content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता गौतमुबद्धको जन्मथललो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।, विहारको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतमबुद्ध नेपालमै जन्मिएको भन्दै नेपाल र नेपालीको गौरव भएको बताइन्। ‘म एउटै कुरा भन्छु, ‘गौतमबुद्दको जन्म नेपालमै भएको हो,’ उनले अगाडि भनिन्, ‘गौतमबुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समूदायका लागि अमूल्य विचार दिनुभयो। बुद्ध दर्शनको मर्म र भावना अनुसार हामी चल्न सक्नुपर्छ त्यो मर्म र भावना अनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ।’, उनले  विश्वमा कुनै पनि देशले कुनै न कुनै रुपमा बुद्धको सोँच र दर्शनलाई अपनाएको बताइन्। ‘नेपालमा विकास गर्न पैसाको कमी होइन,’ उनले भनिन्, ‘लुम्बिनीको विकास गर्न गुरुयोजना बनेर पनि किन रोकिएको छ ? आन्तरिक कारण के–हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।’ , उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकासहितको आर्थिक सहयोगमा विहार बन्दा खुशी लागेको बताए। ‘काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा आउँदा मौलिकरुपमा बनिरहेको तर अपूरो विहार देखेपछि काठमाडौँ महानगले केही सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो, ‘उनले भने, ‘त्यहि अनुसार सहयोग गरेका हौँ।’, उनले आज राष्ट्रपतिबाट उद्घाटन हुँदै गर्दा खुशी लागेको पनि बताए। ‘अन्य विहार बनाउन विभिन्न देशले सहयोग गरेको हामीले देख्यौँ,’ प्रमुख शाक्यले भने, ‘तर, नेपाली विहारमा नेपाल सरकारको कुनै सहयोग नभएको र यसले पूर्णता प्राप्त गर्न नसकेको अवस्थामा काठमाडौँ महानगरपालिकाले आफ्नो महानगरपालिकाको मौलिकतासँग पनि मिल्ने विहार भएकाले काठमाडौंको संस्कृति झल्किने गरी बनाइरहेको विहालाई सहयोग गरेको हो। हाम्रो सहितको सहयोगमा मौलिकता झल्किने गरी विहार बनेको देख्दा गौरव लागेको छ।’, शाक्यले काठमाडौँ महानगरपालिकाले जस्तै संघीय र प्रदेश सरकारले पनि नेपालका मौलिकता झल्किने कार्यमा सबैको सहयोग होस भन्ने अपेक्षा रहेको बताए।, परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डाक्टर नरेशमान बज्राचार्य नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको स्मरण गराए।  ‘काठमाडौँ महानगरपालिकाले आफूले बोलेको कुरा पूरा गरेरै छाडेको छ, खुशी लागेको छ,’ उनले भने, ‘काठमाडौँ महानगरपालिकाको करीब चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डल द्वार निर्माण भएको छ।’, उनले अझै थप रकम खर्च हुने भन्दै थप सहयोगको अपेक्षा गरे। ‘लुम्बिनी विकासकोषमा गुरुयोजनामा लुम्बिनीमा नेपालको उपस्थिति जनाउने उदेश्यले बज्रयान विहान निर्माण गरेको हो,’ उनले भने, ‘यो विहार निर्माणका लागि हामीले कुनै पनि विदेशीको सहयोग लिएका छैनौँ ।  यो हाम्रो आदर्श र सपना हो, यो पूरा हुँदैछ ।’, उनले नेपाली बौद्धकला, बास्तुकलालाई निरन्तरता दिने अर्को उदेश्य रहेको पनि बताए। ‘नेपालमा यस्तो कलाकृतिको विहार बन्न छाडेको ३ सय ७२ वर्ष भयो,’ उनले भने, ‘३ सय ७२ वर्षपछि अहिले यो विहार बनिरहेको छ। हामीले बास्तुकलालाई पनि ध्यान दिएका छौं।’  उनले  यहाँको गतिविधिलाई जीवन्न बनाउने अर्को उदेश्य रहेको बताए। ‘स्वदेशकै लगानीमा यो विहार बन्ने कुरा ठूलो स्वाभिमान हो,’ उनले भने। , नेपाल परम्परागत बौद्धधर्म संघका उपाध्यक्ष मानिकरत्न शाक्यले अहिलेसम्म करिब १६ करोड खर्च भएको भन्दै २० करोडको लगानीमा सम्पन्न हुने अपेक्षा लिएको बताए। कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, वागमती प्रदेशका पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको पनि उपस्थिति थियो ।, काठमाडौं महानगरपालिकाको करिब ४ करोड ३० लाख लगानीमा लुम्बिनीमा बन्यो बज्रयान विहार
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, सात हजार ८ सय ९९ जनाको परीक्षण गर्दा ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, मन्त्रालयका अनुसार आज देशभर ५ सय १५ जना कोरोना संक्रमित निको भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १७ रहेको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घन्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।, काठमाडौं उपत्यकामा ११९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा९९, ललितपुरमा १३ र भक्तपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।,  , नेपालमा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि
एजेन्सी नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। , आइतबार बिहान देहरादुनस्थित चकराता-त्यूणी सडकमा भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ।, बोलेरो गाडीमा १५ जना सवार थिए। जसमध्ये दुई जनाको उद्धार गरिएको छ। , गम्भीर अवस्थामा रहेका उनीहरूको देहरादुन अस्पतालमा उपचार भइरहेको छ। , प्रहरीका अनुसार गाडी चकराताको बायला गाउँबाट विकास नगर जाँदै थियो। गाउँबाट हिँडेको केही समयमै गाडी अनियन्त्रित भई  सडकबाट खसेको थियो। , उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले यस घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्। साथै क्षमताभन्दा बढी भार राखेर गाडी नचलाउन  र चलाउनेलाई कारबाही गर्न पनि उनले निर्देशन दिएका छन्।  , जिल्ला अधिकारी आर राजेश कुमारले गाडीमा ओभरलोड भएकाले आइतबारको दुर्घटना भएको बताए। , 'त्यो लोकल गाडी हो र ओभरलोडका कारण दुर्घटना भएको देखिन्छ। प्रहरी अधिकारी तथा उद्दारकर्ताहरू खोजतलासको लागि घटनास्थल पुगेका छन्,' उनले भने।, भारतको उत्तराखण्डमा गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु
सेतोपाटी संवाददाता सर्लाहीको हरिवन नगरपालिका नयाँ रोडस्थित मानव सेवा आश्रममा एक महिलामाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ।, यो घटनामा पीडित पक्षले दिएको उजुरी प्रहरीले लिन मानेको छैन।, हरिवन नगरपालिका–१ पटौना टोलकी २९ वर्षीया रेखाकुमारी कार्कीमाथि गत कार्तिक ८ गते आश्रममा निर्घात कुटपिट भएको थियो।, मानसिक रोगको उपचारका लागि भन्दै गत कार्तिक ३ गते कार्की आश्रम गएकी थिइन्।, केही दिनपछि आश्रमबाट सञ्चालक सदस्य सुकदेव कार्कीले रेखाकुमारीकी आफन्तलाई फोन गरेर उनलाई लैजान आग्रह गरेका थिए।, सञ्चालक कार्कीले रेखाकुमारीकी दाजु नवीन कार्कीलाई फोन गरेर ‘तपाईंको मानिस हामी राख्न सक्दैनौं, घर लैजानुस्’ भनेका थिए।, ‘तपाईंको मान्छेलाई हामीले राख्न सकेनौँ घर लैजानुस् भन्दै सुकदेवले फोन गर्नुभयो,’ कार्कीले भने, ‘घर आउँदा दिदीको शरिरभर कुटपिट गरेको निलडाम र घाउ थियो, संवेदनशील अंगमा पनि चोट छ। बिरामी मेरी दिदीलाई यसरी किन कुटपिट गरियो?’, रेखाकुमारीकी परिवारले यस घटनामा दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग राख्दै गत कात्तिक १० गते इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिएको थियो, तर प्रहरीले उजुरी लिन मानेन।, ‘आश्रमले सहयोग गरिरहेकोले मिलेर जाऊ भन्दै प्रहरीले उजुरी लिन मानेन,’ रेखाकुमारीकी दाजु नवीनले भने, ‘आश्रमले हामीलाई हरेक कुरामा सहयोग गरेको छ, ऊविरूद्ध उजुरी लिन मिल्दैन भनेर इन्स्पेक्टरसाबले भन्नुभयो, उजुरी दर्ता गरेनन्।’, त्यसपछि न्याय माग गर्दै पीडित परिवार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयसमेत पुगेका थिए। तर त्यहाँ पनि उजुरी नलिने भएपछि सरकारी वकिल कार्यालयमार्फत् जाहेरी दिने तयारी गरेको कार्कीले बताए।, इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले उजुरीमा उल्लेख गरेजस्तो घटना नदेखिएकोले उजुरी नलिएको बताए। ‘मारपिट गरेको भनिएको छ। तर घटनामा खासै त्यस्तो देखिन्न। सबै कुरा जाहेरी र उजुरी दर्तै हुने खालको हुँदैन,’ उनले भने।, आश्रमका सञ्चालक सदस्य सुकदेव कार्कीले नै घटनापछि पीडित परिवारलाई फोन गरेर जानकारी गराएको भए पनि उनीसँग यसबारे बुझ्दा आफूलाई केही थाहा नभएको बताए। ‘म बाहिर छु, त्यसबारे मलाई केही थाहा भएन,’ उनले भने।, मानव सेवा आश्रममा रहेकी महिलामाथि निर्घात कुटपिट, प्रहरीले लिएन उजुरी
सेतोपाटी संवाददाता महोत्तरीको मटिहानी नगरपालिकाका वडाध्यक्ष र सहायक कम्प्युटर अपरेटरविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडा नम्बर ५ का अध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर ऐबुल राइनविरूद्ध आइतबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। , महतो र राइनले जन्म दर्ताको सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेको सूचनापछि अख्तियारले उनीहरूलाई असोज २४ गते नियन्त्रणमा लिएको थियो। उनीहरूले सेवाग्राहीबाट घुस १० हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। , अनुसन्धानबाट उनीहरूले सेवाग्राहीसँग जन्मदर्ता बनाउने कामको लागि लाग्ने शुल्कको कुरा नगरी सिधै १० हजार रुपैयाँ घुस माग गरेको प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए।, सो कुरा पुष्टि भएकोले दुबै जनाविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो कायम गरी सजायको मागदाबी लिएको छ। , मटिहानीका वडाध्यक्ष र कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा
रासस काठमाडौंको सानोभर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन्।, दैलेखको गुराँस गाउँपालिका वडा नम्बर २ बस्ने दानबहादुर शाहीका २४ वर्षीय छोरा राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको छैन।, काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले शाही बेपत्ता भएको भनि प्रहरीमा निवेदन परे लगत्तै खोजी सुरू गरिए पनि अहिलेसम्म अवस्था पत्ता नलागेको जानकारी दिए।, 'कलेजबाट निस्केर गएको भन्ने छ। हामी खोज्दै छौँ। कारण पत्ता लागिसकेको छैन,' बस्नेतले रासससँग भने।, उनका परिवारले भने संस्थानको छात्रावासबाटै शाही हराएको जिकिर गर्दै सेनाले सत्यतथ्य जानकारी दिनुपर्ने माग गरेका छन्।, शाहीका फुपूका छोरा (नाताले दाइ) पदम मल्लले भदौ १७ गते कलेजबाटै बेपत्ता भएको जनाउँदै उनको अवस्था छिटो सार्वजनिक गर्न माग गरेका छन्।, भदौ १७ गते हराएका उनका बारे २१ गतेमात्रै सेनाले परिवारलाई खबर गरेकाले त्यसप्रति आशंका उब्जिएको उनले बताए। , खबर पाउने वित्तिकै काठमाडौँ आएर नेपाली सेना र महानगरीय प्रहरी परिसरमा खोजतलासका लागि निवेदन दिएका थिए। तर अहिलेसम्म कुनै जानकारी आउन नसकेको मल्लको गुनासो छ। , 'आज ५९औं दिन भयो हराएको अहिलेसम्म अवस्था के छ कसैलाई पत्तो छैन। भइरहेको अनुसन्धान प्रक्रिया पनि चित्तबुझ्दौ छैन,' उनले भने, 'बाध्य भएर मिडियामा आउनुपरेको छ।' , मल्लले आफ्नो विद्यार्थीको निगरानी गर्नुपर्ने जिम्मेवारी रहेको संस्थानले ध्यान नदिँदा शाहीको अवस्था अज्ञात बन्न पुगेको बताए। , 'शाही असल विद्यार्थी हुन्। गलत भए पनि कानूनी उपचारको बाटो अलग्गै हुन्छ। हामीलाई मान्छे चाहियो,' उनले जोड दिए।  , शाहीका साथीहरूले आफूहरूलाई छिटो आएर राजेशलाई निकाल्नू भनेर खबर गरेको उनले बताए। , सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले संस्थानको गेटबाट निस्किएपछि शाही सम्पर्कविहीन भएको र अहिलेसम्म अवस्था थाहा हुन नसकेको बताए।, उनले परिवार, प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा खोजी भइरहेको पनि जानकारी दिए।, 'उनी गेटबाट निस्किएपछि सम्पर्कमा आएका छैनन्। कारण फेला पार्न सकिएको छैन,' प्रवक्ता पौडेलले भने।, दुई महिनादेखि फेला नपर्नुमा विडम्बना भएको र उनको खोजीका लागि प्रधानसेनापति प्रभूराम शर्माबाट स्पष्ट निर्देशन आएको पनि उनले जानकारी दिए। , प्रवक्ता पौडेलले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले समेत घटनाको अनुसन्धान गरिरहेको र सिआइबीलाई अनुसन्धानमा सेनाको पूर्ण सहयोग रहेको बताए। , परिवारका सदस्यले उनको अवस्था पत्ता लगाएर न्याय दिन माग गर्दै आएको छ।, सैनिक कलेजमा एमबिबिएस पढिरहेका विद्यार्थी दुई महिनादेखि बेपत्ता
सविता बुढा नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लेखराज भट्टलाई गेटा मेडिकल कलेजमा निर्माण भएका संरचनाले झस्काउँछ।, भट्ट घर आउँदा-जाँदा ठूला ठूला भवन बनेको देख्छन्। भवन तयार भइसकेको देख्दा अब त कलेज छिटो सुरू हुनु पर्छजस्तो लाग्ने गरेको उनले बताए।, उनीजस्ता थुप्रै नागरिक गेटामा तयार भएका आकर्षक संरचना देखेर अब त यहाँ उपचार र पढाइ सुरू हुने होला ठान्छन्।  , ती संरचना बनाउने काममा लामो समय जोडिएका डाक्टर चेतराज पन्त गेटामा मेडिकल कलेज सञ्चालन भएपछि मात्रै विश्राम लिने सोचमा छन्।, सुदूरपश्चिम नेपालको एकमात्र त्यस्तो प्रदेश हो जहाँ प्रदेशभरि स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेज दुबै छैनन्।, प्रदेशको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पताल वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा छ।, दरबन्दीअनुसार जनशक्ति नहुने, उपकरण अभावजस्ता समस्या लामो सयदेखि झेलेरै भए पनि सेतीले प्रदेशवासीको स्वास्थ्य उपचार धानेको छ। महाकाली अस्पताल, डडेल्धुरा अस्पताल र अरू जिल्ला अस्पतालले दिने सेवाले नागरिकलाई राहत मिलेको छ।, पछिल्लो आधा दशकयता प्रदेशमा खुलेका निजी अस्पतालले पनि सेवा दिएपछि नागरिकलाई स्वस्थ्यउपचारमा सहजता आएको छ। नसा, किड्नी, क्यान्सरलगायत जटिल रोगको उपचार अहिले पनि सुदूरपश्चिममा छैन। यहाँका नागरिकले उपचारका लागि भारत वा काठमाडौंसम्म जानुपर्ने बाध्यता छ।, २०५५/०५६ सालतिर यही अवस्था देखेका जगत गुरु शंकाराचार्यले नेपालमा एक मेडिकल कलेज बनाउँछु भनेर त्यस बेलाको सरकारसँग इच्छा जाहेर गरेका थिए।, उनको इच्छा सुनेपछि तत्कालीन प्रधानमन्त्री  गिरिजाप्रसाद कोइरालाले धनगढीमा उक्त मेडिकल कलेज बनाउनु पर्ने भनेका थिए।, २०५६ सालमा मेडिकल कलेज बनाउन नेपाली पदाधिकारी रहने गरी शंकराचार्यले नै समिति बनाएका थिए। उनले नक्सा बनाएको र भारतबाट एक-दुई टोली डाक्टर पनि ल्याएको गेटा मेडिकल कलेज विकास समितिका पूर्वअध्यक्ष डाक्टर चेतराज पन्तले बताए।, ‘उनीहरूबाट केही काम हुँदै थियो। नेपाल मेडिकल काउन्सिलले ३०० बेड अस्पताल बनाएर ३ वर्ष चलाएपछि मात्र मेडिकल कलेज बनाउन मिल्ने नियम ल्यायो। उनीहरू अलमलिए,’ पन्तले भने।, शंकराचार्यको टिममा आन्तरिक विवाद पनि भयो। त्यसपछि मेडिकल कलेजको काम ओझेल पर्‍यो।, २०६६ सालतिर राष्ट्रिय योजना आयोगले मेडिकल कलेज बन्नु पर्ने भनेर ११ करोड रुपैयाँ छुट्यायो। मेडिकल कलेज प्रवर्द्धन विकास समिति बन्यो। कैलालीका प्रमुख जिल्ला अधिकारी सभापति, प्रोफेसर डाक्टर करबीर नाथ योगी सदस्य सचिव रहेको समितिको म्याद ६ महिना थियो।  समितिले जनतासँग भेट्ने, राय लिनेलगायत काम गरेको थियो भने जग्गाको माग गरेको थियो।, समितिको म्याद सकिएपछि फेरि मेडिकल कलेजको काम रोकियो। त्यसको केही महिनापछि पन्तकै संयोजकत्वमा र स्वास्थ्यका सहसचिव भीमसिंह तिंकरीलाई कार्यकारी निर्देशक हुने गरी सरकारी कार्यलयका प्रमुखसहितको समिति बन्यो।, यो समितिले २०७१ सालतिर ५१.५ हेक्टर जग्गा नेपाल सरकारसँग माग्यो। नेपाल सरकारको मन्त्रिपरिषद्ले  मेडिकल कलेजका लागि जग्गा दियो। त्यसपछि मास्टर प्लान बन्यो। वातावरणीय प्रभाव मूल्यांकनको काम सुरू भयो। एउटा प्रशासनिक भवन बनाउन टेन्डर भयो।, समितिको म्याद सकिएपछि फेरि मेडिकल कलेज पूर्वाधार निर्माण विकास समिति बन्यो। पन्तकै अध्यक्षतामा बनेको समितिले कार्यकारी निर्देशक हेमराज पुजाराकै कार्यकालमा प्राप्त जग्गाको वातावरणीय प्रभाव  मूल्यांकन सक्यो र विभिन्न भवनको टेन्डर गर्‍यो।, त्यसपछि कामले गति लियो।, दुई वर्षपछि निर्देशक पुजाराको सरुवा भयो। २०७६ वैशाखमा उनको ठाउँमा उपसचिव भीमबहादुर साउद निर्देशक भएर आए। साउद अवकाश भएपछि फेरी पुजारा नै कार्यकारी निर्देशक भएका छन्।, अहिले गेटा मेडकिल कलेजका लागि २९ वटा साना-ठूला घर बनेका छन्। मेडिकल कलेज, अस्पताल, प्रशासकीय भवन, होस्टेल, गेस्ट हाउस आदि बनिसकेको पन्तले जानकारी दिए। बाँकी संरचना पनि एक वर्षभित्र निर्माण भइसक्ने उनको भनाइ छ।, ‘बिजुली, पानी र ढल निकासको व्यवस्था हुन सकेको छैन। बिजुलीका लागि टेन्डर भयो, ढलको ठूलो एरिया भएको हुनाले कुन प्रविधिले ढल निकासको काम हुनसक्छ भनेर छलफल भयो। अहिले सेफर कन्सल्टेन्टले यो काम गरिरहेको छ,’ उनले भने।, वाटर सप्लाई र ढल निकासको काम हुन अझै डढे वर्ष लाग्न सक्छ। त्यो भएपछि अस्पताल र पढाइ सञ्चालन हुने पन्तले विश्वास व्यक्त गरे।, निर्माणको काम सकिन लाग्दा गेटा मेडिकल कलेज सञ्चालन कसरी गर्ने भन्ने निष्कर्षमा सरकार पुगिसकेको छैन।, यसबारे धेरै छलफल भए पनि निष्कर्ष निस्किसकेको छैन।, छलफलमा तीन वटा मत आएका छन्। केहीले प्रतिष्ठान बनाउनु पर्ने भनेका छन्। केहीले मेडिकल युनिभर्सिटी बनाउने र केहीले सुदूरपश्चिम विश्वविद्यालयमातहत ल्याउनु पर्ने भनेका छन्।, कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक गोविन्दराज जोशी यसलाई विश्वविद्यालयका रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिन्छन्।, ‘विश्वविद्यालयमा गए स्वास्थ्य सुविधामा पछाडि परेका अरू ठाउँमा पनि मेडिकल कलेज वा अस्पताल खोल्न परे सम्बन्धन दिएर खोल्न सकिन्छ,’ उनले भने।, सुदूरपश्चिम चिकित्सक संघका उपाध्यक्ष डाक्टर जगदीश जोशीको सुझाव भने प्रतिष्ठानमा जानुपर्छ भन्ने छ।, ‘कुनै पनि मोडल नराम्रो हुँदैन। सबै ठीक हो तर मेडिकल कलेजका रूपमा ल्याउनु हुँदैन, प्रतिष्ठान हुनुपर्छ र जेसुकै भए पनि चाँडो सञ्चालन हुनुपर्छ,’ उनले भने।, विश्वविद्यालयको मोडलमा गए समय र स्रोत साधन बढी लाग्ने उनको भनाइ छ। यसले सञ्चालनमा ढिलो हुने चिन्ता उनको छ।, ‘जनशक्ति र त्यहाँबाट नागरिकले पाउने सुविधा राम्रो हुनुपर्छ, सेतीमा नभएका सेवा पनि त्यहाँ हुनै पर्छ,  विशेषज्ञ र विशिष्टिकृत सेवा त्यहाँ हुनपर्छ,’ उनले भने।, गेटाको मेडिकल कलेज स्वास्थ्य वा शिक्षा कुन मन्त्रालयमातहत राख्ने भन्ने पनि कुरो मिलेको छैन।, गेटा मेडिकल कलेज सञ्चालनका लागि प्राविधिक र राजनीतिक समस्या खड्किएको चासो राख्नेहरू बताउँछन्।, पूर्वमन्त्री एवं एमाले नेता भट्ट  मेडिकल कलेज चाँडो चलाउन सरकारले ध्यान दिनु पर्ने बताउँछन्।, ‘प्रधानमन्त्रीज्यू, भीम रावल, म, रमेश लेखक सबैले योबारे एकमत भएर लाग्ने भनेकै छौं, सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने।, नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले पनि गेटा मेडिकल कलेज सञ्चालन गर्न दबाब दिने बताइन्।, ‘यसलाई कसरी छिटो सञ्चालन गर्ने भन्ने विषयमा अध्ययन गर्न भर्खरै हामीले एउटा कमिटि बनाएको थियौं। त्यसको प्रतिवेदन पनि सरकारसमक्ष गएको छ, स्वास्थ्य मन्त्रालयको टोली पनि भर्खरै भिजिट गरेर आएको छ। हामी गेटा मेडिकल कलेजलाई छिटो सञ्चालनमा ल्याउन र सेती प्रादेशिक अस्पतालको स्तरबवृद्धि गर्ने कुरामा लागिहेका छौं,’ उनले भनिन्।, डेढ महिनाअघि स्वास्थ्य मन्त्रालयले मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका पूर्वअध्यक्ष पन्तकै संयोजकत्वमा गठन भएको एक समितिले विश्वविद्यालयको मोडलमा कलेज सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको छ।, उक्त समितिले अस्पताल कहिले सञ्चालन गर्न सकिन्छ, प्रारूप के हुने, व्यवस्थापन कसरी गर्नेलगायत विषयमा सुझाव संकलन गरी प्रतिवेदन तयार पारेको थियो।, यसअघि प्रतिष्ठानका रूपमा सञ्चालन हुने गरी शिक्षा मन्त्रालयले विधेयक बनाए पनि त्यो अघि बढ्न सकेको थिएन।, प्रतिवेदनमा ढल र पानीको व्यवस्थापन भएपछि अस्पताल सञ्चालन हुने भनिएको छ। आर्थिक व्यवस्थापनमा नेपाल सरकारको अनुदान हुनुपर्ने, दातृ संस्थाको सहयोग, विद्यार्थी र बिरामीबाट लिने शुल्क, राष्ट्रिय/अन्तर्राष्ट्रिय सहयोगलाई स्रोत मानेको छ।, मेडिकल कलेजको अल्पकालीन र दीर्घकालीन सोच कस्तो छ भन्ने विषयमा अहिले एमबीबीएस ल्याब, फिजियोथेरापीजस्ता विषय चलाउने र पछि एमडी, एमडिएमएस, मुटु-मस्तिष्क रोगलगायतको उपचार हुने विशेषज्ञ सेवा सुचारू गर्ने लक्ष्य राखेको छ।, एक महिनाअघि बुझाइएको उक्त प्रतिवेदनले सरकारलाई सुझाएको मेडिकल युनिभर्सिटीको स्टाटस प्रतिष्ठानको भन्दा माथि हुने पन्तले बताए।, यसले अरू कलेजलाई पनि सम्बन्धन दिन पाउने, स्वतन्त्र स्वायत्त, आफ्नो पाठ्यक्रम आफैं बनाउने पाउने उनले बताए।, ‘मेडिकल युनिभर्सिटी भए हामीले आफ्ना कार्यक्रम धेरै बनाउन सक्छौं। यहाँको आवश्यकताअनुसार विद्यालय पनि बनाउन सक्छौं। एमबिबिएसबाहेक अरू कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ। पोस्ट ग्राजुयट र विशेषज्ञ अस्पताल पनि बनाउने सकिने भएकाले युनिभर्सिटी हुन उपयुक्त हुनुपर्छ भनेका हौं,’ उनले भने।, सरकारले प्रमाणित गरेपछि त्यही अनुसार कलेज सञ्चालन हुने उनले बताए।, पूरा हुने चरणमा दुई दशक लामो मेडिकल कलेज सपना
सेतोपाटी संवाददाता उदयपुरमा सुनका गरगहना सफा गरिदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, प्रहरीले भारतको विहार बस्ने ४५ वर्षीय अरूण साह र ३० वर्षीय हरिराम साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। , उनीहरूले गत बिहीबार त्रियुगा नगरपालिका वडा नम्बर ४ स्थित बगाहाका एक महिलामाथि झुक्याएर ठगी गरेका थिए। साहद्वयले आफूहरू पिताम्बरको व्यापारी हौं भनेर बगाहा बस्ने एक महिलालाई चिनाएका थिए। , उनीहरूले त्यसरी फकाएर प्रलोभनमा पारेपछि लगाइरहेको सुनको सिक्री फुकाल्न लगाएका थिए। ती महिलाको एक तोला सुनको सिक्री थियो।, केमिकलको प्रयोग गरी सफा गरेपछि उनीहरूले सुनलाई हेर्न नहुने भनेका थिए। केमिकल सुक्न दिनुपर्ने भन्दै झुक्याएर सामान फिर्ता दिएर उनीहरू भागिसकेका थिए।, तर पछि शंका लागेर हेर्दा आफूले लगाइरहेको सिक्रीको तौल भन्दा आधा तोला कम दिएको भन्दै प्रहरीसमक्ष उजुरी परेको थियो। , 'उनीहरूले प्रयोग गरेको केमिकलले सुन पग्लिँदो रहेछ। पछि फेरि उनीहरूले त्यसलाई परिष्कृत गरी सुन निकाल्ने रहेछ,' प्रहरी नायब उपरीक्षक गौतमले भने।, उजुरी परेपछि प्रहरीले उनीहरूको हुलिया पत्ता लगाइ पक्राउ गरेको हो। , उनीहरूबाट प्रहरीले पिताम्बर, सुन सफा गर्ने एसिड, मट्टितेल, सुनका स-साना टुक्राहरू फेला पारेको छ।, उनीहरू हालसालै नेपालको उदयपुरमा आएको खुलेको छ। यसरी उनीहरूले अरूलाई पनि ठगेको हुनसक्ने आशंका गरिएको छ। , उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिन हिरासतमा राख्न अनुमति पाएको छ। , उदयपुरमा सुनका गहना सफा गरिदिने भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं, कात्तिक १४, सेन्टर फर मिडिया रिसर्च (सिएमआर) नेपालमा तृष्णा आचार्य चयन भएकी छिन्। आइतबार सम्पन्न नवौं वार्षिक साधारण सभाले आचार्यलाई २ वर्षका लागि सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो।, आचार्य इटहरीस्थित जनता बहुमुखी कलेजमा पत्रकारिता तथा आमसञ्चार अध्यापनमा संलग्न छिन्। उनी यसअघि दिव्यभूमि बहुमुखी कलेजमा पत्रकारिता तथा आमसञ्चार विभागकी प्रमुख थिइन्। आचार्यले २०७६–२०७८ सम्म अध्यक्षको कार्यकाल पूरा गरेका ऋषिकेश दाहालबाट पदभार ग्रहण गरेकी थिइन्।, त्यस्तै सभाले उपाध्यक्षमा दीपक आर्याल, सचिवमा नवीन खतिवडा, कोषाध्यक्षमा श्रुति श्रेष्ठ तथा कञ्चन अधिकारी, हिमेशरत्न वज्राचार्य र सुनिता कार्कीलाई कार्यसमिति सदस्यामा चयन गरेको छ। , साधारण सभामा सिएमआर नेपालका सचिव दीपक अर्यालले आर्थिक वर्ष २०७७ –२०७८ मा संस्थाले सञ्चालन गरेका परियोजना गतिविधिबारे प्रतिवेदन पेस गरेका थिए। उनले संस्थाले विगत वर्षदेखि नीतिगत क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा पत्रकारको क्षमता अभिवृद्धिका लागि सिएमआर थप कटिबद्ध भएर लागिपर्ने बताए।, सिएमआर नेपालले ४ वर्षदेखि ३ वटा आयोजनासहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । यसले मिडिया नीति समीक्षा र वकालत गतिविधि, पत्रकारको क्षमता अभिवृद्धि र डिजिटल मिडिया सम्बन्धित मामिला आदिमा काम गर्दै आएको छ । , कार्यक्रममा कार्यबाहक कोषाध्यक्ष श्रुति श्रेष्ठले संस्थाको आर्थिक वर्ष २०७७–२०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्। सचिव र कोषाध्यक्षको प्रतिवेदन साधारणसभाले पारित गरेको छ । , कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका सहप्राध्यापक कुन्दन अर्यालले नेपाली मिडियामा अनुसन्धानको परम्परा विकासमा सिएमआर नेपालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। यसैगरी नेपाल पत्रकार महासंघका सचिव पवन आचार्यले नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै नेपाली पत्रकारिताको उत्थानका लागि अनुसन्धान गर्ने र अन्य पत्रकारिता र मिडियासँग सम्बन्धित संस्थाबीच सहकार्यको आवश्यकता औल्याए। , सिएमआर नेपालका कार्यकारी निर्देशक तिलक पाठकले आगामी योजना र गतिविधिबारे जानकारी गराए। उनले कोभिड–१९ को संकट र पत्रकारितामा परेको असरबीच पनि संस्थाले आवश्यकताका आधारमा कार्यक्रम तथा गतिविधिमा केन्द्रित हुने जानकारी दिए । , साधारणसभामा संस्थापक अध्यक्ष तथा पूर्वकार्यकारी निर्देशक उज्ज्वल आचार्य, निवर्तमान अध्यक्ष ऋषिकेश दाहाल, पूर्वअध्यक्ष भुवन केसीलगायतले निर्वाचित पदाधिकारीलाई शुभकामना दिएका थिए।,  , सिएमआरमा नयाँ नेतृत्व, अध्यक्षमा तृष्णा
सेतोपाटी संवाददाता दाङको घोराहीबाट साढे चार लाख बढी नगदसहित प्रहरीले जुवाडे पक्राउ गरेको छ।, घोराही उपमहानगरपालिका वडा नम्बर १४ रझेनामा आइतबार राती एक घरमा भइ रहेको जुवामा छापा मारेर प्रहरीले २० जुवाडे पक्राउ गरेको हो।, रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर २० जना जुवाडेसहित चार लाख ६४ हजार आठ सय ८१ रुपैयाँ नगद बरामद भएको एसपी सुरेश काफ्लेले बताए।, प्रहरी कार्यालयदेखि झन्डै तीन किलोमिटर उत्तरमा पर्ने रझेनास्थित खड्काको घरमा छापा मारेर प्रहरीले साढे चार लाख नगद र जुवाडेले प्रयोग गरेका चारवटा कारहरु समेत नियन्त्रणमा लिएको उनले बताए।, ‘जुवाडेले प्रहरीलाई पनि झुक्याए,’ एसपी काफ्लेले भने ‘बाहिरै गाडीमा बसेको एक जना व्यक्तिले लाखौं रुपैयाँ लिएर भाग्न सफल भएको हामीलाई सूचना छ।’, डिएसपी मुकुन्दप्रशाद रिजालका अनुसार कौडा खेली रहेको अवस्थामा जुवाको खालबाट रोल्पा रुन्टीगढी गाउँपालिका ४३ वर्षीय रुपलाल बिक, दाङको घोराही उपमहानगरपालिका १५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षीय मानबहादुर बुढा मगर, ५० वर्षीय रगेन्द्र श्रेष्ठ, घोराही १४ का २९ वर्षीय लालबहादुर अमल, घोराही १५ का ५७ वर्षीय शरद लामिछाने, घोराही १२ का ५२ वर्षीय कुलराज वली रहेका छन्।, त्यस्तै घोराही ४ गोग्लीका ६२ वर्षीय श्रीधर अधिकारी, घोराही ५ का ५७ वर्षीय नवीन पछाँँई, घोराही १५ का ५७ वर्षीय महावीर वली, सोही ठाउँका ५२ वर्षीय चेतनाथ धिताल, ४६ वर्षीय सुवास धिताल, ४२ वर्षीय विकास खत्री, ४२ कै प्रमोद गौतम, घोराही १९ का ५६ वर्षीय ईश्वर रायमाझी, घोराही १६ का ३४ का रवी गिरी, घोराही १८ का ४९ वर्षीय समिर लामा, घोराही १४ का २५ वर्षीय यज्ञ खड्का र घोराही १४ का २४ वर्षीय कमल घर्ती रहेको प्रहरीले जानकारी दिएको छ।, पछिल्लो समय तुलसीपुर र घोराही क्षेत्रबाट प्रहरीले जुवा खालहरुमा छापा मारेर दिनहुँजसो जुवाडेहरु पक्राउ गर्दे आएको छ। पक्राउ परेकाविरूद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ।, घोराहीबाट साढे ४ लाख बढी रकमसहित २० जुवाडे पक्राउ
सेतोपाटी संवाददाता उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , रौतामाई गाउँपालिका वडा नम्बर ८ खमारे बस्ने ४१ वर्षीय डम्बरबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। , आइतबार उनको घर नजिकै बाँस काट्ने क्रममा अचानक विद्युतको लाइनमा छोई करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो। , प्रहरीले घटनास्थलको अनुसन्धान गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुर पठाएको छ। , उदयपुरमा करेन्ट लागेर एकको मृत्यु
सेतोपाटी संवाददाता विभिन्न आठ बुँदे माग राख्दै नेपाल किड्नी समाजले स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।, उसले अंग फेल भएका बिरामीलाई विगतमा सरकारले नि:शुल्क डायलासिस सेवा प्रदान गरेको भए पनि बिरामीले सहज रूपमा सेवा नपाएको भन्दै स्वास्थ्यमन्त्री विरोध खतिवडालाई आइतबार ज्ञापन बुझाएको हो।, समाजले मृत्यु भएका व्यक्तिबाट हुने अंग प्रत्यारोपण हाल बन्द रहेका कारण त्यसलाई सुरू गर्न मन्त्रीसँग माग गरेको छ।, ‘विगतमा ६ जनाको मृत्युपर्यन्त मिर्गौला प्रत्यारोपण भएको भए पनि हाल हुन नसकेका कारण अंग फेल भएका बिरामीले ज्यान गुमाउनु परिरहेको छ,’ समाजले बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘ऐनमा अंग फेल भएका बिरामीहरूलाई मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्रत्यारोपण गर्ने व्यवस्था छ।’, ज्ञापन पत्रमा त्यस्तो प्रत्यारोपण गर्ने र गराउनको लागि समन्वय इकाइको संयोजक तोकिएकोमा काम अघि नबढेकोले तत्काल व्यवस्था मिलाउन माग गरिएको छ।, आठ बुँदे मागमा समाजले सरकारले अस्पताललाई दिँदै आएको सुविधा कटौती नगरी थप सुधार गर्दै लानुपर्ने, सरकारी अस्पतालमै प्रत्यारोपण र डायलासिस सहज रूपमा गरिनुपर्ने, मस्तिष्क मृत्यु भएकाबाट अंग दान गरी जीवन रक्षा गरिनुपर्ने, मिर्गौला रोग सम्बन्धी उपचार सबै प्रदेश र जिल्लामा हुनुपर्ने लगायत माग गरिएको छ।, नेपालमा मिर्गौला प्रत्यारोपण निकै सफल भएको मानिए पनि यहाँ पूर्वाधार अभावलगायत कारणले मानव अंग प्रत्यारोपण असहज भएको समाजको भनाइ छ।, किड्नी समाजले बुझायो स्वास्थ्यमन्त्रीलाई ज्ञापन, ब्रेन डेथबाट प्रत्यारोपण सहज गर्न माग
रासस बाँकेका नकुन्नी धोबीको मृत्यु प्रकरण र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानबिन गर्न गठित समितिले कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ।, गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले आइतबार प्रतिवेदन बुझाएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए।, प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले छानबिनबाट निकालिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाए।, समितिले प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिका–२ नेवाजीकी नकुन्नी धोबीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबीउपर जाहेरी दिएको उल्लेख छ।, प्रतिवेदनमा जाहेरीपछि अनुसन्धान भएर दुवै आरोपी हाल पुर्पक्षका लागि थुनामा रहेको र हाल मुद्दा विचाराधीन रहेको जनाइएको छ।, नेपालगञ्ज उपमहानगरपालिका–१७ का निर्मला कुर्मीको बेपत्ता प्रकरणमा भने जग्गाको कुरा जोडिएको प्रतिवेदनले औँल्याएको छ।, समितिले निर्मला कुर्मीको घटनामा सम्बन्धित निकायबाट विज्ञसहितको टोली गठन गरी अनुसन्धान गर्न सिफारिस गरेको छ।, उक्त समितिमा प्रहरी उपरीक्षक रामप्रकाश शाह, उपअनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र मोहम्मद शेर बागवान सदस्य थिए।, नकुन्नी धोबी मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानबिन समितिले बुझायो प्रतिवेदन
सेतोपाटी संवाददाता राष्ट्रसंघको महासभा बैठक चल्दै थियो। विभिन्न राष्ट्रका प्रतिनिधिहरूले जलवायु परिवर्तन लगायत विश्वका जल्दाबल्दा विषयमा आफ्नो प्रस्तुति दिँदै थिए।, त्यही बेला बैठक कक्षमा अस्वाभाविक रूपले एउटा पाहुनाको आगमन हुन्छ।, बिनानिम्तो बैठक कक्ष छिरेको त्यो पाहुनालाई देखेर त्यहाँ उपस्थित सबै चकित खान्छन्। कोही डरले कालोनीलो हुन्छन्। कोही त फर्की फर्की पनि हेर्छन्।, त्यो पाहुना ढोकाबाट छिरेर कसैको वास्ता नगरी सरासर अगाडि मञ्चमा पुग्छ र माइकमा आफ्नो कब्जामा जमाउँछ।, ऊ अरू कोही होइन, ६ करोड ६० लाख वर्षअघि नै पृथ्वीबाट लोप भइसकेको भीमकाय जन्तु डायनासोर हो।, राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले संयुक्त अधिराज्यको ग्लास्गोमा बिहीबार सुरू हुने विश्व जलवायु सम्मेलन (कोप–२६) को सन्दर्भमा जारी गरेको भिडिओ हो यो। जलवायु परिवर्तनले कसरी पृथ्वीका जीवजन्तु र वनस्पतिहरू लोप हुने खतरा बढ्दैछ भन्ने सन्देश प्रवाह गर्न युएनडिपीले यो चेतनामूलक भिडिओ तयार पारेको हो।, कोप–२६ को मुखमा सार्वजनिक साढे दुई मिनेटको यो भिडिओले अहिले अन्तर्राष्ट्रिय चर्चा कमाइरहेको छ। यसैबीच युएनडिपी नेपाल नियोगले पनि उक्त भिडिओको नेपाली संस्करण सार्वजनिक गरेको छ जसमा डायनासोरको आवाज वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहले दिएका छन्।, उक्त भिडिओमा डायनासोर राष्ट्रसंघीय महासभा बैठकको मञ्चमा पुगेर त्यहाँ उभिएको एक व्यक्तिलाई 'ठिक छ' भनेर सोध्छ।, ऊ 'ठिक छ' भन्ने भावमा तलमाथि टाउको हल्लाउँछ।, त्यसपछि डायनासोर ‘केही गर्नुपर्छ’ भनेर सोध्छ। त्यो व्यक्ति 'पर्दैन' भन्ने भावमा टाउको दायाँबायाँ हल्लाउँछ।, अनि डायनासोर ‘ल त’ भन्दै माइकसामु उभिन जान्छ।, माइकअगाडि गएर ऊ सबभन्दा पहिला आफ्नो घाँटी सफा गर्छ र भन्न थाल्छः , ‘सुन्नुहोस् मानिसहरू, प्रजातिको लोपबारे मलाई थाहा छ, मलाई बताउन दिनुस्, स्वाभाविक रूपमा तपाईंहरूलाई थाहा छ कि लोप हुनु राम्रो कुरा होइन, तर आफैंलाई जानी जानी समाप्त पार्ने?' , ‘सात करोड वर्षमा मैले सुनेको सबैभन्दा हास्यास्पद कुरा हो यो। हामीलाई त एउटा भन्ने बाटो छ, हाम्रो विनाशको कारण उल्कापिण्ड थियो तर तपाईंहरूको बहाना चाहिँ के? तपाईंहरू विनाशकारी जलवायु विपत्तितिर जाँदै हुनुहुन्छ। यस्तो अवस्थामा पनि सरकारहरू खर्बौं रुपैयाँ जीवाष्मा इन्धनमाथि अनुदान दिन खर्च गरिराखेका छन्। त्यो पैसाले अरू के के गर्न सकिन्छ भन्ने सोच्नुभएको छ? विश्वमा अहिले पनि चरम गरिबी छ। आफ्नो विनाशका लागि खर्च गर्नुभन्दा गरिबलाई सहयोग गर्नु ठूलो पुण्य कर्मजस्तो लाग्दैन तपाईंलाई?’, डायनासोर अगाडि भन्छ, ‘मलाई एकछिन यथार्थ बोल्न दिनुहोस्। तपाईंलाई अद्वितीय अवसर प्राप्त भएको छ। महामारीको घाउ निको पार्न र अर्थनीति पुनर्निर्माण गर्न मेरो एउटा सुझाव राम्ररी सुुन्नुहोस्। लोप हुने बाटो कदापि नरोज्नुहोस्। बहाना बनाउन छोड्नुहोस्। आफ्नो जातिलाई लोप हुनबाट जोगाउनुहोस्।’, यति भनेर अन्त्यमा त्यो डायनासोर सबैलाई ‘धन्यवाद’ दिन्छ।, उसको मन्तव्य सकिएपछि बैठक कक्ष तालीले गुञ्जिन्छ।, यो भिडिओले जैविक इन्धन प्रयोग निरूत्साहित गर्न आह्वान गरेको छ। पछिल्लो समय संसारका विभिन्न देशले जैविक इन्धनमा ४२३ अर्ब अमेरिकी डलर अनुदान दिइरहेका छन्।, यो जैविक संकटसँग जुध्न गरिब राष्ट्रहरूका लागि आह्वान गरिएको रकमको तुलनामा चार गुणा बढी भएको युएनडिपीले जनाएको छ।, Here comes Nepali version of Dino film with ,@NirShah3, VO, who warns us: ,#DontChooseExtinction, It’s time to end the excuses, and start taking ,#ClimateAction,. Learn more and join ,@UNDP, and ,@FrankieTheDino,.,https://t.co/fV2mCLkAQp, ,pic.twitter.com/sIC0QqRGHp, — UNDP in Nepal (@UNDPNepal) ,October 29, 2021,  , We can’t ignore ,#ClimateChange, any longer. Unless we end the excuses, we’ll be another species facing extinction., Join us and ,@FrankieTheDino,, and let's take ,#ClimateAction, before it’s too late: ,https://t.co/vf7PQ2oLeR,#DontChooseExtinction, ,#COP26, ,pic.twitter.com/lwAXw4FCYI, — UN Development (@UNDP) ,October 27, 2021, डायनासोरले राष्ट्रसंघको बैठकमा कब्जा जमाउँदै दियो विश्वलाई सन्देश
बिबिसी लन्डनको सेलिसबरीमा गएराति दुईवटा रेल आपसमा जुध्दा थुप्रै व्यक्ति घाइते भएका छन्।, यो दुर्घटना लन्डन रोडनिर भएको थियो जसमा साउथ वेस्टर्न रेल्वे र ग्रेट वेस्टर्न सर्भिस आपसमा जुधेका थिए।, रेल जुध्दा एक जना चालक भित्रै अड्किएका थिए जसलाई उद्धार टोलीले बाहिर निकालेको थियो। यो घटनामा १७ जना घाइते भएका छन्। उनीहरू अस्पतालमा उपचाररत छन्।, एउटा रेलले सुरूङभित्र कुदिरहेको अवस्थामा कुनै वस्तुलाई ठक्कर दिएको थियो। त्यही बेला दोस्रो रेल अघिल्लो रेलसँग जुध्दा दुर्घटना भएको हो। रेल्वे ट्रयाकमा रहेका संकेत चिह्नहरूको समस्याले दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।, दुर्घटना हुँदा रेलमा रहेकी एन्जेला म्याटिंग्ली भन्छिन्, 'रेल गुड्दा गुड्दै अचानक चारैतिर अन्धकार भयो। रातो बत्तीहरू झिलिक झिलिक बलेको मात्र देख्यौं।', 'त्यसपछि रेल बेस्कन हल्लियो र घद्रकघद्रक गर्दै निकै बेर उफार्यो,' उनले भनिन्, 'मैले सम्झेसम्म केही यात्रुहरू आफ्नो सिटबाट उछिट्टिएका थिए। उनीहरूको टाउकोमा चोट लागेको हुनुपर्छ।', 'केही समय त मलाई के भयो भन्ने नै होस भएन, होसमा आउँदा चारैतिर अफरातफरी मच्चिएको थियो,' उनले भनिन्।, दुर्घटनापछि चलाइएको आकस्मिक रेल सेवा। तस्बिर स्रोत: बिबिसी, डर्बीकी ५१ वर्षीया काेरिना एन्डरसन पनि लन्डनको वाटरलूबाट आफ्नो साथी भेट्न सेलिसबरी जाँदै थिइन्।, रेल गुड्दा गुड्दै उनले एक्कासि ठूलो आवाज आएको सुनिन् र आफ्नो सिटबाट हुत्तिएर रेलको भित्तामा जोडसँग बजारिन पुगिन्।, आकस्मिक स्वास्थ्य सेवामा तालिमप्राप्त एन्डरसनले भनिन्, 'मैले केही बेरमा आफूलाई सम्हालेँ। त्यसपछि दुर्घटनामा घाइतेहरूको उद्धार गर्नमा मेरो ध्यान गयो।', लन्डन रेल्वेका प्रवक्ताले पोर्टसमाउथ हार्बरबाट ब्रिसटल टेम्पल गइरहेको ग्रेट वेस्टर्न रेल्वे सर्भिस सुरूङभित्र कुनै वस्तुमा ठोक्किँदा लिकबाट बाहिर उछिट्टिएको बताएको छ। त्यही क्रममा अर्को लिकबाट कुदिरहेको रेलसँग जुधेको प्रवक्ताको भनाइ छ। त्यो रेल लन्डल वाटरलूबाट होनिटन जाँदै थियो।, लन्डनमा दुईवटा रेल आपसमा जुधे, १७ जना घाइते
सेतोपाटी संवाददाता सल्यानको एक सामुदायिक वनभित्र पर्ने गुफाबाट चार थान भरुवा बन्दुक बरामद गरिएको छ।, शारदा नगरपालिका–१२ को बागेश्वरी सामुदायिक वनमा पर्ने ट्वाङट्वाङे गुफाभित्रबाट भरुवा बन्दुक बरामद गरिएको हो।, बेवारिसे अवस्थामा भरुवा बन्दुक गुफाभित्र रहेको भन्ने सूचनाका आधारमा शुक्रबार बिहान इलाका प्रहरी कार्यालय शितलपाटीको टोलीले बरामद गरेको हो।,  , सल्यानको एक गुफाबाट चार थान भरुवा बन्दुक बरामद
सेतोपाटी संवाददाता नेपालमा थप ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५४९ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ७४६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार १४५ जनाको पिसिआर परीक्षण र २६०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १० हजार १५१ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३८८ पुगेको छ।, ५६९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ।, त्यस्तै काठमाडौं उपत्यकामा २२८ थपिएका छन्। जसमध्ये काठमाडौंमा १७३, ललितपुरमा ३१ र भक्तपुरमा २४ संक्रमित छन्।, थपिए ५४९ संक्रमित, निको भए ५६९
सेतोपाटी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-९ का २३ वर्षीय लालु मण्डलको शव नौ दिनपछि भेटिएको छ। , मण्डललाई यही कात्तिक ३ गते जिता खोलामा आएको बाढीले बगाएको थियो।, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका मण्डलको शव सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपञ्चयात-१० स्थित जिता खोलाको बगरमा सडेको अवस्थामा फेला परेको हो।, भारतीय प्रहरीसँगको समन्वयमा शव नेपाल ल्याई मृतकका पिता शम्भु मण्डललाई बुझाइएको प्रहरीले जनाएको छ।,     , भारतीय बजार कुनौलीबाट किनमेल गरी फर्किंदै गर्दा हनुमानगर-रम्पुरा मल्हनियाँ सडकखण्डको जीर्ण पुल पार गर्ने क्रममा मण्डललाई जिता खोलाको बाढीले बगाएको हो। ,रासस,  , बेपत्ता भएको ९ दिनपछि भेटियो लालुको शव
सेतोपाटी संवाददाता ललितपुरमा श्रृंखलाबद्ध चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, चोरी आरोपमा प्रहरीले रामेछाप घर भई ललितपुरको गोदावरी नगरपालिका टौखेल बस्ने २४ वर्षीय बिराट राई, २३ वर्षीय विशाल तामाङ र १४ वर्षीय बालक समेत पक्राउ परेका छन्। , उनीहरूले ललितपुर महानगर वडा १९ कुमारीपाटीस्थित एसआर स्टोर, लुनार एजुकेशन कन्सल्टेन्सी, केकेएफसी रेष्टुरेण्ट, लाइट फोटो स्टुडियो, कोपिके लाफिङ सेन्टर नामक होटलमा चोरी गरेको आरोप छ। , त्यस्तै, टौखेलस्थित रिता थापा क्षेत्रीको घरबाट समेत चोरी गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए। , उनीहरूबाट चोरीका चकलेट, चुरोट, नगद, जुत्ता, क्यामेरा, मूर्तिलगायत बरामद गरिएको छ।, उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। ,  , ललितपुरमा श्रृंखलाबद्ध चोरी गरेको आरोपमा तीन पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २२८ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७३, ललितपुरमा ३१ र भक्तपुरमा २४ संक्रमित छन्।, यस्तै काठमाडौंमा २३४२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १२२६, भक्तपुरमा ५३३ र ललितपुरमा ५८३ सक्रिय संक्रमित छन्।, नेपालमा थप ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ९ हजार ७४६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार १४५ जनाको पिसिआर परीक्षण र २६०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १० हजार १५१ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३८८ पुगेको छ।, ५६९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ।, काठमाडौं उपत्यकामा थपिए २२८ संक्रमित, सक्रिय २३४२
सेतोपाटी डोटीको जोरायल गाउँपालिकामा बाढी पहिराका कारण ज्यान गुमाएका परिवारलाई पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ।, बाढी पहिराबाट ज्यान गुमाएका सात जनाको परिवारलाई पालिकाले सहयोग गरेको हो। , यही कात्तिक पहिलो साता आएको बाढी पहिराबाट सयौं घरमा क्षति पुगेको थियो। सोही घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई रु सात हजार नगद तथा खाद्यान्न, लुगाकपडा र त्रिपाल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए।, उनले भने, 'बाढी र पहिराले तहसनहस बनाएको छ, कयौंको अकालमै ज्यान गएको छ, कतिपय घरबारविहीन भएका छन्, दुःखको बेला केही राहत होस् भनेर सहयोग गरेका हौं।', उक्त पालिकाको वडा नं ४ को सैगडामा चार जना, वडा नं १ मा एक जना र वडा नं ३ नवलपुरमा बाढी पहिराबाट दुईको मृत्यु भएको थियो।, वर्षासँगै आएको बाढी पहिराबाट सडक पूर्णरूपमा बन्द भएका छन्। भत्किएका सडक खोल्ने भइरहेको ओझाले बताए। ,रासस, बाढी-पहिराबाट मृत्यु भएकाका परिवारलाई गाउँपालिकाको सहयोग
सेतोपाटी काठमाडौं उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन्।, काठमाडौं दक्षिणकाली नगरपालिका–४ बाँसबारी बस्ने ४९ वर्षीय जमुना रोक्का मिजार आफ्नै कोठामा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, यस्तै ललितपुर, गोदावरी नगरपालिका–१० चापागाउँस्थित हेमबहादुर तामाङको घरको आँगनमा ललितपुर महानगरपालिका-२२ का ३५ वर्षीय गोविन्द तामाङ मृत अवस्थामा फेला परेका जनाइएको छ।, उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।,  , काठमाडौंका छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला
एजेन्सी दक्षिण अफ्रिकामा पहिलोपटक गैंडाको सिटी स्क्यान गरिएको छ।, एक साताअघि त्यहाँको केयर फर वाइल्ड राइनो स्याङ्चुअरीले सामाजिक सञ्जालमा गैंडाको सिटी स्क्यान गरेका तस्बिरहरू सार्वजनिक गरेको हो। , अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसअघि दक्षिण अफ्रिकामा जीवित गैंडाको सिटी स्क्यान नगरिएको र यो नै पहिलो भएको बताएका छन्।, केयर फर वाइल्ड राइनो स्याङ्चुअरीका अनुसार ओज नामको यो गैंडा स्थानीय आरक्षित क्षेत्रमा बस्छ। यसको अनुहार एकदमै सुन्निएपछि पशु चिकित्सकहरूले जाँच गरेका थिए। उसको दाँतको जरामा समस्या थियो।, ओज सेतो गैंडा हो। सन् २०१५ मा उसका आमाबुवा शिकारमा मारिएका थिए। ओजको भने उद्धार गरी पुनर्स्थापना केन्द्रमा लगियो र पछि आरक्षित क्षेत्रमा छाडिएको हो।, यो वर्षको सुरूतिर गैंडाको परीक्षण क्रममा उसको अनुहार एकदमै असामान्य तरिकाले सुन्निएको पाइएको थियो। अनि चिकित्सहरूको सल्लाहमा उसको सिटी स्क्यान गरिएको हो। , सबै तस्बिरः केयर फर वाइल्ड राइनो स्याङ्चुअरी,  , दक्षिण अफ्रिकामा गैंडाको दाँतको सिटी स्क्यान
सेतोपाटी संवाददाता कर्तव्य ज्यानमुद्दामा ४५ वर्षदेखि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका-८ का ७३ वर्षीय गणेशबहादुर कुमाल छन्। इलाका प्रहरी कार्यालय चापाकोटको टोलीले बिहीबार कुमाललाई पक्राउ गरेको हो।, प्रहरीका अनुसार २०३३ साल वैशाख २ गते चैते दसैंको पूर्णिमा मेलामा चापाकोट नगरपालिका-८ स्थित कालीगणडकी नदी किनारमा पाल्पाका २४ वर्षीय जितबहादुर रानाको हत्या भएको थियो।, उनी भारतीय सेनामा कार्यरत् थिए। बिदामा आउँदा चैते दसैंको मेला पुगेका रानालाई १२ जनाको समूहले हत्या गरेको थियो।   , हत्यापछि अन्य अभियुक्त पक्राउ परे पनि कुमाल फरार रहँदै आएका थिए। हत्यामा संलग्न रहेको आरोपमा कुमाललाई २०३६ सालमा स्याङ्जा जिल्ला अदालतले जन्मकैद फैसला गरेको थियो।, तत्कालीन क्षेत्रीय अदालत पश्चिमाञ्चलले २०३९ साल र सर्वोच्च अदालतले २०४० सालमा कुमाललाई जन्मकैद सजाय नै कायम गरेको थियो।, कुमाल स्याङ्जाबाट भागेर नवलपरासीमा लामो समयदेखि बस्दै आएका थिए। परिवारसहित नवलपरासी बसिरहेका उनले त्यहाँ बस्दा आफ्नो नाम पनि परिवर्तन गरेका थिए।, दसैंमा पुरानो घरमा पुगेर फर्किँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले स्याङजाका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।  , शुक्रबार कुमाललाई जिल्ला अदालत पेश गरेकोमा अदालतले कारागार पठाएको छ।, भारतीय सेनामा कार्यरत् राना पाल्ला गोदारछाप गाउँपञ्चायत-२ बस्ने रानाको शव हत्यापछि कालीगण्डकी नदीमा फालिएको थियो।, फरार अभियुक्त खोजीको सिलसिलामा प्रहरीले कुमाललाई खोजी गरिरहेको थियो। ‘पहिले-पहिले पनि खोजी भएको थियो वा खोजी गर्न छोडिएको थियो भन्ने यकिन भएन,’ बोगटीले भने, ‘अपराध गरेपछि जुनसुकै बेला पनि कानुनी दायरामा प्रहरीले ल्याउँछ।’,   , हत्यामा जन्मकैद सजाय तोकिएका व्यक्ति ४५ वर्षपछि पक्राउ
सेतोपाटी मकवानपुरको भीमफेदी-कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारी साधन अवरूद्ध हुने भएको छ।, हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारी साधन अवरूद्ध हुने भएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ।, मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै भीमफेदी-कुलेखानी सडकखण्डमा कात्तिक १३ देखि कात्तिक १५ गतेसम्म दैनिक तीन दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी साधन अवरूद्ध हुने जानकारी गराएको हो।, निर्देशनालयका निमित्त निर्देशक सहदेव भण्डारीका अनुसार भीमफेदी गाउँपालिका-६ जुरीखेतदेखि चिसापानीगढी बीचको एघार घुम्ती क्षेत्रमा सडक साँघुरो, उच्च ग्रेडियन्ट तथा घुम्ती क्षेत्रमा अष्फाल्ट कङ्क्रिट पेभमेन्ट कार्य हुने भएकाले तीन दिन ४ घण्टा सबै प्रकार (सुमो, मोटरसाइकल, स्कुटर, बस, ट्र्याक्टर आदि) का सवारी साधनमा रोक लगाउने भनिएको छ।  , साथै, निर्देशनालयले जारी गरिएको सूचनामा सम्पूर्ण सवारी साधनहरूको आवतजावत बन्द गर्नका लागि सम्बन्धित निकायहरूमा समन्वय गरी निर्माणमा सहयोग पुर्‍याइदिन सबैलाई आग्रहसमेत गरेको छ। ,रासस, , भीमफेदी–कुलेखानी सडकखण्डमा तीन दिन सवारीसाधन अवरूद्ध हुने
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर ललितपुर कन्ट्रोल रूमको स्तरोन्नति गर्ने भएको छ। , अपराध नियन्त्रण तथा न्यूनीकरण गर्न परिसरले कन्ट्रोल रूमको स्तरोन्नति गरिएको परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिइन्। , अहिले परिसरमा कन्ट्रोल रूमको निर्माण कार्य जारी छ। त्यसको लागि परिसरले थप १० थान एलइडी टेलिभिजन प्राप्त गरेको हो।, बिहीबार ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले 'स्मार्ट कन्ट्रोल रूम' बनाउन परिसरलाई १० थान एलइडी टेलिभिजन हस्तान्तरण गरेका हुन्।, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो।  , अहिले ललितपुर परिसरमा चार वटामात्रै टिभी छन्। जसबाट जिल्लामा भएका अपराध तथा दुर्घटनाको त्यसैमार्फत् हेर्ने गरिन्छ। , थप १० वटा टेलिभिजन उपलब्ध भएपछि जिल्लाभरि नै कन्ट्रोल रूमबाट निगरानी गर्न सकिने परिसरले जनाएको छ। जिल्लामा अहिले २७४ वटा सिसिटिभी जडान छन्। , 'यहाँ म आइसकेपछि हाम्रो कन्ट्रोल रूमलाई परिवर्तन गर्नुपर्ने देखें,' एसएसपी बज्राचार्यले भनिन्,'त्यसपछि मैले यहाँ पहिले पाँच वटा हटलाइन नम्बरहरूको थपें। पहिले तीन वटामात्रै थियो। जसमध्ये सर्वसाधारणको प्रयोगमा एउटामात्रै थियो।', यस्तै, जिल्लामा सिसिटिभी जडान गर्न ललितपुर महानगरपालिकासँग समन्वय भइरहेको उनले बताइन्। , दुई करोडको एमओयू गरी जिल्लामा सिसिटिभी जडान गर्न लागेको उनले जानकारी दिइन्। , कन्ट्रोल रूमको स्तरोन्नति गर्दै ललितपुर प्रहरी, जिल्लामा सिसिटिभी थप्ने तयारी
सेतोपाटी संवाददाता एउटा व्यक्तिको जग्गालाई अर्कैलाई बेच्ने तीन जनालाई उच्च अदालत सुर्खेतले कारागार चलान गर्न आदेश दिएको छ।, सुर्खेतको वीरेन्द्रनगरमा रहेको सौगात रावतको जग्गाधनीलाई थाहा नदिएर अर्कैको नाममा बेच्ने सन्तोष ठाकुरसहित तीन जनालाई कारागार चलान गरिएको हो।, उच्च अदालतका न्यायाधीश राजेन्द्र सुवेदी र राजेश्वर तिवारीको बिहीबारको संयुक्त इजलासले वीरेन्द्रनगर-२ भुरेलीका ठाकुरसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।, कारागार चलान गरिएका अरू दुई जना ठाकुरसँग सोही जग्गा प्रकरणमा संलग्न वीरेन्द्रनगर-५ का निर्मल पुरी र वीरेन्द्रनगर-२ का गोर्खबहादुर भन्ने गणेश बुढा छन्।, उनीहरूले जग्गा मालिक सौगात रावतको सहीछाप गरी उनको जग्गा अर्कैलाई बेचेका थिए। रावतको उक्त सहीछाप विधि विज्ञान प्रयोगशालाबाट नमिलेको प्रमाणित भएको थियो।, यसअघि वैशाख १६ गते उनीहरूलाई सुर्खेत जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको थियो। जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै पीडित पक्षले उच्च अदालतमा पुनरावेदन गरेका थिए।, ठाकुरबाट ५ लाख, पुरी र बुढाबाट ३ लाख रुपैयाँ धरौटी तोकिएको थियो।, उच्च अदालतले उक्त आदेशलाई बदर गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।, रावतको नाममा दर्ता भएको भएको वीरेन्द्रनगर-१२ रहेको कित्ता नं ३१११ को जग्गामध्ये २०७७ असार १० गतेपछि ६ कित्तामा अर्कैको नाममा नामसारी गरेको खुलेको थियो।, २०७७ पुस २९ गते जग्गाको नक्सा निकाल्ने क्रममा रावतका नामको कित्ता नम्बर नभेटिएपछि जग्गा अर्कैको नाममा नामसारी भएको खुलेको हो।, ठाकुरसहितले सहवीर कार्कीको नाममा राजीनामा लिखित पारित गरी लिएपछि मालपोतका कर्मचारीसहित यो प्रकरणमा मुछिएका थिए।, जग्गाधनीलाई थाहा नदिएर अर्कैका नाममा जग्गा बेच्ने तीन जना कारागार चलान
सेतोपाटी कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका कारण ठप्प रहेको कामकाज पुनः सञ्चालन भएपछि यातायात व्यवस्था कार्यालय बागलुङमा सेवाग्राहीको दैनिक जासो भीडभाड हुने गरेको छ।, सोही भीडमा रहेका म्याग्दीका राजेन्द्र घर्तीका हातमा निरोगिताको प्रमाणपत्रसमेत थियो। तर उनलाई उक्त प्रमाणपत्र भने चिकित्सकले चेकजाँच गरेर दिएका होइनन्। यातायात व्यवस्था कार्यालय अगाडिकै एक पसलले रु चार सयमा बिक्री गरेको हो।, 'मैले डाक्टरलाई भेटिनँ, अगाडिकै पसलबाट किनेर ल्याएको हुँ', उनले भने, 'स्वास्थ्य परीक्षण गरेर दिनुपर्ने हो, मनपरी शुल्क असुलेर पनि स्वास्थ्य चेकजाँच भएको छैन।', निरोगिताको प्रमाणपत्र किनेर सवारी चालक अनुमतिपत्र नविकरण गर्न आवेदनसँगै पेश गरेको उनको भनाइ छ। , सवारी चालक अनुमतिपत्र लिन र नविकरणका लागि आवश्यक पर्ने निरोगिताको प्रमाणपत्रको व्यापार भएको छ। निरोगिताको प्रमाणपत्रमा भएको खेलाँचीले असक्षम व्यक्तिले सवारी चालक अनुमतिपत्र पाएका र अयोग्यको अनुमतिपत्र सहजै नविकरण भएको छ।, 'कार्यालय छिर्न नपाउँदै भेटिएका व्यक्तिले डाक्टरसँग स्वास्थ्य परीक्षण नगराइ निरोगिताको प्रमाणपत्र दिए', उनले भने, 'त्यही कागज पेश गरेर सवारी चालक अनुमतिपत्र नविकरण भयो।', विचौलियाले चिकित्सकको दस्तखत गराएर पहिले नै निरोगिताको प्रमाणपत्र राखेका हुन्छन्। , अनुसूचीमा विवरण भरेर तत्कालै निरोगिताको प्रमाणपत्र सहजै दिने गरेका छन्।, बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका नागरिकले सेवा लिने यातायात व्यवस्था कार्यालय बागलुङको प्रवेशद्वारमै विचौलिया त्रिपाल टाँगेर बसेका भेटिन्छन्।, सवारी साधन दर्ता, नविकरण, रुट परमिट जस्ता कामका लागि सेवाग्राहीबाट जथाभावी र मनोमानी शुल्क असुल्ने गरेका बेनीका साजन पुनले बताए।, 'हामीले आफैं कागजात तयार पारेर जाँदा कर्मचारीले वास्ता नै गर्दैनन्', उनले भने, 'छिटो र सजिलोका लागि जति खर्च लागे पनि विचौलियाको सहयोग लिन बाध्य हुनुपरेको छ।' , आफैंले आवेदन भरेर जाने सेवाग्राहीले कर्मचारीले कामै नगर्ने गुनासो सेवाग्राहीको छ। आवेदनको फाराम भर्ने, कागजात तयार पार्ने काम गर्दै आएकाले लिने शुल्कको दररेट निर्धारण नहुँदा मनोमानी हिसाबले रकम असुल्ने गरेका छन्।, तोकिएको ढाँचामा चिकित्सकले प्रमाणित गरेको निरोगिताको प्रमाणपत्र ल्याएर आउने सेवाग्राहीको काम रोक्न नमिल्ने यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापामगरले बताए। , 'कार्यालयमा डाक्टरको दरबन्दी छैन। मेडिकल काउन्सिलमा दर्ता भएको नम्बर, नाम र चिकित्सकको दस्तखत भएको प्रमाणपत्र ल्याएर आउनेको काम रोक्न मिलेन', उनले भने, 'कहाँबाट कसरी निरोगिताको प्रमाणपत्र ल्याउँछन्, त्यो हामीलाई जानकारी हुँदैन।', हालै नयाँ भवनमा सरेकाले कार्यालयको संरचना र व्यवस्थापनमा सुधार गर्न बाँकी रहेको बताउँदै प्रमुख थापामगरले सक्षम सेवाग्राहीले कसैको सहयोगबिना आफैं आवेदन फाराम भरेर सेवा लिन पाउने व्यवस्था मिलाएको बताए। , सवारी चालक अनुमतिपत्र, सवारी धनी पुर्जा नविकरण लगायतको काम अनलाइनका माध्यमबाट सुरू गराउन लागिएको उनको भनाइ छ। ,रासस, स्वास्थ्य परीक्षणबिनै निरोगिताको प्रमाणपत्र!
सेतोपाटी संवाददाता तुलसीपुरबाट शुक्रबार दिउँसै नेकपा एमाले र कांग्रेसका नेतासहित ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। , एमालेका नेता मानबहादुर रावत पक्राउ परेका हुन्।, तुलसीपुर ११ उरहरीका रावत एमाले प्रदेश कमिटी सदस्य र दाङ निर्वाचन क्षेत्र नं. ३ का इञ्चार्ज हुन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरास्थित बासु आचार्यको खाली टहराको घरमा शुक्रबार अपरान्ह ४ बजेतिर कौडा खेलिरहेको अवस्थामा छापा हान्दा रावतसहित ८ जनाको साथबाट करिब दुई लाख नगद र केही कागजात पनि बरामद भएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सेतोपाटीलाई बताए। , ‘पक्राउ पर्ने अन्यमा नेपाली कांग्रेसका नेता दीपु गिरी, सुरेन्द्र हमाललगायत छन्,’ एसपी काफ्लेले भने, ‘पक्राउ परेकामध्ये केही यसअघि पनि पटक/पटक जुवाको खालबाट पक्राउ परी कारबाही भोगिसकेका व्यक्ति रहेको भन्ने खुलेको छ।’, पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राखिएको छ। , एमाले र कांग्रेसका नेताहरू नै जुवाको खालबाट पक्राउ परेपछि छोडिदिन भनेर तारन्तर नेताहरूले समेत फोन गरेर दबाब दिएको एक  प्रहरी अधिकारीले बताए। , ‘तारन्तार नेताका फोनहरू आएका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘उनीहरूले छोड्न दबाब दिँदै नभए तत्काल सरूवा गरिदिने धम्की पनि दिन थालेका छन्।’ , कानुन विपरीतका गतिविधिमा संलग्न हुनेहरूलाई छोडिदिन भनेर दबाब दिनु र प्रहरीलाई निष्पक्ष रूपमा काम गर्न नदिएर बाधा उत्पन्न गर्नु गलत भएको ती प्रहरी अधिकारीले बताए।, एसपी काफ्लेले भने आफूले कानुन कार्यान्वयनको सवालमा नियम अनुसार चल्ने बताए।, जुवा खालबाट एमाले र कांग्रेस नेतासहित ८ जना पक्राउ
रोहित महतो महोत्तरीको औरही नगरपालिका-९, अगलेसराकी ५५ वर्षीया सदिक्षा ठाकुर (परिवर्तित नाम) बिहीबार बेलुकी ६ बजे दैनिक कामकाज सकेर खाना पकाउने तयारीमा थिइन्।, त्यही बेला एक दर्जन मानिस ‘बोक्सी’ भन्दै गालीगलौज गर्दै उनको घरमा पसे।, सदिक्षाका जेठाजू ५० वर्षीय झरेन्द्र (परिवर्तित नाम) घरमै थिए। स्थानीय नेवल, कलेवर, सोनेलाल मण्डलका परिवार, आफन्त लगायतले उनलाई कुटपिट गर्दै घिसारेर सडकसम्म ल्याए। सदिक्षालाई पनि कपाल समातेर घिसार्दै बाहिर ताने।, सदिक्षा र झरेन्द्रले ‘टुनामुना’ गरेर आफ्नो परिवार ‘बर्बाद’ पार्न लागेको भन्दै भिडले दुवैलाई नियन्त्रणमा लिएर कुटपिट गरेको र गिलासमा घोलेर ल्याएको मलमूत्र पनि खुवाएको वडाध्यक्ष गौरीशंकर झाले जानकारी दिए।, उनका अनुसार लात्ती र मुड्कीसँगै हँसियाको बिँडको कुटाइबाट झरेन्द्र बेहोस भएका थिए। त्यतिञ्जेल घटना हेर्न ५० जनाभन्दा बढीको भिड लागेको थियो। दुवैले हारगुहार गरिरहे तर कसैले सुनेनन्। भिडको आक्रोश यतिधेरै थियो, आफ्नै घरका सदस्यले पनि उनीहरूलाई बचाउन हिम्मत गरेनन्।, ‘डकैतीको शैलीमा उनीहरू घरमा पसे। हिर्काउँदै उपद्रव मच्चाउन थाले। कुनै गल्ती नै भएको थियो भने समाजमा बसेर कुराकानी गरेको भए हुन्थ्यो,’ झरेन्द्रकी श्रीमतीले भनिन्, ‘हामीलाई पनि कुटेर दिसा खुवाइदेलान् भन्ने डर थियो।’, घटनापछि पीडित परिवारले दुवै जनालाई स्थानीय मेडिकलमा लगे।, डर र पीडाले बिहीबार राति परिवारका कसैले खाना खाएनन्। भोकभाकै सुते। उनीहरूलाई नडराउन र पीडकलाई कानुनी कारबाही हुने भन्दै आश्वस्त रहन आफू बिहानै झरेन्द्रको घर पुगेको वडाध्यक्ष झाले बताए।, ‘जघन्य अपराध भएको छ। दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ। बीस वर्षअघि यस्तै घटना भएको थियो तर त्यति बेला मिलापत्र भयो। दोषीलाई केही भएन। यसपालि अपराध गर्नेलाई छुट नदिइयोस्,’ उनले भने।, महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार घटनामा संलग्न आरोपमा ४० वर्षीया रामशिलादेवी मण्डललाई प्रहरीले पक्राउ गरेको छ। उनका छोरा रामउदेश मण्डल, स्थानीय दुतिया देवी, पुष्प मण्डल लगायत आरोपी फरार छन्।, 'दसैंअघि राम शिलादेवी र पीडित सदिक्षाका श्रीमान सँगै बसेर मदिरा पिएका थिए। भोलिपल्टै रामशिलाका श्रीमान राम केवलको मृत्यु भयो। बिहीबार रामशिलाका छोरा रामउदेश मण्डल मोटरसाइकल दुर्घटनामा परेर घाइते भए,' डिएसपी विष्टले भने, ‘टुनामुना गरेर श्रीमानलाई रक्सी खुवाएपछि मृत्यु भयो र मोटरसाइकल दुर्घटना पनि त्यसै कारणले भएको भन्दै कुटपिट गरी मलमूत्र खुवाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।’, ‘बोक्सी’ आरोपमा मलमूत्र खुवाएर कुटपिट गरिएको महोत्तरीमा यो पहिलो घटना होइन। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार ‘बोक्सी’ आरोपमा यस्तो अमानवीय व्यवहार गरिएको पछिल्लो तीन वर्षमा यो आठौं घटना हो।, दुई साताभित्रै महोत्तरीमा ‘बोक्सी’ आरोपमा तीन जनालाई कुटपिट गरी मलमूत्र खुवाइएको र एक जना महिलाको हत्या नै भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार गएको असोज २७ गते राति महोत्तरी गाउँपालिका–३, मडैकी शिलादेवी झाको हत्या भएको थियो। आफ्नै देवर सञ्जय झाले ‘बोक्सी’ को निहुँमा हथौडा प्रहार गरी उनको हत्या गरेका थिए।, शिलाले दिएको केरा खाएपछि श्रीमती रिंकूको गर्भ तुहिएको आरोप लगाउँदै सञ्जयले उनको हत्या गरेको डिएसपी विष्ट बताउँछन्।, सञ्जयले प्रहरीलाई दिएको बयानअनुसार उनकी श्रीमती बेलाबेला मुखबाट फिँज निकाल्ने र बिरामी भइरहन्थिन्। अस्पतालमा जाँच गराउँदा पनि सुधार हुन सकेको थिएन।, ‘डेढ महिनाअगाडि उनीहरूले झाँक्री लगाएका रहेछन्। सञ्जयकी श्रीमतीले काम्दै आफू शिलाका मृतक माइला छोरा भएको र शिलाले आफ्ना श्रीमान् र आफूलाई टुनामुना गरी मारेको भन्दै अब सञ्जयकी श्रीमतीलाई समेत मार्ने भनेकी थिइन्,’ डिएसपी विष्टले सञ्जयको बयान उद्धृत गर्दै भने, ‘भाउजूलाई मारेपछि मात्र आफ्नो परिवार सुरक्षित हुन्छ भन्ने अन्धविश्वासका कारण उनले हत्या गरेको थाहा भएको छ।’, त्यसै दिन जलेश्वर नगरपालिका–४ स्थित सुगा गाउँकी ४२ वर्षीया अर्की महिलालाई मलमुत्र खुवाई कपाल काटेर दुर्व्यवहार गरिएको घटना सार्वजनिक भयो।, बिहान ३ बजे सडकमा घुमफिर गरिरहेको अवस्थामा स्थानीय सिकिन्दर महतोका परिवारले ‘बोक्सी’ आरोपमा उनलाई अमानवीय व्यवहार गरेका थिए। प्रहरीका अनुसार ती महिला घुमफिर गर्दै सिकिन्दरको घरअगाडि पुग्दा उनकी १३ वर्षीया छोरी काजलकुमारी रून थालेका थिए। त्यसकै निहुँमा ती महिलामाथि दुर्व्यवहार भएको थियो।, घटनामा प्रहरीले स्थानीय रगेश्वर महतोकी श्रीमती ६५ वर्षीया प्रमिलादेवी महतो, छोरा ३५ वर्षीय सिकिन्दर महतो, सिकिन्दरकी श्रीमती ३२ वर्षीया पुरनीदेवी महतो, रगेश्वरकै अर्का २० वर्षीय छोरा अनिल महतोलाई पक्राउ गरेको छ।, पछिल्लो तीन आर्थिक वर्षमा प्रदेश-२ मा ५२ वटा ‘बोक्सी’ सम्बन्धी घटना भएको प्रहरीको तथ्यांक छ। आर्थिक वर्ष २०७६-७७ देखि २०७८-७९ सम्म सप्तरीमा ९, सिरहामा २१, धनुषामा ४, महोत्तरीमा ८, सर्लाहीमा २, रौतहटमा ३, बारामा १ र पर्सामा ४ वटा यस्ता घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, अशिक्षा, गरिबी र सूचनाको पहुँच नभएको समाजमा रूढिवादी परम्पराले यस्ता घटना व्याप्त रहेको महोत्तरीका एसपी दिनेश आचार्य बताउँछन्।, ‘हामीकहाँ धामीझाँक्रीको चलन छँदैछ। जबसम्म हामी यस्ता सोचाइबाट मुक्त हुन सक्दैनौं, यस्ता घटना भइरहन्छन्,’ उनले भने, ‘हात हेराउनेदेखि बिरामी भएपछि झाँक्रीकहाँ जाने र समाजले त्यस्ता व्यक्तिलाई प्रश्रय दिउञ्जेल यस्तो रूढिवादी प्रथा रहिरहन्छ।’, महोत्तरीमा दुई सातायता 'बोक्सी' भन्दै तेस्रो महिलालाई खुवाइयो मलमूत्र, एक जनाको हत्या
सेतोपाटी संवाददाता मुलुकका पहाडी भूभागमा शनिबारको मौसममा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । , अहिले बिहान देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागको मौसम सामान्यतया सफा  रहेको छ ।, पहाडी भूभागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका  एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।, आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् । शनिबार बिहान जारी गरेको विज्ञप्ति अनुसार राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।, महाशाखाका अनुसार यस्तै प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ ।, तर पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा  हल्का हिमपातकोसमेत सम्भावना रहेकोले उक्त क्षेत्रका बासिन्दाले कृषिजन्य कार्य गर्दा  र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। , पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातकाे सम्भावना
जनक श्रेष्ठ/रासस आधुनिक प्रविधिको युगमासमेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको हो । , यहाँका स्थानीय दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्‍छन्, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान ठाडो पार्दै ध्यानपूर्वक सुन्न थाल्छन् । गुरुङले डाँडाबाट आफ्ना गाउँमा हुन लागेको कार्यक्रमबारेको नयाँ सूचना वा खबर सुनाउँछन् । उनी गाउँलेलाई सूचना दिने मान्छेअर्थात् कटुवाल हुन् । प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि यहाँका गाउँका बासिन्दालाई सामूहिकरूपमा सूचना (खबर) गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवालको प्रथा कायमै रहेकाले यस प्रथाको महत्व रहँदै आएको छ । , घाम्राङ गाउँमा हुने विभिन्न भेला, कार्यक्रम तथा बैठक, विवाहलगायतका शुभकार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको रीतिस्थितिअनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक काम गराउन, सामुदायिक वनको गोडमेल, खानेपानीको मर्मतसम्हार, दाउरा काट्ने, दुःख–बिमारमा सघाउ गर्ने, गाईभैँसी लेकमा लैजाने बेँसीमा राख्नेलगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडाध्यक्ष राजु गुरुङले बताए । गुरुङले भने, 'गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति नै गाउँको कटुवाल हो ।', वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको रहेको उनको भनाइ छ । गुरुङले गत मङ्सिर महिनाबाट यस गाउँमा सूचना दिने काम अर्थात् कटुवालको काम गर्दै आएका छन्। वर्षौं पहिलेदेखि कटुवालको चलन चल्दै आएको र यसलाई निरन्तरता दिनका लागि आफू पनि कटुवाल बनेको उनको भनाइ छ ।  उनले भने, 'यस गाउँमा मात्र नभई घाम्राङगाउँ आसपासका घिचे, घाम्राङबेँसी, साल्मेलगायतका गाउँमा समेत कटुवाल कराएरै खबर पुर्‍याउने गरेको छु ।' गाउँमा जे जस्तो खबर गर्नुपरे पनि ती गाउँमा आफैँ खटिँदै आएको उनले भने । ती गाउँमा सूचना दिनका लागि गाउँका चौतारोदेखि अग्लो डाँडा तथा थुक्कोमा बसेर उर्दी गरेपछि गाउँलेले थाहा पाउने गरेको उनले सुनाए ।  , यसरी नै कटुवाल कराएर गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी हुँदै आएको छ । कटुवाल कराएबापत उनले गाउँलेबाट सामूहिकरूपमा वार्षिक पाँच मुरी धान, एक मुरी कोदो पाउँछन् । बर्सेनि गाउँमा सभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन रहेको छ । काम परेको बेला कटुवाल कराउने र अन्य समयमा खेतीपाती गर्दै परिवार धान्ने गरिन्छ । कटुवालको जिम्मेवारीमा आउने अन्न, आफूले उब्जाउने अन्न र मेलापात गरेर आउने नगद आम्दानीले आफ्नो जीवन र परिवारको गुजारा चल्छ । वडाध्यक्ष गुरुङका अनुसार यहाँ प्रत्येक मङ्सिर महिनामा कटुवाल चुन्ने गरिन्छ । , गाउँमा प्रायःजसो सबैको हातहातमा मोबाइल सेट र इन्टरनेट छ, यसैको माध्यमबाट संसारको खबर प्राप्त गर्ने गरे पनि गाउँका खबर भने कटुवालमार्फत थाहा पाउँदै आएको स्थानीय गमप्रसाद गुरुङले बताए । उनले भने, 'यहाँ परम्पराको चलन कायम रहेकाले यसलाई बचाउनका लागि पनि कटुवालको महत्व तथा संरक्षण आवश्यक रहेको छ ।' यी गाउँबाहेक पनि जिल्लाका कतिपय गाउँमा अझै पनि कटुवाल प्रथा कायमै रहेको बताइएको छ । रासस, अहिले पनि कटुवालकै भरमा सूचना
चन्द्रकला भण्डारी/ रासस नेपालीभाषीको बाहुल्य रहेको भारत र भुटानको सीमा क्षेत्र ‘डुबर्स’ मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । त्यहाँको अलिपुरद्वार जिल्लामा सडकमा गाईबस्तु हिँडेझैँ हरेक साँझ आहार खोज्दै जङ्गली हात्तीको लर्को बस्ती र बाली क्षेत्रमा पस्ने गरेको देख्न सकिन्छ ।, भुटानको प्रवेशबिन्दु फुन्चोलिङसँग जोडिएको अलिपुरद्वारको मदारीहाट ब्लकमा एक लाखभन्दा बढी नेपाली भाषी बसोबास गर्छन् । जहाँ दैनिक ४०० को हाराहारीमा आउने हात्तीले मान्छे मार्ने, खेतबारीको अन्नबाली खाइदिने र घर भत्काउने गरेको डुबर्स न्यूज च्यानलका सम्पादक नविन आचार्यले बताए । , पश्चिम बङ्गाल सरकारले जल्दापाडा राष्ट्रिय निकुञ्जको वरिपरि विद्युतीय घेराबार गरेर हात्ती गाउँ पस्न नदिने उपाय गर्दै आएपछि समस्या केही कम भएको उनको भनाइ छ तर हात्ती आउने क्रम भने रोकिएको छैन । किसानले धानबाली जोगाउन खेतमा बनाइएका काठ र बासका अग्ला मचान (स्थानीय भाषामा टुङ)मा अनिदै रात बिताउने गरेको उनले जानकारी दिए । , जिल्लाको बानरहाट, मेघनाथ, साहनाथ, वीरपाडा, कालचिनीलगायतका क्षेत्रमा नेपाली भाषीको ठूलो बसोबास रहेको छ । उनीहरूको मुख्य पेसा कृषि नै भए पनि हात्ती आतङ्कका कारण उनीहरुले अन्नखेती गर्न छाडेर सुपारी लगाउन थालेका स्थानीय साहित्यकार किरण उपाध्यायले बताए ।, बाली पाकेर घरमा भित्र्याउन नपाउँदै क्षति हुन थालेपछि धान, मकै, गहुँ लगाउन किसानले छाडिसकेको बताउँदै उपाध्यायले भने, 'जीविकाका लागि सुपारी खेतीतिर मानिस लागेका छन् । व्यापार र पर्यटनमा पनि आकर्षण बढ्दै गएको छ ।' स्थानीय नेपाली भाषी पेसा बदलेर पशुपालनमा समेत लाग्न थालेका छन् ।, उनले सो क्षेत्रमा आसामबाट जङ्गली हात्ती आउने गरेको र किसानले बढी दुःखकष्ट व्यहाेर्ने गरेकाे बताए । हात्तीबाट मृत्यु भएका परिवारलाई भारत सरकारले प्रति व्यक्ति भारु चार लाख नगद र परिवारका एक सदस्यलाई राष्ट्रिय निकुञ्जभित्रै सुरक्षागार्डको रोजगारीको व्यवस्था गर्दै आएको उनले बताए । , जिल्लामा जुनसकै राजनीतिक दलका उमेदवारलाई जिताउने निर्णायक मत रहेको दाबी गर्दै आएका नेपाली भाषीले हात्तीसँग सधैँ हार्ने गरेको दुखेसो सुनाउने गरेका छन् । भारत सरकारले जङ्गली जनावर मार्न नपाइने कडा कानुनी व्यवस्था गरेको तर स्थानीयवासीको सुरक्षामा पर्याप्त ध्यान नदिएको उनीहरूको गुनासो छ ।, भुटानी सीमा नजिकको भारतीय डुबर्स क्षेत्र, नेपाल र भुटानमा जङ्गली हात्तीले पुर्‍याउँदै आएको क्षति विषयमा अलिपुरद्वारको जल्दापाडा निकुञ्जमा दुई दिनअघि सम्पन्न एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मको अन्तरदेशीय बैठकमा समेत छलफल भएको थियो । नेपाली टोलीले बैठकमा मानव–हात्ती द्वन्द्वको अवस्थाबारे अवगत गराएको थियो। , आसामबाट आउने जङ्गली हात्ती डुबर्सको मदारीहाट हुँदै टिस्टा र त्यहाँबाट सिधै नेपाल आउने गरेको एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मका अध्यक्ष राज वसुले बताए । भुटानको दक्षिणी क्षेत्र, भारतको डुबर्स र नेपालको कोशीटप्पुसम्मको लामो भूभाग हात्तीको परम्परागत विचरण क्षेत्र भएको उनले बताए ।, 'हात्तीको कुनै देश हुँदैन, मानव र हात्तीबीचको द्वन्द्व कुनै एउटा देशको मात्र समस्या होइन', हिमालयले छोएको देशमा पर्यटन प्रवर्द्धनकाे साझा अभियान सञ्चालन हुनुपर्ने वकालत गर्दै आएका भारतीय संरक्षणविद् वसुले भने, 'यो द्वन्द्वलाई अब पर्यटन विकासमा रुपान्तरण गर्नुको विकल्प छैन ।', डुबर्स क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज वरपर र पहाडी क्षेत्रमा हजारौँ होमस्टे र टुरिस्ट गाइड व्यवसायको प्रवर्द्धनमा आफ्नो संस्था जुटिरहेको जानकारी दिँदै नेपाल, भुटान र म्यानमारमा समेत यसका लागि पहल भइरहेको उनले बताए । द्वन्द्वलाई पर्यटनमा रुपान्तरण गर्दा स्थानीय हात्तीपीडित बासिन्दाको आर्थिक उपार्जन दिगो हुने र वन्यजन्तुको समेत संरक्षण हुने वसुको धारणा छ ।, भारतबाटै आउने जङ्गली हात्तीले प्रदेश नम्बर १ को झापामा वर्षौंदेखि ठूलो सास्ती दिँदै आएको छ । यो समस्याको न्यूनीकरणमा सरकार र सरोकारवाला निकायले धेरै पहल गरेका छन् । तर समस्याको दिगो समाधान हुन सकिरहेको छैन । भुटान, भारत र नेपालले मानव–हात्ती द्वन्द्वलाई पर्यटन विकासमा बदल्न सक्ने साझा पहलका लागि सरकार र जनस्तरमा जुट्न ढिला गर्न नहुने उनको आग्रह छ । , झापामा मानव–हात्ती द्वन्द्वलाई ग्रामीण पर्यटनमा रुपान्तरण गर्ने अभियानमा जुटेको ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले मदारीहाटको अवस्था देखेपछि नेपाल, भारत र भुटानमा जङ्गली हात्तीको समस्या उस्तैउस्तै रहेको आफ्नो निष्कर्ष सुनाए । उनले समस्या समाधानका लागि भइरहेका प्रयासका आफ्ना अनुभवलाई अन्तरदेशीय मञ्चमा आदानप्रदान गरिनुपर्ने बताए । , 'भारतको मदारीहाट र नेपालको बाहुनडाँगीमा हात्तीको समस्या अध्ययन गर्ने हो भने कुनै फरक पाइँदैन', झापाको उत्तरी भागमा हात्ती करिडोरको संरक्षण गरेर पर्यटन गन्तव्य बनाइनुपर्ने विषयमा पैरवी गर्दै आएका कार्की भन्छन्, 'डुबर्समा हात्ती विचरण क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेर पर्यटक आकर्षण गरेको पाइन्छ । नेपालमा चाहिँ यस बारेमा सरकार र सरोकारवाला कसैले सोचेको पाइँदैन ।', भारत–भुटान सीमा क्षेत्रमा जंगली हात्तीकाे आतंक
खिलानाथ ढकाल सुनिलप्रसाद महतो दिनभरि मोटरसाइकल वर्कसपमा काम गरेर बुधबार साँझ आफ्नो डेरा फर्केका थिए।, कलंकीस्थित उनी काम गर्ने वर्कसपबाट डेरा नजिकै थियो। उनी पुग्दा कान्छी बहिनीले कोठामा खाना पकाइसकेकी थिइन्। हत्तपत्त खाना खाएर उनी मोटरसाइकल स्टार्ट गरेर निस्किइहाले।, पर्सा, जगरनाथपुर गाउँपालिका-४ घर भएका २५ वर्षीय महतो दिनभर वर्कसप र रातको समय पठाओ राइडरको काम गर्थे।, दसैंको फूलपातीको दिन मात्रै बागमती प्रदेश-२-०३०प ८७२५ नम्बरको नयाँ मोटरसाइकल निकालेपछि उनले अतिरिक्त कमाइका लागि पठाओ राइडरको काम सुरू गरेका थिए।, बुवा प्रेमचन्द्रका अनुसार सुनिल चार वर्षदेखि काठमाडौं बस्दै आएका थिए। गाउँमा प्लस-टू पढाइ सकेर सुनिल काठमाडौं आएका थिए। यहाँ वर्कसपमा काम गर्न थालेका थिए। उनले आफ्नी कान्छी बहिनीलाई पनि यतै पढाउने भनेर ल्याएका थिए।, अहिले उनकी बहिनी बिएस्सी नर्सिङ पढ्ने तयारीमा थिइन्। ‘बहिनीलाई बिएससी नर्सिङ पढाउने भनेर रातदिन काम गरिरहेको थियो,’ शुक्रबार महानगरीय प्रहरी वृत्त गौशालामा भेटिएका प्रेमचन्द्रले मलिन स्वरमा भने।, त्यस दिन साँझ घरबाट निस्केका सुनिल राति अबेरसम्म फर्केनन्। फर्किएलान् नि भनेर बहिनीले पनि राति खोजी गरिनन्।, बिहान सुनिलको मोबाइलमा फोन गर्दा पो उनले थाहा पाइन्- सुनिल त राति नै दुर्घटनामा बितिसकेछन्।, आफ्नै हातले पकाएको खाना खाएर निस्किएका दाजु बितेको त्यो अकल्पनीय खबर बहिनीका लागि आफैंमा पीडादायी थियो। साथमा त्यो घटनाले उनको बिएससी नर्सिङ पढ्ने सपना पनि भताभुंग पारिदिएको छ।, बहिनीलाई नर्सिङ पढाउने चाहना निम्ति संघर्ष गरिरहेका सुनिलका पाइला एकै रातमा रोकिए, सधैंका लागि।, अब छोरी एक्लै काठमाडौं बसेर पढ्लिन् वा नपढ्लिन् भन्नेबारे अहिले नै सोच्ने र भन्ने अवस्थामा छैनन् प्रेमचन्द्र।, प्रहरीका अनुसार त्यस रात सुनिल पछाडि यात्रु लिएर ललितपुर, टिकाथली हिँडेका थिए। सवा १० बजे सिनामंगल चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिएको खबर गौशाखा वृत्तमा पुगेको थियो।, वाकीटकीमै घटनाको सूचना पछ्याउँदै वृत्तको एयरपोर्टस्थित सिआरभी भ्यान सिनामंगल चोक पुग्यो। त्यहाँ सुनिल र उनीसँग रहेका यात्रु रामेछाप, दोरम्बा घर भई ललितपुर, टिकाथली बस्ने ३० वर्षीय अमर पहारी ढलिरहेका थिए।, मोटरसाइकल, चालक र यात्रु तीनतिर थिए, टिपर गायब।, सुनिल अत्यन्त गम्भीर थिए भने पहारी छटपटाइरहेका थिए। दुवैलाई उठाएर प्रहरीले काठमाडौं मेडिकल कलेजको सिनामंगलमै रहेको अस्पताल पुर्‍याए।, ‘बिहीबार बिहानै सुनिलको उपचार क्रममा मृत्यु भयो,’ वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले भने, ‘घाइतेको उपचार भइरहेको छ, उहाँको खुट्टा भाँचिएको छ।’, भट्टराईका अनुसार टिपर कोटेश्वरतर्फ गइरहेको थियो। त्यही दिशामा गइरहेको मोटरसाइकललाई टिपरले ओभरटेक गरेको थियो।, ‘ओभरटेक गर्ने क्रममा टिपरको पछाडिको भागले मोटरसाइकललाई ठक्कर दिएको देखिएको छ,’ भट्टराईले भने, ‘ठाउँ साँघुरो भएकाले हो वा पेल्दै लगेर ठक्कर दिएको हो, हामी अनुसन्धान गरिरहेका छौं।’, ठक्कर दिएपछि टिपर चालक रोकिएनन्। बा४ख ८७२५ नम्बरको टिपर हुँइक्याएर चालक कोटेश्वर पुगिसकेका थिए।, ‘कोटेश्वरबाट टिपर समातेर ल्यायौं, चालकलाई नियन्त्रणमा राखेर सवारी ज्यानअन्तर्गतको मुद्दामा अनुसन्धान गरिरहेका छौं,’ उनले भने।, आफ्नो सपना पूरा गर्न रातदिन काम गरिरहेका सुनिल बितेको खबरले बहिनी सम्हालिन सकेकी छैनन्। एक्लो छोरा बितेको खबरले उनकी आमा अर्धबेहोसी अवस्थामा छिन्।, अविवाहित जवान दाजुको मृत्युको खबर बहिनी आफैंले घरमा पुर्‍याएकी थिइन्। त्यसपछि बाबु प्रेमचन्द्र बिहीबार बिहानै श्रीमतीलाई लिएर पर्साबाट गाडी चढेका थिए।, ‘साँझ ५ बजे आइपुगेका थियौं, त्यसपछि अस्पताल गयौं,’ प्रेमचन्द्रले भने।, उनका अनुसार सुनिल र छोरी दसैंमा घर गएका थिएनन्। दाजु-बहिनीले तिहारमा घर गएर भाइटीका मनाउने योजना बनाएका थिए। ‘१७ गते आइपुग्छौं भनेका थिए,’ प्रेमचन्द्रले भने।, यस बेलासम्म उनका आँखा टिपपिल भइसकेका थिए। ओठबाट स्पष्ट आवाज निस्किन छाडेको थियो।, काठमाडौंमा रातबिरात, दिउँसै पनि टिपरको आतंक छ। अनियन्त्रित र तीव्र गतिमा हुइँक्याइने टिपरका कारण सुनिलजस्ता सपना बोकेका धेरैको ज्यान राजधानीमा गइसकेको छ।, सुनिलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ। पोष्टमार्टम सकिएपछि मात्रै दाहसंस्कारका लागि शव आफन्तको जिम्मा लगाइने डिएसपी भट्टराईले बताए।, भट्टराईका अनुसार पठाओमा दर्ता हुँदा मोटरसाइकलको बिमा गरिएको पाइएको छ। दुर्घटनामा मृत्यु भए पाँच लाख रूपैयाँसम्म पीडित परिवारलाई उपलब्ध गराइन्छ।, यसबाहेक टिपर चालकलाई सवारी ज्यानसम्बन्धी मुद्दामा कारबाही हुन्छ। ‘हामी अनुसन्धान गरिरहेका छौं, कसुर हेरेर अधिकतम सजायका लागि अपिल गर्दछौं,’ भट्टराईले भने।, प्रहरीले घटनास्थलको मुचुल्का प्रतिवेदन राखेको छ। शुक्रबार प्रेमचन्द्रले वृत्तमा सवारी ज्यानमुद्दामा जाहेरी दिएपछि घटनाको अनुसन्धान अघि बढेको भट्टराईले बताए।, ‘दुर्घटना भएर पठाओ राइडरको मृत्यु भएको यो पहिलो घटना भएको बुझिन आएको छ,’ भट्टराईले भने।, बहिनीलाई बिएससी नर्सिङ पढाउने पठाओ राइडर सुनिलको सपना खोस्यो टिपरले
एजेन्सी भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।,  सोही अवधीका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ । एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला  राज्यका रहेका छन्। , हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि तीन करोड ३६ लाख २७ हजार ६३२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ मात्र १३ हजार १९८ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ । (सिन्ह्वा), भारतमा कोरोना सङ्क्रमितको संख्या तीन करोड ४२ लाख नाघ्‍यो
रासस काठमाडौं विश्वविद्यालय र महेश–संस्कृत–गुरुकुलका बीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।, विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत सञ्चालित हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) र गुरुकुलअन्तर्गत सञ्चालित रामानन्द–अनुसन्धान–केन्द्र (आरआरसी) बीच शुक्रवार सम्झौता भएको हो । पौरस्त्यभाषा, पूर्वीय दर्शन, साहित्य, संस्कृति र हिमाली सभ्यताजस्ता विषयमा संयुक्तरूपमा अध्ययन अनुसन्धान गर्ने एवं प्राचीन अभिलेख, पाण्डुलिपि तथा योग आयुर्वेद, परम्परागत चिकित्सा विधिजस्ता व्यवहारोपयोगी विषयमा संयुक्तरूपमा अध्ययन अनुसन्धान गर्न दुवै पक्षबीच सहमति भएको हो ।, सम्झौतासँगै प्राविधिक क्षेत्रमा फड्को मारिरहेको विश्वविद्यालय र आध्यात्मिक दर्शनको क्षेत्रमा अग्रणी भूमिकामा रहेको महेश संस्कृत गुरुकुलले आपसमा सहयोगको आदान प्रदान गर्ने सहमति गरेका हुन् । विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा र महेश–सन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिको विशेष उपस्थिति रहेको कार्यक्रममा हिमालय सेन्टर फर एसियन स्टडिजका तर्फबाट सुश्री एक्कुमाया पुन एवं रामानन्द–अनुसन्धान–केन्द्रका तर्फबाट सहप्राध्यापक डा गुरुप्रसाद सुवेदीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, विश्वविद्यालयका कुलसचिव प्रा डा सुबोध शर्मा, संस्थापक कुलसचिव प्रा डा सीताराम अधिकारी, पूर्व कुलसचिव भद्रमान तुलाधर, प्रा शिवगोपाल रिसाल, शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला एवं आध्यात्मिक अभियानकर्मी डा चिन्तामणि योगीको समेत उपस्थिति थियो ।, नेपालमा गुरुकुल शिक्षाका अभियानकर्मी एवं महेश सन्यास आश्रमका संस्थापक श्री १००८ डा स्वामी रामानन्द गिरीको संस्मरणका साथ सञ्चालन गरिएको कार्यक्रममा वक्ताले आध्यात्मिक क्षेत्रमा स्वामीले दिएका विशिष्ट योगदानको चर्चा गरेका थिए । सो अवसरमा रामानन्द रिसर्च सेण्टर (आरआसी) द्वारा प्रकाशित प्रा डा विद्यानाथ कोइरालाको कृति ‘पुख्र्याैली विज्ञान’ को विमोचनसमेत गरिएको थियो ।, काठमाडौं विश्वविद्यालय र महेश संस्कृत गुरुकुलले अनुसन्धानमा सहकार्य गर्ने
डा. ज्ञानेन्द्र शाह घुँडाको हड्डी खिइनु भनेको घुँडा भित्रको कुरकुरे हड्डी खिइने रोग हो। यो सञ्चो नहुने रोग हो। घुँडाको हड्डी खिइएपछि आउने समस्या समाधान गर्न सकिन्छ। तर यसलाई पूर्ण निर्मुल पार्न सकिँदैन।, यसका धेरै कारणहरु छन्। हड्डीभित्रको कुरकुरे हाडमा चोटपटक लाग्दा, कुनै पनि किसिमको संक्रमण भएर असर पर्दा तथा घुँडाको धेरै प्रयोग भएमा हड्डी खिइन्छ।, पेशासँग सम्बन्धित जस्तै एथ्लेटिक्स खेलाडीमा यस्तो समस्या हुनसक्छ। धेरै मोटोपना भएका व्यक्ति, चुरोट खाने व्यक्ति, थाइरोइड, मधुमेहलगायतका समस्याले गर्दासमेत घुँडाको हड्डी खिइन्छ।, महिलाको तुलनामा पुरूषमा घुँडा खिइने समस्या धेरै हुन्छ। महिलाको महिनावारी बन्द हुँदा केही हर्मोनका कारण खिइन्छ। त्यस्तै नेपाली समाजमा महिलाले धेरै काम गर्नुपर्ने भएकोले पनि यस्तो हुन्छ।, घुँडाको हड्डी के कारणले खिइएको हो पत्ता लगाएर उपचार गर्नुपर्छ। हर्मोनको समस्याले हो भने त्यसको खोजी गर्नुपर्छ। यसको कारण खोजेर औषधि तथा फिजियोथेरापी लगायत गर्नुपर्ने हुन्छ। बसाइको तरिकासँग सम्बन्धित थेरापीसमेत उपचारको क्रममा सिकाइन्छ।, औषधि र फिजियोथेरापीले सञ्चो नभए केही इन्जेक्सन लगाइन्छ। त्यस्तो गर्दा पनि ठिक भएन भने अपरेशन गर्नुपर्छ। घुँडाको जोर्नी फेरेरसमेत उपचार गरिन्छ। हड्डी खिइदा लौरो टेकेर हिँड्दा पनि धेरै सहज हुन्छ।, घुँडाको हड्डी खिइने समस्याबारे हामीले वीर अस्पताल र नेपाल कार्डियो गल्फुटारमा कार्यरत अर्थोपेडिक तथा ट्रमा सर्जन डा. ज्ञानेन्द्र शाहसँग भिडिओ कुराकानी गरेका छौं। हेर्नुहोस् भिडिओ---, घुँडाको हड्डी किन खिइन्छ, कसरी गर्ने उपचार? (भिडिओ)
सेतोपाटी संवाददाता प्रहरीले चितुवाको छाला र हड्डीसहित बाँकेबाट तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सुर्खेत पञ्चपुरी नगरपालिका-७ का २४ वर्षीय रमेश वयक, २८ वर्षीय वसन्त बिसी र बाँके राप्ती सोनारी गाउँपालिका-९ का ३५ वर्षीय हिरासिंह विक रहेका छन्।, शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनीहरूलाई कोहलपुर-११ स्थित सागर गेष्ट हाउसको कोठाबाट पक्राउ गरेको हो।, प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार उनीहरूको साथबाट एक थान चितुवाको छाला र एक किलो ४० ग्राम हड्डी बरामद भएको छ।, पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि वन कार्यालय पठाउने तयारी भइरहेको छ।, चितुवाको छाला र हड्डीसहित बाँकेबाट तीन जना पक्राउ
सेतोपाटी नक्कली नोटसहित फेरि एक जना पक्राउ परेका छन्।, जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो। यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट प्रहरीले नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो।, आज पक्राउ परेका महतोको गौशाला बजारस्थित डेराबाट आठ लाख ९७ हजार ४३५ नेपाली रुपैयाँ र दुई लाख ८० हजार ९२९ भारतीय नोट प्रहरीले बरामद गरेको छ। , बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएको आशंकामा प्रहरीले महतोलाई नियन्त्रणमा लिई उनको डेरा खानतलासी गर्दा सो रकम फेला परेको गौशालास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।, बरामद नोटमध्ये कति सक्कली र कति नक्कली हुन् भन्ने विज्ञबाट ठहर गराइने प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।, पक्राउ परेका महतोलाई बरामद नोटसहित जिल्ला प्रहरी कार्यालय पठाइएको छ।, आज पक्राउ परेका महतो भारत/नेपाल दुवैतिरका तरकारी व्यापारी रहेका र उनलाई र उनीसँग बरामद नोट जलेश्वरमै सार्वजनिक गरिने प्रहरीको तयारी छ।, गौशाला र औरही बजार भारतीय बजारसँग जोडिएका जिल्ला हुन्। , आज बरामद नोटमध्ये कतिवटा सक्कली र कतिवटा नक्कली भन्ने यकिन गर्न बाँकी रहे पनि गत असोजमा भने हजार दरका २२ वटा नक्कली नोट रहेको पुष्टि भएको थियो।, सामान्य प्रचलनमा रहेका नेपाली एक हजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङसमेत अलि फिका देखिने नक्कली नोट चासो दिने सामान्य व्यक्तिले पनि सजिलै छुट्याउन सक्ने प्रहरीको भनाइ छ। ,रासस, , नक्कली नोटसहित एक पक्राउ
सेतोपाटी बागलुङको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरूष बेपत्ता छन्।, बडिगाड-५ दागाकी ४६ वर्षीया देवी गुरूङ खरबारीमा खर बाँध्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो।, उनी २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार बडिगाडकै अर्का एक पुरूष भिरबाट लडेर बेपत्ता भएका छन्। दसैंको अवसरमा बुर्तिबाङमा लागेको पूर्णिमा सहभागी भएर फर्किने क्रममा बडिगाड गाउँपालिका-९ बस्ने २८ वर्षीय शङ्कर परियार भिरबाट लडेर बेपत्ता भएका हुन्।, ढोरपाटन नगरपालिका-२ सिमलचौरदेखि मालरानी जाने गोरेटो बाटोको भिरबाट खसी बडिगाड खोलामा उनी बेपत्ता भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए। उनको खोला किनारमा खोजी भइरहेको छ। ,रासस, भिरबाट लडेर महिलाको मृत्यु, एक पुरूष बेपत्ता
सेतोपाटी संवाददाता सर्वोच्च अदालतमा फुलकोर्टको बैठक बस्ने भएको छ।, सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएकोले शोक प्रस्ताव पारित गर्न आज फुलकोर्ट बैठक बस्न लागेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए।, साथै आज सर्वोच्चमा कुनै पनि सुनुवाइ नहुने भएको छ। प्रधानन्यायाधीश राणाले आज आफ्नोमा सहित आठ इजलास तोकेका थिए।, सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग भइरहेको छ। सरकारमा भाग खोजेको भन्दै उनको राजीनामा माग भइरहेको हो।, साथै प्रधानन्यायाधीश राणा विवादमा मुछिएकोले १५ न्यायाधीशहरूले यसबारे थप छलफल गर्ने तयारी गरेका छन्। तर आज लम्सालको निधनमा शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बस्ने भएपछि न्यायाधीशहरूले थप छलफल गर्ने कि नगर्ने यकिन गरिसकेका छैनन्।, शोक प्रस्ताव पारित गर्न सर्वोच्चमा फुलकोर्ट बैठक, आज कुनै पनि सुनुवाइ नहुने
सेतोपाटी संवाददाता अमेरिकी डलर साट्ने भन्दै ठग्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा ३ घर भएका २७ वर्षीय मिनबहादुर पाइनलाई पक्राउ गरेको हो। , उनी बुधबार गोकर्णेश्वरबाट पक्राउ परेका थिए। उनीसँगै संलग्न दुई जना फरार छन्। , तीन जनाले झापा बिर्तामोड घर भई ललितपुरको सातदोबाटो बस्ने २१ वर्षीय पुरूषलाई ठग्न खोजेका थिए। डलर साट्ने भन्दै ठग्न खोजेपछि महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पाइनलाई पक्राउ गरेको हो। , उनीबाट ५० डलरको ११ थान, एक डलरका एउटा अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट बरामद गरेको थियो। , चार वटा मोबाइल र एउटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पीडितको पाँच लाख रुपैयाँसहित पाइनलाई फेला पारेको हो। , प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। ,  ,  , डलर साट्ने भन्दै ठग्न खोजेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंबाट चरेश र गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, बुधबार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर ३२ नरेफाँटबाट तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। , मकवानपुर कैलाश गाउँपालिका वडा १ घर भई हाल बालाजु बस्ने १९ वर्षीय युवराज स्याङ्बो, हेटौंडा घर भई महालक्ष्मीस्थान बस्ने २८ वर्षीय विवेक रूम्बा र जडिबुटीका ३४ वर्षीय अबिनाश राजभण्डारी पक्राउ परेका हुन्।, त्यहाँ लागुऔषध बिक्री गर्न लागेको भन्ने सूचना पाएपछि कोटेश्वर प्रभागबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको कमाण्डमा टोली खटिएको थियो। , टोलीले खोजी गर्दा तीन जनाबाट चरेश र गाँजा फेला पारेको हो। , प्रहरी उपरीक्षक बस्नेतका अनुसार उनीहरूबाट तीन किलो ४७० ग्राम चरेश र १८० ग्राम गाँजा बरामद गरेको छ। उनीहरूले प्रयोग गर्ने चार वटा फोन पनि प्रहरीले बरामद गरेको हो। , प्रहरीले यससम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। , काठमाडौंबाट चरेश र गाँजासहित तीन पक्राउ
सेतोपाटी दलित महिलालाई कुटपिट गरेका आरोपमा प्रहरीले सिरहाका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव छन्। , कल्याणपुर-१० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सी आरोपमा यादवले कुपिट गरेको आरोप लगाइएको छ।, पीडितका जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए।, महिलाले बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय अपमानजनक व्यवहार गरेको जनाउँदै यादवविरूद्ध गत भदौ १७ गते जाहेरी दिएकी थिइन्। ,रासस, ,  , बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने पक्राउ
सेतोपाटी संवाददाता बझाङको थलारा गाउँपालिकामा पहिरोमा परि बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ। बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ। , यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परि दुई परिवारका २३ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये चार जनाको मात्र शव फेला परेको छ। दुई जनाको कम्मरभन्दा मुनिको भाग मात्रै भेटिएको थियो। आठ दिनसम्म लगातार खोजी गरे पनि शव नभेटिएपछि प्रहरीले खोजी कार्य बन्द गरेको छ। , घटना लगत्तै प्रहरी टोली हेलिकप्टरमा गएर खोजीकार्य अघि बढाएको थियो। प्रहरी नायव उपरीक्षक रूपक खड्काले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले प्रयास गरेपनि बेपत्ता व्यक्ति भेटाउन नसकेको बताए। ‘जिउँदै होलान भन्ने आशा छैन। अब भेटिने सम्भावना नदेखेर प्रहरी टोली फर्केको छ’, उनले भने। आवश्यक प्रक्रिया पुर्‍याएर बेपत्ता सबैलाई मृत घोषणा गरिने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए।, वडाध्यक्षको निधन, बित्थडचिर गाउँपालिका–३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन भएको छ। , श्वासप्रश्वास रोगबाट पीडित बोहराको उपचारका क्रममा आज डडेल्धुरा अस्पतालमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष जानकी बोहराले जानकारी दिइन्। उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।, बझाङको पहिरोमा  बेपत्ता १९ जना भेटिएनन्, खोजी गर्न गएको प्रहरी टोली फिर्ता
सेतोपाटी काठमाडौंको सिनामंगलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, काठमाडौं महानगरपालिका वडा नम्बर ९ सिनामंगल सडकमा बा ४ ख ८७२५ नम्बरको टिपरले बा २–०३० प ९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पर्साका २५ वर्षीय सुनिलप्रसाद महतोको मृत्यु भएको हो।, गएराति १० बजेर ४० मिनेटमा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।  , दुर्घटनापछि गम्भीर घाइते भएका महतोको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, दुर्घटनामा मोटरसाइकलमा सवार रामेछाप घर भई भक्तपुर बस्ने ३० वर्षीय अम्बरबहादुर पहरीको सोही अस्पतालमा उपचार भइरहेको छ।, टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। (रासस), सिनामंगलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सेतोपाटी बागलुङको निसीखोला गाउँपालिकाको विभिन्न कार्यालय, विद्यालय र घरमा तोडफोड तथा चोरी भएको छ। , मंगलबार राति गाउँपालिकाको कार्यालयसहित वडा नं ३ र वडा नं ४ को कार्यालय, प्रभा मावि, जनजीवराज सुशीला मावि, हिले प्रावि, बोहोरागाउँ लिटिल र  रोज बोर्डिङ स्कुल र १९ घरमा तोडफोड तथा चोरी भएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए।, निसीखोला गाउँपालिका कार्यालयमा तोडफोडसँगै कागजपत्र छरपष्ट बनाएको गौतमको भनाइ छ।, कागजात राख्ने दराज तोडफोड र सिसी क्यामेराको तारसमेत काटिएको छ। सामान भने हराएको अहिलेसम्म देखिएको छैन। यद्यपि यसबारेमा सामान चेक भइरहेको छ।, चोरले वडा नं ३ को वडा कार्यालय तोडफोड गरेको छ भने त्यहाँबाट रु ६०० चोरेको सूचना अधिकारी गौतमले बताए।, वडा नं ४ को कार्यालय पनि तोडफोड भएको छ।, कार्यालय तोडफोडसँगै रु ११ हजारसमेत चोरेको वडा कार्यालयले जनाएको छ।, वडा नं ३ र ४ दुवै कार्यालयको ढोका तोडफोड भएको छ। वडा नं ४ मा रहेको महिला सहकारीको कार्यालय ढोका समेत तोडफोड गरेको छ।, तीन विद्यालयमा तोडफोड भए पनि कुनै सामान हराएको अहिलेसम्म पत्ता नलागेको गौतमले जानकारी दिए।, बोहोरागाउँ लिटिल रोज बोर्डिङ स्कुलबाट कार्यालयको ढोका तोडफोड गरी रु १० हजार चोरी भएका विद्यालयले जनाएको छ।, चोरी गर्ने समूहले विभिन्न कार्यालयसँगै १९ घरमा तोडफोड र चोरी गरेको गाउँपालिकाले जनाएको छ।, वडा नं २ मा २ र वडा नं ३ मा गरेर १७ वटा घरमा तोडफोडसँगै नगद र जिन्सी चोरी गरेको सूचना अधिकारी गौतमले बताए।, वडा नं-३ का वडा सदस्य खिमबहादुर शाहीको घरबाट साढे दुई तोला सुन र एक लाख नगद चोरी गरेको गाउँपालिकाले जनाएको छ।, विभिन्न कार्यालय, विद्यालय र १९ घरबाट रु १० लाख बराबरको नगद र जिन्सी चोरी भएको उनले जानकारी दिए।, राति तोडफोड तथा चोरी भए पनि स्थानीयवासी र कर्मचारी, जनप्रतिनिधिले बिहान मात्रै थाहा पाएका थिए।, प्रभा माविमा राति १ बजे तोडफोड भएको थाहा पाएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। गाउँपालिकाको कार्यालय भने बिहान ७ बजे कर्मचारी आउँदा ढोका खुल्लै देखेपछि प्रहरीलाई खबर गरिएको थियो।, गाउँपालिकाले क्षति भएका सबै घर तथा कार्यालयको निरीक्षण गरेर क्षति विवरण तयार पारिरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए।, उनले गाउँपालिकाको कार्यालयमा धेरै क्षति नभए पनि विभिन्न वडा र घरमा लाखौंको चोरी भएको जानकारी दिए।, इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख जयराम वन्तले सबै स्थानमा पुगेर मुचुल्का तयार गरेको र आवश्यक अनुसन्धान भइरहेको बताए।,रासस, ,  , बागलुङका स्कुल, कार्यालय र १९ घरमा तोडफोड/चोरी
सेतोपाटी संवाददाता मुगुमा एक जनाको हिमपहिरोमा परी मृत्यु भएको छ।, कात्तिक पहिलो साता बेमौसमी वर्षा भएको समयमा मुगमकार्मारोङ गाउँपालिकामा पर्ने लेकमा आएको हिमपहिरोमा परी कार्मारोङ गाउँपालिका–४ कार्ती गाउँका ३३ वर्षीय छिरिङ लामाको मृत्यु भएको हो।, कात्तिक २ गतेदेखि हिमपहिरोमा परी बेपत्ता भएका लामाको खोजी गर्ने क्रममा बिहीबार शव फेला परेको हो।, त्योबेला चौंरी खोज्न उनीसहित गाउँका ७ जना लेक गएका थिए।, ‘उनीहरू त्यहाँ जाँदा अकस्मात वर्षा भयो, हिमपहिरो आएपछि आत्तिएर भागेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले भने, ‘पहिरो आउँदा अरु भाग्न सकेछन्, एक जना पुरिएका रहेछन्।’, उनका अनुसार सोही टोलीका एक जनालाई भने आधा पुरिएको अवस्थामा साथीहरूले निकालेका थिए।, लेकबाट फर्किएकाले प्रहरीलाई खबर गरेपछि उनको खोजी गरिएको डिएसपी भट्टराईले बताए।, हाई अल्टिच्युड भएको लेकमा सुरक्षाकर्मी जान नसकेपछि हेलिकप्टरबाट खोजी गरिएको हो। सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टरमा मुगुबाट नेपाली सेना र प्रहरी खोजीमा गएको थियो। , हिमपहिरोमा परी मुगुमा एकको मृत्यु
सेतोपाटी सिरहा सुखीपुर नगरपालिका- ६ का विशेश्वर सदायको अनुहारमा यतिबेला बेग्लै सुखी देखिन्छ। जीवनको उत्तरार्द्धमा आएर बल्ल नेपाली नागरिकता पाएपछि च्याउरी र ख्याटे परेको सदायको अनुहारमा ६१ वर्षपछि बल्ल खुसी फर्किएको छ।, उनले भने 'नागरिकता पाउने आश मारिसकेको थिएँ। ६१ बसन्त पार गरेपछि बल्ल नागरिकता पाएकोमा औधी खुसी लागेको छ।' , प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सदायलाई वंशज नागरिकता प्रदान गरेका थिए। , 'नागरिकताका लागि पटक/पटक जिल्ला प्रशासन कार्यालय धाउँदै आए पनि विभिन्न बहानामा नागरिकता पाउनसकेको थिइनँ',सदायले भने,'अहिले आएर बल्ल नागरिकता पाएकोमा असाध्यै खुसी लागेको छ।', बुढेसकालमा बल्ल नेपाली नागरिक भएको अनुभूति भइरहेको सदायको भनाइ छ।     , 'नागरिकता नहुँदा राज्यको हरेक सेवासुविधा पाउनबाट बञ्चित थिएँ', सदायले भने, 'घरको मूल व्यक्ति मै हुँ मेरो नागरिकता नहुँदा श्रीमती र छोराछोरीकोसमेत नागरिकता बन्न सकेको छैन।' , बल्ल आफ्नो नागरिकता बनेपछि अब श्रीमती र छोराछोरीको  नागरिकता बनाइ दिने सदायको भनाइ छ।  , गाउँमा दलितका लागि आउने सेवा–सुविधा पाउन नसकेपछि बल्ल नागरिकताको महत्व बुझेका सदाय नागरिकता बनाउन धुप्रै ठाउँमा गुहारेको दुखेसो सुनाए।, 'पहिला-पहिला नागरिकताको विषयमा राम्ररी बुझेको थिइनँ', सदायले भने,'गाउँमा विभिन्न सङ्घ संस्थाले दलित परिवारका लागि राहत लगायतका सेवा सुविधा लिएर गाउँमा आउथ्यो, तर आफूसँग  नागरिकता नहुँदा ती सेवा–सुविधाबाट बञ्चित हुनुपरेको थियो।', अनि बल्ल नागरिकता बनाउने चेतना आफूमा आएको सदायको कथन छ।   , आफ्नो देशभित्रै पनि गैर नेपालीको व्यवहार खेप्दै आएका सदायले नागरिकता बनाइदिन नेतादेखि विभिन्न सङ्घ संस्थाका अगुवालाई गुहारेको तर नागरिकता बन्न नसकेको विगत सम्झिँदै अहिले नागरिकता पाएपछि आफू नेपाली भएको गर्व महसुस भइरहेको बताए। ,      , निर्वाचनको समयमा आफ्नै वडाका धेरै व्यक्तिले जनप्रतिनिधि छनोट गर्न मत दिइरहँदा टुलुटुल हेरिरहने सदायले नागरिकता पाएसँगै नजिकैको निर्वाचन कार्यालयमा पुगेर मतदाता परिचयपत्रका लागि फोटो समेत खिचाएको जानकारी दिए।, 'अहिलेसम्म अरूले मत खसालेको देखेको मात्रै थिएँ', उनले भने, 'अब आफू पनि मत खसालेर चाहेको जनप्रतिनिधि चुन्न पाउने भएको छु।', आगामी निर्वाचनमा योग्य जनप्रनिनिधिको पक्षमा मतदान गर्ने उनको भनाइ छ। , उनलाई अशिक्षित भएकामा त्यति पश्चातापमा नरहेका सदायलाई नागरिकताको अभावमा जन्मदत्र्ता गराउन र छोराछोरीलाई पढाउन नसकेकोमा पश्चाताप लागेको छ।, 'मेरो नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता बनाउन सकिएन,' उनले भने,'विद्यालयमा भर्ना हुन जन्मदर्ता चाहिन्छ, छोराछोरीको जन्मदर्ता नुहुँदा विद्यालयमा भर्ना हुनसकेनन् र कुनै पनि छोराछोरीले पढ्न पाएनन्।', पढ्न नपाएका छोरा मजदूरी गरेर परिवार पाल्दै आएको उनले बताए। ,रासस, जसले ६१ वर्षमा पाए नागरिकता
सेतोपाटी संवाददाता ललितपुरमा श्रीमतीमाथि मट्टितेल खन्याएर आगो लगाएको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। , गोदावरी नगरपालिका झरुबासीस्थित बिहीबार बिहान उदयपुर घर भएकी २७ वर्षीया मुना मगरमाथि मट्टितेल खन्याएर आगो लगाइएको हो। उनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए। , उनीमाथि आगो लगाएको आरोपमा प्रहरीले चापागाउँ घर भएका उनका २८ वर्षीय श्रीमान राजु देसारलाई पक्राउ गरेको छ। , 'बिहान करिब ४ बजेतिर खबर आएको हो। उनीहरू झरूबासीमा कारखानामा बस्ने रहेछन्,' महर्जनले भने, 'श्रीमानले आफूमाथि मट्टितेल खन्याएर आगो लगाइदिएको भनेका छन्। श्रीमानले भने उनी आफैंले आगो लगाएको बताएका छन्।', घाइते भएकी मुनाको चिउँडोमुनिको भाग जलेको छ। अहिले उनी बोल्न सक्ने भएपनि अवस्था गम्भीर रहेको महर्जनले बताए। , 'बोल्न सक्ने अवस्थामै हुनुहुन्छ। चिउँडोदेखि अगाडिको भाग जलेको भन्ने छ,' उनले भने। प्रहरीका अनुसार उनको ४० प्रतिशत शरिर जलेको छ।,  , ललितपुरमा श्रीमतीमाथि मट्टितेल खन्याएर आगो लगाएको आरोपमा श्रीमान पक्राउ
सेतोपाटी 'सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा' भन्ने नाराका साथ सार्वजनिक गरिएको 'नागरिक एप' का प्रयोगकर्ताले अब फोन र भाइबरबाट समस्या र जिज्ञासा टिपाउन पाउने भएका छन्।, सरकारले फुल भर्सनमा सार्वजनिक गरेको उक्त एप सञ्चालनमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रले टोल फ्रि नम्बर (निःशुल्क फोन लाग्ने) र भाइबर हेल्प डेस्क सुरू गरेको जनाएको छ। जसअनुसार अब नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताले एपमा समस्या आए ११०१ मा फोन गरेर गुनासो टिपाउन सक्नेछन्। , यस्तै, एपका प्रयोगकर्ताले एपको अफिसियल मोबाइल नम्बर +९७७–११२२३३४४५५ मा गुनासो तथा जिज्ञासा म्यासेज (मार्फत) टिपाउन सक्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ।, गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गएको वैशाख १९ गते फुल भर्सन सार्वजनिक गरिएको हो।, नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो।, पछिल्लो समय एपमार्फत सवारी साधनको राजस्व तथा लाइसेन्स नवीकरण, पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बीमा कार्यक्रम राखिएको छ।, एपबाटै क्युआर स्क्यान गरेर विभिन्न बैंकमा खाता खोल्न समेत सकिन्छ।, सुरूआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको थियो।, नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवा समेटिने छन्।, सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म ४२ वटा सरकारी सेवा नागरिक एपमार्फत नै लिन सकिने तयारी गरेको छ।, रासस, गुनासो भए नागरिक एपमा निःशुल्क फोन गर्नुस्
सेतोपाटी संवाददाता नेपालमा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५९१ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ३५५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार ८४८ जनाको पिसिआर परीक्षण र २५०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १० हजार २३६ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ।, ६६४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ।, त्यस्तै काठमाडौं उपत्यकामा १९९ थपिएका छन्। जसमध्ये काठमाडौंमा १५७, ललितपुरमा ३० र भक्तपुरमा १२ संक्रमित छन्।, ११ हजार ३५५ मा कोरोना परीक्षण गर्दा ५९१ लाई संक्रमण
युनिक श्रेष्ठ बिहीबार बिहान करिब साढे ४ बजे ललितपुरको प्रहरी प्रभाग बाडेगाउँका प्रहरीले कसैले गुहार मागिरहेको सुने। गुहार माग्ने आवाज एक महिलाको थियो।, चिच्याउँदै आएकी ती महिला उदयपुर घर भई ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १३ झरूवासीमा बस्दै आएकी २७ वर्षीया मुना मगर थिइन्। उनले ब्ल्यांकेट ओढेकी थिइन्। , मुना बचाऊ-बचाऊ भन्दै चिच्याएर प्रहरी प्रभाग अगाडिको बाटोसम्म आइसकेकी थिइन्।, गुहार मागिरहेको आवाज सुनेपछि तत्कालै प्रहरीहरू प्रभागबाट बाहिरिए। प्रभाग प्रमुख प्रहरी निरीक्षक सुजितकुमार ओझा पनि बाहिर निस्के। , ओझाका अनुसार मुनाको चिउँडोदेखि तलको शरिर जलेको देखिएको थियो।, मुनालाई असह्य पीडामा देखिएको उनले बताए। उनी आफूलाई दुख्यो भन्दै कराइरहेकी थिइन्। , 'उहाँ बिहान साढे ४-५ बजेतिर बचाऊ-बचाऊ भन्दै चिच्याएर आएको सुन्यौं। तत्कालै बाहिर निस्केर हेर्दा मुखदेखि तल जलेको देखियो,’ उनले भने, 'ब्ल्यांकेटजस्तो कपडा बेरेर आउनुभएको थियो', उनलाई तत्कालै उनलाई प्रहरीको गाडीमा हालेर अस्पताल पुर्‍याइयो।  सुरूमा मेडिसिटी लगिएको थियो। त्यहाँ उपचार नहुने भएपछि कीर्तिपुर अस्पताल रिफर गरियो।, त्यतिञ्जेल उनीमाथि कसरी आगो लाग्यो, कसले लगायो भन्ने खुल्न सकेको थिएन।, 'पहिला उपचार गराउन गाडीमा राखेर नजिकैको मेडिसिटीमा लग्यौं। त्यहाँ उपचार हुन सकेन,' उनले भने, 'रिफर गरिदिनू भनेपछि कीर्तिपुर अस्पताल पुर्‍यायौं।', मुना बोल्न सक्ने अवस्थामै थिइन्।  पीडामा रहेकी उनले बोलेका शब्द पनि राम्ररी बुझिन्थेनन्।, अस्पतालमा घटनाबारे प्रहरीले उनलाई सोध्यो। , आफूमाथि श्रीमानले आगो लगाएको मुनाले बताइन्। त्यत्तिञ्जेल महानगरीय प्रहरी परिसर ललितपुर र मातहत कार्यालयलाई खबर भइसकेको थियो। श्रीमानको नाम लिएपछि प्रहरीले श्रीमानको खोजी गरी बिहानै पक्राउ गर्‍यो। , गोदावरी नगरपालिका वडा ११ चापागाउँ घर भई वडा १३ झरूवासीस्थित बस्ने उनका २८ वर्षीय श्रीमान राजु देसारलाई प्रहरीले पक्राउ गरेको हो। , प्रहरीका अनुसार श्रीमान-श्रीमती दुबै जना इँटा भट्टामा काम गर्थे।, मुना र राजुको विवाह करिब चार वर्षअघि विवाह भएको थियो। उनीहरूकी तीन वर्षकी छोरी पनि छन्। , राजु मादकपदार्थ सेवन गर्ने गर्थे। गएराति पनि ‍उनले रक्सी खाएका थिए। , 'श्रीमानले मापसे गरेका थिए। त्यहिबेला श्रीमानले मट्टितेलले आगो लगाएको भनेका छन्,' परिसर प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले भने।, गएराति उनी रक्सी खानकै लागि घरबाट दुई पटक बाहिर गएका थिए। पहिल्यै रक्सी खाएर घर आएका राजुसँग मुनाको विवाद भएको प्रहरी स्रोतले जनायो।, राजुले फेरि रक्सी  खाएर आएपछि आफूमाथि मट्टितेल खन्याएर आगो लगाएको मुनाको भनाइ  छ। राजुले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेको प्रहरी उपरीक्षक महर्जनले बताए। , 'श्रीमतीले श्रीमानले आगो लगाएको भनेकी छन्। श्रीमानले भने  श्रीमती आफैंले मट्टितेल खन्याएको भनेका छन्,' उनले भने, 'श्रीमतीले आफैं मट्टितेल खन्याएर जलाएको भए अस्पताल किन नलगेको भनेर पनि सोध्दा उनी बोलेनन्।', मुना प्रहरी प्रभाग पुग्दा उनको शरिरमा आगो निभिइसकेको थियो।  राजुको हातमा पनि केही जलेको देखिएको छ। उनको मेडिकलमा‍ सामान्य उपचार गरिएको छ। , मुनाको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। , प्रहरीका अनुसार उनको शरिर ४० प्रतिशत जलेको छ। बोल्न सक्ने भए पनि अवस्था गम्भीर नै रहेको महर्जनले बताए।, 'उहाँले बोल्न सके पनि गम्भीर हुनुहुन्छ। भन्न सकिन्नँ,' उनले भने।,  प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।  मुनाका परिवार पनि प्रहरीको सम्पर्कमा आइसकेका छन्। , बचाऊ-बचाऊ भन्दै झिसमिसेमा प्रहरी कार्यालय पुगेकी थिइन् आगोले जलेकी मुना
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १९९ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७, ललितपुरमा ३० र भक्तपुरमा १२ संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा २३८२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १२५८, भक्तपुरमा ५३७, ललितपुरमा ५८७ सक्रिय संक्रमित छन्।, नेपालमा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ११ हजार ३५५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार ८४८ जनाको पिसिआर परीक्षण र २५०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १० हजार २३६ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ।, ६६४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ।, काठमाडौं उपत्यकामा थपिए १९९ संक्रमित
सेतोपाटी संवाददाता ‘डान्स स्टेज’ मा रोजगारीको प्रलोभन देखाएर युवतीलाई यौन व्यवसायका लागि बेचबिखन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। , आफू कोरियोग्राफर भएको बताउँदै युवती बिक्री गर्ने चितवन साविक जगतपुर गाविस घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने विश्वबन्धु घिमिरेलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको हो। , घिमिरेलाई ब्युरोबाट खोजतलास गर्ने क्रममा कात्तिक ६ गते भरतपुर महानगरपालिका वडा नम्बर २ बाट पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ।  , घिमिरेले कालिमाटी काठमाडौंमा नृत्य सिक्ने क्रममा चिनजान भएकी एक युवतीलाई दुबईमा नृत्य गर्न इच्छुकहरूलाई अवसर भएको भन्दै प्रलोभनमा पारेका थिए।, त्यहाँ 'स्टेज शो'मा नृत्य गर्दा तीनदेखि ६ महिनासम्म मासिक एक लाख कमाइ हुने बताएका थिए। राम्रो नृत्य गर्दै गएमा मासिक चार लाखसम्म कमाइ हुने लोभ देखाएका थिए। , ती युवतीले दुबई जान कागजात पेश गरेपछि उमेर कम भएकाले दुबई जान नमिल्ने बताउँदै घिमिरेले भारतको बैंगलुरुस्थित स्टेज शोमा काम लगाइदिने प्रलोभन देखाएर बैंगलुरु पुर्याएको ब्युरोले बताएको छ। , त्यसपछि नयाँ बानेश्वरबाट कलंकी, काँकडभिट्टा हुँदै भारतको सिलगुढीबाट हवाई मार्गमार्फत् बैंगलुरु पुर्याइ त्यहाँको चिफ इन र सेनोरीता रेष्टुरेन्टमा पीडितलाई जबरजस्ती यौन व्यवसायमा लगाउने गरी बेचबिखन गरेका थिए। , हाल ती युवतीलाई माइती नेपालले उद्धार गरी नेपाल फर्काइसकेको छ। फर्किएर पीडितले दिएको जाहेरीका आधारमा ब्युरोले घिमिरेलाई पक्राउ गरेको हो। , काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ। , अनुसन्धानका क्रममा घिमिरेले विगत ३० वर्षदेखि साधना कला केन्द्र लगायतका विभिन्न केन्द्रहरूमा प्रशिक्षकका रूपमा काम गर्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ।, 'डान्स स्टेज' मा रोजगारीको प्रलोभन देखाएर भारत पुर्‍याएपछि...
सेतोपाटी बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन जमानतमा रिहा भएका छन्।, बम्बई उच्च अदालतले उनलाई बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ।, लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी २० दिनदेखि मुम्बईको आर्थर जेलमा थिए। यसअघि दुईपटकसम्म आर्यनको जमानत अपिल खारेज भएको थियो। यसपालि उनको तर्फबाट भारतका चर्चित वकिल तथा पूर्व महान्यायाधिवक्ता मुकुल रोहतगीले बहस गरेका थिए।, नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले ३ अक्टोबरमा मुम्बईबाट गोवा जाँदै गरेको एउटा समुद्री जहाजबाट आठ जनालाई पक्राउ गरेको थियो।, यही घटनामा सोधपुछका आधारमा अहिलेसम्म २० जना पक्राउ परिसकेका छन्। , यो पनि हेर्नुहोस्:, उत्तरप्रदेश चुनावलाई लक्ष्य गरेर शाहरूख खानमाथि निशाना!, शाहरूख खानका छोरा आर्यन जमानतमा रिहा
नारायण खड्का आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङले प्युठानमा एउटै पसलबाट झन्डै २० लाख मूल्य बराबरको कर छलीको सुर्ती बरामद गरेको छ। , प्युठानको सारीबाङमा नारायण पौडेलको पसलबाट कात्तिक ९ गते साढे ७१ बोरा स्टिकर बिनाको कर छलीको सुर्ती बरामद गरी आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा ल्याइएको कार्यालय प्रमुख गोपीकृष्ण कोइरालाले सेतोपाटीलाई बताए। , ‘गोप्य सूचनाको आधारमा पौडेलको गोदाम निरीक्षणमा पुगेको हाम्रो टोलीले बजरंगी नाम गरेको स्टिकर बिनाको अन्त:शुल्क नतिरेको अवैध सुर्ती पौडेलको गोदाममा फेला परेपछि हामीले पसल सञ्चालकसहित सामान नियन्त्रणमा लिएर दाङ ल्याएका हौं,’ कार्यालय प्रमुख कोइरालाले भने। , सुर्ती उत्पादन गरेर बिक्रीका लागि बजार पठाउनुभन्दा पहिले नै आन्तरिक राजश्व कार्यालयले राजश्व असुलउपर गरेको छ भने त्यसमा स्टिकर टाँसिएको हुन्छ। तर, पौडेलको गोदामबाट बरामद साढे ७१ बोरा बजरंगी नामक सुर्ती कुनैमा पनि त्यस्तो स्टिकर फेला नपरेको हुँदा नियन्त्रणमा लिनु परेको कार्यालय प्रमुख कोइरालाले बताए।, ‘स्टिकर नभएको र राजश्व नतिरी राज्यलाई ठगी गरेको पाइएको हुँदा हामीले सुर्ती बरामद गरेर आवश्यक कारबाहीका लागि दाङ ल्याएका हौं,’ कोइरालाले भने। , पक्राउ परेका व्यक्तिसँग बयान लिने क्रम सुरू भएको उनले बताए। , गोरखा टोबाको कम्पनीको नेपालमै उत्पादन भएको सुर्तीमा बदमासी देखिएको हुँदा नियन्त्रणमा लिइएको कोइरालाले जानकारी दिए। , ‘यो बाँकेको नेपालगञ्जमा कम्पनीले उत्पादन गरेको सुर्ती रहेछ,’ कोइरालाले भने,‘यहाँ कम्पनीको नै मुख्य बदमासी देखिएको छ।’, पक्राउ परेका व्यापारी र कम्पनी दुबैलाई अलग-अलग कारबाही हुने कोइरालाले बताए। , ‘हामीले नै कारबाही गर्ने हो,’ कोइरालाले भने,‘अन्त:शुल्क ऐनको दफा १६ को व्यवस्था बमोजिम पक्राउ परेका व्यक्तिलाई बिगोको दोब्बरसम्म जरिवाना र एक वर्षसम्म कैद वा दुबै जरिवाना हुने सक्ने कोइरालाले जानकारी दिए।, बयान लिनेक्रम जारी रहेको हुँदा बयानका आधारमा त्योभन्दा कम पनि जरिवाना हुन सक्ने कोइरालाले बताए।, आफू दाङमा प्रमुखको रूपमा आएपछि यो अहिलेसम्मकै ठूलो कारबाही भएको कोइरालाले जानकारी दिए। ,  , प्युठानको एउटै पसलमा फेला पर्‍यो झन्डै २० लाख मूल्य बराबरको कर छलीको सुर्ती
सेतोपाटी संवाददाता प्रहरीले विराटनगरबाट स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। , इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१८ भेडियारीबाट स्रोत नखुलेको ८ लाख २० हजार रुपैयाँसहित बिहीबार एक जनालाई पक्राउ गरेको हो।, को २९ प ८६४० नम्बरको स्कुटरमा सवार झापा बिर्तामोड-३ का ३४ वर्षीय उमेश साहले बोकेको रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ।  , भारतबाट पैसा लिएर विराटनगरतर्फ आउने क्रममा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।  , पक्राउ गरेको रकम हुण्डी कारोबारीको भएको आशंका गरिएको छ। पक्राउ परेका साह भरिया हुन्। भारतदेखि पठाएको सो रकम गन्तव्यसम्म पुर्‍याउने क्रममा प्रहरीले पक्राउ गरेको हो।, प्रहरीले नेपाली नगद १ हजारको ३३५ थान, ५ सयको ६४० थान, १ सयको १६०० थान र ५० को १०६ थान नोट बरामद गरेको जानकारी दिएको छ।, स्रोत नखुलेको रकमसहित पक्राउ परेका साहलाई थप कारबाहीको लागि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय सुनसरी बुझाइएको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए।, स्रोत नखुलेको ८ लाखसहित एक जना पक्राउ
सेतोपाटी संवाददाता छात्रालाई यौन शोषण गरेको आरोपमा झापाका एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन्।, इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा-६ का जितेन बस्नेतलाई बुधबार साँझ पक्राउ गरेको डिएसपी सन्तोष आचार्यले सेतोपाटीलाई जानकारी दिए। ‘उजुरीका आधारमा पक्राउ गरिएको छ। थप अनुसन्धान सुरू गरेका छौं,’ डिएसपी आचार्यले भने।, विर्तामोडस्थित न्यूटन एकाडेमीमा अध्ययनरत् छात्रालाई बस्नेतले केहि समयदेखी फकाइफुल्याई यौन शोषण गरेको आरोप लागेको छ। परीक्षामा सहयोग गर्ने भन्दै शिक्षक बस्नेतले विर्तामोडका विभिन्न होटलमा खाजा खान बोलाएर यौन शोषण गरेको खुलेको प्रहरीले बताएको छ।, होटलमा खाजा खान बोलाउने र होटल भिडभाड छ भन्दै कोठामा लगेर यौन शोषण गर्ने गरेको पीडितको भनाइ छ। १५ वर्षीया बालिकालाई फेसबुकमा समेत अश्लिल म्यासेज गरेको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो।, बस्नेत असोज महिनादेखि न्यूटनमा कार्यरत् नरहेको प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए। अध्ययनका लागि भारत जाने भनेपछि विद्यालयले बिदा दिएको हुमागाईंको भनाइ छ।, न्यूटनमा बस्नेत गणित शिक्षकका रुपमा कार्यरत् थिए। उनी कार्यरत् रहँदै विद्यार्थीमाथि यौन शोषण गरेको आरोप छ।, पीडित बालिकाको बुधबार नै स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।, यौन शोषणको आरोपमा शिक्षक पक्राउ
सेतोपाटी संवाददाता प्रहरीले नक्कली नोटसहित महोत्तरीबाट बुधबार राति एक जनालाई पक्राउ गरेको छ।, गौशाला नगरपालिका-५ गौशाला बजारबाट प्रहरीले सोही नगरपालिका-९ डुमरवाना घर भएका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो।, उनलाई ८ लाख ८२ हजार ४२० नक्कली नेपाली नोट, दुई लाख ७७ हजार ९७० भारतीय नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।, प्रहरीले उनको कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने उपकरण, कटिङ गरिएको भारतीय र नेपाली नोटहरूसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।, महतोले जाली नोट बनाउन प्रयोग हुने उपकरणसहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोली उनको कोठामा पुगेको थियो।, उक्त ठाउँबाट तयारी तथा कटिङ नगरेको विभिन्न दरको नोट गरी ८ लाख ८२ हजार ४ सय २० नक्कली नेपाली रुपैयाँ, विभिन्न दरको कटिङ गरिएको र नगरिएको नोट गरी २ लाख ७७ हजार ९ सय ७० नक्कली भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ,  विभिन्न दरको नोट गरी ५ हजार ७० नेपाली सक्कली रुपैयाँ, विभिन्न दरका २६ सक्कली भारतीय रुपैयाँ, १ थान कैची, १ थान प्रिन्टर, १ थान रवर स्ट्याम्प, लालीगुराँस छाप भएको फलामको ३ थान ढ्याक, महात्मा गान्धी छाप भएको फलामको १ थान ढ्याक, ३ रिम कम्प्युटर  पेपर, २ थान काठको ट्रेस फर्मा बरामद गरेको छ। , लाखौं नक्कली नोट र उपकरणसहित महोत्तरीबाट एक पक्राउ
रासस महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ।, मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन्।, जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नम्बरको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको हो गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।, भुजेलको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ। स्कुटरमा सवार नाम नखुलेका दुई जना समेत घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ।, स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु
अच्युत रेग्मी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकीय चहलपहल बढ्न थालेको छ।, विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै सात महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्न थालेको हो।, कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थलमा आन्तरिक तथा बाह्य उडान घटाएसँगै नेपाल र ठमेल घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आउँदा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सुनसान बन्न पुग्यो।, थोरै लगानी गरेर धेरै फाइदा लिन सकिने पर्यटन क्षेत्र सुस्ताउँदा देशको अर्थतन्त्रमा समेत ठूलो क्षति पुग्न गयो। पछिल्लो समय ठमेल क्षेत्र खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ।, सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिड–१९ का कारण उक्त कार्यक्रम स्थगित भएको थियो। बन्दाबन्दी अगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे। अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो।, व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनः व्यावसायिक बाटोमा आउने पर्खाइमा छन्। ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन्।, सम्पदा गार्डेन होटलका सञ्चालक एवं पर्यटन व्यवसायी कुमार अधिकारी सरकारले अनअराइभल प्रवेशाज्ञालाई खुकुलो बनाएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताए।, ठमेल गत वर्ष पनि झण्डै आठ महिना बन्द रहेको थियो। पर्यटन व्यवसायी सुदर्शन नेपाल पछिल्लो समयमा ठमेलमा पर्यटकीय गतिविधि बढेको बताए।, अहिलको समय ट्रेकिङ जाने पर्यटकका लागि उत्कृष्ट सिजन भएकाले पनि ठमेलमा पर्यटकीय गतिविधि बढेको उनको भनाइ छ। ट्रेकिङका लागि उत्तम सिजनका रूपमा मार्च, अप्रिल, अक्टोबर र नोभेम्बरलाई लिने गरिन्छ।, नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा)का पूर्वअध्यक्ष सिएन पाण्डेले विदेशी पर्यटकलाई अनलाइनमार्फत प्रवेशाज्ञा दिएमात्र नेपाल आउने पर्यटकको सङ्ख्या बढ्ने बताए।, धेरै पर्यटक नेपाल घुम्न आउन चाहे पनि प्रक्रिया झन्झट भएका कारण आउन नसकेको उनको भनाइ छ। ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले कोभिड–१९ का कारण विदेशी पर्यटक नेपाल घुम्नका लागि कम आए पनि आन्तरिक पर्यटक बढेको बताए।, ठमेलको ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुन्छ। ठमेल विकास परिषद्ले यस क्षेत्रका व्यवसायीलाई यहाँबाट विस्थापित हुन नदिन ठमेलका घरधनीसँग छलफल गरेर घरभाडामा ५० प्रतिशत सहुलियतको व्यवस्था मिलाएको छ।, ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन्। ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यामा केही वृद्धि भए पनि पूर्णरूपमा हुनलाई केही समय लाग्ने बताए।, नेपाल घुम्न आउने पर्यटकलाई व्यवस्था गरिएको क्वारेन्टिनको व्यवस्था हटाएमात्र पर्यटकको सङ्ख्यामा वृद्धि हुने उनको भनाइ छ। विश्वले चिनेको ठमेलमा दिवा तथा रात्रिकालीन गतिविधि सञ्चालन गरेर राज्यले फाइदा लिनुपर्ने सुवेदीले बताए।, ठमेल काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६, १७, २६ र २७ वडामा पर्छ। ठमेलको सबैभन्दा धेरै भाग वडा नम्बर २६ मा पर्दछ।, नेपाल घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन्। काठमाडौँ २६ का वडाध्यक्ष ख्यामराज तिवारीले वार्षिक अर्बौंको कारोबार हुने ठमेललाई स्वास्थ्य मापदण्ड पालना गरेर पूर्णरूपमा सञ्चालनमा ल्याउनुपर्ने बताए।, ठमेललाई पूर्ववत् अवस्थामा फर्काउनका लागि सरकार र व्यवसायीको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।, (रासस), कोरोनाले थलिएको ठमेलमा बढ्यो पर्यटकको चहलपहल
सेतोपाटी संवाददाता प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिरभित्रै १४औँ महाधिवेशन गर्ने गरी अघि बढ्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन्।, प्रधानमन्त्री निवास बालुवाटारमा समितिका पदाधिकारीसँगको भेटमा उनले महाधिवेशनको कार्यतालिकामा केही हेरफेर गर्नुपरे पनि मङ्सिरभित्रै महाधिवेशन सम्पन्न गर्न आग्रह गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।, कांग्रेसले यसअघि निर्धारण गरेको महाधिवेशनअन्तर्गत स्थानीय तहका सबै अधिवेशन समयमै हुन नसक्दा कार्यतालिका केही प्रभावित भएपछि महाधिवेशन कार्यतालिका परिमार्जन गर्नुपर्ने देखिएको छ। , हालसम्म वडा अधिवेशन प्रारम्भ हुन नसकेका १३ जिल्लाको अधिवेशन कहिले सुरु गर्ने भन्ने समितिको जिज्ञासामा सभापति देउवाले अधिवशेनको मिति परिमार्जन गर्ने अधिकार समितिको भएको उल्लेख गर्दै छठपछि गर्दा उपयुक्त हुने सल्लाह दिएका थिए।, सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपभापतिद्वय विलेन्द्र निधि र विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र सहमहामन्त्री डा प्रकाशशरण महत उपस्थित थिए।, कांग्रेसको महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म निर्धारण गरिएको छ। पार्टीले गत भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरेको थियो।, कांग्रेसले हालसम्म १३ हिमाली जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ। यसबाहेक ४७ जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न भइसकेको र बाँकी चार जिल्लामा वडा अधिवेशन सम्पन्न भई केहीबाहेक पालिकास्तरको अधिवेशन सम्पन्न भएको संयोजक यादवले बताए। रासस, मङ्सिरभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्न निर्वाचन समितिलाई देउवाको आग्रह
सेतोपाटी संवाददाता रोल्पामा लामो समयदेखि अवरूद्ध सडक खुलाउन बिष्फोटक पदार्थको प्रयोग गरिएको छ।, सुनिलस्मृति गाउँपालिका वडा ७ अन्तर्गत सुलीचौर हुँदै प्यूठानको बिजुवार पुग्ने सुलीचौर–आरेस सडकखण्ड झन्डै वर्षदिनदेखि अवरूद्ध थियो।, मंगलबारदेखि उक्त सडकखण्ड खुलाउन काम सुरू गरिएको छ।, चट्टानसहित सडकमा खसेको ढिस्को नेपाली सेनाको प्राविधिक टोली प्रयोग गरी फुटाउन सुरू गरिएको प्रहरी नायब उपरीक्षक नरेश सुवेदीले बताए।, ‘माथिबाट पहाडको ढिस्को नै सडकमा खसेपछि वर्षदिनदेखि यो सडक अवरूद्ध छ। चट्टान फुटाउन बिष्फोटक पदार्थ प्रयोग गरिएको हो,’ उनले भने, ‘अब १५ दिनजति काम गर्दा सडक सुचारू गर्न सकिएला।’, सडक खुलाउन सुनिलस्मृति गाउँपालिकाबाट डोजर र ब्रेकरसमेत प्रयोग गरिएको छ। झन्डै २० मिटर लम्बाई र १५ मिटर चौडाई भएको ढिस्को सडकमा थुप्रेकोले त्यो हटाउन लागिएको हो।, यो सडकखण्ड अवरूद्ध हुँदा स्थानीय बासिन्दा समस्यामा छन्।, अवरूद्ध सुलिचौर-आरेस सडकखण्ड खुलाउँदै सेना
रासस सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको आज मृत्यु भएको छ।, पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७७८४ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँकी रामचरित्र भगतकी श्रीमती ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको प्रहरीले जनाएको छ।, घाइते भगतलाई उपचारका लागि यहाँको रुपनीस्थित युनिक अस्पताल भर्ना गरिएकामा मृत्यु भएको चिकित्सकले बताएका छन्।, शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा राखिएको छ। शवको आज परीक्षण गरी परिवारका सदस्यलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।, बस र चालक मोरङ धनपालथान गाउँपालिका–३ का ३२ वर्षीय विनोद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, बसको ठक्करबाट महिलाको मृत्यु
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ।, कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरूको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, अर्का रोहित राना र वडा नं ११ का गोपाल भन्ने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाएको हो।, जिल्ला अदालतका श्रेस्तेदार राइभान कुञ्जेडाले भने, ‘हत्या घटनामा संलग्न हुनेलाई अदालतले जन्मकैद हुने ठहर गरेको छ।’ उक्त घटनाका अभियुक्त पूर्पक्षका लागि कारागारमा रहेका थिए। गत वर्षको कात्तिक १ गते रातिको समयमा सीमा क्षेत्र जुगडा क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा बेपत्ता भएका उक्त पोष्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको नजिकैको नेपाल–भारत सीमा क्षेत्रको मोहना नदीमा शव फेला परेको थियो।, सीमा क्षेत्रमा भइरहेको मटरको तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीको हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो। अनुसन्धानका क्रममा पक्राउ परेका मटरको कारोबार गर्ने धनगढीका व्यापारी राजीव गुप्तालाई भने अदालतले सफाइ दिएको छ। ,रासस,  , यो पनि हेर्नुहोस्, ,  , जुगेडा प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ, ‘उसले बर्दीमै प्राण त्याग्यो, मलाई गर्व छ’, केराउको गाडा रोकेपछि तस्करले मारेका थिए असई विक र जवान साउदलाई, कम्मरबाट पेस्तोल निकाल्न नपाउँदै असई गोविन्दको हत्या भएको प्रहरी निष्कर्ष, जुगेडा प्रहरी हत्याकाण्डका नौ जनालाई जन्मकैदको फैसला
सेतोपाटी संवाददाता चीनबाट थप १० लाख डोज कोरोनाविरूद्धको खोप नेपाल आइपुगेको छ।, खोप शाखाका प्रमुख डा. सागर दाहालका अनुसार १० लाख डोज 'भेरोसेल' खोप बुधबार बिहान साढे ८ बजे आइपुगेको हो। , सरकारले पछिल्लोपटक चीनबाट थप ५९ लाख डोज खोप खरिद गर्ने भनेकोमा बुधबार त्यसमध्येकै पहिलो लट खोप आएको हो। प्रमुख दाहालले अब दोस्रो लटको खोप पनि छिट्टै नै आउने जनाए। , यो खोप यसअघि भेरोसेलकै पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकालाई लगाउने तयारी गरिएको छ।, 'आज आएको खोप भेरोसेलको दोस्रो मात्रा लगाउनुपर्ने मानिसहरूमा लगाउँछौं। त्यसपछि उभ्रिएको अवस्थामा नयाँलाई लगाउन सुरू गर्छौं,' दाहालले भने।, चीनबाट नेपाल आइपुग्यो थप १० लाख डोज कोरोना खोप
राजकुमार पराजुली/रासस ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर मेला लाग्न अब ८० दिन बाँकी छ। आउँदो माघ महिनाभर चल्ने सो मेला व्यवस्थापनका लागि नगरपालिकाले तयारी थालेको छ। नगरले सरकारी एवं गैरसरकारी संस्थालाई प्रस्तावसमेत आव्हान गरेको छ। , नगरले ट्राफिक व्यवस्थापन तथा पार्किङ, स्वयंसेवक, प्रदर्शनी, खानेपानी वितरण, स्नान–कुण्ड सरसफाइ एवं व्यवस्थापन, मन्दिर तथा मेलास्थलको सरसफाइ, झाँकी प्रदर्शनी, त्रिवेणीघाटलगायत बजार क्षेत्र सजिसजाउ, प्राथमिक उपचार, खोज तथा उद्धार, सूचना केन्द्र सञ्चालनलगायतका व्यवस्थापनको कामका लागि प्रस्ताव आह्वान गरेको छ। विभिन्न समिति र उपसमितिमार्फत निर्माणका काम भइरहेका छन्। , नगरप्रमुख भीम न्यौपानेका अनुसार बाह्र वर्षमा महिनाभर लाग्ने ‘मकर मेला’को तयारीस्वरुप पूर्वाधार निर्माणको काम भइरहेको छ। सँगसँगै प्रवद्र्धनका कार्यक्रमसमेत थालिएको छ। नगरले गत वर्षदेखि नै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतिर्थ–त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको थियो। हाल पनौतीले मेला प्रवद्र्धनार्थ स्थानीय विभिन्न सङ्घसंस्थासँग समन्वय गरी मेलाको प्रचार गरिरहेको छ। मकर सङ्क्रान्तिदेखि सुरु हुने सो मेलाका लागि छिमेकी मुलुक भारतबाट समेत तीर्थालु आउने गरेका छन्।, पनौती सङ्घीय राजधानी काठमाडौंबाट पूर्वतर्फ २५ किलोमिटर र बनेपाबाट ६ किलोमिटर दक्षिणमा पर्छ। मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो। त्रिवेणीघाटमा थप भौतिक संरचनासहित मेला व्यवस्थित बनाउन नगरले थुप्रै योजना सञ्चालन गरिरहेको छ। उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिमा अवथित गोरखनाथलाई अर्पण गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ।, मेलालाई थप व्यवस्थित बनाउन ढाँडाचौर–सूर्यविनायक–मानेदोभान तथा रानीकोट–सूर्यविनायक–जाकीडोल र पनौतीबाट बिपी राजमार्ग जोड्ने सडक पूर्णरूपमा सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नतिको काम भइरहेको न्यौपानेले बताए। निर्माणाधीन पनौती–बाँसडोल, पनौती–खोपासी, पनौती–कुशादेवी, पनौती–बनेपा र पनौती–आशापुरी सडकलाई स्तरोन्तति (पक्की) गरी मेलाअघि नै सञ्चालनमा ल्याइनेछ। स्तरोन्नति भइरहेको बनेपा–पनौती सडकमा मेला अवधिभर ट्राफिक जाम कम गर्न निर्माणाधीन पनौती–बनेपा (पुण्यमाता करिडोर)ले राहत दिलाउने आशा गरिएको छ।, मेला सम्पन्न गर्न विभिन्न उपभोक्ता समिति गठन भइसकेका छन्। ती समितिले आउँदो पुसको अन्त्यसम्म त्रिवेणीघाट मात्र नभई पनौतीलाई ‘दुलही’झैँ सिङ्गार्ने छन्। पनौतीभित्रका मठमन्दिर र पाटीलाई रङरोगन तथा झल्लर–तोरणले झिलीमिली बनाइनेछ। पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वारसमेत निर्माण गरिनेछ। पूर्वाधार निर्माणका लागि गत वर्ष नगरले रु तीन करोडभन्दा बढी बजेट छुट्याएको थियो।, श्रद्धालुलाई स्नानका लागि त्रिवेणीघाट वरिपरि बेलीब्रिज र मानेश्वरी बसपार्कबाट त्रिवेणीघाटसम्म पुण्यमाता खोलाको दायँबाँया पैदलमार्ग, विश्रामस्थललगायत भौतिक संरचना निर्माण द्रुतगतिमा अघि बढाइएको छ। नगरले ढुङ्गेधारा मर्मत, थप धाराको व्यवस्था, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिङगटीले छाउने, रथको मर्मत गर्ने तयारी गरेको छ। पनौतीबाट चन्ले सबै प्रकारका सवारीसाधनमा ‘भिजिट मकर मेला–२०७८, पनौती’ लेखिएको स्टिकर र फ्लेक्स टाँगिनेछ। , नगरको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशीखोलातर्फ सिँढी तथा रोशीखोलामा चारवटा ड्याम तथा सोही क्षेत्रमा शौचालय मर्मत–सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निमाण तथा आवश्यकीय क्षेत्रमा अस्थायी शौचालय बनाइनेछ। मेला अवधभिर मल्पी ड्यामबाट नियमितरुपले रोशीखोला र मल्पी–लिलावती बाँसडोल खोलामा स्वच्छ पानी बगाउने योजना छ। मेला सुरु हुनु अघि नै खानी तथा खानीजन्य उत्खनन र पैठारी बन्द गरिने बताइएको छ।,  , राजा प्रताप मल्लले १७२७ सालमा रानीपोखरी निर्माण गर्न लगाएपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ। तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशीखोलाबाहेक पद्यमावती नदी गुप्तरूपमा बगिरहेको विश्वास गरिन्छ।, भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरूपले सरस्वती नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरूपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीपद्यमावती मानिँदै आएको छ।, किंवदन्तीअनुसार सयौँ वर्षअघि पाटन र पनौतीमा ठूलो खडेरीपछि अनिकाल हुँदा दुवै ठाउँका तान्त्रिकहरु फुल्चोकी माईकहाँ पूजापाठ गरी पानी माग्ने गर्दथे। दुई क्षेत्रबीच पानी लैजाने होडबाजी चलेपछि फुल्चोकी माताले जसले पहिलो चाँदी र सुनको फूल चढाउँछ उसलाई वरदान दिने भने। त्यसपछि सुन र चाँदीवाला पाटनका तान्त्रिकले सोहीका फूल बनाउन दिए, यता पनौतीका तान्त्रिकले आफूसँग जान्ने कालीगढ नभएको बताउँदै तोरी र मुलाको फूल (सुन र चाँदीजस्तो देखिने) चढाएपछि सुन–चाँदीका निम्ति प्रख्यात पाटनलाई भन्दा मुला, तोरी र सागखेती गर्नेलाई पानीको अभाव छ भन्दै खुसी हुँदै फुल्चोकी माताले पनौतीतर्फ पानी पठाइदिनुभएको किंवदन्ती छ। , सुन र चाँदीको फूल बनाएर फुल्चोकी मातालाई चढाएर आफूहरुलाई पनि वरदान मिल्नुपर्ने बताएपछि माताले उक्त पानी आधा गोदावरी पठाएकी बुढापाका बताउँछन्। यसपछि ६ वर्षको अन्तरालमा गोदावरी मेला र १२÷१२ वर्षमा मकर मेला लाग्ने गरेको जनविश्वास छ। जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप हुने पनौतीको उक्त त्रिवेणीसङ्गममा हरेक वर्षको माघमा साँखु र भक्तपुरमा माधवनारायण देवतालाई यहाँ ल्याई दुई दिनसम्म राखिने चलन छ।, पनौती नगरद्वारा बाह्रबर्षे मकर मेला व्यवस्थापनको तयारी
सेतोपाटी संवाददाता सल्यानमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।, घाइतेमध्ये कुमाख गाउँपालिका वडा नं. २ का ३६ वर्षीय बुद्धि थापा, २९ वर्षीया दुर्गा खत्री, ३२ वर्षीया लोकमाया पुन गम्भीर रहेका छन्। , सल्यानको मर्मपरिकाँडाबाट बाँकेको नेपालगञ्जतर्फ जाँदै गरेको  भे १ ज ९३० नम्बर जीप बुधबार बिहान ९:२० बजेतिर कुमाख गाउँपालिका वडा नं. २ धावनखोला नजिक दुर्घटनामा पुरेको सल्यान प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले बताए। , घाइतेको उद्धारपछि उपचारका लागि सल्लीबजारतर्फ पठाइएको र गम्भीर घाइतेहरूलाई बाँकेतर्फ पठाइएको  डिएसपी थापाले बताए। , जीप सडकबाट झण्डै ६० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।, सल्यानमा जीप दुर्घटना हुँदा १२ घाइते, तीनको अवस्था गम्भीर
सेतोपाटी राष्ट्रिय भूमि आयोगले आगामी माघबाट चितवनमा जग्गा वितरण प्रक्रिया सुरुआत गर्ने भएको छ। आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा वितरण प्रक्रिया सुरु गर्ने जनाएको हो।, आयोगका अध्यक्ष केशव निरौलाका अनुसार दलित भूमिहीनलाई प्राथमिकतामा राखेर जग्गा वितरण गरिनेछ। विघटित आयोगले ४० जिल्लामा गरेको लगत सङ्कलनका क्रममा परेको निवेदन र अन्य जिल्लामा गरी नेपालमा हाल १५ देखि १७ लाख भूमिहीन सुकुम्बासी रहेको अनुमान गरिएको उनले जानकारी दिए।, जग्गा वितरणका लागि अहिले आयोगले योजना तयारी गरिरहेको जनाउँदै उनले भने, ‘कानुनी प्रक्रिया पूरा गरेर योजना सार्वजनिक गर्छौं।’ सातै प्रदेशमा सुझाव सङ्कलन गरी कार्ययोजना बन्ने उनले जानकारी दिए। सबै दल, स्थानीय तह र नागरिक समाजको प्रतिनिधित्व गराउँदै पहिचान तथा वर्गीकरण गरिनेछ।, वास्तविक रूपमा भूमिहीनको समस्या समाधानका लागि सरकारले आयोग गठन गरेको उनको भनाइ थियो । ‘माघबाट ठूलो सङ्ख्यामा रहेका भूमिहीनहरुको समस्या समाधान हुनेछ,’  उनले भने। प्रतिऐलानी जग्गा वर्षौंदेखि भोगचलन गर्दै आएको भए राज्यलाई सीमित राजस्व बुझाएर उपलब्ध गराइने उनले बताए। अधिकार सम्पन्न आयोग भएकाले नेपालमा रहेका सुकुम्बासीहरुलाई तीन वर्षभित्र जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने गरी काम अघि बढाइएको छ। ‘थोरै सङ्ख्यामा पुर्जा बाँडेर चर्चा कमाउनु छैन,’ उनले भने, ‘ठूलो सङ्ख्यामा पुर्जा बाँड्ने तयारी छ।’, अघिल्लो आयोगले गरेका कामलाई आवश्यक छानबिन गरी निरन्तरता दिइने उनको भनाइ थियो। अध्यक्ष निरौलाले भने, ‘आयोगहरुले गरेको कामहरु राज्यले गरेका हुन्। आवश्यकताअनुसार छानबिन गरी अघि बढाइन्छ।’ दल र कार्यकर्ताले गरेको नभई राज्यको स्रोतसाधनको प्रयोग गरी गरिएको काममा राजनैतिक गन्ध आउन नहुने उनको भनाइ थियो।, आयोगका उपसचिव मणि रेग्मीले आयोगले पूर्णता पाएसँगै वितरणको काम सुरु गर्ने गरी काम भइरहेको बताए। उनका अनुसार जिल्ला तहमा आयोग बनिसकेपछि स्थानीय पालिकासँग छलफल गरी वितरणको काम सुरु गरिनेछ । संरक्षित क्षेत्रमा बसोबास गरेका भूमिहीनहरुलाई कानुनले दिएको क्षेत्रमा व्यवस्थापन गरिने उनको भनाइ थियो। सहरी क्षेत्रमा बसोबास गरेका भूमिहीनहरुका लागि १३० वर्गमिटर र कृषि प्रयोजनका लागि १० हजार वर्गमिटरसम्म जग्गा उपलब्ध गराइने उनले जानकारी दिए। ,रासस, भूमि आयोगद्वारा जग्गा वितरणको तयारी
सेतोपाटी संवाददाता हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन्।, दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा शे–फोक्सुण्डो गाउँपालिका–९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट बुधबार बिहान १० बजेतिर सुलिगाड खोलामा खसेर ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने २६ वर्षीया युवती सलिना बुढा बेपत्ता भएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, बुढा हिँड्ने क्रममा खुट्टामा ठेस लागेर खोलामा खसेको र प्रहरी, सेना तथा आफन्त मिलेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । ,रासस, फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता
सेतोपाटी संवाददाता मोरङमा ९४ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, रतुवामाई नगरपालिका वडा नम्बर ३ छालगाछीबाट प्रहरीले ३० वर्षीय धर्बेन्द्र शर्मालाई ९४ तोला चाँदीसहित पक्राउ गरेको हो। , मंगलबार बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको चाँदीसहित उनलाई पक्राउ गरेको हो। उनले सो चाँदी तार बनाएर राखेका थिए। , पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।,  , ९४ तोला चाँदीसहित एक पक्राउ
सेतोपाटी राति काम गर्दागर्दै झपक्क निदाउने श्याम मरिकको हातमै कप्टेरा र चोया हुन्छन्।, बिहान आँखा खुल्नासाथ फेरि चोया र कप्टेरासँगै उनको दैनिकी सुरूआत हुन्छ। यहाँको भङ्गाहा नगरपालिका-५ सीतापुरबजार र सिद्धपुर बस्तीको माझमा रेल्वे लिक नजिकैको उनका घरमा भएका सबै परिवार अहिले चोया र कप्टेरासँग गाँसिएका छन्।, 'के गरौं हजुर, चाडपर्वको बेला छ, आफ्नो सीप बिक्ने बेला यही हो,' घर पुगेका आगन्तुकसँग भलाकुसारी गर्दा पनि हात भने छिटी बुन्नमै व्यस्त रहेका उनले भने, 'यस बेला गरेको मेहनतले वर्षभरिको नगद खर्चको जोहो हुने आश छ।', जिल्लासहितका मिथिला क्षेत्रमा दीपावली र छठ पर्वमा पूजा सामग्री राख्न बाँसको चोया र कप्टेराले बनेका नयाँ छिटी (ढकी), सानाठूला डाली, नाङ्लो/चाल्नोसहितका सामग्री प्रयोग गरिने परम्पराले यस्ता सामान बनाउने पुर्ख्यौली पेसाका डोम समुदायको अहिले व्यस्तता बढेको हो।, परम्परागत जातीय छुवाछूतको कुप्रथाले तल्लो जात भनिएर शैक्षिक, सांस्कृतिक, सामाजिक र आर्थिक रूपमा अवसरबाट बञ्चित रहँदै आएका डोम समुदायको सरसर्ती हेर्दा सुँगुर पाल्नु, बाँसका चोयाका सामान बनाउनु नै जीवन गुजाराको पेसा देखिन्छ।, यसबाहेक हिन्दू मैथिल परम्पराको मृत्यु संस्कारभित्रको मृतकलाई मुखाग्नी दिनेबेला हुनेखाने (सम्पन्न) परिवारले डोमको हातबाट आगो किन्ने परम्परा छ।, मेटिँदै (हराउँदै) गएको यो परम्पराबाट अब आम्दानीको आश खासै नहुने डोम समुदायका अगुवा बताउँछन्।, पछिल्लो जनगणना अनुसार जिल्लामा सो समुदायका एक हजार ५० मात्र र जनसंख्या रहेको छ। अहिले तीन हजार नाघेको अनुमान गरिन्छ।, प्रत्येकजसो बस्तीका पुछारमा छुट्टै झाप्राझुप्रीमा बसोबास गर्ने यो समुदायबाट जिल्लामा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका एकाध मात्र छन्।, छ/सात वर्ष उमेर टेकेपछि ती समुदायका बालबालिका सुँगुर चराउन हिँड्ने भङ्गाहा-५ का वडाध्यक्ष शिव महतो जानकारी दिए। अभियानसँग जोडेर डोम बालबालिकालाई विद्यालय कैयौं पटक पुर्‍याइए पनि उनीहरू पढाइमा टिक्न नसकेका उनको भनाइ छ।, दीपावली र छठका क्रममा सानातिना काम गर्नसक्ने उमेरका डोम बालबालिका बाँसका चोया बनाउन बाबु/आमाका सहयोगमा तल्लीन देखिन्छन्।, 'हामीले बुनेका छिटी, डाली, सुपा (नाङ्ला), चल्नी (सानो चाल्नो), पङ्खा र ससाना खेलौना बिकेपछि छठमा नयाँ लुगा लगाउनेछौं,'  १४ वर्षीय झगरुले भने।, 'दीपावली, छठका लागि बन्ने सामानबारे हामी र किन्ने पनि उत्तिकै ढुक्क हुन्छौं,' उनले भने। छठ पूजाका लागि यी सामान किन्नेले मोलमोलाई नगर्ने भएका हुँदा आफूहरूले पनि धर्म चेतेर उचित मूल्यमात्र लिने गरिएको सो बस्तीकै बिन्दी मरिकले जानकारी दिए।, पर्वले छोपिसकेको हुँदा ग्राहकले अग्रिम भुक्तानी दिएका सामान समयमै दिन र थप सामान बनाउन आफूहरूलाई भ्याइनभ्याई नै परेको डोम बताउँछन्।, 'कतिले पहिले नै मूल्यको रकम दिएका छन्, कतिले बनाइदिन भनेका छन्,'  बर्दिबास नगरपालिका-१२ जुडीटोलका पलट मरिक भने, 'सीप बिक्ने बेला छ हजुर, गर्नै परो नि!', पहिले-पहिले दैनिक घरायसी प्रयोजनमा चोयाबाट बनेका सामानको बाक्लै प्रयोग भए पनि केही वर्षयता प्लाष्टिकका डेक्ची, नाङ्लो, चाल्नो र डाली आकारका भाँडा बजारमा पाउन थालेपछि आफ्नो सामानको माग हुन छाडेको पलटको भनाइ छ।, 'यही दीपावली र छठ त हो नि हजुर, अरू बेला हाम्रो खोजी हुन छाड्यो,' उनले भने, 'दुई/चार पैसाको मुख देख्न पाइने आश त हो।', दीपावली र छठले वर्षभरि आफूहरू धानिनुपर्ने हुँदा अहिले कामको व्यस्तता बढेको डोम बताउँछन्। ,रासस, डोम समुदायलाई ढकी बनाउन भ्याइनभ्याई
भगवती पाण्डे पाल्पाकी एक महिलाले एकैपटक चार छोरीलाई जन्म दिएकी छन्। पाल्पाको माथागढी गाउँपालिका-१ की २४ वर्षीया सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा मंगलबार दिउँसो चार छोरी जन्माएकी हुन्।, विवाह भएको सात वर्षमा पहिलोपटक सीता गर्भवती हुँदा उनी र उनका श्रीमान सन्तोष सार्की धेरै खुसी थिए। पाल्पामा जुत्ता पसलमा कालिगढको काम गर्दै आएका सन्तोषले श्रीमती गर्भवती भएपछि तानसेनस्थित मिसन अस्पतालमा परीक्षणका लागि नियमित लगिरहन्थे।, पेटमा चार शिशु हुर्किइरहँदा पनि सीतालाई ६ महिनासम्म कुनै अप्ठ्यारो महशुस भएको थिएन। गर्भ ६ महिनाको पुग्दा पेट दुख्न थालेपछि उनीहरूले भिडिओ एक्सरे गराए। चिकित्सकले पेटमा तीन शिशु रहेको जानकारी दिएका थिए।, तानसेनमा एक महिनाको अन्तरमा दुईपटक र कात्तिक ६ गते भैरहवा मेडिकल कलेजमा पनि एकपटक भिडिओ एक्सरे गर्दा तीन बच्चा देखिए पनि मंगलबार शल्यक्रिया गरेपछि मात्रै चार बच्चा भएको थाहा भएको हो।, गर्भवती भएको सात महिनामै चार शिशु जन्मिएकाले कम तौलका भएको भैरहवा मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए। सबै शिशुको तौल एक किलोभन्दा अलिकति मात्र बढी भएकाले सबैको आइसियूमा उपचार भइरहेको पनि उनले बताए।, अस्पतालका अनुसार शिशुहरूको तौल एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो एक सय ३० ग्राम र एक किलो एक सय १५ ग्राम छ।, साढे दुई किलोको शिशुलाई सामान्य मानिन्छ। यी चारै शिशु स्वस्थ रहे पनि तौल कम भएकाले एनआइसियुमा राखी उपचार गरिएको गुरुङले बताए।, ‘शल्यक्रिया गर्ने डाक्टरका अनुसार सबै बच्चाहरू स्वस्थ त छन्। तर तौल कम भएकाले बाहिरी वातावरणमा घुलमिल हुँदा संक्रमण नहोस् भनेर एनआइसियुमा राखिएको हो,’ गुरुङले भने।, सन्तोषले श्रीमतीको अवस्था सामान्य रहे पनि छोरीहरूलाई एनआइसियुमा राखिएकाले भेट्न नपाएको बताए।, ‘डाक्टरहरूले हेर्न गइरहने गर्दा पनि संक्रमण हुन सक्छ भन्नुभएको छ। मैले त एकपटक बाहिरैबाट भए पनि देखेको हो। श्रीमतीले हेर्न पनि पाएकी छैनन्,’ उनले भने।, पहिलोपटक श्रीमती गर्भवती बन्दा खुसी भए पनि कम तौलका चार छोरी जन्मिएपछि चिन्ता थपिएको उनले बताए।, ‘विवाह गरेको सात वर्षपछि बल्ल सन्तान हुँदैछ भन्दा त धेरै खुसी थियौं। अब अहिले चार जना जन्मिएपछि के कसो हुने हो भन्ने डर लागिरहेको छ,’ सन्तोषले सेतोपाटीसँग भने।, सन्तोषका अनुसार अस्पतालले बच्चाहरूको तौल कम भएकाले उपचार जटिल बन्न सक्ने बताएको छ।, ‘चार बच्चाको उपचारका लागि पैसा धेरै लाग्न सक्छ। पैसा जुटाउनुस् भन्नुभएको छ,’ उनले भने।, २४ वर्षीया सीताले जन्माइन् एकै पटकमा चार सन्तान
सेतोपाटी संवाददाता नेपालमा थप ६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६७२ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ४९५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार १६७ जनाको पिसिआर परीक्षण र २३२८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १० हजार ३७५ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३८० पुगेको छ।, ४९५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ।, त्यस्तै काठमाडौं उपत्यकामा २०२ थपिएका छन्। जसमध्ये काठमाडौंमा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ संक्रमित छन्।, थपिए ६७२ संक्रमित
सेतोपाटी संवाददाता सिंहदरबार भित्र गोली चलेको छ।, बुधबार साँझ ५ बजेतिर राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी अंगरक्षकको पेस्तोलबाट गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। असई अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो।, 'मिस्टेकले गोली चलेको हो। उपाध्यक्षज्यूको अंगरक्षकको पेस्तोल झरेपछि गोली चलेको हो,' उनले भने।, गोली कसैलाई नलागेको उनले बताए। अहिले प्रहरीले त्यहाँ मुचुल्का उठाउने काम गरिरहेको छ।,  ,  , राष्ट्रिय सभा उपाध्यक्षकी अंगरक्षकको पेस्तोलबाट सिंहदरबारभित्र चल्यो गोली
सेतोपाटी संवाददाता जबरजस्ती करणीका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। , सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ७ ज्योतिभञ्ज्याङ घर भएका २९ वर्षीय रोहन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। , २०७२ असार २६ गते उनी काठमाडौंको माकलबारी बस्थे। त्यसबेला उनले एक युवतीलाई खाजा खुवाउन भन्दै फकाएर होटल लगेर जबरजस्ती करणी गरेको आरोप थियो।, त्यस मुद्दामा २०७५ साल जेठ ८ गते उच्च अदालत पाटनले पाँच वर्ष कैद सजाय सुनाएको थियो। त्यसयता उनी फरार थिए। , उनलाई प्रहरीले सिन्धुपाल्चोक सिपाघाटबाट पक्राउ गरेको हो।, सजाय कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ। ,  , जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २०२ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौं उपत्यकामा २४१९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३००, ललितपुरमा ५८० र भक्तपुरमा ५३९ सक्रिय संक्रमित छन्।, नेपालमा थप ६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ९ हजार ४९५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार १६७ जनाको पिसिआर परीक्षण र २३२८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १० हजार ३७५ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३८० पुगेको छ।, ४९५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ।, काठमाडौं उपत्यकामा थपिए २०२ संक्रमित, सक्रिय २४१९
नवीनबाबु गुरूङ मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको रानीपोखरी अचेल सुन्दर देखिन्छ।, टमटम नभए पनि पानी भरिएको पोखरी साँझमा झनै आकर्षक देखिन्छ।, २०७२ सालको भूकम्पमा भत्किएको रानीपोखरी पुनर्निर्माण प्राधिकरणले ब्युँताएको हो।, सुरूमा काठमाडौं महानगरपालिकाले निर्माणको जिम्मा पाए पनि उसले यसलाई 'स्विमिङ पुल' जस्तो बनाउन खोजेपछि विरोध भयो।, पछि बल्ल प्राधिकरणले जिम्मा पायो र गत वर्ष मात्रै यसको निर्माण मल्लकालीन शैलीमै पूरा भएको हो।, हाल यहाँ सर्वसाधारण छिर्न भने पाइँदैन।, यहाँको पोखरी र बीचको मन्दिर बनिसके पनि पार्क/बगैंचाको केही काम बाँकी भएकाले प्राधिकरणले अहिले नै सर्वसाधारणका लागि खुला गरेको छैन।, हेर्नुस् आकाशबाट हेर्दा यस्तो देखियो साँझको रानीपोखरी:,  , आकाशबाट हेर्दा यस्तो देखियो साँझको रानीपोखरी (तस्बिरहरू)
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले आफ्नो जिल्लामा कृषि तथा पशु उपचारमा प्रयोग हुने कीटनाशक विषादी बेचबिखनमा कडाइ गरेको छ।, यसक्रममा प्रहरीले रूपन्देहीमा विषादी बेचबिखन गरिरहेका १०७ वटा कृषि र पशुजन्य क्लिनिक, एग्रोभेट, केन्द्र र भेटरीनरीलाई अभिलेख राख्न निर्देशन दिएको छ।, ती केन्द्रमा विषादी बेचबिखनको मासिक तथ्यांक राख्न र किसानको पहिचान गरेर मात्रै बिक्री-वितरण गर्न प्रहरीले निर्देशन दिएको छ।, जिल्लामा आत्महत्या गर्ने व्यक्तिहरूको तथ्यांक बढेको, त्यसमा कृषि र पशुजन्य उपचारमा प्रयोग हुने विषादी सेवन उच्च देखिएकाले कडाइ थालिएको प्रहरी उपरीक्षक मनोज केसीले बताए।, उनका अनुसार ९ वटा इलाका प्रहरी कार्यालय, दुई वटा वडा प्रहरी कार्यालय र एउटा प्रहरी चौकी अन्तर्गत रहेका १०७ वटा विषादी बेचबिखनका क्लिनिक, एग्रोभेट र भेटरीनगरी पत्ता लागेका छन्।, ‘ती ठाउँमा प्रयोगको कारण देखाएर मात्र विषादी बिक्री गर्न निर्देशन दिइएको छ, त्यसको मासिक विवरण प्रहरीलाई उपलब्ध गराउन भनिएको छ,’ केसीले सेतोपाटीसँग भने, ‘यो भए-नभएकोबारे प्रहरीले नियमित अनुगमन गर्छ।’, केसीका अनुसार चालू आर्थिक वर्षको साउन र भदौ महिनामा रूपन्देहीमा ९९ जना व्यक्तिहरूले आत्महत्या गरेका छन्। जसमा मुख्य रूपमा आल्मुनियम फोस्फेट, ओप-एल्पाइन र साइपभिटामिन बी कम्प्लेक्सलगायतका विषादी प्रयोग भएको देखिएको उनले बताए।, ‘असम्बन्धित व्यक्तिलाई विषादी बेचबिखन गर्ने र त्यो विषादी आत्महत्याका लागि प्रयोग हुने गरेको पाइएपछि कडाइ गर्न थालिएको हो,’ उनले भने।, रूपन्देही प्रहरीले आत्महत्या न्यूनीकरण कार्ययोजना (थ्री सर्कल) अवधारणा ल्याएको छ। सो अवधारणा कार्यान्वयन गर्ने क्रममा विषादी बेचबिखन गर्ने ठाउँहरूलाई लक्षित गरिएको केसीले बताए।, ‘यो अवधारणामा भारतबाट ल्याइने विषादी र ती विषादी कहाँ कसरी प्रयोग हुन्छन् भन्ने अनुगमन पनि गरिरहेका छौं,’ केसीले भने।, के हो ‘थ्री सर्कल’ अवधारणा?, रूपन्देहीमा प्रहरीले आत्महत्या न्यूनीकरणका लागि गत साउन महिनादेखि ‘थ्री सर्कल’ (तीन वृत्त) अवधारणा सुरू गरेको थियो।, बढी आत्महत्या गर्ने जिल्लामा काठमाडौं र झापापछि तेस्रो नम्बरमा रहेको रूपन्देही छ। रूपन्देहीमा आर्थिक वर्ष २०७६/७७ मा २२३ जनाले आत्महत्या गरेका थिए।, रूपन्देहीका तीन नगरपालिमामा आत्महत्या उच्च देखिएको छ। बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका आत्महत्याको बढी जोखिमयुक्त क्षेत्र छन्।, प्रहरी उपरीक्षक केसीका अनुसार यो अवधारणा अन्तर्गत तीव वटा वृत्तमा आत्महत्या हुने क्षेत्रलाई विभाजन गरिएको छ। , ‘सबैभन्दा बढी आत्महत्या हुने ठाउँलाई रातो वृत्तमा राखिएको छ। कम हुने ठाउँलाई पहेँलो र आत्महत्या नहुने क्षेत्रलाई हरियो वृत्तमा राखिएको छ,’ उनले भने।, ती ठाउँका प्रहरीलाई सुरूमा तीन वृत्त कार्यनीतिको अनुशिक्षण सञ्चालन गरिएको थियो।, प्राथमिकताको आधारमा इलाका प्रहरी कार्यालय अन्तर्गतका वडाहरूमा आत्महत्या जोखिम मापन गरिएको थियो। त्यसपछि मानसिक स्वास्थ्य विशेषज्ञ भएका अस्पतालमा आत्महत्या प्रयासको छुट्टै विवरण राख्ने काम सुरू गरिएको थियो।, रूपन्देहीमा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेहरू छन्। त्यसरी आत्महत्या गर्ने ठाउँमा मनोवैज्ञानिक अनुशिक्षण सञ्चालन गरिएको थियो।, बजारमा सहज रूपमा पाइने कीटनाशक औषधी आत्महत्याको अर्को कारण रहेको अनुसन्धानबाट पत्ता लागेको थियो।, यो अवधारणा अन्तर्गत कीटनाशक विषादीको बिक्री अभिलेख राख्न सुरू गरिएको केसीले बताए।, यसरी वृत्त निर्माणपछि पालिका प्रमुख, उप-प्रमुख र इलाका प्रहरी कार्यालयका प्रमुखसहितको समिति निर्माण गरिएको उनले बताए।, कार्यक्रम सञ्चालन हुने सम्बन्धित वडाहरूमा स्थानीय पालिका तथा अन्य सरोकारवालासहितको वडा समिति निर्माण छ। त्यसपछि पालिका, मानसिक स्वास्थसँग सम्बन्धित विशेषज्ञ तथा अन्य सरोकारवालासँग परामर्श तथा छलफल गरिएको छ।, रातो वृत्त भएको ठाउँमा मानसिक स्वास्थसँग सम्बन्धित विशेषज्ञ र प्रहरीसहितको टोलीबाट मासिक परामर्श सेवा सञ्चालन गरिएको छ। कम जोखिम रहेको पहेंलो सर्कलभित्र प्रहरी र अन्य सरोकारवाला टोलीबाट मासिक अन्तरक्रिया भइरहेको छ।, यो अभियान सञ्चालन गर्नुअघि प्रहरीले आत्महत्या प्रभावित क्षेत्रमा अनुसन्धान गरेको थियो। अनुसन्धानबाट देखिएका तथ्यलाई आधार बनाएर कार्यक्रम चलाइएको प्रहरी उपरीक्षक केसीले बताए।, आत्महत्यामा कीटनाशक विषादीको प्रयोग देखिएपछि बेचबिखनमा कडाइ, १०७ वटा क्लिनिक प्रहरीको निगरानीमा
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनस्वास्थ्यमा प्रतिकूल हुने खालका कुनै पनि खाद्यवस्तुको बिक्रीवितरण नगर्न व्यापारीलाई कडा निर्देशन दिएको छ। , बुधबार नक्सालस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गर्न गएको काठमाडौंको सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसी नेतृत्वको अनुगमन टोलीले वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको मापदण्ड अनुसारमात्रै खाद्य वस्तुको बिक्रीवितरण गर्न व्यापारीलाई सचेत गराएको हो। जनस्वास्थ्यलाई ख्याल गरेरमात्रै खाद्य वस्तुको बिक्रीवितरण गर्न व्यापारीलाई सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए। , अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरलाई पनि खाद्य वस्तुहरूको उत्पादन मिति र लेबलिङ मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको छ। , सहायक प्रमुख जिल्ला अधिकारी केसीले भने, ‘खाद्यवस्तु जस्तो विषयमा अरू बढी नै संवेदनशील बन्नु पर्दछ। खाद्य वस्तु, गुणस्तर तथा नापतौल विभाग र वाणिज्य विभागले भने अनुसार खाद्यवस्तु बिक्रीवितरण गर्नु होला। त्यसमा उत्पादन मिति र लेबलिङको मिति भने देखिने गरी राख्नु होला। जनताको स्वास्थ्यलाई ख्याल गर्ने र प्रचलित कानुनको पालना गरेर मात्रै व्यापार गर्नु होला भन्ने कुरा गरियो।’, काठमाडौं जिल्ला प्रशासन कार्यालयले चाडपर्वको अवसर पारेर खाद्य वस्तुजस्तो संवेदनशील विषय वस्तुमा जोड दिएर बजार अनुगमनको कामलाई तीव्रता दिइएको स्पष्ट पारेको छ। , अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधि र वाणिज्य विभागका प्रतिनिधि पनि सहभागी भएका थिए।,  , अखाद्यवस्तुको बिक्रीवितरण नगर्न व्यापारीलाई काठमाडौं प्रशासनको निर्देशन
सेतोपाटी संवाददाता नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना संक्रमण भएको छ। भुसाललाई बुधबार कोरोना संक्रमण देखिएको हो।, भुसालको सचिवालयले उनलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।, भुसालको अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेको सचिवालयले जनाएको छ।, एमाले उपमहासचिव भुसाललाई कोरोना संक्रमण
सेतोपाटी नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन्।, सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा माइक्रोबस बुधबार नेपाल भित्रिएका हुन्।, माइक्रोबसको सिट क्षमता १२ रहेको छ।, चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दसैँलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले बताए।, दसैँअगावै १०० विद्युतीय कार आयात भएका थिए भने पछिल्लो समय माइक्रोबस आयात हुने क्रम बढेको भन्सार कार्यालय टिमुरेले जनाएको छ।, सहरी क्षेत्र केन्द्रित गरी आयात गरिएका माइक्रोबसका पाङ्ग्रा होचा भएका कारण कच्ची सडकमा गुडाइ काठमाडौँ लान निकै चुनौती रहेको सवारी चालकले प्रतिक्रिया दिएका छन्।, रसुवागढीदेखि गल्छीसम्मका अधिकांश सडकमा बढी खाल्डाखुल्डी भएकाले साना र होचा सवारी साधन सहजरूपले लैजान बढी असहज हुने गरेको बताइन्छ।, दसैँअगाडि आयात भएका सानाखाले केही सवारी साधन भने मालधनी एवं उसका प्रतिनिधि नपुग्दा भन्सार हातामा थन्किएका छन्।, विद्युतीय सवारी साधनको आयातले प्रदूषणको न्यूनीकरण एवं सहरी क्षेत्रमा वातावरणको स्वच्छता बढ्ने र पेट्रोलियम पदार्थबाट चल्ने यात्रुबाहक साधन क्रमिकरूपले हट्दै जाने बताइएको छ।, सवारी साधनमा रहने ब्याट्री एक पटक चार्ज गरेपछि चार घण्टासम्म पुग्ने भएकाले बिना आवाज सहरी क्षेत्रको यात्रा अत्यन्तै सहज हुने जनाइएको छ।, आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म ९०० भन्दा बढी सानाठूला सवारी साधन आयात भएको भन्सार कार्यालयले जनाएको छ।, आयात भएका सवारी साधनबाट नियमानुसार भन्सार शुल्कबापत रु ६५ करोडभन्दा बढी राजस्वसमेत दाखिला भइसकेको भन्सार अधिकारीले बताएका छन्।, (रासस), चीनबाट आइपुगे २२ विद्युतीय माइक्रोबस
सेतोपाटी संवाददाता काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग गरेको छ।, बुढानिलकण्ठमा बालबालिकाको उपचारका लागि निर्माण गरिने उक्त अस्पतालका लागि काठमाडौं महानगरपालिकाले चार करोड आर्थिक सहयोग गर्ने भएको हो।, उक्त सहयोगका लागि सम्झौता-पत्रमा बुधबार हस्ताक्षर भएको छ।, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष डा. भगवान कोइरालाले सम्झौता-पत्रमा हस्ताक्षर गरे।, हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले मुलुक संघीयतामा गइसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए।, ‘संघीय राजधानीबाट पाउने स्वास्थ्य सेवा अन्य प्रदेशबाट पनि प्राप्त गर्ने वातावरण निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गर्छु,’ शाक्यले भने, ‘निजी क्षेत्रले स्वास्थ्यमा लगानी गर्न चाहन्छ भने त्यसका लागि समेत उपयुक्त वातावरण निर्माण गरेर अबका दिनमा स्वास्थ्य सेवाका लागि नागरिकले संघीय राजधानी नै धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ।’, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलि भिन्न तरिकाले बालबालिकाको सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टीकृत सेवा दिने उदेश्यले अस्पताल निर्माणको अभियानमा जुटेको बताए।, ‘बालबालिकाका प्रत्येक रोगका विज्ञहरूलाई एउटै छानमुनि राखेर काठमाडौंबाट सेवा दिने सामूहिक सपनालाई मूर्त रूप दिन हामीले यो अस्पताल निर्माणको अभियान अघि बढाएका हौं,’ कोइरालाले भने, ‘हामीले प्रत्येक प्रदेशमा पनि विशेषज्ञसहितको सेवा दिने योजनासहित अस्पताल निर्माणको काम अघि बढाएका छौं। त्यही अभियान अन्तर्गत प्रदेश १ बाट हामी छिट्टै सेवा सुरू गर्ने तयारीमा छौं।’, कोइरालाले काठमाडौंमा दुई सय बेडको अस्पताल निर्माणको तयारी गरिरहेको बताए।, भगवान कोइरालाले बनाउँदै गरेको बाल अस्पताललाई काठमाडौं महानगरले चार करोड दिने
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले भन्सार छलेर भारतबाट ल्याइएको २३ लाख ८५ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।, भन्सार छलीमा संलग्न भारतीय नम्बर प्लेटको कार र मोटरसाइकलसहित बरामद सामान बुधबार भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय मातहतका निकायबाट सो मूल्य बराबरको भन्सार छलिएको सामान बरामद गरिएको प्रहरी उपरीक्षक मनोज केसीले बताए।, उनका अनुसार बुधबार इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले बुधबार २ लाख ५९ हजार ५६० बराबरको कपडालगायत सामान बरामद गरेको थियो।, उक्त समान भन्सार छलेर ल्याउने क्रममा सिद्धार्थनगर नगरपालिका-१ बाट युपी २१ सिई ४०६४ नम्बरको भारतीय कार बरामद भएको केसीले बताए। सो कारको भन्सार मूल्य १५ लाख आँकलन गरिएको छ।, यस्तै, इलाका प्रहरी कार्यालय मझगावाको टोलीले मंगलबार २ लाख ३८ हजार २ सय रुपैयाँ बराबरको सामान बरामाद गरेको छ।, प्रहरी चौकी मैनिहवाको टोलीले १ लाख ८० हजार, इलाका प्रहरी कार्यालय मंगलापुरको टोलीले ७५ हजार ६४२, इलाका प्रहरी कार्यालय मर्चवारको टोलीले १ लाख ३२ हजार रुपैयाँ बराबरको सामान र युपी५५एम ६०७१ र युपी५५डी २३३० नम्बरको मोटरसाइकल बरामद गरेको छ।, बरामद सामान, कार र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयले कारबाही गरिरहेको प्रहरी उपरीक्षक केसीले बताए।, रूपन्देहीमा भन्सार छलेको २३ लाखबढीको सामान बरामद
सेतोपाटी संवाददाता झापामा मादक पदार्थ सेवन गरेका चालकले बस चलाउँदा भएको दुर्घटनामा ५ सवारी साधनमा क्षति पुगेको छ भने ५ जना घाइते भएका छन्।, पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा बिर्तामोड-चारआली सडकखण्डमा बुधबार यात्रुबहाक बसले सडकमा गुडिरहेका अन्य ५ वटा सवारी साधनलाई ठक्कर दिँदा ५ जना घाइते छन्।, ठक्कर दिएको यात्रुबाहक बसका चालकले मापसे गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मापसे गरेर सवारी चलाउँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।, पूर्वपश्चिम राजमार्गअन्तर्गत चारआली जंगलमा फरकफरक स्थानमा पश्चिमबाट पूर्व आइरहेको मे १ ख २५७१ नम्बरको सगरमाथा यातायातको बसले विपरीत दिशाबाट आइरहेका सवारी साधनहरूलाई ठक्कर दिएको थियो।, बसको ठक्करबाट मे ५ प ९००२ र मे ९ प ७०९२ नम्बरको मोटरसाइकलमा सवार चुलाचुली १ का ३५ वर्षीय बिजय बिक र उनकी श्रीमती २७ वर्षीय प्रमिला बिक घाइते छन् । उनीहरू दुबै जनाको खुट्टा भाचिएको छ।, त्यसैगरी मे १ ज ८७४ नम्बरको भ्यानलाई ठक्कर दिँदा त्यसमा सवार बिर्तामोड ५ की बिमला भट्टराई, अर्जुनधारा ६ की कल्पना अधिकारी र बिर्तामोड ११ का देबराज राई घाइते छन्। उनीहरूको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, मापसे गरेका चालकले बस चलाएपछि...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ।, उनको आज बिहान करिब तीन बजे मृत्यु भएको हो।, उनकी भतिजी अमृता लम्सालका अनुसार ८४ वर्षीय लम्सालको पछिल्लो तीन दिनदेखि चावहिलस्थित मेडिकियर अस्पतालको आइसियुमा उपचाररत थिए।, पछिल्लो समय लम्साललाई मुटुसम्बन्धी रोग, युरिन इन्फेक्सनलगायतका रोगले च्याप्दै लगेको थियो। , सर्वोच्च अदालतका पूर्वन्यायाधीश लम्साल राजनीतिक दलका नेताहरूको सम्पत्ति छानबिन गर्न २०५८ मा बनेको एक आयोगका अध्यक्ष भएका थिए। उनको चर्चा पनि त्यही आयोगका कारण आजसम्म हुने गरको छ। , उनको श्रीमती रमा लम्साल, दुई छोरी र एक छोरा छन्।, सर्वोच्च अदालतका पूर्वन्यायाधीश लम्सालको निधन
भगवती पाण्डे दिनप्रति दिन आत्महत्या गर्नेको संख्या बढ्न थालेपछि रुपन्देही प्रहरीले आत्महत्या न्यूनीकरणको लागि कार्ययोजना अगाडि सारेको छ।, प्रहरीले आत्महत्या न्यूनीकरणका लागि जोखिम समूहको तथ्यांक संकलन गरी उनीहरूलाई मनोपरामर्श उपलब्ध गराउनेबारे मनोचिकित्सकहरूसँग छलफल गरेको छ।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आफू मातहत रहेर मुद्दा दर्ता गर्दै आएका ईलाका र वडा प्रहरी कार्यालय गरी १२ वटा कार्यालयबाट २५ हजार ६ सय ९१ घरधुरीबाट नागरिक सूचना कार्ड संकलन गरेको थियो।, जसमध्ये ९ सय ९६ जना जोखिम समूहको रातो घेराभित्र परेको र उनीहरूलाई मनोचिकित्सकमार्फत् मनोपरामर्श आवश्यक रहेको प्रहरी उपरीक्षक मनोज केसीले बताए।, ‘यसअघि आत्महत्याको प्रयास गरेका, विगतमा परिवारका कुनै सदस्यले आत्महत्या गरेको, मानसिक समस्या भएका र घरेलु हिंसा भोगिरहेकाहरू रातो घेराभित्र राखिएको छ,’ उनले भने।, त्यस्तै, आत्महत्याको मध्यम जोखिम समूह पहेंलो घेराभित्र ३ हजार ५ सय ४० र निलो घेराभित्र २१ हजार १ सय ५५ जनाको नागरिक सूचना कार्ड भरिएको छ।, पहेंलो घेराभित्र दीर्घरोगी, दुर्व्यवसनी, अत्यधिक आर्थिक ऋणको भार बोकेका र विभिन्न कारण विक्षिप्त अवस्थाका मानिसहरूलाई राखिएको छ।, प्रहरी उपरीक्षक केसीले जोखिम क्षेत्रभित्र रहेका घर-घरमै पुगेर यससम्बन्धी तथ्यांक संकलन भइरहेको बताए।, ‘रातो र पहेंलो घेराभित्र रहेकाहरूलाई तत्काल मनोपरामर्श आवश्यक छ, सूचना संकलनलाई निरन्तरता दिँदै तिहारलगत्तै उनीहरूलाई परामर्श सेवा उपलब्ध गराउने तयारी थालेका छौं,’ उनले भने।, छलफलमा आत्महत्या बढी भएका स्थान वरिपरि किटनाशक औषधीको विक्री वितरणको अवस्थाको बारेमा समेत तथ्यांक समेत प्रस्तुत गरिएको थियो।, आत्महत्याको सम्भावित जोखिम घेराभित्र रहेकाहरूलाई मनोपरामर्श दिने र किटनाशक औषधीको विक्री वितरणलाई कडाइ गर्न सके पनि आत्महत्याको संख्या घट्न सक्ने प्रहरीको विश्लेषण छ।, प्रहरी उपरीक्षक केसीले प्रहरी युनिटहरूलाई आ-आफ्नो क्षेत्रमा के/कति किटनाशक बिक्रेता छन् उनीहरूको यकिन गरी बिक्री गरिने सम्पूर्ण औषधीहरूको तथ्यांक राख्न निर्देशन गरिएको बताए।, केसीले आत्महत्याबारे अझै पनि धेरै मिथकहरू रहेको र त्यसबारे खुलेर कुरा गर्न नसक्दा आत्महत्याको घटना बढ्दै गएको बताए।, विभिन्न किसिमका हिंसा, मानसिक तनाव, दीर्घ रोग, आर्थिक संकट लगायतको कारण मानिसहरू आत्महत्या गर्न बाध्य हुने गरेको प्रहरीको निष्कर्ष छ।, मनोचिकित्सक डा. मनोज ढुंगानाले आत्महत्याको जोखिम समूहमा रहेका व्यक्तिहरूलाई समयमा मनोपरामर्श दिनसके उनीहरूको ज्यान जोगिनसक्ने बताए।, ‘मानिसहरू आत्महत्या गर्ने अवस्थामा एकैपटक पुग्दैनन्, मानसिक तनाव, विभिन्न किसिमका हिंसामा रहेकाहरूले खुलेर कुरा गर्ने वातावरण नबनेको कारण आत्महत्या गर्ने अवस्थामा पुग्ने गर्छन्, त्योभन्दा पहिले नै उनीहरूलाई त्यो अवस्थाबाट बाहिर निकाल्नुपर्छ,’ डा.ढुंगानाको तर्क छ।, गत आर्थिक वर्ष २०७७/८८ मामात्रै जिल्लाभित्र २ सय ५० जनाले विभिन्न माध्यमबाट आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।, चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन महिनाको अवधिमा पनि ५८ जनाले आत्महत्या गरेका छन्।, जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार आत्महत्या गर्नेहरूमा जिल्लामा महिलाभन्दा पुरूषको संख्या धेरै रहे पनि चर्चामा भने महिलाहरू आउने गर्छन्।, तीन महिनाको अवधिमा ३० जना पुरूषले आत्महत्या गरेका छन् भने महिलाको संख्या २१ छ।, त्यस्तै, ४ जना बालक र एक जना बालिकाले समेत आत्महत्या गरेको प्रहरी तथ्यांक छ।, चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै देवदह मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र भीम अस्पताल भैरहवामा गरी ७३ जना आत्महत्या प्रयास गरी उपचारको लागि आएकाहरू निको भएर फर्केका छन्।, उनीहरूलाई तत्काल मनोपरामर्श दिन नसके फेरि पनि प्रयास दोहिरिन सक्ने खतरा छ। तर अहिले उनीहरूको अवस्था कस्तो छ भन्ने जानकारी निकायलाई छैन।, रुपन्देही प्रहरीको आत्महत्या न्यूनीकरण कार्ययोजना
युनिक श्रेष्ठ केन्द्रीय अनुसन्धान ब्युरोलाई आइतबार राति एउटा सूचना आयो- अफगान नागरिकहरू काठमाडौंमा गैरकानुनी रूपले बसिरहेका छन्। , अन्तर्राष्ट्रिय विमानस्थल वरिपरिका क्षेत्रमा उनीहरू बसिरहेका छन् भन्ने खबर पाएपछि प्रहरीको टोली खटियो। उनीहरू कहाँ बसेका छन् भनेर प्रहरीले गत रातिदेखि नै खोज्न थालेको थियो। त्यसैबीच प्रहरीले सिनामंगलस्थित फेसबुक नामक होटलमा बसिरहेका छन् भन्ने थाहा पायो।, प्रहरीले राति नै उनीहरूलाई नियन्त्रणमा लिएन। आइतबार बिहान मात्र ब्युरो त्यहाँ पुगेर ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लियो।, ती अफगान नागरिकहरूले होटलका दुइटा कोठा लिएका थिए। एउटा कोठामा एकै परिवारका पाँच जना थिए। अर्कोमा छ जना।, 'उनीहरू सबै जनासँग आधार कार्ड रहेछ। आउँदा भारतको आधार कार्ड देखाएपछि हामीले प्रवेश दिएका हौं। भारतको कश्मीरको कार्ड रहेछ,' होटलका म्यानेजर छवि लामिछानेले सेतोपाटीसँग भने, 'कार्ड देखाएर बस्न आएपछि दिन त पर्‍यो।', उनीहरू नेपालमा अवैध रूपमा बसिरहेको भन्नेबारे पनि सोमबार मात्रै थाहा पाएको लामिछानेले बताए।, एउटै होटलमा दुइटा कोठा लिएर बसे पनि उनीहरूबीच खासै चिनजान नभएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। एकै कोठामा बसेका छ जनाले पनि एकअर्कालाई राम्ररी नचिनेको बयान दिएका छन्।, 'उनीहरू कोही ‍पनि कसैका आफन्त रहेनछन्। पाँच जना एकै परिवारका भइहाले। अरू छ जनाको समूहमा कसैले कसैलाई नचिन्ने रहेछन्,' प्रवक्ता प्रहरी उपरीक्षक महतोले भने, 'दुई जना पुरूषले भने आफूहरू टाढाको आफन्त भएको बताएका छन्।', एकअर्कालाई नचिन्ने उनीहरू कसरी एउटै होटलमा बस्न पुगे भन्ने खुलेको छैन। कसैले उनीहरूलाई सहयोग गरेर नेपाल आइपुगेको हुनुपर्ने आशंका गरिएको छ। अहिलेसम्म उनीहरू संयोगले एउटै होटलमा बस्न पुगेको देखिएको महतोले बताए।, उताबाट एक्लाएक्लै आएका र नेपाल आएपछि मात्र एकअर्कालाई चिनेको उनीहरूको भनाइ छ।, पक्राउ पर्ने अफगानमध्ये तीन जना महिला छन्। बाँकी पुरूष। उनीहरू आठदेखि ४१ वर्षसम्मका भएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए।, महतोका अनुसार परिवारमा आठ वर्षीय बालक, ११ र १७ वर्षीया बालिका पनि छन्। बुवा भनिएका व्यक्ति पहिले गैरसरकारी संस्थामा काम गर्थे। यता अरू पनि कोही वर्कसपहरूमा काम गर्ने गरेको ब्युरोले जनाएको छ।, ब्युरोले पक्राउ गरेका अफगान नागरिकको पहिचान भने खुलाउन चाहेन।, अफगानिस्तानबाट नेपाल कसरी र किन आइपुगे भन्ने प्रश्नको उत्तर खोज्न ब्युरोले उनीहरूलाई नियन्त्रणमा लिएर महाराजगन्जस्थित कार्यालयमा ल्यायो। उनीहरूमाथि सोधपुछ गर्न भाषागत समस्या हुन सक्थ्यो। तर परिवारका बुवा भन्नेले अंग्रेजी भाषा बोल्न जान्थे। अर्को समूहबाट एक पुरूषले हिन्दी बुझ्ने रहेछन्।, प्रहरीले उनीहरूलाई दुइटा समूह बनाएर सोधपुछ गरेको हो। त्यसो गर्दा उनीहरू भारतको दिल्लीबाट स्थलमार्ग हुँदै रूपन्देहीको सुनौली नाकाबाट नेपाल भित्रिएको खुलेको छ।, छ जनाको समूह २६ दिनअघि नै काठमाडौं आइपुगेको प्रहरी उपरीक्षक महतोले बताए। पाँच जनाको परिवार भने पाँच दिनअघि मात्रै आइपुगेका थिए। छ जना असोज १२ गतेदेखि होटलमा बस्न थालेका थिए।, दिल्लीसम्म भने उनीहरू वैध तरिकाले नै पुगेका थिए। प्रहरीका अनुसार उनीहरूले अफगानिस्तानको राजधानी काबुल गत जुन-जुलाइमै छाडेका थिए। त्यो समय अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने घोषणा गरेका थिए। बाइडेनले अगस्ट ३१ सम्म काबुलबाट सबै सेना फिर्ता गर्ने घोषणा गरेका थिए।, त्यसैबीच अतिवादी विद्रोही समूह तालिबानले अफगानिस्तानका प्रान्तहरू कब्जा गर्न थालिसकेको थियो। यता नेपाल आइपुगेका अफगान नागरिक भने तालिबान काबुल छिर्नुअघि नै दिल्ली पुगिसकेका थिए।, उनीहरू आधिकारिक भिसा-पासपोर्ट बोकेर जहाजबाट दिल्ली पुगेको देखिएको छ। प्रहरी स्रोतका अनुसार उनीहरू तालिबानकै कारण नेपाल आइपुगेका हुन्। अफगानिस्तान फर्किन नपरे हुन्थ्यो भन्ने उनीहरूले बयान दिएको स्रोतले बतायो।, 'तालिबान आउन लागेको अवस्था बुझेर कतिपयले चाँडै देश छाडेको पनि देखियो। कतिपयले दिल्लीमा उपचार गराउन आएको र आफ्नो देशको अवस्था बिग्रिएपछि उता नगई नेपाल आएको भनेका छन्। तर उनीहरू कहाँ जान लागेका हुन् भन्ने खुलेन। उनीहरूले नेपाल आएर युएनएचसिआरसँग सम्पर्क गर्छौं भनेका छन्,' प्रहरी स्रोतले भने, 'जे होस् हामी जोगियौं, अफगानिस्तान जान नपरे हुन्थ्यो भनेका छन्।', स्रोतले थप्यो, 'यहाँ बरू जेलमै भए पनि राखिदेऊ तर देश फर्किए हाम्रो ज्यान खत्तम हुन्छ भन्ने उनीहरूको भनाइ छ।' , उनीहरूले तालिबानकै कारणले देश छाडेको हो वा होइन भन्नेबारे आफूले भन्न नसकेको प्रहरी उपरीक्षक महतो बताउँछन्। 'उनीहरू भागेरै जुन-जुलाइमै दिल्ली गएको देखिन्छ,' उनले भने, 'तर तालिबानसँग भागेका हुन् वा होइन भन्ने यकिन भएन।', महतोका अनुसार उनीहरूको योजना भारत हुँदै अमेरिका वा अरू कुनै देश जाने थियो। तर दिल्लीमा अफगान नागरिकहरूको भीड भएकाले आफूहरूले नेपालै आउने भनेर सोचेको बयान दिएका छन्।, 'नेपालबाट अमेरिका वा अरू देश जान सजिलो छ भनेर दिल्लीमा कसैले भनिदिएपछि यहाँ आएको देखिन्छ,' प्रहरी उपरीक्षक महतोले भने। , २६ दिनदेखि काठमाडौंमा रहेका उनीहरू कोठाबाट खासै निस्किँदैन थिए। बाहिर निस्किनै परे एक-एक जना गरी निस्किन्थे। तर एकपल्ट उनीहरूले सामूहिक रूपमा पशुपति चाहिँ घुमिसकेका रहेछन्।, 'उनीहरूले धेरै खर्च गर्न चाहेको देखिएन। एउटै कोठामा बसेका थिए। जतिसक्दो चाँडो यताबाट निस्किन चाहेको देखियो,' महतोले भने, 'तर सकेनन्।', उनीहरूले काठमाडौंमा कुनै काम सुरू गरेका थिएनन्। ब्युरोले उनीहरूसँगै अरू पनि आएका छन् कि भनेर अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान गर्न अध्यागमन विभागलाई बुझाइएको छ।, गृहको अनुरोध- परिचयपत्र नहुनेलाई घर भाडामा नदिनू, यसबीच गृह मन्त्रालयले परिचयपत्र नभएका व्यक्तिलाई घर भाडामा नदिन अनुरोध गरेको छ।, विदेशी नागरिकहरू परिचयपत्र लुकाएर अनधिकृत रूपले नेपालमा बसोबास गरिरहेको भन्दै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै परिचयपत्र नभएकालाई भाडामा नदिन अनुरोध गरेको हो।, 'पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको छ,' मन्त्रालयले भनेको छ, 'पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कसैलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ।', पहिचान नखुलेका विदेशी नागरिक देखिए वा भेटिए नजिकको प्रहरी चौकीमा खबर गर्न समेत अनुरोध गरेको छ।, किन आए ११ अफगान नागरिक काठमाडौं? कसरी पक्राउ परे?
विवेक राई ओखलढुंगाकी २३ वर्षीया लक्ष्मी सुनुवारले जहाजको इलेक्ट्रिकल टेक्निसियनका रूपमा काम गरेको तीन वर्ष बढी भयो। कलिलो उमेरदेखि नै प्राविधिक क्षेत्रमा होमिएकी लक्ष्मी अहिले बुद्ध एयरसँग आवद्ध छिन्। , उनले कुनै जहाज उड्नुअघि र अवतरण भएपछि उक्त जहाजको तार लगायत अन्य विद्युतीय सामग्री ठीक छ वा छैन भनेर जाँच गर्छिन्। साथै जहाजमा इन्धन भर्ने र अवतरण क्रममा जहाजलाई 'ट्याक्सी-वे' सम्म बाटो देखाउने काम पनि गर्छिन्। , गाउँको सरकारी स्कुलबाट माध्यमिक शिक्षा हासिल गरेकी उनले जहाजमा काम गर्नुअघि झन्डै छ महिना द्वारिका होटलमा इलेक्ट्रिकल टेक्निसियनकै काम गरेकी थिइन्। उनले महिलाहरू निकै कम जोडिएको यस क्षेत्रमा आफू काम गर्नु पाउँदा गर्व लाग्ने सुनाइन्। , इच्छाशक्ति भए महिलाहरूले पनि जस्तोसुकै काम गर्न सक्ने लक्ष्मी बताउँछिन्।, हामीले उनै लक्ष्मीसँग कुराकानी गरेर भिडिओ तयार पारेका छौं।, हेर्नुस् भिडिओः, २० वर्षमै जहाजको इलेक्ट्रिकल टेक्निसियन बनेकी लक्ष्मी सुनुवार (भिडिओ)
खिलानाथ ढकाल प्रहरी प्रधान कार्यालयले छ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) र पन्ध्र जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी थप्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ।, प्रधान कार्यालयले केही दिनअघि ती पदमा दरबन्दी थपका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको पठाएको हो।, प्रधान कार्यालयका एक अधिकारीले दरबन्दी थपको प्रस्ताव गृह मन्त्रालयमा पठाइएको पुष्टि गरे।, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र गृह नेतृत्वबीच परामर्शपछि दरबन्दी थपको प्रस्ताव प्रधान कार्यालयबाट अघि बढेको हो।, ती अधिकारीका अनुसार पठाइएको दरबन्दी थपको प्रस्ताव मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) समितिमा जाने छ।, समितिले दरबन्दी थपका लागि आवश्यक निर्णय गरेपछि गृह मन्त्रालयमा प्रस्ताव बुझाउने छ। त्यसपछि गृहले बजेटको लागि अर्थ मन्त्रालयमा स्वीकृति माग्छ।, अर्थले स्वीकृति दिएपछि बल्ल गृह मन्त्रालयबाट प्रस्ताव मन्त्रिपरिषदमा पुग्ने छ। मन्त्रिपरिषदबाट स्वीकृत भए मात्रै दरबन्दी थपको प्रस्ताव औपचारिक रूपमै कार्यान्वयनमा आउने छ।, प्रधान कार्यालय स्रोतका अनुसार बढुवामा छुटेका पुराना अधिकृतहरूलाई ‘लक्षित’ गरी दरबन्दी थपको प्रस्ताव गरिएको हो।, अहिले नेपाल प्रहरीमा १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा ५५ जनाको दरबन्दी छ। प्रस्ताव स्वीकृत भए २५ जना डिआइजी र ७० जना एसएसपी दरबन्दी कायम हुने छ।, प्रहरी उपरीक्षक (एसपी) भन्दामाथि एसएसपी, डिआइजी र एआइजी बढुवाका लागि निश्चित मापदण्ड नभएका कारण बढुवामा ‘अस्वस्थ’ प्रतिस्पर्धा हुनसक्ने अधिकारीहरूको दाबी छ।, दरबन्दी थपको प्रस्ताव गएसँगै बढुवाका आकांक्षीहरू दौडधूपमा लागेका छन्। तर, प्रधान कार्यालयले दरबन्दी थपिए पारदर्शी बनाउन खोजिरहेको छ।, ‘केही सुधार नै गरौं र संगठनमा रहेको गुनासो कम गर्न सकियोस् भनेर दरबन्दी थपका लागि प्रस्ताव गएको हो,’ प्रधान कार्यालय स्रोतले भन्यो, ‘कसैलाई पदमा पुर्‍याउनका लागि मात्र गरिएको प्रयत्न होइन।’, ६ जना डिआइजीका लागि ९ जना एसएसपी बढुवाका स्वाभाविक दाबेदार छन्। उनीहरूमध्ये केही यही कात्तिक र मंसिर महिनामा बढुवा नभए एसएसपीबाटै घर फर्किने अवस्थामा छन्।, डिआइजी बढुवाका मुख्य प्रतिस्पर्धी एसएसपीहरू पाँच जना वर्तमान प्रहरी महानिरीक्षककै ब्याचकै शेखर कोइराला, राजेन्द्र चौधरी, प्रदीपकुमार श्रेष्ठ, वीरेन्द्र वस्याल र नवराज भट्ट छन्।, त्यसपछिको ब्याचबाट पूजा सिंह, हरिराज वाग्ले, नलप्रसाद उपाध्याय, मोहन आचार्य, विक्रमबहादुर चन्द, नरबहादुर केसी, सुशील यादव लगायत छन्। उनीहरू हाल प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र सहकुलबहादुर थापाका ब्याचमेट हुन्।, योभन्दा पछिल्लो ब्याचका एसएसपी सन्दीप भण्डारी, टेकप्रसाद राई, श्याम ज्ञवाली, दीपक थापा, भीम ढकाल, किरण राना, अशोक सिंह, किरण बज्राचार्यलगायत पनि बढुवाका आकांक्षी हुन्। दरबन्दी थपको प्रस्ताव जाँदा यो ब्याचबाट कम्तीमा तीन जना र अघिल्लो ब्याचका तीन जनालाई समेट्नु पर्ने दबाब प्रहरी नेतृत्वलाई छ।, अघिल्लो ब्याचबाट मात्रै बढुवा गरिए विद्यमान ३० वर्षे सेवाअवधिका कारण एक वर्षपछि सबै अवकाशमा जाने भएकाले त्यसमा पछिल्लो ब्याच पनि समेटिनुपर्ने माग प्रहरीमा छ।, पछिल्लो ब्याचका एसएसपीहरू भावी प्रहरी महानिरीक्षकसहित विशिष्ट श्रेणी (एआइजी) पदका प्रतिस्पर्धी छन्।, ‘अघिल्लो ब्याचबाट सबै समेटिने हो भने उनीहरू डिआइजी भएको एक वर्षमै अवकाशमा जाने छन्, त्यसैले भावी प्रहरीको नेतृत्वसहित विशिष्ट श्रेणीको पदका लागि पनि नयाँ ब्याचबाट समेटेर नेतृत्व विकासमा ध्यान दिनुपर्छ भन्ने माग हाम्रो हो,’ एक जना एसएसपीले ,सेतोपाटी,सँग भने।, घटाउने-बढाउने भइरहेको डिआइजी दरबन्दी, नेपाल प्रहरीमा पहिले डिआइजीको पद ४१ जना थियो। त्यसबाट घटाएर २६ जनामा झारिएको थियो।, तत्कालीन गृहमन्त्री रामबहादुर थापाको पालामा २६ जनाबाट पनि घटाएर १४ जनामा डिआइजी दरबन्दी कायम गराएका थिए। यसका लागि गृहले न ओएन्डएम गर्‍यो, न प्रधान कार्यालयको स्वीकृति नै लियो।, १२ जना घटाएको केही समयमै गृहले फेरि पाँच जना बढाएर १९ डिआइजी पुर्‍यायो।, ‘यसरी पद घटाउँदा-बढाउँदा संगठन सर्वेक्षण नै गरिएन, आफूअनुकूल जे लाग्छ त्यही निर्णय गरियो,’ अर्का एक अधिकारीले भने।  , यसपालि भने दरबन्दी थपको प्रस्ताव पठाउँदा प्रधान कार्यालयले हाल एसएसपीको दरबन्दी कायम रहेका केही ठाउँमा अहिले डिआइजी दरबन्दी बनाउन खोजेको छ।, विगतमा लागुऔषध ब्युरो, त्रिभुवन विमानस्थल, महानगरीय ट्राफिक महाशाखा, मानव बेचबिखन ब्युरो तथा प्रधान कार्यालयकै कतिपय विभागमा डिआइजी दरबन्दी थियो। अहिले ती निकाय एसएसपीले चलाइरहेका छन्।, यसैगरी, पन्ध्र एसएसपी बढुवाको प्रस्तावमा पनि केही ठाउँहरू लक्षित गरिएका छन्। जसमा विराटनगर महानगरपालिका, वीरगन्ज, चितवन र पोखरा महानगरपालिका पर्छन्। काठमाडौं र ललितपुर महानगरमा यसअघि नै एसएसपीको दरबन्दी छ।, यसबाहेक प्रदेशको राजधानी भएका तराईका ठाउँमा एसएसपी दरबन्दी कायम गर्ने सोचमा प्रधान कार्यालय र गृह मन्त्रालय छ।, यसमा दुई नम्बर प्रदेश राजधानी जनकपुर, तीन नम्बर प्रदेश राजधानी मकवानपुर, पाँच नम्बर प्रदेश राजधानी दाङ र सुदूरपश्चिम प्रदेश राजधानी धनगढी पर्छन्।   , पन्ध्र जना एसएसपीका लागि एसपीहरू विकासराज खनाल, भोला रावल, सुदीपराज भण्डारी, डिल्लीराज विष्ट, अनुरागकुमार द्विवेदी, योगबहादुर रावल, टिकाबहादुर केसी लगायत आकांक्षी छन्।, अहिले छ जना एसएसपी दरबन्दी रिक्त छ। एसएसपी देवबहादुर बोगटी, किशोरकुमार दाहाल, दिलीप चौधरी, मुकेश सिंह र कृष्णकुमार महतले अवकाश पाइसकेका छन् भने शौरभ राणा डिआइजी बढुवा भएका छन्।, हाल प्रतिस्पर्धामा रहेका पछाडिको ब्याचबाट पनि मनोज केसी, दानबहादुर कार्की, ईश्वर कार्की, दिनेश आचार्य, गोविन्द थपलिया, राजेन्द्र भट्टलगायत बढुवाका आकांक्षी छन्।, प्रहरीमा २९ वर्ष बिताएका पूर्वडिआइजी रमेश खरेलले हचुवामा दरबन्दी थप-बढले विगतदेखि नै प्रहरी संगठनमा अस्थिरता निम्त्याएको बताए। , उनले प्रहरी संगठनले आफ्नो बृहत्तर हितका लागि सरकारको स्वार्थभन्दा माथि रहेर काम गर्नुपर्ने बताए। , ‘प्रहरी संगठनलाई राजनीतिक नेतृत्वले सधैं खेलौना बनाइरहेको छ, आफूले चाहेका मानिसलाई पदमा पुर्‍याउन अनावश्यक दबाब दिँदै आएको छ,’ खरेलले भने, ‘प्रहरी नेतृत्वले यस्ता क्रियाकलापलाई निरुत्साहित गर्दै संगठनको आवश्यकता अनुसार संगठनको हितका लागि काम गर्नुपर्छ, संगठनलाई राजनीतिक दलको प्रभावबाट मुक्त राख्न सक्नुपर्छ।’, नेपाल प्रहरीमा ६ डिआइजी र १५ एसएसपीको दरबन्दी थप्ने प्रस्ताव गृह मन्त्रालयमा
खिलानाथ ढकाल सोमबार बिहान साढे १० बजे। नयाँबानेश्वर-तीनकुने सडकस्थित सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालयबीचको मुख्य सडकमा एक्स्काभेटर पुग्यो।, सरासर गएर एक्स्काभेटरले सडकमा देखिएको एउटा खाल्डो कोपर्न थाल्यो। काठमाडौं सडक डिभिजन कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी, स्थानीयहरू खाल्डो वरिपरि झुम्मिएका थिए।, यति बेलासम्म नयाँबानेश्वर-तीनकुने सडकको एउटा लेनमा सवारी आवागमन बन्द गराइसकिएको थियो।, 'सुरूमा एक मिटर गोलाइ र १५ फिटजतिको गहिरो खाल्डो थियो। हामी पुगेर हेर्दा सानै थियो,' महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले सेतोपाटीसँग भने।, एक्स्काभेटरले वरपर जति कोपर्दै गयो, खाल्डो बढ्दै गयो। सुरूमा ठूलो भ्वाङजस्तो देखिए पनि कोपर्दै जाँदा दुइटा साना गाडी सजिलै छिर्ने खाडल बन्यो।, 'धन्न दुर्घटना भएन,' ट्राफिक प्रहरीहरू आपसमा कुराकानी गरिरहेका थिए।, सोमबार बिहान पाँच बजे नै महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा 'सडक भत्कियो' भन्दै फोन गएको थियो। फोन गर्ने ट्राफिक प्रहरी नै थिए। प्रभागमा आफ्नै प्रहरीले फोन गरेपछि प्रहरी निरीक्षक देवकोटाले अरू ट्राफिक खटाए। खाल्डो परेको लेन बन्द गराउन लगाएर सवारी 'डाइभर्ट' गर्न भने।, देवकोटाका अनुसार बिहान एउटा हेभी गाडी बानेश्वरतर्फ गइरहेको थियो। त्यसको पछाडि ट्राफिकको गाडी थियो।, 'त्यो हेभी गाडी अगाडि बढ्दा सडकमा प्वाल देखेपछि ट्राफिकले प्रभागमा जानकारी दिएका थिए,' उनले भने।, त्यसपछि उनी पनि त्यहाँ पुगे। बाहिर ठूलो प्वाल भए पनि भित्र अजंगको खाल्डो देखिन्थ्यो।, 'पिच वरपर टेकेको भए भत्केर मानिस खाल्डामा पर्ने खालको थियो,' उनले सुनाए। बेलैमा सवारी आवागमन रोक्न सकिएकाले अप्रिय घटना हुन नपाएको पनि उनले बताए।, सधैं व्यस्त र सवारीसाधनको चाप अत्यधिक हुने यो क्षेत्र प्रतिनिधिसभा भवन नजिक थियो। मुख्य सडकमा बिहानैदेखि सवारीसाधन डाइभर्ट गर्दा ट्राफिक प्रहरीलाई समस्या पर्ने नै भयो। देवकोटाले भने, 'यस्तो ठाउँमा केही दुर्घटना भइहाले हाम्रो पनि आलोचना हुन सक्थ्यो।', यसपछि उनले काठमाडौं सडक डिभिजन कार्यालयमा फोन लगाए। उनका अनुसार एक-दुई घन्टा त त्यहाँका कर्मचारी सम्पर्कमै आएनन्। सम्पर्क भएर जानकारी पाएपछि साढे दस बजे बल्ल डिभिजन सडकका इञ्जिनियरसहितको टोली एक्स्काभेटर लिएर पुग्यो। खाल्डो खन्दै जाँदा त्यसले एउटा लेन नै ओगट्यो।, 'खन्दै जाँदा खाल्डो ठूलो देखियो। हामीले यति ठूलो होला भन्ने चाहिँ सोचेका थिएनौं,' देवकोटाले भने। खाडल झन्डै पाँच मिटर लम्बाइ, त्यति नै चौडाइ र करिब पन्ध्र फिट गहिरो देखिएको छ।, सडकको टोलीले यो खाल्डोको नापजाँच गरिसकेको छैन। पूरै खोतलेपछि मात्रै यसको आकारप्रकार नाप्न मिल्ने टोलीसँग पुगेका इञ्जिनियरले बताए। त्यहाँ रहेको मंगालका कारण यति ठूलो खाल्डो परेको हुनसक्ने देखिएको काठमाडौं डिभिजन सडकका इञ्जिनियर सुप्रिय चुँडालले बताए।, 'ढलले मंगाल फुटाएको देखिन्छ। मंगालबाट पानी चुहिएपछि सडकभित्रको माटो गलाएर खाल्डो बढाउँदै लगेको देखिन्छ,' उनले भने। भित्र जति ठूलो भ्वाङ पर्दै गयो, सडकको पिचले भार थेग्न नसकेपछि भत्किएको हुन सक्ने चुँडालको भनाइ छ।, मंगालसँगै एउटा ढलको पाइप देखिएको छ। त्यो प्रतिनिधिसभा भवनबाट आएको ढलको पाइप हो। चुँडालका अनुसार मंगालबाट अहिले पनि अलिअलि पानी बगिरहेको देखिएको छ।, मंगाल ढल सफा गर्न र एकातिरबाट आएको ढलको पाइपलाई मुख्य ढलतर्फ पठाउन राखिन्छ। यो इँटाबाट बनेको हुन्छ। यसमा मान्छे छिरेर सफा गर्न सक्ने, मर्मतसम्भार गर्न राखिएको हुन्छ। कहिलेकाहीँ ढल निकासमा समस्या परे उघारेर हेर्न मिल्ने खालको हुन्छ।, यसपालिको बर्खामा राजधानीसँगै देशभरि बढी पानी पर्‍यो। पानीले ढल निकासमा चाप पर्ने नै भयो।, 'मंगाल भत्किएको र त्यसले खाल्डोको आकार बढाएको पनि भर्खरै हुनुपर्छ। पछिल्लो पटक अत्यधिक पानी परेका बेलामा भत्किएको हुनुपर्छ,' चुँडालले अनुमान गरे, 'निकै अगाडि भत्किएको भए त सडक पहिले नै भासिन्थ्यो।', ट्राफिक प्रभाग प्रमुख देवकोटाका अनुसार सडकमा ठूलो भ्वाङ परेपछि प्रतिनिधिसभा भवनको गेटदेखि शान्तिनगर यातायात व्यवस्था कार्यालय अगाडिसम्मको एक लेन सडक बन्द गरिएको छ। दुवैतर्फ सर्भिस ट्रयाकमार्फत् सवारीसाधन पास गराइएको छ। नयाँ बानेश्वरदेखि शान्तिनगरसम्मको आवागमन अब केही दिन सर्भिस ट्रयाकबाटै हुने छ।  , यो खाल्डो, सडक संरचना हेरेर थप लम्बाइ, चौडाइ र गहिराइसमेत मर्मत गर्नुपर्ने देखिएको सडक विभागले जनाएको छ। विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार मर्मत सुरू भइसकेको छ। पूर्ण रूपमा बनिसक्न झन्डै एक साता लाग्न सक्ने उनले बताए।, खाल्डो पुर्न पहिला ढलको काम सकिनुपर्छ, नयाँ मंगाल बनाउनुपर्छ, त्यो सुकेर पुर्न मिल्ने भइसकेको हुनुपर्छ।, नयाँ मंगाल बनाउने जिम्मा ढल सञ्चालन महाशाखाले लिएको छ। महाशाखाका अनुसार खाल्डो परेको ठाउँमा एक्स्काभेटरले खनिरहेको छ। वरपरको पिच, माटो निकाल्ने काम सोमबार सकिन्छ। मंगलबारदेखि त्यहाँ नयाँ मंगालको जग हाल्न सुरू गरिनेछ।, अहिले देखिएको मंगाल निकै पुरानो देखिए पनि कुन मितिमा कुन निकायले बनाएको हो भन्नेबारे सम्बन्धित निकायहरूलाई यकिन छैन। न सडक विभागलाई न डिभिजन कार्यालयलाई न ढल सञ्चालन महाशाखालाई।, ढल सञ्चालन महाशाखाका प्रमुख उज्जवल श्रेष्ठका अनुसार काठमाडौंमा ढलको काम धेरै निकायले गर्छन्। महानगरपालिका, उपभोक्ता समिति, सडकलगायत विभिन्न निकायले ढलको काम गर्छन्। , 'यो ढल हाम्रो महाशाखाले बनाएको होइन। कुन निकायले कहिले बनाएको हो भन्ने खुलेको छैन,' श्रेष्ठले भने, 'धेरै पुरानो भएकाले सडक बन्ने बेलामै बनाइएको हुनुपर्छ।', आकस्मिक रूपमा अहिले महाशाखाले ढल निर्माणको जिम्मा लिएको र काम सुरू गर्न लागिएको उनले बताए। मंगाल बनाउँदा ढल निकास रोक्न सम्भव छैन। त्यसैले एकातिर ढल बगिरहन्छ, समानान्तर तरिकाले मंगाल बनिरहने पनि उनले जानकारी दिए।, मंगालको संरचना बनाउनै झन्डै तीन दिन लाग्ने पनि श्रेष्ठले बताए। संरचना तयार भएपछि मंगालको गारो सुक्छ अनि मात्रै पुर्न मिल्छ। त्यो सुकेर नपुरेसम्म सडकमा ब्यारिकेड्स राखेर सवारीसाधन चलाउन रोक लगाइनेछ।, मंगाल छोप्न माटो राखेपछि गिट्टी राखिन्छ। त्यसमाथि रोलर चलाएर संरचना बलियो बनाइन्छ। त्यसपछि फेरि पिच राखेर रोलरले पेलेपछि मात्रै मर्मत सकिन्छ। यसकारण, नयाँबानेश्वर-तीनकुने सडकको एउटा लेन कम्तीमा एक सातासम्म बन्द हुनेछ।, यो पनि पढ्नुहोस्ः ,नयाँ बानेश्वरको बीच सडकमै १५ फिट गहिरो खाल्डो, संसद भवनको पाइप जोडिएको मंगाल भत्किएपछि भासियो बानेश्वरको मूलसडक, एकाबिहानै गाडीमा गइरहेका ट्राफिकले सडकमा खाल्डो देखेपछि…
सेतोपाटी संवाददाता सुदूरपश्चिम सरकारले गत साताको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ दिने भएको छ।, प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीका अनुसार बेमौसमी वर्षाका कारण परिवारका सदस्य गुमाएका परिवारलाई प्रदेश सरकारले राहत स्वरूप एक लाख रुपैयाँ दिने निर्णय गरेको हो।, यसैगरी, घर पूर्ण रूपमा क्षति भएको परिवारलाई ५० हजार रुपैयाँ दिने पनि प्रदेश सरकारले निर्णय गरेको मन्त्री जोशीले जानकारी दिइन्।, राहत रकम जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिको खातामा भुक्तानी गरिने छ।, ‘उनीहरूलाई राहत स्वरूप एक लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय भएको छ,’ मृतकको काजकिरियाका लागि थप २० हजार रुपैयाँ दिने निर्णय पनि भएको छ,’ उनले भनिन्।, प्रदेशमा बाढी र पहिरोका कारण ३७ जनाको मृत्यु भएको छ। अझै २२ जना बेपत्ता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, बाढी-पहिरोबाट सदस्य गुमाएका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख दिने
रासस मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पोखराको लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलालाई काममा लगाइ दिन्छु भनि प्रलोभन तथा डरत्रास देखाइ यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका १ कोल्बीका २६ वर्षीय ऋषि भट्टलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।, उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।, मानव बेचबिखनको अभियोगमा पोखराबाट दुई पक्राउ
रासस लमजुङमा भूकम्पको धक्का महसुस भएको छ।, मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ खुदी आससास केन्द्रविन्दु बनाएर सोमबार बेलुकी ८ बजेर ३० मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।, भूकम्पले जिल्लावासीलाई त्रसित बनाएको छ।, भूकम्प जानासाथ स्थानीयवासी घरबाट सडक गल्लीमा निस्केका थिए। मानवीय क्षतिबारे जानकारी भने केही नआएको जिल्ला प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।, ‘मानवीय क्षति भएको खबर प्राप्त नभए पनि भूकम्प जाँदा त्रसितका कारण सर्वसाधरणहरू घरबाहिर निस्केका थिए,’ उनले भने।, लमजुङमा भूकम्पको धक्का
सेतोपाटी कञ्चनपुरको बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ।, चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वन रक्षकको टोली परिचालन गरेको हो।, चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खान थालेको जनगुनासोका आधारमा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन मगरले बताए।, दुई साताको अवधिमै चितुवाले स्थानीय बासिन्दाका आधा दर्जन बढी चौपाया मारेर क्षति गरेको छ। साँझ नहुँदै बस्तीमा छिरेर चितुवाले घरपालुवा जनावर मार्न थालेपछि स्थानीय बासिन्दाले साँझपछि गाउँघरमा हिँडडुलसमेत बन्द गरेका छन्।, (रासस), चितुवा भगाउन हात्तीसहित वन रक्षक टोली परिचालन
सेतोपाटी सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमति पत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ।, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ।, नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षालगायत काम रोकिएका थिए।, आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार ४७ जना शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाइसकेको छ।, प्राथमिक तहका १२ हजार ९१२, निम्न माध्यमिक तहका दुई हजार ५९३ र माध्यमिक तहका एक हजार ५४२ पदमा दरबन्दी रिक्त रहेको छ।, (रासस), शिक्षक सेवा आयोगको नियमावली संशोधन गर्दै सरकार
एजेन्सी चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख आर्थिक अधिकृत र उपाध्यक्ष सरविना मेङ वानजाउ झन्डै तीन वर्षपछि काममा फर्किएकी छन्। , समाचार संस्था रोयटर्सका अनुसार ४९ वर्षीया सरविना सोमबार सेन्जेनस्थित हुवावेको मुख्यालयमा जाँदा उनको भव्य स्वागत गरिएको थियो। उनको स्वागतमा केही कर्मचारी नाचेका थिए।  तीन साताअघि स्वदेश फर्किए पनि विदेशबाट आएकाले २१ दिन क्वारेन्टिनमा बस्नु पर्ने नियमका कारण सरविना काममा फर्किन पाएकी थिइनन्।  , यसअघि उनलाई लिन चीन सरकारले चार्टर्ड जहाज क्यानडा पठाएको थियो।  उनी स्वदे फर्किँदा चिनियाँ राष्ट्रिय झन्डा बोकेर थुप्रै मानिसहरूले विमानस्थलमा उनको स्वागत गरेका थिए।, हुवावेका संस्थापक रेन झेङफेईकी छोरी मेङलाई सन् २०१८ डिसेम्बर १ मा मेक्सिको जान लाग्दा क्यानडाको भ्यानकुवरबाट पक्राउ गरिएको थियो।, अमेरिकाले प्रतिबन्ध लगाएको इरानमा टेलिकम्युनिकेसन सामग्री पठाएको र बैंकिङ कसुर गरेको भन्दै अमेरिकाले मेङलाई पक्राउ पुर्जी जारी गरेको थियो। सोही आरोपमा क्यानेडियन अधिकारीहरूले उनलाई पक्राउ गरेका थिए।, उनलाई अमेरिका सुपुर्दगी गर्नेबारे लामो समयसम्म छलफल भएको थियो। सोही कारणले चीनको अमेरिका र क्यानडासँगको सम्बन्ध चिसिएको थियो। सरविना पक्राउ परेलगत्तै चीनले पनि दुई क्यानडेली नागरिकलाई पक्राउ गरेर हिरासतमा राखेको थियो।, सरविनालाई पछि क्यानडाको अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर त्यसका लागि उनले कडा सर्तहरू पालना गर्नुपर्ने थियो।, समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो समय अमेरिकी अभियोजनकर्ताहरू सरविनाविरूद्धको बैंकिङ कसुरको मुद्दा फिर्ता लिन सहमत भएका थिए। उक्त सहमतिपछि सरविनाको स्वदेश फर्किने ढोका खुलेको हो।, तीन वर्षपछि काममा फर्किइन् हुवावेको सिएफओ मेङ
रासस जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्‍याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ।, खार्पुनाथ गाउँपालिका–१ प्युस घर भएका ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो।, उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत लैजानका लागि सोमबार तारा एयरमा टिकट काटेको भए पनि उडान नभएर बिरामी शाहीले सिमकोटमै रोकिनुपरेको हो।, जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरिएका बिरामीका आफन्तले टिकट नपाएपछि एयरपोर्टबाटै बिरामी फर्काइएको छ।, बिरामी वीरजितले मात्र टिकट पाएको भए पनि बिरामीसँगै जाने कुरुवाले टिकट नपाएपछि उनीहरू हुम्ला विमानस्थलबाट फर्किन बाध्य भएका हुन्।, ‘बिरामी बुवालाई कसको साथ लगाएर अस्पताल पठाउने, त्यसैले हामी फर्कियौँ,’ दीर्घले भने।, यस्तै विद्यार्थी, बिरामी, काम विशेषले जिल्ला बाहिर जाने यात्रुले हप्तौँ दिनदेखि निजी हवाई सेवा कम्पनीका कार्यालय धाउँदा पनि टिकट नपाएको गुनासो गरेका छन्।, नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका निजी एयर सीता, तारा र समिटले नियमित उडान नभर्दा जिल्ला बाहिरिने हुम्लीले सास्ती खेप्नुपरेको छ।, अन्य समय बिहानदेखि बेलुकासम्म दैनिक १० भन्दा उडान भर्ने निजी एयरले यो समय एकमात्रै उडान गर्दा बिरामीदेखि अन्य सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।, सीता, समिट, ताराले दैनिक एक उडान भरे पनि विद्यार्थी, बिरामीलाई प्राथमिकता नदिएर फोनका आधारमा टिकट विरतण गरेको जनगुनासो आउने गरेको छ।, आफन्त र चिनजानका आधारमा दसैँ, तिहारको समय टिकट वितरण हुँदा अन्य सर्वधारण मर्कामा परेका छन्। वायुसेवाको जहाजले उडान भर्न छाड्यो हुम्लामा नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान नभर्दा जिल्ला बाहिरिने जिल्लावासीले थप समस्या भोग्नुपरेको छ।, वैशाखदेखि नेपाल वायुसेवाको जहाजले उडान नभरेपछि हुम्लाबाट नेपालगञ्ज, सुर्खेतलगायत बाहिरिने यात्रुलाई सास्ती भएको छ।, दसैँ मनाएर काठमाडौँ, नेपालगञ्ज, सुर्खेत, पोखरालगायत सहरमा अध्ययन गर्न जाने विद्यार्थी हुम्लामै अलपत्र परेका छन्।, पहुँचवालाले सहजै टिकट पाउने र सर्वसाधारण नागरिकले हप्ता दिनसम्म एयरपोर्ट धाउँदा पनि टिकट नपाएको सिमकोट गाउँपालिका–२ का दीपेन्द्र बोहराले गुनासो गरे।, निजी एयरलाइन्स तारा र समिटले उडान गरे पनि भित्रभित्रै टिकट वितरण हुने गरेको छ। सीता एयरले चार/पाँच दिनयता उडान नगरेको यात्रुको दुःखेसो छ।, टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भए बिरामी
एजेन्सी जापानी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गरेकी छन्।, क्योदो न्युज एजेन्सीका अनुसार मंगलबार बिहान उनीहरूले विवाह दर्ता गरेका छन्।, माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण व्यक्ति केइ कोमुरोसँग विवाह घोषणा गरेकी थिइन्। विभिन्न कारणवश उनीहरूको बिहे धकेलिँदै आएको थियो। , धुमधामसँग विवाह नगरेको यो जोडीले आजै दिउँसो पत्रकार सम्मेलन गर्न लागेको छ।, कोमुरोसँग विवाहसँगै माकोले 'राजकुमारी' को उपाधि त्यागेकी छन्।, राजपरिवारको सहमतिपश्चात राजपरिवार बाहिरका कोमुरोसँग माकोको विवाह भएको हो। , सिएनएनका अनुसार कोमुरो अमेरिका, न्युयोर्कमा वकिल छन्। माको र उनी बिहेपछि अमेरिका नै सर्ने कुरा छ।, राजकुमारी माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो सन्तान हुन्। विद्यावारिधि गरिरहेकी उनी संग्रहालय अनुसन्धानकर्ताको रूपमा काम पनि गर्दैछिन्।, जापानमा राजपरिवारका सदस्यले सर्वसाधारणसँग विवाह गर्दा महिला र पुरुषलाई भेदभावपूर्ण नियम छ। महिलाले आफ्नो राजकीय उपाधि त्याग्नुपर्छ भने पुरुषले पर्दैन। यसै कानुनमा रहेर माकोले आफ्नो उपाधि त्याग्दै कोमुरोसँग विवाह घोषणा गरेकी हुन्।, माको र कोमुरो दुबै ३० वर्षका भए। उनीहरूको सन् २०१२ मा विश्वविद्यालयमा भेट भएको थियो।, कोमुरोसँग पहिलो भेटमै आकर्षित भएको भन्दै माकोले विवाहको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा भनेकी थिइन्, 'उनी सूर्यजस्तै मुस्काउँछन्, चम्किला। मलाई सानैदेखि थाहा थियो, मैले गैर राजकीय व्यक्तिसँग विहे गरेँ भने उपाधि गुमाउँछु। यी सबै छाडेर म विवाह गर्दैछु।', कोमुरोले पनि राजकुमारी माकोलाई हेर्दै भनेका थिए, 'उनलाई म चन्द्रमा जस्तो हेरिरहन्थेँ, हेरिरहन्छु।', जसले राजकुमारीको पदवी त्यागेर प्रेमीसँग विवाह गरिन्