content
stringlengths
20
64.1k
रोहित महतो पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल' र प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध जाहेरी दर्ता भएको छ । , नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टर प्रकरणमा बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पूर्वगृहमन्त्री बादल र पूर्वआइजिपी खनालविरूद्ध जाहेरी दर्ता गरेको हो।, सर्लाही प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरका अनुसार विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेल प्रहरी इन्काउन्टरमा ५ असार २०७६ मा मारिएका थिए। यही प्रकरणमा तत्कालीन गृहमन्त्री बादल र पूर्वप्रहरी महानिरीक्षक खनाल पनि जोडिएका थिए। , ‘जाहेरी दर्ता भएको छ, अब बाँकी अनुसन्धानको प्रक्रिया अघि बढ्छ, ’ सर्लाहीका एसपी सन्तोषसिंह राठौरले सेतोपाटीसँग भने, ‘अनुसन्धान अनुसार नै प्रतिवादीलाई उपस्थित गराउने पक्राउ पुर्जी जारी गर्नेलगायत कानुन अनुसार अघि बढ्नेछ।’, पौडेल परिवार र विप्लव समूहले कुमारलाई प्रहरीले नियन्त्रणमा लिएर मारेको दाबी गर्दै उतिबेलै प्रहरीमा जाहेरी दिन खोजे पनि जाहेरी दर्ता भएको थिएन। , कुमारकी श्रीमती दुर्गादेवीले उजुरी दर्ताको माग गर्दै दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उजुरी दर्ता गरेर अनुसन्धान थाल्न असोज १२ मा आदेश दिएको थियो । , राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन गृहमन्त्री बादल र प्रहरी प्रमुख खनालको दोष देखाएको थियो।, २०७६ असार ५ गते दिउँसो पौडेलेको प्रहरीसँगको दोहोरो भिडन्तमा मृत्यु भएको भनिएको थियो। तर, पछि मानव अधिकार आयोगको छानबिन टोलीले भने विपरीत निष्कर्ष निकाल्यो। आयोगले इन्काउन्टर नभई हत्या गरिएको निष्कर्ष निकालेको थियो ।, त्यसपछि आयोगले इन्काउन्टरको निर्देशन दिने तत्कालीन आइजिपी खनालसम्मलाई कारबाहीको दायरामा ल्याउन माग पनि गरेको थियो।, अदालतको आदेशपछि पूर्वगृहमन्त्री र पूर्वआइजिपीविरूद्ध जाहेरी दर्ता
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले दसैं पर्व लक्षित गरेर १८ वर्ष माथिका सबै नागरिकका लागि ३ दिन कोभिडविरूद्धको खोप कार्यक्रम चलाउने भएको छ। , असोज २२ गतेदेखि सुरू हुने कार्यक्रम २४ गते अपरान्हसम्म सबै वडाबाट चल्नेछ। यो पहिलो डोज लिनेका लागि हो। , 'पर्वका समयमा युवाहरू धेरै सक्रिय हुन्छन्। सकेसम्म भीड नगर्नुस्। मास्क प्रयोग गर्नुस् भन्ने हाम्रो अनुरोध हो', जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले भने, 'स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ वर्ष माथिका सबैका लागि ३ दिने खोप कार्यक्रम चलाउन लागेका हौं।', कुँवरकाअनुसार खोप लिन विद्युतीय दर्ता गरेर फोटो भएको परिचय पत्रसहित खोप केन्द्र जानु पर्नेछ। , महानगरका ३२ वटा खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसूती तथगा स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लिन सकिनेछ। , vaccine.mohp.gov.np,  बाट विद्युतीय नाम दर्ता गराउन सकिन्छ।  , असोज २२ देखि काठमाडौं महानगरले पर्व लक्षित कोभिड खोप कार्यक्रम चलाउने
युनिक श्रेष्ठ काभ्रेकी १६ वर्षीया किशोरी दुई वर्षअघि एक पुरूषसँग काठमाडौं आइन्। काठमाडौंमै उनले छोरा पनि जन्माइन्। अहिले उनका छोरा ११ महिनाको भएका छन्।, उनले ओखलढुङ्गाका एक पुरूषसँग विवाह गरेकी थिइन्। एउटी साथीमार्फत् भेट भएपछि काठमाडौंमा विवाह गरेर आरूबारीमा डेरा गरी बस्न थालेका थिए। , छोरा जन्मिएपछि श्रीमान पनि एकाएक हराए। कहाँ गए, के गर्दै छन् उनलाई पनि थाहा छैन। उनलाई आफ्नो श्रीमान अर्कै केटीसँग पो गए कि भन्ने लाग्छ। सम्पर्कविहीन भएको पनि ३-४ महिना भइसक्यो। प्रहरीलाई पनि खबर गरेको उनी बताउँछिन्। , सुत्केरी भएदेखि आमाबुवा पनि काठमाडौंमै छन्। श्रीमान सम्पर्कविहीन भएपछि उनको आम्दानीको स्रोत पनि बन्द भयो। उनलाई पैसा पनि चाहिएको थियो। अनि उनले काम गर्ने कुरा बुवालाई सुनाइन्।, बुवाले अहिले नै काम नगर्न भनेका थिए। उनले जिद्दी गरेपछि बुवाले पनि काम गर्न अनुमति दिए। बुवाले चिनेका नुवाकोट घर भई काठमाडौंको मूलपानी तिवारीटोलमा बस्ने ३३ वर्षीय रामशरण गोतामेसँग सम्पर्क गरे। , ज्यामीको काम गर्न गत असोज १० गते उनी रामशरणको घर गइन्। , उनले त्यहाँ रामशरणकी श्रीमती सीतालाई भेटिन्। उनले त्यहाँ ज्यामी काम गर्न जाँदैछु भन्ने सोचेकी थिइन्। त्यहाँ उनले अरू नै काम गर्नुपर्ने भयो।, सीताले आफ्नो घरमा कोठी सञ्चालन गर्दै आएकी थिइन्। बाध्यताको फाइदा उठाएर उनलाई पनि यौनधन्दामा लगाइन्। , 'म ज्यामी काम गर्न भनेर गएकी थिएँ। सीताले तिमी ज्यामी काम गर्न सक्दिनौ, तिमी मेरो घरमा खाना पकाउने, भाँडा माझ्ने काम गर भन्नुभयो। त्यहाँ जाँदा त्यस्तो काममा लगाउनुभयो,' उनले भनिन्। , सीताको घरमा गएको पहिलो दिनदेखि नै यौनधन्दामा संलग्न गराएको उनले बताइन्। त्यहाँ उनी जस्तै अरू चार जना पनि किशोरी थिए। उनीहरूलाई पनि सीताले त्यस्तै काममा लगाएकी थिइन्। , ग्राहकबाट उनले पैसा लिएर पीडितको खातामा पाँच सय रुपैयाँ लेखिदिन्थिन्। उनीहरूको हातमा पैसा भने दिन्थिनन्। , ग्राहक आउँदा उनले आफ्नो बच्चा अर्कै पीडितलाई दिन्थिन्। , सीताले आफ्नो घरमा  दुई जना १९ वर्षका र एक जना १७ वर्षीया किशोरीलाई डेरामा राखेजसरी नै राखेकी थिइन्। प्रहरीले सुइँको नपाओस् भनेर उनले यस्तो जुक्ति लगाएकी थिइन्।, उनीहरू सबैलाई सीताले अरू नै कामको प्रलोभन दिएर यौनधन्दामा लगाएको प्रहरीसमक्ष बताएका छन्। , बाध्यतामा परेकी किशोरीलाई सीताले लगेर घरमा काम दिने भन्दै राख्थिन्। तर त्यहाँ उनीहरूलाई जबरजस्ती यौन धन्दामा लगाइन्थ्यो। , यसबारे त्यहाँका छरछिमेकले प्रहरीलाई खबर नगरेका पनि होइनन्। सिभिल लुगामा प्रहरी नै कति पटक त्यहाँ आइसकेको पनि पीडितहरू बताउँछन्। , सीताले उनीहरूलाई डेरावाल बनाएर राखेकी थिइन् भने कसैसँग यसबारे बताए मार्ने धम्कीसमेत दिएकी थिइन्। जसकारण पीडितहरू बोल्न डराउँथे। पीडितले नबोलेपछि प्रहरीले थाहा पाउन सकेन। सीता यस्तो काम गर्दिनँ भन्दा ती किशोरीहरूलाई धम्की दिन्थिन्। , 'मैले म यस्तो काम गर्दिनँ भन्दा गालीगलौज गर्ने डर, धम्की दिने गर्थ्यो। दैनिक ३ देखि ४ जनासम्म बस्नुपर्ने। कुनै दिन काम गर्दिनँ भन्दा जबरजस्ती तैंले नगरे कसले गर्छ भनेर डर देखाई बाध्य बनाएर जबरजस्ती काममा लगाउने गर्थिन्,' त्यही घरमा डेरा गर्दै बसेकी एक किशोरीले भनिन्। सोही घरमा उनकै दिदी-भिनाजु पनि बस्थे। यो घटनाबारे उनीहरूलाई थाहा नभएको उनी बताउँछिन्। , उनीजस्तै त्यहीँ घरमा बस्नेहरूलाई रासन पनि सीताले नै ल्याइदिन्थिन्। केही सामान चाहिए पनि उनैले ल्याइदिन्थिन्। तर पैसा भने दिँदैन थिइन्।, बरू धेरै खर्च गरेको भन्दै उल्टै ऋण चढाइदिने गरेको पीडितहरू बताउँछिन्। कहिलेकाहीँ धेरै नै आम्दानी भए पनि सीताले हिनामिना गर्ने गर्थिन्। , त्यसरी सीताले तीन किशोरीमाथि ५० हजार, २१ हजार र १९ हजार ऋण चढाएकी थिइन्। उनीहरूका अनुसार सीताले डेराको पनि छुट्टै पैसा काट्ने गर्थिन्। , 'चार हजार कोठा भाडा पनि काट्नुहुन्थ्यो। बत्ती र पानीको छुट्टै,' अर्की पीडित किशोरीले भनिन्।  , उनीहरूलाई कहिलेकाहीँ ग्राहकले नै बाहिर लिएर जान्थे। त्यो बेला पनि उनीहरू भाग्न सकेनन्।, यसरी बौद्ध क्षेत्रमा कोठी सञ्चालन भइरहेको छ भन्ने सूचना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले केही समय अघि पाएको थियो। , विशेष सूचनाको आधारमा प्रहरीले त्यसलाई पुष्टी गर्नतिर लागेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए। , 'हामीलाई सूचना आएको थियो। त्यहाँ बच्चाहरूलाई यस्तो-यस्तो हुन्छ भनेपछि हाम्रो टोली खटियो। त्यसलाई भरिफाई गर्‍यो,' उनले भने,'बच्चाहरू शंकास्पद रूपमा देखिएपछि दुई जनालाई नियन्त्रणमा लियौं।' , ब्युरोले त्यहाँ कोठी सञ्चालन भइरहेको भन्ने पुष्टि गरेपछि गत आइतबारको टोली त्यहाँ पुगेको उनले बताए।, प्रहरीले त्यहाँ भएका चार जना पीडितको उद्धार पनि गरेको छ। सीतालाई पक्राउ गरेको छ भने श्रीमान् रामशरण फरार छन्।, ब्युरोले उनीहरूमाथि थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्धमा बुझाएको छ। अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। , यता पीडितहरू भने माइती नेपालको संरक्षणमा छन्। उनीहरूले प्रहरी कार्यालयमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत कारबाही गर्न जाहेरी दिइसकेका छन्।, प्रहरी वृत्त बौद्धका अनुसार सीता पहिले पनि तीन महिना सुन्धारास्थित कारागारमा बसिसकेकी छन्। यही मुद्दामा उनी पक्राउ गरी जेल बसेको प्रहरीले जनाएको छ। कुन सालमा बसेकी थिइन् भन्नेबारे अनुसन्धान भइरहेको वृत्तले बतायो।  उनले बौद्धमा कहिलेदेखि सञ्चालनमा आएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। , 'अहिले हामीले उनीसँग सोधपुछ गरिसकेका छैनौं। बयान लिने काम भइनसकेको हुँदा कहिलेदेखि भन्ने ठिक समय खुलेको छैन,' प्रहरी स्रोतले भन्यो।   , नेपालमा पनि आन्तरिक मानव बेचबिखन सुरू भएको भन्दै माइती नेपालले यो घटना सार्वजनिक गरेको हो।, माइती नेपालले यो घटना बाहिरिएपछि मंगलबार पत्रकार सम्मेलन गरेको थियो।  , 'योभन्दा अगाडि कोटेश्वर, नरेफाँट क्षेत्रबाट पनि त्यसरी नै प्रहरीसँग समन्वय गरी रेस्क्यू गरेका थियौं,' माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले भने, 'आन्तरिक मानव बेचबिखन यति भयावह भयो त्यसलाई नहेरी नहुने भयो।' , यस्ता घटनामा उम्किन नसकोस् भनेर बालिकाहरूलाई दुर्व्यसनीमा फसाउने गरेको पनि उनले बताए। नेपालमा पनि बम्बई, दिल्लीका कोठीहरूमा गरिने देखिएको उनको भनाइ थियो। , पीडित किशोरीहरूलाई दसैं-तिहारमा घर फर्किन मन छ। तर कानुनी प्रक्रिया अझै नसकिएको हुँदा उनीहरूलाई घर पठाउने वा आफ्नै संरक्षणमा राख्ने टुङ्गो लागिनसकेको माइती नेपालले जनाएको छ।, पीडित किशोरीहरूले बाहिर निस्केर पार्लर, कपडा सिलाइलगायत सीपमूलकको काम गर्न जाने मन भएको बताएका छन्।त्यस्ता सीपमूलक तालिमका लागि माइती नेपालले पनि समन्वय गर्ने कार्यकारी निर्देशक खड्काले बताए। , किशोरीलाई भाडावाल भनेर बौद्धमा कोठी चलाएको आरोपमा घरबेटी पक्राउ
सेतोपाटी चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ।, भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ती मेडिकललाई कारबाही स्वरूप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको छ। , जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो डेन्टल छन्।, उपभोक्ता संरक्षण विभागले तोकेको बजार निरीक्षण अधिकृत सहायक प्रमुख जिल्ला अधिकारीले ती संस्थालाई कारबाही गरेका हुन्।, सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माका अनुसार नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई रु तीन/तीन लाख जरिवाना गरिएको छ।, मिराकल फर्मालाई रु दुई लाख ५० हजार, रिजन फार्मेसीलाई रु २० हजार र अपोलो डेन्टल क्लिनिकलाई रु पाँच हजार जरिवाना तोकिएको उनले जानकारी दिए।, मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखि एकै ठाउँमा राखेको, अनुमति नलिई सञ्चालन गरेकोलगायत कारण उनीहरूलाई कारबाही गरिएको शर्माले बताए। चाडपर्वको समयमा स्थानीय प्रशासनले अनुगमनलाई तीव्र पारेको छ।  ,रासस, चितवनमा ६ मेडिकललाई कारबाही
सेतोपाटी भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच समन्वय हुनुपर्नेमा जोड दिइएको छ।, प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुनर्निर्माणसम्बन्धी काम हस्तान्तरण भएका मन्त्रालय एवं निकायबीच तोकिएको काम समयमै सम्पन्न गर्नेबारे छलफल भएको हो।, समितिका सभापति कल्याणीकुमारी खड्काले बाँकी पुनर्निर्माणका काम अगाडि बढाउने क्रममा समन्वयको समस्या नआओस् भनी सबै निकायबीच संयुक्त छलफलको आयोजना गरिएको बताइन्।, उनले समयमै काम सम्पन्न गर्न पर्याप्त स्रोत र जनशक्ति परिचालन गर्न मन्त्रालयलाई निर्देशन दिइन्।, सांसद गणेशकुमार पहाडीले विगतमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट सम्पन्न हुन बाँकी रहेका कतिपय काम अझै पनि सम्पन्न हुन नसकेका दृष्टान्त राख्दै पुनर्निर्माणका बाँकी काम त्यस्तो हुन नदिन मन्त्रालयको ध्यानाकर्षण गराए।, यस्तै, सांसद केदार सिग्देलले कुनै निश्चित कार्यभार तोकिएको समयमा पूरा गरेर हस्तान्तरण गर्नु सकारात्मक भएको उल्लेख गर्दै नेपालीले पनि थोरै स्रोतमा धेरै काम गर्न सक्छन् भन्ने सन्देश गएको बताए।, सांसद आशाकुमारी विकले मन्त्रालयले प्राविधिक करारमा राख्दा पुनर्निर्माणमा संलग्न भएर उत्कृष्ट कार्य गरेकालाई प्राथमिकता दिन सुझाव दिइन्।, सांसद यज्ञराज सुनुवारले रहरलाग्दा भौतिक संरचना बनेको उल्लेख गर्दै गुम्बा पुनर्निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए।, सांसद गजेन्द्रबहादुर महतले स्थानीय तहमा हस्तान्तरणको प्रक्रियाबारे प्रष्ट हुनुपर्ने बताए।, सांसद राजेन्द्रकुमार राईले हस्तान्तरण भएर आएका कामको उत्कृष्ट पुनर्निर्माण गरेर स्याबासी प्राप्त गर्ने अवसर मन्त्रालयलाई आएको बताए।, अन्तर मन्त्रालय तथा निकायबीच चुस्त समन्वय हुनुपर्नेमा सांसद विनाकुमारी श्रेष्ठले जोड दिइन्।   ,  , प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गत भदौ ९ गतेको निर्देशक समितिले निर्देशित गरेअनुसार पुनर्निर्माणलाई अगाडि बढाउनुपर्ने बताए।, हस्तान्तरणका क्रममा संगठनात्मक संरचना, जनशक्ति एवं आवश्यक बजेटको प्रष्ट व्यवस्था गरिएको उनको भनाइ थियो।, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले यसबीचमा पुनर्निर्माण प्राधिकरणसँग निकट समन्वयमा काम हुँदै आएको जानकारी दिँदै त्यसबाट पुनर्निर्माण प्राधिकरणको कार्यकालपछि हस्तान्तरण भएर आउने काम सञ्चालन गर्ने आधार बनेको बताए।, छलफलमा अर्थ सचिव मधुकुमार मरासिनीले प्रतिस्थापन विधेयकमार्फत् पुनर्निर्माणको बजेट रु चार अर्बले बढाइएको जानकारी दिँदै विगत वर्षजस्तै पुनर्निर्माणका बाँकी कामलाई पनि प्राथमिकता दिइएको बताए। , शिक्षा सचिव रामप्रसाद थपलिया, संघीय मामिला तथा सामान्य प्रशासन सचिव एकनारायण अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला, सहरी विकास सचिव डा रमेशप्रसाद सिंहले हस्तान्तरण भएर आएका काम प्राधिकरण सहितका निकायसँगको समन्वयमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे।  , शिक्षा मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक रामशरण सापकोटा, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठा, सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन) का आयोजना उपनिर्देशक कोषनाथ अधिकारीले हस्तान्तरण भएर आएका कामको विवरण, तिनलाई कार्यान्वयन गर्ने योजना, बजेट तथा जनशक्ति व्यवस्थापन लगायतका विषयबारे जानकारी दिँदै पुनर्निर्माणका कामलाई प्राथमिकता दिइने प्रतिबद्धता जनाए।, छलफलमा पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारी, विभिन्न मन्त्रालयका सहसचिव लगायतका अधिकारीले समयमै पुनर्निर्माणका काम सम्पन्न हुने आशा व्यक्त गरे। ,रासस, भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम समन्वयमा गरिने
एजेन्सी नेपाली समयअनुसार सोमबार राति संसारभरि विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक चलाउन पाएनन्। फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले काम गर्न छोडेका थिए।, यो क्रम लगभग छ घन्टा चल्यो।  झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट/एपले काम गर्न थालेको जनाएको छ।, फेसबुकसहितका साइट बन्द भएर फेरि सुरू हुँदासम्म फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएका छन्।, ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ।, सेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका छन्। यसअघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई पछि पारेका छन्।  , यसअघि सेप्टेम्बर १३ मा अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले फेसबुकको प्रणालीमा समस्या रहेको स्टोरीहरू प्रकाशित गरेको थियो।, सोमबार फेसबुकमा समस्या नै देखिएपछि यो विषयले अमेरिकी सरकारी अधिकारीको ध्यान तानेको छ।, केही घन्टा फेसबुक बन्द हुँदा जुकरबर्गले गुमाए ६ अर्ब बढी डलर
सेतोपाटी संवाददाता झाडापखालाबाट कपिलवस्तुको कृष्णनगरमा तीन जनाको मृत्यु भएको छ। कृष्णनगर नगरपालिकाका तीन वटा वडामा सोमबारदेखि झाडापखालाको प्रकोप फैलिएको हो।, नगरका वडा नं. ७, ८ र ९ मा सोमबार रातिदेखि झाडापखाला र बान्ताको समस्या लिएर अस्पताल जानेहरूको संख्या १ सयभन्दा बढी रहेको वडा नं. ९ का अध्यक्ष राममिलन कुर्मीले जानकारी दिए।, झाडापखाला र बान्ता भएर स्थानीय शिवराज अस्पताल बहादुरगन्जमा पुगेका बिरामीको बेड अभाव भएपछि बाहिरै राखेर उपचार गरिएको छ। वडा अध्यक्ष कुर्मीका अनुसार झाडापखालाबाट वडा नं. ९ का ५ वर्षीय राज काश्यप, वडा नं. ८ का ४० वर्षीय रामप्रसाद केवट र वडा नं. ७ का एक वृद्धको मृत्यु भएको छ।, अहिले एकसय भन्दा बढी बिरामीको बहादुरगञ्जमै उपचार भइरहेको कुर्मीले जानकारी दिए। अस्पतालका चिकित्सक मुकेश चौधरीका अनुसार सिकिस्त भएका ७ जनालाई थप उपचारको लागि अन्यत्र पठाइएको छ।, नगरपालिकाको बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी बढी देखिएका छन्। एक सयभन्दा बढी बिरामी अस्पतालमा भर्ना भएको र त्यत्तिकै संख्यामा सामान्य अवस्थाका बिरामी गाउँमा रहेको वडा अध्यक्ष कुर्मीले बताए।, बिरामी बढ्दै जाँदा अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि स्थानीय क्लिनिकमा पनि बिरामीको उपचार भइरहेको नगरपालिकाका प्रमुख रजतप्रताप शाहले जानकारी दिए। शाहले बिरामीहरूको संख्या बढ्दै जान थालेपछि थप लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको र स्वास्थ्यकर्मीको टोली पठाउन आग्रह गरेको बताए।, झाडापखाला के कारण फैलिएको हो भन्ने एकिन कारण पत्ता लागिनसके पनि वर्षायाममा दूषित पानीको कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन्। १५/२० फुट जमिनको सतहमै गाडिएको चापाकलबाट निकालिएको पानीबाट झाडापखाला फैलिएको हुनसक्ने वडा अध्यक्ष कुर्मीले बताए। चापाकलबाट पानी निकालिए पनि त्यसको वरिपरि फोहोर पानी जम्मा हुने र त्यही पानी सोसिएर पुन: चापाकलबाट तानेर निकाल्ने गर्दा पानी दूषित भएको हुनसक्ने उनले बताए। झाडापखाला फैलिएको गाउँमा अधिकांश घरका धेरै सदस्य बिरामी परेका छन्।, कपिलवस्तुमा झाडापखालाले तीन जनाको मृत्यु, दुई सय बढी बिरामी
सेतोपाटी जुम्लाको हिमा गाउँपालिका-२ स्थित भेडा गोठमा आगलाागी हुँदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन्।, स्थानीयबासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठासहित लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएको जानकारी दिए। , चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकायासहित १२ जनाका पाठा थिए।, किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष  माग समेत गरे।,रासस, , जुम्लामा २५ भेडाका पाठा जले
सेतोपाटी संवाददाता दक्षिणकाली नगरपालिकास्थित फर्पिङमा परापूर्वकालदेखि मनाइने हरिशङ्कर जात्रा अन्तर्गत खट घुमाउने कार्यक्रम सम्पन्न गरिएको छ। सो जात्रामा नेपालमै सबैभन्दा ठूलो खट बोकिने जनाइएको छ। , भाद्र शुक्ल पूर्णिमादेखि १२ दिनसम्म फर्पिङ क्षेत्रका पुरातात्विक, सांस्कृतिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण स्थानमा खट यात्रा गरी  सो जात्रा मनाइने परम्परा रहि आएको छ। यात्राको समाप्ति आश्विन शुक्लप्रतिपदाका दिन गोपालेश्वरको यात्रा गर्ने मूर्तिलाई मन्दिरबाट देवताको घर (आगमछेँ) मा ल्याएर राखेपछि हुन्छ।, यस वर्ष यो कार्यक्रम यही असोज २१ गते बिहीबार गरिने जात्रा व्यवस्थापन समितिले जनाएको छ। गत वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलने डरले क्षमा पूजा गरी स्थगित गरिएको जात्रा यस वर्ष भने भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सम्पन्न गरिएको दक्षिणकाली नगरपालिकाका उपप्रमुख वसन्ती डङ्गोल तामाङले जानकारी दिए।, यो यात्रामा शिखरनारायणलाई हरि र गोपालेश्वरलाई शङ्करका रुपमा मानिन्छ । फर्पिङवासीका अनुसार यहाँको हरिशङ्कर यात्रा एवं भक्तपुरको विस्केट जात्राका विषयमा मृत्युपश्चात् यमराजले पनि प्रश्न गर्छन् भन्ने विश्वास लिइन्छ । यसैले यी दुवै यात्रा हेर्नै पर्ने मान्यता पनि यहाँ छ। भाद्र शुक्ल पूर्णिमाका दिन विधिवत् शुरु गरिने जात्राको विधिविधान भने भाद्र शुक्ल प्रतिपदाकै दिनदेखि शुरु हुने गरेको छ ।, यात्रामा शिखरेश्वर, गोपालेश्वर, नन्दिकेश्वर, अघोरेश्वर, कनकेश्वर, तिलविक्रमेश्वर र सिद्धिगणेश्वरका सात वटा खट बोकिन्छ । सबै खटमा सम्बद्ध देवताका मुखलिङ्ग शैलीका मूर्तिहरु स्थापना गरिएको हुन्छ। यो यात्रामा बोकिने खट नेपालका खटयात्रामध्येमा सबैभन्दा ठूला हुने गरेको छ।, यो यात्राको एउटा खट बोक्न कम्तीमा पनि ५० जना मानिस चाहिन्छ ।  हरिवंश पुराणमा विष्णु र शिवलाई एउटै स्वरुप मानिएकाले यो यात्रा चलाउने गरिएको यहाँका वृद्धा बताउँछन् । फर्पिङको हरिशङ्कर यात्रा वाणासुरका पालादेखि शुरु भएको विश्वास गरिन्छ । वाणासुरले चलाएको यात्रा भएकाले यसमा आर्य र अनार्यबीचको समन्वय समेत रहेको स्थानीयवासीको भनाइ छ । जात्रासँग सम्बन्धित सात वटै मन्दिरमा क्षमापूजा गरिएको फर्पिङ जात्रा पर्व व्यवस्थापन समितिले जनाएको छ ।, गत वर्ष महामारीका कारण बन्दाबन्दीका कारण गर्न नसकिएको जात्रा भएपछि यस वर्ष दक्षिणकाली नगर क्षेत्रमा रौनकता बढेको छ । जात्राका माध्यमबाट यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने गरी प्रचारप्रसार गर्न लागिएको नगरपालिकाले जनाएको छ ।, सबै तस्बिरहरू- देबेन्द्र बस्न्यात, फर्पिङको हरिशङ्कर जात्राः खट घुमाउने कार्यक्रम सकियो
सेतोपाटी सोमबार भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकनका क्रममा बिरामीको अत्यधिक चाप तर ठाउँ अभावले अस्तव्यस्त दृश्य र चुलिएको समस्या देखेर स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको मन चस्स भयो। , भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले कोभिड-१९ का कारण बढ्दो बिरामी थेग्न बनाइएको अस्थायी संरचनादेखि रेक्टोफिटिङ हुँदै गरेको आकस्मिक कक्ष, नयाँ बन्दै गरेको भवन, कोभिड ब्लक, नयाँ आइसियुदेखि अस्पतालको समग्र अवस्थाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराए। , अस्पतालले कोभिड महामारीमा गरेको काम, विस्तार गरेको सेवा, ल्याब, एक्स–रेको अवस्था, कार्य मूल्यांकनमा ३८ प्रतिशतमा रहेको अस्पताललाई अहिले ८३ प्रतिशतमा पुर्‍याएर बागमती प्रदेशकै उत्कृष्ट अस्पतालको पुरस्कार पाउन सफल रहेको मन्त्री श्रेष्ठलाई उनले जानकारी गराए। , मेसु डा गौतमले कोभिडको तेस्रो लहरको तयारीस्वरूप अस्पतालले तयार पारेको ठूला बिरामीका लागि १६, भर्खर जन्मेका बच्चाका लागि १० र १८ वर्षमुनिका बिरामीका लागि १० गरी कूल ३६ शय्याको आइसियु, दैनिक एक हजार ५०० किलोलिटर लिक्विड अक्सिजन उत्पादन गर्नसक्ने अक्सिजन प्लान्ट, अक्सिजन ग्यास उत्पादन गर्ने प्लान्ट देखाउँदै भक्तपुरका अस्पताललाई पुग्ने अक्सिजन उत्पादनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए। , राज्यमन्त्री श्रेष्ठसमक्ष अस्पतालले थोरै रकममा पनि धेरै उपलब्धि हासिल गर्दै कवाडी थुपारिएको ठाउँमा बिरामी राख्ने शय्यादेखि प्रशासनीक भवन र सभा हल बनाएको जानकारी गराउँदै जनशक्ति अभावले समस्या आएको गुनासो सुनाए। , भक्तपुर अस्पतालको अवस्था प्रत्यक्ष नियालेका राज्यमन्त्री श्रेष्ठले ११८ वर्षको इतिहास बोकेको भक्तपुर अस्पतालले २०० शय्या सञ्चालनको लक्ष्य लिइरहँदा ठाउँ अभावले समस्या पारेको बताए।, भक्तपुर अस्पतालको क्षेत्रमा भक्तपुर क्यान्सर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रसमेत सञ्चालन गर्नु पर्दा ठाउँको अभाव झेल्नु परेको भन्दै उनले अस्पतालको सेवा विस्तारका क्रममा आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्था सरकारको दायित्वमा रहने बताए।, यहाँको सहरको यो मुख्य अस्पताल भएकाले गुणस्तरीय सेवाबाट माथि जानुपर्नेमा जोड दिँदै अस्पतालको स्तरोन्नति गर्नुपर्ने र अस्तव्यस्त भने देखिन नहुने औंल्याए।, कुनै पनि बिरामीको पहिलो गन्तव्य सरकारी अस्पताल हुनुपर्छ भन्दै उनले उपचारका लागि आएका बिरामीको त्यहाँ उपचार हुन नसके जिल्ला अस्पताल, प्रदेश अस्पताल, संघका अस्पताल, त्यसपछि मेडिकल कलेज हुँदै त्यहाँ पनि उपचार हुन नसके अन्तिममा मात्रै निजी अस्पतालमा रिफर गर्ने गरी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड थियो।, राज्यमन्त्री श्रेष्ठले भने, 'इमरजेन्सी अस्पतालको गहना हो, त्यसको सेवालाई २० प्रतिशत बढाउँदै जानुपर्छ, इमरजेन्सी यस्तो होस् कि बिरामी आएपछि अब म बाँच्छु भन्ने परोस्, बिरामीको भीड भएकाले अस्पतालको सेवालाई रातो, हरियो, पहेँलो, नीलो गरेर चारवटा क्लष्टरमा विभाजन गरेर सेवा दिनुपर्छ।’, अस्पताल आफैं आत्मनिर्भर हुने र गुणस्तरीय सेवा दिनेमा अग्रसर हुनुपर्नेमा जोड दिँदै उनले बीमा सेवालाई विस्तार गर्ने र पेइङ क्लिनिक सञ्चालन गर्नुपर्नेमा जोड दिए। , 'सरकारले अब सरकारी अस्पतालमा एक अस्पताल, एक चिकित्सकको अवधारणा अगाडि सारेको छ, सरकारी अस्पतालमा काम गर्ने चिकित्सक पैसाका लागि निजी क्लिनिकमा जानु नपर्ने गरी सेवा सञ्चालन गर्नु आवश्यक छ,' राज्यमन्त्री श्रेष्ठले भने, 'स्वास्थ्य बीमा गरेका बिरामीलाई प्रभावकारी र गुणस्तरीय सेवा दिने अनि पैसा तिर्न सक्ने बिरामीहरूका लागि ३ बजेपछि शुल्क लिएर सुविधासम्पन्न सेवा दिनुस्, चिकित्सकलाई त्यहीँबाट थप रकम दिनुस्, पैसाका लागि चिकित्सकलाई क्लिनिक धाउनै पर्दैन, बिरामीलाई निजी अस्पताल जानै पर्दैन, यो अवधारणामा अब जानुपर्छ।', भक्तपुर अस्पतालको संरचना निर्माणदेखि सेवा विस्तारसम्मका लागि गुरूयोजना बनाएर ल्याउन निर्देशन दिँदै मन्त्री श्रेष्ठले सोच र योजना ठूलो राखेर अगाडि बढ्दै सबै कर्मचारीले यो मेरो हो भन्ने भावनाले काम गरेमा बजेटको अभाव हुन नदिने बताए।बीमाले गरिब जनताले निःशुल्क उपचार पाएका छन् भन्दै उनले प्राविधिक कारणले रोकिएका बीमाको पैसा दसैंअगाडि नै पठाउने र अब बीमाको पैसा नरोकिने गरी व्यवस्था गरिने बताए।, सरूवाको सन्दर्भ कोट्याउँदै अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई उनले भने, 'राम्रा काम गर्ने अस्पतालका प्रमुखको सरूवा हुँदैनन्, नराम्रो काम गर्ने र अस्पतालमा राजनीति धेरै गर्नेको मात्रै सरूवा हुन्छ, तपाईंको सरूवा हुँदैन ढुक्क भएर काम गर्नुस्।', अस्पताल विकास समिति र प्रतिष्ठान लथालिंग रहेको भन्दै उनले सरकारी अस्पतालमा विकास समितिको ऐन बनाउन जरूरी रहेको औंल्याए।, अहिले ७५३ स्थानीय तहमा अस्पताल खोल्ने तर दरबन्दी अभावले समस्या पार्ने औंल्याउँदै उनले तत्कालै २० हजार दरबन्दी आवश्यक रहेको बताए। ,रासस, राज्यमन्त्री श्रेष्ठ एकै दिन तीन अस्पताल पुगेपछि...
राजु अधिकारी साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको  सजाय सुनाएको छ।, मंगलबार न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई जन्मकैदको सजाय सुनाएको हो।     , साढे ३३ किलोग्राम सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा २०७४  फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको यो घटनाबारे बहस सुरू भएको थियो। , जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको बहस भएको थियो।, मोरङ उर्लाबारीका सनम शाक्य हत्या र साढे ३३ किलो सुन हराएको विषयमा अनुसन्धान गर्ने क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी मुद्दाको सुनुवाइ न्यायाधीश  लम्सालको इजलास भएको थियो।, उक्त मुद्दामा बेनु श्रेष्ठसमेत ६३ जना, रेवत भन्ने रेवन्तकुमार आचार्य, सम्बिर प्रेतोलोङसमेत २ जना तथा सञ्जय खेतान भन्ने प्रभात अग्रवाललाई विपक्षी बनाइएको छ। , उक्त मुद्दामा सनम शाक्यका दाजु सञ्जिव शाक्यको जाहेरीमा सरकारी वकिल कार्यालय पक्ष रहेको छ।, सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४ सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रूपमा आयात गरिएको दाबी गरिएको छ। , सुन तस्करी मुद्दाका प्रतिवादीमध्ये २२ जना अझै फरार छन्। प्रहरीले पक्राउ गरेका र अदालतमा आफैं हाजिर भएका ५५ जना मध्ये अधिकांश धरौटीमा छुटेका छन्।, को हुन् गोल्ड डन भनिने गोरे, मोरङको उर्लाबारीका गोरेलाई नेपालमा हुने सुन तस्करीको डन अर्थात् ‘गोल्ड डन’ पनि भनिन्छ। नेता, व्यापारी र प्रहरी उच्च अधिकारीसँगको सम्बन्धका आडमा उनले सुन तस्करी गरिरहेका थिए।, मध्यम वर्गीय परिवारमा जन्मिएका गोरेका बाबु नेपाल प्रहरीका सहायक निरीक्षक थिए।, सुन तस्करीमा लाग्नुभन्दा पहिला उनी दुबई प्रहरीमा जागिरे थिए। त्यही क्रममा दुबईका सुन माफियासँग उनको सम्बन्ध गाँसियो।, केही समयपछि गोरे नेपाल फर्किए।, उच्च तहका नेतासँग हिमचिम बढाउन थाले। उनले प्रभावमा पार्नकै लागि मान्छे हेरेर महंगा उपहार दिए।, स्थानीय तह र संसदीय चुनावका बेला राजनीतिक दलका उम्मेदवारहरूलाई सहयोग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।  स्थानीय चुनावमा उनले केही नेतालाई गाडी पनि किनिदिएको थिए।, लामो समयदेखि अवैध सुनको कारोबार गर्दै आएका उनी त्यही सम्बन्धका आडमा उम्किँदै  पनि आएका थिए।, ०७३ पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बरामद गरेको ३३ किलो अवैध सुनका मालिक गोरे नै भएको भरिया र अन्य अभियुक्तले बयान दिएका थिए। उच्च पहुँचकै भरमा त्यतिबेला गोरेको ठाँउमा अन्य केही व्यक्तिलाई कारबाही गरेर उनलाई उम्काइएको स्रोतको दाबी छ।, सिआइबीले सुन तस्करीमा संलग्न ३३ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा दुई मुद्दा दायर गरेको थियो। मुद्दामा १५ करोड ४० लाख चार हजार आठ सय ८ रुपैंया २६ पैसा र तिर्नुपर्ने भन्सार महसुल र एक करोड ४२ लाख ८३ हजार आठ सय ९२ रुपैंया ४० पैसा गरी कूल १६ करोड ८२ लाख ८८ हजार सात सय रुपैंया ६६ पैसा बराबरको बिगो बमोजिम जरिवाना र बिगो जफतको दाबी माग गरिएको थियो।, उनी खुलमखुला काठमाडौंमा हिँडिरहेका थिए प्रहरीले भने सो मुद्दामा गोरेलाई फरार भनेको थियो।, स्रोतका अनुसार त्यतिबेला गोरेकै डिजाइनमा पक्राउ परेका भरियासँग कनेक्सन भएका मानिसलाई पनि मुछियो।, ‘गोरेले जसको नाम दिए उनैलाई मुख्य अभियुक्त बनाइयो जसको भरियासँगै अन्य कारणले टेलिफोन कनेक्सन थियो, सुनसँग थिएन,’ स्रोतले भन्यो।, तस्करीको सुनको मालिक भनेर पोलेका गोरे पहुँचकै भरमा सामान्य कारबाहीबाट उम्केपछि उनको मनोबल बढ्यो। अवैध सुन नेपाल भित्र्याउने क्रम झनै बढ्यो।, फागुन पहिलो साता विमानस्थल हुँदै भित्रिएको ३३ किलो सुन हराएपछि गोरेले सुन लुकाएको आशंकामा आफ्ना मुख्य सहयोगी शाक्यलाई गौरीघाटबाट उठाएर सप्तरी लगेर यातना दिएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।, हत्यापछि गोरेले नै प्रहरीलाई फोन गरेर घटना मिलाउन भन्दै मद्दत मागेका थिए। उनको मद्दतलाई स्वीकार गरी महानगरीय प्रहरी महाशाखाको टोली सुनसरी पुगेको थियो।, सुनसरीमा शव फेला पारे पनि महाशाखाको टोलीले मोरङमा लगेर शवको बरामदी मुचुल्का बनाएको स्रोतले बतायो।, प्रहरीकै सूचनाका आधारमा गोरे भागेर भारत पुगेका थिए।, ३३ किलो सुन काण्डमा गोरेलाई जन्मकैदको सजाय
राजु अधिकारी सुन तस्करी तथा मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’सहित उनका समूहका आठ जना दोषी ठहरिएका छन्।, मंगलबार  जिल्ला अदालत मोरङले आठ जनालाई दोषी ठहर गर्दा ४८ जनालाई सफाइ दिएको छ।, अदालतले गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाएको स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए।, मुद्दाका प्रतिवादीहरुमध्ये भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदन घिमिरेलाई छ महिना कैद सजायको फैसला भएको स्रेस्तेदार  राणाले बताए। मुद्दामा दोषी ठहर भएकाहरू गोरे समूहका सहयोगी र उनका सवारी चालकहरू हुन्।, नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डिएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायतले सफाइ पाएका छन्।, यो पनि पढ्नुस्:, ३३ किलो सुन काण्डमा गोरेलाई जन्मकैदको सजाय, ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा ८ जना दोषी, पूर्वडिआइजीसहित ४८ जनालाई सफाइ
सेतोपाटी संवाददाता सल्यानमा मृत फेला परेकी महिलाको मृत्यु जेसिबीको ठक्करबाट हुन पुगेको अनसुन्धानबाट देखिएको छ। , बागचौर नगरपालिका २ गैरीकी ५४ वर्षीया  रामकली खत्री आइतबार बाटोमा मृत फेला परेकी थिइन्। , खत्री शनिबार साँझ साढे ५ बजेतिर घरदेखि माइती घर जान भनेर हिँडेकी थिइन्। उनको  शव आइतबार बेलुका साढे ७ बजेतिर बीच बाटोमै फेला परेको थियो।, प्रारम्भिक अनुसन्धानबाट खत्रीको मृत्यु जेसिबीको ठक्करबाट हुन गएको सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताए। , ‘चालकले अग्लो घाँस हुनु र साँझ परेको हुँदा आफूले बाटोमा हिँड्दै गरेकी ती महिलालाई देखिन भन्ने कुरा गर्नुभयो,’ डिएसपी थापाले भने।  , उक्त दिन जेसिबीले बाटो मर्मतको काम गरिरहेको हुँदा अरू कुनै पनि सवारी साधन सञ्चालन नभएको प्रहरीले यसअघि नै बताएको थियो।, 'मृतकको शरीरको घाउ खत नियाल्दा पहिला गाडीले किचेको जस्तै थियो,’ डिएसपी थापाले भने ‘पोष्टमार्टम रिपोर्टले खत्रीको मृत्यु गाडीले किचेरै भएको देखाएको छ।’, यसैबीच प्रहरीले मंगलबार जेसिबी चालक बागचौर ३ का २६ वर्षीय बिष्णु डाँगीलाई म्याद थपको लागि पठाएको जानकारी दिएको छ। , यसअघि प्रहरीले घटना अनुसन्धानका लागि भनेर जेसिबी चालक, सहचालक र साहुलाई नियन्त्रण गरी अनुसन्धान गरेको थियो। , शनिबार बेलुका खत्री माइतीमा जान भनेर घरबाट हिँडेकी थिइन्। प्रहरीका अनुसार खत्रीको घर र माइती घरको दूरी झन्डै तीन किलोमिटर जति टाढा पर्छ। खत्री भने बीच बाटोमा मृत फेला परेकी थिइन्। , घटना अनुसन्धानका लागि सल्यान प्रहरीले बाँकेबाट तालिम प्राप्त कुकुर पनि ल्याएको थियो। डिएसपी थापाले कुकुरले पनि घटना अनुसन्धानमा धेरै सघाएको बताए।, यो पनि:,  , सल्यानमा मृत भेटिएकी महिलाको जेसिबीको ठक्करबाट मृत्यु भएको प्रहरीको निष्कर्ष
ध्रुवसागर शर्मा कालीगण्डकीको प्राकृतिक स्वरूप पछिल्ला केही वर्षयता नासिँदै गएको छ। शालिग्राम पाइने एकमात्र बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्ड सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, गेगर र सडककै कारण बर्सेनि बाढीपहिरोले यसको मौलिकस्वरुपमा परिवर्तन ल्याएको वातावरण संरक्षणकर्मीले बताएका छन्।, हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साघुरो भएकाले विस्तार गर्ने नाउँमा त्यहाँको ढुङ्गा र गेगर कालीगण्डकीमा खसाल्ने गरिएको छ।, यहाँ सामान्य वर्षा हुँनासाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्नाका साथै बाटोसमेत बगाएर कालीगण्डकीमा मिसिने गरेको छ। सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर र बाँदरजुङगे भीरमा बर्सेनि ठूलाठूला पहिरो जाँदा कालीगण्डकीको जलचक्र प्रणाली नै परिवर्तन हुने गरेको अन्नपूर्ण गाउँपालिका– ५ का रमेश पुन बताउँछन्। , वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने र त्यो पहिरो कालीगण्डकी नदीमा मिसिने हुँदा खोँचयुक्त कालीगण्डकी पुरिँदै र साँघुरिँदै जान थालेको जानकारहरु बताउँछन्।, डोजर र स्काभेटरले जथाभाबी उत्खनन गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खल्बलिँदै गएको छ। बालुवा, ढुङ्गालगायत पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नाका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएकाले नदीको जलचक्र प्रणाली नै खल्बलिएको वतावरणविद्हरुले बताउँदै आएका छन्। , सर्वोच्च अदालतले गत साउनमा नदी उत्खनन, फोहर विसर्जन नगर्न अन्तरिम आदेश जारी गरे पनि चोरी निकासी भने अझै रोकिएको छैन। पछिल्लो समय मानवीय अतिक्रमणका कारण सङ्कुचित हुँदैगएको पवित्र कालीगण्डकी बचाउनका लागि युवा अभियानकर्मीले पोस्टर आन्दोलन तथा कविता शृङ्खला ‘नदी सप्तक’ अभियानसमेत गर्दै आएका छन्।, यति हुँदा पनि राज्यले प्रभावकारी कदम चाल्न नसक्दा नदीको दोहन, उत्खनन, अतिक्रमण र दुर्लभ शिला शालिग्रामका साथै नदीजन्य पदार्थको चोरी निकासी भने रोकिएको छैन। जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्कटसमेत बढ्न सक्ने बताइएको छ। , नदीले मौलिक धार परिवर्तन गर्दा बाढीपहिरोका कारण तटीय बस्ती जेखिममा पर्दै जान थालेका छन्। नदी साविकको भन्दा गहिरो र साँघुरो बन्दै गएको दानाका व्यवसायी ईन्द्रमान शेरचन बताउँछन्। उनका अनुसार जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढीपहिरो र नदी कटानको जोखिम उच्चरुपमा बढ्दै गएको छ।, नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्न र नगराउन सर्वोच्च अदालतले गत साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नाममा  अन्तरिम आदेश जारी गरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका सो आदेश जारी गरेको हो। , नदीको सौन्दर्यलाई क्षयीकरण हुन नदिन युवाको समूहले पोस्टर आन्दोलन कविता शृङ्खला ‘नदी सप्तक’ अभियान पनि गर्दै आएको छ। उक्त अभियानले कालीगण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रुपमा विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दै आएको छ।, अभियान कालीगण्डकी नदीमाथि भइरहको अवैध दोहन विरुद्ध लक्षित छ। राष्ट्रकवि स्व माधवप्रसाद घिमिरेले विसं २०१५ मा लेखेको कविता ‘कालीगण्डकी’बाट ‘नदी सप्तक’ कवितालाई आधार बनाएर  शङ्खला सुरुआत गरिएको अभियानका अगुवा आरके अदिप्त गिरीले बताए। ,रासस, कालीगण्डकीको प्राकृतिकस्वरूप नासिँदै
एजेन्सी यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन देशका वैज्ञानिकलाई दिइएको छ।, अमेरिकाका स्युकुरो मानाबे, जर्मनीका क्लाउस हासलमान र इटालीका जिओरजिओ पारिसीलाई पृथ्वीको जलवायु र मानवीय क्रियाकलापले त्यसलाई कसरी प्रभावित पार्छन् भन्नेबारेको अध्ययनका लागि नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको न्युयोर्क टाइम्सको समाचारमा उल्लेख गरिएको छ।, उनीहरूको अध्ययनले पृथ्वीको जलवायु कसरी परिवर्तन भइरहेको छ र त्यसमा मानवीय क्रियाकलापले पार्ने प्रभाव बुझ्न सघाउँछ।, कमिटीले कोरोनाभाइरसको महामारीका कारण यसवर्षका नोबेल विजेताहरूलाई सम्बन्धित देशहरूबाटै पुरस्कार प्रदान गर्ने योजना बनाएको छ।  , जलवायु परिवर्तनबारे अध्ययन गर्ने तीन देशका वैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार
सेतोपाटी संवाददाता ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणमा जोडिएका सबै प्रहरीहरूले सफाइ पाएका छन्।, मंगलबार जिल्ला अदालत मोरङले सुन प्रकरणमा जोडिएका सबै प्रहरीहरूलाई सफाइ दिएको हो। , सफाइ पाउनेमा डिआइजी दिवेश लोहनी, पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, पूर्वएसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, प्रहरी उपरीक्षक प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र विष्णु थापा छन्। , उनीहरू सबैले सफाइ पाएको जिल्ला अदालत मोरङका स्रेस्तेदार टेकेन्द्र वीरजंग राणाले बताए।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन गायब भएपछि अपराध महाशाखाका तत्कालीन एसएसपी लोहनी, तत्कालीन डिएसपी केसी र सई सञ्जेलले खोजी थालेका थिए। , त्यसक्रममा भरिया सनम शाक्यको हत्यापछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले त्यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको ३३ किलो सुनको अनुसन्धान गरेको थियो। , अनुसन्धानमा तत्कालीन अवस्थामा त्रिभुवन विमानस्थलमा रहेका डिआइजी निरौला, खत्रीसहितका अन्य प्रहरीलाई प्रतिवादी बनाइएको थियो।, ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरण: डिआइजी लोहनीसहित सबै प्रहरीले पाए सफाइ
खिलानाथ ढकाल २०४७ सालको परिवर्तनपछि नेपालमा सहकारी संस्थाको अवधारणा आयो। त्यसअघि एकआपसमा ऐंचो-पैंचो, सापटी वा ढुकुटीजस्ता माध्यमबाट मानिसहरू आफ्नो आर्थिक समस्या टार्थे।, पहिलो जनआन्दोलनपछि सत्तामा उक्लिएको कांग्रेसले निजीकरण र सहकारी सँगसँगै अघि बढायो।, २०५१ सालमा तत्कालीन नेकपा एमालेले ‘गाउँ-गाउँमा सहकारी, घर-घरमा रोजगारी’ भन्ने नारा अघि बढाएपछि सहकारी संस्था खुल्ने क्रम बढ्यो।, सहकारीमा उदारता आएपछि पुर्ख्यौली घर ओखलढुंगा भएका इच्छाराज तामाङले काठमाडौंमा सिभिल बचत तथा ऋण सहकारी संस्था खोलेका थिए।, पुल्चोक इन्जिनियरिङ कलेज पढ्दा र पढाउँदाका साथीभाइसँग मिलेर उनले काठमाडौंमा सिभिल सहकारी खोले। , पुल्चोकका ‘सरहरू’ले खोलेको भनेपछि सिभिल सहकारीमा मानिसको विश्वास बढ्यो। ग्राहक र बचत बढ्दै गयो। बचत बढेपछि त्यसको ब्याज कसरी दिने भन्ने चुनौती थपियो। तामाङले साथीभाइसँग मिलेर घर बनाएर बेच्ने आइडिया निकाले। काठमाडौंमा कम्पनी बनाएर घर र अपार्टमेन्ट बेच्ने काम भर्खर चलनचल्तीमा आउन थालेको थियो। , तामाङले सिभिल होम्स कम्पनी खोले, त्यसमार्फत् भैंसेपाटीमा केही घर बनाएर बेचे।, त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन।, काठमाडौंका आधा दर्जन धेरै ठाउँमा सिभिल होम्सका कोलोनी बने। सुन्धारामा दुइटा सपिङ कम्पलेक्स खुले। सिभिल बैंकसहित सभिल समूहसँग २१ वटा कम्पनी छन्। यो समूहको अर्बौंको कारोबार र सम्पत्ति छ।, सिभिल सहकारीबाट उठेको यो समूहका अध्यक्ष तामाङ भने सोमबार यो सहकारीमा बचतकर्ताले राखेको पैसा दुरूपयोग गरेको आरोपमा पक्राउ परेका छन्।, तामाङसहित सिभिल ग्रुपका १२ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। सहकारीका निक्षेपकर्ताको करौडौं रुपैयाँ ठगी गरेको आरोपमा तामाङ केन्द्रीय अनुसन्धान ब्युरोको हिरासत पुगेका हुन्।, ब्युरोका अनुसार उनीविरूद्ध हालसम्म १३५ जनाले जाहेरी दिएका छन्। उनीहरूले आफूहरूलाई वर्षौंदेखि निक्षेप रकम नदिएर ठगेको जाहेरीमा उल्लेख गरेको ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंह बताउँछन्।, ब्युरोका अनुसार तामाङको नेतृत्व स्थापना भएको सिभिल सहकारीमा अहिले केशवलाल श्रेष्ठ अध्यक्ष छन्।, सिभिल सहकारीमा तामाङ १० वर्षसम्म अध्यक्ष थिए। जब २०६८ सालमा सिभिल बैंक स्थापना भयो, वित्तीय ऐनअनुसार एउटै व्यक्ति दुई वटा वित्तीय संस्थाको अध्यक्ष रहन नपाउने नियमले उनले सहकारीमा श्रेष्ठलाई अघि सारेका थिए।, श्रेष्ठ उनका इन्जिनियरिङ पढ्दाका साथी हुन्। पछि तामाङले श्रेष्ठकी नाता पर्ने सिर्जना शाक्यलाई बिहे गरेपछि उनीहरूबीच  पारिवारिक सम्बन्ध स्थापित छ।, ‘उनले तिर्नुपर्ने सहकारीका निक्षेपकर्ताको ऋण अर्बौं छ भन्ने कुरा छ, हामीकहाँ जाहेरी आइरहेको छ, बुझ्दैछौं,’ डिआइजी सिंहले भने।, बचतकर्ता तथा पीडित संघका सदस्य डिल्लीप्रसाद भट्टराईका अनुसार झन्डै २५ सय बचतकर्ताको निक्षेप फिर्ता भएको छैन।, ‘कोही रिटायर्ड कर्मचारी छन्, बृद्धबृद्धा छन्, उनीहरूले आफूले राखेको पैसा वर्षौंदेखि पाएका छैनन्,’ भट्टराई भन्छन्, ‘सहकारीको निक्षेप फिर्ता नहुँदा रोगीहरूले उपचार गर्न पाएका छैनन्, पैसा नपाएर घरमा लोग्ने-स्वास्नीको मारामार र पारिवारिक विग्रह छ।’, तामाङमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ। विभागले तामाङलाई  ठगी मुद्दामा अनुसन्धान गर्न सकिने राय प्रहरीलाई दिएपछि सिभिल ग्रुपमा ब्युरोले हात हालेको हो।, यता विभाग तामाङको चलअचल सम्पत्तिको फाइलमाथि विस्तृत अनुसन्धान भइरहेको बताउँछ। पक्राउ पर्नुअघि तामाङ विभागमा बयान पनि दिइरहेका थिए। हालसम्मको अनुसन्धानअनुसार तामाङले ९ अर्ब बढी रकम सिभिल सहकारीबाट ऋणको रूपमा निकालेका छन्।, त्यो रकम उनको व्यक्तिगत खातामा गएको छैन। उनले स्थापना गरेका कम्पनीका नाममा त्यो ऋण परिचालन भएको छ।, ‘९ अर्बमध्ये ७ अर्ब सिभिल होम्स कम्पनीको नाममा गएको देखिन्छ,’ विभाग स्रोतले भन्यो, ‘बाँकी २ अर्ब बढी ऋण अरू कम्पनीका नाममा छन्।’, विभाग स्रोतका अनुसार तामाङ सञ्चालक रहेका २१ वटा कम्पनीले कारोबार गरिरहेका छन्। तीमध्ये सबैभन्दा बढी सिभिल होम्समा सहकारीको पैसा गएको देखिएको हो।, सिभिल होम्स राजधानीमा निकै लोकप्रिय हाउजिङ कम्पनी हो। ललितपुर भैंसेपाटीबाट सुरू भएको सिभिल होम्स सुनाकोठी, धापाखेल, रामकोट हुँदै चरणवद्ध रूपमा १० ठाउँमा फैलिइसकेको छ।, २०६३ सालदेखि सुरू भएको सिभिल होम्सको कारोबार लालकाजी गुरुङले हेर्छन्।, ‘आफ्नै सहकारीबाट आफूले स्थापना गरेका कम्पनीमा ऋण प्रवाह गरेको तर त्यो ऋण फर्काउन नसकेको बुझिएको छ,’ ब्युरो प्रमुख सिंहले भने, ‘अनुसन्धान नगरीकन अहिले यति छ भनेर भन्न सकिएन।’, निकटस्थहरूका अनुसार तामाङ २०५० पछि काठमाडौं फर्केर अध्यापनसँगै व्यवसायमा छिरेका हुन्। त्योभन्दा अघि उनी छातवृत्तिमा इन्जिनियरिङ पढ्न रसिया पुगेका थिए।, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ओभरसियर पढ्दा उनी ‘ब्याच टपर’ थिए। उदयपुरमा एसएलसी दिँदा उनी ‘जिल्ला टपर’ भएका थिए।, तामाङ साधारण परिवारका हुन्। ओखलढुंगा पुर्ख्यौली घर भएका उनी सानै उमेरमा आफ्ना बुवासँग सिंगापुर पुगेका थिए।, बुवा सिंगापुर प्रहरीमा रहेकाले पुलिस क्याम्पमै बसेर पढेका तामाङ माध्यमिक शिक्षा पढ्न भने नेपाल फर्केका थिए। त्यतिबेला उनको परिवार ओखलढुंगाबाट उदयपुर बसाइँ सरिसकेको थियो।, २०५२ सालमा उनको काठमाडौंमा कामेन इन्जिनियरिङ कन्सल्टेन्सी थियो। त्यसपछि उनले बाघभैरव कन्सल्टेन्सी खोले। दुबै कम्पनीले निर्माणसम्बन्धी काम गर्थे।, २०५७ सालमा सहकारी नै खोलेपछि भने उनको कारोबार मौलाउँदो देखिन्छ। उनले २०६० सालतिर सिभिल होम्स खोले, जसमा लगानी गर्नका लागि सिभिल सहकारीले अनुमति नै पाएको थियो।, ‘सहकारीले हाउजिङमा लगानी गर्न अनुमति पाएपछि सिभिल होम्स आएको देखिन्छ,’ विभागका एक अनुसन्धान अधिकृतले भने।, हाउजिङ कम्पनी स्थापनादेखि हालसम्म पनि घाटामा रहेको अडिट रिपोर्टमा देखिएको ती अधिकृतले बताए।, ‘एकातिर घाटामा देखिन्छ, अर्कोतिर सिभिल होम्स जताततै फैलिरहेको देखिन्छ,’ ती अनुसन्धान अधिकृतले भने, ‘सम्पत्ति कतै मैलो-धोइलो छ कि भनेर हामीले हेर्ने हो, उहाँको वित्तीय परिचालनमा समस्या देखिएपछि अनुसन्धान थालिएको हो।’ , सिभिल होम्सपछि तामाङले सिभिल बिजनेस कम्प्लेक्स खोले। त्यसपछि सिभिल स्टेट (सिटिसी मल), सिभिल आरएमसी हुँदै कम्पनी विस्तार हुने क्रम रोकिएको थिएन।, ‘जतिबेला उनको सम्पत्तिमाथि विभागले छानबिन सुरू गर्‍यो, त्यसपछि उनका दिनदशा ओरालो लाग्दै गएको छ,’ विभाग स्रोतले भन्यो, ‘विभागले फाइल विस्तृत अनुसन्धानमा लगेपछि उहाँका व्यक्तिगत खाता र सम्पत्ति रोक्का भएका छन्।’, तामाङलाई नेकपा एमालेले संविधान सभामा सभासद बनाएको थियो। एमालेका नेताहरूसँग नजिक भएका र उनको कारोबार देखेर केही नेताहरूकै सिफारिसमा उनी दोस्रो संविधानसभा सदस्यमा समानुपातिक सांसद भएको भन्नेहरू पनि छन्।, कसरी डुबे इच्छाराज?, विभागका अनुसार तामाङले २०६३ सालदेखि नै सहकारीको निक्षेप ऋणको रूपमा चलाउन थालेका थिए। अरू कम्पनी स्थापना गर्दै त्यसका नाममा सहकारीबाट ऋण निकाल्थे।, ऋण तिर्दै, कारोबार विस्तार गर्दै गइरहेका तामाङको विगत पाँच वर्षयता भने कारोबार बिग्रेको हो। कारोबार बिग्रिँदै जाँदा उनी ऋण फिर्ता गर्नै नसक्ने अवस्थामा पुगेको उनका सहकर्मी बताउँछन्।, ऋणको दबाब बढ्दै गएपछि दुई वर्षअघि उनले सुन्धारामा रहेको ठूलो अचल सम्पत्ति बिक्री गरेका थिए। अपार्टमेन्टका रूपमा सुरू भएर होटलमा रूपान्तरण भएपछि उनले व्यापारी अजयराज सुमार्गीलाई बेचेका थिए। यो सम्पत्ति बेचेर पनि उनले ऋणको एकछेउ पनि तर्न सकेनन्।, तामाङका सहकर्मीका अनुसार उनको हौसिने बानी छ।, ‘प्रोजेक्टको मूल्यांकन राम्रो नगरीकन लगानी बढाउनु पर्ने उहाँको बानी छ, उहाँले ध्यान नदिई एकपछि अर्को गर्दै १० फेजसम्म हाउजिङ विस्तार गर्दै जानुभयो, फटाफट बिक्री भएन, समयमा पैसा रिटर्न भएन,’ उनका ती सहकर्मीले भने।, तामाङलाई अफ्ठ्यारो परेको २०७२ सालको भुइँचालोले हो। बिक्रीका लागि तयारी हालतमा रहेको सिभिल ट्रेड सेन्टरमा बुकिङ धमाधम भइरहेको थियो।, भूकम्प आयो, सिभिल ट्रेड सेन्टर नराम्रोसँग चर्कियो। अग्रिम बुकिङ गरेका ग्राहकले धमाधम पैसा फिर्ता मागे। बिक्री बन्द भयो।, एकातिर अपार्टमेन्ट बिक्री बन्द, अर्कोतिर सहकारीको ऋण। उनले सिभिल ट्रेड सेन्टर बेचेर सहकारीको केही ऋण तिरेका थिए। त्यसको केही समयअघि उनले श्रीमतीको नाममा रहेको सिभिल बैंकको संस्थापक शेयर पनि बिक्री गरे।, कोभिड सुरू भएपछि उनलाई दोस्रो पटक संकट आइलाग्यो। फेरि हाउजिङ बिक्री हुन छोडेर आर्थिक समस्या पर्न थाल्यो। निर्माणाधीन उनका परियोजनामा पनि समस्या पर्न थाल्यो।, ‘उहाँ समयमा घर बनाउनु हुन्न थियो, समयमा पनि नदिने र गुणस्तर पनि खस्किएपछि मानिसहरू बिच्किन थाले,’ तामाङका  ती सहकर्मीले भने, ‘विभिन्न प्रोजेक्टमा अधकल्चो काम गर्ने, कुनै पनि नसक्ने। एउटा नसकिँदै अर्को, त्यो नसकिँदै अर्कोमा हात हाल्ने कारण पनि उहाँलाई समस्या परेको हो।’, तामाङका अर्का एक सहकर्मीका अनुसार सम्पत्ति नभएर पनि होइन, सम्पत्ति व्यवस्थापन र परिचालन गर्न नसकेर उनी समस्यामा परेका हुन्।, ‘सिभिल ट्रेड सेन्टर बेचेर उहाँले ऋण तिर्न खोज्नुभएकै हो, त्यसबेला एक अर्बभन्दा बढी तिरेकै हो,’ ती सहकर्मीले भने, ‘कतिपय व्यक्तिगत सम्पत्ति बिक्री वितरणमा रोक लागेर पनि हो, भागेर हिँड्नुपर्ने अवस्था पनि थिएन।’, उनले पनि घर-जग्गाको अव्यवस्थित लगानी गर्ने तामाङ समयमा बिक्री गर्न नसकेर पनि समस्यामा परेको बताए।, आर्थिक संकट टार्न उनले आफ्नै सहकारीबाट जसरी ऋण चलाउँथे त्यो सहकारी ऐनविपरीत पनि देखिएको विभागको भनाइ छ। चुक्तापुँजीको ९० प्रतिशतभन्दा बढी निक्षेप कर्जाको रूपमा निकालेको देखिएको विभागले बताएको छ।, ‘यसरी कारोबार नगर्नु भनी सहकारी विभागले पटक-पटक भन्दा पनि उनले नमानेको देखिन्छ,’ विभाग स्रोतले भन्यो।, अर्को कुरा, उनको सहकारीमा अस्वाभाविक रूपमा निक्षेप बढेको देखिन्छ, जुन वित्तीय अनुशासनविपरीत रहेको विभागका अधिकारीहरूको दाबी छ।, ‘चुक्ता पुँजीको शत प्रतिशत बढी निक्षेप बढाउन मिल्दैन, निक्षेपको सीमितता हुन्छ, तर सिभिल सहकारीमा चुक्तापुँजीको १०३ प्रतिशतसम्म निक्षेप बढेको देखिन्छ,’ एक अधिकारीले भने।, तामाङले आफ्नै कारोबार मिलाउन नसक्दा सहकर्मीहरूसँगै प्रहरी हिरासतमा पुगेको उनका निकटस्थ बताउँछन्।, ‘यतिको कारोबार विस्तार गरेको मानिस ठगी गर्नुपर्ने अवस्थामा पुग्दैन,’ उनका ती सहकर्मी भन्छन्, ‘कारोबारमा आएको उतारचढावले गर्दा परिबन्धमा पर्नुभयो।’, तामाङले हालसम्म ११ सय वटा सिभिल होम र अपार्टमेन्ट फ्लाट बिक्री गरेको दाबी गरिने गरिएको छ। त्यसबापत् उनले करिब ११ अर्ब रुपैयाँ संकलन गरे पनि आफूहरूको पैसा नतिरेको बचतकर्ताको आरोप छ।, ‘औसतमा एक करोडको दरले बिक्री गर्दा पनि ११ अर्ब रुपैयाँ संकलन भएको छ, त्यो पैसा उनले कहाँ राखे?,’ झन्डै एक करोड निक्षेप राखेका पीडित संघका सदस्य भट्टराईको आरोप छ।, अर्बौंको सम्पत्ति व्यवस्थापन गर्न नसकेर प्रहरी हिरासतमा पुगेका इच्छाराज
सेतोपाटी संवाददाता करेन्ट लगाएर माछा मार्ने क्रममा घोराहीमा एक जनाको मृत्यु भएको छ। , घोराही उपमहानगरपालिका वडा नं. ३ का २३ वर्षीय नारायण बस्नेतको बबई खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले मंगलबार बिहान ११ बजेतिर बबई खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बस्नेतलाई करेन्ट लागेको र अचेत अवस्थामा उद्धार गरी घोराहीस्थित अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए। , घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता नेपालमा थप नौ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नौ सय ६८ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १६ हजार ४२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ११ हजार पाँच सय ८२ जनाको पिसिआर परीक्षण र ४ हजार ४ सय ६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १६ हजार २४८  जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ।, एक हजार ११४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.६ प्रतिशत छ।, त्यस्तै काठमाडौं उपत्यकामा थप तीन सय २ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ३१ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ४१ संक्रमित थपिएका हुन्।, १६ हजार ४२ मा कोरोना परीक्षण गर्दा ९३८ लाई संक्रमण
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप तीन सय २ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ३१ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ४१ संक्रमित थपिएका हुन्।, यस्तै, काठमाडौं उपत्यकामा ३७४७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २२६८, भक्तपुरमा ६९१ र ललितपुरमा ७८८ सक्रिय संक्रमित छन्।, काठमाडौं उपत्यकामा थपिए तीन सय २ संक्रमित, सक्रिय ३७४७
सेतोपाटी संवाददाता बाँकेमा एक युवक खेतमा मृत फेला परेका छन्। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थित खेतमा मंगलबार बिहान ८ बजेतिर १९ वर्षीय रोहित थारु मृत फेला परेका हुन्। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले मृतकको शरीरमा कुनै चोटपटक नरहेको बताए। , ‘हाम्रो आशंका लागुऔषधको ओभर डोजले गर्दा मृत्यु भयो कि भन्ने छ,’ न्यौपानेले भने, ‘पोष्टमार्टम रिपोर्ट आइसकेपछि यकिनका साथ भन्न सजिलो होला।’, तर, चौधरीका अभिभावकले भने घरमा सुतिरहेका आफ्नो छोरालाई कसैले फोन गरेर राति बोलाएपछि गएको हुँदा उनको हत्या भएको दाबी गरेका छन्। , बर्दियाको राजपुरका बासिन्दा थारु लामो समयदेखि नेपालगञ्जमा परिवारका साथ बस्दै आएका थिए।, बाँकेमा युवक खेतमा मृत फेला, हत्या भएको परिवारको दाबी
सेतोपाटी संवाददाता जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंका सब-इञ्जिनियर घुस रकमसहित पक्राउ परेका छन्। , मंगलबार डिभिजन कार्यालयका सब-इञ्जिनियरलाई अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर १ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोट बस्ने दिपेन्द्रकुमार केसी छन्।, उनी पाँचौं तहका सब इञ्जिनियर हुन्। त्यस कार्यालयमा उनी २०७३ साल पुस २९ गतेदेखि कार्यरत थिए।, बुढानिलकण्ठ नगरपालिकास्थित खहरे खोला नियन्त्रणको लागि २० मिटर लम्बाइको कल्भर्ट निर्माणको ठेक्का सम्झौता भएको थियो। त्यो काम कसेर अन्तिम बिल भुक्तानी गर्न बसुन्धरास्थित कार्यालय जाँदा जाहेरवालासँग सब-इञ्जिनियर केसीले ठेक्का सम्झौता आठ प्रतिशतले दुई लाख रूपैयाँ माग गरेका थिए। , सो माग गरेको जाहेरीपछि अख्तियारबाट खटिएको टोलीले बसुन्धारास्थित कार्यालयबाट उनलाई घुस रकमसहित पक्राउ गरेको हो। , उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ। , जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंका सब-इञ्जिनियर २ लाख घुससहित पक्राउ
सेतोपाटी संवाददाता देशभरका ६२ जना बालिका तथा किशोरीहरूले एक दिनका लागि स्थानीय सरकारको प्रमुख, वडा अध्यक्षलगायत विभिन्न पद सम्हाल्ने भएका छन्।, अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेसनल नेपालले गैरसरकारी संस्था ‘हामी दाजुभाइ’ सँगको सहकार्यमा आज भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। , हरेक अक्टोबर ११ मा नेपालसहित विश्वभर मनाइने अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान नेपालले ७ जिल्लाको ३१ पालिकाहरूमा बालिका तथा किशोरीहरूलाई पदभार ग्रहण गराउने ‘गर्ल्स टेक ओभर’ कार्यक्रम गराउन लागेको हो। , यसवर्ष बालिका तथा किशोरीहरूको लागि अनलाइन सुरक्षासँग सम्बन्धित रहेर ‘डिजिटल जेनेरेसन, आवर जेनेरेसन’ भन्ने नारासहित गर्ल्स टेक ओभर कार्यक्रम हुन लागेको हो।, यो कार्यक्रमले बालिका तथा किशोरीमा आत्मविश्वास बढाउनुका साथै सम्बन्धित निकायलाई पनि अनलाइनको महत्व, जोखिम, सदुपयोगका बारेमा काम गर्न दबाब पुग्ने आयोजकको भनाइ छ।, आजदेखि सुरू भएर अक्टोबर ११ सम्म ‘गर्ल्स टेक ओभर’ कार्यक्रम हुने प्लान इन्टरनेसनल नेपालका निर्देशक प्रसेन खातीले जानकारी दिए।, उनले भने, 'यो कार्यक्रमका लागि बालिका तथा किशोरीहरूलाई पाँच दिनको तालिम दिएर तयार पारेका छौं, उहाँहरू त्यो भूमिकामा हुँदा नेतृत्वको भूमिका बारेमा अनुभव लिन्छन्, महत्व बुझ्छन् र आगामी दिनमा जनप्रतिनिधिसँग मिलेर काम गर्न उहाँहरूलाई अझ सहज हुनेछ।', सुनसरी, सिन्धुली, बाँके, बर्दिया, जुम्ला, मकवानपुर र कालीकोट जिल्लाका ३१ स्थानीय तहको विभिन्न पदमा रहेर किशोरी तथा बालिकाहरूले पद ग्रहण गर्नेछन्।, यस क्रममा उनीहरूले अनलाइनबाट बालिका तथा किशोरीहरूमा हुनसक्ने जोखिम, अनलाइनका फाइदा-बेफाइदा र सदुपयोगबारे छलफल गर्नेछन्। यसरी पद ग्रहण गर्नेहरूलाई प्लानले अभिमुखीकरण गरेको जानकारी पत्रकार सम्मेलनमा दिइयो।, शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षको जिम्मेवारी १८ वर्षीय सुमित्रा अछामीले सम्हाल्नेछिन्।, आज भएको भर्चुअल पत्रकार सम्मेलनमा उनले भनिन्,‘अहिले तयारीमा छु। एक दिनको लागि वडाध्यक्ष भएर अनलाइनले किशोरी तथा बालिकामा पारेको प्रभावका विषयमा छलफल गरेर यसबारेमा संवेदनशील हुन सबै जनप्रतिनिधिलाई आग्रह गर्नेछु।’,  , स्थानीय सरकारको पद सम्हाल्दै ६२ बालिका तथा किशोरी
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा अपांगता भएका ९७ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन्।, नेपाल राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशको तथ्यांक अनुसार कर्णालीमा ५१ हजार अपांगता भएका मानिसमध्ये २० हजार ४ सय जना बालबालिका छन्।, यी बालबालिकामध्ये अधिकांश विद्यालयको पहुँचमा पुग्न सकेका छैनन्। हाल कर्णालीमा ३९ वटा अपांगता भएकाहरूका लागि अध्यापन गराइने स्रोत कक्षा छन्। जसमा ३३ वटामात्र सञ्चालनमा छन्।, ३३ वटा स्रोत केन्द्र र एउटा विशेष विद्यालयमा गरी करिब साढे ७ सय अपांगता भएका बालबालिकाले अध्ययन गरिरहेको राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले बताए।, ‘अहिले विभिन्न स्रोत कक्ष र विशेष विद्यालयको छात्राबासमा बसेर पढ्ने अपांगता भएका बालबालिकाको संख्या साढे सात सय जति छ,’ शर्माले भने, ‘बाँकी कतिपय सामान्य अपांगता भएका बालबालिकाहरू अरू सामान्य स्कुलमा पनि पढ्छन् होला त्यसको तथ्यांक राख्ने काम भएको छैन।’, कानूनमा सबैका लागि अनिवार्य शिक्षाको व्यवस्था भए पनि कर्णालीमा अपांगता भएका अधिकांश बालबालिकाले आधारभूत शिक्षा समेत पाउन नसकेको उनले बताए।, अरू विद्यालयहरू अपांगता भएका बालबालिकाहरूलाई भर्ना लिन नचाहने, अपांगता भएका बालबालिकाको शिक्षाको लागि राज्यको स्रोत परिचालन हुन नसक्नुजस्ता कारणले उनीहरू शिक्षाबाट बञ्चित भएको शर्माले बताए।, सरकारको बजेट जनचेतनाभन्दा पनि पूर्वाधारतर्फ बढी केन्द्रित भएको हुँदा यस्ता सीमान्तकृत समुदायका बालबालिका शिक्षाबाट बञ्चिन हुन पुगेको सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख विष्णु अधिकारीले बताए।, राज्यको लगानी जनचेतनामूलक कार्यमा पनि लगाउन सकिएमा अपांगता भएकाहरूलाई पनि विद्यालयको पहुँचमा पुर्‍याउन सकिने उनले बताए।, ‘कर्णालीमा अपांगता भएकाहरूका लागि वकालत हुन नसकेको महसुस हामीले पनि गरेका छौं, कतिपय अभिभावकले नै अपांगता भएको आफ्नो सन्तानलाई पढाउन चाहँदैनन्,’ उनले भने, ‘यसको लागि जनचेतना आवश्यक पर्छ, राज्यले त्यसतर्फ लगानी गर्न जरूरी छ।’, सामाजिक विकास मन्त्रालयले तयार पारेको शिक्षा नीतिको मस्यौदामा अपांगता भएका बालबालिकालाई पनि समावेश गरिएको उनले बताए।, भौगोलिक कठिनाइ, अपांगता भएकालाई आवश्यक पर्ने सामग्री तथा पाठ्य सामग्री अभाव, शिक्षक अभावजस्ता कारणले कर्णालीमा अपांगता भएका बालबालिका शिक्षाबाट बञ्चित हुनुपरेको धनसरा शाहीले बताइन्।, सबै क्षेत्रमा सांकेतिक भाषाको व्यवस्था नभएकाले आफूहरू शिक्षाबाट मात्र नभई सूचना र सञ्चारबाट समेत बञ्चित हुनु परेको धर्मदत्त फडेराले बताए।, कर्णाली प्रदेशमा अपांगता भएका बालबालिकाको तथ्यांक यकिन रूपमा संकलन हुन नसकेको अध्यक्ष शार्माले बताए।, कर्णाली प्रदेशसभा सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीले अपांगता भएका नागरिकको पहिचान र उनीहरूको विशेष प्रतिभालाई समावेश गर्नु सरकारको दायित्व भएकाले आफूहरू निरन्तर यसमा लागेको बताइन्।, कर्णालीका अपांगता भएका ९७ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर
सेतोपाटी संवाददाता चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, मंगलबार दिउँसो पौने १ बजे खैरहनी नगरपालिका वडा नम्बर १३ कुमरोज सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको हो। , घाँस-दाउरा लिन जानेक्रममा सोही ठाउँका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। , सो खबर पाएपछि आठ वटा हात्तीसहित प्रहरी र सेनाको टोली खटिएको थियो। खोज्ने क्रममा साढे २ बजे उनको शव फेला परेको थियो। , आक्रमण गरेको स्थानभन्दा एक सय मिटर टाढा झाडीमा शव फेला परेको छ। , चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु
सेतोपाटी संवाददाता ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’सहित उनका समूहका आठ जना दोषी ठहर हुँदा ४८ जनाले भने मोरङ जिल्ला अदालतबाट सफाइ पाएका छन्। , यो मुद्दामा नेपाल प्रहरीका उच्च प्रहरी अधिकारीदेखि गोरेकी श्रीमती र सुनमा लगानीकर्तासम्मले सफाइ पाएका छन्।, सुन तस्करी मुद्दामा अभियोग दर्ता भएको चार वर्षपछि ७७ जना प्रतिवादीमध्ये पक्राउ परेका ४८ जनाले चार वर्षपछि सफाइ पाएका हुन्।, सफाइ पाउनेमा नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्दबहादुर निरौलासहित ४८ जना छन्।, यसरी सफाइ पाउनेमा तत्कालीन एसएसपी हालका डिआइजी दिवेश लोहनी, एसएपपीद्वय श्याम खत्री, एसपी विकासराज खनाल, डिएसपीद्वय सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल, प्रहरी जवान अमरबहादुर थापा मगर र प्रहरी हवल्दार विष्णुबहादुर खड्का रहेका छन्। , विमानस्थलमा कार्यरत कर्मचारी, सुन व्यापारमा संलग्न आरके ज्वेलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य, व्यापारी विमल पोद्दार, भुजुङ गुरूङ, डेबिट भन्ने छिरिङ बाङले घले, राजेन्द्रकुमार शाक्यले पनि सफाइ पाएका छन्।, मुद्दामा गोरेकी  पत्नी  निरु भन्ने नर्वदा खरेल उप्रेतीले पनि सफाइ पाएकी छन्। चाचाजी भन्ने चेतननाथ भण्डारी, प्रमोदबहादुर श्रेष्ठ, हरिशरण खड्का, भूपालकुमार श्रेष्ठ, तक्ले भन्ने पुन्यप्रसाद तामाङ, चन्दन भनिने वीरेनमान श्रेष्ठ, दोराम खत्री, बालकुमार श्रेष्ठ, हेमन्त गौतम, कपिलराज पुरी, एलबी भन्ने लालबहादुर मगर, समिरप्रसाद तोलाङ्गे, राजु महर्जन, बेनु श्रेष्ठ, सुनिल श्रेष्ठ, रोशन भुलास, रामहरी कार्की, गीता श्रेष्ठ, राजन थापा, तुलाराम थारुले सफाइ पाएको अदालतले जनाएको छ।, मुद्दामा अमरमान ढंगोल, मोतीराम श्रेष्ठ, विनोद अधिकारी, मदन सिलवाल, रामकुमार तिवारी, फालदुङ गुरुङ, रेवत भन्ने रेवन्तकुमार आचार्य, सञ्जय खेतान भन्ने प्रभाल अग्रवाल, आरडी भनिने राजकुमार दारुक, इन्दीराज उदिन, सलमान खान भन्ने सौचा, अकलबर साह र मालदाइ भन्ने बालकुमार खड्काले सफाइ पाएको स्रेस्तेदार राणाले जानकारी दिए।, सुन तस्करी  र हत्या मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा फरारसहित ७७ जनालाई प्रतिवादी बनाएर अभियोग दर्ता गरेको थियो। जसमध्ये ५६ जना पक्राउ परेका थिए। २१ जना फरार छन्।, मुद्दाको अन्तिम सुनवाइ हुने क्रममा पनि उनीहरू उपस्थित नभएपछि मोरङ अदालतले २१ प्रतिवादीलाई मुल्तबीमा राखेको सूचना अधिकारी राजेन्द्र धमालले जानकारी दिए।, फरार रहेकाहरूको हकमा फैसला भएको छैन। अदालतमा उपस्थित भएको खण्डमा उनीहरूको हकमा फैसला हुनेलाई मुल्तबी भनिन्छ।, ३३ किलो सुन तस्करी मुद्दामा अझै २१ जना अभियुक्त फरार छन्। फरार हुनेहरूमा सुरेन्द्र गौतम, मो.सुस्तम मिया, युकबहादुर मगर, रोहित आचार्य, भविन भनिने भवित तामाङ, कृष्ण बस्नेत, एम मामा भन्ने मोहनकुमार अग्रवाल, कला भनिने सुनिलकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल र रमेश उप्रेती छन्।, यस्तै, अभियुक्तहरू कलम कार्की, मणिराज चौलागाई, शिवकुमार गुभाजु, अर्जुनप्रसाद खरेल, प्रयास पराजुली, सञ्जय अधिकारी, समिर अधिकारी, माधव आचार्य, ओम प्रकाश नेवार, आर, वि भन्ने सन्दीप खड्का रहेका छन्।, ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणः यी हुन् अदालतबाट सफाइ पाउनेहरू
सेतोपाटी संवाददाता एक पुरूषलाई ठगी गरेको आरोपमा प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले दुई जनालाई काठमाडौंबाट सोमबार पक्राउ गरेको हो। , ठगी गरेको आरोपमा प्रहरीले काभ्रेको बनेपा घर भई काठमाडौं जडिबुटी बस्ने १९ वर्षीया उर्मिला भन्ने युनिसा मगर र  नमोबुद्ध घर भई बनेश्वर बस्ने २६ वर्षीया रोशनी भन्ने सुनिता तामाङलाई पक्राउ गरेको हो। , उनीहरूले एक जना पुरूष व्यक्तिबाट अन्दाजी ३७.०५ ग्रामको सुनको सिक्री लिएर बेचेको आरोप छ। ती पुरूष र महिलाहरूबीच सामाजिक सञ्जालबाट चिनजान भएको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए। , उनीहरूबीच त्यसरी चिनजान भएपछि दुई युवतीले पुरूषलाई एयरपोर्ट बोलाएका थिए। त्यहाँबाट उनीहरू ट्याक्सी चढेर ललितपुरको चापागाउँ बसपार्क पुर्‍याएका थिए। , बसपार्क नजिकैको खाजा कटेजमा खाजा खानेक्रममा टिकटक बनाउने बहानामा सुनको सिक्री लिएको महाशाखाले जनाएको छ।, फेरि उनीहरूले साथीको जन्मदिन मनाउन चापागाउँकै मोक्तान होटलमा लगे। त्यहाँ युनिसाले सुनिता र ती पुरूषलाई होटलको कोठाभित्र छोडेर उनी सुनको सिक्री लिएर भागेकी थिइन्। , उनीहरूले पछि सो सुन पनि बेचेको प्रहरीले जनाएको छ। त्यसरी ठगी गरेको भन्ने जाहेरीपछि प्रहरीले दुबै युवतीलाई पक्राउ गरेको हो।, उनीहरूमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाएको छ। , टिकटक बनाउने बहानामा सुनको सिक्री लिएर भागेपछि...
सेतोपाटी संवाददाता इलाम जिल्लाको पशुपतिनगर नाकाबाट लाखौँ मूल्य बराबरको औषधि बरामद गरिएको छ।, सशस्त्र प्रहरी बलले सूर्योदय नगरपालिका-३ पशुपतिनगरस्थित नेपाल-भारत सीमा लालीखर्क भन्ने स्थानबाट ८० लाख बराबरको औषधि बरामद गरेको हो।, नेपाल-भारत सिमावर्ती पशुपतिनगरको लालीखर्क भन्ने स्थानमा रहेको एउटा गोठमा भण्डार गरेर राखिएको औषधि बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।, अवैध रूपमा लाखौँ मूल्यको औषधि नेपाल आयात हुँदै गरेको सूचनाका आधारमा सशस्त्र प्रहरीको पकलीस्थित बाहिनीबाट खटिएको टोलीले सोमबार राति १० बजे औषधि बरामद गरेको सशस्त्र प्रहरी बल पकली बाहिनीका प्रमुख डिआइजी कमल गिरीले बताए।, चालिस वटा कार्टुन बरामद भएको सो औषधिको मूल्य ५० लाख भारु (नेपाली रुपैयाँ ८० लाख) बराबरको रहेको बताइएको छ।, बरामद गरिएको औषधि मंगलबार भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको औषधि नपाली बजारमा चलेको औषधि रहेको छ।, अधिकांश औषधि बाथरोग, युरिक एसिड, ग्यास्ट्रिक र महिलाका लागि प्रयोग हुने किसिमको रहेको बताइएको छ।, बरामद भएको औषधिमा नेपालमा प्रतिबन्धित औषधि भने नभएको बताइएको छ। ठूलो परिमाणमा औषधि बरामद गरिए पनि त्यो औषधि कसले, कहाँ लान लागेको भन्ने बारेमा खुल्न सकेको छैन।, खुल्ला सिमानाको फाइदा उठाएर तस्करहरूले विगतमा लत्ताकपडा, खाद्य सामाग्री, मेसिनरी पार्टपूर्जा, मदिराजन्य पदार्थको तस्करी हुँदै आएको छ तर औषधिको तस्करी भने हालसम्म नभएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।, यो घटनाले पूर्वी पहाडी जिल्लाबाट समेत औषधिको तस्करी उच्च रूपमा भइरहेको पुष्टि गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। रासस, इलामको पशुपतिनगर नाकाबाट ८० लाखको औषधि बरामद
सेतोपाटी संवाददाता इलाम सूर्योदय नगरपालिका-६ हर्कटेबाट ११ लाख भारतीय नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सूर्योदय नगरपालिका-१० फिक्कल का ३५ वर्षीय अनुप अग्रवाल छन्।, आइतबार अपरान्ह चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवाल सवार गरेको मे१च ६४२४ कारबाट स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो।, कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरी जम्मा ११ लाख भारु फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।, पक्राउ परेका अग्रवालाई कानुनी कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा पठाइएको प्रहरीले जनाएको छ।, ११ लाख भारतीय नोटसहित इलामबाट एक पक्राउ
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दुई लाख घुस लिएको अभियोगमा एक ईञ्जिनियरलाई नियन्त्रणमा लिएको छ।, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।, कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको खुलेको छ।, आयोगले सवइन्जिनियर केसीलाई कार्यालय परिसरबाटै मंगलबार पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।, आरोपी केसीको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।, दुई लाख घुस लिएको आरोपमा काठमाडौंबाट पक्राउ परे सवईन्जिनियर
सेतोपाटी संवाददाता धनुषा जिल्ला अदालतले जनकपुर बमकाण्डको मुख्य योजनाकार भन्दै जन्मकैदको फैसला सुनाएका पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) लाई उच्च अदालत जनकपुरले राहत दिएको छ।, दुई साता बहसपछि ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय सुनाइएका साहलाई उच्च अदालतले ५ वर्ष कैद सजाय घटाइदिएर ७ वर्ष तोकदिएको छ।, १८ बैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा भएको शक्तिशाली विष्फोटमा ५ जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए। सो घटनामा धनुषा जिल्ला अदालतले साहसहित ७ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको जेल सजाय सुनाएको थियो।, अभियुक्तहरुमाथि ज्यान मार्ने र ज्यान मार्ने उद्योगका दुई मुद्दा परेका थिए। ती मुद्दाहरुमा फैसला गर्दै जिल्ला अदालतले ज्यान मार्नेमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १२ वर्षको कैद सजाय सुनाएको थियो।, जिल्लाको फैसलाविरुद्ध प्रतिवादीले उच्च अदालतमा रिट दायर गरेका थिए।, पछिल्लो दुई साता लामो बहसपछि ज्यान मार्ने उद्योगमा उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीर बहादुर चन्दको संयुक्त इजलासले आइतबार १२ वर्षबाट साजय घटाएर साहविरुद्ध ७ वर्ष कैद सजाय सुनाएको रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए।, उनकाअनुसार ज्यान मार्ने उद्योगमा ५ वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। यद्यपी सो घटनामा १२ वर्ष सजाय पाउनेहरु अन्य अभियुक्तहरु मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेश कर्ण र जितेन्द्र झाविरुद्ध जिल्ला अदालतले गरेको फैसला उच्चले सदर गरिदएको उनले बताए।, साहमाथि रहेको अर्को मुद्दा कर्तव्य ज्यानमा उच्च अदालतले षडयन्त्र गरेर घटना गराएको अभियोगमा कसुरदार ठहर गरेको रजिष्टार अधिकारीले बताए। सो मुद्दामा मुद्दामा अगामी कातिक १५ गते हुने बहसपछि सजाय निर्धारण हुने उनले जानकारी दिए। जिल्ला अदालतकै फैसलाअनुसार साह हाल काठमाडौंको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन्।, जनकपुर बम प्रकरणमा सञ्जय साहलाई उच्च अदालतले दियो राहत
सेतोपाटी संवाददाता इभिनिङ वाकमा निस्केकी महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। , इटहरी उपमहानगरपालिका ८ भुर्कीमा ३० वर्षीया महिलामाथि असोज १५ गते सामूहिक बलात्कार भएको हो। तर यो घटना भने प्रहरीले सोमबार मात्रै सार्वजनिक गरेको छ। , ती महिलालाई अपरान्ह ५ बजे ६ जना पुरुषले कुटपिट गरी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, कुटपिटपछि धान खेतमा लगेर उनीमाथि सामूहिक बलात्कार भएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए। , बलात्कारपछि ती महिलाको दुई तोला चार आनाको सुनको सिक्री र नगद तीन हजार लुटपाट भएको उनले बताए।, प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये चार जना नाबालक १८ वर्ष मुनिका छन्। , अर्का एक जना भने फरार रहेको थापाले बताए। पक्राउ परेका सबैलाई जबरजस्ती करणी कसुरमा अनुसन्धान अघि बढाइएको उनले बताए। , ‘बलात्कारपछि लुटपाट भएको उजुरी लिएर ती महिला प्रहरीमा आइपुगेकी थिइन्, उनले दिएको हुलियाका आधारमा पाँच जनालाई पक्राउ गरिएको छ,’ थापाले भने, ‘पीडितको शारीरिक जाँचसमेतका आधारमा जबरजस्ती करणी कसुरमा हिरासतमा राखी अनुसन्धान सुरू गरिएको छ।’ , पक्राउ परेकामध्ये इटहरी १४ का सुनिल चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ।, इभिनिङ वाकमा निस्केकी महिलामाथि सामूहिक बलात्कारपछि लुटपाट
सेतोपाटी बैतडीको दशरथचन्द नगरपालिका-५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।, सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार  घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।, गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएको भनिएका विजयको हत्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।  , विजयका बुवा वीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत् दशरथचन्द नगरपालिका-५ का अशोक, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी दर्ता गराएका थिए।, किटानी जाहेरीपछि जिल्ला अदालतबाट अनुमति मागेर उनीहरूको नाममा पक्राउ पूर्जी जारी गरिसकेपछि आज समातेको हो। उक्त घटनामा संलग्न रहेका लक्ष्मण र राजेन्द्र भने फरार रहेका र उनीहरूको खोजी जारी रहेको छ।, युवा संघ नेपाल बैतडीका सदस्यसमेत रहेका विजय गत भदौ १० गते साथीसँग गोठलापानी बजारबाट घर फर्किने बेला कलुवाडमोड भन्ने भिरबाट लडेर गम्भीर घाइते भएका बताइएको थियो।, घाइते युवकको भदौ १२ गते धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो। लडेको भनिएको ठाउँमा त्यस्तो भिर नभएको र विजयसँग भएकाले पनि अलग-अलग कुरा गर्न थालेपछि छोराको हत्या भएको मृतकका बुवा भाटको दाबी रहेको छ।, प्रहरीले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी पक्राउ परेकामथि र घटनाबारे अनुसन्धान गर्ने जनाएको छ। ,रासस, हत्या आरोपमा दुई पक्राउ
सेतोपाटी संवाददाता कृष्णनगर नगरपालिका-२ बसपार्कबाट स्रोत नखुलेको २२ लाख ९१ हजार ८ सय रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, बुद्धभूमि नगरपालिका-९ धमौली बस्ने २२ वर्षीय जीवनप्रसाद भुसाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।, शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।, भुसाललाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।, स्रोत नखुलेको २२ लाख ९१ हजारसहित एक पक्राउ
सेतोपाटी संवाददाता शुद्धोधन गाउँपालिका-३ बेतानीस्थितमा प्लाई फ्याक्ट्रीमा काम गर्ने कर्मचीको हत्या गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।, नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-३ घर भएका २२ वर्षीय अवदेश हरिजनको चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा भारत गोपालगंज बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।, सविक्षा समिल नामको उक्त फ्याक्ट्रीमा काम गर्ने व्यक्तिबीच झगडा हुँदा ती किशोरले अवदेशलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।, गम्भीर घाइते भएका हरिजनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालतर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको थियो।, इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले चक्कु प्रहार गर्ने ती किशोरलाई पक्राउ गरेको प्रहरी उपरीक्षक मनोज केसीले बताए।, चक्कु प्रहारबाट सामान्य घाइते भएका अवदेशका बाबु ४० वर्षीय गोपीको लुम्बिनी प्रादेशिक अस्पताल उपचार भइरहेको छ।, चक्कु प्रहार गरी रुपन्देहीमा एकको हत्या
सेतोपाटी जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ गरेको छ। , पक्राउ पर्नेमा कैलारी गाउँपालिका–१ बस्ने विनोद चौधरी छन्। उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले तीन वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकेको थियो। विसं २०७५ भदौ २० गतेदेखि उनी फरार रहेका थिए।, प्रहरीले कैलालीकै बर्दगोरिया–६ बस्ने वर्ष २२ का अशोक चौधरीलाई पनि पक्राउ गरेको छ। उनलाई जबर्जस्ती करणीको कसूरमा अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको थियो। उनी २०७२ असार २१ बाट फरार रहेको प्रहरीले जनाएको छ। , त्यसैगरी कैलाली जिल्ला अदालतबाट लागुऔषध मुद्दामा २०६६ वैशाख १२ गते ५०० रूपैयाँ जरिवाना भई फरार रहेका धनगढी उपमहानगरपालिका–१ बस्ने शत्रुजित जोशीलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।, अन्य पक्राउ पर्नेमा वन मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका–१७ बस्ने वर्ष १८ का अमन चौधरी, सोही ठाउँका वर्ष २९ का कृष्ण राना, वर्ष १८ का अभिषेक चौधरी र वर्ष ३० का बब्लु राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। , उनीहरूलाई २०७८ साउन ८ गते गौरीगंगा नगरपालिका–६ मा बिनाइजाजत वन पैदावार ओसारपसार गरेको अभियोगमा डिभिजन वन कार्यालयले मुद्दा दायर गरी वन ऐन, २०७६ को दफा ५८(२) बमोजिम  जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। , आवश्यक कानूनी कारवाहीका लागि चारै जनालाई  डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। ,रासस,  , सात फरार प्रतिवादी पक्राउ
सेतोपाटी संवाददाता सल्यानमा माइती जान हिँडेकी एक महिला मृत फेला परेपछि प्रहरीले घटना अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको छ। , घरबाट माइती जान खोजेकी बागचौर नगरपालिका वडा नम्बर २ गैरीकी ५४ वर्षीया रामकली खत्री बाटोमै मृत फेला परेपछि प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। , सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जेसिबी चालक, साहु र सहचालकलाई अनुसन्धानको लागि पक्राउ गरिएको बताए।, ‘त्यो बाटोमा जेसिबीबाहेक अरू कुनै पनि यातायातका साधन उक्त समयमा सञ्चालनमा आएको देखिएन,’ डिएसपी थापाले भने,‘तर, मृतकको शरीरको घाउ खत हेर्दा गाडीले किचेकोजस्तो देखिएको छ।’, मृतकको कान, ढाड, हातमा गाडीले कुल्चेको जस्तो घाउ देखिएको डिएसपी थापाले बताए। , डिएसपी थापाका अनुसार शनिबार साँझ साढे ५ बजेतिर घरदेखि माइती घर जान्छु भनी हिँडेकी खत्रीको शव आइतबार बेलुका साढे ७ बजेतिर बीच बाटोमै फेला परेको थियो।, खत्रीको घर र माइती घरको दूरी तीन किलोमिटर जति रहेको र बीच बाटोमा मृत फेला परेको डिएसपी थापाले बताए। , ‘हामीले अनुसन्धानका लागि बाँकेबाट तालिम प्राप्त कुकुर पनि ल्याएका थियौं,’ डिएसपी थापाले भने,‘कुकुरले पनि घटना अनुसन्धानमा सघाएको छ।’, खत्री हिँडिरहेको बाटोमा उक्त दिन जेसिबीले सडक मर्मतको काम गरिरहेको हुँदा आशंका बढेको प्रहरीले जनाएको छ।, माइत जान हिँडेकी महिला मृत फेला, तीन पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा चल्ने अधिकांश सार्वजनिक यातायातका साधनले सोमबार आफ्नो सेवा बन्द गरेका छन्।, सार्वजनिक सवारीको भाडा नबढेको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द भएको हो।, महासंघका सह-अध्यक्ष किरन रिजालले विभिन्न प्रदेश सरकारले प्रदेशस्तर र स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको भाडा नबढाएपछि आफूहरू बाध्य भएर आन्दोलनमा जानु परेको बताए।, रिजालका अनुसार आफूहरूले सांकेतिक रूपमा सोमबार सार्वजनिक सवारी सडकको किनारमा रोकेर विरोध प्रदर्शन गरिएको हो ।, ‘संघीय सरकारले राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको भाडा गत असार २७ गते २८ प्रतिशतसम्म बढाए पनि छोटो दूरीमा चल्ने र उपत्यकाको हकमा भने सवारीको भाडा वृद्धि भएको छैन’, यसलाई दबाब दिनका लागि हामीले असोज ६ गतेदेखि निरन्तर आन्दोलन गरिरहेका छौ। त्यसकै निरन्तरताका रूपमा आजको सांकेतिक आन्दोलन गरिएको हो।’, आफूहरुले सबै प्रदेश र सम्बन्धित स्थानीय तहमा भाडा समायोजनका लागि लिखित आग्रह गरेपनि सुनुवाई नभएको उनले बताए।, ‘हामीले पटक-पटक स्थानीय निकाय, सिडिओ कार्यालयसहित सम्बन्धित निकायमा जानकारी गराउँदा पनि कुनै सुनुवाई भएन, हिजो मात्र हामीले काठमाडौंको सिडिओसँग वार्ता गरे पनि कुनै उपलब्धि नभएपछि आन्दोलनलाई निरन्तरता दिएका हौ’, उनले भने।,  कानुनअनुसर छोटो रुटहरुमा चल्ने सार्वजनिक सवारीको भाडा समायोजनको अधिकार सम्बन्धित प्रदेश र स्थानीय तहरुलाई छ ।, प्रदेश सरकारले भाडा बढाउन चासो नदिए अब चोक-चोकमा सवारी तेर्स्याएर आन्दोलन गरिने महासंघले चेतावनी दिएको छ ।, प्रदेशभित्रका एउटा स्थानीय तहबाट अर्कोमा र एउटा जिल्लाबाट अर्कोमा चल्ने सवारीको हकमा प्रदेश सरकारले नै र स्थानीय तहभित्र सम्बन्धित स्थानीय सरकारले नै भाडा समायोजन गर्नुपर्ने हुन्छ । यातायात व्यवसायीले संघीय सरकारले बढाएकै दरमा स्थानीय तह र प्रदेशमा चल्ने सवारीको भाडा समायोजन गर्न माग गर्दै आएका छन् ।, पुरानै दरमा भाडा उठाइरहनुपर्दा सवारीको सञ्चालन खर्च नउठ्ने अवस्था आएको महासंघले बताएको छ। फेरि उपत्यकाको हकमा विभिन्न करले गर्दा सञ्चालन खर्च बढेको छ।, पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले लामो दूरीमा चल्ने सवारीको भाडामा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको थियो ।, महानगरीय ट्राफिक महाशाखाका अनुसार रिङरोडभरि ५ सय वटा बस तेर्स्याइएका छन्। भाडा बढाउनुपर्ने माग राखेर यातायात व्यवसायीले सडकमा बस तेर्स्याई चाबी लिएर हिँडेका छन्।, ‘चाबी लिएर गएका छन्, यतिका बस हटाउन सम्भव नै छैन,’ ट्राफिक महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले सेतोपाटीलाई भने, ‘यातायात कार्यालयमा वार्ता भइरहेको छ।’, कार्यालय समयमा व्यवसायीले सडकमा बस तेर्स्याएपछि यात्रुलाई सास्ती भएको छ भने काठमाडौं उपत्यकाको सवारी अस्तव्यस्त बनेको छ।,  , बस व्यवसायीले तेर्स्याए रिङरोडमा गाडी
पेमा लामा/रासस काभ्रेको पनौती नगरपालिका– ६ र ७ को सङ्गमस्थल त्रिवेणीघाटमा बाह्रवर्षमा लाग्ने मकर मेला आउन अब करिब चार महिना मात्रै बाँकी छ। मेलाका लागि यहाँ केही तयारी थालिएको छ।मेला व्यवस्थापन एवं संरचना निर्माणका लागि नगरपालिकाबाट रु पाँच करोड बजेट विनियोजन गरी प्रवेशद्वार निर्माण, पुन्यमाता खोलामा बहने ढल व्यवस्थापन, अस्थायी शौचालय निर्माण, सरसफाइलगायत काम गरिएको नगरपालिकाले जनाएको छ।, पुरातात्विक महत्वको मन्दिरै मन्दिरको सहर काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा बाह्र वर्षमा लाग्ने मकर मेलाका लागि बेहुली झैँ सिँगारिने भएको छ। मेला भर्न आउने भक्तजनका लागि सहज र व्यवस्थित गराउन मेला व्यवस्थापन समिति गठन गर्नाका साथै सम्बन्धित वडाले पनि आ–आफ्ना क्षेत्रभित्र आवश्यक तयारीका लागि छुट्टै योजना बनाएर अघि बढ्ने भएका छन्।, ‘अहिले पूर्वाधार निर्माणको काम अन्तर्गत पुण्यमाता र रोशी खोलामा तीन बेलीब्रिज, नदीमा स्नानका लागि सिँढी, पानी ट्याङ्की, पैदलमार्ग र सवारीसाधनको वैकल्पिक मार्ग निर्माण गर्नाका साथै खोलालाई सुरक्षित राख्न ढल निकासको काम भइरहेको छ।’ नगर प्रमुख भिम न्यौपानेले भने,“पूर्वाधारको काम सकेपछि तिहार लगतै मकर मेला व्यवस्थापन समिति गठन गरेर आवश्यक थप कामका लागि योजना बनाएर अगाडि बढ्नेछौं।’, मेला तयारीका लागि गत आर्थिक वर्ष रू पाँच करोड र चालू आर्थिक वर्षमा रू तीन करोड गरी रू आठ करोड निकासा गरी काम भइरहेकोे र यसका साथै सहरी विकास मन्त्रालयले रू एक करोड ५० लाख निकासा गरी खोला किनारामा सिँढी निर्माण र त्रिवेणीघाटलगायत आसपासमा सोलार बत्ती जडान गरिएको उनले बताए।, अहिले त्रिवेणीघाटको मन्दिर जीर्णोद्वार गर्नाका साथै छानामा सरसफाइ गर्ने काम भइरहेको छ। मेला आयोजना गरिने प्रमुख स्थान त्रिवेणीघाटमा स्नान गर्न र माथि रहेको वडा नं ६ को गोरखनाथ मन्दिरसम्म आवतजावतमा सहज तुल्याउन तयारी भइरहेको छ।, वडा नं ७ का बासिन्दा रत्नलाल जाकीबञ्जाराले मेला व्यवस्थापनका लागि काम गर्दा पहिलो प्रथमिकता फोहर व्यवस्थापनमा दिनुपर्ने बताए। उनले पहिला पानी खान मिल्ने खोलामा अहिले अव्यवस्थित बजारका कारण ढल मिसाउनेदेखि जथाभावी फोहर फाल्ने गर्नाले निकै दूषित भएको छ भने।, ‘रोशी (लीलावती) खोलाको पानी कडा र पुण्यवती खोलाको पानी नरम हुने गरेको छ।’ उनले भने, ‘पहिलाको त्यस्तो खोला अहिले सफा हराभरा बनाउनका लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्थ्यो।’ वडा नं ७ का वडाध्यक्ष रामचन्द्र नास्नानीको गुनासो थियो,’नगरपालिकाले मेला व्यवस्थापन कार्यअन्तर्गत गरिरहेको काममा वडासँग समन्वय नै नगरी गरिरहेको छ।’, “नगरपालिकाले आफ्नै ढङ्गले काम गरिरहेको मेला हुनेस्थल यही वडाभित्रै भएको र आफू पनि यहीको स्थायी बासिन्दा भएकाले समन्वय गरेर काम गरे अझ बढी प्रभावकारी हुन्थ्यो।’ उनले थपे“बजेट पाएर काम गरेको भने पनि कहाँ कसरी काम भइरहेकोे छ भन्ने कुराको प्रष्ट जानकारीसमेत दिइएको छैन।’, के हो मकर मेला ?, प्रत्येक बाह्रवर्षमा मकर सङ्क्रान्तिका दिनदेखि एक महिनासम्म आयोजना हुने मेला मकर मेला हो। माघ महिनाभर लाग्ने सो मेलामा नेपालबाट मात्रै नभइ भारतको उत्तर प्रयागबाटसमेत तीर्थालु स्नान गर्न आउने गर्छन्। मेलाको प्रमुखस्थल त्रिवेणीघाटमा स्नान गरी त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टी रहेको कुञ्जगिरि पर्वत अर्थात गोरखनाथडाँडामा रहेको गोरखनाथलाई चढाउनाले ठूलो पुण्य मिल्ने र मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।, लीलावती र पुण्यमाता खोलासँगै गोरखनाथ मन्दिरको मुनि रहेको ब्रम्हायणी मन्दिरभित्रबाट बग्नेबाहेक गुप्तरूपमा ब्रम्हायणी मन्दिरको तलबाट पद्मावती नदी बगेर मिसिएकाले त्रिवेणीघाट भनिएको हो। सो स्थलमा जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप गरिन्छ। राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्दा त्रिवेणीघाटको पनि जल पनि राखेको कुरा इतिहासमा उल्लेख छ।, पनौती ‘सचि तीर्थ’, साविक पनौतीलाई सचि तीर्थधामको रुपमासमेत चिनिन्छ। रोशी खोलाको शिर नजिकै रहेको भालेश्वर मन्दिरदेखि त्रिवेणीघाटसम्म एकसय विभिन्न देवदेवीको मन्दिर भएका कारण मन्दिरैमन्दिरको सहरको रुपमा रहेको पनौतीलाई नेवारी भाषामा ‘सचि तीर्थ’ अर्थात एकसय वटा मन्दिर भएको सहरको रूपमा परिचित छ। यहाँका हरेक चोक र बाटामा समेत विभिन्न देवदेवीको मन्दिर छ।, त्यससँगै सहरको विभिन्न स्थानमा निर्माण गरिएको पाटीमा समेत एउटा एउटा देवीदेवताको मन्दिर राखेर पूजा गर्ने व्यवस्था मिलाइएको थियो तर पछिल्लो समय तिनकोे उचित संरक्षण र प्रबद्र्धन हुन सकेको छैन। वडा नं ७ का सदस्य पुरुषोत्तम कर्माचार्यले पनौतीमा लाग्ने मेलामध्येकै सबैभन्दा ठूलो मेलाका लागि भौतिक पूर्वाधारदेखि अन्य काम भइरहेको बताए।, ‘कतिपय काम खोला निकारामै गर्नुपर्नेमा पानी परेर बाढी आएका बेलामा काम गर्नाका लागि सिँडी निर्माण गर्न बोलपत्र आह्वान भएपछि छिटै निर्माण थालिने छ।’ उन भने, ‘त्यससँगै सो क्षेत्रमा हरेक शनिबार महिला समूहको नेतृत्वमा र वडा कार्यालयको अगुवाइमा पनि सरसफाइको काम भइरहेको छ।’ पछिल्लो समय खोलामा ढल मिसाउने भइरहेकाले अब त्यसलाई रोक्न नगर र वडाबाट पाउने सेवा सबै रोकिनेसम्मको निर्णय भएकाले अब खोलामा कसैले पनि फोहर गर्न नसक्ने सदस्य कर्माचार्यले बताए, बसाइँ व्यवस्थापनमा समस्या, मेलामा आउने तीर्थालुका लागि बास बस्नाका लागि खासै तयारी भएकोे छैन। पनौती क्षेत्रमा पर्याप्त मात्रमा व्यवस्थित होटल नभएका कारण त्यसका लागि चासो दिनुपर्नेमा नदिइएको केही व्यक्तिको गुनासो थियो। यहाँ सञ्चालित केही होम स्टेले भने केही सेवा प्रदान गर्नसक्ने वडा कार्यालयले जनाएको छ। इन्द्रेश्वर मन्दिरका पूजारी शिवप्रसाद जङ्गमका अनुसार विगतमा मेलामा आउने तीर्थालुलाई घरमा बास बस्न दिनका साथै विभिन्न परिकार खुवाइन्थ्योे तर अहिले भक्तजनले त्यो सुविधा पाउने अवस्था छैन।, मकर मेलाव्यवस्थापनका लागि पूर्वाधार निर्माण
नवीन लामिछाने यस वर्षको वर्षायामको सुरूदेखि अवरूद्ध सडक तीन महिनापछि सञ्चालन भएपछि मनाङको जनजीवन सहज बन्दैछ।, विगत तीन महिनादेखि अवरूद्ध बेंसीशहर-चामे सडकखण्डको धारापानी माथिसम्म सडक पुगेपछि औपचारिकरूपमा सञ्चालनमा आएको छ। , लामो समयदेखि सडक सञ्जालबाट टाढा रहेका मनाङबासीलाई सडक सञ्चालनमा आएपछि सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।, धारापानीबाट माथिल्लो पाँच किलोमिटर बाँकी सडक निर्माण भएपछि सडक पुनःसञ्चालनमा आएको हो। , 'दसैं अगाडि सदरमुकाम चामेसम्म सडक पुनःसञ्चालमा ल्याउने लक्ष्य पूरा भएको छ, अब तलेखु–भ्राताङ भिरमा सडक बनेपछि खाङ्सार हुनेछ', प्रजिअ लामिछानेले भने।, भ्राताङ–पिसाङबीचमा सडकखण्ड खुलेपछि मनाङबासी र पर्यटकलाई सहज हुने उनले बताए। अवरूद्ध रहेको एक्लोभट्टी र तलेखुँको सडकखण्ड छिटै खुलाउने गरी काम भइरहेको उनले बताए। , उनका अनुसार उक्त सडकखण्ड सञ्चालन भएपछि मनाङ जिल्लाको सडकखण्ड लगभग पूर्णरूपमा खुल्नेछ।, मनाङ सडकखण्डअन्तर्गत कार्यक्रमसहित आयोजना गर्दै खुला भएको सन्देश दिन मनाङबासीले पर्यटकलाई निम्तो दिने गरेका छन्।, 'असार १ मा परेको अविरल वर्षापछि आएको बाढीपहिराका कारण भ्राताङ भिरमा सडक अवरूद्ध भएको थियो', ङिस्याङ गाउँपालिकाका प्रमुख कान्छा घलेले भने।, ङिस्याङ गाउँपालिका र पेमा छिरिङ एण्ड छुन्ता गुरुङ फाउण्डेशनको आर्थिक व्यवस्थापनमा सडक निर्माण गरिएको उनले बताए। , जिल्लामा सडक अवरूद्ध भएपछि सहज बनाउन प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरूङ मनाङमै बसेर लागिपरेको प्रजिअ लामिछानेले बताए।, बन्द रहेको सडक प्रतिनिधिसभा सदस्य गुरूङको नेतृत्वमा ४५ दिनमै खुलाइएको उनले बताए। , सो सडकखण्ड अवरूद्ध हुँदा दैनिक उपभोग्य सामग्रीको ढुवानीमा कठिनाइ भएको उनले बताए।, 'खाद्यान्न र औषधिजन्य सामग्रीको आपूर्तिमा नै समस्या थियो। हेली चार्टर गर्नसक्ने सबैको अवस्था छैन', अध्यक्ष घलेले भने, 'जिल्ला प्रशासन कार्यालय मनाङ, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल पुलिस तथा स्थानीयको साथ र सहयोगमा सडक खुलाइएको छ। सडक चलेपछि अहिले स्थानीयबासीमा खुसीयाली छाएको छ।', विगतमा लामो समय लगाएर सडक सञ्चालनमा ल्याउने गरेको भए पनि यसपटक छिटो गरी सडक सञ्चालनमा आएको छ। विगतमा लामो समय लागे पनि यसपटक ४५ दिनमा सडक सञ्चालन भएको छ। बेंसीसहर-चामे-खाङ्सार सडकखण्ड १०७ किलोमिटर छ। अब उक्त सडकखण्डअन्तर्गतको तलेखु–भ्राताङ भिरमा सडक सञ्चालन हुन बाँकी छ। ,रासस, अवरूद्ध सडक खुलेपछि मनाङको जनजीवन सहज बन्दै
सेतोपाटी संवाददाता काठमाडौंबाट दुई सय सात जना पाकेटमार तथा चोरहरू पक्राउ परेका छन्। , महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।, सोमबार परिसरमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। , दसैं-तिहारमा घर फर्किनेहरूको पाकेटमार्ने तथा चोरी गर्न सक्ने भन्दै परिसरले उपत्यकाबाट दुई सय सात जनालाई पक्राउ गरेको हो।, प्रहरीले भदौ २५ गतेदेखि अपरेसन थालेको एसएसपी सिंहले बताए। प्रहरीले यातायात व्यवसायहरूको संयुक्त समन्वयमा अपरेसन गरेको हो। , प्रहरीले १६१ जनामाथि अनुसन्धान गरिरहेको छ। उनीहरूमाथि अभद्र व्यवहारमा मुद्दा चलाएको सिंहले बताए।, 'जाहेरी आउनेक्रममा जारी रहेको हुँदा उनीहरूमाथि अहिले अभद्र व्यवहारमा मुद्दा चलाएका छौं,' उनले भने।, ४६ जना भने पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। , सामान्य धरौटी पनि नतिरी उनीहरू आफैं जेल गएको प्रहरीले जनाएको छ। प्रहरीले फेरि पक्राउ गर्न सक्ने भन्दै उनीहरू जेल गएको सिंहले बताए।, प्राय: उनीहरूले सार्वजनिक बसमा पाकेट मार्ने गरेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार उनीहरू दुई-दुई जनाको दरले ६ जनाको टोली बनाएर बसभित्र जाने गर्थे। भित्र पसेपछि उनीहरूले पैसा धेरै हुने व्यक्ति पहिचान गर्थे।  पहिचान भएपछि उनीहरूले पैसा भएका व्यक्तिलाई घेराबन्दी गरेर ठेलमठेल गरेर चोर्थे।उनीहरूले त्यसक्रममा 'कोड वर्ड' प्रयोग गर्थे। पीडितलाई उनीहरूले 'रामे' भन्थे।, पैसालाई द, मोबाइललाई कान, पाकेटमार गर्ने व्यक्ति मास्टर वा काशी, पैसा धेरै छ भन्ने संकेत दिन टानको द पैसा, थोरै छ जुटको द, गाडीलाई काँचा भन्दै सांकेतिक भाषा प्रयोग गर्थे।, त्यसैगरी केटालाई छापा, केटीलाई भद्री, पुलिस आए ठूल्दाइ आयो, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग भन्नलाई भने उनीहरूले टप्की भन्ने गरेको खुलेको छ। , अगाडि जा लाई अकल जा र पछाडि जा भन्नलाई चिछल जा भनेर 'कोड वर्ड' प्रयोग गर्थे।, यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।, काठमाडौंमा 'कोड वर्ड' प्रयोग गर्दै पाकेट मार्ने २०७ पक्राउ, प्रहरीलाई भन्थे ठूल्दाइ!
सविता बुढा भारतीय राज्य उत्तर प्रदेशमा आंशिक कर्फ्यू लगाइएपछि स्वदेश फर्किने नेपालीहरूलाई बाटोमा समस्या परेको छ।, आइतबार भएको एउटा हिंसात्मक घटनामा ८ जनाको मृत्यु भएपछि त्यहाँको प्रशासनले लखीमपुर खीरीमा धारा १४४ लागु गरेको छ।, यही बेला कैलालीको खक्रौला र गौरीफन्टा हुँदै स्वदेश फर्किने नेपालीहरू बाटोमा सडक अवरूद्ध गरिएपछि समस्यामा परेका हुन्।, यस्तै, करनाल हाइवेमा किसानहरूले जाम गरिदिएका छन्। यूपीको लखीमपुर खीरी मामललाको संवेदनशीलतालाई हेरेर प्रशासनले ६ अक्टूबरसम्म आरएएफ र एसएसबीको दुई/दुई कमाण्ड तैनाथ राखेको छ।, ठाउँ-ठाउँमा प्रहरी र किसान दुबै पक्षले जिल्लाका केही नाका बन्द गरेकाले स्वदेश फर्किने नेपाली समस्यामा परेका हुन्।, भारतबाट फर्केका धनगढीका सत्यराज अवस्थीले चोक-चोकमा बसेका किसान आन्दोलनको समर्थकले नेपालतर्फ आउने गाडि हिँड्न नदिएको बताए।, ‘गाडी आउन नदिएपछि पैदल, रिक्सामा महँगो भाडा तिरेर आउनु परिरहेको छ, इन्टरनेट, मोबाइल नेटवर्क पनि बन्द गरिएको छ, कैयौं गाडी, ट्रक, जीप भ्यान बाटोमै रोकिएका छन्,’ उनले भने।, टीकापुर नगरपालिका-८ का वडाअध्यक्ष दीर्घ ठकुल्लाले नेपाली नागरिकलाई खक्रौला नाका हुँदै आवतजावतमा अप्ठ्यारो भइरहेको बताए।  , ‘अहिले भारतबाट आउनेलाई बढी समस्या भएको छ,’ उनले भने। , कैलालीको खक्रौला भन्सार नाकास्थित बिओपीका प्रमुख अनिल ओलीले नेपाली नागरिकलाई सहजताका लागि भारतीय एसएसबीका अधिकारीसँग छलफल गरिएको बताए। , ‘नेपालीहरूलाई आउन दिनु भनेर कुरा गरिसकेका छौं, आज भारतबाट ६ जना नेपाली स्वदेश भित्रिएका छन्, हिजोअस्तीजस्तो आवतजावत छैन, सुनसान छ,’ उनले भने।, नेपालको कैलालीको पूर्वी दक्षिणी क्षेत्रसँग सीमा जोडिएको लखिमपुर जिल्लाको तिकुनियामा भारतको केन्द्रीय गृह राज्यमन्त्री अजयकुमार मिश्रका छोराले चलाएको गाडीले किसानहरूलाई कुल्चेर मारेको आरोप लागेको छ।, एनडिटिभीका अनुसार आइतबार तिकुनियामा एउटा कार्यक्रम आयोजना गरिएको थियो। तिकुनिया केन्द्रीय गृह राज्यमन्त्री मिश्रको पुर्ख्यौली घर भएको ठाउँ हो। उक्त कार्यक्रममा उनी र उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव मौर्य सहभागी हुन जान लागेका थिए।, केन्द्रीय सरकारले ल्याएका तीन वटा विधेयकको केही समयदेखि विरोध गरिरहेका किसानहरूले उपमुख्यमन्त्री र केन्द्रीय गृह राज्यमन्त्रीलाई कालो झन्डा देखाउने कार्यक्रम राखेका थिए। कालोझन्डा देखाउने थाहा पाएपछि मिश्र र मौर्यले रूट बदलेका थिए।, उनीहरूले रूट बदलेको थाहा पाएपछि फर्किन लाग्दा राज्यमन्त्री मिश्रका छोराले चलाएकोसहित गाडीहरू आएको देखेपछि किसानहरूले उनीहरूलाई नै कालो झन्डा देखाएको आन्दोलनरत किसानले जनाएका छन्। त्यसपछि मन्त्री मिश्रका छोराले कालो झन्डा देखाउने र अरू किसानमाथि गाडीले कुदाएको किसानहरूको आरोप छ। गाडीले किच्दा चार जना किसानको मृत्यु भएको छ। , आफ्ना साथीहरू मारिएपछि आक्रोशित बनेका किसानले ती गाडीमा आगो लगाइदिएका थिए भने त्यसमा सवार चार जनालाई कुटपिट गरेका थिए। कुटपिटबाट चार जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा एक चालक र तीन जना भारतीय जनता पार्टीका कार्यकर्ता भएको उल्लेख गरिएको छ।, मृतकका आफन्तलाई ४५ लाख नगद क्षतिपूर्ति दिने सहमति भएको छ। यद्यपि माहोल शान्त भइनसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।, भारतको उत्तर प्रदेशमा आंशिक कर्फ्यू, स्वदेश फर्किने नेपालीलाई समस्या
सेतोपाटी संवाददाता  काठमाडौं उपत्यकामा थप तीन सय ६६ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ६६ जना, भक्तपुरमा ३८ जना र ललितपुरमा ६२ संक्रमित थपिएका हुन्।, यस्तै, काठमाडौं उपत्यकामा ३८१६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २२९४, भक्तपुरमा ७०६ र ललितपुरमा ८१६ सक्रिय संक्रमित छन्।, थप एक हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा १० हजार ८ सय ७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ८ सय ९३ जनाको पिसिआर परीक्षण र ४ हजार ९ सय ८१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १६ हजार ६ सय ६ जना सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको छ।, काठमाडौं उपत्यकामा थपिए तीन सय ६६ संक्रमित
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा एक हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८७४ जनामा आज कोरोना परीक्षण गरिएको थियो । देशभर सक्रिय सङ्क्रमित १६ हजार ६०६ छन् । नेपालमा सङ्क्रमण दर १८.८ प्रतिशत  छ । , पाँचसय भन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ छन्। मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर भक्तपुर, कास्की र रुपन्देही ५०० भन्दा बढी सङ्क्रमित भएको जिल्ला हुन् । , काठमाडौं उपत्यकामा थप तीन सय ६६ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ६६ जना, भक्तपुरमा ३८ जना र ललितपुरमा ६२ संक्रमित थपिएका हुन्।, आज एक हजारले सङ्क्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुने सात लाख ७० हजार २२४ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.५ प्रतिशत छ ।, सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको निधन भएको छ। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १७४ जनाको निधन भइसकेको छ । हाल देशभर ३५१ जना सघन उपचार कक्ष, ११८ जना भेन्टिलेटर, १५ हजार ५३४ जना होम आइसोलेशन, एक हजार १५२ जना संस्थागत आइसोलेशन र २४१ जना क्वारेन्टिनमा छन्। , कोभिड–१९ विरुद्धको खोप एक लाख २० हजार ५४८ जनाले लगाएका छन् । अहिलेसम्म नेपालमा ७८ लाख पाँच हजार ६८५ ले पहिलो मात्रा र ६३ लाख ८४ हजार १७२ ले पूर्ण मात्राको खोप लगाइसकेका छन्। ,  ,  , नेपालमा कोरोना सङ्क्रमण दर १८.८ प्रतिशत, सङ्क्रमणमुक्त हुने दर ९६.५ प्रतिशत
मनोज सत्याल मुलचन्द महाउत गत भदौ २० गते राती बल्खु पुलछेउको आफ्नै टहरामा सुतिरहेका थिए।, राती ११ बजेतिर पानी पर्न थाल्यो। टहरा छाएको जस्तापाता जोडजोडले बज्न थाल्यो। बागमती उर्लेको आवाज झन् चर्कियो।, तीन बजेतिर टहराभित्रै पानी छिर्‍यो। महाउत दम्पती तीन छोरा र तीन छोरी च्यापेर बल्खु पुल उक्ले। मुलचन्द यहाँ बस्न थालेको ११ वर्ष भयो। बाँकेको हरमिनियाबाट आइपुगेका उनी ज्यामी काम गर्छन्।, उनको टहरा बाढीले त बगाएन। तर खाने सामग्रीसहित ओढ्ने-ओछ्याउने, सबै सामान बिग्रिए।, बल्खु किनारमा ५ सय १३ टहरा छन्। झन्डै तीस वर्षदेखि बल्खु, बागमती किनारमा बस्दै आएको सुकुम्बासी बस्ती यसपालि बर्खामा बाढीको चपेटामा पर्‍यो। , '२०७३ सालमा टहरामा पानी छिरेको थियो,' मुलचन्दले सम्झिँदै भने, 'यसपटक बस्तीका ८ वटा टहरा बगायो।', बगेका टहरामध्ये एउटा सरोज महाउतको हो। उनको टहरासहित सबै सामान बाढीले लग्यो। अहिले सरोजको परिवारै त्यही बस्तीको अर्को टहरामा भाडामा बसिरहेको छ। , बाढीले बगाउन नसकेको टहराको ढोका छेवमा सरोज महाउत । तस्बिर : मनोज सत्याल/सेतोपाटी, उक्त दिन राती काठमाडौंको एयरपोर्टको स्टेसनले साढे २ बजेदेखि बिहान ६ बजेसम्ममा १०५ मिलिमिटर वर्षा मापन गरेको थियो। , जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद मिनकुमार अर्यालका अनुसार भदौ २१ गते काठमाडौंको एयरपोर्टले २४ घन्टामा १२१.५ मिलिमिटर वर्षा मापन गरेको थियो। यो सन् १९६८ यताकै तेश्रो ठूलो वर्षा हो।, काठमाडौं जस्तै उक्त दिन भक्तपुरमा पनि धेरै पानी परेको थियो।, भक्तपुरको नगरकोटस्थित स्टेसनले उक्त दिन १२२.४ मिलिमिटर वर्षा मापन गरेको छ। सन् १९७१ मा राखिएको स्टेसनले रेकर्ड गरेको यो पाँचौं ठूलो वर्षा हो।, विभागका इञ्जिनियर सञ्जयकुमार साहका अनुसार उक्त दिन परेको पानीका कारण खोकनाको स्टेसनमा बागमतीको उचाइ ४.७ मिटर पुगेको थियो। बर्षाको समयमा काठमाडौंमा पानीको सतह सामान्यतया दुई मिटरभन्दा तलै रहने गरेको छ।, खोकनास्थित जल तथा मौसम विभागको स्टेसनले भदौ २१ गते काठमाडौं उपत्यकामा मापन गरेको जल सतह। स्रोत : जल तथा मौसम विभाग , जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार उक्त दिन काठमाडौंका ३८५ घर टहरा डुबानमा परे। प्रहरीले २३२ जनाको उद्धार गरेको थियो। कालिमाटी प्रहरीका अनुसार उक्त दिन बल्खु क्षेत्रमा ९५ घर डुबानमा परे। त्यस्तै आठ वटा सवारीसाधन सञ्चालन हुन नसक्ने गरी डुबे। बल्खु तरकारी बजारमा लाखौंको तरकारी नष्ट भयो। , काठमाडौं उपत्यकाको नदी किनार पछिल्लो समय वर्षालगत्तै डुबानमा पर्न थालेका छन्।, सन् २००२ जुलाइमा आएको बाढीका कारण काठमाडौं उपत्यकामा २८ जनाको ज्यान गयो। ५४ करोड रूपैयाँ बराबरको क्षति भयो। युएन ह्याबिट्याटले सन् २०१५ मा काठमाडौंमा जलवायु परिवर्तन असरबारे अध्ययन गरेको थियो। भादगाउँ, बानेश्वर, सामाखुसी, धोबीखोला र कीर्तिपुर क्षेत्रको नदी किनारमा बाढीको जोखिम बढी भएको उक्त अध्ययनले देखाएको छ।, 'बाढीकै कारण सन् १९७१ देखि सन् २०१५ सम्ममा ३४ जनाको मृत्यु भएको र २०१ घरमा क्षति पुगेको छ,' अध्ययनमा भनिएको छ, 'उपत्यकामा बाढीको घटना ०.८७ प्रतिशतले बढोत्तरी भएको छ।' , डुबानमा परेको बल्खुको बागमती किनारको सुकुम्बासी बस्ती। तस्बिर: निशा भण्डारी/सेतोपाटी, २०७५ र ०७६ सालमा भक्तपुरको हनुमन्ते र मनोहरा खोला आसपासको बस्ती पनि डुबानमा पर्‍यो। , जल उत्पन्न प्रकोप विभागको अध्ययनअनुसार विष्णुमती र बागमती मिलेको ठाउँभन्दा तल्लो भागमा बाढीको जोखिम उच्च छ। त्यस्तै मनोहरा-कोड्खु मिल्ने ग्वार्को क्षेत्र र नख्खु-बल्खु खोला मिल्ने बल्खु क्षेत्र बाढीको जोखिममा छ।, सरकारले यसै वर्ष तयार पारेको जलवायु संकटासन्नता तथा जोखिम विश्लेषण सम्बन्धी रिपोर्टमा पनि बल्खु क्षेत्रमा बाढी जोखिम धेरै भएको उल्लेख छ।, जलवायु परिवर्तनका कारण कुनै पनि बेला एक्कासि ठूलो पानी पर्ने र बाढीले भवन तथा बस्तीमा क्षति पुर्‍याइरहेको रिपोर्टमा उल्लेख छ, 'काठमाडौंमा बाढीका धेरै घटना भएका छन्। किनारमा बनेका ४८ प्रतिशत घर अस्थायी टहरा छन्। दुई प्रतिशत मात्र सिमेन्ट र इँटाले बनेका छन्। सन् २०१८ मा बल्खु क्षेत्रमा सुकुम्बासी बस्ती र निजी घर जग्गा डुबानमा परे। बल्खु क्षेत्रमा २० घर बगायो। सन् २००२ मा बल्खु खोला किनारमा एउटा गार्मेन्ट कारखानामा क्षति पुग्यो।', भक्तपुरमा भएको डुबान। तस्बिर : नारायण महर्जन/सेतोपाटी, किन बढिरहेको छ काठमाडौं उपत्यकामा बाढी?, नदी नियन्त्रण गर्न बाँध बाँधिएका कारण पछिल्लो समय काठमाडौंका किनार डुबानको जोखिममा परेका छन्। भदौको बाढीमा बल्खु-बागमती बाँधभन्दा माथि (ओभर द टप) बाट बगेको थियो।, भौगर्भिक प्रकोपविद श्रीकमल द्विवेदी काठमाडौंका नदीमा बाँध निर्माण गर्दा प्रकोपलाई ध्यान नपुर्‍याइएको बताउँछन्।, उनले भने, 'पछिल्लो समय जलवायु परिवर्तनले क्षणभरमै ठूलो वर्षा हुने घटना भएका छन्। नदीमा बाँध बनाउँदा यस्ता घटनालाई ध्यान दिनुपर्छ।', द्विवेदीका अनुसार बाढीका घटना अझै बढ्ने अवस्था छ। , यसको पहिलो कारण बढ्दो सहरीकरण हो।, 'पहिला वर्षामा खेतमा पानी जम्थ्यो। त्यो पानी कतिपय जमिनले सोस्थ्यो, कति विस्तारै खेतका गरा भरिएर नदीमा आउँथे,' उनले भने, 'अहिले घर र सडकका कारण जमिनले पानी सोस्न पाउँदैन। पानी ढल हुँदै सिधै नदीमा पुग्छ। ठूलो पानी पर्दा एकैपटक धेरै पानी सिधै नदीमा पुग्ने भएकाले छिट्टै बाढीको रूप लिन्छ।', जमिनको सतहमा परेको पानी मध्ये बग्ने पानीको मात्रालाई 'रन अफ कोफिसियन्ट' भनिन्छ। घर बन्ने क्षेत्र बढ्दै गएको तथा सोसिने जमिन नभएकाले काठमाडौंमा रन अफ कोफिसियन्ट बढ्दो छ। सँगसँगै बग्ने पानीको गति पनि बढ्दो छ। त्यसले बाढीको अवस्था सिर्जना गर्छ।, किनारमा बाढी जोखिम रहेको ठाउँमा घर बनाउन अनुमति दिइनाले डुबान बढिरहेको द्विवेदीको तर्क छ। तर किनारमा, डुबान हुने क्षेत्रमा घर बढ्दै जाँदा पानीको गति कति बढ्दै जान्छ लगायत विषयमा अध्ययनै नभएको उनी बताउँछन्।, 'हामीकहाँ बाँध बनाउनुअघि सही ढंगले अध्ययनै भएको छैन,' उनले भने, 'प्रकोप रोक्न इञ्जिनियरिङ हिसाबले राम्रो अध्ययन जरूरी छ।', सही ढंगको अध्ययन भनेको कस्तो? , द्विवेदीले यसलाई बुझाउन एउटा चुट्किला सुनाए- एउटा मान्छेका चार जना छोरा/छोरी थिए जसको उचाइ दुई, तीन, चार र पाँच फिट थियो। बाबुले सबैको उचाइ अध्ययन गरेर सरदर उचाइ साढे तीन फिट निकाले। एकदिन छोराछोरीसहित जंगल जाँदा नदी तर्नुपर्‍यो। उनले नदीको सरदर गहिराइ निकाले। साढे तीन फिट आयो। छोराछोरीको सरदर उचाइ साढे तीन फिट सम्झेर उनी नदी तर्न खोजे। साढे पाँच फिटको खाल्डोमा परे र सबै डुबे।, 'यसबाट के बुझ्ने भने, प्रकोप अध्ययन गर्दा हामीले सबभन्दा ठूलो जोखिम आकलन गर्नुपर्छ,' द्विवेदीले भने, 'बागमतीमा बाँध बनाउँदा माथिल्लो क्षेत्रको बस्ती विस्तारदेखि यो क्षेत्रमा हुन सक्ने सबभन्दा ठूलो वर्षाको आकलन गर्नुपर्थ्यो।', एसियाली विकास बैंकले बागमती व्यवस्थापन परियोजना अगाडि बढाउँदा यहाँको वर्षातको ट्रेन्ड मात्र अध्ययन गरेको थियो। परियोजना अन्तर्गत बागमती करिडोरमा अहिले बाँध, पार्क र माथिल्लो क्षेत्रमा धाप निर्माणको काम भइरहेको छ।, बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्यालका अनुसार बागमती अध्ययनको पुनरावलोकन गर्ने तयारी भइरहेको छ।, 'पुनरावलोकन प्रक्रिया अघि बढेको छ। हामी बीस वर्षको कार्ययोजना तयार पारिरहेका छौं,' अर्यालले सेतोपाटीसँग भने, 'विगतमा लिइएका आधार र रिपोर्टिङ तथा नदीको मापदण्डको विषयमा मास्टरप्लान बनाउँदै छौं।', जल उत्पन्न प्रकोप विभागले काठमाडौं उपत्यकामा नदी किरानामा बाढी र डुबान क्षेत्रको जोखिमयुक्त स्थानको पहिचान गरेको छ। स्रोत : विभागको प्रतिवेदन, शिवपुरी डाँडाको बागद्वारबाट उत्पन्न बागमतीमा ठाउँठाउँबाट विभिन्न खोला मिसिन्छन्। त्यही आधारमा बागमतीका लागि बहाब क्षेत्र निर्धारण भएको छ।, अर्यालका अनुसार सुन्दरीजलबाट गोकर्णसम्म बागमतीको बहाबका लागि २० मिटर, गोकर्णबाट नारायणटार पुलसम्म ३५ मिटर, नारायणटार पुलदेखि गुह्येश्वरी मन्दिरसम्म ४० मिटर, तिलगंगाबाट मनोहरा मिसिने ठाउँ च्यासलसम्म ३० मिटर, च्यासलबाट धोबीखोला बागमतीमा मिसिने ठाउँ बुद्धनगरसम्म ४० मिटर र च्यासलबाट विष्णुमती मिसिने टेकुसम्म ६० मिटर बहाब क्षेत्र तोकिएको छ। विष्णुमती मिसिएको ठाउँदेखि चोभारसम्म बागमतीको बहाब क्षेत्र ८० मिटर कायम छ।, तर यसरी कायम गरिएका ठाउँ साँघुरो भएको र यसले बाढीको खतरा बढाएको पछिल्ला अध्ययनले देखाएका छन्। नदी इञ्जिनियरिङबारे जापानको क्योटो विश्वविद्यालयबाट विद्यावारिधि गरेका सरोज कार्कीका अनुसार सहरीकरण भन्दा पनि नदीको प्राकृतिक बहावमा नियन्त्रण गर्नाले बाढी जोखिम बढिरहेको छ।, 'नदीको प्राकृतिक बहावमा जनु अतिक्रमण भएको छ, त्यो बाढीले उत्पन्न गर्ने डुबानको कारक भएको अध्ययनले देखाएको छ,' कार्कीले भने, 'कुपण्डोल क्षेत्रमा नदीको प्राकृतिक बहाव १७५ मिटर थियो। अहिले त्यहाँको माथिल्लो क्षेत्रमा नदी किनार ७० मिटर जति छ। भक्तपुरको हनुमन्तेमा पनि प्राकृतिक बहाव क्षेत्र रोक्ने काम भएको छ।' , जल उत्पन्न प्रकोप विभागले सन् २००९ मा गरेको अध्ययनले मनोहरा, बागमती, धोबिखोला, विष्णुमती, गोदावरी, हनुमन्ते र बल्खुमा आउन सक्ने बाढीका लागि बहाव क्षेत्र अभाव हुने उल्लेख गरेको छ, 'मनोहरा, बागमती, धोबिखोला, विष्णुमती, महादेव खोला, काराखुसी, बल्खु, नख्खु, कोड्खु, गोदावरी, हनुमन्तेका लागि क्रमश: ४२-१३० मिटर, ५१-२०५, ३१, २८-८३, १६-३१, ३०,५०,५६,३४, १३-५१ र ७८ मिटर चौडाइ आवश्यक हुन्छ। यसमा ध्यान दिएर मात्र कुनै पनि संरचना र भवन बनाउनु उपयुक्त हुन्छ।', कार्कीका अनुसार काठमाडौं उपत्यकामा नयाँ क्षेत्रमा डुबान हुने सम्भावना भने कम छ।, 'अहिले जुन क्षेत्रमा डुबान भइरहेको छ, त्यहीँ डुबान बढ्ने अध्ययनबाट देखिएको छ। अहिलेको वर्ष एक मिटर डुबेको ठाउँ अर्को पटक थप डुब्दै जाने देखिन्छ। त्यसको भौगर्भिक कारण नदी सतहसँगै बस्ती हुनु हो।', पानी बग्ने स्थानमा बाँध बाधिएकाले किनारमा बाढी आउँदा पानी बस्तीमा छिर्न थालेको कार्कीले बताए। उनका अनुसार दुवै किनारमा भएका ठाडो पर्खालले नदीलाई कुलोजस्तो बनाएको छ। नदीको बहाव तल साँघुरो र माथि फिँजारिएको हुन्छ। नदीको इञ्जिनियरिङ सिद्धान्तअनुसार पर्खाल लगाउँदा प्राकृतिक आकारमा बनाउनु उचित हुन्छ। त्यसले केही मात्रामा बाढी नियन्त्रण गर्न सक्थ्यो।, एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसन्धानकर्ता अरुणभक्त श्रेष्ठका अनुसार जलवायु परिवर्तनका कारण हुने अत्यधिक वर्षाका कारण पनि बाढी जोखिम बढ्दै गएको छ।, 'अत्यधिक वर्षा हुने दिन बढी भइराखेका छन् र यो भविष्यमा पनि हुने प्रक्षेपण छ,' श्रेष्ठले भने, 'यसले गर्दा बाढी आउने घटना बढ्नेछ।', भदौ २१ गते उपत्यकामा परेको पानी जलवायु परिवर्तनका कारण भएको अत्यधिक वर्षाकै उदाहरण भएको उल्लेख गरे। उनका अनुसार यस्तो घटना सन् २००२ मा पनि भएको थियो।, 'जलवायु परिवर्तनको असर धेरै पानी र धेरै थोरै पानीबाट देखिन्छ,' उनले भने, 'खोलामाथि घर बनाइयो। बागमती र विष्णुमतीमा सरकारले नै पर्खाल लगाएर छेक्यो। साँघुरो बनायो। अब कताबाट बग्ने नदी र खोला?', यस्तो अवस्थामा नदी/खोला कुनै पनि बेला प्राकृतिक स्वरूपमा फर्किदाँ विपद आउने श्रेष्ठको तर्क छ।, मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन सुदीप ठकुरीका अनुसार सामान्यतया दस मिलिमिटर वर्षा हुँदा प्रति वर्ग स्क्वायर किलोमिटरमा दस हजार टन पानी हुन्छ। नदीमा पर्खाल लगाउँदा पानी बग्ने ठाउँ हुँदैन र भरिएर बाहिर जान्छ। यसले झन् समस्या ल्याउँछ।, ठकुरीले भने, 'बल्खु र हनुमन्तेमा यस्तो समस्या भएको छ। यसको कारण खोलामा पानी कति बहन्छ भन्ने अनुमान अध्ययनहरूबाट हुन सकेन।', काठमाडौं उपत्यकाको पानीको सबैजसो निकास चोभार क्षेत्रबाट हुने गरेको छ। शिवपुरी, नगरकोटदेखिको जलाधार क्षेत्रको पानी चोभार आइपुग्छ।, एसियाली विकास बैंकले गरेको अध्ययनअनुसार बागमतीको जलाधार क्षेत्र ६२५ स्क्वायर किलोमिटरको छ।, 'ठूलो जलाधार क्षेत्र भएकाले वर्षा हुदाँ डुबानको जोखिम पनि धेरै छ,' ठकुरीले भने, 'भएको जमिन घरले ढाक्ने र सडक पिच गर्दा परेको पानी जमिनमाथि बहने भएकाले सहरमा बाढी बढ्दै गएको छ।', बाढी र डुबानको अर्को महत्वपूर्ण कारण किनारमा फालिने फोहोर र ढल व्यवस्थापन गतिलो नहुनु पनि हो।, बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्यालका अनुसार ढलसँगै काठमाडौंका पहराहरूमा भइरहेको प्लटिङबाट बगेर आउने लेदोले बागमतीको नदी सतह बढेको छ। तत्कालका लागि समितिले नदीको सतह घटाएर बाढी नियन्त्रणको पहल भने गरिरहेको छ।, भौगर्भिक प्रकोपविद द्विवेदी घरको नक्सा पास गरेर अनुमति दिने र ढल लगायत व्यवस्थापन जिम्मेवारी पाएका पालिकाहरूलाई बाढीजन्य नियन्त्रण काममा संलग्न गराउनुपर्ने बताउँछन्। इसिमोडका अनुसन्धानकर्ता अरुणभक्त श्रेष्ठले पनि खोलामाथि भवन बनाउनेजस्ता काम तत्काल सच्याउनुपर्ने बताए।, 'पुतलीसडक र कमलादी क्षेत्रमा पुरानो इचु नदी पुरिएको छ,'  श्रेष्ठले भने, 'यस्ता गतिविधि नसच्याउने हो भने विकराल रूप निम्तिन सक्छ।', मध्यपश्चिम विश्वविद्यालयका डिन ठकुरीका अनुसार काठमाडौंमा मात्रै होइन नेपालका अधिकांश सहरी क्षेत्र यस्ता बाढी र डुबानको जोखिममा छन्।, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको जलवायु संकटासन्नता तथा जोखिम विश्लेषण सम्बन्धी रिपोर्टमा नेपालको आठ प्रतिशत भूभाग बाढीको जोखिममा रहेको उल्लेख छ। रिपोर्टले देशका २६ वटा नगरपालिका र ८५ वटा गाउँपालिका जलवायु परिवर्तनको जोखिममा रहेको देखाएको छ।, यसमध्ये बिराटनगर, ललितपुर, काठमाडौं, भरतपुर, पोखरा लेखनाथ, घोराही, तुलसीपुर, अति जोखिममा छन्। रिपोर्टले बढ्दो तापक्रम, वर्षाको मात्रामा अस्वाभाविक परिवर्तन भएर निम्तिने बाढी र डुबान जस्ता प्रकोप बढ्ने उल्लेख गरेको छ। , जलवायु संकटासन्नता तथा जोखिम विश्लेषण सम्बन्धी रिपोर्टले नेपालका गाउँपालिका र नगरपालिकाहरुलाई जलवायु संकटको आधारमा वर्गिकरण गरेको छ। स्रोत : प्रतिवेदन, काठमाडौं उपत्यकामा बढ्दो सहरीकरण, जलवायु परिवर्तनले निम्त्याउने वर्षाका घटना र खोलाका किनारामा लगाइएका अध्ययन विनाका बाँधका कारण बाढीको समस्या बढ्दै जाने देखिएको छ। बाढीको घटना बढ्दा बल्खु करिडोर र हनमुन्ते करिडोरमा रहेका घर टहरासँग जीउ धनको नाश हुने जोखिम समेत बढेको छ। ,  , नदीलाई 'कुलो' बनाउँदा काठमाडौंमा बढिरहेको छ बाढी र डुबान
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यार्चागुम्बासहित रुसी नागरिक पक्राउ परेका छन्। , सोमबार बिहान फ्लाइ दुबईको फ्लाइटबाट काठमाडौंबाट रुस जान लागेकी ५५ वर्षीया ज्लाता शेन्गरलाई प्रहरीले पक्राउ गरेको हो। , उनले ल्याएको कालो रंगको लगेज विमानस्थलमा चेकिङ गर्दा एक्सरे मेसिनमा यार्चागुम्बा देखिएको थियो। , प्रहरीले चेक गर्दा उनीबाट ९ सय ३० किलो अवैध रूपमा लुकाएर लग्न लागेको यार्चागुम्बा बरामद गरेको थियो।, प्रहरीले उनीमाथि थप अनुसन्धान गर्न जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाएको छ। , विमानस्थलबाट यार्चागुम्बासहित रुसी नागरिक पक्राउ
सेतोपाटी संवाददाता गत सोमबार विराटनगर उडेको विमानमा आएको समस्या जहाजको समस्या नभएको बुद्ध एयरले स्पष्ट पारेको छ।, सोमबार बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई प्रतिवेदन बुझाउँदै जहाजमा कुनै पनि समस्या नभएको बताएको हो।, गएको ११ गते बुद्ध एयरको काठमाडौं-विराटनगर उडानमा उड्नुभन्दा पहिले 'क्रु टिम'ले जहाजको ‘इन्डिकेटर’ को संकेत याद नगरी उडान गर्दा समस्या आएको निष्कर्ष निकालेको छ।, बुद्ध एयरले आन्तरिक छानबिन गरेर बुझाएको प्रतिवेदनमा क्रु टिमले बाहिरी सूचनामा मात्र निर्भर हुँदा समस्या आएको बताएको छ।  प्रतिवेदनमा क्याप्टेन एजी शेर्पाले उडाएको उक्त जहाजमा पहिले नै समस्याको संकेत जहाजले गरेकोसमेत उल्लेख गरिएको छ।, क्याप्टेन अनन्त डंगोलको संयोजकत्वमा बुद्ध एयरले छानबिन समिति गठन गरेको थियो। प्रतिवेदनमा उड्नुभन्दा पहिले ककपिट भित्र देखिएको इन्डिकेटरलाई क्रु टोलीले ध्यान नदिएको समेत उल्लेख गरेको छ। ‘बाहिरी सूचनामा बढी भर पर्दा समस्या आएको हो, इन्डिकेटरले पहिले नै संकेत गरेको देखिएको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।, ठूलो दुर्घटनाबाट जोगिएको बुद्ध एयरको  बुद्ध एयरको ‘९ एन– एएनआई’ कलसाइनको एटीआर–७२ जहाज साढे २ घण्टा आकाशमै घुमेर काठमाडौंमै अवतरण गर्न सफल भएको थियो। काठमाडौंबाट विराटनगरका लागि बिहान ८ बजेर ५ मिनेट जाँदा उडेको थियो। , विराटनगर पुगेपछि अतवरण गर्न सकेन। जहाजको हाइड्रोलिकमा समस्या भएपछि जहाज फेरि काठमाडौंमै फर्किएको थियो। विराटनगरमा अवतरण गर्न नसकेर काठमाडौं फर्किँदा उडान दलले यात्रुलाई सामान्य प्राविधिक समस्या भएको र काठमाडौं पुगेर फर्किने जानकारी गराएका थिए। काठमाडौंको आकाशमाथि आएपछि पनि जहाज अवतरण नगरेपछि भने त्रासको वातावरण सिर्जना भयो। यात्रुहरु एकाएक त्रसित भएका थिए।  , जहाज काठमाडौं विमानस्थलमा १०:१६ मा अवतरण गरेको थियो। जहाज होल्ड भएपछि विमानस्थल कार्यालयले उद्धार तयारी गरेर धावनमार्ग खाली गरेको थियो। सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ यात्रु थिए।, क्याप्टेनले बाहिरी सूचनामा मात्र भर पर्दा समस्या देखिएको बुद्ध एयरको निष्कर्ष
सेतोपाटी संवाददाता भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा महाकाली शारदा विद्यापीठ बेद विद्याश्रम गुरुकुल सञ्चालनमा ल्याइएको छ।, वैदिक संस्कृत शिक्षा संरक्षणमा टेवा पुर्‍याउने उद्देश्य लिएर आवासीय गुरुकुल सञ्चालन गरिएको हो। नगरपालिकाको शिक्षा शाखाबाट गुरुकुलमा आधारभूत तहको कक्षा ६ सम्मको पठनपाठन गर्ने अनुमति पाइएको छ।, अनौपचारिकरुपमा गुरुकुलमा शैक्षिकसत्र २०७७ देखि पठनपाठन सुरु गरेको भए पनि शैक्षिकसत्र २०७८ बाट स्वीकृति लिई कक्षा सञ्चालन गरी पठनपाठनको कार्य भइरहेको गुरुकुलका संस्थापक सदस्य मोहनचन्द्र जोशीले बताए।, “गुरुकुलीय शिक्षा पद्धतिमा आधारित भएर विद्यार्थीको नैतिक, चारित्रिक, धार्मिक, बौद्धिक विकास गर्नेलगायत कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भने, “विद्यार्थीलाई स्वावलम्बी र आत्मअनुशासित बनाउने उद्देश्य रहेको छ।”, निर्धारित पाठ्यक्रमअनुसार नेपाली, अङ्ग्रेजी, गणीत, कर्मकाण्ड, संस्कृत ब्याकरण, नीतिशास्त्र र संस्कृत संरचनालगायत विषय पठनपाठन भइरहेका छन्। गुरुकुलमा छात्रा दुई र छात्र १० गरी १२ जना भर्ना भएका छन्। चालू शैक्षिकसत्रमा १५ जना विद्यार्थी भर्ना गर्ने गुरुकुलले लक्ष्य लिएको छ।, “मुठ्ठी दानका माध्यमबाट गुरुकुल सञ्चालन भइरहेको छ”, संस्थापक सदस्य जोशीले भन्नुभयो, “केही दाताले पनि सहयोग गरेका छन्, दाताकै भरमा छौँ।” गुरुकुल सञ्चालनका लागि छुट्टै भवनसमेत अभाव छ। धाम क्षेत्रकै आश्रममा गुरुकुलमा पठनपाठनको कार्य हुँदै आएको छ।, शिक्षक दरबन्दीका लागि नगरपलिकासँग आग्रह गरिएको उनले बताए। हाल गुरुकुलमा दुई शिक्षकले पठनपाठनको कार्य गर्दै आएका छन्। मुठ्ठी दानबाट सङ्कलन भएको रकमबाट शिक्षकको तलब र गुरुकुलमा बसेर पढ्दै आएका विद्यार्थीको खाना खर्च बेहोरिँदै आएको छ।, मासिकरुपमा शिक्षकको तलबका लागि रु ३५ हजार र विद्यार्थीको खाना खर्च रु १५ हजार गरी रु ५० हजार जति खर्च हुने गरेको छ। गुरुकुलमा बझाङ, कैलाली र कञ्चनपुरका विद्यार्थी भर्ना भई पढ्दै आएका छन्। सुदूरपश्चिम प्रदेशमा १८ गुरुकुल सञ्चालनमा छन्। त्यसमध्ये दुई कञ्चनपुरमा छन्।, रासस, धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा गुरुकुल सञ्चालन
सेतोपाटी संवाददाता पूर्वयुवराज पारस शाहको पोखरास्थित फ्ल्याटबाट चोरी भएको छ। , उनको फ्ल्याटबाट चोरी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनकै घरमा काम गर्ने व्यक्तिलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।, पक्राउ पर्नेमा २५ वर्षीय शुभ गौतम छन्। उनलाई प्रहरीले आइतबार काठमाडौंको मित्रनगरबाट पक्राउ गरेको थियो। , 'उता मुद्दा परेको थाहा पाएपछि हामीले पनि उनको फोन ट्रयाकिङ गरेर पक्राउ गरेका हौं,' एसएसपी सिंहले भने।, उनले पोखरास्थित फ्ल्याटबाट क्यामरा, आइप्याड, दुरबिन, फोनलगायत चोरी गरेको आरोप छ।, उनले चोरी गरी काठमाडौं आएको थाहा भएपछि प्रहरीले पक्राउ गरेको हो। उनीबाट चोरी गरिएका सामान बरामद भएका छन्। , गौतममाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। , पूर्वयुवराज पारस शाहको फ्ल्याटमा चोरी, कामदार पक्राउ
सेतोपाटी संवाददाता दसैं सुरू हुनै लाग्दा पनि यसपालि पानी परिरहेको छ। सोमबार साँझ पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ।, पानी पर्ने यो क्रम अझै केही दिन चल्ने देखिन्छ।, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अझै ८-१० दिन नेपालमा मनसुनी गतिविधि हुने देखिएको छ।, ‘उत्तर पश्चिम भारतबाट मनसुन सकिँदै आउने हो। भारतीय मौसमविद्ले पश्चिम भारतमा नै बुधबार (अक्टोबर ६) बाट मनसुन बाहिरिने बताएका छन्,’ मौसमविद् मानन्धरले भनिन्,‘त्यसको अर्थ नेपालबाट मनसुन बाहिरिन अझै कम्तीमा ८-१० दिन लाग्छ। यसपालि दसैंमा यात्रा गर्दा पानी पर्छ कि पर्दैन भनेर पनि ख्याल गर्नुपर्ने भयो।’, पछिल्लो समय नेपालमा मनसुन औसतमा अक्टोबर २ मा सकिने गरेको थियो। यसपालि उक्त अवधि सकिएको दुई दिनपछि पनि वर्षा भइरहेको छ।, ‘यसपालि औसतभन्दा धेरै पानी पर्छ भनेर हामीले पहिला नै भनेका थियौं,’ मानन्धरले भनिन्,‘अझै केही दिन मनसुनी गतिविधि हुने देखिन्छ।’, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, २०७८ आश्विन १८ गते (सोमबार), राती: देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, २०७८ आश्विन १९ गते (मंगलबार), दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राती: देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, २०७८ आश्विन २० गते (बुधबार), दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राती: देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।,  , यसपालि हिले दसैं हुन सक्ने
सेतोपाटी संवाददाता केही समयअघि भएको एकै परिवारका ६ जनाको हत्याका आरोपी चार जना कारागार चलान भएका छन्।, मादी नगरपालिका-१ उम्लिङका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई जिल्ला अदालत संखुवासभाले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।, आइतबारदेखि सुरू भएको थुनछेक बहसपछि सोमबार अदालतले चारै जनालाई कारागार चलानको आदेश दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ।, हत्यामा संलग्न रहेका आरोपी एक बाल बिज्याईकर्तालाई भने सुधार गृह पठाउने अदालतको आदेश छ।, भदौ २१ गते उम्लिङका तेजकुमार कार्कीसहित परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो। प्रहरीले सो परिवारका नातेदारहरूलाई पक्राउ गरी असोज १५ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।, संखुवासभा हत्याकाण्ड: पक्राउ परेका चार जना पुर्पक्षका लागि कारागार चलान
सेतोपाटी संवाददाता झापामा निर्माणाधीन घरबाट लडेर निर्माण मजदूरको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा कनकाई नगरपालिका– ३ निवासी ६५ वर्षीय रुद्र अधिकारी रहेका छन्। , प्रहरी नायब उपरीक्षक राकेश थापाले दिएको सूचना अनुसार कनकाई नगपालिका वडा नम्बर ४ स्थित त्रिवेणी टोल निवासी दुर्गा नेपालको दुई तले निर्माणाधीन घरमा काम गर्ने क्रममा सोमबार बिहान साढे ११ बजे दोस्रो तलाबाट अधिकारी भुइँमा खसेका थिए। , लडेर गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा बिएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ।, घटनाबारे इलाका प्रहरी कार्यालय विर्तामोडले अनुसन्धान गरिरहेको जनाएको छ।, झापामा निर्माणाधीन घरबाट लडेर मजदूरको मृत्यु
सेतोपाटी संवाददाता बर्दियामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन्।, प्रहरीले बारबर्दिया नगरपालिका वडा नम्बर ७ का राम बिहारी भन्ने बिहारी थारूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। , उनलाई प्रहरीले आइतबार बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ काँरकाँदोबाट पक्राउ गरेको थियो। , उनीमाथि गुलरिया नगरपालिका वडा नम्बर २ गुजराना बस्ने घिरउ गोडियाको हत्या आरोप छ। १२ वर्षअघि २०६६ साल पुस १५ गते राति सुतिरहेका गोडियामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप थियो। , उनी सो घटनापछि फरार भएका थिए। उनी घटनापछि फरार भई  दाङ तथा नेपालगञ्जमा घर बनाउने मिस्त्रीको रूपमा काम गर्दै बसेका थिए। , त्यहाँबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। ,  , बर्दियामा हत्या आरोपित १२ वर्षपछि पक्राउ
सेतोपाटी संवाददाता सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ।, सोमबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहितलाई पक्राउ गरेको हो।, ब्युरो स्रोतका अनुसार तामाङसहितका व्यक्तिलाई सिभिल सहकारीका निक्षेपकर्ता  ठगी गरेको अभियोग छ। तामाङ संविधान सभामा एमालेका तर्फबाट सभासद पनि थिए।, केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहका अनुसार तामाङसहितका व्यक्तिलाई सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको हो।, उनीहरूविरूद्ध निक्षेपकर्ताहरूले ब्युरोमा जाहेरी दिएको सिंहले जानकारी दिए। तामाङले उक्त सहकारीमा आफूखुसी ऋण प्रवाह गरेको जाहेरीमा उल्लेख छ।, ‘हालसम्म ४६ करोड रुपैयाँ ठगीको निवेदन परेको छ, निवेदन आजै दर्ता भएको हो,’ सिंहले भने।, ३१ करोड २४ लाख ५७ हजार ९ सय रुपैयाँ शेयर पुँजी रहेको सिभिलले ८ अर्ब ३५ करोड १० लाख ८ हजार रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेको छ।, सर्वसाधारणको ८ अर्ब रुपैयाँ निक्षेप लिएर इच्छाराजले ७ अर्ब रुपैयाँभन्दा बढी आफैंले कर्जा लिएका छन्।, उनीविरूद्ध सहकारी विभागमा उजुरी परेको थियो।, ‘विभागले सिआइबीलाई कारबाही गर्न पत्र पठाएपछि पक्राउ गरिएको हो,’ डिआइजी सिंहले भने।,  , सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जन पक्राउ
सेतोपाटी संवाददाता नेपालमा थप ८ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ सय ६७ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार २ सय १९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण र २ हजार ६ सय २१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १७ हजार ६४२  जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ।, ११२३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.४ प्रतिशत छ।, त्यस्तै काठमाडौं उपत्यकामा थप दुई सय ५५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा एक सय ६४ जना, भक्तपुरमा २६ जना र ललितपुरमा ६५ संक्रमित थपिएका हुन्।,  , एक हजारभन्दा कम कोरोना संक्रमित
सेतोपाटी बागमती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तराष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ।, प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत् सरकारले सो बोलपत्र आह्वान गर्न लागेको हो।, बोर्डले २०७७ चैत १८ मा विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गरी पुनः बोलपत्र गर्ने तयारी थालेको निर्देशक जगदीश ढुङ्गानाले जानकारी दिए।, उनका अनुसार  मन्त्रालयले बस खरिदका लागि अध्ययन गरी तयार परेको लागत अनुमानभन्दा बढी रकमको बोलपत्र परेकाले सो बोलपत्र रद्द गर्नुपरेको थियो।, लागत अनुमानभन्दा २९ दशमलव ८३ प्रतिशत बढीको प्रस्ताव बोलपत्र दाताले पेस गरेका कारण रद्द गर्नु परेको निर्देशक ढुङ्गानाको भनाइ थियो।, यसका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया सम्पन्न गरी दसैं अगाडि नै बोलपत्र आह्वान गर्न मन्त्रालयसँग सहकार्य भइरहेको छ। पहिले नै आह्वान गरिएको लागत मूल्यमा ३० विद्युतीय बस र १५ चार्जर खरिदका लागि ग्लोबल टेन्डर आह्वान गरिने उनले जानकारी दिए।, हालै मन्त्रालयमा भएको सचिवको हेरफेरले यो काम केही दिन पर सरेकामा अब केही दिनमै बोर्डको बैठक बसेर  निर्णय हुने र प्रक्रिया सुरु गरिने निर्देशक ढुङ्गानाले बताए।  , बस सञ्चालनका लागि आवश्यक चार्जिङ स्टेसन निर्माणको प्रक्रियासमेत अघि बढाइनाका साथै मन्त्रालय र बोर्डका प्रतिनिधिले संयुक्त रूपमा विभिन्न जिल्लाको स्थलगत अवलोकन गरेका थिए।, बस सञ्चालन हुने मार्गका केही स्थानमा चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरू गरिएको छ।, बोर्डले काठमाडौंको गोङ्गबु बसपार्क, हेटौंडा बसपार्क, भरतपुरको पारस बसपार्क, धादिङको गजुरी, काभ्रेको धुलिखेल र नुवाकोटको बट्टार तथा विदुर बसपार्कमा चार्जिङ स्टेसन निर्माण प्रक्रिया अघि बढाएको हो। ,रासस, विद्युतीय बस खरिद गर्न पुनः बोलपत्र आह्वानको तयारी
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप दुई सय ५५ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक सय ६४ जना, भक्तपुरमा २६ जना र ललितपुरमा ६५ संक्रमित थपिएका हुन्।, यस्तै काठमाडौंमा ४२१७ सक्रिय संक्रमित छन्। काठमाडौंमा २४४३, भक्तपुरमा ८०० र ललितपुरमा ९७४ सक्रिय संक्रमित छन्।,  , काठमाडौं उपत्यकामा दुई सय ५५ लाई संक्रमण, सक्रिय ४२१७
सेतोपाटी ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, रसुवाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको स१त ७०७१ नंको ट्र्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सोही नगरपालिकाको वडा नं १२ जालपाका १९ वर्षीय सहचालक डिलक्स राईको घटनास्थलमै मृत्यु भएको हो।, मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडकखण्ड नुनथलामा सँगसँगै आइरहेको अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा ट्र्याक्टर अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।, दुर्घटनापछि ट्र्याक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए। , ट्र्याक्टर दुर्घटना भएलगत्तै प्रहरी नियन्त्रणमा रहेका चालक राई सकुशल रहेको प्रहरीले जनाएको छ।, प्रत्यक्षदर्शीका अनुसार उक्त ट्र्याक्टर दुर्घटना गए राति करिब १० बजेको समयमा भएको जनाइएको छ।, मृतक राईको शव जिल्ला अस्पताल दिक्तेल ल्याएर परीक्षण गरेपछि दाहसंस्कारका लागि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त ट्र्याक्टर घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। ,रासस,  , ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु
सेतोपाटी संवाददाता कोभिड महामारी फैलिएपछि रोकथाम र नियन्त्रणका लागि भन्दै १९ महिना अघिदेखि बन्द रहेको विराटनगरको रानी र भारतको जोगवनी जोड्ने नाका शनिबारबाट पूर्ण रुपमा खुलेको छ।, नेपाल सरकारको असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयले नाका खोल्ने निर्णय गरेको भ एपनि जिल्ला प्रशासन कार्यालय मोरङले नाका खुला गर्न निर्देशन दिएको थिएन।, सर्वसाधारणको आवतजावत केही समय अगाडिदेखि नै भइरहेको भए पनि सवारी साधन आवतजावत पूर्णरुपमा बन्द थियो। शनिबारबाट भने सबै प्रकारको आवतजावत खुला भएको छ। नाका खुलेपछि नेपाल र भारतबाट दुइपाङ्ग्रे, चारपाङ्ग्रे साना र ठूला सवारीसाधनहरु आउजाउ गर्न थालेका छन्।, नाका खुला भए पनि भारतबाट आउने व्यक्तिहरूले आवश्यक सुरक्षा मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताएका छन्।, १९ महिनापछि रानी-जोगबनी नाका खुल्यो
सेतोपाटी गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ सुरू गर्ने भएको छ।, विश्वविद्यालयले भोलि आइतबारदेखि पठनपाठन सुरू गर्ने तयारी गरेको हो।, नेपालमै पहिलो पटक खेलकूद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) र ब्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (बिआइटी) विषयको पढाइ सुरू गर्नुअघि  विश्वविद्यालयले पहिलो सत्रमा भर्ना भएका विद्यार्थीलाई उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। , कार्यक्रम शुभारम्भ गर्दै  विश्वविद्यालय न्यायिक परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले विद्यार्थीको  उज्ज्वल भविष्यको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जान सक्ने गरी जनशक्ति उत्पादन गरिने धारणा व्यक्त गरे।, 'नेपालको इतिहासमा  पहिलो पटक विश्वविद्यालयमा यति ठूलो आकर्षण देखिनु हामी सबैका लागि गौरवको विषय हो', उनले भने, 'गण्डकी प्रदेशको विशिष्टतालाई ध्यान दिँदै कुन-कुन मोडलमा अध्यापन गराउन सकिन्छ त्यसबारे विश्वविद्यालय गम्भीर भएर अगाडि बढ्नेछ।' , ‘नोलेज’, ‘एटिच्युड’ र ‘इन्डिभिजुअल विहेभियर’मा परिवर्तन गर्नसके शिक्षाका माध्यमबाट मुलुकलाई नै परिवर्तन गर्न सकिने बताउँदै यसका लागि गण्डकी प्रदेश सरकारसँग अझै छलफल गरेर अघि बढ्ने अध्यक्ष देवकोटाको  भनाइ थियो।  , गण्डकी प्रदेशका मुख्य सचिव डा दामोदर रेग्मीले विश्वविद्यालय स्थापनाको सुुरुआतमै स्नातक तहमा खेलकूद व्यवस्थापनको अध्ययन सुरू हुनु खुसीको विषय भएको बताए।, प्रदेशमा खेलकुद पर्यटनको सम्भावना रहेकाले पनि यो विषयमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्दै उनले सर्टिफिकेटभन्दा पनि व्यवसायिक जनशक्तिको आवश्यकता औंल्याए।, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले प्रदेशको विशिष्टितालाई आत्मसात् गर्दै प्रदेशको समृद्धिका लागि विश्वविद्यालयले आफ्ना योजना अघि बढाउने बताए।, हालका लागि दुई विषयमा अध्ययन सुरू गरिए पनि चाँडै नै बिफर्माको अध्यापन सुरू गरिने जानकारी दिँदै उपकुलपति प्रा डा नवराज देवकोटाले युरोप तथा अमेरिकाका ख्यातिप्राप्त विश्वविद्यालयसँग सम्झौता गरी विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको अध्ययन अध्यापनमा जोडने तयारी गरिरहेको बताए।, उक्त विश्वविद्यालयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ (विएसएम)मा १६, व्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (विआइटी)मा ३१ र विफर्मामा २० गरी ६७ विद्यार्थी भर्ना भएका छन्। ,रासस, गण्डकी विश्वविद्यालय स्थापनाको दुई वर्षपछि पढाइ
युवराज श्रेष्ठ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न समन्वय समिति गठन गर्न पोखराका व्यवसायीले प्रस्ताव गरेका छन्। , विमानस्थलमा अहिले देखिएका समस्या समाधान गर्न र सञ्चालनका आवश्यक तयारी गर्न यस्तो प्रस्ताव गरेको पश्चिमाञ्चल होटल संघ (हान)का अध्यक्ष विकल तुलाचनले बताए। , ‘विमानस्थलमा देखिएको समस्या समाधान गर्न र सञ्चालनको तयारी गर्न एउटा समन्वय गर्ने संरचना आवश्यक देखियो,’ तुलाचनले भने, ‘हामी व्यवसायीको क्षेत्रबाट आवश्यक सहयोग गर्न तयार छौं।’, विमानस्थल सञ्चालन गर्न गठित कार्यदलले आगामी जनवरी १ देखि आन्तरिक र वैशाखदेखि अन्तर्राष्ट्रिय उडान थाल्ने महत्वाकांक्षी योजना बनाएको छ। , विमानस्थल सञ्चालनमा ढिलाइ गर्न नहुने भन्दै व्यवसायीले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष समन्वय समितिको प्रस्ताव गरेका हुन्। , मुख्यमन्त्री पोखरेलकै संयोजकत्वमा विमानस्थल सञ्चालन समन्वय समिति गठन गरेर विमानस्थलमा देखिएका बाढीको व्यवस्थापन, रिठ्ठेपानी डाँडा कटान र ल्याण्डफिल साइट व्यवस्थापनको काम अघि बढाउनुपर्ने व्यवसायीको प्रस्ताव छ।, विमानस्थल सञ्चालन गर्न व्यवसायीले गरेको प्रस्ताव सकारात्मक भएको भन्दै मुख्यमन्त्री पोखरेलले समन्वय समिति बनाउन आफू तयार रहेको बताएका छन्।, अहिले देखिएका समस्या समाधान गर्न संघ, प्रदेश र पोखरा महानगरको कार्यक्षेत्रभित्र रहेको भन्दै पोखरेलले तीनै तहका सरकारसँग समन्वय गर्न समिति आवश्यक रहेको बताए। , ‘विमानस्थलमा देखिएको पानी व्यवस्थापन गर्न आवश्यक बजेटका लागि संघ र प्रदेश मिलेर जानुपर्छ, फोहोर व्यवस्थापन गर्न ल्याण्डफिल साइटको व्यवस्था पोखरा महानगरले गर्नुपर्ने देखिन्छ,’ पोखरेलले भने, ‘विमानस्थल सञ्चालन गर्न पनि सहजीकरण समिति आवश्यक देखियो।’, यसअघि विमानस्थल निर्माण गर्नका लागि पनि तत्कालीन एमाले सांसद रवीन्द्र अधिकारीको संयोजकत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरोकार समिति गठन भएको थियो। , सोही समितिले विमानस्थल बनाउन आन्दोलन गर्नेदेखि सरकारका विभिन्न निकायलाई घच्घच्याउने काम गरेको थियो। , विमानस्थल निर्माणको काम अघि बढेपछि त्यतिबेला गठित सरोकार समिति विघटन भएको थियो। , विमानस्थल बनाउन पोखरा उद्योग वाणिज्य संघदेखि विभिन्न पर्यटन तथा व्यवसायिक संस्थाले आन्दोलन गरेका थिए। त्यतिबेला पनि व्यवसायीकै प्रस्तावमा सरोकार समिति गठन भएको थियो। , तीन तहका सरकारबीच समन्वय नभए निर्माण सकिनै लागेको विमानस्थल चलाउन थप जटिलता आउने देखिएकाले समन्वय समिति बनाउन आवश्यक देखिएको हान पश्चिमाञ्चल अध्यक्ष तुलाचनले बताए।, व्यवसायीले विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न अहिलेदेखि नै पहल थाल्न पनि सरकारलाई सुझाव दिएको छ। पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखे नेपालमा संचालित स्वदेशी र विदेशी हवाई सेवा कम्पनीका कन्ट्री म्यानेजमेन्ट तथा संचालकलाई पोखरा बोलाउन आग्रह गरे। , ‘पोखरामा पर्यटन प्रवर्द्धन गर्न राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूलाई पदयात्रा गराएजस्तै नेपाली र विदेशी एयरलाइन्सका प्रमुखहरूलाई पोखरा बोलाएर पोखराबाटै अन्तर्राष्ट्रिय हवाई सेवा दिन आग्रह गर्नुपर्छ,’ पालिखेले भने। , मुख्यमन्त्री पोखरेलले व्यवसायीको उक्त प्रस्ताव पनि स्वीकार गरेका छन्। , नेपालमा अहिले सञ्चालनमा रहेका नेपाली र विदेशी एयरलाइन्सका प्रमुख लगायतलाई पोखरामा भेला गर्न आफू तयार रहेको उनले बताए। , 'नेपालमा अहिले चलेका र सम्भव भएसम्म नचलेका एयरलाइन्सलाई पनि पोखरा बोलाऊँ, पोखराबाट उडान भर्न आग्रह गरौं', मुख्यमन्त्री पोखरेलले भने, 'यसको तयारीका लागि हामी फेरी बसेर योजना बनाऔं।', ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष सुशील पौडेलले अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्नुपर्नेमा जोड दिए। ‘आन्तरिक उडान त अहिले पनि छ नि, अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्छ,’ उनले भने, ‘पोखराको सिधै अन्तर्राष्ट्रिय सम्बन्ध हामीले खोजेका हौं।’, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य बासु त्रिपाठीले विमानस्थलदेखि बाहिर निस्किँदा पृथ्वी राजमार्गको हालत खराब रहेको बताए। विमानस्थलदेखि अन्यत्र जाने बाटो र अन्य पूर्वाधार सुधार्न पनि उनले जोड दिए। , यस्तै, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) का अध्यक्ष सञ्जयकान्त सिग्देलले विमानस्थल सञ्चालनमा आउनुअघि नै ‘एयर रुट’ पहिल्याउन जोड दिए। , ‘हवाइजहाज कहाँबाट भित्रने र कहाँबाट बाहिरिने टुंगो लगाउनुपर्छ,’ उनले भने, ‘हवाई भाडा सस्तो बनाउने गरी एयर रुट खोज्नुपर्छ।’, विमानस्थल सञ्चालन गर्न गठित कार्यदलका संयोजक एवं पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले विमानस्थल सञ्चालन तयारीका बारेमा जानकारी गराएका थिए।, उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान थालेर त्यहीँबाट अन्तर्राष्ट्रिय उडानको तयारी गर्नुपर्ने बताएका थिए।, विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले आयोजनाका प्रगतिका बारेमा व्यवसायीलाई जानकारी गराएका थिए। , उनका अनुसार अहिले विमानस्थलको काम ८४ प्रतिशत सकिएको छ भने ठेकेदार कम्पनीले ६९ प्रतिशत भुक्तानी पाइसकेको छ। , बाँकी रहेका काममा मुख्यगरी विमानस्थलमा आवश्यक उपकरण जडान रहेको मुनकर्मीले जानकारी गराए। , सम्बन्धित समाचार:, पुस १७ बाट पोखराको नयाँ एयरपोर्ट सञ्चालनको तयारी (भिडिओ), सञ्चालन तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बाढी र पहिरोको समस्या, समाधान गर्न छैन बजेट (भिडिओ),  , पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न समन्वय समिति बनाउन प्रस्ताव
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ७:५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।, उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ।, वि.सं. २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ। रासस, सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो ४.६ रेक्टरको भूकम्प
एजेन्सी संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात लाख नाघेको छ।, द न्युयोर्क टाइम्सका अनुसारका अनुसार कोरोनाविरूद्धको खोप सर्वसुलभ भए पनि अमेरिकीहरूले सहजै खोप नलगाएकाले कोरोनाबाट मृत्यु हुने क्रम नरोकिएको हो।, पछिल्लो समय कोरोनाबाट ज्यान गुमाउनेहरूमध्ये धेरै खोप नलगाएका मानिसहरू छन्।, जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार गत शुक्रबारसम्म अमेरिकामा कोरोनाबाट सात लाख बढी मानिसको मृत्यु भएको थियो।, गत जुनपछिमात्रै अमेरिकामा १ लाख मानिसले कोरोनाबाट ज्यान गुमाएका छन्। खोप लगाउने दर एकदमै कम भएका दक्षिणी राज्यहरू फ्लोरिडा, टेक्सास, मिसिसिपी, लुजियानामा पछिल्लो समय मृत्युदर बढेको छ।  , अमेरिकी इतिहासमा कुनै महामारीबाट यति धेरै मानिस मरेको यो पहिलो पटक हो। सन् १९१८ र १९१९ मा फैलिएको इन्फ्लुएन्जा महामारीबाट अमेरिकामा लगभग ६ लाख ७५ हजार मानिसको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।, कोरोनाबाट सात लाख नागरिकको मृत्यु भएकोपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले गहिरो दु:ख व्यक्त गरेका छन्। उनले कोरोनाबाट हुने मृत्युलाई कम गर्ने एक महत्वपूर्ण औजार खोप भएकाले सबैलाई खोप लगाउन पनि अनुरोध गरेका छन्।, सन् २०१९को अन्त्यतिर चीनबाट सुरू भएको कोरोना महामारीबाट अमेरिकामा चार करोड ३६ लाख मानिस संक्रमित भएका छन्। कोरोनाबाट सबैभन्दा ठूलो मानवीय क्षति व्यहोर्ने मुलुक पनि अमेरिका नै हो। अमेरिकापछि ब्राजिललाई ५ लाख  ९७ हजार र भारतमा ४ लाख ४८ हजार मानिसले कोरोनाका संक्रमणपछि ज्यान गुमाएका छन्।, अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या सात लाख नाघ्यो
नारायण खड्का शनिबार दिउँसो साढे १ बज्दै थियो।, एकाएक चार वटा बाघले राप्ती सोनारी गाउँपालिका वडा नं. १ गाभरका स्थानीय २५ वर्षीया हिरा खड्का, २४ वर्षीया कालिका खड्का र ५६ बर्षीय सेतु ओलीलाई घेरा हाले।, उनीहरु भैंसी र बाख्रा लगेर छोटी दमारमाको जंगलमा चराउन गएका थिए। यो उनीहरूको घरदेखि करिब दुई किलो मिटर नजिकको सामुदायिक वन क्षेत्र हो।, घटनास्थल पूर्व-पश्चिम राजमार्गदेखि करिब एक किलोमिटर दक्षिणमा पर्छ।, ‘बाघले मलाई र बाख्रालाई टार्गेट गरेर झम्टने प्रयास गर्‍यो,’ ओलीले भने, ‘मैले र दुई नानीहरू सबैले हाट्टहुट्ट गरेँ, छिटो-छिटो रुखमा चढ्यौं।’ ओलीका अनुसार चार वटै बाघ ठूला गोरुजस्तै मोटा थिए।, रुखमा चढेर उनीहरूले हारगुहार गरिरहे। तैपनि बाघको समूह आफ्नो घेरा झनै साँघुरा बनाउन थाले। ठिक त्यही बेला उनीहरूको गुहार सुनेर नजिकै बाँके राष्ट्रिय निकुञ्जका दुई हात्ती चराउँदै गरेका माउतेहरू आइपुगे।, गाभरमा हालसालै एक जना भारतीय नागरिकलाई राजमार्ग क्षेत्रबाट झम्टिएर बाघले आक्रमण गरेपछि दुई हात्ती बाघको निरीक्षण गर्न सहज होस भनेर गाभरमै ल्यार राखिएको छ। गोठालाहरू कराएपछि र हात्ती आएपछि बाघ पछि हटे।, त्यहाँ झन्डै ९० वटा जति बाख्रा थिए। त्यसपछि बाघ भैंसीको पछि लागे। भैंसी लखेट्न थाले। , एउटा हात्ती बाघको घेराबाट भैंसीलाई बचाउन भन्दै बाघका पछिपछि लगियो। बाघले लखेटेपछि भैंसी राप्ती नदीमा हेलिए। पाँच भैंसी राप्ती नदीको भेल तरेर पल्लो किनार खर्चवा भन्ने ठाउँ पुगे।, ‘राप्तीमा ठूलो पानी छ। त्यो तरेर पारिपट्टी जान सम्भव छैन,’ ओलीले भने, ‘खर्चेमा पनि बस्ती छ, त्यहाँका स्थानीयसँग हामीले फोनमा कुरा गरेका छौं, अब भोलि गएर भैंसी लिएर आउँछौं।’, एउटा सानो पाडो भने जंगलमै गायब भएको ओलीले बताए। ‘त्यो पाडोलाई बाघले खाइसके वा राति आएर आहार बनाउँछन् त्यो कुराको अत्तोपत्तो भएन,’ ओलीले भने।, बाघ भैंसी लखेट्दै गएपछि ओली र अर्की एकजना महिलाले दौडाएर बाख्रा जंगलबाट धपाउँदै घरतर्फ ल्याए।, हात्ती पनि साथमै थियो। त्यसअघि बाघले घेरा हाल्दा ज्यान जोगाउन रुखमा चढेकामध्ये दुई महिलालाई हात्तीले एकै खेपमा सुरक्षित ठाउँमा पुर्‍यायो। रुखमै बसेका अर्का एक जनालाई भने अर्को खेपमा हात्तीबाट उद्धार गरी ल्याइएको बाँके राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले सेतोपाटीलाई बताए।, ‘अहिले पनि डरले मेरो मुटु काँपिरहेको छ,’ ओलीले भने, ‘रातिमा दिसा-पिशाब गर्न जान समेत डर लाग्ने गर्छ।’, सहर बजारमा जस्तो घरभित्रै शौचालय गाएँमा हुँदैनन्। घरभन्दा टाढा केही दुरीमा मात्रै शौचालय निर्माण गरिएको हुँदा बाघको त्रासले रातमा बाहिर निस्किन डर लाग्ने गरेको उनले बताए।, राप्ती सोनारी-१ कुसुमका स्थानीय खड्काका अनुसार विगत एक डेढ महिनायता बाघ गाभर क्षेत्रमा दिनमा चार-पाँच पटकसम्म राजमार्ग भएर ओहोरदोहोर गर्ने गरेका छन्। उनले आफूहरूको क्यामेरामा एकै साथ ६ वटा पाटेबाघको बथान हिड्ने गरेको रेकर्ड भएको बताए। चार वटा वयस्क, एउटा बच्चा र अर्को एउटा बुढो बाघ साथसाथै हिँड्ने गरेको उनले बताए।, ‘बाघले जहिले पनि आफ्नो सुरक्षित बासस्थान खोज्ने गर्छ र आफ्नो पहुँचको एरियाभित्र आहारा खोज्ने गर्छ,’ खड्काले भने, ‘गाभर क्षेत्रमा धेरै छाडा पशु चौपाया जंगल जाने हुँदा तिनलाई पछ्याउँदै बाघ राजमार्ग क्षेत्र र बस्तीसम्म आउने गरेका हुन्।’, बाघको संरक्षण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्ज २०६७ सालमा स्थापना भएको हो। यो १०-११ वर्षको अवधिमा निकुञ्ज क्षेत्रमा बाघको संख्या राम्रोसँग बढेको र त्यसको प्रभाव मानिस तथा बस्तीमा पनि पर्दै गएको देखिएको खड्काले बताए। यी बाघ बाँके राष्ट्रिय निकुञ्जमै जन्मि हुर्किएको रेकेर्ड सन २०१८ को गणनाले पुष्टि गरेको उनले जानकारी दिए।, केही दिन पहिले मात्रै बाघले एक जना मानिस खाएपछि पछिल्लो समय गाभर क्षेत्रमा ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत हात्तीसहित खटाउँदै आइएको छ।, स्थानीयले पनि सुरक्षाको लागि जताजता माउतेले हात्ती चराउन लैजान्छन् सुरक्षाको लागि उतैउतै आफ्ना वस्तुभाउ चराउन लैजाने गरेको खड्काले जानकारी दिए।, वस्तुभाउ चराउन जंगल गएका स्थानीयलाई चार वटा बाघले एकैपटक घेरेपछि ...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले कारबाहीको चेतावनी दिएको छ।, विद्युत प्राधिकरणकै कारण राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध भएकाले दूरसञ्चारले सूचना जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। , ‘इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत प्राधिकरणबीच पोल भाडादर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, यस प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघबीच छलफल गरी विभाग समाधान गर्ने प्रयास भइरहेको अवस्थामा अप्टिकल फाइबर काट्दा राज्यको अतिआवश्यक सेवा अवरुद्ध पारिएको छ। कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दूरसञ्चार ऐन २०५३ अनुसार दण्डनीय हुने व्यवस्था छ,’ सूचनामा भनिएको छ। , सबै पक्षको आपसी छलफलमार्फत समस्या समाधान गर्नसमेत दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ।, विद्युत प्राधिकरणलाई कारबाही गर्ने दूरसञ्चारको चेतावनी
सेतोपाटी संवाददाता कर्णाली प्रदेशका २२ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्।, कुल जनसंख्या १८ लाख २४ हजार १३१ मध्ये २ लाख ४१ हजार २४९ जनाले पूर्ण खोप लगाएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।, जसमध्ये डोल्पाका ६ हजार ६ सय ३३, मुगुका ९ हजार ६ सय ८, हुम्लाका ६ हजार ८ सय ५३, जुम्लाका २१ हजार ६४, कालीकोटका १५ हजार १०८, दैलेखका ३२ हजार ३७६ जनाले पूर्ण खोप लगाएका छन्।, यस्तै जाजरकोटका ११ हजार ७०९, रुकुम पश्चिमका २९ हजार ५५, सल्यानका ३३ हजार २१, सुर्खेतका ७७ हजार १५ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्।, यस्तै कर्णाली प्रदेशका ३३ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका छन्।, २०७७ माघ १४ गतेदेखि ०७८ असोज १० गतेसम्मको तथ्याङ्क अनुसार ३ लाख ६१ हजार ९ सय ६० जनाले पहिलो डोज लगाएका छन् ।, निर्देशनालयका अनुसार डोल्पाका १० हजार १८४, मुगुका १७ हजार ८२१, हुम्लाका १२ हजार ९७५, जुम्लाका २६ हजार २१०, कालीकोटका २० हजार ८१२, दैलेखका ५४ हजार २७२, जाजरकोटका १९ हजार ५७३, रुकुम पश्चिमका ३३ हजार ४२०, सल्यानका ४३ हजार ८५३, सुर्खेतका १ लाख २२ हजार ८४० जनाले पहिलो डोज लगाएका छन्।, कर्णालीको कुल जनसंख्या १८ लाख २४ हजार १३१ छ। जसमध्ये १८ बर्ष माथिका १० लाख ९४ हजार ४७९ जनालाई कोभिड विरुद्धको खोप लगाउने लक्ष्य छ।, कर्णालीको कुल जनसंख्यामध्ये ४० प्रतिशत जनसंख्या १८ बर्षमुनिका रहेका छन्।, कर्णाली प्रदेशका स्थानीय तहहरुमा अहिले पनि खोप लगाउने काम भइरहेको छ। नेपाल सरकारको लक्ष्यअनुसार दसैं–तिहारको बीचसम्म कर्णालीका पनि ५० प्रतिशत नागरिकले पूर्ण रुपमा खोप पाउने अपेक्षा गरिएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले बताए।, ‘बाहिरबाट नेपाललाई आउने खोप समयमा आयो भने सरकारले यता पनि पठाइहाल्छ, दसैं–तिहारको बीचसम्म ५० प्रतिशतलाई खोप पुर्‍याउने सरकारको लक्ष्य छ,’ खड्काले भने, ‘त्यो लक्ष्य हाम्रोमा पनि पूरा हुन्छ।’, कर्णालीका २२ प्रतिशत नागरिकले लगाए कोरोनाविरूद्ध पूर्ण खोप
राजेश घिमिरे पर्यटकको पथ प्रदर्शक बनेर चितवन राष्ट्रिय निकुञ्जको कुना-कुनामा पुग्ने ३२ वर्षीय सञ्जोग कुमाल सौराहा नजिकैको राप्ती नदीमा फोहोर उठाउँदै गरेका भेटिए।, काठको डुंगामा उभिएका उनीसहितका केही व्यक्ति नदीमा बाँसको लाठी उधिनेर प्लास्टिक निकाल्दै थिए।, कोरोनाभाइरसको महामारीका कारण पर्यटन क्षेत्र बन्द भएपछि १८ महिनादेखि कामविहीन सञ्जोगले अहिले १० दिनका लागि काम पाएका छन्। प्लास्टिकजन्य फोहोरले प्रदुषित नदी सफा गर्ने काममा सहभागी भएबापत् उनले दैनिक एक हजार रुपैयाँ पाउँछन्।, ‘दशैंको मुखमा यति भने पनि काम पाउँदा खुसी छु। यहाँबाट आउने पैसाले परिवारलाई चाड मनाउन सहयोग पुग्ने भयो,’ उनले खुसी व्यक्त गरे।, नेपाल पर्यटन बोर्डमार्फत् प्राप्त युएनडिपीको ४८ लाखमा रत्ननगर नगरपालिकाले १२ लाख थपेर केही दिनदेखि सौराहा क्षेत्रका नेचर गाइड तथा मजदुरहरूलाई काम दिन थालिएको छ। महिनौंदेखि रोजगारी गुमाएका ५०० जना पर्यटन मजदुरहरूले जीविकोपार्जन पुनरोत्थानको लागि दीगो परियोजना कार्यक्रमअन्तर्गत दश दिनको काम पाएका हुन्।, यो कार्यक्रमअन्तर्गत सौराहानजिक रहेका राप्ती, बुढीराप्ती, ढुंग्रे र खगेरी खोलाको सफाइ गर्नुका साथै राप्ती किनारमा आकर्षक पार्क बनाउने लक्ष्य छ। , ११ वर्षदेखि नेचर गाइडको काम गर्दै आएका सञ्जोगले पर्यटकीय चहलपहल हुँदा दैनिक २ हजार रुपैयाँभन्दा बढी कमाउँथे। त्यही कमाइले घर चलाउँथे। दुई छोरा, छोरीलाई पढाउँथे। कामविहीन भएपछि खेती किसानी गरेर उनको दिन बित्ने गरेको छ।, ‘विगतमा स्वदेशी, विदेशी पर्यटकलाई निकुञ्जको कुना-कुनासम्म पुर्‍याएको छु,’ उनले भने, ‘पोहोर केही महिना जंगल सफारी खुल्दा पनि आन्तरिक पर्यटकलाई घुमाएर केही कमाई भएको थियो, त्यसयता त फेरि ठप्पै भयो।’   , सौराहानजिकै घर भएका भोजराज महतोले सरकारी निकायले दिएको कामले राहत मिलेको बताए।, ‘बेला-बेलामा आफैं पनि नदीको सरसफाइमा लागिरन्थें, अहिले नभए पनि पछि आउने पर्यटकलाई आकर्षित गर्न वातावरण स्वच्छ हुनु आवश्यक छ भनेर सरसफाइमा सहभागी हुन्थें,’ उनले भने, ‘अहिले सरकारी निकायले हाम्रो समस्या केही हदसम्म भने पनि देखेछ क्यारे। दश दिन भने पनि काम पाउँदा राहत महसुस भएको छ।’, उनले पर्यटकको सेवाका लागि दिनरात खट्ने मजदुरका लागि आर्थिक संकट परेको बेलामा गर्जो टरेको बताए। विगतमा पर्यटक घुमाएर महिनामा ३० हजार बढी कमाउने गरेका भोजराजले कामविहीन भएपछि बंगुर, बाख्रा पाल्न थालेका छन्।, ‘केही जमिनमा अधियाँमा धान रोपेको छु, बंगुर र बाख्रा पाल्न थालेको छु,’ उनले भने, ‘कोरोना नियन्त्रण भए फेरि पर्यटन क्षेत्र लयमा फर्कने आशा छ।’, लामो समयदेखि होटल बन्द हुँदा सौराहाका सयौं मजदुर पलायन भएका छन्। बाँकी रहेका पनि आर्थिक समस्याले थिचिएका छन्। सौराहाका होटल तथा रेष्टुराँमा पाँच हजार ५०० मजदुरले काम गर्दै आएकोमा अधिकांश घर बिदामा छन्।, नेचर गाइड एसोसिएसन सौराहाका अध्यक्ष राजेन्द्र धामीका अनुसार चितवनमा ७०० जना बढी नेचर गाइड रहेकोमा करिब ४०० जनाले विशुद्ध यो पेशामात्रै अंगालेका थिए। उनीहरूमध्ये दुई दर्जन बढी विदेश पलायन भइसकेको र धेरैजना विदेशिने तयारीमा रहेको धामीले बताए। , ‘पर्यटन क्षेत्र अस्तव्यस्त बन्दा प्राकृतिक क्षेत्र पनि अव्यवस्थित बन्दै छ। नदीहरू फोहोरले भरिएका छन्,’ उनले भने, ‘यो अवस्थामा पर्यटन मजदुर र प्रकृति दुबैले राहत पाउने कार्यक्रमले उत्साह बढाएको छ।’ उनले केही पनि नहुनुभन्दा यति हुनु पनि ठूलो कुरो भएको बताए।, सौराहास्थित रेष्टुरेन्ट तथा बार एसोसिएसन(रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडाको संयोजनमा अहिले यस क्षेत्रका बेरोजगार युवाहरूका लागि रोजगारको यो कार्यक्रम चलिरहेको छ। खतिवडाले कुल ६० लाख बजेटको ८० प्रतिशत हिस्सा सरसफाइमा र बाँकी रकम संरचना निर्माणमा खर्च गर्नेगरी काम भइरहेको बताए।, २० प्रतिशत रकमले सौराहाको पल्लो छेउमा रहेको राप्ती नदीको आडमा पार्क बनाउने काम भइरहेको छ। पार्कमा ढुंगाहरू राखेर त्यसमा मूर्ति कुँद्ने तयारी रहेको खतिवडाले बताए।, ‘यी सबै काममा कोरोनाभाइरसको असरले काम गुमाएका मजदुर खटिरहेका छन्,’ खतिवडाले भने, ‘सौराहालाई स्वच्छ, हराभरा र सुन्दर बनाउनुका साथै आर्थिक संकटमा रहेका पर्यटन मजदुरहरुलाई आयआर्जनमा मदत पुगोस् भनेर यो कार्यक्रम चल्दैछ।’, खतिवडाले कोरोना संक्रमणको दर घट्दै गएपछि सौराहामा आन्तरिक पर्यटक आउन थालेको भन्दै यहाँको अवस्थाको बारेमा विदेशीलाई पनि सन्देश दिँदै जाने बताए।, रत्ननगर नगरपालिकाका मेयर नारायण वनले यस कार्यक्रममार्फत् सौराहाको भिजिटर सेन्टरमा आकर्षक बगैँचा बनाइने बताए। बेरोजगार रहेका मजदुरलाई काम काम दिएर सौराहा किनारलाई आकर्षक बनाइने उनले बताए।, १८ महिनादेखि बेरोजगार पर्यटन मजदुरले पाए १० दिनको काम
भगवती पाण्डे भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा साढे २ अर्ब बढी रुपैयाँको मूर्ति राखिने भएको छ।, पत्थरबाट निर्माण गरिएको उक्त मूर्तिको मूल्य दुई करोड १६ लाख अमेरिकी डलर पर्छ।, शान्तिका प्रतीक सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विश्वभर प्रचारप्रसार होस् भन्ने उद्देश्यले चार वर्ष पहिले स्पेनमा स्थापना गरिएको लुम्बिनी गार्डेन फाउन्डेसनको सहयोगमा यो मूर्ति भैरहवा विमानस्थलमा राख्न लागिएको हो।, नयाँ निर्माण गरिएको टर्मिनल बिल्डिङको अगाडि बगैंचामा राखिने उक्त बुद्धमूर्तिको आगामी कार्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने कार्यक्रम तय भएको छ।, फाउन्डेसनका महासचिव एकराज गिरीका अनुसार उक्त मूर्ति अहिले भारतको कोलकाता आइपुगेको छ। केही दिनभित्रै भैरहवा आइपुग्ने मूर्ति राख्नका लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले टर्मिनल बिल्डिङ अगाडीको बगैंचामा बेस निर्माण गर्न सुरू गरेको छ । गिरीले मूर्ति राख्ने स्थानको पहिचान र बेस निर्माणको काम विमानस्थल आयोजनाले गरेको बताए।, उनका अनुसार फाउन्डेसनले स्पेनमा १ सय १० हेक्टर क्षेत्रमा बुद्धमूर्ति सहितको पार्क निर्माण गर्दैछ।, बहुमूल्य पत्थर ‘ह्वाइट जेड स्टोन’ बाट निर्मित उक्त मूर्ति म्यानमारका खानी उद्योगीले फाउन्डेसनको सोही पार्कलाई उपलब्ध गराउन निर्माण गरिएको थियो। स्पेनमा भन्दा नेपालमा यसको महत्व धेरै हुने भएकाले यहाँ ल्याउन पहल गरिएको गिरीले बताए।, बुद्धमूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेश सभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र अन्य दुई जना मन्त्रीसमेत आउने कार्यक्रम रहेको गिरीले जानकारी दिए।, उनले बुद्ध जन्मस्थलको प्रवेशद्वारको रूपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा पुगिसकेकोले यहाँ आउने पर्यटकहरूलाई लुम्बिनी र बुद्धको बारेमा अझै बढी जानकारी होस् र सबैले दर्शन गर्न पाऊन् भन्ने उद्देश्यले विमानस्थलमै राख्ने निर्णय गरिएको बताए।, ‘लुम्बिनीको प्रचार-प्रसारको लागि स्थापना फाउन्डेसन स्थापना गरिएकोले त्यति बहुमूल्य मूर्ति स्पेनभन्दा बुद्ध जन्मस्थलमै राख्नुपर्छ भनेर यहाँ ल्याउने योजना बनेको हो,’ गिरीले सेतोपाटीसँग भने।, मूर्ति स्थापना र अनावरणपछि लुम्बिनी, भैरहवा, तौलिहवा, देवदह, रामग्रामलगायत आसपासका स्थानीय पालिकामार्फत् नेपाल सरकारलाई प्रदान गरिने छ।, ‘ह्वाइट जेड स्टोन’ बाट निर्मित उक्त मूर्तिको तौल १ हजार ८ सय किलोग्राम छ। गिरीका अनुसार हङकङमै पनि १ ग्राम ‘ह्वाइट जेड स्टोन’ को मूल्य १२ अमेरिकी डलर पर्छ ।, ‘ह्वाइट जेड स्टोन’ बहुमूल्य पत्थर भएकोले मूर्ति निर्माण गर्दा साढे दुई अर्ब मूल्य पर्ने भए पनि उक्त मूर्ति म्यानमारका खानी उद्योगीले उपलब्ध गराउने भएकोले फाउन्डेसन र नेपाल सरकार कसैको नगद लगानी नभएको गिरीले स्पष्ट पारे।, ‘एउटै मूर्ति यति महंगो किन राख्नुपर्‍यो भन्ने कुराहरू पनि सुनिने गरेको छ, तर मूर्तिको लागि हाम्रो लगानी भएको छैन, फाउन्डेसनमार्फत् नेपाल सरकारलाई म्यानमार सरकारले डोनेसन गर्न लागेको हो,’ गिरीले भने।, मूर्ति ल्याउँदा लाग्ने ढुवानी खर्च भने फाउन्डेसनले व्यहोर्ने छ। अठार सय किलो तौलको यति बहुमूल्य मूर्ति १२ हजार अमेरिकी डलर ढुवानी चार्ज तिरेर म्यान्मारबाट नेपाल ल्याउन लागिएको हो। मूर्ति ल्याउँदा लाग्ने ढुवानी खर्च फाउन्डेसनले व्यहोर्ने र भन्सार शुल्क भने नेपाल सरकारले छुट दिएको गिरीले बताए।, अघिल्लो वर्ष राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी लगायतको टोली स्पेन गएको बेला यो मूर्ति नेपाल ल्याउने पहल अगाडि बढेको गिरीले बताए।, गिरीका अनुसार म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले बनाएको एक दशमलव नौ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको पत्थरजडित बुद्धमूर्ति हेर्दै आकर्षक रहेको हो।, फाउन्डेसनले यसअघि स्पेनमा एउटा बुद्धमूर्ति राखिसकेको छ भने नेपालमा ल्याउन लागिएको यो पहिलो। यस्तै नेपालसँगै भुटान, थाइल्याण्ड र हङकङमा पनि बुद्धमूर्ति राख्ने तयारी भइरहेको गिरीले बताए।, फाउन्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकको सहयोगमा अहिले लुम्बिनीमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिरहेको छ। एक सातासम्म चल्ने स्वास्थ्य शिविरमा आउने बिरामीको स्वास्थ्य परीक्षणको लागि स्पेनबाटै स्वास्थ्यकर्मीको टोली ल्याइएको गिरीले बताए।, त्यस्तै फाउन्डेसनले लुम्बिनीमा प्रसुति सेवा सहितको कम्तीमा १ सय शैयाको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार अस्पताल निर्माणको लागि सम्भावित स्थान पहिचान गर्ने काम भइरहेको उनले बताए।, भैरहवा विमानस्थलमा साढे दुई अर्ब बढीको बुद्ध मूर्ति राखिने
रासस महोत्तरी गाउँपालिका–२ अनैठामा गए राति एक किशोरको सर्पले डसेर मृत्यु भएको छ।, मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।, ओछ्यानमा सुतिरहेका अवस्थामा उनलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो।, केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा उनको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको जनाइएको छ।, सर्पले डस्दा महोत्तरीमा किशोरको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ। , नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माणका काम सम्पन्न भएकाले बन्दरगाह सञ्चालनको लागि तयारी गरिरहेको बताए।, आइतबार बिहान ,न्यूज एजेन्सी नेपाल,सँग कुरा गर्दै कार्यकारी निर्देशक गजुरेलले बन्दरगाहमा सञ्चालनका लागि भन्सार कार्यालय, क्वारेन्टीन, बैंक, सुरक्षा निकाय लगायतका सम्बन्धीत निकायसँग छलफल भइरहेको भन्दै उनले चाडैँ नै पूर्ण तयारीका साथ सञ्चालनमा ल्याउन लागिएको उनले बताए।, सुख्खा बन्दरगाह सुरु भएसँगै काठमाडौंको व्यवसायीहरुले सिधैँ काठमाडौंमा सामान ल्याउनसक्ने र छिट्टै उपभोक्ताको माझमा पुर्‍याउन सकिने तथा आयात, निर्यातको मुल्य घटाउन सकिने उनले उल्लेख गए। ‘अहिले हामी यसको सञ्चालनको लागि तयारीको अवस्थामा छौं। र हामी चाडैँ नै यसलाई सञ्चालन गर्ने भनेर अगाडी बढिराखेको छौं। यसको लागि यहाँको सम्बन्धित निकाय भनेको भन्सार कार्यालय, क्वारेन्टीन, बैंक, सेक्युरिटी, पोर्ट सञ्चालनको लागि सञ्चालक हुनुभयो यति सबै जनाको सहकार्यमा हामीबिच छलफल पनि भइराखेको छ र चाडै नै हामी तयारी पूर्ण गरेर यसलाई सञ्चालनमा ल्याउने हिसाबले अगाडि काम बढाइरहेका छौं,’ उनले भने।, काठमाडौंको चोभारस्थित २२० रोपनी जग्गाको क्षेत्रफलमा १ अर्ब ६० करोड रूपैयाँको लगानीमा सुख्खा बन्दरगाह बनेको हो। यसभित्र २ वटा गेट, ३ वटा धर्मकाँटा, भन्सार, क्वारेन्टीन र प्रशासनिक गरि ३ वटा भवन, ३ वटा ठुला गोदाम, चेकजाँच गर्ने ३ वटा खुल्ला भवन, ५०० वटा कन्टेनर राख्न सक्ने कन्टेनर यार्ड, ५०० ट्रक व्यवस्थापन गर्न सकिने पार्किङ स्थल निर्माण सम्पन्न भइसकेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए। सिसिटिभी जडान र फायर फाइटर समेत जडान गरिसकेको उनले बताए।, भारत र चीनसँग सिमा जोडिएको जिल्लाहरुमा मात्रै सुख्खा बन्दरगाह भएपनि भित्री जिल्लामा भने चोभारको सुख्खा बन्दरगाह पहिलो हो । वीरगञ्ज, बिराटनगर, भैरहवा, काँकडभिट्टा, तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा छन् भने रसुवा र नेपालगञ्जमा पनि निर्माणाधिन अवस्थामा रहेको छ।, हेर्नुहोस् भिडिओ, चोभारमा तयार भयो ५ सय ट्रक र कन्टेनर अट्ने सुख्खा बन्दरगाह, सञ्चालनको तयारी (भिडिओ)
सेतोपाटी संवाददाता कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेन्ट लागेर मरेको छ।, आरक्ष छेउको धानबारीमा लगाइएको करेन्टमा परेर मकुना मरेको हो। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत मकुना करेन्ट लागेर मरेको पुष्टि गरेको छ।, आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेन्ट लागेर मरेको बताए। रामका अनुसार हात्ती आज विहान मृत भेटिएको थियो।  , आरक्षका प्रमुख संरक्षण अधिकृत रामले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको बताए। उनले मकुना स्थानान्तरणको कुरो चलिरहँदा मृत्युको खबर दुःखद भएको बताए।, आरक्ष कार्यालयले घटना मुचुल्का तयार पारेर शदगदको तयारी थालिएको जनाएको छ। केही साता अघि मात्रै संरक्षण विभागले मकुना स्थानान्तरणको विषयमा तयारी थालिएको बताएको थियो। जसकालागि आरक्ष हातामा स्थापना गरिएको प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रलाई अध्ययनको जिम्मेवारी दिइएको थियो।, मकुना जंगली हात्ती भएपनि रैथानेका रुपमा लामो समययता आरक्ष हातामै बस्दै आएको थियो। मकुना आरक्षमा रहेका जंगली हात्तीको नाइके समेत थियो। आरक्षबाट हुलमा बस्तीमा प्रवेश गर्ने क्रममा मकुनाले अन्य हात्तीको अगुवाई गर्ने गर्थ्यो।, मकुनाको आक्रमणमा परी सर्वसाधारणको ज्यान जाने क्रम बढेसँगै हात्ती स्थानान्तरणको आवाज उठ्दै आएको थियो। मकुनाले सुनसरी र सप्तरी तर्फका दर्जन बढीको ज्यान लिएको थियो।, कोशी टप्पु आरक्षमा करेन्ट लागेर मर्‍यो हात्ती
नरेन्द्रसिह कार्की / रासस दार्चुलाको व्याँस गाउँपालिकाका नागरिक फेरि पनि तुइनमा झुन्डिँदै गाउँ आउनजान बाध्य भएका छन्। , सरकारले व्याँस गाउँपालिका–२ दुम्लीङ, राप्ला मालका लागि वैकल्पिक बाटोको व्यवस्था गर्न नसक्दा फेरि पनि तुइनमा झुन्डिँदै यात्रा गर्न बाध्य भएका हुन्। राप्ला र मालगाउँका सयौँ परिवार फेरि पनि तुइनमा झुन्डिएर वारपार गर्न थालेका छन्। सरकारले वैकल्पिक बाटोको विकल्प दिन नसक्दा उनीहरुले पुरानै शैलीको तारको प्रयोग गर्दै आवतजावत गर्न लागेका छन् । , स्थानीय सरकारले माल गाउँका लागि हेलिकप्टरमार्फत खाद्यान्न गाउँ पुर्‍याए पनि दुम्लिङका स्थानीयवासीका लागि खाद्यान्न ढुवानी हुन सकेको छैन। खाद्य संस्थानले ठेक्कामार्फत चामल पुर्‍याउने भने पनि अझै पुर्‍याउन नसकेको स्थानीवासी प्रभात बुढाथोकीले बताए। ‘गाउँमा खाद्यान्न ढुवानी हुन नसकेपछि बाध्य भएर फेरि पनि तुइनबाट खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ’, उनले भने। , तुइनको जोखिम मोलेर दुम्लिङका स्थानीयवासीले खाद्यान्न र आवतजावत गर्नु परेको अर्का स्थानीयवासी महेन्द्र बुढाथोकीले बताए। उनका अनुसार बाटोको विकल्प छैन । तुइनबाट नगएर गाउँ पुग्न दुई दिनभन्दा बढी लाग्छ। ‘वर्षौंदेखि मजबुर भएर तुइनमा झुन्डिनु परेको छ’, उनी भन्छन्, ‘यो क्षेत्रमा राज्यको नजर कहिले पुग्ला।’, नेपालबाट दुम्लिङ पुग्न दुई दिन लाग्छ। भारतीय बाटो हुँदै जाँदा दुई घण्टामै गाउँ पुगिन्छ। यो क्षेत्रमा दुई वर्षअघिसम्म काठको पुलमार्फत महाकाली वारपार हुने गथ्र्यो। कोभिड–१९ को लहर आएसँगै यो क्षेत्रमा लगाइएको काठेपुल भत्काइएको हो । त्यसयता अहिले नागरिकले तुइन लगाएर आवतजावत गर्न थालेका हुन् ।,  फेसबुकमा जलन बुढाथोकी लेख्छन्, ‘जिन्दगीको कुनै निश्चित छैन, कतिखेर महाकालीमा विलीन हुने हो, यो बाध्यता कस्ले बुझिदिने?’ गत साउन १५ गते व्यास गाउँपालिका–२ कै जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएयता यहाँका नागरिकलाई पनि तुइनमा आवतजावत गर्न निकै डर लागेको छ । तर तुइनको विकल्प नभएपछि अहिले पनि उर्लंदो महाकालीमा आवतजावत गर्न बाध्य भएका हुन् ।, व्यासको दुम्लिङ सडक अहिले नै पुग्न सक्ने अवस्था छैन । यो क्षेत्रमा भर्खर मात्र नेपाली सेनाले सडक निर्माणको काम थालनी गरेको छ । मालगाउँ नजिकैबाट सेनाले काम सुरु गरेको छ । व्यास–३ तुसरपानी क्षेत्रमा सडक निर्माणमा भएको बेवास्ताले पनि नेपालीले दुःख पाएको दुम्लिङका स्थानीयवासी प्रभात बुढाथोकीले बताए। ‘यस्तै छ, हाम्रो परिस्थिति नेपालीको बाध्यता राज्यको ध्यान नजानू,’ उनले भने। राज्यले ध्यान नदिएकै कारण मालमा घटना घटेको हो ।, मालघाटमा झोलुङ्गेपुल निर्माणका लागि ठेक्का भएको तीन वर्ष हुँदा पनि निर्माण कार्य अघि बढेको छैन । पुल निर्माण मात्रै भएको भए राप्ला, माल र दुम्लिङका नागरिकले राहत पाउँथे, मालका स्थानीयवासी नरेन्द्रसिंह धामीले भने, ‘मेरो दाइ बेपत्ता भएको महिनौँ भयो, अझै पनि सरकारले यो क्षेत्रमा पुल निर्माणका लागि ठेकेदारलाई घच्घच्याएको छैन।’ , ‘व्याँसवासीका अनगिन्ती पीडा छ, महाकालीमा तुइन लगाउँदा अझै पनि छिमेकी भारतीयको त्रास छ,’ नवीनसिंह डोबालले भने, ‘त्रासका बीच तुइनको डोरीमा आवतजावत गर्नुपरेको छ। एकातिर गाउँमा नुनतेल हुँदैन। खाद्यान्नलगायत दैनिक उपभोग्य समान भारतबाटै निर्यात गर्नुपर्छ। सरकारले तुइन बन्द भएको तीन महिनासम्म पनि खाद्यान्न ढुवानी गर्न नसक्दा स्थानीयवासीले फेरि जोखिम मोलेर तुइन लगाउन थालेका हुन्।’ ,रासस, तुइनमा झुन्डिँदै फेरि व्याँसवासी
सेतोपाटी संवाददाता सडक वारपार गर्ने यात्रुको चाप बढी भएको चोकमा पर्ने नयाँ बानेश्वरमा आकासे पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको छ। , थोरै काम मात्रै बाँकी भएकाले केही दिनमा नै पुल प्रयोगमा ल्याउन सकिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ। पुलको मुख्य काम भइसकेकाले माथिल्लो भागमा बारको काम मात्रै बाँकी रहेको डिभिजन प्रमुख कुबेर नेपालीले बताए। , उनले भने, ‘थोरै काम मात्रै बाँकी भएकाले दुईचार दिनमा नै सकिनेछ।’, उपत्यकामा अहिले भइरहेका आकासे पुलभन्दा आकर्षक बत्तीका कारण यो पुल सुन्दर देखिनेछ। दसैँपहिले नै सो पुल सञ्चालनमा आउने डिभिजन प्रमुख नेपालीले बताए।, संरचनालाई लैंगिक समता र सामाजिक न्याय (जिइएसआई) मानिएको छ। बत्तीको उज्यालोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई रातको समयमा समेत हिँड्न सजिलो हुने उनले बताए।, उनले भने, ‘अँध्यारो हुँदा महिला हिंसाको जोखिम भए पनि पुलमा उज्यालो हुँदा त्यो कम हुनेछ।’, यो पुलको लम्बाइ ३८ मिटर रहेको छ। विसं २०७६ वैशाखमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। कोभिडका कारण गत वर्षहरुमा काम हुन नसक्दा तोकिएको अवधिभन्दा ढिला भएको हो।, सुरुमा डिजाइनमा नै ढिला भएको र काम सुरु भएपछि कोभिडले गर्दा सरासर काम गर्न नसकिएको उउनले बताए। त्यसका लागि चाहिने सामग्रीको कारखाना सञ्चालन हुन सकेको थिएन।  विशेष सीप भएका थोरै जनशक्ति आवश्यक हुने भए पनि तिनैलाई सङ्क्रमण भएको उनले बताए। , उनले भने, ‘यी सबै समस्याका बाबजुद अहिले सम्पन्न हुन लागेको छ।’, झन्डै एक दशकभन्दा लामो समयदेखि नयाँ बानेश्वरमा पुल निर्माण गर्नुपर्ने भन्दै आवाज उठिरहे पनि बन्न सकेको थिएन। हाल संसद् भवन (वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) नजिकै भएकाले निर्माण अघि बढ्न सकेको थिएन।, विभागले जडीबुटीसँगै सो चोकमा समेत ‘फ्लाई ओभर’  आवश्यकता भएको बताउँदै आएको छ। ,रासस, नयाँ बानेश्वरको आकासे पुल दसैँअघि नै सञ्चालनमा आउने
सेतोपाटी संवाददाता कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गरिने भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगरपालिकाभित्र दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागेको हो । , कार्यालयले यस वर्ष व्यास नगरपालिकालाई रेबिजमुक्त बनाउन अभियान पनि सञ्चालन गर्न लागेको विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार व्यास नगरपालिकाभित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरको विवरण पनि सङ्कलन गरिनेछ। ‘कुकुर पाल्ने र बीचमा जथाभावी छाडिदिने समस्या व्यापक छ, त्यसले गर्दा सडकमा दुर्घटनाको जोखिम पनि बढाएको छ,’ उनले भने, ‘त्यसो गर्दा रेबिजको जोखिम पनि उत्तिकै बढ्छ।’, कुकुर बिरालो मानिसका साथी भएकाले यिनीहरुलाई माया गर्नुपर्ने र वर्षको एकपटक सामुदायिक र घरपालुवा कुकुर, बिरालोहरुलाई रेबिजविरुद्धको खोप लगाउनुपर्ने विज्ञ केन्द्रले अनुरोध गरेको छ । रेबिज रोगको लक्षण देखापरिसकेपछि कुनै उपचार नभएको र मृत्यु निश्चित भएकाले हेलचेक्र्याइँ गर्न नहुने पशु प्राविधिकको भनाइ छ । , रेबिजविरुद्ध खोप अभियान, तनहुँमा रेबिजविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले रेबिजविरुद्ध खोप अभियान सञ्चालन गरेको हो । , अभियानका क्रममा कार्यालयले तीन सय ९५ जनावरलाई रेबिज खोप लगाएको विज्ञ केन्द्रका प्रमुख श्रेष्ठले जानकारी दिए। उनका अनुसार कुकुर, बिरालो, बाँदरलाई खोप लगाइएको छ। , अभियानका क्रममा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा सामुदायिक, घरपालुवा कुकुर, बिरालो र बाँदरलाई रेबिजविरूद्धको खोप लगाइएको श्रेष्ठले बताए। उनका अनुसार व्यास नगरपालिकामा मात्रै एक सय ४८ कुकुर बिरालोलाई खोप लगाइएको छ। ८८ सामुदायिक, ५० घरपालुवा कुकुर, आठ बिरालो र दुई बाँदरलाई रेबिजविरुद्धको खोप लगाइएको छ। , त्यस्तै शुक्लागण्डकीमा ७०, बन्दीपुरमा एक सय तीन, आँबुखैरेनीमा ६५ कुकुर बिरालोलाई खोप लगाइएको श्रेष्ठले बताए।, नेपालमा सन् २०३० सम्म रेबिज उन्मूलन गर्ने लक्ष्य लिइएको छ। नेपालमा ९९ प्रतिशत कुकुरको टोकाइबाट रेबिज हुने गरेको छ। वर्सेनि दुई सय जनाको रेबिज लागेर निधन हुने गरेको तथ्याङ्क छ।, तनहुँमा दर्ता नगरि कुकुर पाल्न नपाइने
सेतोपाटी संवाददाता काठमाडौंमा पटका भण्डारण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाले एक जनालाई शनिबार राति पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , सर्लाही रामनगर गाउँपालिका वडा नम्बर १ घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटार बस्ने ३० वर्षीय कामेश्वरप्रसाद यादवलाई पक्राउ गरेको हो। यादव कागेश्वरी मनोहरामा कवाडी पसल सञ्चालन गर्थे।, सोही गोदामबाट प्रहरीले ठूलो परिणाममा पटाका बरामद गरेको हो। प्रहरी उपरीक्षक कोइरालाका अनुसार गोदामबाट प्रहरीले दुई हजार १७ किलो पटाका बरामद गरेको हो। , 'पटकपटक गरी ल्याएर यादवले भण्डारण गरी राखेका थिए। हामीलाई आएको गोप्य सूचनाको आधारमा खटिएको टोलीले पक्राउ गरी ल्यायौं,' उनले भने।, बरामद पटाका कम्तिमा पनि २५ लाख रुपैयाँ बराबर रहेको उनले बताए। , यादवले काठमाडौंमा पटका भित्र्याउन ईटा बोक्ने ट्रकको प्रयोग गरेको प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले बताए।, 'उसले डिपो पनि सञ्चालन गर्ने रहेछ। उताबाट ईटा बोक्ने ट्रकमा लुकाएर ल्यायो अनि आफ्नो कवाडीको गोदाममा लुकाएर राख्यो,' उनले भने।, उनीमाथि प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को बिस्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान गर्न कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाएको छ।, दुई हजार किलो पटाकासहित काठमाडौंको गोठाटारबाट एक पक्राउ
सिएनएन इटालीका 'रबिन्सन क्रुसो' मानिने माउरो मोरान्डीले आफू एक्लै बस्दै आइरहेको टापू छाडेका छन्। ८२ वर्षीय मोरान्डीले इटाली, उत्तरी सार्डिनियाको सुन्दर बुडेली टापूमा आफ्नो जीवनको तीन दशकभन्दा बढी समय एक्लै बिताएका थिए।, मोरान्डी सन् १९८९ मा बुडेली टापू पुगेका थिए। त्योबेला देखि उनी त्यही बसे। मोरान्डीलाई त्यहाँ बस्न निकै सहज र आनन्द थियो। , तर सन् २०१५ देखि बुडेली टापू सरकारी स्वामित्वको ला माडालेना राष्ट्रिय निकुञ्जअन्तर्गत पर्‍यो। त्यस बेलादेखि भने मोरान्डीलाई टापूमा बस्न नदिने कुरा उठ्यो। उनी यसविरूद्ध सरकार र स्थानीय अधिकारीहरूसँग लडे पनि। तर स्थानीय अधिकारीहरूले उनलाई निकाल्ने भन्दै बारम्बार धम्की दिए। अन्ततः मोरान्डीले बुडेली टापू छाडेका हुन्।, टापू छाड्दै गर्दा उनले सामाजिक सञ्जालमा लेखेका छन्- मैले हारेँ।, यतिका वर्ष एउटै टापूमा एक्लै बसिरहेका मोरान्डीलाई नयाँ ठाउँ र मान्छेका बीचमा जीवन बिताउन गाह्रो हुन सक्छ।, यही प्रश्न उनलाई गर्दा निराश हुँदै भने, 'सकिन्छ। नयाँ जीवन सम्भव छ। हामीले जहिले पनि नयाँ सुरूआत गर्न सक्छौं। ८० वर्षको उमेरमा पनि। किनकी नयाँ संसारका थुप्रै नयाँ कुराहरू अनुभव गर्न बाँकी नै हुन्छ।', उनले भनेजस्तै अहिले उनी बुडेलीभन्दा केही परको ला माडालेना टापूमा बस्न थालेका छन्। तर यहाँ उनी एक्ला छैनन्। उनी मान्छेका बस्तीकै बीच नयाँ अपार्टमेन्ट किनेर बसेका हुन्।, 'म खुसी छु। मैले राम्रो, सहज र आरामदायी जीवनको मजा लिइरहेको छु,' मोरान्डीले भनेका छन्।, मोरान्डी पहिले शिक्षक थिए। त्यही कामको पेन्सनबाट उनले आरामदायी अपार्टमेन्ट किनेका हुन्। यतिका वर्ष एक्लै बिताएका उनी अचेल मान्छेहरूसँग गफ्फिन रूचाउँछन्। आफ्ना विचारहरू व्यक्त गर्छन्। सामाजिक सञ्जालमा फोटाहरू हालिरहन्छन्। पढ्छन्। विभिन्न नयाँ परिकार चाख्छन्। अनि आफ्नो संस्मरण पनि लेख्दै छन्।, 'मे धेरै वर्ष एक्लै बसेँ। बुडेली पुगेको कयौं वर्षसम्म मलाई कसैसँग कुरा गर्न पनि मन लागेन,' उनी भन्छन्, 'यो सही हो कि म अब टापूको एकान्तवासको मजा लिन पाउँदिनँ। मेरो जीवनले नयाँ मोड लिइसक्यो। त्यसैले म अब मान्छेहरूका बीचमा जिउने कला सिक्दैछु।', उनलाई छिमेकी र आसपासका मान्छेले राम्ररी चिन्छन्। कतैबाट हिँड्दै आउँदैछन् भने गाडीमा लिफ्ट दिन्छन्। खाना वा कफीको निम्तो दिन्छन्। यो सबैले आफूलाई एकदमै खुसी बनाएको उनले बताए।, 'मान्छेहरू यति फरासिला हुन्छन् भनेर म छक्कै परेँ। पहिले त मलाई मान्छेले अपनाउँदैनन् कि भन्ने डर थियो। तर म खुसी छु किनकी मान्छेहरू मलाई बोलाउँछन्। बधाइ दिन्छन्। फोटा खिच्न आउँछन्,' उनले भने।, मोरान्डीको घुम्दै, अन्वेषण गर्दै हिँड्ने सोख थियो। उनी ३२ वर्षअघि इटालीदेखि पोलिनेसियाको यात्रा क्रममा गल्तीले बुडेली टापू पुगेका थिए।, त्यहाँको कञ्चन पानी, चम्किला बालुवाका कण र सुन्तले रङमा सजिएर अस्ताइरहेको घामले एकैक्षणमा मोरान्डीलाई मोहनी लगाए। उनको मुटु चोरे। टापूको सुन्दरतामा मोहित मोरान्डी त्यहाँबाट फुत्कन चाहेनन्। जनम-जनमकी प्रेमिका भेटिएझैं उनले टापूको अंकमालमा आफूलाई समाहित गरिदिए।, मायालुका गुण-दुर्गुण, जिम्मेवारी सबै अपनाउनुपर्छ भनेझैं मोरान्डीले पनि आफूलाई टापूको संरक्षक माने। आफैं पद ग्रहण गरे। उनको यो ताज बाहिरी संसारले पनि स्विकारेको थियो। त्यसैले मोरान्डीलाई इटालीका 'रबिन्सन क्रुसो' भनिन्छ।, माउरो मोरान्डी। तस्बिरः सिएनएन, मोरान्डीले टापूमा एउटा सानो कुटी बनाएका थिए। उनले त्यही सानो कुटीबाट संसारमा फैलिएको कोरोना त्रास नियाले। उनलाई कोरोनाको डर थिएन। लकडाउन र प्रतिबन्धका कारण टापूमा पर्यटक पनि निषेधित थिए। , सिंगो टापूलाई घर बनाएका मोरान्डीले गत वर्ष सिएनएनसँग कुरा गर्दै आफू टापूमा बस्न जे पनि गर्ने बताएका थिए। भनेका थिए, 'उनीहरूले मलाई यहाँबाट हटाउन घिसार्नुपर्ने स्थिति आए पनि म यो टापू छाड्दिनँ। म यहाँ बस्न जे गर्न पनि तयार छु।', टापूबाट निस्किहाले कहाँ जाने भन्ने निधो पनि थिएन।, 'मलाई थाहा छैन म कहाँ जानेछु। तर मलाई घर फर्केर जान मन छैन। म जीवनमा के गर्छु भन्ने नै थाहा छैन,' उनले भनेका थिए। , मोरान्डीलाई बुडेलीमा बस्न अनुमति माग गर्दै अनलाइन अभियान पनि चल्यो। जसअन्तर्गत ७० हजारभन्दा बढीले आवेदन हस्ताक्षर गरे। तर त्यसले काम गरेन। अन्ततः मोरान्डीले आफू त्यो ठाउँबाट जानुपर्ने कुरालाई स्विकारे।, मोरान्डीलाई जानुपर्ने चिन्ताभन्दा बढी टापूको भविष्यको चिन्ता थियो।, 'म यहाँको बालुवाका फोहोर सफा गर्थेँ। र अनधिकृत रूपमा यहाँ आउनेहरूलाई रोक्थेँ,' उनले भनेका थिए, 'सत्य कुरा के हो भने म मात्रै हुँ जसले बुडेली टापूको राम्रो हेरचाह गर्छ। जुन काम पार्कका अधिकारीहरूले गर्नुपर्ने हो।', गत वर्ष जनवरी २०२० मा ला माडालेना पार्कका अध्यक्ष फ्याब्रिजिओ फोन्नेसुले मोरान्डी बुडेली टापूमा गैरकानुनी तरिकाले बसिरहेको बताएका थिए। , 'कोही पनि उनलाई त्यहाँबाट भगाउन चाहँदैनन्। तर टापू निजी भइसकेपछि उनी त्यहाँ कुन आधारमा बस्ने?,' अध्यक्ष फ्याब्रिजिओले भनेका थिए।, तर मोरान्डीका लागि यो कुनै टापू मात्र थिएन। उनको जीवनको धेरै वर्ष बितेको ठाउँ हो यो। , तीन दशकभन्दा बढी उनी हरेक रात पुरानो ढुंगाको कुटीमा सुते। हरेक बिहान हरियाली प्रकृतिका काखमा बिउँझिए। बिहान ब्रेकफास्ट खाँदै गर्दा चराचुरुंगीले चिरबिर गर्दै उनलाई शुभबिहानी भने। झ्यालमा बसेका रंगीबिरंगी ती चरासँग एकछिन गफिए।, यसरी एक्लै अनकन्टार ठाउँमा बसे पनि मोरान्डीलाई बाँकी संसारको खबर थियो। इन्टरनेट र सामाजिक सञ्जालमा सक्रिय छन् उनी। कोरोना फैलिँदा उनले आफूलाई 'पृथ्वीकै सुरक्षित स्थान' मा भएको महशुस गरेको बताएका थिए।, कोरोनाका कारण मोरान्डीलाई केही सकस भने भएको थियो। जाडो याममा पर्यटक यो टापू आउँथे। वर्षौंदेखि मोरान्डी त्यहाँ पुग्ने पर्यटकसँग दिउँसो घुमघाममा जान्थे। उनीहरूसँग मित्रता गाँस्थे। कहिलेकाहीँ आफ्नो खाना पनि बाँड्थे। , बुडेली टापूबाट देखिएको दृश्य। तस्बिरः सिएनएन , एक्लो बसाइमा मोरान्डीले निकै पढेको पनि सुनाएका थिए, 'म धेरै पढ्छु। धेरै सोच्छु। तर मलाई लाग्छ मान्छे पढ्न डराउँछन्। किनकि पढेपछि उनीहरू ध्यान गर्न थाल्छन्। नानाथरी सोच्न थाल्छन्। यो निकै खतरनाक हुन सक्छ।', मोरान्डी यो टापूमा समेटिनुअघि हरेक वर्ष यात्रामा निस्कन्थे। उनी युरोपका एक्ला टापू पुग्थे। घुमन्ते अन्वेषकबाट यो टापूको एक्लो स्थायी बासिन्दासम्मको आफ्नो रूपान्तरणबारे उनी सुनाउँछन्।, 'मलाई यहाँ आइसकेपछि अब कुनै यात्रा गरूँजस्तो लागेन। कुनै उत्सुकता, कुनै चासो रहेन,' उनले भनेका थिए, 'सबभन्दा सुन्दर, खतरनाक, साहसिक र उत्कृष्ट यात्रा आफूभित्रकै यात्रा हो भन्ने मैले बुझेँ। चाहे त्यो यात्रा बैठक कोठामा बसेर होस् या यहाँ। यही नबुझेकाले धेरैलाई केही नगरी घर बस्न गाह्रो भएको हुनसक्छ। तर म कहिल्यै एक्लो महशुस गर्दिनँ।', मोरान्डीको झन्डै आधा जीवन बितेको यो टापूको स्वामित्व पछिल्ला केही वर्षमा धेरैपटक फेरियो। सन् २०१६ मा सरकारी स्वामित्वको राष्ट्रिय निकुञ्ज भएयता नै उनलाई यहाँ बस्न नदिने कुरा उठेको थियो। , कोरोनाका कारण सरकारले पोहोर मोरान्डीको बसाइबारे तत्कालै केही निर्णय गरेको थिएन। तर यसपालि भने मोरान्डीले टापू छाड्नुपर्‍यो।, यदि उनलाई अधिकारीहरूले फेरि फर्किन दिए जालान् त?, यसमा उनी भन्छन्, 'अहिले त म त्यो इच्छा राख्दिनँ। तर बुडेलीको हेरचाहकर्ताका रूपमा मलाई बेलाबेलामा जाने र यसनिम्ति पारिश्रमिक पनि दिने भए मात्र जान्छु। सित्तैमा भने अब काम गर्दिनँ।', ३२ वर्षसम्म एक्लै बसेको टापू छाडेर कहाँ गए मोरान्डी?
युनिक श्रेष्ठ ललितपुरको टीकाभैरवमा मृत फेला परेका २९ वर्षीय राजकुमार ब्लोनको हत्या उनकै श्रीमतीको योजनामा भएको खुलेको छ। , गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित देवीचौर कटुवाल दहचोकस्थित जंगलमा गत सोमबार उनको शव फेला परेको थियो। उनको हत्या आरोपमा प्रहरीले २८ वर्षीया श्रीमती रोजिना भुलुनसहित चार जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिए। , उनीसँगै मृतकका साढुभाइ ३० वर्षीय ज्यानकुमार स्याङ्तान, उनकी श्रीमती २५ वर्षीय सुनिता स्याङ्तान र २४ वर्षीय लक्ष्मी भुलुन पक्राउ परेका छन्।, राजकुमार ब्लोनको शव सोमबार बिहान आठ बजे फेला परेको थियो। स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलबाट सुरूमा शवसँगै प्रहरीले खुकुरीको बिँड फेला पारेको थियो। , राजकुमारको घाँटी र टाउकोमा चोट देखिएको थियो।, मकवानपुरका राजकुमार ललितपुरमा सामान्य ज्याला मजदुरीको काम गर्थे। उनी टीकाभैरवमा साढुभाइसँग बस्थे। उनकी श्रीमती रोजिना पनि ज्याला मजदुरी गर्थिन्। उनीहरूका पाँच जना छोराछोरी छन्। , उनीहरूबीचको सम्बन्ध राम्रो  थिएन। रक्सी खाएर राजकुमारले रोजिनामाथि कुटपिट गर्ने गरेको प्रहरीले बताएको छ।, घरेलु हिंसाकै कारण राजकुमारको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। , राजकुमारले अत्याधिक रक्सी खाने र श्रीमतीमाथि कुटपिट गर्ने हुँदा रोजिनाले हत्या गर्ने योजना बनाएको परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताइन्। , 'मृतक पैसा पायो कि रक्सी खाइहाल्ने खालका रहेछन्। नपाए श्रीमतीको सुन मागेरै भए पनि रक्सी खाने, फेरि आएर श्रीमतीमाथि कुटपिट गर्ने गरेको खुलेको छ,' उनले भनिन्। , कहिले अरू पुरूषसँग बोलेको निहुँमा त कहिले रक्सीको मातमा उनले दिनहुँजसो कुट्ने गरेको प्रहरीले जनाएको छ। , त्यसरी दिनहुँजसो कुटपिट हुन थालेपछि उनले आफ्नो पीडा ज्यानकुमार, सुनिता र लक्ष्मीलाई सुनाएकी थिइन्।, त्यसपछि उनीहरूले राजकुमारको हत्या नै गर्नुपर्ने निष्कर्ष निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ। , त्यसै क्रममा लक्ष्मीले आफ्नो सम्पर्कमा रहेका मनोज सार्कीको सहयोग लिने बताइन्। मनोज ‍र लक्ष्मी गार्मेट उद्योगमा काम गर्थे। उनीहरू 'लिभिङ टुगेदर'मा बसिरहेको प्रहरीले जनाएको छ।, उनलाई हत्या गर्न लगाउँदा केही दसैं खर्च भनेर पनि दिने कुरा भएको प्रहरी स्रोतले बताएको छ। उनले उक्त  रकम भने लिइसकेका छैनन्।  , 'पैसा दिएको कुरा ठ्याक्कै खुलेन। सुरूमा उनीहरूबीच दसैं खर्च भनेर पाँच हजार र पछि ५० हजार दिने पनि कुरा भएको भनेका छन्,' स्रोतले भन्यो, 'तर दिएको वा लिएको खुलेन।', प्रहरीले शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा सुरूमा साढुभाइ ज्यानकुमारलाई पक्राउ गर्‍यो। उनीमाथि सोधपुछ गर्दै जाँदा हत्या गर्ने मुख्य आरोपित उदयपुर घर भएका मनोज सार्की भएको खुल्यो। , आइतबार राति करिब साढे नौ बजेदेखि ११ बजेको बीचमा उनीहरूले हत्या गरेको बयान दिएका छन्। , घटना भएको ठाउँ राजकुमारको घर जाने बाटो पनि पर्थ्यो।  , हत्या गर्न लक्ष्मी र मनोज सँगै गएका थिए। त्यस क्रममा लक्ष्मी र रोजिनाबीच बारम्बार कुराकानी भइरहेको देखिएको छ। उनीहरूको फोन डिटेल्सका अनुसार उनीहरूबीच चार बजेदेखि राति नौ बजेसम्म पटक-पटक कुरा भएको देखिएको छ।  , लक्ष्मी र मनोज राति बाटोमा ढुकेर बसिरहेका थिए। उनीहरू र राजकुमारबीच भेट भएपछि केहीबेर झगडासमेत भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए। , 'भेटेपछि उनीहरूबीच झगडा सुरू हुन्छ। मनोजले खुकुरी लगेको थिए त्यसैले हाने,' उनले भने,' साढु भाइ पनि त्यहाँ आइपुगेका थिए।', झगडा सुरू भएपछि लक्ष्मी र साढुभाइ ज्यानकुमार पछि हटेको खुलेको छ। मनोजले खुकुरी हानेपछि भने उनीहरू भागेको प्रहरीले जनाएको छ। , प्रहरीले ज्यानकुमार पक्राउ परेको भोलिपल्टै अरू तीन जनालाई पनि पक्राउ गरिसकेको थियो। मनोज फेला परेका थिएनन्। , अनुसन्धानकै क्रममा प्रहरीको टोली घटनास्थलमा प्रमाण खोज्न पुगेको थियो। प्रमाण खोज्न जाँदा प्रहरीले एउटा शव फेला पार्‍यो। राजकुमारको शव फेला परेको घटनास्थल भन्दा दुई सय मिटर पर अर्को शव भेटियो। त्यो शव आरोपित मनोज सार्कीको थियो। , शव सडकबाट तीनदेखि चार सय फिट तल फेला परेको थियो। प्रहरीले घटनास्थलबाट फोन र खुकुरी पनि फेला पारेको छ।, प्रहरीले सुरूदेखि नै उनलाई मुख्य आरोपित बनाएर अनुसन्धान अघि बढायो। शव फेला परेपछि उनको पनि हत्या भएको हो कि भन्ने आशंका गरेको थियो। तर उनको हत्या भएको जस्तो नदेखिएको एसएसपी बज्राचार्यले बताइन्।  , उनको शव पोष्टमार्टमको लागि ललितपुरको पाटन अस्पतालमा पठाइएको थियो। पोष्टमार्टमको रिपोर्ट अनुसार उनको पनि राजकुमारको हत्या भएकै रात मृत्यु भएको खुलेको हो। , 'उनीहरूको दुई सय मिटर पर शव फेला परेको थियो। उनीहरूको केही समयको फरकमा मृत्यु भएको देखिन्छ,' अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने, 'त्यहाँ उनी नयाँ मान्छे पनि थिए। रातिको समय पनि थियो। त्यसैले हतारमा भाग्दै गर्दा लडेर मृत्यु भएको देखियो।', प्रहरीले उनको भिसेरा परीक्षण गर्ने तयारी थालेको छ। उनले त्यो बेला मापसे गरे/नगरेकोबारे अनुसन्धान गर्न भिसेरा गराउन लागेको एसएसपी बज्राचार्यले बताइन्।, उनलाई अरूले मार्नु पर्ने कारण पनि नखुलेको हुँदा पनि उनको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने उनले बताइन्। , यो घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।, रक्सी खाएर कुट्ने श्रीमान मार्न श्रीमतीले दिइन् 'सुपारी'
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५५ जना संक्रमित फेला परेका छन्।, मन्त्रालयका अनुसार काठमाडौंमा २२२, ललितपुरमा २० र भक्तपुरमा १३ जना थप संक्रमित फेला परेका हुन्। , यो सँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २२९७, ललितपुरमा ८४२ र भक्तपुरमा ७४६ जना छन्।, ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाहरूमा काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, कास्की र रूपन्देही छन्।, नेपालमा कोरोना संक्रमितको संख्या क्रमशः घटिरहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६७९ जना संक्रमित हुँदा १४०५ जना निको भएका हुन्। , १० हजार ९२० जनामा कोरोना परीक्षण गर्दा  ६७९ जनामा कोरोना पोजेटिभ देखिएको हो। यस्तै पछिल्लो २४ घन्टाभित्र ९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।  , यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ।  संक्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २२४ जना निको भएका छन् । , यस्तै हालसम्म कुल ११ हजार १६४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८०४ जना मात्रै सक्रिय संक्रमित रहेका छन्।,  ,  , काठमाडौं उपत्यकासहित ८ जिल्लामा ५०० भन्दा बढी संक्रिय संक्रमित
सेतोपाटी संवाददाता नेपालमा कोरोना संक्रमितको संख्या क्रमशः घटिरहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६७९ जना संक्रमित हुँदा १४०५ जना निको भएका हुन्। , १० हजार ९२० जनामा कोरोना परीक्षण गर्दा  ६७९ जनामा कोरोना पोजेटिभ देखिएको हो। यस्तै पछिल्लो २४ घन्टाभित्र ९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।  , यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ।  संक्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २२४ जना निको भएका छन् । , यस्तै हालसम्म कुल ११ हजार १६४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८०४ जना मात्रै सक्रिय संक्रमित रहेका छन्।, पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५५ जना संक्रमित फेला परेका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा २२२, ललितपुरमा २० र भक्तपुरमा १३ जना थप संक्रमित फेला परेका हुन्।, यो सँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २२९७, ललितपुरमा ८४२ र भक्तपुरमा ७४६ जना छन्।, ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाहरूमा काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, कास्की र रूपन्देही छन्।, कोरोना संक्रमित निरन्तर घट्दै, २४ घण्टामा संक्रमितभन्दा दोब्बर बढी निको भए
रासस उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले शुक्रबार बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो।, उपत्यकाको भीडभाडलाई मध्यनजर गरी सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागु गरिएको हो। सोअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्य रूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारी साधनमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्य रूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्य रूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ। आजदेखि लागू गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि लागू हुने जनाइएको छ।, कोभिड-१९ सङ्क्रमण कायमै रहेकाले अनावश्यक रूपमा बाहिर ननिस्किन, भीडभाड, जुलुस, जात्रा, महोत्सव नगर्न भनिएको छ। चाडपर्व स्वास्थ्यका सबै मापदण्ड पालना गरी साङ्केतिक रूपमा मनाउनु पर्ने आदेशमा उल्लेख छ। चाडवाडको बेला हुनसक्ने सम्भावित जोखिबाट बच्न पनि अनुरोध गरिएको छ। यस्तै आधिकारिक काउन्टरबाट टिकट काटी यात्रा गर्न र सवारी साधनको छतमा यात्रु नराख्न पनि निर्देशन गरिएको छ।, बैठक, गोष्ठी, सेमिनार गर्दा सकेसम्म भर्चुअल माध्यम प्रयोग गर्न र यदि उपस्थित हुनै परेमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्न भनिएको छ। सार्वजनिक सेवा प्रदायक संस्थालाई यथासम्भव अनलाइनबाट सेवा प्रवाह गर्न आग्रह गरिएको छ। उपस्थित हुनैपर्ने भएमा स्वास्थ्यका सबै मापदण्ड अपनाउन भनिएको छ।, होटल पार्टी-प्यालेसले पनि कर्मचारीलाई सकेसम्म आफैं एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन भनिएको छ। सबै व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गरी स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्न भनिएको छ। स्थानीय ढुवानी बिहान १:०० देखि ११:०० र अपराह्न ४:०० देखि ७:०० बजेसम्म नगर्न भनिएको छ भने निर्माण सामग्रीका ढुवानी बिहान १:०० देखि बिहान ५:०० बजेसम्म गर्नुपर्ने आदेशमा उल्लेख छ।, काठमाडौंमा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा सुनकोशी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा एक जनाको मृत्यु भएको छ।, आइतबार दिउँसो करिब १ बजे चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ डुम्रेस्थित सुनकोशी नदीमा खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , स्प्लास नेपाल एड्भेन्चर काठमाडौंबाट नदीमा र्‍याफ्टिङ गर्न गएका १० जनामध्ये एक जना बेपत्ता भएका थिए।, वेपत्ता भएका दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौं ठूलो भर्‍याङस्थित स्वयम्भू खाद्यान्न डिपोमा काम गर्ने २२ वर्षीय सजन खड्काको प्रहरीले खाेजी गर्ने क्रममा शव फेला पारेको हो। , बेपत्ता भएको खबरपछि प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्नेक्रममा दिउँसो ३ बजे शव फेला परेको थियो। खड्का खसेकै ठाउँमा पानीभित्र उनको शव फेला परेको प्रहरीले जनाएको छ। , प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। ,  , सुनकोशी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा एकको मृत्यु
सेतोपाटी संवाददाता खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको कार्ययोजना प्रधानमन्त्री कार्यालयमा बुझाएको छ।, मेलम्चीको पुनर्निर्माणबारे मन्त्रालयले एउटा कार्यदल गठन गरेको थियो। त्यो कार्यदलले पुनर्निर्माणमा अढाइ अर्ब लाग्ने अनुमानसहितको विशेष खालको कार्ययोजना मन्त्रालयमा बुझाएको थियो।, उक्त कार्ययोजना लामो छलफलपछि प्रधानमन्त्री कार्यालय बुझाइएको हो। कार्ययोजनामाथि दसैंअगाडि नै मन्त्रिपरिषदबाट निर्णय हुन सक्ने खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले सेतोपाटीलाई जानकारी दिइन्।, यो कार्ययोजनामा मेलम्ची खानेपानी आयोजनामा रहेका दुइटा अस्थायी सुरुङ मर्मत गर्नुपर्ने, हेडवर्क्स मर्मत, मोटरेबल पुल मर्मत लगायत छन्।, मेलम्ची खानेपानी आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्रप्रसाद पन्तका अनुसार सडक निर्माण र मोटरेबल पुल बनाउन सडक विभाग र नेपाली सेना समेतको सहयोग लिइने कार्ययोजना छ।, ‘कार्ययोजना पेश गर्दा मुख्य-मुख्य क्षतिको विवरण उल्लेख थियो, बाढीले अकल्पनीय क्षति गरेका कारण मर्मतको लागत बढ्न पनि सक्छ,’ खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले भने।, मेलम्ची नदीले अस्थायी रूपमा बनाइएको हेडवर्क्सको दसदेखि पन्ध्र मिटर क्षेत्रमा बालुवा-गिट्टी र लेदो थुपारेको छ। हेडवर्क्सलाई मर्मत गरेर चलाउन सकिन्छ भन्ने हालको अनुमान छ।, ‘नयाँ बनाउनु पर्ने वा अस्थायी रूपमा अर्को ठाउँमा बनाउनु पर्ने भयो भने पनि लागत बढ्ने र समय बढी लाग्ने हुन सक्छ,’ पन्तले भने।, उनका अनुसार मेलम्चीको मुख्य सुरुङमा क्षति छैन। अम्बाथानको २९८ मिटर लामो अस्थायी सुरुङमा लेदो थुप्रिएको छ। त्यसलाई सफा गर्नुपर्ने भएको छ।, त्यसैगरी, २१० मिटर लामो हेडवर्क्स र डाइभर्सनबीचको अस्थायी सुरुङमा पनि लेदो थुप्रिएको छ। त्यसलाई सफा र मर्मत गरेर सञ्चालन गर्न सकिने कार्ययोजना छ।, यसैगरी, मेलम्ची छिर्ने मुख्य प्रवेश मार्गमा तीन वटा पुल, अम्बाथान र त्यसभन्दा पारिपट्टि अर्को गरेर पाँच वटा अस्थायी पुल निर्माण गर्नुपर्ने भएको छ।, मेलम्चीमा आएको बाढीले पहिले भएका चार वटा मोटरेबल पुल बगाइदिएको छ।, मेलम्ची बजारदेखि हेडवर्क्ससम्म पुग्ने करिब पाँच किलोमिटर सडक नयाँ निर्माण गर्नुपर्ने भएको छ।, अस्थायी सुरुङ कति टालिएको छ, गेटहरूमा कति क्षति भएको छ भन्ने आँकलन पनि कार्ययोजनामा छ।, अहिले मेलम्ची बजारदेखि माथि बिजुली नभएका कारण नयाँ पोलहरू गाडेर बिजुली लैजानुपर्ने वा त्यही सोलार प्यानल जडान गर्नुपर्नेबारे अवस्था रहेको पन्तले बताए।, कार्ययोजनामा मेलम्चीलाई अस्थायी रूपमा सञ्चालन गर्ने भन्ने मात्र छ। तर, मेलम्चीको मुहानमा रहेको हिमपहिरोले थुपारेको थेग्रिनीको जोखिमबारे भने कार्ययोजनामा उल्लेख छैन।, यसबारे अलग्गै अध्ययन गर्नुपर्ने भएकाले कार्ययोजनामा नराखिएको आयोजनाको भनाइ छ। अर्को साल वर्षामा पुन: थेग्रिनी बगेर आए मेलम्चीलाई क्षति गर्न सक्ने छ।, गत असार १ गते पहिलोपटक मेलम्ची नदीमा बाढी आउँदा हेडवर्क्स, अस्थायी सुरुङमा क्षति हुनुका साथै बाढीले पुलहरू बगाएको थियो।, एडिबी कन्सलट्यान्ट खोज्दै, मेलम्चीभन्दा माथिको भाग अध्ययनका लागि एसियाली विकास बैंकले बोलपत्र आह्वान गरेको छ।, उसले मेलम्चीको अध्ययन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको कन्सल्ट्यान्टका लागि बोलपत्र आह्वान गरेको सचिव बज्राचार्यले बताइन्।, ‘एडिबीले सूचना निकालिसकेको छ। भूगर्भविदसहितको टोली नेपाल आउँछ,’ उनले भनिन्।, टोलीले मेलम्ची नदीमा बाढी आइरहनुको कारण, लेदोको अवस्था, नदीको संरचना र त्यसको दीर्घकालीन समाधानबारे अध्ययन गर्ने छ।, मेलम्ची खानेपानी पुनर्निर्माणको कार्ययोजना प्रधानमन्त्री कार्यालयमा
सेतोपाटी संवाददाता खेतमा पानी लगाउन गएका एक व्यक्तिको कुलोको बाँधमा मृत अवस्था शव फेला परेको छ।, मृत्यु हुनेमा पाल्पा रानपुर नगरपालिका-६ तिलकपुरका ४५ वर्षीय खड्गबहादुर कुमाल छन्।, सो वडाको चिप्लेढुंगास्थित आफ्नै खेतमा पानी लगाउन उनी बिहीबार राति हिँडेका थिए।, जिल्ला प्रहरी पाल्पाका अनुसार उनको त्यही कुलोको बाँधमा शुक्रबार बिहान शव फेला परेको थियो।, उनका छोराले बिहान खेतमा जाँदा बुवाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।, ‘बिहीबार राति मादक पदार्थ सेवन गरी खेतमा पानी लगाउन जान्छु भनी उनी हिँडेका रहेछन्,’ पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले भने।, शवको मुचुल्का उठाएर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको त्वातीले बताए।  , खेतमा पानी लगाउन गएका व्यक्ति मृत फेला
सेतोपाटी संवाददाता मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  , प्रहरीले पर्वतको मोदी गाउँपालिका-५ बस्ने २४ वर्षीय सूर्यबहादुर भण्डारीलाई बिहीबार पक्राउ गरेको हो।, १४ वर्षीया किशोरीलाई भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारेको आरोप छ।, उनले त्यसरी प्रेम प्रलोभनमा पारेर असोज ६ गते नेपाल-भारत सिमाना जोगबनी पुर्‍याएको भन्ने सूचना प्रहरीले पाएको थियो।, त्यसको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले भण्डारीलाई कुश्मा नगरपालिका-६ शिवालय चोकबाट पक्राउ गरेको हो।, उनीमाथि मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप लिएर आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ। ,  , प्रेमको प्रलोभनमा पारी मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता सल्यानमा डबल क्याप जीपको ठक्करबाट स्कुल जाँदै गरेका ५ जना छात्रा गम्भीर घाइते भएका छन्। , ठक्करबाट शारदा नगरपालिका वडा नं. ६ की  १८ वर्षीया मिना परियार, १८ वर्षीया रेखा बुढाथोकी, १५ वर्षीया सुशीला नेपाली, १८ वर्षीया दीपा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। , घाइते सबै छात्रालाई जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका लागि पठाइएको प्रहरीले सेतोपाटीलाई जानकारी दिएको छ।, ‘स्थिती सबैको गम्भीर भन्ने छ,’ सञ्चार शाखाले भन्यो, ‘दाङमा उद्धारका लागि हेलिकप्टर मगाउने कि भन्ने पनि कुरा भइरहेको छ।’ , थारमारेबाट खलंगातर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बरका डबल क्यापे जीपले बिहान दश बजेतिर शारदा नगरपालिका-२ स्थित राप्ती राजमार्गको बाङ्गे सल्ला नजिकै सडक छेउको छहारीमा बसेका उनीहरूलाई ठक्कर दिएको थियो। , उनीहरू शारदा नगरपालिका वडा नम्बर- १ स्थित शिवजन माध्यमिक विद्यालय शितलपाटीमा अध्ययनरत छात्रा हुन्। , ‘विद्यालयतर्फ जाँदै गर्दा थाकेर सडकको छेउको सल्लाको छहारीमा बसेको समयमा तीव्र गतिको डबर क्यापले उनीहरू सबैलाई ठक्कर दिएको रहेछ,’ प्रहरीले भन्यो, ‘उनीहरूको छाती, अनुहार, हात,खुट्टा लगायतमा गम्भीर चोटपटक लागेको छ।’, प्रहरीले चालक र जीपलाई नियन्त्रणमा लिएको छ। , जीपको ठक्करले स्कुल जाँदै गरेका पाँच छात्रा गम्भीर घाइते
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालयले अवैध रूपमा ढुंगा लोड गरिएका चार टिपर नियन्त्रणमा लिएको छ। , दंगीशरण गाउँपालिका वडा नं. ३ बालापुरबाट चेक क्रममा आवश्यक कुनै पनि कागजात फेला नपरेपछि प्रहरीले ती टिपर नियन्त्रणमा लिएको हो। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले त्यो ढुंगा कहाँबाट ल्याइएको हो र कहाँ लैजान लागेको हो ? भन्ने कुनै कागजात फेला नपरेको हुँदा नियन्त्रणमा लिनु परेको बताए। , ‘स्टकको माल भए स्टक प्रमाणित गर्ने कागज हुनुपर्ने, क्रसरको भए भ्याट बिल हुनुपर्थ्यो,’ प्रहरी निरीक्षक शर्माले भने,‘ढुंगा छिल्लाकोटबाट ल्याएर क्रसरमा बेच्न लैजाँदै गर्दा बालापुर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।’, प्रहरीले गएराति प्र २०३००१ (ख) १८७१, प्र २०३००१ (ख) १७२५, प्र २०३००१ (ख) १८७६ र  प्र २०३००१ (ख) १८८१ नम्बरका टिपर बालापुर हुँदै चखौरा क्षेत्रमा कर छलि गरी लैजान खोजेको अवस्थामा नियन्त्रणमा लिएको थियो। , ढुंगा लोडेड ती टिपर तुलसीपुर घोराही फोरलेन सडकको कामको लागि प्रयोग हुँदै आएका टिपर हुन्। तर, फोरलेन निर्माणको लागि लैजाने भनेर ढुंगा बालुवा गिट्टी रातको समयमा व्यक्तिगत मुनाफाका लागि क्रसरमा बेच्ने लैजाँदै गर्दा टिपर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। , प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ। , फोरलेन सडक निर्माणको लागि भनेर तुलसीपुर उपमहागनरपालिकाको अनुमतिले तुलसीपुर क्षेत्रका खोला र वन जंगलबाट बालुवा तथा गिट्टी बालुवा निकाल्दै आइएको छ।, सडकको स्तर बृद्धि र विकासको लागि भनेर निकालेका बालुवा गिट्टी क्रसर उद्योगहरूलाई बेच्दा फोरलेनलाई आवश्यक सामग्री अपुग हुने र सडक निर्माणको काममा बिलम्ब हुने गरेको बताउँदै आइएको छ।  , यसअघि नै सकिनुपर्ने फोरलेन सडक निर्माणको काम कछुवा गतिमा हुँदा सर्वसाधारणले यात्रा निकै कष्टकर बन्दै आएको छ।,  , अवैध रूपमा ढुंगा लोड गर्ने ४ टिपर नियन्त्रणमा
सेतोपाटी छोराछोरी विदेश पलायन हुँदा वृद्धा सहाराविहीन बन्दै गएका छन्।, शिक्षित र सम्पन्न परिवारका छोराछोरी अध्ययन र रोजगारीका लागि युरोप अमेरिका जस्ता विकसित देश पुगेर उतै पलायन हुँदा उनीहरू सहाराविहीन बन्दै गएका हुन्।,  , पर्याप्त सम्पत्ति भएर पनि आफैंले जन्माएर हुर्काएका सन्तान आफूसँगै नहुँदा शरीर गल्दै गएपछि आत्मसन्तुष्टि हुन नसकेको पाइएको छ।, विदेशमा रहेका सन्तानले यहाँका अस्पतालका चिकित्सकलाई सोझै टेलिफोन गरेर उपचारको सहारासमेत लिने गरेका छन्। वृद्धा बिरामी हुँदा साथमा सन्तान नहुँदा मनोवैज्ञानिक प्रभावसमेत पर्ने गरेको छ।,  , फिजिसियन डा भोजराज अधिकारी कोभिडको संक्रमण उच्च बिन्दुमा पुग्दै गर्दा मृत्यु भएका वृद्धालाई सन्तान नआउने समयसम्मका लागि राख्ने ठाउँको अभाव भएको स्मरण गर्छन्।, उनले भने, 'शरीर तन्दुरुस्त हुँदै गर्दा खासै खोजी नभए पनि स्वास्थ्य जटिल बन्दै गएपछि सन्तानको अभावमा थप जटिलता देखिँदो रहेछ।' , आफ्नो सम्पत्तिसँगैका आर्थिक व्यवहार सन्तानलाई हस्तान्तरण गर्न नसकेको पीडामा वृद्धवृद्धा झन् बढी चिन्तित हुने गरेको डा अधिकारी बताउँछन्।,  , सन्तानले उपचारका लागि पर्याप्त रकम पठाए पनि सन्तुष्टि नमिलेकै कारण वृद्धाको स्वास्थ्य झन् जटिल बन्ने गरेको उनको अनुभव छ।, बिरामी पर्दा नजिकको नातेदार पाउनसमेत कठित हुने गरेको चिकित्सक बताउँछन्।,  , मनोचिकित्सक डा गिरिराज भन्तना आफैंले जन्माएर, हुर्काएर, पढाएर कमाउने समयमा आफूबाट टाढा भएपछि मनमा विभिन्न कुरा खेलाएर आउने वृद्धा धेरै भएको बताउँछन्।, उनले भने, 'छोराछोरी विदेशमा भएर पनि दुःख गरिरहेको देख्दा यहाँ बस्ने आमाबुबालाई थप पीडा हुँदो रहेछ।', विदेशमा पनि कडा परिश्रम गरेर काम गरिरहेका सन्तानप्रति बाबुआमाको धेरै चिन्ता हुने गरेको पाइएको भन्तना बताउँछन्।उनले भने, 'छोराछोरी विदेश हुने वृद्धवृद्धा मन विचलित भएर उपचारका लागि आउने गर्दछन्।',  , विदेशमा भएका र स्वदेशमै रहेर पनि बुढेसकालमा नहेरेर धेरै वृद्धाश्रमसम्म पुग्ने गरेका पाइन्छन्।, यहाँको पवित्र तीर्थस्थल देवघाटमा सरकारीसँगै सामाजिक संघसंस्थाले वृद्धाश्रम सञ्चालन गरेका छन्। रोटरी क्लब अफ चितवनले रोटरी करुणालय सञ्चालन गर्दै आएको छ।, क्लबका पूर्वअध्यक्ष भोजराज कौडाल छोराछोरीले नहेरेर सहाराका लागि वृद्धाश्रममा आउने गरेको बताउँछन्।, सन्तान विदेशमा भएर रेखदेख गर्ने मानिसको अभावमा धेरै वृद्धवृद्धाले दुःख पाइरहेको कौडाल बताउँछन्।, उनले भने,'विदेशमा सन्तान भएकाका बाबुआमा धेरै अहिले पनि वृद्धाश्रममा बस्न बाध्य छन्।',      , ज्येष्ठ नागरिक सङ्घका प्रमुख सल्लाहकार बद्री तिमिल्सिना ज्येष्ठ नागरिकलाई राज्यले हेर्नुपर्ने बताउँछन्।, उनीहरूको सम्पत्ति राज्यको बनाएर वृद्धावस्थामा रेखदेख सरकारकोतर्फबाट गर्नुपर्ने उनको राय छ।, विदेशमा मात्रै होइन, स्वदेशमै रहेका कैयौंले आफ्ना वृद्ध बाबुआमालाई नहेरेर दुःख पाइरहेको तिमिल्सिना बताउँछन्। , उनले भने, 'सन्तान जन्माएर हुर्काएर पढाएर बुढेसकालमा बेसहारा बन्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ।' , स्वदेश वा विदेश जहाँ भए पनि आफ्ना बाबुआमाको रेखदेख सन्तानले नगर्नु दुःखद रहेको उनको भनाइ छ।,  , त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक टीकाराम गौतम अहिले नेपालको सामाजिक संरचना संक्रमणकालीन भएको बताउँछन्।, उनले भने,'हामी एउटा सामाजिक संरचनाबाट अर्काे सामाजिक संरचनामा परिवर्तन हुँदैछौं। यस्तो अवस्थामा वृद्धवृद्धाले अनपेक्षित समस्या भोग्नुपर्छ।',  , अहिले वृद्धाको अपेक्षा एउटा हुने र नयाँ पुस्ताको चाहना अर्काे हुने हुँदा वृद्धवृद्धाको चाहना पूरा हुन नसक्ने जनाउँदै उनले भने, 'नयाँ पुस्ताले वृद्धाको चाहना पूरा गर्न सक्दैनन्। त्यसले वृद्धामा मनोवैज्ञानिक, सामाजिक र आर्थिक समस्या भोग्नुपर्छ।', वृद्धवृद्धा नेपालको पुरातन शैलीअनुसार अपेक्षा गर्ने बताउँदै उनले नयाँ पुस्ताले विश्वव्यापी पारिवारिक मान्यताअनुसार चल्न चाहँदा समस्या भएको बताए।,  , समाजमा राम्रो छवि बनाएका सम्पन्न र शिक्षित परिवारमै यो समस्या बढी देखिने गरेको छ। शरीरले सकुञ्जेल र बिरामी नहुञ्जेल वृद्धाले कसैसँग गुनासो गरेको पाइँदैन। उनीहरू यो समस्या खुलेर राख्न पनि चाहँदैनन्।, वास्तविक पीडा लुकाइरहेका हुन्छन्। सहाराको खोजी गर्नुपर्ने अवस्था सिर्जना हुन्छ तबमात्रै उनीहरूको वास्तविकता बाहिर आउने गर्दछ। ,रासस, सहाराविहीन बन्दै वृद्धा
रोहित महतो प्रदेश २ का मुख्यमन्त्रीको  नाममा सुरू भएको’ बेटी पढाउ बेटी बचाउ अभियान’मा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान  आयोगले बुधबार छापा मारेपछि अहिले सरकार विवादमा फसेको छ।, प्रदेश सरकार गठन भएपछि यहाँ विभिन्न अभियानका रूपमा आर्थिक/ समाजिक कार्यक्रमहरू सञ्चालन भएका थिए। ती कार्यक्रममा भ्रष्टाचार भएको गुनासा बढ्दै छन्।, बेटी पढाउ बेटी बचाउ अभियानमात्र होइन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा सञ्चालित ‘मुख्यमन्त्री स्वच्छता अभियान’ कार्यक्रममा पनि अनियमितता हुने गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले समेत यो विषयमा प्रश्न उठाएको छ।, स्वच्छता अभियानअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ मा गर्ने भनिएका नगराइन नगरपालिका-५ गांगुलीस्थित माधव ठाकुरबाबा मन्दिरको जिर्णोद्धार   र जनकपुरधाम उपमहानगरपालिका-८ स्थित ढोरनोचनी पोखरीमा भइरहेको घाट निर्माण योजनाबारे सेतोपाटीले सोधिखोजी गरेको थियो।, स्थानीय, उपभोक्ता समिति, जनप्रतिनिधि र सरोकारवालासँग कुराकानी गर्दा त्यहाँ अनियमितता भएको गुनासो सुनिन्छ।, माधव ठाकुरबाबा हजाम जातिका कुल देवता मानिन्छन्। मन्दिरका पूजारी उपेन्द्र ठाकुरका अनुसार वर्षौंदेखि रहेको यो मन्दिरमा २०७६ सालमा ठाकुर जातका व्यक्तिले नै कुल देवताको मन्दिर जिर्णोद्धार गरेको रामजानकी कनौजिया नाई कुटी समितिका अध्यक्ष संजय ठाकुरले बताए।, ‘हाम्रो कुटी समितिले व्यक्तिहरूबाट चन्दा संकलन गरी दुई वर्षअघि मन्दिर पुन: निर्माण गरेको थियो,’ उनले भने।, ‘मुख्यमन्त्री स्वच्छता अभियान’ कार्यक्रमले पनि गएको वर्ष त्यही मन्दिरको जिर्णोद्धार गर्ने, टायल र पेन्ट गर्ने, वरिपरि पर्खाल लगाउने, धर्मशाला भनेर दुई कोठे टहरो बनाउने अनि झन्डै ५ सय मिटर टाढा रहेको राधो मरद मन्दिरदेखि उक्त मन्दिरसम्म जाने बाटो निर्माण गर्ने योजना बनायो।, माधव ठाकुरबाबा उपभोक्ता समितिका अध्यक्ष राधेश्याम झाले यो योजनाको कुल लागत ८२ लाख भएको बताए।, मुख्यमन्त्री स्वच्छता अभियानले उक्त मन्दिरको जिर्णोद्धार गरी रकम भुक्तानीसमेत गरिसकेको छ।, भुक्तानी गरेको रकमबारे मुख्यमन्त्री कार्यालय र उपभोक्ता समितिका अध्यक्षका भनाइ नै बाझिन्छन्।, गएको असार ३० गते माधव ठाकुरबाबा उपभोक्ता समितिमार्फत ५८ लाख ८१ हजार ६ सय २१ रुपैयाँ भुक्तानी दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।, उपभोक्ता समितिका अध्यक्ष राधेश्याम झाले भने लागत ८२ लाख भए पनि  साढे ५५ लाखको भुक्तानी मात्र लिएको बताए।, यो त भुक्तानीको मात्र कुरा भयो।, आधा करोड बढी रकमले गरिएका काम पनि गर्नु पर्ने जति नभएको पाइएको छ।, अभियानले मन्दिर जिर्णोद्धार गर्दा मन्दिरको कुटी समिति, मन्दिरका पूजारी र स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको थिएन।, मन्दिरमा स्वच्छता अभियानअन्तर्गत भएको काम कति बजेटबाट गरेको भन्ने विषयमा अध्यक्ष ठाकुरमात्र होइन मन्दिरका पूजारीलगायत स्थानीय जनप्रतिनिधि समेतले थाहा नभएको बताउँछन्।, मन्दिरमा भएको मर्मत-सम्भार र पुनः निर्माण कार्यका लागि झन्डै ५९ लाख रुपैयाँ भुक्तानी भएको सुन्दा पूजारी तथा स्थानीय चकित परे।, पूजारीका अनुसार केही समयअघि  मन्दिरको समिति तथा आफूलाई सोधपुछ नै नगरी अकस्मात केही व्यक्तिहरू मन्दिर परिसरमा आएका थिए। उनीहरूले मन्दिर रंगरोगन  गरे, टायल्स लगाए र धर्मशाला छेउमै जस्ताको छानो राखिएको एक कोठे सानो घर पनि बनाइदिए। धर्मशालाको वरिपरि पहिलेदेखि लगाइएको ‘बाउन्ड्री वाल’ लाई भत्काएर मर्मत-सम्भार गरे। इँटाको पर्खाल भत्काएर  दुई हात जतिको नयाँ पर्खाल लगाए। , उपभोक्ता समितिले यी काम आजभन्दा करिब २० दिनअघि सकेको हो। जबकी यसका लागि असार ३० गते नै मुख्यमन्त्री कार्यालयले भुक्तानी गरिसकेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। सरकारी निकायले जुनसुकै आयोजनामा कामभन्दा पहिले भुक्तानी गर्दैन। निश्चित काम भइसकेपछि निश्चित रकम भुक्तानी गर्छ।, उक्त कर्यक्रमका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर (सिडिई) भगवान झाले सम्झौता अनुसार मर्मत तथा जिर्णोद्वारका सबै काम सकिएपछि भुक्तानी भएको दाबी गरे।, उनले भुक्तानी भएको रकमबाट कुन-कुन काम भयो भन्ने फेहरिस्त सेतोपाटीलाई बताएका छन्।, ‘हल बनाउने, मन्दिरको रंगरोगन गर्ने, माटो भर्ने र सडकमा ग्राभेलको काम भएको छ। मन्दिरको चारैतिर पर्खाल जोडिएको छ,’ झाले भने, ‘त्यही योजनाअन्तर्गत सडकमा ग्राभेलको काम भएको छ। राधो मरद मन्दिरको पर्खाल पनि निर्माण भएको छ।’, मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष झाले बताएका काम भने फरक छन्।, उपभोक्ता समितिका अध्यक्ष झाले पनि त्यहाँ भएको कामको फेहरिस्त सुनाए।, ‘मन्दिर बनेकै थियो। रंगरोगन भयो।  दुई वटा रूम बन्यो। ५ वटा सडकमा ग्राभेल गर्‍यो। सबै सानो-सानो थियो। एउटामात्र लामो सडक थियो। मोटामोटी ११/१२ सय मिटर ग्राभेल भयो। राधो मरद मन्दिरको बाउन्ड्री बनेकै थियो माथिबाट ग्रिल लागेको छ। राधो मरद मन्दिरको बाउन्ड्री प्लास्टर पनि गुर्नपर्ने थियो, तर सकिएन। समयको अभाव थियो नभए अझै काम हुन्थ्यो। पानी परेर काम गर्न सकिएन,’ उनले भने, ‘सडक पनि बनाउनु पर्ने थियो त्यहाँ। तर गाउँलेहरूले बन्न दिएनन्। जग्गाधनीहरूले विवाद गरिदिए।’, उपभोक्ता समितिका अध्यक्ष झाले पर्खालमाथि ग्रिल लगाएको भने पनि हामी पुग्दा त्यस्तो ग्रिल कतै लागेको देखिएन। दुई कोठे टहरोमा जस्ताको छानो हालिएको छ। अगाडिको भागबाट बाँसको सहारामा त्यो टहरो ठड्याइएको छ। , राधेश्यामले राधो मरद मन्दिरमा पर्खाल लगाउने काम पनि नगरिएको बताए। सिडिई  भगवान झाले भने उक्त मन्दिरमा पर्खाल बनाएको दाबी गरेका थिए।, नगराइन नगरपालिका- ५ का वडाध्यक्ष विष्णुदेव झालाई पनि हामीले त्यहाँ के-के काम भएका छन् भनेर सोधेका थियौं।, उनकाका अनुसार सिडिई झा र उपभोक्ता समितिका अध्यक्ष राधेश्यामले भनेजस्तो उक्त मन्दिर जाने बाटोमा ग्राभेलको काम भएको छैन।, ‘राधो मरद मन्दिरदेखि माधव ठाकुर मन्दिरसम्म करिब ५ सय मिटर सडक पनि बनाउनु पर्ने सम्झौता भएको रहेछ। त्यसमा केही कामै भएको छैन। मन्दिरमा रंगरोगन र धर्मशाला मर्मतको नाममा गुणस्तरहीन काम भएको छ। मनपर्दी गरेको देखिन्छ,' वडाध्यक्ष झाले भने, ‘राधो मरदमा पहिल्यैदेखि पर्खाल बनेकै थियो। त्यसमा दुई रद्दा इँटामात्र थपिएको छ। गेट बनाउनु पर्ने थियो, त्यो बनेकै छैन।’, उक्त योजनाको कुल बजेट र भुक्तानीबारे आफूलाई केही थाहा नभएको उनको भनाइ छ।, हामीले मन्दिर जिर्णोद्धार लगायतका निर्माण कार्यको इस्टिमेट, लागत, सम्झौता तथा भुक्तानी भएको कागजात हेर्न खोजेका थियौं।, मुख्यमन्त्री कार्यालयका नयाँ सिनियर डिभिजनल इन्जिनियर दीपक मिश्रले भने उक्त योजनाको फाइल कहाँ छ आफूलाई थाहा नभएको बताए।, ‘म यहाँ आएको १५/२० दिनमात्र भयो। फाइल कहाँ छ मलाई थाहा भएन,’ उनले भने।, कार्यालय स्रोत भने यसअघिका सिडिई झाले सम्बन्धित कागजातहरू घर लगेको बताउँछ। उनी असार १६ गते अवकास भएका थिए।, 'धेरै अनियमितता भएको र अख्तियारमा उजुरी परेको धेरै फाइल अझै आफ्नो घरमै राखेका छन्,’ स्रोतले भन्यो।, यसबारे सोध्न हामीले मन्त्रालयका सचिव यमप्रसाद भुसालसँग कार्यालयमै गएर भेट्न खोज्यौं। कैयौं फोन र मेसेज गर्‍यौं तर उनी सम्पर्कमा आउन चाहेनन्।, स्वच्छता अभियान कार्यक्रमको योजना छनोट, मूल्याकंन, अनुगमन, बजेट र अरू जति पनि प्रशासनिक काम हुन्छन् ती कार्यालयका सचिव, लेखा र सिडिईबाहेक कसैलाई थाहा नहुने एक अधिकृतले बताए।, पूर्वसिडिई झाले भने ती कागजात आफूले नराखेको बताए।, 'ती फाइल मैले लगेको भनेर सूचना दिने व्यक्ति देखउनुस्, म थुतुनो फुटाइदिन्छु,' उनले भने।, कमसल काम र कामभन्दा ज्यादा भुक्तानी भएको आरोप लागेको अर्को योजना हो, जनकपुरधाम उपमहानगरापलिका-८ स्थित ढोरनोचनी पोखरीस्थित घाट निर्माण।, निर्माण सम्पन्न नहुँदै कतै भत्किएको छ भने दर्जनौं ठाउँमा भित्रसम्म चिरा परेको स्थानीय विजय साह बताउँछन्।, ‘निर्माण भएकोसम्म भित्रसम्म चिरा नपरेको र नचर्केको कुनै भागै छैन। गुणस्तरहीनताको हद पार गरेको छ। निर्माण नसकिँदै यति धेरै ठाउँमा भत्किन लागेको घाट कति दिनसम्म टिक्छ?,’ उनले भने, ‘ठेकेदारले मनपरी गरेको छ। खुलेयाम भ्रष्टाचार गरेको छ तर कसलाई के भन्ने? मिडियामा बोलेर पनि के हुन्छ?’, पोखरीको सौन्दर्यता र वास्तविक क्षेत्रफल नै मासेर मुख्यमन्त्री कार्यालयले भौतिक संरचना निर्माण गरिरहेको जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता झाले बताइन्।, ‘पूर्वतिर पोखरी मासेर आवश्यकताभन्दा बढी सडक छोडिएको छ। काम नहुँदै कतिपय ठाउँमा भत्केर पुनर्निर्माण गरिएको छ। त्यो पनि भत्किने क्रम रोकिएको छैन,’ उनले भनिन्, ‘गुणस्तरहीन काम भइरहेको सबैको आँखाअगाडि नै छ। निर्माण सुरू गर्दा हामीलाई कहिल्यै सोधखोज गरिएन। कहाँबाट आएको योजना हो भन्ने थाहै पाउन सुरूमा महिनौं दिन लाग्यो।’, डिभिजनल इन्जिनियर मिश्रका अनुसार सो पोखरी ८ असोज २०७७ मा शिवम एसराज जेभीले ठेक्का लिएको हो।, यो कम्पनीका सञ्चालक, राधेश्याम झा तिनै हुन् जो गांगुलीस्थित माधव ठाकुर मन्दिर मर्मत तथा जिर्णोद्धार गर्ने उपभोक्ता समितिका अध्यक्ष छन्।, डिई मिश्रका अनुसार पोखरीको घाट निर्माणका लागि १ करोड ८ लाख ९२ हजार छ सय २४ रुपैयाँमा ठेक्का सम्झौता भएको छ। सम्झौताअनुसार पोखरीमा माटो भर्ने, उत्तरतर्फ ५७ मिटर, दक्षिणतर्फ ४७  र पश्चिममा ११४ मिटर घाट निर्माण गर्ने सम्झौता भएको छ।, ठेक्का कबोल गरेका कम्पनीले हालसम्म ८५ प्रतिशत काम सकिएको भन्दै ८५ लाख ६३ हजार १३२ रुपैयाँ भुक्तानी लिइसकेका छन्।, तर त्यहाँ धेरै काम गर्न बाँकी नै छ। सम्झौताअनुसार तीन पोखरीको तीन तर्फमध्ये कुनै पनि भागको पूरा काम भएको छैन।, दक्षिणतर्फको आधाभन्दा बढी भागको काम भए पनि बाँकी भागमा न घाट सम्पन्न भएको छ न पानी सुकाइएको छ। संरचना निर्माण भएका भागमा पनि प्लास्टर भएको छैन। जोडिएको इँटा चर्किन थालेको छ। निर्माण नहुँदै धेरै संरचना पानीमै डुबेको छ। पानीमा डुबेका केही भागमा इँटा पनि उप्किएको देखिन्छ। निर्माण भइसकेको भागमा घाट भत्किने क्रम रोकिएको छैन।, गुणस्तरहीन र अव्यवस्थित निर्माण कार्यबारे आफूले मुख्यमन्त्री लालबाबु राउतलाई समेत ध्यानाकर्षण गराएको उपमेयर झाले बताइन्।, उनका अनुसार पोखरी जथाभाबी भत्काइएकाले बाटो छेउमा दुर्घटनाको उच्च जोखिम छ। त्यहाँ काम गर्ने ठेकेदार धेरै दिनदेखि सम्पर्कविहीन रहेको डिई मिश्रले बताए।, ‘हामी सम्पर्क गरेर साइट अनुगमनमा पनि जान्छौं। म नयाँ भएर के-कस्तो काम भएको   छ थाहा छैन। दुर्घटनाको जोखिमबारे मैले पनि सुनेको छु,’ उनले भने।, स्वच्छता अभियानमा व्यापक अनियमितता, महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदनमा मुख्यमन्त्री स्वच्छता अभियानमा व्यापक अनियमितता भएको औंल्याएको छ।, उक्त कार्यक्रमअन्तर्गत निर्माण मन्दिर, पोखरी सौन्दर्यीकरण, भवन मर्मत-सम्भार, मस्जिद निर्माण, कब्रस्थान निर्माण, इनार निर्माण, चापाकल जडान लगायतका कार्यक्रममा अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ।, २०७६ वैशाख २३ गते १८ करोड २० लाख ५४ हजार रुपैयाँमा सम्झौता गरिएको पर्साको नगुवापोखरी, मुर्लीपोखरीको सौन्दर्यीकरण कार्य सम्पन्न गर्नु पर्नेमा २०७७ वैशाख २२ गतेमा म्याद समाप्त हुँदासमेत नगुवापोखरीको १३.९ प्रतिशत र मुर्लीपोखरीको ३४.५१ % मात्र काम सम्पन्न भएको थियो।, पोखरी निर्माणका लागि ठेकेदारसँग गरिएको सम्झौताको म्याद अवधिभित्र काम सम्पन्न गर्न नसक्नेसँग पूर्वनिर्धारित क्षतिपूर्ति लिएर काम गराउनुपर्ने व्यवस्था छ।, सार्वजनिक खरिद नियमावली २०६४ अनुरूप ती ठेकेदारसँग पूर्वनिर्धारित क्षतिपूर्ति लिई आवश्यक कारबाही गर्नु पर्नेमा मुख्यमन्त्रीले त्यसो गरेका छैनन्।, त्यसैगरी मुख्यमन्त्री कार्यालयले प्रदेश २ का आठ जिल्लामा रहेका ३४ पोखरी,१६ नदी, खोलाहरूको बाढी-पहिरो नियन्त्रणका लागि विस्तृत आयोजना प्रतिवेदन र मास्टरप्लान तयार गर्न परामर्शदाता छनोट गरेको छ। प्रतिस्पर्धा नै नगराई सोझै परामर्शदाता छनोट गरी ४ करोड २८ हजार भुक्तानी दिएको महालेखा नियन्त्रकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ।, कार्यालयले मर्मत-सम्भार र सौन्दर्यकरण गर्ने विस्तृत योजना प्रतिवेदन तयार गर्ने कार्यका लागि ५/५ लाख रुपैयाँको बजेट स्वीकृत गरी मौजुदा सूचीमा रहेका अलग-अलग परामर्शदाताबाट काम गराइएको छ।, एकै जिल्लामा एकभन्दा बढी पोखरीको विस्तृत आयोजना प्रतिवेदन तयार गर्दा कामको प्रकृति अनुसारको प्याकेज बनाई प्रतिस्पर्धाको माध्यमबाट परामर्श सेवा लिन सकिनेमा त्यसो गरेको छैन। बरू १ करोड २७ लाख रुपैयाँको काम सोझै सम्झौता गरी गराएकाले नियमित नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ मा प्रतिस्पर्धा सीमित हुने गरी टुक्राटुक्रा पारी खरिद गर्न नहुने व्यवस्था छ।, ‘वार्षिक कार्यक्रम स्वीकृत भएपछि उपयुक्त प्याकेज बनाई बोलपत्रको माध्यमबाट परामर्शदाता छनौट गर्नु पर्नेमा बोलपत्रको सीमाभन्दा घटीको स-साना प्याकेजको लागत अनुमान तयार गरी खरिद गरेको कार्य उपयुक्त देखिएन, खरिद कार्य प्रतिस्पर्धात्मक बनाउनु पर्दछ,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ ।, स्वच्छता अभियानका लागि आर्थिक वर्ष ०७५/०७६ मा प्रदेश सरकारले २१ करोड ६१ लाख,  ०७६/७७ मा ३१ करोड ३३ लाख, २०७७/७८ मा ५५ करोड ५० लाख ७७ हजार बजेट विनियोजन गरिएको थियो। तर चालु आर्थिक वर्षमा सो अभियानका लागि २० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ।, त्यसैगरी मुख्यमन्त्री स्वच्छता अभियान र बेटी पढाउ बेटी बचाउ अभियान कार्यक्रम अन्तर्गत निर्माण कार्यका लागि प्रदेशका आठ जिल्लामा ४ इन्जिनियर, ४ सब इन्जिनियर र ठेक्का सम्झौता अनुसारको प्रति काम एक जना सुपरभाइजर राखी कन्टिन्जेन्सीबाट ५१ लाख ५९ हजार रुपैयाँ खर्च गरिएको छ।, कर्मचारी सुपरभाइजर राख्दा कामको परिमाण, कार्यक्षेत्रअनुसार आवश्यक संख्या एकिन गरी निश्चित योग्यता निर्धारण गरेर नियुक्ति गर्नुपर्ने नियम छ।  इन्जिनियर र सव-इन्जिनियरबाहेक अरूको योग्यतासमेत निर्धारण नगरी नियुक्ति पत्रबिना भुक्तानी दिएको रकम मितव्ययी नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।, आफन्तको भर्ती केन्द्र, मुख्यमन्त्री कार्यालयका अनुसार स्वच्छता अभियान कार्यक्रमअन्तर्गत विभिन्न तहमा १० जना कर्मचारी नियुक्त गरिएको छ। करारमा ३ जना सातौं तह, १ जना छैठौं तह, २ जना पाँचौं तह र ४ जना श्रेणीविहीनमा नियुक्त गरिएको हो। तीमध्ये कम्प्युटर अपरेटर सहायक पाँचौंमा नियुक्त गरिएका अनिताकुमारी महतोमात्र कार्यालयमा नियमित हाजिरी गर्छन्।, ‘यही कार्यक्रमका लागि अन्य ३६ जना सुपरभाइजर पनि नियुक्त गरिएको छ। उनीहरू तलब बुझ्ने बेलामात्र कार्यालय आउँछन्,' एक कर्मचारीले भने।, उनका अनुसार नियुक्त गरिएकामध्ये प्रायः कर्मचारी मुख्यमन्त्री र मन्त्रालयका सचिव लगायतकै आफन्त छन्।, अधिकृत छैठौं स्तरमा सहजकर्तामा नियुक्त गरिएका राजु राउत मुख्यमन्त्री राउतका भतिज पर्छन्।, त्यसैगरी सहायक पाँचौं तहमा नियुक्त गरिएका प्रदीप भुसाल कार्यालयका सचिव यमप्रसाद भुसालका छोरा हुन्।, सचिव भुसालकी श्रीमती टीका भुर्तेललाई पनि दैनिक ज्यालादारीमा नियुक्त गरिएको छ ती कर्माचारीले बताए।, मुख्यमन्त्री राउतको प्रेस संयोजको कामसमेत गर्दै आएका आतिश मिश्रलाई अधिकृतस्तर सातौं तहमा नियुक्ति दिइएको छ।, त्यसैगरी हलुका सवारी चालकमा नियुक्त गरिएका सल्लाउदीन अहमद मुख्यमन्त्री राउतनिकट जसपाका कार्यकर्ता हुन्।, इन्जिनियर सातौं तहमा नियुक्त हैदर अलि र इन्जमामुल हक ठकुराईसमेत मुख्यमन्त्री निकट मानिन्छन्।, प्रदेश २ मा ‘मुख्यमन्त्री स्वच्छता अभियान’का दूषित काम
सेतोपाटी संवाददाता जीपको ठक्करबाट सल्यानमा घाइते भएका पाँच छात्रामध्ये दुईको उपचारका क्रममा दाङको तुलसीपुरमा मृत्यु भएको छ । , राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा १८ वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलकप्रसाद शर्माले सेतोपाटीलाई जानकारी दिए।  , जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले घाइतेमध्ये १५ वर्षीया सुशीला नेपालीको दाङमा उपचार सम्भव नभएपछि बाँके रिफर गरिएको जानकारी दिए । , १८ वर्षीया मिना परियार, १८ वर्षीया दीपा बुढाथोकीको उपचार कहाँ भइरहेको छ  भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ। ‘यहाँबाट सबैलाई दाङ पठाएका हौं,’ प्रवक्ता पौडेलले भने, ‘तर, उनीहरू दुई जनाको अभिभावक सम्पर्कमा आउनु भएको छैन। त्यसैले दाङमै उपचार भइरहेको छ वा बाहिरी थाहाँ हुन सकेन।’, मृतक र घाइते सबै शारदा नगरपालिका ६ का हुन्। उनीहरु सबै नगरपालिकाको वडा नं. १ स्थित शिबजन माद्यमिक विद्यालय सितलपाटीमा अध्यनरत छन्।  , शुक्रबार बिहान दश बजेतिर विद्यालय जाने क्रममा उनीहरूलाई जीपले ठक्कर दिएको थियो । , थारमारेबाट खलंगा तर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बरका डबल क्यापे जीपले बिहान दश बजेतिर शारदा नगरपालिका २ स्थित राप्ती राजमार्गको बाङ्गे सल्ला नजिकै सडक छेउको छहारीमा बसेका उनीहरूलाई ठक्कर दिएको थियो। , तीब्र गतिको डबर क्यापले ठक्कर दिएकामध्ये सबैलाई  छाति, अनुहार, हात-खुट्टालगायत शरीरका बिभन्न भागमा गम्भीर चोट पटक लागेको प्रहरीले जनाएको छ। चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , यसैबीच आक्रोशित स्थानीयले दिउँसो दुई बजेपछि राप्ती राजमार्ग बन्द गराएका छन्। जसले गर्दा सल्यानहुँदै दाङ आउने यातायातका साधन बीचमै रोकिएका छन्।, जीपको ठक्करबाट घाइते ५ छात्रामध्ये २ को मृत्यु, ३ को उपचार जारी
सेतोपाटी संवाददाता मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। , अख्तियारले गाउँपालिका अध्यक्ष मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर, सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेल र फिलिंगो मिडियाका सञ्चालक  रामकुमार रिजालविरूद्ध मुद्दा दायर गरेको हो। उनीहरूमाथि सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ। , प्रवक्ता रिसालका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम सञ्चालन गरेको थियो।, त्यस कार्यक्रममा अनियमितता गरेको भन्ने सूचना अख्तियारले पाएको थियो।, सूचनापछि अख्तियारले गरेको अनुसन्धानमा तालिम सञ्चालन गर्दा लागेको खर्चभन्दा दुई लाख ६० हजार ९ सय रूपैयाँ बढी भुक्तानी लिएको खुलेको हो। सो कुरा अख्तियारले पुष्टि गरेपछि आरोपपत्र दायर गरेको हो। , अख्तियारले गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित पाँच कर्मचारीलाई छ महिनादेखि एक वर्ष छ महिनासम्मको कैद सजाय र बिगो रकम असुल गर्न माग गरेको छ। , यता फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिम सजाय र बिगो जफत गर्न अख्तियारले माग गरेको छ। त्यस दफामा कसुरको मात्रा अनुसार दुई वर्षसम्म कैद सजाय हुनसक्ने उल्लेख छ।, तालिमको नाममा भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित ६ जनाविरूद्ध मुद्दा
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार ६६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १३ हजार तीनसय ६८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, १० हजार एक सय १३ जनाको पिसिआर परीक्षण र तीन हजार २ सय ५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १८ हजार ११५  जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ।, ९३८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.३ प्रतिशत छ।, त्यस्तै काठमाडौं उपत्यकामा थप तीन सय ५९ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ६६ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ६२ संक्रमित थपिएका हुन्।,  , थपिए एक हजार ६६ संक्रमित, निको भए ९३८
सेतोपाटी संवाददाता पशुपतिमा बाबालाई खुकुरी हानेर भागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, शुक्रबार बिहान प्रहरीले काठमाडौंको हेपाली हाइटबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। , चितवन जगतपुरस्थित नयाँ बस्ती घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो। उनले गत सोमबार बिहान पशुपतिमा एक बाबामाथि खुकुरी प्रहार गरी भागेको आरोप छ। , पशुपति बस्दै आएका सन्तोष बाबालाई विश्वरूपा जाने बाटो छेउको झाडीमा खुकुरी प्रहार भएको थियो।, शौचालय जाँदै गरेका उनलाई ताराबहादुरले 'माल (गाँजा) निकाल' भनेको प्रहरीले जनाएको छ। तर आफूसँग नभएको बताएपछि उनले पेटमा खुकुरी हानेर फरार भएका थिए।, खुकुरी प्रहारबाट घाइते भएपछि बाबालाई वीर अस्पतालमा उपचारको लागि लगिएको थियो।, प्रहरीले घटनामा प्रयोग गरेको खुकुरी र झोला पनि बरामद गरेको छ। , पशुपतिमा बाबालाई खुकुरी हानेको आरोपमा एक पक्राउ
सेतोपाटी त्रिभुवन विश्वविद्यालयले ‘सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन’ विषयमा स्नातकोत्तर तह सञ्चालनमा ल्याएको छ। , मानविकी तथा सामाजिक विज्ञान संकायअन्तर्गत उक्त विषयमा भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार, सुशासनका चुनौती, तथ्यांक विधि, विकास र भ्रष्टाचार, भ्रष्टाचारविहीन कानुन र संयन्त्र, नैतिकता र भ्रष्टाचार, भ्रष्टाचारको सामाजिक तथा सांस्कृतिक पक्षलगायत पठनपाठन हुनेछ।, दुई वर्षको समय अवधि तथा चार सेमिष्टर रहने उक्त अध्ययनमा अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीतिसमेत पाठ्यक्रममा छ। , यहाँ आज आयोजित कार्यक्रममा डिन प्राडा कुसुम शाक्यले मुलुकको विकास तथा समृद्धिमा भ्रष्टाचार बाधक तत्वका रूपमा रहेको बताउँदै यसको न्यूनीकरणका लागि यो क्षेत्रको अति आवश्यक रहेको बताइन्।, सहायक डिन प्रा ताराप्रसाद अर्यालले यसको अध्ययनबाट भ्रष्टाचर निवारणका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे।, कार्यक्रम संयोजक डा योगेश रञ्जितले सुशासन अभिवृद्धि गरी आर्थिक पारदर्शी कायम गर्न सकिने त्यसले भ्रष्टाचर अन्त्य गर्ने विश्वास व्यक्त गरे।, साहित्यकार एवं अभियन्ता भरत जङ्गमले यस किसिमको अध्ययन सुरूआत भएकामा खुसी व्यक्त गर्दै आफू विगत पाँच दशकदेखि भ्रष्टाचार निवारणका क्षेत्रमा क्रियाशील रहेको बताए। , एन्टी क्रप्सन ऐकेडेमीका अध्यक्ष अनुप जङ्गमले आफ्नो संस्थाले प्रत्येक सेमिष्टरमा पहिलो हुने विद्यार्थीलाई रु ३६ हजार, दोस्रो र तेस्रोलाई १८/१८ हजार छात्रवृत्ति प्रदान गर्ने जानकारी गराए। ,रासस, 'सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन' मा स्नातकोत्तर
सेतोपाटी संवाददाता दैलेखका दुई जनाले आफ्ना बुवा-आमाको मृत्यु भएको १७ वर्षपछि किरिया गरेका छन्।, महाबु गाउँपालिका–४ गीताचौरका दुई परिवारले १७ वर्षपछि किरिया गरेका हुन्।, उक्त गाउँका राजबहादुर सिंहकी आमा र दीपक रावलका बुवाको सशस्त्र द्वन्द्वको बेला २०६१ सालमा मृत्यु भएको थियो।, द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष माओवादीले काजकिरिया गर्न नदिएपछि उनीहरूले धार्मिक परम्परा अनुसार विधि पुर्‍याएर किरिया गर्न पाएका थिएनन्।, ‘हामीले हाम्रो धार्मिक विधि पुर्‍याएर काजकिरिया गर्नुपर्छ, तर त्यसबेला माओवादीले यो वाइयात हो भन्दै हामीलाई त्यसमा रोके,’ रावलले भने, ‘त्यसबेला विधि पुर्‍याउन नपाए पनि अहिले ज्योतिषलाई हेराएर त्यो काम गरेका छौं।’, परिवारका सदस्यको मृत्यु भएपछि काजकिरिया गर्दा सेतो कपडा लगाउने, कपाल मुण्डन गर्ने, नुन, माछामासु बार्ने, पिपलपानी हाल्ने जस्ता विधि १७ वर्षपछि गरिएको उनले बताए।, २०६१ भदौ २५ गते सिंहकी आमाको मृत्यु भएको थियो। त्यसको एक हप्तापछि रावलका बुवाको मृत्यु भएको थियो।, ‘मेरो आमाको मृत्यु भएकै दिन छिमेकीको घर माओवादीले कब्जा गरेका थिए, हामीलाई पनि किरिया गर्न दिइएन,’ सिंहले भने, ‘त्यसपछि तिथि जुटाउँदा समय लाग्यो, अहिले तिथि जुरेपछि विधि पुर्‍याएर किरिया गर्‍यौं।’, उनीहरूले बुवा-आमाको किरिया गत भदौ १७ गते गरेका हुन्।, १७ वर्षपछि बुवा-आमाको किरिया
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप तीन सय ५९ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  काठमाडौंमा दुई सय ६६ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ६२ संक्रमित थपिएको जानकारी दिएको हो।, यस्तै काठमाडौं उपत्यकामा ४४०८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २५७८, भक्तपुरमा ८१९ र ललितपुरमा १०११ सक्रिय संक्रमित छन्।,  , काठमाडौं उपत्यकामा थपिए तीन सय ५९ संक्रमित, सक्रिय चार हजार बढी
सेतोपाटी संवाददाता उदयपुरमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय उदयपुरले चौदण्डीगणि नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षीय मुकेश विकलाई शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। , उनले बिहीबार साँझ ६ बजे वडा नम्बर ६ द्वारखोला जंगलमा ५९ वर्षीया महिलामाथि बलात्कार गरेको आरोप छ।, पीडितका आफन्तले शुक्रबार इलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दिएका थिए। , जाहेरीपछि प्रहरीले विकलाई पक्राउ गरेको हो। प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ। , उदयपुरमा ५९ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता नेटवर्किङ व्यवसायको नाममा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखा काठमाडौंले बिहीबार दुई जनालाई पक्राउ गरेको हो।, काभ्रे धुलिखेल घर भई काठमाडौंको चाबहिल बस्ने २७ वर्षीय नवराज गौतम र  रामेछाप खाडाँदेवी घर भई बौद्ध बस्ने २५ वर्षीय विनोद महतोलाई प्रहरीले पक्राउ गरेको हो। , इजाजतबिना सञ्चालनमा रहेको भारतको सिलिगुढीमा इम्पोरियम मार्केटिङ प्रालिको सम्पर्कमा राखेर पिरामिड शैलीको सदस्य बनाएर रकम पठाउन लगाई ठगी गरेको भन्ने जाहेरी परेको थियो। , जाहेरीपछि अनुसन्धान गर्दा इम्पोरियम मार्केटिङ प्रालिको सदस्य बन्नु र लाइफ बन्छ, जागिर पाइन्छ लगायत विभिन्न प्रलोभनमा पारेको खुलेको हो।, त्यसरी उनीहरूले एक लाख २० हजार रूपैयाँ ठगी गरेको महाशाखाले जनाएको छ। , पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्न शुक्रबार वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहलमा पठाएको छ। , नेटवर्किङ व्यवसायको नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ
सेतोपाटी संवाददाता वैदेशिक रोजगारमा 'पोर्चुगल पठाइदिन्छु' भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाले उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ८ घर भई भक्तपुर सल्लाघारी बस्ने ३३ वर्षीय शंकर लामालाई प्रहरीले पक्राउ गरेको हो। , प्रहरीको टोलीले बिहीबार उनलाई काठमाडौंको नयाँ बानेश्चरबाट पक्राउ गरेको महाशाखाले जनाएको छ।, शंकर गौशालास्थित नेपाल लाइफ रिक्रुमेण्ट एजेन्सी प्रालिका सञ्चालक हुन्। , उनले काभ्रे बेथानचोक गाउँपालिका ६ बस्ने आशिष थापालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाई एग्रिकल्चरमा काम लगाउने भन्दै विश्वास दिलाएका थिए। , शंकरले आशिषबाट सक्कल राहदानी, नागरिकता, फोटो, ब्यालेन्स सर्टिफिकेट, बैंक स्टेटमेण्ट समेत लिइसकेका थिए।, साथै, उनले मोबाइल बैंकिङको पिन कोड समेत नियन्त्रणमा लिएर प्रदीप श्रेष्ठ भन्ने व्यक्तिको खातामा चार लाख रूपैयाँ पठाएर ठगी गरेका थिए। , त्यसरी ठगी गरेको भन्ने जाहेरीपछि प्रहरीले थप अनुसन्धान गरी शंकरलाई पक्राउ गरेको हो। , प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ।  ,  , 'पोर्चुगल पठाइदिन्छु' भन्दै ठगी गरेको आरोपमा एक पक्राउ
भगवती पाण्डे रुपन्देही तिलोत्तमा नगरपालिका-५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।, शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनको मृत्यु प्रकरणमा हालसम्म भएका अनुसन्धानबारे जानकारी दिएको हो।, पौडेल भदौ २० गते बिहान साढे ४ बजे आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको हत्या भएको भन्दै माइती पक्ष, आफन्त तथा स्थानीयले रुपन्देहीमा आन्दोलन गर्दै आएका थिए।, सीताको मृत्यु प्रकरणलाई लिएर आन्दोलन सुरू भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय बुटवलले घटनाबारे संयुक्त रुपमा अनुसन्धान थालेका थिए।, अनुसन्धान अनुसार पौडेलको मृत्यु कर्तव्यबाट नभई झुण्डिएर मृत्यु भएको देखिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए।, ‘शव परीक्षण प्रतिवेदनमा उहाँको मृत्युको कारण आत्महत्या देखिएको छ,’ थापाले सेतोपाटीसँग भने।, अनुसन्धानका क्रममा मृतक सीता र उनका श्रीमान टिका पौडेलको मोबाइलको प्राविधिक परीक्षणसमेत गरिएको थियो। डिजिटल फरेन्सिक ल्याबमा मोबाइल परीक्षण गर्दा सीताले आफ्ना श्रीमानको नाममा आइफोनको नोट एप्लिकेसनमा सुसाइड नोट लेखेको भेटिएको थापाले बताए।, अनुसन्धान अनुसार आत्महत्या गर्नुअघि २० गते नै बिहान राति पौडेलले श्रीमानलाई करिब साढे १२ बजे सुसाइड नोट लेखेको पाइएको छ। फरेन्सिक रिपोर्टमा सीताले नेपालीमा लेखेको सुसाइड नोट प्राप्त भएको थापाले बताए।, ‘सुसाइड नोटमा मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो, म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म बाँच्न सकिनँ भनी लेखिएको छ,’ थापाले भने, ‘मेरो सबै गरगहना मेरी आमालाई दिनु भनिएको छ।’, मोबाइलको फरेन्सिक परीक्षण हुँदा सुसाइड नोट र त्यसअघि पौडेलले श्रीमानलाई लेखेको एसएमएसहरूको परीक्षण गरिएको थापाले बताए।, ‘यसरी परीक्षण गर्दा उहाँले आत्महत्याअघि लेखेको सुसाइड नोट र त्यसअघि श्रीमानलाई लेखेको एसएमएसको प्यार्टनसमेत मिलेको देखिन्छ,’ उनले भने। , भदौ २२ गते सीताका बुवा हरिप्रसाद भण्डारीले श्रीमान् टिका पौडेल, जेठाजु हरिप्रसाद पौडेल र उनकी आमाजु विष्णु पौडेलविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका थिए।, जाहेरी आएपछि प्रहरीले श्रीमान् टिका, जेठाजु हरिप्रसाद र आमाजु विष्णुलाई पक्राउ गरिसकेको छ। उनीहरूविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको थापाले बताए।, के थियो विवाद?, मृतक सीता र श्रीमान टिका पौडेलबीच २०७६ असोज १८ गते विवाह भएको थियो। उनीहरूका सन्तान छैनन्।, विवाह भएपछि उनीहरू दुबै पाल्पा जिल्ला धरमपानीस्थित द दरबार रिसोर्ट सञ्चालन गरी बस्दै आएका थिए।, प्रहरी उपरीक्षक मनोज केसीका अनुसार पौडेल परिवारमा सम्पत्ति बाँडफाँटबारे ६-७ महिनायता विवाद जारी थियो। रिसोर्टलाई बेच्ने मामलामा परिवारमा खटपट भइरहेको थियो।, ‘श्रीमान्-श्रीमती बिक्री गर्नुपर्ने पक्षमा थिए, तर त्यस कुरालाई परिवारले इन्कार गरेको हाम्रो अनुसन्धानले देखाएको छ,’ केसीले भने, ‘सासु-ससुरा र आमाजु बिक्री गर्न नहुने अडानमा थिए। आमाजुले त्यो मामलामा श्रीमान्-श्रीमतीबीचमा फाटो ल्याउन भूमिका खेलेको देखियो।’, पटक-पटक श्रीमतीसँग यही विषयमा विवाद भइरहेकै क्रममा १९ गते पाल्पाबाट टिका बुटवल आएका थिए।, त्यसदिन जेठाजु हरिप्रसादकी छोरीको जन्मदिन थियो। जन्मदिन मनाउने क्रममा टिकाले मदिरा सेवन गरेका थिए।, सीता गत भदौ ५ गते नै आफ्नो जन्मदिन मनाउन माइत आएकी थिइन्। भदौ १९ गते सीता आफ्नो माइती घर तिलोत्तमा नगरपालिका वडा नं. ८ बाट घर फर्किएकी थिइन्।, ‘जेठाजूको छोरीको आज जन्म दिन हो भनेर श्रीमान टिका पौडेलले बोलाएकोले दिउँसो २ बजे उहाँ तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्रामस्थित घरमा फर्किएको देखिन्छ,’ केसीले भने।, जन्मदिन मनाएपछि श्रीमान्-श्रीमतीबीच रिसोर्टको बिक्रीबारे पुन: विवाद भएको थियो। विवादपछि श्रीमानलाई सीताले नै सम्झाएर कोठामा लगेकी थिइन्।, अबेरसम्म मदिरा सेवन गरेपछि टिका श्रीमतीसाथ सुतेका थिए। उनी ब्युँझिँदा सीता झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।    , ‘मदिरा सेवन गरी श्रीमतीलाई गाली गर्ने, उनको कुरा नसुन्ने जस्ता जिकिरबाट सीता दिक्क भएर आत्महत्याको बाटो रोजेको देखिएको छ,’ केसीले भने।, सीतालाई झुन्डिएको अवस्थामा देखेपछि टिकाले भान्सा कोठाबाट चक्कु ल्याएर सलको पासो काटेर शव भुइँमा झारेका थिए। त्यसपछि उनले आफन्तलाई खबर गरेका थिए।, आफन्तमार्फत प्रहरीमा खबर पुगेपछि प्रहरीले सीताको शवको मुचुल्का उठाई लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पठाएको थियो।, पोष्टमार्टम रिपोर्ट नआउँदै पीडित परिवार, आफन्त र स्थानीयले प्रहरीले अनुसन्धानमा बेवास्ता गरेको भन्दै आन्दोलन गरेका थिए।, ‘आत्महत्या गर्नुको पछाडि रिसोर्टको विवाद प्रमुख कारण छ,’ केसीले भने, ‘यो विवाद उत्कर्षमा पुगेपछि सीताले आत्महत्याको बाटो रोजेको देखिन्छ।’ , श्रीमानसँग रिसोर्ट बिक्रीको विवादपछि सीता भण्डारीले मध्यरातमा रोजेको मृत्युको बाटो
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ। बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।, भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभावले नेपालको मौसममा प्रत्यक्ष प्रभाव परेको छ।, आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि संभावना रहेको महाशाखाले जनाएको छ।, भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश नं २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानमा भारी वर्षाको संभावना छ भने प्रदेश नं २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।, महाशाखाका अनुसार १८ असोज सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, देशभर आंशिकदेखि सामान्य बदली, पूर्वी भेगमा भारी वर्षाको सम्भावना