content
stringlengths
20
64.1k
सेतोपाटी पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरू काठमाडौंबाट गएको खुलेको छ। , मृतकहरू काठमाडौंको गोंगबुबाट घुम्न गएकाहरू रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।, सोमबार दिउँसो घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो।, दुर्घटनामा एक जनालाई सकुशल उद्दार गरिएको र अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ। , दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री छन्।, जीपमा सवार काठमाडौँ महानगरपालिका–३ गोंगबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र २७ वर्षीय विनय क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए। , घटनामा २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा समान्य चोट लागेको छ। उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनी भिरमा अड्किएको अवस्थामा फेला परेपछि प्रहरी र स्थानीयबासीले उद्दार गरेका थिए। , जीप साढे १ बजे हुदुमा पुग्दा आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताएको छ। , पोखरा घान्द्रुक कच्ची सडकखण्डको कलाभीरको घुम्ती सडकबाट अन्दाजी २०० मिटर तल सडकमा जीप खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।, उनका अनुसार उकालो बाटोमा जीप ‘ब्याक’ भएर दुर्घटनामा परेको हो। , मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ। (रासस), घान्द्रुक दुर्घटना: काठमाडौंबाट घुम्न गएका थिए उनीहरू
सेतोपाटी संवाददाता बाँकेमा बसको ठक्करबाट घाइते भएकी ३६ वर्षीया गीता चौधरीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र खनालका अनुसार उपचार क्रममा उनको निधन भएको हो।, सोमबार दिउँसो पौने दुई बजेतिर बसले ठक्कर दिँदा जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ८ की २६ वर्षीया चन्द्रा बुढाथोकीको मृत्यु भएको थियो। बसले ठक्कर दिएकी सोही ठाउँकी गीता चौधरीको भने कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको थियो। साँझ चौधरीको पनि मृत्यु भएको डिएसपी खनालले जानकारी दिए। , पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ७४४८ नम्बरको बसले पैदल हिँडिरहेका ती दुई महिलालाई स्थानीय परुवा खोला पुलनजिकै ठक्कर दिएको थियो।, प्रहरीका अनुसार उनीहरू बाख्रा चराउन गएका थिए। महाकाली यातायातको उक्त बस धनगढीतर्फ जाँदै थियो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, बाँकेमा बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
युवराज श्रेष्ठ पोखरा–बागलुङ सडक खण्डको हेम्जामा च्यांग्राका बथान छन्। च्यांग्राका व्यापारी आ–आफ्नो च्यांग्रा बेच्न समूह-समूहमा बसेका छन्।, ग्राहकसँग मोलमोलाई गर्छन्, च्यांग्रालाई अर्को समूहमा जान नदिन थुनछेक गरिरहेका छन्। यही भिडमा जुम्लाका 'हेडसर' पनि मिसिएका छन्। , जुम्लाको पातारासी गाउँपालिकास्थित गंगा माविका ३२ वर्षीय हेडसर गोर्ख बुढा हवाई जहाज चढेर पोखरा झरेका हुन्। उनका समूहमा ८ जना छन्। उनी आउनुअघि नै समूहका अन्य सदस्यले च्यांग्रा पोखरा ल्याइसकेका थिए। स्कुल बिदा नभएका कारण आफू ढिला गरी आउनुपरेको गोर्खले बताए। , ‘स्कुल बिदा नहुँदा त पढाउनुपर्छ, व्यापार गरेर हिँड्न मिल्दैन,’ गोर्खले भने, ‘दसैं बिदा भएपछि मात्र च्यांग्रा बेच्न पोखरा आएको हुँ।’, विज्ञान विषयमा स्नातक गरेका गोर्ख स्थायी शिक्षक भएको ६ वर्ष बित्यो। यसअघि पनि उनी शिक्षणमै थिए, अस्थायी रूपमा। शिक्षक सेवा आयोगले २०६९/०७० मा खुलाएको विज्ञापनमा उनले प्राथमिक तहका लागि आवेदन दिएका थिए। विराटनगरबाट परीक्षा दिँदा गोर्ख उत्तीर्ण भए, अन्तरवार्तामा नाम निस्केन। , अस्थायी शिक्षककै रूपमा काम गरिरहेका गोर्खले फेरि अर्को परीक्षाको तयारी गरे। , २०७१/०७२ मा फेरि शिक्षक सेवा आयोगले विज्ञापन खुलायो। उनले पोखराबाट फर्म भरे, परीक्षा दिए। लिखित र अन्तरवार्ता दुबैमा उत्तीर्ण भए। , शिक्षक सेवा आयोगबाट नाम निकालेपछि गोर्ख पढाउनका लागि गुल्मी गए। गुल्मीको बाँझकटेरी माविमा १ वर्ष पढाएर आफ्नै गाउँ सरुवा भए। , गोर्ख पहिलो पटक जिल्ला छान्न पोखरा आएका थिए। स्थायी शिक्षकका लागि जिल्ला छान्न, परीक्षा दिन र अन्तरवार्ता दिन गरी ३ पटक पोखरा आउँदा उनले पोखरा आसपास घुम्न भ्याएको बताए। त्यसपछि भने च्यांग्रा बेच्नका लागि मात्र पोखरा आउने गरेका छन्। यसपटक समेत गरी गोर्ख तीन पटक पोखरा आएका छन्। , उनका सिद्धान्तले शिक्षकलाई च्यांग्रा नबेच् भन्दैन। , ‘मेरो सिद्धान्तमा काम ठूलो सानो छैन, कुर्सीमा अडिएर मात्र हुँदैन,’ उनले भने, ‘महसुस सबै कामको हुनुपर्छ, एउटा कर्मचारीले काम नगर्ने किसानले मात्र गर्ने भन्ने छैन नि!’, च्यांग्रा बेच्न पोखरा आएका गोर्खको समूहमा ८ जना छन्। गोर्खबाहेक अरु साथी र आफन्तले नै च्यांग्रा खोज्ने र पोखरा ल्याउँछन्। उनीहरूको समूहले बझाङका विभिन्न ठाउँबाट ३५० वटा च्यांग्रा पोखरा उतारेका थिए। गाउँ–गाउँ पुगेर च्यांग्रा संकलन गर्न अहिले विक्री गर्न भन्दा बढी दुख हुने गोर्खले बताए। , ‘हाम्रा साथीहरू च्यांग्रा खोज्न जाँदा घर छाडेको २ महिना भइसक्यो, हामीले किन्दा सानो ठूलो हुँदैन, होलसेलमा किन्नुपर्छ,’ उनले भने, ‘गाउँमा च्यांग्रा किन्दा नै प्रतिस्पर्धा हुन्छ, हाम्रा साथीहरूजस्तै अरु पनि च्यांग्रा किन्न गएका हुन्छन्।’, बझाङको चैनपुरबाट मात्र च्यांग्रालाई गाडी चढाएको गोर्खले बताए। दिनरात गरी चैनपुरबाट ४ दिनमा च्यांग्रा पोखरा आइपुगेको थियो। गाडीमा ल्याउँदा एउटा गाडीको मात्र डेढ लाख बढी भाडा तिर्नुपरेको उनले बताए। उनका समूहले मात्र च्यांग्रा ल्याउन ३ वटा गाडी रिजर्भ गरेका थिए।, उहिले उहिले च्यांग्रालाई हिँडाएर पोखरा ल्याइन्थ्यो, अहिले गाडीमा ल्याउँदा मूल्य बढ्न गएको गोर्खको बुझाइ छ। , उनको समूहले ल्याएको च्यांग्रा २० हजारदेखि ५५ हजार रुपैयाँसम्मका छन्। , अहिले च्यांग्राको मूल्य बढ्नुमा अर्को पनि कारण छ। , कोरोना भाइरसको महामारी हुनुअघि चीनको तिब्बतबाट समेत नेपालमा च्यांग्रा भित्रन्थे। हुम्ला, मुगु र डोल्पा नाकाबाट तिब्बती च्यांग्रा पोखरा ल्याएर बेचेको उनलाई अनुभव छ। यसका अलवा मुस्ताङको कोराला नाकाबाट समेत च्यांग्रा भित्रन्थ्यो। कोरोना महामारीले बन्द गरिदिएको तिब्बतको नाका अझै खुल्न सकेको छैन। व्यापारीले तिब्बती च्यांग्रा ल्याउन सकेनन्। , गोर्खका समूहले मात्र होइन, जुम्ला, सुर्खेत, बझाङ लगायत जिल्लाका अन्य व्यापारीले पनि पोखरामा च्यांग्रा बेच्दैछन्। , मुस्ताङका च्यांग्राको मुख्य बजार त पोखरा भइहाल्यो। यी सबै ठाउँका च्यांग्रा गरी पोखरामा १५ हजार बढी च्यांग्रा भित्रिएको अनुमान छ। मूल्य बढेका कारण च्यांग्राको व्यापार सन्तोषजनक नभएको गोर्खले बताए। , ‘यसपालि व्यापारको माहोल हेर्दा सन्तोषजनक छैन,’ सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘३ दिनमा जम्मा २५ वटा विक्री भयो, अझै ३ सय भन्दा बढी च्यांग्रा बेच्नै बाँकी छ।’, दसैंसम्म च्यांग्रा विक्री नभए तिहारसम्म पोखरामै पालेर विक्री गर्नुपर्ने गोर्खको भनाइ छ। आफू भने तिहारसम्म नबस्ने उनले बताए। , स्कुल चलाउन पर्ने भएकाले तिहारमा पनि आउन नसक्ने उनको भनाइ छ। , बझाङका गाउँगाउँबाट च्यांग्रा बटुलेर पोखरासम्म ल्याउँदा समूहका सबैले पैसा उठाएका थिए। कसैले ब्याजमा ऋण लिएका थिए। यसरी नै व्यापार नभए घाटा सहनुपर्ने बाध्यता आउने गोर्खले बताए। , ‘२ रुपैयाँ कमाएरै परिवार पाल्ने हो, दसैंका बेला च्यांग्रा विक्री भएन भने त गाह्रो हुन्छ नि,’ उनले भने।, साइपालका च्यांग्रा बेच्न पोखरा झरेका जुम्लाका 'हेडसर' (भिडिओ)
सेतोपाटी संवाददाता मोरङमा लुटेरा समूहले बैंक लुट्ने प्रयास गरेका छन्। , सोमबार दिउँसो साढे ३ बजे धनपालथान गाउँपालिका कर्सियास्थित सिटिजन्स बैंकमा लुटेर समूहले लुट्न खोजेको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरूणकुमार बिसीले जानकारी दिए।, उनका अनुसार लुट्न आएका व्यक्तिहरूले बैंकका गार्डमाथि गोली चलाएका थिए। उनले लुटेरा समूहलाई रोक्न खोज्दा उनीमाथि गोली प्रहार भएको थियो। , उनको उपचारको लागि विराटनगरस्थित अस्पताल पुर्‍याइएको छ।, प्रहरीले घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अरूको पनि खोजी भइरहेको डिआइजी जिसीले बताए।, दुई जना भारतीयसहित तीन जनालाई नेपाल-भारत सीमा नाका मोरङको धनपालथान गाउँपालिका २ खैरवनाबाट पक्राउ गरेको हो।, 'उनीहरूले बैंक लुट्न भ्याए वा भ्याएनन् भन्ने खुलिसकेको छैन। बैंकले केही भनिसकेको छैन,' उनले भने।, पक्राउ परेको लुटरा समूहमा को-को छन् भन्ने अहिले प्रहरीले गोप्य राखेको छ।, उनीहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले पनि गोली चलाएको छ। पक्राउ परेकामध्ये एक जनाको तिघ्रामा गोली लागेको सुरक्षा स्रोतले जानकारी दियो। यद्यपि डिआइजी बिसीले प्रहरीले गोली नचलाएको दाबी गरेका छन्।  , उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान सुरू गरिएको छ।, गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसी, प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङ घटनास्थल पुगेका छन्। अहिले घटनाको अनुसन्धान भइरहेको जिसीले बताए। , मोरङमा बैंक लुट्ने प्रयास, लुटेरा समूहको गोली लागेर गार्ड घाइते
रासस प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । , घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । ,  नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।, “केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्”, उनले भने । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि धर्मशास्त्रविद् गौतमले जानकारी दिए ।, हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।, जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।, राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।, यस वर्षको फूलपाती मङ्गलबार अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम रहेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री, काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ । , आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।, नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ, जाँते पिङ र रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ ।, आज फूलपाती, यस वर्षको फूलपाती अपराह्न साढे चार बजे भित्र्याइने
डा.चितरञ्जन शाह पहिला-पहिला बच्चा नजन्मिएको दोष पुरूषलाई दिइन्थ्यो। महिलालाई स्वास्थ्य परीक्षण गर्न लगिन्थ्यो तर पुरूषमा पनि प्रजनन क्षमता कमजोर हुन्छ भन्ने अनुमानै गरिएको हुँदैन थियो। तर अहिले विभिन्न खाले प्रविधिले पुरूषमा पनि प्रजनन क्षमता कमजोर भएको पत्ता लागेको छ। बच्चा नजन्मिनुमा पुरूषको एक तिहाइ, महिलाको एक तिहाइ र एक तिहाइ कारण पत्ता लाग्न सकेको छैन। , कुनै पनि साधनको प्रयोग नगरिकन एक वर्षसम्म बुढाबुढी सहबास गर्दासमेत बच्चा जन्मिएन भने त्यस्ता जोडीको प्रजनन क्षमतामा समस्या छ भन्ने बुझ्नुपर्छ। बच्चा नजन्मिनुमा पुरूष र महिला उत्तिकै जिम्मेवार हुन्छन्।, अहिले पुरूषको प्रजनन क्षमता कमजोरहुँदै गएको छ। पुरूषको शुक्राणुको संख्या समेत घट्दै गएको छ।, पुरूषको प्रजनन क्षमता कमजोर हुनुको एउटा कारण वंशानुगत हो। जुन हाम्रो नियन्त्रणमा छैन। तर धेरै कारणहरु नियन्त्रण गर्न सकिन्छ।, तनावपूर्ण र व्यस्त जीवनशैली, चुरोट सेवन, रक्सीको अत्यधिक सेवन, अत्यधिक मोटोपना र विभिन्न खालका रोगले पुरूषको प्रजनन क्षमता कमजोर बनाएको छ।, अहिले धेरै मान्छेले ल्यापटपको प्रयोग गर्छन्। काखमा राखेर ल्यापटप प्रयोग गर्दा अण्डकोषमा समस्या आउँछ। अण्डकोषको तापक्रम 'मेन्टेन' भएन भने प्रजनन क्षमतामा कमजोरी देखिन्छ।, टाइट कपडा लगाउने, मोटरसाइकलमा धेरै हिँड्ने व्यक्तिको प्रजनन क्षमतामा समस्या आउँछ।, महिलामा २५ देखि ३५ वर्षको उमेर पुग्दासम्म प्रजनन क्षमता ५० प्रतिशत घटेको हुन्छ। त्यसपछि क्रमशः अझै ठूलो अनुपातमा घट्छ। ३५ वर्षको उमेरपछि पुरुषको प्रजनन क्षमता कमजोर हुँदै जान्छ।, सहबासको ग्याप लामो भएको छ र सही समयमा सहवास भएन भने पनि गर्भ नरहन सक्छ।, प्रजनन क्षमता कमजोर भएका र प्रजनन क्षमता नभएका पुरूषको कुनै न कुनै किसिमको उपचार हुनसक्छ। त्यसका लागि चिकित्सकसँग सल्लाह गर्नुपर्छ। , पुरूषको प्रजनन क्षमता कमजोर हुनुको कारण र यसको उपचारबारे केन्द्रीत रहेर हामीले वीर अस्पताल र बयोधा अस्पतालमा कार्यरत युरोलोजिष्ट डा चितरञ्जन शाहसँग‍ भिडिओ कुराकानी गरेका छौ, हेर्नुहोस्।, पुरूषको प्रजनन क्षमता के कारणले कमजोर हुन्छ? (भिडिओ)
सेतोपाटी संवाददाता धनुषामा दुई जना छोराको हत्या गरी एक महिलाले आत्महत्या गरेकी छन्।, नगराइन नगरपालिका-७ फुलगामाकी २४ वर्षीया गुडिया साहले शुक्रबार साँझ ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहलाई डोरीले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ।, दुबै छोराको हत्यापछि घरमै रहेको सिलिङ फ्यानमा पासो लगाएर गुडियाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।, उनका अनुसार घटनाका बेला गुडियाका श्रीमान गुरुदेव साह कामको सिलसिलामा जनकपुर आएका थिए।, घरमा कोही नभएको बेला चर्को स्वरमा डिजे साउण्ड बजाएर गुडियाले छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।, ‘चिच्चयाएको आवाज बाहिर नसुनिउन भनेर चर्को साउण्डमा गीत बजाएको देखिन्छ। ढोका बन्द गरी पहिले जेठा छोरालाई घाँटीमा ब्लेडले चिरेर मार्ने प्रयास गरेकी छन्। तर हिम्मत नपुगेपछि कपडाले घाँटी च्पापेर मारेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘जेठा छोरालाई नरिवलको डोरीले कसेर मारिछन्। त्यहीँ डोरीले झुण्डिएर आफू पनि आत्महत्या गरिछन्।’, घटनास्थलबाट गुडियाले प्रयोग गर्ने मोबाइल फुटेको अवस्थामा बरामद भएको छ।, प्रहरीका अनुसार १० वर्षअघि गुडिया र गुरुदेव साहले प्रेम विवाह गरेका थिए।, तर गुडियाका आमाबुवाले उनीहरूको विवाह स्वीकार नगरेको अनुन्धानमा खटिएको ती प्रहरीले बताए।, ‘गुडियाको माइती पक्षले सम्बन्ध मन नपराएको देखिन्छ। बिहे गरेदेखि बोलचाल, कुनै समबन्ध छैन,’ उनले भने।, घटनाको कारण खुलिनसकेको डिएसपी बस्नेतको भनाइ छ।, तीनै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए।, धनुषामा दुई छोराको हत्यापछि आमाले गरिन् आत्महत्या
सेतोपाटी संवाददाता श्रीमतीलाई भरुवा बन्दुक ताकेर मार्छु भनी धाकधम्की दिएको आरोपमा भोजपुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, भोजपुर रामप्रसादराई गाउँपालिका-१ चामबोटे का ४६ वर्षीय सुजिल राईलाई प्रहरीले भरुवा बन्दुकसहित गरेको हो।, शुक्रबार राति सवा ८ बजे घरयासी विवादको कारण श्रीमती ४५ वर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गरेको प्रहरीले जनाएको छ।, गहिरो चोट लागेर घाइते भएकी श्रीमतीलाई उनले भरुवा बन्दुक निकालेर ताक्दै मार्छु भनेर धम्की दिने गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।, घटनाबारे जानकारी पाएलगतै अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी टोली गएको थियो।, घाइते श्रीमती जुनालाई उपचारको लागि स्थानिय मेडिकल ओख्रेमा पठाइएको थियो।, घटनास्थलमा भरुवा बन्दुक फालेर फरार भएका सुजिललाई प्रहरीले खोजी गरी राति नै पक्राउ गरिएको थियो।, श्रीमतीलाई भरुवा बन्दुक ताक्दै मार्ने धम्की दिएको आरोपमा श्रीमान् पक्राउ
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरमा धेरै उज्यालो शक्ति भएका ‘हाई-मास’ बत्ती जडान गरिएको छ। बजारका १२ ठाउँमा हाई-मास लाइट जडान गरी सञ्चालनमा आइसकेका छन्।, वीरेन्द्रनगर बजार क्षेत्रका वीरेन्द्र चोक, मंगलगढी चोक, एरिचोक, घण्टाघर चोक, कालुङ्गचोक, बसपार्क लगायतका ठाउँहरूमा हाई-मास लाइट जडान गरिएको हो।, १ करोड २० लाख रुपैयाँ लागतमा वीरेन्द्रनगर नगरपालिकाले विभिन्न ठाउँमा १२ वटा यस्ता बत्ती जडान गरेको हो।, बिजुलीबाट चल्ने यो बत्तीहरू बाल्दा लाग्ने विद्युत महसुल र पोलको भाडा वीरेन्द्रनगर नगरपालिकाले नै व्यहोर्ने उपमेयर मोहनमाया ढकालले बताइन्।, उनका अनुसार विद्युत र पोल भाडा गरी एउटा पोलको मासिक १० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। १२ वटा बत्तीको शुल्क मासिक १ लाख २० हजार रुपैयाँ हुनेछ।, नगर उज्यालो कार्यक्रममार्फत जडान गरिएको हाई-मास लाइटहरु उज्यालो र सुरक्षा दुबैलाई मध्यनजर गरी स्थान छनोट गरिएको ढकालले बताइन्।, ‘उज्यालो र सुरक्षाको हिसाबले उपयुक्त हुने गरी स्थानीय र प्रशासनको सल्लाहमा स्थान छनोट गरिएको हो। सुब्बाकुनादेखि बांगेसिमलसम्मको मुख्य राजमार्गलाई प्राथमिकतामा राखेर चोकहरूमा लाइट जडान गरिएको हो,’ उनले भनिन्, ‘त्यसपछि बढी मानिसको आवतजावत वा भिडभाड हुने ठाउँ, बजारका ठूला चोकहरूलाई केन्द्रित गरिएको छ।’, बजारमा राखिएका सिसी क्यामराहरूमा भिडियो कैद गर्नका लागि पनि हाई-मास लाइट उपयुक्त भएकाले सुरक्षालाई मध्यनजर गरी विशेष स्थान छनोट गरिएको उनले बताइन्।, एक करोड लगानीमा वीरेन्द्रनगरका १२ ठाउँमा हाई-मास लाइट (तस्बिर)
सुदीप श्रेष्ठ आज म तपाईंहरूलाई पचली भैरवको कथा सुनाउँदैछु।, काठमाडौं र पाटनको सीमा जोडिएको टेकु दोभाननिर पचली भैरव मन्दिर छ। काठमाडौंको प्राचीन स्वरूप खड्ग आकारको छ भन्ने हामीले सुन्दै आएका छौं। यो 'खड्गाकार' आकृतिलाई पचली भैरवले प्रयोग गर्ने शस्त्र खड्गको प्रतिरूप मानिन्छ।, देशभरि दसैंको रौनक छाएका बेला काठमाडौंको तल्लो टोल अर्थात् लिच्छविकालीन 'दक्षिण कोलिग्राम' का बासिन्दा यति बेला पचली भैरवको जात्रा मनाउँदैछन्। घटस्थापनाबाट सुरू भएर आज पञ्चमीको दिन सम्पन्न हुने यो जात्रासँग काठमाडौंको संस्कृति, प्राचीन राजनीति र फर्पिङका एक किराँती राजा र दुई जना अजिमाको 'त्रिकोणात्मक प्रेमकथा' जोडिएको छ।, यो लेखको पहिलो खण्डमा हामी पचली भैरवसँग जोडिएका कथा–किम्बदन्तीको कुरा गर्नेछौं भने दोस्रो खण्डमा ऐतिहासिक र सांस्कृतिक पक्षको चर्चा गर्नेछौं।, सुरू गरौं, कथा–किम्बदन्तीबाट।, कोरोना महामारीका कारण पिपिई लगाएर मनाइएको पचली भैरवको जात्रा। तस्बिर स्रोत: सुप्रिन्स शाक्य, जसरी काठमाडौं, इन्द्रचोकका आकाश भैरवलाई प्रथम किराँती राजा यलम्बरको प्रतिरूप मानिन्छ, त्यसरी नै टेकुका पचली भैरवलाई फर्पिङका किराँती राजाको प्रतिरूप भनिन्छ। फर्पिङमा पुरानो दरबारका केही अवशेष छन् जसलाई स्थानीयहरू पचली भैरवको निवास मान्छन्।, कतिपयले पचली भैरव भनेका दोस्रो किराँती राजा पेलं वा पलम्बर हुन् पनि भन्छन्।, अब प्रश्न उठ्छ, फर्पिङका किराँती राजाको प्रतिरूप टेकुमा कसरी प्रतिस्थापन भयो? , के उनलाई यहाँ बन्दी बनाएर ल्याइएको थियो? वा, उनले काठमाडौंमाथि विजय प्राप्त गरेका हुन्?, यसको जवाफ पचली भैरवको किम्बदन्तीले दिन्छ। यसका विभिन्न संस्करण छन् जुन आपसमा जेलिएका छन्।, मलाई यी कथा सुनाएका थिए, सन्दीप महर्जनले। काठमाडौंका चोक, गल्ली, मन्दिर र चैत्यहरू घुमेर लोककथा संकलन गर्ने २४ वर्षीय सन्दीप सामाजिक सञ्जालहरूमा 'फ्रयांकी फ्रेन्ज' नाउँले सम्पदा र संस्कृतिबारे ब्लग लेख्छन्, तस्बिरहरू सेयर गर्छन्।, उनले सुनाएको कथाको पहिलो संस्करण यस्तो छ–, फर्पिङका किराँती राजा हरेक दिन भेष बदलेर पाटन, सानेपाको राजतीर्थमा पूजा गर्न आउँथे। राजतीर्थ भनेको बागमती किनारमा पर्छ। अहिले बागमतीवारि काठमाडौंतर्फ पचली मन्दिर छ भने ठ्याक्कै पारि ललितपुरतर्फ राजतीर्थ छ।, यसरी पूजा गर्न आउँदा एकदिन उनको टेकु दोभानमा 'नै' अजिमासँग भेट भएछ।, नै अजिमा बिछट्टै राम्ररी थिइन्। पचली उनको सौन्दर्यमा कायल भएछन्। उनी हरेक दिन अजिमालाई हेर्न टेकु दोभानको चक्कर लगाउन थाले। दुवैको लुकिछिपी आँखा जुध्यो। पचली आँखा सन्काउँदा हुन्, अजिमा लजाउँदी हुन्! बिस्तारै अजिमा पनि पचलीतिर आकर्षित भइन्। उनीहरू दुनियाँको आँखा छलेर बागमतीको तिरैतिर डुली हिँड्न थाले। आजको भाषामा भन्दा लुकिछिपी 'डेटिङ' जान्थे।, त्यही क्रममा एकदिन उनीहरू स्थानीयका आँखामा परे। पचली भैरवलाई अप्ठ्यारो पर्‍यो। स्थानीयले पक्रेर केरकार गर्न थाले आफू फर्पिङको राजा भएको भेद खुल्ला र राज्यको बेइज्जती होला भन्ने उनलाई डर भयो। , त्यही भएर उनी 'नै' अजिमालाई बाटोमै छाडेर नजिकै गुप्त स्थानमा लुक्न गए।, अहिले जहाँ पचली भैरवको मन्दिर छ, फर्पिङका किराँती राजा लुकेको ठाउँ त्यही हो भन्ने जनविश्वास छ। त्यस्तै, पचलीले टेकु दोभान जाने जुन मोडमा अजिमालाई छाडेर हिँडेका थिए, उनी त्यही मोडमा पचलीलाई पर्खेर बसेकी छन्।, अहिले पनि टेकु दोभान जाने बाटोको घुम्तीनिर 'नै' अजिमाको मन्दिर छँदैछ। मान्छेहरूले पचली लुकेको ठाउँ देख्लान् भनेर अजिमा विपरीत दिशातर्फ फर्केको पाइन्छ। अर्थात्, अजिमाले पचली मन्दिरतिर हेरेकी छैनन्, त्यसको ठ्याक्कै उल्टो दिशातिर फर्केकी छन्।, काठमाडौं रक्षा गर्ने पचली भैरव। काठमाडौंको 'खड्गाकार' आकृति पचली भैरवले प्रयोग गर्ने शस्त्र खड्गकै प्रतिरूप मानिन्छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी, पचली भैरवसँग मुख फर्काएर बसेकी 'नै' अजिमा। तस्बिर: नारायण महर्जन/सेतोपाटी, पचली र नै अजिमाको यो प्रेमकथामा एउटा उपकथा जोडिएको छ।, उनीहरू जति बेला लुकिछिपी टेकु दोभानमा घुम्न जान्थे, त्यही बेला एकदिन गणेशले फ्याट्टै दुवैलाई देखेछन्। भैरवलाई शिवजीको अवतार मानिन्छ, गणेश परे शिवजीकै छोरा। आफ्नै पितालाई अर्की केटीसँग हिँडेको देखेर गणेश आँखा सन्काउँदै मुसुक्क हाँसेछन्।, टेकु दोभानबाट काठमाडौंको भित्री सहरतिर आउँदा जसै तपाईं टेकु चोक नाघेर जैसीदेवलतिर उक्लिनुहुन्छ, उकालोको सिरानमै दाहिनेतिर गणेशको मन्दिर छ। यो यिनै 'मुसुकाः गणेश' को मन्दिर हो।, यो त भयो, कथाको पहिलो संस्करण। अब हामी दोस्रो संस्करण सुनौं।, यसमा पनि भेष बदलेर आएका फर्पिङका किराँती राजाको 'नै' अजिमासँग प्रीति बस्छ। उनीहरू उसैगरी लुकिछिपी घुम्न जान्छन्। उनीहरूकी एउटी छोरी पनि जन्मिन्छिन्। पचली परिसरबाहिर बाटोको छेउमा तपाईंहरूले 'मचली' देवीको मूर्ति देख्नुभएको होला। यी 'मचली' देवीलाई पचली र नै अजिमाकै छोरीका रूपमा लिइन्छ।, प्रेम सम्बन्धबाट छोरी जन्मिसक्दा पनि पचलीले आफ्नी प्रेमिकालाई आफू को हुँ भनेर बताएका थिएनन्। एकदिन उनलाई आफ्नो परिचय खोल्न मन लाग्यो।, भने, 'प्रिय, मैले अहिलेसम्म तिमीलाई आफ्नो बारेमा सही कुरा बताएको छैन।', नै अजिमा छक्क परिन्।, 'हजुर यो के भन्दै हुनुहन्छ?' उनले मायालु पारामा सोधिन्, 'कुन कुरा बताउनुभएको छैन मलाई?', 'मेरो परिचय।', नै अजिमा शान्त भइन् र भनिन्, 'प्रेमको अगाडि परिचयको के मोल! हजुर जो भए पनि, जस्तो भए पनि मैले आफ्नो आत्मा सुम्पिसकेकी छु।', उनले अगाडि भनिन्, 'मलाई हजुरको वास्तविक परिचयसँग कुनै मतलब छैन। मेरो निम्ति त हजुरको एउटै परिचय छ, त्यस्तो व्यक्ति, जसलाई मैले आफ्नो सर्वस्व सुम्पेँ। तै पनि कुरा उठाइहाल्नुभयो, भन्नुस् न त के हो हजुरको वास्तविक परिचय?', 'म सामान्य मान्छे होइन प्रिय,' पचलीले भने, 'म फर्पिङको राजा हुँ।', यति भनेर उनले अजिमालाई एकमुठी चामल दिए, 'म तिमीलाई आफ्नो वास्तविक रूप देखाउँछु। त्यसपछि तिमी यो दिव्य चामल मलाई चढाउनू।', पचलीले आफ्नो वास्तविक रूप देखाए।, किराँती राजाको रौद्ररूप देखेर अजिमा तर्सिइन्। उनी डराएको देखेर पचलीलाई के गरूँ, कसो गरूँ भयो। बरू अजिमा शान्त नभएसम्म लुकेर बस्छु भनेर उनी त्यहीँको एउटा नालीमा लुक्न गए। पचली लुकेको त्यो नालीलाई 'पञ्चनाली' भनिन्छ। आज पनि पचली भैरव त्यही नालीमा लुकेर बसेको विश्वास गरिन्छ।, यता डरले सातोपुत्लो गएपछि नै अजिमाले हातमा मुठी पारेको चामल आफैंले खाइछन्। भैरवले दिएको 'दिव्य' चामल खाएकीले अजिमाले पनि 'दैवी' शक्ति प्राप्त गरिन् र देवीका रूपमा स्थापित भइन् भन्ने भनाइ छ।, 'कतिपयले नै अजिमासँग पहिलेदेखि दैवीशक्ति थियो पनि भन्छन्,' सन्दीपले सुनाए, जसै पचली भैरवले आफ्नो आवरण उतारेर वास्तविक रूप देखाए, त्यसलगत्तै नै अजिमा मुसुक्क हाँसिन्।, 'हजुरलाई पनि मैले आफ्नो वास्तविक रूप देखाएकी छैन,' उनले भनिन्, 'म पनि सामान्य केटी होइन।', यति भनेर नै अजिमा 'देवी' रूपमा प्रकट भइन्।, 'यो कथाअनुसार पचली भैरव र नै अजिमाको मन्दिर फरक–फरक ठाउँमा रहे पनि यी प्रेमी–प्रेमिका आफ्नी छोरीसहित पचली परिसरमै बस्छन् भन्ने विश्वास गरिन्छ,' सन्दीपले भने।, टेकुको मुसुका: गणेश। तस्बिर: नारायण महर्जन/सेतोपाटी, सन्दीपले सुनाएको तेस्रो संस्करणको कथामा पचली भैरव, नै अजिमा र अर्की एक अजिमाको 'त्रिकोणात्मक प्रेमकथा' छ। यो कथा खोकनासँग पनि जोडिन्छ।, यसमा पचली भैरव र नै अजिमा लुकिछिपी घुम्न हिँडेका बेला गाइँगुइँ हल्ला चल्छ। स्थानीयहरू आफ्नो टोलको केटी घुमाउने अपरिचित को हुन् भनेर पचलीको खोजी गर्न थाल्छन्।, पचली नै अजिमालाई टेकु दोभानको मोडमा छाडेर गोप्य ठाउँमा लुक्न जान्छन्।, यता नै अजिमा पचलीको बाटो हेरेर बसिरहेकी हुन्छिन्, उता पचली चाहिँ त्यही बेला भद्रकालीको लुमरी अजिमातिर लहसिन्छन्।, लामो समय पचली भेट्न नआएपछि नै अजिमा उनको खोजखबर लिन थाल्छिन्। उनले थाहा पाउँछिन्, पचली त लुक्न गएको बहानामा लुमरी अजिमासँग प्रीति पो गाँस्न थालेछन्!, उनी रिसले चूर हुन्छिन्, अनि पचलीसँग ठुस्केर विपरीत दिशातिर फर्केकी हुन् भन्ने भनाइ छ।, यो कथा यत्तिमै टुंगिदैन।, पचलीले वास्ता गर्न छाडेपछि नै अजिमा विस्तारै विरहले व्याकुल हुन थाल्छिन्। उनी टेकु दोभानबाट रूँदै रूँदै बागमती किनारै किनार अघि बढ्छिन्।, एउटा सुनसान ठाउँमा एक जना ज्यापूसँग उनको जम्काभेट हुन्छ।, एक्लै रूँदै हिँडेकी महिला देखेपछि ज्यापू सहानुभूति प्रकट गर्न अघि सर्छन्। उनको पीर बुझ्न खोज्छन्।, ज्यापूले निकै कर गरेपछि नै अजिमाले रूँदै रूँदै आफ्नो सबै कहानी सुनाउँछिन्।, ज्यापू भन्छन्, 'हे देवी, तपाईं यसरी विलाप नगर्नू। तपाईं अबदेखि यहीँ बसे हुन्छ। यहाँ तपाईंलाई कसैले दुःख दिँदैन। तपाईं को हो, कसरी आउनुभयो भनेर कुरा पनि काट्दैन।', यसरी नै अजिमाले रूँदै कथा सुनाएकीले त्यो सुनसान ठाउँको नाउँ 'खोया खँ कंगू थ्या' अर्थात् 'रोएर कथा भनेको ठाउँ' रहन गएको किम्बदन्ती छ। कालान्तरमा त्यही नाउँ अपभ्रंश हुँदै 'खोकना' रहेको विश्वास गरिन्छ। खोकनाको रुद्रायणी देवीलाई नै अजिमाकै प्रतिरूप मान्ने चलन छ। यता, टेकु दोभानको नै अजिमा मन्दिरलाई रुद्रायणी पिठका रूपमा पनि पूजा गरिन्छ।, पचली भैरव, नै अजिमा र लुमरी अजिमाबीचको 'त्रिकोणात्मक प्रेमकथा' को झलक सांस्कृतिक उत्सवहरूमा पनि देखिन्छ।, जस्तो– हरेक बाह्र वर्षमा मरूसत्तल (काष्ठमण्डप) अगाडि देखाइने पचली भैरवको खड्गजात्रामा रातो मुकुण्डो लगाएर नै अजिमा सरिक हुन्छिन्। त्यस्तै, मखनमा हुने अर्को बाह्रवर्षे खड्गजात्रामा भद्रकाली र पचली भैरवको प्रतिरूप नचाउने चलन छ।, दुवै अलग–अलग जात्रा हुन् तर दुवैका गुठियार एउटै हुन्छन्। यी दुई बाह्रवर्षे जात्राबीच चार वर्षको अन्तर हुन्छ, सन्दीपले भने, 'यसले यी तीनै जना देव–देवी एकअर्कासँग जोडिएका छन् भन्ने देखिन्छ।', किम्बदन्ती भनेको कथ्य र तथ्यको मिश्रण हो। यहाँ फर्पिङका किराँती राजा भेष बदलेर काठमाडौं आउँदा माया बसेको र स्थानीयबाट बच्न पञ्चनालीमा लुकेर बसेका घटना कथ्य हुन सक्छन्। तर यी कथ्यमा प्राचीन काठमाडौंको एउटा तथ्य लुकेको हुन सक्छ।, यहाँ फर्पिङका किराँती राजा काठमाडौंबारे चियो गर्न साँच्चै भेष बदलेर आएका हुन सक्छन्। उनी पञ्चनालीमा लुक्नुको आसय काठमाडौंका सैनिकबाट पक्राउ परेर बन्दी बनाइएको हुनसक्छ।, आफ्ना राजालाई बन्दी बनाएर अपमान गरेको रिसमा आगो भएको फर्पिङले काठमाडौंमाथि धावा बोलेर मुक्ति दिलाएको थियो कि! त्यही युद्धमा विजयी भएपछि टेकुको जुन ठाउँमा फर्पिङे राजालाई बन्दी बनाइयो, त्यसैको सम्झनास्वरूप पचली भैरवको मूर्ति स्थापना गरिएको हो कि!, के बेर!, लेखको दोस्रो खण्डमा अब हामी पचली भैरवसँग जोडिएको काठमाडौं इतिहास र संस्कृतिबारे चर्चा गरौं।, यो जात्रा धर्मसँग मात्र जोडिएको छैन, यसमा हामी प्राचीन काठमाडौंको राजनीतिक अवशेष पनि पाउँछौं। यसलाई काठमाडौं सहर स्थापना र सत्ता हस्तान्तरण परम्पराको लिच्छविकालीन सम्झनाका रूपमा लिइन्छ।, लिच्छवि राजाहरूले दक्षिण कोलिग्राम (अहिले काठमाडौं भित्री सहरको दक्षिणी भाग) बसाउँदा सहरको रक्षक वा द्वारपालका रूपमा टेकु दोभाननिर पचली भैरव मन्दिर स्थापना गराएको भनाइ छ। काठमाडौंको 'खड्गाकार' आकृति पचली भैरवले प्रयोग गर्ने शस्त्र खड्गकै प्रतिरूप भएको इतिहासकारहरू बताउँछन्। त्यही भएर बर्सेनि धुमधामका साथ मनाइने पचली भैरव जात्रा लिच्छविकालदेखि चलेको मानिन्छ। , जात्रा क्रममा पचली भैरवका छोरा भनिने 'नाय् खिं द्य' अर्थात् रूद्रविनायक। तस्बिर: सेतोपाटी, यो जात्रा घटस्थापनादेखि पञ्चमीसम्म पाँच दिन मनाइन्छ। जात्राको सुरूआत ती गुठियारको घरबाट हुन्छ जहाँ अघिल्लो वर्ष पचली भैरवको मूर्ति अंकित घ्याम्पो लगेर राखिएको थियो। हरेक वर्ष फरक–फरक गुठियारको घरमा घ्याम्पो राख्ने चलन छ। गत वर्ष ज्याबहालका गुठियारको घरमा राखिएको थियो। त्यसैले यस वर्ष ज्याबहालबाटै जात्रा सुरू भयो।, घटस्थापनाको दिन साँझ पचली भैरवको मूर्ति अंकित घ्याम्पोलाई गुठियारको बासस्थानबाट कोहितिस्थित चित्रकारको घरमा लगेर राखिन्छ। त्यहाँ मूर्तिको साजसज्जा र विधिपूर्वक पूजा गरेर उक्त घ्याम्पोलाई अलंकृत गरिन्छ। यो भनेको 'पचली भैरवको मूर्तिलाई दृष्टि दिनु' हो।, त्यसपछि चौथीको दिन बेलुकी उक्त मूर्तिलाई भीमसेनस्थानस्थिति क्वाबहाःमा बस्ने थकु जुजुहरूकहाँ पूजा गर्न लगिन्छ। थकु जुजु भनेका वैश्य ठकुरीहरूका वंशज हुन् भन्ने भनाइ छ।, नेपालको इतिहासमा विक्रमको बाह्रौं–तेह्रौं शताब्दीतिर पालवंशी वैश्य ठकुरीहरू निकै प्रभावशाली थिए। त्यति बेला शिवदेव, इन्द्रदेव लगायत राजाहरूको शासन थियो। तर, उनीहरू शक्तिहीन भएको मौका छोपेर वैश्य ठकुरीहरू विभिन्न भागमा आफ्नो अधिकार जमाउँथे।, इतिहासकार गौतमवज्र बज्राचार्यले आफ्नो किताब 'हनुमानढोका राजदरबार' मा लेखेका छन्, 'तिनै वैश्य ठकुरीहरूका सन्तानलाई हराएर रत्न मल्लले काठमाडौंमा आफ्नो अधिकार पुनर्स्थापित गरेका थिए। तिनका वंशजहरू काठमाडौंमा अद्यापि छन्, जो 'थकु जुजु' भनी प्रसिद्ध छन्।', थकु जुजुकहाँ पूजा सकेपछि त्यसै दिन बेलुकी मूर्तिलाई टेकुस्थित पचली पिठमा ल्याइन्छ। भोलिपल्ट पञ्चमीको दिन घ्याम्पोमा वर्षदिनअघि बनाएर राखेको जाँड, रक्सीलाई जलका रूपमा पञ्चनालीमा बगाइन्छ।, पहिले–पहिले उक्त जल अलि पर पोखरीसम्म बग्ने गरेको थियो। त्यो पोखरी अहिले छैन। पोखरी भएको ठाउँमा स्कुल छ, जसले पचली भैरव गुठीबाट प्राप्त जग्गामा जथाभाबी संरचना बनाउन खोजेको भन्दै केही समयअघि हंगामा भएको थियो।, पञ्चमीकै मध्यरात मुख्य जात्रा आरम्भ हुन्छ। भैरवको मूर्ति बोकेर बाजागाजासहित ब्रह्मटोल, लगन, जैसीदेवल हुँदै मरूटोलको बाटो हनुमानढोका लगिन्छ। भैरवकी पत्नी 'नै' अजिमा र पुत्र 'नाय् खिं द्य' अर्थात् रुद्रविनायकको मूर्ति पनि जात्रामा सँगसँगै लगिन्छन्। हनुमानढोका पुगेपछि अर्को विशेष विधि हुन्छ।, त्यसै रात 'जीवित देवी' कुमारीलाई हनुमानढोका ल्याइन्छ र पचली भैरवसँग आँखा जुधाउन लगाइन्छ। यसरी आँखा जुधाउँदा कुमारीले दिव्यशक्ति प्राप्त गर्ने जनविश्वास छ। कुमारीले आफैं पुग्यो नभनेसम्म फिर्ता लैजान हुँदैन। इच्छा लागुञ्जेल हेर्न पाएपछि बल्ल कुमारीलाई दिव्यशक्ति प्राप्त हुने भनाइ छ।, पचली भैरवसँग आँखा जुधाउँदै 'जीवित देवी' कुमारी। फाइल तस्बिर: सेतोपाटी, यसरी कुमारी र पचली भैरवलाई किन आँखा जुधाउन लगाइयो भन्नेबारे दुइटा धारणा पाइन्छ।, पहिलो, कुमारीलाई पचली भैरवको छोरीका रूपमा लिइन्छ। आँखा जुधाउनु भनेको वर्षको एकचोटि बाबु र छोरीले एकअर्कालाई हेराहेर गर्नु हो। यसरी हेर्दा कुमारीले दिव्यशक्ति प्राप्त गर्छिन् भन्नुको अर्थ छोरीप्रति बाबुको आशीर्वाद हो।, अर्को भनाइअनुसार, काठमाडौंका मुख्य जात्रापर्वमा कुमारीलाई बाहिर निकाल्नु सामान्य चलन हो। अरू जात्रामा पनि कुमारीको दर्शन गर्ने चलन छँदैछ।, अर्कातिर, कुमारी देवीलाई ३२ लक्षणले युक्त मानिन्छ। त्यसैमध्येको एउटा लक्षण कसैसँग नडराउनु हो। यहाँ आँखा जुधाउनुको अर्थ पचली भैरवको रौद्ररूप देख्दा पनि कुमारी रत्तिभर डराउँदिनन् भनेर प्रमाणित गर्नु हो।, यो विधि सकिएपछि गुठियारहरूको पालोअनुसार पचली भैरवको मूर्तिलाई उनको बासस्थानमा लगिन्छ र जात्रा सकिन्छ। अर्को वर्षको जात्रासम्म मूर्ति त्यहीँ रहन्छ। यसपालि यो मूर्ति नाय् पाचोका गुठियारको घरमा लगेर राखिएको छ। अर्थात्, अर्को वर्ष यो जात्रा नाय् पाचोबाट सुरू हुनेछ।, पचली भैरव जात्रा मल्लकालमा खुब लोकप्रिय थियो। तत्कालीन अभिलेख (थ्यासफु) हरूमा यसबारे धेरै उल्लेख पाइन्छ। भाषा वंशावलीअनुसार राजा शिवसिंह (विसं १६३५–१६७७) ले पचली भैरवको मूर्ति अंकित धातुको घ्याम्पो बनाइदिएका थिए। त्यसअघिसम्म घ्याम्पो माटोको थियो। राजा भाष्कर मल्ल (विसं १७५७–१७७९) को राज्यकालमा राजमाता भुवनलक्ष्मीले नयाँ घ्याम्पो फेरिदिएको इतिहास छ।, पचली भैरव जात्राकै क्रममा एउटा विशेष उत्सव पनि हुन्छ जुन बाह्र वर्षमा एकचोटि मात्र मनाइन्छ।, काष्ठमण्डपका चार ढोकामध्ये पूर्वी ढोकाअगाडिको मण्डपमा हुने यो उत्सव लिच्छविकालीन राजनीतिसँग जोडिएको परम्परा हो।, बाह्र वर्षमा हुने खड्ग जात्राका क्रममा गद्दीनसीन राजासँग पचली भैरवले खड्ग साट्ने परम्परा छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी, प्रत्येक बाह्र वर्षमा विजया दशमीको दिन पचली भैरवको खड्गसँग गद्दीनसीन राजाको खड्ग साट्ने परम्परा छ। त्यो बेला पचली भैरव मानव आकृतिमा नाच्दै काष्ठमण्डप अगाडिको मण्डपमा आउँछन्। त्यो बेला गद्दीमा जो राजा हुन्छन्, पचलीले उनलाई आफ्नो खड्ग थमाउँछन्, अनि राजाको हातको खड्ग आफू लिन्छन्।, खड्ग साट्नुको उद्देश्य लिच्छवि राजाले आफ्ना उत्तराधिकारीलाई शासन सुम्पेका हुन् भन्ने इतिहासकारहरूको भनाइ छ।, बज्राचार्यका अनुसार, नेपालको सांस्कृतिक इतिहासमा यो रित 'खड्गसिद्धी' नामले प्रसिद्ध छ। पचली भैरव र उनका अष्टमातृकागणको प्राचीन नाचलाई 'गथु प्याखं' भनिन्छ। यो नाच बाह्र वर्षमा एकचोटि काठमाडौंको यंगल इलाकामा र बाह्र वर्षकै एकचोटि यम्बू इलाकामा देखाइन्छ। यंगल इलाकामा नाच नचाइने वर्ष मरूसत्तल (काष्ठमण्डप) अगाडि र यम्बू इलाकामा नचाइने वर्ष मखनटोलमा पचली भैरवको खड्गसँग गद्दीनसीन राजाको खड्ग साट्ने चलन छ।, पुरातत्वविद् साफल्य अमात्यले पनि आफ्नो किताब 'काठमाडौं नगरायण' मा पचली भैरवसँग खड्ग साट्ने जात्राबारे उल्लेख गरेका छन्।, यो प्रचलनले 'प्रत्येक बाह्र वर्षमा राजाले भैरवसँग राज्य सञ्चालन गर्न अनुमति लिनुपर्ने वा लिने परम्पराको बोध गराउने' अमात्यको भनाइ छ। 'भैरवले गद्दीनसीन राजालाई आफ्नो शक्ति प्रदान गरी देशरक्षा गर्ने जिम्मा दिएको भावनाको प्रतीक पनि हो,' उनी लेख्छन्।, वीरेन्द्रको पालासम्म प्रत्येक बाह्र वर्षमा राजा आफैं काष्ठमण्डप आएर पचली भैरवसँग खड्ग साटेका थिए। शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले आफू गद्दीबाट हटेपछि पचली भैरवको नयाँ मूर्ति स्थापना गर्न सहयोग गरे।, पचली भैरवसँग खड्ग साट्दै राजा वीरेन्द्र। फाइल तस्बिर स्रोत: पासा पासाको फेसबुक, राजतन्त्र अन्त्यपछि यो खड्गसिद्धी परम्परा अब नाम मात्रको छ। पहिलो राष्ट्रपति रामवरण यादवका पालामा उनकै हातबाट खड्ग साट्ने कि भन्ने कुरा चलेको थियो। पचली भैरव मन्दिरका पुजारी तथा गुठियारहरू राजी भएनन्। त्यो प्रयास त्यत्तिकै रोकियो।, केही समयअघि मैले पचली भैरव मन्दिरका पुजारीलाई यसबारे सोधेको थिएँ।, उनको भनाइ थियो, 'राजासँग खड्ग साट्ने भनेको हाम्रो प्राचीन परम्परा हो। यो सिद्धियुक्त खड्ग हो, राजाको ठाउँमा राष्ट्रपति आएर खड्ग साट्नु उनकै सुस्वास्थ्यका लागि पनि राम्रो हुँदैन।', (सुदीप श्रेष्ठका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्), फर्पिङका किराँती राजा र दुई अजिमाको 'त्रिकोणात्मक प्रेमकथा'
सेतोपाटी संवाददाता नेपालमा थप सात सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , जनसंख्या मन्त्रालयका अनुसार शनिबार सात सय ६० जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १२ हजार ३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार एक सय ६८ जनाको पिसिआर परीक्षण र  ५ हजार ८ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १५ हजार ३४०  जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ।, ८९९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.७ प्रतिशत छ।, त्यस्तै काठमाडौं उपत्यकामा थप २२७ जना संक्रमित थपिएका छन्। काठमाडौंमा एक सय ४५ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ५७ संक्रमित थपिएका हुन्।, १२ हजार ३१ मा कोरोना परीक्षण गर्दा सात सय ६० लाई संक्रमण
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २२७ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक सय ४५ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ५७ संक्रमित थपिएका हुन्।, यस्तै, काठमाडौं उपत्यकामा ३५१९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २१२२, भक्तपुरमा ६५३  र ललितपुरमा ७४४  सक्रिय संक्रमित छन्।,  , काठमाडौं उपत्यकामा थपिए २२७ संक्रमित
नारायण ढुंगाना नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ।, असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए। अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।, काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या विष्लेषण गर्दा अहिलेसम्म औपचारिकरुपमा एक लाख बढी यात्रु काठमाडौँबाट बाहिरिएका छन्। प्रहरीको अभिलेखभन्दा बाहिरबाट समेत यात्रु बाहिरिएका छन्।, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विस्तारै यात्रु बाहिरिनेक्रम बढिरहेका र दसैँ बिदा सुरु भएपछि भने यो सङ्ख्या अझै बढ्ने बताए।, ‘अहिलेसम्म सामान्यरुपमा बढिरहेको छ, आजदेखि भने बाहिरिने यात्रुको चाप बढ्छ’, महाशाखाका प्रमुख भट्टराईले भने, ‘यात्रुको सहजताका लागि हामीले चुस्त ट्राफिक व्यवस्थापन मिलाएका छौँ, बाहिरिने यात्रुका सहज व्यवस्थापनका लागि रातदिन नभनी प्रहरी खटाइएको छ।’, असोज १६ गतेसम्म यात्रु हाराहारीमा भित्रिने र बाहिरिने गरेका थिए। प्राप्त विवरणअनुसार १६ गते भित्रिने सङ्ख्या ४२ हजार २२६ थियो भने बाहिरिने सङ्ख्या ४१ हजार ४८४ थियो। त्यसपछि भने बाहिरिने यात्रुको चाप बढेको हो।, असोज १६ गते भित्रिने ३८ हजार ७४९ रहेकामा बाहिरिने यात्रु बढेर ४३ हजार ४३९ पुगेका थिए। त्यसपछि क्रमशः बाहिरिने यात्रु बढ्न थालेका हुन्।, असोज २१ गते सात हजार २८० सवारी साधनमा ३४ हजार १४६ यात्रु भित्रिएकामा सोही दिन सात हजार ८१४ सवारी साधनमा ४५ हजार ३६२ यात्रु बाहिरिए। महाशाखाले दिएको तथ्याङ्कअनुसार असोज २२ गते शुक्रबार छ हजार ७७८ सवारीमा ३२ हजार ९८४ यात्रु भित्रिएका थिए। सोही दिन सात हजार ३१५ सवारीमा झण्डै ५२ हजार यात्रु बाहिरिएका छ।, त्यसपछि बाहिरिनेक्रम झन् बढिरहेको महाशाखाले जनाएको छ। असोज १ देखि २२ सम्ममा कूल एक लाख ४२ हजार २२७ सवारी साधनमा सात लाख ७६ हजार ३७१ यात्रु भित्रिएका तथ्याङ्क छ। सोही अवधिमा कूल एक लाख ४३ हजार ७७३ सवारी साधनमा आठ लाख ७० हजार ४९६ यात्रु बाहिरिएका महाशाखाले जनाएको छ।, प्राप्त विवरणमा अहिलेसम्म यात्रु भित्रिने र बाहिरिने सङ्ख्याका हिसाबले एक लाख बढी यात्रु बाहिरिएका छन्। यद्यपि रिजर्ब गरेर जाने यात्रुको सङ्ख्या यसपाली बढी छ। त्यसरी जानेको सङ्ख्या भने प्रहरीको अभिलेखमा रहँदैन। साथी वा आफ्नो परिवार मिलेर साना गाडी रिजर्ब गर्ने अनि घर जाने प्रचलन यसपाली बढी देखिएको महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए।, यसपालि असोज ११ गतेदेखि गाडीको अग्रिम टिकट बिक्री खुला गरिएको थियो। अहिले पनि अनलाइन वा प्रत्यक्ष भेटेर टिकट काट्ने यात्रुको चाप बढी छ। त्यस्ता काउन्टर तथा यात्रुको भिडभाड हुने क्षेत्रमा भिडभाड रोक्न प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ।, प्रहरीले उपत्यकाका मुख्य चोकमा यात्रु सहायता कक्षा स्थापना गरी सेवा दिइरहेको छ। माइकिङ गरेर यात्रुलाई सचेत गराउने, सुरक्षित यात्राका लागि आग्रह गर्ने गरिरहेको छ। कोभिड–१९ का कारण उपत्यकामा विगतका वर्षमा भन्दा मानिस कम रहेका जनाइएको छ।, यद्यपि प्रहरीले चाडबाडका मौका छोपी चोरी तथा आपराधिक घटना घटाउनसक्ने हुनाले त्यसको निगरानीका लागि र शान्ति सुरक्षा कायम गर्न ७७ वटै जिल्लामा विशेष सुरक्षा योजना बनाएर लागू गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले साता पोशाकमा समेत प्रहरी परिचालन गरेर ठगी, कालोबजारी, चोरी आपराधिक क्रियाकलाप नियन्त्रण्मा प्रहरी खटाइएको जानकारी दिए। चाडबाडका बेला आफैँ पनि सावधान हुन र केही समस्या घटना परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले सबैमा अनुरोध गरेको छ।, (रासस), दसैँका लागि काठमाडौंबाट एक लाख बढी यात्रु बाहिरिए
सेतोपाटी संवाददाता हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ।, राजापुर १० हप्ती कोटियाबाटबाट दक्षिणतर्फ एक किमी टाढा बाटोमा हात्तीको आक्रमणबाट ३५ वर्षका बेचन दहितको मृत्यु भएको हो।, घर फर्किंदै गर्दा गए राति उनलाई हात्तीले सुँड र खुट्टाले कुल्चिएको अनुमान गरिएको छ। आज बिहान बेचन मृत अवस्थामा फेला परेका थिए।, मृतकको शरीरमा हात्तीले कुल्चिएको दाम देखिएको छ। घटनास्थल वरपर हात्तीका पाइला पनि देखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।, बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु
सेतोपाटी संवाददाता दुई लाख बढी रकमसहित घोराही उपमहानगरपालिका वडा नं. ९ दुबीचौरबाट १२ जुवाडे पक्राउ परेका छन्।, स्थानीय श्यामलाल चौधरीको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले शनिबार बिहान एक बजे दुई लाख सात हजार बढी रकमसहित १२ जनालाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।, चौधरीको घरमा अवैध रूपमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायब निरीक्षक प्रदीप खनालको कमाण्डमा पुगेको दश जनाको प्रहरी टोलीले शनिबार मध्यरातमा छापा मारेर उनीहरूलाई पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बताए।, जुवाडे पक्राउ परेको सूचना प्रहरीले आइतबारमात्रै सार्वजनकि गरेको हो।, दुई लाख बढी रुपैयाँसहित १२ जुवाडे पक्राउ
रासस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न वर्षेनी करोडौं लगानी भए पनि राजमार्गको अवस्था भने सुधार आउन सकेको छैन।, पृथ्वीराजमार्गका ७२ किलोमिटर पर्ने तनहुँमा ठाउँ–ठाउँमा खाल्डाखुल्डीले गर्दा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती त छँदैछ दुर्घटनाको जोखिम पनि बढाएको छ। कोत्रे, हलेदी, गाछेपानी, मालेबगर, थर्पु, गुणादी, घाँसीकुवा, छिर्कन, डुम्रे बजार क्षेत्रका सडकमा खाल्डाखुल्डीले राजमार्गमा सडक जाम समेत हुने गरेको छ।, ट्याक्सी चालक अमित श्रेष्ठले मुख्य राजमार्गकै अवस्थाका कारण सवारी चलाउन मुस्किल हुँदै आएको बताए।, ‘सडकको खाल्डाखुल्डीले निकै सास्ती छ, बिरामी लिएर पोखराका अस्पताल पुग्न गाह्रो छ। भनेको समयमा पुग्न सकिँदैन। खाल्डाखुल्डीमा गाडी चलाउँदा बिरामीलाई पनि सास्ती भइरहेको छ,’ उनले भने।, पानी परेको बेला खाल्डामा पानी जम्ने र घाम लागेको बेला धुलो उड्ने समस्या पनि उत्तिकै रहेको उनले बताए। राजमार्गमा गाडी चलाउँदा असुरक्षित महशुस हुने गरेको चालक देव श्रेष्ठले बताए। ‘राजमार्गको अवस्था हेर्दा यस्तो पनि सडक हुन्छ र भन्ने लाग्छ, ग्रामीण सडकको भन्दा पनि खत्तम छ। सम्बन्धित निकायको वेवास्ताका कारण जनताले दुःख पाउनुपरेको छ,’ उनले भने।, पछिल्लो केही दिन यता भने सो राजमार्गका खाल्डा पुर्न थालिएको छ। गाछेपानी कोत्रे खण्डमा सडक डिभिजनले आफ्नै मेसिन प्रयोग गरेर सडकको खाल्डा पुरिरहेको कार्यालयका प्रमुख लक्ष्मी केसीको भनाइ छ। पृथ्वीराजमार्ग सडक अहिले डिभिजनको क्षेत्राधिकारमा नपर्ने भएका कारण मर्मत गर्न नसकिएको बताइएको छ।, ‘यो सडक अहिले हाम्रो क्षेत्राधिकारमा पर्दैन। मुग्लिङ–पोखरा चार लेन सडकलाई हस्तान्तरण गरिसकेका छौं। आयोजनाको ठेकेदार फिल्डमा नआएकाले सडक डिभिजनको मेसिन र स्थानीय सामग्रीको प्रयोग गर्दै खाल्डा पुर्न थालेका हौ,’ उनको भनाइ छ।  , कार्यालयलाई अहिले सडक मर्मतका लागि पैसा आएको छैन, तर सर्वसाधारणलाई सास्ती भएको देखेर बजेट नभएपनि खाल्डा पुर्न थालेको उनको भनाइ छ।, राजमार्गको मुग्लिन पोखरा सडक एसियाली विकास बैङ्कक एडीबीको  सहुलियत ऋणमा चार लेनको बन्दैछ। चार लेन सडक बनाउनलाई दुई खण्डमा विभाजन गरेर ठेक्का प्रक्रियामा गइसकेको छ।, गत भदौ १३ गते सडक डिभिजनले मुग्लिङ–कोत्रे सडक खण्डको जिम्मेवारी मुग्लिङ–पोखरा सडक योजनालाई दिएको छ। चार लेन सडकको आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किमी र जामुने–पोखरा ४५ किमीको दुई प्याकेजमा ठेक्का लगाइएको हो।, ५२ वर्षअघि रेखाङ्कन भएको देशकै प्रमुख पृथ्वी राजमार्ग तनहुँमा ७२ किमी पर्दछ। सडक मर्मतका लागि मात्रै गत आर्थिक वर्ष २०७७/७८ मा रु एक करोड १७ लाख ७४ हजार ३६ खर्च भएको थियो। आर्थिक वर्ष २०७६÷७७ मा रु पाँच करोड १८ लाख ४१ हजार एक सय ५५ खर्च भएको छ।, पृथ्वीराजमार्ग: खाल्डाखुल्डीले दुर्घटनाको जोखिम
सविता बुढा कैलालीको धनगढी-७ की प्रेमकला राना पहिलो पटक आफ्नो गाउँको बाटो कालोपत्रे गर्ने उपभोक्ता समितिको अध्यक्ष बनेकी छन्।, गाउँमा सडक ग्राभेल र कालोपत्रेका यस्ता योजना आइरहन्छन्। यस्ता काम स्थानीयहरूबाटै सम्पन्न गर्न उपभोक्ता समिति बन्ने गरेको उनले देखेकी थिइन् तर ती समितिमा अध्यक्ष महिला भएनन्। अरू पदाधिकारी पनि पुरुष नै बढी हुने गर्थे।, यस पटक फेरि उनको घर हुँदै जाने सडक कालोपत्रे गर्ने योजना आयो।, वडाले ७ लाख बजेट छुट्याएपछि १ सय ६० मिटर सडक कालोपत्रेका लागि उपभोक्ता समिति बन्ने भयो। वडा अध्यक्ष, वडाका प्राविधिक आएर गाउँमा भेला गराए।, भेलाबाट समिति गठन गर्नुपर्ने भयो। अध्यक्ष को बन्नेभन्दा फेरि पनि पुरुषहरूकै नाम आउन थाल्यो।, यसपटक भने अध्यक्ष आफू बन्छु भनेर प्रेमकलाले हात उठाइन्।, ‘मैले म बन्छु भनेपछि अरू महिलाले पनि यो पढेकी पनि छ, सक्छ भनेर मलाई बनाउनुपर्छ भनेर समर्थन गरे,’ उनले भनिन्।, उसै पनि भेलामा पुरुषभन्दा महिलाको सहभागिता बढी थियो। उनी अध्यक्ष बनिन्। सदस्यहरू चयन गर्दा पुरुषहरू इच्छुक देखिएनन्।, ‘महिला अध्यक्ष भएको समितिले के काम गर्छ भन्ने पो सोचे कि खै, बाँकी ७ जना सदस्य पनि महिला नै बनायौं,’ उनले भनिन्।, अनुगमन समितिका लागि दुई जना भने पुरुषहरू तोकिएका छन्।, सुरूमा समितिले कसरी काम गर्छ भन्नेबारे कमै थाहा पाएकी उनले नगरपालिकाबाट तालिम लिएपछि जानकार भइन्।, ‘निर्माण सामग्री, गुणस्तर, कागजपत्र कसरी पारदर्शी राख्ने भन्नेबारे पनि थाहा पाइयो,’ उनले भनिन्।, दश कक्षा पढ्दै गर्दा विवाह गर्नु परेपछि पनि उनले पढाइ निरन्तर गर्न कोशिश गरेकी थिइन्। बिहेपछि उनले ११ र १२ पास गरिन्। त्यसपछिको पढाइ भने परिवारको असहयोगका कारण रोक्नु परेको उनी बताउँछिन्।, ‘श्रीमान्, देवर, नन्द सबै पढ्ने भएर मैले काम गर्नुपर्ने भयो, श्रीमानले पनि अब नपढ भनेपछि ब्याचलर पढ्न सकिनँ,’ उनले भनिन्।, अहिले कमलकी श्रीमती भनेर उनलाई गाउँमा चिन्छन्। उनलाई प्रेमकलाको श्रीमान् भनेर पतिको नाम चिनाउन मन छ।, धान काट्ने, खाना बनाउने, भैंसीबाख्रा पाल्ने र अरू घरायसी कामबाट बिस्तारै फुर्सद निकालेर उनी तालिम, गोष्ठी र भेलामा सहभागी हुन थालेकी छन्।, ‘अहिले खेतीकिसानीको काम श्रीमानले हेर्नुहुन्छ, भान्साको काम सासु र छोरीले हेर्न थालेपछि मलाई सजिलो भएको छ,’ उनले भनिन्।, उपभोक्ता समितिको अध्यक्ष भएर समाजसेवाको सुरूवात गर्ने उनको भनाइ छ।, गएको चुनावमा वडा सदस्यमा उम्मेद्वारी दिन नपाएकी प्रेमकला अहिले सडक कालोपत्रे गर्ने उपभोक्ता समितिको अध्यक्ष भएकी छन्।, नेपाली कांग्रेसबाट वडा सदस्यमा उठ्ने भनेकी उनले पाटीभित्रको विवाद मिलाउन त्यसबेला उम्मेद्वारी फिर्ता लिनु परेको थियो।, प्रेमकला राजनीति र समाजसेवामा आउन संघर्षरत छन्।, ‘अहिले धेरै महिलाहरू राजनीति र सामाजिक काममा छन्, उनीहरूका काम, उनीहरूका भाषण सुनेर मलाई पनि त्यस्तै हुन, त्यस्तै बोल्न मन लाग्छ,’ उनले भनिन्।, धनगढी-७ कै माया चौधरी पनि उपभोक्ता समितिकी अध्यक्ष हुन्। पछिल्लो समय सानातिना योजनामै भए पनि अध्यक्ष पदमा महिला आउन थालेका उनले बताइन्।, ‘अहिले एक/दुई जना महिला अध्यक्ष बन्न पाएका छन्, पहिला त धेरै पुरुष नै अध्यक्ष हुन्थे,’ उनले भनिन्।, विगतमा घरायसी काममै व्यस्त हुने महिला अहिले विकास निर्माणका योजनामा सहभागी भएका छन्।, योजना सम्पन्न गर्ने काममा अग्रसर भएर लागे पनि समाजमा महिलाले के  काम गर्न सक्छन् र भन्ने बुझाइ कायम रहेको धनगढी उपमहानगरपालिकाकी प्रेमी चौधरीको भनाइ छ। उनी पनि टोलको उपभोक्ता समितिकी अध्यक्ष हुन्। उनले महिला अध्यक्ष भएका उपभोक्ता समितिलाई काम गर्न चुनौती हुने गरेको गुनासो गरिन्। जिम्मेवारी दिए पनि काम गर्ने वातावरण नरहेको उनको भनाइ छ। , ‘हाम्रो यहाँ महिला ३३ प्रतिशत भन्छन्, महिलालाई समितिमा बस पनि भन्छन्। तर, काम गर्ने वातावरण हुँदैन, निर्णय चल्दैन, विभेद हुन्छ, भनेको कुरा सुन्दैनन्,’ उनले भनिन्।, नेतृत्व गरिरहेका महिलाहरू भने काम गर्न चुनौती भयो भन्दै पछि पर्न नहुने तर्क गर्छन्। धनगढी उपमहानगरपालिकाका उपमेयर सुशीला मिश्र भट्टले अहिले उपभोक्ता समितिका महिला अध्यक्ष हुनु राम्रो पक्ष रहेको बताइन्। उनले महिलाहरू उपभोक्ता समितिमा आउनु आवश्यकता रहेको बताइन्।, ‘उपभोक्ता समिति भनेको सामाजिक र राजनीति सेवाको अवसर र सुरूवात मान्न सकिन्छ। किनकी यसले महिलालाई विकास, नेतृत्व र अगुवाइ गर्न गर्न सिकाउँछ, त्यसकारण महिलाहरूले उपभोक्ता समितिमा जसरी पनि आउनु पर्छ, काम गर्न सकिँदैन भनेर पछि पर्नु हुँदैन, उनले भनिन्।, उपभोक्ता समिति अध्यक्ष बनेकी प्रेमकला भन्छिन्- श्रीमानलाई मेरो नामबाट चिनाउन मन छ
एजेन्सी थाइल्यान्डका सामाजिक सञ्जालमा अघिल्लो साता एक भिडिओ भाइरल भयो। उक्त भिडिओमा घुँडासम्म बाढीको पानी आइरहेको एक रेष्टुँरामा बसेर मानिसहरू मजाले खाना खाइरहेका देखिन्छन्।, पछिल्ला केही साता थाइल्यान्डमा बाढीले विभिन्न नदीमा पानीको सतह बढेको थियो। बैंककनजिकै चाओ फराया नदीमा पनि दिनदिनैजसो बाढी आएको थियो।, बाढीको पानी रिभरसाइड रेष्टुरेन्टभित्र पसेको थियो। सुरूमा त रेष्टुरेन्टका मालिक टिटिपोन जुतिमानन डराएका थिए। कोरोना महामारीले अस्तव्यस्त भएको रेष्टुरेन्टको व्यापार फेरि चौपट हुने भयो भन्ने उनलाई चिन्ता थियो। यो संकटका बेला उनले आइडिया लगाए- बाढीले डुबेको रेष्टुरेन्टमै ग्राहकलाई खाने सुविधा दिने।, ‘ग्राहकहरूले पानीमा खुट्टा भिजाएर खाने हाम्रो योजनालाई निकै मन पराइदिनुभयो,’ जुतिमाननले समाचार संस्था रोयटर्ससँग भनेका छन्,‘मैले ठूलो समस्या हुने भयो भन्ने सोचेको कुरा त अवसर भइदियो।’, जुतिमाननले गत फेब्रुअरीमा उक्त रेष्टुरेन्ट खोलेका थिए। लामो समय कोरोना महामारीले रेष्टुरेन्टमा ग्राहक आउन सकेका थिएनन्। दिनदिनैजसो नदीमा बाढी आएर रेष्टुरेन्ट डुबानमा पर्न थालेपछि उनी आत्तिएका थिए।, उनले लगाएको नयाँ आइडिया मानिसहरूले मन पराएपछि अहिले उनको रेष्टुरेन्टमा ग्राहकहरू भरिभराउ हुन थालेका छन् भने अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि यो समाचारको विषय बनेको छ। , हेर्नुस् तस्बिरहरू:, ग्राहकलाई बाढीको पानीमा भिजाएर खाना खुवाउँदा भाइरल भयो थाइल्यान्डको रेष्टुरेन्ट (तस्बिरहरू)
सेतोपाटी संवाददाता कर्णाली नदीमा डुंगा पल्टिँदा आइतबार एक युवती वेपत्ता भएकी छिन्।, सुर्खेतको चौकुने गाउँपालिका–१० र कैलालीको मोहन्याल गाउँपालिका–३ को बीच भागमा डुंगा पल्टिएको हो।, डुंगा पल्टिँदा चौकुने गाउँपालिका–१० की १८ वर्षीया अनिता विक वेपत्ता भएको वडा अध्यक्ष शंकर बहादुर कामीले जानकारी दिए।, उनका अनुसार आइतबार बिहान ९ बजेतिर डुंगा पल्टिएको हो।, घरको लागि कमेरो र माटो ल्याउन मोहन्याल गाउँपालिका जान लागेकी विक नदीमा खसेर बेपत्ता भएकी हुन्। , कर्णाली नदीमा डुंगा दुर्घटना, एक युवती वेपत्ता
भगवती पाण्डे रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा बसेका मानिसहरूलाई हटाउन खोज्दा आइतबार दिउँसो गोली चलेको छ। प्रहरीको गोली लागेर कम्तीमा पाँच जना मानिस घाइते भएका छन्। , केही समयदेखि मोतीपुर औद्योगिक क्षेत्रमा विभिन्न जिल्लाका मानिसहरू आएर बसिरहेका छन्। , आइतबार दिउँसो स्थानीय प्रशासनले उनीहरूलाई हटाउन खोज्दा झडप भएको थियो। औद्योगिक क्षेत्रमा आएर बसेकाहरूलाई प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।, ‘प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ। घटनाको विस्तृत विवरण आइसकेको छैन,’ प्रजिअ तिवारीले भने,‘ अहिले अवस्था नियन्त्रणमै छ।’, औद्योगिक क्षेत्रमा रहेकाहरूले भने प्रहरीले बल प्रयोग गर्दा झडपको स्थिति आएको र प्रहरीको गोली लागेर कम्तीमा पाँच जना घाइते भएको बताएका छन्। , घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। ,  , रुपन्देहीको मोतीपुरमा गोली चल्यो, कम्तीमा पाँच जना घाइते
सुसन चौधरी बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्।, पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्यहरुले माइतीघरमा धर्ना दिएका हुन् । पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् ।, बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भए पनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरि असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको हो।, पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागिय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना शुरु गरेको छ । धर्नामा बसेकी स्थानीय आप्दा धोबीले आफ्नो माग पूरा नहोउन्जेलसम्म धर्ना जारी रहने बताए। उनले काठमाडौं आइसकेको ५ दिन बितिसक्दा समेत आफूहरुको माग सुनुवाइ हुन नसकेको बताए।, स्थानीय दर्जीले भने, ‘१५ जना छौँ, २० दिन लाग्यो, १ गते बाँकेको सिडिओ कार्यालयबाट हिँडेका हौँ, रातदिन हिँड्यौैँ, कहीँ ढुंगामा सुत्यौँ, कतै बाटोमा सुत्यौँ,कहीँ पानीमा सुत्यौँ, धेरै गाह्रो भएछ, न्याय माग्न आएका हौँ, हामीलाई न्याय चाहियो, हाम्रो माग पूरा होस्, हामी त्यसपछि फर्किन्छौं, १९ दिन सिडिओ कार्यालयमा धर्ना बस्यौँ नेपालगञ्जमा, यहाँ पनि ५ दिन भयो सुनुवाइ भएको छैन,जबसम्म सुनुवाइ हुँदैन, तबसम्म यहीँ हामी धर्ना बस्छौँ ।’, बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुठो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यवहार गरेको बताएका छन्। उनीहरुले स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदल यात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नुपरेको बताएका छन् । पीडित कुर्मी र धोबीको हत्यापछि बाँकेमा न्याय नमिलेको भन्दै असोज १ गते पीडित परिवारका सदस्यहरु काठमाडौंका लागि पैदल हिँडेका थिए । , नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरि धोबी र कुर्मीको न्यायका लागि माइतीघरमा धर्ना (तस्बिरहरू)
सेतोपाटी संवाददाता मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीमा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआइएस) ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको काम धमाधम भइरहेको छ। आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने (चार्ज)लक्ष्यका साथ दुबै सबस्टेसनको काम भइरहेको छ।, निर्माण सम्पन्न भएपछि पूर्व-पश्चिम विद्युत आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बन्ने छ। सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्तिसमेत गरिने छ। यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ।, ४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ। साथै ट्रन्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरण निर्माणस्थलमा ल्याइसकिएको छ। २२०/१३२/३३ केभी सबस्टेसनका उपकरण जडान भइसकेको छ। ४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनको समग्र निर्माण प्रगति क्रमश: ६५ र ८५ प्रतिशत छ।, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अवलोकन र निर्माणमा संलग्न आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी, परामर्शदातासँग छलफल गरी निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन्।, ‘मोरङ-सुनसरी औद्योगिक करिडोरका उद्योगलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनको निर्माण तत्काल सक्नु पर्ने बाध्यता छ, यस्तो मेरूदण्डको रूपमा रहेको सबस्टेसन निर्माणमा आइपर्ने समस्या तत्काल समाधान गर्न तयार छौं’, उनले भने, ‘सबस्टेसन तयार भएपछि कोसी करिडोर २२० केभी प्रसारण लाइनलाई २२० केभीमा चार्ज गर्न सकिन्छ, त्यसपछि यस क्षेत्रमा विद्युत आपूर्तिका लागि स्रोत उपलब्ध हुनेछ, जसले प्रणालीलाई विश्वसनीय बनाउने छ।’, अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत कोसी  करिडोर २२० केभी प्रसारण लाइनमार्फत् इनरुवा सबस्टेसनमा जोडिने छ। कोसी करिडोरको इनरुवा-बसन्तपुर-तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर-ढुंगेसाँघु खण्ड निर्माणाधीन छ। , नेपाल सरकारको लगानीमा निर्माण भइरहेको ४०० केभी सबस्टेसन निर्माणका लागि २०७५ पुसमा  ठेक्का सम्झौता भएको थियो। नेपाल सरकारको लगानी र विश्व बैकको सुहलितपूर्ण ऋणमा नेपाल-भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत २२०/१३२/३३ केभी सबस्टेसनको निर्माण गरिएको हो। सबस्टेसन निर्माणका लागि भएको पुरानो ठेक्कालाई रद्ध गरी २०७५ पुसमा नयाँ ठेक्का गरिएको थियो।, बर्खाको समयमा तराईमा हुने डुबान, विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि लागु गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिक आउन नसक्दा सबस्टेसनको निर्माण प्रभावित भएको थियो। अहिले ४०० र २२० केभी सबस्टेसनको निर्माण आगामी पुसभित्र सक्ने लक्ष्य राखिएको छ।, उत्पादित विद्युतको आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवर्द्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सदृढीकरण गरिएको हो।, इनरुवा सबस्टेसन निर्माण धमाधम, पुसभित्र सक्ने लक्ष्य
रासस नेपालीको महान् पर्व दसैँ–तिहार पर्वमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहानाकामा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।, शनिबारदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। उनका अनुसार दसैँ, तिहारलक्षित विशेष सुरक्षा योजनाअन्तर्गत नेपाल–भारतसँग जोडिएको सो नाकामा तालिमप्राप्त कुकुरको सहयोगमा नेपाल भित्रिने यात्रुलाई जाँच गर्ने गरिएको छ ।, भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको हो। कर्णाली प्रदेश प्रहरी केनाइन शाखाको डग हेन्डलरसहित सुरक्षाकर्मी सीमानाकामा खटिएका छन् । नेपाल प्रहरीका दुईवटा कुकुर लब्ली र ब्यूटीले भारतबाट नेपाल आएका मानिस तथा सवारीसाधनलाई जाँच गरेको थियो । लब्लीले विष्फोटक पदार्थ र हातहतियार तथा ब्यूटीले लागुऔषधसम्बन्धी जाँच गरेको थियो ।, सीमावर्ती भारतीय सहर रुपैडिहाबाट अवैधरूपमा लागुऔषध आयात हुने गर्छ। नाकामा खटिएको प्रहरीले विशेष सुराकी र शङ्काका आधारमा जाँच गर्दा बेला–बेलामा लागुऔषध बरामद हुने गरेको छ। तालिमप्राप्त कुकुर परिचालनपछि सीमा क्षेत्रबाट हुने अवैध लागुऔषधको कारोबार तथा आपराधिक कार्य रोक्नमा ठूलो सहयोग हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक  न्यौपानेले बताए।, नेपालगञ्ज नाकामा यतिबेला दसैँ मान्न आउनेको भीडभाड छ। उक्त नाका खुलेसँगै सीमावर्ती भारतीय सहर रुपैडिहामा किनमेलका लागि जाने नेपाली उपभोक्ताको पनि भीडभाड बढेको छ।, नाकामा तालिमप्राप्त कुकुर परिचालन
सेतोपाटी संवाददाता पासो लगाएर मान्छे मरेको डोरी करोडौंमा बिक्री हुने भन्दै ललितपुरमा एक महिलाको हत्या भएको छ।, हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।, प्रहरीले हत्या आरोपमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय सविन प्रजा, मोरङ पथरी शनिस्चरे नगरपालिका वडा नम्बर ८ मंगलबारेका २० वर्षीय सुमन मगर र उनकी श्रीमती १८ वर्षीय प्रविना प्रजा माझीलाई पक्राउ गरेको हो। उनीहरू ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धि नयाँबजार बस्थे। , उनीहरूमाथि नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ बस्ने ४५ वर्षीया कमला तामाङको हत्या गरेको आरोप छ। , गत साउन २५ गते बिहान साढे ६ बजे सुनाकोठीस्थित डेरामा कमलाको शव फेला परेको थियो। कमला मृत अवस्थामा फेला परेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो।, घटनास्थल पुगेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेपछि थप अनुसन्धान अघि बढायो। , अनुसन्धान गर्न प्रहरीले सुरूमा सुमन मगरलाई पक्राउ गर्‍यो। उनलाई झण्डै एक महिनापछि असोज २१ गते हरिसिद्धिबाटै पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुँवेर खापुङले बताए।, सुमनसँग सोधपुछ गरेपछि प्रहरीले थप दुई जनालाई मकवानपुरबाट पक्राउ गरेको थियो। सविन प्रजा र उनकी श्रीमती प्रविना प्रजा माझीलाई प्रहरीले भोलि पल्ट पक्राउ गरेको थियो। आइतबार महाशाखाले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो।, पक्राउ गरी अनुसन्धान गरी उनीहरूमाथि सोधपुछ गर्दा उनीहरूले अन्धविश्वासको लहैलहैमा लागेर हत्या गरेको थाहा भएको एसएसपी खापुङले बताए। , 'उनीहरूले मान्छे पासो लगाएर मरेको डोरी करोडौंमा बेचिन्छ भन्ने कुरा कतैबाट सुनेछन्,' उनले भने, 'त्यही सुनेकै भरमा हत्या हुन थाल्यो।', सविन र सुमनले मानिस पासो लागी मरेको डोरीसँगै राम-लक्ष्मण र हनुमान भएको पुराना सिक्का, दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू करोडौं रुपैयाँमा बिक्रि हुने हल्ला कतैबाट सुनेका थिए। 'उनीहरूले हल्ला कहाँबाट सुनेको भन्ने चाहि सुनेको छैन,' खापुङले भने।, त्यही शिलशिलामा उनीहरूले त्यस्तो डोरी कहाँबाट ल्याउने त भनेर योजना बनाए। योजना अनुसार उनीहरूले कमलालाई निशाना बनाए। सुमन, सविन र प्रविना तिनै जना सँगै बसेर योजना बनाएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए। , सुमन र कमलाको पुरानो चिनजान थियो। साथै उनीहरूको अवैध सम्बन्ध समेत रहेको प्रहरीले जनाएको छ। कमला आफ्ना श्रीमान र छोरासँग छुटिएर टहरामा बसिरहेकी थिइन्। उनी सामान्य मजदुरी गरी बस्ने गर्थिन्। , कमला उनीहरूको सजिलो निशाना बनेको थियो। भदौ २४ गते सुमन र सविनले आफूहरू टहरामा बस्न आउने भन्दै कमलालाई फोन गरेर बताए। , त्यसअघि पनि उनीहरू त्यहाँ बसेर मापसे गर्थे। त्यसरी नै उनीहरूले रक्सी लिएर ४ बजे तिर टहरामा गए। मापसे गरी उनीहरू राति टहरामै सुतेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए। कमला खाटमा सुतेकी थिइन् भने सुमन र सविन दुबै जना भुईमा सुतेका थिए।, सुतिसकेपछि सविन र सुमनले सुरूमा कमलाको हात सलले बाँधे। इनारमा प्रयोग हुने डोरी उनीहरूले पहिल्यै लगेका थिए। त्यसैले घाँटीमा बेरेर हत्या गरे। , हत्यापछि डोरीसँगै कानमा लगाएको गहना, मोबाइल पनि उनीहरूले लुटेर लगे। , प्रहरी उपरीक्षक पंगेनीका अनुसार भदौ २५ गते बिहानै उनीहरूले नुहाएर धुँप बालेर पुजा पनि गरेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए। करोडौं रकम पाइने कुरा सँगै उनीहरूले अर्को कुरा पनि सुनेका थिए। , 'पासो लगाएको डोरी ऐनामा देखाएर हेर्यो भने शुद्ध भएमा देखिँदैन। शुद्ध नभए देखिन्छ।' त्यही हल्लाकै भरमा उनीहरूले बिहानै डोरी ऐनामा देखाए। तर डोरी ऐनामा देखियो।, ऐनामा देखिएपछि उनीहरूले त्यो डोरी खोलामा फ्याँकेका थिए। साथै कानमा लगाएको गहना पनि नक्कली भएको खुलेपछि उनीहरूले गहना पनि फ्याकेँको प्रहरीले जनाएको छ।, प्रहरीले अहिले सो गहना र डोरी पनि खोजिरहेको बताएको छ। महानगरीय प्रहरी वृत्त चापागाउँले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ। , पासो लगाएको डोरी करोडौंमा बिक्री हुने भन्दै ललितपुरमा महिलाको हत्या, तीन पक्राउ
सेतोपाटी संवाददाता रोल्पामा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सहचालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ।, दुर्घटनामा परी रोल्पा नगरपालिका-१ खेवासे गाउँका २० वर्षीय चालक गोवर्द्धन घर्तीको मृत्यु भएको छ। सहचालक सोही वडाका २३ वर्षीय नवीन पुनको गम्भीर अवस्थामा जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको रोल्पाका प्रहरी प्रमुख नरेश सुवेदीले सेतोपाटीलाई बताए।, आइतबार बिहान ९ बजेतिर रोल्पा नगरपालिका-१ सल्लीबोटबाट सोही नगरको वाखोलातर्फ जाने क्रममा लु १ च ९४९३ नम्बरको निजी बोलेरो छेरा पोखरा भन्ने ठाउँमा झन्डै ३० मिटर तल खसेको थियो।, दुर्घटनापछि बोलेरोले चालक र सहचालक दुबैलाई किचेको थियो।, ‘खबर पाउनासाथ प्रहरी घटनास्थल पगेर बोलेरोले किचेका दुबैलाई उद्धार गरी अस्पताल पुर्‍याएको थियो,’ डिएसपी सुवेदीले भने, ‘अस्पताल पुर्‍याउनासाथ चिकित्सकले चालकलाई मृत घोषणा गरेका थिए।’, सहचालकको अवस्था पनि गम्भीर रहेको हुँदा दाङतर्फ पठाउनेबारे कुरा भइरहेको डिएसपी सुवेदीले जानकारी दिए। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।, रोल्पामा गाडी दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिका-१४ मोतीपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।, मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न पुगेका सुकुम्बासीहरू हटाउने क्रममा प्रहरीसँग झडप भएको थियो।, झडपका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।, मोतीपुर क्षेत्रमा देशभरका सुकुम्बासी आउँदै बसिरहेका थिए। तिनीहरूलाई हटाउने क्रममा बुधबार दुई घन्टा झडप भएको थियो।, स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर, अश्रुग्यास प्रहार गरिरहेको छ।, बुटवलमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
सेतोपाटी संवाददाता राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई १५ हजार जरिवानाको फैसला गरेको छ।, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– १० का आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो।, दाहालले पद्मकन्या क्याम्पससँग २०७३/७४ देखि २०७५/७६ सम्मको आन्तरिक र महालेखा लेखापरीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपी माग गरेका थिए।, दाहालले उक्त क्याम्पसमा सूचना अधिकारी तोकिएको छ/छैन सूचना अधकारी तोकिएको भए नियुक्ति गर्ने निर्णयका साथै नियुक्ति पत्रको प्रमाणित प्रतिलिपी समेत माग गरेका थिए।, सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त क्याम्पससँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता दाहालले कानुन अनुसार राष्ट्रिय सूचना आयोगमा २०७७ पुस २३ गते सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गरेका थिए।, पुनरावेदन दर्ता पछि सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक भएको आदेशको पालना नगरी सूचना उपलब्ध नगराएकाले संविधान प्रदत्त नागरिक अधिकार र कानूनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले १५ हजार जरिवाना हुने ठहर गरेको हो।, सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम अक्षरेपी १५ हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको आयोगका आयोगका सूचना अधिकारी विश्वबन्धु पोखरेलले बताए।, पुनरावेदकले मागेको सूचनासमेत उपलब्ध नगराएको, आयोगबाट भएका आदेश र पत्राचारको समेत पटक–पटक उल्लङ्घन गरेको साथै, गैरजिम्मेवार चरित्र प्रदर्शन गरेकाले संविधान प्रदत्त नागरिकको मौलिक हकको प्रचलनका लागि दण्डित गर्नुपर्ने देखिएको आयोगको निर्णयमा उल्लेख छ।, सूचना नदिने पद्मकन्या क्याम्पस प्रमुखलाई १५ हजार जरिवाना
भगवती पाण्डे रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।, मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जाको विषयले आइतबार प्रहरी र जग्गा कब्जा गरी बसेकाबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थिति नियन्त्रणमा राख्नका लागि कर्फ्यू आदेश जारी गरेको हो।, जग्गा अतिक्रमणको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइए पनि स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो।, जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा भीड जम्मा गर्न र अनावश्यक भीड नगर्न प्रशासनले आग्रह गरेको छ।, औद्योगिक क्षेत्रमा घरटहरा बनाई बस्ने र प्रहरीबीच झडप हुँदा प्रहरीले दर्जनौं राउन्ड हवाई फायर गरेको थियो। जग्गा कब्जा गरी बसेकाहरूले प्रहरीमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार गरेका थिए। झडपमा परी दुबैतर्फका एक दर्जन बढी घाइते भएका छन्।, प्रत्यक्षदर्शीले प्रहरीको गोली लागेर एक जनाको मृत्यु र कम्तीमा पाँच जना घाइते भएको जनाएका छन्। प्रहरीतर्फ पनि आधा दर्जन बढी घाइते छन्। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार  भइरहेको छ।, बुटवल उपमहानगरपालिका वडा नं १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजनासहित गत वैशाख महिनायता देशका विभिन्न जिल्लाबाट समूह बनाएर सर्वसाधारण आउने गरेका छन्।, स्थानीयका अनुसार रुपन्देहीका बुटवल आसपासमात्र नभई कपिलवस्तु, नवलपरासी, रोल्पालगायत अधिकांश जिल्लाबाट २५ देखि ३० जनाको समूह बनाई एरिया छुट्टयाएर जग्गा कब्जा गर्ने गरिएको छ।, दिनहुँजसो गाडी रिजर्भ गरी आउने र साँझ फर्किने क्रम गत वैशाखदेखि नै जारी रहे पनि स्थानीय प्रशासनले सुरूमै चासो नदिँदा जग्गा कब्जा गर्नेहरूलाई बल पुगेको स्थानीयको गुनासो छ।, औद्योगिक क्षेत्रको लागि छुट्याएर राखिएको क्षेत्रमा सयौं छाप्रा बनाएर बसिरहे पनि आइतबार दिउँसो स्थानीय प्रशासनले उनीहरूलाई हटाउन खोज्दा झडप भएको थियो।  मोतिपुर औद्योगिक क्षेत्र गृहमन्त्री बालकृष्ण खाणको निर्वाचन क्षेत्र हो।, यसैबीच घटनाको समाचार संकलन गर्न गएका रुपन्देहीका दुई जना पत्रकार भीडको कुटपिटबाट घाइते भएका छन्। बुटवल एफएममा कार्यरत दिनेश ज्ञवाली र लुम्बिनी टेलिभिजनमा कार्यरत कृष्ण पाण्डेलाई आक्रोशित भीडले कुटपिट गरेको हो। पाण्डेको अवस्था सामान्य रहेको छ भने ढुंगा, लठ्ठी र हेलमेट प्रहारबाट ज्ञवालीको टाउकोमा चोट लागेको छ। उनको बुटवलमा उपचार भइरहेको छ।, रुपन्देहीको मोतीपुर क्षेत्रमा लगाइयो कर्फ्यू
सेतोपाटी संवाददाता झापाको विर्तामोडमा आइतबार राति मासु व्यवसायीको हत्या भएको छ।, विर्तामोड-५ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका अर्जुनधारा-६ कप्तानबारी घर भएका अन्दाजी ५० वर्षीय इन्द्रक़ुमार मगरको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।, पसलमै बसिरहेको बेला राति करीब ८ बजे उनको हत्या भएको स्थानीयले बताएका छन्।, मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।, प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।, विर्तामोडमा मासु व्यवसायीको हत्या
भगवती पाण्डे रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परेर घाइते भएका तीन जनाको मृत्यु भएको छ।, उनीहरूको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ। मृत्यु हुनेहरूको पहिचान खुलिसकेको छैन।, बुटवल वडा नम्बर १७ र १८ मा पर्ने मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर बसेकाहरुलाई हटाउने क्रममा आइतबार सशस्त्र प्रहरीले जग्गा कब्जा गरेर बसेकाहरूबीच झडप भएको थियो।, सोही क्रममा तीन जना सर्वसाधारणको मृत्यु भएको मेडिकल कलेजका प्रशासन प्रमुख सुशील गुरूङले जानकारी दिए।, ‘बुटवल मोतीपुरको झडपमा परेर घाइते भएका ८ जना सर्वसाधारण र ५ जना सशस्त्र प्रहरी गरी १३ जनालाई मेडिकल कलेजमा ल्याइएको थियो। तीमध्ये ३ जनाको अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको थियो,’ गुरूङले सेतोपाटीसँग भने।, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अरु घाइतेहरूको अवस्था सामान्य रहेको गुरूङले जानकारी दिए।, स्थानीय प्रशासनले भने मृत्यु भएकोबारे केही जानकारी दिएको छैन। रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले मृत्यु भएकोबारे आफूलाई जानकारी नभएको बताए।, मोतीपुर औद्योगिक क्षेत्रमा झडप: सशस्त्र प्रहरीको गोली लागेर तीन जनाको मृत्यु
सेतोपाटी संवाददाता कुमरोज सामुदायिक वनभित्र मान्छे मार्ने बाघलाई ६ दिनपछि नियन्त्रणमा लिइएको छ।, असोज १९ गते खैरहनी-१३ सिम्रेनीका २५ वर्षीय दिनेश बोटेमाथि आक्रमण गर्ने पोथी बाघलाई आइबार नियन्त्रणमा लिइएको हो।, आक्रमणबाट बोटेको मृत्यु भएको थियो।, आक्रमण गरेकै दिनदेखि खोजी गरिएको नरभक्षी बाघलाई आतबारमात्र नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्ज सफल भएको हो।, कुमरोज सामुदायिक वनस्थित दराई बोटे ताल नजिक बाघ फेला परेको थियो।, चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहा, बुढीराप्ती मध्यवर्ती उपभोक्ता समिति र कुमरोज सामुदायिक वनका प्रतिनिधिसहित हात्तीको प्रयोग गरेर बाघको खोजी गरिएको थियो।, बाघ खोज्न एकै दिन १९ वटासम्म हात्ती प्रयोग गरिएको थियो।, आइतबार ७ वटा हात्तीसहित जनशक्ति परिचालन गरिएको थियो। नियन्त्रणमा लिइएको बाघलाई सौराहास्थित वन्यजन्तु अस्पतालसँगै रहेको इन्क्लोजरमा राखिएको छ।, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख वावुराम लामिछानेले करिब ७-८ वर्षको उक्त बाघको गतिबिधि हेरेर जंगलमा छाड्ने वा नियन्त्रणमै राख्ने निर्णय गरिने बताए।, ६ दिनपछि समातियो नरभक्षी बाघ
रोहित महतो दसैंको रौनक छाउनुपर्ने बेला महोत्तरीको सोनमा गाउँपालिका–७, मैनटोललाई भने सन्नाटाले घेरेको छ।, स्थानीय युवा र वयस्कहरू गाउँ छाडेर भागेकाले वृद्धवृद्धा, बच्चा र महिला मात्र भेटिन्छन् जसको अनुहार मलिन र चिन्तित देखिन्छ। मुसहर टोलका आधाभन्दा बढी गाउँ छाडेर भागेको प्रहरीले जनाएको छ।, उनीहरूको त्रासको कारण गत असोज १ गते विश्वकर्मा पूजाको दिन गाउँमा भएको झडप हो।, त्यस रात विश्वकर्मा पूजाको अवसरमा आयोजित नाचमा झडप हुँदा वडा नम्बर २ तरहारीका ५० वर्षीय रामप्रताप यादवको मृत्यु भएको थियो। त्यसपछि प्रहरीले पक्राउ गर्न सक्ने र मृतकका परिवारले आक्रमण गर्नसक्ने डरले मैनटोलमा भागाभाग मच्चिएको छ।, प्रहरीले घटनामा संलग्न रहेको आरोपमा स्थानीय मलेसी सदा र नथु सदालाई पक्राउ गरेको छ। मृतकका परिवारले उनीहरूविरूद्ध किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार विश्वकर्मा पूजाको अवसरमा आयोजित मेलामा राति करिब १२ बजेतिर तरहारीका सरोज यादवले मञ्चमा नाचिरहेकी युवतीलाई दुर्व्यवहार गर्न खोजेपछि विवाद भएको थियो। त्यही निहुँमा भोलिपल्ट सरोज आफ्ना बुवा रामप्रताप, दाइ, साथीभाइ र छरछिमेकसहित मुसहर बस्ती आइपुगे।, 'उनीहरू लाठी, भराठासहित आएका थिए। हामीबाट गल्ती भएको छ भने पञ्चायत ढाकेर दण्ड-जरिवाना गर्नुस्, क्षतिपूर्ति तिराउनुस् तर मारपिट नगर्नुस् भनेर हारगुहार गरिरह्यौं। तर उनीहरूले हाम्रो कुरा नसुनेर मुसहर देख्नासाथ आक्रमण सुरू गरे,' मैनटोलका स्थानीय लतिमले भने, 'गालीगलौज गर्दै जसलाई देख्यो त्यसलाई कुटपिट गर्न थाले।', सामूहिक रूपमा भएको हमलापछि मुसहर पनि प्रतिकारमा ओर्लिएको उनले बताए। , 'दुवैतर्फबाट ढुंगामुढा भयो। स्थानीय मलेसी र नथु सदामाथि कसैले चक्कु प्रहार गरे। दुवैको शरीर रक्ताम्य भयो,' उनले भने।, दुईतर्फी झडपकै क्रममा सरोजका बुवा रामप्रतापलाई चोट लागेको र उनी बेहोस भएर ढलेको प्रहरीको भनाइ छ। उनको उपचार क्रममा मृत्यु भएको थियो। 'पोस्टमार्टम रिपोर्टमा रामप्रतापको छातीमा एक सेन्टिमिटरको सानो घाउ र टाउकाेमा पनि चोट देखिएको छ,' इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले भने ।, स्थानीयहरू भने मलेसी र नथुनीलाई रगतले लतपतिएको देखेर रामप्रताप आफैं बेहोस भएको दाबी गर्छन्।, 'दुवैतर्फ मारपिट त भइरहेकै थियो तर उहाँलाई धक्कामुक्की मात्र भएको थियो, ढुंगा लागेको थिएन। उहाँ आफैं रगत देखेर भुइँमा लड्नुभयो। त्यही बेला ढुंगामा लागेको हुनसक्छ,' लतिमले भने।, प्रहरीका अनुसार उक्त झडपमा दुवै तर्फका दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए। उक्त घटनापछि आफूहरूमाथि फेरि आक्रमण हुन सक्ने डरले मुसहर समुदायका युवा र वयस्कहरू गाउँ छाडेर भागेको स्थानीय बताउँछन्।, 'हामी सुरक्षित छैनौं। उनीहरू पछि पनि गाउँमा आएर केही घरमा आगो लगाउने प्रयास गरे,' घटनापछि टोलमा रहेकी वृद्धा तेतरी सदाले भनिन्, 'कयौं घरमा तोडफोड गरे। अन्नपात र पैसा लुटे, बाँसको टाटी भत्काइदिए, भाँडाबर्तन फुटाइदिए। केही लत्ताकपडामा आगो लगाइदिए भने केही लिएर भागे। दर्जनभन्दा बढी हाँस र खसीबोका पनि सँगसँगै लिएर गए।', उनले अगाडि भनिन्, 'हामीलाई अब कसरी बाँच्ने भन्ने चिन्ता छ। न खानेकुरा छ न कमाउने मान्छे।', यसबीच रामप्रतापको मृत्युको घटनामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय गौशालाले मलेसी र नथु सदामाथि कर्त्तव्यज्यान मुद्दा चलाएको छ। मलेसीका चार र नथुका तीन छोराछोरी छन्। तीमध्ये मलेसीका १६ वर्षीया छोरी हरिकञ्चन सदा घटना भएकै दिनदेखि बेपत्ता छिन्।, 'हामीले आफन्त, नातागोता र कुटुम्बको घरमा खोजिसक्यौं तर कहीँ भेटिइनन्,' हरिकञ्चनकी आमा कारोदेवी सदाले भनिन्।, उनका अनुसार झडप हुँदा हरिकञ्चन घरमै थिइन्। भागाभाग मच्चिएपछि सबै गाउँ छाडेर भागे। हरिकञ्चन पनि कतै भागेको हुनसक्ने उनीहरूले अनुमान गरेका थिए। अहिलेसम्म फेला नपरेपछि विभिन्न शंका उब्जेको छ।, प्रहरी निरीक्षक बस्यालले उनको खोजी भइरहेको बताए। 'झडप हुँदा कसैले उनलाई समात्न खोजेको थियो। उनी त्यति बेलै भागेकी हुन्। मेरो बुझाइमा बेपत्ता होइन,' उनले भने।, सोनमा गाउँपालिका अध्यक्ष राजकुमार यादवले नहुनुपर्ने घटना भएको भन्दै यसलाई मुसहर समुदायमाथिको अत्याचारका रूपमा लिएका छन्।, 'यस्तो घटना हुनु आफैंमा दु:खको कुरा हो। घटना भइसकेपछि मृतकका परिवारलाई कानुनी उपचार खोज्नुपर्थ्यो तर यहाँ उल्टै मुसहर बस्तीमा गएर तोडफोड र लुटपाट गर्ने काम भयो,' उनले भने, 'मुसहर समुदायलाई कमजोर र सानो जातको ठानेर अत्याचार गरियो।', गाउँ छाडेर भागेका केही मुसहर समुदायका व्यक्तिलाई वडा, पालिका र प्रहरीको सहकार्यमा घर फर्काइएको उनले जानकारी दिए। हरिकञ्चन बेपत्ता भएको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र खोजबिन भइरहेको गाउँपालिका अध्यक्ष यादवको भनाइ छ।, मुसहर समुदायले पनि आफूहरूमाथि लुटपाट र कुटपिट गरिएको र हरिकञ्चनलाई बेपत्ता पारिएको भन्दै प्रहरी कार्यालयमा किटानी जाहेरी दिने तयारी गरिरहेका छन्।, 'जाहेरी आएपछि घटनामा संलग्न अर्को पक्षलाई पनि कारबाही गर्छौं,' प्रहरी निरीक्षक बस्यालले भने।, महोत्तरी मुसहर बस्तीका आधाभन्दा बढी गाउँ छाडेर भागे
सेतोपाटी संवाददाता अछाममा जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, दुर्घटनामा गाडी चालकसहित अन्य १६ जना बढी घाइते भएका छन्।, आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुइकामा से१च १७६३ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।, मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका-२ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षका जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।, घाइते १६ जनामध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज रिफर गरिएको  छ।, दुर्घटना के कारणले भयो भन्ने खुलेका छैन। जिप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ।, अछाममा जन्ती गएर फर्किएको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १६ घाइते
एजेन्सी संसारभरका एयरलाइन्सले आफ्ना एयर होस्टेसहरूका लागि स्टान्डर्ड पोशाक बनाएका हुन्छन्। आन्तरिकदेखि अन्तर्राष्ट्रिय उडानका एयर होस्टेसले हिल र स्कर्ट लगाएका हुन्छन्।, युक्रेनको स्काइअप एयरलाइन्सले भने यो पोशाक बदलिदिएको छ। उक्त एयरलाइन्सको जहाजमा यात्रुलाई स्वागत र विदाइ गर्ने एयर होस्टेसले अब स्निकर्स, ट्राउजर र सुट लगाउने छन्।, समाचार संस्था रोयटर्सका अनुसार  युक्रेनको निजी कम्पनीद्वारा सञ्चालन गरेको उक्त बजेट एयरलाइन्सका एयर होस्टेसले अक्टोबर २२ देखि नयाँ पोशाक लगाउने छन्।, उडान इतिहासको अध्ययनपछि परम्परागत रूपमा बनाइएको पोशाकलाई परिवर्तन गरिएको उक्त कम्पनीले जनाएको छ।,  ,  , एयर होस्टेसको पोशाक बदलिदियो स्काइअप एयरलाइन्सले (तस्बिरहरू)
रासस कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ।, अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरूप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ। यससँगै अझै अन्य सात देश भने रातोसूचीमै छन्। रातोसूचीबाट हटाए पनि यो लागू भने सोमबार अर्थात् यही असोज २५ गतेदेखि लागू हुने कुरा भ्रमणसम्बन्धी गतिविधिअन्तर्गत प्रकाशित सूचनामा उल्लेख गरिएको छ।, यसैगरी विश्वका ३७ देशलाई ती देशमा लगाइएका कोभिड खोपलाई समेत मान्यता दिइएको छ। ती देशबाट बेलायत प्रवेश गर्नेले अब क्वारेन्टिन बस्न नपर्ने तर चाहेमा कोरोना परीक्षण डे टु प्याकेज भने प्रयोग गर्न सक्ने जनाइएको छ।, बेलायत सरकारले बेलायत भ्रमणमा आउनेले कोरोनाका चार प्रकारका खोपमध्ये जुनकुनै लगाएको भए पनि मान्य हुने भनेको छ। त्यसमा अक्सफोर्ड/एस्ट्राजेनिका, फाइजर, मोडेर्ना र जोन्सेनलाई राखेको छ।, नेपालबाट बेलायत आउँदा नेपालमा खोप लगाएको प्रमाण पेश गर्नुपर्ने छ। जुनसुकै देशबाट आए पनि खोप लगाएको प्रमाणमध्ये एनएचएस कोभिड पास, इयु डिजिटल कोभिड प्रमाणपत्र, रोग नियन्त्रण तथा रोकथाम शाखाको पूर्जी वा सम्बन्धित देशको स्वास्थ्य मन्त्रालयले प्रदान गरेको खोप लगाएको प्रमाणित गरेको प्रमाणपत्र यीमध्ये कुनै एक भए पुग्ने भनिएको छ।, बेलायतले रातोसूचीबाट हटायो नेपाललाई
रासस काठमाडौँ महानगरले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।, यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो।, महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले सेवा लिन सक्नेछन्।, कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ वर्षमाथिका सबैका लागि तीनदिने खोप कार्यक्रम चलाउन लागेको बताए।, खोप लगाउनका लागि परिचय खुल्ने फोटो सहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा जान महानगरपालिकाको आग्रह छ।, खोप कार्यक्रम बिहान १० देखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ। विद्युतीय दर्ता नम्बरका लागि ,वेबसाइट, सेवा लिन सकिने व्यवस्था छ।, असोज २४ देखि काठमाडौं महानगरले १८ वर्ष माथिकालाई कोरोना खोप लगाउने
सेतोपाटी संवाददाता संखुवासभा खाँदबारी नगरपालिका-२ चेवास्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक घाइते रहेको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा चालक खाँदबारी नगरपालिका-५ लेलुवाका २५ वर्षीय मणि तामाङ छन्।, सहचालक सोही स्थानका १९ बर्षीय महेन्द्र तामाङको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइहेको छ।, बिहीआर राति सवा ८ बजे चेवाबाट चारबरतर्फ जाँदै गरेको प्र१०२००३त १२२४ नम्बरको खाली ट्याक्टर आफैं अनियन्त्रित भएर सडकदेखि करिब १५ मिटर तल खसेको थियो।, प्रहरी चौकी मानेभन्ज्याङबाट खटिएको टोलीले दुबै जनालाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारीमा पठाएको थियो।, चालकको जिल्ला अस्पतालमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।, गम्भीर घाइते सहचालकलाई राति नै धरान पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।, संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
सेतोपाटी संवाददाता कोरोना भाइरस महामारीले अभिभावक गुमाएर शिक्षाको अवसरबाट बञ्चित हुन पुगेका बालबालिकाले छात्रवृत्तिमा पढ्न पाउने भएका छन्।, राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय केही युवाको अगुवाइमा ती बालकालिकालाई छात्रवृत्ति व्यवस्था गर्न लागिएको हो।, नेपाली कांग्रेसका नेता गगन थापा, डिस होम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य, तथ्याङ्क संकलनमा कार्यरत संस्था ‘फ्याक्ट नेपाल’ का प्रमुख कार्यकारी अधिकृत मनिष झा, हेल्प नेपालका सञ्चालक जिमी लामा र सामाजिक अभियन्ता चारु चड्डाले अभियानको नेतृत्व गरेका छन्।, अभियानलाई ‘भरोसा छात्रवृत्ति अभियान’ को नाम दिइएको छ। अभियानमा विद्यालय तहमा अध्ययनरत बालबालिकालाई मात्र समावेश गरिनेछ।, नेता थापाले कोभिड महामारीका कारण अभिभावक गुमाएका बालबालिकाले राज्य, संघसंस्था र व्यक्तिगत तवरबाट तत्कालका लागि केही राहत पाएको भए पनि उनीहरुको शैक्षिक निरन्तरता चुनौतीपूर्ण हुने ठानेर आफूहरुले अभियान थालेको बताए।, पहिलो वर्षको छात्रवृत्तिका लागि आवश्यक रकमको जिम्मा डिसहोम नेटवर्कले लिएको छ। यो वर्ष ४० लाख रुपैयाँ छात्रवृत्तिमा खर्च गरिने डिस होमका प्रबन्ध निर्देशक आचार्यले बताए।, विद्यार्थी छनौट गर्दा मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लाहरुलाई प्राथमिकतामा राखिने छ। तर अभियानले सातवटै प्रदेशमा काम गर्ने उनले स्पष्ट पारेका छन्।, तथ्याङ्क संकलन गरेपछि त्यसमध्येबाट निरपेक्ष गरिबीको रेखामुनि रहेका विद्यार्थी छनौट गरिनेछ। विद्यार्थीले हाल अध्ययन गरिरहेका विद्यालयमै पूर्ण छात्रवृत्तिको सुविधा पानेछन्।, ‘यो वर्ष सांकेतिक सुरुआत मात्र हो’, आचार्यले भने, ‘आगामी वर्ष कार्यक्रमको ढाँचालाई परिमार्जनसहित विस्तृत बनाउँछौं।’ , कोरोनाले अभिभावक गुमाएका विद्यार्थीलाई ‘भरोसा छात्रवृत्ति’
सेतोपाटी संवाददाता भारत घर भएकी १९ वर्षीया युवतीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले दाहसंस्कार स्थलबाट शव बरामद गरेको छ।, ती किशोरीको जबरजस्ती करणीपछि रक्तश्रावका कारण मृत्यु भएको सूचना आएपछि प्रहरीले दाहसंस्कार स्थलबाट शव बरामद गरेको हो।, ती युवती भारत पश्चिम चम्पारण जिल्ला बेतियाकी हुन्।, पर्सा जगरनाथपुर-१ का ३५ वर्षीय जफिर मियाँले जबरजस्ती करणी गर्दा उनको रक्तस्राव भएर मृत्यु भएको खबर आएपछि शव बरामद गरिएको प्रहरीले जनाएको छ। मियाँ भने फरार छन्।, पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बिहीबार अपराह्न शव वीरगञ्ज-१२ मुर्ली कब्रस्थानबाट बरामद गरिएको हो। शव गाड्नका लागि खाल्डो समेत खनिसकिएको थियो। , ‘शव गाड्ने क्रममा बरामद गरी अनुसन्धानका लागि अस्पताल पठाइएको छ,’ खनालले भने।, शव नारायणी प्रादेशिक अस्पतालमा राखिएको छ। पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको उनले बताए।, शव गाड्ने तयारीमा रहेका किशोरीका आफन्तसहित ९ जनालाई पक्राउ गरिएको खनालले जानकारी दिए।, ती युवती पर्सा-१३ मा दिदी-भिनाजूको घरमा केही दिनयता बस्दै आएकी थिइन्। उनी उपचारका लागि वीरगञ्ज आएकी थिइन्।, युवतीको घाँटी तथा शरीरका अन्य भागमा निलडाम देखिएको छ।, जबरजस्ती करणीपछि ‘रक्तश्राव’ हुँदा पर्सामा युवतीको मृत्यु, शव गाड्न खोजेपछि प्रहरीले लियो नियन्त्रणमा
रासस बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ।, पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो।, पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन्।, कार्यालयमै रहेका बेला बेलुका साढे ७ बजेतिर मदिरा सेवन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेको स्वास्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट दीपेन्द्रबहादुर धामीले बताए।, कोरोना खोप नलगाएको भन्दै मदिरा सेवन गरेर स्वास्थ्यकर्मीमाथि हातपात र गालीगलौज गरेको बुझिएको छ। स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि असुरक्षित महसुस भएको इन्चार्ज धामीले बताए।, घटनापश्चात हाट स्वास्थ्यचौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट धामीलगायत चार जनाले धुनसेविरुद्ध प्रहरी चौकी पुरघाट निवेदन दिएका छन्।, हातपात र गालीगलौज गरेको भन्दै चार जनाले निवेदन दिएका प्रहरी चौकी पुरघाटका प्रहरी निरीक्षक निराजन सुनारले जानकारी दिए।, ‘हातपात र गालीगलौज गरेको भनेर चार जना स्वास्थ्यकर्मीले निवेदन दिएका छन्, घटना के हो, के कारणले घटना भयो भन्ने खुलेको छैन, दुवै पक्षलाई बोलाएर छलफलपछि थाहा हुन्छ,’ उनले भने।, हातपात र गालीगलौज गर्ने धनुसे भने फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ।, बैतडीको स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मीमाथि हातपात
सेतोपाटी संवाददाता दाङको घोराहीमा एक युवकको पानीमा डुबेर मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं.  ६ का २६ वर्षीय गुरूप्रसाद चौधरीको शुक्रबार बिहान गाउँ नजिकैको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।, बिहान साढे आठ बजेतिर चौधरी मृत फेला परेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। , चौधरीको परिवारले गुरुप्रसाद छारे रोगका बिरामी रहेको जानकारी दिएको एसपी काफ्लेले बताए।, ‘बिहान हिँड्दै गर्दा छारे रोग भएपछि चौधरी पानीमा कुलोमा ढल्न पुगेको र डुबेर मृत्यु भएको अनुमान गरिएको छ,’ एसपी काफ्लेले भने, ‘घटनाबारे अनुसन्धान जारी छ।’ , शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।, कुलोमा डुबेर युवकको मृत्यु
सेतोपाटी संवाददाता अपहरणमा परेका सुनसरी कोसी गाउँपालिकाका १३ वर्षीय बालकलाई प्रहरीले भारतबाट उद्दार गरेको छ।, अपहरणमा परेको १० घन्टापछि बालकलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको हो।, कोसी गाउँपालिका- ७ स्थित नेपाल-भारत सीमा नजिकैबाट १३ वर्षीय दिपेन सदालाई शुक्रबार बिहान सकुशल उद्दार गरिएको सुनसरी प्रहरीले जनाएको छ।, बालकलाई बिहीबार दिउँसो करिब ३ बजे अपहरण गरिएको थियो। भारत सुपौल जिल्ला ग्राम पञ्चायत बलबदैपुर-६ बैरयाकमालबाट शुक्रबार बिहान उद्दार गरिएको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।, सुपौल जिल्ला ग्राम पञ्चायल बलबदैपुर-६ का मुकुम मियाँसहितले बालकलाई नेपालबाट अपहरण गरेको बुझिएको थापाले बताए।, ‘मियाँले नेपालबाट भारतमा ज्याला मजदूरी गर्न मानिसलाई पठाउने गरेको बुझिएको छ,’ थापाले सेतोपाटीसँग भने।, उनका अनुसार मियाँले कोसी गाउँपालिका-७ का भुल्टन सदासहित पाँच जनालाई अग्रिम भुक्तानी दिएर कामदार खोज्न अह्राएका थिए।, उनले अग्रिम दुई लाख रुपैयाँ दिएर १५/२० जना कामदार खोज्न लगाएको खुलेको छ। तर, सदासहितको समूहले मानिस उपलब्ध नगराएपछि त्यहीँका बालकलाई अपहरण गरिएको थापाले बताए।, ‘प्रारम्भिक अनुसन्धानबाट मानिस उपलब्ध नगराएपछि त्यहीँका बालकलाई अपहरण गरी लगेको खुलेको छ,’ थापाले भने।, मियाँसहितका व्यक्ति बिहीबार दुइटा मोटरसाइकलमा नेपाल आएका थिए। बालकलाई उठाएर मोटरसाइकलको बीचमा राखेर ३५ किलोमिटर पूर्वदक्षिण भारतस्थित मियाँको घरमा पुर्‍याइएको थियो।  , ‘बालकलाई मियाँकै घरबाट उद्दार गरी नेपाल ल्याइएको हो,’ थापाले भने।, अपहरणपछि आफूलाई कुटपिट पनि गरेको पीडित बालकले प्रहरीलाई बताएका छन्। बालकलाई शुक्रबार आमाबुवाको जिम्मा लगाइएको छ।, अपहरणमा संलग्न मियाँलाई भने प्रहरीले फेला पार्न सकेको छैन।, साथै, उनलाई मानिस खोजेर जिम्मा लगाउन अग्रिम भुक्तानी लिएको समूहको खोजी भइरहेको थापाले बताए।, नेपालबाट भारतमा कामदार पठाउने गिरोहले १३ वर्षीय बालकलाई अपहरण गरी पुर्‍यायो सुपौल
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले विद्युत बढी माग हुने साँझ र बिहान (पिक समय)मा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत उपलब्ध गराउने भएको छ।, मुलुकभित्र उत्पादित विद्युत बर्खाको समयमा खेर जाने अवस्था आएपछि प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत पिक समयमा प्रसारण तथा वितरण लाइन ओभरलोड भएमा नचलाउने सर्त राखी उद्योगहरूलाई विद्युत उपलब्ध गराउन लागेको हो।, प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगहरूलाई परिमाण खुलाएर तत्काल आवेदन दिनसमेत आग्रह गरेको छ।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगीहरूसँग बिहीबार छलफल गरी थप लोड आवश्यक परेमा तत्काल आवेदन दिन र १३२ केभी प्रसारण लाइनबाट पनि विद्युत आपूर्ति लिन आग्रह गरे। उद्योगहरूले अहिले ११ र ३३ केभीबाट विद्युत आपूर्ति लिइरहेका छन्। ११ र ३३ केभीको तुलनामा १३२ केभीबाट आपूर्ति गरिने विद्युतको महसुल सस्तो छ।, ‘एकातर्फ प्रसारण तथा वितरण प्रणाली संरचनाले नधान्दा मागेजति विद्युत दिन सकिरहेका छैनौं भने अर्कोतर्फ मुलुकभित्र उत्पादित विद्युत खेर फाल्नु पर्ने अवस्था छ, लाइन ट्रिपिङ हुने, कम भोल्टेजलगायतको समस्या छ,’ घिसिङले भन्नुभयो, ‘यस्तो अवस्था अन्त्यका लागि एउटा/दुई वटा टान्सफर्मर, पोल, कन्डक्टरजस्ता उपकरण थपेरमात्रै नहुने देखिएको छ, यसका लागि मुख्य रूपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाउँदैछौं।’, उनले उत्पादनतर्फ भन्दा पनि प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण गरी विद्युत खपत बढाउन पूर्वाधारमा लगानी बढाइने बताए।, ‘हाम्रो दैनिक माग २ हजार मेगावाटको हाराहारीमा पुगेको छ तर पूर्व-पश्चिम विद्युत आपूर्तिका लागि १३२ केभीको मात्रै प्रसारण संरचना छ,’ उनले भने,‘प्रसारण सञ्जाल विस्तारका लागि ४ सय र २ सय केभीका लाइन निर्माणाधीन छन् तर स्थानीयको अवरोध, अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रक्रिया र रूख कटानीको स्वीकृति भएमा भएको ढिलाइ, ठेकेदारको कामजोर कार्यसम्पादन कारण आयोजनाको निर्माण सम्पन्न हुन सकिरहेको छैन, छिट्टो सम्पन्न गर्न सबै निकायसँग समन्वय र सहकार्य गरिरहेका छौं।’, औद्योगिक करिडोरले व्यहोरिएको ट्रिपिङ, लो भोल्टेजलगायतका समस्या समाधानका गर्न स्रोत र साधन अभाव नहुने गरी काम अगाडि बढाइएको उल्लेख गर्दै घिसिङले यस्ता समस्या न्यूनिकरण गर्दै भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको प्रतिबद्धता जनाए।, प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र  निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ।, दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरू गरिने छ।, कार्यक्रममा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश नं १ प्रादेशिक तदर्थ समितिका प्रतिनिधिले मोरङ-सुनसरी औद्योगिक करिडोरमा सञ्चालित उद्योगले व्यहोरिरहेको विद्युत आपूर्तिका विषयमा जानकारी गराएका थिए। संगठनहरूले दैनिक रूपमा भइरहेको ट्रिपिङ, न्यून गुणस्तरलगायतको समस्या समाधान गरी विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र नियमित गर्न माग गरेका छन्।, मोरङ-सुनसरी औद्योगिक करिडोरअन्तर्गत मोरङको कटहरी गाउँपालिका क्षेत्रमा रहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न अध्ययन समिति गठन गरिएको छ। विराटनगर वितरण केन्द्र प्रमुख रोशन खड्काको संयोजकत्वमा गठित समितिमा उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संघठनका प्रतिनिधि सदस्य छन्। समितिले विद्युत् आपूर्तिमा भइरहेको समस्या र समाधानका उपायसहित सुझाव दिने प्राधिकरण प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनरका निर्देशक राजन ढकालले जानकारी दिए।, पिक समयमा नचलाउने सर्त राखी उद्योगलाई थप विद्युत दिइने
सेतोपाटी काठमाडौं महानगरपालिकाले दसैं लगायतका चाडपर्वलक्षित कोभिडविरूद्धको खोप कार्यक्रम सुरू गरेको छ।, काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दसैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकलाई कोभिड- १९ विरूद्धको भेरोसेल खोप लगाउने कार्यक्रम शुक्रबारदेखि सुरू गरिएको जानकारी गराए। , ३ दिनसम्म चल्ने यो खोप महानगरपालिका अन्तरगतको ३२ वटा वडाको ३४ स्थानबाट लगाउन पाउने व्यवस्था गरिएको छ।, चाडपर्वका कारण भिडभाड हुने र कोभिड–१९ को पनि जोखिम बढ्ने भएकाले त्यसैलाई मध्यनजर राखेर सो खोप कार्यक्रम सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिकाले जनाएको छ। , महानगरपालिकाका स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले तत्कालका लागि ७० हजार खोप जिल्ला जनस्वास्थ्य कार्यालयबाट व्यवस्था गरिएको र त्यसले नपुगे थप खोपको व्यवस्था पनि हुने बताए। , उनले भने, ‘काठमाडौं महानगरपालिकाभित्र आज असोज २२ गतेदेखि ३ दिनसम्म चाडपर्वलाई लक्षित गरेर मानिसको भिडभाड हुने अनि सार्वजनिक यातायात आवतजावत गर्दा पनि भिडभाड हुने भएकाले त्यस्ता गतिविधिलाई समेत न्यूनीकरण गर्ने उद्देश्यले पनि यो खोपलाई प्राथमिकता दिइएको हो। चाडपर्वलाई लक्षित यो खोप कार्यक्रम काठमाडौं महानगरपालिकाभित्रका ३२ वटै वडाको ३४ वटा खोप केन्द्रबाट आज, भोलि र पर्सि ३ दिन पहिलो चरणको भेरोसेल खोप लगाउने कार्यक्रम रहेको छ।’, काठमाडौं महानगरपालिकाले बिरामी नागरिकहरूलाई भने लाइन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको जानकारी गराएको छ। , स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले बिरामीका लागि लाइन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको बताए। उनले पहिलो चरणको यो भेरोसेल खोप लगाउनेहरूलाई दसैं तिहारको बीचमा दोस्रो चरणको खोप लगाउने पाउने व्यवस्था मिलाउने जानकारी समेत दिए।, काठमाडौं महानगरपालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने कार्यमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ। परिचय पत्र नखुलेका नागरिकले वडा कार्यालयको सिफारिसमा सो खोप लगाउने पाउने व्यवस्था पनि गरिएको स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले बताए।, काठमाडौंमा दसैंलक्षित कोभिड खोप कार्यक्रम सुरू
विवेक राई सन् २०१५ मा रूसको एक सैन्य भवन भत्किँदा रूस्तम नाबिवले आफ्नो दुवै खुट्टा गुमाए। रसियाली नागरिक उनै रूस्तमले गत शनिबार नेपालमा रहेको ८ हजार मिटर अग्लो मनास्लु शिखर सफल आरोहण गरे।, अहिले रूस्तमलाई विश्वभरबाट मानिसहरूले बधाइ र हौसला दिइरहेका छन्। रूस्तम पनि बधाइको ओइरोले मख्ख छन्।, आफूभित्र आत्मविश्वास भए जुनसुकै काम पनि गर्न सकिने उनी बताउँछन्।, हिजो (बिहीबार) रसिया फर्किने तरखरमा रहेका रूस्तमले सेतोपाटीसँग भने, 'मैले पनि यो काम गर्नसक्छु भनेरै गरेको हो र गरेँ पनि। त्यसैले म मानिसहरूलाई आफूमा विश्वास गर्नुस् भन्न चाहन्छु। आफूमा विश्वास भयो भने जुनसुकै काम गर्न सकिन्छ। म विश्वलाई पनि यही सन्देश दिन चाहन्छु।', हुन पनि रूस्तमले दुवै खुट्टा गुमाएपछि आफूलाई कहिल्यै कमजोर हुन दिएनन्। झन् ठूलो आत्मविश्वासका साथ जीवनलाई अगाडि बढाउँदै गए।, 'किलर माउन्टेन' नामले चिनिने ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु रूस्तमको पहिलो हिमाल आरोहण होइन। गत वर्ष नै उनले युरोपको सर्वोच्च शिखर 'एल्ब्रस' को सफल आरोहण गरिसकेका छन्।, रूस्तम आफ्नो यी सबै सफलताको श्रय आफ्ना श्रीमती इनजिरालाई दिन चाहन्छन्। इन्जिराले रूस्तमलाई अहिलेसम्म जुनसुकै मोडमा साथ दिँदै आएकी छन्। गत सेप्टेम्बरमा मनास्लु आरोहणका लागि नेपाल आउँदा रूस्तमलाई सबभन्दा बढी आँट र हौसला इन्जिराले नै दिएकी थिइन् रे।, रूस्तमले भने, 'मलाई इन्जिराले तिमीले यो काम गर्न सक्छौ भनेर ठूलो आँट दिइन्। उनैले मलाई तिमी जसरी पनि जानुपर्छ भनेकी थिइन्। आज उनैको हौसलाले म यो काम गर्न सफल भएँ।', मनास्लु आरोहणका लागि घरबाट निस्किँदै गर्दा रूस्तमले इन्जिरालाई जसरी पनि सफल भएर फर्किन्छु भन्ने बाचा गरेका थिए।, 'मैले इन्जिरासँग ज्युँदो र सुरक्षित फर्केर आउँछु भन्ने बाचा गरेको थिएँ। कुनै पनि हालतमा हिम्मत हार्दिनँ भनेको थिएँ। अब घर पुगेपछि इन्जिरालाई आइ लभ यू भन्नेछु,' रूस्तमले सुनाए।, रूस्तमले इन्जिरासँग गरेको बाचालाई आफ्नो मनास्लु यात्रामा कहीँकतै पनि मर्न दिने छनक देखाएनन्। रूस्तमलाई गाइड गरेर गएको टोलीका सदस्य दावा ग्याल्जेन शेर्पाले उनको साहस र तागतको प्रंशसा गरे।, उनले सेतोपाटीसँग भने, 'हामीले रूस्तमको शारीरिक अवस्थालाई हेरेर कतै बोकेर पनि शिखरमा पुर्‍याउनुपर्छ कि भनेर योजना पनि बनाएका थियौं। तर त्यसो गर्न परेन। त्यो देखेर चाहिँ हामी पनि छक्क पर्‍यौं।', रूस्तमले सकेसम्म आफूलाई कसैले बोकेर शिखरमा पुर्‍याऊन् भन्ने चाहेका थिएनन्। उनी आफ्नै तागतले शिखर चुम्न चाहन्थे। त्यसैले उनी घिस्रेरै पुगे।, शनिबार बिहान साढे दस बजे शिखरमा पुगेका रूस्तमले पूरै खुलेर आफ्नो खुसी देखाएनन्।, 'चुचुरोमा पुग्दा मलाई खास अनुभूति भएन। किनभने म यात्राको आधा बाटोमा छु भन्ने थियो र फेरि सुरक्षित तल फर्किनुपर्छ भन्ने बुझेको थिएँ,' त्यो क्षण सम्झिँदै रूस्तमले भने, 'अहिले भने म धेरै खुसी छु र खास अनुभूति भइरहेको छ।', मनास्लुको सफल आरोहणपछि हौसिएका रूस्तमलाई अब सगरमाथा चढ्ने इच्छा छ।, उनले सगरमाथा चढ्ने अहिले नै पक्का नभएको भए पनि आफूले त्यसबारे सोच्ने बताए।, बिहीबार रसियाका लागि छुट्टै गर्दा रूस्तमले नेपालमा आफूले पाएको मायाप्रति सबै नेपालीलाई धन्यवाद दिए।, 'यो सम्मानका लागि म नेपाललाई धन्यवाद भन्न चाहन्छु। यो अन्तिम होइन, त्यसैले फेरि नेपाल आउने आशा गर्छु। यो भ्रमण मेरो मुटुमै रहने छ,' यति भनेर उनी आफ्नो घरका लागि बिदा भए जहाँ इन्जिरा अँगालो फिँजाएर उनलाई कुरिरहेकी छिन्।, 'श्रीमतीलाई ज्युँदै फर्किन्छु भनेर आएको थिएँ, अब भेटेर आइ लभ यु भन्नेछु' (भिडिओ)
सेतोपाटी संवाददाता नुवाकोटमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई प्रक्राउ गरेको छ। , ३२ वर्षीया सुशिला राईको हत्या आरोपमा लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राजकुमार राईलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। , घरायसी विवाद हुँदा सुशिलामाथि राजकुमारले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट सुशिला गम्भीर घाइते भएकी थिइन्। घाइते सुशिलाको उपचारको लागि जिल्ला अस्पताल त्रिशुली पठाइएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको थियो।, 'घाँटी, पेटमा हानेको छ। मापासे पनि गरेको देखिन्छ,' प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले भने, 'मापासे गरेर आवेगमा आएपछि हत्या गरेको देखिन्छ। अरू अनुसन्धान भइरहेको छ।', उनीहरूका तीन जना छोरी छन्। , खुकुरी प्रहार भएको खबरपछि प्रहरी घटनास्थल पुगेर श्रीमानलाई नियन्त्रणमा लिएको थियो। शवको पोष्टमार्टम भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए।  , प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। ,  , नुवाकोटमा श्रीमातीको हत्या आरोपमा श्रीमान पक्राउ
एजेन्सी फिलिपिन्स र रूसका दुई जना पत्रकारले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएका छन्।, फिलिपिन्सका मारिया रेसा र रूसका डिमिट्री मुरातोभलाई ती मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि उनीहरूले गरेको साहसपूर्ण कामका लागि नोबेल पुरस्कार छनौट समितिले नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको बिबिसीले जनाएको छ।, यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि ३२९ जनाको आवेदन परेको थियो। तीमध्ये जलवायु परिवर्तन अभियन्ता ग्रेटा थनबर्ग, रिपोर्टर्स विथवाउट बोर्डर्सलगायत थिए। , कमिटीले कोरोनाभाइरसको महामारीका कारण यसवर्षका नोबेल विजेताहरूलाई सम्बन्धित देशहरूबाटै पुरस्कार प्रदान गर्ने योजना बनाएको छ।  , फिलिपिन्स र रूसका दुई पत्रकारले पाए नोबेल शान्ति पुरस्कार
सेतोपाटी संवाददाता रातो मच्छिन्द्रनाथको रथमा काठको काम गर्ने दिलकुमार बाराहीले १० हजार अमेरिकी डलरको 'झान्जु अन्तर्राष्ट्रिय अवार्ड' पाएका छन्।, दक्षिण कोरियाको झान्जु नगरले संसारभरिका अमूर्त सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न हरेक वर्ष दिँदै आएको यो अवार्ड यसपालि तीनवटा देशका सांस्कृतिक सम्पदाले पाएका हुन्। पहिलो नम्बरमा नेपालको नाउँ छ भने त्यसपछि इटाली र ताजिकिस्तान छन्।, नेपाली समयअनुसार बिहीबार राति आयोजित अनलाइन कार्यक्रमबीच बाराही गुठीका नाइके दिलकुमार बाराहीलाई झान्जु अवार्ड हस्तान्तरण गरिएको हो। अवार्ड विजेताहरूको नामावली भने दुई महिनाअघि नै घोषणा गरिएको थियो।, बाराहीलाई रातो मच्छिन्द्रनाथको रथ बनाउँदा काठको काम गर्ने शिल्पीका रूपमा पुरस्कृत गरिएको हो।, झान्जु अन्तर्राष्ट्रिय अवार्डको बिहीबार आयोजित अनलाइन समारोहमा दिलकुमार बाराही र मोनालिसा महर्जन। तस्बिर: दिलकुमार बाराहीको फेसबुकबाट, यो अवार्ड नेपालले पाउनुमा सम्पदा संरक्षणविद् मोनालिसा महर्जनको ठूलो हात छ। पोर्चुगलको डी इभोरा विश्वविद्यालयबाट सम्पदा संरक्षणमा पिएचडी गरेकी मोनालिसाले नै दिलकुमार बाराहीको नाम र उनको शिल्पलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सामेल गराएकी हुन्। यसको निम्ति बाराहीसँग अन्तर्वार्ता लिने, उनको कामको विवरण तयार पारेर आवेदन भर्ने, फोटो र भिडिओ खिचेर पठाउने सबै काम मोनालिसाले नै गरेकी थिइन्।, यस क्रममा पद्मसुन्दर जोशी, शैलेश राजभण्डारी, आशुतोष बाराही, सन्देश मुनिकार, ऋषि अमात्य, ललितपुर महानगरपालिका राजु महर्जन लगायतले फोटो, भिडिओ र अन्य सन्दर्भ सामग्री संकलनमा मद्दत गरेको उनले बताइन्।, ‘उहाँलाई पुरस्कार दिनु भनेको सिंगो रातो मच्छिन्द्रनाथको रथयात्राले जीवित सांस्कृतिक सम्पदाका रूपमा अन्तर्राष्ट्रिय सम्मान पाउनु हो,’ उनले सेतोपाटीसँग भनिन्।, अन्तर्राष्ट्रिय अवार्ड पाएकोमा प्रतिक्रिया दिँदै बाराहीले भने, ‘यो रातो मच्छिन्द्रनाथको जात्रा चलाउने सबै गुठीहरूको निम्ति खुसीको खबर हो। हाम्रो सिंगो जात्राले नै अन्तर्राष्ट्रिय सम्मान पाएको हो।’, दिलकुमार बाराही को हुन्? उनको परिवार कसरी र कहिलेबाट रातो मच्छिन्द्रनाथको जात्रासँग जोडियो? यसको सम्पूर्ण कथा पढ्न यहाँ क्लिक गर्नुहोस्:, १३ सय वर्षअघि आसामबाट काठमाडौं ल्याइएको परिवारको कथा, दिलकुमार बाराहीलाई १० हजार डलरको अन्तर्राष्ट्रिय अवार्ड
सेतोपाटी संवाददाता नेपालमा थप सात सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सात सय ६४ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ६ सय ८८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार चार सय ६६ जनाको पिसिआर परीक्षण र एक हजार २ सय २२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल १५ हजार ६१४ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ।, एक हजार ३३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.७ प्रतिशत छ।, त्यस्तै काठमाडौं उपत्यकामा थप तीन सय २२ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय २९ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६८ संक्रमित थपिएका हुन्।,  , १० हजार ६ सय ८८ मा कोरोना परीक्षण गर्दा ७६४ लाई संक्रमण
रोहित महतो यो सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुरको घटना हो।, असोज १ गते संग्रामपुरका १० वर्षीय समिम अन्सारी विश्वकर्मा पूजाको मेला हेरेर साँझ घर फर्केका थिए। खाना खाएर आमाबुवासँगै सुतेका उनी राति ३ बजेतिर रूँदै ब्युँझिए।, उनी आफ्नो औंला र कानमा कीरा वा अरू केहीले टोक्यो भन्दै कराउँदै थिए। बुवा तलेब अन्सारीले बत्तीको उज्यालोमा छोराको औंला र कान नियाले। उनले हेर्दा कमिलाले टोकेझैं देखिन्थ्यो।, तलेब अन्सारीले रोइरहेका छोरालाई फकाईफुलाई गरेर सुताउन खोजे। तर कसैगरी पनि समिम रून छाडेनन्।, त्यसपछि आमा मतिना खातुनले छोरालाई छिमेकी इलियास खातुनकहाँ जचाउन लगिन्। इलियासले पनि कमिलाले नै टोकेको हुनसक्ने अड्कल गर्दै तेल लगाएर मालिस गर्न र सुतीको कपडा बेरिदिन सुझाव दिए।, मतिनाले घर फर्केर समिमको औंला र कानमा तेल लगाइदिइन्, मालिस गरिदिइन् र सुतीको कपडाले बेरिदिइन्।, समिम केही बेर चुप्प लागे। करिब एक घन्टापछि फेरि 'जीउ पोल्यो' भन्दै रून-कराउन थाले। उनको जीउ थरथर काम्न थाल्यो। बोली पनि लर्बराउन थाल्यो। उनीहरूले हेर्दा समिमको जिब्रो पनि कामिरहेको थियो।, तलेब आत्तिँदै धामी कपलेश्वर पासमानलाई बोलाउन गए।, 'झारफुक गर्नुअघि समिमलाई उल्टी भयो। धामीले मलंगवा अस्पताल लैजानू भने,' आमा मतिना खातुनले सेतोपाटीसँग भनिन्, 'हामीले अस्पताल लग्यौं तर त्यहाँ पनि रोग थाहा भएन। तुरून्तै वीरगन्ज अस्पताल लैजानू भनियो।', रातारात वीरगन्ज लैजाँदा लैजाँदै खातुनका पाँच छोरामध्ये साइँला समिमको बाटोमै मृत्यु भयो।, समिम बितेको तीन-चार दिनपछि माइला र कान्छा छोरालाई पनि त्यस्तै लक्षण देखिएको खातुनले बताइन्।, ‘कान्छोलाई त झन् दुईपटक टोकेछ। पर्साको धामीकहाँ लगेर झारफुक गराएपछि बल्ल ठिक भयो,' उनले भनिन्, 'अझै पनि हामी राति डराई डराई सुत्छौं।', यो घटनापछि अहिले संग्रामपुर गाउँमा सर्प वा कुनै अज्ञात जीवको आतंक फैलिएको छ। दिनभरि खेतमा काम गर्नुपर्ने गाउँलेहरू तीन सातादेखि घरमै छन्। उनीहरू पालैपालो जाग्राम बस्छन्।, ‘हामी टिम बनाएर पालैपालो सुत्छौं। कसैलाई टोक्यो र गाडी छैन भने मोटरसाइकलमा राखेर धामीकहाँ लैजान्छौं,’ स्थानीय राकेश रामले भने।, गाउँपालिका अध्यक्ष किसुनदेव रायका अनुसार खातुनको परिवारबाहेक गाउँका धेरैलाई उस्तै लक्षण देखापरिसकेको छ। यसबारे स्वास्थ्यकर्मीसँग परामर्श भने लिइएको छैन। बरू गाउँपालिका अध्यक्षले नै झारफुक गर्न सुझाइरहेका छन्।, 'एकैचोटि धेरैलाई यस्तो लक्षण देखिएपछि मैले पालिकाभरका वडाध्यक्ष, बुजुर्ग र स्थानीयको बैठक डाकेँ। देउता रिसाएर यस्तो घटना भयो भन्नेमा सबैको एकमत रह्यो,' गाउँपालिका अध्यक्ष रायले भने, 'सबैको सल्लाहमा सति विहुलाको मन्दिर र लखराम महादेवको मन्दिरमा पूजा गर्ने निर्णय भयो।', गाउँपालिका अध्यक्ष किसुनदेव राय। तस्बिर: रोहित महतो/सेतोपाटी, वडाध्यक्ष नागेन्द्र राय यादव भने डाक्टर तथा स्वास्थ्य विज्ञलाई बोलाएर रोगको कारण पत्ता लगाउनुपर्ने बताउँछन्।, ‘धेरैले कीराले टोकेको हुनसक्छ भन्दैछन्। वीरगन्जमा पनि यस्तै कीराले टोकेको कुरा सुनेको छु। त्यसैले डाक्टरलाई बोलाएर जाँच गराउने सोच बनाउँदै छौं,’ उनले भने।, सर्लाही अस्पतालका प्रमुख डा. नवलकिशोर झा कीरा वा सर्पले टोकेको भन्ने पुष्टि नभएको र अहिलेसम्म अफवाहकै कारण गाउँलेहरू त्रसित भएको बताउँछन्।, गाउँपालिकाका स्वास्थ्य संयोजक नवलकिशोर महतोको पनि यस्तै धारणा छ।, ‘अध्यक्षजीको घरछेउमै धामी छन्। उनीकहाँ लगेर झारफुक गराइन्छ तर मलाई जहाँसम्म लाग्छ यो भ्रम मात्र हो। बरू मास-हिस्टेरिया हुनसक्छ,’ उनले थपे। , सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले अशिक्षा र अन्धविश्वासका कारण गाउँमा यस्तो हल्ला फैलिएको बताए।, ‘नागरिकमा चेतना स्तर कम छ। कसैले कुनै हल्ला फैलायो भने सबै त्यसैलाई पत्याउँछन्,' प्रमुख जिल्ला अधिकारी महतोले भने, 'जसले अन्धविश्वास फैलाउँछ, भ्रम फैलाउँछ उसलाई कानुनी कारबाही हुन्छ।’, 'अज्ञात जीवले टोकेको' भन्दै डराएका गाउँलेलाई अध्यक्षले नै पुर्‍याए धामीकहाँ
राजेश घिमिरे शुक्रबार बिहान नारायणगढस्थित क्याम्पाचौरको एक छेउमा लहरै टहरा बनेका देखिए। कंक्रिट ब्लकले बारेको एउटा र प्लास्टिक, कार्टुनहरूले बारेका पाँच वटा टहरा वरपर केही व्यक्तिको चहलपहल देखिन्थ्यो।, केहीबेरमा चौरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका भरिभराउ गाडी आइपुगे। लगत्तै प्रमुख जिल्ला अधिकारी, भरतपुर महानगरका मेयरलगायतका अधिकारी, जनप्रतिनिधिहरू आइपुगे। चौरको अर्को छेउमा महानगरपालिका, पालिकाभित्रका विभिन्न इकाइदेखि प्रमुख जिल्ला अधिकारीको कार्यकक्षसमेत तयार भयो। स्थानीय एफएमका स्टेसनहरू पनि चौरमै तयार भए।, एम्बुलेन्स, वरूणयन्त्रको साइरनले माहोल गुञ्जयमान भयो। स्थानीयबासी पनि जुटे। एकाबिहानै जिल्लाका विशिष्ट अधिकारीसहितका सयौं मान्छेहरू यहाँ भेला भए। , केहीबरमा चौरमा हल्लाखल्ला मच्चियो। भूकम्प आयो भन्दै मान्छेहरू रूवाबासी गर्न थाले। एफएमहरूले ७.३ रेक्टर स्केलको भूकम्प गएर धेरै मान्छेको ज्यान गएको, धेरै घाइते भएको समाचार सुनाउन थाले।, भूकम्पले भत्किएका घरमा केहीबेरमा सुरक्षाकर्मी पुगेर उद्धार सुरू गरे। स्वयंसेवकहरू पनि उद्धारका लागि पुगे। कोही घाइतेको उपचारमा खटिए।, लगत्तै चौरमा रहेको एउटा पसलमा आगलागी भयो। स्थानीयको भागाभाग हुन थाल्यो। आगो अन्य घरमा फैलन थालेपछि उनीहरू स्याउला, पानीले आगो निभाउन थाले। केहीबेरमा वारुणयन्त्रले आगो निभाउन थाल्यो। स्वयंसेवकले सघाए। आगलागीका घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याइयो।, युरोपियन युनियनको आर्थिक सहयोगमा भरतपुर महानगरपालिका, युएनडिपी, फरवार्ड नेपाललगायतका संस्थाले नारायणगढमा गरेको भूकम्प, आगलागी र सडक दुर्घटनामा आधारित कृत्रिम घटना अभ्यासको विवरण हो यो।, शुक्रबार करिब तीन घन्टा लगाएर गरिएको यो कार्यक्रमका लागि यी संस्थाहरूले करिब ८ लाख रुपैयाँ खर्च गरेका छन्। शुक्रबारको कार्यक्रमसम्म पुग्नका लागि युरोपियन युनियन, युएनडिपी र फरवार्ड नेपालले भरतपुर महानगरपालिकासँगको साझेदारीमा २२ महिनादेखि सहरी विपद् पूर्वतयारी परियोजना सञ्चालन गरेका थिए। , परियोजनाका अधिकृत उत्तम अर्यालकाअनुसार यो अवधिमा भूकम्प, आगलागी, सडक दुर्घटनाजस्ता विपद् व्यवस्थापनका लागि महानगरको वडानम्बर २ र १० मा करिब ३ सय स्वयंसेवकहरू तयार भएका छन्। जसले विपद् आइपर्दा त्यसको उचित तवरबाट सामना गर्ने र व्यवस्थापनमा खटिने जनशक्तिलाई सघाउने छन्।, यो सब कामका लागि अहिलेसम्म एक करोड ७० लाख रुपैयाँ खर्च भएको अर्यालले बताए। ‘हामीले महानगरको घना बस्ती, सुकुम्बासी बस्ती, एम्बुलेन्स तथा वारुणयन्त्र जान नमिल्ने सडक भएको क्षेत्रहरूलाई प्राथमिकतामा राखेर यो परियोजना सञ्चालन गरेका हौं,’ उनले भने, ‘ती क्षेत्रमा आइपर्ने विपद् व्यवस्थापनमा सघाउने जनशक्ति तयार गर्नु नै हाम्रो प्रमुख उद्देश्य हो।’, भरतपुरसँगै ललितपुर महानगरपालिकाका दुई वडा र दोलखाको भीमेश्वर नगरपालिकाको एक वडामा पनि यस्तै परियोजना चलिरहेको छ।   , भरतपुर महानगरपालिकाको विपद् व्यवस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाकाअनुसार गत वर्षमात्रै भरतपुर महानगरपालिका भित्र ७९ वटा आगलागीका घटना भएका छन्। यसबाहेक महानगर भित्र बाढी, पहिरो, चट्याङ, सवारी दुर्घटना, वन्यजन्तुको आक्रमण, भूकम्पजस्ता विपद्का जोखिम पनि उस्तै छ। नारायणीको बाढी र केही पहाडी क्षेत्रमा झर्ने पहिरो महानगरको सधैँको समस्या हो। बढ्दो सहरीकरणसँगै सवारी दुर्घटना पनि बढ्दो छ। जंगली जनावरको आक्रमण त यहाँका लागि सामान्य विषय हो। महानगरसँगै आगलागी बाहेकका विपद्को तथ्यांक भने छैन।, थपलियाले विपद् व्यवस्थापनकै लागि भनेर बजेट नभए पनि महानगरले भइपरी आउने विपद् व्यवस्थापनका लागि १ करोड ९० लाख रुपैयाँको कोष खडा गरेको बताए।, ‘विपद् पर्दा त्यही बजेट प्रक्रिया पूरा गरेर खर्च हुन्छ,’ उनले भने, ‘करिब ६० लाख रुपैयाँ बजेट पूर्वतयारीमा खर्च हुन्छ।’, कोरोना महामारीलाई लक्षित गरी भरतपुर महानगरपालिकाले १ करोड ५० लाख रुपैयाँको कोष बनाएको छ। यसलाई पनि विपद् व्यवस्थापनकै बजेट मान्ने गरिएको छ।, थपलियाले विपद् आइपर्दा अहिले बनेका विपद् प्रतिकार युनिटहरू कसरी परिचालन हुन्छन् भन्ने विषयमा कृत्रिम अभ्यास गरिएको बताए।, ‘यस्ता घटनाहरू आउँदा कसरी व्यवस्थापन गर्ने भनेर हामीले अभ्यास गरेर हेरेका हौं,’ उनले भने, ‘पूर्व तयारी राम्रो गर्न सके विपद् आइपर्दा व्यवस्थापनमा सहज हुन्छ।’, उनले पूर्व तयारी राम्रो भए व्यवस्थानमा धेरै रकम आवश्यक नपर्ने दाबी गरे।, विपदमा बजेट: तयारीमा फालाफाल, परिआउँदा बेहाल, विपद् व्यवस्थापनको पूर्व तयारीमा दाताहरूको साथ लिएर करोडौं खर्च गरिरहेको भरतपुर महानगरपालिकासँग विपद् आइपर्दा व्यवस्थापन गर्ने संयन्त्र तथा उपकरणको भने अभाव छ।, आगलागीको समस्यालाई मुख्य विपद् ठानेर पूर्वतयारीमा करोडौं खर्च गरिएको यहाँ आगलागी भइहाले त्यसलाई नियन्त्रणमा लिने वारुणयन्त्र पर्याप्त छैन। वारुणयन्त्र शाखाका प्रमुख देवेन्द्रराज रेग्मीकाअनुसार यहाँ अहिले ४ हजार र ५ हजार लिटर पानी बोक्ने क्षमता भएका दुई वटा वारुणयन्त्र मात्रै छन्।, ‘महानगरको कार्यालयबाट नजिकै घटना भए त यी वारुणयन्त्रले तुरुन्तै काम गरिहाल्छन् तर अलि पर घटना भए ठूलो क्षति हुने अवस्था छ,’ रेग्मीले भने, ‘खबर पाएर त्यहाँ पुग्दा ठूलो क्षति पुगिसक्छ।’, उनले महानगरको क्षेत्र ठूलो भएका कारण सबै क्षेत्रमा सेवा दिनका लागि ठाउँ-ठाउँमा स्टेसन राख्नुपर्ने बताए।, ‘भरतपुरबाट मेघौली ३२ किलोमिटर पर छ, त्यहाँ आगलागी भयो भने पुग्ने हामी नै हो,’ उनले भने, ‘८-१० किलोमिटरसम्म त ठीकै हो त्यति परसम्म हेर्नुपर्दा क्षति बढी हुन्छ। अहिले पश्चिम चितवनमा घटना भए व्यवस्थापन गर्न कठिन भइरहेको छ।’, उनले भरतपुरको वारुणयन्त्र भरतपुरमा मात्रै सीमित नभई परिआए जुनसुकै ठाउँमा पुग्ने गरेको बताए।, ‘भरतपुर महानगरपालिकाकै लागि ४ वटा वारुणयन्त्रको आवश्यकता छ,’ उनले भने, ‘अहिले हामीसँग भएका ३ वटामा पनि एउटा बिग्रिएर थन्किएको छ।’, विपद् पूर्वको तयारीका लागि दिइएको तालिम र तालिमबाट तयार भएका स्वयंसेवकका कारण विपद् नियन्त्रणमा भने सहयोग पुगेको रेग्मीले बताए।, ‘आगलागी हुँदा पहिले हामी कर्मचारीमात्रै खटिनुपर्दथ्यो तर अहिले हामी पुग्दा स्थानीय स्वयंसेवकहरूले नियन्त्रणको प्रयास गरिरहेका हुन्छन्, हामीलाई पनि सघाउँछन्। यसले त केही न केही सघाएकै छ,’ उनले भने, ‘पूर्व तयारीसँगै विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति र उपकरण पर्याप्त भए बल्ल सहज हुन्छ।’, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पनि विपद् व्यवस्थापनको विषय गम्भीर भए पनि प्राथमिकतामा नपरेको बताए।, ‘व्यवस्थापनमा उद्धारसँगै राहत, बीमा पनि चाहिन्छ तर यसमा हामी पछाडि छौं,’ उनले भने, ‘आगामी दिनमा यी कुराहरू पनि प्राथमिकतामा पर्नुपर्छ।’, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विपद्का दृष्टिले महानगर जोखिममा रहेको बताइन्। यहाँ पुराना संरचना धेरै हुनका साथै भवन संहिता पालना नगरी भवनहरू बनेका र प्राकृतिक जोखिम पनि बढी रहेको उनले बताइन्। मेयर दाहालले विपद् आइपरिहाले त्यसलाई सहज रूपमा व्यवस्थापन गर्न पूर्वतयारीमा महानगरले काम गरिरहेको बताइन्। , एकाबिहानै नारायणगढको क्याम्पाचौरका झुप्रामा आगो दन्किएपछि...
सेतोपाटी उत्तर/दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाको चार वटा खण्डको निर्माण सम्पन्न भएको छ। , चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने यस आयोजनाको ११ मध्ये हालसम्म चार वटा खण्डको स्तरोन्नति सम्पन्न भएको हो।, सो आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७३/७४ देखि सुरू भएको छ। , आयोजनाका निमित्त प्रमुख आश्विनीकुमार यादवका अनुसार चार वटा खण्ड भएको ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकको ६५ र सात वटा खण्ड भएको ११० किलोमिटर दूरीको जोमसोम-कोरला खण्डको ८५ प्रतिशत निर्माण सकिएको छ।, 'जोमसोम-कोरला सडकको सातमध्ये चार वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका छन्', उनले भने, 'बाँकी तीन वटा खण्डको काम अन्तिम चरणमा पुगेको छ।' , दिवा–रौताह–एपेक्स जेभीले ठेक्का लिएको लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक विसं २०७५ मा ११ मिटर फराकिलो, नाली, गयावियन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको थियो । भेना–घिलिङ, जोमसोम–कागबेनी–ताङ्वे र ताङ्वे–चैले खण्डको सडक पनि स्तरोन्नति गर्ने काम सकिएको आयोजनाले जनाएको छ।, छ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा आर्थिक वर्ष २०७७/७८ सम्ममा पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँ खर्च भइसकेको छ। , सडक निर्माण र मोटरेबल पुल निर्माणका लागि आयोजनामार्फत् आर्थिक वर्ष २०७३/०७४ मा ४६ करोड २० लाख रुपैयाँ, २०७४/७५ मा एक अर्ब ५२ करोड ५२ लाख रुपैयाँ, २०७५/७६ मा एक अर्ब ३१ करोड रुपैयाँ, २०७६/७७ मा ९० करोड २५ लाख र आव २०७७/७८ मा एक अर्ब २४ करोडमा ९३ करोड ५० लाख रुपैयाँ बजेट खर्च भएको आयोजनाले जनाएको छ।, पछिल्लो आव २०७७/७८ मा सडक स्तरोन्नतितर्फ ८१ करोड ३२ लाख रुपैयाँ र पुल निर्माणतर्फ १२ करोड ८७ लाख रुपैयाँ खर्च भएको थियो। यस सडकको विभिन्न ठाउँमा करिब २० वटा मोटरेबल पुल निर्माणाधीन छन्। , आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वर–नारच्याङ पुल (१९ किलोमिटर), मुस्ताङको कोबाङ–जोमसोम (१९ किलोमिटर) र चराङ–छोसेर खण्ड (२५ किलोमिटर) दूरीको सडकको भौतिक प्रगति कम देखिएको छ।, कोबाङ–जोमसोम सडक कालोपत्र र चराङ–छोसेर खण्डको सडक ग्राभेल गर्न कोशी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको थियो।, शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको गलेश्वर–नारच्याङ पुल खण्डमध्ये गलेश्वरदेखि बेगखोला सम्मको करिब छ किलोमिटर सडक कालोपत्र सुरू भएको छ।, शर्मा–गजुरमुखीले ठेक्का लिएको मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि कैकुखोलासम्मको १६.५ किलोमिटर सडक कालोपत्र सुरू गरिएको छ। बर्खाका कारण रोकिएको सडक कालोपत्रलाई दसैंलगत्तै पूर्णता दिने निर्माण कम्पनीले जनाएका छन्। , प्रवेश बिन्दुमा पर्ने बेनी नगरपालिका–९ गलेश्वरमा करिब एक किलोमिटर र चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको आयोजनाका इञ्जिनियर आशिष मानन्धरले बताए।, 'बेनी घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हुँदैछ', उनले भने, '११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ।', बेनीदेखि जोमसोमसम्म दुई लेन कालोपत्र र जोमसोमदेखि कोरलासम्म ११ मिटर फराकिलो ग्राभेल सडक बनाउन सञ्चालित यो आयोजना राष्ट्रिय गौरवको हो। , यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ को रूपमा लिने गरिन्छ। यो आयोजनाले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने बताइएको छ।, कोरला नाकासम्म सहज रूपमा सडक सुविधा प्राप्त भएमा नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयबासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युतको विकास हुने अपेक्षा गरिएको छ।, 'सडक सुविधायुक्त र सहज हुने हो भने पर्यटक आगमन बढ्छ, कोरला नाका सञ्चालन गर्न दबाब पुग्छ, स्थानीयबासी भन्छन्, 'सडकको स्तरोन्नति र कालोपत्र हुन थालेपछि हामी उत्साहित भएका छौं।' ,(रासस), बेनी-जोमसोम-कोरला सडकअन्तर्गत चार खण्डको निर्माण काम सकियो
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप तीन सय २२ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका काठमाडौंमा दुई सय २९ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६८ संक्रमित थपिएका हुन्।, यस्तै, काठमाडौं उपत्यकामा ३७०४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २२६७, भक्तपुरमा ६६१ र ललितपुरमा ७७६ सक्रिय संक्रमित छन्।, थप सात सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा १० हजार ६ सय ८८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार चार सय ६६ जनाको पिसिआर परीक्षण र एक हजार २ सय २२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, नेपालमा हाल १५ हजार ६१४ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ।, एक हजार ३३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.७ प्रतिशत छ।, काठमाडौं उपत्यकामा थपिए ३२२ संक्रमित, सक्रिय ३७०४
सेतोपाटी संवाददाता सप्तरीमा साढे ६ लाख बराबरको अवैध चाँदीका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , शुक्रबार पौने २ बजे हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदह चोकबाट एक जनालाई चाँदीसहित पक्राउ गरिएको प्रहरीले जनाएको हो।, प्रहरीले रंगेली नगरपालिका वडा नम्बर ९ बस्ने २६ वर्षीय उमेश विकलाई पक्राउ गरेको हो। , उनलाई इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको टोलीले पक्राउ गरेको हो।, ८८ वटा पाउजु, ३० वटा ब्रासलेट, ३० वटा झालर, बच्चाको ६२ वटा पाउजु लगायत चाँदीका गहना बरामद गरेको हो। प्रहरीका अनुसार ७ किलोको झण्डै ६ लाख ६० हजार बराबरको चाँदी प्रहरीले बरामद गरेको हो। , उनीमाथि थप अनुसन्धान गर्न आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरी पठाएको छ।, साढे ६ लाख बराबरको चाँदीसहित सप्तरीमा एक पक्राउ
नारायण खड्का बाँकेको बैजनाथ गाउँपालिका-१ स्थित दीपज्योति सेकेन्डरी स्कुल चिसापानीका प्रिन्सिपल दमन पाण्डे आत्मदुरूत्साहन मुद्दामा पक्राउ परेका छन्।, उक्त विद्यालयमा कक्षा ११ मा अध्यनरत बैजनाथ -१ गाभरकी १७ वर्षीया एलिशा शाह दश दिनअगाडि आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन्।, शाहका परिवारले शुक्रबार इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रिन्सिपल पाण्डेविरूद्ध आत्महत्या दुरूत्साहन तथा जबरजस्ती करणी मुद्दा दर्ता गरेपछि उनी पक्राउ परेका हुन। एलिशाले असोज १० गते गाभरस्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।, शाहका फुपुका छोरा आदर्श हमालले बहिनी एलिशाको मृत्युपछि असोज १७ गते काजकिरियाको कार्यक्रम सकेर मोबाइलमा म्यासेज हेर्दा प्रिन्सिपलले विभिन्न प्रलोभन देखाएको थाहा भएपछि पाण्डेविरूद्ध किटानी जाहेरी दिएको बताए।, ‘बहिनीको मोबाइल म्यासेज बक्समा ल्यापटप  र मोबाइल किन्दिन्छु भन्नेजस्ता प्रलोभनमा पारेर करणी गरेको आशंका गर्ने ठाउँ छन्,’ हमालले भने, ‘बहिनीको सुसाइड नोटमा स्पष्ट उल्लेख नभए पनि मम्मीको नाक काट्ने काम गरेको हुँदा आत्महत्या गरें भन्ने उल्लेख रहनुले पनि ऊमाथि अत्याचार भएको स्पष्ट हुन्छ।’, एसइई उत्तीर्ण भएपछि कक्षा ११ को कक्षा लिन थालेको दश दिन जतिमा बहिनीले प्रिन्सिपल पाण्डेको यातना सहन नसकेर आत्महत्या गरेको हमालले दाबी गरे।, ‘अघिल्लो महिनामात्रै बहिनीले जन्मदिन मनाएका थियौं,’ हमालले भने, ‘उनी निकै सोझो र इमान्दार थिई, त्यही सोझोपनको फाइदा प्रिन्सिपलले उठाएको हुँदा बहिनी सहन नसकेर मृत्युको मुखमा पुगेको हुनुपर्छ।’, हमालले यसअघि प्रहरीले समेत जाहेरी लिन नमानेको भए पनि गृह मन्त्रालयमा गुनासो गरेपछि मात्रै बल्ल शुक्रबार प्रिन्सिपलविरूद्धको जाहेरी लिन मानेको भन्दै रोष प्रकट गरे।, ‘पीडितले अन्यायमा परेको महशुस गरेपछि मात्रै जाहेरी दिन प्रहरीमा पुग्ने हो नि,’ हमालले प्रश्न गरे,  ‘त्यो जाहेरीको आधारमा सत्य तथ्य के हो, त्यो छानबिन गरेर न्याय दिन काम प्रहरीको हो नि! सुरूमै जाहेरी लिन नमान्ने हो भने प्रहरीको के काम?’, शुक्रबार पीडितको तर्फबाट स्थानीयले चिसापानीस्थित विद्यालय परिसरमा प्रिन्सिपलविरूद्ध चर्का नाराबाजी गर्दै प्रर्दशनसमेत गरेका थिए।, शाहको सुसाइड नोटमा कसैप्रति स्पष्ट आरोप छैन: डिएसपी, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र खनालले शाह परिवारले दिएको जाहेरीका आधारमा प्रिन्सिपललाई पक्राउ गरी अनुसन्धान थालिएको बताए।, ‘बुझ्दा प्रिन्सिपल र शाहका बीचमा मित दाजु-बहिनीको नाता रहेको भन्ने कुरा खुल्न आएको छ,’ खनालले भने, ‘फेसबुक म्यासेन्जरमा उहाँहरूबीच कुरा भएको पनि देखिएको छ। त्यसबारे अनुसन्धान हुन बाँकी नै छ।’, त्यो कुरा मित दाजु-बहिनीको नाताले भएको हो? प्रिन्सिपल र एउटा विद्यार्थीको नाताले भएको हो? वा त्यसमा अरू कुनै कुरा छिपेको छ? त्यो अनुसन्धानपछि मात्रै खुल्ने डिएसपी खनालले बताए।, शाहको सुसाइड नोटमा कसैप्रति स्पष्ट रूपमा दोषारोपण गरेको भने नदेखिएको खनालले बता । ‘उहाँको सुसाइड नोट पनि फेला परेको छ,’ डिएसपी खनालले भने, ‘त्यसमा कसैलाई कुनै खालको दोष लगाएको देखिँदैन।’, डिएसपी खनालले शुक्रबारमात्रै आरोपित प्रिन्सिपल पक्राउ परेको हुँदा घटनाको गहन ढंगले अनुसन्धान गरेरमात्रै तथ्य कुरा सार्वजनिक गर्ने बताए। दोषी देखिए प्रहरीले  कानुनी कारबाहीका लागि कुनै कसुर बाँकी नराख्ने उनले बताए।, छात्राले आत्महत्या गरेपछि दुरूत्साहन मुद्दामा पक्राउ परे प्रिन्सिपल
नवीनबाबु गुरूङ अहिले दसैंको तम्तयारी चलिरहेको बेला कुपन्डोल युएनपार्क नजिकैका मूर्तिकार भने मूर्ति बनाएर बेच्न व्यस्त छन्। विभिन्न देवीदेवता र विशेषगरी दुर्गा माताको मूर्ति तयार गरिसकेका उनीहरू अहिले ग्राहकलाई बुझाइरहेका छन्।, युएन पार्क पार गरेपछि बागमतीको पुल नपुग्दै सकडबाटै उनीहरूको कारखाना देखिन्छ। प्लास्टिकको टहरामूनि उनीहरूले महिना दिनअघिदेखि दसैंको लागि मूर्ति बनाउने तयारी थालेका थिए।, ९ दिनसम्म हुने नवरथाका लागि यी मूर्ति बनाइएका हुन्। दुर्गाको सेटमा गणेश, कार्तिक, लक्ष्मी, सरस्वती, सिंहलगायत आकृति हुन्छन्। एक सेट बनाउन १०-१२ दिन लाग्ने मूर्तिकार अरुण पण्डितले बताए। पहिले १०-१५ सेट यी मूर्ति बिक्री हुने भए पनि यसपालि कम भएको उनले जानकारी दिए।, ‘यो पटक लकडाउनका कारण आठ सेटमात्र बिक्री भयो,’ उनले भने।, यी मूर्ति ७५ हजार रुपैयाँसम्ममा बिक्री हुने उनले बताए। मूर्तिमा माटो, बाँस, काठ, किला, औजार, कपडा, रंग लगायत सामाग्री प्रयोग भएका छन्। नवरथा सकिएपछि यी मूर्ति खोलामा बिसर्जन गरिन्छ।,  ,  , एक सेटकै ७५ हजार रुपैयाँसम्म पर्ने देवी-देवताका मूर्ति (भिडिओ/तस्बिर)
एजेन्सी पाकिस्तानमा बिहीबार बिहान भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहान ३ बजेतिर दक्षिणी पाकिस्तानको बलोचस्तानमा ५.७ म्याग्नेच्युडको भूकम्प गएको थियो।, समाचार संस्था एएफपीसँग कुरा गर्दै प्रान्तका उच्च अधिकारी सुवाहिल अन्वार हास्मीले एक बच्चा र ६ जना महिलासहित २० जनाको मृत्यु भएको जानकारी दिएका छन्।  भूकम्पले केही घर भत्किँदा उनीहरूको मृत्यु भएको हो। भूकम्पमा परी दुई सयभन्दा बढी मानिस घाइते भएका छन्।, भूकम्पबाट सबैभन्दा धेरै हारनाई सहर प्रभावित भएको बताइएको छ। भूकम्पको केन्द्रबिन्दु पनि त्यहीँ थियो। केन्द्रबिन्दुदेखि १०२ किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी क्वेटासम्म पनि भूकम्पको धक्का महशुस गरिएको थियो।, पाकिस्तानी अधिकारीहरूले उद्धारको काम भइरहेको जनाएका छन्।, पाकिस्तानमा भूकम्प, कम्तीमा २० जनाको मृत्यु
सविता बुढा कैलालीको कैलारी गाउँपालिका-३ मोहनपुरका सुनिल चौधरीले उपभोग गर्दै आएको जग्गाको पहिले कर तिरेका थिएनन्। योभन्दा अगाडि राज्यबाट सुविधा नपुगेको भन्दै उनीहरूले कर तिर्न चाहेका थिएनन्।, उनले अहिले भने लालपुर्जा पाउने आशमा चार बिघा जमिनको १० वर्षको कर एकै पटक तिरे।, उनले एैलानी जग्गामा बस्नेहरूलाई लालपुर्जा दिने भन्ने सुनेपछि उपभोग गरिआएको जमिनको कर तिरेका हुन्।, ‘मलाई वडाबाट खबर आयो, जग्गा उपभोग गरिरहेको सरकारी कागजपत्र भए लालपुर्जा पाइने छ भनेर मैले जमिनको कर तिरें,’ उनले भने।, वडा कार्यालयबाट फोन आएपछि उनीसहित गाउँलेहरूले कर बुझाउने भने। कानुनी हिसाबले जग्गा उपभोग गरिरहेको प्रमाण उनीहरू चाहन्थे।, वडा कार्यालयमा कुरा भयो। के, कसरी कर लिने-दिने भन्ने सल्लाह भयो।, ‘कसैले १० कसैले १५ वर्षदेखिको कर तिर्नुपर्ने भने, हामीले १० वर्षको तिर्‍यौं,’ उनले भने।, ग्राभेल भएकै ठाउँमा पनि फरक कर तोकियो। बसेको जमिनको ५८ रुपैयाँ प्रतिकट्ठा र खेतको ५२ रुपैयाँ प्रति कट्ठाका दरले कर तिरेको उनले बताए।, ४० वर्षदेखि उनका पुस्ताले सो जमिनमा खेतीपाती गर्दैआएका छन्।, उनका बुबा कमैया थिए। २०३६ सालतिर भूमिहीनलाई व्यवस्थित पार्ने कुरा चलेपछि यस क्षेत्रबाट सरकारका मान्छेसँगै उठबस हुने व्यक्तिले बुबालाई त्यहाँ बस भनेका थिए।, त्यसपछि सुनिलका बुबा कमैयाको काम छोडेर भारतसँगको सीमामा टाँसिएको जमिनमा बस्दै खेतीपाती गर्न थालेका थिए। सुनिलका बुबाजस्तै अरू केही परिवार पनि त्यहाँ बस्न थाले। अहिले यो मोहनपुर गाउँ कैलारी गाउँपालिकाको वडा नम्बर ३ मा पर्छ।, बस्ती बस्ने बेला उनीहरूले जंगल फाँडेर त्यहाँ बसेका थिए। उपभोग गरीआएको जग्गाको कसैसँग पनि सरकारी प्रमाण भने छैन।, ‘हामीसँग नागरिकता छ, भोट पनि हाल्छौं तर आफ्नो जमिनको लालपुर्जा भने छैन, हामीसँग त यो जमिन हाम्रो हो भन्ने कुनै सरकारी कागज छैन,’ उनले भने।, मोहना नदी पारिको मोहनपुरमा ९२ परिवार बस्छन्। वारि नेपालसँग जोड्न पुल नभएकाले उनीहरू भारतकै वन, बजारमा बढी निर्भर छन्।, ‘यहाँ कम्तीमा ५ कट्ठादेखि बढीमा चार बिघासम्म रहेका परिवारहरू छन्, सबैले १० वर्षसम्मको कर तिर्‍यौं,’ उनले भने।, सो गाउँका भलमन्सा रामु चौधरी हुन्। उनी गाउँको नेतृत्व गर्न गाउँलेले चुनेका मान्छे हुन्। उनले पनि चार बिघा जमिनको कर तिरे।, ‘मैले त ऋण निकालेर कर तिरें, आफूसँग पैसा थिएन,’ उनले भने।, गाउँका दुई जनासँग पैसा सापटी मागेर कर तिरेका भलमन्साले पछि किसान लघु वित्त सहकारी संस्थाबाट ऋण निकालेर सापटी फिर्ता गरेका थिए। अहिले सहकारीको किस्ता तिरिरहेका छन्।, ‘हाम्रो गाउँबाट मात्रै १५ लाख बढी राजश्व उठ्यो होला जमिनको करबाट,’ उनले भने।, वर्षौंदेखि सीमानाको छेउमा बस्ने उनीहरूकहाँ राज्यका तर्फबाट सुविधा पनि संघीयतापछि मात्रै पुग्न थालेको देखिन्छ।, ‘यहाँ त सरकारकै ध्यान छैन। न स्कुल छ, न पुल छ, न बस्ती जोगाउन तटबन्ध छ,’ उनले भने।, गाउँमा मोहना नदीको कटानले जमिन बग्ने पीर उनीहरूलाई हुन्छ। यस वर्ष पनि लगाएको धानबाली बाढीले पुरेर क्षति भएको थियो।, ‘धानबालीमा भएको क्षतिको अनुगमन गर्न पनि कोही आएनन्,’ उनले भने।, जमिन बचाउन वर्षेनी उनीहरू बाँसको तटबन्ध लगाउने गर्छन्। २०६५ सालदेखि गरिआएको जैविक तटबन्धले जमिन र बस्ती पहिलेभन्दा सुरक्षित बनेको उनीहरू बताउँछन्।, स्थानीय सैतु चौधरीले भौतिक तटबन्धका लागि सरकारबाट सहयोग नपाएपछि गाउँलेले नै जैविक तटबन्ध गरिरहेको बताए।, ‘गाउँपालिका र केही संघसंस्थाले सहयोग गरेपछि हामी गाउँलेले बाँसले बारेर, बालुवाका बोरा भरेर र वृक्षारोपण गरेर जैविक तटबन्ध गरेका छौं,’ उनले भने।, जमिन बचाउन उनीहरूले गएको वर्षमात्रै ६ सय मिटर नदी किनारमा जैविक तटबन्ध लगाएका छन्। त्यसको अघिल्लो वर्ष ८ सय मिटर तटबन्ध गरेका थिए।, ‘अब त कर पनि तिरेका छौं, राज्यले जमिन बचाउन सहयोग गर्छ कि हेरौं,’ उनले भने।, कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले केन्द्र सरकारले गठन गरेको भूमिसम्बन्धी आयोगमा आवेदन दिन उनीहरूले जग्गाको एकैचोटी कर तिरेको बताए।, यसअघि पनि एैलानी जमिन उपभोग गरिरहेका उनीहरूमध्ये केहीले कर तिरेका पनि पाइएको उनले बताए।, ‘भूमिसम्बन्धी आयोगले लालपुर्जा दिने भनेर प्रक्रिया अघि बढेपछि उनीहरूको जग्गा कुन-कुन हो प्रमाण चाहिन्छ भनेर स्थानीय तहले कर लिएको हो,’ उनले भने। अध्यक्ष चौधरीले कर तिरेपछि उनीहरूले सोही जमिनको लालपुर्जा पाउन आयोगमा आवेदन दिएको बताए।, ‘गाउँपालिकामा अव्यवस्थितवाला र भूमिहीनवाला गरी धेरैले फारम भरेका छन्। करिब आठ हजार घरधुरीले फारम भरेका छन्,’ उनले भने।, केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोग हुँदासम्म गाउँपालिकाले केही स्थानमा मात्रै लगत संकलनको काम सकेको थियो। अहिले भने काम रोकिएको अध्यक्ष चौधरीले बताए।, ऐलानी जमिन उपभोग गरिरहेकाहरू भने आयोगबाट काम छिटो होस् भन्ने चाहेको बताउँछन्।, ‘ऋण काढेर सरकारलाई कर तिरें, लालपुर्जा पाइन्छ होला नि!’
रासस काभ्रेको नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको छ। स्वास्थ्य संस्थामार्फत् सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो।, गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ।, वडा नं ९ को सहयोगमा दाप्चा स्वास्थ्यचौकीले नगरका विभिन्न वडाका सुत्केरी आमालाई सम्मान कार्यक्रम आयोजना गरी नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले सम्मान गर्दै प्रोत्साहन रकम प्रदान गरे। उक्त वडाले केही वर्षदेखि नै दाप्चा स्वास्थ्यचौकीमार्फत् छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ।, कार्यक्रममा सुत्केरी आमालाई छोरी जन्माएबापत् वडाबाट प्रदान गरिने  पाँच हजार, स्वास्थ्य संस्थामा सुत्केरी भएबापत दुई हजार, एम्बुलेन्स खर्चबापत एक हजार ८००, अन्य स्वास्थ्य संस्थामा रिफर भएर जानेलाई थप दुई हजार र चार पटक गर्भ जाँच गराएबापतको ८०० रुपैयाँ एकमुष्ट रूपमा प्रदान गरिएको वडाध्यक्ष मेलबहादुर तामाङले जानकारी दिए। उनले भने, ‘छोरी जन्माउने आमालाई निरन्तर सम्मान गर्दै जानेछौं, आमा र शिशुका लागि पोषणयुक्त खानपानमा वडाद्वारा आर्थिक सहयोग दिन थालेका छौं।’, नगरप्रमुख तिमल्सिनाले नगरपालिकाले सडकलगायत पूर्वाधारमात्रै नभई चेतनाको विकाससमेत अपरिहार्य रहेको तथ्यलाई मध्यनजर गर्दै छोरी प्रोत्साहन, बुहारी सम्मान कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार यस वर्ष महिलाको स्वास्थ्य, शिक्षा र आर्थिक अवस्थालाई मजबुद बनाउन थप नीति तथा कार्यक्रम तय गरिएको छ। नगरको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको, दाप्चा स्वास्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको तथा नगरमा थप एम्बुलेन्सको व्यवस्था गरिएको उनले जानकारी दिए।, नगर उपप्रमुख रामदेवी तामाङले नेपाली समाजमा छोरीलाई गर्भदेखि नै विभेद हुँदै आएको जनाउँदै त्यसलाई अन्त्य गर्ने उद्देश्यअनुसार छोरी जन्माउनेलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइएको बताए।, ‘छोराको आसमा दुईभन्दा बढी सन्तान नजन्माउनुहोस्, छोरी पनि छोरासरह हुन् भन्ने मानसिकता बनाउनुपर्छ, यस विभेदलाई पूर्ण रूपमा अन्त्य गरेपछि मात्रै समुन्नत समाज निर्माण गर्न सकिन्छ,’ उनले भनिन्।, यसैबीच रोशी गाउँपालिकाले सुत्केरी हुन स्वास्थ्य संस्था जाँदा र घर फर्कंदा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ। गाउँपालिकाद्वारा बुधबार जारी विज्ञप्तिमा सुत्केरी हुन स्वास्थ्य संस्था जाँदा र घर फर्कंदा एम्बुलेन्सले भाडा लिन नपाउने तथा यदि लिएको पाइए तत्काल कार्यलयमा खबर गर्न अपिल गरिएको छ।, छोरी जन्माउने १४ आमालाई नगदसहित सम्मान
सेतोपाटी संवाददाता इटहरी उपमहानगरपालिका-१६ लायन्स चोकस्थित पूर्व-पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा स्कुटी चालक इनरुवा नगरपालिका-२ का २५ वर्षीय सुशान्त भट्टराई र संखुवासभा चिचिला गाउँपालिका-२ का २० वर्षीय बिबिसन विक रहेका छन्।, बुधबार राति सवा ११ बजे पश्चिमबाट पूर्व जाँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले विपरीत दिसाको को२०प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।, दुबैलाई उपचारका लाथि न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, ट्रक र चालक मकवानपुर मनहरी नगरपालिका-९ का ३१ वर्षीय अर्जुन गिरी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा छन्।, यस्तै, धनकुटा पाख्रीबास नगरपालिका-४ स्थित मध्यपहाडी लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा भोजपुर नगरपालिका-११ का १७ वर्षीय धनबहादुर पाठक रहेका छन्।, बुधबार दिउँसो भोजपुरबाट धरानतर्फ आउँदै गरेको बसको ढोका खोल्ने क्रममा उनी सडकमा खसेका थिए, ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु
सेतोपाटी संवाददाता दाङको घोराहीका एक पुरुषलाई ‘ब्ल्याकमेल’ गरेर लाखौं रकम असुल्न खोजेको आरोप खेपेका तीन महिला धरौटीमा रिहा भएका छन्।, दाङको देउखुरी अदालतले बुधबार घोराही उपमहानगर वडा नम्बर १५ की ३२ बर्षीया सीतादेवी थापालाई डेढ लाख,सोही ठाउँकी ३५ बर्षीया खुमा वलीलाई ८० हजार र ३२ बर्षीया सुष्मा परियारलाई ५० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको अदालतका निमित्ति सूचना अधिकारी प्रेमनारायण पराजुलीले सेतोपाटीलाई बताए।, ‘हनी ट्रयाप’मा पारेर थापाले घोराहीकै एक पुरुषसँग ‘इमोशनल ब्ल्याकमेल’ गरेर एक लाख नगद र थप १७ लाखको चेकसमेत बुझिसकेका थिए।, प्रहरीले पीडित भनिएका ती पुरुषको नाम भने गोप्य नै रोखेको छ।, यो पनि हेर्नुस्:,  , 'ब्ल्याकमेल' गरेर लाखौं असुल्न खोजेको आरोपमा तीन महिला पक्राउ, पुरूषलाई 'ब्ल्याकमेल' गरेर लाखौं असुल्न खोजेको आरोपमा पक्राउ परेका तीन महिला धरौटीमा छुटे
सेतोपाटी संवाददाता नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन्।, निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं-७ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे खसेका थिए।, उनले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ। चतर्वेदीको बुलबुलेमै घर छ।, ‘घरबाट खसेको खबर आएपछि वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको थियो,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले भने, ‘पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।’, घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताए।, नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको घरको चार तलाबाट खसेर मृत्यु
सेतोपाटी संवाददाता कोरोना विशेष अस्पताल बेलझुण्डी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा स्थानन्तरण गरिने भएको छ। , कोरोना अस्पतालका व्यवस्थापक द्रोणबहादुर ओलीले शुक्रबार बिहान ९ बजेपछि कोरोना विशेष अस्पताल सार्ने क्रम सुरू हुने जानकारी दिए।  , २० बेड आइसियु , १५ बेड पिआइसियु, १५ बेड एनआइसियु र १० बेड एचडियु गरी ६० बेड बेलझुण्डीबाट प्रादेशिक अस्पताल तुलसीपुरमा स्थान्तरणको सम्पूर्ण तयारी पूरा भइसकेको ओलीले  बताए।  , ‘शुक्रबार बिहान ९ बजेदेखि अस्पताल स्थान्तरण गर्न सुरू हुने छ,’ वलीले भने, ‘हामीले राप्ती प्रादेशिक अस्पतालमा आवश्यक सबै ६० बेड तयार पारिसकेका छौं।’, हाल चार जनामात्रै कोरोना संक्रमित रहेको र उनीहरूको अवस्थामा पनि सामान्य रहेको हुँदा परामर्शमै घरमै बसेर स्वास्थ्य लाभ लिँदै आएको ओलीले बताए।,  ,  ,  , ‘अहिले चार जना बिरामी हुनुहुन्छ र उहाँलाई अक्सिजन चढाउनु पर्ने अवस्था छैन,’ उनले भने, ‘उहाँहरू चिकित्सकको प्रत्यक्ष निगरानी र परामर्शमा होम आइसोलेसनमै बसिरहनुभएको छ।’, पहिलो कोरोना महामारीको क्रममा लुम्बिनी प्रदेश सरकारले २०७६ साल चैत १० गते बेलझुण्डीस्थित आर्युेवेदिक कलेजलाई कोरोना अस्पताल बनाउने निर्णय गरेको थियो। , त्यसपछि आर्युेवेद अन्तर्गतको आर्युेवेदिक डाक्टर (बाम्स) को अध्ययन गर्नेहरूको पढाइ प्रभावित बन्न पुगेको थियो। , पढाइ प्रभावित भएको भन्दै विद्यार्थीले पटक/पटक विरोध तथा प्रदर्शन गर्दै आएका थिए। त्यही भएर कोरोना विशेष अस्पताल व्यवस्थापन समितिको बैठकले असोज ६ गतेदेखि अस्पताल स्थानान्तरणको गृहकार्य थालेको थियो। लुम्बिनी प्रदेश सरकारले असोज १७ गतेमात्रै कोरोना अस्पताल स्थानान्तरण गर्न अनुमति दिएको थियो। , नेपाल आर्युेवेद अध्ययन संस्थानअन्तर्गत आयुर्वेदका डाक्टरको पढाइ प्रभावित भएको व्यापक गुनासोलाई मध्यनजर गर्दै कोरोना संक्रमणको दर पनि घटेपछि कोरोना विशेष अस्पताल प्रादेशिक अस्पतालमा स्थानान्तरण गर्न लागिएको ओलीले बताए।, कुनै समय कोरोना विशेष अस्पतालको तल्लो तलामा कोरोना संक्रमितलाई राखेर माथिल्लो तलामा आयुर्वेद डाक्टरको कक्षा सञ्चालन हुने गरेको थियो।, ‘एम्बुलेन्स आउने जाने चलिरहँदा र कुनै बिरामीको मृत्यु भएको दिन आफन्त रूवाबासी गर्दा पढाइ नै प्रभावित बन्ने गर्दथ्यो,’ वलीले भने,‘ पढाइ हुने कलेजमा सधैँभरि बिरामी राखेर उपचार गर्नु हामीलाई पनि राम्रो लागेको थिएन।’  , पहिलो कोरोना कहरका बीच लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बुटवलमा गरी तीन ठाउँमा कोरोना विशेष अस्पताल निर्माण गरेको थियो। यसअघि नै बाँके र बुटवलका त्यस्ता अस्पताल स्थानान्तरण भइसकेका छन्।, बेलझुण्डी कोरोना विशेष अस्पताल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सारिँदै
सेतोपाटी संवाददाता महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौंको लुटपाट गरेको छ।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा आज बिहान ३ः०० बजेको समयमा घरको बाहिरी ढोका फोरेर घरभित्र पसी चार जनाको समूहमा आएका बन्दुकधारी व्यक्तिले गरगहना लुटपाट गरी लगेका छन्।,     , लुटेराले उनको घरबाट नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित पाँच लाख रुपैयाँ बढीको गरगहना लुटेर लगेको जनाइएको छ।, घटना आज बिहान ३ बजे भए पनि छिमेकीले ढिलो गरी थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले अहिले लुटेराको खोजतलास व्यापकरूपमा गरिरहेको जनाइएको छ। ,रासस, , बन्दुक देखाएर गरगहना लुटपाट
भगवती पाण्डे कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन।, गत सोमबार साँझदेखि कृष्णनगर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का अधिकांश गाउँहरूमा झाडापखाला र बान्ताको प्रकोप फैलिएको हो। , झाडापखालाको समस्या लिएर अस्पताल आउने बिरामीको संख्या दिनहुँ थपिँदै गएको छ।, बुधबार बिहानसम्म २ सय ४० जना बिरामी अस्पताल भर्ना भएकोमा बिहीबार थप एक सय जना बिरामी थपिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।, कार्यालयका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले बिहीबार  बिहानसम्म ३ सय ४० जना बिरामी अस्पतालमा भर्ना भएको जानकारी दिए।, अहिले पनि झाडाबान्ताको समस्या लिएर अस्पताल र क्लिनिकमा आउने क्रम जारी रहेको छ। घर-घरमा पनि अधिकांश व्यक्तिहरू बिरामी भेटिएका छन्। , कृष्णनगरको सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेशपुर, डावरा दयानगर, विजयनगर, जुमिला लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी देखिएका थिए।, तीन वटा वडाका गाउँभरि झाडापखालाका बिरामी फैलिएपछि अहिले वडा अध्यक्षहरूको नेतृत्वमा नौ वटा टोली बनाएर घर- घरमा पुगी बिरामीहरूको पहिचान र उनीहरूको अवस्थाबारे जानकारी लिन थालिएको घिमिरेले बताए।, बुधबार झाडापखाला फैलिएका सबै गाउँमा टोली पुगेको र सो क्रममा गाउँका ७० प्रतिशतभन्दा बढी घरमा झाडापखालाका बिरामी भेटिएको उनले जानकारी दिए।, झाडापखाला फैलिएको घरका अधिकांश व्यक्तिहरू बिरामी छन्।, ´प्रभावित गाउँका अधिकांश घरमा बिरामी भेटिएका छन्, तीमध्ये सिकिस्त अवस्थाका बिरामीलाई अस्पताल ल्याउने र सामान्य अवस्थाका बिरामीलाई घरमै बसेर औषधि सेवन गर्न भनिएको छ,´ घिमिरेले भने।, ती टोलीले आज पनि प्रभावित गाउँहरूको अनुगमन तथा निरीक्षण गर्ने उनले बताए।  , लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको टोली पनि झाडापखाला फैलिएका गाउँ र बिरामीहरूको अवस्था बुझेर फर्किइसकेको छ। मंगलबार नै पुगेको स्वास्थ्य टोलीले परीक्षणको लागि बिरामीहरूको दिसा र पानीको नमूना संकलन गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याएको छ।, पानीको रिपोर्ट आइसके पनि दिसाको रिपोर्ट भने बिहीबार साँझसम्म आइपुग्ने हेल्थ असिष्टेन्ट घिमिरेले बताए।, पानी परीक्षणको रिपोर्टमा इकोलाई ब्याक्टेरिया भेटिए पनि दिसाको रिपोर्ट आइसकेपछि मात्र झाडापखाला फैलिनुको कारण पत्ता लाग्ने उनले बताए।, घिमिरेका अनुसार बिरामीहरूको अवस्था र उनीहरूमा देखिएको लक्षणलाई हेर्दा हैजा फैलिएर झाडापखालाको प्रकोप देखिएको हुनसक्ने आशंका गरिएको छ।, अस्पतालमा बिरामीहरूको चाप थेग्न नसकेपछि गाउँका निजी क्लिनिक, अस्पतालका गल्ली, बरण्डा र विद्यालयका चौरमा राखेर समेत उपचार गरिएको छ। , कपिलवस्तुमा झाडापखाला प्रकोप: वडाध्यक्षको नेतृत्वमा टोली बनाएर घर-घरमा बिरामी पहिचान गरिँदै
रवीन्द्र काफ्ले उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पताल पाँचथरमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ।, स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुंगामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ।, अस्पतालको आकस्मिक कक्ष, कोभिड-१९ संक्रमितको उपचार हुने एचडियूसहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका छन्। , जिल्ला अस्पतालको बाहिर ढुंगा, इँट्टा, काठ, मुढा, रडको थुप्रो लागेको छ। अस्पतालमा रहेका कुर्सी टेबल सहितका सामग्री फुटेका छन् भने अस्पतालको बगैंचा पनि क्षतविक्षत छ।, जिल्लाको फालेलुङ गाउँपालिका-८ घर भई फिदिम नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिना थाम्सुहाङको उपचारका क्रममा बुधबार बिहान अस्पतालमा निधन भएको थियो। यसपछि आफन्त र अन्य स्थानीयबासीले स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको जनाउँदै यसको विरोधमा उत्रेका थिए।, बिहानबाट अस्पताल प्रशासन, प्रशासनिक निकाय तथा बालिकाका आफन्तबीच छलफल भए पनि बेलुकीसम्म निष्कर्षमा नपुग्दा उत्तेजित बनेको भिडले अस्पतालको संरचनामा जथाभावी प्रहार गरेको थियो। , आगजनीमा उत्रेकालाई तितरवितर पार्न प्रहरीले पटक-पटक अश्रुग्यास प्रहार गरे पनि उत्तेजित भिड प्रहरीसँगै जाइलागेको थियो। रातभरजसो फिदिमका चोकमा प्रहरीले आन्दोलनकारीलाई धपाउने प्रयास गरेको थियो।, अस्पतालका भौतिक संरचनामा तोडफोड हुनुका साथै आपत्तिजनक नाराबाजी भएपछि स्वास्थ्यकर्मी उपचारमा खटिने वातावरण बनेको छैन।, अस्पताल प्रशासनले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ। आकस्मिक कक्षसमेत सहजरूपमा सञ्चालन हुनसक्ने अवस्था छैन। अस्पतालमाथि आज बिहान समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा संवाद गरिएको थियो। संवादमा  बालिकाको शव बुझ्ने तथा घटनाको छानबिन गर्न समिति गठन गर्ने सहमति भएको छ।, यस्तै, अस्पताल प्रशासनले बालिकाको काजकिरिया खर्चका लागि ४० हजार रुपैयाँ रकम उपलब्ध गराउने भएको जनाइएको छ। ,रासस, पाँचथर अस्पताल तोडफोड, आकस्मिक बाहेकका सेवा बन्द
सेतोपाटी गृह मन्त्री बालकृष्ण खाणले मनाङस्थित बाढीपहिराले क्षति पुर्‍याएको  क्षेत्रको आज अनुगमन तथा निरीक्षण गरेका छन्। , उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रूपमा गएको बाढीले जिल्लामा क्षति पुर्‍याएको संरचना तथा पुनर्निर्माणका बारेमा जानकारी गराएका थिए।, सोही अवसरमा गृहमन्त्री खाणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिएका थिए। बाढीले सबभन्दा बढी ताल गाउँमा क्षति पुर्‍याएको थियो। , सो अवसरमा पूर्वश्रम राज्य मन्त्री टेकबहादुर गुरूङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा ती क्षेत्रको पुनर्निर्माण गर्न सरकारसँग आग्रह गरे। ,रासस, गृह मन्त्री खाणले गरे बाढीपहिरो प्रभावित मनाङको अनुगमन
सेतोपाटी संवाददाता लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्ध जन्मस्थल लुम्बिनीमा अस्पताल बनाउने योजना अगाडि सारेको छ।, परोपकारी कार्य अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको हो।, धुलिखेल अस्पतालको सहकार्यमा खडैयामा अस्पताल निर्माण गर्ने सैद्धान्तिक सहमति समेत भइसकेको छ।, जनरल अस्पतालबाट स्वास्थ्य सेवा सुरू गर्ने योजना अगाडि बढाएको बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए। , 'हामीले पहिलेदेखि नै बनाएको एउटा योजनालाई मूर्तरूप दिन खोजिरहेका छौं',आचार्यले भने,'अस्पताल निर्माणले लुम्बिनी क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुग्नेछ।’, अस्पताल सञ्चालनपछि स्थानीय समुदाय विश्वविद्यालयसँग जोडिने र शैक्षिक क्रियाकलापमा समेत सघाउ पुग्ने उनले बताए।, विश्वविद्यालयले शिक्षक आवास र छात्रावास भएको स्थान खडैयामा अस्पताल बनाउने योजना बनाएको छ। यो जग्गाबाहेक अन्य फराकिलो क्षेत्रको समेत खोजी भइरहेको रजिष्ट्रार आचार्यले बताए।, अहिले सामान्य उपचारका लागि समेत भैरहवा, बुटवल आउनुपर्ने बाध्यता रहेकोमा अस्पताल निर्माणपछि बाहिर धाउनुपर्ने बाध्यता हट्नेछ।, सुरूमा विशेषज्ञ डाक्टरसहित ८ जनासम्म स्वास्थ्यकर्मी रहने अस्पताललाई विस्तार गर्दै ५० बेडसम्म सञ्चालन गर्ने योजना रहेको छ।, विश्वविद्यालयको पहलपछि धुलिखेल अस्पतालको प्राविधिक टोलीले प्रस्तावित अस्पताल निर्माणस्थलको अध्ययन गरेको छ।, धुलिखेल अस्पतालका डा. प्रविन कर्माचार्य र दिनेश थापाको टोली र विश्वविद्यालयको टोलीले अस्पताल निर्माणस्थलको अवलोकन गरेको हो।, धुलिखेल अस्पतालले विभिन्न क्षेत्रमा सहकार्यमा 'आउटरिच सेन्टर' चलाउँदै आएको छ।, अस्पतालका डा. कर्माचार्यले लुम्बिनीमा बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा अस्पताल सञ्चालन गर्न आफूहरू तयार रहेको बताए।, बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले बुद्धले भनेजस्तै बिरामीको उपचार गर्नु परोपकारको काम रहेको उल्लेख गर्दै विश्वविद्यालयले परापकारी काम गर्न अग्रसरता दिइरहने बताए।, विश्वविद्यालयले विभिन्न दाताहरूसँग सहकार्य गरी अस्पतालको स्रोत जुटाइने जनाएको छ।, धुलिखेल अस्पतालले प्राविधिक सहयोगसहित आर्थिक स्रोतको पहिचानमा समेत सहयोग गर्नेछ। तत्काल सानो स्वरूपमा अस्पताल सुरू गर्ने र त्यसको स्तरवृद्धि गर्दै लगिने योजना छ।, लुम्बिनी बौद्ध विश्वविद्यालयले अस्पताल सञ्चालन गर्ने
खिलानाथ ढकाल भरतपुर महानगरपालिका-१० का प्रकाश कार्की काठमाडौंमा कन्स्ट्रक्सन कम्पनी चलाउँछन्।, काठमाडौं-३२ कोटेश्वरमा उनको त्रिनेत्र साकार कन्स्ट्रक्सन कम्पनी छ। उनको कम्पनी रौतहटमा रेलको ट्रयाक बेड (स्टेसन) निर्माणको सब-कन्ट्रयाक्टर हो।, दोलखा घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बालकोट बस्दै आएका विदुर शर्मासँग उनको ‘लेनदेन’ थियो। शर्माको पनि ठिमी नगरपालिका-३ गठ्ठाघरमा प्रदेश निर्माण सेवा छ।, कार्कीले शर्मासँग पटक-पटक गरेर २०७७ सालमा चार करोड ८३ लाख रुपैयाँ चलाएका थिए। शर्माले कार्कीलाई त्यसको साँवा-ब्याज गरेर १२ करोड ४६ लाख ८५ हजार रुपैयाँ तिराइसकेका छन्।, रुपन्देहीको दुई करोड पर्ने जग्गासमेत शर्माले लिइसकेका छन्।, शर्मा यतिमा चित्त बुझाउँदैनन्। उनले थप १३ करोड ६५ लाख रुपैयाँ मागिरहेका छन्। यो रकमका लागि गरिमा विकास बैंक र नेपाल बैंकको दुई वटा चेकमा सही गराएका छन्। यी दुई वटा चेक लिँदा उनले जबरजस्ती बल प्रयोग र धाकधम्कीको सहारा लिएको पीडित पक्षको दाबी छ।, ‘बल प्रयोग गरी तीनकुनेमा लगी धम्की दिएर चेकमा हस्ताक्षर गराइएको छ,’ जाहेरी लिएर महानगरीय प्रहरी परिसर पुगेका प्रकाशका भाइ रवीन्द्र कार्की भन्छन्, ‘काठमाडौंदेखि रूपन्देहीसम्म पुर्‍याएर दाइको सासु मोहरा क्षेत्रीको नामको जग्गासमेत पास गराएर उहाँले आपराधिक लाभ लिनुभएको छ, मैले यही शीर्षकमा जाहेरी दिएको हुँ।’, परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार असोज १७ गते कार्कीले जाहेरी दिएपछि शर्माको खोजीमा प्रहरी लागेको छ। शर्मा भने अहिले मेडिसिटी अस्पतालमा उपचारमा छन्।, ‘अस्पतालमा उपचार सकिएपछि हामी दुबै पक्षलाई राख्छौं, कसुर पुष्टि हुने आधार देखिए कानुनी कारबाही सुरू गर्छौं,’ सिंहले भने।, कारोबारको तनावले प्रकाश नियमित काम गर्न सक्ने अवस्थामा छैनन्। काठमाडौं मेडिकल कलेज र भरतपुर अस्पताल पुर्‍याउँदा डाक्टरले उनलाई ‘डिप्रेसन’ भएको बताएका छन्।, ‘विभिन्न किसमका धम्की दिएर त्रासमा पारी बेइमानीपूर्वक आपराधिक तरिकाले असुल गराउन खोजेपछि दाइको अवस्था बिग्रँदै गएको मैले थाहा पाएँ, सोधीखोजी गर्दा उहाँले परिबन्धमा पारिएको भनेपछि प्रहरीमा गएको हुँ,’ रवीन्द्रले भने।, रवीन्द्रका अनुसार प्रकाशले ५३ लाख रुपैयाँ शर्माको हातैमा दिएका छन्। बाँकी ३ करोड ८८ लाख २०७७ माघ २ गते, २०७७ चैत ३१ गते ३ करोड ८३ लाख चार हजार ५ सय, त्यही दिन १ करोड ९३ लाख ६९ हजार, २ करोड २८ लाख २६ हजार ५ सय गरी १२ करोड ४६ लाख ७५ हजार रुपैयाँ दिइसकेका छन्।, ‘यति पैसा दिँदा पनि नभएर रुपन्देहीसम्म पुर्‍याएर सासु आमाको नाममा रहेको देवदह नगरपालिका-७ को चार कठ्ठा जमिन समेत पास गर्न लगाएर लिनुभयो,’ रवीन्द्रको जाहेरीमा भनिएको छ, ‘त्यतिले पनि नपुग्ने भन्दै दुई वटा बैंकका चेकमा १३ करोड ६५ लाख उल्लेख गराएर लैजानुभएको छ।’, कार्कीका अनुसार शर्माले हिसाब मिटरब्याजमा जोडेका छन्। उनले एक करोडको एक दिनको ब्याज १ लाख रुपैयाँ असुल्ने गरेका छन्।, ‘मान्छे हेरी हेरी उहाँले घटी-बढी ब्याज जोड्नु हुँदो रहेछ,’ कार्कीले भने।, कार्कीले प्रहरीमा बैंक स्टेटमेन्ट, जग्गा पास गराएको कागजहरू बुझाएका छन्। प्रमाणका लागि शर्माले लगेको चेकबुक झिकाउन, अनुसन्धानका लागि कुमारी मोहरा क्षेत्रीसमेतलाई झिकाउन कार्कीले प्रहरीसँग अनुरोध गरेका छन्।, उनले जबरजस्ती पास गराएको कागजात र लगिएको चेकबुक फिर्ता गराइदिन पनि माग गरेका छन्।, मिटरब्याज कारोबार गर्ने व्यक्तिले चेकमा अग्रिम सही गराएर रकम असुलीका लागि दबाब दिने गरेका छन्। नमाने त्यही चेक बाउन्स गराएर प्रहरीबाट पीडितलाई नै पक्राउने गरेका छन्।, केही समयअघि दोलखाकै गणेश उप्रेतीलाई केन्द्रीय अनुसन्धान ब्युरोले मिटरब्याजमार्फत् आपराधिक लाभ लिएको आरोपमा पक्राउ गरेको थियो। उनी काठमाडौं जिल्ला अदालतमा १५ लाख र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा १६ लाख धरौटी राखेर छुटेका छन्।, विभागले उनीमाथि छानविन गरिरहेको छ। त्यही शैलीमा शर्माले पनि असुल गराउन खोजेको देखिएको परिसरले जनाएको छ।, ‘मान्छे झिकाएर अनुसन्धान गरेपछि मात्रै यसको कानुनी प्रक्रिया अघि बढ्छ,’ एसएसपी सिंहले भने, ‘जाहेरी दर्ता भइसकेको छ, जाहेरीमा उल्लेख भएका तथ्यहरू केलाइरहेका छौं।’, शर्मा निर्माण व्यवसायसँगै राजनीतिमा पनि छन्। उनी एमालेनिकट मानिन्छन्।, ‘दाइ अहिले बालाजुमा आफन्तको घरमा आराम गरिरहनु भएको छ, उहाँको अवस्था ठिक छैन,’ रवीन्द्रले भने।, रवीन्द्रका अनुसार शर्माले प्रकाशविरूद्ध भने चेक बाउन्सको मुद्दा हालेका छन्।, ‘तिर्नै नपर्ने पैसाको चेक कटाएर उहाँले चेक बाउन्सको मुद्दा दिनुभएको छ,’ रवीन्द्रले भने, ‘नदिए जेलमा सडाइदिन्छु, बालबच्चा मारिदिन्छु भन्नुभएको छ।’, अस्पतालमा रहेका शर्माले प्रकाश कार्कीसँग आफ्नो कारोबार रहेको बताए। यसका लागि आफूले पनि प्रहरीमा जाहेरी दिएको बताए।, ‘उहाँको पैसा लिने र नतिर्ने बानी छ, मैले केही पनि नराम्रो तरिका अपनाएर काम गरेको होइन, उहाँले मलाई बदनाम गरी हिँड्नुभएको छ,’ शर्माले भने।, सुरूमा आपसी सहमतिमा लेनदेन हुने तर ब्याजमा कुरा नमिलेपछि भने व्यक्तिहरू प्रहरीमा पुग्ने गरेका छन्। यी दुबै प्रकरणमा प्रहरीले अनुसन्धान गर्ने सिंहले बताए।, मिटरब्याजमा लिएको पैसा तिर्न नसकेको भन्दै रेल्वेका ठेकेदार प्रहरीको शरणमा!
सेतोपाटी संवाददाता बाफलस्थित एक घरबाट १९ जना जुवाडे पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले बुधबार राति उनीहरूलाई पक्राउ गरेको हो।, रिजु श्रेष्ठको दुई तले घरमा मानिस भेला भैएर जुवा खेलिरहेको सूचनापछि प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।, जुवा खालबाट प्रहरीले २ लाख ८६ हवार ६५ रुपैयाँ नगद, सात बुक तास, ३३ थान कौडा, १२३ थान क्वीन बरामद गरेको परिसरले जनाएको छ।, बाफलबाट १९ जुवाडे नगदसहित पक्राउ
खिलानाथ ढकाल काठमाडौं-७ गणेशथान मन्दिरको पछाडिपट्टी बुलबुलेमा एउटा निर्माणाधीन साततले घर छ। त्यो घर गौतम अग्रवालको हो।, प्रहरीका अनुसार घर फिनिसिङको काम (टाइल बिछ्याने)लगायत काम भइरहेको छ।, काठमाडौं-७ स्थित धोबीखोला करिडोरमा घर भएका नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक निर्देशक ७४ वर्षीय  रामाज्ञाप्रसाद चतुर्वेदी बिहीबार बिहान ७:१० बजे त्यही घर अगाडि मृत अवस्थामा भेटिएका थिए।, महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार भुइँमा माथिबाट मानिस खसेपछि अगाडिका पसलेले १०० मा फोन गरेका थिए।, यसपछि गौशाला वृत्तको टोली त्यहाँ पुगेको थियो। प्रहरी पुगेर चतुर्वेदीको मृत्युबारे प्रारम्भिक अनुसन्धान र शवको मुचुल्का उठाउन थालेको थियो।, परिसर प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार उनी चौथो तलाबाट खसेका हुनसक्छन्।, चौथो तलाको झ्यालमा मोबाइल भेटिएका कारण उनी त्यही तलाबाट खसे भन्ने अनुमान हो।, ‘हाम्फाल्ने क्रममा मोबाइल छोडेको हुनसक्छ,’ बस्नेतले भने, ‘प्रारम्भिक अनुसन्धानमा पनि उहाँले हाम्फालेकै देखिन्छ।’, बस्नेतका अनुसार जुन पसल अगाडिको निर्माणाधीन घरबाट चतुर्वेदी खसेका थिए, त्यो पसलको बाहिरपट्टी राखिएको सिसिटिभी फुटेजको आधारमा चतुर्वेदी हाम्फालेको देखिएको हो।, सिसिटिभी फुटेजअनुसार बिहान ६:४० मा चतुर्वेदी घरमा छिरेका थिए। उनको अघिपछि कोही थिएनन्। फटाफट आएर उनी एक्लै निर्माणाधीन घरभित्र छिरेको देखिन्छ।, जब ७:१० बजे उनी घरबाट खस्छन् त्यसपछि मात्रै वरिपरिका मानिसले केही बजारिएको सुनेर बाहिर निस्किँदा पाउँछन्।, ‘सिसिटिभी फुटेजमा पहिलो तलाबाट छिरेको, केहीबेरमा एकैचोटि भुइँमा बजारिएको मात्रै देखिन्छ,’ बस्नेतले भने, ‘पसलेले नै सिसिटिभी राखेका हुन्, त्यो सिसिटिभीले भुइँ तलाको मात्रै भिडिओ रेकर्ड गर्न सक्छ।’, चतुर्वेदी घरको सिँढी चढ्दै कति तलासम्म पुगे वा त्यो बीचको समयमा के गरे भन्ने खुलेको छैन, न वरपरका व्यक्तिले उनलाई वास्ता गरेको नै देखिन्छ।, ‘उहाँसँग अर्को व्यक्ति कोही नदेखिएका कारण आत्महत्या गर्नको लागि नै गएको हुनसक्ने आँकलन गरिएको छ,’ बस्नेतले भने, ‘अग्लो संरचना भएकाले र वरिपरि कैद गर्नसक्ने अरू सिसिटिभी भेटिएको छैन।’, उनी कतिबेला घरबाट निस्किएका थिए भन्ने पनि यकिन भइसकेको छैन। तर, उनी नियमित रूपमा मर्निङ वाकमा निस्किन्थे। समय मिलेको हुनाले उनी बिहीबार पनि मर्निङ वाक नै निस्किँदा घटना भएको बस्नेतले बताए।, ‘पीडित पक्ष शोकमा छ, तत्कालै हामीले सबै कुरा सोध्न सकेका छैनौं, जाहेरी दिन आउँदै हुनुहुन्छ, त्यसपछि थाहा हुन्छ,’ वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले भने।, उनका अनुसार चतुर्वेदीको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन्। चतुर्वेदीको शवको मुचुल्का उठाएर पोष्टमार्टमको लागि प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ।, प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनी मानसिक रुपमा विछिप्त थिए। उनी डिप्रेसनमा रहेको बुझिएको छ।, चतुर्वेदीका पारिवारिक स्रोतले बुधबार उनी अस्पतालमा गएर मानसिक रोगका चिकित्सकलाई देखाई डिप्रेसनको औषधी लिएर घर गएको प्रहरीलाई बताएको छ।, सार्वजनिक संस्थानमा काम गर्दा एक करोड ९० लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्दै चतुर्वेदीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको थियो। २०५९ सालमा अख्तियारले नियन्त्रणमा लिँदा चतुर्वेदी तीन महिना हिरासत बसेका थिए।, पछि विशेष अदालतले उनलाई धरौटीमा छोडेको थियो। तर, २०६८ साल भदौ २१ गते सर्वोच्चले फैसला गर्दै चतुर्वेदीलाई भ्रष्टाचार मुद्दामा कसुरदार ठहरी गरी दुई वर्ष सजाय सुनाएको थियो। भ्रष्टाचार मुद्दामा जेल बसेर छुटेदेखि नै उनी तनावमा थिए।, बिहानै फटाफट आएर चाबहिलमा बनाउँदै गरेको साततले घर चढेका थिए चतुर्वेदी
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको विभिन्न स्थानबाट नौ जनालाई नियन्त्रणमा लिएको हो। , दसै-तिहार मनाउन घर जानेहरूको चाप बढी हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएको थियो। , ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्ने लगायतको काम हुन सक्ने भन्दै महाशाखाले उपत्यकामा विशेष टोली परिचालन गरेको थियो। , त्यसअनुसार उपत्यकाबाट बाहिरिने यात्रुहरूसँग बढी भाडा लिने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको र आवश्यक कारबाही गरिने महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।, पक्राउ परेकाहरूले अनाधिकृत रूपमा विचौलिया बनेर यात्रुसँग मोलमोलाइ गरी तोकिएको भन्दा बढी भाडा असुल गरेको उनले बताए। उनीहरू टिकट काउन्टरमा आवद्ध भई विना परिचयपत्र अनाधिकृत रूपमा टिकट बेचिरहेको आरोप छ। , सो आरोपमा चितवनका समिर श्रेष्ठ, धनकुटाका किरण लिम्बु र सुनसारीका सविन राई, काठमाडौंका राज ठकुरी, दाङका विशाल गुरूङ र कैलालीका रमेश कठायत पक्राउ परेका हुन्।, त्यसैगरी काठमाण्डौंको कलंकीबाट नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई किर्तिपुर बस्ने नारायणी काउण्टरका बिनोद रानालाई पक्राउ गरेको हो।, उनीहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। , दसैंमा घर जाने यात्रुसँग बढी भाडा लिन खोजेको आरोपमा नौ पक्राउ
रासस श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ।, मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए।, बुधबार अपरान्ह ३ः३० बजे सो नदीमा श्राद्धपछि पिण्ड सेलाएर पौडी खेल्ने क्रममा नदीले बगाएर उनी बेपत्ता भएका थिए।, घटनालगत्तै प्रहरी र स्थानीयवासीले खोजी गरेको भए पनि फेला नपरेपछि कुरिनटारस्थित विपद् सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली झिकाएर खोजी गर्ने क्रममा आज बिहान शव फेला परेको जनाइएको छ।, बेपत्ता भएको स्थलदेखि केही तलबाट उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक दाहालको भनाइ छ।, श्राद्ध सकेर पिण्ड सेलाउन जाँदा मर्स्याङ्दीमा डुबेर एकको मृत्यु
सेतोपाटी ठूलो ढुंगा लच्किएका कारण उत्तरी रसुवास्थित याङयाङ खोलाको पासाङल्हामु राजमार्गमा जोखिम बढ्दै गएको छ। , कुनातर्फ रहेको एक विशाल ढुंगाले माटो भागसमेत केही मात्रामा छोडी राजमार्ग सतहतर्फ दबिन थालेका कारण जोखिम बढेको हो।, सदरमुकाम धुञ्चेबाट करिब १३ किलोमिटर उत्तरमा अवस्थित उक्त याङयाङ खोलाबाट मालबाहकलगायत दैनिक दर्जनौं सवारीसाधन ओेहरदोहर गर्दै आएको छ। ढुंगा लड्ने सम्भावना बढ्दै गएकाले मानवीय क्षति हुन्छ कि भन्ने जनमानसमा त्राससमेत बढ्न थालेको  छ।, गोसाइँकुण्ड गाउँपालिका-५ मा पर्ने सो स्थानमा पुग्नासाथ ढुङ्गा पल्टिन्छ कि भन्ने डरले  मोटरको गतिलाई तीव्ररूपमा अगाडि बढाउने गरेको र आफूले रसुवागढीदेखि काठमाडौंसम्म नियमित सवारीसाधन चलाइरहेको चालक सुरेश श्रेष्ठले बताए।, आफूले सवारीसाधन गुढाइ ओहोरदोहर गर्दा ढुंगाको अवस्था हेर्ने गरेको र १०/१५ दिनको अवधिमा झण्डै एक मिटर लच्किन गई ढुंगा बसेको सतह भागमा चिराचिरा भइसकेको चालक श्रेष्ठले जानकारी दिए। , नेपाल-चीन बीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने प्रमुख मार्गमा बढेको जोखिम न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ।, राजमार्गको जोखिम व्यवस्थापन गरी जटिल समस्या समाधान गर्न गृह मन्त्रालयमार्फत भूगर्भविद्ले छिट्टै अध्ययन गर्नेमा आफू आशावादी रहेको रसुवाका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताए।, सो ढुङ्गा कुनबेला पल्टिन्छ भन्ने ठेगान छैन। ढङ्गा पल्टिँदा मानवीय क्षति हुन सक्छ भनेर आम नागरिकमा त्रास देखिएको छ। भिरालो भू-भागको राजमार्गमा क्षति भएमा मालबाहक सवारीसाधन रोकिन गई भन्सार शुल्कबाट प्राप्त हुने नियमित राजस्व असुली कार्यमा समेत प्रवाभित हुने देखिएको भन्सार कार्यालयले जनाएको छ।,  , ढुङ्गाभन्दा करिब पाँच सय मिटरको उत्तरतर्फ वि.सं २०६० देखि भूमिगत रूपले सञ्चालित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र रहेको छ।, ढुङ्गा झरेर भोटेकोशी थुनिएमा चिलिमे विद्युत् केन्द्रले निकास लिइरहेको पानी प्रवाहमा असर पुर्‍याउन सक्ने भएकाले सो ढुङ्गालाई समयमै व्यवस्थापन गर्न जरूरी रहेको विद्युत क्षेत्रसँग सम्बन्धित प्राविधिकले जनाएका छन्।,  , नेपाल-चीन बीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने मुख्य अन्तर्राष्ट्रिय राजमार्गको समस्या छिटोभन्दा छिटो समाधान गरिदिन नेपाली कांग्रेस रसुवाका सभापति पेम्वाछिरिङ तामाङले आग्रह गरेका छन्।, सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार सो ढुङ्गाको नियमित अध्ययन गर्न एक प्राविधिक स्याफ्रुबेँसीमा तैनाथ गरिएको र सडक सुधार आयोजनाको क्षेत्रभित्र पर्ने भएकाले कुन तरिकाले फुटाउने भन्ने विषयमा प्राविधिक अध्ययन समेत भइरहेको छ।, गल्छीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसीसम्मको सडक राजमार्ग सुधार एवं व्यवस्थापन कार्य अगाडि बढेता पनि गत असार १ गतेको भारी वर्षाले ठाउँ-ठाउँमा भिषण पहिरो गई जोखिम बढेपछि असारबाटै निर्माणका सबै गतिविधि रोकिएकाले याङयाङ खोलाको काम अगाडि बाँकी रहेको बताइएको छ।,  , सो स्थानमा कार्य सुरू गर्नु पूर्व नै प्राकृतिकरूपले ढुङ्गा लच्किएपछि आफू गम्भीर रहेको बताउँदै प्रमुख भण्डारीले भने, 'दसैं लगत्तै सडकका प्राविधिक याङयाङ खोला केन्द्रित रहने छ।' ,(रासस), याङयाङ खोलाको राजमार्ग कुनामा दबिएर रहेको विशाल ढुंगाका कारण जोखिम बढ्दै
सेतोपाटी दसैं-तिहारजस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ। तर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैंको पहिलो दिन आज पनि मजदूरीका लागि भारत जाने धेरै भेटियो। , कोरोना भाइरस संक्रमणका कारण स्वदेश फर्किएकाहरू चाडपर्वको मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका हुन्। कोरोनाको दोस्रो लहर सामान्य बन्दै गएसँगै यहाँबाट मजदूरीका लागि बाहिरिनु बाध्यता रहेको पीडा जानेबाट सुनिन्छ।, 'दसैंको टीका छाडेर जाने रहर हामीलाई पनि कहाँ थियो र!' बिहीबार बिहान भारतको सिमला जाँदै गरेका डडेल्धुराका राजबहादुर बुढाऐरले भने, 'छाक टार्न समस्या भए पनि के दसैं, के तिहार।', कोरोना संक्रमण बढ्दा गत चैतमा स्वदेश आएका उनले गाउँमा बेरोजगार बस्दा परिवार पाल्न समेत धौधौ भएको बताए। दसैं-तिहारभन्दा पनि कोरोना सामान्य बन्दै जाँदा नोकरीका लागि भारत जाने गाउँबाट पलायन हुने क्रम बढिरहेको उनको भनाइ छ।, त्यसैगरी बिहीबार बिहान भारतको हरिद्वार गइरहेका दार्चुलाका केशव जोशीको पनि पीडा उस्तै छ।, 'दश वर्ष भयो हरिद्वारमा काम थालेको हो', उनले भने, 'यो वर्ष कोरोनाबाट परिवारका सदस्य बिते, दसैं नहुने घरमा बसेर के गरौंं भनेर भारत जाने लागेको हुँ।', उनले परिवारको खर्च र बालबालिकाको पालनपोषण भारतीय नोकरीले नै भइरहेको बताए।, त्यस्तै, डोटीका धनादेवी रावतले दसै् छाडेर जाँदा मन अमिलो भइरहेको बताए।, 'सबैको घरमा आज दसैंको उल्लास सुरू भयो', उनले भने, 'गरिबलाई न खुसी न त सुख नै मिल्दो रहेछ।', इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरूङले घटस्थापनाको दिन यस नाकाबाट एक सयभन्दा बढी नेपाली मजदूरीका लागि भारततर्फ गएको बताए।, 'आउने बढिरहेको भए पनि जाने क्रम दसैंले छेकेको छैन', उनले भने,'हामीले चाडपर्वका बेला हुने आपराधिक गतिविधि नियन्त्रणमा पनि सक्रियता बढाएका छौं।' , उनले अहिले सीमा नाकामा सुरक्षा जाँचका लागि प्रदेश प्रहरी कार्यालयबाट कुकुरसमेत परिचालन भएको जानकारी दिए।, उनका अनुसार विगत एक सप्ताहको तथ्यांक हेर्ने हो भने दैनिक रूपमा २५० देखि ५००/६०० सयसम्म नेपाली नागरिक मजदूरीका लागि भारततर्फ जाने गरेका छन्। , कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट नाकाबाट बुधबारमात्रै ३७० जना रोजगारीका लागि भारतका विभिन्न सहर गएका छन्।, 'विगतका वर्षमा यो समयमा सीमानाकामा दसैं मनाउन घर आउनेहरूको लर्को देख्न पाइन्थ्यो', उनले भने, 'यहाँबाट भारतको दिल्ली, देहरादुन, बङ्ग्लोर, पञ्जाव, सिमला लगायतका सहरतर्फ बढी जाने गर्छन्।', प्रहरीले यात्रुको सहजीकरणका लागि नाकामा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ।, त्यसैगरी यहाँको डोकेबजार नाकाबाट पनि दसैंको मुखमा भारत जाने क्रम चलिरहेको छ। डाकेबजारस्थित प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भारत जाने क्रम कम भए पनि नरोकिएको बताए।, 'यो नाकाबाट प्रायः बेलुकीतिर मजदूरीका लागि नेपाली नागरिक भारततर्फ  जाने गर्छन्', उनले भने, 'बुधबारमात्र एक सय ११ जना रोजगारीका लागि भारततर्फ गएको तथ्यांक छ।' , उनले भारतबाट दैनिक ९०० भन्दा बढी नेपाली आइरहेको जानकारी दिए।, 'चाडपर्वका बेला भएकाले घर बिदामा आउने बढिरहेका छन्', उनले भने, 'अहिले नाकामा आवागमन सहज पारिएको छ।' , सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो, भारत। गाउँमा रोजगारी नपाइनुले पनि उनीहरू कोरोना भाइरस संक्रमणकै बीच रोजगारीका लागि पुनः भारततर्फ जाने क्रम  बढ्दो छ। ,(रासस), 'दसैंको टीका छाडेर जाने रहर हामीलाई पनि कहाँ थियो र!'
सेतोपाटी उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनावग्रस्त बनेको पाँचथर अस्पतालको समस्या समाधानका लागि चार बुँदे सहमति भएको छ । , आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट प्रशासन र मृतक बालिकाका परिवारबीच चार बुँदे सहमति भएको हो ।,  घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन गर्ने सहमति भएको छ । नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटाको संयोजकत्वमा अस्पताल विकास समितिका सदस्य दीपक नेपाल, मृतक बालिकाका बाबु कमल थाम्सुहाङ र छिमेकी होमराज थाम्सुहाङ तथा जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नारायण जोशी सदस्य रहेको छानबिन समिति गठन गरिएको हो ।, यस्तै मृतक बालिकाका परिवारका सदस्यलाई उपयुक्त समयमा रोजगारीका लागि प्रयत्न गर्ने, मृतक बालिकाको काजकिरियाका लागि रु ४० हजार रकम अस्पताल विकास समिति र रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराउने सहमति भएको छ । , यस्तै आवश्यक कानूनी प्रक्रिया पूरा गरी बालिकाको शव अस्पतालबाट उठाई शव परीक्षण गरी अन्तिम संस्कार गर्ने सहमति समेत भएको छ । फालेलुङ गाउँपालिका–८ घर भई फिदिम–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिनाको उपचारका क्रममा हिजो बिहान मृत्यु भएपछि जिल्ला अस्पताल तनावग्रस्त बनेको थियो । , प्रशासनले अस्पताल क्षेत्रको सुरक्षालाई ध्यान दिइ नियन्त्रणमा नलिँदा उत्तेजित भीडले गरेको आगजनीमा अस्पतालका संरचनामा ठूलो क्षति पुगेको छ । , बालिका मृत्यु प्रकरणः स्थानीय प्रशासन र परिवारबीच सहमति
सेतोपाटी संवाददाता नेपालमा थप आठ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , जनसंख्या मन्त्रालयका अनुसार बिहीबार आठ सय ५ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ६ सय ७२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार २ सय ६४ जनाको पिसिआर परीक्षण र तीन हजार ४ सय ८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १५ हजार ९४२  जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ।, ९११ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.६ प्रतिशत छ।, त्यस्तै काठमाडौं उपत्यकामा थप २ सय ९४ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ७ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ५३ संक्रमित थपिएका हुन्।,  , १० हजार ६७२ मा कोरोना परीक्षण गर्दा ८०५ लाई संक्रमण
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २ सय ९४ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ७ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ५३ संक्रमित थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा ३८१६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २३३९, भक्तपुरमा ६९२ र ललितपुरमा ७८५ सक्रिय संक्रमित छन्।, काठमाडौंमा थपिए २ सय ९४ संक्रमित, सक्रिय ३८१६
सेतोपाटी संवाददाता घडी वैज्ञानिक यन्त्र हो? कि, हाम्रो जैविक अंग?, तपाईंलाई लाग्ला, यो कस्तो प्रश्न हो!, हामीले नाडीमा बाँधेर हिँड्ने वा भित्तामा झुन्ड्याउने घडी, जसले हामीलाई प्राकृतिक समयसँग डोरिन सघाउँछ, त्यो त निश्चित रूपमा वैज्ञानिक यन्त्र हो, डच वैज्ञानिक क्रिश्चियना ह्युगिन्सले १७ औं शताब्दीमा आविष्कार गरेको।, तर हामी यहाँ अर्कै घडीबारे चर्चा गरेका छौं। सन् २०१७ मा चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाउने तीन वैज्ञानिकले शोध गरेको यस्तो घडी जुन हाम्रो शरीरभित्र हुन्छ।, कहाँ हुन्छ त त्यो 'जैविक' घडी हाम्रो शरीरमा? के कुनै एक्सरे मेसिनले मुटु, कलेजो र फोक्सोजस्तै त्यसको स्वरूप उतार्न सक्छ? के हामी त्यसलाई छाम्न सक्छौं? त्यो हुनुको अनुभूति लिन सक्छौं?, नोबेल विजेतात्रय जेफ्री सी हल, माइकल रसब्यास र माइकल डब्लू यङले चर्चा गरेको त्यो जैविक घडी खासमा हाम्रो शरीरभित्र हुन्छ पनि, र हुँदैन पनि।, हुन्छ यस कारण, किनकि हाम्रो जीवन पूर्ण रूपमा त्यही घडीले निर्देशित गर्छ। हाम्रो सम्पूर्ण क्रियाकलाप त्यही घडीको सुईअनुसार घुम्छ।, र, हुँदैन यस कारण, किनकि त्यो जैविक घडी न हामी नांगो आँखाले देख्न सक्छौं न त कुनै एक्सरे मेसिनले त्यसको स्वरुप प्रिन्ट गर्न सक्छ।, ती वैज्ञानिकहरूले आफ्नो शोधमा चर्चा गरेको घडी वास्तवमा जैविक प्रक्रिया हो, जसले हाम्रो शरीरलाई निश्चित समयक्रममा बाँधेर राख्छ। जसरी घाम झुल्कनु, टन्टलापुर चर्किनु र बेलुकी शितलसँग अस्ताउनु प्राकृतिक समयक्रम हो, हाम्रो शरीरलाई त्यस्तै एउटा जैविक समयक्रमले निश्चित गतिमा घुमाइराख्छ। वैज्ञानिकहरूले यही प्रक्रियालाई 'सरकाडियन रिदम' भनेका छन्।, यो जैविक समयक्रम बुझ्न सबभन्दा पहिला हामीले आफैंलाई नियाल्नुपर्छ।, अनि हामीले थाहा पाउनेछौं- हामीलाई लाग्ने निद्रा, रोग र हाम्रो यौन व्यवहार यो घडीले निर्धारण गर्छ।, तस्बिरः न्यू एटलास डट कम, सुरूआत हाम्रो निद्राबाट गरौं।, निद्राले आँखा झप्झपाउनु र केही घन्टाको सुताइपछि शरीर तंग्रिनु नियमित प्रक्रिया हो। सबै मान्छेको सुताइ एकनास हुँदैन। कोही बिहान चाँडै उठ्ने स्वभावको हुन्छ, कोही जति कोशिस गर्दा पनि सबेरै उठ्न सक्दैन।, कोही राति दस बज्दा–नबज्दै आँखा झुपुझुपु बटारिएर झुल्न थाल्छ, कोही मध्यरातसम्म जाँगरिलो र फुर्तिलो रहन्छ। कसैले एकाध दिन आफूलाई बदल्न त सक्ला, तर केही समयपछि नियमित चक्र फर्किहाल्छ।, मान्छेको यो फरक–फरक सुताइ निर्देशित गर्ने त्यही सरकाडियन रिदमले हो– हाम्रो शरीरभित्र हुने अदृश्य जैविक घडीले।, यो जैविक घडीको समयचक्र पृथ्वीको झैं २४ घन्टाकै हुन्छ, जसले यो अवधिभर हाम्रो शरीरमा हुने हरेक प्रक्रिया निर्धारण गर्छ। मान्छे मात्र होइन, बोटविरूवा, जनावरदेखि लेउ, च्याउसम्मलाई २४ घन्टाको निश्चित समयक्रममा बाँधेर राख्ने यही जैविक घडीले नै हो।, घामको प्रकाश र तापक्रमका आधारमा चलायमान हुने यो प्रक्रियाले खासमा पृथ्वीको घडीसँग हाम्रो शरीरको सन्तुलन कायम राख्न मद्दत गर्छ। मस्तिष्कको गतिविधि, हर्मोन उत्पादन र कोष निर्माण यही प्रक्रियासँग जोडिएका हुन्छन्। हाम्रो रक्तचाप, मुटुको धड्कन, शारीरिक सामर्थ्यका साथै खाने, पिउने, सुत्नेदेखि यौन व्यवहारसम्म यसैले तय गर्छ।, नोबेल विजेता वैज्ञानिकहरूले यो जैविक घडीलाई हाम्रो विभिन्न शारीरिक आनीबानीसँग छुट्टाछुट्टै व्याख्या गरेका छन्ः, निद्राः, निद्राका आधारमा मान्छेको जैविक घडी तीन किसिमले चल्छ।, पहिलो, कोही मान्छे बिहान चाँडो उठ्छ र दिनभर जाँगरिलो–फुर्तिलो रहन्छ, भँगेराभन्दा अलि ठूलो जातको 'लार्क' चराजस्तो, जसलाई नेपालीमा 'भारद्वाज' भनिन्छ।, दोस्रो, जो बिहान चाँडो उठ्न सक्दैन र साँझदेखि राति अबेरसम्म सक्रिय रहन सक्छ, उल्लूजस्तो।, तेस्रो खालका मान्छे पनि हुन्छन्, जसको निद्रा सामान्य हुन्छ। उनीहरूको स्वभाव भारद्वाज र उल्लू दुवैको बीचमा पर्छ।, बेलायतका निद्रा विशेषज्ञ जीम होर्नका अनुसार प्रत्येक छ जनामा एक–एक जना भारद्वाज र उल्लू स्वभावका हुन्छन् भने बाँकी चार जना यी दुवैको छेउछाउ पर्छन्।, मान्छेको यो गुण उसको जैविक समयचक्रसँग त जोडिएको हुन्छ, तर यो चक्रमा विभेद किन? किन फरक–फरक मान्छेको जैविक समयचक्र अलग हुन्छ?, मान्छेको जैविक समयचक्र ऊ जन्मिएको समयसँग सम्बन्धित हुने वैज्ञानिक शोधले देखाएको छ। अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार बिहान जन्मिएका विद्यार्थीले बिहान लिइएको आइक्यू परीक्षामा राम्रो नतिजा ल्याएका थिए भने दिउँसो वा साँझ जन्मेकाले दिउँसो राम्रो गरेका थिए।, यसै आधारमा वैज्ञानिकहरू भन्छन्, 'शिशुको शरीरमा जुनबेला बाहिरी संसारको उज्यालो पर्छ, त्यहीबेला उसको शरीरको घडी तय हुन्छ।', मान्छेलाई भारद्वाज, उल्लू वा सामान्य बनाउने यसैले हो।, तस्बिरः डेलिमेल डट कम, हृदयघात र मधुमेहः, निद्रा मात्र होइन, हामीलाई लाग्ने कतिपय रोग जैविक घडीसँगै सम्बन्धित हुन्छन्। खासगरी हृदयघात र मधुमेहसँग जैविक घडीको निकट सम्बन्ध रहेको वैज्ञानिकहरूले बताएका छन्।, उनीहरूका अनुसार करिब ५० प्रतिशत मान्छेलाई बिहान ६ देखि मध्याह्न १२ बजेको बीचमा हृदयघात हुन्छ। रात छोटो हुने समयमा निद्रा नपुग्ने हुँदा यो सम्भावना अझ धेरै हुन्छ।, यसको कारण के त?, निदाएपछि हाम्रो मुटुको चाल कम हुँदै जान्छ। त्यति बेला हाम्रो शरीरलाई धेरै रक्तसञ्चारको आवश्यकता पर्दैन। दिउँसो सामान्य अवस्थामा हाम्रो मुटु प्रतिमिनेट ७५ पटक धड्कन्छ भने राति निदाउँदा करिब ४५ पटक मात्र ढुकढुक गर्छ।, सुतिरहँदा कम भएको मुटुको चाल बिहान उठ्नुअघि बढ्न थाल्छ। यहाँनिर मस्तिष्कमा रहेको एउटा सानो अंग (सुप्राचियास्माटिक न्युक्लियस) ले काम गर्छ। मस्तिष्कको उक्त अंगले मिर्गौलाभन्दा माथिको ‘एड्रेनल ग्ल्यान्ड’ लाई हामी उठ्नुअघि नै निद्रा पुग्न लागेको सन्देश पठाउँछ। यो सन्देश प्राप्त भएपछि एड्रेनल ग्ल्यान्डले शरीरलाई ऊर्जा दिने हर्मोन ‘कोर्सिटोल’ उत्पादन गर्छ, जसले मुटुको चाल बढाउँछ। यसले रातभर शान्त शरीरमा एक्कासि रक्तचाप बढाउने र हृदयघातको सम्भावना हुने वैज्ञानिकहरूको भनाइ छ।, त्यही भएर आफ्नो नियमित निद्राचक्र बिगार्ने वा समय नमिलाएर कम सुत्नेहरूलाई हृदयघातको जोखिम बढ्छ भनी वैज्ञानिकहरूले भनेका हुन्।, बाथ र सर्रे विश्वविद्यालयका अनुसन्धानकर्ताले मधुमेहसँग पनि जैविक घडीको प्रत्यक्ष सम्बन्ध रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार जैविक घडीका आधारमा शरीर चलेको छैन र मान्छे आवश्यकताभन्दा कम सुतेको छ भने मधुमेहको सम्भावना बढी हुन्छ।, स्वभावः, कुनै पनि मान्छेको स्वभाव (मुड) सधैं एकनास रहँदैन। कोही बेला ऊ सानो कुरामा खुसी हुन्छ, कोही बेला बिनासित्ति रिसाइरहन्छ। झट्ट हेर्दा बाह्य प्रभावले मान्छेको व्यवहारमा असर परेको देखिनसक्छ, तर केही न केही कारण जैविक घडीको पनि हुने वैज्ञानिकहरूले औंल्याएका छन्।, हाम्रो हर्मोन स्तर, शरीरको तापक्रम, मेटाबोलिजम र मुडमा हरेक दिन परिवर्तन भइरहेको हुन्छ। कहिलेकाहीँ शरीरमा भएका यस्ता परिवर्तन हामीलाई हेक्कै हुँदैन। थाहै नपाई हाम्रो शरीर र हामीले गर्ने व्यवहारमा बद्लाव आइसकेको हुन्छ। यी सबै हाम्रो जैविक घडीकै परिवर्तनले हो, जसले कुनै न कुनै रूपमा हाम्रो मुडलाई असर पार्छ।, जस्तो, जैविक घडीसँग दैनिक क्रियाकलापको समय मिलेको छैन भने मान्छेको स्वभाव असहज देखिनसक्छ। बिहान ढिलासम्म सुत्नुपर्ने मान्छे सबेरै उठेर कतै जानुपरे त्यो दिनभरि उसको जैविक घडी असामान्य भइदिन्छ। यसले उसको व्यवहारमा चिड्चिडाहट देखिनसक्छ। छिटो सुत्नुपर्ने मान्छेले राति अबेरसम्म काम गर्नुपर्दा पनि उसको शरीरमा यस्तै बद्लाव ल्याउनसक्छ।, शरीरको समयअनुसार हामीले खानपान र निद्रा मिलाउनुपर्छ भनेर वैज्ञानिकहरूले भनेको त्यही भएर हो।, तस्बिरः प्रिभेन्सन डट कम, यौन व्यवहारः, सरकाडियन रिदमको सम्बन्ध मान्छेको यौन व्यवहारसँग पनि हुन्छ। महिला र पुरूषमा यौन सम्पर्क गर्ने चाहना फरक–फरक समयमा देखिनुले यो सम्बन्ध पुष्टि गर्छ।, फ्रान्सेली अनुसन्धानकर्ताहरूले धेरै समयअघि पुरूषको यौन हर्मोन (टेस्टोस्टेरेन) साँझ र बिहान सबभन्दा बढी सक्रिय र उच्च स्तरमा रहेको पत्ता लगाएका थिए। दिउँसो १२–१ बजेको समय पनि यो हर्मोन केही मात्रामा सक्रिय हुन्छ।, महिलाको यौन हर्मोन (ओस्ट्रोजन) भने बिहान सबभन्दा कम सक्रिय हुन्छ। दिन बित्दै जाँदा यसको स्तर विस्तारै बढ्दै जान्छ र राति १० बजेतिर सबभन्दा उच्च तहमा पुग्छ। त्यही भएर महिलामा बिहान र दिउँसो यौन सम्पर्कको चाहना तुलनात्मक कम हुन्छ भने राति बढी। जबकि, पुरुषहरू बिहान, बेलुकी र दिउँसोसमेत यौन सम्पर्कका लागि तयार रहन्छन्। र, यही गुणले जैविक घडी फरक परे पनि महिला र पुरुषको यौन चाहना सन्तुलनमा राख्छ।, वैज्ञानिकहरूका अनुसार पुरूषको यौन हर्मोन चौबीस घन्टामा कुनै पनि समय निश्चित स्तरभन्दा तल विरलै जान्छ। यसले उनीहरू सक्रिय भइरहन सक्छन् र आफ्नो महिला साथीको यौन हर्मोन बढेको समयसँग आफ्नो जैविक घडी मिलाउन सक्छन्।, खानपिनः, खानपिन, निदाउने समय र मोटोपनाबीच वैज्ञानिकहरूले जुन सम्बन्ध पत्ता लगाएका छन्, त्यसलाई निर्धारण गर्ने पनि जैविक घडीले नै हो।, राति सुत्नुभन्दा केही समयअघि मात्र खाने मान्छेमा मोटोपना र पेट लाग्ने सम्भावना धेरै हुन्छ। त्यही भएर सुत्नुभन्दा कम्तिमा तीन घन्टाअघि नै खान उनीहरूले सुझाएका छन्। सुत्नु एक घन्टाअघि मात्र खाने मान्छेमा निद्रा हर्मोन (मेलाटोनिन) चाँडो उत्पादन हुने उनीहरूको भनाइ छ।, यहाँनिर जैविक घडीले कसरी काम गर्छ?, हाम्रो शरीर निद्राको चरणमा प्रवेश गरेपछि पाचन प्रक्रिया प्रभावकारी हुँदैन। राम्ररी नपचेको खाना बोसोका रूपमा जम्दै जान्छ र मोटोपना बढ्छ। त्यही भएर मान्छेको खानपिन र सुताइ दुवै जैविक घडीअनुसार हुनुपर्ने वैज्ञानिक बताउँछन्।, 'हाम्रो शरीरका सबै क्रियाकलाप जैविक घडीकै आधारमा तय हुन्छ,’ नोबेल विजेता तीन वैज्ञानिकमध्ये रसब्यासले भनेका छन्, 'हामीले यो घडीको चाल बुझ्नुपर्छ र यसको इसारालाई सम्मान गर्नुपर्छ।', जैविक घडीको गडबडीले कस्तो बिगार गर्छ भनी बुझ्ने सरल उदाहरण 'जेट ल्याग' हो। हामी जहाज चढेर कुनै एउटा देशबाट अर्कोमा जाँदा शरीर थाकेको महशुस गर्छौं। धेरैको निद्रा बिग्रन्छ। यसको कारण अरू केही होइन, पृथ्वीको समयचक्रसँग हाम्रो जैविक घडी नमिल्नु हो। हामी जुन देशमा बस्छौं, हाम्रो जैविक घडी त्यही देशको समयअनुसार चल्छ। जबकि, अर्को देशमा जाँदा हामी अर्कै समयचक्रमा पुग्छौं। हाम्रो जैविक घडीलाई त्यो समयचक्र पछ्याउन बेर लाग्छ।, 'जैविक घडीको संकेत नटेरी वा बाध्यतावश जुन पायो त्यही समयमा खाने, सुत्ने बानीले हाम्रो स्वास्थ्य जोखिम बढाउँछ,' रसब्यासले भने।, (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आधारित), 'जैविक घडी' जसले हाम्रो निद्रा, स्वभाव र यौन व्यवहार निर्धारण गर्छ
एजेन्सी तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुरनाहले साहित्य विधामा सन् २०२१ को नोबल पुरस्कार पाएका छन्।, स्विडिस एकेडेमीले बिहीबार गुरनाहलाई साहित्य विधामा नोबल पुरस्कार दिने घोषणा गरेको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ।, औपनिवेशिक प्रभाव र खाडी क्षेत्रमा शरणार्थीहरूले भोग्नुपरेको अवस्थालाई साहित्यका माध्यमबाट चित्रण गर्नमा गुरनाहले पुर्‍याएको योगदानका कारण उनलाई नोबल पुरस्कार दिइएको हो। उनले पुरस्कारस्वरूप ११ लाख ४० हजार डलर पाउने छन्।, सन् १९४८ मा जन्मिएका गुरनाह सन् १९६८ मा बेलायत गएका थिए। उनले १० वटा उपन्यास लेखिसकेका छन्। धेरैजसो उपन्यासमा शरणार्थीका अनुभव चित्रण गरिएको छ।, सन् १९९४ मा 'प्याराडाइज' नामक उपन्यासका लागि उनले बुकर पुरस्कार पाएका थिए। त्यो किताबमा उनले बीसौं शताब्दीमा तान्जानियामा हुर्किएका केटाको कथा लेखेका छन्।, BREAKING NEWS:, The 2021 ,#NobelPrize, in Literature is awarded to the novelist Abdulrazak Gurnah “for his uncompromising and compassionate penetration of the effects of colonialism and the fate of the refugee in the gulf between cultures and continents.” ,pic.twitter.com/zw2LBQSJ4j, — The Nobel Prize (@NobelPrize) ,October 7, 2021, तान्जानियाका उपन्यासकार गुरनाहले पाए नोबल साहित्य पुरस्कार
सेतोपाटी डोल्पाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ।, यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन्।, उनीहरुले जति मेहनत गरी उत्पादन गरे पनि स्याउबाट सक्दो आम्दानी लिन नसकिएको गुनासो गर्ने गर्दछन्। उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ उत्पादन हुने गर्दछ।, यी स्थानमा ठूलो मात्रामा स्याउ उत्पादन भए पनि बजारीकरणका लागि ढुवानीको समस्याले गर्दा स्याउ खेर गएको कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए।, स्याउ सबैभन्दा बढी त्रिपुरासुन्दरी नगरपालिका–३ र ४ मा पाइने प्रमुख लामाले बताए। यहाँको जुफाल विमानस्थलबाट ढुवानी गर्न मुस्किल हुने र सडकमार्गबाट बजारसम्म लैजान भेरी नदीमा पुल नहुँदा समस्या पर्दै आएको किसानको गुनासो छ।, जिल्लाको मुख्य ठाउँमा शीतभण्डार भएमा स्याउको सही व्यवस्थापन गरी बजारसम्म लैजान सहज हुने उनको भनाइ छ।, अघिल्लो आर्थिक वर्षमा छवटा ‘कोल्डस्टोर’ दिइएको भए पनि चारवटा मात्र मुस्किलले प्रयोगमा आएका थिए। अन्य दुईवटा प्रयोगमै ल्याउन नसकिएको उनले बताए।, स्याउलाई भण्डारण गर्न सजिलो होस् भनेर कार्टुन (बाकस)समेत अनुदानमा दिए पनि त्यो प्रभावकारी नभएको पाइएको छ। अहिले कृषि विकास कार्यालयमा एकमात्र शीतभण्डारका लागि बजेट आएको तर माग भने धेरै आएको उनले बताए।, एउटा शीतभण्डारमा १० टन स्याउ राख्न सकिन्छ। अघिल्लो वर्षभन्दा यस वर्ष धेरै स्याउ फलेको कृषक द्वारिका शाहीले बताए।, त्रिपुरासुन्दरी, ठूलीभेरी, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा ठूलो मात्रामा स्याउ उत्पादन हुने गर्दछ। यस वर्षदेखि अङ्गुरसमेत उत्पादन भए पनि बजार नहुँदा कुहिएर खेर गएको कृषक कृष्ण श्रेष्ठको भनाइ छ।, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद ज्ञावली लगायतको समूहले स्याउलगायत अन्य नगदे बालीको अनुगमन गरी यहाँको विकास र समृद्धिमा हातेमालो गर्न चाहेको बताएका छन्।, सडकको पहुँचसँगै भारतीय र चिनियाँ स्याउ बजारमा सहजै पाइने अवस्थामा आफ्नै स्थानीय उत्पादनले भने बजार नपाउनु दुःखद् भएको कृषकले बताएका छन्। स्याउ उत्पादन हुने ठाउँमा सडक र अन्य पूर्वाधार निर्माण गर्न माग गरिएको छ।, जाजरकोट–डोल्पा सडकखण्डसँग सहायक सडक जोडेर स्याउ उत्पादन हुने गाउँसम्म सडक लान सके सजिलै स्थानीय स्याउ बजारसम्म आउने र बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा कृषकले गरेका छन्। डोल्पामा स्याउ सबैभन्दा बढी र त्यसपछि सिमी उत्पादन हुने गर्दछ।, (रासस), शीतभण्डार नहुँदा खेर जाँदै डोल्पाको स्याउ
सेतोपाटी संवाददाता डा. गोविन्द केसीले राज्यको नीति निर्माणमा शैक्षिक तथा मेडिकल माफियाहरूको हस्तक्षेप भएको भन्दै सत्याग्रह बस्ने चेतावनी दिएका छन्। , चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक र मेडिकल माफियाहरूको स्वार्थमा आयोगलाई तहसनहस बनाउन लागेको भन्दै उनले चेतावनी दिएका हुन्। , उनले राज्यको नीति निर्माणमा शैक्षिक र मेडिकल माफियाहरूको हस्तक्षेप रोक्न माग राखेका छन्। , डा. केसीले चार बुँदामा आफ्नो मागहरू राखेका छन्। ती मागहरू पूरा नभएमा कुनै पनि बेला सत्याग्रह बस्ने चेतावनी दिएका हुन्। , 'प्रधानमन्त्री देउवाले अस्पतालै नबनाइ, पढाउँदै नपढाइ नर्सिंग लगायतका कोर्सका डिग्री बेच्ने गरेका पार्टी कार्यकर्ता तथा माफियाहरूका लागि आकस्मिक रूपमा चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन्,' केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'त्यसको मुख्य एजेण्डा चिकित्सा शिक्षा ऐनलाई कुल्चँदै नपढाइ डिग्री बेच्ने कलेजहरूलाई नयाँ भर्ना खुलाउनु हो।', केही महिना अघि डा.केसीले सत्याग्रहको घोषणा गरेका थिए। तर त्यत्तिबेला प्रधानमन्त्री देउवाले पाँच बुँदे प्रतिबद्धता गरेपछि सत्याग्रह स्थगित भएको थियो। तर प्रतिबद्धता पूरा गर्नुको सट्टामा आयोगलाई नै धराशायी बनाउन खोजेको उनको आरोप छ। , यस्ता छन् माग:, १. राज्यको नीति निर्माणमा आरजु देउवालगायतका शैक्षिक र मेडिकल माफियाहरूको हस्तक्षेप तत्काल रोकियोस्। माफियाहरुको स्वार्थ पुर्तिका लागि कार्तिक २५ गते बोलाउन लागिएको चिकित्सा शिक्षा आयोगको बैठक रद्द गरियोस्। पार्टी कार्यकर्ता तथा माफियाका प्रतिनिधि खगेन्द्र प्रसाद अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट तत्काल बर्खास्त गरियोस्। नर्सिंगलगायतका विषय पढाउने कलेजहरुबारे चिकित्सा शिक्षा ऐनका प्रावधान तथा चिकित्सा शिक्षा आयोगका निर्णयहरू अक्षरशः कार्यान्वयन गरियोस्।, २. बीपी प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीहरूलाई तत्काल बर्खास्त गरी न्यायिक छानविन आयोग बनाएर छानविन सुरू गरियोस्।, ३. स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने, सार्वजनिक पदमा रहनेहरूको स्वार्थको द्वन्द्व रोक्नका लागि कानुन ल्याउने लगायत यस अगाडि हामीसितको भेटमा गरिएका सबै प्रतिबद्धताहरु पूरा गरियोस्।, ४. विसं. २०८५ देखि नेपालको मेडिकल शिक्षा गैर–नाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले त्यो नीति कार्यान्वयन सुनिश्चित गरियोस्। अब कुनै पनि निजी मेडिकल कलेज नखोल्ने नीति सार्वजनिक गरियोस्।, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरू भइसकेको अवस्थामा आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस सुरू गर्ने कुरालाई निश्चित गरियोस्।, २०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था पुर्याउनुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा रहेकाले प्रदेश नं. २ र गण्डकी प्रदेशमा पनि तदारूकताका साथ त्यस्ता संस्था निर्माणलाई गति दिइयोस्। हामीसित सम्झौता भएबमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोल्ने कामलाई अघि बढाइयोस्।, काठमाडौं विश्वविद्यालयको आंगिक र विस्तारित कार्यक्रम रहेका कलेजहरूमा समेत चिकित्सा शिक्षा ऐन अनुसार ७५ प्रतिशत छात्रवृत्तिको प्रावधान लागू गरियोस्।, माग पूरा नभए अनसन बस्ने डा केसीको चेतावनी
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलले विराटनगरस्थित जोगबनी नाकाबाट २८ वटा मानव खप्पर र १० वटा खुट्टाको हड्डी बरामद गरेको छ।, भारतबाट नेपाल आउँदै गरेको को२च ९६४८ नम्बरको भ्यानबाट सशस्त्र प्रहरीले मानव खप्पर बरामद गरेको हो।, सोमबार राति ८ बजे सशस्त्र प्रहरी बल बिओपी रानीबाट खटिएको टोलीले मानव खप्पर र हड्डी बरामद गरेको पकलीस्थित बाहिनीले जनाएको छ।, प्रहरीले भ्यानलाई रोकेपछि त्यसका चालक भने भागेको सशस्त्र प्रहरीले जनाएको छ। भ्यानभित्र बोरामा लुकाएर राखेको अवस्थामा, चिकित्सक तथा डिभिजन वन कार्यालयको टोलीलाई परीक्षण गराउँदा मानव खप्पर र नली खुट्टाको हड्डी भएको पत्ता लागेको बाहिनीले जनाएको छ।, बरामद भएको खप्पर र हड्डी इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले बताएको छ।, पकलीस्थित बाहिनीपति डिआइजी कमल गिरीका अनुसार प्रहरीले रोकेपछि चालकले भ्यान ब्याक गरेका थिए। प्रहरी अगाडि बढेपछि उनी भागेका थिए।, यस्तो वस्तु कहाँ र के प्रयोजनका लागि लैजान लागिएको भन्ने नखुलेको गिरीले बताए। यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।   , जोगबनी नाकाबाट २८ वटा मानव खप्पर बरामद
दिपकजंग शाही काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एअरको जहाज सुर्खेत विमानस्थलमा अवतरण भएको छ। मौसम खराबीले नेपालगञ्ज डाइभर्ट भएको उक्त जहाज केही बेरअघि सुर्खेत विमानस्थलमा अवतरण भएको हो।, बुधबार बिहान ८ बजेर १ मिनेटमा त्रिभुवन विमानस्थलबाट सुर्खेका लागि यु ४-१३३  फ्लाइट नम्बरको जहाज उडेको थियो।, सवा ९ मा सुर्खेत पुगेको जहाज मौसम सामान्य नहुँदा अवतरण नभएर नेपालगन्ज गएको थियो। भेरी नदीमाथि कुहिरो लागेपछि जहाज अवतरण गराउन नसकिएको बुद्ध एअर सुर्खेतका प्रमुख नरबहादुर बस्नेतले जानकारी दिए।, जहाजले सुर्खेतको आकाशमा ३ फन्को लगाएको थियो।, ‘सुर्खेत उपत्यका छेउको मौसम राम्रो नभएपछि जहाज अवतरण हुन नसकेको थियो, त्यसपछि नेपालगन्ज गएको जहाज पुनः सुर्खेतमा सुरक्षित अवतरण भएको हो’, बस्नेतले भने।, जहाजमा ४६ जना यात्रु सवार छन्। ४ जना चालक दलका सदस्य रहेको उनले बताए।, मौसमका कारण ल्याण्ड हुन नसकेर नेपालगञ्ज गएको जहाज सुर्खेतमा सुरक्षित अवतरण
ध्रुवसागर शर्मा म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ।, प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ ।, तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिकरूपमा नै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानीलाई प्रयोग गरेर जल चिकित्सा, अकुपञ्चर, योगाथेरापी, फिजियो थेरापी, मसाज थेरापी र डाइथेरापी सेवासहितको प्राकृतिक चिकित्सालय बनाउन लागेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए।, उनका अनुसार प्राकृतिक अस्पताल निर्माणका लागि गत आर्थिक वर्ष सङ्घीय सरकारबाट प्राप्त ५० लाख र कुण्डको आन्तरिक आम्दानी ५० लाख गरी एक करोड लगानीमा अस्पतालमा आवश्यक पर्ने पूर्वाधार निर्माण गरिएको छ। साथै गत आर्थिक वर्षमै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट प्राकृतिक चिकित्सालयका लागि आवश्यक पर्ने थेरापीका उपकरण खरिद गरिएकोे छ। त्यसैगरी कुण्डको आन्तरिक आम्दानीबाट तलब र सेवासुविधा दिने गरी एक प्राकृतिक चिकित्सक भर्ना गरिएको छ।, चिकित्सालयमा प्रदान गरिने सेवामध्ये मसाज थेरापी तथा योगाथेरापीका लागि तालिमप्राप्त योग्य जनशक्तिको आवश्यकता पर्ने भएकाले अहिले तालिम सञ्चालन भइरहेको र दशैँपछि अस्पताल सञ्चालन गरी बिरामीको उपचार सुरु गर्ने तयारी गरिएको तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका प्राकृतिक चिकित्सक डा आयुशा अधिकारीले जानकारी दिए। अस्पतालमा तत्कालका लागि फिजियो थेरापिष्ट, मसाज थेरापिष्ट र नर्सिङ स्टाफसहित १५ भन्दा बढी स्वास्थ्यकर्मीको आवश्यक पर्ने डा अधिकारीको भनाइ छ।, तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार अहिले तत्कालका लागि पाँच शय्या तयार गरिएको छ।परम्परागतरूपमा तातोपानी कुण्डमा डुबुल्की मारेर उपचार गराउँदै आएका बिरामीलाई विकसित चिकित्सकीय पद्धति र प्रविधिको प्रयोग गरी अत्याधुनिकरूपमा सेवा प्रदान गर्न  प्राकृतिक अस्पताल सञ्चालन गर्न लागिएको सचिव केसीको भनाइ छ। उनका अनुसार प्राकृतिक तातोपानीको प्रयोग गरेर उपचार गर्ने विधिका लागि बनाउन लागिएको यो अस्पताल नेपालमै पहिलो हो ।, अस्पताल सञ्चालनमा आएपछि जलचिकित्सा, योगाथेरापी, अकुपञ्चर, डाइथेरापीलगायत प्राकृतिक विधिबाट तातोपानीको प्रयोग गरेर बिरामीको उपचार गरिने उनले बताए। म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेमा चर्मरोग, ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, सुन्निएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य समस्या निको हुने विश्वासका साथ यहाँ वर्षेनी हजारौँको सङ्ख्यामा बिरामीले डुबेर उपचार लिने गर्दछन् ।, पछिल्लो समय प्राकृतिक उपचारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि जिल्लाका अन्य तातोपानी कुण्डलाई पनि व्यवस्थित गर्न थालिएको छ। म्याग्दीमा साना–ठूला गरी एक दर्जन हाराहारीमा तातोपानीका कुण्ड छन्। ,रासस, नेपालकै पहिलो तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै
सेतोपाटी संवाददाता त्रिदेशीय सीमा नजिकैको व्यासको छांगरुस्थित नीतिकुण्डमा नेपाल प्रहरी बसेको ५१ वर्षपछि नयाँ भवन निर्माण सुरु गरिएको छ । सीमा सुरक्षा, अपराध नियन्त्रण र स्थानीयवासीको सुरक्षामा खटिएको प्रहरीका लागि नयाँ सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको हो ।, नेपाल प्रहरी पहिलोपटक विसं २०२७ मा छांगरू सीतापुलमा बसेको थियो। प्रहरी यसअघि छ महिना व्यासको छांगरू र ६ महिना दुम्लिङ झर्ने गरेकामा गत वर्षबाट बाह्रै महिना छांगरुमा बस्न थालेको छ। प्रहरीले पुरानो चुहिने भवनमा बसेर ड्युटी गर्नुपरेको थियो।, छांगरुमै बाह्रै महिना बस्ने सशस्त्र प्रहरीका लागि भवन निर्माण सुरु गरिएको एक वर्षपछि नेपाल प्रहरीको पनि भवन निर्माण गरिन लागेको हो। भवन निर्माणका लागि निर्माण व्यवसायी, प्रहरी पुगेर भवन निर्माण शुभारम्भ गरेका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले निर्माण हुने भवनको शिलान्यास गरे।, पुरानो जीर्ण भवनमा बस्दै आएका प्रहरीका लागि दुई तले ११ कोठे भवन निर्माण सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए। भवन निर्माणको शिलान्यास गरिएको छ। अबको दुई वर्षभित्र भवन निर्माण सक्नुपर्नेछ।  भवन निर्माणका लागि कूल दुई करोड दुई लाख ८५ हजार ५१९ लागतमा एलबी एण्ड एबी प्रालि धनगढीसँग गत वैशाख ७ गते ठेक्का सम्झौता गरिएको थियो ।, भवन निर्माण २०८० वैशाख ६ गते सक्नुपर्ने सम्झौतामा उल्लेख छ । भवन निर्माण गर्न सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बजेट विनियोजन गरेको हो । यो क्षेत्रमा मङ्सिरपछि हिमपात हुने हुँदा भवन निर्माणको काम गर्न सकिँदैन। अहिले निर्माण व्यवसायीले जगको काम सुरु गर्ने तयारी गरेको छ। भवन निर्माणका लागि चाहिने ढुङ्गा, गिट्टी सरियाको व्यवस्थापन गरिएको छ। , भवन निर्माणका लागि आवश्यक तीन हजार ५०० क्युफिट काठका लागि गत भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत दिएको छ। सामुदायिक वनले भने काठ दिन नसकिने जनाएको छ।, भवनमा काठको प्रयोग बढी हुने र छांगरुमा चिसो हुने भएका कारण न्यानो हुने गरी भवन निर्माण गरिन लागेको प्रनाउ भट्टले बताए। छांगरुको नीतिकुण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी बस्ने गरेका छन् । विगतमा पुरानो जीर्ण भवनमा प्रहरी नबस्दा तस्करले भेडा–बाख्रा राख्ने गरेका थिए भने भवनमा आगो लगाइदिने गर्थे। ,रासस, छांगरूमा प्रहरी बसेको ५१ वर्षपछि सुविधासम्पन्न भवन निर्माण गरिँदै
सेतोपाटी संवाददाता ललितपुरमा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई आजदेखि कोभिडविरुद्धको भेरोसेल खोप लगाइने जनाएको हो।, जिल्ला खोप समन्वय समितिको निर्देशन अनुसार आज बुधबारबाट १८ वर्षमाथि उमेर समूहका सबैलाई भेरोसेलको पहिलो डोज दिन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए।, चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोभिड–१९ फैलन सक्ने कुरालाई मध्यनजर गर्दै खोप लगाउन थालिएको गेलालले बताए। आफूलाई पायक पर्ने पालिकाले तोकेको खोप केन्द्रमा गएर खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ।, काठमाडौंले भने एकहप्ता अघि नै १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाइसकेको छ।,  , ललितपुरमा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई खोप
भगवती पाण्डे रूपन्देहीका बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको फोहोरमैला व्यवस्थापन नहुँदा स्थानीय मारमा परेका छन्।, अहिले यी दुबै नगरपालिकाले तिनाउ र डण्डा नदीको किनारमा फोहोर फाल्दै आएका छन्।, नगरपालिकाहरूले डम्पिङ साइटको लागि समयमै योजना बनाउन नसक्दा नगरबाट संकलन गरिएको फोहोर पानीका स्रोतमा फाल्नु परेको हो।, पानीको स्रोत र बस्तीको नजिकै नगरभरिको फोहोर थुपार्ने गर्दा बस्ती र वातावरण प्रदूषण भएको भन्दै स्थानीयको गुनासो छ। सिद्धार्थनगरमा वडा नम्बर २ को मेउडिहवामा फोहोर थुपार्ने गरिएको छ। यहाँका स्थानीयले आन्दोलनसमेत गर्दै आएका छन्।, सिद्धार्थनगरका स्थानीय रामकिशोर यादवले बस्तीनजिकै नदी किनारमा फोहोर फाल्दा फोहोरको दुर्गन्धले रोगब्याधीको जोखिम बढेको बताउँछन्।, व्यवस्थित रूपमा फोहोरको व्यवस्थापन गर्न नगरपालिकालाई पटक-पटक ध्यानाकर्षण गर्दै आए पनि स्थानीयबासीको आग्रहप्रति बेवास्ता गर्दै आएको उनले बताए।, स्थानीयको अवरोधपछि झण्डै एक महिनासम्म नउठेको सिद्धार्थनगरको फोहोर केही दिन अघिमात्र उठेको थियो।, आगामी असार मसान्तभित्र नगरपालिकाले डम्पिङसाइटको व्यवस्था गर्ने सहमतिपछि अन्तिम पटकको लागि भन्दै स्थानीयले फोहोर लैजान दिएका थिए। २ नम्बर वडाका अध्यक्ष दीपककुमार थापाका अनुसार डेढ वर्षअघि पनि स्थानीयले अवरोध गरेपछि नगरपालिकाले एक वर्षभित्र फोहोरमैला व्यवस्थापनको लागि अन्यत्र जग्गाको व्यवस्थापन गर्ने सहमति गरेको थियो। तर कार्यान्वयन हुन सकेन।, यसअघि बेलहियानजिक डण्डा नदी किनारमा फोहोर फाल्दै आएको नगरपालिकाले पछिल्लो १८ वर्षदेखि अहिले फाल्दै आएको मेउडिहवामा फोहोर फाल्न सुरू गरेको वडा अध्यक्ष थापाले बताए।, नगरपालिकाले फोहोर फाल्दै आएको डण्डाखोला किनारमा स्थानीयले स्वर्गद्वारी नामबाट शव दाहसंस्कारको लागि घाट र पार्कसमेत बनाएका छन्। नगरभरिको फोहोर लगेर थुपार्दा घाटमा जानेहरूलाई समेत समस्या भएको छ।, सिद्धार्थनगर-२ का वडा सदस्य दीपेशप्रताप शाहीले शवदाह स्थल र पार्कलाई सफा र सुन्दर बनाउने स्थानीयको योजना प्रभावित बनेको बताए।, ‘पार्क र घाटसमेत निर्माण भइरहेको अवस्थामा अब नदी र नदी किनारलाई स्वच्छ र सफा राख्नुपर्छ,’ उनले भने।, फोहोर फाल्दै आएको स्थानको दुई-तीन सय मिटरकै दूरीमा पक्लिहवा कृषि क्याम्पस र सशस्त्र प्रहरीको क्याम्प छन्। वडा अध्यक्ष थापाले फोहोरले क्याम्पस र क्याम्पसमेत प्रभावित बनेको बताए।, ‘फोहोर खान पुग्ने कुकुर, गिद्ध र चिलले फोहोर छरपस्ट बनाउँदा त्यसको दुर्गन्ध क्याम्पससम्मै पुग्छ, त्यस्तो वातावरणमा विद्यार्थीले कसरी अध्ययन गर्ने हो?,’ थापाले भने।, नगरपालिकाले असारभित्रै अन्यत्र जग्गा व्यवस्थापन गर्ने सहमति गरे पनि स्थानीय भने ढुक्क हुन सकेका छैनन्।, स्थानीय सुरज गुरूङले नगरपालिकाले पटक-पटक झुक्याएकाले यस पटक पनि सहमति कार्यान्वयन गर्छ भनेर ढुक्क हुन नसकिएको बताउँछन्।, सिद्धार्थनगर नगरप्रमुख हरिप्रसाद अधिकारीले फोहोर व्यवस्थापनको अर्को कुनै वैकल्पिक उपाय नभएपछि खोला किनारमा फोहोर फाल्न बाध्य भएको बताए।, ‘व्यवस्थित डम्पिङसाइट निर्माणको लागि जग्गा खरिद गरे पनि स्थानीयको अवरोधले अगाडि बढ्न सकेको छैन, अहिले फाल्दै आएको स्थान नयाँ नभई दुई दशक पहिलेदेखि नै फोहोर फाल्दै आएको स्थान हो। अब अन्यत्र स्थानको व्यवस्था गर्नुपर्छ भन्ने हामीले सोचिरहेका छौं,’ अधिकारीले भने।, सिद्धार्थनगरमा अहिले दैनिक ४० टन बढी फोहोर उत्सर्जन हुन्छ। घरघरमै कुहिने र नकुहिने फोहोर छुट्याएर नराख्दा फोहोर थुपार्ने स्थान पनि छिट्टै भरिने गरेको छ।, फोहोर फाल्ने स्थान वरपर प्लाष्टिकजन्य फोहोर छरिएर छरपष्ट हुने गरेको छ। तर नगरपालिकाले भने न त माटोले छोपिदिन्छ न त किटनाशक औषधी छर्ने गर्छ।, यता प्रदेश सरकारको मुकाम रहेको बुटवल उपमहानगरपालिकाले पनि झन्डै २५ वर्षदेखि तिनाउ नदीको वारि र पारि फोहोर थुपार्दै आएको छ।, पहिलो पटक २०५२ सालदेखि बुटवल उपमहानगरपालिकाले संस्थागत रूपमा फोहोर व्यवस्थापन सुरू गरेको थियो। त्यतिबेला बस्तीदेखि टाढा रहेको र तिनाउ नदीले कटान गरेको मैनाबगरमा फोहोर फालिएको थियो।, ०५२ सालदेखि ५५ सालसम्म थुपारिएको फोहोरबाटै मैनाबगरको दक्षिणतर्फको जग्गा उकासियो। अहिले अटोभिलेज रहेको मैनाबगरको दक्षिण तर्फको केही भाग फोहोरबाटै उकासिएको क्षेत्र हो।, फोहोर थुपार्दै जाँदा उकासिएको क्षेत्रमा तिनाउ नदी किनारका करिब एक दर्जन बस्ती बसेका छन्।, पुरानो बसपार्क पछाडिको खयरघारी, पवित्रनगर, सुन्दरनगर, बुद्धनगर, बिनापाते, हात्तीसुढ लगायतका बस्तीहरू फोहोर थुपार्दै जाँदा उकासिएको जग्गामा बनेका बस्ती हुन्। त्योसँगै अहिले लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयदेखि तलको बस्ती पनि फोहोरबाटै उकासिएको बस्ती हो।, नगरको फोहोर व्यवस्थापनसँगै नदीले कटान गरेको भाग उकासिँदा बस्ती सुरक्षित हुने भन्दै नगरपालिकाले खोला किनारमा फोहोर थुपारेको देखिन्छ।, फोहोरबाट जति भाग उकासिँदै गएको छ त्यति नै घरटहरा थपिँदै गएका छन्। नदी उकास क्षेत्रमा बस्ती बस्दै जाँदा एकातर्फ फोहोर थुपार्ने क्षेत्र साँघुरिँदै गएको छ भने अर्कोतर्फ बस्ती नजिकै फोहोर थुप्रिएको छ।, बुटवलमा अहिले करिब ६० टन फोहोर दैनिक उत्पादन हुन्छ। त्यसमध्ये ६४ प्रतिशत फलफुल र तरकारीजन्य कुहिने फोहोर, २८ प्रतिशत फोहोर पुनः प्रयोग गर्न मिल्ने र ८ प्रतिशत अन्य धुलो फोहोर हुने गर्छ।, उत्पादित फोहोर घर-घरबाटै अलग-अलग छुट्याएर राख्ने नगर्दा कुहिने र पुन: प्रयोग गर्न मिल्ने प्लाष्टिक, कागज, टिन र फलामजन्य फोहोरसमेत एकै स्थानमा डम्पिङ हुने गरेको छ। सबै फोहोर एकै स्थानमा थुपार्दा फोहोर फाल्ने स्थान पनि छिटो भरिने गरेको छ।, सुकुम्बासी बस्तीको आँगनदेखि तिनाउको बहावसम्मै कुहिने-नकुहिने सबै फोहोर फाल्दा झिंगा, लामखुट्टे र भुसुनाले गर्मियाममा बस्नै नसकिने हुने स्थानीय पार्वती परियारले गुनासो गरिन्।, वर्षायाममा थुपारिएको फोहोर तिनाउको बाढीसँगै बगेर जाँदा तिनाउबाट सिँचाइ हुने खेतबारीको उत्पादन प्रणालीलाई नै असर पुग्ने गरेको किसानहरूको गुनासो छ।, नेपालको कानुनले नै नदी, खोला तथा तलाउमा ठोस तथा झोलयुक्त कुनै पनि फोहोर फाल्न प्रतिबन्ध लगाएको छ।, कानुन कार्यान्वयन गर्नुपर्ने स्थानीय पालिकाहरूले उल्लंघन गर्दै पानीका स्रोत र खोलाहरूमा फोहोर फाल्दै आएका छन्। त्यसको प्रत्यक्ष असर वातावरण, आमनागरिक, जलचर र अन्य जीवजन्तुमा परेको छ।, वातावरण बचाऔं आन्दोलन सिद्धार्थनगरका पूर्वअध्यक्ष नारायणप्रसाद सापकोटाले खोलामा फोहोर फाल्न हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि स्थानीय पालिकाहरूले बेवास्ता गर्दै आएको बताए।, बुटवलले तिनाउमा फालेको फोहोर १६/३६ सिँचाइ प्रणालीको नहर हुँदै किसानहरूको खेत-खेतमा पुग्ने गरेपछि तिलोत्तमा नगरपालिकाले बुटवल र तिलोत्तमाको सीमाक्षेत्र योगीकुटीस्थित नहरमा फलामे जाली राखेर फोहोर छेक्ने गरेको छ।, बुटवललाई डिजिटल र नमूना सहरको रूपमा विकास गर्ने लक्ष्य लिएको उपमहानगरले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न नसकेको भन्दै आलोचना हुने गरेको छ।, उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले भने फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना बनिरहेको दाबी गर्छन्।, केही अघि ट्रिटमेन्ट प्लाण्ट सहितको फोहोरमैला व्यवस्थापन गर्ने एसियाली विकास बैंकको २८ करोडको आयोजना फिर्ता भएको थियो।, स्थानको टुंगो लाग्न नसक्दा उक्त आयोजना फिर्ता भएको हो। सिद्धार्थनगर नगरपालिकामा पनि ओमसतिया गाउँपालिका-५ पट्खौलीमा फोहोरमैला व्यवस्थापन गर्ने भन्दै खरिद गरेको ६ बिघा जग्गा स्थानीयको अवरोधपछि त्यत्तिकै अलपत्र परेको छ। जग्गा विवादपछि एसियाली विकास बैंकको ३२ करोड ऋण अनुदानको आयोजना सुरू नहुँदै फिर्ता भयो।, फोहोर व्यवस्थापनमा बुटवल र सैनामैनाको संयुक्त योजना, जग्गा व्यवस्थापन गर्न नसक्दा फोहोर व्यवस्थापनको लागि आएको एडिबीको २८ करोडको योजना फिर्ता पठाएको बुटवल उपमहानगरपालिकाले सैनामैना नगरपालिकासँगको सहकार्यमा एकीकृत प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ।, यसअघि आफ्नो नगरभित्रको फोहोर प्रशोधनका लागि काम अगाडि बढाएको सैनामैना नगरपालिका १० को एकला पहाड भन्ने जंगल क्षेत्रमा रूपन्देहीका बुटवल र कञ्चनलाई समेत समेटेर बृहत् फोहोर प्रशोधन केन्द्र बनाउन लागिएको हो।, कुल १ अर्ब बढी लागत अनुमान गरिएको प्रशोधन केन्द्र निर्माणका लागि संघीय सरकारबाट विशेष अनुदानसमेत प्राप्त हुने सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए।, उनले एउटामात्रै पालिकाको फोहोर व्यवस्थापन गर्नुभन्दा धेरै पालिका मिलेर सामूहिक रूपमा फोहोर व्यवस्थापन गर्दा कम लागतमा बढी प्रतिफल पाइने बताए।, ‘एक्लैले आफ्नो पालिकाको मात्र फोहोर व्यवस्थापन गर्छु भन्न खोज्नु मूर्खता हो, यहाँ जंगलक्षेत्र पर्याप्त छ, रूपन्देहीका बुटवल, कञ्चन र कपिलवस्तुको वाणगंगा नगरपालिकालाई समेत समेटेर आयोजना अगाडि बढाउँदै छौं,’ कार्कीले भने।, सामूहिक रूपमा फोहोर प्रशोधन केन्द्र निर्माण गर्नका लागि बुटवल र सैनामैनाका बीचमा दुबै पालिकाका प्रमुखहरूले हालै सहमति पत्रमा हस्ताक्षर समेत गरेका छन्।, दैनिक ४ सय टनभन्दा बढी फोहोर प्रशोधन गर्न मिल्ने गरी अगाडि बढाइएको प्रशोधन केन्द्रमा रूपन्देहीका सबै पालिकाको फोहोर व्यवस्थापन गरी देशकै नमूना आयोजना बनाउने आफ्नो लक्ष्य रहेको कार्कीले बताए।, हाल बुटवलमा ६० टन, सैनामैनामा ३५ टन र कञ्चन गाउँपालिकामा २० टन फोहोर दैनिक रूपमा संकलन हुँदै आएको छ।, प्रशोधन केन्द्रका लागि संघीय सरकारले १० करोड रूपैयाँ विशेष अनुदान सुनिश्चित गरेपछि अहिले प्रशोधन केन्द्रको डिपिआर बनाउने, जग्गाको भोगाधिकार प्राप्ति, तारजाली गर्ने, कम्पाउन्ड वाल र केन्द्रसम्म पुग्ने सडक निर्माणका काम भइरहेको छ।, प्रशोधन केन्द्रमा सड्ने र नसड्ने तथा मेडिकलजन्य फोहोरलाई प्रशोधन गरी त्यसबाट मल र ऊर्जा उत्पादन गर्ने आयोजनाको लक्ष्य छ।, फोहोरबाट कम्पोस्ट मल, मिथेन ग्यास तथा प्लास्टिकजन्य वस्तुको रिसाइकल गरी फोहोरबाट आम्दानी गर्न सकिने कार्कीले बताए।, फोहोर प्रशोधन केन्द्र बनाउन लागिएको क्षेत्र पूर्व-पश्चिम राजमार्गको ५ किलोमिटर उत्तर र बस्तीबाट करिब साढे २ किलोमिटर टाढा छ।, केन्द्रका लागि छुट्याइएको तीन बिघा जग्गामध्ये २ बिघा खहरे खोलाको उकास क्षेत्र र करिब एक बिघा राष्ट्रिय वनको जग्गा हो।, बुटवल र सिद्धार्थनगरको फोहोर तिनाउ र डण्डा नदीको किनारमा
सेतोपाटी सप्तरीको रुपनी गाउँपालिका-६ स्थित शनिमन्दिर नजिकै रहेको जंगलमा आज एक युवती मृत भेटिएकी छन्। , रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।, घाँस काट्न गएका स्थानीयबासीले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।  , शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयबासीले जनाएको छ।, मृतक युवतीको पहिलादेखि नै मानसिक सन्तुलन ठिक नरहेको भन्दै आफैं रूखमा झुन्डिएको हुन सकिने बताइएको छ।, घटनाबारे थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।, मानसिक रोगी चाँदनी गत शनिबारदेखि घरबाट बेपत्ता भएको थियो। ,रासस, सप्तरीमा एक युवती मृत फेला
सेतोपाटी संवाददाता चीनले नेपाललाई कोरोनाभाइरसविरूद्धको १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिने भएको छ।, काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा चिनियाँ सरकारले थप १० लाख डोज अनुदानमा दिने निर्णय गरेको जानकारी दिएकी हुन्। , कोरोनाभाइरसको तेस्रो लहर रोक्नका लागि चाहिने पूर्वाधार बनाउन नेपाललाई चीनले ५० लाख चिनियाँ युआन (९ करोड २४ लाख रुपैयाँ) सहयोग गर्ने पनि राज्यमन्त्री श्रेष्ठले ट्वीटरमा उल्लेख गरेका छन्।, श्रेष्ठका अनुसार चीनले तीन लाख डोज खोप नेपाली सेनाका लागि पनि अनुदान दिने बताएको छ।, काठमाडौंस्थित चिनियाँ राजदूतावासले पनि सिनोभ्याक खोप ल्याउनेबारे दुई देशका अधिकारीहरूले आवश्यक तयारी गरिरहेको जनाएको छ।, चीनले यसअघि नेपाललाई भेरोसेल खोप अनुदानमा दिएको थियो भने नेपाल सरकारले पनि चीनसँग सोही खोप खरिद गरेको थियो। सिनोभ्याक खोप अहिलेसम्म नेपालमा प्रयोग भएको छैन।,  ,  ,  , चीनले सिनोभ्याकको १० लाख डोज खोप नेपाललाई अनुदानमा दिने
सेतोपाटी संवाददाता कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माणको काम सकिएको छ।, सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्र तार तान्ने काम सकिएको छ।, नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैंकद्वारा धनकुटाको हिलेमा सोमबार कार्यक्रम आयोजना गरी पहिलो प्याकेज अन्तर्गतको प्रसारण लाइन निर्माण सम्पन्न भएको घोषणा गरिएको थियो।, अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकले दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो। एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ।, कोसी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब १००० मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब १००० मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करिब २००० मेगावाटविद्युत प्रसारण गर्न सकिन्छ। साथै एक नम्बर प्रदेशका जिल्लाहरुमा विद्युत् विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्ने छ।, कार्यक्रममा एक्जिम बैकका प्रतिनिधि विश्वजीत गर्गले प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेका थिए।, कार्यक्रममा धनकुटा नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपालस्थित भारतीय दूतावासकी उपप्रमुख नामग्या सी खाम्पा लगायत उपस्थित थिए।, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश नम्बर १ मा विद्युत प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए।, कोसी करिडोर र कावेली करिडोर प्रसारण लाइनलाई लिंक गर्न लागिएको जानकारी दिँदै उनले आयोजना अन्तर्गतका सबस्टेसनहरुको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने बताए।, ऊर्जा मन्त्रालयका सहसचिव भेटुवालले प्रसारण लाइनको निर्माणबाट अरुण र तमोर जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत ग्राहककोसम्म पुर्‍याउन पूर्वाधार तयार भएको बताए।, प्रसारण लाइन निर्माणपछि यस क्षेत्रका खोलानालामा जलविद्युत आयोजना निर्माणका लागि निजी क्षेत्रको लगानीलाई थप सुनिश्चित बनाएको बताए।, नेपाल र भारतबीचको सहकार्यका लागि ऊर्जा प्रमुख क्षेत्र रहेको बताउँदै भारतीय दूतावासकी उपप्रमुख खाम्पाले भारतले जारी गरेको क्रस बोर्डर विद्युत व्यापार निर्देशिकाका बमोजिम नेपालले भारतबाट विद्युत खरिद गर्न मात्र नभएर बिक्री गर्नसमेत पाउने बताइन्।, बन्यो २२० केभी क्षमताको कोसी करिडोरको पहिलो खण्ड
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट अस्पष्ट र नराखी चलाएका २१९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।, महाशाखाले चलाएको नम्बर प्लेटविरूद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।, ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलविरूद्ध विशेष चेकजाँच अभियान सञ्चालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए। , विशेषगरी नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिएका मोटरसाइकलले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने महाशाखाले जनाएको छ।, त्यस्ता, मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउन समेत समस्या हुने गरेको एसएसपी भट्टराईले बताए। , सवारी धनीलाई त्यसमा पनि मोटरसाइकल धनीलाई आफ्नो सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अवस्था समेत सही हालतमा राख्न महाशाखाले अनुरोध गरेको छ।, तोकिएको ढाँचाबमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले पाँच सयदेखि पन्ध्र सय रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाले जनाएको छ।,  , अस्पष्ट नम्बर प्लेट राख्ने २१९ मोटरसाइकल कारबाहीमा
भगवती पाण्डे कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडाबान्तापछि अस्पताल आउने बिरामीहरूको संख्या थपिँदै गएको छ।, सोमबार रातिदेखि फैलिएको झाडाबान्तापछि बुधबार बिहानसम्म २ सय ४० जना बिरामी अस्पताल आइपुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।, कार्यालयका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले बुधबार बिहानसम्म २ सय ४० जना बिरामी अस्पताल आएकोमा केहीलाई अन्यत्र रिफर गरिएको जानकारी दिए।, मंगलबार दिउँसोसम्म अस्पताल र गाउँघरका क्लिनिकमा गरी करिब २ सय जना बिरामी परेकोमा मंगलबार रातिदेखि बुधबार बिहानसम्म करिब ५० जना बिरामी थपिएको घिमिरेले बताए।, अहिले पनि झाडाबान्ताको समस्या लिएर अस्पताल र क्लिनिकहरूमा आउने क्रम जारी रहेको छ।, सुरूमा कृष्णनगरका वडा नं. ७, ८ र ९ का गाउँबाट झाडापखालाका बिरामी अस्पताल जाने गरेकोमा मंगलबार रातिदेखि भने महाराजगञ्जका केही वडाबाट पनि बिरामीहरू आउन थालेको शिवराज अस्पताल बहादुरगंजले जानकारी दिएको छ।, कृष्णनगरको सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेशपुर, डावरा दयानगर, विजयनगर, जुमिला लगायतका गाउँमा सोमबारदेखि झाडापखाला र बान्ताका बिरामी देखिएका थिए।, गाउँभरि झाडापखालाका बिरामी फैलिएपछि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको टोलीले झाडापखाला फैलिएका गाउँ र बिरामीहरूको अवस्था बुझ्न कृष्णनगर पुगेको छ।, मंगलबार पुगेको स्वास्थ्य टोलीले परीक्षणको लागि बिरामीहरूको दिसाको नमूना संकलन गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याएपछि त्यसको रिपोर्ट आइनसकेको हेल्थ असिष्टेन्ट घिमिरेले बताए।, बुधबार पनि स्वास्थ्य सचिवको नेतृत्वमा मन्त्रालयको एक टोली झाडापखाला फैलिएको स्थानमा पुगेको छ।, झाडापखाला के कारण र कसरी फैलियो यकिन भइनसके पनि बिरामीहरूको अवस्थालाई हेर्दा हैजा भएको हुन सक्ने घिमिरेले बताए। यद्यपि परीक्षणको लागि लगिएको दिसाको रिपोर्ट भने आइसकेको छैन।, ‘बिरामीहरूको अवस्था र लक्षण हेर्दा हैजा फैलिएकोजस्तो देखिन्छ,’ उनले भने।, जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन भए पनि बिरामी आउने क्रम जारी रहेको बताए।, बिरामीहरू सबैलाई शिवराज अस्पताल बहादुरगञ्जमा भर्ना गर्न नसकिएपछि बुटवल र तौलिहवा रिफर गरिएको पाण्डेले जानकारी दिए।, पाण्डेका अनुसार १३ जना बिरामीलाई तौलिहवा र ८ जनालाई बुटवलतर्फ पठाइएको छ।, अस्पतालमा बिरामीहरूको चाप थेग्न नसकेपछि गाउँका निजी क्लिनिक, अस्पतालका गल्ली, बरण्डा र विद्यालयका चौरमा राखेर समेत उपचार गरिएको पाण्डेले बताए।, यसअघि झाडापखालबाट हालसम्म ५ वर्षका राज कश्यप, ४० वर्षका रामप्रसाद केवट र वडा नं. ७ का एक वृद्ध गरी तीन जनाको मृत्यु भइसकेको वडा नं. ९ का अध्यक्ष राममिलन कुर्मीले बताएका छन्।, कपिलवस्तुमा झाडापखालाका बिरामीलाई चौरमा राखेर उपचार गरिँदै (तस्बिरहरू)
सेतोपाटी संवाददाता सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।, पहिलो चरणको अनुसन्धानका लागि मंगलबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पाँच दिन थुनामा राख्ने अनुमति दिएको हो।, सिभिल सहकारीको ७० करोड रकम निक्षेप ठगी गरेको आरोपमा उनीहरूमाथि अहिले ठगी मुद्दामा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।, ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार दोस्रो चरणको अनुसन्धानका लागि पुन: अदालतको अनुमति लिइन्छ।, उनीहरूलाई संगठित रूपमा ठगी गरेको आरोप छ। १३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेको महतोले बताए।, ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गर्छ। , ‘अनुसन्धान गर्दै जाँदा अन्य कसुर देखिन आए मुद्दाको प्रकृतिअनुसार थप थुनामा राख्ने/नराख्ने टुंगो हुन्छ,’ महतोले भने। प्रहरी अनुसन्धान नसकिने भएकाले  तामाङसहितका प्रतिवादी दसैंअघि छुट्ने सम्भावना कम छ।, तामाङ सिभिल सहकारीका पूर्वअध्यक्ष हुन्। सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठ छन्। उनी पनि पक्राउ परेका छन्।, पक्राउ परेकाहरूमा भगवानबहादुर सिंह, मायोनानी महर्जन, एलिना तुलाधर, शंकरप्रसाद पाठक, संगीत श्रेष्ठ, राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, विजयविक्रम शाह र हरिहर लामिछाने छन्। उनीहरू सहकारीको विभिन्न पदमा कार्यरत् कर्मचारी हुन्।, सहकारीको बचतको ठूलो हिस्सा तामाङले अन्य आफ्ना कम्पनीहरूमा लगानी गर्दै आएका थिए। उनले करिब ९ अर्ब रुपैयाँ सहकारीको निक्षेप ऋण विभिन्न कम्पनीका नाममा लिएका छन्।, ती कम्पनीले सहकारीमा ऋण तिरेको छैन। निक्षेप माग्न जाँदा नपाएपछि बचतकर्ताहरू प्रहरीमा पुगेका हुन्।, यो पनि पढ्नुस्:, अर्बौंको सम्पत्ति व्यवस्थापन गर्न नसकेर प्रहरी हिरासतमा पुगेका इच्छाराज, सिभिल ग्रुपका अध्यक्ष तामाङलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति, दसैंअघि छुट्न गाह्रो
राजेश घिमिरे संयुक्त बजार अनुगमन संयन्त्रले गत आइतबार भरतपुरको चौबीसकोठीमा रहेका केही पोलिक्लिनिक तथा फार्मेसीमा अनुगमन गर्‍यो। अनुगमनको क्रममा अधिकांशले नियम/मापदण्डको पालना नगर्ने गरेको भेटियो।, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा नेतृत्वको टोलीले ती पोलिक्लिनिक र फार्मेसी शिल गरेर सञ्चालकलाई जिल्ला प्रशासन कार्यालय हाजिर हुन समय तोक्यो। सोमबार कारबाही प्रक्रिया अघि बढाउँदै जिल्ला प्रशासनले उनीहरूलाई ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना तोकेको छ।, दशैंको मुखमा गरिएको यो अनुगमनका क्रममा नियम/मापदण्ड उल्लंघन गरेकालाई कारबाहीको निणर्य त गरियो तर यो अनुगमनसँगै जिल्लाका अन्य पोलिक्लिनिक तथा फार्मेसीले दिँदै आएका सेवाका विषयमा पनि प्रश्न खडा भएका छन्।, मेडिकल सिटीको रूपमा चर्चा गरिने चितवनमा तीन दर्जन बढी पोलिक्लिनिक र सयौं फार्मेसी छन्। सेवाग्राहीले यी स्वास्थ्य संस्थाबाट निर्वाध रूपमा सेवा लिइरहेका छन्। उनीहरूले त्यहाँबाट लिने गरेको सेवाको विश्वसनियतामाथि पछिल्लो अनुगमनले प्रश्न उठाएको छ।, सहायक प्रमुख जिल्ला अधिकारी शर्माकाअनुसार ती स्वास्थ्य संस्थाहरू नवीकरण नै नगरी सञ्चालन भएको, कतिपय पोलिक्लिनिकले दर्ता भए पनि बिनाअनुमति दाँतको उपचार गरेको, आर्थिक कारोबार प्रक्रियासम्मत नभएको, भौतिक पूर्वाधार उपयुक्त नभएको र असाध्यै दुर्गन्धित भेटिएका थिए।, फार्मेसीमा तोकिएको अधिकतम् मूल्यभन्दा बढीमा औषधी बिक्री भइरहेको, मिति गुज्रिएका औषधिको व्यवस्थापन नगरेको र लागू औषधका रूपमा समेत प्रयोग गरिने औषधी डाक्टरको प्रेस्किप्सनबिना बिक्री भइरहेको भेटिएको थियो।, चितवनमा फार्मेसीले औषधीको मूल्यमा मनपरी गरेको गुनासो बारम्बार सुनिने गरेको थियो।  गुनासो बढ्दै गएपछि सरोकारवाला संस्थाको सहभागितामा अनुगमन गर्दा अधिकांशमा समस्या देखिएको शर्माले बताए।, भरतपुरको केन्द्र मानिने चौबीसकोठी नजिकैको अस्पताल रोडमा रहेको भरतपुर पोलिक्लिनिकले बिनादर्ता दाँतको उपचार सञ्चालन गरेको, स्वास्थ्य संस्थाका लागि संरचना अनुपयुक्त रहेको, दुर्गन्धित भेटिएको, नबल पोलिक्लिनिकले मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरेको, नबल डेण्टल बिनादर्ता सञ्चालन भएको, एपोलो डेण्टल क्लिनिकले बिनाबिल आर्थिक कारोबार गरेको, मिराकल फार्मेसीले अधिकतम् मूल्यभन्दा बढीमा औषधी बेचेको प्रमाण भेटिएको, मिति गुज्रिएको औषधी बेचेको, रिजन फार्मेसीले लागू औषधका रूपमा पनि प्रयोग गर्ने गरिएको औषधीको अभिलेख नराखी खुला रूपमा बिक्री गरेको भेटिएको थियो।, ‘दर्ता गर्दा सोर्स-फोर्स लगाउने तर मापदण्ड पूरा नगरी सञ्चालन गर्ने समस्या देखियो,’ जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भने, ‘ मेडिकल सिटी भनिने भरतपुरकै त यो हालत छ बाहिरका पोलिक्लिनिक र फार्मेसीको अवस्था झन् के होला!’, उनले अनुगमन संयन्त्रले नियमित अनुगमन गर्ने हो भने समस्या हट्दै जाने बताए।, उनले सेवा, संरचना, सरसफाइ, आर्थिक कारोबारलगायत मापदण्ड अधिकांशले पालना नगरेको भेटिएको बताए। , पोलिक्लिनिक सञ्चालक भने सरकारी निकायले नवीकरणमा नगर्ने र नवीकरण नगरेको भन्दै कारबाही गर्ने दोहोरो भूमिका खेलेको आरोप लगाउँछन्।, ‘हामी फाइल बोकेर नवीकरणका लागि पुग्दा स्वास्थ्य कार्यालयले हामीले गर्ने होइन भन्यो, भरतपुर महानगरपालिकाले पनि नवीकरण गरिदिएन तर अहिले नवीकरण भएन भनेर जरिवाना गरिएको छ,’ नबल पोलिक्लिनिकका सञ्चालक प्रकास कँडेलले भने, ‘हामीमाथि अन्याय भएको छ।’, उनले कोरोनाभाइरसको महामारीसँगै सञ्चालन गर्न नसकेर लगभग बन्द अवस्थामा रहेको पोलिक्लिनिकलाई क्लिनिक स्तरमा सञ्चालन गर्न खोज्दा पनि सरकारी निकायले सहजीकरण नगरिदिएको आरोप लगाए।, ‘चाडपर्वको मुखमा काम देखाउन अनुगमन गर्ने र हामी जस्तालाई कारबाही गर्ने काममात्रै प्रशासनले गरिरहेको छ,’ कँडेलले भने, ‘जिल्लाका तीन दर्जन बढी संख्याका सबै पोलिक्लिनिकमा अनुगमन गरोस् कसैले पनि मापदण्ड पूरा गर्न सकेका छैनन्।’, उनले दर्ता गर्दा, नवीकरण गर्न नचाहँदा मापदण्डबारे केही नबोल्ने निकाय जरिवाना गर्नमात्रै अघि देखिने गरेको आरोप लगाए।, नबल पोलिक्लिनिकले मापदण्ड पूरा नगरी सेवा दिएको भन्दै प्रशासनले तीन लाख रुपैयाँ जरिवाना तोकेको छ। नजिकै रहेका नबल डेण्टल र भरतपुर पोलिक्लिनिकलाई पनि तीन/तीन लाख रुपैयाँ जरिवाना तोकिएको छ। मिराकल फर्मालाई २ लाख ५० हजार, रजिन फार्मेसीलाई २० हजार र एपोलो डेण्टललाई ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनीहरूमध्ये रिजन र एपोलोले मात्रै जरिवाना बुझाएका छन्। अन्यले प्रशानको आदेशप्रति असन्तुष्टी जनाउँदै पुनरावेदन गर्ने संकेत गरेका छन्।, स्वास्थ्य कार्यालयका प्रमुख तिवारी पोलिक्लिनिकले अन्य मापदण्ड पूरा नगरेको विषयलाई गौण राखेर नवीकरणको विषयलाई मात्र मुद्दा बनाएको बताए। , ‘अहिलेको अनुगमनको क्रममा नवीकरणको विषयलाई प्रमुख बनाइएको छैन। अनुगमनमा सहभागी राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायतका सरोकारवाला निकायले आ-आफ्ना सरोकारका विषयमा अनुसन्धान गरेर कारबाही भएको छ,’ उनले भने, ‘नवीकरणको विषय हल गर्ने प्रयास भइरकेको छ।’, तिवारीका अनुसार पछिल्लो स्वास्थ्य निर्देशिकाले पोलिक्लिनिकको सञ्चालनको विषयमा स्वास्थ्य कार्यालयको भूमिकामा कटौती गरेको छ।, ‘पाँचभन्दा कम सेवा दिने पोलिक्लिनिक स्थानीय तहको मातहतमा रहने व्यवस्था निर्देशिकाले गरेको छ। चितवनमा अधिकांश पाँचभन्दा कम सेवा दिनेहरू नै छन्,’ उनले भने, ‘त्यसैले दर्ता, नवीकरणको काम महानगरले गर्नुपर्ने हो। यस विषयमा के, कसरी गर्ने भन्ने छलफल चलिरहेको छ।’, बजार अनुगमनका लागि जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको संयुक्त बजार अनुगमन संयन्त्र रहन्छ। यसमा सरोकारवाला संस्थाका प्रतिनिधि सहभागी हुन्छन्।, प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐनमा नियमविपरीत बिक्री गरेमा ३ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ। त्यस्तै उपभोक्ता अधिकार ऐनले ५ देखि २० हजार रुपैयाँसम्म जरिवाना गराउने र पसलमा शिलबन्दी गर्ने अधिकार निरीक्षण अधिकृतलाई दिएको छ।, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले स्वास्थ्य संस्थासँगै ती संस्थाका नजिक रहेका होटल, रेष्टुरेन्ट तथा पसलमा पनि अनुगमन गरिएको बताए। भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजअगाडि रहेका दश वटा होटलको अनुगमन गर्दा मूल्य सूची नराखेको, मिति गुज्रिएका पेय पदार्थ बिक्रीका लागि राखेको, अधिकत मूल्यभन्दा महँगोमा बिक्री गरेको भेटिएको उनले बताए।, ‘त्यस्ता होटल सञ्चालकलाई कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेका छौं,’ उनले भने।, शर्माले उपभोक्ताको हितलाई ध्यानमा राख्दै अनुगमनलाई नियमित र जिल्लाव्यापी बनाउँदै लैजाने बताए।   , वर्षभरि सुस्ताउने अनुगमनका संयन्त्र चाडपर्व नजिकिएसँगै बजार पस्ने गर्छन्। केही दिनयता भरतपुर, नारायणगढलगायत बजारमा खाद्य अनुगमन पनि चलिरहेको छ।, ‘मेडिकल सिटी’ भरतपुरमा पोलिक्लिनिक र फार्मेसीको मनपरी, बाहिर गरेकै छैन प्रशासनले अनुगमन
विवेक राई चाडवाड नजिकिँदै गर्दा चोरी तथा लुटपाटका घटनाहरू बढिरहेका छन्।, गत सोमबारमात्र प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट चोरीमा संलग्न २०७ जनालाई पक्राउ गर्‍यो। , चाडवाडका बेला घरमा मानिसहरू नभएको मौकामा वा बढी भिडभाड हुने क्षेत्रहरूमा चोरीका गतिविधि बढी हुने गरेको प्रहरीको भनाइ छ।, चोरी र लुटपाटमा संलग्नहरूले विभिन्न कोड भाषाको समेत प्रयोग गर्ने गरेको पाइएको छ। , महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले चोरीमा संलग्नहरूले प्रहरीलाई 'ठूल्दाइ', केटालाई 'छापा', केटीलाई 'भद्री', जस्ता कोड भाषा प्रयोग गर्ने गरेको जनाए। , हरेक वर्ष प्रहरीले चाडवाड लक्षित सुरक्षा योजना कार्यान्वयन गर्दा पनि चोरीका घटना हुने गरेको छ।, यसपालि पनि यस्ता घटनाहरू मौलाएका छन्। यो अवस्थामा सर्वसाधारण पनि केही चनाखो भए चोरीका घटनामा कमी आउने देखिन्छ। , हेर्नुस् चाडवाडमा हुने चोरीबाट बच्न कस्ता कुरा ख्याल गर्ने भन्नेबारे महानगरीय प्रहरी परिसर प्रमुख सिंहसँग कुराकानी गरेर तयार पारिएको यो भिडिओः, चाडवाडका बेला हुने चोरी र लुटपाटबाट कसरी जोगिने? (भिडिओ)
निशा भण्डारी माइतीघर मण्डलमा पत्रकारहरूले प्रदर्शन गरेका छन्।, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरू र नेपाल पत्रकार महासंघले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।, लामो समयदेखि पारिश्रमिक नपाएका पत्रकारहरूले 'वृहत ऐक्यवद्धता प्रदर्शन' गरेका हुन्।, सञ्चारकर्मीहरूको श्रम अधिकारको पक्षमा वृहत् ऐक्यवद्धता प्रदर्शन पत्रकार महासंघले गरेको हो।, तस्बिरहरू:, पारिश्रमिक माग गर्दै माइतीघर मण्डलमा पत्रकारहरूको प्रदर्शन (तस्बिरहरू)
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप चार सय ४० जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन सय ४४ जना, भक्तपुरमा ३५ जना र ललितपुरमा ६१ संक्रमित थपिएका हुन्।, नेपालमा थप एक हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा १५ हजार चार सय ६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ११ हजार एक सय ६५ जनाको पिसिआर परीक्षण र चार हजार ३ सय जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १६ हजार १९४  जना सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १६० पुगेको छ।, ८९१ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। ,  , काठमाडौं उपत्यकामा थपिए चार सय ४० संक्रमित
सेतोपाटी संवाददाता नेपाली सेनाले दसैंको अवसर पारेर नि:शुल्क रूपमा आफ्ना कर्मचारीलाई यातायात तथा हवाई सेवा सुरू गरेको छ। , सेनाले असोज १८ गतेदेखि नि:शुल्क हवाई तथा यातायात सेवा सुरू गरेको हो। , जंगी अड्डाका अनुसार सेवा असोज ३० गतेसम्म जारी रहने छ। सेनाले आफ्ना सबै दर्जाका कर्मचारीलाई तथा आश्रित परिवारका लागि मात्रै यो सेवा दिनेछ। , सडक सञ्जालको पहुँच पुगेका ठाउँमा बस र नपुगेका पहाडी, हिमाली तथा दुर्गम ठाउँमा सेनाको स्काई ट्रक र एमआई-१७ हेलिकप्टरबाट पुर्‍याइने सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए।, हालसम्म ५२० जना सकलदर्जा र आश्रित परिवारलाई यातायात र हवाई उडानबाट ८६ जनालाई गन्तव्यमा पुर्‍याइएको उनले बताए।, आफ्नो फौजमा कार्यरत् र तिनका परिवारलाई कल्याणकारी सेवा सुविधा अन्तर्गत यो सेवा दिइएको उनले बताए।, सेनाले आफ्ना कर्मचारीलाई बस, स्काई ट्रक र हेलिकप्टरबाट घर पठाउन थाल्यो
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , जनसंख्या मन्त्रालयका अनुसार बुधबार एक हजार ४३ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १५ हजार चार सय ६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ११ हजार एक सय ६५ जनाको पिसिआर परीक्षण र चार हजार ३ सय जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १६ हजार १९४  जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १६० पुगेको छ।, ८९१ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , त्यस्तै काठमाडौं उपत्यकामा थप चार सय ४० जना संक्रमित थपिएका छन्। काठमाडौंमा तीन सय ४४ जना, भक्तपुरमा ३५ जना र ललितपुरमा ६१ संक्रमित थपिएका हुन्।, १५ हजार ४ सय ६५ मा कोरोना परीक्षण गर्दा १०४३ लाई संक्रमण