content
stringlengths 20
64.1k
⌀ |
|---|
सेतोपाटी कोरोनाभाइरस संक्रमणबाट दुई वर्षपछि विश्वले त्राण पाउन थालेको छ। सन् २०१९ को अन्त्यदेखि यो भाइरस संसारभरि महामारीका रूपमा फैलिएको थियो।, खासगरी केही महिनाअघिसम्म महामारीको चपेटमा परेर लकडाउनमै रहेका दक्षिण एसियाली मुलुकहरूले बिस्तारै यो संकटबाट राहतको सास फेर्न थालेको तथ्यांकहरूले देखाएका छन्।, विश्वव्यापी कोरोना संक्रमणको रेकर्ड राख्दै आएको वर्ल्डोमिटरमा उल्लिखित तथ्यांकअनुसार दक्षिण एसियाका आठवटै मुलुकमा कोरोनाको नयाँ बिरामी संख्या ह्वात्तै घटेको देखिन्छ। विभिन्न उमेर समूहका लागि चरणबद्ध रूपमा सञ्चालित खोप अभियान र मास्कको व्यापक प्रयोगले संक्रमण दर घटेको हो।, सबभन्दा बढी सुधार भारतमा देखिन्छ। छ महिनाअघिसम्म त्यहाँ दिनकै सवा ४ लाख कोरोना संक्रमित थपिन्थे। बुधबार झन्डै १४ हजारमा झरेको छ। गत मे महिनामा भारतको संक्रमण दर उत्कर्षमा थियो। त्यति बेला दिनकै ४ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु हुन्थ्यो।, नेपालमा पनि संक्रमण उत्कर्षमा पुग्दा दैनिक ९ हजार हाराहारी नयाँ बिरामी थपिन्थे। अहिले दैनिक ४ सयभन्दा कम छ। बुधबारको तथ्यांक हेर्ने हो भने ३ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ।, त्यस्तै, छ महिनाअघि पाकिस्तानमा दैनिक ६ हजार हाराहारीमा कोरोना संक्रमण फेला पर्ने गरेको थियो। त्यो पाकिस्तानको उत्कर्ष विन्दु हो। अहिले दैनिक संक्रमण ६ सयभन्दा कम छ। बुधबार ५ सय ६१ जनामा संक्रमण फेला परेको थियो।, बंगलादेश र मालदिभ्सको अवस्था नेपालको भन्दा राम्रो छ।, बंगलादेशमा अप्रिल महिना दोस्रो चरणको लहर आउँदा संक्रमण उत्कर्षमा पुगेको थियो। त्यति बेला दिनकै झन्डै १४ हजार व्यक्ति कोरोनाग्रस्त हुन्थे। अहिले ३ सयभन्दा कम छ। तथ्यांकअनुसार बुधबार बंगलादेशमा २ सय ५६ जनामा संक्रमण फेला पर्यो।, मालदिभ्समा भने बुधबार २ सय १९ जनामा संक्रमण पाइएको छ। त्यहाँको उत्कर्ष विन्दु गत मे महिनालाई मानिन्छ जब दैनिक हजार जनाभन्दा बढीलाई कोरोना लाग्ने गरेको थियो।, श्रीलंकामा अझै पनि संक्रमण दर दैनिक ६ सय हाराहारी छ। बुधबार त्यहाँ ५ सय ८१ जना नयाँ संक्रमित थपिए। महामारी उत्कर्ष विन्दुमा हुँदा त्यहाँ दिनकै ६ हजार हाराहारीलाई संक्रमण हुने गरेको थियो।, अफगानिस्तान र भुटानमा त संक्रमण दर अत्यन्तै कम छ।, भुटानमा बुधबार जम्मा एक जनालाई संक्रमण भएको वर्ल्डोमिटरले जनाएको छ भने अफगानिस्तानमा १६ जनालाई संक्रमण भएको छ।, भुटानमा कोरोना संक्रमण अन्य दक्षिण एसियाली मुलुकको दाँजोमा निकै कम रह्यो। उता अफगानिस्तानमा कोरोना परीक्षण नै कम भएकाले संक्रमणको यथार्थ तथ्यांक बाहिर आएन।,
दक्षिण एसियाभरि नै स्वाट्टै घट्यो कोरोना
|
सेतोपाटी संवाददाता नेपालमा थप ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३५६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ६ हजार ३८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ३ हजार २५९ जनाको पिसिआर परीक्षण र ३१२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ८ हजार ८९० जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ।, ५१८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.५ प्रतिशत छ।, त्यस्तै, काठमाडौं उपत्यकामा १३७ थपिएका छन्। जसमध्ये काठमाडौंमा ८४, ललितपुरमा ३४ र भक्तपुरमा १९ संक्रमित छन्।,
६ हजार ३८४ मा कोरोना परीक्षण गर्दा ३५६ लाई कोरोना
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा कोरोना भाइरसको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, काठमाडौंमा ८४, ललितपुरमा ३४ र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, योसँगै उपत्यकामा १९२४ सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ८७१, ललितपुरमा ५३७ र भक्तपुरमा ५१६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। , यस्तै नेपालमा थप ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ६ हजार ३८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ३ हजार २५९ जनाको पिसिआर परीक्षण र ३१२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ८ हजार ८९० जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ।, ५१८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.५ प्रतिशत छ।,
काठमाडौं उपत्यकामा थप १३७ जनामा कोरोना संक्रमण
|
राजेश घिमिरे विद्युत् प्राधिकरणको भरतपुर सबस्टेसनमा रहेको एउटा ट्रान्सफर्मर पड्किएको गाइँगुइँ केही दिनदेखि नै चल्दै थियो। भरतपुर–५ का सुमन अधिकारीले त्यसैका कारण फाट्टफुट्ट बत्ती गइरहेको हुनसक्ने अनुमान गरेका थिए।, तर केही बेरमा बत्ती आइहाल्थ्यो, खासै समस्या हुन्थेन।, मंगलबार मध्याह्न पनि त्यसैगरी बत्ती गयो। यसपालि भने लामो समयसम्म आएन। अपराह्न चार बजेबाट त आँगनछेउको धारामा नियमित झर्ने गरेको पिउने पानी पनि आएन।, भाँडो थापेर निकै बेर कुर्दा पनि पानी नझरेपछि सुमनले फेसबुकमा लेखे- ‘धारामा पानी नआउँदा गाउँ नै काकाकूल भयो।’, मंगलबार मात्र होइन, बुधबार बिहान पनि पिउने पानीको भाँडा रित्तै भयो। ‘विद्युत् लाइन नहुँदा मोबाइलको चार्ज पनि सकियो, लौ प्रलय नै भएछ कि झैं भयो,’ उनले सुनाए।, लगातार लामो समय विद्युत् अवरूद्ध हुँदा भरतपुरका उद्योग, कलकारखाना, अस्पताल, सरकारी कार्यालयका सेवामा पनि समस्या आउन थाल्यो। ‘तिहार बेला बजारमा माग बढी भएकाले त्यहीअनुसार काम गर्ने तयारी थियो तर यही बेला बिजुली आएन। कर्मचारीहरू उद्योग सरसफाई गरेर फर्किए,’ पूर्णिमा मसला उत्पादक मालिका फुड्स प्रालिका प्रमुख चुडामणि ढकालले भने, ‘लोडसेडिङ हट्यो भनेर जेनेरेटर पनि किनिएन, एक्कासि लामो समय लाइन जाँदा आपतै पर्यो।’, तिहारको रमझममा भरतपुर सहर अन्धकार बनेपछि सामाजिक सञ्जालमा प्राधिकरणको निकै आलोचना भयो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई 'किन भरतपुर अन्धकार बनाएको' भन्दै उपभोक्ताले तारन्तार प्रश्न गरे।, बुधबार दिउँसो अचानक खबर फैलियो, भरतपुरमा बिजुली फिर्ता ल्याउन कुलमान घिसिङ आफैं आउँदै छन्।, चौबीस घन्टादेखि अन्धकार सहरलाई यो खबरले तरंगित बनायो।, कुलमान बुद्ध एयरको जहाज चढेर भरतपुर ओर्लिए। उनी आइपुग्दा काम नलाग्ने अवस्थामा पुगेको ३० एमबिएको ट्रान्सफर्मर हटाएर स्टकमा रहेको २२.५० एमबिएको ट्रान्सफर्मर जोड्ने तयारी हुँदै थियो।, उनले फिल्डमै गएर प्राविधिकहरूबाट भइरहेको काम एकछिन नियाले, अनि जनशक्ति थपेर भए पनि जतिसक्दो छिटो काम सक्न निर्देशन दिए, ‘कति लेभर चाहिन्छ ल्याउनुस्, के–के खुवाउनुपर्छ खुवाउनुस्। एक–दुईवटा खसी काटेर दिए पनि हुन्छ तर काम छिटो हुनुपर्यो।’, विगतमा पनि विद्युत आपूर्तिमा समस्या आइपर्दा फिल्डमा पुगेर आफैं खट्ने भएकाले कुलमानको तारिफ हुने गर्छ। कुलमानले बुधबार भरतपुरमा उस्तै शैली अपनाए।, भरतपुर सबस्टेसन मर्मत क्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ (बीच) र अन्य प्राविधिकहरू।, उनी जहाजबाट ओर्लेर सिधै सबस्टेसनमा गए, कर्मचारी तथा प्राविधिकहरूलाई निर्देशन दिए र आफू पनि रातभरि त्यहीँ खटे। उनी राति साढे ८ देखि २ बजेसम्म सबस्टेसनमै अन्य प्राविधिकहरूसँग डटेर बसेका थिए।, अन्ततः उनी भरतपुर पुगेको करिब १४ घन्टापछि बिजुली बल्यो। यसबीच प्राधिकरणका कर्मचारीले ८ घन्टामै बिजुली आपूर्ति सुरू हुने गरी काम भइरहेको बताएका थिए।, पावर ट्रान्सफर्मरमा समस्या आएपछि करिब ३६ घन्टा अन्धकार बनेको भरतपुरमा बिहीबार बिहान २ बजेबाट बत्ती बल्न थाल्यो। ‘प्राधिकरणका कर्मचारी र बाहिरबाट आएका मजदुरहरूले रातभर काम गरेका छन्। लामो प्रयासपछि विद्युत् सप्लाई गर्न सकियो,’ प्राधिकरणको हेटौंडा ग्रिडका प्रमुख राजु श्रेष्ठले भने, ‘चाडपर्व बेलामा विद्युत् काट्यो भनेर ठूलो दबाब आइरहेको थियो, धन्न लक्ष्मीपूजाको दिन सप्लाई गर्न सक्यौं।’, विद्युत् लाइन काटेको भन्दै सबस्टेसनमै आएर उपभोक्ताले गाली गरेको उनले बताए। कसैले भने चाडबाड बेला पनि रातभर काम गरिरहेको भन्दै धन्यवाद दिएका थिए।, श्रेष्ठले के कारणले दुईवटा ट्रान्सफर्मर बिग्रियो भन्ने विषयमा काठमाडौंबाट आएको प्राविधिक टोलीले अध्ययन गरिरहेको बताए। ‘उहाँहरूले भनेपछि त्यो कुरो थाहा होला, अहिल्यै बोल्न मिल्दैन,’ श्रेष्ठले भने, ‘यो ब्याडलक चाहिँ हो।’, उनले समस्या परेको समयमा कार्यकारी निर्देशक फिल्डमा आएर निर्देशन दिँदा काम गर्नेलाई हौसला मिलेको बताए। ‘उहाँले जनशक्ति, स्रोत अभाव हुन भएन, काम छिटो हुनुपर्यो भन्नुभयो। त्यो निर्देशनले काममा सहयोग नै पुगेको छ,’ उनले भने।, उनका अनुसार सबस्टेसनमा थप एक ट्रान्सफर्मर जोड्ने काम पनि सकिएको छ। पोखराबाट ल्याइएको ट्रान्सफर्मर जोडिएको भए पनि त्यसले काम गर्न केही घन्टा समय लाग्ने उनले बताए।, ‘बिग्रिएको ट्रान्सफर्मर झिक्नै बढी समय लाग्छ। त्यसपछि ५५ टनको ट्रान्सफर्मर त्यो ठाउँमा राख्न झन् बढी गाह्रो हुन्छ,’ उनले भने, ‘हामी दिनरात नभनी काम गरिरहेका छौं। अब भरतपुरवासीले तिहारमा बत्ती जान्छ कि भनेर पीर मान्नुपर्दैन।’, श्रेष्ठका अनुसार सबस्टेसनमा प्राधिकरणका दुई दर्जनभन्दा बढी र बाहिरका मजदुरहरू १५ जना खटिएका छन्। काठमाडौंबाट चार जनाको टोली पनि यहीँ बसेर काम गरिरहेको छ।, प्राधिकरणको भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले तिहार बेला विद्युत् नहुँदा उपभोक्तालाई मनाउनै हम्मे भएको बताए। ‘हामी रातभर पनि काम गरिरहेका छौं, काम गर्न गाह्रो छ, उपभोक्तालाई सम्झाउन झनै गाह्रो छ,’ उनले भने, ‘दिनमा पाँच घन्टाजति त फोन उठाएर विद्युत् छिट्टै आउँछ भन्दैमा बित्यो।’, ट्रान्सफर्मरमा समस्या भएपछि भरतपुर महानगरपालिकाका १३ वटा वडामा विद्युत् सेवा अवरूद्ध बनेको थियो। विद्युत् अवरूद्ध भएको क्षेत्रमा प्राधिकरणका करिब ५५ हजार ग्राहक छन्।,
भरतपुर ब्ल्याकआउटको ३६ घन्टा
|
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले पाँच जनालाई चरेशसहित पक्राउ गरेको छ। , महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले बिहीबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १६ म्हैपी क्षेत्रबाट पाँच जनालाई पक्राउ गरेको हो। , गोरखा धार्चेका २२ वर्षीय मनबहादुर गुरूङ, २२ वर्षीय सजिन गुरूङ, रसुवाका ५२ वर्षीय मिनबहादुर तामाङ, नुवाकोटका ६४ वर्षीय रोजबहादुर घले र ४० वर्षीय चन्द्रबहादुर तामाङ पक्राउ परेका छन्।, पक्राउ परेका व्यक्तिहरूबाट ११ किलो ५०० ग्राम लागुऔषध बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, १२ वटा प्लास्टिकका पोकामा राखेर लुकाइराखेको अवस्थामा प्रहरीले फेला पारेको हो। , उनीहरूले लागुऔषध चरेश खरिद-बिक्री तथा ओसारपसार गर्न लागेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएर पक्राउ गरेको हो। , उनीहरूमाथि प्रहरीले नियन्त्रित लागुऔषध ऐन (संशोधन) ऐन २०३३ बमोजिम अनुसन्धान अघि बढाएको छ।,
,
,
काठमाडौंको म्हैपीबाट साढे ११ किलो चरेशसहित पाँच पक्राउ
|
सेतोपाटी संवाददाता मोरङको धनपालथानमा बसले साइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ। घटनामा श्रीमान् घाइते छन्।, धनपालथान नगरपालिका-३ मोरियापुलस्थित सडकमा बसले ठक्क दिँदा साइकलमा सवार रंगेली नगरपालिक- ३ की २८ वर्षीय रेखा पासवानको मृत्यु भएको हो। उनी साइकलको पछाडि थिइन्।, बिहीबार दिउँसो प्र१-०४-००१ख ००२२ नम्बरको बसले साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। साइकलमा सवार उनका श्रीमान् ३१ वर्षीय उमेश पासवानको उमेशको रंगेली अस्पतालमा उपचार भइरहेको छ।, रेखाको अस्पताल पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बस प्रहरीको नियन्त्रणमा छ भने चालक फरार छन्।, यस्तै, बसको ठक्करबाट मोरङ उर्लाबारी नगरापालिका-४ आइतबारेमा बिहीबार मोटरसाइकल चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही स्थानका ७२ वर्षीय नगेन्द्रप्रसाद ढुङ्गाना छन्।, दिउँसो साढे १ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७८२८ नम्बरको बसले प्रदेश १-०२-०४१प ४४०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। , मोटरसाइकल चालक ढुङ्गानाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। ,
बसले साइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते
|
सेतोपाटी संवाददाता ट्रकले स्कुटरलाई ठक्कर दिँदा सुर्खेतमा एकजनाको मृत्यु भएको छ।, नेपालगञ्ज–सुर्खेत सडकखण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–११ ठूलो व्युरेनीमा मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको हो।, भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२०० प ७६६९ लाई जुम्लाबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो।, दुर्घटनामा स्कुटर चालक भेरीगंगा नगरपालिका–१२ छिन्चुका २६ वर्षीय रविन राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।, रविनकी दिदी रानी राना मगर घाइते छिन्। उनको टाउकोमा चोट लागेको छ। उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। डिएसपी घर्तीका अनुसार घाइतेको अवस्था गम्भीर छ।, ट्रक चालक फरार छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।, दुर्घटनापछि आफन्तले छिन्चु बजार र सडकखण्ड बन्द गरेका छन्।,
दिदी-भाइ सवार स्कुटरलाई ट्रकले ठक्कर दिँदा भाइको मृत्यु, दिदी गम्भीर घाइते
|
नारायण खड्का जिन्दगीमा आफ्नै मेहनतले दुई-चार पैसा कमाएर आर्थिक जीवन सुधार्न तेज वलीलाई कहिले यो, कहिले त्यो काम गरिरहन पर्यो।, २७ वर्षको उमेरमै तीन वटा जागिर फेरे।, स्कुले जीवनदेखि रेडियोमा बोल्ने, त्यसैमा काम गर्ने सपना बुन्दै हुर्किएका तेज अहिले थ्रिडी वालपेपर व्यवसायमा जमिरहेका छन्। सानैदेखि देखेको सपना पूरा नभएको होइन तर जीवन धान्न चाहिने आर्थिक उन्नति पनि हुनुपर्ने बुझ्दै गए।, रेडियोमा मन बसेको भने उनी स्कुले जीवनमै हो।, रेडियो तुलसीपुरमा 'आरजे हन्ट' कार्यक्रम सुरू हुँदादेखि उनी सुन्थे। पछि त्यही कार्यक्रमको आरजे हन्ट अफ दी इयर बन्न सफल भए।, आरजे अफ दी इयर बन्न सफल भएपछि उनले रेडियोको विज्ञापनमा बोल्ने अवसर पाए। आफू घर र बाटोमा हिँड्दा रेडियोबाट बज्ने विज्ञापनमा आफ्नो आवाज गुन्जिँदा उनी खुसीले पुलकित हुन्थे।, पहिलोपटक रेडियोमा बोल्न पाउँदाको दिन पनि उनी खुब सम्झिरहन्छन्। अकस्मात उनलाई कार्यक्रम सञ्चालन गर्न अफर आयो। उनको बेलाबेला भक्भकाउने बानी थियो। रेडियोमा बोल्दा भक्भकाउँछु कि भन्ने धुकचुक मनमा लिएर स्टुडियो पसे। , 'आफू पूरै सचेत र सजग भएर बोल्दा भक्भकाउने समस्या नहुने रहेछ भन्ने मैले बुझेको छु,' तेजले भने, 'छिटो बोल्नु र मतलब नगरी बोल्दा म बाहिर आज पनि भक्भकाउँछु।', त्यतिखेर तेजलाई लाग्थ्यो, रेडियोमा बोल्न पाए जीवनमा अरू केही चाहिँदैन। उनले बोल्न मात्र होइन रेडियोमै काम गर्ने मौका पाए। त्यतिखेर अहिलेभन्दा रेडियोको क्रेज व्यापक थियो। भर्खर–भर्खरै रेडियोहरू दूरदराजका जिल्लामा भित्रिएका थिए।, रेडियोमा बोल्नु भनेको समाजमा विशेष थियो, इज्जत थियो।, उनले रेडियोमा केही वर्ष काम गरे। त्यो बीचमा तेजले दैनिक ४/५ वटासम्म कार्यक्रमहरू सञ्चालन गरे।, काम गर्न थालेको दुई वर्षपछि बल्ल उनले पैसा पाउन थाले। त्यो पनि तिहारका बेला जम्मा एक हजार रूपैयाँ।, त्यतिन्जेल उनले बुझिसकेका थिए, रेडियोमा काम गरेर पैसा आउँदैन। नाम त छ, तर त्यो अनुपातमा दाम निकै कम रहेछ। उनले आफ्नो रहरको काम गरिरहे।, प्लस-टु पनि पढ्दै थिए। किशोर थिए, त्यसैले प्रशंसा र नाम भए उनलाई पुगेको थियो। कहिलेकाहीँ चाडपर्वमा पाउने दुई/ चार हजारमा उनी मख्ख थिए। खर्च आमाबाबुले नै दिन्थे।, रेडियोमा काम थालेको चार वर्षपछि तेजले बिहे गरे। जिम्मेवारी पनि बढ्दै गयो। उनले अरू पनि काम खोज्न थाले। त्यतिखेरै एक स्कुलमा कम्प्युटर शिक्षकको माग भयो। उनले त्यहाँ काम पाए।, शिक्षण र रेडियो प्रस्तोताको काम गर्दै उनले डेढ वर्ष बिताए।, त्यही बेला उनका शिक्षक साथीले होस्टल खोल्ने प्रस्ताव गरे। त्यतिखेर तुलसीपुरमा एउटा पनि होस्टल थिएन। राम्रै सम्भावना देखेर उनीहरूले बरूवा गाउँमा होस्टल खोले। केही समयमा उनका साथी विदेश गए। तेजलाई एक्लै होस्टल चलाउन मन लागेन। बेचिदिए।, त्यसपछि उनी कामबिहीन भए। रेडियोमा हप्तामा एक दिन कार्यक्रम चलाउँथे। त्यसबाट पैसा आउँथेन।, पैसा आउने काम त गर्नपर्छ भनेर उनले तुलसीपुरकै दोघरेमा एउटा मोटर गाडी वासिङ सेन्टर १२ लाखमा किने। एक डेढ-वर्ष वासिङ सेन्टरमा अनुभव बटुले। यसमा पनि धेरै आम्दानी हुन्थेन। त्योभन्दा पनि गाडी लाइनमा बोलिने छाडा शब्दहरू उनलाई पटक्कै मन परेन। तेजलाई त्यो पेसा उति सम्मानित लागेन।, 'मेरा लागि त्यो पेसा उति सम्मानित लागेन र मैले त्यो पनि बेचिदिएँ,' तेजले भने।, त्यसपछि तेजलाई आफन्त र घर परिवारले पनि अविश्वास गर्न थाले। उनी निरास भइसकेका थिए।, 'पढाइ पनि छोडिसक्यो। यो कुनै पनि पेसामा टिक्न सक्दैन र जीवनमा यसले कुनै प्रगति गर्न सक्दैन भन्न थाले,' उनले ती दिन सम्झिए, 'मलाई त अधैर्य छस्, बेचैनी छस्। बरू विदेश जा भनेर आफन्त र बुवाले पनि दबाब दिन थालेका थिए।' , तेजको मनमा भने आफ्नै ठाउँमा केही गरेरै देखाउने हुटहुटी थियो। श्रीमतीले भने विदेश नजान र आफ्नै ठाउँमा केही गर्न सुझाइन्। घरको दायित्व पनि थपिँदै थियो। तेज काठमाडौं पुगे। भौंतारिए। एक वर्ष त्यसै बित्यो। त्यसबीच पनि दाङमा रहँदा रेडियोमा कार्यक्रम चलाउन भने गइरहन्थे।, त्यही क्रममा तुलसीपुरमै तेजको पुष्प जिएमसँग भेट भयो। विदेश बसेर आएका जिएमले दाङमा पहिलो पटक थ्रिडी वालपेपरको काम सुरू गर्ने सोचेका रहेछन्। विदेशमा उनले यसको राम्रो बजार देखेका थिए। त्यसैले सम्भावनाको व्यापार भनेरै उनले केही सामान किनेर ल्याएका थिए। तर यहाँ आएपछि गर्न सकुँला झैं लागेनछ।, उनले तेजसँग भने- मैले त सक्दिनँ जस्तो छ। तिमी मिडियाकर्मी हौ, राम्रो गर्न सक्छौ।, काम छाडेर बसेका तेजले आँट बटुलेर हुन्छ भने। जबकि उनलाई थ्रिडी वालपेपर भनेको के हो नै थाहा थिएन। यो भित्ता सजाउने रंगीचंगी पेन्टिङ भएको पेपर रहेछ। अचेल पेन्टिङभन्दा यस्ता चित्र भएका पेपरको चल्ती छ भनेर पुष्पले नै उनलाई सम्झाएका थिए।, पुष्पले किनेर ल्याएका केही सामान तेजले किने। काठमाडौं पुगेर थप पाँच लाखको सामान किनेर ल्याए। आठ लाख जतिको सामान कोठामा थियो। अब त्यो कसरी बिक्री गर्ने? तेजसँग पनि कुनै आइडिया थिएन।, उनले सामाजिक सञ्जालमा वालपेपरबारे खोजी गरे। खास केही भेटेनन्। कसरी लगाउने, कहाँ टाँस्ने? मानिसहरूले के भन्लान् जस्ता कुराको उत्तर तेजसँग थिएन। तुलसीपुरका स्थानीय व्यापारीसँग सल्लाह लिन खोजे। कसैले पनि काम कसरी गर्ने भनेर आइडिया दिन सकेनन्।, 'यो कागजको तिमी के व्यापार गर्छौ? फस्टाउन सक्दैन भनेर सबैले भने,' तेजले भने, ‘बुवाले पनि यसको व्यापार सम्भव छैन, सामान घरमै थन्काएर विदेश जा बरू त्यसबाट प्रगति हुन्छ। यो गरेर केही हुँदैन भन्नु भयो।', तेजले हरेस खाएनन्।, 'एक दिन मेरो पनि समय आउँछ' भन्नेमा उनी ढुक्क थिए।, वालपेपरका केही रोल एउटा झोलामा बोकेर तुलसीपुरभन्दा ४८ किलोमिटर पूर्वको लमही बजार पुगे। जिल्लाका प्रमुख सहरहरू तुलसीपुर र घोराहीमा उनले त्यो झोला खोल्दै खोलेनन्। एक्लै मोटरसाइकलमा गएका उनी लमहीको एउटा रेस्टुरेन्टमा दिउँसो खाजा खान पसे। पछाडि बोक्ने झोलाको माथिसम्म वालपेपरका रोल देखिएका थिए।, साहुनीले झिक्न लगाएर हेरिन्। यस्तै पेपर खोज्दा नपाएको भन्दै मूल्य सोधिन्। एउटा रोलको चार हजार।, तर साउनीले फिटिङसहित चार हजार दिन्छु भनिन्। यो फिटिङ पनि गर्नुपर्ने रहेछ भनेर तेजले बल्ल थाहा पाए। फिटिङ आइडिया थिएन। रोल त्यहीँ छाडेर फोन नम्बर दिएर फर्किए उनी।, तुलसीपुरकै शक्ति सुनारलाई उनले सम्झे। शक्तिले काठमाडौंमा वालपेपर फिटिङको काम गरेका थिए। तेज र शक्ति साहुनीकहाँ पुगे। दुई दिन काम गरेर ४० हजार बुझे।, थ्रिडी वालपेपरको व्यापारबाट तेजले गरेको पहिलो कमाइ थियो त्यो। फर्किँदा बाटोमा उनीहरू रोकिएका थिए। त्यहीँ एक जना कार चालक भेटिए। झोलामा स्टिकर देखेपछि कारधनीले पाँच हजारको स्टिकर किने।, त्यसपछि तेज मनमनै निश्चिन्त भए –बुझाउन सकेँ भने व्यापार राम्रो रहेछ।, उनले तुलसीपुरकै मानिसलाई पनि विस्तारै थ्रिडी वालपेपरबारे बुझाउन थाले। नयाँ खुलेका रेस्टुरेन्ट र होटेलका साथै नयाँ निजी घरमा पनि काम गरे। सामान कहाँबाट कसरी किन्ने, कतिमा बेच्ने, ग्राहकलाई कसरी बुझाउने भन्ने जस्ता व्यवहारिक कुरा सिक्दै गए। , व्यापार राम्रो हुँदै गयो। , तेजको व्यापार दाङमा मात्रै होइन, आसपासका जिल्लामा पनि फैलिँदै गयो। दाङसहित २० जिल्लामा उनको कारोबार हुन्छ। सामाजिक सञ्जालको सहयोगमा उनले व्यापार विस्तार गर्न सकेका हुन्।, अहिले उनी थ्रिडी वालपेपरका होलसेल बिक्रेता पनि हुन्। पसलमा एक करोड जति लगानी पुगिसकेको उनले बताए। २० जनालाई रोजगारी दिएका छन्।, 'अब बन्ने नयाँ घर हुन् कि होटल, सबैले आफ्ना संरचना आकर्षक बनाउन चाहन्छन्। वालपेपरले उनीहरूको चाहना पूरा गरिरहेको छ,' तेजले भने, 'एकपटक लगाएपछि आठ/दस वर्ष ढुक्कले टिक्ने हुँदा भविष्यमा यसको माग झनै बढ्दै जाने विश्वास गर्न सकिन्छ।', नयाँ वर्ष र चाडपर्वमा मासिक २० लाखसम्मको र अघिपछि आठ/दस लाखको व्यापार हुने तेजले बताए।, 'सामान्य अवस्थामा पनि खर्च कटाएर मासिक एक-डेढ लाख मज्जाले बचत हुन्छ,' तेजले भने, 'व्यापार बिस्तार गर्दै जाने सोचमा छु। सोरूम खोल्ने मन छ अब।', तेज आज पनि रेडियो तुलसीपुरमा कार्यक्रम सञ्चालन गर्न भने गइरहन्छन्। तर अचेल शनिबार मात्रै।, 'मलाई चिनाएको र स्थापित बनाएको रेडियोले हो नि,' तेजले भने, 'त्यो मेरो सपना हो। त्यसैले म त्यसलाई विस्तारै भए पनि पच्छ्याइ रहनेछु।',
रेडियोमा काम गरेर खुसी कमाउँछन्, वालपेपर बेचेर पैसा
|
सेतोपाटी संवाददाता अनामनगरस्थित एउटा फर्निचर शोरुम रहेको घरमा भीषण आगलागी भएको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बाजेको सेकुवा पछाडि रहेको फर्निचरको शोरुम भएको घरमा आगलागी भएको हो।, कार्की भवनको ६ तले घरमा राति करिब ८ बजेबाट आगलागी सुरू भएको परिसरले जनाएको छ।, उक्त भवनको पहिलो र दोस्रो तलामा फर्निचर शोरुम रहेको र त्यहीँबाट आगलागी सुरू भएको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए। , शोरुमका सञ्चालक अशोक ढकाल हुन्। लक्ष्मीपूजा गर्दा दियो बालेर सञ्चालकले पसल बन्द गरेका थिए।, आगो निभाउन दुई वटा दमकल, प्रहरी र स्थानीयले प्रयास गरिरहेको सिंहले जानकारी दिए।, ‘राति ७:५० बजेबाट आगलागी सुरू भएको जानकारी पाएपछि प्रहरी टोली र दमकल आगो निभाउन प्रयासरत् छ,’ सिंहले सेतोपाटीसँग भने।, आगलागी लगभग नियन्त्रणमा आएको जानकारी उनले दिए। आगलागीबाट पचास लाख रुपैयाँको क्षति आँकलन गरिएको सिंहले बताए।,
लक्ष्मीपूजाको दियोबाट अनामनगरको फर्निचर शोरुममा सल्कियो आगो
|
सेतोपाटी अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको अवसरमा दियो बाल्दै यो पर्व मनाउने संसारभरका सबैलाई शुभकामना दिएका छन्।, बाइडेनले आफ्नो ट्वीटरमा राष्ट्रपति निवास ह्वाइट हाउभित्र दियो बालेको तस्बिरसहित दिपावलीको शुभकामना दिएका हुन्। तस्बिरमा उनकी पत्नी तथा अमेरिकाकी प्रथम महिला जील बाइडेन पनि सँगै छिन्।, बिहीबार लक्ष्मीपूजाको रात नेपाली समयअनुसार ८ बजेर ३१ मिनेटमा बाइडेनले उक्त शुभकामना सन्देश पोस्ट गरेका थिए।, आफ्नो सन्देशमा उनी लेख्छन्, 'दिवालीकाे प्रकाशले हामीलाई सधैं यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ, विभाजनपछि एकता आउनेछ र दु:खपछि आशा पलाउनेछ।', उनले आफ्नो सन्देशमा अमेरिका मात्र होइन, दिवालीको उत्सव मनाइरहेका संसारभरका सबै हिन्दु, शिख, जैन र बौद्धहरूलाई शुभकामना दिएका छन्।, May the light of Diwali remind us that from darkness there is knowledge, wisdom, and truth. From division, unity. From despair, hope.,
To Hindus, Sikhs, Jains, and Buddhists celebrating in America and around the world — from the People’s House to yours, happy Diwali. ,pic.twitter.com/1ubBePGB4f,
— President Biden (@POTUS) ,November 4, 2021,
बाइडेनले बाले दियो, दिए दिपावलीको शुभकामना
|
रासस जाजरकोटमा ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। , नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो।, मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री रहेको प्रहरीले जनाएको छ। , त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन्। उनी सहचालक हुन्।, घाइतेको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए। ट्र्याक्टर नम्बर भने खुल्न सकेको छैन। ,
जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा ३ को मृत्यु
|
सेतोपाटी संवाददाता प्रहरीले ९ लाखभन्दा बढी रकमसहित तनहुँबाट जुवाडेलाई पक्राउ गरेको छ।, तनहुँको शुक्लागण्डकी नगरपालिका ८ ढोरफेदीका बिलबहादुर गुरूङको घरमा जुवा खेलिरहेकाहरूलाई गए राति करिब १ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ।, ९ लाख ११ हजार चार सय ५ रूपैयाँसहित २९ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए।, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलचौताराको टोली गुरूङको घरमा पुगेको थियो। , पक्राउ परेकालाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत अनुसन्धान सुरू गरिएको मैनालीले बताए।,
९ लाख बढी रकमसहित तनहुँबाट २९ जुवाडे पक्राउ
|
समिक्षा अधिकारी काग, यमराजको दूत। तिहारको पहिलो दिन कागपूजा गरी खानेकुरा खुवाउने चलन छ। उसो त नेपाली समाजमा कागलाई खबरवाहकका रूपमा पनि लिइन्छ। आफन्त, नातेदार दिवंगत भए, कोही पाहुना आउने भए, बार्दली या रूखमा बसेर सन्देश दिन्छ भन्ने मान्यता अझै छ।, हिन्दू धर्मकथाअनुसार यमराजलाई बहिनी यमुनाले कागमार्फत् नै पहिलोपटक खबर पठाएकाले तिहारको पहिलो दिनै कागपूजा गर्ने प्रचलन बसेको हो।, काग र हामी मान्छेबीच धर्मको मात्रै सम्बन्ध छ त? , हामीले यसबारे चराविद् डा. हेमसागर बरालसँग सोधेका छौं। उनले कागबारे विभिन्न रोचक तथ्य बताउँदै यसका अनौठा आनीबानी र विशेषता सुनाए। र, कागका यी बानी मान्छेको हितमा भएको उनी बताउँछन्।, बरालका अनुसार कागको विकासक्रम मान्छेसँगै भएको देखिएको छ। त्यसैले यो मानिसको साथी बन्दै गयो। , 'काग निकै बाठो हुन्छ। उखानै छ, कागजस्तो चलाख। त्यो विम्ब त्यसै सिर्जना भएको होइन। कागले मान्छेको कल्पना बाहिरका क्रियाकलाप देखाउँछ,' चराविद् बराल भन्छन्, 'कोही मान्छेसँग खानेकुरा छ भन्ने थाहा पायो भने काग पछिपछि लाग्छ। र, खानेकुरा बढी भए भविष्यका लागि सञ्चय समेत गर्छ।', उनले सगरमाथा राष्ट्रिय निकुञ्ज घुम्दा कागसँगको अनुभव सुनाए।, चराविद् डा. हेमसागर बराल, बरालसँग खानेकुरा थियो। कागले थाहा पायो र पछि लाग्यो। उनको वरिपरि उड्दै–उफ्रिँदै काँ..काँ.. गर्न थाल्यो। चराबारे अध्ययन गरिरहने बरालले सोचे– यसले के भन्न खोज्दैछ?, 'मसँग भएको बिस्कुट दिएँ। मैलेभन्दा छिटो खाइसक्यो र फेरि आयो। चार पटकसम्म यसो गरेपछि म कागको पछिपछि गएँ। थाहा पाएँ, उसले त बिस्कुट नखाई माटोमुनि गाडेको पो रहेछ,' उनले सुनाए। उनका अनुसार 'खाद्य भण्डार'बारे उनले थाहा पाएपछि कागले त्यही ठाउँमा फेरि लुकाएन।, त्यस्तै सगरमाथा क्याम्पमा बस्दा कागले बिर्को फुटाएर जाम खाएछ। हामीलाई खोल्नै हम्मे पर्ने बिर्को कागले प्वालै पार्न सक्नेरहेछ। यो घटनाबाट उनले थाहा पाए– 'चराको धन चुच्चो' त्यसै भनिएको रहेनछ।, कागका यी बानी थाहा पाएपछि उनी अर्को कुरामा पनि निश्चित भए– कागको सम्झने क्षमता अरू चराकोभन्दा तेज हुन्छ। कागले आफ्ना वरपरका मान्छे चिन्छ। अझ दस जनासम्म गणना पनि गर्नसक्छ। , बरालका अनुसार कागले माया गर्ने र नगर्ने मान्छे पनि चिन्नसक्छ। मान्छेको हाउभाउ, आवाज, बाहिरी आवरण सजिलै पहिचान गर्नसक्छ। समुदायबाहिरको मान्छे देख्यो भने कराएर संकेत गर्छ। काग कराएको आवाज सुनेर कोही पाहुना आउँदैछन् भन्ने लख काट्ने चलनका पछाडि यही कारण हुनसक्ने उनको अनुमान छ।, मान्छेसँग कसरी नजिक हुने र फाइदा लिने, कुन समयमा मान्छेले आफूलाई सहयोग गर्छ, यी सबै कागले सजिलै अनुमान लगाउन सक्ने उनी बताउँछन्।, कागको आनीबानी बताउँदै उनले सुनाए, 'मेरो एकजना साथीले हरेक बिहान ६ बजे कागलाई पाउरोटी दिन्थ्यो। महिनौं बितेपछि कागहरू त्यो घर, मान्छे र छतसँग परिचित भए। कुनै दिन उठ्न ढिला हुँदा कागको झुन्ड घरै घेरेर कराएर उत्पात् गर्न थाले। गमला नै फुटाउनेसम्म पनि गर्थे।', यसले खाना दिन्छ भन्ने थाहा पाएपछि त्यो मान्छे र घरसँग काग आत्मीय बन्ने रहेछ। घरका सन्तानझैं मात्तिन्छ र पुलपुलिन्छ पनि। सधैं धपाउने, खाना नदिने भए काग पक्कै पनि नआउने बरालको भनाइ छ।, सामान्यतया नेपालमा पाइने घरकाग, वनकाग, टेमु, टुंगा र राजाकाग हुन्। यीमध्ये हामीले वरपर देख्ने घाँटी फुस्रो भएको घरकाग हो। निख्खर कालो देखिने वनकाग। टेमु कागको खुट्टा रातो र चुच्चो पहेँलो हुन्छ भने टुंगाको चुच्चो र खुट्टा दुवै रातो हुन्छ। राजाकाग घरकागभन्दा दुई गुणा ठूलो हुन्छ। उपल्लो हिमाली भेग राजाकाग देख्न सकिने उनी बताउँछन्।, सानो आकार तर धेरै संख्यामा पाइने घरकाग काठमाडौं उपत्यकामा मात्रै लाखौं भएको बराल अनुमान गर्छन्। घरकागले हावापानी र मान्छेको बस्तीका आधारमा बासस्थान तय गर्छन्। अन्य चराजस्तो घुमफिरमा निस्कने बानी कागको हुँदैन।, काठमाडौं उपत्यकामा बस्ती बाक्लिँदै जाँदा पशुपंक्षी र जनावरको संख्या घट्दै गएको छ। कागको हकमा विपरीत हुन्छ।, 'काग मान्छे नजिक हुन खोज्छ र बाक्लो बस्तीमै घुलमिल हुन्छ। कागले आफ्नो वरपरको वातावरण सहजै स्वीकार्न पनि सक्छ। परिस्थितिसँग अपडेट भइरहन्छ। अरू साना चरा भने कागजसरी आफूलाई समयानूकुल बनाउन सक्दैनन्,' बरालले भने।, काग फोहोरी पनि हुन्छ। फोहोरको थुप्रोमा हेर्यौं भने सबभन्दा धेरै काग नै देखिन्छ। दिसापिसाब, खकार, सिनोदेखि मान्छेले दिएका वा फालेका खाना, मासु सबै खान्छ। तर फोहोर खाने भएकैले वरपर सफा राख्न कागले मद्दत पुगेको पनि डा. बरालको बुझाइ छ।, कागले ठुङ्दा वा छुँदा अशुभ हुन्छ भन्ने चलन पनि फोहोरी चिज खाने भएकैले मानिएको हुनसक्ने उनको तर्क छ। 'खुट्टा, चुच्चोमा फोहोरका कीटाणु हुन्छन् र मान्छेमा सरेर रोग लाग्ला भन्ने हुनसक्छ,' उनले भने। तर कागबाट रोगै लागेको हामीले सुनेका छैनौं।, कागले बालीनालीका कीराफट्यांग्रा नष्ट गरिदिनेदेखि खतराको संकेतसम्म दिन्छ।, 'सानो बस्तीमा बाघ आयो भने मान्छेलाई थाहा नहुनसक्छ। तर कागले चाँडै थाहापाउँछ र कराएर हल्ला मच्चाउँदै हाम्रो ध्यान खिच्छ। याद गर्नुभएकै होला, काग एकैपटक कराउन थाले भने हामी के भएछ भनेर चासो लिन्छौं, सजग रहन्छौं,' बरालले भने।, घरकागले अरू चरालेभन्दा धेरै सञ्चार गरिरहेका हुन्छन्। खतराको संकेत गर्दा, नयाँ केही थाहा पाए, खानेकुरा खोज्दा र भेटिँदा साथीहरूलाई बोलाउने स्वर भिन्नभिन्न हुन्छ। जस्तैः खतरा जनाउ दिनुपर्यो भने जमिन वा रूखबाट कराउँदै माथितिर उड्छन्। भुइँतिर हेर्दै असामान्य रूपमा हावामा बत्तिन्छन्। छट्पटाहट देखिन्छ।, एउटा कागलाई कुनै जीव वा मान्छेले आक्रमण गर्दा उनीहरू औधी चनाखो हुन्छन्। कति खतरा छ आकलन गरेर त्यहीअनुसार सामूहिक आक्रमणमा उत्रन्छन्। आवाजमा पीडा व्यक्त गर्छन्। प्रत्याक्रमणमा मान्छे वा जनावरलाई घाइते बनाउन पनि सक्छन्।, अर्को कुरा, सामान्यतः कागले आक्रमणकारीको हुलिया सहजै पहिचान गर्छ। उसले दुश्मन पुनः पहिचान गर्यो भने कराएर विरोध प्रदर्शन गर्छ वा आक्रमण गर्न पनि पछि पर्दैन। झटारो हान्नुभएको छ भने होस् गर्नुहोला।, ओथारा बसेका बेला काग अझै रिसाहा बन्छन्। वरिपरि कुनै जनावर–मान्छे आउनासाथ झगडामा उत्रिइहाल्छन्।, काग हाम्रा लागि जति सहयोगी र नजिक छ, अरू चराका लागि ठीक उल्टो व्यहोरा देखाउँछ। साना चरालाई हेप्ने, उनीहरूका अण्डा खाइदिने, सिकार बनाउने यसको बानीले यसलाई साना चराको झुन्डमा 'डन' नै बनाउँछ। काग धेरै हुँदै जाँदा साना चरा विस्थापित हुँदै जाने बराल बताउँछन्।, काग बाठो र आरिसे मात्रै हुँदैन, नाटकीय हाउभाउमा अरू चराभन्दा दुईगुणा अब्बल हुन्छ। नाटकै गरेर पनि उसले अरू चरा खेद्छ। साना चरा लखेटेरै उसको आहारा नखाई चित्त बुझाउँदैन। अझ लाटोकोसेरो देख्यो भने त कागले खप्नै सक्दैन। कागलाई चील र बाजबाट मात्र खतरा भएको बराल बताउँछन्। गिद्ध भने साथी हुन्छ रे।, जति नै हेला गरिएजस्तो देखिए पनि कागलाई मान्छेले एकदमै मनपराएको चरा भन्न रुचाउँछन् चराविद् बराल।, 'नभए काग पूजा किन गर्थ्यौं होला,' उनी तर्क गर्छन्।, (काग तिहारका दिन हामीले यो स्टोरी पुनः प्रकाशन गरेका हौं।),
चराहरूको 'डन'ले चिन्छ झटारो हान्ने मान्छे
|
रासस कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ।, बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ।, त्यसपछि चतुर्दशी तिथि लाग्छ। बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ। कागलाई विशेषगरी दही भात खुवाइन्छ। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौमतले बताए।, कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो। लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गर्ने गरिन्छ।, यस्तै यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ।, कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।, आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।, घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ। वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ।, काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ। कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।, सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ। बुधबार बिहान अरुणोदयकालभन्दा अघि चतुर्दशी तिथि नपरेकाले बिहीबार मनाउनुपर्ने निर्णय गरिएको समितिले जनाएको छ।,
आज काग र कुकुर तिहार
|
सेतोपाटी संवाददाता देशको केही पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा बुधबार मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।, अहिले बिहान देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने पूर्वानुमान मौसमविद्को छ । , ‘आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ’,जारी विज्ञप्तिमा भनिएको छ।, सुदूरपश्चिम, कर्णाली , गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ । ,
हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना
|
अनुषा अधिकारी आज कुकुर तिहार। मान्छेको असल जनावर साथी पुज्ने दिन।, तर के कुकुर र मान्छेबीच सधैं यस्तै निकट सम्बन्ध थियो? यिनीहरू कहिलेदेखि घरमा पालिन थालिए?, कुकुरलाई संसारभरि मान्छेको निकट साथीका रूपमा लिइन्छ। घरको रक्षा गर्नु, चोरबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगाउन सघाउनु वा उहिले–उहिले शिकारीलाई जंगलमा साथ दिनु सामान्य हो। योबाहेक वैज्ञानिकहरूले कुकुर र मान्छेबीच भावनात्मक सम्बन्ध पनि भएको बताएका छन्।, मतलब, मान्छेलाई पीडा हुँदा कुकुरले पनि पीडा अनुभूत गर्न सक्छ। मान्छेको खुसी र दुःखलाई महशुस गर्न सक्ने खुबी कुकुरमा हुन्छ।, हलिउड फिल्म ‘अल्फा’ ले कुकुरको विकासक्रमलाई सरल ढंगले चित्रण गरेको छ।, फिल्ममा मान्छे शिकारी र जंगली अवस्थामा हुँदाको कथा छ। बीस हजार वर्षअघि युरोपको माथिल्लो पिलालिथिकमा एक किशोर शिकारी आफ्नो टोलीसँग छुट्छ। टोलीबाट टाढा भएपछि ऊ एक्लै पर्छ। फर्कने बाटो खोज्न थाल्छ। त्यही क्रममा किशोरको भेट एउटा ब्वाँसोसँग हुन्छ। ब्वाँसो पनि शिकारकै खोजीमा हुन्छ। किशोरलाई आक्रमण गर्छ। दुवैको लडाइँमा ब्वाँसो घाइते हुन्छ।, घाइते ब्वाँसो देखेर किशोरको मनमा माया जाग्छ। उसको हेरचाह गर्छ। किशोरको माया देखेर ब्वाँसोलाई पनि ऊप्रति विश्वास पलाउन थाल्छ। उनीहरूको सम्बन्ध छिप्पिन्छ। उनीहरू साथी बन्छन्। सँगै शिकार गर्न सिक्छन्। किशोरले ब्वाँसोको नाम राख्छ- अल्फा।, उनीहरूको आत्मीयता देखेर अरू मान्छे पनि चकित खान्छन्। ब्वाँसोलाई विश्वास गर्न थाल्छन्। , यही ब्वाँसो समयक्रमसँगै कुकुर भएको मानिन्छ।, फिल्मले कुकुरको विकासक्रम झल्काउन केही काल्पनिक घटनाको सहारा लिए पनि हजारौं वर्षअघि जंगली ब्वाँसोबाटै कुकुरको विकास भएको हो भन्ने केही वैज्ञानिकहरूले पनि प्रमाणित गरेका छन्।, उनीहरूले संसारका विभिन्न देशबाट कुकुरका डिएनए संकलन गरेका छन्। ती सबैको परीक्षणबाट घरपालुवा कुकुरको विकास मध्य–एसियाबाट भएको निष्कर्ष निकालेका छन्। त्यसमा पनि नेपाल वा मंगोलियाबाट कुकुर घरमा पाल्ने चलन सुरु भएको उनीहरूको भनाइ छ।, वर्षौंदेखि कुकुरको यो रहस्यपूर्ण कथा खोतलिरहेका वैज्ञानिकले घरपालुवा कुकुर विकास भएको समय कम्तीमा १५ हजार वर्ष अघिलाई मानेका छन्। पहिले दक्षिणी चीन, मध्यपूर्व, साइबेरिया र युरोपबाट घरपालुवा कुकुर विकास भएको अनुमान थियो। नयाँ अनुसन्धानले मध्य–एसियालाई घरपालुवा कुकुरको उद्गम स्थल मानेको हो।, तीन वर्षअघि अमेरिकाको न्यूयोर्कस्थित कर्नल युनिभर्सिटी कलेज अफ भेटेरिनरी मेडिसनको एडम बोयको ल्याबरेटोरीले संसारका ३८ देशबाट ५ सय ४९ थरीका कुकुरको डिएनए परीक्षण गरी यो निष्कर्ष निकालेको थियो। यो नतिजा नेसनल एकेडेमी अफ साइन्सेसको जर्नलमा प्रकाशित भइसकेको छ।, वैज्ञानिकहरूले एसिया, अफ्रिका, अमेरिका, युरोप, मध्यपूर्व, अस्ट्रेलिया लगायत संसारभरको प्रतिनिधित्व हुने गरी कुकुरको डिएनए संकलन गरेका थिए। उनीहरूका अनुसार कुकुरको सबभन्दा पुरानो पुर्खाको खोजीमा यो परीक्षण केन्द्रित थियो।, ‘घरपालुवा कुकुरको विकास कहिले र किन भयो भन्ने विषयमा धेरै बहस हुँदै आएका छन्,’ अनुसन्धानका लेखक एडम बोयकोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले लेखेका छन्, ‘मेरो विचारमा सबभन्दा पहिला हामीलाई यो विकास कहाँ भयो भन्ने थाहा हुनुपर्छ।’, ‘पछिल्लो अनुसन्धानले मध्य–एसियाको कुन देशबाट घरपालुवा कुकुर विकास भएको हुनसक्छ भनी हामीले पुर्खाको जरा पत्ता लगाएका छौं, समग्र विकासक्रम पहिल्याउनमा यसले नयाँ दिशा दिएको छ,’ उनले थपे।, घरपालुवा कुकुरको पुर्खाको खोजीमा दत्तचित्त केही वैज्ञानिक भने एडम बोयकोको निष्कर्षसँग सहमत छैनन्।, स्विडेनको स्टकहोल्मस्थित रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीका सहायक प्राध्यापक पिटर साभोलेनिनले यो विषयमा गहन अनुसन्धान गरेका छन्। उनको निष्कर्ष छ, घरपालुवा कुकुरको विकासक्रम दक्षिणपूर्वी एसियाबाट सुरु भएको हो। उनी दक्षिणी चीन यसको उद्गम हुन सक्ने बताउँछन्।, नयाँ अनुसन्धानमा दक्षिणी चीनमा पाइने कुकुरको डिएनए नमूना नसमेटिएको औंल्याउँदै उनले ‘द क्रिश्चियन साइन्स मनिटर’ सँगको अन्तर्वार्तामा भनेका छन्, ‘उनीहरू दक्षिणी चीनबाट विकास भएको विश्वास गर्दैनन् भने कम्तीमा त्यहाँका कुकुरको डिएनए परीक्षण गरेर यो मान्यतालाई वैज्ञानिक रूपमा अस्वीकार गर्ने हिम्मत गर्नुपर्थ्यो।’, बोयकोको आफ्नै तर्क छ।, ‘हो, बढीभन्दा बढी ठाउँबाट डिएनए संकलन गर्न सकेको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘हामीले उत्तरी भियतनामका कुकुरको नमूना परीक्षण गरेका छौं, यो चिनियाँ सीमा नजिक नै पर्छ।’, अमेरिकाकै लस एन्जेल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका रोबर्ट वेन पनि एडम बोयकोको निष्कर्षसँग सहमति राख्दैनन्। उनले डिएनएका पुराना अवशेषको अनुसन्धानबाट सन् २०१३ मै घरपालुवा कुकुरको विकास युरोपबाट भएको निष्कर्ष निकालेका थिए।, अक्सफोर्ड युनिभर्सिटीका ग्रेगर लार्सनले भने यो नतिजालाई ‘उपलब्धिमूलक’ भनी व्याख्या गरेका छन्।,
,
उद्गम स्थलमा फरक मत रहे पनि कुकुर संसारकै पहिलो घरपालुवा जनावर हो भन्नेमा वैज्ञानिकहरू सहमत छन्। तर, मानिसले नियोजित रूपमै यसलाई आफ्नो साथी बनाएका होइनन्।, वैज्ञानिकहरूको अनुमानअनुसार, मान्छे समूहमा बस्न थालिसकेका थिए। जंगलका ब्वाँसो आहारा खोजीमा मानव बसोबास छेउछाउ जान थाले। मान्छेले बढी भएर फालेका खानेकुरा उनीहरूको आहारा बन्दै गयो। पछि यो यति नियमित हुँदै गयो, मान्छेको समूह एक ठाउँबाट अर्को ठाउँ चहार्दा पनि ती ब्वाँसो उनीहरूलाई पछ्याउन थाले।, मान्छेलाई पनि उनीहरूको साथ सहज हुँदै गयो। जंगल–जंगल भौंतारिँदा ब्वाँसोको साथले सुरक्षा अनुभूति भयो। त्यसैले, न मान्छेले तिनलाई लखेटे न तिनले मान्छेलाई पछ्याउन छाडे।, यसरी मान्छे र कुकुर सँगै हुन थाले। , दुई वर्षअघिको एक वैज्ञानिक अनुसन्धानले कुकुरको पाचन प्रणाली र पाचन रस लगभग मान्छेकै जस्तो भइसकेको देखाएको छ। हजारौं हजार वर्षदेखि मान्छेले खाने चिजमै भर पर्दै आएकाले कुकुरको पाचन रस र प्रणालीमा त्यहीअनुसार परिवर्तन भएको वैज्ञानिकहरूको विश्वास छ।, अहिले पनि कुकुरका पूर्खा ब्वाँसो छँदै छ। कतिपयले स्याललाई पनि कुकुरका पूर्खा मान्छन्। ब्वाँसो, स्याल र कुकुरको जैविक जात एकै मानिन्छ। यिनीहरू 'क्यानिस' वर्गमा पर्छन्। तर धेरै अनुसन्धानले कुकुरको विशेषता ब्वाँसोसँगै धेरै मिलेको देखाएको छ। वैज्ञानिकहरूले लगातार गर्दै आएको डिएनए र जीन परीक्षणबाट यस्तो निष्कर्ष निकालेका हुन्। धेरै परीक्षणमा त ब्वाँसो र कुकुरबीच सम्बन्ध गराएर स्वस्थ्य बच्चा जन्मिएका पनि छन्। , कुकुरको इतिहास अध्ययन गर्न वैज्ञानिकहरूले छाडेका छैनन्। यी निष्कर्षमा सबैको सहमति पनि छैन। उनीहरू अझै देशभर खोजतलास र परीक्षण गरिनै रहेका छन्। अब यति मिहिनेत किन भइरहेको भन्ठान्नुहुन्छ भने यसको पनि जवाफ वैज्ञानिकहरूले दिएका छन्। , उनीहरू भन्छन्, ‘कुकुरको पुर्खाको खोजी भनेको एक किसिमले मान्छेकै पुर्खाको खोजी हो। कुकुरको कथाले वास्तवमा हामीलाई मानवीय विकासक्रमकै नयाँ कथा थाहा पाउन मद्दत गर्छ। कुकुरका पूर्खाले हजारौं वर्षदेखि मान्छेका पूर्खा पछ्याउँदै आएका छन्।’, पक्कै पनि। , त्यसैले त हामी कुकुरसँग घनिष्ट छौं। संसारभर कुकुर साथी त छँदैछ, पहरेदार छ, सुरक्षाकर्मी छ। तर हामी नेपालीले जति आत्मसात अरू कसले गरेको होला! , हामीकहाँ त कुकुरलाई फूलमाला लगाएर पूजा गर्ने चाड नै छ।, , (कुकुर तिहारका दिन हामीले यो स्टोरी पुनः प्रकाशन गरेका हौं।),
शिकारी ब्वाँसो कसरी बन्यो हाम्रो कुकुर?
|
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले तिहारललक्षित ‘विशेष’ सुरक्षा योजना बनाएको छ।, चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रण, नगर सुरक्षा, सरसफाई, आगलागीलगायत बजार व्यवस्थित गर्न महानगरका मेयर चिरीबाबु महर्जनले नगर प्रहरीलाई निर्देशन दिएका छन्।, तिहारका बेला आगो तथा बिजुलीको प्रयोग बढी हुनेहुँदा विपद्को घटना पनि बढ्न सक्ने सम्भावनालाई दृष्टि दिँदै ममहर्जनले नगर प्रहरीलाई २४ घन्टा स्टाण्डबाई राख्ने निर्णय गरेका हुन्।, मेयर महर्जनले जुनसुकै बेला आगलागी हुनेभएकाले सधैं सचेत रहनुपर्ने बताए। ‘आगलागीको विपद् बाजा बजाएर आउने होइन, जतिखेर पनि घटना हुन सक्छ। आगो लागेमा सिंगो सहर जल्ने भएकाले सधैं सचेत हुनुपर्छ।’ , प्रज्वलनशील वस्तुहरु घरमा नराख्ने, राखिहालेमा बच्चाको पहुँच नपुग्नेगरी राख्नुपर्ने उनले बताए। तिहारको बेला मठमन्दिरमा बालिएका दियोबाट हुलमूलका कारण आगलागी हुन सक्ने महर्जनले भने। , यस्तै ललितपुर नगर प्रहरी २४ सैं घन्टा तैनाथ गरि दुर्घटना न्यूनिकरणमा सघाउने महर्जनले अपेक्षा गरेका छन्।, मेयर महर्जनको निर्देशन अनुसार विशेष गरि तिहारमा बालिने बत्ति र सम्भावित दुर्घटना रोक्न नगर प्रहरीले सबै किसिमका योजना नगर प्रहरी प्रमुख सिताराम हाथेछुले सेतोपाटीसँग भने।, ‘महानगर भित्रका प्रत्येक वडा र टोलमा आगो नियन्त्रण सचेतना कार्यक्रम गर्नुका साथै हामीले हाम्रो टिमलाई २४ सैं घन्टा स्टाण्डबाई राखेका छौ। सकेसम्म दुर्घटना नहोस् भन्ने हाम्रो उद्धेश्य हो यदि भइहालेमा पनि कम क्षति होस् भन्नका लागि हामी तयारी अवस्थामा बसेका छौ’, उनले भने।, चाडपर्वका बेला आगो लाग्ने सम्भावना बढी भएकाले सचेतना कार्यक्रमसँगै विशेष योजना बनाएको उनले जानकारी दिए।, ‘बालबालिकाबाटै धेरै आगालागी हुने गरेको छ, उनीहरुलाई यसबारे सचेत बनाउने साथै ज्वलनशील वस्तु उनीहरुबाट टाढा राख्नुपर्छ। अभिभावकले पनि यसबारे सोच्नुपर्छ।’ , अभिभावकले समेत आफ्नो बालबालिकालाई आगलागी नियन्त्रणका लागि सचेत बनाउनुपर्ने उनले बताए। , ‘तिहार सुरु भइसकेको छ । घरघरमा दियो, बिजुलीका झिलीमिली बत्ती बालेर घर सिँगार्ने काम पनि सुरु भइसकेको छ । योसँगै सरकारले निर्यात तथा प्रयोगमा निषेध गरेको पटाका पनि सर्वसाधारणहरूले पड्काउन सुरु गरिसकेका छन्,’ उनले भने, ‘हरेक वर्ष पटाका पड्काउँदा हर्षोल्लासको तिहार शोकमा परिणत भएका सामाचारहरू नआएका होइनन् तर पनि रमाइलोका लागि पटाका पड्काउनेमा भने कमी आउन सकेको छैन। तर हामीले केही हदसम्म नियन्त्रण गर्ने प्रयास गरेका छौ।’ , रमाइलोको नाममा अवैधानिक रूपमा खरिद गरेर ठूला प्रकारका पटाका पड्काउँदा मानवीय स्वास्थ्यमा हानि मात्र नभएर सम्पत्ति पनि नष्ट भइरहेको उनले बताए। , ‘तिहारमा रमाइलोका लागि पटाका पड्काउँदा अंगभंग हुने, आगलागी हुने घटना हुन सक्दछ । त्यस्तै, झिलीमिली बत्तीहरू बाल्दा तारहरू मिलाउने क्रममा बिजुली सर्ट हुन गई ठूला आगलगी भएर करोडौंका धनसम्पत्ति नष्ट भएका समाचारहरू पनि हामीले सुन्दै आएका छौं,’ उनले भने,‘तिहारलगायत चाडवाड मनाउँदा सुरक्षित भएर मनाऔं।’ , यसैबीच ललितपुर महानगरले कुनै पनि घटना हुनेवित्तिकै महानगरको हटलाइनमा खबर गर्न अनुरोध गरेको छ।, ‘आगलागी भइहालेमा आत्तिनु हुँदैन । सानो आगो बल्दा पनि आत्तिएर होश गुमाउनाले झन् ठूलो दुर्घटना हुन सक्छ । त्यसैले, सुरक्षित स्थानमा बसेर साहस जुटाउनु पर्छ । सकेसम्म आफैले आगो निभाउने प्रयास गर्ने, नसक्ने अवस्थामा अरुको सहयोग लिने। यस्तै साना प्रयासले पनि ठूलो क्षति हुनबाट जोगिन सकिन्छ’, हाथेछुले भने, ‘महानगरले दमकल, एम्बुलेन्सलाई स्टाण्डबाइ राखेको छ। यदि घटना भइहालेमा कम क्षति हुनका लागि हामीले पहल गरेका छौं। समस्या पर्नासाथ तत्काल खबर गर्नुहोला।’, आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीसँग सहकार्य गरेर नयाँ अभ्यासहरू प्रयोग गरिने भन्दै उनले चाडबाडमा सबै नागरिकलाई शान्ति-सुरक्षाको प्रत्याभूति दिलाउन सकिने गरी हामीले सुरक्षा योजना ल्याएकाले केही समयस्या परेमा नगर प्रहरीको हटलाइन ,०१-५९०९७७७, मा सम्पर्क गर्न अनुरोध गरेका छन्।, ‘ढुक्कसाथ नगरबासीले चाडबाड बनाउन पाउन् भनेर हामीले २४ घन्टे सेवा सुरू गरिसकेका छौं’, हाक्षेथुले भने, ‘महानगरीय प्रहरीसँग समन्वय गरेर नगर भित्रका बजार पसल व्यवस्थित गर्ने, चोरी डकैती तथा भैपरि आउने विविध कामका लागि नगर प्रहरीलाई २४ सैं घन्टा स्टाण्डबाइ राखेर हामीले सेवा सुरू गरिसकेका छौ।’, हाछेथुका अनुसार चाडपर्वका लागि नगर प्रहरीलाई २४ सैं घन्टा तैनाथ गरी जनताको फोन आउनासाथ सेवादिन र्यापिड टिम तयार पारिएको बताए।, उनका अनुसार चाडपर्वमा नगरमा साइकल गस्ती, बिहान बेलुका र दिउँसो पैदल गस्ती तथा आवश्यकता अनुसार अन्य भौतिक निर्माण र सरसफाईमा नगर प्रहरी खटिने छन्।, यस्तै अति विशिष्ट व्यक्तिहरूको सवारी र कार्यक्रमको सुरक्षा व्यवस्थापनमा प्रहरीसँग समन्वय गरिने उनले जानकारी दिए। जात्रा तथा पर्व र भक्तजनको भिडभाड हुने मठ मन्दिरमा नगर प्रहरी राखेर सहज बनाइनेछ।, यस्तै, सार्वजनिक सवारी साधनमा महिला हिंसा हुन गर्न नदिनका लागि पनि नगर प्रहरी परिचालन गरिने उनले बताए।, ‘आकस्मिक रूपमा भएको आगलागीमा दमकलसँगै तत्काल नगर प्रहरी गएर परिस्थिति सहज बनाउने, रातको समयमा जथाभावी फोहोर गर्नेलाई नियन्त्रण गर्ने, सपिङ महल, दसैं बजारलगायतका ठाउँको सरसफाईलाई ध्यान दिने, सडक, ढल, विजुलीको तार व्यवस्थित र मर्मत गर्नका लागि योजना ल्याइएको छ,’ उनले भने।, ‘टोल-टोलमा माइकिङ गर्ने, पर्चा पम्लेटहरू वितरण गर्ने, चाडपर्व सुरक्षालाई प्रभावकारी बनाउन स्थानीयसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने योजना छ,’ उनले भने।, यस्तै, मठ मन्दिर, गुम्बाहरूको सुरक्षा व्यवस्था मजबुद बनाइने, मिसावट, कालोबजारी नियन्त्रणमा बजार अनुगमन गरिने उनले बताए।,
ललितपुर महानगरको तिहारलक्षित विशेष सुरक्षा योजना, केही समस्या परे तत्काल खबर गर्न अनुरोध
|
सेतोपाटी संवाददाता आफूहरूलाई स्थायी गर्नुपर्ने माग राखेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका करार सेवाका कर्मचारीले तिहारका बेला विद्युत् उत्पादन र आपूर्तिमै अवरोध गर्ने चेतावनी दिएका छन्।, चार सय ५६ मेगावाट क्षमताको आयोजनाको विद्युत् उत्पादन आजदेखि अनिश्चितकालसम्म बन्द गर्ने चेतावनी स्वतन्त्र कर्मचारी यूनियनको छ।, करार सेवामा रहेका कर्मचारीलाई स्थायी प्रक्रियामा नलगेको तर कर्मचारी थप गर्न खोजेकोमा उनीहरूले विरोध गरिरहेका छन्।, समस्या समाधानका लागि कात्तिक १२ देखि पटकपटक वार्ता भइरहेको थियो। तर कर्मचारी यूनियनले मंगलबार विज्ञप्ति निकालेर थप आन्दोलन गर्ने घोषणा गरेको थियो।, अत्यावश्यक सेवा ऐन २०१४ को दफा ३ को उपदफा १ ले विद्युत् सेवामा हड्ताल निषेध गरेको छ। हड्ताल गर्नेलाई छ महिनासम्म कैद सजाय हुने पनि उल्लेख छ।, अनिश्चितकालसम्मका लागि विद्युत् गृह सञ्चालन बन्द गर्ने यूनियनको घोषणा सरकारले जारी गरेको आदेशको उलंघन हुने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले सूचना निकालेर उल्लेख गरेका छन्।, नेपाल विद्युत् प्राधिकरणले विद्युत् उत्पादन बन्द गर्ने यूनियनले दिएको चेतावनीमा गम्भीर आपत्ति जनाएको छ। वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्ने भए पनि अराजक गतिविधि गर्न लागेकोमा प्राधिकरणले असहमति जनाएको छ।, प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले विद्युत् सेवा बन्द गर्न नमिल्ने बताए।, ‘उनीहरूले विद्युत् आपूर्ति अवरोध गर्ने भन्ने विज्ञप्तिमार्फत् थाहा पाइयो। यो अराजक गतिविधि हो,’ उनले भने, ‘हड्तालले समस्याको समाधान हुन्न। वार्ता गर्ने हो। टाउको दुख्यो भने घाँटी नै काटेर फालेर त समस्याको समाधान हुन्न नि!’,
माथिल्लो तामाकोशीको विद्युत् उत्पादन बन्द गर्ने करारका कर्मचारीको चेतावनी
|
सेतोपाटी संवाददाता माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।, कर्मचारीहरूले आजदेखि विद्युत उत्पादन बन्द गर्ने चेतावनी दिएका थिए।, अस्थायी, करारमा राखिएका कर्मचारीलाई आयोजना सम्पन्न भएसँगै स्थायी गराउनुपर्ने लगायतका तीन बुँदे माग राख्दै कर्मचारीले कात्तिक १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका थिए।, आयोजनामा हाल ११४ अस्थायी र करारका कर्माचारी रहेको जनाइएको छ।, अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक विज्ञानप्रसाद श्रेष्ठले कर्मचारीका मागलाई वार्ता र संवादबाट सम्बोधन गर्न मौखिक सहमति भइसकेको बताए।, लामाबगरमा निर्माण भएको ४५६ मेगावाट क्षमताको माथिल्लो सो आयोजना केही महिनाअघिदेखि मात्र पूर्ण क्षमतामा उत्पादन हुँदै आएको छ।, तर स्वतन्त्र कर्मचारी यूनियन नेपालले भने केही समयका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको विज्ञप्ति निकालेर उल्लेख गरेको छ। शान्तिपूर्ण आन्दोलन भने कायमै रहेको कर्मचारीहरूले बताएका छन्।, यूनियनले घोषणा गरेका आन्दोलनका थप कार्यक्रम माग पूरा नभएसम्म सञ्चालन भइरहने पनि उनीहरूको भनाइ छ।,
माथिल्लो तामाकोशीका कर्मचारीको आन्दोलन फिर्ता!
|
रासस धादिङको धुनीबेँसी नगरपालिका–१ मा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, धुनीबेँसी नगरपालिका–१ का ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो।, दुर्घटनामा अन्य सात जना घाइते छन्। घाइतेमध्ये दुई जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र पाँच जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।, कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा४ख ५८४८ नम्बरको मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।,
धादिङमा ट्रक दुर्घटना: २ को मृत्यु, ७ घाइते
|
मनोज सत्याल छिमे तामाङ जान्ने बुझ्ने भएदेखि नै उनका वरिपरि याक र चौंरी थिए। हुर्किँदै गर्दा रसुवाको लाङटाङ हिमालको काखका फाँटहरूमा बाबुबाजेसँगै याक डुलाउने उनको दैनिकी बन्यो। , अहिले ५२ वर्ष लागेका छिमेको गोठमा एउटा चौंरीसँगै २४ वटा याक छन्। समुद्र सतहदेखि साढे तीन हजार मिटर उचाइमा रहेको लाङटाङ र केन्जिङ उपत्यकामा उनको परिवारको गुजारा यिनै याक र बारीमा लगाइएको आलु र फापरमा निर्भर छ। , पछिल्लो समय भने याक पाल्न छिमेलाई निकै कठिन भइरहेको छ। माइनस ४० डिग्री सेन्टिग्रेडको तापक्रमसम्म बाँच्न सक्ने याकलाई अचेल गर्मीले सताउँछ। गर्मीकै कारण याक मर्न थालेपछि छिमेको परिवार चिन्तित छ।, याकहरू तीनदेखि पाँच हजार मिटर उचाइका पहाडमा चर्न सक्छन्। याक र पहाडी गाईको मिश्रणबाट जन्मिएका चौंरी २५ सयदेखि ३५ सय मिटरसम्मको उचाइमा बाँच्न सक्छन्।, हिमाली क्षेत्रमा बढ्दो तापक्रमको असर विस्तारै याकहरूमा देखिन थालेको हो। तापक्रम वृद्धिबारे छिमे जानकार छैनन्। तर उनलाई आफ्नो याकलाई गर्मीले असर पारिरहेकाबारे खुबै थाहा छ। , 'याकलाई गर्मी लागेपछि रिंगटा लाग्दो रहेछ। बुट्यानको छायाभित्र पसेर ह्याँह्याँ गर्छ। त्यसको एक-दुई घन्टामा मरिहाल्छ,' छिमेले भने, 'याकलाई गर्मी लाग्न हुँदै हुँदैन। स्वाँस्वाँ गरेर मेरै चार-पाँच वटा याक मरे।', चौंरीसँगै छिमे तामाङ। तस्बिर: मनोज सत्याल/सेतोपाटी, २०७२ सालको भुइँचालोअघि धेरै याक गर्मीकै कारण गुमाएको छिमेले बताए।, 'बाल्टिनले खोलाको छेउमा लगेर झ्वामझ्वाम पानी हाल्दा एक-दुइटा बाँच्दो पनि रहेछ,' छिमेले अनुभव सुनाए।, जल तथा मौसम विज्ञान विभागका अनुसार सन् १९७१ देखि २०१४ को बीचमा नेपालमा प्रतिवर्ष अधिकतम ०.०५६ डिग्री सेल्सियसले तापक्रम वृद्धि भइरहेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले विश्वव्यापी तापक्रम वृद्धिको तुलनामा उच्च हिमाली क्षेत्रमा ०.०८ डिग्री सेल्सियसभन्दा धेरै तापमान वृद्धि भइहेको जनाएको छ। सन् २०५० सम्ममा विश्वको तापक्रम वृद्धिदर १.५ डिग्रीमा रोक्न सके पनि हिन्दु-कुश क्षेत्रको हिमालमा त्यसको तुलनामा ०.३ डिग्री उच्च तापक्रम वृद्धिदर रहने इसिमोडको रिपोर्टमा उल्लेख छ।, विश्ववव्यापी तापक्रम वृद्धिदरको असर नजानिँदो ढंगले छिमेको परिवारमा पर्न थालिसकेको छ।, याकलाई असारमा धेरै गर्मी हुने भएकाले फागुन-चैतमा रौं काट्नुपर्छ। रौंबाट बख्खु बनाएर छिमेको परिवारले आम्दानी गर्दै आएको छ। तर रौं काटे पनि गर्मीका कारण नाक (पोथी याक) को गर्भाधारणमा समस्या हुन थालेको उनी बताउँछन्।, 'पेटमा बच्चा बस्यो भने पनि गर्मीले गर्दा फ्याल्छ,' छिमेले भने।, उनको परिवार विस्तारै याक पाल्न छाडेर अन्य काममा लाग्ने तयारीमा छ। २०७२ को भुइँचालोपछि उनले बनाएको नयाँ घरमा गेस्ट हाउस खोलेका छन्। तर ३८ सय मिटर उचाइको केन्जिन र ३४ सय मिटर उचाइको लाङटाङको बीचमा पर्ने उनको गेस्टमा हाउसमा खासै पाहुना छिर्दैनन्।, केन्जिन र लाङटाङमा होटल र गेस्ट हाउस सञ्चालन गर्नेले राम्रै आम्दानी गर्छन्। छिमेको भने त्यहाँको बाटोकै कारण गेस्ट हाउसको व्यापार खासै जमेको छैन।, आम्दानीका लागि अझै पनि उनको परिवार याकको रौंबाट बख्खु बनाउँछ, नाकको दूध बेच्छ। , 'दूध बेच्दा पनि जम्मा सय रुपैयाँ लिटर पर्न जान्छ,' छिमेले भने, 'याक पालेर बाँच्न गाह्रो छ। नपालेर पनि के गर्ने? मार्न भएन, काट्न भएन।', उच्च हिमाली क्षेत्रको जनजीवनमा तापक्रम वृद्धिले पारेको असरबारे सवर्नी तुलाधरसहित चार जनाले इसिमोडका लागि सन् २०२० मा अध्ययन गरेका थिए। उक्त अध्ययनले लाङटाङ क्षेत्रमा पशुपालनमा निर्भर परिवार व्यापक रूपले घट्दै गएको देखाएको छ। त्यस्तै झन्डै ३० प्रतिशत घरपरिवारले याक र चौंरीपालन पेसा छाडेका छन्।, यसको एउटा कारकका रूपमा जलवायु परिवर्तनलाई लिइएको छ।, 'लाङटाङ क्षेत्रमा हिमपात र वर्षाको प्रक्रियामा परिवर्तन भइरहेको छ। बेमौसमी रूपमा हुने हिमपात र हिउँ पर्ने दर कम भएकाले हप्तौंसम्म पशुका लागि खानेकुरा र पानी अभाव हुन्छ। अनि पशुहरूको मृत्यु हुन थालेको छ,' जलवायु परिवर्तन र पशुपालन सम्बन्धमा गरिएको उक्त अध्ययनमा भनिएको छ, 'उच्च हिमपातपछिको हिमपहिरो र पहिरोका कारण पनि धेरै जनावरको मृत्यु भएको छ। भूकम्पपछि आएको हिमआँधीका कारण हजारौं जनावरको मृत्यु भयो। बढ्दो तापक्रमले जनावरमा रोग बढेको देखिएको छ।', लाङटाङ जत्तिकै उचाइमा रहेको मनास्लु, मकालु वरुण र अन्नपूर्ण संरक्षण क्षेत्रका चार जिल्लामा गरिएको अध्ययनअनुसार जलवायु परिवर्तनबाट निम्तिएका अस्वभाविक घटनाहरू (हिम पहिरो, हिम आँधी, पहिरो) का कारण पशुचरणमा आश्रित समुदाय संकटको अवस्थामा पुगेका छन्। , Source : Vulnerability of Pastoralism: A Case Study from the High Mountains of Nepal, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र नर्वेको नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सका अध्येता संलग्न उक्त रिपोर्टअनुसार पशुपालनमा संलग्न मानिसहरूले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भइरहेको बताएका छन्।, उनीहरूले तापक्रम वृद्धिका कारण पशुहरूमा लाग्ने रोग बढेको पनि बताएका छन्। , लाङटाङमा चौंरीपालन गर्दै आएका तेन्जेन लामा गर्मीकै कारण चौंरीलाई बच्चा जन्माउन कठिन भएको बताउँछन्। , उनका अनुसार गर्मी हुँदा चौंरीले बच्चा जन्मिएपछि सालनाल खसाल्न सक्दैन। यही कारण आफ्नो चौंरीको ज्यान उनको भनाइ छ।, 'सात महिनाअघि गर्मीले साल नझरेर मेरो चौंरी मरेको छ,' तेन्जेनले भने, 'कतिपयले चौंरीको पिसाबमा रगत देखिएको पनि भनेका छन्।', चौंरी दुहुँदै तेन्जन लामा। तस्बिरः मनोज सत्याल/सेतोपाटी , पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालका अनुसार याकजस्ता जनावर जलवायुमा संवेदनशील हुन्छन्। त्यसैले हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण तिनमा असर देखा पर्न थालेको छ।, '१४ डिग्रीभन्दा बढी तापक्रम भयो भने याकलाई समस्या हुँदो रहेछ,' ढकालले भने, 'गर्मी भनेको एक डिग्री पनि धेरै हो। हिउँ पनि शून्य डिग्रीमा जम्छ र एक डिग्रीमा पग्लिन्छ। यी जनावर माइनस ४० डिग्रीसम्म बाँच्ने भए पनि उपयुक्त वातावरण चाहिँ माइनस १४ डिग्रीसम्म हुने रहेछ।', ढकाल मौसम परिवर्तनले याकमा पारेको असरबारे विस्तृत अध्ययन आवश्यक देख्छन्। पशु सेवा विभागको संरचनामा भने याकजस्ता जनावरको विषय बजेट अभावले खासै प्राथमिकतामा नपरेकाले धेरै अध्ययन गर्न नपाएको पनि उनले बताए।, विभागले याकको प्रजाति सुधारका लागि चीनबाट केही याक ल्याएर काम गरिरहेको छ। तर पर्याप्त कार्यक्रम भने नरहेको उनी बताउँछन्। , ढकालका अनुसार तापमान वृद्धिकै कारण माथिल्लो क्षेत्रमा पुगेका याक तल झर्न नसक्ने जस्ता समस्या पनि देखिएको छ।, 'हामीले उच्च हिमाली क्षेत्रका पशुपालकसँग कुराकानी गरेका थियौं। पर्यटकले छाड्ने प्लास्टिक खाएर पनि याक बिरामी पर्ने र मर्ने देखिएको छ,' उनले भने, 'भुटान, पाकिस्तानमा समेत यो समस्या देखिएको छ।' , लाङटाङमा चौंरी र याक पालिरहेकाको अनुभवमा मौसममा आउने परिवर्तनले यी जनावरको खानेकुरामा समेत असर पारिरहेको छ।, तेन्जेनका अनुसार समयमा हिउँ नपरेको वर्ष चौंरी चराउन घाँस अभाव हुन्छ।, 'हिउँ कम परेपछि घाँस कम उम्रिन्छ। पुस र माघमा टन्नै हिउँ पर्यो भने चैत अन्तिममा मज्जाले घाँस उम्रिन्छ,' ५१ वर्षीय तेन्जेनले भने, 'हिउँ नपर्दा घाँसको समस्या नै हुन्छ। पहिला-पहिला चार फिटसम्म हिउँ पर्ने ठाउँमा अचेल एक-डेढ फिट मात्र पर्छ। अनि वैशाखमा वर्षा हुँदा पनि घाँस ढिलो उम्रिन्छ।', तेन्जेन लेकमा गोठ सार्दै चौंरी चराउँछन्। कहिले लाङटाङ लिरूङको आधार शिविरसम्म पुग्छन् त कहिले लाङसी र यालाखर्कसम्म। चौंरीलाई घाँस खुवाउनै उनी जेठ-असारदेखि कात्तिकसम्म खर्कहरूमा गोठ बनाएर बस्छन्।, गोठमा भएका १७ वटा चौंरी बाँधेर घाँस खुवाउन मुश्किल छ। भूकम्पपछि लाङटाङमा आएको हिमपहिरोले चौंरी चराउने ठाउँ नै पुरिएको तेन्जेनले बताए।, 'लाङटाङमा घाँस खाने ठाउँ पुरियो,' उनले भने, 'अहिले चौंरी लिएर लेक जानुपर्ने अवस्था छ।', २०७२ सालको भूकम्पपछि लाङटाङमा आएको हिमपहिरोले याक र चौंरीको चरन क्षेत्र घटाएको छ। तस्बिरः मनोज सत्याल/सेतोपाटी, पशु सेवा विभागका ढकाल जंगली जनावरबाट याकका बच्चाहरू शिकार समेत भइरहेको बताउँछन्। याक र चौंरी पाल्नेको संख्या घट्दा खर्कहरूमा झाडी पलाउने र त्यसले भएका याकलाई पनि चरन क्षेत्र सानो हुँदै गएको उनले बताए।, पछिल्लो समय युवा पुस्ता कमाइका लागि विदेश जाने र कतिपय पर्यटन पेसामा लाग्ने भएकाले पनि पशुपालनमा जनशक्ति कम भइरहेको उनले उल्लेख गरे।, लाङटाङ क्षेत्रमा पशुपालन गर्नेहरू विस्तारै होटल क्षेत्रमा लागेका छन्। छिमेले जस्तै तेन्जेनले पनि भूकम्पपछि लाङटाङमा गेस्ट हाउस खोलेका छन्। दूधको भाउ नभएकाले चौंरी पालेर खास फाइदा नहुने उनले बताए।, 'जागिर खाऊँ भने पढेको छैन। यी चौंरीको बुढीको जत्तिकै माया लाग्छ,' तेन्जेनले भने, 'एक-इ पैसा देखिन्छ कि भनेर पालेको हो। मेरा बच्चाहरूले त पाल्दैनन् होला। उनीहरू पढाइको मान्छे, के चौंरी पालेर बस्थ्यो!', इसिमोडकी अध्येता सवर्नी पनि लाङटाङ क्षेत्रमा बढ्दो पर्यटनले पशुपालन पेसा छाड्नेको संख्या बढ्दै गएको बताउँछिन्।, 'भूकम्पअघि धेरै पर्यटक आउन थालेपछि पशुपालन छाड्ने क्रम बढेको थियो,' सुवर्नी भन्छिन्, 'भूकम्पपछि चरन क्षेत्र पुरियो। पहिलाको चरन क्षेत्रमा पनि घर बनेपछि मान्छेहरूले पशुपालन छाडेका देखिन्छन्।', होटल सञ्चालन गर्नेहरूले अन्तर्राष्ट्रिय रूपमै सम्बन्ध विस्तार गरेको र युवा बाहिर जाने क्रम बढेकाले पनि पशुपालनमा जनशक्ति अभाव हुँदै गएको उनी बताउँछिन्।, भूकम्पपछिको हिमपहिरोले निम्त्याएको विनाशपछि लाङटाङ र केन्जिन क्षेत्रमा दूधबाट बन्ने चीज उत्पादन समेत कम भएको छ।, चीज कारखानामा २६ वर्षदेखि काम गरिरहेका ग्याल्बो तामाङका अनुसार भूकम्पअघि ४५ सय किलो चीज उत्पादन हुन्थ्यो। अहिले ३५ सय किलो मात्र हुन्छ।, 'हिमपहिरोले चार सय याक र चौंरी मरे। २३ जना पशुपालन गर्ने मान्छेको मृत्यु भयो,' ग्याल्बोले भने, 'त्यसपछि दूध उत्पादन घट्यो। अनि चीजको पनि।' , चौंरी पाल्ने किसान फाइदामा नहुने भएकाले पनि पशुपालन गर्ने घट्दै गएको ग्याल्बो बताउँछन्।, ग्लाल्बोले भने, 'दूध सय रूपैयाँ लिटर छ। केन्जिनको होटलमा कालो चिया एक सय बीस र कफी एक सय पचास पर्छ। अनि मान्छेले होटल खोल्न थालेपछि याक/चौंरी पाल्न छाडेका छन्।', लाङटाङ क्षेत्रमा तापक्रम वृद्धिदरः, लाङटाङ क्षेत्रमा तापक्रम वृद्धि तीव्ररूपमा भइरहेको अध्ययनहरूले देखाएका छन्। सन्तमान राईसहित सात अध्येताले सन् २०१६ मा गरेको एक अध्ययनमा उक्त क्षेत्रमा ताप्रकम वृद्धिदर बढ्दो क्रममा रहेको उल्लेख छ।, जल तथा मौसम विज्ञान विभागले सन् २००३ देखि सन् २००८ बीचमा मात्र लाङटाङ क्षेत्रमा ०.९ डिग्री सेल्सियससम्मको तापक्रम वृद्धिदर देखिएको उल्लेख गरेको छ। बर्षा र हिमपातको समय तथा शैलीमा आएको परिवर्तनले जीवनशैली र पशुपालनसँग सम्बन्धित विषयलाई जलवायु परिवर्तनले असर पारिरेहको देखिन्छ।, राईसहितका अध्येता टोलीले पनि अध्ययनमा स्थानीयसँगको कुराकानीमा आधारित भएर जलवायु परिवर्तनका कारण याक बिरामी हुने क्रम बढेको र चौंरीको रौं झरेको उल्लेख गरेका छन्।, 'गर्मीका कारण नाकहरू धेरै बिरामी पर्ने र रौं गुमाउने गरेको स्थानीय बताउँछन्,' उक्त अध्ययनमा भनिएको छ।, सन् २०१८ र २०१९ मा उच्च हिमाली क्षेत्रहरूमा जलवायु परिवर्तनले निम्त्याएका विभिन्न घटनाका कारण धेरै पशुको मृत्यु भएको सरकारी तथ्यांक छ। पशु सेवा विभागले झट्ट हुने मौसमी परिवर्तनले निम्त्याउने हिमपहिरो, आँधीजस्ता घटनामा याक तथा भेडाबाख्रा लगायत पशुको मृत्यु हुने जनाएको छ। , देश संघीयतामा गएपछि भने स्थानीय तहबाट सूचनाको एकीकृत व्यवस्थापन गर्न नसकिएको विभागका सूचना अधिकारी समेत रहेका ढकालले बताए।, स्रोत: पशु सेवा विभाग।, वर्ल्ड वेदर अनलाइनको तथ्यांक अनुसार लाङटाङ क्षेत्रमा न्यूनतम तापक्रम माइनस दस डिग्रीभन्दा तल जान छाडेको छ। सन् २०१२ पछि लाङटाङको न्यूनतम तापक्रम माइनस १० डिग्रीभन्दा धेरै छ।, त्यस्तै नारायणप्रसाद गौतमले हाइड्रो नेपाल जर्नलका लागि सन् २०१४ मा गरेको अध्ययनले पनि लाङटाङ क्षेत्रमा माइनस शून्य डिग्रीभन्दा कम तापक्रम हुने दिन कम हुँदै गएको देखाएको छ। अध्ययनमा सन् १९८८ देखि २००४ को बीचमा यस्तो दिन २२० बाट घटेर एक सय ५० भन्दा कम भएको उल्लेख छ। , वन तथा वातावरण मन्त्रालयलको जलवायु संकटा सन्नता तथा जोखिम विश्लेषण र अनुकूलनको उपाय सम्बन्धी प्रतिवेदनमा नेपालमा जलवायु परिवर्तनले कृषि, पशुपालन र खाद्य सुरक्षा क्षेत्रमा ४५ जिल्ला संकटमा रहेको उल्लेख छ।, यसमध्ये ११ जिल्लाहरू अति उच्च जोखिममा, १२ जिल्ला उच्च जोखिममा र २३ जिल्ला मध्य संकटमा छन्। ,
हिमालको चिसोमा पनि गर्मी हुन थाल्यो याक र चौंरीलाई
|
सेतोपाटी स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन्। , मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलंकीमा सञ्चालन गरेको कोरोनाविरूद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन्। सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताए।, मन्त्री खतिवडाले तिहारपछि पनि खोप केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाए।, 'अन्य स्थानमा पनि खोप केन्द्र थप गर्दैर्छौं', उनले भने।, विभिन्न मुलुकबाट एक करोड खोप आयात गर्न लागिएको जानकारी दिँदै उनले ती खोप बालबालिकाका लागि प्रयोग गरिने उल्लेख गरे।, मंगलबार तीन हजार व्यक्तिले खोप लगाएकामा आज थप १० हजारले लगाउने अनुमान गरिएको छ। त्यसैगरी आज ग्वार्कोमा पनि खोप केन्द्र थप गरिएको छ। ,रासस,
स्वास्थ्य मन्त्री खतिवडाले गरे खोप केन्द्रको निरीक्षण
|
सेतोपाटी काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि खानी विभाग चोक र टुकुचामा नयाँ ट्राफिक बत्ती जडान गरिएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न संघ संस्थाको सहकार्यमा आज थप दुई स्थानमा ट्राफिक बत्ती जडान गरेको हो।, महाशाखाले खानी विभाग चोकमा एनसेलसँगको सहकार्य र टुकुचामा काठमाडौं महानगरपालिका-१ को सहकार्यमा ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याएको हो। , खानी विभाग चोकमा जडान गरेको ट्राफिक बत्तीको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई र एनसेलका सुरक्षा प्रमुख सम्पत अर्याल तथा टुकुचामा जडान गरिएको बत्तीको एसएसपी भट्टराई र काठमाडौं महानगरपालिका-१ का वडा सदस्य अशोककुमार श्रेष्ठले उद्घाटन गरे।, कार्यक्रममा एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई महाशाखाले प्राथमिकता दिँदै आएको बताए।, 'हामी ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने अभियानमा छौं, यसका लागि विभिन्न निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै आइरहेका छौं', उनले भने।, कार्यक्रममा एनसेलका सुरक्षा प्रमुख अर्यालले एनसेलको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्या, ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। ,रासस, , ,
खानी विभाग चोक र टुकुचामा ट्राफिक बत्ती जडान
|
सेतोपाटी प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृह मन्त्री बालकृष्ण खाणले स्थानीय सिगास गाउँपालिका-५ ढुङ्गारस्थित सेती नदीबाट भएको डुबानको स्थलगत निरीक्षण गरेका छन्। , सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडी जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उनी आज यहाँ आएकन हुन्।, गत असोजको अन्तिम साता र यही कात्तिकको पहिलो हप्तामा आएको बाढीबाट ढुङ्गारमा सेती नदीबाट १२५ भन्दा घरबस्ती डुबानमा परेको थियो। ढुङ्गार पश्चिम सेती जलविद्युत् आयोजनाको डुबान क्षेत्र पनि हो। , निरीक्षणपछि गृह मन्त्री खाणले नदी डुबान क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन सरकारले सम्पूर्ण रूपमा मद्दत गर्ने स्थानीयबासीलाई आश्वासन दिए।, उनले भने, 'ढुङ्गार क्षेत्रस्थित सेती नदीमा बलियो तटबन्ध बनाएर डुबान प्रभावित क्षेत्रलाई सुन्दर र पर्यटकीयस्थल बनाइनेछ।' ,रासस,
गृह मन्त्री खाणले गरे डुबान क्षेत्रको निरीक्षण
|
सेतोपाटी संवाददाता कपिलवस्तुको विजयपुर गाउँपालिका-९ का चन्द्रबहादुर थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा विजयपुर-६ का २६ वर्षीय जयन पुन मगर र विजयपुर-९ का २४ वर्षीय मुकेश महरा छन्। मगर थापाका झड्केला छोरा हुन्।, आफ्नी आमालाई दु:ख दिएको आरोपमा उनले महराको सहयोग लिएर हत्या गरेको प्रहरीले जनाएको छ।, थापाको कात्तिक ४ गते विजयनगर गाउँपालिका-५ बनगाईस्थित पोखरीमा शव फेला परेको थियो। प्रहरीले घटना शंकास्पद देखेपछि अनुसन्धान थालिएको थियो।, त्यसदिन राति थापालाई मगरले बोलाएर स्कुटरमा लगेका थिए। लगेपछि मगर र महरा दुबैले कुटपिट गरी हत्यापछि पोखरीमा शव फालेको प्रहरीले जनाएको छ।, ‘आफू र आफ्नी आमालाई घरमा बस्न नदिएको रिसमा हत्या गरेको बयान उनले दिएका छन्,’ प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने।, थापाले घरमा बस्न नदिएपछि आमासहित मगर विजयपुर-६ मा बस्दै आएका थिए। त्यदिन महरा र मगर दुबैले मादक पदार्थ सेवन गरेका थिए।, दुबैले राति १० बजे थापालाई बोलाई लु४६प ४१८९ मा चढाएर विजयनगर-५ पोखरीनजिक पुर्याएका थिए। कुटपिट गर्दा ज्यान गएपछि पोखरीमा फालिदिएका थिए।, दुबैलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखेर अनुसन्धान थालिएको भण्डारीले बताए।,
घरमा बस्न नदिएको झोंकमा साथीसँग मिलेर बुवाको हत्या
|
सेतोपाटी संवाददाता भारतबाट कपिलवस्तुको सीमा नाका हुँदै बुटवल आइपुगेको ५१ लाख रुपैयाँ बराबरको भन्सार छलेको सामान प्रहरीले बरामद गरेको छ।, लु१ज ३७८७ र लु१ज ४६३६ नम्बरको पिकअप गाडीमा ल्याइएको उक्त बराबरको भन्सार छलीको सामान प्रहरीले बुधबार बिहान बुटवलबाट नियन्त्रणमा लिएको हो।, भन्सार छलेर ठूलो मात्रामा सामान ल्याइँदै गरेको सूचनाका आधारमा प्रहरीले ती दुई वटा गाडीलाई रोकेको थियो।, गाडीमा रहेको कुर्ता सुरुवाल, जुत्ता, लिपगार्ड, साडी, चुन्नीलगायत जाडोमा प्रयोग हुने सामानहरू बरामद भएको प्रहरी उपरीक्षक मनोज केसीले बताए।, रूपन्देहीकै विभिन्न ठाउँबाट आइतबार, सोमबार र मंगलबार भन्सार छलेर ल्याइएको १० लाख रुपैयाँ बराबरको सामान बरामद भएको केसीले बताए।, बरामद सामान, गाडी र चालकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको केसीले बताए।, चाडवाडको समयमा सीमाबाट हुने चोरी-तस्करी रोक्नका निम्ति प्रहरी परिचालन भएको केसीले बताए। यो समान बुटवलका केही व्यापारीले भारतबाट ल्याएको बुझिएको छ। , सामान कसले भित्र्याएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले बताए। ‘भन्सार छलीमाथि हाम्रो सूक्ष्म निगरानी र आक्रामक कारबाही चलिरहेको छ,’ केसीले भने।,
भन्सार छलेर बुटवल ल्याइएको ५१ लाख रुपैयाँ बराबरको सामान बरामद
|
सेतोपाटी संवाददाता चीनले नेपाललाई अनुदान सहायता स्वरूप थप १६ लाख डोज कोभिडविरूद्धको खोप उपलब्ध गराएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन्।, कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै नेपालीलाई खोप दिइसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरूप कोभिडविरूद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे।, उनले त्यस अवसरमा हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताको रूपमा उपलब्ध गराएको पनि जानकारी दिए।, यस्तै, चिनियाँ राजदूत यान्छीले नेपाल सरकारको कोभिडविरूद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन्।, उनले २ दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिडविरूद्धको खोप उपलब्ध गराउने जानकारी समेत दिइन्।, राजदूत यान्छीले कोभिड निर्मूल गरी नेपालको सामाजिक, आर्थिक क्षेत्रलाई सहज बनाउन चीन सरकारले सकेको योगदान पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरिन्।, स्वास्थ्य मन्त्री खतिवडाले चीन सरकारले नेपालमा कोभिड नियन्त्रणका लागि हालसम्म स्वास्थ्य सहायता सामग्री पनि अनुदान सहायता स्वरूप उपलब्ध गराउँदै आएको भन्दै धन्यवाद व्यक्त गरे।, उनले नेपालले हालसम्म चीनबाट खरिद प्रक्रियामार्फत् १ करोड कोभिडविरूद्धको खोप ल्याइसकेको पनि बताए। ,
चीनले नेपाललाई दियो थप १६ लाख डोज कोरोना खोप
|
सविता बुढा पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको अत्तरियामा राजा महेन्द्रको सालिक फेरि राखिने भएको छ। अत्तरिया सुदूरपश्चिम विभिन्न स्थान जान मिल्ने चोक हो। धनगढी, महेन्द्रनगर, डडेल्धुरा र चिसापानीबाट आएका बाटा यहीँ मिसिन्छन्।, अत्तरिया चोकमा २०४३ सालमा राजा वीरेन्द्र र रानी ऐश्वर्याले महेन्द्रको सालिक अनावरण गरेका थिए। सुदूरपश्चिमलाई पूर्व-पश्चिम राजमार्गले भर्खरै जोडेको त्यो बेला राजा महेन्द्रको निकै चर्चा थियो।, राजमार्ग बनेपछि २०४२ सालमा धनगढी नगर पञ्चायतका प्रधानपञ्च बनिसकेका यज्ञराज पन्तको संयोजकत्वमा महेन्द्रको सालिक राख्न समिति बनेको थियो।, पन्त र उनका सहयोगीले भारतको राजस्थानका मुर्तिकारलाई महेन्द्रको सालिक बनाउन लगाएका थिए।, एकै ढुंगामा कुदेर बनाइएको जस्तो देखिने त्यो ६ फिटको सालिक ट्रकमा जयपुरबाट अत्तरिया पुर्याइएको थियो।, २०५२ देखि २०५८ सालसम्म राष्ट्रिय सभा सदस्य रहेका केइयाँ चौधरीका अनुसार सालिक अनावरण गर्न विरेन्द्र हेलिकप्टरमा अत्तरिया आएका थिए।, ‘हरेक पाँच वर्षमा त्यस बेलाका पाँच विकास क्षेत्रको भ्रमण गर्न राजा आउँथे। ०४३ सालमा दीपायल आएका राजा अत्तरियामा महेन्द्रको सालिक उद्घाटन गर्न हेलिकप्टरमा आएका थिए,’ उनले भने।, वीरेन्द्र आउँदा वरपरका हजारौं मानिस अत्तरियामा भेला भएका थिए। त्यसबेला अत्तरियामा निकै चहलपहल भएको चौधरीले बताए।, अत्तरिया चोकमा स्थापना गरिएको महेन्द्रको सालिक वरिपरि हरियाली थियो। फूलहरू रोपिएका थिए। सानोतिनो पार्ककै रूपमा यसलाई बनाइएको चौधरीको बुझाइ छ।, दोस्रो जनआन्दोलनका बेला त्यो सालिक ढालिएको थियो। सालिकका खट्टा भाँचिएपछि तल खसेको थियो। त्यसको टाउकाको भाग फुटाइएको थियो। घाँटीदेखि घुँडासम्मको भाग अझै अत्तरिया चोकमा लडेको छ।, ‘यहाँ पूर्वतिर फर्केर नमस्कार गरेको महेन्द्रको सालिक थियो, अहिले यहाँ विज्ञापन राख्न पोल गाडिएको छ,’ स्थानीय बेजु चौधरीले भने।, गोदावरी नगरपालिकाले विज्ञापन एजेन्सीबाट शुल्क लिने गरी यो चोकमा १० वर्ष पोल राख्न दिने सम्झौता गरेको छ। २०७४ मै यस्तो सम्झौता गरेपछि नगरपालिकाको चर्को आलोचना भएको थियो।, नगरपालिकाले प्रदेशलाई चिनाउनेभन्दा पनि कमिसनका लागि विज्ञापन राख्न दिएको आरोप लागेको थियो।, चोकमा राखिएको विज्ञापनका पोष्टरमा ढुंगा र गुलेली हानेर क्षति पुर्याउन थालेपछि एजेन्सीले विज्ञापन राख्न छोड्यो।, उसैले चोकमा बिजुली बत्ती, सिसिटिभी जोडेको थियो। सिसिटिभी पनि वेबारिसे भएका र बिजुलीको बिल तिर्नै बाँकी रहेको गोदावरी नगरपालिकाका मेयर हरीसिंह साउँदको सचिवालयले बताएको छ।, स्थानीय स्तरबाट विरोध भएपछि ४० प्रतिशत प्रदेश चिनाउने पोष्टर र ६० प्रतिशत एजेन्सीका विज्ञापन राख्ने कुरा भएको छ।, अहिले अत्तरिया चोकमा नयाँ विज्ञापन राखिएको छैन बरू पुराना पोष्टर च्यतिएर झुत्रा भएर झुण्डिएका छन्।, अत्तरिया चोक कुरूप बनेको र इतिहास बचाउने भन्दै राजा महेन्द्रको जनआन्दोलनका बेला भत्काइएको सालिक फेरि राख्ने तयारी थालिएको छ।, सुदूरपश्चिमको अस्थायी र स्थायी राजधानीको बीचमा पर्ने अत्तरिया चोकमा राख्न १० लाख खर्चिएर महेन्द्रको सालिक बनाइँदै छ।, निर्माण कम्पनी र कृषि व्यवसायमा आवद्ध नेपाली कांगेसका महाधिवेशन प्रतिनिधि हरिदत्त भट्टराईको अध्यक्षतामा २१ सदस्यीय सालिक पुनर्निर्माण समिति बनाइएको छ।, ‘समितिमा सबै दलका मान्छे छन्। एमाले, कांग्रेस, राप्रपाका छन्, माओवादीका भने छैनन्’ उनले भने।, अत्तरिया चोकलाई व्यवस्थित बनाउन छलफल गर्न आयोजित भेलाले उक्त समिति बनाएको हो।, ‘शासन व्यवस्था जेसुकै आए पनि ऐतिहासिक महत्वका चिजको संरक्षण गर्न सालिक बनाउन लागिएको हो,’ भट्टराईले भने।, पछाडिको पिँढीलाई इतिहासका शासकबाट राम्रा के काम भए भन्नेबारे जानकारी दिन आवश्यक रहेको उनको भनाइ छ।, तीन वर्षदेखि नै अत्तरिया चोक व्यवस्थापनको कुरा उठ्दै आएको छ।, ‘हामीले विभिन्न दलसँग पनि समन्वय गरेका छौं, उहाँहरूबाट सालिक स्थापना गर्न खासै पहल भएन अनि एकजना पिठाधीशको अभिभावकत्वमा थालनी भएको हो,’ भट्टराईले भने।, दार्चुलामा एक मन्दिरका प्रमुख रहेका ती पिठाधीशले अभिभावकत्व गरेपछि यो काम अगाडि बढेको उनले बताए।, ‘उहाँ सल्लाहकारको भूमिकामा हुनुहन्छ। हामीलाई उहाँले सल्लाह दिने हो, काम हामी आफैं गरिरहेका छौं,’ भट्टराईले भने।, सालिकसँगै नेपालको चुच्चे नक्सा पनि धातुबाटै बनाएर चोकमा राखिने उनले बताए। बजेटले भ्याए वरिपरि पानीको फोहरा पनि बनाइने छ।, सालिक बनाउन सरकारी निकायसँग पनि बजेट मागिने उनले बताए। सार्वजनिक रूपमा सहयोग आह्वान गर्ने र नभए व्यक्तिगत लगानीमा सालिक बनाउने योजना रहेको उनले सुनाए।, ‘हामी हाम्रो ठाउँ राम्रो बनाउन चाहन्छौं,कसैले राजावादी वा केही भन्छ भने त्यो गलत हो,’ भट्टराईले भने।, सालिक निर्माणका लागि सुरूमा सबै निकायमा सहयोग माग्ने भट्टराईले बताए।, ‘कसैबाट सहयोग नपाए समितिका सदस्यले पैसा उठाउने भन्ने भएको छ, हामी बैंकबाट ऋण निकालेर भए पनि सालिक बनाउने छौं,’ उनले भने।, इतिहाससँग जोडिएका सम्पदाको संरक्षण गर्नु देशप्रेमी युवाको दायित्व रहेको उनको भनाइ छ।, ‘यहाँका राजाका श्रीपेच, महत्वपूर्ण चिनारी हामीले विदेशमा पैसा तिरेर हेर्नु परिरहेको छ, यहीँ भएका यस्ता सम्पदाको किन संरक्षण नगर्ने भनेर कुनै वाद नहेरी राष्ट्र प्रेमले सालिक बनाउन लागेका हौं,’ उनले थपे।, उक्त समितिले जिल्ला प्रशासन कार्यालयसँग पनि यो विषयमा छलफल गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सरोकार राख्नेहरूसँग समन्वय गरेर कसैबाट रोकावट नआए काम गर्न सकिने बताए।, ‘सडकको छेउछाउ नजिक वा बीचमा केही बनाउनु परे सडक डिभिजनसँग समन्यव गर्नुहोला भनेका छौं। स्थानीय सरकार, सर्वदलीय, सर्वपक्षीय सहमति भएर सडकले पनि अनुमति दिए प्रशासनले सालिक राख्न रोक्दैन,’ उनले भने।,
दोस्रो जनआन्दोलनमा ढालिएको महेन्द्रको सालिक अत्तरियामा फेरि राखिने
|
विनोद सापकोटा जनताको विरोधलाई बेवास्ता गरेका नमूना इँटाभट्टाका सञ्चालकले स्थानीय सरकारलाई समेत नटेरेको पाइएको छ।, झापाको हल्दिबारी गाउँपालिकाको न्यायिक समितिलाई नमूना इँटाभट्टाका सञ्चालकले नटेरेका हुन्।, स्थानीयको उजुरीपछि मंगलबार तत्काल इँटाभट्टा सञ्चालन नगर्नू भनेर दिएको आदेश सञ्चालकले बेवास्ता गरेका हुन्।, उनले बुधबार बिहानैदेखि भट्टा सञ्चालन गरिरहेको गाउँपालिकाले जनाएको छ।, साबिक चारपाने-३ मा दर्ता भएको इँटाभट्टाका सञ्चालकले स्थानीय वडा कार्यपालिकासँगको मिलेमतो गरी हल्दिबारी-१ गोलधापमा पुनः भट्टा सञ्चालन गरेको स्थानीयको आरोप छ। यसरी एक ठाँउमा दर्ता भएको उद्योग अर्को ठाउँमा सञ्चालन गर्न पाइँदैन।, स्थानीय बासिन्दाले गएको असोज २० गते स्थानीय हल्दिबारी गाँउपालिकाको न्यायिक समितिमा उजुरी गरेका थिए। पालिकाले एक महिनापछि भट्टा सञ्चालन नगर्न सञ्चालकलाई लिखित आदेश दिएको थियो।, पालिकाको सूचना शाखाका अनुसार मङ्गलबार नमूना इँटाभट्टा उद्योगका सञ्चालक दिनेश चौलागाईंको नाममा पत्र पठाउँदै भट्टा तत्काल रोक्न आदेश दिइएको थियो।, सो आदेशमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ को दफा ४७ को उपदफा २ (ञ) बमोजिम स्थानीयले उजुरी दिएपछि तत्काल भट्टाको कामकाज सञ्चालन नगर्नू भनिएको छ।, ‘भट्टा साबिकको चारपाने ३ मा दर्ता भएको छ। हल्दिबारी गाँउपालिकामा दर्ता भएकै छैन,’ स्थानीय गोविन्द घिमिरेले भने, ‘स्थानीयको विरोधका बीच पनि नमूना इँटाभट्टाका सञ्चालकले स्थानीय जनप्रतिनिधिलाई प्रभावमा पारेर भट्टा सञ्चालन गरिरहेका छन्।’, मानव स्वास्थ्य र वातावरणमा समेत स्थानीयलाई प्रत्यक्ष असर पर्न थालेपछि १२२ जनाले हल्दिबारी गाउँपालिकाको न्यायिक समितिमा असोज २० गते लिखित उजुरी गरेका थिए। स्थानीयले भट्टा सञ्चालक चौलागाईं र वीरबल योङहाङ (लिम्बु)लाई विपक्षी बनाई उजुरी गरेको हल्दिबारी गाँउपालिकाले जनाएको छ।, स्थानीयहरू भट्टा सञ्चालनको विरोधमा लामो समयदेखि आन्दोलनमा थिए। ‘हामीले पटक-पटक अनुरोध गर्दा पनि ‘प्रशासनले केही गर्न नसक्ने’ भन्दै सञ्चालकले भट्टा सञ्चालन गर्दै आएका थिए,’ स्थानीय व्यवसायी समेत रहेका घिमिरेले भने।, यता पालिकाका प्रमुख रविन्द्र लिङ्देनले हल्दिबारी गाँउपालिकामा नमूना इँटा उद्योग दर्ता नभएको बताए। दर्ता नभएको उद्योग बिना अनुमति सञ्चालन गर्न नपाइने अध्यक्ष लिङ्देनले सेतोपाटीलाई बताए। जबरजस्ती गरे कानुन अनुसार कारबाही हुने लिङ्देनले बताए।, स्थानीयका अनुसार भट्टा सञ्चालकले वातावरणको प्रभाव मूल्याङ्कन पनि गराएका छैनन्। उद्योग सञ्चालन गर्नुपूर्व वातावरण प्रभाव मूल्यांकनको प्रमाण पत्र लिन अनिवार्य रहेको लिङ्देनले बताए। भट्टाको साँध सिमाना भएका सँधियार र स्थानीय प्रभावित परिवारको असहमति हुँदाहुँदै भट्टा सञ्चालन गरिएको आरोप स्थानीयको छ।, घरेलु तथा साना उद्योग कार्यालयमा नमूना इँटा उद्योग दर्ता नभएको कार्यालयकी सूचना अधिकारी दुर्गा बाँस्तोलाले बताइन्।, उनका अनुसार २०६४ सालमा साबिकको गोलधाप ८ मा नेसनल इँटा उद्योग दर्ता भएको तथ्यांक कार्यालयसँग छ। ‘त्यसको सञ्चालक दिनेश चौलागाईं नै हुनुहुन्थ्यो। अहिले पनि उहाँको नाम अनौपचारिक रूपमा जोडिएको छ,’ बास्तोलाले भनिन्।, सञ्चालकले यतिबेला प्रालिमा आफ्नो उद्योग रहेको भन्दै सूचीकृत गरिदिन निवेदन दिएको कार्यालयले जनाएको छ। स्थानीय बासिन्दाको विरोधका कारण अब भट्टा सञ्चालनको अख्तियारी कार्यालयले दिन नसक्ने बाँस्तोलाले बताइन्।, स्थानीयले नजिकै रहेको मानव बस्ती, विद्यालय, अस्पताललाई प्रतिकूल असर पारको भन्दै कार्यालयमा पनि उजुरी गरेको कार्यालयले जनाएको छ।, स्थानीयको निवेदनपछि भट्टा सञ्चालन गर्न रोक लगाइएको हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले बताए। पालिकाको पत्र पाएपछि पनि उद्योग सञ्चालनमा रहेका पाइए प्रहरी लगाएर सञ्चालकलाई पक्राउ गरिने उपाध्यक्ष गिरीले बताए।, ,
अवैध इँटाभट्टा उद्योग बन्द गर्न गाउँपालिकाले दिएको निर्देशन सञ्चालकले टेरेनन्
|
सेतोपाटी संवाददाता कैलालीमा एक महिलाको बेवारिस शव फेला परेको छ।, मोहन्याल गाउँपालिका–७ चिप्लेस्थित कर्णाली नदीको किनारमा अन्दाजी ३३ वर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको हो।, प्रहरी टोलीले शव पानीबाट निकालेर पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।, शवको कानमा सुनको जस्तो देखिने बेरुवा रिङ र बायाँ हातको कान्छी औंलामा धातुको जस्तो देखिने औंठी छ।,
कैलालीमा एक महिलाको बेवारिस शव फेला
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १७५ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३१, ललितपुरमा २७ र भक्तपुरमा १७ संक्रमित छन्।, यस्तै, काठमाडौंमा १९९६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ९४६, ललितपुरमा ५४४ र भक्तपुरमा ५०६ छन्।, नेपालमा थप ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, ९ हजार ९१३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ५७७ जनाको पिसिआर परीक्षण र ३३३६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ९ हजार १२३ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ।, ४३९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.५ प्रतिशत छ।,
काठमाडौं उपत्यकामा थपिए १७५ संक्रमित, सक्रिय १९९६
|
सेतोपाटी राष्ट्रिय जनगणनाका लागि कञ्चनपुरमा गणक खटाउने तयारी अन्तिम चरणमा पुगेको छ। , जिल्ला जनगणना कार्यालय कञ्चनपुरका प्रमुख गोविन्दप्रसाद न्यौपानेका अनुसार गणकलाई चार दिने तालिम प्रदान गरी खटाउने तयारी गरिएको छ।, जनगणनाका लागि खटिने गणकलाई आवश्यक पर्ने सबै विषय वस्तुबारे तालिमका क्रममा सिकाइएको कार्यालय प्रमुख न्यौपानेले बताए।, 'गणकका लागि कात्तिक १३ गते देखि १६ गते सम्म तालिम दिएका छौं', उनले भने,'तालिमपश्चात निर्धारित समयभित्रै जनगणनाको कार्य हुनेछ।', जनगणनाको कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गरी सम्पन्न गर्नका लागि नौ स्थानीय तहलाई मध्यनजर गर्दै शुक्लाफाँटा, बेलौरी, पुनर्वास, भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा अस्थायी कार्यालय समेत सञ्चालन गरिएको छ।, भीमदत्त नगरपालिकामा रहेको कार्यालयले बेदकोट नगरपालिकासम्म हेर्ने गरी, शुक्लाफाँटामा रहेको कार्यालयले कृष्णपुर नगरपालिकासम्म हेर्ने गरी, बेलौरी नगरपालिकाले लाझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकालाई हेर्ने गरी कार्यालय स्थापना गरिएका छन्। , जनगणनाका लागि खोलिएका कार्यालयमै सेन्टर राखेर गणकलाई तालिमको व्यवस्था गरिएको छ।, कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने जनगणनाको कार्यका लागि कञ्चनपुरमा ४७७ गणक र ११७ सुपरीवेक्षकलाई खटाउने तयारी भइरहेको छ।, पहिलो चरणमा घरधुरीको सङ्ख्या, महिला पुरूष र अन्यको सङ्ख्या, वित्तीय पहुँचको अवस्था, कृषिबारे सामान्य विवरण संकलन गर्ने र घर नम्बर राख्ने कार्य पूरा गरिएको छ।, 'पहिलो पटक बस्ने घर र खाली घरको गणना गर्ने समेत हुँदैछ', कार्यालय प्रमुख न्यौपानेले भने,'पछिल्ला जनगणनामा घर गणनाको कार्यलाई समेटिएको थिएन। यस पटक घर गणनालाई समेत समावेश गरिएको छ।', जन्मदार्ताको अवस्थाकाबारे समेत जनगणनामा समावेश गरिएको उनले बताए। , गणकहरूले विस्तृत विवरणसहित जाति, धर्म, संस्कृति, शैक्षिक योग्यता र आर्थिक गतिविधिका बारेमा समेत प्रश्न सोध्ने र विवरण राख्ने कार्य गर्ने बताइएको छ।, 'जनगणनामा कोही पनि नछुटन भनेर सावधानीपूर्वक कार्य अगाडि बढाउने योजना अघि सारेका छौं', उनले भने, 'सुरक्षा निकाय र कैदीबन्दीको समेत गणना गर्छौं।' , केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा राष्ट्रिय जनगणनाको कार्य गर्दै आएको छ।, विसं १९६८ देखि जनगणनाको कार्य प्रत्येक दश वर्षमा हुँदै आएको छ।, यस वर्षको जनगणनाको ‘नारा मेरो गणना, मेरो सहभागिता रहेको छ। जनगणनाका लागि घर-घरमा गएर गणनाको कार्य गर्नका लागि देशभरिमा करिब ३९ हजार गणक र ८ हजार सुपरीवेक्षकलाई खटाइने बताइएको छ। ,रासस, ,
जनगणनाका लागि कञ्चनपुरमा गणक खटाइँदै
|
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा १७ वटा व्यापारिक फर्मविरूद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ।, ती व्यापारिक फर्मसँग दुई अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बिगो असुल, जरिवाना र हदैसम्मको कैद सजाय माग गरेर मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले सेतोपाटीलाई बताए।, उनका अनुसार ती व्यापारिक फर्मसँग आवद्ध सञ्चालक, प्रोप्राइटरलगायत ६४ जनालाई मुद्दामा प्रतिवादी बनाइएको छ।, मुद्दा दायर भएका फर्ममा सांग्रिला ट्रेड एन्ड सप्लायर्स, महालक्ष्मी ट्रेड कन्सर्न, चन्दन सप्लायर्स, हनुमान सप्लायर्स, डिलाइट इन्टरप्राइजेज, जिएम इम्पोर्ट एन्ड एक्सपोर्ट, अन्सार मञ्जिल ट्रेडर्स, पिआरु निर्माण सेवा, न्यू दीप इन्टरनेसनल, डिएन इन्टरनेसनल छन्।, यसैगरी, अन्य व्यापारिक फर्ममा हिमालयन नेपाल सप्लायर्स, श्री आरपी ट्रेडर्स, इन्फ्राटेक प्रालि, साकिर अलि, नितिश इम्पेक्स, मोर्गन ट्रेड लिंक र राइज अटो ट्रेड प्रालि रहेका छन्।, वस्तु तथा सेवा खरिद नगरी नक्कली मूल्य अभिवृद्धि कर बिजक जारी गरेर उनीहरूले राजश्व, कर तथा आयकरसमेत छलेको पाइएको महानिर्देशक पौडेलले बताए। , ‘हामी लामो समयसम्म उजुरी राख्दैनौं, अनुसन्धानलाई तीव्र बनाउँछौं। नभेटिएका फर्मले क्लियरेन्स पाउँछन्,’ पौडेलले सेतोपाटीसँग भने।,
नक्कली भ्याट बिल प्रकरण: १७ व्यापारिक फर्मका ६४ जनासँग दुई अर्ब ३६ करोड बिगो माग
|
सेतोपाटी संवाददाता भारतले नेपालबाट बिजुली किन्न थालेको छ। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट मंगलबार रातिदेखि बिजुली भारत पठाउन थालिएको हो।, भारतले सोमबार नेपाललाई भारतीय बजारमा बिजुली बेच्न अनुमति दिएको थियो।, अहिले भारतले किनिरहेको बिजुलीका लागि उसैको अनुदानमा बनेका आयोजनालाई स्रोत मानिएको छ। नुवाकोटमा सञ्चालित २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट बिजुली किन्न भारतको ऊर्जा मन्त्रालयले अनुमति दिएको हो।, भारतले यसअघि गत वर्ष छिमेकी मुलुकबाट बिजुली आयात गर्ने विषयमा कार्यविधि बनाएको थियो। उक्त कार्यविधिमा भारतसँग सीमा जोडिएका तर उर्जामा सहकार्य गर्ने सम्झौता नभएका मुलुकबाट लगानी भएका आयोजनाको बिजुली नकिन्ने उल्लेख छ। यसको अर्थ नेपालमा चिनियाँ कम्पनीले लगानी गरेर बनाएका आयोजनाको बिजुली भारतले नकिन्ने देखिएको छ।, प्राधिकरणका प्रवक्ता भट्टराईका अनुसार नेपालीले लगानी गरेका आयोजनाबाट बिजुली बेच्न भने कुनै सर्त छैन।, ‘हामीले तामाकोशी, भोटेकोशी र मर्स्याङ्दीको बिजुली भारतमा बेच्न निवेदन दिएका छौं,’ भट्टराईले भने।, राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि कुन बिजुली कुन आयोजनाको हो भन्ने थाहा हुँदैन। त्यसैले हरेक आयोजनाको बिजुली बेच्नुभन्दा पहिला भारतले अनुमति दिनुपर्ने सर्त राखेको छ।, ‘अहिलेलाई हामी नेपालीको लगानी भएका आयोजनाको बिजुली बेच्ने प्रक्रियामा छौं। अरू आयोजनाको के गर्ने भन्नेबारे पछि कुरा होला,’ भट्टराईले भने।,
भारतले किन्यो आफूले अनुदान दिएका आयोजनाको बिजुली, नेपाली लगानीको बिजुली बेच्न निवेदन
|
सेतोपाटी संवाददाता नेपालमा थप ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४४७ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ९१३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ५७७ जनाको पिसिआर परीक्षण र ३३३६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ९ हजार १२३ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ।, ४३९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.५ प्रतिशत छ।, त्यस्तै, काठमाडौं उपत्यकामा १७५ थपिएका छन्। जसमध्ये काठमाडौंमा १३१, ललितपुरमा २७ र भक्तपुरमा १७ संक्रमित छन्।,
थपिए ४४७ संक्रमित, निको भए ४३९
|
सेतोपाटी संवाददाता प्रहरीले बाराबाट १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।, मंगलबार राति प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-७ बाट तीन जनालाई गाँजासहित पक्राउ गरेको हो।, पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका-२ का २३ वर्षीय सुमन रुम्बा, २० वर्षीय विजय थिङ र १९ वर्षीय अखिल मोक्तान छन्।, टेढा रोडमा शंकास्पद रूपमा हिँडिरहेका उनीहरूको झोला जाँच गर्दा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।, पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।,
१२ किलो गाँजासहित बाराबाट तीन पक्राउ
|
झलनाथ खनाल/रासस कर्णाली नदीमा २०४० सालमा आएको बाढी अझै पनि धेरै विस्थापितको मनमा ताजै छ। त्यतिबेलाको बाढीले करोडौँ रुपैयाँको क्षतिमात्रै गरेन, सयौँ परिवार विस्थापित पनि भए। बाढीले कर्णाली नदीको तटीय क्षेत्रमा धेरै नोक्सान गर्यो। , त्यतिबेला नागरिकले सहरभन्दा घाँस दाउरा गर्न सजिलो र गाई वस्तु चराउन सहज ठाउँलाई बढी रोज्थे। त्यसैले पनि कर्णाली नदीको तटीय क्षेत्र विशेष थियो। नजिकै जङ्गल भएका कारण पशु चौपायालाई बिहान लिएर जङ्गल छाडेपछि साँझ ल्याउन जानु पर्दैनथ्यो।, विसं २०४० को बाढीका कारण विस्थापित भएका टिकापुरका बन्धु डगौंरा थारूको ३५/४० बाख्रा, अन्नपात सबै बाढीले बगाएर विस्थापित हुँदा उहाँलाई निकै चिन्तित बनायो। उसो त वर्षातको समयमा सधैँ चिन्तामा रहने कर्णाली नदीको तटीय क्षेत्रका स्थानीयवासीलाई बाढीले निकै सताउँदै आएको थियो। विसं २०४० को बाढीमा त थारूको मात्रै होइन त्यहाँ बसोबास गर्ने कसैको केही पनि बचेन। बाढीपछि उक्त बस्ती स्थानान्तरणका लागि धेरै प्रयास भए। अन्तिममा गाउँका बडघरसमेत रहेका थारूको प्रयासमा त्यहाँको बस्ती नयाँ टीकापुरमा सर्यो। बस्ती स्थानान्तरणका लागि पनि उनलाई निकै सकस भयो। , ‘बर्खाको दुई महिनाको पीडा सबैले क्षणभरमै भुलिहाल्थ्ये। अरु दिन त्यहाँका नागरिकलाई धेरै सहज थियो’, थारूले भने, ‘त्यहीँ सहजताका कारण पनि त्यो ठाउँ कसैले छाड्न मानेनन्। अन्तिममा थारू समुदायका छ÷सात घरबाट जग्गाको लालपुर्जा कब्जा गरेर त्यो बस्ती सार्न सफल भएका थियौं।’, तत्कालीन टीकापुर नगर विकास समितिले बाढी प्रभावित क्षेत्रका जसको जति जग्गा थियो त्यहीँ बराबरको जग्गा बाढीबाट विस्थापितलाई उपलब्ध गराएको थियो। थारू त्यतिबेला नयाँ टीकापुरमा २५ बिघा जग्गा प्राप्त गरेको बताउँछन्। ‘वर्षायाममा सधैं रातभर चैनको निद्रा सुत्न पाइँदैनथ्यो। सबै त्रासमा हुन्थ्यौँ’, उनले भने, ‘बस्ती सार्ने बेलामा मलाई धेरैले गाली गरे। कतिसँग बोलचाल नै बन्द भयो। अहिले त्यहाँबाट बसाइँ सरेर आएकाहरू करोडौं रुपैयाँका मालिक बनेका छन्।’, उनले २५ बिघा जग्गा प्राप्त गरेको भए पनि अहिले थारूसँग एक कठ्ठा जग्गा मात्र बाँकी छ। उनले बेचेको जग्गामा अहिले घना बस्ती देख्न सकिन्छ।, त्यस्तै कर्णालीको तटमा रहेको भगरैयाँगाउँ पनि टीकापुरको बस्ती स्थानान्तरणपछि त्यहाँबाट सारियो। करिब ३०० परिवारलाई नगर विकास समितिले त्यहाँ भएको अनुसारकै जग्गा उपलब्ध गराएर बस्ती सारेको थारूले बताए। ‘हामी बसेको बस्ती सरेपछि भगरैयाँ गाउँ सरेको हो। त्यतिबेला भगरैयाँ गाउँ हामी बसेको गाउँभन्दा बढी जोखिममा थियो। त्यहाँ त बर्सेनि बाढीको बितण्डा भइ नै रहन्थ्यो’, उनले भने, ‘हाम्रो बस्ती स्थानान्तरण भएको केही वर्षपछि मात्रै भगरैयाँ गाउँ सरेको थियो।’, गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म आएको बाढीलाई पनि स्थानीयवासी २०४० सालपछिकै ठूलो रूपमा हेरेका छन्। उसो त यसअघिका कयौँ बाढीमा विस्थापित भएकाकै कारण हाल टीकापुरमा सात शिविर छन्। शिविरमा बसेका नागरिकले अझै पनि बाढीको पीडालाई कम गर्न सकेका छैनन्। टीकापुरको साहीपुर, सिम्राना, बनगाउँ, दौलतपुरलगायतका बस्ती स्थानान्तरणको कुरा पटक–पटक उठ्ने गरेको छ। ‘अब बस्ती स्थानान्तरणका लागि सजिलो छैन। पहिले टीकापुरमा बस्ती बसाल्नु थियो। जति जग्गा माग्यो त्यति पाइन्थ्यो’, थारूले भने, ‘अहिले जग्गा नै छैन। स्थानान्तरण गरिएका बस्तीलाई कहाँ लिएर राख्ने भन्ने विकास समितिसँग निकै चुनौती छ। त्यसकारण पनि बस्ती स्थानान्तरण नभई त्यसको विकल्प खोज्नु उचित देखिन्छ।’, रानी जमरा कुलरिया सिँचाइ आयोजनाले काम गर्दै आएको भए पनि संरचना विकासले पूर्णता पाउन नसकेको अवस्थामा बाढीको जोखिमबाट बच्न नसकेको स्थानीय भागिराम चौधरीले बताए। ,रासस,
चार दशकअघि कर्णालीको बाढीबाट विस्थापित हुँदा.....
|
नवीनबाबु गुरूङ राजधानीलगायत देशभर यतिबेला तिहारका लागि सरसमान खरीद गर्नेहरुको भीड लागेको छ। मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ।, खासगरी राजधानीको असन, इन्द्रचोक, न्यूरोड, बानेश्वर, कालिमाटीलगायतका अधिकांश स्थानहरु उपभोक्ताको भीड लाग्ने गरे पनि उपत्यका बाहिरका प्रमुख बजारमासमेत किलमेल गर्नेको भीड हुन्छ।, बजारमा किनमेल गर्ने भीडले तिहारको रौनकलाई दर्शाएको छ। दोलखाको जिरी बजारमा पनि तिहारको लागि भाइमसला तथा फूलका माला किन्नेहरुको भीड लाग्न थालेको छ।, तिहारमा भाइमसला किन्नेकहरू भने विशेष भीड छ । यस्तै झिलिमिली बत्ति किन्ने पसलमा पनि उपभोक्ताहरु अत्याधिक संख्यामा देखिन्छन् । तिहारमा लागि आवश्यक खाद्यान्न र सरसामान किन्नेको घुइँचो पनि बजारमा थामिनक्नु देखिन्छ ।, बजारमा मूल्यवृद्धि अस्वभाविक रुपमा भएपनि उपभोक्तालाई अत्यावश्यक वस्तु नकिनी सुखै छैन। दोलखाको जिरी बजारमा तिहारको किनमेल गर्नेहरू हेर्नुहोस् तस्बिरमा।,
जिरी बजारमा तिहारको किनमेल (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता अभिषेक गिरीलाई मोरङ कारागार ल्याइएपछि कैदीबन्दी आन्दोलित बनेका छन्। , अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय काटिरहेका गिरीलाई मंगलबार बिहान पाँच बजे मोरङ कारागार ल्याइएको हो। , काठमाडौंको डिल्लीबजार कारागारमा रहेका गिरीलाई मोरङ ल्याएको बिरोधमा कैदीबन्दीले कारागारको छतमा बसेर प्रदर्शन गरिरहेका छन्।, कारागारभित्र भिन्दै साम्राज्य खडा गर्दै विभिन्न अपराधिक गतिविधी गरेको खुलेपछि उनलाई करिब साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्ली बजार कारागार स्थानान्तरण गरिएको थियो। गिरी पुनः मोरङ आएपछि कारागारभित्र खैलाबैला मच्चिएको छ। उनको विगतका गलत हर्कतका कारण कैदीबन्दीले असुरक्षित महसुस गर्दै आन्दोलित भएका हुन्। मोरङ कारागारमा हुँदा कैदीबन्दीको नेतृत्व गर्ने चौकीदारको जिम्मेवारी उनलाई दिइएको थियो । , कैदीबन्दीलाई चरम यातना दिने, कुटपिट गर्ने, महिनावारी असुल्ने तथा कारागारभित्र सजाय भुक्तान गरिरहेकाहरुलाई उपभोग्य वस्तु महँगो मूल्यमा बिक्री गर्ने र टेलिफोनमा महँगो मूल्य लिने गरेको आरोप उनीमाथि छ। उनलाई २०७४ साल चैत २३ गते डिल्ली बजार स्थानान्तरण गरिएको हो।, छोटो समयमै अकूत सम्पत्ति आर्जन गरेको देखिएपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा चलाइएको थियो । गिरी लामो समयदेखि विराटनगरलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न थिए। अपहरण मुद्दामा दोषी ठहर भएपछि कैद काट्दै गरेका बेला कांग्रेसका नेताको संरक्षणमा कारागारभित्रैबाट आफ्नो धन्दा चलाउने गरेको पाइएपछि उनलाई मोरङबाट काठमाडौं पठाइएको थियो । , २ सय ५० पुरुष र ५० महिला गरेर ३ सय कैदीबन्दीको क्षमता रहेको मोरङ कारागारमा अहिले ९ सय ५८ जना कैदीबन्दी छन् ।,
,
अभिषेक गिरीलाई मोरङ कारागार ल्याइएपछि कैदीबन्दी आन्दोलित
|
रासस सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन्।, उनीहरु ६ दिनदेखि बेपत्ता छन्। , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल र लुइस छन्।, उनीहरु आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडीशन प्रालिमार्फत गत असोज १८ खाङतेका हिमाल आरोहणका लागि गएका थिए।, तीनै जना यही कात्तिक ९ गतेदेखि सम्पर्कविहीन बनेपछि खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।, बेपत्ताको खोजीका लागि सोमबारदेखि कैलाश एयरको हेलिकोप्टर प्रयोग गरिएको छ। एउटै समूहमा गएकामध्ये अन्य पाँच जना भने सम्पर्कमा आएको कम्पनीले जनाएको छ। ,
हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता
|
सेतोपाटी संवाददाता तिहार मनाउन घर जान लागेका यात्रुलाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका तिहार मनाउन काठमाडौं बाहिर जाने यात्रुलाई कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप दिन लागिएको हो।, मन्त्रालयका अनुसार दुईदिनसम्म सञ्चालन हुने कार्यक्रम बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ। , यी चार स्थानमा आज बिहानदेखि नै खोप कार्यक्रम सुरु गरिएको छ। आज र भोलि दुई दिन चल्ने खोप कार्यक्रममा आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन सकिनेछ। भेरोसिल र एस्ट्राजेनेका खोप नि:शुल्क लगाइने मन्त्रालयले जनाएको छ।,
,
तिहारमा घर जाने यात्रुलाई सडकमै कोरोनाविरुद्धको खोप
|
सेतोपाटी संवाददाता तेह्रथुमको फेदाप गाउँपालिका-२ भित्री सडक खण्डमा मंगलबार बिहान भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक घाइते भएका छन्।, बिहान राति साढे १ बजे औंसीडाँडाबाट सदरमकुकाम म्याङलुङ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख २७७० नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको हो।, प्रहरीका अनुसार मृत्यु हुनेमा चालक काभ्रेपलान्चोकका २७ वर्षीय रोहित अधिकारी छन्। सह-चालक २४ वर्षीय सुदीप राई घाइते छन्।, उनको जिल्ला अस्पताल म्याङलुङमा उपचार भइहरेको प्रहरीले जनाएको छ।,
तेह्रथुममा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
|
सेतोपाटी धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ। भाइरल ज्वरो, झाडाबान्ता लगायतका बिरामीको चाप बढे पनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ। , झाडाबान्ता भएपछि छोरालाई अस्पताल ल्याएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गरिन्। शर्माजस्तै अन्यले पनि उक्त समस्या भोग्नु परिरहेको छ। केही दिनदेखि जीवनजल अभाव भएको अस्पतालका फार्मेसी इन्चार्ज सन्तोष सुवेदीले बताए।, 'समयमै औषधि ल्याउन खरिद ऐन नै परिवर्तन गर्नुपर्छ, तत्कालै हामीले औषधि खरिद गर्न मिल्दैन', उनले भने, 'स्वस्थ्य बीमाले सबै औषधि दिनुभन्छ, तर खरिद ऐन बाधक बन्छ त्यसैले भनेको समयमा औषधि दिन सकिरहेका छैनौं।', फार्मेसीमा जीवनजल मात्रै होइन, थाइरोनम २५ लगायतका अन्य अत्यावश्यक औषधिको समेत अभाव भएको छ।, खरिद ऐन परिवर्तन नभएसम्म यस्तो समस्या दोहोरिने सुवेदी बताउँछन्। धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र विक पोखरेलले जीवनजल लगायतका अत्यावश्यक औषधिको अभाव हुन नदिने बताए।, बागलुङ नगरका अन्य स्वास्थ्य संस्थामा जीवनजल, सिटामोललगायत अत्यावश्यक औषधिको अभाव नभएको बागलुङ नगर स्वास्थ्य शाखाका संयोजक रामप्रसाद खनालले जानकारी दिए। ,रासस,
धवलागिरि अस्पतालमा एक सातादेखि जीवनजल अभाव
|
सेतोपाटी संवाददाता जलवायु संकटको आवाज उठाउँदै युएन हाउस पुल्चोक अगाडि वृहत नागरिक समाजले प्रदर्शन गरेको छ।, डाक्टर गोविन्द केसी, नारायण वाग्लेलगायतको सहभागितामा मंगलबार प्रदर्शन भएको हो।, अधिक कार्बन उत्सर्जन गर्ने देशलाई जवाफदेही बनाउन नेपालजस्ता देशले चुस्त कुटनीति अंगाल्नुपर्ने भन्दै सहभागीले कार्बन उत्सर्जन कम गर्न नेपालभित्र सुधारहरू गर्न नेपाल सरकारसमक्ष माग गरेको छ।, धेरै देशहरुले त्यो विपत्ति रोक्न खनिज ऊर्जालाई निरुत्साहित गर्दै ऊर्जाका सफा र नवीकरणीय स्रोतलाई प्रोत्साहन गरिरहेका छन् तर नेपालका सडकहरुमा अहिले पनि पेट्रोल र डिजलले चल्ने साधनहरुको बिगबिगी रहेको उनीहरूले बताएका छन्।, युरोपका धेरै देशले आफ्ना महानगरहरुलाई साइकलका ‘हब’का रुपमा विकसित गर्दै उत्कृष्ट भौतिक पूर्वाधार विकास गर्दा नेपालजस्ता देशमा चाहिं प्रदुषणकारी पेट्रोलियमका साधनहरुको प्रयोग आकाशिंदो रहेकोमा ध्यानाकर्षण गराएका छन्।, आसन्न संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी बैठक सीओपी ट्वेन्टी सिक्समा नेपालजस्ता कार्बन उत्सर्जन कम गर्ने तर जलवायु संकटको जोखिम उच्च भएका देशहरुले विशेष भूमिका खेल्नु आवश्यक हुने सहभागीले भनेका छन्।, संयुक्त राष्ट्रसंघको पछिल्लो महासभामा द्वन्द्वको अन्त, सबैलाई कोभिड भ्याक्सिनको पहुँचलगायत शिक्षा र स्वास्थ्य क्षेत्रका एजेण्डाहरुसमेत राखेर राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन गरेका हुन्।, हेर्नुहोस् तस्बिरहरू,
जलवायु संकटको आवाज उठाउँदै युएन हाउस अगाडि वृहत नागरिक समाजको प्रदर्शन
|
सेतोपाटी झापाको कन्काई नगरपालिका– १ स्थित खेतको खोल्सीमा एकजना पुरूष मृत भेटिएका छन्।, घर निर्माणमा कार्यरत सोही ठाउँका ४८ वर्षीय बेनुप्रसाद उप्रेती आज बिहान ६ बजेतिर खोल्सीमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ। , प्रहरीका अनुसार हिजो दिउँसो ३ बजेदेखि बेपत्ता भएका उप्रेती घर नजिकैको खोल्सीमा आज बिहान मृत फेला परेका थिए।, माछा मार्न भन्दै घरबाट हिँडेका उप्रेतीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको हुनसक्ने स्थानीयबासीले आशंका गरेका छन्।, घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। ,रासस,
झापामा एक व्यक्ति मृत फेला
|
सेतोपाटी संवाददाता नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ।, तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरुको घुँईचो लागेको हो। असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ।, कोटाभन्दा बढी मानिसको घुइँचो देखिएपछि सुनको असर्फी नपाउने भईयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिएका छन्।, उनले चाँदीको असर्फी भने पाउने आशा गरेका छन्। हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गरेको सिनामंगलका विजय उपाध्यायले पनि भिडका कारण यस वर्ष सुनको असर्फी पाउने आशा मारेका छन्। उनले चाँदीको असर्फी भने आउने आशा व्यक्त गरे।, टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ। पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४३८ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको विक्री मूल्य २० हजार २१९ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।, नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले दशैं र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ।,
टक्सार विभागमा असर्फी किन्नेको भिड
|
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितको उपचारमा समस्या देखिएको छ।, सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत अथवा काठमाडौंनै जानुपर्ने बाध्यता छ।, डायलासिसका लागि अस्पताल पुगेका बिरामीमध्ये कतिपयले अस्पतालकै शैयामा ज्यान गुमाइरहेका छन, भने कतिपय बिरामीहरू पालो कुरिरहेका छन्। अस्पतालको फार्मेसीमा मिर्गौला डायलासिसको सामान्य औषधि पनि नपाईँदा बिरामीहरू चर्को मूल्य तिरेर निजी फार्मेसीबाट औषधी खरिद गर्न बाध्य छन्।, प्रदेशका एक मात्र स्थान सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा उपलब्ध भए पनि सेवा त्यति प्रभावकारी नबन्दा सेवाग्राही हैरानी खेप्न बाध्य छन्। ६ वटा मेसिनबाट मात्रै सेवा प्रदान भइरहँदा बिरामीले पालो कुर्नैपर्ने बाध्यता छ। झन् त्यसमा अस्पतालको फार्मेसीमा डायलासिसको लागि सामान्य औषधि समेत नपाइदा झनै समस्या भइरहेको बिरामीका आफन्तहरूको गुनासो छ।, सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा निजी क्षेत्रको विरङ्ग हेल्थ केयर सेन्टरले ठेक्कामा डायलासिस सेवा प्रदान गरिरहेको छ। अस्पतालसँग १० वटा मेसिनबाट सेवा प्रदान गर्ने सहमति भए पनि हाल ६ वटा मेसिन मात्रै सञ्चालनमा छन्। एक हप्तामा हाल ५३ जनाले डायलासिस सेवा लिइरहेको विरंग हेल्थ केयरका व्यवस्थापक दीपक भट्टले बताए।, सामान्य डायलासिसको सेवा यहाँ प्रदान गरिए पनि मिर्गौलाको फिस्टुला भर्न भने बिरामीले काठमाडौं अथवा भारत नै जानुपर्ने बाध्यता रहेको उनले बताए।, बढ्दो पत्थरी, मधुमेह, उच्च रक्तचाप र अस्त व्यस्त जीवन शैलीका कारण नै किट्नी फेल हुने क्रम बढेको विभिन्न अध्ययनहरुले देखाएका छन्। सरकारले डायलासिस सेवा निःशुल्क गरे पनि फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न आर्थिक नहुँदा अस्पतालमै ज्यान जाने होकि चिन्तामा उनीहरू छन्।,
सुदूरपश्चिममा मिर्गौला पीडितलाई उपचारमा समस्या
|
सेतोपाटी एकहत्तर वर्षीया धनसरी थापाले सामाजिक सुरक्षाभत्ता बुझ्न नातिका सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित एक बैंकमा पुगेको बताइन्।, उनलाई घरबाट दल्ली पुग्न दुई दिन लागेको थियो। राम्रोसँग टाढा देख्न नसक्ने उनलाई यसरी दुःख दिएकामा नरमाइलो लागेको छ। आउँदा, जाँदा बाटोमा उनका करिब चार हजारभन्दा बढी रुपैयाँ खर्च भइसकेका छन्।, बूढो शरीर, आधा बाटो हिँडेरै आएको र आधाबाट गाडीमा आएको भन्दै उनले भने, 'घरघरमा लिएर बुझाएको भए राम्रो हुने थियो। धेरै दुःख पाइने गर्छ। पहिला पहिला घरमै बुझाउँथे तर बीचमै आधार रकम आफूले खाएर हामीलाई दिएको पनि थाहा पायौं, बैंकले नै घुम्ती सेवा लिएर भत्ता बुझाएको भए कति राम्रो हुन्थ्यो।' , यहाँका ज्येष्ठ नागरिक, एकल महिलाहरुको काम सोमबारसमेत पूरा नभएपछि मङ्गलबार हुने आश गरेको अर्की कुमारी विकले बताइन्।, उनले भनिन्, 'हाम्रो छिमेकी जिल्ला रुकुम पश्चिमको आठबीसकोटमा बैंकका कर्मचारी गाउँमै गएर भत्ता बुझाएका थिए, हामीलाई पनि त्यस्तै गरेको भए राम्रो हुने थियो। आउँदा, जाँदा धेरै दुःख पाइन्छ र पैसा पनि आधा खर्च भइहाल्छ।' , नलगाडको सबभन्दा टाढाको वडाका रूपमा रहेको वडा नं ११, १२ र १३ रहेको छ।, डोल्पाको सीमानासँग जोडिएका यी वडामा बसोबास गर्ने सर्वसाधारणलाई पालिकाको मुकामसम्म आउन र जानमात्र दुई दिनभन्दा बढी लाग्छ।, सम्बन्धित व्यक्तिबाहेक अरू आएमा बैंकले रकम भुक्तानी नगर्ने भएकाले आफैं रकम लिन आउनु परेको स्थानीयबासी हस्त कामीले बताए। ,
,
जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने यी ठाउँ दुर्गम मध्येमा पर्दछन्। सामाजिक सुरक्षा भत्ता बुझ्न आउने सबै नागरिकलाई चार, चार महिनामा दुःख बैंक आउँदा समस्या हुने गरेको छ।, नगरपालिकाबाट वितरण हुँदै आएको पोषण भत्तासमेत पूरा नपाएको उनीहरूका गुनासो छ। , त्यस्तै, पश्चिम जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणहरूसमेत सदरमुकाम आएर भत्ता बुझ्ने गरेका छन्। जिल्लाको टाढा मध्येको पालिका जुनिचाँदेसमेत पर्दछ। पालिकामा बैंक स्थापना नहुँदा सदरमुकाम आएर सबै कारोबार गर्नुपरेको छ। ,रासस,
,
भत्ता बुझ्न ज्येष्ठ नागरिकलाई समस्या
|
खिलानाथ ढकाल अपहरण तथा शरीर बन्धक मुद्दामा जेल परेका अभिषेक गिरीलाई मोरङ सरूवा गरिएपछि त्यहाँका कैदीबन्दी आन्दोलनमा निस्के।, मोरङ प्रहरीका अनुसार गिरीलाई मंगलबार बिहान साढे ५ बजे कारागार पुर्याएपछि कैदीहरूले उनको विरोधमा आन्दोलन थाले।, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार गिरीलाई डिल्लीबजार कारागारबाट मोरङ ल्याइएपछि विरोधमा कैदीहरूले आन्दोलन गर्दै ७-८ घन्टासम्म जेलभित्र पस्न दिएनन्।, ‘उनी बिहानै कारागार हाताभित्र प्रवेश गरे पनि जेलभित्र छिर्न पाएनन्, कैदीहरूले उनलाई इन्ट्री नदिइयोस् भनेर आन्दोलन गरे,’ जिसीले भने।, कारागारमा आन्दोलन भएपछि गिरीलाई तत्कालका लागि सप्तरी कारागार पठाइएको जिसीले बताए।, कारागार व्यवस्थापन विभागले गिरीलाई गत भदौ १७ गते नै सरूवा गरेको थियो। सरूवालगत्तै विरोध सुरू भएपछि विभागले उक्त निर्णय कार्यान्वयनमा नआउने बताएको थियो।, त्यसबेला कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले सेतोपाटीसँग भनेका थिए- यो निर्णय कार्यान्वयनमा आउँदैन।, उनले निर्णय कार्यान्वयन हुँदैन भनेको दुई महिनामा गिरीलाई मोरङ कारागार पुर्याएरै छोडियो।, विभागले राजनीतिक दबाबमा गिरीलाई मोरङ पठाएको बुझिएको छ। तर, यसबारे विभागका महानिर्देशक दाहालले प्रतिक्रिया दिन मानेनन्।, गिरी विराटनगर देवकोटा चोकका स्थानीय हुन्। मोरङ कारागारमा रहँदा गिरीले जेलभित्रैबाट असुली र फिरौती धन्दा चलाएको आरोप लागेपछि २०७४ चैत २३ गते डिल्लीबजार कारागार सारिएको थियो।, गिरीलाई कांग्रेस नेतृत्वमा सरकार बनेलगत्तै मोरङ कारागार पठाउन स्थानीय नेताहरूले गृहमन्त्री बालकृष्ण खाणसँग ‘लबिङ’ सुरू गरेका थिए।, पहिले मोरङ कारागारमा रहँदा गिरी चौकीदार थिए। चौकीदारले जेलभित्र राम्रो आम्दानी गर्छन्।, गिरीलाई चौकीदार बनाउने योजनाअनुसार भदौ १७ गते उनलाई सरूवा गरिएको कारागार विभाग स्रोत बताउँछ। गिरीको सरूवाअघि चौकीदार रहेका नवीन राईलाई झुम्का कारागार सरूवा गरिएको थियो।, तर, विभागको निर्णय तत्काल कार्यान्वयनमा नआएपछि मोरङ कारागारमा कर्तव्य ज्यान मुद्दा दोषी किरण गुरुङ चौकीदार बनाइएका थिए।, ‘अहिले इन्ट्री गराउने र विस्तारै चौकीदार बनाउने योजनामा गिरीलाई विरोध हुँदाहुँदै पनि मोरङ कारागार ल्याइएको देखिन्छ,’ मोरङ प्रहरीका एक अधिकृतले भने, ‘साधारणत: जेलभित्रै अपराध धन्दा चलाउने व्यक्तिलाई पुन: त्यही कारागारमा पठाउनु हुँदैन भनिन्छ।’, २५० जनाको क्षमता रहेको मोरङ कारागारमा ९६७ जना कैदीबन्दी छन्।, गिरीको सरूवाबारे गत शनिबार पत्रकारहरूले मन्त्रालयमै पत्रकार सम्मेलन हुँदा गृहमन्त्री खाणलाई प्रश्न सोधेका थिए।, उनले ‘कारागार व्यवस्थापन विभाग’को क्षेत्रभित्रको कुरा भन्दै यसमा गृह मन्त्रालयको भूमिका नहुने बताएका थिए।, १२ वर्ष जेलयात्रा, जेलबाटै फिरौती र हत्याका योजना, युवती प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरीलाई प्रहरीले २०७० सालमा पक्राउ गरेको थियो।, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा गिरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो।, गिरीले आफ्नी प्रेमिकालाई प्रयोग गरेर रेग्मीलाई बन्धक बनाएका थिए। रेग्मीलाई सानेपास्थित डेरामा बोलाएर बन्धक बनाइएको थियो। रेग्मी डेरामा पुगेपछि गिरीले १० लाख रुपैयाँ फिरौती मागेका थिए।, यही प्रकरणमा गिरी जेलमा छन्। गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत गिरीमाथि विशेष अदालतमा मुद्दा चलाएको छ।, पछिल्लो पटक पक्राउ पर्नुअघि २०६९ सालमा उनी कर्तव्य ज्यान मुद्दामा सफाइ पाएर जेलमुक्त भएका थिए।, २०६५ सालमा तत्कालीन जिल्ला विकास समितिमा टेण्डर लुट्न जाँदा भएको झडपमा करण यादव मारिएका थिए।, विराटनगरमा आपराधिक गतिविधि चलाउने पर्शुराम बस्नेत र गिरी दुबै समूह टेण्डर लुट्न गएकोमा यादव मारिएपछि गिरी पक्राउ परे।, तर, आफ्नै समूहका एक जनाले घटनाको जिम्मेवारी लिँदै अदालतमा बयान दिएपछि गिरीले २०६९ सालमा सफाइ पाएका थिए।, सफाइ पाएर छुटेको केही महिनामै पक्राउ परेका गिरी त्यसयता लगातार ८ वर्षयता जेलमा छन्।, करण यादवको हत्यामा केन्द्रीय कारागारमा रहँदा पनि उनी आपराधिक गतिविधिमा सक्रिय नै थिए।, काठमाडौंका व्यवसायी ध्यानगोविन्द वैद्यको अपहरणमा योजना बनाएको खुलेपछि केन्द्रीय कारागारबाट उनलाई नुवाकोट सारियो। तर त्यहाँबाट पनि उनले अपराध छोडेनन्।, नुवाकोट जेलमै रहेका सशस्त्र समूहका छोटा राजन समूहसँग मिलेर कल बाइपास गरी मोरङका व्यापारीलाई धम्क्याउँदै पैसा मागेको आरोप गिरीलाई लाग्यो। प्रहरीले जेलमा छापा मार्दा कल बाइपासका सामग्री फेला पारेको थियो।, अभिषेकको अपराध त्यहाँ पनि नरोकिएपछि उनलाई मोरङ कारागार नै पठाउने योजना भयो। तर, मोरङ कारागारले राख्न नमानेपछि गिरीलाई सुनसरीको झुम्कास्थित कारागारमा राखिएको थियो।, त्यहाँ बस्दा पनि अभिषेकले अपराध छोडेनन्। २०६६ साल फागुन महिनामा जेलबाटै मान्छे खटाएर गिरीले पर्शुरामलाई दुई गोली हान्न लगाए। दुई महिना लामो सघन उपचारपछि पर्शुराम तंग्रिए।, त्यसको ‘बदला’ लिन पर्शुराम समूहले २०६८ साल जेठ १८ गते पेशी बयानमा जिल्ला अदालत मोरङ ल्याउँदा गिरीलाई आक्रमण गरे। पर्शुराम समूहले आक्रमण गर्दा गिरी घाइते भएका थिए, अदालतभित्र प्रहरीले गोली चलाएको थियो।, गिरीलाई किन लगियो मोरङ कारागार?, कांग्रेस मोरङका नेताहरूका अनुसार गिरीलाई पार्टीभित्रैको एउटा समूहले मोरङ कारागारमै राख्न चाहन्छ। त्यसको अर्थ हो - पर्शुरामका गतिविधिमा उनले सघन निगरानी राखुन्।, गिरी जेल परिकन मोरङको आपराधिक दुनियाँमा पर्शुरामको हालीमुहाली छ। उनी आपराधिक गतिविधिसँगै राजनीतिमा समानान्तर रूपमा सक्रिय छन्। पर्शुरामको सक्रियता दिनदिनै बढिरहँदा गिरी समूह भने ओझेलमा छ।, कांग्रेसका केही स्थानीय नेताहरू पर्शुरामको गतिविधिलाई ‘साइज’मा ल्याउने उपयुक्त पात्र गिरीलाई ठान्छन्।, मोरङ एमालेमा पर्शुरामको भागबण्डा नै चल्छ। उनी आफू या आफ्नो समूहलाई एमाले राजनीतिमा सकेसम्म स्थापित गराउन चाहन्छन्। राजनीतिमार्फत् उनी आफ्नो आपराधिक कमाइलाई ‘लालमोहर’ लगाउन चाहन्छन्।, केही दिनअघि मात्रै एमालेले पालिकास्तरको अधिवेशन सम्पन्न गर्यो। एमाले विराटनगर महानगरपालिकाको अध्यक्ष बन्न पर्शुरामले जोड चलाए।, पर्शुराम समूहकै कित्ताबाट सागर थापा पनि अध्यक्ष बन्न अघि सरे। पर्शुराम सहमतिमा नआएपछि चुनावको वातावरण बन्न खोज्यो।, अन्तिममा पर्शुरामले आफ्नो उत्तराधिकारीको रूपमा रोहित कोइराला सचिव पदमा भएमात्र आफूले छाड्ने अडान राखे।, त्यसपछि एमालेको विराटनगर कमिटीमा सागर थापा अध्यक्ष र रोहित कोइराला सचिव भए।, ‘यसको अर्थ विराटनगर महानगरको पार्टीपंक्तिमा पर्शुरामको जबरजस्त भूमिका छ र कुनै न कुनै रूपमा पर्शुरामले विराटनगरमा अपराधको मनोविज्ञान कायमै छ भन्ने सन्देश यहाँको समाजमा छोड्न चाहन्छन्,’ एमालेकै एक नेताले भने।, यसबाहेक पर्शुराम हालै राजनीतिक नियुक्ति पाएर प्रदेश १ खेलकुद विकास बोर्डको सदस्यसचिव भए। सदस्यसचिवको लागि लामो समयदेखि आकांक्षा राख्दै आएका कांग्रेस-माओवादीका खेलकुदकर्मी जिल्ल परे।, खेलकुदमा सक्रियता नै नरहेका व्यक्तिलाई जिम्मा दिइएपछि पर्शुरामको विपक्षमा कांग्रेस-माओवादीको ‘गठ’ बनेको छ। ‘यसले पर्शुरामको गतिविधि नियन्त्रण भएको देख्न चाहन्छ र त्यसका लागि गिरीको आगमन उपयुक्त हो भन्ने ठान्छ,’ ती नेताले भने।, राजनीतिमा छाउँदै नियुक्तिमा बाजी मार्न थालेपछि पर्शुराममाथि प्रहरी प्रशासनको सूक्ष्म निगरानी कम हुँदै गएको छ।, गिरी सुरूमा एमाले निकट बस्नेतसँगै अवैध असुलीमा थिए। २०६४ सालमा धरानमा लुटपाट घटना हुँदा पर्शुराम र गिरीबीच लेनदेनमा विवाद भएको थियो। त्यही घटनाबाट पर्शुराम र गिरीको समूह औपचारिक रूपमा अलग भएको मानिन्छ।, जेलमा चौकीदार बन्न किन मरिहत्ते?, कारागार व्यवस्थापन विभागका अनुसार जेलमा कानुनसम्मत रूपमै चौकीदार चयन हुन्छन्। चौकीदारको पछिपछि विभिन्न तहमा ‘नाइके’हरू हुन्छन्।, कैदीहरूको व्यवस्थापन, औषधी-उपचार, खाद्यान्न आपूर्ति लगायतमा चौकीदारको भूमिका हुन्छ। उसले जेलभित्र पसल चलाउने, मेस चलाउने, खाद्यान्न आपूर्ति गराउने जिम्मा पाउँछ। यसबाट निकै राम्रो आम्दानी हुने भएकाले चौकीदार बन्न जेलभित्रका अपराधीहरू सक्रिय रूपमा लाग्ने गर्छन्।, राजनीतिक दलसँग निकट र सहयोगी रहेका व्यक्तिले नेताहरूलाई प्रयोग गरेर जेलभित्र आफ्नो प्रभाव बढाउन खोज्छन्। गिरीले पनि त्यही चाहेको देखिन्छ।, चौकीदार चयनका लागि जेलभित्रका कैदीबन्दीबीच सहमति वा चुनावै पनि हुने गर्छ। त्यसरी जो चयन हुन्छ उसलाई चौकीदार बनाउन कारागार प्रशासनमा कुरा पुर्याइन्छ।, प्रशासनले कारागार व्यवस्थापन विभागलाई जानकारी गराएर चौकीदार तोक्छ।, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल भन्छन्, ‘हामीले सुरक्षा दिने हो, कैदीबन्दीको सरूवाबारे कारागार व्यवस्थापन विभागले निर्णय गर्ने हो।’, तत्कालका लागि गिरीलाई सप्तरी पठाएपछि कैदीबन्दीले आन्दोलन रोकेका छन्।,
अभिषेक गिरीको सरूवाले हल्लिएको मोरङ कारागार
|
सेतोपाटी संवाददाता नेपालमा थप ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४६९ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार २८७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ११५ जनाको पिसिआर परीक्षण र ३१७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ९ हजार १७४ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४२७ पुगेको छ।, ५५५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.५ प्रतिशत छ।, त्यस्तै काठमाडौं उपत्यकामा १४० थपिएका छन्। जसमध्ये काठमाडौंमा ९९, ललितपुरमा ३६ र भक्तपुरमा ५ संक्रमित छन्।,
कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी
|
सेतोपाटी संवाददाता गैंडाको खागजस्तो देखिने वस्तुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर ४ सुकेधारा क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० बस्ने ३४ वर्षीया फूलमाया विक र काठमाडौंको तार्केश्वर नगरपालिका वडा नम्बर ६ धर्मस्थली बस्ने २८ वर्षीय सुसन सुनार छन्। , अवैध रूपमा वन्यजन्तुको आखेटोपहारको अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा टोली खटिएको थियो। सो टोलीले मंगलबार गैंडाको खागजस्तो देखिने वस्तुसहित पक्राउ गरेको हो। , प्रहरीले ९ सय ग्रामको गैंडाको खागजस्तो देखिने वस्तु बरामद गरेको हो। , प्रहरीले थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय, हात्तीसार बुझाउने तयारी गरेको बताएको छ।,
गैंडाको खागजस्तो देखिने वस्तुसहित सुकेधाराबाट दुई पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १४० संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९, ललितपुरमा ३६ र भक्तपुरमा ५ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा २ हजार ४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ९५९, ललितपुरमा ५५१ र भक्तपुरमा ५०४ सक्रिय संक्रमित छन्।,
काठमाडौं उपत्यकामा थपिए १४० संक्रमित
|
रासस अवैध लागुऔषध गाँजासहित प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, उनलाई १२२ किलोग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।, उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–९ जयसिंहस्ती पूर्व–पश्चिम लोकमार्गबाट उक्त परिमाणको गाँजासहित उनलाई पक्राउ गरेको हो। , पक्राउ परेका मुक्तानमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ,
१२२ किलो गाँजासहित एक पक्राउ
|
निशा भण्डारी नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भिड लागेको छ।, तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरूको घुइँचो लागेको हो। असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ।, कोटाभन्दा बढी मानिसको घुइँचो देखिएपछि सुनको असर्फी नपाउने भइयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिएका छन्।, उनले चाँदीको असर्फी भने पाउने आशा गरेका छन्। हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गरेको सिनामंगलका विजय उपाध्यायले पनि भिडका कारण यस वर्ष सुनको असर्फी पाउने आशा मारेका छन्।, उनले चाँदीको असर्फी भने आउने आशा व्यक्त गरे।, टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ। पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४३८ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार २१९ रुपैयाँ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।, नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले दशैं र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ।,
सुन र चाँदीका असर्फी किन्न टक्सार विभागमा घुइँचो (तस्बिरहरू)
|
सबिना श्रेष्ठ कपिलमणि दीक्षितबारे पत्रिकामा पढेपछि एकदिन एक महिला उनको स्टुडियोमा आइन् र उनको चित्रमा पात्र बन्ने इच्छा व्यक्त गरिन्।, यसरी कुनै व्यक्तिले कुनै कलाकारको चित्रमा पात्र बन्ने इच्छा राख्नु के ठूलो कुरा भयो त भन्ने तपाईंहरूलाई लाग्ला। यसको निम्ति तपाईंहरूले कपिलमणि कस्ता कलाकार हुन् भन्ने थाहा पाउनुपर्छ।, उनी यस्ता कलाकार हुन् जो दुई दशकदेखि न्यूड (नग्न) चित्र बनाउँदै छन्।, जसरी पहिले ल्यान्डस्केप चित्र बनाउँदा उनी प्रकृतिको नजिक पुग्थे, न्यूड चित्र बनाउँदा मानिसको शरीर नजिक पुग्छन्। त्यसैले कपिलमणिको चित्रमा पात्र बन्नु भनेको उनको अगाडि सर्वांग नांगो हुनु हो।, यसबारे ती महिला र कपिलमणिबीच खुलेरै कुराकानी भए।, उनी आफ्नो किशोरावस्थामा शारीरिक शोषणमा परेकी रहिछन्। पछि उनले विवाह गरिन्, बच्चाबच्ची जन्माइन्। तर किशोरावस्थामा बेहोरेको शोषण उनको दिमागबाट कसैगरी हटेन। त्यही शोषण भुल्न उनले आफ्नो नग्न चित्र बनाउन खोजेकी रहिछन्।, पहिले कसैले उनलाई जबर्जस्ती नांगो बनाएको थियो, त्यसदिन उनी स्वेच्छाले एक कलाकारसामु नांगिइन्।, बिस्तारै उनको शरीर खुल्दै गयो, उनको शरीर कपिलमणिको क्यानभासमा सजीव बन्दै गयो।, आफ्नो न्यूड आर्ट प्रदर्शनी क्रममा कलाकार कपिलमणि दीक्षित। तस्बिर: सुसन चौधरी/सेतोपाटी, 'धेरैले आफ्नो कुरा सुनाउने ठाउँ खोजिरहेका हुन्छन् तर कसलाई सुनाउने दुबिधा भइरहेको हुन्छ। नचिनेको मान्छेलाई सुनाउँदा मन हल्का हुने रहेछ,' दीक्षितले भने, 'चित्र बनाउने क्रममा आफ्नो कुरा सुनाइरहँदा उनको शरीरको पीडा खुकुलो हुँदै गयो। बिस्तारै उनले आफ्नो शरीर जस्तो छ, त्यसलाई त्यही रूपमा स्विकार्न सिकिन्।', दीक्षितलाई 'न्यूड आर्ट' अर्थात् नग्न चित्रको विशेषता यही हो जस्तो लाग्छ– आफ्नो शरीर जस्तो छ, त्यही रूपमा स्विकार्नु। आफ्नो शरीरको नजिक हुनु। त्यसलाई पर्गेल्नु।, 'नग्नता हामी सबैसँग भएको कुरा हो। हामी सबै भित्रबाट नग्न छौं। तर हामी त्यसबारे कुराकानी गर्न अप्ठ्यारो मान्छौं,' उनले भने, 'न्यूड भन्नेबित्तिकै यौनसँग मात्र जोडिन्न। त्यसमा महिनावारी, बडी शेमिङ (शारीरिक रूपले गिज्याउने) लगायत पनि आउँछन्। हामीले यसबारे खुलेर कुराकानी गर्नुपर्छ।', दीक्षित दुई दशकअघि अमेरिकाको टेक्सास विश्वविद्यालयमा कला विषय पढ्न गएका थिए। त्यो बेलासम्म उनी नेपालमा हिमाल, पहाड र खोलानालाका ल्यान्डस्केप चित्र बनाइरहेका थिए। अमेरिका गएपछि उनले त्यहाँ समथर जमिन मात्र फेला पारे। उनलाई के बनाउने भनेर अलमल भयो।, त्यसैबीच एकदिन उनी न्यूड आर्ट कक्षामा पुगे। त्यहाँ एउटी मोडल बीचमा बसेकी थिइन्। सबै जना उनलाई हेरेर चित्र बनाउँदै थिए। त्यो देख्नेबित्तिकै उनले आफू प्रकृतिसँग नजिक भएजस्तो महशुस गरे। अनि ठाने, 'प्रकृति त हामीभित्रै रहेछ।', उनले मान्छेको शरीरमा आफूलाई चिन्ने मौका पाए। आफ्नो कामलाई झनै तिखार्ने माध्यम भेटे।, त्यस दिनदेखि न्यूड आर्टमा जोडिएका दीक्षितले अहिलेसम्म पछाडि फर्किनुपरेको छैन।, बाह्र वर्षअघि उनी नेपालमै भविष्य बनाउने भनेर अमेरिकाबाट फर्किएका थिए। त्यति बेला घरमा विवाहको कुरा चल्दै थियो। छोराले नग्न चित्र बनाएको देखेर उनकी आमाले अप्ठ्यारो मान्दै भनिन्, 'बिहे नगरेसम्म यस्तो चित्र नबना, नत्र तँसँग कसैले बिहे गर्दैन।', अरूले पनि उनलाई त्यही भनेर सम्झाए। तर उनले कसैको कुरा सुनेनन्। भने, 'जो मेरी श्रीमती भएर आउँछिन्, उसले मेरो कामको सम्मान गर्नुपर्छ। मैले केही नराम्रो गरेको छैन भने किन लुकाउनु?', केटी हेर्न जाने दिन दीक्षितले आफ्नो कामबारे खुलेर बताए। उनको कामलाई सामान्य रूपमा लिँदै केटीले भनिछन्, 'यो तपाईंको काम हो, मलाई केही समस्या छैन।', त्यस दिन उनलाई लाग्यो, 'बुझ्ने मान्छेले जसरी पनि बुझ्दो रहेछ।', अहिले उनीहरूका दस र चार वर्षीया छोरी छन्। छोरीहरूलाई पनि आफ्नो कामबारे खुलेरै बताउँछन्। उनलाई लाग्छ, छोरीहरूले आफ्ना आमाबाको काम बुझ्नुपर्छ, ताकि उनीहरूले कसैको अगाडि लाज मान्न नपरोस्।, 'भोलि ठूलो भएर अप्ठ्यारो मान्दै 'मेरो बाबा डाक्टर' भनिदिए त यत्रो वर्षको तपस्या खेर गयो नि!' दीक्षितले भने।, उनले गरेको तपस्या अहिलेसम्म खेर चाहिँ गएको छैन। उनकी छोरी खुसीखुसी भन्छिन्, 'मेरो बाबा न्युड चित्र बनाउनुहुन्छ। त्यो भनेको नराम्रो होइन।', दीक्षितले नेपाली कला क्षेत्रमा न्यूड आर्ट प्रवर्द्धन गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन्। पहिले धेरै नेपाली कलाकारले आफूले बनाएको नग्न चित्र लुकाएर राख्थे। दीक्षितले भने यस्तो चित्र बनाउनु लाज मान्नुपर्ने कुरा होइन भन्दै बाहिर ल्याउन प्रोत्साहन गरे। त्यस्तै चित्रहरू संकलन गरेर सन् २००९ मा उनले एक सामूहिक कला प्रदर्शनी पनि आयोजना गरे।, त्यो बेला धेरैले उक्त प्रदर्शनी बहिष्कार गर्दै भने, 'यो त नराम्रो हो, यस्तो ठाउँमा जानु हुँदैन।', धेरैले दीक्षितलाई 'अमेरिकामा पढेर पश्चिमा संस्कृति भित्र्याउन खोज्यो' भन्ने आरोप पनि लगाए। तर यस्ता आरोपले दीक्षितको उत्साह र मनोबल घटेन।, बाह्र वर्ष अन्तरालमा नेपाली समाज धेरै परिवर्तन भइसकेको उनी बताउँछन्। मान्छेहरू अहिले खुला रूपमा न्यूड आर्टबारे कुरा गर्न र चासो देखाउन थालेको उनको अनुभव छ।, 'हामी जति ढोका बन्द गर्छौं, मान्छेले उति चियाएर हेर्न खोज्छन्। जति खुला गर्छौं, मान्छेले त्यसलाई सामान्य रूपमा लिन्छन्,' उनले भने, 'मैले लुकाएर काम गरेको भए आजसम्म लुकाइरहन्थेँ होला। तर मैले नराम्रो केही गरेको छैन भनेर जुन हिसाबले देखाएँ, त्यसले मलाई यो स्थानसम्म पुर्यायो।', यति हुँदाहुँदै न्यूड आर्ट भनेको के हो भन्नेमा अझै पनि धेरैको बुझाइ प्रस्ट नभएको उनको भनाइ छ।, दीक्षितका अनुसार साहित्य होस् या कला, धेरैले अझै पनि न्यूड भन्नेबित्तिकै महिलाको नग्न शरीर सोच्ने गर्छन्। यस्तो सोच हटाउन दीक्षितले धेरै पुरूष शरीरमा काम गरेका छन्।, सन् २०१९ मा उनी र अर्का कलाकार रोशन मिश्रले पाटनको चाकुपाटस्थित एमक्युब ग्यालरीमा 'मेल न्युड्स' प्रदर्शनी गरेका थिए।, प्रदर्शनीअघि उनीहरूले विभिन्न पुरूष पात्रसँग भेटे, कुराकानी गरे र चित्र बनाए। त्यस क्रममा उनीहरूले थाहा पाए, 'पुरूषहरूले पनि आफ्ना कुरा आफ्नै परिवार वा मिल्ने साथीलाई भन्दैन रहेछन्।', समाजले महिला र पुरूषलाई आ-आफ्नै सीमा तोकिदिएको छ। केटालाई निलो रंग, केटीलाई गुलाबी। केटाले गुलाबी मन परायो भने उसलाई समलिंगी भनेर जिस्काइन्छ। बाइक नचढ्ने, रक्सी नखाने, लजाउने गुण भएका केटालाई 'कस्तो केटीजस्तो' भनेर खिसी गरिन्छ। यही डरले धेरै पुरूषले इच्छाविपरीत व्यवहार गर्नुपरेको दीक्षितले थाहा पाए।, 'आफ्नो समूहभन्दा फरक स्वभाव भएका धेरै पुरूषले आफ्नो पहिचान र संवेदना लुकाउँदा रहेछन्,' उनले भने, 'आफूलाई के मनपर्छ भन्दा पनि अरूले के भन्छ भन्ने सोचाइले मान्छे डराउँदा रहेछन्। अरूले के भन्ला भन्ने डरले हामी कति कुरा गुमाइरहेका रहेछौं। हामी आफू नभई अरू भएर बाँच्दा रहेछौं। त्यही भएर हामी दुई पुरूष कलाकार मिलेर पुरूषको चित्र बनायौं। उनीहरूको मनको कुरा न्यूड आर्टमार्फत बाहिर निकाल्यौं।', उक्त प्रदर्शनीमा दीक्षितले आफ्नो क्यानभासमा गुलाबी रंग छर्किएका थिए। रंग भनेको रंग मात्र हो, कसैको पहिचान होइन भन्ने उनी बताउन चाहन्थे।, दीक्षितले यौन अल्पसंख्यक केन्द्रित प्रदर्शनी पनि गरेका थिए। उक्त प्रदर्शनीका लागि चित्र बनाउने क्रममा धेरैले आफ्नो परिचय खुलाउन नचाहेको उनी बताउँछन्। तर प्रदर्शनीपछि उनीहरू आफैं मिडियासामु खुलेर आएको र आफ्नो कथा सुनाएको उनको अनुभव छ।, 'कलाकारहरूमाझ पनि न्यूड भन्नेबित्तिकै पूरै शरीर हो भन्ने धारणा छ, त्यो गलत हो। न्यूड भनेको मान्छेको खुला हात पनि हो, खुट्टा पनि हो,' उनले भने, 'जुत्ता नलगाई हिँड्यो भने नांगो खुट्टा नहिँड भनिन्छ नि। त्यो न्यूडको उदाहरण हो।', चित्रभन्दा फोटोग्राफीमा न्यूडको कुरा खुलेर आएको उनले महशुस गरेका छन्। त्यहाँ कलाकारले मान्छेको शरीरका विभिन्न भागका रेखालाई बढी केन्द्रित गरेको उनी बताउँछन्, 'न्यूड भनेको प्रकृति हो। जसरी रूख, चरा, जनावरहरूले लुगा लगाउँदैनन्, मान्छेले पनि लुगा नलगाउनु सामान्य हो। समयक्रममा मान्छेले लुगालाई घाम–जाडो छल्न प्रयोगमा ल्याए, जसरी अहिले मास्क प्रयोगमा आएको छ।', उनका अनुसार न्यूड चित्र बनाइँदा उसको जात के हो, शरीर कस्तो छ, ऊ व्यावसायिक मोडल हो कि होइन लगायत केही हेरिन्न। जसको शरीर जस्तो छ त्यसरी नै स्वीकार गरिन्छ, उनी भन्छन्, 'हामीले आफ्नो शरीर जस्तो भए पनि गर्व गर्नुपर्छ। हामीलाई प्रकृतिले जस्तो बनाएको छ त्यसमा खुसी हुनुपर्छ।', पहिले मोडल हेरेर धेरै चित्र बनाउने दीक्षितले पछिल्लो समय आफ्नो कल्पना प्रयोग गर्न थालेका छन्। यतिका लामो अभ्यास र अनुभवपछि उनलाई अब मोडल हेरर चित्र बनाइरहनुपर्छ भन्ने नलाग्न थालेको छ।, लकडाउनमा उनले आफ्नो कलालाई फरक तरिकाले परख गर्ने मौका पाए। त्यो बेला घरमै थुनिएर बस्दा बाहिर निस्फिक्री घुमिरहेको काग देख्दा उनलाई इर्ष्या लागेको थियो। त्यही भएर उनले लकडाउन बेला बनाएका चित्रमा धेरै ठाउँ कागको प्रयोग गरेका छन्।, 'एब्सट्रयाक्ट' शैलीको उक्त काममा उनले आफ्नो विगत, वर्तमान, साथीभाइ लगायत आफ्नै र आफैंले भोगेका कथा क्यान्भासमा उतारेका छन्।, 'अनटोल्ड स्टोरी' नाम दिइएको उक्त कला शृंखला चाँडै प्रदर्शनमा ल्याउने उनको योजना छ। हाल आफ्नो सामाजिक सञ्जालमा उनी ती चित्रका फोटो सेयर गरिरहेका छन्। उनका साथीहरूले फोटो देखेर सोधे पनि, 'यति चाँडै तेरो काममा कसरी परिवर्तन आयो?', त्यो परिवर्तन के–कस्तो हो भनेर हेर्न हामीले उनको सामाजिक सञ्जाल हेर्नुपर्छ, नभए उनको प्रदर्शनीसम्म कुर्नुहोला।, दुई दशक न्यूड आर्टमा काम गरेर दीक्षितले आफ्नो परिचय नै न्यूड कलाकारका रूपमा बनाइसके। सुरू सुरूमा धेरै गाली खाए। मान्छेहरूलाई आफ्नो कलाबारे बुझाए। अब आउने कलाकारहरूलाई यो क्षेत्रमा काम गर्न सजिलो हुनेमा उनी विश्वस्त छन्।, उनले छुट्टिने बेला भने, 'यतिका वर्षदेखि यो कुरा मान्छेलाई बुझाइरहेको छु। अब त भन्नै नपरोस्, उनीहरूले आफैं बुझिदिऊन् जस्तो हुने रहेछ।', भिडिओ: सुसन चौधरी/सेतोपाटी, ,
न्यूड आर्ट भनेको महिलाको नांगो शरीर होइन
|
मनोज सत्याल नेपालले सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय प्रतिबद्धता व्यक्त गरेको छ।, स्कटल्यान्डको ग्लास्गो सहरमा जारी जलवायु सम्मेलन (कोप-२६) मा प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।, अब प्रश्न उठ्छ, कार्बन उत्सर्जन शून्यमा झार्ने भनेको के हो?, यो भनेको हामीले सास फेर्ने हावा शुद्ध पार्ने हो। यसको निम्ति सबभन्दा पहिला पृथ्वीको वायुमण्डलबारे बुझ्नुपर्छ।, हामीले सास फेर्दा जुन अक्सिजन लिन्छौं, वायुमण्डलमा त्यसको मात्रा २१ प्रतिशत हो। अक्सिजनभन्दा झन्डै चार गुना बढी अर्थात् ७८ प्रतिशत हिस्सा नाइट्रोजनको छ। यसबाहेक १ प्रतिशत आर्गन भन्ने ग्यास छ भने अन्य ग्यासको मात्रा नगन्य छ।, वायुमण्डलमा रहेका विभिन्न ग्यासमध्ये पृथ्वीको तापक्रम वृद्धि गराउने सबभन्दा ठूलो कारक कार्बन डाइअक्साइड हो। जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्थाका अनुसार सन् २०११ देखि २०२० बीच पृथ्वीको तापक्रम १.०९ प्रतिशत वृद्धि भएको छ।, वैज्ञानिकहरू यो वृद्धिदर सन् २०५० सम्म १.५ भन्दा माथि जान दिन नहुने बताइरहेका छन्। विश्वभरका नेताको ध्यान यसैमा केन्द्रित छ। उनीहरू पृथ्वीको तापक्रम बढ्न नदिन वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा घटाउने प्रतिबद्धता व्यक्त गरिरहेका छन्।, यसै सन्दर्भमा नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता गरेको हो।, वायुमण्डलमा कार्बन डाइअक्साइड बढ्न मानवीय कारण नै सबभन्दा जिम्मेवार छ। पेट्रोल, डिजेल, मट्टीतेल, कोइलालगायत खनिज इन्धनको प्रयोगले हावामा कार्बन डाइअक्साइडको मात्रा बढाइरहेको छ। आगलागी र दाउरा बाल्दा आउने धुवाँले पनि कार्बन डाइअक्साइड बढाउँछ। एक लिटर पेट्रोल बाल्दा झण्डै २ दशमलव ३ किलोग्राम कार्बन उत्सर्जन हुन्छ।, पृथ्वीका लागि हानिकारक मानिएको कार्बन डाइअक्साइड बोटबिरूवाले सोस्छन्। तर बढ्दो सहरीकरण र वन विनाशले कार्बन सोस्ने बोटबिरूवा नै सखाप हुँदैछन्। यसले वायुमण्डलमा कार्बनको मात्रा निरन्तर बढाइरहेको छ।, कार्बनबाहेक मिथेन र नाइट्रस अक्साइडजस्ता हानिकारक ग्यास पनि वायुमण्डलमा हुन्छन्। मिथेन ग्यास धानखेतको दलदल, सेफ्टी ट्यांक, गोबर ग्यासजस्ता सड्ने-गल्ने प्रक्रियाबाट उत्पादन हुन्छ भने नाइट्रस अक्साइड रासायनिक मलबाट बन्छ। अहिले विश्वभरिका सरकारलाई यस्ता ग्यास उत्सर्जन कम गर्नुपर्ने दबाब छ।, नेपालले कार्बन उत्सर्जन शून्यमा झार्ने सन् २०४५ को लक्ष्य भेट्न पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको निर्भरता कम गर्दै लग्नुपर्छ। यसका लागि सन् २०३० सम्म १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। नेपालले उक्त अवधिभित्र कुनै पनि हालतमा ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने भनेको छ। यसले पेट्रोलियम पदार्थको मागमा १५ प्रतिशत कमी ल्याउने अनुमान छ।, त्यस्तै, सन् २०२५ सम्म सडकमा गुड्ने निजी गाडीमध्ये २५ प्रतिशत विद्युतीय सवारी हुने नेपालको लक्ष्य छ। त्यसबाट कार्बन उत्सर्जन ९ प्रतिशत घट्ने आकलन गरिएको छ। सन् २०३० सम्म विद्युतीय सवारी साधन बिक्री दर ९० प्रतिशत पुर्याउने लक्ष्य सरकारले विश्वसामु व्यक्त गरेको छ। यसमा २०० किलोमिटर इलेक्ट्रिक रेल बनाउनेसमेत भनेको छ।, यति मात्र होइन, सन् २०३० सम्म २५ प्रतिशत घरहरूले विद्युतीय चुह्लो प्रयोग गर्ने भनेको छ। खाना पकाउने ग्यास विस्थापन गरेर विद्युतीय चुह्लो प्रयोग गर्दा कार्बन उत्सर्जन ११ प्रतिशत घट्ने बताइएको छ।, सरकारले देशका ४५ प्रतिशत भूभागमा जंगल बनाउने र यसबाट कार्बन उत्सर्जन घटाउन मद्दत पुग्ने लक्ष्य राखेको छ। अहिले हरेक व्यक्तिले ०.२९ मेट्रिक टन कार्बन उत्सर्जन गरिरहेको छ। त्यसलाई घटाउँदै लगेर शून्यमा झार्ने पनि सरकारको लक्ष्य छ।, नेपालको प्रतिबद्धतालाई अन्य मुलुकसँग दाँज्ने हो भने भारतले कार्बन उत्सर्जन शून्यमा पुर्याउने समयसीमा सन् २०७० लाई तोकेको छ। चीनले २०६० सम्म शून्यमा झार्ने भनेको छ। अमेरिका र युरोपियन युनियनले सन् २०५० मा कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य राखेका छन्। , भारत विश्वमा सबभन्दा धेरै कार्बन उत्सर्जन गर्ने देशमध्ये चीन र अमेरिकापछिको तेस्रो हो। भारतमा प्रतिव्यक्ति १.९ मेट्रिक टन कार्बन उत्सर्जन हुन्छ। भारतले वायुमण्डलको ६.८ प्रतिशत कार्बन उत्सर्जन गर्छ भने चीनले २७ प्रतिशत र अमेरिकाले ११ प्रतिशत कार्बन उत्सर्जन गर्छ।, चीन र भारत अहिले पनि विद्युत उत्पादनका लागि कोइलामा निर्भर छन्। कोइलाबाट भारतले ७० प्रतिशत र चीनले ५८ प्रतिशत बिजुली उत्पादन गर्छ। चीनले १ हजार ५८ र भारतले १३५ वटा कोइला प्लान्ट सञ्चालन गरिरहेको छ। कार्बन उत्सर्जन घटाउन भारत र चीनले कोइलामाथिको यस्तो निर्भरता कम गर्नुपर्छ।, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०३० सम्म भारतले पानी, सोलार र हावाबाट ५०० गिगावाट बिजुली उत्पादन गर्ने घोषणा गरेका छन्। त्यस्तै, चीनले सन् २०२५ सम्म १ हजार २ सय गिगावाट विद्युत हावाबाट उत्पादन गर्ने लक्ष्य राखेको छ। यो अहिले चीनले गरिरहेको ५ सय ३५ गिगावाटको दोब्बर हुन आउँछ।, चीनले जलाशययुक्त आयोजनाबाट सन् २०३० मा १२० गिगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। अहिले चीनले ८० गिगावाट विद्युत उत्पादन जलाशाययुक्त विद्युत आयोजनाबाट गर्दै आएको छ।, पेरिसमा सन् २०१५ मा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा १९७ राष्ट्रले विश्वको तापक्रम वृद्धिदर २ डिग्री सेल्सियसभन्दा तल राख्ने समझदारी गरेका थिए। यसका लागि सन् २०५० सम्म तापक्रम वृद्धिदर १.५ भन्दा माथि जान नहुने वैज्ञानिकहरूले ठहर गरेका थिए।, प्रत्येक सरकारले सन् २०३० भित्र कार्बन उत्सर्जन घटाउने लक्ष्य प्रस्तुत गर्नुपर्ने व्यवस्था पेरिस सम्मेलनले गरेको थियो। त्यसैअनुरूप पेरिस सम्झौतामा सहभागी राष्ट्रहरूले ग्लास्गोमा जारी कोप-२६ मा आफ्नो लक्ष्य प्रस्तुत गरिरहेका छन्।, तर यतिले मात्र पृथ्वीको तापक्रम वृद्धिदर रोक्न पर्याप्त नभएको सम्बन्धित विज्ञहरूले बताएका छन्।, 'क्लाइमेट ट्रयाकर' नामक संस्थाले प्रस्तुत लक्ष्यले पनि पृथ्वीको तापक्रम वृद्धिदर सन् २०५० मा २ डिग्री पुग्न सक्ने जनाएको छ।, ग्लास्गो सम्मेलनको लक्ष्य कोइलाबाट विद्युत उत्पादन बन्द गर्नु हो। विद्युतीय सवारीको प्रयोग बढाउने र वन विनाश रोक्ने साझा लक्ष्य पनि सम्मेलनले लिएको छ।, जलवायु संकटमा परेका मुलुकहरूलाई नवीकरणीय ऊर्जाको बाटो समात्न आर्थिक प्याकेज उपलब्ध गराउने विषयमा पनि छलफल हुँदैछ। नेपालले यसपटक जलवायु परिवर्तनले ल्याएको संकट सामना गर्न विश्वले सहयोग गर्नुपर्ने धारणा राखेको छ।,
अमेरिका, चीन र भारतभन्दा नेपालले पहिला गर्न सक्छु भनेको शून्य कार्बन उत्सर्जन के हो?
|
सेतोपाटी संवाददाता मेक्सिको पुगेका पाँच जना अफगान नागरिकलाई पुन: नेपाल फर्काइएको छ। , मंगलबार दिउँसो ३ बजे श्रीलंका हुँदै उनीहरू नेपाल फर्किएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिए। , 'उनीहरू श्रीलंका हुँदै आज दिउँसो काठमाडौं आइपुगेका छन्,' शाहीले भने,'हामीले कालिकास्थानस्थित विभागमा पठाइसकेका छौं।', विभागले उनीहरूलाई गत आइतबार मेक्सिकोको लागि पठाएको थियो। उनीहरूसँग भिसा भएको देखिएपछि विभागले मेक्सिको पठाएको थियो। , तर उनीहरूलाई यहीँबाट फर्काइएको छ। यसअघि अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले उनीहरू पुन: फर्किनसक्ने बताएका थिए। , यस्तै, ११ जनामध्ये पाँच जना एकै परिवारका सदस्य हुन्। परिवारमा श्रीमान-श्रीमती, आठ वर्षीय बालक, ११ र १७ वर्षीया बालिका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गत आइतबार काठमाडौंको सिनामंगलस्थित फेसबुक होटलबाट उनीहरूसहित ११ जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई पक्राउ गरी ब्युरोले थप अनुसन्धान गर्न विभागमा बुझाएको थियो। , विभागले पाँच जनालाई मेक्सिको पठाए पनि अरू ६ जनाबारे कुनै निर्णय गरेको थिएन। , यो पनि:, पक्राउ परेका ११ मध्ये एकै परिवारका पाँच अफगान नागरिक गए मेक्सिको, किन आए ११ अफगान नागरिक काठमाडौं? कसरी पक्राउ परे?,
मेक्सिको गएका पाँच अफगान नागरिकलाई फेरि फर्काइयो नेपाल
|
सेतोपाटी संवाददाता नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ। भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको छ।, पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा बिक्री गर्न अनुमति दिइएको हो।, दुई विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ। प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत निर्यात सुरू गर्ने छ। हाल यो लाइनबाट विद्युत आयातमात्र भइरहेको छ।, नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा विद्युत खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ। प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको बेला आइआइएक्समार्फत प्रतिश्पर्धी दरमा विद्युत आयात गर्दै आएको हो। निर्यातको अनुमति पाएसँग नेपाल र भारतबीचको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको छ।, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताइन्।, ‘राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत बिक्रीका लागि अनुमति पाएका छौं, यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि एउटा कोशेढुंगा हो’, उनले भनिन्, ‘हामीले प्रस्ताव गरेका ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत गृहबाट उत्पादित विद्युतको भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरेका छौं।’, मन्त्री भुसालले दुई मुलुकबीचको विद्युत व्यापारलाई अहिलको अवस्थासम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित सबै सरोकारवाला निकायलाई धन्यवादको पात्र भएको बताइन्।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल-भारतबीचको सम्बन्धमा थप इँटा थपिएको बताए।, नेपाल-भारतबीचको विद्युत व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको विद्युत भारतीय बजारमा निर्यात शुरु भएसँगै नेपालका जलविद्युत विकासको ठूलो ढोका खुलेको छ। घिसिङले भने, ‘विद्युत निर्यातको सुरूआत थोरै परिमाणबाट भए पनि चाँडै नै हामीले प्रस्ताव गरेका माथिल्लो तामाकोशीलगायतका अन्य आयोजनाको विद्युत पनि भारतीय बजारमा निर्यात हुने विश्वास लिएका छौं।’, उनले विद्युत व्यापार सम्बन्धमा विभिन्न चरणमा दुई मुलुकका निकायबाट भएको पहल तथा सहयोगका लागि धन्यवाद ज्ञापन गरे।, भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत बिक्री गर्ने छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्ने छ। विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुने छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घन्टा विद्युत निर्यात हुने छ। भारतमा कोइलाको मूल्य बढ्दा एक्सचेन्ज मार्केटमा प्रतियुनिट विद्युतको मूल्य २८ भारतीय रुपैयाँ (भारु)सम्म पुगेको थियो।, प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन)ले गर्ने छ। एनभिभिएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ।,
नेपालले पायो भारतमा विद्युत निर्यात अनुमति, पहिलो चरणमा ३९ मेगावाट निर्यात हुँदै
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा देउसी-भैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने भएको छ।, जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार तिहारमा देउसी-भैलोमा राति नौ बजेसम्म मात्रै खेल्न अनुमति दिइएको हो।, कोरोना भाइरसको संक्रमण हालसम्म पनि कायमै रहेको हुँदा सो निर्णय लिइएको प्रशासनले जनाएको छ ।, प्रशासनले मंगलबार तीन वटै प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी यसबारे निर्णय लिएको सहायक-प्रजिअ अधिकारीले बताए।, तीन वटै प्रशासनले विज्ञप्ति जारी गरेको छ।, 'कोभिड-१९को संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी देउसी-भैलो, नाचगान लगायतका कार्य राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्ने र यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरू नगर्ने/ नगराउने,' विज्ञप्तिमा उल्लेख छ। , साथै प्रशासनले पटाका पड्काउने, उत्पादन तथा ओसारपसार, मापसे सेवन गरी सार्वजनिक स्थानमा होहल्ला नगर्न समेत अनुरोध गरेको छ।,
काठमाडौं उपत्यकामा राति ९ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने
|
सेतोपाटी संवाददाता अवैध रूपमा तस्करी गरी ल्याएको आरोपमा प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार काठमाडौंको गोल्डेन गेट क्षेत्रबाट सञ्जीव दासलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। , उनले वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशबाट फर्किएका कामदारलाई प्रयोग गरेको प्रहरीको आरोप छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर-गहना तस्करी हुने गरेको सूचनापछि प्रहरी खटिएको थियो।, सो टोलीले दासबाट १५० ग्राम सुनसहित बरामद गरेको हो। , उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएको छ। ,
तस्करीको सुनसहित काठमाडौंबाट एक पक्राउ
|
सेतोपाटी संवाददाता महोत्तरीमा ढोकामा च्यापिएर एक जना बालकको मृत्यु भएको छ। , मंगलबार मटिहानी नगरपालिका वडा नम्बर १ धिरापुर बुने प्रवोध साहका ९ वर्षीय छोराको ढोकामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। , घरमा आमासँगै सरसफाइ गरिरहेका बालकको घाँटी ढोकामा च्यापिएको थियो। , घाँटी अड्केपछि घाइते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको थियो। त्यहीक्रममा उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए। , बालकको शव पोष्टमार्टमपछि परिवारलाई बुझाइसकेको प्रहरीले जनाएको छ।, घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।,
ढोकामा च्यापिएर बालकको मृत्यु
|
सेतोपाटी संवाददाता यस वर्षको नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार पत्रकार अनु आचार्यले पाएकी छन्।, नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महासंघको सहकार्यमा प्रदान गर्दै आएको उक्त पुरस्कार मंगलबार आयोजित एक कार्यक्रमबीच कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आचार्यलाई प्रदान गरेका हुन्।, नेपाल–अमेरिका पत्रकार संघ (नेजा) को सातौँ अधिवेशन तथा १४औँ साधारणसभाको उदघाटन सत्रमा आचार्यलाई २ लाख २२ हजार २ सय २२ रुपैयाँसहितको नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो।, नेपाल–अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष विकासराज न्यौपानेले नेपालको ग्रामीण क्षेत्रमा रहेर जनतालाई सुसूचित गर्नेमध्ये एकजना पत्रकारलाई नेजाले नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दै आएको बताए। नेजाले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा हरेक २ वर्षमा नेपालका ग्रामीण जिल्लामा बसेर पत्रकारिता गर्ने उत्कृष्ट पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको जनाएको छ।, उनले भौतिकरुपमा आफूहरु अमेरिकामा भएता पनि नेपालको पत्रकारिताको विकासका लागि योगदान दिन इच्छुक रहेको बताए । , नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’ लिँदै आचार्यले ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्न चुनौती रहेको भन्दै पुरस्कारले आगामी दिनमा पेसाप्रति क्रियाशील हुन हौसला प्रदान गरेको बताइन्।, यसैबीच नेपाल अमेरिका पत्रकार संघ (नेजा) र नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी कानुनका विषयमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसँग अन्तरक्रिया गरेको छ । , पछिल्लो समय संघ, प्रदेश एवं स्थानीय सरकारले प्रेस स्वतन्त्रताविरोधी कानुन निर्माण गर्न थालेपछि त्यसप्रति असहमति राख्दै महासंघले विरोध गर्दै आएको हो । , महासंघमा मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि कानुन न्याय तथा संसदीय मामिलामन्त्री बडुले प्रेस स्वतन्त्रताबिना कुनै पनि संस्थाको स्थायित्व नहुने भन्दै त्यसतर्फ सरकार सचेत रहेको बताए । , उनले मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी कानुनमा रहेको प्रेस स्वतन्त्रताविरोधी प्रावधान सरोकारवालासँग छलफल गर्ने र त्यसलाई प्रेसमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले ‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’बाट सम्मानित हुने पत्रकारलाई बधाइ व्यक्त गरे । , नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले विगतका सरकारसँग पनि नेपाल पत्रकार महासंघले प्रेसमैत्री कानुन निर्माण गर्न आग्रह गरेको भन्दै प्रेस विरोधी कानुनप्रति महासंघको सधैँ असहमति रहने बताए । , उनले प्रजातान्त्रिक मूल्य र मान्यताका आधारमा कानुन निर्माण हुनुपर्ने भन्दै सरोकारवालासँगको छलफलबिना नै सरकारले कानुन निर्माण गरिरहेको बताए । ‘अघिल्लो सरकारले बनाएका कानुनका मस्यौदाहरुको अध्ययन गर्न उच्चस्तरीय आयोग बनाउन पत्रकार महासंघ माग गर्दछ’ पोख्रेलले भने । , नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सरोकारवालाको उपस्थितिबिना नै सरकारले प्रेससम्बन्धी कानुन बनाउन लागेको भन्दै त्यसो नगर्न सरकारलाई आग्रह गरे । उनले आमसञ्चारसम्बन्धी छाता कानुन निर्माण गर्न आवश्यक रहेको भन्दै सरोकारवालासँग छलफल गरी कानुन निर्माण गर्न सरकारलाई आग्रह गरे । , नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचार लेखेकै आधारमा लाखौँ जरिवाना र वर्षौं जेल हाल्न सक्नेगरी कानुनहरु निर्माण भइरहेको भन्दै त्यस्ता प्रेस स्वतन्त्रताविरोधी कानुन सच्याउन सरकारलाई आग्रह गरे । उनले नेजासँग महासंघको सहकार्य सन् २०११ देखि नै रहेको भन्दै प्रशंसा गरे । ,
नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कारबाट आचार्य सम्मानित
|
सेतोपाटी 'म पागल हुँ भन्ने लाग्छ?' लेदरको ज्याकेट, डिजाइनर जिन्स र कोठे सर्टमा ठाँटिएका उनले सोधे।, छ फुट अग्लो भए पनि उनी धेरै नै डँडाक देखिन्छन्। उनको काँध चौडा र मोटो छ। कुनै कोठामा छिरे भने उनको ज्यानको बान्कीले नै सबैको ध्यान तान्छ।, तर टाउको एकातिर बंग्याएर हिँड्ने बानीले होला, उनी लजाएजस्तो, धकाएजस्तो देखिन्छन्।, यो एसली भ्यान्सद्वारा लिखित किताबको पहिलो पृष्ठमा उल्लिखित शब्दावली हो। सन् २०१५ मेमा प्रकाशित एसलीको यो किताब सबभन्दा धेरै चर्चामा आउने खर्बपतिको जीवनमा आधारित छ।, यी खर्बपतिलाई धनी व्यक्तिहरूको सूची सार्वजनिक गर्दै आएको 'फोर्ब्स' ले संसारकै धनी व्यक्ति घोषणा गरेको छ। आर्थिक तथा वित्तीय क्षेत्र विश्लेषण गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम 'ब्लुमबर्ग' को सूचीमा पनि उनी संसारकै धनी व्यक्ति बनेका छन्। सूचीअनुसार उनको सम्पत्ति ३ खर्ब १५ अर्ब अमेरिकी डलर छ।, हामी कुरा गर्दैछौं एलन मस्कको।, तपाईंहरू ट्विटरमा सक्रिय हुनुहुन्छ, प्रविधिमा रूचि राख्नुहुन्छ वा संसारका धनाढ्यहरूलाई पछ्याउनुहुन्छ भने एलन मस्कलाई चिनिहाल्नुभयो।, एलनलाई चिनाउने पहिलो कम्पनी 'स्पेस-एक्स' हो जसले रकेट बनाउँछ। तर आममानिसका लागि उनको सबभन्दा ठूलो पहिचान हो टेस्ला जसले बिजुलीबाट चल्ने कार बनाउँछ। अत्याधुनिक बिजुली कार भनेको धेरैको चासोको विषय हो। त्यसैले एलन र टेस्ला एकअर्काका पर्याय हुन्।, टेस्ला संसारकै धनी कम्पनीमध्ये पर्छ। अघिल्लो साता मात्र यो कम्पनीको सम्पत्ति दस खर्ब डलर नाघ्यो। सार्वजनिक कम्पनी भएको एघार वर्षमा गत साता सेयर मूल्य बढेर टेस्ला 'ट्रिलियन डलर' कम्पनी बनेको हो। यसअघि यत्तिको सम्पत्ति पुर्याउने सार्वजनिक कम्पनीहरू एप्पल, अमेजन, फेसबुक र गुगल हुन्।, अन्तर्राष्ट्रिय वित्तीय विश्लेषकहरूले एलन मस्कको व्यक्तिगत सम्पत्ति नै १० खर्ब डलर पुग्ने अनुमान गरेका छन्। त्यस्तो भए उनी संसारकै पहिलो ट्रिलेनियर बन्नेछन्। त्यसतर्फ उनको यात्रा तीव्र गतिमा अघि बढ्दैछ।, बिजनेस इनसाइडरले 'दुई कम्पनीका सिइओ कसरी केटाकेटीमा 'बुली' (हेप्ने व्यवहार) सामना गर्दै प्रविधि क्षेत्रमा सबभन्दा सफल र विवादित व्यक्ति बने' भनेर उनका बारेमा लामो फिचर गरेको थियो।, इनसाइडरले एलनलाई विवादित भन्नुको मुख्य कारण उनले बेलाबेला दिने अभिव्यक्ति हो। उनी अन्टसन्ट ट्विट गर्न पनि पछि पर्दैनन्। कहिले गाँजाको कुरा गर्छन्, कहिले पूरै सम्पत्ति बेच्ने भन्छन्, अनि कहिलेकाहीँ आफ्नै ट्विट हटाउँछन्। यिनै कारणले उनी ट्विटर ट्रेन्डिङमा परिरहेका हुन्छन्। उनले विभिन्न सञ्चारमाध्यममा बोलेका कुराले उत्तिकै विवाद निम्त्याउने गरेका छन्। उनको विवादित अभिव्यक्तिकै कारण कयौंपटक टेस्लालाई घाटा पनि परेको छ।, उनलाई सबैभन्दा धेरै विवादित धनाढ्य पनि भनिन्छ।, कम्पनीका लागि भरपुर दिमाग लगाउने तर नसोची बोलेर विवादमा आउने एलन को हुन्?, कसरी उनले अमेरिकामा आफ्नो खर्बौं डलरको साम्राज्य खडा गरे? अहिले उनी के गर्दैछन्?, सन् १९७१ जुन २८ मा जन्मेका एलनको खास नाम एलन रिभ मस्क हो। उनकी आमा मायी क्यानडाकी हुन्। पेसाले मोडल उनी चार वर्षअघि ६९ वर्षको उमेरमा न्यूयोर्क फेसन विकको र्याम्पमा हिँडेर फेरि चर्चामा आएकी थिइन्।, पोषणविदसमेत रहेकी मायीले आफ्नो मोडलिङ करिअर १५ वर्ष उमेरमा दक्षिण अफ्रिकाबाट सुरू गरेकी थिइन्। आफ्ना आमाबुवासँग दक्षिण अफ्रिका गएकी मायीको बिहे त्यहीँका इलेक्ट्रोमेकानिकल इञ्जिनियर तथा पाइलट एर्रोल मस्कसँग भएको थियो। एकै टोलमा हुर्केका उनीहरूले प्रेम विवाह गरेका थिए।, उनीहरूका तीन सन्तान भए- छोराहरू एलन र किम्बल र छोरी टोस्का।, दक्षिण अफ्रिकाको प्रेटोरियामै बस्ने मस्क परिवार त्यो बेला धनाढ्यमध्ये पर्थ्यो। प्रेटोरियामा सबभन्दा ठूलो घर उनीहरूकै थियो। तर एलन नौ वर्षका हुँदा उनका आमाबुवा अलग भए।, सुरूमा आमासँगै डर्बन सहरमा बसेका एलन र उनका भाइ किम्बलले दुई वर्षपछि बुवासँग बस्ने निधो गरे।, 'एलन मस्कः हाउ द बिलेनियर सिइओ अफ टेस्ला एन्ड स्पेस-एक्स इज सेपिङ आवर फ्युचर' किताबका लेखक एसली भ्यान्सका अनुसार एलन सानैदेखि तीक्ष्ण थिए। उनी जे कुरा पनि छिटो टिप्थे। कम्प्युटर र भिडिओ गेमहरूमा उनको अत्यधिक रूचि थियो।, दस वर्षको हुँदा एलनसँग त्यो बेला लाखौं बिक्री भएको सफल कम्प्युटर थियो। उनले कम्प्युटर प्रोग्रामिङ पनि सिके। बाह्र वर्षका हुँदा त उनी आफैंले 'ब्लास्टर' नामको भिडिओ गेम बनाए र बेचे। यो अन्तरिक्षमा कुदेर खेल्नुपर्ने भिडिओ गेम थियो।, अन्तरिक्षमा आधारित भिडिओ गेम सार्वजनिक भएपछि एलनको कथा दक्षिण अफ्रिकाको 'पिसी एन्ड अफिस टेक्नोलोजी' पत्रिकाले एक पानाभरि छाप्यो। उनले आफूले बनाएको गेम त्यही पत्रिकालाई पाँच सय डलरमा बेचेका थिए। त्यतिखेर कम्प्युटर विज्ञान एकदमै सुरूआती चरणमा भएकाले उनको खेल चम्किन भने सकेन।, '१२ वर्षे किशोर एलनको दिमाग समयभन्दा निकै तेज गतिमा दौडिन थालिसकेको थियो,' एसलीले लेखेका छन्।, एसलीका अनुसार एलन लजालू र अन्तर्मुखी थिए। सानैदेखि एकदमै धेरै कल्पनामा रमाउँथे। अन्तरिक्ष र ब्रह्माण्डका बारेमा सोच्थे। किशोरावस्थाको मध्यतिर आइपुग्दा त उनले कल्पना र वास्तविकता छुट्याउनै गाह्रो हुने गरी आफ्नो दिमागमा घोलिसकेका थिए।, 'सायद मैले सानोमा धेरै कमिक्स पढेर होला,' एलनले आफ्नो यस्तो व्यवहार कसरी विकास भयो भन्नेबारे अनुमान गर्दै एसलीलाई भनेका छन्, 'कमिक्सहरूमा सधैं संसार बचाउने कुरा हुन्थ्यो। यस्तो लाग्थ्यो, कसैले त संसारलाई राम्रो ठाउँ बनाउनुपर्छ।', उनी यतिसम्म आफ्नो संसारमा हराउँथे, अरूले बोलाएको समेत सुन्थेनन्। प्रतिक्रिया दिन्थेनन्। एकोहोरो टोलाएजस्ता देखिन्थे। डाक्टरले उनी कान नसुन्ने छन् कि भनेर शंका पनि गरे। उनको स्वास्थ्य जाँचे। सुन्ने क्षमता बढाउन एउटा ग्रन्थी निकालेर फालिदिए। तर त्यसले उनको आनीबानी सुध्रेन।, 'उसको समस्या कानमा होइन,' एलनकी आमा मायीको भनाइ एसलीको किताबमा उद्धृत छ, 'ऊ आफ्नो दिमागी संसारमा हराउँछ। अर्कै दुनियाँमा पुग्छ। अहिले पनि ऊ यसै गर्छ। अचेल उसलाई म यसबारे केही भन्दिनँ। अहिले अब ऊ नयाँ रकेट कि के डिजाइन गर्दैछ।', सानामा आफ्ना भाइबहिनी अँध्यारोसँग डराउँदा एलन चाहिँ ढुक्क साथ भन्थे रे- अँध्यारो भनेको प्रकाशको अनुपस्थिति मात्र हो।, केटाकेटी बेलादेखि नै एलनको दिमागमा अन्तरिक्ष संसार घुम्ने भए पनि उनी आफ्नै परिवारको उल्झनमा परेका थिए। बुवासँग बसे पनि उनीहरूबीच निकट सम्बन्ध थिएन। एक अन्तर्वार्तामा एलनले आफ्ना बुवाबारे भनेका छन्- 'एकदमै खराब मान्छे... उनले गरेका कामहरू तपाईंहरूले सोच्न सक्नेसम्मकै खराब थिए।' बुवासँग बस्ने निर्णय गर्नु आफ्नो सबभन्दा ठूलो भुल भएको उनको भनाइ छ।, एलनले स्कुल पढ्ने बेला आफू बुलीको शिकार भएको पनि बताएका छन्। उनले धेरैपटक कुटाइ खाए। एकपटक त उनलाई केही केटाहरूले भर्याङबाट हुत्त्याइदिए। उनी अस्पतालै भर्ना हुनुपरेको थियो।, दक्षिण अफ्रिकाको त्यो बेलाको राजनीतिक परिवेशमा 'गोरा' का रूपमा हुर्किँदै गर्दा उनले आफ्नो अस्तित्व संकटमा देख्न थाले। न घरमा उनको कोही 'आफ्नो' भयो, न स्कुलमा। त्यसैले पनि होला, उनी कल्पनामै रमाउँथे।, एलन प्रेटोरिया विश्वविद्यालयमा पढ्दापढ्दै क्वीन्स विश्वविद्यालयमा पढ्न भनेर आमा र भाइबहिनीसँगै क्यानडा गए। उनी त्यति बेला सत्र वर्षका थिए। दुई वर्षपछि अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालय पुगे। त्यहीँबाट उनले अर्थशास्त्र र भौतिकशास्त्रमा स्नातक पूरा गरे।, पेन्सिलभेनियामा पढ्दाखेरि नै एलन र उनका साथी मिलेर दस बेडरूमको एउटा घर भाडामा लिए र नाइट क्लब चलाए।, यो उनको व्यावसायिक यात्राको पहिलो कदम थियो।, स्नातक सकेपछि एलन सन् १९९५ मा स्ट्यानफोर्ड विश्वविद्यालयमा पढ्ने भनेर क्यालिफोर्निया सरे। तर उनले थप पढ्नुभन्दा व्यवसाय गर्ने सोचे।, आफ्नो भविष्य खोज्दै उनले भाइ किम्बलसँग मिलेर वेब सफ्टवेयर कम्पनी 'जिप२' खोले।, यो कम्पनी स्थापना गर्न सूचना प्रविधिको सहर मानिने 'सिलिकन भ्याली' का केही लगानीकर्ताले सहयोग गरेका थिए। यसले 'द न्यूयोर्क टाइम्स' र 'सिकागो ट्रिब्युन' जस्ता अखबारले भर्खर सुरू गरेको अनलाइन संस्करणका लागि सहरसम्बन्धी सामग्रीहरू उपलब्ध गराउँथ्यो।, मस्क दाजुभाइको यो कम्पनी राम्रै चल्यो।, यो स्टार्टअप कम्पनीलाई सन् १९९९ मा सूचना प्रविधि क्षेत्रमा काम गर्ने अमेरिकी कम्पनी कम्प्याकले ३० करोड ७० लाख डलरमा किन्यो। कम्प्याकलाई पनि अहिले एचपी कम्पनीले किनिसकेको छ।, यो कारोबारबाट एलनले २ करोड २० लाख डलर कमाए।, आफ्नो पहिलो कम्पनी बेचेकै साल एलनले एक करोड डलर राखेर अनलाइन बैंकिङ कम्पनी 'एक्स डटकम' स्थापना गरे। त्यसको एक वर्षपछि एक्स डटकम सफ्टवेयर कम्पनी 'कन्फिनिटी' सँग गाभियो। दुई कम्पनी गाभिएपछि अनलाइन भुक्तानी सेवा सुरू गर्ने 'पेपल' जन्मियो।, एलन पेपलका सिइओ भए। उनको यो पद भने लामो समय टिकेन।, उनले पेपलको सर्भर युनिक्स अपरेटिङबाट माइक्रोसफ्ट विन्डोजमा सार्नुपर्छ भनेर सहसंस्थापकलाई दबाब दिएका थिए। यसबारे संस्थापकहरूबीच झगडा पर्यो। यसैबीच उनी अस्ट्रेलिया घुम्न गएका बेला पेपलको बोर्डले उनलाई पदबाट हटायो र नयाँ सिइओ नियुक्त गर्यो।, 'बिदा मनाउन जाँदा समस्या नै यस्तै हुन्छ,' एलनले आफू पेपलबाट निकालिएको केही वर्षपछि फर्च्युन पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्।, पछि त्यही पेपलले एलनलाई निकै फाइदा दियो। सन् २००२ मा अनलाइन बजार इबेले एक अर्ब पचास करोड डलरमा पेपल किन्यो। त्यो बेला एलन पेपलका सबभन्दा ठूला सेयरधनी थिए। उनले १६ करोड ५० लाख डलर पाए।, पेपलबाट निकालिएपछि एलन हात बाँधेर बसेका थिएनन्। उनी अर्को सपना बुन्दै थिए। त्यही सपनाभित्र मंगल ग्रहमा मुसा वा बिरूवा पठाउने योजना फस्टाएको थियो। त्यसैले पेपलबाट पाएकोमध्ये दस करोड डलर लगानी गरेर उनले 'स्पेस एक्सप्लोरेसन टेक्नोलोजिज' (स्पेस-एक्स) स्थापना गरे। यो कम्पनीको उद्देश्य अन्तरिक्ष उडानलाई दस गुणा सस्तो बनाउनु थियो।, सुरूआती चरणमा उनले 'पफ द म्याजिक ड्र्यागन' गीतबाट प्रेरित नाम 'ड्र्यागन' राख्दै अन्तरिक्षयान बनाए। केहीले उनलाई 'स्पेस-एक्सले कहिल्यै अन्तरिक्षमा यान पठाउन नसक्ने' भनिदिए। तर कल्पनाको संसारमा रमाउने एलन अरूका कुरा कहाँ सुन्छन् र!, स्पेस-एक्सको दीर्घकालीन लक्ष्य नै मंगल ग्रहको यात्रा सस्तो बनाउनु हो। उनी यसलाई 'मार्स कोलोनियल ट्रान्सपोर्टर' भन्छन्। जबसम्म मंगल ग्रहमा नियमित उडान हुँदैन, तबसम्म स्पेस-एक्सलाई सार्वजनिक कम्पनी नबनाउने उनले बताएका छन्।, अन्तरिक्षको दुनियाँमा भुलिइरहेका एलन धर्तीमा पनि कम व्यस्त छैनन्।, सन् २००४ मा उनी अध्यक्ष र आर्किटेक्टका रूपमा विद्युतीय कार बनाउने कम्पनी टेस्लासँग जोडिए। उनी यसमा सक्रिय भएर लागे र दुई वर्षपछि कम्पनीको पहिलो पूर्ण विद्युतीय कार 'रोडस्टर' बनाउन सघाए।, एलन एउटै काममा रमाएर बस्ने खालका होइनन्। टेस्ला चलाउँदै गर्दा सन् २००६ मै उनले सोलारसम्बन्धी काम गर्ने कम्पनी स्थापना गर्न मद्दत गरेका थिए। पछि टेस्लाले नै त्यो कम्पनी किन्यो र अहिले टेस्ला इनर्जीका रूपमा परिचित छ। यसले सोलार ब्याट्रीहरू बनाउँछ।, सन् २००७ सम्म आइपुग्दा एलन टेस्लामा निकै शक्तिशाली भइसकेका थिए। त्यो बेला एलनसँग जोडिनुअघि टेस्लाका सह-संस्थापक मार्टिन एबरहार्ड टेस्लाका सिइओ थिए। एलनले पहिले उनलाई पदबाट हटाए, पछि बोर्ड र कार्यकारीबाट पनि निकाले।, त्यो बेला टेस्ला आर्थिक रूपमा खस्किँदै गएको थियो। उनले व्यक्तिगत रूपमै टेस्लालाई टाट पल्टिनबाट जोगाएका थिए। उनले कम्पनीमा आफैं चार करोड डलर लगानी गरे र थप चार करोड डलर ऋण कम्पनीलाई दिलाए। त्यही वर्ष उनी टेस्लाका सिइओ पनि बने।, तर स्पेस-एक्स, टेस्ला र सोलार सिटी हाँकिरहेका एलन आर्थिक रूपमा निकै भासिए।, टेस्लाले पैसा गुमाइरहेको थियो, स्पेस-एक्सलाई आफ्नो फ्याल्कन-१ रकेट उडाउन समस्या भइरहेको थियो। आफ्नो जीवन धान्न पनि एलन ऋणको सहारा लिइरहेका थिए। त्यसैले सन् २००८ लाई उनी आफ्नो जीवनकै खराब वर्ष भन्छन्।, यही साल क्रिसमसतिर एलनलाई आकाश र धर्ती दुवैतिरबाट शुभ समाचार आयो।, पहिलो, स्पेस-एक्स र नासाबीच अन्तरिक्षमा सामानहरू पठाउन १५ अर्ब डलरको सम्झौता भयो।, दोस्रो, टेस्लाले बाहिरी लगानीकर्ता पायो।, सन् २०१० जुनसम्म आइपुग्दा टेस्लाले सार्वजनिक सेयर जारी गर्यो। आइपिओमार्फत् २२ करोड ६० लाख डलर संकलन भयो। सन् १९५६ मा फोर्ड कम्पनीपछि सार्वजनिक सेयर जारी गर्ने कार कम्पनी टेस्ला नै हो। आर्थिक अवस्था बलियो बनाउन एलनले टेस्लामा रहेको एक करोड ५० लाख डलर बराबरको आफ्नो सेयर पनि बेचेका थिए।, सन् २०१५ मा आएर एलनले 'ओपन-एआइ' नामक गैरनाफामूलक संस्था स्थापना गरे। यसले मानवमैत्री आर्टिफिसियल इन्टेलिजेन्स प्रवर्द्धन निम्ति अध्ययन तथा अनुसन्धान गर्छ। त्यसै वर्षको अन्त्यसम्ममा उनको स्पेस-एक्सले विभिन्न कामका लागि २४ वटा रकेट उडाइसकेको थियो।, सन २०१७ मा स्पेस-एक्सको फ्याल्कन-९ यानले पहिलोपटक सफलतापूर्वक समुद्रमा अवतरण गर्यो जुन पुनः प्रयोग गर्न मिल्ने रकेट थियो। आजका मितिसम्म स्पेस-एक्सले बनाएको सबभन्दा शक्तिशाली रकेट फ्याल्कन हेभी हो जसले सन् २०१८ मा उडान भर्यो। यसमा एलनको रातो टेस्ला रोडस्टर गाडी पनि पठाइएको थियो।, एलनले यो कामसँगै सन् २०१६ मै न्युरालिंक कम्पनी खोलेका थिए। यसले मान्छेको दिमागमा राख्न मिल्ने उपकरण विकास गरिरहेको छ। उच्च गतिमा सवारी कुदाउन सुरूङ निर्माण गर्ने बोरिङ कम्पनी पनि उनले स्थापना गरिसकेका छन्।, एलनको दिमाग तीव्र गतिमा चलिरहन्छ। आफ्नो दिमागको रफ्तारसँग मिल्दोजुल्दो उनको नयाँ काम हो 'हाइपरलूप'। एलनका अनुसार हाइपरलूप एकदमै तीव्र गतिको रेल हो जुन रित्तो ट्युबजस्तो बाटोमा कुद्छ।, कम्पनी र व्यवसायमा सफल एलनको वैवाहिक जीवन भने असफल मानिन्छ।, सन् २००२ मा उनले क्यानेडियन लेखक जस्टिनसँग बिहे गरेका थिए। उनीहरूका पहिलो छोराको दस सातामै मृत्यु भयो। पछि जुम्ल्याहा र तिम्ल्याहा छोरा भए। , एलन टाट पल्टिन लागेकै वर्ष, सन् २००८ मा उनको वैवाहिक जीवन पनि टुंगियो। उनले यो वर्षलाई आफ्नो जीवनकै खराब वर्ष भन्नुमा जस्टिनसँगको सम्बन्धविच्छेद पनि हो।, जस्टिनसँग अलग भएलगत्तै एलन बेलायती अभिनेत्री तलुला राइलीसँग डेट गर्न थाले र सन् २०१० मा बिहे गरे। दुई वर्ष नहुँदै एलनले आफूहरू अलग भएको सुनाए। सन् २०१३ मा उनीहरूले फेरि बिहे गरे। उनीहरूको नाटकीय बिहे यतिमा सीमित भएन। अर्को साल अन्त्यतिर उनीहरूले फेरि डिभोर्सका लागि अपिल गरे। त्यो बेला भने एलनले अपिल फिर्ता लिए। अनि सन् २०१६ मा आएर बल्ल उनीहरू औपचारिक रूपमा अलग भए।, त्यसपछि एलनको नाम अभिनेत्री एम्बर हर्डसँग जोडियो। भनिन्छ, एम्बर र एलन सन् २०१२ देखि सम्बन्धमा थिए। सन् २०१७ मा एम्बरका श्रीमान तथा अभिनेता जोनी डेपले सार्वजनिक रूपमै एलनलाई आफ्नी पत्नीसँग 'अफेयर चलाएको' आरोप लगाए। त्यो बेला एलन र एम्बर दुवैले यो कुरा नकारे।, यसको केही समयपछि एक अन्तर्वार्तामा भने एलनले एम्बरसँगको बिछोडले गाह्रो बनाएको बताएका थिए।, एलनले जसरी आफ्नो काममा अनेक प्रयोग गरे, उनको प्रेम सम्बन्ध पनि त्यस्तै हुँदै गयो।, सन् २०१८ मा एलन र क्यानेडियन संगीतकार ग्रिम्सले आफूहरू डेट गरिरहेको बताए। दुई वर्षपछि उनीहरू एक छोराका आमाबुवा बने। यति बेला पनि एलन आफ्ना छोराको नाम 'X Æ A-12' राखेर निकै चर्चामा आए। यो नाममा आधुनिक अंग्रेजी वर्णमालामा भएका अक्षर समावेश नभएकाले क्यालिफोर्नियाको नियमले मानेन। त्यसैले एलनले नाम फेरेर 'X Æ A-Xii' राखे। 'Æ' अक्षर पनि वर्णमालामा नभएको भनिएपछि आखिरमा आएर उनले छोराको नाम 'X AE A-XII' मस्क राखे।, यो नाम कसरी उच्चारण गर्ने भन्दै धेरैले उनको मजाक उडाएको पाइन्छ।, छ सन्तानका बाबु बनिसकेका ५० वर्षीय एलन अझै पनि व्यक्तिगत सम्बन्धमा स्थिर छैनन्। गत सेप्टेम्बरमा मात्र उनले ग्रिम्ससँग आंशिक रूपमा छुटेको बताए। तर आफूहरूबीच राम्रो समझदारी र माया कायम रहेको उनले बताएका थिए।, एलन खासमा कुनै एक कुरामा अडिएर बस्न नसक्ने, एउटा काममा मात्र चित्त नबुझाउने, प्रविधिमा विभिन्न सम्भावना खोजिरहने व्यक्ति हुन्। उनको दिमाग हरक्षण केही न केही नयाँ आइडिया खोतल्न लागि परिरहेको हुन्छ। त्यसैले उनलाई हलिउड फिल्म 'आइरन म्यान' का वास्तविक टोनी स्टार्क पनि भनिन्छ।, बिजनेस इनसाइडरले लेखेको छ, 'एलन वास्तविक जीवनका टोनी स्टार्क हुन्। मार्भलको फिल्म आइरन म्यान उनीबाटै प्रेरित भएको हो।' , एलनले आइरन म्यानको दोस्रो संस्करणमा क्यामियो भूमिका पनि निर्वाह गरेका थिए।, सायद एलनलाई पनि आफ्नो व्यवहार अनौठो लाग्दो हो, यो संसारले सहजै पचाउँदैन भन्ने उनी सोच्दा हुन्। , त्यसैले आफ्नोबारे मोटो किताब लेख्न बसेका एसली भ्यान्सलाई भेट्दा एलनले भनेका होलान्, 'के तिमीलाई म पागल हुँ भन्ने लाग्छ?', (एलन मस्कः हाउ द बिलेनियर सिइओ अफ टेस्ला एन्ड स्पेस-एक्स इज सेपिङ आवर फ्युचर किताब, बिजनेस इनसाइडर, ब्लुमबर्ग लगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको) ,
'आइरन म्यान' एलन मस्कः संसारकै धनी, सबैभन्दा विवादित
|
सेतोपाटी संवाददाता मकवानपुरमा प्रहरीले ४५ बिघा १० कठ्ठा जमिनमा गरिएको गाँजा खेती फडानी गरेको छ।, आइतबारदेखि मंगलबारसम्म मकवानपुरमा प्रहरीले ४५ बिघा जमिनको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , गाँजा खेती नष्ट गर्ने अभियान नै चलाएर प्रहरीले यो काम गरेको बताएको छ।, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रूपमा प्रहरी निरीक्षक अविनाश अधिकारीको कमाण्डमा ७२ जनाको टोली खटिएको थियो। , सो टोलीले कैलाश गाउँपालिका वडा ९ स्थित गैरीखेत, खुमलटार, बेलटार, सागिनीमा गाँजा फडानी गरेको हो। , वडा नम्बर ४ अन्तर्गत बैठकडाँडा, तकुवा, आमडाँडा र वडा नम्बर १० को भालटारस्थित क्षेत्रमा गाँजा खेती फडानी गरी नष्ट गरिएको हो।, त्यसक्रममा प्रहरीले ड्रोनको प्रयोग गरी तस्वीरसमेत खिचेको छ। ,
४५ बिघा जग्गाको गाँजा खेती फडानी, ड्रोन उडाएर खिचियो तस्वीर
|
शेरबहादुर सिंह गत कात्तिकको पहिलो साता महाकाली नदीमा आएको बाढीले भएको घरखेत र पालेका कुखुरा बगाउँदा यतिबेला कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मसेट्टीका लक्ष्मण नायक चिन्तित छन्।, कुखुरापालन र गाउँमा सामान्य खेतीपाती गर्दै परिवार चलाएका नायकको बाढीले खोरमा हालेका पाँच हजार कुखुरा बगाउनाका साथै घर पनि बगायो।, कुखुरा फार्म कुर्न गएका बेला श्रीमती र दुई छोरासहित महाकालीको भङ्गालोमा परेका नायक परिवारलाई सेनाको हेलिकप्टरबाट उद्दार गरिएको थियो।, 'सेनाले ज्यान बचाएर गाउँमा बिसाए', नायकले भने,'गाउँमा अवस्था सामान्य बन्दै गएपछि नेतादेखि जनप्रतिनिधिसम्म आएर आश्वास बाँडे तर राहत कहीँबाट पनि पाइएको छैन।', उनले आफूसित भएको सम्पत्ति बगाउँदै गाउँमा छाक टार्न समेत समस्या भइरहेको दुःख सुनाए।, 'दोधारा चादँनी र ऐरी क्षेत्रमा दाताले केही दिनलाई पुग्ने राहत वितरण गरेको सुनिए पनि हाम्रो बस्तीमा पीडित सहाराकै आशमा छन्', उनले भने, 'यसपालिको बाढीबाट जोगिने आश नै मरिसकेको थियो, धन्य परिवारसहित बाच्यौं।', बाढीका बेला सडक अवरूद्ध भएको खल्लामसेट्टीको सडक खुलाउने कार्य अहिले भइरहेको छ।, बाढीले सडक भत्काएको दुई साता बित्न लाग्दा पनि सडक खुलाउन पहल नभएको भन्दै स्थानीय युवाले सडक खुलाइरहेका छन्। स्थानीय दीपराज चटौतले स्थानीय युवाले स्काभेटर मगाएर सडक खुलाउन थालेको बताए। , उनले बाढीका बेला स्थानीयबासीको धानबाली बगाउनाका साथै दस किलोमिटर भन्दा बढी कच्ची सडकमा क्षति पुगेको जानकारी दिए।, बाढीपछि प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पनि यहाँ आएका थिए। , उनले दोधारा चादँनी र भीमदत्त नगरपालिकाको प्रभावित क्षेत्रको अनुगमनपछि पीडितलाई राहत र पुनःनिर्माणमा सरकार लाग्ने बताएका थिए।, त्यसैगरी यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीकी रूपा सुनारले पनि बाढीका कारण आफूहरू विस्थापित भएको बताइन्।, 'बाढीका बेला एक/दुई दिन स्कुलमा बितायौं', उनले भनिन्,'अहिले घर फर्कियौं तर खानेकुरा केही छैन।', उनले स्थानीयबासीदेखि संघ सरकारले राहत उपलब्ध गराउन बताए पनि पीडितको घरमा नपुगेको बताइन्।, 'महाकालीको बाढी गाउँ पसेको भए पनि स्थानीय नागरिककै ज्यान खतरामा थियो', उनले भनिन्,'भित्र्याउने बेलाको धान डुबान पर्दा चामल किन्नुपर्ने अवस्था आयो।', बाढीका कारण भीमदत्त–९, ११, १२ र १३ को तटीय क्षेत्र प्रभावित भएको थियो।, यस्तै, दोधारा चादँनीका केही वडासमेत डुबानले प्रभावित बनेका थिए।, भीमदत्त-१३ का वडाध्यक्ष लालबहादुर शाहीले बाढीले तीन सय परिवार प्रभावित भएको बताए।, 'कुखुरा फार्म बग्नाका साथै यहाँ पसलसम्म बगे', वडाध्यक्ष शाहीले भने, 'दाताले पीडितलाई सहयोग गर्यो, तर स्थानीय सरकारले पीडितको नामावली मात्रै मागेको छ।', उनले दाताको भरमा पीडितको छाक टरिरहेको बताए।, 'हामीले क्षतिको विवरण सबै माथिल्लो तहमा पठायौं', उनले भने, 'तर राहत दिने विषयमा कुनै विषयमा सुनुवाइ नहुँदा पीडित समस्यामा छन्।', त्यसैगरी यहाँको दोधारा चादँनीका नगरप्रमुख वीरबहादुर सुनारले बाढीबाट नगरक्षेत्रमा एक हजार परिवार प्रभावित बनेको बताए।, 'दाताले गरेको सहयोगले पीडित बसिरहेका छन्', उनले भने, 'विभिन्न संघ/संस्थाको सहयोगमा हामीले पनि हातेमालो गरेर खाद्यान्न दिइरहेका छौं।', उनले प्रदेश र संघ सरकारबाट पीडितलाई अझै कुनैखाले सहयोग नआएको बताए। कञ्चनपुरमा बाढी र डुबानबाट करिब १२ हजार हेक्टर क्षेत्रफलको धानमा क्षति भएको छ।, (रासस),
,
बाढी पीडितको गुनासो: दाताले सहयोग गर्यो, स्थानीय सरकारले पीडितको नामावलीमात्रै मागेको छ
|
सेतोपाटी संवाददाता प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज आफूलाई इजलास तोकेका छैनन्।, सरकारमा भाग खोजेपछि उनको राजीनामा माग भइरहेको बेला उनले आफूलाई इजलास तोक्दै आएका थिए। तर आज उनले आफूलाई इजलास तोकेनन्।, प्रधानन्यायाधीश राणाले इजलास तोके पनि न्यायाधीशहरू सातादेखि उपस्थित भएका छैनन्। सर्वोच्चमा उनको राजीनामा माग गर्दै धर्ना भएका छन्।, प्रधानन्यायाधीश राणाले सोमबार दश जना न्यायाधीशका लागि आज छ वटा इजलास तोकेका छन्।, चार वटा संयुक्त र दुइटा एकल इजलास उनले तोकेका थिए। उनले सबैमा बन्दी प्रत्यक्षीकरणका मुद्दा तोकेका छन्।, उनले आइतबार सम्मानजनक बहिर्गमन चाहेको सन्देश पठाएका थिए।,
प्रधानन्यायाधीश राणाले आज तोकेनन् आफूलाई इजलास
|
राजेश घिमिरे एक जमाना थियो- २५ वर्षे ठिटो काँधमा ग्लाडुलसको बिटो बोकेर सारा सहर चहार्दा पनि किनिदिने कोही हुन्थेन।, ललितपुरको गोदावरीमा नर्सरी व्यवसाय गरेका दीपक पाख्रिनले ग्लाडुलस पनि फूलाएका थिए। फूलका सुन्दर गुच्छा तयार गरेर किनिदिन आग्रह गर्दै पाख्रिन उपत्यकाका पसल-पसल चहार्थे। फूल हेरेर मानिसहरू दंग पर्थे तर किन्न तयार हुन्थेनन्।, धेरै धाउन थालेपछि केही ठूला व्यापारी फूल राखिदिन तयार भए तर पैसा भने बिक्री भएमात्रै दिन सक्ने सर्त तेर्साए। पाख्रिन त्यो सर्तमा मञ्जुर भए। उनलाई भाग्यले साथ दियो, दिएका फूल ती पसलबाट बिक्री हुन थाले। बिस्तारै माग बढ्न थाल्यो। , फूल बिक्री हुन थालेपछि उत्साहित बनेका पाख्रिनले खेतीको क्षेत्र बढाउँदै लगे। ललितपुरको एक निजी विद्यालयमा पढाउने उनी शिक्षण पेशा नै त्यागेर फूल खेतीमा होमिए।, पाख्रिन ६० वर्षे उमेरमा पनि चितवनको दिव्यनगरमा फूल खेतीमा रमाउँदै छन्। पश्चिम चितवनको मेघौली घर भएका उनी घरदेखि करिब ५ किलोमिटर पूर्वमा तीन बिघा जमिन भाडामा लिएर सयपत्री र ग्लाडुलस फूलको व्यावसायिक खेती गर्दै आएका छन्।, ‘जमाना फेरिएको छ, त्यतिखेर जति दुःख गरे पनि बजार थिएन। अहिले दुःख गर्न सके बिक्रीको समस्या नै छैन,’ पाख्रिनले भने, ‘कसैले नगरेको व्यवसायमा हात हालेर बजार बनाउँदै यहाँसम्म आइपुगें।’, शिक्षण पेशा त्यागेपछि पाख्रिनले फूल खेतीबाहेकको कुनै पेशा अँगालेनन्। यही पेशाबाट उनले घरबार चलाए, चार जना छोराछोरीलाई उच्च शिक्षा दिए, घर-घडेरी जोडे।, ‘व्यवसायमा अघि बढ्दै गर्दा धेरै उतारचढाव आए। कहिले वर्षाले, कहिले भूकम्पले दुःख दिए। खेती गरेको ठाउँ छाड्दै हिँड्नु पनि पर्यो, व्यवसाय डुबेर ऋण पनि लाग्यो तर व्यवसाय कहिल्यै छाड्नु परेन,’ उनले सुनाए, ‘फूलबाहेक अरू केही देख्दिनँ, मेरो त जिन्दगी नै यसैले चलाइरहेको छ। अहिले सबै ऋण पनि तिरेर ढुक्कसँग बसेको छु।’, दस वर्ष ललितपुरमा फूल खेती गरेका पाख्रिन धादिङको नौबिसे, मकवानपुरको मनहरी, पूर्वी चितवनको जयमंगला, पश्चिम चितवनको मेघौली हुँदै भरतपुर-२६ दिव्यनगर आइपुगेको ५ वर्ष भयो। सुरूआती दिनबाटै ग्लाडुलसको खेती गरेका उनले सयपत्रीको खेती सुरू गरेको १६ वर्ष भयो। हाल दिव्यनगरको २ बिघा जमिनमा सयपत्री र एक बिघामा ग्लाडुलस फूलाउने गरेको उनले बताए।, ‘वर्षमा दस महिना सयपत्री फूल फूल्छ, देशका विभिन्न ठाउँबाट अर्डर आइराख्छ, टिप्दै, माला उन्दै पठाउँछु,’ उनी भन्छन्।, फूल खेतीबाट वर्षमा १२ लाख रुपैयाँसम्म कमाउने गरेका छन् पाख्रिनले। फूलको गोडमेल, रेखदेख, फूल टिप्ने, माला उन्नेदेखि बजार पुर्याउनेसम्मको काम गर्न ५ जना कर्मचारी राखेका छन् उनले।, उनकाअनुसार मेहनत गर्न सके सयपत्री फूलको व्यावसायिक खेतीबाट फाइदा राम्रो लिन सकिन्छ।, ‘खट्न सक्ने हो भने धान, मकै, तरकारी खेतीबाट भन्दा सयपत्रीबाट राम्रो नाफा लिन सकिन्छ,’ उनले भने, ‘तरकारी खेती गर्ने फूल खेतीमा आउन सक्ला तर फूल खेती गर्ने किसान तरकारीतिर कहिल्यै जाँदैन।’, यति हुँदाहुँदै पनि फूल खेतीमा आकर्षण बढ्न नसकेको उनले बताए।, सयपत्री र ग्लाडुलसमा मात्रै नभई मखमली, गुलाब, कार्नेसन, अर्किडलगायतका फूलको व्यावसायिक खेतीको पनि प्रचुर सम्भावना रहेको उनी बताउँछन्।, ‘सयपत्री फूलको खेती बढ्न थाले पनि प्रायः तिहार केन्द्रीत भए, तिहार बाहेकको समयमा पनि यसको मालाको माग बढ्दो छ। सुख, दुःख सबैमा सयपत्रीकै माग हुन्छ,’ उनले भने, ‘अन्य समयमा पनि सयपत्रीको उत्पादन बढाउन सक्यौं भने नेपाली मुद्रा कम विदेशिने थियो।’, पाख्रिनकाअनुसार काठमाडौंमा मात्रै सयपत्री फूलको माग दैनिक ५ हजार वटा मालाको छ। तिहारको समयमा त माग ह्वात्तै बढ्छ। तर यो पूरा गर्न नेपाली उत्पादनले सक्दैन। त्यसकारण भारतबाट आउने फूलले बजार पाइरहेको छ। तिहारको समयमा भारतबाट करिब २० लाख माला नेपाल आउने गरेको फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्यांकले बताउँछ। यसबाहेक वर्षमा करिब १० करोड रुपैयाँ बराबरको सयपत्री फूल आयात हुने गरेको छ।, पाख्रिनले नेपालमा सयपत्री फूलको खेती बढाउने र बजार व्यवस्थापन गर्न सक्ने हो भने नेपाली पैसा बाहिरिन रोक्न सकिने बताए। साथै सयपत्रीको बीउ उत्पादन र फूललाई टिकाउ बनाउनका लागि पनि अध्ययन हुनुपर्ने उनले बताए।, ‘मैले लोकल फूलकै बीउ जमाएर व्यावसायिक खेती गर्न सकिन्छ कि भनेर प्रयास गरें तर राम्रो भएन। त्यसैले कलकत्ताबाट बीउ ल्याएर बेर्ना उमार्ने गरेको छु,’ उनले भने, ‘यहीँ विस्तृत अध्ययन गरेर स्तरीय बीउ बनाउनतिर पनि लाग्नुपर्छ।’, उनले कलकत्ताबाट प्रतिकिलो २० हजार रुपैयाँ तिरेर सयपत्री फूलको बीउ ल्याउने गरेको बताए। एक किलो बीउबाट २५ हजार वटा बिरुवा तयार गर्न सकिन्छ। उनले बिरुवा उत्पादन गरेर बिक्री पनि गर्ने गरेका छन्। यस वर्षमात्रै उनले ५ लाख वटा बिरुवा बिक्री गरे।, नेपाली सयपत्री फूलको अर्को समस्या भारतीय जत्तिको टिकाउ नहुने हो।, ‘भारतबाट ४-५ दिन अघि टिपेर ल्याइएका सयपत्री यहाँ धेरै दिन राख्दा पनि नबिग्रने तर नेपालको उत्पादन टिपेको केही दिनमै ओइलाउने समस्या छ,’ उनले भने, ‘यस विषयमा अध्ययन गरेर भारतीय उत्पादनसँग प्रतिष्पर्धी बनाउनु आवश्यक देख्छु।’, फूलमा देश नै आत्मनिर्भर भए आयात रोक्न सहज हुने उनले बताए। माग पूरा गर्नै नसक्दा आयात रोक भनेर फूल व्यवसायीका संस्थाहरूले सरकारलाई दबाब दिएरमात्रै अर्थ नहुने उनको बुझाइ छ।, ‘व्यापारीले भने नेपाली उत्पादनलाई प्राथमिकतामा राख्नुपर्छ, त्यो अहिले भइरहेको छैन,’ उनी भन्छन्, ‘जसले व्यापारीको चाप्लुसी गर्छ उसैको बिक्री हुने समस्या छ।’, भारतीय फूलमा धेरै नाफा हुने भएकाले व्यापारीको प्राथमिकतामा भारतीय उत्पादन नै हुने गरेको पाख्रिनले बताए। , पाख्रिन केही वर्षअघि फूल खेतीको विषयमा अध्ययन गर्न भारत राजस्थानको अजमेर जाँदा दुर्घटनामा परेर घाइते भए। उनको खुट्टामा गम्भीर चोट लाग्यो। तैपनी उनी पछि हटेनन्, बरू डटेर खेतीमा लागे। फूल फूलाएर बिक्री गर्न थालेको ३५ वर्ष भइसक्दा पनि पाख्रिन थाकेका छैनन्। बरू यो व्यवसायमा लाग्न खोज्नेलाई हौस्याउनेदेखि जानेको सिकाउने गर्छन् उनी।, विश्वविद्यालयमा कृषि विषय पढेका विद्यार्थी पनि फूल खेतीको विषयमा सिक्न उनीकहाँ आउँछन्। उनीहरूलाई आफूले जानेका कुरा सिकाएर पठाउँछन् पाख्रिन।, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक सूर्य ढुंगानाले दुई वर्षदेखि सयपत्री फूलको खेती सुरू गरेका छन्। उनले खेती गर्ने क्रममा पुराना किसान पाख्रिनसँग धेरै कुरा सिकेको बताए।, ‘कृषिका विद्यार्थीले सैद्धान्तिक रूपमा त राम्रै ज्ञान पाएका हुन्छन् तर प्रयोगात्मक ज्ञानको कमी हुन्छ। पढाइबाट सबै खेतीको विषयमा ज्ञान नहुन पनि सक्छ,’ उनले भने, ‘व्यवसायिक रूपमै खेती गर्न चाहनेले अनुभवी किसानसँग व्यवहारिक सीप सिक्नुपर्छ। मैले पनि सयपत्री फूलको खेती सुरू गर्दा उहाँसँग धेरै कुरा सिकेको छु।’, केही वर्षदेखि सयपत्री फूल फूलाउन सुरू गरेका उनले यस वर्षदेखि बीउ जमाएर बिरुवा आफैंले उमारेको बताए। पाख्रिनले जस्तै ढुंगानाले पनि बिरुवाहरू आफूलाई पुर्याएर अन्यत्र पनि बिक्री गरेको सुनाए। गत वर्ष १० कट्ठामा सयपत्री लगाएका उनले यस वर्ष एक बिघा जमिनमा लगाएका छन्।, ‘बीउका लागि भारतकै भर पर्नुपर्ने र फूल पनि धेरै त्यतैबाट आउने अवस्था अहिलेसम्म छ। त्यसलाई बिस्तारै कम गर्दै लैजानु पर्ने चुनौती छ,’ बाली प्रजनन् विषयका अध्यापक ढुंगानाले भने, ‘खेती सुरू गरेको छु। अब त्यस विषयमा अध्ययन-अनुसन्धान पनि अघि बढाउँछु।’, उनले लगानी कम र नाफा बढी हुने व्यवसाय भएकाले फूल खेतीप्रति युवाहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए।, एक कट्ठा जमिनमा १ हजार वटा बिरुवा रोप्न मिल्छ। एउटा बिरुवाले एउटा मालालाई पुग्ने फूल सजिलै दिन्छ। मालाको मूल्य न्यूनतम आउँदा पनि एक कट्ठा जमिनबाट दुई महिनाको अवधिमै २० देखि ४० हजार रुपैयाँसम्म आम्दानी लिन सकिने ढुंगाना बताउँछन्।, चितवनमा अहिले ५० बिघा बढी जमिनमा सयपत्री फूल खेती छ।, तिहारबाहेकका समयमा भने सयपत्री फूल कमैले लगाउँछन्। पाख्रिनका अनुसार सयपत्री फूलको मूल्य एउटा मालाको न्यूनतम ३० रुपैयाँ हुँदा किसानले नाफा कमाउन सक्छन्। अहिले किसानले प्रातिमाला ८० देखि १०० रुपैयाँसम्म पाउने गरेका छन्।,
६० वर्षका पाख्रिन फूल खेतीबाट कमाउँछन् महिनाको लाख
|
सेतोपाटी काठमाडौं महानगरपालिका- ११ मा जनप्रतिनिधि र समुदायको संयुक्त प्रयासमा भू-माफियाको चंगुलबाट फिर्ता गरिएको जग्गामा आकर्षक उद्यान निर्माण सुरू गरिएको छ।,
,
बुद्धनगरस्थित संयुक्त राष्ट्रसङ्घ उद्यानको दुई रोपनी तीन आना जग्गामा बाटिका निर्माण सुरू गरिएको हो।, बागमती प्रदेश पूर्वाधार विकास साझेदारी योजनाअन्तर्गत रु २० लाख बजेटमा आकर्षक वाटिका निर्माण भइरहेको छ।, बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको सक्रियतामा वाटिका निर्माणका लागि डिजाइन सम्पन्न गरी वाटिकालाई आकर्षकस्थलका रुपमा विकास गर्ने काम अघि बढेको हो।,
,
स्थानीयबासीलाई आवश्यक परेका बेला खुला स्थानका रूपमा प्रयोग गर्न, तरोताजा हुन एवं प्राकृतिक विपत्तिका बेला समुदायले उपयोग गर्ने गरी व्यवस्थापन गर्न लागिएको वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले बताए।, वाटिका निर्माणपछि संयुक्त राष्ट्रसङ्घ उद्यानअन्तर्गत नै राखी यसको व्यवस्थापन गरिने काठमाडौं-१० का सदस्य नरोज अर्यालले जानकारी दिए। , संयुक्त राष्ट्रसंघ उद्यानको व्यवस्थापन हाल अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्ने गरेको छ।, नदी किनारमा वाटिका निर्माणपछि बागमती सफाइ महाअभियानमा पनि सहयोग पुग्ने आशा गरिएको छ।, यसैगरी वडा नं १० र ११ मा सार्वजनिक जग्गा मिची बनेका संरचना भत्काएर आकर्षक उद्यान निर्माण गर्न स्थानीय सरकारसँग मिलेर काम गरिएको प्रदेशसभा सदस्य श्रेष्ठले बताए। ,रासस,
भू-माफियाबाट फिर्ता गरिएको जग्गामा बनाइयो बगैंचा
|
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभीको सबस्टेसनका ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न अल्टिमेटम दिएको छ।, सबस्टेसन निर्माणको ठेक्का पाएका चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएपछि प्राधिकरणले कार्यसम्पादन सुधार गर्न ४ महिनाको अल्टिमेटम दिएको छ।, खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी-काठमाडौं उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण सुरू गरिएको हो। प्राधिकरणले आयोजनाअन्तर्गत रामेछापको न्यू खिम्ती, बाह्रबिसे र काठमाडौंको लप्सीफेदीमा ४०० केभीको सबस्टेसन पनि निर्माण गरिरहेको छ। एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको हो।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपानेलगायतको टोलीले बाह्रबिसे सबस्टेसन निर्माणस्थलको निरीक्षण गरी ४ महिनाभित्रमा काममा सुधार नदेखिए ठेक्का तोड्ने चेतावनी दिएको छ।, ‘करिब दुई वर्षअघिको भन्दा निर्माणस्थलमा गर्नु पर्ने कामको प्रगति उल्लेख्य देखिएको छैन, यस्तै अवस्था रहने हो भने ठेक्का तोड्नुको विकल्प छैन, ४ महिना हेर्छौं त्यसपछि पनि काममा सुधार भएन भने ठेक्का सम्झौताअनुसारको कारबाहीको प्रक्रिया अगाडि बढ्छ’, ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशक दिँदै कार्यकारी निर्देशक घिसिङले भने।, ठेकेदार कम्पनीका प्रतिनिधिले भने बर्खाको समयमा काम गर्न नसकिएको र अहिले क्रमिक सुधार गरिएकोले ४ महिनामा कामको प्रगति हेर्न अनुरोध गरेका थिए। ठेकेदार कम्पनीको व्यवस्थापन परिवर्तन भई नयाँ टिम आएकोले अहिले काममा केही प्रगति देखिएको छ।, कम्पनीले सबस्टेसनमा रहने पावर ट्रान्सफर्मरलगायत उपकरण ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, कार्यालय तथा नियन्त्रण कक्ष भवन निर्माणाधीन छन्। सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी,५ एमभीएका पावर ट्रान्सफर्मर रहने छन्। सबस्टेसन निर्माण पछि स्थानीय रूपमा, बाह्रबिसे बजारबाट सबस्टेसनसम्म जाने करिब साढे चार किलोमिटर सडक जीर्ण रहेकाले निर्माणस्थलमा उपकरण तथा निर्माण सामग्री ढुवानीका लागि समस्या छ। बागमती प्रदेश सरकारको लगानीमा बन्न लागेको सडकको निर्माण अलपत्र छ।, चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत बाह्रबिसे सबस्टेसनमा जोडिने छ।, यसैगरी, रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसै हुँदै काठमाडौंको लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी-काठमाडौं प्रसारण लाइन निर्माणाधीन छ। प्रसारण लाइनअन्तर्गत न्यू खिम्ती-बाह्रबिसे खण्डमा पर्ने ११५ वटा टावरमध्ये ३५ वटा टावरको जग हालिएको छ भने ६ वटा उठाइएको छ। ४४ किलोमिटर यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ।, यो लाइन बनाउन पनि बाह्रबिस सबस्टेसनको ठेकेदारले नै पाएको थियो। तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो। त्यसपछि प्राधिकरणले गरेको नयाँ टेण्डरमा भारतीय कम्पनी केइसी इन्टरनेशनल छनोट भएको थियो। , बाह्रबिसे-लप्सेफेदी खण्डमा पर्ने १२२ टावरमध्ये ९८ वटाको जग हालिएको छ भने ७८ वटा खडा गरिएको छ। वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधलगायतका कारणले निर्माण प्रभावित भएको छ। भारतीय कम्पनी लार्सन एण्ड टर्वो (एलएण्डटी)ले ठेक्का पाएको यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ। लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ। यस खण्डको निर्माण ठेक्का पनि एलएण्डटीले नै पाएको छ।,
बाह्रबिसे सबस्टेसन बनाइरहेका चिनियाँ कम्पनीलाई विद्युत प्राधिकरणको चार महिने अल्टिमेटम
|
सेतोपाटी संवाददाता यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।, विकास समितिका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका ,(किजापूजा)को उत्तम साइत रहेको छ।, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ।,
२०७८ सालको तिहारपर्वसँग सम्वन्धित दिन तथा साईतहरू,
१) वि.सं. २०७८ कात्तिक १६ गते, मंगलबार – यमदीपदान, धनत्रयोदशी (धन्तेरस), धन्वन्तरी जयन्ती।,
२) वि.सं. २०७८ कात्तिक१७ गते, बुधबार – काकबली (कागतिहार) कुकुरतिहार नरकचतुर्दशी (रात्रिका अन्त्यमा तेललगाएर नुहाउने),
३) वि.सं. २०७८ कात्तिक १८ गते, विहिबार – लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि ।,
४) वि.सं. २०७८ कात्तिक १९ गते, शुक्रबार – गोवर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने.सं ११४२ प्रारम्भ । ,
५) वि.सं. २०७८ कात्तिक २० गते, शनिबार – यमद्वितीया भाइटीका ,(किजापूजा) बिहान ११:२ बजे।,
,
भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा
|
सेतोपाटी संवाददाता लोक सेवा आयोगले लिएको उपसचिव पदको परीक्षामा कुनै पनि उम्मेदवार पास भएनन्। परीक्षामा दुई जना उम्मेदवार सहभागी रहे पनि कोही पनि पास भएनन्।, आयोगले गत भदौ ८ र १८ मा परीक्षा लिएको थियो। संघीय संसदको तीन उपसचिव पदका लागि दरखास्त खुलेकोमा जम्मा दुई जनाले मात्रै दरखास्त दिएका थिए। तीमध्ये कोही पनि अन्तर्वार्ताका लागि छनौट भएनन्।, आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाका अनुसार कुनै पनि उम्मेदवार पास हुन सकेनन्।, ,
लोक सेवाले मागेको थियो ३ उपसचिव, परीक्षा दिएका दुबैजना भए फेल!
|
सेतोपाटी ‘पच्चिस सालको पैरो, निङ्वा मैरो’ अर्थात् वि.सं २०२५ मा गएको पहिराले मन उडायो, वीरक्त लगायो।, लिम्बू समुदायमा धान नाच नाच्दा गाइने पालाम(दोहोरी)को यदाकदा सुनिने एक पङ्ति हो यो।, दुई पक्षले सवाल-जवाफमा गाइने पालाममा विसं २०२५ मा बेमौसमी वर्षाका कारण आएको पहिराले पुर्याएको क्षतिका विषय समेटिएका छन् दोहोरीमा।, मिक्लाजुङ गाउँपालिका-५ चिसापानी पञ्चमीका पदमशेर लावतीका अनुसार पालाममा भनिएअनुसार त्यसबेलाको पहिराले मन मात्रै उडाएको थियो तर यसपालिको पहिराले भने आँसु पनि झार्यो।, पहिरामा परी उनका छोरा विष्णुबहादुरको मृत्यु हुनाका साथै खेतबारीमा पनि ठूलो क्षति पुर्यायो। , बेमौसमी वर्षाका कारण यत्रतत्र पहिरो जाँदा मिक्लाजुङ गाउँपालिका क्षतविक्षत बनेको हो।, गत कात्तिक १ गतदेखि ३ गतेसम्म निरन्तर परेको वर्षाले यहाँका सयौं स्थानमा पहिरो झरेको छ। यत्रतत्र पहिरो झर्नाका साथै खोला तथा खोल्सीमा बाढी आएर मानवीय तथा भौतिक क्षति पनि पुर्याएको छ। पहिराका कारण गाउँपालिकाको वडा नं ५ र ७ को स्वरूप नै बदलिएको छ। खेतीयोग्य जमिन भीर, पाखो र बगर बनेका छन्। सयौं घरमा क्षति पुगेको छ। भूकम्पले जस्तै पहिराले जमिन क्षतविक्षत हुँदा स्थानीयबासी कहाँ जाने भन्ने चिन्तामा छन्। बाँकी छ वडामा पनि पहिराले क्षति पुर्याएको छ। , गाउँपालिकाका अध्यक्ष अमरराज माखिमका अनुसार पहिराबाट भौतिक संरचनामा भएको क्षतिको विवरण अझैसम्म यकिन हुन सकेको छैन। यहाँका हजारौं घर, गोठमा पूर्ण वा आंशिक क्षति भएको छ। स्थानीयबासीका खेतबारीमा लगाइएको बाली त नष्ट भयो नै, ती ठाउँ भविष्यमा खेती लगाउन नमिल्ने भएको छ। सडक, खानेपानी, विद्युत, सिँचाइ, विद्यालय, मठमन्दिरलगायत भौतिक संरचनामा पुगेको क्षतिको विवरण वडाले तयार पार्न सकेको छैन।, 'सबै ठाउँमा ठूलो क्षति पुगेको छ। बाटा बन्द छन्, विद्युत अवरूद्ध छ', अध्यक्ष माखिमले भने, 'के-कति क्षति भयो भन्ने कुराको लगत सङ्कलन गर्न वडा कार्यालयहरूलाई भनेका छौं तर ती कार्यालयले समेत तत्कालै पूर्ण विवरण तयार पार्नसक्ने अवस्था छैन।', पहिराका कारण गाउँपालिकाभित्रका अधिकांश सडक पनि क्षतविक्षत बनाएको छ। राँके-रवि-भेडेटार सडकको कन्याटार–कम्फ्युटार खण्डमा मात्रै सयौं साना–ठूला पहिरा झर्दा सडक खुलाउन हप्तौं लाग्नसक्ने अवस्था छ।, विद्युतका पोल तथा तार खोलामा पुगेका छन्। कतिपय सिँचाइ कुलोको नाम निशान नै मेटिएको छ। , बाढी र पहिराका कारण मिक्लाजुङमा मात्रै २२ जनाको मृत्यु हुनाका साथै तीन जना अझैसम्म बेपत्ता छन्। बाढी र पहिराले विस्थापित बनेका सयौं स्थानीयबासी छरछिमेकी तथा आफन्तकहाँ शरण लिएर बसेका छन्। घरबार नहुनेहरू पुनःस्थापनाको प्रतीक्षामा छन् भने घरबार भएकाहरू जोखिमयुक्त स्थानमा बनेर अन्यौलमा दिन काटिरहेका छन्।, पहिराले घर बगाएपछि स्थानीय क्लबको सहयोगमा बसिरहेका लेखगाउँका रविन राईले भने, 'अहिलेसम्म गाउँपालिकाका अध्यक्षबाहेक कोही पनि हामीलाई भेट्न आएका छैनन्। खोइ कहाँबाट सहयोग पाइएला र घर बनाउन सकिएला ?', वडा नं ५ निवासी भकेन्द्र लावतीका अनुसार पहिराका कारण गाउँको संरचनामै परिवर्तन भएको छ।, भूकम्पले जस्तै खेतबारी क्षतविक्षत बनाएकाले पुनः खेती लगाउन सकिने अवस्था नरहेको उनको भनाइ थियो।, 'हाम्रो वडाको ठूलो बस्तीलाई स्थानान्तरण गर्नु नै पहिरोबाट हुनसक्ने क्षतिको दीर्घकालीन समाधान हो', लावतीले भने,'वर्षा भएमा जोखिम उत्तिकै हुन्छ।', आँगनसम्म पहिरो आए पनि डराएर आफ्नै ठाउँमा जीविका चलाउनको विकल्प आफूहरूले पाउन नसकेको मिक्लाजुङ–१ अठभैयाकी सविना ठटालको भनाइ थियो।, 'डर त लाग्छ। यहाँ पहिले पनि पहिरो आएको थियो रे तर अन्यत्र जानसक्ने अवस्था छैन', उनले भनिन्।, अध्यक्ष माखिम बाढी र पहिराले अकल्पनीय क्षति भए पनि कतैबाट सहयोग पाउन नसकेकामा दुःखी छन्।, 'विद्युत, बाटो, खानेपानी अवरूद्ध छ। धेरै संरचनाको पुनर्निर्माण अत्यावश्यक भए पनि ठोस सहयोग पाउन सकेका छैनौं', उनले भने।, प्रधानमन्त्रीले गत कात्तिक ७ गते यस क्षेत्रको निरीक्षण गरी पीडितलाई सहयोग गर्ने वचन दिएका थिए तर दुई सातासम्म सरकारी उपस्थितिबिना जीवन गुजार्नुपर्दा पीडित निराश देखिन्छन्। ,(रासस),
पहिरोले क्षतविक्षत बनायो मिक्लाजुङलाई
|
सेतोपाटी माल्दिभ्सबाट कोरोना भाइरसविरूद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ।, माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौं आइपुगेको हो। , स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ।, उनले खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने बताए। , नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ। ,रासस ,
माल्दिभ्सबाट आइपुग्यो दुई लाख डोज खोप
|
सेतोपाटी संवाददाता कैलालीमा स्रोत नखुलेको नगद र गर-गहनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , धनगढी उपमहानगरपालीका वडा नम्बर ४ स्थित होटल अमन प्लाजामाबाट गत शुक्रबार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो। , पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका वडा नम्बर १ कोटदेवलका २२ वर्षीय मुकेश खड्का, सोहि ठाउँका १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्का छन्।, गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। शुक्रबार नै पक्राउ गरेपनि घटनाबारे प्रहरीले ढिला सार्वजनिक गरेको हो। , प्रहरीले उनीहरूबाट स्रोत नखुलेको ८ लाख ६९ हजार नेपाली र तीन हजार दुई सय भारतीय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए। , साथै सुन जस्तो देखिने धातुका विभिन्न गरगहना ३४.३६० ग्राम र चाँदी जस्तो देखिने धातुका विभिन्न गहनाका ७३७.८७ ग्राम बरामद गरेको प्रहरीले जनाएको छ।, सोमबार उनीहरूमाथि थप कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाएको प्रहरीले जनाएको छ।,
कैलालीमा स्रोत नखुलेको नगद र गहनासहित तीन पक्राउ
|
सेतोपाटी संवाददाता राष्ट्रसंघको महासभा बैठक चल्दै थियो। विभिन्न राष्ट्रका प्रतिनिधिहरूले जलवायु परिवर्तन लगायत विश्वका जल्दाबल्दा विषयमा आफ्नो प्रस्तुति दिँदै थिए।, त्यही बेला बैठक कक्षमा अस्वाभाविक रूपले एउटा पाहुनाको आगमन हुन्छ।, बिनानिम्तो बैठक कक्ष छिरेको त्यो पाहुनालाई देखेर त्यहाँ उपस्थित सबै चकित खान्छन्। कोही डरले कालोनीलो हुन्छन्। कोही त फर्की फर्की पनि हेर्छन्।, त्यो पाहुना ढोकाबाट छिरेर कसैको वास्ता नगरी सरासर अगाडि मञ्चमा पुग्छ र माइकमा आफ्नो कब्जामा जमाउँछ।, ऊ अरू कोही होइन, ६ करोड ६० लाख वर्षअघि नै पृथ्वीबाट लोप भइसकेको भीमकाय जन्तु डायनासोर हो।, राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले संयुक्त अधिराज्यको ग्लास्गोमा बिहीबार सुरू हुने विश्व जलवायु सम्मेलन (कोप–२६) को सन्दर्भमा जारी गरेको भिडिओ हो यो। जलवायु परिवर्तनले कसरी पृथ्वीका जीवजन्तु र वनस्पतिहरू लोप हुने खतरा बढ्दैछ भन्ने सन्देश प्रवाह गर्न युएनडिपीले यो चेतनामूलक भिडिओ तयार पारेको हो।, कोप–२६ को मुखमा सार्वजनिक साढे दुई मिनेटको यो भिडिओले अहिले अन्तर्राष्ट्रिय चर्चा कमाइरहेको छ। यसैबीच युएनडिपी नेपाल नियोगले पनि उक्त भिडिओको नेपाली संस्करण सार्वजनिक गरेको छ जसमा डायनासोरको आवाज वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहले दिएका छन्।, उक्त भिडिओमा डायनासोर राष्ट्रसंघीय महासभा बैठकको मञ्चमा पुगेर त्यहाँ उभिएको एक व्यक्तिलाई 'ठिक छ' भनेर सोध्छ।, ऊ 'ठिक छ' भन्ने भावमा तलमाथि टाउको हल्लाउँछ।, त्यसपछि डायनासोर ‘केही गर्नुपर्छ’ भनेर सोध्छ। त्यो व्यक्ति 'पर्दैन' भन्ने भावमा टाउको दायाँबायाँ हल्लाउँछ।, अनि डायनासोर ‘ल त’ भन्दै माइकसामु उभिन जान्छ।, माइकअगाडि गएर ऊ सबभन्दा पहिला आफ्नो घाँटी सफा गर्छ र भन्न थाल्छः , ‘सुन्नुहोस् मानिसहरू, प्रजातिको लोपबारे मलाई थाहा छ, मलाई बताउन दिनुस्, स्वाभाविक रूपमा तपाईंहरूलाई थाहा छ कि लोप हुनु राम्रो कुरा होइन, तर आफैंलाई जानी जानी समाप्त पार्ने?' , ‘सात करोड वर्षमा मैले सुनेको सबैभन्दा हास्यास्पद कुरा हो यो। हामीलाई त एउटा भन्ने बाटो छ, हाम्रो विनाशको कारण उल्कापिण्ड थियो तर तपाईंहरूको बहाना चाहिँ के? तपाईंहरू विनाशकारी जलवायु विपत्तितिर जाँदै हुनुहुन्छ। यस्तो अवस्थामा पनि सरकारहरू खर्बौं रुपैयाँ जीवाष्मा इन्धनमाथि अनुदान दिन खर्च गरिराखेका छन्। त्यो पैसाले अरू के के गर्न सकिन्छ भन्ने सोच्नुभएको छ? विश्वमा अहिले पनि चरम गरिबी छ। आफ्नो विनाशका लागि खर्च गर्नुभन्दा गरिबलाई सहयोग गर्नु ठूलो पुण्य कर्मजस्तो लाग्दैन तपाईंलाई?’, डायनासोर अगाडि भन्छ, ‘मलाई एकछिन यथार्थ बोल्न दिनुहोस्। तपाईंलाई अद्वितीय अवसर प्राप्त भएको छ। महामारीको घाउ निको पार्न र अर्थनीति पुनर्निर्माण गर्न मेरो एउटा सुझाव राम्ररी सुुन्नुहोस्। लोप हुने बाटो कदापि नरोज्नुहोस्। बहाना बनाउन छोड्नुहोस्। आफ्नो जातिलाई लोप हुनबाट जोगाउनुहोस्।’, यति भनेर अन्त्यमा त्यो डायनासोर सबैलाई ‘धन्यवाद’ दिन्छ।, उसको मन्तव्य सकिएपछि बैठक कक्ष तालीले गुञ्जिन्छ।, यो भिडिओले जैविक इन्धन प्रयोग निरूत्साहित गर्न आह्वान गरेको छ। पछिल्लो समय संसारका विभिन्न देशले जैविक इन्धनमा ४२३ अर्ब अमेरिकी डलर अनुदान दिइरहेका छन्।, यो जैविक संकटसँग जुध्न गरिब राष्ट्रहरूका लागि आह्वान गरिएको रकमको तुलनामा चार गुणा बढी भएको युएनडिपीले जनाएको छ।, Here comes Nepali version of Dino film with ,@NirShah3, VO, who warns us: ,#DontChooseExtinction,
It’s time to end the excuses, and start taking ,#ClimateAction,. Learn more and join ,@UNDP, and ,@FrankieTheDino,.,https://t.co/fV2mCLkAQp, ,pic.twitter.com/sIC0QqRGHp,
— UNDP in Nepal (@UNDPNepal) ,October 29, 2021, , We can’t ignore ,#ClimateChange, any longer. Unless we end the excuses, we’ll be another species facing extinction.,
Join us and ,@FrankieTheDino,, and let's take ,#ClimateAction, before it’s too late: ,https://t.co/vf7PQ2oLeR,#DontChooseExtinction, ,#COP26, ,pic.twitter.com/lwAXw4FCYI,
— UN Development (@UNDP) ,October 27, 2021,
नीर शाहको स्वरमा डायनासोरले दियो राष्ट्रसंघमा सन्देश
|
सेतोपाटी संवाददाता पर्सा जगरनाथपुर गाउँपालिका-४ का २५ वर्षीय सुनिलप्रसाद महतोलाई ठक्कर दिने टिपरका चालकलाई हिरासतमा लिइएको छ।, बा४ख ८७२५ नम्बरको टिपर चालक मकवानपुर थाहा नगरपालिका-११ का २६ वर्षीय मंगललाल सिंहलाई सवारी ज्यानसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान सुरू गरेको हो। उनलाई अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताए।, गत बुधबार राति सवा १० बजे बागमती प्रदेश-२-०३०प ८७२५ नम्बरको नयाँ मोटरसाइकलमा सवार महतोलाई सिनामंगल चोकमा टिपरले ठक्कर दिएको थियो। महतो पठाओ राइडर थिए। महतोको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको थियो। उनीसँगै रहेका यात्रु घाइते छन्।, चालक सिंहलाई प्रहरीले त्यसैदिन कोटेश्वरबाट पक्राउ गरेको थियो।, 'सवारी ज्यानमा निवेदन परेपछि हामीले हिरासतमा राखेर अनुसन्धान थालेका छौं,' भट्टराईले भने।, यस्तोमा प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धानपछि प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँछ।, वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेपछि कसुरदारको सजाय निर्धारण हुन्छ।, सवारी तथा यातायात व्यवस्था ऐन २०४५ र मुलुकी अपराध संहिता ऐन २०७४ समेतका आधारमा सर्वोच्च अदालतले सवारी ज्यान कसुरको सजाय निर्धारण सम्बन्धी मार्गदर्शन २०७५ जारी गरेको छ।, जसमा सवारी सम्बन्धी जघन्य र गम्भीर कसुरको सजाय तोकिएको छ। कसुर हेरेर सवारी ज्यानमुद्दामा जन्मकैद वा तीन वर्षसम्म सजाय हुनसक्ने व्यवस्था छ।, सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा (१)मा ज्यान मार्ने मनसाय लिई सवारीले किचेर ठक्कर दिएकोमा घाइते भएको खण्डमा पनि कसुरदारलाई सजाय निर्धारण गर्नुपर्ने भनिएको छ। त्यस्तो कसुरमा न्यायिक स्वविवेकमा सजाय निर्धाण गर्नुपर्ने भनिएको छ।, यो पनि पढ्नुहोस्ः, बहिनीलाई बिएससी नर्सिङ पढाउने पठाओ राइडर सुनिलको सपना खोस्यो टिपरले, , सुनिलप्रसाद महतो दिनभरि मोटरसाइकल वर्कसपमा काम गरेर बुधबार साँझ आफ्नो डेरा फर्केका थिए।, कलंकीस्थित उनी काम गर्ने वर्कसपबाट डेरा नजिकै थियो। उनी पुग्दा कान्छी बहिनीले कोठामा खाना पकाइसकेकी थिइन्। हत्तपत्त खाना खाएर उनी मोटरसाइकल स्टार्ट गरेर निस्किइहाले।, पर्सा, जगरनाथपुर गाउँपालिका-४ घर भएका २५ वर्षीय महतो दिनभर वर्कसप र रातको समय पठाओ राइडरको काम गर्थे।, दसैंको फूलपातीको दिन मात्रै बागमती प्रदेश-२-०३०प ८७२५ नम्बरको नयाँ मोटरसाइकल निकालेपछि उनले अतिरिक्त कमाइका लागि पठाओ राइडरको काम सुरू गरेका थिए।, बुवा प्रेमचन्द्रका अनुसार सुनिल चार वर्षदेखि काठमाडौं बस्दै आएका थिए। गाउँमा प्लस-टू पढाइ सकेर सुनिल काठमाडौं आएका थिए। यहाँ वर्कसपमा काम गर्न थालेका थिए। उनले आफ्नी कान्छी बहिनीलाई पनि यतै पढाउने भनेर ल्याएका थिए।, अहिले उनकी बहिनी बिएस्सी नर्सिङ पढ्ने तयारीमा थिइन्। ‘बहिनीलाई बिएससी नर्सिङ पढाउने भनेर रातदिन काम गरिरहेको थियो,' शुक्रबार महानगरीय प्रहरी वृत्त गौशालामा भेटिएका प्रेमचन्द्रले मलिन स्वरमा भने।, त्यस दिन साँझ घरबाट निस्केका सुनिल राति अबेरसम्म फर्केनन्। फर्किएलान् नि भनेर बहिनीले पनि राति खोजी गरिनन्।, बिहान सुनिलको मोबाइलमा फोन गर्दा पो उनले थाहा पाइन्- सुनिल त राति नै दुर्घटनामा बितिसकेछन्।, आफ्नै हातले पकाएको खाना खाएर निस्किएका दाजु बितेको त्यो अकल्पनीय खबर बहिनीका लागि आफैंमा पीडादायी थियो। साथमा त्यो घटनाले उनको बिएससी नर्सिङ पढ्ने सपना पनि भताभुंग पारिदिएको छ।, बहिनीलाई नर्सिङ पढाउने चाहना निम्ति संघर्ष गरिरहेका सुनिलका पाइला एकै रातमा रोकिए, सधैंका लागि।, अब छोरी एक्लै काठमाडौं बसेर पढ्लिन् वा नपढ्लिन् भन्नेबारे अहिले नै सोच्ने र भन्ने अवस्थामा छैनन् प्रेमचन्द्र।, प्रहरीका अनुसार त्यस रात सुनिल पछाडि यात्रु लिएर ललितपुर, टिकाथली हिँडेका थिए। सवा १० बजे सिनामंगल चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिएको खबर गौशाखा वृत्तमा पुगेको थियो।, वाकीटकीमै घटनाको सूचना पछ्याउँदै वृत्तको एयरपोर्टस्थित सिआरभी भ्यान सिनामंगल चोक पुग्यो। त्यहाँ सुनिल र उनीसँग रहेका यात्रु रामेछाप, दोरम्बा घर भई ललितपुर, टिकाथली बस्ने ३० वर्षीय अमर पहारी ढलिरहेका थिए।, मोटरसाइकल, चालक र यात्रु तीनतिर थिए, टिपर गायब।, सुनिल अत्यन्त गम्भीर थिए भने पहारी छटपटाइरहेका थिए। दुवैलाई उठाएर प्रहरीले काठमाडौं मेडिकल कलेजको सिनामंगलमै रहेको अस्पताल पुर्याए।, ‘बिहीबार बिहानै सुनिलको उपचार क्रममा मृत्यु भयो,' वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले भने, ‘घाइतेको उपचार भइरहेको छ, उहाँको खुट्टा भाँचिएको छ।', भट्टराईका अनुसार टिपर कोटेश्वरतर्फ गइरहेको थियो। त्यही दिशामा गइरहेको मोटरसाइकललाई टिपरले ओभरटेक गरेको थियो।, ‘ओभरटेक गर्ने क्रममा टिपरको पछाडिको भागले मोटरसाइकललाई ठक्कर दिएको देखिएको छ,' भट्टराईले भने, ‘ठाउँ साँघुरो भएकाले हो वा पेल्दै लगेर ठक्कर दिएको हो, हामी अनुसन्धान गरिरहेका छौं।', ठक्कर दिएपछि टिपर चालक रोकिएनन्। बा४ख ८७२५ नम्बरको टिपर हुँइक्याएर चालक कोटेश्वर पुगिसकेका थिए।, ‘कोटेश्वरबाट टिपर समातेर ल्यायौं, चालकलाई नियन्त्रणमा राखेर सवारी ज्यानअन्तर्गतको मुद्दामा अनुसन्धान गरिरहेका छौं,' उनले भने।, आफ्नो सपना पूरा गर्न रातदिन काम गरिरहेका सुनिल बितेको खबरले बहिनी सम्हालिन सकेकी छैनन्। एक्लो छोरा बितेको खबरले उनकी आमा अर्धबेहोसी अवस्थामा छिन्।, अविवाहित जवान दाजुको मृत्युको खबर बहिनी आफैंले घरमा पुर्याएकी थिइन्। त्यसपछि बाबु प्रेमचन्द्र बिहीबार बिहानै श्रीमतीलाई लिएर पर्साबाट गाडी चढेका थिए।, ‘साँझ ५ बजे आइपुगेका थियौं, त्यसपछि अस्पताल गयौं,' प्रेमचन्द्रले भने।, उनका अनुसार सुनिल र छोरी दसैंमा घर गएका थिएनन्। दाजु-बहिनीले तिहारमा घर गएर भाइटीका मनाउने योजना बनाएका थिए। ‘१७ गते आइपुग्छौं भनेका थिए,' प्रेमचन्द्रले भने।, यस बेलासम्म उनका आँखा टिपपिल भइसकेका थिए। ओठबाट स्पष्ट आवाज निस्किन छाडेको थियो।, काठमाडौंमा रातबिरात, दिउँसै पनि टिपरको आतंक छ। अनियन्त्रित र तीव्र गतिमा हुइँक्याइने टिपरका कारण सुनिलजस्ता सपना बोकेका धेरैको ज्यान राजधानीमा गइसकेको छ।, सुनिलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ। पोष्टमार्टम सकिएपछि मात्रै दाहसंस्कारका लागि शव आफन्तको जिम्मा लगाइने डिएसपी भट्टराईले बताए।, भट्टराईका अनुसार पठाओमा दर्ता हुँदा मोटरसाइकलको बिमा गरिएको पाइएको छ। दुर्घटनामा मृत्यु भए पाँच लाख रूपैयाँसम्म पीडित परिवारलाई उपलब्ध गराइन्छ।, यसबाहेक टिपर चालकलाई सवारी ज्यानसम्बन्धी मुद्दामा कारबाही हुन्छ। ‘हामी अनुसन्धान गरिरहेका छौं, कसुर हेरेर अधिकतम सजायका लागि अपिल गर्दछौं,' भट्टराईले भने।, प्रहरीले घटनास्थलको मुचुल्का प्रतिवेदन राखेको छ। शुक्रबार प्रेमचन्द्रले वृत्तमा सवारी ज्यानमुद्दामा जाहेरी दिएपछि घटनाको अनुसन्धान अघि बढेको भट्टराईले बताए।, ‘दुर्घटना भएर पठाओ राइडरको मृत्यु भएको यो पहिलो घटना भएको बुझिन आएको छ,' भट्टराईले भने।,
पठाओ राइडरलाई ठक्कर दिने टिपर चालक प्रहरी हिरासतमा
|
सेतोपाटी संवाददाता मानव बेचबिखन अपराधमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ घर भई हाल तार्केश्वर नगरपालिका वडा नम्बर ७ फुटुङ नागपोरीमा बस्दै आएका ३९ वर्षीय जान्द्रे भन्ने रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिए। , उनीमाथि एक महिलालाई नयाँदिल्लीस्थित जिबी रोडको ५९ भन्ने कोठीमा पुयाई बेचेको आरोप छ। ती महिला आफ्ना श्रीमानको शारीरिक तथा मानसिक यातनाबाट पीडित थिइन्। , जसकारण उनले आफ्नो जीविकोपार्जन गर्न काठमाडौंको जमलस्थित एक किताब पसलमा सरसफाइको काम गर्न थालेकी थिइन्। , त्यसैक्रममा श्रीमानले आफ्नो साथी भन्दै जान्द्रेलाई चिनाएका थिए। चिनजानपछि जान्द्रेले ती पीडित महिलाको सम्पर्क नम्बर पनि लिइसकेका थिए।, ती महिलालाई पटक-पटक फोन गरेर जान्द्रेले कहिले उनको तारिफ गर्थे त कहिले अर्कै ठाउँमा काम लगाउने भन्दै फकाउँथे।, 'निकै मेहनती रहिछौ। घरमा पनि राम्रो रहेनछ, कति श्रीमानको कुटाई गाली खाएर बस्छौ। मसँग राम्रो काम छ। पैसा पनि राम्रो पाउँछौ। काम गर्न जाने ठाउँ अलि टाढा छ तर चिन्ता नगर म आफैं लगेर छाडेर आउँछु। तिमीले साडीमा बुट्टा भर्ने काम गर्नुपर्दछ, खान बस्नसहित १० हजार दिन्छ,' जान्द्रेको भनाई उदृत गर्दै प्रहरी उपरीक्षक द्विवेदीले भने।, त्यही प्रलोभनमा परी ती महिला कामको लागि जान तयार भइन्।, उनी २०७४ साल साउन अन्तिमतिर काठमाडौंको स्वयम्भूबाट भाडाको बसमा चढिन्। , भोलिपल्टै उनी नेपाल-भारतको सीमामा पुगिसकेकी थिइन्। तर उनलाई सो ठाउँ यकिन छैन। एउटा मोटरसाइकल चढेर उनीहरूले सीमा पनि पार गरिसकेका थिए।, त्यसरी जान्द्रेले ती महिलालाई नयाँ दिल्लीको जिबी रोडको ५९ भन्ने कोठीमा पुर्याए बिक्री गरेको प्रहरी उपरीक्षक द्विवेदीले बताए। , त्यहाँ ती महिलालाई एकै दिन १५ देखि २० जनासम्म अपरिचित मानिसहरूसँग जबरजस्ती शारीरिक सम्पर्क गराउने गरिएको थियो। उनी बेचिएको कोठीमा प्रहरीले पनि छापा मार्यो। , तर त्यसको सूचना कोठी सञ्चालकले पहिल्यै जानकारी पाएर उनी लगायत सानो उमेरका केटीहरूलाई अन्डरग्राउण्ड कोठामा लुकाएको पीडितले जाहेरीमा उल्लेख गरेकी छन्।, प्रहरीले पनि आफूहरूलाई फेला नपारेपछि उनी त्यही कोठीमा जबरजस्ती एक वर्षसम्म काम गर्नुपर्यो र त्यहाँबाट पनि ६४ नम्बर लगायत अन्य विभिन्न कोठीमा उनी बेचिएकी थिइन्।, त्यसैबीच उनी बिरामी पनि भइन्। चेकजाँच गर्न जाँदा उनको पाठेघरमा पानी जम्ने र टिबीको समस्या देखियो। , नियमित औषधि सेवन गरी महिनाको एक-दुई पटक जाँच गराउन मेडिकल जाने अनुमतप समेत पाउँथिन्। , त्यही चेकजाँच गराउनेक्रममा उनले आफ्नै चिनजान भएकी चितवनकी एक महिलाको सहयोगमा उनले आफन्तलाई फोन गरी गुहार मागिन्। , आफन्तले अवस्था थाहा पाएपछि नयाँ दिल्लीबाट गत चैतमा उनको उद्धार गरी नेपाल फिर्ता ल्याएको हो।, उद्धार भएसँगै जान्द्रेविरूद्ध उनले गत वैशाखमा ब्युरोमा बेचबिखन तथा ओसारपसार मुद्दामा जाहेरी दर्ता गराएकी थिइन्। , सोही मुद्दामा प्रहरीले जान्द्रेलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान अघि बढाएको छ। ,
दिल्ली लगेर महिलालाई बचेको आरोपमा एक पक्राउ
|
सेतोपाटी संवाददाता नेपालमा थप ५ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ६४ जनाको कोरोना परीक्षण गर्दा ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। , मन्त्रालयका अनुसार ७४६८ जनाको पिसिआर र ४१९६ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, योसँगै अहिले नेपालमा ९ हजार ३१८ जना सक्रिय कोरोना संक्रमित छन्। , सोमबार ४९० जना संक्रमणबाट निको भएका छन्। यसको संक्रमणबाट थप ९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ११ हजार ४१६ जनाको मृत्यु भएको छ। , यस्तै, काठमाडौं उपत्यकामा थप २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , काठमाडौंमा मात्रै १६२ जना, ललितपुरमा ५० र भक्तपुरमा १६ जना संक्रमित थपिएका हुन्।,
,
नेपालमा थप ५ सय ३३ जनामा कोरोना संक्रमण
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, सोमबार उपत्यकामा थप २२८ जनामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।, जसमध्ये काठमाडौंमा मात्रै १६२ जना, ललितपुरमा ५० र भक्तपुरमा १६ जना संक्रमित थपिएका हुन्।, अहिले काठमाडौं उपत्यकामा २०७३ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा १०१८ जना, भक्तपुरमा ५३८ र ललितपुरमा ५१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। , यस्तै, पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ६४ जनाको कोरोना परीक्षण गर्दा ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।, योसँगै अहिले नेपालभर ९ हजार ३१८ जना सक्रिय कोरोना संक्रमित छन्। , सोमबार ४९० जना संक्रमणबाट निको भएका छन्। यसको संक्रमणबाट थप ९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ११ हजार ४१६ जनाको मृत्यु भएको छ। ,
,
काठमाडौं उपत्यकामा थपिए २२८ संक्रमित
|
सेतोपाटी संवाददाता कैलालीमा कारले ठक्कर दिँदा साइकलमा सवार महिलाको मृत्यु भएको छ।, सोमबार बेलुका जानकी गाउँपालिका–५ अमौरीमा लम्की–टीकापुर सडकखण्ड अन्तर्गत बा १६ च ५३४९ नम्बरको कारले ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँकी ३० वर्षीय अनिता डगौराको मृत्यु भएको हो।, साइकलमा सवार दुई जना कारको ठक्करबाट घाइते भएका छन्। उनीहरूको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।,
घाइते अनिताको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ। ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।,
कारले ठक्कर दिँदा साइकलमा सवार महिलाको मृत्यु
|
सेतोपाटी संवाददाता जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका एक पुरूष पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ रानागाँउका २७ वर्षीय खुमबहादुर थापालाई दाङ देउखुरी जिल्ला अदालतले २०७७ साल मंसिर २१ गते १२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो। , फैसलापछि फरार रहेका उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो। , फरार प्रतिवादी थापा घरमै लुकेर बसेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले सेतोपाटीलाई बताए।, थापालाई आइतबार अदालतमा उपस्थित गराइएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि सोमबार कारागार चलान गरिएको रिजालले बताए।,
बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका युवक पक्राउ
|
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, बर्दियाको ठाकुर बाबा नगरपालिका वडा नम्बर ३ जुटपानी बस्ने २५ वर्षीय महेश चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। , सोमबार बलेफी गाउँपालिका वडा नम्बर ७ खाँडीचौरस्थित श्री बाल शिक्षा माविको नयाँ भवनमा पिलरको ढलान गर्ने क्रममा बायो मोटर चलाउँदा एक्कासी करेन्ट सट भई चौधरीलाई लागेको थियो। , करेन्ट लागेर बेहोस भएका उनको उपचारको लागि स्थानीय संजीवनी मेडिकल खाँडीचौर लगिएको थियो। त्यहाँबाट सामान्य उपचार गरी धुलिखेल अस्पताल पठाउन रिफर गरिएको थियो। , धुलिखेलमा उपचार हुन नपाउँदै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। ,
सिन्धुपाल्चोकमा करेन्ट लागेर एकको मृत्यु
|
सेतोपाटी संवाददाता अवैध तरिकाले नेपाल भित्रिएका ११ मध्ये पाँच जना अफगान नागरिक मेक्सिकोतर्फ प्रस्थान गरेका छन्। , अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार आइतबार पाँच जना अफगान नागरिक मेक्सिको गएका हुन्।, उनीहरूसँग मेक्सिकोको भिसा भएको कारण आफूहरूले सहजीकरण गरिदिएको उनले बताए।, 'केही मान्छेहरू आफ्नै हिसाबले गएका हुन्। मेक्सिकोको भिसा थियो उनीहरूसँग त्यही हिसाबले गएका हुन्,' महानिर्देशक भट्टराईले भने, 'तर फर्किन सक्छन्। ठ्याक्कै भन्न सकिने अवस्था छैन।', मेक्सिको गएका उनीहरू एकै परिवारका पाँच सदस्य हुन्। परिवारमा श्रीमान-श्रीमती, आठ वर्षीय बालक, ११ र १७ वर्षीया बालिका छन्।, श्रीमानले पहिले अफगानिस्थानमा हुँदा राष्ट्रसंघको लागि काम गरिसकेका थिए। , गत आइतबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको सिनामंगलस्थित फेसबुक नामको होटलबाट ११ जना अफगान नागरिकलाई पक्राउ गरेको थियो। , उनीहरू सो होटलमा दुइटा कोठा लिएर बसेका थिए। ब्युरोले थाहा पाएर उनीहरूलाई नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानको लागि अध्यागमन विभागमा बुझाएको थियो। , अहिले बाँकी ६ जना विभागको सम्पर्कमा छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको विभागले जनाएको छ। यद्यपि उनीहरूलाई के गर्ने भन्ने निर्णय नभइसकेको विभागका महानिर्देशक भट्टराईले बताए।, 'बाँकी ६ जना पनि हाम्रै सम्पर्कमा हुनुहुन्छ। निर्णय भइसकेको छैन, निर्णय भएपछि भनौंला,' उनले भने। , ११ जना अफगान नागरिक दिल्ली हुँदै रूपन्देहीको सुनौली नाकामार्फत् नेपाल भित्रिएका थिए। सुरूमा ६ जना नागरिक काठमाडौं आएर बसेका थिए। पछि एकै परिवारका पाँच जना काठमाडौं आइपुगेका हुन्। , यो पनि: ,किन आए ११ अफगान नागरिक काठमाडौं? कसरी पक्राउ परे?,
,
पक्राउ परेका ११ मध्ये एकै परिवारका पाँच अफगान नागरिक गए मेक्सिको
|
सेतोपाटी संवाददाता अछाममा १४ दिनदेखि बेपत्ता पुरूष मृत फेला परेका छन्।, कमलबजार नगरपालिका–५ कुईकाका ३४ वर्षीय रेशमराज तिमिल्सेना गैरिटाँड बजार नजिकै बाँसको झारीमा मृत फेला परेका हुन्।, उनी असोज ३१ गतेदेखि गैरीटाँडको एक होटलमा बसेका र त्यसपछि बेपत्ता थिए।, कात्तिक २ गतेदेखि प्रहरीको टोलीले खोजी कार्य गरे पनि फेला पार्न सकेको थिएन। सोमबार उनी बेपत्ता भएको ठाउँनजिकै मृत फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। ,
मृतकका आफन्तले घटना रहस्मय भएकोले सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। , मृत फेला परेका तिमिल्सेना नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए र भुवनेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष पनि हुन्।,
कांग्रेस क्षेत्रीय प्रतिनिधि मृत फेला
|
सेतोपाटी संवाददाता काठमाडौंबाट अवैध रूपमा ल्याएको सुन जस्तो देखिने धातुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, रुपन्देही सैनामैना नगरपालिका वडा नम्बर ६ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर २६ मित्रनगर बुद्धमार्गस्थित होटल परेली डिलक्समा बस्ने ३५ वर्षीय बसन्त लम्साललाई पक्राउ गरेको हो। , उनीबाट अवैध रूपमा ल्याएको ३ सय ग्राम तौलको ६ थान सुन जस्तो देखिने धातुका बाला बरामद गरेको प्रहरीले जनाएको छ। , उनलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो। , महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले बुद्धमार्गस्थित सडकमा जाँच गर्नेक्रममा उनको साथबाट सुन जस्तो देखिने धातु फेला पारी पक्राउ गरेको हो। , उनलाई उक्त धातुसहित आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ।,
काठमाडौंबाट सुन जस्तो देखिने धातुसहित एक पक्राउ
|
सेतोपाटी संवाददाता सरकारले तिहारका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड-१९ विरूद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ।, उपत्यकाका कलंकी, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको हो। ,रासस,
काठमाडौं उपत्यकाबाट बाहिरिनेलाई खोप, यी स्थानमा लगाउन सकिने
|
राजेश घिमिरे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोक्न खोज्दा फसेको बताएका छन्।, चितवनमा पार्टीको भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई बोकेर हिँड्दा फसेको भन्दै अब गल्ती नदोहोर्याउने बताए। , ‘चितवनमा नेपाली कांग्रेसले छोरी बोक्यो भनेर बाउ बोक्न खोज्दा फसियो,’ उनले भने, ‘अब यसरी फसिन्न।’, गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई समर्थन गरेपछि ओलीले भरतपुरमा भाषण गर्दै ‘कांग्रेसले माओवादीको छोरी बोकेको’ टिप्पणी गरेका थिए।, त्यसको केही महिनापछि भएको संसदीय निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो। पछि दुई पार्टी एकीकरण भएर नेकपा बनेको थियो।, ओलीले चितवनमा महाधिवेशन गर्ने भन्दा प्रचण्डका सातो गएको बताए।, ‘हामीले चितवनमा महाधिवेशन गर्ने के भन्याथ्यौं, गाउँ खाने कथामा जस्तो सरोफेरो सप्पै मेरोजस्तो पो गर्न खोजे,’ उनले भने, ‘हामीले महाधिवेशन कहिले बुटवलमा गर्यौं, कहिले नेपालगञ्जमा गर्यौं, अहिले चितवनमा गर्ने भनेका न हौं। महाधिवेशन नगरेको भए आफैंले जित्ने जस्तो पो गर्दैछन्।’, उनले प्रचण्डबाट जनता र आफूले धेरै धोका खाएको भन्दै झन्डै दुई तिहाइ पुगेको कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाउने मान्छेलाई जनताले चिनिसकेको बताए।, ओलीले चितवन भगवान रामको जन्मभूमि, रामायण लेखिएको बाल्मिकी आश्रम, त्रिवेणी, सीता अन्तर्ध्यान भएको क्षेत्र रहेको भन्दै यस्तो ठाउँमा प्रचण्डलाई जिताउन भनेर आफूले काँधमा बोकेर हिँडेको सम्झँदा छक्कै पर्ने गरेको बताए।, ओलीले सेटिङ गरेर अदालत मिलाएर आफूलाई हटाइएको दाबी गरे। संवैधानिक ढंगले अघि बढेर हटाउन नसकेपछि असंवैधानिक बाटोबाट मर्यादित संस्थाहरूको हुर्मत लिएर परमादेशबाट सरकार बनाएको बताए।, ‘अहिले त न्यायधीशहरूले नै बकपत्र गर्न थालिहाले, हामीले भन्नै पर्दैन,’ उनले भने, ‘नेकपा एमालेलाई कसै गरे पनि संवैधानिक बाटोबाट हटाउन सकिँदैन भन्ने भएपछि सेटिङ मिलाइयो। तैपनि यो सरकारलाई ढाल्न समय खर्च नगर्ने उनले बताए। एमालेले चाहयो भने वर्तमान सरकारलाई सात दिन भित्रैमा ढाल्न सक्ने दाबी गर्दै उनले भने, ‘तर हामी तत्काल यसो गरेर समय खेर फाल्दैनौं। महाधिवेशन गरेर जनताकोमा जान्छौं, जनताको मत जितेर मूल ढोकाबाट सिंहदरबार छिर्छौं।’, उनले पाँच दलीय गठबन्धन एक ठाउँमा आए पनि नडराउने बताए।, ‘एमाले एक्लै काफी छ,’ कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘एक्लैले बहुमत ल्याउनेगरी धनुषबाट छुटेका वाणजस्तो सनसनाएर काममा लाग्न आग्रह युवाहरुलाई अग्रह गर्छु।’, उनले एमालेलाई निर्वाचन जित्न कुनै वैशाखीको सहारा आवश्यक नपर्ने बताए। उनले आगामी निर्वाचनमा तीन तहकै सरकारमा एमालेले एकल बहुमत ल्याउने दाबी गर्दै महाधिवेशनले यसका लागि उर्जा दिने बताए।, ‘आगामी निर्वाचनमा अरू दललाई धोबीले लुगा पछारे झैं पछार्ने हो, सबैतिर जित्ने एमालेले नै हो। रोक्न सक्छौ भने रोक,’ उनले भने, ‘बत्ती निभाएर, मतपत्र च्यातेर, चुनाव जितौंला भन्ने कसैले नसोचे हुन्छ।’, दिउँसो स्थलमार्ग हुँदै चितवन आइपुगेका ओलीले नारायणगढ-मुग्लिङ सडक खण्डस्थित दासढुंगामा पुगेर मदन भण्डारी र जीवराज आश्रितको प्रतीमामा फूल चढाएका थिए। भरतपुर महानगर कमिटीको महाधिवेशनमा सहभागी भएका ओलीले जिल्ला पार्टी कार्यालय पुगेर महाधिवेशन सचिवालयको उद्घाटन गरे। ओलीले महाधिवेशनको बन्दसत्र गर्ने तय गरिएको सौराहा क्षेत्र, नारायणी नदीमा बनेको क्रुज सिपको अवलोकन गर्ने कार्यक्रम छ।, ओली मंगलबार माडीमा उनैको अग्रसरतामा बन्न थालेको राम, सीता मन्दिर पुग्ने कार्यक्रम छ। ओलीले प्रधानमन्त्री छँदा भानु जयन्तीको दिन मन्तव्यका क्रममा भगवान् रामको जन्म चितवनको आयोध्यापुरीमा भएको दाबी गर्दै यहाँ अयोध्याधाम निर्माण गर्ने घोषणा गरेका थिए। त्यही घोषणाअनुरूप उनले राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति तयार पारेर पठाएका थिए। ओली प्रधानमन्त्रीबाट हटेसँगै अयोध्याधाम पनि ओझेलमा पर्दै आएको थियो।,
कांग्रेसले छोरी बोक्यो भनेर बाबु बोकेको धोका खाइयो: ओली
|
सेतोपाटी संवाददाता डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकाका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ।, गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन्।, पालिकाले सरकारको निर्णयानुसार कर्मचारीको तलब वृद्धि गर्नुपर्ने भन्दै गरिएको विद्यालय बन्दको यहाँको गाउँपालिका शिक्षक महासङ्घले ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागिता जनाएको छ।, जिल्लामा रहेका अन्य पालिकाले आफ्ना विद्यालयका शिक्षकसँगको सहमतिमा पारिश्रमिक बढाएको तर उक्त गाउँपालिकाले बेवास्ता गरेको भन्दै शिक्षक तथा कर्मचारी आन्दोलित बनेका गाउँपालिका शिक्षक महासङ्घका अध्यक्ष गणेश दहालले जानकारी दिए।, उनका अनुसार सङ्घीय सरकारले निर्णय गरेबमोजिम स्थानीय सरकारका तर्फबाट प्रतिव्यक्ति सात हजार पारिश्रमिक बढाउनुपर्ने र माग पूरा नहुञ्जेलसम्मका लागि गाउँपालिकामा रहेका ३३ वटै विद्यालय बन्द गर्ने निर्णय गरी तालाबन्दी गरिएको हो।, कोरोना भाइरसका कारण विद्यार्थीको पढाइ पूरा हुन नसकी अन्योलता कायमै रहेका बेला पुनः शिक्षकबाट विद्यालय बन्द हुनु दुःखद् रहेको र विद्यालय कर्मचारी तथा सहजकर्ताको माग चाँडो सम्बोधन गरी विद्यालय सञ्चालन गर्नुपर्ने नेपाल विद्यार्थी सङ्घका अध्यक्ष गणेश खड्काले बताए। गाउँपालिकाले तलब वृद्धिका विषयमा कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन। रासस,
तलब वृद्धि नगरेको भन्दै आदर्श गाउँपालिकाका डोटीका ३३ विद्यालय बन्द
|
चन्द्रकला भण्डारी नेपालका पूर्वीसीमा काँकडभिट्टाबाट पौने दुई सय किलोमिटर मोटर यात्रापछि फुन्चोलिङ सहरको प्रवेशद्वार पुगेर चिहाउँदा भुटान चकमन्न थियो।, पहाडी पाखोमा सफा र हरियाली फुन्चोलिङ बजार बन्द थियो। सर्वसाधारण घर बाहिर निस्किएका थिएनन्। सडकमा सरकारी गाडी मात्र पातलो कुदिरहेका थिए। प्रवेशद्वारमा वारिपारि हेर्न सकिने आँखीझ्याल छन्। भारततिरका स्थानीय तथा पर्यटक त्यही आँखीझ्यालबाट भुटान चिहाउने गर्छन्।, फुन्चोलिङको यो चकमन्नता कोभिड–१९ को महामारीको प्रभाव शून्यमा झार्न भुटान कठोरतापूर्वक कसरी जुधिरहेको छ भन्ने दर्शाउन पर्याप्त छ। आफ्ना नागरिकको स्वास्थ्य सुरक्षामा निकै ध्यान दिँदै आएको भुटानी सरकारले भुटानभित्र आन्तरिक आवतजावतमा मात्र नभएर बाह्य मुलुकसँगको सम्पर्कमा कडाइ गरेको छ।, भारतसँगको सीमा लगातार बन्द गर्दा फुन्चोलिङ नाका यसरी नै लामो अवधिदेखि सुनसान छ। दुई दिनअघि काँकडभिट्टाबाट भारतको पानीट्याङ्की नाका हुँदै भुटान सीमा पुग्दा बाटामा रहेको सिलिगुढी, जलपाइगुढी, मालबजार, वीरपाडालगायतका सहर फुन्चोलिङजस्तो सुनसान थिएनन्।, फुन्चोलिङसँगै टाँसिएको सीमान्त सहर जयगाउँ भीडभाडयुक्त थियो। मास्क लगाएका र नलगाएका सर्वसाधारण बराबरी थिए। बजारमा तिहारको किनमेल सुरु भइसकेको थियो। जयगाउँ छिचोलेर ‘फुन्चोलिङ गेट’ पुग्दा भुटानतिर ठिकविपरीत दृश्य देखिएको थियो।, सुरक्षाकर्मीको बाक्लो पहरा थियो। मास्क लगाएर उभिएका सुरक्षाकर्मी सीमामा रहेको मितेरी गेटमा ताला लगाएर उभिएका थिए। भुटान जान चाहने केही भारतीयहरु पिठ्युमा बडेमानका झोला बोकेर फलामे गेट बाहिरबाट भुटानी सुरक्षाकर्मीहरुसँग कुराकानी गरिरहेका थिए।, फुन्चोलिङ सीमावर्ती जयगाउँभन्दा जनसङ्ख्याको हिसाबले धेरै गुणा ठूलो सहर हो। फुन्चोलिङका होटल, पसल, सरकारी कार्यालय र यातायात कोभिडको महामारी सुरुआत भएयता खुलेकै छैनन्।, यस्तो लाग्थ्यो, अझै त्यहाँ कडा बन्दाबन्दी छ कफ्र्युजस्तै। स्थानीयवासीसँग बुझ्दा फुन्चोलिङ भुटानको मुख्य व्यापारिक सहर भएकाले विगतमा यहाँ आवतजावत बाक्लो हुने गथ्यो।, भुटानका लागि चाहिने पेट्रोलियम पदार्थमा आधारित इन्धन र खाद्य सामग्री यही नाका भएर भुटानभर पुग्ने गरेको छ तर कोभिड–१९ को महामारीपछि भुटानले सीमाको सिलबन्दी खुला गरेको छैन। भारत र भुटानका बासिन्दालाई एकअर्काका देशमा आउजाउ गर्न नेपाल र भारतमा जस्तै प्रवेशाज्ञा चाहिदैन तर भुटानले सङ्क्रमणबाट देशलाई जोगाउन भारतका नागरिकलाई समेत प्रवेश दिएको छैन।, भुटानको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार भुटानमा हालसम्म दुईहजार ७२० सङ्क्रमित भएका छन्। तीमध्ये दुई ६१० निको भएर घर फर्किसकेका छन् भने मात्र सात अहिले सक्रिय सङ्क्रमित अवस्थामा छन्। यहाँको मृत्युदर विश्वकै अति कम मानिन्छ। मात्र तीनले कोरोनाका कारण ज्यान गुमाउनुपरेको भुटानको आधिकारिक सरकारी समाचार संस्था क्वीनसेलले जनाएको छ।, भुटानको जनसङ्ख्या सात लाख ८३ हजार रहेको छ भने फुन्चोलिङ सहरमा १७ हजारको बसोबास भएको मानिन्छ। राजधानी थिम्पुमा ९९ हजार, पुनाखामा २१ हजार ५०० र चिराङमा १९ हजार जनसङ्ख्या छ। पारो र थिम्पुमा हवाई सेवाका लागि विमानस्थल छन्।, थोरै जनसङ्ख्या, पातलो बस्ती, स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कडाइ र कोरोनाविरुद्धको खोपमा सफलताका कारण भुटानले महामारीलाई सजिलै परास्त गर्न सकेको मानिन्छ। कूल जनसङ्ख्याको ६७ प्रतिशत (कम्तीमा पाँच लाख १७ हजार)ले कोरोनाविरुद्धको पूर्णखोप र ७६ प्रतिशत ९कम्तीमा पाँच लाख ८६ हजार०ले एक डोज खोप लगाइसकेको भुटानको स्वास्थ्य मन्त्रालयको दाबी छ।, यो पङ्तिकार भुटानी प्रतिनिधिमण्डलको समेत सहभागिता रहने पर्यटन प्रवर्द्धनसम्बन्धी एउटा अन्तरदेशीय बैठकका लागि भुटान सीमासम्म गएको हो। तर सीमाको कडाइका कारण भुटानी प्रतिनिधिमण्डल बैठकमा आउन सकेन। भुटानीहरुलाई बाह्य मुलुकका नागरिकसँग भेटघाट गर्दा कोरोना भित्रिन्छ भन्ने त्रास बाँकी नै रहेछ।, काठमाडौँको सिंहदरबार प्रवेशद्वारजस्तै थियो फुन्चोलिङ प्रवेशद्वार। ड्रागन चित्र अङ्कित यो प्रवेशद्वार कलात्मक छ। सबैको जिज्ञासा छ– त्यहाँ लगाइएको ताला कहिले खुल्ला रु सीमामा तैनाथ एक भुटानी सुरक्षाकर्मीले यो प्रश्नको उत्तर दिन चाहेनन्। तर सीमामै तैनाथ भारतीय भन्सार अधिकारीहरुले तिहारपछि आगामी मङ्सिर ७ गतेसम्ममा भुटानले सीमा खुला गर्ने सम्भावना व्यक्त गरे।, भुटान नेपालजस्तै पहाडी मुलुक हो। नेपालमा तराई भूभाग १७ प्रतिशत छ। तर भुटानमा तराई छैन। भुटानको दक्षिणी क्षेत्रमा नेपाली भाषीहरुको बाक्लो बसोबास छँदैछ। त्यसैगरी भारतको पश्चिम बङ्गाल र आसामसँग भुटानको सीमा जोडिएको छ। यहाँ नेपाली भाषीको बाहुल्य नै छ।, भुटानसँग भारतको खुला सीमा भएको हुँदा खोला, जङ्गल र बस्तीले धेरै स्थान जोडिएका छन्। अलिपुरद्वार जिल्लाको मदारीहाट निवासी किरण उपाध्यायले सीमामा बसोबास गर्ने भेपालीभाषी भारतीयहरुले भुटानी बस्तीमा बिहेबारीको सम्बन्धसमेत गाँस्ने गरेको सुनाए।, उनका अनुसार भारतका नेपालीहरु घुमघाम र नातागोता भेटघाटका लागि भुटानतिर जाने गर्छन्। साम्ची, फुन्चोलिङ, गम्टु, पग्ली लगायतका गाउँमा बढी ओहोरदोहोर हुने गरेको उपाध्यायले बताए। यसलाई उनले भुटानसँगको रोटीबेटीको सम्बन्धको सङ्ज्ञा दिए।, कोभिड–१९ को महामारीपछि आउजाउ ठप्प रहेको र त्यहाँको अवस्था सामान्य रहेको बताइएको छ। भारतमा नेपालीभाषीहरुले आफूलाई गोर्खा र नेपाली दुवै पहिचानले चिनाउने गरेका छन्। भुटान होस् या भारत, नेपाली भाषीहरुले आफ्नो संस्कृति, परम्परा, पहिरन, खानपान र संस्कारको भने बहुतै जगेर्ना गर्दै आएको पाइन्छ।, दसैँ, तिहारजस्ता ठूला पर्वमा भुटानभित्र समेत नेपालकै झल्को दिने रौनक आउने गरेको सीमावर्ती बासिन्दा बताउँछन्। तिहारमा भाइटीका लगाउने, देउसी भैली खेल्ने र सेल रोटी पकाएर खान यहाँका नेपाली रुचि राख्छन्। इतिहास खोतल्दा भारतको डुवर्स क्षेत्र कुनै बेला भुटानको अधिनस्थ रहेको देखिन्छ।, भुटानबाट समथर क्षेत्र भारततिर आवतजावत गर्ने १८ वटा ढोका ९गौडा०हरु रहेको र ब्रिटिशहरुले त्यसैलाई प्रचलित गराउँदै डुवर्स नामाकरण गरेको बताइन्छ। इतिहासकार सेलेन देवनाथले आफ्नो पुस्तक ‘द डुवर्स इन हिस्टोरिकल ट्रान्जिसन’मा उल्लेख गरे अनुसार मध्ययुगमा डुवर्स इलाकामा कामतापुरी राज्य थियो।, भुटानले कुनै बेला आक्रमण गरी कामतापुरलाई आफूमा अधिनस्थ गराएको थियो। पछि सन् १८६५ मा भएको युद्धमा पराजित भएपछि भुटानले ब्रिटिश सत्तालाई डुवर्स क्षेत्र सुम्पिएको मानिन्छ। अङ्ग्रेज शासनको अन्त्यपछि भारतले यस क्षेत्रलाई भारतमा विलय भएको घोषणा गरेको थियो।, डुवर्स र भुटानबीच परापूर्वकालदेखि निकट सांस्कृतिक सम्बन्ध रहेको मानिन्छ। यो सम्बन्धलाई अकरिलो परिस्थिति व्यहोरेर भए तापनि नेपाली भाषीले अहिलेसम्म धान्दै आएका छन्। डुवर्स र दक्षिण भुटानको जङ्गललाई फडानी गरेर मानव बस्ती बसाउने भूमिकाका लागि नेपाली भाषीको योगदानलाई भारत र भुटान दुवैतिर स्वीकार गरिँदै आएको छ।, (रासस),
यस्तो छ कोरोना नियन्त्रणमा भुटानी प्रयास
|
सेतोपाटी कोहलपुरमा चितुवाको छाला र हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्टहाउसमा बसेका सुर्खेत र बाँकेका तीन जनाको साथबाट चितुवाको छाला एक थान र एक किलो ४० ग्राम हड्डी बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।, उनका अनुसार सागर गेष्ट हाउसको कोठा नं २०५ मा बसेका सुर्खेत पञ्चपुरी नगरपालिका-७ निवासी रमेश बयक र वसन्त बिसी तथा बाँके राप्तीसोनारी गाउँपालिका–९ निवासी हिरासिंह विकलाई प्रहरीले चितुवाको छाला र हड्डीसहित नियन्त्रणमा लिएको हो ।, बाँकेमा चितुवा, रेडपाण्डालगायतको छाला र हड्डीको कारोबारका क्रममा प्रहरी पटक–पटक संलग्नलाई पक्राउ गर्न सफल भएको छ।, पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए।,रासस,
चितुवाको छाला र हड्डीसहित तीन पक्राउ
|
सेतोपाटी पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रूख काट्न सुरु गरिएको छ।, मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो। बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ।, पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने छ।, सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रूख काट्नुपर्ने छ। तनहुँ खण्डमा रूख काट्न वन विभागबाट स्वीकृति पाइसकेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए।, उनकाअनुसार सडक आयोजनाले रूख काटेर वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ। कास्की खण्डमा भने एक हजार दुई सय पचास रूख काट्न विभागबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइएको छ।, सडक विस्तारका लागि निर्माण कम्पनीले चीनबाट उपकरण ल्याएको छ। सडकखण्डको ८० किलोमिटरमध्ये म्याग्दे गाउँपालिका–१ गुणादी क्षेत्रको आठ किलोमिटर दूरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम सकिएको छ।, २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ।, आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ।, हाल आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ। जामुने–पोखरा पश्चिम खण्डमा भने काम सुरु हुने चरणमा छ। निर्माण कम्पनी फिल्डमा आएर काम थालेको मुग्लिन पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए।, रु ६ अर्ब २१ करोड ३१ लाखको लागतमा सो खण्डको ठेक्का सम्झौता भएको छ। मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का पाएको यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि भने कोरोनाको कारण भदौ दोस्रो साता मात्रै नेपाल आइपुगेका छन्।, भदौ १३ गते यनहुईका प्रतिनिधिले निर्माण प्रतिबद्धता जनाएको योजना प्रमुख प्रेमप्रकाश खत्रीले बताए। भदौ २७ गते निर्माण कम्पनीलाई कार्यक्षेत्र हस्तान्तरण गरिएको छ। निर्माण कम्पनीका प्रतिनिधि आए पनि कामदार भने आइपुगेका छैनन्।, नेपाल आएका प्रतिनिधिले अस्थायी कार्यालय खडा गरेका छन्। कार्यालय बनाउनलाई डिजाइन गर्ने, निर्माणस्थलको निरीक्षण, बीमा र पेस्की लिनका लागि कागजात तयार पार्ने काम प्रतिनिधिले गरिरहेका छन्। रु सात अर्ब ४० करोड ४६ लाखको लागतमा यो प्याकेजको ठेक्का लागेको छ।, चार लेनको सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।, सडक चार लेनको बने अहिले भएका पुलको ठाउँमा नयाँ पुल बनाइनेछ। आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डका योजना प्रमुख अधिकारीले बताए।, एकतिसमध्ये दमौलीस्थित मादी नदी र पोखरास्थित सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको उनले बताए। अरू २९ पुल दुई प्याकेजमा लगाइएको ठेक्काअन्तर्गत नै निर्माण हुनेछ।, आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दूरीको भने डिजाइन हुँदैछ। यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत् गृह छ।, जलविद्युत् गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्नुपरेको छ। चालु आर्थिक वर्षमा सङ्घीय सरकारले मुग्लिङ–पोखरा चार लेन सडक योजनाका लागि रु चार अर्ब ४३ करोड ४३ लाख बजेट विनियोजन गरेको छ। गत आर्थिक वर्षमा रु दुई अर्ब नौ करोड ५४ लाख चार हजार विनियोजन भएको थियो।, (रासस),
मुग्लिङ–पोखरा सडक चारलेनको बनाइँदै, आसपासका रूख काट्न सुरू
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १६८ थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०३, ललितपुरमा ४५ र भक्तपुरमा २० संक्रमित छन्।, त्यस्तै काठमाडौं उपत्यकामा २१९२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १०९२, ललितपुरमा ५६२ र भक्तपुरमा ५३८ सक्रिय संक्रमित छन्।, नेपालमा थप ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ७ हजार ९११ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ३१६ जनाको पिसिआर परीक्षण र २५९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ९ हजार ५२६ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ।, ९११ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.४ प्रतिशत छ।,
काठमाडौं उपत्यकामा थपिए १६८ संक्रमित
|
रासस कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।, भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।, उनीहरूको शनिबार मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा शवको खोजी गर्दा सोही नदीमा मृतावस्थामा फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
नदीमा डुबेर कैलालीमा दुई जनाको मृत्यु
|
रासस कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।, मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन्।, कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ।, गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण यसरी मानवीय क्षति पुगेको हो।, मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो। वर्षाका कारण नेपालको पूर्व र पश्चिम क्षेत्र नराम्ररी प्रभावित भएको थियो।, ठूला–ठूला पहिराले मानवीय क्षति बढी गराएको हो।, प्राप्त विवरणअनुसार सबैभन्दा बढी कात्तिक ३ गते ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए। कात्तिक ४ गते २९ जनाको मृत्यु भएको थियो भने कात्तिक ५ गते १३ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।, हराइरहेका खोजी जारी रहेको र राहत तथा अस्याथी आश्रयस्थलको व्यवस्थापन जारी रहेको मन्त्रालयले जनाएको छ।,
कात्तिकमा बाढीपहिरो र डुबान: १२१ को मृत्यु, २८ बेपत्ता
|
रासस ट्र्याक्टर दुर्घटनामा मृत्यु भएका मजदुरका परिवारलाई ३० लाख रूपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। मृत्यु भएका ६ जना परिवारलाई प्रतिपरिवार पाँच लाख रूपैयाँका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको हो। , विसं २०७७ चैत २९ गते पूर्वी चितवनको राप्ती –११ स्थित चिउरीखोलामा ना १ त ६२८२ नम्बरको ट्र्याक्टर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा घर ढलान गरेर फर्किँदै गरेका छ मजदुरको मृत्यु भएको थियो। १६ जना घाइते भएका थिए।, नगर प्रमुख प्रभा बरालले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहातस्वरुप सहयोग गरिएको जानकारी दिइन्। पाँच परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ। एक मृतकका दुई वटी श्रीमतीतर्फ चार छोराछोरी रहेकाले चारै जनालाई बराबर हुने गरी दिने व्यवस्था गरिएको उनले जानकारी दिइन्। उक्त परिवारलाई जिल्ला प्रशासन कार्यालयका रोहवरमा हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ।, राप्ती नगरपालिकाले १५ लाख, खैरहनी नगरपालिकाले पाँच लाख, पूर्वी चितवन भवन निर्माण व्यवसायी संघले चार लाख, ठेकेदारले चार लाख र ट्र्याक्टर धनीले दुई लाख गरी ३० लाख रूपैयाँ जम्मा गरेर सहयोग गरेको जनाइएको छ।, राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गाबहादुर भुजेलले दुर्घटनाका घाइतेको उपचारमा ५० लाखभन्दा बढी खर्च भएको बताए। सो खर्च ट्र्याक्टर धनी, ठेकेदार र व्यवसायी संघसँग समन्वय गरी उपचार गरिएको जानकारी दिए। उनले जनप्रतिनिधिका समन्वयमा अस्पतालबाट सात लाख बराबरको छुट गराइएको जानकारी दिए।, राप्ती–११ को वडा कार्यालय भवन ढलानको काम सकेर फर्किँदै गरेका कामदार सवार ट्र्याक्टर दुर्घटना हुँदा राप्ती –५ का ३५ वर्षीय खड्क लामा, राप्ती–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, खैरहनी–९ कै ५० वर्षीया छनिया महतो र मकवानपुरको राक्सीराङका एक जनाको मृत्यु भएको थियो।, यो पनि हेर्नुहोस्, उनी ढलानको ज्यालाले के गर्ने योजना बुन्दै थिइन्, ट्याक्टर खोलामा खसिसकेछ,
ट्याक्टर दुर्घटनामा मृत्यु भएका मजदुर परिवारलाई ३० लाख सहयोग हस्तान्तरण
|
रासस दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस डडेल्धुराको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन्।, ना८ख ६१३२ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।, बसमा ३२ यात्रु सवार रहेको बताइएको छ। घाइतेलाई उपचारका लागि धनगढी ल्याइँदैछ।, घाइते हुनेमा बैतडी, डिलाशैनी गाउँपालिका–६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका–८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार–६ का ३० वर्षीय देवदत्त जोशी, ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी र पुर्चौँडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट रहेका प्रहरीले जनाएको छ।, घटनाको विस्तृत विवरणका साथै घाइते अन्य तीन जनाको विवरण आउन बाँकी रहेकोे प्रहरीले जनाएको छ।,
महेन्द्रनगर जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा १० घाइते
|
रासस डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ।, गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन्।, पालिकाले सरकारको निर्णयानुसार कर्मचारीको तलब वृद्धि गर्नुपर्ने भन्दै गरिएको विद्यालय बन्दको यहाँको गाउँपालिका शिक्षक महासङ्घले ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागिता जनाएको छ।, जिल्लामा रहेका अन्य पालिकाले आफ्ना विद्यालयका शिक्षकसँगको सहमतिमा पारिश्रमिक बढाएको तर उक्त गाउँपालिकाले बेवास्ता गरेको भन्दै शिक्षक र कर्मचारी आन्दोलित बनेका गाउँपालिका शिक्षक महासङ्घका अध्यक्ष गणेश दाहलले जानकारी दिए।, उनकाअनुसार सङ्घीय सरकारले निर्णय गरेबमोजिम स्थानीय सरकारका तर्फबाट प्रतिव्यक्ति रु सात हजार पारिश्रमिक बढाउनुपर्ने र माग पूरा नहुञ्जेलसम्मका लागि गाउँपालिकामा रहेका ३३ वटै विद्यालय बन्द गर्ने निर्णय गरी तालाबन्दी गरिएको हो।, कोरोना भाइरसका कारण विद्यार्थीको पढाइ पूरा हुन नसकी अन्योलता कायमै रहेका बेला पुनः शिक्षकबाट विद्यालय बन्द हुनु दुःखद् रहेको र विद्यालय कर्मचारी तथा सहजकर्ताको माग चाँडो सम्बोधन गरी विद्यालय सञ्चालन गर्नुपर्ने नेपाल विद्यार्थी सङ्घका अध्यक्ष गणेश खड्काले बताए। गाउँपालिकाले तलब वृद्धिका विषयमा कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन।,
तलब वृद्धि नहुँदा अनिश्चितकालका लागि विद्यालय बन्द
|
रासस आदिवासी थारू समुदायको परम्परागत संस्कृति र पहिचान संरक्षण गर्न नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा थारू सङ्ग्रहालय स्थापना गरिएको छ। जिल्लाको सरावल गाउँपालिका–१ तुलसीनगरस्थित पूर्वपश्चिम राजमार्ग नजिकै जिल्लामै पहिलो थारू सङ्ग्रहालय स्थापना गरिएको हो ।, सङ्ग्रहालयका लागि ७० लाख रूपैयाँको लागतमा भवन निर्माण गरिएको छ। सरावल गाउँपालिका, पूर्वमन्त्री गोपाल दहितको सांसद विकास कोष, साविक जिविसको सहयोग तथा श्रमदानबाट थारू मिलन केन्द्र तथा सङ्ग्रहालय भवनको निर्माण गरिएको थारू कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष मुन्द्रिका चौधरीले जानकारी दिए।, ‘यो जिल्लाकै पहिलो थारू सङ्ग्रहालय हो, यहाँ हाम्रो लोप हुन लागेको परम्परागत वेषभूषा, रीतिरिवाज, रहनसहन, संस्कृति, पहिचान झल्किने सामग्री राखिनेछ, यसबाट थारू समुदायको संस्कृति संरक्षण हुने र पर्यटक पनि आकर्षित हुने अपेक्षा गरिएको छ’, उनले भने।, सङ्ग्रहालयमा एक महिनाभित्र थारू संस्कृति झल्काउने सामग्री हलो, जाँतो, कुटो, कोदालो, ढिकी, खल, जाल, परम्परागत थारू पहिरनलगायत अवलोकन गर्न सकिने अध्यक्ष चौधरीले बताए। थारू भाषामा प्रकाशित पुस्तक पनि सङ्ग्रहालयमा राखिएको छ ।, सङ्ग्रहालय भवनको उद्घाटन गर्दै पूर्वमन्त्री दहितले थारू समुदायको पहिचान र ऐतिहासिकता संरक्षणमा सङ्ग्रहालयले टेवा पुर्याउने विश्वास व्यक्त गरे। उनले थारू संस्कृति संरक्षण गर्न नयाँ पुस्तालाई परम्परागत लोक संस्कृति, रीतिरिवाज, पहिरन तथा सामग्रीबारेमा अध्ययन अवलोकन गर्न प्रेरित गर्नुपर्ने बताए।, गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले विसं २०६६ बाट सुरुआत गरी थोरै–थोरै रकम जुटाएर अहिले सङ्ग्रहालय स्थापना गर्न सफल भएको बताए। उनले गाउँपालिकाले सुरुदेखि नै बजेट सहयोग गर्दै आएको र यस वर्ष पनि सङ्ग्रहालय व्यवस्थापन तथा सञ्चालनका लागि पाँच लाख विनियोजन गरेको जानकारी दिए।, सङ्ग्रहालयमा राखिने थारू सामग्रीको अध्ययन अवलोकनबाट लोप हुने अवस्थामा पुगेको थारू संस्कृतिको ज्ञान हुने, जीवनशैली बुझ्न सजिलो हुनाका साथै पर्यटकीय केन्द्रका रूपमा पनि यो स्थल विकास हुने उनले बताए। थारू जातिको बाहुल्यता रहेको स्थल सरावलमा थारू सङ्ग्रहालय हुनु गौरवको विषय भएको जनाउँदै उनले पूर्वपश्चिम राजमार्ग नजिकै रहेकाले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गरे। रासस,
थारू समुदायको पहिचान र संस्कृति संरक्षण गर्न सङ्ग्रहालय स्थापना
|
रासस सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका–४ का किसान मुखको गाँस खोसिँदा निराशामा छन्।, असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर बनेपछि उनीहरुको कमाइखाने आधार सकिएको छ।, विगतका वर्षहरूभन्दा यस वर्ष किसानको धान निकै राम्रोसँग फलेको थियो।, उनीहरु कात्तिक २ गते काट्ने तयारी गर्दै थिए। यद्यपि दसैँका कारण उनीहरुले धानबाली भण्डारण गर्न पाएका थिएनन्। दुर्भाग्यः एक दिनको पर्खाइले उनीहरुको जीउने आधार बगर बन्न पुग्यो।, पसिना बगाएर फलाएको अन्नबाली बाढीले बगाउँदा अहिले त्यहाँका किसान भोकमरीको चिन्ताले पिरोलिन थालेका छन्। तिला–४ जुम्ला साँपुल्लीगाउँका पशुपति शाहीलाई दसैँको खुशी प्राकृतिक विपत्तिले राम्रैसँग लुटेको दुखेसो गरेका छन्।, ‘दसैं मनाएलगत्तै धान भण्डारण गर्ने योजनामा थियौँ। तर विपत्तिले हाम्रो श्रम, मेहेनत र पसिना सबै बगायो। एक दिनको पर्खाइले पुर्पुरोमा हात लगाउनुपर्ला भन्ने कुनै कल्पना गरेका थिएनौँ। अहिले त हामी सुकुम्बासीजस्तै भएका छौँ,’ उनले भने।, बाढीले अन्न उत्पादन गर्ने धानखेत बगर बनेको दुःख पोख्दै उनले सरकारले दुई कट्टा चामल दिनुभन्दा धानखेत बनाउन सहयोग पुर्याए दीर्घकालीन समस्या समाधान हुने बताए।, सोही वडाका बाढीपीडित पद्मकौंरा शाहीले यति भयानक विपत्तिमा पनि सङ्घ र प्रदेश सरकारले खासै सहयोग नगरेको बताए।, ‘जनताको दुःखको बेला दुःख बुझ्न नआउने जनप्रतिनिधि र सरकार चुनावताका खेत–खेतमा धान रोप्न सहयोग गरेजस्तो गर्दै भोट माग्न आउँछन्,’ उनले भने, ‘यो त उनीहरु सबैको झुठको खेती रहेछ । कहिले घर त कहिले खेतमा आउनेको अनुहार र व्यवहार राम्रैसँग चिनियो।’, बाढीपीडित हाँसु सुनारले आफ्नो धानखेतको कुनै अवशेष नरहेको जनाए।, धानखेतमा बाढीले ल्याएको दाउरा सङ्कलन गर्नेबाहेक अरु सबै गुमेको सुनारले दुखेसो पोखे। बाढीले दलित तथा गरिबहरुलाई ठूलो समस्या परेको छ। प्राकृतिक विपत्तिले रु एक अर्ब बराबरको क्षति भएको विषयमा गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति हुँदै प्रदेश र सङ्घ सरकारसँग तत्काल राहत र दीर्घकालीन जीविकोपार्जनका कार्यक्रमका लागि अनुरोध गरिएको वडाध्यक्ष सन्तबहादुर शाहीले जानकारी दिए।, बाढीले झोलुङ्गे तथा काठे पुलहरु बगाइदिएपछि तिला गाउँपालिका–४ जुम्लास्थित नुवाकोट, रावतवाडा र साँपुल्ली गाउँका स्थानीयलाई आवागमनमा ठूलो समस्या भएको छ। रावतवाडा गाउँका नागरिक पुल नहुँदा पाँच मिनेटमा पुग्न ठाउँ अहिले करिब दुई घण्टा पैदल हिँड्नुपरेको छ।, बाढीपश्चात हिजोआज त्यहाँका बासिन्दा धमिलो नदीको पानी खान बाध्य छन्। विद्युत् नहुँदा तिला तथा तातोपानी गाउँपालिका–४ जुम्लाका स्थानीय समुदाय अन्धकारमा रात बिताउँदै आएका छन्। कात्तिक २ गते रातिको बाढीले यहाँ चारवटा विद्युत गृह ध्वस्त बनाएको थियो।, सिँचाइ कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार बाढीले तातोपानी गाउँपालिका–४ गिरीखोला जुम्लाको सिँचाइ क्षेत्रमा मात्र रु १५ करोड क्षति पुर्याएको छ। बाढीले यहाँका घर, विद्यालय, विद्युत्, स्याउ बगैँचा, दर्जनौँ काठका पुल, खानेपानी परियोजना, स्थानीय घट्ट र विशेषगरी चार हजार रोपनीभन्दा बढी धान खेतीयोग्य भूमि बगर बनाएको छ।, धेरै किसान सुकुम्बासी हुनुपर्ने समस्या आइलागेको छ। तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले घरसहित करेसाबारी क्षति भएकालाई रु आठ लाख ५० हजार र घर क्षति मात्र भएकालाई रु पाँच लाख दिने सरकारले निर्णय गरेको जनाए। धानखेती क्षतिको यकिन विवरणलाई आधार मानी बाढीले ढाकेको र बगर बनाएको अवस्थाअनुसार किसानलाई राहत वितरण तथा क्षतिपूर्ति न्यायायिक ढङ्गले गरिने उनले बताए।,
बाढीपीडित भन्छन्- चामल नदेऊ, धानखेत बनाइदेऊ
|
सेतोपाटी संवाददाता कञ्चनपुरमा चार वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका वडा १६ परखेडी बस्ने ५० वर्षीय करन सिंहलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरीले पाएको थियो।, सो खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट प्रहरी खटिएको थियो। , त्यस टोलीले करनलाई पक्राउ गरेको थियो। प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।,
कञ्चनपुरमा चार वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.