content
stringlengths
20
64.1k
सेतोपाटी इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ।, मंगलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए।, आफूहरूलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याई व्यवस्थापन गर...
रासस ट्राफिक प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गरेको छ। , महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको बडादशैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर चाडपर्व व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ...
सेतोपाटी संवाददाता गएराति १२ बजेको समयमा धनुषा विदेह नगरपालिका वडा नं. ६ स्थित एकराही टोलमा 'आरकेस्ट्रा' नाच नचाउने ५ जना पक्राउ परेका छन्। , कुनै पनि निकायबाट अनुमति समेत नलिई साउण्ड बक्स जडान गरी अश्लिल भोजपुरी गितमा ठूलो आवाजमा बजाएको गुनासो आएपछि प्रहरी चौकी गिद्धा धनुषाबाट टोली खटिएको थियो। , नाच बन्द गर्नको लागि...
सेतोपाटी संवाददाता बाल यौन दुराचार गरेको अभियोगमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सुनपाती गाउँपालिका-२ का १८ वर्षीय राजकुमार रायमाझी छन्।, विभिन्न प्रलोभन देखाएर एक छात्रालाई यौन दुराचार गरेको आरोपमा प्रहरीले रायमाझीलाई पक्राउ गरेको हो।, रामेछाप प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुंगा...
सेतोपाटी संवाददाता नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन्। बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।, सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक भएको हो। उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसकेका छन्।...
सेतोपाटी संवाददाता प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। , गोलबजार नगरपालिका वडा नम्बर ४ निपनिया कुटी टोल बस्ने ३८ वर्षीया हरिहरदेवी महरालाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको हो। उनलाई प्रहरीले आइतबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। , उनीमाथि ३९ वर्...
सेतोपाटी संवाददाता पोखरामा विद्यालयको पर्खाल भत्किएर सोमबार एक जनाको मृत्यु भएको छ।, पोखरा-१३ बाँझापाटनमा रहेको बालकल्याण माविको पुरानो पर्खाल भत्किएर एक जना भारतीय नागरिकको मृत्यु भएको हो।, पर्खाल पुरानो भएकाले भत्काउन लाग्दा एकैचोटि भत्किएर २० वर्षीय रितेश रामको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।, पर्खालले लागेपछ...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय मोरङले अपराधबाट पीडित भइरहेका परिवारसँग भेटघाट कार्यक्रम सुरुवात गरेको छ।, उक्त कार्यक्रममा प्रहरीले पीडितहरूको घरमा नै गएर प्रत्यक्ष भेटघाट गरी कानुनी परामर्श, कानुनी प्रक्रियाको जानकारी र पीडकलाई कानुनी कारबाही सम्बन्धमा जानकारी गराउने गरेको छ।, अपराध नियन्त्रण र समुदायमा आध...
रासस सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए।, घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका लागि घाँस काट्न गएका बेलामा हात्तीले आक्रमण ...
सेतोपाटी संवाददाता खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा जलेर घाइते भएका झापाको अर्जुनधारा वडा नम्बर ७ का एक दम्पतीको मृत्यु भएको छ।, गम्भीर घाइते रोम खनाल र दुर्गा खनालको उपचारका क्रममा सोमबार मृत्यु भएको हो। उनीहरूको सोमबार साँझ दुई घन्टाको अन्तरमा मृत्यु भएको स्थानीय कमल पोखरेलले जानकारी दिए।, आगलागीमा परेर उनीहरूक...
रासस विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ–बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन्।, करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को ६५ किलोमिटर सडक खण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन्।, गैँडाकोटबाट सुरु हुने सडकको खाल्डाखुल...
एजेन्सी भारतीय अधिकारीहरूले अफगानिस्तानबाट आएको तीन खर्ब रुपैयाँभन्दा बढी मूल्यको हिरोइन नियन्त्रणमा लिएका छन्।, भारतीय समाचार पत्र द हिन्दुका अनुसार केही दिनअघि पश्चिमी राज्य गुजरातको मुन्द्रा बन्दरगाहमा राजश्व अनुसन्धान निर्देशनालयका अधिकारीहरूले झन्डै तीन हजार किलोग्राम हिरोइन नियन्त्रणमा लिएका हुन्। उक्त हिरोइनको ...
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन्।, बुटवल-३ ज्योतिनगर र लक्ष्मीनगरमा चुरेपहाडबाट झरेको पहिरोको क्षति निरीक्षणका लागि सोमबार बिहान पहिरोग्रस्त स्थलमा गएका सुवेदीलाई स्थानीय एक युवाले मुक्का प्रहार गरेका थिए। , सुवेदीमाथि मुक्का प्रहार गर्ने स्था...
रासस कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ। ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन्। घाइते जवानको अवस्था सामान्य रहेको छ। उनको हात र पाखुरामा चोट लागेको छ।, सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्...
रासस बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।, सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।, उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा अन्य तीन जना घाइते भएका छन्।, घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्...
रासस श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।, सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो।, दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनगरस्थित बरही गाउँमा घाँटी रेटी हत्या गरे...
सेतोपाटी संवाददाता सीमा नाका पार गराउन सहजीकरण गर्ने भन्दै रूपन्देहीमा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुई जना पक्राउ परेका छन् ।, प्रहरीले इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभल्सका कर्मचारी सन्तोष गुप्तालाई नेपाल–भारत सीमा नाका बेलहियामा भारतीय...
सेतोपाटी संवाददाता आर्थिक अभाव भएपछि २०७० सालदेखि रोकिएको नागेंचा प्याखँ (नाच) सञ्चालन गर्न काठमाडौँ महानगरले अनुदान दिएको छ।, महानगरको अनुदान पाएपछि यस वर्षदेखि नाच प्रदर्शन थालिने भएको हो। हरेक वर्ष यँया पुन्हीबाट सुरू भएर तीन दिनसम्म चावहिल, जय बागेश्वरीलगायतका नौ ठाउँमा नाच प्रदर्शन गर्ने परम्परा छ।, काठमाडौं महान...
एजेन्सी मेक्सिको र अमेरिकाको सीमावर्ती क्षेत्रमा अहिले हजारौं मानिस अमेरिका छिर्न पाइने आशामा जम्मा भएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार तीमध्ये धेरैजसो क्यारेबियन मुलुक हैटीका छन्। कोरोना महामारीबीच केही समयअघि भएको राष्ट्रपतिको हत्या र त्यसपछि आएको भूकम्पले गरिब मुलुक हैटीको अवस्था असामान्य बनेको छ। अमेरिका छिर...
सेतोपाटी पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका-६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१४च ६२७९ नंको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना३७प ३८९४ नंको मोटरसाइकल आपसमा ठोक्किएको हो।, सो दुर्घटनामा परी मोटरसाइकल चालक जिल्ला पर्सा जिरा भवानी...
राजेश घिमिरे बडेमानको भारी बोकेर उकालो बाटो छिचोलेपछि आइपुग्ने भञ्ज्याङमा निरुता चेपाङ रोकिइन्। माउन्टेन डिउका जम्बो बोतलले भरिएको भारी बाटो छेउको ढुंगोमा अड्याइन्।, खाली पैताला उभिएका उनका १२ वर्षीया बहिनी र १० वर्षका भाइले पनि  भारी बिसाए। सालका रूखले भरिएको जंगल बीचको बाटोमा उभिएर लामो सास फेरे।, चितवनको कालिका-११ ...
सेतोपाटी रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ।, प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्यांक उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो।, विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको रेडपाण्डा जाजरकोटको बारेकोट, नलगाड र डोल्पाको मुड्केचुला गाउँपालिकामा पाइन्छ।, संरक्षणका लागि सरोकारवाल...
सेतोपाटी संवाददाता लागुऔषध चरेस प्याकिङ गर्ने ठाउँमा प्रहरीले छापा मारेको छ। , लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंमा चरेस प्याकिङ गर्ने ठाउँमा छापा मारेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।, यसमा संलग्न रहेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। विदेश पठाउन त्यहाँ चरेस विभिन्न सामानमा लुकाउने गरेको उ...
सेतोपाटी पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरू अहिले नासिँदै गएका छन्।, गर्मीमा दौंतरीहरू बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रूपमा रहेका चौतारीहरू पछिल्लो समय नासिँदै गएका छन्।, चौतारी, पोखरी ग्रामीण जीवनको मौलिकता दिने संरचना पनि हुन्। यी मौलिकताक...
सेतोपाटी संवाददाता मुलुकभित्रको विद्युत प्रशारण प्रणाली सुदृढीकरण तथा नेपाल–भारतबीचको विद्युत व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध देखिएको छ। , ८ वर्ष अघिबाट निर्माण सुरु भए पनि अवरोधका कारण अझैसम्म सम्पन्न हुन सकिरहेको छैन। मकवानपुरको हेटौंडा...
रासस मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ। लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘इउरोपियन रोलर’ जातको चरा भेटिएको हो। अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलो पटक लोमान्थाङमा भेटिएको बताए।, ‘एक्याप लोमान्थाङका कर्मचारी रामबहादुर गुरूङल...
खिलानाथ ढकाल मादी नगरपालिका-१ उम्लिङका रमेश कार्की वैदेशिक रोजगारीका लागि मलेसियामा थिए।, दस वर्षयता मलेसिया-नेपाल आउजाउ गरिरहेका उनले श्रीमती रञ्जनासँग भदौ २० गते राति ९ बजेसम्म टेलिफोनमा कुराकानी गरेका थिए।, रमेशका अनुसार रञ्जनासँग दिनहुँ टेलिफोन संवाद हुन्थ्यो। रञ्जनासँग कुराकानी भएको दुई दिनअघि मात्र ८ वर्षीय छोरा...
सेतोपाटी संवाददाता कञ्चनपुरमा गस्तीमा गएको सशस्त्र प्रहरी बलको टोलीमाथि आक्रमण गर्ने भारतीय पक्राउ परेका छन्।, सीमावर्ती क्षेत्रमा तस्करी गर्ने समूहका नाइके अर्जुनकुमारलाई मंगलबार पक्राउ गरिएको भारतको चम्पावत जिल्लाका प्रहरी अधिकारीले जानकारी दिएका छन्।, ‘आक्रमण गर्ने मुख्य नाइकेलाई पक्राउ गरेको जानकारी चम्पावतका प्रह...
राजेश घिमिरे बकैया–११ मा पसल चलाउने डम्बर न्यासुर असोज ३ गते राति पसल बन्द गरेर वडा नम्बर ४ स्थित घरतर्फ फर्कँदै थिए। बाटोमा प्रहरीको फन्दामा परे।, दर्जनौंको संख्यामा रहेका प्रहरी स्थानीयलाई केरकार गर्दै थिए। सडकमा रहेका उनी पनि केरकारमा परे। विषय थियो गाउँमा गाई काटिएको। बकैया-११ को कालीदमारमा गाई काटिएको सूचनाको आधा...
रासस नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ।, दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ।, केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र असोज ४ गते सो...
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा उठ्ने कुल आचार्यले घोषणा गरेका छन्।, एनआरएनएको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ।, उनले पर्वत पुगेर आइतबार आफू एनआरएनएको महाधिवेशनमा अध्यक्ष पदमा लड्ने बताएका हुन्। उनको गृहजिल्ला पर्वत हो। उनी जलजला गाउँपालिका ७ धाइ...
सेतोपाटी संवाददाता सरकारले आजदेखि कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ।, हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजदेखि ११ दिनसम्म कोरोना विरूद्ध भेरोसेल खोप लगाइनेछ। आजदेखि असोज १४...
रासस २०६६ असार २६ मा यार्सागुम्बा सङ्कलनमा आएका सात जना गोरखाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ।, संविधान दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा सामूहिक हत्यामा संलग्न भई जिल्ला कारागार मनाङमा कैद सजाय भुक्तान गरिरहेका पाँच कैदीबन्दीको कैद मिनाहा गरिएको हो।, क...
सविता बुढा कञ्चनपुरको तत्कालीन महेन्द्रनगर विकास समितिको ५७२ बिघा जमिन कहाँ कसरी प्रयोग भइरहेको छ भन्नेबारे अख्तियारले छानबिन थालेको छ।, यसअघि पटक-पटक उजुरी परे पनि निष्कर्षमा नपुर्‍याएको अख्तियारले यस पटक भने उच्चस्तरीय टोली केन्द्रबाटै पठाएर समितिको जग्गा पत्ता लगाउन काम सुरू गरेको हो।, पछिल्लो एक सातामा यस विषयमा ए...
एजेन्सी कोरोनाभाइरसका कारण संसारभरिको अर्थतन्त्रमा विभिन्न रूपले असर परेको छ।  संक्रमण रोक्न सरकारहरूले देशव्यापी लकडाउन गर्दा दिनभरि काम गरेर बिहान-बेलुकाको छाक टार्नेहरूलाई धौ-धौ भएको छ।, लकडाउन भएपछि थाइल्यान्डको राजधानी बैंककका ट्याक्सी चालकले पनि आफ्ना ट्याक्सी थन्काउनु पर्‍यो। तीमध्ये कति ट्याक्सी चालक आफ्नो गाउ...
सुदीप श्रेष्ठ धेरै धेरै, धेरै नै वर्षअगाडि जतिखेर राक्षस उर्फ लाखेहरू मान्छेको भेष धारण गरेर खेतीपातीमा सघाउन आउँथे, त्यति बेला एक जना नवयुवक लाखे सधैं नै पाटनको एउटा ज्यापु परिवारलाई सघाउन आउँदो रहेछ। , लाखे समुदायभित्र यसरी काममा सघाउन आउँदा कुन साल को कुन ठाउँमा जाने भनेर पहिले नै निधो गरिएको हुन्थ्यो। स्थानीयसँग ब...
सेतोपाटी संवाददाता धनुषामा पोखरीमा डुबेको अवस्थामा आमा छोराको शव फेला परेको छ।, धनुषाधाम नगरपालिका-२ स्थित २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुशकुमार सिंहको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ।, स्थानीयले पोखरीमा शव तैरिरहेको देखेपछि इलाका प्रहरी कार्यालय धनुषाधामलाई खबर गरेको थियो। पारिवारिक विवादका कारण...
नवीनबाबु गुरूङ हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन सुरू भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजदेखि ११ दिनसम्म कोरोना विरूद्ध भेरोसेल खोप लगाइनेछ। आजदेखि असोज १४ गतेसम्म पहिलो मात्रामा खोप लगाउन लागिएको मन्त्रालयको भनाइ छ।, पहिलो मात्र...
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ। बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन्।, गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झन्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन...
सेतोपाटी संवाददाता सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक  डाक्टर प्रेमराज ज्ञवालीलाई हटाएको छ।, ज्ञवालीलाई हटाउन भदौ २५ गतेको मन्त्रिपरिषदले मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेशलाई संशोधन गरेको थियो। गठन आदेश संशोधन भएसँगै भदौ २९ गते डाक्टर ज्ञवालीलाई त्रिवि शिक्षण अस...
भगवती पाण्डे बुटवल– ३ ज्योतिनगरमा सोमबार विहान झरेको पहिरोले थप नौं वटा घर पुरिएका छन्। यसअघि गत भदौ १३ गते विहान झरेको पहिरोले ७ वटा घर पुरिएका थिए भने २० वटा घरमा लेदो सहितको पहिरो पसेको थियो।, सोमबार बिहानैदेखि परेको अविरल वर्षापछि ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा फेरि पहिरो झर्न शुरु गरेको प्रहरीले जनाएको छ। इलाका...
सेतोपाटी संवाददाता प्रहरीले संखुवासभामा भएको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा थप चार जनालाई पक्राउ गरेको छ। , पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीको बयानका आधारमा थप चार जनालाई पक्राउ गरिएको संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले सेतोपाटीलाई जानकारी दिए।, जिल्ला प्रहरी कार्यालय स...
खिलानाथ ढकाल संखुवासभा हत्याकाण्डमा नयाँ ट्विस्ट:, संखुवासभा हत्याकाण्डको अनुसन्धानमा नयाँ ट्विस्ट आएको छ। , हत्या आरोप लागेका २५ वर्षीय लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दै जाँदा योजनावद्ध तरिकाले तेजबहादुर कार्की र उनको परिवारका पाँच जनाको हत्या भएको खुलेको प्रहरीले दाबी  गरेको छ।, हत्याकाण्ड संलग्न भएको आरोप लागेका...
एजेन्सी रूसको एक विश्वविद्यालयमा  सोमबार दिउँसो गोली चलेको छ। रूसी समाचार संस्था तासका अनुसार पर्म स्टेट युनिभर्सिटीमा  एक विद्यार्थीले गोली चलाएका हुन्।, गोली लागेर अहिलेसम्म ८ जनाको मृत्यु भएको अनुसन्धानकर्तालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।, सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा गोली चलेपछि विद्...
सञ्चिता घिमिरे, देवराज सुवेदी/ रासस असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ। बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो। सडक खुलेपछि एकातिर स्थानीयवासीलाई आवतजावत सजिलो हुनेछ भने आयोजनास्थलसम्म पुग्न सकेमा त्यहाँका संरचनाको मर्मत अघि बढ्नेछ।, मेलम...
रोहित महतो एक वर्षअघि असोजमा जनकपुरस्थित रेल्वे स्टेसनमा रेल आयो। स्वागतका लागि हजारौंको भीड उर्लियो।, जिल्ला प्रशासन कार्यालयले लकडाउन घोषणा गरे पनि सरकारले खरिद गरेका दुई सेट रेल जनकपुर आउँदा जयनगरदेखि जनकपुरसम्मै रेल्वे ट्रयाक छेउमा मानिसको ताँती लाग्यो। तीमध्ये धेरैले छिटै रेल चढ्न पाइने सपना देखेका थिए।, दिन बिते...
रासस कोभिड–१९ को सङ्क्रमणका कारण बन्द भएका यहाँका शक्तिपीठ क्रमशः खुल्न थालेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले सङ्क्रमणको दर घट्दै गएकाले स्मार्ट लकडाउन गर्ने निर्णयसँगै यहाँका मुख्य शक्तिपीठ खुल्न थालेका हुन् ।, कोरोनाका कारण गत वैशाखदेखि बन्द भएका शक्तिपीठ असोज लागेसँगै खुलेपछि क्रमशः भक्तजन पूजाआजाका लागि पुग्न...
एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख तथा महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस अफगानिस्तान पुगेका छन्। , सोमबार टेड्रोसले ट्विटरमार्फत् आफू अफगानिस्तान पुगेको जानकारी दिएका हुन्। उनी डब्ल्युएचओको पूर्वी भूमध्य क्षेत्रीय कार्यालयका निर्देशक अह्मद अल मन्धारीसँग त्यहाँ पुगेका हुन्। , अफगानी जनताको स्वास्थ्...
सेतोपाटी संवाददाता नेकपा एमाले रूपन्देहीका जिल्ला अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने व्यक्ति एमालेकै कार्यकर्ता रहेको पाईएको छ।, सोमबार बिहान बुटवल ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा झरेको पहिरो निरीक्षणका लागि गएका नगरप्रमुख सुवेदीमाथि स्थानीय एक युवाले मुक्का प्रहार ...
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुरको मुद्दामा दुई करोड रुपैयाँ जरिवाना तथा कैद सजाय पाएका व्यक्तिलाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं बुढानिलकण्ठ घर भई बारा सिमरा उपमहानगर बस्ने ६७ वर्षीय कृष्णबहादुर थापालाई पक्राउ गरेको हो। , उनलाई जिल्ला प्रहरी कार्यालय बारा र पर्सासँग समन्वय गरी शनिबा...
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार ९५ जनामा कोरोना संक्रमण देखिएको छ।, पछिल्लो २४ घन्टामा एन्टिजेन्ट परीक्षण एक सय २० र पिसिआर परीक्षण नौ सय ७५ गरी कूल एक हजार ९५ जना संक्रमित पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार आठ सय १७ जनामा परीक्षण गरिएको थियो।, साथै सोमबार दुई हज...
सेतोपाटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोना भाइरसविरूद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ। , जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो।, कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धित सब...
सेतोपाटी महोत्तरीको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयक...
सेतोपाटी संवाददाता काठमाडौंको जोरपाटीबाट चार लाख ७४ हजार रूपैयाँसहित २० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार राति ११ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ जोरपाटीबाट २० जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। , विशेष सूचनाको आधारमा प्...
एजेन्सी गत महिना अफगानिस्थानको काबुलमा भएको ड्रोन आक्रमणप्रति अमेरिकी सेनाले माफी मागेको छ।, हमिद कारजाई विमानस्थलमा भएको सो आक्रमणमा १० जना नागरिकको मृत्यु भएको थियो। जसमा सात जना बालबालिका थिए। , रोयटर्सका अनुसार त्यस आक्रमणप्रति शुक्रबार अमेरिकी सेनाले माफी माग्दै यसलाई 'दु:खद् गल्ती' भएको बताएका छन्। , पेन्टागनले ...
एजेन्सी अफगानिस्तानमा तालिबान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेको छ। त्यसको सट्टामा तालिबानले धार्मिक सिद्धान्त लागू गराउने मन्त्रालय राखेको बीबीसीले जनाएको छ। , शुक्रबार महिला मामिला मन्त्रालयको बोर्ड हटाएर सद्गुण प्रचार तथा दुर्गुण रोकथाम मन्त्रालय राखिएको हो।, सामाजिक सञ्जालमा मन्त्रालयका महिला कर्मचारीले कार...
सेतोपाटी संवाददाता रेडपाण्डाको छालासहित सुर्खेतबाट चार जना पक्राउ परेका छन्। शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।, होटलमा बसिरहेको अवस्थामा उनीहरूलाई रेडपाण्डाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए।, पक्राउ पर्नेमा कालीको...
सेतोपाटी हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ। त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ। देश संघीयतामा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको छ।  , मर्स्याङ्दी नदीमा आएको बाढी र पहिराले मनाङको मेरुदण्ड मानिने डुम्रे–बेंसीशहर-चामे सडकख...
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार एक हजार ६६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार तीन सय ८५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , आठ हजार पाँच सय ४० जनाको पिसिआर परीक्षण र दुई...
निशा भण्डारी काठमाडौंको चोभारस्थित बागमती नदीमा विश्वकर्माको मूर्ति विसर्जन गरिएको छ। , शुक्रबार विभिन्न मेसिन, उद्योग, कलकारखानालाई विश्वकर्माको प्रतीकका रूपमा पूजा गरिएको थियो।, साथै कतिपयले विश्वकर्माको मूर्ति बनाएर पूजा गरेका थिए।, पूजाको दिन मूर्ति घरमै राखेर भोलिपल्ट खोला नदीमा विसर्जन गर्ने चलन छ। त्यसअनुसार शन...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप दुई सय ५६ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप दुई सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। , काठमाडौंमा दुई सय ४३ जना र भक्तपुरमा १३ जना संक्रमित थपिएका हुन्। तर ललितपुरमा भने संक्रमित नथपिएको मन्त्रालयले जनाएको छ।, योसँगै ...
सेतोपाटी डोटीको तलारा तथा बैतडीको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको ७५० मेगावाट क्षमताको पश्चिम सेती परियोजना निर्माण अध्ययन गर्न सरकारी टोली डोटी आइपुगेको छ। , टोलीले पश्चिम सेती परियोजनाको विद्युतगृह निर्माण गरिने जिल्लाको शिखर नगरपालिका तल्कोट क्षेत्रको अनुगमन गरेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासील...
सेतोपाटी संवाददाता काठमाडौंको फोहोर बिसर्जनका लागि तयार पारिँदै आएको बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै त्यहाँका स्थानीयले आपत्ति जनाएका छन्।, सरकारी निकायहरूले बञ्चरे डाँडामा फोहोर बिसर्जनका लागि तयार भइसकेको र फोहोर फाल्न मिल्ने बताएपछि आवश्यक संरचना नै नबनाइ फोहोर फाल्न लागिएको भन्दै...
सेतोपाटी दोलखाको भीमेश्वर नगरापालिका वडा नम्बर ७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।, दुर्घटनामा परी मोटरसाइकल चालक दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का २४ वर्षीय सन्तोष थामीको मृत्यु भएको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताए।, दुर्घटनामा परी भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतीका ५० वर्षीया शार...
सेतोपाटी संवाददाता मलेसियाबाट एकैदिन ६ शव नेपाल ल्याइएको छ।, वैदेशिक रोजगारीका लागि मलेसिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार) नेपाल ल्याइएको हो। , ६ जनाको शवसँगै  १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ। नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर...
सेतोपाटी लुम्बिनी प्रदेश सरकारले विभिन्न १० विधाका प्रदेश पदकले विभूषित गर्ने घोषणा गरेको छ।, संविधान दिवसका अवसरमा प्रदेश सरकारले हरेक वर्ष घोषणा गर्ने विभूषितको नाम सरकारले गठन गरेको पदक सिफारिस समितिको सिफारिसानुसार आज प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो। , सरकारले आज घोषणा गरेका ५७ पदक विभूषितलाई प्रदेश स्थापना दि...
रासस वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।, प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।, भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्...
एजेन्सी चार जना अन्तरिक्ष पर्यटक आफ्नो यात्रा सकेर शनिबार पृथ्वीमा फर्किएका छन्।, उनीहरू चढेको स्पेस एक्स क्याप्सुल शनिबार घाम नअस्ताउँदै अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको हो।, स्पेस एक्सको इनस्पिरेसन ४ मिसनअन्तर्गत पहिलो पटक सर्वसाधारणलाई अन्तरिक्षमा पठाइएको थियो। तीन दिनअघि उनीहरू पृथ्वीबाट उडेका ...
सेतोपाटी संवाददाता लोकनाटक ‘राधाकृष्ण नाच’ को संरक्षण गरेर गाउँलेले यसलाई ताकम गाउँकै पहिचानका रुपमा स्थापित गरेका छन्। म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका बासिन्दाले सदियौंदेखि लोकनाटक देखाउँदै आएका हुन्। अचेल यसको संरक्षणमा युवाहरू जुर्मुराएका छन्।   , भगवान शिव र पार्वतीले सुपुत्र गणेशका साथमा मत्र्यलोकमा राधाक...
राजु अधिकारी अन्य प्रश्नको निर्धक्क जवाफ दिने सर्वसाधारणले धन-सम्पत्तिबारे प्रश्नमा उत्तर दिन हच्किँदा राष्ट्रिय जनगणनामा तथ्यांक  सही  नआउने जोखिम बढेको छ।, अहिले राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणना कार्यक्रमअन्तर्गत घरपरिवार सूचीकरणका लागि सुपरीवेक्षकहरू घर-घर पुगिरहेका छन्। उनीहरूको अनुभवमा अधिकांश उत्तरदाताल...
खिलानाथ ढकाल मल नल्याएको आरोप लागेका ठेकेदार हुमनाथ कोइरालाले प्रबल जनसेवा श्री विभूषण पाएका छन्।  , आइतबार संविधान दिवसको अवसर पारेर सरकारले होनीको मल्टिपल प्रालिका सञ्चालक कोइरालालाई विभूषण दिएको हो। , कोइराला सञ्चालक रहेको होनीको मल्टिपललाई मल नल्याएको आरोपमा गत साल भदौमा कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीमा रा...
सेतोपाटी चिसो भुइँमाथि पातलो खुइलिएको म्याट। बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै।, ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उनलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ। अरूको सहाराबिना उठबस गर्न सक्दैनन्।  , फिरन्ते राउटे समुदाय पहिले डा...
सेतोपाटी महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आज दिउँसो दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोनमा गाउँपालिका–२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए। , सुन्दरपुरका ३५ वर्षीय मलेसी स...
सेतोपाटी संवाददाता वृहत नागरिक आन्दोलनले आइतबार संविधान संशोधनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरेको छ। , संविधान संशोधन मार्च नाम दिइएको उक्त प्रदर्शन माइतीघरबाट सुरू भएर नयाँ बानेश्वरस्थित संसद भवनअगाडिसम्म पुगेर सभामा परिणत भएको थियो। , सभामा विभिन्न समुदायबाट प्रतिनिधित्व गर्दै विभिन्न वक्ताहरूले बोलेका थिए। उनीह...
सेतोपाटी संवाददाता वृहद् नागरिक आन्दोलनले आइतबार संविधान संशोधनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरेको छ। , संविधान संशोधन मार्च नाम दिइएको उक्त प्रदर्शन माइतीघरबाट सुरू भएर नयाँ बानेश्वरस्थित संसद भवनअगाडिसम्म पुगेर सभामा परिणत भएको थियो। , सभामा विभिन्न समुदायबाट प्रतिनिधित्व गर्दै विभिन्न वक्ताहरूले बोलेका थिए। उनी...
नारायण खड्का प्रतिष्ठित र धनाढ्य पुरूषसँग नजिकिएर 'इमोस्नल ब्ल्याकमेलिङ' गरी लाखौं असुल्न खोजेको आरोपमा घोराहीका तीन महिला पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले पक्राउ परेका तीन जना महिलालाई आइतबार सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १५ क...
सेतोपाटी संवाददाता नेपालमा थप सात सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार सात सय ३४ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार १३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , सात हजार ३ सय ४ जनाको पिसिआर परीक्षण र दुई हजार सात सय...
विवेक राई सरकारले १८ वर्ष उमेर मुनिका बालबालिकाका लागि लगाउन मिल्ने ४० लाख डोज कोरोना खोप खरिद गरेको छ।, स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. सागर दाहालले १८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने ४० लाख डोज मोडेर्ना खोप खरिद गरिएको जानकारी दिए। , प्रमुख दाहालले अमेरिकी कम्पनी ‘मोडेर्ना’ ल...
सेतोपाटी संवाददाता सरकारले आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ।, दसैं-तिहार-छठजस्ता पर्वलक्षित सुपथ मूल्यका पसलमा खाद्यान्नलगायत खसी, बोका र च्याङ्ग्रा पनि किन्न पाइनेछ।, सुपथ मूल्यका पसलमा अन्यत्रका पसलमा भन्दा कम मूल्यमा सामान किन्न पाइनेछ। सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी दुई रूपैया...
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक बुल्दीखोलामा खस्दा करिब २८ वर्षीय चालकको मृत्यु भएको हो।, मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले...
सेतोपाटी बैतडीको दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, वडा नं २ स्थित देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।, नगरप्रमुख नरेन्द्रसिंह थापाका अनुसार असोज ३ र ४ गते नगरपालि...
सेतोपाटी नेपाल-चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ।, सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। , नाम्खा गाउँपालिका–६ ल...
एजेन्सी चीनले झन्डै ७२ प्रतिशत जनसंख्यालाई कोरोनाभाइरसविरूद्धको पूर्ण खोप लगाइसकेको बताएको छ।, बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सेप्टेम्बर १५ सम्म २ अर्ब १६ करोड डोज भ्याक्सिन लगाइसकेको जानकारी दिएको छ।, चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म १ अर्ब ४० करोड चिनियाँमध्ये अहिलेसम्म १ अर्बले पूर्ण खोप लगाइसके...
सेतोपाटी ओखलढुंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , मृत्यु हुनेमा सुनकोशी गाउँपालिका-९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ। , सोही गाउँपालिका–१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख गोविन्दराज काफ...
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा २५ लाख रूपैयाँ जरिवाना पाएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। , खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० घर भई भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नम्बर ९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको ट...
निशा भण्डारी नारायण पुरी र मालती पुरी श्रीमान-श्रीमती हुन्। उनीहरू दुबै जना मिस्त्री काम गर्छन्। ललितपुरको पुल्चोकमा उनीहरूको आफ्नै मोटरसाइकल वर्कसप छ। , मालतीलाई मिस्त्री काम नारायणले नै सिकाएका हुन्। श्रीमानलाई पनि सहयोग हुने बुझेर आफूले पनि मिस्त्री काम सिकेको मालती बताउँछिन्।, पछिल्लो १५ वर्षदेखि यो जोडी सँगसँगै म...
एजेन्सी अन्तरिक्षमा ९० दिन बिताएर चिनियाँ अन्तरिक्ष यात्रीको टोली शुक्रबार पृथ्वीमा फर्किएको छ।, सेनझाउ-आइटु मिसन क्रुले शुक्रबार चीनको गोबी मरूभूमिस्थित डोङफेङ ल्यान्डिङ साइटमा अवतरण गरेको ग्लोबल टाइम्सले जनाएको छ। तीन जना टाइकोनट्सहरूले चिनियाँ समयअनुसार दिउँसो १ बजेर ३४ मिनेटमा अवतरण गरेका थिए। चीनमा एस्ट्रोनट्सलाई...
सबिना श्रेष्ठ तामाङ समुदायलाई 'तामाङ' भनिनुअघि 'मुर्मी भोट्या', 'लामा भोटे', 'भोट्या' लगायत विभिन्न सम्बोधन गरिन्थ्यो। विभिन्न अभिलेखमा उनीहरूलाई 'मासिन्या' अर्थात् मार्न वा सित्तैमा दासदासी बनाउन सकिने जात पनि भनियो।, लामो समयको यस्तो उत्पीडनपछि तामाङहरूले विद्रोह गरे। दरबारमा आफूहरूले 'तामाङ' लेख्न पाउनुपर्छ भनेर जा...
सेतोपाटी संवाददाता सरकारले चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ।, नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ। , निगमको वाइडबडी-३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो। सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शुक्रबार १२ हजार ३८५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट ८ हजार ६ सय ६५ जना र एन्टिजेनबाट ३७२० जनाको परीक्षण भएको छ।, त्यस्तै, एक हजार ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ३९७ कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंका २७४ , ललितपुरका ७० र भक्तपुरमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, यस्तै काठमाडौं उपत्यकामा ६४४४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३५५२, भक्तपुरमा १०६८ र ललितपुरमा १८२४ सक्रि...
सेतोपाटी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।, पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित चोकमा आज पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु७२प ४७९२ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स४प ७९२६ नंको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको...
निजा राजभण्डारी (बाटाजु) बच्चा नबस्ने कारणहरू धेरै छन्। महिला र पुरूष दुवैको कारणले बच्चा नबस्न सक्छ।, एक वर्षदेखि निरन्तर कोशिस गर्दा, महिलाको उमेर ३५ वर्षभन्दा माथि छ र ६ महिनादेखि निरन्तर कोशिस गर्दासमेत बच्चा बसेन भने उपचार गराउनुपर्छ।, कसको समस्या हो भन्ने थाहा पाउन पुरूषको बिर्य परीक्षण गरिन्छ। कहिलेकाहीँ शुक्रा...
सेतोपाटी संवाददाता बझाङमा ८५ वर्षीया बज्यैको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय बझाङले २३ वर्षीय नातिलाई पक्राउ गरेको प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए। प्रहरीले दुर्गाथली गाउँपालिका वडा नम्बर ५ बस्ने ८५ वर्षीय रिखिदेवी जप्रेलको हत्या गरेको आरोपमा नाति सुवासलाई बिहीब...
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। , निर्वाचन प्रतिनिधिमा गोलमाल भएको भन्दै असन्तुष्ट समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि हाल निर्वाचन प्रक्रिया बन्द गर्न मन्त्रालयबाट निर्देशन भएसँगै अब निर्वा...
सेतोपाटी संवाददाता नेपाली सेनाले फास्ट ट्रयाकअन्तर्गत निजगढदेखि राजदमारसम्म ठेक्का लाग्न बाँकी सडकको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ।, यो सडक खण्डमा ठेक्का लाग्न बाँकी ८ किमीको लागि सेनाले बोलपत्र आह्वान गरेको हो। निजगढदेखि राजदमारसम्मकाे दूरी २२ दशमलव ५ किमी छ।, यसअघि दुई प्याकेजमा ठेक्का लागिसकेको छ। बाँकी सडक...
सेतोपाटी संवाददाता काठमाडौंको सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया पुन्ही अर्थात् इन्द्रजात्रा शनिबारबाट सुरू हुँदैछ। हनुमानढोका दरबारअगाडि शनिबार यसिः (लिंगो) उठाएपछि यो जात्रा औपचारिक रूपमा सुरू हुनेछ।, कोरोना जोखिमबीच उत्सव हुन लागेकाले जतिसक्दो भीड कम गर्ने र सुरक्षा सावधानी अपनाएर जात्रा सञ्चालन गर्ने निर्णय भएको ...
सेतोपाटी संवाददाता भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभावले नेपालका अधिकां स्थानमा सामान्यदेखि पूर्ण बदलीसहित वर्षा भइरहेको छ। , मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेकाले हाल  देशभर सामान्यदेखि पूर्ण बदली सहित बागमती प्रदेशका धेरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का ...
सेतोपाटी संवाददाता वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान असोज २ गते शनिबार बिहान ६ः५१ बजेको साइतमा गर्ने तयारी भएको छ।, इन्द्रध्वजोत्थानको सबै तयारी पूरा भएको छ। इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ। असोज ४ गते माथिल्लो टोल यात्रा...
रासस न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।, नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्र्र्र्र्रभावसँगै मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्...