content
stringlengths
20
64.1k
सेतोपाटी इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ।, मंगलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए।, आफूहरूलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याई व्यवस्थापन गरिएको उनले बताए।, माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने उनले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।, एघार घण्टापछि सडक सञ्चालनमा, पृथ्वी राजमार्ग अन्तर्गत घोप्टेभिरमा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ।, मंगलबार राति ११ः४५ बजे इच्छाकामना गाउँपालिका-४ मा खसेको पहिरो पन्छाएसँगै अहिले बिहान १०ः२० बजेबाट सञ्चालनमा आएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम आज बिहानबाटै गरिएको थियो।, ठूलो पहिरो खसेका कारण पन्छाउन समय लागेको प्रहरीले जनाएको छ। पहिरो पन्छाएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन्। ,रासस, गाडीको ठक्करबाट चितुवा मर्‍यो
रासस ट्राफिक प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गरेको छ। , महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको बडादशैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर चाडपर्व व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना आजदेखि लागू गरेको जानकारी दिए। , “चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्नसक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरेका हौँ”, उनले भने। योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, जाँचमा कडाइ र नागरिक सहायता कक्ष स्थापना गरी सेवा प्रवाह गर्ने योजना रहेको उनको भनाइ थियो। , उनले बसपार्क, टिकट काउण्टर र अन्य ठाउँमा हुने भीडभाडका कारण कोरोना सङ्क्रमण बढ्ने भन्दै त्यस्ता ठाउँमा ट्राफिक प्रहरी खटाएर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए। ट्राफिक प्रहरीले चाडपर्वको समयमा हुने सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि जाँचलाई कडाइ पार्ने भएको छ। चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या बढ्ने र दुर्घटना हुन सक्ने कुरालाई मध्यनजर गर्दै रात्रीकालीन मात्र नभई दिनको समयमा जाँचलाई कडाइ गरिने एसएसपी भट्टराईले बताए। , थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखालगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनलाई नाकामा कडाइका साथ जाँच गर्ने महाशाखाले जनाएको छ। महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दूरीका सवारी साधनमा अनिवार्य रुपमा दुईवटा चालक भए÷नभएको एप्सबाट जाँच गर्ने बताएको छ। , ट्राफिक प्रहरीले उपत्यकाका बढी भीडभाड हुने क्षेत्रलाई पहिचान गरी ट्राफिक जनशक्ति थप गर्ने जनाएको छ। , १४ स्थानमा यात्रु सहायता कक्ष, ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ। महाशाखाले उपत्यकाका नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष सञ्चालन गर्ने जनाएको छ।, आम सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिविधि र सुरक्षासम्बन्धी सू–सुचित गर्न, स्वास्थ्य मापदण्ड पालना गर्न, टिकट तथा भाडा ठगीलगायतका यात्रुको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्था यात्रु सहायता कक्षले काम गर्ने एसएसपी भट्टराईको भनाइ छ। , चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक, १४ स्थानमा यात्रु सहायता कक्ष
सेतोपाटी संवाददाता गएराति १२ बजेको समयमा धनुषा विदेह नगरपालिका वडा नं. ६ स्थित एकराही टोलमा 'आरकेस्ट्रा' नाच नचाउने ५ जना पक्राउ परेका छन्। , कुनै पनि निकायबाट अनुमति समेत नलिई साउण्ड बक्स जडान गरी अश्लिल भोजपुरी गितमा ठूलो आवाजमा बजाएको गुनासो आएपछि प्रहरी चौकी गिद्धा धनुषाबाट टोली खटिएको थियो। , नाच बन्द गर्नको लागि पटक पटक सम्झाउँदा पनि अटेरी गरेपछि पक्राउ गरी  कार्वाहीको लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। , पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका वडा नं. ७ वस्ने वर्ष २३ का श्याम पासवान, भारत उत्तर प्रदेश महराजगंज इटहर्वा वस्ने वर्ष २१ का अनुशव मिश्र, २० वर्षकी काजल सहनी, भारत विहार राज्य बेतिया जिल्ला अमोलिया  सिङगरी वस्ने वर्ष २५ वर्षका सुनिल पासवान र २१ वर्षीय रिना देवी पासवान छन्। फरार दुईलाई प्रहरीले खोजी गरेको छ। , धनुषा शहिदनगर नगरपालिका वडा नं. ७ धवौली घर भई हाल विदेह नगरपालिका वडा नं. ६ वस्ने २५ वर्षीय सानु मण्डल (आयोजक) र वडा नं. ७ वस्ने वर्ष ३५ का राम मनोहर अधिकारी  (संचालक) को खोजी भइरहेको प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। , धनुषामा 'आरकेस्ट्रा' नचाएको आरोपमा ५ पक्राउ
सेतोपाटी संवाददाता बाल यौन दुराचार गरेको अभियोगमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सुनपाती गाउँपालिका-२ का १८ वर्षीय राजकुमार रायमाझी छन्।, विभिन्न प्रलोभन देखाएर एक छात्रालाई यौन दुराचार गरेको आरोपमा प्रहरीले रायमाझीलाई पक्राउ गरेको हो।, रामेछाप प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाका अनुसार रायमाझीले आफ्नो कोठामा लगेर ती बालिकालाई यौन दुराचार गरेको आरोप लागेको छ।, रायमाझीलाई साँदिडाँडाबाट काठमाडौं जाँदै गरेको अवस्थामा सोमबार पक्राउ गरिएको ढुंगानाले बताए।, रायमाझीलाई उक्त आरोपमाथि अनुसन्धानका लागि जिल्ला अदालतको अनुमति लिई अनुसन्धान थालिएको ढुंगानाले बताए।, बाल यौन दुराचार गरेको आरोपमा रामेछापबाट एक पक्राउ
सेतोपाटी संवाददाता नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन्। बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।, सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक भएको हो। उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसकेका छन्।, अभिनेत्री प्रियंका कार्कीसँग गर्भावस्थाबारे कुराकानी (भिडिओ),  , आमा बनिन् नायिका प्रियंका कार्की
सेतोपाटी संवाददाता प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। , गोलबजार नगरपालिका वडा नम्बर ४ निपनिया कुटी टोल बस्ने ३८ वर्षीया हरिहरदेवी महरालाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको हो। उनलाई प्रहरीले आइतबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। , उनीमाथि ३९ वर्षीय श्रीमान दुखरन महरा मोचीको हत्या गर्न लगाएको आरोप छ। भारतको विहार जयनगरस्थित वरही गाउँको नहरमा गत भदौ १८ गते शव फेला परेको थियो। भारतीय प्रहरीले उनको शव फेला पारेपछि नेपाल प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाएको थियो। , हत्यामा संलग्न अर्का व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताए। , भारतको मधुवनी देउधा बस्ने २६ वर्षीय मुकेश यादवलाई पक्राउ गरी जयनगर थानाबाट अनुसन्धान गरिरहेको छ। प्रहरीको दावी अनुसार हत्याको मुख्य योजनाकार श्रीमती हरिहरदेवी हुन्। श्रीमान दुखरनले गर्ने घरेलु हिंसा र अवैध प्रेम सम्बन्धका कारण हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। , उनीहरूका चार जना छोराछोरी छन्। मृतक दुखरन १० वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका थिए।, त्यहाँबाट फर्किएपछि उनले आफ्नै घरमा फर्निचर तथा किराना पसल सञ्चालन गरेका थिए। , त्यसैबीच उनीहरूको झै-झगडा भइरहने गरेको हरिहरदेवीले प्रहरी समक्ष बयान दिएकी छन्। , 'मापसे गरेपछि विदेशमा हुँदा कमाएको पैसा कहाँ खर्च गरिस् भन्दै श्रीमतीमाथि कुटपिट गर्ने रहेछ,' प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने,'श्रीमानले किराना पसलको सामान पनि फाल्ने, पैसा चोर्ने र आगो समेत लगाइदिने गर्ने गरेको बताएकी छन्।', त्यसरी निरन्तरको यातना पछि हरिहरदेवीले दुई पटक आत्महत्याको प्रयास समेत गरेकी थिइन्। तर आफ्ना छोराछोरीको भविष्यको चिन्ता लागेपछि उनी पछि हटेकी थिइन्।, श्रीमानको हत्या गर्ने योजना उनले आफ्ना प्रेमी मुकेश यादवलाई बताएकी थिइन्।  दुई वर्षअघि पाठेघरको अपरेशन गर्न हरिहरदेवी भारत गएकी थिइन्। त्यत्तिबेलाकै एम्बुलेन्स चालक मुकेश थिए। , उनीसँग त्यहाँबाट चिनजान भएपछि प्रेममा परिणात भएको प्रहरीले जनाएको छ। त्यसैबीच हरिहरदेवीले आफूलाई श्रीमानले अति नै दुख दिएको भन्दै हत्याको योजना सुनाइन्। तर त्यसबापत मुकेशले उनीसँग एक लाख रुपैयाँ मागेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए। , 'एक लाख मागेपछि त्यत्ति धेरै दिन नसक्ने तर ४०-५० हजारसम्म  दिन सक्छु भनेपछि उनीहरूले हत्या गर्ने योजना बनाए' उनले भने। , योजना अनुसार श्रीमानको हत्या गर्न भारत लग्ने तय भएको बुढाथोकीले बताए। तर हरिहरदेवीसँग मुकेशलाई दिन पैसाको समेत अभाव थियो। , त्यसपछि हरिहरदेवीले श्रीमान दुखरनलाई घर खर्चको अभाव भएको भन्दै ऋण लिनुपर्ने सुझाइन्। उनीहरूले सल्लाह गरेपछि गोलबजारस्थित छिमेक लघुबित्तबाट ६० हजार रुपैयाँ ऋण समेत लिएको अनुसन्धानबाट खुलेको छ। , ऋण लिएपछि भने हरिहरदेवीले आफूलाई सन्चो नभएको सुनाइन्। उपचार गराउन भारतको जयनगर जाने भन्दै श्रीमानलाई फकाएर उनीहरू हिँडे। भदौ १७ गते हिँड्ने क्रममा सिरहा माडर पुगेपछि हरिहरदेवीले मुकेशलाई फोन गरेर आफूहरू आउँदै गरेको र आवश्यक रकम खल्तीमा हुन्छ भन्ने जानकारी गराएकी थिइन्। , सोही साँझ ६ बजे उनीहरू जयनगर रेलवे स्टेशनको चिया पसलमा चिया खान बसेका थिए। त्यत्तिकैमा मुकेशसहित तीन जना आएर श्रीमान दुखरनलाई खाजा नास्ता गर्न जाउँ भन्दे बुलेट बाइकमा राखेर लगेका थिए।, अन्य दुई जना भारतीय नागरिकहरूको सहयोगमा दुखरनलाई जयनगरस्थित वरही गाउँको नहरमा लगेर घाँटी रेटेर हत्या गरेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।, 'उनीहरूले हत्या गरेर ६० हजार नगद पनि लगे,' उनले भने,'हरिहरदेवी भने भोलिपल्ट बिहानै गोलबजार फर्किइन्।' , प्रहरीले यस घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ। , ऋण लिएर श्रीमानको हत्या आरोपमा पक्राउ
सेतोपाटी संवाददाता पोखरामा विद्यालयको पर्खाल भत्किएर सोमबार एक जनाको मृत्यु भएको छ।, पोखरा-१३ बाँझापाटनमा रहेको बालकल्याण माविको पुरानो पर्खाल भत्किएर एक जना भारतीय नागरिकको मृत्यु भएको हो।, पर्खाल पुरानो भएकाले भत्काउन लाग्दा एकैचोटि भत्किएर २० वर्षीय रितेश रामको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।, पर्खालले लागेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो।, उनको उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षाक सुवास हमालले जानकारी दिए।, विद्यालयको पर्खाल भत्किएर एक जनाको मृत्यु
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय मोरङले अपराधबाट पीडित भइरहेका परिवारसँग भेटघाट कार्यक्रम सुरुवात गरेको छ।, उक्त कार्यक्रममा प्रहरीले पीडितहरूको घरमा नै गएर प्रत्यक्ष भेटघाट गरी कानुनी परामर्श, कानुनी प्रक्रियाको जानकारी र पीडकलाई कानुनी कारबाही सम्बन्धमा जानकारी गराउने गरेको छ।, अपराध नियन्त्रण र समुदायमा आधारित प्रहरी कार्यक्रम अन्तर्गत असोज १ गतेबाट यस्तो अभियान चलाइएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।, यो कार्यक्रममा पीडकलाई कानुन बमोजिमको दण्ड दिनु, समाजलाई अपराधको भयबाट मुक्त राख्नु र पीडितलाई कानुन बमोजिम उचित न्यायिक उपचार उपलब्ध गराउनु प्रमुख उद्देश्य रहेको जिसीले बताए।, पीडक र उनको पक्षबाट पीडितलाई हुन सक्ने दबाब, प्रभाव तथा हस्तक्षेपलाई रोक्न, पीडितलाई सुरक्षित अनुभूति गराउन, पीडितको पीडा कम गर्दै आत्मबल अभिवृद्धि गर्नु यसको उद्देश्य रहेको जिसीले जनाए।, कार्यक्रमको सुरुवातमा प्रहरी उपरीक्षक जिसीले २०४२ साल भाद्र १८ गते भएको खुन डाँका मुद्दाका पीडित विराटनगर महानगरपालिका वडा नम्बर ३ का ८५ वर्षीय धर्मध्वज थापा क्षेत्रीसँग भेटेका थिए।, उक्त घटनामा संलग्न रहेर फरार कटहरी गाउँपालिका-७ तकिया बस्ने ८७ बर्षीय उजारू चौधरी थारू र सोही स्थानका ५० वर्षीय शिवना सरदार वातरलाई ३६ वर्षपछि प्रहरीले भदौ ९ गते पक्राउ गरेको थियो।, यसरी पीडितकहाँ प्रहरी पुग्दा उनीहरूले पीडासँगै न्याय अनुभूतिको खुसी साटासाट गरेको प्रहरी उपरीक्षक जिसीले बताए।, यो कार्यक्रम मातहत रहेका इलाका प्रहरी कार्यालय रानी, रंगेली, सिजुवा, उर्लाबारी, पथरी, लेटाङ र बेलबारी समेतले सुरू गरेको जिसीले बताए।, यो कार्यक्रममा पीडित परिवारले पाएको दु:ख, न्यायको लागि गरिएको प्रयासबारे प्रहरीले साक्षात्कार गरिरहेको जिसीले बताए। ‘कहिलेकाहीँ पीडित पक्ष पनि न्याय नपाउँदा हैरानी खेपिरहेको हुन्छ, कम्तीमा पीडितलाई न्यायको अनुभूति होस् भनेर हामीले यो अभियान चलाएका हौं,’ उनले भने, ‘कसैले जाहेरी दिन सक्नुभएको छैन भने पनि प्रोत्साहित गरिने छ।’, यो कार्यका लागि प्रहरी निरीक्षक, प्रहरी नायब उपरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक लगायतको नेतृत्वमा समुदायमा प्रहरी परिचालन गरिएको जिसीले बताए।, अपराधबाट पीडित परिवारको गुनासो सुन्न मोरङमा घर-घरमा प्रहरी परिचालन
रासस सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए।, घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका लागि घाँस काट्न गएका बेलामा हात्तीले आक्रमण गर्दा खत्वे गम्भीर घाइते भएको स्थानीयवासी राजकुमार साहले बताए।, कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते खत्वेको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको स्थानीयवासी साहले बताए।, हात्तीको आक्रमणबाट खत्वेको मृत्यु भएपछि आक्रोशित स्थानीयले आन्दोलन सुरु गरेका छन्।, पटक–पटक जङ्गली जनावरको आतङ्कका कारणले आफूहरूलाई समस्या भएको भन्दै स्थानीयवासीले यसलाई नियन्त्रण गर्नुपर्ने माग गर्दै बराहक्षेत्रमा विरोध प्रदर्शन सुरु गरेका छन्।, जङ्गली जनावरको नियन्त्रण गर्नुपर्ने, पीडितलाई उचित राहत दिनुपर्नेलगायत माग गर्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेको साहले बताए।, केही दिन अगाडि मात्र जङ्गली हात्तीको आक्रमणबाट कोशी गाउँपालिका–२ का एक जनाको समेत मृत्यु भएको थियो।, हात्तीको आक्रमणबाट सुनसरीमा एकको मृत्यु
सेतोपाटी संवाददाता खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा जलेर घाइते भएका झापाको अर्जुनधारा वडा नम्बर ७ का एक दम्पतीको मृत्यु भएको छ।, गम्भीर घाइते रोम खनाल र दुर्गा खनालको उपचारका क्रममा सोमबार मृत्यु भएको हो। उनीहरूको सोमबार साँझ दुई घन्टाको अन्तरमा मृत्यु भएको स्थानीय कमल पोखरेलले जानकारी दिए।, आगलागीमा परेर उनीहरूका छोरा पंकज खनाल पनि घाइते छन्। उनको स्वास्थ्य अवस्था भने सामान्य छ।, गत भदौ २६ गते उनीहरूको घरको भान्सामा ग्यास चुहिँदा आगलागी भएको थियो। खनाल दम्पतिको शरीर आगोले जलेको थियो। तीनै जनाको कीर्तिपुर अस्पतालमा उपचार गरिएको थियो।, आगलागीबाट खनालको घर पनि जलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका खनाल दम्पतीको उपचारका क्रममा मृत्यु
रासस विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ–बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन्।, करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को ६५ किलोमिटर सडक खण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन्।, गैँडाकोटबाट सुरु हुने सडकको खाल्डाखुल्डी दाउन्नेसम्म उस्तै छ। चारवटा स्थानीय तहलाई छुने सो सडकको सबैभन्दा बढी खाल्डाखुल्डी गैँडाकोटमा रहेको छ।, यो सडकको सबैभन्दा कम खाल्डाखुल्डी र केही राम्रो बाटो भने मध्यविन्दु नगरपालिकाको जङ्गल क्षेत्रमा मात्रै भेट्टाउन सकिन्छ। सो सडक भएर यात्रा गर्नेमध्ये सबैभन्दा बढी समस्या बिरामी र एम्बुलेन्स चालकलाई हुने गरेको छ।, संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले नारायणगढ–बुटवल सडक पहिलेको अवस्थामा भन्दा ९९ प्रतिशत बिग्रिएको बताए।, ‘सामान्य नागरिकलाई त त्यो बाटोमा यात्रा गर्न गाह्रो हुन्छ। झन् हामी त बिरामी लिएर हिँड्नुपर्छ, बिरामीलाई चाँडो अस्पताल पुर्‍याउनुपर्छ। बाटोका कारण बिरामीलाई अस्पताल पुर्‍याउन ढिला हुँदा उनीहरूको अवस्था जटिल भइसकेको हुन्छ,’ उनले भने।, नवलपुरका बिरामीलाई अस्पताल लैजाने बेलामा घरमा सामान्य बिरामी भएका मान्छेसमेत अस्पताल पुग्दा उनीहरूको अवस्था जटिल हुने गरेको लामिछानेले बताए।, ‘बिरामीलाई चाँडो अस्पताल पुर्‍याउनुपर्ने हुन्छ। तर बाटोको अवस्थाका कारण एम्बुलेन्स कुदाउन सक्ने स्थिति नै छैन। विस्तारै जाँदा अस्पताल ढिला पुगिने बाध्यता एउटा छ, अर्को बाटोमा भएका खाल्डाखुल्डीका कारण बिरामीको ज्यान शिथिल हुन्छ,’ उनले भने।, यो सडकमा रहेको खाल्डाखुल्डीका कारण साह्रै समस्यामा हुने गरेको लामिछानेले बताए। सो सडक भएर यात्रा गर्ने अन्य निजी तथा सार्वजनिक सवारी साधनका चालकसमेत बाटोका कारण समस्यामा पर्ने गरेको बताउँछन्।, मध्यविन्दुबाट काठमाडौँ चल्ने माइक्रोबसका चालक अजय चौधरीले बाटोमा खाल्डाखुल्डी बढी हुँदा सवारी साधन चाँडै बिग्रिने गरेको गुनासो गरे।, ‘पहिला महिनाको बढीमा दुईपटक सवारी सर्भिसिङ गर्दा हुन्थ्यो। अहिले दुईपटक काठमाडौँ पुगेर आउँदा गाडी सर्भिसिङ गराएन भने चलाउनै नसकिने हुन्छ,’ उनले भने।, सडकमा भएका ठूला–ठूला खाल्डाका कारण गाडीको पट्टा भाँचिने, टायर खिइने समस्या बढी हुने गरेको चौधरीको भनाइ छ।, घाम लाग्दा धुलो, पानी पर्दा हिलो , सडकको दुरवस्थाका कारण स्थानीयवासीसमेत मर्कामा परेका छन्।, कावासोती–१६ डण्डामा मोबाइल पसल सञ्चालन गर्दै आएका सन्तोष पोखरेलले बाटोमा उड्ने धुलोका कारण आफूहरूलाई समस्या हुने गरेको बताए।, ‘पानी पर्दा हिलो हुन्छ, घाम लाग्दा धुलो उडेर पसल फोहर हुने गरेको छ। मोबाइलका सामान लिन दैनिकरूपमा नारायणगढ जानुपर्ने मलाई बाटोको हिलो र धुलोका कारण झनै समस्या पर्ने गरेको छ,’ उनले भने।, बाटोमा भएको खाल्डाखुल्डी र घाम लाग्दा उड्ने धुलो तथा पानी पर्दा हुने हिलोका कारण मोटरसाइकल चलाउन पनि समस्या हुने गरेको उनले बताए।, ‘नारायणगढ पुगेर सामान ल्याउन भनेर मोटरसाइकलमा जानसक्ने अवस्था नै छैन। डण्डाबाट नारायणगढ पुग्दा मान्छे पूरै धुलैधुलो भइन्छ, बाटोको अवस्थाका कारण यो सडकमा मोटरसाइकल चलाउन नपरे हुन्थ्योजस्तो लाग्छ,’ उनले भने।, नारायणगढ–बुटवल सडकको खण्ड–१ मा पर्ने ६५ किलोमिटर सडकमध्ये करिब १५ किलोमिटर सडकमात्रै गाडी गुडाउन सकिने अवस्थाको छ।, दाउन्नेको १४ किलोमिटर उकालो सडकमा पक्की सडक देख्नै मुस्किल छ। दुम्किबासबाट दाउन्नेसम्मको सडकको सबै कालोपत्र उप्किएर ग्रामीण क्षेत्रको कच्ची सडकजस्तै बनेको छ।, दशैँमा सरर गाडी गुडाउन पाइने, नारायणगढ–बुटवल सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले खण्ड–१ मा रहेका सबै खाल्डाखुल्डी दशैँ अगाडि नै पुरेर सकिने बताए।, ‘चिनियाँ कम्पनीका प्रमुख मान्छेले दशैँसम्म सबै खाल्डाखुल्डी पुरेर सकाउने प्रतिबद्धता जनाउनुभएको छ। पुल निर्माणका लागि बनाइएका डाइभर्सनबाहेक सडकमा रहेका सबै खाल्डाखुल्डी पुरेर दशैँमा सरर गाडी गुडाउन पाइन्छ,’ उनले भने।, निर्माण कम्पनीको कन्ट्रयाक्ट म्यानेजरले आयोजनालाई नटेरेपछि पुरानोलाई हटाएर कम्पनीले नयाँ कन्ट्रयाक्ट म्यानेजर पठाएको भन्दै आचार्यले नयाँ म्यानेजरले आफूहरुले भनेअनुसार काम गरेको बताए।, ‘केही समय अगाडि मात्रै नयाँ म्यानेजर आउनुभएको छ। आयोजनालाई ब्लेम नलाग्ने (अबजस नआउने) गरी तीव्ररूपमा काम गर्छु भनेर उहाँले हामीसँग प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने।, मनसुनसमेत सकिएकाले अब भत्किएका बाटो मर्मतसँगै सडक विस्तारको कामले तीव्रता पाउने उनले बताए। नारायणगढ–बुटवल सडकको खण्ड–१ मा काम सुरु भएको साढे दुई वर्षको अवधिमा करिब आठ प्रतिशत मात्रै काम सकिएको छ।, नारायणगढ–बुटवल सडक: खाल्डाखुल्डीले सवारी गुडाउन सकस
एजेन्सी भारतीय अधिकारीहरूले अफगानिस्तानबाट आएको तीन खर्ब रुपैयाँभन्दा बढी मूल्यको हिरोइन नियन्त्रणमा लिएका छन्।, भारतीय समाचार पत्र द हिन्दुका अनुसार केही दिनअघि पश्चिमी राज्य गुजरातको मुन्द्रा बन्दरगाहमा राजश्व अनुसन्धान निर्देशनालयका अधिकारीहरूले झन्डै तीन हजार किलोग्राम हिरोइन नियन्त्रणमा लिएका हुन्। उक्त हिरोइनको बजार मूल्य २.७ अर्ब अमेरिकी डलर (तीन खर्ब १७ अर्ब बढी रुपैयाँ) छ।, आन्द्र प्रदेशको आशी ट्रेडिङ कम्पनीले ल्याउन लागेको सामानमा हिरोइन भएको गोप्य सूचनाका आधारमा  निर्देशनालयका अधिकारीहरू  बन्दरगाहमा निगरानी गर्न पुगेका थिए।, हिरोइनसँगै दुई जना भारतीय नागरिक पनि पक्राउ परेका छन्। उनीहरूले एउटा कन्टेनरमा २ हजार र अर्कोमा १ हजार किलोग्राम हिरोइन हालेर ल्याएका थिए। ती कन्टेनर इरानको बान्दर अब्बास बन्दरगाहबाट मुन्द्रा आइपुगेको भए पनि हिरोइन अफगानिस्तानमा उत्पादन भएको भारतीय अधिकारीहरूले बताएका छन्।  , यति ठूलो परिणामको हिरोइन ओसारपसारमा अफगान नागरिकको पनि संलग्नता हुने आशंका गरिएको छ तर अहिलेसम्म कोही पनि अफगान पक्राउ परेका छैनन्।, अफगानिस्तानले संसारभरि खपत हुने हिरोइनको ८० देखि ९० प्रतिशत हिस्सा ओगट्छ।, पछिल्ला वर्षहरूमा विद्रोही समूह तालिबानले हिरोइनलाई आम्दानीको मुख्य स्रोत बनाएका अफगानिस्तानमा हिरोइनको उत्पादन बढेको थियो।  अहिले तालिबानहरू सत्तामा पुगेका छन्।, अमेरिकालगायत अरू पश्चिमा मुलुकले वर्षौंसम्म अफगानिस्तानबाट हिरोइनको उत्पादन र व्यापार बन्द गर्न गरेका प्रयास असफल भएका थिए।  , भारतीय अधिकारीले समाते अफगानिस्तानबाट ल्याइएको तीन खर्ब बढी मूल्य पर्ने हिरोइन
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन्।, बुटवल-३ ज्योतिनगर र लक्ष्मीनगरमा चुरेपहाडबाट झरेको पहिरोको क्षति निरीक्षणका लागि सोमबार बिहान पहिरोग्रस्त स्थलमा गएका सुवेदीलाई स्थानीय एक युवाले मुक्का प्रहार गरेका थिए। , सुवेदीमाथि मुक्का प्रहार गर्ने स्थानीय गणेश पंगेनीलाई दिउँसो प्रहरीले पक्राउ नगरी त्यसै छोडिदिए पनि सोमबार साँझ भने बुटवलबाट पक्राउ गरेको हो। अहिले उनलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ।, गत भदौ १३ गते बिहान झरेको पहिरोबाट घर पुरिएपछि आफन्तकोमा बस्दै आएका पङ्गेनीले सरकारीस्तरबाट पहिरो प्रभावितहरूको व्यवस्थापनमा पहल नगरेको भन्दै आक्रोशस्वरुप नगरप्रमुख सुवेदीमाथि मुक्का हानेका थिए।, लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत् पङ्गेनी एमालेको विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन्।, दिउँसो उक्त घटना सामान्य रहेको बताएको प्रहरीले साँझ भने आपराधिक कार्य भएको भन्दै उनलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दा लगाउने तयारी गरेको जनाएको छ।, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक मदन कुँवरले पक्राउ परेका युवालाई कारबाही प्रक्रिया अगाडि बढाएको बताएका छन्।, बुटवल उपमहानगरपालिका प्रमुखलाई मुक्का हान्ने व्यक्ति प्रहरी नियन्त्रणमा
रासस कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ। ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन्। घाइते जवानको अवस्था सामान्य रहेको छ। उनको हात र पाखुरामा चोट लागेको छ।, सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात/आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढुंगामुढा प्रहार गरेका हुन्। भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्रहार गरी भागेको उनले बताए।, ‘भारतीय प्रहरीले गस्तीमा रहेका जवानमाथि ढुङ्गामुढा प्रहार गर्नेहरूको समूहको खोजी गरी कारबाही गर्ने अश्वासन दिएको छ,’ उनले भने, ‘तस्कहरूको भारतीय निकटवर्ती क्षेत्रका बासिन्दा भएको जानकारी पाएका छौं।’, भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते
रासस बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।, सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।, उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा अन्य तीन जना घाइते भएका छन्।, घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली छन्। उनीहरूको जैदी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।, उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले बताए।, बागलुङमा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते
रासस श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।, सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो।, दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनगरस्थित बरही गाउँमा घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो।, भारतीय प्रहरीले दुखरनको शव फेला परेपछि नेपाल प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाएको र अनुसन्धानका क्रममा उनकी श्रीमती हरिहरदेवीको संलग्नता पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले बताए।, घटनामा संलग्न भारतीय २६ वर्षीय मुकेश यादवलाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।, श्रीमान् दुखरनले गर्ने घरेलु हिंसा र अवैध प्रेम सम्बन्धका कारण श्रीमती हरिहरदेवीकै योजनामा दुखरनको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बुढाथोकीको भनाइ छ।, महरा दम्पतीको चार छोराछोरी छन्। वैदेशिक रोजगारीबाट फर्किएका महराले आफ्नै घरमा फर्निचर तथा किराना पसल सञ्चालन गरेका थिए।, श्रीमानले मदिरा सेवन गरी आफूलाई विदेशमा हुँदा कमाएको पैसा कहाँ खर्च गरिस् भन्दै कुटपिट गर्ने गरेकाले आफ्ना प्रेमी भारतीय नागरिक मुकेशसँग मिलेर हरिहरदेवीले श्रीमान् दुखरनको हत्या योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।, घटनाबारे थप अनुसन्धान भइरहेको छ।, श्रीमानको हत्या आरोपमा पक्राउ परिन् श्रीमती
सेतोपाटी संवाददाता सीमा नाका पार गराउन सहजीकरण गर्ने भन्दै रूपन्देहीमा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुई जना पक्राउ परेका छन् ।, प्रहरीले इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभल्सका कर्मचारी सन्तोष गुप्तालाई नेपाल–भारत सीमा नाका बेलहियामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा पक्राउ गरेको हो।, भारतबाट काठमाडौंस्थित पशुपतिनाथ मन्दिर दर्शन गर्न भन्दै बेलहिया आएको ८ जना भारतीय पर्यटकसँग नाका पार गराईदिने भन्दै प्रतिव्यक्ति ५ सय भारतीय रूपैयाको दरले रकम लिएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार गुजरात ट्राभल्समार्फत बेलहियासम्म आएका उनीहरूसँग सोही ट्राभल्समा कार्यरत गुप्ताले नेपाल प्रवेश गर्न प्रहरीलाई घुस दिनुपर्छ भन्दै रकम असुल गरेका थिए।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले पर्यटकसँग घुस लिएको उजुरी परेपछि दुवै जनालाई पक्राउ गरि अनुसन्धान शुरू गरिएको जानकारी दिए।,  , पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित ३ जना पक्राउ
सेतोपाटी संवाददाता आर्थिक अभाव भएपछि २०७० सालदेखि रोकिएको नागेंचा प्याखँ (नाच) सञ्चालन गर्न काठमाडौँ महानगरले अनुदान दिएको छ।, महानगरको अनुदान पाएपछि यस वर्षदेखि नाच प्रदर्शन थालिने भएको हो। हरेक वर्ष यँया पुन्हीबाट सुरू भएर तीन दिनसम्म चावहिल, जय बागेश्वरीलगायतका नौ ठाउँमा नाच प्रदर्शन गर्ने परम्परा छ।, काठमाडौं महानगरपालिका–७ चारूमती विहारमा २०७० सालमा प्रदर्शन भएको नाच त्यसपछि ४ असोज २०७८ चारुमती विहारमा प्रदर्शन गरियो। महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नाचमा बजाइने वाद्य सामाग्री गुठीयारलाई दिएर नाच शुभारम्भ गरेका थिए। , विहारमा नाच्नुअघि चावहिल स्तुपनजिक रहेको नास द्यः (नाचका देवता) को पूजा गरेर नाच सुरु गरिएको थियो। यो पूजा जयबागेश्वरीका गुरुजुले गराउने चलन छ। नाच मंगलबार बेलुका साढे ६ बजे जयबागेश्वरी मन्दिरमा परिसरमा नचाइनेछ । , यो नाच पशुपति क्षेत्रमा रहेको अमालकोट कचहरीले सञ्चालन गर्ने गरेको थियो।, नागेँचा प्याखँ संरक्षण समितिका अध्यक्ष जलाद वैद्यका अनुसार  काठमाडौँ महानगरले नाचलाई पुनर्जीवन दिएको हो। यसबाट स्थानीयहरूमा खुसीको सञ्चार प्रवाह भएकोसमेत बताए।, शिव पार्वतीको प्रेम कथामा आधारित यो नाचलार्ई किराँतकालीन मानिन्छ। ४५ मिनेटदेखि एक घण्टासम्म देखाइने यो नाचको अन्त्यमा शिव र पार्वतीको भेट हुन्छ । संयोगान्त कथामा नाच समापन हुन्छ । , सम्पदा तथा पर्यटन विभागका उपनिर्देशक सृजु प्रधानका अनुसार रोकिएको नाच पुनःसञ्चालन गर्न प्रशिक्षण चलाउनुपर्ने, बाजा, पोशाक, मुकुट र गहना किन्नुपर्ने भएकोले गएको वर्ष धेरै रकम थियो । अहिलेसम्ममा नाच सञ्चालन गर्ने आधार तयार भएको छ।, आठ वर्षदेखि रोकिएको नागेंचा नाच सुरू
एजेन्सी मेक्सिको र अमेरिकाको सीमावर्ती क्षेत्रमा अहिले हजारौं मानिस अमेरिका छिर्न पाइने आशामा जम्मा भएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार तीमध्ये धेरैजसो क्यारेबियन मुलुक हैटीका छन्। कोरोना महामारीबीच केही समयअघि भएको राष्ट्रपतिको हत्या र त्यसपछि आएको भूकम्पले गरिब मुलुक हैटीको अवस्था असामान्य बनेको छ। अमेरिका छिर्न पाए भविष्य सुरक्षित हुने ठानेर हैटीका हजारौं मानिस मेक्सिकोको सीमासम्म पुगेका छन्। , मेक्सिकोसँग सीमा जोडिएको अमेरिकाको टेक्सास राज्यको डेल रिओ नजिकै उनीहरूले क्याम्प बनाएर बसेका छन्। उक्त ठाउँमा अमेरिका र मेक्सिकोको सीमा रिओ ग्रान्डी नदीले छुट्याएको छ। शरणार्थी बन्ने प्रक्रिया सुरू गर्न अमेरिकातिर आएका आप्रवासीहरू अत्यावश्यक सामान किन्न भने मेक्सिकोतिर जानु पर्छ किनकी क्याम्पमा चाहिने कुरा किन्न अमेरिकाको बजार जान पाइँदैन।, मेक्सिकोमा सामान किन्न जान उनीहरू हरेक दिन नदीमा हेलिन्छन्। गत आइतबार पनि उनीहरू सामान ल्याउन पारि गएका थिए। सामान किनेर फर्किँदासम्म नदीको किनारमा अमेरिकाको बोर्डर प्याट्रोलका गार्डहरू आइसकेका थिए। घोडामा चढेर आएका गार्डले नदीमा हेलिएर आएकालाई उतै मेक्सिकोतिर फर्किनु भने। , आप्रवासीहरूले आफ्ना परिवारका सदस्य पारि क्याम्पमा कुरिरहेको बताउँदै फर्किन मानेनन्। घोडामा चढेका गार्डहरू आप्रवासीलाई रोक्न खोज्थे, उनीहरू नदीबाट बाहिर निस्कन सक्थे।, केहीबेरपछि  नदीबाट निस्किएका एक जना आप्रवासीलाई घोडामा चढेका गार्डले टिसर्ट समातेर नियन्त्रणमा लिन खोजे। गार्डबाट उम्कन खोजेका ती व्यक्तिका दुबै हातमा खानेकुरा थियो। , ह्याट लगाएका श्वेत गार्डले अश्वेत आप्रवासीलाई नियन्त्रणमा लिन खोजेको उक्त तस्बिरले अहिले तरंग ल्याएको छ। अमेरिकी गार्डको उक्त व्यवहार अमानवीय भएको भन्दै आलोचना भइरहेको छ। , अमेरिकी राष्ट्रपति कार्यालयले पनि ती गार्डको व्यवहार स्वीकार्न नसकिने खालको बताएको छ।  युएस बोर्डर प्याट्रोलका प्रमुखले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। , अमेरिकाले  सीमामा आइपुगेका हैटीका आप्रवासीलाई सकेसम्म मेक्सिकोतिरै फर्काइदिने नभए उनीहरूलाई समातेर जहाजमा फिर्ता पठाइदिने गरेको छ। , अमेरिका छिर्न खोज्ने आप्रवासीमाथि घोडा चढेका गार्डको व्यवहारले तरंग
सेतोपाटी पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका-६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१४च ६२७९ नंको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना३७प ३८९४ नंको मोटरसाइकल आपसमा ठोक्किएको हो।, सो दुर्घटनामा परी मोटरसाइकल चालक जिल्ला पर्सा जिरा भवानी गाउँपालिका– ३ बस्ने ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।, दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ,रासस, दुर्घटनामा एकको मृत्यु
राजेश घिमिरे बडेमानको भारी बोकेर उकालो बाटो छिचोलेपछि आइपुग्ने भञ्ज्याङमा निरुता चेपाङ रोकिइन्। माउन्टेन डिउका जम्बो बोतलले भरिएको भारी बाटो छेउको ढुंगोमा अड्याइन्।, खाली पैताला उभिएका उनका १२ वर्षीया बहिनी र १० वर्षका भाइले पनि  भारी बिसाए। सालका रूखले भरिएको जंगल बीचको बाटोमा उभिएर लामो सास फेरे।, चितवनको कालिका-११ सैपामकी निरुता दस कक्षामा पुगेकी छन्। सैपामबाट डेढ घन्टा ओरालो बाटो हिँडेपछि पुगिने समिटारको माध्यामिक विद्यालयमा पढ्छन् उनी।, कोरोना महामारीले स्कुल बन्द हुँदा गत वर्षदेखि उनको पढाइ प्रभावित बनेको छ। गाउँमा इन्टरनेटको सुविधा नहुँदा अनलाइन कक्षा पढ्न पाएकी छैनन्। निरुताले फुर्सदको समय आमालाई सघाउनेदेखि भारी बोकेर, मेलामा गएर पढाइ खर्च जुटाउनेमा उपयोग गरेकी छन्।, करिब १० वर्षअघि गैंडा मारेको अभियोगमा उनका बाबु पक्राउ परेपछि परिवारका दुःखका दिन सुरू भएका थिए।, निरुताका बाबु शुक्रबहादुर चेपाङ हाल भरतपुर कारागारमा छन्। उनी एक सिंगे गैंडा मारेको अभियोगमा २०६८ सालमा सालमा जेल परेका थिए।, श्रीमान् जेल परेपछि छोराछोरी च्यापेर माइती घर पुगेकी कुमारी चेपाङ अहिले पनि माइतीकै आश्रयमा छिन्। निरुताका मामा गुर्जबहादुर यो परिवारको सहारा बनिरहेका छन्।, ‘बुबा घर नआएपछि आमालाई दु:ख भयो, हामीलाई पाल्न पनि नसकेपछि मामाको घरमा आइपुग्यौं,’ निरुताले भनिन्, ‘आमाको मेहनत र मामाको साथले जेनतेन पढेका छौं।’, शुक्रबहादुर जेल परेको केही समयपछि निरुता आमासँगै भरतपुर कारागार आइपुगेकी थिइन्। उनलाई आफ्ना बुबा किन यहाँ बसिरहेका छन् भन्ने थाहा थिएन।, ‘बुबा बजार तिरै बस्नुहुँदो रहेछजस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘गैंडा मारेको मुद्दामा जेल परेको कुरा त धेरै समयपछि मात्रै थाहा पाएँ।’, घरको मुली नै जेल परेपछि परिवारले हरेक कुरामा संघर्ष गर्नुपरेको निरुता सुनाउँछिन्।, शुक्रबहादुर कारागारमा मुढा बुन्ने काम गर्छन्। कामबाट आएको आम्दानी बेला-बेलामा घरसम्म पनि पुग्ने गरेको छ।, ‘महिनामा एक पटक भेट्न जाँदा बुबाले हजार/पन्ध्र सय रुपैयाँ दिनुहुन्छ, त्यो पैसाले कापी, कलम किन्छौं,’ उनले भनिन्, ‘अरू खर्च जुटाउन सबैले काम गर्छौं।’, निरुताकी बहिनी घर नजिकै पोखरी भन्ने ठाउँको प्राथमिक विद्यालयमा पढ्थिन्। यो वर्ष उनी उत्तीर्ण भएर कक्षा ६ मा पुगिन्। अब उनी पनि दिदीसँगै समिटारस्थित स्कुल जाने तयारीमा छिन्। भाइ अहिले ९ वर्षका भए। गाउँकै स्कूलमा कक्षा ५ मा पढ्छन्।, ‘बुबा सँगै हुनुभएको भए हामीले भारी बोक्नु पर्दैन थियो होला, पढ्ने समय हुन्थ्यो होला,’ निरुता भन्छिन्, ‘पढ्ने समयमा काम गर्न हिँड्नुपर्छ, किताब बोक्ने बेलामा भारी बोक्दैछौं। राम्रो पढ्न चाहँदा-चाहँदै पनि अचेल नतिजा राम्रो आएको छैन।’ , उनले बुबाले तस्करको आरोपमा सजाय भोगिरहेको भए पनि आफूलाई वन, वन्यजन्तुको माया लाग्ने बताइन्।, ‘पढाइ पूरा गरेर संरक्षणमा लाग्ने धोको छ, हेरौं के हुन्छ,’ उनले भनिन्। , गैंडा तस्करीको मुद्दामा २०६८ साल मंसिर २८ गते पक्राउ परेका शुक्रबहादुरलाई २०७२ असोज २४ गतेको फैसलाले १५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। उक्त फैसला अनुसार उनी २०८३ साल मंसिर २८ गतेसम्म कैदमा हुनेछन्।, शुक्रबहादुरकी श्रीमती कुमारीले श्रीमान पक्राउ परेपछि छोरा, छोरीको पालन पोषणमा समस्या भएको सुनाइन्।, ‘परिवार पाल्ने मान्छे नै अकस्मात पक्राउ परेपछि ठूलो समस्या आइलाग्यो,’ उनले भनिन्, ‘तीन जना सन्तानलाई पाल्न पढाउन धौ-धौ भइरहेको छ।’, उनले छोरा, छोरी हुर्कंदै गएकाले काममा सघाउन थालेको बताइन्।, ‘कमजोर आर्थिक अवस्थाका कारण पढाउनेतिर धेरै ध्यान दिन सकिएन,’ उनले भनिन्, ‘पढाउन पाएको भए राम्रो पढ्थे होलान्।’, गुर्जबहादुर चेपाङले तस्करको गिरोहले विपन्नता र सोझोपनको फाइदा उठाउँदै चेपाङ समुदायलाई प्रयोग गर्दा बालबालिकाको जीवनमा असर पर्ने गरेको धेरै समयदेखि देख्दै आएको बताए।, ‘मेरा भान्जा, भान्जीमात्र होइन, गाउँका धेरैका छोरा/छोरीले यस्तै कारण पढ्न पाएका छैनन्। पढ्न नसकेपछि केटाहरू सानै उमेरमा कुल्ली कामतिर लाग्छन्, केटीहरू बिहे गरेर हिँडिहाल्छन्,’ गुर्जबहादुर भन्छन्।, उनले बहिनी र उनको परिवारको बिचल्ली भएपछि घरमै बोलाएर अभिभाभकत्व दिँदै आएको बताए।, हाल कालिका-११ रहेको साविकको सिद्दी गाविसका शुक्रबहादुरबाहेक अन्य तीन जना अहिले गैंडा मुद्दामा कैद जीवन बिताइरहेका छन्। सैपाम नै घर भएका डिलबहादुर चेपाङ, शन्तबहादुर चेपाङ र सागर ठूलोकान्छा भनिने बिन्दर सिंह प्रजा गैंडा तस्करीको मुद्दामा कैदमा छन्। यही गाउँका अजय चेपाङ, बमबहादुर चेपाङ, सागर चेपाङ, लालबहादुर चेपाङ, रामकुमार चेपाङ र मदनबहादुर चेपाङ गैंडा तस्करीकै मुद्दामा कैद भुक्तान गरी छुटेका छन्।, परिवारका मुली जेल परेका प्रायःको आर्थिक अवस्था नाजुक छ। जेल जीवन बिताएर फर्किएकाको अवस्था पनि उस्तै छ। , अजय चेपाङ १६ वर्षको कैद भुक्तानगरी गाउँ फर्किंदा छोरा कुल्ली काम गर्न थालेका थिए। अजय नाबालक छोरा छाडेर जेल परेका थिए।  बाबूको अभिभावकत्व नपाएका छोराले पढाइलाई निरन्तरता दिन सकेनन्। कमजोर आर्थिक अवस्थाका कारण उनले कक्षा ६ सम्ममात्रै पढेर छाडे। अजय भन्छन्, ‘अलीअली भएको जमिन मुद्दा लड्दा बेचेर सकियो, गैंडा मारेर पैसा कमायो भनेर त्यत्रो वर्ष थुने। यता छोरोले पैसा नभएकै कारण पढाइ छाडेछ, उसको पनि भविष्य बिग्रियो।’, कालिका-११ को सैपाम गाउँ राप्ती नगरपालिकाको किरनटार हुँदै पुग्नुपर्छ। पूर्व-पश्चिम राजमार्गको खुरखुरेबाट करिब आधा घन्टा सवारी साधनमा यात्रा गरेपछि किरनटार पुगिन्छ।  त्यहाँबाट करिब २ घन्टा हिँडेर सैपाम पुगिन्छ।, राप्ती नगरपालिकाको किरनटार, समिटार, कालीखोलालगायतका गाउँका दर्जन बढी व्यक्ति अहिले पनि गैंडा तस्करीको मुद्दामा जेल जीवन बिताइरहेका छन्। गैंडा तस्करीकै मुद्दामा कैद भोगेर फर्किएकाको संख्या पनि उस्तै छ।, जेल जीवन बिताएर फर्किएका केहीले नयाँ व्यवसाय सुरू गरेर नयाँ जीवन जिउन थालेका छन् भने केही जीवनको उत्तरार्धमा के गर्ने भन्ने अन्योलमा छन्।, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गैंडा तस्करीको मुद्दामा जेलमा रहेकाका परिवार र कैद भुक्तानगरी फर्किएका व्यक्तिहरू राम्रो काममा नलागून् भन्नेमा निकुञ्ज सचेत रहेको बताए।, ‘कैद बिताएर आएपछि फेरि तस्करीमै संलग्न हुन्छन् कि भन्ने चिन्ता एकातर्फ छ भने कैदमा रहेकाका परिवारको कमजोर अवस्था पनि चिन्ताको विषय हो,’ उनले भने, ‘तस्कारीका कारण जेलमा परेर फर्किएका र तिनका परिवारलाई संरक्षणमा लगाउन सकिन्छ कि भनेर हामीले प्रयास गरिरहेका छौं।’, बरालले अभिभावक जेल परेका कारण पढाइबाट बञ्चित भएकालाई अध्ययनमा सघाउन सकिने बताए।, भरतपुर कारागारका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यहाँ अहिले एक महिलासहित ६३ जनाले गैंडा मुद्दामा कैद भुक्तान गरिरहेका छन्। गैंडा मुद्दामा चितवनका चेपाङ समुदाय धेरै मुछिने गरेका छन्।, ‘हाम्रा बुवा जेल नपरेका भए भारी बोक्नु पर्थेन होला’
सेतोपाटी रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ।, प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्यांक उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो।, विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको रेडपाण्डा जाजरकोटको बारेकोट, नलगाड र डोल्पाको मुड्केचुला गाउँपालिकामा पाइन्छ।, संरक्षणका लागि सरोकारवालाको निगरानी कम हुँदा तस्करले रेडपाण्डालगायत अन्य जनावार चोरी–निकासी गर्ने क्रम बढेको हो।, खुलेआम रेडपाण्डालगायत अन्य जनावरको सिकार गरी अंग ल्याउन व्यापारी गाउँ-गाउँमा पुग्ने गरेको बारेकोट गाउँपालिका–५ का प्रेम सिंहले जानकारी दिए।, सामुदायिक तथा राष्ट्रिय वनमा वन्यजन्तुको संरक्षणभन्दा पनि चोरी गर्नेको सङ्ख्याको बढी भएको उनले बताए।, उनले भने, 'हप्तैपिच्छे बारेकोटको जङ्गलमा वन्जजन्तुको सिकार हुने गरेको छ, सरोकारवाला निकायले थाहा पाएर पनि थाहा नपाएझैं गरिरहेको छन्। बन्दुक फायर गरेको आवाज प्रहरी चौकीमै सुनिन्छ तर कसलाई के मतलब? वनका कर्मचारी सदरमुकाममात्रै बस्छन्।', विभिन्न संघसंस्थाले रेडपाण्डाका संरक्षणका लागि कार्यक्रम, छलफल गर्दै आए पनि उनै छलफलमा सहभागी भएका व्यक्ति तस्कारसँग मिलेर वन्यजन्तुको सिकार गर्न उद्यत भएको बारेकोट गाउँपालिका–४ मैनाका रामबहादुर बस्नेतले बताए।, उनले भने, 'चोरी निकासी रोक्नुपर्छभन्दा अघिल्लो वर्ष वडाध्यक्ष सिर्जना बस्नेतविरूद्ध तस्कार समूहको मिलेमतोमा असहयोग गर्ने काम भयो। प्रहरीले वन समूहलाई समेत सहयोग गरेन, उल्टै राजनीतिक शक्तिको आडमा तस्कार जोगाउने काम भयो, यसरी कहाँ वन र वन्यजन्तु जोगाउन सकिन्छ ?', पाँच वर्षभित्रको तथ्यांक हेर्दा बारेकोट गाउँपालिकाबाट रेडपाण्डा तथा अन्य वन्यजन्तुको चोरी निकासी गरी रङ्गेहात पक्राउ परेको विवरणले नै बताउने गरेको छ।, मासिँदो जङ्गल र संरक्षणको अभावमा दैनिक चोरी निकासीका साथै तस्कारको ठूलो सञ्जालले चोरी निकासी मौलाएको पाइएको छ।, स्थानीय पालिकाले वन्यजन्तु संरक्षणका लागि ठोस योजना निर्माण नगर्दा पनि तस्कारलाई थप सजिलो भएको छ।, बारेकोट वन्यजन्तुका लागि उर्वर ठाउँ हो। विश्वमा लोपोन्मुख वन्यजन्तुको सङ्ख्या बारेकोटमा भारी मात्रामा रहेको छ। बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा वन्यजन्तु संरक्षणका अभियानकर्मी गोविन्द सिंहका अनुसार तस्कारको योजना ठूलो मात्रामा रहेको छ।, स्थानीयबासी नै सचेत नहुने हो भने यो तस्कारको जालोले सबै कुरा सिध्याउने बताउँछन्।, डिभिजन वन कार्यालय र यसका मातहातका कार्यालयको पहुँच कम हुुँदा र अधिकार क्षेत्रको लडाइँका कारण पनि वन्यजन्तु संरक्षणमा समस्या हुँदै आएको छ।, डिभिजन कार्यालयमा खटिएको भनी गलत जानकारी दिई सदरमुकाममै बसेर गाउँको भत्ता पकाउने वनका कर्मचारीका कारण संरक्षणमा चुनौती हुँदै आएको सर्वसाधारण बताउँछन्।, सामुदायिक वन समूहका पदाधिकारी तस्कारसँग मिल्दा अर्को समस्या सिर्जना भएको छ।, समूहका पदाधिकारीलाई वन्यजन्तुको संरक्षण तथा जोगाउने विषयमा खासै जानकारी नभएकाले चोरी निकासीका लागि बल पुगेको स्वयं डिभिजन वन कार्यालय स्वीकार गर्दछ।, समूहबाट भएको आम्दानीसमेत कहाँ कसरी खर्च हुन्छ भन्ने कुरा स्थानीयवासीलाई नै थाहा हुँदैन। बर्सेनि सामुदायिक वनमा राम्रो घाँस उत्पादन हुन्छ भन्दै आगो लगाउने व्यक्तिसमेत कारबाही नहुनुले वन्यजन्तुको बासस्थानमै खतरा पैदा हुँदै आएको छ।, रेडपाण्डाको बासस्थानरूपमा रहेको निगालोको बाक्लो जङ्गल, रूखका मुडा बर्सेनि फडानी, आगलागीका कारण सखाप हुँदै आएको छ।, यसले गर्दा वन्यजन्तु मासिने क्रम बढिरहेको छ। यसैबीच नलगाड नगरपालिका-८,९ र १० का माथिल्लो भागमा वन्यजन्तुको सिकार गर्नका लागि अवैधरूपमा राखिएका बन्दुक प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ।, एक महिनाको अवधिमा चारभन्दा बढी बन्दुक नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मधु थापाले बताए।, नयाँ प्रहरी प्रमुख जाजरकोट आएदेखि ठूलो मात्रामा तस्कार, लागुऔषध कारोबारी तथा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिका साथै सवारी साधन चोरी गर्ने गिरोह नियन्त्रणमा आउने क्रम बढेको छ । जतिबेला समस्या र अप्ठ्यारो परिस्थति आउँछ, त्यतिबेला तस्कार गाउँगाउँ पुग्ने गरेको पाइएको छ।, डोल्पा, रुकुम पश्चिम र जुम्ला लगायतका क्षेत्रबाट जाजरकोट हुँदै जाने तस्कारको सङ्ख्यासमेत ठूलो छ। ,रासस, तस्करको निसानामा रेडपाण्डा
सेतोपाटी संवाददाता लागुऔषध चरेस प्याकिङ गर्ने ठाउँमा प्रहरीले छापा मारेको छ। , लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंमा चरेस प्याकिङ गर्ने ठाउँमा छापा मारेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।, यसमा संलग्न रहेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। विदेश पठाउन त्यहाँ चरेस विभिन्न सामानमा लुकाउने गरेको उनले बताए।, यससम्बन्धी थप विवरण दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ। ,  , लागुऔषध चरेस प्याकिङ गर्ने ठाउँमा प्रहरीको छापा, नौ जना पक्राउ
सेतोपाटी पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरू अहिले नासिँदै गएका छन्।, गर्मीमा दौंतरीहरू बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रूपमा रहेका चौतारीहरू पछिल्लो समय नासिँदै गएका छन्।, चौतारी, पोखरी ग्रामीण जीवनको मौलिकता दिने संरचना पनि हुन्। यी मौलिकताका पहिचान हराएसँगै यसबाट लिन सकिने आनन्दबाट पनि अहिलेको पुस्ता वञ्चित हुन पुगेको छ। , पहिले अहिलेको जस्तो यातायातका साधनहरू नहुँदा भरियाबाट नै सामान बोक्ने काम हुन्थ्यो। ती भरियाले भारी बिसाउने ठाउँ पनि चौतारी नै थिए। भरिया तथा लामो बाटो हिँड्नुपर्ने बटुवाहरूको थकान मेटाउने उचित स्थान पनि यिनै चौतारी नै थिए।, यति मात्र नभएर युवायुवतीको माया प्रेम दर्शाउने, पाकापुस्ताहरू एकै ठाउँमा जम्मा भएर यसो दुःखसुखका कुराकानी गर्ने ठाउँ हो, चौतारी। , त्यस्तै, चौपाया हेर्न गएका गोठाला तथा घरायसी काम सेकर फुर्सदिला व्यक्तिहरू पनि भेला भएर बागचाल खेली दिन बिताउन चौतारी नै प्रयोग गर्ने गर्दथे। , आध्यात्मिक दर्शनमा पनि चौतारीको ठूलो महत्व रहेको छ। यसलाई मानिसले पुण्य कमाउने एक संरचनाका रूपमा पनि लिने गरिन्छ।, मानिसहरूले पहिले बाटोघाटो बनाउने, चौतारी चिन्ने, पोखरी खन्ने जस्ता कार्यलाई पुण्य कमाउने कामका रूपमा पनि लिने गर्दथे। ती चौतारीमा वर पीपल सार्ने भएकाले पीपलले अन्य बोटवृक्षको तुलनामा बढी अक्सिजन दिने र उकालो ओरालो हिँडेर र भारी बोकेर स्वाँस्वाँ भई सास फेर्न गाह्रो भएका मानिसलाई चौतारीमा बस्दा त्यहाँबाट आउने अक्सिजनले थकाइ मेट्ने गर्दछ। यसरी यी संरचना मानिसको स्वास्थ्यसँग पनि जोडिएका छन्।, नेपालमा पछिल्लो समयमा विकासका नाममा मोटरबाटो खन्ने होडबाजी सुरू भएपछि भौतिक र आध्यत्मिक जीवनका यी महत्वपूर्ण सम्पदा नाश हुँदै गएका छन्।, मोटरबाटोको सुविधा र सवारी साधनको प्रयोगसँगै चौतारीहरू बिर्सिंदै जान थालिएको छ।, मान्छेहरू हिँड्डुल गर्न छाडेसँगै चौतारीको महत्व पनि कम हुन थाल्यो। तर चौतारी अस्तित्व र महत्व विकाससँग मात्र होइन पर्यावरण र मान्छेको जीवनसँग पनि जोडिएको हुनाले चौतारीको महत्व र गरिमा कालजयी बनेर रहने पं नीलकण्ठ शर्मा आचार्यले बताए।, उनले चार कुना मिलाएर बनाइएको चौतारीमा वर र पिपलसँगै (नजिकै) रोपिने हुँदा वर र पीपलको बीचबाट हिँड्न नमिलेर दाहिने पारेर हिँड्ने व्यवस्था मिलाइएको बाटो, छेउमा नै कुवा वा धारो र आनन्दसँग बस्न मिल्ने ठाउँमा बागचाल खेल्ने कोठा परम्परागत चौतारोको विशेषता भएको बताए।, गर्मी महिनामा गुन्द्री बिछ्याएर आराम गर्दा पाइने ‘स्वर्गीय आनन्द’को एउटै आश्रयस्थल  चौतारी हुन्। अब के फेरि पनि पहिलेको जस्तै ब्युँतिएलान् त पूर्खाले बनाएको थकान भुलाउने चौतारी ? अन्यत्र यसप्रति कुनै चासो राखेको नपाइए पनि म्याग्दीमा भने केही जनप्रतिनिधि र सर्वसाधारणले बचेका चौतारीहरूको मर्मत र संरक्षण तथा नयाँ चौतारी निर्माणमा चासो देखाएका छन्।, गण्डकी प्रदेश सरकारले पनि पुर्खाले बनाएको चौतारो ब्युँताउने अभियान चलाएको छ।, चौतारी संरक्षण अभियानमा गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश सरकार ऐन नै बनाएर चौतारी संरक्षण गर्ने अभियानमा लागेको छ। गण्डकी प्रदेशसभाले विसंं २०७५ माघ २७ गते स्वीकृत गरेको विधेयकले प्रदेशको मातहतभित्रका कुनै पनि चौतारोमा भौतिक क्षति पुर्‍याउनुलाई कानुनी रूपमा दण्डनीय कार्यका रूपमा परिभाषित गरेको छ।, यसको संरक्षण गर्नु सबैको कर्तव्य भन्दै कसैले यसमा क्षति पुर्‍याए प्रचलित कानुनबमोजिम दण्ड दिइने व्यवस्थासमेत गरिएको छ।, यो ऐनले वर, पीपल, समी र चौतारोको संरक्षणमा जोड दिएको छ। ऐनले पुराना चौतारोलाई पुनर्जीवन दिन र नयाँ चौतारो निर्माणमा समेत तीव्रता दिनका लागि एउटा कोषको समेत व्यवस्था गर्न भनेको छ। , सो कोषमा नेपाल, सरकार, प्रदेश सरकार, स्थानीय तह, विभिन्न व्यक्ति तथा संस्थाले दिएको सहयोग रकमलाई समेत राख्न सकिने र त्यसरी प्राप्त भएको रकम वर पीपल र समी रोप्न, चौतारो निर्माण, चौतारो वरिपरि कुवा कुण्ड वा पोखरी निर्माण गर्न तथा जीर्ण चौतारोको मर्मतबाहेक अरू काममा खर्च गर्न नपाइने स्पष्ट उल्लेख ऐनमा नै गरेको छ। ,रासस,  , नासिँदै गए बिसाउने चौतारी
सेतोपाटी संवाददाता मुलुकभित्रको विद्युत प्रशारण प्रणाली सुदृढीकरण तथा नेपाल–भारतबीचको विद्युत व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध देखिएको छ। , ८ वर्ष अघिबाट निर्माण सुरु भए पनि अवरोधका कारण अझैसम्म सम्पन्न हुन सकिरहेको छैन। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङ सबस्टेसनबाट सुरु भई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४मा जोडिने प्रसारण लाइन १० वटा जिल्ला पार भएर जान्छ।, प्रसारण लाइनको मार्ग परिवर्तनको माग राख्दै निर्माणमा स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृतिको प्रक्रियागत अल्झन, ठेकेदारको कमजोर कार्यसम्पादन लगायतका कारणले निर्माणमा ढिलाई भएको हो।, स्थानीय अवरोध खुलाई निर्माणका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल हुन सकिरहेको छैन। जसले गर्दा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत धनुषास्थिति ढल्केबर सबस्टेसनबाट लाइन क्षमता अभावमा पश्चिमतर्फ पठाउन सकिएको छैन। अहिले ढल्केबरबाट पश्चिमतर्फ १३२ केभी प्रसारण लाइन मात्रै छ। , पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने २ सय ८८ किलोमिटर प्रशारण लाइनका लागि ७ सय ९२ वटा टावर निर्माण गर्नु पर्छ। यसमध्ये ६ सय ५९ टावरको जग हालिएको छ भने ६ सय ३३ खडा गरिएको छ। रुख कटानको स्वीकृतिमा भएको ढिलाइ र स्थानीयको अवरोधका कारण बाँकी टावरहरुको निर्माण हुन सकेको छैन। सबै टावर खडा गरिसकेपछि ठेकेदार कम्पनीले तार तान्न सुरु गर्ने छ। , हेटौंडा उपमहानगरपालिकाका वडाहरु १५, १६ र १७ स्थित हटिया क्षेत्रका बासिन्दाको अवरोधका कारण निजी जग्गामा पर्ने १४ वटा टावरको निर्माण सुरु हुन सकेको छैन। प्राधिकरणले अवरोध हटाउन बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री एवं हेटौंडा नगरपालिकाका पूर्व प्रमुख डोरमणि पौडेल, स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, प्रभावितहरुसँग पटक पटक छलफल गरे पनि समस्या समाधान हुन सकेको छैन। , स्थानीयले प्रशारण लाइनको मार्ग परिवर्तनको माग गर्दै सामुदायिक वनमा पर्ने टावरसमेत निर्माण गर्न दिएका छैनन् भने निर्माण गरिएका दुई वटा टावर सार्न माग गरिरहेका छन्। उनीहरुले प्रसारण लाइन मानवबस्तीबाट नलगी जंगलबाट लैजानु पर्ने माग गरेका छन्। आयोजनाले भने सबै प्रक्रिया पूरा गरी डिजाइन गरिएकाले अहिले आएर रुट परिवर्तन गर्न नसकिने प्रष्ट पार्दै आएको छ। , प्रशारण लाइन निर्माणमा निरन्तर अवरोध भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठ, आयोजना प्रमुख श्याम यादवको टोलीले केही दिन अघि अवरोध स्थलको अवलोकन गरेको छ। , प्रभावितहरुसँग छलफल गर्दै राष्ट्रिय महत्वको प्रशारण लाइन निर्माणमा सहयोग गरिदिन टोलीले आग्रह गरेको छ। ‘माथिल्लो तामाकोसीको बिजुली ढल्केबरबाट पश्चिमतर्फ ल्याउन नसक्दा यता बिजुली नपुग्ने उता खेर फाल्नु पर्ने वाध्यात्मक अवस्था त्यसकारण मुआब्जा तथा क्षतिपूर्तिका विषयमा छलफल गरौं विवाद चर्काउनेभन्दा पनि टुंग्याउनतर्फ लागौं’, घिसिङले भने।,  लाइन निर्माण भइरहेको अवरोध हटाउन आयोजनामा सहुलियतपूर्ण ऋण प्रवाह गरेको विश्व बैंकले सहजकर्ता नियुक्त गरेको जानकारी दिँदै घिसिङले त्यसमार्फत विवाद समाधान हुने विश्वास व्यक्त गरे। , वडा नं १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले मानवबस्ती छलेर प्रशारण लाइन लैजाने अवस्था हुँदाहुँदै यसतर्फ आयोजना व्यवस्थापनले ध्यान नदिएको बताए। ‘विकास बिरोधी हैनौं, अहिलको मार्ग व्यवहारिक छैन, मुआब्जा तथा क्षतिपूर्ति दिनु नपर्ने गरी वन क्षेत्रबाट लाइन लैजानु पर्छ’, कोइरालाले भने, ‘समस्या समाधानका लागि आवश्यक सहयोग गर्न हामी तयार छौं।’ , स्थानीयले सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर र सिराहाको लाहान पडरिया क्षेत्रमा पनि प्रशारण लाइन निर्माणमा अवरोध गरेका छन्। हेटौंडा–ढल्केबर–इनरुवा ४४० केभी प्रसारण लाइन विद्यमान १३२ केभी प्रशारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक प्रायः समानान्तर छ। प्रशारण लाइनको मार्गधिकार क्षेत्र केन्द्र विन्दुबाट दायाँ बायाँ २३/२३ मिटर हुने छ।, आयोजनाले ५१८ हेक्टर वन क्षेत्रमा रहेका रुखहरु काट्नु पर्ने र ३० हेक्टर निजी कृषियोग्य जमिन अधिग्रहण गर्नु पर्ने छ। मार्गधिकारमा ४७५ हेक्टर निजी जग्गा र १७१ वटा घर तथा अन्य संरचनाहरु प्रभावित हुने छन्। , नेपाल सरकार, विद्युत प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रशारण तथा व्यापार आयोजना अन्तर्गत प्रशारण लाइनको निर्माण भइरहेको हो। यसबाट मुलुकभित्रको प्रशारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत व्यापार सहज हुने अपेक्षा गरिएको छ।, हेटौंडा-ढल्केबर-इनरुवा प्रशारण लाइन निर्माणमा अवरोधै अवरोध
रासस मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ। लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘इउरोपियन रोलर’ जातको चरा भेटिएको हो। अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलो पटक लोमान्थाङमा भेटिएको बताए।, ‘एक्याप लोमान्थाङका कर्मचारी रामबहादुर गुरूङले तीन हजार ७८१ मिटरको उचाइबाट गत भदौ १३ गते खिचेको सो चरा चराविद् डा हेमसागर बराल र सोम जिसले इउरोपियन रोलर भएको पुष्टि गर्नुभएको हो,’ संरक्षण अधिकृत बरालले भने, ‘विदेशी चराविद् टिम् इन्स्कीप र क्यारोल इन्स्कीपले पनि यो चरा नेपालका लागि नयाँ भएको प्रमाणित गर्नुभएको छ।’ , केकीघाङमा नयाँ प्रजातिको चरा देखेर  तस्बिर खिचेको तीन दिनपछि पनि ती चरा त्यही भेटिएको कर्मचारी गुरूङले बताए। ‘लोमान्थाङदेखि करिब ८०० मिटर पूर्व खेतको पर्खालमा पहिलो पटक दिउँसो १.११ बजे सो चराको तस्बिर खिचेको थिएँ,’ उनले भने ‘दोस्रो पटक पिपलको रुखमा बसेका बेला बिहान १० बजे तस्बिर खिचेको थिएँ।’, नयाँ चरा देखिएपछि संरक्षण अधिकृत बरालले थप पुष्टिका लागि चराविद्लाई पठाएका थिए। भँङ्गेराभन्दा केही ठूला इउरोपियन रोलरको पखेटा खैरो, खुट्टासँगैको भाग निलो र घाँटी तथा टाउकोमा खैरो र सेतो मिसिएको प्वाख हुन्छ।  कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी जिल्ला समेटिएको एक्यापभित्र यसअघि ५१८ प्रजातिका चरा भेटिएका थिए। , स्वास्थ्य क्षेत्रमा काम गर्ने गुरूङ चरामा पनि रुचि देखाउँछन्। जहाँ जाँदा पनि क्यामेरा लिएर हिँड्ने क्रममा नयाँ जातको चराको तस्बिर खिच्न सफल भएका उनी त्यसबखत छोजुङ गुम्बामा वैकल्पिक पदमार्ग अध्ययनका लागि  स्थानीयवासीसँग जाँदै थिए।, मुस्ताङमा नयाँ प्रजातिका चरा
खिलानाथ ढकाल मादी नगरपालिका-१ उम्लिङका रमेश कार्की वैदेशिक रोजगारीका लागि मलेसियामा थिए।, दस वर्षयता मलेसिया-नेपाल आउजाउ गरिरहेका उनले श्रीमती रञ्जनासँग भदौ २० गते राति ९ बजेसम्म टेलिफोनमा कुराकानी गरेका थिए।, रमेशका अनुसार रञ्जनासँग दिनहुँ टेलिफोन संवाद हुन्थ्यो। रञ्जनासँग कुराकानी भएको दुई दिनअघि मात्र ८ वर्षीय छोरा दिपेन र ४ वर्षीया छोरी गोमासँग उनले भिडिओ कलमा कुरा गरेका थिए।, ‘उनले नराम्रो केही सुनाएकी थिइनन्, सबै राम्रै छ भन्थिन्,’ रमेशले भने, ‘छोराछोरीसँग दुई दिनअघि भिडिओमा कुरा गरेको थिएँ, त्यसको भिडिओ रेकर्ड राखेको थिएँ।’, पछिल्लो पटक १७ महिनाअघि घर आउँदा छोरी गोमा भर्खर टुकुटुकु हिँड्न थालेकी थिइन्। शरीर सम्हालेर राम्ररी हिँड्ने नभइसकेकी गोमासँगको त्यो प्रत्यक्ष भेट अन्तिम भयो। त्यसबेला उनी घर आउँदा छोरा दिपेन दुई कक्षामा पढ्दै थिए।, ‘मसँग अब छोराछोरीसँग कुराकानी भएको त्यही भिडिओ मात्रै बाँकी रह्यो,’ रमेशले मलीन स्वरमा सोमबार सेतोपाटीसँग भने, ‘म अहिले यो घटनाबारे कुनै पनि कुरा गर्न सकिरहेको छैन, भो धेरै नसोध्नुस्।’  , हुन पनि छ-छ जना परिवार, त्यसमाथि कलिला लालाबालासहित श्रीमती र आमाबुवा गुमाएका रमेशसँग बोल्ने शब्द बाँकी नै के छ र!, सेतोपाटीले कुराकानी गर्न खोज्दा उनीसँग सम्पर्क नम्बर थिएन। उनका कान्छा काका तिलकमार्फत हामीले रमेशसँग कुराकानी गर्न खोजेका थियौं।, तिलकले आफ्नो फोन रमेशलाई दिएपछि छोटो कुराकानी सम्भव भयो। कुराकानीका लागि अनुरोध गर्दा रमेशले सुरूमै भनेका थिए- यो घटनाबारे तपाईं धेरै नसोध्नुस्, म आफूलाई सम्हाल्न सक्दिनँ।, अघिल्लो दिन राति ९ बजेसम्म संवाद उनी सम्झिरहन्छन्- नराम्रो केही थिएन।, यति भनेकी रञ्जनासहित बुवाआमा, हजुरआमा, कलिला छोराछोरीको हत्या भएको सुन्दा उनले आफूलाई कसरी सम्हाले, त्यो उनैलाई मात्रै थाहा छ। आफन्त र प्रहरीले सम्पर्क गर्दै परिवारकै हत्या भएको कुरा रमेशलाई बताएका थिए।, रमेशका भाइ नरेश दुई वर्षअघि दुबई गएका थिए। उनी आफ्नी श्रीमती र छोरासाथ दमकमा डेरा गरेर बस्थे।, उनी परिवारबाट छुट्टिएर बसेको हुँदा उनकी श्रीमती र छोरा हत्याराबाट जोगिएका थिए।, ‘उनीहरू पनि सँगै थिए भने किन छोड्थे होला र,’ तिलक भन्छन्।, तिलकका अनुसार रमेशका छोरा दिपेन उम्लिङ माध्यमिक विद्यालयमा कक्षा ४ मा पढ्थे। उनी स्कुल फर्स्ट हुन्थे।, ‘रमेश हजुरबुवा, हजुरआमा, बुवाआमासहित आफ्नो परिवारका निम्ति विदेशमा पौरख गरिरहेका थिए,’ तिलकले भने, ‘दैव पनि कति निठुर भइदियो, यो भतिजोलाई म कसरी सम्हालूँ।’, गोमा चार वर्ष पुग्दैगर्दा उनलाई उम्लिङमै वा तराईतिर राखेर पढाउने भन्ने सल्लाह परिवारमा भइरहेको थियो। , ‘साइँलो दाजुको छोरा, रमेश र नरेश मिलेर झापाको केरखामा दुई बिघा जग्गा किन्ने सल्लाह भइरहेको थियो,’ तिलक भन्छन्, ‘जग्गा किन्न नपाउँदै सबै परिवारको हत्या भयो।’, तिलक तेह्रथुमको जिरिखिम्तीमा बस्छन्। भदौ २१ गते बिहान दाजु तेजबहादुर, भाउजू कमला, हजुरआमा पार्वती, बुहारी रञ्जना, नाति दिपेन र नातिनी गोमाको सामूहिक हत्या भएपछि उनी संखुवासभा पुगेका थिए।, घटना भएको दुई दिनपछि कान्छा नरेश नेपाल आइपुगेका थिए। इटहरीमा परिवारको दाहसंस्कारमा उनले परिवारका छ जनालाई दागबत्ती दिएका थिए।, रमेश घटना भएको एक सातापछि मात्रै नेपाल आएका थिए। उनी नेपाल आएको मंगलबार ११ दिनमात्रै हुँदैछ।, नरेश आफ्ना लालाबाला सम्हाल्न दमक झर्ने तयारी गर्दैछन्। रमेश वयोवृद्ध हजुरबुवालाई लिएर कहाँ जाउँ भनी बिलखबन्दमा छन्। भदौ २१ गते घटना हुँदा हत्याराले छोडिदिएका तिनै वृद्ध बौद्धमान मात्र हुन्।, टुक्रिएको परिवारका वृद्ध बौद्धमान र रमेश उम्लिङमा बस्न चाहँदैनन्। तिलक उनीहरूलाई त्यहाँ राख्न पनि चाहँदैनन्।, जन्मेहुर्केको ठाउँमा रहेको घरजग्गा व्यवस्थापन गरेर बौद्धमान र रमेशको व्यवस्थापन तिलकको काँधमा आएको छ। त्यहाँ उनीहरूको खेतबारी गरी करिब सय रोपनी जग्गा छ।, ‘मेरो घरमै भए पनि लगेर राख्छु, अन्यत्र विकल्प केही हुन्छ कि भनेर म सोचिरहेको छु,’ तिलक भन्छन्।, रमेशले परिवारिक विछोडको पीडा लुकाउन कहाँ जाने भन्ने कुरा सोच्न भ्याएका पनि छैनन्।, परिवारकै हत्या हुँदा जोगिएका बौद्धमान छ दाजुभाइमध्ये कान्छा हुन्। उनको परिवारको हत्यामा समातिएका रणबहादुर र खड्गबहादुर उनका साइँला दाजुका छोरा हुन्।, प्रहरीले सार्वजनिक गरेका २५ वर्षीय लोकबहादुर र उनका १७ वर्षीय भाइ रणबहादुरका छोरा हुन्। रणबहादुरका भाइ ४७ वर्षीय खड्गबहादुर र उनका छोरा २८ वर्षीय हस्तबहादुर हुन्।, तिलकका अनुसार तेजबहादुर रणबहादुरको परिवारको हेरचाह गर्ने गर्थे। रणबहादुर अलि विपन्न थिए।, ‘उनीहरूलाई सरसहयोग गर्नुहुन्थ्यो, सल्लाह सुझाव दिनुहुन्थ्यो, तिमीहरू यसो गर, उसो गर भन्ने गर्नुहुन्थ्यो,’ तिलक भन्छन्, ‘त्यसरी भन्दा कहिलेकाहीँ नराम्रो पनि माने होलान्।’, लोकबहादुर कार्कीको घरमा २० गते राति हत्याको योजना बनेको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचै जनाले तेजबहादुरको परिवारको नरसंहार गर्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।, ‘राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र उनका भाइ बसेर योजना बनाएको अनुसन्धानबाट खुलेको छ,’ अनुसन्धानमा संलग्न संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले भने।, २१ गते तेजबहादुर लोकबहादुरको घरमा खेताला बोलाउन जाँदा मौका छोपेर हत्या गर्ने योजना बनाइएको दाहाल बताउँछन्। घरपरिवारका अन्य सदस्यले थाहा पाए उनीहरूको पनि हत्या गर्ने योजना बनाइएको दाहालले बताए।, ‘यसरी हत्या गर्दा अनुकूल भए तेजबहादुरको घरमा भएको धनमालसमेत लैजाने योजना उनीहरूको थियो भन्ने खुलेको छ,’ दाहालले भने।, तेजबहादुरको घरमा धनमाल सुरक्षित भेटिएको प्रहरीले बताए पनि केही हराएको आशंकातर्फ पनि प्रहरी अनुसन्धान केन्द्रित छ। हत्यापछि संलग्नले ठूलो धनराशी तत्काल नभेटेका कारण लुट्न नभ्याएको प्रहरीको भनाइ छ।, ‘केही धनसम्पत्ति हराएको हो भन्ने आशंका छ, त्यसउपर हामी अनुसन्धान गरिरहेका छौं,’ दाहाल भन्छन्।, तिलक पनि धनसम्पत्ति लुट्ने मनसायले नै हत्याको योजना बनाइएको दाबी गर्छन्। ‘भतिजाहरूले जग्गा किन्न पैसाको जोहो गरिरहेका थिए, जग्गा किन्दैछन् भन्ने उनीहरूले सुइँको पाएका थिए,’ तिलक भन्छन्, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ, थाहा हुँदैजाला।’, कलिला लालाबालासहित परिवारको पासबिक रुपमा हत्या गर्नेहरूलाई जति नै सजाय दिए पनि आफूहरूलाई कम हुने तिलकले बताए।, २१ गते बिहान तेजबहादुरको पिप्लेस्थित खेतमा खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र उनका भाइ खेताला जाने पहिले नै तय भइसकेको थियो।, हत्याको योजनाअनुसार खड्गबहादुर बिहान ५ बजे तेजबहादुरको घरमा पुगेका थिए।, उनले त्यहाँ पुगेर तेजबहादुरलाई भनेका थिए - लोकबहादुर अल्छी छ घरमै गएर खेताला निश्चित गर्नू।, त्यसपछि तेजबहादुर लोकबहादुरको घर हिँडेका थिए। हिँडेपछि उनलाई आक्रमण गर्ने पूर्वयोजना थियो।, दाहालका अनुसार तेजबहादुर लोकबहादुरको घर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर उनको घर पछाडि चिर्पट बोकेर तयारी हालतमा बसेका थिए।, ‘तेजबहादुरले लोकबहादुरको घर पुगेर ‘अल्छी अझैसम्म उठेको छैनस्?’ भन्दै कराएका थिए।, त्यसपछि लोकबहादुर उठे। उनका भाइ र बुवा रणबहादुर त्यतिबेला घरमै थिए।, तेजबहादुर फर्किएपछि लोकबहादुर दाउराको चिर्पट र अलैंची काट्ने चक्कु बोकेर पछिपछि हिँडेका थिए।, घर पछाडिको गोगनको रूख नजिक पुगेपछि लोकबहादुरले टाउकोमा प्रहार गरेर लडाएका थिए। खड्गबहादुर र हस्तबहादुर दाउराको चिर्पट बोकेर त्यहाँ आइपुगिसकेका थिए।, उनीहरूले तेजबहादुरमाथि चिर्पट प्रहार गरे। हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाए। तेजबहादुरलाई बाटोमा घोप्टो पारेर फाले। , प्रहरीका अनुसार घटना हुँदा तेजबहादुर कराएका थिए। ‘लोकेले मार्‍यो, मलाई नमार’ भन्दै गरेको सुनेपछि उनकी श्रीमती कमला र बुहारी रञ्जना तेजबहादुरलाई उद्धार गर्न आएका थिए।, लोकबहादुरले कमलालाई चिर्पटले प्रहार गरेका थिए। कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेका थिए।, बुहारी रञ्जनालाई भाइले ठेलेर खोल्सामा झारेका थिए र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुरले मिलेर हत्या गरेका थिए।, त्यसपछि रणबहादुर र लोकबहादुरका भाइले बुहारी रञ्जनाको शव कमलाको शव भएको ठाउँमा पुर्‍याएका थिए।  ‍, घटनाको बेला नाबालक दिपेन र गोमा घर नजिक बाटोमा देखेपछि हस्तबहादुर लोकबहादुरले बाटो छेकेर चिर्पटले हिर्काएका थिए।, त्यसपछि पाँचै जना ८४ वर्षीया पार्वता कार्की भएठाउँ पुगेको पनि प्रहरीले बताएको छ। घरभित्र पार्वता मकै नङ्ग्याइरहेकी थिइन्।, उनलाई समातेर हस्तबहादुरले घर पछाडि गोठनजिकै लगेका थिए। त्यसपछि लोकबहादुरले उनको टाउको भित्तामा ठोक्काएर घाँटी बटारी हत्या गरेको प्रहरीले जनाएको छ।, हत्यापछि सबैजना घटनामा प्रयोग गरेको चिर्पट र छुरा बोकेर लोकबहादुरको घरमा गएका थिए। लागेको रगत पखालेर छुरा बुइँगलमा लुकाएका थिए। चिर्पटहरू अँगेनामा डढाएका थिए।, रञ्जनाको मोबाइल लोकबहादुरका भाइले लिएर स्वीच अफ गरी घरमुनिको ओडारमा लगेर लुकाएको प्रहरीले जनाएको छ। यही मोबाइलको आधारमा प्रहरीले लोकबहादुरका भाइलाई पक्राउ गरेको थियो।, त्यसपछि घटनामा रणबहादुर, खड्गबहादुर र हस्तबहादुरको संलग्नता उजागर भएको प्रहरी उपरीक्षक दाहाल बताउँछन्।, मोबाइलको भिडिओमा मात्रै बोल्नेछन् अब उनका छोराछोरी
सेतोपाटी संवाददाता कञ्चनपुरमा गस्तीमा गएको सशस्त्र प्रहरी बलको टोलीमाथि आक्रमण गर्ने भारतीय पक्राउ परेका छन्।, सीमावर्ती क्षेत्रमा तस्करी गर्ने समूहका नाइके अर्जुनकुमारलाई मंगलबार पक्राउ गरिएको भारतको चम्पावत जिल्लाका प्रहरी अधिकारीले जानकारी दिएका छन्।, ‘आक्रमण गर्ने मुख्य नाइकेलाई पक्राउ गरेको जानकारी चम्पावतका प्रहरी अधिकारीले हामीलाई दिएका छन्, अब उनको कारबाही प्रक्रिया उतै हुन्छ,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी  रामप्रसाद पाण्डेले सेतोपाटीसँग भने।, सोमबार राति दोधारा चाँदनी नगरपालिका-७ कञ्जभोजमा भारतीय तस्करहरूले सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा गरेका थिए। ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन्।, घाइते जवानको अवस्था सामान्य रहेको छ। उनको हात र पाखुरामा चोट लागेको प्रजिअ पाण्डेले जानकारी दिए।, सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात/आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढुंगामुढा प्रहार गरेका हुन्। भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्रहार गरी भागेको उनले बताए।, सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय पक्राउ
राजेश घिमिरे बकैया–११ मा पसल चलाउने डम्बर न्यासुर असोज ३ गते राति पसल बन्द गरेर वडा नम्बर ४ स्थित घरतर्फ फर्कँदै थिए। बाटोमा प्रहरीको फन्दामा परे।, दर्जनौंको संख्यामा रहेका प्रहरी स्थानीयलाई केरकार गर्दै थिए। सडकमा रहेका उनी पनि केरकारमा परे। विषय थियो गाउँमा गाई काटिएको। बकैया-११ को कालीदमारमा गाई काटिएको सूचनाको आधारमा जिल्ला र इलाका प्रहरी कार्यालयबाट २ गाडी प्रहरी त्यहाँ पुगेका थिए। अकस्मात ठूलो संख्यामा प्रहरी पुगेपछि गाउँमा हलचल मच्चिएको थियो।, करिब आधा घण्टापछि डम्बर त त्यहाँबाट छुटे गाउँका १० जनालाई भने प्रहरीले पक्राउ गर्‍यो। प्रहरीले राष्ट्रिय जनावर गाई काटिएको सूचनाको आधारमा उक्त गाउँ पुग्दा काटेर भाग लगाउँदै गरेका १० जनालाई पक्राउ गरिएको जनाएको छ।, उक्त वडाका वडाध्यक्ष गोपाल न्यासुरले ठूलो संख्यामा प्रहरीहरु गाउँ आएर गाई काटेको भन्दै स्थानीयलाई पक्राउ गरेको जानकारी पाएको बताए।, ‘जिल्ला प्रशासन कार्यालयबाट पनि स्थानीय समातिएको विषयमा खबर आएको थियो तर म पुग्न पाएको छैन,’ वडाध्यक्ष न्यासुरले सेतोपाटीसँग भने, ‘घटना के हो भन्ने विषयमा प्रत्यक्षदर्शीबाट जानकारी लिइरहेको छु।’, वडाध्यक्ष न्यासुरले खसी, बोका, राँगाको मासु महँगो हुने भएका कारण स्थानीयले अशिक्षाका कारण मासुका लागि गाई काटेको हुनसक्ने बताए।, ‘हाम्रो वडामा करिब ९० प्रतिशत तामाङ समुदायको बसोबास रहेको छ। उनीहरु मध्ये पनि अधिकांश विपन्न र अशिक्षित छन्,’ उनले भने, ‘राष्ट्रिय जनावर मार्न पाइँदैन भन्ने ज्ञान नभएर वा गरिबीका कारण मासुका लागि महँगो रकम खर्च गर्न नसकेर गाई काटेको हुनसक्छ।’, उनले छोडुवा पशु मरेर दुर्गन्ध फैलन दिनभन्दा काटेर मासु खाँदा ठीक हुन्छ भन्ने स्थानीयले ठानेको पाएको बताए।, न्यासुरले तामाङ जाति भित्रका पनि केहीको कूल पूजामा गाईको मासु अनिवार्य हुने गरेको भएपनि आफ्नो गाउँमा यसरी गाई काटेर मासु भाग लगाएको यसअघि थाहा नपाएको दाबी गरे।, उक्त वडामा ४०६ घरधुरी रहेकोमा ९० प्रतिशत भन्दा बढी तामाङ समुदाय रहेको वडाध्यक्ष न्यासुरले बताए।, स्थानीय डम्बर न्यासुरकाअनुसार काठमाडौंका व्यापारीहरुले उक्त गाउँ हुँदै पशु चौपाय ओसार्ने गर्छन्।, ‘यही गाउँको बाटो भएर गाई लैजाने क्रममा एउटा कमजोर गाई हिँड्न नसक्ने भएपछि बाटैमा छाडेछन्,’ उनले भने, ‘स्थानीयले त्यो गाई मर्‍यो भने गाउँमा दुर्गन्ध फैलने भन्दै मासुको रूपमा उपयोग गरेको कुरा सुनेको छु।’, उनले मरेर दुर्गन्ध फैलनुभन्दा मासुको रूपमा प्रयोग गर्दा उचित हुने ठानेर गाउँमा गाई काट्ने गरिएको हुनसक्ने बताए।, ‘सोझा गाउँलेहरूलाई राष्ट्रिय जनावर काट्न पाइँदैन भन्ने जानकारी पनि छैन,’ उनले भने, ‘जे काटे पनि मासु नै हो भन्ने बुझाइ पनि छ। यसरी गाउँमा प्रहरी आएर मान्छे पक्राउ गरेर लगेको पहिलो घटना हो, यसअघि कहिल्यै थाहा पाएका थिएनौं।’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले गाई काटेर मासु बाँड्दै गरेको अवस्थामा पक्राउ परेकाहरूलाई अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको बताए। उनले गौ बधसम्बन्धी कसुरमा कारबाही गर्न अनुसन्धान चलाइरहेको बताए।, ‘तामाङ समुदायको बाहुल्यता रहेको बस्ती हो त्यो, गाई काटिएको जानकारी पाएपछि प्रहरी टोली पुगेर संलग्नलाई समातेको हो,’ उनले भने।, प्रहरीले आइतबार राति कालीदमारबाट बकैया–९ का ५० वर्षीया सन्चमाया ब्लोन, ४२ वर्षीया फूलमाया,१ ८ वर्षीय सन्देश बिक, ४० वर्षीय सोमबहादुर तमाङ, १९ वर्षीय सोमार ब्लोन, वडा नम्बर ११ का ३९ वर्षीय जनकबहादुर लो, ४३ वर्षीय राजकुमार घलान, ४० वर्षीय रवीन्द्र लो, ३३ वर्षीय पम्पराज लो र वडा नम्बर ४ का ४८ वर्षीय प्रल्हादभक्त न्यासुरलाई पक्राउ गरेको थियो।, कसुर प्रमाणित भए तीन वर्ष कैद र तीस हजार जरिबानासम्मको सजाय हुन्छ।, प्रहरी निरीक्षक दासकाअनुसार गाई काटेको कसुरमा पक्राउ गरिएको घटना यो वर्षको पहिलो हो। गत वर्ष मकवानपुरमा गौ बधका दुईवटा घटना भएका थिए।  , बकैयाका वडाध्यक्ष भन्छन्- गाई मरेर दुर्गन्ध फैलनुभन्दा काटेर मासु खाँदा ठीक भन्ने ठानेछन्
रासस नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ।, दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ।, केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र असोज ४ गते सोमबारदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ।, वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ। कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।, काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ।, नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न अनुरोध गरिएको छ।, केन्द्रीय बैंकले रु १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ। कूल रुपमा केन्द्रीय बैंकले रु ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ।, नयाँ नोट लिनका लागि सर्वसाधारणले केन्द्रीय बैंकको कार्यालयमा लामो लाइन लाग्ने गरेको यर्थाथलाई आत्मसात् गर्दै २७ वटै वाणिज्य बैंक र तिनका शाखा कार्यालयमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ।, आजदेखि नयाँ नोट साट्न पाइने
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा उठ्ने कुल आचार्यले घोषणा गरेका छन्।, एनआरएनएको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ।, उनले पर्वत पुगेर आइतबार आफू एनआरएनएको महाधिवेशनमा अध्यक्ष पदमा लड्ने बताएका हुन्। उनको गृहजिल्ला पर्वत हो। उनी जलजला गाउँपालिका ७ धाइरिङका हुन्।, आचार्य लामो समयदेखि बेलायतमा व्यवसाय गर्छन्। उनी २००३ देखि नै एनआरएनएमा सक्रिय छन्। यसअगाडि उनी अध्यक्षमा कुमार पन्तसँग पराजित भएका थिए।, प्रवासमा रहेका नेपालीलाई आफ्नो देशसँग जोड्न गैरआवासीय नागरिकताको व्यवस्था हुनुपर्ने आचार्य बताउँछन्। एनआरएनएको महाधिवेशनका लागि प्रतिनिधि छनोटमा विवाद छ।, यसबारे परराष्ट्र मन्त्रालयले छिटो छानबिन गर्नुपर्ने र तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने आचार्यले बताए।, एनआरएनएको अध्यक्षमा उठ्ने कुल आचार्यको घोषणा
सेतोपाटी संवाददाता सरकारले आजदेखि कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ।, हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजदेखि ११ दिनसम्म कोरोना विरूद्ध भेरोसेल खोप लगाइनेछ। आजदेखि असोज १४ गतेसम्म पहिलो मात्रामा खोप लगाउन लागिएको मन्त्रालयको भनाइ छ।, यो पनि: ,१८ वर्ष मुनिका बालबालिकाका लागि ४० लाख मोडेर्ना खोपको सुनिश्चित, कहिले आउँदैछ?, पहिलो मात्रामा भेरोसेल खोप लगाउनेलाई कात्तिक ४ गतेदेखि १४ गतेभित्र दोस्रो मात्रामा भेरोसेल खोप नै लगाउन पाइन्छ।, कुन जिल्लामा कुन उमेर समूहकालाई खोप?, मन्त्रालयका अनुसार सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउनेछन्।, यसअगाडि कोरोनाविरूद्ध खोप लगाउन छुटेका मानिसले यसपालि खोप लगाउन सक्ने पनि मन्त्रालयले जानकारी दिएको छ।, सरकारले बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्ष उमेरमाथिकालाई पनि खोप लगाउने भएको छ। साथै १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप दिइनेछ।, काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला, रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोरोनाविरूद्ध खोप दिने सरकारको तयारी छ।, विभिन्न ५८ जिल्लामा ४५ वर्ष उमेर समूहमाथिका मानिसले खोप लगाउन पाउनेछन्। विद्यार्थीहरूलाई पनि खोप लगाउन सरकारले प्राथमिकतामा राखेको छ। मनाङ, मुस्ताङलगायत जिल्लामा भने सरकारले कोरोनाविरूद्ध खोप लगाइसकेको छ।, पहिलो मात्रामा भेरोसेल खोप लगाइसकेका काठमाडौंका मानिसलाई आजदेखि तीन दिनसम्म दोस्रो मात्रामा खोप लगाइनेछ। पहिलो मात्रामा करिब दुई लाख ४० हजारले भेसोसेल खोप लगाए पनि दोस्रो मात्राको खोप लगाउन पाएका थिएनन्।, आजदेखि ११ दिनसम्म भेरोसेल खोप लगाइने, कुन जिल्लाका कुन उमेर समूहले पाउँछन्?
रासस २०६६ असार २६ मा यार्सागुम्बा सङ्कलनमा आएका सात जना गोरखाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ।, संविधान दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा सामूहिक हत्यामा संलग्न भई जिल्ला कारागार मनाङमा कैद सजाय भुक्तान गरिरहेका पाँच कैदीबन्दीको कैद मिनाहा गरिएको हो।, कर्तव्य ज्यान मुद्दाका पाँच जनाको कैद मिनाहा भएको जिल्ला कारागार मनाङका जेलर गणेश न्यौपानेले बताए। उनकाअनुसार तोकिएकोभन्दा आधा सजाय भुक्तान गरिसकेको कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरिएबमोजिम कैद मिनाहा गरिएको हो।, कर्तव्य ज्यान मुद्दामा नार्पाभूमि गाउँपालिका ९ साविक नार गाविसका सोनाम लामा, छो सोनाम लामा, कर्मा वाङ्गेल लामा, नङ्गा धावा लामा र ङिमा छवाङ लामालाई सात वर्ष नौ महिना २४ दिन कैद भुक्तानका लागि सजाय तोकिएको थियो।, मनाङमा जिल्लाभित्रका व्यक्तिले मात्रै यार्सा सङ्कलन गर्ने गरेका थिए।, सामूहिक हत्याको घटनापछि अन्य जिल्लाका व्यक्तिलाई यार्सागुम्बा सङ्कलन गर्न पाउने व्यवस्था गरिएको छ। कारागारमा कैद भुक्तानका क्रममा उनीहरुको क्रियाकलाप सौहार्दपूर्ण भएकाले उनीहरुलाई कैदमुक्त गरिएको जनाइएको छ।, यार्सा संकलन हत्याकाण्डका कैदीबन्दीको कैद मिनाहा
सविता बुढा कञ्चनपुरको तत्कालीन महेन्द्रनगर विकास समितिको ५७२ बिघा जमिन कहाँ कसरी प्रयोग भइरहेको छ भन्नेबारे अख्तियारले छानबिन थालेको छ।, यसअघि पटक-पटक उजुरी परे पनि निष्कर्षमा नपुर्‍याएको अख्तियारले यस पटक भने उच्चस्तरीय टोली केन्द्रबाटै पठाएर समितिको जग्गा पत्ता लगाउन काम सुरू गरेको हो।, पछिल्लो एक सातामा यस विषयमा एक सय २५ जनाको बयान लिइसकेको अख्तियारले जनाएको छ।, समितिको जग्गा अहिलेको भीमदत्त नगरपालिकाको वडा नम्बर ४, ५, ९, १५, १८ र १९ मा रहेको थियो। विगठित नगर विकास समितिको क्षेत्र यी नै ५ वडामा थियो।, अनाधिकृत रूपमा नगर विकास समितिको जग्गा बेचबिखन गरेको र लिजमा दिएको भनेर उजुरी प्राप्त भएपछि छानबिन भइरहेको अख्तियारको महेन्द्रनगर कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए।, ‘समितिको जग्गा बिक्री वा लिजमा दिइएका माइन्युट र निर्णयहरू हेरिँदै छ। अरू आवश्यक कागजात माग्ने र सम्बन्धित व्यक्तिसँग सोधपुछ पनि भइरहेको छ,’ उनले भने।, उनका अनुसार अख्तियारका उपसचिव ओमप्रकाश बरालको संयोजकत्वमा केन्द्रबाट आएको टोली र महेन्द्रनगर कार्यालयको टोलीले  संयुक्त रूपमा अनुसन्धान गरिरहेको छ।, समितिको नाममा अहिलेसम्म विभिन्न स्थानमा रहेको जग्गाको नापजाँच गर्ने काम पनि भइरहेको जोशीले जानकारी दिए।, २०३०/०३२ सालपछि महेन्द्रनगर विकासको गुरूयोजना बन्न थालेको थियो। २०३५ सालतिर गठन हुँदा महेन्द्रनगर नगर विकास समितिसँग ६३८ बिघा जमिन थियो। अहिले उक्त समिति विगठन भइसकेको छ भने जग्गा ६६ बिघामात्रै बाँकी रहेको बताइन्छ।, विभिन्न समयमा नगर विकासको नेतृत्व गरेका व्यक्तिहरूले जग्गा मासेको व्यापक जनगुनासो छ।  स्थानीयहरू अख्तियारले समेत यसमा केही गर्न नसकेको भनेर रूष्ट थिए।, ‘नगर विकासको प्रमुखमा जो पावरमा छ उसैको मान्छे हुनाले अख्तियारले के गर्न सकेको थिएन, अहिले के गर्छ हेरौं,’ स्थानीय नरेन्द्र विष्टले भने।, २०१९ सालमा तत्कालीन राजा महेन्द्रले यहाँ व्यवस्थित शहर बसाउने योजना बनाएका थिए, त्यसपछि नै महेन्द्रनगरको विकास सुरू भएको हो।, राजाका पालामा अञ्चलाधीश नगर विकास समितिका अध्यक्ष हुन्थे। राजाको साशन हटेपछि राजनितिक दलहरूबाट जुन सरकारमा हुन्थ्यो, उसैको मान्छेलाई समितिको अध्यक्ष बनाउने गरिएको थियो।, राजनीतिक नियुक्तिपछि राजाको कालमा भन्दा बढी जग्गा आफ्नालाई र कार्यकर्तालाई बाँडिएको स्थानीय बिष्टको आरोप छ।, ‘राजाका पालामा पनि बाँडे तर थाहा नहुने गरी कम बाँडे, किनकी राजाले थाहा पाए त बच्न गाह्रो थियो। अहिले दलका कार्यकर्ता अध्यक्ष भएपछि अत्यन्त न्यून मूल्यमा एकले पाए अर्काले माग्यो, अर्काले माग्यो, यस्तै बाँड्दै सकियो,’ उनले भने।, स्थानीयस्तरबाटै समितिको जग्गा हिनामिना भएको भनेर विरोध भइहरेको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए।, ‘विगठित महेन्द्रनगर विकास समितिको जग्गा ऐनविपरीत ब्रिकी भएको र लिजमा दिएको भन्दै विरोध भएको छ, उक्त समितिका तत्कालिन पदाधिकारी र कर्मचारीमाथि यसले प्रश्न उठाएको छ,’ उनले भने।, स्थानीय तहको चुनावपछि नगर विकास समितिको प्रमुख नगरपालिकाको मेयर हुने व्यवस्था छ। महेन्द्रनगरमा भने स्थानीय तहमा जनप्रतिनिधि आएको करिब चार वर्षसम्म पनि यसो भएको थिएन।, २०७५ तत्कालीन महेन्द्रनगर विकास समितिको कार्यकाल सकियो। त्यसयता २ वर्ष नयाँ समिति बनेन।, अहिले भीमदत्त नगरपालिकाका मेयर बिष्टको अध्यक्षतामा समिति नयाँ गठन भएको छ। महेन्द्रनगर नगर विकास समितिको नाम अब भीमदत्त नगर विकास समिति राखिएको छ भने सबै वडामा जग्गा के कति कुन अवस्थामा छ भन्ने विषयमा अध्ययन सुरू गरिएको छ।, नयाँ बनेको भीमदत्त नगर विकास समितिको क्षेत्र भने नगरपालिकाका सबै १९ वटै वडा रहेको मेयर बिष्टले बताए।, ‘अहिले बल्ल नयाँ संरचनाअनुसार समिति चल्नुपर्ने कुरा आयो। ऐन बन्ने बेलामा दबाब बनेपछि नयाँ समिति बनेको हो,’ उनले भने।, नयाँ विकास समितिले पुरानोले लिजमा दिएका जमिनमा अवैध भन्दै केही संरचना भत्काउन पनि थालेका थियो। ती संरचना भत्काउन बाट रोक्न माग गर्दै केही स्थानीयले सर्बोच्चमा रिट हालेपछि त्यो काम पनि रोकिएको छ।, नयाँ समितिलाई पनि निर्णय लिएर काम गर्ने बाटो खुला नरहेको मेयर बिष्ट बताउँछन्।, ‘यो व्यवस्थित शहर हो, आवश्यक काम गुरूयोजना अनुरूप हुनुपर्छ,’ उनले भने,’तर काम गर्न पनि अवरोध छ।’, नयाँ समिति बनेपछि चल-अचल सम्पत्ति पनि नयाँकै नाममा भएको उनी बताउँछन्।, ‘जग्गाको विषयमा छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ र राज्यको सम्पत्ति फिर्ता हुनुपर्छ,’ उनले भने।, अहिलेको महेन्द्रनगर बजार भएको ठाउँको नाम पहिले घुषुणी थियो। यो ठाउँ पहाडबाट आउने, भारत जाने मानिसहरूको बाटोमा पर्थ्यो। पछि तत्कालीन राजा महेन्द्रले व्यवस्थित शहर बसाउने सोच योजना ल्याएका थिए।, यसैलाई कञ्चनपुरको सदरमुकाम बनाउनुपर्छ भनेपछि महेन्द्रनगर नामाकरण गरी बजार विस्तार गर्न सुरू भएको भन्ने स्थानीयहरू सुनाउँछन्।, भीमदत्त नगरपालिका-९ का बीरबहादुर खड्काले शुक्लाफाँटा निकुञ्जमा शिकार खेल्न राजाहरू पटक-पटक आउने गरेको सम्झिए।, ‘राजा र राजपरिवारका सदस्यहरू शिकार खेल्न शुक्लाफाँटा आउँथे। त्यही भएर यहाँ सहर बसाउनुपर्छ सोचे होलान्। त्यसपछि यो शहरलाई नै राजा महेन्द्रको नाम दिएर महेन्द्रनगर भन्न थालिएको हो,’ उनले भने।, ब्रह्मदेव नेपालको पुरानो बजार हो। नेपाल-भारत जोड्ने महाकालीमाथि त्यसबेला पुल थिएन। डुंगाबाट मानिसहरू वारपार गर्थे। गर्मीमा औलोको डरले मानिसहरू पहाडबाट झर्दैनथे। हिउँदमा भने नुनतेल, लुगाकपडा आदि सामान खरिदका लागि आउँथे। पछि व्यवस्थित सहर बन्ने भएपछि धेरै व्यापारी ब्रह्मदेवबाट पसल सारेर महेन्द्रनगरमा आएको खड्काले बताए।, कहाँ गयो महेन्द्रनगरको ५७२ बिघा जग्गा?
एजेन्सी कोरोनाभाइरसका कारण संसारभरिको अर्थतन्त्रमा विभिन्न रूपले असर परेको छ।  संक्रमण रोक्न सरकारहरूले देशव्यापी लकडाउन गर्दा दिनभरि काम गरेर बिहान-बेलुकाको छाक टार्नेहरूलाई धौ-धौ भएको छ।, लकडाउन भएपछि थाइल्यान्डको राजधानी बैंककका ट्याक्सी चालकले पनि आफ्ना ट्याक्सी थन्काउनु पर्‍यो। तीमध्ये कति ट्याक्सी चालक आफ्नो गाउँ फर्किए भने कतिले अर्कै काम सुरू गरे।, उनीहरूले  आफ्ना ट्याक्सी एकै ठाउँमा पार्किङ गरेर राखेका थिए। त्यो ठाउँलाई ट्याक्सीको  चिहान पनि भनिन्छ।, अहिले तिनै ‘चिहान’ मा रहेका ट्याक्सीका छतमाथि एक संस्थाले तरकारी खेती सुरू गरेको छ।, बिबिसीका अनुसार राचाफरूक ट्याक्सी कोअपरेटिभका कर्मचारीहरू अहिले ट्याक्सीका छतमा  माटो र गमला राखेर विभिन्न तरकारीका बिरूवा हुर्काइरहेका छन्। उनीहरूले काँक्रा, खुर्सानीलगायत विभिन्न तरकारी रोपेका छन्। तरकारी फलाएर ट्याक्सी चालकलाई दिने र उब्रेको तरकारी स्थानीय बजारमा बेच्ने उनीहरूको योजना छ।, हेर्नुस् तस्बिरहरू: , थाइल्यान्डमा ट्याक्सीका  छतमा गरिँदैछ तरकारी खेती (तस्बिरहरू)
सुदीप श्रेष्ठ धेरै धेरै, धेरै नै वर्षअगाडि जतिखेर राक्षस उर्फ लाखेहरू मान्छेको भेष धारण गरेर खेतीपातीमा सघाउन आउँथे, त्यति बेला एक जना नवयुवक लाखे सधैं नै पाटनको एउटा ज्यापु परिवारलाई सघाउन आउँदो रहेछ। , लाखे समुदायभित्र यसरी काममा सघाउन आउँदा कुन साल को कुन ठाउँमा जाने भनेर पहिले नै निधो गरिएको हुन्थ्यो। स्थानीयसँग बढी हिमचिम नहोस् भनेर कुनै पनि लाखेलाई सालैपिच्छे एकै ठाउँ नपठाउने चलन थियो। यो वर्ष काठमाडौं आएको लाखेलाई अर्को वर्ष कीर्तिपुर पठाइन्थ्यो। यो वर्ष भक्तपुर गएको लाखेलाई अर्को वर्ष पाटन खटाइन्थ्यो। लाखे र मान्छेबीच सधैं एउटा दुरी रहोस् भनेर यहाँका तान्त्रिकहरूले सुरूदेखि यस्तो रित चलाएका थिए।, यति हुँदाहुँदै त्यो नवयुवक लाखे भने कसरी कसरी जुक्ति लगाएर सधैं पाटनको उही ज्यापु परिवारको खेतमा खटिएर जान्थ्यो। कुनै वर्ष उसको जुक्ति फेल खान्थ्यो, त्यस्तो बेला ऊ दोब्बर काम गर्थ्यो। सुरूमा आफूलाई खटाइएको ठाउँमा गएर बिजुली गतिले सबै काम सक्थ्यो, अनि त्यहाँबाट भेष बदलेर पाटन जान्थ्यो र आफूलाई मनपर्ने ज्यापु परिवारको काम पनि सबै पूरा गर्थ्यो।, पाटनको त्यो खास ज्यापुको खेतमा कुनै साल नबिराई जानुको पछाडि एउटा खास कारण थियो — ऊ ज्यापुकी कान्छी छोरीलाई प्रेम गर्न थालेको थियो।, त्यस दिन ऊ पहिलोचोटि काम सघाउन गएको थियो। ऊ र ऊसँगै गएका अरू लाखेहरूले दिनभरि खेत खने, माटोका डल्ला फोडे र साँझसम्ममा आफ्नो भागको लगभग आधी काम सके।, घाम डुब्नै आँटेको थियो। साँझको सिरसिर बतासले बाग्मती नदी किनारमा रूखका पातहरू फिरफिर हल्लिँदै थिए। आकाशमा कपासको थुप्रोझैं सेता बादलहरू चञ्चल खरायोझैं यताउति चल्दै थिए। चराको बथान चिँचिँ गर्दै गुँड फर्किन हतारिएको थियो। घामको रातो डल्लो चन्द्रागिरि डाँडामा आधा छेल परेको थियो, बाँकी आधा बादलसँग लुकामारी खेल्दै थियो। छिनमै बादलको लिहाफभित्र गुटुमुटु हराउँथ्यो र छिनमै बादलको घुम्टो छ्यांग उघारेर फागुको अबिरझैं निलो आकाशभरि लाल रंग फैलाउँथ्यो।, त्यही बेला चन्द्रागिरिको जुन कापमा घामको डल्लो बिलाउँदै जाँदै थियो, त्यही कापबाट सेतो चन्द्रमा टल्किँदै आउँदै थियो। यस्तो लाग्थ्यो, घामकै अंश छुट्टिएर जून उदाउँदैछ।, त्यो लाखेले घाम र जूनलाई आकाशमा एकै ठाउँ एकै समय यसअघि कहिल्यै देखेको थिएन।, हो, त्यही बेला, ठ्याक्कै त्यही बेला, उसले आकाशमा घाम र जूनलाई पहिलोपटक एकै ठाउँ एकै समय देखेकै बेला, ज्यापुकी कान्छी छोरीलाई पहिलोपटक देखेको थियो।, ऊ खेतालाहरूलाई खाजा खुवाउन छ्वेलाबजी, हाकू मुस्या, आलु–पालु, तुकंको साग, भुटी र अचारको पोका दाहिने कम्मरमा र थोँ भरिएको माटोको सोमा देब्रे कम्मरमा बोकेर खेततिर आउँदै थिई। , लाखेले सुरूमा उसको धमिलो धमिलो आकृति देखेको थियो। जसै ऊ नजिक नजिक आउँदै गई, लाखेले आँखा झिम्क्याउन पनि बिर्स्यो। ऊ छेउमै आएर, दुवै कम्मरको भारी खेतको गरामा बिसाएर, हावाले आँखाअगाडि फिरफिर हल्लिरहेका कपाल पन्छाउँदै जसै उसले पुलुक्क लाखेलाई हेर्‍यो, हे दैव, लाखे त ठाउँको ठाउँ ठहरै भयो!, ऊ काली काली हिस्सी परेकी थिई। अनुहार बाटुलो थियो। हाँस्दा दुवै गालाको बीचतिर पानीको भुमरीझैं खोबिल्टा पर्थ्यो। चिउँडोको दाहिने कुनामा गाजलको टीका लगाएझैं सानो कोठी थियो। उसका ओठहरू बाक्ला थिए र सधैं थुकले भिजाएझैं रसिला देखिन्थे। उसका बत्तीसवटा दाँत टम्म लहर मिलेका थिए। आँखा लाम्चा र गहिरा र ठूल्ठूला थिए। आँखीभौं मयूरको प्वाँखझैं बाक्लो र सुलुत्त थियो। उसको कुलुङकुलुङ घुंग्रिएको कपाल कम्मरसम्मै लर्किएको थियो। ऊ जब आफ्ना दुवै हातले लर्किएको कपाल स्याहार्थी, दाहिने कान पछाडिको गर्दनमा दुइटा साना काला कोठीहरू आकाशमा ताराझैं टिलिक्क टल्किन्थे।, त्यो झम्के साँझमा उसको एक झलकपछि मानव भेष धारण गरेको लाखेको ज्यानमा थकान एक रत्ति थिएन। , उसले ल्याएको समय् बजी त पेट भर्ने गरी खाएकै हो तर लाखेको भोक मेटिएकै थिएन। , थोँको नशाले पनि उसलाई छुनै सकेन। , खेतीको त्यो याम हेराहेरमै बित्यो। आँखै आँखा मुटुको धडकन साटफेरमै बित्यो। , अर्कोपालि पनि त्यो लाखेले कसो–कसो गरी पाटनको उही ज्यापु परिवारकै खेतमा आफ्नो पालो पार्‍यो। उसले यो एक वर्ष यसरी पर्खिएको थियो जसरी स्कुल जाने नानीबाबुहरू दसैं विदा पर्खिन्छन्। यसबीच ज्यापुकी कान्छी छोरी पनि सुगन्ध हराएको फूल भएकी थिई। ऊ त्यस्ती नदीजस्ती भएकी थिई जो सागरमा मिसिने पर्खाइमा पहाडका कन्दराहरूमा अलमलिएकी छे।, अर्को वर्ष उनीहरूको बोलचाल सुरू भयो। बोलचाल लुकिछिपी भेटघाटमा बदलियो। , दुवैले आफ्नो प्रेम इजहार गरे। , प्रेममा मुटुको ढोका खोलिन्छ, ढाकछोप गरिन्न। लाखेले पनि आफूलाई ढाकछोप गर्न चाहेन। , एकदिन खेतको काम सकेर छुट्टिने बेला उसले ज्यापुनीलाई भन्यो, ‘आजको मध्यरात तिमी घरपछाडि बारीमा कुरेर बस है। म आउँछु। तिमीलाई एउटा कुरा भन्नुछ।’, ज्यापुनीले ‘हुन्छ’ भनी र लजाएर गई।, त्यो औंसीको रात थियो। चारैतिर चकमन्न अन्धकार थियो। पर कतैबाट भौभौ कुकुर भुकेको र किँकिँ कुँकुँ गर्दै लाटोकोसेरा कराएको मात्र सुनिन्थ्यो। ज्यापुनी मध्यरातभन्दा दस मिनेट अगाडि नै आफ्नो कोठाबाट लुसुक्क बारीमा निस्केर प्रेमीलाई पर्खेर बसेकी थिई। ऊ आफ्नो प्रेमी आउने बाटोतिर आँखा झिमिक्क नगरी नियालिरहेकी थिई। औंसीको अँध्यारोले एक मिटर टाढाको चिज पनि केही देखिन्थेन।, ठ्याक्कै मध्यरात कुकुरको भौभौ चर्कियो। लाटोकोसेरोको किँकिँ कुँकुँ तीखो भयो। बाटोमा झरेका पातपतिंगरहरूबाट चर्‍याकचुरूक, सर्‍याकसुरूक आवाज आउन थाल्यो।, त्यही बेला ज्यापुनीले देखी, जुन बाटोतिर ऊ एकटक नियाल्दै थिई, त्यही बाटो हुँदै दुइटा आगोको लप्का मान्छेझैं लमकलमक उसको बारीतिर आउँदै छ। पहिले त उसले सोची, उसको प्रेमी अँध्यारोमा बाटो देख्न हातमा चिराग बोकेर आएको होला।, जसै आगोको लप्का नजिक आइपुग्यो, उसको मन चिसो भयो।, उसको प्रेमी अगाडि ठिंग उभिएको थियो तर हातमा चिराग थिएन, बरू उसका दुई हत्केलाबाट आगोका लप्का छुट्दै थिए।, ‘आम्मामामा! के गरेको यस्तो?’ उसले आत्तिएर भनी, ‘तिमीलाई हात पोल्दैन?’, ‘मलाई पोल्दैन,’ मान्छेको भेषमा आएको लाखेले भन्यो, ‘म यही कुरा तिमीलाई देखाउन चाहन्थेँ।’, ‘तिमी हातमा आगो बोक्न सक्छौ भन्ने कुरा?’, ‘होइन, मसँग हातमा आगो बालेर हिँड्ने शक्ति छ भन्ने कुरा।’, ‘शक्ति, कस्तो शक्ति?’, ‘लाखेको शक्ति’, ‘लाखेको शक्ति!’ ज्यापुनी छक्क परी। , ‘हो, लाखेको शक्ति,’ मानव भेषधारी लाखेले भन्यो, ‘म मान्छे होइन, म लाखे हुँ। तिम्रो खेतमा काम गर्न आएका सबै खेताला लाखे हुन्। हामी हरेक वर्ष मान्छेको रूप लिएर यसरी काम गर्न आउँछौं।’, ज्यापुनीको बोली फुटेन। उसको मुख बन्द भयो, आँखा खुलेका खुल्यै भए।, लाखेले अगाडि भन्यो, ‘हामीलाई आफ्नो वास्तविक स्वरूप देखाउने अनुमति छैन। तर म तिमीलाई प्रेम गर्छु। तिमीसँग कुनै कुरा लुकाउन चाहन्न। तिमीलाई कुनै भ्रम पनि दिन चाहन्न। मेरो आवरण त मान्छेको हो तर मैले आफ्नो लाखेको मुटुले तिमीलाई प्रेम गरेको हुँ। म चाहन्छु, तिमी पनि मलाई प्रेम गर्ने भए मेरो लाखेको मुटुलाई नै प्रेम गर।’, ज्यापुनीको मुख अझै बन्दै थियो, आँखा खुलेका खुल्यै थिए।, लाखेले आफ्ना दुवै हत्केला बिस्तारै हल्लायो, मधुर हुँदै गएको आगोको लप्का फेरि चहकिलो भएर आयो।, ‘तिमीलाई थाहा छ, मैले आकाशमा घाम र जूनलाई एकैचोटि एकै ठाउँमा देखेको थिइनँ,’ उसले भन्यो, ‘पहिलोचोटि तिमीलाई देख्दा घाम र जून सँगसँगै थियो। तिम्रो र मेरो साथ पनि त्यो घाम र जूनजस्तै हो– एउटा उदाउँदा अर्को अस्ताउँछ, एउटा अस्ताउँदा अर्को उदाउँछ। सन्ध्या र बिहानीमा मात्र हाम्रो मिलन हुन्छ, त्यो पनि केही पललाई मात्र। मलाई तिमीसँगको त्यो केही पल नै काफी छ। म त्यो केही पललाई पर्खेर तिम्रो नाममा पूरा जिन्दगी बिताउन सक्छु।’, ‘तर मेरो प्रेम स्वार्थी छैन। प्रेम पाउनु मात्र होइन, दिनु पनि प्रेम नै हो। म तिमीलाई प्रेम गर्छु, गरिरहन्छु तर तिमीलाई आफ्नो प्रेममा बाँधेर राख्दिनँ। तिमी स्वतन्त्र छौ आफ्नो जिन्दगी आफ्नो तरिकाले जिउन। एउटा लाखेको प्रेममा तिमीले आफ्ना इच्छाहरू...’, लाखेको कुरा सकिएकै थिएन, ज्यापुनी सुँक्कसुँक्क रून थाली।, लाखेको हातमा बलिरहेको आगोको प्रकाशले ज्यापुनीका आँखाबाट तपतप चुहिरहेका आँशुका ढिक्काहरू झरनाको झरझर पानीमा घामको प्रकाश टल्केझैं टल्किरहेका थिए।, लाखे चुप्प लाग्यो।, कुकुरको भौभौ र लाटोकोसेरोको किँकिँ बन्द भइसकेको थियो। चकमन्न रातमा ज्यापुनीको सुँक्कसुँक्क मात्र सुनिँदै थियो।, ऊ अलि बेरसम्म सुँकसुँकाइरही अनि दुवै हातले आफ्नो आँशु पुछ्दै भनी, ‘तिमीले लाखेको प्रेम त देखायौ तर के प्रेम गर्न लाखेले मात्र जानेको छ? के हामी मान्छेहरू प्रेम गर्न जान्दैनौं? के हामी चाहिँ प्रेममा प्राप्ति मात्र खोज्छौं? आफूले माया गर्ने मान्छेलाई नपाई नपाई प्रेम गर्ने कसरी हो, त्यो हामीलाई पनि थाहा छ।’, उसले लाखेको आगो बलिरहेका ताता हत्केलामाथि आफ्ना चिसा हत्केला राखी। , दनदन दन्किरहेको आगो झ्याप्प निभ्यो। , अब यो अँध्यारोमा लाखे र ज्यापुनीका आँखा मात्र टिलटिल, टिलपिल टल्किरहे।, ‘म तिमीलाई प्रेम गर्छु, गरिरहन्छु। मलाई थाहा छ, म तिमीलाई पाउन सक्दिनँ। तिमी मेरो संसारमा सधैंका लागि आउन सक्दैनौ, म तिम्रो संसारमा सधैंका लागि जान सक्दिनँ। तर म आफ्नै संसारमा रहेर त्यो पललाई पर्खेर बस्नेछु जब क्षितिजमा घाम र जून सँगसँगै देखिनेछन्। मलाई पनि तिमीसँगको त्यो केही पल काफी छ। म त्यो केही पललाई पर्खेर तिम्रो नाममा पूरा जिन्दगी बिताउन सक्छु।’, त्यसपछि दुवै केही बोलेनन्। खाली एकले अर्कालाई हेरिरहे। , ज्यापुनीका दुई हत्केला लाखेका दुई हत्केलामाथि खप्टिएकै थिए। लाखेले उसका दुवै नाडी च्याप्प समातेर दुवै हत्केला हेर्‍यो। आगोले पोलेर कालो डाम बसेको थियो। , उसले दुवै हत्केलामा पालैपालो म्वाइँ खायो र अंगालो मारेर कुलुङकुलुङ घुंग्रिएको लामो कपाल मुसार्न थाल्यो।, ‘एक महिना नगरमा बस्दा म हरेक रात तिमीलाई भेट्न आउँछु, यसैगरी हातमा आगो बालेर,’ लाखेले भन्यो।, ज्यापुनीले केही बेर लाखेका आँखामा एकटक हेरिरही र कहिल्यै छुट्टिन नपर्नेझैं गरी न्यानो र कसिलो अंगालोमा बेरी।, पाटनमा हरेक वर्ष गथामुग:देखि येँया पुन्ही अर्थात् इन्द्रजात्रासम्म देखाइने मिप्वाः लाखे भनेको त्यही प्रेमी हो जो अँध्यारोमा आफ्नी प्रेमिका भेट्न हातमा आगो बालेर आउँछ।, येँया पुन्हीकै अवसरमा आइतबार पाटनमा मिप्वा: लाखे नचाइएको थियो। यल लायकू मिप्वा: लाखे पुच:ले आयोजना गरेको यो नाच सौगलस्थित नाट्यश्वर मन्दिर परिसरबाट सुरू भएको थियो। पाटनको भित्री बस्तीका २१ वटा टोलमा यो नाच देखाइन्छ।, लाखे के हो? लाखे को हो? काठमाडौंमा कसरी लाखेको जन्म भयो? लाखे कथाको विस्तृत विवरणका लागि यहाँ क्लिक गर्नुहोस्: , लाखेका कथा- उनी नेवार होइनन्, को हुन्?, सबै तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी,  ,  ,  ,  , रातको अँध्यारोमा प्रेमिका भेट्न हातमा आगो बालेर आउने लाखे
सेतोपाटी संवाददाता धनुषामा पोखरीमा डुबेको अवस्थामा आमा छोराको शव फेला परेको छ।, धनुषाधाम नगरपालिका-२ स्थित २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुशकुमार सिंहको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ।, स्थानीयले पोखरीमा शव तैरिरहेको देखेपछि इलाका प्रहरी कार्यालय धनुषाधामलाई खबर गरेको थियो। पारिवारिक विवादका कारण अर्चनाले छोरालाई लिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन्। पारिवारिक  विवादबारे अहिलेसम्म केही बुझ्न नसकिएको घटनास्थलमा खटिएका प्रहरीको भनाइ छ।, शव पोखरीबाट निकालिएको  र घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले बताए।, धनुषामा पोखरीमा भेटियो आमा-छोराको शव
नवीनबाबु गुरूङ हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन सुरू भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजदेखि ११ दिनसम्म कोरोना विरूद्ध भेरोसेल खोप लगाइनेछ। आजदेखि असोज १४ गतेसम्म पहिलो मात्रामा खोप लगाउन लागिएको मन्त्रालयको भनाइ छ।, पहिलो मात्रामा भेरोसेल खोप लगाउनेलाई कात्तिक ४ गतेदेखि १४ गतेभित्र दोस्रो मात्रामा भेरोसेल खोप नै लगाउन पाइन्छ।, कुन जिल्लामा कुन उमेर समूहकालाई खोप?, मन्त्रालयका अनुसार सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउनेछन्।, यसअगाडि कोरोनाविरूद्ध खोप लगाउन छुटेका मानिसले यसपालि खोप लगाउन सक्ने पनि मन्त्रालयले जानकारी दिएको छ।, सरकारले बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्ष उमेरमाथिकालाई पनि खोप लगाउने भएको छ। साथै १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप दिइनेछ।, काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला, रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोरोनाविरूद्ध खोप दिने सरकारको तयारी छ।, हेर्नुहोस् तस्बिमा, कोरोनाविरूद्ध भेरोसेल खोप लगाउनेको भीड (तस्बिरहरू)
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ। बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन्।, गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झन्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्।, पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले सोमबार बिहान पहिरो अवलोकनको लागि पुगेका सुवेदी माथि एक्कासी आक्रमण गरेका थिए।, मुक्का उज्याउदै मेयर सुवेदीमाथि जाई लागेका युवालाई सुवेदीसँगै रहेका नगर प्रहरीले रोकेका थिए। मुक्का उज्याउदै गएका युवा नगर प्रहरीले रोकेपछि भुइँमा लडेका थिए।, अवलोकनका लागि पुगेका मेयर सुवेदी स्थानीय आक्रोशित बनेपछि फर्किएका छन्। स्थानीयले एक महिनासम्म पनि स्थानीय सरकारले नहेरेको भन्दै आक्रोश पोखेका थिए।, सोमबार बिहानैदेखि बुटवल तथा आसपासको क्षेत्रमा पानी परिरहेकोले पहिरोले थप क्षति पुर्‍याउन सक्ने भन्दै मेयर सुवेदी सहितको टोली पहिरोग्रस्त क्षेत्रमा पुगेको थियो।, २०५५ सालमा पहिरो गएको स्थानमा अहिले पुनः पहिरो खसेको हो। उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो। पहिरोमा परेका ५७ घर परिवारलाई सरकारले क्षतिपूर्ति दिएको थियो।, पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयरलाई स्थानीयले हाने मुक्का (भिडिओ)
सेतोपाटी संवाददाता सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक  डाक्टर प्रेमराज ज्ञवालीलाई हटाएको छ।, ज्ञवालीलाई हटाउन भदौ २५ गतेको मन्त्रिपरिषदले मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेशलाई संशोधन गरेको थियो। गठन आदेश संशोधन भएसँगै भदौ २९ गते डाक्टर ज्ञवालीलाई त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्ज फिर्ता हुन स्वास्थ्य मन्त्रालयले पत्र लेखेको थियो।, मिर्गौला प्रत्यारोपण सर्जन ज्ञवालीलाई २०७७ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ४ वर्षका लागि केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।, आफूलाई स्पष्टीकरण समेत नसोधी हटाइएको डाक्टर ज्ञवालीले बताए।, अस्पतालमा मानव अंग प्रत्यारोपण केन्द्रमा सुधार ल्याउँदासमेत आफूलाई पूर्वाग्रहको आधारमा हटाइएको उनले बताए।, उनले आफ्नो कार्यकालमा २५ शैया थपेको र १५ ओटा डाइलासिस मेसिनहरू थप्ने प्रक्रियामा रहेको बताए। नेपाल सरकारबाट भक्तपुरमा दिइएको ३१ रोपनी जग्गामा नयाँ भवन बनाउने काम सुरू भएको उनले बताए।, आफूलाई अन्यायपूर्वक हटाइएकाले सर्वोच्च अदालतमा जानेबारे समेत छलफल सुरू गरेको ज्ञवालीले बताए।, मिर्गौला प्रत्यारोपणमा प्राध्यापक ज्ञवाली अब्बल मानिन्छन्।, मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक हटाउन गठन आदेश संशोधन, सर्वोच्च जाने तयारीमा ज्ञवाली
भगवती पाण्डे बुटवल– ३ ज्योतिनगरमा सोमबार विहान झरेको पहिरोले थप नौं वटा घर पुरिएका छन्। यसअघि गत भदौ १३ गते विहान झरेको पहिरोले ७ वटा घर पुरिएका थिए भने २० वटा घरमा लेदो सहितको पहिरो पसेको थियो।, सोमबार बिहानैदेखि परेको अविरल वर्षापछि ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा फेरि पहिरो झर्न शुरु गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक मदन कुँवरले यसअघि ज्योतिनगरका बस्तीमा पहिरो झरेकोमा सोमबार भने लक्ष्मीनगर क्षेत्रमा पहिरो झरेको बताए। , सोमबार पनि नौं वटा घर पहिरोले पुरिएको र एक दर्जन बढी घरहरु जोखिममा रहेको कुँवरले बताए। गत भदौ १३ गते पहिरो झरेको ज्योतिनगरमा पनि लेदोसहितको पहिरो झर्ने क्रम रहेको उनले बताए।, ज्योतिनगर र लक्ष्मीनगरमाथि चुरेको शिरमा ध्वजा फाटेर २०५५ सालदेखि नै पहिरो झर्न शुरु गरेको थियो। ०५५ सालमा झरेको पहिरोले ५७ घरमा क्षति पुगेको थियो। २३ वर्षपछि अहिले फेरि पहिरो झरेपपछि स्थानीय त्रसित बनेका छन्।, पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडक समेत बगाएको प्रहरी नायब उपरीक्षक कुवँरले बताए। बस्तिमा झरेको पहिरो बुटवल उपमहानगरपालिकाको सहयोगमा पन्छाएर अन्यत्र लैजाने गरिएको उनले जानकारी दिए।, पहिरोले सडकमा क्षति पुर्याएर आवागमन अवरुद्ध भएको छ भने सडक किनारमा राखिएका बिजुलीका पोल पनि बगाएको छ। बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो नरोकिए यसबाट सिंगो बुटवल नै प्रभावित हुने विज्ञहरुले चेतावनी दिएका छन्।, बुटवलमा झरेको पहिरोले पुरिए ९ घर
सेतोपाटी संवाददाता प्रहरीले संखुवासभामा भएको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा थप चार जनालाई पक्राउ गरेको छ। , पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीको बयानका आधारमा थप चार जनालाई पक्राउ गरिएको संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले सेतोपाटीलाई जानकारी दिए।, जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ पर्नेमा ४७ वर्षीय खड्गबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की र अर्का एक जना छन्।, चार जनामध्ये लोकबहादुरका भाइ र बुवा रणबहादुर हुन्। ‘हामी अहिले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछौं,’ दाहालले भने। , यसअघि प्रहरीले २६ वर्षीय लोकबहादुर कार्कीलाई मुख्य आरोपित भनी सार्वजनिक गरेको थियो।, तर, अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिको पनि संलग्नता देखिएको भन्दै प्रहरीले पक्राउ गरिएको बताइएको छ।, संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार घटनास्थलमा कसैले समातेको, कसैले हिर्काएको, कसैले मुख थुनेको साबिती बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए।, लोकबहादुरको घरमा हत्या गरिएकीमध्ये बुहारी रञ्जना कार्कीको मोबाइल बरामद भएको थियो। त्यसपछि लोकबहादुरका भाइ पक्राउ परेका थिए। , उनी समेतको बयानका आधारमा थप तीन जनालाई पक्राउ गरिएको उनले बताए। संखुवासभाको मादी नगरपालिका-१ उम्लिङमा भदौ २१ गते ६ जनाको सामूहिक हत्या गरिएको थियो। , तेजबहादुर कार्की, उनकी आमा पार्वता कार्की, श्रीमती कमला, बुहारी रञ्जना कार्की, नाति विपीन कार्की र गोमा कार्कीको चिर्पटले हिर्काएर हत्या गरिएको थियो।, ‘घटनास्थलबाट हामीले केही प्रमाण संकलन गरेका छौं, बरामद भएको मोबाइल विधिविज्ञान प्रयोगशालामा पठाइएको छ,’ सुवेदीले भने, यो पनि हेर्नुहोस्, संखुवासभा हत्याकाण्ड: पक्राउ परेका लोकबहादुरले नै गरेका थिए गाउँलेलाई खबर, संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ। उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको थियो। , आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी आरोपित लोकबहादुरलाई सार्वजनिक गरेको हो। , गत सोमबार तेजबहादुर कार्कीसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो। उनीहरूको शव चार वटा ठाउँमा फेला परेको थियो। आमा पार्वताको घरभित्र फेला परेको थियो भने अरूको बाहिर थियो। , प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसीका अनुसार उनीहरूको हत्या बिहान ६ देखि साढे ६ बजे बिचमा भएको थियो। , करिब ८ बजे लोकबहादुरले नै बडा बाको लास देखेको भन्दै अरूलाई खबर गरेका थिए। उनले खबर गरेपछि अरू पनि घटनास्थल पुगे। वडाध्यक्ष खेमनाथ कटुवाललाई पनि खबर भएपछि प्रहरीलाई साढे ९ बजेमात्रै खबर भयो। , त्यसपछि अनुसन्धान गर्न प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली घटनास्थल पुग्यो।, तालिमप्राप्त कुकुर पनि घटनास्थलमा पुगेको थियो। मादी नगरपालिकाका मेयर बिदुरकुमार लिंथेपले प्रहरीलाई बस्ने व्यवस्था मिलाइदिएका थिए। , अनुसन्धानको नेतृत्व एसपी दाहालले गरेका थिए। प्रहरीले स्थानीयकै घरमा बसेर अनुसन्धान गर्न थालेको थियो।  , 'घटना विभिन्न कोणबाट अनुसन्धान र विश्लेषण गर्‍यौं। घटना कसरी भयो र कारणहरू के-के हुन सक्छन् भनेर अनुसन्धान अगाडि बढायौं। व्यक्तिगत रिसिइबी, आवेग, रिस, कुनै सुनियोजित तरिका, लुटपाटलगायत कुराहरूको विश्लेषण गर्दै गयौं,' डिआइजी बिसीले आइतबार पत्रकार सम्मलेनमा भने।, त्यसरी विभिन्न कोणबाट अनुसन्धान गर्न प्रहरीले लुटपाटका लागि वा बाहिरबाट आएर कसैले हत्या गरेको खुलेन। किनकी घरमा भएका नगद र सुनहरू सुरक्षित भेटिएको थियो।, त्यसरी एकपछि अर्को सम्भावनालाई विश्लेषण गरी प्रहरीले अनुसन्धानको दायरालाई साँघुरो बनाउँदै लगेको थियो। मंगलबार बिहान तालिम प्राप्त कुकुरलाई स्निफिङ गराएको थियो। तर रातभर पानी पर्दा सो काम त्यत्ति प्रभावकारी भएन। , त्यसका बावजुद् पनि कुकुरले आरोपित लोकबहादुरको घरतर्फ संकेत गरेको डिआइजी बिसीले बताए। , साथै जुन ठाउँबाट लोकबहादुरले तेजबहादुरको शव देखिएको भनेका थिए, त्यहाँबाट शव नै देखिँदैन थियो। जसकारण उनीमाथि थप शंका पैदा भएको प्रहरी उपरीक्षक भीम दाहालले बताए। , 'जुन ठाउँबाट लोकबहादुरले बडा बाको शव देखियो भनेका थिए त्यहाँबाट देखिन्न थियो। त्यहाँबाट देखेको भनेर खबर गरेपछि अरूले थाहा पाएका हुन्,' प्रहरी उपरीक्षक दाहालले भने,'पहिलो दिन नै विभिन्न सम्भावनामध्ये लोकबहादुर हुनसक्छ भन्ने मलाई लागेको थियो। त्यहीअनुसार अनुसन्धान अघि बढायौं।' , आफन्त मरेपछि सामान्य मानिसको जस्तो हुनुपर्ने स्वभाव पनि उनको नपाएको उनले बताए।, लोकबाहादुर काम गर्न केही वर्षअघि मलेसियामा गएका थिए। केही समय काम गरेर बिरामी भएपछि उनी फर्किएका थिए। विदेशबाट फर्किएपछि उनको स्वभाव फरक थियो। , 'बिरामी भएर काम गर्न नसक्ने भएपछि फर्किएको बुझियो। गाउँघरमा बुझ्दा उनी त्यहाँबाट फर्किएपछि आफ्ना बुवा र भाइहरूसँग अलि आक्रमक, झै-झगडा गर्ने खालका कुराहरू आयो,' उनले भने,'उपचार गराएर औषधीहरू पनि लिने गरेको जानकारी पायौं।', स्वभावले आक्रमक भएका उनी काममा पनि अलि अप्ठेरो मान्ने खालका थिए। त्यसैकारण आरोपितका हजुरबुवाले आफू मर्ने बेला उनीहरूको स्याहार गर्ने जिम्मा तेजबहादुरलाई दिएका थिए।, आफ्ना सन्तानहरू कमजोर अवस्थामा छन् भन्दै उनीहरूलाई तेजबहादुरको जिम्मा लगाइदिएको प्रहरीले बताए। , 'परिवारमा सबै हट्टाकट्टा थिए। तर लोकबहादुर अलि अल्छी गर्ने, बोलाउँदा पनि नजाने स्वभावका कारण तेजबहादुरले सम्झाउने गाली गर्ने, सम्पत्ति कमाउन सकिनस् भन्ने कुराहरू गर्दा रहेछन्। जुन कुरा लोकबहादुरको मनमा गढेको थियो,' डिआइजी बिसीले भने।, घटनाको अघिल्लो दिन पनि मृतक तेजबहादुरले उनीहरूलाई खेताला लग्ने कुरा गरेका थिए। खेताला लान सोमबार बिहानै तेजबहादुर लोकबहादुरको घरमा गए। बुवा र भाइ गाईलाई कुँडो पकाएर खेतमा घाँस काट्न गइसकेका थिए। घरमा लोकबहादुरमात्रै थिए।, अघिल्लो रातभरि उनी सुतेका पनि थिएनन्। र पहिल्यै देखिको हेप्ने बानीका कारण उनमा रिस थियो।  , 'अभियुक्त एक्लै थिए। उनलाई जुन किसिमले गाली गर्ने, पागल र काम नलाग्ने भनेको हुँदा रातभर सुत्न सकेका थिएनन् र भोलि बिहान तेजबहादुरलाई देखेपछि यो ठूलो बुवाले धेरै नै गरे भनेर अचानक आवेगमा आएछन्,' डिआइजी बिसीले भने। , त्यसपछि उनले दाउराहरू राखेको ठाउँबाट एउटा चिर्पट लिएर तेजबहादुरलाई हाने। , चिर्पटले केही पटक हिर्काएपछि ‘मलाई लोकेले मार्‍यो’ भन्दै तेजबहादुर कराएका थिए। आवाज सुनेर श्रीमती र बुहारी घरबाहिर निस्किए। लोकबहादुरले देखेपछि उनीहरूको पनि हत्या गर्न गए। , त्यसपछि खोल्सामा उनले तेजबहादुरकी श्रीमती मनमायाको टाउकोमा हिर्काएर लडाए। लडेकी बुहारी रञ्जनालाई पनि हिर्काएर त्यही मारेको प्रहरीले बताएको छ। , उनीहरू कराएको आवाज सुनेपछि घरबाट दुई जना नाबालक बच्चाहरू दीपक र गोमा निस्किएको लोकबहादुरले देखे।, त्यसपछि उनीहरूलाई पनि लखेटेर मारेको डिआइजी बिसीले बताए। पाँच जनाको हत्या गरेपछि लोकबहादुर घरभित्र पसे। जहाँ आमा पार्वता कुँडो पकाइरहेको थिइन्। , उनलाई पनि कपाल समातेर भित्तामा टाउको बजारेर हत्या गरेको प्रहरीको भनाइ छ। र, हतियारको रूपमा प्रयोग भएको चिर्पट कुँडो पकाइरहेको अँगेनोमा हालेर नष्ट गरेका थिए। , 'अचानक आवेग आएर 'एक्स्ट्रिम हेटरेट'ले गर्दा हत्या गरेको देखिन्छ। त्यतिबेला मानसिक अवस्था पनि विक्षिप्त भएको पायौं,' डिआइजी बिसीले भने।, प्रहरीले शुक्रबारसम्म लोकबहादुरको घरबाट रगत लागेको कपडासमेत बरामद गरिसकेको थियो। प्रहरीले उनलाई पक्राउ गरेको थिएन। , अहिले त्यसलाई परीक्षण गर्न फोरेन्सिक ल्याबमा पठाएको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले कयौं पटक सोधपुछ गरेको छ। त्यसरी पटक-पटक सोधपुछ गरेपछि भने उनले ६ जनाको हत्या गरेको स्वीकारेको प्रहरी उपरीक्षक दाहालले बताए।, 'हामीले उनलाई धेरै पटक सोधपुछ गर्‍यौं। घरपरिवार गाउँलेसँग उनको बानी व्यहोरा सबै कुराको विश्लेषणपछि हामी उनीमाथि केन्द्रीत भयौं,' दाहालले भने,'पछि उनले घटनाबारे स्वीकार गरे।', हत्या स्वीकारेको भिडिओ प्रमाण पनि प्रहरीले लिएको छ। घटनास्थलमा गएर कसरी हत्या गरेको भन्नेसमेत भिडिओ प्रमाण प्रहरीले तयार पारेको छ। , उनले सजह रूपमै घटनाको स्वीकार गरेको दाहालले बताए। उनी उम्किने बाटो सबै बन्द भएपछि उनले घटना स्वीकार गरेको दाहालले बताए। प्रहरीले सबै प्रमाणहरू अदालतमा पेश गर्ने तयारी गरेको छ।  , अहिले प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।,  , संखुवासभा हत्याकाण्ड : आरोपितका भाइ, बुवासहित अन्य दुई जना पक्राउ
खिलानाथ ढकाल संखुवासभा हत्याकाण्डमा नयाँ ट्विस्ट:, संखुवासभा हत्याकाण्डको अनुसन्धानमा नयाँ ट्विस्ट आएको छ। , हत्या आरोप लागेका २५ वर्षीय लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दै जाँदा योजनावद्ध तरिकाले तेजबहादुर कार्की र उनको परिवारका पाँच जनाको हत्या भएको खुलेको प्रहरीले दाबी  गरेको छ।, हत्याकाण्ड संलग्न भएको आरोप लागेका अन्य चार जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ।, प्रहरीले सुरूमा लोकबहादुर एक्लैले बडाबा ५५ वर्षीय तेजबहादुर कार्कीसहित छ जनाको हत्या गरेको बताएको थियो।, मादी नगरपालिका-१ उम्लिङमा भदौ २१ गते बिहानै तेजबहादुरसहित उनकी श्रीमती कमला, आमा पार्वता, बुहारी रञ्जना, नाति दिपेन र नातिनी गोमाको हत्या भएको थियो।, भदौ २७ गते प्रहरीले हत्याको मुख्य आरोपीको रूपमा लोकबहादुरलाई उभ्याएको थियो।, अनुसन्धान गर्दै जाँदा हत्याकाण्डका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको पाइएको अनुसन्धानमा संलग्न प्रहरीले दाबी गरे। खड्गबहादुर तेजबहादुरका आफन्त नै पर्छन्।, हत्याकाण्डको सामूहिक संलग्नताको पोल भने बुहारी रञ्जनाको मोबाइलबाट खुलेको प्रहरीको भनाइ छ।, रञ्जनाको मोबाइल फेला परेपछि प्रहरीले लोकबहादुरका १७ वर्षीय भाइलाई दुई दिनअघि पक्राउ गरेको थियो।, उनी पक्राउ परेपछि हत्यामा लोकबहादुरको साथमा अन्य तीन जना पनि संलग्न रहेको प्रहरीले जनाएको हो। घटनामा १७ वर्षीय भाइले सहयोगीको भूमिका निभाएको प्रहरीको भनाइ छ।, सोमबार प्रहरीले लोकबहादुरका बुवा ४९ वर्षीय रणबहादुर, काका नाता पर्ने ४७ वर्षीय खड्गबहादुर र खड्गका छोरा २८ वर्षीय हस्तबहादुरलाई सार्वजनिक गर्दै हत्या योजनावद्ध रूपमै भएको बतायो।, उनीहरूलाई सार्वजनिक गर्दै अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले लोकबहादुर कार्कीको घरमा अघिल्लो दिन राति नै हत्याको योजना बनेको बताए।, ‘राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र उनका भाइ बसेर योजना बनाएको अनुसन्धानबाट खुलेको छ,’ अनुसन्धानमा संलग्न संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले भने।, भोलिपल्ट तेजबहादुर लोकबहादुरको घरमा खेताला बोलाउन जाँदा मौका छोपेर हत्या गर्ने योजना बनाइएको दाहाल बताउँछन्।, घरपरिवारका अन्य सदस्यले थाहा पाए उनीहरूको पनि हत्या गर्ने योजना बनाइएको दाहालले बताए।, ‘यसरी हत्या गर्दा अनुकूल भए तेजबहादुरको घरमा भएको धनमालसमेत लैजाने योजना उनीहरूको थियो भन्ने खुलेको छ,’ दाहालले भने।, तेजबहादुरको घरमा धनमाल सुरक्षित भेटिएको थियो। हत्यापछि संलग्नले ठूलो धनराशी तत्काल नभेटेका कारण लुट्न नभ्याएको प्रहरीको भनाइ छ।, प्रहरीले हत्याकाण्डमा अन्य व्यक्तिको संलग्नतामा मोबाइल, उनीहरूको साबिती बयान र हत्याका बखत लगाइएको लुगा कपडालाई आधार मानेको दाहालले बताए।, २१ गते बिहान तेजबहादुरको पिप्लेस्थित खेतमा खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र उनका भाइ खेताला जाने पहिले नै तय भइसकेको थियो।, हत्याको योजनाअनुसार खड्गबहादुर बिहान ५ बजे तेजबहादुरको घरमा पुगेका थिए।, उनले त्यहाँ पुगेर तेजबहादुरलाई भने- लोकबहादुर अल्छी छ घरमै गएर खेताला निश्चित गर्नू।, त्यसपछि तेजबहादुर लोकबहादुरको घर हिँडेका थिए। हिँडेपछि उनलाई आक्रमण गर्ने पूर्वयोजना थियो। , दाहालका अनुसार तेजबहादुर लोकबहादुरको घर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर उनको घर पछाडि चिर्पट बोकेर तयारी हालतमा बसेका थिए।, ‘तेजबहादुरले लोकबहादुरको घर पुगेर ‘अल्छी अझैसम्म उठेको छैनस्?’ भन्दै कराए,’ दाहाल भन्छन्, ‘त्यसपछि लोकबहादुर उठे। उनका भाइ र बुवा रणबहादुर त्यतिबेला घरमै थिए।’, यसअघि प्रहरीले तेजबहादुर खेताला बोलाउन आउँदा रणबहादुर र भाइ घाँस काट्न निस्केको बताएको थियो। प्रहरीले सार्वजनिक गरेका तथ्य अहिले पनि परस्पर बाझिइरहेका छन्।, तेजबहादुर फर्किएपछि लोकबहादुर दाउराको चिर्पट र अलैंची काट्ने चक्कु बोकेर पछिपछि हिँडेका थिए।, घर पछाडिको गोगनको रूख नजिक पुगेपछि लोकबहादुरले टाउकोमा प्रहार गरेर लडाएका थिए। खड्गबहादुर र हस्तबहादुर दाउराको चिर्पट बोकेर त्यहाँ आइपुगिसकेका थिए।, उनीहरूले तेजबहादुरमाथि चिर्पट प्रहार गरे। हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाए। तेजबहादुरलाई बाटोमा घोप्टो पारेर फाले। यसअघि प्रहरीले घटनामा चक्कु प्रहार भएको प्रसंग उल्लेख गरेको थिएन।  , प्रहरीका अनुसार घटना हुँदा तेजबहादुर कराएका थिए। ‘लोकेले मार्‍यो, मलाई नमार’ भन्दै गरेको सुनेपछि उनकी श्रीमती कमला र बुहारी रञ्जना तेजबहादुरलाई उद्धार गर्न आएका थिए।, लोकबहादुरले कमलालाई चिर्पटले प्रहार गरेका थिए। कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेका थिए।, ‘बुहारी रञ्जनालाई भाइले ठेलेर खोल्सामा झारेका थिए र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुरले मिलेर हत्या गरेका थिए,’ दाहाल भन्छन्।, त्यसपछि रणबहादुर र लोकबहादुरका भाइले बुहारी रञ्जनाको शव कमलाको शव भएको ठाउँमा पुर्‍याएका थिए।  ‍, घटनाको बेला नाबालक दिपेन र गोमा घर नजिक बाटोमा देखेपछि हस्तबहादुर लोकबहादुरले बाटो छेकेर चिर्पटले हिर्काएको दाहालले बताए।, त्यसपछि पाँचै जना ८४ वर्षीया पार्वता कार्की भएठाउँ पुगेको पनि प्रहरीले बताएको छ। घरभित्र पार्वता मकै नङ्ग्याइरहेकी थिइन्।, उनलाई समातेर हस्तबहादुरले घर पछाडि गोठनजिकै लगेका थिए। त्यसपछि लोकबहादुरले उनको टाउको भित्तामा ठोक्काएर घाँटी बटारी हत्या गरेको प्रहरीले जनाएको छ।, यसअघि पार्वतालाई कुँडो पकाउन आगो फुक्दै गर्दा हत्या गरिएको प्रहरीले बताएको थियो।  , हत्यापछि सबैजना घटनामा प्रयोग गरेको चिर्पट र छुरा बोकेर लोकबहादुरको घरमा गएका थिए। लागेको रगत पखालेर छुरा बुइँगलमा लुकाएका थिए। चिर्पटहरू अँगेनामा डढाएका थिए।, ‘रगत लागेको कपडा लुकाएका थिए। खड्गबहादुर र उनका छोरा हस्तबहादुर घरतर्फ फर्किएका थिए,’ दाहालले भने।, रञ्जनाको मोबाइल लोकबहादुरका भाइले लिएर स्वीच अफ गरी घरमुनिको ओडारमा लगेर लुकाएको उनले बताए।, ‘पुनः खड्गबहादुर र हस्तबहादुर लोकबहादुरको घरमा फर्किएर कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनी सल्लाह गरेका थिए,’ दाहाल भन्छन्, ‘यदि प्रहरी आएर पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधी पनि खाने गरेका कारण सबै जिम्मा लिने भन्ने सल्लाह भएको खुलेको छ।’, प्रहरीका अनुसार खड्गबहादुर नियमित रूपमा मदिरा सेवन गर्ने गर्थे। घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गालीगलौज गर्ने गर्थे।, यो थाहा पाएका तेजबहादुरले ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनेर गाली गर्ने गर्थे।, खड्गबहादुरले पनि ‘तँलाई के मतलब, तँलाई पनि मार्छु’ भन्दै झगडा गर्ने गरेका थिए।, तेजबहादुर लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गर्थे। रणबहादुरलाई समेत गाली गर्ने गर्थे।, ‘जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ति दिने गरेकाले मनमा इख पालेको र खेताला बोलाएको दिन मौका छोपेर हत्या गरेको देखिन्छ,’ उनले भने।, छ जनाको हत्या गरे पनि उनीहरूले तेजबहादुरका ९० वर्षीय बुवा बौद्धमान कार्कीलाई छोडेका थिए। , बौद्धमानले राम्रो व्यवहार गर्ने गरेकाले उनलाई सकुशल छोडिएको पक्राउ परेकाहरूले प्रहरीले बताएका छन्।, पाँच जनाले अघिल्लो रात बनाएका थिए तेजबहादुरको परिवारलाई मार्ने योजना
एजेन्सी रूसको एक विश्वविद्यालयमा  सोमबार दिउँसो गोली चलेको छ। रूसी समाचार संस्था तासका अनुसार पर्म स्टेट युनिभर्सिटीमा  एक विद्यार्थीले गोली चलाएका हुन्।, गोली लागेर अहिलेसम्म ८ जनाको मृत्यु भएको अनुसन्धानकर्तालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।, सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा गोली चलेपछि विद्यार्थीहरूले कक्षाकोठाको झ्यालबाट हाम फालेको देखिन्छ।, another angle of the same building at Perm State University; students jumping out of windows. (video from ,@bazabazon,) ,pic.twitter.com/AvLm1OFg44, — Mike Eckel (@Mike_Eckel) ,September 20, 2021, बन्दुकधारी विद्यार्थी घाइते भएका छन्। उनलाई प्रहरीले पक्राउ गरेका छन्।, मारिनेहरू को-को हुन् र बन्दुकधारीले किन गोली चलाएका हुन् भन्ने खुलिसकेको छैन। ,  , रूसको एक विश्वविद्यालयमा गोली चल्यो, कम्तीमा ८ जनाको मृत्यु
सञ्चिता घिमिरे, देवराज सुवेदी/ रासस असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ। बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो। सडक खुलेपछि एकातिर स्थानीयवासीलाई आवतजावत सजिलो हुनेछ भने आयोजनास्थलसम्म पुग्न सकेमा त्यहाँका संरचनाको मर्मत अघि बढ्नेछ।, मेलम्ची पुलबजारबाट अम्बाथानसम्म २२ किमी सडकमध्ये १४ किमीमा ‘ट्र्याक’ खुलिसकेको छ। अब चनौटेबाट अघि आठ किमी सडक खुलाउन बाँकी रहेको छ। चनौटेमा रातो पुल बगाएपछि त्योभन्दा अगाडिको सडक खुलाउन नसकिएको हो।, पुलबजारबाट ट्र्याक खोल्दै जाँदा चनौटेबाट अम्बाथानसम्म थप दुई पुल बगाएको छ। त्यहाँ बेलिब्रिज नबनाएसम्म यातायात चालू नहुने देखिएको छ। केही दिन पहिलेदेखि चनौटेसम्म सवारीसाधन चल्न थालेको छ। यहाँको न्वार खोलामा सडक कटान भएकाले अहिले साना गाडी मात्रै चलिरहेका छन्। त्यो मर्मत भएपछि ठूलो गाडी जान सक्नेछ। न्वार खोला क्षेत्रमा मर्मत गरिएपछि चनौटेसम्म नै ठूलो गाडी चल्नसक्ने बताइएको छ। चनौटेसम्म यात्रुबाहक बस चल्न थालेमा हेलम्बुका गाउँपालिकाका–४, ५, ६ र ७ का बासिन्दालाई सजिलो हुनेछ। केही समय पहिलेसम्म आवतजावत नै अवरुद्ध भएकामा अहिले काठको पुल राखेर चालू गराइएको छ।, राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति भएको भनिए पनि त्यसको यकीन हुन सकिरहेको छैन। आयोजनास्थलसम्म पहुँच सडक सम्पन्न नभएकाले क्षति यकीन हुन नसकेको खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताए।, उनका अनुसार पहिलेको पहुँच सडक पूरै पुरिएकाले नयाँ ट्र्याक खुलाउन लागिएको छ। पहिले सडक भएको ठाउँको नजिकै नै हुने गरी सडक खुलाइने उनले बताए। उनले भने, ‘सबै पुरिएकाले पहिले र अहिले भन्ने देखिएको छैन, त्यसैको हाराहारीमा खुलाइरहेको छौ।’, पहिलो पटक असार १ गते आएको बाढीले आयोजनामा क्षति पु-याएको थियो। त्यतिबेला झण्डै रु एक अर्बको क्षति भएको अनुमान गरिएको थियो। साउन महिनामा पटकपटक बाढी जाँदा झण्डै रु दुई अर्ब ४० करोडको क्षति भएको आयोजनाले जनाएको छ। प्रारम्भिक अनुमानका आधारमा क्षतिको अनुमान गरिएको भए पनि प्राविधिक आयोजनास्थलसम्म जान नसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता न्यौपानेले बताए। पहुँच सडक बनेर त्यहाँसम्म पुगेपछि नै केके क्षति भएको हो र त्यसको मर्मतमा कति खर्च लाग्छ भन्ने थाहा हुने उनले बताए।, आयोजनास्थलमा मर्मतको काम अघि बढाउन सुरु गरिए पनि त्यसमा सरकारको आफ्नै लगानी हुने कि दातृ निकायसँग सहयोग मागिने भनी टुङ्गो लाग्न सकेको छैन। आयोजनामा बैंकको सहयोग भएकाले पनि उसको सहयोग लिने कि सरकारको खर्च छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताए। पहिले कति खर्च लाग्छ भनी आयोजनाले अध्ययन गर्नेछ। उनले भने, ‘त्यहाँ पुगेर समय र रकम थाहा भएपछि नै स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने थाहा हुन्छ।’, आयोजनामा मात्रै नभएर त्यहाँका अरु पूर्वाधारमा क्षति पुगेकाले मन्त्रालयले सरोकार राख्ने निकायसँग छलफल अघि बढाएको छ। फरकफरक पूर्वाधारको काम फरक मन्त्रालय र निकायले गर्नुपर्ने प्रवक्ता न्यौपानेले बताए। सडक, पुल, खानेपानी सबै आयोजना एक्लैले गर्न नसक्ने भएकाले सबैको संयोजनमा काम गर्नुपर्ने उनले बताए। अहिले मन्त्रालयले ती निकायसँग  कसले के गर्ने भनी छलफल गरिरहेको छ। उनले भने, ‘एउटै मन्त्रालय र निकायसँग विशेषज्ञता पनि नहुने र समय बढी लाग्ने भएकाले सबै मिलेर छिटो गर्ने योजना छ।’, मेलम्ची आयोजनामा भएको क्षतिको विस्तृत अध्ययनका लागि बैंकको सहयोगमा भौगर्भिक अध्ययन सुरु भएको छ। यो ठाउँमा पहिरो यो वर्ष मात्रै आएको हो कि अरु वर्षमा पनि खतरा छ भनेर अध्ययन गर्न लागिएको हो। यहाँको भूगोल, वातावरणीय अवस्थाका बारेमा अध्ययन गराउन बैंकलाई मन्त्रालयले अनुरोध गरेको थियो। उनले भने, ‘एडिबीले विशेषज्ञसहित टोली राखेर अध्ययन गरिरहेको छ।’, गत वर्ष उपत्यकावासीले केही महिनासम्म मेलम्चीको पानी उपभोग गर्न पाएका थिए। यो वर्षभित्रमा पुनःपानी ल्याउने सरकारको योजना छ। सडक, पुललगायतका पूर्वाधार निर्माणमा समय लाग्ने भए पनि जतिसक्दो चाँडो पानी ल्याउन लागिने प्रवक्ता न्यौपानेले बताए। पानी ल्याउने र अरु काम सम्पन्न गर्ने फरक समय लाग्ने देखिएको छ। तत्काल पहुँच सडक बनाउन सकिएमा आयोजनाका संरचनामा रहेका अवरोध हटाएर पुनःपानी ल्याउन सकिन्छ। अहिले हेर्दा सडक र पुल सम्पन्न गरिसक्न लामो समय लाग्न सक्ने देखिएको छ। उनले भने, ‘पानी जतिसक्दो चाँडो ल्याइनेछ भने मर्मतको काम पनि चालू गरिनेछ।’, उपत्यकावासीले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका थिए। यहाँको जनसङ्ख्या बढिरहँदा भएको स्रोत घट्दै गएकाले वर्षेनी खानेपानीको समस्या अझै विकराल बनिरहेको थियो। सरकारले दुई दशक पहिले मेलम्ची खोलाको पानी उपत्यकामा ल्याउने योजना बनाएको थियो। योजना निर्माण सुरु भएको लामो समय पछि बल्ल सम्पन्न भयो। झण्डै तीन महिना घरघरमा पानी आएकामा आयोजनाको परीक्षणकै क्रममा पहिरोले पुनःसंरचनामा क्षति पु-याएको छ। काठमाडौँवासीले कहिलेसम्म पानी पाइन्छ भनेर चासो राखिरहँदा यहाँको क्षतिको मर्मत पनि सजिलो देखिएको छैन।, उपत्यकामा रहेको खानेपानीको समस्या समाधानकै लागि मेलम्चीको पानीको विकल्पमा पनि छलफल भइरहेको छ। काठमाडौँ उपत्यका र उपत्यका आसापासका क्षेत्रमा रहेका मुहानको खोजी गरेर त्यसको अध्ययन गर्ने गरी मन्त्रालयमा छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताए। आयोजनास्थलमा मर्मत गरिसक्न कम्तीमा पनि चैत महिनासम्म लाग्ने देखिएको छ। कताको पानी ल्याएर उपत्यकावासीलाई सजिलो बनाउने भनी विकल्पमाथि छलफल भइरहेको छ। मेलम्चीको विकल्पका विषयमा विगतमा पनि छलफल भइरहेकामा अहिले अध्ययनमा नै जाने योजना बनाइएको उनले बताए।, मेलम्ची खानेपानी आयोजनासम्म पुग्न सडक खुलाउन सुरु
रोहित महतो एक वर्षअघि असोजमा जनकपुरस्थित रेल्वे स्टेसनमा रेल आयो। स्वागतका लागि हजारौंको भीड उर्लियो।, जिल्ला प्रशासन कार्यालयले लकडाउन घोषणा गरे पनि सरकारले खरिद गरेका दुई सेट रेल जनकपुर आउँदा जयनगरदेखि जनकपुरसम्मै रेल्वे ट्रयाक छेउमा मानिसको ताँती लाग्यो। तीमध्ये धेरैले छिटै रेल चढ्न पाइने सपना देखेका थिए।, दिन बिते, हप्ता र महिना बिते। जयनगर-जनकपुर ट्र्‌याकमा रेल कुदेन। रेल आएको वर्ष दिनपछि अहिले त झन् रेल कहिले, कसरी चलाउने अन्योल बढेको छ।   , भारतीय कम्पनी कोंकणसँग नेपाल सरकारले ८६ करोड रुपैँयामा दुई सेट डेमो रेल खरिद गरेको थियो।  ती रेल एक वर्षदेखि धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा रेल्वे स्टेसनमा त्रिपालमुनि छोपिएर राखिएका छन्।, वर्षा, हावा-हुरीको कारण रेल छोपिएका त्रिपालसमेत च्यातिसकेको छ भने रेल्वेको पार्टपुर्जामा खिया लाग्न थालेको छ।, रेल कहिलेदेखि चल्छ भन्ने प्रश्नको जवाफ नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निराजन झासँग पनि छैन।, रेल सञ्चालनसम्बन्धी कानुन नबनेसम्म रेल  चल्न नसक्ने उनको भनाइ छ।, ‘अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भइसक्यो। वर्तमान सरकारले संसदमा विधेयक ल्याएर कानुन निर्माण गर्ने कि अध्यादेश ल्याउनेबारे छलफल भइरहेको छ,’ झाले भने।, भारत सरकारले झन्डै ९ अर्ब रुपैयाँ खर्चेर जयनगर-बर्दिवास खण्डमा ७२ किलोमिटर ब्रोडगेज रेल्वे लिंक तयार पार्दैछ। जसअनुसार ३ चरणमा निर्माण कार्य भइरहेको छ। पहिलो चरणमा जयनगर-कुर्था ३६ किमी, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किमी र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किमी लिक तथा विभिन्न स्टेशन निर्माण हुँदैछ।, तीमध्ये जयनगर-कुर्थासम्म ३६ किमी ब्रोडगेज तीन वर्षअघि नै तयार भइसकेको छ। बाँकी खण्डमा पनि लिक निर्माण तीव्र गतिमा भइरहेको छ। रेलसहित निर्माण भइसकेको भौतिक संरचना भारत सरकारले अहिलेसम्म नेपाल सरकारलाई हस्तान्तरण गरेको छैन्।, भारतीय कम्पनी इर्कोणले निर्माण गरेको उक्त भौतिक संरचनामध्ये रेल्वे स्टेशनका भवन रेल सञ्चालन नहुँदै कतै चुहिएका छन्  भने कतै चर्किएका छन्। केही ठाउँमा पर्खालसमेत फुटिसकेको छ।, त्यही कारणले पूर्वाधार तथा भौतिक संरचना हस्तान्तरणमा ढिलाइ भएको झाको भनाइ छ।, रेल तथा भौतिक संरचना हस्तान्तरण गर्नुअघि भारतीय कम्पनी इर्कोण, रेल्वे विभाग र नेपाल रेल्वे कम्पनीको संयुक्त अनुगमन हुने महाप्रबन्धक झाले बताए।, ‘अनुगमनपछि लिन मिल्ने संरचना लिन्छौं। जे गडबड हुन्छ त्यो मर्मत-सम्भार गरेर चुस्त भइसकेपछि मात्र हामी लिन्छौं,’ उनले भने।, संरचना हस्तान्तरण सकिएपछि दुबै देशका अधिकारीले रेल सञ्चालनका लागि आवश्यक स्टान्डर्ड अपरेटिङ प्रोसेडयुरसम्बन्धी कार्यविधिमा हस्ताक्षर गर्ने झाले जानकारी दिए।, त्यसका साथै रेल खरिद गरिएकै भारतीय कम्पनी कोंकणसँग गत वर्ष नेपाल रेल्वे कम्पनी लिमिटेडले २२ करोड भारतीय रुपैयाँ प्राविधिक सहयोग उपलब्ध गराउने भएको सम्झौता समेत पूरा भइसकेको छैन्। तत्कालीन रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले गरेको उक्त सम्झौतामा कोंकण कम्पनीले रेल्वेका प्राविधिक, चालक, लोको पाइलट र मर्मत-सम्भार जनशक्ति र सेवा उपलब्ध गराउने भनिएको थियो।, त्यसबापत् नेपाल रेल्वे कम्पनीले भारतीय कम्पनी कोंकणलाई २२ करोड भारतीय रुपैयाँ दिने सहमति भएको थियो।, सम्झौता गरिएको एक वर्षको अवधिमा नेपाली रेल सञ्चालनमा नआए पनि कोंकण कम्पनीले पैसा भुक्तानी गर्न तारन्तार ताकेता गरिरह्यो। रकम हालसम्म समेत रेल्वे कम्पनीले भुक्तानी गरेको छैन्।, आफू आउँदासम्म भारतीय रुपैयाँ भुक्तानीका लागि बैंकसँग भएको सम्झौताको म्याद गुज्रिसकेकाले भुक्तानीमा ढिलाइ भएको महाप्रबन्धक झाको भनाइ छ। उनका अनुसार नेपाल रेल्वे कम्पनीले कोंकण कम्पनीलाई सम्झौताअनुसारको भारतीय मुद्रा भुक्तानी गर्न नेपाल राष्ट्र बैंकसित सहमति लिनुपर्छ।, पैसा नतिरेकै कारण भारतीय कम्पनीसँग प्राविधिकसम्बन्धी भएको उक्त सम्झौता रद्द हुने स्थितिमा पुगे पनि आफूले आएर पछिल्लो समय प्रक्रिया अघि बढाउँदा सम्झौता जोगिएको उनले बताए।, ‘समयमै दिनुपर्ने भुक्तानी दिइएन। म आउँदा राष्ट्र बैंकले दिएको म्याद गुज्रिसकेको थियो। त्यो फेरि प्रक्रिया सुरू भएको छ। बिहीबारसम्म पैसा बुझाइसक्नेछौं,’ महाप्रबन्धक झाले थपे।, झाले यसअघि ज्यालादारीमा नियुक्त गरिएका सबै कर्मचारी हटाइसकेका छन्। रेल सञ्चालन नहुँदै कम्पनीका पूर्वमहाप्रबन्धक भट्टराईले रेल्वेमा दैनिक ज्यालादारीमा १ सय ५१ जना कर्मचारी नियुक्त गरेका थिए। कम्पनीले उनीहरूलाई तलब भुक्तानी गर्न नमिल्ने भन्दै  हटाएको हो।, दैनिक ज्यालादारी कर्मचारीले डोर हाजिरी गर्नु पर्नेमा भट्टराईले नियुक्त गरेका १ सय ५१ जना कर्मचारी भने कार्यालयकै हाजिरी रजिष्टरमा हस्ताक्षर गर्ने गरेका थिए। यसरी नियुक्त भएका कर्मचारीलाई पारिश्रमिक दिन नमिल्ने अर्थ मन्त्रालयको निर्देशनपछि उनीहरूलाई हटाइएको थियो।, रेल चलाउन अध्यादेश निष्कृय भइसक्यो, कानुन बनेकै छैन
रासस कोभिड–१९ को सङ्क्रमणका कारण बन्द भएका यहाँका शक्तिपीठ क्रमशः खुल्न थालेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले सङ्क्रमणको दर घट्दै गएकाले स्मार्ट लकडाउन गर्ने निर्णयसँगै यहाँका मुख्य शक्तिपीठ खुल्न थालेका हुन् ।, कोरोनाका कारण गत वैशाखदेखि बन्द भएका शक्तिपीठ असोज लागेसँगै खुलेपछि क्रमशः भक्तजन पूजाआजाका लागि पुग्न थालेका छन् । स्याङ्जाको वालिङ आठ गह्रौँसुरमा अवस्थित प्रसिद्ध गह्रौँसुर मन्दिरमा पाँच महिनाअघिदेखि नृत्य पूजामात्रै हुँदै आएकामा शुक्रबारदेखि भक्तजनका लागि खुला गरिएको गह्रौँसुर धार्मिक एवं पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी दिए।, ‘पाँच महिनासम्म नित्य पूजामात्रै हुँदै आएको मन्दिर यही असोज १ गतेदेखि सर्वसाधारणलाई पूजाआजा गर्न खुला गरेका छौँ’, अध्यक्ष खाँणले भने, ‘पूजाआजाका लागि आउने दर्शनार्थीले  सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क तथा सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने र  स्वास्थ्यसम्बन्धी अन्य मापदण्ड अपनाउनु पर्नेगरी खुला गरेका हौँ ।’, यसैगरी भिरकोट नगरपालिका–४ छाङ्छाङदीस्थित छायाँक्षेत्र मन्दिर पनि दर्शनार्थीका लागि खुला गरिएको छ । यसअघि त्यहाँ नित्य पूजामात्रै हुँदै आएको थियो ।, स्वस्थानी व्रतकथामा उल्लेख गरिएनुसार पार्वतीको अन्तिम अङ्ग यस ठाउँमा पतन भएको हो भन्ने धार्मिक विश्वास छ । स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड लागू गर्नेगरी दर्शनार्थीका लागि मन्दिर खुला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर श्रेष्ठले जानकारी दिए।, वालिङ–१२ घुरुङ्खास्थित तीनकन्या अकलादेवी मन्दिर पनि लागि खुला गरिएको छ ।  कोभिडको सङ्क्रमण दर कम हुँदै गएकाले सर्वसाधारणका लागि खुला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भविराज गुरूङले बताए।, कालीगण्डकी गाउँपालिका–३ स्थित शाह वंशको कूल देवीकारुपमा परिचित छ आलमदेवी मन्दिर । जिल्लामा मात्रै नभएर देश तथा विदेशका विभिन्न स्थानबाट दर्शनार्थी यहाँ पूजाआजा गर्न आउने गरेका थिए । कोरोनाका कारण बन्द भएको मन्दिर अहिले खुला गरिएको मन्दिरका पूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह रानाले बताए।, पुतलीबजार–१४ सतौँकोटस्थित चण्डी र कालिका मन्दिर पनि खुला गरिएको छ । दुबै मन्दिरका देवीलाई सतौँकोटे राजाको इष्टदेवीकारुपमा पुजिदै आएको छ  । यहाँ देशका विभिन्न भाग तथा छिमेकी देश भारतबाट पनि वर्षेनी श्रद्धालु भक्तजन आउने गर्छन्। , खुल्न थाले स्याङ्जाका शक्तिपीठ
एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख तथा महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस अफगानिस्तान पुगेका छन्। , सोमबार टेड्रोसले ट्विटरमार्फत् आफू अफगानिस्तान पुगेको जानकारी दिएका हुन्। उनी डब्ल्युएचओको पूर्वी भूमध्य क्षेत्रीय कार्यालयका निर्देशक अह्मद अल मन्धारीसँग त्यहाँ पुगेका हुन्। , अफगानी जनताको स्वास्थ्यको सुरक्षा गर्नु डब्ल्युएचओको प्राथमिकतामा रहेको टेड्रोसले बताएका छन्।  , 'म निर्देशक मन्धारीसँग अफगानिस्तानमा छु। अफगानी जनताको स्वास्थ्यको सुरक्षा गर्नु डब्ल्युएचओको प्राथमिकता हो,' उनले ट्विटरमा लेखेका छन्।, उनीहरूले स्वास्थ्य पूर्वाधारको भ्रमण गर्नेछन्। डब्ल्युएचओ अफगानिस्तानका कर्मचारी, स्वास्थ्यकर्मी र तालिबानी नेताहरूसँग भेट्ने टेड्रोसले बताएका छन्। , तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि काबुल पुग्ने उनी पहिलो संयुक्त राष्ट्र संघका उच्च अधिकारी हुन्।, I'm in ,#Afghanistan,, with ,@WHOEMRO, Director Ahmed Al Mandhari. Protecting the health of the Afghan people is of the utmost priority for ,@WHO,. We will visit health facilities meet with ,@WHOAfghanistan, staff, health workers, and Taliban leadership on these vital issues. ,pic.twitter.com/O62S9vfqrs, — Tedros Adhanom Ghebreyesus (@DrTedros) ,September 20, 2021,  , डब्लुएचओ प्रमुख पुगे अफगानिस्तान
सेतोपाटी संवाददाता नेकपा एमाले रूपन्देहीका जिल्ला अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने व्यक्ति एमालेकै कार्यकर्ता रहेको पाईएको छ।, सोमबार बिहान बुटवल ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा झरेको पहिरो निरीक्षणका लागि गएका नगरप्रमुख सुवेदीमाथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका थिए। ति युवा ज्योतिनगरका गणेश पंगेनी रहेको प्रहरीले बताएको छ।, लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यनरत पंगेनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटीका सदस्य समेत हुन्। उनले झण्डै एकम हिनादेखि पहिरोले घर पुरिए पनि स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको प्रहरीसामू बताएका छन्।, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले भने बाहिर चर्चामा आएजस्तो पक्राउ गर्ने गरी घटना नभएको भन्दै पक्राउ नगरिएको बताएका छन्।, गत भदौ १३ गते ज्योतिनगर र लक्ष्मीनगर माथिको चुरे पहाडबाट पहिरो झरेको स्थानमा सोमबार पुनः पहिरो झर्न थालेपछि मेयर सुवेदी पहिरो निरीक्षणको लागि पहिरोग्रस्त क्षेत्रमा पुगेका थिए।, वुटवलका मेयरलाई मुक्का प्रहार गर्ने व्यक्ति एमालेकै कार्यकर्ता
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुरको मुद्दामा दुई करोड रुपैयाँ जरिवाना तथा कैद सजाय पाएका व्यक्तिलाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं बुढानिलकण्ठ घर भई बारा सिमरा उपमहानगर बस्ने ६७ वर्षीय कृष्णबहादुर थापालाई पक्राउ गरेको हो। , उनलाई जिल्ला प्रहरी कार्यालय बारा र पर्सासँग समन्वय गरी शनिबार पक्राउ गरी काठमाडौं ल्याएको महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार उनीविरूद्ध बैंकिङ कसुरमा तीन वटा मुद्दाको सजाय बेरूजु छन्। , पहिलो मुद्दामा उनीविरूद्ध रवीन्द्र थापाको जाहेरी दिएका थिए। सो मुद्दामा गत मंसिर २२ गते उच्च अदालत पाटनले कृष्णबहादुर थापालाई एक करोड २५ लाख रुपैयाँ जरिवाना र १७ दिन कैद सजाय सुनाएको थियो।, अर्को मुद्दाको जाहेरी पनि थापाले नै दिएका थिए। सो मुद्दामा उच्च अदालत पाटनले ७५ लाख रुपैयाँ जरिवाना र १३ दिन कैद सजाय सुनाएको महाशाखाले जनाएको छ। , तेस्रो मुद्दामा कृष्णबहादुरविरूद्ध राजन श्रेष्ठले बैंकिङ कसुरको मुद्दामा जाहेरी दिएका थिए।, २०७३ माघ ६ गते काठमाडौं जिल्ला अदालतले १७ लाख रुपैयाँ भरपाई गराउने र त्यसको ब्याज समेतको बिगो दाखिला गर्न आदेश दिएको थियो।, तर उनी फरार थिए। त्यसपछि काठमाडौं जिल्ला अदालतले २०७५ असार १९ गते एक वर्ष कैद सजाय सुनाएको थियो। , तीन वटा मुद्दाको सजाय बेरुजु रही फरार रहेका कृष्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो। सजाय कार्यान्वयनको लागि प्रहरीले उनलाई काठमाण्डौ जिल्ला अदालत, काठमाडौंमा पठाएको छ।, बैंकिङ कसुरमा दुई करोड जरिवाना तोकिएका व्यक्ति पक्राउ
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार ९५ जनामा कोरोना संक्रमण देखिएको छ।, पछिल्लो २४ घन्टामा एन्टिजेन्ट परीक्षण एक सय २० र पिसिआर परीक्षण नौ सय ७५ गरी कूल एक हजार ९५ जना संक्रमित पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार आठ सय १७ जनामा परीक्षण गरिएको थियो।, साथै सोमबार दुई हजार नौ सय ५७ जना निको भएर घर फर्केका छन् भने ८ जनाको मृत्यु भएको छ।, थप एक हजार ९५ जनामा कोरोना संक्रमण
सेतोपाटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोना भाइरसविरूद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ। , जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो।, कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।, कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका लागि काठमाडौं महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा नौ, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर र वागेश्वरी मनहरामा नौ/नौ खोप केन्द्र तोकिएको छ।, यसैगरी काठमाडौं महानगरपालिकामा थप सात खोप केन्द्र तोकिएको छ।, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ।, सरकारले हिजोमात्र चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप नेपाल ल्याएको थियो। ,रासस, , असोज ४ देखि भेरोसेलको दोस्रो डोज लगाइँदै, यी हुन् खोप केन्द्र
सेतोपाटी महोत्तरीको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरूको साथबाट रु.१००० हजारका २२ थान, रु.५०० का तीन थान, रु.१०० का २७ थान, रु.५० का छ थान,  रु.२० का आठ थान, रु.१० का ११ थान, रु.५ का छ थान र भारु १०० का तीन थान नोट बरामद गरेको थियो।, पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। ,रासस, , नक्कली नोटसहित दुई भारतीय पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको जोरपाटीबाट चार लाख ७४ हजार रूपैयाँसहित २० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार राति ११ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ जोरपाटीबाट २० जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। , विशेष सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेसहितको टोली खटिएको थियो। , टोलीले जोरपाटीस्थित तिब्बतीयन क्याम्पभित्र तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपको घरबाट उनीहरूलाई पक्राउ गरेको हो। , उनीहरूबाट प्रहरीले चार लाख ७४ हजार रूपैयाँ बरामद गरेको छ। क्यासिनोमा प्रयोग हुने चार सय ६४ वटा कोइन, कौडा तथा विभिन्न बैंकका चेक पनि प्रहरीले बरामद गरेको छ। , पक्राउ परेकामाथि महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ। ,  , जोरपाटीबाट चार लाख ७४ हजारसहित २० जुवाडे पक्राउ
एजेन्सी गत महिना अफगानिस्थानको काबुलमा भएको ड्रोन आक्रमणप्रति अमेरिकी सेनाले माफी मागेको छ।, हमिद कारजाई विमानस्थलमा भएको सो आक्रमणमा १० जना नागरिकको मृत्यु भएको थियो। जसमा सात जना बालबालिका थिए। , रोयटर्सका अनुसार त्यस आक्रमणप्रति शुक्रबार अमेरिकी सेनाले माफी माग्दै यसलाई 'दु:खद् गल्ती' भएको बताएका छन्। , पेन्टागनले अगष्ट २९ मा ‍भएको सो आक्रमण इस्लामिक स्टेटका आत्मघाती लडाकूलाई लक्षित गरेको बताएको थियो।, अफगानिस्तान छाड्नेक्रममा ती लडाकूले अमेरिकी सेनालाई खतरा उत्पन्न गरेको भन्दै आक्रमण गरेको पेन्टागनको भनाइ थियो। , सो आक्रमणमा स्थानीय नागरिकको मृत्यु भएको समाचार आएपछि पनि अमेरिकी मरिन कोर्पस् जेनेरल मिककेन्जीले आक्रमणको बचाउ गरेको रोयटर्सले जनाएको छ। , ड्रोन आक्रमणले गर्दा विमानस्थलमा अमेरिकी सेनालाई पैदा भएको खतरा हटेको उनले बताएका थिए। अहिले उनले गल्ती भएको भन्दै माफी मागेका हुन्। , 'हाम्रो अनुसन्धानले अब त्यो आक्रमण दु:खद गल्ती भएको निष्कर्ष निकालेको छ,' उनले पत्रकारहरूसँग भने।, मारिएका व्यक्तिहरू पनि कुनै इस्लामिक स्टेट, आइसिस खोरासन वा अमेरिकी सेनालाई खतरा उत्पन्न गर्नेहरू नभएकोमा विश्वस्त भएको बताए।, पेन्टागनले मृतकका परिवारलाई क्षतिपूर्ति समेत दिने तयारी गरिरहेको मिककेन्जीले बताए। , अमेरिकी रक्षा मन्त्री लोइड अस्टिनले जारी गरेको विज्ञप्तिमा आक्रमणमा अह्मदीको पनि मृत्यु भएको उल्लेख छ। जो एक गैरनाफामूलक संस्था न्युट्रिसन एन्ड एडुकेसन इन्टरनेसनलमा काम गर्थे।, 'अहिले हामीले थाहा पाएका छौं कि मिस्टर अह्मदी र आइसिस खोरासनबीच कुनै सम्बन्ध थिएन। त्यो दिन उनले गरेको गतिविधि पूर्णरूपमा हानीरहित थियो,' अस्टिनले विज्ञप्तिमा भनेका छन्, 'हामी माफी चाहन्छौं र यो भयानक गल्तीबाट सिक्ने प्रयास गर्नेछौं।', पेन्टागनका उच्च अधिकारी र रक्षा मन्त्रीले नागरिक मारिएको घटनामा प्रत्यक्ष रूपमा माफी मागेकोले यसलाई एकदमै दुर्लभ मानिएको छ।, अमेरिकाले गरेको ड्रोन आक्रमणको तीनअघिमात्रै इस्लामिक स्टेटका आत्मघाती लडाकूले विस्फोट गर्दा १३ जना अमेरिकी सेनाको मृत्यु भएको थियो र विमानस्थलमा अमेरिका जान जम्मा भएका अफगानी नागरिकहरू तितरवितर भएका थिए। , त्यही आक्रमणपछि अमेरिकाले पूर्वी अफगानिस्तानमा पनि ड्रोन आक्रमण गरेको थियो। जसमा दुई जना लडाकू मारिएको बताइएको छ। अर्को आक्रमणमा भने १० जना नागरिक मारिएको खुलेको हो। , काबुलमा ड्रोन आक्रमण गर्दा १० जना नागरिक मारिएको घटनामा अमेरिकाले माग्यो माफी
एजेन्सी अफगानिस्तानमा तालिबान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेको छ। त्यसको सट्टामा तालिबानले धार्मिक सिद्धान्त लागू गराउने मन्त्रालय राखेको बीबीसीले जनाएको छ। , शुक्रबार महिला मामिला मन्त्रालयको बोर्ड हटाएर सद्गुण प्रचार तथा दुर्गुण रोकथाम मन्त्रालय राखिएको हो।, सामाजिक सञ्जालमा मन्त्रालयका महिला कर्मचारीले कार्यालयबाहिर काम गर्न पाउनुपर्ने माग गर्दै गरेको भिडिओ सार्वजनिक भएका छन्।  , सन् १९९० तिर तालिबानले यो मन्त्रालयमार्फत् महिलाहरूमाथि इस्लामिक नियम र कडा प्रतिबन्धहरू लागू गरेको थियो। , पछिल्लो २० वर्षयता अफगानी महिलाहरूले आधारभूत अधिकारको लागि लड्दै आएका थिए। तर अब तालिबान आएपछि महिलाहरू आफ्नो अधिकार गुमाउने डरमा छन्। तालिबानले हालै बनाएको सरकारमा पनि सबै मन्त्रीहरू पुरूष छन्। , यद्यपि तालिबानले आफूहरू बदलिएको दाबी गरिरहेका छन्। , मानव अधिकार समूहहरूले सद्गुण प्रचार तथा दुर्गुण रोकथाम मन्त्रालयको विरोध गर्दै आएका छन्। , तालिबानी अधिकारीहरूले भने यो संस्था आवश्यक भएको बताउँछन्। , 'प्रमुख उद्देश्य भनेको इस्लामको सेवा गर्नु हो। त्यसैले यो मन्त्रालय अनिवार्य हुनुपर्छ,' तालिबानी सदस्य मोहम्मद युसुफले न्यू योर्क पोष्टसँग भने। , यो मन्त्रालय तालिबान सुरूमा आउनु अगाडि नै थियो। तर पछि सन् १९९६ र २००१ मा यसलाई उनीहरूले अझ ठूलो बनाएको बीबीसीले जनाएको छ। , मन्त्रालयले नैतिक प्रहरी सडकमा उतार्ने गर्छ। र शरिया नामक इस्लामिक कानुनको कडा पालना गराउँछ। , तालिबानले यस पटक आफूहरूले उदारवादी शासन गर्ने प्रतिवद्धता जनाए पनि महिलाहरूलाई काममा फर्किन अनुमति दिएको छैन र विश्वविद्यालयमा लगाउन सक्ने पहिरनबारे नियम लागू गरेका छन्।, तालिबान सरकारले खारेज गर्‍यो महिला मन्त्रालय
सेतोपाटी संवाददाता रेडपाण्डाको छालासहित सुर्खेतबाट चार जना पक्राउ परेका छन्। शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।, होटलमा बसिरहेको अवस्थामा उनीहरूलाई रेडपाण्डाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए।, पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–८ का २८ वर्षीय मनबहादुर बुढा, दैलखको ठाँटीकाध गाउँपालिका–६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका–१० का २१ वर्षीय पूर्ण बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको कनक शाहीले जानकारी दिए।, तत्काल बयानका क्रममा उनीहरूले आफूहरू छाला पुर्‍याउनमात्र आएको बताएको उनले जानकारी दिए। यसका लागि उनीहरूले ५० हजार रूपैयाँ लिने सहमति गरेको बयानका क्रममा खुलेको छ।, यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताए।, रेडपाण्डाको छालासहित चार जना पक्राउ
सेतोपाटी हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ। त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ। देश संघीयतामा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको छ।  , मर्स्याङ्दी नदीमा आएको बाढी र पहिराले मनाङको मेरुदण्ड मानिने डुम्रे–बेंसीशहर-चामे सडकखण्ड पूर्णरूपमा क्षति पुगेको छ।, बाढीपहिराले क्षति पुर्‍याएको तीन महिना पूरा भएपछि अहिले भने एकाध भागमा सवारीसाधन चल्न थालेका छन्। केही ठाउँमा भने सडकको निसाना नै नहुँदा नयाँ ट्रयाक बनाउने काम भइरहेको छ। , डुम्रे–बेंसीशहर-चामे सडकखण्डअन्तर्गत लमजुङको बेंसीशहरदेखि मनाङको खोत्रोसम्म सवारी सञ्चालन भएको छ तर बीचको १५ किलोमिटर भाग पूर्णरूपमा अझै पनि अवरूद्ध छ।, सदरमुकाम चामेमा सवारी सञ्चालन भएको छ भने माथिल्लो मनाङमा पनि सवारी चलेका छन्। , तल्लो र माथिल्लो मनाङ जोड्ने मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित तलेखु– भ्राताङ भिरलाई फोडेर नयाँ ट्रयाक निर्माणको काम भइरहेको डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले जानकारी दिए। , माथिल्लो मनाङ जाने सडकअन्तर्गतको तलेखु–भ्राताङ भिरमा बम ब्लाष्टिङ गर्ने सबै सामग्री उपलब्ध गराउँदै काम पनि भइरहेको उनले बताए।, बेंसीशहर–चामे सडक खण्डको १०७ किलोमिटरमध्ये लमजुङको बेंसीशहरदेखि नासोँ गाउँपालिका–१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ।, त्यस्तै, चामे गाउँपालिकामा स्थानीयसहितको सहयोगमा पालिकामा पूरै सवारी सञ्चालन भएको उनले बताए।, चाडपर्व नजिकिएसँगै सामग्री ढुवानी, आवतजावतमा सहज बनाउनका लागि सडक मर्मत तथा सम्भारलाई तीव्रता दिइएको उनले बताए।, बाढीपहिराको जोखिममा पनि उत्पादित खाद्यवस्तु बजारसम्म पुर्‍याउनसमेत सहज हुनेछ। बेंसीशहर–चामे–खाङ्सार सडकखण्ड १०७ किलोमिटरमध्ये धेरै स्थानमा बाढीपहिराले क्षति पुर्‍याएको छ।, सामान ढुवानीमा सहज , सडक सञ्जालबाट विच्छेद भएको मनाङमा सडक बन्न थालेपछि भौतिक संरचना निर्माण छिटो हुन्छ।, सडक सहज नहुँदा बाढीपहिराबाट क्षति भएका मनाङका भौतिक संरचना निर्माण हुन सकेको छैन। सडक नबन्दा सामग्री ढुवानीमा समस्या भएको छ। पूर्ण रूपमा सडक सञ्चालनमा आएपछि बाढीपहिराले क्षति पुर्‍याएका भौतिक संरचना निर्माण छिटो हुने बताइएको छ। , सामग्री ल्याउन सहज भएपछि बाढीपहिराले क्षति पुगेका भौतिक संरचना निर्माणले तीव्रता पाउनेछ। दसैंसम्ममा चामेसम्म सडक सञ्चालन गराउने प्रयासमा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। , सडक सञ्चालन गराउन सके यहाँका सामाजिक तथा व्यक्तिगत भौतिक संरचना निर्माण गर्न सहज हुने उनले बताए। , विद्युत् अभावले स्वास्थ्य सेवा प्रवाहमा समस्या, बाढीपहिराको जोखिमयुक्त हिमाली जिल्ला मनाङमा स्वास्थ्य सेवा प्रवाहमा समस्या छ। बाढीपहिराका कारण विद्युत् आपूर्ति अवरूद्ध हुँदा स्वास्थ्य सेवाबाट सर्वसाधारण वञ्चित हुने अवस्था छ। आधारभूत आवश्यकता पूरा गर्न टेवा पुर्‍याउने सौर्य ऊर्जाले मात्रै धान्न नसक्दा समस्या उत्पन्न भएको हो। , बाढीपहिराले मनाङमा विद्युत् आपूर्ति हुन नसक्दा स्वास्थ्य सेवा प्रत्यक्ष प्रभाव परेको जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले जानकारी दिए।, 'विद्युत् आपूर्ति नहुँदा जेनेरेटरको सयहोग चलाइरहेका छौं', उनले भने, 'जेनेरेटर सञ्चालनका लागि इन्धन आपूर्ति गर्न मुस्किल छ। हेलिकप्टरबाहेक इन्धन ल्याउने अरु विकल्प छैन। यहाँका सर्वसाधारणलाई विद्युत् नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ।' , विद्युत् आपूर्ति सहज नहुँदा सौर्य ऊर्जा र जेनेरेटरले मात्रै धान्न मुस्किल छ। जेनेरेटर चलाउनका लागि सडक सहज नहुँदा तेल अभावले समस्या निम्त्याएको छ। , जलविद्युत् सञ्चालनका लागि हेलिकप्टरबाट सामग्री, विकट हिमाली जिल्ला मनाङमा बाढीपहिरा गएको तीन महिना पुगेको छ। गत जेठ १४ र असार १ मा आएको बाढीपहिराले मनाङको सडक पूर्णरूपमा अवरूद्ध छ।, अवरूद्ध सडक मर्मत तथा सम्भार र निर्माणको काम नभएपछि यातायात, विद्युत्, सञ्चार क्षेत्र पूर्ण रूपमा प्रभावित छन्।, लामो समयदेखि सडक सञ्जाल निर्माण नहुँदा दक्षिण कोरियामा रहँदै आएका मनाङको चामेबासी युवाको सहयोगमा हेलिकप्टर चार्टर गरी जलविद्युतका सामग्री ढुवानी गरिएको छ। , तीन महिनादेखि डुम्रे–बेंसीशहर–चामे सडकखण्ड पूर्णरूपमा अवरूद्ध छ। सडकमार्फत् सवारीसाधन मात्रै नभई बटुवासमेत आवतजावत गर्नसक्ने अवस्थामा छैन।, लघु जलविद्युत् आयोजनामा निर्भर मनाङमा अन्धकार हटाउन रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहँदै आएका युवाले सहयोग पुर्‍याएका छन्। , राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिए पनि विद्युत् प्राधिकरणमा बाढीपहिराले क्षति पुर्‍याएको छ। बाढीपहिराले क्षति पुर्‍याएको जलविद्युत् मर्मत तथा सम्भारका लागि हेलिकप्टर चार्टर गरी आवश्यक सामग्री ढुवानी गरिएको हो। , कर्मचारी काममा फर्कन समस्या, बाढीपहिराको जोखिममा परेको विकट हिमाली जिल्ला मनाङका कर्मचारी कार्यालय फर्कन सकेका छैनन्। आर्थिक वर्षको अन्तिममा काम सकाएर घर बिदा तथा काज जिल्ला बाहिर गएका कर्मचारी फर्किन सकेका छैनन्। बाढीपहिराले बेंसीशहर–चामे सडक अवरूद्ध भएपछि खाद्यान्न तथा अत्यावश्यक सामग्री लिएर आएको हेलिकप्टर फर्किंदा घर गएका कर्मचारी हालसम्म फर्किन सकेका छैनन्। , घरबाट कार्यालय जान हिँडेका मनाङका कर्मचारी आधा बाटोमा नै अलपत्र परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।, 'बाढीपहिरा र आर्थिक वर्षको अन्तिम काम सकेर घर बिदामा गएका कर्मचारी फर्किन सकेका छैनन्।  सबै कर्मचारी घर बिदामा गएका पनि होइनन्। मनाङको सडक अवरुद्ध हुँदा कार्यालयसम्म पुग्न नै सकस भएको छ', उनले भने।, बेंसीशहर–चामे सडक खण्डको केही भागमा सडकको निसानासमेत बाढीपहिराले बगाएको छ।, थोराङ्ला पासबाट खाद्यान्न ढुवानी, हिउँदमा हिमपातले समस्या हुने मनाङले यस पटक वर्षायाममा पनि सङ्कट झेलेको छ। हिउँदताका बाक्लो हिमपात हुँदा चिसो बढ्ने र आवतजावत अवरूद्ध हुने जस्ता समस्या भोग्दै आएको थियो तर हिमाली जिल्ला मनाङले यसवर्ष बाढीपहिराको विपद् खेप्नुपरेको छ। , पछिल्लो केही दिन वर्षा रोकिँदा थोरै भए पनि राहतको सास फेर्न पाए पनि कुन बेला नदीको बहाव बढेर आउने हो भन्ने चिन्ता छ। जसले गर्दा मनाङबासी त्रासैत्रासमा जीवनयापन गर्न बाध्य भएको स्थानीय बताउँछन्। प्राकृतिक विपद् सामना गर्नुपरेको यो जिल्लाले मनसुनको अझै बाँकी रहेकोले थप पीडा भोग्नुपर्ने हो कि भन्ने त्रासमा मनाङबासी छन्। , बाढीपहिराले विपदमा परेका मनाङबासीलाई खाद्यान्न अभाव पूर्ति गर्नका लागि थोराङ्ला पास गराएर ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए। , सामग्री ढुवानीमा हेलिकप्टर , लामो समयदेखि सडक सञ्जालको मर्मत तथा सम्भार र निर्माण गर्न नसक्दा सामान ढुवानीमा समस्या भएको छ। हेलिकप्टरबाट मात्रै सामग्री ल्याउन र लैजान सकिने मनाङ पुर्‍याउन सकिन्छ। , मनाङमा उत्पादित वस्तु बजारसम्म पुर्‍याउन समस्या हुनुका साथै मर्मतसम्भारका सामग्री ढुवानीमा पनि हेलिकप्टरबाहेक अरु कुनै विकल्प छैन। सामग्रीसहित यहाँ उत्पादित वस्तु बजारमा पुर्‍याउन पनि हेलिकप्टरको प्रयोग गर्नुपर्ने अवस्था रहेको छ। , हेलिकप्टरबाट बजारमा पुर्‍याएको सामग्री महँगो पर्ने र विदेशबाट आएका सामग्री सस्तो मूल्यमा पाउने देखिएको छ। यसको समाधानका लागि सडक सञ्जाल निर्माणलाई तीव्रता दिनुपर्ने भए पनि सरकारको विभिन्न निकायले ध्यान पुर्‍याउन सकेको छैन ।,(रासस), बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार एक हजार ६६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार तीन सय ८५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , आठ हजार पाँच सय ४० जनाको पिसिआर परीक्षण र दुई हजार आठ सय १८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल २५ हजार ८२  जना सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ।, एक हजार दुई सय ३४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , त्यस्तै काठमाडौं उपत्यकामा थप दुई सय ५६ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ४३ जना र भक्तपुरमा १३ जना संक्रमित थपिएका हुन्। , तर ललितपुरमा भने संक्रमित नथपिएको मन्त्रालयले जनाएको छ। ,  , थपिए एक हजार ६६ संक्रमित, निको भए एक हजार २ सय ३४
निशा भण्डारी काठमाडौंको चोभारस्थित बागमती नदीमा विश्वकर्माको मूर्ति विसर्जन गरिएको छ। , शुक्रबार विभिन्न मेसिन, उद्योग, कलकारखानालाई विश्वकर्माको प्रतीकका रूपमा पूजा गरिएको थियो।, साथै कतिपयले विश्वकर्माको मूर्ति बनाएर पूजा गरेका थिए।, पूजाको दिन मूर्ति घरमै राखेर भोलिपल्ट खोला नदीमा विसर्जन गर्ने चलन छ। त्यसअनुसार शनिबार चोभारस्थित बागमती नदीमा मूर्ति विसर्जन गरिएको हो।, हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गरिँदै आएको छ। यस दिनलाई विश्वकर्मा जयन्ती पनि भन्ने गरिन्छ। , तस्वीरहरू:, यसरी नदीमा गरियो विश्वकर्माको मूर्ति विसर्जन (तस्वीरहरू)
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप दुई सय ५६ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप दुई सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। , काठमाडौंमा दुई सय ४३ जना र भक्तपुरमा १३ जना संक्रमित थपिएका हुन्। तर ललितपुरमा भने संक्रमित नथपिएको मन्त्रालयले जनाएको छ।, योसँगै काठमाडौं उपत्यकामा छ हजार तीन सय ५५ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा तीन हजार पाँच सय ६१ जना, ललितपुरमा एक हजार सात सय ६९ जना र भक्तपुरमा एक हजार २५ जना सक्रिय संक्रमित छन्।, यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ११ हजार तीन सय ८५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , आठ हजार पाँच सय ४० जनाको पिसिआर परीक्षण र दुई हजार आठ सय १८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल २५ हजार ८२  जना सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १६ जनाको मृत्यु भएको छ।, योसँगै मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ। एक हजार दुई सय ३४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। , काठमाडौं उपत्यकामा थप दुई सय ५६ जनालाई कोरोना, ललितपुरमा शून्य
सेतोपाटी डोटीको तलारा तथा बैतडीको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको ७५० मेगावाट क्षमताको पश्चिम सेती परियोजना निर्माण अध्ययन गर्न सरकारी टोली डोटी आइपुगेको छ। , टोलीले पश्चिम सेती परियोजनाको विद्युतगृह निर्माण गरिने जिल्लाको शिखर नगरपालिका तल्कोट क्षेत्रको अनुगमन गरेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताइन्।, उनले भनिन्, 'पश्चिम सेती परियोजना निर्माण अध्ययन गर्न तीन सदस्यीय टोली आएको छ, टोलीले विद्युतगृह बन्ने ठाउँको अवलोकन गरेको छ, अब बाँधस्थलको अवलोकन गर्ने छ।', परियोजना निर्माण अगाडि बढाउन नयाँ अध्ययन गर्न सरकारी टोली आएको शिखर नगरपालिकाका उपप्रमुख धौलीदेवी रावलले जानकारी दिइन्। , टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, ऊर्जा सचिव देवेन्द्र कार्कीसहितका प्राविधिक रहेका छन्।, सो टोलीले बाँधस्थल तराला र ढुङ्गाड क्षेत्रमा पुगेर अनुगमन तथा अध्ययन गर्ने योजना रहेको बताइएको छ।, सुदूरपश्चिम प्रदेशकै गौरवको आयोजना मानिएको पश्चिम सेती परियोजनाको निर्माण अझै सुरू हुनसकेको छैन।, पश्चिम सेती निर्माण नभएकामा गुनासो बढ्दै गएको दिपायल सिलगढी नगरपालिका–१ का विजय खड्काले बताए।  , उनले भने, 'अध्ययन गर्ने थलो मात्रै हुँदैछ पश्चिम सेती, निर्माण कहिले हुन्छ ठेगान छैन, फेरि अध्ययन टोली आएको छ हेरौं, केके हुन्छ।' , यतिमात्र नभई हरेक पाँच-पाँच वर्षमा हुने निर्वाचनको समयमा मात्रै यसको चर्चा हुन्छ।, विगत ४० वर्षदेखि चर्चामा सीमित रहेको भन्दै यहाँका स्थानीयबासीलाई यो आयोजना निर्माण हुन्छ भन्ने पत्यार लाग्नसमेत छाडिसकेको शिखर नगरपालिका–११ बानीडुग्रीसैनका स्थानीयबासी प्रेमबहादुर बलायरले बताए। , पुनः परियोजनाको अध्ययनका लागि सरकारी टोली आज आएपछि यस क्षेत्रका स्थानीयबासीमा परियोजना बन्छ कि भन्ने झिनो आशा भने पलाएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए।, निर्माणस्थलका बासिन्दाले दशकौं पहिलादेखि परियोजना निर्माण हुने सपना सजाएका भए पनि निर्माण नहुँदा आशा मारेको निर्माण बाँधस्थल आदर्श गाउँपालिका तलराका स्थानीयबासी टेकबहादुर सिंहले जानकारी दिए।, सो परियोजना सुरू हुने हल्लाले अन्य विकासबाट बञ्चित बन्नुपरेको बाँधस्थल क्षेत्रका नागरिकको दुःखेसो छ।, सन् १९८१ देखि सो परियोजनाको निर्माण चर्चा सुरू भएको थियो। त्यतिबेला फ्रान्सेली संस्था सोग्रेहको र १९९४ मा नेपाल सरकारको विद्युत् विकास केन्द्र र अष्ट्रेलियन बहुराष्ट्रिय कम्पनी स्मेकबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।, सन् १९९७ मा नेपाल सरकार र वेस्ट सेती हाइड्रोबीच ७५० मेगावाट आयोजना निर्माण गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो।, परियोजना लागू हुने स्थान तथा बाँध बाँधिने ठाउँमा भवन निर्माणदेखि अन्य केही काम भएको तीन दशकदेखि चर्चाको विषय बन्दै गइरहेको सो  परियोजनास्थलको पटक-पटक भौगर्भिक अध्ययन भए पनि सार्थकरूपमा काम हुन नसकेको कांग्रेस नेता पूर्वसांसद यज्ञराज पाठकको आरोप छ।, यस परियोजनाको नाममा पटक-पटक आश्वासन दिइए पनि परियोजना निर्माण हुने अवस्था भने जस्ताको त्यस्तै रहेको दिपायल सिलगढी नगरपालिकाका पूर्व नगरप्रमुख घनश्याम पाठकले बताए।,रासस, अध्ययन गर्ने थलोमात्रै हुँदैछ पश्चिम सेती, निर्माण कहिले हुन्छ ठेगान छैन!
सेतोपाटी संवाददाता काठमाडौंको फोहोर बिसर्जनका लागि तयार पारिँदै आएको बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै त्यहाँका स्थानीयले आपत्ति जनाएका छन्।, सरकारी निकायहरूले बञ्चरे डाँडामा फोहोर बिसर्जनका लागि तयार भइसकेको र फोहोर फाल्न मिल्ने बताएपछि आवश्यक संरचना नै नबनाइ फोहोर फाल्न लागिएको भन्दै स्थानीयहरूले आपत्ति जनाएका हुन्। , स्थानीय सनत उप्रेतीले भवन निर्माण विभागले बन्दै नबनेको संरचना बनेको भनेर गलत प्रचार गरिरहेको भन्दै त्यसको प्रतिवादमा स्थानीयहरू एकजुट हुने बताए।, उनले सरकार र त्यहाँका स्थानीयहरूबीच स्थानीयलाई रोजगारीको सिर्जना गर्नुपर्ने, ७ सय स्थानीय घरहरूको व्यवस्थापन सरकारले गरिदिनुपर्ने, अधिकार सम्पन्न समिति बनाइनुपर्ने, फोहोरलाई उद्योगमा लैजानुपर्ने, कोल्पुखोला न्यूनीकरण गर्नुपर्ने लगायतका माग पूरा नहोउन्जेल बञ्चरे डाँडामा फोहोर खस्न नदिने बताए।, स्थानीय उप्रेतीले भने, ‘यो समस्या सरकारको पनि हो, हाम्रो पनि र सबैको हो, काठमाडौं हामीले पनि सफा गर्नुपर्छ, हामी पनि सभ्य नागरिक बन्नुपर्छ, हामी प्रभावित क्षेत्रका जनताको ५ वटा माग पूरा गरेपछि मात्रै फोहोर खस्न दिन्छौं, वरिपरि ५ सयदेखि ७ सय वटा घरहरू छन्। त्यसको व्यवस्थापन गरिनुपर्छ, यहाँ अधिकार सम्पन्न समिति बन्नुपर्यो, यो समिति बने यहाँका जनताले सरकारले वारि र पारिका जनतालाई दिइरहेको ३/३ करोड पैसाले यहाँको जनताले प्रत्यक्ष रूपमा विकास निर्माणमा अनुभूति गर्न पाउँथे, त्यो पाएको अवस्था छैन, त्यो अनुभूति गर्न र समग्र मुद्दा हल गर्न अधिकार सम्पन्न समिति नै एकमात्र विकल्प हो, त्यसपछि स्थानीयको रोजगारीको ग्यारेन्टी, फोहोरलाई उद्योगमा लिएर जानुपर्यो र अर्को कुरा भनेको कोल्पो खोलो न्यूनीकरण हो, जसरी सिसडोलमा अहिले मानिसहरूको बालीनाली बिग्रिएको छ, पानीमा पस्दा रोग लागेर ज्यान गएको समेत कुरा छ, त्यो हुनु भएन,यदि सरकारले हेलचेक्र्याइँ गर्छ र सिसडोलकै जस्तो सम्झिन्छ भने हामी त्यसको प्रतिवाद गर्छौं, बञ्चरे डाँडामा यी ५ बुँदे स्थानीयका माग पूरा नभए फोहोर खस्न दिइने छैन।’, त्यस्तै अर्का स्थानीय पुष्कर उप्रेतीले सरकारले फोहोरले असर गर्ने ठाउँसम्मको जग्गा अधिग्रहण नगरेको भन्दै आपत्ति जनाए। , उनले तत्काल यसले असर नगरे पनि पछि गएर स्थानीयहरूलाई धेरै असहज परिस्थिति सिर्जना हुने बताए। , उनले स्थानीयसँग सरकारले गरेको कागजी सम्झौैता कार्यान्यन हुन नसकेको बताए। , स्थानीय उप्रेतीले भने, ‘सरकारले फोहोरले असर गर्ने जति जग्गा पनि अधिग्रहण गरेको छैन, यसले तत्काल असर नपरे पनि भविष्यमा ठूलो संकट पैदा गर्नेछ, लिचडको व्यवस्थापन गर्ने स्थान बनिसकेको छैन, तर सरकारले फोहोर फाल्ने भनिरहेको छ, २५ महिनाका लागि फोहोर फाल्न दिइएको सिसडोलमा १५ वर्षसम्म फोहोर फालियो, त्यो हिसाबले बञ्चरे डाँडामा फोहोर ल्याउन लागिएको हो भने नआअ‍ोस् भन्न चाहन्छु म, व्यवस्थित तरिकाले, जनतालाई सास्ती नहुने किसिमले ल्याउने हो भने हामीबाट केही समस्या छैन।’, त्यस्तै सहरी विकास तथा भवन निर्माण विभागका ल्याण्डफिल साइटका सुपरभाइजर ध्रुवप्रसाद धिमालले फोहोर फाल्नको लागि सेल वान र सेल टू भन्ने दुइटा स्थान रहेको भन्दै सेल वान मात्र तयार भएको बताए।, उनले फोहोर खसाल्नलाई तयारी भइसकेको र नगरपालिकालाई यसबारे जानकारी दिइसकेकोले फोहोर फाल्न मिल्ने बताए।, सुपरभाइजर धिमालले भने, ‘फोहोर फाल्नका लागि सेल वान र सेल टू दुइटा छ, सेल वान तयार भइसकेको छ, लिचड पनि तयार भएको छ, यो फालेको फोहोरको लिचड आएर जम्मा हुन्छ, अब फोहोर खसाल्नलाई रोकिँदैन, सेल टू बन्दै गर्छ, तर फोहोर खसे पनि काम रोकिँदैन, फोहोर खसाल्न तयारी छ भनेर नगरपालिकालाई जिम्मा लगाइसकेका छौं, पत्र पठाएको छ, के गर्छ नगरपालिकाले गर्छ।’, सरकारले काठमाडौंको फोहोर व्यवस्थापनका लागि अहिलेसम्म नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल साइटमा बिसर्जन गरिरहे पनि त्यहाँ राख्ने स्थान नहुँदा अर्को स्थानका रूपमा बञ्चरे डाँडालाई बिसर्जनको गन्तव्य बनाएको छ।, तर आवश्यक संरचना नै निर्माण नगरी सरकारी पक्षले फोहोर फाल्न लागेको भन्दै स्थानीयहरूले त्यसको विरोध गरिरहेका छन्। स्थानीयहरूले आफूसँग भएका ५ बुँदे माग लागू भएमात्र बञ्चरे डाँडामा फोहोर फाल्न दिने नत्र सरकारको प्रतिवाद गर्न पछि नहट्ने चेतावनी दिएका छन्। , फोहोर फाल्न सक्नेगरी र स्थानीयलाई कुनै पनि समस्या सिर्जना नहुने गरी आवश्यक संरचना बनाइसकेपछि मात्रै फोहोर बिसर्जन गर्न दिइने माग स्थानीयहरूको छ।   , आवश्यक संरचना नै नबनि बञ्चरेडाँडामा फोहोर फाल्न लागिएको भन्दै स्थानीयको आपत्ति
सेतोपाटी दोलखाको भीमेश्वर नगरापालिका वडा नम्बर ७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।, दुर्घटनामा परी मोटरसाइकल चालक दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का २४ वर्षीय सन्तोष थामीको मृत्यु भएको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताए।, दुर्घटनामा परी भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतीका ५० वर्षीया शारदा थामी र सोही स्थानका १९ वर्षीया सुजीता थामी घाइते भएका छन्।, मोटरसाइकलमा तीन जना सवार रहेको र चालक थामीको मृत्यु भएको छ। घाइते दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।, दोलखाको भिमेश्वर मन्दिर दर्शन गरी काठमाडौं फर्कन लागेको बा ३ ख ४७३३ नम्बरको बस र मकैबारीबाट आउँदै गरेको बा ९७ प ७९३१ नम्बरको मोटरसाइकल भीमेश्वर नगरपालिका–७ मकैबारीमा एकापसमा ठोक्किएर दुर्घटना भएको थियो।, दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (रासस), दोलखामा बसको ठक्करबाट एकको मृत्यु
सेतोपाटी संवाददाता मलेसियाबाट एकैदिन ६ शव नेपाल ल्याइएको छ।, वैदेशिक रोजगारीका लागि मलेसिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार) नेपाल ल्याइएको हो। , ६ जनाको शवसँगै  १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ। नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो। , जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ। उनले परिवारका सदस्यहरूले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए।, स्वयंसेवक रायमाझीले भने,‘२००२ मा उहाँ मलेसिया जानुभएको रहेछ, त्यसपछि उहाँ नेपालमा सम्पर्कविहीन भएर बस्नुभएको रहेछ, उहाँ त्यहाँ अवैधानिकरूपमा बस्नुभयो, लगभग १९ वर्षसम्म बस्नुभयो, पछि छोराहरूसँग यहाँ सम्पर्क भएपछि टिकट काट्ने पैसासमेत छोराले दिएर यता ल्याउने व्यवस्था गर्नुभएको रहेछ, त्यहाँबाट एयरपोर्ट आएपछि एयरपोर्टमै ढल्नुभएछ र पुलिसले काम गर्ने ठाउँमा लानु भनेपछि त्यहाँ जानुभयो, हस्पिटलमा बस्नुभयो, यो सम्पूर्ण काम मलेसियास्थित जनउद्धार केन्द्रले गर्यो, दुई तीन दिन हस्पिटलमा बसेपछि मृत्यु भयो,  मृत्यु भइसकेपछि के गर्ने भन्ने कुरा आयो, त्यसपछि नेपालमा कान्छो छोराले मैले बुबालाई राम्रोसँग देखेको छैन, म सानै हुँदा जानुभएको ल्याइदिनु म हेर्छु भनेपछि हामीले त्यो सबै खर्च व्यहोरेर नेपाल ल्याएका हौं।’, कानुनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन। , विदेशमा मृत्यु भएकाहरूको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ। सरकारले मृतकका आफन्तको घरसम्म शववाहनमा शव पुर्‍याउने गर्दै आएको छ। , मलेसियाबाट एकैदिन ६ शव र १५ अस्तु ल्याइयो
सेतोपाटी लुम्बिनी प्रदेश सरकारले विभिन्न १० विधाका प्रदेश पदकले विभूषित गर्ने घोषणा गरेको छ।, संविधान दिवसका अवसरमा प्रदेश सरकारले हरेक वर्ष घोषणा गर्ने विभूषितको नाम सरकारले गठन गरेको पदक सिफारिस समितिको सिफारिसानुसार आज प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो। , सरकारले आज घोषणा गरेका ५७ पदक विभूषितलाई प्रदेश स्थापना दिवसका अवसरमा आगामी फागुन ३ गते विभूषण प्रदान गरिने छ।, राजपत्रमा प्रकाशित सूचनाअनुसार प्रदेशको प्रमुख विभूषण प्रदेश प्रमुख जनसेवा पदक ‘क’ बाट विसं २०३६ कात्तिक ३१ मा अखिल भारतीय नेपाली एकता समाज स्थापना गरी संस्थापक सदस्य, नेपालको प्रजातान्त्रिक अन्दोलनका लागि भारतमा दर्जनौं पटक गिरफ्तार भएका, गणतन्त्र प्राप्तिका लागि नेपालमा भएको आन्दोलनमा सहभागी भएका अर्घाखाँचीका भक्तिप्रसाद आचार्य(राजु नेपाली) लाई विभूषित गर्ने घोषणा गरिएको छ। , यस्तै, प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ बाट अधिकार र पहिचानको अन्दोलनमा विगत ६० वर्षदेखि अग्रपङ्तिमा रही कार्य गरेका र राणा शासनको समयमा जनही प्रथाविरूद्ध आवाज उठाएको, किसानको शाहदतपछि सोको याद झल्काउने अजिगरा स्तम्भ निर्माण गरेका कपिलवस्तुका रामवरण यादव र गणतन्त्र प्राप्तिको आन्दोलनमा शहीद भएका रुकुम पूर्वका प्रेम मल्ल तथा दिलमाया विक पतिपत्नीलाई विभूषित गरिने घोषणा गरिएको छ। , यस्तै, प्रदेश प्रमुख जनसेवा पदक ‘ग’ बाट बाँकेका माताप्रसाद कुर्मी र गुल्जार खान, शसस्त्र द्वन्द्वमा बेपत्ता भएकी बर्दियाकी निर्मला योगी तथा शसस्त्र द्वन्द्वमा शहीद भएकी रोल्पाकी लली रोकालाई (मरणोपरान्त) प्रदान गरिने भएको छ।  , यस्तै, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ १ बाट गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सहभागी भई योगदान गरेका गुल्मीका ९२ वर्षीय बामपन्थी नेता कर्णबहादुर क्षेत्री लाई प्रदान गरिने भएको छ। , मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ बाट बर्दियाका सशस्त्र द्वन्द्वका घाइते टीकाराम थारु (घाइते) र संघीयता तथा गणतन्त्र प्राप्तिको लागि भएको आन्दोलनमा सहभागी भएका रोल्पाका तेजकुमारी वलीलाई प्रदान गरिने भएको छ।, यस्तै प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार प्रदेश सेवा समर्पण ‘क’ एक जनालाई, प्रदेशसेवा समर्पण ‘ख’ १५ जनालाई, प्रदेशसेवा समर्पण ‘ग’ दुई जनालाई दिइने उल्लेख छ।, यस्तैगरी उजिरसिंह दीप पदक ‘ख’ चार जनालाई, उजिरसिंह दीप पदक ‘ग’ दुई जनालाई, समाजसेवा श्री पदक ‘क’ एक जनालाई, ‘ख’ आठ जनालाई, ‘ग’ दुई जनालाई, प्रदेशरत्न पदक ‘ख’ एक जनालाई, ‘ग’ दुई जनालाई, पुथाश्री शिखर पदक ‘ग’ एक जनालाई, प्रदेश प्रज्ञा पदक ‘ख’ दुई जनालाई दिइने जनाइएको छ।, यस्तै, प्रजापति गौतमी पदक ‘ख’ एक जनालाई, ‘ग’ दुई जनालाई, दङ्गीशरण बलिहाङ पदक ‘ख’ एक जनालाई र ‘ग’ एक जनालाई दिइने राजपत्रमा जनाइएको छ। ,रासस, लुम्बिनी प्रदेश सरकारले १० विधामा ५७ जनालाई विभूषित गर्ने
रासस वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।, प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।, भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ।, शनिबार बिहान ६:५७ बजेसम्म द्वादशी रहेकाले त्यसै दिन इन्द्रध्वजोत्थानको साइत निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए।, आइतबार बिहान सूर्योदय चतुर्दशी तिथिमा हुने भएकाले यस दिन इन्द्रजात्रा मनाउने निर्णय गरिएको उनको भनाइ छ। यसपटक त्रयोदशी तिथिमा सूर्योदय नभएको समितिले जनाएको छ।, भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो।, इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ। यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ। काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ।, उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ।, राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो। इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।, इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको ‘भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको छ”, उनले भने।, यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार स्नान गरेर मेला भर्न भक्तजनहरूको घुइँचो लाग्छ।, अनन्त चतुर्दशी, भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना पनि गरिन्छ। यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ।, आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ।, श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् गौतमले बताए।, अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ। चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ।, आज इन्द्रजात्रा
एजेन्सी चार जना अन्तरिक्ष पर्यटक आफ्नो यात्रा सकेर शनिबार पृथ्वीमा फर्किएका छन्।, उनीहरू चढेको स्पेस एक्स क्याप्सुल शनिबार घाम नअस्ताउँदै अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको हो।, स्पेस एक्सको इनस्पिरेसन ४ मिसनअन्तर्गत पहिलो पटक सर्वसाधारणलाई अन्तरिक्षमा पठाइएको थियो। तीन दिनअघि उनीहरू पृथ्वीबाट उडेका थिए।, समाचार संस्था रोयटर्सका अनुसार उनीहरू पृथ्वीको सतहबाट ५८५ किलोमिटरमाथिसम्म पुगेका थिए।, यसअघि अन्तरिक्ष यात्रीहरूमात्रै यसरी अन्तरिक्षमा जाने गरेको भए पनि पहिलोपटक सर्वसाधारण अन्तरिक्षमा गएका हुन्।, उक्त क्याप्सुलमा अर्बपति व्यवसायी जेएर्ड आइज्याकम्यान,  फिजिसिएन असिस्टेन्ट हेइले आर्सिनेउक्स, डाटा इन्जिनियर क्रिस सेम्ब्रोस्की र सामुदायिक कलेजका शिक्षासेवी सियान प्रोक्टर थिए।, उनीहरूले अन्तरिक्ष यात्राका लागि कति रकम तिरे भन्ने खुलाइएको छैन। उनीहरूको यात्रा व्यवसायी आइज्याकम्यानले प्रायोजन गरेको बताइएको छ।, स्पेस एक्स अमेरिकी अर्बपति एवं टेस्ला कम्पनीका मालिक एलन मस्कको कम्पनी हो।, अन्तरिक्ष घुमेर पृथ्वीमा फर्किए चार जना ‘पर्यटक’
सेतोपाटी संवाददाता लोकनाटक ‘राधाकृष्ण नाच’ को संरक्षण गरेर गाउँलेले यसलाई ताकम गाउँकै पहिचानका रुपमा स्थापित गरेका छन्। म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका बासिन्दाले सदियौंदेखि लोकनाटक देखाउँदै आएका हुन्। अचेल यसको संरक्षणमा युवाहरू जुर्मुराएका छन्।   , भगवान शिव र पार्वतीले सुपुत्र गणेशका साथमा मत्र्यलोकमा राधाकृष्ण नाच अवलोकन गरेर प्रजालाई संरक्षण गरेको कुरा लोकनाटकमा देखाइन्छ। कथाअनुसार राधाकृष्णको मायाप्रेमलाई जोक्करले विचलन ल्याउन खोज्छ। यस्तोमा कृष्णले जोक्करको बध गर्छन्।   , यसरी भगवान कृष्ण र राधाको अमर प्रेमकथामा आधारित लोकनाटक विशेषतः तिजका बेलामा मञ्चन गरिन्छ। यसपाला पनि तिजमा नाटक मञ्चन गरियो। नाटकका कलाकारले करिब १ घण्टा कला देखाए। , म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमको राधाकृष्ण लोकनाटकका कलाकारहरू। , नाटकमा महिला कलाकारको भूमिकामा पनि पुरुष नै हुन्छन्। गोपाल आचार्य ‘शिव’ र श्यामप्रसाद आचार्य ‘पार्वती’ बनेका थिए भने गणेशको भूमिकामा थिए १६ वर्षे आयुष आचार्य। त्यस्तै दिपक सुवेदी ‘कृष्ण’ बने भने सुवास खत्री ‘राधा’। र विवेक आचार्यले जोक्करको अभिनय गरे।  , राधाकृष्ण नाचमा सिंगो गाउँ नै झुम्यो। कलाकारहरू बाजाको धुन र भजनको तालमा नाच्छन्। उनीहरूलाई बाद्यबादनमा सूर्यनाथ जैसी, छविराज जैसी, खेमबहादुर भण्डारी र रेशम खत्रीले साथ दिए। उनीहरूले शंख, मादल, डम्फु, झुर्मा र बाँसुरी बजाएका थिए। , कलाकार गोविन्द पौडेलले गीतका टुक्का निकालेपछि त्यसलाई ऋषिराम सुवेदी, ठाकुर पौडेल, सरस्वती पौडेल, देवकी आचार्य र बिष्णु सुवेदीलगायतले छोपेका थिए।  , तिजको दिनमा वडा कार्यालयको आँगनमा नाटक देखाइएको थियो भने भोलिपल्ट काफलडाँडास्थित विद्यालय प्रांगणमा। , गाउँलेहरूले मौलिक संस्कृति संरक्षण गर्न राधाकृष्ण नाच देखाउँदै आएका हुन्। यसरी नाचगान गरेस्वरुप उनीहरूले पारिश्रमिक पाउँदैनन। शिवको भूमिका निर्वाह गर्दै आएका कलाकार गोपाल आचार्य भन्छन्, ‘संस्कृति जोगाउन पाउँदा मनमा संतोक हुन्छ। हामीले अरुलाई मनोरञ्जन दिन पाएका छौं।’ , बर्खे काम गरेर थाकेका बेला लोकनाटकबाट गाउँलेले भरपुर मनोरञ्जन लिन पाउँछन्। सुरुमा शिव मन्दिरबाट शिवपार्वती नाच्दैनाच्दै पाञ्चायन देव भगवती मन्दिर घुमेपछि गाउँघरमा नाच देखाउने चलन छ। , मनसुनमा ताकम गाउँ। , जति हेरे पनि हेरौंहेरौं लाग्ने भएकाले दर्शकको घुइँचो लाग्छ। त्यसमा राक्षस रुपधारण जोक्केर देउताहरूको संरक्षणका लागि अरु बाधा व्यावधान हटाएर बाटो खुला गर्दछ। , एक पटकमा ५० मिनेटसम्म नाचगान गर्न सकिन्छ। तिज बाहेक अन्य समयमा विभिन्न ठाउँबाट मेला महोत्सवमा निम्तो आउँदा छिटोमा २० मिनेटमै प्रस्तुती पुरा गर्न सकिने कलाकार बताउँछन्।  , ताकममा मानव बस्ती बसेदेखि नै राधाकृष्ण नाच सुरु भएको इतिहास छ। यहाँका बासिन्दा जुम्लाबाट आएका मानिन्छन्। हाल गाउँमा क्षेत्री, बाहुन, गुरुङ, दलित र मगरको बसोबास छ। , ‘राधाकृष्ण नाच हाम्रो मौलिक पहिचान हो’, ताकम गाउँकी अगुवा अमृता भण्डारी भन्छिन्, ‘यो हाम्रो गौरव हो।’ , जोक्कर, यी कलाकारले वरपरका धारापानी, काफलडाँडा र बेनी बजारमा पुगेर आफ्नो कला देखाइसकेका छन्। गाउँ बाहिर प्रस्तुती देखाउँदा केही पारिश्रमिक पाउँछन्। त्यो रकमले आवश्यक वस्त्र र आभुषण खरिद गर्ने गरिएको छ। , सनातन धर्म र संस्कृति जोगाउन गाउँलेहरूले ‘धार्मिक नाट्य समूह’ गठन गरेका छन्। यसमा अध्यक्ष ऋषिराम सुवेदी, सचिव नेत्रलाल शर्मा, कोषाध्यक्ष ठाकुर पौडेल, सहसचिवमा सरस्वती पौडेल, सदस्यहरूमा गोपाल आचार्य, दुर्गा पौडेल, गोविन्द पौडेल, सूर्यनाथ जैसी, बिष्णु सुवेदी, रमेश पौडेल र रेशम खत्री छन्। , त्यस्तै सल्लाहकारहरूमा चिन्तामणि सुवेदी, गंगाधर सुवेदी, फणिन्द्र सुवेदी, रमाकान्त पौडेल र खुमनाथ सुवेदी छन्। , ‘हाम्रो नाट्य समूहलाई चाहिने सामान खरिद गर्न र भवन बनाउन सरकारले बजेट दिए हुन्थ्यो’, समूहका अध्यक्ष सुवेदीले भने, ‘हामी नयाँ पुस्तालाई नाच सिकाउन चाहन्छौं।’ , कृष्ण र राधा, भगवानप्रतिको आस्था, परम्पराको सम्मान र आध्यात्मिक भावनाका कारण यस  लोकनाटकले निरन्तरता पाइरहेको छ।, ‘यसलाई लोप हुन नदिन हामी भजन रेकर्ड गर्नुका साथै म्युजिक ट्रयाक बनाउने योजनामा पनि छौं’, सुवेदीले भने। , राधाकृष्ण नाच धार्मिक आस्थाको प्रतीक त हुँदै हो, यसलाई पर्यटन प्रोडक्टका रुपमा समेत विकास गर्न सकिन्छ। , ताकम हुँदै अन्नपूर्ण–जगन्नाथ मन्दिर घुम्न आउने आन्तरिक पर्यटक हुन् कि गुर्जा भ्याली, धौलागिरी बेस क्याम्प, ढोरपाटन र गुरिल्ला पदमार्गमा यात्रा गर्नेहरूले पनि यहाँको राधाकृष्ण नाच अवलोकन गर्न सक्छन्।,   , शिव, पार्वती र गणेश। , ‘राधाकृष्ण नाचको प्रचार र संरक्षणमा हामी गाउँलेसँग हातेमालो गर्नेछौं’, म्याग्दीका पर्यटन अभियन्ता राजेश शाक्य भन्छन्, ‘पर्यटकलाई राधाकृष्ण नाच देखाएर पनि आम्दानी गर्न सकिन्छ।’   , ताकमको पहिचान ‘राधाकृष्ण नाच’
राजु अधिकारी अन्य प्रश्नको निर्धक्क जवाफ दिने सर्वसाधारणले धन-सम्पत्तिबारे प्रश्नमा उत्तर दिन हच्किँदा राष्ट्रिय जनगणनामा तथ्यांक  सही  नआउने जोखिम बढेको छ।, अहिले राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणना कार्यक्रमअन्तर्गत घरपरिवार सूचीकरणका लागि सुपरीवेक्षकहरू घर-घर पुगिरहेका छन्। उनीहरूको अनुभवमा अधिकांश उत्तरदाताले ऋण र धनबारेको प्रश्नमा खुलेर उत्तर नै दिएका छैनन्। यसबाहेक उत्तरदाताले सुपरीवेक्षक स्वयंलाई विश्वास नगर्ने, उल्टै प्रश्न गर्ने भएपछि उनीहरू हैरान बनेका छन्।, ‘मेरो जनगणना, मेरो सहभागिता’ भन्ने नारासहित सुरू भएको जनगणनामा सही उत्तरकै लागि सुपरीवेक्षक भौतारिनु पर्ने अवस्थाले तथ्यांक कति विश्वसनीय आउला भन्ने प्रश्न पेचिलो बनेको छ। , राष्ट्रिय जनगणना २०७८ को प्रदेश १ का प्रशिक्षकसमेत रहेका जनसंख्या विज्ञ विमल नेपालका अनुसार घर-घरै पुगिरहेका सुपरीवेक्षकहरूले अहिले उत्तरदाताबाट उल्टै प्रतिप्रश्न झेलिरहेका छन्।, ‘सुपरीवेक्षकहरुले बैंक वा वित्तीय संस्थाबाट ऋण लिनुभएको छ भनेर सर्वसाधारणलाई सोध्छन्। उत्तरदाताहरू उल्टै तिरिदिनुहुन्छ कि किन सोध्नुभयो भन्दै प्रश्न गर्छन्।’, सुनसरी जिल्लाका धेरै सर्वसाधारणले यस्तो प्रश्न गरेको उनको भनाइ छ। आफ्नो ऋण र धनबारेको गोपनियता खोल्न नचाहने, जनगणनामा आएकालाई बैंक खाता, ऋण, खेतीपाती र चौपायाबारेका सबै कुरा सुनाउँदा असुरक्षा पो बढ्ला कि भन्ने भयले सर्वसाधारण हच्केको जनसंख्या विज्ञहरूको अनुमान छ। यस्ता प्रश्नबाट  आवासीय, व्यापार व्यवसाय, सरकारी, शैक्षिक, स्वास्थ्यजन्य, उद्योग तथा कलकारखाना, बैंक तथा वित्तीय संस्था, संस्थागत, होटल तथा लज, गोठ तथा धन्सार र खाली घरहरूको संख्या प्राप्त हुने सरकारी लक्ष्य छ। यिनै प्रश्नको सही उत्तर नआउने समस्या सुपरीवेक्षकका लागि टाउको दुखाइको विषय भएको छ।, यसको अर्थ उत्तरदाताहरूले सही उत्तर दिन नचाहेको भन्ने बुझिने र यसले सही सूचना नआउने जोखिम बढ्ने उनीहरूको भनाइ छ।, ‘सूचना सही नआउँदा तथ्यांक सही नआउने जोखिम स्वतः बढ्ने भयो,’ जनसंख्या विज्ञ नेपालले भने, ‘यसका लागि सर्वसाधारणलाई आश्वस्त तुल्याउनुपर्छ।’, सुनसरीमा मात्रै होइन यस्तो समस्या प्रदेश १ का अन्य जिल्लामा पनि देखिएको छ। यही समस्या हरेक जिल्लाका फिल्डमा देखिन थालेको जनगणनामा खटिएका जनशक्तिले भन्न थालेको जनगणना कार्यालहरूको भनाइ छ।,  जनगणनाको पहिलो चरणमा गत बुधबारदेखि खटिएका सुपरीवेक्षकले अहिले घरपरिवार सूचीकरणको काम गरिरहेका छन्। धेरै प्रश्न नरहेको यो चरणमा जब आर्थिक विषय आउँछ, उत्तरदाता हच्किने गरेको सुपरीवेक्षकहरू बताउँछन्।, ‘हामी अहिले घरपरिवार सूचीकरणका लागि घर-घर पुगिरहेका छौं,’ प्रदेश १ को राजधानी विराटनगरमा खटिएका एक जना सुपरीवेक्षकले भने, ‘त्यसक्रममा अरू प्रश्नको उत्तर त ठिकै आउँछ। तर, जब धनसम्पत्तिसँग सम्बद्ध प्रश्न आउँछ उत्तरदाता कि हच्किन्छन् कि त परिवारकै सदस्यको जवाफ बाझ्छ।’, यसले सही तथ्यांक संकलन जोखिमपूर्ण बनेको उनको भनाइ छ।, विराटनगरको मध्य सहरी क्षेत्रमा खटिएका ती सुपरीवेक्षकका अनुसार पहिलो चरणमा घरको भौतिक संरचनाबारे प्रश्न गरिन्छ। जहाँ, त्यो घरमा बस्ने परिवार संख्याबारे पनि सोधिन्छ।, ‘त्यसबेला आमा वा बुबाले पाँच परिवार बस्ने उत्तर दिनुहुन्छ,’, ती सुपरीवेक्षकले भने ‘छोरा वा छोरी आएर होइन हाम्रोमा तीन परिवार मात्रै छौं भन्नुहुन्छ।’, छोराछोरीले त्यसो भनेपछि बाआमा पनि हतारहतार ‘ए मैले त बिर्सेछु,’  भन्दै सन्तानकै जवाफमा सही थप्न पुग्छन्। शुक्रबार विराटनगरका चार-पाँच ठाउँमा यस्तो समस्या भोगेको ती सुपरीवेक्षकले सुनाए।, यसले सही तथ्यांक संकलनमा अवरोध सिर्जना गरेको जनसंख्या विज्ञहरू बताउँछन्। आफ्नो घरमा रहेबसेका परिवार संख्याबारे किन यसरी फरक जवाफ आउँछ त? विज्ञहरूका अनुसार सर्वसाधारणलाई जनगणनाको लक्ष्यबारे सरकारले प्रष्ट पार्न सकेकै छैन। जसका कारण उनीहरूमा आफ्नो सबै विवरण निर्धक्क सुनाउन मान्दैनन्।, ‘घरको पाँच वटा कोठा भाडामा लगाएको छ भन्दा कतै कर बढी तिर्नुपर्ने पो हो कि भन्ने त्रास सर्वसाधारणमा देखिएको छ,’ प्रदेश १ स्थित एक जना सरकारी  जनगणना अधिकारी  भन्छन्, ‘यो सर्वसाधारणको बैंक तथा वित्तीय संस्थामा पहुँचको अवस्था कस्तो छ भन्ने थाहा पाउने सूचक मात्रै हो। यसबारे उनीहरूलाई बताउनै सकिएन।’, सरकारले यस पटकको राष्ट्रिय जनगणनामा स्नातक तह पार गरेका नयाँ जनशक्ति परिचालन गरेको छ। सरकारी अधिकारीहरू यसले पनि समस्या ल्याएको बताउँछन्। ‘पहिले शिक्षकहरू समुदायमा जनगणनाका लागि जाने गर्थे। उनीहरूलाई समाजले चिनेको हुन्थ्यो,’ मोरङका एक जना जनसंख्या अधिकारीले भने, ‘यसपालि सबै नयाँ अनुहारका छन्, जसलाई समाजका धेरैले चिनेकै हुँदैनन्। त्यसैले उनीहरू आफ्ना कुरा खोल्न धकाउँछन्।’, प्रत्येक १० वर्षमा हुँदै आएको जनगणनामध्ये २०४८, ०५८ र ०६८ मा शिक्षकहरू खटिएका थिए। निमावि तहका शिक्षकहरू सुपरीवेक्षक र प्रावि तहका शिक्षकले गणकको भूमिका निर्वाह गरेका थिए। यसपटक यी दुवै भूमिकामा नयाँ जनशक्ति परिचालन भएको छ। , यस वर्ष देशैभर  ८ हजार ५ सय जना सुपरीवेक्षक परिचालन गरेर असोज १८ सम्ममा घरपरिवार सूचीकरण गरिनेछ। यस क्रममा अपेक्षाभन्दा धेरै घरपरिवार भेटिएको सुनसरीका सहायक जनगणना अधिकारी जनकबाबु काफ्लेले बताए। खास जनगणना चाहिँ कात्तिक २५ देखि मंसिर ९गतेसम्म सञ्चालन हुने तय छ।, पहिलो चरणमा खटिएका सुपरीवेक्षकले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने, मोबाइल एपमा दैनिक कामको विवरण भर्ने, कृषि उतार फारम भर्ने, घरपरिवार उतार सूचीकरण फारम भर्ने, सामुदायिक प्रश्नावली भर्ने र गणकको अनुगमन गर्ने काम गर्नेछन्।, राष्ट्रिय जनगणनाः धन-सम्पत्तिबारे खुल्दैनन् सर्वसाधारण
खिलानाथ ढकाल मल नल्याएको आरोप लागेका ठेकेदार हुमनाथ कोइरालाले प्रबल जनसेवा श्री विभूषण पाएका छन्।  , आइतबार संविधान दिवसको अवसर पारेर सरकारले होनीको मल्टिपल प्रालिका सञ्चालक कोइरालालाई विभूषण दिएको हो। , कोइराला सञ्चालक रहेको होनीको मल्टिपललाई मल नल्याएको आरोपमा गत साल भदौमा कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो। , सार्वजनिक खरिद अनुगमन कार्यालयले होनीको मल्टिपललाई सन् २०२१ मार्च ६ देखि २०२२ मार्च ५ तरिखसम्म ठेक्कामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको छ। , कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार यो अवधिमा उसले कुनै पनि ठेक्का नपाउने गरी कालोसूचीमा राख्न सिफारिस गरिएको थियो।, कालोसूचीमा परेको छ महिना पुग्दैगर्दा होनीकोका सञ्चालक कोइराला पनि विभूषणमा परेका हुन्। , देश र जनताका लागि योगदान दिने व्यक्तिहरूको सम्मानार्थ हरेक साल संविधान दिवसको अवसर पारेर सरकारले पुरस्कार दिने गर्छ।, संविधान दिवसको अवसरमा आइतबार सरकारले ९०३ जनालाई विभूषणद्वारा सम्मान गर्ने घोषणा गरेको छ। , यो विभूषण एक कार्यक्रम आयोजना गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट दिइने गृह मन्त्रालयले जनाएको छ।, गृह प्रवक्ता फणिन्द्रमणि पोखरेका अनुसार यसपालि २५ किसिमका विभूषण घोषणा गरिएको छ। त्यसमा ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार र ६ किसिमका पदक छन्।, प्रबल जनसेवा श्री विभूषणको १०८ नम्बरमा कोइरालाको नाम छ। , विभूषण सिफारिस गृहमन्त्रीको अध्यक्षमा गठित समितिले गर्छ। त्यसले विभिन्न निकायबाट आएका व्यक्तिको नाम सिफारिस गर्ने गरेको छ।, कसको योगदान कति, के आधारमा विभूषण दिने भन्ने सर्वस्वीकार्य हुने गरीको मापदण्ड भने छैन।, ‘यो वर्ष कोरोनाका कारण नयाँ ठेक्कामा प्रतिस्पर्धा गर्नु पनि थिएन, कालोसूचीमा परेपछि एक वर्षसम्म ठेक्कामा सहभागी हुन पनि पाइएन,’ कोइरालाले भने।  , समयमै मल नल्याउने शैलुङ इन्टरप्राइजेज र होनीको मल्टिपललाई कालोसूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद खनुगमन कार्यालयलाई पत्र लेखेको थियो।, होनीकोले पनि २५ हजार मेट्रिक टन मल आयातको ठेक्का पाएको थियो। मल नल्याएपछि तत्कालीन कृषि मन्त्री घनश्याम भुसालले धरौटी जफतको निर्णय गरेका थिए।, शैलुङसँग २०७७ साल वैशाख १२ गते र होनीकोसँग १५ गते मलको ठेक्का सम्झौता भएको थियो।, सम्झौतापछि एलसी (प्रतितपत्र) खोलेको मितिदेखि लागू हुनेगरी उनीहरूलाई ११७ दिनको समय दिइएको थियो। तर, उनीहरूले चार महिनामा पनि मल ल्याउन सकेका थिएनन्। , मल नपाएर किसानको बिजोग भएपछि सरकारले बंगलादेशबाट सापटीको रूपमा मल ल्याएर अभाव टार्दै यी कम्पनीलाई कारबाही सुरू गरेको थियो।, मल नल्याएर कालोसूचीमा परेका ठेकेदारलाई प्रबल जनसेवा श्री तक्मा
सेतोपाटी चिसो भुइँमाथि पातलो खुइलिएको म्याट। बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै।, ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उनलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ। अरूको सहाराबिना उठबस गर्न सक्दैनन्।  , फिरन्ते राउटे समुदाय पहिले डाक्टरी उपचारमा त्यति विश्वास गर्थेनन् तर पछिल्ला केही वर्षयता भने उनीहरूको यो धारणा क्रमशः बदलिएको छ।, कर्णबहादुरले पनि शुक्रबार बस्तीमा पुगेको एक सरकारी टोलीसँग उपचारको व्यवस्था मिलाइदिन आग्रह गरे।, 'बिमारले थलिएको धेरै भइसक्यो, औषधि-उपचार पाए हुन्थ्यो', राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना नेतृत्वको टोलीसँग भने, 'जीउ दुखेर हैरान बनायो, औषधि खाए निको हुन्थ्यो कि ? डाक्टरलाई यतै (बस्तीमै) पठाइदिनुपर्‍यो।', स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्दछ।, यो समुदाय एक साता अघिमात्रै सल्यानको बनगाड कुपिन्डे नगरपालिका-१ स्थित घाटगाउँमा बसाइ सरेको हो। छयालीस घरधुरी रहेका राउटे हाल १४१ को संख्यामा छन्। , अधिकांश राउटेका हाटखुट्टामा घाउ–खतहरू छन्। ३० वर्षीय प्रेम शाही दैलेखको गुराँस गाउँपालिकामा अटोरिक्सा पल्टिँदा घाइते भए। उनको दायाँ खुट्टामा गम्भीर समस्या छ। दुर्घटनालगत्तै उनले स्थानीय मेडिकलमा उपचार गराए।, स्वास्थ्यकर्मीले हड्डी भाँच्चिएको बताएपछि डर लागेर उपचार नगराएको उनले बताए। प्रेमलाई पनि अरुको सहाराबिना लामो यात्रा गर्न मुस्किल पर्छ।, त्यस्तै, १२  वर्षीय बपिल शाही केही दिनअघि सल्यानको बालुवाग्राहीमा लडेर घाइते भए। उनको दायाँ हातको कुइनामा चोट लागेको छ। , राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले राउटेको उपचारमा स्थानीय र प्रदेश सरकारले बेवास्ता गरेको आरोप लगाइन्।, 'भत्तामात्र बाँडेर राज्यले राउटेप्रतिको दायित्वबाट पन्छिन मिल्दैन,' उनले भनिन्, 'बिरामीलाई बस्तीबाट अस्पतालमा पुर्‍याउने, उपचारका लागि काउन्सिलिङ गर्न उनीहरूले विश्वास गर्न सक्ने मान्छे कुरुवा बस्नुपर्छ, अन्य जाति जस्तो राउटेको उपचार गर्न सजिलो छैन।' , संघीय संरचनापछि सरकारले दैलेखको गुराँस गाउँपालिकामार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ।, राउटेहरू जुन जिल्लामा बसाइ सरे पनि गुराँस गाउँपालिका नै भत्ता वितरण गर्ने गर्दछ।, प्रतिष्ठानकी अध्यक्ष अधिकारीका अनुसार बदलिँदो खानपिन, जलवायु परिवर्तनले पारेको असरले राउटेमा बढी स्वास्थ्य समस्या देखिएको छ। , 'कन्दमूल खान छाडे, वनजङ्गल, खोलाकिनारमा नाङ्गै बस्छन्, पहिले–पहिले कन्दमूल खाने, गुना–बाँदरको सिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नुन छर्केर खाने गर्थे, तरकारीका रूपमा कुभिण्डो, खोले सागलाई उसिनेर पकाउँथे', उनले भनिन्, 'अचेल खानपिनको शैली बदलियो, मदिराको कुलत बढ्यो, सहरीया खानपिनमा रुचि बढ्यो जसले गर्दा राउटेको स्वास्थ्य अवस्था कमजोर बन्न पुग्यो।', गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गैरसरकारी संस्थाको सहयोगमा राउटे बस्तीमा शिक्षा र स्वास्थ्य सहजकर्ता परिचालन गरेको जानकारी दिए।, गम्भीर प्रकृतिको राउटेको उपचारमा सहयोग गर्दै आएको उनको भनाइ छ।, 'प्राथमिक उपचार बस्तीमै हुन्छ, अलि गम्भीर प्रकृतिको समस्या छ भने उनीहरूलाई काउन्सिलिङ गरेर स्वास्थ्य संस्थासम्म लैजाने व्यवस्था मिलाएका छौं', अध्यक्ष वलीले भने। , मृत्युदर बढ्यो , गत वर्ष मङ्सिरदेखि यता १८ राउटेको मृत्यु भइसकेको छ। पछिल्लो समय मयो शाही, दलबहादुर शाही, मानसिं शाही, शिवराज शाही, कान्छाराम शाही, कपिल शाहीको मृत्यु भएको जनाइएको छ।, अत्यधिक मदिरा सेवनका कारण अकालमा धेरै राउटेको ज्यान गइसकेको छ। एकातिर मदिराको अत्यधिक सेवन र अर्कोतिर बिरामी हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा मृत्युदर बढेको बताइएको छ। यकिन तथ्यांक नभए पनि राउटेहरू बर्सेनि घट्दो सङ्ख्यामा रहेको विभिन्न अध्ययनले देखाएको छ। , प्राणीशास्त्रीसमेत रहेका मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले राउटे वंशको सुरक्षा महत्वपूर्ण सवालका रूपमा रहेको बताए।, 'राउटे संस्कार, संस्कृति संरक्षण गर्न नसके अस्तित्व हराउन धेरै वर्ष पर्खनुपर्दैन', उनले भने, 'राउटे वंश, संस्कृति, बेग्लै भाषा भएको दुर्लभ मानव जाति लोपोन्मुख अवस्थामा पुग्नु दुर्भाग्य हो।', आफ्ना समुदायका सदस्यको मृत्यु हुनासाथ बस्ती छाड्ने प्रचलनका कारण यो समुदाय छिटो–छिटो बसाइ सर्नुपर्ने बाध्यतामा छ। पछिल्लो एक महिनामै उनीहरू सात स्थानमा बसाइ सरिसकेका छन्। ,(रासस), छाप्रामै थलिए राउटे
सेतोपाटी महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आज दिउँसो दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोनमा गाउँपालिका–२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए। , सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा तथा तरहारीका ५० वर्षीय रामप्रसाद यादवबीच सुन्दरपुरको मैनटोलमा विश्वकर्मा मेलामा पूजाको विषयलाई लिएर विवाद भएको थियो।, विवादले उग्ररूप लिएपछि दुबै पक्षबीच भएको कुटाकुटमा रामप्रसाद यादव बेहोस भएर बाटोमै ढलेका थिए। त्यसको केहीबेरमै उनको मृत्यु भएको स्थानीयबासीले जानकारी दिए।, घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।, रासस, , पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु
सेतोपाटी संवाददाता वृहत नागरिक आन्दोलनले आइतबार संविधान संशोधनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरेको छ। , संविधान संशोधन मार्च नाम दिइएको उक्त प्रदर्शन माइतीघरबाट सुरू भएर नयाँ बानेश्वरस्थित संसद भवनअगाडिसम्म पुगेर सभामा परिणत भएको थियो। , सभामा विभिन्न समुदायबाट प्रतिनिधित्व गर्दै विभिन्न वक्ताहरूले बोलेका थिए। उनीहरूले अहिलेको संविधान कसरी विभेदकारी छ भन्नेबारे बताएका थिए। , सभामा सहभागीहरूले ‘असोज तीन, कालो दिन’, नश्लीय संविधान- मुर्दावाद लगायत नारा लगाएका थिए। प्रदर्शनकारीहरूले यस्ता विभिन्न नारा लेखिएका प्ले कार्डहरू पनि बोकेका थिए। , सभामा बोल्दै नागरिक अभियन्ता नारायण वाग्लेले अहिलेको सरकार र संविधान अग्रगमनकारी नभएको बताए। उनले २०७२ सालमा संविधान जारी हुँदा जे जारी भयो र जसरी जारी भयो त्यसको विरोधमा नागरिकहरू आन्दोलनमा होमिएको बताए।, ‘विविधतापूर्ण समाजको प्रतिनिधित्व नगर्ने संविधान दमन गरी जारी गरियो,’ वाग्लेले भने, ‘त्यसको जवाफमा हामी एकतावद्ध भएर आन्दोलनमा आएका छौं।’ , वृहत नागरिक आन्दोलनको अर्थ संख्यामा ठूलो नभई चेतना र जागरणको गहिरो आन्दोलन भएको वाग्लेको भनाइ छ। , ‘यो चेतना र अग्रगमनको आन्दोलन हो। बञ्चिति र बहिष्करणमा परेकाहरूको मुक्तिको आन्दोलन हो,’ वाग्लेले भने।, उनले गत वर्ष आफूले तेस्रो जनआन्दोलन घोषणा गरेको सम्झना गर्दै यो आन्दोलन केही दिनका लागि नभई लामो समयका लागि भएको तर्क गरे। , अहिलेको सरकार पनि अग्रगमनकारी नभएको वाग्लेले बताए। गणतन्त्र आए पनि सरकारहरूले राणाकालीन पदक बक्सिस दिने परम्परा जारी राखेको उनले बताए। , ‘यो कस्तो संविधान  र सरकार हो भन्ने कुरा आज संविधान दिवस कसरी बनाए भन्ने कुराले पनि देखाउँछ। चाकडी, चाप्लुसी गरेर तक्मा दिइयो। तक्मा बाँड्ने सरकार पञ्चायती सरकार हो। सरकारले लोकतन्त्र स्वीकार गर्छ भने तक्माजस्ता बक्सिस परम्परालाई निरन्तरता दिनुहुन्न,’ वाग्लेले भने।, तक्मा बाँड्ने सरकार पञ्चायती सरकार हो: नारायण वाग्ले
सेतोपाटी संवाददाता वृहद् नागरिक आन्दोलनले आइतबार संविधान संशोधनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरेको छ। , संविधान संशोधन मार्च नाम दिइएको उक्त प्रदर्शन माइतीघरबाट सुरू भएर नयाँ बानेश्वरस्थित संसद भवनअगाडिसम्म पुगेर सभामा परिणत भएको थियो। , सभामा विभिन्न समुदायबाट प्रतिनिधित्व गर्दै विभिन्न वक्ताहरूले बोलेका थिए। उनीहरूले अहिलेको संविधान कसरी विभेदकारी छ भन्नेबारे बताएका थिए। , सभामा सहभागीहरूले ‘असोज तीन, कालो दिन’, नश्लीय संविधान- मुर्दावादलगायतका नारा लगाएका थिए। , प्रदर्शनकारीहरूले यस्ता विभिन्न नारा लेखिएका प्ले कार्डहरू पनि बोकेका थिए।, बानेश्वरमा नारा: असोज  तीन, कालो दिन!
नारायण खड्का प्रतिष्ठित र धनाढ्य पुरूषसँग नजिकिएर 'इमोस्नल ब्ल्याकमेलिङ' गरी लाखौं असुल्न खोजेको आरोपमा घोराहीका तीन महिला पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले पक्राउ परेका तीन जना महिलालाई आइतबार सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १५ की ३२ वर्षीया सीतादेवी थापा, सोही ठाउँकी ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियार छन्।, असार ६ गते थापा र वली मिलेर ती पीडितलाई फोन गरी एक रेष्टुरेण्टमा बोलाएका थिए। , ‘आफूहरूको घरायसी मुद्दा रहेको र तपाईं कानुन विषयको जानकार रहेको भन्दै बोलाएको देखिन्छ,’ दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने, ‘तर, पछि उनीहरूले रेष्टुरेन्ट साहुसँग कुरा गरी क्याबिनमा मासु बियर मगाएर खाइसकेपछि रात पर्‍यो अब घर जामभन्दा ती पुरूषमाथि तथानाम गालीगलौज गर्दै बलात्कार गर्न खोजेको आरोप लगाएको पीडितको जाहेरीमा छ।’, एसपी काफ्लेले तीन जना महिलाहरूको  समूहले प्रतिष्ठित र धनाढ्य व्यक्तिसँग सुरूमा आफ्नो दुःख देखाउने, होटलमा लगेर चिया नास्ता खाने र त्यसपछि बियर खान कर गरेर आफूलाई हातपात तथा बलात्कार गर्न खोजेको भन्दै इमोस्नल ब्ल्याकमेलिङ गरी लाखौं असुल्ने षडयन्त्र गरेको पीडितको जाहेरीको आधारमा पक्राउ गर्नुपरेको बताए।, ‘तीन जना महिला मिलेर हनी ट्रयापजस्तै गरी प्रतिष्ठित व्यक्तिलाई आफ्नो दुःख देखाएर जालमा फसाउने षडयन्त्र गरेको प्रमाण प्रहरीले फेला पारिसकेको छ,’ एसपी काफ्लेले भने, ‘उनीहरूको बीचमा ती व्यक्तिबाट उठाएको रकम भागबन्डा गर्ने सहमति भएको अडिओ पनि प्रहरीसँग सुरक्षित छ।’, थापाले बलात्कारको मुद्दा हाल्छु भन्दै ब्ल्याकमेल गरेकी थिइन्।, गत असार ७ गते वलीले पीडितलाई फोन गरी थापाले बलात्कारको मुद्दा हाल्छु भनेको हुँदा बसेर छलफल गरे आफूले मिलाइदिने भन्दै पीडितलाई बोलाएकी थिइन्।, पीडितलाई उक्त दिन घोराहीस्थित एक लजमा बोलाएर तीन जना मिलेर 'इमोस्नल ब्ल्याकमेलिङ' गरी एक लाख नगद लगेको प्रहरीले बताएको छ।, तीन जना मिलेर ती प्रतिष्ठित व्यक्तिविरूद्ध आफूमाथि होटलमा बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिने भन्दै ब्ल्याकमेलिङ गरी सुरूमा ५० लाखसम्म बार्गेनिङ गरेको र पछि १८ लाखमा डिल फाइनल गरेको देखिन आएको एसपी काफ्लेले बताए।, ‘असार ६ गतेदेखि आफूमाथि बलात्कारको प्रयास भएको भन्दै बार्गेनिङ सुरू भएको पीडितको जाहेरीमा उल्लेख छ,’ एसपी काफ्लेले भने, ‘त्यही बहानामा पीडितले असार ७ गते  एक लाख नगद बुझाएको देखिन्छ र थप १७ लाखको चेक दिएको प्रमाण फेला परेको छ।’, चेकमा भदौ १५ गतेको अन्तिम भाका  थियो। ती महिलाहरूले दुई पटकसम्म बैंकमा पुगेर चेक बाउन्स भएको थाहा पाएका थिए। तेस्रो पटक मिति बनाउन आउने थाहा भएपछि पीडित प्रहरीमा जाहेरी लिएर आइपुगेको एसपी काफ्लेले जानकारी दिए। , ‘एकातर्फ पीडित व्यक्तिले आफ्नो सामाजिक इज्जतका कारण आफ्नै श्रीमती र परिवारका सदस्यहरूलाई पनि कुरा भन्न नसकेको र बलात्कारको मुद्दा लाग्दा श्रीमती तथा घर परिवारसँगको सम्बन्ध बिग्रने स्थिति आएपछि मर्नु कि बौलाउनुको अवस्थामा म प्रहरीमा आएको हुँ भनेर पीडितले पीडा पोख्नुभएको छ,’ एसपी काफ्लेले भने, ‘यसअघि पनि यस्ता थुप्रै ब्ल्याकमेलिङका घटना दाङ लगायतका देशका अन्य ठाउँमा पनि भएका छन्।’, पीडितको जाहेरीको आधारमा असोज १ गते तीन जना महिलाहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले घटनाबारे अनुसन्धान जारी रहेको  बताए।, 'ब्ल्याकमेल' गरेर लाखौं असुल्न खोजेको आरोपमा तीन महिला पक्राउ
सेतोपाटी संवाददाता नेपालमा थप सात सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार सात सय ३४ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार १३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , सात हजार ३ सय ४ जनाको पिसिआर परीक्षण र दुई हजार सात सय ९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , नेपालमा हाल २४ हजार ३१३  जना सक्रिय संक्रमित छन्।, यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ।, एक हजार चार सय १३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। ,  , संक्रमितभन्दा निको हुनेको संख्या बढी
विवेक राई सरकारले १८ वर्ष उमेर मुनिका बालबालिकाका लागि लगाउन मिल्ने ४० लाख डोज कोरोना खोप खरिद गरेको छ।, स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. सागर दाहालले १८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने ४० लाख डोज मोडेर्ना खोप खरिद गरिएको जानकारी दिए। , प्रमुख दाहालले अमेरिकी कम्पनी ‘मोडेर्ना’ लाई खरिद सम्झौता गरिएको खोपको पैसा पनि पठाइसकिएको बताए। ‘हामीले खोपको पैसा पठाइसकेका छौं। अब उहाँहरूले कहिले खोप पठाउनुहुन्छ त्यो अहिले नै खुलिसकेको छैन,’ उनले भने। , सम्झौता गरेअनुसार कम्पनीले सन् २०२१ को अन्तिमसम्म वा २०२२ को पहिलो महिनासम्मा पठाउनसक्ने भनिएको छ। यद्यपि तोकिएको समयभन्दा चाँडो खोप ल्याउनलाई कम्पनीसँग निरन्तर कुराकानी भइरहेको दाहाल बताउँछन्। , १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने यो खोप ‘कोभ्याक्स’ अन्तर्गतको ‘कस्ट सेयरिङ’ मार्फत सरकारले ल्याउन लागेको हो। सोही अनुसार नेपालले विश्व बैंकसँगको सहकार्यमा खोपको पैसा पठाइएको दाहालले बताए। , साथै सोही उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने खोप खरिद गर्न ‘फाइजर’ कम्पनीसँग पनि कुराकानी भइरहेको प्रमुख दाहालले जनाए। सरकारले सुरुमा यो १८ वर्ष मुनिका बालबालिकालाई ‘फाइजर’ को खोप दिने भनेको थियो। तर फाइजरसँग खोप खरिद गर्ने कुरा चाँडो टुंगो नलागेपछि अहिले ‘मोडेर्ना’ ल्याउने सम्झौता गरिएको हो। , विज्ञहरूले १८ वर्ष मुनिका बालबालिकालाई छिटो खोप प्रदान गर्न आवाज उठाउँदै आएका छन्। पछिल्लो समय देशभर विद्यालय खोल्ने कार्य सुरु भएको भन्दै १८ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुने भएकालाई ती समूहलाई खोप प्रदान गर्न भनिएको हो। , यसबाहेक थप खोप ल्याउने कुरामा ठोस प्रगति भएको छैन। भर्खरै मात्र चीनबाट खरिदमार्फत ल्याइएको ४४ लाख डोज भेरोसेल खोप लगाइराखिएको छ। सरकारले आगामी दसैंसम्ममा एकतिहाइ जनसंख्यामा खोप लगाउने लक्ष्य लिएको छ।, तर सरकारले भनेजस्तै ठ्याक्कै एकतिहाइ जनसंख्यालाई खोप लगाइने देखिँदैन। किनभने अहिलेसम्म प्राप्त भएका खोपले जम्मा ९२ लाख जनालाई लगाउन पुग्ने छ। सरकारको योजना कम्तिमा एक करोड मानिसलाई खोप लगाउने भन्ने हो। , तर योबीचमा थप खोपहरू आउनसके सरकारले भने अनुसार दसैँ अगाडि एकतिहाइ जनसंख्यालाई खोप लगाउन सकिनेछ। त्यसका थप १६ लाख डोज खोप आवश्यक पर्छ।, १८ वर्ष मुनिका बालबालिकाका लागि ४० लाख मोडेर्ना खोपको सुनिश्चित, कहिले आउँदैछ?
सेतोपाटी संवाददाता सरकारले आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ।, दसैं-तिहार-छठजस्ता पर्वलक्षित सुपथ मूल्यका पसलमा खाद्यान्नलगायत खसी, बोका र च्याङ्ग्रा पनि किन्न पाइनेछ।, सुपथ मूल्यका पसलमा अन्यत्रका पसलमा भन्दा कम मूल्यमा सामान किन्न पाइनेछ। सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिने तयारी छ।, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानलगायतले सुपथ मूल्यका पसलमा सामान राख्नेछन्।, चिनी, नुन, चामल, खसी-बोका, घ्यू, पनिरजस्ता सामान ती सुपथ मूल्यका पसलबाट किन्न सकिनेछ।, सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मी बताउँछन्।, उनकाअनुसार देशभर ३९ स्थानमा यस्ता पसल रहनेछन्।, ती पसलमा चामल किनेमा प्रतिकेजी ५, सिमी तथा फापर खरिदमा प्रतिकेजी १०, नुन प्रतिकेजी २, चिनी प्रतिकेजी ५, खसी-बोका प्रतिकेजी १० रूपैयाँ छुट पाइनेछ।, सुपथ मूल्यका पसलबाट विक्री गर्न खाद्य कम्पनीले एक हजार च्याङ्ग्रा र दुई हजार खसी-बोका खरिद गर्ने प्रक्रिया सुरू गरिसकेको छ। , दसैंका लागि ३९ ठाउँमा सुपथ मूल्य पसल, खसी-बोका किन्दा किलोमा १० रुपैयाँ छुट
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक बुल्दीखोलामा खस्दा करिब २८ वर्षीय चालकको मृत्यु भएको हो।, मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।, दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन्।, उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ। उनको खुट्टा र कुहिनोमा चोट लागेको छ।, ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो। मृतकको शव दमौली अस्पतालमा राखिएको छ।, तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
सेतोपाटी बैतडीको दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, वडा नं २ स्थित देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।, नगरप्रमुख नरेन्द्रसिंह थापाका अनुसार असोज ३ र ४ गते नगरपालिकाअन्तर्गत रहेका सबै सरकारी कार्यालय, गैरसरकारी संस्थामा बिदा हुनेछ।, निङ्गलाशैनी भगवती मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा चिनिन्छ। यहाँ हरेक वर्ष भाद्र शुक्ल त्रयोदशीदेखि सुरू हुने यो जात्रा भाद्र शुक्ल पूर्णिमाका दिन समापन हुने गर्दछ।, यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलनसमेत रहिआएको छ।, यो जात्रामा बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताए। , जात्रामा निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ। जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थी आउने गर्दछन्। ,रासस, दशरथचन्द नगरपालिकामा जात्राका लागि दुई दिन सार्वजनिक बिदा
सेतोपाटी नेपाल-चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ।, सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। , नाम्खा गाउँपालिका–६ लिमी लाप्चामा रहेको १२ नं स्तम्भको अध्ययन गरेर उक्त टोली हिल्सा पुगेको हो।, मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा रहेको सीमा अध्ययन समितिका सदस्य र नाम्खा–६ का स्थानीयबासी लिमी लाप्चा पुगेर अध्ययनपछि हिल्सामा रहेको सीमास्तम्भको अध्ययनका लागि यहाँ पुगेका हुन्।, टोलीमा संयोजक आचार्यसँगै सदस्य उमेशराज जोशी, किशोर श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डङ्गोल, दयानन्द जोशी र कपिल कटुवाल छन्।, नाम्खाको किटखोलामा रहेको ५ नं सीमास्तम्भको अध्ययन गर्न टोली हिल्सातर्फ गएको छ। , नाम्खाको वडा नं ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीयबासी टोली पनि लिमी लाप्चाको १२ नं सीमास्तम्भमा पुगेका थिए।, मन्त्रालयको उक्त टोलीले भदौ २७ गते सिमकोटबाट लाप्चातर्फ प्रस्थान गरेको थियो।, हुम्लामा पर्ने नेपाल–चीन सीमाका १५ वटै स्तम्भको अध्ययन गर्ने गरी काम थालिएको टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव आचार्यले बताए। ,रासस, हिल्सा पुग्यो सीमा अनुगमन टोली
एजेन्सी चीनले झन्डै ७२ प्रतिशत जनसंख्यालाई कोरोनाभाइरसविरूद्धको पूर्ण खोप लगाइसकेको बताएको छ।, बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सेप्टेम्बर १५ सम्म २ अर्ब १६ करोड डोज भ्याक्सिन लगाइसकेको जानकारी दिएको छ।, चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म १ अर्ब ४० करोड चिनियाँमध्ये अहिलेसम्म १ अर्बले पूर्ण खोप लगाइसकेका छन्।, विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको चीनले खोप अभियानलाई पनि तीव्रताका साथ अघि बढाइरहेको छ। चीनले आफूले उत्पादन गरेको खोपमात्रै आफ्ना नागरिकलाई दिएको छ।, चीनले  खोप लगाएकामध्ये २० करोड मानिस ६० वर्ष माथिका छन्  भने ९ करोड ५० लाख जना १२ देखि १७ वर्षका बालबालिका छन्।, चीनपछि संसारमै बढी नागरिकलाई खोप लगाउनेमा मुलुक भारत हो। भारतमा अहिलेसम्म ७५ करोड मानिसले खोप लगाएका छन्।, चीनले आक्रामक तरिकाले खोप अभियान चलाए पनि कोरोनाभाइरसको नियन्त्रण पूर्ण रूपमा गर्न सकेको छैन। बेला-बेलामा त्यहाँ कोरोनाका संक्रमित भेटिने गरेका छन्।, पछिल्लो समय दक्षिण पूर्वी प्रान्त फुजियानमा संक्रमण देखिएको छ। पछिल्ला ६ दिनमा त्यहाँ २ सय बढी संक्रमित भेटिएका छन्।, संक्रमण भेटिएका ठाउँमा चिनियाँ अधिकारीहरूले स्वास्थ्यका कडा मापदण्ड लागु गर्ने गरेका छन्।  , एक अर्ब चिनियाँले लगाइसके कोरोनाविरूद्ध पूर्ण खोप
सेतोपाटी ओखलढुंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , मृत्यु हुनेमा सुनकोशी गाउँपालिका-९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ। , सोही गाउँपालिका–१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।, उनले घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको बताए। ,रासस, , ओखलढुंगामा करेन्ट लागेर एकको मृत्यु
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा २५ लाख रूपैयाँ जरिवाना पाएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। , खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० घर भई भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नम्बर ९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार ललितपुरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए। , उनले आफ्नो खातामा रकम नभए पनि जानी-जानी झुक्याएर चेक काटेर दिएका थिए। त्यसरी चेक बाउन्स भएपछि पीडितले उनीविरूद्ध जाहेरी दिएका थिए। , गत असार २९ गते उच्च अदालत पाटनले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र २५ लाख रूपैयाँ जरिवाना सजाय सुनाएको थियो। सोही सजाय कार्यान्वयन गराउन प्रहरीले उनलाई पक्राउ गरी अदालतमा पेस गरेको हो। , उनलाई जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ।, चेक बाउन्स मुद्दामा २५ लाख जरिवाना पाएका फरार व्यक्ति पक्राउ
निशा भण्डारी नारायण पुरी र मालती पुरी श्रीमान-श्रीमती हुन्। उनीहरू दुबै जना मिस्त्री काम गर्छन्। ललितपुरको पुल्चोकमा उनीहरूको आफ्नै मोटरसाइकल वर्कसप छ। , मालतीलाई मिस्त्री काम नारायणले नै सिकाएका हुन्। श्रीमानलाई पनि सहयोग हुने बुझेर आफूले पनि मिस्त्री काम सिकेको मालती बताउँछिन्।, पछिल्लो १५ वर्षदेखि यो जोडी सँगसँगै मिस्त्री काम गर्दै आएका छन्। अहिले भने मालती पनि नारायण जतिकै मिस्त्री काममा पोख्त छिन्। , श्रीमतीले पनि मिस्त्री काम सुरू गरेपछि आर्थिक रूपमा समेत सहज भएको बताउँदै नारायणले दुबैको कमाइबाट पुल्चोकस्थित नःटोलमा घर बनाएको बताए।, श्रीमान-श्रीमती नै यो पेशामा आवद्ध भएको देखेर धेरैले हौसला दिने गरेको उनीहरू बताउँछन्। , हेर्नुस् भिडिओः, मोटरसाइकल मर्मत गर्ने श्रीमान-श्रीमती (भिडिओ)
एजेन्सी अन्तरिक्षमा ९० दिन बिताएर चिनियाँ अन्तरिक्ष यात्रीको टोली शुक्रबार पृथ्वीमा फर्किएको छ।, सेनझाउ-आइटु मिसन क्रुले शुक्रबार चीनको गोबी मरूभूमिस्थित डोङफेङ ल्यान्डिङ साइटमा अवतरण गरेको ग्लोबल टाइम्सले जनाएको छ। तीन जना टाइकोनट्सहरूले चिनियाँ समयअनुसार दिउँसो १ बजेर ३४ मिनेटमा अवतरण गरेका थिए। चीनमा एस्ट्रोनट्सलाई टाइकोनट्स भनिन्छ।  , अन्तरिक्षयानको क्याप्सुलमा मिसनका कमान्डर नेइ हाइशेङ्ग, लुई बोमिङ र ट्याङ्ग होङ्ग्बो थिए। उनीहरू ९० दिन अन्तरिक्षमा बसेर फर्किएको ग्लोबल टाइम्सले जनाएको छ।, उक्त पत्रिकाका अनुसार सिङ्गल फ्लाइट मिसनमार्फत् ९० दिन अन्तरिक्षमा बसेको सबैभन्दा लामो समय हो। क्याप्सुल अवतरण भएको केहीबेरमै चिनियाँ उद्धारकर्ता ल्यान्डिङ साइटमा पुगेका थिए। टाइकोनट्सहरूको स्वास्थ्य अवस्था सामान्य छ। , पृथ्वीमा फर्किने क्रममा टाइकोनट्स ट्याङ्ग होङ्ग्बो पेनसँग खेलिरहेको देखिएका थिए। यो मिसन सहज रूपमै सफल भएको बताइएको छ।, अवतरण गर्ने साइट मौसम, क्षेत्र, विकल्प र उद्धार सामग्रीका आधारमा छनोट गरिएको अन्तरिक्ष विज्ञ पाङ्ग झिहाओले बताए। उनका अनुसार यो मिसन अरूभन्दा कठिन थियो।, ९० दिन अन्तरिक्षमा बिताएर फर्किए तीन चिनियाँ अन्तरिक्ष यात्री
सबिना श्रेष्ठ तामाङ समुदायलाई 'तामाङ' भनिनुअघि 'मुर्मी भोट्या', 'लामा भोटे', 'भोट्या' लगायत विभिन्न सम्बोधन गरिन्थ्यो। विभिन्न अभिलेखमा उनीहरूलाई 'मासिन्या' अर्थात् मार्न वा सित्तैमा दासदासी बनाउन सकिने जात पनि भनियो।, लामो समयको यस्तो उत्पीडनपछि तामाङहरूले विद्रोह गरे। दरबारमा आफूहरूले 'तामाङ' लेख्न पाउनुपर्छ भनेर जाहेरी दिए जसअनुसार १९८९ सालमा भीमशमसेरले उनीहरूलाई हुकुमीपत्र लेखे– 'अबदेखि भोट्या होइन, तामाङ लेख्नू/भन्नू।', त्यो समयदेखि तामाङहरू आफ्नो पहिचान आफैं बनाउन लागिपरेका छन्। तर पुराना पहिचानका शब्द र दृष्टिकोणले अझै पनि उनीहरूलाई बारम्बार सताउँछ।, कलाको माध्यमबाट आफ्नो पहिचान खोजिरहेका कलाकार सुवास तामाङलाई कुनै समय लोकसेवा आयोगको नयाँ पाठ्यक्रममा आधारित भनिएको 'सामाजिक अध्ययन' किताबको एउटा पानाले त्यसरी नै बिझाएको थियो।, उक्त किताबमा तामाङबारे लेखिएको थियो, 'तामाङ जाति शेर्पा जातिसँग मिल्दाजुल्दा हुन्छन्। यिनीहरू खासगरी बुहारी–छोरी, स्वास्नी बेची पैसा कमाउने प्रवृत्तिका हुन्छन् भन्ने गरिन्छ। यति मात्रै होइन, राम्रो खान र लगाउनका लागि आफू स्वयं पनि बन्धकीमा बस्न सक्ने हुन्छन्।', आफूलाई बचाउन लेखकले 'भन्ने गरिन्छ' भनेर चलाखीपूर्वक लेखेको उक्त लेखले तामाङ समुदायलाई अपव्याख्या गरेजस्तो सुवासलाई लाग्छ। यो कुरा मनमा खोपिएपछि उनले पाँचवटा ढुंगेपाटीमा ती वाक्य दुरूस्त खोपेर अभिव्यक्त गरे।, पहिलोमा किताबको गाता, दोस्रोमा त्यही वाक्य चहकिलो सेतो रङमा खोपे भने तेस्रो र चौथोमा खाक्सीले मेट्दै-मेट्दै धमिलो बनाए। अनि पाँचौं पाटीमा 'तामाङ' मात्र बाँकी राखे।, यस्तो गर्नुको कारण बताउँदै सुवास भन्छन्, 'अब हामी आफ्नो पहिचान आफैं बनाउँछौं।', बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा 'काइतेन' शीर्षकको प्रदर्शनीमार्फत् उनले आफ्नो समुदायलाई पुनर्व्याख्या गर्ने प्रयास गरेका छन्, आफ्नो समुदायकै कुरा कलामार्फत् देखाएर।, काइतेन भनेको आफ्नो कुरा भन्नु वा प्रस्तुत गर्नु हो। तामाङ समुदायमा इतिहास, संस्कृति र परम्पराको कथा भन्ने मान्छेलाई 'ताम्बा काइतेन' भनिन्छ। तामाङ समुदायले दिएको सांस्कृतिक पदवी हो ताम्बा जसले गीतबाटै कथा सुनाउँछ।, ब्रह्माण्ड, पृथ्वी, मानिसको उत्पत्तिदेखि प्रेम–प्रणय, दर्शनका कुरा उनीहरू गीतैबाट भन्छन्। कथा भन्दै नाच्छन्। डम्फू बजाउँछन्। डम्फू उनीहरूको मूल बाजा हो जसको शिरमा डाँफेको आकृति हुन्छ। ताम्बाले डम्फू बजाउँदै नाच्दै कथा सुनाउँदा त्यसको डाँफे पनि नाच्छ। , डम्फूको सिर्जना पेङ दोर्जेले गरेको भन्ने जनविश्वास छ। कथाअनुसार पेङ दोर्जे एकदिन सिकार खेल्न गए। फर्किँदा घोरल मारेर ल्याए। त्यो देखेर उनकी प्रेमिका दुःखी भइन्। त्यसपछि पेङ दोर्जे पनि दुःखी भएर जंगल डुल्न थाले। त्यही क्रममा उनले एक पोथी डाँफे नाच्दै गरेको देखे। अनि उनको दिमागमा 'आइडिया' फुर्छ।, घर फर्किएर उनी घोरलको छाला घाममा सुकाउँछन्। कोइरालाको काठबाट गोलो घेरा बनाउँछन्। त्यसमा घोरलको छाला राखेर बाँसका काँटी वरिपरि ठोक्छन्। डम्फू तयार हुन्छ। त्यसलाई बजाउँदै, गीत गाउँदै उनी डाँफेजसरी फुरफुर नाच्छन्। त्यो देखेपछि उनकी प्रेमिकाको मुखबाट हाँसो छुट्छ। रिसाएकी प्रेमिका फक्किन्छिन्।, विवाह र ब्रतबन्ध बेला ताम्बाहरूले डम्फू उत्पत्तिको यही कथा गीतमा सुनाउँछन्।, डम्फू र डाँफेको यति राम्रो कथा हुँदाहुँदै सुवासले अनुसन्धान क्रममा फरक कथा भेटे।, महेन्द्र माला किताबमा डाँफेको एउटा पाठ थियो। त्यसमा लेखकले डाँफे राष्ट्रिय चरा भएको र हिमालमा बस्छ भन्ने बुझाउन एउटा कथा बुनेका छन्।, कथामा लामा दाइ जाडो छल्न तराई झर्छन् तर डाँफे कहिल्यै तराई झर्दैन।, एकदिन लामा दाइको बिस्कुन डाँफेले खाइदिएको हुन्छ। त्यही झोंकमा दाइले डाँफेलाई हिर्काउँछन्। उनकै डरले जाडोमा लामा दाइ तराई झर्दा डाँफे भने अझै उत्तरी हिमालतिर जान्छ।, 'डाँफे त भौगोलिक हिसाबमै हिमालमा बस्ने पन्छी हो। तर लेखकले किन त्यसरी रचे? त्यसमा किन लामा पात्र नै आयो? बरू हामीसँग भएका डाँफेको त्यति राम्रो कथा भनिएको भए राम्रो हुन्थ्यो कि?' सुवाससँग यस्ता धेरै प्रश्न र जिज्ञासा छन्।, 'संङ्स अफ इन्स्लेभ्ड' शीर्षकका तीन चित्रमा उनले डम्फूको चित्रभित्रै तीन आकृति कोरेका छन्– लोक्ता कागज, डोको र आँप।, राणाकालीन समयमा कागजी रकम भनेर तामाङहरूले लोक्ता कागज बनाएर बुझाउनुपर्थ्यो। हुलाकी रकम भनेर भारी बोक्नुपर्थ्यो र आप बगैंचामा काम गर्नुपर्थ्यो। त्यो कुरालाई विम्बका रूपमा डम्फूमा हालेका सुवासले भने, 'उनीहरूले सरकारका लागि काम गरिदिएबापत् केही पारिश्रमिक पाउँथेनन्। आफ्नो बाली लगाउने समयमा सरकारलाई काम गरिदिएपछि उनीहरूको आफ्नो काम पनि हुन्थेन। फेरि काम नगरिदिए आफ्नै जमिन गुम्ने डर थियो।', यस्ता धेरै कथा अनुसन्धान क्रममा थाहा पाएका सुवासले आफ्ना धेरै चित्रमा मान्छेको अनुहार राखेका छैनन्। बरू अनुहारको ठाउँमा तामाङ समुदायलाई जनाउने डम्फूजस्तै संकेत राखेका छन्। जस्तो कुनैमा आँप, कुनैमा लोक्ताको फूल त कुनैमा 'इम्बोस्ड' सेता अक्षरहरू।, 'अनुहार भनेको कसैको पहिचान हो तर तामाङहरूको पहिचान लामो समयदेखि दबाबमा बनेको हो। हामीले आफ्नो पहिचान कहिल्यै आफ्नो खुसीले बनाउन पाएनौं। अरूले लादेको पहिचान भएकाले मैले अनुहारको साटो आफ्नो पहिचान बोकेका सांकेतिक चिह्नहरू राखेको हुँ,' उनले भने।, आफ्नो समुदाय जनाउने चिह्नहरू प्रयोग गर्ने क्रममा सुवासले कोकोमेन्दो (टोटला) फूल धेरै प्रयोग गरेका छन्। त्यही फूललाई जोडेर कतै लामो पर्दाजस्तो बनाएका छन् त कतै त्यसैमाथि चित्र कोरेका छन्। , कोकोमेन्दोलाई हिमाली क्षेत्रका विभिन्न जातजातिले पूजाको समयमा चढाउने पवित्र फूल मानिन्छ। उनीहरूको प्रत्येक पूजा कार्यमा नभई हुँदैन। पछिल्लो समय तामाङहरूले आफ्नो पहिचानका रूपमा पनि प्रयोग गर्दै आएको यो फूललाई सुवासले 'इन्स्टलेसन आर्ट' का रूपमा प्रदर्शनीमा ढालेका छन्।, 'कोकोमेन्दोलाई तामाङहरूले उपचार निम्ति पनि प्रयोग गर्छन्। लामो समयदेखिको उत्पीडन इतिहासलाई यो फूलमार्फत् केही कम गर्न सकिन्छ कि भनेर कलामा प्रयोग गरेको हुँ,' सुवासले भने।, त्यही कोकोमेन्दो फूल जोडेर बनाइएको एउटा लामो क्यानभासको पुच्छरमा सुवासले गोले काइँला अर्थात् तुलाराम तामाङको चित्र 'उड–कट प्रिन्ट' मार्फत् बनाएका छन्। , २००७ सालमा प्रजातन्त्रका लागि आन्दोलन हुँदा विराटनगरमा उनलाई गोली हानेर मारिएको थियो। मारेपछि उनलाई पूरै विराटनगर बजार डुलाइयो। राणाको विपक्षमा बोल्यो भने यसरी मारिदिन्छौं भनेर सांकेतिक रूपमा उनलाई घुमाइएको थियो। राज्यलाई देखाउन फोटो पनि खिचेर पठाइएको थियो।, देशमा प्रजातन्त्र आयो, राणाहरू गए। तर तुलाराम तामाङजस्ता सहिद गुमनाम भए। उनकैजस्ता अनेकन नलेखिएका इतिहास तामाङ समुदायमा धेरै भएको सुवास बताउँछन्।, सुवासले आफ्नै कान्छा बुवाको चित्र पनि बनाएका छन्। उनका कान्छा बुवा तान्त्रिक विद्या जानेका 'असिने लामा' थिए। उनी तान्त्रिक विधिले बालीनालीको समयमा असिनालाई अरू नै ठाउँमा सार्न सक्थे। त्यस्ता असिने लामाहरूलाई जंगबहादुर राणाले असिना तर्काएबापत् बाली राम्रो भए इनाम दिने र नराम्रो भए बाली लिने भनेर कागज लेखेका थिए।, सुवासका कान्छा बुवा गुम्बाहरूमा भगवानका मुरल पनि बनाउँथे। यसको नक्कल पनि त्यस चित्रमा छ।, लोकसेवा आयोगको किताबको विषयलाई ढुंगामा खोपेर बनाएका उनले त्यो सीप आफ्नो बुवासँग सानैमा सिकेका हुन्। बुवा ढुंगामा बौद्ध मन्त्र र चिह्न कुँद्थे। सुवासले पछि फाइन आर्ट पढेपछि कलाका विस्तृत आयामबारे जान्न पाए। स्नातकोत्तर पढिसक्दा उनलाई आफ्नो समुदायमा काम गर्ने हुटहुटी जाग्यो। , पहाड घर भोजपुर भए पनि उनी जन्मेको मोरङमा हो। पछि पढाइ सिलसिलामा काठमाडौं आए। तराईमा हुर्किँदा अरूको समुदायबारे उनले धेरै सुने/पढे तर आफ्नो समुदायबारे केही भेटनन्। आफ्नो समुदायबारे जान्ने जिज्ञासाका साथै एक किसिमको दिमागमा दबाबजस्तो पनि भयो उनलाई।, 'म आफ्नै समुदायमा हुर्किएको भए मलाई सबै कुरा सामान्य लाग्न सक्थ्यो। तर अर्कै समुदायमा हुर्किएकाले आफ्नो समुदायबारे अझ बढी जान्ने चासो भयो,' उनले भने।, सुवासले आफ्नो घर–परिवारमै त्यस्तो उत्पीडनको कथा त सुनेका छैनन्। तर कहिलेकाहीँ उनको दिमागमा सोच आउँछ, 'मेरो हजुरबुवा, हजुरआमा अनि बुवाहरूले किन पढ्नुभएन होला?', दुई वर्षदेखि काम सुरू गरेको 'काइतेन' प्रदर्शनीका लागि तामाङ समुदायबारे अध्ययन–अनुसन्धान गर्न सुवासले विभिन्न अभियन्ता र मानवशास्त्रीलाई भेटे। नुवाकोट गएर जान्नेहरूसँग कथा सुने। किताबहरू पढे।, आफ्नो समुदायको कथा एउटा प्रदर्शनीमा सबै अटाउन नसकेको बताउने सुवास आफ्नो समुदायकै अर्को कुनै वा अरू समुदायबारे अध्ययन गरेर भविष्यमा काम गर्न चाहन्छन्। , यस प्रर्दशनी गर्नुको कारण बताउँदै सुवास भन्छन्, 'जसरी इतिहास लेखियो, त्यसलाई पुनः भ्रमण गर्नुपर्छ होला। इतिहास कसरी लेखिन्छ र ती कस्ता देखिएका छन् भन्ने पनि बुझ्नुपर्छ। तामाङहरू कतिसम्मको पीडामा गुज्रिनुपरेको थियो भन्ने त अझै मूलधारमा आएकै छैन।', सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, एउटा किताबमा लेखिएका कुराले बिझाएपछि सुवासले थालेको 'काइतेन'
सेतोपाटी संवाददाता सरकारले चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ।, नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ। , निगमको वाइडबडी-३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो। सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो।  , स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिए। जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो। , अहिलेलाई चीनबाट ४४ लाख डोज खोप आएको र थप खोप पनि ल्याउन कुराकानी भइरहेको छ। , चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शुक्रबार १२ हजार ३८५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट ८ हजार ६ सय ६५ जना र एन्टिजेनबाट ३७२० जनाको परीक्षण भएको छ।, त्यस्तै, एक हजार ३५१ संक्रमित निको भएका छन्। , संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १२ जनाको मृत्यु भएको छ। , यस्तै हाल २५ हजार ४९७ सक्रिय संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा थप ३९७ कोरोना संक्रमित थपिएका छन्। , काठमाडौंका २७४ , ललितपुरका ७० र भक्तपुरमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। ,  , थपिए एक हजार ५५८ संक्रमित, १० को मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ३९७ कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंका २७४ , ललितपुरका ७० र भक्तपुरमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, यस्तै काठमाडौं उपत्यकामा ६४४४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३५५२, भक्तपुरमा १०६८ र ललितपुरमा १८२४ सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, १२ हजार ३८५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट ८ हजार ६ सय ६५ जना र एन्टिजेनबाट ३७२० जनाको परीक्षण भएको छ।, त्यस्तै, एक हजार ३५१ संक्रमित निको भएका छन्। , संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १२ जनाको मृत्यु भएको छ। ,  , काठमाडौं उपत्यकामा थपिए ३९७ संक्रमित
सेतोपाटी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।, पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित चोकमा आज पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु७२प ४७९२ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स४प ७९२६ नंको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।, दुर्घटनामा परेर स४प ७९२६ नंको मोटरसाइकल चालक सिरहाको विष्णुपुर गाउँपालिकाको नरहा बस्ने  ३० वर्षीय रुपेश यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।, उनका अनुसार लु७२प ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ बस्ने ४६ वर्षीय मोहम्मद हासिम घाइते भएका छन्।  , घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक सुवेदीले बताए। , शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। ,रासस, दुर्घटनामा एकको मृत्यु, एक घाइते
निजा राजभण्डारी (बाटाजु) बच्चा नबस्ने कारणहरू धेरै छन्। महिला र पुरूष दुवैको कारणले बच्चा नबस्न सक्छ।, एक वर्षदेखि निरन्तर कोशिस गर्दा, महिलाको उमेर ३५ वर्षभन्दा माथि छ र ६ महिनादेखि निरन्तर कोशिस गर्दासमेत बच्चा बसेन भने उपचार गराउनुपर्छ।, कसको समस्या हो भन्ने थाहा पाउन पुरूषको बिर्य परीक्षण गरिन्छ। कहिलेकाहीँ शुक्राणु संख्या, चाल र आकारमासमेत समस्या हुनसक्छ।, महिलाको हकमा डिम्बको भण्डार, उमेर समूह, अण्डा उत्पादन र पाठेघर परीक्षण हुन्छ। यीमध्ये कुनै समस्या भएमा गर्भ नरहन सक्छ। महिलाको गर्भनली खुला भए/नभएको समेत हेर्नुपर्छ।, सबैभन्दा पहिले महिला या पुरूष कसका कारणले बच्चा नबसेको भन्ने पत्ता लगाउनुपर्छ। यौनसम्पर्कको समय मिलेन भने पनि बच्चा नबसेको हुनसक्छ।, कतिपय अवस्थामा महिलाको अण्डा नै नबन्नेजस्ता जटिल कारण समेत हुन्छन्। त्यस्तो बेला अण्डा बनाउने औषधि दिएर समेत उपचार गरिन्छ।, श्रीमानमा कुनै समस्या छ भने त्यहीअनुसारको प्रविधिको प्रयोग गरेर उपचार गर्न सकिन्छ।, बच्चा नबसेको समस्यामा आइभिएफ प्रविधि समेत प्रयोग गर्न सकिन्छ। दाताबाट महिलाको अण्डा लिएर अथवा पुरूषको बिर्य दान गरेर उपचार गर्न सकिन्छ। दाताबाट अण्डा र बिर्य दुवै लिएर समेत गर्भ राख्न सकिन्छ।, उमेर धेरै हुनु पनि बच्चा नबस्ने एउटा कारण हो। अहिले मानिसहरू आफ्नो करियरको चिन्ताले ढिलो उमेरमा बच्चा जन्माउँछन्। एउटा निश्चित उमेर कटेपछि पुरूष र महिला दुवैको बच्चा जन्माउने क्षमतामा ह्रास आउँछ।, ३० वर्ष कटेपछि महिलामा अण्डाको गुणस्तर र भण्डारणमा कमी भएको हुन्छ। कतिपय दम्पत्तिको हकमा बिहे चाँडै भएको भए पनि पुरूषहरू लगत्तै विदेश गएका हुन्छन्। विदेशबाट आउँदा समय मिल्दैन। छुट्टिको समय छोटो हुन्छ। त्यस्तो अवस्थामा गर्भ रहने समय नमिल्न सक्छ। उमेर बढ्दै जान्छ अनि प्रजनन क्षमता ह्रास हुँदै जान्छ।, त्यस्तै विदेशमा काम गर्ने युवाको काम गर्ने वातावरणको कारणले समेत शुक्राणुमा समस्या आउँछ। जसले पुरूषहरूको प्रजनन क्षमता कम हुँदै जान्छ। कतिपय अवस्थामा आफ्नो बारेमा चासो नलिएर पनि यो समस्या हुन्छ। चिकित्सकलाई समयमै नदेखाउँदा पनि समस्या बढ्दै गएको देखिन्छ।, एन्डोमेट्रियोसिस भन्ने समस्याका कारण पनि बच्चा नबस्न सक्छ। यो समस्या महिलाले मात्रै बुझेका हुन्छन्। यसमा पाठेघरको भित्रको लाइनिङ गर्भनलीको माध्यमबाट गएर डिम्बमा बस्छ। कहिलेकाहीँ पाठेघर र आन्द्राको बीचको भागमा पनि गएर बस्दिन्छ। कहिलेकाहीँ पिसाब थैलीमा पनि गएर बसिदिन्छ। कहिलेकाहीँ आन्द्रामा पनि यो टिस्यू भएर बसिदिन्छ। महिनावारी भएको समयमा त्यो टिस्यू बगेर जान पाउँदैन। त्यो रगतको पोका जस्तो भएर अण्डासयमा गएर बस्छ। यसले गर्दा बच्चा नबस्ने समस्या हुन्छ।, बच्चा नबस्ने र यसको उपचार लगायतका विषयमा केन्द्रित रहेर हामीले बात्सल्य नेचुरल आइभिएफमा कार्यरत आइभिएफ विशेषज्ञ निजा राजभण्डारी (बाटाजु) सँग भिडिओ कुराकानी गरेका छौं।, उमेर बढेसँगै प्रजनन् क्षमता कम हुन्छ (भिडिओ)
सेतोपाटी संवाददाता बझाङमा ८५ वर्षीया बज्यैको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय बझाङले २३ वर्षीय नातिलाई पक्राउ गरेको प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए। प्रहरीले दुर्गाथली गाउँपालिका वडा नम्बर ५ बस्ने ८५ वर्षीय रिखिदेवी जप्रेलको हत्या गरेको आरोपमा नाति सुवासलाई बिहीबार पक्राउ गरेको हो। , रिखिदेवी गत भदौ २७ गते आइतबारदेखि बेपत्ता भएकी थिइन्। , केही दिनसम्म पनि फेला नपरेपछि रिखिदेवीका छोरा तथा वडा नम्बर ५का वडाध्यक्ष रामबहादुर जिप्रेलले टेलिफोनमार्फत् गत बुधबार प्रहरीलाई खबर गरेका थिए। उनी बस्ने घरबाट एक सय मिटरको दूरीमा रहेको अर्को घरमा आमा रिखिदेवी र उनका छोरा सुवास सँगै बस्थे। , आफन्तहरूको घरमा खोज्दा पनि नभेटिएपछि घरमा हेर्दा तेस्रो तलामा वडाध्यक्ष रामबहादुरले रगतका छिटा देखेका थिए भने बाहिर गरामा खनेको जस्तो देखेका थिए। , सो कुरा बताएपछि सोही दिन इलाका प्रहरी कार्यालय दुर्गाथली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली खटिएको थियो। , सो टोलीले घटनास्थल सुरक्षित राखेर बिहीबार बिहानदेखि अनुसन्धान अघि बढाएको थियो। घटनास्थल हेर्दा तेस्रो तलामा हत्या गरी शवलाई तानेर गरामा पुरेको जस्तो देखिएको प्रहरी निरीक्षक कार्कीले बताए। , साथै प्रहरी नजिकै रहेको शौचालयमा पुरूषको कपडा फेला पारेको थियो। जसमा रगत र माटो लागेको थियो। सो कपडा कसको हो भनी बुझ्दा सुवासको भएको खुलेको हो। , त्यसपछि उनको खोजी गरी प्रहरीले वडा नम्बर ७ को लौवादेव डाँडामा भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरी निरीक्षक कार्कीले बताए। , सोधपुछ गर्दा सुवासले २७ गते आइतबार बिहान धारिलो हतियार प्रयोग गरी हत्या गरेको बयान दिएको उनले बताए। , हत्यापछि उनले मृतकले कान र नाकमा लगाएको तीन वटा सुनका मुन्द्रा लगेर बेचेका थिए। साथै बिक्री गरी साँझ ६-७ बजे घर फर्केर शवको व्यवस्थापन गर्न लागेका थिए।  , जिल्ला प्रमुख प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार अहिलेसम्म उनले त्यसैको लागि हत्या गरेको देखिन्छ। तर थप अनुसन्धानपछि मात्रै खास कारण खुल्ने उनले बताए। , उनले शवलाई घरबाट तानेर बाहिर लगेर खाल्डोमा पुरेको प्रारम्भीक सोधपुछमा बताएका छन्।, 'अहिलेसम्म अरू कारण खुलेको छैन। अनुसन्धानबाट अरू थप खुल्दै जाला,' खड्काले भने,'बुवाले प्रहरीलाई खबर गर्दासम्म उ पनि घटनास्थलमै भएको खुलेको छ। तर पछि प्रहरी घटनास्थलमा पुग्दा भागेको भन्ने छ।', उनीविरूद्ध काका देवराज जप्रेलले जाहेरी दिएका छन्। बिहीबार जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान अघि बढाएको छ।, बझाङमा ८५ वर्षीया बज्यैको हत्या आरोपमा नाति पक्राउ
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। , निर्वाचन प्रतिनिधिमा गोलमाल भएको भन्दै असन्तुष्ट समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि हाल निर्वाचन प्रक्रिया बन्द गर्न मन्त्रालयबाट निर्देशन भएसँगै अब निर्वाचन के होला भन्नेबारे एनआरएनए वृत्तमा चासो उत्पन्न भइरहेको बेला समितिले शुक्रबार विज्ञप्तिमार्फत महाधिवेशनमा कुनै बदमासी हुन नदिने बताएको हो।, २०२१ अक्टोबरमा हुने निर्वाचनलाई विवादरहित बनाउन अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा जुटेकोसमेत विज्ञप्तिमा स्पष्ट पारेको छ ।, पौडेल नेतृत्वको एनआरएनएको निर्वाचन समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान) रहेका छन् ।  यस्तै सदस्यहरूमा रामप्रताप थापा (जर्मनी), चिरञ्जिवी ढकाल (यूके), डा.विष्णुमाया परियार (अमेरिका), डा.देवकाजी डंगोल (कतार), डा.गणेश गुरुङ (नेपाल) रहेका छन् ।, जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको जानकारी दिएको छ। , ‘निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्नासाथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने छ र अन्य आवश्यक काम अघि बढाउने छ’, समितिको विज्ञप्तिमा भनिएको छ ।  , निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको भन्दै एनआरएनले हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको बताएको छ। , गैरआवासीय नेपाली सङ्घको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) हुँदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी व्यवस्था गरिएको छ ।, त्यसका लागि नेपालीको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनोट भैसकेको छ । प्राविधिकलगायत अन्य विविध पूर्व तयारी भइसकेको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरू (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनुपर्ने व्यवस्था गरिएको छ। , निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट बञ्चित हुने अवस्था आउन सक्छ । यसतर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समितिले अनुरोध गरेको छ ।, ‘प्राविधिक लगायत अन्य विविध पूर्व तयारी भइसकेको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरुले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो अनिवार्य पठाउनुपर्ने हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘सबै मतदाताहरूलाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको छ ।’, गैरआवासीय नेपालीको अवस्था प्रष्ट देखिनका लागि भिसासहित ‘आइडि कार्ड’ पनि आवश्यक भएकाले यदि सदस्यता लिइसकेपछि पछाडि नवीकरण गरिएका भिसा तथा आइडि कार्ड उपलब्ध गराउनसमेत आग्रह गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूले आफ्नो मताधिकारलाई सुरक्षित राख्न तोकिएका मापदण्डको पालना गर्दै आवश्यक सूचनाहरूका लागि निर्वाचन समिति, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवालयमा सम्पर्क गर्न भनिएको छ।, हेर्नुहोस् विज्ञप्ति, एनआरएनए निर्वाचन समितिको प्रेस विज्ञप्ति , गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१ अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन सम्पन्न गर्नका संघले अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा गत जुलाई देखि नै जुटिरहेको छ । जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरुलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको छ । निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ । हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको छ ।  , गैरआवासीय नेपाली संघको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) हुंदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरुको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनौट भैसकेको छ । प्राविधिक लगायत अन्य विविध पूर्व तयारी भइसकेको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरु (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नु पर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनु पर्ने हुन्छ । सबै मतदाताहरुलाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको छ । अहिले सोही अनुसार फोटो संकलनको काम जारी छ । निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट बन्चित हुने अवस्था आउन सक्छ । यस तर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समिति अनुरोध गर्दछ । , गैरआवासीय नेपालीको अवस्था प्रष्ट देखिनका लागि भिसा सहितको आइडि कार्ड पनि आवश्यक भएको हुनाले यदि सदस्यता बनि सकेपछि पछाडि नविकरण गरिएका भिसा तथा आइडि कार्ड भए ,membership@nrna.org, मा पठाइ दिन हुन समेत सुचित गरिन्छ । आसन्न निर्वाचन सम्पन्न गर्नका लागि यसअघि नै ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान) रहनुभएको छ । निर्वाचन समितिका सदस्यहरुमा रामप्रताप थापा (जर्मनी), चिरञ्जिीवि ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका), डा. देवकाजी डंगोल (कतार), डा. गणेश गुरुङ्ग (नेपाल) हुनुहुन्छ । , निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि समितिले आइटी विज्ञहरु सहितको उप समिति बनाएर आवश्यक सरसल्लाह लिंदै आफ्नो तयारी र काम अगाडि बढाइराखेको छ । निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्न  साथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने छ र अन्य आवश्यक काम अघि बढाउने छ । निर्वाचनका बाँकी आवश्यक प्रकृयाका लागि समयको अभाव नभएकाले निर्वाचन समिति तोकिएको समयमा निर्वाचन गराउन प्रतिबध्द रहेको विश्वास दिलाउँदछ । महाधिवेशन प्रतिनिधिहरुले आफ्नो मताधिकारलाई सुरक्षित राख्न तोकिएका मापदण्डहरुको पालना गर्दै आवश्यक सूचनाहरुका लागि निर्वाचन समिति, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवालय र आफ्नो देशको राष्ट्रिय समन्वय परिषदको इमेल र सूचनाहरु हेर्दै आवश्यक सहयोग गरिदिनुहुने विश्वास निर्वाचन समितिको छ ।  , निर्वाचन समिति,  , गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद  , १७ सेप्टेम्बर २०२१ , एनआरएन निर्वाचन २० अक्टोबरमै, विवाद टुंगिनासाथ निर्वाचन कार्यतालिका आउने
सेतोपाटी संवाददाता नेपाली सेनाले फास्ट ट्रयाकअन्तर्गत निजगढदेखि राजदमारसम्म ठेक्का लाग्न बाँकी सडकको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ।, यो सडक खण्डमा ठेक्का लाग्न बाँकी ८ किमीको लागि सेनाले बोलपत्र आह्वान गरेको हो। निजगढदेखि राजदमारसम्मकाे दूरी २२ दशमलव ५ किमी छ।, यसअघि दुई प्याकेजमा ठेक्का लागिसकेको छ। बाँकी सडकका लागि समेत बोलपत्र आह्वान गरिएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले सेतोपाटीलाई बताए।, ६ दशमलव ४ किमि सुरुङको काम यसअघिनै सुरु भइसकेको छ। लेनडाडाँदेखि खोकनासम्मको भौगोलिक अवस्थाको अध्ययन भइरहेको सैनिक प्रवक्ता पौडेलले बताए।, पुस र बैशाखमा गरी यो खण्डको ठेक्का लगाइसक्ने सेनाको तयारी छ। सेनाले यो खण्डलाई ६ प्याकेजमा ठेक्का लगाउने योजना बनाएको छ।, ढिलोमा पनि यो आर्थकि वर्षभित्र ठेक्काको सबै काम भइसक्ने सैनिक प्रवक्ता पौडेलको दावी छ। खोकना क्षेत्रमा भने स्थानीयसँग सहमति हुन नसक्दा काम हुन सकेको छैन।, निजगढदेखि राजदमारसम्मको बाँकी सडक बनाउन बोलपत्र आह्वान
सेतोपाटी संवाददाता काठमाडौंको सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया पुन्ही अर्थात् इन्द्रजात्रा शनिबारबाट सुरू हुँदैछ। हनुमानढोका दरबारअगाडि शनिबार यसिः (लिंगो) उठाएपछि यो जात्रा औपचारिक रूपमा सुरू हुनेछ।, कोरोना जोखिमबीच उत्सव हुन लागेकाले जतिसक्दो भीड कम गर्ने र सुरक्षा सावधानी अपनाएर जात्रा सञ्चालन गर्ने निर्णय भएको इन्द्रजात्रा व्यवस्थापन समितिअन्तर्गतको उपसमितिका संयोजक गणपतिलाल श्रेष्ठले बताए।, ‘अघिल्लो वर्ष जात्रा गर्नुपर्छ र गर्नुहुन्न भन्नेमा समितिका मान्छेहरू बीचमै विभाजन भएको थियो। यसपटक हामीले सुरक्षा सावधानी अपनाएर जात्रा सञ्चालन गर्ने भएका छौं,’ उनले भने, ‘आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिनु पनि हाम्रो जिम्मेवारी हो।’, जात्रा सञ्चालनपूर्व व्यवस्थापन समितिले यसमा आबद्ध गुठी, खलः र स्थानीय बुद्धिजीविहरूसँग छलफल गरेको थियो।सबैको सल्लाहअनुसार धेरै भीड नगर्न जात्राकै टोली सकभर घटाउने निर्णय गरिएको श्रेष्ठले बताए।, 'जात्रामा बाजातर्फका मान्छे सबभन्दा धेरै हुन्छन्। माथिल्लो, बीचको र तल्लो टोलका गरी २९ वटा बाजा खलः एकैपटक सहभागी हुन्थे। यसपटक आ–आफ्नो टोलमा आफैंले बाजा बजाउने सहमति भएको छ,' उनले भने।, एकपटकमा ५०–६० जना मान्छे बाजा बजाउन आउनेमा यसपटक धिमे बजाउने दुई जना र भुस्या बजाउने एक जनालाई मात्र संलग्न गराउन आग्रह गरिएको छ।, अघिल्ला इन्द्रजात्रामा प्रायः रथयात्रा ढिला निकालिन्थ्यो। यसपटक दिउँसो ३ बजेतिर तानेर बेलुकी साढे ६ बजेसम्म फर्काइनेछ। रथयात्रा क्रममा भीड कम होस् भनेर कुमारी, गणेश र भैरवको रथ १५–१५ मिनेटको फरकमा गुडाइनेछ। ती रथमा सम्बन्धित मान्छेबाहेक अरूलाई नबस्न आग्रह गरिएको छ।, रथ तान्ने क्रममा विभिन्न ठाउँमा ठोक्किएर समस्या नहोस् भनेर रथलाई राम्ररी निरीक्षण र मर्मत गरिएको छ। साँझ बेला भगवान राम्ररी देखियोस् भनेर रथमा बत्ती पनि जडान गरिएको छ।, जात्रा बेला लाखे आजु, पुलुकिसी र सवाभकूले विधिवत रूपमा सहभागी हुन पाउँछन्। यसपटक भने उनीहरू अन्त पूजा लिन जाने छैनन्। बरू सम्बन्धित गुठी घरमै त्यसको व्यवस्था मिलाइएको छ।, जात्रासँग सम्बन्धित गुठीका करिब तीन सय जनालाई कोरोना खोप पनि लगाइएको छ। जसले खोप लगाएका छैनन् उनीहरूलाई सहभागी नहुन आग्रह गरिएको श्रेष्ठले बताए। त्यस्तै, १८ वर्षभन्दा कम र पाका उमेरका मान्छेलाई पनि जात्रामा सहभागी नहुन आग्रह गरिएको छ। यसका लागि केही दिनअघि ७ हजार पर्चा बाँडिएका थिए।, जात्राका रूटमा भीड नियन्त्रण गर्न सवारी निषेध गरिएको छ। सवारी चालकले न्यूरोड, विष्णुमती क्षेत्र, परोपकार केन्द्र र रथ नगुड्ने रूटमा मात्र आफ्नो सवारी राख्न वा चलाउन सक्नेछन्।, कोरोना जोखिमलाई मध्यनजर गदै मास्क अनिवार्य गरिएको छ। छ जना स्वयंसेवक टोलीले २० लिटरको स्यानिटाइजर बोक्नेछ। जात्रा हुने ठाउँमा पटकपटक स्यानिटाइज गरिनेछ। मान्छेलाई हातहातमा पनि लगाउन दिइनेछ। रथ तान्नेहरूलाई पन्जाको पनि व्यवस्था गरिएको छ।, जात्रा नियन्त्रणका लागि प्रहरी, स्काउट र रेडक्रसका स्वयंसेवीहरू खटाइने छन्। कोरोना महामारीका कारण मानव साङ्लोको साटो डोरीले घेरा बनाउनेछ। रथ यात्रा हुने ठाउँमा पहिले नै भीड नियन्त्रण गरिनेछ।, ‘जात्रामा भीड त हुन्छ नै, त्यसैले यहाँ आउनेहरू सबैलाई आफैं सचेत र संवेदनशील हुन हामी आग्रह गर्छौं,’ श्रेष्ठले भने, ‘तँछाडमछाड गर्दै सबै जना आउनुपर्छ भन्ने छैन। स्थानीयहरूले आफ्नै घरमा बसेर हेर्न सक्छन्। अरूले पनि अहिलेको अवस्था विचार गरेर सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट जात्रा हेर्न सक्छन्।’, यसरी मनाइँदैछ इन्द्रजात्रा- रथयात्राको रूटमा सवारी निषेध, जात्राको टोली पनि घटाइने
सेतोपाटी संवाददाता भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभावले नेपालका अधिकां स्थानमा सामान्यदेखि पूर्ण बदलीसहित वर्षा भइरहेको छ। , मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेकाले हाल  देशभर सामान्यदेखि पूर्ण बदली सहित बागमती प्रदेशका धेरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आज देशको  केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, भने राति प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, आज नेपालका अधिकांश स्थानमा वर्षा हुने
सेतोपाटी संवाददाता वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान असोज २ गते शनिबार बिहान ६ः५१ बजेको साइतमा गर्ने तयारी भएको छ।, इन्द्रध्वजोत्थानको सबै तयारी पूरा भएको छ। इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ। असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। असोज ८ गते नानिचा यात्रा गरिनेछ। त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ। यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ।, कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो। यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको गुठी संस्थान काठमाडौँ कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए।, जात्राको तयारीस्वरूप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत सम्पन्न गरिएको छ। तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा आउने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ। , भदौ २३ गते बुधबार बिहान १०ः५२ मा वनयात्रा गरी इन्द्रजात्राका कार्यक्रमको सुरुआत भएको थियो। त्यसै दिन बेलुकी बेलुकी ७ः२७ मा लिङ्गोका लागि रुख काटिएको थियो। लिङ्गोका लागि रुख काट्नेलगायत सबै साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। भदौ २९ गते बिहान १०ः३४ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको थियो।, इन्द्रजात्रा सुरु भएका विषयमा विभिन्न किम्बदन्ती प्रचलित छ। एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई बाली लगाइएकाले अब बिदा लिनुस् भनी वर्षा अन्त्यको कामना गर्न यो जात्रासँगै विभिन्न देवीदेवताको नाच देखाइने विश्वास गरिने हनुमानढाकोका मूल पुरोहित देवराज अर्यालले बताए।,  , यसरी मनाइँदैछ इन्द्रजात्रा- रथयात्राको रूटमा सवारी निषेध, जात्राको टोली पनि घटाइने, काठमाडौंको सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया पुन्ही अर्थात् इन्द्रजात्रा शनिबारबाट सुरू हुँदैछ। हनुमानढोका दरबारअगाडि शनिबार यसिः (लिंगो) उठाएपछि यो जात्रा औपचारिक रूपमा सुरू हुनेछ।, कोरोना जोखिमबीच उत्सव हुन लागेकाले जतिसक्दो भीड कम गर्ने र सुरक्षा सावधानी अपनाएर जात्रा सञ्चालन गर्ने निर्णय भएको इन्द्रजात्रा व्यवस्थापन समितिअन्तर्गतको उपसमितिका संयोजक गणपतिलाल श्रेष्ठले बताए।, ‘अघिल्लो वर्ष जात्रा गर्नुपर्छ र गर्नुहुन्न भन्नेमा समितिका मान्छेहरू बीचमै विभाजन भएको थियो। यसपटक हामीले सुरक्षा सावधानी अपनाएर जात्रा सञ्चालन गर्ने भएका छौं,’ उनले भने, ‘आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिनु पनि हाम्रो जिम्मेवारी हो।’, जात्रा सञ्चालनपूर्व व्यवस्थापन समितिले यसमा आबद्ध गुठी, खलः र स्थानीय बुद्धिजीविहरूसँग छलफल गरेको थियो।सबैको सल्लाहअनुसार धेरै भीड नगर्न जात्राकै टोली सकभर घटाउने निर्णय गरिएको श्रेष्ठले बताए।,  , 'जात्रामा बाजातर्फका मान्छे सबभन्दा धेरै हुन्छन्। माथिल्लो, बीचको र तल्लो टोलका गरी २९ वटा बाजा खलः एकैपटक सहभागी हुन्थे। यसपटक आ–आफ्नो टोलमा आफैंले बाजा बजाउने सहमति भएको छ,' उनले भने।, एकपटकमा ५०–६० जना मान्छे बाजा बजाउन आउनेमा यसपटक धिमे बजाउने दुई जना र भुस्या बजाउने एक जनालाई मात्र संलग्न गराउन आग्रह गरिएको छ।, अघिल्ला इन्द्रजात्रामा प्रायः रथयात्रा ढिला निकालिन्थ्यो। यसपटक दिउँसो ३ बजेतिर तानेर बेलुकी साढे ६ बजेसम्म फर्काइनेछ। रथयात्रा क्रममा भीड कम होस् भनेर कुमारी, गणेश र भैरवको रथ १५–१५ मिनेटको फरकमा गुडाइनेछ। ती रथमा सम्बन्धित मान्छेबाहेक अरूलाई नबस्न आग्रह गरिएको छ।, रथ तान्ने क्रममा विभिन्न ठाउँमा ठोक्किएर समस्या नहोस् भनेर रथलाई राम्ररी निरीक्षण र मर्मत गरिएको छ। साँझ बेला भगवान राम्ररी देखियोस् भनेर रथमा बत्ती पनि जडान गरिएको छ।, जात्रा बेला लाखे आजु, पुलुकिसी र सवाभकूले विधिवत रूपमा सहभागी हुन पाउँछन्। यसपटक भने उनीहरू अन्त पूजा लिन जाने छैनन्। बरू सम्बन्धित गुठी घरमै त्यसको व्यवस्था मिलाइएको छ।, जात्रासँग सम्बन्धित गुठीका करिब तीन सय जनालाई कोरोना खोप पनि लगाइएको छ। जसले खोप लगाएका छैनन् उनीहरूलाई सहभागी नहुन आग्रह गरिएको श्रेष्ठले बताए। त्यस्तै, १८ वर्षभन्दा कम र पाका उमेरका मान्छेलाई पनि जात्रामा सहभागी नहुन आग्रह गरिएको छ। यसका लागि केही दिनअघि ७ हजार पर्चा बाँडिएका थिए।, जात्राका रूटमा भीड नियन्त्रण गर्न सवारी निषेध गरिएको छ। सवारी चालकले न्यूरोड, विष्णुमती क्षेत्र, परोपकार केन्द्र र रथ नगुड्ने रूटमा मात्र आफ्नो सवारी राख्न वा चलाउन सक्नेछन्।, कोरोना जोखिमलाई मध्यनजर गदै मास्क अनिवार्य गरिएको छ। छ जना स्वयंसेवक टोलीले २० लिटरको स्यानिटाइजर बोक्नेछ। जात्रा हुने ठाउँमा पटकपटक स्यानिटाइज गरिनेछ। मान्छेलाई हातहातमा पनि लगाउन दिइनेछ। रथ तान्नेहरूलाई पन्जाको पनि व्यवस्था गरिएको छ।, जात्रा नियन्त्रणका लागि प्रहरी, स्काउट र रेडक्रसका स्वयंसेवीहरू खटाइने छन्। कोरोना महामारीका कारण मानव साङ्लोको साटो डोरीले घेरा बनाउनेछ। रथ यात्रा हुने ठाउँमा पहिले नै भीड नियन्त्रण गरिनेछ।, ‘जात्रामा भीड त हुन्छ नै, त्यसैले यहाँ आउनेहरू सबैलाई आफैं सचेत र संवेदनशील हुन हामी आग्रह गर्छौं,’ श्रेष्ठले भने, ‘तँछाडमछाड गर्दै सबै जना आउनुपर्छ भन्ने छैन। स्थानीयहरूले आफ्नै घरमा बसेर हेर्न सक्छन्। अरूले पनि अहिलेको अवस्था विचार गरेर सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट जात्रा हेर्न सक्छन्।’,  , प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८, २२:११:००, इन्द्रजात्राको लिङ्गो आज बिहान ठड्याइँदै, यसरी मनाइँदैछ जात्रा
रासस न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।, नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्र्र्र्र्रभावसँगै मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागमा मौसमविद् मिनकुमार आर्यालले बताए।, ‘आज लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ’, उनले भने।, हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको औँल्याइएको छ।, दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको बताइएको छ।, राति देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव चार डिग्री सेल्सियस रहेको छ।, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव छ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३३ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।, अझै दुई दिन पानी पर्ने