content
stringlengths
20
64.1k
सुदीप श्रेष्ठ मास्टरसेफ सन्तोष साहले बुधबार दिउँसो ३ बजेर ११ मिनेट जाँदा लन्डनको इल्थामबाट एउटा ट्वीट गरे, 'अहिलेसम्म इन्डियन सेफ भएर बाँचेँ। अब नेपाली सेफ हुँ भनी गर्व गरेर मर्न पाऊँ– अन्तर्राष्ट्रिय सेफ दिवसको शुभकामना!', सिराहा, कर्जन्हाका सन्तोष साह बिबिसी मास्टरसेफ च्यालेन्जका उपविजेता हुन्। उनले उक्त प्रतियोगिता क्रममा काठमाडौंको यःमरि पकाएर बेलायतलाई चखाए, निर्णायकहरूको वाहवाही पाए र आफू फाइनलसम्म पुगे। त्यसको भिडिओ हेरेदेखि यहाँका स्थानीयमाझ सन्तोषको लोकप्रियता हलक्कै बढेको छ।, उनले बुधबार गरेको ट्वीटले बिहीबार बेलुकी ६ बजेसम्म २४ सय लाइक्स र ११४ रिट्वीट पाएको छ। उक्त ट्वीटलाई सन्तोषले आफ्नो टाइमलाइनमा सबभन्दा माथि टाँचा लगाएर राखेका छन्। ट्वीटमा प्रतिक्रिया दिँदै धेरैले उनको इच्छा पूरा होस् भन्दै शुभकामना दिएका छन्।, मलाई चाहिँ त्यो ट्वीट पढेपछि सन्तोष साहले किन त्यस्तो भने होलान् भन्ने लाग्यो।, उनी गत वर्ष फागुनमा काठमाडौं आएका बेला म उनीसँग एउटा रैथाने फूड टूरमा सामेल भएको थिएँ। भित्री काठमाडौंका नरदेवी, असन, इन्द्रचोक, मरू घुम्दै हामीले यहाँका विभिन्न नेवार परिकार चाखेका थियौं। उक्त फूड टूरबारे पढ्न यहाँ क्लिक गर्नुहोस्ः, ,मास्टरसेफ सन्तोष साहसँग काठमाडौंको फूड टूर।, उक्त भेटमा उनले मसँग भनेका थिए, 'काठमाडौं पाककलामा धनी छ। यहाँ थुप्रै रैथाने परिकार छन्। म यहाँका नेवारहरूसँग त्यसको ठेट तरिका सिक्न चाहन्छु र ती सबै संकलन गरेर किताब निकाल्छु।', उनले यो पनि भनेका थिए, 'म नेपाली रैथाने परिकारहरू संकलन गरेर अन्तर्राष्ट्रिय जगतमा चिनाउन चाहन्छु। म अहिले ती परिकारको मेनुमा काम गर्दैछु। जसै मेनु तयार होला, लन्डनमा सबैथरिका नेपाली परिकार पाइने एउटा भव्य नेपाली रेस्टुरेन्ट खोल्ने मेरो योजना छ। लन्डनको सपना पूरा भएपछि म त्यस्तै रेस्टुरेन्ट यहाँ काठमाडौंमा पनि खोल्छु।', सन्तोष साहले आठ महिनाअघि भनेका कुरा र उनले एक दिनअघि ट्वीटमा व्यक्त गरेका धारणा दाँजेर हेर्दा मलाई दुवै एकअर्कासँग सम्बन्धित छ कि भन्ने लाग्यो। तीनवटा प्रश्न पनि मनमा उठे–, पहिलो, सन्तोषले अघिल्लोचोटि काठमाडौं लगायत नेपालका विभिन्न ठाउँ घुमेर यहाँका रैथाने परिकारको मेनु तयार पार्न थालेका थिए, उनको त्यो तयारी कहाँ पुग्यो?, दोस्रो, लन्डनमा नेपाली परिकारहरू पाइने नेपाली रेस्टुरेन्ट खोल्ने उनको योजना के भयो?, र तेस्रो, उनले ट्वीटमा किन लेखे– म अहिलेसम्म इन्डियन सेफ भएर बाँचेँ, अब नेपाली सेफ हुँ भनी गर्व गरेर मर्न पाऊँ।, यी तीनवटा प्रश्न उठेपछि मैले ह्वाट्सएपमा सन्तोष साहलाई मेसेज पठाएँ र आफ्ना जिज्ञासा राखेँ। मेसेज पठाएको पन्ध्र मिनेट नबित्दै उनले आफू कुराकानी गर्न तयार भएको जवाफ पठाए र केही बेरमा ह्वाट्सएपमै फोन पनि गरे।, मैले तेस्रो प्रश्नबाट कुराकानी सुरू गरेँ र सोधेँ, 'तपाईंले त्यसो भन्नुको आसय के हो?', जवाफमा उनले भने, 'मैले सेफ काम गर्न थालेको २० वर्ष भयो। बीस वर्षदेखि लन्डनका विभिन्न इन्डियन रेस्टुरेन्टमा विभिन्न थरीका इन्डियन परिकारहरू पकाएँ। चिकेन टिक्का पकाएँ, बिरयानी पकाएँ। तन्दुरी पकाएँ, कबाब पकाएँ। मैले पकाउने खाना र म मान्छे जस्तो छु, मेरो हाउभाउ र बोलीचाली हेरेर पनि धेरैले मलाई इन्डियन सेफ नै भन्ठान्थे। निकै कम मान्छे थिए होलान् जो मलाई नेपाली भनेर चिन्थे।', उनले अगाडि भने, 'धेरैलाई म नेपाली नलाग्नुको एउटा कारण त यहाँका रेस्टुरेन्टहरूमा नेपाली सेफको अस्तित्व नदेखेर पनि होला। लन्डनमा जति धेरै इन्डियन रेस्टुरेन्ट छन्, त्यसको दाँजोमा नेपाली रेस्टुरेन्ट निकै कम छ। इन्डियन परिकारहरू खानलाई यहाँ रेस्टुरेन्टको कमी छैन तर नेपाली परिकार खान मन लाग्यो भने तपाईं सितिमिति फेला पार्नुहुन्न। त्यसमाथि नेपालका ठेट रैथाने परिकारहरू त पाइँदै पाइँदैन भन्दा हुन्छ। यस्तो अवस्थामा मैले पकाउने खानाहरू हेरेर र म आफैंलाई पनि हेरेर धेरैलाई यो मान्छे त इन्डियन होला भनेर लाग्नु स्वाभाविक हो। म अब यो परिचय बदल्न चाहन्छु।', सन्तोषलाई गत वर्ष बिबिसी मास्टरसेफ च्यालेन्जमा भाग लिनुअघिसम्म पनि धेरैले इन्डियन सेफकै रूपमा चिन्दा रहेछन्। उक्त प्रतियोगितामा नेपाली सेफका रूपमा प्रवेश गरेपछि र त्यहाँ यःमरि, गुन्द्रुक, भटमास, आलुको अचार लगायत नेपाली परिकार बनाएपछि बल्ल आफ्नो परिचयबाट 'इन्डियन ट्याग' हटेको उनी बताउँछन्।, बिबिसी मास्टरसेफ च्यालेन्जले बीस वर्षदेखिको आफ्नो परिचय एकै झट्कामा फेरेको उनको भनाइ छ।, 'मलाई आफ्नो परिचयसँग जोडिएको इन्डियन ट्याग मेट्न बीस वर्ष लाग्यो। अहिले आएर बल्ल मलाई 'ए यो त नेपाली सेफ पो रहेछ' भनेर मान्छेहरूले चिन्न थालेका छन्। उनीहरूले यसो भनेको सुन्दा मलाई आफ्नो नेपाली परिचय फिर्ता पाएझैं भइरहेको छ। नेपाली सेफको यो नयाँ परिचयले मेरो करिअर नै नयाँ चरणमा प्रवेश गरेको अनुभव भइरहेको छ। म अब आफ्नो करिअर यही परिचयका साथ अगाडि बढाउन चाहन्छु,' उनले भने।, नेपाली सेफका रूपमा चिनिएपछि आफू धेरै नेपालीहरूको निम्ति 'रोलमोडल' बनेको पनि उनले बताए।, बीस वर्षअघि आफूले सेफको काम सुरू गर्दा कुनै पनि नेपाली व्यक्तिलाई रोलमोडल बनाउन नपाएको सम्झँदै उनले भने, 'अहिले धेरै नेपाली भाइबहिनीले मलाई आफ्नो रोलमोडल मान्न थालेका छन्। उनीहरू मलाई इमेल लेख्छन्, सामाजिक सञ्जालमा प्रतिक्रिया पठाउँछन् र कतिले त फोन पनि गर्छन्। ती सबै जना मेरो कामबाट सिक्न चाहन्छन् र प्रेरणा लिन चाहन्छन्।', सन्तोषले यो पनि भने, 'उनीहरूको निम्ति प्रेरणा बन्न पाउँदा मलाई गौरव लागिरहेको छ र अर्कातिर जिम्मेवारीबोध पनि भइरहेको छ। उनीहरूले मप्रति देखाएको विश्वास कायम राख्नुपर्ने चुनौती पनि छ। मैले अब गलत काम गर्नु हुँदैन। उनीहरूको विश्वास डगमगाउन दिनु हुँदैन। यसको निम्ति मैले आगामी दिनहरूमा आफूलाई नेपाली सेफकै रूपमा अघि बढाउनुपर्छ।', यसरी आफ्नो ट्वीटको आसय प्रस्ट पारेपछि सन्तोषले नेपाली सेफका रूपमा आफ्नो कार्ययोजना सुनाए।, उनले पछिल्लो नेपाल भ्रमणपछि १६ थरीका नेपाली परिकारको मेनु तयार पारेका छन् जसलाई समेटेर लन्डनको मेफेयर भन्ने ठाउँमा नेपाली रेस्टुरेन्ट खोल्ने योजना अघि बढाएका छन्। अर्को वर्ष जनवरीभित्र लन्डनमा नेपाली रेस्टुरेन्ट खोल्ने उनले बताए।, 'मैले खोल्ने रेस्टुरेन्टमा नेपाली परिकारहरू मात्र पाइनेछन्,' उनले भने, 'म अब भारतीय परिकार बनाउने छैन। बीस वर्ष चिकेन टिक्का, बिरयानी, तन्दुरी, कबाब बनाएर बिताएँ, अब म नेपाली परिकार मात्र बनाउँछु।', ती १६ थरीका नेपाली परिकारको मेनु लिएर उनी लन्डनभित्र फूड टूर पनि गरिरहेका छन्। विभिन्न रेस्टुरेन्टमा ती परिकार पकाउँदै र विदेशीहरूलाई स्वाद चखाउँदै हिँडिरहेका छन्। , यति मात्र होइन, बिबिसी मास्टरसेफ च्यालेन्जको आगामी संस्करणमा पनि भाग लिँदैछन्। उक्त प्रतियोगितामा अघिल्ला दुई वर्षका अन्तिम प्रतिस्पर्धीहरूलाई स्वतः सहभागी गराउने नियम रहेको जानकारी दिँदै उनले भने, 'आगामी डिसेम्बरमा हुने नयाँ संस्करणको मास्टरसेफ च्यालेन्जमा म फेरि आउँदैछु। त्यसमा नयाँ खालका नेपाली परिकार पकाएर अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विचार छ।', मास्टरसेफ च्यालेन्जको नयाँ संस्करण र लन्डनमा नेपाली रेस्टुरेन्ट खोल्ने योजना पूरा गरेपछि अर्को वर्ष फेब्रुअरी वा मार्चमा फेरि नेपाल आउने तयारीमा रहेको उनले बताए।, 'नेपालका विभिन्न ठाउँ घुमेर रैथाने नेपाली परिकारहरूको विस्तृत मेनु तयार पार्ने मेरो योजना पूरा भइसकेको छैन। मैले अझै धेरै ठाउँ जान बाँकी छ, अझै धेरै रैथाने परिकारबारे अध्ययन गर्न बाँकी छ। अर्को वर्ष नेपाल आउँदा म आफ्नो पाक अध्ययनलाई निरन्तरता दिनेछु। त्यसबाट जति पनि नयाँ नेपाली मेनु बन्नेछ, त्यसलाई अन्तर्राष्ट्रिय बजारमा लिएर जानेछु,' उनले भने।, यसबीच नेपाली परिकारहरूको मेनु र कथा समेटिएको उनको किताब पनि आउँदैछ।, 'मेरो अन्तिम इच्छा चाहिँ नेपालका थुप्रै रैथाने परिकार पाइने एउटा ठेट नेपाली रेस्टुरेन्ट काठमाडौंमै खोल्ने हो,' उनले भने, 'लन्डनमा रेस्टुरेन्ट खोलेपछि म काठमाडौंको योजनामा काम गर्न थाल्छु।', मास्टरसेफ सन्तोष साहले आफूले तयार पारेको १६ नेपाली मेनुको तस्बिर पनि ह्वाट्सएपमा पठाइदिए जुन यस्ता छन्ः , सबै तस्बिर स्रोत: सन्तोष साह,  ,  ,  , १६ नेपाली परिकारसहित लन्डनमा रेस्टुरेन्ट खोल्दै मास्टरसेफ सन्तोष साह
प्रकाश सिलवाल कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट बञ्चित हुँदै आएका छन्।, संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को पछिल्लो तथ्याङ्कानुसार विश्वव्यापीरूपमा सातमध्ये कम्तीमा एक बालबालिका बन्दाबन्दीबाट प्रत्यक्षरूपमा प्रभावित भएका छन् भने एक अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन्। महामारीपछि अस्तव्यस्त भएको दिनचर्या, शिक्षा, मनोरञ्जनका साथै पारिवारिक आय र स्वास्थ्यको चिन्ताजस्ता बाधाले गर्दा धेरै बालबालिका तथा युवामा डर, क्रोध र आफ्नो भविष्यप्रति चिन्ता अनुभव भएको युनिसेफको प्रतिवेदनमा उल्लेख छ। नेपालमा पहिलो र दोस्रो लहरको कोरोना रोकथामको बन्दाबन्दीले गर्दा ७४ हप्तासम्म विद्यालय पूर्ण र आंशिकरूपमा बन्द भइसकेका छन्, यो विश्वका कोभिड प्रभावित मुलुकको तुलनामा बढी भएको अध्ययनले देखाएको छ।, नियमित र प्रत्यक्षरूपमा विद्यालय सञ्चालन नहुँदा डिजिटल जोखिममा विशेषतः किशोरी पर्ने गरेका छन्। कोभिड–१९ पछि किशोरी अनलाइनको दुर्व्यवहारमा परेका तथा बालविवाह, बालहिंसाका घटना बाहिरिएका छन्। एकातिर अनलाइन शिक्षामा सबै बालबालिकाको पहुँच पुग्न सकेको छैन भने अर्कातिर अनलाइनको पहुँचमा भएका बालबालिका डिजिटल लतमा फस्न पुगेका छन्। यसले उनीहरुमा मनोसामाजिक असरसमेत पर्ने गरेको छ। यही अक्टोबार ११ मा ‘डिजिटल पुस्ता, हाम्रो पुस्ता’ भन्ने नाराका साथ यस वर्षको दिवस विश्वभर मनाइँदा डिजिटल जोखिममा बालिकाबारे चिन्ता जाहेर गरिएको थियो।, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा भगवान् अर्यालले कोभिड–१९ को अत्याधिक सङ्क्रमण देखिएका राष्ट्रमा समेत विद्यालय यति लामो समयसम्म बन्द नभएको पाइएको बताए। सुविधाविहीन बालबालिकाको अनलाइन शिक्षामा पहुँच नपुग्ने भएकाले सिकाइमा नकारात्मक प्रभाव पर्नाका साथै सबै विद्यार्थीमा सिकेका कुरा धेरै समय सम्झिन सक्ने क्षमतामा कमी भएको सहप्राध्यापक डा अर्यालको भनाइ छ।, संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले बन्दाबन्दीपछि विद्यालय खुले पनि विश्वभरि ११७ मिलियन विद्यार्थी (७.५ प्रतिशत) अझै विद्यालय बाहिर रहेको विवरण सन् २०२० मा प्रकाशनमा ल्याएको थियो। सो विवरणअनुसार नेपालमा झण्डै ९० लाख विद्यार्थीमा कोभिड–१९ का कारण शैक्षिक संस्था बन्दको प्रभाव परेको थियो। यसमध्ये ११ प्रतिशत पूर्वप्राथमिक तह, २८ प्रतिशत प्राथमिक तह, ३९ प्रतिशत माध्यमिक तह र ५ प्रतिशत उच्च तहका विद्यार्थी थिए।, महामारीले नेपालका विद्यालय तहका ७४ लाख विद्यार्थीको सिकाइको क्षतिसम्बन्धी तत्कालीन जोखिम सिर्जना गरेको मानिएको छ। यसका अतिरिक्त, लामो समयसम्म विद्यालय बन्द रहने, गतिशीलतामा बन्देज लाग्ने र बन्दाबन्दीले घरमै सीमित हुने भएकाले विद्यार्थीको स्वास्थ्यका साथै परिवार तथा समुदायलाई पनि थप तनाव भई नकारात्मक असर सिर्जना गरेको युनाइटेड वल्र्ड स्कुल्सको प्रतिवेदन २०२० ले जनाएको छ। निम्न वर्गीय अभिभावकले बढी मात्रामा घरायसी तथा शारीरिक श्रममा संलग्न गराउन तथा बालिका विद्यार्थी विशेषरूपले कामकाजमा बढी संलग्न हुनुपर्ने जोखिम देखिएको ती अध्ययनले देखाएको छ। खासगरी बालविवाह र छिटो गर्भधारण, घरेलु हिंसा र शोषण, लैङ्गिक हिंसा, यौन दुव्र्यवहार र हैरानी, साइबर बुलिइङ तथा अपराधका घटना पनि कोभिडपछि देखिएका छन्।, विपन्न र सीमान्तकृत परिवारका बालबालिकालाई दिवाखाजा कार्यक्रमबाट बञ्चित हुनुपर्दा पोषण स्वास्थ्यमै जोखिम उत्पन्न भई पोषण शिक्षाको अभाव, विद्यालयबाट प्राप्त हुने स्वास्थ्य सेवाबाट बञ्चित, अभिभावकको घरमा शिक्षा दिने क्षमतामा कमीजस्ता समस्या पनि देखिएका छन्।, काठमाडौं उपत्यकाका सामुदायिक, संस्थागत र गुठी विद्यालयका व्यवस्थापक, प्रधानाध्यापक र सहायक–प्रधानाध्यापकबीच गरिएको एक अध्ययनले २८ प्रतिशत विद्यालयले मात्र विद्यालय पुनः सञ्चालन गर्ने लिखित प्रोटोकल तयारी गरेकामा लगभग ५० प्रतिशत विद्यालय कक्षाकोठामा शिक्षण सुरु गर्न पूर्ण तयार भएका र ४७ प्रतिशत विद्यालय पनि केही हदसम्म खुल्न आतुर भएको पहिचान गरेको छ। त्यसमा २५ प्रतिशत अभिभावकले आफ्ना बालबालिकाको सिकाइलाई कुनै समय दिन नसक्ने पाइएको थियो।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्साल सामाजिक र सांस्कृतिक कारणले छात्राको शिक्षामा निरन्तरतामा चुनौती पैदा गरेको स्थितिमा कोभिड–१९ को महामारीले थप चुनौती थपिदिएको बताउँछन्। उनले सबै बालबालिकालाई निरन्तर सिकाइ क्रियाकलापमा जोड्न सरोकार भएका पक्ष, समुदाय र अभिभावको सशक्त भूमिका आवश्यक भएको बताए।, नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०१६ का अनुसार नेपालमा १५ देखि १९ वर्ष उमेर समूहका १७ प्रतिशत किशोरी गर्भवती हुने गर्छन्। ग्रामीण क्षेत्रमा यो दर २२ प्रतिशत रहेको छ भने सहरी क्षेत्रमा १३ प्रतिशत रहेको छ। किशोरकिशोरी स्वास्थ्य व्यवहार सर्वेक्षण सन् २०१७ ले विद्यालय गइरहेका किशोरीमध्ये ४० प्रतिशत महिनावारीका कारण कम्तीमा एक दिन विद्यालयमा अनुपस्थित रहने गरेका छन्। बलात्कारका वार्षिक करिब २०० घटनामध्ये ६८ प्रतिशत बालिका नै हुने गरेका छन्। यस्ता घटनाबाट बालिका तथा किशोरीको पढाइमा असर परिरहेको हुन्छ। ,रासस, कोभिड–१९ पछिको शिक्षा : छात्रा बढी प्रभावित
सेतोपाटी संवाददाता कपिलवस्तु प्रहरीले असोज महिनामा ४८ जना फरार अभियुक्त पक्राउ गरेको छ।, भदौ महिनामा १२७ जना फरार अभियुक्त पक्राउ परेका थिए।, प्रतिवादीमध्ये फैसला मितिदेखि २० वर्षसम्म फरार भएका ३, १५ वर्षसम्म फरार १, दस वर्षसम्म फरार ११, पाँच वर्षसम्म फरार १७ र पाँच वर्षभन्दा कम समय फरार १६ जना रहेका छन्।, असोज महिनाको शान्ति-सुरक्षाको अवस्थाबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै कपिलवस्तु प्रहरीले फरार अभियुक्त पक्राउ, लागुऔषध नियन्त्रण,  एक महिनाको शिशु हत्या आरोपी पक्राउ, भन्सार छली नियन्त्रण लगायतलाई उपलब्धी मानेको छ।, असोज ६ गते शिवराज नगरपालिका-२ मदरहवाका तुलानन्द चौधरीका एक महिना १४ दिनका छोराको हत्या भएको  थियो।, कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका हिरे कामीलाई पक्राउ गरिएको थियो। कामीले चौधरीकी ९ वर्षीया छोरी झरनालाई गालामा झापड हानेकोमा १ महिना १४ दिनको छोरा सुलब चौधरीलाई लागेको थियो।, झापड लागेको केही समयमै शिशुको मृत्यु भएको थियो।, यस्तै, असोज महिनामा प्रहरीले २२ लाख ९१ हजार ८ सय रुपैयाँ स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको थियो।, असोज महिनामा भन्सार छलीबाट तीन करोड १ लाख १ हजार १५४ रुपैयाँ राजश्व संकलन भएको भण्डारीले बताए।, अघिल्लो आर्थिक वर्षको असोज महिनामा ६६ लाख ६८ हजार ८७१ रुपैयाँ राजश्व असुली भएको थियो। गत वर्षभन्दा यसपालि भन्सार छलीको सामग्री बरामद उत्साहजनक रहेको भण्डारीले बताए।, सोही महिना लागुऔषधसहित १४ जना पक्राउ परेका थिए। २४ ग्राम ब्राउनसुगरसहित तीन जना पुरुष पक्राउ परेका थिए।, पुराना र फर्छ्यौट हुन बाँकी मुद्दाको अनुसन्धान, कारबाही, चाडपर्वलक्षित सुरक्षा व्यवस्था, सीमा अपराध नियन्त्रण, पटाका तथा विस्फोटक पदार्थमा कडाइ लगायत आगामी कार्ययोजना रहेको डिएसपी भण्डारीले बताए।, असोजमा ४४ वटा विभिन्न किसिमका मुद्दा दर्ता भएका थिए।, असोजमा कपिलवस्तुबाट ४८ जना फरार अभियुक्त पक्राउ
सेतोपाटी संवाददाता सुनसरीमा अनटेष्ट कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, बराहक्षेत्र नगरपालिका-३ बाङ्गेस्थित भित्री सडकखण्डमा कार दुर्घटना हुँदा सोही नगरपालिका-६ चक्रघट्टीका ४० वर्षीय कृष्णप्रसाद दाहालको मृत्यु भएको हो।, प्रहरीका अनुसार बिहीबार राति ८ बजे कालाबञ्जरदेखि चक्रघट्टी आउँदै गरेको कार आफैं अनियन्त्रित भएर सडकबाट पैनीमा पल्टेको थियो।, दुर्घटनामा गम्भीर घाइते भएका दाहालको नगर अस्पताल चक्रघट्टी पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, यस्तै, कोसी गाउँपालिका-८ भाण्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा अनटेष्ट स्कुटर दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएङ्को छ।, बिहीबार राति स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा दमक नगरपालिका-१ की २६ वर्षीया सासा लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ।, पूर्वबाट पश्चिम जाँदै गरेको स्कुटर राति ११ बजे भाण्टाबारीमा दुर्घटना भएको थियो।, लिम्बुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार बिहान ३ बजे मृत्यु भएको थियो।, स्कुटर पछाडि सवार रहेको झापा बुद्धशान्ति गाउँपालिका-१ की २७ वर्षीया रेनु गुरुङ घाइते छिन्।, सुनसरीमा अनटेष्ट कार र स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका-११ मोतिपुरका मनिराम चौधरी धान खेतको पानी फाल्न पम्पसेट चलाउने तयारीमा थिए। परिवारका सबै सदस्य पानी फाल्ने मेसो मिलाउँदै छन्। खेतमा धानका पाँजा पानीमा चुर्लुम्म डुबेका छन्।, खेत नजिकै खलामा धानको खराइ (कुन्यू) छ। त्यो पनि पानीमा डुबेको छ। बिहीबारदेखि बेमौसमी वर्षा रोकिए पनि खेतको पानी पटक्कै घटेको छैन। त्यही भएर चौधरी जमेको पानी फाल्ने तयारीमा लागेका हुन्।, ‘काटेको धान सबै उम्रेको छ र काटन् बाँकी धान पनि पानीमै डुबेको छ। त्यसैले जमेको पानी फाल्न पम्पसेट चलाउनु परेको हो,’ सुस्केरा हाल्दै चौधरीले सेतोपाटीसँग भने, ‘दैब पनि कस्तो निष्ठुरी रहेछ भित्र्याउने बेलाको खेति सबै बर्बाद भयो।’  , जमिनदारको अधियाँ खेत लगाएका मनिरामको पाकेको बाली सबै नष्ट भएकाले जमिनदारलाई के दिने र आफ्नो परिवारको भोक कसरी मेट्ने भन्ने चिन्ताको पिरोलेको छ।, ‘हाम्रो त बाँच्ने आधार नै यही खेतिपाति हो, न जागिर छ, न अरू कुनै इलम? अब कसरी बालबच्चा पाल्ने होला,’ मनिरामले दुखेसो पोखे।, केही पर मोतिपुरकै गनारमा जागुराम चौधरी खेतमा काटेर सुकाए पनि चुलुम्मै डुबेको धानका पाँजा उठाउँदै थिए। चार दिनको लगातार झरीले डुबेको धानका बाला उम्रिसकेका थिए। परालसमेत कुहिएर धानका बाला खेतभरि असरल्ल थिए।  , जति जति पाँजा पल्टाउँदै जान्थे जागुरामको अनुहार उति उति मलिन बन्दै गएको थियो। जागुरामले धान हातमा देखाउँदै भने, ‘हे, भगवान फल मात्रै होइन, गाईबस्तुलाई खुवाउने परालसम्म कुहिएर कामै नलाग्ने भइसकेछ।’  , हातमा भिजेको धानबाट पानी चुहिरहेको थियो। सँगै जागुरामको आँखाबाट आँशु बगिरहेको थियो ।, त्यसको केही पूर्वमा केही सुख्खा ठाउँबाट काटेको धानको भारी टाउकोमा बोकेर खल्यानतर्फ ओसार्दै गरेकी आशा चौधरीले बेमौसमी झरीले आफ्नो खेतमा काटेर राखेको धान बालामै टुसाएको बताइन। दसैंको अघिल्लो दिन काटेको उनको धान त्यसपछिको लगातार वर्षाले काम नलाग्ने बनाइ दिएको रहेछ।, ‘यसरी भिजेको धानको रंग नै फरक भइहाल्छ र खाँदा मिठो पनि हुँदैन,’आशाले भनिन् ‘त्यसैले यो धानले मुल्य पनि राम्रो पाउँदैन। यो वर्षको मेहनत त्यसै खेर गयो।’ , लगातार चार दिनको वेमौसमी झरीले मोतिपुरमा मात्रै  करिव ६० विगाहा क्षेत्रफलमा  काटेको धान बर्बाद पारेको उनले अनुमान गरिन्।, मोतिपुर बबई नदीको तटिय र सिमसार क्षेत्र हो। जहाँ बाह्रैमास खेतमा पानी हुन्छ। मोतिपुर तुलसीपुरको भकारी समान हो । तर, सोही ठाउँमा कात्तिकमा आएको अबिरल वर्षापछिको भेलले काटेको धानसमेत बगाएपछि किसान निराश बनेका छन् ।   , काटेको धान मात्र होइन, नकाटेको धान पनि ढलेर पानीमा पुरै डुबेकाले बालामै उम्रन थालेको छ।, मोतिपुरमा अधिकांशले हाइब्रीड धान रोप्ने गरेको र त्यो अबिरल झरीका कारण डुबानले बोटमै उम्रन थालेको स्थानीय मोहन बस्नेतले बताए। मोतिपुरको केही पश्चिमतर्फको गाँउ वेलटाकुराको अवस्था पनि फरक थिएन ।, सन्तबहादुर बुढाथोकीले मेसिन लगाएर एकै दिन कटाएको धान खेतमै डुबेको अवस्था थियो। धान खेतमै मलिन अनुहारमा भेटिएका बुढाथोकीले जसोतसो ऋण गरेर  मल विउको जोहो गरि धान खेति गरेको र भित्र्याउने समयमा झरीले सबै स्वाहा पारेकाले कसरी ऋण कर्जा चुकाउने भनेर चिन्ता ब्यक्त गरे।, ‘धानको अवस्था देखेर मेरो मन भित्रभित्रै भक्कानिएर रोएको छ,’ उनले भने, ‘दैब लागेपछि कसको के लाग्दो रहेछ र? हामी जस्ता किसानको पीडा कसले सुनिदेला ।’, भिजेको धान कथम कदाचित जोगिए पनि कुटाउँदा धुलैधुलो हुने हुँदा त्यो खानयोग्न नहुने बुढाथोकीले बताए। उनले पनि घर परिवार कसरी पाल्ने भन्ने चिन्ता ब्यक्त गरे।, तुलसीपुर १० गौरीगाँउका दानबहादुर खड्काले धानको पाँजा पल्टाउँदा मन धुरूधुरू रूने गरेको बताए ।, ‘यो किसानका लागि खाने बेलाको गाँस खोसिए जस्तै हो,’ खड्काले भने,‘किसानलाई यत्रो बज्रपात पर्दा पनि स्थानीय जनप्रतिनिधि हाम्रा पीडामा कसैले बोलेका छैनन्। हेर्नसमेत आएका छैनन्।’, दुःखमा परेको समयमा आफ्ना नागरिकलाई कुनै साथ सहयोग नगर्ने हो भने राज्य छ भन्नुको औचित्य पुष्टि हुन नसक्ने उनले बताए ।, नजिकको सकारकार हुनुको नाताले यतिखेर स्थानीय जनप्रतिनिधि किसानको खेतको अवस्था नियाल्न र क्षतिको विवरण संकलनमा खटिनुपर्ने उनले बताए ।, दाङमा यो वर्ष ३९ हजार हेक्टरमा धान खेती भएको थियो। त्यसमध्ये काटेको ३० प्रतिशत बढी धानवाली लगभग पुरै नोक्सान भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी बद्री पौडेलले जानकारी दिए।, भिजेको धानबाट पानी र जागुरामको आँखाबाट आँशु झरिरह्यो
सेतोपाटी संवाददाता कीर्तिपुरको बल्खु खोलामा एक महिलाको शव फेला परेको छ। , शुक्रबार बिहान साढे ६ बजेतिर कीर्तिपुर नगरपालिका वडा नम्बर २ स्थित बल्खु खोलामा एक महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। , उनका अनुसार शव अन्दाजी ३१-३५ वर्षीया महिलाको हुनुपर्छ। अहिले ती महिलाको पहिचान खुलिसकेको छैन। , कीर्तिपुर र चन्द्रागिरि नगरपालिका जोडिने झुलुंगे पुलभन्दा अन्दाजी १०० मिटर तल खोलामा शव फेला परेको हो। बिहान मर्निङ वाक गर्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर भएको थियो। , शव सडिसकेको अवस्थामा फेला परेको हुँदा केहीदिन अघिकै हुनुपर्ने प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।, 'सड्न लागेको अवस्थाको शव हो। तीन-चार दिनअघि नै बगाएर ल्याएकोजस्तो देखिन्छ,' उनले भने,'बिहान मर्निङ वाक गएको मान्छेले देखेपछि हामीलाई खबर भयो।', महिलाको पहिचानको लागि प्रहरीले सबै कार्यालयमा पत्राचार गर्ने तयारी थालेको छ। प्रहरीले महिलाको साथबाट मोबाइल फोन पनि बरामद गरेको छ। , उक्त फोनबाट पनि पहिचान खुलाउन सकिनेबारे प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।, पोष्टमार्टमको लागि महिलाको शव महाराजगन्जस्थित टिचिङ अस्पताल पठाइएको छ।, 'बाहिरी चोटपटक केही देखिएको छैन। हामीले शव पोष्टमार्टम गर्न पठाएका छौं,' उनले भने, 'भित्री चोटपटक भए त्यसबाट देखिएला।' , कीर्तिपुरको बल्खु खोलामा महिलाको शव फेला
सेतोपाटी भरतपुर अस्पतालले औषधिपसलमा सम्झौताअनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ।, सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई कारबाही गरेको हो।, अस्पताल विकास समितिको बैठकको निर्णयअनुसार ती सप्लायर्सलाई कारबाही गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेललाई जानकारी दिए। , उनका अनुसार अस्पतालमा आवश्यक औषधि खरिदको आदेश दिइसकेपछि पनि उनीहरूले औषधि नल्याएका जनाइएको छ। औषधि ल्याउने समय १७ दिन र ताकेता गरेको समयमा समेत औषधि नल्याएपछि कारबाही गर्न बाध्य भएको उनले जानकारी दिए।, अस्पतालले तीन पटकसम्म औषधि समयमा ल्याउनका लागि सप्लायर्सलाई ताकेता गरेको जनाइएको छ।  , कारबाही स्वरूप अस्पतालले औषधि बाहिर खरिद गर्दा र बोलपत्रमा सम्झौता हुँदाको मूल्यभन्दा थप परेको मूल्य सम्झौता गर्ने पक्षलाई तिर्न लगाएको छ।, सरकारको ‘फार्मेसी निर्देशिका २०७४’ अनुसार अस्पतालमा फार्मेसी सञ्चालनमा आएपछि औषधि समयमा नल्याउने ठेकेदार कम्पनीलाई यस अस्पतालमा कारबाही गरिएको यो पहिलो रहेको अस्पतालको फार्मेसी विभाग प्रमुख सविनराज लामिछानेले जानकारी दिए।, सन फार्मेसीले मधुमेहका बिरामीलाई आवश्यक पर्ने ‘मेटफर्मीन’ नामक औषधि विगत दुई महिनादेखि उपलब्ध गराउन छाडेको थियो। सो औषधि फार्मेसीले सम्झौताअनुसार १.४० पैसा प्रतिट्याब्लेटमा अस्पताललाई उपलब्ध गराउनुपर्ने हुन्थ्यो।, लामो समयसम्म औषधि ठेकेदार कम्पनीले ल्याउन नसकेपछि अस्पतालले १.७५ पैसामा खरिद प्रक्रिया सुरू गरेको छ। सो फार्मेसीलाई सम्झौता भए भन्दा बढीको मूल्य तिर्न लगाइएको छ। यस फार्मेसीले २११ प्रकारका औषधि ल्याउने सम्झौतामा उल्लेख छ।, यस्तै, हिमसागर मेडिकलले मेटफर्मीन/ग्लिमेप्राइड नामक औषधि समयमा नल्याएको जनाउँदै कारबाही गरिएको छ।, विगत लामो समयदेखि माग गरिएको औषधि नपाउँदा बिरामी मर्कामा पर्न थालेको जनाउँदै अस्पतालले आफैं खरिद गरी सम्झौताभन्दा बढीको मूल्य ठेकेदार कम्पनीलाई तिर्न लगाएको छ।, सो औषधि सम्झौताअनुसार ६.९८ पैसा प्रतिट्याब्लेट पर्नेमा अस्पतालले बाहिरबाट खरिद गर्दा रु सातमा खरिद गरेको सूचना अधिकारी पौडेलले जानकारी दिए। यस हलसँग १८१ प्रकारका औषधि ल्याउने सम्झौता भएको थियो।, कारबाहीमा पर्नेमा मेडिसेल्स फर्माले डेक्सामेथासोन इन्जेक्सन (जीवन रक्षक औषधि) आकस्मिक कक्ष, सघन उपचार कक्ष र कोरोनाभाइरस संक्रमितलाई समेत प्रयोग हुने औषधि नल्याए पछि कारबाही गरिएको छ। सम्झौताअनुसार रु ११ प्रतिभाइलमा ल्याउनुपर्ने सो औषधि अस्पतालले बाहिरबाट खरिद गरी ल्याउँदा रु १८.१२ पैसा पर्न गएको प्रमुख लामिछानेले जनाकारी दिए।, यस कम्पनीलाई पनि सम्झौताभन्दा बढीको रकम तिराइने छ। यस कम्पनीले अस्पतालमा ९४ प्रकारका औषधि ल्याउनका लागि सम्झौता गरेको थियो। उनीहरूले अन्य औषधिसमेत समयमा उपलब्ध गराउन नसकेको अस्पताल प्रशासनले जनाएको छ। , अस्पतालका अनुसार अन्य औषधिका लागिसमेत ताकेता गरिएको छ। अन्य सप्लायर्सले समेत ढिलाइ गर्दा आवश्यकता अनुसारको औषधि बिरामीले पाउन सकेका छैनन्। ढिलाइ गर्ने कम्पनीलाई पनि ताकेता गरिएको र अटेर गरे कारबाही गरिने अस्पतालले जनाएको छ। समयमा औषधि नपाउँदा सेवाग्राही मारमा पर्न गएकाले कारबाही गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डन्ट प्रा डा कृष्ण पौडेलले बताए।, अस्पतालले खरिद नियमअनुसार कारबाही प्रक्रिया अघि बढाएको उनको भनाइ छ।, उनले भने, 'समयमा औषधि नल्याउने ठेकेदारलाई नियमित जानकारी गराइएको छ। समयमा औषधि नल्याए कानुनअनुसार कारबाहीको प्रक्रियामा अघि बढाउँछौं।', समयमा औषधि नल्याउने कम्पनीलाई सम्झौताअनुसार कारबाही गरी कालोसूचीमा राख्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागमा सिफारिस गरिने उनले जानकारी दिए। , अस्पतालका फार्मेसीमा औषधि ल्याउनका लागि विभिन्न १० कम्पनीले ठेक्का सम्झौता गरेका थिए। वि.सं २०७७ साल माघमा एक वर्षका लागि औषधि ल्याउनका लागि ती सप्लायर्ससँग सम्झौता गरिएको हो।, सर्जिकल सामानतर्फ छ सप्लायर्ससँग सम्झौता भएको थियो। ,रासस,  , भरतपुर अस्पतालले गर्‍यो तीन औषधि सप्लायर्सलाई कारबाही
रोहित महतो खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर अमानवीय व्यवहार गर्ने १७ जनाविरूद्ध मुद्दा दर्ता भएको छ।, बिहीबार दिउँसो उनलाई कुटपिट गर्दै कार्यालयबाटै उठाएर अर्धनग्न बनाई शरीरमा हिलो छ्यापेर जनकपुर परिक्रमा गराएको आरोपमा जनमत पार्टीका १७ जना नेता/कार्यकर्तामाथि सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार कर्मचारीलाई अभद्र व्यवहार र कार्यालयमा तोडफोड गर्ने अधिकांश सिरहा, सर्लाही र महोत्तरीका छन्। , जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेम किशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू संजय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, संजय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डलविरूद्ध मुद्दा दर्ता गरिएको उनले बताए।, उनीहरूविरूद्ध अपराधी प्रवेश तथा अपराधी उपद्रव शीर्षकमा मुद्दा चलाइएको हो।, ‘यो मुद्दामा क्षतिपूर्तिसहित अधिकतम चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ,’ डिएसपी बस्नेतले भने। , जनकपुरधाम उपमहानगरपालिका-८ स्थित बलवा टोलमा पार्टी अध्यक्ष सिके राउतको बसोबास रहेको घर छेउको सडकमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहामाथि उनका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए।, घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुरूमा १० जनालाई नियन्त्रणमा लिएको थियो।, उनीहरूलाई रिहा गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी राउतका कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि थप ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानपछि १७ जनामाथि मुद्दा दर्ता गर्ने र बाँकीलाई छोड्ने निर्णय भएको डिएसपी बस्नेतले बताए।, पक्राउ गरेका ४५ जनालाई बिहीबारै अबेर राति हिरासमुक्त गरिएको थियो। मुद्दा दर्ताको विरोधमा पार्टीका अध्यक्ष राउतको निर्देशनमा उनका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने तयारी गरेका छन्।, खानेपानी कार्यालय जनकपुरका निमित्त प्रमुख कुशवाहामाथि दुर्व्यवहार गर्ने १७ जनाविरूद्ध मुद्दा दर्ता
रामबहादुर थापा बागलुङको गलकोट नगरपालिका-७ मल्मका चेमबहादुर विक सरकारले दिएको नयाँ घरमा बस्न थालेको वर्ष दिन बित्यो।, जनता आवास कार्यक्रममार्फत् विकले घर त पाए तर यही घर बनाउने निर्माण व्यवसायी चन्द्रबहादुर थापा भने मारमा छन्। , गत वर्ष असोजमै घर निर्माण सकेर लाभग्राहीलाई बुझाएका उनले कामको भुक्तानी भने अझै पाएका छैनन्। तीन लाख ३५ हजार रुपैयाँमा निर्माणको जिम्मा पाएकामा पहिलो किस्ताबापत ८० हजार रुपैयाँमात्र बुझेको उनले सुनाए।, 'आफ्नै खर्च र ऋण खोजेर कामदारलाई बुझाएँ, हार्डवेयरमा अझै तिर्न बाँकी छ', उनले भने, 'थोरै बजेटमा अरुले गर्न नमानेपछि आफैंले काम आँट्दा झन समस्यामा फसियो।' , उनले दुई लाख ५५ हजार रुपैयाँ भुक्तानी पाउन बाँकी छ। व्यवसायी थापाले घर निर्माणका चरणमा एकपटक वडाका प्रतिनिधिबाहेक कोही पनि अनुगमनमा नआएको बताए। अहिले त कतैबाट सोधखोजसमेत हुन छाडेको छ। घर बनेर लाभग्राहीले बस्न थालेको यतिका समय भइसक्दा पनि भुक्तानी नपाउँदा निर्माण व्यवसायी निराश छन्।, सोही वडाकी भूमा विकको घर बनाउने ठेक्का पाएका निर्माण व्यवसायी रुद्र केसीले पनि तेस्रो किस्ता भुक्तानी नपाएको गुनासो गरिन्।, उनले पहिलो किस्ताबापत रु ७० हजार र दोस्रोमा रु ८० हजार भुक्तानी लिइसकेकी छन्। रु तीन लाख ४० हजार ठेक्कामा बनेको घरको तेस्रो किस्ता रकम लिन बाँकी रहेको केसीले बताइन्।, 'गत वर्ष दसैंमै घर सम्पन्न भएर परिवार बस्न थाले पनि कामको पूरा पैसा अझै पाइएको छैन', उनले भनिन्।, बेलैमा भुक्तानी नआउँदा कामदार र निर्माण सामग्रीको पैसा तिर्न नसकिएको केसीले बताइन्।, दुई कोठे भवन र शौचालयका लागि कार्यक्रममार्फत् लाभग्राहीले अनुदान पाउने गरेका छन्। वडा नं ९ मा पनि दुई लाभग्राहीले तेस्रो किस्ताको रकम नपाएको वडाध्यक्ष तेजबहादुर थापाले बताए।, स्थानीयबासी नरबहादुर र कृष्णबहादुर विकको घर गत वर्ष नै निर्माण पूरा भएको उनको भनाइ छ।, 'काम गरेको पैसा नपाएको भन्दै कति पटक ठेकेदार नै झगडा गर्न आए, सरकारको ढिलासुस्तीले कामदारले पनि दुःख पाएका छन्', उनले भने।, आफ्नो वडामा मात्रै नभएर अन्यत्र पनि जनता आवास कार्यक्रम अलपत्र परेको जनाउँदै उनले सरकारले पर्याप्त बजेट र मानव संशाधनको प्रबन्ध गर्नुपर्ने बताए।, कार्यक्रमको प्रभावकारी कार्यान्वयमा स्थानीय तहसमेत मूकदर्शक बनिरहेका छन्। उक्त कार्यक्रम हेर्ने जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख महेन्द्र पौडेलले लाभग्राही धेरै र बजेट कम हुँदा भुक्तानी प्रक्रिया लम्बिएको बताए।, 'बजेट सीमित छ, माग धेरै छ, भएकालाई दामासाहीमा बाँड्नुपर्ने स्थिति छ', उनले भने, 'सबै किस्ता भुक्तानी जान अझै केही समय लाग्ने देखिन्छ।', कागजात नमिलेकाबाहेक अधिकांश लाभग्राहीले दोस्रो किस्ता पाइसकेको र तेस्रो किस्ता पाउन बाँकी रहेको पौडेलले बताए।, तिहारलगत्तै केही रकम वितरण गर्ने योजनामा कार्यालय छ। जनता आवास कार्यक्रमबाट जिल्लामा हालसम्म ४११ घर निर्माण भएका छन्। यहाँका सबै लाभग्राहीलाई तेस्रो किस्ता दिन ठूलो बजेट चाहिने भए पनि कार्यालयमा रु एक करोड ४० लाख मात्र बजेट छ। बराबरीले बाँड्दा थोरै मात्र पैसा लाभग्राहीसम्म पुग्छ। पर्याप्त बजेट नभएसम्म भुक्तानीमा ढिलाइ हुने निश्चित छ।, आवासविहीन, गरिब, दलित र विपन्नलाई लक्षित गरेर सरकारले केही वर्षअघिदेखि जनता आवास कार्यक्रम सञ्चालनमा ल्याएको थियो। संघ सरकार मातहत रहेको उक्त कार्यक्रम अहिले प्रदेशमार्फत सञ्चालन भइरहेको छ। प्रदेश तहमा बजेट र मानव संशाधनको अभावमा कार्यक्रम प्रभावित बनेको हो। ,रासस, जनता आवास कार्यक्रम: घर ठडिए, भुक्तानी आएन
एजेन्सी चीन र लाओस जोड्ने रेलमार्ग बनेको छ।, सिसिटिभीका अनुसारका अनुसार १०२४ किलोमिटर लामो अन्तरदेशीय रेलमार्गको निर्माण सकिएर गत साता परीक्षणका रूपमा रेल पनि चलाइएको छ।, चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्सअन्तर्ग बनेको उक्त रेलमार्गमा  ५.९ अर्ब अमेरिकी डलर खर्च भएको छ।, सन् २०१६ मा निर्माण थालिएको उक्त रेलमार्गले चिनियाँ प्रान्त युनान राजधानी कुनमिङ सहर र लाओसको राजधानी भेन्टियानलाई जोड्ने छ।, उक्त रेलमार्गमा १६७ वटा सुरूङ बनाइएको छ।  चीन र लाओसको सीमा क्षेत्रमा पनि सुरूङ बनाइएको छ। सुरूङभित्र दुई देशको सीमा छुट्याउन भित्तामा उनीहरूको झन्डा राखिएको छ।  , आउने डिसेम्बरदेखि रेलमार्ग नियमित सञ्चालनमा आउने बताइएको छ।, लाओसमा भुपरिवेष्ठित मुलुक हो। चीन जोड्ने रेलमार्ग बनेसँगै त्यहाँको पर्यटन  र व्यापारलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।, बन्यो चीन र लाओस जोड्ने रेलमार्ग, दुई देशको सीमामुनि सुरूङ (तस्बिरहरू)
सेतोपाटी संवाददाता पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन्।, प्रचण्ड बिहीबार सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्ट पुगेका थिए। फर्कने क्रममा परिवारसँगै उनले जिपलाइनको मज्जा लिएका हुन्।, नाति नातिनीसहित पुगेका प्रचण्ड आफैंले क्लासिक जिपलाइनको अनुभव लिएका हुन्।, साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए। पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ। , जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दूरी  ११ सय मिटर रहेको छ। भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमिटर प्रतिघण्टाको औसत गतिमा पार हुन्छ।, काठमाडौंबाट करिब ३५ किलोमिटर दुरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रूपमा सुरू भएको हो।, धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ। क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ। , खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क छन्। त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ।, प्रचण्डले लिए धुलिखेलमा जिपलाइनको मज्जा (तस्बिर/भिडिओ)
दिपकजंग शाही पूर्वाधार र सेवासुविधाका हिसाबले प्रशंसा बटुल्न सुरू गरेको कर्णाली प्रदेश अस्पताल पछिल्लो एउटा विषयले आलोचित बनेको छ। अस्पताल क्षेत्रभित्र सेवाग्राहीका सवारी साधन पार्किङ गर्दा शुल्क लिन थालेपछि चौतर्फी आलोचना हुन थालेको हो।, अस्पताल हाताभित्र गरिएको पार्किङ शुल्कको विषयमा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।, कर्णाली प्रदेश अस्पतालमा असोज २० गतेदेखि पार्किङको शुल्क लिन सुरू गरिएको हो। मोटरसाइकल पार्किङको १० रुपैयाँ लिने गरिएको छ भने गाडी पार्किङ गरेको ५० रुपैयाँ लिने गरिएको छ।, सस्तोमा सेवा लिने उद्देश्यले सरकारी अस्पतालमा जाने सेवाग्राहीबाटै पार्किङ शुल्क लिनु अनुचित कार्य भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।, कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्मर खड्का भने सेवाग्राहीकै हितका लागि शुल्क तोकिएको बताउँछन्। सेवाग्राहीका पार्किङ गरिएको मोटरसाइकलका हेलमेट चोरी हुने भएकाले यस्तो सुरक्षाका लागि स्थानीय युवा क्लबलाई ठेक्का दिएर पार्किङ शुल्क उठाउन लगाइएको उनले बताए।, ‘हेलमेटहरु चोरी भइदिन्छन्, उस्तै परे मोटरसाइकल नै चोरी हुन्छ,’ निर्देशक डाक्टर खड्काले भने, ‘शुल्क लिएर ती सामानको सुरक्षा जिम्मा उहाँहरूले लिनुहुन्छ, यसले गर्दा अलि व्यवस्थित होला भनेर कमिटीबाट निर्णय गरिएको हो।’, पार्किङ क्षेत्रको ठेक्का लिएको क्लबले उठाएको शुल्कबाट २० प्रतिशत अस्पताललाई दिने व्यवस्था गरिएको उनले जानकारी दिए।, पार्किङ शुल्क लिएर सवारी साधनको सुरक्षा गरिदिएपछि अस्पतालले छुट्टै दुई जना सुरक्षा गार्ड राख्नुपर्ने अवस्था अन्त्य भएको तर्क डाक्टर खड्काले गरे।, ‘हामीले यसैको सुरक्षाका लागि छुट्टै दुई जना गार्ड राख्नु परेन, यसबाट हाम्रो ४० हजार रुपैयाँ बच्छ,’ उनले भने, ‘आखिर ठूलो रकम पनि होइन, एउटा हेलमेट चोरियो भने २-३ हजार रुपैयाँ जान्छ। समितिले जनताकै हकहितको लागि सोच्ने हो।’, डाक्टर खड्काका अनुसार मोटरसाइकल १२ घन्टा राखेवापत् १० रुपैयाँ र गाडी दिनभर राखेको ५० रुपैयाँ शुल्क लिने गरिएको छ।, मान्छेले सकारात्मक भन्दा नकारात्मकतातिर बढी ध्यान दिने भएकाले प्रदेश अस्पतालले पार्किङ शुल्क लिने गरेको विषयमा आलोचना खेप्नु परेको निर्देशक डाक्टर खड्काले बताए।, प्रदेश अस्पताल व्यवस्थापन समितिका सदस्य तथा सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले पार्किङ शुल्कको विषयमा पुनर्विचार गर्न सकिने बताएका छन्।, ‘शुल्क तोक्ने विषयमा भएको बैठकमा म सहभागी नभएको भएर होला, मलाई थाहा थिएन,’ शाहीले भने, ‘हामी यस विषयमा फेरि एकपटक बैठक बसौंला।’, पार्किङ शुल्क उठाउने ठेक्का सुर्खेतको चौकुने गाउँपालिका-१० मा रहेको सिगारताल युवा क्लबले पाएको छ। प्रदेश अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतका अनुसार ठेक्का लिन निवेदन दिएका संस्थामध्ये उक्त क्लब छनोट भएको हो।, उनका अनुसार बिरामी छोडेर तत्काल फर्किने सवारी साधनबाट शुल्क नलिने निर्णय भएको छ। भाडाका अटो रिक्सा, १२ घन्टासम्म निजी गाडी र मोटरसाइकलबाट शुल्क लिने गरिएको छ।, सेवाग्राहीको सामान सुरक्षाका लागि अस्पतालले यस्तो निर्णय गरेको प्रशासन प्रमुख बस्नेतले बताए।, ‘हामीले कसैलाई दु:ख दिने नियतले यो निर्णय गरेको होइन, आउने सेवाग्राहीका मोटरसाइकल र सामान सुरक्षित होस् भन्ने उद्देश्य हो। बाहिर बुझाइ गलत भयो,’ बस्नेतले भने।, सरकारी अस्पताल जाँदा तिर्नुपर्छ पार्किङ शुल्क
एजेन्सी चीनले कोरोनाभाइरसविरूद्ध आफ्ना नागरिकलाई खोपको बुस्टर डोज लगाउन सुरू गरेको छ।, साउथ चाइना मर्निङ पोष्टका अनुसार ६ महिनाअघि कोरोना खोपका दुबै डोज लगाएकाहरूलाई तेस्रो डोज खोप लगाउन थालिएको हो। झन्डै ८० प्रतिशत जनसंख्यालाई खोप लगाइसकेको र कोरोनाभाइरसविरुद्ध खोपको प्रतिरक्षा क्षमता घट्दै गएकाले बुस्टर डोजका रूपमा तेस्रो डोज खोप लगाउन थालिएको अधिकारीहरू जनाएका छन्।, बुस्टर डोजका लागि चीनका विभिन्न प्रान्तहरूमा फरक-फरक मापदण्ड बनाइएका छन्। केही ठाउँमा ६० वर्षमूनिका र संवेदनशील समूहका व्यक्तिहरूलाई  बुस्टर डोज दिन थालिएको छ भने कहीँ सबैले बुस्टर डोज लगाउन पाउने व्यवस्था गरिएको छ।, चीनले आफ्ना नागरिकलाई आफ्नो देशमा बनेका खोपमात्र लगाएको थियो। चीनमा बनेका सबै खोप दुई डोज लगाउनु पर्ने छन्।, चीनमा बनेका विभिन्न खोप लगाएका चिनियाँहरूले बुस्टर डोज लगाउन थालेपछि चिनियाँ खोप लगाएका अन्य मुलुकका मानिसलाई पनि बुस्टर डोज दिनुपर्ने आवश्यकता देखिएको छ।, चीनले अहिलेसम्म १ अर्ब ३० करोड डोज भ्याक्सिन विभिन्न मुलुकलाई बेचेको छ भने ८ करोड १० लाख डोज अनुदानमा दिएको छ।, नेपालले पनि चीनबाट लाखौं डोज भ्याक्सिन किनेको छ भने केही लाख डोज चीनले अनुदानमा दिएको छ।,   , चीनले लगाउन थाल्यो कोरोना खोपको बुस्टर डोज
सेतोपाटी विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन्। आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ।, गृह मन्त्रालयका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन्। कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ।, प्राप्त विवरणअनुसार सबभन्दा बढी पाँचथरमा पहिरोमा परेर २४ को मृत्यु भएको छ। त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ।, मन्त्रालयकी विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालीकोटमा एक, बैतडीमा चार, डडेल्धुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्युठानमा एक/एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ।, उनका अनुसार बाढी/पहिरोमा परेर बझाङमा सबभन्दा बढी २१ जना हराइरहेका छन्। यस्तै, जुम्लामा एक, प्युठानमा दुई र इलाममा तीन जना बेपत्ता छन्। , गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो। यो क्रम आज पनि जारी छ। सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ। एकै परिवारका दुई जनाको निधन भएमा भने तीन लाख रुपैयाँ दिइनेछ। , आवास गुमाउने पाँच जनासम्मको परिवारलाई  तत्काल १५ हजार रुपैयाँ दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँ दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ। ,रासस, बाढी-पहिरोमा परी ७७ को मृत्यु, २७ बेपत्ता
सेतोपाटी नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ।, आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ।, वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार/पाँच दिनयता अर्काे प्रणाली विकसित हुने देखिएको छैन।, भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो।, हाल उक्त प्रणाली बाहिरिए पनि सामान्य प्रभाव भने नेपालमा रहेको छ। ‘त्यस्ता प्रणालीले जलवाष्प र चिसो छाडेको हुन्छ, त्यसैले कतै बादल त कतै कुहिरो देखिन्छ। कतैकतै छिटफुट वर्षाको सम्भावना पनि रहन्छ,’ उनले भने।, त्यसले ठूलो प्रभाव भने नगर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भएको छ।, देशभर आंशिकदेखि सामान्य बदली रहने छ।, प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।, प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, उक्त प्रणाली गएको असोज ३१ बाट विकसित भएको थियो । कात्तिक १ र २ गते नेपालको पश्चिम (कणाली र सुदूरपश्चिम) क्षेत्रमा भारी वर्षा गराएको थियो भने कात्तिक २ को रातिबाट बुधबार साँझसम्मै त्यसभन्दा पूर्व क्षेत्र प्रदेश १, २ बागमती, गण्डकी प्रदेशमा बर्षा गराएको थियो।, बेमौसम (कात्तिक) मा परेको भारी वर्षाका कारण मुलुकका विभिन्न २० भन्दा बढी जिल्लामा ठूलो जनधनको क्षति गराएको छ। भौतिक संरचना तहसनहस पारेको छ भने भित्रिने बेलाको धानबाली समेतमा निकै क्षति पुरयाएको छ। , (रासस), देशभर मौसममा सुधार, पानी पार्ने प्रणाली बाहिरियो
सेतोपाटी संवाददाता अविरल वर्षाले नेपाल विद्युत् प्राधिकरणको सुनसरीस्थित दुहबी प्रशारण केन्द्र डुबानमा परेपछि त्यस क्षेत्रमा दुई दिनदेखि विद्युत् सेवा अवरूद्ध भएको छ।, सुनसरी र मोरङ क्षेत्रमा दुई दिनदेखि विद्युत् नआएको स्थानीयले बताएका छन्।, केन्द्रका अनुसार मौसम सफा भएर पानी नघटेसम्म विद्युत् सुचारू गर्न सक्ने अवस्था छैन।, आज साँझसम्म विद्युत् सुचारू गर्ने तयारी गरे पनि निश्चित भइसकेको छैन। आज बिहानदेखि देशैभर मौसम सफा हुँदै गएको छ।, गत शनिबारदेखि देशका विभिन्न ठाउँमा वर्षा हुँदा ७८ जनाको मृत्यु भएको छ।, दुहबी प्रशारण केन्द्र डुबानमा, मोरङ र सुनसरीमा दुई दिनदेखि छैन बिजुली
सेतोपाटी गोरखाको आरुघाट गाउँपालिका–१ माझगाउँमा गए राति मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, ट्रकका चालक धादिङ गङ्गाजमुना गाउँपालिका ७ का ३३ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर थापाले बताए।, गम्भीर घाइते भएका श्रेष्ठको आरुघाट स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।, आरुघाट बजारबाट धुन्चेततर्फ जाँदै गरेको बा ५ ख १२३१ नम्बरको मिनीट्रक माँझगाउँमा अनियन्त्रित भएर सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरी निरीक्षक थापाको भनाइ छ।, दुर्घटनामा परी अन्य दुई जना घाइते भएको उनले बताए। आरुघाट गाउँपालिका–१ का ३५ वर्षीय राजकुमार गुरुङ र तीन वर्षीया बालिका दिव्या गुरुङ घाइते छन्।, उनीहरुको आरुघाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइते दिव्याको अवस्था गम्भीर भएकाले थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको स्वास्थ्य चौकीले जनाएको छ।, घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।, (रासस), ट्रक दुर्घटना हुँदा गोरखामा चालकको मृत्यु
रासस हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोे हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका छन्।, पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि उनीहरु तुम्लिङमा रोकिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।, हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा बाटो छिचोल्न नसकेर विदेशीसहित १२ जना रोकिएका हुन्।, असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको पदयात्रामा गएका टोली र पदयात्रापछि टोली न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउने कार्यक्रम थियो।, आइतबारबाट परेको बाक्लो हिमपातको कारण न्यालु लेकमा बाक्लो हिमपात हुँदा उक्त टोली उतै रोकिनुपरेको रिचा टुरका हुम्ला प्रतिनिधि पेमा लामाले बताए।, न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात परेकाले बाटो बन्द भएपछि स्थानीय नागरिक आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए।, उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृहमन्त्रालयमा लेखी पठाएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए। प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन।, नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना
सविता बुढा कैलालीको लम्कीचुहा-२ का खडकबहादुर घर्तीले दसैंपछि पनि एक-दुई दिन कर्णालीको ताजा माछा खाने योजना बनाए।, उनी पहिला पनि माछा मार्न कर्णालीमा गइरहन्थे। यसपटक दाइको छोरा विक्रम र ज्वाइँ खडक डाला मगर पनि उनीसँगै जान तयार भए।, सोमबार दिउँसो ३ बजेतिर उनीहरू घरबाट निस्किए। चिसापानी नजिकैको ढुंगेबजारमा उनीहरूले ट्युबमा हावा भरे। पछि पनि हावा हाल्न काम लाग्ला भनेर पम्प साथमै बोकेका थिए। , ‘हावा भरेर हामी चिसापानीको पुलको तलतिरबाट ट्युबमा बगायौं, बगेर ओह्रालो जान बढीमा आधा घन्टा लाग्यो,’ खडकबहादुरले भने।, उनीहरू घरबाट निस्कँदा आकाशमा बादल थियो। अघिल्लो रात पानी परेको थियो।, कर्णालीमा पानी बढेको थिएन। उनीहरू माछा मार्न लालमटिया पुगे।, ‘माथि चिसापानी आसपासमा माछा मार्ने धेरै जना हुन्छन् भनेर हामी तल गइयो,’ उनले भने।, लालमटिया ढुंगेबजारबाट १० किलोमिटर जति टाढा पर्छ। उनीहरूले ट्युबमै बल्छी, पानी परे ओढ्ने बर्साती, खाना पकाउने भाँडाकुँडा झोलामा बोकेका थिए। मोबाइल उनीहरूसँग थिएन।, लालमटिया पुगेपछि उनीहरूले साना बल्छीका लागि गड्यौला खोजे। ठूलो बल्छीमा साना माछा नै चारो बनाएर हाल्ने गरेका थिए।, बेलुका ६ बजेतिर बल्छी कर्णालीमा थापेर ज्वाइँले हेर्ने जिम्मा पाए। खडकबहादुर र भतिजा नदीबाट अलि माथि अग्लो ठाउँमा भात पकाउन लागे।, ‘म र भतिजा दाउरा भाँचेर खाना बनाउनतिर लाग्यौं, ज्वाइँ बल्छी थापेर बस्नुभयो,’ उनले भने।, भात पाकेपछि ज्वाइँले बल्छीमा परेका ८-९ वटा माछा लिएर आए। उनीहरूले माछाको तरकारी र भात खाए।, ‘हामी राति माछा मार्ने योजनामा थियौं, त्यसैले बेडविस्तारा लगेनौं, बर्सातीले पालजस्तो बनाएर टहरो बनाएका थियौं,’ उनले भने।, कात्तिकको महिनामा पानी परेर बाढी नै आउला भन्ने उनीहरूले कल्पना पनि गरेका थिएनन्।, ‘अलिअलि पानी धमिलो भएका बेला माछा लाग्छ भनेर गइयो,’ उनले थपे।, बेलुकाको खानापछि पहिलो पल्ट बल्छी हेर्न जाँदा पानी परेको थिएन। दोस्रो पटक हेर्न जाँदा पानी पर्न थालेको थियो।, कर्णालीमा पानी बढ्दै गयो। उनीहरू पनि किनारातिर बल्छी सार्न थाले।, ‘सर्दै जादा बर्षामा पनि नपुगेको ठाउँमा पानी पुगेपछि बल्छी उठायौं, अघि भात पकाएको ठाउँमा गएर बस्यौं,’ उनले भने।, त्यसपछि उनीहरू ‘एकछिन विचार गरौं’ भनेर पर्खे।  छाप्रोमै केहीबेर बसेका उनीहरूले त्यो रात १० बजेतिर लगातार पानी परेको पर्‍यै र कर्णाली बढेको बढ्यै भएपछि माछा मार्न पाएनन्।, ‘पानीले टहरो बाहिर जान पनि सकिएन। बर्साती हालेर पाल बनाएर मुनि बसेका थियौं। पानी आउँदा-आउँदै हामी बसेको ठाउँमा पनि पुग्यो,’ उनले भने।, अब हुँदैन भाग्नु पर्छ भनेर अग्लो ठाउँमा जान उनीहरू त्यहाँबाट भागे। जंगलमा कहिल्यै नपसेको ठाउँमा गए। अलि माथि अग्लो ठाउँ पुगेपछि बसे। आगो बालेर माछा सेक्न थाले।, ‘त्यसपछि त हामी बसेको सुख्खा ठाउँमा खोलाजस्तो भएर बाढी आयो। अझ जंगलै जंगल माथि लाग्यौं। अब माथि पनि बाटो पाइएन,’ उनले भने।, मध्यरातसम्म सुरक्षित ठाउँमा नपुगेपछि उनीहरू पानीले घेरिए।, ‘आकाशबाट पानी परेको पर्‍यै छ। तल जमिनमा घेरिसक्यो, हिँड्न नसकिने भयो। पुरै जंगलमा पानी भरिन थाल्यो,’ उनले भने।, जमिनमा मर्ने अवस्था आएपछि खडकबहादुरले ज्वाइँ र भतिजालाई रूख चढौं भने।, ‘कम्मरसम्म पुग्ने पानी भयो। वरिपरि भरिन थालेपछि रूखमा चढ्यौं,’ उनले भने।, साथमा लगेका सामान खडकबहादुरले माथि रूखमा चढेका भतिजा र ज्वाइँलाई दिए।  उनलाई लाग्यो- अब जंगलमै मरिने भइयो!, उनीहरू मंगलबार उज्यालो हुँदा रूखमै थिए। पानी निकै बढेको थियो। जाने बाटो सबैतिरबाट बन्द भयो।, दोस्रो दिन पनि पानी परिरहेकै थियो। उनीहरू रुखमै बसे। विभिन्न कुरा गर्दै उनीहरूले रात काटे।, ‘दोस्रो दिन राति पानी पर्न कम भयो। २/३ बजेतिर जाने जति सबै भगवानको नाम जपें। जे गल्ती गरेको भए पनि यति दु:ख नदेऊ, मार्ने भए मार भनेर कुल देउतालाई पनि सम्झिएँ,’ उनले भने।, बाँचेर घर जान पाए देउतालाई पाठो चढाउने भाकल पनि उनले मनमनै गरेछन्।, दोस्रो रात रूखमै कटाएपछि बुधबार बिहान पानी घट्न थाल्यो। उनीहरूलाई अब त बाँच्छौ कि भन्ने आशा पलायो।, गाउँमा उनीहरू बेपत्ता भएको हल्ला फैलिइसकेको थियो। प्रहरी र स्थानीयले खोजी गरिरहेका थिए।, तेस्रो दिन चिसापानीबाट उनका केही आफन्तले प्रहरीसँग र्‍याफ्टमा खोज्न जानुपर्ने भने। प्रहरीले जोखिम हुने भन्दै र्‍याफ्टिङ गर्न अनुमति नदिएपछि उच्च सतर्कता अपनाउने जिम्मा लिएर उद्धार टोली कर्णालीमा पस्यो।, टोलीमा खडकबहादुरका छोरा, स्थानीयहरू पनि थिए। उनीहरू नदी किनार खोज्दै ठूलो स्वरले कराउँदै दक्षिणतर्फ गइरहेका थिए।, आवाज सुनेर खडकबहादुर पनि कराए। उद्धार टोली उनीहरूको आवाज सुन्दै नजिक पुग्यो। उनीहरू पनि रूखबाट झरेर कर्णालीतिरै आए।, उनीहरूलाई र्‍याफ्टिङमा बसालियो। लाइफ जाकेट लगाउन दिइयो। तीनै जनाको उद्धार भयो।, ‘हेलिकप्टर लगेर हामीलाई खोज्न आउने भन्ने पनि भएको रहेछ, कुहिराले भएन रे,’ खडकबहादुरले भने।, दुई रात रूखमा बसेका उनीहरू तेस्रो दिन घर फर्के।, ‘हिजो त खाना नै खाइएन। रूखमै बस्यौं। हामीसँग २/३ किलो माछा थियो, उद्धार गर्न आएकाहरूलाई नै दिएँ,’ उनले भने।, उनीहरू कर्णालीमा सकुशल पुगेपछि आर्मी र प्रहरी पनि आएका थिए। गाउँले र पार्टीका मान्छे पनि आए। सबैले सम्बोधन गरे।, ‘पुनर्जन्म लिनुभयो भनेर दोसल्ला ओढाए, मलाई पनि फेरि जन्म लिएको जस्तो लाग्यो,’ उनले भने।, बुधबार दिउँसो २ बजेतिर उनले परिवारलाई भेट्न पाए।, ‘घर पुग्दा रोएर स्वागत गरे। छोरी, नातिनी र परिवार रून थाले, नरोऊ म बाँचेर आएँ त किन रोएको भनेर सम्झाएँ,’ उनले भने।, वडा अध्यक्षले र्‍याफ्टिङ खर्च व्यहोरिदिने भनेका छन्।, जंगलको त्यो रूख नभएको भए मर्ने थियौंजस्तो उनलाई लागेको छ।, खडकबहादुर बघौरामा खेती गर्छन्। २५/३० बाख्रा ढुंगेबजारमा राखेर पाल्ने काम पनि गरिरहेका छन्।, उनका भतिज विक्रम र दाइको छोरीको लोग्ने खडक घरायसी काम गर्छन्।, ‘माछा मारेर बिक्री नै गर्ने पेसा त हाम्रो होइन, यतातिर कर्णालीको माछा भनेपछि अलि धेरै नै मोह मान्छन्,’ उनले भने।, जो दुई रात रूखमा बसेर बाँचे
सेतोपाटी संवाददाता स्याङ्जामा पहिरो खस्दा अवरूद्ध भएको सिद्धार्थ राजमार्ग सुचारू भएको छ।, बिहीबार बिहान सवा १० बजेदेखि राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।, अविरल वर्षाका कारण फेदीखोला गाउँपालिका वडा नम्बर २ भालुपहाडस्थित राजमार्गमा पहिरो खसेको थियो। बिहान करिब साढे ३ बजे पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको थियो। , अहिले सो राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको हो।,  , पहिरोले अवरूद्ध सिद्धार्थ राजमार्ग दुईतर्फी सञ्चालनमा
सेतोपाटी संवाददाता पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरूद्ध भएको छ। प्रहरीका अनुसार बिहीबार बिहान स्याङ्जा फेदीखोला गाउँपालिका-२ स्थित भालुपहाडमा पहिरो खसेको हो।, बिहीबार बिहान ३ बजे वर्षासँगै राजमार्गमा पहिरो खसेको थियो। ढुंगासहितको पहिरो झर्दा राजमार्ग पूर्णरूपमा अवरूद्ध भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए।, पहिरो हटाउन स्थानीय निकाय, सडक विभागसँगको सहकार्यमा काम भृइरहेको उनले बताए।, स्याङ्जामा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरूद्ध
सबिना श्रेष्ठ महिषासुर एक असुर थिए। उनले असीमित शक्ति आर्जन गर्न सृष्टिकर्ता ब्रह्माका नाममा वर्षौं वर्ष कठिन तपस्या गरे।, उनी जाडो याममा कठ्यांग्रिदो हिमालमाथि गएर तपस्या बस्थे, गर्मीमा रापिलो मरूभूमिमा तपस्या गर्न जान्थे। कहिले घन्घोर जंगलमा हिंस्रक जनावरहरूले घेरिएर तपस्या बस्थे, कहिले दन्दन्ती आगो दन्काएर त्यसैमाथि बस्दै तपस्या गर्थे।, उनको यस्तो घन्घोर तपस्या देखेर सृष्टिकर्ता ब्रह्मा प्रसन्न हुँदै साक्षात् दर्शन दिए।, महिषासुरले साष्टांग दण्डवत् गरे र हात जोड्दै भने, 'प्रभु, यदि तपाईं मेरो तपस्याबाट प्रसन्न हुनुहुन्छ भने मलाई यस्तो असीमित शक्ति प्रदान गर्नुहोस् ताकि तीनै लोकमा मेरो शक्ति परास्त गर्ने सामर्थ्य कसैमा नहोस्। न कुनै देउताले मलाई हराउन सकून्, न कुनै दानवले मेरो शक्ति जित्न सकून्। त्रिलोकमा मै सबभन्दा शक्तिशाली हुन पाऊँ।', ब्रह्माजी महिषासुरको एकाग्र भक्ति र कठिन तपस्याले यति भावुक थिए, उनले मागेको बर दिँदा भविष्यमा कस्तो संकट आउनसक्छ भन्नेसम्म ख्याल राखेनन्।, ब्रह्माजीले भावनामा बगेर आफ्नो दाहिने हात उठाउँदै भने, 'तथास्तु।', त्यसपछि त महिषासुरलाई हराउन सक्ने तीन लोकमा कोही पनि भएन। उनी असुर गणमा सबभन्दा शक्तिशाली भए र देउताहरूमा पनि उनलाई टक्कर दिनसक्ने क्षमता कसैमा रहेन।, ब्रह्माजीबाट पाएको बरदान दुरूपयोग गर्दै महिषासुरले स्वर्गलोकका देउता, पृथ्वीलोकका मानव जातिमाथि विध्वंस मच्चाउन थाले।, उनको विध्वंसबाट सारा देवगण र मानवगण आजित भए।, यसरी आजित हुनेमा ललितपुर, पाटनकी तलेजु भवानी पनि थिइन्। ब्रह्माजीको बरदानरूपी कवच धारण गरेका महिषासुरलाई उनको शक्ति र घमण्डबाट कसरी च्यूत गर्न सकिन्छ भनेर तलेजु भवानी सोचमग्न भइन्।, विभिन्न उपाय उनको दिमागमा आयो।, त्यसैमध्ये एउटा उपाय उनलाई उत्तम लाग्यो। त्यही उपायअनुसार पाटनकी तलेजुले ललितपुर, थेचोकी नवदुर्गासँग मित लगाइन् र दुवैको शक्तिलाई एकै ठाउँमा एकाकार गरिन्।, यसरी मित लगाउनुको कारण थियो। ब्रह्माजीले दिएको बरअनुसार कुनै पनि देउता वा दानवमा महिषासुरलाई हराउने शक्ति थिएन। तर दुइटा अलग-अलग देवीले आफ्नो शक्ति एकाकार गरेपछि त्यसबाट उत्पन्न हुने नयाँ अलौकिक शक्तिलाई महिषासुरको वध गर्नबाट ब्रह्माजीको बरदानले पनि रोक्न सक्दैन थियो।, यही कुरा बुझेर तलेजुले नवदुर्गासँग मित लगाएकी थिइन्।, आखिरमा उनको योजना सफल भयो।, पाटनकी तलेजु र थेचोकी नवदुर्गाबीच मित सम्बन्ध गाँसिएपछि त्यसबाट उत्पन्न भएको अलौकिक शक्तिले महिषासुरको वध गर्‍यो।, त्यही महिषासुर वध र तलेजु र नवदुर्गाबीच गाँसिएको मितिनी सम्बन्धको सम्झना गर्दै बुधबार पाटन दरबार परिसरमा थेचोबाट ल्याइएको नवदुर्गा नाच नचाइएको छ।, नवदुर्गा नाचमा बाजा बजाउने किरण मालीका अनुसार हरेक दसैंमा थेचोकी नवदुर्गा बाजागाजासहित पाटनको तलेजु भवानीकहाँ आउँछिन्। महिषासुरसँग युद्ध जितेको प्रतीकका रूपमा फूलमाला चढाउँछिन् र आफूसँगै आएको समूहसँग मिलेर नाच देखाउँछिन्। तलेजुले पनि आफ्ना पाहुनाको सत्कार गर्न बोका र राँगा बलि चढाउँछिन्।, ‘दसैंको टीकाको दिन तलेजुलाई विजयको खुसियालीमा फूलमाला चढाइन्छ भने कोजाग्रत पूर्णिमाका दिन देवगणलाई पाहुनाका रूपमा डाकिन्छ,’ मालीले भने, 'हामीले नाचेपछि दसैं समापन हुन्छ।', यहाँ ११ नवदुर्गागण र एउटा इन्द्रायणी गरेर १२ वटा भगवान हुन्छन्। इन्द्रायणीलाई भने नचाइन्न।, उनलाई ननचाउनुको मुख्य कारण थाहा नभए पनि 'नाचमा भगवानको रूप धारण गर्ने मान्छेहरूको लगातार मृत्यु हुने क्रम बढ्दै जाँदा इन्द्रायणीलाई ननचाउन थालिएको' माली अनुमान गर्छन्।, नवदुर्गालाई बलिको रगत पनि चढाउनुपर्छ। महादेवबाहेक सबै भगवानलाई यसरी रगत चढाइन्छ।, नवदुर्गा नाच गुठीका नाइके भक्तलाल मालीका अनुसार गुठी संस्थान र जात्राका गुठियारबीच कुरा नमिल्दा करिब दुई दशक यो नाच रोकिएको थियो। पछि त्यहाँका वडाध्यक्ष, सर्वसाधारण लगायतले पहल गरेपछि दुई वर्षअघिबाट फेरि यो नाच देखाउन थालिको हो।, दसैंको कोजाग्रत पूर्णिमाका दिन पाटन दरबारको मूलचोक ल्याइने नवदुर्गा नाच एकादशी र यो:मरि पुन्हीका दिन थेचोमै नचाइन्छ। हरेक बाह्रवर्षे मेलामा भने बुंगमती, लाछी लगायत विभिन्न ठाउँमा पनि लग्नुपर्छ।, थेचोस्थित नवदुर्गा गुठी संस्थानमा करिब ३४ जना गुठियार छन्। उनीहरूबाहेक अरूले नाच चलाउन हुन्न। नाचमा जोडिन आफ्ना नातेदार वा इच्छाइएका व्यक्तिले गुठीलाई नाचअगावै सम्पर्क गर्छन्। त्यसपछि छनौट प्रक्रिया सुरू हुन्छ।, नाच प्रदर्शनअगाडि देवगणहरू नुहाउँछन्, निराहार बस्छन् र बेलुकी जात्रा सकिएपछि मुख धोएर मात्र खानेकुरा खान्छन्।, यो नाच कति पुरानो हो भन्ने गुठियारहरूलाई ठ्याक्कै थाहा छैन। नाचमा प्रयोग हुने एउटा कचौरामा श्रीनिवास मल्लको नाम लेखिएको छ। त्यही भएर राजा श्रीनिवास मल्लको पालामा सुरू भएको हुन सक्ने अनुमान गरिएको छ। गुठियारहरू भने त्योभन्दा पुरानो हुनसक्ने बताउँछन्।, सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी,  ,  ,  ,  ,  , नवदुर्गासँग किन मित लगाएकी थिइन् तलेजुले?
सेतोपाटी संवाददाता प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। , बुधबार राति प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित काठमाडौं कोटेश्वर बस्ने ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई पक्राउ गरेको हो। , उनी बाग्लुङ गल्कोट नगरपालिका-१० पाण्डवखानी स्थायी घर भएका व्यक्ति हुन्।, लोकन्थली मनहरा आँखा अस्पतालनजिक हुण्डीको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो। , वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा४९प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो। , अनुसन्धानको क्रममा उनको कोठाबाट थप ५० लाख रुपैयाँ फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।, मगरलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको उनले बताए।, लोकन्थलीबाट स्रोत नखुलेको ८० लाखसहित एक पक्राउ
सेतोपाटी संवाददाता हिमाली जिल्ला डोल्पाको फोक्सुन्डो तालमा बोन धर्मका प्रवर्तक तोन्पा शेन्राव मिवोको नयाँ मूर्ति पुर्‍याइएको छ। स्थानीय थासुङ छोलिङ गुम्बामा स्थापना गर्न लागिएको मूर्तिलाई हाल ताल किनारामा राखिएको छ। , ‘गाउँलेलाई नयाँ मूर्ति दर्शन गर्न सजिलो होस् भनेर हामीले तालको किनारामा राखेका हौं’, बोन बुद्धिष्ट महासंघका महासचिव गेसे लोटोई छोग्लेक (छिरिङ लामा)ले भने, ‘हामी चाँडै नै मूर्तिलाई गुम्बाभित्र राख्नेछौं।’ , स्थानीय बासिन्दा र महासंघको पहलमा ५ फिट अग्लो मूर्ति बनाइएको हो जसको तौल एक सय किलोग्राम छ। तामामा सुनको जलप लगाइएको मूर्ति बनाउन करिब २० लाख रुपैयाँ खर्च भएको महासचिव छोग्लेकले बताए। , मूर्तिलाई काठमाडौंबाट हेलिकप्टरमा फोक्सुन्डो पुर्‍याइएको हो। प्राचीन बुद्ध मिवोले संसारका सबै प्राणीलाई सबै खाले दुःखहरूबाट रक्षा गर्न १८ हजार ३८ वर्ष अघि  युङढुङ् बोन धर्म प्रतिपादन गरेका थिए। यसको अभ्यासबाट सुख प्राप्त हुने जनविश्वास छ। , बोन धर्मग्रन्थअनुसार समयक्रममा पृथ्वीमा एक हजार आठ बुद्धको जन्म हुन्छ। तोन्पा शेन्राव आठौं बुद्ध हुन्। जनहितका लागि उनले प्रतिपादन गरेको प्रज्ञा र करुणायुक्त मार्गलाई बोन धर्म भनिन्छ। , नेपालमा विशेषतः हिमाली भेकका बासिन्दा बोन धर्म मान्छन्। फोकसुन्डो तालको किनारमा पन्धौैं शताब्दीमा टेतोन छेवाङ छुल्ठिमले थासुङ छोलिङ गुम्बा बनाएका हुन्। डोल्पा पदयात्रा गर्ने पर्यटकहरूले यस गुम्बाको दर्शन गर्ने गरेका छन्। , फोक्सुन्डो तालमा बोन धर्मका प्रवर्तकको नयाँ मूर्ति
सेतोपाटी संवाददाता भारतबाट आउने बुलेटबाट सिधै सिलिण्डरमा ग्यास भरेर बेच्ने पक्राउ परेका छन्।, प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले मकवानपुरको मनहरी गाउँपालिका ६ नयाँबस्तीस्थित एक पसलमा ग्यास बोकेको बुलेट रोकेर घरेलु उपकरण प्रयोग गरी सिलिन्डरमा भर्ने तीन जनालाई पक्राउ गरेकाे हाे।, पक्राउ पर्नेमा ग्यास चोरी गरेर बेच्ने कार्यमा संलग्न स्थानीय व्यापारी ४३ वर्षीय भरत कार्की, चालकहरू सुनुकुमार र विपिन कुमार छन्।, भारतबाट आएका दुइटा एन.एल ०११० १३१ र युपी ७० बिटी ९९९६ नम्बरको ग्यास बुलेट नियन्त्रणमा लिएकाे छ।, इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले दुइटा बुलेट, बुलेटका चालक र १८ वटा खाली तथा १३ वटा भरिएका विभिन्न कम्पनीका सिलिण्डर समेत नियन्त्रणमा लिन सफल भएको बताए।, 'सिलिण्ड भर्नका फलामको पातामा पाइप जोडिएको घरेलु उपकरण निर्माण गरी प्रयोग हुने गरेको अनुसन्धानबाट खुलेकाे छ', उनले भने,‘असुरक्षित र जोखिमपूर्ण तरिकाले बुलेटको खतरा लेखिएको बक्स खोलेर घरेलु उपकरण प्रयाेगमा ग्यास चोरी हुने गरेको फेला पारेका छाैं, एउटा बुलेटबाट ८ देखि १० वटा सिलिण्डर चाेरी गर्ने प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ।’, प्रहरी अनुसार अन्य ग्यास बोक्ने बुलेटको गिरोह नै यस्तो कार्यमा संलग्न भएको आशंका गरिएकाे छ।, प्रहरीले पाएको प्रारम्भिक जानकारी अनुसार भारतीय बुलेट चालकले कार्कीको पसलमा नियमितरूपमा ग्यास बिक्री गर्ने गरेका थिए। उनीहरूले प्रतिसिलिन्डर १ हजार रुपैयाँमा कार्कीलाई बेच्ने र कार्कीले १३ सय रुपैयाँमा उपभोक्तालाई बिक्री गर्ने गरेकाे खुलेकाे छ।, उक्त ग्यास बुलेट पोखराको शक्ति ग्यास उद्योग र धादिङको क्याप्सन ग्यास उद्योगमा लैजाँदै थिए।, बुलेटबाट सिलिण्डरमा ग्यास भरेर बेच्ने पक्राउ
प्रभाकर गौतम तनहुँको बन्दिपुर ऐतिहासिकता, संस्कृति र प्राकृतिक सौन्दर्यका लागि परिचित छ। यो पहिचानलाई पर्यटनसँग जोड्न हाल यहाँ केबुल कार, भ्यु टावर, साइकल लेन र पदमार्ग बन्ने क्रममा छन्।, यहाँ हामी निर्माणाधीन मणि मुकुन्देश्वरी पदमार्गबारे चर्चा गर्दैछौं।, थानीमाईबाट पश्चिमतिरको अग्लो डाँडा मुकुन्देश्वरीसम्म बन्ने पदमार्गलाई मणि मुकुन्देश्वरी पदमार्ग नाम दिइएको छ। यो पदमार्ग १९ करोड १६ लाख रूपैयाँ बजेटमा बन्न लागेको हो।, बन्दिपुर गाउँपालिकाको पहलमा तीन वर्षअघि यो पदमार्गको अवधारणा बनेको हो।, बन्दिपुर बसपार्कको माथि पर्ने थानीमाई मन्दिर हुँदै मुकुन्देश्वरी डाँडा पुग्ने यो पदमार्ग करिब चार किलोमिटरको हुनेछ। यहीभित्र करिब अढाइ किलोमिटर लामो पर्खाल पनि हालिसकिएको छ।, बन्दिपुर बजार र वारिपारिका गाउँठाउँ, डाँडाकाँडा र हिमालसमेत देखिने यो पदमार्गमा हालिएको पर्खाल मिनी ग्रेटवालका नामले चर्चित छ। चीनको ग्रेटवालबाट प्रभावित भएर निर्माण गरिएको हुनाले यसलाई मिनी ग्रेटवाल भनिएको हो।, भिडिओ स्रोतः बन्दिपुर गाउँपालिका, बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाका अनुसार मिनी ग्रेटवाल बनाउन एक करोड रकम खर्चेर पर्खाल लगाइसकिएको छ।, यो मिनी ग्रेटवाल पदमार्गको मुख्य आकर्षण हुने उनी बताउँछन्। थापाले भने, 'मिनी ग्रेटवालबाहेक बीचबीचमा पार्क, मूर्तिहरू, पिङलगायत धेरै कुरा बनाउने योजना छ।', बहुवर्षीय योजना अन्तर्गतको यो पदमार्गको काम महामारीले केही ढिलाइ भए पनि अब चाँडै पाँच करोडको टेन्डर प्रक्रिया सुरू हुने उनले बताए।, अध्यक्ष थापाका अनुसार थानीमाई मन्दिरको आडमा पचास मिटर लामो र नौ मिटर अग्लो बन्दिपुर लेखेको गेटजस्तो बनाइने छ। त्यहाँबाट थोरै तल पर्ने गुरुन्चे डाँडामा २५ फिट अग्लो बुद्धको मूर्तिसमेत बन्ने छ।, हाल प्याराग्लाइडिङ गराइने भञ्ज्याङमा ठूलो पार्क बनाउने र बागथलामा पुष्पलाल स्मृति पार्क बनाउने गाउँपालिकाको योजना छ। पिङचाहिँ उत्तर र दक्षिण दुवैतिर भीर पर्ने चुली डाँडामा बनाइने छ।, पाँच वर्षभित्र सम्पन्न गर्ने योजना बनाइएको यो पदमार्ग आगामी दुई वर्षमा आधाभन्दा बढी काम गर्ने दाबी उनले गरे।, बन्दीपुरको मिनी ग्रेटवाल र मणि मुकुन्देश्वरी पदमार्गबाट मौसम धुम्मिएको बेला हुस्सु र कुहिरोको लुकामारी हेर्न पाइनेछ भने मौसम सफा भएको दिन छ्यांगै खुलेका हिमशृंखलाहरू हेरेर रमाउन सकिने छ। यहाँबाट बन्दीपुर बजारसमेत मज्जाको देखिन्छ।, मनोरम हिमाली दृश्यपान र परम्परागत जात्रापर्वले बन्दिपुर आउने स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ।, केन्द्रीय राजधानीको भक्तपुर र कीर्तिपुरमा जस्तै परम्परागत शैलीमा बनेका घर, टुँडिखेल, खड्गदेवी मन्दिर, थानीमाइ, तीनधाराजस्ता ठाउँ पनि यहाँका आकर्षण हुन्।, मिनी ग्रेटवाल र पदमार्ग सम्पन्न भएपछि यसले थप पर्यटकलाई आकर्षित गर्ने अपेक्षा राखिएको छ।, बन्दिपुर गाउँपालिकाले मणि मुकुन्देश्वरी पदमार्गको डिपिआर पनि बनाइसकेको छ। , तस्बिरहरूः प्रभाकर गौतम र नवीनबाबु गुरुङ/सेतोपाटी, १९ करोड बजेटमा बन्दिपुरमा यस्तो बन्दैछ मिनी ग्रेटवालसँगै पदमार्ग (तस्बिर र भिडिओ)
सेतोपाटी संवाददाता अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घन्टापछि सञ्चालनमा आएको छ। डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको छ। , ‘हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेसनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएका छौं’, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने,‘अब दुहवी सबस्टेसनबाट निकालिएका लाइनको क्रमश: चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिरहेका छौं।’, प्रदेश नं १का जिल्लाहरूमा विद्युत आपूर्ति गर्ने मुख्य दुहवी सबस्टेसन डुबानमा परेपछि  मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत आपूर्ति बन्द भएको थियो। सबस्टेसन सञ्चालनमा आएसँगै अहिले अधिकांश ठाउँको विद्युत आपूर्ति सुचारू भइसकेको छ। , उपकरणहरूमा ठूलो क्षति नपुगेकाले आवश्यक सुरक्षात्मक उपाय अपनाएर सबस्टेसन चार्ज गर्न सफल भएको प्राधिकरण दुहवी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले बताए। सबस्टेसनमा रहेका ४ वटा पावर ट्रान्सफर्मरको क्षमता  २१९ एमभिए छ।, अत्तरिया-चमेलिया प्रसारण लाइन पनि सञ्चालनमा, वर्षाका कारण विभिन्न स्थानमा रूख ढल्दा बन्द भएको अत्तरिया (कैलाली)-चमेलिया (दार्चुला) १३२ केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ। अवरोधलाई हटाएर बिहीबारबाट प्रसारण लाइन सञ्चालनमा आएको छ। प्रसारण लाइन सञ्चालनमा आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पर्ने अधिकांश भागमा विद्युत आपूर्ति सुचारू भएको छ। , ३८ घन्टापछि दुहवी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्ति सुचारू
सेतोपाटी संवाददाता मकवानपुरमा पाँच किलो ३०० ग्राम लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। , इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरले दुई जनालाई सो परिणामको गाँजासहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बस्ने ४८ वर्षीय प्रेमबहादुर प्रजा र २२ वर्षीय रवीन्द्र प्रजा छन्। , हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित पूर्व-पश्चिम लोकमार्गबाट उनीहरू पक्राउ परेका हुन्।, हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको ना १ ज १६७६ नं. को माइक्रो बसलाई रोकेर चेक गर्दा उनीहरूबाट गाँजा बरामद भएको हो।, प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।, मकवानपुरमा पाँच किलो गाँजासहित दुई पक्राउ
सेतोपाटी कञ्चनपुरमा हात्तीको बथान भगाउन शुक्लाफाँटा नगरपालिकामा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ।, किसानका खेतमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षतिसमेत गर्न थालेपछि हात्ती भगाउन सुरक्षाकर्मीको टोली परिचालन गरिएको हो।, नगरप्रमुख दिलबहादुर ऐरका अनुसार हात्ती प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी, निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोली परिचालन गरिएको छ।, हात्ती नियन्त्रणका लागि सुरक्षा निकायका २५ जनाको संयुक्त टोली परिचालन गरिएको छ। हात्तीबाट नगरपालिकाका-१, २, ३, ४, ५, ८, ११ र १२ वडा प्रभावित छन्।, निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्ती भगाउनका लागि आगो बाल्न दाउरा बाल्ने व्यवस्थासँगै स्थानीय बासिन्दालाई सजग बनाउने र इलेक्ट्रक फेन्सिङलाई व्यवस्थित पार्ने काम भइरहेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले जानकारी दिए। हात्तीको बथानलाई निकुञ्ज क्षेत्रतर्फ फर्काउने काम भइरहेको उनको भनाइ छ।, लगातारको वर्षाका कारण धानबाली भित्र्याउन नपाएका किसानको धान हात्तीले नोक्सानी गर्न थालेपछि यस क्षेत्रका किसान थप मर्कामा परेका छन्।, जंगली हात्तीले बुधबारमात्रै नगरपालिकाको वडा नं १२ का दम्पती ध्वजबहादुर कार्की र मथुरा कार्कीको ज्यान लिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन्।, बस्ती नजिकैका सामुदायिक वनमा जंगली हात्ती दिउँसै ओहोरदोहोर गर्दै आएका छन्। स्थानीय बासिन्दाले हात्तीकै डरले मेलापात गर्न छाडेका छन्।, प्रत्येक वर्ष भारतको दुधुवा नेसनल पार्क हुँदै जंगली हात्तीको बथान यहाँ आइपुग्ने गर्दछ। वर्षात्का बेला दुधुवा नेसनल पार्कमा पानी भरिने भएकाले हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै चुरे क्षेत्रसम्म पुग्ने गर्दछ।, निकुञ्जको मध्यवर्ती क्षेत्र, त्यसका वरिपरिका क्षेत्र र चुरे क्षेत्रका बस्तीमा हात्तीले बढी नोक्सानी पुर्‍याउँदै आएको छ। हिँडडुल गर्ने पुरानो प्राकृतिक बाटो (करिडोर) मासिदा हात्तीले अधिक नोक्सनी पुर्‍याउने गरेको वन्यजन्तु विज्ञहरूको भनाइ छ।, 'हात्तीले समूहमा रहेका बेला आक्रमण गर्दैन', विज्ञहरू भन्छन्, 'प्रजननका बेला मात चढेको मत्त (भाले) हात्तीले आक्रमण गरी मानवीय क्षति निम्त्याउने गरेको पाइएको छ।', छावामाथि आक्रमण हुनसक्ने ठानेमा हात्ती हिंस्रक हुने बताइएको छ। ,रासस, कञ्चनपुरमा जंगली हात्ती भगाउन सुरक्षाकर्मी परिचालन
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। , महोत्तरी भगाहा गाउँपालिका वडा नम्बर ३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल बस्ने रामनाथ सिंह पक्राउ परेका हुन्। उनलाई ब्युरोको टोलीले बुधबार पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , सिंहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी-जानी २०७६ बैशाख १० गते प्रभु बैंक लिमिटेड शाखा कार्यालय भक्तपुरको चेक काटेर जाहेरवाललाई दिएका थिए। , सो चेक बाउन्स भएपछि पीडितले दिएको जाहेरीमा उच्च अदालत पाटनले २०७७ माघ २० गते उनलाई चार दिन कैद र ११ लाख जरिवाना सजाय सुनाएको थियो। , ब्युरोको विशेष टोलीले फरार प्रतिवादीहरूको खोजी गर्ने क्रममा सिंहलाई कमलपोखरीबाट पक्राउ गरेको हो। उनलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ।, चेक बाउन्स मुद्दामा फरार प्रतिवादी पक्राउ
रासस देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाइने भएको छ।, छ महिनादेखि पाँच वर्षमूनिका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने भएको हो।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागेको हो। सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन थालिएको मन्त्रालयले जनाएको छ।, स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ। सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ।, २०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुवाइने छ। पोषण शाखा प्रमुख पराजुलीले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि  भिटामिन ‘ए’ क्याप्सुल ३० लाख क्याप्सुल र अल्वेन्डाजोल २५ लाख ट्याब्लेट वितरण गरिने छ। जुकाको औषधि २४ लाख बालबालिकाले खानेछन्।, छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो। ‘राष्ट्रिय भिटामिन ‘ए’ कामर्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने उनले बताए।, मन्त्रालयले भिटामिन ‘ए’ खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। मन्त्रालयले वितरण केन्द्रमा भीडभाड नगर्न, एक व्यक्ति र अर्को व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, आफ्नो र बालबालिकाको सुरक्षाका लागि अनिवार्यरूपमा मास्कको सही तरिकाले प्रयोग गर्न र साबुनपानीले पटक-पटक हात धुन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ।, देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
विवेक राई दसैंअगाडि कुल जनसंख्याको ३३ प्रतिशत मानिसलाई कोरोनाविरूद्धको खोप दिने सरकारको योजना विफल भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखाले दिएको तथ्यांक अनुसार आज (बिहीबार) सम्म कुल जनसंख्याको २२ प्रतिशत मानिसलाई मात्र खोप दिइएको छ। , खोप शाखाका प्रमुख डा. सागर दाहालले अहिलेसम्म ६५ लाख ४६३ जनाले पूर्ण मात्रा खोप लगाएको जानकारी दिए। यो भनेको कुल जनसंख्याको झन्डै २२ प्रतिशत हो। , गत साउन २८ गते तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिनिधि सभामा असोज मसान्तसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइने प्रतिवद्धता जनाएका थिए। जस अनुसार कम्तीमा १ करोड मानिसमा पूर्ण मात्रा खोप लगाउनुपर्ने हो। , खोप शाखाका प्रमुख दाहालले नेपालमा हालसम्म १८ वर्षमुनिका बालबालिकालाई खोप नलगाइएका कारण लक्षित उमेर समूहमा भने ३३ प्रतिशत मानिसमा खोप लगाइएको बताए।, 'नेपालमा अहिलेसम्म १८ वर्ष मुनिकालाई खोप लगाइएको छैन। खोप लगाइने लक्षित उमेर समूह भनेर १८ वर्ष माथिकालाई राखिएको थियो। त्यसलाई हेर्ने हो भने साढे ३२ प्रतिशत मानिसलाई खोप लगाइसकिएको छ,' उनले भने। , तर सरकारले खोप अभियान उद्घोष गर्दा उक्त कुरा खुलाएको थिएन। मात्र दसैं मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप दिने भनेको थियो। यो हिसाबले उक्त लक्ष्य पूरा गर्न थप ३५ लाख मानिसलाई खोप लगाउनुपर्ने देखिन्छ। , तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि दसैंअगाडि एक लाख डोज खोप आउने बताएका थिए। तर उक्त खोप पनि अहिलेसम्म आइपुगेको छैन।, सरकारले बालबालिकाका लागि अमेरिकाले उत्पादन गरेको 'फाइजर' खोप ल्याउन लागेको हो। खोप शाखाका प्रमुख दाहालले पनि राज्यमन्त्री श्रेष्ठले भनेको ठिक हो भन्दै दसैं अगाडि १८ वर्ष मुनिका बालबालिकाका लागि एक लाख ६२० डोज फाइजर खोप आउने जनाएका थिए। , सरकारले बालबालिकाका लागि लगाउने मिल्ने ४० लाख डोज खोपको सुनिश्चितता गरिएको बताए पनि अहिलेसम्म कति पनि खोप आउन सकेको छैन।, खोप शाखाले २०२१ को अन्तिम महिनासम्म वा २०२२ को पहिलो त्रैमासिकभित्र बालबालिकाका लागि खोप आइपुग्ने जनाएको छ। , सरकारले बालबालिकाका लागि खोप लगाउन 'फाइजर' र 'मोर्डेना' कम्पनीसँग सहकार्य गरिरहेको छ। यी दुबै अमेरिकी कम्पनी हुन्। , विज्ञहरूले समेत १८ वर्ष मुनिका बालबालिकालाई जतिसक्दो चाँडो खोप दिनुपर्ने बताउँदै आएका छन्। त्यसमाथि तिहार सकिएलगत्तै विद्यालय र कलेजहरूले भौतिक रूपमै कक्षा सञ्चालनको तयारी गरिरहँदा जतिसक्दो चाँडो बालबालिकालाई खोप दिनुपर्ने सरकारलाई दबाब छ।, दसैंअघि ३३ प्रतिशत जनसंख्यालाई कोरोना खोप दिने सरकारको योजना विफल
रासस/एएफपी अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।  बहुचर्चित सामाजिक सञ्जालहरू ट्वीटर र फेसबुकले उनका आधिकारीक ‘एकाउन्ट’ हटाइदिएपछि उनले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गरेका हुन्।, अमेरिकामा गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनका बेलामा तत्कालिन राष्ट्रपति ट्रम्पले आफैं भ्रम फैलाएको, सामाजिक सद्भावलाई असर पारेको लगायतका आरोप लगाउँदै ती सामाजिक सञ्जालले उनको एकाउन्ट हटाइदिएका हुन्। विषेश गरी ट्रम्पका समर्थकहरूको भीड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि उनलाई ट्विटर र फेसबुकले आफ्ना सञ्जालहरूबाट हटाएका थिए।, उनीहरूले हटाएपछि पूर्वराष्ट्रपति ट्रम्पले आफ्ना अपडेट सार्वजनिक गर्न छुट्टै ब्लग जस्तै अनलाइन सञ्चालन गरेका थिए। त्यो पनि केही समयपछि बन्द भएको छ। सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवारी दिने तयारीमा रहेका ट्रम्पले त्यसैलाई लक्षित गरेर नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्न लागेको जनाइएको छ। , उनले सञ्चालन गर्न लागेको सामाजिक सञ्जालको नाम ‘ट्रुथ सोसियल’ राख्ने पनि तय भइसकेको उनको सचिवालयले जनाएको छ। ट्रुथ सामाजिक सञ्जालको सञ्चालन ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टिएमटिजी)ले गर्ने भएको छ। ग्रुपको अध्यक्ष ट्रम्प आफैं छन्। ट्रम्पले उक्त सामाजिक सञ्जाल प्रविधिसम्बन्धी ठूला कम्पनीको अत्याचारविरूद्ध उभिने बताएका छन्। अहिले प्रभावशाली रहेका सामाजिक सञ्जालले अमेरिकाका विद्रोही आवाजलाई स्थान नदिएको ट्रम्पको आरोप छ। , ट्रुथ सामाजिक सञ्जालमा भिडिओ प्रसारण सेवा पनि समावेश गरिने भएको छ। भिडिओ सेवामा समाचार, पडकास्टलगायतका धेरै सुविधा उपलब्ध गराइने टिएमटिजीले जानकारी दिएको छ। सो सामाजिक सञ्जाल आगामी महिनादेखि केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ भने सन् २०२२ को पहिलो तीन महिना अमेरिकामा मात्रै उपलब्ध हुनेछ।, नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २१४ थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४७, ललितपुरमा ५१ र भक्तपुरमा १६ संक्रमित छन्।, त्यस्तै काठमाडौं उपत्यकामा २४८५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १२८०, भक्तपुरमा ५७७ र ललितपुरमा ६२८ सक्रिय संक्रमित छन्।, नेपालमा थप पाँच सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ४९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ५८६ जनाको पिसिआर परीक्षण र १९६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ११ हजार ३१५ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ।, ७२६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.२ प्रतिशत छ।,  ,  , काठमाडौं उपत्यकामा २१४ लाई संक्रमण, सक्रिय २४८५
सेतोपाटी संवाददाता नेपालमा थप पाँच सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पाँच सय ४५ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ४९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ५८६ जनाको पिसिआर परीक्षण र १९६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ११ हजार ३१५ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ।, ७२६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.२ प्रतिशत छ।, त्यस्तै काठमाडौं उपत्यकामा २१४ थपिएका छन्। जसमध्ये काठमाडौंमा १४७, ललितपुरमा ५१ र भक्तपुरमा १६ संक्रमित छन्।, थप ५४५ लाई कोरोना संक्रमण
एजेन्सी भारतमा कोरोनाभाइरसविरूद्धको एक अर्ब डोज भ्याक्सिन लगाइएको छ।  समाचार संस्था एपीका अनुसार बिहीबार भारतले एक अर्ब डोज भ्याक्सिन लगाउने कोसेढुंगा पार गरेको हो।, १ अर्ब ३० करोड जनसंख्या भएको भारतमा अहिले खोप लगाउन योग्यमध्ये ७५ प्रतिशतले कोरोना खोपको एक डोज खोप लगाएका छन् भने झन्डै ३० प्रतिशतले पूर्ण खोप लगाएका छन्।, भारतमा केही महिनाअघि फैलिएको डेल्टा भेरियन्टले दैनिक ४ लाखसम्म कोरोना संक्रमित थपिएका थिए। पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको छ।, भारतले अक्सफोर्ड/अष्ट्राजेनेकाको खोपको आफ्नै देशमा उत्पादन गरिरहेको छ। आफ्ना नागरिकलाई छिटो खोप लगाउन उसले पछिल्लो समय खोपको निर्यात बन्द गरेको थियो।, यसअघि गत जुनमा चीनले कोरोनाविरूद्ध एक अर्ब डोज खोप लगाउने रेकर्ड बनाएको थियो। संसारभरिका मुलुकमध्ये भारत र चीनमा मात्र १ अर्ब बढीको जनसंख्या छ।, १ अर्ब डोज कोरोना खोप लगाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीयले आज इतिहास लेखेको बताएका छन्।   , भारतले लगायो एक अर्ब डोज कोरोना भ्याक्सिन
सेतोपाटी संवाददाता सगरमाथा क्षेत्रको ६४७० मिटर अग्लो मेरा पिक आरोहण गर्न जाँदा सम्पर्कविहीन भएका पाँच जनालाई उद्धार गरिएको छ। , बाक्लो हिमपातका कारण आरोहण गरेर फर्कने क्रममा चार जना विदेशी र एक जना नेपाली पथ प्रदर्शक सम्पर्कविहीन भएका थिए। उनीहरूको खोजीका लागि पैदल टोली पठाइएको थियो। उद्धार गरिएका सबैको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। , संघका अध्यक्ष सन्तवीर लामाले विज्ञप्ति जारी गर्दै अझै पनि मेरा पिक क्षेत्रमा आरोणहका लागि गएका १ जना बेपत्ता रहेको उल्लेख गरे।, 'एड्भेन्चर भिक्टरी टिममार्फत् आरोहणका लागि गएको टोलीका एक सदस्य छेतेन शेर्पा तीन दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ', विज्ञप्तिमा भनिएको छ।, उनको पनि खोजी कार्य जारी रहेको संघले जनाएको छ।, मेरा पिक आरोहणमा सम्पर्कविहीन भएका पाँच जनाको उद्धार
सेतोपाटी संवाददाता सुदूरपश्चिममा बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ। , प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार साँझदेखि अहिलेसम्म डोटीमा १२, बैतडीमा ४ र डडेल्धुरामा २ जनाको मृत्यु भएको हो।, डोटीमा पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका–५ उपल्लागाउँकी चन्द्रा नेपाली, सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विक र सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ। जोरायल गाउँपालिका–४ सयगडामा शेरबहादुर विकको घर भत्किँदा उनीसहित उनकै १८ वर्षका छोरा मोहन विक, १२ वर्षीया छोरी पवित्रा विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, सोही घरमा मामाघर आएका १६ वर्षीय रविन विकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।, यस्तै, जोरायल गाउँपालिका–४ मा पनि पहिरोले घर पुरिँदा ६२ वर्षका जोगी सार्कीको मृत्यु भएको छ। उनकी घाइते अवस्थामा रहेकी ६१ वर्षीया श्रीमती झुपरी सार्कीको पनि उपचारका क्रममा मंगलबार राति नै मृत्यु भएको हो।, यस्तै, पहिरोसँगै आएको ढुंगा लागेर शिखर नगरपालिका ११ की ३६ वर्षीया मन्धरी बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ।, यस्तै, सोमबार रातिको पहिरोले घर पुरिँदा सायल गाउँपालिका-६ का वीरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको थियो।, बैतडीमा ७१ वर्षीया परुदेवी महरा, २५ वर्षीया भानु पार्की, २१ वर्षीया पवित्रा पार्की, ३ वर्षीय देवन पार्कीको पहिरोमा परी मृत्यु भएको हो।, डडेल्धुरामा ३२ वर्षीय विष्णु अवस्थी र ६५ वर्षीय नरपता शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, सुदूरपश्चिममा बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो
सेतोपाटी संवाददाता लगातारको झरीले निम्त्याएको बाढी पहिरोले प्रदेश १ मा हालसम्म २४ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता छन्। , बुधबार बिहान ११ बजेसम्म २४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ६ जना पुरूष, ९ महिला, ७ बालक र २ बालिका रहेको १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।, उनका अनुसार बाढी-पहिरोमा परेर इलाममा ९, पाँचथरमा ६, उदयपुरमा १, धनकुटामा ६, सुनसरीमा २ जनाको मृत्यु भएको हो।प्रदेशमा ८ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। , पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ का २५ वर्षीय सुवध राई झरनामा नुहाउने क्रममा मंगलबार दिउँसो १ बजे बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा बुधबार बिहान मृत अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। , बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन्।, मंगलबार राति सुनसरीको विभिन्न स्थानबाट १ सय ५० जनाको उद्दार गरिएको थियो। मोरङमा करिब पाँच सयभन्दा बढी उद्दार गरिएको छ। मोरङमा हजारौं घर डुबानमा परेका मोरङ प्रहरीले जनाएको छ।, विराटनगर १, २, ७, ८, ११, १२, १५, १७, १८ का सयौं घर डुबानमा परेको छ। बुढीगंगा गाउँपालिका १ र २, शान्ति चोक बस्ती डुबानमा परेको छ। रतुवामाई नगरपालिका ७ मा ३० घर डुबानमा परेको प्रहरीले जनाएको छ। रतुवाखोलाको बाँध फुटेर बस्तीमा खोला पसेको छ।, बाढी-पहिरोमा परी प्रदेश १ मा २४ को मृत्यु, ८ बेपत्ता
सेतोपाटी संवाददाता नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  धानबाली नष्ट भएका किसानलाई राहत दिन सरकारसँग माग गरेका छन्।, बुधबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले कृषि सहायता कोष खडा गरी किसानलाई राहत दिन माग गरेका हुन्।, ‘धानबाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको छ,’ प्रचण्डको विज्ञप्तिमा भनिएको छ,‘ बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिलाउन पनि म सरकारसँग जोडदार माग गर्दछु।’  , विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।, ‘बाढीपहिरोमा परी बेपत्ता हुनभएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा विशेष आग्रह गर्दछु,’ प्रचण्डले भनेका छन्।, उनले  बाढी-पहिरोमा फसेकाहरूको उद्दार र राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकको खानपान र बसोबासको व्यवस्था मिलाउन पनि सरकारसँग अनुरोध गरेका छन्।, कृषि सहायता कोष बनाई किसानलाई राहत दिन प्रचण्डको माग
सेतोपाटी संवाददाता कञ्चनपुरमा हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १० लाखका दरले राहत दिइने भएको छ।, शुक्लाफाँटा नगरपालिका-१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट  घाइते भएका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुरालाको बुधबार बिहान मृत्यु भएको हो।, सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कानुनी व्यवस्था भएअनुसार हात्तीको आक्रमणबाट ज्यान गुमाएका उनीहरूको परिवारलाई प्रतिव्यक्ति १० लाखका दरले राहत दिइने बताए।, संघीय सरकारको वन मन्त्रालयमार्फत् राहत कोषबाट केही दिनमै राहत दिइने उनले बताए।, नजिकैको सामुदायिक वनबाट नौ/दशका संख्यामा रहेको जंगली हात्ती गाउँ पसेपछि स्थानीयले हो-हल्ला गरेका थिए। सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।, हात्तीको आक्रमणबाट मृत्यु भएका दम्पतीको परिवारलाई २० लाख राहत दिइने
सेतोपाटी संवाददाता प्युठानमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था अज्ञात छ। , जिल्लाको माण्डवी गाउँपालिका वडा नं. ४ आँपचौरकी  २८ वर्षीया देवीसरा खत्री कार्कीको स्थानीय अरङखोलामा आएको बाढीले बगाएर मृत्यु भएको हो। , देवीसराको शव माण्डवी गाउँपालिका वडा नं. २ मा  फेला परेको प्युठानका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले सेतोपाटीलाई बताए। , सँगै बगेका कार्कीका दुई वर्षीय छोरा दिनेश र स्थानीय मधु अधिकारीको ८ वर्षीया छोरी अनुष्का अधिकारीको अवस्था हालसम्म अवस्था अज्ञात रहेको डिएसपी मल्लले जानकारी दिए।  , बुधबार बिहान करिब पौने ८ बजेतिर स्थानीय अरङखोलाले उनीहरूलाई बगाएको प्रहरीले मल्लले बताए। ,  बेपत्ताहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।, प्युठानमा खोलाले बगाउँदा एक महिलाको मृत्यु, दुई बालबालिकाको अवस्था अज्ञात
सेतोपाटी संवाददाता सोमबार रातिदेखि परेको अबिरल वर्षाले विराटनगर डुबानमा परेको छ। पानीको निकास थुनिँदा विराटनगरको दक्षिण क्षेत्र डुबानमा परेको हो।  , सडकमा पानी जमेर आवतजावतमा समेत  समस्या उत्पन्न भएको छ। लगातारको वर्षाको कारण केसेलिया खोलाको बाढी विराटनगर १२ को  बखरी, दरैया, बराहा टोल, मलौना, सिमराहीका करिब पाँच सय घर डुबानमा परेको १२ का वडाअध्यक्ष हिरालाल कामतले जानकारी दिए।, घर डुबानमा परी विस्थापित भएका परिवारका सदस्यहरू अहिले विराटनगर १२ मा रहेको सामुदायिक भवन र बखरी स्कुलमा बसेका छन्। , कसेलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर विराटनगरका विभिन्न स्थानमा पसेको थियो।, प्रहरीका अनुसार बाढीले विराटनगरको उत्तरी, दक्षिणी र पश्चिमी भेगमा बढी वितण्डा मच्चाइरहेको छ।, खोलाको बाढी बस्तीमा पसेपछि विराटनगर १२ बखरीका सर्वसाधारणबीच भागदौड मच्चिएको थियो। एक्कासि आएको बाढीले घर डुबाउन थालेपछि सर्वसाधारण आफ्नो ज्यान जोगाउन अतिआवश्यक सामग्री बोकेर आफन्तको शरणमा र सामुदायिक भवनमा सरेका छन्।, ‘घरभित्र केसेलिया खोलाको बाढी पसेपछि रातिदेखि सुत्न सकेको छैन,’ विराटनगर १२ बखरीकी अनितादेवी कामतले भनिन्, ‘साना छोरा छोरीलाई बल्ल तल्ला झिकेर बाहिर निकाले। अरु केही सामान झिक्न पाएको छुइनँ। अहिले घरमा पानी पसेर जलमग्न छ।’ , लगातारको वर्षाका कारण खोलामा आएको बाढीले विराटनगरका १२, १५, १६, १७, १८ अधिकांश घर डुबानमा परेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए।, एसपी जिसीले प्रहरी बाढीपीडितको उद्दारमा व्यस्त रहेका कारण बाढीले कति क्षति पुर्‍यायो भन्ने कुराको यकिन विवरण प्राप्त हुन सकेको छैन।, बाढी पीडितको उद्दारका लागि प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्।  विराटनगरस्थित शनिमन्दिर चोक, पिचरा लगायतका क्षेत्रको अधिकांश सडक पानीले भरिएका छन्।, सबै तस्बिर: सेतोपाटी, डुबानमा विराटनगर, सुकुम्बासीको बिचल्ली (तस्बिरहरू)
एजेन्सी अमेरिकाको टेक्ससमा एक विमान दुर्घटनामा परेको छ।, सिएनएनका अनुसार हस्टन बाहिर म्याकडोनल डगलस एमडी–८७ विमान दुर्घटनामा परेको हो। , मंगलबार बिहान भएको उक्त दुर्घटनामा सवार सबै यात्रु र चालक दल भने सकुशल छन्। दुई जनालाई सामान्य चोटपटक लागेको अधिकारीहरूले बताएका छन्। , विमानमा चालक दलका तीन सदस्य र १८ यात्रुसहित २१ जना सवार थिए। , विमानले दुर्घटना हुनुअघि रनवेमा पाँच सय फिट यात्रा गरेको थियो। हस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएर विमानमा आगो लागेको हो। , अग्नी नियन्त्रकहरूले आगो नियन्त्रणमा लिनु अगावै यात्रु र चालक दललाई विमानबाट सुरक्षित उद्दार गरेको थियो।, अमेरिकाको टेक्ससमा विमान दुर्घटना
सेतोपाटी संवाददाता सल्यानमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।, मंगलबार राति सवा ११ कुमाख गाउँपालिका वडा नम्बर ५ तिमिले बस्ने ४७ वर्षीय कविराम खड्काले ४२ वर्षीया श्रीमती कली खड्काको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको हो।, मादक पदार्थ सेवन गरी कविरामले आफ्नी श्रीमती कलीमाथि धारिलो हतियार प्रयोग गरेका थिए। , प्रहरीका अनुसार उनीहरूबीच घरायसी विवाद भएको थियो। त्यसैक्रममा कविरामले धारिलो हतियारले प्रहार गरी कलिलाई घाइते बनाएका थिए।, घाइते भएको भन्ने खबर पछि ईलाका प्रहरी कार्यालय राँगेचौरबाट प्रहरीको टोली खटिएको थियो। तर प्रहरी घटनास्थल पुग्दा कलीको मृत्यु भइसकेको कार्यालयले जानकारी दिएको छ। , प्रहरीले तत्कालै कविरामलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान अघि बढाएको छ।, श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
सेतोपाटी कैलालीको टीकापुर नगरपालिका-२ विजयनगर शिविरमा मंगलबार अपरान्ह ४ बजे कर्णाली नदीको बाढी गाउँमा पस्यो।, बाढीको पानी बढ्दै गएपछि सोही शिविरमा बस्दै आएका निरक चौधरीले घरमा भएको सबै सरसामान छिमेकीको घरमा सारे।, साँझको खाना पकाएर खानै नपाउँदा उनको भान्सामा पानी पस्यो। परिवार खाना नै खान नपाउँदै र भान्सामा रहेको सामान सार्न नपाउँदै भान्सा घर बाढीले भत्कायो। , 'खाना खाएर निस्केको भए सबै परिवारलाई घरले च्याप्थ्यो। धन्नले कुनै घटना भएन', उनले भने, 'एक छाक भोकै भएर पनि ज्यान जोगियो।', अहिले निरकको परिवार सोही क्षेत्रमा रहेको एक विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। सोही शिविरमा बस्दै आएकी सीता चौधरीको परिवार पनि सोही नदीको बाढीबाट विस्थापित भएको छ।, उनको घरभित्रसम्म पानी पसेको छ भने परिवारका सदस्यलाई विद्यालयमा व्यवस्थापन गरिएको छ। उनी भने घर र घरको अन्नपात कुरेर जोखिममा बसेकी थिइन्।, 'अरु सबै विद्यालयमा बसेका छन्। घरको अन्नपात र पशु चौपायालाई हेर्नको लागि पनि घरमै बस्नुपरेको छ',उनले भनिन्, 'बर्सेनि यस्तै सास्ती खेप्दै आएका छौं। राष्ट्रिय गौरवको आयोजनाले कर्णाली नदीमा तटबन्धको काम गर्दै आएको त सुनिन्छ तर कता गरिरहेको छ थाहा छैन। त्यसको हामीलाई कुनै असरसम्म पनि परेको छैन।', मंगलबार राति ९ बजे विजयनगर शिविरकै विक्रम चौधरीको घर वरिपरिबाट पानीका भंगालो बगिरहेको थियो।, परिवारलाई सुरक्षित स्थानमा सारेको उनलाई घर र घरमा भएको सामानको मायाले घर छोड्न दिएको थिएन। दुवैतिरबाट पानीका भंगालोको बीचमा रहेको घरमा चौधरी एक्लै बसेका थिए।, 'घर छोडेर जान मन लागेको छैन। अवस्था कस्तो हुन्छ त्यसैको प्रतीक्षामा म घरमै बसिरहेको छु', उनले भने, 'खेतमा लगाएको अन्नबाली र तरकारी खेती सबै बाढीले बगाएर लगेको छ। एकातिर ज्यान जोगाउन मुस्किल भएको छ भने, अर्कोतिर वस्तुभाउलाई बचाउन।', नगरपालिकाअन्तर्गतका सातवटै शिविर डुबानमा परेका छन्। विजयनगर शिविरमा जंगली हात्तीको त्रासले स्थानीय झनै आतंकित भएको स्थानीय बलबहादुर बुढाले जानकारी दिए। , उनले गाउँमा बढी पसेसँगै जंगलबाट गाउँ पसेको हात्तीले केही घर भत्काउनुको साथै घरमा रहेको अन्नपातसमेत नष्ट गरेको बताए। , नदीको मुख्य तीन कुला रानी, जमरा र कुलरीया कुलामा पानीको सतह अत्यधिक बढेको छ। ती कुलामा पानीको सतह बढ्दा कर्णालीका तटीय क्षेत्रका सयौं परिवार विस्थापित भएका छन् भने टीकापुर बजारका मुख्य सडकसमेत जलमग्न बनेका छन्। अहिलेसम्म दर्जनभन्दा बढी पसलमा बाढी पसिसकेको छ। टीकापुर–१ को ब्लक नं १४ का अधिकांश घर डुबानमा परेका छन्। ,रासस, बाढीको कहर: 'खाना खाएर निस्केको भए सबै परिवारलाई घरले च्याप्थ्यो'
एजेन्सी सिरियामा सैनिक बसमाथि आक्रमण हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। , राजधानी दमास्कसमा सैनिक बसमाथि आक्रमण हुँदा उनीहरूको मृत्यु भएको हो।, साना न्युज एजेन्सीका अनुसार बुधबार बिहान दमास्कसको जिसर-अल रइस पुलमुनिबाट जाँदै गर्दा आतंककारी हमला भएको थियो। , आक्रमणमा ज्यान गुमाउने सबै सैनिक अधिकारी भएको समाचार संस्था रोयटर्सले जनाएको छ। तीन जना घाइते भएका छन्। , बम बिस्फोट भएको ठाउँको भिडिओसमेत बाहिरिएको थियो। जसमा बस जलिरहेको देखिन्छ। , बसमा दुई वटा बम बिस्फोट भएको थियो। घटनास्थलमा फेला परेको अर्को बम निष्क्रिय पारिएको थियो।, संयुक्त राष्ट्र संघका अनुसार दशक अघिदेखि सुरू भएको गृहयुद्धमा कम्तीमा पनि तीन लाख ५० हजार मानिस मारिइसकेका छन्।, सिरियामा लामो समयदेखि गृहयुद्ध जारी छ।,  , सिरियामा सैनिक बसमा बम बिस्फोट: कम्तीमा १३ जनाको मृत्यु
सेतोपाटी मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन्। विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन्।, गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबभन्दा बढी इलाममा ११ र डोटीमा नौ जना छन्। दुई जिल्लामा पहिराले मानवीय क्षति गराएको हो।, त्यसपछि पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा छ/छ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।, यस्तै, बैतडीमा चार, कालीकोटमा एक, डडेल्धुरामा एक, प्युठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एक जनाको मृत्यु भएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए।, पहिरामा परेर सबभन्दा बढी बझाङमा २३ जना बेपत्ता भएका छन्। यस्तै, डोटीमा एक, प्युठानमा दुई, इलाममा पाँच जना बेपत्ता छन्। विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन्। असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो। , यो क्रम आज पनि जारी छ। हराएकाहरूको खोजी कार्य र फसेकाहरूको उद्दार कार्य जारी रहेको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्। ,रासस, , बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ बेपत्ता (भिडिओ)
सेतोपाटी संवाददाता सगरमाथा क्षेत्रमा रहेको ६ हजार ४ सय ७६ मिटर अग्लो मेरा पिक आरोहण गर्न गएका ४ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा एक बेलायती नागरिकसमेत छन्।, मेरा पिकमा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज गर्न गएको १५ सदस्यीय टोलीका २ जना र पिक आरोहण गर्न गएका अन्य २ जना हराइरहेको नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामाले जानकारी दिए।, मौसम परिवर्तनसँगै हिमपात भएपछि उनीहरू हराएको लामाले बताए।, 'सम्पर्कविहीन भएका ४ मध्ये ३ जनाको जिपिएस लोकसेन ५ हजार ६ सय मिटरको उचाइमा भएको ओडारमा देखिएको भए पनि उनीहरूसँग सम्पर्क टुटेको अवस्था छ,’ लामाले भने, ‘अर्का एक जना बाटोमा फर्कँदै गर्दा हराएकोजस्तो देखिन्छ।’, उक्त क्षेत्रमा १० फिटसम्म हिमपात भएको लामाले जनाए। हिमपातका कारण उद्दारका लागि हेलिकप्टर पठाउन नसकिएको उनले बताए। बाटोमा फर्कँदै गरेको मान्छे 'हाइ क्याम्प'मा नआइपुगेको उनले बताए।, 'हाइक्याम्पमा आइपुगेको अवस्थामा बाँच्न सक्छ', लामाले भने, 'बीचमा फसेको अवस्थामा हिमपातमा पुरिन सक्छ।', लामाले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई खबर गरिएको बताए। ‘उद्दारका लागि हामीले एउटा टोली पठाएका छौं,’ लामाले भने, ‘मौसममा सुधार नआउँदा हेलिकप्टरबाट उद्दार गर्न सकिएको छैन।’, मेरा पिक आरोहणमा गएका ४ जना सम्पर्कविहीन
सेतोपाटी संवाददाता बझाङमा पहिरोमा परेर थप चार जनाको मृत्यु भएको छ।, बुधबार घरमाथिबाट पहिरो खस्दा खप्तडछान्ना गाउँपालिकाका चार जनाको मृत्यु भएको छ। , गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहका अनुसार बुधबार बिहान गाउँपालिका नजिकै रहेको माझिगाउँमा माथिबाट पहिरो खस्दा धर्म रोकाया र उनकी श्रीमतीको मृत्यु भएको छ।, गाउँपालिकाको कालुखेतीमा पनि बिरु गिरी र उनकी श्रीमतीको मृत्यु भएको जानकारी आएको प्रवक्ता सिंहले बताए।, पिठातोलाका २ जना सम्पर्कविहिन भएको उनले बताए।, ‘गाउँपालिका नजिकै पहिरोमा परेर पुरिएका एक दम्पतीको शव निकालेर दाहसंस्कार भइसक्यो, अन्य ठाउँमा खोजीकार्य जारी छ, प्रहरी टोली खटिएका छन्। उद्धार गर्न बाटो अवरुद्ध छ। विस्तृत विवरण आइसकेका छैनन्,’ उनले भने।, पहिरोमा परेर बझाङमा थप चारको मृत्यु, दुई जना बेपत्ता
भगवती पाण्डे रुपन्देहीको मणिग्रामको बहुचर्चित सीता भण्डारी पौडेल आत्महत्या प्रकरण ११ लाखको लेनदेनमा अन्त्य भएको छ।, गत भदौ २० गते बिहान मृत अवस्थामा फेला परेकी तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्रामकी सीता भण्डारी पौडेलको आत्महत्या हो कि हत्या भन्ने विवाद लम्बिँदा डेढ महिनासम्म अन्त्येष्टि हुन सकेको थिएन।, भण्डारीको मृत्यु भएको ४६ दिनपछि मात्रै माइती पक्षले पौडेल परिवारबाट ११ लाख रुपैयाँको चेक बुझेपछि बुधबार अन्त्येष्टि गर्न सहमति दिएका थिए।, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाको सीमा क्षेत्रमा रहेको मगरघाटमा माइती पक्ष समेतको सहभागितामा बुधबार अन्त्येष्टि गरिएको रुपन्देही प्रहरीले जनाएको छ।, तिलोत्तमा नगरपालिका-१७ गंगोलियामा रहेको मध्यस्थकर्ताको घरमा भएको लिखित सहमतिअनुसार सीताका ससुरा देवी पौडेलले सीताका भाइले भिनाजु (टीका पौडेल)लाई दिएको सापटी एक लाख रुपैयाँ र विवाह गर्दा लागेको खर्च बापतको १० लाख रुपैयाँको चेक दिएका थिए।, मंगलबार गरिएको लिखित सहमतिमा भण्डारी परिवारले विवाह गर्दा लागेको खर्च १० लाख र सापटी दिएको एक लाख गरी ११ लाख रुपैयाँ बुझ्ने र आगामी दिनमा अदालती प्रक्रियामा कुनै हस्तक्षेप हुने गरी आन्दोलन नगर्ने सहमति गरिएको स्रोतले बताएको छ।, गत भदौ २० गते बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी सीताको न्यायको लागि भन्दै ‘जस्टिस फर सीता भण्डारी’ भन्ने अभियान सञ्चालन गरेर आन्दोलन चलाइरहेका अभियन्तासमेत अलमलमा परेका छन्।, ‘आन्दोलनका बेला अभियन्तासँग सल्लाह गरेरमात्रै अन्त्येष्टि गर्न अनुमति दिन्छौं भनेका भण्डारी परिवारले गुपचुपमा पैसा लिएछन्,’ आन्दोलनमा सहभागी एक अभियन्ताले भने।, प्रहरीले अनुसन्धानको क्रममा सीताको मोबाइलबाट ‘...मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो। म सकिनँ बाँच्न’ भनी लेखिएको सुसाइड नोट फेला परेको भए पनि माइती पक्षले आत्महत्या नभई हत्या भएको दाबी गर्दै करिब १ महिना आन्दोलन गरेका थिए।, मृतकका बुवा हरिप्रसाद भण्डारीले जाहेरी दिएपछि सीताका श्रीमान टीका पौडेल आमाजु (दिदी) बिष्णु पौडेल र जेठाजु हरिप्रसाद पौडेल आत्महत्या दुरूत्साहन मुद्दामा पुर्पक्षका लागि थुनामा गएका छन्।, २७ वर्षीया सीता आफ्नै घर कोठामा मृत अवस्थामा फेला परेको सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा अनुसन्धान भएको थियो।, ४६ दिनपछि भयो रुपन्देहीकी सीताको अन्त्येष्टि
सेतोपाटी संवाददाता बाढीपहिरो र डुबानमा परेकाहरूको उद्धारमा सरकारले निजी कम्पनीका हेलिकप्टरहरू पनि प्रयोग गर्ने भएको छ।, नेपाली सेनाको हेलिकोप्टरले मात्रै उद्धार गरिरहेकोमा अपुग हुने देखिएपछि नीजि कम्पनीका हेलिकोप्टर पनि प्रयोग गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।, देशका विभिन्न ठाउँमा वर्षापछि आएको बाढी र पहिरो तथा डुबानमा परेकाको खोज र उद्धार कार्यका लागि गृहमन्त्री बालकृष्ण खाणको सक्रियतामा नीजि हेलिकोप्टर पनि ‘स्टायण्डबाई’ राख्न लागिएको मन्त्रालयले जनाएको छ। , गृह मन्त्रालयमा बुधबार बिहान गृहमन्त्री खाणसहित गृहसचिव टेकनारायण पाण्डे, सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, पर्यटन मन्त्रालयका वायु सेवा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने, नीजि बायु सेवा कम्पनीको एसोसिएसनका कार्यकारी निर्देशक कमलेशकुमार बर्मा र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका उपसचिव दिलकुमार तामाङ सहितको बैठक बसेको थियो।, वर्षा निरन्तर भइरहेको र सेनाको हेलिकोप्टरले मात्रै विपद परेकाहरूको खोज तथा उद्धारमा नीजि हेलिकोप्टर प्रयोग गर्ने विषयमा कुरा भएको थियो।, नीजि बायु सेवा कम्पनीको एसोसिएसनका कार्यकारी निर्देशक बर्माले विपदमा परेकाहरूको खोज तथा उद्धार गर्ने दायित्व आफूहरूको पनि भएको भन्दै सरकारले खोजेमा आफूहरू सेवा दिन तयार रहेको बताए। उनले नीजि बायु सेवा कम्पनीसँग ३५ हेलिकोप्टर भएको बताए।, बाढीपहिरोमा परेकाहरूको उद्धारमा निजी हेलिकप्टर पनि प्रयोग गरिने
सेतोपाटी संवाददाता काठमाडौंमा १७ वर्षअघि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुतलीसडकस्थित एकता प्रेस छापाखानाका सञ्चालक दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ८ का ३१ वर्षीय अर्जुन भन्ने खिमबहादुर शिवाकोटीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। , प्रहरीले काठमाडौं महानगरपालिका वडा २६ म्हैपीबाट प्युठान घर भई काठमाडौंको धुम्बाराही बस्ने ४१ वर्षीय शनी नरसिंह राणालाई पक्राउ गरेको हो। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गत असोज १५ गते पक्राउ गरेको थियो। उनी पक्राउ परेको बारे प्रहरीले बुधबार जानकारी दिएको हो। , २०६१ पुस २२ गते छापाखाना अगाडि उनीहरूबीच पार्किङको विषयमा विवाद भएको थियो। विवादपछि उनीहरूले खिमबहादुरमाथि  हेल्मेट, फलामको रड र चिया पकाउने भाडो समेतले कुटपिट गरी घाइते बनाएर भागेको आरोप छ।, कुटपिटबाट घाइते भएका खिमबहादुरलाई उपचारको लागि वीर अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको थियो। , घटनामा संलग्न व्यक्तिहरू खोजी गर्ने क्रममा बा १६ प ८६५४ नम्बरको बुलेट मोटरसाइकल आउनेहरूले कुटपिट गरेको खुलेको थियो। प्रहरीले लामो समयदेखि फरार रहेका राणालाई १७ वर्षपछि पक्राउ गरेको हो। , कर्तव्य ज्यान मुद्दामा उनीमाथि थप अनुसन्धान गर्न वृत्त सिंहदरबारमा राखिएको छ। यही मुद्दामा थप दुई जना फरार छन्। मोटरसाइकल धनी इश्वरी राणा र गोरखा सिरानाचोक गाउँपालिका वडा नम्बर ५ घर हुने सानो धने भन्ने धन बहादुर गुरुङ छन्। , छापाखाना सञ्चालकको हत्या आरोपित १७ वर्षपछि पक्राउ
एजेन्सी भारतको दिल्ली सरकारले बेमौसमी वर्षाका कारण बालीनाली नष्ट भएका किसानलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ।, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बालीनाली क्षति भएका किसानलाई प्रतिहेक्टर ५० हजार भारु (८० हजार रुपैयाँ) क्षतिपूर्ति दिन आदेश भइसकेको जानकारी दिएको समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ।, अहिले राजश्व अधिकारीहरूले क्षतिको विवरण संकलन गरिरहेको र दुई हप्तामा विवरण संकलनको काम सकिने केजरीवालले बताए। उनका अनुसार किसानले दुई महिनाभित्र क्षतिपूर्तिको रकम पाउने छन्। दिल्ली सरकार किसानलाई क्षतिपूर्ति दिन प्रतिवद्ध रहेको र यो क्षतिपूर्ति भारतमै सबैभन्दा बढी रहेको मुख्यमन्त्री केजरीवालको भनाइ छ।, केही दिनदेखि अस्वभाविक रूपमा पानी पर्दा नेपाल र भारतका धेरै ठाउँमा जनधनको क्षति भएको छ भने किसानहरूको धानबाली नष्ट भएको छ।, नेपालमा पनि ठूलो मात्रामा धानबाली नष्ट भए पनि किसानलाई क्षतिपूर्ति दिनेबारे कुनै निर्णय भएको छैन।, बर्षाले बाली नष्ट भएका किसानलाई दिल्ली सरकारले दिने भयो प्रतिहेक्टर ८० हजार रुपैयाँ
सेतोपाटी संवाददाता कैलालीमा कर्णाली नदीको बाढी घरभित्र पसेर डुवान हुँदा एक जनाको मृत्यु भएको छ।, टीकापुर नगरपालीका ८ कर्मीडाँडाका ८६ वर्षका कोकरवीरे ढोली मंगलबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा कर्णाली नदिमा पानीको बाहव बढ्न गई घरमा पानी पस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, विगत ५/६ वर्षदेखि प्यारालाइसिसको बिरामी भई हिँड्डुलसमेत गर्न नसक्ने अवस्थामा रहेका उनको डुवानमा भाग्न नसकेर घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ।, घरमासँगै रहेका छोरा बुहारी भने सुरक्षित स्थानमा गएर बाँच्न सफल भएका थिए।, घरभित्र बाढी पस्यो, प्यारालाइसिस भएका उनी भाग्न सकेनन्
सेतोपाटी निरन्तरको वर्षातसँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा दुई विदेशीसहित १० जना पर्यटक मेरा पिक क्षेत्रमा फसेका छन्।, जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्ने मेरापिक आरोहण गरेर फर्कने क्रममा मङ्गलबार दिउँसोदेखि उनीहरू हिउँमा फसेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख कबित कटवालका अनुसार निरन्तर परेको पानी तथा हिमपातका कारण पाँच हजार ७०० मिटरको मेराला ओडारमा चार, हाइक्याम्पमा चार र  पाँच हजार ३०० मिटरको बेसक्याम्पमा दुईजना आरोही फसेका हुन्।, प्राप्त जानकारीअनुसार मेरालामा फसेका चारमध्ये एक बेलायती नागरिक स्टु सियनसहित सोलुखुम्बुका आरोही गाइडहरू पासाङ छिरिङ, छेतेन शेर्पा र पासाङ शेर्पा रहेका छन्।, त्यस्तै, हाइक्याम्पमा एक विदेशी पर्यटक, पूर्ण थापा मगरसहित नाम नखुलेका दुई र बेस क्याम्पमा नाम नखुलेका थप दुईजना अलपत्र परेका हुन्। उनीहरू एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चरमार्फत् मेरापिक आरोहणमा गएका थिए। मौसम प्रतिकूलका बीच पनि उनीहरूको उद्दारका लागि महाकुलुङको खारेबाट सात जना क्लाइम्बिङ गाइड मेराला ओडारमा पुगेका छन्।, एडभेन्चर भिक्टोरी सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार मेराला ओडारमा चार जना बसेको भए पनि उद्दारमा पुगेकाहरूले तीन जनालाई जटिल अवस्थामा भेटिएको छ। हाइक्याम्प र बेसक्याम्पमा रहेकासँग सञ्चित खानेकुरा भए पनि मेराला ओडारमा फसेकाहरूसँग कुनै पनि खानेकुरा नहुँदा समस्या भएको उनको भनाइ छ।, 'मेराला ओडारमा भेटिएका तीन जनाको अवस्था जटिल छ भन्ने खबर आयो', कार्कीले भने, 'हिजोदेखि हेलिकप्टर तयारी अवस्थामा राखेर बसियो तर मौसम प्रतिकूल हुँदा समस्या भयो, अहिले पनि म नागरिक उड्डयन प्राधिकरणको कार्यालय काठमाडौंमै छु।', मौसम अनुकूल हुनसाथ उद्दारका लागि हेलिकप्टर पठाइने बताइएको छ । , हिमपातका कारण दुई विदेशीसहित १० पर्यटक मेरा पिक क्षेत्रमा फसे
सेतोपाटी संवाददाता उदयपुरमा खोलाले बगाएर हुलाक कार्यालयका कर्मचारीको मृत्यु भएको छ। , बुधबार उदयपुरगढी गाउँपालिका वडा नम्बर ८ बस्ने ५९ वर्षीय कृष्णबहादुर श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।, उनी अतिरिक्त हुलाक कार्यालय नरेटारका अतिरिक्त पत्र वाहक कर्मचारी हुन्। बुधबार बिहान उनको शव बैजनाथ खोलामा फेला परेको थियो। , प्रहरी नायब उपरीक्षक गौतमका अनुसार उनी मंगलबार साँझ ६ बजे महादेवस्थानस्थित घर फर्किँदै थिए। फर्किने क्रममा बैजनाथ खोलाले उनलाई बगाएको थियो। , उनको शव बगाएको स्थानबाट अन्दाजी एक किलोमिटर तल ढुंगाको चेपमा अड्किएको अवस्थामा फेला परेको थियो। , प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुर पठाएको जानकारी दिएको छ।, उदयपुरमा खोलाले बगायो हुलाकका कर्मचारी
सेतोपाटी संवाददाता सिरहा जोड्ने कमला नदीमाथिको पुल फेरि भासिएको छ।, दुई दिनदेखि भइरहेको वर्षाले नदीमा बढेको पानीको बहाव थेग्न नसकेर पुलको पिलर भासिएको हो।, हुलाकी सडकको मेरुदण्डको मानिने यो पुलको पश्चिमतीरबाट तेस्रो नम्बरको पिलर भासिएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।, उनकाअनुसार दुई फिट जति पिलर भासिएको छ। यसअघि गएको असारमा आएको बाढीले पूर्वतर्फबाट यो पुलको दोस्रो नम्बरको स्पान भासिएको थियो।, ९९ प्रतशित काम सकेर उद्धघाटनको तयारीमा रहेको यो पुल भासिएपछि ठेकेदार कम्पनी पप्पु–लुम्बिनी जेभीलेले केही दिनभित्रै मर्मत गर्ने जनाएको थियो।, ४७० मिटर लामो यो पुल निर्माणका लागि ०६८ सालमा पौने २५ करोडमा ठेक्का सम्झौता भएको थियो।, ११ मिटर चौडाइ रहेको कमला पुलमा १२ वटा स्पान रहेको छ। लामो समयदेखि पुल निर्माण कार्य सम्पन्न नहुँदा सर्वसाधारण तथा किसानले डुंगा चढेर आवातजावत गर्दै आएका छन्।, फेरि भासियो कमला नदीको पुल
सेतोपाटी संवाददाता बझाङमा पहिरोले गाउँ पुरिँदा बेपत्ता भएका २३ मध्ये २ जनाको शव फेला परेको छ।, हेलिकप्टरमार्फत् नेपाली सेना सहितको टोली घटनास्थल डिख्लामा पुगेको छ।, सो टोलीले  घटना भएको ७२ घण्टापछि बेपत्ता भएकामध्ये दुई जनाको शव फेला पारेको हो।, शव फेला पर्नेमा नरे पार्कीका ७ वर्षीया छोरा आयुष पार्की छन् भने अर्काे एक जनाको सनाखत हुन बाँकी छ। अहिले पानी पर्न कम भएकोले खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन्।, आइतबार रातिदेखि परेको पानीले मंगलबार थलारा गाउँपालिका –४ डिख्लामा पहिरो खस्दा उनीहरू बेपत्ता थिए।, बेपत्ता हुनेमा एकै परिवारका १८ जना सदस्य र अर्काे परिवारका ५ जना छन्।, यस्तै, मल्लो डिख्लाका १ सय ४८ घरधुरीका ७ सय ५४ जना विस्थापित भएका छन्। उनीहरू अहिले विद्यालयमा, पसल र पहिरो जोखिम नभएका घरमा बसेका छन्।, विस्थापित भएकालाई खान, बस्न गाह्रो भइरहेको  स्थानीय शिक्षक मदन साउदले बताए।, उद्दार टोलीले विस्थापितका लागि राहत सामग्री र औषधी समेत त्यहाँ लगेको जनाइएको छ। बेपत्ता भएकामध्ये अझै २१ जना फेला पर्न सकेका छैनन्।, हेलिकप्टर सहितको उद्धार टोली डिख्लामा, बेपत्ता २३ मध्ये दुईको शव फेला
सेतोपाटी संवाददाता नेपालमा थप ६ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६ सय ६२ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ४ सय २६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, सात हजार २२ जनाको पिसिआर परीक्षण र १४०४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल ११ हजार ५७९ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २७० पुगेको छ।, ७५८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , त्यस्तै, काठमाडौं उपत्यकामा २५३ थपिएका छन्। जसमध्ये काठमाडौंमा १९५, ललितपुरमा ३५ र भक्तपुरमा २३ संक्रमित छन्।, मन्त्रालयका अनुसार अहिले मुगु र मुस्ताङमा शून्य संक्रमित छन्। , ८ हजार ४ सय २६ मा कोरोना परीक्षण गर्दा ६६२ लाई संक्रमण
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।, ९ हजार ९१६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ४ जना मंगलबार संक्रमणबाट निको भएका छन्।, यसकै संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएका छन्।, अहिलेसम्म नेपालमा ११ हजार ३०५ संक्रमितको मृत्यु भएको छ।, अहिले नेपालमा ११ हजार ८१५ सक्रिय संक्रमित छन्। , यस्तै, काठमाडौं उपत्यकामा थप ३५४ जना संक्रमित थपिएका छन्। काठमाडौंका २४३, ललितपुरका ८७ र भक्तपुरका २४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। ,   , नेपालमा थप एक हजार ९६ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
सेतोपाटी संवाददाता धरान- १३ मा पहिरो पुरिएर बेपत्ता दिदीभाइको शव फेला परेको छ। , जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान १३ को नागेश्वर मार्गमा खसेको पहिरोले निशान राईको घर पुरिँदा उनका छोरा र छोरी बेपत्ता भएका थिए। केहीबेर अघि उनीहरूको शव फेला परेको प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए।, प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेतिर पहिरो खसेको थियो।, प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार पहिरो खस्दा राईको टिनको छाना भएको घर पुरिएको छ। सोही क्रममा ७ वर्षीया निसु राई र वर्ष ४ का निहान राई बेपत्ता थिए। ,  , पहिरोले पुरिएर दिदीभाइको मृत्यु
सेतोपाटी संवाददाता मोरङको कर्सियास्थित सिटिजन बैंकमा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।, धनपालथान गाउँपालिका वडा नम्बर ४ कर्सियास्थित बिपी चोकमा रहेको सिटिजन बैंकमा गत असोज २५ गते दिउँसो लुटपाट भएको थियो। त्यसमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो। , अनुसन्धानको क्रममा प्रहरीले थप एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। , पक्राउ पर्नेमा भारत अररिया फारवेसगञ्ज १० बस्ने २० वर्षीय रोशन यादव छन्। उनलाई प्रहरीले सुनवर्षी नगरपालिका वडा नम्बर ८ सिक्टी नेपाल-भारत सीमा क्षेत्रबाट सोमबार पक्राउ गरेको हो। , गत सोमबार आठ हतियारधारीको समूहले बैंकमा लुटपाट गरेको प्रहरीको भनाइ छ। बैंकको कर्सिया शाखाका अनुसार २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटपाट गरिएको छ। सो रकम सोही लुटेरा समूहले लगेको आशंका प्रहरीको छ।, प्रहरीले लुटपाटमा संलग्न दुई जना भारतीयसहित तीन जनालाई यसअघि नै पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार र विराटनगरका ३२ वर्षीय श्याम मुखिया छन्।, प्रहरीले उनीहरूलाई भारततर्फ भाग्न लाग्दा सीमा नाकाबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जिसीले जानकारी दिएका थिए। , उनीहरू को २५ प ३८९९ नम्बरको पल्सरमा भारतर्फ भाग्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो। प्रहरीका अनुसार चार वटा मोटसाइकलमा आएका ८ जनामध्ये चार जनासहित एउटा मोटरसाइकल र लुटपाटमा प्रयोग भएको पेस्तोल पनि भेटिएको छ।, लुटेरालाई पक्राउ गर्न खोज्दा प्रहरीले भारतीय नागरिक विजय बहरदारमाथि गोली चलाएको थियो। उनको बाँया खुट्टामा गोली लागेको थियो। , लुटपाटमा प्रयोग गरेको कटुवा पेस्तोल खैरवनास्थित बाँस झ्याङबाट बरामद गरेको प्रहरीले जनाएको छ।, सोमबार साँझसम्म बैंकले लुटपाटको असफल प्रयास भएको बताएको थियो। तर बैंकमा भएको पैसाको हिसाब गर्दा लुटेरा समूहले पैसा लगेको पुष्टि भएको हो।, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार बैंकले २१ लाख ७० हजार ५ सय ६३ रूपैयाँ लुटिएको जानकारी गराएको छ। लुटपाट भएको रकम भेटिएको छैन।, लुटेरा समूह बैंकभित्र प्रवेश गर्दा सुरक्षा गार्ड शितल कुँवरले रोक्ने प्रयास गरेका थिए। कुँवरले उनीहरूको हतियार खोस्न खोज्दा लुटेरा समूहले २ राउन्ड गोली चलायो। सुरक्षा गार्ड ३७ वर्षीय शितलको कुममा गोली लागेको छ। उनको उपचारको लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको थियो। , यो पनि : बैंक लुट प्रकरणः २१ लाखभन्दा बढी रकम लुटिएको सिटिजन्स बैंकको भनाइ , मोरङमा बैंक लुटपाट प्रकरण: थप एक पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ३५४ जनामा संक्रमण पुष्टि भएको हो। , काठमाडौंका २४३, ललितपुरका ८७ र भक्तपुरका २४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। योसँगै उपत्यकामा दुई हजार ५१९ सक्रिय संक्रमित छन्।, काठमाडौंमा एक हजार २८८, ललितपुरमा ६४८ र भक्तपुरमा ५८३ जना सक्रिय संक्रमित छन्।  , यस्तै नेपालमा थप एक हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ९ हजार ९१६ जनाको कोरोना परीक्षण गर्दा एक हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। , एक हजार ४ जना मंगलबार संक्रमणबाट निको भएका छन्। यसकै संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म नेपालमा ११ हजार ३०५ संक्रमितको मृत्यु भएको छ।, अहिले नेपालमा ११ हजार ८१५ सक्रिय संक्रमित छन्। ,  , काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण
दिपकजंग शाही आइतबारदेखि लगातार भइरहेको वर्षाका कारण कर्णालीका पनि विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ।, वर्षाका कारण आएका पहिराले मानवीय क्षति भएको छ भने कर्णाली राजमार्ग अवरूद्ध भएको छ।, कालीकोटको महाबै गाउँपालिका-७ राम्नीमा पहिरोले एक घरमा पूर्ण रूपमा क्षति पर्‍याएको छ।, स्थानीय विष्णुलाल अधिकारीको घरमा माथिबाट पहिरो खस्दा पूर्ण रूपमा क्षति पुगेको हो।, पहिरोमा परी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ। दाहिने खुट्टा च्यापिएकी ११ वर्षकी अर्की छोरीको भने उद्दार गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, यस्तै, सोही ठाउँ नजिकका पाँच वटा घरमा आंशिक क्षति पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए।, गाउँमा अरू ६० घर पहिरोको जोखिममा भएकोले परिवारलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको उनले बताए। एसएसपी श्रेष्ठका अनुसार ६० घरका करिब साढे दुई सय मानिसलाई सुरक्षित स्थानमा सारिएको हो।, उनीहरूलाई राम्नीमै रहेको राम माध्यमिक विद्यालय र स्वास्थ्य इकाईमा सारिएको हो।, उक्त स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रसको टोली राहत र औषधि लिएर गएको उनले जानकारी दिए।, नेपाल प्रहरीको तर्फबाट १० वटा टेन्ट पनि त्यहाँको लागि व्यवस्थापन गरिएको छ।, जुम्लामा एक महिला बेपत्ता, वर्षाका कारण जुम्लाको हिमा नदीमा आएको बाढीमा परी एक जना महिला बेपत्ता भएकी छन्। जिल्लाको हिमा गाउँपालिका-६ की ३३ वर्षीया रन्न शाही आज बिहानदेखि बेपत्ता रहेको एसएसपी श्रेष्ठले जानकारी दिए।, हिमा नदीले बगाएर ल्याएका दाउरा निकाल्न जाँदा उनी बगेर बेपत्ता भएकी हुन्।, कर्णाली राजमार्ग ठाउँ-ठाउँमा अवरूद्ध, लगातारको वर्षाका कारण पहिरो आएपछि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग अवरूद्ध भएको छ। दैलेख र कालीकोट खण्डका विभिन्न ठाउँमा पहिरो झरेको छ।, दैलेख खण्डमा डुंगेश्वर, खिड्कीज्युला र घट्टेखोलामा पहिरो खसेको छ। डुंगेश्वरको पहिरो भने पन्छाइएको एसएसपी श्रेष्ठले बताए।, ‘डुंगेश्वरमा झरेको पहिरो सफा गरेर अगाडिका पहिरा पन्छाउन मेसिन गएको छ,’ उनले भने, ‘कालीकोटमा पनि विभिन्न ठाउँमा पहिरा गएर राजमार्ग अवरूद्ध भएको छ।’, उनका अनुसार कालीकोटको खाँडाचक्र नगरपालिका–१ मा पर्ने ज्यानमारा भिर र  तिलागुफा–१ भैसेपानीमा पहिरो खसेको छ।, राजमार्ग अवरूद्ध भएपछि मंगलबार बिहानैदेखि सवारी साधन र यात्रु बाटोमै रोकिएका छन्।, बिजुली निकालिएका पाँच वटा घट्ट बगे, जुम्लामा बाढीले बिजुली उत्पादन गरिएको पाँच वटा घट्ट बगाएको छ। जिल्लाको तातोपानी गाउँपालिका–८ टोप्लास्थित घट्टेखोलामा रहेका ती साना पावर हाउस बाढीले बगाएको प्रहरीले जनाएको छ।, सोही ठाउँमा रहेको झोलुंगे पुल पनि बाढीले बगाएको छ।, यस्तै जुम्लाको सदरमुकाम नजिकै रहेको खेतका फाँट पनि बाढीले बगाएको छ। प्रहरीका अनुसार मार्सी धान लगाइएको फाँट धानसहित बाढीले बगाएको हो।, कर्णाली करिडोरसँग जोड्ने फेरी बग्यो, कर्णाली नदीमा रहेको फेरी पनि बाढीले बगाएको छ। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको जीतेगडादेखि कर्णाली करिडोरलाई जोड्न प्रयोगमा आइरहेको उक्त फेरी मंगलबार बिहान नदीमा आएको बाढीले बगाएको हो।, बाढीले बगाएको फेरी दैलेखको राकम भन्दा तल आइसकेको एसएसपी श्रेष्ठले बताए। त्यसयता भने फेरी देखिएको छैन।, वर्षाका कारण कर्णालीका विभिन्न ठाउँमा क्षति: एकको मृत्यु, एक जना बेपत्ता
सविता बुढा बझाङमा पहिरोले गाउँ पुरिँदा २३ जना सम्पर्कविहीन भएका छन्। , थलारा गाउँपालिका- ४ डिख्लामा मंगलबार बिहान पहिराे जाँदा ७ घर पुरिएका हुन्।  बेपत्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका शान्ति माध्यमिक विद्यालयका शिक्षक मदनबहादुर साउदले बताए। , पहिराेपछि तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन माध्यमिक विद्यालयमा बसिरहेका उनले बताए। , टेलिफोन सेवा अवरूद्ध  हुँदा प्रहरीलाई समेत खबर गर्न नसकेको उनले बताए। , स्थानीय जनप्रतिनिधि समेत घटनास्थल पुग्न सकेका छैनन्। स्थानीयले पानी परिरहेकोले बेपत्ता हुनेहरूकाे खाेजी गर्न सकेका छैनन्।, यसबारे प्रहरी र प्रशासनलाई साेध्न खाेज्दा नेटवर्क नभएकोले सम्पर्क हुन सकेन।, बझाङमा पहिरोले गाँवै पुरियो, २३ जना सम्पर्कविहीन
नारायण ढुंगाना नेपालबाट मनसुन बाहिरिएलगत्तै ठूलो वर्षा हुन्छ भन्ने कसैले सोचेका पनि थिएनन्। एक्कासि मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र आज नराम्ररी प्रभावित हुन पुगेको छ। , खास कारण के हो त भनेर सोधिएको जिज्ञासामा मौसमविद्ले दुइटा प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा भएको बताएका छन्।, हाल बङ्गालको खाडीमा र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ। त्यसैले भारी वर्षा गराएको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए।, यसले बिहीबार बिहानसम्मै प्रभाव पार्ने उनको भनाइ छ। बिहीबार दिउँसोबाट भने मौसम खुल्दै जानेछ। यो प्रणाली असोज ३१ बाटै सक्रिय भएको थियो। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन नै सार्वजनिक गरेर सतर्क गराएको थियो। , दुई वटा प्रणाली सक्रिय हुँदा पश्चिम नेपाल (विशेष गरी सुदूरपश्चिम प्रदेश) नराम्ररी प्रभावित भएको छ। नेपालका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण प्रभावितको उद्दार तथा राहतमा मुलुककै ध्यान केन्द्रित भएको छ। यकिन विवरण आइनसके पनि विभिन्न १२ भन्दा बढी जिल्लालाई प्रत्यक्ष प्रभाव पारेको छ।, डोटीमा दुई र डडेल्धुरा तथा कालीकोटमा एक/एक गरी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। वर्षाका कारण कालीकोट, डडेल्धुरा, बझाङ, गुल्मी, प्युठान, अछाम, डोटी, पाल्पा, कञ्चनपुर, दैलेख र बर्दियामा बढी प्रभाव परेको छ। मुख्यगरी सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला तथा त्यसका सहायक नदीमा बाढीको बहाव उच्च रहेको छ। , प्राप्त विवरणअनुसार बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडकखण्ड, बझाङको जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी पहिरोका कारण अवरूद्ध भएको गृह मन्त्रालयले जनाएको छ।  , यसअघि डुबानमा परेका कञ्चनपुरका २०० प्रभावितलाई भने सुरक्षाकर्मी र स्थानीय प्रशासनको पहलमा उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ। ठाउँ-ठाउँमा फसेकालाई अहिले पनि जिल्लास्तरबाट उद्दार कार्य जारी रहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्।, खराब मौसमका कारण विभिन्न पर्यटकीय क्षेत्रमा पुगेका पर्यटकसमेत प्रभावित भएका छन्।, सडक अवरूद्ध हुँदा कति ठाउँका पर्यटक फर्कन नसकेको बताइएको छ। प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले सुदूरपश्चिमका अधिकांश सडक अवरूद्ध भएको जानकारी दिए। प्रतिकूल मौसमका कारण हवाई उडानसमेत प्रभावित हुन पुगेको छ। , जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रही देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ। प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षा भएको छ। , बुधबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।, प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद प्रधानाङ्गले बताए। यसपटक मनसुनमा धेरै वर्षा भएको थियो। पोष्ट मनसुनमा समेत ठूलो वर्षा भयो।, वर्षाले सुदूरपश्चिम क्षेत्रलगायत विभिन्न ठाउँलाई प्रभावित पारेपछि राहत तथा उद्दारको व्यवस्थापनमा लाग्न प्रधानमन्त्री शेरबहादुर देउवाले  निर्देशन दिइसकेका छन्।, गृहमन्त्री बालकृष्ण खाणले पनि मातहतका निकायलाई उद्दार तथा राहतका कार्यमा कुनै कसर बाँकी नराख्न सुरक्षा अधिकारी र प्रशासनलाई निर्देशन दिइसकेका छन्।, उद्दारमा सेनाको हेलिकप्टर पठाइयो , दुई हेलिकप्टरले उद्दारको प्रयास थाले पनि मौसम प्रतिकूल हुँदा उद्दार गर्न नसकेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्। , कञ्चनपुरमा सेनाको हेलिकप्टरबाट उद्दार गर्न गएको हेलिकप्टर अवतरण गर्न नसकेपछि अहिले धनगढीमा बसिरहेको छ। मौसम अनुकूल हुने बित्तिकै हेलिकप्टर जाने पाण्डेले बताइन्। उनका अनुसार महाकाली नदीको बगरमा फसेकाको उद्दार गर्ने प्रयास भइरहेको र बैतडी क्षेत्रमा उद्दारका लागिसमेत काठमाडौंबाट हेलिकप्टर पठाइएको जानकारी दिइन्। , सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले उद्दार गर्न गएको सानो हेलिकप्टर मौसम खराबीका कारण अहिले धनगढीमा बसेको र काठमाडौंबाट पठाइएको ठूलो हेलिकप्टर पनि खराब मौसमका कारण सुर्खेतमा गएर बसेकाले मौसम अनुकूल हुने बित्तिकै उद्दारमा परिचालन हुने जानकारी दिए। उनले जमिनबाट गएका फौजले भने उद्दारको काम गरिरहेको जानकारी दिए। सँगसँगै सशस्त्र र नेपाल प्रहरीसमेत उद्दारमा परिचालित छ।  (रासस), दुई मौसम प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा, सुदूरपश्चिम बढी प्रभावित
सेतोपाटी संवाददाता डडेल्धुरामा भेलले बगाउँदा एक महिलाको मृत्यु भएको छ।, गन्यापधुरा गाउँपालिका–३ की ६५ वर्षीय नर्मदादेवी शाहीको पानीको पाइप जोड्ने क्रममा खोलाले बगाएर मृत्यु भएको हो।, मंगलबार साँझ घर नजिकैको खोलामा खानेपानीको पाइप जोड्ने क्रममा माथिबाट आएको पहिरोसहितको भेलले उनलाई बगाएको प्रहरीले जनाएको छ।, स्थानीयले केही मिटर तल खोलामा उनको शव फेला परेको बताएका छन्।, डडेल्धुरामा भेलले बगाउँदा एक महिलाको मृत्यु
सेतोपाटी संवाददाता कञ्चनपुरमा बाढीमा फसेर रूखमा बसेका पाँच जनाको सेनाले उद्दार गरेको छ।, लगातारको वर्षासँगै आएको बाढीले भीमदत्त नगरपालिकाको खल्लामसेटीमा बस्ने एकै परिवारका पाँच जना महाकाली र सेल्फीडाँडाको खोलाको बीचमा सोमबार रातिदेखि फसेका थिए। , उनीहरू रूखमा बसेर १५ घण्टासम्म उद्दारको पर्खाइमा रहेकोमा मंगलबार साँझ ५ बजे उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। , कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षीय अजय नायक, ४ वर्षीय बालक सुरज नायक र ५० वर्षीया गौरी खड्कालाई सकुशल उद्दार गरिएको बताए।, प्रतिकूल मौसमका कारणले उद्दारमा केही ढिलाइ भएको थियो।, कञ्चनपुरमा बाढीमा फसेर रूखमा बसेका एकै परिवारका पाँच जनाको उद्दार
विनोद सापकोटा झापाको कनकाई नदीमा आएको बाढीले दक्षिणी सीमावर्ती गौरीगञ्जका ४० घर परिवार डुबानमा परेका छन्। , वडा नम्बर १ को टापु, होकलबाडी र बालुबाडी भन्सार छेउका मानव बस्ती पूरै डुबानमा परेको वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताए।, डुबानमा परेका परिवारको उद्दार गरेर कनकाई नदीको बाँधमा राखिएको उनले जानकारी दिए।, हिजो रातिदेखि झापा लगायत पूर्वी पहाडमा परेको पानीले कनकाई नदीमा बाढी आएको थियो। बाढीले गाउँ डुबाउन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसहित स्थानीय जनप्रतिनिधि  खटेका थिए। , प्रहरी र जनप्रतिनिधिले डुबानबाट उद्दार गरिएका परिवारलाई कनकाईको बाँधमा त्रिपाल टाँगेर राखेको छ। घरमा भण्डारण गरिएका खाद्यान्न सबै भिजेपछि उनीहरूलाई चिउरा, दालमोठ र चाउचाउ खानलाई दिइएको वडा अध्यक्ष राजवंशीले सेतोपाटीलाई बताए।, लगातारको वर्षाले जलसतह बढेपछि सो वडाको एउटा सिंगो गाँउ टापुमा परिणत भएको छ। , पूर्वमा माइखोला, पश्चिममा कमल बनियानी, उत्तरमा ४ मिटर गहिरो होलीबाट निकास भएको पानीले गाउँ घेरा हालेको हो। दक्षिणतर्फ कमल बनियानी र कनकाई नदी मिसिएपछि त्यहाँका मानिस चारैतिरको खोलाको घेराबन्दीमा परेका छन्। , उनीहरूलाई उद्दारका लागि राखिएको एउटा डुङ्गा पनि बाढीले बगाएपछि सो क्षेत्रमा प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।, वडा अध्यक्ष राजवंशीका अनुसार उनीहरूलाई उद्दार गर्न सकियो भने स्थानीय टुनु बस्तीको रेडक्रस भवन र राम जानकी आधारभूत विद्यालयमा ल्याएर राखिने छ।, झापामा ४० घर डुबानमा
सेतोपाटी कैलालीको मोहन्याल गाउँपालिका–४ खिमडीमा ठूलीगाडको दोभान बीचमा फसेका लोकबहादुर बुढामगर र उनकी श्रीमती वीरमादेवी बुढामगरको अझै पनि उद्दार हुन सकेको छैन।, उनीहरूको उद्दारको लागि सेनाको हेलिकप्टरले प्रयास गरे पनि सम्भव हुन नसकेको सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्।, ‘त्यो खोंचजस्तो ठाउँ रहेछ, हेलिकप्टर ल्याण्ड गर्न सकिएन। भिजिबिलिटी कम भएर त्यहाँ उद्दारको काम आज हुन सकेन,’ उनले भनिन्।, दुई नदीका बीचमा अस्थायी खेती गर्ने उनीहरू टहरा बनाएर बस्दै आएका छन्। स्थानीय प्रहरी कार्यालयबाट सुरक्षाकर्मी उद्दारको लागि खटिएका छन्। , यस्तै, बैतडीको सिगास गाउँपालिका-५ ढुंगाडमा सेती नदीको टापुमा फसेका ६० जनाको पनि आज उद्दार हुन सकेन। , ‘त्यहाँ सुर्खेतबाट ठूलो हेलिकप्टर गएको थियो, मौसमको प्रतिकूलताका कारणले उडेको डेढ घण्टापछि फेरि फर्किनु पर्यो,’ उनले भनिन्।, मन्त्री जोशीका अनुसार उद्दार गर्न प्रहरीको टोली परिचालित छ। रातिको समयमा हेलिकप्टरले उद्दार गर्न नसकिएकोले प्रहरीले सक्ने प्रयास गर्ने उनले बताइन्। , बुधबार फेरि हलिकप्टरबाट उनीहरूको उद्दारको प्रयास हुनेछ।, बैतडी र कैलालीमा नदीबीच फसेका ६२ जनाको उद्दारमा कठिनाइ
सेतोपाटी संवाददाता कैलालीमा खाेलामा माछा मार्न गएका तीन जना बगेर बेपत्ता भएका छन्। , लम्कीचुहा नगरपालिका-३ ढुंगे बजार बस्ने ६१ वर्षीय खडकबहादुर घर्ती मगर, ३५ वर्षीय विक्रम घर्ती मगर र २६ वर्षीय खडक राना मगर बेपत्ता भएका हुन्।, तीनै जना माछा मार्न भनी गएका र हालसम्म पनि घरमा नआएको भनी इलाका प्रहरी कार्यालय चिसापानीमा जानकारी गराएपश्चात प्रहरी टोली उक्त स्थानमा खटेका छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।,  , माछा मार्न गएका तीन जना बेपत्ता
सेतोपाटी संवाददाता मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई  पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय रूपन्देहीले बुटवल उप-महानगरपालिका वडा नम्बर ११ देवीनगरस्थित डेराकोठामा बस्ने ४४ वर्षीय साविरअलि मुसलमानलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले सोमबार राति साढे ८ बजे डेराबाट पक्राउ गरेको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए। , मोतीपुर औद्योगिक क्षेत्रको सरकारी जग्गामा विभिन्न व्यक्ति तथा समूहले अतिक्रमण तथा कब्जा गर्ने मनसायले उक्त स्थानमा गैर कानुनी भेला-जम्मा हुने गरेको प्रहरीको भनाइ छ।, सो काम हुने गरेको भन्दै उक्त क्षेत्रमा जिल्ला सुरक्षा समिति रूपन्देहीको बैठकले असोज २४ गते निषेधित क्षेत्र घोषणा गरेको थियो।तर साविरअलिले सरकारी जग्गा अतिक्रमण गर्न मानिसहरूलाई उक्साउने, टोली गठन गर्ने जग्गा बाँडफाँट गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर बनाउने, माइन्यूट तयारको नेतृत्व गर्दै आएको आरोप उनीमाथि छ। , सोही आरोपमा प्रहरीले उनलाई पक्राउ पुर्जी दिई पक्राउ गरेको प्रहरी निरीक्षक चन्दले बताए।, उनीविरूद्ध ईलाका प्रहरी कार्यालय बुटवलमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरूद्धको कसूरमा मुद्दा दर्ता गरेको छ। , उनीमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट १० दिन हिरासतमा राख्न अनुमति पाएको छ।, मोतीपुर औद्योगिक क्षेत्रमा झडप हुँदा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको थियो। ,  , मोतीपुर घटनामा संलग्न रहेको आरोपमा एक पक्राउ
रासस डोटीमा आएको बाढी, पहिरामा परी आठ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। उनीहरूको मंगलबार मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बाढी, पहिरामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–११ की ३५ वर्षीया मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का ६२ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का ४२ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक रहेका छन्।, यसैगरी तीन दिनदेखिको लगातारको बर्सात्का कारण सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई स्थानीय वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिए उनका छोरा १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।, सायल गाउँपालिका–१ स्थित छत्रे खोलाले बगाउँदा स्थानीय ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएको अस्थायी प्रहरी पोष्ट छपालिले जनाएको छ। उनको खोजीकार्यका लागि प्रहरी टोली परिचालन भए पनि फेला पार्न सकिएको छैन।, केआइसिंह गाउँपालिका–४ मा पहिराको जोखिममा परेकाहरु विस्थापित भई गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, दिपायल सिलगढी नगरपालिका–८ पाङरिमा २० घरधुरी परिवार पहिराको जोखिममा परी विस्थापित भई सुरक्षित बासस्थानका लागि दुर्गा आधारभूत विद्यालयमा राखिएको प्रहरी प्रमुख दानबहादुर मल्लले बताए।, डोटीमा बाढीपहिरोमा परेर ८ को मृत्यु, एक बेपत्ता
सेतोपाटी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको आज बिहान मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको छ।, नजिकैको सामुदायिक वनबाट नौ/दशका सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए।, सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।, ‘डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो,’ शुक्लाफाँटा–१२ का वडाध्यक्ष बाले रानाले भने, ‘अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ।’, (रासस), हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु
सेतोपाटी संवाददाता दाङको देउखुरीमा बाढीले बोलेरो जीप बगाएको छ।, गढवा गाउँपालिका वडा २ खौरा खोलाले मंगलबार राति ११ बजेतिर बा १७ च ५३४४ नम्बरको बोलोरो जीप बगाएको हो।, उक्त जिपमा पाँच जना सवार रहे पनि तत्काल प्रहरी पुगेर उद्धार गरेको हुँदा कुनै पनि मानविय क्षति भने हुन नपाएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।, गढवाबाट पोखरातर्फ जान लागेको जिप बाढीले बगाएको उनले बताए। बुधबार बिहान गाडी निकाल्ने प्रयास भइरहेको एसपी काफ्लेले जानकारी दिए।, त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत नर्ती र लमहीका बीचमा एउटा बस दूर्घटनामा परेको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बस सडक किनारामा पल्टिएको भए पनि मानविय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ।, बसमा चालक र सहचालक मात्रै रहेको तथा यात्रु लिनको लागि जाँदै गर्दा चिप्लिएर दुरंघटनामा परेको प्रहरीको भनाइ छ।, दाङमा बाढीले बगायो जिप
सेतोपाटी संवाददाता मुगुमा भएको बस दुर्घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।, छाँयानाथ रारा नगरपालिका–१४ का २७ वर्षीय दन्त बुढाको मृत्यु भएको हो।, उनको मंगलबार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले बताए। योसँगै मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ।, गत असोज २६ गते नेपालगञ्जबाट मुगु गएको भे १ ख ३१६७ नम्बरको बस छाँयानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको थियो।, बसमा सवारमध्ये २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। बाँकी चार जनाको उद्दार गरी विमानस्थलमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने चार जनाको उपचारका क्रममा बाँकेमा मृत्यु भएको थियो।, मुगु बस दुर्घटना: थप एकको मृत्यु
सेतोपाटी संवाददाता पहिरोले राप्ती राजमार्ग अवरूद्ध भएको छ।, अविरल वर्षापछि राजमार्गका विभिन्न खण्डमा पहिरो झरेको छ। , दाङको तुलसीपुर हुँदै सल्यान कपुरकोटदेखि रुकुम सडकखण्ड अवरुद्ध भएपछि यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन्।, सल्यानका प्रहरी प्रमुख गोबिन्द थापाका अनुसार कपुरकोट गाउँपालिका अन्तर्गतको अरीगाँंलेफेदी र बागचौर नगरपालिकाको जलेखर्चमा झरेको पहिरोले सडक अवरुद्ध भएको छ।, पहिरो हटाउने काम भइरहेको छ। , दाङको तुलसीपुर घोराही सडकखण्डमा पनि साना सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्।, स्थानीय पत्रे लगायतका खहरे खोलाहरुमा बाढी आएका कारण मंगरबार बेलुकादेखि नै मोटरसाइकल, स्कुटी, जिप, कार सञ्चालनमा आउन नसकेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।, पहिरोले राप्ती राजमार्ग अवरुद्ध
सेतोपाटी संवाददाता सल्यानमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।, कुमाख ५ तिमिलेका ४७ वर्षीय कविराज खड्काले आफ्नी श्रीमती ४२ वर्षीया कली खड्काको गए राति ११ बजे हत्या गरेको प्रहरीले जनाएको छ।, कविराजले मादक पदार्थ सेवन गरेका थिए। छोराछोरीसँगै सुतेकी श्रीमतीलाई बसुलाले प्रहार गरेर कविराजले हत्या गरेको प्रहरीले जनाएको छ।, प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बसुलाले टाउकोमा प्रहार गर्दा कलीको घटनास्थलमै मृत्यु भएको बताए।, ‘१४ बर्षीय छोरा र ६ वर्षीय छोरीसँगै सुतिरहेकी र निदाएकी श्रीमतीलाई मदिरा सेवनपछि श्रीमानले बसुला प्रहार गरेर हत्या गरेको देखिएको छ,’ थापाले भने, ‘छोराले राति खबर गरेपछि प्रहरी गएर कविराजलाई पक्राउ गरेका छौं।’, केही दिनअघि श्रीमान् र श्रीमतीबीच घरायसी कुरामा सामान्य विवादसमेत भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, सुतिरहेकी श्रीमतीलाई बसुलाले हानेर श्रीमानले गरे हत्या
सविता बुढा लगातारको वर्षापछि आएको बाढीपहिरोले सुदूरपश्चिम प्रदेशभित्र १५ जनाको मृत्यु भएको छ।, गत आइतबार रातिदेखि यहाँ पानी परेको थियो।, सबैभन्दा धेरै डोटीमा ११ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन्। बझाङसहित विभिन्न जिल्लामा २८ जना बेपत्ता छन्। उनीहरू बाढी र पहिरोमा परेर बेपत्ता भएका हुन्। उनीहरूको उद्धार गर्न स्थानीयले माग गरेका छन्।, बझाङमा पहिरोमा परेर बेपत्ता भएका २३ जनाको उद्धार हुन सकेको छैन। मंगलबार दिउँसो थलारा गाउँपालिका–४ डिख्लामा गाउँमाथि पहिरो खस्दा उनीहरू बेपत्ता भएका थिए।, उद्धार टोली अहिलेसम्म घटनास्थल पुगेको छैन। स्थानीय शिक्षक मदन साउदले २४ घन्टा बितिसक्दा पनि उद्धार टोली नआएको गुनासो गरेका छन्।, घटनास्थलमा इलाका प्रहरी चौकी झोताबाट मंगलबार चार जनाको टोली डिख्ला गएको थियो। भारी बर्षा र राती परेपछि त्यो टोली घटनास्थलमा पुग्न सकेन। बुधबार बिहान उनीहरू घटनास्थल गएका छन्। बेपत्ताहरूको खोजी कार्यमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन्।, साउदले थप उद्धार टोली आवश्यक रहेको बताए। प्रदेश सरकारले उद्धारका लागि हेलिकप्टर पठाउने भने पनि पठाइसकेको छैन। ‘एक जनाको शव देखिएको छ,’ उनले भने। , पशुचौपाय पनि पहिरोमा पुरिएका छन्।, साथै मल्लो डिख्लाका १ सय ४८ घरधुरीका ७ सय ५४ जना बिस्थापित भएका छन्। उनीहरू अहिले विद्यालयमा, पसल, र पहिरो जोखिम नभएका घरमा बसेका छन्। बिस्थापित भएकाहरुलाई खान, बस्न गाह्रो भइरहेको साउदले बताए।, तल्लो डेख्लाका २३ जनासँगै ७ वटा घर, पशुचौपाय पुरिएका छन्। ७० बर्षीया उजली पार्की, ५० बर्षीया हासु पार्की, ६ बर्षीया आयसु  पार्की, १२ बर्षीया हिमा पार्की,  ८ बर्षकी सिमा पार्की,  ६० बर्षीया हर्क सार्की बेपत्ता छन्।, साथै धनगिरी सार्की, सीता सार्की, प्रभा सार्की, भूमिका सार्की , इस्वरा देवी सार्की, संजिव सार्की, सर्मिला सार्की, सुवास सार्की, पनि पहिरोमा बेपत्ता भएका छन्।, विकास सार्की, मिकेस सार्की, मदन सार्की, कलु सार्की , एलिसा सार्की, कम्मा सार्की, सबिना सार्की, सरोज सार्की, सिम्जिबी सार्की पनि बेपत्ता भएका हुन्।, सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बेपत्ता भएकाको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको बताइन्।, उनले खोज तथा उद्धार गर्नुपर्ने आवश्यक भएका अन्य ठाउँमा पनि हेलिकप्टर पठाइने जानकारी दिइन्।, सुदूरपश्चिममा बाढीपहिरोले १५ को मृत्यु, बेपत्ताको उद्धार गर्न हारगुहार
दिपकजंग शाही हुम्लामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ।, गए राति ९ बजेतिर खार्पुनाथ गाउँपालिका–५ खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पहिरोले पुरेको हो।, पहिरोमा परेर ७० वर्षीया धनवीरेसहित परिवारका ६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए।, धनविरेकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाहीको पनि पहिरोमा परेर मृत्यु भएको छ।, कलबहादुरका तीन जना छोरा १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र ३ वर्षीय जसबहादुर शाहीको पनि मृत्यु भएको श्रेष्ठले जानकारी दिए।, २० मिटर माथिबाट आएको पहिरोले घर पुरेको हो।, घटनामा मृत्यु भएका चार जनाको शव निकालिएको छ भने २ जनाको निकाल्न बाँकी रहेको प्रहरीले जनाएको छ।, पहिरोले घर पुरिँदा हुम्लामा ६ जनाको मृत्यु
रासस धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा गए राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ।, राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो।, पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित छ जनाको घटनास्थलमै मृत्यु भएको र अरु छ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए।, घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।, घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायले बताए।, गम्भीर घाइतेसहित अन्य घाइते वर्ष ३३ का उषा श्रेष्ठ, वर्ष ११ का सञ्जाल श्रेष्ठ र वर्ष २८ का चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको उनले बताए।, घाइते हुनेमा भीमबहादुरको परिवारका सदस्य र आफन्त छन्।, घाइतेको उद्धारका लागि लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा समस्या भएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि उनीहरुलाई लैजाने तयारी भइहेको प्रहरीले जनाएको छ।, धनकुटामा पहिराले घर पुरिँदा ६ जनाको मृत्यु, ६ जना घाइते
सेतोपाटी नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन्।, नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४ ७६ नम्बरको बस आज दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको हो।, उक्त दुर्घटनामा घाइते भएका ४२ मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको र घाइते सबै खतरामुक्त रहेको उनले बताए।, (रासस), नवलपुरमा बस पल्टिँदा ४२ जना घाइते
सेतोपाटी नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा यात्रुबहाक बस दुर्घटना भएको छ।, आज भएको दुर्घटनामा ३० जना घाइते भएका छन्। घाइतेमध्ये १० को अवस्था गम्भीर छ।, घाइते तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।,  बा४ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको हो।, उक्त बसको छतमासमेत यात्रु राखिएको थियो।, ब्रेक फेल भई बस दुर्घटना भएको अनुमान प्रहरीको छ।, (रासस), नुवाकोटबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ३० जना घाइते
सेतोपाटी संवाददाता बझाङमा सेती नदीले पुल बगाएको छ।, अविरल वर्षापछि आएको बाढीले आज मोटरेबल पुल बगाएको हो।, तलकोट गाउँपालिका ३ र ५ को रातापानी भन्ने ठाउँमा सेती नदीमाथि निर्माण गरिएको सो पुल बाढीले बगाएको प्रहरीले जनाएको छ।, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी चौकी मेलबिसैना बझाङबाट प्रहरी टोली घटनास्थल पुगेको छ।,  पुल बगेपछि स्थानीयलाई आवतजावत गर्न समस्या परेको छ।, बझाङमा सेतीले बगायो पुल
नवीनबाबु गुरूङ काठमाडौंको खुला सार्वजनिक स्थल अभावलाई भृकुटीमण्डप फनपार्कले थोरै भए पनि राहत दिन्छ। शनिबार लगायत अन्य सार्वजनिक विदाको दिन यहाँ सर्वसाधारणको घुइँचो लागेको हुन्छ। खासगरी साना केटाकेटीलाई विभिन्न मनोरञ्जनात्मक खेल खेलाउन फनपार्क ल्याउने चलन बढ्दै गएको छ।, अहिले दसैंको टीका सकिएपछि केटाकेटीको छुट्टी सदुपयोग गर्दै घुमाउन ल्याउनेहरूको यहाँ भीड छ। कोही बालबच्चा लिएर स-परिवार आएका देखिन्छन् भने कोही आफ्ना आफन्त र साथीभाइसँग आएका हुन्छन्। कोही त निधारमा टीका र जमरासहित आएका देखिन्छन्।, हेरौं फनपार्कमा रमाइलो गर्न आएकाहरूका केही रोमाञ्चक मुडहरूः,  ,  , फनपार्कमा देखिएका खुसी र मुस्कान (तस्बिरहरू)
रासस वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एक जनाको गए राति मृत्यु भएको छ।, मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन्।, रक्त क्यान्सरबाट ग्रसित जोशीको गए राति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले बताए।, जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टि भएको बताइएको छ।, मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए।, जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।, मलेसियामा एक नेपालीको मृत्यु
सेतोपाटी संवाददाता कर्णाली प्रदेश अस्पतालले अतिरिक्त समयमा विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ।, सोमबारदेखि विभिन्न रोगहरुको विशेषज्ञ सेवाहरु अतिरिक्त समयमा दिन थालिएको हो।, अस्पतालमा आजदेखि शनिबारबाहेक हप्तामा ६ दिन दैनिक दुई घण्टा अतिरिक्त विशेषज्ञ सेवा दिन थालिएको हो।, बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ डाक्टरहरुबाट सेवाहरु प्रदान गर्न लागिएको कर्णाली प्रदेश अस्पतालले जनाएको छ।, बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटीसम्बन्धी रोग, छाला, सौन्दर्य तथा यौन रोग, मानसिक रोगहरुको विशेषज्ञ सेवा अतिरिक्त समय दिन थालिएको अस्पतालले जनाएको छ।, अस्पतालमा आउने बिरामीलाई सहज र सरल सेवा पुर्‍याउने उद्देश्यले अतिरिक्त समय विशेषज्ञ सेवा सुचारु गरिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताए।, बिहानको समयमा दिइने अतिरिक्त विशेषज्ञ सेवाको शुल्क भने नियमित शुल्कभन्दा धेरै तोकिएको छ। बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ सेवाको शुल्क ४ सय रुपैयाँ तोकिएको छ।, नियमित समय बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको शुल्क २५ रुपैयाँ छ। खड्काका अनुसार अस्पतालको क्याविनमा बसेर सर्जरी सेवा लिनका लागि ५० प्रतिशत अतिरिक्त शुल्क तोकिएको छ।, कर्णाली प्रदेश अस्पतालमा आजदेखि अतिरिक्त समयमा विशेषज्ञ सेवा सुरू
सेतोपाटी भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि निरन्तर रूपमा भएको वर्षा र यसका कारण आएको बाढीमा परी कम्तीमा पनि २४ जनाको ज्यान गएको छ। , बिबिसीका अनुसार हराइरहेका केही व्यक्तिको शव आइतबार साँझ भेटिएको थियो। हालसम्म दुई दर्जन शव फेला परिसकेको छ। यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा थप दुई जना हराएका छन्। उनीहरूको खोजी कार्य जारी छ।, बाढीमा परेर ज्यान गुमाएकामध्ये पाँच जना बालबालिका भएको पनि बिबिसीले लेखेको छ।, साथै दर्जन बढी बेपत्ता भएको अनुमान छ। , बाढीका कारण यहाँको बाटो र बिजुली अवरुद्ध भएको छ। यस कारण उद्धार गर्न निकै कठिन भएको बताइएको छ।, कोट्याम जिल्लामा बाढीले बढी क्षति पुर्‍याएको छ। बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका छन्।, बाढीका कारण वतिपय स्थानीय सडक अवरुद्ध भएका छन्। मौसम विज्ञान विभागका अधिकारीहरूले सोमबार पनि बर्षा कायमै रहने बताएका छन्।, बर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ। यसकारण उद्धारको काममा पनि कठिनाइ भएको उनीहरूले बताएका छन्। उनीहरूले हेलिकप्टरबाट बाढी-पहिरोमा फसेकाहरूलाई सरसामान पठाइरहेको जानकारी दिए।, त्यस्तै १८४ वटा उद्धार शिविर बनाएर ती ठाउँका करिब आठ हजार मानिसलाई राखिएको छ। उनीहरूलाई खाना, आवास र उपचार सुविधा उपलब्ध गराइएको पनि बिबिसीले लेखेको छ। सरकारले पनि घर र अन्नबाली गुमाएकाहरूलाई आर्थिक सहयोग दिने घोषणा गरेको छ।, भारतको केरलामा बाढी-पहिरोका कारण २४ को मृत्यु
रासस नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।, आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ।, शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।, अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ।, आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ।, आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन्।, आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे धर्मशास्त्रविद् एवं समितिका पूर्वाध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्।, माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ।, लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ। यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ। , महालक्ष्मीसँगै हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ। कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने बुधबार रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।, महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ।, आज ३१ घडी ४६ पला अर्थात् बेलुकी ६ः४९ बजेसम्म चतुर्दशी तिथि छ। त्यसपछि पूर्णिमा तिथि लाग्छ। मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ।, बुधबार पूर्णिमा तिथि ३३ घडी ५३ पला अर्थात् बेलुकी ७ः४० बजेसम्म छ। चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले बुधबार परेको हो।, कार्तिक स्नान र आकाशदीपदान पनि बुधबारदेखि नै सुरु हुने समितिले जनाएको छ।, आज कोजाग्रत पूर्णिमा
सेतोपाटी संवाददाता २०७२ को गोरखा भुइँचालोले असर पारेको क्षेत्रमा पछिल्लो एक महिनायता परकम्पन आउने क्रम फेरि बढेको छ।, पछिल्लोचोटि सोमबार दिउँसो १ बजेर ४६ मिनेट जाँदा सिन्धुपाल्चोकमा ४.७ म्यग्निच्यूडको भुइँचालो गयो। यसको केन्द्रविन्दु सिन्धुपाल्चोकको पाङफुङ रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसको धक्का दोलखा र काठमाडौं उपत्यकासम्म महशुस गरिएको थियो।, भूगर्भविद्हरूका अनुसार २०७२ को भुइँचालो गोरखाको बारपाकबाट सुरू भएर दोलखासम्म पुगेको थियो। त्यसयता यो भूभाग अहिलेसम्म स्थिर छैन। चार म्याग्निच्यूडभन्दा साना कम्पन लगातार आइरहेकै छन्। त्यसमा पनि एक महिनाको भौगर्भिक तथ्यांक हेर्ने हो भने गोरखादेखि दोलखासम्मको क्षेत्रमा भूकम्पीय गतिविधि बढेको देखिन्छ।, पछिल्लो एक महिनाकै बीचमा गोरखालाई केन्द्रविन्दु बनाएर एउटा, दोलखामा एउटा र सिन्धुपाल्चोकमा पाँचचोटि भुइँचालोको धक्का महशुस गरियो। यी सबै गोरखा भुइँचालोका परकम्पन हुन्। त्यसअघि लामो समय यो क्षेत्रमा परकम्पन रेकर्ड गरिएको थिएन।, केन्द्रको तथ्यांकअनुसार भदौ २७ गते ८ बजेर ४१ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भुइँचालो गएको थियो। यसको केन्द्रविन्दु दोलखा थियो। , त्यसपछि असोज ९ गते दिउँसो सवा १२ बजे सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्यूडको भुइँचालो गयो। फेरि एक साताभित्रै असोज १५ गते सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएर अर्को भुइँचालो गयो जुन ४.२ म्याग्निच्यूडको थियो।, भोलिपल्ट असोज १६ गते त दुईचोटि कम्पन महशुस गरियो। दुवैको केन्द्रविन्दु सिन्धुपाल्चोक नै थियो।, केन्द्रको तथ्यांकअनुसार असोज १६ गते बिहान ७ बजेर ५८ मिनेट जाँदा ४.६ म्याग्निच्यूडको र त्यसको केही बेरमा ८ बजेर १३ मिनेटमा ४.१ म्याग्निच्यूडको धक्का महशुस गरियो।, त्यसपछि असोज ३१ गते बिहान ४ बजेर ९ मिनेटमा गोरखा केन्द्रविन्दु रहेको ४.३ म्याग्निच्यूडको भुइँचालो आएको थियो।, केन्द्रका प्रमुख लोकविजय अधिकारी गोरखादेखि दोलखासम्मको यो भूकम्पीय गतिविधिलाई परकम्पनको सामान्य प्रक्रिया मान्छन्।, 'गोरखा भुइँचालोले यो क्षेत्रको भूकम्पीय चाप सबै निख्रेको थिएन। अहिले पनि यहाँको भूसतहमुनि ठूलो मात्रामा भूकम्पीय शक्ति थुप्रेर बसेको छ जुन अहिलेजस्तै खुसुखुसु निष्कासन भइरहन्छ,' उनले सोमबार सेतोपाटीसँग भने, 'कुन बेला कताबाट यो शक्ति निष्कासन हुन्छ भन्ने चाहिँ यसै भन्न सकिन्न। त्यो भूबनोटमा भर पर्छ।', त्यसो भए गोरखाबाट सुरू भुइँचालो तरंगले दोलखासम्मको क्षेत्रलाई साढे छ वर्षभन्दा बढी खुसुखुसु हल्लाइरहनुको कारण के त?, पृथ्वीको भू–सतहभन्दा निकै मुनि ठूल्ठूला चट्टानका थुप्रै खण्ड छन्। तिनै चट्टान आपसमा जुध्दा भुइँचालो, ज्वालामुखी, सुनामीजस्ता भौगर्भिक विपत्ति आउँछन्। हामी नेपालको जुन सतहमा उभिएका छौं, त्योभन्दा तल दुई ठूला चट्टान करोडौं वर्षदेखि आपसमा जुधिरहेका छन्। तिनलाई इन्डियन र युरेसियन प्लेट भनिन्छ।, यिनै दुइटा प्लेट वा चट्टानको घर्षणले हिमाली शृंखला र पहाड–पर्वत बनेका हुन्। त्यही घर्षणको प्रभावले अहिलेसम्म भुइँचालोको धक्का झेल्न हामी बाध्य छौं।, करोडौं वर्षअघि जब इन्डियन र युरेसियन प्लेट आपसमा जुध्न थाले, त्यसले बनाएको दरार पूर्वदेखि पश्चिमसम्म एकनास थिएन। त्यही भएर यो क्षेत्रमा जब-जब नयाँ भुइँचालो जान्छ, त्यसले बनाउने दरार एकनासको हुँदैन। यो तलमाथि वा दायाँबायाँ छरिन्छ र कहिलेकाहीँ कुनै ठाउँमा पुगेर अड्किन्छ।, गोरखा भुइँचालोको दरार पनि पूर्वदेखि पश्चिमसम्म एकनास नभएको अधिकारी बताउँछन्। यो दरार काठमाडौं हुँदै दोलखासम्म पुग्यो तर त्यहाँबाट अगाडि बढ्न सकेन। यसले भुइँचालोको तरंग काठमाडौंदेखि दोलखाको भू–भागमा बढी केन्द्रित भएको उनको भनाइ छ।, यसलाई सजिलो गरी बुझ्न कपडा उधारेको उदाहरण लिऊँ।, तपाईंले कपडाको थान च्यातेको देख्नुभएकै होला। सुरूमा अलिकति च्यातिन्छ, बाटो बनेपछि धर्रर उध्रिँदै जान्छ। यहाँ कपडा उध्रिने शक्तिलाई भुइँचालो तरंग मान्ने हो भने त्यो शक्ति दोलखाभन्दा अगाडि बढेन। अर्थात्, कपडाको थान पूरै च्यात्तिन पाएन।, ‘२०७२ को भुइँचालो चुरे फेदसम्मै पुगेर जमिन चिरा परेको भए त्यसको शक्ति उतिबेलै निख्रिसक्ने थियो। तर यो दोलखा र काठमाडौंको दक्षिणी भू–भागमा आएर अड्कियो,' उनले भने, 'जुन ठाउँमा भुइँचालोको शक्ति सञ्चय भएर बस्छ, त्यसले त्यहाँ बारम्बार धक्का दिइरहन्छ।’, यति मात्र हाइन, २०७२ वैशाख २९ को दोलखा भुइँचालो २० किलोमिटरभन्दा बढी गहिराइबाट उत्पन्न भएको थियो। त्योभन्दा माथि अन्य थुप्रै सानातिना दरार पहिलेदेखि थिए। यसले दोलखा र सिन्धुपाल्चोकको सतहमुनि भूकम्पीय दरारको जालोजस्तै बनेको छ, अधिकारीले भने, ‘त्यहाँ भुइँचालो शक्ति प्रसारण भइरहन्छ। यही शक्तिले एकअर्कालाई धकेल्दै आपसमा ‘एड्जस्ट’ भएर बस्ने ठाउँ खोज्छ।’, उनले अगाडि भने, ‘शक्ति एड्जस्ट हुने प्रक्रियाले नै यो क्षेत्रमा धेरै भुइँचालो गएका हुन्।’, अर्को मुख्य कारण काठमाडौंको दक्षिणी सतहभन्दा ११ किलोमिटर तल अड्किएर बसेको भुइँचालोको शक्ति हो।, खानी तथा भूगर्भ विभागले गोरखा भुइँचालोलगत्तै नेपालका विभिन्न ठाउँमा रहेका जिपिएस स्टेसनबाट तथ्यांक निकाल्दा भुइँचालो दरार काठमाडौंको दक्षिणी सतहमुनि अड्किएको देखिएको थियो। अहिले पनि त्यो शक्ति जस्ताको तस्तै छ। त्यो कहिले निष्कासन हुन्छ र भुइँचालोको झट्का कहिले बन्द हुन्छ यसै भन्न सकिन्न।, नेपाली भूगर्भ वैज्ञानिकहरूले यसमा चार सम्भावना देखाउँदै आएका छन्।, पहिलो, अड्किएको शक्ति विस्तारै फुक्दै जानेछ र सानो–सानो कम्पनबाट ‘रिलिज’ हुनेछ। काठमाडौं र वरपर क्षेत्रमा केन्द्रविन्दु बनाएर जाने स–साना भुइँचालाले यहाँ गाँठो परेको चिरा उधार्दै चुरे फेदसम्म पुर्‍याइदिन सक्छ।, यसो भइदिए साना म्याग्निच्यूडका धक्का लामो समय महशुस भइरहनेछ। यही गतिमा शक्ति निख्रिन धेरै वर्ष लाग्न सक्छ तर कम जोखिमपूर्ण हुन्छ।, दोस्रो, वैशाख १२ को जस्तै अर्को धक्का आएर गाँठो परेको चिरा एकैचोटि चुरे फेदमा पुर्‍याइदिनसक्छ। र, भएभरको शक्ति एकैचोटि ‘रिलिज’ हुनसक्छ।, तेस्रो, यो शक्ति न एकै धक्कामा घिटिक्क बाहिर आउँछ न त लामो समय लगाएर विस्तारै फुक्दै जानेछ। बरू ५०–६० किलोमिटर तलसम्म गुजुल्टिँदै बस्छ र केही समयपछि बाहिर आउँछ।, जमिनको निकै गहिराइसम्म गुजुल्टिएको शक्ति बाहिर आउँदा त्यसले ल्याउने कम्पनको मात्रा कम हुन्छ। २०४५ को भुइँचालो यसैगरी निकै तलबाट आएकाले कम क्षति भएको थियो।, चौथो, अन्य क्षेत्रमा ठूलो भुइँचालो जाँदा त्यही बेला यहाँ जम्मा भएको शक्ति स्वतः बाहिर निस्कन्छ र खतरा टर्छ।, उदाहरणका लागि, नेपालको पश्चिम क्षेत्रमा पाँच सय वर्षदेखि ८ म्याग्निच्यूडभन्दा ठूलो भुइँचालो गएको छैन। त्यहाँ रन्किएर बसेको पिलो निचोरिँदा त्योसँगै काठमाडौंमुनि जम्मा भएको शक्ति बाहिर आउनसक्छ।, यहाँ अर्को प्रश्न उठ्छ– छ वर्षपछि आइरहेका धक्कालाई पनि २०७२ कै निरन्तरता वा ‘परकम्पन’ किन भनिएको होला?, भूगर्भविद् सोमनाथ सापकोटा यसलाई तन्केको स्प्रिङसँग तुलना गर्छन्।, ‘हामीले स्प्रिङ तन्काएर छाड्दा त्यो एकैचोटि स्थिर हुँदैन। सानो–ठूलो झट्का दिँदै विस्तारै आफ्नो ठाउँमा फर्कन्छ। भुइँचालो पनि त्यस्तै हो,’ उनले भने, ‘यसलाई आफ्नो ठाउँमा फर्कन समय लाग्छ।’, उनका अनुसार, गोरखा भुइँचालोअघि पनि यस क्षेत्रमा सामान्य धक्काहरू आइरहन्थे। अहिलेका यी धक्का जबसम्म २०७२ अघिको अवस्थामा फर्कंदैन, तबसम्म यसलाई परकम्पनकै रूपमा हेरिन्छ।, गोरखादेखि दोलखासम्म आइरहेका धक्का अहिले पनि सामान्यभन्दा लगभग चार गुना बढी भएको भूगर्भविद्हरूको आकलन छ। यसले देखाउँछ, भुइँचालोको संख्या र शक्ति घट्दै गए पनि धक्का जारी छ। अहिलेको अवस्था हेर्दा परकम्पन आउने क्रम अझै १०–१५ वर्ष जारी रहने अधिकारी बताउँछन्।, एक महिनामै गोरखा भुइँचालोको सातौं परकम्पन
रासस कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ।, नेपाल सरकारले असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोजमसान्तमा लक्षित जनसङ्ख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा उक्त लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।, प्रधानमन्त्री शेरबहादुर देउवा असार २९ गते नियुक्त भएलगत्तै कोरोना महामारीबाट नागरिकलाई बचाउने कार्यलाई प्राथमिकता दिइने र यसका लागि खोपको व्यवस्था गरी असोज मसान्तसम्म कम्तीमा एक तिहाइ लक्षित वर्गलाई खोप लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए।, स्वास्थ्य मन्त्रालयको समन्वयमा सरकारले खोपको व्यवस्था पनि गरेको हो। मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले असोज मसान्तभित्र लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको जानकारी दिए।, मन्त्रालयको तथ्याङ्कमा लक्षित वर्गमध्ये ४२.२ प्रतिशतलाई पहिलो मात्रा र ३३.५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ।, १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको थियो।, मन्त्रालयको असोज मसान्तसम्म ३३ प्रतिशत, पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप लगाउने योजना रहेको छ।, महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिलेसम्म नेपालमा एक करोड ८८ लाख ५८ हजार ७१० मात्रा खोप नेपाल आइसकेको छ।, उनले अब दुई करोड ४१ लाख ५८ हजार ७८० मात्रा खोप खरिद, कोभ्याक्स सुविधामार्फत ल्याइने बताए। बालबालिकालाई लगाउने फाइजर एक लाख ६२० मात्रा खोप यही अक्टोबरको अन्तिममा ल्याउने तयारी गरिएको छ।, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना ४० लाख र ६० लाख फाइजर खोप ल्याएर लगाउने तयारी गरेको छ।, यस्तै चीनबाट भेरोसेल खोप यही अक्टोबरमा १६ लाख मात्रा र पुससम्ममा ५९ लाख ३६ हजार ४०० मात्रा ल्याउने तयारी पनि थालेको उनले बताए।, कति नेपालीले लगाए कोरोना खोप?
राजेश घिमिरे भरतपुरमा कुटिएर मृत्यु भएका भीमबहादुर विकको परिवारले दोषीलाई कारबाहीको माग गरेका छन्।, भरतपुरमा सोमबार पत्रकार सम्मेलन गर्दै मृतकका परिवारले 'मन्दिरमा बोकाको बलि चढाउन पाउनुपर्ने विषय उठाउँदा गैरदलितको आक्रमणबाट दलितको मृत्यु भएको' दाबी गरेका छन्।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाका अनुसार गत बिहीबार दसैंको नवमीका दिन बिहान भरतपुर महानगरपालिका–४ स्थित दुर्गा मन्दिरनजिकै ५८ वर्षीय विकमाथि स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठले कुटपिट गरेका थिए।, यो मन्दिर नारायणगढको सहिदचोकदेखि करिब पाँच किलोमिटर पश्चिममा छ। भीमबहादुरको घर उक्त मन्दिरबाट करिब तीन सय मिटर दक्षिण पर्छ।, 'हामी दलितहरूले दुर्गा मन्दिरमा बोकाको बलि दिन पाउने कि नपाउने भनेर भन्दा मन्दिरनजिकै घर भएका सीतारामले नहुँदो कुरा बढी बोल्छस् भन्दै गालीगलौज गरे। पाइपले पिट्दै खेदे। त्यसैबीच स्थानीय औषधि पसलका सञ्चालक दिलीपले हुत्तिँदै आएर टाउकामा मुक्काले हानेपछि भीमबहादुर ढले। उनलाई अस्पताल पुर्‍याउँदा त्यहाँका चिकित्सकले मृत घोषणा गरेका थिए,’ स्थानीय दलित अगुवा रणेन्द्र बरालीले सेतोपाटीसँग भने।, प्रहरीले भने यो घटना दलित र गैरदलितबीचको झगडाले भएको भन्ने कुनै प्रमाण नभेटिएको बताएको छ।, डिएसपी थापाका अनुसार बिहीबार बिहान भीमबहादुर मादकपदार्थ सेवन गरेर मन्दिर पुगेका थिए।, 'प्रत्यक्षदर्शीले दिएको बयानअनुसार उनले नसाको तालमा मन्दिरमा दुई लात्ता हानेछन्। अनि नजिकै रहेका मान्छेलाई अपशब्द प्रयोग गरेर गाली गरेछन्,' थापाले भने, 'आफूलाई गाली गरेपछि त्यहाँ रहेका युवाले कुटेको देखिएको छ।', सीतारामले बिजुलीको तार राख्न प्रयोग हुने पाइपले भीमबहादुरलाई कुटेको र त्यसपछि भागेर केही पर पुगेका उनलाई मेडिकल सञ्चालक दिलीपले टाउकोमा हानेको डिएसपी थापाले बताए।, 'पोस्टमार्टममा पाइपले पिटेको डाम त देखिँदैन तर टाउको पछाडि चोट देखिन्छ,' थापाले भने।, प्रहरीले त्यस दिन भीमबहादुर रक्सी खाएर 'हल्लिँदै हिँडेको' भिडिओ फेला पारेको छ।, 'हामी स्थानीयबासीहरूको पनि बयान लिँदैछौं। अनुसन्धान सकिएपछि वास्तविक कुरा पत्ता लाग्ला,' उनले भने, 'अहिलेसम्मको अनुसन्धानले मन्दिरको विषयमा झगडा भएको हो वा घटना दलित/गैरदलितका विषयमा भएको हो भन्ने पुष्टि गर्दैन। घटना पूर्वयोजनामा भएको हो वा कुनै मनसायले भएको हो भन्ने पनि केही देखिँदैन।', मृतककी श्रीमती विन्दु विकले पनि आफूहरूले मन्दिरमा बोकाको बलि दिने विषय कहिल्यै नउठाएको बताइन्।, 'मन्दिरमा हामीले पूजा गर्न छाडेको १५-१६ वर्ष भइसक्यो। अचेल हामीले यस विषयमा कुरा गरेकै छैनौं,' उनले भनिन्, 'रक्सी पिएको बेला अलि बढी बोल्ने उहाँको बानी थियो। बोल्नुभयो होला। तर गाली गर्दैमा मर्ने गरी कुट्नुपर्थ्यो र?', उनले विगतमा मन्दिर बाहिरैबाट फूलपाती र दक्षिणा दिएर पूजा गर्ने गरेको भए पनि भित्र छिर्न नदिएपछि वर्षौंदेखि पूजा गर्न छाडेको बताइन्।, मृतकका परिवार, दलित संघ-संगठन, मानवअधिकारवादी संस्थाहरूले भने दलित भएकै कारण भीमबहादुरमाथि आक्रमण भएको दाबी गरेका छन्। दोषीलाई जातीय भेदभाव तथा छुवाछुत (कसुर सजाय) ऐन २०६८ र ज्यानसम्बन्धी कसुरअन्तर्गत हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ।, दलित अगुवा बरालीले कतिपयले यसलाई दलित/गैरदलितबीच भएको घटना होइन भन्ने तरिकाले कुरा गरेको बताउँदै भने, 'विषय जेसुकै भए पनि उनीमाथि कुटपिट हुनुको पछाडि दलित भनेर हेला गरिनु, दलितले गाली गर्‍यो भनेर अपमानित महशुस गर्नु लगायत कारण लुकेका छन्।', उनले अगाडि भने, 'प्रत्यक्षदर्शीसँग हामीले बुझेअनुसार बोका बलि दिन पाउनुपर्ने कुरा उठाएपछि नै भीमबहादुरमाथि कुटपिट भएको हो। उनले मादकपदार्थ सेवन गरेर होहल्ला गरेको भए सम्झाउनुपर्थ्यो, परिवार बोलाएर जिम्मा लगाउनुपर्थ्यो। ज्यानै जाने गरी कुटपिट गर्नु अपराध हो।', भीमबहादुरका छोरा किसनले दलित र गरिब भएकै कारण आफ्नो बाबुमाथि कुटपिट भएको दाबी गरे।, 'बुबालाई अरू कुनै रोग थिएन। राम्रैसँग काम गर्दै आउनुभएको थियो। तर त्यस दिन बिहान उठेर जानुभएको बुबा फर्केर आउनुभएन,' उनले भने, 'अस्पताल पुग्दा बुबाको मृत्यु भइसकेको रहेछ।', विगतमा पनि दलितलाई उक्त मन्दिर प्रवेश गर्न नदिइएको उनले बताए। त्यो कुरालाई लिएर बाबुले बेला-बेला गुनासो पोख्ने गरेक‍ो उनले सम्झे।, 'यसरी खुलेआम दलित कुटिँदा मौन बस्यो भने यस्तो घटना भइरहन्छ। दोषीलाई कडा कारबाही हुनुपर्छ भन्ने हाम्रो माग छ,' किसनले भने, 'हाम्रो परिवारले मात्र नभई सारा दलितले न्याय पाउनुपर्छ।', चितवन घटनामा भीमबहादुर विककी श्रीमतीको दुखेसो- गाली गर्दैमा मर्ने गरी कुट्नुपर्थ्यो र?
सेतोपाटी संवाददाता जनकपुरमा प्रहरीले बजार क्षेत्र व्यवस्थित बनाउने अभियान सुरू गरेको छ।, फुटपाथ खाली गराउने अभियान प्रहरीले सोमबारदेखि अगाडि बढाएको छ।, अस्पताल रोड-जानकी मन्दिर सडकखण्डमा स्थानीय व्यवसायीले फुटपाथ कब्जा गर्दा जाम र दुर्घटना बढेपछि प्रहरीले नियन्त्रण अभियान थालेको हो।, प्रहरीले व्यवसायीलाई समझाइबुझाइ गर्दै सडक पेटीमा रहेका व्यवसायी र ठेला बाह्रविघामा पठाइदिएका छन्।, व्यवसायीहरूले भने व्यापारका लागि निश्चित ठाउँ बनाइदिन माग गर्दै आएका छन्। विकल्प छैन भन्दै बाटोमै आएर व्यवसाय गर्न नमिल्ने धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए।, ‘बाटोमा सार्वजनिक सवारीसाधन गुड्ने हो, व्यापार गर्ने होइन। हामीले जसरी पनि सडक खाली गर्ने अभियान थालेका हौँ,’ उनले भने।, अव्यवस्थित पार्किङ गरेर राखिएको झण्डै चार दर्जन मोटरसाइकल नियन्त्रणमा लिएको उनले बताए। जरिवाना लिएर मात्रै मोटरसाइकल छोडिने उनको भनाइ छ।, पछिल्लो समय जनकपुरको बजारक्षेत्रमा अव्यवस्थित पार्किङ र फितलो ट्राफिक व्यवस्थापनले दिनहुँ हुने जामले सर्वसाधारण हैरान छन्।, मुख्य सडकमै पार्किङ र ट्राफिक नियम उल्लङ्घनले यात्रुका साथै पर्यटकलाई समेत दु:ख पाएका छन्।, जनकपुरका सडकमा पार्किङ र व्यापार गर्नेलाई हटायो प्रहरीले
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भएको छ। खोला तथा नदीहरूमा बाढी आएका छन्।, गत शनिबारदेखि नै देशैभर बदली भएको थियो भने हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यका आज पनि हल्का वर्षा भइरहेको छ।, बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरू तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा देखिएको छ।, मंगलबार बिहान देशका अधिकांश भू-भागमा बदली छ। धेरै स्थानहरूमा हल्लादेखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशमा भने भारी वर्षा भएको छ।, प्रदेश नम्बर १ का केही स्थानमा पनि भारी वर्षा भएको छ।, देशका उच्चपहाडी भू-भागमा हिमपात भएको छ। आज बागमती प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारसम्म देशका विभिन्न क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।, कात्तिकमा पनि बाढी आउने गरी झरी परेपछि किसान भने चिन्तामा छन्। पाकेको धान काट्न पाएका छैनन् भने कतिपय स्थानमा काटेका धान पनि पानीले भिजाइदिएको छ।, उर्लियो महाकाली, तटीय क्षेत्रमा कटान:, लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताए।, यहाँको खल्ला मसेटी क्षेत्रमा महाकाली नदी गाउँ पसेको खबर आएको प्रहरीले जनाएको छ।, दोधारा चाँदनीमा रहेको जोगबुढा नदीमा बाढी आउँदा आसपासको क्षेत्र डुबानमा परेको छ। महाकाली नदीमा बिहान ७ बजे गरिएको मापनअनुसार पानीको बहाव यो वर्षकै उच्च रहेको छ।, इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले अहिले पानीको बहाव चार लाख ६१ हजार ७८८ क्युसेक पुगेको बताए।, प्रहरीको विपद् व्यवस्थापन गुल्म, जिल्ला प्रहरी कार्यालयको टोलीसहित तटीय क्षेत्रमा उद्दारमा खटिएको उनले बताए।, नेपाली सेना र सशस्त्र प्रहरी पनि बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि जाने तयारीमा छन्। लगातारका वर्षाका कारण कञ्चनपुरको शुक्लाफाँटा, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ।, सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आउने क्रम बढिरहेको छ।, महाकाली नदीको बहाव उच्च बनेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका क्षेत्रका बस्ती डुबानमा परेका छन्।, आइतबारदेखिको अविरल वर्षापछि महाकाली नदीको बहाव उच्च भएको छ। महाकाली तटीय क्षेत्र नजिकका सबै बस्तीमा बाढीको पानी पसेर डुबानमा पारेको छ।, सुदूरपश्चिममा भारी, अन्यत्र हल्का वर्षा
रासस लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताए।, ‘निमार्णाधीन चार लेनको पुलसँगै बनिरहेको पहुँच मार्ग (भाइरल रोडं) नदीले कटान गरिरहेको छ’, प्रवक्ता न्यौपानेले भने, ‘पारी दोधारा चाँदनीतर्फ पनि नदी किनारका बस्तीमा पानी पस्न थालेको छ।’, यहाँको खल्ला मसेटी क्षेत्रमा महाकाली नदी गाउँ पसेको खबर आएको प्रहरीले जनाएको छ। उता दोधारा चाँदनीमा रहेको जोगबुढा नदीमा बाढी आउँदा आसपासको क्षेत्र डुबानमा परेको छ।, महाकाली नदीमा बिहान ७ बजे गरिएको मापनअनुसार पानीको बहाव यो वर्षकै उच्च रहेको छ।, इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले अहिले पानीको बहाव चार लाख ६१ हजार ७८८ क्युसेक पुगेको जानकारी दिए।, प्रहरीको विपद् व्यवस्थापन गुल्म, जिल्ला प्रहरी कार्यालयको टोलीसहित तटीय क्षेत्रमा उद्दारमा खटिएको उनले बताए। ‘यहाँ करिब ३०० घर प्रभावित भएका छन्,’ उनले भने। धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।, नेपाली सेना र सशस्त्र प्रहरी पनि बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि जाने तयारीमा छन्। लगातारका वर्षाका कारण कञ्चनपुरको शुक्लाफाँटा, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ।, सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आउने क्रम बढिरहेको छ।, तटीय क्षेत्रका बस्ती डुबानमा , महाकाली नदीको बहाव उच्च बनेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका क्षेत्रका बस्ती डुबानमा परेका छन्।, आइतबारदेखिको अविरल वर्षा पछि महाकाली नदीको बहाव उच्च भएको छ। महाकाली तटीय क्षेत्र नजिकका सबै बस्तीमा बाढीको पानी पसेर डुबानमा पारेको छ।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रका ब्रह्मदेवदेखि झोलुङगे पुलसम्मको पूरै बस्तीमा बाढीको पानी पसेको छ।, दोधारा चाँदनी नगरपालिका क्षेत्रका तटीय क्षेत्रका बस्ती समेत जलमग्न भएका छन्। रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली महाकाली नदीको बाढीको पानी पसेको क्षेत्रमा उद्धारमा खटिएको छ।, ‘रातिदेखि नै उद्धारको कार्यमा खटिएका छौँ। मानवीय र चौपाया क्षति अहिलेसम्म भएको जानकारी आएको छैन। पानी घरभित्र पस्दा स्थानीय बासिन्दाको खाद्यान्नलगायतमा क्षति पुगेको छ। प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित क्षेत्रमा सार्ने कार्य भइरहेको छ,’ उनले भने।, भीमदत्त नगरपालिकाको ब्रह्मदेव, ऐरी, ओदाली र दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर, शान्ति टोलमा गरी २०० बढी घर डुबानमा परेका छन्।, महाकाली नदीको बाढीको पानीले कालोपत्रे गरिएको पहुँच मार्ग(भाइरल रोड)मा कटान गर्ने कार्य जारी राखेको छ। मार्गको ठाउँ ठाउँमा नदीले कटान गरेको छ। महाकाली नदीको बहाव बढेसँगै नदीको सीमा पुल वनवसाको आवतजावतमा समेत रोक लगाइएको छ।, नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सवारी साधन र दुई लाख क्युसेक नाघे पछि पूरै आवतजावत बन्द गर्ने गरिएको छ।, जिल्लाको मध्य माग भएर बग्ने दोदा(मछेली) नदीको बहावसमेत उच्च भएको छ। नदीको सूचना अबलोकन कर्ता पल्टा खुनाका अनुसार नदीको पानी चेतावनी तह पार गरेको छ।, नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक अवस्थामा रहन जानकारी दिने कार्य भइरहेको छ। चुरे क्षेत्र भएर नदीको बहावसमेत बढेको छ। नदीमा पानीको बहाव बढेसँगै जग्गा कटानको कार्यसमेत तीव्ररुपमा भइरहेको छ।, महाकालीमा पानीको बहाव यो वर्षकै उच्च, गाउँ डुबानमा
राजेश घिमिरे गत भदौ २५ गते जनहित संरक्षण मञ्च (प्रो पब्लिक)का तर्फबाट अधिवक्ता सञ्जय अधिकारी र अर्णव चौधरीले हात्ती खरिद, बिक्री तथा निकासी रोक्न माग गरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पत्र लेखे। , प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह र वन मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाली सेनालाई बोदार्थ दिइएको पत्रमा चितवनको सौराहाबाट खरिद गरेर भारत लगिँदै गरेको हात्तीलाई रोक्न माग गरिएको थियो।, उक्त दिन भारतीय व्यापारीले सौराहाको अर्थ लाइट होटलका सञ्चालक मधुकर रेग्मीसँग ४५ लाख भारतीय रुपैयाँमा खरिद गरेर काजरकली नामको ५० वर्षीय हात्ती भारततर्फ लैजाँदै थिए। सोही सूचनाको आधारमा हात्तीलाई प्रशासनले नियन्त्रणमा लिएर फिर्ता ल्यायो।, त्यसअघि सौराहाका व्यापारीले केही महिनाकै अवधिमा करिब एक दर्जन हात्ती भारतका व्यापारीलाई बिक्री गरिसकेका थिए। भारतबाट भाडामा ल्याइएका हात्ती पनि कोरोना महामारीका कारण कमाइ हुन छाडेपछि फिर्ता गरिएका थिए।, नेपालमा निजी क्षेत्रले हात्ती खरिद, बिक्री गर्नेसम्बन्धी कुनै कानुन छैन। बरु राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले गैरकानुनी तवरबाट हात्तीको खरिद, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने कार्यलाई दण्डनीय कार्यको रूपमा परिभाषित गरेको छ। तै पनि धार्मिक प्रयोजनका लागि भन्दै भारतबाट हात्ती किनेर नेपाल ल्याइने गरेको छ। नेपाल भित्रिइसकेपछि पनि गैरकानुनीरूपमा हात्तीको किनबेच हुने गरेको छ। , कोरोना महामारीका कारण कमाइ दिनै छाडेपछि भने हात्ती सीमा पारि नै बिक्री हुनेक्रम बढेर गएको हो।  , नेपाल संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धी (साइटिस), १९७३ को पक्ष राष्ट्र हो। पक्ष राष्ट्र भएसँगै नेपालमा संकटापन्न  वन्यजन्तु र वनस्पतिका विभिन्न प्रजातिको संरक्षण र त्यसको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन र नियन्त्रण गर्न २०७३ सालमा ऐन जारी भएर २०७४ सालको वैशाखबाट लागू भइसकेको छ। उक्त ऐनको प्रभावकारी कार्यान्वयनका लागि २०७६ सालको मंसिरमा नियमावली पनि बनेको छ।, उक्त नियमावलीमा निजी क्षेत्रले पालन पोषण गर्दै आएका हात्तीलाई वैधानिकता दिन एक वर्ष भित्रमा सबै हात्ती विभागमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको थियो। उक्त अवधि भित्रमा दर्ता नभएका हात्ती सरकारी निकायले जफत गर्ने व्यवस्था नियमावलीमा थियो। तर नियमावली बनेको केही महिनाको अवधिमा कोरोना भाइरसको महामारी सुरू भयो। नियमावलीले भनेअनुरूप एक वर्ष भित्रमा विभागमा दर्ता हुनुपर्ने व्यवस्थाबारे हात्तीपालकले जानकारीसम्म पनि पाएनन्।, महासन्धीको अनुसूचीमा रहेको संकटापन्न वन्यजन्तुको सूचीमा हात्ती समावेश छ।, एक महिनामा होलान् दर्ता ?, हात्तीको बिक्री हुनेक्रम बढेपछि यसलाई नियन्त्रण गर्न, नियमावलीमा व्यवस्था भएबमोजिम दर्ता नभएका हात्ती जफत गर्न, हात्तीमाथि हुने शारीरिक शोषण बन्द गर्न माग राखेर परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले एक महिनाभित्रमा हात्ती राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा दर्ता अभिलेखीकरण गर्न र नगरेमा जफत गर्न अन्तरिम आदेश दिएको छ।, जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता सञ्जय  अधिकारी लगायतले दर्ता गरेको रिटको सुनुवाइ गर्दै अदालतले ‘संकटापन्न वन्यजन्तु हात्तीको अन्तरदेशीय तस्करी, बिक्री, हस्तान्तरण लगायतका कार्य तत्काल रोक्नु र सोको लागि प्रभावकारीरूपमा सुरक्षा प्रबन्धलगायत जे जो गर्नुपर्ने सो गर्नू/ गराउनू’ भनेको छ। , अन्तरिम आदेशमा संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरदेशीय व्यापार नियन्त्रण नियमावली २०७६ को नियम १२ बमोजिम अभिलेखीकरण दर्ता गर्न गराउन र सो हुन नसकेका व्यक्ति, संस्था वा निकायसँग रहेका हात्ती सोही नियमावलीको नियम १५ बमोजिम जफत गरी सम्बन्धित निकायको नियन्त्रण र संरक्षणमा राख्नु भनिएको छ।, आदेशमा अभिलेखीकरण सम्बन्धमा भए गरेका कामको प्रगति विवरण एक महिना भित्रमा सर्वोच्च अदालतमा पठाउन पनि भनिएको छ।, निकुञ्ज भन्छ–हात्तीपालकका लागि अवसर, प्रो पब्लिकले दर्ता गरेको रिटमा हात्तीको कारोबारबाट व्यापारीहरूले अवैध कालो धनलाई वैध बनाइरहेको आरोप लगाइएको छ। यति हुँदाहुँदै पनि नेपाली व्यापारीले खरिद गरिसकेका हात्तीलाई अब सीमापार हुन दिन नहुने र यहाँ रहेका हात्तीलाई दुर्व्यवहार हुन दिन नहुने आशय रिट निवेदनमा छ। साथै हात्तीको पालन पोषण र कोरोना महामारीको समयमा व्यहोरेको क्षतिअनुरूपको राहत सरकारले उपलब्ध गराउनुपर्ने पनि रिट निवेदनमा उल्लेख छ।, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले सर्वोच्च अदालतले दिएको आदेशप्रति सरकारी निकायको चासो रहेको बताए। , ‘अदालतले आदेश दिइसकेपछि अब यसको कार्यान्वयन गर्नु सरकारी निकायहरूको कर्तव्य हो,’ उनले भने, ‘असोज २२ गते हाम्रो कार्यालयमा पत्र आइसकेको छ। एक महिना भित्रमा हात्तीहरू दर्ता गर्नुपर्ने र दर्ता नभएका हात्तीहरू जफत गर्न आदेश आएको छ, यसमा सरोकारवाला हामी सबै सचेत छौं।’, उनले अदालतको यो आदेश हात्तीपालकका लागि अवसर पनि भएको बताए। व्यवसायलाई वैधानिक बनाउन पाउनु व्यवसायीका लागि अवसर भएको उनले बताए। ‘नियमावलीमा एक वर्षभित्र दर्ता गर्ने भनेर व्यवस्था गरिएको भए पनि कोरोना महामारीले गर्दा कार्यान्वयन हुन पाएन। अब अदालतको आदेशको कार्यान्वयन हुनुपर्छ,’ उनले भने, ‘यसले संकटापन्न हात्ती र व्यवसायी दुवैको हित गर्छ।’, उनले चितवन निकुञ्जमार्फत् हात्ती दर्ताको प्रक्रिया अघि बढाउन सकिने बताए। , ‘विभागले आफू मातहतका निकायलाई पत्रचार गरिसकेको छ। अब व्यवसायीले हामीकहाँ आएर दर्ताको प्रक्रिया अगाडि बढाएपछि हामी त्यसलाई विभाग पठाउँछौं,’ उनले भने, ‘त्यसपछि बल्ल नेपालमा हात्ती व्यवसाय वैधानिक हुन्छ।’ , उनले यसले हात्तीको खरिद, बिक्रीमा नियन्त्रण गर्ने विश्वास व्यक्त गरे।, यहाँका व्यापारीहरूले हात्ती ४० लाखदेखि एक करोड रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्।, व्यवसायीको प्रश्न–कर लिएपछि अवैधानिक भन्न मिल्छ ?, चितवनमा अहिले ७० भन्दा बढी घरपालुवा हात्ती छन्। तीमध्ये ५० वटा सौराहामा मात्रै छन्। सौराहामा भएकामध्ये ३३ वटा हात्ती अहिले युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाअन्तर्गत रहेका छन्। उक्त संस्थाले ती हात्तीमार्फत् पर्यटकलाई निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगल सफारी गराउँछ।, कोरोना महामारीअघि यो संस्थाअन्तर्गत ५० भन्दा बढी हात्ती थिए। सौराहामा यो संस्थामा आबद्ध नरहेका दर्जन बढी हात्ती छन्। चितवनको पटिहानी, मेघौली क्षेत्रमा पनि केही घरपालुवा हात्ती छन्।  , हात्तीपालकले हरेक वर्ष सरकारलाई कर बुझाउँछन्। युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीकाअनुसार हात्ती व्यवसायीले रत्ननगर नगरपालिकालाई प्रतिवर्ष ३ हजार रुपैयाँ कर बुझाउने गरेका छन्। यसका अलावा हात्ती सफारीबापत चितवन निकुञ्जले पर्यटकमार्फत् राजश्व संकलन गर्ने गर्छ।, सहकारी संस्थाका अध्यक्ष तिवारीले राज्यलाई कर बुझाउने व्यवसाय वैधानिक व्यवसाय भएको दाबी गरे। उनले यहाँ रहेका सम्पूर्ण हात्तीको विवरण चितवन निकुञ्जमा बुझाइएको बताए।, ‘हामीले सबै हात्तीलाई चिप्स लगाउनेदेखि विवरण बुझाउने सबै काम गर्दै आएका छौं। अहिले अदालतले एक महिना भित्रमा विभागमा दर्ता गर भनेर सहकारी संस्थालाई पनि पत्र पठाएको छ,’ उनले भने, ‘विगतमा पनि सरकारले गर भनेका काम हामीले गरेकै हौं। अब पनि गर्न तयार छौं।’, उनले कोरोना महामारीका समयमा व्यवसाय ठप्प हुँदा पाल्नै सकस भएपछि केहीले हात्ती बिक्री गरेको बताए। , ‘व्यापार नचलेर करोडौं ऋण लागेपछि बैंकको ब्याजसम्म भने पनि बुझाउन सकिन्छ कि भनेर केहीले हात्ती बेचे होलान् तर अब जति पनि हात्ती बाँकी छन् ती बिक्री गरिँदैनन्,’ उनले भने, ‘हात्तीलाई व्यवसायको साधनकारूपमा मात्रै नलिएर संरक्षणका दृष्टिले हेर्नेहरू पनि यहाँ छन्।’ , उनले सरकारी निकायले भने हात्तीपालकका समस्या नसुन्ने गरेको बताए। व्यापार नहुँदा भएको क्षतिदेखि हात्तीले खाना नपाउँदाको अवस्थामा पनि सहयोग नपाएको गुनासो उनले गरे।, सौराहामा हुने हात्ती सफारी, हात्तीलाई तालिम दिने र काममा लगाउने समयमा दिइने यातना, बुढा हात्तीलाई समेत काममा दलाउने प्रवृत्ति, हात्ती दौड लगायतका गतिविधिको वन्यजन्तुको अधिकारका लागि कार्यरत संस्थाहरूले विरोध गर्ने गरेका छन्। हात्ती माथिको दुर्व्यवहारप्रति असन्तुष्टि जनाएर यहाँ आउने युरोपियन पर्यटकले हात्ती चढ्नै छाडेका छन्। पशु अधिकारकर्मीको अभियानका कारण हात्ती चढेर घुम्ने नेपालीको संख्यासमेत घट्दो छ।, हात्तीलाई प्राकृतिकरूपमै रहने अधिकार दिइनुपर्ने माग पशु अधिकारकर्मीहरूले वर्षौंदेखि उठाउँदै आएका छन्।  , यसलाई मध्यनजर गर्दै हात्तीपालकले हात्तीहरूलाई निश्चित क्षेत्रमा छाड्नेगरी ‘स्याङ्चुरी अवधारणा’मा लैजाने चर्चा पनि बेला–बेलामा गर्ने गरेका छन्। , विभिन्न देशमा प्रचलनमा रहेका स्याङ्चुरी अवधारणाको अवलोकनपछि नेपालमा यसको चर्चा गरिए पनि काम भने अघि बढ्न सकेको छैन। , सौराहामा केही व्यवसायीले हात्तीलाई जंगल सफारीमा नखटाई जंगल वाक, एलिफेन्ट बाथ लगायतका गतिविधिमा सहभागी गराउने गरेका छन्।, अदालतलाई जवाफ दिने तयारीमा व्यवसायी  , , नेपालमा २०० भन्दा बढी घरपालुवा हात्ती छन्। ती हात्तीले प्रजनन् गराउने कुनै व्यवस्था कानुनमा नभए पनि सौराहामै केही निजी हात्तीले बच्चा जन्माएका छन्।, सर्वोच्च अदालतले युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थालाई आदेशको प्रतिलिपिसहितको म्याद सूचना पठाएर निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो आधार र कारणसहित १५ दिन भित्रमा लिखित जवाफ पेश गर्न भनेको छ। , सहकारी संस्थाले गत असोज १४ गते अदालतको उक्त पत्र बुझेको थियो।, अध्यक्ष तिवारीले जवाफ लिएर अदालत जाने तयारी भइरहेको सेतोपाटीलाई बताए। अदालत जानका लागि कानुन व्यवसायीसँग परामर्श भइरहेको बताए पनि उनले कस्तो जवाफ दिने भन्नेबारे बताएनन्।, ‘हात्ती दर्ता गर्नका लागि पनि हामीसँग कात्तिक १४ गतेसम्मको समय छ। त्यो समयसम्ममा चितवन निकुञ्जसँग छलफल गरेर आवश्यक काम गर्नेछौं,’ उनले भने।, सर्वोच्चको आदेशले रोकिएला त हात्तीको अवैध किनबेच?
विनोद सापकोटा झापामा हावाहुरीसहित परेको पानीले पाकिसकेको धानमा क्षति पुर्‍याएको छ।, गए राति आएको हावाहुरीले धान ढलेको छ। पानी परेपछि कतिपय स्थानमा काटेर पाँजा लगाइएको धानमा समेत क्षति पुगेको छ।, पाकेको धान भित्र्याउन नपाउँदा किसान मर्माहत छन्।, शिवसताक्षी नगरपालिकाका अधिकांश क्षेत्रमा पाकिसकेको धान पानीले नोक्सान गरिदिएको किसानले बताएका छन्। धान पाकेर पहेँलै देखिएका खेत अहिले पानीले डुबेको छ।, मेचीनगर, बिर्तामोड, झापा, कन्काई, गौरीगंज, गौरादह, हल्दिबारी, काचनलावल लगायतका क्षेत्रमा गए रातिदेखि भारी पानी परेको थियो।, शिवसताक्षी नगरको शिवगञ्ज, पाँचगाछी,मंगलबारे ,पाराबारी लगायतका क्षेत्रमा पानीले धान नष्ट गरेको किसानहरुले बताएका छन्।, स्थानीय किसान रामबहादुर दाहालले हावाहुरीसहित आएको पानीले धान नष्ट गरेको बताए। ‘अब दुई दिन पानीमै धानका बाला डुबे भने त कुहिन्छ,’ उनले भने।, अर्का किसान राम रायले पानीले धान डुबाएको बताए। ‘खेतमा जम्मा भएको पानी सुक्दासम्म त धान झरेर उम्रिसक्छ,’ उनले भने।, शिवसताक्षीका रामबहादुर न्यौपानेले दसैँपछि काटेर खेतमै सुकाएको धान उठाउन नपाउदैँ पानीले डुबाएको बताए। उनले पाँच कट्ठा खेतमा रोपेको धान काटिसकेका थिए।, झापामा राधा ४, सर्जु ५२, सुख्खा ३, हर्दिनाथ १, गोरखनाथ, लोकनाथ, साबित्री, लोकतन्त्र, मिथिला, मनिसा, पृथ्वी, सुरज, चाँदनी जस्ता धानको रोपाइँ हुने गरेको छ।, झापामा हावाहुरी र पानीले पाकेको धानमा क्षति
सेतोपाटी संवाददाता तीन दिनदेखि जारी वर्षाका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ।, दुई ठाउँमा पहिरो खसेपछि राजमार्गको दैलेख खण्ड मंगलबार बिहानैदेखि अवरूद्ध भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार दैलेखमा पर्ने खिड्कीज्युला र घट्टेखोलामा पहिरो खसेका छन्।, सडक अवरूद्ध हुँदा सुर्खेतबाट जाने र सुर्खेत आउने यातायातका साधन तथा यात्रुबीच बाटोमै रोकिएका छन्। पहिरो पन्छाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।, कर्णाली राजमार्गको दुई ठाउँमा पहिरो, बिहानदेखि सडक अवरूद्ध
सेतोपाटी संवाददाता कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा दिएको छ।, प्रदेशभर आज सार्वजनिक बिदा छ।, गत वैशाख १७ को मन्त्रिपरिषदको निर्णयअनुसार मंगलबार सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।, असोज शुक्ल पूर्णिमाका अवसरमा प्रदेश सरकारले बिदा दिएको हो।, मन्त्रालयले सूचना जारी गर्दै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय  संस्थाहरु बन्द हुने जनाएको छ।, कोजाग्रत पूर्णिमामा कर्णाली प्रदेशले दियो सार्वजनिक बिदा