content stringlengths 20 64.1k ⌀ |
|---|
रासस म्याग्दीको धौलागिरि तथा मालिका गाउँपालिका र बेनी नगर पालिकाका किशोरी बालविवाहलगायतका सामाजिक कुरीतिविरुद्ध सक्रिय हुन थालेका छन् । उनीहरुले आफ्नो उमेर समूका साथी मिली समूह नै बनाएर बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउने गरेका छन् ।, बालविवाह रोकथाममा लाग्न यहाँका अरु किशोरीलाई समेत अनुरोध ... |
सेतोपाटी संवाददाता झापाको बाह्रदसी गाउँपालिका-५ घोडामारास्थित भित्री सडकखण्डमा पिकअपको ठक्करबाट १५ वर्षीय किशोरीको मृत्यु भएको छ। सो घटनामा परेर किशोरीकी आमासहित अन्य दुई जना गम्भीर घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भित्री सडकखण्डमा बिहीबार साँझ दक्षिणबाट पूर्व-पश्चिम राजमार्गतर्फ आउँदै गरेको मे१च ... |
सेतोपाटी संवाददाता पर्सा प्रहरीले हेल्मेटमा लुकाएर ल्याइएको स्रोत नखुलेको साढे १५ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा जिल्ला पूर्वी चम्पारण थाना कंगेली-१ भारतका २५ वर्षीय विक्रम पटेल, भारत मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्सा धोबिनी गाउँपालिका-३ का २३ वर्षीय बलिराम पटेल छन्।, सू... |
सबिना श्रेष्ठ माकलबारीको सडक किनारमा ठेलागाडामा तरकारी बेच्दै थिए, नानीबाबु तामाङ।, हरेक साँझ–बिहान नानीबाबुका जस्ता दर्जनौं ठेला माकलबारीको सडकमा वारपार गर्छन्। यो भीडमा उनी अलि भिन्न देखिन्छन्। , दर्जनौं ठेलाबीच उनलाई सुरूमै आँखाले टिपिहाल्छ। उनको ठेलामा तरकारी मात्र होइन, दुई छोराछोरी पनि दुई कुनामा बसेका हुन्छन्। ... |
सेतोपाटी संवाददाता विजयादशमीमा पनि यहाँका केही विद्यालयमा बिदा नहुने भएको छ।, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाले दसैँ बिदामा पनि विद्यालयमा पठनपाठन हुने जनाएको छ।, गत विगतका वर्षमा विजयादशमीका अवसरमा एक महिनासम्म बिदा दिइने भए पनि दुवै गाउँपालिकाले सूचना जारी गर्दै छ दिनबाहेक दसैँ बिदाको समयमा पनि सबै विद्य... |
सेतोपाटी संवाददाता भक्तपुरको मध्यपुर ठिमीस्थित कमलपोखरीमा डुबेर एक बालकको ज्यान गएको छ।, बुधबार दिउँसो २ बजे पोखरीमा डुबेर खोटाङ जन्तेढुंगा गाउँपालिका घर भएका ६ वर्षीय बालक रोशन खड्काको मृत्यु भएको हो।, उनी ठिमी नगरपालिका-८ बोडेमा बसिरहेका थिए। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार खड्कालाई डुबेको अवस्थामा स्थानीयले ... |
सेतोपाटी संवाददाता रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन्।, जिल्ला प्रहरी प्रमुख डिएसपी धुर्वकुमार श्रेष्ठले बुधबार आठबिसकोट नगरपालिका-३ स्यालाखदीका २३ वर्षीय कर्णबहादुर बोहरामाथि एक समूहको आक्रमणमा गम्भीर घाइते भएको बताए।, डिएसपी श्रेष्ठले सवा पाँच बजेको समयमा बोहोरामाथि एक समहूले स्यालाखादीमा सांघाति... |
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नगरेका विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ।, कोभिडका कारण सम्बन्धित विदेशी विश्वविद्यालयमा प्रयोगात्मक अभ्यासको अवधि पूरा गर्ने अवस्था नभएका विषयमा स्वदेशमै प्रयोगात्मक अभ्यास अगाडि ब... |
सेतोपाटी संवाददाता बर्दिया प्रहरीले नेपालबाट भारत लैजाँदै गरेको २२ क्वीन्टल बढी केराउ बरामद गरेको छ।, एउटा गाडीबाट भारत लगिँदै गरेको केराउ मधुवन नगरपालिका-८ बाट प्रहरीले बरामद गरेको हो।, बुधबार इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको टोलीले गाडीसहित २२ क्वीन्टल ५० किलोग्राम केराउ बरामद गरेको बर्दियाका प्रहरी उपरीक्षक... |
सेतोपाटी संवाददाता ललितपुरको टिकाभैरवमा एक पुरूषको शव फेला परेको छ।, बुधबार दिउँसो १ बजे गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित देवीचौर कटुवाल दहचोकस्थित भिरमा एक पुरूषको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए। , उदयपुर घर भएका मनोज सार्कीको शव फेला परेको हो। उनका अनुसा... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । , मन्त्रायका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले खोप लगाएको जनाकारी दिए। उपत्यकामा हिजो (मङ्गलबार) सम्म करिब ५० प्रत... |
सेतोपाटी संवाददाता काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा एक जना विदेशी नागरिक मृत फेला परेका छन्। , होटलको १४२ कोठा नम्बरमा ४३ वर्षीय कतारी नागरिक अब्दुल नासिरको शव फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले सेतोपाटीलाई जानकारी दिए।, 'हामीलाई एक घण्टाअघि ... |
एजेन्सी पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चीनमा लोडसेडिङ भइरहेको र बेलायतमा पेट्रोलियम पदार्थको अभाव भएको समाचार आइरहेका छन्।, अलजजिरा टेलिभिजनका अनुसार उत्तरपूर्वी चीनमा अहिले लाखौं मानिसका घरमा बिजुली छैन भने सयौं उद्योगले उत्पादन बन्द गरेका छन्। चीनका ३१ मध्ये २० प्रान्तका उद्योगले बिजुलीको समस्या भोग्नु प... |
रासस काठमाडौँ उपत्यकामा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसङ्ख्यासम्म पुगेको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्राको खोप लगाइएको जनाएको छ।, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खो... |
सेतोपाटी संवाददाता काठमाडौंको बानेश्वरमा एक महिलाको शव फेला परेको छ। , बिहीबार बिहान करिब सवा ६ बजे बानेश्वर क्यापस नजिकैको फलामे पुलमुनी बागमती नदी किनारमा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। , अन्दाजी ५०-५२ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। कतैबाट ... |
एजेन्सी फ्रान्समा एउटा बंगलाको भित्तामा भेटिएका सुनका सिक्काको लिलामी गरिएको छ।, बेलायती समाचार पत्र द गार्डियनका अनुसार फ्रान्सेली क्रान्ति हुनुभन्दा पहिलाका ती सिक्का ढुंगाको काम गर्ने कालिगढले उत्तर पश्चिमी फ्रान्सको केन्पर सहरमा एउटा बंगला पुनर्निर्माण गर्दा फेला पारेका थिए। उनीहरूले सन् २०१९ मै सुनका सिक्का फेला... |
सेतोपाटी संवाददाता इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको पाइएको छ।, डिभी परेर अमेरिका जान लाग्दा उनीहरुको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको प्रहरी प्रधान कार्यालयल... |
एजेन्सी बंगलादेशमा एक जना रोहिंग्या शरणार्थी नेताको गोली हानी हत्या गरिएको छ।, म्यानमारबाट आएका रोहिंग्या शरणार्थीको क्याम्पमा बुधबार साँझ चार/पाँच जना बन्दुकधारीले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहलाई गोली हानेका थिए।, समाचार संस्था एपएफपीका अनुसार क्याम्पमा रहेको आफ्नो अफिसबाहिर अरू शरणार्थी नेताहरूसँग कुराकानी ... |
नारायण खड्का रुकुम पश्चिममा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन्। घाइते दुबैलाई बिहीबार बिहान एउटै हेलिकप्टरमा राखेर उपचारका लागि सुर्खेत पुर्याएको छ।, बुधबार दिउँसो चार बजेतिर आठबिसकोट नगरपालिका वडा नं. ३ खदी रानीवनका २३ वर्षीय कर्णबहादुर बोहोरामाथि एक समूहले आक्रमण गरी गम्भीर घाइते तुल्याएको थियो।, करिब ... |
सेतोपाटी बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन्। विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन्। ,
,
बन्द भएका सामुदायिक विद्यालय बुद्धआदर्श मावि, राष्ट्रिय विजय मावि र श्री बर्ने मावि रहेको गाउँपालिकाका शिक्षा शाखा ... |
रामबहादुर थापा/रासस गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मङ्गलबार गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे । यातायात नै रोक्नु जायज नभए पनि अति भएपछि विरोधमा उत्रनुपरेको उनीहरुको तर्क थियो ।, नगरप्रमुख भरत शर्मा गैरेको कार्यालय आउने समय पारेर बिहान ९ बजेदेखि नै सडकमा अवरोध खडा गरिएको थियो । सडक सुध... |
सेतोपाटी संवाददाता झापाको भद्रपुरमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ। , भद्रपुर नगरपालिका- १० देउनियामा निहुरो टिपिरहेको अवस्थामा विर्तामोड न.पा. ८ नेपाल चोक बस्ने सुकलाल मर्डीकी ५० वर्षीया श्रीमती लतुमाई मर्डीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। , निहुरो टिपिरहेको अवस्थामा जंगलबाट आएको जंगली हात... |
सेतोपाटी संवाददाता हङकङ पठाउन लागेको लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन्। , ललितपुरको मिनभवनबाट एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण ब्युरो र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले एक जनालाई पक्राउ गरेको हो। , उनीबाट अन्दाजी साढे दुईदेखि तीन किलो चरेस बरामद भएको प्रहरी स्रोतले जनाएक... |
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एक हजार ७८ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार सात सय ६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण र तीन हजा... |
सेतोपाटी महाकाली नदीमा तुइन विस्थापनअन्तर्गत निर्माण हुनुपर्ने झोलुंगे पुल निर्माण कार्य अघि बढाउन नेपाली कांग्रेसले माग गरेको छ।, व्यास गाउँपालिकाको वडा नम्बर २ जोड्ने मालघाट र वडा नम्बर ४ जोड्ने मलघट्टेमा तुइन विस्थापनअन्तर्गत झोलुंगे पुल निर्माणको काम अघि बढाउन माग गरिएको हो। , व्यास गाउँ कार्यसमिति कांग्रेसले प्रम... |
भगवती पाण्डे रूपन्देहीको तिलोत्तमा ठेकेदारले नगरपालिकाले दिएको अनुमतिभन्दा दोब्बर बढी नदीजन्य वस्तु उत्खनन् गरेको पाइएको छ।, अनुमतिभन्दा बढी उत्खनन् गरेको बस्तु जफत गरेपछि ठेकेदार कम्पनी हिराचन-कालीगण्डकी-सिद्धार्थ जेभी सियारीले नगरपालिकासँग क्षतिपूर्ति माग गर्दै विवाद झिकेको छ।, तिलोत्तमा नगरपालिकाले गत आर्थिक वर्षमा... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३ सय ६९ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकम अनुसार काठमाडौंमा दुई सय ६७ जना, भक्तपुरमा ३७ जना र ललितपुरमा ६५ संक्रमित थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा ४४६२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २५८० भक्तपुरमा ८३३ र ललितपुरमा १०४९ सक्रिय संक्रित ... |
सेतोपाटी दोलखाको बिगु गाउँपालिका–४ लादुकस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ। , सोमबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बिगु गाउँपालिका–४ लादुकका १८ वर्षीय टीकाराम तामाङको शव आज बिहान प्रहरीले फेला परेको हो। , तामाङको शव पोखरीभित्र हिलोमा गाडिएको अवस्थामा आज बिहान फ... |
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एक हजार १५८ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १४ हजार तीन जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ११ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण र दुई हजार ... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ सय ग्राम सुन बरामद भएको छ। , विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट १ सय ४९ दशमलव ५ ग्राम सुनसहित सुरूमा दुई जनालाई पक्राउ गरेको हो। , भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-७ का ३३ वर्... |
सेतोपाटी संवाददाता चेक बाउन्स मुद्दामा १० लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरोले खोटाङ घर भई काठमाडौंको कपन बालुवाखानी बस्ने २६ वर्षीय खगेन्द्र खत्रीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनलाई बैकिङ कसुरको मुद्दामा १० लाख ६५ हजार नौ सय जरिवाना र चार दिन... |
सेतोपाटी संवाददाता काठमाडौंबाट एक जना थुनुवा भागेका छन्। , महानगरीय प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा रहेका एक जना थुनुवा भागेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। , १९ वर्षीय राहुल तामाङ कीर्तिपुरस्थित आइसोलेसन सेन्टरबाट फरार भएका हुन्। मंगलबार दिउँसो सवा २ बजे उनी त... |
युवराज श्रेष्ठ निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट जनवरी १ मा आन्तरिक र वैशाखदेखि अन्तर्राष्ट्रिय उडान थाल्ने गरी तयारी सुरू भइसक्यो।, विमानस्थल निर्माणको काम ८४ प्रतिशत पूरा भइसकेको छ भने अधिकांश पूर्वाधार पनि बनिसकेका छन्।, विमानस्थल आयोजनाले विगत ३ वर्षदेखि उठाउँदै आएको ‘सानो’ समस्या तत्काल समा... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप तीन सय ८३ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ७० जना, भक्तपुरमा ४४ जना र ललितपुरमा ६९ संक्रमित थपिएका हुन्। , काठमाडौं उपत्यकामा ४४४२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २४९६, भक्तपुरमा ८१३ र ललितपुरमा ११३३ सक्रिय संक्रमित छ... |
सेतोपाटी मकवानपुरमा डेंगु सङ्क्रमण घट्दै गएको छ। , कोरोना महामारीका कारण सरसफाइ र स्वास्थ्य सावधानीमा जोड दिएपछि लामखुट्टेको टोकाइबाट सर्ने डेंगुका बिरामीको संख्या घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।, कार्यालयका अनुसार गत आर्थिक वर्ष हेटौंडालगायत मकवानपुरमा १४ जनामा डेंगुको संक्रमण देखिएको थियो। ... |
सेतोपाटी संवाददाता राष्ट्रिय पुस्तकालयलाई पुरानो बसपार्कको निर्माणाधीन भवनमा सार्न माग गर्दै अभियन्ताहरूले राष्ट्रपति विद्या भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन्।, भुइँचालोपछि पुस्तकालय भवन पुनर्निर्माण हुन नसकेका बेला अभियन्ताहरूले बसपार्कमा निर्माणाधीन टावरको निर्माण कार्य रोकेर त्यसको सट्टा पुस्तकालय सार्न मंगलबार राष... |
शोभा शर्मा मेरो मोबाइलमा हरेक महिनाको एक दिन उनको फोन आउँछ।, सोमबार पनि आयो। , 'म सर्वोच्च अदालतमा आएकी छु। कर्मचारी खाजा खान गएका रहेछन्। मुद्दा कहाँ पुग्यो भनेर सोध्न आया हुँ,' मैले फोन उठाउन नपाउँदै उनले भनिन्।, 'के हुन्छ भन्नुस् है' भनेर मैले फोन राखेँ।, उनी मानव बेचविखनमा परेकी महिला हुन्। मुद्दामा उनको परिवर्ति... |
सेतोपाटी संवाददाता जनकपुरको एक कपडा पसलमा आगलागी भएको छ।, वडा नम्बर ८ स्थित रामानन्द चोकबाट प्रादेशिक अस्पताल जाने बाटोमा रहेको पसलमा आज बिहान सवा १० बजे आगलागी भएको प्रहरीले जनाएको छ।, उमाकान्त चौधरीले सञ्चालन गरेको कपडा पसलमा भएको आगलागीबाट दुई करोड रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको धनुषा प्रहरी नायब उपरीक्षक... |
सेतोपाटी संवाददाता काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित कपनबाट एक जना बालक हराएपछि प्रहरीले खोजी थालेको छ।, भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सम्पर्कविहीन भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।, उनका अनुसा... |
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्जले चितवनको कालिका-११ घर भएका ठूलोकान्छा प्रजाविरूद्ध गैंडा मारी खाग तस्करीको मुद्दा २०६७ सालमै दर्ता गरेको थियो। २०७२ साल असार ३० गते उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भयो।, ठूलोकान्छासँगै उनका छोरा करण प्रजाविरूद्ध पनि १५ वर्षको कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको... |
खिलानाथ ढकाल संगठनको सिफारिसबिना सोर्सफोर्समा विभूषण पाउने प्रहरीको कार्यसम्पादन मूल्यांकन (कासमू)मा दुई नम्बर काटिने भएको छ।, वितरणमा व्याप्त विकृतिले विभूषणको गरिमा घटाइरहेका बेला प्रहरी प्रधान कार्यालयले आफ्नो संगठनभित्र यस्तो नीति कार्यान्वयनमा ल्याएको हो।, प्रधान कार्यालयले नीति नै बनाएर सोर्सफोर्समा विभूषण लिने ... |
युनिक श्रेष्ठ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित कपनबाट हराएका एक बालक भारतको बिहारमा सकुशल भेटिएका छन्।, भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सोमबार साँझ ४ बजेदेखि सम्पर्कविहीन भएका थिए। उनको खोजी गर्दा बिहारमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वर... |
सेतोपाटी संवाददाता कर्तव्य ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन्।, पक्राउ पर्नेमा सप्तरी विष्णुपुर गाउँपालिका-६ का ४० वर्षीय मनोजकुमार यादव छन्। प्रहरीले उनलाई सोही ठाउँमा फेला पारेर मंगलबार पक्राउ गरेको हो।, राजविराज नगरपालिका-८ का रामएकवाल सिंहको हत्या आरोपमा उनलाई सर्वोच्च अद... |
रासस मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन्।, खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका मनितामाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर ... |
सेतोपाटी संवाददाता नेपालमा सेप्टेम्बर महिनामा कोरोना भाइरसको सङ्क्रमण दर ८.३ प्रतिशतमात्र रहेको पाइएको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना परीक्षण गरिएकोमध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र सङ्क्रमण रहेको पाइएको जानकारी दिए। मंगलबार १४ हजार तीनमा कोभिड–१९ परीक्षण गर... |
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग१६प १६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते जैशीलाई रत्नहरि अस्... |
रासस मैथिल र थारु समुदायका महिलाले तीन दिनसम्म जितिया पर्व मनाउँछन्।, यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइन्छ।, मैथिल र थारु समुदायका महिलाले उपवास बसी निराहार एवं निर्जला व्रत बसी बुधबार साँझ व्रत सम्पन्न गर्नेछन्।, बर्तालुले ओंगठन (दही चिउरा सक्खर सहितको प्रसाद खाएर) खाएर बुध... |
डा. अनिल भट्टराई विशेषगरी वयष्कहरूमा रूमाटिक हर्ट डिजिज भन्ने समस्या छ। यो मुटुका भल्भहरू बिगार्ने रोग हो।, मान्छेलाई टन्सिलाइटिसका रूपमा घाँटी दुख्ने, ज्वरो आउने समस्याबाट सुरू भएर कालान्तरमा यसले मुटुका भल्भहरू बिगार्न सक्छ।, अर्को समस्या भनेको कोरोनरी आर्टरी डिजिज हो। यसले कालान्तरमा गएर हृदयाघात गराउन सक्छ। यो रोग... |
सेतोपाटी स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन बनेका छन्।, वालिङ-१३ स्थायी घर भएका सुस्त मनस्थितिका राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन भएका उनका आमा विमया सार्कीले जानकारी दिए।, दिदी लच्छिमा सार्कीसित पोखराथोक गएको र त्यहीँबाट तीजको दरखाने दि... |
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एक हजार १५७ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ४१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , १० हजार ६ सय ५२ जनाको पिसिआर परीक्षण र ३ हजार... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप तीन सय ३५ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ६५ जना, भक्तपुरमा २८ जना र ललितपुरमा ४२ संक्रमित थपिएका हुन्। , यस्तै, काठमाडौं उपत्यकामा ४४१७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २५१७ ललितपुरमा १०७२ र भक्तपुरमा ८२८ सक्रिय संक्... |
सेतोपाटी उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दर्ता गरेको छ। , मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै आचार्यसहित... |
सेतोपाटी संवाददाता गत भदौ २५ गते आगोले जलेर मृत्यु भएकी रुपन्देहीकी सीता थारुमाथि आफैंले आगो लगाइदिएको उनकै श्रीमान रञ्जित थारुले स्वीकार गरेका छन्।, रुपन्देहीको कञ्चन गाउँपालिकाकी सीताको आगोले जलेर गम्भीर घाइते भएपछि उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा भदौ ३० गते मृत्यु भएको थियो।, मृतक सीताका श्रीमान रञ्जितले ख्य... |
खिलानाथ ढकाल कलंकी-महाराजगञ्ज आठ लेन चक्रपथ विस्तारको प्रारम्भिक डिपिआर तयार भएको छ। चक्रपथ सडक विस्तार चीन सरकारले बनाइरहेको छ। नेपाली पक्षले सडक निर्माणका लागि सहजीकरण गरिरहेको छ।, सडक विभागका अनुसार ११.६ मध्ये करिब ११.३ किलोमिटर सडक निर्माणको डिपिआर तयार भइसकेको जानकारी चिनियाँ पक्षले दिएको छ।, 'तीन महिनाअघि नै प्र... |
सेतोपाटी संवाददाता महिलाको चरित्र हत्या हुने गरी भिडिओ अन्तर्वार्ता लिएको आरोपमा चार जना युट्युबर पक्राउ परेका छन्। , नेपाल प्रहरीको साइबर ब्युरोले चार जनालाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए। , विभिन्न युट्युब च्यानलबाट पीडित महिलाको तस्विरसहित चरित्र हत्या हुने तथा इज्जत प... |
सेतोपाटी संवाददाता बुधबार दिउँसो धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले दिएको जानकारीअनुसार औरहीबाट जनकपुरतर्फ आउँदै गरेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल चार बजेतिर जनकपुर-१८ भोइल भन्ने स्थानमा नहरमा खसेको थियो। मोटरसाइकल नहरमा खस्दा तीन जनाको घटना... |
सेतोपाटी संवाददाता रसायनशास्त्र विद्यार्थी संगठन नेपाल सिसानको अध्यक्षमा आकाशचन्द्र घिमिरे चयन भएका छन्।, हालै भएको तेस्रो महाधिवेशनले घिमिरेको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन गरेको हो।, सिसानको उपाध्यक्षमा पूजा गौतम र अमृता न्यौपाने चयन भए भने सचिवमा मिनराज आचार्य र अनुपम पुलामी चयन भएका छन्।, यस्तै कोषाध्यक्ष प्... |
सेतोपाटी नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरू भएको छ।, व्रत बस्नुअघि आजका दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट ... |
सेतोपाटी संवाददाता टिपरको ठक्करबाट गाडी चालकको मृत्यु भएपछि आक्रोसित स्थानीयले अवरोध गरेको पूर्व-पश्चिम राजमार्गको माइधारा चार घण्टापछि पुन:सञ्चालन भएको छ।, पीडित पक्षले ५ सूत्रीय माग राखेर प्रशासनसँग छलफल गरी मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति दिन झापा प्रशासन सहमत भएपछि राजमार्ग सुचारू भएको हो।, सरकारले मृतक परिव... |
सेतोपाटी सूर्यविनायक नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।, नगरपालिकाको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो।, पाठ्यक्रम निर्माणपछि अन्तिम रूप दिएर त्यसलाई कार्यान्वयमा ल्याउने तयारी भइरहेको स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिका संयोजक किरण था... |
दिपकजंग शाही मुलुकमा लोडसेडिङमुक्त भएको चार वर्ष भइसक्यो। सुर्खेतका होटल व्यवसायी तर्क शाही भने बिजुलीकै समस्याले हैरान छन्।, धेरैजसो दिन बिजुली झ्याप्प-झ्याप्प गइरहन्छ। अनि बेला-बेला अकस्मात 'हाइभोल्टेज बिजुली'ले उस्तै नोक्सानी व्यहोर्न परिरहेको छ।, ‘केही दिनअघि मात्र विद्युतको हाइभोल्टेज आएर मेरो होटलको १२ वटा एसी, ... |
सेतोपाटी संवाददाता काठमाडौंको पशुपति क्षेत्रमा एक जना 'बाबा'माथि खुकुरी प्रहार भएको छ। , सोमबार बिहान पशुपतिमा एक पुरूषले सन्तोष नामक गरेका 'बाबा'माथि खुकुरी प्रहार भएको प्रहरी वृत्त गौशालाले जनाएको छ। खुकुरी प्रहारबाट उनी घाइते छन्।, खुकुरी प्रहारबाट उनको पेटमा चोट लागेको प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताए। , घ... |
सविता बुढा २३ वर्षीया माया (नाम परिवर्तन) थारूको परिवारमा महिनावारी हुनु एकदम स्वभाविक कुरा हो: यसलाई न पाप मानिन्छ, न बारिन्छ।, धनगढी नआउन्जेल उनलाई महिनावारी भएकी महिलाले छोएको पानी अरू मानिसले बार्छन् भन्ने थाहै थिएन।, अचेल उनी महिनावारी हुँदा अलग्गै बस्न, धाराह्य-बाथरूम नछुन बाध्य छन्।, पूर्वी कैलालीको देहातमा रहे... |
सेतोपाटी संवाददाता भदौ महिनामा विभिन्न अपराधमा संलग्न भएको आरोपमा देशभरबाट तीन हजार ६ सय ८३ जना पक्राउ परेका छन्।, प्रहरी प्रधान कार्यालयका अनुसार त्यसमध्ये एक हजार एक सय ४३ जना फरार छन्।, पक्राउ पर्ने ७६ प्रतिशत र फरार २४ प्रतिशत रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताए... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार सोमबार १५ हजार ४८८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट १२ हजार ८१ ज १२८३ना र एन्टिजेनबाट ३४०७ जनाको परीक्षण भएको छ।, त्यस्तै, एक हजार २... |
खिलानाथ ढकाल सोमबार बुद्ध एयरको एटिआर ७२ जहाज विराटनगरमा अवतरण गर्न सकेन। पाइलटले जहाजलाई काठमाडौं फर्काए।, बुद्ध एयरको भनाइमा चालक दलले ल्याण्डिङ गियर चलाउँदा पांग्रामा समस्या देखिएको थियो। जहाजका दुईमध्ये प्रमुख इन्डिकेटरले संकेत नदेखिएको बुद्ध एयरको भनाइ छ। , काठमाडौंको आकाशमा झन्डै दुई घन्टा घुमेको जहाज अन्तिममा फ... |
सेतोपाटी जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ।, कोरोना संक्रमणका कारण धरासायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनःउत्थानका लागि उक्त परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नद... |
सेतोपाटी संवाददाता भ्याली कोल्ड स्टोरका मालिकलाई अपहरण गरेको आरोपमा पक्राउ परेका दुर्गाप्रसाद बुढाथोकीले प्रहरीको 'कमजोरी'का कारण सफाइ पाएपछि छानबिन समिति गठन भएको छ।, यसमा छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चक्रबहादुर सिंहको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।, दोष के ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३९४ कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २८५ , ललितपुरका ६६ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , यस्तै काठमाडौं उपत्यकामा ४५२२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २५४८, ललितपुरमा ११५२ र भक्तपु... |
रासस काठमाडौँ उपत्यककाको विभिन्न स्थानमा तीन जना मृत भेटिएका छन्।, प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका १४ कलङ्कीस्थित गेष्ट हाउसको कोठामा भारतको कोलकता घर भएका ८२ वर्षीय किशन गिरी मृत भेटिएका छन्।, उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा दोलखा सैलुङ गाउँपालिका घर भएका बसका चालक ४४ वर्षीय तुल... |
मनोज सत्याल काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज सोमबार बिहान ठूलो संकटबाट जोगियो।, ७० यात्रु र ३ चालक दलका सदस्य रहेको जहाजको ल्यान्डिङ गियरमा समस्या आएपछि पाइलटले विरानगरबाट जहाज काठमाडौं फर्काएका थिए।, ल्यान्डिङ गियरमा समस्या देखिए पनि पाइटलले एयरहोस्टेसमार्फत् सामान्य प्राविधिक समस्या देखिएको जानकारी... |
रासस चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ।, सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ।, निकुञ्जका प्रमुख संरक्षण अधिकृत ... |
युवराज श्रेष्ठ यो अन्नपूर्ण पहिलो, त्यो अन्नपूर्ण चौथो। संयोगवश सोमबार बिहानै अन्नपूर्ण श्रृङ्खला खुलेको थियो, हिमाल चिनाउन व्यस्त थिए, नेपालका लागि फिनल्याण्डका राजदूत प्रेट्टी जुहानी एन्टिनेन।, पदयात्राका लागि अन्नपूर्ण गाउँपालिकाको देउरालीडाँडा पुग्दा बादलले हिमाल छोपिसकेको थियो। बादल फाटेका ठाउँमा भने भर्खरै परेजस... |
सेतोपाटी संवाददाता ट्रकले ठक्कर दिँदा रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ।, मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्रकले ठक्कर दिँदा आमा-छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।, सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरका ३८ वर्षीया आमा राधा भट्टराई र उनका छोरा १८ वर्षीय महेश भट्टराईको मृत्यु भए... |
नारायण खड्का सामाजिक सञ्जालबाट प्रेममा परेपछि भोजपुरबाट रोल्पास्थित प्रेमीको घरमा गएकी एक प्रेमिकाको प्रेमीसँग भेट नहुँदै भिरबाट लडेर मृत्यु भएको छ।, फेसबुकबाट प्रेममा परेपछि विवाह गर्ने वाचासहित ७/८ महिनादेखि रोल्पास्थित प्रेमीको घरमा बस्दै आएकी भोजपुरकी लक्ष्मी राईको वनमा मेलापात गर्न गएको बेला आइतबार भिरबाट लडेर मृ... |
रासस प्रदेश नम्बर २ सरकारले जितिया पर्वको अवसरमा आगामी असोज १३ गते बुधबार महिलाका लागि सार्वजनिक बिदा दिएको छ।, मुख्यमन्त्री लालबाबु राउतले सोमबार शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण बर्तालु महिलालाई निष्ठापूर्वक जितिया पर्व मनाउन आग्रह गरेका छन्।, प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि असोज १३ गते बिदा दिएको ... |
सेतोपाटी संवाददाता गोरखामा प्रहरीको सिआइडी हौं भन्दै मालबहाक ट्रक रोकेर लुटपाट गर्न खोज्ने समूहलाई नियन्त्रणमा लिइएको छ।, जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारीअनुसार नक्कली सिआइडी बनेर ट्रकमा रहेका सामानमा क्षति पुर्याउने र सहचालकको मोबाइल खोस्नेलाई नियन्त्रणमा लिइएको छ।, छ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिए... |
रासस जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ।, कालिका नगरपालिका वडा नम्बर ५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो।, देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ गरिएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको सूचनामा प्रहरीमा परेको... |
सेतोपाटी संवाददाता अरनिको राजमार्गस्थित सूर्यविनायकको सल्लाघारी खण्डमा सोमबार राति भारतीय टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका-३ बालकोटका ४५ वर्षीय गणेश रजौरा रहेको प्रहरीले जनाएको छ।, राति साढे १० बजे नगरकोट मोडबाट काठमाडौं जाँदै गरेको प्रदेश ३-०२-००८ प २५०१ नम्बरको मोट... |
रासस भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत तथा सरकारी विद्यालयमा आजदेखि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ।, नगरपालिकाको शैक्षिक क्यालेण्डरअनुसार परीक्षा आजदेखि हुने भएकाले विद्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७’ अनुसार नगरभित्रका सबै शैक्ष... |
युनिक श्रेष्ठ काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ।, ललितपुरको बागमती* गाउँपालिका वडा नम्बर १ घुसेलस्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका थिए।, ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो। महानगरीय प... |
सेतोपाटी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ।, निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए। , उनका अनुसार शवको पहिचान हुनसकेको छैन। , 'बेवारिसे व्यक्ति हो। पहिलेदेखि बाटोमा सुत्ने म... |
रासस मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ।, जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो।, मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो। मु... |
सेतोपाटी संवाददाता सुन तस्करीबारे धेरै तथ्यहरू बाहिर ल्याएको ‘साढे ३३ किलो सुन’ प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ सुरू भएको छ। , साढे ३३ किलोग्राम सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको यो घटनाबारे बहस सुरू भएको हो । , जिल्ला अदालत मोरङ... |
सेतोपाटी संवाददाता काठमाडौंमा भोलिदेखि कोरोनाविरुद्धको भेरोसेलको पहिलो मात्राको खोप लगाइने भएको छ।, स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार असोज ११ देखि लक्षित उमेर समूहभन्दा माथि सबैलाई खोप लगाउने भएको हो।, कार्यालयका अनुसार असोज ११ गते देखि तीन दिनसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाइने छ। खोपका लागि विद्युतीय दर्ता नम... |
रासस पोखरीमा डुबेर सप्तरीमा पाँच दिन भित्र ६ जनाको मृत्यु भएको छ। प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन्।,
,
शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो। घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका... |
ध्रुवसागर शर्मा राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ।, बाढीपहिरोका कारण सो सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको हो।, हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड... |
सेतोपाटी संवाददाता उनको गोठमा बोयर प्रजातिका बाख्राको बथान छ। बिहानैदेखि झम्के साँझसम्म तिनकै सेवामा खटिन्छन् उनी। नखटियुन् पनि किन, ७ महिनाको एउटा पाठा वा पाठी बेच्दा दुई लाख रुपैयाँ आउँछ। , यसरी बाख्रपालनमा रम्दैछन् म्याग्देली युवा–कृष्ण मल्ल। म्याग्दीको सदरमुकाम बेनीबजारबाट ४ कि.मि दूरीमा ‘कृष्ण बहुउद्देश्यीय कृषि... |
सेतोपाटी संवाददाता नेपालमा थप आठ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप आठ सय ३४ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ हजार सात सय ३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , योसँगै अहिले नेपालमा १९ हजार एक सय ४२ सक्रिय संक्रमित छन्।... |
राजु अधिकारी काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि आइतबार विराटनगर उच्च अदालतको गेटैमा खुकुरी प्रहार भएको छ।, उनीमाथि विराटनगर–६ रामपुरका २५ वर्षीय बिमल कार्कीले खुकुरी प्रहार गरेका हुन्।, उनले खुकुरी प्रहार गर्नुको कारण भने खुलेको छैन। कार्कीले आज मध्यान्ह उच्च अदालतको गेटै अगाडि लामालाई खुकुरी प्रहार गरेर घाइते ब... |
सेतोपाटी संवाददाता मोरङको सुनवर्षी नगरपालिका ३, अमरदह बजार नजिकको चिउरा मिल आगलागी हुँदा ७० लाख बढीको क्षति भएको छ।, नर्बु चोकस्थित अरुण सिंहले सञ्चालन गरेको बोलबम चिउरा मिलमा शनिबार राति भएको आगलागीबाट मिलसमगै दुई वटा कोठा पूर्ण रूपमा क्षति भएको छ।, प्रहरीका अनुसार गएराति ११ बजेदेखि सुरू भएको चिउरा मिलमा काम गरिरहेको... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप दुई सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। , पछिल्लो २४ घण्टामा दुई सय ७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ३२, ललितपुरमा २४ र भक्तपुरमा २३ संक्रमित थपिएको हो।, योसँगै उपत्यकामा चार हजार पाँच सय ५८ सक्रिय ... |
सेतोपाटी संवाददाता सरकारले यही असोज ११ गतेदेखि दशैंका लागि सवारी साधनहरुको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।, आईतबार सिंहदरवारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भोलिदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरिएको बताए।... |
सेतोपाटी संवाददाता जनकपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुने भारत विहार निवासी ४० वर्षीय आनन्द किशोर दास रहेको प्रहरीले जनाएको छ।, आइतबार दिउँसो जनकपुरबाट ढल्केबर तर्फ जाँदै गरेको ना ७ ख ४७४८ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल पिडारी चोकमा ठोक्किएर दुर्घटना भएको ... |
सेतोपाटी संवाददाता क्यानडामा काम लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाले ठगीको आरोपमा दुई जनालाई पक्राउ गरेको हो। , मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नम्बरका ३६ वर्षीय नगेन्द्र विश्वकर्मा र सुनवर्षी नगरपालिका वडा नम्बर ८ का ३७ वर्षीय प्रवेज आलमलाई पक्राउ गरेको हो। उनीहरू श... |
सेतोपाटी संवाददाता काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ।, सरकारले भोलिदेखि दसैंमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो।, प्... |
सेतोपाटी संवाददाता भ्यानबाट प्रहरी ओर्लेर माथिल्लो तल्लाको हलमा गएको देखेर विद्यार्थीहरु हतार-हतार भर्याङ चढ्न थाले।, तीन वटा कक्षाका पढ्ने विद्यार्थीहरू आइतबार एउटै हलभित्र भरिएका थिए।, विद्यार्थीसँगै केही शिक्षक र प्रहरीले हल खचाखच भरिए। सधैंझै झोलामा किताब, कापी बोकेर आ-आफ्नो कक्षामा बस्ने कक्षा ९, १० र ११ का विद्... |
सेतोपाटी संवाददाता मकवानपुरमा सुनचाँदी व्यवसायीको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , आइतबार बिहान ९ बजे हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बासुदेवमार्गस्थित सडकबाट जे.एस. सुनचाँदी पसलका संचालक अन्दाजी ४० वर्षीय जितेन्द्र विश्वकर्माको अपहरण भएको थियो।, उनको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई प... |
एजेन्सी रूसी राष्ट्रपति कार्यालयले क्रेमलिनले जारी गरेका राष्ट्रपति भ्लादमिर पुटिनका नयाँ तस्बिरहरू अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार बनिरहेका छन्।, समाचार संस्था रोयटर्सका अनुसार क्रेमलिनले आइतबार राष्ट्रपति पुटिनका २० वटा तस्बिर सार्वजनिक गरेको थियो। तीमध्ये एउटामा उनी माछा मारिरहेको देखिन्छ। , क्रेमलिनले ... |
नवीनबाबु गुरूङ दसैंका लागि घर जानेहरूले आजदेखि बसको टिकट काट्न पाएका छन्।, सोमबार बिहानै गोंगबुस्थित नयाँ बसपार्कको टिकट काउन्टरमा टिकट काट्न मानिसहरू भेला भइसकेका थिए।, सरकारले आजैदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको हो।, लामो तथा मध्यम दूरीका बसले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा भिड लागेको छ।,... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.