content
stringlengths
20
64.1k
रासस म्याग्दीको धौलागिरि तथा मालिका गाउँपालिका र बेनी नगर पालिकाका किशोरी बालविवाहलगायतका सामाजिक कुरीतिविरुद्ध सक्रिय हुन थालेका छन् । उनीहरुले आफ्नो उमेर समूका साथी मिली समूह नै बनाएर बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउने गरेका छन् ।, बालविवाह रोकथाममा लाग्न यहाँका अरु किशोरीलाई समेत अनुरोध गर्ने गरेको धौलागिरि–३ की किशोरी मुना विश्वकर्माले बताइन् । उनले भनिन्, ‘सानै उमेरमा विवाह गर्दा शारीरिक अवस्था परिपक्क भएको हुँदैन, त्यसैमा बच्चा जन्मन्छ, आमा र बच्चाको अवस्था निकै जोखिम हुने खतरा हुन्छ, शैक्षिक क्रियाकलापमा सहभागी हुन पाउँदैनन्, बालविवाहले समाज र परिवारमा अनेक किसिमका हिंसा निम्त्याउने हुँदा यसलाई नियन्त्रण गर्नुपर्छ ।’, कार्यबोझका कारण मानसिक, शारीरिक र संवेगनात्मक हिसाबले निकै कमजारे अनुभूति हुने गर्छ । गाउँमा बालविवाहले निम्त्याएको विकृतिका बारेमा अभिभावकलाई बुझाउने गरेको किशोरी विश्वकर्माले बताइन् । सानै उमेरमा छोरीको विवाह नगर्न र बुहारी नभित्राउन यहाँका किशोरीहरुले हप्ताको एक दिन घरघर गएर अभिभावकलाई बुझाउने गरेका छन् । अहिले यहाँका केही स्थानीय तहमा बालविवाहविरुद्ध किशोरी नै सङ्गठित हुन थालेपछि निकै प्रभावकारी बन्दै गएको बताइएको छ ।, अहिले गाउँगाउँमा किशोरी सक्रिय हुन थालेपछि विकृतिजन्य क्रियाकलापमा कमी आएको मालिका–३ रुमका दलबहादुर विकले बताए । यहाँका स्थानीय तहले पनि बालविवाहविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएका छन् । धौलागिरि र मालिका गाउँपालिकाले बालविवाहविरुद्ध किशोरीलाई विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका ती स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।, मालिका गाउँपालिकाले ‘विवाहवरी २० वर्ष पारि’ भन्ने अभियान नै सञ्चालन गरेको छ भने धौलागिरि गाउँपालिकाले पनि बालविवाहविरुद्धको अभियानलाई तीव्ररुपमा सञ्चालन गरिरहेको छ । रासस, बालविवाह रोकथाममा सक्रिय हुँदै म्याग्दीका किशोरी
सेतोपाटी संवाददाता झापाको बाह्रदसी गाउँपालिका-५ घोडामारास्थित भित्री सडकखण्डमा पिकअपको ठक्करबाट १५ वर्षीय किशोरीको मृत्यु भएको छ। सो घटनामा परेर किशोरीकी आमासहित अन्य दुई जना गम्भीर घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भित्री सडकखण्डमा बिहीबार साँझ दक्षिणबाट पूर्व-पश्चिम राजमार्गतर्फ आउँदै गरेको मे१च २५४६ नम्बरको पिकअप अनियन्त्रित हुँदा घर अगाडि बाटोमा उभिरहेका स्थानीय ४० वर्षीया मीना पौडेल र उनकी छोरी १५ वर्षीया आइसा पौडेललाई ठक्कर दिई पिकअप पल्टिएर दुर्घटना भएको थियो।, दुर्घटनामा आमाछोरीसहित पिकअपमा सवार कन्काई नगरपालिका-९ बस्ने ४७ वर्षीय देवीभक्त बोहरा क्षेत्रीसमेत घाइते भएका थिए।, तिनै जनालाई बिएण्डसी अस्पताल विर्तामोडमा भर्ना गरिएकोमा उपचारका क्रममा आइसाको शुक्रबार बिहान मृत्यु भएको हो।, बोहराको अवस्था सामान्य रहेको छ भने आमा मीनाको दाहिने खुट्टा, अनुहार र नाकमा गम्भीर चोट लागेको छ।, दुर्घटनामा पिकअप चालक कन्काई–८ घैलाडुब्बा बस्ने ३६ वर्षीय अभय राजवंशीको निधार र दाहिने खुट्टामा सामान्य चोट लागेको र उपचारपश्चात् इलाका प्रहरी कार्यालय विर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, पिकअपको ठक्करले छोरीको मृत्यु, आमासहित तीन घाइते
सेतोपाटी संवाददाता पर्सा प्रहरीले हेल्मेटमा लुकाएर ल्याइएको स्रोत नखुलेको साढे १५ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा जिल्ला पूर्वी चम्पारण थाना कंगेली-१ भारतका २५ वर्षीय विक्रम पटेल, भारत मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्सा धोबिनी गाउँपालिका-३ का २३ वर्षीय बलिराम पटेल छन्।, सूचना परिचालन तथा कारबाहीको सिलसिलामा उनीहरूलाई छप्कैया-सिर्सिया नाकाबाट शुक्रबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।, प्रहरीले उनीहरूले प्रयोग गरेको ना६०प ५९९८, ना४१प १०४८ र ना६४प ८३५९ नम्बरको मोटरसाइकल बरामद गरेको छ।, सबैलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताए।, स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। हुण्डी कारोबार नेपालको बैंक तथा वित्तीय ऐन विपरीत भएका कारण प्रहरीले बरामद गरी कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाउने गरेको छ।, पर्सामा हेल्मेटभित्र लुकाएर ल्याइएको साढे १५ लाख नगद बरामद
सबिना श्रेष्ठ माकलबारीको सडक किनारमा ठेलागाडामा तरकारी बेच्दै थिए, नानीबाबु तामाङ।, हरेक साँझ–बिहान नानीबाबुका जस्ता दर्जनौं ठेला माकलबारीको सडकमा वारपार गर्छन्। यो भीडमा उनी अलि भिन्न देखिन्छन्। , दर्जनौं ठेलाबीच उनलाई सुरूमै आँखाले टिपिहाल्छ। उनको ठेलामा तरकारी मात्र होइन, दुई छोराछोरी पनि दुई कुनामा बसेका हुन्छन्। छोरी अलि चुलबुले छिन्, नचिनेका मान्छे देख्दा पनि मुस्कुराउँछिन्। छोरा भने हतपत्त बोल्दैनन्।, 'आमासँगभन्दा यी केटाकेटी मसँग बढी झ्याम्मिन्छन्। म हिँडेपछि जे दिए पनि फकिँदैनन्। त्यही भएर काममा उनीहरूलाई साथै ल्याउनुपर्छ,' गाडा गुडाउँदै ३५ वर्षीया नानीबाबुले भने, 'एक महिना पनि भएको छैन मैले ठेला किनेर गुडाउन थालेको। त्यही बेलादेखि उनीहरू मेरो पछि लागेका छन्।', उनी आफ्नो कर्मयात्राको फेहरिस्त सुनाउँदै थिए, त्यही बेला केही ग्राहक तरकारी किन्न आए। हामी अलि परबाट उनलाई नियालिरह्यौं।, दुई स्कुले केटाकेटी ठेला छेउबाटै अगाडि बढे। उनले तिनीहरूलाई हेर्दै भने, 'मेरा छोराछोरी यसरी नै स्कुल गएको हेर्ने रहर छ।', त्यही रहरले डोर्‍याएर नानीबाबुलाई सिन्धुपाल्चोकदेखि काठमाडौंसम्म ल्याएको हो, उनले भने, 'बच्चाहरूलाई पढाउनुपर्छ, आफूजस्तो बनाउनु हुँदैन भनेर काठमाडौं छिरेको हुँ।', पहिलोपटक काठमाडौं आउँदा उनी आफैं पढ्ने उमेरका थिए, १६–१७ वर्षका। भाइबहिनी हेर्ने जिम्मेवारीमा फसेकाले ढिलो गरी मात्र स्कुल जाने मौका पाए। त्यसैले काठमाडौं आउँदा उनी जम्मा चार कक्षा पढ्दै थिए। , एउटा घटनाले भने उनको पढ्ने रहर मर्‍यो।, आफू निम्नवर्गीय परिवारको भएकाले स्कुलको किताब–कापी र लुगा किन्न नानीबाबुलाई हम्मे पर्थ्यो। घरमा पनि भन्दाभन्दा थाकिसकेका थिए। स्कुलका शिक्षकले हरेक दिनजसो उनलाई सोध्थे, 'स्कुल ड्रेस खोइ त नानीबाबु?', त्यो प्रश्न सुन्दासुन्दा उनी आजित थिए। त्यसमाथि साथीहरूले पनि गिज्याउँथे। सबै जना स्कुलको लुगामा आउँथे, आफ्नो भने नभएपछि उनलाई नराम्रो लाग्थ्यो। एकदिन उनले निर्णय गरे, 'अब म पढ्दिनँ, काठमाडौं जान्छु।', गाउँ छाडेर काठमाडौं जान्छु भन्दा परिवारका सदस्यले उनलाई सम्झाए, 'पढ्नुपर्छ। नजाऊ।', उनी आफ्नो निर्णयमा अडिए, 'स्कुल ड्रेस छैन। किताब-कापी पनि किन्न सकिन्न। साथीहरूले खिसी गर्छन्। म स्कुल नजाने, काठमाडौं जाने हो।', नानीबाबुले काठमाडौंमा खान–लाउन पाइन्छ भन्ने सुनेका थिए। त्यतिखेर उनको गाउँमा खानेकुरा पाउनै गाह्रो थियो। पैसा भए पनि किन्न पाइन्नथ्यो। लुगाफाटा किन्न पनि गाह्रो।, गलैंचा बुनेर भए पनि खान–लाउन पाइन्छ भन्ने सुनेका उनी २०५८ सालतिर साथीहरूसँग काठमाडौं आए। भक्तपुरको गठ्ठाघरमा चिनजानको मान्छेसँग गलैंचा बुन्ने काम सिके।, 'तीन महिना सित्तैमा काम गनुपर्‍यो। साहुले खान मात्र दिन्थे। तीन महिना पुगेपछि एक जोर कपडा दिए,' उनले भने, 'त्यसपछि साढे चार सयमा काम गरेँ। पछि बुट्टा बनाउन जानेपछि पैसा बढ्यो।', उनले चार–पाँच वर्ष गलैंचामा काम गरे। त्यहीँ उनको प्रेम बस्यो सीतासँग।, उनले भेट्दा सीताको पहिल्यै विवाह भइसकेको थियो, एक छोरी पनि थिइन्। श्रीमान विदेश गएपछि उनलाई वास्ता गरेनन्। 'जोसुकैसँग जा' भनेर छाडिदिए।, त्यसपछि नानीबाबु उनको जीवनमा आए। उनीहरूले विवाह गरे। सीताकी छोरी विनितालाई नानीबाबुले आफ्नै छोरी बनाए।, उनीहरूका पनि दुई छोराछोरी भए, शान्ति र इसाक। शान्ति ६ वर्षकी भइन् भने इसाक साढे दुई वर्षका। विनिता १६ वर्ष भइन्।, विवाहपछिका केही वर्ष यी दम्पतीले गलैंचामै काम गरेका थिए। दुई–तीन महिना दिनको डेढ सय तलबमा नानीबाबुले होटलमा पनि काम गरे। पछि त्यो सबै छाडेर २०६९ सालतिर नानीबाबु मलेसिया गए, सीता लेबनान।, मलेसियाको काम नानीबाबुलाई फापेन। उनी त्यहाँ आलुमिनियम काट्ने काम गर्थे। गएको २१ महिनामै बिरामी भएर घर फर्किए। सीता पनि दुई वर्ष लेबनान बसेर फर्किइन्। दुवैले कमाएको पैसाले उनीहरूले गाउँमा जग्गा किने।, नानीबाबु पछि फेरि कतार उडे, सीता गाउँमै बसिन्।, कतारमा कमाएको पैसाले सीताले घर बनाइन्। ढुंगामाटोले बनेको घर वर्षदिन नपुग्दै भुइँचालोले भत्काइदियो। नानीबाबुले घर कस्तो थियो भन्ने देख्नधरि पाएनन्। पछि भुइँचालोको क्षतिपूर्ति र आफ्नो पैसासमेत थपेर दुई कोठे घर बनाए।, २८ महिना कतार बसेर फर्किएपछि नानीबाबुसँग बचेको जम्मा ५० हजार रूपैयाँ थियो। त्यसले गाउँमै सानो पसल खोले। पसल ठिकठाक चलिरहेको थियो, पछि कुखुरा पाल्ने सोच आयो। ऋण गरेर उनले दुई लाख लगानी गरेर कुखुराको टहरा बनाए।, उनको टहरासम्म जाने बाटो थिएन। चालीस हजार खर्च गरेर बाटो बनाए। तर उनको जिन्दगीले अर्कै बाटो हिँड्न लेखेको रहेछ। कुखुरा बेच्ने बेला ठ्याक्कै कुखुराको भाउ घट्यो। दानाको भाउ भने बढेको बढ्यै। कुखुराको व्यवसाय उनलाई फापेन।, त्यसपछि विरक्तिएर उनी फेरि काम खोज्दै काठमाडौं आए। लकडाउनभन्दा दुई साताअघि उनी काठमाडौं आएका थिए। लकडाउन बेला दस हजार तलबमा उनले पानीको जार बोक्ने काम गरे। पछि आफूले जानेकै सिप गर्छु भनेर कोठामै गलैंचा बुन्न थाले।, त्यसबीच गाउँमै रहेकी उनकी श्रीमतीले बरू आफैं केही काम गर्न सल्लाह दिइरहिन्। कुनै समय ठेलामा फलफूल बेचेकी सीताले आइडिया पनि दिइन्, 'ठेलामा तरकारी बेच्नुस्।', माकलबारीमा यसै पनि ठेला गुडाउने धेरै व्यापारी छन्। त्यसैले सुरूमा उनले आनाकानी गरे। कति समयसम्म त ठेला नकिन्ने नै भनेर बसिरहे।, श्रीमतीले भने सम्झाइरहिन्, 'ठेला धेरै भयो भन्दैमा नगर्ने भन्ने हुन्छ? यो त आ–आफ्नो भाग्यको कुरा हो। कहिले हुन्छ, कहिले हुँदैन।', श्रीमतीको कुराले उनलाई ठेला किन्न करै लाग्यो। दस हजार रूपैयाँमा किने र अहिले त्यसैमा तरकारी बेचिरहेका छन्। सुरूसुरूमा त नानीबाबुलाई तरकारी बेच्ने ज्ञान थिएन। मान्छेले 'एक ढक' तरकारीभन्दा उनी अलमलमा पर्थे।, 'ढक भनेको के हो?' त्यसो भन्दा मान्छेहरू गलल हाँस्थे।, बिस्तारै उनले पाँच किलोलाई एक ढक भन्दो रहेछ भन्ने बुझे। पहिला आलु–प्याज मात्र बेच्ने उनी, अहिले सबै तरकारी मिसाएर बेच्न थालेका छन्।, उनी बिहान पाँचै बजे तरकारी किन्न साथीहरूसँग कहिले कालिमाटी पुग्छन्, कहिले नारायणटार। तरकारी किनेर फर्किँदा बच्चाहरू उठिसकेका हुन्छन्। अनि उनलाई सँगै लैजान कर गर्छन्। बच्चाहरू लिएर जाँदा उनकी श्रीमतीलाई पनि सजिलो हुने उनी बताउँछन्।, तीन साताअघि मात्र हो सीता बच्चाबच्ची लिएर काठमाडौं आएकी। त्यसयता यी दम्पतीले माकलबारीमै होटल पनि किने।, 'अनिश एन्ड अनिशा खाजाघर' लेखिएको पुरानो पसलेको बोर्ड उनको पसलबाट अझै उत्रिएको छैन।, उनीहरूले लघुवित्तीय संस्थाबाट दुई लाख रूपैयाँ ऋण लिएका छन्। यत्तिकै बस्नुभन्दा केही गर्नुपर्‍यो भनेर ५० हजारमा होटल किनेका हुन्। तर होटल भनेजस्तो चलिरहेको छैन।, 'यो होटल चल्ने ठाउँ रहेनछ। त्यही पनि अलिअलि कमाइ हुन्छ कि भनेर गरेको,' नानीबाबुले भने, 'भएन भने पनि ठिकै छ। आफ्नो हातमा सिप छँदैछ, गलैंचा बुन्छु भन्ने विचार छ।', विभिन्न काममा जोडिँदै गए पनि नानीबाबु र सीताले अझै गलैंचा बुन्ने काम छाडेका छैनन्। आफ्नो होटलभन्दा केही परको कोठामा गलैंचा बुन्ने सामान थुपारेका छन्।, नानीबाबु बिहानको तरकारी बेचेर आएपछि होटल जान्छन्। त्यहीँ सबै जना खाना खान्छन्। त्यसपछि उनी पसल हेर्छन्, सीता घर जान्छिन्। अलिकति गलैंचा बुनेर आउँछिन्। नानीबाबु पनि फुर्सद हुँदा बुन्छन्।, यसरी मिलेको समयमा मात्र बुन्ने भएकाले एउटा गलैंचा सक्न महिना बढी लाग्छ। बौद्धमा गलैंचा बेच्दा उनीहरूले एक जोडीको बीस हजार पाउँछन्।, साँझतिर नानीबाबु फेरि ठेला लिएर तरकारी बेच्न जान्छन्। बेलुकी आठ बजेतिर फर्कन्छन्। साँझ–बिहान गरेर उनले दिनको तीन–चार हजारको तरकारी बेच्छन्। प्रतिस्पर्धा धेरै भएकाले भाउ सकेसम्म मिलाएर दिनुपर्ने उनी बताउँछन्।, तरकारी बेच्न थालेको र होटल गर्न थालेको भर्खर एक महिना पनि नभएकाले उनी यसबाट सफल भइन्छ कि भइँदैन भन्न सक्दैनन्। नभए गलैंचा त छँदैछ।, आफ्नो थाप्लोमा ऋण भए पनि उनी आत्तिएका छैनन्। बरू राम्रो दिन आउँछ भन्ने आशले काम गर्ने ऊर्जा दिन्छ।, काठमाडौं बस्दा उनलाई धेरैपटक गाउँको सम्झना आउँछ। त्यहाँ आफूले गरेको काम सम्झिन्छन्। दुःख गरेर बनाएको सडक सम्झिन्छन्। टहरा सम्झिन्छन्। भूकम्पपछि बनाएको घर सम्झिन्छन्। आफ्नो खेतबारी सम्झिन्छन्।, गाउँका आफन्त, छिमेकीहरूले भनेको सम्झिन्छन्, 'यसले यति दुःख गर्‍यो तर जे गर्दा पनि सफल भएन।', यो कुरा सम्झिँदा उनको मन बिथोलिन्छ। यी सबै दु:ख आफ्ना छोराछोरीको भविष्यका लागि गरेको भन्दै उनी चित्त बुझाउँछन्। अहिलेलाई उनको सपना भन्नु नै छोराछोरी पढाउनु हो।, छोराछोरीलाई काठमाडौं ल्याएर पढाउनेभन्दा उनका आमाबुवाले भनेका थिए, 'यहाँ यति राम्ररी खेती-किसानी, घरजम गरेको मान्छे फेरि किन काठमाडौं जानुपर्‍यो?', 'म बच्चाका लागि भए पनि जाने हो,' उनले अडान लिएका थिए।, 'सबैको बच्चा यही गाउँमा पढ्छन्, तिमीहरूको हुँदैन?', 'त्यसो भए हाम्रो भाइ सात पढ्दापढ्दै छाडेर काठमाडौं होटलमा काम गर्न किन गएको?' नानीबाबुले यसो भनेपछि उनीहरू चुप लागे।, उनका अनुसार गाउँका केटाकेटी ६-७ कक्षापछि पढ्न जान मान्दैनन्। आफूले पढ्ने समयमा एक डोको घाँस काटेर स्कुल जाँदा धेरैपटक ढिला पुगेको उनलाई सम्झना छ। अहिलेका बच्चालाई घरको काम त्यति गर्नुपर्दैन। खाजा पनि टन्नै खान पाउँछन्। तर उनीहरू किन धेरै पढ्दैनन् भन्ने उनले बुझ्न सकेका छैनन्।, आफ्ना छोराछोरी पनि त्यस्तै होलान् भन्ने चिन्ताले उनले काठमाडौं ल्याएका हुन्। सोचेका छन्, 'यहाँ सरकारी स्कुलै भए पनि राम्रो पढाइ हुन्छ।', चाडपर्व नजिकिएको समयमा पैसा मात्र किन तिर्नु भनेर उनले अहिले नै स्कुल भर्ना गराएका छैनन्। दसैं–तिहार सकिनेबित्तिकै पठाउने उनको योजना छ।, ठूली छोरी विनितालाई कक्षा ८ मा भर्ना गराउन नजिकैको सरकारी स्कुलमा बुझ्न गएका थिए। फर्किँदा कापी र कापी ओछ्याउने बोर्ड ल्याइदिए। अर्की छोरी शान्तिले गाउँमै शिशुकक्षा पढेकी हुन्। कखग र एबिसिडी लगायत नेपाली–अंग्रेजी अक्षरमाला लेख्न जानेकी छन्। चाडपर्वपछि शान्ति र छोरा इशाक दुवैलाई नर्सरीमा हाल्ने सोचेका छन् नानीबाबुले।, 'दिदीलाई त पछि कक्षा बढाउनुपर्छ होला। नत्र एउटै कक्षामा राम्रो हुँदैन होला नि,' उनले भने।, अनि फेरि दोहोर्‍याएर भने, 'के गर्नु हामीले त पढ्न पाएनौं। बच्चाहरूलाई भने दुःख गरेर भए पनि पढाउनुपर्छ।', सबै तस्बिरहरूः नवीनबाबु गुरुङ/सेतोपाटी,  , 'मेरा छोराछोरी यसरी नै स्कुल गएको हेर्न मन छ'
सेतोपाटी संवाददाता विजयादशमीमा पनि यहाँका केही विद्यालयमा बिदा नहुने भएको छ।, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाले दसैँ बिदामा पनि विद्यालयमा पठनपाठन हुने जनाएको छ।, गत विगतका वर्षमा विजयादशमीका अवसरमा एक महिनासम्म बिदा दिइने भए पनि दुवै गाउँपालिकाले सूचना जारी गर्दै छ दिनबाहेक दसैँ बिदाको समयमा पनि सबै विद्यालय खुला रहने जनाएका हुन्।, दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पन्तका अनुसार यही असोज २६ गते फूलपातीका दिनदेखि असोज ३१ गतेसम्म मात्र बिदा हुने र आगामी कात्तिक १ गतेदेखि नियमितरुपमा पठनपाठन हुनेछ। डिलाशैनी गाउँपालिकाले पनि असोज २६ देखि असोज ३१ गतेसम्म बिदा हुने जनाएको छ।, कोरोना महामारीका कारण गत महिनादेखि मात्रै र पठनपाठन प्रभावित भएकाले दसैँ बिदा छोट्टयाएको छ। लामो समयदेखि बन्द रहेका यहाँका विद्यालय गत भदौ अन्तिम साताबाट स्वास्थ्यका मापदण्ड पालना गर्दै सञ्चालनमा आएका थिए।, यहाँ कूल ५६२ विद्यालय छन्। त्यसमध्ये २४ संस्थागत र बाँकी सामुदायिक विद्यालय रहेका शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। रासस, बैतडीमा दसैं बिदामा पनि पठनपाठन हुने
सेतोपाटी संवाददाता भक्तपुरको मध्यपुर ठिमीस्थित कमलपोखरीमा डुबेर एक बालकको ज्यान गएको छ।, बुधबार दिउँसो २ बजे पोखरीमा डुबेर खोटाङ जन्तेढुंगा गाउँपालिका घर भएका ६ वर्षीय बालक रोशन खड्काको मृत्यु भएको हो।, उनी ठिमी नगरपालिका-८ बोडेमा बसिरहेका थिए। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार खड्कालाई डुबेको अवस्थामा स्थानीयले खबर गरेपछि प्रहरी पुगेको थियो।, बालकलाई उद्धार गरी उपचारको लागि नागरिक अस्पताल ठिमीमा लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।, ठिमीको कमलपोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु
सेतोपाटी संवाददाता रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन्।, जिल्ला प्रहरी प्रमुख डिएसपी धुर्वकुमार श्रेष्ठले बुधबार आठबिसकोट नगरपालिका-३ स्यालाखदीका २३ वर्षीय कर्णबहादुर बोहरामाथि एक समूहको आक्रमणमा गम्भीर घाइते भएको बताए।, डिएसपी श्रेष्ठले सवा पाँच बजेको समयमा बोहोरामाथि एक समहूले स्यालाखादीमा सांघातिक आक्रमण गरेको र अवस्था गम्भीर भएको बताए।, ‘घाइतेको अवस्था गम्भीर छ,’ श्रेष्ठले भने, ‘घाइतेको उद्धारको लागि हेलिकप्टर मागिएको भए पनि आउन सकेन र अहिले घाइतेको स्यालाखादीमै उपचार भइरहेको छ।’, घटनास्थल विकट ठाउँमा रहेको हुँदा जिल्ला अस्पतालमा ल्याउन नसकिएको डिएसपी श्रेष्ठले बताए।, उनले बिहीबार बिहान हेलिकप्टर आएमा उद्धार गरी उपचारका लागि पठाइने जानकारी दिए। खु, कुरी प्रहारबाट बोहराको मुख, चिउँडो र  टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी प्रमुख श्रेष्ठले घटना कसले गराएको भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए।, रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवा गम्भीर घाइते, हेलिकप्टरबाट उद्धार गर्ने प्रयास असफल
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नगरेका विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ।, कोभिडका कारण सम्बन्धित विदेशी विश्वविद्यालयमा प्रयोगात्मक अभ्यासको अवधि पूरा गर्ने अवस्था नभएका विषयमा स्वदेशमै प्रयोगात्मक अभ्यास अगाडि बढाउन आवश्यकपर्ने कार्यविधि तयार गर्ने विषयमा सुझाव दिन गठित कार्यदलको सुझाव बमोजिम मन्त्रालयले सो आह्वान गरिएको हो। , कार्यदलबाट सन् २०१५ को व्याचमा भर्ना भई हालसम्म सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीलाई नेपालमा नै बाँकी अवधि प्रयोगात्मक अध्यास पूरा गर्नेसम्बन्धी चिकित्सा आयोग तथा सम्बन्धित निकायबाट विश्लेषणका लागि मन्त्रालयमार्फत आवश्यक विवरण सङ्कलन गर्न सिफारिस भएको थियो ।, आवेदन दिने विद्यार्थीले स्नातक तहको पढाइ पूरा भएको पत्र वा सैद्धान्तिक परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र, आफू अध्ययनरत कलेज, विश्वविद्यालयमा गरेको प्रयोगात्मक अभ्यासको अवधि खुल्ने विवरणको कागजात पेश गर्नुपर्नेछ । आवेदन यही असोज १२ गते खुला भई यही असोज २२ गतेसम्म कायम रहने मन्त्रालयले जनाइएको छ।, विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले स्वदेशमै प्रयोगात्मक अभ्यास गर्न पाउने
सेतोपाटी संवाददाता बर्दिया प्रहरीले नेपालबाट भारत लैजाँदै गरेको २२ क्वीन्टल बढी केराउ बरामद गरेको छ।, एउटा गाडीबाट भारत लगिँदै गरेको केराउ मधुवन नगरपालिका-८ बाट प्रहरीले बरामद गरेको हो।, बुधबार इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको टोलीले गाडीसहित २२ क्वीन्टल ५० किलोग्राम केराउ बरामद गरेको बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।, बरामद केराउ र गाडी कारबाहीको लागि राजापुर भन्सार कार्यालय बुझाइएको कार्कीले बताए।, नेपालमा केराउ तेस्रो देशबाट भन्सार छुटमा आउने गरेको छ। त्यही केराउ महंगो मूल्यमा भारतमा बिक्री हुने भएकाले व्यवसायीले लुकाईछिपाई निकासी गर्ने गरेका छन्।, बर्दियाबाट २२ क्वीन्टल केराउ बरामद
सेतोपाटी संवाददाता ललितपुरको टिकाभैरवमा एक पुरूषको शव फेला परेको छ।, बुधबार दिउँसो १ बजे गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित देवीचौर कटुवाल दहचोकस्थित भिरमा एक पुरूषको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए। , उदयपुर घर भएका मनोज सार्कीको शव फेला परेको हो। उनका अनुसार सार्कीको भिरबाट लडेर मृत्यु भएको जस्तो देखिएको छ। , 'उनको भिरबाट लडेर मृत्यु भएको जस्तो देखिन्छ। हाम्रो टोली अनुसन्धान गर्न खटिएको छ,' उनले भने,'शवलाई पोष्टमार्टमको लागि ल्याउने तयारी भइरहेको छ।', शव सडकबाट करिब तीन-चार सय फिट तल भेटिएको हो। , यस्तै गत सोमबार मात्रै सोही क्षेत्रको जंगलमा एक पुरूषको शव फेला परेको थियो। , मकवानपुर घर भई टिकाभैरवस्थित दाइहरूसँग बस्दै आएका २९ वर्षीय राजकुमार ब्लोनको शव गत सोमबार फेला परेको थियो। बिहान करिब आठ बजे स्थानीयले मृत अवस्थामा शव फेला परेपछि प्रहरीलाई खबर भएको थियो। , ब्लोनको टाउको र घाँटीमा चोट देखिएको थियो। घटनास्थलबाट खुकुरीको बिँड पनि फेला परेको प्रहरीले जनाएको छ।, यो घटनामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो। , त्यसैबीच बुधबार मनोजको पनि शव फेला परेको हो। घटनास्थलबाट केही सयमिटर टाढामा उनको शव फेला परेको प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताइन्। , केही दिनको अन्तरालमा दुई जनाको शव फेला परेपछि दुबै घटना एकअर्कासँग सम्बन्धित छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। तर अहिले नै भन्न सकिने अवस्था नभएको बज्राचार्यले बताइन्। , 'विभिन्न कोणहरूबाट हामीले अनुसन्धान गरिरहेका छौं। अहिले नै ठ्याक्कै यही नै हो भनेर भनिसक्ने बेला चाहिँ भएको छैन। आज केही मिटर पर अर्को शव फेला परेको छ,' उनले भनिन्, 'भिरबाट लडेर मरेको हो कि जस्तो देखिएको रिपोर्टिङ भएको छ।', शव भिरमा भएको हुँदा त्यसलाई तत्कालै निकाल्न नसकेको उनले बताइन्। , उज्यालोमा हुँदा हेर्दा केही हतियार लगायतका प्रमाण फेला पर्न सक्ने उनले बताइन्। अहिले प्रहरीले मनोजको फोन फेला पारेको छ। त्यस तर्फबाट पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। , शव कति दिन पुरानो हो भन्ने पनि खुलिसकेको छैन। , 'केही दिन अघि कै हो कि भन्ने लाग्छ। आजैको हो वा होइन भन्ने थाहा भएन,' उनले भनिन्, 'अस्तिको घटनास्थलमा केही हतियार फेला पर्छन् कि भनेर खटिएको थियो। त्यसैक्रममा अर्को शव फेला परेको हो।', प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। , ललितपुरको टिकाभैरवमा फेला पर्‍यो दुई शव, कनेक्सन खोज्दै प्रहरी
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।     , मन्त्रायका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले खोप लगाएको जनाकारी दिए। उपत्यकामा हिजो (मङ्गलबार) सम्म करिब ५० प्रतिशतले खोप लगाएका थिए। उपत्यकामा लक्षित २१ लाख २९ हजार ७७३ जनसङ्ख्या छन्।     , उनका अनुसार काठमाडौं जिल्लामा पहिलो मात्रा ७८ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशत जनसङ्ख्याले खोप लगाइसकेका छन् । काठमाडौँमा खोप लगाउने १५ लाख ६३ जना लक्षित रहेका थिए।     , यस्तै भक्तपुरमा पहिलो मात्रा ६३ प्रतिशत र पूर्णमात्रा ७५ प्रतिशत, ललितपुरमा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ६९ प्रतिशतले खोप लगाइसकेका छन्। भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना र ललितपुरमा तीन लाख ८२ हजार ८६० जना लक्षित खोप लगाउने जनसङ्ख्या छन्।, सरकारले असोज मसान्तभित्र ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तभित्र सबै लक्षित जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ । , काठमाडौं उपत्यकाका ७५ प्रतिशतले लगाए कोरोनाको खोप
सेतोपाटी संवाददाता काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा एक जना विदेशी नागरिक मृत फेला परेका छन्। , होटलको १४२ कोठा नम्बरमा ४३ वर्षीय कतारी नागरिक अब्दुल नासिरको शव फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले सेतोपाटीलाई जानकारी दिए।, 'हामीलाई एक घण्टाअघि खबर भएको थियो। बन्द कोठा भित्र उनी मृत फेला परेका हुन्,' उनले भने। , एसएसपी सिंहका अनुसार घटना शंकास्पद छैन। सेप्टेम्बर २६ मा नेपाल आएका उनी त्यस बेलादेखि नेपालमै थिए। , घटनाबारे कतारको काठमाडौंस्थित दूतावासलाई पनि जानकारी गराइसकेको एसएसपी सिंहले बताए। , यस सम्बन्धमा थप अनुसन्धानको लागि प्रहरीको टोली घटनास्थल पुगेको छ।, याक एण्ड यति होटलमा कतारी नागरिक मृत फेला
एजेन्सी पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चीनमा लोडसेडिङ भइरहेको र बेलायतमा पेट्रोलियम पदार्थको अभाव भएको समाचार आइरहेका छन्।, अलजजिरा टेलिभिजनका अनुसार उत्तरपूर्वी चीनमा अहिले लाखौं मानिसका घरमा बिजुली छैन भने सयौं उद्योगले उत्पादन बन्द गरेका छन्। चीनका ३१ मध्ये २० प्रान्तका उद्योगले बिजुलीको समस्या भोग्नु परेको छ। उनीहरूले दैनिक कम्तीमा चार घन्टा उद्योग बन्द गर्नुपरेको छ। भेन्टिलेसन बन्द हुँदा फ्याक्ट्रीभित्र निस्सासिएका केही कामदार अस्पताल भर्ना भएका छन्।, उत्तरी गोलार्द्धमा चिसो याम सुरू हुन लागेका बेला देखिएको यो समस्याले ती देशका नागरिकलाई त समस्यामा पार्छ नै त्यसको असर बाँकी विश्वलाई पनि पर्छ।, उर्जाको मूल्य आकाशिएका बेला अमेरिकामा भने कोइला उत्पादन गर्ने कम्पनीहरूलाई माग पूरा गर्न हम्मेहम्मे परिरहेको छ।, कतिपय विश्लेषकहरूले अहिलेको परिस्थिति आउनुमा कोरोना महामारीको पनि भूमिका रहेको बताएका छन्। सन् २०१९को डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको कोरोनाभाइरसको महामारीका कारण त्यसपछि विश्व अर्थतन्त्र सुस्तायो। लामो समय लकडाउन र अन्य प्रतिबन्ध झेलेपछि विश्वको आपूर्ति प्रणालीमा पनि असर पर्‍यो।, गत वर्ष कोरोनाभाइरसविरूद्ध खोप बनेपछि र त्यसयता मानिसहरूले खोप लगाउन थालेपछि अहिले लगभग सबै देशले अर्थतन्त्र खोलेका छन्। अर्थतन्त्र चलायमान हुनासाथ बजारमा वस्तुको माग बढेको छ। माग बढेपछि ‘संसारको फ्याक्ट्री’ चीनमा रहेका उद्योगमा काम बढ्नु र त्यसका लागि बढी बिजुली चाहिनु स्वभाविक हो। ती उद्योगलाई चाहिनेजति बिजुली चीनसँग छैन र मागेजति बिजुली नभएपछि लोडसेडिङ भएको हो।, चीनमा अहिले पनि झन्डै दुई तिहाइ उर्जाका लागि कोइला र प्राकृतिक ग्यासको प्रयोग गरिन्छ। त्यसका लागि चीनले विभिन्न देशबाट ठूलो मात्रामा कोइला आयात गर्छ। कोइला निर्यात गर्नेमध्ये एउटा मुलुक अष्ट्रेलिया हो। पछिल्लो समय चीन र अष्ट्रेलियाको सम्बन्ध चिसिएको छ। बेलायती पत्रिका द गार्डियनका अनुसार अहिले चीनले अष्ट्रेलियाबाट हुने आयातमा अनौपचारिक प्रतिबन्ध लगाएको छ। संसारको दोस्रो ठूलो कोइला निर्यातकर्ता अष्ट्रेलियामाथि प्रतिबन्ध लगाएपछि चीनले अन्तबाट महंगोमा कोइला किन्नु परेको छ।, कोइलाको मूल्य बढेकाले त्यसबाट उत्पादन हुने उर्जाको मूल्य पनि बढेको छ। तर चीनमा बिजुलीको मूल्य सरकारले तोकेको छ। कम्पनीहरूले लगानी बढ्यो भन्दैमा आफूले उत्पादन गर्ने बिजुलीको मूल्य बढाउन पाउँदैनन्। अहिले बिजुलीको माग बढे पनि मूल्य नबढेकाले कोइलाबाट बिजुली उत्पादन गर्ने कम्पनीहरूले आफ्नो उत्पादन नबढाएको अलजजिराले उल्लेख गरेको छ।, चीनमा उद्योगले प्रयोग गर्ने बिजुलीको मूल्य बढ्नासाथ सामानको लागत बढ्छ र त्यसले संसारभरिका उपभोक्ता असर गर्ने देखिन्छ।, चीनमा ठूलो फ्याक्ट्री भएको अमेरिकी कार उत्पादक कम्पनी टेस्लाले बिजुलीको समस्या निकै बढेकाले आउने साता फ्याक्ट्रीको काम प्रभावित हुने सूचना निकालिसकेको छ।, धेरै विश्लेषकहरूले मागअनुसारको उर्जा उपलब्ध गराउन चीन सरकारलाई अझै केही महिना लाग्न सक्ने बताएका छन्।, उता बेलायतमा भने केही सातादेखि पेट्रोल पम्पमा ‘सरी, आउट अफ युज’ लेखिएको देखिन्छ। बेलायतमा अहिले एकातिर पेट्रोलियम पदार्थको भाउ बढिरहेको छ भने अर्कातिर पछि नपाइने हो कि भनेर मानिसहरूले चाहिनेभन्दा बढी जोहो गर्न थालेका छन्।, अलजजिराका अनुसार बेलायतका पम्पमा पेट्रोल-डिजेल नहुनुको मुख्य कारण ढुवानी हो। बेलायतमा तेल ढुवानीका लागि लोरी चलाउने चालकको अभाव छ।, युरोपियन युनियनबाट बेलायत अलग्गिएपछि उसले अरू युरोपेली मुलुकका आप्रवासी कामदारको आगमनमा कडाइ गरेको छ। बेलायतमा लोरी चलाउनेहरूमध्ये अधिकांश पूर्वी युरोपका मुलुकबाट जाने गर्थे। अहिले बाहिरका चालकलाई बेलायतमा ड्राइभरको काम गर्न कडा पारिएको छ।, समस्या समाधान गर्न बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तत्कालै १० हजार विदेशी लोरी चालकलाई अस्थायी रूपमा काम गर्न भिसा दिने बताएका छन्। बेलायतमा अहिले झन्डै १ लाख लोरी चालक चाहिएका छन्। सरकारले ढुवानी समस्या समाधान गर्न सैनिकका ड्राइभरलाई पनि प्रयोग गर्ने जनाएको छ।, (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित),     , किन छैन बेलायतका पम्पमा पेट्रोल-डिजेल र उत्तरपूर्वी चीनमा बिजुली?
रासस काठमाडौँ उपत्यकामा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसङ्ख्यासम्म पुगेको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्राको खोप लगाइएको जनाएको छ।, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार काठमाडौँ उपत्यकाका ५० प्रतिशतले पहिलो मात्रा र ४८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्।, उपत्यकामा पहिलो मात्रा १६ लाख २२ हजार ४४१ र पूर्ण मात्रा १५ लाख ६२ हजार ७३४ जनालाई लगाइसकिएको छ। काठमाडौँ उपत्यकाका ३२ लाख ४७ लाख ५५८ जनसङ्ख्यामध्ये १८ वर्ष माथिका २१ लाख २९ हजार ७७३ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखिएको छ।, मन्त्रालयको खोप शाखाका अधिकृत भरत भण्डारीले काठमाडौँ जिल्लामा पहिलो मात्रा ५१.५ प्रतिशतले र ४८.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका बताए।, काठमाडौं जिल्लामा खोप लगाउने लक्षित जनसङ्ख्या १५ लाख ६२ जना हो। त्यस्तै ललितपुरमा ४९.७ प्रतिशत पहिलो मात्रा र ४५.४ प्रतिशत पूर्ण मात्रा तथा भक्तपुरमा ४१ प्रतिशत पहिलो मात्रा र ४९ प्रतिशत पूर्ण मात्रा खोप लगाइसकेका छन्।, ललितपुरमा तीन लाख ८२ हजार ८६० जना र भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना खोप लगाउने लक्षित जनसङ्ख्या हो। यसरी हेर्दा ढिलोमा दसैँसम्ममा उपत्यकाको सबै लक्षित वर्गको कम्तीमा ५० प्रतिशतले खोप लगाइसक्ने देखिएको छ।, राजधानी उपत्यका धेरै जनासङ्ख्या भएको, प्रायः देशभरका मानिसहरुको मिश्रित बस्ती रहेको स्थान हो। बढी जनसङ्ख्या रहेको यो उपत्यकामा ५० प्रतिशत नागरिकलाई खोप लगाउनुलाई उपलब्धिका रुपमा लिनुपर्ने हुन्छ। त्यसपछि सबैभन्दा बढी खोप वाग्मती प्रदेशमा लगाइएको छ।, यस प्रदेशमा पहिलो मात्रा ३८.२ प्रतिशत र पूर्ण मात्रा ३५.३ प्रतिशतले खोप लगाइसकेका छन्। भण्डारीले काठमाडौँ जिल्लामा ३५ वर्षमाथिका लागि पनि खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको बताए।, सरकारले यही असोज मसान्तभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ। यस्तै पुसमा दुई तिहाइ र चैत मसान्तसम्म सबै लक्षित नागरिकलाई खोप लगाउने सरकारको तयारी रहेको छ।, प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई खोप लगाउने कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन्।, खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट कोरोना विरुद्धको खोप प्रदान गर्दै आइरहेको छ। अहिले काठमाडौँ उपत्यकामा ४० वर्षमाथिका सबै र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीले ती खोप केन्द्रबाट खोप लगाइरहेका छन्।, सङ्क्रमण आधाभन्दा बढी घट्यो कोरोना भाइरसका सक्रिय सङ्क्रमितमा ५० प्रतिशतभन्दा बढी कमी आएको देखिएको छ। यसअघि सबैभन्दा बढी गत भदौ ३ गते ४० हजार ५०० जना सक्रिय सङ्क्रमित रहेकामा मङ्गलबारको तथ्याङ्कमा जम्मा १८ हजार ४२२ जना मात्र सक्रिय सङ्क्रमित देखिएका छन्।, सक्रिय सङ्क्रमितको यो गिरावट ५० प्रतिशतभन्दा बढी हो। सङ्क्रमण दर पनि घट्दै यस्तै सबभन्दा बढी सङ्क्रमण देखिएको भदौ ३ पछि क्रमशः सङ्क्रमण दर घट्दै गएको पाइएको छ। त्यस दिन १६ हजार ४३८ जनामा परीक्षण गर्दा तीन हजार ७५ जनामा सङ्क्रमण देखिएको थियो।, यो परीक्षण गरिएकामध्ये १८.७ प्रतिशतमा सङ्क्रमण देखिएको हो। त्यसको ठीक एक महिनापछि यही असोज ३ गते १० हजार १३ जनामा परीक्षण गर्दा ७३४ जनामा सङ्क्रमण देखिएको थियो। यो सङ्क्रमणको ७.३ प्रतिशत हो।, त्यसैगरी मङ्गलबार १४ हजार तीन जनामा कोभिड–१९ परीक्षण गर्दा एक हजार १५८ जनामा सङ्क्रमण पाइएको थियो। यो सङ्क्रमणदर दर ८.३ प्रतिशत हो। सेप्टेम्बर महिनामा कोरोना भाइरसको सङ्क्रमण दर ८.३ प्रतिशत मात्र रहेको पाइएको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना परीक्षण गरिएकामध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र सङ्क्रमण रहेको पाइएको जानकारी दिए।, उनकाअनुसार अघिल्लो अगष्ट महिनामा कूल परीक्षण गरिएकामध्ये १३.६ प्रतिशत रहेको थियो। एक महिनाको बीचमा सङ्क्रमण दर ५.३ प्रतिशतले कमी आएको छ।, यस्तै मन्त्रालयका अनुसार सेप्टेम्बर महिनामा पहिलो मात्रा ३१.३ प्रतिशत र पूर्णमात्रा २८.३ प्रतिशतले जनसङ्ख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।, यस्तै अगष्ट महिनामा २४.५ प्रतिशत पहिलो मात्रा र २०.५ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्राको खोप लगाइसकेका थिए।, अहिलेसम्म एक करोड २९ लाख ५८ हजार ५०८ ले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन्। मन्त्रालयले खोप लगाउन बाँकी उमेर समूहले आफ्नो पालोमा खोप लगाउन आग्रह गरेको छ।, नागरिकहरुले कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्यामा भएको वृद्धि तथा जनस्वास्थ्यको मापदण्डमा कडाइका कारण पछिल्ला दिनहरुमा भाइरसको सङ्क्रमण घट्दै गएको देखिएको छ।, एक करोड ७८ लाख मात्रा खोप प्राप्त नेपालमा अहिलेसम्म एक करोड ७८ लाख ५८ हजार ७१० मात्रा खोप प्राप्त भइसकेको छ। कोभिसिल्ड २४ लाख ४८ हजार मात्रा, अस्ट्राजेनिका १९ लाख ७५ हजार ८६० मात्रा, जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा र भेरोसेल खोप एक करोड १९ लाख मात्रा प्राप्त भइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।, (शरद् शर्मा), कोरोना संक्रमण: काठमाडौं उपत्यकामा करिब ५० प्रतिशतलाई खोप, सक्रिय संक्रमित आधा घटे
सेतोपाटी संवाददाता काठमाडौंको बानेश्वरमा एक महिलाको शव फेला परेको छ। , बिहीबार बिहान करिब सवा ६ बजे बानेश्वर क्यापस नजिकैको फलामे पुलमुनी बागमती नदी किनारमा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। , अन्दाजी ५०-५२ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। कतैबाट बगाएर ल्याएपछि त्यहाँ अड्किएको हुनुपर्ने प्रहरीले आशंका गरेको छ। महिलाको सनाखत हुनसकेको छैन। , बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर भएको थियो। महानगरीय प्रहरी वृत्त बानेश्वरबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो। , महिलाको शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल पठाइएको छ। पोष्टमार्टमपछि घटना शंकास्पद भए/नभएको बारे खुल्ने प्रहरीले जनाएको छ। ,  , बानेश्वरको बागमती नदी किनारमा भेटियो एक महिलाको शव
एजेन्सी फ्रान्समा एउटा बंगलाको भित्तामा भेटिएका सुनका सिक्काको लिलामी गरिएको छ।, बेलायती समाचार पत्र द गार्डियनका अनुसार फ्रान्सेली क्रान्ति हुनुभन्दा पहिलाका ती सिक्का ढुंगाको काम गर्ने कालिगढले उत्तर पश्चिमी फ्रान्सको केन्पर सहरमा एउटा बंगला पुनर्निर्माण गर्दा फेला पारेका थिए। उनीहरूले सन् २०१९ मै  सुनका सिक्का फेला पारेको भए पनि यो घटना सार्वजनिक भएको थिएन।, उक्त सम्पत्तिका मालिकले चार वटा सिक्का आफूले राखेर बाँकी २३५ सिक्का लिलामीमा राखेपछि घटना बाहिर आएको हो।, बुधबार ती सिक्का १२ लाख डलर (१४ करोड भन्दा बढी रुपैयाँ) मा बिक्री भएका छन्।, लिलामीकर्ताले ती सिक्का तत्कालीन समयका धनी व्यापारी वा जमिनदारले बचतका रूपमा राखेको हुन सक्ने बताएका छन्।, सिक्का लिलामबाट आएको पैसा सम्पत्तिका मालिक र सिक्का पत्ता लगाउने तीन जना कालिगढले बाँडेर लिने जनाइएको छ।, फ्रान्समा १४ करोड बढीमा लिलाम भए भित्तामा भेटिएका सुनका २३५ सिक्का
सेतोपाटी संवाददाता इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको पाइएको छ।, डिभी परेर अमेरिका जान लाग्दा उनीहरुको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले यस्ता गतिविधिमा संलग्न तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।, पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलङ्की बस्ने चितवनको जुगेडीका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनीका ३१ वर्षीय नवीन दराई र काठमाडौँ कोटेश्वर बस्ने रौतहट चन्द्रपुरका ३२ वर्षीय शिव रोक्का रहेका छन्।, उनीहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । नेपालस्थित अमेरिकी दूतावासमा इडिभी २०२१ को नतिजामा नाम निकाली भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता बुझाउने क्रममा केही व्यक्तिले प्लस टुको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भनेर अमेरिकी दूतावासबाट प्राप्त सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा उनीहरुले नक्कली प्रमाणपत्र प्रयोग गरेको पाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।, दराई र रोक्कालाई महाशाखा काठमाडौँबाट खटिएको प्रहरी टोलीले महाराजगञ्जबाट पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान गर्दा दराईसँग काठमाडौँका कार्कीले रु एक लाख ७० हजार लिई उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिएको खुल्न आएपछि उनलाई समेत कलङ्कीबाट पक्राउ गरिएको जनाइएको छ।, तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । , यसअघि भदौ १८ मा पनि महाशाखाले यसैगरी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा छ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पाल्पाका सुमितरत्न गुभाजू, मोरङका अमरबहादुर कटुवाल, कास्कीका नरेश केसी, नवलपुरका लक्ष्मण पाठक, काभ्रेका दीप विष्ट र काठमाडौँका सोहिली शाही थिए । प्रहरीले उनीहरुको साथबाट नक्कली ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल सर्टिफिकेट, एसएलसीको मार्कसिट, राष्ट्रिय परीक्षा बोर्डको प्रमाणपत्रलगायत बरामद गरेको थियो । ,रासस, इडिभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने पक्राउ
एजेन्सी बंगलादेशमा एक जना रोहिंग्या शरणार्थी नेताको गोली हानी हत्या गरिएको छ।, म्यानमारबाट आएका रोहिंग्या शरणार्थीको क्याम्पमा बुधबार साँझ चार/पाँच जना बन्दुकधारीले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहलाई गोली हानेका थिए।, समाचार संस्था एपएफपीका अनुसार क्याम्पमा रहेको आफ्नो अफिसबाहिर अरू शरणार्थी  नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि गोली हानिएको थियो। कक्स बजारका प्रहरी प्रवक्ता राफिकल इस्लामले अस्पताल पुर्‍याउँदा उनलाई डाक्टरले मृत घोषणा गरेको बताए।, सन् २०१७ मा म्यानमार सरकारले राखिने प्रान्तमा दमन बढाएपछि लाखौं रोहिंग्या मुस्लिमहरूले छिमेकी बंगलादेशमा  शरण लिएका थिए। बंगलादेशमा अहिले रोहिंग्या शरणार्थीका ३४ वटा क्याम्प बनाइएका छन्।, उल्लाहले रोहिंग्या शरणार्थीको हकहितमा काम गर्न आराकान रोहिंग्या सोसाइटी फर पिस एन्ड ह्युमन राइट्स भन्ने संस्था खोलेका थिए। म्यानमारमा रोहिंग्यामाथि भएको सैन्य दमनविरूद्ध आवाज उठाउन र बंगलादेशमा शरणार्थीहरूको अधिकारका लागि उनको संस्थाले काम गर्थ्यो।, उनको हत्या कसले गर्‍यो भन्ने अहिलेसम्म खुलिसकेको छैन। उनको संस्थाका एक जना अधिकारीले अतिवादी समूह आराकान रोहिंग्या स्यालभेसन आर्मीले उनको हत्या गरेको आरोप लगाएका छन्।, उल्लाहको मृत्युमा शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघको उच्च आयोगले गहिरो दु:ख व्यक्त गरेको छ।, बंगलादेशमा रोहिंग्या शरणार्थीका नेताको गोली हानी हत्या
नारायण खड्का रुकुम पश्चिममा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन्। घाइते दुबैलाई बिहीबार बिहान एउटै हेलिकप्टरमा राखेर उपचारका लागि सुर्खेत पुर्‍याएको छ।, बुधबार दिउँसो चार बजेतिर आठबिसकोट नगरपालिका वडा नं. ३ खदी रानीवनका २३ वर्षीय कर्णबहादुर बोहोरामाथि एक समूहले आक्रमण गरी गम्भीर घाइते तुल्याएको थियो।,  करिब तीन घन्टा पछि बेलुका सात बजेतिर सोही ठाउँको सल्लेरीका ६२ वर्षीय लक्षे कामीमाथि अर्को एक समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो।, खुकुरी प्रहारबाट कामीको दुबै घुँडा र बायाँ पाखुरामा गहिरो घाउ लागेको छ।, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीका अनुसार खुकुरी प्रहारबाट बोहोराको अनुहारलगायत बायाँ हत्केलामा गहिरो चोट लागेको छ।, शाहीले बोहोरोमाथि स्थानीय २४ वर्षीय गोपाल बिक, २१ वर्षीय बिष्णु कामी, २३ वर्षीय कृष्ण बिक र १८ वर्षीय महेन्द्र बिक लगायतले आक्रमण गरेको सेतोपाटीलाई बताए।, त्यस्तै कामीमाथि खदीका २३ वर्षीय नेत्र बोहोरा, २२ वर्षीय बिरे भण्डारी र २२ वर्षकै शान्ते भण्डारीले आक्रमण गरेको शाहीले जानकारी दिए।, घटनामा संलग्न दुबै पक्षका आरोपी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक शाहीले बताए।, ‘सुरूमा पुरानो रिसइबीका कारण बोहोरोमाथि एक समूहले आक्रमण गरेको देखिन्छ,’ शाहीले भने, ‘त्यसपछि आक्रोशित बोहोरा पक्षले फेरि कामीमाथि खुकुरी हानेको अवस्था छ।’, घटनापछि बुधबार बेलुका नै घाइतेलाई थप उपचारका लागि बाहिरी जिल्ला लैजान हेलिकप्टर मागिएको भए पनि मौसमका कारण अवतरण हुन नसकेपछि उद्धार असम्भव भएको थियो।, बिहीबार बिहान करिब पौने आठ बजेतिर हेलिकोप्टर आएपछि दुबै घाइतेलाई एउटै हेलिकप्टरमा राखेर उपचारका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत लगिएको प्रहरी निरीक्षक शाहीले बताए।, ‘खदीमा तली गाउँ र माथि गाउँ भन्ने छ। तली गाउँमा बोहोरा समुदायको बाहुल्यता छ र माथि गाउँमा कामी समुदायको,’ शाहीले भने, ‘उनीहरूको बीचमा सधैँ यस्तै विवाद  र लफडा भइरहन्छ। एकले अर्कौलाई भेटे हानाहान चलिरहन्छ।’, यी दुई गाउँका मानिसले अर्को गाउँकालाई एक्लै फेला पार्ना साथ आक्रमण गर्ने गरेको शाहीले बताए।, ‘यी दुई गाउँबीचको विवादको चुरो हेर्दा धेरै पुरानो देखिन्छ। त्यो पानीको मुहानको विषयसम्म पुग्छ,’ प्रहरी निरीक्षक शाहीले भने।, घटनास्थल अस्थायी प्रहरी पोष्ट स्यालाखादीबाट ३० मिनेट पैदल दूरीमा पर्ने र घटनामा संलग्नको खोजीको लागि प्रहरी सहायक निरीक्षक सनत न्यौपानेको कमाण्डमा बिहीबार बिहान चार जनाको टोली खटाइएको शाहीले जानकारी दिए।, रुकुम पश्चिममा खुकुरी हानाहानबाट घाइते भएका दुई जनालाई एउटै हेलिकप्टरमा लगियो अस्पताल
सेतोपाटी बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन्। विद्यार्थीमा ज्वरो,  खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन्। ,  , बन्द भएका सामुदायिक विद्यालय बुद्धआदर्श मावि, राष्ट्रिय विजय मावि र श्री बर्ने मावि रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले जानकारी दिए। , उनले बुद्धआदर्शका शिक्षकलाई कोरोना पोजेटिभ देखिएको र अन्य दुई विद्यालयका विद्यार्थीमा खोकी लाग्ने ज्वरो आउने समस्या देखिएका कारण बन्द गरिएको बताए।, यही असोज ४ गतेदेखि मात्र विद्यार्थीको भौतिक उपस्थितिमा पालिकाका १६ सामुदायिक विद्यालय, १७ निजी विद्यालय र एउटा धार्मिक विद्यालयमा पठनपाठन सुरू गरिएको थियो।, विद्यालय खोलिएको एक हप्ताभित्रमै ज्वरो आउने र खोकी लाग्ने विद्यार्थीको सङ्ख्या बढ्न थालेपछि पालिकाको शिक्षा शाखा तथा विद्यालय व्यवस्थापन समितिसँगको समन्वयमा बुधबारदेखि पठनपाठन बन्द गरिएको बर्ने माविका प्रधानाध्यापक चन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। , बुद्धशान्ति–७ मा रहेको राष्ट्रिय विजय माविले समेत आजबाट भौतिक उपस्थितिको पठनपाठन बन्द गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पौडेलले बताए।, जिल्ला प्रशासन कार्यालयबाट गतभदौमा जारी गरिएको आदेशमा स्थानीय तहसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने अधिकार प्रत्यायोजन भएसँगै जिल्लाका अधिकांश स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरू गरिएको थियो।,रासस, शिक्षकलाई कोरोना देखिएपछि झापाका तीन विद्यालय पुनः बन्द
रामबहादुर थापा/रासस गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मङ्गलबार गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे । यातायात नै रोक्नु जायज नभए पनि अति भएपछि विरोधमा उत्रनुपरेको उनीहरुको तर्क थियो ।, नगरप्रमुख भरत शर्मा गैरेको कार्यालय आउने समय पारेर बिहान ९ बजेदेखि नै सडकमा अवरोध खडा गरिएको थियो । सडक सुधारका लागि नगरप्रमुखसहित सरोकार भएकाको ध्यान खिच्न स्थानीयवासीले सडक बन्दको सहारा लिएका थिए । , नगरप्रमुख गैरे अबेरसम्म नआएपछि वडा नं ६ का वडाध्यक्ष नरबहादुर खत्री र ३ का वीरजङ्ग भण्डारीलगायतसँग स्थानीयवासीले आक्रोश पोखे  । जनताको मतबाट चुनिएका नगरप्रमुखले स्थानीयवासीको समस्यालाई अनदेखा गर्न नमिल्ने आवाज उठ्यो ।, स्थानीय नौबीसे टोलका महिलाले सडक स्तरवृद्धि नहुँदा वर्षात्मा हिलो र हिउँदमा धुलो सहनुपर्दाको पीडा सुनाए । विरोधको नेतृत्व गरिरहेका युवाहरु र जनप्रतिनिधिबीच केहीबेर सवालजवाफ नै चल्यो । यातायात सञ्चालनमा अवरोध सिर्जना भएपछि प्रहरी पनि त्यहाँ आइपुग्यो । , प्रहरीले सडक बन्द गर्नु कानुनविपरीत हुने जनाउँदै अवरोध खोल्न कोसिस गर्‍यो । युवाहरुले मानेनन् । नगरप्रमुख आएर सडक बनाउने प्रतिबद्धता नगरुञ्जेलसम्म विरोध जारी राख्ने अड्डी कसे । अन्ततः नगरप्रमुख गैरेले स्थानीयवासीको विरोधलाई छल्न सकेनन्। उनी आएपछि जनप्रतिनिधि, ठेकेदार र स्थानीयवासीबीच छलफल भयो, वातावरण केही सङ्लियो । उक्त सडक यथाशीघ्र ममर्त, सुधार र दशैँपछि स्तरोन्नति नै गर्ने प्रतिबद्धता आएपछि स्थानीयवासी सडकको अवरोध हटाउन तयार भए ।, अपरान्ह ४ बजेतिर बल्ल सडकको अवरोध हट्यो । यसअघि ‘मेयरज्यू बाटो कहिले बन्छ ?’ भन्ने नारासहितका पोस्टर प्रदर्शन गर्दै स्थानीयवासी विरोधमा निस्केका थिए । सडकमा गरालो तेर्साएर उनीहरुले यातायात सञ्चालनमा रोक लगाएका थिए। विरोध कार्यक्रमको अगुवाइ गर्ने युवामध्येका बेन सुनारले नगरपालिका, स्थानीय प्रशासन र सडक निर्माण कम्पनीको ध्यानाकर्षण गराउने आफूहरूको उद्देश्य रहेको बताए।, ‘सुरूमा हामी युवाहरू निस्कियौं, पछि स्वतःस्फूर्तरूपमा स्थानीयवासी जुट्नुभयो’, उनले भने, ‘वर्षौँसम्म पनि सडकको बेहाल भएपछि विरोध गर्नुपरेको हो, त्यो हाम्रो बाध्यता थियो।’ नगरपालिकाको केन्द्र जोड्ने सडक नै स्तरहीन हुनु दुःखद् रहेको स्थानीयवासीको गुनासो छ। उक्त सडक भएर यातायातका साधन मात्र होइन, विद्यार्थीदेखि बटुवासम्मले जोखिम मोलेर पैदल हिँड्नुपर्ने स्थिति छ ।, वडा नं ३ को हटिया बजार कटेपछि नगरपालिकाको केन्द्र पुग्ने उक्त सडकको सामान्य मर्मतसमेत नहुँदा सर्वसाधारणमा आक्रोश बढेको हो। वर्षायाममा त सडक हिलाम्मे भइ क्षतविक्षत नै हुने गरेको छ । सो सडक हटियादेखि, हरिचौर–ताराखोला हुँदै म्याग्दीको रूम जोड्ने सडक अन्तर्गत पर्छ । , स्थानीयवासीको विरोध र दबाबपछि सडक निर्माणको जिम्मा लिएको एपेक्स खड्का कृष्ण जेभी काठमाडौंका प्रतिनिधि, नगरप्रमुख र उपभोक्ताबीच छलफल गरेर समाधान निकालिएको वडाध्यक्ष खत्रीले बताए।, उनका अनुसार तत्काललाई गिट्टीरोडा बिछ्याउने, खाल्डाखुल्डी पुर्ने काम भएको छ । ‘दशैंपछि ठेकेदार कम्पनीले सडक स्तरवृद्धि गर्ने प्रतिबद्धता जनाइसकेको छ, अहिलेलाई स्थानीय युवाकै पहलमा सडकको सामान्य मर्मत सुधार भएको छ, त्यो बापतको भुक्तानी नगरपालिकाले व्यहोर्छ।’, वडाध्यक्ष खत्रीले सडक बिग्रेर सास्ती दिन थालेपछि दशैंअगावै मर्मतका लागि नगरपालिकाले योजना बनाएको बताए। उनले भने, ‘स्थानीयवासीले पनि झक्झक्याए, यसलाई अन्यथा लिएका छैनौं, बरू, सडक बन्द नगरी अन्य विकल्प अपनाएर विरोध जनाएको भए हुन्थ्यो भन्ने हाम्रो सुझाव रह्यो।’, ठेकेदार कम्पनीले विसं २०७८ कात्तिकभित्रमा काम सक्ने गरी २४ करोड ७८ लाख ८४ हजारमा सो सडक बनाउने जिम्मा पाएको थियो। निर्माण कम्पनीले सडक स्तरोन्नतिको कामलाई गति नदिए पुनः विरोधमा उत्रने स्थानीयवासीले बताएका छन्।, मेयरज्यू ! बाटो कहिले बन्छ?
सेतोपाटी संवाददाता झापाको भद्रपुरमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ। , भद्रपुर नगरपालिका- १० देउनियामा निहुरो टिपिरहेको अवस्थामा विर्तामोड न.पा. ८ नेपाल चोक बस्ने सुकलाल मर्डीकी ५० वर्षीया श्रीमती लतुमाई मर्डीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। , निहुरो टिपिरहेको अवस्थामा जंगलबाट आएको जंगली हातीले मर्डीलाई सुँडले च्यापी चन्द्रगढी सामुदायिक वनतर्फ लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। , दिउँसो १२ बजेदेखि बेपत्ता भएकी मर्डीको अपरान्ह ४ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। , आज बिहान मर्डी दम्पती देउनियाँ खोलाको किनारमा निहुरो टिप्न गएका थिए। , जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीले बेपत्ता बनाएपछि प्रहरी चौकी गरामनीबाट प्रसनिको टोली, जिप्रका झापाबाट प्रनानिको ७ जनाको टोली, नेपाली सेनाको लप्टनको कमाण्डमा ४० जनाको टोली, सशस्त्र प्रहरीको सप्रनिको कमाण्डमा ११ जनाको टोली, जिल्ला वनको कर्मचारीहरू र स्थानीय समेत बेपत्ता महिलाको खोजीमा जुटेको थियो। , प्रहरीले बेपत्ता मर्डीले लगाएको चप्पल, पोते र अलिकति कपालको गुजुल्टो शव फेला पर्नु अगाडि नै भेट्टाएको थियो।, निहुरो टिप्न गएकी महिलाको जंगली हात्तीले आक्रमण गर्दा मृत्यु
सेतोपाटी संवाददाता हङकङ पठाउन लागेको लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन्। , ललितपुरको मिनभवनबाट एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण ब्युरो र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले एक जनालाई पक्राउ गरेको हो। , उनीबाट अन्दाजी साढे दुईदेखि तीन किलो चरेस बरामद भएको प्रहरी स्रोतले जनाएको छ। सो चरेस कार्गोबाट हङकङ पठाउन लागेको खुलेको छ। , ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले यसबारे यकिन नभएको बताए।, यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। ,  , हङकङ पठाउन लागेको चरेससहित एक जना ललितपुरबाट पक्राउ
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एक हजार ७८ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार सात सय ६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण र तीन हजार २ सय १० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १८ हजार १६८  जना सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ।, नौ सय ११ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.३ प्रतिशत छ।, त्यस्तै काठमाडौं उपत्यकामा थप ३ सय ६९ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ६७ जना, भक्तपुरमा ३७ जना र ललितपुरमा ६५ संक्रमित थपिएका हुन्। ,  , ११ हजार सात सय ६५ मा कोरोना परीक्षण गर्दा एक हजार ७८ लाई संक्रमण
सेतोपाटी महाकाली नदीमा तुइन विस्थापनअन्तर्गत निर्माण हुनुपर्ने झोलुंगे पुल निर्माण कार्य अघि बढाउन नेपाली कांग्रेसले माग गरेको छ।, व्यास गाउँपालिकाको वडा नम्बर २ जोड्ने मालघाट र वडा नम्बर ४ जोड्ने मलघट्टेमा तुइन विस्थापनअन्तर्गत झोलुंगे पुल निर्माणको काम अघि बढाउन माग गरिएको हो। , व्यास गाउँ कार्यसमिति कांग्रेसले प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापन बुझाउँदै पुल निर्माणको काम तत्काल अघि बढाउन निर्माण व्यवसायीलाई ताकेता गर्न ध्यानाकर्षण गराएको छ।, पुल निर्माण कार्य अलपत्र छाड्दा गत साउन १५ गते व्यास-२ का ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको स्मरण गराउँदै कांग्रेसले तत्काल पुल निर्माणको काम अघि बढाउन भनेको छ। , वि.सं २०७८ साउन २८ गते सस्पेन्सन ब्रिज डिभिजनले पुल निर्माणको जिम्मा पाएको खम्पाछे/रुविना जेभीका प्रतिनिधिलाई बोलाएर २०७८ पुस मसान्तसम्म पुल निर्माणको काम सम्पन्न गरिसक्न निर्देशन दिएको थियो तर अहिलेसम्म काम नै अघि नबढेको भन्दै कांग्रेसका व्यास सभापति नरेन्द्र भट्ट नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको हो।, महाकाली नदी वारपार गर्न व्यासका वडा नं २, ३ र ४ का नागरिकका लागि अहिले तुइन छैन।, भारतीय एसएसबीले तुइन काटिदिँदा अहिले यो क्षेत्रमा नाकाबन्दीजस्तै भएको छ।, नेपालतिर निर्माणाधीन खलंगा–तिंकर सडकखण्ड ठाउँ-ठाउँमा अवरूद्ध छ।, सो क्षेत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्ने योजना अघि बढेको थियो। सोहीअनुसार महाकाली नदीका चार ठाउँमा एकसाथ तुइन विस्थापन गर्दै पुल निर्माण कार्य अघि बढेको थियो। , वि.सं २०७६ मा व्यासको बडुगाउ, मलघट्टे, माल र बाकुमा तुइन विस्थापन गर्न भन्दै झोलुंगे पुल निर्माण गर्न बोलपत्र आह्वान गरिएको थियो।, सोअनुसार बडुगाउ र बाकुमा पुल निर्माण कार्य अन्तिम चरणमा पुग्दा पनि मालघाट तथा मलघट्टेमा पुल निर्माण कार्य अघि बढ्न सकेको छैन। नेपालतिर सडकले गति लिएको छैन। ठाउँ-ठाउँमा पहिरो गएर सडक अवरूद्ध हुँदा गाउँमा खाद्यान्न ढुवानी गर्न नसकिएको बताइएको छ। ,रासस, महाकाली नदीमा झोलुंगे पुल निर्माण कार्य अघि बढाउन माग
भगवती पाण्डे रूपन्देहीको तिलोत्तमा ठेकेदारले नगरपालिकाले दिएको अनुमतिभन्दा दोब्बर बढी नदीजन्य वस्तु उत्खनन् गरेको पाइएको छ।, अनुमतिभन्दा बढी उत्खनन् गरेको बस्तु जफत गरेपछि ठेकेदार कम्पनी हिराचन-कालीगण्डकी-सिद्धार्थ जेभी सियारीले नगरपालिकासँग क्षतिपूर्ति माग गर्दै विवाद झिकेको छ।, तिलोत्तमा नगरपालिकाले गत आर्थिक वर्षमा नगरक्षेत्र भित्र पर्ने विभिन्न खोलाका चारवटा नाकाबाट नदीजन्य वस्तुको उत्खननको लागि ठेक्कामा लगाएको थियो।, तिलोत्तमा- ६ मा पर्ने पहुनी नाकामा तिनाउ खोलामा बनाउन लागिएको पुललाई आवश्यक पर्ने गिटी बालुवा उत्खनन् गर्न ठेक्का लगाएको थियो।, निर्माणाधीन विभिन्न आयोजना तथा ठेकेदार कम्पनीलाई तिलोत्तमाकै अरू नाका  वडा नम्बर १३ को सेमरी, वडा नम्बर १४ को बाग्धुरा, वडा नम्बर १ र ८ मा पर्ने सुखौराबाट उत्खननका लागि अनुमति दिएको थियो। ती नाकाहरूबाट पनि अनुमतिभन्दा बढी उत्खनन् भएको नगरपालिकाले बताएको छ।, आठ करोड रुपैयाँमा चारवटै नाकाबाट नदीजन्य पदार्थ उत्खननको लागि ठेक्का दिएको भए पनि अनुगमनको क्रममा अनुमतिभन्दा बढी परिमाणको नदीजन्य वस्तु उत्खनन् गरेको पाएपछि जफत गरेको नगरपालिकाले तीन वटा नाकाको नदीजन्य बस्तु लिलाम बिक्री गरिसकेको छ।, पहुनी नाकामा  ८ लाख ४७ हजार २ सय घनफिट नदीजन्य बस्तु उत्खनन् गर्ने ठेक्का अनुमति पाएको हिराचन-कालीगण्डकी-सिद्धार्थ जेभी सियारीले भने लिलाम गर्न अवरोध गर्दै आएको नगरपालिकाले जनाएको छ।, उक्त कम्पनीले ८ लाख ४७ हजार २ सय घनफिट मात्रै उत्खनन् गर्ने अनुमति पाए पनि साढे दुई गुणा बढी २० लाख ४६ हजार पाँच सय ३८ घनफिट नदीजन्य वस्तु उत्खनन् गरेको थियो। , नदीजन्य वस्तु उत्खनन् तथा अनुगमन समितिका संयोजकसमेत रहेका वडा नम्बर १३ का अध्यक्ष गणेश न्यौपानेले अरू तीन वटा नाकाबाट अनुमतिभन्दा बढी निकालिएको नदीजन्य बस्तु लिलाम बिक्री गरिए पनि पहुनी नाकाबाट जफत गरिएको माल लैजान अवरोध गर्दै आएको बताए।, उनका अनुसार हिराचन-कालीगण्डकी-सिद्धार्थ जेभी कम्पनीसँग संयुक्त लगानी गरेको भन्दै स्थानीय सुमन बस्याल, बासु बस्याल, शिव कुँवर लगायतका युवाहरूले नगरपालिकासँग अवैध रूपमा उत्खनन् गरेको नदीजन्य बस्तुको समेत उत्खनन् र ढुवानी खर्च माग गरेका छन्।, वडा अध्यक्ष न्यौपानले मंगलबारसम्म गिटी-बालुवा ढुवानी गर्दा कम्पनीको नाममा नगरपालिकालाई अवरोध गर्दै आएका उनीहरूले बुधबार उत्खनन् गर्दा र नदीदेखि घाटगड्डीसम्म ढुवानी गर्दा लागेको खर्च पाउनु पर्ने भन्दै नगरपालिकामा निवेदन पेश गरेको बताए।, ठेकेदार कम्पनीका बासु बस्यालले अनुमतिभन्दा बढी उत्खनन् गरिएको स्वीकार गर्दै उत्खनन् तथा ढुवानी गर्दा लागेको खर्च नगरपालिकाले दिनुपर्ने बताए।, ‘नापजाँच गर्दा बढी भेटिए पनि उत्खनन् र ढुवानी गर्दा हामीले लगानी गरेका छौं। उत्खनन् र ढुवानीमा लागेको खर्च नगरपालिकाले दिनुपर्छ,’ उनले भने।, उनले नगरपालिकाले नापजाँच गर्दा उत्खनन् गरिएकोभन्दा धेरै परिमाण देखाएको समेत आरोप लगाए।, अनुगमन समितिका संयोजक अध्यक्ष न्यौपाने भने नापजाँचमा कुनै तलमाथि नगरिएको बरू ठेकेदार कम्पनीले अन्यत्रैबाट ल्याएको भन्दै अनुमति दिइएकोबाहेक ३ लाख २५ हजार घनफिट थप गिटी-बालुवा लैजान दिइएको बताए।, ‘नापजाँचमा कुनै कमजोरी नहोस् भनी दुई-तीन पटक नापजाँच गरिएको छ, अनुमति दिएको भन्दा १५ लाख ३१ हजार ८३८ घनफिट घाटगड्डी गरिएको भेटिएको थियो, तर ३ लाख २५ हजार घनफिट शुद्धोधन गाउँपालिकाबाट ल्याएको बताएपछि उक्त परिमाणको माल कम्पनीलाई नै दिएर बाँकी १२ लाख ६ हजार ८ सय ३८ घनफिट गिटी-बालुवा जफत गरिएको हो,’ न्यौपानेले भने।, अरू नाकाहरू सेमरीबाट नौ लाख ९७ हजार पाँच सय घनफिट उत्खनन् गर्ने अनुमति पाएकोमा झन्डै दोब्बर बढी १७ लाख ७ हजार १ सय ३४, बाग्धुराबाट पाँच लाख २९ हजार पाँच सय अनुमति पाएकोमा सात लाख १७ हजार छ सय ७२ र सुखौरा नाकाबाट तीन लाख २९ हजार घनफिट अनुमति पाएकोमा तीन लाख ७० हजार १ सय ४५ घनफिट उत्खनन् गरेको पाइएको थियो।, ती नाकाबाट अवैध रूपमा अनुमति पाएभन्दा बढी उत्खनन् गरिएको नदीजन्य वस्तु गौतम बुद्ध विमानस्थल र अरू आयोजनालाई लिलाम बिक्री गरिएको छ।, नगरपालिकाले बढी निकालिएको गिटी-बालुवा लिलाम बिक्री गरी बाग्धुराबाट ३८ लाख ९९ हजार  र सेमरीबाट एक करोड २७ लाख ७३ लाख ४ सय १२ गरि १ करोड ६५ लाख रुपैयाँ थप राजश्व संकलन गरेको छ।, पहुनी नाकाको बस्तुको लागि २ करोड ७५ लाख ७३ हजार ८४ रुपैयाँमा लिलाम बिक्रीको सूचना प्रकाशित गरिएकोमा कसैको निवेदन नआएपछि नगर परिषद्को साउन ७ गतेको बैठकमा भत्किएका सडक मर्मतका लागि १७ वटै वडामा दुई सयदेखि ३ सय टिपरसम्म उपलब्ध गराउने निर्णय गरेको थियो।, नगरपालिकाले गत असार १० गतेको नगरपरिषद् बैठकबाट अनुमतिभन्दा बढी उत्खनन् गरेको भेटिएको गिटी-बालुवा लिलाम बिक्रीका लागि निर्णय गरे पनि पहुनीको ठेकेदार पक्षले भने असोज दोस्रो साता आएर अवरोध गरेको हो।, नगरपालिकाले २०७८ मा ठेक्का लगाएका नाकाबाट जेठ १४ गतेदेखि असार २५ गतेसम्मको लागि उत्खनन् गर्ने अनुमति दिएको थियो।, नगरपालिकाले अनुमति अनुसार उत्खनन् भए/नभएको नापजाँच गर्ने जिम्मेवारी दिएका इन्जिनियर गिरिराज डुम्रेलाई कम परिमाण देखाएको भन्दै निष्कासन समेत गरिसकेको छ।, अनुगमन समितिले अनुगमनको क्रममा अनुमतिभन्दा बढी उत्खनन् गरेको शंका मानेपछि नगरपालिकाले डुम्रेलाई घाटगड्डी गरिएको गिटी-बालुवा नापजाँच गर्न पठाएको थियो।, डुम्रेले भने १५ हजार मात्रै बढी माल उत्खनन् भएको नगरपालिकालाई प्रतिवेदन दिएका थिए। त्यसपछि पुनः नापजाँच गर्दा एउटै ठेक्काबाट १२ लाख ६ हजार ८ सय ३८ घनफिट गिटी-बालुवा बढी भेटिएको थियो।, तिलोत्तमामा अनुमतिभन्दा साढे तीन करोड बढीको गिटी-बालुवा उत्खनन्
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३ सय ६९ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकम अनुसार काठमाडौंमा दुई सय ६७ जना, भक्तपुरमा ३७ जना र ललितपुरमा ६५ संक्रमित थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा ४४६२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २५८० भक्तपुरमा ८३३ र ललितपुरमा १०४९ सक्रिय संक्रित छन्।, नेपालमा थप एक हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, ११ हजार सात सय ६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण र तीन हजार २ सय १० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १८ हजार १६८  जना सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ।, नौ सय ११ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.३ प्रतिशत छ।, काठमाडौं उपत्यकामा थपिए ३ सय ६९ संक्रमित
सेतोपाटी दोलखाको बिगु गाउँपालिका–४ लादुकस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ। , सोमबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बिगु गाउँपालिका–४ लादुकका १८ वर्षीय टीकाराम तामाङको शव आज बिहान प्रहरीले फेला परेको हो। , तामाङको शव पोखरीभित्र हिलोमा गाडिएको अवस्थामा आज बिहान फेला परेको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए।, घरनजिकै शान्ति आदर्श माविसँगै रहेको पोखरीमा तामाङ हिजो दिउँसो साथीसँग पौडी खेल्न गएको र पोखरीमा डुबेर बेपत्ता भएका थिए।, डुबेर बेपत्ता भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय सिङगटीको टोली घटनास्थलमा खोजीको लागि पुगेको भए पनि राति खोजी गर्न समस्या भएपछि स्थानीयबासीको सक्रियतामा आज बिहान शव फेला पारेको प्रहरीले जनाएको छ। , परीक्षणका लागि शवलाई चरिकोट अस्पतालमा ल्याउने तयारी भइरहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ,रासस, , डुबेर बेपत्ता किशोरको शव फेला
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एक हजार १५८ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १४ हजार तीन जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ११ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण र दुई हजार तीन सय ३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १८ हजार ४२२  जना सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ।, एक हजार तीन सय १८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.३ प्रतिशत छ।, त्यस्तै काठमाडौं उपत्यकामा थप तीन सय ८३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ७० जना, भक्तपुरमा ४४ जना र ललितपुरमा ६९ संक्रमित थपिएका हुन्। ,  , थपिए एक हजार १५८ संक्रमित, निको भए एक हजार ३१८
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ सय ग्राम सुन बरामद भएको छ। , विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट १ सय ४९ दशमलव ५ ग्राम सुनसहित सुरूमा दुई जनालाई पक्राउ गरेको हो। , भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-७ का ३३ वर्षीय समुन्द्र दंगाल र बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ४३ वर्षीय सन्तविर राई छन्।, प्रहरीले उनीहरूलाई आइतबार पक्राउ गरेको थियो। समुन्द्रले सिंगापुर एयरलाइन्समार्फत् मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाएको प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए। , यात्रुहरूलाई उक्त परिमाणको धातु लुकाइछिपाइ लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो। , थप सोधपुछको क्रममा राईको पनि संलग्नता रहेको भन्ने खुल्न आएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो।, यसैगरी, विमानस्थलबाट सोही दिन ७ सय ५० ग्राम सुन बरामद गरेको थियो। १४ वटा बाला र एउटा सिक्री प्रहरीले बरामद गरेको थियो।, सिंगापुर र मलेसियाबाट काठमाडौं आएका १५ यात्रुहरूलाई भन्सार छली गर्न लगाएका थिए। ती यात्रुहरूले ल्याएको सुन विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो।, 'यात्रुहरूले ल्याएको सुन उनीहरूकै होइन। अर्कै व्यक्तिले लगिदिनू भन्दै पठाएका हुन्,' प्रहरी वरिष्ठ उपरीक्षक बाँस्तोलाले भने। , उनीहरूलाई मलेसियाको विमानस्थलबाट नामथर नखुलेका व्यक्तिले दिएर पठाएको प्रहरीले बताएको छ।, काठमाडौं पुगेपछि सामान विमानस्थल वरिपरिका होटलमा रिसिभ गर्न आउने भन्ने सूचना दिइएको थियो। , बरामद सुन तथा पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ सय ग्राम सुन बरामद
सेतोपाटी संवाददाता चेक बाउन्स मुद्दामा १० लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरोले खोटाङ घर भई काठमाडौंको कपन बालुवाखानी बस्ने २६ वर्षीय खगेन्द्र खत्रीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनलाई बैकिङ कसुरको मुद्दामा १० लाख ६५ हजार नौ सय जरिवाना र चार दिन कैद सजाय सुनाएको थियो। उच्च अदालत पाटनले पुस २८ गते सो सजाय सुनाएको थियो। , सोही सजाय कार्यान्वयन गराउन प्रहरीले उनलाई काठमाडौंबाट मंगलबार पक्राउ गरेको हो। , उनलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ। , चेक बाउन्स मुद्दामा १० लाख जरिवाना पाएका व्यक्ति पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंबाट एक जना थुनुवा भागेका छन्। , महानगरीय प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा रहेका एक जना थुनुवा भागेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। , १९ वर्षीय राहुल तामाङ कीर्तिपुरस्थित आइसोलेसन सेन्टरबाट फरार भएका हुन्। मंगलबार दिउँसो सवा २ बजे उनी त्यहाँबाट फरार भएका हुन्।, कोरोना संक्रमण भएपछि उनलाई प्रहरीले आइसोलेसन सेन्टरमा राखिएको थियो।, त्यहाँ झ्यालको रड निकालेर उनी फरार भएको प्रहरीले जनाएको छ। उनी लागुऔषधको मुद्दामा साउन २९ गते पक्राउ परेका थिए।, अहिले उनको खोजी भइरहेको काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए। , 'हामी अहिले उनको खोजी गरिरहेका छौं,' उनले भने। , ​​​​​​​लागुऔषध मुद्दामा पक्राउ परेका थुनुवा कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार
युवराज श्रेष्ठ निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट जनवरी १ मा आन्तरिक र वैशाखदेखि अन्तर्राष्ट्रिय उडान थाल्ने गरी तयारी सुरू भइसक्यो।, विमानस्थल निर्माणको काम ८४ प्रतिशत पूरा भइसकेको छ भने अधिकांश पूर्वाधार पनि बनिसकेका छन्।, विमानस्थल आयोजनाले विगत ३ वर्षदेखि उठाउँदै आएको ‘सानो’ समस्या तत्काल समाधान नगर्दा विमानस्थलमै पहिरो जाने अवस्थामा पुगेको छ।, विमानस्थल बनाउनु अघिसम्म पोखरामा वर्षा, ढल र नहरका पानीले विमानस्थलमा समस्या ल्याउला भनेर कसैले सोचेका थिएनन्। जब अन्तर्राष्ट्रिय विमानस्थलले आकार ग्रहण गर्न थाल्यो, निर्माणाधीन अवस्थामै विमानस्थलमा अनेक समस्या देखिन थाल्यो। अहिले देखिएका सबैभन्दा ठूलो समस्या विमानस्थलमा बगेर आउने पानीको व्यवस्थापन गर्न नसक्नु भएको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए।, विमानस्थलमा छिरेको बाढीले पुर्‍याएको क्षति। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी।, विमानस्थलको उत्तरतर्फ ४ किलोमिटर क्षेत्रमा पर्ने मणिपाल अस्पतालदेखि सेती नदी र काँहुखोलाबाट सिँचाइका लागि ल्याएको पानी विमानस्थलमा पुग्छ। विमानस्थल बन्नुअघि उक्त जग्गा खेत थियो, त्यही खेतमा पानी लगाउन बनाइएका नहर र कुलोबाट पनि निरन्तर पानी विमानस्थलमा पुगिरहेको छ।, झन्डै ५ सय हेक्टर जमिनमा परेका पानी, सडक र पृथ्वी राजमार्गको ढलबाट बग्नुपर्ने पानी पनि एकत्रित भएर विमानस्थल पुग्छ। विमानस्थलबाट पूर्वतर्फ विजयपुर खोलामा पानी झर्दा पहिरो जान थालेको छ। जसले चीन सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर २२ बनाएको आयोजनालाई जोखिममा धकेलिदिएको छ। निरन्तर पहिरो जाँदा विमानस्थल आयोजनाले बनाएका संरचनासमेत भत्काइदिएको आयोजना प्रमुख मुनकर्मीले बताए।, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वरपरका अन्य जमिनभन्दा होचो ठाउँमा छ। त्यही कारण पानीको स्वभावअनुसार बहेर विमानस्थल पुग्छ। देशमै सबैभन्दा धेरै पानी पर्ने पोखरामा वर्षाको पानी तर्काउन अहिलेसम्म पोखरा महानगरमा कुनै संरचना छैन। सडकका वरिपरिका ढलले वर्षाको पानी तर्काउन सक्दैन, जसका कारण ढलबाट बग्नुपर्ने पानी पनि विमानस्थल पुग्छ। यसरी सिँचाइ, ढल र वर्षाको पानीले विमानस्थल सञ्चालनमै समस्या ल्याउन सक्ने आयोजना प्रमुख मुनकर्मीले बताए।, आयोजनाले विमानस्थलका वरपर सिँचाइका लागि नहर बनाइदिएको छ। आफ्नो क्षेत्राधिकारभित्र ठूलो नहर बनाइदिए पनि अन्यत्रका नहर सानो भएकाले पानी नहरभन्दा बाहिर बग्छ। विमानस्थलभित्र पानी तर्काउन बनाएको संरचनाभन्दा बाहिरबाट आकाशे वर्षा, ढल र नहरमा बढी भएको पानी नै विमानस्थलका लागि सबैभन्दा ठूलो समस्याका रूपमा देखा परेको छ।, विमानस्थलको एप्रोच टावर अगाडि रिठ्ठेपानी डाँडा। यो डाँडा ४० मिटर काट्नुपर्छ। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी।, राष्ट्रिय गौरवको आयोजनामा समावेश पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पानीले दिएको समस्या समाधान गर्न पटक-पटक सरकारको ध्यानाकर्षण गराएको छ। सबैभन्दा पहिलो प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जलस्रोत तथा सिँचाइ कार्यालयमा पानी व्यवस्थापन गर्न २०७६ वैशाख १० मा पत्र पठाएर आग्रह गरेको आयोजनाले जनाएको छ। त्यसपछि पनि यही समस्या समाधान गरिदिन आयोजनाले ४ पटक पत्राचार गरेको थियो। मन्त्रालय र कार्यालय कसैले पनि पत्रको जवाफ पठाएनन्, पानी तर्काउन केही काम गरेनन्।, विमानस्थलमा भित्रिने पानी तर्काउन कास्कीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा महानगरका प्रमुख, जलस्रोत तथा सिँचाइ, सडकलगायत कार्यालयको बैठक बसेर पानी नियन्त्रणका विकल्प पेश गर्न कार्यदल गठन भयो। कार्यदल सदस्यले प्रतिवेदन गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितलाई जानकारी गराए। समस्या समाधान गरिदिन आग्रह गरे।, सिँचाइसम्बन्धी समस्याका विषयमा उच्च अदालत पोखरामा परेको रिटमा कार्यदलले लिएको चौथो विकल्प अदालतमा पनि बुझाइयो। अदालतले नहर व्यवस्थापन गर्न परमादेशसमेत दिएको छ। अदालतको परमादेशअनुसार पनि सिँचाइ कार्यालयले नहर व्यवस्थापन गर्न सकेन।, पानी व्यवस्थापन गर्न बनेको कार्यदलले दिएको चौथो विकल्पमा पृथ्वी राजमार्गको ढल प्रणाली राम्रो बनाउने, नहर व्यवस्थापन, आवश्यक मात्रामा मात्र नहरमा पानी ल्याउनेलगायत छन्। सानो समस्या देखिए पनि यसै वर्षको वर्षातले विमानस्थलको पूर्वतर्फ विजयपुर खोला क्षेत्रमा ठूलो पहिरो गइसकेको छ। आगामी केही वर्ष यसरी नै पानी बग्ने हो भने विमानस्थलको धावन मार्गसम्मै पहिरो पुग्न सक्ने आयोजनाका अधिकारीहरूले चिन्ता जनाएका छन्।, विमानस्थलमा वर्षा, ढल र नहरमा गरी बगेर आएको पानी एकत्रित हुँदा खोला नै बगेजस्तो हुने विमानस्थलका कन्सल्टेन्ट इन्जिनियर भुपेन्द्र गौचनले बताए। एक हजार हेक्टर जमिनमा सिँचाइ गर्ने पानी नहरमार्फत् विमानस्थलमा आउने गरेको भन्दै उनले यसअघि खेतीपाती हुने ठाउँमा समेत घरले भरिएकाले पानीले निकास नपाएको बताए।, विमानस्थलमा आउने पानी तर्काउन जलस्रोत तथा सिँचाइ कार्यालय कास्कीले गुरुयोजना बनाएर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र मुख्यमन्त्री कार्यालयमा बुझाएको छ। विमानस्थललाई असर पार्ने नहर प्रणाली सुधार्न र पानी तर्काउन बनाइएको गुरुयोजना लागु गर्न ३८ करोड रुपैयाँ लागत लाग्ने सिँचाइ कार्यालय प्रमुख किरण आचार्यले बताए।, ‘नहर प्रणाली सुधार्न गत वर्ष नै हामीले गुरुयोजना बनाएर बुझाएका छौं,’ आचार्यले भने, ‘हामीलाई सरकार र आयोजना कतैबाट पनि बजेट नआएकाले लागु गर्न सकेका छैनौं।’, विमानस्थल आयोजनाले सिँचाइ कार्यालयले गर्नुपर्ने काम विमानस्थलले गर्न नसक्ने जनाएको छ। आयोजना प्रमुख मनुकर्मीले विमानस्थल क्षेत्रभित्र नहर बनाइदिएको भन्दै बाहिरका संरचना सम्बन्धित कार्यालयले नै बनाउनुपर्ने बताए।, ‘हामीले हाम्रो क्षेत्रमा सडक, ढल र नहर बनाएका छौं,’ उनले भने, ‘विमानस्थलभन्दा बाहिर गएर यी काम गर्न सक्दैनौं।’, विमानस्थलमा आउने बाढी तह लगाउन नसके वर्षाका बेला विमानस्थल नै अवरूद्ध हुन सक्नेसमेत आयोजनाले जनाएको छ। , गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितका टोली विमानस्थलमा। तस्बिर: युवराज श्रेष्ठ, विमानस्थल आयोजनाले पानीका कारण देखिएका समस्या समाधान गर्न गण्डकी सरकारको ध्यानाकर्षण गराएका छन्। आयोजना प्रमुख मुनकर्मीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का, पर्यटनमन्त्री मणिभन्द्र शर्मा, अर्थमन्त्री रामजी बराललगायत प्रदेश सरकारका मन्त्रीहरूलाई बोलाएर आयोजनाका समस्या समाधान गर्न आग्रह गरेका थिए।, मुख्यमन्त्री पोखरेलले संघ सरकारसँग समन्वय गरेर वर्षातको भल बाढी तर्काउन सहयोग गर्ने प्रतिवद्धता जनाए। पोखराका धेरै ठाउँको पानीको निकास विमानस्थलमा पुगेर हुने गरेको भन्दै उनले विमानस्थललाई खतरामा पर्न नदिन आफ्नो तर्फबाट सबै सहयोग गर्ने बताए। सिँचाइका लागि स्थानीय नागरिकले पनि समस्या उठाएको भन्दै उनले भने, ‘स्थानीयको सवाल पनि तत्काल सम्बोधन गर्नुपर्छ, पानी र ढल व्यवस्थापन गर्न आवश्यक बजेट प्रदेशको स्रोतले मात्र भ्याउँदैन, हामी केन्द्रसँग समन्वय गर्छौं।’, थप समस्या: ल्याण्डफिल, रिठ्ठेपानी डाँडा र तेल भण्डारण, पोखराभरिका फोहोर फाल्ने ल्याण्डफिल्ड साइट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलोमिटरमै छ। खुला स्थानमा रहेको ल्याण्डफिल साइटमा गिद्धदेखि चराचुरूंगीको क्रियाकलाप बढ्दो छ। घर-घरबाट निस्केका फोहोर खानेकुरा खान चराचुरूङ्गी ल्याण्डफिल साइटमा जान्छन्।, विमानस्थल नजिकै चराको बढ्दो गतिविधिले हवाई सुरक्षामा असर पार्ने भएकाले ल्याण्डफिल साइट परिवर्तन गर्न आयोजनाले पटक-पटक पोखरा महानगरलाई आग्रह गरेको छ। महानगरका सरसफाई शाखाका कर्मचारी, आइकाओका एसिया प्यासिफिक वन्यजन्तु तथा चरा नियन्त्रण कार्यक्रमका अध्यक्ष, नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशकसहितको टोलीले पोखरा-३३ स्थित रजेडाँडा क्षेत्रमा ल्याण्डफिल साइट बनाउन स्थलगत अध्ययन गरेका थिए। उक्त स्थान उपयुक्त रहेको निष्कर्ष निकाले पनि अझै पोखरा महानगरले ल्याण्डफिल साइट परिवर्तन गर्न सकेको छैन।, विमानस्थल सञ्चालन गर्नुभन्दा कम्तीमा ६ महिनाअगावै ल्याण्डफिल साइट परिवर्तन गर्न पोखरा महानगरलाई सुझाव दिएको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए।, ‘ल्याण्डफिल साइट परिवर्तन गर्नेबित्तिकै चरा त्यता जाँदैनन्, चरालाई पुरानो ठाउँ छाडेर अन्यत्र जान कम्तीमा पनि ६ महिना लाग्छ,’ उनले भने, ‘समयमै ल्याण्डफिल साइट परिवर्तन नगर्दा हाम्रो विमानस्थलको हवाई सुरक्षामा चराको खतरा उच्च छ।’, दुई वर्षअघि रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्ला उडेको सीता एयरको जहाजमा चरा ठोक्किएर मन्थलीमै आकस्मिक अवतरण गर्नु परेको थियो। अन्तर्राष्ट्रिय उड्ययन संस्था आइकाओले पनि हवाई सुरक्षालाई पहिलो प्राथमिकता दिएकाले ल्याण्डफिल साइट समयमै परिवर्तन गरेर विमानस्थल वरपरका आकाश सुरक्षित पार्नुपर्ने पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए।, ‘आइकाओले पहिलो प्राथमिकता सुरक्षालाई दिएको छ, यसैका आधारमा हाम्रा विमानस्थल सूचीकृत हुन्छन्,’ उनले भने, ‘विमानस्थलको सुरक्षामा कुनै कसर बाँकी राख्नुहुन्न।’, विमानस्थलको एप्रोचमा पर्ने रिठ्ठेपानी डाँडा कटान पनि अहिले रोकिएको छ। निजी जग्गा कटान थालिए पनि सरकारी बन क्षेत्रमा पर्ने रूख कटान रोकिएको हो।, सम्बन्धित समाचार:, पुस १७ बाट पोखराको नयाँ एयरपोर्ट सञ्चालनको तयारी (भिडिओ), विमानस्थलको वातावरणीय अध्ययन प्रतिवेदनमा उक्त डाँडा कटानका विषयमा अध्ययन भएको छैन। आयोजनाले अहिले यो डाँडा काट्न पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गरिरहेको छ। विमानस्थल चलाउन रिठ्ठेपानी डाँडा ४० मिटर काट्नु पर्ने प्रतिवेदनमा छ।, सरकारी वनका रूख कटान गर्न मन्त्रिपरिषदबाट निर्णय गर्नका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणले पर्यटन मन्त्रालय हुँदै वन मन्त्रालयमा पत्राचार गरेको छ। रूख कटानको निर्णय नआएकाले डाँडा कटान रोकिएको विमानस्थल आयोजना प्रमुख मुनकर्मीले बताए। मन्त्रिपरिषदबाट रिठ्ठेपानी डाँडा कटानका लागि गरिएको पूरक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरी रूख काट्ने अनुमति चाहिएको उनको भनाइ छ।, यस्तै, नेपाल आयल निगमले पनि विमानस्थल सञ्चालनको तयारी भइसक्दासमेत तेल भण्डारण बनाउन अग्रसर भएको छैन। विमानमा इन्धन भर्न आवश्यक भण्डारण बनाउन निगमलाई बारम्बार आग्रह गरे पनि अहिलेसम्म प्रगति नभएको आयोजनाले जनाएको छ।, सञ्चालन तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बाढी र पहिरोको समस्या, समाधान गर्न छैन बजेट (भिडिओ)
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप तीन सय ८३ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ७० जना, भक्तपुरमा ४४ जना र ललितपुरमा ६९ संक्रमित थपिएका हुन्। , काठमाडौं उपत्यकामा ४४४२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २४९६, भक्तपुरमा ८१३ र ललितपुरमा ११३३ सक्रिय संक्रमित छन्।,  , काठमाडौं उपत्यकामा थपिए तीन सय ८३ संक्रमित
सेतोपाटी मकवानपुरमा डेंगु सङ्क्रमण घट्दै गएको छ। , कोरोना महामारीका कारण सरसफाइ र स्वास्थ्य सावधानीमा जोड दिएपछि लामखुट्टेको टोकाइबाट सर्ने डेंगुका बिरामीको संख्या घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।, कार्यालयका अनुसार गत आर्थिक वर्ष हेटौंडालगायत मकवानपुरमा १४ जनामा डेंगुको संक्रमण देखिएको थियो। आर्थिक वर्ष २०७६/०७७ तीन हजार ३८ जनामा डेंगुको संक्रमण देखिएको थियो। , कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार विशेषगरी साउन महिनादेखि कात्तिक महिनासम्म फेला पर्ने सो रोगका बिरामीको संख्या गत आवमा १४ जनामा मात्र देखिएको थियो।, आर्थिक वर्ष २०७७/७८ मा साउनमा एक महिला र दुई पुरूष, भदौ महिनामा एक महिला र तीन पुरूष, असोजमा दुई महिला र चार पुरुष, कात्तिकमा एक पुरूषमा डेङ्गुरोग फेला परेको थियो। , डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो। वर्खा लागेसँगै लामखुट्टेले जमेका पानीमा फूल पार्ने गर्दछ। खासगरी वर्षाको पानी जम्ने टिनको भाँडा, पुरानो टायर, ड्रम, गमला र पानी ट्याङ्कीमा यसले फूल पार्ने गर्दछ। यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ। मांसपेशी र हाडजोर्नीहरू दुख्ने, शरीरमा बिमिराहरू देखापर्नेलगायत लक्षणहरू यसमा देखिन्छन्।  , डेंगु विरूद्धको खोप तथा खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट सुरक्षित रहन आवश्यक रहेको विज्ञको भनाइ छ। ,रासस, डेंगुका बिरामी घट्दै
सेतोपाटी संवाददाता राष्ट्रिय पुस्तकालयलाई पुरानो बसपार्कको निर्माणाधीन भवनमा सार्न माग गर्दै अभियन्ताहरूले राष्ट्रपति विद्या भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन्।, भुइँचालोपछि पुस्तकालय भवन पुनर्निर्माण हुन नसकेका बेला अभियन्ताहरूले बसपार्कमा निर्माणाधीन टावरको निर्माण कार्य रोकेर त्यसको सट्टा पुस्तकालय सार्न मंगलबार राष्ट्रपति भण्डारीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्।, ‘राष्ट्रिय पुस्तकालय बन्न नसक्दा ऐतिहासिक कागजात र पुराना किताबहरू बोरामा कोचेर राखिएका छन्। ती नासिँदै जाने अवस्थामा छन्,’ पत्रमा लेखिएको छ, ‘पुराना ग्रन्थ र ऐतिहासिक दस्तावेज नासिँदै जाँदा ज्ञानको स्रोत नै सुक्ने जोखिम छ।’, उक्त अवसरमा राष्ट्रपति भण्डारीले दयनीय अवस्थामा रहेका पुस्तकलाई अस्थायी रूपले सुरक्षित राख्ने गरी तत्काल कुनै स्थान खोज्न पहल गर्नुपर्ने बताएकी छन्। पुरानो बसपार्कमा भइरहेको निर्माणबारे आफूले पटकपटक सुझाव दिएको तर हालसम्म यस विषयमा कुनै खास उपलब्धि हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरेकी छन्।, उक्त निर्माणाधीन भवनलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने वा नसकिनेबारे केन्द्रीय तथा स्थानीय सरकारसँग छलफल गर्ने समेत उनले बताइन्।, वरपर अग्ला भवन बनाउँदै जाने हो भने काठमाडौंको मुटुमा रहेको खुला क्षेत्र टुँडिखेल कचौराजस्तो हुनेबारे आफूलाई अवगत भएको उनले उल्लेख गरिन्।, राष्ट्रिय पुस्तकालयको संग्रहमा करिब तीन सय वर्ष पुराना हस्तलिखित ग्रन्थ र महत्वपूर्ण कागजात छन्। संरक्षण अभावमा तीमध्ये धेरै ग्रन्थ र कागजात ढुसी र कीराले खान थालिसकेका छन्। तिनको संरक्षण गर्न अहिले बसपार्कमा टावरको निर्माण कार्य रोकेर त्यसको ठाउँमा पुस्तकालय राख्न उचित हुने भनेर अभियन्ताहरूले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका हुन्।, भुइँतलामा बसपार्क र माथि पुस्तकालय राख्दा त्यसले बसपार्कको शोभा बढ्ने उनीहरूले औंल्याएका छन्।, राष्ट्रपति विद्या भण्डारीलाई मंगलबार ज्ञापनपत्र बुझाउन शितल निवास गएका अभियन्ताहरू।,  , राष्ट्रिय पुस्तकालय पुरानो बसपार्कको निर्माणाधीन भवनमा सार्न राष्ट्रपतिकहाँ ज्ञापन
शोभा शर्मा मेरो मोबाइलमा हरेक महिनाको एक दिन उनको फोन आउँछ।, सोमबार पनि आयो।  , 'म सर्वोच्च अदालतमा आएकी छु। कर्मचारी खाजा खान गएका रहेछन्। मुद्दा कहाँ पुग्यो भनेर सोध्न आया हुँ,' मैले फोन उठाउन नपाउँदै उनले भनिन्।, 'के हुन्छ भन्नुस् है' भनेर मैले फोन राखेँ।, उनी मानव बेचविखनमा परेकी महिला हुन्। मुद्दामा उनको परिवर्तित नाम छ- सिस्ने हिमाल।, २०७१ साल वैशाख १ गते उनलाई रूकुमकै ज्ञानेन्द्र चनरा र उनकी पत्नी रेणुका, काठमाडौंका श्याम डंगोल र सुनिता मुरमुरले रूकुमबाट काठमाडौं ल्याएर विराटनगर, काकडभिट्टा हुँदै भारत पुर्‍याएका थिए।, भारतको कलकत्ताबाट दुबई हुँदै सिरिया पुर्‍याएर बेच्न भने सुनसरीका भक्ते परियार, टोपेन्द्र अधिकारी (टोपलाल अधिकारी) र कल्पना सार्कीले पनि भूमिका खेलेको भन्दै सिस्ने हिमालले जाहेरी दिएकी थिइन्।, जिल्ला अदालत र उच्च अदालतले दोषीलाई कारबाही गर्ने फैसला गरिसकेको छ।, तर उच्च अदालतको उक्त फैसलाविरूद्ध डंगोलले सर्वोच्चमा पुनरावेदन दिएका छन्। उनी हाल जेलमा छन्।, यही मुद्दा खेप्न झन्डै चार वर्षदेखि उनी कर्णाली प्रदेशको आफ्नो गाउँबाट काठमाडौं आएकी छन्। आफूलाई सिरिया पुर्‍याएर बेच्नेहरूले मार्ने धम्की दिएपछि उनी गाउँबाट भागेर काठमाडौं आएकी थिइन्। मुद्दा कहिले सकिएला र आफूलाई बेच्नेहरूलाई जेल जालान् भन्ने प्रतीक्षामै उनका चार वर्ष काठमाडौंमा बते।, उनको मुद्दा भने झन्डै दुई वर्षदेखि सर्वोच्चमा झुलिरहेको छ। , सोमबार कार्यालय समय सकिएपछि मैले उनलाई सोधेँ, 'के भएछ?', जिल्ला अदालतले दस वर्ष कैद गरेको फैसला उल्ट्याएर उच्च अदालतले बीस वर्ष कैद सुनाएपछि डंगोलले सर्वोच्चमा पुनरावेदन हालेका थिए। अरू प्रतिवादीलाई पनि पुनरावेदन गर्ने मौका दिन सर्वोच्चले म्याद काटेको रहेछ। त्यही म्याद तामेल भएको पत्र नआएकाले उनको मुद्दा पेसीमा नचढाएको जवाफ पाएपछि उनी छक्क परिन्।, 'सुनिता मुरमुर भन्ने प्रतिवादी यहाँ पुनरावेदन गर्न आएपछि बल्ल तपाईंको मुद्दामा सुनुवाइ हुन्छ,' कर्मचारीले दिएको जानकारी उनले मलाई बताइन्।, अदालतका कर्मचारीलाई उनले भनिछन्, 'पत्र लिन र ल्याउन कहाँ जानुपर्ने हो म जान्छु नि त!', तर ती कर्मचारी फिस्स हाँसेर भनेछन्- तपाईं गएर हुँदैन।, सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रतिवादीहरूलाई पुनरावेदन गर्ने सूचना बुझाएको सय दिनभित्र पुनरावेदन नगरे बल्ल मुद्दा पेसीमा चढ्ने प्रक्रिया छ। , सर्वोच्चमा रहेको सिस्ने हिमालको फाइल अनुसार सुनिता मुरमुरले म्याद बुझे नबुझेको जानकारी अहिलेसम्म आएको छैन। यस्तो जानकारी पठाउन सर्वोच्चले भदौ १० गते उच्च अदालत पाटनलाई लेखि पठाएको छ। , कर्मचारीका कुरा सुनेपछि उनी फर्किइन्। यसरी सर्वोच्च धाउन थालेको झन्डै दुई वर्ष हुन आँट्यो। कर्मचारीबाट उस्तै खाले जवाफ सुन्छिन्, फर्किन्छिन्।, उनको मुद्दाको फलोअप गर्नु सरकारी वकिलको जिम्मेवारी हो भन्ने उनलाई थाहा छ। तर सरकारी वकिलको पनिविश्वास गर्न नसक्ने बताउँछिन्।, 'जाहेरी दर्तै गर्ने बेला पुलिसले त नमानेर महिनौं लगाएको थियो। हामी जस्ता गरिब र कोही नभएका मानिसको दुःख सुन्ने वा बुझ्ने कोही हुन्न,' उनले भनिन्, 'यो मुद्दा मलाई पो ठूलो कुरा हो। सरकारी वकिललाई त एउटा मुद्दा मात्रै हो। उसले मैले झैं कसरी बुझ्ला र? त्यसैले म बुझ्न आइरहन्छु।', बीचमा लकडाउन भएकाले पनि उनको मुद्दा प्रक्रियामा ढिलाइ भयो। मुद्दा लड्न काठमाडौंमा उनी भौतारिँदा आफूले दु:ख पाएको बताउँछिन्। उनले जसविरूद्ध मुद्दा दिएकी थिइन्, उनीहरूले केही गर्छन् कि भन्ने डर छँदैछ।, लकडाउनमा उनको मुद्दा मात्र ढिलो भएन, जीवन धान्न पनि सकस भयो।, 'म एक-दुई ठाउँमा घरसरसफाइको काम गर्थेँ र एउटा घरमा भाडामा बस्थेँ। लकडाउन सुरू हुनेबित्तिकै घरबेटीले निकाले,' उनले भनिन्, 'म कैयौं दिन भद्रकाली मन्दिर अघि बसेँ।', त्यसपछि उनी केही समय आफ्नो गाउँ पनि गएकी थिइन्। तर उनलाई त्यहाँ बस्न गाह्रो भयो।, 'धम्कीका खबरहरू आइरहन्छन्। आमा, दिदीबहिनीहरू डराउँछन्। म भइनँ भने बरू कसैले केही भन्दैन। गाउँमा पनि बस्न नसकेपछि फेरि म काठमाडौं आएँ,' उनले भनिन्।, उनकी किशोर उमेरकी छोरी पनि छन्। पछिल्ला दुई वर्ष छोरीलाई एउटा गैरसरकारी संस्थाले आश्रय दिएको थियो। अहिले भने आमाछोरी सँगै बस्छन्। उनीहरू दुवै कामको खोजीमा भौंतारिरहेका छन्।, दुई वर्षअघि उच्च अदालत, पाटनले सिस्ने हिमालको बेचबिखन गर्नेलाई कैद सुनाएको थियो। कतिपय कसुरदारलाई अभियोगबाटै छुटकारा दिने अनुसन्धान अधिकृत, सरकारी वकिलका साथै मुद्दा लागेका अभियुक्तलाई सफाइ दिने जिल्ला न्यायाधीशमाथि टिप्पणी पनि उठाएको थियो।, ज्ञानेन्द्र, सुनिता र श्यामलाई प्रहरीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयले मुद्दा चलाएको थियो। जसमध्ये जिल्ला अदालतबाट श्यामलाई दस वर्ष कैद भए पनि ज्ञानेन्द्र र सुनिताले सफाइ पाएका थिए।, जिल्ला अदालतले कम सजाय गरेका श्याम डंगोल र सफाइ पाएका ज्ञानेन्द्र चनरा र सुनिता मुरमुरलाई जनही बीस वर्ष कैद, दुई लाख जरिवाना र पीडितलाई दुई लाख नै क्षतिपूर्तिको फैसला गर्दै न्यायाधीश यज्ञराज भट्ट र टेकनारायण कुँवरको इजलासले यस्तो टिप्पणी उठाएको थियो। यो फैसला असार ३१ गते भएको थियो।, सिस्ने हिमालले भने आफूलाई बेचविखन गर्ने कार्यमा यी तीनबाहेक भक्ते परियार, कल्पना सार्की र टोपेन्द्र अधिकारी पनि थिए भन्दै जाहेरी दिएकी थिइन्।, जाहेरीमा उल्लेखित परियार, सार्की र अधिकारी तथा पीडितलाई प्रलोभन पार्नेदेखि सिरियासम्म पुर्‍याउने रेणुका चनरालाई अनुसन्धानको दायरामा नल्याउने र अभियोजन पनि प्रहरी र सरकारी वकिलको कार्य बदनियतपूर्ण  देखिएको टिप्पणी उच्च अदालतले गरेको छ। उनीहरूलाई मुलुकी अपराध संहिता अन्तर्गत कारबाही गर्नुपर्ने देखिएको उक्त टिप्पणीमा उल्लेख छ।, उक्त दफामा बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने भनिएको छ। यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ।, पीडित सिस्ने हिमालले भने उच्च अदालतको फैसलाले न्याय दिएको बताइन्। तर आफूलाई सिरिया पठाउने भक्ते परियार, कल्पना सार्की र टोपराज अधिकारीलाई पनि कानुनी कठघरामा ल्याएपछि मात्र आफ्नो मन शान्त हुने उनको भनाइ छ।, 'अदालतले तीन जनालाई गरेको सजाय त ठीक लाग्यो। तर मलाई बेच्ने अझ तीन जना त अहिले पनि खुलेआम घुमिरहेका छन्। उनीहरू जेल नपुगी मलाई पूरै न्याय हुँदैन,' उनले भनिन्, 'उनीहरू जेल नजाउन्जेल म सुरक्षित हुन्छुजस्तो पनि लाग्दैन।', २०७१ साल वैशाख १ गते ज्ञानेन्द्र, सुनिता र श्याम डंगोलले उनलाई रूकुमबाट काठमाडौं ल्याएर विराटनगर काँकडभिट्टा हुँदै भारत पुर्‍याएका थिए। पाँच दिनपछि भारतको कलकत्ताबाट दुबई हुँदै सिरिया पुर्‍याएर उनलाई बेचिएको थियो।, सिस्ने हिमाललाई डंगोलले कम्पनीमा काम लगाइदिने लोभ देखाएका थिए। डंगोलसँग भने ज्ञानेन्द्र चनराले भेटाएका थिए। सिस्ने हिमाललाई कलकत्ता पुर्‍याएर उनीहरूले भक्ते परियार र टोपराज अधिकारीको जिम्मा लगाएका थिए। ती दुबैले सिस्ने हिमालसहित पाँच जना केटीलाई कलकत्तादेखि दुबई पठाए। त्यहाँबाट उनीहरूकै च्यानलका एक व्यक्तिले सिरिया पठाएका थिए।, सिरिया पठाएपछि मात्र आफूलाई सात हजार अमेरिकी डलरमा बेचिएको थाहा पाएको सिस्ने हिमालले अदालतमा बयान दिएकी थिइन्। सिरियामा भएको यो समूहको अफिसले उनलाई एउटा घरमा काम गर्न भन्दै पठाएको थियो। त्यहाँ आफूलाई खान नदिने, यौन शोषण गर्ने, कुटपिट गर्ने, काम गरेको पैसा नदिनेलगायतका शोषण गरेको सिस्ने हिमालले अदालतसमक्ष बयान दिएकी थिइन्।, तीन महिना काम गरेपछि उनी बिरामी परिन्। त्यो परिवारले उनलाई अफिस फर्काइदिएको थियो। त्यो अफिसका कर्मचारीले आफूलाई दिनदिनै यातना दिने गरेको सिस्ने हिमालले बताइन्। सिरियाको दमास्कसस्थित उक्त अफिसमा दुई महिना बसेपछि उनले लुकेर परिवारसँग सम्पर्क गरेकी थिइन्।, परिवारले अफिसमा दुई लाख पैसा पठाइदिएपछि उनलाई फर्काइएको थियो। फर्केर आएलगत्तै उनले ज्ञानेन्द्र, श्याम डंगोल, सुनिता मुरमुर, भक्ते परियार, टोपराज अधिकारी र कल्पना भन्ने एक महिलाले मिलिजुली आफूलाई बेचेको भन्दै जाहेरी दिएकी थिइन्।, सुरूमा प्रहरीले उनको जाहेरी लिएन। चार महिनापछि विभिन्न संघसंस्थाको सहयोगमा बल्ल उनले प्रहरीमा जाहेरी दर्ता गराउन सफल भइन्। जाहेरी दर्ता भएको एक वर्षपछि ज्ञानेन्द्रलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि  श्याम र सुनितालाई पक्राउ गर्‍यो।, प्रहरीले सबैविरूद्ध मुद्दा लगे पनि सरकारी वकिलले भने भक्ते परियार, टोपराज अधिकारी र कल्पनालाई फरार रहेको र ठेगाना नमिलेको भन्दै मुद्दा चलाएन। जबकी सिस्ने हिमालले सिरियाको अफिसबाट फेला पारेर ल्याएको ६ जनाकै ठेगाना र पासपोर्टको फोटोकपी प्रहरीलाई बुझाएकी थिइन्।, सिस्ने हिमालले प्रहरीमा उजुरी दिएपछि ज्ञानेन्द्र र श्यामको समूहले उनलाई मुद्दा फिर्ता लिन धम्की दिएका थिए।, रूकुम घर भएकी सिस्ने हिमाल तीनवर्षदेखि काठमाडौंमा छिन्। ज्ञानेन्द्रलाई अदालतले छोडिदिएपछि उनले ज्यान मार्नेसम्मका धम्की दिएकाले घर छोड्नु परेको उनले बताइन्।, 'उनीहरूले मलाई नसकेपछि छोरीलाई मार्ने धम्की दिए अनि मैले घर छोड्नुपर्‍यो,' सिस्ने हिमालले सेतोपाटीसँग भनिन्, 'मुद्दा काठमाडौंमै भएकाले म यहीँ आएकी हुँ।', यो पनि पढ्नुहोस्ः , ‘कस्तो कुरा गर्नुहुन्छ म्याम? उनीहरूले मलाई बेचेका थिए!’, मुद्दाको पेसी चढ्यो कि भन्दै अदालत धाइरहेकी 'सिस्ने हिमाल'
सेतोपाटी संवाददाता जनकपुरको एक कपडा पसलमा आगलागी भएको छ।, वडा नम्बर ८ स्थित रामानन्द चोकबाट प्रादेशिक अस्पताल जाने बाटोमा रहेको पसलमा आज बिहान सवा १० बजे आगलागी भएको प्रहरीले जनाएको छ।, उमाकान्त चौधरीले सञ्चालन गरेको कपडा पसलमा भएको आगलागीबाट दुई करोड रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको धनुषा प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।, उनका अनुसार पसलमा चौधरीकी पत्नी एक्लै रहेको बेला विद्युत सर्ट भएर आगो लागेको थियो । , आगलगीबाट पसलमा रहेको सबै कपडा र फर्निचरको सामान जलेर नष्ट भएको छ। बारुण यन्त्रको सहयोगमा स्थानीयले आगलागी नियन्त्रणमा लिएका थिए।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।, जनकपुरमा कपडा पसलमा आगलागी, दुई करोड बराबरको क्षति
सेतोपाटी संवाददाता काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित कपनबाट एक जना बालक हराएपछि प्रहरीले खोजी थालेको छ।, भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सम्पर्कविहीन भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।, उनका अनुसार बालक सोमबार साँझ चार बजेदेखि सम्पर्कविहीन भएका थिए। मंगलबारसम्म पनि बालक सम्पर्कमा नआएपछि परिवारले प्रहरीको कन्ट्रोल नम्बरमा सम्पर्क गरेको थियो।, एसएसपी सिंहले बालक आफ्नै बुवाका छिमेकी साथी शंकर दाससँग गएको देखिएको बताए।, तर अहिलेसम्म सम्पर्कमा नआएको हुँदा खोजी भइरहेको उनले बताए।, 'एउटै टोलमा बस्नेहरू हुन्। बालक आफ्नो बुवाको छिमेकी साथीसँग गएको देखिएको र उनले रक्सी पनि खाएको भनेर रिपोर्टिङ भएको छ,' उनले भने,'हामी खोज्दैछौं।', विनोद र शंकर दुबै जना सँगै शिशाको काम गर्ने साथीहरू हुन्।  , अहिलेसम्म यो घटना अपहरण नै हो वा होइन भन्ने खुलिनसकेको उनले बताए।, 'यो अपहरण हो जस्तो मलाई लाग्दैन,' उनले भने।, कसैले फिरौतीको माग गरी परिवारलाई सम्पर्क समेत गरिनसकेको प्रहरीले जनाएको छ।,  , कपनबाट ४ वर्षका बालक हराएपछि खोजी गर्दै प्रहरी
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्जले चितवनको कालिका-११ घर भएका ठूलोकान्छा प्रजाविरूद्ध गैंडा मारी खाग तस्करीको मुद्दा २०६७ सालमै दर्ता गरेको थियो। २०७२ साल असार ३० गते उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भयो।, ठूलोकान्छासँगै उनका छोरा करण प्रजाविरूद्ध पनि १५ वर्षको कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो। त्यतिखेर गैंडा मार्ने कार्यमा ठूलोकान्छा र उनका १४ वर्षीय छोरा संलग्न रहेको भनेर मुद्दा दर्ता भई फैसला भएको थियो। उनीहरू पक्राउ परेनन्।, उनी कहिले ठूलोकान्छा, कहिले सागर प्रजा नाम बताएर ठाउँ फेर्दै बस्ने गरेका थिए। पछि निकुञ्जले सागर प्रजा नामका व्यक्ति माथि गैंडा चोरी सिकारीकै अर्को मुद्दा दर्ता गर्‍यो। उक्त मुद्दामा उनलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भयो। निकुञ्जले ती व्यक्ति तिनै ठूला कान्छा हुन् भन्ने ठाने पनि गलत निस्कियो। उनी लामो समयसम्म पक्राउ परेनन्।, गैंडा मारेर खाग बिक्री गर्ने गिरोहको खोजीमा रहेको टोलीले गत भदौमा काठमाडौंबाट कवि नामले चिनिने रामकुमार श्रेष्ठलाई पक्राउ गर्‍यो। तस्करको खोजीमा रहेको टोली रामकुमारको सूचनाका आधारमा विन्द्रसिंह प्रजासम्म पुग्यो। रामकुमारले २०७७ जेठमा निकुञ्जको घाँघरपोष्टदेखि डेढ किलोमिटर पर पर्ने ढड्डाघारीमा गैंडा मार्न आफूले विन्द्रसिंहलाई पनि पठाएको बयान दिएका थिए। उनकै सूचनाको आधारमा तनहुँबाट गत जेठ ७ गते पक्राउ परेका थिए विन्द्रसिंह।, विन्द्रसिंह उनै व्यक्ति थिए जसलाई गैंडाको चोरी सिकारीको मुद्दामा १२ वर्षअघि निकुञ्जले मुद्दा दायर गरेको थियो ६ वर्षअघि सजायको फैसला भएको थियो। कहिले ठूलोकान्छा, कहिले सागर प्रजाको नामबाट चोरी सिकारीमा संलग्न हुने गरेका उनको वास्तविक पहिचान सजाय तोकिएको ६ वर्ष पछि बल्ल भयो।, रामकुमारकै सूचनाको आधारमा निकुञ्जको टोली मकवानपुरको साविक सरिखेत गाविस-९ ठेगाना भएका करण मोक्तानसम्म पुग्यो। २९ वर्षीय करण मोक्तान निकुञ्जले २०६७ सालमै गैंडा चोरी सिकारीको मुद्दा दर्ता गरेका विन्द्रसिंहका छोरा करण प्रजा थिए। चितवन घर भएका उनले मकवानपुर पुगेर मोक्तान थर राखेर नागरिकता बनाएका थिए।, फरार अभियुक्तका रूपमा रहेका विन्दरसिंह प्रजा अहिले जिल्ला कारागार चितवनमा छन्। उनीविरूद्ध २०७७ सालमा अर्को गैंडा मारेको मुद्दा पनि थपिएको छ।   , निकुञ्जकाअनुसार बमबहादुर प्रजा नामका व्यक्ति विन्द्रसिंहका नजिकका आफन्त हुन्। निकुञ्जको फरार अभियुक्तको सूचीमा रहेका उनको संलग्नतामा अहिलेसम्म गरेर करिब एक दर्जन गैंडा मारेका छन्। बमबहादुरकै संरक्षणमा विन्द्रसिंह, करणलगायतका धेरै चेपाङहरू गैंडा तस्करीमा संलग्न छन्।, खागको पछि लाग्दा भेटिए मृत गैंडा र तस्कर, एकसिंगे गैंडाको खागको कारोबारीको खोजीमा रहेको टोलीले रामकुमार र विन्दरसिंगले दिएको सूचनामार्फत् २०७६ सालको कात्तिकदेखि २०७७ असोजसम्ममा निकुञ्जमा थप ६ वटा गैंडा सिकारीले मारेको रहस्य फेला पारेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। उनीहरूकै सूचनाको आधारमा चारवटा गैंडाको चोरी सिकारीमा संलग्न रहेका ८ जनालाई पक्राउ गरिएको बरालले बताए।, चितवन निकुञ्जले उक्त अवधिमा ६ वटा गैंडाहरू मात्रै सिकारीका कारण मारिएको भेटेको थियो। ती गैंडाको सिकारीमा संलग्न ३१ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो।, ‘खाग बिक्रीमा संलग्न व्यक्ति पक्राउ परेपछि थप ६ वटा गैंडासमेत सिकारीले मारेको जानकारी पाइयो, उसले भनेअनुसार खोज्दै जाँदा गैंडाका अवशेषहरू फेला परे,’ बरालले भने, ‘सिकारीमा संलग्न भएको आशंकामा ८ जनालाई समात्यौं, थप ९ जना फरार छन्।’, रामकुमारलाई निकुञ्जले यसअघि पनि २ पटक पक्राउ गरेको थियो। तर उनी धरौटीमा छुट्दै आएका थिए।, कोरियाबाट फर्केर बने गैंडा सिकारी, नवलपुरको बुलिंगटार-१ कोटथर ठेगाना भएका ३२ वर्षीय गोपाल सारू ५ वर्ष कोरिया बसेर फर्किए। चतुरे नामले चिनिने उनी गैंडाकोट-१ धारापानी बस्थे।, कोरियाबाट फर्किएपछि उनले केही साथीसँग मिलेर काठको व्यवसाय गर्ने सोच बनाए। व्यवसायको योजनाको सिलसिलामै उनको भेट रामकुमार श्रेष्ठसँग भयो। उनको काठको व्यवसाय सफल भएन। , लामो समय विदेश बसे पनि खासै पैसा कमाउन नसकेका गोपाललाई नेपालमा धेरै पैसा कमाउने काम चाहिएको थियो। रामकुमारले उनलाई सजिलोसँग धेरै पैसा आउने काम लगाइदिए ‘गैंडा सिकारी’ को। उनले २०७७ भदौमा निकुञ्जको आइल्याण्ड क्षेत्रमा गैंडा मारेको स्वीकार गरेको सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए। गोपाल सारू गत साउन ३२ गते पक्राउ परेका थिए। आइल्याण्ड क्षेत्रमा गैंडा मार्ने कार्यमा संलग्न अन्य ४ जना भने फरार रहेको अधिकारीले बताए।, सिकारीमा तीन दाजुभाइ, मकवानपुरको मनहरी गाउँपालिका-४ मसिने टोग्राङ खोला बस्ने ३० वर्षीय जयबहादुर प्रजा, ३६ वर्षीय दिलबहादुर प्रजा र सुरेश प्रजा दाजुभाइ हुन्। एकाघरका चार दाजुभाइमध्ये यी तीन जना गैंडा तस्करीको अभियोगमा पक्राउ परेका छन्।, जयबहादुर र दिलबहादुरमाथि सौराहाको पारि पर्ने बहपुर खोला क्षेत्रमा २०७६ कात्तिकमा गैंडा मारेको अभियोग छ। सुरेशमाथि करण प्रजा र मनहरीकै २७ वर्षीय सरोज मोक्तानसँग मिलेर निकुञ्जको घाँघर क्षेत्रमा पर्ने बाटुली चौरको खोल्सीमा २०७७ सालको असोजमा गैंडा मारेको अभियोग छ।, मोक्तानलाई भने फोक्सोमा समस्या देखिएपछि सम्बन्धित वडा कार्यालयको रेखदेखमा रहने गरी परिवारको जिम्मा लगाइएको अधिकारीले बताए।, निकुञ्जले घाँघरपोष्टदेखि डेढ किलोमिटर पर पर्ने ढड्डाघारीमा २०७७ जेठमा गैंडा मारेको अभियोगमा माडी-७ देवेन्द्रपुरका राजन गुरुङलाई पनि नियन्त्रणमा लिएको छ। आठै जनालाई मंगलबार अदालतमा पेश गरिएको प्रमुख संरक्षण अधिकृत बरालले बताए।, सिकारी नयाँ, परिचालन गर्ने व्यक्ति उही, गैंडा मारेर खाग विदेशीलाई बिक्री गरेको अभियोगमा चितवन निकुञ्जले पक्राउ गरेर मुद्दा चलाएको नाङ्गे तामाङ केही दिनअघि पुर्पक्षका लागि कारागार चलान भएका छन्। अहिले पक्राउ परेका रामकुमारले तिनै नाङ्गे लगायतका व्यक्तिसँगको समन्वयमा गैंडा मार्ने व्यक्तिहरू परिचालन गर्ने काम गर्ने गरेका थिए।, फरार रहेका भनिएका बमबहादुर पनि गैंडा मार्न सोझा तथा विपन्न व्यक्तिहरू तयार पार्ने काम गर्ने गरेको सूचना पाएको बरालले बताए। उनीहरूले केही हजार रुपैयाँ दिएर त्यस्ता व्यक्तिहरूलाई गैंडा मार्न प्रयोग गर्ने गरेको निकुञ्ज बताउँछ।, ‘गैंडा मार्ने काममा संलग्न व्यक्ति नयाँ आए पनि उनीहरूलाई परिचालन गर्ने व्यक्ति उही छन्,’ प्रमुख संरक्षण अधिकृत बरालले भने, ‘निकुञ्जले उनीहरूलाई पक्राउ गर्न सक्दो प्रयास गरिरहेको छ।’, उनले निकुञ्जको सूचना संयन्त्र कमजोर र तस्कर पत्ता लगाउन आवश्यक पर्ने प्रविधि स्तरीय नहुँदा तस्करलाई नियन्त्रणमा लिन अप्ठेरो भइरहेको बताए।, ‘तस्करहरू नाम, ठेगाना, मोबाइल नम्बर परिवर्तन गरेर हिँडिरहेका छन्। उनीहरूसम्म पुग्न जुन किसिमको सूचना संयन्त्र र प्रविधि आवश्यक पर्ने हो त्यो हामीसँग नहुँदा समस्या भइरहेको छ,’ उनले भने, ‘तैपनि हामी भएका स्रोत, साधन र जनशक्तिको परिचालन गर्दै खटिरहेका छौं।’, उनले निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सिआइबीलगायतको सहयोगमा तस्करी नियन्त्रणका लागि काम भइरहेको बताए।   , नाम, ठेगाना बदल्दै गैंडा तस्करी
खिलानाथ ढकाल संगठनको सिफारिसबिना सोर्सफोर्समा विभूषण पाउने प्रहरीको कार्यसम्पादन मूल्यांकन (कासमू)मा दुई नम्बर काटिने भएको छ।, वितरणमा व्याप्त विकृतिले विभूषणको गरिमा घटाइरहेका बेला प्रहरी प्रधान कार्यालयले आफ्नो संगठनभित्र यस्तो नीति कार्यान्वयनमा ल्याएको हो।, प्रधान कार्यालयले नीति नै बनाएर सोर्सफोर्समा विभूषण लिने प्रहरी कर्मचारीले त्यसबापत पाउने दुई नम्बर काट्न थालेको हो।, विभूषण पाएवापत प्रहरीको कार्यसम्पादन मूल्यांकनमा दुई नम्बर थपिने गरेको छ। विभूषणको नम्बर काट्न कानुनत: नमिल्ने भएकाले प्रधान कार्यालय आन्तरिक मूल्यांकनबाट दुई नम्बर काट्न थालेको हो।, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले गत वर्षबाट नीति नै बनाएर सोर्सफोर्समा विभूषण थाप्ने प्रहरीहरूको कार्यसम्पादन मूल्यांकनमा नम्बर काट्न थालेका हुन्।, प्रहरी महानिरीक्षकको सचिवालय स्रोतका अनुसार यसपालि १२६ जना प्रहरीले विभूषण पाएका थिए। त्यसमध्ये ७० जनाले प्रहरी प्रधान कार्यालयको सिफारिसमा र बाँकी ५६ जनाले सोर्सफोर्समा विभूषण पाएका थिए।, प्रहरी प्रधान कार्यालयले १४० हाराहारीमा विभूषणका लागि सिफारिस गरेको थियो। तर, गृह मन्त्रालयले ७० जनाको नाम स्वीकृत गरेको थियो।, ‘यहाँबाट सिफारिस भएकोजति नै संख्या सोर्सफोर्सबाट पुग्न थालेपछि प्रहरी महानिरीक्षकले नीति बनाएरै कार्यसम्पादन मूल्यांकनमा दुई अंक घटाउन थाल्नुभएको हो,’ प्रहरी महानिरीक्षक सचिवालय स्रोतले सेतोपाटीसँग भन्यो।, गृहमन्त्रीको अध्यक्षतामा रहेको समितिले विभूषणको अन्तिम निर्णय गर्छ। गत असोज ३ गते संविधान दिवसको अवसर पारेर सरकारले ९०३ जनालाई विभूषण दिने निर्णय गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच सिफारिसमा परेकाहरूलाई विभूषण दिनेछिन्।, विभिन्न शक्तिकेन्द्र, मन्त्री र नेताको सोर्सफोर्स लगाएर प्रहरीहरू विभूषणमा आफ्नो नाम सिफारिस गराउने गरेका छन्। यसरी थापिने विभूषणले देश र जनताको लागि काम गरेका र पाउनैपर्ने व्यक्तिको सम्मानभन्दा अपमान हुने गरेको छ।, ‘अन्यत्र निकायमा के कसो छ हामीलाई जानकारी छैन, तर प्रहरी संगठनभित्र धाएर पाउने व्यक्तिको कार्यसम्पादन मूल्यांकनमा नम्बर काट्न थालिएको हो,’ प्रधान कार्यालय स्रोतले भन्यो।, धाउने परिपाटी घट्दै जाओस् र त्यसरी धाएबापत पाएको मेडलले थपिने अंकजति नै आन्तरिक मूल्यांकनबाट घट्ने हुनाले अर्थहीन हुन जान्छ भन्ने मनोविज्ञानको विकास गर्न यस्तो नीति ल्याइएको प्रहरी महानिरीक्षकनिकट स्रोतले बतायो।, यसअघिका प्रहरी प्रमुखहरूले धाएर पाए पनि सिफारिस गरेर पाए पनि आन्तरिक मूल्यांकनमा दिइने नम्बर घटाउँदैनथे। त्यसरी विभूषण लिने व्यक्तिले शक्ति केन्द्र रिझाइरहनु पर्ने, प्रहरीको काम कार्बाहीमा उनीहरूको हस्तक्षेप बढ्न जाने र प्रहरीको निष्पक्ष कार्यसम्पादनमा बाधा पर्ने बुझाइ प्रहरी प्रधान कार्यालयको छ।  , जिल्लामा प्रमुख जिल्ला अधिकारीले पनि कसै-कसैको नाम विभूषणमा सिफारिस गर्ने गरेका छन्। सिफारिस भएका नाम प्रहरी प्रधान कार्यालयमै आउने गरेको छ र कार्यालयले स्वीकृत गरी नामावली पठाउने नीति लिइएको एक अधिकारीले बताए।, प्रहरीमा यतिबेला कार्यसम्पादन मूल्यांकनको सिजन छ। साउनदेखि सुरू भएर असोज महिनामा कार्यसम्पादन मूल्यांकनको अन्तिम टुंगो लाग्छ।, प्रहरीमा कार्यसम्पादन मूल्यांकन समिति छ। समितिले मूल्यांकन गरेपछि त्यसमाथि हुने पुनरावलोकन समितिमा पठाउँछ। पुनरावलोकन समितिमा आइपुग्दा प्रहरी महानिरीक्षक वा प्रहरी अतिरिक्त महानिरीक्षकले प्रहरी कर्मचारीलाई अंक दिन्छन्।, कनिष्ठ प्रहरीलाई एआइजी र प्रहरी निरीक्षकदेखि एआइजीसम्मलाई प्रहरी महानिरीक्षकले आन्तरिक मूल्यांकनमा दुई नम्बर दिने चलन छ।, कार्यसम्पादन मूल्यांकनले प्रहरी कर्मचारीको ‘करिअर’मा प्रभाव राख्ने हुँदा उच्च महत्व हुने गर्छ। प्रहरी महानिरीक्षकले दिने अंककै कारण प्रहरीको तहगत वृत्ति विकासको ढोका खोल्ने गरको छ।, सरुवा, बढुवा, पुरस्कार, मिसनलगायतमा कार्यसम्पादन मूल्यांकनले प्रभाव पार्ने गरेको छ।, कार्यसम्पादन मूल्यांकनबारे सम्बन्धित व्यक्तिलाई थाहा हुँदैन। गोप्य सिलबन्दी गरी कासमू लोकसेवा आयोग, कर्मचारी प्रशासन शाखा र गृह मन्त्रालयमा जाने गरेको छ।, कतिपय बढुवामा कार्यसम्पादन मूल्यांकन खोज्दै अदालतसम्म पुग्ने गरेका उदाहरण पनि छन्।, यससपालि २५ किसिमका विभूषण घोषणा गरिएको छ। त्यसमा ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार र ६ किसिमका पदक छन्।, अहिले अधिकार सम्पन्न निकायमा बसेको व्यक्तिले आफ्नो नाम आफैं पठाउने, उच्च ओहोदामा रहेकाहरूसँग आफ्नो सिफारिसका लागि ‘लविङ’ गर्ने गरेका छन्। सरकारमा प्रतिनिधित्व गर्ने दलगत आधारमा पनि विभूषण सिफारिस हुने गरेकाले आलोचना बढेको छ।, वर्षमा एक पटक देश र जनताका लागि काम गर्ने व्यक्तिलाई सरकारले सम्झिँदै कदरस्वरुप विभूषण दिने गरेको छश्र, पदकमा विकृति बढेपछी कतिपयले लिन अस्वीकार पनि गर्न थालेका छन्।, सोर्सफोर्समा विभूषण पाउने प्रहरीको कार्यसम्पादन मूल्यांकनमा काटिन थाल्यो दुई नम्बर
युनिक श्रेष्ठ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित कपनबाट हराएका एक बालक भारतको बिहारमा सकुशल भेटिएका छन्।, भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सोमबार साँझ ४ बजेदेखि सम्पर्कविहीन भएका थिए। उनको खोजी गर्दा बिहारमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।, विनोदकै साथी शंकर दासले उनलाई बिहार लगेको खुलेको हो। भारतीय प्रहरीसँग समन्वय गरी उनीहरूको खोजी गरिएको थियो।, बिहारमा भएका आफन्तहरूले पियुसको जिम्मा लिइसकेको एसएसपी सिंहले बताए। बुवा विनोद छोरा लिन बिहार जान लागेको पनि उनले बताए।, यता शंकरमाथि भने प्रहरीले अनुसन्धान थाल्ने भएको छ। उनले किन त्यसरी बच्चा लगे भन्ने अहिले नै खुलिनसकेको प्रहरीले जनाएको छ।, 'बच्चा लिएर उनी किन बिहार गए भन्ने अहिले नै खुलेको छैन। भारतीय प्रहरीसँग समन्वय भइरहेको छ,' उनले भने।, मंगलबारसम्म पनि बालक सम्पर्कमा नआएपछि परिवारले प्रहरीको कन्ट्रोल नम्बरमा सम्पर्क गरेको थियो। त्यसपछि प्रहरीले बालकको खोजी थालेको थियो।, विनोद र शंकर दुबै जना काठमाडौंमा सँगै शिशाको काम गर्ने साथीहरू हुन्।, बिहारमा भेटिए कपनबाट हराएका चार वर्षीय बालक
सेतोपाटी संवाददाता कर्तव्य ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन्।, पक्राउ पर्नेमा सप्तरी विष्णुपुर गाउँपालिका-६ का ४० वर्षीय मनोजकुमार यादव छन्। प्रहरीले उनलाई सोही ठाउँमा फेला पारेर मंगलबार पक्राउ गरेको हो।, राजविराज नगरपालिका-८ का रामएकवाल सिंहको हत्या आरोपमा उनलाई सर्वोच्च अदालतले २०७४ साल पुस १७ गते जन्मकैद सजाय सुनाएको थियो।, सिंहको २०६५ साल वैशाख २ गते राति हत्या भएको थियो। फैसलायता फरार रहेका उनलाई अदालत बुझाइएकोमा कारागार चलान भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।, जन्मकैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ
रासस मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन्।, खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका मनितामाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।, मंगलबार दिउँसो १ः३० बजे विद्यालयबाट खाजा खानका लागि घर जानेक्रममा तीन बालिकालाई खोलाले बगाएको र दुईजना पौडिएर निस्कन सफल भएको तर एकजना बेपत्ता भएको खबर प्राप्त हुनासाथ स्थानीयवासी र प्रहरीले खोजी गरेका थिए।, बालिकाको शव फेला परेको प्रनानि रिमालले बताए। मृत्यु हुने बालिका राक्सिराङ–८ का कृष्णबहादुर थिङकी १२ वर्षीया छोरी भएको प्रहरीले जनाएको छ।, प्रहरीकाअनुसार मृतक बालिकाको शव डेढ किलोमिटर तल भेटिएको थियो। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकसहितको टोली पुगी अनुसन्धान एवं मुचुल्का उठाउने काम गरेको थियो।, विद्यालयबाट घर फर्केका तीन बालिकालाई खोलाले बगायो: एकको मृत्यु, पौडिएर बाँचे दुई जना
सेतोपाटी संवाददाता नेपालमा सेप्टेम्बर महिनामा कोरोना भाइरसको सङ्क्रमण दर ८.३ प्रतिशतमात्र रहेको पाइएको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना परीक्षण गरिएकोमध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र सङ्क्रमण रहेको पाइएको जानकारी दिए। मंगलबार १४ हजार तीनमा कोभिड–१९ परीक्षण गर्दा एक हजार १५८ मा सङ्क्रमण पाइएको थियो।, उनका अनुसार अघिल्लो अक्टोबर महिनामा कूल परीक्षण गरिएकामध्ये १३.६ प्रतिशत रहेको थियो। एक महिनाको बीचमा सङ्क्रमण दर ५.३ प्रतिशतले कमी आएको छ। यस्तै मन्त्रालयका अनुसार सेप्टेम्बर महिनामा पहिलो मात्रा ३१.३ प्रतिशत र पूर्णमात्रा २८.३ प्रतिशतले जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।, सरकारले यही असोज मसान्तभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ। यस्तै पुसमा दुई तिहाइ र चैत मसान्तसम्म सबै लक्षित नागरिकलाई खोप लगाउने सरकारको तयारी रहेको छ।, यस्तै अक्टोबर महिनामा २४.५ प्रतिशत पहिलो मात्रा र २०.५ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्राको खोप लगाइसकेका थिए।, अहिलेसम्म एक करोड २९ लाख ५८ हजार ५०८ ले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन्। मन्त्रालयले खोप लगाउन बाँकी उमेर समूहले आफ्नो पालोमा खोप लगाउन आग्रह गरेको छ। रासस, नेपालमा कोरोना संक्रमण घट्यो, परीक्षण गरिएकामध्ये ८.३ प्रतिशत मात्रै संक्रमण
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग१६प १६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते जैशीलाई रत्नहरि अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।, मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा छन्।, मोटरसाइकलको ठक्करबाट तनहुँमा एक वृद्धाको मृत्यु
रासस मैथिल र थारु समुदायका महिलाले तीन दिनसम्म जितिया पर्व मनाउँछन्।, यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइन्छ।, मैथिल र थारु समुदायका महिलाले उपवास बसी निराहार एवं निर्जला व्रत बसी बुधबार साँझ व्रत सम्पन्न गर्नेछन्।, बर्तालुले ओंगठन (दही चिउरा सक्खर सहितको प्रसाद खाएर) खाएर बुधबार अपरान्ह पाँच बजेसम्मका लागि उपवास सुरु गरेको जलेश्वरनाथ महादेव मन्दिरका पूजारी उपेन्द्र पाठकले बताए।, व्रत बस्नु अघिल्लो दिन बर्तालुले विभिन्न जलाशयमा स्नान गरी भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ देवतालाई चढाएका थिए।, देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ। सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ को सो दिनलाई नहा खा (नुहाएर खानु) भनिन्छ।, सो दिनको पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ।, त्यसैगरी विधिअनुसार काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरु ओंगठन सम्पन्न गरेको अर्थात केही खानेकुरा ओठमा लगाएका छन्। प्रायः जसो महिलाले ओंगठनमा दही च्युरा खाने गरेको पाइन्छ। त्यसपछि शुरु हुन्छ कठिन उपवासको क्रम।, आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष कठिन रहेको पुजारी पाठकले बताए। सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ।, पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन्। मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ।, राजा शालिवहानको राज्यमा सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ।, मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन रहेको बताइएको छ।, हर्षोल्लासका साथ मनाइँदै जितिया पर्व
डा. अनिल भट्टराई विशेषगरी वयष्कहरूमा रूमाटिक हर्ट डिजिज भन्ने समस्या छ। यो मुटुका भल्भहरू बिगार्ने रोग हो।, मान्छेलाई टन्सिलाइटिसका रूपमा घाँटी दुख्ने, ज्वरो आउने समस्याबाट सुरू भएर कालान्तरमा यसले मुटुका भल्भहरू बिगार्न सक्छ।, अर्को समस्या भनेको कोरोनरी आर्टरी डिजिज हो। यसले कालान्तरमा गएर हृदयाघात गराउन सक्छ। यो रोग विशेष गरेर वंशाणुगत हुनसक्छ।, खानपिनमा आएको परिवर्तन, बोसोजन्य, चिल्लोजन्य, कार्बोहाइड्रेट बढी भएका खानाहरू खाएमा यस्तो रोगको खतरा धेरै हुन्छ। त्यस्तै गुलिया चिजहरू, भात र आलुको मात्रा बढी खाने भए पनि यस्तो समस्या निम्तिन्छ।, त्यसपछि शरीरको तौल नियन्त्रण नहुनु, शारीरिक व्यायामको कमी, अत्यधिक धूमपान, मद्यपान, रगतमा मधुमेह, कोलस्ट्रोलको मात्रा नियन्त्रण नहुनु पनि मुटु रोग लाग्न सक्ने कारणहरू हुन्।, तनावयुक्त जीवनयापन, सुत्ने र उठ्नेको ठेगान नहुने मान्छेहरूलाई समेत मुटु रोग लाग्न सक्छ।, जन्मजात मुटु रोगका बिरामी पनि हुन्छन्। त्यसमा वंशाणुगत कारण, बच्चा पेटमा आएपछि सन्तुलित भोजन अभाव र धूमपान र मद्यपान गर्ने आमाको कारण जिम्मेवार छ।, मुटु रोग लागेको कसरी थाहा पाउने?, यसको पहिलो लक्षण भनेको बच्चा जन्मिनसाथ निलोपना देखिनु हो। हात, औंलाहरू निलो हुनु, बच्चाको उमेरअनुसार तौल नबढ्नु मुटु रोगका लक्षण हुन सक्छन्। आमाको दूध राम्रोसँग चुस्न नसक्नु वा रूघाखोकी धेरै लाग्ने पनि हुन सक्छ।, त्यस्तै मुटुको भल्भ बिगार्ने रोग लागेकाहरूको मुटु चर्कोगरी ढुकढुक हुन्छ। मुटुको ढुकढुकी बाहिरसम्मै थाहा हुने, थकान महसुस हुने, धेरै कामहरू गर्न नसक्ने, उकालो चढ्दा रोकिइरहनुपर्ने अवस्था आउने, खुट्टाहरू सुन्निने मुटु रोगका लक्षण हुन्छन्।, छातीको बाँयापट्टी दुख्ने, पीडा हुने र त्यो दुखाइ हिँड्दा र शारीरिक गतिविधि गर्दा अझै बढ्ने हुन्छ। रोग हो कि होइन भनेर थाहा पाउन चिकित्सककहाँ जानुपर्छ। इसिजी, इको र रगत परीक्षण गरेर मुटु रोग भए-नभएको थाहा पाउन सकिन्छ।, उपचारः, मुटु रोगको उपचारमा धेरै प्रविधि आइसकेका छन्। यसको रोगको प्रकृतिअनुसार उपचार हुन्छ। सानो बच्चाको जन्मजात समस्याको शल्यक्रियादेखि लिएर ओपन हार्ट सर्जरी तथा पालियटिभ सर्जरीसम्म हुन्छ।मुटुमा प्वाल भएको मान्छेको नचिरिकन तार छिराएर उपचार गर्ने प्रविधि समेत छ। मुटुको प्वाल टाल्ने, भल्भ फेर्ने लगायत उपचार गर्न सकिन्छ।, मुटुका नली ब्लक भए जाली हाल्न सकिन्छ। बेलुनले भल्भहरू खोल्न सकिन्छ भने कृत्रिम नली राखेर नली फेर्न मिल्छ। मुटुको चाल कम भयो भने पेसमेकर राख्न सकिन्छ। विशेष गरेर उमेर बढ्दै जाँदा यसको प्रयोग हुन्छ।, सामान्य औषधिबाट पनि मुटुको धेरै उपचार गर्न सकिन्छ। नेपालमा प्रायः सबै खालका मुटुको उपचार सम्भव छ। मुटुको प्रत्यारोपण लगायतका ९५ प्रतिशत उपचार यहीँ सम्भव छ। मुटु प्रत्यारोपणका लागि कानुनी प्रावधान पूरा हुने चरणमा छ। योजनाअनुसार काम भयो भने अबको दुई-तीन वर्षभित्र मुटु प्रत्यारोपण समेत हुन सक्छ।, मुटु कसरी स्वस्थ राख्नेः, खानामा चिल्लो कम गर्नुपर्छ। तीस वर्षभन्दा माथिका उमेर समूहले भात, आलु, चिनीजन्य खाना कम गर्नुपर्छ। दिनमा कम्तीमा आधा घन्टा मुटु चर्को धड्किने गरी सक्रिय हुनुपर्छ। शरीरमा सुगर, कोलस्ट्रोलको मात्रा बेलैमा पत्ता लगाएर उपचार गर्न सकियो भने धेरै हदसम्म जोगिन सकिन्छ। अनि रक्तचाप नियन्त्रण गर्नुपर्छ।बेलाबेलामा इसिजी गरे पनि धेरै कुरा थाहा पाउन सकिन्छ।, मुटुमा प्वाल पर्ने समस्या महिलाहरूमा बढी हुन्छ। कोरोनरी आर्टरी डिजिज भने पुरुषमा धेरै हुन्छ। कतिपय रोगमा महिला, पुरुष र भौगोलिक क्षेत्रको प्रभाव छ। तर त्योबाहेक समग्रमा खानपिन, व्यायाम, नियमित परीक्षणका कुराहरूले धेरै हदसम्म फरक पार्छ।, पछिल्लो समय कोभिडले गर्दा बिरामीको तथ्यांक एकै ठाउँ जम्मा गर्न सकिएको छैन। पछिल्ला दस वर्षमा मुटुका बिरामी धेरै बढेका छन्। एउटा त मुटुको परीक्षण सर्वसुलभ भएर हो। अर्को हाम्रो जीवनशैली र खानपिनका कारणले हो।, यसमा पनि हृदयाघात हुने खालका मुटु रोगी धेरै बढेका छन्। यो डरलाग्दो अवस्था हो।, कोभिड लागेका मान्छेहरूमा मुटुको चाल गडबढ देखिएको छ। पहिला समस्या नभएका तर कोभिड लागेर सिकिस्त भएकामा मुटुको समस्या देखिएको छ। कोभिड लागेकाले एकपटक मुटु परीक्षण गराएको राम्रो हुन्छ।, (टिचिङ अस्पताल, महाराजगञ्जका सह-प्राध्यापक एवम् वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईसँग सेतोपाटीका सन्जिब बगालेले गरेको कुराकानीमा आधारित), ९५ प्रतिशतभन्दा बढी मुटु रोगको उपचार नेपालमै सम्भव छ (भिडिओ)
सेतोपाटी स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन बनेका छन्।, वालिङ-१३ स्थायी घर भएका सुस्त मनस्थितिका राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन भएका उनका आमा विमया सार्कीले जानकारी दिए।, दिदी लच्छिमा सार्कीसित पोखराथोक गएको र त्यहीँबाट तीजको दरखाने दिन दिउँसो ४ बजेदेखि सम्पर्कविहीन भएको आमा विमयाले बताइन्।, 'सुस्त मनस्थितिको मेरो छोरो हराएको यतिका दिन भयो, कहाँ छ, के गर्दैछ भन्ने अत्तोपत्तो छैन,' विमयाले भनिन्,'छोरालाई खोज्नका लागि आफन्त, इष्टमित्र जताततै खबर गर्‍यौं तर केही मेसो आएको छैन।', भाइको खोजीका लागि फेसबुक, रेडियोहरूमा सूचना बजाएको दिदी लच्छिमाले बताइन्। , कोही कसैले देखेको छ कि कतै छ कि भनेर भाइको फोटो छापेर ठाउँ-ठाउँमा पोष्टर बनाएर टाँसेको दिदी लच्छिमा बताउँछिन्।, 'भाइ हराएको यत्तिका दिन भयो कहाँ के गर्दै होला, जिउँदो छ/छैन, खोजी कार्य जारी राखेका छौं तर केही पत्तो लागेको छैन,' दिदी लच्छिमाले भनिन्,'भाइको बाटो हेरेर परिवार चिन्तामा तड्पिएका छौं।', स्पष्टसँग बोल्न नसक्ने, आफू जन्मेको ठाउँसमेत बताउन नसक्ने समस्या उनमा छ।, अन्दाजी पाँच फिट अग्लो, मोटो जिब्रो भएको, दाँत किराले खाएको र आँखा रातो भइरहने समस्या राजकुमारमा छ। खोजीका लागि वडा प्रहरी कार्यालय वालिङ, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, पाल्पा लगायतका कार्यालयहरूमा फोटोसहित खोजी गरिदिनका लागि निवेदन दिइएको दिदी लच्छिमाले बताइन्। ,रासस, स्याङ्जाका किशोर २१ दिनदेखि सम्पर्कविहीन
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एक हजार १५७ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ४१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , १० हजार ६ सय ५२ जनाको पिसिआर परीक्षण र ३ हजार आठ सय ८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल १८ हजार १९३  जना सक्रिय संक्रमित छन्।, यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ।, एक हजार १ सय १३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , त्यस्तै काठमाडौं उपत्यकामा थप तीन सय ३५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ६५ जना, भक्तपुरमा २८ जना र ललितपुरमा ४२ संक्रमित थपिएका हुन्। , ११५७ संक्रमित थपिँदा निको भए १११३
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप तीन सय ३५ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ६५ जना, भक्तपुरमा २८ जना र ललितपुरमा ४२ संक्रमित थपिएका हुन्। , यस्तै, काठमाडौं उपत्यकामा ४४१७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २५१७ ललितपुरमा १०७२ र भक्तपुरमा ८२८ सक्रिय संक्रमित छन्।, काठमाडौं उपत्यकामा थपिए तीन सय ३५ संक्रमित
सेतोपाटी उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दर्ता गरेको छ। , मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरूद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।,  , तत्कालीन गाविस सचिवहरूले मृत्यु दर्ता भएपश्चात् मृतकको सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा मृतक लाभग्राहीहरूका नाममा साथै दोहोरो नामको भरपाई बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो।, उजुरीपश्चात् छानबिन गर्दा १६ लाख ४० हजार ५०० रूपैयाँ हिनामिना गरेको खुल्न आएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।, रिसालका अनुसार उक्त गाविसमा सात-आठ वर्षअघि नै मृत्यु भइसकेकाको व्यक्तिका नाममा आर्थिक वर्ष २०६३/६४ सालदेखि २०७१/०७२ सालसम्ममा बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी अनियमितता गरेको देखियो।, अख्तियारले तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्यसँग नौ लाख ९० हाजार ५००, लोकेन्द्र कार्कीसँग ७८ हाजार, विशाल सुन्दाससँग ८२ हजार, माधवप्रसाद खतिवडासँग तीन लाख १४ हजार र पुष्पराज सिग्देलसँग एक लाख ७६ हजार रूपैयाँ सजायको मागदाबीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं दफा ३५ बमोजिम अदालतमा आरोपपत्र दायर गरेको हो।, तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्य हाल मालपोत कार्यालय उदयपुरमा, लोकेन्द्र कार्की रौतामाई गाउँपालिका–७ को वडा सचिव पदमा, विशाल सुन्दास तथ्यांक कार्यालय उदयपुरमा, माधवप्रसाद खतिवडा रौतामाई गाउँपालिकाको कार्यालयमा शाखा अधिकृतका रुपमा कार्यरत छन् भने पुष्पराज सिग्देलले सेवाबाट अवकाश पाइसकेका छन्। ,रासस,  , मृत्यु भइसकेकाको सामाजिक सुरक्षा भत्ता लिने पाँच जनाविरूद्ध मुद्दा दर्ता
सेतोपाटी संवाददाता गत भदौ २५ गते आगोले जलेर मृत्यु भएकी रुपन्देहीकी सीता थारुमाथि आफैंले आगो लगाइदिएको उनकै श्रीमान रञ्जित थारुले स्वीकार गरेका छन्।, रुपन्देहीको कञ्चन गाउँपालिकाकी सीताको आगोले जलेर गम्भीर घाइते भएपछि उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा भदौ ३० गते मृत्यु भएको थियो।, मृतक सीताका श्रीमान रञ्जितले ख्यालठट्टा गर्दै उनको शरीरमा लाइटर जलाइदिएपछि आगो सल्किएर उनको मृत्यु भएको प्रहरीसामु स्वीकार गरेका छन्।, इलाका प्रहरी कार्यालय सालझण्डीको हिरासतमा रहेका रञ्जितले दुई जनाबीच पहिले पनि विवाद भइरहने र भदौ २५ गते राति पनि सामान्य भनाभनपछि श्रीमतीले आत्महत्या गर्ने भन्दै शरीरमा पेट्रोल खन्याएपछि आफूले लाइटर जलाएर आगो लगाइदिएको बयान दिएका छन्।, इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले श्रीमान-श्रीमतीबीच भनाभन भएपछि सीताले शरीरमा पेट्रोल छर्किएको र रञ्जितले लाइटर सल्काएर आगो लगाएको स्वीकार गरेको बताएका छन्।  , हिरासतमा रहेका रञ्जितमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रिजालले बताए।, यता आफ्नै श्रीमतीको हत्या आरोपमा अर्घाखाँचीमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ७ खाँचीकोटका ३० वर्षीय विष्णु विक आफ्नै श्रीमती २९ वर्षीया सीता विकको हत्या आरोपमा पक्राउ परेका हुन्।, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता गणेश खनालले आरोपमा विकले मंगलबार साँझ मदिरा सेवन गरी लठ्ठीले हानेर विष्णुको हत्या गरेको स्वीकार गरेको बताएका छन्।, प्रहरीले विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरू गरेको जनाएको छ। , श्रीमतीको मृत्यु आफैंले आगो लगाइदिएर भएको स्वीकारे श्रीमानले
खिलानाथ ढकाल कलंकी-महाराजगञ्ज आठ लेन चक्रपथ विस्तारको प्रारम्भिक डिपिआर तयार भएको छ। चक्रपथ सडक विस्तार चीन सरकारले बनाइरहेको छ। नेपाली पक्षले सडक निर्माणका लागि सहजीकरण गरिरहेको छ।, सडक विभागका अनुसार ११.६ मध्ये करिब ११.३ किलोमिटर सडक निर्माणको डिपिआर तयार भइसकेको जानकारी चिनियाँ पक्षले दिएको छ।, 'तीन महिनाअघि नै प्रारम्भिक डिपिआर तयार भएको जानकारी आएको छ,' विभागका महानिर्देशक अर्जुनजंग थापाले भने, 'डिपिआर चिनियाँ भाषामा छ। अनुवाद गरेर अंग्रेजीमा पठाइदिनु भनेर इमेल पठाएका थियौं। त्यसपछि जवाफ आइसकेको छैन।', चिनियाँ पक्षले चक्रपथ सुधार आयोजनालाई सेप्टेम्बर १८ मा इमेल लेख्दै सडकको 'साइट क्लियर' भएको रिपोर्ट पनि मागेको छ। आयोजनाले साइटको भिडिओ र फोटोसहितको रिपोर्ट तयार गरिरहेको छ।, 'आज-भोलितिर हामी इमेल पठाउँछौं। त्यसपछि चिनियाँ पक्षले विस्तृत डिजाइन दिन्छ र काम अगाडि बढ्छ,' आयोजना प्रमुख अर्जुन सुवालले भने।, साइटको रिपोर्ट पाएपछि चिनियाँ पक्षले डिजाइन पठाउनेछ। उक्त डिजाइनमा छलफल गरी विभागले निर्णय लिएपछि औपचारिक रूपमा चिनियाँ पक्ष सडक बनाउन नेपाल आउने सुवालले बताए।, 'डिजाइन आएपछि फाइनल गरेर चिनियाँ पक्ष आउँदा अब तीन-चार महिना लाग्ला,' उनले भने।, मुआब्जा लगायत विभिन्न समस्याका कारण कलंकी-महाराजगञ्ज सडक निर्माण तीन वर्षदेखि रोकिएको थियो। विभागका अनुसार अब काम थाल्न चिनियाँ पक्षलाई समस्या छैन। तर महाराजगञ्जमा बन्ने २४४ मिटरको अण्डरपास भने चिनियाँ पक्षले यही प्याकेजमा निर्माण गर्न पाउँछ कि पाउँदैन भन्ने अन्यौल यथावतै छ।, महाराजगञ्जको अन्डरपास बनाउने ठाउँमा जग्गा धेरै चाहिन्छ र त्यहीँ नै मुआब्जा समस्या भएको महानिर्देशक थापाले बताए।, 'निर्माण सुरू गर्दैगर्दा मुआब्जा विवाद टुंगियो भने यसैपालि चीनले अन्डरपास पनि बनाउँछ। नभए नेपालले आफ्नै लगानीमा बनाउँछ,' उनले भने, 'अर्को विकल्प, तेस्रो चरणमा चिनियाँ पक्षले नै पनि बनाउन सक्छ।', कोटेश्वर-कलंकी सडक चिनियाँ पक्षले पहिलो चरणमा निर्माण गरेको थियो। त्यहीबेला कलंकीमा आठ सय मिटर अन्डरपास पनि बनाइएको थियो।, दोस्रो चरणमा कलंकी-महाराजगञ्ज सडक बनाउने योजना थियो। तर मुआब्जा, बिजुलीका खम्बा हटाउनुपर्ने, रुख काट्नुपर्ने, मेलम्चीको पाइप बिछ्याउनुपर्ने र स्वयम्भूमा चैत्यसमेत बाटोमै पर्ने भएपछि नेपाल पक्षले साइट क्लियर गर्न सकेको थिएन। महानिर्देशक थापाका अनुसार महाराजगञ्जको मुआब्जाबाहेक सबै काम अहिले पूरा भएको छ।, सानोभर्‍याङ र कारखाना चोकमा विद्युत प्राधिकरणको हाइटेन्सन लाइन छ। त्यो सार्न विद्युत प्राधिकरणले ठेक्का लगाएर काम थालिसकेको छ।, आयोजना प्रमुख सुवालका अनुसार सानोभर्‍याङमा मोनोपोल बनाउन प्राधिकरणले फाउन्डेसन बनाइरहेको छ। कारखाना चोकमा रहेको हाइटेन्सन लाइन हटाउन फाउन्डेसन खनिरहँदा मेलम्चीको पाइपलाइन परेपछि काम रोकिएको छ।, 'पाइपलाइन जोगाएर कसरी त्यहाँ मोनोपोल बनाउने भन्ने कुरा पनि अगाडि बढ्दैछ,' सुवालले भने।, बालाजु-वनस्थलीमा डबल लाइन सर्किट छ, त्यसलाई हटाउनेबारे पनि प्राधिकरणले सहमति मागिरहेको छ। त्यो सर्किट भिआइपी क्षेत्रमा जाने बिजुलीको हो। बालुवाटारलगायत क्षेत्रमा ब्याकअप जोडेर प्राधिकरणले हटाउन खोजिरहेको सुवालले बताए। , स्वयम्भूमा चैत्यको पर्खाल र माने भत्काउने सहमति भएको छ। चैत्य त्यतिकै छोड्ने सहमति भएको छ। यसरी चैत्य छोड्दा सडक केही साँघुरो भए पनि यसमै सम्झौता गरिएको महानिर्देशक थापाले बताए।, 'विगतमा बल्खुमा पनि यस्तै सहमति भएको रहेछ। सकेसम्म काम छिटो अगाडि बढाउन हामीले साइट क्लियरको काम सकेका छौं,' थापाले भने।, महाराजगञ्जको मुआब्जा विवाद अहिले काठमाडौं जिल्ला प्रशासनमा पुगेको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मुआब्जा समिति हुन्छ। समितिले मुआब्जाको विषय टुंग्याए अन्डरपास पनि यही प्याकेजमा बन्ने थापाले बताए।, चक्रपथ कुल २७ किलोमिटर हो। यसमध्ये कोटेश्वर-कलंकी सडक १०.३९ किलोमिटर चीनको सांघाई कन्सट्रक्सन ग्रुपले २०७० सालदेखि थालेको थियो। २०७३ माघसम्म विस्तार गर्ने लक्ष्य थियो। तर २०७२ सालको भूकम्प र भारतीय नाकाबन्दीका कारण निर्माण पर धकेलियो। २०७५ सालमा बल्ल सडक हस्तान्तरण भएको थियो। यो खण्डको विस्तार गर्न करिब पाँच अर्ब रुपैयाँ लागेको थियो।, बाँकी रहेको कलंकी-महाराजगञ्ज खण्डका लागि ठाउँ खाली गराउन चिनियाँ कम्पनीले नेपाललाई जिम्मा दिएको थियो। यो खण्ड निर्माण गर्ने कम्पनीको टुंगो भएको छैन।, 'डिपिआर बनेपछि मात्रै बनाउने कम्पनी टुंगो लाग्छ,' सुवालले भने।, आयोजनाका अनुसार कलंकी-महाराजगञ्ज खण्ड कोटेश्वर-कलंकीको डिजाइनमा बनाइने छैन। यसलाई कोटेश्वर-भक्तपुर सडकजस्तो बनाउने योजना हो।, 'बीचमा मिडियन राखिएको सडक बन्नेछ। सवारीको चाप उच्च हुने भएकाले मिडियन राखेर वातावरणमैत्री सडक बनाउने योजना छ,' सुवालले भने।, चक्रपथको दुबैतर्फको सर्भिस ट्रयाक सडक भने नेपाल आफैंले बनाउनुपर्ने छ।, कलंकी-महाराजगञ्ज चक्रपथको डिपिआर तयार, कहिलेदेखि हुन्छ काम सुरू?
सेतोपाटी संवाददाता महिलाको चरित्र हत्या हुने गरी भिडिओ अन्तर्वार्ता लिएको आरोपमा चार जना युट्युबर पक्राउ परेका छन्। , नेपाल प्रहरीको साइबर ब्युरोले चार जनालाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए। , विभिन्न युट्युब च्यानलबाट पीडित महिलाको तस्विरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याएको आरोपमा चार युट्युबरलाई बुधबार पक्राउ गरेको हो। , दैनिक खबरका सञ्चालक दाङ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबरका सञ्चालक नुवाकोट घर भई काठमाडौंको नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराइचुली मिडियाका सञ्चालक मोरङ घर भई काठमाडौंको पेप्सीकोला बस्ने पिंकला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा घर भई गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ पक्राउ परेका हुन्। , उनीहरूमाथि चरित्र हत्या हुने गरी तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याइ घृणा वा द्वेष फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अघि बढेको छ। , काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई उनीहरूलाई पक्राउ गरिएको थियो। उनीहरूमाथि अनुसन्धान गर्न अदालतले अनुमति दिएको ब्युरोले जनाएको छ। ,  , महिलाको चरित्र हत्या हुने गरी भिडिओ तथा तस्वीर प्रसारण गरेको आरोपमा चार युट्युबर पक्राउ
सेतोपाटी संवाददाता बुधबार दिउँसो  धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, धनुषाका प्रहरी प्रवक्ता डिएसपी  जितेन्द्र बस्नेतले दिएको जानकारीअनुसार औरहीबाट जनकपुरतर्फ आउँदै गरेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल चार बजेतिर जनकपुर-१८ भोइल भन्ने स्थानमा नहरमा खसेको थियो।  मोटरसाइकल नहरमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो।, मृत्यु हुनेमा एक जना अन्दाजी २१/२२ वर्षीय  कुनालकुमार साह छन्। बाँकी दुई जनाको सनाखत हुन बाँकी रहेको डिएसपी बस्नेतले जानकारी दिए।, तीन जना सवार उक्त मोटरसाइकल तीव्र गतिमा रहेकाले दुर्घटना भएको डिएसपी बस्नेतले बताए।, जनकपुरमा मोटरसाइकल नहरमा खस्दा तीन जनाको मृत्यु
सेतोपाटी संवाददाता रसायनशास्त्र विद्यार्थी संगठन नेपाल सिसानको अध्यक्षमा आकाशचन्द्र घिमिरे चयन भएका छन्।, हालै भएको तेस्रो महाधिवेशनले घिमिरेको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन गरेको हो।, सिसानको उपाध्यक्षमा पूजा गौतम र अमृता न्यौपाने चयन भए भने सचिवमा मिनराज आचार्य र अनुपम पुलामी चयन भएका छन्।, यस्तै कोषाध्यक्ष प्रविन ओझा भएका छन्। रसायन शास्त्रमा स्नातकोत्तर तहमा पढ्ने विद्यार्थीहरूले सिसान संस्था गठन गरेका थिए।, अध्यक्ष घिमिरेले संस्थाले रसायन शास्त्रसँग सम्बन्धित शैक्षिक, वैचारिक, रचनात्मक र व्यवहारिक विषयबस्तुलाई केन्द्रीय समितिले प्राथमिकतामा राखेर योजना र कार्यक्रम तर्जुमा गर्ने प्रतिवद्धता जनाएका छन्।, सिसानको अध्यक्षमा आकाशचन्द्र घिमिरे चयन
सेतोपाटी नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरू भएको छ।, व्रत बस्नुअघि आजका दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) तथा पिना प्रसादका रुपमा  चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन्।, त्यसैगरी भोलि (मङ्गलबार) बिहान ४ः०० बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी बुधबार बेलुका ५ः०० बजेपछि मात्रै व्रतीहरुले व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पूजारी उपेन्द्र पाठकले बताए।, व्रतालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्छन्। यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ।, व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुपर्छ।, देवतालाई चढाएकै तेलमध्येबाट आ-आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ।, व्रतको पहिलो दिन आज पूजापछि कोदोको रोटी, नूनीको साग र माछा खाने चलन छ। त्यसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ। , त्यसैगरी विधिअनुसार भोलि एका बिहानै काग कराउनु भन्दा पहिल्यै व्रती महिला ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात केही खानेकुरा ओठमा लगाउनुपर्छ।, प्रायःजसो महिलाले ओंगठनमा च्यूरा र दही खाने गरेको पाइन्छ। त्यसपछि विकट उपवासको क्रम सुरू हुन्छ।, आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रत विशेष विकट रहेको जलेश्वरका विख्यात पण्डित कालिकान्त झा बताउँछन्।, सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ।, यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक ध्रुब रायले भने,'यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ।', पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैले दिवंगत पितृलाई पिण्ड चढाउँछन्।, मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतका रूपमा मानिन्छ। उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले  खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ। त्यसैले यस पर्वलाई खड् जितिया पनि भनिन्छ। फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदैनन्। , राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरू भएको पौराणिक कथन छ।, जीवनमा एक पटक टुटेपछि पुनः गर्न नपाइने हुँदा हत्तपत्त महिलाले यो पर्व अगाल्दैनन्। मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनैपर्ने चलन छ।  ,रासस, मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरू
सेतोपाटी संवाददाता टिपरको ठक्करबाट गाडी चालकको मृत्यु भएपछि आक्रोसित स्थानीयले अवरोध गरेको पूर्व-पश्चिम राजमार्गको माइधारा चार घण्टापछि पुन:सञ्चालन भएको छ।, पीडित पक्षले ५ सूत्रीय माग राखेर प्रशासनसँग छलफल गरी मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति दिन झापा प्रशासन सहमत भएपछि राजमार्ग सुचारू भएको हो।, सरकारले मृतक परिवारलाई ४० लाख क्षतिपूर्ति दिनुपर्ने, मृतकका श्रीमतीलाई रोजगारी र छोराछोरीलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउनुपर्ने, राजमार्गमा ट्राफिक चेकजाँच गर्दा जेब्रा क्रसिङ भन्दा दायाँबायाँ ५ सय मिटर परमात्र गर्नुपर्ने र राजमार्गमा भएका खाल्डाखुल्डीलाई तत्काल व्यवस्थापन गर्नुपर्ने र अनावश्यक ठाउँमा ट्राफिक चेकिङ गर्ने ट्राफिक प्रहरीलाई कारबाही गर्नुपर्ने पीडित पक्षले माग राखेका छन्।, पीडित पक्षले राखेको मागको विषयमा प्रहरी, जनप्रतिनिधि र पीडित पक्षको छलफल गरी टुंगो लगाउने मौखिक सहमतिपश्चात् राजमार्ग खुलेको स्थानीयले बताए।, बिहान ८ बजेदेखि सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका स्थानीयबासीले साढे १२ बजेसम्म राजमार्ग अवरोध गरेका थिए।, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका- १० स्थित माइधारमा सोमबार बिहान साढे ८ बजे प्रदेश ०३–००१–क–००९५ नम्बरको टिपरले को २ च २६३२ नम्बरको छोटा हात्ती (पिकअप भ्यान)लाई ठक्कर दिएको थियो।, टिपरको ठक्करबाट भ्यान चालक दमक नगरपालिका-९ निवासी अन्दाजी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। , पिकअप भ्यान सडकमा रोक्न खोजी रहेको अवस्थामा टिपरले पछाडिबाट ठक्कर दिँदा सो भ्यान कनकाई सिँचाइ आयोजनाको नहरमा पल्टिएर पानीमा डुबेको थियो। , पानीमा डुबेको गाडी निकाल्दा चालकको गाडीभित्रै मृत्यु भइसकेको प्रहरीले जनाएको छ। टिपर र टिपर चालक जिल्ला मकवानपुर थाहा नगरपालिका-८ निवासी २४ वर्षीय सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले नियन्त्रणमा लिएको छ।, मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि खुल्यो पूर्व-पश्चिम राजमार्ग
सेतोपाटी सूर्यविनायक नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।, नगरपालिकाको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो।, पाठ्यक्रम निर्माणपछि अन्तिम रूप दिएर त्यसलाई कार्यान्वयमा ल्याउने तयारी भइरहेको स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिका संयोजक किरण थापाले जानकारी दिए। ,     , चालू शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्म र आगामी शैक्षिक सत्रमा ६ देखि ८ कक्षासम्म स्थानीय पाठ्यक्रम लागू गर्ने गरिने उल्लेख गर्दै उनले यसै साताभित्र सरोकार व्यक्तिसँग छलफल गरेर पाठ्यक्रमलाई अन्तिमरूप दिइने बताए। ,     , 'नगरपालिकाले सूर्यविनायक क्षेत्रमा दसैंपछि भौतिक रूपमा विद्यालय सञ्चालन गर्न अनुमति दिएकाले कक्षा सञ्चालन हुँदा विद्यार्थीले स्थानीय पाठ्यक्रम पढ्न पाउन छन्', नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं ७ का वडाध्यक्ष थापाले भने, 'सूर्यविनायक नगरपालिका भक्तपुरको नयाँ नगरपालिका हो, त्यसैले सुरूका दुई वर्ष ऐन कानून निर्माण, नगरपालिकाको व्यवस्थापन र विकास निर्माणमा केन्द्रित भयौं, त्यसपछि दुई वर्ष कोभिडले पाठ्यक्रम निर्माणमा छलफल गर्ने वातावरण नै भएन, बल्ल अलि सहज भएपछि पाठ्यक्रम निर्माण सकेर लागू गर्न खोजेका हौं।' , कक्षा १ देखि ५ सम्म लागू हुने स्थानीय पाठ्यक्रममा स्थानीय १४ विषयवस्तु समावेश गरिएका छन्।, नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेलले दसैं अगाडि नै पाठ्यक्रमलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने र दसैंपछि कक्षा कोठामा कडाइका साथ कार्यान्वयनमा ल्याउने गरी नगरपालिकाले तयारी गरेको बताए। , उनले स्थानीय पाठ्यक्रमलाई प्रयोगात्मक ढंगले अगाडि बढाइने जानकारी दिए।     , नगरपालिकाको शिक्षा शाखा अधिकृत सरस्वती कोइरालाले कक्षा १ देखि ५ सम्म ‘हाम्रो सूर्यविनायक’ नाम दिएर पाठ्यक्रम निर्माण गरिएको जानकारी दिए।, उनका अनुसार पाठ्यक्रममा नगरपालिकाको भूगोल, जनसङ्ख्या, प्राकृतिक सम्पदा, स्थानीय जातजाति, भेषभूषा, व्यक्तित्व, जनसङ्ख्या र प्रमुख धार्मिक सम्पदाका साथै स्थानीय चाडपर्व, बोलीचाली,बाजागाजा, नाच, लोक संस्कृति, धर्म, संस्कार, रहनसहनलाई समेटिएको छ।, यसैगरी  कृषि, पर्यटन, पेशा, व्यवसाय, खेल, जडीबुटी, सडक, योग, हरित विद्यालयजस्ता विषय पनि पाठ्यक्रममा राखिएको छ।, आधारभूत कक्षासम्म स्थानीय विषयवस्तु र पहिचानलाई व्यवहारिक शिक्षाको रूपमा लैजाने र कक्षा ६ देखि ८ कक्षासम्म स्थानीय पेशा, ज्ञान, सीप र प्रविधिलाई जगेर्ना गर्दै सीप दिने गरी लैजाने लक्ष्य  रहेको अधिकृत कोइरालाको भनाइ थियो।   , स्थानीय तह सरकार सञ्चालन ऐन, २०७४ लागू भएपछि स्थानीय तहहरूले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्दै आएका छन्।, जिल्लाका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम ‘ख्वपःको पहिचान’ भाग–१ र २ प्रकाशन गरी कार्यान्वयनमा ल्याएको थियो। , उक्त पुस्तकमा ख्वपःको संस्कृति, सम्पदा, इतिहास, जीवनशैली, रैथाने व्यवसाय, सीप र प्रविधि, परम्परागत खेल, वेषभूषा, भाषा र लिपी, पर्यटन, विभिन्न व्यक्तित्वका बारेमा चर्चा गरिएको छ। ,     , त्यसैगरी चाँगुनारायण नगरपालिकाले कक्षा ६, ७ र ८ मा ‘हाम्रो चाँगुनारायण’ पाठ्यक्रम कार्यान्वयनमा ल्याइसकेको छ।, पाठ्यक्रममा स्थानीय परम्परा, संस्कृति, रीतिरिवाज, सम्पदा, चाडपर्व, सामाजिक व्यवहार, पेसा/व्यवसाय, वातावरण संरक्षण, आर्थिक गतिविधि, स्थानीय प्रविधिलगायत विषयवस्तु समेटिएको छ। , मध्यपुरथिमि नगरपालिकाले पनि ‘मध्यपुरथिमि म्हसिका’ (मध्यपुर थिमि परिचय) नामक पाठ्यक्रम कार्यान्यनमा ल्याइसकेको छ।, सूर्यविनायकले स्थानीय पाठ्यक्रम लागू गरेपछि जिल्लाका चार वटै पालिकामा स्थानीय पाठ्यक्रम हुने भएको छ। ,रासस,  , स्थानीय पाठ्यक्रम लागू गर्दै सूर्यविनायक नगरपालिका
दिपकजंग शाही मुलुकमा लोडसेडिङमुक्त भएको चार वर्ष भइसक्यो। सुर्खेतका होटल व्यवसायी तर्क शाही भने बिजुलीकै समस्याले हैरान छन्।, धेरैजसो दिन बिजुली झ्याप्प-झ्याप्प गइरहन्छ। अनि बेला-बेला अकस्मात 'हाइभोल्टेज बिजुली'ले उस्तै नोक्सानी व्यहोर्न परिरहेको छ।, ‘केही दिनअघि मात्र विद्युतको हाइभोल्टेज आएर मेरो होटलको १२ वटा एसी, १६ वटा टिभी एकैचोटी बिग्रियो। झन्डै होटलमा आगो लाग्नेवाला थियो,’ उनले भने, ‘कहिले भोल्टेज कम भएर काम गर्दैन, कहिले हाइभोल्टेज भएर क्षति गरिदिन्छ।’, बत्तीको भर नभएपछि उनले जेनेरेटर किनेका छन्। जेनरेटर चलाउन महिनामा ७ सय देखि १ हजार लिटरसम्म डिजेल खर्च हुने गरेको उनले बताए।, यो सुर्खेतमात्र होइन कर्णाली प्रदेशकै समस्या हो।, अहिले कर्णाली प्रदेशका सात वटा जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छ। ती जिल्लामा सुर्खेतको रामघाटस्थित मुख्य सबस्टेशनबाट विद्युत वितरण गरिएको छ।, ३३ केभिए प्रसारण लाइनबाट सबै जिल्लामा बिजुली पुर्‍याइन्छ। ३३ वर्षअघि निर्माण गरिएको यो प्रसारण लाइनले अहिलेको विद्युत खपत धान्न मुस्किल परेको छ।, कर्णालीमा सबैभन्दा धेरै विद्युत सुर्खेतमा खपत हुन्छ। सबैभन्दा धेरै उद्योग-व्यवसाय पनि सुर्खेतमा छन्। सुरूमा सुर्खेत र दैलेखमा मात्र खपत हुँदै आएको यहाँको ३३ केभिए प्रसारण लाइनको विद्युत पछिल्लो समय अरू ५ जिल्लामा पनि विस्तार भएको छ।, विद्युतको कम क्षमता र मुख्य प्रसारण लाइनको कमजोर संरचनाका कारण कर्णालीमा विद्युतको राष्ट्रिय प्रसारण प्रभावकारी बन्न सकेको छैन।, कमजोर संरचनाका कारण नियमित विद्युत नहुनाले उद्योगीदेखि आम नागरिकले समेत सास्ती भोग्नु परेको छ।, तत्कालीन राजा वीरेन्द्रको सुर्खेत भ्रमण तय भएपछि २०४५ सालमा हतार-हतार सुर्खेतमा विद्युतको राष्ट्रिय लाइन पुर्‍याइएको हो। विद्युत प्राधिकरणले त्यसबेला सिटी पोलमार्फत् कोहलपुरदेखि सुर्खेतसम्म ३३ केभिए विद्युत पुर्‍याएको थियो।, त्यही ३३ केभिए क्षमताको विद्युत कर्णालीका सुर्खेतसहित दैलेख, जारकोट, कालीकोट, जुम्ला, रूकुम पश्चिम र सल्यानका आधा भाग बाँडिएको छ। बाँकी रहेका मुगु, डोल्पा र हुम्लामा पनि विद्युत विस्तारको तयारी भइरहेको छ।, विद्युतको अनियमितता र तलमाथि हुने भोल्टेजका कारण उद्योग सञ्चालन गर्न जेनेरेटरको भर पर्नु परेको वीरेन्द्रनगरस्थित औद्योगिक क्षेत्रभित्र डेरी उद्योग गर्दै आएका माधव धितालले बताए।, करिब डेढ वर्षदेखि उनले सुर्खेतमा व्यवसाय गरिरहेका छन् ।, ‘बिजुली गइरहने समस्याले हामी त मेसिन चलाउन जेनेरेटरकै भर पर्नुपर्छ, आए पनि थोरै भोल्टेज आउँछ। त्यसले हाम्रो मेसिन चल्नै सक्दैन,’ उनले भने, ‘महिनामा दुई लाख जतिको इन्धन जेनेरेटरमा खर्च गर्नु परेपछि विद्युत भएको के काम।’, विद्युतको क्षमता वृद्धि तथा विद्युत नियमित गर्न विगत लामो समयदेखि सुर्खेतका उद्योगी तथा नागरिक समाजले प्राधिकरण र सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।, ‘विगतदेखि सर्वसाधारण र हामी उद्योगीले विद्युतको समस्या भोग्दै आएका छौं, यो समस्या कम होला भनेको त झन् वर्षेनी बढ्दै गएको छ,’ उद्योग वाणिज्य संघ कर्णाली प्रदेश अध्यक्ष पदम शाहीले भने, ‘समस्या समाधान गर्न पटक-पटक हामीले विद्युत प्राधिकरण र सरकारको ध्यानाकर्षण गराउँदै आएका छौं।’, भोल्टेज तल-माथि र विद्युतको अनियमितताले विद्युतीय उपकरणमा नोक्सानी भोग्नु परेको उनले बताए।, ३३ केभिए विद्युतले काम चलेको कर्णाली प्रदेशका लागि अब ९९ केभिए थप गर्ने कार्य सुरू गरिएको छ। बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरसम्म नयाँ संरचनासहित १३२ केभिए प्रसारण लाइन विस्तार गर्न काम सुरू भइसकेको छ।, यसका लागि एक वर्षअघि ठेक्का भएको हो। कोहलपुर-सुर्खेत १३३ केभिए विद्युत प्रसारण आयोजना निर्माणका लागि छुट्याइएको १ अर्ब १४ करोड बजेटमा भारतको आरएस कम्पनीले घटेर ७० करोडमा ठेक्का लिएको आयोजनाका फिल्ड सुपरभाइजर मिलन सुवेदीले जानकारी दिए।, उनका अनुसार ठेक्का भएयता पहिलो चरणमा सुरू सर्भे र अन्तिम सर्भेको काम भएको छ। त्यसपछि निकुञ्ज र अरू वनभित्रका कटान गर्नु पर्ने रुख गणना गर्ने, माटो परीक्षण गर्ने कार्य पनि सकिएको छ।, अहिले हाइटेन्सन लाइनका लागि राख्नुपर्ने एंगल टावरको जग निर्माण कार्य कोहलपुरदेखि भइरहेको सुवेदीले जानकारी दिए।, ‘एउटा टावरको जग पूरा भइसकेको छ, बाँकीको पनि छुट्टाछुट्टै कामदारको ग्रुप बनाएर निर्माण कार्य भइरहेको छ,’ सुवेदीले भने।, कोहलपुरदेखि सुर्खेतसम्म जम्मा १६१ वटा एंगल टावर रहन्छन्। ती टावर राख्न र विद्युतको तार विस्तार गर्न १४ हजार रुख काट्नु पर्ने हुन्छ। काट्नु पर्ने रुखको गणना कार्य सम्पन्न भए पनि कटानका लागि सहमति लिने काम भने भइनसकेको उनले बताए।, वन मन्त्री  नभएकाले अहिले वन भित्रका रूख काट्न सहमति पाउन ढिलाइ भएको सुवेदीले बताए। कोहलपुर-सुर्खेत हाइटेन्सन लाइन निर्माण गर्नका लागि बर्दिया राष्ट्रिय निकुञ्ज, त्यसको बफर जोन, सुर्खेततर्फका राष्ट्रिय तथा सामुदायिक वन भित्रका रुख काट्नुपर्छ।, ‘जंगलभित्र त कात्तिक यता पस्न मिल्दैन, तैपनि स्वीकृति आएको भए आवश्यक अरू तयारी त गर्न हुन्थ्यो,’ फिल्ड सुपरभाइजर सुवेदीले भने, ‘यसका लागि मन्त्रिपरिषदबाटै निर्णय भएर आउनुपर्छ, मन्त्री नै नभएकाले स्वीकृति आउन सकेको छैन।’, पहिलेको ३३ केभिए प्रशारण लाइन कोहलपुर-बबई-हर्रे हुँदै सुर्खेतको भेरीगंगास्थित रामघाटमा सबस्टेसनमा ल्याइएको छ। रामघाटबाट दशरथपुर हुँदै वीरेन्द्रनगरसम्म पुर्‍याइएको छ।, अहिले निर्माण गरिने हाइटेन्सन लाइन भने सिधै राजमार्ग छेउबाट वीरेन्द्रनगरको सुब्बाकुनामा पुर्‍याइने सुवेदीले बताए।, सुब्बाकुनामा १३२ केभिए क्षमताको सबस्टेशन निर्माणका लागि ५ बिघा दश कठ्ठा जग्गासमेत प्राधिकरणले लिइसकेको छ। १३२ केभिए क्षमताको सबस्टेशन निर्माणको लागि ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ।, यो आयोजना निर्माणको जिम्मा भारतको आरएस कम्पनीले लिएको छ।, दुई वर्षभित्र हाइटेन्सन लाइनको काम गरिसक्नुपर्ने सम्झौता छ।, ‘ठेक्का लिएको कम्पनीले कोहलपुरदेखि सुर्खेतको सुब्बाकुनासम्म टावर राख्ने र लाइन विस्तार गर्ने काम गर्छ,’ फिल्ड सुपरभाइजर सुवेदीले भने, ‘कोहलपुरबाट विद्युत आउट गर्ने र सुर्खेतमा इन गर्ने काम त्यही रकमभित्र गर्नुपर्छ।’, वर्षौंपछि संरचनासहित सुर्खेतमा ठूलो क्षमताको विद्युत पुर्‍याउन थालिए पनि लामो समयदेखि विद्युतका कारण सास्ती खेपेका व्यवसायी भने ढुक्क हुन सकेका छैनन्।, ‘६ वर्ष अगाडि यसको व्यवस्थापन गर्ने उद्देश्यले विद्युत प्राधिकरणले सुर्खेतमा जग्गा पनि खरिद गरेको थियो। अहिलेसम्म हाइटेन्सन लाइन बन्न सकेको छैन,’ उद्योग वाणिज्य संघ कर्णाली प्रदेश अध्यक्ष शाहीले भने, ‘यहाँको विद्युतको समस्या समाधान हुनेमा त हामी विगतदेखि नै आशावादी हौं। अहिलेको ढिलाइका कारण भरोसा भने गर्न सकिएको छैन।’, कोहलपुर-सुर्खेत प्रसारण लाइन विस्तार गर्ने कार्य फास्ट ट्र्याकमार्फत् नगरिए अझै पनि उद्योगीले नोक्सानी ब्यहोर्नु पर्ने उनले बताए।, ‘हामीलले त लाइन ल्याएर नबाल्ने बेलासम्म आशा गर्न सकिन्न, बीचमा सर्भे हुने अनि रद्द हुनेजस्ता कार्यले हामीलाई के आशा पलाउँथ्यो,’ होटल व्यवसायी तर्क शाहीले भने, ‘हामीले त अनुभूति पाउनुपर्‍यो नि!’, राजा आउँदा हतार-हतार बनाइएको बिजुली लाइनले हैरान छन् कर्णालीवासी
सेतोपाटी संवाददाता काठमाडौंको पशुपति क्षेत्रमा एक जना 'बाबा'माथि खुकुरी प्रहार भएको छ। , सोमबार बिहान पशुपतिमा एक पुरूषले सन्तोष नामक गरेका 'बाबा'माथि खुकुरी प्रहार भएको प्रहरी वृत्त गौशालाले जनाएको छ। खुकुरी प्रहारबाट उनी घाइते छन्।, खुकुरी प्रहारबाट उनको पेटमा चोट लागेको प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताए। , घटना विश्वरूपा मन्दिर क्षेत्रमा भएको हो। शौचालय जाँदै गरेका उनीमाथि खुकुरी प्रहार भएको हो।, 'माल निकाल' भन्दै ती बाबालाई उनले धम्क्याएका थिए। तर उनले आफू शौचालय जान आएको र आफूसँग छैन भनेपछि एक्कासी खुकुरी प्रहार गरिएको थियो।, उनीमाथि खुकुरी प्रहार गरी ती पुरूष फरार भएका थिए। खुकुरी प्रहार भएपछि बाबा आफैंले प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए।, घाइते 'बाबा' अहिले बोल्न सक्ने अवस्थामा छन्। उनको उपचार भइरहेको छ। , प्रहरीले फरार रहेका ती पुरूषको खोजी गरिरहेको छ। गौशाला वृत्तले थप अनुसन्धान अघि बढाएको छ।, पशुपतिमा 'बाबा'माथि खुकुरी प्रहार
सविता बुढा २३ वर्षीया माया (नाम परिवर्तन) थारूको परिवारमा महिनावारी हुनु एकदम स्वभाविक कुरा हो: यसलाई न पाप मानिन्छ, न बारिन्छ।, धनगढी नआउन्जेल उनलाई महिनावारी भएकी महिलाले छोएको पानी अरू मानिसले बार्छन् भन्ने थाहै थिएन।, अचेल उनी महिनावारी हुँदा अलग्गै बस्न, धाराह्य-बाथरूम नछुन बाध्य छन्।, पूर्वी कैलालीको देहातमा रहेको आफ्नो घर छोडेर धनगढी आएपछि हरेक महिनाका पाँच दिन अपमानित हुनु परेको उनी बताउँछन्।, 'घर छोडेर आइयो यहाँ आएपछि डेरामा बस्न परिहाल्यो। घरबेटीले महिनावारी बार्न पर्ने सर्त राखेका छन्। महिनाको पाँच दिन अछुत बनाउँछन्, बेइज्जत गर्छन्,' उनले भनिन्।, यस्तो गर्नु परेपछि उनलाई यो अवधिमा ५-७ दिन तनाव हुन्छ। घरबेटीले महिनावारी भएकाहरूका लागि भनेर छुट्टै नल्का त बनाइदिएका छन्। तर अरू बेला बाथरूममा ढुक्कले नुहाउने उनी महिनावारी भएको बेला बाहिर खुला ठाउँमा भएको नल्कामा नुहाउन पर्दा अप्ठेरो महशुस गर्छिन्।, ‘नुहाउन, लुगा धुनभन्दा पनि घरबेटीले महिनावरी भएका बेला कचकच गर्छन्, धेरै यताउती, छुइछाई नगर्नु भन्छन्। त्यो बेला अपमानित महशुस हुन्छ,’ उनले भनिन्।, पढाइको लागि धनगढी पुगेकी बझाङकी १८ वर्षीया दीपा (नाम परिवर्तन) ले भने पहिलो पटक महिनावारी हुँदा घरदेखि टाढाको छाउघरमै बस्नु परेको थियो। उनको घरमा महिनावारी कडा तरिकाले बार्नुपर्थ्यो। देउता रिसाउँछन् भन्ने अन्धविश्वासका कारणले उनले गाउँमा महिनाका पाँच दिन निकै कष्ट बेहोर्नु परेको थियो। जब उनी कलेज पढ्न धनगढी जाने भइन्, सहरमा त महिनावारी हुँदा बार्नु पर्दैन भनेर खुसी थिइन्।, यहाँ आएपछि घरबेटीले बार्नुपर्ने शर्त राख्दा उनी हैरान भइन्। अचेल हरेक महिना उनी हैरान हुन्छिन्।, 'गाउँमा महिनावारी हुनु अछुत हुनु थियो। पाप मान्थे,भगवान् रिसाउँछन् भनेर छुन दिन्नथे। निकै गाह्रो हुन्थ्यो,' उनले भनिन्, 'गाउँ हुँदा सहरमा त यस्तो कहर हुन्नहोला जस्तो लाग्थ्यो। पढे-लेखेका मान्छे हुने समाज पनि उस्तै रैछ। घरमा त अरूले पकाएर दिन्थे, खानसम्म पाइन्थ्यो। यहाँ पकाएर दिने मान्छे पनि छैन पकाउन पनि पाइन्न कस्तो गाह्रो।', अर्कै कोठा सरेर जाने झोंक नचलेको होइन तर अर्को घरबेटीले पनि यही सर्त राख्छन् भन्ने उनलाई थाहा छ।, ‘धनगढीमा केटी मान्छेलाई सजिलै कोठा कहाँ दिन्छन्?  महिनावारी बार्ने कि नबार्ने भनेर पहिल्यै प्रश्न सोध्छन् अनि बार्नुपर्ने सर्त राख्छन्,’ उनले भनिन्।, उनका घरबेटीले त झन् धारा-नल्का दुबै छुन् दिँदैनन्। बाथरूममा नुहाउन पनि पाइँदैन।, ‘घरबेटीले मोटर चलाइदिन्छन्, मोटरलाई नछोएर परैबाट त्यहीँ पानी थाप्दै, लुगा धुने नुहाउने गर्छु,’ उनले भनिन्।, सँगै कोठामा बस्ने उनका साना भाइले खाना पकाउन जान्दैनन्। दीपाले नै खाना पकाउँछिन्। घरबेटीले उनले छोएका भाँडा पनि नल्कामा पखाल्न दिँदैनन्। उनले भाँडा पखाल्न पनि अलग्गै पानी थाप्नुपर्छ।, ‘यहाँ त धेरै गाह्रो छ, अरूले पानी दिएर महिनावारी हुँदा गर्नुपर्ने सरसफाइ  कहाँ सजिलो हुन्छ?,’ उनले भनिन्।, उनले आफूजस्तै भाडामा बसेर पढ्ने साथीहरूलाई पनि यस्तै समस्या रहेको बताइन्।, ‘कलेजमा साथीहरूसँग महिनावारी भए कसका घरबेटी के भन्छन्, के गर्नुपर्छ भनेर एक अर्कालाई सोध्ने गर्छौं, धेरैले मेरोजस्तै समस्या सुनाउँछन्, नल्का, बाथरूम धारा छुन पाइन्छ भन्ने त एक-दुई जनामात्र छन्,’ उनले भनिन्।, दार्चुलाबाट प्राविधिक शिक्षा पढ्न गत वर्ष धनगढी पुगेकी रिमा धामी पनि महिनावारी भए तनाव हुने गरेको बताउँछिन्।, ‘धारा, बाथरूम छुन पाइन्न भन्ने डरले नभनौं जस्तो लाग्छ, फेरि घरबेटीले थाहा पाए त मारिहाल्छन्, त्यही भएर आफैं छुँदैनौं,' उनले भनिन्।, पढाइ तथा रोजगारको लामा कोठा भाडा लगेर बस्नेमध्येकी कोपिला कार्की पनि एक हुन्। उनी बैंकमा काम गर्छिन्। उनले पनि महिनावारी भएका बेला पानीसमेत बार्नुपर्ने समस्या भोग्नुपर्छ।, ‘खानेपानी भर्न धारा छुन पाँइदैन, त्यो काम गर्न भाडामै बस्ने अरू साथीहरूको सहयोग माग्नुपर्छ,’ उनले भनिन्।, महिनावारी भए छुनु हुँदैन भन्ने मान्यताले अहिलेको आधुनिक युगसम्म महिलाहरूले समस्या भोगिरहनु परेको उनको भनाइ छ।, माया, दीपा, रिमा, कोपिला त उदाहरणका पात्र मात्रै हुन्। उनीहरूजस्तै कोठा भाडामा बस्ने थुप्रै किशोरी र महिलाहरुले महिनावारीका कारण विभेद भोग्न परिरहेको हुन्छ।, कतिपय किशोरीहरूलाई त घरमालिकले महिनावारी हुने र नबार्लान भन्ने शंका गर्दै कोठा भाडा दिनै मान्दैनन्। दिइहाले पनि महिनावारी बार्ने सर्तमा दिन गरेको किशोरीहरूको गुनासो छ।, शिक्षित र चेतनशील मानिसहरू बस्ने भनिएको सहरमा समेत महिलालाई महिनावारीका बेला 'अछुत' बनाइनु लज्जाजनक कुरा भएको यो क्षेत्रका अधिकारकर्मीहरू बताउँछन्।, दलित महिला अधिकार मञ्च कैलालीकी अध्यक्ष सावित्रा घिमिरेका अनुसार धनगढीमा पढ्न आएका किशोरी तथा महिलाहरूले अर्काको घर भाडामा लिएर बस्नुपर्ने र महिनावारी बार्नुपर्ने सर्तका कारण मानसिक समस्या भोग्नु परिरहेको छ।, ‘यस्ता कुरालाई बाहिर ल्याएर कानुनी उपचारमा जानु पर्ने हो,' उनले भनिन्, 'हाम्रो कानुनले महिनावारीको नाममा कुनै पनि विभेद गरे फौजदारी अपराध मान्छ।', मुलुकी संहिताले रजस्वला भएका महिलामाथि छुवाछुत वा अन्य विभेद गर्नुलाई फौजदारी अपराध मानेको छ। , संहिताको दफा १६८ ले यस्तो व्यवहारलाई यस्तो व्यवहारलाई अपमानजनक र अमानवीय भनेको छ। सोही दफाको उपदफा ३ले यस्तो व्यवहार गर्न पनि नहुने र गराउन पनि नहुने भनेको छ।, 'महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्नु वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन,' उक्त उपदफामा भनिएको छ।, उपदफा ४ र ५ मा भने उक्त कसुरको सजाय तोकिएको छ।, रजस्वला भएकी महिलालाई छाउगोठमा राख्ने र छुवाछुत गर्नेलाई ३ महिना कैद र तीन हजारसम्म जरिवाना हुनेछ। सजाय र जरिवाना दुबै पनि हुनसक्ने छ।,  उपदफा ५ अनुसार, महिनावारी भएकी वा सुत्केरी महिलालाई छाउ गोठमा पठाउने, छुवाछुत गर्ने/ गराउने व्यक्ति राष्ट्रसेवक रहेछ भने थप तीन महिना कैद हुने छ।, 'कानुन लागु भएको तीन वर्ष पुगिसक्दासमेत यसको कार्यान्वयन भने भएको छैन, जसले गर्दा महिनावारी भएकी महिलामाथि मानिसहरूले नहिच्किचाई अपमान गर्छन्,' अधिकारकर्मी घिमिरेले भनिन्।, महिनावारी किशोरीहरूमा शारीरिक विकाससँगै हुने प्राकृतिक प्रक्रिया हो। यसलाई सुदूरपश्चिमका फरक जिल्लामा फरक-फरक नामले सम्बोधन गरेको पाइन्छ। केहीले छाउ भएकी, महिनावारी,  रजस्वला, मैली भएकी, बाहिर सरेकी, नछुने आदि शब्दबाट सम्बोधन गर्ने गरिएको पाइन्छ।, यसरी हेर्दा महिनावारीका बेला सम्बोधनमै महिलालाई विभेद हुने गरेको  अधिकारकर्मी घिमिरेको भनाइ छ।, उनले कानुनको  कडा कार्यान्वयन भए यस्तो समस्या कम हुने बताइन्।, राजनीतिक रूपले अघि बढेकाहरू पनि विकट गाउँदेखि सहर-बजारमा समेत महिनावारीका कारण महिला तथा किशोरीहरूले समस्या झेल्दै आउनु परेको बताउँछन्।, सुदूरपश्चिमकी प्रदेश सभा सदस्य देवकी मल्लले प्रदेशमा महिलासम्बन्धी कानुन छिटो बनाएर कार्यान्वयन गर्न सके यस्तो कुप्रथा हटाउन मद्दत मिल्ने बताइन्।, ग्रामीण भेगमात्र नभए सहर-बजारमा महिनावारीले किशोरी र महिलाको क्षमता, वृद्धि, विकासमा असर निम्त्याएको उनले बताइन्।, ‘यस्तो विभेद सहनु पर्दा महिलालाई गाह्रो हुन्छ, त्यसकारण हामीले पटक-पटक भनेका छौं, प्रदेशमा महिला कानून बनाउनु पर्छ। यसबारे गृह मन्त्रीज्युसँग छलफल भइरहेको छ,’ उनले भनिन्।, कोठा दिनुअघि घरबेटी राख्छन् महिनावारी बार्नुपर्ने सर्त!
सेतोपाटी संवाददाता भदौ महिनामा विभिन्न अपराधमा संलग्न भएको आरोपमा देशभरबाट तीन हजार ६ सय ८३ जना पक्राउ परेका छन्।, प्रहरी प्रधान कार्यालयका अनुसार त्यसमध्ये एक हजार एक सय ४३ जना फरार छन्।, पक्राउ पर्ने ७६ प्रतिशत र फरार २४ प्रतिशत रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताए।, भदौमा ३ हजार ९ सय ८ वटा अपराध भएको र त्यसमा ४ हजार ८ सय २६ व्यक्ति संलग्न रहेको कुँवरले बताए। त्यसमा ४ हजार ४ सय ९१ पुरुष र ३ सय ३५ महिला संलग्न रहेको उनले बताए।, अदालतबाट सजाय तोकिएकामध्ये १ हजार ४ सय ४४ जना फरार व्यक्ति भदौ महिनामा पक्राउ परेको तथ्यांक प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको छ। उनीहरू सबैसँग ६ सय ६४ वर्ष १० महिना ११ दिन कैद बक्यौता रहेको प्रधान कार्यालयले जनायो।, काठमाडौं जिल्ला परिसरमा मात्रै १० महिनाको अवधिमा एक हजार दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।, परिसरका अनुसार पक्राउमा गुण्डागर्दी, संगठित अपराध, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, लागुऔषधलगायत मुद्दाका प्रतिवादी समेटिएका छन्।, प्रहरी प्रधान कार्यालयले उच्च प्राथमिकतामा राखेर फरार अभियुक्त खोजी र पक्राउको अभियान चलाएको बताएको छ। अपराधमा संलग्न भएर भागेका व्यक्ति सजायका लागि कठघरामा आउन नसक्दा पीडितले न्याय नपाएको महसुस गरेका कारण फरारको सूची नै बनाएर पक्राउ अभियान चलाइएको कुँवर बताउँछन्।, यस्तै, अपराध गरेर भागे पनि प्रहरीले कुनै न कुनै बेला पक्राउ गर्छ भनी संलग्नलाई मनोवैज्ञानिक दबाबमा राख्न पनि फरार अभियुक्त पक्राउको अभियान चलाइएको कुँवरले बताए।, ‘अपराध गरेपछि सजाय पाइन्छ भन्ने मनोविज्ञान रह्यो भने मानिस अपराध छोडेर सिर्जनशील काममा लाग्छन् भन्ने बुझाइ हाम्रो र समाज दुबैको छ,’ कुँवरले भने।, काठमाडौं प्रहरीले आफ्नो क्षेत्रमा फरार अभियुक्तको खोजीलाई प्राथमिकतामा राखेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंह बताउँछन्।, ‘काठमाडौंमा हजारौंको संख्यामा फरार अभियुक्त छन्, एक वर्षमा हामीले एक हजार बढीलाई पक्राउ गरेका छौं,’ उनले भने, ‘फरार व्यक्तिहरू विभिन्न ठाउँमा लुकेर बस्ने गर्छन्, सम्बन्धित प्रहरी कार्यालयहरू र युनिटहरूसँग समन्वय गरेर पक्राउ गर्ने गरेका छौं।’, सिंह आफू परिसरमा आएपछि फरार अभियुक्त पक्राउ, अपराधको रोकथाम तथा वैज्ञानिक अपराध अनुसन्धान प्रणालीको विकास गर्ने, बिचौलिया र गुण्डागर्दी नियन्त्रण, लागुऔषध कारोबार नियन्त्रणलगायत विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन्।, ‘फरार व्यक्ति पक्राउ नपर्दा उनीहरूले अन्य अपराध गर्न सक्ने, समाजमा चुनौतीको रुपमा देखा पर्ने, पीडितलाई त्रास पैदा हुने गरेकाले त्यस्ता व्यक्तिलाई पक्राउ गर्नु जरुरी ठानेका हौं,’ सिंहले भने, ‘अपराधी पक्राउ पर्दा शान्ति सु-व्यवस्था कायम भएको र जनताले पनि न्याय महसुस गरेको प्रतिक्रिया पाएका छौं।’, फरार प्रतिवादी पक्रन सजिलो नरहेको सिंह बताउँछन्। त्यस्ता व्यक्ति पक्राउ गर्न प्रहरीले उनीहरूको चालचलन अनुसार ‘सुसुप्त’ रुपमै काम गर्ने गरेको उनी बताउँछन्। यसका लागि प्रहरीको ठूलो जनशक्ति परिचालन भइरहेको उनले सुनाए।, ‘फरारको स्थायी-अस्थायी ठेगाना कहाँ कस्तो छ। कहाँ नातागोता छन्, उनीहरूले के गतिविधि गरिरहेका छन् सबै विश्लेषण गरेर सादा पोशाकका प्रहरी परिचालन गरेका हुन्छौं,’ सिंहले भने, ‘कतिपय ठाउँमा पीडित र पीडक एउटै समुदायमा रहेका हुन्छन्, पीडक देख्दा पीडितले मानसिक रुपमा असुरक्षित महसुस गरिरहेका हुन्छन्।’, प्रधान कार्यालयका अनुसार बितेको आर्थिक वर्ष २०७७/७८ मा अदालतबाट निर्णय भएका मुद्दामा ९ हजार ९५३ फरार प्रतिवादी थिए। तीमध्ये प्रहरीले ७ हजार ३९० जनालाई पक्राउ गरेको छ। चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १ हजार ४४४ जना पक्राउ परेका छन्।, पक्राउ पर्न बाँकी फरार व्यक्तिको खोजीका लागि ७७ जिल्लाकै प्रहरी कार्यालयहरूलाई प्राथमिकता साथ काम गर्न प्रधान कार्यालयको निर्देशन दिइएको प्रवक्ता एसएसपी कुँवर बताउँछन्।, फरार अभियुक्तमार्फत भदौ महिनामा जरिवाना र बिगो रकम ६ करोड ७१ लाख ३५ हजार ६ सय ९७ रुपैयाँ असुल भएको कुँवरले बताए। यो अवधिमा अवधिमा विभिन्न अपराध, तस्करी, राजश्व चुहावट, हुण्डी कारोबार लगायत शीर्षकमार्फत् ३४ करोड २८ लाख ६० हजार ९७ रुपैयाँ राजश्व संकलन भएको उनले बताए।, भदौमा ३ सय ४ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन्। त्यसमा ४ सय ७५ जना मानिस पक्राउ परेका छन्।, ७९० किलो गाँजा, ३६.२ किलो चरेश, ७५४ ग्राम खैरो हेरोइन, २ किलो अफिम र २.९६ किलो कोकिन बरामद भएको छ।, काठमाडौं परिसरले लागुऔषध मुद्दामा एक वर्षको अवधिमा २८१ मुद्दा दर्ता भएको बताएको छ। त्यसमा ३८८ प्रतिवादी पक्राउ परेको जनाएको छ।, काठमाडौंमा नाट्रोभेट चक्की, पोलाइन, फेनारगन, डाइजापाम, नुर्फिम, बुप्रिनोरफिन र गाँजा जस्ता लागुऔषधको कारोबार हुने गरेको छ।, ‘उपत्यकाको शान्ति सुरक्षा र प्रहरी कारबाहीले निकै महत्व राख्छ र अन्य जिल्लामा पनि सोही किसिमको शान्ति सुरक्षाको व्यवस्थाका लागि सम्बन्धित जिल्लाहरूलाई काम गर्न प्रेरित गरिरहेको हुन्छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाल भन्छन्, ‘फरार व्यक्ति मात्र नभएर अन्य आपराधिक गतिविधि नियन्त्रणमा हामीले समन्वयात्मक ढंगबाट काम गरिरहेका हुन्छौं।’, फरार अभियुक्त खोज्दै प्रहरी, १० महिनामा काठमाडौंबाट समातिए एक हजार
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार सोमबार १५ हजार ४८८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट १२ हजार ८१ ज १२८३ना र एन्टिजेनबाट ३४०७ जनाको परीक्षण भएको छ।, त्यस्तै, एक हजार २६२ संक्रमित निको भएका छन्। , संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १०३ जनाको मृत्यु भएको छ। , यस्तै हाल १८ हजार ८४८ सक्रिय संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा थप ३९४ कोरोना संक्रमित थपिएका छन्। , काठमाडौंका २८५ , ललितपुरका ६६ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , १५ हजार ४८८ मा कोरोना परीक्षण गर्दा १२८२ लाई कोरोना
खिलानाथ ढकाल सोमबार बुद्ध एयरको एटिआर ७२ जहाज विराटनगरमा अवतरण गर्न सकेन। पाइलटले जहाजलाई काठमाडौं फर्काए।, बुद्ध एयरको भनाइमा चालक दलले ल्याण्डिङ गियर चलाउँदा पांग्रामा समस्या देखिएको थियो। जहाजका दुईमध्ये प्रमुख इन्डिकेटरले संकेत नदेखिएको बुद्ध एयरको भनाइ छ। , काठमाडौंको आकाशमा झन्डै दुई घन्टा घुमेको जहाज अन्तिममा फोर्स ल्याण्डिङ गर्ने तयारी गरिएको थियो। उक्त जहाज अन्तिममा सामान्य रूपले अवतरण भएपछि ठूलो संकट टरेको छ।, बुद्ध एयरको उक्त जहाजको ल्याण्डिङ गियर नखुलेको भए फोर्स ल्याण्डिङ गर्नुपर्थ्यो।, फोर्स ल्याण्डिङ के हो, कसरी गरिन्छ भन्नेबारे हामीले पाइलट दीपुराज ज्वार्चनलाई सोधेका थियौं। ज्वार्चन नेपाल एयरलाइन्सको एयरबस ३२० जहाजका क्याप्टेन हुन्।, उनका अनुसार जहाजमा फोर्स ल्याण्डिङ एकदमै कम हुन्छ। कहिले चक्का माथि नजाने, कहिले तल नझर्ने वा झरेर पनि ‘लक’ नभएको अवस्था हुनसक्छ, त्यो एकदमै विरलै हुन्छ।, ल्याण्डिङ गियरको अवस्थाबारे जानकारी दिन ककपिटमा ‘लाइट’ हुन्छ, जसको ‘इन्डिकेसन’ आधारमा पाइलटले ह्विल ‘डाउन एन्ड लक’ भए नभएको निश्चित गर्छन्।, ‘बुद्ध एयरको जहाजमा ह्विल डाउन एन्ड लक भए/नभएको इन्डिकेसन चालकले नपाएको बुझिन्छ,’ उनले भने।, ज्वार्चनका अनुसार यस्तोमा ‘फोर्स ल्याण्डिङ’ वा ‘डिचिङ’ दुई वटा विकल्प हुन्छन्। दुबै जोखिमपूर्ण हुन्।, फोर्स ल्याण्डिङ खाली मैदान वा सुविधासम्पन्न विमानस्थलमा गरिन्छ भने ‘डिचिङ’ पानीमा गरिन्छ। पानीमा अवतरण गराउनुको उद्देश्य जहाजमा आगो नलागोस् भनेर हो।, घनाबस्ती वा नजिकै सुविधा सम्पन्न विमानस्थल नभएको खण्डमा ‘डिचिङ’मार्फत् अवतरण गराइन्छ, यसका लागि समुद्र भएको क्षेत्र उपयुक्त मानिन्छ। समुद्र भएका मुलुकमा प्राय: ‘डिचिङ’ गरिन्छ।, ‘जहाजलाई सकुशल अवतरण गर्न नसकिने छ भने जोखिमयुक्त तरिकाले अवतरण गराउने प्रयत्न गरिन्छ, जसमा यी दुई विधि अपनाइन्छ,’ ज्वार्चनले ,सेतोपाटी,सँग भने।, उनका अनुसार पांग्राले काम दिने/नदिने अनिश्चय भएका कारण सकेसम्म कम क्षति गर्न र आगलागी हुन नदिने तरिकाबाट जहाजलाई अवतरण गराइन्छ।, त्यसका लागि सबैभन्दा पहिलो विकल्प जहाजको इन्धन कम गराएर हल्का बनाउने हो। दोस्रो, पानी भएको ठाउँ खोज्ने हो। त्यो तत्काल सम्भव छैन भने अवतरण गराउने सुविधासम्पन्न विमानस्थल वा मैदान हो।, यसका लागि अवतरण गराउने ठाउँमा फोमहरू बिछ्याउने, पानी प्रशस्त राख्ने, दमकल तयारी अवस्थामा राख्ने गरिन्छ।, ‘अवतरण गर्दा चक्काले काम नदिएपछि जहाज बजारिन पुग्छ, बजारिएर तुरुन्तै आगो लाग्न सक्छ,’ ज्वार्चन भन्छन्।, उनका अनुसार कुन चक्का नखुलेको हो जहाज त्यतापट्टि ढल्किन पनि सक्छ। सोमबार बुद्ध एयरको जहाज कतै पनि नढल्किकन सकुशल अवतरण भएको थियो।, ‘यसको मतलब जहाजको ह्विल खुले पनि चालकले त्यसको अवस्थाबारे इन्डिकेसन पाएनन् र उनीहरूले त्यही अवस्थामा जोखिम मोलेर अवतरण गर्न चाहेनन्,’ उनले भने, ‘आवश्यक तयारी गरेर अवतरण गराउँदा सबै गियरले काम गरेको देखियो।’, यस्तो अवस्था आउँदा विमान चालक र परिचालिकाबीच अवतरणको योजना बनाइन्छ। उनीहरूले मिलेर कम जोखिम गराई अवतरण गर्ने प्रयत्न गर्छन्।, यस्तो बेला यात्रुलाई सम्हाल्न सक्नु, आफैं सम्हालिनु र जहाजलाई सुरक्षित राखी अवतरण गराउने सबै चुनौती पार लगाउनु चालक दलको ‘कौशल’ हो।, ज्वार्चन आफूले अहिलेसम्म यस्तो समस्या नभोगेको बताउँछन्।, ‘इन्डिकेसनका लागि एकपछि अर्को ब्याकअप हुन्छ, यस्तोचाहिँ बिरलै हुन्छ,’ उनले भने। यस्तो अवस्था आउन नदिन उड्नुअघि जहाजका सबै लाइटको परीक्षण हुने गरेको उनी बताउँछन्।, विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरले धावनमार्ग नजिकै जहाज आए ल्याण्डिङ गियर तल झरेको/नझरेको भन्न सक्छ तर त्यो लक भएको छ कि छैन भन्ने यकिन गर्न सक्दैन।, ‘चक्का माथि लैजाने, झार्ने, झरेको कन्फर्म गर्ने, हेर्दा झुन्डिएको भए पनि चक्का लक भएको छ वा छैन सबै इन्डिकेसन ककपिटमा लाइटले दिन्छन्,’ उनले भने, ‘कहिलेकाहीँ ह्विल डाउन एन्ड लक भए/नभएको कन्फरमेसन नहुँदा यस्तो समस्या देखिन्छ।’, बुद्ध एयरको जहाज सकुशल अवतरण भएपछि ७३ यात्रु अप्रिय घटनाबाट जोगिए।, ज्वार्चनले चालक दलको धैर्यता र उत्कृष्ट कौशलले पनि बुद्ध एयरको जहाज ठूलो जोखिमबाट जोगिएको बताए।, यो पनि पढ्नुस्: , बुढीआमा सम्झिएर प्लेनमा भक्कानिए पुष्कर (भिडिओ), जहाज अवतरण गर्दा अपनाइने ‘फोर्स ल्याण्डिङ’ के हो, कसरी गरिन्छ?
सेतोपाटी जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ।, कोरोना संक्रमणका कारण धरासायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनःउत्थानका लागि उक्त परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो। , आइतबार भोटेकोशीबाट सुरू गरिएको कार्यक्रम मंगलबार त्रिशूली र शुक्रबार कर्णालीमा शुभारम्भ गरिने नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)का महासचिव शिशिर खनालले जानकारी दिए।, उक्त कार्यक्रमअन्तर्गत रिभर गाइड र कर्मचारीले नदी सफा र पहुँच मार्ग मर्मत गर्नेछन्।, एक मजदूरलाई १२ दिनको रोजगार दिइने उक्त कार्यक्रममा २०० रिभर गाइड एवं कर्मचारीले काम पाउनेछन्। उनीहरूले काम गरेबापत परियोजनाले दैनिक रु एक हजार प्रदान गर्नेछ। , नेपालमा रहेका करिब छ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएको छ। ,रासस, भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने
सेतोपाटी संवाददाता भ्याली कोल्ड स्टोरका मालिकलाई अपहरण गरेको आरोपमा पक्राउ परेका दुर्गाप्रसाद बुढाथोकीले प्रहरीको 'कमजोरी'का कारण सफाइ पाएपछि छानबिन समिति गठन भएको छ।, यसमा छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चक्रबहादुर सिंहको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।, दोष के र कसको भएको हो भन्नेबारेमा छानबिन गर्न लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। , बुढाथोकी २०६५ सालमा भएको कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरण घटनाका प्रतिवादी थिए। , असोज ५ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले बुढाथोकीलाई सफाइ दिने फैसला गरेको थियो। गत वर्ष केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो।, काठमाडौं परिसरले घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला अदालतमा पुर्‍याएको थियो।, प्रारम्भिक सुनुवाइमा न्यायाधीश निरौलाकै इजलासले बुढाथोकीलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो।, तर, उनी नेपाली नागरिक रहेको पुष्टि हुन नसकेको भन्दै असोज ५ गते सफाइ दिएको थियो।, सफाइ पाएर भारत पुगेपछि भने दुर्गाबहादुरबारे प्रहरीले फेरि खोजी थालेको छ। खोजीका लागि काठमाडौं परिसरले सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हरिवनमा पत्राचार गरेको थियो। , पत्राचार गर्दा बुढाथोकीले २०५६ साल साउन २८ गते नागरिकता लिएको खुलेको छ।, परिसरले असोज ८ गते बुढाथोकीले नागरिकता लिए/नलिएकोबारे इलाका प्रशासनमा पत्राचार गरेको थियो।, ‘सोही दिन प्रशासनले अभिलेख हेर्दा बुढाथोकीले स्थायी ठेगाना सर्लाही ढुंग्रेखोला-५ बाट वंशजको आधारमा नागरिकता लिएको देखियो,’ परिसर प्रवक्ता बस्नेतले भने।, भारत पुगिसकेका बुढाथोकीलाई अदालतले सफाइ दिइसकेकाले अब के गर्ने भन्ने विषयमा पनि अदालतकै फैसला कुर्नुपर्ने उनले बताए।, ‘अहिले भेटिएको नागरिकता प्रमाणपत्र हामी सरकारी वकिलको कार्यालयमा पठाउँछौं,’ उनले भने, ‘वकिल कार्यालयले पुनरावेदन गर्दा सो तथ्यलाई पनि समेटेर माथिल्लो अदालतलाई प्रतिवेदन बुझाउने छ।’, गत वर्ष पुर्पक्षका लागि बुढाथोकीलाई कारागार पठाउँदा नागरिकताको विषय उठान भएको थिएन। अदालतले पनि सो विषय उठान नगरेका कारण सरकारी वकिलको कार्यालय र प्रहरी परिसरले वास्ता गरेन। , तर एक वर्षपछि बुढाथोकीले सफाइ पाएपछि सो प्रकरणमा भएका त्रुटीहरू के थिए भनी छानबिन थालिएको परिसरले जनाएको छ।, भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरणका अभियुक्तले सफाइ पाएपछि छानबिन थाल्यो प्रहरीले
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३९४ कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंका २८५ , ललितपुरका ६६ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , यस्तै काठमाडौं उपत्यकामा ४५२२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २५४८, ललितपुरमा ११५२ र भक्तपुरमा ८२२ सक्रिय संक्रमित छन्।, काठमाडौं उपत्यकामा थपिए ३९४ संक्रमित, सक्रिय ४५२२
रासस काठमाडौँ उपत्यककाको विभिन्न स्थानमा तीन जना मृत भेटिएका छन्।, प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका १४ कलङ्कीस्थित गेष्ट हाउसको कोठामा भारतको कोलकता घर भएका ८२ वर्षीय किशन गिरी मृत भेटिएका छन्।, उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा दोलखा सैलुङ गाउँपालिका घर भएका बसका चालक ४४ वर्षीय तुलबहादुर उप्रेती पनि आज मृत भेटिएका छन्। पार्किङ गरी राखेको बा ५ ख ६५३० नम्बरको बसभित्र उनी मृत भेटिएको प्रहरीले जनाएको छ।, त्यस्तै ललितपुरको गोदावरी नगरपालिका–७ सल्लेनी कटुवाल दह जाने सडक मुनि झाडीमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार व्लोन पनि मृत अवस्थामा फेला परेका छन्। उनको टाउको र घाटीमा धारिलो हतियारको चोट रहेको जनाइएको छ। तीनैवटा घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।, नियन्त्रित लागुऔषधसहित पक्राउ, यसैबीच काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ४५९ एम्पुल नाइट्रोभेटसहित सिन्धुली मरिण गाउँपालिका–७ बस्ने २१ वर्षीय युवराज लाखेलाई आज प्रहरीले पक्राउ गरेको छ। विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ९५५ नम्बरको बस जाँच गर्नै क्रममा प्रहरीले लागुऔषध फेला पारेपछि उनलाई पक्राउ गरेको हो।, काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा तीन जनाको शङ्कास्पद मृत्यु
मनोज सत्याल काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज सोमबार बिहान ठूलो संकटबाट जोगियो।, ७० यात्रु र ३ चालक दलका सदस्य रहेको जहाजको ल्यान्डिङ गियरमा समस्या आएपछि पाइलटले विरानगरबाट जहाज काठमाडौं फर्काएका थिए।, ल्यान्डिङ गियरमा समस्या देखिए पनि पाइटलले एयरहोस्टेसमार्फत् सामान्य प्राविधिक समस्या देखिएको जानकारी यात्रुलाई दिए। फ्लाइटमा रहेका एयरहोस्टेसले यात्रुलाई काठमाडौं पुर्‍याएर अर्को जहाजमा विराटनगर पठाउने सूचना दिए।, त्यतिञ्जेल जहाज ठूलै संकटमा फसिसकेको थियो। पाइलटले काठमाडौंमा त्रिभुवन विमानस्थलको टावरलाई ल्यान्डिङ गियरमा समस्या आएको जानकरी दिइसकेका थिए। विमानस्थलले एम्बुलेन्सदेखि अग्नि नियन्त्रकसम्मलाई तम्तयार अवस्थामा राखिसकेको थियो।, जहाज काठमाडौं आइपुगिसकेपछि पनि ल्याण्ड नगरेपछि मात्र जहाज भित्रका यात्रुले संकटमा परेको थाहा पाए।, जहाजमा यात्रा गरिरहेका काठमाडौंका पुष्कर मानन्धरले रनवे नजिक भएर पनि जहाज ल्यान्ड नगरेपछि मात्रै मनमा चिसो भएको बताए।, 'जहाजको झ्यालबाट हेर्दा अग्नि नियन्त्रक, एम्बुलेन्स सेना प्रहरी देखियो,' पुष्करले भने, 'त्यसपछि मैले श्रीमतीलाई बुढी, हाम्रो जीवन यत्ति रहेछ। प्लेन क्र्यास होलाजस्तो छ भनेर भनेँ।', पुष्कर श्रीमती र भाइसँगै इटहरी जान विराटनगरका लागि उडेका थिए।, 'बहिनीको श्रीमान बितेको १३ दिन भएको थियो। त्यही भएर इटहरी जान बिहानै आमाको खुट्टा ढोगेर हिँडेको थिएँ,' पुष्करले भने, 'आज भगवानको कृपाले बाँचियो।', जहाज संकटमा परेको थाहा भएपछि जहाजमा केही यात्रु रून थालेको पुष्करले बताए।, 'केही महिलाले हामीलाई सत्य कुरा के हो भनिदिनुहोस् भनेर एयरहोस्टेसलाई भन्न थाले,' सेतोपाटीसँग कुरा गर्दै पुष्करले भने, 'प्लेन उडेकै उडेको गर्न थालेपछि एक जना एयरहोस्टेसको आँखा पनि रसिलो देखेँ मैले। भर्खर १८/१९ वर्षकी एयरहोस्टेसको आँखा रसाएपछि डर लाग्यो। अनि मलाई पनि लास्टै रहेछ भनेर डर लाग्यो।', दुर्घटनामा पर्ने भयो भन्ने मनमा लागेपछि घरको खुबै याद आएको पुष्करले बताए।, 'बुबा हुनुहुन्न मेरो। आमा बुढी। भाइ पनि त्यही प्लेनमा। श्रीमती पनि त्यही प्लेनमा भएपछि खुबै गाह्रो हुँदो रहेछ,' गहभरी आँसु पार्दै पुष्करले भने, 'घरमा बच्चाले अभिभावक गुमाउँदा के स्थिति हुन्छ समाजमा देखिराखेका हुन्छौं। त्यो सम्झना आउँदो रहेछ।', जहाजमा छोरी/छोरा र आमाको सम्झना आएको पुष्करले बताए।, 'अब त प्लेन ल्यान्ड गर्दैन कता लगेर जोतिने हो भन्ने लागिरहेको थियो,' पुष्करले भने, 'बुढा आङ्गेलो शेर्पा पाइलट अनुभवी रहेछन्। प्लेन सकुशल ल्यान्डिङ गरे।', जहाज ल्यान्ड भएपछि सेना प्रहरी सबैले हात हल्लाएपछि भने दोस्रो जुनी पाएको अनुभव भएको पुष्करले बताए।, 'राष्ट्र प्रमुख आउँदाजस्तो स्वागत हुन्छ, त्यस्तै स्वागत एयरपोर्टमा पाइयो,' पुष्करले भने, 'स्ट्रेचरहरू देख्दा मन खिन्न त भयो। तर हामी सकुशल भयौं।', ललितपुरको जावलाखेलस्थित घर फर्किएकपछि पुष्करले आमाको खुट्टा ढोगे। छोरीले टीका लगाइदिइन्।, 'ल, आमा छोरो फेरि वापस आयो भनेर घर प्रवेश गरेँ,' पुष्करले भने।, (भिडिओ), बुढीआमा सम्झिएर प्लेनमा भक्कानिए पुष्कर (भिडिओ)
रासस चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ।, सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ।, निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा उक्त गैँडा मृत फेला परेको बताए।, ‘धानबाली खाने क्रममा स्थानीयले रड घोपेर मरेको अनुमान गरेका छौँ, यस विषयमा थप अनुसन्धान अगाडि बढाएका छौँ,’ उनले भने।, गैँडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागी आइतबार राति सो गैँडा मरेको भए पनि सोमबार मृत भेटिएको बरालले बताए।, ‘हामीले ट्रयापिङ गर्दा जिउंँदै थियो, मध्याह्नतिर झाडीमा मृत फेला पर्‍यो’, उनले भने। गैँडा मृत फेला परे पनि गैँडाको खाग र खुर भने सुरक्षित रहेको बरालको भनाइ छ।, चालु आर्थिक वर्ष २०७८/७९ मा मात्रै विभिन्न कारणले आठवटा गैँडा मरिसकेका छन्। राष्ट्रिय गैँडा गणना २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन्।, कोखमा रड घोपेपछि चितवन राष्ट्रिय निकुञ्जमा मर्‍यो गैँडा
युवराज श्रेष्ठ यो अन्नपूर्ण पहिलो, त्यो अन्नपूर्ण चौथो। संयोगवश सोमबार बिहानै अन्नपूर्ण श्रृङ्खला खुलेको थियो, हिमाल चिनाउन व्यस्त थिए, नेपालका लागि फिनल्याण्डका राजदूत प्रेट्टी जुहानी एन्टिनेन।, पदयात्राका लागि अन्नपूर्ण गाउँपालिकाको देउरालीडाँडा पुग्दा बादलले हिमाल छोपिसकेको थियो। बादल फाटेका ठाउँमा भने भर्खरै परेजस्तो सेतो हिउँ टल्किरहेको थियो। राजदूत प्रेट्टी भने अलिकति देखिएका हिउँ पनि कुन हिमालका होलान् भनेर खुट्याउन घोत्लिरहे। अरू देशका पर्यटक र कूटनीतिक नियोगका प्रमुखलाई चिनाइरहे।, प्रेट्टी फिनल्याण्डबाट नेपालका लागि राजदूत भएर काठमाडौं ओर्लिएको ३ वर्ष पूरा हुनै आँट्यो। यस बीचमा सात पटक पोखरा आएको उनले बताए।, २ वर्षअघि कोरोनाभाइरसको महामारी रोक्न भएको पहिलो लकडाउनको ठीकअघि पनि उनी पोखरामै थिए। पोखराबाट कालीगण्डकी उपत्यका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको उनले बताए। हिमाली क्षेत्रमा घुम्दा र पोखराबाट हिमाल हेर्दाहेर्दै हिमाल चिन्न थालेको उनले सेतोपाटीलाई बताए।, नेपालको प्राकृतिक सुन्दरता र नेपालीले पस्कने आतिथ्यताले जसलाई पनि मोहित बनाउन सक्ने राजदूत प्रेट्टीको भनाइ छ।, ‘मैले यो कुरा बोल्नलाई मात्र भनेको होइन, साँच्चै नेपालीको हाँसोले पर्यटकलाई खुसी दिन्छ,’ उनले भने।, देउरालीडाँडाबाट नेपालकै पहिलो अपाङ्गमैत्री पदयात्रा पूरा गरेपछि सराङकोटमा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका प्रेट्टी यतिमै रोकिएनन्। नेपाल भनेको काठमाडौं उपत्यकामात्र नभएको उनले बताए।, ‘काठमाडौंमात्र नेपाल होइन, त्यो त सानो हिस्सामात्र हो,’ उनले भने, ‘नेपाल त काठमाडौंबाहिर छ।’, प्रेट्टी लामो समयदेखि नेपाल बसेकाले मात्रै होइन, घुमघाममा विशेष रूची राख्ने राजदूतमा गनिन्छन्। उनले नेपालका धेरै पर्यटकीय क्षेत्र घुमेका छन्, नेपाली गाउँगाउँका मानिस भेटेका छन्। कोरोना महामारीले शिथिल पारेको नेपालको पर्यटन छिट्टै पुरानै लयमा फर्कने उनको विश्वास छ।, राजदूत प्रेट्टीलाई छोएको अर्को विषय छ, पदमार्गको विनाश। डोजर विकासले अहिले हिमाली क्षेत्रका पुराना पदमार्ग ध्वस्त भएका छन्। मोटरबाटो पुर्‍याउन खोज्दा धेरै ठाउँमा पहिरोले हिँड्न पनि नमिल्ने भएका छन्। पुरानै लयमा पर्यटन फर्काउन नेपालका गोरेटो पदमार्ग जोगाउनु पर्ने उनको भनाइ छ।, ‘सडक बनाउँदा गोरेटो मासिकएका छन्,’ उनले भने, ‘यहाँ पर्यटक पुरानै बाटोमा हिँड्न रूचाउँछन्, त्यसैले बाटो बनाउँदा ध्यान दिन मेरो सुझाव छ।’, उनले पदमार्गका फोहोर व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने बताए।, संयुक्त राष्ट्रसंघका आवासीय प्रमुख सारा बेसोलो नान्तीले त बिहानै सराङकोट उक्लिएर टिकटक भिडिओ बनाइन्। सुर्योदयका समयमा अन्नपूर्ण हिमश्रृङ्खलालाई पृष्ठभूमिमा राखेर उनले भविष्यका लागि नेपालका सम्पदा जोगाउनु पर्ने बताइन्।, ‘नेपालको अद्भुत प्राकृतिक दृश्य अन्त भेटिदैन,’ पहिलो पटक पोखरा आएकी साराले टिकटक भिडिओमा भनेकी छिन्, ‘यहाँको संस्कृति, आतिथ्य सत्कार मन पर्‍यो, पर्यटकका लागि नेपाल खुला छ, प्रकृतिलाई महशुस गर्न नेपाल आउनुस्।’, गण्डकी सरकार, नेपाल पर्यटन बोर्ड र पोखराका पर्यटन व्यवसायीले काठमाडौंस्थित विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखलाई आइतबार पोखरा ल्याएका थिए। बुद्ध एयरको जहाज चार्टर गरेर ११ देशका राजदूत र विभिन्न अन्तर्राष्ट्रिय कूटनीतिक नियोग एवं संस्थाका प्रमुखलाई ल्याएर आइतबार पदयात्रा गराएका हुन्। यो कार्यक्रमबाट कोरोना महामारीले थलिएको पर्यटन बचाउन टेवा पुग्ने व्यवसायीको विश्वास छ।, श्रीलंकाबाट राजदूत भएर काठमाडौं ओर्लेको २ वर्ष बित्यो, तर राजदूत हिमाली अरुणथिलाका पोखरा पहिलो पटक शुक्रबार झरिन्। बौद्धमार्गी राजदूत हिमाली यो दुई वर्षमा ३ पटक लुम्बिनी पुगिन्। चितवन, नगरकोट र धुलिखेल घुमिन्।, पोखरामा पदयात्रा गर्न उनले नसक्ने बताएकी थिइन्। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टान र अन्य संस्थाका प्रतिनिधिले सक्नुहुन्छ भन्दै ढाडस दिए। उनी पदयात्रा जान तयार भइन्। जब पदयात्रा पूरा गरिन्, पहिलो पटक यत्ति अग्लो पहाड चढेको भन्दै गर्व गरिन्।, ‘मैले पदयात्रा रूट पूरा गरें, गर्व लागेको छ कि यति अग्लो पहाड पहिलो पटक चढें,’ उनले भनिन्, ‘समथर भुगोलमा हिँड्थें, तर यसरी पहाड चढेकी थिइनँ।’, घुम्नका लागि नेपाल सुरक्षित र खुला रहेको सन्देश दिन राजदूत र कूटनीतिक नियोगका प्रमुखलाई पदयात्रा गराइएको नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले बताए।, ‘यो कार्यक्रमले पोखरा घुम्न नेपालीलाई पनि उत्प्रेरित गर्छ,’ उनले भने, ‘उनीहरूका देशका साथी र परिवारलाई पनि पक्कै प्रेरणा मिल्छ।’, सरकारले पर्यटकका लागि अन अराइभल भिसा दिने निर्णय गरिसकेकाले अब विदेशी पर्यटक भित्रनेमा पोखराका पर्यटन व्यवसायीको आशा छ। समयमै सरकारले पर्यटकका लागि भिसा खोल्न र क्वारेन्टिनसम्बन्धी व्यवस्था नहटाउँदा भने नेपाल आउन चाहने पर्यटक अन्यत्र गएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराइले बताए।, राजदूत पदयात्राले यस्तो सन्देश दिन सहयोग पुग्ने उनको विश्वास छ।, नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्ज सबेरै फेवातालमाथि विश्व शान्ति स्तुप पुगे। उनी राजदूत बनेर नेपाल आएका १ महिनामात्र भएको छ। विश्व शान्ति स्तुपबाट अन्नपूर्ण दक्षिण हिमाल देखिएको फोटो फेसबुकमा पोष्ट गरे। त्यही फोटो देखेर उनका साथीहरु नेपाल आउन चाहेको थोमसले बताए।, थोमस मात्र होइन, अन्य देशका कतिपय राजदूतले यति नजिकै हिमाल नै नदेखेको बताए। पहिलो पटक नजिकै हिमाल देख्दा रमाइलो लागेको भन्दै उनीहरू नेपालको पर्यटन छिट्टै माथि उठ्ने बताए।, बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले २ सातापछि काठमाडौंदेखि बंगलादेशसम्म हवाई उडान सुरू हुने बताइन्। हवाई सेवा सुचारु भएपछि बंगाली पर्यटकको चाप नेपालमा बढ्ने उनले बताइन्। पहिलो पटक पदयात्रा गरेको भन्दै उनले बंगलादेशमा हिमाल नभएकाले नेपालको हिमालले तान्ने बताइन्।, ‘यहाँको प्राकृतिक सुन्दरता, वनजंगल र वनस्पति भविष्यका लागि जोगाउनुपर्छ,’ उनले भनिन्, ‘धेरै पर्यटक ल्याउन हिमाल जोगाउनुपर्छ।’, युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रोफ्टले हिमाल देख्दा आकाशमा पेन्टिङ गरेजस्तो अनुभूति भएको बताए। अर्को पटक परिवार लिएर पोखरा आउने भन्दै उनले काठमाडौंमा भन्दा पोखरामा बिताएको पल रमाइलो भएको प्रतिक्रिया दिए।, अपाङ्गमैत्री पदमार्ग हुँदै शाहवंशको उद्गम थलोसम्म, पोखरामा सन् २०१८ मार्चमा ‘इन्टरनेशनल कन्फरेन्स अन एक्सेसिबल एडभेन्चर’ कार्यक्रम आयोजना भएको थियो। नेपाल पर्यटन बोर्ड र राष्ट्रिय अपाङ्ग महासंघले आयोजना गरेको यस कार्यक्रमले निष्कर्ष निकाल्यो, अब अपाङ्गता भएका व्यक्तिलाई पनि पदयात्रामा पहुँच दिलाउन पदमार्ग अपाङ्गमैत्री बनाउने।, त्यही कार्यक्रमपश्चात सोमबार राजदूतले पदयात्रा गरेको देउराली-कास्कीकोट-सराङकोट पदमार्ग निर्माण गरिएको हो। निर्माणको केही काम पूरा हुन बाँकी रहेको पदमार्ग निर्माण समितिका अध्यक्ष विष्णुहरी शर्माले बताए।, ‘ट्रेक खुलिसकेको छ, केही ठाउँमा सुरक्षाका लागि बार लगाउन र ढुङ्गा बिच्छ्याउन बाँकी छ।’, अन्नपूर्ण हिमश्रृङ्खलाको पुरै हिमाल यो पदमार्गबाट देखिन्छ भने जंगलमा जैविक विविधता, तल फेवातालसहित मनोरम बस्ती देखिन्छ। पहाडको थाप्लैथाप्ला यो बाटोमा ह्विलचियर हिँडाउन सकिने गरी संरचना बनाइएको छ।, चैत-वैशाखमा लालीगुराँस फुल्ने र पोखराबाट देखिने सबैजसो हिमाली दृश्य देखिने भएकाले पर्यटन बोर्डले यो पदमार्गलाई प्राथमिकता दिएको छ। देउरालीदेखि कास्कीकोटसम्म यो पदमार्ग जम्मा ३ किलोमिटर छ।, राजदूत र कूटनीतिक नियोगका प्रमुख लगायतका टोलीलाई पदयात्रा सकाएर नेपालको इतिहास झल्काउने कास्कीकोट दरबार पुर्‍याइयो। बाइसे/चौबीसे राज्यकालमा कास्कीकोटमा बसेर कास्कीमा शाह वंशले राज्य चलाउँथे।, त्यो समय लमजुङमा घले राजाको शासन थियो। लमजुङ दुराडाँडाका खजे दुरा लगायतका टोलीले घले राजाका विरूद्ध कास्कीका राजा कुलमण्डन शाहसँग राजा माग्न गए। कुलमण्डनले माइला छोरा कालु शाहलाई लमजुङमा राजा बन्न पठाए। लमजुङका नागरिक कालु शाह र घले राजाका बिच विभाजित भए। लडाइमा घले राजाले कालु शाहलाई मारिदिए।, लमजुङका नागरिक फेरी कुलमण्डन शाहसँग राजा माग्न गए। माइला छोरा लडाइमा गुमाएका कुलमण्डनले कान्छा छोरा यशोब्रम्हलाई लमजुङको राजा बन्न पठाए। घले राजासँगको लडाइँ यशोब्रम्हले जिते। शाह राजाले जितेको भन्दै खजे दुरा लगायतका टोलीले लमजुङको दुराडाँडामा सिन्दुर जात्रा गरे। त्यसश्चात लमजुङको दुराडाँडामा उक्त ठाउँलाई सिन्दुरे ढुङ्गा भन्छन्।, यसरी लमजुङको राजा बन्न पुगेका यशोब्रम्हकै कान्छा छोरा द्रब्य शाह गोरखामा राजा छान्न आयोजित लिगलिग दौड जितेर गोरखाका राजा भए। वर्षेनी लिगलिगकोटसम्म दौडाएर राजा छान्न चलन द्रब्य शाहले रोकिदिए। गोरखामा पनि शाहवंशीय शासन शुरू भयो।, यिनै द्रब्य शाहका सन्तान पृथ्वीनारायण शाहले बाइसे/चौबीसे राज्य एकीकरण गरेका थिए। पदयात्रामा आएका राजदूत र कूटनीतिज्ञलाई यस्तो इतिहासबारे पृथ्वीनारायण क्याम्पसका सह-प्राध्यापक दीपक बास्तोलाले जानकारी गराएका थिए। अहिले पनि कास्कीकोटमा तत्कालीन शाह राजाका भग्नावशेष देख्न सकिन्छ।, नेपालका ऐतिहासिक तथ्य र सम्पदाका बारेमा थाहा पाउँदा राजदूतहरू दंग परेका थिए। पदयात्रामा सामेल संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)का  नेपाल प्रतिनिधि माइकल क्रोफ्टले नेपालको इतिहासका बारेमा जान्न पाउँदा खुसी लागेको बताए। उनले भने, ‘नेपालका केही ऐतिहासिक कुरा बुझ्न पाउँदा एकदम रोचक र खुसी लाग्यो।’, सबै तस्बिरहरू: युवराज श्रेष्ठ/सेतोपाटी, ‘नेपाल त काठमाडौं बाहिर छ’
सेतोपाटी संवाददाता ट्रकले ठक्कर दिँदा रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ।, मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्रकले ठक्कर दिँदा आमा-छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।, सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरका ३८ वर्षीया आमा राधा भट्टराई र उनका छोरा १८ वर्षीय महेश भट्टराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले सडकमा बस पर्खिएर बसेका आमाछोरालाई ठक्कर दिएको थियो। , ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।, कलेज जान हिँडेका छोरालाई बाटोसम्म पुर्‍याउन आएकी आमा समेतलाई ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन्। , ठक्कर दिने ट्रक र राप्ती नगरपालिका चितवनका चालक धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।, ट्रकको ठक्करले कलेज जान लागेका छोरा र पुर्‍याउन आएकी आमाको मृत्यु
नारायण खड्का सामाजिक सञ्जालबाट प्रेममा परेपछि भोजपुरबाट रोल्पास्थित प्रेमीको घरमा गएकी एक प्रेमिकाको प्रेमीसँग भेट नहुँदै भिरबाट लडेर मृत्यु भएको छ।, फेसबुकबाट प्रेममा परेपछि विवाह गर्ने वाचासहित ७/८ महिनादेखि रोल्पास्थित प्रेमीको घरमा बस्दै आएकी भोजपुरकी लक्ष्मी राईको वनमा मेलापात गर्न गएको बेला आइतबार भिरबाट लडेर मृत्यु भएको हो।, रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश सुवेदीका अनुसार त्रिवेणी गाउँपालिका वडा नं. ७ गाङका ४४ वर्षीय प्रदीप परियार र भोजपुरको षडानन्द नगरपालिकाकी ३५ वर्षीया लक्ष्मी राईको सामाजिक सञ्जालबाट माया बसेको थियो।, रोजगारीका शिलशिलामा अहिले पनि साउदी अरबमा रहेका प्रदीप र लक्ष्मीले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने निधो गरेका थिए। तत्कालै प्रदीप साउदीबाट नेपाल आउन नमिलेपछि उनले लक्ष्मीलाई रोल्पास्थित आफ्नो घरमा गएर बस्न आग्रह गरेका थिए। प्रेम विश्वासमा अडेको हुन्छ। त्यही विश्वासको फेरो समातेर लक्ष्मी भोजपुरबाट रोल्पा पुगेकी थिइन् औपचारिक विवाह नै नभई।, ‘दुई जनाले सामाजिक सञ्जालबाटै प्रतिवद्धता जाहेर गरेपछि भोजपुरबाट लक्ष्मी रोल्पास्थित प्रदीप घर आएको अनुसन्धानबाट खुल्न आएको छ,’ डिएसपी सुवेदीले भने, ‘प्रदीप विदेशबाट फर्किएपछि विवाह गर्ने समझदारी भएको रहेछ। दुर्भाग्य, लक्ष्मीको प्रदीपसँग भेट नभएरै जीवन लिला समाप्त भयो।’, प्रदीपले दिएको रोल्पास्थित घरको ठेगाना पछ्याउँदै करिब ७/८ महिनाअघि लक्ष्मी उनको घर पुगेकी थिइन्। घरमा प्रदीपका ८७ वर्षीय बुवा भाइराम दमाई एक्लै बस्थे।, आफू घरमा नभए पनि रेखदेख र घर गृहस्थी सम्हाल्न बुहारी आएपछि भाइराम मख्ख थिए। लक्ष्मीले ससुराको रेखदेखदेखि घरगृहस्थीको काम राम्रोसँग गर्दै आएकी थिइन्।, विवाह नै नगरी लक्ष्मी प्रदीपको घरमा आएको देखेर कतिलाई अचम्म लागे पनि उनीहरूको जिन्दगी सबै राम्रै चल्दै थियो। प्रदीपले विदेशबाट लक्ष्मीलाई पटक/पटक पैसा पठाउँथे। लक्ष्मी पनि इमान्दारीपूर्वक घर चलाइरहेकी थिइन्।, त्यही क्रममा लक्ष्मी आइतबार घाँस काट्न भनेर बाख्रासहित नजिकै जंगलमा गइन्। साथमा अरू गाउँले पनि थिए।, लक्ष्मीलाई गाउँलेले उनी हिँड्न थालेको बाटो धेरै अप्ठेरो भएको हुँदा नजान भनेका थिए।, ‘उहाँ अघि-पछि पनि आफू त्यो बाटो हिँडेको भन्दै सहजै हिँड्न सक्ने भन्दै अगाडि बढ्नुभएछ,’ डिएसपी सुवेदीले भने, ‘तर के मिलेन, भिरबाट लड्नु भयो र घटनास्थलमै मृत्यु भयो।’, घटनास्थलमा पुगेको प्रहरी टोली हेर्दा लक्ष्मीले आफू जोगिन बुट्यान तथा झारजंगल समात्न प्रयत्न गरेको देखिएको डिएसपी सुवेदीले बताए।, ‘भिरको माथिल्लो भागदेखि नै उहाँका कपडाका टुक्राटाक्री फेला परेका छन्। कतै झार नै उखेलिएको छ,’ डिएसपी सुवेदीले भने, ‘भिरबाटै पल्टिदै मुनि पुग्दा उहाँको शरीरै भरी घाउ चोट लागेको छ।’, घटना आइतबार बेलुका पाँच बजेतिर भएको सुवेदीले बताए।, खबर पाएपछि प्रहरी घटनास्थल पुगेर उद्धार गरी अस्पताल पुर्‍याएको भए पनि चिकित्सकले लक्ष्मीलाई मृत घोषणा गरेका थिए।, लक्ष्मीको मृत्युपछि भोजपुरको षडानन्द नगरपालिकास्थित लक्ष्मीको परिवार (माइती घरमा) डिएसपी सुवेदीले आफैं फोन सम्पर्क गरी जानकारी दिएका थिए।, ‘मैले लक्ष्मीका दाजु सुरेन्द्र राईसँग फोनमा घटनाबारे कुरा गरे,’ डिएसपी सुवेदीले भने, ‘सुरेन्द्रजीले घटना शंकास्पद रहे दोषीलाई कारबाही गर्न र अन्यथा त्यताको परम्पराअनुसार अन्तिम संस्कार गरिदिन आग्रह गर्नुभएको छ।’, सुरेन्द्रले आफूहरू धेरै टाढा भएकाले आउन सम्भव नभएको भन्दै परम्परा अनुसार राम्रोसँग अन्त्येष्टि गरिदिन आग्रह गरेको डिएसपी सुवेदीले जानकारी दिए ।, त्यही सल्लाहअनुसार शव पोष्टमार्टमका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको डिएसपी सुवेदीले बताए।, पोष्टमार्टमपछि शव रोल्पा फिर्ता ल्याएर सबै प्रक्रिया पूरा गरी लक्ष्मीको अन्त्येष्टि गरिदिने डिएसपी सुवेदीले जानकारी दिए। , गत आर्थिक वर्ष भिरबाट लडेर २५ जनाको मृत्यु, जिल्ला प्रहरी प्रमुख सुवेदीका अनुसार गत आर्थिक वर्षमा मात्रै रोल्पामा भिरबाट लडेर २५ जनाको मृत्यु भएको छ। विभिन्न ठाउँमा भएका अलग/अलग घटनामा २५ जनाको मृत्यु भएको सुबेदीले बताए।, त्यस्तै उनले सोमबार दिउँसो ४ बजेतिर मात्रै परिवर्तन गाउँपालिका वडा नं. २ का ५५ वर्षीय भिमप्रसाद खत्रीको मृत्यु भएको जानकारी दिए। रोल्पामा चालु आर्थिक वर्षमा भिरबाट लडेर चार जनाको मृत्यु भइसकेको छ।, ‘मदिरा सेवन गरी हिँड्नेहरू बढी दुर्घटनामा परेको देखिन्छ,’ सुवेदीले भने, ‘मेलापात गएकाहरू पनि भिरबाट लडेर मृत्यु हुने गरेको पाइएको छ।’  , अधुरै रह्यो भोजपुरकी लक्ष्मी र रोल्पाका प्रदीपको प्रेम कहानी!
रासस प्रदेश नम्बर २ सरकारले जितिया पर्वको अवसरमा आगामी असोज १३ गते बुधबार महिलाका लागि सार्वजनिक बिदा दिएको छ।, मुख्यमन्त्री लालबाबु राउतले सोमबार शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण बर्तालु महिलालाई निष्ठापूर्वक जितिया पर्व मनाउन आग्रह गरेका छन्।, प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि असोज १३ गते बिदा दिएको उल्लेख छ।, पुत्रको दीर्घायुको कामना गर्दै हिन्दू धर्मावलम्बीले मनाउने कठोर व्रत जितियाको अवसरमा सम्पूर्ण बर्तालु महिलामा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन्।, शुभकामना सन्देशमा सन्तानप्रति स्नेह झल्काउने यस महापर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरुन् भनी कामना पनि गरिएको उल्लेख छ।, प्रदेश २ मा भोलि सार्वजनिक बिदा
सेतोपाटी संवाददाता गोरखामा प्रहरीको सिआइडी हौं भन्दै मालबहाक ट्रक रोकेर लुटपाट गर्न खोज्ने समूहलाई नियन्त्रणमा लिइएको छ।, जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारीअनुसार नक्कली सिआइडी बनेर ट्रकमा रहेका सामानमा क्षति पुर्‍याउने र सहचालकको मोबाइल खोस्नेलाई नियन्त्रणमा लिइएको छ।, छ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सोमबार राति उनीहरूले आँबुखैरेनीबाट गोरखातर्फ आइरहेको ना ६ त ४५६ र ना ६ ख ५५०२ नम्बरको मालबाहक ट्रकलाई सडकमै रोकेर चेकजाँच गरेका थिए।, ती युवाहरूले सहचालकको मोबाइल खोसेका थिए। ट्रकमा रहेका सामानहरू पनि क्षति पुर्‍याएका छन्।, राति २ बजे उनीहरूले १२ किलो भन्ने ठाउँमा ट्रक रोकेका थिए। उक्त घटनाको जानकारी पछि प्रहरीले गोरखा नगरपालिका वडा नम्बर ११ का छ जना युवालाई नियन्त्रणमा लिएको छ।, २१ वर्षका निरज कोइराला, २० वर्षका निरन्जन तामाङ, २० वर्षका ओमराज गुरुङ, १९ वर्षका सुरज तामाङ, मनोज तामाङ र रिकेश कुँवरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।, उनीहरूविरूद्ध सार्वजनिक हितविरूद्ध कसुर अन्तर्गत मुद्दा दर्ता गरी १० दिनको म्यादसहित हिरासतमा राखेर अनुसन्धान गरिएको छ।, प्रहरीको सिआइडी भन्दै ट्रक रोकेर लुटपाट गर्न खोज्नेहरू नियन्त्रणमा
रासस जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ।, कालिका नगरपालिका वडा नम्बर ५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो।, देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ गरिएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको सूचनामा प्रहरीमा परेको उजुरी मिलाइदिन्छु भनी आठ जनासँग जनही रु तीन लाख माग गरेपछि उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो।, भरतपुर महानगरपालिका–३ बस्ने ४१ वर्षीय राहुल गुप्ताले ठगी उद्योगमा जाहेरी दिएपछि देवकोटालाई पक्राउ गरिएको सूचनामा उल्लेख छ।, ‘राहुल गुप्तासमेतका आठ जनाले झुटो विवरण पेश गरी नेपाली लिएको हुँदा निजलाई समेत कारबाही गरी पाऊँ भनी भारत घर भएका सतिशकुमारले कार्यालयमा जाहेरी पेश गरेकामा मुद्दा मिलाइदिन्छु भनी रकम माग गरेपछि पक्राउ गरिएको हो,’ सूचनामा उल्लेख छ।, प्रहरीले देवकोटालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।, मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–२१ को दफा २४९ ठगी गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ।, मुद्दा मिलाइदिन्छु भन्दै तीन लाख मागेको आरोपमा कानून व्यवसायी पक्राउ
सेतोपाटी संवाददाता अरनिको राजमार्गस्थित सूर्यविनायकको सल्लाघारी खण्डमा सोमबार राति भारतीय टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका-३ बालकोटका ४५ वर्षीय गणेश रजौरा रहेको प्रहरीले जनाएको छ।, राति साढे १० बजे नगरकोट मोडबाट काठमाडौं जाँदै गरेको प्रदेश ३-०२-००८ प २५०१ नम्बरको मोटरसाइकललाई आरजे ०२ जिबी १९१७ नम्बरको १८ चक्के भारतीय टेलरले ठक्कर दिएको थियो।, ठक्करबाट गम्भीर घाइते भएका रजौराको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला परिसर भक्तपुरले जनाएको छ।, मोटरसाइकलको पछाडि सवार कौशलटारका २८ वर्षीय अमृत सिलवाल सामान्य घाइते छन्। उनी उपचारपछि डिस्चार्ज भइसकेका छन्।, टेलर चालक देश भारत राजस्थान प्रदेश अलबर जिल्ला बस्ने ५० वर्षीय महादेव शर्मालाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रढमा लिएको छ।, तीब्र गति र पानी परिरहेको कारण बाटो चिप्लो हुँदा अनियन्त्रित भई टेलरले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।, १८ चक्के भारतीय टेलरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु
रासस भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत तथा सरकारी विद्यालयमा आजदेखि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ।, नगरपालिकाको शैक्षिक क्यालेण्डरअनुसार परीक्षा आजदेखि हुने भएकाले विद्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७’ अनुसार नगरभित्रका सबै शैक्षिक संस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न दिने निर्णय गरिएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।, कोभिड–१९ को सङ्क्रमणका कारण उत्पन्न परिस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्दा कक्षाकोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुनेगरी विद्यार्थीको बसाइ व्यवस्थापन गर्ने, विद्यालयमा विद्यार्थीको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकलगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने र खोप लगाउन बाँकी भए नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउने व्यवस्था गर्नुपर्ने निर्देशनसहित नगरपालिकाले विद्यालयमा परिपत्र गरेको छ ।, विद्यालय सञ्चालनपूर्व विद्यालय परिसर र कक्षाकोठाको पूर्ण सरसफाइ तथा निर्मलीकरणको सुनिश्चितता गर्ने, विद्यालयको भौतिक अवस्था, विद्यार्थी सङ्ख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरकफरक सिफ्टमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने र विद्यालयको गेटमा र कक्षा कोठा बाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेलाबेलामा हात सेनिटाइज गर्ने वा धुने व्यवस्था मिलाउने, विद्यालयको प्रवेशद्वार, कक्षाकोठा र शौचालयको प्रयोग गर्दा विद्यार्थी लाइनमा पालैपालो दूरी कायम गरी निस्कने तथा पस्ने प्रबन्ध मिलाउने र सबै जनाले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए।, नगरपालिकाको टोलीले यसको अनुगमनसमेत गर्ने भएको छ। ,रासस, भौतिक उपस्थितिमा परीक्षा सञ्चालन
युनिक श्रेष्ठ काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ।, ललितपुरको बागमती* गाउँपालिका वडा नम्बर १ घुसेलस्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका थिए।, ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।, शनिबार साँझ स्थानीयले शव बागमती नदी किनारमा देखेका थिए।, ‘उनको अनुहार चिन्न गाह्रो हुने खालको छ। उनले कपन मावि लेखेको लुगा लगाएको भेटिएको छ,’ बज्राचार्यले भनिन्, ‘चापागाउँमा बस्ने उनको माइजु नाता पर्ने महिला शव फेला परेको स्थानमा आउँदै हुनुहुन्छ।’  , शवको पोष्टमार्टम गर्न त्यहाँबाट ललितपुरस्थित पाटन अस्पतालमा ल्याइँदैछ। प्रहरीले शवलाई दुई घण्टा बोकेर टीकाभैरवसम्म ल्याउनु पर्ने एसएसपी बज्राचार्यले बताइन्।, टीकाभैरवबाट गाडीमा हालेर ल्याउन लागेको हो।, यो पनि: ,'पख भाइ पख भन्दाभन्दै बच्चा ढलमा खस्यो, एक सेकेन्डमै कता हरायो कता!', *सच्याइएको, ललितपुरमा भेटियो कपनको ढलमा परेका १० वर्षीय उज्ज्वलको शव
सेतोपाटी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ।, निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए। , उनका अनुसार शवको पहिचान हुनसकेको छैन। , 'बेवारिसे व्यक्ति हो। पहिलेदेखि बाटोमा सुत्ने मान्छे नयाँ बनाइरहेको शौचालयको प्यासेजमा बोरा हालेर सुतेको रहेछ,' उनले भने,'त्यसै क्रममा मृत्यु भयो। मापसे अलि धेरे  गर्ने गरेकोजस्तो देखिन्छ।', शव फेला परेको खबर बिहान ९ बजेतिर प्रहरीलाई भएको थियो। खबर भएपछि प्रहरी वृत्त महाराजगन्जको टोली घटनास्थल पुगेको थियो।, प्रहरीले घटनास्थलमा पुगेर शव जाँच गरेको छ। , शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आइतबार मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए।, वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको छ।, उनको मृत्यु शंकास्पद भए/नभएकोबारे यत्तिकै भन्न नसकिने उनले बताए। , 'अटोस्पीको लागि शव पठाइएको छ। शंकास्पद भए/नभएको त्यसै हेरेर भन्न सकिने अवस्था छैन,' उनले भने,'रिपोर्ट आएपछि थाहा होला।', प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। , बूढानीलकण्ठमा वडा कार्यालयको शौचालयमा भेटियो पुरुषको शव
रासस मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ।, जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो।, मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो। मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइएको जानकारी दिए।, ‘स्वदेशीका लागि पिसीआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोना विरुद्धको खोप लगाएकोमध्य कुनै एक प्रमाणको आधारमा मुक्तिनाथमा प्रवेश दिने निर्णय भएको छ। विदेशीका लागि सात दिनभित्रको पिसीआर रिपोर्ट अनिवार्य गरिएको छ,’ उनले भने।, वडादशैँको सोह्रश्रद्धामा कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन आउने गर्छन्। कोरोना सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा गरिएको निषेधाज्ञा पाँच महिनापछि गत भदौ २३ गतेदेखि खुलाइएको थियो।, अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमणदर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाएको प्रशासनलाई विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिरमा पनि खुलाउन दबाब परेको थियो।, निषेधाज्ञा र मुक्तिनाथ खुलेसँगै निषेधाज्ञाले थला परेको मुस्ताङका होटल र पर्यटन व्यवसाय चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने अपेक्षा गरिएको छ।, मुक्तिनाथ र पर्यटकीयस्थल खुलाएपछि सडक र हवाईमार्ग भएर मुस्ताङ जानेहरुको चहलपहल बढेको छ। कोरानाका कारण मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवाका सातसहित मुस्ताङमा १५ जनाले ज्यान गुमाएका छन्।, समुद्री सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा रहेको मुक्तिनाथलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानिन्छ।, शालिग्राम भगवान्को लागि प्रशिद्ध मुक्तिनाथ दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास छ। शालिग्राम शिलालाई भगवान् विष्णुको रुप मानेर पूजा गरिन्छ।, यसै ठाउँको बाटो भएर बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचारका लागि तिब्बत गएकाले यसलाई बौद्ध धर्मावलम्बीहरुको पनि तीर्थस्थल मानिन्छ।, १०८ धारामा स्नान र मुक्तिनाथ मन्दिरमा पूजाआजा तथा दर्शन गर्ने चलन छ। मन्दिर परिसरमा गुम्बा पनि छ।, खुल्यो मुक्तिनाथ मन्दिर
सेतोपाटी संवाददाता सुन तस्करीबारे धेरै तथ्यहरू बाहिर ल्याएको ‘साढे ३३ किलो सुन’ प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ सुरू भएको छ।  , साढे ३३ किलोग्राम सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा २०७४  फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको यो घटनाबारे बहस सुरू भएको हो । , जिल्ला अदालत मोरङले आइतबार अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको बहस सुरू भएको जनाएको छ । , मोरङ उर्लाबारीका सनम शाक्य हत्या र साढे ३३ किलो सुन हराएको विषयमा अनुसन्धान गर्ने क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी मुद्दाको सुनुवाई न्यायाधीश भरत लम्सालको इजलासमा अहिले भइरहेको छ।, उक्त मुद्दामा बेनु श्रेष्ठसमेत ६३ जना, रेवत भन्ने रेवन्तकुमार आचार्य, सम्बिर प्रेतोलोङसमेत २ जना तथा सञ्जय खेतान भन्ने प्रभात अग्रवाललाई विपक्षी बनाइएको छ। , उक्त मुद्दामा सनम शाक्यका दाजु सञ्जिव शाक्यको जाहेरीमा सरकारी वकिल कार्यालय पक्ष रहेको छ ।, सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४ सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ। , सुन तस्करी मुद्दाका प्रतिवादीमध्ये २२ जना अझै फरार छन्। प्रहरीले पक्राउ गरेका र अदालतमा आफैं हाजिर भएका ५५ जना मध्ये अधिकांश धरौटीमा छुटेका छन्।,  , ३८ क्वीन्टल सुन तस्करी प्रकरण : मोरङ अदालतमा मुद्दाको अन्तिम बहस आजदेखि
सेतोपाटी संवाददाता काठमाडौंमा भोलिदेखि कोरोनाविरुद्धको भेरोसेलको पहिलो मात्राको खोप लगाइने भएको छ।, स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार असोज ११ देखि लक्षित उमेर समूहभन्दा माथि सबैलाई खोप लगाउने भएको हो।,  कार्यालयका अनुसार असोज ११ गते देखि तीन दिनसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाइने छ। खोपका लागि विद्युतीय दर्ता नम्बर अनिवार्य लिएर जानुपर्नेछ।,  ,  , भोलिदेखि काठमाडौंमा भेरोसेल खोपको पहिलो मात्रा दिइने
रासस पोखरीमा डुबेर सप्तरीमा पाँच दिन भित्र ६ जनाको मृत्यु भएको छ। प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन्।,     , शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो। घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन्। शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ। आइतबार शव परीक्षण गरी अन्य थप अनुसन्धान कार्य गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।, यसअघि शुक्रबार विष्णुपुर गाउँपालिका–५ मा खेलिरहेका आजाद अलीका तीन वर्षीय छोरा रहमतको पोखरीमा डुबेर मृत्यु भएको थियो । महदेवा गाउँपालिका–२ अकबरपुरकी रामचरित्र मण्डलकी पाँच वर्षीया छोरी शिवानीको बुधबार नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको तथ्याङ्कमा छ ।, महदेवा गाउँपालिका–४ परसाहीस्थित सार्वजनिक पोखरीमा मङ्गलबारसमेत भाँडा पखाल्न गएका बेला अमृत सदाकी छोरी ३० वर्षीया अविवाहिता लक्षनकुमारीको डुबेर मृत्यु भयो। सोही दिन खड्ग नगरपालिका–८ मुसहरनियामा रहेको आफ्नै पोखरीमा राजेशकुमार चौधरीकी छोरी तीन वर्षीया एलिजाकुमारी डुबिरहेको अवस्थामा मृत फेला परिन्।, सोही दिन तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाकी भतो मन्सुरीकी छोरी १२ वर्षीया सवाना खातुनको नहरमा कपडा धुने क्रममा डुबेर मृत्यु भयो।, योसमेत आव २०७८/०७९ मा जिल्लामा पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सात बालक, चार बालिका, दुई पुरुष र दुई महिला छन्। , पोखरीमा डुबेर सप्तरीमा पाँच दिनमा ६ जनाको मृत्यु
ध्रुवसागर शर्मा राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ।, बाढीपहिरोका कारण सो सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको हो।, हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको हो। सडकखण्डअन्र्तगत अन्नपूर्ण गाउँपालिका– ३ रूप्से छहरा, काभ्रेभीर र बाँदरजुङगे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको अन्नपूर्ण गाउँपालिका–६ का कृष्ण बरुवालले बताए।, यहाँ सामान्य वर्षा हुदाँसाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरा खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने बेनीबाट खाद्यान्नका सामान मुस्ताङ लैजाने तथा नियमितजसो सो सडकमा ओहोरदोहोर गरिरहने चालक श्याम रानाले बताए।, वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ ठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले  यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।, म्याग्दीको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोंच छिचोलेर उर्लदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भीरबाट आउने पहिरो रहेको बेनी–जोमसोम सडकखण्डको अधिकांश भाग खतरायुक्त छ। यो सडक २०६२/६३ सालमा तत्कालिन शाही नेपाली सेनाले ट्र्याक खोलेपछि सञ्चालनमा आएको हो।, बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत तीन वर्षदेखि स्तरोन्नति र गत वर्षदेखि कालोपत्रको काम सुरु भएको छ । तर, प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिराका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा वर्षेनी यात्रीले सास्ती खेप्दै आउनुपरेको काभ्रेका तिलक रसाइलीले बताउनुभयो ।, भीरकाटे र बादरजुङे भीरमा सडक बनाउन नयाँ प्रविधि भित्राउन सडक विभागले अध्ययन गरेको थियो  । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम शुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ । यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए।, ‘प्रदेशकै लाइफलाइन मानिएको सडकमा वर्षेनी कैयौं व्यक्तिहरुको लाइफ इण्ड (समाप्त) हुनेगरेको छ’,  दानाका पिर्थबहादुर पुनले भने, ‘२०६४ सालदेखि नै यस सडकको अवस्था सुधार्ने धेरै प्रयास भए पनि संवेदनशील भूगोल र परम्परागत प्रविधिको प्रयोगका कारण सडकको अवस्था जस्ताको त्यस्तै रहेको छ।’, सुस्तगतिमा सडक स्तरोन्नतिको काम, कूल ७६ किलोमिटरको बेनी–जोमसोम सडकमा चार प्याकेजसहित निर्माण कार्यलाई अघि बढाइएको भए पनि निर्माण कम्पनीले कार्यक्षेत्रमा उल्लेख्य मात्रामा उपकरण र जनशक्ति परिचालन गर्न नसक्दा सडक स्तरोन्नति सुस्तगतिमा अघि बढिरहेको छ ।, न्यून कामदार र उपकरण प्रयोग गरेर ठेकेदार कम्पनीले सडक स्तरोन्नति कार्यमा हेलचक्र्याइँ गरिरहेको गुनासो बढ्दै गएको छ। बेनी–जोमसोम खण्ड गत मङ्सिर १५ गतेभित्र कालोपत्रको काम सक्नुपर्ने म्याद थियो । तर निर्धारित समय सकिएको एक वर्ष बितिसक्दा पनि सडक कालोपत्रको काम कछुवागतिमा रहेको छ । , निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजनाको अहिलेसम्म तल्लो खण्डमा ७५ र माथिल्लो खण्डमा ९० प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए। ‘सडक फराकिलो बनाउने र पर्खाल लगाउने काम भैरहेको छ, कतिपय क्षेत्रमा ढिलासुस्ती पनि भएको छ, हामीले ताकेता गरिरहेका छौँ, केही स्थानमा क्वान्टिटी फेरबदल गर्नुपर्ने देखिएको छ,’ उनले भने।, अधिकांश निर्माण कम्पनीले कार्यक्षेत्रमा जनशक्ति बढाउन सकेका छैनन् । कामदार र उपकरण पर्याप्त मात्रामा परिचालन हुन नसक्दा निर्माण कार्यमा ढिलाइ भइरहेको छ । बेनी–जोमसोम खण्डको काम तुलनात्मक रुपमा सन्तोषजनक छैन । आयोजनाको गलेश्वरदेखि तातोपानीसम्मको ठेक्का लिएको शर्मा युनाइटेडले ६० प्रतिशत, तातोपानीदेखि घाँसासम्म शर्मा गजुरमुखीले ६५ प्रतिशत काम सम्पन्न गरेका छन् ।, कठिन भौगोलिक अवस्थिति, बाढीपहिरोजन्य प्राकृतिक प्रकोप र कोरोना महामारीका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको निर्माण कम्पनीको भनाइ छ। ,रासस, , बेनी–जोमसोम सडक खण्डः ज्यानकै आश मारेर यात्रा गर्नुपर्ने बाध्यता
सेतोपाटी संवाददाता उनको गोठमा बोयर प्रजातिका बाख्राको बथान छ। बिहानैदेखि झम्के साँझसम्म तिनकै  सेवामा खटिन्छन् उनी। नखटियुन् पनि किन, ७ महिनाको एउटा पाठा वा पाठी बेच्दा दुई लाख रुपैयाँ आउँछ। , यसरी बाख्रपालनमा रम्दैछन् म्याग्देली युवा–कृष्ण मल्ल। म्याग्दीको सदरमुकाम बेनीबजारबाट ४ कि.मि दूरीमा ‘कृष्ण बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म’ खोलेका छन्। बेनी नगरपालिका–६ चुत्रेनीमा फार्म खोलेर उनले बोयर जातिका बाख्रा पाल्दै आएका हुन्।   , बोयर जातिका बाख्रा छिटोछिटो बढ्छन्। यसको तौले डेढ सय किलोसम्म हुन्छ। त्यसैले पाठी र बोका उत्पादन गरेर किसानलाई बेच्छन्। ‘६–७ महिनाका बोका या पाठीलाई दुई लाख रूपैयाँमा बेच्छु’, उनले सेतोपाटीसँग भने, ‘धेरै बेचिसकें। अहिले खोरमा २५ वटा बाख्रा छन्।’ , दश रोपनी जमिनमा खोर र बहुवर्षे डाले घाँस लगाएका छन्। त्यस्तै २० रोपनीमा हिउँदे र वर्षे घाँस लगाउँछन्। बाख्रा, गोठ निर्माण र घाँस खेतीमा करिब ५० लाख रुपैयाँ खर्च भैसकेको छ। ऋण लिएर काम गरेका। , तीन वर्ष भयो उनले बाख्रा पाल्न थालेको। त्यसअघि उनी पैसा कमाउन परदेश गएका थिए। , १९ वर्षकै उमेरमा साउदी अरब पुगेका कृष्णले त्यहाँ २२ महिना काम गरे। अनि नेपाल फर्केर इराक गए। इराकमा ४ वर्ष हाउसकिपिङमा विताए।  , ‘इराकबाट नेपाल फर्कनुअघि नै हाउसकिपिङ सुपरभाइजर भैसकेको थिएँ। महिनाको एक लाख रुपैयाँ कमाई हुन्थ्यो’, २९ वर्षे मल्लले सुनाए, ‘त्यतिबेला अष्ट्रेलिया जाने प्रयास गर्दा दलालले ३५ लाख रुपैयाँ माग्यो।’ , उनको मनले भन्यो, ‘दलाललाई त्यति धेरै रकम खुवाएर अष्ट्रेलिया जानुभन्दा स्वदेशमै केही गर्न पाए हुन्थ्यो!’ अनि आफ्ना पिताजीलाई सम्झे जो पहिलेदेखि नै बाख्रापालन गर्दै आएका थिए। , ‘बुबाले लोकल बाख्रा पाल्नु भएको थियो’, मल्लले यतै बस्ने निर्णय गरे, ‘व्यावसायिक बाख्रापालन गरेर बस्छु।’ , उनले सिन्धुलीगढी पुगेर अष्ट्रेलियाबाट आयातित बोयरका बोका र पाठी किनेर गाउँ ल्याए। वर्ष दिनको बोकालाई ३ लाख र ९ महिनाको पाठीलाई अढाई लाख रुपैयाँ तिरेका थिए।  ,  , त्यही एक जोडीबाट उनले उत्पादन बढाउँदै गए। बिस्तारै ग्राहकबाट अफ्रिकी प्रजातिको बोयरको माग हुन थाल्यो। उनले चितवनको जगतपुर एग्रोबाट अफ्रिकी बोयर ल्याएर ब्रिडिङ गर्न थाले।  , बोका र पाठीको माग बढेको छ। त्यसैले उनी ठूलो आधुनिक खोर बनाउँदैछन्। ‘बजारको दुःख छैन’, उनी ढुक्क छन्, ‘अब अफ्रिकी बाख्रा थप्दै जान्छु।’ , बाख्रापालनमा उनलाई परिवारले साथ दिएको छ। उनी बिहानै उठेर खोर बढार्छन्। बाख्रालाई दाना र घाँस दिन्छन्। ती स्वस्थ छन् कि छैनन् भनेर रेखदेख गर्छन्। खाना खाएर घाँस काट्ने, झार उखेल्ने काम गर्दागर्दै दिन वित्छ।  , विदेशमा रगत–पसिना बगाउनुभन्दा स्वदेशमै नङग्रा खियाउँदा आत्मसन्तुष्टि मिल्छ। ‘उता विदेशमा अरूको अण्डरमा काम गर्नुपथ्र्यो’, उनी खुसी छन्, ‘यता परिवारसँगै बसेर आफ्नै सोचअनुसार काम गर्न पाएको छु।’ , तीन वर्षमै नमुना किसान बने कृष्ण मल्ल। यतिबेला उनी नेपाल व्यावसायिक बाख्रपालक महासंघ, म्याग्दीको अध्यक्षको भूमिकामा पनि छन्। कृषकको माग तथा गुनासो सरोकारवाला समक्ष पुर्‍याउने र उनीहरूलाई आवश्यक सहयोग गर्ने महासंघको दायित्व हो। , ‘हामी बाख्रापालकको पक्षमा काम गर्दै आएका छौं’, कृष्णले भने, ‘युवालाई स्वदेशमै खेतीपाती र पशुपालन गर्न हामी झक्झक्याउँछौं।’ , विद्यालय जीवनमा उनले ‘सेना’ बन्ने सपना देखेका थिए। समयक्रममा आमा बिरामी भइन्। उनको उपचारका लागि पैसा चाहियो।, त्यसैले उनी साउदी उडेका थिए उपचारका लागि कमाउन। उनको उपचार भयो, अहिले उनी स्वस्थ छिन्। अचेल छोरालाई सघाउँछिन्।  , उदाहरणीय युवा कृष्णको मेहेनतको सबैले तारिफ गर्छन्। यसैक्रममा म्याग्दीका युवा उद्यमी एवं पर्यटन अभियन्ता राजेश शाक्य भन्छन्, ‘बाख्रापालक कृष्णले स्वदेशमै सून फलाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। उनी प्रेरणादायी युवा हुन्।’ , अष्ट्रेलिया जाने पैसा लगानी गरेर गाउँमै बाख्रापालन गरेका उदाहरणीय बनेका युवा
सेतोपाटी संवाददाता नेपालमा थप आठ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप आठ सय ३४ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ हजार सात सय ३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , योसँगै अहिले नेपालमा १९ हजार एक सय ४२ सक्रिय संक्रमित छन्। एक हजार दुई सय ७९ जना निको भएको मन्त्रालयले जनाएको छ। , साथै यसको संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ११ हजार नौ सय ९६ जनाको मृत्यु भएको छ। , यसैगरी काठमाडौं उपत्यकामा थप दुई सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। , काठमाडौंमा दुई सय ३२,  ललितपुरमा २४ र भक्तपुरमा २३ संक्रमित थपिएको हो। ,  , नेपालमा थप आठ सय ३४ कोरोना संक्रमित
राजु अधिकारी काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि आइतबार विराटनगर उच्च अदालतको गेटैमा खुकुरी प्रहार भएको छ।, उनीमाथि विराटनगर–६ रामपुरका २५ वर्षीय बिमल कार्कीले खुकुरी प्रहार गरेका हुन्।, उनले खुकुरी प्रहार गर्नुको कारण भने खुलेको छैन। कार्कीले आज मध्यान्ह उच्च अदालतको गेटै अगाडि लामालाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए। , घाइते लामा काभ्रेका इँटा व्यापारी भएको प्रहरीले जनाएको छ।, घाइते लामाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ।, खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए।, ‘अदालत बाहिर खुकुरी प्रहार भएको रहेको छ,’ उनले भने, ‘घटनामा संलग्नलाई हामीले पक्राउ गरिसकेको छौं।’ यस विषयमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, काभ्रेका इँटा व्यवसायी लामामाथि विराटनगर अदालतको गेटैमा खुकुरी प्रहार
सेतोपाटी संवाददाता मोरङको सुनवर्षी नगरपालिका ३, अमरदह बजार नजिकको चिउरा मिल आगलागी हुँदा ७० लाख बढीको क्षति भएको छ।, नर्बु चोकस्थित अरुण सिंहले सञ्चालन गरेको बोलबम चिउरा मिलमा शनिबार राति भएको आगलागीबाट मिलसमगै दुई वटा कोठा पूर्ण रूपमा क्षति भएको छ।, प्रहरीका अनुसार गएराति ११ बजेदेखि सुरू भएको चिउरा मिलमा काम गरिरहेको अवस्थामा अचानक विद्युत सर्ट भई आगलागी भएको हो।  आगलागीबाट २ वटा कोठा पूर्ण रुपमा क्षति भएको र  मिल भित्रका २ वटा मेसिन, धान, खुदी, भुस, पिठो र चिउरा गरी ७० लाख रुपैयाँ बराबरको क्षती भएको छ।, नेपाल प्रहरी, सशस्त्र प्रहरी,  स्थानीय,  रंगेली,   बेलबारी,  सुन्दरहरैचा,  उर्लाबारी र कानेपोखरीसहित ५ वटा बारूणयन्त्रकाे सहयोगमा राति २ बजे आगो पूर्ण नियन्त्रणमा लिएको ईलाका प्रहरी  कार्यालय रंगेलीका सहायक प्रहरी निरिक्षक देव पुकार यादवले बताए।, मोरङको अमरदहको चिउरा मिलमा आगलागी, ७० लाख बराबरको क्षति
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप दुई सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। , पछिल्लो २४ घण्टामा दुई सय ७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ३२, ललितपुरमा २४ र भक्तपुरमा २३ संक्रमित थपिएको हो।, योसँगै उपत्यकामा चार हजार पाँच सय ५८ सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै दुई हजार पाँच सय ५४, ललितपुरमा एक हजार एक सय ८५ र भक्तपुरमा आठ सय १९ संक्रमित छन्। , पछिल्लो २४ घण्टामा देशभर थप आठ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , १३ हजार ७ सय ३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , योसँगै अहिले नेपालमा १९ हजार एक सय ४२ सक्रिय संक्रमित छन्। एक हजार दुई सय ७९ जना निको भएको मन्त्रालयले जनाएको छ। , साथै यसको संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ११ हजार नौ सय ९६ जनाको मृत्यु भएको छ। ,  , काठमाडौं उपत्यकामा थप दुई सय ७९ जनामा कोरोना संक्रमण
सेतोपाटी संवाददाता सरकारले यही असोज ११ गतेदेखि दशैंका लागि सवारी साधनहरुको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।, आईतबार सिंहदरवारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भोलिदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरिएको बताए।, उनले कोरोना महामारीको जोखिम नघटेकोले अनलाइन प्रणालीबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउँदा सहज र उपयुक्त हुने बताए। उनले काठमाडौं उपत्यकाको १४ वटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आउने बताउँदै अहिलेसम्म ५ वटा सहायता कक्ष तयार भइसकेको र सोमबारबाट १४ वटै तयार बनाएर भोलिबाट नै सञ्चालनमा ल्याउने बताए। उनले दशैँको अवसरमा यात्रुहरुलाई सहजता प्रदान गर्न कुनै पनि सवारीसाधन चेकजाँचमा खुला गर्ने बताउँदै दशैँलक्षित राजमार्गहरु खुलाउने, सडक मर्मत गर्ने कार्यमा मन्त्रालय लागि परेको बताए।, ‘भोलिदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भइसकेको छ, कोरोना महामारीको जोखिम घटेको छैन, अनलाइन प्रणालीबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउँदा सहज र उपयुक्त हुन्छ, अनलाइन तथा मोबाइल एपबाटै टिकट खरिद गर्ने प्रोत्साहन गर्नुपर्छ’, सचिव श्रेष्ठले भने, ‘काठमाडौं उपत्यकाको १४ वटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइनेछ, ५ वटा अहिलेसम्म तयार भइसकेको छ, भोलिसम्म सबै बनिसक्छन् र भोलिबाटै विभिन्न १४ वटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आउँछ, त्यस्तै हामीले यात्रुहरुको सहजताका लागि ५ दिन सवारीसाधन कडा चेकजाँच नगरी खुला गर्ने निर्णय गरेका छौँ भने दशैँ लक्षित राजमार्ग खुलाउने, सडकहरु टाल्ने काम भइरहेको छ।’, त्यस्तै समितिको बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले अनलाइन र मोबाइलबाट टिकट बुकिङ गर्न उपभोक्ताहरुलाई अनुरोध गरे। उनले मोबाइलबाट खल्ती डटकम, इसेवा र सम्पूर्ण बैंकहरुको मोबाइल एप्लिकेशनबाट टिकट काट्न सकिने र अनलाइनबाट भने यातायात व्यवसायीहरुको अनलाइनबाट टिकट खरिद गर्न सकिने बताए।, महानिर्देशक घिमिरेले अनलाइन टिकट काटेर आउने हरेक यात्रुहरुलाई यस वर्ष एक बोतल एक लिटरको मिनिरल वाटरको व्यवस्था मिलाइएको पनि बताए। उनले दशैँमा टिकट वितरण गर्न धेरै विचौलिया देखापर्ने समस्या रहेको भन्दै यसवर्ष टिकट काउन्टरमा बसेकालाई परिचय पत्र र तोकिएको पोशाक उपलब्ध गराउने भएकोले उक्त काउन्टरमा रहेका पोशाक लगाउने र परिचय पत्र भएकाहरुबाट मात्रै टिकट काट्न आग्रह गरे।, उनले देशभरका गुनासो सम्बोधन गर्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा कार्यालयमा कमाण्डर सेन्टर स्थापना गरी २४ सै घण्टा टोल फ्रि नम्बरमा सम्पर्क गरेर गुनासो टिपाउन सकिने बताए। उनले दशैँलाई मध्यनजर गर्दै यात्रुहरु सिट क्षमता भन्दा बढी चढाउने सवारीसाधनको निगरानीको लागि नागढुंगासम्म साधा पोशाकमा प्रहरीहरुले अनुगमन गर्ने पनि बताए।, ‘असोज ११ गतेदेखि मध्यम तथा लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको छ, त्यो अनुसार यात्रु, व्यवसायीले तयारी गर्नुभएको छ, हाम्रो अनुरोध यसपटक अनलाइन र मोवाइल एपबाटै टिकट बुकिङ गर्न उपभोक्ताहरुलाई अनुरोध छ, त्यसका लागि इसेवा, खल्तीडटकम र सम्पूर्ण बैंकका मोबाइल एपहरुबाट गर्न सकिन्छ भने, यातायात व्यवसायीहरुको अनलाइनमा पनि बुकिङ गर्न सकिन्छ, अनलाइन टिकट काटेर आउने सबै यात्रुहरुलाई १ लिटरको एउटा मिनिरल वाटर दिने सहमति भएको छ’, उनले भने, ‘टिकट वितरण दशैँबेला विचौलियाहरुको व्यवसाय चल्दो रहेछ, यस वर्ष टिकट काउण्टरमा परिचयपत्र भएका र तोकिएको पोशाकमा भएकालाई मात्र राखिनेछ, सके ट्रयाकसूट नभए ज्याकेट रहनेछ, त्यसैअनुसार टिकट लिनुहोला, यदी अन्यले टिकट वितरण गरे तत्काल प्रहरीले पक्राउ गर्नेछ, हामीले यसपटक गुनासोको लागि महानगरीय ट्राफिक प्रहरी कार्यालयमा कमाण्ड सेन्टर स्थापना गर्ने र त्यसमा प्रहरी, यातायात व्यवसायी, यातायात व्यवस्था विभागले २४ सै घण्टा देशभरका गुनासोहरुको सम्बोधन गर्नुहुनेछ, टोल फ्रि नम्बरमा सम्पर्क गरेर गुनासो राख्नसक्नुहुन्छ, यस वर्ष हामीले नागढुङ्गासम्म साधा पोशाकमा सवारीसाधनमा सिट क्षमता भन्दा बढी यात्रुहरु राखेको छ कि छैन भनेर निगरानी गर्न प्रहरी खटाउनेछौँ, उहाँहरुले निगरानी गर्नुहुनेछ ।’, महानिर्देशक घिमिरेले कोरोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र टिकट काट्न तथा गाउँ जाँदा हुने भीडलाई मध्यनजर गर्दै काठमाडौं का विभिन्न स्थानबाट सवारी साधनहरु छुट्ने बताए।, पश्चिम चल्ने यातायातका लागि नयाँ बसपार्क र पूर्वका सवारीसाधनहरुका लागि कोटेश्वर, चाबहिल, नदीका खाली ठाउँहरुमा प्रहरीको सक्रियतामा सवारीसाधन छुट्ने पनि बताए।, भोलिदेखि दसैंको टिकट बुकिङ खुला, अनलाइनबाट बुकिङ गर्न आग्रह
सेतोपाटी संवाददाता जनकपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुने भारत विहार निवासी ४० वर्षीय आनन्द किशोर दास रहेको प्रहरीले जनाएको छ।, आइतबार दिउँसो जनकपुरबाट ढल्केबर तर्फ जाँदै गरेको ना ७ ख ४७४८ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल पिडारी चोकमा ठोक्किएर दुर्घटना भएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।, ‘गलत साइडबाट मोटरसाइकल लैजाँदा दुर्घटना भएको देखिन्छ,’ उनले भने। उनकाअनुसार दुर्घटनामा घाइते भएका दासको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ।, घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिएको टिपरमा आगजनी गरेका छन्। आगजनीबाट टिपरको पाङ्ग्रा, सिसा र क्याबिनको भाग जलेर नष्ट भएको छ।, मोटरसाइकललाई ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रानाभाटले बताए।, जनकपुरमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु
सेतोपाटी संवाददाता क्यानडामा काम लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाले ठगीको आरोपमा दुई जनालाई पक्राउ गरेको हो। , मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नम्बरका ३६ वर्षीय नगेन्द्र विश्वकर्मा र सुनवर्षी नगरपालिका वडा नम्बर ८ का ३७ वर्षीय प्रवेज आलमलाई पक्राउ गरेको हो। उनीहरू शुक्रबार पक्राउ परेका हुन्। , उनीहरूले एउटा फेसबुक पेजमार्फत् क्यानडामा जागिर खुलेको भन्दै विज्ञापन गरेका थिए। सम्पर्क गर्दा क्यानडामा फुड प्याकिङ गरेको मासिक दुई लाख २५ हजार रुपैयाँ तलब हुने जागिर पाइने जानकारी गराएको महाशाखाले जनाएको छ। , त्यसको लागि उनीहरूले प्रकृयाको लागि चार लाख खर्च लाग्ने भनेका थिए। तर पछि उनले तीन लाख रुपैयाँ पठाउन लगाएर ठगी गरेको भन्ने जाहेरी परेको थियो।, उनीहरूमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ। ,  ,  , क्यानडामा काम लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ।, सरकारले भोलिदेखि दसैंमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो।, प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको  जानकारी दिए। नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ।, काठमाडौं महानगरपालिका-२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन्।, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले अग्रिम टिकट बुकिङको सम्पूर्ण तयारी पूरा भएको बताए। उनले सोमबार बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिने बताए।, ‘म अग्रिम टिकट लिने यात्रुलाई टिकट लिएपछि आफू जाने गन्तव्यस्थल, बस नम्बर, मिति र समय पहिचान गरेर बस्न आग्रह गर्दछु,’ महासचिव सिटौलाले भने।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ। रासस, अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा थपियो टिकट काउन्टर
सेतोपाटी संवाददाता भ्यानबाट प्रहरी ओर्लेर माथिल्लो तल्लाको हलमा गएको देखेर विद्यार्थीहरु हतार-हतार भर्‍याङ चढ्न थाले।, तीन वटा कक्षाका पढ्ने विद्यार्थीहरू आइतबार एउटै हलभित्र भरिएका थिए।, विद्यार्थीसँगै केही शिक्षक र प्रहरीले हल खचाखच भरिए। सधैंझै झोलामा किताब, कापी बोकेर आ-आफ्नो कक्षामा बस्ने कक्षा ९, १० र ११ का विद्यार्थीहरू एउटै हलमा बस्दा अनुहारमा उत्साह र जिज्ञासा पनि उतिकै झल्किरहेको थियो।, मनमा अनेकौं प्रश्न पनि नब्जिउन कसरी, सधैँभरि विद्यार्थीले फिल्ममा मात्र देखेका पात्र ‘एसपी’ ले पढाउने भनेर शिक्षकले जो भनेका थिए। हलभित्र एसपीसहित बर्दीमै आधा दर्जन प्रहरी देखेपछि विद्यार्थीको मनमा खुलदुली बढ्दै गयो।, प्रहरीले बोकेर आएको साउण्ड बक्स र प्रोजेक्टरमार्फत हलभित्र रहेको ह्वाइट बोर्डमा केही तस्वीर र भिडियो देखिँदै थियो।, अन्य दिनभन्दा विद्यालयहरू उत्सुक देखिन्थे। प्रायः प्रहरी कार्यालय वा ड्युटीमा खटिएको अवस्थामा मात्र देखिने धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाट जनकपुरस्थित याज्ञवल्क्य संस्कृत मावि ज्ञानकुपमा शिक्षकको रुपमा देखिए।, समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयमा आयोजित कार्यक्रममा बालबालिकाका लागि आधारभूत सुरक्षा जानकारी गराउन एसपी रानाभाट आइतबार आफैं विद्यालयमा पुगेका थिए।, विद्यार्थीलाई असहज न होस् भनेर उनले आफ्नो परिचय दिँदै प्रहरीसँगै जोडिएका समान्य कुरासँगै कक्षा सुरु गरे। लगतै प्रोजेक्टरको माध्यमबाट विद्यार्थीलाई झण्डै ६ मिनेटको एउटा भिडिओ देखाइयो।, बाल यौन दुर्व्यवहार, त्यसबाट बच्ने उपाय, जबर्जस्ती करणी, बलात्कारबाट बच्ने उपाय, साइबर क्राइम, ट्राफिक दुर्घटना, महिला हिंसा, लागुऔषध दुर्व्यसनबारे भिडिओमा बताइएको थियो। , ती भिडिओमार्फत् दिन खोजिएको सन्देश एसपी रानाभाटले समेत विद्यार्थीलाई राम्ररी व्याख्या गरे।, त्योसँगै समाजमा बढ्दै गएको विभिन्न आपराधिक क्रियाकलाप र त्यसलाई नियन्त्रण गर्ने उपायसमेत उनले बताउँदै गए। विद्यार्थीहरू ध्यानपूर्वक सुन्दै गए।, झन्डै दुई घन्टा चलेको उक्त कक्षामा एसपी रानाभाटसँग विद्यार्थीहरूले अनेकौं सवाल जवाफ गरे।, अपराध नियन्त्रणका लागि सचेत नागरिकले गर्नुपर्ने काम, कर्तव्यसँगै प्रहरीले नागरिकलाई दिने सेवाबारे बुझ्न र आफू चेतनशील भएर समाजमा अरूलाई समेत सचेत गराउने उद्देश्यले सो कार्यक्रममा सहभागी भएको एसपी रानाभाटको भनाइ छ।, यसअघि जिल्ला प्रहरीसँगै विभिन्न इकाइले यो कार्यक्रम आयोजना गर्दै आए पनि एसपी रानाभाट भने आफैं पहिलोपटक विद्यार्थीसँग अन्तरक्रिया गरेका छन्। हप्तामा कम्तीमा दुई दिन जिल्लाका विभिन्न विद्यालयमा पुगेर अन्तरक्रिया गर्ने र विद्यार्थीलाई प्रहरी कार्यालयको भ्रमण गराउने उनले योजना सुनाए।, ‘भविष्यका कर्णाधार विद्यार्थीले अपराध तथा खराब क्रियाकलाप नियन्त्रणमा सन्देशवाहकको रूपमा काम गरूँन्। समुदायमा दुर्व्यसन, दुर्घटनाले पारेको क्षति, सुरक्षित र अपराधरहित सभ्य समाज निर्माणका लागि कार्यक्रम निकै प्रभावकारी छ,’ एसपी रानाभाटले भने। , समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कक्षामा विद्यार्थीसँग छलफल गरिएको विषयवस्तु, सेवा र गुनासो सम्बन्धमा प्रहरी कार्यालयमै लगेर उनीहरूलाई त्यहाँका वस्तुस्थिति, अवस्थाबारे जानकारी गराउने योजना रहेको उनले सुनाए।, ‘सेवा कसरी प्राप्त गर्ने, गुनासो कसरी गर्नेबारे हप्तामा कम्तीमा दुई दिन विद्यार्थीलाई प्रहरी कार्यालयमा शैक्षिक भ्रमण गराउँछौं,’ उनले थपे।, कार्यक्रमले पछिल्लो समय प्रहरी, नागरिक तथा विद्यार्थीबीचको दूरी घटेको र अपराध नियन्त्रणमा सहयोग पुगेको उनले बताए। प्रहरीले आयोजना गरेको यस्ता कार्यक्रमले बालबालिकामा समाजमा चेतनाको स्तर बढेको विद्यालयका प्रधानाध्यापक संजयकुमार झाले बताए।, ‘अपराध, अपराधी र पीडित र पीडक सबै यहीँ समाजका व्यक्ति हुन्। त्यस्ता विकृति, अपराध र अपराधीलाई कसरी कानुनी दायरामा ल्याउने र अपराध हुन नदिन के गर्नुपर्छ भनी घर परिवार, आफन्त र समाजमा विद्यार्थीले माध्यमको रूपमा काम गर्न सक्छ। यस्ता कार्यक्रमको निरन्तरता जरूरी छ,’ उनले थपे।, प्रहरी-साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयमा यो तेस्रो कार्यक्रम रहेकाले पछिल्लो समय प्रहरी देख्नसाथ डरको वातावरण न्यून भएको उनले बताए।, ‘सुरुमा हामी पुलिसलाई देख्न बितिकै डराउँथ्यौ, बन्दुक बोकेको छ, के गर्ला के भन्ला, कसैलाई पनि पक्रिन सक्छ, कुट्न सक्छ भन्ने डर हुन्थ्यो। तर अहिले छैन,’ कक्षा ११ मा अध्ययनरत विभा यादवले भनिन्।, एसपी शिक्षक बनेर गएपछि...
सेतोपाटी संवाददाता मकवानपुरमा सुनचाँदी व्यवसायीको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , आइतबार बिहान ९ बजे हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बासुदेवमार्गस्थित सडकबाट जे.एस. सुनचाँदी पसलका संचालक अन्दाजी ४० वर्षीय जितेन्द्र विश्वकर्माको अपहरण भएको थियो।, उनको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। , हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने ३९ वर्षीय बिनोदलाल श्रेष्ठ, ३० वर्षीय अनिल लामा, ३२ वर्षीय बुद्ध लामा र २७ वर्षीय आदेश लामालाई प्रहरीले पक्राउ गरेको हो। जितेन्द्र विश्वकर्माको सकुशल उद्दार भइसकेको प्रहरी नायब उपरीक्षक रिमालले बताए। , उनको अपहरण भएको खबर पाएपछि बिहान प्रहरीको टोली खटिएको थियो। बा २० च ८९६० नम्बरको सेतो कारमा आएका चार/ पाँच जना अपरिचित व्यक्तिहरूले अपहरण गरी लगेको भन्ने सूचना प्रहरीले पाएको थियो। , सूचनाको आधारमा खटिएको टोलीले हेटौडा-५ मा रहेको रिकभरिङ समुहको कार्यालय अगाडी कार पार्किङमा राखेको फेला पारेको थियो।, प्रहरीले त्यसपछि खोजतलास गर्दा रिकभरिङ परिसरबाट पक्राउ गरेको हो। ‍'अहिले उनीहरूमाथि सोधपुछ भइसकेको छैन। आज म्याद थप भयो। अब अनुसन्धान गर्छौ,' रिमालले भने।, उनीहरूलाई १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट प्रहरीले अनुमति पाएको छ। , मकवानपुरमा सुनचाँदी व्यवसायीको अपहरण, चार जना पक्राउ
एजेन्सी रूसी राष्ट्रपति कार्यालयले क्रेमलिनले जारी गरेका राष्ट्रपति भ्लादमिर पुटिनका नयाँ तस्बिरहरू अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार बनिरहेका छन्।, समाचार संस्था रोयटर्सका अनुसार क्रेमलिनले आइतबार राष्ट्रपति पुटिनका २० वटा तस्बिर सार्वजनिक गरेको थियो। तीमध्ये एउटामा उनी माछा मारिरहेको देखिन्छ। , क्रेमलिनले दिएको जानकारी अनुसार सेप्टेम्बर महिनाको सुरूमा रूसको सुदूरपूर्वी क्षेत्रको भ्रमणमा गएका पुटिन केही दिन साइबेरियामा रोकिएका थिए। त्यहाँ उनले माछा मारेर र हाइकिङ गरेर समय बिताएका थिए।  , रूसमा पुटिनले साहसिक छवि बनाएका छन्। यसअघि पनि उनका राइफल बोकेर शिकार खेल्न गएको, सर्ट नलगाइकनै घोडा कुदाइरहेको तस्बिर सार्वजनिक भएका थिए। , पुटिन कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति बनेर सन् १९९९ देखि रूसी सत्ताको केन्द्रमा छन्। ६८ वर्षीय पुटिन पश्चिमा मुलुकसँग उभिन  सकेको  र राष्ट्रिय गौरवलाई बढाएको ठानेर उनलाई समर्थक गर्नेहरू पनि धेरै छन्।, गत वर्ष संविधान संशोधन गरेर पुटिनलाई सन् २०३६ सम्म रूसी राष्ट्रपति बन्न बाटो खुला गरिएको छ। सन् २०२४ मा रूसमा राष्ट्रपतिको चुनाव हुँदै छ, उक्त चुनावमा उम्मेदवार बन्नेबारे पुटिनले अहिलेसम्म औपचारिक रूपमा केही बताएका छैनन्। , जब पुटिन माछा मार्न गए (तस्बिरहरू)
नवीनबाबु गुरूङ दसैंका लागि घर जानेहरूले आजदेखि बसको टिकट काट्न पाएका छन्।, सोमबार बिहानै गोंगबुस्थित नयाँ बसपार्कको टिकट काउन्टरमा टिकट काट्न मानिसहरू भेला भइसकेका थिए।, सरकारले आजैदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको हो।, लामो तथा मध्यम दूरीका बसले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा भिड लागेको छ।, कोरोनाभाइरस संक्रमण कायमै रहेकोले मानिसहरू सामाजिक दूरी कायम गरी टिकट काट्ने व्यवस्था मिलाइएको छ।, भिडभाड कम गर्न ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ पनि थप गरेको छ।, प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको बताए।, नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ।, काठमाडौं महानगरपालिका-२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन्।,  , खुल्यो दसैंमा घर जाने बसको टिकट (तस्बिरहरू)