content
stringlengths
20
64.1k
एजेन्सी संयुक्त राज्य अमेरिकामा एउटा प्रयोगशालाले कोरोनाको संक्रमण भएको छ कि छैन भनेर परीक्षण गर्दा झन्डै ४५ हजार रुपैयाँ लिने गरेको छ।, द न्युयोर्क टाइम्स समाचार पत्रका अनुसार जिएस ल्याब्स नामको उक्त प्रयोगशालाका अमेरिकाभरि विभिन्न स्थानमा ३०  शाखा छन्। आफ्नो सेवा उच्च गुणस्तरको भएकाले शुल्क महंगो भएको जिएसले जनाएको छ।, अमेरिकामा सामान्यत: कोरोना परीक्षणको शुल्क २० डलर (२४ सय रुपैयाँभन्दा) भन्दा कम छ। जिएसले एक जनाको परीक्षण गर्दा ३८० डलर (४४ हजार ८ सय ७४ रुपैयाँ)  शुल्क लिन्छ।  जिएसले लिने यो शुल्क गैरकानुनी भने होइन।, यसअघि नै अमेरिकी कंग्रेसले कोरोना परीक्षणको शुल्क नागरिकले तिर्नु नपर्ने र बीमा कम्पनीले व्यहोर्नु पर्ने कानुन ल्याएको थियो। ‘केयर एक्ट’मा कुनै अमेरिकी नागरिकले सूचीकृत प्रयोगशालामा कोरोना परीक्षण गर्दा जति शुल्क लाग्छ त्यो सबै बीमा कम्पनीले तिर्नै पर्ने र तिर्दिनँ भन्न नपाउने व्यवस्था गरिएको छ।, सोही व्यवस्थाबमोजिम जिएसले आफ्नो शुल्क ३८० डलर तोकेको हो। जिएसले आफ्नो प्रयोगशालामा केही मिनेटअघि परीक्षणका लागि बुकिङ गर्न सकिने र परीक्षण गरेको केही मिनेटमै नतिजा आउने सुविधा रहेको उल्लेख गरेको छ।, अहिलेसम्म उसले झन्डै पाँच लाख मानिसको कोरोना परीक्षण गरिसकेको छ भने अहिले पनि दैनिक हजारौं मानिसले जिएसमा कोरोना परीक्षण गर्ने न्युयोर्क टाइम्सको समाचारमा उल्लेख छ।, जिएसले महंगो शुल्क लिन थालेपछि  बीमा कम्पनीहरूले आपत्ती जनाएका छन्। केहीले पैसा तिर्न अस्वीकार गरेका छन् भने केहीले महामारीका बेला अत्याधिक शुल्क लिएको भन्दै अदालती प्रक्रिया थालेका छन्।, अमेरिकामा एक जनाको कोरोना परीक्षण गर्न झन्डै ४५ हजार रुपैयाँ!
सेतोपाटी संवाददाता पूर्व-पश्चिम राजमार्गस्थित माइधारमा टिपरको ठक्करले एक जनाको मृत्यु भएपछि स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध पारेका छन्।, सोमबार बिहान को२च २६३२ नम्बरको सो गाडीलाई टिपरले ठक्कर दिँदा दमक नगरपालिका-९ का ३९ वर्षीय नेत्र खड्काको मृत्यु भएको थियो।, टिपरले ठक्कर दिँदा उक्त गाडी उछिट्टिएर कनकाई नहरभित्र पसेको थियो।, प्रदेश-०३-००१-क ००९५ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडीलाई टिपरले पछाडिबाट ठक्कर दिएको थियो।, माइधारमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेकाले गाडी स्लो गर्दा पछाडिबाट आएको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।, दुर्घटनापछि स्थानीयले गलत ठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गरेको भन्दै ट्राफिक प्रहरीमाथि कारबाही माग गर्दै पूर्व-पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।, टिपरको ठक्करले एक जनाको मृत्युपछि टायर बालेर राजमार्गमा प्रदर्शन
सेतोपाटी संवाददाता पूर्व-पश्चिम राजमार्गस्थित माइधारमा टिपरले हाथी गाडीलाई ठक्कर दिँदा त्यसका चालकको मृत्यु भएको छ।, सोमबार बिहान को२च २६३२ नम्बरको सो गाडीलाई टिपरले ठक्कर दिएको हो।, ठक्कर दिँदा उक्त गाडी उछिट्टिएर कनकाई नहरभित्र पसेको थियो। चालकको मृत्यु भए पनि उनको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, प्रदेश-०३-००१-क ००९५ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडीलाई टिपरले पछाडिबाट ठक्कर दिएको थियो।, माइधारमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेका बेला गाडी स्लो गर्दा पछाडिबाट आएको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।, दुर्घटनापछि स्थानीयले गलत ठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गरेको भन्दै ट्राफिक प्रहरीमाथि कारबाही माग गर्दै पूर्व-पश्चिम राजमार्ग बन्द गराएका छन्।, झापामा टिपरले पछाडिबाट अर्को गाडीलाई ठक्कर दिँदा एकको मृत्यु
सेतोपाटी संवाददाता विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको छ। , काठमाडौंको आकाशमा  झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो। सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ।, विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो। जहाजको ल्याण्डिङ गियरमा समस्या देखिएको बताइएको छ।, जहाज फर्किएपछि काठमाडौं विमानस्थलमा  सम्भावित संकटलाई ध्यानमा राखी सबै तयारी गरिएको थियो।, काठमाडौंको आकाशमा धेरै फन्को लगाएर जहाजको इन्धन कम भएपछि अवतरण गराइएको हो।,  , टर्‍यो विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाजको संकट, भयो विमानस्थलमा अवतरण
सेतोपाटी संवाददाता बुद्ध एयरलाइन्सको जहाज विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएको छ। , आइतबार बिहान विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो।, त्यसपछि जहाज काठमाडौं फर्किएको हो। जहाजको ल्याण्डिङ गियरमा समस्या भएको बताइएको छ।, काठमाडौं फर्किएपछि पनि जहाज ल्याण्ड हुन सकेको छैन। त्रिभुवन विमानस्थल स्रोतले उक्त जहाजलाई काठमाडौंमा अवतरण गराउने प्रयास भइरहेको जनाएको छ।  , ‘पाइलटले प्राविधिक समस्या आएको बताएका छन्। हामीले अरू उक्त जहाजलाई प्राथमिकतामा राखेर प्रक्रिया पूरा गरी अवतरण गराउने प्रयास गरिरहेका छौं,’ विमानस्थल स्रोतले भन्यो।, स्रोतका अनुसार जहाजको इन्धन सकिएपछि अवतरण गराउने तयारी भइरहेको छ। , ‘धावनमार्गमा सबै तयारी भइसकेको छ। इन्धन सकिएपछि अवतरण गराउँछौं,’ स्रोतले भन्यो।  , विराटनगरमा अवतरण हुन नसकेपछि फर्कियो बुद्ध एयरको जहाज, अहिले काठमाडौंको आकाशमै
सेतोपाटी संवाददाता पूर्व-पश्चिम राजमार्गस्थित माइधारमा टिपरले हाथी गाडीलाई ठक्कर दिँदा त्यसका चालकको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन्।, सोमबार बिहान को२च २६३२ नम्बरको सो गाडीलाई टिपरले ठक्कर दिएको हो।, ठक्कर दिँदा उक्त गाडी उछिट्टिएर कनकाई नहरभित्र पसेको थियो। चालकको मृत्यु भए पनि उनको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, प्रदेश-०३-००१-क ००९५ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडीलाई टिपरले पछाडिबाट ठक्कर दिएको थियो।, माइधारमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेकाले गाडी स्लो गर्दा पछाडिबाट आएको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।, दुर्घटनापछि स्थानीयले गलत ठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गरेको भन्दै ट्राफिक प्रहरीमाथि कारबाही माग गर्दै पूर्व-पश्चिम राजमार्ग बन्द गराएका हुन्।, उनीहरूले पीडितको पहिचान गरी उनका परिवारलाई तुरुन्त बोलाउन पनि माग गरेका छन्।,  , झापामा टिपरले पछाडिबाट अर्को गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, टिपरको ठक्करले एकको मृत्यु भएपछि स्थानीयद्वारा पूर्व-पश्चिम राजमार्गमा अवरोध
सेतोपाटी संवाददाता पुल्चोकको २ सय ६ वर्ष पुरानो समय् फल्चा (पाटी) बनाउने काम फेरि सुरू भएको छ। उच्च अदालतले दिएको 'स्टे अर्डर' आइतबार खारेज भएसँगै ललितपुर महानगरपालिकाले सोमबार बिहानैदेखि काम सुरू गरेको हो।, 'उच्च अदालतले पहिलेजस्तै पुराना मुद्दा हेरेपछि हाम्रो पक्षमा निर्णय गरेको हो,' मेयर चिरिबाबु महर्जनले सेतोपाटीसँग भने।, लामो समयदेखि फल्चा पछाडि रहेको लालिगुराँस बहुउद्देशीय सहकारी संस्था र महानगरबीच मुद्दा चलेको थियो।, सहकारीले हालेको उच्च अदालतदेखि सर्वोच्चसम्मका सबै मुद्दा महानगरपालिकाले जितेको छ। यसअघि विभिन्न समयमा हालिएका मुद्दामा सर्वोच्च अदालतले दुईचोटि र उच्च अदालतले दुइचोटि पाटी निर्माण गर्न बाटो खोलिदिएका छन्।, गत भदौ ३ गते महानगरले पाटी शिलान्यास गर्ने तयारी गरेको थियो। पाटी छिटो बनाउन स्थानीयको पनि दबाब भइरह्यो। तर त्यसको अघिल्लो दिन लालीगुराँस सहकारीले जिल्ला अदालत ललितपुरको अन्तरिम आदेश लिएर आयो जसमा फल्चा बनाउन रोक्नु गर्नु भन्ने आदेश थियो।, पहिलेको पुल्चोक क्षेत्र:, अशोक स्तुप र बायाँतिर समय् फल्चा। तस्बिर स्रोत: ललितपुर महानगरपालिका, अदालतको सम्मान गर्दै तत्कालका लागि महानगरले काम रोक्का गर्‍यो। उक्त राेक्का फुकुवा भएपछि महानगरले भदौ २४ गते शिलान्यास गर्दै पुन: काम सुरू गर्‍यो। , तर फल्चा बनाउँदा तीन तले सहकारी भवनका भुइँतलामा भाडामा रहेका पसलको बाटो बन्द हुने भन्दै विरोध भयो। ती पसलमध्ये होम फर्निसिङकी सब्बु सिंहले आफ्नो आवतजावत गर्ने बाटो नै रोकिएको भन्दै उच्च अदालतमा मुद्दा हालिन्। त्यही आधारमा उच्च अदालतले भदौ ३० गते काम रोक्न अन्तरिम आदेश दिएको थियो।, आदेश खारेज भएपछि महानगरपालिकाले सहकारी अगाडि सोमबार बिहानै जस्ता बारेर काम थालेको छ। जसमा नक्साहरु पनि टाँस्दै महानगरले लेखेको छ, 'मिति २०५८ सालमा अनिल राजभण्डारीको जग्गामा हाल श्री सहकारी भवन पास गर्दा दक्षिणपट्टि बाटो गरिएको र पुर्वमा ३२७ कित्ता रहेको जानकारी गराउँछु।', लालीगुराँस सहकारीले करिब १२ वर्षअघि अनिल राजभण्डारीसँग यो घरजग्गा किनेको हो। साढे आठ आना क्षेत्रफलमा बनेको यो भवनको मुद्दा राजभण्डारीको समयदेखि चल्दै आएको हो।, गणेशमान चित्रकारले सन् १९६० मा खिचेको यो तस्बिरमा पुल्चोक थुर, लामोपाटी (सबभन्दा बायाँ) र बीचको समय् फल्चा प्रस्टै देखिन्छ। तस्बिर स्रोत: गजेन्द्र बुढाथोकीको ट्वीटरबाट, आफूहरुले त्यसरी नक्सा राख्नु र जस्ताले बार्नुको कारण बताउँदै मेयर महर्जनले भने, 'अहिलेसम्म जुन बाटोमा फर्काएर सहकारी भवन बनेको छ, त्यो उसको बाटो नै होइन। हिजोसम्म जुन सुविधा सहकारीले पाएको थियो, त्यसबाट अब उ बञ्चित हुनेछ।', एक आना एक दाम क्षेत्रफलको यो फल्चा पुनर्निर्माणका लागि महानगरले करिब तीस लाख रूपैयाँ र स्थानीयले करिब तीन लाख उठाएका छन्।, यो फल्चा रातो मच्छिन्द्रनाथ र इन्द्रजात्रासँग सम्बन्धित छ। यहाँ फल्चा हुँदाको समयमा यहीँ बसेर स्थानीयहरूले जात्राबेला समय् बजी खान्थे। समयक्रममा फल्चा मासियो। अनि समय् बजी खुवाउने कार्यक्रम कहिले घःमाः राखिएको लामोपाटी त कहिले पुल्चोककै सोह्रखुट्टेपाटी त कहिले सडक किनारमै पाल टाँगेर हुँदै आएको छ।, फल्चा पुननिर्माणपछि ति सबै गतिविधि पुन: सुचारु हुने मेयर महर्जन बताउँछन्।, फेरि सुरू भयो पुल्चोकको २०६ वर्ष पुरानो पाटी बनाउने काम
युवराज श्रेष्ठ कुकुर पाल्न पनि दर्ता गर्नुपर्ने, त्यो पनि शुल्क तिरेर! पोखरा महानगरपालिकाले यो अभियान थालेको छ।, महानगरले आ–आफ्नो घरमा भएका कुकुर नजिकको वडा कार्यालयमा गएर दर्ता गर्न सकिने सुविधा दिएको छ। कुकुर दर्ता गर्दा प्रति कुकुर १०० रूपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ। , कुकुर दर्ता अभियान पोखराको वडा नं. ८ ले बिहीबारदेखि थालेको हो।, बिहीबार र शुक्रबार गरी ९० वटा कुकुर दर्ता भइसकेको वडा अध्यक्ष रुद्रप्रसाद बरालले बताए।, वडा कार्यालयमा कुकुर दर्ता गर्दा रेबिज विरूद्धको खोप र कुकुरको घाँटीमा लगाइने पेटी नि:शुल्क वितरण गरेको वडा अध्यक्ष बरालले जानकारी दिए। , वडा नं. ८ मा दर्ता हुन आएका कुकुरलाई खोप लगाउन बिहीबार र शुक्रबार रेबिजविरूद्धको खोप शिविर चलाइएको थियो।, अब भने वडा कार्यालयमा कुकुर दर्ता गरेपछि मात्र महानगरको पशु सेवा शाखामा गएर कुकुरलाई नि:शुल्क रेबिज खोप लगाउन पाउनेछन्।, वडा अध्यक्ष बरालका अनुसार यसका लागि कुकुर दर्तापश्चात् वडा कार्यालयले दिएको कुकुर दर्ता कार्ड देखाउनुपर्नेछ।, स्थानीय तहको निर्वाचनपश्चात् जनप्रतिनिधिले जुनसुकै शीर्षकमा पनि राजश्व लिएको र कर बढाएको भन्दै विवादित भएको थियो।, वडा अध्यक्ष बरालले भने दर्ता शुल्क करका रूपमा नलिएको बताए।, ‘हामीले रेबिजविरूद्धका खोप नि:शुल्क दिएका छौं, २१० पर्ने बेल्ट नि:शुल्क दिएका छौं,’ उनले भने, ‘दर्ता शुल्कका तुलनामा कुकुरलाई दिने सुविधा धेरै दिएका छौं।’, कुकुरको घाँटीमा लगाउन दिएको पेटीमा महानगरको वडाको छाप राखिएको छ।, पोखराका सडकमा परित्यक्त कुकुर धेरै भएकाले दर्ता गर्न थालिएको महानगरका उपमेयर मञ्जुदेवी गुरूङले बताइन्।, सडक कुकुरलाई पनि महानगरले रेबिजविरूद्धको खोप लगाउने अभियान चलाएको भन्दै उनले भनिन्,‘कुकुर पाल्ने बेलामा पाल्ने अनि सडकमा लगेर छाड्न नदिन दर्ता थालेका हौं।’ , सडक कुकुर नियन्त्रण गर्न महानगरको पशु सेवा शाखाले बनाएको योजना अनुसार दर्ता अभियान थालेको उनको भनाइ छ। सडक कुकुर र घरमै पालिएका कुकुरलाई बन्ध्याकरण अभियान पनि महानगरको पशु सेवा शाखाले चलाइरहेको छ।, सडकमा छाडिएका कुकुरकै कारण सडक दुर्घटना बढेको उपमेयर गुरूङले दाबी गरिन्।, बाटोमा छाडिएका मात्र होइन, घरमै रहेका कुकुरलाई पनि जथाभावी दिसा पिसाब गराउँदा सहर दुर्गन्धित र फोहोर भएको उनले बताइन्। , ‘कुकुर पालेछ, जथाभावी बाटोमा लगेर दिसापिसाब गराएका छन्,’ उनले भनिन्, ‘कुकुर पालेर जथाभावी फोहोर गर्न र सडकमा लगेर छाड्न पाइँदैन।’, पोखराका सबै वडामा यो अभियान चलाउने समेत उपमेयर गुरूङले बताइन्। देशकै ठूलो पोखरा महानगरमा ३३ वटा वडा छन्।, पोखरा- ८ का वडा अध्यक्ष बरालले कुकुर दर्ता अभियान सफल बनाउन टोल विकास संस्था लगायतलाई परिचालन गरेको बताए।, सडकमा लगेर कुकुर छाडेमा वा दिसापिसाब गराएमा यसको जानकारी टोल विकास संस्था वा छरछिमेकले वडामै दिन सक्नेछ।, कुकुरलाई सडकमा छाडेमा वा सडकमै दिसापिसाब गराएमा कुकुरधनीलाई कारबाहीस्वरूप जरिवाना उठाउने महानगरले चेतावनी दिएको छ।, कुकुर दर्ता नगर्ने र बाटोमा छाड्ने कुकुरधनीलाई प्रति कुकुर ५ हजारदेखि १५ हजार रूपैयाँसम्म जरिवाना लिने महानगरले नीति लिएको छ। ,  , पोखरामा कुकुर पाल्न दर्ता अनिवार्य, शुल्क १०० !
सेतोपाटी संवाददाता सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको कार्यकारी निर्देशक पदमा डा. पुकारचन्द्र श्रेष्ठ नियुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयले बिहीबार डा. श्रेष्ठलाई प्रत्यारोपण केन्द्रको निर्देशकको रुपमा पठाएको हो।,  , मन्त्रिपरिषदको असोज ५ गते बसेको बैठकले डा. श्रेष्ठलाई केन्द्रको कार्यकारी निर्देशकको रुपमा पठाउने निर्णय गरेको थियो।, यसअघि केन्द्रको कार्यकारी निर्देशकमा डा. प्रेमराज ज्ञवाली थिए। ज्ञवालीलाई मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको छ।, श्रेष्ठलाई मन्त्रिपरिषदले मानव अंग प्रत्यारोपण विकास समिति (गठन दोस्रो संशोधन) आदेश २०७८ को दफा ६ को उपदफा २ र ३ बमोजिम चार वर्षको लागि प्रत्यारोपण केन्द्रमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। , श्रेष्ठ प्रत्यारोपण केन्द्र स्थापनाताकै कार्यकारी निर्देशक थिए। बीचमा डा. प्रेमराज ज्ञवालीलाई नियुक्ति गरेपछि उनी केन्द्रबाट बाहिरिएका थिए। , श्रेष्ठले बिहीबार नै केन्द्रमा पुगेर आफ्नो पदभार ग्रहरण गरेका छन्। पदभार ग्रहणपछि श्रेष्ठले मिर्गौला प्रत्यारोपणमा आफूलाई पुनः जिम्मेवारी प्राप्त भएको बताए। , ‘सरकारले विश्वास गरेर मलाई पुनः मिर्गौला प्रत्यारोपण केन्द्रमा पुर्‍याएको छ,’ उनले भने, ‘म आफ्नो क्षमता र दक्षतालाई परिस्कृत गर्दै मिर्गौलापीडितको हितमा काम गर्नेछु।’, २०७२ सालमा मानव अंग प्रत्यारोपण ऐन आएसँगै केन्द्रले पहिलो मिर्गौला प्रत्यारोपण, मुटुको पहिलो जटिल शल्यक्रिया सुरू गरेको थियो।, २०७३ मंसिर १६ गते मानव अंग प्रत्यारोपण नियमावली आएसँगै सोही महिनाको मंसिर २२ गते पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो। नि:शुल्क रुपमा भने मिर्गौला प्रत्यारोपण २०७४ साल वैशाख २ गतेबाट सुरू गरिएको थियो।, २०७४ वैशाख २८ बाट मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएकाबाट पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। २०७५ साल कात्तिक १२ गते ब्रेन डेथबाट दोस्रो मिर्गौला प्रत्यारोपण गरिएको थियो।, यसपछि केन्द्रले मरणोप्रान्त मिर्गौला प्रत्यारोपण सुरू गरेको थियो। हालसम्म ६ जनाको मरणोप्रान्त मिर्गौला प्रत्यारोपण भएको छ। एक जनाको कलेजो प्रत्यारोपण भएको छ। , केन्द्रमा श्रेष्ठ प्रमुख हुँदा ३२ जनाको नाता नपर्नेबीच आपसी सहमतिमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपण १३ वर्षअघि वीर अस्पतालबाट भएको थियो। , त्यसपछि दोस्रोपटक १५ जनाको प्रत्यारोपण गरिएको थियो। केन्द्रमा हालसम्म ७५० जनाको मिर्गौला प्रत्यारोपण गरिसकिएको छ। कोरोना महामारीपछि भने प्रत्यारोपण न्यून संख्यामा भइरहेको थियो।, नेपालमा बर्सेनी ६ देखि ७ हजार मिर्गौलाका बिरामी थपिइरहेका छन्। तीमध्ये झन्डै चार हजारको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने आवश्यकता छ।, श्रेष्ठको पालामा केन्द्रमा ६९४ जनाको मिर्गौला प्रत्यारोपण गरिएको थियो। श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा अब्बल डाक्टर मानिन्छन्।, भक्तपुरको मिर्गौला प्रत्यारोपण केन्द्रमा डा. पुकारचन्द्र श्रेष्ठ नियुक्त
सेतोपाटी संवाददाता आज देशभर आंशिकदेखि सामान्यसम्म बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।, यस्तै राति मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।, आज मुलुकका केही स्थानमा वर्षा हुने
सेतोपाटी संवाददाता नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङका तीन गाउँपालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ। दस पालिकामध्ये तीन गाउँपालिकामा सर्वसम्मतले नेतृत्व चयन भएको हो। , पश्चिम दाङको शान्तिनगर गाउँपालिकाको सभापतिमा झलक केसी सर्वसम्मत चयन भएका छन्।, केसी तुलसीपुर बजारमा व्यापार व्यवसाय गर्दै आएका व्यक्ति हुन्। केसीले कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीका प्यानलबाट गाउँपालिकामा उम्मेदवारी दिएका हुन्।, प्रतिस्पर्धी फर्शाराम डाँगीले केसीलाई समर्थन गर्दै उम्मेदवारी नदिने निर्णय शुक्रबार नै गरेपछि नेतृत्व चयन भएको स्रोतले जनायो। डाँगी शान्तिनगर-२ का वडाध्यक्ष पनि हुन्। , उपाध्यक्षमा द्रोर्ण केसी र लालबहादुर बुढाथोकी चयन भएका छन्। तर शुक्रबार बेलुका साढे ६ बजेसम्म सचिव पदमा भने तीन जना आकांक्षी बनेको हुँदा सर्वसम्मत बनाउने प्रयास जारी रहेको स्रोतले बताएको छ।, त्यस्तै, बंगलाचुली गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ। सभापतिमा जागेश्वर अधिकारी, उपसभापतिमा इन्द्रमणि वली र द्रोर्ण खत्री, सचिव वलदेव मल्ल र चेतबहादुर डाँगी, सहसचिवमा गणेश बिक, केयरसिंह गाहा मगर सर्वसम्मत चयन भएका छन्।, लुम्बिनी प्रदेशको राजधानीको केन्द्र तोकिएको राप्ती गाउँपालिकामा पनि सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो।, सभापति विद्याशरण चौधरी, उपसभापतिमा श्यामा रावत र प्रशान्त भुषाल, सचिवमा तीर्थराज ज्ञवाली र चैनकुमार चौधरी, सहसचिवमा लक्ष्मण आचार्य र शिरबहादुर कार्की सर्वसम्मत चयन भएका छ्न्।, जिल्लाको दस पालिकामध्ये सबभन्दा बढी तुलसीपुर उपमहानगरपालिकाको निर्वाचनले चर्चा पाएको छ। , तुलसीपुर एउटा प्यालनबाट सभापतिमा सुरेश हमाल र अर्को प्यालनबाट अनिल कार्कीको टिमले शुक्रबार मनोनयन दर्ता गराएको छ। यहाँ झन्डै वडा प्रतिनिधि र वडा सभापति समेत गरी ५ सय ९५  जना मतदाता छन्। , घोराही उपमहानगरपालिकामा सभापति पदका लागि एउटा टिमबाट तिलक रावत र अर्को टिमबाट निरज गिरीले मनोनयन दर्ता गराएको छ। , लमही नगरपालिकामा सभापति पदमा एउटा टिमबाट शिवप्रसाद चौधरी र अर्कोबाट सन्तोष बुढाथोकीले मनोनयन दर्ता गरेका छन्। , तुलसीपुर पश्चिमको दंगीशरण गाउँपालिकामा सभापति पदका लागि एउटा टिमबाट शम्भु गिरी र अर्कोबाट हर्कबहादुर बुढाथोकीले दर्ता गराएका छन्।, दाङको सबैभन्दा पश्चिमको बबई गाउँपालिकामा सभापति पदमा एउटा टिमबाट प्रकाश बस्नेत र अर्को टिमबाट पर्शाराम भुषाल नेतृत्वको टिमले मनोनयन दर्ता गराएका हुन्। देउखुरीको गढवा गाउँपालिकामामा पनि दुई टिमले उम्मेद्वारी दिएका छन्। यहाँ सभापतिमा एउटा टिमबाट कृष्णराज पाण्डे र अर्को टिमबाट किरण पौडेलले उम्मेदवारी दिएका छन्। , सचिव पदमा पुरणप्रसाद चौधरी र पोषणराज शर्मा, ओमप्रकाश बतसेल र मधुसुदन शर्माको उम्मेदवारी परेको छ। गढवामा पनि अन्य सबै पदहरूमा भने सर्वसम्मति भइसकेको छ।  , यो खबर तयार पार्दासम्म गढवा गाउँपालिकामा पनि सबै पदहरूमा सर्वसम्मतिको प्रयास जारी रहेको स्रोतले जानकारी दिएको छ। शुक्रबार बिहान साढे ११ बजे देखि दिउँसो साढे १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो। , नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार नगर र गाउँपालिकामा नेतृत्व चुन्न मतदान हुँदैछ।, दाङमा कांग्रेस महाधिवेशन: तीन गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन
सेतोपाटी संवाददाता बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा शुक्रबार राति भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो ।  , भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४  रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ ।  , भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत असोज ४ गते पनि दार्चुलाको खर्रा केन्दुबिन्दु बनाएर ४ दशमलब २   रेक्टर स्केलको भूकम्प गएको थियो ।  ,रासस, , सुदूरपश्चिममा भूकम्पको धक्का
युवराज श्रेष्ठ तनहुँको खैरेनीटारबाट यशोदा बानियाँ प्लस-टु पढ्न पोखरा आइन्। कामको खोजीमा लागिन्। पढ्दै काम गरेर आफ्नो खर्च आफैं जुटाउने ध्येय थियो उनको।, पोखरामा मामाघर बसेर पढिरहेकी यशोदाले लेकसाइडस्थित थ्री सिस्टर ट्रेकिङ कम्पनीमा काम पाइने थाहा पाइन्। कम्पनी पुगेर बुझिन्।, त्यसअघि ट्रेकिङ भनेको के हो, विस्तृतमा उनलाई थाहै थिएन। ‍विदेशी घुम्न आएको देखेकी थिइन्, त्यही होला भन्ठान्थिन्।, उनले कम्पनीमा पर्यटक सहायकको जागिर पाइन्। पर्यटक सहायकलाई पदयात्रामा जानेहरूका १२ देखि १५ किलोसम्मको झोला बोकाइन्थ्यो। यशोदा झोला बोक्न तयार भइन्।, उनको यो कदममा परिवारको भने असहमति थियो।, 'क्षत्री-बाहुनको घरमा कसैले नगरेको काम, गोरासँग भारी बोकेर हिँड्ने भनेर कसैलाई मन परेको थिएन,' यशोदाले भनिन्, 'म एकपटक प्रयास गर्छु भनेर जिद्दी गरेर आएँ।', सन् २०१० मा पर्यटक सहायक भएकी उनले दुई वर्षमै गाइड तालिम लिएर लाइसेन्स निकालिन्। गाइडको काम गर्दै समाजशास्त्रमा स्नातक पनि सकिन्।, त्यसयता पनि सक्रिय रूपमा यो काममा रमाएकी छन्। कोरोना अघिसम्म उनी गाइडकै रूपमा नेपालका प्रख्यात पदयात्राहरू घुमिन्। पर्यटकलाई घुमाइन्। अन्नपूर्ण, लाङटाङ र सगरमाथा क्षेत्रका पदयात्रा सबभन्दा धेरैपटक पुगेको उनी बताउँछिन्।, महामारीयता भने पर्यटक आउन बन्द भए। दुई वर्ष भयो, उनले पर्यटक घुमाउन पाएकी छैनन्।, यशोदाका श्रीमान पोखरामा ट्याक्सी चलाउँछन्। लकडाउनले श्रीमान–श्रीमती दुवैको रोजगार गुम्यो। टिनले छाएका दुइटा सानो कोठा मासिक सात हजार तिरेर बसेकी उनले भाडा नतिरेको पनि दुई वर्ष नै भयो। ऋण पनि लागेको छ।, पदमार्ग सरसफाइमा पर्यटक गाइड तथा पोर्टरहरू। तस्बिरः युवराज श्रेष्ठ/सेतोपाटी, यो दुःखका बाबजुद उनलाई पर्यटक लिएर हिमालतिर उक्लने रनाहाले छाडेको छैन।, 'यो क्षेत्रमा लागेपछि नशाजस्तो हुन्छ, छाड्नै सकिन्न,' उनले भनिन्, 'दुई वर्ष त यत्तिकै बसियो। सात वर्ष बस्नुपरे पनि पर्यटक आएपछि ट्रेकिङ जाने हो।', यशोदाजस्तै दुःख भए पनि यही क्षेत्रमा लागिरहने बताउँछिन् स्याङ्जा बहाकोटकी हिरा मल्ल। श्रीमानले अर्को बिहे गरेपछि हिरालाई छोराछोरी हुर्काउन मुश्किल पर्‍यो। उनकी बहिनी विष्णु पोखराको थ्री सिस्टर ट्रेकिङ कम्पनीमै काम गर्थिन्। जागिरको खोजीमा रहेकी उनलाई विष्णुले पोखरा बोलाइन्। पर्यटकको भारी बोक्ने काम लगाइदिइन्।, पहिलोपटक सन् २००७ मा हिरा डोकोमा पर्यटकका बच्चा बोकेर लान्द्रुक–घान्द्रुक पदयात्रामा लागिन्। बच्चाको शरीर ठूलो थियो। हिराले डोकोमा राखेर नाम्लो लगाएर बोकिन्।, 'मान्छे बोक्न एकदम गाह्रो हुने रहेछ,' उनले भनिन्, 'भाषाको समस्या थियोर केही भन्न पनि नसक्ने। बाटोमै छाडेर हिडौंजस्तो भएको थियो।', जतिसुकै गाह्रो भए पनि उनीसँग विकल्प थिएन। जसोतसो गन्तव्यमा पुगिन्। अनि काम जारी राखिन्।, पछि कम्पनीबाटै उनले गाइड तालिम लिइन्। सन् २००९ मा लाइसेन्स निकाले गाइड बनिन्। अहिलेसम्म उनले कञ्चनजंघा क्षेत्रबाहेक नेपालका सबै पदमार्गको यात्रा गरिसकेको बताउँछिन्।, अरू कम्पनीमा गाइड काम गर्दागर्दै हिराले आफ्नै कम्पनी खोलिन्- मल्ल सिस्टर विमन एड्भेन्चर गाइड।, सधैं अफिस खोलेर बस्नुपर्ने बाध्यता थिएन। पर्यटकले अनलाइनबाटै बुक गर्थे। साथीहरू मिलेर कम्पनी चलाइन्। दुई वर्षयता कोरोनाले कम्पनी ठप्प छ। तर उनलाई पर्यटक आउने आशा अझै छ।, पर्यटन क्षेत्रमा होमिएकी हिरा अब अरू काम नगर्ने बताउँछिन्।, 'अरू काम गर्न शून्यबाट सुरू गर्नुपर्छ। यो क्षेत्रमा हामीले यति धेरै वर्ष मेहनत गरेका छौं, अनुभव छ,' उनले भनिन्, 'सक्दासम्म यही काम गर्ने हो। एक दिन त पर्यटक आउलान् नि।', पर्यटन क्षेत्रमा कमाइ राम्रै भए पनि वर्षमा ६ महिना मात्र चल्छ। त्यसैले बचत कम हुने उनीहरूको भनाइ छ।, 'सिजनमा मात्र कमाइ हुन्छ। अफसिजनमा त्यही कमाइ खाएर बस्नुपर्छ,' हिराले भनिन्, '१२ महिना चल्ने भए त कति राम्रो हुन्थ्यो कति।', पर्यटन क्षेत्रमै होमिएकी अर्की महिला हुन् धरानकी शोभा सुनुवार। धरानको ब्रिटिस क्याम्पमा कार्यरत बुबाको पोखरा सरूवा भएपछि शोभा पनि पोखरा आइन्। उनको बिहे भने रामेछापमा भएको थियो। तर उनी पोखरा नै बसिन्।, यशोदासँगै तालिम लिएर पर्यटन क्षेत्रमा लागेकी शोभा पनि सुरूमा पर्यटक सहायकका रूपमा झोला बोकेर हिँडेकी थिइन्। पछि गाइड तालिम लिएर लाइसेन्स लिइन्। अनि उनी पनि पर्यटकलाई बाटो देखाउन थालिन्।, कोरोना लकडाउनपछि रोजगार गुमाएकी शोभा कामको खोजीमा पोखराका विभिन्न ठाउँ पुगिन्। सपिङ कम्प्लेक्सदेखि घर बनाउने ठाउँसम्म। लकडाउनले धेरै मजदुर रोजगारबिहीन थिए। उनले काम पाउन सकिनन्। घर बनाउने ठाउँमा जाँदा तिमीले के गर्न सक्छौ र भनेर फर्काइदिएको उनले सुनाइन्।, शोभाका दाजुभाइ बेलायत छन्। उनीहरूले खर्च टार्न पैसा पठाइदिएका थिए। भदैनीहरूले पनि सहयोग गरे। पर्यटन मजदुरलाई सहयोग गर्न विभिन्न संस्थाले राहत दिएको थियो, उनले पनि पाइन्। महामारीयताका दुई वर्ष यसरी नै बिताएकी शोभा पनि पर्यटककै पर्खाइमा छिन्। पदयात्रा पुरानै लयमा फर्कने आशामा छिन्।, महामारीयता कोठामा थुनिएर बसेका शोभा र यशोदालाई कहिलेकाहीँ काम र साथीसंगीको धेरै न्यास्रो लाग्यो। यो न्यास्रो मेटाउन गत फागुनमा उनीहरू मर्दी पदयात्रामा लागे। पर्यटक लिएर हिँडेको बाटो दुई जना मात्रै जाँदा उनीहरूलाई सुनसान लाग्यो। फेरि यो बाटो पर्यटक लिएर आइन्छ भन्दै फर्किएको शोभाले सुनाइन्।, 'नेपाली केटाहरूले हामीलाई हेप्छन्', अन्य क्षेत्रमा जस्तै महिलालाई पर्यटन क्षेत्रमा पनि काम गर्न सजिलो छैन। काम गर्न नसकेको वा नजानेर होइन, महिला भएकै कारण अनेक अप्ठ्यारा बेहोर्न परेको उनीहरूको भनाइ छ।, झन्डै १२ वर्षदेखि पर्यटक सहायक र गाइड बनेर काम गरेकी यशोदाले यस्ता थुप्रै अनुभव सँगालेकी छिन्।, पदयात्रा गर्न महिलालाई समस्या छैन। पर्यटकबाट पनि समस्या छैन। तालिम लिएर बुझेर लागेकी उनलाई नेपाली पुरूषहरूले दु:ख दिने बताउँछिन्।, 'गाइड सेवा लिनुपर्नेमा मान्छे नै किनेको झैं व्यवहार गर्छन्,' उनले भनिन्, 'हामीले सेवा बेचेको हो, आफू बेचिएको त होइन नि।', यशोदाले एउटा घटना सुनाइन्। , एकपटक उनी घोरेपानी–पुनहिल पदयात्रामा एक विदेशी महिला लिएर गएकी थिइन्। उल्लेरीको उकालोमा एक नेपाली पर्यटन मजदुरसँग भेट भयो।, ती मजदुरले उनलाई भनेछन्, 'यो काम हामीले गर्ने हो, तिमी केटीहरूले होइन। केटी मान्छे त बजारमा सानोतिनो काम गरे हुन्छ। अफिसियल काम गर्नुपर्छ।', ती पुरुषले केटीहरू पर्यटकसँग पदयात्रामा जान थालेर आफूहरूको काम ध्वस्त भएको भने। यशोदालाई झनक्क भयो र भनिन्, 'काम गरेर खाने हो, जसले गरे पनि हुन्छ।', 'मेरो त मुख छुचो छ, यस्तो कुरा नगर्नू भनेर कराइदिएँ,' उनले भनिन्।, सिजनका समय पदमार्गमा रहेका होटलहरमा पनि महिला गाइड र पोर्टरलाई बस्न खान समस्या छ।, 'केटाहरू डाइनिङ टेबलमा सुत्छन्। हामीलाई त्यही पनि व्यवस्था हुँदैन,' उनले भनिन्, 'सिजनमा एकदम गाह्रो हुन्छ।', पर्यटक लिएर जाने नेपाली गाइड र पोर्टरले बास बस्ने होटलमा मदिरा सेवन गरेर 'छाडा' बोल्ने गरेको उनीहरूको अनुभव छ।, 'स्थिति हेरेर बोल्नुपर्छ, दाजुभाइको कुरा सुन्नै नसकिने हुन्छ,' अर्की गाइड हिराले भनिन्, 'कोहीकोही त हामीलाई मान्छे नै नगन्ने खालका हुन्छन्।', पर्यटकका महिला गाइडलाई गाउँ-समाजले समेत असल दृष्टि नलगाउने हिराको अनुभव छ। गाउँका तीन जना महिलाले जागिर खोजेपछि उनले पोखरा ल्याएर तालिम दिएकी थिइन्। पदयात्रामा पठाउन ठिक्क पारिन्। एक महिना तालिम लिएरपछि गाउँलेले कुरा काट्न थालेको उनको अनुभव छ।, 'यो ठीक बाटो होइन। बिग्रिएका मान्छेले गर्ने काम भनेर होच्याउँछन्,' उनले भनिन्।, पदयात्रा मर्मत र सरसफाइ सामाग्री पर्यटक गाइड र पोर्टरलाई हस्तान्तरण गरिँदै। तस्बिरः युवराज श्रेष्ठ/सेतोपाटी, राजदूत घुमाउन पदमार्ग सरसफाइ, ४२ औं विश्व पर्यटन दिवसका अवसरमा विभिन्न देशका राजदूतलाई पदयात्रा गराउन पर्यटन मजदुरलाई पदमार्ग सरसफाइमा खटाइएको छ। नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमसँग मिलेर कोरोना लकडाउनका कारण बेरोजगार भएका पर्यटक गाइड तथा पोर्टरलाई सरसफाइमा खटाएको हो।, पोखराको कास्कीकोटमा शुक्रबार एक कार्यक्रम गरी पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले सरसफाइ अभियानको सुरूआत गरे। सो अवसरमा सरसफाइमा हिँडेका छ महिलासहित तीस जना गाइड तथा पोर्टरलाई सरसफाइ सामाग्री हस्तान्तरण गरिएको थियो।, विश्व पर्यटन दिवसका अवसरमा यही सेप्टेम्बर २७ (असोज ११) गते पोखरा आसपासका पदमार्गमा विभिन्न देशका राजदूतसहित विदेशी नियोगका प्रमुखलाई पदयात्रा गराउने कार्यक्रम तय भएको छ।, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमअन्तर्गत जीविकोपार्जन पुनरूत्थानका लागि दिगो पर्यटन परियोजनाको सहयोगमा दैनिक एक हजार रूपैयाँ दिनेगरी पर्यटन मजदुरलाई पदमार्ग सफाइमा खटाइएको छ। भत्किएका पदमार्ग मर्मतसम्भार र सरफाइका लागि विभिन्न चरणमा दुई सय जना खटाइने भण्डारीले बताए।, कास्कीकोटबाट सुरू भएको सफाइ अभियान नौडाँडा–कास्कीकोट–सराङकोट–मेथलाङ हुँदै पोखराको जरेवरमा समापन हुनेछ। उक्त अभियान दस दिनसम्म चल्नेछ। यस्तै, लेकसाइडदेखि पञ्चासेसम्म र मर्दी पदमार्ग पनि सरसफाइ गर्ने कार्यक्रम पनि रहेको भण्डारीले जानकारी दिए।, महिला पर्यटन गाइडहरू भन्छन्- नेपाली केटाहरूले हामीलाई हेप्छन्
सेतोपाटी संवाददाता ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको  लिंगो गयराति १० : ३६ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपातन) छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो । गयराति इन्द्रध्वजपातन गरेसँगै आठ दिन लामो इन्द्रजात्रा समापन भएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।  ,  , यसअघि गयरातिनै  राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार गई श्रीगणेश, श्रीभैरव र श्रीकुमारीबाट टीका एवं प्रसाद ग्रहण गरेकी थिइन् ।  टीका प्रसाद ग्रहण गरेपछि राष्ट्रपतिले कुमारीसँग खड्ग साट्ने परम्परा समेत सम्पन्न भएको छ । शुक्रबार  दिउसो महिलाले मात्र रथ तानी नानीचा यात्रा सम्पन्न गरिएको थियो । यो यात्रा इन्द्रजात्राको अन्तिम यात्रा हो ।, इन्द्रजात्राका अवसरमा अवसरमा असोज ४ गते माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । इन्द्रजात्राको मुख्य दिन असोज ३ गते आइतबार तल्लोटोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । यस दिन राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रिगण, सांसदलगायत जनप्रतिनिधिले जात्रा अवलोकन गगरेका थिए । , इन्द्रध्वजपातन गरेपछि इन्द्रजात्राको लिंगोलाई टेकू दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिंगो सेलाउन घिसारेर लैजाने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा भाद्र शुक्ल द्वितीयाका दिन लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिंगो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । , इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु  भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए ।  इन्द्रजात्राकै दिन पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय पाएको ऐतिहासिक तथ्य पनि छ ।, वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको भदौ ३ गते आइतबार विधिपूर्वक पूजा  आजा पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच, पुलुकिसी नाच, रामचन्द्र नाचलगायत सांस्कृतिक झाँकी, नाचगान प्रस्तुत गरिएको थियो । रासस, ढालियो इन्द्रजात्राको लिंगो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण
सेतोपाटी संवाददाता नवलपरासी पूर्वबाट प्रहरीले नदी दोहन गरेको आरोपमा २८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।, विनयी त्रिवेणी गाउँपालिका-२ स्थित विनयी खोलाबाट गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन् एवम् चोरी निकासी गरेको आरोपमा प्रहरीले ती ट्याक्टर नियन्त्रणमा लिएको हो।, शनिबार बिहान राति प्रहरीले  लु४त २४९४, लु४त ५५२६, रा१त ३००० लगायत नम्बरका ट्याक्टरलाई नियन्त्रणमा लिएको हो।, नवलपरासी पूर्व प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले नदीजन्य दोहनमा संलग्न ट्याक्टर तथा चालकलाई कारबाही थालिएको बताए।, विनयी खोला दोहन गरेको आरोपमा २८ वटा ट्याक्टर नियन्त्रणमा
डा. अंगिरा श्रेष्ठ मानिसको उमेर अनुसार आँखामा पनि विभिन्न समस्या देखिन्छन्। बच्चादेखि बुढाबुढीसम्म विभिन्न खालका समस्या हुन्छन्। , ४० वर्ष नाघेपछि आँखामा थप विभिन्न किसिमका रोग देखा पर्छन्। उनीहरूमा मोतिबिन्दु, जलबिन्दुलगायतका रोग देखिन्छन्। हरेक उमेर समूहले आँखाको परीक्षण गर्नुपर्छ। कुनै रोग लागेकाले ६ महिनादेखि १ वर्षभित्र आँखाको परीक्षण अनिवार्य गराउनुपर्छ।, मौसम अनुसार बालबालिकालाई आँखा चिलाउने रोग हुन्छ। यस्तो समस्या अन्य उमेर समूहका व्यक्तिलाई पनि हुन्छ। काम र व्यवसायको प्रकृति अनुसार आँखाको रोग हुन्छ।, सबैभन्दा धेरै मधुमेहको रोगीलाई आँखाको  समस्या देखिन्छ। त्यस्ता बिरामीले नियमित रूपमा आँखा जचाउनुपर्छ।, पछिल्लो समय नेपालमा धेरै खाले आँखा रोगका उपचार हुन थालेका छन्। यद्यपी कतिपय आँखा रोगको कुनै उपचार सम्भव छैन।, आँखाको नानीमा कुनै किसिमको समस्या भएर आँखा नदेख्नेलाई मात्रै अरूको नानीको सहयोगले देख्न सक्ने बनाउन सकिन्छ।, कम्प्युटरको प्रयोगले पनि आँखामा विभिन्न खालका समस्या देखिएका छन्। यसको लागि चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ।, हामीले आँखा सम्बन्धी रोग र उपचारका बारेमा धुलिखेल अस्पतालकी आँखा रोग विशेषज्ञ डाक्टर अंगिरा श्रेष्ठसँग भिडिओ कुराकानी गरेका छौं। हेर्नुहोस् भिडिओमा। , उमेर र मौसम अनुसार आँखामा फरक-फरक समस्या देखिन्छ (भिडिओ)
सेतोपाटी संवाददाता सुनसरीको इटहरीमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ।, इटहरी उपमहानगरपालिका-३ सुनौलो टोलका २१ वर्षीय राजु थापाको शुक्रबार अपराह्न हत्या भएको हो।, सामान्य घरायसी विवादमा थापामाथि छिमेकी ६२ वर्षीय देवीप्रसाद अधिकारीले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।, छातीमा छुरा प्रहारबाट गम्भीर घाइते भएका थापाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउना साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, थापालाई छुरा प्रहार गर्ने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी पनि सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।, छुरा प्रहार गरी इटहरीमा एक जनाको हत्या
सेतोपाटी संवाददाता चितवनबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई ९५ लाखसहित पक्राउ गरेको छ।, प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा सवार दुई जनालाई शुक्रबार स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए।, पक्राउ पर्नेमा भारत मुम्बई महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँबाट १९ वर्षीय कूष्ण अढाडे छन्।, मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको एसएसपी सिंहले जानबारी दिए।, स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। पक्राउ परेका दुबैलाई परिसरले हिरासतमा राखेर अनुसन्धान सुरू गरेको छ।, पक्राउ परेकालाई आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरिएको सिंहले बताए।, प्रहरीले ९ महिनायता काठमाडौंबाट साढै चार करोड बढी रकमसहित १७ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।, ‘स्रोत नखुलेको रकम हुण्डी कारोबारको हुने गरेको छ, त्यस्तो रकम विभिन्न तस्करी र आपराधिक कार्यमा प्रयोग हुने हुनाले हामीले पक्राउ गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने गरेका छौं,’ एसएसपी सिंहले ,सेतोपाटी,सँग भने।, यो पनि हेर्नुहोस्, ९ महिनामा साढे चार करोडसहित काठमाडौंबाट पक्राउ परे १७ हुन्डी कारोबारी, चितवनबाट काठमाडौं आउँदै गरेका दुई भारतीय ९५ लाख रुपैयाँसहित नागढुंगामा समातिए
सबिना श्रेष्ठ उनी इन्द्रकी आमा बसुन्धरा हुन्। येँया अर्थात् इन्द्रजात्रामा 'दागीं' भनेर चिनिन्छन्।, बसुन्धरालाई एकपटक ब्रत बस्नु थियो। त्यसका लागि पाल्जा स्वाः (पारिजातको फूल) चाहिने भयो। त्यो इन्द्रलोकमा पाइन्नथ्यो। उनले छोरा इन्द्रलाई पाताल पठाइन्। फूल खोज्दै इन्द्र काठमाडौं मरुस्थित भै–केवः मा पुग्छन्। एउटा किसानको बगैंचामा फूल देखेपछि टिप्छन्।, किसानले इन्द्रलाई चोर ठानेर समात्छन्। डोरीले पाता कसेर बीच सडकमै जात्रा गर्छन्। आमा बसुन्धरा अबेरसम्म छोरा नफर्किएपछि आत्तिन्छिन्। अनि इन्द्रको बहान ऐरावत हात्तीलाई पाताललोक पठाउँछिन्।, इन्द्र खोज्न गएको हात्तीलाई पनि किलागलका स्थानीयले समातेर राख्छन्। त्यसपछि इन्द्रकी आमालाई आफैं पाताल झर्नुपर्ने हुन्छ।, उनै आमा 'दागीं' बनेर येँया पुन्हीमा देखिन्छिन्। रातभरि इन्द्र खोज्दै भौंतारिन्छिन्।, पातालकी यी दागीं हुन्, काठमाडौं खुसिबुँ निवासी मंगलमान डंगोल। २०५२ सालमा पहिलो पटक बनेका थिए। तर त्यो वर्ष दागीं बन्नू उनका लागि सहज थिएन।, बुवा दानरत्नको निधन भएको वर्ष थियो त्यो। बुवा गुमाउनुको पीडा एकातिर। परम्परा धान्नु पर्ने बाध्यता अर्कोतिर। विकल्प थिएन।, 'पहिलोपटक दागीं बन्दाको अनुभव कस्तो थियो भन्नु,' उनी एकछिन चुप भए र भने, 'बुवा बितेको भर्खरै ६ महिनाजति भएको थियो। वर्खी बारेको सेतो लुगामा थिएँ। जात्रामा दागीं त बन्नुपर्ने नै थियो। तर लुगा, मुकुट लगाउँदा बुवा नै सम्झिइरहेँ।', उनी अघिका दागीं उनका बुबा नै थिए। इन्द्रजात्रामा यो भूमिका गर्ने डंगोल परिवार नै हो। वर्षौंदेखि परम्परा हस्तान्तरण हुँदै आएको छ। बुवा दानरत्नको निधनपछि मंगलमान बने। उनीपछि छोरा दीपेन्द्रको पालो आउँछ। दीपेन्द्र पनि यो परम्परालाई निरन्तरता दिन तयार छन्।, कुमारी रथ तान्ने दिन दागीं निस्कन्छ। यो दिन काठमाडौंको तल्लो टोल (कोहने) मा रथयात्रा हुन्छ। रथले यात्रा गरेका टोलमै दागीं हिँड्छ।, दागींसँगै वरिपरि वर्षभरिमा निधन भएकाहरूको परिवार हिँड्छन्। दागींले मृत्यु भएका व्यक्तिहरूलाई स्वर्गलोक पुर्‍याउँछन् भन्ने विश्वास छ।, किम्बदन्तीअनुसार इन्द्रकी आमा (दागीं) ले छोरा खोज्दै जाँदा काठमाडौंमा भेट्छिन्। इन्द्रलाई बाँधेर राखेको देख्छिन्। इन्द्र छुटाउन उनलाई सहज थिएन। स्थानीयले दिएका दुई सर्त मान्नुपर्थ्यो।, पहिलो– मरेपछि स्वर्ग जान पाउनु।, दोस्रो– धान पकाउनका लागि 'कुहिरो' ल्याउनु। कुहिरोका कारण शीतको थोपा बन्छ। पानी नपर्ने मौसममा किसानलाई त्यो महत्व हुन्छ।, इन्द्रकी आमा सर्त मान्न तयार हुन्छिन्। स्वर्गलोक पुग्न दहचोकस्थित इन्द्रदहमा नुहाउनुपर्ने सुझाउँछिन्।, यसैले इन्द्रजात्रापछि 'कुहिरो' लाग्ने र चिसो मौसम सुरु हुने स्थानीयको मान्यता छ।, यही मान्यताका साथ वर्षभरि मरेकाको परिवार दागीं पछ्याउँदै हिँड्छन्। बाटोमा सदबिऊ छर्छन्। बत्ती बाल्छन्। कोही इन्द्रदहसम्मै पुगेर नुहाउँछन्।, इन्द्रजात्राको त्यो दिन मंगलमानको पुरानो घर नरदेवीमा भीड लाग्छ। दागींसँगै त्यो दिन हिँड्न नसक्ने परिवार त्यहाँ पूजा गर्न आउँछन्। त्यो दिन मंगलमानले बिहानै नुहाइधुवाइ गरेर निराहार बस्नुपर्छ।, काठमाडौं मरुगणेशथानस्थित लुकुफल्चाबाट उनी दागीं बनेर निस्कन्छन्। गणेशथान घुम्छन्। फ्याफल, याट्खा, टेंगल, बांगेमुडा, असन, इन्द्रचोक, हनुमानढोका, जैसिदेवल, लगन, ह्युमटा, भिमसेनथान हुँदै मरुमै गएर टुंगिन्छ।, 'यी सबै टोलमा खाली खुट्टा हिँड्नुपर्छ। त्यसै त रातको समय हुन्छ। तर अहिलेसम्म चोट लागेको कुनै दिन छैन,' मंगलमानले भने, 'भगवानको शक्तिले सायद।', दागींसँगै हिँड्ने मान्छेले बाटोभरि सदबिऊ छर्छन्। दागींको पछि हिँड्दा स्वर्गमा गएर घर फर्कने बाटो नबिर्सियोस् भनेर छरिएको भन्ने भनाइ छ।, गणेशथान प्याफल, याट्खा, टेंगल, बांगेमुडा, असन, इन्द्रचोक, हनुमानढोका लगायतका टोल परिक्रमा गर्दै गर्दा त्यहाँ बौमतः लग्ने तयारी हुन्छ। न्यापकट्टी भनिने निगालोजस्तो बाँसलाई सर्पझैं लस्कर लगाएर राखिएको हुन्छ। ठाउँ–ठाउँमा गोबर टाँसेर त्यसमाथि दियो बालिएको हुन्छ। यसलाई पाँचवटा मानन्धर टोलले बनाउँछन्। , बोमतःलाई नागराजकै प्रतीकका रूपमा निर्माण गरिएको हुन्छ। सबभन्दा माथिको टाउको लायकुसा, घाँटी न्हुँसा, शरीर फल्चासा, बीचको भाग देसाः र पुच्छर चस्वाँदु मानन्धर टोलले बनाएका रहेछन्। आ–आफ्नो टोलमा बनाएर काष्ठमण्डप छेउ राखेर त्यसलाई लामो सर्पजस्तो आकारमा जोडिएको हुन्छ।, गणेशथान हुँदै माथिल्लो टोल परिक्रमा गरेर दागीं काष्ठमण्डपबाट ठ्याक्क कटेर जैसिदेवल, लगन लगायत ठाउँ परिक्रमा गर्दा बौमतःलाई गणेशथानको परिक्रमा गराउँदै दागीं पहिले हिँडकै बाटो बाजागाजासहित हिँडाइन्छ। बौमतः र दागीं भेट हुन नहुने विश्वास पनि छ।, 'दागींले करिब आधा बाटो हिँडेपछि मात्रै बौमतः हिँड्छ। किन?', स्थानीय सन्देश मुनिकारका अनुसार रातमा दागीं र उनीसँगै पछि लाग्ने दिवंगतको परिवार दिनभर भोकै हुन्छन्। त्यसकारण उनीहरू बाटोमा कमजोरीका कारण ढल्ने सम्भावना हुन्छ। बौमतःले बाटोमा कोही ढलेका पो छन् कि भनेर खोज्दै हिँड्ने रहेछ। हामीले अहिले देख्ने 'रेडक्रस' जस्तो बौमतःले तिनीहरूको उद्धार गर्छन्।, दागीं बत्तिँदै सहर परिक्रमा गर्दै गर्दा बौमतःको गति ठ्याक्कै उल्टो हुन्छ। बाजागाजाको पछिपछि चारैतिरबाट बाँस समाउँदै बत्ती निभ्लाझैं मानिसहरू बिस्तारै हिँड्छन्।, मंगलमानका अनुसार दागीं बन्दा उनलाई वरपर के भइरहेको छ केही थाहै हुँदैन।, उनका दाजुभाइले उनलाई समातेर हिँडाउँछन्। दाजुभाइ लगायत उनीसँग हिँड्नेलाई दागींको परिवारले समयबजी खुवाउनुपर्छ। त्यसपछि, दागींसँग हिँडेका अन्य व्यक्तिमध्येमा इन्द्रदह जान चाहनेहरू त्यहीँबाट छुट्टिन्छन्।, 'पहिले हिँडेरै पुग्थे। अहिले गाडीमा जान्छन्,' उनले भने, 'त्यहाँ ती मान्छेहरू नुहाइरहेको बेला दह बीचमा 'छप्ल्याङ्ग' आवाज आउँछ भनिन्छ। त्यो भनेको बाँधेर राखिएका इन्द्र र दागीं त्यहीँबाट इन्द्रलोक जानु हो।', मंगलमान दागीं एक दिन बन्ने हो। तर उनले विभिन्न नियम भने वर्षभरि नै पालना गर्नुपर्ने हुन्छ। प्रत्येक दिन नुहाउनुपर्छ। जाँड–रक्सी, कुखुराको मासु लगायत खानु हुँदैन। चोखो गरेर पकाएको खानुपर्छ। महिनावारी भएको र जुठो परेका मान्छेलाई छुन नहुने मान्यता छ।, दागीं बन्ने दिनको चार दिनअघिदेखि नै मंगलमानले यी नियम अझै ध्यानपूर्वक पालना गर्नुपर्छ। नियममा नबसे बिरामी हुने, जिउ भारी जस्तो हुने उनी बताउँछन्।, 'साथीभाइ चाडपर्वमा रमाइलो गरेको देख्दा भने किन दागीं बनेछु जस्तो लाग्छ,' उनले भने, 'के गर्नु नियम मान्नै पर्‍यो।', एकपटक मंगलमानको बुवा दानरत्न दागीं बन्नुपर्ने समयमा बिरामी परेछन्। त्यसपछि, माइलो भाइ पूर्णनारायणलाई दागीं बनाइयो। दागीं बनेको महिनादिन नपुग्दै पूर्णनारायण बिरामी परे। उनको निधन भयो।, यसैले मंगलमान भन्छन्, 'अन्य मान्छे दागीं बस्न नहुने रहेछ। दाजुभाइ पनि नहुने। कुनै दिन फेरि त्यस्तै अप्ठ्यारो परे पूजारीलाई चिना देखाएर निर्णय गर्नुपर्ला।', नियममा बस्नुबाहेक मगंलमानको दिनचर्या सामान्य छ। आफ्नै घरमा फर्निचर कारखाना र बासँबारीमा पार्टी प्यालेस खोलेका छन्। छोरा दीपेन्द्र उनलाई ती काममा पनि सघाउँछन्।, इन्द्रजात्रामा मात्र भगवानको भूमिकामा भए पनि मंगलमानलाई कहिलेकाहीँ साथीभाइकहाँ जाँदा जिस्काउँछन्, 'द्य: मनु वल्ल।', 'देवता मान्छे आयो।',  , काठमाडौं आउने इन्द्रकी आमा (भिडिओ)
सेतोपाटी संवाददाता लागुऔषधसहित रुपन्देहीबाट प्रहरीले छ जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भारत महाराजगञ्ज नौतहवाका २२ वर्षीय तारकेश्वर हरिजन, मायादेवी गाउँपालिका-३ का २९ वर्षीय बालमुकुन्द हरिजन र सप्तरी कञ्चनरुप नगरपालिका-१० का २१ वर्षीय रविन्द्रकुमार रावत छन्।, उनीहरूको साथबाट प्रहरीले १० ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरी उपरीक्षक मनोज केसीले बताए। उनीहरूको साथमा ब्राउनसुगर तौलने तराजु पनि थियो। सिद्धार्थनगर नगरपालिका-६ स्थित महावीरपथबाट प्रहरीले बा३प २७३९ र लु३१प २६१२ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई पक्राउ गरेको हो।, यसैगरी, प्रहरीले रोहिणी गाउँपालिका-५ मझौनि चोकबाट लु४प ११३४ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा नवलपरासी रामग्राम नगरपालका-१६ का १९ वर्षीय इस्लाम चुरिहार र मोटरसाइकल पछाडि सवार २० वर्षीय आलमगरी चुरिहारलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताए।, उनीहरूको साथबाट डाइजेपाम ३०२ सिसी, नुफिम ३०० सिसी र फेनोरागन ३०० सिसी बरामद भएको छ।, यस्तै, मायादेवी गाउँपालिका-५ मा लु४४प ५८६० नम्बरको मोटरसाइकलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। विनरोफ नामक २९ बोतल लागुऔषधसहित मायादेवी-६ का ३४ वर्षीय नन्दलाल मल्लाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।, पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान थालिएको सो कार्यालयले जनाएको छ। लागुऔषधविरुद्धको कारबाहीमा गत वैशाखयता प्रहरीले रुपन्देहीबाट ६१ पुरुष र पाँच महिलालाई पक्राउ गरेको छ।, लागुऔषधविरूद्धको कारबाहीमा रुपन्देहीबाट ६ जना पक्राउ
सेतोपाटी बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौंका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। , सुर्नया गाउँपालिका-५ का रामबहादुर मडै तथा वडा नम्बर ४ का शङ्करसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले सार्वजनिक गरेको हो।, यसअघि बिहीबार प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो। हत्यामा तीन जनाको संलग्नता नदेखिएपछि उनीहरूलाई छाडिएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।  , सुर्नया गाउँपालिका-४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल सञ्चालन गर्दै आएका कमलसिंह महरा बिहीबार बिहान सन्सेरीमाडौंमा मृत फेला परेका थिए।, उनको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरू गरेको थियो। , अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली बिहीबार घटनास्थलमा खटिएको थियो। शाही नेतृत्वको टोलीले घटना भएको सो घटनामा संलग्न रहेकाहरूलाई पक्राउ गरेको हो।, पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता भई जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गरिएको छ।, घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मृतक महराको शव जिल्ला अस्पतालमा परीक्षणपश्चात आफन्तलाई बुझाइएको छ।, रासस, , बैतडीका व्यापारी हत्या प्रकरण: प्रहरीले सार्वजनिक गर्‍यो चार आरोपित
सेतोपाटी संवाददाता मेलम्ची नदीमा बाढी आएर बेलिब्रिज बगाएको तीन महिना पुग्दा पनि नयाँ संरचना बनेका छैनन्।, गत असार १ गते बाढी आउँदा त्यहाँ रहेका तीन वटा बेलिब्रिज मेलम्ची नदीले बगाएको थियो।, जसमध्ये चनौटेको बेलिब्रिज मुख्य हो। हिउँदको मौसम सुरू भए पनि बेलिब्रिज नबन्दा स्थानीयले हैरानी पाएका छन्।, उनीहरूले चनौटेमा रुख तेर्स्याएर मेलम्ची नदी वारपार गरिरहेका छन्।, मेलम्ची खानेपानी आयोजनाका अनुसार चनौटेसहित चार स्थानमा बेलिब्रिज निर्माण गर्नुपर्ने भएको छ।, तर, बीचमा वर्षा नरोकिएका कारण बेलिब्रिज निर्माणको काम अगाडि बढेन।, अहिले बेलिब्रिज निर्माणका लागि खानेपानी मन्त्रालय, सडक विभाग, सिँचाइ मन्त्रालय, नेपाली सेना र मेलम्ची खानेपानी आयोजनाबीच समन्वय भइरहेको बताइएको छ।, ‘बेलिब्रिज निर्माण गर्ने कुरामा सम्बन्धित निकायबीच सहमति भइसकेको छ, त्यो सहमति मन्त्रिपरिषदमा पठाउन बाँकी छ,’ मेलम्ची खानेपानी आयोजनाका डिभिजनल ईन्जिनियर राजेन्द्र पन्तले भने।, सहमति अनुसार चनौटेमा ४८ मिटर लामो बेलिब्रिज निर्माण गरिने छ। त्यहाँ पहिले ४० मिटर लामो पुल थियो।, मेलम्ची खोलामा बाढ़ी आएको ३ महिना पूरा भैसक्यो, चनौटेमा बेलिब्रिज हाल्ने भनेर उद्गघोषण भएकै २ महिना हुन लाग्यो क्यार। होईन यो काम गर्ने कुरोमा कस्तो अलिकता पनि संवेदनशीलता भन्ने चीज नभएको? जनता माने त्यै ‘भोटको भेड़ो’ त होला नि है? यो जोखिमको यात्रामा दोषी को; जनता या राज्य? ,pic.twitter.com/vQ6a5Icevi, — Deep Kiran Khadka 迪普 (@KhadkaKiranDeep) ,September 24, 2021, नदीले नयाँ धार र आकार बनाएकाले स्थानीयले पनि पुलको लम्बाइ बढाउनुपर्ने माग गरेको पन्तले बताए।, सहमतिमा सडक विभागले पुलको संरचना कस्तो बनाउने भन्ने टुंग्याउने छ र नेपाली सेनाले पुल जडान गर्ने छ।, ‘सामग्रीहरू खरिद गर्नुपर्ने हुन्छ, सरकारले जति चाँडो निर्णय गरेर खरिदको काम अघि बढाउँछ त्यति छिटो बेलिब्रिज निर्माण हुन्छ,’ पन्तले भने।, मेलम्चीमा हेडवर्क्स क्षेत्रसहित चार ठाउँमा बेलिब्रिज निर्माण गर्नुपर्ने छ। त्यमध्ये चनौटेको मुख्य हो।, ‘चनौटेमा बेलिब्रिज निर्माणपछि अन्य ठाउँमा बन्ने बाटो खुल्छ,’ पन्तले भने, ‘एकदमै शीघ्र गर्नुपर्ने काम हो, यो गर्नका लागि सामग्री खरिद प्रक्रिया पनि चाँडो भइदिनुपरो।’, मेलम्ची खानेपानी आयोजनामा भत्किएका र पुरिएका संरचना बनाएर चैत महिनासम्ममा पुन: काठमाडौंमा पानी झार्ने सरकारको योजना छ।, मेलम्चीमाथि थेग्रिनी जम्मा भएको ठाउँलाई दीर्घकालीन नियन्त्रण गर्नु मुख्य चुनौती छ। त्यो क्षेत्र अध्ययनका लागि खानेपानी मन्त्रालयले एसियाली विकास बैंकको विज्ञ टोलीलाई गुहारेको छ।, दुबै निकायबीच अध्ययनका लागि सहमति पनि भइसकेको छ।, सबै तस्बिर : दीपकिरण खड्का, बाढीले बगाएको बेलिब्रिज बन्ने टुंगो छैन, रुख तेर्स्याएर मेलम्ची नदी तर्छन् स्थानीय
सेतोपाटी संवाददाता प्रहरीले बाराबाट ८३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका-१६ का ४१ वर्षीय रुकबहादुर रुम्बा छन्।, बा३७प ९६८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीले शुक्रबार दिउँसो पूर्व-पश्चिम राजमार्ग नजिकैबाट पक्राउ गरेको हो।, काठघाट जाने सडकमा पुग्दा गाँजा बोकेर हिँडिरहेकाहरू फरार भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।, त्यसरी भाग्ने क्रममा रुम्बालाई पक्राउ गरिएको र अन्य फरारहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।  , ८३ किलो गाँजासहित निजगढबाट एक पक्राउ
सेतोपाटी संवाददाता धनुषाको ढल्केवर जटही सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिका बीचमा पर्ने औरही नदीमा निर्धारित समयभन्दा सात महिना अगाडि नै तीन वटा पुल निर्माणको काम सम्पन्न भएको छ। , रसुवा निर्माण कम्पनीले सात महिना अगाडि नै तीन वटै पुल निर्माण गरी सरकारलाई हस्तान्तरण समेत गरिसकेको छ। , ठेक्का  सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा रसुवा कन्स्ट्रक्सनले सात महिना अगाडि नै तीन वटा पुल निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको छ। , ढल्केवर जनकपुर जटही सडक खण्डमा रसुवा निर्माण कम्पनीले सम्झौता अवधि सकिन सात महिना बाँकी रहँदै  तीन वटा पुल निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको हो।, ढल्केवर जनकपुर जटही सडकलाई ६ लेनको सडकमा स्तरोन्नति गरेपछि धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्नेगरी तीन वटा पुल निर्माण गरेको हो। , सडक विस्तार भएदेखि सवारी साधनको चाप बढेको र भएको पुरानो पुलबाट आउजाउ गर्न समस्या भइरहेका बेला एकैचोटि तीन-तीन वटा पुल बनेपछि सवारी साधनलाई आउजाउ गर्न सहज भएको छ।, सरकारसँग भएको सम्झौता अनुसार २०७८ चैत मसान्तमा तीन वटै पुल हस्तान्तरण गर्नुपर्ने भए पनि काम सम्पन्न हुनुपर्ने मितिभन्दा सात महिना अगाडि नै  ७७ करोड २७ लाख रूपैयाँको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो। , नेपाल सरकार र रसुवा कन्स्ट्रक्सनबीच २०७६ असोज ३० गते सम्झौता भई  मंसिरदेखि  काम सुरू भएका तीन वटै पुल सवारी साधनका लागि खुला गरिएको छ। औरही खोलामा निर्माण सम्पन्न  तीन वटा पुलमध्ये दुइटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्विस लेनको रूपमा राखिएको छ। , पुलको लम्बाई १ सय ४३ दशमलव ५ मिटर र चौडाइ ११ दशमलव ६ मिटर छ। , सो पुलबाट एकतिरबाट एकपटकमा तीन वटा सवारी साधन चलाउन सकिने र छुट्टाछुट्टै लेनका लागि फरक-फरक पुल नेपालमा पहिलो पटक यही निर्माण भएको रसुवा निर्माण कम्पनीका इन्जिनियर धिरेन्द्र साहनीको दाबी छ।, यसअघि पनि दर्जनौं  स्थानमा रसुवा कन्स्ट्रक्सनले ठेक्का सम्झौता अवधि भन्दा अगावै निर्माण सम्पन्न गरी सरकारलाई आयोजना हस्तारण गरिसकेको छ।, औरही खोलामा ठेकेदारले सात महिना अगाडि तीन वटा पुल निर्माण गरेर हस्तान्तरण गरे पनि ढल्केवर जटहीमा ६ लेनकै सडकको सपही र नक्टाझिजस्थित खहरे खोलामा एकैदिन सम्झौता भएको अर्को निर्माण कम्पनीले जग निर्माण गरेर पुलको बाँकी काम अधुरै  छाडेको अवस्थामा रहेको छ ।, कतिपय ठाउँमा निर्माण कम्पनीको ढिलासुस्तीका कारणले विकास निर्माणका काम वर्षौंसम्म अलपत्र हुने गरेको भए पनि रसुवा निर्माण कम्पनीले समयसीमा अगावै निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेर उदाहरणीय काम गरेको छ।  , निर्धारित समयअघि नै बन्यो पुल
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट ७ हजार ५० जना र एन्टिजेनबाट ३५२९ जनाको परीक्षण भएको छ।, त्यस्तै, एक हजार ३७१ संक्रमित निको भएका छन्। , संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ८७ जनाको मृत्यु भएको छ। , यस्तै हाल १९ हजार ७०० सक्रिय संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा थप ३११ कोरोना संक्रमित थपिएका छन्। , काठमाडौंका १९८ , ललितपुरका ७३ र भक्तपुरमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , संक्रमितभन्दा निको हुनेको संख्या बढी
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३११ कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १९८ , ललितपुरका ७३ र भक्तपुरमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , यस्तै काठमाडौं उपत्यकामा ४६९५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २६०२, ललितपुरमा १२३४ र भक्तपुरमा ८५९ सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घण्टामा नेपालमा ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट ७ हजार ५० जना र एन्टिजेनबाट ३५२९ जनाको परीक्षण भएको छ।, त्यस्तै, एक हजार ३७१ संक्रमित निको भएका छन्। , संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ८७ जनाको मृत्यु भएको छ। , काठमाडौं उपत्यकामा पाँच सयभन्दा कम संक्रमित
सेतोपाटी संवाददाता रुपन्देही प्रहरीले दसैंमा बेचबिखन गर्न भन्सार छलेर ल्याइएको ठूलो परिमाणको सामान बरामद गरेको छ।, रोहिणी गाउँपालिका-२ खुरहुरियास्थित एउटा खाली घरमा गोदाम बनाएर राखिएको २५ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामग्री प्रहरीले बरामद गरेको हो।, जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार राति १० बजे घरको उक्त गोदाममा छापा मारेर भन्सार छलीको सामान बरामद गरेको प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।, उनका अनुसार कुर्ती १६४८ पिस, उलन सर्ट ५९४ पिस, सुट ४५३ पिस, प्रिन्टर मसी २२५ पिस, चप्पल ५७ जोर, टिसर्ट ९३ पिस, थान कपडा ८ बण्डल, जुत्ता ३० जोर, सुट ३९ पिस र ट्रयाक ११५ पिस बरामद भएको छ।, चाडबाडलक्षित सुरक्षा योजना अनुसार चोरी तस्करी र अपराध नियन्त्रणमा खटिएको प्रहरीले भन्सार छलीको सामान बरामद गरेको प्रहरी उपरीक्षक केसीले बताए।, बरामद सामान आइतबार भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको उनले बताए। यो सामान कसले ल्याएर गोदाम गरेको हो भन्ने विषयमा खोजी भइरहेको प्रहरीले जनाएको छ।, दसैंका लागि भन्सार छलेर गोदाम गरिएको २५ लाख बराबरको सामान बरामद
सेतोपाटी संवाददाता सरकारले राष्ट्रिय जनगणना-२०७८ मा यसपटक अनुवंशीय रक्तस्राव (हेमोफिलिया) भएका व्यक्तिको पनि गणना गर्ने भएको छ, जनगणनामा अपाङ्गता भएकाको सूचीमा १० औं नम्बरमा हेमोफिलिया भएका व्यक्तिको गणना गर्ने सूची रहेको छ।, आज काठमाडौंमा आयोजित कार्यक्रममा हेमोफिलिया सोसाइटी, नेपालका  महासचिव विकल्प न्यौपानेले हेमोफिलिया भएका व्यक्ति धेरै भएकाले कोही पनि नछुट्ने तरिकाले गणना गर्न आग्रह गरे। , उनले गणक आउँदा घरपरिवारमा भएका हेमोफिलिया भएका व्यक्तिको विवरण स्पष्ट दिनसमेत सबैलाई आग्रह गरे। सोसाइटीले  हेमोफिलियाको वास्तविक तथ्याङ्क समेटिनुपर्ने माग गरेको थियो। , कार्यक्रममा हेमाफिलिया विशेषज्ञ डा विशेष पौडेलले नेपालमा करिब तीन हजार ५०० हजारको सङ्ख्यामा हेमाफिलियाका भएका व्यक्ति भएको अनुमान गरिए तापनि अहिलेसम्म करिब ७५० जना मात्रको पहिचान गरिएको  बताए। , नेपालमा कान्ति बाल अस्पताल र वीर अस्पतालमा हेमोफिलियाका भएका बिरामीको उपचार गरिन्छ।, हेमोफिलिया मानवरक्त तत्वमा कुनै एउटा तत्वको कमी भएर सिर्जना हुने अवस्था हो।, हेमोफिलियाका कारणले घाउ, ठक्कर र चोटका कारणले मात्र नभई आफ से आफ आन्तरिक रक्तस्राव भइरहने र अत्यधिक पीडा हुने गर्छ।, त्यस्तै, पटक–पटकको रक्तस्रावका कारण जोर्नी वा मांसपेशीहरू सुन्निने र रक्तस्राव कारण जोर्नीहरू बिग्रने, जोर्नीहरू बिग्रिएपछि नजिकका मांसपेशीहरू सुक्दै जाने र अन्ततः गम्भीर अपाङ्ता  हुन्छ ।  , वीर अस्पतालका डा निरजकुमार सिंहले बिरामीको खोजी गरी उपचार गर्नुपर्ने बताए। बर्सेनि २०० बिरामी थपिने गरेको उनको भनाइ छ।, उनले जनगणनाका वास्तविक हेमोफिलियाका रोगीको पहिचान गर्नुपर्ने बताए। ,रासस,  , 'हेमोफिलिया' भएका व्यक्तिको गणना हुने
राजेश घिमिरे स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पुरानो मेडिकल कलेजलाई भरतपुर अस्पतालले नै लिएर सञ्चालन गर्नुपर्ने अवस्था पनि आउन सक्ने बताएका छन्।, अस्पतालको जमिनमा मेडिकल कलेज बनाएर सरकारले तोकेअनुसारको भाडा नतिर्नु गलत भएको भन्दै राज्यमन्त्री श्रेष्ठले आवश्यक परे मेडिकल कलेज नै भरतपुर अस्पतालले सञ्चालन गर्नेगरी तयारी गर्नुपर्ने बताए। , सेतोपाटीसँग कुरा गर्दै श्रेष्ठले कानुनअनुसार नगरे मेडिकल कलेजलाई नेपाल सरकार, भरतपुर अस्पताल, निजी क्षेत्र र त्यहाँ कार्यरत कर्मचारीहरूले पिपिपी मोडलबाट सञ्चालन गर्न सक्ने बताए।, ‘भरतपुर अस्पताललाई आफ्नै संरचना बनाउन जमिनको अभाव हुन थाल्यो तर मेडिकल कलेज भने चर्चिएको जमिनको भाडा तिर्न पनि मानिरहेको रहेनछ,’ उनले भने, ‘यो अवस्था लामो समय रहँदैन नियम नमाने भरतपुर अस्पतालले चलाउने हो।’, उनले संघीय अस्पतालकारूपमा रहेको भरतपुर अस्पताललाई मेडिकल कलेजकोरूपमा अघि बढाउन आवश्यक रहेको भन्दै उनले भइराखेको मेडिकल कलेजलाई आफ्नो बनाउने पनि एउटा उपयुक्त विकल्प भएको बताए। , श्रेष्ठले अस्पतालको स्वामित्वमा रहेका अन्य जग्गाहरू पनि अस्पतालकै थप संरचनालाई प्राथमिकतामा राखेर फिर्ता ल्याउनुपर्ने बताए।, करिब ३१ विघा जमिन स्वामित्वमा रहे पनि भरतपुर अस्पतालले विभिन्न संस्थालाई भोगाधिकार दिँदा अहिले आफूसँग करिब १० विघा जमिन मात्रै बाँकी छ। भएको जमिनमा संरचनाहरू बनिसकेका कारण नयाँ संरचना निर्माण गर्न जमिनको अभाव छ।  , ‘संघको अस्पताल भएको वर्षौं भइसक्दा पनि भरतपुर अस्पताल जिल्ला अस्पताल भन्दा माथि उठ्न सकेको छैन, त्यहाँ गएर हेर्‍यो भने विजोग अवस्था छ,’ उनले भने, ‘यो अवस्थामा परिवर्तन ल्याउनुपर्नेछ।’, उनले अस्पतालले हाल भएका शय्याहरू र संरचनाहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न नसकिरहेको देखेको बताए।, ‘अस्पताल घुम्दा भर्खर जन्मिएका बच्चालाई भुइँमै फालिरहेको थाहा पाएँ, कस्तो हृदयविदारक,’ उनले भने, ‘यो अवस्थाको अन्त्य हुनुपर्छ। सरकारले सहजरूपमा उपचार सेवा दिनुपर्छ। यसका लागि भएका संरचनाको भरपुर उपयोग हुनुपर्‍यो, नपुगे थप्ने हो।’, उनले भरतपुर अस्पतालको विकास आफ्नो मूख्य प्राथमिकतामा रहेको बताए। अस्पतालमा तुरून्तै डाइगोनोसिस सेन्टर, (विस्तारित स्वास्थ्य सेवा) इएचएस प्रोग्राम सुरू गर्नुपर्ने बताए। , राज्यमन्त्री श्रेष्ठले भरतपुर अस्पतालका डाक्टरहरू हाजिर गरेर काम नगरी हिँड्ने गरेको सुनेको बताए।, ‘यहाँका डाक्टरले जिम्मेवारपूर्ण ढंगले यहीँ काम गर्नुपर्छ, बरू उनीहरूलाई सेवा थप्दिनुपर्छ,’ उनले भने, ‘तलब दोब्बर बनाउने हो तर हाजिर गरेर निजीमा जानलाई छुट दिन हुँदैन।’, उनले स्वास्थ्यकर्मीको सुविधा बढाउन अस्पतालको आम्दानी बढाउने गरी काम गर्नुपर्ने बताए। , ‘मैले अब यहाँको सबैजसो समस्या बुझें, अबको एक महिनाबाट अस्पतालमा परिवर्तनको सुरूआत हुन्छ, १ वर्षपछि धेरै परिवर्तनहरू देख्न पाउनुहुन्छ,’ उनले भने, ‘म नाममात्रको केन्द्रीय अस्पताललाई साँच्चैको केन्द्रीय अस्पताल बनाउने दिशामा अघि बढेको छु।', यो पनि:, भरतपुर अस्पतालले यसरी गुमाइरहेको छ वर्षेनी करोडौं रकम, 'भरतपुर अस्पतालको विजोगै रहेछ, जिल्ला अस्पतालभन्दा माथि उठ्न सकेको छैन'
सेतोपाटी संवाददाता प्रहरीले गोल्डेन गेट इलाकाबाट ६ जनालाई पक्राउ गरेको छ।, तीन सय ग्राम सुनका गहनासहित छ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छश्र, वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएका कामदारबाट नेपाल ल्याइएको उक्त सुनसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।, परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहका अनुसार पछिल्लो समय त्यस्ता कामदारमार्फत सुन भित्र्याइने गरेको सूचना प्रहरीलाई आएको थियो।, पक्राउ परेका व्यक्ति र सुनको चुरालाई आश्यक कारबाहीका लागि गौशाला वृत्तमा बुझाइएको छ।, भन्सार तथा राजश्व चुहावट अन्तर्गत उनीहरूलाई कारबाही हुने प्रहरीले जनाएको छ।, पछिल्लो १० महिनामा काठमाडौंमा मात्रै भन्सार छलीको ६७ लाख ९८ हजार तीन सय रुपैयाँ बराबरको भन्सार छलीको सामग्र बरामद भएको प्रहरीले जनाएको छ।, तीन सय ग्राम सुनसहित गोल्डेन गेट क्षेत्रबाट ६ जना पक्राउ
सेतोपाटी संवाददाता प्रहरीले मकवानपुरबाट १७५ किलो गाँझासहित दुई जनालाई बिहीबार मध्यान्ह पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका-९ का ३१ वर्षीय मोहन स्याङतान र थाहा नगरपालिका-३ का २४ वर्षीय प्रशान्त कार्की छन्।, हेटौडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट गाँजासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।, पालुङबाट वीरगन्ज जाँदै गरेको ना३ख ५९५० नम्बरको ट्रक चेकजाँच गर्दा ट्रकभित्र गाँजा फेला परेको उनले बताए।, पक्राउ परेकामध्ये स्याङताङ ट्रकका चालक हुन्। ट्रकभित्र फल्स बौम बनाएर लैजाँदै गरेको गाँजासहित उक्त ट्रक जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।, गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिको पहिचान गर्ने काम भइरहेको राठौरले बताए।, मकवानपुरमा मालबाहक ट्रकबाट १७५ किलो गाँजा बरामद
युनिक श्रेष्ठ मंगलबार राति एक १० वर्षीय बालक खसेर बेपत्ता भएको कपनको ढलमा वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले छेकबार त लगाइदिए, तर यो ढल कम्तिमा अझै दुई महिना बन्ने छाँट छैन।, बुढानिलकण्ठ नगरपालिका-१२, कपनको उक्त ढल धेरै दिनदेखि ह्वांगै थियो। मंगलबारको झमझम झरीबीच राति सवा ८ बजे यसमा खसेको बालक अहिलेसम्म फेला परेको छैन। यस्तो दुर्घटना नदोहोरियोस् भनेर वडाध्यक्ष भट्टराईले बुधबार दिउँसो ढलको चारैतिर फलामका पाइप जोडेर अस्थायी छेकबार लगाइदिएका हुन्। तर यो ठाउँ अझै खतरामुक्त छैन।, बीचसडकमा रहेको ढलमा मान्छे खस्नसक्ने जोखिम हुँदाहुँदै निर्माणकार्य किन अधकल्चो छाडियो त? हामीले यही प्रश्न बिहीबार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख यादव सिग्देललाई सोध्यौं।, बागमती प्रदेश सरकारको बजेटमा यहाँको सडक ढलान भइरहेको र पर्याप्त बजेट उपलब्ध नभएकाले काम अधकल्चो रहेको उनले बताए।, यो बाटोमा कुनै समय खहरे खोला बग्थ्यो। बढ्दो सहरीकरणले नदीखोला मिच्दै जाने क्रममा खहरे खोलामाथि ग्राभेल बाटो बन्यो र बाटोमुनि खोलाको पानी पठाउन ह्युम पाइप राखियो, सिग्देलले भने, 'पानीको बहाव ह्युम पाइपले थेगेन। ठूलो वर्षा हुँदा सडक जलाम्य हुनुका साथै वरिपरिका घरभित्र पनि पानी पस्न थाल्यो। यो समस्या समाधान गर्न हामीले त्यसै हिसाबले सडक डिजाइन गरेर ढलान गर्न थालेका थियौं। ह्युम पाइप पनि निकाल्ने योजना थियो।', यसका लागि प्रदेश सरकारले हरेक वर्ष थोरै थोरै बजेट दिने हुँदा काम पूरा गर्न धेरै समय लागेको उनले बताए।, उनका अनुसार कार्यालयले पछिल्लो दुई वर्षमा यहाँ लगभग १५० मिटर सडक ढलान गरेको छ। गत वर्ष ७० लाख रूपैयाँ बजेटमा ६५ मिटर ढलान गरेको थियो। त्यसको अघिल्लो वर्ष ७२ लाखमा ८९ मिटर ढलान गरियो।, 'यो बहुवर्षीय योजनामा पर्दैन। हरेक वर्ष आउने रकम सकिएपछि नयाँ बजेटअनुसार काम गर्न फेरि टेन्डर आह्वान गर्नुपर्छ,' उनले भने, 'गत वर्षको बजेटबाट ६५ मिटर ढलान गरेपछि पैसा सकियो, काम पनि रोकियो।', अब अन्दाजी ४४ मिटर सडक ढलान गर्न यसपालि ७० लाखको बजेट आएको छ। यसले ह्वांग ढलमाथिको सडक ढलान पूरा हुने र त्यसपछिको काम काठमाडौं उपत्यका विकास प्राधिकरणले गर्ने उनले बताए।, कार्यालयले बजेट विनियोजन र डिजाइनको काम पूरा गरे पनि यो ४४ मिटर ढलान कहिले सुरू हुन्छ, त्यो चाहिँ टुंगो छैन। अहिलेसम्म यसको टेन्डर आह्वान गरिएको छैन। संसदबाट समयमा बजेट पारित नहुनुले टेन्डर आह्वान गर्न ढिलाइ भएको उनी बताउँछन्।, सम्भवत: अर्को साता वा दसैंपछि मात्र टेन्डर आह्वान गरिने र त्यसपछि बल्ल ढलान सुरू हुने उनको भनाइ छ।, नियमअनुसार टेन्डर आह्वान गर्दा ३५ दिने सूचना जारी गरिन्छ। इच्छुक ठेकेदार कम्पनीहरूले त्यो समयभित्र आवेदन दिनुपर्छ। त्यसपछि कार्यालयले उपयुक्त ठेकेदार कम्पनी छनौट गर्छ। यस आधारमा अर्को साता सूचना निकालियो भने ठेकेदार कम्पनी छनौट गरेर काम सुरू गर्न अझै कम्तिमा दुई महिना लाग्नेछ। दसैंपछि टेन्डर गरियो भने त त्योभन्दा बढी समय लाग्छ।, ढल ह्वांगै रहनुको अर्को कारण पनि उनले सुनाए।, 'कच्ची सडक र ढलान गरिएको सडकको उचाइ तलमाथि पर्नुले पनि यो ढल ह्वांगै रहेको हो,' उनले भने, 'यसरी ह्वांगै रहँदा जोखिमपूर्ण हुने देखेर हामीले वरिपरि बाँसको छेकबार राखेका थियौं तर बाढीले त्यो पनि बगाइदिएछ। यसले साह्रै दुखद घटना भयो। मैले हिजो बेलुकी थाहा पाएँ।', सरोकारवाला निकायले जस्तोसुकै कारण देखाए पनि निर्माणाधीन सडकमा लापरबाहीपूर्वक ढल ह्वांगै राख्दा बच्चा खसेर बेपत्ता हुने अवस्था आएको हो। त्यसैले मंगलबारको घटनामा स्थानीयहरू सिँचाइ डिभिजन कार्यालय र ठेकेदार कम्पनीलाई नै जवाफदेही ठान्छन्।, यस्तो अवस्थामा डिभिजन कार्यालय वा ठेकेदार कम्पनीले पीडित पक्षलाई कस्तो क्षतिपूर्ति बेहोर्छ त भनेर पनि हामीले सोध्यौं।, जवाफमा सिग्देलले भने, 'काम भइरहेको बेला दुर्घटना भएको भए बिमाको सुविधा हुन्थ्यो तर ठेकेदारसँगको करार सकिसकेको बेला दुर्घटना भयो। त्यसैले बिमाको सुविधा कार्यालयमा छैन। तत्काल पीडित पक्षलाई के गर्न सकिन्छ भनेर यसै भन्न सकिन्न।', यसबीच महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरीको विपद व्यवस्थापन टोलीद्वारा हराएका बालकको खोजी जारी छ। वृत्त र विपदबाट २५-२५ जनाको टोली खटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, उक्त टोलीले विष्णुमती, बागमती र कपन क्षेत्रका सम्भावित ढलका पाइपहरूमा खोजी गरिरहेको छ। बच्चा फेला नपरेकाले ऊ को हो भनेर यकिनसाथ भन्न सकिएको छैन।, कपनको प्रहरी कार्यालयमा दुईवटा बच्चा हराएको उजुरी परेको छ। एउटा बच्चा मंगलबार बिहानैदेखि हराएको र अर्को बेलुकी हराएको भन्ने उजुरी छ। बेलुकी हराएको भनिएको बालक नै ढलमा खसेर बेपत्ता भएको हुनसक्छ तर नभेटिएसम्म पहिचान ठ्याक्कै भन्न नसकिने प्रहरी अधिकारीहरू बताउँछन्।, उजुरी परेकामध्ये एउटा बालक गएराति हजुरबुवासँग फुपूको घरबाट निस्किएको थियो। फुपूको घर कपनको खरिबोटमा छ। हजुरबुवा र हजुरआमा साततले भन्ने ठाउँमा बस्छन्। त्यो बालक सानैदेखि आफ्ना हजुरबुवा-हजुरआमा र फुपूसँग हुर्किएको हो। गएराति हजुरबुवा र नाति खरिबोटबाट साततले फर्कंदै थिए। पानी धेरै परेको हुँदा उनीहरू बीचबाटोमै ओत लागेर बसे। त्यति बेला हजुरबुवाले रक्सीसमेत खाएको खुलेको छ।, ओत लाग्ने क्रममा नाति कति बेला छुट्यो भन्ने हजुरबुवाले पत्तो नै पाएनन्। केही समयमा पानी रोकिएपछि बल्ल उनलाई नाति आफूसँग नभएको थाहा भयो। एक्लै घर गयो कि भन्ठानेर उनी सरासर घरै गए। त्यहाँ पनि नातिलाई नदेखेपछि फुपूकै घरमै फर्कियो कि भन्ठाने। तर बुधबार बिहान फुपूलाई सोध्दा ऊ त्यहाँ पनि थिएन। , प्रहरीले ढलमा खसेको बालक उही हो कि भनेर उसको तस्बिर प्रत्यक्षदर्शीहरूलाई देखाएका पनि थिए। तर रातको समय र झमझम पानी परिरहेकाले बालकको अनुहार कसैले याद गर्न भ्याएनन्।, यो पनि हेर्नुहोस्:, 'पख भाइ पख भन्दाभन्दै बच्चा ढलमा खस्यो, एक सेकेन्डमै कता हरायो कता!', १० वर्षीय बालक खसेर बेपत्ता भएको कपनको ढल किन रह्यो ह्वांगै?
सेतोपाटी संवाददाता प्रहरीले नेपालबाट भारत निकासी गर्न लागिएको २२५ क्वीन्टल हरियो केराउसहित ६ वटा मालबाहक भारतीय ट्रक बरामद गरेको छ।, कपिलवस्तु कृष्णनगर नगरपालिका-१ र २ बाट प्रहरीले बुधबार राति भारतीय ट्रक र हरियो केराउ बराबद गरेको हो।, बरामद भएका ट्रकमा युपी ३५ टी २४५३, युपी५३टी ३६५८, युपी७१टी ११८४, युपी५५टी १२५४ ऽ युपी५५टी ०९६६ र युपी७८एटी ८८२५ नम्बर छन्।, कृष्णनगर चन्द्रौटा खण्डको पूर्वकिनारमा रहेका ती ट्रक भारततर्फ हिँडेका थिए।, बरामद भएको केराउ र ट्रक कारबाहीका लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।, केराउ तेस्रो मुलुकबाट निकै सस्तो मूल्यमा नेपाल आउने गरेको छ। त्यही केराउ व्यापारीले भारतीय बजारमा पुर्‍याएर महंगोमा बिक्री गर्ने गरेका छन्।, तेस्रो देशबाट आयातित वस्तु पुन: भारत निकासी गर्न प्रतिबन्ध छ।, कपिलवस्तुबाट २२६ क्वीन्टल केराउसहित ६ वटा भारतीय ट्रक बरामद
राजेश घिमिरे एक सिंगे गैंडाको खाग तिब्बती व्यापारीसम्म पुर्‍याउने अभियोग लागेका एक व्यक्तिलाई नवलपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।, गैंडाको चोरी सिकारी गरी खाग तस्करी गरेको अभियोगमा मुगुको साविक मुगु गाविस वडा नम्बर ९ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध बस्ने ५९ वर्षीय नाङ्गे तामाङ्ग लामा गत भदौ २३ गते पक्राउ परेका थिए।, चितवन राष्ट्रिय निकुञ्जको अनुरोधमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि उनलाई नवलपुर अदालतमा पेश गरिएको थियो।, अदालतले असोज ५ गते मंगलबार लामालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।, चितवन निकुञ्जको अमलटारी सेक्टर कार्यालयअन्तर्गत बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा संयुक्त गस्ती टोलीले हात्ती स्वीपिङ अपरेसनको क्रममा २०७६ साल भदौ ३१ गते दिउँसो भाले बयस्क गैंडाको खाग धारिलो हतियार प्रयोग गरी काटिएको अवस्थामा हाडखोर फेला पारेको थियो।, 'लगत्तै निकुञ्जले संरक्षित वन्यजन्तु गैंडा सिकार गरी त्यसको खाग (आखेटोपहार) राखेको, खरिद/विक्री तथा ओसारपसार गरेको मुद्दामा अनुसन्धान गर्दा १५ जनाको विभिन्न सांगठानिक तहमा संलग्नता रहेको खुल्न आएको थियो,' अधिकारीले भने, 'तिनै मध्येका फरार व्यक्ति लामा हुन्।', १५ जनामध्ये ५ जनालाई अदालतले यसअघिनै पुर्पक्षमा थुनामा पठाइसकेको छ।, तामाङविरुद्ध निकुञ्जले २०७७ फागुन १८ गते चितवन जिल्ला अदालतमा पनि संरक्षित वन्यजन्तु गैंडा चोरी सिकारी गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।, उनको गैंडाको खाग तिब्बती व्यापारीसम्म ओसारपसार गराउने कार्यमा प्रत्यक्ष संलग्नता पाइएको अधिकारीले बताए।, योसहित यस आर्थिक वर्षमा निकुञ्जभित्र गैंडा चोरी सिकारीमा संलग्न ७ जना पूर्पक्षको लागि थुनामा गएका छन्।, गैंडाको खाग तिब्बती व्यापारीसम्म पुर्‍याएको अभियोग लागेका व्यक्ति कारागार चलान
सेतोपाटी संवाददाता चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा कार खस्दा एक जना घाइते भएका छन्। अन्य तीन जना बेपत्ता छन्।, काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको थियो।, गए राति करिब पौने १२ बजे कार दुर्घटनाको खबर आएपछि खोजी कार्य सुरु गरेको भए पनि तीन जना अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।, कारमा सवार पोखरा १७ वस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते छन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।, कारसहित चालक पोखरा १७ कै प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल बेपत्ता रहेको प्रहरीले जनाएको छ।, त्रिशूलीमा कार खस्यो: एक घाइते, तीन बेपत्ता
सविता बुढा कैलालीको कैलारी गाउँपालिका-२ का केही टोलहरूमा दलित परिवारको बस्ती छ।, त्यो बस्तीमा बसोबास गर्ने दलित समुदायका धेरै समस्या छन्। रोजगारीदेखि शिक्षा-स्वास्थ्यसम्मका अनेक समस्या छन् भनेर गुनासो गर्ने ठाउँ भने छैन।, स्थानीय मानमती कामी सरकारले आफ्नो घरआँगनका गुनासा सुन्नसमेत कसैलाई नपठाएको बताउँछिन्।, टोलमा यसपालि भने सरकारी मान्छे आए। झोला र कागजात बोकेर आएका उनीहरूलाई देखेर गाउँले दंग परे।, उनीहरू थिए जनगणना २०७८ का लागि आएका सुपरीवेक्षक। जनगणना गर्न आएका सुपरीवेक्षकसँगै गाउँलेले आफ्ना पीरमर्का पोखे। जबकी उनीहरू त्यहाँ गाउँलेका पीरमर्का सुन्न गएकै थिएनन्।, सोही वडाकी सीता चौधरी पनि सुपरीवेक्षकमध्ये एक हुन्।, खास उनी केन्द्रीय तथ्यांक विभागले तयार पारेर पठाएका प्रश्नहरू सोध्न गएकी थिइन्। तर उनले त्यहाँका बासिन्दाबाट उत्तरभन्दा धेरै प्रश्न सुन्न पर्‍यो। सरकारलाई त्यहाँका मान्छैले सोधेका प्रश्न।, धेरैजसोले सहजै जवाफ नदिएको उनले बताइन्।, ‘तपाइलाईं भनेर के पाइने हो, जहिले पनि यस्तै सोध्न मात्रै आउँछन् भनेर कतिले उल्टै प्रश्न गरे,’ उनले भनिन्।, सीतालाई कतिले त अव चुनाव आउँदैछ त्यसैले मतदाता कुन घरमा कति छन् भनेर बुझ्न आएका हौ भन्दै हप्काए।, ‘बस्तीमा थुप्रो समस्या छन्, सरकारले कहिल्यै देखेका छैनौं। चुनावमा कति भोट पाउँछौं भनेर मान्छे गन्न आएको हो? भन्दै उनीहरूले हप्काए,’ उनले भनिन्।, धेरै सम्झाएपछि मात्रै केहीले मात्रै घर सूचीकरणको विवरण दिन मानेको सीताको अनुभव छ।, यो बस्तीमा मात्र नभएर अन्य ठाउँमा पनि घर सूचीकरणका लागि विवरण संकलन गर्दा स्थानीयहरूले सहजै भन्न मान्दैनन्।, 'सरकारप्रतिका गुनासा गणकहरूले सुन्नु परिरहेको छ,' सीताले भनिन्।, बैंकमा खाता छ कि छैन भनेर सोधे सजिलै उत्तर दिन्नन्। भएका कतिले त भन्नै चाहँदैनन्।, ‘केहीले छोराको छ, बुहारीको छ, उनीहरूलाई नै थाहा होला, मलाई थाहा छैन भन्छन्,’ उनले भनिन्।, व्यावसायिक तथा प्राविधिक सीप सिकेको छ कि भन्ने प्रश्नमा पनि छैन भन्ने गरेको उनले बताइन्।, ‘हामीले केही पाएकै छैनौं, यो प्रश्न किन सोध्दै हुनुहुन्छ भन्छन्,’ उनले भनिन्।, घरमा गाईवस्तु कति छन् भनेर सोध्दा भने सबैभन्दा सहज तरिकाले उत्तर आउने गरेको उनको अनुभव छ।, कतिपयले त केही पाइन्छ भन्ने आसमा पक्की घर  भए पनि कच्ची घर छ भनेर लेखाइदिनु है भनेर आग्रहसमेत गर्छन्।, सीता बस्तीका घरघरमा मानिसहरू कति जना छन्, गाईवस्तु कति पालेका छन्, घर कहिले बनेको, घरबाट टाढा (बाहिर) बस्ने कति जना छन्, ऋण कति छ जस्ता कुरा सोध्दै टिपोट गर्ने काम गरिरहेकी छन्।, उनले भदौ ३१ गतेदेखि नै कैलारी गाउँपालिकाका केही गाउँहरूबाट तथ्यांक लिन थालेकी थिइन्।, सुरूमा नमस्ते आदान-प्रदानपछि जनगणना गर्न आएको, यो दश वर्षमा एक पटक हुने गर्छलगायत जानकारी दिएर सीता प्रश्न सोध्न थाल्छन्।, कैलारीकै उर्मीला चौधरी पनि सुपरीवेक्षक भएर घरहरूको सूचीकरण गर्ने काम गरिरहेकी छन्।, कैलारी-३ मा पर्ने मोहना नदीपारीको मोहनपुर बस्तीमा पुग्दा उनी डुंगा, खोला तरेर जानु परेको थियो।, त्यहाँ मानिसहरूले उनलाई यही नदीको प्रश्न गरे।, ‘केहीले नदीमा पुल कहिले बन्छ त अब भनेर मलाई सोधे,’ उनले भनिन्।, केही नागरिकले चुनाव आउन लागेपछि भोट हाल्ने विवरण लिन आएकी हुन कि भन्ने गलत बुझाइ पनि राखेकोजस्तो लागेको उनले बताइन्।, सुपरीवेक्षककै रूपमा काम गरिरहेका विषराम चौधरीले स्थानीयहरूले जनगणना भन्दा मान्छेको संख्या मात्रै बुझेकाले अरू पनि प्रश्न सोध्दा उत्तर दिन नचाहेको बताए।, ‘गाउँबस्तीमा विभिन्न संघसंस्थाले पनि बेलाबेलामा तथ्यांक लिने गरेका रहेछन्। त्यसले गर्दा कति भनिरहने भन्ने  रहेछन्,’ उनले भने।, उनले विवरण संकलन गर्न गएका मुक्त कमैया बस्तीमा केही महिनाअघि हावाहुरीले क्षति गरेपछि गाउँपालिकाबाट टिन दिएको थियो।, सरकारले घरमा के सहयोग गरेको छ भन्ने प्रश्न गर्दा बस्तीका केहीले कुनै पनि सहयोग गरेको छैन भन्ने जवाफ दिएको उनले बताए।, ‘सायद अझै पाइन्छ कि भन्ने पनि, अहिले भने दोस्रो पटक नपाइने पो हो कि भन्ने बुझाइले त्यस्तो नभनेको होला,’ उनले भने।, उनका अनुसार देशको जनसंख्या पत्ता लगाउनका लागि मात्रै नभएर अरू धेरै विवरण मागेको हो यसबाट अरू केही पाइँदैन भन्दा पनि धेरैले पत्याउँदैनन्।, ‘प्रत्येक टोलमा स्वयंसेविका, भलमन्सामार्फत् पनि जनगणनाबारे जानकारी गराउन सके नागरिक थप जानकार हुने थिए,’ उनले भने।, सुदूरपश्चिम जनगणना कार्यालय कैलाली (क) का कार्यालय प्रमुख सुरेन्द्र रावलले नागरिकले विकास, राजनीतिका योजनामा भएका कमजोरीले जनगणना कार्यको पाटोलाई प्रभाव पारेको बताए।, ‘नागरिकहरू सरकारी काम भनेपछि राम्ररी रेस्पोन्स गर्दैनन्, सरकारी कामलाई नकारात्मक दृष्टिले हेर्छन्। अज्ञानता  र सरकारप्रति असन्तुष्ट भएका कारण उनीहरूले उल्टो प्रश्न गर्छन्,  झर्को मानेर उत्तर दिने, कोही वास्तै नगर्ने मनोवृत्तिका पनि छन्,’ उनले भने।, राज्यका तर्फबाट जनगणनाबारे जनतालाई जानकारी गराउन नसकेकाले फिल्डमा खटिएका सुपरीवेक्षकलाई समस्या परेको भन्ने गुनासा उनले सुनेका छन्।, कैलालीमा (क) र (ख) दुई क्षेत्र गरेर जनगणनाका लागि छुट्याइएको छ। अहिले पहिलो चरणमा घरको सूचीकरण गर्ने काम भइरहेको छ। जसअन्तर्गत (क) क्षेत्रमा  ९१ जना सुपरीवेक्षक खटिएका छन्। उनीहरूले घरपरिवार सूचीकरण गर्ने काम गरिरहेका छन्। त्यसअन्तर्गत घरमा कति परिवार बस्छन्, कति मान्छे छन्, घर कति छन् लगायतका विवरण संकलन गरिरहेका छन्। पहिलो चरणमा सकिएपछि दोस्रो चरणको जनगणना गर्ने काम हुन्छ।, जनगणना गर्न गएकालाई उल्टै प्रश्न- तपाईंलाई भनेर के पाइन्छ र?
मीन ठकुरी सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको तीन वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिनसकेको छैन।, प्रदेश सरकारले राजधानी बनाउनका आवश्यक जग्गा प्राप्तिको अधिकार नपाउँदा पूर्वाधार निर्माणको कामले गति लिन नसकेको हो।, प्रदेश सभाको विसं २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६ औं बैठकले गोदावरी नगरपालिकाको-२ र ४ क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो।, असोज १२ गते दुई तिहाइ बहुमतले उक्त स्थानलाई स्थायी राजधानी घोषणा गरी राजधानीसम्बन्धी निर्णय १४ गते प्रमाणित गरेको थियो।, प्रदेश सभाले राजधानीको स्थान र नाम छनोटका लागि गठन गरेको समितिले तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थानदेखि उत्तर–पश्चिम, गोदावरी–धनगढी–डडेधुरा राजमार्ग पश्चिम, गोदावरीखोलाबाट पूर्व र गोदावरी बजारबाट दक्षिणको चार किल्ला क्षेत्र सिफारिस गरेको थियो। प्रदेशको नामकरण प्रदेश सरकारले सिफारिस गरेको थियो।, राजधानी घोषणा भएको तीन वर्ष पुग्नै लाग्दा पनि आवश्यक अन्य प्रक्रिया अघि नबढ्दा अस्थायी राजधानी धनगढीबाटै नियमित कामकाज सञ्चालन हुँदै आएको छ।, प्रदेशको नामकरण चलनचल्तीमा आए पनि राजधानीको जग्गा प्राप्तिसँगै अन्य आवश्यक पूर्वाधार निर्माणको काम अघि बढ्न नसकेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता एवं प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीले बताए।, 'राजधानीको स्थान तोकिएसँगै पछिल्ला हरेक आर्थिक वर्षमा प्रदेश सरकारको प्राथमिकतामा राजधानी बनाउने भनेर बजेट विनियोजन हुँदै आएको छ', उनले भने, 'तर जग्गाको भोगाधिकार पाउन नसक्दा बजेट कार्यान्वयन हुनसकेको छैन।', संघीय सरकारबाट जग्गाको भोगाधिकार पाउनेबित्तिकै पूर्वाधार निर्माणले गति लिने उनको भनाइ छ। , आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभाले तोकेको स्थानमा राजधानी निर्माणको काम अघि बढाउन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा राजधानी पूर्वाधार समितिसमेत गठन गरेको छ।, सो समितिका प्रदेशका मन्त्री सदस्य छन्। राजधानी पूर्वाधार निर्माणका विषयका कुनै पनि काम अघि बढ्न सकेको छैन।  , राजधानी पूर्वाधार विकास कार्यलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्ष २०७७/७८ लागि सञ्चालन अनुदान र वातावरणीय प्रभाव मूल्यांकन, विस्तृत परियोजना प्रतिवेदन लगायतको कार्य गर्न पुँजीगत र चालु गरी रु दुई करोड ७४ लाख बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।, प्रदेश सरकारको गत आव २०७६/७७ को बजेट, नीति तथा कार्यक्रममा प्रदेश राजधानीको संरक्षण, तटबन्धन, घेरा, पर्खाल र सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको थियो।, भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार प्रदेश सरकारले राजधानी तोकिएको स्थानको संरक्षणका लागि गत आव २०७६/७७ मा रु पाँच करोड विनियोजन गरेको थियो।, चालु आवमा प्रदेश सरकारले राजधानी पूर्वाधार विकास समितिलाई प्रभाकारी बनाउन, वातावरणीय प्रभाव मूल्यांकन गर्न र विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्न रु दुई करोड ७२ लाख विनियोजन गरेको छ।, वन क्षेत्रमा राजधानीको स्थान घोषणा भएका कारण कार्यान्वयनमा समस्या आएको बुझाइ छ। त्यसैमाथि सर्वोच्च अदालतमा दुई वटा मुद्दा नै दर्ता भएका छन्।, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जग्गा प्राप्तिका लागि संघीय सरकारलाई आग्रह गरेको छ। जग्गा प्राप्तिपश्चात डिपिआरलगायत पूर्वाधारको काम अघि बढ्ने जनाइएको छ।, गोदावरी-८ का राजनीतिक अगुवा कार्यकर्ता खम्ब बुढाका अनुसार प्रदेश सरकारले कैलालीको गोदावरीलाई  स्थायी राजधानी तोकेको तीन वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिन नसक्नु विडम्बना भएको बताए।, उनले राजधानी निर्माणका लागि आवश्यक पूर्वाधार लगायतका कामलाई तत्काल अघि बढाउन प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई पटक/पटक ज्ञापनपत्र बुझाइसकिएको जानकारी दिए।, 'राजधानी निर्माणको प्रक्रिया तत्काल अघि बढाउनुपर्छ भन्ने हाम्रो माग हो', उनले भने, 'त्यसका लागि प्रदेश सरकारलगायत सरोकारवाला निकाय जागरुक बन्न आवश्यक छ।',(रासस) , सुदूरपश्चिम प्रदेश सरकारको राजधानी तोकेको तीन वर्ष: पूर्वाधारका कामले लिन सकेन गति
सेतोपाटी दुर्घटना न्यूनीकरण तथा सुरक्षा निगरानीका लागि भन्दै सदरमुकाम खलङ्गामा दुई वर्ष पहिले जडान गरेका सिसिटिभी क्यामेरा बिग्रिएका छन्।, जिल्ला प्रहरी कार्यालयले निगरानी गर्ने गरी सदरमुकाम खलङ्गाका विभिन्न आठ स्थानमा सिसिटिभी क्यामेरा जडान गरेको थियो।, वि.सं २०७६ असार २२ गते महाकाली नगरपालिकाले खलङ्गा क्षेत्रमा अपराध नियन्त्रणमा सघाउ पुर्‍याउन भन्दै सिसिटिभी क्यामेरा जडान गरेको हो।, जिल्ला प्रहरी कार्यालयबाट पुलघाट भन्सार कार्यालयसम्मका मुख्य स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको थियो।, जडान गरिएका सबै सिसिटिभी बिग्रिएर बन्द भएको चार महिना बितिसक्दा पनि मर्मत हुनसकेका छैनन्। , 'चार महिनादेखि सिसिटिभी क्यामेरा चलेका छैनन्', जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले भने, 'मर्मतका लागि मान्छे नआउँदा ढिलाइ भएको छ, मर्मत गर्ने जिम्मेवारी नगरपालिकाको भए पनि अहिलेसम्म नगरपालिकाले पनि मान्छे ल्याउन सकेको छैन।' , सिसिटिभी क्यामेरा जडान गर्न भारतबाट प्राविधिक ल्याइएको थियो। मर्मतका लागि पनि उतैबाट ल्याउनुपर्ने भए पनि अहिलेसम्म मान्छे मगाउन नसक्दा सदरमुकाम खलङ्गामा अपराध निन्त्रणमा प्रहरीलाई समस्या हुन थालेको छ।, सिसिटिभी जडानपछि प्रहरीको ड्युटी निगरानी, सडक जाम, दुर्घटनाको जानकारी, अपराधपछि भाग्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको थियो।, जडान गरिएको छोटो समयमै सिसिटिभी बिग्रिएपछि प्रहरीको ड्युटी निगरानीसँगै सुरक्षा जोखिमसमेत बढ्दै गएको सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक चन्द बताउँछन्।, बजारमा रातिको समयमा हुने अपराध पत्ता लगाउन सिसिटिभी सहयोगी बनेका थिए, तर जडान गरिएका सिसिटिभी बिग्रिएपछि मर्मत हुन नसक्दा सुरक्षा चुनौती थपिँदै गएको उनको भनाइ छ। ,रासस,  , खलंगामा दुई वर्षमै बिग्रिए सिसिटिभी क्यामेरा
सेतोपाटी संवाददाता ओखलढुंगाकी ८२ वर्षिया समाजसेवी प्रेम कुमारी श्रेष्ठले आफ्नो वृद्धभत्ता बापत आएको रकमबाट जन्मथलोमा ई-लाइब्रेरी स्थापना गरेकी छन्।, होम बहादुर प्रेम कुमारी ट्रष्टका संस्थापकसमेत रहेकी श्रेष्ठले आफ्नो वृद्धभत्ता बापत आएको रकम जम्मा गरेर त्यसबाट आफ्नो जन्मथलो सोलुखुम्बुको जनजागृति उच्च माध्यमिक विद्यालयमा इ-लाइब्रेरी स्थापना गरेकी हुन्। , सोलुखुम्बुको दोर्पु बजारमा जन्मिएकी उनले असोज ५ गते एक समारोहबीच स्कुललाई उक्त लाइब्रेरी उनका कान्छो छोरा केन्द्र श्रेष्ठले विद्यालयका प्रधानाध्याक मान बहादुर कार्की र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम राईलाई हस्तान्तरण गरे।, कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राईले सोलुमै जन्मिएकी महान हृदयका दाताको तर्फबाट स्थापित ई-लाइब्रेरीले यहाँका विद्यार्थीको पठन पाठनमा ठूलो फरक पार्ने बताए।, त्यसैगरी विद्यालयका प्रधानाध्यापक मानबहादुर कार्कीले विद्यालयमा रहेको २४ वटा कम्प्युटरमार्फत विद्यार्थीले अध्यावधिक गरिएको डिजिटल लाइब्रेरीको उपयोगबाट आफ्नो ज्ञान वृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे। , कार्यक्रममा सोलु एफएम सञ्चालक समितिका अध्यक्ष बुद्धि नारायण श्रेष्ठको पनि उपस्थिति थियो।, विद्यालयमा ई-लाइब्रेरी स्थापनाका लागि समाजसेवी रविन्द्र श्रेष्ठ र नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले सहजकर्ताको भूमिका निभाएका थिए।, दाता होम बहादुर श्रेष्ठ र प्रेम कुमारी श्रेष्ठ दम्पतिका छोरा-बुहारी र छोरी-ज्वाईले बुवा -आमाको नाममा बिभिन्न सामाजिक कार्य गर्ने गरेका छन्।, यसै क्रममा गत वर्ष कोरोना महामारीले लकडाउन भएपछि कामको अभावमा खाना नपाएर भोकभोकै परेका परिवारलाई खाद्य सामाग्री वितरण समेत गरेका थिए।, यस्तै स्थानीय क्याम्पस र विद्यालयमा गरिव विद्यार्थीलाई पढ्न मद्दत पुगोस् भनेर अक्षय कोषकोसमेत स्थापना गरेका छन्।    , नेपाल लाइब्रेरी फाउन्डेसनका महासचिव धन कुमार श्रेष्ठका अनुसार दाता होम बहादुर श्रेष्ठ तथा प्रेम कुमारी श्रेष्ठका परिवारले आफ्नै परिवारको मात्रै लगानीमा यसअघि ओखलढुंगाको सदरमुकाममा रहेको सगरमाथा जनता उच्च मावीमा ४ वर्ष अगाडि नै इ-लाइब्रेरी स्थापना गरिसकेका छन्।, जुन प्रदेस १ कै दोस्रो ई-लाइब्रेरी हो।  नेपाल लाइब्रेरी फाउन्डेसनको युरोप कोअर्डीनेटरको रूपमा दाता श्रेष्ठ दम्पतिका छोरा शिवजी श्रेष्ठले बिभिन्न जिल्लामा ७ वटा ई-लाइब्रेरी स्थापनाको लागि संयोजनकारी भूमिका निभाएका थिए। , वृद्ध भत्ताबाट जन्मथलोमा ई-लाइब्रेरी स्थापना
सेतोपाटी संवाददाता गृह मन्त्रालयले ११ जना सशस्त्र प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको छ। बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट ११ जना डिआइजीहरूको सरुवा भएको हो।, यो सरुवामा सबै प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू समेटिएका छन्।, सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार बराह बाहिनी सुनसरीमा कमल गिरीको सरुवा भएको छ।, त्यहाँका बाहिनीपति वंशीराज दाहाललाई पशुपति बाहिनी काठमाडौं ल्याइएको छ।, यसैगरी, डिआइजी मन्दीप श्रेष्ठलाई गढिमाई बाहिनी हेटौंडाबाट सशस्त्र प्रहरी मुख्यालय सरुवा गरिएको छ।, हेटौडामा किशोर प्रधानलाई पठाइएको छ।, डिआइजी कुलबहादुर नेम्वाङलाई प्रधान कार्यालयको मानवस्रोत विभागबाट विन्ध्यावासिनी बाहिनी, रूपन्देही सरुवा गरिएको छ।, राजु अर्याललाई पशुपतिनाथ बाहिनीबाट प्रधान कार्यालयको मानवस्रोत विभागमा सरुवा गरिएको छ।, सशस्त्र प्रहरीको पोखरास्थित बाहिनीका नारायणदत्त पौडेललाई कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ। पोखरामा शम्भु सुवेदीलाई पठाइएको छ।, प्रदेश नम्बर २ को चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभाग मुख्यालयमा सरुवा गरिएको छ। उनको ठाउँमा गणेश ठाडामगरलाई पठाइएको छ।, सशस्त्र प्रहरी मुख्यालयको मानव स्रोत विभागमा कार्यरत दुर्गाप्रसाद भट्टराईको सुदूरपश्चिम प्रदेशमा सरुवा भएको छ।, सशस्त्र प्रहरीका ११ जना डिआइजीको सरुवा, को कहाँ पुगे?
सेतोपाटी संवाददाता तीन महिनादेखि ठमेलको एउटा होटलमा बसिरहेका जर्मन नागरिक मृत फेला परेका छन्।, बिहीबार बेलुका ४० वर्षीय डेभिड मिटज्याक्ट बिहान होटलको कोठामा मृत फेला परेका हुन्।, महानगरीय प्रहरी वृत्त लैनचौरका अनुसार बेलुका उनको कोठा नखुलेपछि होटलका साहुले प्रहरीलाई खबर गरेका थिए।, उनको मृत्युको कारण खुलेको छैन। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद दाहालले बताए।, उनकी नेपाली केटी साथीले फोन गर्दा उनको मोबाइल अफ भएको पाएपछि होटल पुगेकी थिइन्।, भिजिट भिसामा डेभिड करिब सात महिनाअघि नेपाल आएको बुझिएको छ। ती युवती र डेभिडको त्यसबेलादेखि चिनजान रहेको प्रहरीले बताएको छ।, ‘शवको प्रकृति हेर्दा सुसाइड गरेको जस्तो देखिन्छ, तर के सेवन गरेको हो पोष्टमार्टम रिपोर्ट नआइकन भन्न सकिएन,’ दाहालले भने।, ठमेलको होटलमा जर्मन नागरिक मृत फेला
सेतोपाटी संवाददाता काठमाडौंको तिलगंगाबाट एक जना गैंडाको खागसहित पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका वडा नम्बर ६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , काठमाडौं महानगरपालिका वडा नम्बर ८ गौशालाको तिलगंगामा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो। , उनीबाट एउटा ४५ ग्राम गैंडाको खाग बरामद भएको हो। थप अनुसन्धान गर्न बस्नेतलाई डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा बुझाएको छ। , काठमाडौंको तिलगंगाबाट गैंडाको खागसहित एक पक्राउ
सेतोपाटी संवाददाता नेकपा एमालेका स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ले आगामी चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफू चुनाव लड्न सक्ने बताएका छन्।, प्रेस चौतारी चितवनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले पार्टीको निर्णय भए प्रचण्डविरूद्ध चुनाव लड्न सकिने उनले बताएका हुन्।, 'चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्छ, त्यो स्थितिमा प्रचण्ड भर्सेज बादल हुन पनि सक्छ,' उनले भने।, बादल २०६४ सालको संविधान सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। त्यसयता उनी यहाँ चुनाव लडेका छैनन्। प्रचण्ड २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।, उनले प्रचण्डले राष्ट्रियता र समाजवादको लाइन छाडे पनि आफूले नछाडेको बताए। लाइन छाड्नेहरूले राष्ट्रियतको विषयमा नयाँ चुनौती खडा गरेको उनले बताए।, उनले प्रचण्ड पार्टीको लाइन छाडेर गुट बनाउनतर्फ लागेको पनि बताएका छन्। पार्टीको लाइन छाडेर प्रचण्ड पलायन भएको उनले बताए।, 'लाइन छाड्नेहरुले राष्ट्रियताको विषयमा नयाँ चुनौती खडा गरेका छन्,' उनले भने।, गुट गर्नेहरूले दक्षिणपन्थी विचलनतिर लागेर कन्फर्टेबल सरकार गठन गरेको उनले बताए।, प्रचण्डसँग चुनाव लड्न सक्छु: बादल
सेतोपाटी संवाददाता नेपाल प्रहरीका पूर्वमहानिरीक्षक मोतिलाल बोहरालगायतको घरबाट एभोकाडो चोरी गरेको आरोपमा १४ जना पक्राउ परेका छन्। , काठमाडौंको बानेश्वरस्थित मिलनचोक क्षेत्रमा एभोकाडो चोरी गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको हो। , चोरी गरेको भन्ने खबर आएपछि बिहीबारसम्म १४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चोरीको उजुरी भने पूर्वमहानिरीक्षक बोहराले दिएका थिए। उजुरीपछि महानगरीय अपराध महाशाखा र प्रहरी वृत्त बानेश्वरको टोली खटिएको थियो।, 'पूर्वमहानिरीक्षक बोहरा सरको घर कम्पाउन्ड लगायतमा एभोकाडोहरू चोरी हुने गरेको भन्ने खबर आएको थियो,' महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुँवेर खापुङले भने। , सिभिल प्रहरी खटिएर उनीहरूलाई पक्राउ गरिएको हो। बानेश्वर क्षेत्रमा एभोकाडो लामो समयदेखि नै चोरी हुँदै आएको थियो। कसैले प्रहरी कार्यालयमा उजुरी गरेका थिएनन्। , पूर्वआइजिपी बोहराले नै चोरी भएको भनेर उजुरी गरेपछि प्रहरीले अनुसन्धान गरेको थियो। अनुसन्धान गर्न वृत्त बानेश्वरले केही वर्ष अघिको फाइल पल्टाएको थियो। , त्यसै शिलशिलामा प्रहरीले गत वर्ष शंखमुलमा एभोकाडो चोरी गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको थियो। उनैको समूहले चोरी गरेको हुनसक्ने भन्दै प्रहरीले उनलाई बोलाएको थियो। , उनैले चोरी गर्ने व्यक्तिहरूको नाम बताएपछि प्रहरीले पक्राउ गर्न थालेको हो। पक्राउ पर्नेहरू प्राय: किशोर रहेको वृत्तले जनाएको छ। , त्यहाँ एभोकाडो चोरी भएको बुझ्दा क्विन्टल नै पुग्ने प्रहरीको भनाइ छ। , 'त्यहाँ छरछिमेकतिर बुझेर हिसाब गर्ने हो भने क्विन्टलका क्विन्टल चोरी भएको देखिन्छ। तर उनीहरूले सबै लगेर सस्तोमा बेच्ने गरेको हुँदा केही बरामद भएन,' प्रहरी स्रोतले भन्यो।, सुरूमा कसैले रिपोर्ट नगरे पनि अहिले सबैले त्यसबारे जानकारी गराउँदा थुप्रै भएको बताए।  , रातको समयमा चोरी गरी उनीहरूले पुरानो बानेश्वरका तरकारी बजारहरूमा लगेर बजारको मूल्यभन्दा सस्तोमा बच्ने गरेको प्रहरीले जनाएको छ। आफूहरूको घरमै फलेको भन्दै २०-२५ किलो गरी बच्ने गरेको आरोप छ।, पक्राउ परेकामध्ये  ४ जनालाई हिरासतमा राखेर अुनसन्धान गर्न अदालतबाट अनुमति लिएको  छ। , एभोकाडोको बजार मूल्य किलोको तीन सयदेखि पाँच सय रुपैयाँसम्म छ। , एभोकाडो चोरी भएको भन्दै पूर्वआइजिपीले प्रहरीमा उजुरी दिएपछि...
सेतोपाटी संवाददाता नारायणहिटी दरबार संग्रहालयभित्र श्रीपेच राखिएको ठाउँको सीसा फोड्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, पश्चिम रूकुम घर भएका २५ वर्षिय खिमबहादुर घर्तीलाई श्रीपेच राखेको ठाउँको सीसा फोड्ने प्रयास गरेपछि त्यहाँ सुरक्षामा खटिएकाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।, संग्रहालयमा उनी दिउँसो साढे १ बजे श्रीपेच राखिएको कोठामा पुगेका थिए। , घर्तीले श्रीपेच राखेको कोठामा खुकुरी निकालेर उक्त सीसा फोड्ने प्रयास गरेका थिए। घर्तीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले सेतोपाटीलाई बताए।, घर्ती हालै बहराइनबाट नेपाल फर्केका हुन्।, नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेच राखेको ठाउँ नजिकको सीसा फोड्न खोजेपछि एक जनालाई नियन्त्रणमा लिइएको जानकारी आफूले पाएको बताए।, ‘श्रीपेच निकालेर आफैं लगाउँछु, म राजा हुन्छु भनेर यस्तो गरेको उनले बताएका छन्,’ महानगरीय प्रहरी परिसरका वरिष्ठ उपरीक्षक अशोक सिंहले भने। घर्तीलाई अहिले वृत्त दरबारमार्गमा राखिएको छ। , राजा हुन्छु भन्दै नारायणहिटीभित्र श्रीपेच निकाल्न खोज्ने पक्राउ
सेतोपाटी गाउँ-गाउँका घरैपिच्छे  रहेको ढिकीजाँतो पछिल्लो सयम लोप हुन थालेको छ। युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत कुटानीपिसानीका ती साधन लोप हुन थालेका हुन्। , दोर्दी गाउँपालिका-४ नेवार गाउँका ७६ वर्षीय वृद्ध बुद्धिमान श्रेष्ठले आफ्नो जीवनको धेरै वर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताए। ढिकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिनिएको मकैको भात, कोदोको ढिँडो, फाँपरको रोटी तथा ढिँडोलगायतका खानेकुरा ढिकीजाँतोमा कुट्ने र पिन्ने गरेर परिवारलाई खुवाएर जीवन धान्दै आए।, उनलाई नै यतिबेला विगतमा ढिकी जाँतोमा संघर्ष गरिएका ती दिन समय कथाजस्तै लाग्ने गरेको छ। , उनका पालामा गाउँमा ढिकीजाँतो नभएको कुनै घर हुँदैन थियो। पछिल्लो सयम ती साधन हराउन थालेपछि गाउँघरका वृद्धवृद्धालाई कुनै बेलाको कथाजस्तै भएको हो। गाउँमा बिजुली बत्ती पनि आयो। साथै, गाउँ-गाउँमा भित्रिएको आधुनिक मिलको प्रयोग हुन थाल्यो। पहिलाको जसरी जोस जाँगर पनि उमेरसँगै घटेपछि ढिकीजाँतो गर्न असम्भव हुन पुग्यो। युवापुस्ताले ढिकीजाँतो बेवास्ता गर्न थालेपछि गाउँघरबाट लोप हुन पुगेको उनको भनाइ छ।, तत्कालीन समयमा उनीमात्र होइन उनीजस्तै वृद्धवृद्धाले समेत बिहान भाले बास्नेसाथ ढिकी जाँतो गर्ने गर्दथ्यो। यसरी ढिकीजाँतोमा कुटेको र पिस्दा स्वाद पनि मिठो हुने गरेको बताइन्छ।, त्यस्तै, बेंसीसहर नगरपालिका-२ नरुवालका ९३ वर्षीया लक्ष्मी रानाले भनिन्,'हाम्रा पालामा सबैले घरमा ढिकी राख्थे, मकैको बेग्लै, कोदोको बेग्लै जाँतो राख्थे, गाउँमा विकास आयो, धान कुट्ने र कोदो पिन्ने मेसिन आयो, अहिले केलाइ चाइयो र ढिकीजाँतो।' , बुहारीचेलीले ढिकीजाँतो चलाएको आवाज, झिसमिसेमा भाले बासेको आवाज, जङ्गलमा वनभाले, च्याखुरा र चराचुरुङ्गी कराएको आवाज सुन्न पाइने सम्झिँदै आजकल त्यस्तो मौलिकता हराइसकेको उनको भनाइ छ।, ढिकीजाँतोमा कुटानीपिसानी गरिएका उतिबेलाका खानाको स्वाद अहिले पनि आफ्नो जिब्रोमा झुन्डिइरहेको उनले बताइन्। , सो गाउँमा करिब ११ वर्षअघिसम्म प्रत्येक घरमा ढिकी र जाँतो थियो। विद्युतीय मेसिन आएसँगै विस्तारै विस्तारै घट्दै जाने क्रममा तीन वर्षअघिबाट गाउँमा दुई जनाको घरमा मात्रै ढिकीजाँतो रहेको स्थानीय सावित्री रानामगरले बताइन्।, उनले भनिन्, 'गाउँमा धान कुट्ने मेसिन आयो, सबै खुसी बन्न थाले।' , ढिकी र जाँतोमा धान, मकै कुट्न तथा पिन्नेलाई समय लाग्ने साथै दुःखसमेत धेरै गर्नु पर्ने भएकाले गाउँलेले यस्ता परम्परागतका सामग्रीको प्रयोग गर्न छाडेको उहाँको भनाइ छ । विद्युतीय मेलमा एक मुरी धान कुट्नलाई करिब आधा घण्टा लाग्छ तर ढिकीमा बिहानभरिमा पनि धान कुटी नसकिने यहाँका स्थानीयको भनाइ छ । , पुराना पुस्ताले काम गर्न नसक्ने हुँदा नयाँ पुस्ताले परम्परागत ढिकीजाँतोको बेवास्ता गरी छिटो छरितोको लागि समेत धान कुट्ने विद्युतीय मेसिन नयाँ पुस्ताको प्राथमिकतामा परेसँगै परम्परागत ढिकीजाँतो लोप हुन थालेको छ।, त्यस्तै, मर्स्याङ्दी गाउँपालिकाका गाउँमा केही वर्षअघिसम्म गाउँमा प्रत्येक घरमा ढिकी थियो। जाँतो दुई थरी हुन्थ्यो। एकथरी मकै पिन्ने र अर्को थरी कोदो पिन्ने। बिहानै सबैको घरमा ढिकीजाँतो चलाएको आवाज सुनिन्थ्यो तर अहिले गाउँबाट लोप भएको स्थानीय मोनिका घिमिरेले बताइन्।, उनले भनिन्, 'गाउँमा विद्युतीय मेसिन आयो अनि ढिकीजाँतोको प्रयोग गर्न छाडे।' , ढिकीजाँतो कुटानीपिसानीका सामग्री मात्रै नभई नेपाली समाजको मौलिक संस्कृति र जनजीवनसँग सरोकार राख्ने पक्ष पनि हो। यस्ता परम्परागत मौलिक ढिकीजाँतोको संरक्षण गर्दै भावी पुस्तालाई देखाउनुपर्दछ।, साथै यस जिल्ला पर्यटकीयस्थल भएकाले यस जिल्लामा आउने विदेशी तथा स्वदेशी पर्यटकको लागिसमेत ढिकीजाँतोमा कुटानीपिसानी गरेर बनाइएको मिठो स्वादिला विभिन्न परिकारले आकर्षित गर्नसकेमा पर्यटक वृद्धिमा समेत टेवा पुग्ने देखिन्छ। जिल्लाका दर्जनौं गाउँमा सञ्चालित घरबासमा पर्यटक पुग्ने गर्दछन्। ,(रासस), गाउँघरमा हराउन थाल्यो ढिकीजाँतो
सेतोपाटी संवाददाता रामेछापमा हतियार देखाएर डकैती गरेको आरोपमा चार पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालयले डकैती गरेको आरोपमा चार जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए। , बिहीबार दुई जनालाई रामेछाप र दुई जनालाई काठमाडौंबाट पक्राउ गरिएको हो। , पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पु बस्ने ३३ वर्षीय ठूला भन्ने मिलन तामाङ, २६ वर्षीय लालबहादुर तामाङ, ३४ वर्षीय आकाश तामाङ र १८ वर्षीय आशिष भन्ने भूमिराज तामाङ छन्। , प्रहरी निरीक्षक श्रेष्ठका अनुसार उनीहरूले भदौ ३१ गते राति लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ जामुनेको एक घरमा लुटपाट गरेका हुन्।, उनीहरू राति करिब सवा १० बजे चन्द्रबहादुर बुढाथोकीको घरमा डकैती गर्न गएका थिए। चन्द्रबहादुर नेपाली सेनाका सुबेदार हुन्। , उनको घरमा श्रीमती सुनिताकुमारी र दुई जना छोरीमात्रै थिए। उनीहरूले टाउको र मुखमा रुमाल बाँधेको प्रहरीले जनाएको छ। त्यसक्रममा उनीहरूमध्ये एकले भरुवा बन्दुक बोकेका थिए भने अरूले छुरी र लौरो बोकेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। , राति एक्कासि आएका उनीहरूले आमा-छोरीहरूमाथि लौरो तथा बन्दुकको कुन्दाले पटक-पटक हिर्काएर घाइते बनाएका थिए।, कुटपिटपछि आमा सुनिताकुमारी अचेत भएकी थिइन्। छोरीहरूले उनलाई लिएर छिमेकमा गुहार माग्न गएका थिए। त्यही बेला प्रहरीलाई खबर भएको थियो। , 'आमा अचेत नै भइन्। छोरीहरू चाहिँ अलि-अलि घाइते भएका थिए,' उनले भने। , घाइते भएकी सुनिताकुमारीको उपचारको लागि दोलखा किर्नेस्थित धुलिखेल शाखा अस्पतालमा पठाइएको थियो। , डाँका मार्ने व्यक्तिहरूले सुनका बेरुवा रिङ, नाकमा लगाउने फुली, पोते, ढुंग्री लगायतका गरगहना लगेको प्रहरीले बताएको छ। २५ देखि ३० हजार रुपैयाँ पनि लगेको बताइएको छ। , पक्राउ गरेकाहरूले डाँका मारेको स्वीकार गरिसकेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। , प्रहरीले पक्राउ परेकाहरूबाट एउटा भरूवा बन्दुक, सुनका केही गरगहना र मोबाइल बरामद गरेको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।, सेनाको घरमा डकैती गरेको आरोपमा चार पक्राउ
सेतोपाटी संवाददाता नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। ,  , असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।, असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए। असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ। असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा अधिकारीले बताए।, फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ। मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ। तुलजा भवानी यात्राको साइत बिहान ७:११ बजे रहेको छ। तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ। , असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ। असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ।, घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ। विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ। टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ।, विजयादशमीका दिन बिहान ७:०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ। तुलजा भवानीलाई बिहान ८ः ३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ। ,राससको सहयोगमा, विजयादशमीको साइत असोज २९ गते १० बजेर २ मिनेटमा
सेतोपाटी संवाददाता पार्सल पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , विभिन्न सामाजिक सञ्जालमार्फत् चिनजान गरी पार्सल पठाइदिने भन्दै ठगी गरेको जाहेरीपछि महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा भारतको दार्जलिङ सिलगुढी घर भएका ३३ वर्षीय सन्दीप क्षेत्री छन्। प्रहरीका अनुसार उनी प्रेन्टी क्रोस्टल चर्चका पादरी पनि हुन्। उनलाई प्रहरीले झापाबाट पक्राउ गरेको हो।, उनले फेसबुकमा न्यान्सी माइकल नामको फेक अकाउन्ट खोलेका थिए। सो अकाउन्टबाट विभिन्न व्यक्तिहरूलाई रिक्वेस्ट पठाएर आफू बेलायती नागरिक भनेर बोलेको आरोप छ।, त्यसरी विश्वासमा लिएर प्रेम गर्ने प्रलोभनमा पारी पार्सल पठाउने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ। उपहारहरू पार्सल गरेको भन्दै विश्वासमा पारी ५ लाख १० हजार रूपैयाँ लिएको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। , अनुसन्धानको क्रममा उनी सिलगुढीको प्रेन्टी क्रोस्टल चर्चका पादरी भएको खुलेको छ। उनले विभिन्न धार्मिक कार्यक्रममा भेटेका महिलाहरूको खातामा सो रकम पठाउने गर्थे। , महिलाहरूलाई आफूले पैसा झिक्न नमिलेको भन्दै विश्वासमा लिएर उनीहरूमार्फत् भुक्तानी लिने गरेको महाशाखाले बताएको छ। , उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं परिसरमा पठाइएको छ। , पार्सल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ
विवेक राई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई लगाउन मिल्ने एक लाख डोज कोरोना खोप ल्याउन लागेको बताएका छन्।, शुक्रबार चितवनमा आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले दसैंअगाडि नै उक्त खोप आइपुग्ने जनाए। , स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहालले बालबालिकालाई लगाउन मिल्ने 'फाइजर' खोप छिट्टै आइपुग्ने जानकारी दिए।, 'मन्त्रीज्यूले भन्नुभएको कुरा ठिक हो। बालबालिकालाई लगाउन मिल्ने फाइजरको एक लाख ६२० डोज खोप छिट्टै नै आउँदैछ,' दाहालले भने। , बालबालिकाका लागि आउने भनिएको यो खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहकालाई लगाउने सरकारको तयारी छ। तर सुरूमा एक लाख डोज खोप आउने भएकाले कस्ता बालबालिकाले सुरूमा उक्त खोप पाउने भनेर टुंगो भइसकेको छैन। यद्यपि जोखिम समूहमा रहेका बालबालिकालाई पहिलो प्राथमिकता दिइने डा. ढकालले बताए। , 'खोप आउने भएपछि सुरूमा कस्ता बालबालिकालाई लगाउने भनेर निर्णय भइसकेको छैन। त्यसका लागि हामीले एउटा सल्लाहाकार टिम बनाउँछौं र उहाँहरूले दिएको सुझावलाई मन्त्रालयलमा पेश गर्छौं र मन्त्रालयले कस्ता बालबालिकालाई सुरूमा खोप दिने भनेर निर्णय गर्छ,' उनले भने। , डा. दाहालले यसअघि पनि जोखिमका हिसाबले उमेर बढी भएकाहरूलाई प्राथमिकता दिइएको भन्दै बालबालिकाको हकमा पनि सोही अनुसार हुनसक्ने बताए।, पहिलो चरणमा एक लाख डोज मात्र खोप आउने हुँदा सरकारलाई सबै बालबालिकालाई खोप पहुँचमा जोड्न अप्ठ्यारो भएको हो।, सरकारले बालबालिकालाई लगाउने मिल्ने ४० लाख डोज खोपको सुनिश्चतता गरिएको बताएको छ। यद्यपि ती खोप ठ्याक्कै कुन-कुन समयमा आउने भनेर खुलाइएको छैन। , डा. दाहालले २०२१ को अन्तिम महिनासम्म वा २०२२ को पहिलो त्रैमासिकभित्र बालबालिकाका लागि खोप आइपुग्ने बताए।, उनले खरिद सम्झौता भएको खोपको भुक्तानी पनि भइसकेको भन्दै अब कम्पनीले उत्पादन हेरेर खोप पठाउने जनाए। यद्यपि नेपालजस्तो गरिब देशलाई खोप निर्यातमा प्राथमिकतामा राखिदिन कम्पनीसँग निरन्तर कुराकानी भइरहेको उनले बताए। , सरकारले अहिले बालबालिकाका लागि लगाउन मिल्ने खोप ल्याउन 'फाइजर' र 'मोडेर्ना' कम्पनीसँग सहकार्य गरिराखेको छ। यी दुबै अमेरिकी कम्पनी हुन्। , तर बालबालिकाका लागि ल्याउन लागिएको खोपको व्यवस्थापन गर्न अन्य खोपको जस्तो सहज छैन। किनभने यो खोपलाई माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्छ। अहिले हामीसँग ती खोपलाई भण्डारण गर्नसक्ने मात्र चार वटा 'कोल्ड चेन' छन्।, डा. दाहालका अनुसार अहिले आउन लागेको एक लाख डोज खोप भण्डारणका लागि समस्या नहुने भए पनि थप खोप आउन थालेपछि 'कोल्ड चेन' पनि विस्तार गर्नुपर्ने हुन्छ। यसअघि जति पनि खोप नेपाल ल्याइएका छन्, ती खोप ८ डिग्री तापक्रममा भण्डारण गर्न सकिन्थ्यो। जसले गर्दा भण्डारणमा कुनै समस्या भएको थिएन।, बालबालिकाका लागि एक लाख डोज कोरोना खोप आउँदै, कस्ताले सुरूमा पाउलान्?
एजेन्सी भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतभित्र गोली चल्दा तीन जनाको मृत्यु भएको छ।, शुक्रबार दिउँसो दिल्लीको रोहिनी अदालतभित्र गोली चल्दा तीन जना मारिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुई जना बन्दुकधारी व्यक्तिहरूले वकिलको लुगा लगाएर अदालत परिसर प्रवेश गरेका थिए।, ती दुई बन्दुकधारीले दिल्लीका ‘मोस्ट वान्टेड ग्याङस्टर’ जितेन्द्र गोगीलाई गोली हानेका थिए। प्रहरीले दोहोरो गोली चलाउँदा ती बन्दुकधारी पनि मारिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।, अदालतको २०७ नम्बर कोठामा उक्त घटना भएको थियो। जितेन्द्रलाई न्यायाधीशसमक्ष पेश गर्दा एक्कासी गोली चलेको थियो।, त्यहाँ भएका व्यक्तिहरू आत्तिएपछि भागदौड मच्चिएको थियो। जितेन्द्र गोगी सन् २०२० मार्चमा पक्राउ परेका थिए।, दिल्लीमा अदालतभित्र गोली चल्यो, ‘मोस्ट वान्टेड ग्याङस्टर’सहित तीन जनाको मृत्यु
सेतोपाटी संवाददाता नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीलाई हृदयघात भएको छ।, पारिवारिक स्रोतका अनुसार स्वास्थ्य जाँचका लागि दुबई पुगेका चौधरीलाई त्यहाँ हृदयघात भएको हो।,  उनको दुबईस्थित एक अमेरिकी अस्पतालमा मुटुको शल्यक्रिया गर्ने तयारी गरिएको छ।, ‘मुटुमा समस्या देखिएपछि उहाँलाई थप जाँचका लागि तीन दिनअघि दुबई लगिएको हो। त्यहीँ क्रममा उहाँलाई हृदयघात भएपछि चिकित्सकहरूले तत्काल ओपन हार्ट सर्जरी गर्नुपर्छ भन्नुभयो। त्यसैले अहिले उहाँको शल्यक्रिया गर्ने तयारी भइरहेको छ,’ ती स्रोतले भन्यो। , चौधरीले गत साता नर्भिक अस्पतालमै ‘एन्जियोग्राफ’ गराउँदा मुटुमा थोरै समस्या देखिएपछि परिवारका सदस्यको आग्रहमा उनी थप जाँचका लागि दुबई पुगेका हुन्।, नर्भिकका सञ्चालक बसन्त चौधरीलाई हृदयघात, शल्यक्रिया गर्ने तयारी
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शुक्रबार १५ हजार ६९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट १० हजार ५ सय ७५ जना र एन्टिजेनबाट ५११५ जनाको परीक्षण भएको छ।, त्यस्तै, एक हजार ५५० संक्रमित निको भएका छन्। , संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ८१ जनाको मृत्यु भएको छ। , यस्तै हाल २० हजार २८७ सक्रिय संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा थप ३६४ कोरोना संक्रमित थपिएका छन्। , काठमाडौंका २५६ , ललितपुरका ७३ र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , १५ हजार ६ सय ९० मा कोरोना परीक्षण गर्दा एक हजार ४ सय ७६ लाई कोरोना
राजेश घिमिरे फोहोर वस्तुबारे सुन्ने बित्तिक्कै हामी नाक खुम्च्याउँछौं। देख्दा त नजिकै नपरौं झैं हुन्छ। नजिक पुगिहालियो भने नाक नछोपी सुखै हुँदैन।, तै पनि सडकको छेउछाउ, गल्लीहरूमा फोहोरको डंगुर देख्न हामीलाई बानी परिसकेको छ।, हप्तौंदेखि थुप्रिएको फोहोरमा झिंगा भन्किएर टाढैसम्म दुर्गन्ध फैलिसक्दा पनि नउठेका उदाहरण हामीले देख्दै आएका छौं। यसरी फालिएको फोहोरले मानव स्वास्थ्यमा असर परेको, किनारमा थुपारिएको फोहोर बाढीले बगाएर नदी प्रदूषण भएको, जथाभावी फालिएको फोहोरले पानीमा आश्रित जीवदेखि वन्यजन्तुमा गम्भीर असर परेको कुरा जान्दाजान्दै पनि यसको उचित व्यवस्थापन प्राथमिकतामा पर्ने गरेको छैन।, फोहोर व्यवस्थापन स्थानीय तहको टाउको दुखाइको विषय बनिरहँदा चितवनमा केही संस्थाको अग्रसरतामा नौलो काम भएको छ।, क्रियसन नेपालले डब्लु डब्लु एफ नेपालको सहयोगमा ‘रिसाइकलर साथी’ नामक कार्यक्रममार्फत् चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा मनै लोभ्याउने ‘फोहोर फाल्ने ठाउँ’ तयार पारेको छ।, यसलाई संग्रहालयका रूपमा विकास गर्दै फोहोरलाई ‘पुनर्चक्र प्रणाली’मार्फत् मोहरमा रूपान्तरण गर्न पनि सिकाउँदैछ।, पर्यटकीय नगर सौराहाको पल्लो छेउबाट बग्ने राप्ती नदी किनारसँग जोडिएको सडकमा आकर्षक संरचना निर्माण गरिएको छ।, लेखिएको छ- वेलकम टु वेस्ट स्मार्ट म्युजियम अर्थात् स्मार्ट फोहोर संग्रहालयमा स्वागत छ।, जहाँ एलइडी स्क्रिन, एलइडी पोस्टरहरू सजाइएको छ। तिनीहरूले अनवरत फोहोर व्यवस्थापन, वातावरण संरक्षण र दीगोपनसम्बन्धी सन्देश फैलाउँछन्, आगन्तुक पर्यटक र समुदायलाई सचेत गराउँछन्।, भुइँमा तीन वटा भिन्न–भिन्न रङका डस्टबिनहरू राखिएका छन्। यहाँ कुहिने, नकुहिने र पुन:प्रयोग गर्न सकिने फोहोरहरू राख्न मिल्छ। प्लास्टिकका बोतलहरूलाई सानो आकारको बनाउन दुइटा बोतल क्रसर राखिएका छन्। , राप्ती किनारमा नेपाली सेनाको ब्यारेकनजिकै टिकट घर बन्दैछ। सौराहाबाट चितवन निकुञ्ज तथा वरपरका मध्यवर्ती सामुदायिक वनहरूमा सफारीमा जानेहरूले टिकट लिने ठाउँ हो यो। जंगल सफारी फर्कने अन्तिम बिन्दु पनि यही हो।, ‘सफारीबाट फर्किएपछि पर्यटकले आफ्नो साथमा भएका फोहोरहरू यहाँ व्यवस्थापन गर्नुहुनेछ,’ क्रियसन नेपालकी कार्यक्रम प्रमुख सुजता कोइरालाले भनिन्,‘पर्यटक सफारीमा जाँदा र फर्कंदा फोहोर व्यवस्थापनका लागि आवश्यक ठाउँ भएपछि जंगलमा फोहोर फाल्नेक्रम घट्दै जान्छ।’, चितवन राष्ट्रिय निकुञ्जलाई सन् २०१९ मै प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो। तर निकुञ्ज भएर बग्ने नदी, खोलाहरूले विभिन्न ठाउँबाट बगाएर ल्याएका प्लास्टिकले जंगलको ठूलो क्षेत्र प्लास्टिकमय देखिन्छ।, वर्षायामको बाढीसँगै आउने फोहोरले नदीमा माछाको पारिस्थितिक प्रणाली खलबलिने गरेको छ। प्लास्टिकजन्य फोहोर खाएर वन्यजन्तुको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउँछन्।, ‘यसका अलावा सफारीमा जाने पर्यटकले फाल्ने फोहोरले पनि वातावरणमा ठूलो असर गर्दै आएको छ,’ उनले भने, ‘प्लास्टिकमुक्त गर्ने भनेर ठाउँ-ठाउँमा डस्टबिन राखिए पनि त्यति प्रभावकारी भएन।’, क्रिएसन नेपालका अध्यक्ष आनन्द मिश्रले जंगलभित्र ठाउँ-ठाउँमा डस्टबिन राख्दा फोहोर व्यवस्थापन प्रभावकारी नभएपछि चेक प्वाइन्टमै स्मार्ट फोहोर संग्रहालयको अवधारणा आएको बताए।, उनका अनुसार स्मार्ट फोहोर संग्रहालय निर्माण भएको दक्षिण एसियामै सौराहामा पहिलो पटक हो। यसको संरचना निर्माणका लागि ५ लाख रूपैयाँ खर्च भएको छ।, ‘फोहोर राख्नका लागि संरचना तयार भएपछि अब रत्ननगर नगरपालिकाले यसको व्यवस्थापनको काम र चितवन निकुञ्जले अनुगमनको काम गर्छन्,’ मिश्रले भने, ‘हाम्रो संस्थाले यहाँ उत्पादन हुने प्लास्टिकजन्य फोहोरलाई लगेर रिसाइकल गर्छौं।’, उनले यसो गर्दा वातावरण सफा हुनुका साथै फोहोरको पनि उपयोग हुने बताए।, क्रियसन नेपालले संग्रहालयले रिसाइकल गर्नको लागि १० महिनाको अवधिमा १ टन फोहोर संकलन गर्ने लक्ष्य राखेको छ।, ‘चितवन निकुञ्ज दुर्लभ वन्यजन्तुको बासस्थान भएको ठाउँ र सौराहा देशकै प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक भएकाले हामीले यहाँबाट सुरू गरेका छौं। यसलाई सफल बनाएर यो अभियानलाई देशव्यापी बनाउने लक्ष्य छ,’ मिश्रले भने, ‘स्थानीय समुदायहरूको सशक्तिकरण, युवा र बालबालिकाहरूलाई सकारात्मक उत्प्रेरक बनाउनको लागि फोहोरमैला शून्य राष्ट्रिय निकुञ्ज निर्माणमा युवा सशक्तिकरण परियोजनाका रूपमा अभियान सञ्चालन गर्दैछौं।’, दीगो पर्यावरण पर्यटनका लागि फोहोर व्यवस्थापन अनिवार्य आवश्यकता भएकाले पर्यटक र स्थानीय समुदायलाई फोहोरको स्रोत विभाजन, व्यवस्थापन र संरक्षणमा सचेत गराउँदै सन्देश प्रदान गर्ने लक्ष्य रहेको उनले बताए।, साझेदार संस्थाहरूले सचेतना अभियानका लागि सौराहा र कसरा क्षेत्रका ५ वटा विद्यालयमा वेस्ट स्मार्ट इको क्लब बनाउनुका साथै शून्य फोहोर प्रशिक्षण र सफाइ अभियानको माध्यमबाट २ सय जना बालबालिका र सय जना युवाहरू तयार पारेका छन्।, वेस्ट स्मार्ट संग्रहालय चितवन राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण गर्दै मिश्रले जैविक विविधता संरक्षणका लागि साझेदारी बढाउँदै जाने बताए।, निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रहेका डब्लु डब्लु एफ नेपालका प्रतिनिधि रामप्रित यादवले जैविक विविधता संरक्षणका लागि नदी, खोलाहरूको सरसफाइमा ध्यान दिनु आवश्यक रहेको बताए।, ‘म चितवन निकुञ्ज स्थापना गर्न आउँदा मान्छेहरू यहाँको राप्ती, नारायणी नदीको पानी निष्फिक्री पिउँथे, धक नमानी नुहाउँथे। अहिले यहाँको पानी वन्यजन्तुका लागि पनि असुरक्षित बन्न थाल्यो,’ यादवले भने, ‘एकसिंगे गैंडा, पाटे बाघ, घडियाल गोही जस्ता दुर्लभ वन्यजन्तु भावी पुस्तालाई पनि देखाउने हो भने फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्नैपर्छ।’, प्रकृतिमाथि प्रहार हुनेक्रम दिनहुँ बढेको यादव बताउँछन्। तर प्रकृतिलाई जोगाउने प्रयास तुलनात्मकरूपमा कम भइरहेको उनको बुझाइ छ।, ‘विकाससँगै विनाशको क्रम बढेर गयो। विकासको लहर चल्दा वातावरणीय प्रभावको मूल्यांकनलाई टार्ने काम भइरहेको छ,’ उनले भने, ‘यसतर्फ सबैको ध्यान जानु जरूरी छ।’, पर्यटन व्यवसायी समेत रहेका रत्ननगर–६ का वडाध्यक्ष बलराम दाहालले नदीको बाढीले गाउँ-गाउँको फोहोर बगाएर ल्याउँदा बोतलमै टेकेर नदी तर्न सक्ने स्थिति पनि बेला-बेलामा देखिने गरेको सुनाए।, उनले सौराहाका व्यवसायीहरूले विगतमा फोहोर व्यवस्थापनका लागि विभिन्न प्रयास गरे पनि सफल नभएको बताए।, ‘सरकारको बजेट फोहोर व्यवस्थापनमा असाध्यै कम हुँदा काम गर्नमा समस्या हुने गरेको छ,’ उनले भने, ‘पर्यटन विकासका लागि यो अति आवश्यक कुरा हुँदाहुँदै पनि प्राथमिकतामा नपर्नु विडम्बना हो। स्थानीय सरकारलाई झकझक्याउने काम म गर्छु।’, रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सौराहामा निर्माण भएको वेस्ट स्मार्ट म्युजियमलाई महत्व दिएर फोहोरको उचित व्यवस्थापन गर्ने बताए।, क्रियसन  नेपालले चितवन पनि बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै देशका सबै निकुञ्जमा फोहोर व्यवस्थापनको काम गर्ने लक्ष्य राखेको कार्यक्रम प्रमुख कोइरालाले बताइन्।, नेपालमा प्लास्टिकजन्य फोहोरको उत्पादन अत्यधिक रहे पनि यसको पुन:प्रयोग भने निकै कम छ। क्रियसन  नेपालले प्लास्टिकजन्य फोहोर वस्तुको रिसाइकलका लागि नवलपरासीमा उद्योग नै स्थापना गरेको छ।, ‘केही समयमा सञ्चालनमा आउने यो उद्योगले देशभरको फोहोर व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास हाम्रो छ,’ क्रियसन नेपालका प्रमुख मिश्रले भने, ‘बिरामी हुँदै गएको वातावरणलाई विगतकै अवस्थामा पुर्‍याउन हाम्रो कोसिस रहन्छ।’,  ,  ,  , 'स्मार्ट फोहोर संग्रहालयमा स्वागत छ'
सेतोपाटी संवाददाता सप्तरीमा पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ। , शुक्रबार विष्णुपुर गाउँपालिका वडा नम्बर ५ मा महोम्मद आजादका तीन वर्षीय छोरा रहमद आलीको पानीमा डुबेर मृत्यु भएको हो।, वडा नम्बर पाँच कटिस्थित आफ्नै घर पछाडिको पोखरीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। , डिलमा खेलिरहेको अवस्थामा लडेर बालक पानीमा खसेको उनले बताए। आफन्तले देखेपछि पोखरीबाट निकाले उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज पठाएको थियो। , अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको थियो। , प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। , सप्तरीमा पानीमा डुबेर बालकको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३६४ कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २५६ , ललितपुरका ७३ र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , यस्तै काठमाडौं उपत्यकामा ४८५७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २७०७, ललितपुरमा १२६५ र भक्तपुरमा ८८५ सक्रिय संक्रमित छन्।, काठमाडौं उपत्यकामा थपिए ३६४ संक्रमित
सेतोपाटी संवाददाता कमलपोखरी पुनर्निर्माणमा पहिलो चरणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ।, लबालब (टनाटन) पानी भरिएको कमलपोखरीको निरीक्षण सिलसिलामा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले करिब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए। , काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष भरतलाल श्रेष्ठसहित निरीक्षणका लागि आज कमलपोखरी पुगेका शाक्यले छिट्टै कमलपोखरीको उद्घाटन गरी यहाँको सम्पदालाई पर्यटनसँग जोड्ने योजना रहेको बताए।, ‘सबैले रानीपोखरी मात्रै देखेका छन् हामी कमलपोखरीलाई रानीपोखरी भन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेका छौँ,’ उनले भने, ‘एकातिर पानी, अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण अघि बढाएका छौँ।’,  , उनले पानी पुनर्भरण र पानी शुद्धीकरण गर्ने योजनासहित पोखरी पुनर्निर्माण गरिएको स्मरण गराए। ‘पहिला बेबारिसे र फोहोर जमेको पोखरीलाई परम्परागत, सांस्कृतिक  र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएका हौं,’ शाक्यले भने। , उनले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सबै पोखरीहरुको प्रवर्द्धन र संरक्षण गर्ने महानगरपालिकाको अभियान रहेको बताए।, पहिलो चरणको काम सम्पन्न गर्नेवित्तिकै अब दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात पहिला कमलपोखरी प्रहरी बीट रहेको करिब पाँच रोपनी क्षेत्रलाई  विस्तार गर्दै आकर्षक पार्क निर्माण गरिने उनले बताए। , कमलपोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उद्यान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारिएको र त्यहीं अनुरुप काम अघि बढेको शाक्यले बताए। ,  , सहरी योजना आयोगका उपाध्यक्ष बस्नेतले कमलपोखरीमा चार ओटा कुनामा आकर्षक, संस्कृति झल्किने चार ओटा मण्डप तथा पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिए। , करिब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरीले परम्परागत नेपाली शैलीलाई आत्मसाथ गरेको उनले बताए। , ‘पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइएको छ,’ बस्नेतले भने, ‘पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिएको छ। पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरेका छौँ। त्यसैगरी  विभिन्न ठाउँमा चैत्य र पाँच ओटा मकरधार रहने छन्।’ , पोखरी पुनर्निर्माणमा पानीको पर्याप्तता र गुणस्तरलाई ध्यान दिइएको उनले बताए। दोस्रो चरणको काम बगैँचा मात्रै रहने उनले बताए। ,  , काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था रहेको बताए। उनले गेट, शौचालयको केही र रंगरोगनलगायतको मात्रै काम बाँकी रहेको जानकारी दिए। , कँडेल निर्माण सेवा कम्पनीले भक्तपुर र ललितपुरको बुङमतीका अनुभवी कामदार ल्याएर पुर्ननिर्माणको काम गरिएको जनाएको छ। , कमलपोखरीको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एक हजार ४७८ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ३० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ११ हजार ६७ जनाको पिसिआर परीक्षण र दुई हजार आठ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल २१ हजार १३९  जना सक्रिय संक्रमित छन्।, यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ।, यस्तै काठमाडौं उपत्यकामा ५६४  संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१  संक्रमित थपिएका हुन्।, १३ हजार ९ सय ३० मा कोरोना परीक्षण गर्दा एक हजार ४७८ लाई कोरोना
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ५६४ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१  संक्रमित थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा ५२२६ सक्रिय संक्रमित छन्।, योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २९२९, ललितपुरमा १३७० र भक्तपुरमा ९२७ रहेको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा एक हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , १३ हजार ९ सय ३० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ११ हजार ६७ जनाको पिसिआर परीक्षण र दुई हजार आठ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , हाल २१ हजार १३९  जना सक्रिय संक्रमित छन्।, यस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ।,  ,  , काठमाडौं उपत्यकामा ५६४ लाई कोरोना
सञ्चिता घिमिरे संघीय राजधानीलाई बागमती प्रदेश राजधानी हेटौंडासँग जोड्ने वैकल्पिक सडकका रूपमा रहेको कान्ति राजमार्गको बढी पहिरो जाने स्थानमा कालोपत्रको विकल्पमा रिजिट पेभमेन्ट (कंक्रिटको ढलान) गरिने भएको छ। , झन्डै ८६ किमी लम्बाइको सो राजमार्गमा अझै १० किमी कालोपत्र गर्न बाँकी छ। यसमध्ये पहिराको बढी जोखिम रहेको तीनदेखि चार किमी सडकमा ढलान गर्ने योजना बनाइएको कान्ति राजमार्ग योजनाले जनाएको छ।, दश किमी सडकमध्ये कहाँ-कहाँ कालोपत्र गर्न मिल्छ त्यो वर्ष सकिने र बाँकी स्थानमा नयाँ ठेक्कामार्फत् निर्माण अघि बढाइने इञ्जिनियर दीपेश रजकले जानकारी दिए।, विगतमा कालोपत्र गर्ने भनिएकाले चार किमीमा कंक्रिट (रिजिट पेभमेन्ट) का लागि नयाँ ठेक्का निकाल्नुपर्ने उनले बताए।, उनले भने, 'बाँकी ठाउँमध्ये जहाँ हामी कालोपत्र गर्न सकिँदैन, त्यहाँ डन्डी राखेर कंक्रिटले गर्न नयाँ बजेट माग भएको छ।', यो सडकमा अहिलेसम्म अरूतिरको सडकभन्दा कम लगानीमा निर्माण भइरहेको योजनाले जनाएको छ। यो सडकमा एक किमी लम्बाइमा लगानी रु चार करोड रहेको थियो।, यो सडकमा पहिराको समस्या हल गरेर मात्रै निर्माण अघि बढाइने उनले बताए।, सडकको भित्तामा वा तल्लो भागमा आवश्यकताअनुसार पर्खाल लगाइनेछ। ठाउँ-ठाउँमा कहाँ बायोइञ्जिनियरिङको काम गर्न सकिन्छ त्यहाँ गरिने उनले जानकारी दिए।, उनले भने, 'निर्माणस्थलमा के अवस्था छ त्यहीअनुसार गर्ने गरी योजना बनाइएको छ।'  , आगामी चैतसम्ममा समस्या भएको ठाउँबाहेक अरू खण्ड सम्पन्न गर्ने गरी योजना बनाइएको छ। चालु आवमा निर्माण नसकिएमा अर्काे वर्ष आवतजावत गर्न अझै गाह्रो हुने इञ्जिनियर रजकले बताए।, पहिराको समस्या आगामी आवमा बढ्ने देखिएको छ।, उनका अनुसार पुरानो ठेक्का यो वर्ष सकिने र नयाँ ठेक्कामा नजाँदा पहिरो गएको ठाउँमा हटाउन सकिँदैन।, उनले भने, 'चालु ठेक्का नहुँदा पहिराले अवरूद्ध सडकमा निर्माण व्यवसायीलाई काम गराउन सकिँदैन।' , सडकमा जहाँ सकिन्छ त्यहाँ कालोपत्र गरिने र नसकिने स्थानमा कंक्रिटको काम गरिने योजनाले जनाएको छ।, कालोपत्र जहाँ टिक्दैन र कंक्रिट गर्नुपर्नेछ त्यो ठाउँ तत्काल उसै छाडिनेछ।, पटक/पटक पहिरो जाने ठाउँमा कालोपत्र नटिक्ने हुँदा राज्यको लगानी खेर जाने उनले बताए।, उनले भने, 'त्यसैले पनि हामीले कालोपत्र नगरी छाडिरहेको हो।' , सो सडकमा पहिराको समस्या भएकाले काल्चेबाट देबीसाँध (५७ देखि ६४ चेनेज) सम्म कालोपत्र बाँकी छ। निर्माणाधीन यो सडकमा बर्सेनि पहिराका कारण अवरूद्ध भइरहेको छ।, पहिराका कारण गत वर्षहरूमा केही दिनसम्म नै सडक अवरूद्ध भएको थियो। यो वर्ष भने एक वा दुई दिनमा नै अवरूद्ध सडक खुलाइएको थियो।, चालू आवमा पहिराको समस्या नयाँँ तीनचार ठाउँमा देखिएको छ। यो राजमार्गमा जहाँ पहिरो जान्छ भनिन्छ त्योभन्दा नयाँबाट गएको पाइन्छ। कुनै एक वर्ष पहिरो गएको ठाउँबाट अर्काे वर्ष नजाने हुँदा पहिराको अनुमान गर्न गाह्रो हुने रजकले बताए। , उनले भने, 'खासगरी महशादेबटार, ठिङ्गन, छपेली, तामाखानी, मल्ल होटल नजिक यो वर्ष समस्या देखिएको छ।', राजमार्गको बुद्धचोकबाट ७९ किमी टीकाभैरवसम्म मात्रै योजनाले हेर्ने गरेको छ। पहिले सो राजमार्गको अन्तिम बिन्दु सातदोबाटो थियो भने सरकारले यसलाई राष्ट्रिय राजमार्गमा सूचीकृत गरेसँगै अन्तिम विन्दु एकान्तकुना निर्धारण गरिएको छ।, अहिले टीकाभैरवदेखि एकान्तकुनासम्म डिभिजनले हेरेको छ।, उनले भने, 'राजमार्ग नै भएकाले भविष्यमा योजनाले नै हेर्न सक्नेछ।' , दुई लेनमा निर्माण भइरहेको राजमार्गमा रहेका पुलहरू भने एक लेनका रहेका छन्।, सडक विभाग, पुल महाशाखाले त्यसलाई विस्तार गरेर सडक जतिकै चौडाइको बनाउने भएको छ।, सो राजमार्गमा अधिकांश स्थानमा चौडाइ दुई लेन अर्थात् सात मिटर छ। कटिङ गर्न नसकिने कठिन चट्टान भएको ठाउँमा भने चौडाइ केही कम छ। पुल अहिले एक लेन अर्थात् चार पाँच मिटरसम्म रहेको छ। विस्तार गरेपछि दोहोरो गाडी हिँड्न सक्ने बन्ने योजनाले जनाएको छ। , राजमार्गमा निर्माणको काम ९० प्रतिशत सकिएको योजनाका प्रमुख ज्ञानेन्द्र झाले जानकारी दिए।, उनका अनुसार कालोपत्र गर्न बाँकी खण्डमा ग्राभेल गरिएको छ। सडकमा पहिले पहिरो सफा गरेपछि मात्रै निर्माण अघि बढाइने उनले बताए।, सो सडक गत वर्षहरूमा केही दिनसम्म अवरूद्ध भएको थियो। यस वर्ष योजनाले विभिन्न निकायसँगको समन्वयमा एक दुई दिनमा नै खुलाइएको थियो। कतिपय ठाउँमा पूरै खुलाउन नसकिएकामा मौसम सफा हुनासाथ एकातर्फी खुलाइएको छ।, उनले भने, 'छसात ठाउँमा पहिरो गएकामा अहिले एकातर्फबाट चालु छ।' , राजमार्गको छ किमी सडक निर्माण डिभिजन सडक कार्यालयले गरिहरहेकाले योजनाले ७९ किमी सडक निर्माण गरिरहेको छ। त्यसमध्ये ५१ किमी सडक ललितपुर र २८ किमी मकवानपुर जिल्लामा पर्छ।, निर्माण सुरू भएको छ दशकपछि कान्ति लोकपथ अन्तिम चरणमा पुगेको छ। विसं २०७२/७३ पछि सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ।, सरकारले सो सडकलाई पहिलो प्राथमिकता (पिवान) मा राखेसँगै योजना कार्यालयको स्थापना भएको थियो। सरकारले एक दशकयता बर्सेनि राजमार्गका लागि बजेट विनियोजन गर्दै आएको छ।    , निर्माणाधीन सो राजमार्गलाई हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौँसम्मको २२६ किमी लम्बाइको र हेटौंडाबाट पालुङ हुँदै काठमाडौं आउने १३६ किमी सडकको विकल्पका रूपमा समेत हेरिएको छ।, राजमार्ग निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब रु ८५ करोड र ललितपुरतर्फ करिब रु एक अर्ब खर्च लाग्ने अनुमान गरिएको थियो।, प्रदेश नं ३ को राजधानी हेटौंडा तोकिएपछि पनि सो राजमार्गको महत्व अझै बढेको छ। संघीय राजधानीलाई तराई/मधेशसँग जोड्ने सडकमध्ये निर्माणाधीन काठमाडौं/तराई/मधेश द्रुतमार्ग सबभन्दा छोटो हुनेछ।, यो सडकको समेत विकल्पका रुपमा कान्ति राजमार्गलाई लिइन्छ।  ,(रासस),  , कान्ति राजमार्गको केही स्थानमा कालोपत्रको साटो ढलान
सेतोपाटी संवाददाता अर्काको खाताको रकम किर्ते गरी आफ्नो खातामा ल्याएर बैंकिङ कसुरको आरोप लागेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा इलाम जिर्मले घर भई हाल रोङ गाउँपालिका-५ का केशव राई छन्।, उनलाई इटहरी-४ तुलसा टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, राईले सेन्चुरी कमर्सियल बैंक शाखा कार्यालय चतरामा सहायक पदमा काम गर्दा पार्वती विष्टको खातामा रहेको रकम किर्ते दस्तखत गरी आफ्नोमा ल्याएको आरोप छ।, विभिन्न समयमा २७ लाख रुपैयाँ अनधिकृत रुपमा निकालेर फरार भएपछि पीडित प्रहरीमा पुगेकी थिइन्।, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार उनलाई मंगलबार पक्राउ गरिएको छ। पक्राउ परेकै दिनबाट उच्च अदालत विराटनगरको आदेशले हिरासत लिई अनुसन्धान थालिएको थापाले बताए।, ग्राहकको हस्ताक्षर किर्ते गरी २७ लाख आफ्नो खातामा ल्याएको आरोपमा बैंकका कर्मचारी पक्राउ
सबिना श्रेष्ठ काठमाडौंको येँया अर्थात इन्द्रजात्रामा बाटाभरि हामी विभिन्न भैरव देख्छौं। ती भैरवमध्ये सबभन्दा सजिएर बसेका हुन्छन्, आकाश भैरव जसलाई स्थानीय नेवारहरू आजु द्यः भनेर पुकार्छन्।, यी भैरव यलम्बर हुन्, किराँती राजा। आकाश भैरव अर्थात यलम्बरको कथा महाभारतसँग जोडिन्छ।, किम्बदन्तीअनुसार भगवान कृष्णले मन–मनमा महाभारतको युद्ध परिकल्पना गरिरहेका हुन्छन्। त्यहीबेला यलम्बर युद्ध हेर्न भनेर जान्छन्। बाटोमा कृष्ण भेटिन्छन्।, कृष्णले सोधेछन्, ‘कहाँ जान लागेको?’, यलम्बरले भनेछन्, ‘महाभारत युद्ध हुन लागेको छ रे। त्यही हेर्न जान लागेको।’, कृष्ण रनभुल्ल पर्छन्। मनमनै सोचेको कुरा यलम्बरले कसरी चाल पायो भनेर।, ‘ल भन त युद्धमा तिमी कसको पक्ष लिन्छौ?’, कृष्णले सोधे।, ‘म त जो हार्छ त्यसैको पक्ष लिन्छु,’ यलम्बरले भने।, कृष्णलाई आपत् पर्यो। पाण्डवलाई जिताउनु छ। कौरव पक्ष हार्न लाग्यो भने त यलम्बरले आफ्ना विशाल सैनिकसहित सहयोग गर्ने भए।, त्यसो भयो भने त अनर्थ हुने सोचेर कृष्णले यलम्बरलाई रोक्ने योजना बनाए। उनले छल गरे।, ‘तिमी त बलवान देखिन्छौ। मैले भने-भनेको ठाउँमा धनू–बाण हान्न सक्छौ?’, कृष्णले यलम्बरलाई झुक्याउन थाले।, यलम्बर तयार हुन्छन्।, कृष्णले कहिले चरामा, कहिले खोपीमा देखाएछन्। उनले भनेके ठाउँमा यलम्बरले बाण हानेछन्।, ‘ओहो! तिमी त निकै बलवान रहेछौ। ल म तिमीलाई वरदान दिन्छु। भन, के माग्छौ?’ कृष्णले सोधेछन्।, ‘ए तिमीले मलाई वरदान दिने?’ यलम्बर जितको अहममा बोल्न थाले, ‘तिमी मसँग हारेका हौ। तिमीलाई बरु म वरदान दिन्छु।’, कृष्णले चाहेको नै त्यही थियो। उनले वरदान मागे, ‘तिम्रो टाउको क्षेदन गर्न पाऊँ।’, ‘ल ठीक छ। तर मैले युद्ध भने हेर्न भने पाउनु पर्छ,’ यलम्बरले भने।, त्यसपछि यलम्बरको इच्छा पूरा हुन्छ। उनको टाउकोलाई आकाशमै राखिदिएर युद्ध हेर्ने दिइन्छ।, युद्ध सकिएपछि त्यही टाउको काठमाडौंमा आएर बसेको र आकाश भैरव रुपमा विराजमान भएको मानिन्छ।, येँयामा यिनै भैरव काठमाडौंस्थित इन्द्रचोकमा शिरदेखि तलैसम्म फूलका बुट्टेदार मालाले सजाइएको देखिन्छन्। भैरवको सजावटलाई प्रत्येक दिन जस्तो हेर्ने हो भने केही न केही परिवर्तन भएको प्रस्टै थाहा हुन्छ।, येँयाभरि उनलाई सजाउने जिम्मा आकाश भैरवको गुठीलाई छ। गुठीका सदस्य बाबुराजा महर्जनका अनुसार भैरवको सजावट मात्रै नभई सजाइएको फूल पनि दैनिक परिवर्तन गरिन्छ। अर्थात, आज जुन फूल छन्, भोलि त्यही प्रयोग हुन्नन्।, यति धेरै फूल कहाँबाट ल्याइन्छ?, यही कुरा जान्न हामी नरदेवीस्थित ‘तुलाधर पार्टी प्यालेस’ पुग्यौं।, त्यही पार्टी प्यालेसमा आकाश भैरव सजाउने फूलमालाको काम भइरहेको थियो। हामी पुग्दा एउटा पुरै हल लाहुरे, मखमली, पंखा स्वाः, धुपी लगायतले भरिएको थियो। सहभागी भएका महिला-पुरुष ती फूललाई उनिरहेका थिए।, ‘यी फूल त निकै कम हुन्,’ फूल उन्दै गरेकी हिरा महर्जनले भनिन्, ‘पहिले त मानिसहरु खर्पनको दुईपट्टि फूल बोकेर ल्याउँथे। अहिले पो टोकरी, झोला र हातहातमा ल्याउँछन्। कसैले त प्लास्टिकका फूल पनि ल्याउँछन्। बजारमा पनि फूल धेरै नपाइने भएकाले थोरै हुन्छ।’, यी फूलका एकापट्टि लामा झुत्ताका लाभा (चामलको फूल) का माला उनेर राखिएको थियो। ती भने महिनादिनदेखि नै तयार भएका हुन्। करिब १५ पाथिका हुन्छन्। कसै–कसैले आफूले आजु द्यः सजाउने पालामा लाभाको झण्डा पनि बनाउँछन्। फूलको माला भने एकैदिनमा तयार हुन्छ।, विभिन्न बुट्टामा उनिएका फूल सजाएर त्रयोदशीदेखि प्रदर्शनमा ल्याइयो। द्वादशीको दिन आधिकारिक रुपमा इन्द्रजात्रा सुरू भए पनि आकाश भैरव एक दिन ढिला आउँछन्। अघिल्लो दिनमा भने गोप्य पूजा हुन्छ। भैरवलाई सजाइन्छ। एकदिन ढिला प्रदर्शनमा आएका भैरव जात्रा सकिएको एक दिन ढिला नै भित्र प्रवेश गर्छन्।, गुठीका सदस्य बाबुराजा महर्जनका अनुसार गुठीमा ६२ घरका परिवार छन्। यसमा इन्द्रचोक, चोखाछेः गल्ली, यखाः बहाल, तमो गल्ली, नरदेवी, केबछेःको दबौ गल्ली, मख्खन हुँदै इन्द्रचोक घुम्छ। तीमध्ये वर्षमा आठ घरको एकपटक पालो आउँछ। त्यो घर सकिएपछि नजिकैका अन्य आठ घरको लगातार पालो हुन्छ। यसरी आठै वर्षमा पालो फेरिदै पुनः त्यही घरमा पुग्छ।, ‘कुन दिन कसले आजु द्यः सजाउने फूल उन्ने भन्ने तय गरिएको हुन्छ। आफ्नो पालोमा आफ्न्तजन बोलाइन्छ। दिनभरि फूल उनिन्छ,’ बाबुराजाले भने, ‘सजाउन भने आठै जना मिलेर सजाउँछन्। भोलिपल्ट फेरि पालो भएको अर्को परिवारले उनेको फूल परिवर्तन गरिन्छ।’, भाद्र शुक्ल एकादशीको दिनमा आकाश भैरवका गुठीयार मिली भैरवको मन्दिर तल एउटा खटमा बसाउँछन्। त्यही दिन आकाश भैरवका आठ जना गुठीयारमध्येका तर्फबाट आफ्ना नातागोता, छोरी–ज्वाइँ, भाञ्जाभाञ्जी लगायतलाई छायेकेगु (पूजा गर्ने) अवसरमा प्रसाद ग्रहण गर्न निमन्त्रणा गरिन्छ। करिब १५० घरमा निम्ता पठाइन्छ। सबै आफन्तजनलाई बोलाएर भोज खुवाइन्छ। त्यही दिन उनीहरूले विभिन्न फूल ल्याउँछन्। सबै मिलेर फूलमाला गाँस्छन्।, द्वादशीको रात चित्रकारहरूले भैरवनाथको अनुहार रङ्गरोगन गर्छन्। त्यसपछि गुठीयार मिलेर सो मूर्तिलाई बाहिर ल्याई खटमा विराजमान गराउँछन्। ताम्राकारहरूले सो मूर्तिमा गरगहना लगाइदिन्छन्। त्यसपछि गुठीयारहरूले एकदिन अगाडि गाँसेको फूलमालाले मूर्ति सजाउने काम गर्छन्।, अन्य दिन भने त्यही दिनमा बनाएको माला लगाइदिइन्छ। इन्द्रजात्राको रथयात्रा क्रममा माथिल्लो टोल (थः ने) मा रथले परिक्रमा गर्दा इन्द्रचोक पनि पुग्छ। त्यो दिन कुमारीको सामुन्ने भैरवलाई ५ वटा जिउँदो माछा चढाइन्छ।, जात्राभरिको आठ दिनमा आकाश भैरव सजाउन यी आठजनाको विशेष भूमिका रहन्छ।, भिडिओ र सबै तस्बिर: सुसन चौधरी/सेतोपाटी, फूलैफूलले ढकमक्क राजा यलम्बरको टाउको (भिडिओ)
सेतोपाटी संवाददाता प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले मिर्गौला रोगसम्बन्धी उपचार गर्ने सरकारी अस्पताल बनाउन सुझाव दिएको छ।, दैनिक मिर्गौलासम्बन्धी बिरामी बढिरहेकाले उनीहरूको उपचारका लागि अस्पताल बनाउन सुझाव दिएको हो।, समितिको बुधबार सिंहदरबारमा मिर्गौला डायलासिस सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको छलफलमा समिति सभापति जयपुरी घर्तीले मिर्गौला बिग्रन समस्या धेरै भएकाले तिनीहरूको उपचारका लागि सरकारलाई छुट्टै अस्पताल बनाउन सुझाव दिइन्। बर्सेनि तीन हजारको सङ्ख्यामा बिरामी बढिरहे पनि अहिले करिब छ हजारले मिर्गौलाको डायलासिस गराइरहेका छन्।, समिति सदस्य हितमान शाक्यले क्यान्सर, मुटुको जस्तै मिर्गौला अस्पताल खोल्नुपर्ने बताए। छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मिर्गौलाका बिरामीलाई सर्वसुलभ रूपमा डायलासिस गराउन सरकार लागिरहेको जानकारी दिए।, उनले मिर्गौलाका समस्या पहिचान गरी समाधान गर्नका लागि मन्त्रालयका सहसचिव डा मदन उपाध्ययको संयोजकत्वमा तीन सदस्यीय कार्यदलसमेत गठन गरिएको जानकारी दिए। ‘कार्यदलको प्रतिवेदन आइसकेपछि हामीले छ महिनामा मिर्गौलाको उपचारमा हामीले केही परिवर्तन गर्ने छौँ,’ उनले भने, ‘हामीले जिल्ला अस्पतालमा  मिर्गौलाको डायलासिस गर्ने प्रयासमा रहेका छौं।’ उनले नेफ्रोलोजी चिकित्सकको तीन जनाको मात्र दरबन्दी रहेकाले बढाउने बताए।, मिर्गौलाको रोग लाग्नु दिनुभन्दा अगाडि नै रोकथामका लागि सचेतना अभियानसमेत सञ्चालन गरिने उनको भनाइ छ। मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनीका अनुसार अहिले मुलुकभर ४९६ वटा मिर्गौला डायलासिसका उपकरण छन्। ती उपकरणमा पाँच हजार ७९७ बिरामीले हप्ता दुई वा तीन पटक डायलासिस गराउँछन्।, उनका अनुसार प्रदेश नं १ मा ५७, प्रदेश नंं २ मा ३५, बागमती प्रदेशमा २७०, गण्डकी प्रदेशमा ५८, लुम्बिनी प्रदेशमा ६८, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा पाँच उपकरण रहेका छन्। उनले यसै आर्थिक वर्षमा १५० वटा डायलासिस उपकरण थप्ने जानकारी दिनुभयो। सरकारले एक पटक डायलासिसका लागि बिरामीलाई रु दुई हजार ५०० उपलब्ध गराउँदै आएको छ। सरकारले अघिल्लो आवका डायलासिसमा रु ९८ करोड ९५ लाख ४३ हजार ३५८ खर्च गरेको छ।, यस्तै मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मिर्गौला रोगको रोकथामका लागि सरकारले ४० वर्षभन्दा माथिका व्यक्तिको रक्तचाप, पिसाब तथा रगतमा ग्लुकोज जाँच गर्ने व्यवस्था गरेको जानकारी दिए। छलफलमा समिति सदस्य खगराज अधिकारीले मिर्गौलाको डायलासिसभन्दा पनि उमेर भएका बिरामीको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताए। ‘भर्खर उमेर भएका मानिसको डायलासिसभन्दा पनि मिर्गौला प्रत्यारोपण गर्नुपर्दछ,’ उनले भने, ‘यसले डायलासिसमा लाग्ने खर्च पनि बच्ने र प्रत्यारोपण गरेर मानिसलाई जीवन पनि सहज चल्ने छ।’, समिति सदस्य सुरेन्द्रकुमार यादवले प्रत्येक जिल्लामा डायलासिस केन्द्र स्थापना गर्नुपर्ने बताए। समिति सदस्य नारायण मरासिनीले अन्य अङ्गजस्तै मिर्गौला दान दिने व्यवस्थालाई कानूनीरूपमा सहज बनाउनुपर्ने बताए। समिति सदस्य मनकुमारी जिसीले बिरामीले भनेको बेला डायलासिस गर्न नपाएको भन्दै डायलासिसलाई सहज बताइन्।, समिति सदस्य अञ्जना विशङ्खेले विद्यालय तहको पाठ्यक्रममा नै मिर्गौलासम्बन्धी ज्ञानलाई राख्नुपर्ने सुझाव दिइन्। नेपालमा अहिले वीरअस्पताल, त्रिवि शिक्षण अस्पताल र भक्तपुरस्थित शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र गरी तीन वटा र निजीस्तरमा सुमेरु अस्पताल, ग्राण्डी अस्पताल, चितवनको कलेज अफ मेडिकल साइन्स अस्पताल र विराटनगरको नोबेल शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण गर्दै आएको छ। रासस, मिर्गौला रोगसम्बन्धी उपचार गर्ने अस्पताल बनाउन सुझाव
सेतोपाटी संवाददाता साहित्यकार, लेखक तथा समाजसेवी केशवमणि आचार्य दीक्षितको ८८ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो समय स्वास–प्रश्वासमा देखिएको समस्यापछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो। , नेपाली राजनीति, पूर्वीय दर्शन तथा इतिहास लेखनमा दह्रो कलम चलाउँदै आएका केशवमणिको सोमबार निधन भएको छोरा तारकमणि दीक्षितले जानकारी दिए। नेपाली भाषाविद् सरदार राममणि आचार्य दीक्षितका कान्छा छोरा केशवमणिले रुपन्देहीमा शिक्षाको उज्यालो छर्न विशेष योगदान गरेका थिए। उनको १८ वटा किताब प्रकाशित भइसकेको छ। , रुपन्देहीको मणिग्राममा राममणि बहुमुखी क्याम्पस स्थापना गर्न उनको विशेष योगदान थियो। २०५६ सालमा उनले लेखेको ‘विपी कोइरालाका तीन उपन्यास एक विहङ्गम दृष्टी’ र २०२९ सालमा प्रकासित ‘पुराना सम्झना’ चर्चित बनेका थिए। , श्री ३ महाराज चन्द्र शमशेर राणाको पालादेखि आफ्ना पिता राममणिले बटुलेको शब्दलाई नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो ‘नेपाली भाषाको शब्दकोष’ निकाल्ने तयारीमा रहेको बेला उनको निधन भएको हो।, ‘किताबको सबै काम सम्पन्न भएर छाप्ने तयारीमा थियौं,’ छोरा तारकले भने। उनको श्रीमति लिला दीक्षित, दुई छोरा गिरिशमणि दीक्षित र तारकमणि दीक्षित तथा छोरीहरु लैला गौतम र शोभना अर्याल छन्।, साहित्यकार तथा समाजसेवी केशवमणिको निधन
सेतोपाटी संवाददाता चितवनमा ‘धवल अर्जुनक’ नामको नयाँ प्रजातिको चरा पहिलो पटक रेकर्ड भएको छ।, नेपालका लागि फिरन्ते चरा भएपनि यो चितवनमा भने पहिलो पटक अन्द्रौली मध्यवर्ती सामुदायिक वनमा भेटिएको हो। बाराही जंगल लजका नेचर गाइड सागर विश्वकर्मा र राजिव कुमालले गत सोमबार उक्त चराको तस्बिर खिचेका थिए।, यो नयाँ प्रजातिको चरा भेटिएसँगै चितवनमा चराको प्रजाति संख्या ६ सय ५८ पुगेको वर्ड एजुकेशन सोसाइटी सौराहाका अध्यक्ष रमेश चौधरीले बताए।, अंग्रेजी नाम ‘ब्राउन ब्रेस्टेड फ़्लाइक्याचर’ रहेको यो चराको वैज्ञानिक नाम ‘मुसिकापा मुतुई’ हो। यो समुद्र सतहदेखि लगभग १३५ देखि १३३० मिटरसम्मको उचाईको चौडापाते वनमा भेटिने गरेको छ।, यसको टाउको देखि पुच्छर सम्मको लम्बाई १३ दशमलव १४ सेन्टिमिटर र वजन लगभग १० दशमलव १४ ग्राम हुन्छ। खैरो रंगको यो चराको माथिल्लो पेटको रंग केही गाढा खैरो हुन्छ भने चुच्चो र खुट्टाको रंग गहुँगोरो हुन्छ। अरु अर्जुनकको तुलनामा यसको चुच्चो लामो र आँखाको रिङ सेतो हुन्छ।, ‘यो प्रजातिको चराहरू उत्तर–पूर्वी  भारत, चीनको मध्य र दक्षिणी भागमा, बर्माको उत्तरी भाग र थाइल्याण्डमा बच्चा प्रजनन गर्छन्। आक्कल झुक्कल नेपालमा वन विहार गर्दै दक्षिणी भारत र श्रीलंकासम्म पुग्ने गर्छन्,’ चौधरीले भने।, नेपालमा पहिलो पटक ६ सेप्टेम्बर सन् १९८७ मा सुधिर व्यासले रानीबारी र अक्टोवर ४ मा चतरामा देखेका थिए। त्यसपछि, सन् २०१७ देखि सन् २०२० सम्म पटक–पटक रानीबारी, शिवपुरी, नागार्जुन र टोखामा पन्छी अवलोकनकर्ताहरूले देखेको नेपालको पंक्षी सम्बन्धी रातो कितावमा उल्लेख छ।  सन् २०१९ मा यो चरा पोखराको फेवातालमा पनि रेकर्ड भएको थियो।, बासस्थानको विनाश, अवैध शिकार, गुलेली हान्ने र पासो थाप्ने जस्ता गतिविधि यस पंक्षीका लागि खतराको कारण रहेको चौधरी बताउँछन्।, फिरन्ते चरा ‘धवल अर्जुनक’ चितवनमा पहिलो पटक रेकर्ड, चराको प्रजाति संख्या ६ सय ५८ पुग्यो
रासस उदयपुरको बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुने बेलका–२ का ४० वर्षीय रामचन्द्र राई रहेका छन्।, बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश१–०२–००२च ४८७४ नम्बरको बोलेरो जिपले बेलका–९ खारखोलाबाट पश्चिम जाँदै गरेको स४प ९१०५ नंको मोटरसाइकलमा सवार राईलाई ठक्कर दिएको थियो।, बलेरोको ठक्करबाट घाइते राईलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा लगेर उपचार गर्ने क्रममा घाइते राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।, चालक र बोलेरोलाई इलाका प्रहरी कार्यलय बेलका रामपुरले नियन्त्रणमा लिएको छ।, जिपको ठक्करले उदयपुरमा एकको मृत्यु
खिलानाथ ढकाल गत साउन २५ गते काठमाडौं-२२ गडबहाल क्षेत्रबाट हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गर्‍यो।, तनुज इन्टरप्राइजेज प्रालिका सञ्चालक तरुण अग्रवालसहित चार जनालाई पक्रँदा प्रहरीले ९१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको थियो।, कोरोनाभाइरसको महामारीका कारण त्यतिबेला काठमाडौं लकडाउनबाट विस्तारै ‘लुजडाउन’को मोडालिटीमा गइरहेको थियो। बैंक तथा वित्तीय संस्थामा कारोबार आरम्भ भइसकेको थियो। अग्रवाल भने ती निकाय छलेर गैरकानुनी माध्यमद्वारा पैसाको कारोबार गरिरहेका थिए।, प्रहरीको आँकडा हेर्ने हो भने काठमाडौं उपत्यकामा हुन्डी कारोबार मौलाउँदो देखिन्छ। लकडाउन हुनु केहीअघि र पछि बैंक तथा वित्तीय संस्था छलेर हुन्डीमार्फत् कारोबार गरिएका तथ्यांक काठमाडौं प्रहरीको अभिलेखमा छ।, प्रहरीले २०७७ पुस २० गते नागढुंगाबाट स्रोत नखुलेको १ करोड ४७ लाख ४६ हजार रुपैयाँ फेला पारेको थियो। कपिलवस्तुबाट काठमाडौं आइरहेको प्रदेश ३-०१-०२३च २२५९ नम्बरको सिल्भर रंगको कारबाट उक्त बराबरको स्रोत नखुलेको उक्त रकम प्रहरीले बरामद गरेको थियो।, यो सँगै गत पुसयता सात पटक गरेर काठमाडौं प्रहरीले चार करोड ६१ लाख ७३ हजार रुपैयाँ हुन्डीको रकम बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा १७ जनालाई पक्राउ गरिएको छ।, रकमसहित पक्राउ परेका ती १७ जना सबैलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ।, ‘प्रहरी जाँदा रकम भेटिने तर मानिस भागेका केही उदाहरण पनि छन्, त्यस्तो रकम भने हामी राजश्व अनुसन्धान विभाग पठाउने गरेका छौं,’ परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह भन्छन्, ‘अधिकांश ठाउँमा रकमसहित व्यक्ति समातिएका छन्, उनीहरूलाई सम्पत्ति शुद्धीकरण प्रयोजनार्थ पठाएका छौं।’, पछिल्लो समय कोरोनाभाइरसको महामारीका कारण व्यापार, व्यवसाय र रेमिट्यान्स घटेको स्थितिमा पनि हुन्डी कारोबार भने भइरहेको छ।, ‘योचाहिँ हाम्रो सूचनामा आइपुगेको र हामीले कारबाही गर्दा फेला परेको रकम हो,’ सिंह भन्छन्, ‘हामीले थाहा नपाएको त कति होला कति।’, आयस्रोत नदेखिएको त्यस्तो रकमको कारोबारबाट मानिसले कालो धन आर्जन गरेको हुनसक्ने शंकामा विभागले पनि पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्ने गरेको छ।, काठमाडौंमा हुन्डी कारोबार हुने मुख्य क्षेत्र न्युरोड हो। न्युरोडबाट मात्र प्रहरीले पटक-पटक गरेर एक करोडभन्दा बढी बरामद गरेको छ। भिडभाड र व्यापारिक गतिविधि हुने क्षेत्र भएकाले यहाँ हुन्डी कारोबार बढी हुने गरेको सिंह बताउँछन्।, हुन्डी रेमिट्यान्स भए पनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन। सरकारी कोषमा विदेशी मुद्रा नआउने भएकाले अभिलेखमा रहँदैन।, घर परिवारले पाएको रकम बढिरहेको तर औपचारिक च्यानलबाट आएको रकम भने कम देखिन्छ।, अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउने, अनौपचारिक क्षेत्रमा लगानी हुने हुनाले अनधिकृत व्यापार, व्यवसायसँगै राजश्वसमेत घटाउँछ।, ‘हुन्डी नियन्त्रण हुन नसक्दा अन्य किसिमका अपराध पनि बढेको देखिन्छ,’ सिंह भन्छन्।, हुन्डीको कारोबार सुन तस्करी, लागुऔषध, हतियार तस्करीमा समेत प्रयोग हुने गरेको उनी बताउँछन्।, ‘आतंकवादी क्रियाकलापको पैसा पनि हुन्डीमार्फत् एक देशबाट अर्को देशमा पुग्ने गरेको छ,’ सिंह भन्छन्।, प्रहरीका अनुसार हुन्डी कारोबारले बैंक तथा वित्तीय कारोबारको दायित्व पूरा गरेको हुँदैन। राष्ट्र बैंकले लागू गरेको बैंकिङ प्रणालीभित्रबाट कारोबार नहुने भएकाले यो गैरकानुनी हो।, हुन्डीको प्रमुख स्रोत भनेको चाहिँ रेमिट्यान्स हो। कतार, दुबई, साउदी अरब, मलेसियाबाट नेपालमा रेमिट्यान्स औपचारिक र अनौपचारिक दुई तरिकाले आउने गरेका छन्।, नेपालमा बस्ने तर भारतीय व्यक्तिहरू समेत यो कार्यमा देखिएको सिंह बताउँछन्। हतार-हतारमा कुनै कारोबार गर्नुपर्दा उनीहरू एजेन्टमार्फत् व्यक्ति-व्यक्तिका हातमा रकम पुर्‍याइदिने चाँजो मिलाउँछन्।, अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्सलाई हुन्डी भनिएको हो। हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध माध्यम हो, दुबै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार गरिने गरिएको छ।, ‘भारतबाट पैसा पठाउन हुन्डीको त्यहाँको नेपालको एजेन्टलाई खबर गर्छ। नेपालको एजेन्टलाई पैसा दिएपछि भारतको एजेन्टले आफ्नो व्यक्तिलाई पैसा उपलब्ध गराउँछ,’ उनले भने, ‘यसबापत उनीहरूले केही प्रतिशत कमिशन लिने गर्छन्।’ , विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानलबाट पठायो भने त्यो रेमिट्यान्समा गनिन्छ। बैंकिङ च्यानलबाट नभई अन्य दलालमार्फत् सिधै पैसा पठायो भने बैंकिङ प्रणालीभित्रको राजश्व रकम तिर्न पर्दैन।, कार्यथलोमै लिन आउने र घरमै पुर्‍याइदिने, धेरै शुल्क पनि नलाग्ने भएकाले मानिसहरू हुन्डीमा आकर्षित हुने गरेका छन्।, ‘हुन्डीबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट पठाउँदाभन्दा कम समय लाग्ने, पैसाको स्रोत खुलाउने तथा अन्य प्रक्रियागत झन्झट पनि नहुने भएकाले मानिसहरू आकर्षित भएका हुन्,’ सिंह भन्छन्।, यस्ता कारोबार रोक्ने चुनौती भने प्रहरीलाई नै आइपर्ने गरेको उनी बताउँछन्।, ‘हुन्डी बढ्यो भने सुन तस्करी, लागुऔषध तस्करीलगायत अपराध बढ्छन्,’ उनले भने, ‘यस्ता तस्करी रोक्ने दायित्व प्रहरीलाई नै नै छ।’, सूचना संकलन र परिचालनले भ्याएसम्म हुन्डी कारोबार रोक्न खोजिएको सिंह बताउँछन्।, राष्ट्र बैंकका अनुसार हुन्डी कारोबार रोक्नका लागि नेपालमा विभिन्न रेमिट कम्पनीलाई लाइसेन्स दिइएको छ। उनीहरूमार्फत् औपचारिक च्यानल प्रयोग गरी रेमिट्यान्स पठाउन सकिन्छ।, ‘हामीले जनतालाई जानकारी पनि दिने गरेका छौं, दुई चार पैसा बच्ला तर व्यक्ति ठगिने सम्भावना बढी हुन्छ। देशको लागि पनि घाटा हो। त्यसैले हामीले वित्तीय चेतनामूलक सन्देशहरू दिइरहेका छौं,’ राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेल भन्छन्।  , उनका अनुसार रेमिट्यान्स पठाउन बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने व्यवस्था पनि मिलाइएको छ।  त्यसरी खाता खोल्ने व्यक्तिलाई मौज्दात रकमको एक प्रतिशतसम्म ब्याज थपिदिने व्यवस्था मिलाइएको छ।, ‘साधारणत: ७ प्रतिशत ब्याज पाइन्छ भने औपचारिक च्यानलबाट पठाउनेलाई प्रोत्साहित गर्न एक प्रतिशत ब्याज थपिदिने गरिएको छ,’ उनी भन्छन्, ‘हुन्डीबाट आउँदा विदेशी मुद्रा उतै रहने भएकाले मुद्रा राज्यको ढुकुटीमा सञ्चिति रहँदैन। त्यसैले, राज्यले चाहेको बेला ऋण लिइरहनु परेको छ।’, ९ महिनामा साढे चार करोडसहित काठमाडौंबाट पक्राउ परे १७ हुन्डी कारोबारी
सेतोपाटी संवाददाता वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा  ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधबार जानकारी गराएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनले यो बर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ।, सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकाप्रति जोड दिँदै मानव स्वासप्रश्वासमा देखिने अन्य समस्यामा धूम्रपान र अस्वास्थ्यकर भोजनसँग सम्बन्धित रहेको बताएको छ।, डब्लुएचओका अधिकारीहरूले भनेका छन्, ‘वायुको गुणस्तरसम्बन्धी सबै निर्देशनहरू कमजोर रहेको भन्दै यसको सुधारका लागि कठोर नीति लिने बताएको छ। वायु प्रदुषण तथा स्वस्थ आहारमा ध्यान दिन मात्रै सकेमा विश्वमा लाखौंको ज्यान जोगाउन सकिन्छ।’, वायु प्रदुषण नियनत्रणका लागि ल्याइने नयाँ कानूनको उद्देश्य वायु प्रदूषणको प्रतिकूल असरबाट मानिसहरूलाई जोगाउनु हो र यसबाट सरकारहरूले कानूनी तवरमा बाध्यकारी स्तरहरूको सन्दर्भको रूपमा प्रयोग गर्नेछन्।, संयुक्त राष्ट्र संघीय स्वास्थ्य निकायले सन् २००५ मा अन्तिम पटक वायु गुणस्तरसम्बन्धी दिशानिर्देश (एक्युजी) जारी गरेको थियो, जसले विश्वभरि प्रदूषण कम गर्ने नीतिहरूमा उल्लेखनीय प्रभाव पारेको छ। तथापि विश्व स्वास्थ्य संगठनले १६ वर्षभित्रमा वायु प्रदूषणले पहिले भन्दा कम मात्रामा स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा देखाउँदै अझ बलियो प्रमाणहरू देखा परेको कुरा उल्लेख गरेको छ।, संगठनले भनेको छ, ‘विशेष देश वा क्षेत्रहरूमा मात्र नभई विश्वव्यापी रूपमा प्रमुख वायु प्रदूषकहरूको सङख्या जोखिम कम गर्न गरिएका कार्यहरूको सफाइ दिन कुनै देश विशेष मात्र नभइ विश्व समुदाय नै चुकेका प्रमाण पर्याप्त पाइन्छन्।’, यो नयाँ दिशानिर्देश अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतको ग्लासगोमा आयोजित विश्वव्यापी जलवायु शिखर सम्मेलन (कोप–२६) को लागि ठीक समयमा आएको छ।, विश्व स्वास्थ्य संगठनका अनुसार जलवायु परिवर्तनसँगसँगै वायु प्रदूषण मानव स्वास्थ्यको लागि सबैभन्दा ठूलो वातावरणीय खतरा हो। वायु गुणस्तर सुधार गर्दा जलवायु परिवर्तन कम गर्ने प्रयासमा वृद्धि हुनेछ र वायु गुणस्तर सुधार नगर्दा यसको ठीक विपरीत प्रभाव पर्ने सङ्गठनको ठहर छ। रासस, विश्वको नयाँ दिशानिर्देशअनुसार ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र कार्बन मोनोअक्साइडलगायत छ वटा प्रदूषकको लागि वायु गुणस्तरको स्तर सिफारिस गरिएको छ।, अन्य दुईमा १० र २.५ माइक्रोन वा सोभन्दा सानो पदार्थ स्वस्थ जीवनका लागि खतरनाक मानिने गर्छ। किनकि यिनीहरू फोक्सोमा सहजै गहिरो तहसम्म प्रवेश गर्न सक्षम हुन्छन् तर अनुसन्धानले देखाएअनुसार पीएम २.५ रक्तप्रवाहमा समेत प्रवेश गर्न सक्छ। यसको परिणामस्वरूप मुख्यतया मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ तर अन्य अंगहरूलाई पनि असर गर्ने डब्लुएचओले बताएको छ। सन् २०१९ मा, विश्व जनसंख्याको ९० प्रतिशत भन्दा बढी मानिसहरू लामो समयसम्म पीएम २.५ को जोखिमका लागि २००५ एकक्यूजी भन्दा बढी भएको क्षेत्रमा बसोबास गर्थे।  दक्षिणपूर्वी एसिया वायु प्रदुषका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो।, डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भने, ‘वायु प्रदूषण सबै देशहरूमा स्वास्थ्यको लागि खतरा हो तर यसले निम्न तथा मध्यम आय भएका देशका मानिसहरूलाई सबैभन्दा बढी असर गर्छ। संगठनका अनुसार सन् १९९० को दशकदेखि उच्च आय भएका देशहरूमा वायु गुणस्तरमा उल्लेखनीय सुधार आएको भए तापनि विश्वव्यापी रूपमा मर्नेहरूको सङ्ख्या र सबैभन्दा धेरै स्वस्थ जीवन गुमेको बर्षलाई घोषणा गरेको पाइँदैन। देशहरूको कमजोर आर्थिक अवस्थाका कारण धेरै देशहरूमा वायु गुणस्तर सामान्यतया खस्कँदै गएको छ।’, डब्लुएचओले भनेको छ, ‘हरेक वर्ष वायु प्रदूषणले गर्दा ७० लाख अकालमै मृत्यु हुने अनुमान गरिएको छ र यसले गर्दा लाखौं मानिसहरूको ज्यान गएको अनुमान गरिएको छ।’, बच्चाहरूमा फोक्सोको वृद्धि र काम गर्ने क्षमता, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण तथा दम झनै बढेको हुन सक्छ।, वयस्कहरूमा, इस्केमिक मुटु रोग, जसलाई कोरोनरी मुटुसम्बन्धी रोग पनि भनिन्छ, र मस्तिष्कघातलगायतका बाहिरी वायु प्रदूषणले गर्दा अकालमा हुने मृत्युको सबैभन्दा सामान्य कारण हो। मधुमेह र न्युरोडजेनरेटिभ अवस्था जस्ता अन्य प्रभावहरूको प्रमाण पनि देखा पर्न थालेको संगठनले उल्लेख गरेको छ।, विश्व–स्वास्थ्यसंघले बताएअनुसार वायु प्रदूषणले गर्दा हुने रोगको बोझ ‘अस्वास्थ्यकर भोजन र धूमपानजस्ता विश्वव्यापी स्वास्थ्यसम्बन्धी अन्य प्रमुख खतराहरूसित’ पनि सम्बन्धित छ। रासस, वायु प्रदूषणका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : डब्लुएचओ
राजेश घिमिरे जग्गा लिजसम्बन्धी ऐन कार्यान्वयन नगर्दा चितवनको भरतपुर अस्पतालले वर्षेनी करोडौं रकम गुमाउँदै आएको छ।, अस्पतालले आफ्नो नाममा रहेको करिब साढे ३० बिघामध्ये २० बिघा बढी जमिन विभिन्न संस्थालाई उपलब्ध गराएको छ। उक्त जमिनलाई मालपोत ऐनअनुसार लिजमा परिणत गर्न सकेको छैन।, वर्षौंअघि भोगाधिकार दिइएको जमिनलाई समयानुकूल परिमार्जन गर्न नसक्दा अस्पतालले वर्षेनी करोडौं रुपैयाँ गुमाउँदै आएको छ।, भरतपुर अस्पतालले २०५० साउन २४ गते आफ्नो नाममा रहेको ९ बिघा जमिन पुरानो मेडिकल कलेजलाई ४९ वर्षका लागि लिजमा उपलब्ध गराएको थियो। २८ वर्षअघि सम्झौता गर्दा प्रतिबिघा वार्षिक ५० हजार रुपैयाँ तोकिएको थियो।, जबकी मालपोत कार्यालय चितवनको मूल्यांकनअनुसार आर्थिक वर्ष २०७६/०७७ मा उक्त स्थानको जग्गाको न्यूनतम मूल्य प्रतिकट्ठा ६३ लाख रुपैयाँ छ। यो मूल्यांकनअनुसार मेडिकल कलेजले भोग गर्दै आएको ९ बिघा जमिनको न्यूनतम मूल्य १ अर्ब १३ करोड ४० लाख हुन्छ।, मालपोत ऐन २०३४ को दफा २४(१) को प्रयोजनका लागि जारी भएको सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी (दोश्रो संशोधन) कार्यनीति २०७१ को अनुसूची १(३) ङ बमोजिम सरकारी जग्गा लिजमा परिणत भए प्रतिवर्ष न्यूनतम मूल्यको १ प्रतिशत रकम लिनुपर्ने उल्लेख छ। यसअनुसार मेडिकल कलेजले भरतपुर अस्पताललाई वार्षिक न्यूनतम १ करोड १३ लाख ४० हजार रुपैयाँ लिजबापत् बुझाउनु पर्ने हुन्छ। भरतपुर अस्पतालले लिनुपर्ने भन्दा १ करोड ४ लाख ४० हजार रुपैयाँ कम रकममात्रै बुझिरहेको छ।, महालेखा परीक्षकको कार्यालयले भरतपुर अस्पताललाई मेडिकल कलेजसँग लिनुपर्ने रकम किन नलिइएको हो भनेर प्रश्न सोध्न थालेको वर्षौं भइसक्यो।, भरतपुर अस्पताललाई सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति २०७१ बमोजिम सम्झौता परिमार्जन र संशोधन गरी न्यूनतम लिज रकम असुल गर्न विगतमै निर्देशन दिइएको भए पनि सम्बन्धित निकायबाट काम नभएको पाइएको २०७८ सालको भदौमा तयार महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।, भरतपुर अस्पतालले भने यस विषयमा पुरानो मेडिकल कलेजलाई पटक-पटक ताकेता गर्दा पनि अटेरी गरेको दाबी गरेको छ। अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले २८ वर्षअघि तत्कालीन अवस्थालाई मध्यनजर गरेर गरिएको सम्झौता ऐन संशोधन भएसँगै खारेज भएर संशोधित कार्यनीतिअनुसार लागू हुनु पर्नेमा त्यसो हुन नसकेको बताए।, ‘संशोधित ऐन अनुसारको पैसा बुझाउनु भनेर मेडिकल कलेजलाई अस्पताल विकास समितिले २ पटक, अस्पताल प्रशासनले ४ पटक पत्राचार गरेको छ, मेडिकल कलेजका सञ्चालक भी नटराजसँग म आफैंले २ पटक छलफल गरिसकें,’ डाक्टर अधिकारीले भने, ‘तर उनीहरूले हाम्रो कुरालाई वास्ता गरेनन्।’, अध्यक्ष डाक्टर अधिकारीका अनुसार मेडिकल कलेजले भरतपुर अस्पतालसँग भएको सम्झौता अनुसारको रकममात्रै बुझाए पुग्ने, थप रकम बुझाउनु नपर्ने अडान राख्दै आएको छ। कलेजले थप रकम बुझाउनु नपर्ने भन्दै जिल्ला अदालत चितवनमा मुद्दा दायर पनि गरेको छ।, २०६३ सालमा सम्झौता पुनरावलोकन भयो। प्रति बिघा भाडा वार्षिक ५० हजारलाई बढाएर १ लाख पुर‍्‍याइयो। त्यतिखेर भरतपुर अस्पतालका अध्यक्ष बद्री तिमिल्सिना थिए। सम्झौतामा मेडिकल कलेजले ९ बिघा जमिनको भाडा वर्षमा ९ लाख पुर्‍याइए पनि त्यसमा हरेक वर्ष १० प्रतिशत थपेर भाडा तिर्नुपर्ने सर्त भने हटाइएको थियो।, पछि रामलाल महतो अस्पतालका अध्यक्ष हुँदा उक्त सम्झौता कार्यान्वयनको अनुमति लिन स्वास्थ्य मन्त्रालय पुगे। तर मन्त्रालयले जग्गाको न्यूनतम मूल्य नबढ्ने गरी गरिएको सम्झौता कार्यान्वयन गर्न स्वीकृति दिएन।, ‘मन्त्रालयले त्यतिखेरै सम्झौता सच्याउनु भनेको थियो तर त्यसलाई कहिल्यै सच्याइएन,’ डाक्टर अधिकारीले भने, ‘पछि सरकारले नै जग्गा लिजसम्बन्धी कार्यनीति बनाएपछि पनि लागू हुन सकिरहेको छैन।’, भाडाको विषयमा विवाद बढेपछि राष्ट्रिय सतर्कता केन्द्रको एउटा टोली आएर छनबिन पनि गरेको थियो। सबै कुरा बुझेपछि केन्द्र मेडिकल कलेजलाई कारबाहीको प्रकृया अघि बढाउने तयारीमा थियो तर कारबाही भएन।, ‘मैले नटराजलाई भेटेर भाडा नतिरे मुद्दा हाल्छु पनि भनें तर पछि कलेजले सम्झौतामा जे छ त्यही मात्रै तिर्ने हो भनेर उल्टै अस्पतालविरूद्ध पो मुद्दा हाल्यो,’ उनले भने।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ ऐनअनुसार नगरे सबै सहयोग रोकिन्छ भनेर चेतावनीसहितको पत्र पनि पठाएको डाक्टर अधिकारी बताउँछन्।, अध्यक्ष डाक्टर अधिकारी महालेखा परीक्षकले सुरुआती सम्झौता अनुसारको रकम र २०७१ सालको ऐन अनुसारको रकम दुबै बुझाउन ताकेता गर्दा मेडिकल कलेज बिच्किएको बताउँछन्।, ‘दुईमध्ये एक रकममात्र बुझाए हुनुपर्ने हो तर दुवै रकम किन देखिएन भन्ने प्रश्न आउँदा मेडिकल कलेज पनि बिच्किएको जस्तो लाग्छ,’ उनले भने, ‘छलफल बाट यसको समाधान निकाल्नुपर्छ।’, उनले अहिलेसम्मका लागि सुरुआती सम्झौता अनुसारको भाडा लिएर अबबाट नयाँ कानुन अनुसारको भाडा लिनेगरी सहमति गर्न प्रयास भइरहेको बताए।, ‘यद्यपी मुद्दा अदालतमा पुगिसकेको छ, अब अदालतले नै किनारा लगाउला, अस्पतालले आवश्यक कागाजपत्र बुझाइसकेको छ,’ उनले भने।, भरतपुर अस्पतालले नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पताललाई ४ बिघा जग्गा भोगाधिकार दिएकोमा लिजमा परिणत भएको नदेखिएको पनि आर्थिक वर्ष २०७६/०७७ को महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। आफ्नो स्वामित्वमा रहेको जग्गा कानुनको रित पुर्‍याई उपयोग गर्नु पर्नेमा त्यसो नगरी भोगाधिकार दिइएको भन्दै प्रतिवेदनमा भरतपुर अस्पतालको पुनः ध्यानाकर्षण गराइएको छ।, आँखा अस्पतालले उपभोग गर्दै आएको ४ बिघा र भरतपुर अस्पतालको मुख्य प्रवेश द्वारकै दायाँतर्फ १ कट्ठाभन्दा बढी जग्गामा बनेको नेपाल रेडक्रस सोसाइटीको २ तल्ले भवन भाडा वा लिजमा दिइएको सम्झौतालगायतका प्रमाण नदेखिएको भन्दै महालेखा परीक्षकको कार्यालयले कानुनको रित पुर्‍याएर काम गर्न सम्झाएको छ। , अस्पतालका अध्यक्ष डाक्टर अधिकारी भरतपुर अस्पतालको क्षेत्रमा नेपाल सरकारकै आँखा अस्पताल बन्नुलाई राम्रै मान्नुपर्ने बताउँछन्। आँखा अस्पताल रहेको जमिनको स्वामित्व अहिले पनि भरतपुर अस्पतालकै छ। भाडा नतिर्ने गरी भरतपुर अस्पतालको जमिनबाट सेवा दिएको आँखा अस्पतालले भरतपुर ओह्रालोमा अर्को अस्पताल निर्माण गरेर भाडामा लगाएको छ। , भरतपुर अस्पताल परिसरमै रहेको सिटिइभिटी कलेजले पनि अस्पतालको जमिनको ठूलो हिस्सा ओगट्दै आएको छ। अस्पतालले २०३२ सालमा अनमी पढाउनका लागि भनेर त्रिभुवन विश्वविद्यालयलाई उक्त जग्गाको भोगाधिकार दिएको थियो। तर २०५० सालमा त्रिविले भरतपुर अस्पतालको अनुमतिबेगर सिटिभिटीलाई उक्त स्थान उपलब्ध गराएको थियो।, उक्त संरचनालाई आफ्नो मातहतमा ल्याउन अस्पतालले प्रयास गरिरहे पनि सकेको छैन। त्यस्तै अस्पतालकै १० कट्ठा १० धुर जमिनमा जिल्ला स्वास्थ्य कार्यालयको भवन छ। अस्पताल परिसरमा रहेको साझा औषधी पसल सञ्चालन गर्न साझा स्वास्थ्य सेवालाई जग्गा उपलब्ध गराइएको छ। अस्पतालकै लागि प्रयोग जमिन भने कुल जमिनको एक तिहाइमात्रै बाँकी छ।, २०१३ सालमा चितवनमा बस्ती बस्न सुरू हुँदै गर्दा राप्ती दुन उपत्यका विकास समिति र अमेरिकी सरकारको प्रयासमा स्थापना भएको अस्पताल २०२० सालमा महेन्द्र आदर्श चिकित्सालय हुँदै भरतपुर अस्पताल बनेको हो। यो अवधिमा अस्पताल जमिनको ठूलो हिस्सा गुमाउँदै आफ्नै महत्वपूर्ण पूर्वाधार निर्माणका लागिसमेत जमिनको अभाव व्यहोर्नु पर्ने अवस्थामा पुगेको छ। , भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालको जमिनमा हालीमुहाली गर्न ‘ठूला बडा’को दादागिरी चल्ने गरेको बताए।, ‘अस्पतालले पत्र लेखे पनि यो स्तरको पहुँच चल्दैन,’ उनले भने, ‘ठूला बडाको दादागिरी चलिरहेको छ।’, उनले मेडिकल कलेजलाई नियमअनुसार पैसातिर भन्दा उल्टै मुद्दा हालेको भन्दै अब अदालतले नै सबै कुराको निर्णय गर्ने बताए।, भरतपुर अस्पताललाई महालेखाको प्रश्न,‘केन्द्रीय अस्पतालमा पत्थरीको अप्रेशन गर्न ६ महिना कुर्नुपर्ने?’, महालेखा परीक्षकको कार्यालयले नेपाल सरकारले भरतपुर अस्पताललाई विशिष्टिकृत विशेषज्ञ सेवासहितको संघीय अस्पतालमा स्तरोन्नति गरेको भए पनि गुरुयोजनामा उल्लेख भएअनुसारका भौतिक पूर्वाधार निर्माण हुन नसक्दा सेवा प्रवाहमा असर परेको प्रतिवेदनमा उल्लेख गरेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २०७४ साल जेठ २५ गते भरतपुर अस्पतालको गुरुयोजना स्वीकृत भएको थियो। गुरुयोजनाअनुसार अस्पतालमा १ हजार शैयाको प्रतिष्ठान, इमर्जेन्सी भवन, मेटरनिटी, पेड्रियाटिक, क्यान्सर, साइक्याट्रिक ब्लक, कर्मचारी आवास भवन निर्माण गर्ने उल्लेख भएकोमा कार्य आरम्भ भएको नदेखिएको भन्दै ‘प्रतिवेदनमा गुरुयोजना बमोजिमका कार्य सम्पन्न गर्नुपर्दछ’ भनिएको छ।, त्यसैगरी भरतपुर अस्पतालले दैनिक १ हजार ५०० बिरामीको उपचार गरेको भए तापनि चिकित्सकको सेवा लिन बिरामीले सास्ती पाउनु परेको भन्दै महालेखाले सेवालाई व्यवस्थित बनाउन निर्देशन दिएको छ।, ‘चिकित्सकको सेवा लिन बिरामी बिहान ६ बजे नै अस्पताल पुगिसक्नुपर्ने, कम्तीमा ४ देखि ६ घन्टा प्रतीक्षा गर्नुपर्ने, पत्थरीको अप्रेशन गर्न ३ देखि ६ महिना कुर्नुपर्ने, पाठेघर खस्ने रोग तथा ट्युमरको अप्रेशन गर्न १ देखि २ महिना प्रतीक्षा  गर्नुपर्ने स्थिति रहेकाले बिरामीहरू अन्य अस्पतालबाट सेवा लिन बाध्य भएको देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘बिरामीको चाप बढ्दै गएको अवस्थामा अस्पतालले सेवालाई थप व्यवस्थापन गर्न चिकित्सकलगायत पर्याप्त भौतिक पूर्वाधारको व्यवस्था मिलाउनुपर्दछ।’, साथै प्रतिवेदनमा विशिष्टिकृत अस्पताल भनिए पनि उपचारका लागि आवश्यक पर्ने कक्ष र उपकरणको व्यवस्था नहुँदा बिरामीले महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउनु परेको उल्लेख छ। बिरामीको चाप अधिक भए पनि मुटु रोगको सघन उपचार कक्ष, गम्भीर बिरामीलाई राखिने सर्जिकल आइसियू, ट्रमा सेन्टर, एमआरआई मेसिन, गर्भमा रहेको बच्चाको समग्र अवस्था पहिचान गर्ने फेटल एनोमली स्क्यान मेसिनलगायतका उपकरण उपलब्ध नहुँदा बिरामीलाई समस्या भएको भन्दै महालेखाको प्रतिवेदनमा आवश्यक उपचार कक्ष, मेसिन, उपकरणसमेतको व्यवस्थागरी गुणस्तरीय स्वास्थ्य उपचार सेवा योग्य अस्पताल बनाउन भनिएको छ।   , नाममात्रको केन्द्रीय अस्पताल, भरतपुर अस्पताल जिल्ला अस्पतालबाट केन्द्रीय अस्पताल बने पनि यहाँको सेवामा कुनै परिवर्तन देखिएको छैन। बरू अस्पतालको कार्यकारी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट छोटो अवधिमै फेरिँदा सेवाहरू प्रभावित बन्दै आएका छन्। भरतपुर अस्पताल केन्द्रीय अस्पताल बनेयता मात्रै यहाँ ९ पटक मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भइसकेका छन्।, अस्पतालको प्रमुख कार्यकारीको पद नै अस्थिर बन्दा अस्पतालको तल्ला संरचनाहरू पनि प्रभावविहीन बनेका छन्। कोरोना भाइरसको महामारीसँगै स्थगित गरिएका सेवाहरु सुचारु नहुँदा बिरामी मर्कामा परेका छन्। बरू चिकित्सकहरू नै सरकारी अस्पतालमा हाजिर गरेर निजी अस्पतालमा सेवा दिने गरेको गुनासो बढ्दो क्रममा छ।, करिब ३ महिनामात्रै अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरेका डाक्टर रोशन न्यौपानेलाई विस्थापन गर्दै नयाँ मेसु बनेका डाक्टर कृष्णप्रसाद पौडेलले अस्पतालको गुरुयोजना कार्यान्वयन, उपचार कक्ष, उपकरण लगायतको उपलब्धता लगायतको विषयमा महालेखाको चासोको विषयमा प्रतिकृया दिन चाहेनन्।, भरतपुर अस्पतालमा केन्द्रले स्वीकृति दिएको ३ सय र अस्पताल विकास समितिको ३ सय शैया क्षमता छ।, भरतपुर अस्पतालले यसरी गुमाइरहेको छ वर्षेनी करोडौं रकम
युनिक श्रेष्ठ अजय कुइँकेल बुढानिलकण्ठ नगरपालिका-१२, कपनको मिलन चोकमा बस्छन्। उनी त्यहीँ हुर्किएका हुन्। दिउँसो एउटा सहकारीमा जागिर खान्छन् र साँझपख बुवाको 'कुमार बेकरी एन्ड डेरी पसल' मा बस्छन्।, मंगलबार राति उनी सधैंझैं पसलमा बुवालाई सघाउँदै थिए। बाहिर झमझम पानी पर्दै थियो।, अजयको घरअगाडि एउटा बाटो छ जहाँ कुनै समय खहरे खोला बग्थ्यो। यही खोला काठमाडौं-६ र बुढानिलकण्ठ-१२ को सिमाना पनि हो। बढ्दो सहरीकरणले नदीखोला मिच्दै जाने क्रममा कपनको यो खहरे खोलामाथि ग्राभेल बाटो बन्यो र बाटोमुनि खोलाको पानी पठाउन ह्युम पाइप राखियो।, ग्राभेल गरिएको बाटो जुन ठाउँमा पुगेर ढलान सडकसँग जोडिन्छ, त्यहीँनिर बीच बाटोमै धेरै दिनदेखि ढल ह्वांगै छ। झमझम वर्षा हुँदा यो ह्वांग ढलमा पानी बढेर बाटो जलाम्य हुन्छ। घर-घरमा पानी पस्छ। मंगलबार पनि पानी बढेर घुँडासम्म आएको अजय बताउँछन्।, 'पानी घट्ने छाँट नदेखेपछि मैले पसलबाहिर टाँगिएका सामान हतारहतार भित्र थन्क्याएँ, अनि पसलबाट बाहिर हेर्दै बसेँ,' उनले भने, 'यस्तो बेला मलाई ह्वांग परेको ढलमा कोही खस्छ कि, बाइक दुर्घटनामा पो पर्छ कि भन्ने चिन्ता लागिरहन्छ।', त्यत्तिकैमा अन्दाजी १० वर्षको बालक पानीमा रुझ्दै, उफ्रिँदै, नाच्दै आयो। ऊ आफ्नै सुरमा थियो। बच्चालाई त्यसरी हुत्तिँदै आएको देखेपछि अजयलाई डर लाग्यो। उनी पसलबाटै आत्तिँदै कराए, 'भाइ... पख पख... एकछिन पख।', उनी चिच्याएको सुनेर वरिपरि पसलका मान्छे हेर्न आए। तर एक सुरमा रमाउँदै दौडिरहेको बालकले अजय कराएको सुनेन वा वास्ता गरेन। ऊ हेर्दाहेर्दै ढलमा खस्यो।, 'त्यो भाइले ठूलो मान्छेले भनेको किन मान्नु भन्ठान्यो कि! बाटोमा पानी जमेको होला, म त्यही पानीमा छप्ल्यांग गर्दै उफ्रिन्छु पो भन्ठान्यो कि!' बालकलाई ढलमा खसेको प्रत्यक्ष देखेका अजयले भने, 'पख भाइ पख भन्दाभन्दै ऊ ढलमा खसिहाल्यो। सबैतिर पानी जमेकाले कहाँ ढल हो, कहाँ बाटो भन्ने पनि राम्ररी देखिएको थिएन।', बालक ढलमा हराएपछि वरिपरिका सबै नजिक गए तर बचाउन सकेनन्।, लगत्तै अजयले राति ८ बजेर २० मिनेट जाँदा प्रहरीको कन्ट्रोल नम्बर १०० मा खबर गरे। केही बेरमै प्रहरी आइपुग्यो। तर पानीको तीव्र बहावका कारण कसैले केही गर्न सकेनन्। प्रहरीले राति ११ बजेसम्म खोजतलास गर्दा पनि बालक फेला परेन।, त्यति बेलासम्म बालकको पहिचान पनि खुलेको थिएन। बालक हराएको कुनै उजुरी प्रहरी कार्यालयमा आइसकेको थिएन। , केही सिप नलागेपछि प्रहरी र स्थानीय घर फर्किए। अजय पनि घर फर्किए। उनलाई रातभरि त्यो घटना झल्झल्ती याद आइरह्यो। बालक देखापरिहाल्छ कि भनेर कयौंचोटि झ्यालबाट पनि हेरे। तर, त्यहाँ छ्यालब्याल पानीबाहेक बच्चाको नामनिसान थिएन।, आफूले रोक्ने प्रयास गर्दागर्दै बच्चा ढलमा खसेकाले पनि पछुतो लागिरहेको उनी बताउँछन्।, 'आफ्नै गल्ती हो कि जस्तो लागिरहेको छ,' अजयले भने, 'खोला मात्रै भइदिएको भए पौडिएर बचाउन सकिन्थ्यो होला तर त्यत्रो झरी बेला ढलमा एकचोटि खसेपछि चाहेर पनि केही गर्न सकेनौं। खस्नेबित्तिकै एक सेकेन्डमै ह्युम पाइपभित्र बच्चा कता हरायो कता!', उनका अनुसार त्यो ह्वांग ढलमाथि ढलान गर्ने काम केही महिना अघिसम्म चल्दै थियो। बर्खा सुरू भएपछि काम रोकियो। त्यो ठाउँ खुल्लै रह्यो। दुर्घटना नहोस् भनेर स्थानीयले केही नगरेका पनि होइनन्। उनीहरूले चारैतिरबाट बाँस लगाएर रिबन टाँगेका थिए। तर बाढीले बाँसको बार र रिबन पनि बगायो।, 'यति गहिरो ढल यत्तिकै खुला राख्नुहुन्न भनेर बारम्बार भन्दा पनि कसैले वास्ता गरेनन्। अहिले यस्तो दुर्घटना भोग्नुपर्यो,' अजयले भने।, महानगरीय प्रहरी प्रभाग कपन र सामाखुसीस्थित विपद व्यवस्थापनबाट १३ जनाको प्रहरी टोलीले बुधबार बिहानै घटनास्थल पुगेर बालकको खोजी सुरू गरेको थियो। ह्युम पाइपभित्रै पसेर खोज्दा पनि बालक फेला नपरेको कपनकी प्रमुख प्रहरी निरीक्षक भगवती तिमल्सेनाले बताइन्।, 'टोलीले पाइपभित्र हेर्न मिल्ने जति सबै ठाउँमा खोज्यो। यो ढलबाट बग्ने पानी धोबीखोलामा मिसिन्छ, हामीले त्यहाँ पनि गएर हेर्यौं। तर अहिलेसम्म बालक फेला परेको छैन,' उनले सेतोपाटीसँग भनिन्।, महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बालकको खोजी जारी रहेको र यसको निम्ति सबै संयन्त्रलाई पत्राचार गरिएको जानकारी दिए।, कपनको प्रहरी कार्यालयमा अहिले दुईवटा बच्चा हराएको उजुरी परेको छ। एउटा बच्चा बिहानैदेखि हराएको र अर्को बेलुकी हराएको भन्ने उजुरी परेको हो। बेलुकी हराएको भनिएको बालक नै ढलमा खसेर बेपत्ता भएको हुनसक्छ तर नभेटिएसम्म पहिचान ठ्याक्कै भन्न नसकिने प्रहरी अधिकारीहरू बताउँछन्।, उजुरी परेकामध्ये एउटा बालक गएराति हजुरबुवासँग फुपूको घरबाट निस्किएका थिए। फुपूको घर कपनको खरिबोटमा छ। हजुरबुवा र हजुरआमा साततले भन्ने ठाउँमा बस्छन्। ती बालक सानैदेखि आफ्ना हजुरबुवा-हजुरआमा र फुपूसँग हुर्किएका हुन्। गएराति हजुरबुवा र नाति खरिबोटबाट साततले फर्कंदै थिए। पानी धेरै परेको हुँदा उनीहरू बीचबाटोमै ओत लागेर बसे। त्यति बेला हजुरबुवाले रक्सीसमेत खाएको खुलेको छ।, ओत लाग्ने क्रममा नाति कति बेला छुटे भन्ने हजुरबुवाले पत्तो नै पाएनन्। केही समयमा पानी रोकिएपछि बल्ल उनलाई नाति आफूसँग नभएको थाहा भयो। एक्लै घर गयो कि भन्ठानेर उनी सरासर घरै गए। त्यहाँ पनि नातिलाई नदेखेपछि फुपूकै घरमै फर्कियो कि भन्ठाने। तर बुधबार बिहान फुपूलाई सोध्दा ऊ त्यहाँ पनि थिएन। , प्रहरीले ढलमा खसेको बालक उही हो कि भनेर उसको तस्बिर प्रत्यक्षदर्शीहरूलाई देखाएका पनि थिए। तर रातको समय र झमझम पानी परिरहेकाले बालकको अनुहार कसैले याद गर्न भ्याएनन्। , 'तस्बिर हेर्दा मैले उही हो भनेर भन्न सकिनँ। घटना यति छिटोछिटो भयो, मलाई अनुहारै याद छैन,' अजयले भने।, बुढानिलकण्ठ नगरपालिका-१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार यो सडक ढलान सिँचाइ विभागले गर्दै आएको थियो। बर्खा सुरू भएपछि उसले काम बन्द गर्यो।, 'गत वर्ष ४० लाखको बजेट थियो,' वडाध्यक्ष भट्टराईले भने, 'उनीहरू आफैंले टेन्डर पारे। बाँकी ४५ मिटर दोभानसम्मको बाटो बनाउन अर्को टेन्डर गराइँदैछ। उनीहरू काम गर्न आइसकेपछि मात्र हामीलाई थाहा हुन्छ। हामीसँग न सम्झौता हुन्छ, न समन्वय गरिन्छ।' , उनले अगाडि भने, 'अहिले जो बच्चा त्यहाँ खसेर हरायो, उसको ठाउँमा तपाईं-हाम्रो जसको पनि बच्चा पर्न सक्थ्यो।', यो घटनापछि उनले सडक विभागमा गएर छलफल गरे। अहिले त्यहाँ ढल वरिपरि स्टिलका बार लगाइएका छन्।, सबै तस्बिर: युनिक श्रेष्ठ/सेतोपाटी, 'पख भाइ पख भन्दाभन्दै बच्चा ढलमा खस्यो, एक सेकेन्डमै कता हरायो कता!'
सेतोपाटी संवाददाता काठमाडौंबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँसहित १३ जना जुवाडे पक्राउ परेका छन्।  , कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ हरहर महादेवस्थित कमल दाहालको घरबाट १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, दाहालको घरमा अवैध रूपमा जुवा खेलिरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो। , सो टोलीले बुधबार मध्यराति उनीहरूलाई पक्राउ गरेको बस्नेतले बताए। जुवा अखडाबाट १८ लाख ७५ हजार पाँच सय रुपैयाँ बरामद भएको छ।, तास, १० हजार रूपैयाँका ४० वटा सिक्का, पाँच सय रूपैयाँका ८० वटा सिक्का र एक हजार रुपैयाँको १४० वटा सिक्का बरामद भएको बस्नेतले बताए, उनीहरूमाथि महानगरीय वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ। , काठमाडौंमा चाडबाडलक्षित सुरक्षा योजना अनुसार प्रहरीले जुवा अखडाहरूमाथि निगरानी गर्ने क्रममा प्रहरी टोली दाहालको घरमा पुगेको थियो। , काठमाडौं परिसर अन्तर्गत १४ वटा प्रहरी वृत्त छन्। ती क्षेत्रबाट काठमाडौं प्रहरीले विगत १० महिनायता ७२० जना जुवाडे पक्राउ गरेको छ। यसमा जम्मा ८९ वटा मुद्दा चलेका छन्। , जुवा अखडाबाट एक करोड ७९ लाख ३४ हजार ९८७ रुपैयाँ बरामद भएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए। , उनका अनुसार सबैभन्दा बढी कालिमाटी र बौद्ध क्षेत्रमा जुवा खेलाइने गरिएको पाइएको छ। प्रहरीले यो १० महिनामा बौद्धबाट १९१ जना र ३४ लाख १७ हजार १९० रुपैयाँ बरामद गरेको थियो भने कालिमाटीबाट ३४ लाख २४ हजार ७४० रुपैयाँ बरामद गरेको छ। , यसपछि लैनचौर, हाराजगञ्ज, न्युरोड तथा दरबारमार्ग क्षेत्रमा जुवा अखडा चल्ने गरेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए।, झण्डै १९ लाखसहित १३ जुवाडे काठमाडौंबाट पक्राउ
सेतोपाटी खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्।, निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा बझाङ खप्तड छान्ना गाउँपालिका-१ का ५९ वर्षीय दिलबहादुर जेठारा र ३५ वर्षीय वीरेन्द्रबहादुर कार्की रहेका छन्।, पक्राउ परेकाका साथबाट नेपाली सेनाले एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने पाँच थान गोली, बारुद दुई डिब्बा तथा बन्दुकको केप एक डिब्बा बरामद गरेको सिंहसारदुल गुल्म खप्तडले जनाएको छ।, गुल्मका अनुसार उनीहरूलाई खप्तड राष्ट्रिय निकुञ्जको पौवागढीबाट पक्राउ गरिएको हो।, पक्राउ परेकालाई आवश्यक कानूनी कारबाहीका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाइएको नेपाली सेनाले जनाएको छ। ,रासस, भरुवा बन्दुकसहित दुई पक्राउ
सेतोपाटी तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मुहान क्षेत्रको क्षेत्रमा उत्खननका लागि अनुमति पाएको भन्ने सूचना पाएपछि संस्थाले त्यसको विरोध जनाएको छ। , संस्थाका सचिव मनोज लामिछानेका अनुसार राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका-३ र ४ का विभिन्न स्थानमा रहेका खानेपानीका मुहानलाई असर गर्ने गरी चुनढुंगा उत्खननको अनुमति दिन थालिएको भन्दै यसको आपत्ति जनाइएको हो।, 'हामीले खानेपानीको मुहान भएका क्षेत्रबाट चुनढुंगा उत्खनन गर्नका लागि अनुमति दिन थालेको भन्ने सूचना पाएका छौं', उनले भने, 'त्यसैले हामीले जसरी हुन्छ, पानी संरक्षण गर्नुपर्छ, मुहानलाई असर गर्ने गरी उत्खनन हुने कार्यलाई रोक्नु पर्छ।', संस्थाको मुहान रहेको स्थान मुलकोट, राम्री, धैरेनी, पहरे, छरछरेलगायत स्थानमा रहेको चुनढुंगा उत्खननका लागि सुनगाभा माइनिङ प्रालिलाई अनुमति दिन थालिएको भन्दै यसको व्यापक विरोध गर्न आवश्यक रहेको उनले बताए।, उत्खननका लागि अनुमति दिने कार्य रोक्नका लागि संस्थाले खानी तथा भू-गर्भ विभाग काठमाडौंलाई पत्र पनि पठाएको छ। त्यस स्थानबाट चुनढुंगा उत्खनन कार्य भएमा कडा आन्दोलन गर्न पनि तयार हुने उनले बताए।, 'यदि त्यहाँ उत्खनन भयो भने हाम्रो सबै मुहान सुक्छन्', उनले भने, 'त्यसपछि हामीले तुलसीपुरलाई कसरी पानी पुर्‍याउन सक्छौं।', तिनै मुहानले तुलसीपुरमा खानेपानी चलेको छ। त्यहाँका मुहानलाई नै असर परेमा तुलसीपुरमा पानीको हाहाकार हुने उनले बताए।विसं २०२८ देखि खानेपानी संस्थाले त्यहाँका मुहानबाट पानी ल्याउन थालेको हो। मुहानबाट आठ हजार दुई धारा वितरण भएका छन्। त्यसबाट १० हजार घरधुरीका ६० हजार उपभोक्ता लाभान्वित भएका छन्। ,रासस, चुनढुंगा उत्खनन गर्दा खानेपानीका मुहान सुक्ने भन्दै आपत्ति
सेतोपाटी रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पिसिआर मेसिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ।, गत साउन २४ गते ल्याएको पिसिआर मेसिन सम्बन्धित निकायको ढिलासुस्तीका कारण गोदाममै थन्किएको हो। , कोरोना परीक्षणको दर बढाउन वाग्मती प्रदेश सरकारको सहयोगमा उक्त मेसिन ल्याइएको थियो।, मेसिन गोदाममा थन्किँदा कोरोना भाइरसको परीक्षणका लागि यहाँका स्थानीय काठमाडौं, सिन्धुली, काभ्रेको धुलिखेललगायत ठाउँ धाउनुपर्ने बाध्यता छ।, मेसिन थन्किदासमेत सरोकारवाला बेखबर भएको मानवअधिकार संरक्षण सञ्जालका जिल्ला संयोजक पाण्डवप्रसाद प्रसाईंले बताए।, जिल्ला अस्पतालका निमित्त प्रमुख दीपेन्द्रनारायण श्रेष्ठ भने मेसिन सञ्चालनको तयारी भइरहेको बताउँछन्। , 'मेसिनमात्रै आएर हुँदैन, सञ्चालन गर्न संरचना र दक्ष जनशक्ति चाहिन्छ, त्यो अब पूरा हुँदैछ', उनले भने, 'चाँडै परीक्षण सेवा सुरू हुन्छ।', जिल्ला अस्पतालमा पिसिआर मेसिन राख्न र अक्सिजन प्लान्ट राख्न आवश्यक संरचना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।, जिल्लामा हालसम्म कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भइसकेको छ। तीन हजार १२१ जना संक्रमित भएकामा तीन हजार ८० संक्रमणमुक्त भइसकेका छन्। ,रासस, , रामेछापमा गोदाममै थन्कियो पिसिआर मेसिन
सेतोपाटी संवाददाता बैतडीमा एक जना मृत फेला परेका छन्।, बिहीबार बिहान सुर्नया गाउँपालिका-४ हरिसपुर भन्ने ठाउँमा सोही वडाको लेकडाँडा घर भएका ५६ वर्षीय कमल सिंह महरा मृत फेला परेका हुन्।, सुर्नयाकै सनसेरीमाण्डौमा मासु पसल सञ्चालन गर्दै आएका उनी बिहान टाउको र खुट्टामा चोटपटक लागेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।, उनले इलाका प्रहरी  कार्यालय पाटनबाट प्रहरी टोली गएर घटनास्थलमा पुगेको बताए।, शव हेर्दा हत्याको आशंका रहेकोले सोही अनुसार प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।, बैतडीमा मृत भेटिए एक पुरूष, हत्या आशंका
सेतोपाटी संवाददाता कोभिड-१९ का कारण बालबालिकाको स्थिति थप गम्भीर हुनसक्ने युनिसेफले जनाएको छ।, हिजो (बुधबार) प्रतिवेदन जारी गर्दै युनिसेफले दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई फस्टाउन र राम्रोसँग हुर्कनका लागि आवश्यक खाना र पोषण तत्वहरू प्राप्त नहुँदा उनीहरूको विकासमा हानी पुग्नसक्ने बताएको छ। , पछिल्लो समय बढ्दो गरिबी, असमानता, द्वन्द्व, जलवायुसम्बन्धी प्रकोपहरू र कोभिड-१९ महामारीका कारण कम उमेरका बालबालिकाहरूमा पोषणको संकट थप बढेको बताइएको छ। , युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भनिन्, 'जब जोखिम सबभन्दा बढी हुन्छ तब लाखौं बालबालिकालाई खुवाउन असमर्थ हुन्छौं। पहिलो दुई वर्षमा न्यून पोषणयुक्त पदार्थ सेवन गर्नाले बालबालिकाको तीव्र गतिमा बढ्दो शरीर र मस्तिष्कमा हानी पुर्‍याउँछ जसले उनीहरूको शिक्षा, रोजगारीको सम्भावना र भविष्यलाई प्रभावित गर्छ।', ९१ वटा देशहरूमा गरिएको सर्वेक्षणपछि ६ देखि २३ महिनाका बालबालिकामध्ये आधालाई मात्र सिफारिस गरिएको अनुसार दैनिक न्यूनतम खाना खुवाउने गरिएको पाइएको छ।, त्यस्तै, एक तिहाइ बालबालिकाले भने फस्टाउन आवश्यक खाना उपभोग गर्न पाएको उक्त प्रतिवेदनमा उल्लेख छ। , नेपाल, इन्डोनेसिया, मलावी लेसोथो र केन्याको तथ्यांकले आम्दानीमा पुगेको हानी र महामारीको प्रभावका कारण बालबालिकाको आहारको गुणस्तर बिग्रेको प्रतिवेदनमा उल्लेख छ।, नेपालमा महामारीभरि नै तीनमध्ये एक परिवारले दैनिक प्राप्त गर्नुपर्ने आहार प्राप्त गर्न कष्ट भोगिरहेकाले बालबालिकाका लागि आहार व्यवस्था गर्न परिवारका लागि चिन्ताको विषय बनेको पाइएको छ।, बालबालिकाले न्यून आहार र खाने अभ्यासको नराम्रो परिणाम जीवनभरि भोग्नु पर्छ। सानै उमेरमा उनीहरूको वृद्धिका लागि चाहिने तरकारी, फलफूल, अण्डा, माछा र मासुमा पाइने पोषक तत्त्वहरू अपर्याप्त मात्राले बालबालिकालाई कमजोर मस्तिष्क विकास, कमजोर शिक्षा, प्रतिरक्षा, संक्रमण र सम्भावित मृत्युको जोखिममा पार्छ।, पुड्कोपन र ख्याउटेपन तथा सुक्ष्म पोषक तत्त्वहरूको कमीका साथै खानाको गलत अभ्यासको कारणले हुने, अधिक तौल र मोटोपनले दुई वर्षभन्दा कम उमेरका बालबालिका सबै प्रकारको कुपोषणको जोखिममा पर्ने पनि युनिसेफले जनाएको छ।, युनिसेफको अनुमान अनुसार, विश्वव्यापी रूपमा पाँच वर्षभन्दा कम उमेरका ख्याउटेपन भएका बालबालिकामध्ये आधा भन्दा बढी (लगभग २ करोड ३० लाख बालबालिका) दुई वर्षभन्दा कम उमेरका छन्। त्यसैगरी, बालबालिकाको आहार उनीहरूको बढ्दो पोषणको आवश्यकताहरूसँग तालमेल राख्न असफल हुने हुनाले ६ महिनादेखि दुई वर्षको बिचमा पुड्कोपनको प्रकोप तीव्र गतिले बढ्छ।, प्रतिवेदनका अनुसार, ६ देखि २३ महिना उमेरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने वा गरिब घरधुरीका बालबालिकाले सहरमा बसोबास गर्ने वा धनी साथीहरूको तुलनामा न्यून खाना खान्छन्।, उदाहरणका लागि, २०२० मा, सहरी क्षेत्रहरूमा सिफारिस गरिएका खाद्य समूहहरूको न्यूनतम संख्या खुवाइएको २३ प्रतिशत बालबालिकाको तुलनामा ग्रामीण क्षेत्रहरूमा ३९ प्रतिशतको अनुपातले उच्च थियो। दक्षिण एसियामा चारमध्ये एकभन्दा कम (१९ प्रतिशत) बालबालिकालाई न्यूनतम विविध आहार खुवाइन्छ। तर सही प्रतिबद्धता र लगानी गरेमा परिवर्तन सम्भव भएको युनिसेफको भनाइ छ।, बंगलादेश, बुर्किना फासो, कम्बोडिया, कोटे डी आइभोर, गाम्बिया, किर्गिस्तान, माल्दिभ्स, नेपाल, सिएरा लियोन र तिमोर-लेस्टे जस्ता दस देशहरूले सिफारिश गरिएका खाद्य समूहहरूको न्यूनतम संख्या उपभोग गर्ने बालबालिकाको अनुपात पछिल्लो दशकमा १० प्रतिशत अंकले बढाएका छन्।, 'बालबालिका क्यालोरीको भरमा मात्र बाँच्न वा फस्टाउन सक्दैनन्। सरकारहरू, निजी क्षेत्र, नागरिक समाज, विकास र मानवीय साझेदारहरू र परिवारहरूसँग  मिलेर मात्र हामी खाद्य प्रणाली परिवर्तन गर्न सक्छौं र प्रत्येक बालबालिकाका लागि पोषण, सुरक्षित र सस्तो आहार उपलब्ध गराउन सक्छौं,' युनिसेफकी निर्देशक हेनरिएटा फोरले भनिन्।, कोभिडयता नेपाल लगायत देशमा बालबालिकाको आहारको गुणस्तर खस्कियोः युनिसेफ
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरू नगर्ने भएको छ।, सहरी विकस तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी दिएको पनि दुई हप्ता बढी भइसकेको छ। , यसअघि फोहर व्यवस्थापनस्थल छिटो निर्माण गर्न भन्दै आएको महानगरले तत्काल उक्त स्थानमा फोहर व्यवस्थापनको काम सुरू नगर्ने जनाएको छ। यसरी विभागले निर्माणको काम सम्पन्न गरी जिम्मा गरिसकेको अवस्था र महानगरले फोहर व्यवस्थापन कहिलेबाट गर्नेबारे यकिन नहुँदा दीर्घकालीनरूपमा फोहर व्यवस्थापनको काम अझै अन्योल भएको छ।, विभागले गत भदौको तेस्रो साता सो सेल निर्माणको काम सम्पन्न भएको भन्दै औपचारिक जानकारी गराउँदै फोहर व्यवस्थापन गर्न सक्ने बताएको थियो।, महानगरले भने निर्माणको काम सम्पन्न नभएको र स्थानीयबासीका केही मागका विषयमा थप छलफल गर्नुपर्ने भएकाले उक्त स्थानमा तत्काल फोहर व्यवस्थापन गर्न नसकिने महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ। , सहरी विकास मन्त्रालयले आफूसँग सम्बन्ध रहेको सेल निर्माणको काम एउटा सकिएको र अर्को सेल पनि जतिसक्दो छिटो पूरा गर्ने तयारी रहेको भन्दै अन्य काममा आफ्नो जिम्मेवारी नरहेको जनाएको छ।, दुई हप्ताअघि नै पहिलो सेल निर्माणको काम सम्पन्न गरी जानकारी गराएर फोहर व्यवस्थापन गर्न सक्ने बताए पनि व्यवस्थापनको काम सुरू गर्ने भनेर महानगरलगायत उपत्यकाका १७ वटै स्थानीय तहबाट जानकारी नआएको विभागका महानिर्देशक नवराज प्याकुरेलको भनाइ छ। ,  , उनले भने, 'हामीले गर्ने काम सकेका छौं, स्थानीयसँगको समन्वय र अन्य व्यवस्थापनको काम मिलाउने जिम्मा स्थानीय तहकै हो, त्यसैले अब फोहर व्यवस्थापन किन हुन सकेन भन्नेमा हाम्रो दोष छैन, विभागको काम अब सक्दो छिटो दास्रो सेल निर्माण सक्ने हो।', विभागका अनुसार नियमितरूपमा काम गर्न पाए आगामी छ महिनाभित्र दोस्रो सेल र सोही स्थानमा कर्मचारी व्यवस्थापन गर्ने भवन निर्माणको कामसमेत पूरा हुनेछ। , बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जन स्थान (स्यानिटरी ल्याण्डफिल साइट) निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोसी एण्ड न्यौपाने जेभी (उपक्रम)सँग ठेक्का सम्झौता गरिएको थियो।, सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमा नै सकिनुपर्ने भए पनि पूर्णरूपमा काम अझै सकिएको छैन । , बञ्चरेडाँडा पहिलो सेल निर्माणको काम पूरा नभएको र सिसडोलमा पुनः फोहर व्यवस्थापन गर्न मुस्किल परेकाले कामपासहित अरू स्थानीय तहको फोहर व्यवस्थापनमा थप समस्या चुलिएको जनाइएको छ।, समन्वयबिना फोहरका गाडी बञ्चरेडाँडा जाँदा स्थानीयबासीले अवरोध गर्ने भन्दै स्थानीयबासी र सम्बन्ध भएका निकायसँग औपचारिक छलफल गरेर मात्र दीर्घकालीनरूपमा फोहर व्यवस्थानपमा काम गर्नुपर्ने कामपाको भनाइ छ।, गत भदौ १ गतेदेखि रोकिएको काठमाडौं उपत्यकाका स्थानीय तहको फोहर भदौ तेस्रो साताबाट उठ्न थालेको थियो।, यसरी वर्षमा समय-समयमा फोहर नउठ्ने समस्या हरेक वर्ष नै उपत्यकाबासीले भोग्दै आएका छन्। , सिसडोलमा विसं २०६२ मा दुई वर्षका लागि मात्र फोहर विसर्जन गर्न सकिने क्षमताको ल्याण्डफिल साइट निर्माण गरिएको थियो। पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आएको छ।, हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा विसर्जन हुन्छ। यसमध्ये सबभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ।, निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लग्ने गरिएको छ। हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण भइरहेको हो।, निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ। हाल उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। ,(रासस), बञ्चरेडाँडामा तत्काल फोहर व्यवस्थापन नहुने
सेतोपाटी संवाददाता बलात्कारको मुद्दामा ९ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरोले १५ वर्षीया बालिकामाथि बलात्कार गरेको मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। , सिन्धुपाल्चोक घर भइ भक्तपुरको सल्लाघारी बस्ने ३८ वर्षीय च्याङ्बा भन्ने सागर तामाङ्गलाई प्रहरीले पक्राउ गरेको हो। घटनाको १० वर्षपछि बुधबार उनी सल्लाघारीबाट पक्राउ परेका थिए।, २०६८ कात्तिक २० गते उनले १५ वर्षीया बालिकालाई काठमाडौंमा राम्रो काम लगाइदिने जस्ता विभिन्न प्रलोभनमा पारेर फकाएका थिए। फकाएपछि बालिकालाई दोलालघाटबाट सँगै काठमाडौंमा ल्याएको प्रहरी उपरीक्षक थापाले बताए। , काठमाडौं पुगेपछि बालिकालाई कोटेश्वरको शुभलक्ष्मी गेष्ट हाउसमा लगेर राखे। त्यहाँ च्याङ्बाले बालिकालाई डर त्रास देखाएर जबरजस्ती करणी गरी फरार भएका थिए। , सो मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई २०७१ बैशाख ५ गते ९ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना तोकेको थियो।, अदालतले सो रकम क्षतिपूर्तिस्वरुप पीडितलाई दिन भनेको थियो। अदालतले सजाय सुनाएपछि पनि उनी फरार थिए। , ब्युरोबाट खटिएको टोलीले भक्तपुरको सल्लाघारीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं अदालतमा पठाएको छ। ,  , बलात्कार मुद्दामा ९ वर्ष कैद र १० लाख जरिवाना ताेकिएका व्यक्ति १० वर्षपछि पक्राउ
सविता बुढा सहरिया मानिसका स्मृतिमा आफ्नो सहरका कयौं पुराना किस्सा कहानी हुन्छन्। सहरको इतिहासका कहानी, त्यहाँको सांस्कृतिक मिथक, विकासले लिएर आएका कथा, सहरको कायापलटको विवरण यस्तै यस्तै।  , महेन्द्रनगरका पुराना बासिन्दाको स्मृतिमा भने जहाजको कथा छ।, उहिलेको कुरा हो। महेन्द्रनगर सहर बन्न सुरू हुँदै यहाँ विमानस्थल थियो। अहिलेको भीमदत्त नगरपालिका-१६ मा पर्ने मझगाउँमा भएको विमानस्थल वरपर हुर्किएका हुन् स्थानीय रमेश चन्द।, बेलाबेला आइरहने जहाज हरेर सानैमा उनी दंग पर्थे। उनीमात्रै के उनका साथीहरू पनि आकाशमा आवाज सुन्नेबित्तिकै विमानस्थल वरिपरि झुम्मिन्थे।, त्यतिबेला धेरैजसो त शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शिकार खेल्न राजारानीको 'सवारी' हुन्थ्यो। उनीहरू जहाजमा आउँथे।, एक पटक त अचम्मै भयो, उनी र उनका साथीले गोरूगाडाले जहाज तानेको देखे।, २०२७ सालतिरको कुरा हो। शुक्लाफाँटामा शिकार गर्ने क्रममा तत्कालीन रानी रत्नालाई गोली लागेको थियो। तुरून्तै दिल्लीबाट डाक्टर बोलाइयो।, ‘यहाँ उपचार नहुनेजस्तो भएपछि भारतले उतै आउन भन्यो तर राजाले डाक्टर यता पठाऊ भनेपछि राति ९ बजेतिर दिल्लीबाट जहाज आएको थियो,’ उनले भने।, उपचारपछि राजारानी काठमाडौं उडे। रानीलाई उपचार गर्न आएका डाक्टरहरू पनि फर्किन थाले। तर उनीहरूको जहाज उड्नै लाग्दा एक पांग्रा माटोमा फसेर निस्कन सकेन।, दुई दिनसम्म प्रयास गर्दा पनि निस्केन। तेस्रो दिन गाउँलेहरूले राँगा,गोरु ल्याएर त्यो जहाजको पाङ्ग्रालाई दाम्लोले बाँधेर तानेका थिए।, 'जहाजलाई राँगा गोरुले तानेको घटना निकै रोमान्चक थियो,' उनले भने, 'बल्लतल्ल तीन दिनपछि जहाज उड्यो।' , पहिले पहिले राजा रानीमात्रै चढ्ने जहाजमा विस्तारै सर्वसाधारण पनि चढ्न थालेका थिए।, उनलाई अझै याद छ सुरूसुरूमा मैदानमा विमानस्थलको भवनसमेत थिएन। बजारमा आरएनएसीको एउटा भाडाको कोठा थियो। त्यहीबाट टिकट काटिन्थ्यो ।, पछि विमानस्थल भएको ठाउँमा भवन बनेको थियो। उताबाटै टिकट काटेपछि त्यो भवनमा झोला राखेर मान्छेहरू सामान्य चेकजाँच गराएर प्लेन चढ्थे।, ‘पहाडबाट मान्छेलाई आउन जान सजिलो थियो, सामानहरू ल्याउन लैजान पनि सहज थियो,’ उनले भने।, त्यो बेला कहिले जहाज उत्तरतिरबाट त कहिले विमानस्थलको दक्षिणबाट उत्रिन्थ्यो।, ‘उबेला पनि दिनभरी गाईभैसीं चर्थे। प्लेन आउने भनेर उताबाट खबर आएपछि प्रहरीले गाईभैंसी लखेट्थे। तारबार थिएन। त्यसपछि सामान्य गरी तारबार गरियो,’ उनले भने, ‘हामीलाई त्यही विमानस्थल भव्य लाग्थ्यो। अहिले अरू विमानस्थल देखेपछि त सपनाजस्तै लाग्छ मलाई।’, त्यतिबेला बझाङ, बैतडी, दार्चुलाका मानिसहरू यो रूट बढी प्रयोग गर्थे।, ‘२०३७ सालमा तीन सय रुपैयाँमा टिकट काटेर म १८ सिटे आरएको जहाजमा काठमाडौं गएको थिएँ,’ उनले भने ।, विमानस्थलमा ठूलो टावर पनि थिएन। एउटा सेट ल्याएर एक कोठाबाट काम हुन्थ्यो।, मझगाउँ विमानस्थल २०२४/०२५ सालतिर बनिसकेको थियो। सुरूसुरूमा कहिलेकाहीँ मात्रै प्लेन आउँथ्यो।  केही वर्षपछि बैतडी, गोकुलेश्वर र बझाङमा विमानस्थल बने। मझगाउँबाटै ती विमानस्थलमा उडान हुन थालेको थियो। यसपछि अलि धेरै पटक प्लेन आउने गरेको स्थानीय राजेन्द्र चन्दले बताए।, ‘प्लेन हेर्न हामी स्कुलबाट दौडेर जान्थ्यौं, आफू पनि चढ्न पाए, उड्न पाए जस्तो लाग्थ्यो,’ उनले भने।, उनी प्लने चढ्न नपाउँदै २०५६ सालतिर विमानस्थल बन्द भयो।, उनले थाहा पाएसम्म संकटकाल लागेपछि सुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो। त्यसपछि फेरि कहिले यहाँ प्लेन आएन।, हुन त महेन्द्रनगरबाट डेढ/दुई घन्टाको दूरीमै धनगढी विमानस्थल छ। बझाङ दार्चुलादेखि झर्नेहरू पूर्वतिर जान पनि त्यतैबाट सजिलो भएकाले अहिलेको केन्द्र धनगढी भएको छ। तर महनेन्द्रनगरका बासिन्दालाई भने आफ्नो सहरमा भएको पुरानो विमानस्थल ब्युँतिए आर्थिक गतिविधि बढ्थ्यो भन्ने लागेको छ। यसका लागि पटक-पटक आन्दोलन पनि गर्दै आएका छन्।, ‘एयरपोर्ट भएको ठाउँमा अहिले केही छैन, उजाड छ, गाई गोरु चरिरहेका छन्। घाँस पलाएको छ, हामीलाई त आफ्नो सहरमा जहाज आए रमाइलो हुन्थ्यो। विमानस्थलमा गाई चरेको देख्दा नरमाइलो लाग्छ,’ विमानस्थल र त्यहाँ भएका थोत्रा भवन देखाउँदै स्थानीय रमा रसाइलीले भनिन्।, प्लेन चले सहरको सानै बेग्लै हुन्थ्यो, पर्यटक आउँथे, अघिपछि त गाडीमा भए पनि केही छैन इमर्जेन्सी परेर उपचार गर्न टाढा जान परे जहाजमा जान पाइन्थ्यो,  सक्नेहरूलाई गाडीमा भन्दा जहाजमा हिँड्न सुविधा हुन्थ्यो जस्तो उनलाई लाग्छ।, त्यसैले  विमानस्थललाई पुन: सञ्चालन गर्न माग गर्दै भएको आन्दोलनमा उनी पनि सहभागी भएकी थिइन्।, रमालगायत यहाँका स्थानीयको मुख्य चासो भनेको विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय स्थलमा पर्यटक बढ्थे भन्ने हो।, उत्तरमा चुरे पहाड, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, डेढ किलोमिटर लामो झोलुंगे पुल लगायतका क्षेत्र यहीँ आसपास छन्।, यसबाहेक मानसरोवर जाने, सुदूरपश्चिमका अरू जिल्ला  भ्रमणमा आउनेलाई पनि राहत हुने उनीहरू बताउँछन्।, २२ वर्षसम्म बन्द भएको विमानस्थलको जग्गाको प्रयोग केमा गर्ने भनेर धेरै बहस भएका छन्। स्थानीयहरू भने विमानस्थल नै आउनु पर्ने अडान छोडेनन्।, ‘बीचमा त कहिलेकाहीँ यसमा सुकुम्बासीलाई बसाउने कुरा आए, कहिले खेल मैदान बनाउनुपर्छ भन्ने कुरा पनि आए,’ स्थानीय रमेश चन्दले भने।, पछिल्लो २ वर्षयता सुदूरपश्चिमका बैतडी, बझाङ, डोटी र अछाममा प्लेन जान थालेको छ। त्यसपछि कञ्चनपुरका बासिन्दाले मझगाउँ विमानस्थल पुन: सञ्चालन हुनुपर्ने भन्दै अभियान चलाउन थालेका हुन्।, २ वर्ष अघि रमेश चन्दको संयोजकत्वमा विमानस्थल पुन:सञ्चालन समिति बन्यो।, ‘सबै पक्षसँग छलफल  गर्‍यौं र प्रतिवद्धता माग्यौं। स्थानीय, प्रदेश र संघ सरकारसँग माग राख्यौं,’ चन्दले भने।, विमानस्थल सञ्चालन गर्न भीमदत्त नगरपालिका र दोधरा चाँदनी नगरपालिकाले पनि आफ्ना नागरिकलाई साथ दिए।, यसपछि तिनै तहका सरकारसँग त्रिपक्षीय सम्झौता भयो।, ‘विमानस्थल पुन: निर्माणका लागि आवश्यक रकममध्ये ५० प्रतिशत नागरिक उड्यन प्राधिकरण, २५ प्रतिशत प्रदेश सरकार, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधारा चाँदनी नगरपालिकाले दिने सहमति भयो,’ उनले भने।, त्यहीअनुसार अहिले सुदूरपश्चिम प्रदेश सरकारले ८ करोड ७५ लाख रुपैयाँ छुट्याएको छ। भीमदत्त नगरपालिकाले एक करोड र दोधारा चाँदनीले पनि बजेट छुट्याएको छ।, नागरिक उड्यन प्राधिकरणका उपप्रबन्धक नलविक्रम थापाले उक्त विमानस्थल निर्माणका लागि प्रदेश र स्थानीय सरकारबाट बजेट प्राप्त हुन थालेको बताए। प्राधिकरणका तर्फबाट संघ सरकारसंग बजेट माग गरिएको उनले बताए।, ‘अहिले  बजेट पास भएर आएको छैन, बजेट आउनासाथ काम अघि बढ्छ,’ उनले भने।, उनका अनुसार मझगाउँ विमानस्थल पुन:निर्माणका लागि गुरूयोजना बनेर डिजाइन पूरा भएको छ।, ‘टेन्डरको काम पनि सकिएर अब सम्झौता हुने चरणमा छ। छठ लगत्तै काम सुरू हुनेछ,’ उनले भने।, एटीआर ७२ जहाज उडान-अवतरण गर्न सक्ने गरी विमानस्थल बनाउने उनले बताए।, यसको रन वे एक हजार चार सय २० मिटर लम्बाइको हुने छ। यस्तै  एप्रोनमा २ वटा प्लेन पार्क हुने गरी बनाइने छ। अहिलेको भएको पुरानो टर्मिनल भवन भत्काइने छ र नयाँ बनाइने छ।, ‘धावन मार्गसम्म पहिलो चरणमा काम हुनेछ। टावर, अरू उपकरण, रनवेको काम हुँदै गर्दा डिजाइन र टेन्डर हुनेछ,’ उनले भने।, उहिले जहाज फसेर राँगा-गोरुले तान्नु परेको थियो, अब कस्तो बन्ला मझगाउँ विमानस्थल?
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्न पाउने निर्णय गरेको छ।, आउँदो आइतबारदेखि काठमाडौंमा विद्यालयहरू खोल्न पाउने निर्णय भएको महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए। बुधबार बसेको बैठकले विद्यालय खोल्न पाउने निर्णय गरेको हो। , 'आइतबारदेखि विद्यालयहरू खोल्न दिने निर्णय भएको छ,' उनले भने,'त्यसको लागि २७ वटा मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।', त्यही अनुसार विद्यालयले अभिभावकको अनुमति लिनुपर्ने भएको हो।, विद्यालय प्रशासनले शिक्षक,अभिभावक, विद्यार्थी प्रतिनिधी, व्यवस्थापन समिति लगायत सरोकारवालाहरूसँग छलफल गरेरमात्रै खोल्नुपर्ने उनले बताए। यद्यपी विद्यार्थीहरू नपठाउने भनेमा अनिवार्य नगरिने उनले बताए। , 'हामी पठाउँछौं भनेर सबैको समझदारी भएमा मात्रै विद्यालय खोल्न पाइने भनेका छौं। यदि कसैले हामी विद्यार्थी पठाउँदैनौं भन्यो भने खोल्न पाइन्न,' उनले भने। , साथै सबैले अनिवार्य रूपमा स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्ने लगायतका २७ वटा मापदण्ड तयार गरेको छ।  दसैं नजिकिएको हुँदा विद्यालय केही समय खुलेर फेरि बन्द हुनेछ।, केही समयको लागि मात्रै किन खोलेको भन्ने प्रश्नमा अहिले नखोले दुई महिनासम्मको समय खेर जान सक्नेतर्क प्रमुख सुवेदीले राखे। , 'अहिले दसैं अगाडि खोलेनौं भने पूर्णिमापछि तिहार छ भनेर विद्यार्थीहरू यत्तिकै नआउने भए। यत्तिकै बिदा हुने भयो,' उनले भने,'फेरि छठको कुरा आउला त्यसरी कात्तिक महिनासम्मै बिदा लम्बिने भयो। अहिले विद्यालयहरू खोलेमा ओरियन्टेसन लिने, परीक्षा गर्ने यताउती काम गर्न सक्ने भयो।', काठमाडौंमा आइतबारदेखि विद्यालय खोल्न पाइने
सेतोपाटी तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव फेला परेको छ। , टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृत अवस्थामा फेला परेकी हुन्।, १९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।, सेती नदी किनारमा शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। मृतकको शव आफन्तले पहिचान गरेका छन्।, 'शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ', प्रनाउ तिमिल्सिनाले भने। , विवाह भएको पाँच दिनमा माइत आएकी उनी साथीहरूसँग घुम्ने क्रममा रक गार्डेनमा पुगेकी थिइन्। त्यसक्रममा साथीहरूले उनको भिडिओ खिचेका थिए।, ‘पवित्रा नजा नजा’ भनेको भिडिओ सार्वजनिक भएको थियो। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ,रासस, टिकटक बनाउने क्रममा सेतीमा खसेकी युवतीको भेटियो शव
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय डोटी प्रमुख जिल्ला अधिकारीविहन भएको दुई महिना पुग्न लागेको छ। साउन १० गते सरूवा भएर गएपछि नयाँ सिडिओ आएका छैनन्।, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेकी छन्। उनले मन्त्रालयबाटै सिडिओ नपठाइएको बताइन्।, जिल्ला प्रशासन कार्यालय डोटीमा उनी सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा गएको फागुन ११ गते आएकी थिइन्।, त्यसबेला प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई थिए। सरूवा भएपछि भट्टराई वैशाख १ गते रमाना लिएर गएका थिए। त्यसपछि सुनिल खनाल वैशाख ५ गते डोटीको प्रमुख जिल्ला अधिकारी भएर आएका थिए। उनी पनि तीन महिनामै सरूवा भए। साउन १० गते रमाना बुझेर उनी पनि काठमाडौं गएपछि  नयाँ सिडिओ आएका छैनन्।, जिल्ला प्रशासन कार्यालय डोटीमा प्रशासकीय अधिकृत पनि छैनन्। , साउन २८ गते प्रमुख प्रशासकीय अधिकृत रहेका मधुकृष्ण पौडेल रमाना लिएर गएपछि दरबन्दी रिक्त छ।, दुई जना प्रशासकीय अधिकृतको दरबन्दी नै खाली रहेको सहायक सिडिओ जोशीले बताइन्।, ‘कर्मचारी पठाइदिन आग्रह गरेर गृह मन्त्रालयमा साउनमै पत्राचार गरिएको हो, जवाफ आएको छैन,’ उनले भनिन्।, सो कार्यालयमा नायब सुब्बाको ७ दरबन्दी रहेकोमा २ जनामात्रै कार्यरत रहेका छन्।, यस्तै, ४ जना खडदारको दरबन्दी रहेको प्रशासन कार्यालयमा एक जनामात्र कार्यरत छन्।, कर्मचारीको अभावमा कामको बोध बढेको जोशीले बताइन्।, सिडिओविहीन डोटी जिल्ला प्रशासनमा अधिकृत पनि अभाव
सेतोपाटी संवाददाता कैलालीमा एक पुरूषको शव फेला परेको छ। , कर्णाली नदीको किनारमा उक्त शव फेला परेको प्रहरीले जनाएको हो।, सोमबार जिल्लाको जानकी गाउँपालिका–९ शिवशक्ति सामुदायिक वन नजिकै अन्दाजी ४५ वर्षीय पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, सडेको अवस्थामा फेला परेको शवको सनाखत भएको छैन। शवको पहिचान खुलाउन विभिन्न ठाउँमा पत्राचार गरिरहेको प्रहरीले जनाएको छ।, कैलालीमा एक पुरूषको शव फेला
सेतोपाटी संवाददाता कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।  , मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने २७ वर्षीया लक्ष्मी कुँवर रहेकी छन्। , सोमबार साँझ आफ्नै घरमा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्।, उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको  छ।, कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
युनिक श्रेष्ठ २०७३ सालमा नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ का ५२ वर्षीय सेसे भन्ने उर्पा तामाङ काठमाडौंको सुन्धारा जेलबाट छुटे। १९ वर्ष जेल सजाय काटेर उनी छुटेका हुन्। , आठ सय ५० ग्राम लागुऔषध हेरोइनसहित उनी २०५४ साल कात्तिक ३ गते पक्राउ परेका थिए। उनलाई अदालतले १५ वर्ष कैद र पाँच लाख जरिवाना तोकेको थियो। तर पाँच लाख रूपैयाँ तिर्न नसकेपछि सेसे १९ वर्ष जेलमै बसे। , त्यस दौरान उनले ६ महिनाको ह्यान्डीक्राफ्ट, थान्का बनाउने लगायतको ट्रेनिङ पनि लिए। उनले त्यो सीपको प्रमाणपत्र समेत पाएका थिए। सजाय काटेर जेलबाट निस्केपछि उनले त्यो सीपलाई भरपुर प्रयोग गरे। तर त्यो सीपलाई अपराधसँग जोडेर दुरूपयोग गरे। , अहिले उनी लागुऔषध नियन्त्रण ब्युरोको हिरासतमा छन्। उनलाई प्रहरीले चरेससहित पक्राउ गरेको छ। उनीसँगै नौ जनालाई प्रहरीले ‍पक्राउ गरी अनुसन्धान गरिरहेको छ। , ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हृदय थापाका अनुसार सेसे आफू जेलबाट छुटेपछि सुध्रिएनन्। बरू उनले पुरानै र्‍याकेटको प्रयोग गरी चरेसको कारोबार सुरू गरे। यो कारोबारमा उनका पार्टनर थिए नुवाकोट विदुर नगरपालिका वडा नम्बर १ का ३४ वर्षीय वीरबहादुर तामाङ। सेसेले उनीबाट चरेस ल्याउने गर्थे। उनले विभिन्न जिल्लाबाट संकलन गर्थे।, त्यो चरेसलाई सेसेले टोखा नगरपालिका वडा नम्बर १ स्थित एक कोठामा लग्थे। त्यहाँ उनले एउटा 'कारखाना' नै खोलेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले बताए। , 'त्यो कोठाभन्दा पनि कारखाना जस्तो थियो। विभिन्न किसिमका लेमिनेसन गर्ने, फेभिकोल, डायरी बनाउन प्रयोग गर्ने कागज पत्रहरू, ह्यान्डीक्राफ्ट बनाउने सामान थियो,' उनले भने, 'चरेस लुकाउने कारखानाजस्तै बनाएको रहेछ।', सेसेले पहिले ह्यान्डीक्राफ्ट्सको ट्रेनिङ लिएको हुँदा त्यस्ता सामानबारे राम्रै जानकार थियो। उनले पहिल्यै बनिसकेका ऊनका क्राफ्ट्सहरू किनेर ल्याउँथे। नेपाली कागजका डायरीहरू तथा कागजहरू पनि ल्याउँथे। अनि आफ्नो कारखानामा लगेर त्यसभित्र लुकाएर प्याकिङ गर्थे। , 'चरेसलाई पेलेर पातलो बनाएर ह्यान्डीक्राफ्ट्सको भित्र साइज अनुसार मिलाएर राख्ने गरेको पाइयो,' एसएसपी थापाले भने, 'डायरीका अगाडि पछाडिका कभरमा पनि राख्ने गरेको पायौं।', नेपाली कागजका डायरी र ह्यान्डीक्राफ्ट्सहरूको भित्र लुकाएर लग्दा प्रहरीले पनि विदेशमा त्यो सामान बेच्न लगेको आशंका गर्ने हुँदा सो जुक्ति प्रयोग गरेको प्रहरीको भनाइ छ।, अवैध रूपमा नेपालमा १५ हजार बढीमा बिक्री गर्ने चरेस विदेशमा भने लाखौं लिने ब्युरोले बताएको छ। सेसे र वीरबहादुरले चरेसलाई विदेशमा निर्यात गर्थे, त्यो पनि स्थलमार्गबाट।, स्थलमार्गबाट भारतको कलकत्ता पुगेपछि त्यहाँ पानीजहाजबाट हङकङ, थाइल्याण्ड, टर्की लगायतका देशहरूमा पुर्‍याउने गरेको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ। त्यसको डिल गर्न सेसे आफैं पनि केही पटक विदेश पुगिसकेका छन्। बिक्री गर्न केही भारतीय नागरिकको समेत सहयोग उनीहरू लिन्थे। , उनीहरूले स्थलमार्गबाटै पाँच-सात पटक गरी ६० देखि ७० किलोसम्म चरेस पठाइसकेको एसपी श्रेष्ठले बताए।, स्थलमार्गबाट काम भइरहँदा लकडाउन भएपछि उनको काम रोकियो। स्थलमार्ग पूर्ण रूपमा नखुलेपछि उनीहरूले पहिलो पटक विमानस्थलमार्फत् कतार पठाउने योजना बनाए। , सेसे र वीरबहादुर आफैंले भने चरेस लैजाँदैन थिए। उनले विदेश जान लागेका सामान्य व्यक्तिहरूसँग चिनजान गरी पठाउने गरेको पाइएको छ।  , सामान्य व्यक्तिहरूलाई थाहै नदिई लागुऔषध तस्करी गराउने गरेका विभिन्न घटना बाहिरिएपछि प्रहरीले सचेत हुन आग्रह गरेको छ। , त्यहीक्रममा दुई जना व्यक्तिहरू भदौ २१ गते कतार एयरवेजबाट दोहा जान लागेको कुरा सेसे र वीरबहादुरले थाहा पाए।, कतार जाने म्याग्दी मंगला गाउँपालिका वडा नम्बर ३का २६ वर्षीय श्यामप्रसाद रोका र ३५ वर्षीय वीरबहादुर रोका मगर थिए। उनीहरू कतार जाँदै थिए भन्ने खबर म्याग्दीकै ४४ वर्षीय दिलबहादुर रोकाले धादिङ गंगा जमूना गाउँपालिका वडा नम्बर ४ का अनिलबहादुर घलेलाई दिए। , घलेले फेरि धादिङकै २८ वर्षीय सुनबहादुरलाई दिए। सुनबहादुरले धादिङ खनियाबास गाउँपालिका वडा नम्बर ५ बस्ने २८ वर्षीय यान्की भन्ने जीतबहादुर तामाङलाई सूचना दिए। उनलाई कतार जाने व्यक्तिको खोजी गर्नू भनेर निर्देशन दिने व्यक्ति भने माइला भन्ने ३६ वर्षीय कृष्णबहादुर तामाङ थिए।, उनैले अन्तिममा सेसे र वीरबहादुरलाई सूचना दिएपछि कतारमा चरेस पुर्‍याउने काम अघि बढेको एसएसपी थापाले बताए। , 'कोभिडको कारण कारोबार रोकिएपछि केही चरेस बाँकी रह्यो। त्यसपछि कुन मुलुकमा पठाउने त भनेर उनीहरूबीच छलफल भएको थियो,' उनले भने, 'त्यसपछि माइलाले कतारमा पठाउन सकिन्छ। चरेस मलाई देऊ भनेर उनले ह्यान्डीक्राफ्ट्सबाट निकालेर लिएछन्। माइलाले आफ्नो मासु पसलमा लगेर पेलेर सुटकेशको फल्सबटममा राखेर पठाएको देखिन्छ।', चरेसको कारोबारबारे माइला, सेसे र वीरबहादुर तामाङ बाहेक अरू कसैलाई थाहा नभएको एसपी श्रेष्ठले बताए। , सबै तय भएपछि चरेस भएको सुटकेश बोकेर श्यामप्रसाद रोका र वीरबहादुर रोका मगर भदौ २१ गते बिहान साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्छन्। उनीहरूको उडान बिहान ११: ५ बजेको थियो। , विमानस्थलको एक्सरेमा उनीहरूको सुटकेश चेक हुँदा केही शंकास्पद देखिएको थियो। प्रहरीले शंका लागेर पुन: चेक गरेपछि लागुऔषध ४ किलो ३५ ग्राम चरेस फेला पारेको थियो। उनीहरूलाई पक्राउ गरेपछि प्रहरीले दिलबहादुर, अनिलबहादुर, सुनबहादुर, माइला लगायत सात जनालाई पनि पक्रियो।, पछि प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्दै जाँदा सेसेलाई फेला पारेको हो। उनलाई सामाखुसीबाट प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए।, साथै टोखास्थित उनको डेरामा प्रहरी पुग्दा ऊनबाट बनाइएका विभिन्न रंगको ह्यान्डीक्राफ्ट्स २३ वटा र नेपाली कागजबाट बनेको विभिन्न रंगको डायरी १६ वटा फेला पारेको थियो।, विदेश पठाउन तयार पारेर राखेको त्यसबाट प्रहरीले थप तीन किलो ५७९ ग्राम लागुऔषध चरेस बरामद गरेको थियो।, साथै विभिन्न औजार पनि बरामद भएको ब्युरोले जनाएको छ। , सेसेले पनि चरेस कहाँबाट ल्याउने गरेको भन्नेबारे अनुसन्धान गरेपछि वीरबहादुरको खोजी सुरू भएको थियो। उनलाई प्रहरीले भदौ ३० गते नुवाकोटबाट पक्राउ गरी ल्याएको थियो। , सेसे र वीरबहादुरले चरेससँगै मेथामफेटामाइन (आइस) नामक लागुऔषधको पनि कारोबार गर्ने गरेको एसएसपी हृदय थापाले बताए। यद्यपि अहिले उनीहरूबाट सो लागुऔषध बरामद भएको छैन। , 'कारोबारीहरूबीच भएको च्याटहरूमा हेर्दा प्रष्टसँगै आइसको कारोबार पनि गरेको देखिन्छ,' उनले भने। , सो लागुऔषध भने पूर्वी अफ्रिकाको सेशेल्स भन्ने राष्ट्रबाट ल्याउने गरेको उनले बताए। यद्यपि यो लागुऔषध नेपालमै बेचेका थिए वा विदेशमा मात्रै लग्न ल्याउथे भन्ने प्रष्ट नभएको प्रहरीको भनाइ छ।, अनुसन्धानकै क्रममा सेसेले नक्कली कागजातको बिक्री गर्ने गरेको पनि देखिएको प्रहरीले जनाएको छ। इजरायल जाने व्यक्तिहरूलाई विभिन्न तालिमको नक्कली प्रमाणपत्र १० हजार रूपैयाँमा बेच्ने गरेको पाइएको प्रहरीले बताए। , प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान बढाएको छ।, जेलभित्र ह्यान्डीक्राफ्ट्स सिकेका थिए, बाहिर निस्केपछि चरेस कारोबारमा गरे प्रयोग
सेतोपाटी संयुक्त राज्य अमेरिकाको न्यू योर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्दै उपाधि हासिल गरेको छ। , अन्तर्राष्ट्रिय जगतमा नेपालको तर्फबाट यस प्रकारको उपाधि जित्ने चाँगुनारायण नगरपालिका पहिलो भएको नपाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिए।, ओपन सिटी इन्क्युबेटरमा सहभागी भएर यो उपाधि जित्ने चाँगुनारायण नगरपालिका नेपालकै पहिलो नगरपालिका भएको उनको भनाइ छ।, नेपालको नगरपालिकाबाट सहभागिता जनाउने न्यौपाने यस कार्यक्रमको लागि पहिलो सहभागीसमेत हुन्।, नगरपालिकाको तथ्यांक व्यवस्थापन एवं खुला तथ्यांक प्रणालीको क्षेत्रमा संसारका उत्कृष्ट १० सहरको छनोटमा चाँगुनारायण नगरपालिका परेको र नगरपालिकाको तर्फबाट सूचना प्रविधि अधिकृत न्यौपाने सहभागिता जनाउने गरी छनोटमा परेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।, चाँगुनारायण नगरपालिकाले विकास गरेको नेपालकै पहिलो ओपन डाटा प्लेटफर्मको कारण यो उपाधि हासिल गरेको उनले जानकारी दिए। , चाँगुनारायण नगरपालिकासँगै अमेरिकाको सिटी अफ न्यू योर्क, क्यानडाको सिटी अफ विन्निपेग, इजराइलको वियर सिभा, अमेरिकाको सिटी अफ अल्बिकियु, अमेरिकाको सिटी अफ स्यरक्यूस, रोमानियाको तिमिसोअरा, अर्जेन्टिनाको मिनडोजा सिटी, अमेरिकाको मिसोउरी, इक्वेटरको सिटी अफ ग्युएक्युल उत्कृष्ट १० मा पर्न सफल भएका छन्। , ओपन सिटी इन्क्युबेटर कार्यक्रममा छनोट हुने सहरले आगामी छ महिनासम्म संसारका विश्व प्रसिद्ध डाटा विज्ञबाट दिइने तालिममा समेत सहभागी भई आफ्ना डाटासम्बन्धी गतिविधि एवं कार्यक्रमलाई अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार तयार पार्नेछ।, कार्यक्रममा छनोट भएका सहरको घोषणा सोमबार न्यू योर्कस्थित एक भर्चुअल कार्यक्रममार्फत् गरिएको नपाका सूचना प्रविधि अधिकृत न्यौपानेले जानकारी दिए। ,रासस,  , विश्वकै उत्कृष्ट १० मा पर्‍यो चाँगुनारायण नगरपालिका
सेतोपाटी संवाददाता चालीस किलो चाँदीसहित प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ।, गौर नगरपालिका-४ बाट प्रहरीले मंगलबार बिहान सर्लाही मलंगवा नगरपालिका-२२ का ३५ वर्षीय विद्यानन्द साह सोनारलाई पक्राउ गरेको हो।, गौर बसपार्कबाट सोनारलाई चाँदीसहित पक्राउ गरिएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले बताए।, सोनारले दुई वटा झोला बोकेका थिए। उक्त झोलामा चाँदी फेला परेको चिमरियाले बताए।, चाँदीको बजार मूल्य झन्डै ३९ लाख ४४ हजार रुपैयाँ रहेको छ। सोनारलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ।, सोनारले भारतबाट चाँदी ल्याएको आशंका गरिएको छ।, ४० किलो चाँदीसहित रौतहटबाट एक पक्राउ
सेतोपाटी संवाददाता चितवनस्थित इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को नाग्दी खोला नजिकै पहिरो खस्दा पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।, मंगलबार राति करिब ११ बजेतिर पहिरो खसेको थियो।, पहिरो खसेर सडक अवरूद्ध हुँदा सवारी साधन गन्तव्यमा जान पाएका छैनन्। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो हटाउने काम भइरहेको छ।, वर्षापछि यहाँ पहिरो खसेको हो। राति पहिरो खस्ने क्रम नरोकिएकोले आज बिहानदेखि मात्रै पहिरो हटाउन सुरू गरिएको छ। केही समयमा पहिरो हटाएपछि दुबैतर्फ सडक सुचारू हुने प्रहरीले जनाएको छ।, पहिरोले पृथ्वीराजमार्ग अवरूद्ध
सेतोपाटी संवाददाता सप्तरीमा पोखरी तथा नहरमा डुबेर एकै दिन तीन जनाको मृत्यु भएको छ।, तीन अलग-अलग स्थानमा मंगलबार दुई बालिका र एक युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका-२ की १२ वर्षीया सबना खातुन, खडक नगरपालिका-८ की ३ वर्षीया एलिजाकुमारी चौधरी र महादेवा गाउँपालिका-४ परसाही टोलकी ३० वर्षीया लक्षनकुमारी सदा रहेका छन्।, सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बालिका खातुनको बिहान सवा ११ बजे घर नजिकैको नहरमा लुगा धुने क्रममा डुबेर मृत्यु भएको थियो।, यसैगरी, चौकीको घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेको अवस्थामा अपरान्ह सवा पाँच बजे फेला परेकी थिइन्।, यसैगरी, सदाको पोखरीमा भाँडा मस्काउन जाँदा अपराह्न साढे चार बजे डुबेर मृत्यु भएको काफ्लेले बताए।, तिनै जनाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ।, सप्तरीमा डुबेर तीन जनाको मृत्यु
भगवती पाण्डे पहिरोले गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।, रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिएको हो।, पहिरोले घर पुरिँदा तिलककी तीन छोरीको मृत्यु भएको छ।, २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। गंगा-जमुना जुम्ल्याहा हुन्।, घर माथिबाट ढुंगासहित खसेको पहिरोले घरमा सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको हो।, गए राति करिब १ बजेतिर पहिरो खसेको थियो। पहिरोमा पुरिएर तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ।, घटनास्थलमा स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी पुगिसकेको छ। पहिरोमा पुरिएर मृत्यु भएकाहरूको शव परीक्षण गर्न तम्घास अस्पताल पठाइएको छ।, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले  घरमुली तिलक, उनकी श्रीमती र अर्की एक छोरी भने सुरक्षित रहेको बताए।, उनीहरू अर्कै कोठामा सुतेका थिए। उनीहरूलाई छिमेकीको घरमा राखिएको पनि प्रहरीले जनाएको छ।, पहिरोले घर पुरिँदा गुल्मीमा जुम्ल्याहासहित तीन दिदीबहिनीको मृत्यु
सेतोपाटी संवाददाता नेपाली सेनाले दुई जना पाइलटसहित विभिन्न पदमा जागिर खुलाएको छ।, जंगी अड्डा भर्ना छनोट निर्देशनालयले आज सूचना निकालेर विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको हो।, खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति हुने बताएको सेनाले इच्छुकलाई दरखास्त दिन भनेको छ।, २७ जना लेखा उपसेनानी माग भएको छ।, प्राविधिक उपसेनानी लाइब्रेरियन चार जना, मेकानिकल ईञ्जिनियर तीन जना, इलोक्ट्रोनिक्स ईञ्जिनियर तीन जना, प्राविधिक उपसेनानी एमबिबिएस डाक्टर १३ जना माग भएको छ।, पाइलट उपसेनानी दुई जना माग भएको छ। भौतिक विज्ञानमा प्लस टु वा सो सरह पास गरी इन्टरनेशनल सभिल एभिएसन अर्गनाइजेशनले मान्यता दिएको संस्थाबाट कमर्सियल पाइलट लाइसेन्स प्राप्त गरेको तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जहाज वा हेलिकप्टरको कमर्सियल पाइलट लाइसेन्स परीक्षा पास गरेकोले दरखास्त दिन योग्य हुनेछन्।, एक जना भिडिओग्राफर पनि सेनाले माग गरेको छ। कुन पदमा कति जना माग गरेको भन्ने विस्तृत सूचना आजको ,गोरखापत्र,मा सेनाले निकालेको सूचनामा उल्लेख छ।, दरखास्त आजदेखि कात्तिक ४ गतेभित्र दिइसक्नुपर्नेछ।, दुई पाइलट, १३ डाक्टरसहित विभिन्न पदमा सेनाले खुलायो जागिर
सेतोपाटी संवाददाता चार लाख नगदसहित प्रहरीले झापाबाट १७ जनालाई पक्राउ गरेको छ।, जुवा खेलिरहेको अवस्थामा झापाको दमकबाट गए राति उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।, दमक नगरपालिका वडा नम्बर १ का एक स्थानीयको एक तले घरमा जुवा खेलिरहेका उनीहरूलाई झापा प्रहरीले पक्राउ गरेको हो।, प्रहरीले चार लाख २७ हजार छ सय नगद, कौडा र १७ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।, चार लाख नगदसहित १७ जुवाडे झापाबाट पक्राउ
सेतोपाटी संवाददाता दमकमा एउटा जुवा अखडाबाट १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।, मंगलबार मध्यराति प्रहरीले दमक-१ का हिमाल देवानको घरबाट १७ जनालाई नगद र कौडासहित पक्राउ गरेको हो।, पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-७ का युवराज न्यौपाने, दिलबहादुर राई, तीर्थ अधिकारी, ठाकुरप्रसाद निरौला, हरि कोइराला, सुविन्द्र सुब्बालगायत छन्।, घरको कम्पाउण्डपछाडि जस्ताको छाना भएको एक तले भान्छाकोठामा जुवा खेलिरहेका उनीहरूलाई १६ थान कौडा र चार लाख २७ हजार ६ सय रूपैयाँसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।, उनीहरूलाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।, दमकबाट १७ जुवाडे कौडा र नगदसहित पक्राउ
पूर्णप्रसाद मिश्र/रासस दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले सोह्र श्राद्धका सबै तिथिको समय निकालेका हुन्।, पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध यस वर्ष असोज ५ गते मङ्गलबारदेखि सुरु भएको छ । सोह्र श्राद्धमा अपराह्नकालमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय मत छ।, मङ्गलबार प्रतिपदा तिथिको श्राद्ध दिँउसो १ः०८ देखि ४ः२२ बजेसम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उनले जानकारी दिए। यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ। तर्पण, दियो पूजा, विश्वेदेवा एवं पितृ ब्राह्मणको आह्वान र पूजा तोकिएको समयअघि नै गर्न सकिने विधि छ। यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।, असोज ६ गते बुधबार द्वितीया तिथि श्राद्ध दिउँसो १ः०८ देखि ४ः२२ बजेसम्मको समय दिइएको छ । असोज ७ गते तृतीया तिथि श्राद्धको समय  १ः०७ देखि ४ः२३ बजेसम्म छ । यस वर्ष असोज ८ गते शुक्रबार चतुर्थी तिथि श्राद्ध पनि १ः०७ देखि ४ः२३ बजेकै समयमा गनुपर्छ । , यसैगरी पञ्चमी तिथि श्राद्ध असोज ९ गते शनिबार दिउँसो १ः०६ देखि ४ः२२ बजेसम्ममा गर्नुपर्नेछ।, षष्ठी तिथि श्राद्ध असोज १० गते आइतबार १ः०६ देखि ४ः२२ बजेसम्ममा गर्नुपर्नेछ।, सप्तमी तिथि श्राद्ध असोज ११ गते सोमबार १ः०५ देखि ४ः२३ बजेसम्ममा गर्नुपर्नेछ।, यस वर्ष असोज १२ गते मङ्गलबार कुनै पनि तिथिको श्राद्ध नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पञ्चाङ्ग (पात्रो) मा उल्लेख छ ।, अष्टमी तिथि श्राद्ध असोज १३ गते बुधबार दिउँसो १ः०४ देखि ४ः२३ बजेसम्ममा गर्नुपर्ने शास्त्रीय विधि छ।, नवमी तिथि श्राद्ध असोज १४ गते बिहीबार दिउँसो १ः०४ देखि ४ः२३ बजेसम्मै गर्नुपर्नेछ।, दशमी तिथि श्राद्ध असोज १५ गते शुक्रबार १ः०३ देखि ४ः२३ बजेसम्ममा गर्नुपर्नेछ । , एकादशी श्राद्ध असोज १६ गते शनिबार दिउँसो १ः०३ देखि ४ः२३ बजेसम्मैमा गर्नुपर्नेछ । द्वादशी तिथि श्राद्ध असोज १७ गते आइतबार १ः०२ देखि ४ः२३ बजेसम्ममा गर्नुपर्नेछ।, यस वर्ष द्वादशी तिथिमा मघा परेको छ । मघा नक्षत्र परेका दिन छोरा हुनेले श्राद्ध गर्दैनन् । त्रयोदशी तिथि श्राद्ध असोज १८ गते सोमबार १ः०२ देखि ४ः२४ बजेसम्ममा गर्नुपर्नेछ । , यसैगरी चतुर्दशी तिथि श्राद्ध असोज १९ गते मङ्गलबार १ः०१ देखि ४ः२४ बजेसम्ममा गरिसक्नुपर्ने सम्पादक पन्तले बताउनुभयो । औँसी तिथि श्राद्ध असोज २० गते बुधबार दिउँसो १ः०१ देखि ४ः२४ बजेसम्ममा गरिसक्नुपर्नेछ । अपराह्नकाल पारेर पिण्डदान नगरेमा श्राद्ध गरेर पाइने फल पाउन नसकिने शास्त्रीय प्रमाण छ । , विशेषगरी काठमाडौँ उपत्यकालगायत ठूला सहरमा यो समस्या छ । आवतजावत गर्दा कोरोना फैलन सक्ने चिन्ता छ । कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतमले बताए।, पितृपक्ष अर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले आश्विन शुक्ल पञ्चमीसम्म पनि गर्न शास्त्रसम्मत् हुने उनले सुनाए। यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ ।, कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सिर्जना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।, चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । दशैँ, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवङ्गत पितृलाई सम्झन सोह्र श्राद्ध गर्न थालिएको हो । यस समयमा पितृले आस गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।, सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने?
सेतोपाटी संवाददाता मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन्।, क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बनेका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको बताइएको छ।, निमित्त महानिर्देशक क्षेत्रीले क्यानलाई प्रभावकारीरूपमा अघि बढाएर संस्थाको गरिमालाई अझ फराकिलो बनाउन दत्तचित्त भएर लाग्ने बताए। उनले मुलुकको उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो र विश्वसनीय तुल्याउन नीतिगत सुधारदेखि संस्थागत संरचनालाई सुदृढ पार्ने गरी काम गर्ने बताए।, अनिवार्य अवकाश पाउने तयारीमा रहेका पोखरेलले मङ्गलबार साँझ पदबाट राजीनामा दिएका थिए। राजकुमार क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ। उनले क्यानको प्रवक्ता तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक पदमा रहेर काम गरिसकेका छन्। , प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री
रासस पर्सा जिल्लाअन्तर्गत नेपाल-भारतसँग सिमाना जोडिएका जिल्लाका सात स्थानमा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट (बिओपी) भवन निर्माण गरिएका छन्।, सङ्घीय सरकारको लगानीमा प्रतिबोर्डर आउट पोष्ट करीब रु. एक करोडको लागतमा भवन निमार्ण सम्पन्न गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ हेडक्वार्टर प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।, भवन निर्माण भएका स्थान पर्साको आसबारी, ठोरी, ब्रह्मनगर, सुवर्णपुर, भिस्वा, पकाहामैनपुर र अमरपट्टि बोर्डर आउट पोष्ट रहेका छन् । उक्त स्थानमा बोर्डर आउट पोष्टका भवन निमार्णपछि सीमा क्षेत्रमा हुने चोरी, तस्करी, अवैध व्यापार नियन्त्रण तथा सीमा सुरक्षामा थप सजिलो हुने अपेक्षा गरिएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।, यसअगावै उक्त स्थानमा बोर्डर आउट पोष्टका आफ्नै भवन नहुँदा पुराना र जिर्ण अवस्थामा रहेका सरकारी तथा सार्वजनिक भवनमा गुजारा चलाइँदै आएको थियो । जिल्लामा कूल १८ बिओपीमध्ये अझै पनि १० बिओपी अन्यको भवनमा सञ्चालनमा छन् ।, पर्सामा सशस्त्र प्रहरीका सात बोर्डर आउट पोष्ट भवन
सेतोपाटी बागलुङको ढोरपाटन नगरपालिका–२ तारीखेतमा गएराति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन्।, बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए।, बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ।, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने बताए।,रासस, बागलुङमा बाढीले दुई घर पुरिए
सेतोपाटी संवाददाता रोल्पामा पैदल हिँडिरहेका आमा-छोरीलाई भिरबाट खसेको ढुंगाले लाग्दा भिरमुनि लडेर मृत्यु भएको छ। , रोल्पा नगरपालिका वडा नं. ९ की २५ वर्षीया संगीता पुन र उनकी २ वर्षीया छोरी र्कीतिका पुनको स्थानीय हिङ्वाङ भिरबाट खसेको ढुंगाले लागेर भिरमुनी खस्दा  मृत्यु भएको रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले सेतोपाटीलाई बताए। , आमा-छोरीको शव मंगलबार बेलुका साढे ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। , स्थानीयले भिरमुनि आमा-छोरीको शव देखेपछि  प्रहरी चौकी माडीचौरलाई खबर गरेका थिए। त्यसपछि  जिल्ला प्रहरी कार्यालय र माडाीचौरको प्रहरी टोली घटनास्थल पुगेर भिरमुनिबाट शव निकालेर मध्यराति १२ बजेतिर अस्पताल पुर्‍याएको डिएसपी सुवेदीले बताए। , बाँदरले बारीमा मकै खाएर सारै दुःख दिने गरेको हुँदा संगीता सानी छोरीलाई बोकेर जेठी छोरीसहित बारीमा पुगेकी थिइन्। सोही क्रममा एक छोरीलाई बारीमै राखेर सानी छोरी र संगीता फर्कने क्रममा भिरबाट ढुंगा खसेर उनीहरूलाई लागेको थियो।, भिरबाट झरेको ढुंगाले लाग्दा सन्तुलन बिग्रन गई भिरमुनि खस्दा आमा-सानी छोरीको एकै साथ मृत्यु भएको जस्तो देखिएको डिएसपी सुवेदीले बताए।, ‘आमा संगीताले जेठी छोरीलाई बाँदर आए ढुंगाले हान्नु भन्ने कुरा सिकाएर बारीमा एक्लै मकै हेर्नको लागि राखेर आफू सानी छोरीलाई बोकेर घर फर्किने क्रममा हिङबाङको भिरबाट खसेको ढुंगोले लागेर भिरमुनि खसेको जस्तो देखिन आएको छ,’ डिएसपी सुवेदीले भने ।, त्यस्तै, रोल्पा नगरपालिका ३ खुमेलका ४२ वर्षीय तीर्थलाल थापाको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ। , गाउँकै विवाह भोजको पार्टी खाएर घर फर्कने क्रममा उनी बाटोमै खरबारेमा लडेको अवस्थामा फेला परेका थिए।, थापा घर नफर्किएपछि राति घर परिवारले उनको खोजी गरे पनि फेला पर्न नसकेको र बिहान ४ बजेतिर फेला परेपछि उद्धार गरी अस्पताल पुर्‍याए पनि उपचारका क्रममा बिहान मृत्यु भएको डिएसपी सुवेदीले बताए। , ‘अत्यधिक मदिरा सेवनका  कारण थापा घर जाने क्रममा खरबारीमै लडेको अनुमान गरिएको छ,’ डिएसपी सुवेदीले भने।, तीनै जनाको शव जिल्ला अस्पताल रेउघामा पोष्टमार्टमको लागि लगिएको उनले बताए।,  , हिँडिरहेका आमा-छोरीको भिरबाट खसेको ढुंगाले लागेर मृत्यु
राजु अधिकारी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एउटा ‘टाइसिट’ छ, जुन पटक-पटक दोहोरिन्छ।, प्रतिष्ठानमा हरेकपटक आन्दोलन हुन्छ। त्यसलाई साम्य पार्न वार्ता हुन्छ, वार्ताले सहमतिका बुँदा तय गर्छ। ती कार्यान्वयन हुन्नन् अनि फेरि आन्दोलन हुन्छ।, हो, यही प्रवृत्ति यसपटक पनि दोहोरिएको छ।, मेडिकल शिक्षण, बिरामीको उपचार र अनुसन्धानमा व्यस्त रहनुपर्ने मुलुककै ठूलो मध्येको एउटा स्वास्थ्य प्रतिष्ठानलाई पछिल्लो एक सय दिनयता आन्दोलनदेखि आन्दोलनसम्मको गोलचक्करमा फसाएको छ।, साउन २० मा पछिल्लो आन्दोलन सुरू भएको ५१ दिन पूरा हुँदै थियो। प्रतिष्ठानको शैक्षिक, आर्थिक र प्रशासनिक सुधारको माग गर्दै चिकित्सक, विद्यार्थी, कर्मचारी मिलेर उठाएको आन्दोलन साम्य पार्न सरकारले स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल नेतृत्वमा वार्ता टोली बनाएको थियो।, साउन १९ गते दिनभर र राति अबेरसम्म चलेको वार्तापछि ‘आन्दोलन टुंगिएको’ जनाउ दिने गरी सरकार र आन्दोलनकारीले ६ बुँदे सहमति गरे।, सहमतिपत्र सार्वजनिक भयो। काठमाडौंमा स्वास्थ्य मन्त्रालयले ठूलो उपलब्धि हात पारे जसरी प्रचार गर्‍यो। धरानमा आन्दोलनकारी  चिकित्सकहरू  भने ढुक्क थिएनन्।, 'यस्ता सहमति धेरै भए, प्रतिवेदन पनि धेरै बने तर, कार्यान्वयन कहिल्यै भएन। यसपटक पनि त्यस्तै होला' भन्ने आशंका उनीहरूको थियो।, सरकारको रवैया हेर्दा आफूहरूको शंका सत्यमा परिणत हुँदै गएको आन्दोलनकारी चिकित्सकहरू बताउँछन्।, सहमति कार्यान्वयन गर्न र यसबीचमा बनेका विभिन्न प्रतिवदेन सार्वजनिक गरेर कार्यान्वयन गर्न भन्दै धरानका चिकित्सक, विद्यार्थी र कर्मचारी अहिले पनि आन्दोलनमा छन्।, प्रतिष्ठानमा यो आन्दोलन सुरू भएको बुधबार एक सय दिन पूरा हुँदैछ। , सरकारले ‘तत्कालै कार्यान्वयन गर्ने’ भन्दै ६ बुँदे सहमति गरेको ६० दिन पूरा भइसकेको छ। अहिलेसम्म सहमति कार्यान्वयन गर्ने संकेत सरकारले देखाएको छैन।, सरकारले चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले तयार पारेको बिपीसम्बन्धी प्रतिवेदन पनि गुपचुपमै राखेको छ। केही दिनअघि स्वास्थ्य मन्त्रालयले ती प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको थियो तर कार्यान्वयन गरेको छैन।, यसबीचमा कामै छाडेर आन्दोलनमा उत्रेका चिकित्सकले ‘बिरामीप्रतिको दायित्वबोध’ भन्दै त्यो कदम फिर्ता लिए।, आकस्मिक र कोभिड बाहेकका सेवा एक साता बहिष्कार गरेका आन्दोलनकारीलाई स्वास्थ्य मन्त्रालयले तत्कालै सहमति कार्यान्वयनको आश्वासन फेरि दिएपछि उनीहरू काममा फर्केका थिए।, ‘यसबीचमा सरकारले आन्दोलनकारीलाई झुक्याउने रणनीतिमात्रै अख्तियार गरेको बुझिन्छ,’ जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. पदम नेपालीले भने, ‘सहमति गर्ने कार्यान्वयन नगर्ने पुरानै चलनलाई सरकारले निरन्तरता दिएको छ। यसले समस्या झनै बढाउँदै लैजाने निश्चित छ।’, यस्तो थियो सहमति, प्रतिष्ठानभित्रका बेथितिबारे निरन्तर लेख्दै बोल्दै आएका डा. विष्णु पोखरेललाई अनियमितताविरूद्ध लेखे–बोलेकै कारण उपकुलपति डा.ज्ञानेन्द्र गिरीले स्पष्टीकरण सोधेपछि असार १ मा आन्दोलन सुरू भएको थियो।, केपी शर्मा ओली नेतृत्वको सरकारले आन्दोलनलाई पूर्णतः वेवास्ता गरेको थियो। त्यसबेला विपक्षमा रहेको कांग्रेसले विज्ञप्ति जारी गरेर धरानको आन्दोलन सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको थियो।, मुलुकको राजनीति उलटफेर भयो। कांग्रेस सभापति शेरहादुर देउवा प्रधानमन्त्री बने। उनले सत्तारोहण गरेलगत्तै प्रतिष्ठानको आन्दोलनलाई प्राथमिकतापूर्वक हेरेको छनक दिए।  उनले छानबिन समिति बनाउने, वार्ता टोली खटाउने लगायतका काम गरे। तर, छानबिन समितिले तयार पारेको प्रतिवेदन र वार्ताका क्रममा भएको सहमति कार्यान्वयनमा भने देउवाले पूरै उदासिनता प्रकट गरेका छन्।, सरकारी वार्ता टोली र आन्दोलनकारीबीच प्रतिष्ठानका पदाधिकारीमाथि कारबाही थाल्न तत्काल सिनेट बैठक बोलाउने र त्यसले कुलपतिसामु सिफारिस गर्ने उल्लेख थियो। २५ प्रतिशत सिनेट सदस्यले हस्ताक्षर गरेर सिनेट बोलाउन पहल थाल्ने सहमति दुई पक्षबीच भएको थियो। तर, स्वास्थ्यमन्त्री नियुक्त नभएको कारण देखाउँदै सिनेट बोलाउन आलटाल भइरहेको छ।, ‘स्वास्थ्यमन्त्री नियुक्त भएपछि सिनेट बोलाउने भन्दै थाती राखिएको छ,’ संयुक्त संघर्ष समितिका संयोजक डा. एसपी रिमालले भने।, बिपीका चारमध्ये रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले यही बीचमा आफैं राजीनामा दिइसकेका छन् भने उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरिसकेको छ।, यद्यपि हुँदै नभएको पदवी प्रयोग गरेका उपकुलपतिलाई त्यसबापत गर्नुपर्ने कारबाही पनि सरकारले गरेको छैन।, त्यसबाहेक असार १५ मा आन्दोलनकारीलाई वार्तामा बोलाएर आफू भने मदिरामा लठ्ठिएको आरोप खेपेका उपकुलपतिबारे पनि कुनै छानबिन भएको छैन।, सहमतिको अर्को बुँदा प्रतिष्ठानको पदाधिकारी नियुक्तिको सम्बन्धमा थियो। जुन बुँदामा यसअघि बुझाइएका प्रतिवेदन र ऐन नियमहरूलाई आधार मानेर पदाधिकारी नियुक्तिको मापदण्ड तय गर्ने उल्लेख थियो। यसअघि गठित डा.परासर कोइराला, डा.हरि लम्साल र डा.रमेशकान्त अधिकारी नेतृत्वका प्रतिवेदनहरूलाई आधार मानेर पदाधिकारी नियुक्ति मापदण्ड तय गर्ने सहमति भएको हो। यसमा पनि कुनै काम अघि बढेको छैन।, बिपीका आन्दोलनकारीले सबभन्दा महत्व दिएको बुँदा प्रतिष्ठानमा भएका अनियमितता छानबिन गर्न आयोग गठन गर्ने भन्ने हो।, प्रधानमन्त्री कार्यालयका सचिव वैकुण्ठ अर्याल नेतृत्वको छानबिन समितिले प्रतिष्ठानमा आर्थिक अनियमितता भएको ठहरमात्रै गरेको थिएन, पदाधिकारीबारे अनुसन्धान गरेर उनीहरूलाई कारबाही गर्न सुझाव दिएको थियो।, तर, आन्दोलनकारीले छुट्टै आयोग बनाएर पदाधिकारीमात्रै नभई सबै तहका शिक्षक, कर्मचारी, चिकित्सकहरूमाथि छानबिन हुनुपर्ने माग गरेका थिए। त्यसमा सहमति जनाउँदै सरकारी टोलीले ‘तत्कालै समिति गठन गर्ने’ वचन दिएको थियो। दुई महिना बित्यो, त्यसको पनि सुरसार नै छैन।, बिपीमा आन्दोलन चर्किंदा छापा मार्ने अख्तियारले मुद्दा किनारा कहिल्यै नलगाउने बताउँदै आन्दोलनकारीले अख्तियारसँग छिटो छानबिनको माग गरेका थिए।, सरकारले त्यसमा समन्वय गर्ने बताएको थियो। यही सय दिनभित्र बिपीमा दुई पटक अख्तियारले छापा मार्‍यो। तर, एउटा पनि मुद्दा किनारा लगाएन।, ‘सहमति गर्ने, प्रतिवेदन बनाउने त्यसको कार्यान्वयन नगर्ने सरकारी शैली र पदाधिकारीहरूको गलत रवैयाले प्रतिष्ठान धराशायी बनेको हो’, संयुक्त संघर्ष समितिका डा. अमृत जैसीले भने, ‘अहिले पनि त्यही समस्या दोहोरिएको छ। यसले प्रतिष्ठानलाई झनै संकटतिर धकेलिरहेको छ,’ उनले भने।  , 'सरकारले चाहे केही घण्टामै सहमति कार्यान्वयन प्रक्रिया थाल्नसक्छ। त्यसले प्रतिष्ठान सुधारको सुरूआत गर्नसक्छ,’  उनले थपे ‘तर, सरकारले प्रतिष्ठान धराशायी बनाउने नियत नै राखेर हो कि किन हो, कुनै पनि काममा ध्यान दिएको छैन। यो ज्यादै दु:खद् पाटो हो।’, सरकार भने ‘समस्या समाधान गर्न प्रतिबद्ध रहेको’ दाबी गरिरहेको छ।, त्यसो त बिपीमा ६ बुँदे सहमति कार्यान्वयन भएकै दिन सरकारी पक्षले ‘सहमति आजैदेखि कार्यान्वयनमा लैजाने’ बताएको थियो। अहिले भने सरकारले ‘आजैदेखि’ को ठाउँमा ‘चाँडै’ भन्ने शब्द प्रयोग गर्न थालेको छ। सहमति चाँडै कार्यान्वयन हुने सरकारी दाबी आउन थालेको दुई महिना नाघिसकेको छ ।, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार प्रधानमन्त्री देउवा र स्वास्थ्य मन्त्रालय बिपीको समस्या समाधानमा गम्भीर छन्। , सरकारी गम्भीरता व्यवहारमा कहाँनेर प्रमाणित हुन्छ भन्ने प्रश्नको जवाफमा राज्यमन्त्री श्रेष्ठले सेतोपाटीसँग भने,‘बिपी प्रतिष्ठानलाई हामीले उच्च प्राथमिकतामा राखेर आन्दोलनकारी साथीहरूसँग वार्ता गर्यौं। सहमति गर्यौं। त्यो सहमति कार्यान्वयन हुने चरणमा छ।’, प्रधानमन्त्री आफैं शिक्षामन्त्री पनि भएका कारण अहिले सिनेट बैठक बोलाउन केही असहज भएको जानकारी दिँदै उनले सहमति कार्यान्वयनमा कुनै अप्ठ्यारो नभएको दाबी गरे।, ‘अब चाँडै सबै सहमति कार्यान्वयन हुन्छ,’ राज्यमन्त्री श्रेष्ठले भने, ‘बिपीसहित अन्य प्रतिष्ठानका पनि केही समस्या छन्। ती सबै समाधान गर्न सरकार लागेको छ।’,  , सहमति र प्रतिवेदन थन्किए, समस्या बल्झिए
नारायण अधिकारी ‘मास्के बा’ उपनामले परिचित चितवनका चीजकुमार मास्केको जीवनको धेरै समय आँखाको उपचार सेवामा बितेको छ।, वि.सं २००३ मा गोरखाको पाटेचौरमा जन्मिएका मास्केले वि.सं २०४२ यता आफ्नो अधिकांश समय आँखा उपचारको क्षेत्रमा बिताएका छन्।, नेपाल नेत्रज्योति संघ चितवनका संस्थापक सदस्य मास्केले भरतपुर आँखा अस्पताल स्थापनाताकादेखि अहिलेसम्म अनवरत रूपमा सेवामा जुटिरहेका छन्।, संस्थापक सदस्य मास्के संघको कोषाध्यक्ष, उपसभापति, सभापति भएर आँखा उपचारमा सेवा पुर्‍याएका हुन्।, नेपाल नेत्रज्योति संघको केन्द्रीय कोषाध्यक्ष भएर सेवा गरिसकेका  मास्के अहिले पनि संघको केन्द्रीय सदस्य हुन्।, उनले विगतलाई स्मरण गर्दै भने, 'म सभापति हुँदा अस्पतालका चिकित्सक कर्मचारीलाई तलब खुवाउन मुस्किल पर्थ्यो।' , विसं २०६५ बाट झण्डै नौ वर्ष सभापति भएर आँखा उपचारमा नेतृत्वदायी भूमिका निर्वाह गरेका मास्के सभापति भएको दिन आफूले विगतमा ऋण खोजेर तलब खुवाएको स्मरण गरे। , उनले भने, 'मैले नेतृत्व छाड्दाको दिनमा अस्पतालको खातामा रु ११ करोड हाराहारी रकम संकलन भएको थियो।', सभापति हुनु अघिसम्म दैनिक दुई सय हुने बिरामी आफूले छोड्दै गर्दा ६०० पुगेको उहाँ बताउँछन्।, आफू सभापति हुनुअघि वर्षमा दुई सय आँखाको शल्यक्रिया हुने गरेकोमा छोड्दै गर्दा यो सङ्ख्या आठ हजार पुर्‍याउन सकेकोमा उनलाई गर्व छ।, अस्पतालको दुइटा उपचार केन्द्र हुँदै गर्दा सभापति भएका मास्केले दुई कार्यकाल पूरा गरेर बिदा भए। अहिले उपचार केन्द्रको यो सङ्ख्या १२ पुगेको छ।, उनले स्मरण गरे, 'म सभापति हुँदै गर्दा दुई जना विशेषज्ञ चिकित्सकसहित २५ जना कर्मचारी थिए, अहिले यो सङ्ख्या १७ जना विशेषज्ञ चिकित्सकसहित १२५ कर्मचारी पुगेको छ।', अस्पतालमा बिरामी बढेपछि फेलोसिप र स्नातक गर्न विद्यार्थी आउने गरेका छन्। अस्पताल कसरी सुधार गर्न सकियो भन्ने प्रश्नमा उनी भन्छन्, 'कर्मचारी आउनुअघि म अस्पतालको काममा जुट्थें। कर्मचारी ५ बजे फर्किए पनि काम गर्थें।' , रातमा सपनामा पनि आफूले आँखा अस्पताल देख्ने गरेको उनी स्मरण गर्छन्।,  , जिल्लाको सामाजिक व्यक्तित्व भएकाले धेरैले उनलाई सम्मान गर्थे।, दाता जुटाएर अस्पताल बलियो बनाउने काममा उनको महत्वपूर्ण योगदान छ। उनकै पालामा भरतपुर उकालोमा चिजकुमार विष्णुकुमारी श्रेष्ठ बहिरंग विभाग सञ्चालनमा आएको हो।, नारायणगढका समाजसेवी विनोदकुमार श्रेष्ठको परिवारले रु ५० लाख लगानी गरेर यो विभाग सञ्चालनमा ल्याइएको हो।, नारायणगढका व्यवसायी महेन्द्रलाल प्रधानले अस्पताललाई रु दुई करोड सहयोग गरी अस्पतालमा हीरालाल सन्तुदेवी प्रधान आँखा अध्ययन केन्द्र स्थापना गरिएको छ।, भरतपुरका भीमराज पाठकले रु एक करोड ५० लाख खर्च गरेर भीमराज उषामाया पाठक आँखा बैंक स्थापनामा सहयोग गरेका छन्।, मास्केकै पालामा भरतपुरका प्रितम पियाले रु ३२ लाख खर्च गरेर बिरामी कुरुवा घर निर्माण गरेका छन् भने हरिकृष्ण महर्जनले रु १२ लाख ५० हजार खर्च गरेर पानीको सम्पूर्ण व्यवस्थापन गरिदिएका छन्।,  , मास्के आफ्नो पालामा लायन्स क्लबबाट मात्र रु सात करोडभन्दा बढीका आँखाको उपचारमा प्रयोग हुने रेटिना लगायतको उपचार सामग्री प्राप्त गर्न सफल भएको बताउँछन्। त्यसो त आँखा उपचारका लागि व्यवस्थापकीय क्षमता बढाउन मास्केले भारतको कोलकाता, मधुराई, सिङ्गापुर, मलेसिया, हङ्कङ्ग, बैंकक लगायतका सहरमा पुगेका छन्।, उनलाई हालैमात्रै एसिया प्यासिफिक एकेडेमी अफ्थल्मोलोजी कंग्रेसले सम्मान गरेको छ। यो संस्थाले दक्षिण एसियामा उपचारमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई सम्मान गर्ने गर्दछ।,  , मास्केको सामाजिक यात्रा आँखासँगै अन्य क्षेत्रमा पनि उल्लेखनीय छ। तत्कालीन भरतपुर नगरपालिका–१० का वडाध्यक्ष भएर अनुभव संगालेका भएका उनले १२ वर्ष भरतपुर माविको अध्यक्ष भएर सेवा गरेका छन्। यसैगरी चितवन मावि र नारायणी माविमासमेत उनले समितिमा रहेर काम गरेका छन्।,  , रेडक्रसको आजीवन सदस्य, लायन्सको डिष्ट्रिक ट्रेजररलगायत विभिन्न पद, क्यान्सर सेवा समाजमा हाल पनि संयोजक, नारायणी कला मन्दिरमा आजीवन सदस्य, सुस्त मनस्थितिको समितिमा समेत सदस्य रहेका छन्।, विभिन्न संस्थामा जुट्ने भए पनि उनको ध्यान आँखामा केन्द्रित छ। हाल झण्डै एक लाख ५० हजार बिरामीलाई सेवा दिँदै आएको यस अस्पताललाई थप उत्कृष्ट बनाउने उनको चाहना छ।,  , संघले यहाँ भरतपुर आँखा अस्पताल सञ्चालन गरेको छ भने भरतपुर उकालोमा सिटी क्लिनिकको रूपमा बहिरंग विभाग र चितवनसहित छिमेकी जिल्लामा १२ वटा आँखा उपचार केन्द्र सञ्चालन गरेको छ।, एक जना व्यक्तिको निरन्तर लगावले आँखा उपचारको क्षेत्रमा अतुलनीय योगदान पुगेको छ।, भरतपुर आँखा अस्पतालमा नेपालसहित छिमेकी भारतबाट समेत उपचारका लागि आउने गर्दछन्। मास्केले आफू बाँचुञ्जेल अस्पतालको सेवा गरिरहने इच्छा व्यक्त गरे। ,रासस, चार दशकदेखि आँखा उपचार सेवामा खटेका 'मास्के बा'