content
stringlengths
20
64.1k
रोहित महतो पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल' र प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध जाहेरी दर्ता भएको छ । , नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टर प्रकरणमा बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पूर्वगृहमन्त्री बादल र पूर्वआइजिपी खन...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले दसैं पर्व लक्षित गरेर १८ वर्ष माथिका सबै नागरिकका लागि ३ दिन कोभिडविरूद्धको खोप कार्यक्रम चलाउने भएको छ। , असोज २२ गतेदेखि सुरू हुने कार्यक्रम २४ गते अपरान्हसम्म सबै वडाबाट चल्नेछ। यो पहिलो डोज लिनेका लागि हो। , 'पर्वका समयमा युवाहरू धेरै सक्रिय हुन्छन्। सकेसम्म भीड नगर्नुस्।...
युनिक श्रेष्ठ काभ्रेकी १६ वर्षीया किशोरी दुई वर्षअघि एक पुरूषसँग काठमाडौं आइन्। काठमाडौंमै उनले छोरा पनि जन्माइन्। अहिले उनका छोरा ११ महिनाको भएका छन्।, उनले ओखलढुङ्गाका एक पुरूषसँग विवाह गरेकी थिइन्। एउटी साथीमार्फत् भेट भएपछि काठमाडौंमा विवाह गरेर आरूबारीमा डेरा गरी बस्न थालेका थिए। , छोरा जन्मिएपछि श्रीमान पनि एकाए...
सेतोपाटी चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ।, भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ती मेडिकललाई कारबाही स्वरूप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको छ। , जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल डेन्टल क्लि...
सेतोपाटी भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच समन्वय हुनुपर्नेमा जोड दिइएको छ।, प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुनर्निर्माणसम्बन्धी काम हस्तान्तरण भएका मन्त्रालय एवं निकायबीच तोकिएको काम समयमै सम्पन्न गर्नेबारे ...
एजेन्सी नेपाली समयअनुसार सोमबार राति संसारभरि विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक चलाउन पाएनन्। फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले काम गर्न छोडेका थिए।, यो क्रम लगभग छ घन्टा चल्यो।  झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट/एपले काम गर्न ...
सेतोपाटी संवाददाता झाडापखालाबाट कपिलवस्तुको कृष्णनगरमा तीन जनाको मृत्यु भएको छ। कृष्णनगर नगरपालिकाका तीन वटा वडामा सोमबारदेखि झाडापखालाको प्रकोप फैलिएको हो।, नगरका वडा नं. ७, ८ र ९ मा सोमबार रातिदेखि झाडापखाला र बान्ताको समस्या लिएर अस्पताल जानेहरूको संख्या १ सयभन्दा बढी रहेको वडा नं. ९ का अध्यक्ष राममिलन कुर्मीले जान...
सेतोपाटी जुम्लाको हिमा गाउँपालिका-२ स्थित भेडा गोठमा आगलाागी हुँदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन्।, स्थानीयबासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठासहित लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएको जानकारी दिए। , चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकायासहित १२ जनाका प...
सेतोपाटी संवाददाता दक्षिणकाली नगरपालिकास्थित फर्पिङमा परापूर्वकालदेखि मनाइने हरिशङ्कर जात्रा अन्तर्गत खट घुमाउने कार्यक्रम सम्पन्न गरिएको छ। सो जात्रामा नेपालमै सबैभन्दा ठूलो खट बोकिने जनाइएको छ। , भाद्र शुक्ल पूर्णिमादेखि १२ दिनसम्म फर्पिङ क्षेत्रका पुरातात्विक, सांस्कृतिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण स्थानमा खट य...
सेतोपाटी सोमबार भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकनका क्रममा बिरामीको अत्यधिक चाप तर ठाउँ अभावले अस्तव्यस्त दृश्य र चुलिएको समस्या देखेर स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको मन चस्स भयो। , भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ड...
राजु अधिकारी साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको  सजाय सुनाएको छ।, मंगलबार न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई जन्मकैदको सजाय सुनाएको हो।     , साढे ३३ किलोग्राम सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा २०७४  फागुन १८ गते मोरङको उर्लाबारी–१ म...
राजु अधिकारी सुन तस्करी तथा मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’सहित उनका समूहका आठ जना दोषी ठहरिएका छन्।, मंगलबार  जिल्ला अदालत मोरङले आठ जनालाई दोषी ठहर गर्दा ४८ जनालाई सफाइ दिएको छ।, अदालतले गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र...
सेतोपाटी संवाददाता सल्यानमा मृत फेला परेकी महिलाको मृत्यु जेसिबीको ठक्करबाट हुन पुगेको अनसुन्धानबाट देखिएको छ। , बागचौर नगरपालिका २ गैरीकी ५४ वर्षीया  रामकली खत्री आइतबार बाटोमा मृत फेला परेकी थिइन्। , खत्री शनिबार साँझ साढे ५ बजेतिर घरदेखि माइती घर जान भनेर हिँडेकी थिइन्। उनको  शव आइतबार बेलुका साढे ७ बजेतिर बीच बाटो...
ध्रुवसागर शर्मा कालीगण्डकीको प्राकृतिक स्वरूप पछिल्ला केही वर्षयता नासिँदै गएको छ। शालिग्राम पाइने एकमात्र बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्ड सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, गेगर र सडककै कारण बर्सेनि बाढीपहिरोले यसको मौलिकस्वरुपमा परिवर्तन ल्याएको वातावरण संरक्षणकर्मीले ब...
एजेन्सी यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन देशका वैज्ञानिकलाई दिइएको छ।, अमेरिकाका स्युकुरो मानाबे, जर्मनीका क्लाउस हासलमान र इटालीका जिओरजिओ पारिसीलाई पृथ्वीको जलवायु र मानवीय क्रियाकलापले त्यसलाई कसरी प्रभावित पार्छन् भन्नेबारेको अध्ययनका लागि नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले...
सेतोपाटी संवाददाता ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणमा जोडिएका सबै प्रहरीहरूले सफाइ पाएका छन्।, मंगलबार जिल्ला अदालत मोरङले सुन प्रकरणमा जोडिएका सबै प्रहरीहरूलाई सफाइ दिएको हो। , सफाइ पाउनेमा डिआइजी दिवेश लोहनी, पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, पूर्वएसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, प्रहरी उपरीक्षक प्...
खिलानाथ ढकाल २०४७ सालको परिवर्तनपछि नेपालमा सहकारी संस्थाको अवधारणा आयो। त्यसअघि एकआपसमा ऐंचो-पैंचो, सापटी वा ढुकुटीजस्ता माध्यमबाट मानिसहरू आफ्नो आर्थिक समस्या टार्थे।, पहिलो जनआन्दोलनपछि सत्तामा उक्लिएको कांग्रेसले निजीकरण र सहकारी सँगसँगै अघि बढायो।, २०५१ सालमा तत्कालीन नेकपा एमालेले ‘गाउँ-गाउँमा सहकारी, घर-घरमा रो...
सेतोपाटी संवाददाता करेन्ट लगाएर माछा मार्ने क्रममा घोराहीमा एक जनाको मृत्यु भएको छ। , घोराही उपमहानगरपालिका वडा नं. ३ का २३ वर्षीय नारायण बस्नेतको बबई खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले मंगलबार बिहान ११ बजेतिर बबई खोलामा...
सेतोपाटी संवाददाता नेपालमा थप नौ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नौ सय ६८ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १६ हजार ४२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ११ हजार पाँच सय ८२ जनाको पिसिआर परीक्षण र ४ हजार ४ सय ६०...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप तीन सय २ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ३१ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ४१ संक्रमित थपिएका हुन्।, यस्तै, काठमाडौं उपत्यकामा ३७४७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २२६८, भक्तपुरमा ६९१ र ललितपुरमा ७८८ सक्रिय संक्रम...
सेतोपाटी संवाददाता बाँकेमा एक युवक खेतमा मृत फेला परेका छन्। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थित खेतमा मंगलबार बिहान ८ बजेतिर १९ वर्षीय रोहित थारु मृत फेला परेका हुन्। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले मृतकको शरीरमा कुनै चोटपटक नरहेको बताए। , ‘हाम्रो आशंका लागुऔषधको ओभर डोजले गर्दा मृत्यु भयो क...
सेतोपाटी संवाददाता जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंका सब-इञ्जिनियर घुस रकमसहित पक्राउ परेका छन्। , मंगलबार डिभिजन कार्यालयका सब-इञ्जिनियरलाई अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर १ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोट बस्न...
सेतोपाटी संवाददाता देशभरका ६२ जना बालिका तथा किशोरीहरूले एक दिनका लागि स्थानीय सरकारको प्रमुख, वडा अध्यक्षलगायत विभिन्न पद सम्हाल्ने भएका छन्।, अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेसनल नेपालले गैरसरकारी संस्था ‘हामी दाजुभाइ’ सँगको सहकार्यमा आज भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। ,...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा अपांगता भएका ९७ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन्।, नेपाल राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशको तथ्यांक अनुसार कर्णालीमा ५१ हजार अपांगता भएका मानिसमध्ये २० हजार ४ सय जना बालबालिका छन्।, यी बालबालिकामध्ये अधिकांश विद्यालयको पहुँचमा पुग्न सकेका छैनन्। हाल कर्णालीमा ३९ वटा अ...
सेतोपाटी संवाददाता चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, मंगलबार दिउँसो पौने १ बजे खैरहनी नगरपालिका वडा नम्बर १३ कुमरोज सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको हो। , घाँस-दाउरा लिन जानेक्रममा सोही ठाउँका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। , सो ...
सेतोपाटी संवाददाता ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’सहित उनका समूहका आठ जना दोषी ठहर हुँदा ४८ जनाले भने मोरङ जिल्ला अदालतबाट सफाइ पाएका छन्। , यो मुद्दामा नेपाल प्रहरीका उच्च प्रहरी अधिकारीदेखि गोरेकी श्रीमती र सुनमा लगानीकर्तासम्मले सफाइ पाएका छन्।, सुन तस्करी मुद्दामा अ...
सेतोपाटी संवाददाता एक पुरूषलाई ठगी गरेको आरोपमा प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले दुई जनालाई काठमाडौंबाट सोमबार पक्राउ गरेको हो। , ठगी गरेको आरोपमा प्रहरीले काभ्रेको बनेपा घर भई काठमाडौं जडिबुटी बस्ने १९ वर्षीया उर्मिला भन्ने युनिसा मगर र  नमोबुद्ध घर भई बनेश्वर बस्ने २६ वर्षीया रोशनी ...
सेतोपाटी संवाददाता इलाम जिल्लाको पशुपतिनगर नाकाबाट लाखौँ मूल्य बराबरको औषधि बरामद गरिएको छ।, सशस्त्र प्रहरी बलले सूर्योदय नगरपालिका-३ पशुपतिनगरस्थित नेपाल-भारत सीमा लालीखर्क भन्ने स्थानबाट ८० लाख बराबरको औषधि बरामद गरेको हो।, नेपाल-भारत सिमावर्ती पशुपतिनगरको लालीखर्क भन्ने स्थानमा रहेको एउटा गोठमा भण्डार गरेर राखिएको ...
सेतोपाटी संवाददाता इलाम सूर्योदय नगरपालिका-६ हर्कटेबाट ११ लाख भारतीय नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सूर्योदय नगरपालिका-१० फिक्कल का ३५ वर्षीय अनुप अग्रवाल छन्।, आइतबार अपरान्ह चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवाल सवार गरेको मे१च ६४२४ कारबाट स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो।, काल...
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दुई लाख घुस लिएको अभियोगमा एक ईञ्जिनियरलाई नियन्त्रणमा लिएको छ।, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।, कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी ...
सेतोपाटी संवाददाता धनुषा जिल्ला अदालतले जनकपुर बमकाण्डको मुख्य योजनाकार भन्दै जन्मकैदको फैसला सुनाएका पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) लाई उच्च अदालत जनकपुरले राहत दिएको छ।, दुई साता बहसपछि ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय सुनाइएका साहलाई उच्च अदालतले ५ वर्ष कैद सजाय घटाइदिएर ७ वर्ष तोकदिएको छ।, १८ बैशाख २०६९ ...
सेतोपाटी संवाददाता इभिनिङ वाकमा निस्केकी महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। , इटहरी उपमहानगरपालिका ८ भुर्कीमा ३० वर्षीया महिलामाथि असोज १५ गते सामूहिक बलात्कार भएको हो। तर यो घटना भने प्रहरीले सोमबार मात्रै सार्वजनिक गरेको छ। , ती महिलालाई अपरान्ह ५ बजे ६ जना पुरुषले कुटपिट गरी बलात्कार गरेको जिल्ल...
सेतोपाटी बैतडीको दशरथचन्द नगरपालिका-५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।, सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार  घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।, गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएको भनिएका विजयको हत्या भए...
सेतोपाटी संवाददाता कृष्णनगर नगरपालिका-२ बसपार्कबाट स्रोत नखुलेको २२ लाख ९१ हजार ८ सय रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, बुद्धभूमि नगरपालिका-९ धमौली बस्ने २२ वर्षीय जीवनप्रसाद भुसाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।, शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहर...
सेतोपाटी संवाददाता शुद्धोधन गाउँपालिका-३ बेतानीस्थितमा प्लाई फ्याक्ट्रीमा काम गर्ने कर्मचीको हत्या गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।, नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-३ घर भएका २२ वर्षीय अवदेश हरिजनको चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा भारत गोपालगंज बस्ने १८ वर्षीय किशोरलाई आइतबार रात...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ गरेको छ। , पक्राउ पर्नेमा कैलारी गाउँपालिका–१ बस्ने विनोद चौधरी छन्। उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले तीन वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकेको थियो। विसं २०७५ भदौ २० गतेदेखि उनी फरार रहेका थिए।, प्रहरीले कैलालीकै बर...
सेतोपाटी संवाददाता सल्यानमा माइती जान हिँडेकी एक महिला मृत फेला परेपछि प्रहरीले घटना अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको छ। , घरबाट माइती जान खोजेकी बागचौर नगरपालिका वडा नम्बर २ गैरीकी ५४ वर्षीया रामकली खत्री बाटोमै मृत फेला परेपछि प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। , सल्यानका प्रहरी प्रमुख डिएसपी...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा चल्ने अधिकांश सार्वजनिक यातायातका साधनले सोमबार आफ्नो सेवा बन्द गरेका छन्।, सार्वजनिक सवारीको भाडा नबढेको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द भएको हो।, महासंघका सह-अध्यक्ष किरन रिजालले विभिन्न प्रदेश सरकार...
पेमा लामा/रासस काभ्रेको पनौती नगरपालिका– ६ र ७ को सङ्गमस्थल त्रिवेणीघाटमा बाह्रवर्षमा लाग्ने मकर मेला आउन अब करिब चार महिना मात्रै बाँकी छ। मेलाका लागि यहाँ केही तयारी थालिएको छ।मेला व्यवस्थापन एवं संरचना निर्माणका लागि नगरपालिकाबाट रु पाँच करोड बजेट विनियोजन गरी प्रवेशद्वार निर्माण, पुन्यमाता खोलामा बहने ढल व्यवस्थाप...
नवीन लामिछाने यस वर्षको वर्षायामको सुरूदेखि अवरूद्ध सडक तीन महिनापछि सञ्चालन भएपछि मनाङको जनजीवन सहज बन्दैछ।, विगत तीन महिनादेखि अवरूद्ध बेंसीशहर-चामे सडकखण्डको धारापानी माथिसम्म सडक पुगेपछि औपचारिकरूपमा सञ्चालनमा आएको छ। , लामो समयदेखि सडक सञ्जालबाट टाढा रहेका मनाङबासीलाई सडक सञ्चालनमा आएपछि सहज भएको प्रमुख जिल्ला अध...
सेतोपाटी संवाददाता काठमाडौंबाट दुई सय सात जना पाकेटमार तथा चोरहरू पक्राउ परेका छन्। , महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।, सोमबार परिसरमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। , दसैं-तिहारमा घर फर्किनेहरूको पाकेटमार्ने तथा ...
सविता बुढा भारतीय राज्य उत्तर प्रदेशमा आंशिक कर्फ्यू लगाइएपछि स्वदेश फर्किने नेपालीहरूलाई बाटोमा समस्या परेको छ।, आइतबार भएको एउटा हिंसात्मक घटनामा ८ जनाको मृत्यु भएपछि त्यहाँको प्रशासनले लखीमपुर खीरीमा धारा १४४ लागु गरेको छ।, यही बेला कैलालीको खक्रौला र गौरीफन्टा हुँदै स्वदेश फर्किने नेपालीहरू बाटोमा सडक अवरूद्ध गरिए...
सेतोपाटी संवाददाता  काठमाडौं उपत्यकामा थप तीन सय ६६ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ६६ जना, भक्तपुरमा ३८ जना र ललितपुरमा ६२ संक्रमित थपिएका हुन्।, यस्तै, काठमाडौं उपत्यकामा ३८१६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २२९४, भक्तपुरमा ७०६ र ललितपुरमा ८१६ सक्रिय संक्...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा एक हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८७४ जनामा आज कोरोना परीक्षण गरिएको थियो । देशभर सक्रिय सङ्क्रमित १६ हजार ६०६ छन् । नेपालमा सङ्क्रमण दर १८.८ प्रतिशत  छ । , पाँचसय भन्दा बढी सङ्क्रमि...
मनोज सत्याल मुलचन्द महाउत गत भदौ २० गते राती बल्खु पुलछेउको आफ्नै टहरामा सुतिरहेका थिए।, राती ११ बजेतिर पानी पर्न थाल्यो। टहरा छाएको जस्तापाता जोडजोडले बज्न थाल्यो। बागमती उर्लेको आवाज झन् चर्कियो।, तीन बजेतिर टहराभित्रै पानी छिर्‍यो। महाउत दम्पती तीन छोरा र तीन छोरी च्यापेर बल्खु पुल उक्ले। मुलचन्द यहाँ बस्न थालेको १...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यार्चागुम्बासहित रुसी नागरिक पक्राउ परेका छन्। , सोमबार बिहान फ्लाइ दुबईको फ्लाइटबाट काठमाडौंबाट रुस जान लागेकी ५५ वर्षीया ज्लाता शेन्गरलाई प्रहरीले पक्राउ गरेको हो। , उनले ल्याएको कालो रंगको लगेज विमानस्थलमा चेकिङ गर्दा एक्सरे मेसिनमा यार्चागुम्बा देखिएको थियो।...
सेतोपाटी संवाददाता गत सोमबार विराटनगर उडेको विमानमा आएको समस्या जहाजको समस्या नभएको बुद्ध एयरले स्पष्ट पारेको छ।, सोमबार बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई प्रतिवेदन बुझाउँदै जहाजमा कुनै पनि समस्या नभएको बताएको हो।, गएको ११ गते बुद्ध एयरको काठमाडौं-विराटनगर उडानमा उड्नुभन्दा पहिले 'क्रु टिम'ले जहाजक...
सेतोपाटी संवाददाता भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा महाकाली शारदा विद्यापीठ बेद विद्याश्रम गुरुकुल सञ्चालनमा ल्याइएको छ।, वैदिक संस्कृत शिक्षा संरक्षणमा टेवा पुर्‍याउने उद्देश्य लिएर आवासीय गुरुकुल सञ्चालन गरिएको हो। नगरपालिकाको शिक्षा शाखाबाट गुरुकुलमा आधारभूत तहको कक्षा ६ सम्म...
सेतोपाटी संवाददाता पूर्वयुवराज पारस शाहको पोखरास्थित फ्ल्याटबाट चोरी भएको छ। , उनको फ्ल्याटबाट चोरी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनकै घरमा काम गर्ने व्यक्तिलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।, पक्राउ पर्नेमा २५ वर्षीय शुभ गौतम छन्। उनलाई प्रहरीले आइतबार काठमाडौंको...
सेतोपाटी संवाददाता दसैं सुरू हुनै लाग्दा पनि यसपालि पानी परिरहेको छ। सोमबार साँझ पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ।, पानी पर्ने यो क्रम अझै केही दिन चल्ने देखिन्छ।, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अझै ८-१० दिन नेपालमा मनसुनी गतिविधि हुने देखिएको छ।, ‘उत्तर पश्च...
सेतोपाटी संवाददाता केही समयअघि भएको एकै परिवारका ६ जनाको हत्याका आरोपी चार जना कारागार चलान भएका छन्।, मादी नगरपालिका-१ उम्लिङका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई जिल्ला अदालत संखुवासभाले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।, आइतबारदेखि सुरू भएको थुनछेक बहसपछि सोमबार ...
सेतोपाटी संवाददाता झापामा निर्माणाधीन घरबाट लडेर निर्माण मजदूरको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा कनकाई नगरपालिका– ३ निवासी ६५ वर्षीय रुद्र अधिकारी रहेका छन्। , प्रहरी नायब उपरीक्षक राकेश थापाले दिएको सूचना अनुसार कनकाई नगपालिका वडा नम्बर ४ स्थित त्रिवेणी टोल निवासी दुर्गा नेपालको दुई...
सेतोपाटी संवाददाता बर्दियामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन्।, प्रहरीले बारबर्दिया नगरपालिका वडा नम्बर ७ का राम बिहारी भन्ने बिहारी थारूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। , उनलाई प्रहरीले आइतबार बाँके नेपालगञ्ज उपमहानगरपालिका ...
सेतोपाटी संवाददाता सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ।, सोमबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहितलाई पक्राउ गरेको हो।, ब्युरो स्रोतका अनुसार तामाङसहितका व्यक्तिलाई सिभिल सहकारीका निक्षेपकर्ता  ठगी गरेको अभियोग छ। तामाङ संविधान सभामा एमाल...
सेतोपाटी संवाददाता नेपालमा थप ८ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ सय ६७ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार २ सय १९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण र २ हजार ६ सय २१ जनाको एन्टिजेन प...
सेतोपाटी बागमती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तराष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ।, प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत् सरकारले सो बोलपत्र आह्वान गर्न लागेको हो।, बोर्डले २०७७ चैत १८ मा विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गरी पुनः बोल...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप दुई सय ५५ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक सय ६४ जना, भक्तपुरमा २६ जना र ललितपुरमा ६५ संक्रमित थपिएका हुन्।, यस्तै काठमाडौंमा ४२१७ सक्रिय संक्रमित छन्। काठमाडौंमा २४४३, भक्तपुरमा ८०० र ललितपुरमा ९७४ सक्रिय संक्रमित छन्।,  , काठम...
सेतोपाटी ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, रसुवाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको स१त ७०७१ नंको ट्र्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सोही नगरपालिकाको वडा नं १२ जालपाका १९ वर्षीय सहचालक डिलक्स राईको घटनास्थलमै मृत्यु भएको हो।, ...
सेतोपाटी संवाददाता कोभिड महामारी फैलिएपछि रोकथाम र नियन्त्रणका लागि भन्दै १९ महिना अघिदेखि बन्द रहेको विराटनगरको रानी र भारतको जोगवनी जोड्ने नाका शनिबारबाट पूर्ण रुपमा खुलेको छ।, नेपाल सरकारको असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयले नाका खोल्ने निर्णय गरेको भ एपनि जिल्ला प्रशासन कार्यालय मोरङले नाका खुला गर्न न...
सेतोपाटी गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ सुरू गर्ने भएको छ।, विश्वविद्यालयले भोलि आइतबारदेखि पठनपाठन सुरू गर्ने तयारी गरेको हो।, नेपालमै पहिलो पटक खेलकूद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) र ब्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (बिआइटी) विषयको पढाइ सुरू गर्नुअघि  विश्वविद्या...
युवराज श्रेष्ठ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न समन्वय समिति गठन गर्न पोखराका व्यवसायीले प्रस्ताव गरेका छन्। , विमानस्थलमा अहिले देखिएका समस्या समाधान गर्न र सञ्चालनका आवश्यक तयारी गर्न यस्तो प्रस्ताव गरेको पश्चिमाञ्चल होटल संघ (हान)का अध्यक्ष विकल तुलाचनले बताए। , ‘विमानस्थलमा देखिएको समस्या समा...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ७:५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।, उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ।, वि.सं. २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम...
एजेन्सी संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात लाख नाघेको छ।, द न्युयोर्क टाइम्सका अनुसारका अनुसार कोरोनाविरूद्धको खोप सर्वसुलभ भए पनि अमेरिकीहरूले सहजै खोप नलगाएकाले कोरोनाबाट मृत्यु हुने क्रम नरोकिएको हो।, पछिल्लो समय कोरोनाबाट ज्यान गुमाउनेहरूमध्ये धेरै खोप नलगाएका मानिसहरू छन्।...
नारायण खड्का शनिबार दिउँसो साढे १ बज्दै थियो।, एकाएक चार वटा बाघले राप्ती सोनारी गाउँपालिका वडा नं. १ गाभरका स्थानीय २५ वर्षीया हिरा खड्का, २४ वर्षीया कालिका खड्का र ५६ बर्षीय सेतु ओलीलाई घेरा हाले।, उनीहरु भैंसी र बाख्रा लगेर छोटी दमारमाको जंगलमा चराउन गएका थिए। यो उनीहरूको घरदेखि करिब दुई किलो मिटर नजिकको सामुदायिक ...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले कारबाहीको चेतावनी दिएको छ।, विद्युत प्राधिकरणकै कारण राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध भएकाले दूरसञ्चारले सूचना जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ,...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशका २२ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्।, कुल जनसंख्या १८ लाख २४ हजार १३१ मध्ये २ लाख ४१ हजार २४९ जनाले पूर्ण खोप लगाएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।, जसमध्ये डोल्पाका ६ हजार ६ सय ३३, मुगुका ९ हजार ६ सय ८, हुम्लाका ६ हजार ८ सय ५३, जुम्लाका ...
राजेश घिमिरे पर्यटकको पथ प्रदर्शक बनेर चितवन राष्ट्रिय निकुञ्जको कुना-कुनामा पुग्ने ३२ वर्षीय सञ्जोग कुमाल सौराहा नजिकैको राप्ती नदीमा फोहोर उठाउँदै गरेका भेटिए।, काठको डुंगामा उभिएका उनीसहितका केही व्यक्ति नदीमा बाँसको लाठी उधिनेर प्लास्टिक निकाल्दै थिए।, कोरोनाभाइरसको महामारीका कारण पर्यटन क्षेत्र बन्द भएपछि १८ महिन...
भगवती पाण्डे भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा साढे २ अर्ब बढी रुपैयाँको मूर्ति राखिने भएको छ।, पत्थरबाट निर्माण गरिएको उक्त मूर्तिको मूल्य दुई करोड १६ लाख अमेरिकी डलर पर्छ।, शान्तिका प्रतीक सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विश्वभर प्रचारप्रसार होस् भन्ने उद्देश्यले चार वर्ष पहिले स्पेनमा स्थाप...
रासस महोत्तरी गाउँपालिका–२ अनैठामा गए राति एक किशोरको सर्पले डसेर मृत्यु भएको छ।, मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।, ओछ्यानमा सुतिरहेका अवस्थामा उनलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थि...
सेतोपाटी संवाददाता काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ। , नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माणका काम सम्पन्न भएकाले बन्दरगाह सञ्चालनको लागि तयारी गरिरहेको बताए।, आइतबार बिहान ,न्यूज एजेन्सी नेपाल,सँग कुरा गर्दै का...
सेतोपाटी संवाददाता कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेन्ट लागेर मरेको छ।, आरक्ष छेउको धानबारीमा लगाइएको करेन्टमा परेर मकुना मरेको हो। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत मकुना करेन्ट लागेर मरेको पुष्टि गरेको छ।, आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्त...
नरेन्द्रसिह कार्की / रासस दार्चुलाको व्याँस गाउँपालिकाका नागरिक फेरि पनि तुइनमा झुन्डिँदै गाउँ आउनजान बाध्य भएका छन्। , सरकारले व्याँस गाउँपालिका–२ दुम्लीङ, राप्ला मालका लागि वैकल्पिक बाटोको व्यवस्था गर्न नसक्दा फेरि पनि तुइनमा झुन्डिँदै यात्रा गर्न बाध्य भएका हुन्। राप्ला र मालगाउँका सयौँ परिवार फेरि पनि तुइनमा झुन्ड...
सेतोपाटी संवाददाता सडक वारपार गर्ने यात्रुको चाप बढी भएको चोकमा पर्ने नयाँ बानेश्वरमा आकासे पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको छ। , थोरै काम मात्रै बाँकी भएकाले केही दिनमा नै पुल प्रयोगमा ल्याउन सकिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ। पुलको मुख्य काम भइसकेकाले माथिल्लो भागमा बारको काम मात्रै बाँकी रहेको डिभि...
सेतोपाटी संवाददाता कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गरिने भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगरपालिकाभित्र दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागेको हो । , कार्यालयले यस वर्ष व्यास नगरपालिकालाई...
सेतोपाटी संवाददाता काठमाडौंमा पटका भण्डारण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाले एक जनालाई शनिबार राति पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , सर्लाही रामनगर गाउँपालिका वडा नम्बर १ घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटार बस्ने ३० वर्षीय कामेश्वरप्रसाद...
सिएनएन इटालीका 'रबिन्सन क्रुसो' मानिने माउरो मोरान्डीले आफू एक्लै बस्दै आइरहेको टापू छाडेका छन्। ८२ वर्षीय मोरान्डीले इटाली, उत्तरी सार्डिनियाको सुन्दर बुडेली टापूमा आफ्नो जीवनको तीन दशकभन्दा बढी समय एक्लै बिताएका थिए।, मोरान्डी सन् १९८९ मा बुडेली टापू पुगेका थिए। त्योबेला देखि उनी त्यही बसे। मोरान्डीलाई त्यहाँ बस्न न...
युनिक श्रेष्ठ ललितपुरको टीकाभैरवमा मृत फेला परेका २९ वर्षीय राजकुमार ब्लोनको हत्या उनकै श्रीमतीको योजनामा भएको खुलेको छ। , गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित देवीचौर कटुवाल दहचोकस्थित जंगलमा गत सोमबार उनको शव फेला परेको थियो। उनको हत्या आरोपमा प्रहरीले २८ वर्षीया श्रीमती रोजिना भुलुनसहित चार जनालाई पक्राउ गरेको महानग...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५५ जना संक्रमित फेला परेका छन्।, मन्त्रालयका अनुसार काठमाडौंमा २२२, ललितपुरमा २० र भक्तपुरमा १३ जना थप संक्रमित फेला परेका हुन्। , यो सँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २२९७, ललितपुरमा ८४२ र भक्तपुरमा ७४६ जना छन्।, ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्...
सेतोपाटी संवाददाता नेपालमा कोरोना संक्रमितको संख्या क्रमशः घटिरहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६७९ जना संक्रमित हुँदा १४०५ जना निको भएका हुन्। , १० हजार ९२० जनामा कोरोना परीक्षण गर्दा  ६७९ जनामा कोरोना पोजेटिभ द...
रासस उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले शुक्रबार बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो।, उपत्यकाको भीडभाडलाई मध्यनजर गरी सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर ला...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा सुनकोशी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा एक जनाको मृत्यु भएको छ।, आइतबार दिउँसो करिब १ बजे चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ डुम्रेस्थित सुनकोशी नदीमा खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , स्प्लास नेपाल एड्भेन्चर काठमाडौंबाट नदीमा र्‍याफ्टिङ गर्न गएका १० ...
सेतोपाटी संवाददाता खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको कार्ययोजना प्रधानमन्त्री कार्यालयमा बुझाएको छ।, मेलम्चीको पुनर्निर्माणबारे मन्त्रालयले एउटा कार्यदल गठन गरेको थियो। त्यो कार्यदलले पुनर्निर्माणमा अढाइ अर्ब लाग्ने अनुमानसहितको विशेष खालको कार्ययोजना मन्त्रालयमा बुझाएको थियो।, उक्त कार्ययोजना लामो छलफलपछ...
सेतोपाटी संवाददाता खेतमा पानी लगाउन गएका एक व्यक्तिको कुलोको बाँधमा मृत अवस्था शव फेला परेको छ।, मृत्यु हुनेमा पाल्पा रानपुर नगरपालिका-६ तिलकपुरका ४५ वर्षीय खड्गबहादुर कुमाल छन्।, सो वडाको चिप्लेढुंगास्थित आफ्नै खेतमा पानी लगाउन उनी बिहीबार राति हिँडेका थिए।, जिल्ला प्रहरी पाल्पाका अनुसार उनको त्यही कुलोको बाँधमा शुक्...
सेतोपाटी संवाददाता मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  , प्रहरीले पर्वतको मोदी गाउँपालिका-५ बस्ने २४ वर्षीय सूर्यबहादुर भण्डारीलाई बिहीबार पक्राउ गरेको हो।, १४ वर्षीया किशोरीलाई भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारेको आरोप छ।, उनले त्यसरी प्रेम प्रलोभनमा पारे...
सेतोपाटी संवाददाता सल्यानमा डबल क्याप जीपको ठक्करबाट स्कुल जाँदै गरेका ५ जना छात्रा गम्भीर घाइते भएका छन्। , ठक्करबाट शारदा नगरपालिका वडा नं. ६ की  १८ वर्षीया मिना परियार, १८ वर्षीया रेखा बुढाथोकी, १५ वर्षीया सुशीला नेपाली, १८ वर्षीया दीपा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले ...
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालयले अवैध रूपमा ढुंगा लोड गरिएका चार टिपर नियन्त्रणमा लिएको छ। , दंगीशरण गाउँपालिका वडा नं. ३ बालापुरबाट चेक क्रममा आवश्यक कुनै पनि कागजात फेला नपरेपछि प्रहरीले ती टिपर नियन्त्रणमा लिएको हो। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले त्यो ढुंगा कहाँबाट ल्...
सेतोपाटी छोराछोरी विदेश पलायन हुँदा वृद्धा सहाराविहीन बन्दै गएका छन्।, शिक्षित र सम्पन्न परिवारका छोराछोरी अध्ययन र रोजगारीका लागि युरोप अमेरिका जस्ता विकसित देश पुगेर उतै पलायन हुँदा उनीहरू सहाराविहीन बन्दै गएका हुन्।,  , पर्याप्त सम्पत्ति भएर पनि आफैंले जन्माएर हुर्काएका सन्तान आफूसँगै नहुँदा शरीर गल्दै गएपछि आत्मसन...
रोहित महतो प्रदेश २ का मुख्यमन्त्रीको  नाममा सुरू भएको’ बेटी पढाउ बेटी बचाउ अभियान’मा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान  आयोगले बुधबार छापा मारेपछि अहिले सरकार विवादमा फसेको छ।, प्रदेश सरकार गठन भएपछि यहाँ विभिन्न अभियानका रूपमा आर्थिक/ समाजिक कार्यक्रमहरू सञ्चालन भएका थिए। ती कार्यक्रममा भ्रष्टाचार भएक...
सेतोपाटी संवाददाता जीपको ठक्करबाट सल्यानमा घाइते भएका पाँच छात्रामध्ये दुईको उपचारका क्रममा दाङको तुलसीपुरमा मृत्यु भएको छ । , राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा १८ वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलकप्रसाद शर्माले सेतोपाटीलाई जान...
सेतोपाटी संवाददाता मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। , अख्तियारले गाउँपालिका अध्यक्ष मुक्तान, तत्कालीन प्रमुख प्रशा...
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार ६६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १३ हजार तीनसय ६८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, १० हजार एक सय १३ जनाको पिसिआर परीक्षण र तीन हजार २ सय ५५ जन...
सेतोपाटी संवाददाता पशुपतिमा बाबालाई खुकुरी हानेर भागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, शुक्रबार बिहान प्रहरीले काठमाडौंको हेपाली हाइटबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। , चितवन जगतपुरस्थित नयाँ बस्ती घर भएका ३७ वर्षीय ताराबहादुर लामिछा...
सेतोपाटी त्रिभुवन विश्वविद्यालयले ‘सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन’ विषयमा स्नातकोत्तर तह सञ्चालनमा ल्याएको छ। , मानविकी तथा सामाजिक विज्ञान संकायअन्तर्गत उक्त विषयमा भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार, सुशासनका चुनौती, तथ्यांक विधि, विकास र भ्रष्टाचार, भ्रष्टाचारविहीन कानुन र संयन्त्र, नैतिकता र भ्रष्टा...
सेतोपाटी संवाददाता दैलेखका दुई जनाले आफ्ना बुवा-आमाको मृत्यु भएको १७ वर्षपछि किरिया गरेका छन्।, महाबु गाउँपालिका–४ गीताचौरका दुई परिवारले १७ वर्षपछि किरिया गरेका हुन्।, उक्त गाउँका राजबहादुर सिंहकी आमा र दीपक रावलका बुवाको सशस्त्र द्वन्द्वको बेला २०६१ सालमा मृत्यु भएको थियो।, द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष मा...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप तीन सय ५९ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  काठमाडौंमा दुई सय ६६ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ६२ संक्रमित थपिएको जानकारी दिएको हो।, यस्तै काठमाडौं उपत्यकामा ४४०८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २५७८, भक्तपुरमा ८१९ र ललितपुरमा १०११ सक्रिय...
सेतोपाटी संवाददाता उदयपुरमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय उदयपुरले चौदण्डीगणि नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षीय मुकेश विकलाई शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। , उनले बिहीबार साँझ ६ बजे वडा नम्बर ६ द्वारखोला...
सेतोपाटी संवाददाता नेटवर्किङ व्यवसायको नाममा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखा काठमाडौंले बिहीबार दुई जनालाई पक्राउ गरेको हो।, काभ्रे धुलिखेल घर भई काठमाडौंको चाबहिल बस्ने २७ वर्षीय नवराज गौतम र  रामेछाप खाडाँदेवी घर भई बौद्ध बस्ने २५ वर्षीय विनोद महतोलाई प्रहरीले पक्राउ गरेक...
सेतोपाटी संवाददाता वैदेशिक रोजगारमा 'पोर्चुगल पठाइदिन्छु' भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाले उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ८ घर भई भक्तपुर सल्लाघारी बस्ने ३३ वर्षीय शंकर लामालाई प्रहरीले पक्राउ गरेको हो। , प्रहरीको टोलीले बिहीबार उनलाई काठमाडौंको नयाँ बानेश्चरबाट पक्राउ गर...
भगवती पाण्डे रुपन्देही तिलोत्तमा नगरपालिका-५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।, शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनको मृत्यु प्रकरणमा हालसम्म भएका अनुसन्धानबारे जानकारी दिएको हो।, पौडेल भदौ २० गते बिहान साढे ४ बजे आफ्नै कोठामा झुण्डिएको अवस्...
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ। बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।, भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभावले नेपालको मौसममा प्रत्यक्ष प्रभ...