामा ज्यान गुमाइरहेका छन, भने कतिपय बिरामीहरू पालो क...
सेतोपाटी एकहत्तर वर्षीया धनसरी थापाले सामाजिक सुरक्षाभत्ता बुझ्न नातिका सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित एक बैंकमा पुगेको बताइन्।, उनलाई घरबाट दल्ली पुग्न दुई दिन लागेको थियो। राम्रोसँग टाढा देख्न नसक्ने उनलाई यसरी दुःख दिएकामा नरमाइलो लागेको छ। आउँदा, जाँदा बाटोमा उनका करिब चार हजारभन्दा बढी रुपै...
खिलानाथ ढकाल अपहरण तथा शरीर बन्धक मुद्दामा जेल परेका अभिषेक गिरीलाई मोरङ सरूवा गरिएपछि त्यहाँका कैदीबन्दी आन्दोलनमा निस्के।, मोरङ प्रहरीका अनुसार गिरीलाई मंगलबार बिहान साढे ५ बजे कारागार पुर्‍याएपछि कैदीहरूले उनको विरोधमा आन्दोलन थाले।, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार गिरीलाई डिल्लीबजार कारागारबाट मोरङ ल्...
सेतोपाटी संवाददाता नेपालमा थप ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४६९ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार २८७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ११५ जनाको पिसिआर परीक्षण र ३१७२ जनाको एन्टिजेन परीक्षण गरिए...
सेतोपाटी संवाददाता गैंडाको खागजस्तो देखिने वस्तुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर ४ सुकेधारा क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० बस...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १४० संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९, ललितपुरमा ३६ र भक्तपुरमा ५ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा २ हजार ४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ९५९, ललितपुरमा ५५१ र भक्तपुरमा ५०४ सक्रिय संक्रमित छन्।, काठमाडौं उपत्यकामा थपिए...
रासस अवैध लागुऔषध गाँजासहित प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, उनलाई १२२ किलोग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानका...
निशा भण्डारी नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भिड लागेको छ।, तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरूको घुइँचो लागेको हो। असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ।, कोटाभन्दा बढी मानिसको घुइँचो देखिएपछि सुनको असर्फी नपाउने भइयो भनेर ...
सबिना श्रेष्ठ कपिलमणि दीक्षितबारे पत्रिकामा पढेपछि एकदिन एक महिला उनको स्टुडियोमा आइन् र उनको चित्रमा पात्र बन्ने इच्छा व्यक्त गरिन्।, यसरी कुनै व्यक्तिले कुनै कलाकारको चित्रमा पात्र बन्ने इच्छा राख्नु के ठूलो कुरा भयो त भन्ने तपाईंहरूलाई लाग्ला। यसको निम्ति तपाईंहरूले कपिलमणि कस्ता कलाकार हुन् भन्ने थाहा पाउनुपर्छ।, ...
मनोज सत्याल नेपालले सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय प्रतिबद्धता व्यक्त गरेको छ।, स्कटल्यान्डको ग्लास्गो सहरमा जारी जलवायु सम्मेलन (कोप-२६) मा प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।, अब प्रश्न उठ्छ, कार्बन उत्सर्जन शून्यमा झार...
सेतोपाटी संवाददाता मेक्सिको पुगेका पाँच जना अफगान नागरिकलाई पुन: नेपाल फर्काइएको छ। , मंगलबार दिउँसो ३ बजे श्रीलंका हुँदै उनीहरू नेपाल फर्किएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिए। , 'उनीहरू श्रीलंका हुँदै आज दिउँसो काठमाडौं आइपुगेका छन्,' शाहीले भने,'हामीले कालिका...
सेतोपाटी संवाददाता नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ। भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको छ।, पहिलो चरणमा प्राधिकरणको स्...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा देउसी-भैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने भएको छ।, जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार तिहारमा देउसी-भैलोमा राति नौ बजेसम्म मात्रै खेल्न अनुमति दिइएको हो।, कोरोना भाइरसको संक्रमण हालसम्म पनि कायमै रहेको हुँदा सो निर्णय लिइएको...
सेतोपाटी संवाददाता अवैध रूपमा तस्करी गरी ल्याएको आरोपमा प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार काठमाडौंको गोल्डेन गेट क्षेत्रबाट सञ्जीव दासलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। , उनले वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशबाट फर्किएका कामद...
सेतोपाटी संवाददाता महोत्तरीमा ढोकामा च्यापिएर एक जना बालकको मृत्यु भएको छ। , मंगलबार मटिहानी नगरपालिका वडा नम्बर १ धिरापुर बुने प्रवोध साहका ९ वर्षीय छोराको ढोकामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। , घरमा आमासँगै सरसफाइ गरिरहेका बालकको घाँटी ढोकामा च्यापिएको...
सेतोपाटी संवाददाता यस वर्षको नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार पत्रकार अनु आचार्यले पाएकी छन्।, नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महासंघको सहकार्यमा प्रदान गर्दै आएको उक्त पुरस्कार मंगलबार आयोजित एक कार्यक्रमबीच कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आचार्यलाई प्रदान गरेका हुन्।, नेपाल–अमेरिका पत्...
सेतोपाटी 'म पागल हुँ भन्ने लाग्छ?' लेदरको ज्याकेट, डिजाइनर जिन्स र कोठे सर्टमा ठाँटिएका उनले सोधे।, छ फुट अग्लो भए पनि उनी धेरै नै डँडाक देखिन्छन्। उनको काँध चौडा र मोटो छ। कुनै कोठामा छिरे भने उनको ज्यानको बान्कीले नै सबैको ध्यान तान्छ।, तर टाउको एकातिर बंग्याएर हिँड्ने बानीले होला, उनी लजाएजस्तो, धकाएजस्तो देखिन्छन्...
सेतोपाटी संवाददाता मकवानपुरमा प्रहरीले ४५ बिघा १० कठ्ठा जमिनमा गरिएको गाँजा खेती फडानी गरेको छ।, आइतबारदेखि मंगलबारसम्म ‍मकवानपुरमा प्रहरीले ४५ बिघा जमिनको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , गाँजा खेती नष्ट गर्ने अभियान नै चलाएर प्रहरीले यो काम गरेको बताएको छ।, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर...
शेरबहादुर सिंह गत कात्तिकको पहिलो साता महाकाली नदीमा आएको बाढीले भएको घरखेत र पालेका कुखुरा बगाउँदा यतिबेला कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मसेट्टीका लक्ष्मण नायक चिन्तित छन्।, कुखुरापालन र गाउँमा सामान्य खेतीपाती गर्दै परिवार चलाएका नायकको बाढीले खोरमा हालेका पाँच हजार कुखुरा बगाउनाका साथै घर पनि बगायो।, कुखुरा फार्म ...
सेतोपाटी संवाददाता प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज आफूलाई इजलास तोकेका छैनन्।, सरकारमा भाग खोजेपछि उनको राजीनामा माग भइरहेको बेला उनले आफूलाई इजलास तोक्दै आएका थिए। तर आज उनले आफूलाई इजलास तोकेनन्।, प्रधानन्यायाधीश राणाले इजलास तोके पनि न्यायाधीशहरू सातादेखि उपस्थित भएका छैनन्। सर्वोच्चमा उनको राजीनामा माग ग...
राजेश घिमिरे एक जमाना थियो- २५ वर्षे ठिटो काँधमा ग्लाडुलसको बिटो बोकेर सारा सहर चहार्दा पनि किनिदिने कोही हुन्थेन।, ललितपुरको गोदावरीमा नर्सरी व्यवसाय गरेका दीपक पाख्रिनले ग्लाडुलस पनि फूलाएका थिए। फूलका सुन्दर गुच्छा तयार गरेर किनिदिन आग्रह गर्दै पाख्रिन उपत्यकाका पसल-पसल चहार्थे। फूल हेरेर मानिसहरू दंग पर्थे तर किन्...
सेतोपाटी काठमाडौं महानगरपालिका- ११ मा जनप्रतिनिधि र समुदायको संयुक्त प्रयासमा भू-माफियाको चंगुलबाट फिर्ता गरिएको जग्गामा आकर्षक उद्यान निर्माण सुरू गरिएको छ।,   , बुद्धनगरस्थित संयुक्त राष्ट्रसङ्घ उद्यानको दुई रोपनी तीन आना जग्गामा बाटिका निर्माण सुरू गरिएको हो।, बागमती प्रदेश पूर्वाधार विकास साझेदारी योजनाअन्तर्गत रु...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभीको सबस्टेसनका ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न अल्टिमेटम दिएको छ।, सबस्टेसन निर्माणको ठेक्का पाएका चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएपछि प्राधिक...
सेतोपाटी संवाददाता यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।, विकास समितिका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका ,(किजापूजा)को उत्तम साइत रहेको छ।, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको ...
सेतोपाटी संवाददाता लोक सेवा आयोगले लिएको उपसचिव पदको परीक्षामा कुनै पनि उम्मेदवार पास भएनन्। परीक्षामा दुई जना उम्मेदवार सहभागी रहे पनि कोही पनि पास भएनन्।, आयोगले गत भदौ ८ र १८ मा परीक्षा लिएको थियो। संघीय संसदको तीन उपसचिव पदका लागि दरखास्त खुलेकोमा जम्मा दुई जनाले मात्रै दरखास्त दिएका थिए। तीमध्ये कोही पनि अन्तर्वा...
सेतोपाटी ‘पच्चिस सालको पैरो, निङ्वा मैरो’ अर्थात् वि.सं २०२५ मा गएको पहिराले मन उडायो, वीरक्त लगायो।, लिम्बू समुदायमा धान नाच नाच्दा गाइने पालाम(दोहोरी)को यदाकदा सुनिने एक पङ्ति हो यो।, दुई पक्षले सवाल-जवाफमा गाइने पालाममा विसं २०२५ मा बेमौसमी वर्षाका कारण आएको पहिराले पुर्‍याएको क्षतिका विषय समेटिएका छन् दोहोरीमा।, म...
सेतोपाटी माल्दिभ्सबाट कोरोना भाइरसविरूद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ।, माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौं आइपुगेको हो। , स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित ...
सेतोपाटी संवाददाता कैलालीमा स्रोत नखुलेको नगद र गर-गहनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , धनगढी उपमहानगरपालीका वडा नम्बर ४ स्थित होटल अमन प्लाजामाबाट गत शुक्रबार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो। , पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका वडा नम्बर १ कोटदेवलका २२ वर्षीय मुकेश खड्का, ...
सेतोपाटी संवाददाता राष्ट्रसंघको महासभा बैठक चल्दै थियो। विभिन्न राष्ट्रका प्रतिनिधिहरूले जलवायु परिवर्तन लगायत विश्वका जल्दाबल्दा विषयमा आफ्नो प्रस्तुति दिँदै थिए।, त्यही बेला बैठक कक्षमा अस्वाभाविक रूपले एउटा पाहुनाको आगमन हुन्छ।, बिनानिम्तो बैठक कक्ष छिरेको त्यो पाहुनालाई देखेर त्यहाँ उपस्थित सबै चकित खान्छन्। कोही ...
सेतोपाटी संवाददाता पर्सा जगरनाथपुर गाउँपालिका-४ का २५ वर्षीय सुनिलप्रसाद महतोलाई ठक्कर दिने टिपरका चालकलाई हिरासतमा लिइएको छ।, बा४ख ८७२५ नम्बरको टिपर चालक मकवानपुर थाहा नगरपालिका-११ का २६ वर्षीय मंगललाल सिंहलाई सवारी ज्यानसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान सुरू गरेको हो। उनलाई अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्ध...
सेतोपाटी संवाददाता मानव बेचबिखन अपराधमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ घर भई हाल तार्केश्वर नगरपालिका वडा नम्बर ७ फुटुङ नागपोरीमा बस्दै आएका ३९ वर्षीय जान्द्रे भन्ने रामबहादुर तामाङलाई प्रहरीले पक्र...
सेतोपाटी संवाददाता नेपालमा थप ५ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ६४ जनाको कोरोना परीक्षण गर्दा ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। , मन्त्रालयका अनुसार ७४६८ जनाको पिसिआर र  ४१९६ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्याम...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, सोमबार उपत्यकामा थप २२८ जनामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।, जसमध्ये काठमाडौंमा मात्रै १६२ जना, ललितपुरमा ५० र भक्तपुरमा १६ जना संक्रमित थपिएका हुन्।, अहिले काठमाडौं उपत्यकामा २०७३ जना सक्रिय संक्रम...
सेतोपाटी संवाददाता कैलालीमा कारले ठक्कर दिँदा साइकलमा सवार महिलाको मृत्यु भएको छ।, सोमबार बेलुका जानकी गाउँपालिका–५ अमौरीमा लम्की–टीकापुर सडकखण्ड अन्तर्गत बा १६ च ५३४९ नम्बरको कारले ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँकी ३० वर्षीय अनिता डगौराको मृत्यु भएको हो।, साइकलमा सवार दुई जना कारको ठक्करबाट घाइते भएका छन्। उनीहरूक...
सेतोपाटी संवाददाता जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका एक पुरूष पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ रानागाँउका २७ वर्षीय खुमबहादुर थापालाई दाङ देउखुरी जिल्ला अदालतले २०७७ साल मंसिर २१ गते १२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो। , फैसलापछि फरार रहेका उनलाई प्रहरीले गत शु...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, बर्दियाको ठाकुर बाबा नगरपालिका वडा नम्बर ३ जुटपानी बस्ने २५ वर्षीय महेश चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। , सोमबार बलेफी गाउँपालिका वडा नम्बर ७ खाँडीचौरस्थ...
सेतोपाटी संवाददाता अवैध तरिकाले नेपाल भित्रिएका ११ मध्ये पाँच जना अफगान नागरिक मेक्सिकोतर्फ प्रस्थान गरेका छन्। , अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार आइतबार पाँच जना अफगान नागरिक मेक्सिको गएका हुन्।, उनीहरूसँग मेक्सिकोको भिसा भएको कारण आफूहरूले सहजीकरण गरिदिएको उनले बताए।, 'केही मान्छेहरू आफ्नै ...
सेतोपाटी संवाददाता अछाममा १४ दिनदेखि बेपत्ता पुरूष मृत फेला परेका छन्।, कमलबजार नगरपालिका–५ कुईकाका ३४ वर्षीय रेशमराज तिमिल्सेना गैरिटाँड बजार नजिकै बाँसको झारीमा मृत फेला परेका हुन्।, उनी असोज ३१ गतेदेखि गैरीटाँडको एक होटलमा बसेका र त्यसपछि बेपत्ता थिए।, कात्तिक २ गतेदेखि प्रहरीको टोलीले खोजी कार्य गरे पनि फेला पार्न...
सेतोपाटी संवाददाता काठमाडौंबाट अवैध रूपमा ल्याएको सुन जस्तो देखिने धातुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, रुपन्देही सैनामैना नगरपालिका वडा नम्बर ६ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर २६ मित्रनगर बुद्धमार्गस्थित होटल परेली डिलक्समा बस्ने ३५ वर्षीय बसन्त लम्साललाई पक्राउ गरेको हो। , उनीबाट अवैध रूपमा ल्याएको ३ स...
सेतोपाटी संवाददाता सरकारले तिहारका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड-१९ विरूद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ।, उपत्यकाका कलंकी, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रम...
राजेश घिमिरे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोक्न खोज्दा फसेको बताएका छन्।, चितवनमा पार्टीको भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई बोकेर हिँड्दा फसेको भन्दै अब गल्ती नदोहोर्‍याउने बताए। , ‘चितवनमा नेपाली कांग्रेसले छोरी बोक्यो भनेर...
सेतोपाटी संवाददाता डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकाका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ।, गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर...
चन्द्रकला भण्डारी नेपालका पूर्वीसीमा काँकडभिट्टाबाट पौने दुई सय किलोमिटर मोटर यात्रापछि फुन्चोलिङ सहरको प्रवेशद्वार पुगेर चिहाउँदा भुटान चकमन्न थियो।, पहाडी पाखोमा सफा र हरियाली फुन्चोलिङ बजार बन्द थियो। सर्वसाधारण घर बाहिर निस्किएका थिएनन्। सडकमा सरकारी गाडी मात्र पातलो कुदिरहेका थिए। प्रवेशद्वारमा वारिपारि हेर्न सकि...
सेतोपाटी कोहलपुरमा चितुवाको छाला र हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्टहाउसमा बसेका सुर्खेत र बाँकेका तीन जनाको साथबाट चितुवाको छाला एक थान र एक किलो ४० ग्राम हड्डी बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।, उन...
सेतोपाटी पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रूख काट्न सुरु गरिएको छ।, मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो। बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ।, पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने छ।, सडक विस्तारका क्रममा तन...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १६८ थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०३, ललितपुरमा ४५ र भक्तपुरमा २० संक्रमित छन्।, त्यस्तै काठमाडौं उपत्यकामा २१९२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १०९२, ललितपुरमा ५६२ र भक्तपुरमा ५३८ सक्रिय संक्रमित छन्।, नेपालमा थप ३७२ जनामा कोरोना भाइर...
रासस कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।, भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।, उनीहरू...
रासस कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।, मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन्।, कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ।, गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म प...
रासस ट्र्याक्टर दुर्घटनामा मृत्यु भएका मजदुरका परिवारलाई ३० लाख रूपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। मृत्यु भएका ६ जना परिवारलाई प्रतिपरिवार पाँच लाख रूपैयाँका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको हो। , विसं २०७७ चैत २९ गते पूर्वी चितवनको राप्ती –११ स्थित चिउरीखोलामा ना १ त ६२८२ नम्बरको ट्र्याक्टर दुर्घटना भएको थियो। उ...
रासस दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस डडेल्धुराको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन्।, ना८ख ६१३२ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।, बसमा ३२ यात्रु सवार रहेको बताइएको छ। घाइतेलाई उपचारका लागि धनगढी ल्याइँ...
रासस डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ।, गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन्।...
रासस आदिवासी थारू समुदायको परम्परागत संस्कृति र पहिचान संरक्षण गर्न नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा थारू सङ्ग्रहालय स्थापना गरिएको छ। जिल्लाको सरावल गाउँपालिका–१ तुलसीनगरस्थित पूर्वपश्चिम राजमार्ग नजिकै जिल्लामै पहिलो थारू सङ्ग्रहालय स्थापना गरिएको हो ।, सङ्ग्रहालयका लागि ७० लाख रूपैयाँको लागतमा भवन निर्माण गरिएको...
रासस सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका–४ का किसान मुखको गाँस खोसिँदा निराशामा छन्।, असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर बनेपछि उनीहरुको कमाइखाने आधार सकिएको छ।, विगतका वर्षहरूभन्दा यस वर्ष किसानको धान निकै राम्रोसँग फलेको थ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा चार वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका वडा १६ परखेडी बस्ने ५० वर्षीय करन सिंहलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , करनले मादक पदार्...