content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता काठमाडौंमा आजदेखि कोरोनाविरूद्ध अष्ट्राजेनेका खोप लगाइने भएको छ।, पहिलो मात्रा अष्ट्राजेनेका खोप लगाइसकेकालाई आजदेखि दोस्रो मात्राको खोप दिन लागिएको हो।, आज काठमाडौंका विभिन्न अस्पताल र बुधबार काठमाडौं महानगरका ३२ वटै वडामा रहेका खोप केन्द्रबाट खोप लगाइने काठमाडौं महानगरले जानकारी दिएको छ।, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालबाट खोप लगाउन सकिन्छ।, खोप लगाउन पहिलो मात्राको खोप लगाएको कार्ड लिएर खोप केन्द्रमा आउनसमेत महानगरले आग्रह गरेको छ।, काठमाडौंमा आजदेखि अष्ट्राजेनेका खोप लगाइने
विनोद सापकोटा इलाममा एक व्यक्तिले श्रीमती र छोरीको हत्या गरेका छन्।, देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षका पूर्णचन्द्र तामाङ (कमल) ले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको आरोप छ।, उनले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मारेको आरोप छ। गए राति उनले श्रीमती, छोरी र कुकुरको हत्या गरेको अभियोग छ।, जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले घटनास्थलतर्फ प्रहरी गइरहेको बताए।, दुई जनाको हत्या भएको जानकारी आएको उनले बताए। ‘प्रहरी घटनास्थल पुगेपछि थप जानकारी आउँछ,’ उनले भने। घटनास्थल प्रहरी कार्यालयबाट झन्डै ८ किमी टाढा पर्छ।, इलाममा श्रीमानले गरे श्रीमती र छोरीको हत्या
विनोद सापकोटा इलाममा झाँक्री श्रीमानले जोखाना हेर्ने क्रममा श्रीमती र छोरीको टोकेर हत्या गरेको खुलेको छ।, सोमबार राति देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पूर्णचन्द्र तामाङ (कमल)ले आफ्नी ३५ वर्षीया श्रीमती सीता र १६ वर्षीया छोरी दीक्षा तामाङलाई जोखाना हेर्ने क्रममा हत्या गरेको प्रहरीले जनाएको छ।, जोखाना हेर्ने क्रममा तामाङले श्रीमती र छोरीलाई टोकेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए।, श्रेष्ठका अनुसार तामाङ सात-आठ दिनदेखि पूजा कोठामा धामी बस्दै आएका थिए।, त्यसक्रममा सोमबार राति आमाछोरीको उपचार गर्ने भन्दै धामी बसे।, सुरूमा उनले आमालाई पूजा कोठामा एक्लै लगेका थिए। सीताको पेटमा टोकेको देखिएको श्रेष्ठले बताए।, ‘घाँटी थिचेको हो कि भन्ने पनि अनुमान छ, अनुसन्धान भइरहेको छ,’ उनले भने।, श्रेष्ठका अनुसार सीता बेहोस भएपछि १६ वर्षीया छोरीलाई पूजा कोठामा छिराएका थिए। छोरीलाई पनि सोही प्रकारले टोकेर बेहोस पारेको श्रेष्ठले बताए।, ‘रातिभर धामी बसेर उज्यालो हुँदा श्रीमती र छोरीको मृत्यु भएको थाहा पाएपछि उनी भागेका थिए,’ श्रेष्ठले भने, ‘प्रहरीले चारैतिरबाट घेरा हालेर तामाङलाई पक्राउ गरिसकेको छ।’, तामाङका अन्य दुई छोरी र बुवाआमा पनि जोखाना हेर्न पूजा कोठामा छिर्ने तर्खरमा थिए। ‘उनीहरूलाई पनि पालैपालो पूजा कोठामा लगेर जोखाना हेर्ने योजना रहेछ,’ श्रेष्ठले भने।, आमाछोरीको मृत्यु भएपछि घर तथा छिमेकमा हो-हल्ला भएको थियो। त्यसपछि तामाङ धामी बस्दाबस्दै भागेका थिए।, घटनास्थलबाट शवको मुचुल्का उठाउन प्रहरी पुगेको छ। इलाका प्रहरी कार्यालय मंगलबारे र गजुरमुखीको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।, जिल्ला प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली पठाइएको श्रेष्ठले बताए।, प्रहरीले घेरा हालेर समातेको थियो धामी बस्दा श्रीमती र छोरीको हत्या गरेका तामाङलाई
सेतोपाटी संवाददाता बाँकेको कोहलपुरबाट साढे तीन लाख नगदसहित ६ जुवाडे पक्राउ परेका छन्। , कोलहपुर नगरपालिका वडा नं. ८ स्थित रुद्रवीर खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर तीन लाख ४९ हजार सात सय ५० रुपैयाँसहित ६ जुवाडेलाई पक्राउ गरेको हो। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले गोप्य सूचनाका आधारमा मंगलबार राति १ बजेतिर प्रहरीले खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित उनीहरूलाई पक्राउ गरेको जानकारी दिए।,  , कोहलपुरबाट साढे तीन लाखसहित ६ जुवाडे पक्राउ
सेतोपाटी पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।, उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताए।, 'उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ', उनले भने।, विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भामवना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरिएको छ। , यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, २०७८ कात्तिक ०९ गते (मंगलबार), दिउँसो: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफादेखि आंशिक बदली  रहने छ। देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, राति: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  र तराईका भू-भागमा सामान्यतया सफादेखि आंशिक बदली  रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, २०७८ कात्तिक १० गते (बुधबार), दिउँसो: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  र तराईका भू-भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ। देशका थोरै स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।, राति: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  र तराईका भू-भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका  एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।, २०७८ कात्तिक ११ गते (बिहीबार), दिउँसो: देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।, राति: देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। , यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
सेतोपाटी संवाददाता बहुचर्चित सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुणमणि उप्रेती ‘गोरे’ लाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत मोरङले थप सजाय सुनाएको छ। , सोमबार जिल्ला अदालका न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई  सनमको अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र सनमको परिवारलाई १३ लाख ११ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो।, मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक सयका दरले क्षतिपूर्ति भराउने फैसला अदालतले गरेको हो। सुन तस्करी प्रकरणमा सफाई पाएका गोरेलाई शाक्यको हत्या अभियोगमा दोषी ठहर गर्दै अदालतले यसअघि नै जन्मकैद फैसला सुनाएको थियो। , असोज १९ गतेको फैसलामा अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर गरे पनि सजाय निर्धारण गरेको थिएन। अपहरण मुद्दामा गोरेलाई १० वर्ष कैदको सजाय भए पनि जन्मकैदमा जोडिने छैन। दुबै सजाय सँगसँगै अगाडि बढ्ने भएकाले अधिकतम सजाय मात्रै कायम  हुने अदालतले जनाएको छ।, गत असोज १९ गते करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी  गोरेसहित ५६ जना प्रतिवादीलाई जिल्ला अदालत मोरङले सफाई दिएको थियो। सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएकोमा २१ जना अझै फरार छन्।, गोरेसहित ८ जनालाई भने अदालतले शाक्यको हत्या अभियोगमा दोषी ठहर गरेको थियो। न्यायाधीश लम्सालको इजलासले गोरेका सवारी चालक टेकराज मल्ल ठकुरी, सहयोगी लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद सजायको फैसला सुनाएको थियो। भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला छ।, २०७४ माघ ९ गते आयात भएको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरेसहितको समूहले फागुन १८ गते सनम शाक्यको हत्या गरेको थियो। तर, तस्करी भएको सुन बरामद भएकोले सो मुद्दामा भने सबैले सफाइ पाएका छन्।, गोरेलाई थप कैद, जरीवाना र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने अदालतको फैसला
सेतोपाटी संवाददाता जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले आजदेखि कोरोना भाइरस विरूद्धको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन थालेको छ।, साउनदेखि असोज महिनासम्म एस्ट्राजेनिका खोप लगाएका व्यक्तिलाई आजदेखि तीन दिनसम्म दोस्रो मात्राको खोप लगाउन थालिएको कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिए।, एस्ट्राजेनिका खोप लगाएका व्यक्तिलाई कोभिसिल्ड लगाउन थालिएको हो। एस्ट्राजेनिका र कोभिसिल्ड एउटै फर्मुलाबाट बनेको खोप हुन्। उनका अनुसार काठमाडौं जिल्लाका सबै स्थानीय तहका वडा कार्यालयबाट खोप लगाउन थालिएको हो। , काठमाडौं महानगरपालिकाको वडा बाहेक परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट पनि खोप लगाइने छ। करिब ८६ हजार १४२ जनालाई यसचरणमा खोप प्रदान गर्न थालिएको हो । , आजबाट एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन सुरू
सेतोपाटी संवाददाता बाँकेमा एक महिलाले श्रीमानसँग विवाद भएपछि मध्यरात राप्ती नदीमा हेलिएकी छन्।, जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ३ की २० वर्षीया दीपा थारुले २३ वर्षीय श्रीमान जोगिराम थारुसँग विवाद भएपछि मंगलबार रातको २ बजे राप्ती नदीमा हाम फालेर आत्महत्या गरेकी हुन्। , जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले श्रीमान जोगिरामसँग सामान्य विवाद भएपछि दीपा मध्यरातमै घरबाट निस्किएर करिब तीन किलोमिटर उत्तरको राप्ती नदीमा पुगेर हाम फालेर आत्महत्या गरेको भनेर निवेदन दिएको सेतोपाटीलाई बताए। , ‘दीपाले बिहान करिब २ बजेतिर राप्ती नदीको सिधनियाँ घाट पुलबाट हाम फालेर आत्महत्या गरेको भन्ने कुरा आएको छ,’ डिएसपी न्यौपानेले भने, ‘दीपाको शव मंगलबार बिहान सवा १० बजेतिर घटनास्थलनजिकै फेला परेको हो।’, दीपाको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको छ।, जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दीपाका श्रीमान जोगिरामलाई नियन्त्रणमा लिइएको जानकारी दिए।, ‘श्रीमान जोगिरामले सामान्य विवादपछि श्रीमती मध्यरातमा एक्लै राप्ती नदीको पुलमा पुगेको र फोन गरेर आफू त्यहाँ पुग्दा झनै उत्तेजित भएर हाम फालेको भन्ने कुरा गर्नु भएको छ,’ एसपी अधिकारीले भने,‘जोगिरामले केही आशंकायुक्त कुरा गरेको हुँदा अनुसन्धानका लागि हामीले उहाँलाई नियन्त्रणमा लिएका छौं।’,  , श्रीमानसँग झगडा भएपछि राप्ती नदीमा हेलिइन् दीपा
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले मिति सकिएको लेज, कुरकुरेलगायत खाद्य वस्तुमा रिलेभलिङ गर्ने गोदाममा छापा मारेको छ।, काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ५ स्थित गोल्डेन नेपाल सप्लायर्समा प्रशासनले छापा मारेको हो। त्यहाँ मिति सकिएका लेज, कुरकुरेलगायतका खाद्य वस्तुमा नयाँ मिति हालेर बजार पठाउने गरेको थियो। , यो सप्लायर्स सविन घिमिरेको नाममा छ।, प्रशासनले गोदामबाट बजार पठाउन लागिएका १४ लाख बराबरका खाद्य वस्तु जफत गरेको छ। , त्यस्तै व्यवसायीलाई तीन लाख रुपैयाँ जरिवाना तोकिएको प्रशासनले जानकारी दिएको छ। , गोदामका व्यावसायीलाई उपभोक्ता हित संरक्षण ऐन, २०७५ को दफा १६ को २ बमोजिम पुनर्निमित वा पुरानो वस्तुलाई नयाँ हो भनी देखाइ वा झुकाइ बिक्री गरेको पाइएकोले सोही ऐनको दफा ३९ को ख को प्रावधान बमोजिम कारबाही प्रक्रिया अघि बढाएको हो। ,  , नयाँ मिति राखेर खाद्य सामग्री विक्री गरेपछि टोखाको गोदाममा प्रशासनको छापा
सेतोपाटी संवाददाता तिहार नजिकिँदै छ। बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ। चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर भ्याइनभ्याइ भएको छ। ,     , बारीभरि लगाएको मखमली फूल टिपेर दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका वनमाला। विगतमा वनमालाले मात्रै व्यावसायिक फूलखेती गर्दै आए पनि यसबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला केही वर्षदेखि वनमाला बाहेकका अरु जातजातिले पनि फूलखेती गर्न थालेका छन्। वर्षौदेखि पुख्र्यौली पेसाको रुपमा फूलखेती गर्दैआएका स्थानीयवासी श्याम वनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ हुने बताउँछन्।, धेरैवर्ष यहाँ वनमालाले मात्रै फूलखेती गर्ने गरेको भए पनि अहिले धेरैले फूलखेती गरे पनि वनमालाको आम्दानीलाई असर नपरेको उनी बताउँछन्। पुर्ख्यौली पेसाकै रुपमा फूलखेती गर्दै आएकी पार्वती वनमाला आफ्ना बाजे ससुराको पालादेखिनै फूलखेती गर्दै आएको थाहा पाएको बताउँछन्। कतिपय वनमालाले फूलखेती छाडे पनि धेरैले भने गरिरहेको बताउदै उनले १५ वर्ष अगाडिसम्म यहाँ वनमालाले मात्रै फूलखेती गर्ने भएकाले फूल र माला खोज्न वनमालाको घरमा टाढाटाढादेखि आउने गरेको बताउँछन्।, विगत १० वर्षदेखि मखमली फूलको खेती गर्दै आएका स्थानीयवासी शोभा बालाले यहाँ दुई आना जग्गामा फूलखेती गर्नेले पनि एक सिजनमा ३० हजार कमाउने गरेको बताउँछन्। राम्रोसँग फूलखेती गर्न सके एक रोपनी जग्गामा ७० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सकिने उनी बताउँछन्।, भारतबाट आयात हुने फूल र माला रोकेर सरकारले नेपालकै मात्र फूल बिक्री गर्ने नीति बनाए यहाँ अहिलेको भन्दा दोब्बर आम्दानी हुने र धेरै किसानले विदेशिनु नपर्ने उनको तर्क छ। रोजगारीका लागि मलेसिया गएका श्रीमानलाई नेपाल फर्काएर विगत चारवर्षदेखि श्रीमान्ले पनि फूलखेतीमै साथ दिएपछि विदेशमा भन्दा राम्रो कमाइ भएको उनी बताउँछन्।, स्थानीयवासी सन्तमाया बालाले पनि यस वर्ष ८२ हजारको माला उत्पादन गरेका छन्। उनले भने, ‘घरघरमै फूलको माला लिन आउनेलाई ४२ हजारको माला बेचियो, अझै ४५ हजार जतिको माला तयार छ, केही दिनमै बिक्री हुन्छ।’ मखमली फूलको खेती गर्ने जग्गामा मकै र भटमाससमेत उत्पादन गर्न सकिने भएपछि किसानले एउटै सिजनमा एउटै जग्गाबाट दोहोरो आम्दानी हुनेभएकाले यसतर्फ आकर्षण बढेको हो। , बाला गाउँकै दीलमाया बालाले आधा रोपनी जग्गामा गरेको मखमली फूलबाट ४० हजार आम्दानी गरेको बताउँछन्। किसानले बजारमा आफैंले माला लैजाँदा एउटा मालाको ४० देखि १०० रुपैयासम्म बिक्री गर्न सक्छन् भने गाउँमै लिन आउने व्यापारीले भने एउटा मालाको रु २५ देखि ३५ रुपैयासम्म दिने गरेका छन्।     , नजिकिँदै गरेको तिहारका लागि आवश्यकपर्ने मखमली फूलको माला गाँस्न र बजारमा लैजान व्यस्त स्थानीय बासिन्दा मखमली फूलबाटै मनग्ये आम्दामी गर्न थालेका हुन्। पाँच वर्ष कतारमा र सात वर्ष मलेसिया बसेर स्वदेश फर्किएका स्थानीय युवा अहिले विदेशिन छाडेर फूलखेतीमै रमाउन थालेको शोभाले भने।, फूलखेतीमा रोग लाग्न थालेपछि भने किसानले फूलमा औषधि राख्न थालेका छन्। एक रोपनी जग्गामा फूलखेती गर्दा करिब २५ हजार खर्च हुन्छ, भने आम्दानी रु एक लाखसम्मको हुने गरेको छ। धान खेतमा चौगुणा आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन्। फूल र माला खोज्दै गाउँमै उपत्यकादेखि पोखरासम्मका व्यापारी आउने गरेपछि बजारको अभाव पनि छैन। ,रासस, तिहार नजिकिएसँगै माला उन्दै वनमाला
एजेन्सी जापानी राजकुमारी माकोले मंगलबार आफ्ना प्रेमीसँग विवाह गरेकी छन्। राजपरिवार बाहिरका केइ कोमुरोसँग लगनगाँठो कस्न माकोले राजपरिवारको पदवी त्याग्नुपर्‍यो।, मंगलबार विवाह दर्ता गरेपछि माको राजदरबारबाट बाहिरिएकी छन्। माको राजकुमारीबाट आमनागरिकजस्तै बनेपछि संसारका पूरानामध्येको एक जापानी राजसंस्थामा एक जना सदस्य घटेका छन्।, ब्लुमबर्गका अनुसार अब जापानी राजपरिवारमा १७ जना सदस्य बाँकी छन् जबकी दोस्रो विश्वयुद्ध सकिएपछि जापानी राजपरिवारमा ६७ जना सदस्य थिए।, अहिले राजपरिवारमा रहेका १७ मध्ये १२ जना महिला छन् भने पाँच जना पुरुष छ। तीमध्ये पनि राजगद्दीका उत्तराधिकारी तीन जनामात्रै छन्। पितृसत्तात्मक समाज भएको जापानमा पुरुषमात्रै राजा हुन पाउने चलन छ। साउदी अरब, ओमान र मोरोक्कोको राजसंस्थामा पनि यस्तै चलन छ।, जापानी राजपरिवारमा महिलालाई पनि उत्तराधिकारी बनाउने र महिलाहरू विवाह गरेर गएपछि पनि राजपरिवारको सदस्य रहने विषयमा छलफल भए पनि कुनै निर्णय भएको छैन।, सानो हुँदैछ जापानी राजपरिवार, १७ मध्ये तीन जनामात्रै छन् राजगद्दीका उत्तराधिकारी
सेतोपाटी संखुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा एक जना डेनिस नागरिकको मृत्यु भएको छ।, शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी शुभेष अधिकारीले जानकारी दिए। , उनी मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर पुगेका थिए। , प्रहरी कार्यालयका सूचना अधिकारी शुभेष अधिकारीका अनुसार थोर्वजन एडर्शनको मकालु आधार शिविरभन्दा केही माथि शनिबार दिउँसो मृत्यु भएको हो। गत असोज २५ गते ३ विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए। , हिउँमा फसेका दुई विदेशीसहित एक नेपालीको उद्धार , मकालु आधार शिविरमा फसेका दुई विदेश पर्यटकसहित एक नेपालीको सकुशल उद्धार गरिएको छ। आइबार दिउँसो दुईजना डेनिस नागरिक र एकजना नेपालीको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ।, मकालु आधार शिविरको हिउँमा फसेका अन्य ६ जना नेपाली नागरिका उद्धारको पहल भइरहेको उद्धारमार्फत काठमाडौँ पुगेको निरज कार्कीले बताए। , आइतबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौँ पुगेका कार्कीका अनुसार ६ नेपाली नागरिकसहित मृतक डेनमार्कका हेन्रिक थोर्वजन एडर्शन अहिले मकालु आधार शिविरमै छन्। , मृतक थोर्वजन एडर्शनसहित ६ नेपालीलाई हेलिकप्टरमार्फत उद्धार गर्न लागिएको कार्कीले बताए। यसअघि गत सोमबार मकालु आधार शिविर घुम्न गएका सूर्योदय नगरपालिका–५ श्रीअन्तु इलामका ३२ वर्षीय धरणी घिमिरेको लेक लागेर मृत्यु भएको थियो।, (रासस),  , मकालु आधार शिविरमा एक पर्यटकको मृत्यु
सेतोपाटी संवाददाता एक महिलालाई बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पु¥याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँको सिनामङ्गलबाट एकजना पक्राउ परेका छन्। , पक्राउ पर्नेमा बागलुङ गल्कोट नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्र खड्का रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आइतबार एक विज्ञप्ति जारी गरी जनाएको छ।, खड्काले पीडित महिलालाई बेल्जियमको होटेलमा काममा लगाइदिने, मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न मितिमा रु आठ लाख ५४ हजारसमेत लिई दुई वर्षअघि यसरी बेचबिखन गरेको ब्यूरोले जनाएको छ।, गिरोहले भैरहवाबाट भारतको गोरखपुर, कोलकाता हुँदै थाइल्याण्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त परविन्दर सिंहसमेतले यौनशोषण गरी धम्की दिई मलेशिया लगी अलपत्र पारेकामा आफन्तको सहयोगमा एक वर्षअघि महिला नेपाल आउन सफल भएकी प्रहरीले जनाएको छ।, उनीहरुले महिलालाई कम्बोडियासमेत पुर्‍याएको फेला परेको छ। त्यसपछि उनको जाहेरीका आधारमा ब्यूरोबाट खटिएको प्रहरीले फरार रहेका खड्कालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाइएको छ। , उनलाई जिल्ला अदालत काठमाडौंबाट चार दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसापसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिए।, यसैबीच काठमाडौँ महानगरपालिका–९ गैरीगाउँबाट ९७० ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैँडाको खाग एक थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका स्वयम्भू बस्ने सोलुखुम्बु दूधकोशी गाउँपालिका–६ घर भएका १९ वर्षीय तिलकबहादुर बस्नेत र तारकेश्वर नगरपालिका लोकतान्त्रिक चोक बस्ने बागलुङ तमनखोला गाउँपालिका–१ घर भएका २८ वर्षीय दीपक गोतामे रहेका छन्। , वैदेशिक रोजगारीको नाममा मानब बेचबिखन
सेतोपाटी संवाददाता रक्षामन्त्री मीनेन्द्र रिजालले विश्व शान्ति स्थापनामा नेपाली सुरक्षा फौजको अथक प्रयास र दृढ शक्तिले नेपाललाई शान्ति सैनिकको देश भनेर परिचित गराएको बताएका छन्।, संयुक्त राष्ट्रसंघको ७६औँ स्थापना दिवसका अवसरमा नेपाली सेनाद्वारा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आइतबार आयोजित कार्यक्रममा रक्षामन्त्री रिजालले शान्ति सैनिकको अनुशासन, निर्देशनपालना र उच्चस्तरको व्यावसायिक कार्यले नेपाल राष्ट्रसंघको विश्वासिलो सहयात्री बन्न पुगेको बताए। , शान्ति स्थापनामा नेपाली सुरक्षा फौजले दिएको योगदान गौरवपूर्ण रहेको बताउँदै उनले आपसी विश्वास, सहयोग र सम्मानद्वारा राष्ट्रसंघ र नेपालबीच बलियो एवं अनुपम सम्बन्ध स्थापित भएको स्पष्ट पारे।, विश्वका द्वन्द्वरत मुलुकमा स्थापना भएका ४३ शान्ति मिसनमा रही एक लाख ३५ हजार ३९९ नेपाली शान्ति सैनिकले योगदान दिइसकेका छन्। हाल विश्वका १२ शान्ति मिसनमा रही १८१ महिलासहित पाँच हजार १६८ नेपाली शान्ति सैनिक परिचालित छन्।, नेपाल धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा दोस्रो नम्बरमा छ।, विश्वमा व्याप्त द्वन्द्व अन्त्य गर्न नेपाल संयुक्त राष्ट्रसंघसँग मिलेर काम गर्छ भन्ने प्रमाणका रूपमा शान्ति सेनामा धेरै सेना पठाउने सूचीमा नेपालको स्तरोन्नतिले पुष्टि गरेको उल्लेख गर्दै रक्षामन्त्री रिजालले नेपालको शान्ति प्रयासमा राष्ट्रसंघले गरिरहेका सहयोगको पनि प्रशंसा गरे।, नेपालस्थित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आयसानी इलान्का मेडागान्डा लावेले संयुक्त राष्ट्र संघको शान्ति स्थापना र मानवीय सहायता कार्यक्रममा नेपालले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरिन्।, बालाध्यक्ष रथी बालकृष्ण कार्कीले संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेनाका अनुशासित, व्यावसायिक जनशक्तिले चुनौतीपूर्ण अवस्थामा पनि दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै आएको बताए।, नेपाली सेना शान्ति सेना निर्देशनालयका प्रमुख सहायक रथी सुदर्शन सिलवालले शान्ति सेनामा नेपालको गौरवमय इतिहास रहेको बताए। , त्यस अवसरमा कङ्गोमा शान्ति स्थापना कार्यमा खटिरहेकै अवस्थामा विद्रोहीको आक्रमणमा परी वीरगति प्राप्त गरेका मानार्थ प्रमुख सेनानी कवीन्द्रजंग थापालाई राष्ट्र संघद्वारा प्रदान गरिएको ‘ड्याग ह्यामर शोल्ड मेडल’ उनका परिवारका तर्फबाट उक्त केन्द्रलाई हस्तान्तरण गरिएको थियो।, समारोहमा वीरगति प्राप्त प्रमुख सेनानी थापाकी श्रीमतीलाई नेपाली सेनाका तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो।, संयुक्त राष्ट्र संघको आह्वानमा नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाएर योगदान पुर्याउदै आएको छ।, नेपाली सेनाका अनुसार शान्ति स्थापनाका सिलसिलामा ६८ नेपाली सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ गम्भीर घाइते भएका छन्।, नेपाली सुरक्षा फौजले नेपाललाई शान्ति सैनिकको देश भनेर चिनाएको छ- रक्षामन्त्री रिजाल
नारायण ढुंगाना मनसुन सकिएको हप्तापछि बङ्गालको खाडी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण परेको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट मुलुकका २६ जिल्ला प्रभावित भएको छ। ती जिल्लाले भौतिक तथा मानवीय क्षतिसमेत बेहोरेको छ।, सात प्रदशेमध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ ले मानवीय क्षति बेहोरेको छ। त्यसपछि सुदूरपश्चिम प्रदेशमा मानवीय क्षति भएको छ। यसपालि नेपालमा पानी पार्ने प्रणालीको संयुक्त प्रभाव असोज ३१ बाट सुरु भएको थियो। सो प्रणाली कात्तिक ३ सम्म रह्यो। त्यसको छिट्फुट प्रभाव अहिले पनि कायमै रहँदा मौसम बदलीकै क्रममा छ।, पहिलो दुई दिन सुदूरपश्चिम प्रदेशमा असर गरेको थियो भने त्यसको अर्को दुई दिन प्रदेश नं १ लाई प्रभावित बनाएको थियो। प्रदेश नम्बर २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा भने न्यून क्षति भएको छ। ती प्रदेशका एकाध जिल्लाले मात्रै क्षति बेहोर्नुपर्‍यो।, गृह मन्त्रालयबाट आइतबार प्राप्त पछिल्लो तथ्याङ्कमा ती जिल्लामा कूल ११७ जनाले ज्यान गुमाएको पुष्टि भएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले बताइन्। यसअघि १११ जना मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। पछिल्लो चौबिस घण्टामा बेपत्ता भएकामध्ये पाँचको शव फेला परेको हो। अझै ३२ जना हराइरहेका छन्। मृत्यु हुनेमा ५७ पुरुष, ३५ महिला र २५ बालबालिका छन्। बेपत्ता हुनेमा १३ पुरुष, सात महिला र १२ बालबालिका छन्।, कूल ४४ जना घाइते भएका र उनीहरूमध्ये कतिपय उपचारपछि घर फर्किएका छन् भने केहीको उपचार जारी छ। कूल ३० घर आंशिक र ११८ घर पूर्ण क्षति भएको गृह मन्त्रालयले जनाएको छ। जलवायु परिवर्तन विज्ञ डा ङमीन्द्र दाहाल बेमौसममा यति ठूलो वर्षा हुनु जलवायु परिवर्तनको असर भएको बताउँछन्।, प्राप्त विवरणअनुसार मुलुकका विभिन्न ठूला आठ राष्ट्रिय राजमार्गमा क्षति पुर्‍याएकामा अझै ६ वटा सञ्चालनमा आउन सकिरहेको छैन। सडकको भौतिक पूर्वाधारमा मात्रै एक अर्ब पाँच करोड क्षति भएको प्रारम्भिक विवरण छ। धानबाली तथा अन्य भौतिक क्षतिको विषयमा विवरण सङ्कलन जारी रहेको गृह मन्त्रालयले जनाएको छ। सरकारले यसअघि नै घाइतेको निःशुल्क उपचार गर्ने र मानवीय क्षति बेहोरेका परिवारलाई राहत दिने घोषणा गरिसकेको छ।, प्रदेश नम्बर १ मा सबैभन्दा बढी क्षति , प्रदेश नम्बर १ मा धनकुटा मोरङ, सुनसरी, पाँचथर, इलाम, भोजपुर, ओखलढुङ्गा, सङ्खुवासभा, सोलुखुम्बु र उदयपुरमा वर्षाको ठूलो प्रभाव परेको थियो। प्रदश नम्बर १ मा ६७ जनाको मृत्यु भएको छ भने सातजना बेपत्ता छन्।, यस प्रदेशको पाँचथरमा ३० जनाको मृत्यु भएको छ। त्यसपछि  इलाममा १४, सुनसरीमा १० र धनकुटामा पाँचजनाले ज्यान गुमाएका छन्। बेपत्ता हुने सबैभन्दा बढी चारजना पनि पाँचथरका छन्।, प्रदेश नम्बर २, वागमती, गण्डकी र लुम्बिनीमा कम क्षति, प्राप्त विवरणअनुसार मुलुकका चार प्रदेश (प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा) भने बाढी, पहिरो र डुबानबाट तुलनात्मकरूपमा कम क्षति भएको छ। प्रदेश नं २ मा सप्तरी जिल्लालाई मात्रै प्रभावित बनाएको छ। उक्त जिल्लामा बाढीमा परेर एक बेपत्ता भएका छन्।, बागमती प्रदेशको सिन्धुली प्रभावित भएको जनाइएको छ। सिन्धुलीमा बाढीबाट एकजनाको मृत्यु भएको छ। गण्डकी प्रदेशको नवलपरासी पूर्व (नवलपुर) मा दुई जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेशको प्यूठानमा मात्रै क्षति गराएको छ। प्राप्त विवरणअनुसार उक्त जिल्लामा दुईजनाको मृत्यु भएको र एकजना बेपत्ता रहेको जनाइएको छ।, कर्णालीका पाँच जिल्ला प्रभावित , कर्णाली प्रदेशका पाँच जिल्ला प्रभावित भएको छ। ती जिल्लामा आठजनाको मृत्यु, चार घाइते र एक बेपत्ता रहेका छन्। प्राप्त विवरणअनुसार कालीकोटमा एक, हुम्लामा ६ र सल्यानमा एकजनाको मृत्यु भएको छ।  जुम्लामा एक बेपत्ता छन् भने सुर्खेत र कालीकोटमा गरी चार घाइते छन्।, यस्तो छ सुदूरपश्चिमको क्षति , सुदूरपश्चिम प्रदेशका सात जिल्ला प्रभावित भएको छ। ती जिल्लामा ३७ को मृत्यु भएको छ भने २२ बेपत्ता छन्। सत्र जना घाइते छन्। सबैभन्दा बढी डोटीमा १६ र बझाङमा १२ जनाको मृत्यु भएको छ।, बैतडीमा चार, डडेलधुरामा तीन तथा अछाम र कैलालीमा एक–एकजनाको मृत्यु भएको छ। बझाङमा अझै १९ जना हराइरहेका छन्। डोटी र कैलालीमा एक–एकजना बेपत्ता छन्।, (रासस), बेमौसमी वर्षा: ११७ को मृत्यु, ३२ बेपत्ता
रासस प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ।, पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा फेला पारी पक्राउ गरी नाबालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।, नाबालकलाई ललाइफकाइ, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी लामो समयदेखि यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।, अभियुक्तलाई जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा सात दिन म्याद थपको अनुमति लिई घटना सम्बन्धमा अनुसन्धान कार्य अघि बढाइएको प्रनाउ हमालले बताए।, उनको साथबाट ल्याप्टप एक थान, मोबाइल एक थान, राहदानीसहित थप प्रमाणमा लाग्ने चिजबस्तु फेला पारिएको जनाइएको छ।, पोखराबाट पक्राउ परे विदेशी नागरिक
केदार मगर घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका देखिन्छन्। उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने जनविश्वास रहिआएको छ।, वर्षको दुई पटक उधौली र उभौलीअर्थात् कात्तिक र चैतमा जोगीले घरघरमा डुलेर रातभर मन्त्र जप्दै शङ्ख (बराँठको सिङ) बजाएर फेरी लगाउने चलन छ।, धार्मिक आस्थासँग जोडिएको फेरी लगाउने परम्परागत पेसालाई दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका १९ घर जोगी समुदायले लामो समयदेखि निरन्तरता दिँदै आएका छन्।, फेरी लगाउने जोगीलाई फेरी लगाइएको घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्यूलगायत खाद्यान्न तथा पैसासमेत भिक्षा (दान) दिने चलन छ।, रातका समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा सङ्कलन गरी जोगी समुदायले आफ्नो जीविकोपार्जन गर्दै आएका छन्।, फेरी लगाएर मन्त्र जाप गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जिल्लावासीमा जनविश्वास छ।, बतासेका ६३ वर्षीय तीर्थबहादुर जोगी ४४ वर्षदेखि जिल्लाबासीको शान्तिको कामनासहित फेरी लगाउने पेशामा सक्रिय रहेका छन्।, तीर्थबहादुरको दुई छोराहरु पनि यही पेसाअर्थात् फेरी लगाउने काम गर्छन्। उनीहरु फेरी लगाउन जिल्लाका विभिन्न स्थानीय तह तथा छिमेकी जिल्ला भोजपुर र उदयपुरको गाईघाट बजारसम्म पुग्ने गरेका छन्।, तीर्थबहादुर बाउछोरा जस्तै बतासेका अन्य सबै १९ घरका जोगी समुदाय फेरी लगाउने पेसामै आबद्ध छन्। बतासेमा ती घरमध्ये भारती, गजुरनती र रिदनती थरका जोगी समुदायको बसोबास छ।, बतासेका जोगी समुदायले आफूहरुलाई ‘गुरु गोरखनाथ’को चेलाका रूपमा अन्य समुदायलाई चिनाउने गरेका छन्।, तीर्थबहादुरको जेठा छोरा ३५ वर्षीय कैलाश जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका क्षेत्र र कान्छा ३२ वर्षीय शङ्कर जोगी छिमेकी जिल्ला उदयपुरको गाईघाट पुगेर फेरी लगाइरहेका छन्।, ती समुदायले आफूहरुबीच भूगोलसमेत निर्धारण गरेका छन्। आफ्नो वंशले गर्दै आएको क्षेत्रमा सोही वंशका व्यक्तिले मात्र फेरी लगाउने चलन रहेको बतासेका ५० वर्षीय लाखबहादुर जोगीले बताए।, ‘२००७ देखि २०३७ सालसम्म ठेक्कामार्फत फेरी लगाउने चलन थियो। अहिले ठेक्का प्रणालीमार्फत फेरी लगाउने चलन हटेको छ। जोगी समुदायबीचमै आपसी समझदारीमा क्षेत्र निर्धारण गरेर फेरी लगाउने गरिएको छ,’ उनले भने।, फेरी लगाएमा घरको रक्षा हुने, भूतपिचास नआउने जस्ता जनविश्वासका कारण आफूहरुलाई फोनमार्फत समेत स्थानीय बासिन्दाले आफ्नो गाउँ तथा घरमा आउन आग्रह गर्ने गरेको तीर्थबहादुरले बताए।, ‘धार्मिक आस्थासँगै जोडिएको फेरी लगाउने परम्परालाई वर्षौंदेखि हामीले निरन्तरता दिँदै आए पनि अहिलेसम्म राज्यको तर्फबाट भने कुनै संरक्षण तथा प्रवर्द्धनको काम भएको छैन। युवा पुस्ताले भने फेरी लगाउने पेसामा त्यति धेरै चासो देखाएका छैनन्। यसलाई संरक्षण र प्रवद्र्धन गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने अवस्था आएको छ,’ उनले भने।, युवा पुस्ताले चासो नदेखाएका कारण आफूहरुको पालापछि यो परम्परालाई कसले निरन्तरता देला भन्ने बतासेका जोगी समुदायका पुर्खालाई चिन्ता बढेको देखिएको छ।, पछिल्लो समय युवापुस्ता वैदेशिक रोजगारीमा जान थालेपछि फेरी लगाउने पेसा सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको पाइएको छ। वैदेशिक रोजगारीका कारण युवापुस्ता विदेशिने क्रम बढेसँगै फेरी लगाएर वर्षभरि खान पुग्ने अन्नको जोहो गर्ने जोगी समुदायको पुर्ख्यौली पेशा सङ्कटमा पर्ने खतरा बढेको बतासेका वडाध्यक्ष लोकेन्द्र राईले बताए।, ‘बतासेका जोगी समुदायलाई राज्यको तर्फबाट अहिलेसम्म केही गर्न सकिएको छैन। अहिले बतासेका नौ भाइ युवा विदेशमा छन्। फेरी लगाउँदाभन्दा विदेशमा राम्रो कमाइ हुने भएकाले अन्य युवा पनि विदेशिने सम्भावना बढेको छ,’ उनले भने।, ती समुदायका हरेक पुरुष सदस्यले जीवनमा अनिवार्यरुपमा एक पटक फेरी लगाएर हिँड्नुपर्ने परम्परागत मान्यता रहेको बतासेकै ३१ वर्षीय धनकुमार जोगीले जानकारी दिए।, ‘हाम्रो पुर्खौली पेसा भनेकै ‘फेरी’ लगाउने हो। आफ्नो परम्परादेखि चल्दै आएको पुर्खौली पेसालाई संरक्षण गर्नकै लागि भए पनि हरेक वर्षको दुई पटक गाउँगाउँमा पुगेर फेरी लगाउने गरेको छु,’ उनले भने।, फेरी लगाउने जोगीले एकपल्टअर्थात् कात्तिक तथा चैत एक महिनामा रु एक लाखसम्म नगद तथा खाद्य सामग्री सङ्कलन गर्ने गरेका छन्। रातको समयमा फेरी लगाउनुपर्ने हुँदा उनीहरुमा चिसोले सताउने र रुघाखोकी जस्ता रोगसमेत देखिने गरेको छ।, फेरी लगाउने परम्परा धार्मिक विश्वाससँग जोडिएको छ। फेरी लगाएर मात्रै यो समुदायमाथि उठ्न सक्ने अवस्था नरहेकाले पेसा नै सङ्कटमा पर्ने सम्भावना बढेको गाउँपालिका प्रमुख भूपेन्द्रकुमार राईले बताए।, ‘फेरी लगाउने जोगी समुदायलाई अन्य माध्यमबाट आर्थिक, सामाजिक र शैक्षिकस्तरमा सबल बनाउन आवश्यक छ। लोप हुन लागेको जोगी समुदायको फेरी लगाउने पेसालाई संरक्षण तथा प्रवर्द्धन गर्न गाउँपालिकाले विशेष पहल गर्नेछ,’ उनले भने।, राति मात्र फेरी लगाउने जोगीहरु हरेक घरमा पुगेर चार सुर र मूल ढोकामा उभिएर शङ्ख बजाउँदै मन्त्र जाप गर्दछन्। फेरी लगाउँदा कसैसँग बोल्दैनन् तर, फेरी लगाई सकेपछि कसै स्थानीय बासिन्दाले ढोका खोली दिएमा उनीहरुको घरभित्रसमेत पसेर मन्त्र जाप गर्दै शङ्ख बजाउने गर्छन्।, जोगीले धिमाल जातिको घरमा भने फेरी लगाउँदैनन् र भिक्षाअर्थात् दान, दक्षिणासमेत लिँदैनन्। धिमाल जाति र जोगीहरुको गोत्र मिल्ने भएकाले फेरी नलगाइएको तीर्थबहादुरले बताए।, फेरी लगाउने जोगीले दश झोली बोक्ने गरेका छन्। बाह्रपन्थे जोगीको १२ झोलीमध्ये एउटा बाहुन र एउटा सन्यासीलाई दिइएकाले आफूहरुसँग दशवटा मात्रै झोली रहेको जोगी समुदायले बताउने गरेका छन्।, दुई नगरपालिका र आठ गाउँपालिका रहेको हलेसी, अर्खौले र चिसापानीमा जोगी समुदायको बसोबास छ। बतासेबाहेक अन्य ठाउँका जोगी समुदायले फेरी लगाउने पेसा छाडिसकेको स्थानीय बासिन्दाले बताएका छन्।, (रासस), फेरी लगाउन चासो दिँदैनन् युवा
नवीनबाबु गुरूङ काठमाडौंको अनामनगरस्थित मण्डला नाटक घरमा जिजीविषा नाटक मञ्चन सुरू भएको छ।, मण्डला ड्रामा स्कुलका पहिलो ब्याजको विद्यार्थीहरुको प्रस्तुति हो- नाटक जिजीविषा।, सोमनाथ खनालले लेखेका कथालाई राजन खतिवडाले निर्देशन गरेका छन्।, एउटा हिमालको फेदीमा रहेको तलाउ सुक्दै गएपछि माछाहरु समुन्द्रको यात्रामा निस्केको र उनीहरुले यात्रामा भोगेका अनेकन कथा तथा व्यथाहरूलाई नाटकमा रोचक तरिकाले उतारिएको छ।, हेर्नुस् तस्बिरहरू:, मण्डलामा 'जिजीविषा' (तस्बिरहरू)
एजेन्सी दक्षिण अमेरिकी मुलुक कोलम्बियाले पक्राउ गरेका एक जना कुख्यात लागुऔषध कारोबारी अमेरिकालाई सुपुर्दुगी गर्ने भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगालाई कानुनी प्रक्रिया पूरा गरेर अमेरिकालाई हस्तान्तरण गर्न लागिएको हो।, ५० वर्षीय उसुगालाई कोलम्बियाको उरागा क्षेत्रको ग्रामीण बस्तीबाट गत शनिबार पक्राउ गरिएको थियो। उनीमाथि ठुलो परिणाममा कोकिन अमेरिका पठाएको, प्रहरी अधिकारीको हत्या गरेको, आफ्नो समूहमा बच्चाहरूलाई भर्ती गरेको, ती बच्चाहरूमाथि यौन अपराध गरेकोलगायत आरोप छन्।, उनलाई पक्राउ गर्ने क्रममा चलाइएको अप्रेशन ओसिरिसमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको थियो। उक्त अप्रेशनमा कोलम्बियाको स्पेसल फोर्सका ५ सय सदस्य  र २२ वटा हेलिकप्टर परिचालन गरिएको थियो।, पक्राउ परेपछि उसुगाले सुरक्षाकर्मीसँग ‘तिमीहरूले मलाई हरायौ’ भनेका थिए।, कोलम्बिया सरकारले मोस्ट वान्टेडको सूचीमा राखेका उनी कहाँ छन् भन्ने जानकारी दिनेलाई ८ लाख  इनाम दिने घोषणा गरेको थियो। अमेरिकाले पनि उनी कहाँ बसिरहेका छन् भन्ने जानकारी दिनेलाई ५० लाख डलर पुरस्कार दिने बताएको थियो।, राष्ट्रपति डुकले उसुगा पक्राउ पर्नु आफ्नो देशमा लागुऔषध कारोबारीमाथि यो शताब्दीकै ठूलो प्रहार भएको बताएका छन्।, उसुगा ड्रग ट्राफिकिङ समूह क्लान डेल गल्फोको नाइके थिए। उक्त समूहसँग झन्डै १२ सय जना हतियारधारी सदस्य छन्। कोलम्बियाका ३२ मध्ये १० प्रान्तमा उक्त समूहको प्रभाव थियो।, कोलम्बियाका न्याय मन्त्री विल्सन रूइजले  उसुगालाई जतिसक्यो छिटो अमेरिकालाई सुपुर्दगी गर्ने तयारी भइरहेको र सबै प्रक्रिया पूरा गर्न कम्तीमा दुई साता लाग्ने बताएका छन्।, अमेरिकाको न्युयोर्क, मियामीलगायत ठाउँमा उसुगाविरूद्ध विभिन्न मुद्दाहरू छन्।  , कोलम्बियाले पक्राउ परेका कुख्यात लागुऔषध कारोबारी अमेरिकालाई सुपर्दुगी गर्ने
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोषमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारी आन्दोलनमा उत्रिएका छन्।, ६६ कर्मचारीहरुलाई जानकारीबिनै निष्कासन गरिएको भन्दै उनीहरू आन्दोलनमा छन्।, साउन १ गतेदेखि आफूहरुलाई कामबाट निकालिएको भन्दै उनीहरुले पशुपति विकास कोष अगाडि धर्ना दिइरहेका छन्।, कोष व्यवस्थापकबाट कुनै पनि सूचना नदिई नियमित काममा हाजिर गर्न बञ्चित गरिएको भन्दै नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई ज्ञापन पत्र पेश गरेको छ।, ‘आफ्नो र आश्रित परिवारको जिविकोपार्जनका लागि धार्मिक संस्थामा श्रम गरेका श्रमिकहरुले आज सडकको पेटीमा आँशु बगाउनुपर्ने अवस्था कोषले सिर्जना गर्यो। तीन महिनादेखि हाजिर गर्ने आश्वासन दियो तर गराएन,’ ज्ञापन पत्रमा भनिएको छ।, श्रमिकहरुले तुरुन्त हाजिर गराएर बञ्चित गरिएको मितिदेखिको खाइपाइ आएको तलब, भत्ता तथा सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका छन्।, आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन्।, कामबाट निकालेपछि पशुपति क्षेत्र विकास कोषका कर्मचारी आन्दोलनमा
सेतोपाटी संवाददाता काठमाडौंको सिनामंगलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अवैध रूपमा नेपाल आएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।, ३ जना महिला र ८ जना पुरूषलाई सिनामंगलको एक होटलबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनीहरू काठमाडौंमा कहिलेदेखि छन् भन्ने पुष्टि भइनसकेको उनले बताए। उनीहरूले आफूहरू चार-पाँच दिनअघि मात्रै आएको बताएका छन्। , 'उनीहरूले केही दिनअघि मात्रै आएको भनेका छन्। स्थानीयले उनीहरू २५-३० दिनदेखि नै बसिरहेको भनेका छन्,' महतोले भने, 'भेरिफाइ भइरहेको छ।', पक्राउ पर्नेहरूमा एकै परिवारका पाँच जना छन् भने बाँकी छुट्टाछुट्टै छन्। उनीहरू भारत हुँदै सुनौली नाकाबाट आएका थिए। , अफगान नागरिकहरू काठमाडौंमा आएको भन्ने सूचना पाएपछि ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो।, अहिले ब्युरोले उनीहरूमाथि सोधपुछ गरिरहेको छ। , अफगानिस्तानमा तालिबान सत्तामा आएसँगै धेरै नागरिकले त्रासमा देश छाडेका थिए। उनीहरू पनि तालिबानले काबुल कब्जा गरेपछि भागेर नेपाल आएको आशंका गरिएको छ। ,  , सिनामंगलबाट ११ जना अफगान नागरिक पक्राउ
सेतोपाटी संवाददाता नेपालमा पहिलोपल्ट १२ वर्ष उमेर समूह माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरूद्धको खोप आइपुगेको छ। , अमेरिकाको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १ लाख ६ सय २० डोज ‘फाइजर’ खोप सोमबार बिहान आइपुगेको खोप शाखाका प्रमुख डा. सागर दाहालले जानकारी दिए। , यसअघि नेपालमा विभिन्न चरणमा खोपहरू आए पनि बालबालिकाले लगाउन मिल्ने खोप आएको थिएन। तर फाइजरको यो खोप भने १२ वर्ष माथिका बालबालिकालाई लगाउन मिल्नेछ। , प्रमुख दाहालले यो खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीहरूलाई लगाउने निर्णय भएको जनाए। उनले यो खोप देशभरका २४ वटा अस्पतालबाट लगाइनेसमेत जानकारी दिए। जसमा ९ वटा उपत्यकाभित्रका अस्पताल छन्। , दाहालका अनुसार यो खोप कात्तिक २८ गतेबाट लगाउन सुरू गरिनेछ।, अमेरिकाले यसअघि पनि एक डोज लगाए पुग्ने ‘जोन्सन एण्ड जोन्सन’ को १५ लाख डोज खोप अनुदानमा दिएको थियो। , खोप शाखाका अनुसार हालसम्म नेपालमा ६५ लाख बढी मानिसले पूर्ण मात्रा खोप लगाइसकेका छन्। यो कुल जनसंख्याको २२ प्रतिशत हो।, सरकारले दसैं अगाडि नै ३३ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने जनाएको थियो। तर उक्त योजना सफल हुन सकेन।, पहिलोपल्ट १२ वर्ष माथिकालाई लगाउन मिल्ने एक लाख फाइजर खोप आइपुग्यो, कसले पाउने?
राजेश घिमिरे गत असारको दोस्रो साता चितवनको गड्यौलीबाट एक युवती अपहरणमा परेको खबर फैलियो। हराएको नौ दिनपछि गाउँदेखि माथिको जंगलमा उनको शव फेला पर्‍यो। अपहरणमा परेको जानकारी दिँदा पनि प्रहरीले खोजी नगर्दा युवतीको हत्या भएको दाबी गर्दै गड्यौलीबासी आन्दोलित बने।, महिला अधिकारकर्मी ‘जस्टिस फर सुजिता भण्डारी’ भन्दै गड्यौली पुगेर आन्दोलनकारीलाई प्रोत्साहन गर्न थाले। सामाजिक सञ्जालमा पनि प्रशासनको बिरोध बढ्दै गयो।, अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले कर्फ्यू नै लगाउनुपर्‍यो। तर युवतीको हत्या भएको कुनै प्रमाण भेटिएन। आत्महत्या दुरुत्साहनतर्फ मुद्दा मोडियो।, यो घटनाले गड्यौली चर्चामा त आयो तर नामभन्दा बदनाम बढी कमायो। गड्यौलीबासीलाई स्तब्ध बनायो। , त्यही गड्यौली फेरि एक पटक सामाजिक सञ्जालमा खुब चर्चामा छ। यस पटक भने गाउँका एक सामान्य युवकको बोलीले गड्यौली चर्चामा छ, जसले यहाँका स्थानीयलाई असाध्यै खुसी बनाएको छ। , यहाँका २० वर्षीय मानबहादुर तामाङले मोबाइलको सेल्फी भिडिओमा स्वतःस्फूर्त बोलेका कुरालाई दर्शकले निकै मन पराएका छन्।, भिडिओमा उल्लेख्य कुरा त केही छैनन् तर उनले बनाएको लामो भिडिओको सानो अंश ‘के हो, कहाँ हो? म ह्याँ चोकतिर यार, चोकतिर, चोकतिर केटा हो, चोकतिर म....’ भने केही दिनयता सामाजिक सञ्जालमा निकै हेरिएको छ।, युट्युबबाट टिकटक हुँदै फेसबुक र ट्वीटर प्रयोगकर्ताले पनि उनको बोलीको त्यो अंश (चोकतिर) लाई रमाइलो ढंगले प्रस्तुत गरिरहेका छन्।, उनले बोलेका शब्दमा गीत बनेका छन्, उनको भाइरल भिडिओसँग जोडेर टिकटक बनाउने क्रम बढ्दो छ। प्रशस्त मिम बनिरहेका छन्।, केही सेकेन्डको त्यो भिडिओ टिकटकमा मात्रै २७ लाख भन्दा बढीले हेरेका छन्।, यसरी बन्यो भिडिओ, मानबहादुरलाई पूर्वी चितवनको गड्यौलीमा प्रायःले चिन्छन्। पूर्व-पश्चिम राजमार्गसँग जोडिएको गड्यौली क्षेत्रमा ज्यालादारी काम गर्छन् उनी। मानबहादुर भूतपूर्व भारतीय सैनिक वीरबहादुर तामाङका छोरा हुन्। मानबहादुर सानै हुँदा वीरबहादुर बिते।, राजमार्गबाट दुई किलोमिटर पर घर भए पनि उनी घरमा बस्दैनन्। गड्यौली बजार आसपासमा जे काम भेटियो त्यही गरेर गुजारा चलाउँछन्।, भर्चुअल संसारबाट परै रहेका मानबहादुर स्थानीय शिक्षक गणेश लामासँग नजिकिन्थे। बेला-बेलामा भिडिओ बनाएर युट्युबमा पोष्ट गर्ने गणेशले गड्यौलीमा पोल्ट्री फार्म पनि चलाएका छन्। नजिकैको अर्को फार्ममा काम गर्ने मानबहादुरलाई भेट्दा गणेश निकै गफिन्थे।, मानबहादुरको बोली, स्वभावले गणेशलाई आकर्षित गरेको थियो। पुरानो, मैलो कपडा, जिंग्रिङ्ग परेको कपालले मानबहादुरको गरीबी झल्काउँथ्यो। गाउँतिर एक्लै बरालिँदै हिँड्ने उनको बानीले बेसाहरा युवकको परिचय दिन्थ्यो।, गणेश भन्छन्, ‘राम्रो आचरण, नम्र भएर बोल्ने, हाँसेर कुरा गर्ने बानीले मानबहादुरलाई गाउँलेहरू मन पराउँछन्, इमान्दार छ यो केटो भन्छन्। कसैले ल खाजा खाऊ भनेर पैसा दिन्छन्।’, यो पनि हेर्नुहोस्: ,टिकटकमा भाइरल भएको 'चोकतिर केटा हो... चोकतिर' (भिडिओ), गणेश पनि बेला-बेलामा मानबहादुरलाई रेष्टुरेन्ट लगेर खाजा खुवाउँथे। मोटरसाइकल चढाएर विभिन्न ठाउँ घुम्न लैजान्थे।, एकदिन गणेशले मोटरसाइकल चढेर खेततिर जान लाग्दा मानबहादुरले बोलाए। म पनि जान्छु, फोटो पनि खिचौं भन्न थालेपछि गणेशले मोटरसाइकलमा बसाए। , आफ्नो मोबाइल सेल्फी मोडमा राखेर दिए। रेकर्ड भइरहेको मोबाइल समातेर मानबहादुर जोशका साथ बोल्न थाले, ‘के हो, कहाँ हो? म ह्याँ चोकतिर यार, चोकतिर, चोकतिर केटा हो, चोकतिर म....।, उनी बोलिरहे। कहिले विदेश जाने कुरा, कहिले साथीसंगीसँग भेटघाटको कुरा त कहिले पारिवारिक सम्बन्धका कुरा।, मानबहादुरले बोलेको भिडिओको अघिल्लो केही अंश काटेर गणेशले १८ जुलाईमा टिकटक (किमओङथिङ नामको टिकटक एकाउन्ट) मा पोष्ट गरे।, यसलाई टिकटक प्रयोगकर्ताले अत्याधिक मन पराएका छन्। पूर्ण भिडिओ गणेशले ‘सलोम’ नामको युट्युब च्यानलमा पोष्ट गरेका छन्। १९ जुलाईमा पोष्ट गरिएको भिडिओ ३९ हजार ९ सय बढीले हेरेका छन्। यी भिडिओहरू फेसबुक, ट्वीटरतिर पनि पोष्ट भइरहेका छन्।, @kimwoungtheeng, Mandy vlog, ♬ original sound - Kim-woung Theeng, ‘मानबहादुरलाई देख्दा, ऊसँग कुरा गर्दा यसभित्र केही न केही त पक्कै छ जस्तो लाग्थ्यो,' गणेश भन्छन्, ‘त्यो दिन त उसको मुखमा भगवान् नै बसेका रहेछन् जस्तो लाग्छ। यति धेरैतिर फैलिएछ कि यस्तो त भगवानको बोलीमात्र हुन्छजस्तो लाग्छ।’, मानबहादुरले भिडिओमा बाबुको पेन्सन आउने र त्यो पेन्सन दिदी, भिनाजुले खाने गरेको बताएका छन्। भिडिओमा उनले पटक-पटक विदेश गएर लाइफ बनाउने बताएका छन्।, 'पीडा धेरै भएर होला काम गर्दागर्दै भक्कानिन्छ, भिडिओमा मनको कुरा भनेको थियो होलाजस्तो लाग्छ', गणेश भन्छन्, 'अन्तत: भगवानले उनको कुरा सुनेजस्तो छ।', आफू पुगेको ठाउँको भिडिओ खिचेर युट्युबमा पोष्ट गर्ने गरेका गणेशले त्यसअघि पनि मानबहादुरको भिडिओ बनाएका थिए।, ‘पूर्व-पश्चिम राजमार्गमा रहेको ‘जेब्राक्रस’ बाट मानबहादुरले बाटो काटिरहेको भिडिओ पोष्ट गर्दै सडकको नियमको विषयमा जानकारी गराएको थिएँ। चोकतिर वाला भिडिओ पछिचाहिँ मानबहादुरको खोजी भयो, अहिले उनका सबै भिडिओहरू मान्छेले खोजी-खोजी हेरिरहेका छन्, जे बोल्यो त्यो भाइरल हुन थालेको छ,’ गणेशले सुनाए।, पहिले राखेका भिडिओमा सय, एक सय पचास भ्यू पाउने गरेका गणेश मानबहादुरको त्यो भिडिओमा लाखौं भ्यू आउन थालेपछि छक्क परे। 'लाइक,कमेन्ट, म्यासेज यति आउँथ्यो कि मेरो मोबाइल नै ह्याङ हुन थाल्यो,' उनले भने, 'कुनै भिडिओमा त १२ घन्टा नपुग्दै १ मिलियन भ्यू आयो।', ती मानबहादुर, यी मानबहादुर, गणेशले सामाजिक सञ्जालमा राखेको भिडिओले मानबहादुरको रूपै बदलिदिएको छ। केही दिनअघिसम्म मैलो शरीर र मैलो कपडामा देखिने मानबहादुर अहिले ‘सफाचट’ देखिन्छन्। त्यो जिंग्रिङ कपालमा रंग दलेर झिल्के देखिका छन्। गगल्स अनि नयाँ जुत्तामा चिटिक्क सजिएका छन् मानबहादुर। बेसाहरा बनेर एक्लै भौंतारिने मानबहादुरलाई यो अवस्थामा देख्दा स्थानीय दंग पर्छन्।, अचेल मानबहादुरलाई सहयोग गर्न भनेर गणेशलाई बर्गेल्ती म्यासेज आउँछन्। मानबहादुरका भिडिओमा सहयोग गर्न तयार रहेका धेरै कमेन्ट भेटिन्छन्।, ‘मैले सहयोग गर्छु भनेर आउनेहरूसँग पैसा माग्ने गरेको छैन। प्राप्त सहयोगबाट के गर्ने भन्ने नहुँदासम्म सहयोग मागेर काम पनि भएन,’ उनले भने। तनहुँको एउटा ब्यान्डले गरेको ५ हजार रुपैयाँ सहयोग स्वीकार गरेर उनले मानबहादुरलाई नयाँ कपडा, जुत्ता किनिदिएका छन्। , मानबहादुरका कारण गड्यौलीको नाम जताततै चर्चामा आउन थालेपछि स्थानीय युवाहरू उत्साहित भएका छन्। केही युवाको समूहले ‘कहाँ हो? चोकतिर, चोकतिर, गड्यौली चोकतिर’ लेखिएको टिसर्ट तयार पारी बिक्री गरेर मानबहादुरका लागि सहयोग जुटाएका छन्।, ‘आफ्नो ठाउँको नाम नै चर्चामा आउने गरी मानबहादुरको भिडिओ भाइरल भइरहेको छ। यसले हामी गड्यौलीबासीलाई असाध्यै खुसी बनाएको छ,’ टिसर्ट अभियान चलाइरहेकामध्ये एक सचित सेढाईंले भने, ‘हामी अब गाउँलाई चर्चामा ल्याउने मानबहादुरका लागि पनि केही गर्न चाहन्छौं।’, सुरूमा ५० वटा टिसर्टमात्र तयार गरेको भए पनि धेरैतिरबाट माग आएपछि पुर्‍याउन नसकेको उनले बताए।, ‘गड्यौली भाइरल भयो भन्दै देश-विदेशबाट फोन आउने गरेको छ,’ उनले भने, ‘सधैँ ओझेलमा परेको हाम्रो गाउँको नाउँ एक्कासी सबैले लिन थालेपछि हाम्रो त खुसीको सीमा नै छैन।’, मानबहादुर अचेल गणेशको घरमा बस्छन्। गणेशलाई अब मानबहादुरलाई आउने सहयोगको कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ।, ‘उसको शारीरिक अवस्था त ठीक छ, काम गरेर खान सक्छ। तर परिवारबाट टाढा हुँदा हो वा के कारणले हो कहिलेकाहीँ मानसिक तनावमा भएजस्तो कुरा गर्छ,’ गणेशले भने, ‘संकलित सहयोगले उसलाई राम्रो अस्पताल लगेर उपचार गराउन पाए हुन्थ्यो जस्तो लागेको छ।’, पहिले अरूले वास्ता नगर्ने गरेका मानबहादुरमा अचेल धेरै मान्छेसँग बोलचाल र घुलमिल हुँदा धेरै सकरात्मक परिवर्तन आइसकेको उनी बताउँछन्।, सामाजिक सञ्जालका कमेन्टहरूमा 'मानबहादुरजस्ता बेसाहरा युवकलाई बोल्न लगाएर ठूलो हुन खोजेको' भनेर पनि कमेन्ट आउँदा भने गणेशलाई दु:ख लागेको छ।, 'मेरो स्वार्थ त केही पनि छैन, उसको लाइफ बनोस् भन्ने चाहनामात्र मेरो हो,' स्थानीय स्तरमा सामाजिक काममा पनि सक्रिय गणेश भन्छन्, 'तैपनि प्राय:ले राम्रा कमेन्ट गर्नुभएको छ। त्यसैले सकारात्मक कुरालाई ध्यान दिएर सहयोग गर्नुपर्छ भनेर लागेको छु।', ‘मानबहादुर त अहिले सेलिब्रेटी भइसके। उनीसँग टिकटक बनाउनुपर्‍यो भनेर फोन आउन थालेको छ,’ स्थानीय युवा सचितले भने, ‘उनी पनि निकै खुसी देखिन्छन्। खुसी हुँदा नै उनमा धेरै परिवर्तन आएको देखेको छु। बेसाहरा युवाको अनुहारमा यति परिवर्तन ल्याउन सक्नु पनि ठूलो कुरा होजस्तो लाग्छ।', सबै तस्बिरहरू सौजन्य: गणेश लामा।, ‘चोकतिर केटा हो... चोकतिर’ ले बदलेको मानबहादुरको जिन्दगी
अनुषा अधिकारी महिनावारी बेला तपाईं के प्रयोग गर्नुहुन्छ?, केही समयअघि सेतोपाटीको ,महिनावारी कुरा, श्रृंखलामा माल्भिका सुब्बाले भनेकी थिइन्– मेन्स्ट्रुअल कप।, हामीमध्ये धेरैलाई यसबारे थाहा नहोला। कतिले त नाम पनि सुनेका छैनौं होला। हाम्रो समाजको परिवेश महिनावारीबारे अहिले पनि धेरै संकुचित छ। सहरी भागमा यसलाई सामान्य शारीरिक प्रक्रिया मान्ने सकारात्मक सोच विस्तार हुँदै गए पनि गाउँघरमा यो अझै ‘पाप’ नै कहलिन्छ। छाउगोठमा महिलाहरूले ज्यान गुमाएका समाचार आइरहेकै छन्।, महिनावारी स्वच्छ बनाउन हामी 'स्यानिटरी प्याड' प्रयोग गर्दै आएका छौं। अचेल 'ट्याम्पुन' पनि बजारमा देखिन थालेको छ। ट्याम्पुन भनेको कपासलाई लाम्चो आकार दिएर बनाइएको साधन हो, जुन महिनावारी बेला योनीभित्र राखिन्छ। यसले रगत सोस्छ। विदेशमा यसको चलन धेरै भए पनि हामीकहाँ प्याडजस्तो सर्वसुलभ छैन।, यस्तै वैकल्पिक साधन हो, मेन्स्ट्रुअल कप अर्थात् महिनावारी कप। यो सिलिकनले बनेको सानो कप हो, जसलाई योनीभित्र छिराएर प्रयोग गरिन्छ। यो कप गर्भाशयभन्दा तलपट्टि योनीको भित्तामा अडिन्छ र रगत बग्न दिँदैन। रगत कपमा जम्मा हुन्छ।, यसको प्रयोग अनुभवबारे माल्भिका भन्छिन्, ‘यो नरम र लचिलो भएकाले समस्या हुँदैन। प्याड वा ट्याम्पुनजस्तो फेरेर फ्याँक्नु पर्दैन। राम्ररी धोइपखाली बारम्बार प्रयोग गर्ने हो। मेन्सट्रूअल कप स्वास्थ्य र आर्थिक दुवै हिसाबले फाइदाजनक छ। एउटा कपको आयु पाँचदेखि दस वर्ष हुन्छ।’, उनले भनेजस्तै संसारभर महिनावारी कपका फाइदाबारे चर्चा भइरहेका छन्। लगाउन आरामदायी र रगत नचुहिने भएकाले पौडी खेल्नेहरूलाई पनि फाइदाजनक भएको बताइँदै आएको छ। तर यसबारे धेरैलाई अलमलै छ। टालोबाट भर्खरै प्याडसम्म पुगेका महिलाका लागि त झन् यो के हो के?, यसबारे हामीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर नीरा श्रेष्ठसँग कुराकानी गरेका छौं।, उनका अनुसार यो कप सुरक्षित छ। यसले स्वास्थ्यमा कुनै असर गर्दैन। प्याड प्रयोग गरेको ४ देखि ६ घन्टा अन्तरालमा परिवर्तन गरिनुपर्छ। नभए संक्रमणको सम्भावना बढ्छ। त्यसको तुलनामा महिनावारी कप धेरै गुणा राम्रो छ।, ‘प्याड बढी समय प्रयोग गरे त्यसमा हुने रसायनले योनीमा असर गर्छ, जसले बाँझोपन वा पाठेघर क्यान्सरसमेत निम्त्याउन सक्छ,’ निराले भनिन्, ‘मेन्स्ट्रूअल कपमा रसायनको डर हुँदैन। यसलाई सफा भने गरिरहनुपर्छ।’, निराका अनुसार रगत बग्ने मात्रा हेरेर चारदेखि बाह्र घन्टाको अन्तरालमा कप सफा गरेर पुनः प्रयोग गर्न सकिन्छ। प्रत्येक महिनावारीपछि कपलाई कम्तिमा पाँच मिनेट पानीमा उमालेर सफा गर्नुपर्छ। सुख्खा कपलाई झोला वा बट्टामा प्याक गरेर राख्नुपर्छ।, हरेकपटक प्रयोगपछि यही विधि अपनाए यो कप पाँचदेखि दस वर्ष प्रयोग गर्न सकिन्छ। कम्पनीअनुसार यसको प्रयोग अवधि फरक पर्न सक्छ।, कतिपयले यो कप प्रयोगमा ‘कुमारीत्व’ को प्रश्नसमेत उठाएका छन्। योनीभित्र छिराइने हुँदा ‘कुमारीत्व गुम्ने’ भन्दै धेरैले कप प्रयोग गर्न हिच्किचाउने पनि छन्। यो संकोच नेपालमा मात्र होइन, विदेशमा पनि उत्तिकै छ। , यसबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रस्ट भनेका छन्– यो कपले कुमारीत्वमा कुनै असर पार्दैन। कुमारीत्वको अवधारणा आफैंमा बाझिएको छ। योनीको झिल्ली च्यातिएमा कुमारीत्व भंग भएको मानिन्छ, जुन सबै महिलाका हकमा समान हुँदैन। मेन्स्ट्रुअल कप वा ट्याम्पुनजस्ता साधनले यसमा कुनै असर गर्दैन।, मेन्स्ट्रुअल कप उत्पादन गर्ने अन्तर्राष्ट्रिय कम्पनीहरू रुबी कप र अर्गानी कपले यो दाबी पनि गरेका छन्।, डा. निरा यसमा सहमत छन्। ‘यसले कुमारीत्वमा असर पार्छ भन्ने भ्रम मात्रै हो। कपको आकार र त्यसलाई प्रयोग गर्ने तरिकामा भने ध्यान पुर्याउन जरुरी छ। बिनाज्ञान र आकार नमिल्दो कप जबर्जस्ती लगाउँदा भने असहज हुन्छ नै,’ उनले प्रस्ट्याइन्।, कप प्रयोगसम्बन्धी तरिका राम्ररी नबुझेका साना किशोरीलाई भने प्रयोग नगर्न नै उनी सुझाउँछिन्।, कसरी प्रयोग गर्ने त?, पहिले त आफूलाई कुन आकारको कप मिल्छ भन्ने यकिन हुनुपर्छ। यसबारे चिकित्सक वा बिक्रेतासँग बुझ्न सकिन्छ। आकार मिल्दो कप योनीमा कसरी छिराउने भन्नेबारे पनि उनीहरूले नै जानकारी दिनेछन्।, इन्टरनेटमा भिडिओहरू, हेरेर सिके पनि हुन्छ।, ‘सी’ आकारमा पट्याएर, प्रयोग गरिने यो कप सुरू सुरूमा अनौठो वा अप्ठ्यारो लागे पनि पछि सहज हुने माल्भिकाको अनुभव छ। कप भरिएपछि वा आफूलाई सहज भएको समयमा निकालेर सफा गरी पुनः प्रयोग गर्न सकिन्छ।, ‘यस्तो कपको वातावरणीय फाइदा पनि छ। प्याड कुहिँदैन, कहाँ फ्याँक्ने भन्ने समस्या सधैं हुन्छ,’ उनी भन्छिन्, ‘यो त वर्षौं प्रयोग गर्न सकिन्छ। एकपटक किनेपछि महिनैपिच्छे खर्चिने पैसा जोगिन्छ।’, सामान्यतया महिनावारी कपको मूल्य पन्ध्र सयदेखि पच्चीस सयसम्म पर्छ। विदेशबाट आयात गर्नुपर्ने र लामो समय प्रयोग हुने भएकाले मूल्य बढी भएको व्यवसायी बताउँछन्। विदेशमा पनि प्याड र ट्याम्पुनको तुलनामा यसको मूल्य धेरै नै छ। रुबी र अर्गानी कपको मूल्य ७ देखि २५ अमेरिकी डलरसम्म पर्ने तिनका वेबसाइटमा उल्लेख छ।, एकपटकको लगानी हेर्दा धेरै लागे पनि हरेक महिना प्याडमा खर्चिने पैसाभन्दा यो सस्तो पर्न आउँछ।, ‘साँच्चै भन्नुपर्दा महिनावारी कपको आर्थिक, शारीरिक, वातावरणीय सबै किसिमका फाइदै फाइदा छन्,’ माल्भिका भन्छिन्, ‘यसले महिनावारी सहज बनाउँछ, जसले स्वतः हाम्रो आत्मविश्वास बढाउँछ।, (यो स्टोरी सेतोपाटीमा पहिलोपटक २०७६, भदौ १० गते प्रकाशित थियो), महिनावारी 'कप' के हो? कसरी प्रयोग गर्ने?
सेतोपाटी संवाददाता उदयपुरमा ५३ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, कटारी नगरपालिका वडा नम्बर ६ स्थित भोर्ले जंगलबाट सोमबार बिहान साढे ३ बजे पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। , पक्राउ पर्नेमा कटारी नगरपालिका वडा नम्बर ९ सोरूमछबिसेका २० वर्षीय प्रेम परियार छन्।, बिहान कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जंगलमा बोरामा गाँजा बोकी हिँडिरहेको अवस्थामा फेला परेको थियो।, पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।,  , उदयपुरमा ५३ किलो गाँजासहित एक पक्राउ
सेतोपाटी संवाददाता सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित तीन सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको छ। , प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई जिम्मेवारीबाट हटाइएको हो।, उनीहरूलाई एकै समयमा सरूवा गरिएको हो।, महतोलाई गृहमा तानिएको छ भने उनको सट्टामा गृहबाट बाबुराम खतिवडालाई पठाइएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्र पोखरेलले जानकारी दिए।, त्यस्तै, श्रेष्ठको ठाउँमा प्रहरी उपरीक्षक भरत खनियाँलाई पठाइएको हो।, नेपाल प्रहरी प्रधान कार्यालयले पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरको सट्टामा प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट कृष्ण प्रसाई‌लाई पठाएको हो। , केही समय अघि सर्लाहीमा तीनवटै सुरक्षा प्रमुख तास खेलिरहेको भिडिओ बाहिरिएको थियो। त्यही कारण सरूवा भएको हुनुपर्ने स्रोत बताउँछ। , यद्यपि प्रवक्ता पोखरेलले आफूलाई सरूवा के कारणले गरिएको भन्नेबारे जानकारी नभएको बताए। तास खेलेको भिडिओबारे पनि आफूलाई थाहा नभएको बताए। , 'सरूवा भएको थाहा छ। के कुरा हो थाहा छैन,' उनले भने।  ,   , सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित तीन सुरक्षा प्रमुखलाई जिम्मेवारीबाट हटाइयो
सेतोपाटी संवाददाता अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भइरहेको निल गिरिखोला पहिलो जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल सडक सञ्जालमा जोडिएको छ। , निल गिरीखोला हाइड्रोपावर प्रालि प्रवर्धक रहेको ३८ मेगावाट क्षमताको आयोजनाको बाँध निर्माण हुन लागेको हुमखोलामा सडक पुगेको हो। यस कम्पनीले सोही ठाउँमा अर्को ७१ मेगावाट क्षमताको निलगिरि क्यासकेड जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ। , निलगिरि क्यासकेडको विद्युत्गृह निर्माणस्थल दोभानदेखि छोटेपा हुँदै हुमखोला जोड्ने १३ किलोमिटर सडकको पहुँचमार्ग निर्माण सकिएको आयोजनाका इञ्जिनीयर केशव वाग्लेले जानकारी दिए।, ‘पहुँचमार्गले जोडिएपछि बाँध निर्माणको काम पनि अघि बढेको छ’, उनले भने, ‘यसअघि दुई वटा अडिटको चार ठाउँबाट खनिरहेको सुरुङ बाँधतर्फबाट पनि खन्न थालिएको छ।’ अधिकांश ठाउँमा विस्फोटक पदार्थको प्रयोग गरी अक्करे पहाड फुटाएर सडक निर्माण गरिएको छ। समग्रमा पाँच प्रतिशत भौतिक प्रगति भएको निलगिरि पहिलोको दुई हजार २०० मिटरमध्ये १०० मिटर सुरुङ निर्माण सकिएको छ।, निलगिरि क्यासकेडको बाँध र पहिलोको विद्युतगृह निर्माण भइरहेको छोटेपामा ३० मिटर लामो बेलिब्रिज बनाइएको इञ्जिनीयर वाग्लेले बताए। हुमखोलासम्म सडक पुगेपछि नारच्याङ हुँदै अन्नपूर्ण प्रथम हिमालको आधारशिविर जाने बाटो छोटिएको छ। नारच्याङको अन्नपूर्ण युवा क्लबका अध्यक्ष श्याम पुर्जाले यसअघि चार दिनको यात्रा अब दुई दिनमा छोटिएको बताए।, ‘नारच्याङदेखि छोटेपा र छोटेपादेखि हुमखोला दुई दिनको यात्रा गाडीमा दुई घण्टामा गर्न सकिन्छ’, उनले भने, ‘सडक यातायातको सुविधासँगै नारच्याङबाट अब बढीमा दुई दिनमा अन्नपूर्ण आधारशिविर पुग्न सकिन्छ।’, अन्नपूर्ण हिमालको आधारशिविर छोटो दूरीको पैदलयात्रामा पुग्न सकिने सम्भवत् नेपालको पहिलो आधारशिविर भएको पुर्जाले बताए। बस्तीदेखि टाढा रहेको निलगिरीखोला जलविद्युत् आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ। पहुँचमार्गको साथै बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम पनि धमाधम भइरहेको छ। ,रासस, निलगिरि खोलाको बाँध सडक सञ्जालमा जोडियो
खिलानाथ ढकाल नयाँबानेश्वरबाट तीनकुनेतर्फ जाँदा सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालय बीचको सडकमा सोमबार ठूलो भ्वाङ परेको छ।, सुरूमा एक मिटर गोलाइ र पन्ध्र फिटजतिको गहिरो खाल्डो देखिएको थियो। काठमाडौं सडक डिभिजन कार्यालयको टोलीले एक्स्काभेटर ल्याएर खनेपछि वास्तविक आकार थाहा भयो। खन्दै जाँदा झन्डै पाँच मिटर लम्बाइ, त्यति नै चौडाइ र करिब पन्ध्र फिट गहिरो खाल्डो बनेको छ। पूरै खोतलेपछि मात्र यसको आकारप्रकार नाप्न मिल्ने टोलीमा रहेका इन्जिनियरले बताए।, यति ठूलो खाल्डो बन्नुको पछाडि त्यहाँ रहेको मंगाल कारण देखिएको प्राविधिकहरूले बताएका छन्।, हरेक हिसाबले संवेदनशील मानिने उक्त क्षेत्रमा खाल्डो परेपछि नयाँबानेश्वर र तीनकुनेबीचका सबै ट्राफिक युनिटलाई ‘अलर्ट’ गराइएको छ। ट्राफिक कोन र बेरिकेड्स राखेर सवारी साधन डाइभर्ट गराइएको छ। चार ठाउँमा प्रहरीहरू खटाइएका छन्।, सधैं व्यस्त र सवारी चाप अत्यधिक हुने त्यो क्षेत्र प्रतिनिधिसभा भवन नजिक पनि हो। खाल्डो भएको क्षेत्रले एउटा लेन नै ओगटेको छ।, यो पनि हेर्नुहोस्: ,नयाँ बानेश्वरको बीच सडकमै १५ फिट गहिरो खाल्डो, भिडिओमा हेर्नुहोस् नयाँबानेश्वर बीच-सडकको ५ मिटर चौडा, १५ फिट गहिरो खाल्डो
सेतोपाटी हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ।, धरान उपमहानगरपालिका-१५ घर भई हाल हङकङमा बसेर पत्रकारिता गर्दै आएका ५३ वर्षीय पत्रकार राईको आइतबार साँझ यहाँस्थित पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो। , खोटाङबाट भोजपुर जानेक्रममा आइतबार साँझ करिब साढे पाँच बजेको समयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित पङ्खुखोला नजिकैको भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए। , 'मृतक पत्रकार राई काठमाडौंको नागार्जुन नगरपालिका-२ बस्ने सशस्त्र प्रहरी बलका पूर्वप्रहरी उपरीक्षक (एसपी) प्रेम श्रेष्ठसँग घुम्न आउनुभएको रहेछ', उनले भने, 'दिक्तेलबाट भोजपुर जानेक्रममा दोर्पास्थित पङ्खुखोला नजिकै गाडीबाट ओर्लिएर शौचालय  जानेक्रममा भिरबाट लडेर करिब २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।', हङकङबाट नेपाली भाषामा प्रकाशन हुने पत्रिका ‘एभरेष्ट साप्ताहिक’का प्रकाशक एवम् सम्पादक रहेका राईको शव परीक्षणका लागि आइतबार राति नै जिल्ला अस्पताल दिक्तेलमा ल्याएर राखिएको छ।, पत्रकार राईको शव हङकङबाट आफन्त आएपछि परीक्षण गरेर जिम्मा लगाउने प्रहरीले जनाएको छ। , पत्रकार राईको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी  दिए।, 'मृतक पत्रकार राई र एसपी सा’ब साथीसाथी हुनुहुँदो रहेछ', उनले भने, 'नेपाल आएको समयमा साथीसँगै भ्रमण निस्कनुभएको समयमा घटना भएको बुझिएको छ।', पत्रकार राईको मृत्युपछि पूर्व एसपी श्रेष्ठ र चालकसहित तीनजनालाई जिल्ला प्रहरी कार्यालयमै राखेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। यद्यपि, उनीहरूलाई पक्राउ गरेर राखिएको भने होइन।, मृतक पत्रकार राईसहितको टोली प्रदेश नं. २–०१–०२४ च ३८०२ नम्बरको निजी कार लिएर भ्रमणमा आएको बुझिएको छ। घटनापछि उनीहरूले प्रयोग गरेको कारसमेत जिल्ला प्रहरी कार्यालयमै राखिएको छ।  , दुई दशकदेखि हङकङमा पत्रकारिता तथा विभिन्न सङ्घसंस्थाको नेतृत्व गरिरहेका मृतक पत्रकार राईका दुई छोरा युके तथा आमा र श्रीमती हङकङमा रहेको पारिवारिक स्रोतले जनाएको छ। पुर्खौली घर ओखलढुङ्गा भएका मृतक पत्रकार राईका धरानस्थित आफन्त सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ। ,रासस, घुम्न आएका थिए, भिरबाट लडेर बिते
सेतोपाटी संवाददाता फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।, उपचारका लागि समर्पित अस्पताल पुर्‍याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो। उनीहरुको सनाखत भने भएको छैन। चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए। दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ बालबालिका छन् । , घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए। जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई अन्यत्र पठाउने तयारी गरिएको छ। घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् । , फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस बिहान करिब ११:३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो। अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएका थिए ।, कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रु ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए। दुई किलोमिटर दूरी पार नहुँदै बस दुर्घटनामा परेको थियो।, दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेका जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन् ।,  , पाँचथरमा बस दुर्घटना, २ जनाको मृत्यु ६२ घाइते
खिलानाथ ढकाल महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा सोमबार बिहानै ५ बजे ‘सडक भत्कियो’ भन्दै फोन आएको थियो।, फोन गर्नेले नयाँबानेश्वर-तीनकुनेअन्तर्गत सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालयबीचको सडकमा ठूलो भ्वाङ परेको बताएका थिए।, प्रभागका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाका अनुसार १५ फिटजतिको गहिरो खाल्डो रहेको जानकारी आएको थियो।, हरेक हिसाबले संवेदनशील मानिने क्षेत्रमा खाल्डो परेको खबरले ट्राफिक व्यवस्थापनमा बेचैनी गराउने छँदै थियो। त्यसैले उनले नयाँबानेश्वर र तीनकुनेबीचका सबै युनिटहरूलाई ‘अलर्ट’ गराएका थिए।, ‘ट्राफिक कोम राखियो, बेरिकेड्स राखेर सवारीसाधन डाइभर्ट गर्न लगाएँ, चार ठाउँमा प्रहरीहरू खटाएँ,’ देवकोटाले भने, ‘यति भएपछि खाल्डो परेको ठाउँमा घेरा हाल्यौं।’, देवकोटाका अनुसार कुनै दुर्घटना भने भएको थिएन। समयमै प्रहरीले खाल्डो परेको ठाउँलाई सुरक्षित गरेकाले थप जोखिम घटेको थियो।, सधैं व्यस्त र सवारी चाप अत्यधिक हुने त्यो क्षेत्र प्रतिनिधिसभा भवन नजिक पनि हो। ‘बिहानैदेखि सवारीसाधन डाइभर्ट गर्दा समस्या भइरहेको थियो, सकेसम्म सवारी चाप कम गराउन अन्यत्रका युनिटहरूलाई भन्यौं,’ देवकोटाले भने, ‘मुख्य सडकको एउटा लेनमा मात्रै सवारीसाधन चलाउन दिइयो।’, खाल्डो भएको क्षेत्रले एउटा लेन नै ओगटेको थियो। देवकोटाका अनुसार सुरूमा एक मिटर गोलाइ र पन्ध्र फिटजतिको गहिरो खाल्डो देखिएको थियो।, त्यसपछि ट्राफिक प्रहरीले सडक विभागमा जानकारी पठायो। यो सडक काठमाडौं सडक डिभिजन कार्यालय मातहतको हो।, डिभिजन सडकको टोली १० बजेपछि मात्रै घटना भएको ठाउँमा पुगेको थियो। टोलीले एउटा एक्स्काभेटर साथमै लिएर गएको थियो। एक्स्काभेटरले सडक कोपर्न थाल्यो। जति कोपर्दै गयो, सडकभित्र अजंगको खाल्डो देखिँदै गयो।, ‘यति ठूलो खाल्डो परेको छ भन्ने अनुमान हामीले गरेका थिएनौं,’ देवकोटाले भने।, उनका अनुसार एक्स्काभेटरले खन्दै जाँदा झन्डै पाँच मिटर लम्बाइ, त्यति नै चौडाइ र करिब पन्ध्र फिट गहिरो खाल्डो बनेको छ। तर सडकको टोलीले नापजाँच गरिसकेको छैन। पूरै खोतलेपछि मात्र यसको आकारप्रकार नाप्न मिल्ने टोलीमा रहेका इन्जिनियरले बताए।, यति ठूलो खाल्डो बन्नुको पछाडि त्यहाँ रहेको मंगाल कारण देखिएको देवकोटाले बताए।, ‘ढलले सुरूमा मंगाल फुटाएको देखिन्छ, मंगालबाट ढल लिकेज भएपछि सडकभित्रको माटो गलाएर खाल्डो बनेको देखिन्छ,’ उनले भने।, एक्स्काभेटरले खन्दा मंगालसँगै एउटा ढलको पाइप देखिएको छ। त्यो प्रतिनिधिसभा भवनबाट आएको ढलको पाइप हो। ‘मंगालबाट हालसम्म पनि अलिअलि पानी बगिरहेको देखिएको छ,’ देवकोटाले भने।, भित्र जतिजति ठूलो भ्वाङ पर्दै गयो, सडकको पिचले भार थेग्न नसकेपछि पिच भत्किएको देखिएको छ।, ‘धन्न बेलैमा सानो भ्वाङ देखिएपछि ठूलो दुर्घटना हुनबाट जोगियो,’ देवकोटाले भने।, मंगाल ढल सफा गर्न र एकातिरबाट आएको ढलको पाइपलाई मुख्य ढलतर्फ पठाउन राखिने गरिन्छ। काठमाडौं सडक डिभिजन कार्यालयका इन्जिनियर सुप्रिय चुँडालका अनुसार मंगाल इँटाद्वारा निर्मित हो। यो निकै पुरानो देखिएको छ।, ‘संसद भवनबाट ढल जोडिएको बेला नै यो मंगाल बनाइएको हुनुपर्छ,’ चुँडालले भने।, उनका अनुसार यसपालि पहिलेभन्दा बढी नै पानी परेको थियो। पानी परेसँगै ढल निकासमा चाप परेको थियो। ‘मंगाल पुरानो भएकाले पानीको चापले भत्काएको हुनुपर्छ,’ चुँडालले भने, 'मंगाल भत्किएको र त्यसले खाल्डोको आकार बढाएको भर्खरै नै हुनुपर्छ।', पछिल्लो पटक अत्यधिक पानी परेका बेला मंगाल भत्किएको उनले अनुमान गरे।, ‘अहिले एक्स्काभेटरले खनेर खाल्डो परेको ठाउँबाट पिच हटाउने, माटो झिक्ने काम गरिरहेको छ,’ चुँडालले भने, ‘बाँकी के कसो गर्नुपर्ने हो यो काम सकिएपछि टुंगो लाग्छ।’, यी पनि हेर्नुहोस्:, संसद भवनको पाइप जोडिएको मंगाल भत्किएपछि भासियो बानेश्वरको मूलसडक, भिडिओमा हेर्नुहोस् नयाँबानेश्वर बीच-सडकको ५ मिटर चौडा, १५ फिट गहिरो खाल्डो, सबै तस्बिर: निशा भण्डारी/सेतोपाटी, नयाँ बानेश्वरको बीच सडकमै १५ फिट गहिरो खाल्डो
रासस हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ। धरान उपमहानगरपालिका–१५ घर भई हाल हङकङमा बसेर पत्रकारिता गर्दै आएका ५३ वर्षीय पत्रकार राईको आइतबार साँझ यहाँस्थित पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो। , खोटाङबाट भोजपुर जानेक्रममा आइतबार साँझ करिब साढे पाँच बजेको समयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित पङ्खुखोला नजिकैको भिरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए।, ‘मृतक पत्रकार राई काठमाडौंको नागार्जुन नगरपालिका–२ बस्ने सशस्त्र प्रहरी बलका पूर्व प्रहरी उपरीक्षक (एसपी) प्रेम श्रेष्ठसँग घुम्न आउनुभएको रहेछ’, उनले भने, ‘दिक्तेलबाट भोजपुर जानेक्रममा दोर्पास्थित पङ्खुखोला नजिकै गाडीबाट ओर्लिएर दिसा बस्न जानेक्रममा भिरबाट लडेर करीब २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।’, हङकङबाट नेपाली भाषामा प्रकाशन हुने पत्रिका ‘एभरेष्ट साप्ताहिक’ का प्रकाशक एवम् सम्पादक रहेका राईको शव परीक्षणका लागि आइतबार राति नै जिल्ला अस्पताल दिक्तेलमा ल्याएर राखिएको छ । पत्रकार राईको शव हङकङबाट आफन्त आएपछि परीक्षण गरेर जिम्मा लगाउने प्रहरीले जनाएको छ। , पत्रकार राईको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए। ‘मृतक पत्रकार राई र एसपी सा’ब साथीसाथी हुनुहुँदो रहेछ’, उनले भने, ‘नेपाल आएको समयमा साथीसाथी सँगै भ्रमण निस्कनुभएको समयमा घटना भएको बुझिएको छ।’, पत्रकार राईको मृत्युपछि पूर्व एसपी श्रेष्ठ र चालकसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालयमै राखेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। यद्यपि, उनीहरुलाई पक्राउ गरेर राखिएको भने होइन।, मृतक पत्रकार राईसहितको टोली प्रदेश नं. २–०१–०२४ च ३८०२ नम्बरको निजी कार लिएर भ्रमणमा आएको बुझिएको छ। घटनापछि उनीहरूले प्रयोग गरेको कारसमेत जिल्ला प्रहरी कार्यालयमै राखिएको छ।  , मृतक पत्रकार राई नेपाल पत्रकार महासङ्घ हङ्कङ शाखाका वर्तमान अध्यक्ष, एनआएनका पूर्व महासचिव, नेपाल आदिवासी जनजाति महासङ्घ हङकङका वर्तमान अध्यक्ष, किराँत राई यायोख्खा हङकङका पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकारलगायतको भूमिकामा थिए। पत्रकार राईलाई यसै वर्ष हङकङ सरकारले ‘चिफ एक्ज्युकेटिभ कमेन्डेशन फर कम्युनिटी सर्भिस’ ले सम्मान गरेको थियो। , दुई दशकदेखि हङकङमा पत्रकारिता तथा विभिन्न सङ्घसंस्थाको नेतृत्व गरिरहेका मृतक पत्रकार राईका दुई छोरा युके तथा आमा र श्रीमती हङकङमा रहेको पारिवारिक स्रोतले जनाएको छ। पुर्खौली घर ओखलढुङ्गा भएका मृतक पत्रकार राईका धरानस्थित आफन्त सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ। , पत्रकार महासंघ हङकङका अध्‍यक्ष राईको भिरबाट लडेर मृत्यु
खिलानाथ ढकाल नयाँबानेश्वरबाट तीनकुने जाँदा सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालय बीचको सडकमा सोमबार ठूलो खाल्डो परेको छ। काठमाडौं सडक डिभिजन कार्यालयले एक्स्काभेटर ल्याएर खन्दा करिब पाँच मिटर लम्बाइ, त्यति नै मिटर चौडाइ र करिब पन्ध्र फिट गहिरो खाल्डो देखिएको छ।, व्यस्त र संवेदनशील सडकको बीचमा एकतर्फी लेन नै बन्द हुने गरी बनेको खाल्डोबारे हामीले सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, काठमाडौं सडक डिभिजन कार्यालय प्रमुख नारायणप्रसाद निहुरे र ढल सञ्चालन महाशाखा प्रमुख उज्ज्वल श्रेष्ठसँग कुरा गरेका छौं।, महानिर्देशक थापाका अनुसार एक्स्काभेटरले पूरै खनेपछि खाल्डोको वास्तविक लम्बाइ, चौडाइ र गहिराइ थाहा हुन्छ, त्यसपछि बल्ल मर्मतसम्भार सुरू हुन्छ। सडक पूर्ण रूपमा बन्न झन्डै एक साता लाग्ने उनले बताए।, किन र कसरी भयो यत्रो खाल्डो?, हामीले काठमाडौं सडक डिभिजन कार्यालय प्रमुख नारायणप्रसाद निहुरेलाई बीच सडकमा एकाएक यत्रो खाल्डो बन्नुको कारण सोध्यौं।, सडकमुनि रहेको ढल निकासको मंगालका कारण यो खाल्डो बनेको उनले बताए।, उनका अनुसार विगतका वर्षभन्दा अत्यधिक पानी परेकाले ढलमा चाप बढेको हुनसक्छ। निकै जीर्ण भइसकेको ढलमा एक्कासि पानीको चाप बढ्दा मंगाल भत्किएको निहुरेको अनुमान छ।, 'ढलको चाप धान्न नसकेर मंगाल भत्कियो। त्यसबाट चुहिएको पानीले सडकभित्र ठूलो खाल्डो पारेको देखिन्छ,' उनले भने, ‘त्यो मंगाल निकै ठूलो र पुरानो छ। कहिले बनाइएको हो यकिन भइसकेको छैन। पुरानो मंगाल भएकाले फुटेर सडक खाल्डो पारेको हुनसक्छ।', निहुरेका अनुसार प्रतिनिधिसभा भवनबाट आएको ढल निकासको पाइप यो मंगालमा जोडिएको छ र मंगाल हुँदै मुख्य ढलतर्फ अर्को पाइप पठाइएको छ।, प्राय: ढल वा खानेपानी पाइप सडकमुनि बिछ्याइन्छ। ढल सफा र मर्मत गर्न मंगाल राख्ने गरिन्छ, उनले भने, ‘मंगाल ढलका विभिन्न स्पेसमा हुन्छन्, मान्छे छिरेर सफा गर्न र मर्मतसम्भार गर्न मिल्ने गरी राखिएको हुन्छ। कहिलेकाहीँ ढल निकासमा समस्या परे मंगाल उघारेर हेर्न मिल्छ।’, कहिले पुरिन्छ खाल्डो?, निहुरेले यो खाल्डो पुर्न सबभन्दा पहिला ढलको काम सकिनुपर्ने बताएका छन्।, ‘खाल्डो पुर्न पहिला ढलको काम सकिनुपर्छ, नयाँ मंगाल बनाउनुपर्छ,' उनले भने, 'मंगाल सुकेर पुर्न मिल्ने भइसकेपछि बल्ल खाल्डो पुर्ने काम सुरू हुन्छ।', निहुरेले यस्तो जवाफ दिएपछि हामीले ढल सञ्चालन महाशाखा प्रमुख उज्ज्वल श्रेष्ठसँग कुरा गर्यौं।, खाल्डो परेको ठाउँ वरपर पिच र माटो निकाल्ने काम सोमबार दिनभरिमा सकिन्छ र त्यसपछि मंगलबारबाट नयाँ मंगाल राख्न सुरू गरिने उनले बताए।, यो मंगाल कुन मितिमा कुन निकायले बनाएको हो प्रस्ट थाहा नभएको श्रेष्ठले बताए।, ‘काठमाडौंमा ढलको काम धेरै निकायले हेर्छन्। महानगरपालिका, उपभोक्ता समिति, सडक लगायत विभिन्न निकाय छन्। यो ढल हाम्रो महाशाखाले नबनाएकाले कुन निकायले बनाएको हो भन्ने खुलेको छैन,’ उनले भने, ‘धेरै पुरानो ढल भएकाले सडक निर्माणकै बेला बनाइएको हुनुपर्छ।’, जसले बनाएको भए पनि अहिलेलाई महाशाखाले नै ढल निर्माणको जिम्मेवारी लिएको र काम सुरू गर्न लागेको उनले बताए।, 'मंगाल निर्माण गर्दा ढल निकास रोक्न सम्भव छैन। एकातिर ढल बगिरहन्छ, समानान्तर तरिकाले मंगाल निर्माण भइरहन्छ। मंगालको संरचना बनाउन दुई-तीन दिन लाग्छ। जब मंगालको संरचना तयार हुन्छ, गारो सुक्छ, त्यसपछि मात्रै पुर्न मिल्छ। त्यो नसुकेसम्म र नपुरेसम्म सडकमा ब्यारिकेड्स राखेर सवारीसाधन चलाउन रोक लगाउनैपर्छ,’ श्रेष्ठले भने।, उनले अगाडि भने, 'मंगाल छोप्न माटो राखेपछि गिट्टी राखिन्छ। त्यसमाथि रोलर चलाएर संरचना बलियो बनाइन्छ। त्यसपछि फेरि पिच राखेर रोलरले पेलेपछि मात्रै सडक मर्मतको काम सकिन्छ।', सबै अवस्था हेर्दा खाल्डो पुरिन अझै एक साता लाग्ने उनले बताए। नयाँबानेश्वर र तीनकुने बीचको यो खण्डमा त्यति बेलासम्म एकतर्फी मात्र सवारी चल्नेछन्।, यी पनि हेर्नुहोस्:, नयाँ बानेश्वरको बीच सडकमै १५ फिट गहिरो खाल्डो, भिडिओमा हेर्नुहोस् नयाँबानेश्वर बीच-सडकको ५ मिटर चौडा, १५ फिट गहिरो खाल्डो, संसद भवनको पाइप जोडिएको मंगाल भत्किएपछि भासियो बानेश्वरको मूलसडक
राजेन्द्रप्रसाद पनेरु भीमदत्त नगरपालिका-९ खल्लाका उत्तमप्रसाद पन्त परिवारसहित छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। बाढीले बेसहारा बनाएकाले छिमेकीको घरमा शरण लिनुपर्ने बाध्यता उनको परिवारलाई भयो।,  , पाँच दिनअघिको महाकाली नदीको बाढीले पन्तको घरसहित सबै सामान बगाएकाले छिमेकीको शरणमा बस्न बाध्य गराएको हो।, उनको घर भएको ठाउँमा अहिले महाकाली नदीले बगर बनाएको छ। घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा सबै बगाएर नदीले लगेपछि एकसरो लुगामा पन्त परिवार बस्दै आएका छन्।, एक साताअघि महाकाली नदीमा आएको बेमौसी बाढीले खल्ला र मुसेट्टीका एक दर्जन परिवार घरबारविहीन हुन पुगेका छन्। खल्ला श्रीलंका टोलका गणेशसिंह घटाल, वीरमान मङ्गोला र मानसिंह महताको पनि घर बाढीले बगाएको छ। महाकाली नदीको भँगोलोमा आएको बाढीले ती परिवारको घर बगाएको थियो।, श्रीलंका टोलका ४५ घर परिवारमध्ये छ परिवार पुनर्स्थापनाको पर्खाइमा छन्। घरमा क्षति नभएका परिवारले पनि कटान र पटानसहित धानबाली गुमाएका छन्।, 'बस्ती जोगाउनका लागि तटबन्ध निर्माण नगर्दासम्म बस्ती जोगाउन सकिँदैन', स्थानीयबासी प्रेमसिंह रावलले भने,'तटबन्ध निर्माण नभए अन्यत्र ठाउमा बस्ती पुनःस्थापन गर्नुपर्छ।' , खल्ला, टुँडिखेल र मुसेट्टी महाकाली नदी किनारका बस्ती हुन्। टुँडिखेल उँचो स्थानमा भएकाले बाढीबाट जोगिएको हो। होचो भएकाले खल्ला र मुसेट्टीका बासिन्दा भने बाढीबाट पीडित भएका छन्। बाढी आएकै बेला फसेका मुसेट्टीका लक्ष्मणसिंह नायकसहित पाँच जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो। बाढीले नायकको घरसहित कुखुरा खोर बगाएको छ।, महाकाली नदीको भंगालो घरमा पसेपछि उनका श्रीमती र दुई छोराले  रातभरि ढुंगा र रूखमा बसेर ज्यान जोगाएका थिए।, अहिले नायकको घर भएको ठाउँ बगर बनेको छ। नदीले बगाएर ल्याएका बालुवा, ढुंगा र काठ घरमा थुप्रिएका छन्।, 'हाइट हेर्दै दर्गुदै, पानीमा तैरिँदै गयौं', ३६ वर्षीय नायकले भने, 'कम्मरसम्म पानी थियो, २/३ बजेसम्म त आशै थियो, पछि त बाँचिँदैन कि भन्ने लाग्यो।', बढीले उनको घर र कुखुराको खोर पनि बगाएको थियो। घर र खोर बगाएपछि नायक परिवार विचल्लीमा परेको छ।, 'केही बाँकी रहेन, ज्यान त भगवानले बचायो', उनले भने।, बाढीले मुसेट्टीमा नायकसहित कृष्ण चन्द, हरिश साउद, जनक साउद, अमरसिंह खड्का र जय विष्टको घरमा पनि क्षति पुर्‍यायो। उनीहरूमध्ये चन्दको घर भत्किएको छ। अन्यको घरभित्र बालुवा थुप्रिएर बस्न सकिने अवस्था छैन।, खड्काकी धर्मपत्नी ६६ वर्षीय दीर्घमतीलाई नायकको परिवारसँगै उद्धार गरिएको थियो। गाई गोठमा बसेकी खड्का पनि बाढीमा फसेकी थिइन्।, बाढीले उनको एउटा गोठ बगाएको छ। घरभित्र भने बालुवा थुप्रिएको छ। घरभित्र पसेको बालुवा हटाउन नायक परिवार लागेको छ।, 'बाँच्न लेखेकै रहेछ। त्यही भएर बाच्यौं', उनले भने, 'भगवान् बनेर नेपाली सेनाले आएर बचायो।', मुसेट्टीका अर्का पीडित चन्दले बाढीले शरीरमा लगाएको कपडाबाहेक अरु केही नबचेको बताइन्।, 'एकसरो लगाएको कपडा मात्रै शरीरमा बाँकी छ। त्यति मात्रै बचेको हो। घर त भत्कायो अरु सबै सामान पनि बाढीले बगायो', उनले भनिन्।, बिरामी परेर छिमेकीका घरमा गएकाले आफू जोगिएको चन्दले बताइन्।, बाढीले चन्दको १५ कठ्ठामा लगाएको धानबाली नष्ट भएको छ। मुसेट्टीकी विमला बमले बाढी आएपछि छिमेकीले आफूहरूलाई ब्युँझाएकाले  भागेर सुरक्षित स्थानमा गएर ज्यान जोगाउन सकेको पीडा सुनाइन्। , बाढीले बगाएर ल्याएको बालुवा बमको गोठभित्र थुप्रिएको छ। घरको तीन फिटसम्म पुगेको बाढीले केही काठका मुढा पनि घरसम्म ल्याएको छ। बमको घर अगाडिको जमिन बगर बनेको छ। बाढीले खोलाजस्तै बनाएको खेतमा अझैसम्म पानी छ।, 'गोठमा बालुवा छ। जमिन केही राखेन, नागरिकता पनि बगायो', उनले भनिन्, 'राज्यले हाम्रो व्यवस्था गर्नुपर्छ, त्यसैको आशमा छौं।', मुसेट्टीमा मध्यराति १२ बजे बाढी बस्तीमा पसेको थियो। यसअघि विसं २०७० मा बाढीले बस्तीमा क्षति पुर्‍याएको थियो भने सात वर्षअघि बाढीले सरस्वती आधारभूत विद्यालय बगाएको थियो।, विद्यालय बगाएको ठाउँ नजिक नायकसहित पाँच जना बाढीमा फसेका हुन्।, मुसेट्टीमा पाँच दर्जन घर परिवार बसोबास गर्दै आएका छन्। महाकाली नदी किनारमा खल्ला, टुँडिखेल र मुसेट्टीमा झण्डै ५०० घरपरिवार बस्दै आएको भीमदत्त नगरपालिका– ९ का अध्यक्ष रामनाथले बताए।, अध्यक्ष नाथले बाढीबाट स्थानीयबासीले घरबारसहित अन्न, खेतको धानबाली, पशु चौपाया गुमाएको बताए।, 'केही बाँकी राखेको छैन। बाटोघाटो, बिजुली बत्ती, टावर सबै बगाएको छ', उनले भने, 'घर नभएर अर्काको घरमा बस्नुपर्ने अवस्था छ। खानलाई अन्न पनि छैन।' , नगर प्रमुख सुरेन्द्र विष्टले तीन वटै बस्तीलाई सुरक्षित बनाउनका लागि नदी नियन्त्रणको योजना आवश्यक रहेको बताए।, 'त्यसका लागि प्रदेश र संघीय सरकारलाई गुहार्छौं', उनले जोड दिए, 'तत्काल राहत र पुनःस्थापनाको कार्यलाई अगाडि बढाउँछौं।', खल्ला मुसेट्टीमा विद्युत्, सडक र सञ्चार सेवा बाढीका कारण अवरूद्ध छ। सडक बाढीको पानीले बगाउँदा अन्य क्षेत्रसँगको सम्पर्कसमेत विच्छेद भएको छ। ,(रासस), बाढी पीडित भन्छन्: 'तटबन्ध निर्माण नभए बस्ती पुनर्स्थापना गरिदिनुस्'
सेतोपाटी संवाददाता पाँचथरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। , सोमबार बिहान ११ बजे फिदिम नगरपालिका वडा नम्बर ४ सखरखण्डेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए।  , यासोकबाट फिदिम जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो। बस खसेर दुर्घटनामा परेपछि ६१ जना घाइते समेत भएका छन्। , बसमा सवार लेटाङ नगरपालिका वडा नम्बर ६ मोरङका ७ वर्षीय प्रज्वल मगर, इलाम बस्ने ३४ वर्षीया प्रमिला देवान, उनका ७ महिने छोरा निश्चल देवान र एक जना पहिचान खुल्न बाँकी महिलाको मृत्यु भएको हो। , प्रहरीका अनुसार मगरको पाथीभरा अस्पताल र बाँकी तीन जनाको समर्पित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। , गम्भीर घाइते भएका ११ जनालाई थप उपचारको लागि झापा पठाइएको छ। बाँकीको फिदिमस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ। , पाँचथर बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो
सञ्चिता घिमिरे कात्तिकको सुरूबाट भएको वर्षाका कारण अवरूद्ध सात सडक अझै खुल्न सकेका छैनन्।, वर्षा सकिएकाले सडक विभागले मर्मतको काम अघि बढाइरहँदा आएको वर्षाले सडकमा एक अर्ब पाँच करोड रुपैयाँको क्षति भएको छ। अझै पनि विवरण संकलन भइरहकाले पूर्ण विवरण आउँदा बढ्न सक्ने बताइएको छ। , वर्षाले गर्दा सुदूरपश्चिम र पूर्वमा सडकमा बढी असर गरेको छ। यस वर्ष वर्षा सुरू भएदेखि गत असोज मसान्तसम्ममा रु दुई अर्ब ३५ करोडको क्षति भएको विभागको तथ्यांक छ।, यस वर्ष वर्षा सुरू भएयतामात्रै २४५ ठाउँमा सडक अवरूद्ध भएको विभागले जनाएको छ। कात्तिक १ गतेबाट १८ ठाउँमा सडक अवरूद्ध भएकामा मनाङ, बाजुरा र बझाङमा बढी असर पुगेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए। , उनका अनुसार मनाङमा अहिलेसम्म सडक अवरूद्ध भइरहे पनि खुलाउने गरी काम भइरहेको छ।, उनले भने,'बझाङमा सडक खुलाउन बढी समय लाग्नसक्ने देखिएको छ।', पछिल्लो वर्षाका कारण महाकाली राजमार्ग ठाउँ-ठाउँमा अवरूद्ध छ।, कैलालीदेखि दार्चुलासम्म पहिरो आएर सडक बन्द भएको विभागले जनाएको छ।, डडेल्धुराको स्याउलेदेखि डोटीसम्म ठाउँ-ठाउँमा सडकमा क्षति पुगेको छ।, महानिर्देशक थापाले भने, 'सेती नदीले सडक नामै नराखेर बगाएको छ।', धनगढी–सहजपुर–वुडर–स्याउेले,सतबाँझ–थाकतोली–दार्चुला– तिङ्कर सडक वर्षाका कारण केही दिनसम्म अवरूद्ध भएको थियो।, अहिले सो सडक एकातर्फबाट खुलाइएको छ। बझाङको जालीबगर खण्डमा सडक नै भाँसिएकाले यातायात अवरूद्ध छ। तीन सय मिटर राजमार्ग नै बगेकाले अहिले प्राविधिक उपकरणसहित सडक खुलाउन काम भइरहेको जनाइएको छ। , मध्यपहाडी राजमार्गको सतबाँझदेखि झुलाघाट सडकमा क्षतविक्षत रहेको विभागले जनाएको छ।, साँफे–मार्तडी सडकमै तीन मिटर सडक बूढीगण्डकी नदीले बगाएको महानिर्देशक थापाले बताए। सो सडकको पारिबाट आएको पहिरो नदीमा गएर नदी थुनिएपछि सडक कटान भएको थियो। उक्त खण्डमा सुख्खा नभई खुलाउन नसकिने अवस्था रहेको उनले बताए।, बाजुराको ओमकोटमा अहिले सडक खोस्रिएर यातायात चलाउन लागिएको छ।, उनले भने, 'अहिले खुलाइएको ठाउँमा पनि ठूलो पानी परेपछि पुनः अवरूद्ध गर्नसक्छ।', बर्दियामा सतिघाटमा कर्णाली नदीको पुल रहेको थियो। सडकभन्दा दुई किमीमाथिबाट नै कणाली नदी गाउँतिर मोडिएको छ। माथिल्लो भागबाट नै कणार्लीलाई छेकेर पानी रोकिएपछि मात्रै सडक सञ्चालन हुनसक्ने बताइएको छ। , यसवर्ष वर्षाका कारण सबभन्दा बढी असर बेँसीशहर–चामे सडकमा पुगेको थियो। मनाङ पूरै सडक सञ्जालबाट अलग भएको थियो। भदौ महिनासम्म पनि सवारीसाधन मात्रै नभएर पैदलयात्रुलाई समेत आवतजावत गर्न कठिन थियो। साढे दुई महिना लगाएर विभागले केही समय पहिले मात्रै सडक खुलाएको थियो। असारदेखि नै अवरूद्ध सडक दसैंअघि खोलिएको थियो।, विभागले त्यहाँ रहेका पाँच काठे पुल बगाएकामा पुनः बनाएर यातायात चालू गरेको थियो। अहिले सडक र पुल पुनः क्षतिग्रस्त भएको महानिर्देशक थापाले बताए।, उनले भने,'अहिले पनि सडक खुलाउने काम भइरहेको छ, केही दिनमै खुल्नेछ।' , सडक विभागले आफ्ना ३० डिभिजन कार्यालय, चार संघीय सुपरीवेक्षण कार्यालय र आठ हेभी इक्युपमेन्ट कार्यालयमार्फत अवरूद्ध सडक खुलाइरहेको छ। विभागले वर्षा सुरू हुनु पहिले नै कुन-कुन क्षेत्रमा बढी जोखिम अनुमान गरेर उपकरण राखेको उनले जानकारी दिए।, विभागले बेवसाइटमा नै अवरूद्ध सडकका बारेमा नागरिकलाई जानकारी दिने गरेको उनले बताए। , उनले भने, 'कुन राजमार्ग कुन ठाउँमा, कति बजेबाट अवरूद्ध भएको र कहिलेसम्म खुल्ने भनी विवरण राख्ने गरिएको छ।', विभिन्न क्षेत्रबाट विभागले सडक बनाउँदा नै ध्यान नदिएका कारणले बर्सेनि वर्षाले सडकमा क्षति पुगेको बताउने गरेको छ।, आइतबारको प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरूले नदीको धेरै नजिकै र कम उचाइमा सडक बनाउँदा क्षति भइरहेको बताएका थिए। माथिबाट आउने पहिराको समाधन नभए पनि नदीबाट केही दूरीमा सडक बनाउँदा क्षति कम हुने उनीहरूको भनाइ थियो। , भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भने जथाभावी खोलिएका स्थानीय सडकका कारणले वर्षामा क्षति पुग्ने गरेको बताए। , स्थानीय तह र कतिपय स्थानमा स्थानीयबासी आफैंले प्राविधिक अध्ययन नगरी सडक खन्ने गरेको उनको भनाइ छ। उनले भने, 'हामीले सडक नदीभन्दा उचाइमा बनाउँदा पनि लेदोले गर्दा नदीको सतह बढिरहेको छ।' ,(रासस), वर्षाका कारण अवरूद्ध सडक अझै खुलेनन्
सेतोपाटी संवाददाता बागमती दोभान र अमरावती गरी २ वटा पार्कको शिलान्यास गरिएको छ। , काठमाडौं महानगरको वडा ३२ को भौगोलिक क्षेत्रभित्र निर्माण हुने यी पार्कको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन्। त्यस अवसरमा बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली वडाध्यक्ष नवराज पराजुलीसहित कार्यपालिका सदस्य, वडा सदस्य र स्थानीय सहभागी थिए।  , शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले महानगर सस्तो नभई गुणस्तरीय काम गर्ने नीतिमा रहेको उल्लेख गरे। , ‘लागत इस्टिमेटभन्दा ३० प्रतिशत ४० प्रतिशत कममा योजना कार्यान्वयनको कबोल गर्ने पद्धतिले काम हुन्छ तर टिकाउ हुँदैन। हाम्रो कानुनले कम लागतमा कबोल गर्नेलाई छान्नुपर्ने व्यवस्था गरेको छ। यसले गर्दा विकास सिकारूहरूले प्रयोग गर्ने ठाउँ बनेको छ, ’ प्रमुख शाक्यले भने, ‘गुणस्तरीय कामका लागि उसको क्षमता मूल्यांकनको पहिलो शर्त हो।’ , ‘सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने हामीले लिएको नीति हो। जग्गा कम भए पनि त्यसलाई खुला राख्ने कार्यक्रम छ। हाम्रा नीति र कार्यक्रम स्थानीय सहभागिताले मात्र कार्यान्वयनमा आउँछन्। यसकारण हामी भौतिक पूर्वाधार विकास गरेर समुदायलाई हस्तान्तरण गर्दै आएका छौं। ताकि स्थानीय दायित्वबाट विकासको दीगो उपयोग हुन सकोस्, ’ उनले थप भने। , त्यसक्रममा सभामुख श्रेष्ठले, बागमती नदी किनारामा पार्क तथा हरियाली बढाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा जम्मा भएको राजस्व पर्याप्त भएको उल्लेख गर्दै यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए। , स्थानीय विकासका लागि संघ, प्रदेश र स्थानीय तह तीन वटै तहका सरकारले लगानी गरिरहेका छन्। आवश्यक पर्दा थप पनि हुन सक्छ। तर, नदीको बचावट, त्यस क्षेत्रको सुधार र संरक्षणका लागि लगानीको पहिलो दायित्व समितिले बोक्नुपर्छ। , त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले सार्वजनिक जग्गा संरक्षण र हरियाली विकास गर्ने महानगरको नीति व्यवहारिक रूपमै कार्यान्वयनमा आएको महसुस भएको बताइन्। , महानगरले बनाएका पार्कहरूको दीगो व्यवस्थापनका लागि स्थानीय सहभागिता हुने बताउँदै खड्गी श्रेष्ठले भनिन्, ‘भित्री सहरमा पार्क बनाउन असम्भव भइसक्यो। त्यहाँ जग्गा नै छैन। पैसा भएर मात्र पनि नहुने रहेछ। त्यसैले बाहिरी सहरमा जहाँ सम्भव छ। त्यहाँ पार्क विकास गरौं।’, अमरावती पार्क उपभोक्ता समितिका अध्यक्ष सरोज नेपालले पार्क निर्माणको निगरानी गर्न समितिका तर्फबाट २ जना इञ्जिनियर र २ जना सामाजिक परिचालकलाई नियमित खटाउने योजना सुनाए। त्यसैगरी बागमती दोभान विकास समितिका अध्यक्ष चेतबहादुर थापाले पार्कको निर्माण सम्पन्न भइसकेपछि दोभान क्षेत्रको सुन्दरतामा निखार आउने अपेक्षा गरे। , दोभान पार्क करिब ११ आना जमिनमा निर्माण हुँदैछ। १ करोड ११ लाख ७१ हजार ६४९ रुपैयाँ लागत इस्टिमेट गरिएको पार्क निर्माणका लागि यगन विल्डर्स प्रालिले ६७ लाख ४०९ रुपैयाँ ३५ पैसाका निर्माण कबोल गरेर छनोट भएको छ। , भदौ २९ गते काम गर्न अनुमति दिइएको योजना ०७९ असार १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ। , अमरावती पार्क करिब ४ रोपनी क्षेत्रफलमा निर्माण हुँदैछ। महानगरले यसको निर्माणका लागि १ करोड ३६ लाख ४६ हजार ७९७ रुपैयाँ इस्टिमेट गरेको थियो। बोलपत्रमा प्रतिस्पर्धा हुँदा के. वि. सन्स एण्ड सप्लायर्स प्रालि ले ८९ लाख ८२ हजार १७७ रुपैयाँमा निर्माण कवोल गरेर छनोट भयो। ०७८ असोज १० गते निर्माण कार्यका लागि महानगर र निर्माण पक्षबीच सम्झौता भएको हो। काम ०७८ चैत मसान्तभित्र सक्नुपर्नेछ।  ,   , काठमाडौंको बागमती दोभान र अमरावती पार्क शिलान्यास
सेतोपाटी संवाददाता नेपालमा थप सात सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार सोमबार सात सय ७६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ८ सय ६४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, आठ हजार २८४ जनाको पिसिआर परीक्षण र  २५८० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १० हजार ३६० जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ।, ५०१ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ।, त्यस्तै काठमाडौं उपत्यकामा २२७ थपिएका छन्। जसमध्ये काठमाडौंमा १८५, ललितपुरमा ३३ र भक्तपुरमा ९ संक्रमित छन्।, १० हजार ८ सय ६४ मा कोरोना परीक्षण गर्दा ७७६ लाई संक्रमण
सेतोपाटी संवाददाता धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ।, सुर्खेतबाट काठमाडौं आइरहेको पञ्चकोशी यातायात प्रालिको ना ६ ख १४७१ नम्बरको बसमा आइतबार राति २ बजे गजुरीमा आगलागी भएको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।, उनका अनुसार इलेक्ट्रिक सट भएर बसमा आगो लागेको हो।, ‘बसको अधिकांश भाग जलेको छ। मानवीय क्षति भने भएको छैन,’ डिएसपी भण्डारीले भने,‘बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज पनि जलेका छन्।’, धादिङमा गुडिरहेको बसमा आगो लाग्यो, यात्रुका लगेज पनि जले
रासस बागलुङको ढोरपाटन नगरपालिका ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्।, शनिबार भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन ७ धाराबोटका जीवन विक बेपत्ता भएका हुन्।, उनी साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट खसेका स्थानीयले बताएका छन्। नमूना बाल विकास धारकोटमा अध्यननरत विक दिउँसो खेल्दाखेल्दै खोलामा पुगेका थिए।, बेपत्ता विकको खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट पाँच जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए। नजिकै रहेको पुलको विकल्पमा अस्थायीरूपमा बनाइएको साँघुमा उनीहरु पुगेको प्रहरी चौकी ढोरपाटनले जनाएको छ।, यस्तै जैमिनी नगरपालिकामा एक जना मृत फेला परेका छन्। जैमिनी २  ठेउलेखोलाका किनारमा सिस्नेरका ४५ वर्षीय दलवीर सार्की मृतावस्थामा फेला हुन्।, बागलुङमा खोलाले बगाउँदा बालक बेपत्ता, अर्का पुरूष मृत भेटिए
सेतोपाटी संवाददाता झापामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, गए राति ट्रक र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका ३ का २७ वर्षीय निश्चल खनालको मृत्यु भएको हो।, पूर्वपश्चिम राजमार्गअन्तर्गत लक्ष्मीपुर सडकखण्डमा प्रदेश १-०१-००१ ख ३५२० नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको मे ५ प ८४७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो।, ट्रक चालक बुद्धशान्ति गाउँपालिका ३ का ४४ वर्षीय लक्ष्मीप्रसाद सिवाकोटीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।, झापामा ट्रक र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु
सेतोपाटी संवाददाता बुटवलमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।, एम्बुलेन्स र मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा एकआपसमा ठक्कर खाएको थियो।, गए राति भएको दुर्घटनामा मोटरसाइकल चालक गुल्मी घर भई हाल तिलोत्तमा नगरपालिका ३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडी सवार सैनामैना ४ का ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु भएको हो। दुर्घटनामा गम्भिर घाइते भएका थापा र क्षेत्रीको उपचारको क्रममा गए राति सवा १ बजेतिर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।, त्यस्तै एम्बुलेन्स चालक गैंडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ घाइते भएको र उनको बुटवलमै उपचार भइरहेको प्रहरीले जनाएको छ।, बुटवलमा एम्बुलेन्स र मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु
एजेन्सी दक्षिण अमेरिकी मुलुक कोलम्बियाको सरकारले देशका एकजना कुख्यात लागुऔषध कारोबारीलाई पक्राउ गरेको बताएको छ।, समाचार संस्था रोयटर्सका अनुसार ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगालाई सुरक्षाकर्मीहरूले पक्राउ गरेको राष्ट्रपति इभान डुकले जानकारी दिएका छन्।, ५० वर्षीय उसुगालाई कोलम्बियाको उरागा क्षेत्रको ग्रामीण बस्तीबाट पक्राउ गरिएको हो। उनीमाथि थुप्रै परिणाममा कोकिन अमेरिका पठाएको, प्रहरी अधिकारीको हत्या गरेको, आफ्नो समूहमा बच्चाहरूलाई भर्ती गरेको, ती बच्चाहरूमाथि यौन अपराध गरेकोलगायत आरोप छन्।, कोलम्बिया सरकारले मोस्ट वान्टेडको सूचीमा राखेका उनी कहाँ छन् भन्ने जानकारी दिनेलाई ८ लाख  इनाम दिने घोषणा गरेको थियो। अमेरिकाले पनि उनी कहाँ बसिरहेका छन् भन्ने जानकारी दिनेलाई ५० लाख डलर पुरस्कार दिने बताएको थियो।, राष्ट्रपति डुकले उसुगा पक्राउ पर्नु आफ्नो देशमा लागुऔषध कारोबारीमाथि यो शताब्दीकै ठूलो प्रहार भएको बताएका छन्।, उनलाई पक्राउ गर्ने क्रममा चलाइएको अप्रेशन ओसिरिसमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ। उक्त अप्रेशनमा कोलम्बियाको स्पेसल फोर्सका ५ सय सदस्य  र २२ वटा हेलिकप्टर परिचालन गरिएको थियो।, उसुगा ड्रग ट्राफिकिङ समूह क्लान डेल गल्फोको नाइके थिए। उक्त समूहसँग झन्डै १२ सय जना हतियारधारी सदस्य छन्। कोलम्बियाका ३२ मध्ये १० प्रान्तमा उक्त समूहको प्रभाव थियो।, लागुऔषध कारोबारसँगै उक्त समूहले अवैध रूपमा खानी उत्खनन् गर्ने गरेको अधिकारीहरूले बताएका छन्।  ,  , पक्राउ परे कोलम्बियाका कुख्यात लागुऔषध कारोबारी
रासस चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ।, नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो।, नगरपालिकाले हालै सूचना जारी गरेर आगामी मङ्सिर ५ गतेभित्र सबै बङ्गुर फार्म हटाउन निर्देशन समेत दिएको छ।, फार्मले नगरभित्र फोहर र प्रदूषण बढाएका, प्राकृतिक सौन्दर्यतामा असर पुर्‍याएको, खोलादेखि स–साना खहरेमा फोहर तथा ढल सिधै हाल्ने गरेको र बस्तीमा प्रदूषण फैलाएको जनाउँदै सञ्चालनमा रोक लगाएको सूचनामा जनाइएको छ।, स्थानीय बासिन्दाले फार्मबाट फोहर र प्रदूषण बढेकाले त्यस्ता फार्म बन्द गर्न माग गर्न वडादेखि नगरपालिकासम्म दबाब दिएकाले नगरसभाले नै यस्तो निर्णय गरेपछि अहिले कार्यान्वयनमा ल्याएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।, नगरपालिकाको प्रशासन शाखाका अधिकृत नीलाकुमारी घिमिरेले नयाँ बङ्गुर फार्म सञ्चालन नगर्न र सञ्चालनमा रहेका बङ्गुर फार्मलाई ३० दिनभित्र हटाउन निर्देशन दिँदै सूचना जारी गरेकी छन्। मङ्सिर ५ गतेभित्र त्यस्ता फार्म नहटाए कारबाही गर्ने उनले बताइन्।, अहिले चाँगुनारायणका विभिन्न ठाउँमा व्यावसायिकरूपमा बङ्गुर फार्म सञ्चालनमा छन्।, सरकारको नियमानुसार पनि यस्ता बङ्गुर फार्म सम्बन्धित पालिकासँग अनुमति लिएर व्यवसाय दर्ता गर्दै बस्तीको बीच वा बस्ती नजिक नभई बस्तीभन्दा टाढा सञ्चालन गर्न पाइने व्यवस्था छ।, चाँगुनारायण क्षेत्रमा मानव बस्ती आसपासमा अधिकांश फार्म सञ्चालनमा रहेको नगरपालिकाको भनाइ छ।, चाँगुनारायण नगरपालिकाले निषेध गर्‍यो बङ्गुरपालन
सेतोपाटी संवाददाता धनुषा र सर्लाहीका प्रहरी प्रमुख फेरिएका छन्।, धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालय र सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काजमा खटाइएको हो।, प्रदेश २ का प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारका अनुसार धनुषामा प्रहरी प्रधान कार्यालयबाट प्रहरी उपरीक्षक बसन्त रजौरे र सर्लाहीमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई खटाउने निर्णय भएको हो।, फेरिए धनुषा र सर्लाहीका एसपी
सेतोपाटी संवाददाता सल्यानबाट दाङ आउँदै गरेको जिप आइतबार बिहान दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।, दुर्घटनाका घाइते मध्ये एक जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य छ।, जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार ३५ वर्षीय एक पुरुषको अवस्था गम्भीर रहेको छ।, दुर्घटनामा परेर सल्यानको  बागचौर नगरपालिका वडा नम्बर १ का १४ वर्षीय आयुस बस्नेत, सोही ठाउँका २२ वर्षीय मनोज बस्नेत , बागरचौर नगरपालिपका २ का २७  वर्षीया सीता ओली, सोही ठाउँकी २८ वर्षीया बबिता रावल र उनको छोरी ११ वर्षीया एसिका रैले घाइते भएका छन्।, सल्यानको थारमारेबाट दाङतर्फ आउँदै गरेको भे १ च १८९० नम्बरको जिप सडकबाट तल खसेको जिल्ला प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले जानकारी दिए। , राप्ती राजमार्ग अन्तर्गत आइतबार बिहान  सल्यान कपुरकोट गाउँपालिका वडा नम्बर ३  मुलपानीमा उक्त जिप दुर्घटना भएको थियो।, दुर्घटनाको कारण खुल्न नसकेको र चालक फरार रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ।, दाङ आउँदै गरेको जिप सल्यानमा दुर्घटना, ६ घाइते
सेतोपाटी संवाददाता सरकारको लगानीमा नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ।, सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबारबाट सञ्चालनमा ल्याइएको छ। सबस्टेसन शनिबार चार्ज गरिएको हो।, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएसँगै सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय हुने र प्राविधिक चुहावट घट्ने बताए।, ‘सर्लाहीमा अहिले ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत् विद्युत आपूर्ति भइरहेको थियो, ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत आपूर्तिमासमेत अवरोध हुँदै आएको थियो’, कार्यकारी निर्देशक घिसिङले भने, ‘अब नवलपुर सबस्टेसनबाट सिधै विद्युत आपूर्ति हुने भएकोले लाइन छोटो हुँदा चुहावट घट्छ, विद्युत आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बन्ने छ, सर्लाहीमा खुल्ने उद्योगहरुलाई पर्याप्त विद्युत दिन सकिने छ।’, पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ। यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत आपूर्ति दिइने छ।  सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका दुईवटा  ट्रान्सफर्मर राखिएको छ। यही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३/११ केभी वितरण सबस्टेसनहरुमा विद्युत आपूर्ति दिइने छ।, सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष (आव) २०७४/७५ र मुख्य निर्माण आव २०७५/७६मा सुरु गरिएको थियो। कोभिड-१९को महामारी कारण उपकरणहरु ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको सबस्टेसन आयोजनाका प्रमुख निरञ्जन साहले बताए।, सबस्टेसनको निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी)ले पाएको थियो।, सर्लाहीको नवलपुर बन्यो नयाँ सबस्टेसन
रासस बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । गत असोज ३१ गतेदेखिको  अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो ।, बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ । डोटीमा १६ जनाको मृत्यु भएको छ ।  बझाङमा १०, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र  कैलालीमा एक/एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।, विपद्मा परी यस प्रदेशमा अझै २३ जना बेपत्ता छन् । बेपत्ता हुनेमा बझाङमा २० र बैतडी, डोटी, कैलालीमा एक/एक छन् । यस्तै विपद्मा परी १७ जना घाइते छन्।, डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा  एक/एक जना घाइते भएका हुन् । विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशु चौपाया मरेका छन् भने ६० बढी बेपत्ता छन् । पहिराका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरूपमा क्षति पुगेको छ।, बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ। , सुदूरपश्चिममा बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता
सेतोपाटी संवाददाता अमेरिकी सरकारले नेपाललाई फाइजरको थप एक लाख डोज खोप दिने भएको छ। अमेरिकाले नेपाललाई थप खोप सहयोग गर्न लागेको काठमाडौंस्थित दूतावासले सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ।, दूतावासका अनुसार १ लाख ६ सय २० डोज खोप अनुदान स्वरूप दिन लागेको हो।  सो खोप सोमबार काठमाडौं आइपुग्नेछ। , यसअघि अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसन खोप दिएको थियो। योसँगै अमेरिकाले नेपाललाई १५ लाख ३० हजार खोप सहयोग गरेको छ। , Breaking: From the United States ➡️ Nepal. The United States is donating 100,620 Pfizer vaccines to the people of Nepal, the arrival is expected tomorrow! This adds to the 1.53 million J&J vaccines given by the U.S. to Nepal in July. ,#inthistogether, 🛬, — U.S. Embassy Nepal (@USEmbassyNepal) ,October 24, 2021,  , अमेरिकाले थप एक लाख फाइजरको खोप दिने, भोलि काठमाडौं आइपुग्ने
नवीनबाबु गुरूङ देशभरिका बालबालिकालाई  आज  भिटामिन ‘ए’ निःशुल्क खुवाइँदै छ।, ६ महिनादेखि पाँच वर्षमूनिका करिब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउन लागिएको हो।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागेको हो। सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन थालिएको मन्त्रालयले जनाएको छ।, स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ। सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ।, २०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुवाइने छ। पोषण शाखा प्रमुख पराजुलीले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि  भिटामिन ‘ए’ क्याप्सुल ३० लाख क्याप्सुल र अल्वेन्डाजोल २५ लाख ट्याब्लेट वितरण गरिने छ। जुकाको औषधि २४ लाख बालबालिकाले खानेछन्।, छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो। ‘राष्ट्रिय भिटामिन ‘ए’ कामर्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको उनले बताए।, मन्त्रालयले भिटामिन ‘ए’ खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। मन्त्रालयले वितरण केन्द्रमा भीडभाड नगर्न, एक व्यक्ति र अर्को व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, आफ्नो र बालबालिकाको सुरक्षाका लागि अनिवार्यरूपमा मास्कको सही तरिकाले प्रयोग गर्न र साबुनपानीले पटक-पटक हात धुन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ।, हेर्नुस् तस्बिरहरू:,  , बालबालिकालाई खुवाइयो भिटामिन ए र जुकाको औषधी (तस्बिरहरू)
सेतोपाटी संवाददाता महानगरभित्रका सम्पदाको संरक्षणका लागि ललितपुर महानगरपालिकाले फुटपाथ पसल हटाउने अभियानलाई तिब्रता दिएको छ। विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरी भाडामा लगाएका सम्पदामा सञ्चालित कपडा तथा तरकारी पसलहरू महानगरका प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा शनिबारदेखि हटाउन थालिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले सेतोपाटीलाई जानकारी दिए।, महानगर क्षेत्रभित्रका पाटीपौवा, सार्वजनिक स्थल अतिक्रमणहुँदै आएकोमा ऐतिहासिक महत्त्व बोकेका सम्पदाहरूको विनाश रोक्न यस्तो अभियान चलाइएको नगर प्रहरी प्रमुख हाछेथुले बताए।, लामो समयदेखि यस्ता सार्वजनिक स्थानका फल्चाहरुमा कपडा पसल तथा फलफूल र तरकारी पसल सञ्चालन हुँदै आएका छन्। उक्त फल्चामा स्थानीय समिति तथा व्यक्तिले जथाभावी आफूखुसी पसल खोल्न महिनावारी रकम असुलेर भाडामा दिने गरेको पाइएको उनले जानकारी दिए।, पहिले, अहिले, महिनामा एकपटक भजन कार्यक्रम हुँदै आएको मंगलबजारभित्रको १५० वर्ष पुरानो फल्चा ‘कृष्ण पाटी’ अतिक्रमण गरी पसल थापिएको र त्यसलाई हटाउने काम भएको उनले जानकारी दिए।, ‘१५० वर्षभन्दा पुरानो कृष्ण पाटीमा अब कुनै पनि व्यापारिक पसलहरू हुनेछैनन्। अब यहाँ नियमित भजन कृर्तन हुनेछ’, उनले भने,‘स्थानीय व्यक्तिले भाडा उठाउँदै आएको यस्ता पाटी पौवामा सञ्चालित पसल हटाएर चिटिक्क पारिएको छ। यहाँ अब कसैले पसल राखे कारबाही हुन्छ।’, उनले मंगलबजार वरिपरि रहेका पसल, टंगालको मन्दिरपेटीमा राखिएका तरकारी र कपडा पसल, लगनखेलबाट मंगलबजार जाने बाटोमा रहेको इतिटोलमा थापिएका पसलहरू हटाएको जानकारी दिए ।, नगर प्रहरीले शनिबार र आइतबार गरी विभिन्न एक दर्जनभन्दा बढी सम्पदा अतिक्रमण गरेर सञ्चालनमा आएका पसल हटाएको छ। सम्पदाको संरक्षणका लागि अतिक्रमण हटाउने मात्र नभई नगर प्रहरीले सरसफाइ र संरक्षणका गतिविधि सञ्चालन थालेको नगर प्रहरी प्रमुख हाछेथुले बताए ।, ऐतिहासिक सम्पदाहरू हेर्न नमिल्ने गरी पसल राखिँदा पर्यटन र ऐतिहासिक स्थलको महत्त्व घट्ने भन्दै उनले ललितपुर महानगरभरिका सम्पदामा भएका अतिक्रमण हटाउन मेयर महर्जनले दिएको निर्देशनअनुसार नगर प्रहरी परिचालन हुने बताए।, यसअघि ललितपुर महानगरले फुटपाथ अतिक्रमण गरी राखेका पसल हटाउनुका साथै गैर कानुनी रूपमा बनाएका संरचनासमेत भत्काइसकेको छ।, उनले मापदण्ड मिचेर कुनै पनि संरचना बनाउन नदिने महानगरको नीति रहेको भन्दै मेयर महर्जनले दिएको निर्देशन अनुसार नगर प्रहरी चल्ने स्पष्ट पार्दै गलत गर्नेलाई कानुनी दायरामा ल्याएरै छोड्नै बताए।, ‘तपाईहरूका आफ्नो टोल छरछिमेकमा मापदण्ड मिचेर घर निर्माण भइरहेको शंका लागेमा हामीलाई जानकारी दिनुहोस् हामी कानुनी दायरामा ल्याउनेछौ’, उनले भने,‘नियम कानुन सानो ठूलो कसैलाई भनिन्न सबैका लागि बराबर हुन्छ।’, पसल हटाएपछि भजन कीर्तिनको तयारी हुँदै कृष्ण पाटी, यसअघि महानगरले सडकपेटी ढाकेर अव्यवस्थित रूमा निर्माण सामाग्री राख्नेलाई कारबाहीको दायरामा ल्याएको थियो।, यस्तै सडक पेटी ढाकेर निर्माण सामाग्री, पसल, टहरा राख्नेलाईसमेत हटाएर सुन्दर सफा नगर बनाउन नगर प्रहरी लागिपरेको छ।, यस्तै ललितपुर महानगरपालिका भित्रका सडकमा राखिएका ‘स्पिड ब्रेकर’ महानगरले हटाइसकेको छ।, महानगर भित्रको सवारी चापलाई व्यवस्थित गर्न विभिन्न ठाउँमा वान वे समेत बनाइसकेका उनले अब लडाउन खुलेपछि पनि पहिलेको जस्तो ट्राफिक चाप नहुने बताउँछन्।, ‘हामीले ललितपुर महानगर भित्रका पाटनढोका, महापाल अगाडि लगायतका ठाउँमा वान वे बनाएर सवारी चाप न्यूनिकरणको अभ्यास गरिसकेका छौं’,  उनले भने,‘पुरातात्विक ललितपुर महानगरपालिकालाई देशकै सुन्दर र नमूना महानगरपालिका बनाउने सोचमा छु, नगर प्रहरीलाई पनि नेपालको एक नम्बर नगर प्रहरी बनाउँछु।’, ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई चौबीसै घण्टा परिचालन गर्न थालेको छ।  २०५५ मा स्थापित नगर प्रहरीले यसअघि दैनिक आठ घण्टा मात्रै ड्युटी गर्दै आएको थियो। स्थापनाको २३ वर्षपछि दसैंबाट नगर प्रहरीलाई चौबिस घण्टा ड्युटीमा परिचालन गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए।, नगर प्रहरीले हटलाइन सेवा पनि शुरू गरेको छ। पुल्चोकस्थित दमकल रहेकै भवनमा रहेको कार्यालयमा कन्ट्रोल रुम खडा गरेर ०१–५९०९७७७ नम्बरको हटलाइन नम्बर शुरु गरिएको छ। सो नम्बरमा सूचना आएको १५ मिनेटमा घटनास्थलमा पुग्नेगरी संरचना तयार गरिएको हाछेथुले बताए।, पुल्चोकस्थित दमकल मोडमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरका लागि बनाइदिएको ५ तले भवनमा नगर प्रहरीले आफ्नो कार्यालय खडा गरेको छ । सो भवनको ब्यारेकमा ७८ जना नगर प्रहरीलाई बस्ने व्यवस्था मिलाइएको छ ।, महानगरका स्थानीयले कन्ट्रोल रुपमा फोन गरेपछि रातको समयमा १५ मिनेटमा घटनास्थलमा पुग्नेगरी गाडी र रिजर्भ फौज तयारी अवस्थामा राख्न थालिएको छ । रातको समयमा हुने अनुमति बिनाका निर्माण कार्य, होर्डिङ बोर्ड र पोष्ट टाँस्ने काम रोक्न पनि नगर प्रहरी परिचालन प्रभावकारी हुने महानगरको निष्कर्ष छ ।, नगर क्षेत्र भित्र साँझ १० बजेसम्म नियमित ड्युटी गर्ने नगर प्रहरीले नगरवासीलाई ठूला पर्वमा बजार क्षेत्रमा किनमेल गर्ने सहज होस् भनि ग्राहक र व्यापारीलाई पनि सहजीकरण गर्न यस्तो योजना लागू गरेको जनाएको छ। रातको सयममा पनि जात्रा चल्ने हुनाले २४ सैं घण्टा नगर प्रहरी परिचालन गर्दा सुरक्षामा पनि सहयोग पुग्ने नगर प्रहरी प्रमुख हाछेथुले बताए।, ऐतिहासिक सम्पदा र फल्चामा खोलिएका पसल हटाउँदै ललितपुर नगर प्रहरी
सेतोपाटी संवाददाता सल्यानमा आइतबार बिहान भएको जिप दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ। , सल्यानको बागचौर नगरपालिका वडा नम्बर १ का १८ वर्षीय आशिष बस्नेतको उपचारका क्रममा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। , जिल्ला प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले आइतबार बिहान पौने ८ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३  मुलपानी नजिक सल्यानको थारमारेबाट दाङतर्फ आउँदै गरेको भे १ च १८९० नम्बरको डबल क्याप जिप दुर्घटनामा परेको थियो। , उक्त दुर्घटनामा परेर मृतक आशिषका भाइ १४ बर्षीय आयुस बस्नेत, सोही ठाउँका २२ बर्षीय मनोज बस्नेत, बागरचौर नगरपालिपका २ का २७  बर्षीया सीता ओली, सोही ठाउँका २८ बर्षीया बबिता रावल र उनको  छोरी ११ बर्षीया एसिका रैले घाइते भएका छन्।, घाइतेमध्ये बबिता रावतको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारको लागि राप्ती प्रादेशिक अस्पतालबाट बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी थापाले बताए । , जिप सडकबाट झन्डै एक सय मिटर तल खस्न पुगेको छ । घाइते सबैलाई उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।, सल्यान जीप दुर्घटनाका घाइते एक जनाको मृत्यु
राजकुमार पराजुली/रासस संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाउने स्थानीयवासीलाई पनौती नगरपालिकाले प्रोत्साहनस्वरुप आर्थिक सहयोगको योजना अघि सारेको छ। यसका लागि पुरातत्व विभागले दिएको मापदण्डानुसारको निजी आवास बनाउनुपर्ने हुन्छ।, यो योजनाअन्तर्गत वडा नं ७ का छ परिवारलाई आर्थिक सहयोग प्रदान गरिसकेको नगरपालिकाले जनाएको छ। पुरातत्व विभागले ताकेअनुसारको सार्वजनिक बाटो, गल्ली र चोकतर्फ मोहडा फर्किएको पुरानो शैलीको घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग दिन थालिएको जनाइएको छ। , ‘संरक्षित क्षेत्रमा विभागले तोकेअनुसारको घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग दिन थालेका छौँ’, नगरप्रमुख भीम न्यौपानेले भने। उनका अनुसार पुरानो शैलीका घर बनाउँदा महँगो पर्ने भएकाले ऐतिहासिकता जोगाउन नगरले सहयोग थालेको हो। यसका लागि  ९९ हजारदेखि ३ लाख ७८ हजार रुपैयाँसम्म प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाले जनाएको छ। प्रमुख न्यौपानले भने, ‘प्रोत्साहन रकम दिन थालेपछि आवास पुनःनिर्माण गर्ने स्थानीयवासीले पुरानै शैलीमा घर बनाउन थालेका छन्।’ काभ्रेपलाञ्चोकको उक्त नगरस्थित ७ नं वडा विश्वसम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को) द्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो। , ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्वसम्पदामा सूचीकृत गरिने जनाइएको छ। ‘सूचीकृत गर्न अन्तिम प्रक्रिया थालिएको छ’, प्रमुख न्यौपानेले भने, ‘यसका लागि मन्त्रिपरिषद्ले निर्णयको पर्खाईमा छ।’ उनले मन्त्रिपरिषद् बैठकको निर्णयलगत्तै पनौतीलाई युनेस्कोले सूचीकृत गर्नेछ भने। , पनौती नगरलाई विश्वसम्पदामा सूचीकृत गर्ने कार्य गत साल नै अघि बढाइएको थियो। यसपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गरेका थिए। अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्वसम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरपालिकाले सो प्रक्रियाका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेटसमेत विनियोजन गरेको छ। , ‘हामी बाह्रवर्षे मकर मेला अर्थात् आउँदो माघ महिनाअगावै विश्वसम्पदा सूचीमा सूचीकृत गराउने तयारीमा छौँ’, प्रमुख न्यौपानेले भने। उनका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा विश्वसम्पदामा सूचीकृत गराउन १ करोड बजेट छुट्याएको छ। पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन–२०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ। सूचीकृतका लागि मन्त्रालयगत प्रक्रिया सकिएको तर मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको उनको भनाइ छ। , उनका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि उक्त निर्णयका आधारमा युनेस्कोले पनौतीलाई विश्वसम्पदामा सूचीकृत गर्नेछ। मन्त्रिपरिषद्को निर्णयपछि युनेस्कोको फ्रान्सको पुरातत्व विज्ञ टिमले पुनःपनौतीको अनुगमन निरीक्षण गर्नेछ। हाल मन्त्रिपरिषद्को कार्यसूचीमा प्राथमिकतामा नपरेका कारण प्रक्रिया लम्बिन सक्ने बताइएको छ। सूचीकृत प्रक्रियामा पनौतीमा ७२ वटा मौलिक नेपाली घरसमेत निर्माणको काम धमाधम भइरहेको छ। नगर कार्यालयद्वारा सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टे (घरबास) सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ। , काभ्रेपलाञ्चोकको पनौती विश्वसम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्वसम्पदा क्षेत्र’ भनिनेछ। युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तैः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन वा सहर) धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ। जुन विश्वसम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ। सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ। , युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्वसम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो। त्यसयता सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्योलमा रहँदै आएको नगरप्रमुख न्यौपानको भनाइ छ। पुरातत्व विभागद्वारा हाल पनौती नगरका ऐतिहासिक मठमन्दिर तथा पुराना कलात्मक शैलीका घरको पुनःनिर्माण भइरहेको छ। पनौती नपाको वडा नं ५, ६ र ७ नम्बरमा १०० भन्दाबढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन्। फ्रान्स सरकारको सहयोगमा २०४८ सालदेखि २०५५ सालसम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरिएको थियो। , पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको छ। ती हुन्ः काठमाडौँ उपत्यका (उपत्यका सात क्षेत्रः काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर),  चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्। , नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ। यसमध्ये पनौती विश्वसम्पदामा सूचीकृत पहिलो हुने देखिएको छ। भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहे झैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्ममावती मानिँदै आइएको छ। पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ। , विसं १२७ मा राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जलराख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन्। तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्ममावती नदी गुप्तरुपमा बगिरहेको मान्यता छ। नेपाल पर्यटन बोर्डलेसमेत हालै विश्वसम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधिलाई प्रचारमा ल्याएको छ। यसका लागि बोर्डले पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै पर्चासमेत सार्वजनिक गरेको छ। , पनौती नगर क्षेत्रका मनोरम पहाड, खेत, हिमशृङ्खलाको दृष्यावलोकनले आन्तरिक एवं बाह्य पर्यटकलाई आनन्द प्रदान गर्ने मनोरम स्थान रहेको बोर्डले निष्कर्ष निकालेको छ। यस्तै साहसिक पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल रहेको बोर्डले जनाएको छ। , पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृष्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्नुपर्ने जनाइएको छ। , पुरानो शैलीका घर बनाउनेलाई आर्थिक अनुदान दिँदै पनौती
सेतोपाटी संवाददाता मोरङमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , लेटाङ नगरपालिका वडा नम्बर ९ मा आइतबार बिहान मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। , पूर्वबाट पश्चिम जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाइकलले स्थानीय ५० वर्षीया अम्बिका ढकाललाई ठक्कर दिँदा घाइते भएकी थिइन। , उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।, घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।,  , मोरङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
सुशीला रेग्मी/रासस हिन्दू धर्मावलम्बीले पवित्र मान्ने कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम संरक्षणका लागि स्थानीयवासी जुटेका छन्।  , दामोदर कुण्डबाट मुक्तिनाथहुँदै देवघाट क्षेत्रसम्म आएको कालीगण्डकीको तटीय क्षेत्रमा पाइने शालिग्राम महत्वपूर्ण सम्पदा मानिन्छ। यहाँ पाइने शालिग्रामको महत्व विशेष रहेकाले स्थानीयले संरक्षण गरेर राख्न थालेका छन् । हिजोआज शालिग्रामको चर्चा संसारभरि हँुदै जाँदा यसको महत्व बुझ्न थालेपछि स्थानीयवासीले नदी किनारमा खोजेर संरक्षण गरेर राख्ने गरेको पाइएको छ ।, रामपुरको धार्मिक क्षेत्र रामघाटमा करिब पाँच हजारको सङ्ख्यामा शालिग्राम सङ्कलन गरेर राखिएको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष वृद्धिप्रकाश रेग्मीले बताए। ‘धार्मिक नगरी रामघाट क्षेत्रलाई शालिग्राम संरक्षण क्षेत्र र शालिग्रामको महत्व अबका पुस्तामा चिनाउन कालीगण्डकीको तिरमा फेला परेका शालिग्राम शिला बटुलेर यहाँ ल्याएर राख्ने गरिएको छ, स्थानीयवासी तथा धार्मिक अगुवाले पनि आफूले फेला पारेका शालिग्राम यहाँ लिएर आउनुहुन्छ’, उनले भने। , स्थानीय जोकोहीले पनि बाटोमा यात्रा गर्ने क्रममा होस् या नदी किनारमा स्नान गर्न जादा, धार्मिक तीर्थस्थलमा पुग्दा फेला परेका शालिग्रामलाई नदीसँग जोडिएका धार्मिक तीर्थस्थलमा बुझाउने गरेका छन् । रामपुर नगरपालिका– १ स्थित टापुधाम क्षेत्रमा शालिग्राम संरक्षण गर्न सङ्ग्रहालय नै स्थापना गरिएको छ । यहाँ पर्यटन बोर्डबाट पाँच लाख र रामपुर नगरपालिकाबाट  पाँच लाख सहयोगमा सङ्ग्रहालय निर्माण गरी अहिले शालिग्रामलाई सुरक्षित साथ राखिएको छ ।, स्थानीयवासीको सक्रियतामा नदी किनारमा खोजेर सङ्ग्रहालयमा शालिग्राम ल्याएर राख्न थालिएको समितिका अध्यक्ष रत्ना थापाले बताइन्। ‘सङ्ग्रहालय बनाउन थालेपछि दुई/चार दिनको समय लगाएर स्थानीयवासी मिलेर कालीगण्डकीको किनारमा पुगेर शालिग्राम खोजेर ल्यायौं, यस अभियानमा सबैले सहयोग र साथ दिएकाले सङ्ग्रहालय स्थापना गरेर सुरक्षितरुपमा राखिएको छ’, उनले भने। हाल यहाँ करिब एक हजार शालिग्राम संरक्षण गरिएको छ । , यसैगरी कालीगण्डकीकै उत्तरबाहिनी क्षेत्रमा पनि शालिग्राम संरक्षण गरिएको छ । यो सँगसँगै कालीनदीका किनारमा अवस्थित धार्मिक तीर्थस्थलमा प्रायगरी शालिग्राम सङ्कलन गरेर राख्ने गरिएको छ । शालिग्राम भगवान्को अवतार हो भन्ने जनविश्वास छ । शालिग्रामले कालीगण्डकी नदीको छोरा बन्न पाउँ भनेर आशीर्वाद पाएको किंवदन्ती छ । त्यस्तै श्रीस्वस्थानी व्रतकथामा पतिव्रता बृन्दाले श्राप दिएकाले भगवान् विष्णु कालन्तरमा शालिग्राम बन्नु परेको उल्लेख छ । त्यसैले शालिग्राम भगवान्को अवतार हो भन्ने हिन्दू धर्ममा आस्था राख्नेको विश्वास रहेको पाइन्छ ।  , शालिग्रामको विशेष महिमा रहेकाले यसको नित्य पूजा गर्नाले पनि करोडौँ यज्ञको फल मिल्ने धार्मिक विश्वास रहिआएको रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष श्यामकान्त खनालले बताए। उनले भने, ‘शालिग्रामको महत्व रहे पनि यसलाई पहिचान गर्न नसक्दा त्यत्तिकै खेर गइरहेको छ, हिजोआज भने यसको महत्वलाई बुझेर युवापुस्ताले पनि संरक्षण गर्नुपर्छ भनेर लागेको देखिन्छ।’ भिन्नभिन्न चक्र र आकृतिकअनुसार भगवान्का भिन्नभिन्न अवतार र स्वरुप शालिग्राममा मान्न सकिन्छ भनी पुराणमा लेखिएको छ ।, शालिग्रामको महत्व, कालीगण्डकीको किनारमा पाइने ढुङ्गा । औसतका ढुङ्गाभन्दा वजन बढी अर्थात् गह्रौँ । भित्री भागमा सुन लगायत धातु रहेको र भगवान् विष्णुको हतियार सुदर्शन चक्रको आकार बनेको ढुङ्गा शालिग्राम हो । चार रङमा पाइने शालिग्राम कालोको महत्व छ । जसलाई हिन्दू धर्मावलम्बीले पुज्छन् ।, चारवटै वेदमा शालिग्राम भगवान्को अंश भएको उल्लेख हुनुले आदिकालदेखि नै शालिग्रामको उत्पत्ति, महत्व र प्रचार भएकोसमेत देखिन्छ । दामोदर कुण्डबाट उत्पत्ति भएकी गण्डकी र मुक्तिनाथबाट निस्किएकी कालीको सङ्गम कागबेनीदेखि तल्लो तटीय क्षेत्रमा पाइने भएकाले शालिग्राममा अदृश्य शक्ति रहेको स्पष्ट हुने धार्मिक अगुवाको भनाइ छ ।, शालिग्रामलाई जिउँदो भगवान्का रूपमा पुजिने गरिन्छ । शालिग्रामको महत्व नेपालमा मात्र नभई भारतलगायत संसारभर बढिरहेको छ । शालिग्रामप्रति हिन्दू मात्र नभई संसारका बौद्ध धर्मावलम्बीले पनि पूजा गर्छन् ।, शालिग्राम नदीको निरन्तर कटानपछि बन्ने शालिग्राम ढुङ्गा मात्र होइन । धातुको चक्रसहित विभिन्न रङका हुन्छन् । विश्वमै कालीगण्डकी नदीमा मात्र शालिग्राम पाइने दाबी छ । कालो, सेतो, निलो र पहँेलो रङको भए पनि कालो शालिग्रामलाई विश्वभरका मानिसले पूजा गर्छन्। हिन्दू संस्कृतिमा पाञ्चायन पूजादेखि हरेक क्षेत्रमा शालिग्रामको प्रयोग हुने र गण्डकीको किनारमा जन्मेका लाखौँ मानिसले शालिग्राम नदेखेको र कतियपले देखेर पनि महत्व नबुझेर पनि त्यत्तिकै खेर गइरहेका छन् ।,        , शालिग्राम दुई प्रकारका हुन्छन् । चिल्ला र खस्रा । पानीमा भएका चिल्ला र जमिनमा भेटिने खस्रा हुन्छन् । यो बन्न लाखौं वर्ष लाग्छ । पछिल्लो समय शालिग्रामको चोरी तस्करी, बेचबिखनमा वृद्धि भएको छ । यसलाई फोडेर धातु मात्र जम्मा पारेर औँठी, मालाजस्ता वस्तु बनाएर लाखौँमा बेच्छन् । सिङ्गो शालिग्रामकैरूपमा पूजा गर्न खरिद गर्ने पनि छन् । भारतका अधिकांश स्थानमा महँगो शुल्क तिरेर शालिग्राम किनबेच हुन्छ । , शालिग्राम संरक्षणमा स्थानीयवासीको सक्रियता
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिकामा एक अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ। , जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो।, अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ । उक्त अस्पताल परोपकार प्रसूति गृह थापाथलीको मातहतमा सञ्चालन हुनेछ । सम्झौतापत्रमा बढीमा चार वर्षमा अस्पताल निर्माण सम्पन्न गरी सेवा सुरु गरिने उल्लेख छ । , नगरपालिकाका प्रमुख गिरीले अस्पताल निर्माणसँगै उपत्यकामा प्रसूति सेवा लिन आउने बिरामीलाई सहज हुने बताए। अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा उक्त योजना सम्पन्न हुने नगरप्रमुख गिरीले जानकारी दिए। ,रासस, चन्द्रागिरि नगरपालिका एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने
सेतोपाटी संवाददाता बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले मारेर खान थालेको हो । शनिबार मात्रै बेलडाँडी–२ का रङ्गवीर बस्नेतको गोठमा बाँधेका बाख्रा मारेर खाएको छ भने सोही ठाउँका शङ्करदत्त भट्टको गोठमै रहेको बाच्छीलाई घाइते बनाएको छ । तीन दिनअघि मात्रै बस्नेतको गोठमै छिरेर बाघले गोरु मारेको थियो । , ‘विगतमा रातिमात्रै बस्तीमा बाघ आएको सुन्ने गरेका थियौं’, स्थानीय विमल धामीले भने, ‘अब बाघले दिउँसै बस्तीमा छिरेर गोठामा बाँधेका चौपाया मारेर खान थालेको छ, दुई साताको अवधिमै बाघले यस क्षेत्रका आधा दर्जन बढी किसानले पालेका बाख्रालगायत चौपाया मारेर नोक्सानी गरेको छ ।’, साँझ नपर्दै बस्तीमा बाघ देखापर्न थालेपछि स्थानीय बासिन्दा त्रसितसमेत भएका छन्। साँझअगावै स्थानीय बासिन्दाले बाघकै डरले गाउँमा हिँडडुल गर्नसमेत बन्द गरेका छन्। , बाघले चौपायामा क्षति पुर्‍याउन थालेपछि स्थानीय बासिन्दाले नियन्त्रणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई अनुरोधसमेत गरेका छन् । , बाघ नियन्त्रणका लागि हालसम्म कुनै पनि प्रयास हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ । बाघसँगै बँदेल, हात्तीले समेत यस क्षेत्रका बासिन्दाले लगाएको बालीनालीमा नोक्सानी पुर्‍याउँदै आएका छन्।, रासस, दिउँसै गोठमा छिरेर बाघले चौपाया मारेर खान थालेपछि ...
सेतोपाटी संवाददाता सुनसरीमा खैरो हिरोइन (ब्राउन सुगर)सहित दम्पती पक्राउ परेका छन्।, इटहरी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने शिवे सरदार र उनकी श्रीमती सगुन माझी सरदारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, गत शुक्रबार इटहरी-१७ लवीपुर-तरहरा भित्री सडकखण्डमा लागु औषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो। , सूचना पाएपछि इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले खैरो हिरोइन बिक्री गरिरहेको अवस्थामा शिवेलाई पक्राउ गरेको थियो। उनीमाथि प्ररम्भीक अनुसन्धान गरी प्रहरीले उनकी श्रीमती सगुनलाई पक्राउ गरेको कार्यालयले जनाएको छ। , उनीहरूबाट प्रहरीले ४१ ग्राम ५९० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ। साथै हिरोइन बेचेर पाएको १५ हजार ७१० रुपैयाँ र नापतौल गर्ने डिजिटल काँटा पनि बरामद गरेको छ। , प्रहरीले उनीहरूमाथि लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत थप अनुसन्धान अघि बढाएको छ।, सुनसरीमा खैरो हिरोइनसहित दम्पती पक्राउ
सविता बुढा खेतमा आएको बाढी सुक्दै गएको छ। आकाशको बादल पनि हटेको छ तर किसानका मनमा पीडाको बादल थपिँदै गएको छ।, अघिल्लो साता परेको भारी वर्षापछिको बाढी राम्रो उपज पाउने किसानहरूको मेहनतमा कालो बादल लगाएर गएको हो।, धनगढी उपमहानगरपालिका-१३ की हिरामतीदेवी चौधरीको परिवार घुँडासम्म पुग्ने पानी जमेका गह्राबाट धानका मुठा उठाउँदै आलीहरूमा राख्न थालेका छन्।, उनका श्रीमान् भिजेका मुठा काँधमा बोक्दै आलीमा लहरै मिलाएर सुकाउन राख्दै छन्। हिरामती आलीमा अलि सुकेका मुठा ओल्टाई-पल्टाई गर्दैछिन्।, उनकी तीन छोरी पनि यही काममा लागेकी छन्।, जेठमा बिउ राख्ने बेलादेखि नै उनको ६ जनाको परिवार धान खेतीमा होमिएको थियो।, हिरामतीका श्रीमान् बन्धुराम हलो जोत्छन्। उनीहरूले एक हल गोरु पनि पालेका छन्।, गएको माघमा एकजना जमिनदारसँग उनले डेढ बिघा जमिन बटैया (अधियाँ) मा लिए। उब्जेको धानको ठिक आधा तौलेर जमिनका मालिकलाई दिनुपर्ने सर्तमा खेती गर्न बटैयामा जग्गा लिएको उनले बताए।, कृषि कम्पनी कार्यालय धनगढीबाट उनले १८ सयको ३० केजी सर्जु, अर्को १८ सय हालेर राधा-४ पनि ३० केजी बीउ धान किनेका थिए।, थप ३० केजी सावा मन्सुली धानको बिउ उनले प्रतिकेजी ५ सयका दरले १५ हजारमा किने।, आफ्नो घर नजिकैको ३ कट्ठा जति जमिनमा उनले बिउ छरेका थिए। आफ्नै हल गोरुले जोतेकाले जोताइमा उनको खर्च लागेन, आफ्नो मेहनत भने लाग्यो।, ‘डल्ला फुटाउने, झार उखेल्ने काममा सबै परिवार नै लागेका थियौं,’ उनले भने।, रोपाइँअघि ५०० प्रतिकट्ठाका दरले ट्याक्टर लगाएर खेत जोताए। रोपाइँका बेला पाँगो बनाउन थप जोत्नै पर्छ। उनको साढे सात हजार रुपैयाँ त जोताइमै खर्च भएको थियो। आफ्नो हल गोरुले छुटेका कुना जोत्नु परेको थियो।, रोपाइँ गर्ने बेला प्रतिघन्टा ३ सयका दरले मोटरको पानी चलाउँदा उनले २५ घन्टाको ७ हजार ५ सय खर्च गर्नु परेको थियो।, असारको मध्यसम्म उनीहरूले रोपाइँ सकेको थिए। करिब १५ दिनजति रोपाइँमा लागेका उनको परिवारलाई सघाउने एक/दुई दिन छिमेकी पनि आएका थिए। त्यसको सट्टा उनीहरूको रोपाइँमा हिरामतीको परिवारले पनि सघाएको थियो।, रोपाइँ सकिएपछि लगत्तै डिएपी र युरिया खेतमा हालेको हिरामतीले बताइन्।, ‘यो वर्ष रोपाइँका लागि हामीले ६ हजारका २ बोरा डिएपी, ३ हजारको २ बोरा युरिया मल किन्नु परेको थियो,’ उनले भनिन्।, उनीहरूले आफैंसँग भएको रुपैयाँ खर्चेर सकिएपछि २० हजार सरसापट गरेर बर्षामा खेती लगाएका थिए।, भदौको महिना गोडमेलमै बिताएको उनको परिवार दसैंअघि धान काटेर सक्ने योजनामा थियो।, ‘थ्रेसर नपाइने हो भनेर अलि ढिला काट्न सुरू गर्‍यौं,’ उनले भनिन्।, दसैंको एकदिन काटेनन्, त्यसको अघिका ३ र पछिको एकदिन उनीहरूले धान काटे।, दुई जातको धान काटेर मुठा बानेका उनीहरूले मन्सुली आधा काटेका थिए। काटेको धान खेतमै थियो।, आइतबार राति एक्कासी पानी पर्न थल्यो। उनीहरू दौडेर खेतमा पुगे। जति सक्यो उठाएर कुन्यू लगाए। त्रिपाल ओढाए। पानी निकै दर्केर परिरह्यो।, ‘सोचेकै थिएनौं कि कात्तिकमा यस्तो पानी आउला भनेर, बचाउन जति प्रयास गरे पनि सकेनौं, पूरा धान भिजिहाल्यो,’ बन्धुरामले भने।, रातभरि खेतमा बसेका उनीहरूले जब बाढी नै खेतमा पसेर खोलाजस्तो बन्यो त्यसपछि हिम्मत हारे।, ‘सुरूसुरूमा अलिअलि पानी आउँदा त मैले आली काटेर कुलोजस्तो बनाउँदै बगाएँ पछि त कम्मरसम्म पुग्ने गरी आयो, धान सबै तैरिँदै बग्न थाल्यो,’ उनले भने।, धान काटेर खेतमा थ्रेसिङको तयारीमा रहेका उनीहरूको डेढ बिघामा लगाएको धान बाढीले सखाप पारिदियो।, अहिले मुठा उठाउँदै सुकाउन लाग्दा धान टुसाएर जमराजस्तो भएको छ।, उनले खेतमा ३० क्विन्टल धान फल्ने आश गरेका थिए। अब त सायद ५/७ क्विन्टल पनि बचेको छ कि छैनजस्तो उनलाई लागेको छ।, ‘परालमात्रै छ, धान त केही उम्रिन थाल्यो, केही भिजेर पिठो भैसक्यो,’  उनले भने।, हिरामतीको परिवारको खाने अन्य कुनै पनि स्रोत छैन। उनीहरू पूर्ण रूपमा यसै खेतीमा निर्भर हुन्।, ‘खाने, लाउने, बच्चा पढाउने हाम्रो सबैथोक यही खेती हो, अब के खाने, के गर्ने खै,’ बन्धुरामले आफैंलाई प्रश्न गरे।, यस वर्ष खेतीबाट कम्तीमा ५० हजार नाफा हुने उनको अनुमान थियो। अब जग्गाधनीलाई पो के दिन भन्ने उनलाई पीर परेको छ।, ‘बचेको यही पनि आधा त दिनैपर्छ, नत्र धनीले कहाँ मान्छ,’ उनले भने।, अहिले पनि उनको पुरै खेत पानीमा डुबेको छ। बीचमा कुलो जसरी जमेको पानी बगिरहेको छ।, ‘सुकाउने ठाउँ पनि छैन, धान काटेर ४/५ दिनमा सबै काम सकिन्थ्यो, अब त सुकाउन, दाउनसम्म महिना दिन अझैं लाग्छ होला,’ उनले भने।, धनगढी उपमहानगरपालिका-१३ श्रीलंकामा उनीहरूको माटो र टायलले छाएको घर छ।, मोहना नदीनजिकै रहेकोको यो बस्ती टापुजस्तै छ। यहाँ पानी परेको समय सबैभन्दा बढी डुबान  हुन्छ।  डुबान धेरै हुने र टापुजस्तै ठाउँ भएकाले यसको नाम श्रीलंका राखिएको त्यहाकाँ स्थानीयहरूको भनाइ छ।, अविरल बर्षाले उनीहरूको घर, भान्छा कोठा पनि डुबानमा परेको थियो। अहिले पनि उनीहरूका भान्छा, घरका कोठा भिजेकै छन्।, ‘कुखुरा, बारीको तरकारी खेती बाढीले लगिहाल्यो, घरको ढोका पनि त्यही बाढीमै गयो,  हिलैहिलो भएकाले खाना पकाउन, सुत्न गाह्रो छ’, चौधरीले भने।, आजकाल उनीहरूलाई न घर गए खुसी लाग्छ न खेतमा।, कृषि केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले प्रारम्भिक अध्ययनअनुसार यस जिल्लामा मात्रै कम्तीमा २१ हजार हेक्टरमा पूर्ण रूपमा धानबाली क्षति भएको बताए।, यसरी ९ लाख ४५ हजार क्विन्टल धान नोक्सान भएको उनले बताए।, ‘२ अर्ब बराबरको धानबालीमा नोक्सानी भएको देखिन्छ,’ उनले भने।, कैलालीमा ७० हजार हेक्टर जमिनमा धान खेती हुन्छ।, कात्तिक पहिलो साताको बाढीले कैलालीमा धानसँगै तोरी, मसुरो, केरा, आलुलगायतका खेतीबालीमा क्षति भएको छ।, प्रदेश सरकारको मापदण्डअनुसार प्रतिबिघा ८ हजारका दरले राहत दिने हो भने पनि १७ करोड रुपैयाँ चाहिने देखिन्छ।, यसमा स्थानीय र प्रदेशले नभ्याए संघ सरकारले ध्यान दिनुपर्ने शर्माले बताए।, अरू बालीमा भएको क्षति पनि जोड्दा कम्तीमा २५ करोड राहत रकम आवश्यक पर्ने उनले बताए।, धानमा पुगेको क्षतिले आयात बढ्न सक्ने देखिएको छ। यस्तै कम गुणस्तरको चामल खानुपर्ने बाध्यता आउन सक्ने उनले बताए।, समयमै सरकारले सही रणनीति नलिए चामलको मूल्य पनि बढ्ने र फेरि किनेर खानु परे किसानहरू नै महंगीको मारमा पर्ने उनले बताए।, अधियाँ खेतमा बगेर गयो हिरामती-बन्धुरामको मेहनत र सपना
सेतोपाटी संवाददाता परराष्ट्र मन्त्रालय कर्मचारीहरूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, आइतबार दिउँसो सर्लाहीका सञ्जयकुमार ठाकुरलाई प्रहरीले परराष्ट्र मन्त्रालयबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। , मन्त्रालयका कर्मचारीहरूसँग अभद्र व्यवहार र दुर्व्यवहार गरेको भन्ने खबर आएपछि प्रहरीले उनलाई पक्राउ गरिएको बस्नेतले बताए। उनका अनुसार ठाकुर सर्लाहीबाटै आएका थिए। , 'उनी सर्लाहीबाट आएका थिए। उनले आफू पूर्व कर्मचारी भनेका छन्। तर भेरिफाइ भइसकेको छैन,' उनले भने, 'पिएहरूसँग दुर्व्यवहार गरेको भन्ने आएपछि समातेका हौं।', अहिले उनलाई प्रहरीले टेकुस्थित परिसरमा राखिएको छ। ,  , मन्त्रालयमै परराष्ट्रका कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता डोल्पामा जीप दुर्घटना हुँदा चालकसहित ९ जना घाईते भएका छन्।, दुनै बजारबाट त्रिपुरासुन्दरी नगरपालिका–१ सुपाने जाँदै गरेको भे १ ज ९७५ नम्बरको जीप ठूलीभेरी नगरपालिका–९ भित्ती भन्ने ठाउँमा आइतबार दिउँसो सवा ४ बजे दुर्घटना भएको हो।, दुर्घटनामा परी घाईते हुनेमा मकवानपुरको हेटौंडा नगरपालिका–९ का ३८ वर्षीय विष्णु श्रेष्ठ, अशोक सारूमगर, ३१ वर्षीय जीवन शर्मा वडा नम्बर ११ का २२ बर्षीय बुद्धविर लामा, वडा नम्बर ४ का ३९ वर्षीय सुरेश श्रेष्ठ, रमेश गौतम, वडा नम्बर १ का ३६ वर्षीय सुशिल राज गिरी, वडा नम्बर ७ का ३८ वर्षीय किरण अधिकारी छन्।, डोल्पाको ठूलीभेरी नगरपालिका–९ का जीप चालक २० वर्षीय जुकोष शाही पनि घाईते भएका छन्। घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, स्टेयरिङ फेल हुँदा जिप सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुको जिल्ला अस्पताल डोल्पामा उपचार भईरहेको छ।, डोल्पामा जीप दुर्घटना हुँदा ९ जना घाईते
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार  ६ हजार ६१ पीसीआर तथा १ हजार ५६४ एन्टिजेन परीक्षण गरिएको हो। गत २४ घण्टामा ८७७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन्।, हाल देशभर १० हजार २०१ सक्रिय संक्रमित रहेका छन् ।, यस्तै २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ ।, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १५९, भक्तपुरमा ९ र ललितपुरमा ४१ संक्रमित थपिएका हुन् ।, नेपालमा ५५७ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १० हजार २०१
सेतोपाटी जाजरकोट-डोल्पा सडकको रूकुम पश्चिम र डोल्पा खण्डमा पहिरो जाँदा यातायात अवरूद्ध भएको छ। रूकुम (पश्चिम) मा पर्ने त्रिवेणी बजार र डोल्पामा दुई स्थानमा गएको सुक्खा पहिराले जाजरकोटको यातायात ठप्प भएको हो। , करिब एकसय मिटर माथिबाट खसेको पहिराका कारण डोल्पा जाने र आउने सवारीसाधन ठप्प भएका हुन्।, मंगलबारदेखि रूकुम पश्चिमको अनाहदेखि छुटेका मालबाहक ट्याक्टर, साना ट्रक सडकका दुई किनारामा रोकिएर राखिएको छ।, पहिराका कारण दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको जुफालका स्थानीय व्यापारी खीमबहादुर सिंहले जानकारी दिए।, उनले भने, 'मूल ठाउँमै पहिरो खसेकाले चामल, नुन, तेललगायत सामग्री भित्र्याउन सकिएको छैन, बजारमा भने मौज्दात खाद्यान्न सकिने बेला भएको छ।', सडक खुलाउने बारेमा सडक डिभिजन चौरजहारीले कुनै चासो नदिएको सिंहले बताए। यता डिभिजन प्रमुख ध्रुव झाले आफूलाई जानकारी नै नआएको बताए। , जाजरकोट-डोल्पा सडकखण्डअन्तर्गत पर्ने खदाङ्ग–त्रिवेणी सडकखण्डमा सर्वसाधारण ज्यानको बाजी थापेर यात्रा गर्न बाध्य छन्।, त्रिपुरासुन्दरी नगरपालिका-५ का स्थानीयबासी मोतीप्रसाद उपाध्यायले भने, 'मूल सडकमा पहिरो गएको छ, जिल्ला आउने र बाहिरिने अर्को कुनै वैकल्पिक सडक छैन, त्यसकारण पनि सर्वसाधारण जोखिम लिएरै यात्रा गर्न बाध्य छन्।', त्रिपुरासुन्दरी नगरपालिका आफैंसँग डोजर छ, पहिरो गएको तीन दिन बितिसक्दा पनि डोजर पठाएको छैन। , कच्ची सडक र झोलुङ्गे पुलका कारण डोल्पासम्म पुग्ने सडक जोखिमयुक्त भएकाले सुधार गर्नुपर्ने फोक्सुण्डो ताल जान हिँडेका गुल्मी तम्घासका आन्तरिक पर्यटक श्याम क्षेत्रीले बताए।, उनले भने, 'डोल्पा पर्यटकीय हिसाबमा अत्यन्तै सुन्दर छ, त्यही भएर पनि स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लागेको छ तर करोपगार्डसम्म कसरी ज्यान जोगाएर आइपुगियो सम्झिँदा आफैंलाई डर लाग्छ।', करोपगार्डमा खसिरहेको पहिराका गन्तव्यमा पुग्न नसकेपछि फोक्सुण्डो नहेरी पर्यटक बीच बाटोबाटै फर्कन थालेका छन्। उपयुक्त मौसम पारेर डोल्पा आइपुगेका काठमाडौं, गुल्मी, बुटवल, पाल्पा लगायतबाट मोटरसाइकलमा आएका आन्तरिक पर्यटकहरू पहिराले अगाडि बढ्न नसकेपछि बीच बाटोबाटै फर्किएको स्थानीयवासी पौरख रोकायले बताए। ,रासस, जाजरकोट-डोल्पा सडक अवरूद्ध, बीच बाटोबाटै फर्किए पर्यटक
भगवती पाण्डे निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न दुई करोड १६ लाख अमेरिकी डलर मूल्यको बुद्धमूर्ति भैरहवा ल्याइएको छ।, बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनाइएको उक्त बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार भैरहवा ल्याइएको हो।, उक्त मूर्ति बिहीबार नै भैरहवा भन्सार परिसरमा ल्याइपुर्‍याइ पनि शुक्रबारमात्रै भन्सार प्रक्रिया पूरा भएको हो।, लुम्बिनी गार्डेन फाउण्डेसनमार्फत् म्यान्मार सरकारले नेपाल सरकारलाई उक्त मूर्ति उपलब्ध गराएको फाउण्डेसनका सचिव तुल्सीराम लामिछानेले जानकारी दिए।, ‘ह्वाइट जेड स्टोन’ बहुमूल्य पत्थर भएकोले मूर्ति बनाउँदा साढे दुई अर्ब मूल्य पर्ने भए पनि उक्त मूर्ति म्यान्मारका खानी उद्योगीले उपलब्ध गराएकोले फाउण्डेसन र नेपाल सरकार कसैको पनि नगद लगानी नभएको लामिछानेले स्पष्ट पारे।, ‘ह्वाइट जेड स्टोन’ बहुमूल्य पत्थर हो, हङकङमै पनि १ ग्राम ‘ह्वाइट जेड स्टोन’ को १२ अमेरिकी डलर मूल्य पर्छ, तर मूर्ति निर्माणमा फाउण्डेसन र नेपाल सरकार कसैको पनि लगानी भएको छैन,’ लामिछानेले भने।, म्यान्मारका भिक्षुहरूले ६ महिना लगाएर कुदेको उक्त मूर्ति करिब दुई अर्ब ५० करोड नेपाली रुपैयाँ मूल्यको रहेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए।, गिरीका अनुसार मूर्ति ल्याउँदा लागेको १२ हजार अमेरिकी डलर ढुवानी खर्च फाउण्डेसनले बेहोरेको छ भने नेपाल सरकारले भन्सार शुल्क छुट दिएको छ।, स्पेनमा रहेकोे लुम्बिनी गार्डेन फाउण्डेसनका लागि म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले उक्त बुद्धमूर्ति बनाएको थियो। तर फाउण्डेसनले बुद्ध र लुम्बिनीबारे विश्वमा शान्ति र पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल ल्याएको गिरीले बताए।, १ हजार ८ सय किलोग्राम तौलको उक्त मूर्ति यही कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्ध विमानस्थलमा अनावरण गर्ने कार्यक्रम तय गरिएको छ।, मूर्ति अनावरणपछि लुम्बिनी, भैरहवा, तौलिहवा, देवदह, रामग्राम लगायत आसपासका स्थानीय पालिकामार्फत् नेपाल सरकारलाई प्रदान गरिने छ।, एक दशमलव ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको उक्त बुद्धमूर्ति नयाँ निर्माण गरिएको टर्मिनल बिल्डिङको अगाडि गार्डेनमा राखिने छ। त्यसको लागि विमानस्थल आयोजनाले बेस निर्माण गरिसकेको छ।, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लैजानुपूर्व उक्त मूर्तिलाई शनिबार भन्सार परिसरबाट निकालेर भैरहवा बजार परिक्रमा गराइने छ। त्यसपछि भैरहवाबाट लुम्बिनी परिपथ घुमाएरमात्र विमानस्थलमा लगिने छ।, भन्सार परिसरमै रहेको उक्त मूर्तिलाई राजकीय थाई बिहार लुम्बिनीका भिक्षुहरूले फूल मालाले सिंगारेर राखेका छन्।, त्यसअघि कात्तिक १३ गते लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनसहित शान्तिको कामना गर्न स्पेनका सभामुखको नेतृत्वमा विशेष प्रतिनिधि मण्डल नेपाल आउने कार्यक्रम तय भइसकेको फाउण्डेसनले जनाएको छ।, गिरीका अनुसार बुद्धमूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र अन्य दुई जना मन्त्रीसमेत आउने कार्यक्रम तय भएको छ।, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा बुद्धमूर्तिले सघाउ पुर्‍याउन सक्ने विश्वास व्यक्त गरे।, सोही विश्वासका साथ सिद्धार्थ उद्योग वाणिज्य संघ र लुम्बिनी होटल संघले बुद्ध धुनको गुन्ज्यायमान र झाँकीसहित उक्त मूर्तिलाई भैरहवादेखि लुम्बिनीसम्म परिक्रमा गराउने तयारी समेत गरेका छन्।, अघिल्लो वर्ष राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी लगायतको टोली स्पेन गएको बेला यो मूर्ति नेपाल ल्याउने पहल अगाडि बढेको गिरीले बताए।, गौतमबुद्ध विमानस्थलमा राख्न बनाइएको साढे २ अर्बको बुद्धमूर्ति भैरहवा आइपुग्यो
सेतोपाटी संवाददाता बैतडीका आमाले हाम फालेपछि सँगै बेपत्ता भएका एक बालक मृत फेला परेका छन्। , शुक्रबार डिलाशैनी–४ मठैराजका पाँच वर्षीय सुभम विष्ट मृत फेला परेका हुन्। , उनी दोगडाकेदार–६ चम्तडीनजिक चौलानी नदी किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ। , कात्तिक २ गते उनकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदीमा हाम फालेकी थिइन्। , उनी भने भेटिएकी छैनन्।, प्रहरीका अनुसार जयन्तीको खोजीकार्य भइरहेको छ।, यस्तै, शुक्रबार नै सुर्नया गाउँपालिका-५ कक्स्यालीका ४७ वर्षीय ध्वजबहादुर विष्ट पनि मृत फेला परेका छन्।, उनी असोज २९ गते  घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेका थिए।, त्यसदिनदेखि बेपत्ता रहेका उनी शुक्रबार बिहान १० बजे कक्स्यालीमै मृत फेला परेको प्रहरीले जनाएको छ।, उनको मृत्युको के कारणले भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।, आमाले नदीमा हाम फालेपछि सँगै बेपत्ता भएका शुभम मृत फेला
सेतोपाटी संवाददाता सुदूरपश्चिममा अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट ३४ जनाको मृत्यु भएको छ।, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डोटीमा १६, डडेल्धुरामा ३, बैतडीमा ४, बझाङमा ९, कैलाली र अछाममा १/१ जनाको मृत्यु भएको हो।, यस्तै, अन्य २२ जना बेपत्ता भएका छन्।  बझाङका २० र कैलाली र बैतडीका १/१ जना अझै बेपत्ता रहेको प्रहरीको तथ्यांक छ। बेपत्ताहरूको खोजी कार्य जारी छ। , बाढी र पहिरोकै कारण १७ जना घाइते छन्।, डोटीका ११, डडेल्धुराका २, बैतडीका २, बझाङ र बाजुराका १/१ जना घाइते भएका हुन्। घाइतेहरूको विभिन्न अस्पतालका उपचार भइरहेको प्रहरीले जनाएको छ। , यस्तै, बझाङका २०, डोटीका १२,  डडेल्धुराका ६ गरी ३९ वटा घरमा पूर्ण क्षति भएको प्रहरीको तथ्यांक छ। , साथै, ठूलो संख्यामा भौतिक संरचना, पशुपंक्षी, धानबाली, तरकारी खेतीमा क्षति पुगेको छ।, सुदूरपश्चिममा बाढी-पहिरोका कारण ३४ जनाको मृत्यु, २२ बेपत्ता
सेतोपाटी संवाददाता सुनसरीबाट प्रहरीले स्रोत नखुलेको रकम र बिना बिलको सुनसहित दुई जनालाई पक्राउ गरेको छ।, धरान-२ बाट बिल भरपाई बिनाको सुन र नगदसहित बिहीबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा धरान-१५ सगरमाथा लाइनका ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका-२ का ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन्।, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीरूलाई २ सय ८५.३२० ग्राम सुन र १८ लाखसहित पक्राउ गरेको हो।, पक्राउ परेका दुबैमाथि अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए।, २८५ ग्राम सुन र १८ लाख रुपैयाँसहित धरानबाट दुई जना पक्राउ
सेतोपाटी संवाददाता लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ।, पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए।, ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेश रहेको थियो। बरामद भएको चरेशको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ।, पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस, सात किलो चरेशसहित महिला पक्राउ
खिलानाथ ढकाल सोल्टी होटलमा शुक्रबार अपराह्न चिटिक्क पारिएको थियो। अग्रपंत्तिमा पञ्चेबाजा घन्काइएको थियो। पञ्चेबाजालाई बेला-बेला शंखध्वनी गुन्जाइएको थियो। , अपराह्न ३ बजे नै पाहुनाहरूलाई स्वागत गर्न पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाह आफैं उभिइरहेकी थिइन्। उनका साथमा सहयोगीहरू पनि थिए। , चियापान स्थलमा बाँसुरी, सारंगीको मौलिक धुनसँगै र मादलमार्फत ताल दिइएको थियो। , निकै उत्साहित देखिने वातावरण बनाएको थियो हिमानी ट्रष्टले।, ट्रष्टले तिहार र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान-प्रदानको कार्यक्रम राखेको थियो।, सामाजिक कार्यमा काम गरिरहेको ट्रष्टले आमन्त्रण गरेका तीन सयबढी व्यक्तिहरू गैरराजनीतिक थिए। त्यसमा बाहुल्य कलाकारहरू थिए। , वरिष्ठ कलाकार, खेलाडी, साहित्यकार, पत्रकारलगायतलाई हिमानी आफैंले कार्यक्रमस्थल देखाइरहेकी थिइन्। , ४ बजे भिड भर्खर सुरू भयो। हिमानीले स्वागत गरिरहेकी थिइन्। केहीबेरमा पूर्वयुवराज पारस पुगेर हिमानीसँग हाइहेल्लो गर्दै अगाडि उभिइरहे। , सार्वजनिक कार्यक्रममा परिवारसाथ विरलै देखिने पारस आएपछि उनीतिर अतिथिहरू केन्द्रित भए।, प्राय: सबै दौरा-सुरूवाल, साडी-चोलो, सुटमा सजिएका थिए। कलाकार आउन थालेपछि भने फोटोसेसनको शृंखला लामै चल्यो।, कार्यक्रमको निर्धारित समय साढे ३ बजे तोकिए पनि पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह ढिलो गरी आइपुगेका थिए। सबै उनको पर्खाइमा थिए। उनी साढे ४ बजेतिर सोल्टी पुगेपछि कार्यक्रमस्थल छिरेका थिए। , उनी छिरेपछि अतिथिहरू कार्यक्रमस्थल पुगे। केहीबेरपछि पूर्वयुवराज पारस पनि बुवा ज्ञानेन्द्र बसेकै लहरमा पुगे। , ‘खासमा यस्तो ठूलो र सार्वजनिक चियापानको कार्यक्रम राखिएको यो पहिलो नै हो,’ पूर्वराजाका सहयोगी फणिराज पाठकले भने। , चाडवाडका मौलिक धुनले रोमाञ्चक पारेको कार्यक्रममा संवाददातासँग हिमानीले छोटो कुराकानी गरेकी थिइन्। , ‘हाम्रो ट्रष्टले अरू सामाजिक कामसँगै पुरानो लोक संस्कृति झल्काउने बाजागाजाको जगेर्ना गर्न लागिपरेको छ, त्यसैले यहाँ पञ्चेबाजा, सारंगी, बाँसुरी र मादल राखिएको हो,’ उनले भनिन्, ‘आधुनिक जमानासँगै पुरानो हाम्रो लोक संस्कृति लोप भइरहेको छ।’ , पूर्वराजा उठेर चियापानतर्फ हिँडेपछि सबैले फोटो खिच्नका लागि अनुरोध गरे। उनी पनि सहजै फोटोसेसनमा सहभागी भए। , फोटो खिचिसकेपछि हिमानी, पारस र ज्ञानेन्द्र सबैले खिच्नेहरूलाई धन्यवाद भन्दै तिहारको शुभकामना दिए। , कार्यक्रममा पूर्वअधिराजकुमार हृदयेन्द्र पनि पुगेका थिए। तर, पूर्वरानी कोमल भने कार्यक्रममा थिइनन्।, तस्बिरहरू सबै: खिलानाथ ढकाल/सेतोपाटी,  ,  , सोल्टीमा पूर्वराजपरिवारसँग चियापान र फोटोसेसन
सेतोपाटी संवाददाता बेमौसमी अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा शनिबारबाट सुचारू हुने भएको छ।, भारी वर्षाका कारण स्थानीय केसलिया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया जलमग्न भएपछि गत मङ्गलबारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका थिए।, विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार शनिबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुनेछ। त्यसपछि मौसमको अवस्था र विमानस्थलको स्थिति हेरेर पूर्ण रूपमा विमानस्थल सञ्चालनमा आउनेछ।, विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकोले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुने कार्यालयले जनाएको छ।, विमानस्थलको सबै उपकरण चेकजाँचपछि मात्र साँझपछिको उडान सुचारु हुने नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख उत्सब खरेलले बताए। मौसम सफा हुँदै गएको तथा विमानस्थलको पानी सुक्दै गएकाले शनिबारदेखि नियमित उडान सुरू हुने विमान कम्पनीहरुले बताएका छन् । उनीहरुले शनिबारको उडानको लागि टिकट बुकिङ गरिरहेका छन् ।, मौसम सफा हुँदै गएको तथा विमानस्थलको पानी सुक्दै गएकाले शनिबारदेखि नियमित उडान सुरू गर्न लागेको बुद्ध एयरले जानकारी दिएको छ।, विमानस्थल पूर्ण रूपमा डुबानमा परेपछि गत मङ्गलबारदेखि रोकिएको उडान भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म ७ वटा उडान भर्ने बुद्ध एयरका कम्युनिकेशन अफिसर दिपेन्द्र कर्णले सेतोपाटीलाई जानकारी दिए।, यस्तै यसअघि दैनिक ५ उडान गर्दै आएको यति एयरलाइन्सले भोलि पनि सबै ५ उडान नै गर्ने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले सेतोपाटीलाई जानकारी दिए।   , विराटनगर विमानस्थलबाट यसअघि दैनिक रूपमा काठमाडौंका लागि बुद्ध एयरले नौ, यती एयरलाइन्सले पाँच, सौर्य एयर र श्री एयरलाइन्सले चार–चार र गुण एयरले एकवटा उडान गर्दै आएका थिए। डुबानका कारण दैनिक रूपमा हुने करिब २५ वडा उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् ।, विराटनगरबाट हुने उडान सेवा अवरुद्ध भएपछि विमान कम्पनीहरूले विराटनगरको विकल्पमा भद्रपुरबाट उडान थपेर सेवा दिइरहेका थिए।, विराटनगर विमानस्थल आजदेखि खुल्ने, बेलुका ५ बजेपछि उडान नहुने
सेतोपाटी संवाददाता मुलुकभर आज आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । , महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसबाहेक अन्य प्रदेशका एक/दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । , प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा राति हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । , नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली भने नरहेको मौसमविद्ले जानकारी दिएका छन्। अहिले प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।, देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी  प्रदेशहका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको छ।, मुलुकभर आज मौसम बदली र वर्षाको सम्भावना
एजेन्सी बङ्गलादेशको एक रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य २० जना घाइते भएका छन्।, प्रहरी र चिकित्सकले दिएको जानकारीअनुसार आक्रमणले त्यस क्षेत्रमा तनाव बढाएको छ। उक्त घटनमा उक्त समुदायका एक प्रमुख नेताको गोली हानी हत्या गरिएको छ जसबाट थप तनाव सृजना भएको जनाइएको छ।, आक्रमणकारीहरूले शिविरमा रहेको इस्लामिक विद्यालयमा पढ्ने मानिसलाई गोली र छुरा प्रहार गरेको जनाइएको छ।, उक्त घटनामा त्यस शिविरमा चार जनाको तत्काल मृत्यु भएको छ भने बालुखली शरणार्थी कम्प्लेक्सको एउटा शिविरको अस्पतालमा उपचारका क्रममा अन्य तीन जनाको मृत्यु भएको छ। त्यहाँ ९० हजार मानिस बस्ने गर्थे। कम्तीमा २० जना गम्भीर घाइते भएको जनाएका छन्।, आक्रमणकारीहरु बिहान सबेरै डारुल उलुम नाडवतुल उलामा अल इस्लामिया मदरसामा प्रवेश गरेर एक्कासि गोली प्रहार गरेका थिए। उक्त घटनापछि २७,००० भन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त शिविरलाई सुरक्षा बलले तुरुन्त नियन्त्रणमा लिएको थियो।, बङ्गलादेशको रोहिंग्या शिविरमा आक्रमण, सातको मृत्यु
गोपालप्रसाद बराल/रासस दीपावली (तिहार) र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अतिविपन्न डोम जातिको बसोबासका बस्तीमा राम्रो कमाइ हुने आशमा खुसी छाएको छ। मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्ला–चाल्नो, पङ्खा र अन्य खेलौँनाको माग हुने भएको हुँदा यस्ता सामान बनाउने पुख्र्यौली व्यवसाय अँगाल्दै आएका डोम बस्तीमा अहिले खुसी छाएको हो।, वर्षभरि अभाव नै अभावमा बित्ने डोम समुदायमा ससाना नानीहरुको रहर  र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ। ’ससाना नानी र घरपरिवारका रहर त हाँमी गरिबका घरमा पनि हुन्छन्’, पर्व विशेषका लागि चोयाको छिटी बुन्न तल्लिन  भङ्गाहा नगरपालिका–५ सिद्धपुरसँगैको डोम बस्तीका रमुवा मरिकले भने, ‘यी रहर चाहना हामीले दीपावली र छठ पर्वमा पूरा गर्ने आश साचेका हुन्छौँ।’, तिहार र छठ नजिकिँदै आउँदा डोम बस्तीका ससाना नानीको अभिभावकसँगको फर्माइस (माग) पनि दिनहुँजसो बढी रहेको हुन्छ। ‘बाबु, दिवाली आ छठमें हम गुड्डी उडायब्, हमरा बहुते रङ्गके गुड्डी ला दिहा’ (बुबा, म तिहार र छठ पर्वमा चङ्गा उडाउँछु, मलाई रङ्गीबीरङ्गी चङ्गा ल्याइदिनुहोला)  चोया बटार्न व्यस्त बर्दिवास नगरपालिका–१ की बासिन्दा आमा रतिया मरिकसँग उनका सात वर्षीय छोरा कपिलको माग छ। दीपावली र छठमा गुड्डी (चङ्गा) उडाउने सपना साँचेका सो समुदायका वालवालिका पर्वमा बाबु/आमाले मीठामीठा खानेकुरा ल्याइदिने धाकसमेत अन्य समुदायका समवयस्कसँग लगाइरहेका देखिन्छन्।, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता आफ्नो हक भन्ने कुराबारे पूरै बेखबर उक्त समुदाय ससाना पराले झोपडीमा पुस्तौंदेखि गुजारा चलाइरहेका छन्। चरम गरिबी र अशिक्षाले जकडिएका सो समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्निसंस्कारका लागि आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका सामान बेचेर प्राप्त हुने र सुँगुर पाल्ने पुर्ख्यौली पेसाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ। तिहार र छठचैँ आफूहरुले पनि निष्ठापूर्वक मनाइने भएकाले यी पर्वप्रयोजनका सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाइने गरिएको उनीहरु बताउँछन्।, विसं २०६८ को जनगणनाअनुसार जिल्लाभरिमा एक हजार ५० (हाल यो सङ्ख्या तीन हजारको हाराहारी रहेको अनुमान छ) मात्र जनसङ्ख्या रहेको डोम जाति जिल्लाका प्रत्येकजसो बस्तीको पुछारमा एक/दुई घरमा बसोबास गरेका भेटिन्छन्।  , मधेशमा अत्यन्त पछि परेका जाति समुदायभित्रका यो समुदायले नयाँ लुगा किन्ने, आफन्तकहाँ भेट्न कोसेली बनाउने, ससाना नानीको रहर पूरा गरेर वर्षको पछिसम्म नुनतेलको जोहोसमेत तिहार र छठको कमाइबाट गर्ने गरेको बताउँछन्। ‘के गरौं हजुर....! ससाना नानीहरु गाउँतिर खेल्न जाँदा बस्तीका हुनेखानेका नानीहरुका हातमा जे देख्यो घर आएर त्यस्तै सामानको फर्माइस गर्छन्’, लोहारपट्टि नगरपालिका–१ बगडाको दलित बस्तीकी शैली मरिकले भनिन्, ‘यी सबै नानीहरुका रहर हामीले तिहार र छठको कमाइबाट केही न केही पूरा गर्नुपर्ने हुन्छ।’ , मुलुकमा अवसरबाट पछि परेका सीमान्तकृत जाति समुदाय, गरिब र दलितको उत्थानका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बजेट भाषण र सम्बोधनमा सुनिने गरिए पनि ती कार्यक्रम भने जिल्लाका उक्त जातिको बस्तीमा नपुगेको सामाजिक अभियन्ताले  टिप्पणी गरेका छन्। सरकारी कार्यक्रमको प्रभावकारी अनुगमन नहुँदा अवसरबाट पछि पारिएका जाति समुदायको  उत्थानको काम हुन नसकेको भङ्गाहा–४ की सामाजिक कार्यकर्ता हीरादेवी दाहालको  टिप्पणी  छ। , दीपावलीमा चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका
सेतोपाटी संवाददाता बाढीले क्षति पुर्‍याएकाे हेलम्बु गाँउपालिका चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ । गत साउन १७ गते गतेको बाढीले चनौटेस्थित रातोपुल बगाएपछि स्थानीयले सास्ती खेप्दै आएका थिए । , अर्थ मन्त्रालयले बेलिब्रिज निर्माणका लागि २० भदौमा बजेट निकासा गरेपछि नेपाली सेनामार्फत शुक्रबारदेखि बेलिब्रिज निर्माण थालिएको हो ।, पुल बगाएपछि हेलम्बु गाउँपालिकाभित्रको वडा १, २ र ३ पाँचपोखरी थाङपाल गाउँपालिकाको १ र २  मेलम्ची नगरपालिकाको ७ र ८ नम्बर वडा सडक प्रयोगबाट वञ्चित थिए । , बेलिब्रिज निर्माणका लागि अर्थ मन्त्रालयले रु ९० लाख ५३ हजार निकासा गरेको छ ।, पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको तिम्बु, मेलम्ची घ्याङ तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोतेलगायतका सम्पूर्ण ठाउँमा यातायात सहज हुने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।, हाललाई चनौटेस्थित रातो पुल रहेको ठाउँमा भने हिमपाइप राखी गाउँपालिकाको केन्द्र किउलसम्म यातायात सञ्चालनमा आएको पनि अध्यक्ष शेर्पाले जानकारी दिए । , हेलम्बुकाे चनौटेमा बेलिब्रिज निर्माण सुरु
सेतोपाटी संवाददाता अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी १ सय ११ जनाको मृत्यु भएको छ।, बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको हो।,  साथै १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना घाइते रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ११ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना बेपत्ता छन्। बेपत्ताको खोजी कार्य जारी छ ।, बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन्। ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। १ सय ८६ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपदका घटनाबाट १ हजार १ सय ८८  वटा घर परिवार विस्थापित भएका छन्।, साथै बाढी पहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, बाटो अवरोध हटाउने लगायत काम भइरहेको प्रहरीले जनाएको छ।, बाढीपहिरोमा १११ जनाको मृत्यु, ४२ जना घाइते (अपडेट)
सेतोपाटी संवाददाता बझाङकी एक किशोरीले सेती नदीमा हाम्फालेर बेपत्ता भएकी छन्।, शनिबार सुर्मा गाउँपालिका-४ भेलादकी १९ वर्षीया सीमाकुमारी बोहराले सदरमुकाम चैनपुरनजिकै रहेको सेती नदीमा हाम्फालेको प्रहरीले जनाएको छ।, उनले हाम्फाल्नुको कारण खुलेको छैन। प्रहरीका अनुसार बेपत्ता किशोरीको खोजी कार्य जारी छ।, सेती नदीमा हाम्फालेर किशोरी बेपत्ता
सेतोपाटी संवाददाता सुर्खेतको सामुदायिक वनमा बेवारिसे बम पड्किँदा दुई जना घाइते भएका छन्।, वीरेन्द्रनगर छेऊको कटकुवा सामुदायिक वनमा शनिबार बिहान ११ बजे घाँस काट्न गएका दुई दिदी-भाइ बम विस्फोट हुँदा घाइते भएका हुन्।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दैलेखको गुराँस गाउँपालिका-६ का २१ वर्षीया लीला नेपाली र उनका १४ वर्षीय भाइ नरेश परियार घाइते भएका हुन्।, उनीहरू हाल सुर्खेतको वीरेन्द्रनगरमा डेरा गरी बस्दै आएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए।, उनीहरूको माया नर्सिङ होम वीरेन्द्रनगरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिए।, बम पुरानो भएको र बेवारिसे अवस्थामा भेटिएको उनले बताए।, घाँस काट्दै जाँदा खुट्टाले अचानक बम छुँदा विस्फोट भएको प्रहरीले जनाएको छ।, सामुदायिक वनमा बम पड्किँदा घाँस काट्न गएका दिदी-भाइ घाइते
सेतोपाटी संवाददाता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न ल्याइएको बहुमूल्य बुद्धमूर्तिलाई शनिबार भैरहवा नगर परिक्रमा गराइएको छ।, म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार भैरहवा आइपुगेको उक्त मूर्तिलाई शनिबार भैरहवा र लुम्बिनी क्षेत्रका व्यवसायिक संघसंस्थाहरूले भव्य स्वागत गर्दै नगर परिक्रमा गराएका हुन्।, सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा तथा विभिन्न संघ संस्थाहरूको अगुवाईमा भैरहवा भन्सार परिसरबाट शोभा कलश यात्रा गरी उक्त बुद्धमूर्तिलाई आँखा अस्पताल, देवकोटा चोक, मिलन चोक, नारायण पथ हुँदै बुद्धचोकबाट लुम्बिनीतर्फ पठाइएको हो।, उक्त बुद्धमूर्तिलाई लुम्बिनीबाट पुनः विमानस्थल ल्याएर राखिने छ।, बहुमूल्य पत्थर ‘ह्वाइट जेड स्टोन’बाट बनेको बुद्धमूर्ति साढे २ अर्ब मूल्य बराबरको छ।, म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनमा रहेको लुम्बिनी गार्डेन फाउण्डेसनलाई उक्त बुद्धमूर्ति उपलब्ध गराएको थियो। फाउण्डेसनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न नेपाल ल्याएको हो।, एक दशमलव ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइ रहेको बुद्धमूर्तिको तौल १ हजार ८ सय किलोग्राम रहेको छ।, विमानस्थलमा राखेपछि आगामी कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त बुद्धमूर्ति अनावरण गर्ने कार्यक्रम तय भइसकेको लुम्बिनी गार्डेन फाउन्डेसनका सचिव तुलसीराम लामिछानेले जानकारी दिए।, साढे दुई अर्बको बुद्धमूर्तिलाई भैरहवामा यसरी गरियो स्वागत (तस्बिरहरू)
निशा भण्डारी ललितपुरको खोकनामा अहिले धमाधम धान भित्र्याउनेको चटारो छ।, दसैं सकिएपछि कृषकहरू अहिले खेतमा भेटिन्छन्। अन्य वर्षजस्तै यस पटक पनि किसानलाई धान भित्र्याउने चटारो छ।, बेमौसमी वर्षाले सुदूर र पूर्वतिर धान बालीमा क्षति पुर्‍याए पनि यहाँ भने असर गरेको छैन।, यहाँका किसान बिहानदेखि बेलुकीसम्मै खेतमा धान काट्न र भित्र्याउन व्यस्त छन्।, यहाँका किसानले विभिन्न हाइब्रिड, झरुवा टाइचिन, खुमल ४, खुमल ११ लगायतका धान लगाउँदै आएका छन्।, कात्तिक पहिलो साता भएको अविरल मौसमले धानबालीमा ठूलो क्षति पुर्‍याएको थियो। तराई तथा पहाडी भेगका अधिकांश धानबाली नष्ट भएको छ। विशेषगरी पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, प्युठान र रोल्पा बढी प्रभावित भएका छन्।, तस्बिरहरू:, खोकनाका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई (तस्बिरहरू)
सेतोपाटी संवाददाता दाङको देउखुरीमा टाटा सुमो गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। दुर्घटनाका घाइते अधिकांश प्यूठान जिल्लाका छन्।, घाइते हुनेमा प्युठान नगरपालिका वडा नं. ५ की १३ वर्षीया रविना घर्ती, २२ वर्षीया कुमारी राना, ५३ वर्षीया दिलसरा राना, प्यूठान-३ का आरोप खड्का, २२ वर्षीया लक्ष्मी खड्का, सोही ठाउँकै ३९ वर्षीय गणेश घर्ती, ८ वर्षीय विजय घर्तीमगर छन्।, त्यस्तै, दुर्घटनामा दाङको लमही नगरपालिका वडा नं. ६ देउपुरका ३६ वर्षीय तुलसीराम न्यौपाने घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।, गाडीमा १२ जना सवारमध्ये चार जना घाइतेको अवस्था मध्यम, चार जना सामान्य र चार जनालाई केही पनि नभएको डिएसपी रिजालले जानकारी दिए। घाइतेहरूको लमही र घोराहीका अस्पतालमा उपचार भइरहेको छ।, प्यूठानबाट दाङको सतबरियातर्फ आउँदै गरेका उनीहरू सवार रा१ज ७३७ नम्बरको सुमो गाडी शनिबार दिउँसो पौने १ बजेतिर पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर ७ अर्जुन खोलानजिकै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।, घाइतेका अनुसार उनीहरू प्यूठानबाट सतबरीयामा जग्गा हेर्न हिँडेका थिए। तीब्र गतिका कारण गाडी दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।, गाडी चालक प्यूठान नगरपालिका वडा नं. ६ का २५ वर्षीय ऋषिराम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, दाङमा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते
डा.सलिना शाक्य महिनावारीको समयमा महिलाले दुई खाले समस्या भोग्छन्।, एउटा दुःखाई र अर्को रगत बग्ने। , महिलाको महिनावारी हुनुभन्दा पहिला ढाँड, पेट निकै दुख्छ। सामान्य दुःखाइले आफ्ना गतिविधिलाई असर गर्दैन। कतिपयलाई सामान्य दैनिक गतिविधिलाईसमेत असर पर्नेगरी दुख्छ।, अर्को समस्या रगत धेरै बग्नु र महिनावारी अनियमित हुनु हो। सामान्य अवस्थामा २८ देखि ३५ दिनमा महिनावारी हुन्छ।२१ दिनभन्दा पहिला र ३५ दिनपछि महिनावारी हुनुलाई भने अनियमित महिनावारी भनिन्छ।, कहिलेकाही महिनावारी नियमित हुन्छ तर रगत धेरै बगेको हुन्छ। यसरी रगत धेरै जाने र अनियमित महिनावारी हुने पनि हुन्छ। यस्तो समस्या महिनावारी रोकिने समयमा हुन्छ। ४५ वर्षदेखि ५२ वर्षको विचमा हुन्छ। अर्को महिनावरी सुरू हुँदा (१४-१६ वर्ष) मा पनि धेरै रगत बग्ने र अनियमित हुने हुन्छ।, पाठेघरको मुखको क्यान्सर हुने अथवा यसको लक्षण देखिँदा पनि रगत बग्छ। त्यस्तै पाठेघर भित्रको समस्याले गर्दा रगत बग्ने समस्या हुन्छ। पाठेघरभित्र मासुहरू बढ्दा समेत समस्या आउँछ।, महिलाले आफूलाई आवश्यक परेको बेलामा महिनावारी पछि सार्न औषधि लिन्छन्। यस्तो गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ। यो प्राकृतिक चक्रलाई असर पर्ने काम गर्नु हुँदैन। महिनावारी हुँदैमा देवी देवताको पूजा गर्न हुँदैन भन्ने अन्धविश्वास हटाउन हामीले किशोर महिलालाई काउन्सिलिलङ गर्न जरूरी छ।, महिनावारीको समयमा महिलामा टाउको दुख्ने, वाकवाकी लाग्ने र धेरै तनाव हुने हुन्छ। कतिपय अवस्थामा महिलालाई रिस उठ्ने, छटपटी हुने हुन्छ। यो सबैमा हुन्छ भन्ने होइन। हर्मोनमा आएको परिवर्तनले यस्तो हुन्छ। यसमा अरू केही कारण छैन भनेर काउन्सिलिङ गर्न जरूरी छ।, महिनावारी सुकेका महिलामा ६ महिनामा रगत बगेको देखियो भने यसलाई खतराको संकेतको रुपमा मानेर चिकित्सकलाई देखाउनुपर्छ।, महिनावारीको समयमा देखिने समस्या र गडबढीलगायतका विषयमा केन्द्रित रहेर काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. सलिना शाक्यसँग हामीले भिडियो कुराकानी गरेका छौं।, महिनावारी पछि सार्न औषधि लिनु स्वास्थ्यको लागि हानिकारक (भिडिओ)
सेतोपाटी संवाददाता बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन।, उक्त क्षेत्रमा केही दिनअघि चार पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए।, मान्छे र पशु चौपाया मार्ने बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जले राजमार्गभन्दा करिब १५० मिटर उत्तरतर्फ एउटा पाडो बाँधेर राखेको थियो। अहिले ती बाघ गाभर र सौरीबीचकै जङ्गलमा घुमिरहेको निकुञ्ज कार्यालयले जनाएको छ।, पाडोलाई बाघले मारेर खाएको निकुञ्जले जनाएको छ। आहाराका लागि पाडो खान आएको बाघलाई लठ्याएर नियन्त्रणमा लिने निकुञ्जले योजना बनाएको थियो। निकुञ्जका रेन्जर राजन पण्डितले नियन्त्रणमा लिन समस्या भइरहेको बताए।, ‘बाघले पाडो मारेर खाएको छ, बाघमाथि निगरानी बढाएका छौँ,’ उनले भने।, पाडो मार्न आएका दुई बाघ क्यामेरामा कैद भएका छन्। बाघले थप घटना गर्न सक्ने भएकाले अहिले पनि निकुञ्जका दुई घरपालुवा हात्ती गाभरमै राखिएको छ। यस्तै नेपाली सेना र निकुञ्जका कर्मचारी दैनिक रूपमा खटिएका छन्। ठाउँ–ठाउँमा क्यामेरा जडान गरी हात्तीसहित सेना र कर्मचारी बाघको निगरानी गर्न खटिएका छन्।, निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघ अझै त्यस क्षेत्रमा रहेकाले पूर्वपश्चिम राजमार्गमा रातको समयमा साना सवारी साधनलाई आवतजावत गर्न पूर्ण रूपमा रोक लगाइएको बताए।, निकुञ्जले बाघ नियन्त्रणमा लिन दुई खोर तयारी अवस्थामा राखेको छ। गत आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा ४५ वर्षीय पुरुषको पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो।, मान्छेलाई आक्रमण गर्नुअघि पाटेबाघले गाउँमै पसी एउटा गाई र एउटा बाछो मारेका थिए। पाँच सय ५० वर्गकिलोमिटरमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जको उत्तरतर्फ बबई र दक्षिणपूर्वमा राप्ती नदी बगेको छ । निकुञ्जका कतिपय क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर समेत रहेको छ। रासस, पाडो मारेर भागे बाघ, रातको समयमा जंगलछेऊ सवारी चलाउन रोक
सेतोपाटी संवाददाता नेपालमा थप पाँच सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार शनिबार पाँच सय १३ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, चार हजार ९७२ जनाको पिसिआर परीक्षण र १९५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १० हजार ५५९ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ।, ८१७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ।, त्यस्तै, काठमाडौं उपत्यकामा २१३ थपिएका छन्। जसमध्ये काठमाडौंमा १५०, ललितपुरमा ३९ र भक्तपुरमा २४ संक्रमित छन्।, ६ हजार ९ सय ३१ लाई कोरोना परीक्षण गर्दा ५१३ लाई संक्रमण
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २१३ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०, ललितपुरमा ३९ र भक्तपुरमा २४ संक्रमित छन्।, त्यस्तै, काठमाडौं उपत्यकामा २४५९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३०२, भक्तपुरमा ५७२ र ललितपुरमा ५८५ सक्रिय संक्रमित छन्।, नेपालमा थप पाँच सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, चार हजार ९७२ जनाको पिसिआर परीक्षण र १९५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १० हजार ५५९ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ।, ८१७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ।, काठमाडौं उपत्यकामा थपिए २१३ संक्रमित, सक्रिय २४५९
भगवती पाण्डे लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरू प्रदेशको स्थायी राजधानी भालुबाङमा जग्गा व्यवस्थापनमा लागिरहँदा स्थानीयबासी भने आन्दोलित बनिरहेका छन्।, शंकर पोखरेल नेतृत्वको सरकारले २०७७ साल असोज २० गते राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नं. १, २ र ३ तथा शितगंगा नगरपालिकाको वडानम्बर ८ र ९ को राप्ती किनारको मैदानी भागलाई समेटेर राप्ती उपत्यका नामकरण गरी लुम्बिनी प्रदेशको राजधानी घोषणा गरेको थियो।, राप्ती उपत्याकामा राजधानी घोषणा हुँदा दीप प्रज्वलन गरेका स्थानीयले आफू विस्थापित हुनुपर्ने अवस्था आएपछि संघर्ष समिति बनाएर आन्दोलन सुरू गरेका छन्।, हाल राप्ती प्राविधिक शिक्षालय रहेको जग्गामा बसोबास गर्दै आएकालाई त्यहाँदेखि उत्तरतर्फ रहेको वन क्षेत्रको जग्गामा स्थानान्तरण गरी २०५० सालमा शिक्षालय त्यहाँ लगिएको थियो। अहिले फेरि सोही वन क्षेत्रको जग्गामा राजधानी व्यवस्थापन गर्ने भन्दै जग्गा खाली गर्न सूचना जारी गरेपछि उनीहरू आन्दोलित बनेका हुन्।, राप्ती गाउँपालिका वडा नम्बर ३ मा पर्ने ६५ नम्बर, नयाँ बस्ती, बागढड्डी उत्तर मसुरिया, मुक्तकमैया टोल र वडा नम्बर २ को एकतानगर, डुडिखेल टोल, महाप्रभु टोल, मुक्तिनगर टोल र कटेशनाला नयाँ बस्ती प्रदेश राजधानीको गुरूयोजनाभित्र समेटिएका छन्।, वनको एक सय ४० हेक्टर जग्गा रहेको सोही क्षेत्रमा राजधानीको लागि संरचना निर्माण गर्ने भन्दै प्रदेशको पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयले जग्गा खाली गराउन वन डिभिजन कार्यालय लमहीलाई पत्राचार गरेपछि कार्यालयले सूचना निकालेको थियो। यसअघि राप्ती गाउँपालिकाको वडा नम्बर २ र ३ को १४० हेक्टरमा स्थायी राजधानीका लागि पूर्वाधार बनाउने सरकारको तयारी थियो।, डिभिजन वन कार्यालयले असोज २२ गते १५ दिनभित्र जग्गा खाली गर्न सूचना जारी गरेपछि उनीहरू संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका हुन्।, स्थानीयले दुई तीन पुस्तादेखि बसोबास गरेको जग्गाको लालपुर्जा दिनुको सट्टा सरकारले हटाउन खोजेको भन्दै राप्ती गाउँपालिका र मुख्यमन्त्री कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाइसकेका छन्।, नयाँ बस्ती संघर्ष तथा समन्वय समितिका संयोजक तुला गिरीले पुस्तौंदेखि बसोबास गरेको जग्गा प्राविधिक शिक्षालयलाई दिएर सरकारले नै वन क्षेत्रको जग्गामा बसोबास गराए पनि अहिले जग्गाको लालपुर्जा पाउने बेलामा त्यहाँबाट पनि विस्थापित गर्न खोजिएको गुनासो गरे।, उनले सरकारले पटक-पटक विस्थापन गर्न खोजेर आफूहरूमाथि अपमान गरेको बताए।, ‘प्राविधिक शिक्षालय राख्दा पनि हामीहरूले नै जग्गा छोड्नुपर्‍यो, अब राजधानी ल्याउन पनि हामीहरू नै विस्थापित बन्नुपर्ने ?, यो कस्तो न्याय हो,’ उनले भने।, संघर्ष समितिका सदस्य दलबहादुर घर्तीमगरले राजधानी बनाउने नाममा आफूहरूको बस्ती उठाउने षडयन्त्र भइरहेको आरोप लगाए।, ‘राजधानी घोषणा गर्दा हामीले स्वागत गरेका थियौं, तर बस्ती उठाएर बनाइने राजधानी हामीलाई चाहिँदैन,’ घर्तीमगरले भने।, उनले मुख्यमन्त्री र गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाइसकेको र आफूहरूको माग सम्बोधन नभए आन्दोलनमा उत्रिने बताए।, नयाँ बस्तीका बासिन्दा धनीराम घर्तीमगरले सरकारले २१ सय घरधुरीको बसोबास रहेका बस्तीलाई उठाएर राजधानी ल्याउन नपाउने बताए।, ‘तीन पुस्तादेखि बसोबास गर्दै आए पनि जग्गाको लालपुर्जा समेत नदिएको सरकारले अहिले राजधानीको नाममा विस्थापित गर्ने षडयन्त्र गरेको छ, हामी त्यो नहोस् भन्न चाहन्छौं,’ उनले भने।, घर्तीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उचित व्यवस्थापन गरिने आश्वासन दिए पनि आफूहरू बस्दै आएको बस्ती नछोड्ने घर्तीले बताए।, राप्ती प्राविधिक शिक्षालय आसपासमा अवस्थित बस्तीमा ५० वर्ष पहिलेदेखि जनजाति आदिबासी, दलित, भूमिहीन सुकुम्बासी बस्दै आएका छन्।, राप्ती गाउँपालिकास्थित भालुबाङनजिकै सशस्त्र प्रहरी बलको नाममा दर्ता कायम भएको वन क्षेत्र र वन विभागको करिब ६० विघा खाली जग्गा राजधानीका लागि भौतिक संरचना निर्माण गर्न उपयुक्त भएको निष्कर्ष निकालेका थिए। त्यसपश्चात उक्त जग्गालाई लुम्बिनी प्रदेश सरकारको नाममा हक हस्तान्तरणको लागि आवश्यकता अनुसार चार किल्ला क्षेत्रफल छुट्याइ राप्ती गाउँपालिकाले सिफारिस गर्ने निर्णय गरेको थियो।, स्थानीय आन्दोलनमा उत्रिएपछि उनीहरूको व्यवस्थापन गर्न राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको भए पनि अझै गठन गरिएको छैन।, गाउँपालिका अध्यक्ष सुवेदीले राजधानीका लागि पर्याप्त सरकारी खाली जग्गा रहेकोले बस्ती नै हटाउनुपर्ने अवस्था नरहेको बताए।, प्रदेश सरकारले जग्गा खाली गराउन निर्देशन दिएबमोजिम डिभिजन वन कार्यालयले सूचना जारी गरे पनि राजधानीको लागि बसिरहेको बस्ती अहिले हटाउनु नपर्ने उनले बताए।, ‘राजधानीको लागि करिब १ सय विघा जग्गा खाली नै छ, प्राविधिक शिक्षालय सर्दा त्यहाँको २२ विघा जग्गा खाली हुन्छ, त्यसैको वरपर १६ विघा जग्गा खाली नै छ,’ उनले भने।, अहिलेको अवस्थामा बसिरहेको बस्तीलाई हटाउनुपर्ने अवस्था नरहेको र भविष्यमा हटाउनुपर्ने भए पनि उनीहरूको व्यवस्थापन गरेरमात्रै हटाइने उनले बताए।, ‘जनतालाई व्यवस्थापन नगरी झिटिगुण्टा बोकेर अन्यत्र जा भनेर पनि राजधानी बनाउन सकिएला?,’ सुवेदीको भनाइ छ।, सरकारले राजधानी घोषणा गरेको एक वर्षसम्म पनि जग्गा र भौतिक पूर्वाधारको व्यवस्थापन गर्न नसक्दा मन्त्रालय र विभाग राजधानीमा लैजान सकेको छैन।, स्थायी राजधानी रहेको क्षेत्रबाट हालसम्म मुख्यमन्त्रीको सम्पर्क कार्यालय र पर्यटन, ग्रामीण विकास तथा सहरी विकास मन्त्रालयले मात्र आफ्नो काम सुरू गरे पनि अरू मन्त्रालय सार्न सकेको छैन।, त्यहाँ लगिएको मन्त्रालयका कर्मचारी पनि बस्ने पूर्वाधार नभएको भन्दै जान इच्छुक देखिएका छैनन्। बस्ने घर, विद्यालय, कलेज, अस्पताललगायत अन्य पूर्वाधार र सुविधा नभएको स्थानमा मन्त्रालय सारिएको भन्दै कर्मचारीहरूले असन्तुष्टि जनाउँदै आएका छन्।,  , लुम्बिनीको राजधानीका लागि जग्गा खाली गर्न भनेपछि स्थानीयबासी आन्दोलित
सेतोपाटी संवाददाता सुदूरपश्चिममा अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट ३५ जनाको मृत्यु भएको छ। , सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डोटीमा १६, डडेल्धुरामा ३, बैतडीमा ४, बझाङमा १०, कैलाली र अछाममा १/१ जनाको मृत्यु भएको हो।, यस्तै, अन्य २२ जना बेपत्ता भएका छन्। , बझाङका १९ र कैलाली र बैतडी र डोटीका  १/१ जना अझै बेपत्ता रहेको प्रहरीको तथ्यांक छ। , बेपत्ताहरूको खोजी कार्य जारी  रहेको प्रहरीले जनाएको छ। बाढी र पहिरोकै कारण १७ जना घाइते छन्। , डोटीका ११, डडेल्धुराका २, बैतडीका २, बझाङ र बाजुराका  १/१ जना घाइते भएका हुन्।,  , सुदूरपश्चिममा बाढी-पहिरोबाट ३५ को मृत्यु, अझै २२ बेपत्ता
सेतोपाटी संवाददाता बझाङमा गत सोमबार राति अविरल वर्षाका कारण पहिरो जाँदा बेपत्ता भएका २३ जनामध्ये शनिबार थप एक जनाको शव फेला परेको छ।, कात्तिक २ गते थलारा गाउँपालिका-४ डिखलामा पहिरोले  कलक पार्कीको घर पुरिँदा उनकै परिवारका १८ जना र छिमेकी नरे पार्कीका ५ जना बेपत्ता थिए।  , बेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यसअघि बेपत्तामध्ये ३ जनाको शव फेला परिसकेको छ।, मृत भेटिनेमा आयुष पार्की, विकास सार्की र सीता सार्की छन्।  शनिबार फेला परेको शवको भने सनाखत भइसकेको छैन। शवको सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। अझै १९ जना बेपत्ता छन्।, घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी करिब ४० जनाको सुरक्षाकर्मी टोलीले बेपत्ताको खोजी कार्य गरिरहेको छ।, लगातारको पानीले डिखला गाउँको जमिन अहिले पनि कमजोर छ। त्यहाँका १ सय ८५ घरपरिवार पहिरोका कारण प्रभावित बनेका छन्।, उनीहरूले आफूहरूको सुरक्षित ठाउँमा बसोबास मिलाउन सरकारसँग आग्रह गरेका छन् ।, बझाङमा पहिरोमा बेपत्ता चार जनाको शव फेला, अझै १९ जना बेपत्ता
नवीनबाबु गुरूङ हिन्दुहरूको पवित्र धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा हरेक साँझ आरती हुने गर्छ।, कोरोनाका कारण लकडाउन हुँदा पनि यहाँ आरती भने चलिरह्यो।  हिजोआज निषेधाज्ञा खुकुलो भएसँगै आरतीको आनन्द लिनेहरू पशुपतिनाथ पुग्ने गरेका छन्।, हिजो आज बुढापाका मात्र हैन युवापुस्ता समेत आरतीको आनन्दमा रम्ने गरेका देखिन्छन्।, पशुपति क्षेत्रमा आरती भैरहेको समयमा पुग्दा यहाँका दृश्यहरू: ,  , पशुपतिमा साँझ आरतीको आनन्द लिनेहरू (तस्बिरहरू)
सेतोपाटी संवाददाता सहकारी ठगीको अभियोगमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरूद्ध संगठित अपराध ऐन अन्तर्गत अनुसन्धान थालिएको छ।, यसअघि ठगी मुद्दामा अनुसन्धान भइरहेकोमा प्रहरीले संगठित अपराध ऐन आकर्षित गरी अनुसन्धान थालेको हो। , केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बिहीबार तामाङसहित पक्राउ परेका १२ जनालाई संगठित अपराध ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिइएको छ। , ‘अदालतले १८ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ,’ ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले सेतोपाटीसँग भने। , संगठित अपराध अन्तर्गत ६० दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ।, तीन वा त्योभन्दा बढी व्यक्तिहरू संलग्न भएर हुने आर्थिक अपराधलाई संगठित अपराध ऐन आकर्षित गरेर अनुसन्धान गरिने गरिएको छ। , महतोका अनुसार हालसम्म तामाङसहित १२ जनाविरूद्ध ११२६ जनाले जाहेरी दिएका छन्। हालसम्म उनीहरूविरूद्ध चार अर्ब ६१ करोड २५ लाख ३४ हजार ८८७ रूपैयाँ बिगो तयार भएको महतोले जानकारी दिए। , ‘आजमात्रै अन्य ४३ जना पीडित सम्पर्कमा आएका छन्,’ महतोले भने। , मुलुकी फौजदारी अपराध संहिता अनुसार ठगी कसुर पुष्टि भए अभियोगीलाई सात वर्षसम्म कैद, जरिवाना र बिगो असुल गरिने प्रावधान छ। तर, संगठित अपराधमा भने ठगी कसुरको डेढ गुणा सजाय हुने प्रावधान छ।, सिभिल सहकारीका पूर्वअध्यक्ष तामाङसहितलाई केन्द्रीय अनुसन्धान ब्युरोले गत असोज १८ गते पक्राउ गरेको थियो।, सुरूमा उनीहरूलाई ठगी मुद्दामा अनुसन्धान सुरू गरिएको थियो।, यो पनि:, इच्छाराजको मुद्दामा झन्डै ९०० जाहेरी दर्ता, पौने ४ अर्ब बिगो, अर्बौंको सम्पत्ति व्यवस्थापन गर्न नसकेर प्रहरी हिरासतमा पुगेका इच्छाराज, इच्छाराज तामाङविरूद्ध संगठित अपराधमा अनुसन्धान, साढे चार अर्ब बढी बिगो
सेतोपाटी संवाददाता जबरजस्ती करणी मुद्दामा दस वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका-४ का ४२ वर्षीय रामहरि महत छन्। काभ्रे प्रहरीले महतलाई बुधबार बेलुका धुलिखेल नगरपालिका-७ बाट पक्राउ गरेको हो।, काभ्रे प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार महतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते जबरजस्ती करणी मुद्दामा दस वर्ष सजाय तोकेको थियो।, महतलाई बिहीबार जिल्ला अदालत धुलिखेलमा पेश गरिएकोमा अदालतले जेल चलान गरेको खतिवडाले बताए।, जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त पक्राउ
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले दुई दिनमा १९ लाख ३५ हजार १६० रूपैयाँ बराबरको भन्सार छलीको सामग्री बरामद गरेको छ।, बुधबार तीन लाख १५ हजार १६० र बिहीबार १६ लाख २० हजार रूपैयाँ बराबरको भन्सार छलीको सामग्री प्रहरीले बरामद गरेको हो।, बरामद भएका सामग्रीमा खाद्यान्न र लत्ताकपडा छन्। प्रहरीले विभिन्न नाकाबाट भन्सार छलेर नेपाल ल्याइएको उक्त बराबरको सामग्री बरामदपछि भन्सार कार्यालयमै बुझाएको छ।, पछिल्लोसँगै विगत सात महिनाको अवधिमा भन्सार छलीका सामग्रीबाट ५ करोड ९६ लाख ८ हजार ४३७ रूपैयाँ राजश्व असुल भएको प्रहरी उपरीक्षक मनोज केसीले बताए।, सात महिनामध्ये वैशाख, असार, साउन र असोज महिनामा बढी भन्सार छलीको सामग्री बरामद भएको उनले बताए।  , वैशाखमा १ करोड ४ लाख, असारमा १ करोड ५ लाख, साउनमा १ करोड २४ लाख र असोजमा १ करोड ४४ लाख रूपैयाँ बराबरको भन्सार छलीको सामग्री बरामद भएको केसीले बताए।, भारतसँग सीमा जोडिएका कराण रूपन्देही प्रहरीले सुरक्षा चुनौतीको रूपमा भन्सार छलीलाई राखेको छ।  , ‘विभिन्न किसिमका भन्सार छलीका प्रकरण देखा परेका छन्, भन्सारबाटै मिलेमतोमा नक्कली प्रज्ञापन पत्र बनाउने गरेको पनि भेटिएको छ,’ केसीले भने, ‘हामीले आक्रामक रूपमा भन्सार छलीमाथि कारबाही चलाइरहेका छौं।’, तस्करीमाथि रूपन्देही प्रहरीको कारबाही, सात महिनामा झन्डै छ करोडको सामग्री बरामद
सेतोपाटी संवाददाता अविरल वर्षासँगै आएको बाढी र हावाहुरीले प्रदेश १ मा करिब ५० हजार हेक्टर क्षेत्रफलमा पाकेको धानबालीमा क्षति पुर्‍याएको अनुमान गरिएको छ।, १४ जिल्ला रहेको प्रदेश १ मा ३ लाख ४० हजार ८ सय हेक्टर क्षेत्रफलमध्ये ३ लाख ३६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो।, त्यसमध्ये प्रारम्भिक रुपमा ५० हजार हेक्टर अर्थात् करिब १५ प्रतिशत धानबालीमा पानी र हावाहुरीले क्षति पुर्‍याएको प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए।, जसमध्ये ३ प्रतिशत अर्थात् १ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाएको पाकेको धान हावाहुरीले पानीमा लडाएको कारणले काम नै नलाग्ने गरी पूर्ण रुपमा क्षति भएको उनले बताए।, प्रदेश १ मा किसानले रन्जित, सानो मन्सुलीलगायतका धान लगाएका छन्। ‘अहिलेको यो प्रारम्भिक तथ्याङ्क हो,’ उनले भने, ‘क्षतिको विवरण अझै बढ्न सक्छ। विवरण आउने क्रम जारी छ।’, धान उत्पादनको भण्डार मानिने झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी हावाहुरी र वर्षाले क्षति पुर्‍याएको उनले बताए।, मोरङमा यो वर्ष ८३ हजार ३ सय हेक्टरमा धान रोपाइँ भएको थियो। त्यसमध्ये १२ प्रतिशत अर्थात् ९ हजार ८ सय ९६ हेक्टरको धानमा क्षति पुगेको छ।, सुनसरीमा ५३ हजार हेक्टरमध्ये ९ हजार ७ सय हेक्टर र झापामा ८७ हजार ५ सय हेक्टरमध्ये १३ हजार १ सय २५ हेक्टरको धानलाई हावाहुरी र बाढीले क्षति पुर्‍याएको छ।, प्रदेश १ का अन्य जिल्ला ताप्लेजुङमा ८ हजार ७ सय ३७, संखुवासभामा १३ हजार ८ सय ५१, सोलुखम्बुमा १ हजार ५ सय २५, पाँचथरमा ९ हजार २ सय, इलाममा १४ हजार ८ सय १५, भोजपुरमा १८ हजार, तेह्रथुममा १० हजार १ सय ७५, धनकुटामा ७ हजार ९ सय ५०, उदयपुरमा १३ हजार ३ सय, ओखलढुंगामा ४ हजार ४ सय र खोटाङमा १२ हजार ८ सय ९३ हेक्टरमा बर्खे धान रोपाइँ भएको थियो।, बाढी, वर्षा र हावाहुरीले प्रदेश १ मा ५० हजार हेक्टर क्षेत्रफलको धानबालीमा क्षति
सेतोपाटी संवाददाता अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय ३ जनाको मृत्यु भएको छ।, बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ६२ जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय ३ जनाको मृत्यु भएको हो।, १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते रहेको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।, बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको उनले जनाए।, बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन्। ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ।, विपदका घटनाबाट १ हजार १ सय ७७  वटा घरपरिवार विस्थापित भएका छन्।, बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय, स्थानीयको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ।, बाढीपहिरो र डुबानमा परी १०३ जनाको मृत्यु, ४० जना घाइते (अपडेट)
सविता बुढा डिखला गाउँमा अहिले पीडा र मौनता छ। स्थानीय नि:शब्द छन्।, सोमबार राति बझाङको थलारा गाउँपालिका-४ डिखलामा पहिरो जाँदा दुई परिवारका २३ जना बेपत्ता भएका थिए।, तीमध्ये दुई जनाको शव फेला परेको भए पनि अरू भेटिएका छैनन्।, चार दिनदेखि शोकमग्न बनेको गाउँका १ सय ८५ परिवार विस्थापित भएर गाउँलेको शरणमा छन्। कोही स्कुलमा, कोही आफन्तकहाँ बसिरहेका छन्।, ‘एक दिनसम्म त हराएकाहरूको खोजी गर्न पनि सकेनौं, न प्रहरी थिए, न कसैलाई फोन गर्न नेटवर्क थियो,’ स्थानीय शिक्षक मदनबहादुर साउदले भने।, मंगलबार भने हेलिकप्टरमार्फत् खोजी कार्यका लागि सुरक्षाकर्मीको टोली राहतको सामानसहित डिखला पुगेको थियो।, त्यो टोलीले ५० पेटी चाउचाउ, ७ क्वीन्टल चामल, तेल लगायतका खाद्यान्न र ओढ्ने-ओछ्याउने सामग्री लगेको थियो।, माथिल्लो डिखलाका ८० र तल्लो डिखलाका एक सयभन्दा बढी घर जोखिममा छन्।, बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा नै निरीक्षणका लागि आउने कुराले डिखलाबासीमा झिनो आशा पलाएको थियो। बुधबार बेलुका नै उनीहरूले प्रधानमन्त्री आउने कुरा सुनेका थिए।, ‘प्रधानमन्त्री आउने थाहा पाएपछि हामीले लिखित रूपमा आफ्ना कुरा सुनाउँला भन्ने तयारी गरेका थियौं,’ साउदले भने।, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै समय तालिकामा थलारामा स्थान अवलोकनको कार्यक्रम राखेको थियो।, त्यही अनुसार डिखलाबासी बिहीबार बिहानैदेखि प्रधानमन्त्रीको स्वागत गर्न पर्खेर बसेका थिए।, डिखलामा जमिन थिलथिलो भएको छ। अहिले बसोबास गरिरहेको बस्ती जोखिममा छ।, ‘यस्तो घटना फेरि नहोस् भन्ने हामी चाहन्छौं, बस्ती सारेर सुरक्षित स्थानमा बसोबास गराउनुपर्‍यो भन्ने माग राखेर गाउँलेहरूले प्रधानमन्त्री बुझाउन ज्ञापन पत्र लेखेका थिए,’ साउदले भने, ‘सबैको सल्लाह अनुसार गाउँका समस्या प्रधानमन्त्रीलाई सुनाउन ज्ञापन पत्र लेख्यौं, तर उहाँ सदरमुकाम पुगेर जानुभएछ, हाम्रो गाउँमा आउनु भएन।’, उनका अनुसार गाउँमाथि प्रधानमन्त्री देउवा चढेको हेलिकप्टर भने उड्यो। हेर्दाहेर्दै आकाशबाट अन्तै मोडियो।, ‘प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिन नपाउँदा मन खिन्न भयो, खुसी पनि निराशमा परिणत भयो,’ उनले भने।, गाउँलेले अब गाउँपालिकाको कार्यालयमार्फत् ज्ञापन पत्र बुझाएर प्रधानमन्त्रीसमक्ष पुर्‍याउने योजना बनाएका छन्।, डिखलामा एक वर्षअघि अहिलेको भन्दा दुई सय मिटर टाढा बर्खाको समयमा पहिरो आएको थियो। सो पहिरोले सामान्य क्षति गरेको थियो। बेमौसममा चाहिँ त्यहाँ यस्तो पहिरो कहिल्यै पनि आएको थिएन।, बाबु-बाजेलाई सोध्दा उनीहरूले यो मौसमा यस्तो पानी परेर पहिरो नआएको मदनले सुनाए।, डिखलाबासीले पहिरो आउनुको कारण जमिन कमजोर हुनु, गाउँको माथि घर बनाउन ढुंगा निकाल्नु, लगातारको पानीले जमिन गल्लु, हेभी इक्युमेन्ट सामग्री प्रयोग गरी उत्खनन् गर्नु लगायत कारण पहिरो गएको अनुमान लगाएका छन्।, ‘गाउँका मान्छेलाई बस्तीमा बसौं कि नबसौं लागेको छ। बसे पहिरोले गाउँमा पुर्‍याएको क्षतिले दु:खेको छ। नबसौं भने पनि अन्त जाने ठाउँ छैन,’ साउदले भने, ‘मेरो स्कुलमै पढ्ने केटाकेटी पनि बेपत्ता छन्, उनीहरू कहाँ होलान्, कस्तो अवस्थामा होलान्, यही मात्र दिमागमा आउँछ।’, बेपत्ता भएका आफन्तहरू रुँदै दिन काटिरहेका छन्। मृतकका आफन्त कोही बेहोस् हुन्छन्। मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली र समवेदना प्रकट गरेर साथीभाइ-इष्टमित्रले सहानभूति दिइरहेका छन्।, बझाङको थलारा गाउँपालिका-४ डिखला प्राकृतिक रुपले रमणीय गाउँ थियो। माथि डाँडा र जंगल छ। वरिपरि खेत र पाखो जग्गा छ।, ‘कलक सार्की र नरबहादुर पार्कीको परिवारका २३ जना हराएको कुरा सरकारले सुनोस्’, कलक सार्की र नरबहादुर पार्की छिमेकी हुन्।, सोमबार राति पानी पर्न थाल्यो। नरबहादुर पार्कीको घर वरिपरि बेस्सरी पानीको भेल बग्न थाल्यो।, यो देखेर उनी डराए। उनले छिमेकी कलक सार्कीको घर सुरक्षित ठाने। उनले श्रीमती र छोराछोरी त्यहीँ लगे।, आफ्नो घरमा केही घटना हुने सोचेर सरसामान, अन्न ल्याउन नर कलकलाई साथमा आफ्नो घरमा फर्के।, दुबै जना कलकको घरमा सरसामान लग्न तयारी गर्दै थिए। त्यहीबेला कलकको घरमा झ्याप्प बत्ती गयो। त्यहीबेला ठूलो र डरलाग्दो आवाज आयो।  ढुंगा र जमिन हल्लियो। त्यो आवाजले नर र कलको होस् हरायो।, पानी परिरहेको र त्यसैमाथि अँध्यारो हुनाले घटनास्थलमा उनीहरू जान सकेनन्। केही समयपछि पहिरोको छेऊछेऊमा गएर कलक र नर माथिका छिमेकी करन साउदको घर पुगे।, रातभरि उनीहरू त्यहीँ बसे। बिहानै ५ बजे पूरै गाउँमा हताहतीको हल्ला सुनियो।, पछि गाउलेहरूसँगै कलक र नर घटनास्थलनजिक गए। त्यहाँ पूरै पहिरो मात्र देखेर दुबै जना बेहोस भएर ढले।, दोस्रो दिन पनि पहिरो आउन रोकिएन। सात वटा घर पहिरोले लग्यो। त्यस घटनामा कलककी श्रीमती, दुई भाइ, छोरा बुहारी, छोरीसहित १८ जना परिवारका सदस्य बेपत्ता भए। नरले पनि श्रीमती र छोरीछोरा गरी पाँच सदस्य बेपत्ता भएको बताए।, कलकले भारत बसेर भए पनि परिवारका सबैलाई राम्रो पालनपोषण गरेका थिए। उनका पहिरोमा बेपत्ता भएका दुई भाइमध्ये एक मदन सार्की शिक्षक थिए।, कलक र मदनलाई पीडा कम गर्न गाउँलेहरुले सान्त्वना दिइरहेका छन्। अहिले कोदो काट्ने सिजन हो। तर, घटनापछि कसैले काम गरेका छैनन्। सुरक्षाकमीसँगै गाउँलेहरू पनि बेपत्ता भएकाको खोजीमा छन्।, सेना, ससस्त्र प्रहरी बल, नेपाल प्रहरी गरी करिब ४० जना सुरक्षाकर्मीले मंगलबारदेखि बेपत्ता भएकाको खोजी गरिरहेका छन्।, उनीहरूले प्रधानमन्त्रीलाई कुरे, देउवा चढेको हेलिकप्टर आकाशबाट अन्तै मोडियो
सेतोपाटी संवाददाता सुदुरपश्चिममा अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट ३१ जनाको मृत्यु भएको छ।, प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार डोटीमा १६, बझाङमा ८, बैतडीमा ४, डडेल्धुरामा २ र कैलालीमा १ जनाको मृत्यु भएको हो।, यस्तै, १७ जना घाइतेहरू उपचाररत् रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा डोटीका ११, डडेल्धुरा र बैतडीमा २-२, बझाङ र बाजुरामा १-१ जना छन्।, यस्तै, बाढी पहिरोमा परी प्रदेशमा २३ जना बेपत्ता छन्। जसमा बझाङका २१, कैलाली र बैतडीमा १-१ जना छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।, सुदूरपश्चिममा बाढीपहिरोबाट ३१ जनाको मृत्यु, २३ जना अझै बेपत्ता
विनोद सापकोटा पहिरोका कारण तीन दिनदेखि अवरुद्ध रहेको चारआली-ताप्लेजुङ खण्ड बिहीबार अपरान्हदेखि सञ्चालनमा आएको छ।, झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म जोड्ने मेची राजमार्गको ठाँउ-ठाँउमा पहिरो गएपछि यातायातका साधन तीन दिनदेखि सञ्चालनमा आएका थिएनन्।, पहिरोका कारण सञ्चालनमा आउन नसकेको राजमार्ग खुलाउने प्रयास तीन दिनपछि सफल भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए।, कतिपय ठाँउमा पहिरोले पुरेको सडक स्थानीय प्रशासनले तत्काल हटाएको थियो। तर, इलाम र पाँचथर जोड्ने राँके क्षेत्रको कुखुरे भीरको सडक पहिरोले बगाएपछि यातायात आवगमन ठप्प भएको थियो। मेची राजमार्गको इलाममा मात्र ९ ठाँउमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।, ‘राँकेदेखि फिदीम खण्ड बुधबार राति अबेरसम्म खुलाउनका लागि प्रयास भएको थियो। पहिरो गएको ठाँउमा ठूला-ठूला चट्टान रहेकाले बिहीबार अपरान्हदेखि मात्र पाँचथरको फिदीमदेखि राँकेसम्मको खण्ड सञ्चालनमा आएको हो,’ पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले सेतोपाटीलाई भने।, पाँचथरदेखि इलामको रक्सेसम्मको सडकमा भएको अवरोध पनि हटेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए। उक्त अवरोध हटेसँगै मेची राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको उनले बताए।, बाटो अवरोध हुँदा मंगलबार रातिदेखि नै यात्रुहरू बीच बाटोमा रोकिएका थिए। उनीहरू होटल र सडक छेऊका घरमा आश्रय लिएर बसेका थिए।, इलाम र पाँचथरका मुख्य र भित्री सडकमा पहिरो झरेर सडक अवरुद्ध भएपछि दसैँ मान्न आफन्तकहाँ गएका तथा फर्किँदै गरेकाहरू बाटोमा अलपत्र परेका थिए।, ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न हिँडेका र फर्किएकाहरू हेवा खोला र फिदीम लालिखर्कमा पहिरोका कारण अलपत्र परेका थिए। उनीहरू मेची राजमार्ग पहिरोका कारण अवरूद्ध बनेपछि राँकेमा अड्किएका थिए।, सडक खुलेपछि उनीहरू गन्तव्यतर्फ लागेको थापाले बताए।, राँकेमा ७५, फिदिममा १५०, गोपेटारमा २५, गणेश चोकमा १०, ताप्लेजुङमा २०० तीर्थयात्री राजमार्गमा पहिरो जाँदा रोकिएको जिल्ला प्रहरी कार्यालय पाँचथर र इलामले जनाएको छ।, पहिरोले तीन दिनदेखि अवरूद्ध मेची राजमार्ग खुल्यो
सेतोपाटी देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाइने भएको छ।, छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउने तयारी छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी गरेको छ।, सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको मन्त्रालयले जनाएको छ।, स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ।, सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ।, २०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुुवाइने छ।, पोषण शाखा प्रमुख पराजुलीका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि भिटामिन ‘ए’ क्याप्सुल ३० लाख क्याप्सुल र अल्वेन्डाजोल २५ लाख ट्याब्लेट वितरण गरिने छ।, जुकाको औषधि २४ लाख बालबालिकाले खानेछन्। छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।, जुकाको औषधि २०५६ बाट खुवाउन थालिएको हो।, ‘राष्ट्रिय भिटामिन ‘ए’ कामर्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने उनले बताए।, मन्त्रालयले भिटामिन ‘ए’ खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ।, मन्त्रालयले वितरण केन्द्रमा भीडभाड नगर्न, एक व्यक्ति र अर्को व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, आफ्नो र बालबालिकाको सुरक्षाका लागि अनिवार्यरूपमा मास्कको सही तरिकाले प्रयोग गर्न र साबुनपानीले पटक–पटक हात धुन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ।, (रासस), कात्तिक ७ र ८ मा २७ लाख बालबालिकालाई खुवाइँदै भिटामिन ‘ए’
रासस वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन्।, बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो।, दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन्।, एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा केही समयअघि दुबई गएका थिए।, दुबई भ्रमणमा गएका नगरप्रमुख साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्याबारे जानकारी गराएपछि साहकै प्रयासमा उनीहरु नेपाल फर्केका हुन्।, ‘मेरो दुबई यात्रा सात दिनको थियो, तर युवाहरूका बारेमा थाहा पाएपछि मैले भ्रमण तीन दिनमै छोट्याएँ, युवाहरूको उद्धार गरी घर फकाईएको छ,’ उनले भने।, नगरप्रमुख साहले दसैँ बिदामा दुबई घुम्न गएका बेला त्यहाँ आफ्नै गाउँका युवा अलपत्र परेको थाहा पाएपछि आफ्नो भ्रमण समयवाधि छोट्याएर उनीहरुलाई उद्धार गरी घर फर्काएका हुन्।, नगरप्रमुख साहले अझै पनि आफ्नो गाउँका चार युवा दुबईमै अलपत्र परेको आफूले थाहा पाएकाले उनीहरुलाई पनि घर फर्काउन पहल गर्ने बताए।, दुबईमा अलपत्र सात नेपालीको उद्धार
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा बिहीबारको तुलनामा शुक्रबार १ डिग्री सेल्सियस तापक्रम घटेको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १६.५ डिग्री थियो भने शुक्रबार १५.४ छ।, तापक्रम घटेको र बादल पनि लागेकाले उपत्यकामा चिसो महशुस भएको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताएका छ।, अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।, मौसमविद् श्रेष्ठका अनुसार बादल लागे पनि आज-भोलिमा ठूलो वर्षा हुने सम्भावना छैन।, ‘शुक्रबार प्रदेश १ र २ का केही स्थानमा हल्का वर्षा हुने देखिन्छ। शनिबार बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने देखिन्छ,’  मौसमविद् श्रेष्ठले भने,‘कुनै मौसमी प्रणाली नभएकाले ठूलो वर्षा हुने सम्भावना छैन।’, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, २०७८ कात्तिक ५ गते (शुक्रबार), दिउँसो: प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने छ ।प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।, राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।, २०७८ कात्तिक ६ गते (शनिबार), दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राती: देशभर आंशिकदेखि सामान्य बदली रहने छ।  बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।, २०७८ कात्तिक ७ गते (आइतबार), दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, लुम्बिनी  र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि वर्षाको सम्भावना रहेको छ।, राती: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती,  गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।,  , काठमाडौंको तापक्रम हिजोभन्दा आज १ डिग्री कम, मौसमविद् भन्छन्- ठूलो पानी पर्दैन
एजेन्सी आफ्नो सम्पत्ति चोरी वा लुटपाट भए मानिसहरू प्रहरीलाई खबर गर्छन्। प्रहरीले चोरी भएको कुरा भेटाए सम्बन्धित व्यक्तिलाई बुझाइदिन्छन्, चोर्नेलाई कारबाही गर्छन्।, नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा भने उल्टो घटना भएको छ। प्रहरीले नै चोरलाई लुटपाट गरेका छन्। दुई जना चोरले चोरेको पैसा आफूले लिएर प्रहरीले उनीहरूलाई जिल्लाको सीमा कटाइदिएका छन्।, बिबिसी हिन्दीका अनुसार अक्टुबर १५ मा फिरोजावाद जिल्लाको रसुलपुर क्षेत्रमा डेलिभरी अटोबाट एक लाख १० हजार भारू चोरी भएको थियो। घरमा कोही नभएका बेला दुई जना चोर आएर पैसा लिएका थिए। चोरी भएको थाहा पाएपछि मालिकले प्रहरीमा निवेदन दिए। चोरी हुँदाको समयको सिसिटिभी फुटेज थियो। प्रहरीले त्यसैका आधारमा अनुसन्धान अघि बढायो।, फिरोजावादका एसएसपी अशोककुमारका अनुसार प्रहरीले जिल्लाभरि अलर्ट गरेर चोरहरूलाई खोजेको थियो।, अक्टुबर १८ मा प्रहरीले चोरलाई पक्रियो। पक्राउ परेका चोरहरूसँग पैसा कहाँ छ भनेर सोध्दा उनीहरूले पैसा प्रहरीले नै लिएको बताए।, एसएसपी अशोककुमारका अनुसार अनुसन्धान गर्दै जाँदा चार जना प्रहरीको एक टोलीले चोर सँगको पैसा आफूले लिएर उनीहरूलाई आफ्नै गाडीमा राखी जिल्लाको सीमा कटाइदिएको खुल्यो। त्यसपछि चोरबाट पैसा लिने ती प्रहरीहरूलाई गिरफ्तार गरियो र पैसा जफत गरियो।, उनीहरूलाई अहिले जेल पठाइएको एसएसपी अशोककुमारले जानकारी दिए।, भारतमा प्रहरीले नै चोरसँग पैसा लिए, गाडीमा राखेर जिल्ला कटाइदिए