content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता काठमाडौंमा आजदेखि कोरोनाविरूद्ध अष्ट्राजेनेका खोप लगाइने भएको छ।, पहिलो मात्रा अष्ट्राजेनेका खोप लगाइसकेकालाई आजदेखि दोस्रो मात्राको खोप दिन लागिएको हो।, आज काठमाडौंका विभिन्न अस्पताल र बुधबार काठमाडौं महानगरका ३२ वटै वडामा रहेका खोप केन्द्रबाट खोप लगाइने काठमाडौं महानगरले जानकारी दिएको छ।, वीरेन्द्... |
विनोद सापकोटा इलाममा एक व्यक्तिले श्रीमती र छोरीको हत्या गरेका छन्।, देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षका पूर्णचन्द्र तामाङ (कमल) ले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको आरोप छ।, उनले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मारेको आरोप छ। गए राति उनले श्रीमती, छोरी र कुकुरको हत्या गरेको ... |
विनोद सापकोटा इलाममा झाँक्री श्रीमानले जोखाना हेर्ने क्रममा श्रीमती र छोरीको टोकेर हत्या गरेको खुलेको छ।, सोमबार राति देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पूर्णचन्द्र तामाङ (कमल)ले आफ्नी ३५ वर्षीया श्रीमती सीता र १६ वर्षीया छोरी दीक्षा तामाङलाई जोखाना हेर्ने क्रममा हत्या गरेको प्रहरीले जनाएको छ।, जोखाना हेर्ने क्... |
सेतोपाटी संवाददाता बाँकेको कोहलपुरबाट साढे तीन लाख नगदसहित ६ जुवाडे पक्राउ परेका छन्। , कोलहपुर नगरपालिका वडा नं. ८ स्थित रुद्रवीर खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर तीन लाख ४९ हजार सात सय ५० रुपैयाँसहित ६ जुवाडेलाई पक्राउ गरेको हो। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले गोप्य सूचनाका... |
सेतोपाटी पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।, उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्... |
सेतोपाटी संवाददाता बहुचर्चित सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुणमणि उप्रेती ‘गोरे’ लाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत मोरङले थप सजाय सुनाएको छ। , सोमबार जिल्ला अदालका न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई सनमको अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवान... |
सेतोपाटी संवाददाता जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले आजदेखि कोरोना भाइरस विरूद्धको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन थालेको छ।, साउनदेखि असोज महिनासम्म एस्ट्राजेनिका खोप लगाएका व्यक्तिलाई आजदेखि तीन दिनसम्म दोस्रो मात्राको खोप लगाउन थालिएको कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिए।, एस्ट्राजेनिका खोप लगा... |
सेतोपाटी संवाददाता बाँकेमा एक महिलाले श्रीमानसँग विवाद भएपछि मध्यरात राप्ती नदीमा हेलिएकी छन्।, जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ३ की २० वर्षीया दीपा थारुले २३ वर्षीय श्रीमान जोगिराम थारुसँग विवाद भएपछि मंगलबार रातको २ बजे राप्ती नदीमा हाम फालेर आत्महत्या गरेकी हुन्। , जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले मिति सकिएको लेज, कुरकुरेलगायत खाद्य वस्तुमा रिलेभलिङ गर्ने गोदाममा छापा मारेको छ।, काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ५ स्थित गोल्डेन नेपाल सप्लायर्समा प्रशासनले छापा मारेको हो। त्यहाँ मिति सकिएका लेज, कुरकुरेलगायतका खाद्य वस्तुमा नयाँ मिति हालेर बजार पठाउने गरेको... |
सेतोपाटी संवाददाता तिहार नजिकिँदै छ। बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ। चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर भ्याइनभ्याइ भएको छ। ,
,
बारीभरि लगाएको मखमली फूल टिपेर दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका वनमाला। विगतमा वनमालाले मात्रै... |
एजेन्सी जापानी राजकुमारी माकोले मंगलबार आफ्ना प्रेमीसँग विवाह गरेकी छन्। राजपरिवार बाहिरका केइ कोमुरोसँग लगनगाँठो कस्न माकोले राजपरिवारको पदवी त्याग्नुपर्यो।, मंगलबार विवाह दर्ता गरेपछि माको राजदरबारबाट बाहिरिएकी छन्। माको राजकुमारीबाट आमनागरिकजस्तै बनेपछि संसारका पूरानामध्येको एक जापानी राजसंस्थामा एक जना सदस्य घटेक... |
सेतोपाटी संखुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा एक जना डेनिस नागरिकको मृत्यु भएको छ।, शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी शुभेष अधिकारीले जानकारी दिए। , उनी मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर पुगेका थिए। , प्रहरी कार्यालयका सूचना अध... |
सेतोपाटी संवाददाता एक महिलालाई बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पु¥याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँको सिनामङ्गलबाट एकजना पक्राउ परेका छन्। , पक्राउ पर्नेमा बागलुङ गल्कोट नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्र खड्का रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आइतबार एक विज्ञप्ति जारी गर... |
सेतोपाटी संवाददाता रक्षामन्त्री मीनेन्द्र रिजालले विश्व शान्ति स्थापनामा नेपाली सुरक्षा फौजको अथक प्रयास र दृढ शक्तिले नेपाललाई शान्ति सैनिकको देश भनेर परिचित गराएको बताएका छन्।, संयुक्त राष्ट्रसंघको ७६औँ स्थापना दिवसका अवसरमा नेपाली सेनाद्वारा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आइतबार आयोजित... |
नारायण ढुंगाना मनसुन सकिएको हप्तापछि बङ्गालको खाडी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण परेको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट मुलुकका २६ जिल्ला प्रभावित भएको छ। ती जिल्लाले भौतिक तथा मानवीय क्षतिसमेत बेहोरेको छ।, सात प्रदशेमध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ ले मानवीय क्षति बेहोरेको छ। त्यसपछि सुदूरपश्... |
रासस प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ।, पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा फेला पारी पक्राउ गरी नाबालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्... |
केदार मगर घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका देखिन्छन्। उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने जनविश्वास रहिआएको छ।, वर्षको दुई पटक उधौली र उभौलीअर्थात् कात्तिक र चैतमा जोगीले घरघरमा डुलेर रातभर मन्त्र जप्दै शङ्ख (बराँठको सिङ) बजाएर फेरी लगाउने चलन छ।, धार्मिक आस्थासँग जोडिएको फेरी लगाउने परम्परागत पेस... |
नवीनबाबु गुरूङ काठमाडौंको अनामनगरस्थित मण्डला नाटक घरमा जिजीविषा नाटक मञ्चन सुरू भएको छ।, मण्डला ड्रामा स्कुलका पहिलो ब्याजको विद्यार्थीहरुको प्रस्तुति हो- नाटक जिजीविषा।, सोमनाथ खनालले लेखेका कथालाई राजन खतिवडाले निर्देशन गरेका छन्।, एउटा हिमालको फेदीमा रहेको तलाउ सुक्दै गएपछि माछाहरु समुन्द्रको यात्रामा निस्केको र उ... |
एजेन्सी दक्षिण अमेरिकी मुलुक कोलम्बियाले पक्राउ गरेका एक जना कुख्यात लागुऔषध कारोबारी अमेरिकालाई सुपुर्दुगी गर्ने भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगालाई कानुनी प्रक्रिया पूरा गरेर अमेरिकालाई हस्तान्तरण गर्न लागिएको हो।, ५० वर्षीय उसुगालाई कोलम्बियाको उरागा क्षेत्रको ग्रामी... |
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोषमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारी आन्दोलनमा उत्रिएका छन्।, ६६ कर्मचारीहरुलाई जानकारीबिनै निष्कासन गरिएको भन्दै उनीहरू आन्दोलनमा छन्।, साउन १ गतेदेखि आफूहरुलाई कामबाट निकालिएको भन्दै उनीहरुले पशुपति विकास कोष अगाडि धर्ना दिइरहेका छन्।, कोष व्यवस्थापकब... |
सेतोपाटी संवाददाता काठमाडौंको सिनामंगलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अवैध रूपमा नेपाल आएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।, ३ जना महिला र ८ जना पुरूषलाई सिनामंगलको एक होटलबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनीहरू काठमाडौंमा कहिल... |
सेतोपाटी संवाददाता नेपालमा पहिलोपल्ट १२ वर्ष उमेर समूह माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरूद्धको खोप आइपुगेको छ। , अमेरिकाको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १ लाख ६ सय २० डोज ‘फाइजर’ खोप सोमबार बिहान आइपुगेको खोप शाखाका प्रमुख डा. सागर दाहालले जानकारी दिए। , यसअघि नेपालमा विभिन्न चरणमा खोपहरू आए पनि बालबालिका... |
राजेश घिमिरे गत असारको दोस्रो साता चितवनको गड्यौलीबाट एक युवती अपहरणमा परेको खबर फैलियो। हराएको नौ दिनपछि गाउँदेखि माथिको जंगलमा उनको शव फेला पर्यो। अपहरणमा परेको जानकारी दिँदा पनि प्रहरीले खोजी नगर्दा युवतीको हत्या भएको दाबी गर्दै गड्यौलीबासी आन्दोलित बने।, महिला अधिकारकर्मी ‘जस्टिस फर सुजिता भण्डारी’ भन्दै गड्यौली ... |
अनुषा अधिकारी महिनावारी बेला तपाईं के प्रयोग गर्नुहुन्छ?, केही समयअघि सेतोपाटीको ,महिनावारी कुरा, श्रृंखलामा माल्भिका सुब्बाले भनेकी थिइन्– मेन्स्ट्रुअल कप।, हामीमध्ये धेरैलाई यसबारे थाहा नहोला। कतिले त नाम पनि सुनेका छैनौं होला। हाम्रो समाजको परिवेश महिनावारीबारे अहिले पनि धेरै संकुचित छ। सहरी भागमा यसलाई सामान्य शार... |
सेतोपाटी संवाददाता उदयपुरमा ५३ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, कटारी नगरपालिका वडा नम्बर ६ स्थित भोर्ले जंगलबाट सोमबार बिहान साढे ३ बजे पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। , पक्राउ पर्नेमा कटारी नगरपालिका वडा नम्बर ९ सोरूमछबिसेका २० वर्षीय प्रेम परियार छन्।, बिहान कटारीबाट खटिएको प्... |
सेतोपाटी संवाददाता सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित तीन सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको छ। , प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई जिम्मेवारीबाट हटाइएको हो।, उनीहरूलाई एकै समयमा सरूव... |
सेतोपाटी संवाददाता अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भइरहेको निल गिरिखोला पहिलो जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल सडक सञ्जालमा जोडिएको छ। , निल गिरीखोला हाइड्रोपावर प्रालि प्रवर्धक रहेको ३८ मेगावाट क्षमताको आयोजनाको बाँध निर्माण हुन लागेको हुमखोलामा सडक पुगेको हो। यस कम्पनीले सोही ठाउँमा अर्को ७१ मेगावाट क्... |
खिलानाथ ढकाल नयाँबानेश्वरबाट तीनकुनेतर्फ जाँदा सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालय बीचको सडकमा सोमबार ठूलो भ्वाङ परेको छ।, सुरूमा एक मिटर गोलाइ र पन्ध्र फिटजतिको गहिरो खाल्डो देखिएको थियो। काठमाडौं सडक डिभिजन कार्यालयको टोलीले एक्स्काभेटर ल्याएर खनेपछि वास्तविक आकार थाहा भयो। खन्दै जाँदा झन्डै पाँच मिटर लम्बाइ, ... |
सेतोपाटी हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ।, धरान उपमहानगरपालिका-१५ घर भई हाल हङकङमा बसेर पत्रकारिता गर्दै आएका ५३ वर्षीय पत्रकार राईको आइतबार साँझ यहाँस्थित पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो। , खोटाङबाट भोजपुर जानेक्रममा आइतबार साँझ करिब साढे पाँच बजेक... |
सेतोपाटी संवाददाता फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।, उपचारका लागि समर्पित अस्पताल पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो। उनीहरुको सनाखत भने भएको छैन। चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए। दुर्घटनामा ... |
खिलानाथ ढकाल महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा सोमबार बिहानै ५ बजे ‘सडक भत्कियो’ भन्दै फोन आएको थियो।, फोन गर्नेले नयाँबानेश्वर-तीनकुनेअन्तर्गत सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालयबीचको सडकमा ठूलो भ्वाङ परेको बताएका थिए।, प्रभागका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाका अनुसार १५ फिटजतिको गहिरो खाल्डो रहेको जा... |
रासस हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ। धरान उपमहानगरपालिका–१५ घर भई हाल हङकङमा बसेर पत्रकारिता गर्दै आएका ५३ वर्षीय पत्रकार राईको आइतबार साँझ यहाँस्थित पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो। , खोटाङबाट भोजपुर जानेक्रममा आइतबार साँझ करिब साढे पाँच बजेको समय... |
खिलानाथ ढकाल नयाँबानेश्वरबाट तीनकुने जाँदा सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालय बीचको सडकमा सोमबार ठूलो खाल्डो परेको छ। काठमाडौं सडक डिभिजन कार्यालयले एक्स्काभेटर ल्याएर खन्दा करिब पाँच मिटर लम्बाइ, त्यति नै मिटर चौडाइ र करिब पन्ध्र फिट गहिरो खाल्डो देखिएको छ।, व्यस्त र संवेदनशील सडकको बीचमा एकतर्फी लेन नै बन्द ह... |
राजेन्द्रप्रसाद पनेरु भीमदत्त नगरपालिका-९ खल्लाका उत्तमप्रसाद पन्त परिवारसहित छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। बाढीले बेसहारा बनाएकाले छिमेकीको घरमा शरण लिनुपर्ने बाध्यता उनको परिवारलाई भयो।,
,
पाँच दिनअघिको महाकाली नदीको बाढीले पन्तको घरसहित सबै सामान बगाएकाले छिमेकीको शरणमा बस्न बाध्य गराएको हो।, उनको घर भएको ठा... |
सेतोपाटी संवाददाता पाँचथरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। , सोमबार बिहान ११ बजे फिदिम नगरपालिका वडा नम्बर ४ सखरखण्डेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए। , यासोकबाट फिदिम जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अ... |
सञ्चिता घिमिरे कात्तिकको सुरूबाट भएको वर्षाका कारण अवरूद्ध सात सडक अझै खुल्न सकेका छैनन्।, वर्षा सकिएकाले सडक विभागले मर्मतको काम अघि बढाइरहँदा आएको वर्षाले सडकमा एक अर्ब पाँच करोड रुपैयाँको क्षति भएको छ। अझै पनि विवरण संकलन भइरहकाले पूर्ण विवरण आउँदा बढ्न सक्ने बताइएको छ। , वर्षाले गर्दा सुदूरपश्चिम र पूर्वमा सडकमा ब... |
सेतोपाटी संवाददाता बागमती दोभान र अमरावती गरी २ वटा पार्कको शिलान्यास गरिएको छ। , काठमाडौं महानगरको वडा ३२ को भौगोलिक क्षेत्रभित्र निर्माण हुने यी पार्कको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन्। त्यस अवसरमा बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमु... |
सेतोपाटी संवाददाता नेपालमा थप सात सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार सोमबार सात सय ७६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ८ सय ६४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, आठ हजार २८४ जनाको पिसिआर परीक्षण र २५८० जनाको एन्टिजेन परीक्षण ग... |
सेतोपाटी संवाददाता धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ।, सुर्खेतबाट काठमाडौं आइरहेको पञ्चकोशी यातायात प्रालिको ना ६ ख १४७१ नम्बरको बसमा आइतबार राति २ बजे गजुरीमा आगलागी भएको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।, उनका अनुसार इलेक्ट्रिक सट भएर बसमा आगो लागेको हो।, ‘बसको अधिकांश भाग जलेको छ। मा... |
रासस बागलुङको ढोरपाटन नगरपालिका ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्।, शनिबार भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन ७ धाराबोटका जीवन विक बेपत्ता भएका हुन्।, उनी साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट खसेका स्थानीयले बताएका छन्। नमूना बाल विकास धारकोटमा अध्यननरत विक दिउँसो खेल्दाखेल्दै खोल... |
सेतोपाटी संवाददाता झापामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, गए राति ट्रक र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका ३ का २७ वर्षीय निश्चल खनालको मृत्यु भएको हो।, पूर्वपश्चिम राजमार्गअन्तर्गत लक्ष्मीपुर सडकखण्डमा प्रदेश १-०१-००१ ख ३५२० नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको मे ५ प ८४७२ नम्बरको मो... |
सेतोपाटी संवाददाता बुटवलमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।, एम्बुलेन्स र मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल... |
एजेन्सी दक्षिण अमेरिकी मुलुक कोलम्बियाको सरकारले देशका एकजना कुख्यात लागुऔषध कारोबारीलाई पक्राउ गरेको बताएको छ।, समाचार संस्था रोयटर्सका अनुसार ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगालाई सुरक्षाकर्मीहरूले पक्राउ गरेको राष्ट्रपति इभान डुकले जानकारी दिएका छन्।, ५० वर्षीय उसुगालाई कोलम्बियाको उरागा क्षेत्रको ग्रामीण बस... |
रासस चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ।, नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो।, नगरपालिकाले हालै सूचना जारी गरेर आगामी मङ्सिर ५ गतेभित्र सबै बङ्गुर फार्म हटाउन निर्देशन समेत दिएको छ।, फार्मले नगरभित्र फोहर र प्रदूषण... |
सेतोपाटी संवाददाता धनुषा र सर्लाहीका प्रहरी प्रमुख फेरिएका छन्।, धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालय र सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काजमा खटाइएको हो।, प्रदेश २ का प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारका अनुसार धनुषामा प्रहरी प्रधान कार... |
सेतोपाटी संवाददाता सल्यानबाट दाङ आउँदै गरेको जिप आइतबार बिहान दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।, दुर्घटनाका घाइते मध्ये एक जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य छ।, जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार ३५ वर्षीय एक पुरुषको अवस्था गम्भीर रहेको छ।, दुर्घटनामा परेर सल्यानको बागचौर नगरपालिका वडा नम्बर १ का १४ ... |
सेतोपाटी संवाददाता सरकारको लगानीमा नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ।, सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबारबाट सञ्चालनमा ल्याइएको छ। सबस्... |
रासस बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो ।, बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ । डोटीमा १६ जनाको मृत्यु भ... |
सेतोपाटी संवाददाता अमेरिकी सरकारले नेपाललाई फाइजरको थप एक लाख डोज खोप दिने भएको छ। अमेरिकाले नेपाललाई थप खोप सहयोग गर्न लागेको काठमाडौंस्थित दूतावासले सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ।, दूतावासका अनुसार १ लाख ६ सय २० डोज खोप अनुदान स्वरूप दिन लागेको हो। सो खोप सोमबार काठमाडौं आइपुग्नेछ। , यसअघि अमेरिकाले नेपालला... |
नवीनबाबु गुरूङ देशभरिका बालबालिकालाई आज भिटामिन ‘ए’ निःशुल्क खुवाइँदै छ।, ६ महिनादेखि पाँच वर्षमूनिका करिब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउन लागिएको हो।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुव... |
सेतोपाटी संवाददाता महानगरभित्रका सम्पदाको संरक्षणका लागि ललितपुर महानगरपालिकाले फुटपाथ पसल हटाउने अभियानलाई तिब्रता दिएको छ। विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरी भाडामा लगाएका सम्पदामा सञ्चालित कपडा तथा तरकारी पसलहरू महानगरका प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा शनिबारदेखि हटाउन थालिएको नगर प्रहरी प्रमुख सीताराम ह... |
सेतोपाटी संवाददाता सल्यानमा आइतबार बिहान भएको जिप दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ। , सल्यानको बागचौर नगरपालिका वडा नम्बर १ का १८ वर्षीय आशिष बस्नेतको उपचारका क्रममा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। , जिल्ला प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले आइतबार बिहान पौने ८ बजेतिर कपुरको... |
राजकुमार पराजुली/रासस संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाउने स्थानीयवासीलाई पनौती नगरपालिकाले प्रोत्साहनस्वरुप आर्थिक सहयोगको योजना अघि सारेको छ। यसका लागि पुरातत्व विभागले दिएको मापदण्डानुसारको निजी आवास बनाउनुपर्ने हुन्छ।, यो योजनाअन्तर्गत वडा नं ७ का छ परिवारलाई आर्थिक सहयोग प्रदान गरिसकेको नगरपालिकाले जनाएको छ... |
सेतोपाटी संवाददाता मोरङमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , लेटाङ नगरपालिका वडा नम्बर ९ मा आइतबार बिहान मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। , पूर्वबाट पश्चिम जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाइकलले स्थानीय ५० वर्षीया अम्बिका ढकाललाई ठक्कर दिँदा घाइते भएकी थिइन। , उनको विराटनगरस्थित... |
सुशीला रेग्मी/रासस हिन्दू धर्मावलम्बीले पवित्र मान्ने कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम संरक्षणका लागि स्थानीयवासी जुटेका छन्। , दामोदर कुण्डबाट मुक्तिनाथहुँदै देवघाट क्षेत्रसम्म आएको कालीगण्डकीको तटीय क्षेत्रमा पाइने शालिग्राम महत्वपूर्ण सम्पदा मानिन्छ। यहाँ पाइने शालिग्रामको महत्व विशेष रहेकाले स्थानीयले संरक्... |
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिकामा एक अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ। , जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो।, अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासम... |
सेतोपाटी संवाददाता बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले मारेर खान थालेको हो । शनिबार मात्रै बेलडाँडी–२ का रङ्गवीर बस्नेतको गोठमा बाँधेका बाख्रा मारेर खाएको छ भने सोही ठाउँका शङ्करदत्त भट्टको गोठमै रहेको बाच्छीलाई घाइते बनाएको छ । ती... |
सेतोपाटी संवाददाता सुनसरीमा खैरो हिरोइन (ब्राउन सुगर)सहित दम्पती पक्राउ परेका छन्।, इटहरी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने शिवे सरदार र उनकी श्रीमती सगुन माझी सरदारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, गत शुक्रबार इटहरी-१७ लवीपुर-तरहरा भित्री सडकखण्डमा लागु औषध बिक्री वितरण गरिरहेको भन्... |
सविता बुढा खेतमा आएको बाढी सुक्दै गएको छ। आकाशको बादल पनि हटेको छ तर किसानका मनमा पीडाको बादल थपिँदै गएको छ।, अघिल्लो साता परेको भारी वर्षापछिको बाढी राम्रो उपज पाउने किसानहरूको मेहनतमा कालो बादल लगाएर गएको हो।, धनगढी उपमहानगरपालिका-१३ की हिरामतीदेवी चौधरीको परिवार घुँडासम्म पुग्ने पानी जमेका गह्राबाट धानका मुठा उठाउँ... |
सेतोपाटी संवाददाता परराष्ट्र मन्त्रालय कर्मचारीहरूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, आइतबार दिउँसो सर्लाहीका सञ्जयकुमार ठाकुरलाई प्रहरीले परराष्ट्र मन्त्रालयबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। , मन्त्रालयका कर्मचारीहरूसँग अभद्र... |
सेतोपाटी संवाददाता डोल्पामा जीप दुर्घटना हुँदा चालकसहित ९ जना घाईते भएका छन्।, दुनै बजारबाट त्रिपुरासुन्दरी नगरपालिका–१ सुपाने जाँदै गरेको भे १ ज ९७५ नम्बरको जीप ठूलीभेरी नगरपालिका–९ भित्ती भन्ने ठाउँमा आइतबार दिउँसो सवा ४ बजे दुर्घटना भएको हो।, दुर्घटनामा परी घाईते हुनेमा मकवानपुरको हेटौंडा नगरपालिका–९ का ३८ वर्षीय व... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार ६ हजार ६१ पीसीआर तथा १ हजार ५६४ एन्टिजेन परीक्षण गरिएको हो। गत २४ घण्टामा ८७७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन्।, हाल देशभर १० हजार २०१ सक्रिय संक्रमित रहेका छन् ।... |
सेतोपाटी जाजरकोट-डोल्पा सडकको रूकुम पश्चिम र डोल्पा खण्डमा पहिरो जाँदा यातायात अवरूद्ध भएको छ। रूकुम (पश्चिम) मा पर्ने त्रिवेणी बजार र डोल्पामा दुई स्थानमा गएको सुक्खा पहिराले जाजरकोटको यातायात ठप्प भएको हो। , करिब एकसय मिटर माथिबाट खसेको पहिराका कारण डोल्पा जाने र आउने सवारीसाधन ठप्प भएका हुन्।, मंगलबारदेखि रूकुम पश्... |
भगवती पाण्डे निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न दुई करोड १६ लाख अमेरिकी डलर मूल्यको बुद्धमूर्ति भैरहवा ल्याइएको छ।, बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनाइएको उक्त बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार भैरहवा ल्याइएको हो।, उक्त मूर्ति बिहीबार नै भैरहवा भन्सार परिसरमा ल्... |
सेतोपाटी संवाददाता बैतडीका आमाले हाम फालेपछि सँगै बेपत्ता भएका एक बालक मृत फेला परेका छन्। , शुक्रबार डिलाशैनी–४ मठैराजका पाँच वर्षीय सुभम विष्ट मृत फेला परेका हुन्। , उनी दोगडाकेदार–६ चम्तडीनजिक चौलानी नदी किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ। , कात्तिक २ गते उनकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदीम... |
सेतोपाटी संवाददाता सुदूरपश्चिममा अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट ३४ जनाको मृत्यु भएको छ।, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डोटीमा १६, डडेल्धुरामा ३, बैतडीमा ४, बझाङमा ९, कैलाली र अछाममा १/१ जनाको मृत्यु भएको हो।, यस्तै, अन्य २२ जना बेपत्ता भएका छन्। बझाङका २० र कैलाली र बैतडीका १/१ जना अझै बेपत्ता रह... |
सेतोपाटी संवाददाता सुनसरीबाट प्रहरीले स्रोत नखुलेको रकम र बिना बिलको सुनसहित दुई जनालाई पक्राउ गरेको छ।, धरान-२ बाट बिल भरपाई बिनाको सुन र नगदसहित बिहीबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा धरान-१५ सगरमाथा लाइनका ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका-२ का ३४ वर्षीय चन्द्रप्... |
सेतोपाटी संवाददाता लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ।, पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए।, ती महिलााको तीघ्... |
खिलानाथ ढकाल सोल्टी होटलमा शुक्रबार अपराह्न चिटिक्क पारिएको थियो। अग्रपंत्तिमा पञ्चेबाजा घन्काइएको थियो। पञ्चेबाजालाई बेला-बेला शंखध्वनी गुन्जाइएको थियो। , अपराह्न ३ बजे नै पाहुनाहरूलाई स्वागत गर्न पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाह आफैं उभिइरहेकी थिइन्। उनका साथमा सहयोगीहरू पनि थिए। , चियापान स्थलमा बाँसुरी, सारं... |
सेतोपाटी संवाददाता बेमौसमी अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा शनिबारबाट सुचारू हुने भएको छ।, भारी वर्षाका कारण स्थानीय केसलिया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया जलमग्न भएपछि गत मङ्गलबारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका थिए।, विराटनगर विमानस... |
सेतोपाटी संवाददाता मुलुकभर आज आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । , महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसबाहेक अन्य प्रदेशका एक/दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहे... |
एजेन्सी बङ्गलादेशको एक रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य २० जना घाइते भएका छन्।, प्रहरी र चिकित्सकले दिएको जानकारीअनुसार आक्रमणले त्यस क्षेत्रमा तनाव बढाएको छ। उक्त घटनमा उक्त समुदायका एक प्रमुख नेताको गोली हानी हत्या गरिएको छ जसबाट थप तनाव सृजना भएको जनाइएको ... |
गोपालप्रसाद बराल/रासस दीपावली (तिहार) र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अतिविपन्न डोम जातिको बसोबासका बस्तीमा राम्रो कमाइ हुने आशमा खुसी छाएको छ। मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्ला–चाल्नो, पङ्खा र अन्य खेलौँनाको माग हुने भएको हुँदा यस्ता सामान बनाउने पुख्र्यौली व्यवसाय अँगाल्... |
सेतोपाटी संवाददाता बाढीले क्षति पुर्याएकाे हेलम्बु गाँउपालिका चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ । गत साउन १७ गते गतेको बाढीले चनौटेस्थित रातोपुल बगाएपछि स्थानीयले सास्ती खेप्दै आएका थिए । , अर्थ मन्त्रालयले बेलिब्रिज निर्माणका लागि २० भदौमा बजेट निकासा गरेपछि नेपाली सेनामार्फत शुक्रबारदेखि बेलिब्रिज निर... |
सेतोपाटी संवाददाता अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी १ सय ११ जनाको मृत्यु भएको छ।, बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११... |
सेतोपाटी संवाददाता बझाङकी एक किशोरीले सेती नदीमा हाम्फालेर बेपत्ता भएकी छन्।, शनिबार सुर्मा गाउँपालिका-४ भेलादकी १९ वर्षीया सीमाकुमारी बोहराले सदरमुकाम चैनपुरनजिकै रहेको सेती नदीमा हाम्फालेको प्रहरीले जनाएको छ।, उनले हाम्फाल्नुको कारण खुलेको छैन। प्रहरीका अनुसार बेपत्ता किशोरीको खोजी कार्य जारी छ।,
सेती नदीमा हाम्फाल... |
सेतोपाटी संवाददाता सुर्खेतको सामुदायिक वनमा बेवारिसे बम पड्किँदा दुई जना घाइते भएका छन्।, वीरेन्द्रनगर छेऊको कटकुवा सामुदायिक वनमा शनिबार बिहान ११ बजे घाँस काट्न गएका दुई दिदी-भाइ बम विस्फोट हुँदा घाइते भएका हुन्।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दैलेखको गुराँस गाउँपालिका-६ का २१ वर्षीया लीला नेपाली र उनका १४ ... |
सेतोपाटी संवाददाता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न ल्याइएको बहुमूल्य बुद्धमूर्तिलाई शनिबार भैरहवा नगर परिक्रमा गराइएको छ।, म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार भैरहवा आइपुगेको उक्त मूर्तिलाई शनिबार भैरहवा र लुम्बिनी क्षेत्रका व्यवसायिक संघसंस्थाहरूले भव्य स्वागत गर्दै नगर परिक्रमा गराए... |
निशा भण्डारी ललितपुरको खोकनामा अहिले धमाधम धान भित्र्याउनेको चटारो छ।, दसैं सकिएपछि कृषकहरू अहिले खेतमा भेटिन्छन्। अन्य वर्षजस्तै यस पटक पनि किसानलाई धान भित्र्याउने चटारो छ।, बेमौसमी वर्षाले सुदूर र पूर्वतिर धान बालीमा क्षति पुर्याए पनि यहाँ भने असर गरेको छैन।, यहाँका किसान बिहानदेखि बेलुकीसम्मै खेतमा धान काट्न र भि... |
सेतोपाटी संवाददाता दाङको देउखुरीमा टाटा सुमो गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। दुर्घटनाका घाइते अधिकांश प्यूठान जिल्लाका छन्।, घाइते हुनेमा प्युठान नगरपालिका वडा नं. ५ की १३ वर्षीया रविना घर्ती, २२ वर्षीया कुमारी राना, ५३ वर्षीया दिलसरा राना, प्यूठान-३ का आरोप खड्का, २२ वर्षीया लक्ष्मी खड्का, सोही ठाउँकै ३९ व... |
डा.सलिना शाक्य महिनावारीको समयमा महिलाले दुई खाले समस्या भोग्छन्।, एउटा दुःखाई र अर्को रगत बग्ने। , महिलाको महिनावारी हुनुभन्दा पहिला ढाँड, पेट निकै दुख्छ। सामान्य दुःखाइले आफ्ना गतिविधिलाई असर गर्दैन। कतिपयलाई सामान्य दैनिक गतिविधिलाईसमेत असर पर्नेगरी दुख्छ।, अर्को समस्या रगत धेरै बग्नु र महिनावारी अनियमित हुनु हो। स... |
सेतोपाटी संवाददाता बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन।, उक्त क्षेत्रमा केही दिनअघि चार पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए।, मान्छे र पशु चौपाया मार्ने ब... |
सेतोपाटी संवाददाता नेपालमा थप पाँच सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार शनिबार पाँच सय १३ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, चार हजार ९७२ जनाको पिसिआर परीक्षण र १९५९ जनाको एन्टिजेन परीक्षण ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २१३ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०, ललितपुरमा ३९ र भक्तपुरमा २४ संक्रमित छन्।, त्यस्तै, काठमाडौं उपत्यकामा २४५९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३०२, भक्तपुरमा ५७२ र ललितपुरमा ५८५ सक्रिय संक्रमित छन्।, नेपालमा थप पाँच सय १३ जनामा कोरो... |
भगवती पाण्डे लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरू प्रदेशको स्थायी राजधानी भालुबाङमा जग्गा व्यवस्थापनमा लागिरहँदा स्थानीयबासी भने आन्दोलित बनिरहेका छन्।, शंकर पोखरेल नेतृत्वको सरकारले २०७७ साल असोज २० गते राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नं. १, २ र ३ तथा शितगंगा नगरपालिकाको वडानम्बर ८ र ९ ... |
सेतोपाटी संवाददाता सुदूरपश्चिममा अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट ३५ जनाको मृत्यु भएको छ। , सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डोटीमा १६, डडेल्धुरामा ३, बैतडीमा ४, बझाङमा १०, कैलाली र अछाममा १/१ जनाको मृत्यु भएको हो।, यस्तै, अन्य २२ जना बेपत्ता भएका छन्। , बझाङका १९ र कैलाली र बैतडी र डोटीका १/१ जना अझै... |
सेतोपाटी संवाददाता बझाङमा गत सोमबार राति अविरल वर्षाका कारण पहिरो जाँदा बेपत्ता भएका २३ जनामध्ये शनिबार थप एक जनाको शव फेला परेको छ।, कात्तिक २ गते थलारा गाउँपालिका-४ डिखलामा पहिरोले कलक पार्कीको घर पुरिँदा उनकै परिवारका १८ जना र छिमेकी नरे पार्कीका ५ जना बेपत्ता थिए। , बेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको जि... |
नवीनबाबु गुरूङ हिन्दुहरूको पवित्र धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा हरेक साँझ आरती हुने गर्छ।, कोरोनाका कारण लकडाउन हुँदा पनि यहाँ आरती भने चलिरह्यो। हिजोआज निषेधाज्ञा खुकुलो भएसँगै आरतीको आनन्द लिनेहरू पशुपतिनाथ पुग्ने गरेका छन्।, हिजो आज बुढापाका मात्र हैन युवापुस्ता समेत आरतीको आनन्दमा रम्ने गरेका देखिन्छन्।, पशुपति... |
सेतोपाटी संवाददाता सहकारी ठगीको अभियोगमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरूद्ध संगठित अपराध ऐन अन्तर्गत अनुसन्धान थालिएको छ।, यसअघि ठगी मुद्दामा अनुसन्धान भइरहेकोमा प्रहरीले संगठित अपराध ऐन आकर्षित गरी अनुसन्धान थालेको हो। , केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बिहीबार तामाङसहित पक्राउ परेका १२ जनाला... |
सेतोपाटी संवाददाता जबरजस्ती करणी मुद्दामा दस वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका-४ का ४२ वर्षीय रामहरि महत छन्। काभ्रे प्रहरीले महतलाई बुधबार बेलुका धुलिखेल नगरपालिका-७ बाट पक्राउ गरेको हो।, काभ्रे प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार महतलाई लल... |
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले दुई दिनमा १९ लाख ३५ हजार १६० रूपैयाँ बराबरको भन्सार छलीको सामग्री बरामद गरेको छ।, बुधबार तीन लाख १५ हजार १६० र बिहीबार १६ लाख २० हजार रूपैयाँ बराबरको भन्सार छलीको सामग्री प्रहरीले बरामद गरेको हो।, बरामद भएका सामग्रीमा खाद्यान्न र लत्ताकपडा छन्। प्रहरीले विभिन्न नाकाबाट भन्सार छलेर... |
सेतोपाटी संवाददाता अविरल वर्षासँगै आएको बाढी र हावाहुरीले प्रदेश १ मा करिब ५० हजार हेक्टर क्षेत्रफलमा पाकेको धानबालीमा क्षति पुर्याएको अनुमान गरिएको छ।, १४ जिल्ला रहेको प्रदेश १ मा ३ लाख ४० हजार ८ सय हेक्टर क्षेत्रफलमध्ये ३ लाख ३६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो।, त्यसमध्ये प्रारम्भिक रुपमा ५० हजार हेक्ट... |
सेतोपाटी संवाददाता अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय ३ जनाको मृत्यु भएको छ।, बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ६२ जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय ३ जनाको मृत्यु भएको हो।, १ नम्बर प्रदेश... |
सविता बुढा डिखला गाउँमा अहिले पीडा र मौनता छ। स्थानीय नि:शब्द छन्।, सोमबार राति बझाङको थलारा गाउँपालिका-४ डिखलामा पहिरो जाँदा दुई परिवारका २३ जना बेपत्ता भएका थिए।, तीमध्ये दुई जनाको शव फेला परेको भए पनि अरू भेटिएका छैनन्।, चार दिनदेखि शोकमग्न बनेको गाउँका १ सय ८५ परिवार विस्थापित भएर गाउँलेको शरणमा छन्। कोही स्कुलमा,... |
सेतोपाटी संवाददाता सुदुरपश्चिममा अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट ३१ जनाको मृत्यु भएको छ।, प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार डोटीमा १६, बझाङमा ८, बैतडीमा ४, डडेल्धुरामा २ र कैलालीमा १ जनाको मृत्यु भएको हो।, यस्तै, १७ जना घाइतेहरू उपचाररत् रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा डोटीका ११, डडेल्धुरा र बैतडीमा २-२... |
विनोद सापकोटा पहिरोका कारण तीन दिनदेखि अवरुद्ध रहेको चारआली-ताप्लेजुङ खण्ड बिहीबार अपरान्हदेखि सञ्चालनमा आएको छ।, झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म जोड्ने मेची राजमार्गको ठाँउ-ठाँउमा पहिरो गएपछि यातायातका साधन तीन दिनदेखि सञ्चालनमा आएका थिएनन्।, पहिरोका कारण सञ्चालनमा आउन नसकेको राजमार्ग खुलाउने प्रयास तीन दिन... |
सेतोपाटी देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाइने भएको छ।, छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउने तयारी छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए... |
रासस वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन्।, बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो।, दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बा... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा बिहीबारको तुलनामा शुक्रबार १ डिग्री सेल्सियस तापक्रम घटेको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १६.५ डिग्री थियो भने शुक्रबार १५.४ छ।, तापक्रम घटेको र बादल पनि लागेकाले उपत्यकामा चिसो महशुस भएको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताएका छ।, अहिल... |
एजेन्सी आफ्नो सम्पत्ति चोरी वा लुटपाट भए मानिसहरू प्रहरीलाई खबर गर्छन्। प्रहरीले चोरी भएको कुरा भेटाए सम्बन्धित व्यक्तिलाई बुझाइदिन्छन्, चोर्नेलाई कारबाही गर्छन्।, नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा भने उल्टो घटना भएको छ। प्रहरीले नै चोरलाई लुटपाट गरेका छन्। दुई जना चोरले चोरेको पैसा आफूले लिएर प्रहरीले... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.