content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता गौतमुबद्धको जन्मथललो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।, विहारको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतमबुद्ध नेपालमै जन्मिएको भन्दै नेपाल र नेपालीको गौरव भएको बताइन्। ‘म एउटै कुरा भन्छु, ‘गौतमबुद्दको जन्म नेपालमै भएको हो,’ उनल...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, सात हजार ८ सय ९९ जनाको परीक्षण गर्दा ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, मन्त्रालयका अनुसार आज देशभर ५ सय १५ जना कोरोना संक्रमित निको भएका छन्। नेपालमा सक्रिय संक्रमितको...
एजेन्सी नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। , आइतबार बिहान देहरादुनस्थित चकराता-त्यूणी सडकमा भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ।, बोलेरो गाडीमा १५ जना सवार थिए। जसमध्ये दुई जनाको उद्धार गरिएको छ। , गम्भीर अवस्थामा रहेका उनीहरूको ...
सेतोपाटी संवाददाता सर्लाहीको हरिवन नगरपालिका नयाँ रोडस्थित मानव सेवा आश्रममा एक महिलामाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ।, यो घटनामा पीडित पक्षले दिएको उजुरी प्रहरीले लिन मानेको छैन।, हरिवन नगरपालिका–१ पटौना टोलकी २९ वर्षीया रेखाकुमारी कार्कीमाथि गत कार्तिक ८ गते आश्रममा निर्घात कुटपिट भएको थियो।, मानसिक रो...
सेतोपाटी संवाददाता महोत्तरीको मटिहानी नगरपालिकाका वडाध्यक्ष र सहायक कम्प्युटर अपरेटरविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडा नम्बर ५ का अध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर ऐबुल राइनविरूद्ध आइतबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। , महतो र रा...
रासस काठमाडौंको सानोभर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन्।, दैलेखको गुराँस गाउँपालिका वडा नम्बर २ बस्ने दानबहादुर शाहीका २४ वर्षीय छोरा राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको छैन।, काठमाडौ...
सविता बुढा नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लेखराज भट्टलाई गेटा मेडिकल कलेजमा निर्माण भएका संरचनाले झस्काउँछ।, भट्ट घर आउँदा-जाँदा ठूला ठूला भवन बनेको देख्छन्। भवन तयार भइसकेको देख्दा अब त कलेज छिटो सुरू हुनु पर्छजस्तो लाग्ने गरेको उनले बताए।, उनीजस्ता थुप्रै नागरिक गेटामा तयार भएका आकर्षक संरचना देखेर अब त यहाँ उप...
सेतोपाटी संवाददाता उदयपुरमा सुनका गरगहना सफा गरिदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, प्रहरीले भारतको विहार बस्ने ४५ वर्षीय अरूण साह र ३० वर्षीय हरिराम साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। , उनीहरूले गत बिहीबार त्रियुगा नगरपालिका व...
सेतोपाटी संवाददाता काठमाडौं, कात्तिक १४, सेन्टर फर मिडिया रिसर्च (सिएमआर) नेपालमा तृष्णा आचार्य चयन भएकी छिन्। आइतबार सम्पन्न नवौं वार्षिक साधारण सभाले आचार्यलाई २ वर्षका लागि सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो।, आचार्य इटहरीस्थित जनता बहुमुखी कलेजमा पत्रकारिता तथा आमसञ्चार अध्यापनमा संलग्न छिन्। उनी यसअघि दिव्यभूमि बह...
सेतोपाटी संवाददाता दाङको घोराहीबाट साढे चार लाख बढी नगदसहित प्रहरीले जुवाडे पक्राउ गरेको छ।, घोराही उपमहानगरपालिका वडा नम्बर १४ रझेनामा आइतबार राती एक घरमा भइ रहेको जुवामा छापा मारेर प्रहरीले २० जुवाडे पक्राउ गरेको हो।, रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोली...
सेतोपाटी संवाददाता उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , रौतामाई गाउँपालिका वडा नम्बर ८ खमारे बस्ने ४१ वर्षीय डम्बरबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। , आइतबार उनको घर नजिकै बाँस काट्ने क्रममा अचानक विद्युतको लाइनमा छोई करेन्ट लागे...
सेतोपाटी संवाददाता विभिन्न आठ बुँदे माग राख्दै नेपाल किड्नी समाजले स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।, उसले अंग फेल भएका बिरामीलाई विगतमा सरकारले नि:शुल्क डायलासिस सेवा प्रदान गरेको भए पनि बिरामीले सहज रूपमा सेवा नपाएको भन्दै स्वास्थ्यमन्त्री विरोध खतिवडालाई आइतबार ज्ञापन बुझाएको हो।, समाजले मृत्यु भएका व्यक्...
रासस बाँकेका नकुन्नी धोबीको मृत्यु प्रकरण र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानबिन गर्न गठित समितिले कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ।, गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले आइतबार प्रतिवेदन बुझाएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए।, प्रत...
सेतोपाटी संवाददाता राष्ट्रसंघको महासभा बैठक चल्दै थियो। विभिन्न राष्ट्रका प्रतिनिधिहरूले जलवायु परिवर्तन लगायत विश्वका जल्दाबल्दा विषयमा आफ्नो प्रस्तुति दिँदै थिए।, त्यही बेला बैठक कक्षमा अस्वाभाविक रूपले एउटा पाहुनाको आगमन हुन्छ।, बिनानिम्तो बैठक कक्ष छिरेको त्यो पाहुनालाई देखेर त्यहाँ उपस्थित सबै चकित खान्छन्। कोही ...
बिबिसी लन्डनको सेलिसबरीमा गएराति दुईवटा रेल आपसमा जुध्दा थुप्रै व्यक्ति घाइते भएका छन्।, यो दुर्घटना लन्डन रोडनिर भएको थियो जसमा साउथ वेस्टर्न रेल्वे र ग्रेट वेस्टर्न सर्भिस आपसमा जुधेका थिए।, रेल जुध्दा एक जना चालक भित्रै अड्किएका थिए जसलाई उद्धार टोलीले बाहिर निकालेको थियो। यो घटनामा १७ जना घाइते भएका छन्। उनीहरू अस...
सेतोपाटी संवाददाता सल्यानको एक सामुदायिक वनभित्र पर्ने गुफाबाट चार थान भरुवा बन्दुक बरामद गरिएको छ।, शारदा नगरपालिका–१२ को बागेश्वरी सामुदायिक वनमा पर्ने ट्वाङट्वाङे गुफाभित्रबाट भरुवा बन्दुक बरामद गरिएको हो।, बेवारिसे अवस्थामा भरुवा बन्दुक गुफाभित्र रहेको भन्ने सूचनाका आधारमा शुक्रबार बिहान इलाका प्रहरी कार्यालय शितल...
सेतोपाटी संवाददाता नेपालमा थप ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५४९ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ७४६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार १४५ जनाको पिसिआर परीक्षण र २६०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेप...
सेतोपाटी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-९ का २३ वर्षीय लालु मण्डलको शव नौ दिनपछि भेटिएको छ। , मण्डललाई यही कात्तिक ३ गते जिता खोलामा आएको बाढीले बगाएको थियो।, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका मण्डलको शव सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपञ्चयात-१० स्थित जिता खोलाको बगरमा सडेको अवस्थामा फेला पर...
सेतोपाटी संवाददाता ललितपुरमा श्रृंखलाबद्ध चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, चोरी आरोपमा प्रहरीले रामेछाप घर भई ललितपुरको गोदावरी नगरपालिका टौखेल बस्ने २४ वर्षीय बिराट राई, २३ वर्षीय विशाल तामाङ र १४ वर्षीय बालक समेत पक्राउ परेका छन्। , उनीहरूले ललितपुर महानगर वडा १९ कुमारीपाटीस्थित एसआर स्टोर, लुन...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २२८ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७३, ललितपुरमा ३१ र भक्तपुरमा २४ संक्रमित छन्।, यस्तै काठमाडौंमा २३४२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १२२६, भक्तपुरमा ५३३ र ललितपुरमा ५८३ सक्रिय संक्रमित छन्।, नेपालमा थप ५४९ जनामा कोरोना भाइरसको संक्रमण...
सेतोपाटी डोटीको जोरायल गाउँपालिकामा बाढी पहिराका कारण ज्यान गुमाएका परिवारलाई पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ।, बाढी पहिराबाट ज्यान गुमाएका सात जनाको परिवारलाई पालिकाले सहयोग गरेको हो। , यही कात्तिक पहिलो साता आएको बाढी पहिराबाट सयौं घरमा क्षति पुगेको थियो। सोही घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई रु सात ह...
सेतोपाटी काठमाडौं उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन्।, काठमाडौं दक्षिणकाली नगरपालिका–४ बाँसबारी बस्ने ४९ वर्षीय जमुना रोक्का मिजार आफ्नै कोठामा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, यस्तै ललितपुर, गोदावरी नगरपालिका–१० चापागाउँस्थित हेमबहादुर तामाङको घरको आँ...
एजेन्सी दक्षिण अफ्रिकामा पहिलोपटक गैंडाको सिटी स्क्यान गरिएको छ।, एक साताअघि त्यहाँको केयर फर वाइल्ड राइनो स्याङ्चुअरीले सामाजिक सञ्जालमा गैंडाको सिटी स्क्यान गरेका तस्बिरहरू सार्वजनिक गरेको हो। , अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसअघि दक्षिण अफ्रिकामा जीवित गैंडाको सिटी स्क्यान नगरिएको र यो नै पहिलो भएको बताएका छन्।...
सेतोपाटी संवाददाता कर्तव्य ज्यानमुद्दामा ४५ वर्षदेखि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका-८ का ७३ वर्षीय गणेशबहादुर कुमाल छन्। इलाका प्रहरी कार्यालय चापाकोटको टोलीले बिहीबार कुमाललाई पक्राउ गरेको हो।, प्रहरीका अनुसार २०३३ साल वैशाख २ गते चैते दसैंको पूर्णिमा मेलामा च...
सेतोपाटी मकवानपुरको भीमफेदी-कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारी साधन अवरूद्ध हुने भएको छ।, हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारी साधन अवरूद्ध हुने भएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले ज...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर ललितपुर कन्ट्रोल रूमको स्तरोन्नति गर्ने भएको छ। , अपराध नियन्त्रण तथा न्यूनीकरण गर्न परिसरले कन्ट्रोल रूमको स्तरोन्नति गरिएको परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिइन्। , अहिले परिसरमा कन्ट्रोल रूमको निर्माण कार्य जारी छ। त्यसको लागि परिसरले...
सेतोपाटी संवाददाता एउटा व्यक्तिको जग्गालाई अर्कैलाई बेच्ने तीन जनालाई उच्च अदालत सुर्खेतले कारागार चलान गर्न आदेश दिएको छ।, सुर्खेतको वीरेन्द्रनगरमा रहेको सौगात रावतको जग्गाधनीलाई थाहा नदिएर अर्कैको नाममा बेच्ने सन्तोष ठाकुरसहित तीन जनालाई कारागार चलान गरिएको हो।, उच्च अदालतका न्यायाधीश राजेन्द्र सुवेदी र राजेश्वर तिव...
सेतोपाटी कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका कारण ठप्प रहेको कामकाज पुनः सञ्चालन भएपछि यातायात व्यवस्था कार्यालय बागलुङमा सेवाग्राहीको दैनिक जासो भीडभाड हुने गरेको छ।, सोही भीडमा रहेका म्याग्दीका राजेन्द्र घर्तीका हातमा निरोगिताको प्रमाणपत्रसमेत थियो। तर उनलाई उक्त प्रमाणपत्र भने चिकित्स...
सेतोपाटी संवाददाता तुलसीपुरबाट शुक्रबार दिउँसै नेकपा एमाले र कांग्रेसका नेतासहित ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। , एमालेका नेता मानबहादुर रावत पक्राउ परेका हुन्।, तुलसीपुर ११ उरहरीका रावत एमाले प्रदेश कमिटी सदस्य र दाङ निर्वाचन क्षेत्र नं. ३ का इञ्चार्ज हुन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरास्थित बास...
रोहित महतो महोत्तरीको औरही नगरपालिका-९, अगलेसराकी ५५ वर्षीया सदिक्षा ठाकुर (परिवर्तित नाम) बिहीबार बेलुकी ६ बजे दैनिक कामकाज सकेर खाना पकाउने तयारीमा थिइन्।, त्यही बेला एक दर्जन मानिस ‘बोक्सी’ भन्दै गालीगलौज गर्दै उनको घरमा पसे।, सदिक्षाका जेठाजू ५० वर्षीय झरेन्द्र (परिवर्तित नाम) घरमै थिए। स्थानीय नेवल, कलेवर, सोनेला...
सेतोपाटी संवाददाता मुलुकका पहाडी भूभागमा शनिबारको मौसममा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । , अहिले बिहान देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागको मौसम सामान्यतया सफा  रहेको छ ।, पहाडी भूभागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको ...
जनक श्रेष्ठ/रासस आधुनिक प्रविधिको युगमासमेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको हो । , यहाँका स्थानीय दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्‍छन्,...
चन्द्रकला भण्डारी/ रासस नेपालीभाषीको बाहुल्य रहेको भारत र भुटानको सीमा क्षेत्र ‘डुबर्स’ मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । त्यहाँको अलिपुरद्वार जिल्लामा सडकमा गाईबस्तु हिँडेझैँ हरेक साँझ आहार खोज्दै जङ्गली हात्तीको लर्को बस्ती र बाली क्षेत्रमा पस्ने गरेको देख्न सकिन्छ ।, भुटानको प्रवेशबिन्द...
खिलानाथ ढकाल सुनिलप्रसाद महतो दिनभरि मोटरसाइकल वर्कसपमा काम गरेर बुधबार साँझ आफ्नो डेरा फर्केका थिए।, कलंकीस्थित उनी काम गर्ने वर्कसपबाट डेरा नजिकै थियो। उनी पुग्दा कान्छी बहिनीले कोठामा खाना पकाइसकेकी थिइन्। हत्तपत्त खाना खाएर उनी मोटरसाइकल स्टार्ट गरेर निस्किइहाले।, पर्सा, जगरनाथपुर गाउँपालिका-४ घर भएका २५ वर्षीय मह...
एजेन्सी भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।,  सोही अवधीका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ । एकै दि...
रासस काठमाडौं विश्वविद्यालय र महेश–संस्कृत–गुरुकुलका बीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।, विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत सञ्चालित हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) र गुरुकुलअन्तर्गत सञ्चालित रामानन्द–अनुसन्धान–केन्द्र (आरआरसी) बीच शुक्रवार सम्झौता भएको हो । पौरस्त्यभाषा, पूर्वीय...
डा. ज्ञानेन्द्र शाह घुँडाको हड्डी खिइनु भनेको घुँडा भित्रको कुरकुरे हड्डी खिइने रोग हो। यो सञ्चो नहुने रोग हो। घुँडाको हड्डी खिइएपछि आउने समस्या समाधान गर्न सकिन्छ। तर यसलाई पूर्ण निर्मुल पार्न सकिँदैन।, यसका धेरै कारणहरु छन्। हड्डीभित्रको कुरकुरे हाडमा चोटपटक लाग्दा, कुनै पनि किसिमको संक्रमण भएर असर पर्दा तथा घुँडाको...
सेतोपाटी संवाददाता प्रहरीले चितुवाको छाला र हड्डीसहित बाँकेबाट तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सुर्खेत पञ्चपुरी नगरपालिका-७ का २४ वर्षीय रमेश वयक, २८ वर्षीय वसन्त बिसी र बाँके राप्ती सोनारी गाउँपालिका-९ का ३५ वर्षीय हिरासिंह विक रहेका छन्।, शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनीहरूलाई को...
सेतोपाटी नक्कली नोटसहित फेरि एक जना पक्राउ परेका छन्।, जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो। यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट प्रहरीले नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो।, आज पक्राउ परेका महतोको गौशाला बज...
सेतोपाटी बागलुङको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरूष बेपत्ता छन्।, बडिगाड-५ दागाकी ४६ वर्षीया देवी गुरूङ खरबारीमा खर बाँध्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो।, उनी २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार बडिगाडकै अर्का एक पुरूष भिरबाट ल...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतमा फुलकोर्टको बैठक बस्ने भएको छ।, सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएकोले शोक प्रस्ताव पारित गर्न आज फुलकोर्ट बैठक बस्न लागेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए।, साथै आज सर्वोच्चमा कुनै पनि सुनुवाइ नहुने भएको छ। प्रधानन्यायाधीश राणाले आज आफ्नोमा सहित आठ ...
सेतोपाटी संवाददाता अमेरिकी डलर साट्ने भन्दै ठग्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा ३ घर भएका २७ वर्षीय मिनबहादुर पाइनलाई पक्राउ गरेको हो। , उनी बुधबार गोकर्णेश्वरबाट पक्राउ परेका थिए। उनीसँगै संलग्न दुई ज...
सेतोपाटी संवाददाता काठमाडौंबाट चरेश र गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, बुधबार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर ३२ नरेफाँटबाट तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। , मकवानपुर कैलाश गाउँपालिका वडा १ घर भई हाल बालाजु बस्ने १९ वर्षीय युवराज स्...
सेतोपाटी दलित महिलालाई कुटपिट गरेका आरोपमा प्रहरीले सिरहाका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव छन्। , कल्याणपुर-१० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सी आरोपमा यादवले कुपिट गरेको आरोप लगाइएको छ।, पीडितका जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाक...
सेतोपाटी संवाददाता बझाङको थलारा गाउँपालिकामा पहिरोमा परि बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ। बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ। , यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परि दुई परिवारका २३ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये चार जनाको मात्र शव फेला परेको छ। दुई जनाको कम्मरभ...
सेतोपाटी काठमाडौंको सिनामंगलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, काठमाडौं महानगरपालिका वडा नम्बर ९ सिनामंगल सडकमा बा ४ ख ८७२५ नम्बरको टिपरले बा २–०३० प ९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पर्साका २५ वर्षीय सुनिलप्रसाद महतोको मृत्यु भएको हो।, गएराति १० बजेर ४० मिनेटमा दुर्घटना भएको महानगरीय ट्राफिक प्रह...
सेतोपाटी बागलुङको निसीखोला गाउँपालिकाको विभिन्न कार्यालय, विद्यालय र घरमा तोडफोड तथा चोरी भएको छ। , मंगलबार राति गाउँपालिकाको कार्यालयसहित वडा नं ३ र वडा नं ४ को कार्यालय, प्रभा मावि, जनजीवराज सुशीला मावि, हिले प्रावि, बोहोरागाउँ लिटिल र  रोज बोर्डिङ स्कुल र १९ घरमा तोडफोड तथा चोरी भएको निसीखोला गाउँपालिकाका सूचना अधि...
सेतोपाटी संवाददाता मुगुमा एक जनाको हिमपहिरोमा परी मृत्यु भएको छ।, कात्तिक पहिलो साता बेमौसमी वर्षा भएको समयमा मुगमकार्मारोङ गाउँपालिकामा पर्ने लेकमा आएको हिमपहिरोमा परी कार्मारोङ गाउँपालिका–४ कार्ती गाउँका ३३ वर्षीय छिरिङ लामाको मृत्यु भएको हो।, कात्तिक २ गतेदेखि हिमपहिरोमा परी बेपत्ता भएका लामाको खोजी गर्ने क्रममा बि...
सेतोपाटी सिरहा सुखीपुर नगरपालिका- ६ का विशेश्वर सदायको अनुहारमा यतिबेला बेग्लै सुखी देखिन्छ। जीवनको उत्तरार्द्धमा आएर बल्ल नेपाली नागरिकता पाएपछि च्याउरी र ख्याटे परेको सदायको अनुहारमा ६१ वर्षपछि बल्ल खुसी फर्किएको छ।, उनले भने 'नागरिकता पाउने आश मारिसकेको थिएँ। ६१ बसन्त पार गरेपछि बल्ल नागरिकता पाएकोमा औधी खुसी लागेक...
सेतोपाटी संवाददाता ललितपुरमा श्रीमतीमाथि मट्टितेल खन्याएर आगो लगाएको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। , गोदावरी नगरपालिका झरुबासीस्थित बिहीबार बिहान उदयपुर घर भएकी २७ वर्षीया मुना मगरमाथि मट्टितेल खन्याएर आगो लगाइएको हो। उनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरी...
सेतोपाटी 'सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा' भन्ने नाराका साथ सार्वजनिक गरिएको 'नागरिक एप' का प्रयोगकर्ताले अब फोन र भाइबरबाट समस्या र जिज्ञासा टिपाउन पाउने भएका छन्।, सरकारले फुल भर्सनमा सार्वजनिक गरेको उक्त एप सञ्चालनमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रले टोल फ्रि नम्बर ...
सेतोपाटी संवाददाता नेपालमा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५९१ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ३५५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार ८४८ जनाको पिसिआर परीक्षण र २५०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेप...
युनिक श्रेष्ठ बिहीबार बिहान करिब साढे ४ बजे ललितपुरको प्रहरी प्रभाग बाडेगाउँका प्रहरीले कसैले गुहार मागिरहेको सुने। गुहार माग्ने आवाज एक महिलाको थियो।, चिच्याउँदै आएकी ती महिला उदयपुर घर भई ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १३ झरूवासीमा बस्दै आएकी २७ वर्षीया मुना मगर थिइन्। उनले ब्ल्यांकेट ओढेकी थिइन्। , मुना बचाऊ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १९९ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७, ललितपुरमा ३० र भक्तपुरमा १२ संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा २३८२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १२५८, भक्तपुरमा ५३७, ललितपुरमा ५८७ सक्रिय संक्रमित छन्।, नेपालमा थप ५९१ जनामा कोरोना भाइरसको...
सेतोपाटी संवाददाता ‘डान्स स्टेज’ मा रोजगारीको प्रलोभन देखाएर युवतीलाई यौन व्यवसायका लागि बेचबिखन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। , आफू कोरियोग्राफर भएको बताउँदै युवती बिक्री गर्ने चितवन साविक जगतपुर गाविस घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने विश्वबन्धु घिमिरेलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट ख...
सेतोपाटी बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन जमानतमा रिहा भएका छन्।, बम्बई उच्च अदालतले उनलाई बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ।, लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी २० दिनदेखि मुम्बईको आर्थर जेलमा थिए। यसअघि दुईपटकसम्म आर्यनको जमानत अपिल खारेज भएको थियो। यसपालि ...
नारायण खड्का आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङले प्युठानमा एउटै पसलबाट झन्डै २० लाख मूल्य बराबरको कर छलीको सुर्ती बरामद गरेको छ। , प्युठानको सारीबाङमा नारायण पौडेलको पसलबाट कात्तिक ९ गते साढे ७१ बोरा स्टिकर बिनाको कर छलीको सुर्ती बरामद गरी आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा ल्याइएको कार्यालय प्रमुख गोपीकृष्ण कोइराल...
सेतोपाटी संवाददाता प्रहरीले विराटनगरबाट स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। , इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१८ भेडियारीबाट स्रोत नखुलेको ८ लाख २० हजार रुपैयाँसहित बिहीबार एक जनालाई पक्राउ गरेको हो।, को २९ प ८६४० नम्बरको स्कुटरमा सवार झापा बिर्तामोड-३ का ३४ वर्षीय उमेश साहले बोकेको रकमको ...
सेतोपाटी संवाददाता छात्रालाई यौन शोषण गरेको आरोपमा झापाका एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन्।, इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा-६ का जितेन बस्नेतलाई बुधबार साँझ पक्राउ गरेको डिएसपी सन्तोष आचार्यले सेतोपाटीलाई जानकारी दिए। ‘उजुरीका आधारमा पक्राउ गरिएको छ। थप अनुसन्धान सुरू गरेका छौं,’ डिएसपी आचार्यले ...
सेतोपाटी संवाददाता प्रहरीले नक्कली नोटसहित महोत्तरीबाट बुधबार राति एक जनालाई पक्राउ गरेको छ।, गौशाला नगरपालिका-५ गौशाला बजारबाट प्रहरीले सोही नगरपालिका-९ डुमरवाना घर भएका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो।, उनलाई ८ लाख ८२ हजार ४२० नक्कली नेपाली नोट, दुई लाख ७७ हजार ९७० भारतीय नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको...
रासस महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ।, मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन्।, जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नम्बरको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको हो गम्भीर घाइते भएक...
अच्युत रेग्मी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकीय चहलपहल बढ्न थालेको छ।, विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै सात महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्न थालेको हो।, कोरोना सङ्क्रमण बढ्दै गएपछ...
सेतोपाटी संवाददाता प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिरभित्रै १४औँ महाधिवेशन गर्ने गरी अघि बढ्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन्।, प्रधानमन्त्री निवास बालुवाटारमा समितिका पदाधिकारीसँगको भेटमा उनले महाधिवेशनको कार्यतालिकामा केही हेरफेर गर्नुपरे पनि मङ्सिरभित्रै ...
सेतोपाटी संवाददाता रोल्पामा लामो समयदेखि अवरूद्ध सडक खुलाउन बिष्फोटक पदार्थको प्रयोग गरिएको छ।, सुनिलस्मृति गाउँपालिका वडा ७ अन्तर्गत सुलीचौर हुँदै प्यूठानको बिजुवार पुग्ने सुलीचौर–आरेस सडकखण्ड झन्डै वर्षदिनदेखि अवरूद्ध थियो।, मंगलबारदेखि उक्त सडकखण्ड खुलाउन काम सुरू गरिएको छ।, चट्टानसहित सडकमा खसेको ढिस्को नेपाली सेन...
रासस सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको आज मृत्यु भएको छ।, पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७७८४ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँकी रामचरित्र भगतकी श्रीमती ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको प्रहरीले जनाएको छ।, घाइत...
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ।, कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरूको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने रा...
सेतोपाटी संवाददाता चीनबाट थप १० लाख डोज कोरोनाविरूद्धको खोप नेपाल आइपुगेको छ।, खोप शाखाका प्रमुख डा. सागर दाहालका अनुसार १० लाख डोज 'भेरोसेल' खोप बुधबार बिहान साढे ८ बजे आइपुगेको हो। , सरकारले पछिल्लोपटक चीनबाट थप ५९ लाख डोज खोप खरिद गर्ने भनेकोमा बुधबार त्यसमध्येकै पहिलो लट खोप आएको हो। प्रमुख दाहालले अब दोस्रो लटको ...
राजकुमार पराजुली/रासस ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर मेला लाग्न अब ८० दिन बाँकी छ। आउँदो माघ महिनाभर चल्ने सो मेला व्यवस्थापनका लागि नगरपालिकाले तयारी थालेको छ। नगरले सरकारी एवं गैरसरकारी संस्थालाई प्रस्तावसमेत आव्हान गरेको छ। , नगरले ट्राफिक व्यवस्थापन तथा पार्किङ, स्वयंसेवक, प...
सेतोपाटी संवाददाता सल्यानमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।, घाइतेमध्ये कुमाख गाउँपालिका वडा नं. २ का ३६ वर्षीय बुद्धि थापा, २९ वर्षीया दुर्गा खत्री, ३२ वर्षीया लोकमाया पुन गम्भीर रहेका छन्। , सल्यानको मर्मपरिकाँडाबाट बाँकेको नेपालगञ्जतर्फ जाँदै गरेको  भे १ ज ९३० नम्बर जीप...
सेतोपाटी राष्ट्रिय भूमि आयोगले आगामी माघबाट चितवनमा जग्गा वितरण प्रक्रिया सुरुआत गर्ने भएको छ। आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा वितरण प्रक्रिया सुरु गर्ने जनाएको हो।, आयोगका अध्यक्ष केशव निरौलाका अनुसार दलित भूमिहीनलाई प्राथमिकतामा राखेर जग्गा वितरण गरिनेछ। विघटित आयोगले ४० जि...
सेतोपाटी संवाददाता हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन्।, दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा शे–फोक्सुण्डो गाउँपालिका–९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट बुधबार बिहान १० बजेतिर सुलिगाड खोलामा खसेर ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने २६ ...
सेतोपाटी संवाददाता मोरङमा ९४ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, रतुवामाई नगरपालिका वडा नम्बर ३ छालगाछीबाट प्रहरीले ३० वर्षीय धर्बेन्द्र शर्मालाई ९४ तोला चाँदीसहित पक्राउ गरेको हो। , मंगलबार बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको चाँदीसहित उनलाई पक्राउ गरेको हो। उनले सो ...
सेतोपाटी राति काम गर्दागर्दै झपक्क निदाउने श्याम मरिकको हातमै कप्टेरा र चोया हुन्छन्।, बिहान आँखा खुल्नासाथ फेरि चोया र कप्टेरासँगै उनको दैनिकी सुरूआत हुन्छ। यहाँको भङ्गाहा नगरपालिका-५ सीतापुरबजार र सिद्धपुर बस्तीको माझमा रेल्वे लिक नजिकैको उनका घरमा भएका सबै परिवार अहिले चोया र कप्टेरासँग गाँसिएका छन्।, 'के गरौं हजुर...
भगवती पाण्डे पाल्पाकी एक महिलाले एकैपटक चार छोरीलाई जन्म दिएकी छन्। पाल्पाको माथागढी गाउँपालिका-१ की २४ वर्षीया सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा मंगलबार दिउँसो चार छोरी जन्माएकी हुन्।, विवाह भएको सात वर्षमा पहिलोपटक सीता गर्भवती हुँदा उनी र उनका श्रीमान सन्तोष सार्की धेरै खु...
सेतोपाटी संवाददाता नेपालमा थप ६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६७२ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ४९५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार १६७ जनाको पिसिआर परीक्षण र २३२८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपाल...
सेतोपाटी संवाददाता सिंहदरबार भित्र गोली चलेको छ।, बुधबार साँझ ५ बजेतिर राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी अंगरक्षकको पेस्तोलबाट गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। असई अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो।, 'मिस्टेकले गोली चलेको हो। उपाध्यक्षज्यूको अंग...
सेतोपाटी संवाददाता जबरजस्ती करणीका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। , सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ७ ज्योतिभञ्ज्याङ घर भएका २९ वर्षीय रोहन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। , २०७२ असार २६ गते उनी काठमाडौंको माकलबारी बस्थे। त्यसबेला उ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २०२ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौं उपत्यकामा २४१९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३००, ललितपुरमा ५८० र भक्तपुरमा ५३९ सक्रिय संक्रमित छन्।, नेपालमा थप ६७२ जनामा कोरोन...
नवीनबाबु गुरूङ मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको रानीपोखरी अचेल सुन्दर देखिन्छ।, टमटम नभए पनि पानी भरिएको पोखरी साँझमा झनै आकर्षक देखिन्छ।, २०७२ सालको भूकम्पमा भत्किएको रानीपोखरी पुनर्निर्माण प्राधिकरणले ब्युँताएको हो।, सुरूमा काठमाडौं महानगरपालिकाले निर्माणको जिम्मा पाए पनि उसले यसलाई 'स्विमिङ पुल' जस्तो बनाउन खोज...
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले आफ्नो जिल्लामा कृषि तथा पशु उपचारमा प्रयोग हुने कीटनाशक विषादी बेचबिखनमा कडाइ गरेको छ।, यसक्रममा प्रहरीले रूपन्देहीमा विषादी बेचबिखन गरिरहेका १०७ वटा कृषि र पशुजन्य क्लिनिक, एग्रोभेट, केन्द्र र भेटरीनरीलाई अभिलेख राख्न निर्देशन दिएको छ।, ती केन्द्रमा विषादी बेचबिखनको मासिक तथ्यांक...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनस्वास्थ्यमा प्रतिकूल हुने खालका कुनै पनि खाद्यवस्तुको बिक्रीवितरण नगर्न व्यापारीलाई कडा निर्देशन दिएको छ। , बुधबार नक्सालस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गर्न गएको काठमाडौंको सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसी नेतृत्वको अनुगमन टोलीले वाणिज्य...
सेतोपाटी संवाददाता नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना संक्रमण भएको छ। भुसाललाई बुधबार कोरोना संक्रमण देखिएको हो।, भुसालको सचिवालयले उनलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।, भुसालको अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेको सचिवालयले जनाएको छ।, एमाले उपमहासचिव भुसाललाई कोरोना संक्रमण
सेतोपाटी नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन्।, सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा माइक्रोबस बुधबार नेपाल भित्रिएका हुन्।, माइक्रोबसको सिट क्षमता १२ रहेको छ।, चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दसैँलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी...
सेतोपाटी संवाददाता काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग गरेको छ।, बुढानिलकण्ठमा बालबालिकाको उपचारका लागि निर्माण गरिने उक्त अस्पतालका लागि काठमाडौं महानगरपालिकाले चार करोड आर्थिक सहयोग गर्ने भएको हो।, उक्त सहयोगका लागि सम्झौता-पत्रमा बुधबार हस्ताक्षर भएको छ।, काठमाडौं महानगरपाल...
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले भन्सार छलेर भारतबाट ल्याइएको २३ लाख ८५ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।, भन्सार छलीमा संलग्न भारतीय नम्बर प्लेटको कार र मोटरसाइकलसहित बरामद सामान बुधबार भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय मातहतका निकायबाट सो मूल्...
सेतोपाटी संवाददाता झापामा मादक पदार्थ सेवन गरेका चालकले बस चलाउँदा भएको दुर्घटनामा ५ सवारी साधनमा क्षति पुगेको छ भने ५ जना घाइते भएका छन्।, पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा बिर्तामोड-चारआली सडकखण्डमा बुधबार यात्रुबहाक बसले सडकमा गुडिरहेका अन्य ५ वटा सवारी साधनलाई ठक्कर दिँदा ५ जना घाइते छन्।, ठक्कर दिएको यात्रुबाहक ब...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ।, उनको आज बिहान करिब तीन बजे मृत्यु भएको हो।, उनकी भतिजी अमृता लम्सालका अनुसार ८४ वर्षीय लम्सालको पछिल्लो तीन दिनदेखि चावहिलस्थित मेडिकियर अस्पतालको आइसियुमा उपचाररत थिए।, पछिल्लो समय लम्साललाई मुटुसम्बन्धी रोग, युरिन इन्फेक्सनलगायतका र...
भगवती पाण्डे दिनप्रति दिन आत्महत्या गर्नेको संख्या बढ्न थालेपछि रुपन्देही प्रहरीले आत्महत्या न्यूनीकरणको लागि कार्ययोजना अगाडि सारेको छ।, प्रहरीले आत्महत्या न्यूनीकरणका लागि जोखिम समूहको तथ्यांक संकलन गरी उनीहरूलाई मनोपरामर्श उपलब्ध गराउनेबारे मनोचिकित्सकहरूसँग छलफल गरेको छ।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आफू मात...
युनिक श्रेष्ठ केन्द्रीय अनुसन्धान ब्युरोलाई आइतबार राति एउटा सूचना आयो- अफगान नागरिकहरू काठमाडौंमा गैरकानुनी रूपले बसिरहेका छन्। , अन्तर्राष्ट्रिय विमानस्थल वरिपरिका क्षेत्रमा उनीहरू बसिरहेका छन् भन्ने खबर पाएपछि प्रहरीको टोली खटियो। उनीहरू कहाँ बसेका छन् भनेर प्रहरीले गत रातिदेखि नै खोज्न थालेको थियो। त्यसैबीच प्रहरी...
विवेक राई ओखलढुंगाकी २३ वर्षीया लक्ष्मी सुनुवारले जहाजको इलेक्ट्रिकल टेक्निसियनका रूपमा काम गरेको तीन वर्ष बढी भयो। कलिलो उमेरदेखि नै प्राविधिक क्षेत्रमा होमिएकी लक्ष्मी अहिले बुद्ध एयरसँग आवद्ध छिन्। , उनले कुनै जहाज उड्नुअघि र अवतरण भएपछि उक्त जहाजको तार लगायत अन्य विद्युतीय सामग्री ठीक छ वा छैन भनेर जाँच गर्छिन्। स...
खिलानाथ ढकाल प्रहरी प्रधान कार्यालयले छ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) र पन्ध्र जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी थप्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ।, प्रधान कार्यालयले केही दिनअघि ती पदमा दरबन्दी थपका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको पठाएको हो।, प्रधान कार्यालयका एक अधिकारीले दरबन्दी थपको प्...
खिलानाथ ढकाल सोमबार बिहान साढे १० बजे। नयाँबानेश्वर-तीनकुने सडकस्थित सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालयबीचको मुख्य सडकमा एक्स्काभेटर पुग्यो।, सरासर गएर एक्स्काभेटरले सडकमा देखिएको एउटा खाल्डो कोपर्न थाल्यो। काठमाडौं सडक डिभिजन कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी, स्थानीयहरू खाल्डो वरिपरि झुम्मिएका थिए।, यति बेल...
सेतोपाटी संवाददाता सुदूरपश्चिम सरकारले गत साताको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ दिने भएको छ।, प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीका अनुसार बेमौसमी वर्षाका कारण परिवारका सदस्य गुमाएका परिवारलाई प्रदेश सरकारले राहत स्वरूप एक ल...
रासस मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पोखराको लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलालाई काममा लगाइ दिन्छु भनि प्रलोभन तथा डरत्रास देखाइ यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–१७ बिरौटा बस्ने ४२ वर्षीय...
रासस लमजुङमा भूकम्पको धक्का महसुस भएको छ।, मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ खुदी आससास केन्द्रविन्दु बनाएर सोमबार बेलुकी ८ बजेर ३० मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।, भूकम्पले जिल्लावासीलाई त्रसित बनाएको छ।, भूकम्प जानासाथ स्थानीयवासी घरबाट सडक गल...
सेतोपाटी कञ्चनपुरको बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ।, चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वन रक्षकको टोली परिचालन गरेको हो।, चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खान था...
सेतोपाटी सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमति पत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ।, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समि...
एजेन्सी चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख आर्थिक अधिकृत र उपाध्यक्ष सरविना मेङ वानजाउ झन्डै तीन वर्षपछि काममा फर्किएकी छन्। , समाचार संस्था रोयटर्सका अनुसार ४९ वर्षीया सरविना सोमबार सेन्जेनस्थित हुवावेको मुख्यालयमा जाँदा उनको भव्य स्वागत गरिएको थियो। उनको स्वागतमा केही कर्मचारी नाचेका थिए।  तीन साताअघि स्वदेश फर्क...
रासस जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्‍याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ।, खार्पुनाथ गाउँपालिका–१ प्युस घर भएका ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो।...
एजेन्सी जापानी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गरेकी छन्।, क्योदो न्युज एजेन्सीका अनुसार मंगलबार बिहान उनीहरूले विवाह दर्ता गरेका छन्।, माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण व्यक्ति केइ कोमुरोसँग विवाह घोषणा गरेकी थिइन्। विभिन्न कारणवश उनीहरूको बिहे धकेलिँदै आएको थियो। , धुमधामसँग विवाह ...