content
stringlengths
20
64.1k
रासस बैतडीको दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ।, उद्धार गरिनेमा पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशी रहेका छन्।, घाइते जोशीको अवस्था गम्भीर रहेकाले समीट एयरको विमानमार्फत बुधबार अपराह्न थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले बताए।, जोशीको टाउकामा गम्भीर चोट लागेको छ। स्थलमार्गबाट उपचारका लागि लैजान ढिलाइ हुने भएकाले विमान चार्टर गरिएको हो।, राजमार्गअन्तर्गत पाटन–६ बेडौतीमा बुधबार से१ज ६३४ नम्बरको जिप र भे७प ४३४५ मोटरसाइकल एकापसमा ठोक्किदा तीन जना घाइते भएका थिए।, मोटरसाइकल चालक उद्धवसहित उनीसँगै सवार पाटन–६ का ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन–१ का २३ वर्षीय ज्ञानेन्द्र भट्टराई घाइते भएका थिए।, सवारी दुर्घटनाका घाइतेलाई विमानबाट उद्धार
नारायण खड्का बाँकेमा राजमार्ग क्षेत्रबाटै झम्टिएर मानिसको ज्यान लिने बाघ नियन्त्रणमा लिने प्रयास अझै सफल भएको छैन। , बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्ती सोनारी गाउँपालिका वडा नं. १ गाभरमा अन्दाजी ५० वर्षीय एक भारतीय नागरिकलाई भदौ २७ गते बेलुका पाटे बाघले राजमार्ग क्षेत्रबाट झम्टिएर ज्यान लिएको थियो। , भदौ २८ गते बिहान राजमार्ग नजिकै ती व्यक्तिका खुट्टा मात्रै फेला परेको थियो। , घटनापछि बाघ नियन्त्रणमा लिन भनेर बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली दुइटा घर पालुवा हात्तीसहित निकुञ्जको गाभर क्षेत्रमा खटिँदै आएको छ। , निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार शाहले बाघ नियन्त्रणमा लिन भनेर मंगलबारदेखि नै प्राविधिकसहितको सुरक्षा टोली गाभर क्षेत्रमा अस्थायी रूपमा पोष्ट खडा गरी बस्दै आएको भए पनि बिहीबार बिहानसम्म सफलता नमिलेको बताए। , उनले मानिसमाथि आक्रमण गरी ज्यान लिने बाघ नियन्त्रणमा लिनको लागि राँगो प्रयोग गरिएको जानकारी दिए।, ‘बुधबार बिहान हाम्रो क्यामेरामा बाघ कैद भएको छ,’ शाहले भने, ‘त्यही भएर हामीले सोही ठाउँमा बेलुका राँगो राख्यौं, तर, रातभर बाघ आएन।’, गाभर क्षेत्रमा निरन्तर बाघ देखिँदा स्थानीयबासी त्रसित भएको हुँदा सकभर आफूहरू बाघ नियन्त्रणमा लिन प्रयासरत रहेको शाहले बताए।, पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको उत्तर दक्षिण दुबैतर्फ जंगल रहेको छ। , गाभर क्षेत्रमा उत्तरतर्फको जंगलमात्रै राष्ट्रिय निकुञ्ज भए पनि दक्षिण क्षेत्रमा करिब ५ सय मिटरको दूरीमा राप्ती नदी रहेको हुँदा सोही बाटो वन्यजन्तु परापूर्वक कालदेखि ओहोरदोहोर गर्ने गरेको शाहले बताए। , भविष्यमा पनि पानी खान आउजाउका लागि बाघ लगायतका वन्यजन्तु राजमार्ग वारपार गरिरहने हुँदा दक्षिण तर्फको अव्यवस्थित बस्ती व्यवस्थापन गर्न आवश्यक रहेको उनले तर्क गरे।, सम्बन्धित समाचार :, बाँकेमा मान्छे खाने बाघको निगरानी गर्न दुइटा हात्ती खटाइने, फेरि बाघले बाँकेमा मान्छे खायो, बाँकेमा मान्छे खाने बाघ नियन्त्रणमा लिन दुइटा हात्तीसहित प्राविधिक टोली खटिए
सेतोपाटी संवाददाता काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। , बिहीबार बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले जानकारी दिए। , प्रदेश नम्बर ३ -०१-०२३-च-३५१३ नम्बरको जीप सडकबाट ६-७ सय मिटर तल खसेको उनले बताए। घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ। , ओखलढुंगा घर भएका अन्दाजी ३४-३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ। अर्का एक जनाको भने पहिचान नखुलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। , घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन्। उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ। , उनको उपचारको लागि तामाकोशी अस्पताल लगिएको छ।,  ,  , रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक घाइते
रोहित महतो महोत्तरीको भंगहा नगरपालिका-३ की ६० वर्षीया मुनेसरीदेवी सदाको फुसको घर थियो।, पुस्तौंदेखि फुसको घरमा बस्दै आएकी उनले  पक्की घरको सपना कहिल्यै देखिनन्। उनलाई चार वर्षअघि सरकारले पक्की घरको सपना देखायो।, सरकारले धनुषा, महोत्तरी र सर्लाहीका अति विपन्न मुसहर, डोम, हल्खोर जातिका मानिसको पुरानो घर भत्काएर दुई कोठे पक्की घर बनाइदिने योजना ल्याएको थियो। २०७२ सालदेखि अहिलेसम्म चार हजार सात सय २५ शौचालयसहितका घर निर्माणका लागि सम्झौता भएको धनुषास्थित शहरी विकास कार्यालयले जनाएको छ। , सरकारले नै नयाँ घर बनाइदिन्छु भनेपछि मुनेसरीदेवी फुरूङ्ग भएकी थिइन्।, २०७४  मा सरकारले उनको फुसको घर भत्काएर पक्की घरको जग बसालिदियो। घरका पर्खाल पनि उठाइदियो।, त्यसपछि सरकार ‘बेपत्ता’ छ। घर भत्काएपछि बनाउन्जेलसम्मलाई उनीहरू छिमकी शत्रुधन सदाका घरमा बसेका थिए।, घर बनाउन सरकार नआएपछि उनीहरू त्यही आधा-अधुरो घरमै बस्नुपर्ने भयो।, माथिबाट छाना पनि हालेका थिएनन्। बर्खा लाग्यो। यसरी छाना नभएको घरमा बस्दा अन्नपात र लत्ताकपडा भिजे।, त्यति त उनीहरूले सहेकै थिए। दुई वर्षअघिको जाडो भने मुनेसरीदेवी लागि सहिसक्नु भएन।, उनका श्रीमान जुल्माले त खुला आकाशको ओस र जाडो खेप्न सकेनन्। जाडोमा कठ्याङिग्रिएर उनको मृत्यु भयो।, मनेसरीदेवीका छोराबुहारी भने माइतीको घरमा बस्छन्।, मनेसरीदेवीका सम्धीले एक पटक त्रिपाल पठाइदिएका थिए। तर हावाहुरी, वर्षा र घामले धेरै टिकेन। फेरि उनी छिमकीकैमा बस्न थालिन्।, ‘न बस्ने ठाउँ छ। न लत्ताकपडा न खाने कुरा। भोकै देखेर टोलका मान्छेले खान दिन्छन् कहिलेकाहीँ अरूको भाँडाकुँडा पनि माझेर बाँचिरहेकी छु,’ उनले भनिन्।, घरबार नहुँदा तीन वर्षदेखि मुनेसरीदेवीलाई छोरा, बुहारी र नातिनीबाट टाढिनु परेकै छ, हरेक दिन झेल्नुपरेको पीडाले निद्रा नै नपर्ने गरेको उनले सुनाइन्।, ‘फुसकै घर हुँदा हामी सबैजना कम्तीमा एक ठाउँ बस्थ्यौं। चैनले सुत्थ्यौं। त्यही घरमा भएको भए मेरा श्रीमान् पनि जिउँदै हुन्थे होला,' उनका आँखा भरिए।, उनले थपिन्,'सरकारले हामीलाई ठूलाठूला सपना देखाएर बर्बाद गरिदियो। बनाउनु थिएन भने मेरो घर किन उजाडदियो? मलाई चाहिँदैन पक्की घर। तोड्नेले पहिलेजस्तै फुसको बनाइदियोस्।’, मुनेसरीदेवीमात्र होइन यो मुसहर बस्तीमा जनता आवास कार्यक्रमअन्गर्तत १९ वटा पुराना घर भत्काएर दुई कोठे पक्की घरको जग बसालिएको छ। उनकोझैं भित्ता ठड्याइदिएको छ। तर न झ्याल छ, न ढोका न त छानो राखिएको छ।, घर भत्काइएका सबै परिवार अति विपन्न हुन्। मजदुरी गरेर ती गुजारा गर्छन्। केहीले मजदुरी गरेर जम्मा गरेको पैसाले खपडा र जस्ताको छाना राख्न भ्याएका छन् भने कतिपयले कर्जा लिएर छानो राखेका छन्।, साहुबाट कर्जा लिएर सरकारले अलपत्र छोडिदिएको घरमा छानो हाल्नेमध्ये एक हुन राजीया देवी। उनले सयकडा ४ रुपैयाँ दरले १५ हजार ऋण लिएर छानो राखेको बताइन्।, १० जनाको उनको परिवारले दुई वटा कोठामा गुजारा गरिरहेका छन्।, ‘धेरै पटक त्रिपाल फेर्‍यौं। हावाहुरी र वर्षाले नटिकेपछि अन्तमा ऋण लिएर छानो राखें,’ उनले सुनाइन् , ‘छाना नहुँदासम्म वर्षा याममा प्राय: सबै अन्नपात भिजेर कुहिने गर्थ्यो। हामी भिजेर पनि रातमा गुजारा गरिहाल्थ्यौं तर बालबच्चा सधैं रुन्थे, कराउँथे।’, खुला आकाशमा बस्नुपर्दा जाडो याममा असाध्यै पीडा भोग्नु परेको उनले बताइन्।, ‘कहिलेकाहीँ अरूकै घरमा बिताउनुपर्थ्यो। प्राय: घरका सबैजना बिरामी परिरहन्थ्यौं,’ राजीयाले थपिन्।, सरकारले पक्की घर बनाइदिने आश्वासनमा घर उजाडदिएपछि कमोदिया सदाका माइला छोरा रामनाथ बुहारीसहित ससुरालीमै बस्छन्।, ‘त्रिपाल हावाले उडाएर लग्यो। छानो नहुँदा सबैको घरमा पानी पस्छ । दुईवटा कोठामा १० जनाको परिवार बस्न धेरै अप्ठयारो पर्छ,’ उनले थपिन्।, कमोदियाका अनुसार घर नहुँदा टोलका धेरैजसो बालबालिका मामा घर, फुपु घर र विहे भएकाहरू ससुरालीमै बस्ने गरेका छन्।, अर्को मुसहर टोलका २६ वर्षीय देव किशोर सदा घर भत्काइएपछि भाडा तिरेर डेरामा बस्छन्।, ‘घर बन्ने कुनै सुरसार नदेखेपछि भाडामा बसेका हौँ,’ उनले भने।, भंगाहामात्र होइन प्रदेश २ का धनुषा, महोत्तरी र सर्लाहीमा जनता आवास कार्यक्रमले घरबारविहीन बनाएका अरू पनि छन्।, सहरी विकास कार्यालय धनुषाका अनुसार यी तीन जिल्लामा अति विपन्न मुसहर, डोम, हल्खोर जातिका पुरानो घर भत्काएर दुई कोठे पक्की घर  बनाइदिने सम्झौता भएको छ।, २०७२ साल देखि अहिलेसम्म चार हजार सात सय २५ घर र शौचालय निर्माणका लागि सम्झौता भएको उक्त कार्यालयले बतायो।, तीमध्ये ३ हजार १ सय ४ वटा घरमात्र निर्माण भैसकेको छ। १ हजार ६ सय २१ घर बन्न अझै बाँकी छ। शौचालय भने धेरै ठाउँमा बनाइएकै छैन।, आर्थिक वर्ष २०७२/०७३ सालमै पुरानो घर भत्काएर ९ सय ९६ नयाँ बनाउन भएको सम्झौताअनुसार ५ वटा घर बन्न अझै बाँकी छ।, त्यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा सम्झौता भएका पाँच सय २२ मध्ये दुई सय २४, ०७५/०७६ मा सम्झौता भएका नौ सय ६२ मध्ये एक सय ९७, ०७६/०७७मा सम्झौता भएका दुई हजार एक सय ७४ मध्ये एक हजार एक सय २४ र ०७७/०७८ मा ७१ वटा सम्झौता भएकोमा कुनै पनि आवास निर्माण सम्पन्न भएको छैन।, मन्त्रालयले बजेट नदिँदा धेरै योजना समयमा सम्पन्न हुन नसकेको सहरी विकास कार्यालय धनुषाका प्रमुख विनोद यादवले बताए।, निर्माण समितिले योजनाअनुसार काम नगर्दा कतिपय ठाउँमा भुक्तानी रोकिएको र काम अघि बढ्न नसकेको उनको भनाइ छ।, ‘निर्माण समितिले जति पैसा लगे त्यति बराबरको काम गरेनन्। अहिले उनीहरूसित पैसा छैन। हिनामिना गरिसकेका छन्। हामीले ती कामलाई निरन्तरता दिन खोज्दा मन्त्रालयले अख्तियारी दिएको छैन,’ उनले भने।, वैशाख २०७४ मा भंगहा नगरपालिकामा जनता अवास कार्यक्रमअन्तर्गत दुई कोठेघर निर्माणका लागि ४ वटा निर्माण समिति गठन गरिएको थियो।, तीमध्ये सदा भवनमा ८, दुर्गा भवनमा ९, सरस्वती भवनमा १० र भगवती भवन निर्माण समितिमा ८ वटा घर निर्माणका लागि सम्झौता भएको थियो। सम्झौता अनुसार सहरी विकास कार्यालयले एउटा प्रतिघर ३ लाख ३२ हजार ५ सय रुपैयाँ छुट्टयाएको थियो।, घर बनाउने काम सुरू त भयो। तर कुनै पनि समितिले काम फत्ते भने गरेका छैनन्। वर्षदेखि आधा अधुरा घर अलपत्र छन्।, कार्यालयका अनुसार सदा भवन निर्माण समितिअन्तर्गत निर्माणाधीन ८ वटा घरबापत २६ लाख ६० हजार रुपैयाँ छुट्टयाइएको छ। तीमध्ये दुई किस्तामा १४ लाख २२ हजार ५४९ रुपैयाँ भुक्तानी पनि भइसकेको छ।, यता निर्माण समितिका अध्यक्ष जुगल सदाले भने  घर निर्माणका लागि छुट्टयाएको र निकासा गरिएको रकमबारे आफूलाई केही अत्तोपत्तो नभएको बताए।, 'निर्माण समितिका सदस्य अनि मुसहर वस्तीकै कोही व्यक्ति पढालेखा छैनन्। निर्माण साइटमा खटिएका कर्मचारीले नै उपभोक्ता समितिको चेकमा सही गराए, खाताबाट पैसा ल्याएर खर्च गरेका हुन्,' उनले भने।, निर्माण समितिलाई ती कर्मचारीको नाम, ठेगानासमेत थाहा छैन।, ‘हामीले हाकिम भन्थ्यौं। तर को थिए नाम पनि हामीलाई थाहा छैन। पछि सबैले त्यो विचौलिया थिए भन्छन्,’ जुगलले भने, ‘कुर्सी लेभेलको काम सकेर उनी गइसके। हामीलाई काम अघि बढाउन २ लाख रुपैयाँ अझै पाउनुहुन्छ भनेका थिए तर फर्केर आएनन्।’, ती कर्मचारीले भनेअनुसार काम अघि बढाउन आफूले स्थानीय हार्डवेयर पसलबाट उधारोमा छड, सिमेन्टलगायत सामग्री खरिद गरेको उनको भनाइ छ।, ६० हजारको इँटा र ६० हजारको हार्डवेयरको सामान उधारोमा किनेर निर्माण गराएको उनले बताए।, व्यवसायीले तीन वर्षदेखि उधारो उठाउन ताकेतामात्र गरेका छैनन्, प्रहरी चौकीमा उजुरी नै गरिसकेका छन्।, ‘प्रहरीले छिटो उधारो ल्याएको पैसा तिर्न धम्की दिँदैछ। पक्रेर थुन्छ भन्दैछ। तर कहाँबाट पैसा तिर्नु? हामीले पैसा पाएकै छैनौं,’ उनले गुनासो पोखे, ‘अहिले बल्ल थाहा पाएको छु घर बनाउन आएको धेरै पैसा झिकिएछ। यहाँ सबैले मैले नै पैसा खाइसकें भन्दैछन्। मलाई हाकिमले सही गर्न भनेपछि मैले गरें तर पैसा पाएको छैन।’, सरस्वती भवन निर्माण समितिमाबाट पनि कर्मचारीले त्यसैगरी पैसा झिकेर लगेका छन्। सहरी विकास कार्यालयका अनुसार सरस्वती भवन निर्माण समितिका लागि ३३ लाख २५ हजार रुपैयाँ छुट्टयाइएकोमा दुई किस्तामा १७ लाख ३३ हजार ६ सय ९४ रुपैयाँ निकासा भइसकेको छ।, उक्त समितिको नाममा त्यत्रो रकम निकासा भएको सुन्दा समितिका अध्यक्ष किसुनवतीय देवी सदा चकित भइन्।, ‘जम्मा कति रुपैयाँ आएको छ, कति खर्च भयो, कसले कति लिए हामीलाई केही थाहा छैन। इन्जिनियरले जहाँजहाँ सही गर्न भने हामीले गरिदियौं,’ उनले भनिन्, ‘जगको काम उनैले गराए। हामीलाई भित्ता उठाउन ५ लाख रुपैयाँ पाउनुहुन्छ भने तर २ लाखमात्र दिए।’, व्यवसायीबाट उधारोमा समान ल्याएर निर्माण गरिएकाले पैसा तिर्न त्यत्तिकै दबाब छ।, उधारो पैसा नदिएको भन्दै उनीविरूद्ध समेत प्रहरी चौकीमा उजुरी परेको छ।, प्रहरीले पैसा तिर्न ताकेता गरेको गर्‍यै छ।, ‘यहाँका सबै मुसहर मजदुरी गरेर गुजारा गर्छन्। सबै समितिमाथि उजुरी परेको छ। छाक टार्न धौ-धौ परेको छ। उनीहरूलाई त्यति धेरै पैसा कसरी तिर्नु?,’ उनले गुनासो सुनाइन्।, सहरी विकास कार्यालय धनुषाका प्रमुख यादवका अनुसार काम रोकिएका घरमा व्यापक अनियमितता भएको छ।, भुक्तानीबमोजिम काम नभएको र भएका काम समेत गुणस्तरहीन देखिएको उनको भनाइ छ।, ‘जति पैसा उनीहरूले झिकेका छन् त्यति काम गर्न सकेको छैन्। घर अलपत्र छोडेर विचौलियाले पैसा निकालेर लगिसके। मुसहर समुदायमा पढेलेखेका कोही हुँदैन त्यही भएर उनीहरूले केही थाहै पाएनन्,’ उनले भने, ‘तिनीहरू एउटै करा बुझ्छन कि सरकारले हाम्रो घर बनाइदिनेछ। बिचौलिया त्यसमा छिर्छन, म बनाइदिन्छु भन्छन्। त्यसैगरी ठगेर भागिदिन्छन्।’, विचौलिया धेरैजसो कार्यालयकै कर्मचारी रहेको उनको भनाइ छ।, ‘१/२ जना कर्मचारीलाई हामीले कारबाही पनि गरेका छौं। अझै पनि त्यस्ता कर्मचारी छन्,’ उनले थपे।, संघीय सरकारले गरेका कामका बेला कुन-कुन समयमा कहाँ को कर्मचारी थिए भन्ने आफूलाई थाहा नभएको पनि उनले बताए।, संघीय सरकारबाट सुरू भएको सबै योजनामा त्यस्तै अनियमितता तथा गुणस्तरहीन काम भएको उनको भनाइ छ।, जनता आवास कार्यक्रम प्रदेश मातहत आइसकेपछि गुणस्तरीय काम भइरहेको उनले दाबी गरे।, घर निर्माणमा व्यापक अनिमितता भएको गुनासोपछि गत वर्ष प्रदेश सभा सदस्य जयनलुल राइनको संयोजकत्वमा छानबिन समितिसमेत गठन भएको थियो। समितिले हालसम्म केही ठाउँमा अनुगमन तथा निरीक्षणबाहेक केही गरेको छैन्।, हालसम्म भंगहा र लोहरपट्टी नगरपालिकामा मात्र अनुगमन गर्न भ्याएको उनले बताए।, ‘हामी ३/४ दिन अनुगमनमा गयौँ। तर अनुगमन गर्न भनेको केही ठाउँमा निर्माण कार्य अघि बढाइयो। बीचमा राजनीतिक उथलपुथल पनि धेरै भएर अझै अनुगमन बाँकी नै रह्यो, प्रतिवेदन तयार पार्न सकेनौं,’ प्रदेशसभा सदस्य राइनले भने।, अनुगमनमा जाँदा घर निर्माणमा गुणस्तरहीनताको हद पार भएको पाइएको उनले बताए।, ‘एक लात हान्दैमा घर भत्किने जसरी निर्माण भएको छ। कतिपय ठाउँमा पुरै पैसा झिकेर पनि काम सम्पन्न भएको छैन,’ उनले भने, ‘धेरै ठाउँमा न झ्याल लगाइएको छ न ढोका नै। ढलान गर्नुपर्ने ठाउँमा पनि यतिकै छोडिएको छ। त्यो घरमा बस्ने मान्छेको ज्यानै जोखिममा छ। विचौलियाले धेरैजसो भवनको पैसा झिकेर भागिसकेको कुरा पनि आएको छ।’, जनता आवास कार्यक्रमले विपन्नको बिचल्ली!
सेतोपाटी बुधबारदेखि  देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा दैलेख आमा र छोरा पनि सहभागी भएका छन्।, कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले  दुबैलाई परीक्षामा सामेल हुन अवसर जुटेको हो।, जिल्लाको नारायण नगरपालिका–११ बिन्ध्याबासिनीस्थित रैनादेवी माध्यमिक विद्यालयबाट परीक्षाको पहिलो दिन छत्तीस वर्षीया टीकाकुमारी भण्डारी र १८ वर्षीय उनका छोरा दिनेशले परीक्षा दिएका विद्यालयका शिक्षक प्रेमबहादुर विष्टले जानकारी दिए।   , टीकाकुमारीले भनिन्, 'बुधबारदेखि परीक्षा सुरू भएपछि पढाइको चटारो भएको छ, जसरी पनि परीक्षामा राम्रो नतिजा ल्याएर कक्षा १२ पास हुने धोको छ। पढ्नलाई उमेरले छेक्दैन भन्ने उखान चरितार्थ गर्दै यस माविमा आफूले छोरासँगै परीक्षा दिन लागेकी हुँ।', नयाँ पुस्तासँगै पुरानो पुस्ताले परीक्षा दिँदा यहाँ पढाइको महत्वबारे चर्चा भएको छ। ,रासस, आमा-छोरा सँगै कक्षा १२ को परीक्षामा
कमल खत्री नमूना आवासीय विद्यालय बनाउने  योजना अलपत्र परेका छन्।, गण्डकी प्रदेश सरकारले धवलागिरि गाउँपालिका-७ सिवाङमा रहेको हेम माध्यमिक विद्यालय र अन्नपूर्ण गाउँपालिका-५ शिखमा रहेको शिख माविलाई नमूना आवासीय विद्यालयका लागि छनोट गरी पूर्वाधार निर्माण सुरूआत गरेको थियो।, छनोटमा परेदेखि नै विद्यालयमा अस्थायी पूर्वाधारमा आवासीय सुविधासहितको पठनपाठन सुरू गरिएको भए पनि भवन निर्माण योजनाले पूर्णता नपाएपछि आवासीय विद्यालय कार्यक्रम नै प्रभावित बनेको छ।, भवन निर्माणको आधा कामसमेत नभएको र यस वर्ष आवश्यक पर्ने बजेटमा समेत भारी कटौती भएको शिख माविका प्रधानाध्यापक केदार कार्कीले जानकारी दिए।, 'गत वर्ष बजेट र ठेक्का प्रक्रियामा भएको ढिलाइले समयमै काम हुन सकेन, योजनाको म्याद थप नहुँदा विनियोजित बजेटको ठूलो हिस्सा फिर्ता भयो, यो वर्ष बजेटमा भारी कटौती भएपछि भवन निर्माण योजना अलपत्र पर्ने देखिएको छ, यसबारेमा गाउँपालिका र प्रदेश सरकारको समेत ध्यानाकर्षण गराइसकेका छौं', उनले भने।, गत वर्ष दुई करोड रूपैयाँ बजेटबाट काम सुरू भए पनि २० प्रतिशत मात्रै काम भएको छ। पहिलो तला ढलान भएको छ। भवनको अन्य केही काम भएको छैन। निर्माणाधीन भवनको माथितर्फ संरक्षण नभएकाले पहिरो खस्ने जोखिमसमेत बढेको छ। पहिलो वर्ष प्रदेशको ६० लाख रूपैयाँ र गाउँपालिकाको ५० लाख रूपैयाँ बजेटबाट एउटा भवन निर्माण भएको छ।, करिब नौ करोड रूपैयाँ लागत अनुमान रहेको यस योजनामा यस वर्ष १० लाख रूपैयाँमात्रै बजेट विनियोजन भएको जानकारी आएकाले योजना नै अलपत्र पर्ने जोखिम बढेको विद्यालयले जनाएको छ।, आवासीय विद्यालयको पूर्वाधार योजनाको बजेट कटौती भएपछि मन्त्रालयमा पत्राचार गरी ध्यानाकर्षण गराइएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए। , पुरानो भवन भत्काएर नयाँ निर्माण सुरू भए पनि समयमै निर्माण नहुँदा आवासीयरूपमा बस्दै आएका विद्यार्थीलाई राख्ने ठाउँको अभाव हुने देखिएको छ।, 'गत वर्ष ३२ जनालाई आवासीय सुविधा दिएका थियौं, यो वर्ष त्यो सङ्ख्या बढ्ने देखिन्छ, भौतिकरूपमा पठनपाठन सुरू भएपछि उनीहरूलाई कहाँ राख्ने ? अन्योलता सिर्जना भएको छ', प्रअ कार्कीले भने।, धवलागिरि–७ सिवाङमा रहेको हेम माविमा नमूना आवासीय विद्यालयका लागि पूर्वाधार निर्माण गर्न दुई वर्षदेखि सञ्चालन भएको क्रमागत योजनाको बजेटमा समेत भारी कटौती भएको छ।, पहिलो वर्ष एक करोड रूपैयाँ र दोस्रो वर्ष दुई करोड रूपैयाँ बजेट विनियोजन भएर भवन निर्माणको काम भइरहेको अवस्थामा यस वर्ष १० लाख रूपैयाँमात्रै बजेट आएकाले योजनालाई पूर्णता दिन अन्योलता सिर्जना भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन्।, 'प्राविधिक लगतअनुसार भवनलाई पूर्णता दिएर आवासीय विद्यालयको पूर्वाधार सम्पन्न गर्न थप करिब दुई करोड रूपैयाँ बजेट आवश्यक पर्छ, प्रदेशले बजेटमा भारी कटौती गरेर बजेट पठाएको छ, पालिकाका आधा दर्जन योजनामा बजेट कटौती भएपछि मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्रीको ध्यानाकर्षण गराएका छौं', अध्यक्ष पुनले भनिन्।, यस विद्यालयमा समेत दुई वर्षदेखि अस्थायी भवनमा आवासीयरूपमा विद्यार्थी राखेर पढाउँदै आइएको छ।, दुर्गम र घण्टौं लगाएर हिँडेर आउने बालबालिकालाई आवासीय विद्यालयको अवधारणाले राहत मिले पनि भौतिक पूर्वाधार निर्माणले पूर्णता नपाउँदा समस्या सिर्जना भएको विद्यालयले जनाएका छन्।, प्रदेश सरकारले भौगोलिकरूपमा विकटता भएका क्षेत्रमा सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन र सहजरूपमा पठनपाठनको प्रबन्ध मिलाउन कक्षा ४ देखि १२ सम्मका बालबालिकालाई आवासीय सुविधाको व्यवस्था गर्न नमूना आवासीय कार्यक्रम सञ्चालन गरेको थियो। ,(रासस), नमूना आवासीय विद्यालय बनाउने योजना अलपत्र
सेतोपाटी गएराति त्रिभुवन राजपथको पालुङ-नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ।, पालुङबाट काठमाडौंका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक गएराति ११ः५५ बजे थाक्रे गाउँपालिका-८ स्थित सडकबाट करिब ७० मिटर तल उक्त खोलामा खसेर दुर्घटना भएको खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिइन्। , ट्रक खस्न लागेपछि त्यहाँबाट हाम फाल्ने क्रममा उनको घटनास्थलमै मृत्यु भएको र चालक प्रमोद अर्याल भने हाम फालेर ज्यान जोगाउन सफल भएको उनको भनाइ थियो। ,रासस, , दुर्घटनामा वडा सदस्यको मृत्यु
सेतोपाटी संवाददाता संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा हराइरहेको फोन प्रहरीले फेला पारेको छ। , प्रहरीले सो मोबाइल फोन ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका १७ वर्षीय भाइको साथबाट फेला पारेको संघीय इकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए।, भदौ २१ गते सोमबार बिहान मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्या भएको थियो। , तेजबहादुर कार्कीसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो। उनीहरूको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी तथा भतिज नाता पर्ने लोकबहादुरलाई गत शुक्रबार पक्राउ गरेको थियो। शुक्रबार पक्राउ गरी आइतबार पत्रकार सम्मलेनमार्फत् उनलाई सार्वजनिक गरिएको थियो। , उनीमाथि थप अनुसन्धान गरिरहँदा प्रहरीले बुहारी रञ्जनाको मोबाइल फोन फेला पारेको हो। लोकबहादुरका भाइले गोठमा लुकाइरहेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक भीम दाहालले बताए। , 'अभियुक्तको भाइको साथबाट फेला परेको छ। उनले गोठमा लुकाएको भन्ने छ। अहिले यसमा थप अनुसन्धान भइरहेको छ,' उनले भने, 'यसलाई अर्को प्रमाणको रूपमा पनि लिन सकिन्छ। किन लगियो भन्ने कुराहरू बुझ्दैछौं।', फोन बरामद भएपछि भाइलाई पनि सोधपुछका लागि गएराति प्रहरी कार्यालयमा ल्याइएको उनले बताए। यद्यपि पक्राउ गरिनसकेको उनले बताए। , साथै घटना हुँदा उनी पनि पछि-पछि भएको खुलेको छ। यस बारेमा पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। , 'घटना हुँदा भाइ पछि-पछि गएको भन्ने पनि कुरा खुलेको छ। उनलाई प्रत्यक्षदर्शीको रूपमा पनि लिन सकिन्छ,' प्रहरी उपरीक्षक दाहालले भने,'अझै अरू कुरा खुल्दै जाला। उनको संलग्नता के कस्तो छ भन्ने खुलिसकेको छैन। अहिले पक्राउ वा नियन्त्रणमा लिइसकेको अवस्था होइन।', बुहारी रञ्जनाको मोबाइल फोन घटना भएको बिहानैदेखि हराएको थियो। बिहानदेखि नै स्विच अफ भएपछि प्रहरीले फोनको खोजी गरिरहेको थियो। , प्रहरीले फोन फालिन सक्ने सम्भावित ठाउँहरूमा पनि खोजेको थियो। तर फेला परेको थिएन। , 'त्यो फोन खोज्नको लागि हामीले हुँइकाएर फ्याँकिन सक्ने सम्भावित ठाउँहरूमा खोजी गरेका थियौं,' उनले भने, 'त्यहाँका सबै बारी, खेत झारीहरूमा खोज्यौं। मोबाइल हराएको विषय रहस्यमय थियो। फेला पर्छ भन्ने थियो। त्यसैक्रममा हामीले खोज्दा बलियो प्रमाणको रूपमा पाइयो।', यसमा अरू पनि प्रत्यक्षदर्शी हुनसक्ने प्रहरीको भनाइ छ। घर वरिपरिका छिमेकीहरूले पनि देखे-सुनेको हुनुपर्ने प्रहरीले बताएका छन्। तर त्रासका कारण उनीहरूले भन्न नसकेको प्रहरी उपरीक्षक दाहालले बताए। , प्रहरीले लोकबहादुर कार्कीलाई मुख्य अभियुक्तको रूपमा खडा गरेको छ। उनले हत्या गर्दा लगाएको कपडा पनि प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकारिसकेका छन्। हत्या गर्न प्रयोग गरेको चिर्पट आगो लगाएर जलाइसकेको प्रहरीले जनाएको छ। , घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। , घटना भएपछि अनुसन्धान गर्न विभिन्न टोली घटनास्थल पुगेको थियो। , प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली घटनास्थल पुगेको थियो। , सम्बन्धित समाचार:, संखुवासभा हत्याकाण्ड: घरमा भेटियो सुन र नगद, दुबईबाट आइपुगे छोरा, संखुवासभा हत्याकाण्डमा समातिए भतिजा नाता पर्ने व्यक्ति, उनले नै ६ जनाको हत्या गरेको प्रहरी निष्कर्ष, संखुवासभा हत्याकाण्ड: काकालाई देखेपछि दाउरो टिपेर हिँडेका लोकबहादुरले यसरी सखाप पारे परिवार, संखुवासभा हत्याकाण्ड: पक्राउ परेका लोकबहादुरले नै गरेका थिए गाउँलेलाई खबर,  , ​​​​​​​संखुवासभा हत्याकाण्ड: आरोपितका भाइको साथबाट भेटियो हराइरहेको बुहारीको फोन
सेतोपाटी संवाददाता पर्साबाट प्रहरीले स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। , बुधबार दिउँसो प्रहरीले वीरगञ्ज महानगरपालिका-६ को केपी ज्वेलरीबाट उक्त बराबरको रकमसहित दुई जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा ज्वेलरी सञ्चालक ४५ वर्षीय कन्हैयाप्रसाद सोनार र कर्मचारी २० वर्षीय दीपककुमार सर्राफ छन्। , कन्हैया वीरगञ्ज-६ र सर्राफ बारा परवानीपुर गाउँपालिका-३ का हुन्।, हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा ज्वेलरीमा छापा मार्दा स्रोत नखुलेको नगद बराबद भएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। , प्रहरी टोली बुधबार दिउँसो २ बजे ज्वेलरीमा पुगेको थियो। स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने प्रहरीले जनाएको छ।, पक्राउ परेका दुबैलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ विरूद्धको कसुरमा अनुसन्धान अघि बढाइएको खनालले बताए।, स्रोत नखुलेको साढे ३८ लाखसहित वीरगञ्जबाट दुई पक्राउ
सेतोपाटी संवाददाता ललितपुरको चापागाउँमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ।, गोदावरी नगरपालिका वडा नम्बर ११ सेराफाँटस्थित तरकारी खेतीको टनेलमा नवजात शिशुको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए। , बुधबार बिहान शिशु माटोको थुप्रोमा पुरिएको अवस्थामा फेला परेको थियो। त्यहाँ मकवानपुरकी सरिता घिसिङले तरकारी खेती गर्दै आएकी थिइन्। , 'बिहान तरकारी टिप्न जाँदा माटोको थुप्रो देखिएको रहे। माटो पन्छ्याएर हेर्दा सालनालसहितको शिशु मृत अवस्थामा फेला परेको हो,' महर्जनले भने। , उनले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले घटना सम्बन्धी महानगरीय प्रहरी वृत्त चापागाउँले अनुसन्धान गरिरहेको छ। , शिशुको पोष्टमार्टमको लागि शव ललितपुरको पाटन अस्पतालमा लगिएको छ। , 'शव चार-पाँच दिनको हो भन्ने जस्तो देखिन्छ। अलि-अलि कुहिएको जस्तो पनि देखिएको थियो,' महर्जनले भने। , वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार शिशु सालनालसहित फेला परेको हुँदा कसैले घरैमा पाएको हुनसक्ने आशंका छ।  प्रहरीले त्यो क्षेत्रमा कोही गर्भवती थिए कि भन्ने बारेमा पनि अनुसन्धान गरिरहेको छ।, 'मारेर राखेको होकि, पाउँदै मरेपछि त्यसरी फालेको हो भन्नेबारे सबै अनुसन्धान गर्दैछौं,' उनले भने,'त्यो क्षेत्रमा बस्ने गर्भवती महिलाहरू कोको थिए भन्ने बुझ्दैछौं।', मारिएको हो वा मरेकै जन्मिएको भन्ने पोष्टमार्टमबाट पनि खुल्ने उनले बताए। अस्पतालमा भर्ना भएको नदेखिएको उनले बताए। , 'अस्पतालमै जन्माएको जस्तो देखिएको छैन। किनभने अस्पतालमा नाबीमा च्याप्ने लगाउँछ। त्यो देखिएको छैन। त्यसैले कसैले रूम वा बाट तिरै जन्माएर फाल्यो भन्ने अनुमान छ,' उनले भने। , प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। , ललितपुरमा भेटियो नवजात शिशुको शव
सेतोपाटी संवाददाता कार दुर्घटनामा परेर  मोरङ  बेलबारी घर भएकी एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ। , बेलबारी नगरपालिका-१ घर भएकी ३० वर्षीया चन्द्रकला राईको मोरङको बुढीगंगा गाउँपालिकामा दुर्घटनामा परेर मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। , उनका अनुसार चन्द्रकला सवार बा ११ च १५७१ नम्बरको कार आफैं अनियन्त्रित भएर कोसी राजमार्गअन्तर्गत बुढीगंगा–३ मा दुर्घटनामा परेको थियो।, बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेको कार सडकमा रहेको बिजुलीको पोलमा ठोक्किँदा बिहान ११ः३० बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले दिएको छ। , दुर्घटनामा कार चालक बेलबारी-१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी-१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल घाइते भएका छन्। घाइते सबैको विराटमै उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए। , प्रहरीका अनुसार मृतक चन्द्रकला र घाइते सानी मुटुसम्बन्धी पुरानै समस्या रहेकी छिमेकी गीता लिम्बूलाई लिएर उपचारका लागि विराटनगरतर्फ आउँदै गरेको खुलेको छ।, दुर्घटनामा परेर कार पूर्ण रूपमा क्षतिग्रस्त बनेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।, कार दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
खिलानाथ ढकाल नेचर हर्ब्स इन्टरनेशनल प्रालिले २८ वटा स्वदेशी उत्पादन बेच्छ। नेचर नेष्ट नामको उद्योगबाट उसले सामग्री खरिद गर्छ र प्रत्यक्ष बिक्रीमार्फत् उपभोक्ताको हातमा पुर्‍याउँछ।, उसका तीनखाले वितरण प्रणाली छन्। एउटा- सिधैं केन्द्रीय कार्यालयबाट। अर्को, आधिकारिक बिक्रेता अनि त्यसमार्फत पनि उपभोक्ताको घरसम्म पुर्‍याउने वितरक।, प्रत्यक्ष बिक्रीको कारोबारमार्फत् उसले उपभोक्तासम्म सामान पुर्‍याउँदा उपभोक्ता भने ठगिइरहेका छन्।, नेचर हर्ब्सले नेचर नेष्ट उद्योगबाट सय ग्रामको अर्ग्यानिक लिफ चिया दुई सय रुपैयाँमा खरिद गर्छ। त्यसको एमआरपी ८२० रुपैयाँ तोकेको छ।, विभिन्न कर, कमिसन, प्रशासनिक खर्च, बिक्री काउन्टर खर्च र यातायातसम्मको खर्च अलग्गै जोडेर उसले किनेको भन्दा त्यो चिया चार गुणा बढी मूल्यमा बेच्छ।, उसका बिक्रेतामार्फत् उपभोक्ताको घरमा पुग्दा त्यो चियाको मूल्य अचाक्ली महंगो भइसकेको देखिन्छ। यसले उपभोक्तालाई के फाइदा भयो त?, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भन्छ- उल्टै उपभोक्तालाई मार परिरहेको छ।, ‘यो चिया उपभोक्ताले प्रतिस्पर्धी बजारबाटै किने पनि दोब्बरभन्दा बढी मूल्य पर्दैन,’ विभागका महानिर्देशक प्रकाश पौडेल भन्छन्, ‘यस्तो अचाक्ली महंगो सामान किन्दा उपभोक्तालाई के फाइदा भयो होला भनेर तपाईंहरूले प्रश्न गर्नुस्।’, नेचर हर्ब्स नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी र व्यवसायी गीतेन्द्रबाबु राईको हो। उनीहरूको परिचय अब पूर्वडिआइजी र व्यवसायीमा मात्र सीमित छैन। उनीहरू मिडिया उद्यमी पनि हुन्, उनीहरूको लगानीमा ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनमा आउँदैछ।, नेचर हर्ब्सले बेच्ने गरेका २८ वटै सामानको सूची हेर्दा मूल्यभन्दा पाँच गुणाभन्दा बढीमा उपभोक्तालाई बिक्री गरेको देखिन्छ।, यार्चासेप्स भनिने सामान नेचर हर्ब्सले एक हजार रुपैयाँमा खरिद गर्छ, बिक्री गर्छ ५ हजार ५० रुपैयाँमा। नेचर हर्ब्ससँग किन्दा पाँच गुणाभन्दा बढी मूल्य पर्ने त्यो सामान भने प्रतिस्पर्धी बजारमा सस्तो पाइने विभागको भनाइ छ।, महानिर्देशक पौडेलका अनुसार नेचर हर्ब्स मात्रै होइन, प्रत्यक्ष बिक्रीको कारोबार गरिरहेका अन्य सात वटा कम्पनीको पनि हालत उही हो। तर, नेचर हर्ब्सले अचाक्ली महंगोमा सामान पुर्‍याइरहेको देखिएको छ।, ‘प्रत्यक्ष बिक्रीको कारोबारमा एकदमै समस्या देखिएका छन्, किनेको मूल्यभन्दा बेचेको मूल्य पाच गुणा बढी देख्दा हामी पनि छक्क परेका छौं,’ पौडेलले भने, ‘प्रत्यक्ष बिक्रीले उपभोक्तालाई के फाइदा भयो भन्ने प्रश्न उठेको छ।’  , नेचर हर्ब्सले माथि उदाहरण दिइएको चियाको मूल्यमा अन्तिममा आफूलाई नाफा भने ९.०२ प्रतिशत मात्रै देखाउँछ। यार्चाको सामग्रीमा १३.५३ प्रतिशत मात्रै मार्जिन देखाउँछ।, प्रत्यक्ष बिक्री ऐन २०७४ अनुसार प्रत्यक्ष बिक्री कारोबारीलाई ४२ प्रतिशत नाफा राखेर सामग्री बिक्रीको अनुमति दिइएको छ। त्यो ४२ प्रतिशतमा कमिसन, प्रशासनिक खर्च, यातायात सबै पर्छन्।, ‘मूल्यसूची हेर्दा त्यसबाहेक अलग्गै खर्च कटाएको देखिन्छ, ती खर्च लिन मिल्ने हो वा होइन हामी छलफल गरिरहेका छौं,’ पौडेलले भने।, कालोबजारी ऐनले २० प्रतिशतभन्दा बढी नाफा लिनेलाई कारबाही गर्छ। तर, प्रत्यक्ष बिक्री सम्बन्धी ऐनमा ४२ प्रतिशत नाफा राख्न छुट दिइएको छ। यी दुई कानुन परस्पर बाझिएको विभागका अधिकारीहरूको बुझाइ छ।, केही समयअगाडि विभागले प्रत्यक्ष बिक्रीको अनुमति दिइएका ९ वटा कम्पनीमा अनुगमन गरेको थियो।, अनुगमन गरिएका अन्य कम्पनीमा आइबोस इन्टरनेशनल प्रालि चाबहिल, न्यू विवेक इन्टरप्राइजेज प्रालि एकान्तकुना, हेल्दी लिभिङ नेपाल प्रालि बत्तीसपुतली, केयर मार्टस इन्टरनेशनल चाबहिल, युटर्न इन्टरनेशनल प्रालि टोखा, ग्लोबल ओरियन्स नेपाल प्रालि बालाजु थिए।, अपि लाइफ इन्टरनेशनल प्रालि चाबहिल र केयर नेशनल इन्टरनेशनल प्रालि स्वयम्भुले अनुमति पाए पनि कारोबार सञ्चालन गरिसकेका छैनन्।, कारोबार गरिरहेका सात वटै कम्पनीले ऐनअनुसार कारोबार गरेको नपाइएको महानिर्देशक पौडेलले बताए।, ‘हरेक तीन-तीन महिनामा कारोबारको विवरण बुझाउनुपर्ने नियम छ,’ उनले भने, ‘त्यो नियम कुनैले पालना नगरेको पाइयो।’, यसमध्ये नेचरले आफ्नो कारोबारस्थल परिवर्तन गर्दासमेत विभागमा जानकारी दिएको छैन।, पौडेलका अनुसार यी कम्पनीहरूले खरिद-बिक्री विवरण दिनसमेत आनाकानी गरिरहेका थिए। दबाब दिएपछि मात्रै उनीहरूले मूल्यसूची उपलब्ध गराए। उनीहरूसँग भन्सार प्रज्ञापन पत्र, राजश्व तिरेको विवरण पनि मागिएको छ।, पौडेलका अनुसार उनीहरूका असीमित बिक्रेता छन्, तिनीहरूको विवरण खोज्न निकै कठिनाइ छ। ‘कम्तीमा कर तिरेको विवरण पाइएपछि अनुसन्धान अघि बढाउन सजिलो हुन्छ, हामी काम गरिरहेका छौं,’ उनले भने।, नेचरले २०७७ असार १७ गते अनुमति लिँदा राई र जोशी कम्पनीका सञ्चालक थिए। राईको ९० लाख र जोशीको १० लाख सेयर यो कम्पनीमा थियो।, अनुमति लिएको ११ दिनभित्र दुबैले सेयर कुमार रम्तेल र रामबहादुर खनालको नाममा पुर्‍याइसकेका छन्।, कानुनी रूपमा रम्तेल र खनालको नाममा भए पनि नेचरको कारोबार हेर्ने मुख्य व्यक्ति जोशी र राई नै हुन्। कानुनी रूपमा सेयर हस्तान्तरण गरिसकेका जोशी भने ‘नेपाल डाइरेक्ट सेलिङ एसोसिएसन’का अध्यक्ष छन्।, वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन)ऐन अनुसार त्यहाँ आवद्ध व्यक्तिमात्र त्यहाँका सदस्य हुन पाउँछन्। ‘यसको कानुनी पाटो के हो भनी हामी खोजिरहेका छौं,’ पौडेलले भने।, नेचर हर्ब्स कम्पनी नेपालमा दर्ता रहे पनि यसले आफ्नो कारोबार सिंगापुर, मलेसिया, हङकङ र कतार र भारत हुँदै नेपाल आइपुगेको स्वीकार गर्छ।, ती देशमा नेचर हर्ब्स नेटवर्किङको कारोबारमा सक्रिय छ। त्यही नामको कम्पनी राई र जोशीले नेपालमा दर्ता गरेर कारोबार गरिरहेका छन्। नेचर हर्ब्सले आफ्नो कारोबार ती देशहरूमा गरिरहेको आफ्नो बेवसाइटमै उल्लेख गरेको छ।, ‘उसले के कति कारणले आफ्नो कारोबार विदेशी मुलुकसँग छ भनेर भनिरहेको हो, यो पनि अनुसन्धानको पाटो हो,’ महानिर्देशक पौडेलले भने, ‘यहाँको कानुनमा शाखा खोल्न पाइँदैन। त्यही कारण नयाँ दर्ता हुनुपर्छ भनिएको हो।’, संस्थापक सेयर पाँच वर्षसम्म खरिद-बिक्रीमा रोक, नेपाल राष्ट्र बैंकले केही दिनअघि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०७८ जारी गरेको छ।, त्यसमा अनुमतिपत्र प्राप्त भएको मितिले पाँच वर्षसम्म संस्थापक सेयर खरिद-बिक्री गर्न पाइने छैन।, अनुमति पत्र प्राप्त गर्दाका बखत कायम रहेका संस्थापक सेयरधनीहरूबीच एक आपसमा खरिद-बिक्री गर्न पाउने छन्।, पहिले यस्तो नियम नभएका कारण नेचर हर्ब्सले आफ्नो संस्थापक सेयर अर्कैका नाममा सारेको थियो।, राष्ट्र बैंकका अनुसार जुन उद्देश्यले संस्था खोलिएको हो, त्यसको उद्देश्य प्राप्ति नभइकन संस्था खरिद-बिक्री गर्ने प्रवृत्ति बढेपछि ‘होल्डिङ पिरियड’ राखिएको हो।, ‘पहिले यस्तो थिएन होला र संस्थापक सेयर खरिद-बिक्री भयो होला, तर खरिद-बिक्री गर्ने नियतले कम्पनी खोल्ने भन्दा पनि त्यसलाई स्थायित्व दिने उद्देश्यले राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो,’ बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले भने, ‘यसले कम्पनी स्थापना गर्ने व्यक्तिलाई उत्तरदायी बनाउँछ।’, सम्बन्धित समाचार :, युनिटीकै शैलीमा फेरि सलबलाएको नेटवर्किङ व्यवसाय, पूर्वडिआइजी छविलाल जोशी शंकास्पद नेटवर्किङ व्यवसायको संरक्षक र अध्यक्ष, एक हजारमा किनेको सामान पाँच हजारमा बेच्छ नेटवर्किङ व्यापार गर्ने नेचर हर्ब्स
सेतोपाटी ओखलढुंगा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन्। , सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका हुन्।, जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी ड्युटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोष्ट गर्नुपर्ने बताए। , जिल्ला प्रहरी कार्यालय ओखलढुंगा तथा मातहतका प्रहरी इकाइमा कार्यरत ४५ जना प्रहरी कर्मचारीलाई प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सचेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताए।, 'प्रहरीले मनोरञ्जनमा लागेर अलमल गर्न त पाउँदैन। ड्युटीको समयमा मोबाइल चलाएर टिकटक बनाएर बस्ने कुरा त झन् स्वीकार्य हुँदैन,' उनले भने, 'प्रहरी कर्मचारीले फेसबुक, ट्विटर, टिकटकलगायत आफ्नो हितको लागि भन्दा पनि सामाजिक हित र सकारात्मक सन्देश दिने खालका पोष्ट गर्नुपर्नेबारे सचेत गराएका छौं।' , देशका कतिपय ठाउँमा प्रहरी कर्मचारीले पोशाक वा हतियारको गलत प्रयोग गरेर टिकटक बनाएको पाइएकाले त्यस्ता गतिविधि प्रहरी आचारसंहिताविपरीत रहेकाले त्यसो नगर्न सचेत गराएको उनको भनाइ छ।, कार्यक्रममा प्रहरीको काम कर्तव्यसम्बन्धी पनि समसामयिक विषयमासमेत छलफल भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। ,रासस,  , ड्युटीमा रहेका बेला टिकटक नचलाउन प्रहरीलाई निर्देशन
सबिना श्रेष्ठ ललितपुर, पुल्चोकस्थित लालीगुराँस बुहुउद्देशीय सहकारी संस्थाअगाडिको समय् फल्चा (पाटी) बनाउने काम पुनः रोकिएको छ। उच्च अदालतले बुधबार काम रोक्का गर्नू भनेर आदेश दिएपछि पाटी निर्माण रोकिएको हो।, ललितपुर महानगरपालिकाले गत भदौ २४ गते उक्त फल्चा शिलान्यास गर्दै पुनर्निर्माण सुरू गरेको थियो। फल्चा बनाउँदा तीनतले सहकारी भवनका भुइँतलामा भाडामा रहेका पसलको बाटो बन्द हुने भन्दै विरोध भयो। ती पसलमध्ये होम फर्निसिङकी सब्बु सिंहले आफ्नो आवतजावत गर्ने बाटो नै रोकिएको भन्दै उच्च अदालतमा मुद्दा हालेकी थिइन्। त्यही आधारमा उच्च अदालतले काम रोक्न अन्तरिम आदेश दिएको छ।, न्यायाधीश महेश शर्मा पौडेलको इजलासले दुई पक्षबीच छलफल गराउने पेसीको दिनसम्म त्यहाँ कुनै निर्माण कार्य नगर्न/नगराउन अन्तरिम आदेश दिएको हो। समय् फल्चा पुनर्निर्माण गरिरहेको महानगरले त्यहाँ इँटाको गारो लगाइरहेको थियो। अदालतबाट त्यस्तो निर्णय आएपछि हाल काम रोकिएको मेयर चिरिबाबु महर्जनले बताए।, 'हामीले अदालतको आदेश मान्नुपर्छ। त्यसैले काम रोकेका छौं,' मेयर महर्जनले भने, 'निर्णयपछि फेरि सुरू गर्छौं।', अदालतले असोज ६ गते अन्तरिम आदेश सम्बन्धमा छलफल हुने पेसी तोकेको छ। अदालतले पहिलेजस्तै अरू मुद्दा हेरेपछि आफूहरूको पक्षमा निर्णय गर्ने महानगरको विश्वास छ।, यो ठाउँमा पहिले फल्चा थियो भन्ने २०२३ सालमा खिचिएको अशोक स्तुप क्षेत्रको तस्बिरमा प्रस्टै देखिन्छ।, रातो मच्छिन्द्रनाथ र इन्द्रजात्रा बेला समय् बजी खुवाइने त्यो फल्चा मर्मतसम्भार अभावले जीर्ण हुँदै गयो। तर कसैले वास्ता गरेन। उल्टो २०२९ सालतिर विदेशी पाहुनालाई वृक्षारोपण निम्ति पुल्चोक हुँदै गोदावरी लैजान खोज्दा बाटोछेउको जीर्ण पाटी दरबारलाई शोभनीय लागेन। त्यसैले दरबारकै निर्देशनमा उक्त पाटी भत्काइयो।, पाटी भत्काइए पनि त्यहाँका टुँडाल, मूर्ति र शिलालेख नजिकै प्रहरी चौकीमा राखिएको मेयर महर्जन बताउँछन्। त्यसरी सुरक्षित राखिएको शिलालेखअनुसार यो पाटी दुई सय छ वर्ष पुरानो भएको थाहा हुन्छ।, पहिलेको पुल्चोक क्षेत्र:, अशोक स्तुप र बायाँतिर समय् फल्चा। तस्बिर स्रोत: ललितपुर महानगरपालिका, यही फल्चापछाडि साढे आठ आना क्षेत्रफल जग्गामा लालीगुँरास सहकारी भवन ठडिएको छ। उसले मूल सडकको पेटीतर्फ फर्काएर भवन प्रवेश गर्ने दुइटा बाटो बनाएको छ। महानगरले पाटी पुनर्निर्माण गर्‍यो भने सहकारी भवन र भाडामा लागेका पसल छिर्ने दुवै बाटो बन्द हुनेछन्।, मेयर महर्जनका अनुसार सहकारी भवन नै नक्साविपरीत बनेको छ। दक्षिण मोहडाको भवन बनाउने गरी नक्सापास गरिएको भए पनि पूर्वी मोहडाको बनाएको उनी बताउँछन्।, लालीगुराँस सहकारीले करिब १२ वर्षअघि अनिल राजभण्डारीसँग यो घरजग्गा किनेको हो। त्यति बेला यो घर दुई तला मात्र थियो। तीन वर्षअघि मात्र तेस्रो तला थपिएको सहकारी सञ्चालक सुरेन्द्र भण्डारी बताउँछन्।, 'हामीले घर किन्दा सबै प्रमाणीकरण गरेका थियौं,' उनले सेतोपाटीसँग भने, 'घर बनाउँदा वडाध्यक्ष र पुरातत्व विभागको स्वीकृति लिएका हौं। स्तुप नजिकै भएकाले पुरातत्वको पनि स्वीकृति लिनुपरेको थियो। मालपोतमा हेर्दा पनि त्यहाँ नेपाल सरकारको जग्गा छ, कुनै पाटी छैन।', तर भण्डारीको यो जिकिरलाई सर्वोच्च अदालतले १३ वर्षअघि नै 'बदनियतपूर्ण' करार गरिदिएको थियो। यसअघि सर्वोच्चले दुईपटक र उच्च अदालतले एकपटक पाटी निर्माणका लागि बाटो खोलिदिएको थियो। उच्च अदालतले महानगरलाई पाटी निर्माणका लागि बाटो खोलिदिएको गत वर्ष मात्र हो। , गत वर्ष महानगरले आफ्नो वार्षिक योजनामा पाटी पुनर्निर्माण गर्ने भनेपछि अर्जुनकुमार अर्यालले उच्च अदालत पाटनमा रिट हालेका थिए। पाटी बनाउँदा सर्वसाधारणलाई सार्वजनिक बाटो उपयोग गर्न अवरोध पुग्ने उनको तर्क थियो।, उच्च अदालत पाटनले पनि गएको वैशाखमा पहिलेको फैसलालाई आधार मान्दै 'पाटी निर्माण रोक्ने गरी अन्तरिम आदेश दिन नपर्ने' बताएको थियो।, यसरी उच्च अदालतले अन्तरिम आदेश नदिएपछि पाटी पुनर्निर्माण रोक्न माग गर्दै रोशन महर्जनसमेतले फेरि सर्वोच्चमा रिट हाले। त्यसैबीच गृह मन्त्रालयको निर्देशन भन्दै जिल्ला प्रशासन कार्यालयले पाटी नबनाउन महानगरलाई पत्र लेख्यो।, 'अदालतबाट पाटी निर्माण रोक्न नसकेपछि सहकारी सञ्चालकहरूले गृहमा निवेदन हालेछन्। तर मैले गृहसचिवसँग गएर कुरा गरेँ,' मेयर महर्जनले भने, 'त्यसपछि गृहले पाटी पुनर्निर्माण फुकुवा गर्ने अर्को पत्र पठाउन सिडिओलाई निर्देशन दियो। म महानगर आइपुग्दा फुकुवाको पत्र पनि आइसकेको थियो।', गणेशमान चित्रकारले सन् १९६० मा खिचेको यो तस्बिरमा पुल्चोक थुर, लामोपाटी (सबभन्दा बायाँ) र बीचको समय् फल्चा प्रस्टै देखिन्छ। तस्बिर स्रोत: गजेन्द्र बुढाथोकीको ट्वीटरबाट, रोशनको रिटमा गत साउन १७ गते सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र तेजबहादुर केसीको इजलासले 'बाटोमा अवरोध नपुग्ने' भन्दै पाटी पुनर्निर्माण रोक्न नपर्ने आदेश गर्‍यो। त्योभन्दा अगाडि पनि सर्वोच्च अदालतले यो फल्चा बनाउन बाटो खोलिदिएको थियो। , लालीगुराँस सहकारीले यो घरजग्गा किन्नुअगावै अघिल्ला जग्गाधनी अनिल राजभण्डारी फल्चा पुनर्निर्माण रोक्न सार्वजनिक सरोकारको निवेदन लिएर सवर्ञोच्च अदालत गएका थिए।, उनले आफ्नो रिटमा सहकारीले जस्तै दाबी गरेका थिए, 'मैले पूर्वतर्फ केही जग्गा छोडेर पूर्वी मोहडाको घर नक्सापास गरेर बनाएको छु। त्यसको पूर्वमा सरकारी जग्गा र त्यसपछि सडकपेटी छ। महानगरले सरकारी जग्गा अतिक्रमण गरेर पाटी पुनर्निर्माण गर्ने भनेको छ। यसले मेरो घर जाने बाटो बन्द हुन्छ। यहाँ पाटी कहिल्यै थिएन। महानगरले बनाउन लागेको पाटी कानुनविपरीत भएकाले खारेज गरिपाऊँ।', सर्वोच्चले भने राजभण्डारीले 'अदालतलाई समेत प्रभाव पार्न खोजेको र सफा हात लिएर नआएको' भनेको छ।, 'सत्य बेहोरा लुकाई सफा हात नलिई निवेदन प्रस्तुत गरेको देखिन्छ,' अदालतले भनेको छ, 'उक्त जग्गाको दक्षिण साँधमा लाक्षी टोल जाने बाटो स्पष्ट देखिन्छ। जग्गामा बनेको घर पनि लाक्षी टोल जाने बाटोतर्फ मोहडा गरी बनाउनुपर्ने नक्साबाट स्पष्ट देखिन्छ।', नक्सापास पूर्वतर्फबाटै गरिएको भए पनि जग्गाधनीको स्वार्थका लागि सरकारी जग्गामा पाटी बनाउन रोक लगाउन नमिल्ने सर्वोच्चले फैसलामा भनेको छ। सर्वोच्चले राजभण्डारीको निवेदन 'गलत र भ्रामक' भन्दै खारेज गरिदिएको थियो। रिट खारेजीसँगै सर्वोच्चले पाटी निर्माणबारे थप कुरा पनि बोलेको छ।, न्यायाधीश बलराम केसी र ताहिर अलि अन्सारीको इजलासले गरेको उक्त फैसलामा सरकारी जग्गामा पाटी पुनर्निर्माण गर्न जोसुकैले पाउने भनेको छ।, 'जुनसुकै पाटी निर्माण समितिले गरोस् वा कुनै एक व्यक्तिले वा परिवारले वा कसैले चन्दा दिएर बनोस्, त्यस्तो विषय सार्वजनिक सरोकारको विवाद बन्दैन र त्यसमा आपत्ति, बाधा, विरोध गर्ने हक पनि निवेदकलाई हुँदैन,' सर्वोच्चको फैसलामा भनिएको छ।, 'निवेदकले के बुझ्न जरूरी छ भने प्राचीन स्मारक संरक्षण ऐनले परिभाषा गरेको पाटीपौवा, मन्दिर, सत्तल, पुराना भवनहरू जीर्ण भएर भत्काई त्यसलाई पुनर्निर्माण, मर्मतसम्भार गर्दा कुनै कानुन लागू हुँदैन। नयाँ संरचना वा भवन निर्माण गर्दा उल्लिखित ऐन लागू हुन्छ। निवेदनमा धेरै ऐनहरूको दफा उल्लेख गरेर मात्र हुँदैन। त्यसमा आफ्नो कानुनी हक के हो त्यो स्थापित गरेर देखाउन सक्नुपर्छ। निवेदकहरूबाट त्यस्तो गरेको देखिएन। साबिकको पाटी भत्की पुनर्निर्माण गर्दा आपत्ति गर्ने निवेदकलाई कुनै हक प्राप्त हुँदैन।', यसरी सर्वोच्चले ३२७ कित्ता नम्बरमा रहेको जग्गामा पाटी बनाउन ललितपुर महानगरलाई बाटो खोलिदिएको थियो।, यही आधारमा महानगरले गत भदौ ३ गते नै शिलान्यास गर्ने तयारी गरेको थियो। तर त्यसको अघिल्लो दिन नै लालीगुराँस सहकारी जिल्ला अदालत ललितपुरको अन्तरिम आदेश लिएर आयो। उक्त आदेश आएपछि भोलिपल्ट शिलान्यास भएन। काम रोकियो। , भदौ २२ गते भने जिल्ला अदालतले यहाँ काम रोक्नुपर्ने कुनै कारण नभएको भन्दै रोक्का फुकुवा गरेको थियो। त्यसपछि २४ गते शिलान्यास गर्दै काम सुरू भएको थियो। तर फेरि उच्च अदालतको अन्तरिम आदेशले रोकिएको छ।, स्थानीयका अनुसार पहिले अशोक स्तुपसँगै लस्करै ६–७ वटा फल्चा थिए। तीमध्ये एउटामा रातो मच्छिन्द्रनाथको रथ तान्न प्रयोग गरिने लामो काठको घःमाः राखिएको हामी अहिले पनि देख्छौं। यसलाई लामोपाटी भनिन्छ। त्यससँगै अशोक स्तुपको आडैमा नामसंगाती फल्चा छ जहाँ भजन गाइन्छ, मन्त्र पाठ गरिन्छ। यी दुइटाको बीचमा समय् फल्चा थियो।, जहिलेदेखि फल्चा मासियो, त्यसयता समय् बजी खुवाउने कार्यक्रम अलपत्र छ। कहिले लामोपाटी, कहिले पुल्चोककै सोह्रखुट्टे पाटी त कहिले सडक किनारमै पाल टाँगेर समय् बजी खानुपरेको स्थानीय बताउँछन्।, एक आना एक दाम क्षेत्रफलको यो फल्चा पुनर्निर्माणका लागि महानगरले करिब तीस लाख रूपैयाँ र स्थानीयले करिब तीन लाख उठाएका छन्।, फेरि रोकियो पुल्चोकको २०६ वर्ष पुरानो पाटी पुनर्निर्माण
सेतोपाटी संवाददाता सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , सर्लाहीबाट काठमाडौं आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए।, सुनकोशी गाउँपालिका वडा नम्बर ५ मुलकोटस्थित बिपी राजमार्गमा प्र. २-०३-०१४ प ३४८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित हुँदा चालकको मृत्यु भएको हो।, सर्लाही संग्रामपुर गाउँपालिका वडा नम्बर २ बस्ने २६ वर्षीय अजमद अन्सारीको मृत्यु भएको हो। , उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। ,  , सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सेतोपाटी फ्रान्स सरकारले कोभिड-१९ विरूद्धको नेपाल सरकारको लडाइँमा थप सहयोगस्वरूप अक्सिजन प्लान्टका निम्ति आवश्यक पर्ने अतिरक्त पार्टपुर्जा र उपकरण प्रदान गरेको छ। , फ्रान्सेली कम्पनी नोभेरले उत्पादन गरेका अक्सिजन प्लान्टमा प्रयोग हुने अतिरिक्त पार्टपुर्जा नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जेभिए लेजेले विभिन्न आठ अस्पतालका प्रतिनिधिलाई आज हस्तान्तरण गरेका हुन्। , नेपालगञ्ज शिक्षण अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, फेवा सिटी हस्पिटल र फिसटेल हस्पिटल, ओखलढुंगा सामुदायिक अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, डडेल्धुरा प्रादेशिक अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई रु ६६ लाख ७२ हजार बराबरका अतिरिक्त पार्टपुर्जा प्रदान गरिएको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ।, यसअघि फ्रान्सले भेन्टिलेटरसहित सात टन स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको थियो। ,रासस, , फ्रान्सले नेपाललाई गर्‍यो थप उपकरण सहयोग
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४३० कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २९३, ललितपुरका ९८ र भक्तपुरमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , यस्तै काठमाडौं उपत्यकामा ६४७० संक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३५९०, भक्तपुरमा १०५८ र ललितपुरमा १८२२ सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, १५ हजार १७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट ११ हजार २ सय ८ जना र एन्टिजेनबाट ३९७१ जनाको परीक्षण भएको छ।, त्यस्तै, एक हजार ६८९ संक्रमित निको भएका छन्। , संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार २ जनाको मृत्यु भएको छ। , हाल नेपालमा सक्रिय संक्रमित २५ हजार ७७२ छन्।,  , काठमाडौं उपत्यकामा थपिए ४३० संक्रमित, सक्रिय ६४७०
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार १५ हजार १७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट ११ हजार २ सय ८ जना र एन्टिजेनबाट ३९७१ जनाको परीक्षण भएको छ।, त्यस्तै, एक हजार ६८९ संक्रमित निको भएका छन्। , संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार २ जनाको मृत्यु भएको छ। , हाल सक्रिय संक्रमित २५ हजार ७७२ छन्।, यस्तै, काठमाडौं उपत्यकामा थप ४३० कोरोना संक्रमित थपिएका छन्। , काठमाडौंका २९३, ललितपुरका ९८ र भक्तपुरमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , १५ हजार १७९ मा कोरोना परीक्षण गर्दा एक हजार ५११ लाई संक्रमण
सेतोपाटी नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ। डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो। , जिल्ला अदालतका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले माधवीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।, यही भदौ ६ गते अवैध सम्बन्धबाट आफैंले जन्माएको शिशुलाई घाँटी निमोठेर हत्या गरेको कार्कीमाथि आरोप लागेको थियो। सो घटनाबारे उनको परिवारले खबर गरेपछि कार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।   , प्रहरीले कार्कीलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत अदालतमा पेश गरेको थियो।, कार्कीका श्रीमान् १० वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन्। कार्कीको गाउँकै एक किशोरसँग अवैध सम्बन्ध रहेको र उनी हाल फरार रहेको प्रहरीले जनाएको छ। उनी स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत थिइन्। ,रासस, आफ्नै बच्चाको हत्या आरोपमा आमा कारागार चलान
खेमराज गौतम विगत २५ वर्षदेखि फर्निचर व्यवसायमा लागेका बागलुङका दुर्गा विश्वकर्माले अहिले फर्निचर उद्योगमा १० जनालाई रोजगारी दिँदै आएका छन्। , वि.सं २०५२ मा तीन हजार तलब खाएर फर्निचर व्यावसाय थालेका दुर्गाले अहिले बागलुङ नगरपालिका-४ कुँडुलेमा आफ्नै फर्निचर उद्योग सञ्चालनमा ल्याएका हुन्।, आफूले राज्यलाई कर तिरेर उद्योग चलाउँदासमेत पटक/पटक काठ तस्करीको आरोप सामना गर्दै आएको उनको गुनासो छ। , 'आफ्नै पारिवारिक वनबाट समेत काठ ल्याउँदा काठ तस्कर भनेर जेल हालियो, के हामीले राज्यको निकायमा दर्ता गरेर कर तिरेरसमेत उद्योग सञ्चालन गर्न नपाउने हो', उनले भने, 'आफ्नै स्वामित्वमा रहेको वनबाट काठ ल्याउनसमेत झन्झटिलो सरकारी प्रक्रियाले वन किसानहरू निराश छन्, राज्यले वनलाई प्रयोग गर्न रोक्ने होइन, यसलाई उत्पादनसँग जोडेर रोजगारीसमेत सिर्जना गर्न सहयोग गर्नुपर्दछ।', विश्वकर्माले काठ निकासीका लागि सबै प्रक्रिया पुर्‍याएर कर तिरे पनि विभिन्न बहानामा वन कार्यालय तथा प्रहरीले आफूहरूलाई दुःख दिने गरेको गुनासो गरे।, राज्यलाई कर तिरेर करोडौं लगानी गरेका फर्निचर व्यवसायी र १० हजार लगानी गरेर एउटा दराज बनाउने व्यवसायीबीच प्रतिस्पर्धा गर्न नसकिने उनको भनाइ छ। , पारिवारिक निजी वनहरूको बुधबार आयोजित अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाले वनलाई उत्पादनसँग नजोडी देश विकास नहुने भन्दै कानुनी सहजता हुनुपर्नेमा जोड दिएका थिए।, नेपालमा निजी वनले आवश्यक काठको आधाभन्दा बढी माग पूरा गरेको भए पनि सामुदायिक वन तथा निजी वनलाई संरक्षणसँगै अधिकतम उपयोग गर्न सक्नुपर्ने बताइएको छ।, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य प्रेम लामिछानेले वनलाई दाउरा, घाँसमात्रै नभएर बहुउपयोगी, राम्रो काठ उत्पादन र फलफूलजस्ता क्रियाकलापसँग जोड्नुपर्नेमा गण्डकी प्रदेश रकारले वन ऐन ल्याउन नसक्दा समस्या भएको बताए।, कानुनमा वनलाई छुनै हुन्न भन्नेजस्तो छ, नेपालमा वनलाई उत्पादन, पर्यटन र रोजगारीसँग नजोडे वन केबल वनमा मात्रै सीमित हुने गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले बताए।, 'गण्डकी प्रदेशले वन ऐन ल्याउन थालेको छ, ऐन नहुँदा वन किसान मर्कामा परेको धेरै गुनासो सुनियो', उनले भने, 'स्थानीय तहले समेत वन ऐन बनाएर अगाडि बढ्न आवश्यक छ, होइन भने हरियो वन नेपालको धन नारामा मात्रै सीमित रहनेछ।', हरियो वन नेपालको धन भन्ने तर छुन नै नपाउने हो भने नेपालले आर्थिक विकास र समृद्धि हासिल गर्न नसक्ने उनले बताए। , निजी वनका गण्डकी प्रदेश अध्यक्ष जीवन उचैले आफैंले लगाएको वन आफ्नै स्वामित्वमा भएको वनका काठ निकासी तथा बजारीकरण गर्न समेत वन कार्यालय धाउनुपर्ने, झन्झटिलो प्रक्रियालगायतका कारण वन किसान र उद्यमी मर्कामा परेको बताए।, वन ऐन बनाएर गाउँपालिकाले वनको वैज्ञानिक व्यवस्थापनका लागि यस आवमा रु १० लाख विनियोजन गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिए।, वनमा अब सल्लो रोपेर होइन, एभोकाडो, लोठ सल्ला, फलफूल लगायतका आम्दानीसँग जोडिएका वृक्षरोपण गर्नुपर्ने उनको भनाइ छ।, अध्यक्ष थापाले विकास निर्माणमा वन कार्यालयका कतिपय नियम बाधक भएको गुनासो गरे।, रेश जोड्ने मोटरेबल पुल बनाउँदा ढुङ्गा फुटाउन नपाइने भन्दै वन कार्यालयले पटक/पटक फोन गरेको र पुल बनाउन वन कार्यालय बाधक बन्न नहुने बताए।  , निजी वनका केन्द्रीय अध्यक्ष जोकराज गिरीले सरकारसँग वन किसानका समस्या सम्बोधन गर्न लडिरहेको भए पनि हालसम्म सुनुवाइ र सम्बोधन हुन नसकेको बताए। ,रासस, 'आफ्नै वन प्रयोग गर्दा हामी तस्कर ?'
सेतोपाटी संवाददाता कोरोना विरूद्धको ४४ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ।, एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिन निगमको वाइडबडी-३३० जहाज राति ११ बजे बेइजिङ प्रस्थान गर्ने जानकारी दिए।  , उनले खोप लिएर जहाज शनिबार बिहान २ बजे नेपाल आउने बताए। सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो।  , स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिए। जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट आनुदानमा आएको हो। , प्रमुख दाहालले अहिलेलाई चीनबाट ४४ लाख डोज खोप आउने र थप खोप पनि ल्याउन कुराकानी भइरहेको बताए।, 'अहिलेलाई ४४ लाख डोज आउँछ। थप खोप ल्याउनलाई कुराकानी भइरहेको छ। कसैले दिन्छौं भनेर भनिसकेको छैन। त्यसैले टुंगो नभई के भन्नु,' उनले भने।, ४४ लाख डोज कोरोना खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ जाँदै
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले शैक्षिक संस्थाहरू (विद्यालय) लाई भौतिक उपस्थितिमा पठनपाठन नगराउन भनेको छ।, पठनपाठन गराउनै परेमा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह-चालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारीहरू सबैले अनिवार्य रूपमा कोभिड-१९ विरूद्धको खोप लगाउनुपर्ने भनिएको छ।, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जारी गरेको सूचनामा असोज १ देखि अर्को आदेश जारी नभएसम्मका लागि लागु भएको उल्लेख छ।, यस्ता छन् काठमाडौं प्रशासनले गरेको निर्णय : , - शैक्षिक संस्थाहरू (विद्यालय) ले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने गर्नुपर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरूले विद्यालय सञ्चालन गर्नु पूर्व आ-आफ्नो पालिकास्तरमा कोभिङ-१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह-चालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारीहरू सबैले अनिवार्य रूपमा कोभिड-१९ विरूद्धको खोप लगाउनुपर्ने, अभिभावक तथा सरोकारवाला समूहहरूको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालन गर्न सक्ने।, - कोभिड-१९ को संक्रमण कायमै रहेको हुँदा अनावश्यक रूपमा मानिसहरू घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने। , - यस अवधिमा पर्ने चाडपर्वहरू स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रूपमा मात्र मनाउन पाउने।, - सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायबाट आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरू सञ्चालन गर्दा मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, पटक/पटक साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने र नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्र गर्न पाउने।, - स्थानीय ढुवानी बिहान ९:०० बजे देखि ११:०० बजेसम्म र अपरान्ह ४.०० बजे देखि ७:०० बजेसम्म गर्न नपाउने।, - सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने।, -कोभिड-१९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा परेका व्यक्तिहरूले नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन, भिडभाडबाट बच्न तथा बचाउन सतर्क रही स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गर्ने/गराउने।, काठमाडौं प्रशासनले भन्यो- शैक्षिक संस्था खोल्नैपर्ने भए शिक्षक, कर्मचारीले अनिवार्य खोप लगाउनू
सेतोपाटी बागलुङ नगरपालिकाले आगामी असोज ४ गतेदेखि नगरपालिकाभित्रका विद्यालय खुलाउने भएको छ।, पूर्ण जनस्वास्थ्यका मापदण्डको पालना गरी विद्यालय खुलाउने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले जानकारी दिए। , यसअघि जिल्ला सदरमुकामस्थित बागलुङ–१, २, ३ र ४ वडा बाहेकका विद्यालय सञ्चालनमा आइसकेका थिए।, नगर शिक्षा शाखाले आज आयोजना गरेको सामुदायिक तथा निजी विद्यालयका प्रतिनिधिहरूसँगको बैठकले दैनिक चार घण्टा मात्रै विद्यालय खोल्ने निर्णय गरेको हो।, 'दैनिक चार घण्टा विद्यालय सञ्चालन गर्ने, प्रार्थनाको समय, खाजा समय नगर्ने गरी विद्यालय सञ्चालनको अनुमति दिइएको छ,' उनले भने, 'स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर एउटा डेस्कमा दुई विद्यार्थी राखेर कम्तीमा २० मात्रै कक्षाकोठामा राखेर विद्यार्थी सङ्ख्याका आधारमा तीन सिफ्टमा विद्यालय सञ्चालन गर्न भनेका छौं।', विद्यालयको साप्ताहिक विवरण नगरपालिकाको शिक्षा शाखामा पेस गर्ने र विद्यालयमा समस्या आएमा वडाको सहजीकरणमा विद्यालय बन्द अथवा समय परिवर्तन गर्न सकिनेछ।, जिल्लामा अहिले कोरोना दर घटेर एक सयभन्दा तल आएपछि जिल्लाका विद्यालय खुल्न थालेका हुन्। विद्यालय सञ्चालन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको शिक्षा शाखालाई दिइसकेको छ। , प्रभावकारी भएन प्रधानमन्त्री रोजगार कार्यक्रम, जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशमा प्रभावकारी बन्दै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकामा भने प्रभावकारी हुन सकेको छैन।, विगतका वर्षमा नगरपालिकामा पदमार्ग निर्माण केन्द्रित भएको सो कार्यक्रम आर्थिक वर्ष २०७७/७८ मा कार्यान्वयन हुन नसकेको हो। , नयाँ कार्यविधिअनुसार संघीय सरकारबाट आएको सबै रकम ज्यालामा मात्रै खर्च गर्नुपर्ने प्रावधान रहेकामा नगरपालिकाले साझेदारीमा बजेट नहाल्दा कार्यक्रम प्रभावित बनेको हो। , स्थानीय पालिकाले केही बजेटमा साझेदारी गर्दा जिल्लाको काठेखोला र  बरेङ गाउँपालिका र ढोरपाटन नगरपालिका लगायतका स्थानीय तहमा प्रभावकारी बन्दै गएको जनाइएको छ।  , नगरपालिकामा गत आवमा रोजगारी प्रदान गर्नका लागि विनियोजित एक करोड ५२ लाख बजेटमध्ये जम्मा १४ लाख मात्रै बजेट खर्च भएर अन्य बजेट ‘फ्रिज’ भएको बागलुङ नगरपालिका रोजगार संयोजक सविता शर्माले जानकारी दिइन्। , 'नयाँ कार्यविधिमा धेरै कुरा फरक छ, पहिला ७० ज्याला, २५ निर्माण सामग्री र पाँच प्रतिशत बजेट औजार खरिद गर्ने खालको थियो, अहिले सबै पैसा ज्यालामै खर्च गर्नुपर्ने हुन्छ, त्यसलै गर्दा निर्माण सामग्री र औजार अभावमा कार्यान्वयन हुन नसकेको हो, गत आर्थिक वर्षमा नगरपालिको समन्वय नगर्दा बजेट खर्च हुन सकेको छैन,' उनले भनिन्, 'पालिकाले साझेदारीमा केही बजेट विनियोजन गरेका स्थानमा सफल भएको छ, आगामी दिनमा नगरपालिकाले निर्माण सामग्री र औजार खरिदमा ध्यान दिनुपर्नेछ।', कार्यविधिको समस्याले गत वर्ष बजेट कार्यान्वयन समस्या भए पनि यसपटक पालिकाले साझेदारी गरेर रोजगार कार्यक्रम सफल बनाइने नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए।, 'कार्यविधि नै समस्या छ, नगरपालिकाभित्र चलनचल्तीको ज्याला एक हजार छ, कार्यविधिमा ५१७  ज्याला छ, त्यसमा काम गर्न कोही मान्दैनन्, त्यसैमा घनमिटरमा मूल्याङ्कन हुन्छ,' उनले भने, 'नगर क्षेत्रमा श्रमिकको समेत अभाव छ, एउटा वडाको कामदार अर्को वडामा लैजान नमिल्ने, बजार क्षेत्रमा श्रमिक पाउनै मुस्किल छ, यो आर्थिक वर्ष नगरपालिकाले केही रकम छुट्याइनेछ।', बागलुङ-५ मा केही काम गरे पनि प्राविधिकले मूल्यांकन गर्दा दैनिक ज्याला ३७५ मात्रै रहेको रोजगार संयोजक शर्माको भनाइ छ।, नगरपालिकाले १४ वडामा पदमार्ग, मोटरबाटो मर्मत, कच्ची नाली निर्माण जस्ता सात योजना स्वीकृत गरेको थियो। बागलुङ –५ मा आठ लाख खर्च भएको थियो। , अहिले कार्यक्रमका लागि नगरपालिकामा रु एक करोड ४२ लाख बजेट आएको छ।, नगरपालिकामा जम्मा २७० बेरोजगारको सूचीमा सूचीकृत छन्। सूचीकृतमा नाम भएकाले मात्रै रोजगारी पाउने भएकाले सूचीकृत नाम भएका विदेश जाने र नयाँ बेरोजगार स्वदेश आएकाले रोजगारी दिनै समस्या भएको छ।, वडास्तरीय योजनामा साझेदारी गर्दा रोजगार कार्यक्रम प्रभावकारी भएको काठेखोलाका अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिए। , पालिकाले सामान्य औजार, प्राविधिक, सिमेन्ट, बालुवा, ढुङ्गाबाट, व्यवस्थापन गर्ने गरी पालिकाले समन्वय गर्दा मात्रै रोजगार कार्यक्रम सफल हुने देखिएको छ।, एक करोड बजेटमा सबै काम भएको काठेखोलाले हालसम्म २७५ लाई ८० दिनसम्मको रोजगारी दिइसकेको रोजगार संयोजक जनक पौडेलले बताउनुभयो । काठेखोलामा एक हजार ६९४ बेरोजगारका सूचीमा छन्। ,रासस, बागलुङमा दैनिक चार घण्टा विद्यालय खुलाइने
सेतोपाटी संवाददाता राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणना सुरू भएको छ।, बुधबारबाट देशैभरि सुपरीवेक्षकहरूले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने काम सुरू गरेका छन्।, यस वर्षको जनगणनामा ८ हजार ५ सय जना सुपरीवेक्षक परिचालन गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभागका अनुसार स्नातक गरेका युवायुवतीहरू यस वर्ष सुपरभाइजरको रूपमा खटिएका छन्।, विभागका अनुसार देशभर करिब ७० हजार घर परिवारमा सुपरीवेक्षकहरू पुग्नेछन्। घर तथा घरपरिवार सूचीकरण बुधबारबाट सुरू भएर असोज १८ अर्थात् २० दिन सञ्चालन हुनेछ।, दोस्रो चरण अर्थात् जनगणना कात्तिक २५ देखि १५गतेसम्म सञ्चालन हुनेछ। जनगणनाका दुई चरणमध्ये यसलाई विभागले पहिलो चरण भनेको छ।, विभागका जनगणना शाखाका प्रमुख ढुण्डीराज लामिछानेका अनुसार सुपरीवेक्षकलाई मुख्यगरी छ वटा जिम्मेवारी दिइएको छ।, घर तथा घरपरिवार सुचिकरण फारम भर्ने, मोबाइल एपमा दैनिक कामको विवरण भर्ने, कृषि उतार फारम भर्ने, घरपरिवार उतार सूचीकरण फारम भर्ने, सामुदायिक प्रश्नावली भर्ने र गणकको अनुगमन गर्ने।, सुपरीवेक्षकहरूले घर तथा घरपरिवारमा गएर सात वटा विवरण लिने विभागले जनाएको छ।, यस गणनामा सुपरीवेक्षकले घर तथा घरपरिवारमा गएर विवरण लिने छन्।, के-के विवरण लिइन्छ?, •तपाईंको परिवारमा अक्सर बसोबास गर्ने पुरुष, महिला र अन्य लिङ्गीहरूको संख्या कति छ? (अन्य लिङ्गी भन्नाले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति भन्ने बुझिन्छ।), •तपाईं बसोबास गर्नु भएको घर वा अन्य प्रकारका घरको प्रयोग कसरी भएको छ? (यस प्रश्नबाट आवासीय, व्यापार व्यवसाय, सरकारी, शैक्षिक, स्वास्थ्यजन्य, उद्योग तथा कलकारखाना, बैंक तथा वित्तीय संस्था, संस्थागत, होटल तथा लज, गोठ तथा धन्सार र खाली घरहरूको संख्या प्राप्त हुन्छ।), •तपाईंले उपभोग गरेको कृषि योग्य जग्गा जमिन र परिवारले पालन गरेको पशुपन्छीहरूको संख्या कति छ?, •तपाईंको परिवारले सरकारी अनुदान अन्तरगत आवासीय घर निर्माण गरेको छ/छैन।, •तपाईंको घरमा कति जना व्यक्तिको नाममा बैंक वा वित्तीय संस्थामा खाता छ?, •तपाईंको परिवारमा प्राविधिक तथा व्यावशायिक शिक्षा वा तालिम लिएका व्यक्ति कति जना छन्?, •तपाईंको परिवारले बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण सुविधा लिएको छ?, केन्द्रीय तथ्यांक विभागले घर तथा घरपरिवार सूचीकरणको काममा सहयोग गर्न सबै उत्तरदातालाई अनुरोध गरेको छ। विभागले एक प्रेस विज्ञप्ति जारी गरेर सबैलाई जनगणनाको अपनत्व लिइदिन भनेको छ।, ‘देश विकासको मेरुदण्डको रुपमा रहेको जनगणनामा आउने सुपरीवेक्षक र गणकलाई सही तथ्यांक उपलब्ध गराउनु हामी सबैको दायित्व हो। त्यसैले, यस जनगणनामा आउने सबैको सहभागिता रहोस भनेर मेरो जनगणना, मेरो सहभागिता भन्ने नारा तय गरिएको हो,’ विभागको विज्ञप्तिमा भनिएको छ।, राष्ट्रिय जनगणना २०७८ सुरू, के-के सोध्छन् विवरण लिन आउनेले?
खिलानाथ ढकाल काठमाडौं उपत्यकामा कोरोना संक्रमण घटे पनि जोखिम जस्ताको तस्तै रहेको सरूवारोग विशेषज्ञहरूले बताइरहेका छन्। स्वास्थ्य मन्त्रालयले केही समयअघि मात्र तेस्रो भेरियन्ट फैलिन सक्ने अनुमान सार्वजनिक गरेको थियो र यसकाे सबभन्दा बढी जोखिम खोप नलगाएका स्कुले केटाकेटीहरूलाई छ।, मंगलबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ४०४ जना नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमित संख्या ६ हजार २ सय ५३ छ।, यही बेला उपत्यकाभित्र भने स्कुल खोल्न 'दबाब' सिर्जना भइरहेको छ। , काठमाडौं जिल्ला प्रशासनले 'मापदण्ड पूरा गरेर स्कुल सञ्चालन गर्न सकिने' भनेपछि उपत्यकाका स्थानीय तहहरू असोज १ बाट भौतिक कक्षा सञ्चालन गराउने तम्तयारीमा लागेका हुन्।, ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गरी असोज १ बाट भौतिक कक्षा सञ्चालन गर्न अनुमति दिइसकेको छ भने काठमाडौं महानगरपालिकाले बुधबार वा बिहीबारसम्म निर्णय गर्ने तयारी गरिरहेको छ।, 'जिल्ला प्रशासनले स्कुल खोल्न सकिन्छ भनेर राय दिएपछि हामी विद्यालय सञ्चालक र अभिभावकहरूसँग छलफल गरिरहेका छौं,' काठमाडौं महानगर प्रवक्ता ईश्वरमान डंगोलले भने।, भक्तपुरका स्थानीय तह पनि जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को निर्णय कुरिरहेका छन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार स्कुल खोल्ने कि नखोल्ने भन्नेबारे बिहीबार छलफल हुनेछ। त्यसपछि डिसिसिएमसीको बैठक बसेर निर्णय लिइनेछ।, सरोकारवाला निकायहरूले असोज १ बाट स्कुल सञ्चालन गराइहाले पनि विद्यार्थीहरूले पढ्ने दिन धेरै छैन। किनभने असोज २१ गते घटस्थापनाबाट दसैं विदा सुरू हुँदैछ। त्यसपछि प्राय: स्कुल एक महिनाका लागि स्वत: बन्द हुनेछन्।, दसैं विदा सुरू हुनुअघि असोज २, ९ र १६ गते शनिबार परेकाले स्कुलहरू त्यसै विदा हुन्छन्। यसबाहेक असोज ३ गते पनि संविधान दिवस र इन्द्रजात्रा परेकाले सार्वजनिक विदा छ। त्यसैले असोज १ गतेबाट स्कुलहरू खुले पनि दसैंअगाडि पढाइ हुने भनेको जम्मा १६ दिन हो।, त्यसो भए कोरोना जोखिम छ भन्ने थाहा हुँदा हुँदै जम्मा १६ दिनलाई दसैंअगाडि नै स्कुल खोल्न यत्रो जोरजुलुम किन?, शिक्षाविद् मनप्रसाद वाग्ले यसमा निजी स्कुल सञ्चालकहरूको 'दबाब' रहेको बताउँछन्।, 'दसैंअगाडि १६ दिन कक्षा चलाउन पाइयो भने अहिले आधा वा त्योभन्दा कम शुल्क लिइरहेका स्कुलले एक महिनाको पूरै शुल्क असुल्न सक्छन्,' उनले भने, 'यो बेला स्कुल खोल्न पाए अभिभावकहरूबाट दसैं-तिहार खर्च जुटाउन सकिएला र स्टाफ, शिक्षक र भाडा तिर्न सकिएला भनेर स्कुल खोल्न दबाब दिइरहेको हुनुपर्छ। निजी स्कुल सञ्चालकहरूकै दबाबमा असोज १ बाट कक्षा सञ्चालन गर्ने योजना भइरहेको हो भन्ने मलाई लाग्छ।' , अहिलेसम्म खोप लगाउन नपाएका बालबालिकाको स्वास्थ्य जोखिममा राखेर जम्मा दुई साताका लागि स्कुल खोल्ने कदम उपयुक्त नभएको उनी बताउँछन्।, सरूवारोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि अहिलेको अवस्थामा स्कुललाई बढी जोखिमयुक्त मान्छन्।, 'स्कुलहरूले यथेष्ट सुरक्षा मापदण्ड पालना गर्न सक्छन् कि सक्दैनन् भन्ने नै निश्चित छैन। हामीले घरभित्रै त दुरी कायम गर्न नसकेको अवस्थामा विद्यालयमा के होला? त्यसमाथि सुरक्षा मापदण्डले कोरोना रोकथाम गर्न सक्ला कि नसक्ला भन्ने खतरा पनि छँदैछ,' उनले भने, 'त्यसैले हामी अहिले नै स्कुल खोल्न हुन्छ भनेर सुझाव दिँदैनौं।', कम्तिमा तेस्रो भेरियन्टको जोखिम मूल्यांकन नगरी र बालबालिकालाई खोप नलगाएसम्म स्कुल सञ्चालन गर्नु जोखिमपूर्ण हुने उनको भनाइ छ।, 'पहिला तेस्रो भेरियन्टले कस्तो असर पार्छ त्यो हेरौं, अनि बालबालिकाका लागि खोपको ग्यारेन्टी भएपछि बल्ल स्कुल खोल्ने कि नखोल्ने विषयमा छलफल गर्दा उपयुक्त हुन्छ,' पुनले भने।, उनले यो पनि भने, 'खोप लगाइसकेको व्यक्तिलाई जोखिम जति कम छ, नलगाएकोलाई बढी असर गर्छ भन्ने त पुष्टि नै भइसकेको छ। त्यसैले खोप नलगाएका बालबालिकालाई तेस्रो भेरियन्टको जोखिम स्वाभाविक रूपले बढी हुनेछ।' , यसबारे निजी स्कुल सञ्चालकहरूको धारणा पनि हामीले सोध्यौं। निजी स्कुलहरूको छाता संगठन 'प्याब्सन' का अध्यक्ष टिकाराम पुरी बालबालिकाको स्वास्थ्य र शिक्षाप्रति आफूहरू सचेत रहेको बताउँछन्।, 'गत वर्ष पनि दसैंअगाडि स्कुल सञ्चालन गरिएको थियो,' उनले भने, 'परिस्थिति हेरेर स्कुल चलाइरहेका छौं। गत वर्ष सात महिना पठनपाठन रोकियो, यो वर्ष पाँच महिना रोकिएको छ। हामीले दसैं, तिहार, छठ भन्दै कति दिन पढाइ रोक्ने? त्यसैले कम्तिमा परिस्थिति सहज हुँदा त स्कुल सञ्चालन गर्न दिनुस् भनेर सरकारलाई अनुरोध गरेका हौं।', उनले अगाडि भने, 'हामीलाई शुल्क उठाउनको मात्र चिन्ता छैन। हामी दसैं-तिहारमा छोटो विदा दिएर स्कुल चलाउन खोजिरहेका छौं।', काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल भने स्कुल खोल्ने कि नखोल्नेबारे आफूहरू निष्कर्षमा पुगिनसकेको बताउँछन्।, 'म भर्खरै हाजिर भएको छु, पहिले के निर्णय भएको थियो मलाई थाहा भएन तर चुनौती मूल्यांकन गरेर मात्र स्कुल खोल्ने निर्णय हुन्छ,' उनले भने, 'हामी महिनाको अन्तिम दिन बैठक बसेर यसबारे निर्णय गर्छौं।', शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा भने स्कुल खुलाउने वा नखुलाउने निर्णयको अधिकार स्थानीय तहहरूलाई नै दिएको बताउँछन्। शिक्षा मन्त्रालयले एक वर्षअघि नै लकडाउन र स्मार्ट लकडाउनको ढाँचा बनाएर विद्यालय के कसरी खोल्ने भनेर स्थानीय निकायलाई अधिकार दिएको उनले बताए।, 'अत्यन्त कम जोखिम क्षेत्रमा स्वास्थ्य मापदण्ड पूरा गरेर स्कुल चलाउन सकिन्छ। यसका लागि जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समितिमा छलफल गरेर आवश्यक निर्णय लिन सकिन्छ भनेर शिक्षा मन्त्रालयले स्थानीय निकायलाई अधिकार दिएको छ,' उनले भने।, यहाँ अर्को प्रश्न पनि आउँछ। असोज १ बाट स्कुल खुले पनि के जम्मा १६ दिनका लागि आफ्ना नानीबाबुहरूलाई स्कुल पठाउन अभिभावकहरू तयार छन्?, नेपाल अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटा परिस्थिति मूल्यांकन गरेर विद्यालय सञ्चालन गर्नुपर्ने बताउँछन्।, 'स्वास्थ्यभन्दा ठूलो शिक्षा होइन, मानव जीवन रह्यो भने मात्र शिक्षा रहन्छ तर लामो समय शैक्षिक क्षेत्र बन्द हुँदा अभिभावकहरू पीडित छन्, विद्यार्थीको मानसिक स्वास्थ्यमा पनि असर परेको छ,' उनले भने।, 'अभिभावकहरू आ-आफ्नो काममा हिँडिरहेका छन्। अहिले असुरक्षित हुने स्थिति छैन भने कम विद्यार्थी राखेर र दसैं-तिहारको विदा पनि कम गरेर स्कुल चलाउन सके विद्यार्थीको पढाइ अगाडि बढ्न सक्छ,' उनले भने।, 'जहाँ प्रकोप कम छ, त्यस्तो ठाउँमा स्कुल चलाउन हामी आपत्ति गर्दैनौं,' उनले भने, 'विद्यार्थीलाई विभिन्न सिफ्टमा राखेर र स्वास्थ्य मापदण्ड पालना गरेर पढाउने भन्नेमा हाम्रो सहमति हुन सक्छ।', दसैंको छेकमा जम्मा १६ दिन स्कुल खोल्न किन तम्तयारी?
सेतोपाटी कञ्चनपुरको कृष्णपुर नगरपालिका- ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठक्करबाट आज मृत्यु भएको छ।, पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ च २८८ नं को एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिएको हो। , एम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानलेले बताए।, एम्बुलेन्सका चालक भीमदत्त नगरपालिका– १६ का अन्दाजी ४० वर्षीय गणेश विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले बिहानैदेखि पूर्व-पश्चिम राजमार्गको गुलरिया क्षेत्रमा सडक अवरूद्ध गरेका थिए। अहिले अवरूद्ध सडक चलिसकेको छ। ,रासस, , एम्बुलेन्सको ठक्करबाट कञ्चनपुरमा एकको मृत्यु
सेतोपाटी ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड-१९ संक्रमणका कारण विगत पाँच महिनादेखि पाथिभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो ।, हाल कोभिड-१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएको छ ।, कोभिडको जोखिम न्यून भए पनि पूर्णरुपमा नहटेकाले वर्तमान अवस्थामा पाथीभरा आउने तीर्थयात्रीहरूलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्डलाई पूर्णरुपले पालना गर्न अनुरोधसमेत गरिएको छ ।, ‘सङ्क्रमणको अवस्था सामान्य हुँदै गए पनि पूर्णरुपले हटिसकेको अवस्था छैन, त्यसैले मन्दिरको दर्शन एवम् पूजाआजाका लागि आउने भक्तजनलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्ड पूर्णरुपले पालना गर्न अनुरोधसमेत गरेका छौँ,’ कार्यकारी निर्देशक काफ्लेले भने ।, ताप्लेजुङमा पछिल्लो समय संक्रमणको दर न्यून हुँदै गएको छ । संक्रमणको अवस्था सामान्य हुँदै गएपछि चार महिनादेखिको निषेधाज्ञासमेत हटाइएको छ ।, – रासस, असोज १ गतेदेखि पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला
नारायण ढुङ्गाना/रासस हेलम्बु डाँडाको फेदमा कच्ची सडक छेउ बस्ने ५२ वर्षीया ङाजु तामाङका आँखा हेलम्बु पहाडझैँ रसाइरहन्छन्। मेलम्ची पहाड यो बर्खा निकै रसायो। थान्किएजस्तो अझै देखिँदैन, चिस्यान बगिरहेकै छ। त्यही पहाडको रसायनले कमेरे माटोको लेदो बोकेर बगेजस्तै ङाजुका आँखा रसाइरहन्छन्। हेलम्बु पहाडले जस्तो ङाजुका आँसुले कसैको बित्याँस पारेको भने छैन। बरु दिनदिनै आफ्नै आँत भने सुकाएको छ। , करिब सय मिटर तल मेलम्ची बगिरहेको छ। यसो हेर्दा लाग्छ मेलम्ची रिसाएको छ। पहिलेभन्दा फरक रङ तर तेजमा बग्दै छ मेलम्ची। छेउछाउका पहरा, लहरा, झार, बुट्यान अनि गेग्रानको लेदोमात्र होइन मेलम्चीले वरपरका घरबस्ती र मानिसलाई नै आफैसँग लगेर गयो यसले। हेलम्बु पहाड फेदमा रहेको गणेशबगरको सिङ्गो बस्ती मेलम्चीले आफूसँगै कहाँ पुर्‍यायो कुनै अत्तोपत्तो छैन। करिब ४३ घरको त्यो बस्ती एकै मेसोमा बगर बने। अहिले त्यहाँ एकाध घरका अवशेष देखिन्छन्, तर बस्ती बगरमा परिणत भएको छ। , बगरबीचमा ढलेर आधा पुरिएको पहेँलो रङको घर ङाजुको थियो। घर पुरेको महिना दिन बढी वितिसकेको छ तर उहाँ त्यो घर ठाडिइहाल्छ कि भन्ने आशले हरेक दिन त्यही ढिस्कोमा हेर्न पुग्नुहुन्छ। ढलेको घर के उठ्थ्यो ? उठ्दैन। उहाँको मनले पत्याउन भने मानेको छैन।, ङाजुजस्तै आफ्नो घर पहिलेजस्तै उठिदिएहुन्थ्यो भन्ने सपना सबै स्थानीयवासी देख्छन् र बिहानबेलुकै घरको निशाना रहेको बगरको परिक्रमा गर्ने गर्छन्। वरपरको वातावरण उस्तै उराठ र सुनसान छ। आवाज छ त त्यही मेलम्चीको एकोहोरो सुस्साहटको। कति मेहनतले सिङारेको घर भक्लक्क ढालेर बगरले पुर्दा उनको अझै आँसु थामिएको छैन। ‘सर्वस्व गयो मेरो, जे थियो त्यही घर थियो, अब त यही आँसुमात्र बाँकी छ,’ आँसुका धारसँगै बग्छन् उनका शब्द पनि। कोही नयाँ व्यक्ति पुगेर केही सोध्यो कि मनको घाउ बल्झाउन आएजस्तो लाग्छ ङाजुलाई। मन नलागेपनि यसरी आफ्ना व्यथा पोखेको दुई महिनाभन्दा बढी भयो। , सात जनाको परिवार उनका श्रीमान् कामी तामाङको दाजुभाइको गरेर ६० मुरी धान फल्ने खेत पनि सँगै थियो। घर छेउमै धान कुट्ने मिल थियो। आर्थिक रुपले सम्पन्न र सुखी थियो ङाजुको परिवार। असार १ को बाढी घरमा पस्यो, छिमेकका केही घर बगेका थिए। अविरल वर्षा निरन्तर रहँदा असार १७ मा उर्लिएको मेलम्चीले मिलसमेत बगाएपछि ङाजु परिवारको बासै उठ्यो। , ‘एउटा घर बगाएर कहाँ लग्यो थाहा छैन, अर्काे एउटा बगरमा पल्टिएर बसेको छ। मिलबाट निकालेको थोरै चामलले केही दिन जीवन धानियो, अहिले दाताको भरमा चुलो बन्दै छ’, आँसु पुछ्दै उनले दुःख सुनाए। मुरीकामुरी धान, मकै र चामलका बोरा सबै मेलम्चीले निल्यो। अहिले त अन्नको सग्लो दाना देख्दा पनि उनको आँखा थप रसाउँछन्। , परेको बेला अरुलाई सहयोग गर्ने ङाजु अचेल कसले दुइछाक टारिदेला भन्ने आशमा छन्। कोही नयाँ मान्छे गाउँमा देखियो भने केही ल्याइदिए की भन्ने आशले अगाडि पुग्छन्। घरखेतै लगेका यहाँका धेरै सम्पन्न भनिएका मानिस पनि सुकुम्वासी बनेका छन्। विपद्ले धनी गरिब नभन्ने रहेछ। जसको घर ठिक छ पूरै पनि खोतलेर बस्न लायक बनाउन सकिन्छ। बनाउन थालेका पनि छन्। जसको घर नै बगाएर बगर बनेको छ उसलाई ठूलो चोट छ। , उनको घर खोलाको छेउमा भएर बगेको पनि थिएन। खोला अतिक्रमण गरेर बनाइएको पनि होइन। खोला निकै तल घरबाट देखिँदैन थियो। एक्कासि मेलम्ची उर्लेर यसरी माथि आयो की झोलङ्गे पुलको समेत नाम निशान नै मेटेर लग्यो। अघिल्लो दिन चामल अलिकति निकालेका थिए। मिल र घट्ट उप्काएर राखे, त्यही चामलले सुरुको समयमा छाक टार्‍यो।, केही माथि संस्थाले बनाइदिएको अस्थायी टहरामा बसेर उनको परिवार अहिले गुजारा गर्दैछन्। उनले थपे, ‘सङ्घ संस्थाले खाना दिएको छ, त्यही खाएर बस्ने बसिराछौँ, दाताको सहयोग आएन भने भोकै बस्नुपर्छ।’ बाँकी भएको बाँदर खेल्ने पखेरोमा अन्न फल्दैन। अब कसरी जीवन गुजारा गर्ने भन्ने चिन्ताले उनलाई सताएको छ।,  , घर बगाएको ठाउँबाट तल गहिरोमा थियो खोला। घरबाट खोला हेर्न सकिँदैन थियो। त्यहाँ ठूलो फाँट पनि थियो। सबै बगर बनेको छ। अस्तिसम्मको घरबस्तीबाटै मेलम्ची आफ्नै तालमा मस्त कुदिरहेको छ। बाढी आएको दिन गाउँमा रोपाइँ थियो। ङाजु रोपाइँ सकेर घर फर्कदै थिइन्। उनका अनुसार आउँदाआउँदै उतिसलगायतका रुख निकै ठूलो आवाजका साथ गर्लम्मै ढले। कहाँ के भयो ? केही पत्तो भएन। तर एकैछिनमा हेर्दा त माथिको माछा फार्म बगाइसकेको रहेछ। अनि मान्छेको भागभाग भयो। बल्लतल्ल ज्यान जोगिएको उनले सम्झिइन्।, गणेश बगरका स्थानीय राम तामाङका अनुसार असार १ गते साँझ ७ बजे बाढी आएको थियो त्यसदिन खोला छेउका केही घर लग्यो। पछि  १६ गतेदेखि परेको भिषण वर्षाले १७ गते साँझ एक दुई घर मात्रै बाँकी राखेर अन्य ४३ घर लग्यो। त्यसपछि बनेको यहाँको अस्थायी टहरामा तीन समूहमा बाढीपीडित बस्दै आएका छन्। सबै मेसमा खाना खान्छन्। , उनीहरूले सरकारसँग सबै स्थायी बासको माग गरिरहेका छन्। ‘बरू एकीकृत बस्ती बनाइदिए हुन्थ्यो, भाडाको जग्गामा यसरी कति दिन बस्ने’, राम तामाङले भने। दिनमा बाढी आएकाले मात्रै त्यहाँ मान्छे जोगिएको उनीहरू सुनाउँछन्। केही अघि उक्त बस्तीको स्थलगत निरीक्षण गरेर फर्किएका गृहमन्त्री बालकृष्ण खाँडले उनीहरूको पुनर्वासका लागि तत्काल व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन पनि दिए।, यसपाली औषतभन्दा बढी नै वर्षा हुँदा सिन्धुपाल्चोकसहित मुलुकका ७१ जिल्ला प्रभावित भएको छ। जेठ २८ मा भिभिएर ३० गतेदेखि देशैभरि मनसुन सक्रिय भएको थियो। त्यसको अर्को दिनबाटै भारी वर्षा सुरु भई जनजीवन प्रभावित बनायो। सुरुआती वर्षाले मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो। असार १ र असार १६ गते पुनःभारी वर्षा हुँदा सिन्धुपाल्चोकमा दोहोरिएर क्षति भएको हो। , गृह मन्त्रालयबाट प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने २० बेपत्ता छन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालका अनुसार नगरक्षेत्रका २४७ घर बाढीले बगाएको छ। कूल एक हजार ७०० रोपनीभन्दा बढी जमिन लगेको छ। उहाँले जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको सुनाए।, यसपाली मेलम्चीको माथिल्लो हेलम्बु क्षेत्रमा खोला किनार कटान गर्दै र पहिरो खस्दै गेगरसहितको अकल्पनीय बाढीले तल्लो तटीय क्षेत्रलाई नराम्ररी प्रभावित बनाएको हो। अझै लाखौँ टन गेगर अड्किएर बसेकाले तल्लो क्षेत्रमा जोखिम कायमै छ।उता जिल्लाको हेलम्बु गाउँपालिकाको प्रारम्भिक विवरणमा २२७ घर बगेको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। कूल दुई हजार १०० रोपनी बढी जग्गा लगेको छ। बाढी, पहिरो र डुवानबाट यो वर्ष १३१ जनाको मृत्यु भएको छ भने ४२ जना हराइरहेका छन्।, मेलम्चीझैँ बगिरहेछ ङाजुको आँसु...
सेतोपाटी संवाददाता प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गरे। ललितपुरस्थित नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा बुधबार उनले विद्यालयको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए।  , शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै यसका लागि भविष्यमा थप कार्यक्रम कार्यान्वयन गर्ने बताए। सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको भन्ने अवस्थामा पनि यस विद्यालयमा उल्लेख्य विद्यार्थी पठनपाठन गरिरहेको सुन्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए।, विसं २०७२ वैशाखमा गएको भूकम्पबाट मुलुकका धेरै शैक्षिक संरचनामा क्षति पुगेको अवस्थामा जापान सरकारको सहयोगमा आवश्यक पूर्वाधारसहित विद्यार्थीलाई पठनपाठन गराउने गरी भएको विद्यालयको पुनर्निर्माणप्रति उनले खुसी व्यक्त गरे। विद्यालयमा दृष्टिविहीन बालबालिकालाई पनि पढाउने व्यवस्था गरिएमा सो कार्यमा सहयोग गर्ने उनले सबैलाई धन्यवाद दिए।     जापानको ऋण सहयोगमा रु १२ करोड तीन लाखको लागतमा सो विद्यालय निर्माण गरेको हो ।, जाइकामार्फत नेपालका धेरै ठाउँमा शिक्षा, स्वास्थ्य, विपद् नियन्त्रणलगायत क्षेत्रमा निःस्वार्थ सहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले सरकारका तर्फबाट जापान सरकारलाई धन्यवाद दिनुभयो । प्राधिकरणअन्तर्गत भूकम्पबाट क्षति पुगेका ३२ जिल्लाका सात हजार ५५३ विद्यालयमध्ये हालसम्म छ हजार ६४४ विद्यालयको पुनर्निर्माण भइसकेको छ । बाँकी पुनर्निर्माणका क्रममा छन्। , कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुुसालले भूकम्पबाट मुलुकमा ठूलो जनधनको क्षति पुगेसँगै पुराना जीर्ण बनेका विद्यालयको पुनर्निर्माण गर्ने अवसर प्राप्त भएको उल्लेख गरिन्। अग्रजहरुले स्थापना गरेका विद्यालयका कारण नै ललितपुर शिक्षाको हबका रुपमा चिनिएको भन्दै उनले आगामी दिनमा शिक्षाको गुणस्तर थप सुधार गर्न सबै लाग्नुपर्ने बताए। मौलिक अधिकारका रुपमा रहेको शिक्षाका लागि हालको बजेट पर्याप्त नभए पनि उपलब्ध बजेट र भएका कार्यक्रमको कार्यान्वयन गरी परिणाम निकाल्न सके सरकारको उद्देश्य सफल हुने मन्त्री भुसालको भनाइ थियो।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले क्षति पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माणमा भएका प्रगतिबारे जानकारी गराउँदै सबैको सामूहिक प्रयासले मात्र यो सम्भव भएको बताए। पुनर्निर्माणका क्रममा जनताले प्रत्यक्ष रुपमा विभिन्न लाभ प्राप्त गरेको बताउँदै उनले पुनर्निर्माणका क्रममा स्थानीय मौलिक प्रविधिको विकास र प्रयोगसमेत भएको जानकारी गराए।, ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारको खाँचो औल्याउँदै निर्माण र पुनर्निर्माण भएका विद्यालयको मर्मतसम्भार गरी दुरुस्त राख्न सरोकारवाला सबैको ध्यानाकर्षण गराए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन मिश्रले विद्यालय निर्माणमा आवश्यक सहयोग गर्ने सबैलाई धन्यवाद दिए। , पहुँचयोग्य गुणस्तरीय शिक्षा अभियानमा सबैको ध्यान केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा
सेतोपाटी स्वीट्जरल्याण्ड सरकारले दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई एक अर्ब ८८ करोड रूपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।, दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश नं.१, बागमती र लुम्बिनी प्रदेश सरकार तथा ३३  स्थानीय सरकारमार्फत ७० हजार युवायुवतीको पेशागत तालिममा खर्च हुनेछ।, मुलुकका बेरोजगार युवा वर्गलाई प्राविधिक तथा व्यवसायिक तालिम प्रदान गर्न स्वीस सरकारबाट अनुदान प्राप्त हुन लागेको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनिराम शर्माले बताए।, सामाजिक-आर्थिक रुपान्तरणका लागि दक्ष जनशक्तिको विकास अपरिहार्य भएको यथार्थ औंल्याउँदै परियोजनाबाट युवा वर्गलाई लाभदायी रोजगारीका अवसर प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे। , औद्योगिक प्रशिक्षार्थी तालिम, अल्पकालीन पेशागत तालिम, कामदारको सीप अभिवृद्धि, पेशागत तालिमका निम्ति आवश्यक परामर्श, शैक्षिक क्षेत्र र रोजगारदाताबीच सहकार्य, उद्योग-व्यवसायमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रणालीसमेत परिसयोजनामार्फत कार्यान्वयन हुने उनले बताए।, अनुदान सहयोगसम्बन्धी सम्झौतामा महाशाखा प्रमुख शर्मा र यहाँस्थित स्वीट्जरल्याण्डका कार्यबाहक राजदूत सिल्भाना हगले हालै हस्ताक्षर गरेको अर्थ मन्त्रालयले जनाएको छ। ,रासस,  , दीगो सीप परियोजना कार्यान्वयन गर्न एक अर्ब ८८ करोड अनुदान
विवेक राई खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित सरस्वती विद्यालयले गत साउन २४ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भन्यो। सोही अनुसार सबै विद्यार्थीलाई फोनमार्फत जानकारी गराइयो। , कक्षा सुरू हुन थालेपछि विद्यार्थीहरू 'जुम एप' बाट अनलाइन कक्षामा जोडिन थाले। तर सिम्ले घर भएका कक्षा १० मा पढिरहेका धनकुमार मगर एक सातासम्म पनि अनलाइन कक्षामा हाजिर भएनन्। त्यतिञ्जेल उनी कुनै शिक्षकको सम्पर्कमा पनि आएनन्। विद्यालयले सम्पर्क गर्न खोज्यो तर फोन लागेन।, कक्षा सुरू हुँदैछ भन्ने खबर त धनकुमारलाई पनि पुगेको थियो तर नेटवर्क नटिपेका कारण उनी कक्षामा सामेल हुन सकिरहेका थिएनन्।, उता कक्षा सुरू हुँदै थियो यता धनकुमार कहाँ नेटवर्क टिप्छ भनेर मोबाइल घुमाउँदै थिए। घरि आँगनको वल्लो छेउ पुग्थे, घरि पल्लो छेउ। त्यसरी वल्लो छेउ, पल्लो छेउ गर्दा कुनै ठाउँमा झ्याप्प नेटवर्क टिपिदिन्थ्यो। अनि धनकुमार त्यो ठाउँमा डेग नचली टक्क अडिन्थे। तर के गर्नु उनको हात केहीबेरमै हल्लिहाल्थ्यो। अनि त नेट पनि गइहाल्थ्यो। , नेटको खोजीमा वल्लो छेउ र पल्लो छेउ गर्दागर्दा धनकुमार हत्तुहैरान भए। दिनदिनै नेटको खोजी गर्दागर्दै उता कक्षा छुटिरहेको थियो। जति ढिला गर्‍यो उति पढाइ छुट्छ भनेर उनले केही उपाय त लगाउनुपर्छ भनेर सोच्न थाले।, दुई/तीन दिनपछि उनले कतै रूखतिर चढ्यो भने पो नेटवर्क टिप्छ कि भनेर डिलमै रहेको रूखमाथि चढेर मोबाइल घुमाउन थाले। नभन्दै त्यहाँ नेटवर्क मज्जाले टिप्यो। नेट पनि चल्न थाल्यो। , तर फसाद के भयो भने रूखमा चढेर घण्टौं मोबाइल बोकेर कक्षा लिन सम्भव थिएन। त्यसपछि धनकुमारले रूखमै डेरा बनाउने आइडिया लगाए। उनले दुई दिनमै डेरा आफैं तयार पारे। अनि भोलिपल्टैबाट कक्षा लिन थाले। , एक सातापछि अनलाइन कक्षामा टुप्लुक्क देखा परेका धनकुमारलाई विद्यालयका प्रधानध्यापक नविन चाम्लिङले किन कक्षामा हाजिर नभएको भनेर सोधे। धनकुमारले सबै बेलिविस्तार लगाए। , 'साउन २४ गतेदेखि अनलाइन कक्षा सुरू गरेका थियौं। तर धनकुमार भाइ एक सातापछि मात्रै कक्षामा आउनुभयो। अनि यत्रो दिन कक्षा किन नआएको भनेर बुझ्दा नेट नटिपेकाले कक्षामा आउन नसकेको रैछ,' प्रधानध्यापक चाम्लिङले सेतोपाटीसँग भने, 'पछि रूखमा नेटवर्क टिपेपछि त्यहाँ डेरा बनाउँदा समय लागेछ। डेरा बनेपछि त अहिले धनकुमार नियमित कक्षामा हाजिर भएको छ।' , उनले धनकुमारमा पहिल्यैदेखि पढ्नुपर्छ भन्ने हुटहुटी रहेको सुनाए।, कक्षामा शीर्ष पाँचमा पर्ने धनकुमार खेलकुदलगायत बाहिरी क्रियाकलापमा पनि उतिकै अब्बल रहेको उनी बताउँछन्।, 'धनकुमार विद्यालयको राम्रो विद्यार्थीमा पर्छ। इमान्दार छ। भलिबल पनि एकदम राम्रो खेल्छ,' चाम्लिङले भने। , तर रूखमा डेरा बनाएर पढ्न आएको देखेर भने प्रधानध्यापक चाम्लिङ पनि छक्क परे। किनभने उनले आफ्नो शिक्षणकालमा यस्तो दृश्य देखेका थिएनन्। त्यसपछि उनले धनकुमारलाई फोटो खिचेर पठाउन भने।, धनकुमारले फोटो पठाउन साथ चाम्लिङले आफ्नो फेसबुकमा पोस्ट गरे। पोस्ट गरेको केही घण्टामै फोटो भाइरल भइदियो। , 'भाइलाई रूखमा डेरा बनाएर बसेको देखेर मलाई पनि कस्तो रैछ भनेर हेर्न मन लागेपछि फोटो खिचेर पठाउन भने। अनि फोटो फेसबुकमा पोस्ट गरेको थिएँ केहीबेरमै भाइरल भएछ,' उनले भने। , डेरामा बसेर पढ्न थालेपछि अहिले भने धनकुमारलाई नेटको कुनै झन्झट छैन। बेलाबेला त थोरै समस्या आउँछ तर पहिल्यै जस्तो हुँदैन।, उनले रूखमाथि डेरा बनाएर पढ्न थालेपछि भने धेरै सजिलो भएको बताए।, 'डेरा बनाएपछि सरहरूले भन्नुभएको कुरा मज्जाले बुझिन थाल्यो। आफूले नजानेको कुरा मज्जाले सोध्न सकियो। अहिले त धेरै सजिलो छ नि,' धनकुमारले भने। , अहिले धनकुमारलाई यो कामको लागि धेरैले बधाई दिने गरेका छन्। सँगैका साथीहरूले राम्रो काम गर्यौं भनेर प्रशंसा गर्ने गरेको उनी बताउँछन्।, आफू ग्रामीण भेगबाट रहेकाले पछि यस्ता ठाउँहरूका लागि केही गर्ने धनकुमारको सोच छ। अहिले आफूले यस्तो समस्या झेले पनि अब आउने नयाँ विद्यार्थीहरूले यस्तो समस्या झेल्नुनपरोस् भन्ने उनको कामना छ।, रूखमा डेरा बनाएर अनलाइन कक्षा लिँदैछन् सिम्लेखर्कका धनकुमार (भिडिओ)
सेतोपाटी संवाददाता पर्सामा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन्। , पर्सागढी नगरपालिका वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। , सन्दीप दासको ठाउँमा २० वर्षीय रामचन्द्र दास परीक्षा दिन आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। बुधबारदेखि कक्षा १२ को परीक्षा सुरू भएको छ। , पक्राउ परेका रामचन्द्रलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याउँदै गरेको पाण्डेले बताए। , परीक्षा हलमा रामचन्द्रलाई अरू विद्यार्थीले नचिनेपछि प्रहरीलाई खबर भएको थियो। , 'परीक्षा हलमा अरू विद्यार्थीहरूले चिनेनन्। त्यसपछि हामीलाई खबर भयो,' पाण्डेले भने,'उनलाई ल्याइँदैछ। सोधपुछ गर्न पाइसकेका छैनौं।',  , कक्षा १२ का नक्कली परीक्षार्थी पर्साबाट पक्राउ
सेतोपाटी काभ्रेपलाञ्चोकमा रोशी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा रोशी गाउँपालिका-५ का प्रकाशकुमार लामाको छोरा आठ वर्षीय अवि तामाङ रहेको छ।, विद्यालयबाट घर फर्किने क्रममा मंगलबार रोशी गाउँपालिका–९ कालोपुलस्थित पौडी खेल्ने क्रममा सो खोलाले बगाएर उनी बेपत्ता भएको थियो।, खोजतलासका क्रममा मंगलबार बेलुका सोही गाउँपालिकाको वडा नं ११ कालढुङ्गास्थित रोशी खोलाको किनारामा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।, तामाङ स्थानीय विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ। शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ। ,रासस, रोशी खोलाले बगाउँदा एक बालकको मृत्यु
नवीनबाबु गुरूङ येंया पुन्ही (इन्द्रजात्रा) मा देखाइने देवी नाच आजदेखि सार्वजनिक प्रदर्शनमा आएको छ। किलागलको मुख्य डबलीमा बिहानैदेखि देवदेवीहरू नाचिरहेका छन्।, सात देवदेवीले डबलीमा आएर विभिन्न नृत्य प्रस्तुत गरे। ती देवदेवी हुन्– भैरव, चण्डी, कुमारी, दैत्य, कवं (कंकाल), बेताः (बेताल) र ख्याः (ख्याक)।, नेपाल भाषामा ‘दी प्याखंः’ भनिने यो नाचले छोरीहरूको साहसको कथा भन्छ। दैत्यमाथि कुमारीले विजय पाएको पौराणिक कथा देखाउने यो नाचको विशेषता हो।, सात पात्र हुने दी प्याखंः मा कुन पात्र को बन्ने पहिल्यै तय हुन्छ। बेताल, कंकाल र ख्याक साना पात्र हुन्। यिनको नाचमा साना केटाकेटी नै राखिन्छ। त्यही भएर नाच्नेहरू परिवर्तन भइरहन्छ। अरु भने पाका उमेरका हुन्छन्।, दी प्याखंः सञ्चालन समितिका सदस्य नरेन्द्र महर्जनका अनुसार यो नाचमा सातको संयोग हुन्छ। सात देवदेवी, सात डबली, सात नाइके, सात बाजा र सात ताल। नाचको समय पनि सातै घन्टा हुन्छ।, जहाँ पायो त्यही देखाउन नहुने यो नाचको लागि काठमाडौंका सात निश्चित डबली छन्। ती डबली यी ठाउँमा छन्– किलागल, कागेश्वरी नजिकैको, जैसीदेवल (न्हूघः), बांगेमुढा, इन्द्रचोक, वसन्तपुरको महादेव–पार्वती मन्दिर अगाडि र कालभैरव मन्दिर अगाडि।, अन्तिम दिन किलागलको डबलीमा नाच देखाएर यो नाच विसर्जन गरिन्छ। सडक विस्तारक्रममा धेरैजसो डबली मासिसकेकाले सडकमै नाच देखाउने बाध्यता भएको नाच सञ्चालन समितिको गुनासो छ।, यो नाच कहिले सुरू भयो भन्ने लिखित र आधिकारिक अभिलेख छैन। यसमा गाइने भैरव देवताको चचा (चर्या) गीतले भने गुणकामदेव राजाकै पालामा सुरू भएको जनाउँछ।, तस्बिरमा हेर्नुस्, इन्द्रजात्राको देवी नाच
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार १६ हजार ८४४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट १२ हजार ५ सय २४ जना र एन्टिजेनबाट ४३२० जनाको परीक्षण भएको छ।, त्यस्तै एक हजार २२० संक्रमित निको भएका छन्। , संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८९६ जनाको मृत्यु भएको छ। , यस्तै काठमाडौं उपत्यकामा थप ४९५ कोरोना संक्रमित थपिएका छन्। , काठमाडौंका ३६० , ललितपुरका ७२ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , थपिए एक हजार ७६० संक्रमित, निको भए एक हजार २२०
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४९५ कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंका ३६० , ललितपुरका ७२ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार १६ हजार ८४४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट १२ हजार ५ सय २४ जना र एन्टिजेनबाट ४३२० जनाको परीक्षण भएको छ।, त्यस्तै एक हजार २२० संक्रमित निको भएका छन्। , संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८९६ जनाको मृत्यु भएको छ। ,  , काठमाडौं उपत्यकामा थपिए ४९५ संक्रमित
सेतोपाटी संवाददाता गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको छ। , गृहमन्त्रीस्तरको निर्णयअनुसार बुधबार १६ जनाको काज सरूवा गरेको मन्त्रालयले जनाएको छ।, ललितपुरका सिडिओ ढुण्डिप्रसाद निरौलाको गृह मन्त्रालयमा सरूवा भएको छ। उनको सट्टामा मन्त्रालयबाट सहसचिव घनश्याम उपाध्याय आएका छन्। , भक्तपुरमा रूद्रादेवी शर्मा, गुल्मीमा पुण्यविक्रम पौडेल, गोरखामा शंकरहरि आचार्य, मोरङमा काशीराज दाहालको सरूवा भएको मन्त्रालयले जनाएको छ।, त्यस्तै मोरङका सिडिओ कोशहरि निरौलाको मन्त्रालयमा सरूवा भएको हो। , हेर्नुहोस् सूची :, १६ जना सिडिओको सरूवा, को कहाँ? (सूचीसहित)
सेतोपाटी संवाददाता सिन्धुलीमा एक जनाको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , बुधबार बिहान करिब साढे ६ बजे कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कस्थित प्रतीक्षालयमा ८३ वर्षीय लालबहादुर लामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए। , मृत फेला परेको भन्ने खबरपछि कार्यालयबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको थियो। , मृतक लालबहादुर लामाको टाउकोमा चोट लागेको प्रहरीले बताए।, हत्या गरेको आरोपमा प्रहरीले माडीबजारमा मागी हिँड्ने ३५ वर्षीय भारतीय नागरिक अशोककुमार जैसवाल र १८ वर्षीय कृष्ण भन्ने व्यक्तिलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए। हत्या गरेको भन्दै मृतक लामाका भाइ रामबहादुरले उनीहरूविरूद्ध जाहेरी दिएका छन्। , जिल्ला अदालत सिन्धुलीबाट प्रहरीले हिरासतमा राख्न अनुमति लिई थप अनुसन्धान अघि बढाएको छ।,  , ​​​​​​​सिन्धुलीमा एक वृद्धको हत्या आरोपमा दुई पक्राउ
सेतोपाटी संवाददाता बंगलादेशबाट स्थलमार्ग हुँदै काठमाडौं आइपुगेका १४ रोहिंग्या शरणार्थीलाई प्रहरीले अध्यागमन विभागलाई बुझाएको छ।, केही दिनअघि काठमाडौं आइपुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सोमबार विभागलाई बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। , 'केही रोहिंग्याहरू नयाँ आए। पहिलाको डाटाहरू त थियो। तर थप आएकाहरूलाई हामीले अध्यागमनमा बुझाएका छौं,' उनले भने। , अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले शरणार्थीहरू प्रहरीमार्फत् सम्पर्कमा आएको बताए।, उनीहरूबारे अनुसन्धान भइरहेको उनले बताए। , यद्यपी उनीहरूलाई पक्राउ नै गरी अनुसन्धान गरिएको हो वा होइन भन्ने उनले खुलाएनन्। , 'उनीहरू सम्पर्कमा आएका थिए। त्यो विषयमा अनुसन्धान भइरहेको छ,' भट्टराईले भने,'अनुसन्धान भइरहेको विषय भएको हुँदा धेरै खुलाउन मिलेन। अवैध रूपमा आएको हो वा होइन भन्ने बेला भएको छैन।'  , उनीहरूलाई कहाँ राखिएको छ भन्ने पनि उनले खुलाउन चाहेनन्। ,  , बंगलादेशबाट आएका १४ रोहिंग्या शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएर बुझायो अध्यागमनलाई
सेतोपाटी संवाददाता झापाको कन्काई नहरमा डुबेर एक जना व्यक्तिको मृत्यु भएको छ।, इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का ३८ वर्षीय अच्युत नेपालको नहरमा डुबेर मृत्यु भएको हो। , उनको शव बुधबार ५ बजेतिरस्थित कन्काई नहरको साइफनमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। , स्थानीयले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी पुगेर नहरभित्रको शव निकालेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।, शव फेला परेको स्थानदेखि ५० मिटर नजिकमा उनले चलाउने साइकल फेला परेको छ। नहरमा हामफालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। यद्यपि थप अनुसन्धान भने सुरू गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले बताए।, मृतक शारीरिक अपांगता भएका व्यक्ति हुन्। उनी शिवसताक्षी नगरपालिकाको अपांगता भएका व्यक्तिहरूको परिचय कार्ड वितरण समितिका सदस्यसमेत हुन्।, कन्काई नहरमा डुबेर एकको मृत्यु
सेतोपाटी संवाददाता अटोमेटिक पेस्तोलसहित एक पक्राउ परेका छन्।, सशस्त्र प्रहरीको विशेष टोलीले सूचनाको आधारमा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हो।, सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले काठमाडौं- १६ सीतापाइला छाउने मार्गबाट तारकेश्वर नगरपालिका वडा नम्बर ३ जितपुरफेदी बस्ने २४ वर्षीय सोनाम तामाङलाई पक्राउ गरेको बताए।, उनको साथबाट मेड इन जर्मनी लेखिएको अटोमेटिक पेस्तोल र  पाँच राउण्ड गोली बरामद गरिएको उनले बताए। , उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त स्वयम्भूमा बुझाइएको छ।, अटोमेटिक पेस्तोलसहित सितापाइलाबाट एक पक्राउ
सेतोपाटी संवाददाता मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेको भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मान गरेको छ। , बुधबार मन्त्रालयले एक एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मान गरेको हो। , राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह र मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई सम्मान प्रदान गरे।,  १५ औं मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय दिवसको अवसरमा २०७८ साल भदौ २० गते महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलालीलाई सर्वोत्कृष्ट जिल्ला घोषणा गरेको थियो।, जिल्ला प्रहरी कार्यालय कैलालीले विगत एक वर्षमा मानब बेचबिखन तथा ओसारपसार गरेको कसुरमा १६ वटा घटनामा २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो। १६ वटा मुद्दामध्ये ९ वटा मुद्दा मानव बेचबिखनका साथसाथै जबरजस्ती करणीमा समेत मुद्दा चलाएको थियो। , त्यसैगरी कैलालीले सहयोगी संस्था तथा भारतीय प्रहरीको सहयोग र समन्वयमा १४ वर्षीय बालिकालाई भारतको बैंगलोरबाट उद्दार गरी पारिवारिक पुनर्मिलन गराएको थियो। , यही अवधिमा ८६ जना महिला, २ बालक र ३८ बालिका गरी १२६ जनालाई सीमा नाकाबाट उद्दार गरी परिवारमा फर्काइएको थियो भने ३ महिला, १७ बालक र १० बालिका गरी ३० जनालाई बेवारिसे तथा अलपत्र अवस्थामा फेला पारी उद्दार तथा पारिवारिक पुनर्मिलन गराइएको थियो। , मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारी अन्तर्गत विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ।, मानव बेचबिखन ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली उत्कृष्ट
सेतोपाटी संवाददाता बैशाख तेस्रो सातादेखि  पोखरामा जारी भएको लकडाउन खुलेको छ।, जिल्ला कोभिड– १९ व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले असोज १ गतेदेखि लकडाउन खुलाउने निर्णय गरेको हो। अब पोखराका स्कुल, होटल, रेष्टुरेण्ट, क्लब, दोहोरी साँझ, डान्सबार लगायत खुलाउने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए।, जेठ अन्तिम सातादेखि लकडाउन खुकुलो भएपनि स्कुल र रात्रिकालीन व्यवसाय खुलेका थिएनन्।, पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण र मृत्युदर घटेका कारण लकडाउन खुला गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ। , प्रमुख जिल्ला अधिकारी गौतमले बुधबार साँझ जारी गरेको आदेशमा लकडाउन खुला गरिए पनि सरकारले जारी गरेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ।, ‘स्कुलदेखि डान्सबारसम्म सबै व्यवसाय खुलाउँदा तोकिएको मापदण्ड पालना गर्नुपर्नेछ,’ आदेशमा उल्लेख छ।, यसअघि साँझ ८ बजेसम्म मात्र खुला गरिएको बजार अब थप समयसम्म खोल्न पाइने भएको छ। बुधबार जारी गरेको आदेशमा पोखराका होटल तथा रेष्टुरेण्ट राति साढे ११ बजेसम्म खोल्न पाइने उल्लेख छ।, यस्तै, डान्सबार, क्लब, दोहोरी साँझ जस्ता रात्रिकालीन व्यवसाय राति साढे १ बजेसम्म संचालन गर्न पाइने आदेशमा उल्लेख छ। , प्रमुख जिल्ला अधिकारी गौतमले कोरोना भाइरसको संक्रमण दर बढ्दै गएमा जुनसुकै बेला थप आदेश जारी गर्ने बताएका छन्।, पोखरामा हट्यो निषेधाज्ञा, स्कुलदेखि डान्सबारसम्मका व्यवसाय खुला
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग बुधबार स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।, उनले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताए। उनले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिएको बताए।, स्थानीय तहमा रहेको कोभिड–१९ को जोखिम आँकलन गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ पालना गरी मात्रा विद्यालय खोल्न भनिएको उनले बताए।, शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्न निर्देशन दिएको छ। विद्यालयले यही असोज १ गतेदेखि खोल्ने तयारी गरिएको छ। उनले विद्यालय खोल्नुअघि ती ठाउँमा परीक्षण र उपचारको व्यवस्था समुचित व्यवस्था मिलाउनुसमेत भनिएको बताए। विद्यालय खोल्नुअघि बालबालिकाको स्वास्थ्य र उपचार गर्नुपर्ने उनले बताए।, कोभिड–१९ को सङ्क्रमण घटे पनि जोखिम नघटेको मन्त्रालयको भनाइ छ। ‘सबै पालिकामा एउटै अवस्था छैन। सबै विद्यालयमा पनि एउटै अवस्था छैन,’ पौडेलले भने, ‘त्यसैले विद्यालयको अवस्था र स्वास्थ्यको मापदण्ड पालना गर्नसक्ने स्थिति हेरी मात्र विद्यालय खोल्नुहोस्।’, छलफलमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठ, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख बालानन्द शर्मा, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेश, (एनप्याब्सन) र अभिभावक सङ्घको सहभागिता थियो। रासस, हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा अदालतले जरिवाना र सजाय सुनाएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा काठमाडौं-२९ का ३६ वर्षीय विनम श्रेष्ठ र धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-१ घर भई हाल काठमाडौं-१४ बस्ने ४८ वर्षीय प्रकाश श्रेष्ठ छन्।, दुबैलाई केन्द्री अनुसन्धान ब्युरोको टोलीले मंगलबार पक्राउ गरेको हो। विनमलाई अदालतले सात दिन कैद र १७ लाख ६५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो भने प्रकाशलाई ५ दिन कैद र ११ लाख ५० हजार रुपैयाँ सजाय सुनाएको थियो।, बिनमलाई काठमाडौं र प्रकाशलाई रुपन्देहीबाट पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए।, दुबैलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको ब्युरोले जनाएको छ।, बैंकिङ कसुरमा फरार दुई व्यक्ति पक्राउ
सेतोपाटी संवाददाता दैलेखमा भएको शिक्षकको विभत्स हत्याबारे एक महिलाले आफूले गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।, दैलेखको गुराँस गाउँपालिका-८ छोटेपोखरामा रहेको मालिका माध्यमिक विद्यालयमा पढाउने शिक्षक नगेन्द्रकुमार बिसीको हत्या गरेको उनले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।, हत्या गरिएका शिक्षक छोटेपोखराकै स्थानीय थिए। सोही ठाउँकी २५ वर्षीया मुना रानाले आफूसँगको व्यक्तिगत रिसइबीका कारण आफूले ती शिक्षकको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।, मंगलबार बिहान ७ बजे उनको शव मालिका माध्यमिक विद्यालयको प्रांगणमा फेला परेको थियो। सोमबार राति साढे १ बजे आफूले धारीलो हतियार प्रयोग गरेको शिक्षकको हत्या गरेको रानाले स्वीकारेको प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताए।, बिसी मालिका माध्यमिक विद्यालयमा विगत १३ बर्षदेखि राहत शिक्षकका रुपमा कार्यरत थिए।, पीडित परिवारको दरखास्त लिई अदालतबाट म्याद थप गरी ती महिलामाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए।, दैलेखका शिक्षकको हत्या आरोपमा २५ वर्षीया महिला पक्राउ
सेतोपाटी संवाददाता नेपाली सेनाले विभिन्न पदका लागि जागिर खुलाएको छ।, भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज गोरखापत्रमा सूचना निकालेर चार सय ६२ जना माग गर्दै दरखास्त आह्वान गरेको छ।, खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ।, सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई पनि खुलातर्फ बेग्लै आरक्षण सिटको व्यवस्थासहित सेनाले जागिर खुलाएको छ।, समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि पनि आरक्षण सिटसहित आवेदन माग गरिएको छ।, सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पूजारी हुद्दालगायत विभिन्न पदमा सेनाले जागिर खुलाएको हो। २२ जना पूजारीसमेत सेनाले माग गरेको छ।, भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिन्छ भने नारायणहिटीस्थित नेपाल क्याभल्टी उत्तरतर्फको खेल मैदानमा दरखास्त फारम वितरण गरिने सूचनामा उल्लेख छ।, सेनाले खुलायो जागिर
रासस बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको बताइएको छ।, प्रदेशमा तीन लाख ४७ हजार १०१ ले कोभिसिल्ड, ११ लाख ७६ हजार २०४ ले भेरोसेल तथा तीन लाख ४७ हजार ४१४ ले जोनसन एण्ड जोनसन खोप लगाएको जानकारी दिइएको छ।, प्रदेशमा १८ वर्षभन्दा माथिका ३२ लाख ७८ हजार १७७ ले कोरोनाविरुद्ध हालसम्म खोप लगाउन सकेका छैनन्।, बागमती प्रदेशमा २५ लाख ३८ हजार २२५ को कोरोना सङ्क्रमण परीक्षण गर्दा चार लाख २५ हजार ७९२ अर्थात् १६.७७ प्रतिशत व्यक्तिमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले बताए।, तीमध्ये हालसम्म चार लाख १० हजार २६८ अर्थात् ९६.३५ प्रतिशत कोरोना सङ्क्रमण मुक्त भएको बताइएको छ।, प्रदेशमा कोरोनाको सङ्क्रमणबाट चार हजार ३७२ को मृत्यु भएको जनाइएको छ। प्राप्त विवरणअनुसार मकवानपुर जिल्लामा १० हजार ५९ जनाले कोभिसिल्ड, १४ हजार ३०० ले भेरोसेल र पाँच हजार ९२३ ले जोनसन एण्ड जोनसनको खोप लगाएका छन्।, काठमाडौँमा एक लाख ३९ हजार ५१ ले कोभिसिल्ड, पाँच लाख ९८ हजार ५७७ ले भेरोसेल र एक लाख ५६ हजार २५ ले जोनसन खोप लगाएका छन्।, त्यसैगरी ललितपुरमा दुई लाख २२ हजार २३३, भक्तपुरमा एक लाख ६५ हजार ८९६, नुवाकोटमा ५६ हजार ५३३, धादिङमा ५२ हजार ६२७ चितवनमा एक लाख ५१ हजार १९३ सिन्धुलीमा ३१ हजार ५०३, रामेछापमा ७१ हजार ३५६, दोलखामा ३२ हजार ३२५ काभ्रेमा एक लाख दुई हजार १०० तथा सिन्धुपाल्चोक जिल्लामा ४९ हजार ६८३ ले खोप लगाएको मन्त्रालयले जनाएको छ।, बागमतीमा १८ लाखले लगाए कोरोना खोप
एजेन्सी चीनको दक्षिण-पश्चिमी प्रान्त सिचुवानमा बिहीबार बिहान ६ म्याग्नेच्युडको भूकम्प गएको छ।, चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार तिब्बतसँग जोडिएको प्रान्त सिचुवानको लोचौमा स्थानीय समयअनुसार बिहीबार बिहान ४:३३ बजे भूकम्प गएको हो।, भूकम्पले केही घरहरू भत्काएको छ। भूकम्पमा परी अहिलेसम्म कम्तीमा २ जनाको मृत्यु भएको छ भने पाँच दर्जनभन्दा बढी मानिस घाइते भएका छन्।, भूकम्पपछि सरकारले आपतकालीन उद्धार जारी राखेको छ। अहिलेसम्म ६ हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको पिपुल्स डेलीले जनाएको छ।, चीनको सिचुवानमा ६ म्याग्नेच्युडको भूकम्प: कम्तीमा २ जनाको मृत्यु, दर्जनौं घाइते
खिलानाथ ढकाल सरासर काम गर्दा दुई महिनामा सकिने एक किलोमिटर सडक छ वर्षसम्म किन बन्दैन? ललितपुर-२५ नख्खु-भैंसेपाटी सडकमा यात्रा गर्ने मानिसहरूको मथिंगल यो प्रश्नले हल्लिने गरेको छ।  , प्रश्न गर्नेमध्ये एक हुन् ललितपुर-२५ मा बसिरहेकी शर्मिला घिमिरे।, उनी वर्षौंदेखि नख्खु-भैंसेपाटी सडक देखिरहेकी छिन्। उनका अनुसार बेस्सरी धुलो उड्ने भएकाले सडकमा नांगो आँखाले हिँड्न पनि सकिँदैन।, सवारीसाधनमा हिँड्दा पनि धुलोका कारण अनुहार छोप्नुपर्ने अवस्था छ। सडक यताउता बस्ती छ, घरहरू धुलाम्य छन्।, मानव स्वास्थ्यमा असर पर्ने गरी सडकको प्रदुषण घरसम्म पुग्दा स्थानीयलाई कम्ती सास्ती छैन।, घिमिरे भन्छिन्, ‘भैंसेपाटी प्रहरी कार्यालयदेखि नख्खु पुलसम्म भरसक हिँड्नु नपरे हुन्थ्यो भन्ने लाग्छ, तर के गर्ने त्यही बाटो भएर काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता छ।’  , ललितपुर महानगरपालिका-२५ मा पर्ने नख्खु-भैंसेपाटी सडक ठेक्का लागेको ६ वर्ष बित्न लाग्दा पनि बन्न सकेको छैन।, यो सडक नबन्दा वडाध्यक्ष विष्णुकुमार कार्की आफैं छक्क छन्, उनलाई स्थानीयको दबाब पनि छ।, ‘हामी निर्वाचित हुनुभन्दा पहिले नै यो सडकको ठेक्का लागेको हो, हाम्रो पाँच वर्षे कार्यकाल सकिन लाग्यो, यो सडक उस्तै छ,’ कार्की भन्छन्, ‘स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिले नै ठेकेदारलाई प्रहरी चौकीसम्म ल्याएर कति दबाब दिइयो दिइयो।’, स्थानीय सरकार बन्यो, सडक बनेन। प्रतिनिधिसभा चुनाव भयो, नेकपाको नेतृत्वमा सरकार बन्यो तर यो सडक बनेन। , तत्कालीन प्रधानमन्त्री केपी ओली भने अहिले पनि भन्छन्- हाम्रो पालामा जति विकास कसैको पालामा भएन, हामी जहाँ उभिन्छौं, त्यहाँको सडक देखाएर विकास यो हो भन्न सक्छौं। , ‘यस्ता भाषण गरेर आनन्द मान्ने  ओलीजी यहाँको सडकमा आएर उभिए हुन्छ,’ एक स्थानीयले भने, ‘उहाँकै पार्टीका नेताहरू पनि यहाँ बस्नुहुन्छ, देखिरहनुभएकै होला।’  , ओली बिदा भएपछि अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ। उनको पालामा यो सडक बन्छ बन्दैन अहिले नै भन्न सकिने अवस्था नरहेको स्थानीय बताउँछन्।, मुख्य सडक बनाउन नसकेको ‘दोष’ वडाध्यक्ष कार्कीलाई पनि लाग्ने गरेको छ। तर, उनको अधिकार क्षेत्रमा यो सडक पर्दैन।, नख्खु पुलदेखि महानगरीय प्रहरी वृत्त भैंसेपाटीसम्मको १.२ किलोमिटर बाटो लामो समय बित्दा पनि बन्न नसकेको हो।, काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंमा सडक विस्तारको अवधारणा ल्याएसँगै यो सडक फराकिलो पार्न थालिएको थियो।, निर्माण कम्पनीको ढिलासुस्ती, मुआब्जा, क्षतिपूर्ति, खानेपानीको पाइपलगायत कारण देखाउँदै सम्बद्ध पक्षले अहिलेसम्म यो बाटो बनाउन सकेको छैन।, भैंसेपाटी प्रहरी वृत्तदेखि माथि भने बाटो बनिसकेको छ। काठमाडौं उपत्यका सडक विस्तार कार्यालयका अनुसार यो बाटो आर्थिक वर्ष २०७२/७३ सालमा ठेक्का लागेको थियो।, निर्माण कम्पनी आशिष-सिएम-बिरुवा कन्स्ट्रक्सनले ठेक्का पाएको थियो।,  सातदेखि दश मिटर चौडाको यो बाटोलाई दुबैतर्फ फराकिलो पारेर २० मिटर बनाउनुपर्ने सम्झौता छ।, ‘सुरूमा स्थानीयको मुआब्जा विवाद सुरू भयो। लामो समयसम्म मुआब्जा विवाद रहेपछि क्षतिपूर्तिसम्म दिएर अहिले बल्ल सुल्झिएको छ,’ कार्यालयका प्रमुख गुरु अधिकारी भन्छन्।, १.२ किलोमिटर क्षेत्रको मुआब्जा विवाद सुल्झिएपछि ढल निर्माणको काम सम्पन्न भएको र अहिले काठमाडौं उपत्यका खानेपानी आयोजना (केयुकेएल)को पाइपलाइनको काम बाँकी रहेको अधिकारी बताउँछन्।, ‘केयुकेएलको पाइपलाइन सार्न बजेट विनियोजन भइसकेको छ, केयुकेएलले पाइपलाइन सारेपछि सडक पिच हुन्छ,’ अधिकारीले भने।, उनका अनुसार यो सडक पिच गर्न दुई महिना समय भए पुग्छ। अन्तिम पटक ठेकेदार कम्पनीसँग चैत मसान्तसम्मको समय थप गरिएको छ।, ‘ठेकेदार कम्पनीले थपिएको समयसम्ममा निर्माण गरिसक्छ, हामी ताकेता गरिरहेका छौं,’ अधिकारीले भने।, काठमाडौं उपत्यका विकास प्राधिकरणले भनेजस्तो २० मिटर चौडाको सडक बन्न यहाँ सम्भव नहुने भएको छ।, निर्माण कम्पनीमध्ये बिरुवा कन्स्ट्रक्सन प्रालिका प्रमुख बालकृष्ण थापाका अनुसार कतिपय ठाउँमा सडक खाली भएको छैन।, ‘पुराना घरहरू थिए, उनीहरूले मुआब्जाको कुरा लिएर घर भत्काउन मानेनन्,’ उनले भने, ‘मुआब्जाको विवादले गर्दा सडक खाली नभएपछि हामीले बनाउन सकेनौं।’, अहिले जति जे सडक खाली भएको छ, त्यसैमा पिच गर्न सडक विस्तार कार्यालयले निर्माण कम्पनीलाई अह्राएको छ।, ‘हामी जे-जति सडक छ, त्यसैमा पिच गर्ने छौं, पानी र बर्खायामका कारण बाटो पिच गर्न सकिएन,’ उनले भने।, यो निर्माण कम्पनीले नख्खुदेखि बुङमतीसम्म ३.५ किलोमिटर सडक विस्तारको काम पाएको थियो। भैंसेपाटी प्रहरी वृत्तदेखि उता भने तीन वर्षअघि नै पिच भइसकेको थापाले बताए।, ‘सडक खाली गर्नुपर्ने निकायले खाली गराउन नसकेपछि हामीले त्यतिकै पिच गरेर पनि भएन,’ थापाले भने।, कार्यालयका प्रमुख अधिकारीका अनुसार यो क्षेत्रमा ३५ वटाजति घर थिए। कसैका घर पूरै सडक मिचेर बनेका थिए।, उनीहरूलाई प्रतिस्थापन खर्च भनेर दिनुपर्‍यो, अरूलाई क्षतिपूर्ति दिनुपर्‍यो।, ‘मुआब्जा दिन सकिने अवस्था थिएन, क्षतिपूर्ति दिएर सडक खाली गराउने कुरामा निकै समस्या भयो,’ अधिकारीले भने, ‘फेरि प्राधिकरणले एकैपटक क्षतिपूर्ति दिन सकेन, पटक-पटक गरेर क्षतिपूर्ति दिने कुराले पनि ढिलो हुन गएको हो।’, छ वर्षसम्म पनि बनेन नख्खु-भैंसेपाटीको १.२ किलोमिटर सडक
सेतोपाटी संवाददाता प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा बुधबारदेखि सरकारी खर्च रोकिने भएको छ। , संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ।, सो व्यवस्थाअनुसार बुधबार समयावधि सकिँदैछ। संसद बैठक नै असोज ४ गतेसम्मका  लागि स्थगित भएको छ।, समयमै विधेयक पारित हुन नसकेपछि सरकारी खर्च रोकिए पनि कर भने उठ्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए। , आजको संसद बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा केही दिन सरकारी खर्च रोकिन सक्ने तर ठूलो असर नपर्ने बताए। , सो अवसरमा शर्माले भने ‘विधेयक पारित गर्नका लागि केही समय ग्याप रह्यो भने सरकारी खर्च रोकिन पनि सक्छ, खर्च रोकिए पनि कर उठ्छ।’  , आज भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको रोष्टम घेराउ र नाराबाजीबीच सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक अघि बढाएका छन्। सभामुख सापकोटाले बैठक सुरु भएको जनाए लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु नाराबाजी गर्दै रोष्टम अघि आइपुगेका थिए।, तर उनले त्यसबारे कुनै टिप्पणी गरेनन्। अघिल्ला दिनहरुमा जस्तो उनले न त प्रतिपक्षीहरुलाई बस्न भने न त बैठकमा नाराबाजी रोक्न आग्रह नै नै गरे। , बैठक सुरु भए लगत्तै उनले विनियोजन विधेयक अर्थात् बजेट माथिको सैद्धान्तिक छलफल अगाडि बढाए। अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न समय दिए।, शर्माले प्रस्ताव राखेपछि बोल्न नेमकिपाका सांसद प्रेम सुवाललाई समय दिए। सुवालले आफ्नै स्थानबाट एमसिसीको विरोधमा वक्तव्य दिए। अर्थमन्त्री शर्माले जवाफ दिन  रोष्टम पुगे। उनले सुवालले राखेको विचारका लागि धन्यवाद भन्दै छोटो टिप्पणी मात्र गरे। प्रतिपक्षीहरुले नारा लगाइरहे। सभामुखले विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरे। प्रस्ताव बहुमतले स्वीकृत भयो। , त्यसपछि सभामुखले पूर्व राष्ट्रिय सभा सदस्य रुक्मशमशेर जबरा र संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव राखे। शोक प्रस्तावका मौन धारण गर्न आग्रह गर्दा रोष्टममा उभिएका प्रमुख प्रतिपक्षीले नाराबाजी रोके। , मौनधारणा पछि सभामुखले प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गते बिहान ११ बजे बस्ने जानकारी दिए।,  ,  , बुधबारदेखि सरकारी खर्च रोकिने
सीताराम कोइराला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी विसनकुमार मण्डल सात दिनअघि राजविराज गएका थिए। उनले १६-१७ वर्षदेखि क्रिकेट मैदानको ख्याल राख्दै आएका छन्। उनी परिवारसहित कीर्तिपुर बस्छन्।, त्यहाँ उनले एउटा कुकुर पनि पालेका थिए। कालो रंगको कुकुरलाई सबैले मायाले ‘काले’ भनेर बोलाउँथे। , अघिल्लो मंगलबार बिहान मण्डल घर जाने तयारीमा थिए। उनलाई लिन माइक्रो पनि आइसकेको थियो। उनी आफूबाट टाढिन लागेको थाहा पाएर होला काले उनको काखमा बस्न गयो। त्यतिबेला काले आमा-बुवाले छाडेर जाँदा सँगै जान नपाएको बच्चा रोएजसरी नै रोएको थियो रे!, 'माइक्रो चढेर म घर जान लाग्दै थिएँ। बिहान म जान लागेको भन्ने थाहा पाएर मेरो काखमा बस्न आयो। अअअअ... निन्याउरो भएर रोएको थियो,' मण्डलले मंगलबार सेतोपाटीसँग भने।, कालेको हेरचाह गर्ने जिम्मा दिदीलाई दिएर उनी मण्डल सप्तरी गए। उनीहरूबीचको त्यो भेट नै अन्तिम बन्यो। , मंगलबार (भदौ २९) बिहान करिब ७ बजे कीर्तिपुर क्रिकेट मैदान बाहिरको सडकमा मोटरसाइकलले ठक्कर दिँदा कालेको मृत्यु भएको छ।, मैदानको गेटबाट प्राय: बाहिर नजाने काले आज खेल्ने क्रममा बाहिर निस्किएको थियो।, काले सडकमा निस्किँदा मोटरसाइकलले एक्कसी ठक्कर दिएको मण्डलले बताए। , उनलाई पनि बिहान काले मरेपछि दिदीले फोन गरेर जानकारी दिएकी थिइन्। कालेलाई ठक्कर दिएपछि मोटरसाइकल लडेको थियो। चालक पनि घाइते भएका छन्। , 'बिहान मलाई दिदी र भिनाजुले फोन गरेर कुकुरलाई मोटरसाइकलले हान्दा मर्‍यो भन्नुभयो। कुकुरलाई हानेपछि दिदीले गाली गर्छु भनेर पनि जानुभएछ। तर चालक घाइते भएको रहेछ,' उनले भने, 'पछि अर्को मोटरसाइकलमा बसेर उपचार गराउन गयो भन्थ्यो। कहाँ गएको रहेछ थाहा भएन।', मण्डलका अनुसार कालेको टाउकोमा चोट लागेको थियो। ठक्करले घाइते भएपछि पनि ऊ क्रिकेट मैदानको कम्पाण्डभित्र पसेको थियो। र भित्रै रगत छादेर मरेको उनले बताए। , सडकमा तीव्र गतिमा सवारीसाधन चलाएकै कारणले आफ्नो कुकुर मरेको मण्डलको भनाइ छ। , 'मोटरसाइकलले हानेपछि काले बाटोमै मरेन। टाउकोमा चोट लागेपछि भित्र आएर रगत छादयो। इनारजस्तो बनाएको ठाउँमा आएर मर्‍यो,' उनले भने, 'दु:ख लागेको छ। बच्चैमा पाल्न ल्याएको थिएँ मैले। कस्तो नराम्रो लाग्यो।', मण्डलले कालेलाई तीन वर्षअघि घर ल्याएका थिए। कीर्तिपुरको नयाँबाटोमा फेला परेको कुकुरलाई पाल्न ल्याएका थिए। त्यत्तिबेला कालेसँगै अरू कुकुरका बच्चा पनि थिए।  , साना कुकुरका बच्चाहरू देखेपछि उनले तीन वटा कुकुर पाल्न ल्याए। , कालो कुकुरलाई उनले काले नाम राखिदिए। अर्कोलाई चंखे। बाँकी एउटा भने मैदानमा आएका व्यक्तिलाई दिएर पठाए। चंखेलाई भने उनले राजविराजमा लगेर पालेका छन्। , कालेलाई मैदानमा खुला छाडिन्थ्यो। ऊ मैदानमा उफ्रिने, दौडिने र भुक्ने गर्थो। अहिलेसम्म कसैलाई टोकेको थिएन।, 'ग्राउन्डमा जो आए पनि खेल्ने गर्थ्यो। खेलाडीहरूसँग पनि खेल्थ्यो। टोक्ने बानी नै थिएन,' मण्डलले भने,'खाली भुक्नेमात्रै। कसैलाई पनि न टोक्ने। उफ्रिने, दौडिने गर्थ्यो। खेलाडीहरू सबैले माया गर्थे उसलाई।', सोमबार मात्रै पनि कालेलाई नयाँ बेल्ट ल्याइदिएको थियो। नयाँ बेल्ट लगाइदिएपछि काले खुसी भएको  मण्डलले बताए। , 'हिजोमात्रै नयाँ बेल्ट किनेर लगाइदिएको भन्दै थियो दिदीले। आज बिहानै यस्तो खबर सुनेर कस्तो नरमाइलो लाग्यो,' उनले भने।, काले मरेको खबर सुनेर मण्डलमात्रै दु:खी  छैनन्, उनीसँगै क्रिकेट खेलाडीसमेत दु:खी छन्। , नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले पनि काले मरेको देखेका थिए।, पूर्वकप्तान खड्काले ट्विटरमा कालेको फोटो राखेका छन्। उनले फोटो राखेर कालेको बिदाइ गरेका छन्। , उनले लेखेका छन्, 'भारी मनका साथ दुर्घटनामा मरेको टियू मैदानको गार्डियन एन्जल कालेको बिदाइ गर्न चाहन्छु। वि लभ यू एन्ड वि विल मिस यू।' , With a heavy heart,we say goodbye to one of our guardian angels at the TU grounds today as he met with an unfortunate accident., KAALE,We LOVE YOU and we will MISS YOU ..❤️❤️ ,pic.twitter.com/5qk4R1TJXs, — Paras Khadka (@paras77) ,September 14, 2021, खड्काले कालेलाई केही वर्ष अघिदेखि मैदानमा देखेका थिए। अभ्यास गर्न जाँदा उसलाई पनि खाजा खुवाउने गरेको उनले सुनाए।  , 'केही वर्षदेखि कालेलाई ग्राउन्डमा देखिराखेको हो। सबै खेलाडीहरूसँग उसको निकटता थियो। हामीले बिहान अभ्यास गरेपछि उसलाई पनि खाजा खुवाउँथ्यौं। आज बाइक दुर्घटनामा परी मरेको देख्दा दु:ख लागेको छ,' पूर्वकप्तान खड्काले सेतोपाटीसँग भने। , कालेसँग ठोक्किएको मोटरसाइकलका चालकको अवस्था के छ भन्ने थाहा छैन। कीर्तिपुर प्रहरीले उक्त घटना आफ्नो रेकर्डमा नरहेको बताएको छ।, घटनाबारे आफूलाई जानकारी नभएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। , 'त्यहाँ दुर्घटना भएको भन्ने‍ थाहा भएन,' उनले भने,'ढल्पातिर मोटरसाइकलले ठक्कर दिएर कुकुर मर्‍यो भन्नेचाहिँ आएको थियो। तर त्यहाँको आएन।', अब कीर्तिपुरको मैदानमा क्रिकेटरसँग खेल्ने छैन ‘काले’
सेतोपाटी सदरमुकामबाट भौगोलिक हिसाबले नजिकै भए पनि सडक विकासका दृष्टिले टाढा रहेको गाउँपालिका हो बरेङ गाउँपालिका। विसं २०६३ मा पहिलोपटक छिमेकी जिल्ला गुल्मी हुँदै कच्ची सडक बरेङ पुगेको थियो। , गुल्मीको शान्तिपुरबाट सातदोबाटो हुँदै बरेङ कच्ची सडक पुग्दा गाउँमै सवारी देखेका बरेङबासीले अब भने कालोपत्र सडकको सपना देख्न थालेका छन्।, आफ्नै जिल्ला सदरमुकाम बागलुङ बजार र गण्डकी प्रदेश मुकाम पोखरा पुग्ने सडकसँग जोडिने गरी बरेङले अबको दुई वर्षमा कालोपत्र सडक पाउने छ। , एसियाली विकास बैंकले नामकरण गरेको बागलुङ–कमुश्मीशेरा–बरेङ–शान्तिपुर सडकखण्डअन्तर्गत विभिन्न खण्डमा कालोपत्रका लागि विनियोजित योजना बरेङका सपना हुन्।, 'एसियाली विकास बैंक हाम्रोसम्म आई नै पुगेन, कुश्मीशेरासम्म विस्तार भएको बाटोले केही आशा भने जगाएको थियो', गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, 'अहिले यही सडक कालोपत्रको योजना विनियोजन भएर काम सुरू भएको छ, हाम्रा लागि खुसीको कुरा हो' ,  , यो सडकखण्डअन्तर्गत बागलुङ नगरपालिका–१३ को पाग्जादेखि टाकुरीसम्म १० किलोमिटर र जैमिनी नगरपालिकाको कुश्मीशेरादेखि राङ्खानी देवलधारासम्म अर्को १० किमी खण्ड कालोपत्रको काम चलिरहेको छ।, पाग्जातर्फको काम सकिएकाले निर्माण कम्पनी हस्तान्तरणको चरणमा छ भने कुश्मीशेरा देवलधारासम्मको खण्डमा केही संरचना निर्माण भएका छन्।, बरेङ पुग्न देवलधारादेखि बरेङको लिउँवा गाउँसम्म ११ किलोमिटर खण्डमा कालोपत्र गर्न यसै वर्षदेखि काम सुरू भएको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले रु ३४ करोड बजेट विनियोजन गरेपछि काम सुरू भएको हो।, विसं २०७८ असार ३० गते निर्माण कम्पनीसँग सम्झौता गरेको पूर्वाधार कार्यालय बागलुङले दुई वर्षमा काम सकिने जनाएको छ। , पूर्वाधार कार्यालयका इञ्जिनियर श्यामप्रसाद भण्डारीका अनुसार २०८० साल असार ३० गतेसम्ममा बरेङ गाउँपालिका कालोपत्र सडकसँग जोडिने छ।, उक्त खण्ड कालोपत्रको जिम्मेवारी पाएको रौताहा/खानी/धुलिखेल कम्पनीले काम सुरू गरेको जनाएको छ।, सडक कालोपत्रका लागि आवश्यक ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा प्रशोधनका लागि जग्गाको खोजी भइरहेको कम्पनीले जनाएको छ। , उक्त खण्ड कालोपत्र हुँदा जैमिनी नगरपालिकाको कुश्मीशेराबाट २१ किलोमिटरको दूरीमा लिउँवा जोडिने छ भने बागलुङ बजारबाट ४२ किलोमिटर कालोपत्र सडकमा बरेङ पुग्न सकिन्छ। , 'अहिले आफ्नै जिल्लाको बाटोभन्दा गुल्मीको बाटो सहज भनेर हिँड्नुपरेको छ', बरेङ- ५ सुखौराकी रचना पौडेल भन्छिन्, 'सडक कालोपत्र भए सदरमुकामबाट छोटोबाटो घर पुगिन्थ्यो।', सडक फराकिलो र पक्की हुँदा गाउँपालिकाका अन्य पूर्वाधार विकास, स्वास्थ्यको पहुँच र स्थानीय उत्पादनको बजारीकरणमा सहज हुने गाउँपालिकाको विश्वास छ।, सदरमुकामसँग जोडिएको सडक कालोपत्र नभएका कारण बरेङबासीले बर्सेनि सास्ती खेप्दै आएका छन्।, वर्षायाममा बाढी, पहिराका कारण सबै सडक अवरूद्ध हुँदा बरेङ सडक सम्पर्कबाट टाढा रहने गरेको छ।, गाउँपालिका प्रवेशका लागि छिमेकी जिल्ला गुल्मीको शान्तिपुर, छिमेकी नगरपालिका जैमिनीको नाम्दुक, गलकोटको भित्रीवन तथा दुदीलाभाटी तथा गुल्मीकै सातदोबाटो हुँदै पाँच वटा नाका छन्। पाँच वटै नाका हुँदै चल्ने सडक साँघुरा र कच्ची भएका कारण साना सवारी मात्रै सञ्चालन हुने गरेको स्थानीय बताउँछन्।, सडक कालोपत्र भएमा यहाँ उत्पादन हुने दूध, आलु, अलैंची, फलफूल र अन्य कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणमा सहज हुने बरेङ गाउँपालिका-५ सुखौराका शिक्षक दुर्गाप्रसाद शर्माले बताए।,(रासस),  , दुई वर्षभित्र बरेङमा कालोपत्र सडक
सेतोपाटी सप्तरीको राजविराज नगरपालिकामा एक महिलाको हत्यामा संलग्न उनका देवर र देउरानीलाई जन्मकैदको सजाय भएको छ।, राजविराज-१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्यामा संलग्न ३५ वर्षीय पञ्चदेव र उनकी श्रीमती ३१ वर्षीया प्रमिलादेवीई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो।  , न्यायाधीश ऋषिराम आचार्यको एकल इजलासले साह दम्पतीलाई उक्त सजायको फैसला गरेको हो।, यस्तै, हत्यामा संलग्न प्रमिलाका भाइ डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका ३६ वर्षीय सत्यनारायण साहलाई समेत अदालतले तीन वर्ष कैदको फैसला गरेको छ।, अदालतले राजविराज नगरपालिका–१५ मुसहर्नियाका २४ वर्षीय धर्मेन्द्र साह र ३५ वर्षीय जिवछनारायण साहलाई भने सो घटनामा सफाइ दिएको छ।  , साह दम्पतीका छोरा १६ वर्षीय सन्तोष, हत्या गरिएकी बेचनीदेवीकी सासू ५५ वर्षीया शोमादेवी, सोही ठाउँका ३५ वर्षीय जयनारायण साह, ५० वर्षीय ताराचन्द्र साह, ६४ वर्षीय गोपी साह, नन्दी मण्डल र ६३ वर्षीय चलितर साहको हकमा मुद्दा मुल्तबीमा राखिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।,     , बेचनीदेवीको शव २०७५ जेठ ३१ गते उनकै घरको शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको थियो। बेचनीदेवीका बुवा रामकुमारले २०७६ असार ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। ,रासस, हत्या मुद्दामा देवर र देउरानीलाई जन्मकैद
सेतोपाटी संवाददाता दैलेखमा विभत्स अवस्थामा एक जना शिक्षकको शव फेला परेको छ।, गुराँस गाउँपालिकामा रहेको मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक नगेन्द्र विसीको शव भेटिएको हो।, मंगलबार बिहान सोही विद्यालयमा उनको शव भेटिएको प्रहरीले जनाएको छ। बिहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेको थिए।, जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ईन्द्रजीत सुनारको नेतृत्वमा टोली घटनास्थल पुगेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।, उनको गएराति कसैले हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।, प्रारम्भिक अनुसन्धान सुरू भएको डिएसपी श्रेष्ठले बताए।, ‘प्रहरी पुगिसकेको छ, त्यहाँको अवस्था बुझ्ने र अनुसन्धान गर्ने कार्य हुन्छ,’ उनले भने, ‘अब केही बेरमा शव उठाएर ल्याउने काम पनि हुन्छ।’, प्रहरीले शंका गरिएको दुई जना स्थानीयलाई पनि पक्राउ गरेको छ।, दैलेखमा शिक्षकको विभत्स हत्या
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १४ हजार ४४३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट १० हजार २ सय ६६ जना र एन्टिजेनबाट ४१७७ जनाको परीक्षण भएको छ।, त्यस्तै, एक हजार ५८९ संक्रमित निको भएका छन्। , संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ९८४ जनाको मृत्यु भएको छ। , यस्तै, काठमाडौं उपत्यकामा थप ४०४ कोरोना संक्रमित थपिएका छन्। , काठमाडौंका २९४ , ललितपुरका ६२ र भक्तपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , १४ हजार ४४३ जनामा कोरोना परीक्षण गर्दा १५६२ लाई संक्रमण
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४०४ कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार  काठमाडौंका २९४ , ललितपुरका ६२ र भक्तपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , काठमाडौं जिल्लामा सबभन्दा धेरै २९४ संक्रमित थपिएका छन्। , हाल काठमाडौं उपत्यकामा ६ हजार २५३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौं जिल्लामा ३ हजार ३४०, भक्तपुरमा १ हजार ७८ र ललितपुरमा १ हजार ८३५ सक्रिय संक्रमित छन्। , काठमाडौं उपत्यकामा थपिए ४०४ संक्रमित, सक्रिय ६ हजार २५३
सेतोपाटी संवाददाता जाजरकोटमा फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। नलगाड नगरपालिकाको खारा भन्ने ठाउँबाट कालीमाटी जाँदै गरेको भे १ ज ९८७ नम्बरको फोर्स दुर्घटनामा परेको हो।, दुर्घटनामा मृत्यु भएकामध्ये बारेकोट गाउँपालिका-२ की अन्दाजी ४२ वर्षीय शान्ति रोकायाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी मधुकुमार थापाले जानकारी दिए।, उनका अनुसार अर्का एक जनाको पहिचान खुलेको छैन। उनको घर जुम्ला भएको आशंका गरिएको डिएसपी थापाले जानकारी दिए।, दुर्घटनामा परी ५ जना घाइते भएका छन्। घाइतेहरूलाई दल्लीस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गाडीमा कति सवार थिए भन्ने पनि स्पष्ट खुल्न सकेको छैन।, गाडी सडकमै पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेको डिएसपी थापाले बताए।, जाजरकोटमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार एक महिलालाई काठमाडौंको गहना पोखराबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।, कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौंको गहना पोखरी बस्ने ३२ वर्षीया जसमिन झालाई पक्राउ गरेको हो।, बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत फागुन ११ गते १६ लाख रूपैयाँ जरिवाना र सात दिन कैद सजाय सुनाएको थियो। सो सजाय सुनाएपछि फरार रहेकी झालाई प्रहरीले खोजेर पक्राउ गरेको हो। , फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पठाइएको छ। , त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरोले पनि बैंकिङ कसुरको मुद्दामा एक जनालाई पक्राउ गरेको छ। बारा घर भई काठमाडौंको गल्फुटार बस्ने २६ वर्षीय अनिस सुन्दासलाई प्रहरीले पक्राउ गरेको हो। , उच्च अदालत पाटनले उनलाई गत चैत ८ गते सात लाख रूपैयाँ जरिवाना र सात दिन कैद सजाय सुनाएको थियो। फरार रहेका उनलाई प्रहरीले सोमबार सुन्दरीजलबाट पक्राउ गरेको हो। , सजाय कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत ललितपुरमा पेश गरेको छ।,  , बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ
सेतोपाटी संवाददाता नेपाली सेनाले गाँजा तस्करी गरेको आरोपमा एक जनालाई पकाउ गरेको छ। , एक सय तीन किलो गाँजासहित पर्सा राष्ट्रिय निकुञ्जबाट सोमबार एक जनालाई पक्राउ गरेको सेनाले जनाएको छ।, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ हाँडीखोला बस्ने २८ वर्षीय बुद्धबहादुर ब्लोन लामालाई पक्राउ गरेको हो। , पर्सा निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको सिद्धिबक्स गणबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।, उनीमाथि थप अनुसन्धान गर्न सेनाले निकुञ्ज प्रशासनलाई बुझाएको हो। , पर्सा निकुञ्जबाट एक सय तीन किलो गाँजासहित एक पक्राउ
दिपकजंग शाही सुर्खेतकी राधिका (नाम परिवर्तन) र उनका भाइहरूलाई आमाले दु:ख सुखले पालिरहेकी थिइन्।, राधिका आमालाई सघाउने भइसकेकी थिइन्। सात वर्षअघिको कुरा हो। उनी १३ वर्षकी हुँदै थिइन्।, एकदिन राधिकाको भेट मामाकी छोरीसँग भयो। भारतमा काम गर्ने उनी राधिकाको घरै आएकी थिइन्। आउनेजाने क्रम बढ्यो। राधिका र ती दिदी खुब नजिकिए।, मामा दिदीले मुम्बईमा पुस्तक पसलमा काम गर्ने बताएकी थिइन्। राधिकासँग उनले नौरंगी मुम्बईको कथा सुनाउँथिन्। , बेला बेला उनले भन्ने गर्थिन्, 'तिमी पनि मुम्बई जाने भए पुस्तक पसलमा काम गरौली म लगाइदिन्छु।', राधिका यसै त सानी थिइन्। आफैंले निर्णय गरिनन्। आमालाई सोध्नुपर्छ भन्न थालिन्। ती दिदीले आफ्नी फुपूलाई सोध्न गाह्रो थिएन।, तर राधिकाकी आमाले छोरी सानै भएकाले भारत नपठाउने बताइन्।, दिदीले भने राधिकालाई प्रलोभनको जालमा पारिसकेकी थिइन्।, आमाले नमाने पनि राधिकालाई उनले त्यसै दिन भगाएर आफ्नो घरमा लगिन्। घरमा राधिकालाई माइजुले पनि फकाउन थालिन्।, ‘भाइबहिनी साना छन्, बुवा हुनुहुन्न। तिमी गएपछि त्यहाँ राम्रो कमाइ छ। यता परिवार पाल्न हुन्छ,' दिदी र माइजुसमेतले माइजुका दुई आमाछोरीले फकाएपछि उनी काम गर्न भारत जान तयार भइन्।, २०७१ साल जेठ १८ गते राधिका र उनका मामाकी छोरी भारत जान हिँडे।, भारतको दिल्लीमा पुगेपछि राधिकालाई मामाकी छोरीले आफू बस्ने कोठामा राखिन्। दुई दिन कोठामा राखेर उनले राधिकालाई अर्कै ठाउँमा लगिन्।, किताबको फ्याक्ट्रीमा काम लगाइदिन्छु भनेकी दिदीले होटलजस्तो ठाउँमा लिएर गइन् र भनिन्, ‘अब तैंले यहीँ काम गर्नुपर्छ।’, राधिकाले सुरूमा मानिनन्। पछि उनलाई मामाकी छोरीले कोठामै लगिन्। अनि धम्की दिन थालिन्। आफूले भनेको काम नगरे यस्तो घिन लाग्दो काम गर्छे भनेर घरगाउँमा हल्ला फिँजाइदिने धम्की दिइन्।, 'अनि तँलाई घर जाँदा पनि कसैले हेर्दैन,' राधिकाले दिदीले दिएको धम्की सम्झिइन्। , राधिकाले आफूलाई घरै पठाइदिन बिलौना गरिन्। उनलाई कोठीमा बेच्न ठिक्क परेकी दिदीको मनमा कसरी पलाउँथ्यो र दया! त्यसको एक हप्तापछि फेरि उनले राधिकालाई कोठीमै लगिन्। उनलाई त्यहाँ जबर्जस्ती छोडिदिइन्।, कोठीमा बस्नुबाहेक उनको कुनै उपाय थिए। विस्तारै ग्राहकहरू आउन थाले।, १३ वर्षकी बालिका राधिकाको शरीर तन्नेरी पुरूषहरूको कब्जामा पर्न थाल्यो।, ‘मान्छेहरू आएर ममाथि चढ्न थाले। मलाई त्यतिबेला लाग्थ्यो- म अब मरिसकेँ, म ज्यूँदो छैन,’ राधिकाले सम्झिइन्।, पछि उनले आफू बाँचेकै अवस्थामा आफूलाई फेला पार्थिन् अनि फेरि 'मर्न' उनी तयार हुनुपर्थ्यो। , राधिकाले कतिपय समय ग्राहकसँग पनि सम्पर्क राख्न मानिनन्। ग्राहकले त्यतिबेला उनलाई गालामा थप्पड हान्थे।, कोठीका मालिकसँग कम्प्लेन गरिदिने धम्की दिन्थे।, आफन्तको क्रूर व्यवहारले यौन धन्दामा लाग्न बाध्य भएकी राधिकालाई ६ महिना पछि पेटमा बच्चा भयो।, उनलाई योसम्म थाहा थिएन कि बच्चा कसरी हुन्छ।, दिनहुँ दर्जनौं पुरूषसँग हुने यौनसम्पर्क सबै सुरक्षित नभएका हुन सक्छन्।, ‘एकपटक ग्राहकसँग शारीरिक सम्बन्ध हुँदै गर्दा मलाई अचानक दु:खाइ भयो, त्यसपछि मलाई यतिसम्म दु:खाइ भयो कि न मलाई बस्न मिल्थ्यो न पल्टिन। उभिनसमेत नसक्ने अवस्था आयो,’ उनले भनिन्, ‘मैले त्यसबेला मलाई भारत लैजाने मामाकी छोरीलाई घर जान्छु भनें, उसले मानिन।’, घर जान नपाएपछि अन्त्यमा उनले आफूलाई बरू अस्पताल लगिदिन आग्रह गरिन्।, उनलाई अस्पताल भने लगियो। अस्पताल जानेबित्तिकै दुखाइ कम गर्न डाक्टरले सुई लगाए। उनलाई पेटमा बच्चा छ भनिएको थिएन। बालिका भएकाले उनलाई भारत लैजाने मामाकी छोरीहरूको मञ्जुरीमा अपरेसन गरेर डाक्टरले बच्चा फालिदिए। डाक्टरसँग उनीहरूले राधिकाको बिहे भएको बताएका थिए।, ‘मलाई अस्पताल लैजाँदा पेटमा बच्चा छ पनि भनेनन्। तिम्रो पेट सुनिएको छ, औषधी खाए निको हुन्छ भनेर भने,’ उनले भनिन्, ‘अपरेसन थिएटरमा लिएर डाक्टरले मेरो अपरेसन गरे, त्यसपछि थाहा भयो मेरोमा बच्चा थियो भनेर।’, अपरेसनपछि होस खुलेपछि यता उनकी मामाकी छोरीले ‘तिम्रो पाठेघर झिकेर फालिएको छ, तिमी कहिल्यै अब आमा बन्न सक्दिनौ’ भनेर भनेकी थिइन्।, उनीहरूले यो भन्नुको आशय राधिकाले यौनधन्दा नै गरोस् भन्ने थियो।, त्यति सानै उमेरमा राधिकाको अपरेसनपछि पाठेघरमा टाका लगाइएको थियो। डाक्टरले ६ महिनासम्म शारीरिक सम्बन्ध राख्न नहुने सल्लाह दिएका थिए।, राक्षसी व्यवहार देखाएर आफ्नै फुपूकी छोरीलाई बेचेकी उनले डाक्टरको सल्लाह मान्ने कुरै भएन। अपरेसन गरेको एक महिनामा लगाइएका टाका झरे। टाका झर्नेबित्तिकै राधिकालाई मामाकी छोरीले उही कर्ममा लिएर छोडिन्।, त्यसपछि उनलाई झन् गाह्रो भयो।, ‘त्यो ठाउँमा एक/दुईजना मात्र ग्राहक आउने भए पनि म सहन सक्थें होला, गन्ती गर्न नसकिने गरी ग्राहक आउँथे। न्यूनतम १० जनादेखि ४० जनासँग एकैदिन काम गर्नुपर्थ्यो,’ राधिकाले भनिन्।, त्यसको दुई महिनापछि उनलाई फेरि बेसञ्चो भयो। उनलाई फेरि त्यही अस्पताल लगियो। ६ महिनासम्म शारीरिक सम्बन्ध नराख्नु भनेका डाक्टरले किन सम्बन्ध गरेको भनेर रिसाए। कुरा मिलाएर राधिकालाई उनकी मामाकी छोरीले अस्पतालबाट भोलिपल्टै ल्याइन्।, अस्पतालबाट ल्याएको दिनै त्यही काममा लिएर छोडिदिइन्। त्यहाँ लिएर उनले राधिकालाई भनिन्, ‘तँ यो काम गर्दै गर, तँलाई दु:खाइ भयो भने म औषधी ल्याइदिन्छु। तर काम गर्न नछोड्।’, राधिका निरीह बनेर त्यही काम गरिरहिन्। अस्पताल लिएर अपरेसन गराएयता उनलाई कुनै दिन पनि सञ्चो भएन। तर उनी आफ्नो यौन पेशा गर्नुपर्ने बाध्यताबाट पनि बँच्न सकिनन्।, एक दिन उनी सुतिरहेकी थिइन्। खाटबाट अचानक भुइँमा लडिन्। उनको निधारमा चोट लागेर सुन्नियो। त्यो कोठीको काउन्टरमा काम गर्ने एक जना नेपाली युवा थिए। उनले राधिका लडेर चोट लागेको कुरा राधिकाको मामाकी छोरीलाई भने।, मामाकी छोरी उनलाई लिन स्कुटर लिएर आइन्। साथमा उनका केटा साथी पनि आएका थिए। राधिकालाई बीचमा राखेर उनका केटा साथीले स्कुटर चलाए, उनले पछाडि बसेर राधिकालाई अड्याइन्।, मामाकी छोरीले राधिकालाई गालीगलौज गर्दै अस्पताल लैजाँदै थिइन्। राधिकाले त्यसबेलै उनलाई भनेकी थिइन्, ‘यस्तो गाली नगर तँ मेरो आफ्नै मामाकी छोरी होस्। यति गाह्रो काम तैंले गराउँदा पनि मैले गरिरहेको छु।’, उनले यसो भन्दा मामाकी छोरीले भने राधिकालाई दिल्लीको त्यो कोठीमा बन्धक भइसकेको र जिन्दगीभर त्यहीँ बसेर काम गर्नुपर्ने बताएकी थिइन्।, अस्पताल जाँदै गर्दा राधिकाले आँट गरिन्। स्कुटर रोक्न भनिन्। उनीहरूले मानेनन्।, राधिकाले स्कुटर नरोके आफूले हाम फाल्ने बताइन् । उनीहरूले डराएर स्कुटर रोके।, राधिका ओर्लिएर भागिन्।, उनलाई कहाँ जाने भन्ने थाहा थिएन। भारत गएको सुरूदेखि नै बन्द कोठामा बसेकी उनलाई केही कुरा थाहा हुने कुरा पनि भएन।, ‘बस कहाँ मिल्छ, कता जाने हो भनेर मलाई थाहा थिएन,’ राधिकाले सम्झिइन्, ‘नेपालमा हुन्थें भने त केही थाहा भइहाल्थ्यो कि।’, राधिकासँग पैसा पनि थिएन।, उनी मुम्बई जाने बसको सिटमुनि छिरिन्। दुई दिनमा बस मुम्बई पुग्यो।, यसरी आँट गरेर दिल्लीको कोठीबाट उम्किन उनलाई १५ महिना लाग्यो।, राधिका मुम्बईमा बस रोकिएपछि ओलिइन्। आफू कहाँ आएको भन्ने पनि उनलाई थाहा थिएन।, संयोगबस एक जना महिला भेटिइन्। ती महिलाले राधिकालाई निकै माया गरिन्। उनका छोराछोरी रहेनछन्। राधिकालाई उनले घर लगिन्।, ‘मुम्बईमा पुगेपछि अलपत्र परेकी थिएँ, एक जना आन्टी भेटिनुभयो। उहाँले मलाई घर लैजानु भयो। छोरीझैं राख्नुभयो,’ उनले भनिन्, ‘मलाई खान–बस्न सबै कुरा दिनुभयो।’, उनी धेरै समय त्यहाँ बसिन्। उनलाई भारतमै कसैकी छोरी बनेर बस्नु थिएन, नेपाल फर्किनु थियो। उनलाई नेपाल फर्किने बाटो नै थाहा थिएन।, त्यहाँ रहँदा बस्दा उनी ठूली भैसकेकी थिइन्। काम गर्न सक्ने उमेर भइसकेपछि उनले यत्तिकै बस्दिनँ भनिन्। ती आन्टीले पनि काममा जान उनलाई रोकिनन्। , मुम्बईकै एउटा निजी अस्पतालमा उनले काम गरिन् ।, त्यहाँ काम गरेर उनले पाँच हजार रूपैयाँ कमाएकी थिइन्। , मुम्बईमा आक्कलझुक्कल नेपाली भेटिन्थे। उनीहरूसँग उनले कसरी नेपाल जान सकिन्छ भनेर सोध्ने गर्थिन्।, नेपालीहरूले उनलाई नेपालगञ्जसम्म पुग्ने बाटो र गाडीको बारेमा भनिदिए।, अस्पतालमा काम गर्दा कमाएको पैसाको आडमा आफूलाई छोरी मानेको घरबाट उनी भागिन्।, नेपालगञ्ज आइपुगिन्।, मामाकी छोरीको प्रलोभनमा परेर भारत गएको सात वर्षपछि राधिकाले यही भदौ २३ गते नेपालमा पाइला टेक्न पाइन्।, नेपालगञ्जमा पनि उनले आफ्नो घरसम्म जाने गाडी र बाटोबारे सोधिन्। त्यहाँबाट उनी अटो रिक्सा चढेर कोहलपुर पुष्पलाल चोक आइन्। पुष्पलाल चोकबाट बस चढेर छिन्चु पुगिन्। त्यहाँबाट हिँडेरै घर पुगिन्।, सात वर्षपछि घर आउँदा उनी २० वर्षकी पुगिसकेकी छन्। राधिकालाई गाउँमा पुग्दा भाइको नाममात्र याद थियो। उनले भाइको नाम लिँदै अरूलाई सोध्दै घरसम्म पुगिन्।, ‘म घरमा पुग्दा त यति खुसी भएँ, एकछिन त भारतमा १५ महिनासम्म गरेको त्यो कामको पीडा नै बिर्सिएँ,’ उनले भनिन्, ‘मलाई आशै थिएन, मेरी आमा जीवित हुनुहुन्छ भनेर। आमालाई भेट्न पाएर अझ खुसी भएँ।’, आफू सात वर्षअघि भारत जाने बेलाको भन्दा धेरै वातावरण परिवर्तन भएको उनले महसुस गरिन्। , ‘बाटो, बजार घरहरू सबै फेरिएछन्,’ उनले भनिन् ।, उनले भारतमा यौनधन्दा गर्नु परेको दिल्लीको त्यो ठाउँलाई चाँदनी चोक भनिन्छ।, राधिकाका अनुसार त्यसलाई जिबी रोड भनेर पनि भन्ने गरिएको छ। उनलाई त्यहाँ पुर्‍याउने मामाकी छोरीकी दुई बहिनी त्यो ठाउँमा काम गर्छन्। उनीहरूको धन्दा नै गाउँबाट मान्छे लिएर कोठीमा पुर्‍याउने हो।, राधिका भारत गएको दिन २०७१ जेठ १८ गते नै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन्। उनी फर्किएपछि २०७७ माघ १६ गते प्रहरीले फेरि जाहेरी दर्ता गर्‍यो। आमाले राधिकाकी माइजु र उनकी छोरीविरूद्ध किटानी जाहेरी दिएकी थिइन्। , माइजुलाई प्रहरीले यही भदौ २७ गते पक्राउ गरी थुनामा राखेको छ। सुरूमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ती प्रहरी अधिकृतले बताए।, ‘उनकी मामाकी एउटा छोरी पहिलेदेखि नै कोठीमा काम गरिरहेको सुन्नमा आएको छ, उनी पहिलेदेखि नै दिल्लीको त्यो कोठीमा काम गर्ने भएकाले पछि उनलाई मान्छे ल्याउने जिम्मा पनि कोठीले दिएछ,’ राधिकाको मुद्दा हेरिरहेका एक जना प्रहरी अधिकृतले भने, ‘त्यो काम उनले आफ्नी कान्छी बहिनीलाई लगाइछन्, उनकी कान्छी बहिनीले नेपालबाट केटीहरू लिएर त्यहाँ बेचबिखन गर्ने गरेको भन्ने बुझिएको छ अनुसन्धान हुँदैछ।’, उनीहरूविरूद्ध मानव बेचविखन तथा ओसारपसारको आरोप लगाइएको छ।, ‘१३ वर्षको बालिकालाई १५ महिनासम्म यस्तो काम गराउनु भनेको भयंकर अपराध हो। उनले हामीसँग बताएको कथा यस्तै दर्दनाक छ,’ ती प्रहरी अधिकृतले भने।, मामाकी छोरीले बनाइदिएको नारकीय जीवनबाट फर्किएकी राधिका
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई सुनसहित पक्राउ गरेको छ। , सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्याग चेक गर्दा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहनासहित पक्राउ गरेको हो। , आन्तरिक उडानबाट विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ। , उनीहरूको ब्याग एक्सरे मेसिनमा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।, विमानस्थलका अनुसार दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरका गरगहना छन्। , थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाएको छ। , त्रिभुवन विमानस्थलबाट दुई करोड बढीका गरगहनासहित दुई पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंमा बोक्सी लागेको भन्दै कुटपिट गरेको आरोपमा श्रीमानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। , ललितपुरको लुभू बस्ने ३३ वर्षीया महिलाको पेट दुखेर स्वयम्भू ठूलो भर्‍याङमा झारफुक गराउन जाँदा बोक्सी लागेको भन्दै कुटपिट गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। , यसरी कुटपिट गरेको आरोपमा लुभू बस्ने श्रीमान, ४० वर्षीय सानो बुवा दिपेन तामाङ भन्ने दिपेन्द्रकुमार थिङ, मामा दशनारायण महर्जन र ३३ वर्षीय  साथी जनार्दन पाण्डे पक्राउ परेका छन्।   , बोक्सी लागेको भनी कुटपिट गरेको जाहेरी महानगरीय प्रहरी परिसर टेकुमा परेपछि प्रहरीले श्रीमानसहित चार जनालाई भदौ २२ गते पक्राउ गरेको हो। सिंहका अनुसार घटना १८ र १९ गते स्वयम्भूमा भएको थियो।, श्रीमतीलाई पेट दुखेपछि श्रीमानले उपचार गराउँछु भन्दै दिपेन तामाङलाई देखाउन लगेका थिए। , तामाङले ती महिलालाई हेरेपछि बोक्सी लागेको छ भन्दै कुटपिट गर्न लगाएको प्रहरीले जनाएको छ।, साथै उनीहरू चारै जनाको मिलेमतोमा महिलालाई लछारपछार गरी रातभर कुटपिट गर्नुका साथै शौचालयबाट दिशा समेत ल्याएर खुवाएको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।, उनीहरूले शरीरका विभिन्न अंगहरूमा कुटपिट गरेको आरोप छ। , सो जाहेरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। ,  , काठमाडौंमै बोक्सी लागेको भन्दै निर्घात कुटपिट, श्रीमानसहित चार पक्राउ
सेतोपाटी संवाददाता जग्गा बिक्री गर्ने भन्दै ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले  सुनसरी धरान घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ३२ बस्ने ३६ वर्षीय रुसिल कटुवाललाई मंगलबार पक्राउ गरेको हो। , जग्गा बेच्ने भन्दै ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , उनका अनुसार आरोपित रुसिल कुवाल र मोरङका धिरजकुमार दाहालले नुवाकोट तार्केश्वर घर भइ काठमाडौंको सुकेधारा बस्ने उद्धावप्रसाद अधिकारीसँग चिनजान गरेका थिए। मोरङको केराबारीमा दाहालको नाममा रहेको जग्गा बिक्री गर्ने भनी उनीहरूले बैना गरेका थिए। , बैना गरेपछि अधिकारीले उनीहरूलाई ६८ लाख ९० हजार रुपैयाँ बुझाए। तर जग्गा नै पास नगरी उनीहरू सम्पर्कबिहीन भएका थिए। , सम्पर्कबिहीन भएपछि गत असार २० गते मोरङ मालपोत कार्यालयमा गएर हेर्दा उक्त जग्गा अर्कै व्यक्तिको नाममा बिक्री गरेको खुलेको थियो। बिक्री भएको खुलेपछि पीडितले महाशाखामा जाहेरी दिएका थिए। , सोही जाहेरीको आधारमा प्रहरीले रुसिललाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। उनलाई महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंमा पठाइएको छ। , साथै फरार धिरजकुमार दाहालको पनि खोजी भइरहेको महाशाखाले जनाएको छ। , ‍जग्गा बिक्री गर्ने भन्दै ठगी गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका-५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र मोरङ उर्लाबारी नगरपालिका-१ का १८ वर्षीय निदिप धिमाल छन्।, उनीहरूलाई मंगलबार बिहान प्रहरीले काभ्रेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।, प्रहरीका अनुसार बालिकामाथि बलात्कार घटना भदौ २६ गते मध्यराति भएको हो। भक्तपुर नगरपालिका-१ श्रृजनानगरस्थित सडकमा ती बालिका मध्यराति गाडी कुरेर बसिरहेकी थिइन्।, ती बालिकालाई प्रदेश २-०३-००१ ख १४८५ नम्बरको ट्रकका चालक विश्वकर्मा र सहचालक धिमालले गन्तव्यमा पुर्‍याइदिने भन्दै काभ्रेस्थित बनेपा नगरपालिका-१२ को साझा पेट्रोल पम्प पुर्‍याएका थिए।, त्यहाँ पुर्‍याएपछि उनीहरूले ट्रक रोकेर पालैपालो जबरजस्ती करणी गरेको काभ्रे प्रहरीका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।, उनका अनुसार करणीपछि उनीहरू ट्रक लिएर झापा भागेर गएका थिए। जबरजस्ती करणीपछि छोडिएकी ती बालिका भक्तपुर फर्किएर पुन: काभ्रे प्रहरीको सम्पर्कमा पुगेकी थिइन्।, त्यो ट्रक फर्किने क्रममा मंगलबार बिहान चालक र सहचालकलाई पक्राउ गरिएको खतिवडाले बताए।, अनुसन्धानको क्रममा उनीहरूले बालिकालाई करणी गरेको स्वीकार गरेको उनले बताए।, ती बालिका रुपन्देहीकी हुन्। भक्तपुर सल्लाघारीमा बुवाआमासँग बस्दै आएकी थिइन्।, त्यसदिन उनी किन मध्यराति गाडी रोकेर किन हिँड्न खोजिन् भन्ने विषय अनुसन्धानमा रहेको खतिवडाले बताए।, पक्राउ परेका व्यक्तिले घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिएपछि उनी बुवाआमाकहाँ फर्किएकी थिइन्।, बुवाआमाले अस्वाभाविक रुपमा छोरीलाई देखेपछि सोध्दा उनले घटनाबारे बताएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए।, पक्राउ परेका ट्रकका चालक र सहचालकलाई जबरजस्ती करणी मुद्दामा हिरासतमा राखेर अनुसन्धान थालिएको खतिवडाले बताए।, भक्तपुरमा ट्रकमा लिफ्ट लिन गएकी १३ वर्षीया बालिका बलात्कृत, काभ्रेबाट दुई पक्राउ
सेतोपाटी संवाददाता पर्सा प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका-४ का २५ वर्षीय अजयकुमार शर्मा रहेको प्रहरीले जनाएको छ।, शर्मालाई बुधबार अपरान्ह ५ बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, खनालका अनुसार भारतबाट वीरगञ्ज आउँदै गरेको ना१५प २३७२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा शर्मा पक्राउ परेका हुन्।, उनको साथबाट १ लाख ४८ हजार ५०० रुपैयाँ प्रतिबन्धित भारतीय नोट बरामद भएको खनालले बताए।, ‘नेपालमा ५०० रुपैयाँको भारतीय नोट प्रतिबन्ध छ, शर्माको साथबाट प्रतिबन्धित नोट बरामद भएको हो,’ खनालले भने, ‘शर्मालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ।’, पर्साबाट प्रतिबन्धित भारतीय नोटसहित एक पक्राउ
सेतोपाटी संवाददाता पहिरो झरेपछि मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ।, इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो।, अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले बताए।, पहिरो हटाउने काम सुरू भएको छ भने सडकमा सवारी साधन रोकिएका छन्।, पहिरोले मुग्लिन–नौबिसे सडक अवरुद्ध
रासस पाँचथरमा हेंवाखोलाले बगाएपछि बेपत्ता रहेकी बालिकाको शव आठ दिनमा फेला परेको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचलको शव मंगलबार फेला परेको हो।, बालिका वेपत्ता भएको स्थानबाट करिब १०० मिटर तल पुलको मुनि चेपमा बालिकको शव रहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली पुगेको थियो।, शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए।, ८ दिनपछि भेटियो बेपत्ता बालिकाको शव
सेतोपाटी संवाददाता आजदेखि कक्षा १२ को परीक्षा सुरू हुने भएको छ।, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा बुधबारदेखि सुरू गर्न लागेको हो। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ।, कोरोनाभाइरस महामारीका कारण यसअगाडि पटकपटक परीक्षा स्थगित भएको थियो।, अधिकांश विद्यार्थीहरूले कोरोनाविरूद्ध खोप लगाएपछि परीक्षक सुरू हुन लागेको छ। प्रवेश पत्रका आधारमा सरकारले विद्यार्थीलाई कोरोना खोप लगाएको थियो।, परीक्षा असोज ८ गते सकिनेछ।, बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोनाविरूद्ध खोप लगाइसकेको पाइएको बताए।, यसपालि कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुनेछन्।, विद्यार्थीले पढेकै विद्यालयबाट परीक्षा दिन पाउँछन्। परीक्षाका लागि देशभर गरी तीन सय १५ केन्द्र तोकिएका छन्।, आजदेखि कक्षा १२ को परीक्षा
रासस हुम्लाका ठकुरी बस्तीमा मंगलबारदेखि गौरा पर्व सुरु भएको छ।, विभिन्न चाडमध्ये विशेष धार्मिक महत्व बोकेको गौरा पर्व कहिले भाद्र शुक्ल पक्षमा पर्छ भने कहिले भाद्र कृष्ण पक्षमा पर्छ।, सोहीअनुसार नाम्खा गाउँपालिकाबाहेक अन्य पालिकाका वडामा बसोबास गर्दै आएका ठकुरीहरुले धुमधामका साथ गौरा पर्व मनाउने गर्दछन्।, धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा ‘गौरा’ भित्र्याइँदै छ।, बर्तालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याइने चलन रहेको सिमकोट गाउँपालिका–७ डाँडाफयाँ निवासी मन्दिर सिंहले बताए।, घर आसपासका खेतमा गई सामूहिकरूपमा महिलाले फाग गीत गाउँदै गौरा भगवतीको प्रतिमा तयार पार्नुका साथै बर्तालु महिलाको सहभागितामा गौरा भित्र्याइसकेपछि महिलाले महेश्वर (शिव) र गौरी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको सिंहले बताए।, लोग्ने मानिसले ढाल तरबार खेल्ने र व्रत बसेकी महिलाले गीत गाउने, नयाँ कपडा र गहनामा सजिएर नाच्ने कार्यमा सहभागी हुने गर्छन्। गौरा पर्वमा विशेषगरी पहिलो दिन गौरा लिन ढाल तरबार नाच्दै पुरुष महिला मिलेर लिन जाने र दोस्रो दिन मन्दिरमा ल्याउने गरिन्छ।, पूजा गर्दा अक्षताका रूपमा ‘बिरुडा’ (गहुँ, मास, गहत, गुराँस र कलौ) पाँच थरीका गेडागुडीको प्रयोग गरी पूजा गर्ने चलन रहेको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष रुपा शाहीले बताइन्।, बिरुडालाई आफन्त, छरछिमेक र इष्टमित्रका घरघरमा बाँडी गौरा र महेश्वरको प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।, यसरी गौरा भित्र्याई पूजाको काम सम्पन्न भएपछि महिला र पुरुष छुट्टाछुट्टै रूपमा गोलबन्द भई देउडा खेल खेलेर रमाइलो गर्ने चलन छ। त्यस्तै भक्तालु महिला आज ठकुरी बस्तीमा रहेका शिव मन्दिरलगायतका मठ मन्दिरका साथै गौरा घरमा गौरा (भगवती) र महेश्वर (शिव) को पूजा गर्न व्यस्त देखिन्छन्।, अनुकूल तिथिको अवसर पारेर यो पर्व विसर्जन गर्ने परम्परा रहेको स्थानीय अगुवाको भनाइ छ।, पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिकारूपमा पाउन गरिएको उपबासको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किम्वदन्ती छ।, हुम्लामा गौरा पर्व मनाइँदै
सेतोपाटी संवाददाता प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ।, आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त खुलाएको छ।, सबैभन्दा धेरै अहेव खुलातर्फ माग गरिएको छ। १७२ जना माग भएको हो। यस्तै अनमी खुलामा १३० जना माग भएको छ।, मेडिकल अधिकृतमा खुला र महिला गरी १३ जना माग गरिएको छ। कृषि भेटेरेनरीमा पनि ५२ जनाभन्दा धेरै माग भएको छ।, हेर्नुस् सूचना:, ९ सय बढी स्वास्थ्यकर्मी माग गर्दै गण्डकी प्रदेश लोक सेवाले खुलायो दरखास्त
एजेन्सी मेक्सिकोमा बन्दुकधारीले होटलमा बसेका २० जनाजति विदेशीलाई अपहरण गरेका छन्।, समाचार संस्था रोयटर्सका अनुसार मध्य मेक्सिकोको सान लुइस पोटोसी राज्यको एक होटलमा बसेका ती विदेश हैटी र भेनेजुयलाका हुन सक्ने अनुमान गरिएको छ। उनीहरूलाई मंगलबार गाडीमा आएका बन्दुकधारीले अपहरण गरेका हुन्।, अपहरणकारीले होटलमा पाहुनाको विवरण राखिएको लगबुक पनि लिएर गएकाले अपहरणमा पर्नेहरूको पहिचान खुल्न कठिन भएको हो।, सरकारी अधिकारीहरूले अपहरणमा परेकाहरू कहाँ छन् भनेर पत्ता लगाउने र उनीहरूको उद्धार गर्ने प्रयास भइरहेको बताएका छन्।, अपरहणमा परेकाहरू मेक्सिकोको बाटो हुँदै संयुक्त राज्य अमेरिका जान लागेका आप्रवासी हुन् कि होइनन् भन्ने खुलिसकेको छैन।, अमेरिका छिर्न पाइने आशामा संसारका विभिन्न मुलुकका आप्रवासीले मेक्सिकोको बाटो यात्रा गर्ने गर्छन्। जो बाइडेन राष्ट्रपति बनेपछि सीमा पार गरी अमेरिका जान पाइने आशमा हजारौं आप्रवासी मेक्सिको पुगेका छन्।, मेक्सिकोमा पुगेका त्यस्ता आप्रवासीहरूलाई स्थानीय आपराधिक समूहले अपहरण गर्ने, लुट्ने गर्छन्।  , मेक्सिकोमा बन्दुकधारीले अपहरण गरे होटलमा बसेका विदेशी
सेतोपाटी संवाददाता अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरूषका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ। शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरूषसँगै बसेर अध्ययन गर्न नपाउने बताएका हुन्।, उनले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि घोषणा गरेका छन्।, सन् १९९६ देखि २००१ बीचमा तालिबान शासनका बेला अफगानिस्तानमा महिला र बालिकालाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो।, पछिल्लो नीतिले तालिबान शासनमा परिवर्तनको संकेत गरेको छ । , शिक्षामन्त्री हक्कानीले आफूहरुसँग पर्याप्त महिला शिक्षिका भएकोले अलग पढाउन कुनै समस्या नहुने भन्दै नयाँ व्यवस्था लागू गरिएको बताएका छन्। यदि शिक्षिकाको अभाव देखिए पुरुष शिक्षकलाई पर्दा पछाडिबाट वा अन्य प्राविधिक विकल्प रोज्न सकिने उनको भनाई छ ।, यसैबीच, तालिवानले छात्राको पोसाकसम्बन्धी नयाँ नियम ल्याउने भएको छ । नयाँ नीति अनुसार विश्वविद्यालय र विद्यालय तहमा छात्रछात्राको अलग पोसाक हुनेछ । , यसैबीच तालिबानले महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ।, तर गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएसँगै तालिबानले सुरक्षा अवस्थामा सुधार नआएसम्म जनस्वास्थ्यकर्मीबाहेक अन्य महिलालाई कामबाट टाढै बस्न भनेको छ।, आफ्नो शासनको सुरुवातको सङ्केत गर्नका लागि तालिबानले राष्ट्रपति भवनमा आफ्नो झण्डा फहराएको भोलिपल्ट तालिबानको उच्च शिक्षासम्बन्धी नीति घोषणा गरिएको हो।, तालिबानले एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएको थियो।,  , अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने
सेतोपाटी संवाददाता विराटनगरस्थित नोवेल मेडिकल कलेजले ‘उपत्यका बाहिर पहिलोपटक’ मिर्गौलाको सफल प्रत्यारोपण गरेको छ। , धरानका ३४ वर्षका टेकनाथ भुर्तेलको मिर्गौला प्रत्यारोपण सफल भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार शनिबार डाक्टर शैलेन्द्र श्रेष्ठ नेतृत्वको चिकित्सक टिमले मिर्गौला प्रत्यारोपण गरेको हो। , पछिल्लो डेढ वर्षयता डायलासिस गराउँदै आएका भुर्तेलको यो सफल प्रत्यारोपणलाई नोवेलले उपत्यका बाहिरको पहिलो घटना दाबी गरेको छ । , काठमाडौं बाहिरका नेपालका अस्पतालमा मृगौला प्रत्यारोपण भएको यो पहिलो पटक भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । उनका अनुसार अहिले विरामीको अवस्था सामान्य छ ।, विराटनगरको नोवेल अस्पतालमा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा चार सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार उपत्यकामा चार सय २६ जनामा संक्रमण भएको हो।  , काठमाडौंमा मात्रै तीन सय एक, ललितपुरमा ६८ र भक्तपुरमा ५७ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै उपत्यकामा छ हजार चार सय १८ सक्रिय संक्रमित छन्। , काठमाडौंमा तीन हजार चार सय ५८ जना, ललितपुरमा एक हजार आठ सय ४२ र भक्तपुरमा एक हजार एक सय १८ सक्रिय संक्रमित छन्।  , यस्तै नेपालमा थप एक हजार चार सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , १६ हजार पाँच सय ३९ जनामा परीक्षण गर्दा एक हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो। सोमबारसम्म नेपालभर २६ हजार छ सय ३० जना सक्रिय संक्रमित छन्। , १२ हजार पाँच सय ३२ जनाको पिसिआर परीक्षण गरिएको थियो भने चार हजार सात जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने संख्या १० हजार ९ सय ६५ पुगेको छ। सोमबार एक हजार दुई सय ६० जना निको भएका छन्। ,  , काठमाडौं उपत्यकामा थपिए चार सय २६ संक्रमित
सेतोपाटी संवाददाता इटहरीका वडा अध्यक्षलाई धम्क्याएर २० लाख मागेको आरोपमा एक जना पक्राउ परेका छन्।, झापा दमक नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय पुण्यबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। , उनले इटहरी उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष श्रीनारायण चौधरीलाई धम्क्याएर २० लाख मागेको आरोप छ।, गत असार १३ गते अध्यक्ष चौधरीलाई अपरिचित व्यक्तिले फोन गरेका थिए। ती व्यक्तिले गाली गलौज गरी धम्क्याएका थिए भने २० लाख रुपैयाँ समेत मागेका थिए।, माग गरेपछि उनी फरार थिए। प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा दमकका पुण्यबहादुर श्रेष्ठले धम्क्याएको प्रहरीको दाबी छ।, उनलाई प्रहरीले इलाका प्रहरी कार्यालय दमकको सहयोगमा गाउँमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो। , प्रहरीले उनीविरूद्ध अभद्र व्यवहार मुद्दाको शीर्षकमा जिल्ला प्रशासन कार्यालयबाट सुनसरीबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ। , इटहरीका वडाध्यक्षलाई धम्क्याएर २० लाख मागेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार चार सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार पाँच सय ३९ जनामा परीक्षण गर्दा एक हजार चार सय ८६ जनामा संक्रमण पुष्टि भएको हो। सोमबारसम्म २६ हजार छ सय ३० जना सक्रिय संक्रमित छन्। , १२ हजार पाँच सय ३२ जनाको पिसिआर परीक्षण गरिएको थियो भने चार हजार सात जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। , त्यस्तै पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने संख्या १० हजार ९ सय ६५ पुगेको छ। सोमबार एक हजार दुई सय ६० जना निको भएका छन्। , साथै काठमाडौं उपत्यकामा  चार सय २६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा मात्रै तीन सय एक, ललितपुरमा ६८ र भक्तपुरमा ५७ जनामा संक्रमण पुष्टि भएको हो। ,  , थप एक हजार चार सय ८६ जनामा कोरोना संक्रमण
नारायण खड्का बाँके राष्ट्रिय निकुञ्जभित्र मान्छेको ज्यान लिने बाघको निगरानीका लागि दुइटा हात्ती ल्याइने भएको छ।, पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरस्थित भट्टेखोला किनारमा दुई बाघ रहेको हुँदा उनीहरूको निगरानीको लागि बाँके राष्ट्रिय निकुञ्जबाट दुई हात्ती ल्याइने भएको छ।, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले गाभर क्षेत्रमा निगरानीको लागि दुइटा हात्ती पठाइसकेको सेतोपाटीलाई बताए।, ‘हात्ती भएको ठाउँमा अक्सर बाघ आउँदैन र हात्ती देखे बाघ सकभर टाढै भाग्छ भन्ने मान्यता छ,’ शाहले भने, ‘त्यसैले हात्तीबाट निगरानी गर्ने र हात्तीको सहयोगमा ती बाघलाई निकुञ्ज क्षेत्रको अलि घना जंगल क्षेत्रमा डोर्‍याउने प्रयास हुनेछ।’, बाघ राजमार्ग क्षेत्रमा आउन नपाओस् भनेर सुरक्षा निकाय खटाइएको उनले जानकारी दिए। , ‘हाम्रो टोली दुई सय मिटर नजिक पुग्दा समेत ती दुई बाघ विचलित भएको देखिएन,’ शाहले भने, ‘ती बाघ फेरि राजमार्ग क्षेत्रमा आएर अरु घटना हुन नपाओस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।’ , निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहका अनुसार सिकार गरेपछि बाघ बचेको सिकार खानका लागि पटक/पटक घटनास्थलमा आउने गर्छ। त्यसैले ती बाघ फेरि पनि घटनास्थलमा आउने सम्भावना रहेको हुँदा ती बाघको निगरानीको लागि घर पालुवा हात्तीबाट निगरानी गर्न लागिएको शाहले तर्क गरे। , ‘सिकार गरेपछि बाघलाई पानी पनि धेरै चाहिन्छ,’ शाहले भने, ‘अहिले चर्को गर्मी पनि छ। त्यसैले ती बाघ पानी पनि पर्याप्त रहेको भट्टे खोला किनारमा बसिरहेको हुनुपर्छ।’, बाघलाई निकुञ्जको घना क्षेत्रमा डोर्‍याउने प्रयास हुने र त्यो प्रयास सम्भव नभए डार्ट गरेर समात्न प्रयास समेत गरिने शाहले जानकारी दिए। , ‘बाघ निरन्तर राजमार्ग क्षेत्रमा आउन प्रयासरत रह्यो भने फेरि घटना हुने खतरा रहन्छ। त्यतिखेर हामीले त्यसलाई नियन्त्रणमा लिन प्रयास गर्नेछौं,’ शाहले भने, ‘हैन बाघ राजमार्गदेखि टाढै निकुञ्ज क्षेत्रमै प्रवेश गर्‍यो, त्यतै रहिरह्यो भने बाघ नियन्त्रणमा लिने छैनौं।’, त्यही सोचका साथ बाघ नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली झिकाइएको शाहले जानकारी दिए। , ‘हामी हात्तीमार्फत् दुई चार दिन ती बाघहरूको आनीबानी निरन्तर निगरानी गर्छौं,’ शाहले भने, ‘यदि उनीहरू राजमार्ग क्षेत्रमा आउन प्रयास गरिरहे भने त्यसले अवश्य पनि त्रास र जोखिम निम्त्याउने छ। त्यस्तो बेला प्राविधिक टोलीले डार्ट गरी ती बाघ नियन्त्रणमा लिनेछ।’, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले भट्टे खोला किनारमा निर्धक्क बसिरहेका ती दुई बाघ वयस्क बाघ रहेको बताए। , ‘मैले करिब दुई सय मिटर नजिक गएर ती बाघ नियाले पनि लिंग पहिचान भने गर्न सकिनँ,’ शाहले भने, ‘ती यी बाघ भर्खरै माउबाट छुट्टिएर स्वतन्त्र रूपमा विचरण र सिकार गर्दै हिँडेका बाघ हुन्।’, भर्खरै माउबाट छुट्टिएका वयस्क बाघ भएको हुँदा उनीहरूले आफ्नो एरिया नबनाउँदासम्म स्वतन्त्रपूर्वक विचरण गर्ने र सिकार गर्न बानी नभइसकेको हुँदा इजी सिकार रोज्ने खतरा रहने उनले बताए। , केही दिनमै गाभर क्षेत्रमा चार वटा जति गाई, केही स्थानीयका बाख्रा र मानिस समेत खाएको हुँदा घटना क्रममा त्यही कुरा पुष्टि गरेको शाहले तर्क गरे।, ‘होटल सञ्चालकका अनुसार बाघले खाएका ती भारतीय नागरिक पनि शौचालय नगई साँझ बिहान शौच गर्नको लागि जंगल जान्थे भन्ने कुरा खुल्न आएको छ,’ शाहले भने, ‘बेलुकापख ती व्यक्ति एक्लै जंगलबीचको राजमार्ग क्षेत्रमा डुल्ने तथा बस्ने गर्नुले बाघले आक्रमण गरेको देखिन आएको छ।’, यसैबीच मान्छे मारेका दुई बाघ राजमार्ग नजिकै गाभरको भट्टे खोला किनारमा बसिरहेको हुँदा बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वपश्चिम राजमार्गमा रात्रिकालीन समयमा साना सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको छ। , ‘हामीले आजै बेलुका सूर्य अस्तदेखि सूर्य नउदाउँदासम्म साना सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेका छौं,’ शाहले भने, ‘अब अर्को सूचना जारी नहुँदासम्म उक्त समयमा खुला सवारी साधन टेम्पो, मोटरसाइकल, साइकलबाट यात्रा गर्न पाइने छैन।’, उज्यालोमा भन्दा बाघले झुसमुसे साँझमा र सूर्योदय तथा आसपासका समयमा बढी जसो सिकार गर्ने हुँदा साना गाडी रात्रिकालीन समयमा चलाउन प्रतिबन्ध लगाइएको शाहले बताए। , दिउँसोमा साना गाडी सञ्चालन गर्दा ठूला गाडीको बीचमा हुने गरी र समूहमा मात्रै सञ्चालन गर्न निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाको तीन वटै युनिटलाई आग्रह गरिसकेको शाहले जानकारी दिए।, बन्द गाडी बस, ट्रक, जीप, कारका सीसा पूरै लक गरी निश्चित र तोकिएको गतिमा मात्रै चलाउन पाउने नियम लागु गरिएको शाहले बताए।  , बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाघको आक्रमणबाट ज्यान गुमाएका ती भारतीय नागरिकको नाम र ठेगाना अझै खुल्न नसकेको बताए।, ‘ती मानिस हिँड्दै गर्दा गाभरको एक होटलमा विगत ६ महिनादेखि काम गर्ने र त्यही बस्दै आएको भन्नेछ,’ अधिकारीले भने ‘मृतकको आफन्तहरू अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको हुँदा सनाखत हुन गाह्रो पर्ला जस्तो छ।’, अन्दाजी ५० वर्ष जतिका ती व्यक्तिको मानसिक सन्तुलन समेत ठिक नरहेको भनेर होटल सञ्चालक र स्थानीयले समेत जानकारी दिएको एसपी अधिकारीले बताए। , यो पनि :, फेरि बाघले बाँकेमा मान्छे खायो, बाँकेमा मान्छे खाने बाघको निगरानी गर्न दुइटा हात्ती खटाइने
सेतोपाटी संवाददाता बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले २०७८ सम्मको वस्तुस्थिति प्रतिवेदन प्रस्तुत गरेको छ।, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी प्रकाशजंग कार्कीको नेतृत्वमा बागमती प्रदेशका एसपी नवराज अधिकारी र अर्का एसपी ईश्वर थापाले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री अजयक्रान्ति शाक्य समक्ष सो प्रतिवेदन प्रस्तुत गरेका हुन्। , प्रतिवेदन प्रस्तुतपछि सम्बोधन गर्दै मन्त्री शाक्यले भौतिक संरचनाले सुसज्जित हुँदैमा अपराधमा कमी नआउने भन्दै अपराध मानिसको मानसिकतासँग, मानिसको व्यवहारसँग र वातावरणसँग निर्भर हुने कुरा भएको बताए।, मन्त्री शाक्यले आन्तरिक ममिला मन्त्रालयले आगामी दिनमा बजेट निर्माण गर्दा प्रदेश प्रहरीसँग सम्वन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्दै अपराध न्यूनीकरण गर्ने र आदर्श समाज निर्माण गर्ने सन्दर्भमा प्रदेश प्रहरीलाई आवश्यक सहयोग गर्ने बताए। , ‘नैतिक शिक्षा र नागरिक चेतना अभिवृद्धि गर्ने शिक्षा विद्यालयस्तरदेखि नै पढाउने सिकाउने गर्नुपर्दछ,’ मन्त्री शाक्यले भने, ‘नैतिक आचरण राम्रो भयो र  मेरो कारणले अरूलाई दुःख/अप्ठ्यारो हुनु दिनु हुँदैन भन्ने भावना, आचरण र व्यवहार अभिवृद्धि गर्न सकियो भयो भने मात्रै समाजमा अपराध, विकृतिजन्य व्यवहार जस्ता कुराहरू आफैं कम भएर जान्छन्।’, उनले स्रोत साधनको पर्याप्तता नभए पनि भएको स्रोतसाधन उपयोग गरेर अपराध न्यूनीकरण गर्न, दूर्घटना न्यूनीकरण गर्न र कानुन कार्यान्वयन गर्न बागमती प्रदेश प्रहरीलाई निर्देशन दिए। , सोही अवसरमा डिआइजी कार्कीले बागमती प्रदेश प्रहरी कार्यालयको वस्तुस्थिति प्रतिवेदन प्रस्तुत गरेका थिए।, वस्तुस्थिति प्रतिवेदन प्रस्तुत गर्दै उनले अपराध रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्न स्रोत परिचालनको व्यवस्था गर्नुपर्ने, अत्याधुनिक डिजिटल चेकपोइन्ट निर्माण गर्नुपर्ने, प्राकृतिक स्रोत–साधनको अवैध दोहन रोक्न सरोकारवालासँग समन्वय गरी नियन्त्रण गर्ने जस्ता कुरामा मन्त्रालयबाट उल्लेख्य सहयोगको अपेक्षा गरेको बताए।   , उनले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललिलपुर बाहेक बाँकी १० जिल्ला आफ्नो कार्यक्षेत्र रहेको भन्दै बागमती प्रदेश प्रहरीको दश वटै जिल्लामा पूर्वाधार विकास विस्तार गर्दै गरेको बताए।, बागमती प्रदेश प्रहरी प्रमुखलाई मन्त्री शाक्यको निर्देशन–अपराध न्यूनीकरणमा ध्यान दिनुहोस्
सेतोपाटी संवाददाता रसियमा हुने ५८ औं मिलिटरी बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली सेनाका ८ जना खेलाडी मस्को जाने भएका छन्। उनीहरू बुधबार त्यसतर्फ जाँदैछन्। , भदौ ३१ गतेदेखि असोज १० गतेसम्म हुने च्याम्पिनयनसिपमा भाग लिन जाने ८ जना खेलाडी र ७ जना अरु अधिकारीहरुलाई प्रधानसेनापति प्रभुराम शर्माले आज विदायी गरेका छन्।, रसिया जाने खेलाडीहरुमा चन्द्रकला थापा, पुनम रावल, बिमला श्रेष्ठ, मिनु गुरुङ, सुशिल थापा मगर, दानबहादुर दर्लामी, आशिस दवाडी र प्रेम चौधरी छन्। , उनीहरुलाई प्रधानसेनापति शर्माले शुभकामना समेत दिएका थिए। नेपाली सेनाले गत वर्षदेखि इन्टरनेशनल मिलिटरी स्पोर्टस काउन्सिलको सदस्यता लिएको थियो।, यस्ता प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सेनाको सहभागिताले खेलाडीहरुमा आत्मविश्वास बढ्ने तथा सैनिक कुटनीती थप मजबुत हुने विश्वास नेपाली सेनाले लिएको छ।, अन्तर्राष्ट्रिय मिलिटरी बक्सिङ च्याम्पियनमा भाग लिन सेनाका ८ खेलाडी रसिया जाँदै
सेतोपाटी संवाददाता रानाथारु भाषालाई सुदूरपश्चिमको सरकारी कामकाजको भाषा नसमेटेको विरोधमा कैलाली र कञ्चनपुरका रानाथारु आन्दोलनमा उत्रेका छन्।, सोमबार धनगढीमा रानाथारु भाषालाई कामकाजको भाषा नसमेटेको विरोधमा कैलाली र कञ्चनपुरमा बस्ने सो समुदायले प्रदर्शन गरेको थियो।, नेपाल राना थारु समाजले आयोजना गरेको प्रदर्शनमा कैलाली कञ्चनपुरबाट हजारौंको संख्यामा राना समुदायका नागरिकको उपस्थिति थियो। धनगढीको ट्राफिक चौराहाबाट सुरू भएको र्‍याली पार्क मोडमा पुगेर कोणसभामा परिणत भएको थियो।, कोणसभामा बोल्दै प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले नियोजित ढंगले राना भाषालाई सरकारी कामकाजको भाषाको रूपमा सिफारिस नगरेको बताए। यसअघिको सरकारले सूचीकृत गरेको समुदायलाई देउवा सरकारले विभेद गरेका उनले आरोप लगाए।, उनले सबै प्रक्रिया पूरा हुँदा पनि भाषा आयोगले विभेद गरेको बताए।, भाषा आयोगले प्रतिवेदनमा राना भाषा पनि कामकाजको भाषाको रूपमा सिफारिस नगरे थप आन्दोलन चर्काउने उनीहरूको चेतावनी छ।, कार्यक्रममा राना थारु समाजका अध्यक्ष कृपाराम राना, उपाध्यक्ष कमलसिंह राना लगायतका राना थारु अगुवाहरूले तत्काल भाषा आयोगले प्रतिवेदन परिमार्जित गर्नुपर्ने बताए।, नेपाल रानाथारू समाजलगायत रानाथारूसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सुदूरपश्चिममा डोट्याली र थारु भाषाजस्तै रानाथारूलाई पनि कामकाजी भाषाको मान्यताका लागि सिफारिस गर्नुपर्ने बताए।, उनीहरूले भाषा आयोगले रानाथारू समुदायको पहिचान मेटाउन खोजेको आरोप लगाए।, रानाथारूलाई थारु समुदायअन्तर्गत राखिँदै आएकोमा सरकारले २०७७, ५ जेठमा छुट्टै आदिवासीको सूचीमा सूचीकृत गरेको थियो।, कैलाली र कञ्चनपुरमा आदिवासीको रूपमा रहेको रानाथारूको छुट्टै भाषा, पहिचान र रीतिरिवाज छ। यहाँ करिब ३ लाखभन्दा बढी राना समुदायका नागरिकको बसोबास रहेको छ।, रानाथारु भाषालाई सरकारी कामकाजको भाषामा नसमेटेको भन्दै कैलाली र कञ्चनपुरमा आन्दोलन
विनोद सापकोटा सरकारको नारा छ - उपचार अभावमा कोही नागरिकले अकालमा मृत्युवरण गर्नु नपरोस्।, झापाको अर्जुनधाराका एक युवाको अवस्थाले भने सरकारको यो नारालाई निकै गिज्याइरहेको छ। उनी उपचार अभावमा जिउँदो लाश बनेर छटपटाइरहेका छन्।, उनका बुवा छोराको उपचार होला कि भनेर सहयोगको याचना गरिरहेका छन्।, देशमा संघीय, प्रदेश र स्थानीय गरी तीन वटा सरकार हुँदा पनि सर्वसाधारणले उपचार समेत नपाउनु बिडन्बना नै बनेको छ।, अर्जुनधारा नगरपालिका वडा नम्बर ६ लक्ष्मीपुरका २४ वर्षीय गोपी बस्नेत उपचार अभावमा एक वर्षदेखि छटपटाइरहेका हुन्।, उपचार गराउन नसक्ने नागरिकका लागि विभिन्न सरकारी अस्पताल छँदैछन्। निजी अस्पतालहरूमा पनि यस्ता नागरिकको उपचारका लागि नि:शुल्क उपचारको परिकल्पना राज्यले गरेको छ।, तर, यी युवाको उपचार नहुँदा शरीर कुहिन थालेको छ।, उनका बुवा बलबहादुर छोराको यो अवस्था देखेर इन्तु न चिन्तु छन्। , अस्पतालले भनेको तीन लाख रुपैयाँ जुटाउन नसकेपछि बस्नेतले सबैसँग हारगुहार गरे। तर, हेर्दाहेर्दै छोराको शरीर कुहिन थालेको छ।, उनको कम्मरभन्दा मुनिको भागमा घाउ नै घाउ छन्। खुट्टा सुकेर सिन्काजस्ता भएका छन्। कम्मरमुनिको मासुको भाग विस्तारै झर्दै गएको छ।, गोपी यातायात मजदुर हुन्। उनी सार्वजनिक यात्रुबाहक बसमा सहचालकको रुपमा काम गर्थे। उनको आम्दानीले घरको गर्जो नटरेपछि बुवाको सल्लाहमा डेढ वर्षअघि भारतको बेङ्लोरमा रोजगारीका लागि गएका थिए।, कोरोना महामारीका बेला बेङ्लोरमा भएको लकडाउनले रोजगारी खोसिएपछि ६ महिना उनी बेङ्लोरका सडकमा भोकै हुन पुगे। झरी, बादल, हावा हुण्डरीका बेला पनि उनी खुल्ला सडकमा रात-दिन बिताउँथे। बुटुवाले दिएको पानी र केही खानेकुराले उनको जीवन बचेको थियो।, एक दिन उनका साथीले सडकमा गोपीको अवस्था देखे। शारीरिक रुपमा अशक्त देखेपछि साथीले नेपालसम्म ल्याउन पहल गरे।, अर्जुनधारा नगरपालिका वडा नम्बर ६ को माता मन्दिरमा उनका साथीले ल्याएर छोडेको स्थानीय बताउँछन्। उनी त्यतिबेलै सिकिस्त थिए।, रोजगारीका लागि भारत पुगेको छोरो गाउँमा सिकिस्त अवस्थामा फेला परेपछि उनका बुवाले अस्पतालमा उपचारका लागि विर्तामोडको मनमोहन अस्पताल लगेका थिए। बुवाको रित्तो गोजी र भाइको अवस्था देखेपछि दाइले कमाएको करिब एक लाख ५० हजार रुपैयाँ पनि भाइको उपचारमा दिएका थिए।, गोपीको त्यहाँ उपचार सम्भव नहुने भन्दै मनमोहन अस्पतालले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरेपछि उनी थप आर्थिक संकटमा परे।, ‘थोरै पैसामा सरकारी अस्पतालमा उपचार हुन्छ भनेर मेची अस्पताल लगेको थिएँ। उक्त अस्पतालले पनि रेफर गरेपछि छोराको उपचार आफ्नो काबुबाहिर गएकाले उनलाई घरमै ल्याएर राखेँ,’ उनले भने, ‘गाउँघरकै अस्पतालमा केही राहत होला कि भनेर छोरालाई लगेको थिएँ। पैसा नभएकाले घरमै ल्याए। सो अस्पतालले गोपीको उपचारका लाख एक लाख ५० हजार रुपैयाँ जोहो गर्न भनेको थियो।’, २०१२ सालमा भोजपुरबाट विर्तामोड झरेका बस्नेत अहिलेसम्म बहालमा बस्दै आएका छन्। पहाडबाट मधेस झर्दा उनी रित्तै हात थिए।, उमेर हुञ्जेल पदमबहादुर गिरीको घरमा भान्से काम गरे। ३५ वर्षजति उनले पकाएको भात गिरी परिवारले खायो। ‘उहाँले तेरो केही छैन मेरै घरमा बसेर भात पकाउने काम गर बुढेसकाल लागेपछि घर बनाउने जग्गा दिन्छु भन्नुभयो,’ उनले भने, ‘तर केही पाइनँ।’, गोपी ओछ्यानको ओछ्यान भएको एक वर्ष भयो। उनका शरीरका विभिन्न भागमा घाउ छन्। उनको घाउ गन्हाउन थालेको छ। उनका बुवा भन्छन्, ‘डाक्टरले टिभी रोगको औषधि खानु भनेर पठाइदियो। विराटनगरको कोसी प्रादेशिक अस्पताल र शनिश्चरेको प्राथमिक स्वाथ्य केन्द्रको औषधि खाँदा पनि रोग बीसको उन्नाइस भएन।’, उनका घरधनीले पनि आर्थिक अवस्था दयनीय भएको देखेर घरको भाडा समेत लिएका छैनन्।, स्थानीय हरि कोइरालाका अनुसार गोपीको उपचारका लागि यसअघि पहल भएको हो। तर, निमुखा र विपन्न वर्गको अगुवाई गरिदिने सामाजिक अगुवा नभइदिएकाले गोपीले उपचार पाउन सकेनन्।, बेलैमा उपचार भए गोपी निको होलान् कि भन्ने आश वृद्ध बुवाको छ।, गोपी बोल्न सक्दैनन्। शरीरका अंग चलाउँदै इसारा गर्छन्।, उपचार नपाउँदा जिउँदो लाश बनेर छटपटाउँदै गोपी
सेतोपाटी संवाददाता प्रेमिकाको अश्लिल फोटो-भिडिओ सामाजिक सञ्जालमा हालेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाले दोलखा घर भई काठमाडौंको टोखा बस्ने २३ वर्षीय सुजन जिरेललाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , उनले प्रेमिकाको अश्लिल फोटो तथा भिडिओ फेसबुक, इन्स्टाग्राममा पोष्ट गरेर चरित्र हत्या गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। उनीहरूबीच विवाद हुँदा फोटो तथा भिडिओ सामाजिक सञ्जालमा पोष्ट गरेको भन्ने जाहेरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।, जिरेल काभ्रेमा भएको सूचना पाएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरेको थियो। , उनलाई प्रहरीले पाँचखालमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। , उनलाई प्रहरीले आइतबार पक्राउ गरी काठमाडौं ल्याएको हो। उनीमाथि विद्युतीय कारोबार ऐन कसुर अनुसार थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ। ,  , प्रेमिकाको अश्लिल फोटो-भिडिओ खिचेर सामाजिक सञ्जालमा हालेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता श्रृंखलाबद्ध आपराधिक घटनामा संलग्न भएको आरोप लागेका व्यक्तिलाई पर्सा प्रहरीले जनाएको छ।, बिस्फोटक पदार्थ, खरखजना तथा संगठित अपराधको पछिल्लो मुद्दामा फरार रहेका व्यक्तिलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।, वीरगन्ज महानगरपालिका-२४ का ३३ वर्षीय विवेक सिंह भनिने फुलहसन अन्सारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, २०७६ साउन २४ गते बेलुकी वीरगन्ज महानगरपालिका-४ स्थित बिर्ता बजारमा र २८ गते बेलुकी महानगरपालिका-८ घण्टाघर नजिक तरकारी बजारमा सुतली बम बिस्फोट गराइएको थियो।, वीरगञ्जका उद्योगी व्यापारी र सर्वसाधारणलाई फोनबाट धम्काउने समेतका आपराधिक कार्यका लागि उनले बम बिस्फोटट गराएको प्रहरीको भनाइ छ।, त्यस घटनामा वीरगंज महानगरपालिका-२४ बस्ने इनुस अन्सारी, जौवाद अन्सारी, सद्दाम अन्सारीलाई २०७६ भदौ ४ गते ४ थान गोली र सुतली बमसहित प्रहरीले पक्राउ गरेको थियो। तर, उनी भने फरार थिए।, जिल्ला अदालत पर्साबाट बिस्फटोक पदार्थ, खरखजना तथा संगठित अपराध अन्तर्गत कसुरमा उनीहरूलाई जनही दुई वर्ष ६ महिना कैद र २५ हजार जरिवाना फैसला भएको थियो।, फरार रहेका कारण फुलहसन अन्सारीको हकमा मुद्दा ‘मुल्तबी’मा रहेको थियो।, खनालका अनुसार उनी भारतको मुजफ्फरपुरमा बस्थे। उनले आफ्नो पहिचान ढाँटेर अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाएका थिए।, ‘बेलाबखत रक्सौल आएर उनी वीरगञ्जका उद्योगी तथा व्यापारीहरूलाई फोनमार्फत धाकधम्की दिई रकम असुली गर्ने गरेको र वीरगञ्जमा घटना घटाउने योजना बनाएको जानकारी आएको थियो,’ प्रहरी नायब उपरीक्षक खनालले भने, ‘भारतीय प्रहरी समेतको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज रामगढवास्थित उनकै घरतर्फ आउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।’, फुलहसन यस अघि २०६५ पुस ७ गते वीरगन्ज उपमहानगरपालिका-१३ बस्ने राजेश क्याललाई गोली हानी हत्या गरेको घटनामा पक्राउ परेका थिए। अदालतबाट सर्वस्वसहित जन्मकैद ठहर भएकोमा २०७४ असोज ८ गते बाँकी कैद मिनाहा भएर कारागार कार्यालय पर्साबाट मुक्त भएका थिए।, अन्सारीलाई ‘मुल्तबी’मा रहेको बिस्फोटक पदार्थ, खरखजना तथा संगठित अपराधको मुद्दामा अनुसन्धान अघि बढाइएको खनालले बताए।, ‘कसलाई कहिले धम्क्याएर असुली गरेको हो, त्यसबारे पनि हामी अनुसन्धान गर्छौं,’ खनालले भने।  , वीरगन्जमा बिस्फोट गराएर भारत, रक्सौल आएर व्यापारीलाई धम्की दिँदै असुली
सेतोपाटी संवाददाता सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले अवकाश प्राप्त भएपछि सामान्य नागरिकसरह अभिव्यक्ति स्वतन्त्रता लगायतका मौलिक हक उपभोग गर्न पाउनुपर्ने भन्दै निवेदन दिएका छन्। , उनको निवेदनमा संवैधानिक इजलासमा विचाराधीन संवैधानिक नियुक्तिविरूद्धका मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अलग हुनुपर्ने पनि उल्लेख छ। , सोमबार पूर्वन्यायाधीश केसीले आफ्नो वारेस मार्फत दिएको निवेदन सर्वोच्च प्रशासनले दर्ता भने नगरेको उनका वकिल नेत्र आचार्यले बताए। ‘हामीले दिनभरि तल र माथि गरिरह्यौं तर सर्वोच्च प्रशासनले निवेदन दर्ता गर्न मानेन दरपीठ गर्न पनि मानेन,’ उनले सेतोपाटीसँग भने, ‘मूल रिट पेशीमा चढेको दिन इजलासमै पेश गर्नु भन्ने मौखिक जवाफ आयो।’ , सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले पनि उक्त निवेदन इजलासमै पेश गर्न प्रशासनले सुझाएको पुष्टि गरेका छन्। ‘रेग्मीको रिटमा सरिक भइ पाउँ भन्दै पूर्व न्यायाधीशज्यूको निवेदन आएको थियो। उहाँ पक्ष/विपक्ष हुनुहुन्न सरिक भइ पाउँ भन्ने निवेदन इजलासमा पेश गर्नुपर्ने र इजलासले लियो भने दर्ता हुने कार्यविधि भएको सुझाव दियौँ। त्यसपछि आज उहाँहरूले निवेदन फिर्ता लैजानु भएको छ’ उनले भने। , सर्वोच्चका पूर्वन्यायाधीशहरूलाई मिडियामा बोल्न रोक लगाउने र संवैधानिक इजलासबाट प्रधानन्यायाधीश अलग हुन नहुने आदेश माग गर्दै अधिवक्ता गणेश रेग्मीले केही समय अघि रिट दिएका थिए। , उनको रिटमा सुनुवाइ गर्दै गएको हप्ता न्यायाधीश हरि फुयाँलको इजलासले संवैधानिक नियुक्ति विरूद्ध परेका रिटमाथिको सुनुवाई रोक्न आदेश गर्‍यो।  उक्त इजलासले पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरूले गर्ने सार्वजनिक बहस, अभिव्यक्तिलाई पनि ‘हेर्नुपर्ने विषय’ भन्यो। , त्यसपछि पूर्वप्रधानन्यायाधीश केसीले अधिवक्ता रेग्मीले उठाएका विषयको सरोकारवाला आफू पनि भएको भन्दै उनको रिट खारेज गर्न माग गरी निवेदन दिएको देखिन्छ। , केसीका वारिस श्रेष्ठले सेतोपाटीलाई उपलब्ध गराएको निवेदनमा न्यायाधीश फुयाँलको आदेशलाई सिधै बदर गर्न माग गरिएको छैन। तर उक्त आदेशमाथि प्रश्न भने गरिएको छ। , ‘किन र कति कारणले पूर्वन्यायाधीशको मुख र कलम बन्द गर्न, गराउनु पर्‍यो कुनै कारण नदिंदा पनि एकल इजलासले अन्तरिम आदेशसहित कारण देखाउ आदेश जारी गर्‍यो’ पूर्व न्यायाधीश केसीको प्रश्न छ। , पूर्वन्यायाधीशहरूको अभिव्यक्ति स्वतन्त्रता लगायतका मौलिक हक अदालतले हनन गर्न नपाउने उनको निवेदनमा भनिएको छ। , ‘अवकाश प्राप्त न्यायाधीशले संविधानको भाग-३ ले दिएका सबै मौलिक हक र नेपाल पक्ष भएको मानव अधिकार सम्वन्धी हक र स्वतन्त्रताहरू उपभोग गर्न पाउँछ। अन्तरिम आदेशमा एकल इजलासले पूर्वन्यायाधीशको अन्तर्वाता र लेख सम्बन्धमा पनि विषय बनाएर कारण देखाउ आदेश जारी गरी छलफलको लागि विपक्षीलाई बोलाएको देखियो,’ केसीको निवेदनमा भनिएको छ, ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता मानव जातिको महत्वपूर्ण अधिकार हो। जुन देशमा प्रजातन्त्र छ, जुन देश संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा सदस्य छ। जुन देशमा लिखित संविधान छ, जुन देशले आइसिसिपीआर लगायत मानवअधिकारका सन्धि अनुमोदन गरेको छ। जुन देशको न्यायपालिका स्वतन्त्र छ ती देशहरुमा कानून बमोजिम बाहेक नागरिकहरुको विचार अभिव्यक्तिको स्वतन्त्रता अपहरणको कलपना गर्न सकिँदैन। अदालतले पनि अपहरण गर्न सक्तैन।’, यतिमात्र होइन पूर्व न्ययाधीश केसीले संवैधानिक निकायका विवादित नियुक्तिमा मुछिएका प्रधानन्यायाधीशले नियुक्ति विरूद्ध परेका रिट हेर्न नहुने निवेदमा उल्लेख गरेका छन्। , ती रिटमा प्रधान न्यायाधीश जबराले लिखित जवाफ दिंदा संवैधानिक परिषदको सदस्यको हैसियतको सिफारिस र अध्यादेश ठिक छ भनेको भन्दै उनको निश्पक्षता नदेखिने  केसीको जिकिर हो। , ‘धारा २८४ (१) (ख) ले प्रधानन्यायाधीशलाई संवैधानिक परिषदको सदस्य बनायो। प्रधानन्यायाधीश विवादित नियुक्तिहरुमा सरिक हुनु भयो। वहाँले सपथ पनि खुवाउनु भयो। वहाँको लिखित जवाफ विपक्षीको हैसियतको छ। प्रधानन्यायाधीशको हैसियत तटस्थ र निष्पक्ष छैन। त्यही सिफारिस विरुद्ध मुद्दा विचाराधिन छ,’ न्यायाधीश केसीको निवेदनमा उल्लेख छ। , त्यसैले प्रधान न्यायाधीश जबराले संवैधानिक नियुक्ति विरूद्धका रिटको सुनुवाइमा अलग हुने भनेर लिएको निर्णय सही भएको पूर्वन्यायाधीश केसीको तर्क छ। , ‘प्रधान न्यायाधीशले स्वार्थ बाझिने कारण ती मुद्दाहरु हेर्दिन भनेर रिक्युज गरेर राम्रो गर्नु भयो। विदा लिएर बसी मार्ग प्रशस्त गरिदिएर सहयोग गर्नु भयो। जुन कुरा वहाँले गर्नु पर्थ्यो र गर्नु पनि भयो,' उनले रिटमा भनेका छन्।, यस्तो अवस्थामा प्रधानन्यायाधीशलाई ती मुद्दाको सुनुवाइबाट अलग बस्न मिल्दैन भन्ने रिट कसरी आयो भनेर उनले प्रश्न उठाएका छन्। अधिवक्ता रेग्मीको रिटमाथि परमादेश जारी भए स्वतन्त्र न्यायालयको जग भत्किने पूर्वन्यायाधीश केसीको रिटमा उल्लेख छ।, 'प्रधानन्यायाधीशले कसरी विवादित सिफारिसमा सुनुवाई गर्नुस् भन्न मिल्छ? रिट निवेदनले किन प्रधानन्यायाधीशलाई आफ्नो मुद्दामा आफै न्यायाधीश बने हुन्छ भनेर संवैधानिक इजलासबाट भनाउन चाहन्छन्? सर्बोच्च अदालतले नै बनाएको न्यायाधीशको आचार संहिता, २०६५ को नम्वर ४‍.५ समेतले प्रधान न्यायाधीशलाई विवादित सिफारिसमा सुनुवाई गर्न आचरण विपरित मानेको छ,' उनको रिटमा भनिएको छ,' रिक्युजल गर्ने न्यायाधीशको अधिकार स्वच्छ सुनुवाई, स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिकाको जग हो। परमादेश जारी भएमा जग भत्कन्छ।', संवैधानिक परिषदको सम्बन्धी अध्यादेश विरूद्धका रिट र संवैधानिक नियुक्ति विरूद्धका रिटमा ९ महिना पछि पालो आएको तर अधिवक्ता रेग्मीको रिट दर्ता भएर भोलिपल्टै अन्तरिम आदेश आएकोमा पनि उनले घूमाउरो प्रश्न गरेका छन्। , उनले न्यायाधीश नियुक्ति राजनीतिकरण भएको भन्दै अधिवक्ता रेग्मीको रिट खारेज नहुने हो भने राजनीतिको अदालतीकरण हुने पूर्वन्यायाधीश केसीको तर्क छ। , 'न्यायाधीश नियुक्तिहरुमा पोलिटिसाइजेसन अफ जुडिसरी भएको थियो । यो रिटमा परमादेश जारी हुने, खारेज नहुने हो भने अब सवै राजनैतिक विवाद जसमा संविधान र कानूनको व्याख्या गर्नु पर्ने छैन, गलत कामलाई सही काम भनेर देखाउनु छ त्यस्तोमा पनि सर्बोच्च अदालतलाई अगाडि सारेर जुडिसियलाइजेसन अफ पोलिटिक्स हुने सम्भावना र खतरा सुरू हुन्छ।', संवैधानिक परिषदसम्बन्धी केपी ओली सरकारले जारी गरेको अध्यादेश र त्यसअनुसार भएका नियुक्तिविरूद्ध परेका रिटमाथिका सुनुवाई रोक्न भन्दै न्यायाधीश फुयाँलको इजलासले अन्तरिम आदेश दिएपछि यो विवाद न्यायक्षेत्रमा पेचिलो बनेको छ। , संविधानको धारा १३७ मा प्रधानन्यायाधीश र अरू चार न्यायाधीशको संवैधानिक इजलास हुने व्यवस्था छ।, संविधानमै यस्तो व्यवस्था भएकाले संवैधानिक इजलासमा परेका जुनसुकै रिट हेर्दा पनि प्रधानन्यायाधीश अलग हुन नपाइने एकथरिको भनाइ छ। , आफैंले निर्णय गर्ने र त्यसविरूद्धका मुद्दा पनि आफैंले हेर्ने गर्नु प्राकृतिक न्यायविरूद्ध हुन्छ भन्ने कानुनी सिद्धान्त छ।, प्रधानन्यायाधीश सामेल भएर गरिएका निर्णय विरूद्धका रिट संवैधानिक इजलासमा बसेर उनैले सुनुवाइ गर्दा प्राकृतिक न्याय विरूद्ध हुने कतिपयको भनाइ छ।  यी दुवैथरी तर्क गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट परेका थिए।, प्रधानन्यायाधीशले संवैधानिक नियुक्तिविरूद्धका रिट हेर्न नमिल्ने भन्दै पूर्वन्यायाधीशले दिएको निवेदन भएन दर्ता
युवराज श्रेष्ठ फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले तयार पारेको अन्तिम प्रतिवेदन सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेलाई बुझाएकोको छ। समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउन खोज्दा प्रधानमन्त्रीले बुझ्न नमानेको समितिले जनाएको छ।, ‘समितिले बनाएको मूल प्रतिवेदन बुझाउन काठमाडौं आएर बसेको ६ दिन भयो, प्रधानमन्त्रीज्यूले समय नै दिनुभएन,’ समितिका संयोजक पुण्य पौडेलले भने, ‘मुख्यसचिवले समेत समय नदिएपछि आज मन्त्रालयका सचिवलाई प्रतिवेदन बुझायौं।’, यसअघि प्रधानमन्त्री देउवाले समय दिने भन्दै कुरेर बसेको संयोजक पौडेलले बताए।, प्रतिवेदन बुझाउन प्रधनमन्त्री देउवासँग ५ मिनेट भए पनि समय मागेको तर नदिएको उनको गुनासो छ।, ‘हिजो (आइतबार)सम्म प्रधानमन्त्रीलाई नै प्रतिवेदन बुझाउने कुरा थियो, आज पनि भ्याउँदिन भनेपछि हामीले मुख्यसचिवलाई बुझाउन खोजेका थियौं,’ पौडेलले सेतोपाटीलाई भने, ‘मुख्यसचिवले पनि भ्याउँदिन भनेपछि मन्त्रालयका सचिवलाई प्रतिवेदन बुझाएका हौं।’, सर्वोच्च अदालतले ६ महिनाभित्र फेवाताल संरक्षणका कार्य अघि बढाउन संघ, प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकारसहित आदेश दिएको थियो। सर्वोच्च अदालतले आदेश दिएको दुई वर्षसम्म पनि फेवाताल संरक्षण सम्बन्धी कुनै काम अघि बढेको थिएन।, सर्वोच्चको आदेश नमानेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरका मेयर मानबहादुर जिसी लगायतलाई सर्वोच्च अदालतको अवहेलना मुद्दा परेपछि २०७७ कात्तिक २० गते सरकारले पौडेलको संयोजकत्वमा अध्यन समिति गठन गरेको थियो।, सर्वोच्च अदालतको आदेश अनुसार समितिलाई फेवातालको चार किल्ला निर्धारण गरी नक्सासहित तालको क्षेत्रफल सरकारलाई सिफारिस गर्ने, दुषित दर्ता भएको फेवातालको जग्गाको लगत तयार गर्ने, दुषित दर्ता बदन गरी तालको नाममा ल्याउन सिफारिस गर्ने र ताल संरक्षणका लागि दीर्घकालीन गुरुयोजना बनाउने कार्यादेश दिएको थियो।, उक्त कार्यादेश अनुसार समितिले फेवातालको चारकिल्ला यकिन गरी नक्सासहित तालको क्षेत्रफल यसअघि नै सिफारिस गरिसकेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीमाङ्कन सम्बन्धी प्रतिवेदन बुझाएको थियो।, समितिले गरेको सीमाङ्कन अनुसार फेवाताल चारकिल्ला पूर्वमा ड्यामसाइड, पश्चिममा मोरे बगर, उत्तरमा खपौंदी–चंखपुर, बीचको दम्किलो र दक्षिणमा चिसापानी रानीवन काम गरेको छ। समितिले गरेको सीमाङ्कनमा तालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर (११२५५) रोपनी ११ आना १ पैसा) कायम गरेको छ। उक्त क्षेत्रफल सरकारले २०७७ फागुन ११ गते निर्णय गरेर १७ गते राजपत्रमा प्रकाशित गरिसकेको छ।, फेवातालको सीमाङ्कन पश्चात समितिले फेवातालको जग्गा छानबिन गरेको छ भने तालको संरक्षण र तालक्षेत्रको विकास गर्न गुरुयोजना बनाउन बनाएको छ। ताल संरक्षणको गुरुयोजना बनाउन परामर्शदाता संस्थाको सहयोग लिएको थियो भने तालको जग्गा दुषित दर्ता छानविन गर्न भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरी प्रतिवेदन तयार पारेको थियो।, दुषित जग्गा छानबिन गर्न गठित उपसमितिले ८८१ वटा कित्ता दुषित भएको ठहर गरेको छ। जसअनुसार १ हजार ४७७ रोपनी ३३ आना फेवातालको जमिन व्यक्तिले आफ्नो नाममा दर्ता गरेको भेटिएको छ। यस्तै, सरकारको नाममा रहेको र दर्ता हुन बाँकी गरी १ हजार ४० रोपनी २२ आना जमिन पनि फेवातालको नाममा ल्याउन समितिले प्रतिवेदनमार्फत सरकारलाई सुझाव दिएको छ।, व्यक्ति र सरकारका नाममा रहेको गरी कुल २ हजार ५१७ रोपनी ५५ आना जमिन फेवातालको नाममा ल्याउन आवश्यक रहेको समितिले जनाएको छ।, २०३२ सालमा फेवातालको बाँध फुटेको मौकामा आएको नापीमा फिल्डबुकबाटै ५१८ वटा कित्ता तालको जग्गा व्यक्तिको नाममा गएको छ। नापी टोलीले फिल्डबुकबाटै ५१६ रोपनी ५ आना १ पैसा १ दाम जग्गा व्यक्तिको नाममा दर्ता गरेका हुन्।, त्यतिबेला जग्गा दर्ता गर्न छुट भएको भन्दै छुट दर्ताका नाममा फेवातालको जग्गा २०५८ सालसम्मै व्यक्तिको नाममा दर्ता भएको समितिले फेला पारेको छ। यसरी छुट दर्ताका नाममा १५१ वटा कित्तामा ४७७ रोपनी १२ आना २ पैसा २ दाम जग्गा दर्ता भएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ।, फेवातालको जग्गा व्यक्तिका नाममा दर्ता गर्न तत्कालीन राजाले पनि हुकुम दिएको भेटिएको छ। राजाको हुकुम प्रमाङ्गी तथा आदेशबाट ३ वटा कित्तामा १ रोपनी ८ आना २ पैसा जग्गा व्यक्तिलाई दिएको देखिएको छ। राजाले सिधै आदेश दिएर फेवातालको जग्गा व्यक्तिको नाममा बनाएको देखिएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।, यस्तै, फेवातालको जग्गा व्यक्तिले दाबी गर्दै अदालतमा दिएको मुद्दाका आधारमा ७५ वटा कित्ता जग्गा व्यक्तिले पाएको दखिएको छ। तालको जग्गा व्यक्तीको नाममा दर्ता गर्न अदालतले विभिन्न समयमा आदेश दिएर ७५ वटा कित्तामा गरी ८३ रोपनी ५ आना २ पैसा २ दाम जमिन व्यक्तिले पाएका छन्।, फेवातालको जग्गा कित्ताकाट गरिएको तर कसैको नाममा नभएको जमिन ७६ वटा कित्तामा गरी १३३ रोपनी ९ आना १ पैसा ३ दाम रहेको छ। सरकारको नाममा ताल वरिपरिका खोला, खोल्सी गरी ५८ वटा कित्तामा ९०७ रोपनी १३ आना २ दाम जमिन रहेको छ।, फेवातालको जग्गा दुषित दर्ता गरेर व्यक्तिको नाममा भएको देखिएपछि सरकारले यसअघि नै उक्त जग्गा रोक्का राखेको थियो। तालको जग्गा व्यक्तिको नाममा गएको भन्दै बेचबिखन गर्न र यसरी व्यक्तिले लालपुर्जा बनाएको जग्गा धितो राखेर कुनै पनि कारोबार नगर्न सरकारले दिएको निर्देशन बैंक तथा वित्तीय संस्थाले उल्लङ्घन गरेका छन्।, सरकारले तालको सीमाक्षेत्रका जग्गा भनेर उल्लेख गरी रोक्का राखेको ५९ वटा कित्ता जमिन विविभन्न बैंक तथा वित्तीय संस्थाबाट रोक्का भएको भेटिएको छ। सरकारको निर्देशन विपरीत बैंक तथा वित्तीय संस्थाले तालको जग्गा धितो राखेर बैंकहरुले दुषित दर्ता गरेका जग्गाधनीलाई ऋण दिएको समितिका संयोजक पौडेलले बताए।, फेवातालको बाँध फुटेको समयमा कास्कीमा नापी कार्यालय आउँदा फेवातालको जग्गा दुषित दर्ता गरी व्यक्तिको नाममा बनाएको, राजाको हुकम प्रमाङ्गी, विभिन्न समयमा छुट दर्ता लगायतका कारण तालको जग्गा व्यक्तिले लिएको समितिले जनाएको छ। यसरी दर्ता भएका जग्गा दुषित भएको भन्दै सरकारले खारेज गर्न पटक-पटक निर्देशन समेत दिएको अध्यनका क्रममा भेटिएको छ।, फेवातालको जग्गा व्यक्तिका नाममा गर्न पञ्चायतकालमा तत्कालीन मन्त्रीलाई पोखराका व्यवसायी लगायत व्यक्तिहरूले जग्गा दर्ता गर्न माग गर्न गएका थिए। त्यतिबेला मन्त्रीहरूले तालको जग्गा व्यक्तिका नाममा दर्ता नहुने बताएको देखिएको समितिले जनाएको छ। तत्कालीन मन्त्रीहरूले २०३२ सालदेखि भएका दुषित दर्ता खारेज गर्न निर्देशन समेत दिएको देखिएको छ।, तत्कालीन मन्त्रीहरु पशुपति शमशेर जबरा, डिबी अधिकारी र यादवप्रसाद पन्तले तालको जग्गा दुषित दर्ता खारेज गर्न मन्त्रीस्तरीय निर्णय गरेका थिए। २०४२ साउन १७, २०४२ चैत १२ र २०४३ पुष २८ गते मन्त्रीस्तरीय निर्णय गरेर दुषित दर्ता भएका जग्गा तालको नाममा लगत कट्टा गर्न निर्णय गरेको थियो।, त्यतिबेला मन्त्रीले गरेको निर्णय जिल्ला मालपोत कार्यालय कास्कीले कार्यान्वयन नगर्दा अहिलेको जटिल समस्या आएको हो। फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिका संयोजक पौडेलले भने, ‘मन्त्रीले तीन-तीन पटक तालको दुषित दर्ता खारेज गर्न निर्णय गरेर पठाएका रहेछन्, त्यतिबेला कास्कीका मालपोत हाकिमले टेरेनछन्।’, समितिले सरकारलाई दिएको प्रतिवेदन तत्कालीन सरकारको मन्त्रीस्तरीय निर्णय लागू गरी दर्ता खारेज गर्न वा प्राकृतिक न्यायको सिद्धान्तका आधारमा निर्णय लिन सुझाव दिएको छ। दुषित जग्गा दर्ता भएका जग्गाधनीलाई पनि चित्त बुझाउन सुझाव दिएको समितिका संयोजक पौडेलले बताए।, ‘जग्गा दर्ता मालपोत ऐन अनुसार नै भएको छ, दर्ता खारेज गर्ने मन्त्रीस्तरीय निर्णय पनि तत्कालिन ऐन अनुसार नै देखिएको छ,’ संयोजक पौडेलले भने, ‘कि त पहिल्यैको सरकारले दर्ता खारेजीको निर्णय कार्यान्वयन गर्नुपर्छ, कि प्राकृतिक न्यायको सिद्धान्तका आधारमा सरकारले थप निर्णय गर्नुपर्ने देखिन्छ।’, समितिले पाएको कार्यादेश अनुसार तालको दीर्घकालीन संरक्षण र विकासका लागि २० वर्षे गुरुयोजना बनाएको छ। तीनै तहका सरकारले गर्नुपर्ने काम सूचीकृत गरेर फेवाताल संरक्षणका गुरुयोजना बनाएको पौडेलले बताए। परामर्शदाता संस्थासँग सहकार्य गरेर बनाएको फेवाताल संरक्षण गुरुयोजना काठमाडौंको बृहत टुँडिखेल गुरुयोजना पछाडिको दोस्रो ठूलो गुरुयोजना रहेको समितिले उल्लेख गरेको छ।, प्रतिवेदनमा उक्त गुरुयोजनालाई राष्ट्रिय गौरबका आयोजनाका रुपमा विकास गरी ‘गेम चेञ्जर प्रोजेक्ट’का रुपमा अगाडि बढाउन सरकारलाई सिफारिस गरेको छ। सरकारले सुरूमा ६ महिनाको समय दिएर गठन गरेको पौडेल संयोजकत्वको यस समितिको म्याद पटक पटक थप गरिएको थियो। थप गरिएको म्याद यही भदौ मसान्तमा सकिँदैछ।, समितिको भ्याद सकिनु अगावै प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाउन खोजेको तर काम सकिएकाले म्याद थप गर्न नचाहेको संयोजक पौडेलले बताए। ‘प्रतिवेदन बुझाउनकै लागि म्याद थप्ने कुरा आएन,’ उनले भने, ‘सरकारले प्रतिवेदन सार्वजनिक नगर्नु भनेकाले हामीले प्रतिवेदन सार्वजनिक गर्न पनि सकेनौं।’, फेवातालजस्तो संवेदनशील क्षेत्रको प्राकृतिक जगेर्ना गर्ने प्रतिवेदन बुझ्न ६ दिन कुर्दा समेत समय नदिएको भन्दै संयोजक पौडेलले दुखेसो पोखे।  , फेवाताल संरक्षण प्रतिवेदन बुझ्न प्रधानमन्त्री र मुख्यसचिवले दिएनन् समय
सेतोपाटी संवाददाता झापामा एक प्रहरी जवानको पोखरीमा डुबेर मृत्यु भएको छ।, झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी पिन्डलवारीमा कार्यरत २५ वर्षीय प्रहरी जवान सरोज गिरीको पोखरीमा डुबेर मृत्यु भएको छ।, उनी नुहाउन गएका थिए। उनको सोमबार पोखरीमा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार माछापोखरीमा डुबेर प्रहरी जवान गिरीको मृत्यु भएको छ।, कचनकवल वडा नम्बर १ स्थित अवध राजवंशीसहित ८ जनाको लगानीमा बनाइएको माछा पोखरीमा गिरी नुहाउन गएका थिए। नुहाउने क्रममा बेपत्ता भएपछि उनको खोजी गर्दा पोखरीमा मृत अवस्थामा फेला पारिएको थियो।, गिरी २०७३ साल भदौ १५ मा प्रहरी सेवामा प्रवेश गरेका थिए।,  , नुहाउन गएका प्रहरीको पोखरीमा डुबेर मृत्यु
सेतोपाटी संवाददाता नवलपुरको गैंडाकोटमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।, गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुलनजिकै पश्चिमतर्फ जाँदै गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाएका थिए।, बस सडकबाट १० फिट तल खस्दा ३ जनाको मृत्यु भएको र २४ जना घाइते भएको प्रहरीले जनाएको छ। बिहान ४ बजे भएको दुर्घटनामा २ जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिपकुमार गिरीले जानकारी दिए।, मृत्यु हुनेहरूमा बर्दिया जिल्ला बासगढी नगरपालिका वडा नम्बर-८ की ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुर घर भएकी ४० वर्षीया रंगी तिवारी र कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने अन्दाजी ३०/३५ वर्षका कृष्ण राना रहेको प्रहरीले जनाएको छ। सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।, घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ।, गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ जना घाइते
रासस गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्धारित मितिमा एनआरएनएको १० औँ महाअधिवेशन एवं निर्वाचन सम्पन्न गराउन नेपाल सरकारसँग माग गरेका छन्।, वर्तमान कार्यसमितिले संस्थागत सुधारका लागि विशेष अधिवेशन गरेर नयाँ विधान संशोधन गरेको र त्यही विधानका आधारमा महाधिवेशन गर्न लागेकोसमेत उनले बताए।, ‘निर्वाचनमा सहभागी हुने प्रतिनिधिको प्रारम्भिक नामावली मात्र सार्वजनिक भएको छ, दाबी विरोधको समय छ,’ उनले भने।, निर्धारित मितिमा एनआरएनएको महाअधिवेशन गर्न माग
सेतोपाटी संवाददाता अत्यधिक रक्तस्रावका कारण खुम्बु पासाङल्हामु गाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ।, ज्यान गुमाउनेमा लुक्ला–२ की २५ वर्षीया शान्ति राई रहेको पासाङ ल्हामु अस्पतालले जनाएको छ। , अस्पतालका मेडिकल अधिकृत अनेश केसीका अनुसार आइतबार साँझ ६ बजे सामान्य अवस्थामै छोरालाई जन्म दिएकी राईको सोमबार बिहान मृत्यु भएको थियो।, साल अड्किएकाले अत्यधिक रक्तस्राव भएको मेडिकल अधिकृत केसीले बताए।, तत्काल रगत आवश्यक परे पनि उपलब्ध नहुँदा सुत्केरीको ज्यान गएको मृतकका श्रीमान् रन्दीप राईले बताए। अहिले बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। रासस, रगत नपाउँदा सोलुखुम्बुमा सुत्केरीको मृत्यु, शिशु स्वस्थ
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा तीस लाख जरिवाना पाएका व्यक्ति पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखाले सिन्धुपाल्चोक घर भई कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ७ काँडाघारी बुने ३९ वर्षीय दीपक कार्कीलाई पक्राउ गरेको हो। , उच्च अदालत पाटनले गत फागुन १८ गते कार्कीलाई बैंकिङ कसुरको मुद्दामा तीस लाख रूपैयाँ जरिवाना र सात दिन कैद सजाय तोकेको थियो। तर उनी फरार थिए। , प्रहरीले उनलाई खोजी गरी सोमबार पक्राउ गरेको महाशाखाले जनाएको छ। उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।, बैंकिङ कसुर मुद्दामा तीस लाख जरिवाना पाएका व्यक्ति पक्राउ
सविता बुढा शिक्षक कलकबहादुर चलाउनेलाई विगतमा अपांगता भएका कयौं व्यक्तिले पढ्न नपाएकोमा दु:ख लागिरहन्छ।, त्यो बेला गाउँघरमा दृष्टिविहीन भएकाहरूले पनि पढ्न सकिन्छ छ र? भन्ने प्रश्न उठ्थे। त्यसमाथि राज्यका तर्फबाट उनीहरूका लागि पढ्ने सुविधाका विद्यालय पनि थिएनन्।, विकट क्षेत्रका दृष्टिविहीनहरूले समाजबाट हेला र तिरस्कार सहेर बाँच्नु परेको कुरा उनको दिमागमा ताजै छन्।, ‘पढ्ने कुरा त के त्यो वेला दृष्टिविहीन भएकाहरूलाई अन्धा, काना, आँखा फुट्या शब्द प्रयोग गरेर बोलाउँथे मलाई यस्तो देखेर धेरै दु:ख लाग्थ्यो,' उनले भने।, कलक चलाउने बझाङको छविस पातिभेरा गाउँपालिका-६ मा रहेको बाँठपाली माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्। साथै उनी त्यही विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका स्रोत शिक्षक पनि हुन्।, २०५६ सालदेखि उनी यो विद्यालयमा कार्यरत छन्। यसअघि उनले बझाङकै बुङल, बित्थडचिर, दुर्गाथली क्षेत्रका विद्यालयमा काम गरिसकेका थिए।, बाँठपाली भने उनको लागि खास विद्यालय हो। कलकले शिक्षाको प्रारम्भ पनि यसै विद्यालयबाट गरेका थिए।, जुन विद्यालयबाट शिक्षा आरम्भ गरेका थिए, त्यहीँ विद्यालयमा शिक्षक बन्न पाउँदा उनी  धेरै  मख्ख छन्। उनी खुसी किन पनि छन् भने यही विद्यालयमा उनले दृष्टिविहीन विद्यार्थीलाई शिक्षा दिनु पाएका छन्।, ‘दृष्टिविहीन, शारिरीक अपांग भएकाहरू घरमै हुन्थे, दिनभरी उनीहरूले अनेक कुरा सुन्नपर्थ्यो, मलाई भने उनीहरूले पनि मैलेझैं पढ्न पाए हुने नि भन्ने लाग्थ्यो,’ उनले भने।, उनले पढे, शिक्षक भए, बोल्न सक्ने भए। त्यसपछि दृष्टिविहीन र शारिरीक रूपमा कमजोर भएका दुबै विद्यार्थीलाई पढाउने वातावरण बनाए।, सानोमा सोचेको कुरा अहिले आएर पूरा गर्न पाउँदा उनलाई रमाइलो लाग्छ।, २०५४ सालदेखि समाहित शिक्षा कार्यक्रम लागु भएपछि यो स्कुलले दृष्टिविहीन विद्यार्थीलाई पढाउन सुरू गरेको थियो।, दृष्टिविहीन स्रोत कक्षा तत्कालीन समयका शिक्षक जयबहादुर बुढाका पालामा ४/५ जना विद्यार्थीबाट पढाउन सुरू गरी जिल्लामा चिनाउन सफल बनेको थियो।, बीचमा द्वन्द्वकाल र अन्य कारणले विद्यार्थी नै नपाएपछि पढाइ रोकियो।, त्यही समयमा कलक यो विद्यालयमा शिक्षक बनेर आएका थिए। २०६८ सालपछि शिक्षाबाट बञ्चित यस्ता बालबालिकालाई पढाउन स्कुलले फेरि निरन्तरता दिने  निर्णय गरेको थियो।, अन्य शिक्षकभन्दा उनी युवा भएकाले दृष्टिविहीन स्रोत कक्षा शिक्षकको जिम्मेवारी उनले नै पाए।, यो जिम्मेवारीले उनलाई गर्व र चिन्ता दुबै लागेको थियो।, ब्रेल लिपी नपढेकाले विद्यार्थी पढाउन सकिने कि नसकिने भनेर सुरूमा उनी चिन्तित थिए।  पछि उनलाई स्कुलले नै तालिम लिने अवसर दियो।, त्यसबेला स्कुलमा विद्यार्थीको अभाव थियो। मान्छेमा चेतनाको अभाव थियो।, ‘दृष्टिविहीनलाई पढाउनै मान्दैन्थे। विद्यार्थीहरूलाई स्कुलसम्म ल्याउन अप्ठेरो भयो,’ उनले भने।, जिम्मेवारी पूरा गर्न सुरूमा चुनौती थियो तर उनले हार मानेनन्।, उनी विद्यार्थी खोज्न थाले। वडा गाउँपालिकामा गएर तथ्यांक संकलन गरे। महिला विकास शाखामा अपांगता परिचय पत्र वितरण हुने हुदाँ त्यहाँबाट केही तथ्यांक पाए।, ‘मैले एफएममा पनि सूचना प्रसारण गर्न दिएँ, केही विद्यार्थी यहाँ छन् भन्ने पत्ता लाग्यो,’ उनले भने।, त्यसपछि उनले विद्यार्थी जम्मा गरे। विद्यार्थीहरू जम्मा त भए तर, ब्रेललिपि माध्यमबाट पढाउने शिक्षक पाइएनन्। उनले आफूले सिकाउनका लागि ब्रेल सिकेका थिएनन्।  विद्यालयमा विद्यार्थी भर्ना भएपछि उनले अब ब्रेल सिकाउने शिक्षकको खोजी गर्न थाले। सुरूमा सोही विद्यालयमा पढेर ब्रेलमा १२ पास भएकी कमला जप्रेललाई उनले सहायक शिक्षक राखेर पढाउने जिम्मा दिए।, ‘उनलाई शिक्षक राखेपछि विद्यालयमा आएका अन्य विद्यार्थीले ब्रेल सिक्न पाए, मैले पनि सिक्न पाएँ,’ चलाउनेले भने।, उनले पनि २०७२ सालमा दीपायलमा ब्रेललिपी लेख्ने र पढ्ने तालिम लिन  पाए। अझै उनको सिकाइ जारी छ।, ‘अहिले पनि म आफैंले नोट, डायरी पढ्छु, अभ्यास गर्छु र  साथीहरूसँग जिज्ञासा राखेर पनि सिकिरहेको छु,’ उनले भने।, त्यसपछि बिस्तारै विद्यालयमा विद्यार्थीहरू टाढा-टाढाबाट आउन थाले।, बझाङका दूर-दराज क्षेत्रमा पढ्न नपाएर बसेका दृष्टिविहीन विद्यार्थी उनले खोज्दै विद्यालय आउन थाले।, विद्यार्थीहरू धेरै मेहनत गरेर यहाँसम्म पढ्न पुगेका छन्।, तीमध्ये एक हुन् कुबेर बोहरा। उनले यो विद्यालयमा पढ्न आउनुभन्दा अघि धेरै दु:ख गर्नु पर्‍यो। कुबेर २५ वर्ष पुगेपछि कक्षा ५ मा भर्ना भएका थिए। उनले ३० वर्षको उमेरमा एसइई पास गरे। अहिले १२ कक्षा पढ्दै गरेका उनी आफू पढेकै स्कुलका शिक्षक बनेका छन्।, बझाङको सुर्मा माध्यमिक विद्यालयमा सात कक्षासम्म पढ्दा उनी आँखा देख्थे।  अचानक उनले त्यही बेला सधैँका लागि आँखाको ज्योति गुमाए।, ‘एक आँखा देख्ने र एक कम देख्थें। एकदिन गाउँमा कसैको जन्त थियो। म पनि गएँ। साथीहरूसँग रमाइलो गरें। बेलुका घर फर्कें। राति पेट दुख्यो र उल्टी भयो। आँखामा बिझेपछि माडें,’ उनले भने।, राति कति बज्यो भनेर आफूले नाडीमा बाँधेको लाइट बल्नेवाला घडी हेर्न खोज्दा उनले केही पनि देखेनन्। उनको दृष्टि गुम्यो। उनी बेहोस भए।, ‘बाँच्दिनँ कि भन्ने लाग्यो। उपचारका लागि ठाउँ-ठाउँमा गएँ,  धेरै खर्च भए पनि केही उपाय लागेन,’ उनले भने।, कुबेरले त्यसदिन जीवन सकिएको महसुस गरेका थिए। उनलाई आँखाको ज्योतिसँगै बाँकी पढाइ गर्ने सपना पनि सधैँका लागि गुमाएँजस्तो लागेको थियो।, छरछिमेकले पनि उनलाई आँखा गुमेपछि 'पढेरै के गर्न सक्छ र, बिचरा/कठैबरा' भन्न थाले। उनी पनि आफ्नो भाग्यलाई दोष दिँदै बसे।, 'त्यसपछि देख्ने बेला सँगै पढेका खेलेका साथी, भूगोल, स्कुल सबै मेरो सुहाउँदो नै भएन,’ उनले भने।, सुरू-सुरूमा आँखा गुमेपछि साह्रै पीडा भए पनि पछि बिस्तारै उनले मनलाई सम्हाले। उनले मनको आँखाले बाँकी जीवन र पढाइलाई अगाडि बढाउने निधो गरे। दृष्टि गुमे पनि पढ्ने उनको रहर कायमै थियो। उनी दृष्टिविहीनले पढ्न मिल्ने स्कुलको खोजी गरिरहन्थे।, ‘मैले पढें भनेमात्र बाँकी जीवन फिर्ता पाउन सक्छु भन्ने सोचें,’ उनले भने।, डोटीको एक विद्यालयमा ब्रेल पढाइ हुन्छ भन्ने थाहा पाएपछि उनी दीपायल गए।, त्यहाँ पुगेपछि उनलाई कसैले भन्यो, बझाङमै पनि दृष्टिविहीन पढ्ने स्कुल छ। उनी मख्ख परिरहेका थिए, त्यहीबेला दीपायलमै तालिम लिन पुगेका शिक्षक कलकसँग भेट भयो। उनीसँग कुबेरले स्कुलको ठेगाना र फोन नम्बर पनि लिए।, ‘सर त एक-दुई दिन पछि सँगै जाउँला भन्दै हुनुहुन्थ्यो, म भने हतार लागेर उहाँभन्दा पहिले दीपायलबाट बझाङ पुगिसकेको थिएँ,’ उनले भने।, उनी फेरि ५ कक्षामा भर्ना भए। अब उनले ब्रेल लिपीमा पढ्नु पर्ने भएकाले कक्षा घटाउनु परेको थियो। निकै मेहेनत गरेर पढेपछि लगातार उत्तीर्ण हुँदै गए। अहिले उनी कक्षा १२ मा पढ्दैछन्।, ‘अचेल साथी छन्। यी भाइबहिनी छन्। खेल्न, बोल्न रमाइलो लाग्छ। भाइबहिनीले केही समस्या भए मलाई भन्छन्, उनीहरूलाई मद्दत गर्न पाउँदा खुसी लाग्छ,’ उनले भने।, शिक्षक बनेपछि कुबेरले बाँठपाली स्कुलका अरू दृष्टिविहीन विद्यार्थीलाई ब्रेल सिकाउँछन्। उनी पढ्न सिकाउँछन् र  होस्टेलको हेरचाह गर्ने काम पनि गर्छन्।, ‘म अझै  पढ्न चाहन्छु तर ११ माथि किताब नै छैन। कसैले पढेको रेकर्ड गरेर त्यही सुनेर पढ्ने गरेको छु। स्कुलले मलाई मासिक ५ हजार रुपैयाँ तलब दिन थालेको छ। जिम्मेवारी पनि दिएपछि खुसी छु,’ उनले भने।, बाँठपाली माध्यमिक विद्यालयमा  हाल उनी जस्तै दृष्टिविहीन १४ जना विद्यार्थी पढिरहेका छन्।, सोही स्कुलमा कक्षा ९ मा पढ्ने गोपाल बोहराले स्कुलबाट गाउँपालिका स्तरका कार्यक्रममा बेलाबेला सहभागी भएर प्रथमसम्म हुन सफल भएको बताए।, उनीहरू गायन, वक्तृत्वकलाजस्ता प्रतियोगितामा सहभागी हुने गरेका छन्।, पढ्ने इच्छामा दृढ रहने स्वभावका बच्चाहरू आफ्नो स्कुलमा रहेको प्रधानाध्यपाक चलाउनेले बताउँछन्।, अहिले पनि केही अभिभावकले हामी आँखा देख्ने त पढेर काम पाएनौं भने उनीहरू पढेर के गर्छन भन्ने गर्छन्।, उनले त्यस्ता अभिभावकलाई ब्रेलमा विद्यार्थीहरूले पढेका, लेखेका फोटोहरू देखाउने गर्छन्। दृष्टिविहीन मानिसले पनि जागिर गरेका उदाहरण इन्टरनेटबाट खोजेर बताउने गरेका छन्।, अहिले पनि स्कुलमा दरबन्दी अभाव, भौतिक संरचना अभाव रहेको उनले बताए।, ‘हामी शिक्षक कर्मचारीले अपांगताका विषयमा काम गर्ने संघसंस्थालाई पनि सहयोगका लागि अनुरोध गरेपछि केही राहत प्राप्त भएको छ,’ उनले भने।, १० वर्ष घि २ हजारमा कोठा भाडा लिएर विद्यार्थी बस्ने व्यवस्था गरेका उनीहरूले अहिले स्कुलमा आवाससहित प्रविधि र उपकरण खरिद पनि गर्न सकेका छन्।, अहिले नेपाल सरकारको मुख्य सहयोग रहेको उक्त कार्यक्रममा गाउँपालिकाले पनि सहायता गर्ने गरेको छ।, युएमएन बझाङको साझेदारी संस्था प्रगतिशील युवा समाज बझाङले पनि सहयोग गरिरहेको छ।, स्कुलमा अहिलेसम्म १८ जना विद्यार्थीले पढ्न पाएका छन्। ती मध्ये ५ जनाले एसईई पास गरेका छन्। यहाँबाट एसईई पास गरेका एक जना स्नातक पढिरहेका छन्।, अहिले विद्यालयमा दृष्टिविहीन विद्यार्थीका लागि भनेर आवासीय ८ कोठाको भवन बन्दै छ। प्रदेश सरकारले दिएको तीन लाख बजेटबाट विद्यार्थीलाई लुगाकपडा र ल्यापटप किनिएको छ।, उनीहरूलाई समाचार सुन्न आवासमा टेलिभिजन जोडिएको छ। प्रत्येक विद्यार्थीलाई एउटा मोबाइल दिइएको छ।, यहाँ पढ्ने अपाङ्गता भएका विद्यार्थीलाई  बस्ने-खाने लगायतका व्यवस्था मिलाउन स्कुललाई सरकारले प्रतिमहिना ४ हजारका दरले पैसा दिने गरेको छ।, यो कुरा थाहा पाएकाहरूले कुनै बालबालिका शिक्षाबाट बञ्चित भए आफ्नो स्कुलसम्म पुर्‍याइदिन उनले आग्रह गरे।, अपांगता भएका विद्यार्थी खोजी-खोजी पढाउने शिक्षक (भिडिओ)
सेतोपाटी संवाददाता मोरङको बुढीगंगा गाउँपालिकामा एक दिनको लागि १६ वर्षीया किशोरी अध्यक्ष बनेकी छन्। , राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एक दिने गाउँपालिका अध्यक्ष बनाइएको गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले जानकारी दिए। उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका अध्यक्षले गर्ने सबै काम गर्न पाउने छिन्।, त्यसैअनुसार केही एजेण्डाहरूमा उनले निर्णय समेत गरिसकेको अध्यक्ष माझीले बताए।, 'स्थानीय, प्रदेश र संघीय सरकार कसरी काम गर्छ। बैठकहरू कसरी सञ्चालन हुन्छ। यसको काम कर्तव्य के कस्तो हुन्छ आदि कुराबारे बालबालिकाहरूलाई जानकारी गराउन एक दिनको लागि उहाँलाई राखिएको हो,' अध्यक्ष माझीले भने। , उनका अनुसार ऋषिदेवले ११ बजे कार्यभार सम्हालेकी हुन्। गाउँपालिकामा बैठक बसेर ऋषिदेवलाई अध्यक्षमा चयन गरिएको हो।, त्यस बैठकले पहिले नै केही एजेण्डा तयार गरेको थियो। त्यसअनुसार गाउँपालिकालाई बालमैत्री बनाउने, बालविवाह अन्त्य गर्नको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र बालबालिकाहरूले कार्यक्रमहरू सञ्चालन गर्न ५० हजार रूपैयाँको कोष समेत खडा गरिएको अध्यक्ष माझीले बताए। , 'आज उहाँले यी तीन एजेण्डाको निर्णय गर्नुभयो। आज विद्यालयहरू, स्वास्थ्य चौकीको निरीक्षण पनि गर्दै हुनुहुन्छ,' उनले भने,'कार्यक्रमहरूले निरन्तरता पाउँछ।', १६ वर्षीया किशोरी बनिन् एक दिने गाउँपालिका अध्यक्ष!
सेतोपाटी संवाददाता रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ।, विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तिय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको हो । अब विमानस्थलमा साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकोले आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले बताए।, प्रमुख ईन्जिनियर अधिकारीका अनुसार अब टर्मिनल बिल्डिङ भित्रको फन्सिलिङसँग रिलेटेड कामहरु र फर्निचर फर्निसिङ्सका कामहरु मुख्य बाँकी छन् । उहाँले क्यालिब्रेशन फ्लाइटका लागि जडान गरेका उपकरणहरुलाई सही सूचना दिने तरिकाले सेट गर्ने कामहरु कोरोना भाइरसका कारण थाईल्याण्ड सरकारले प्राविधिकलाई आउन नदिएकोले अड्किएको बताए।, प्राविधिक कामहरुलाई सम्पन्न गर्नको लागि सरकारले थाईल्याण्ड सरकारसँग कुटनीतिक पहल थालेको पनि प्रमुख ईन्जिनियर अधिकारीले बताए।, ‘अहिले आयोजना अन्तर्गतका मुख्य भौतिक संरचना निर्माणको काम करिब सम्पन्न भइसकेको छ, यद्यपी हामसँग केही साना प्राविधिक कामहरु बाँकी छन्, जस्तै त्यसमा मुख्यतया हाम्रो ठेक्का सम्झौताअनुसार २ वटा प्याकेजमा ठेक्का सम्झौता पाएको हो, पहिलो प्याकेज चिनियाँ कम्पनी नर्थ वेश सिभिल एभिएसन एयरपोर्ट कन्सट्रक्सन ग्रुपले गरेको थियो, त्यसलाई हामी आइसीपी जिरो वान भन्छौँ, त्यो अन्तर्गतको मुख्य काम अब बाँकी भनेको टर्मिनल बिल्डिङ भित्रको फन्सिलिङसँग रिलेटेड कामहरु र फर्निचर फिनिसिङ्सका कामहरु मुख्य बाँकी कामहरु पर्छ, त्यो बाहेक आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले लिएको थियो, त्यो अन्तर्गतको उपकरण जडानका मुख्य कामहरु सम्पन्न भइसकेर हामीले क्यालिब्रेशन फ्लाइट, जुन हामीले जडान गरेका उपकरणहरुलाई सही सूचना दिने तरिकाले सेट गर्ने कामहरुको लागि कोभिड–१९ को कारणले गर्दा थाई गभर्मेण्टको हेल्थ प्रोटोकल छ’, प्रमुख ई. अधिकारीले भने, ‘त्यसले गर्दा आफ्ना प्राविधिकलाई विदेश जान अनुमति नदिएको कारणले क्यालिब्रेशन फ्लाइटको मिति यकिन गर्न नसकिएको अवस्था छ, सामान्यतया हेर्दा आयोजनाको कामहरु टुंगिदो क्रममा हो । मात्र एक,दुई वटा कामहरुले गर्दा आयोजना कम्प्लिट रुपमा सम्पन्न नभएको अवस्था छ, यसको लागि विभिन्न चरणमा एरोथाइ कम्पनीहरुसँग छलफल भइरहेको छ, कुटनीतिक पहल पनि गरेको हो, मन्त्रालय विभागले राष्ट्रिय गौरवको आयोजनाका निर्देशनालय जुन काठमाडौंमा छ, त्यसले पनि रेगुलर रुपमा कोर्डिनेशन गरिरहेको छ, यदी थाइल्याण्डबाट ल्याउने वातावरण सिर्जना भएन भने अन्य देशबाट ल्याउन सकिन्छ कि भनेर गभर्मेण्ट अगाडि बढीरहेको अवस्था छ, सम्भवतः छिटै यो विषयमा नीति तय गर्न सकिन्छ कि भन्ने अनुमान हाम्रो छ।’, प्रमुख ईन्जिनियर अधिकारीले अहिले बनिरहेको टर्मिनल बिल्डिङ रिलेटिभ रुपमा सानो भएको सरकारको अनुमान रहेकोले यसलाई ठूलो बनाउनुपर्ने विषयमा अध्ययन भइरहेको बताए। उनले यो टर्मिनल बिल्डिङले मात्र ४ सय सेवाग्राहीलाई मात्र सेवा दिनसक्ने भएकोले अन्तर्राष्ट्रि विमानस्थलका लागि यो पर्याप्त नहुने भन्दै नेपाल सरकार र  नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ बनाउने विषयमा अध्ययन गरिरहेको बताए।, प्रमुख ईन्जिनियर अधिकारीले अहिलेका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति ल्याउने हो भने हप्ता १० दिनमै सबै काम सकिने बताए।, ‘टर्मिनल बिल्डिङ रिलेटिभ अहिले जुन हामीले बनिरहेको टर्मिनल देख्छौँ त्यो रिलेटिभ रुपमा अलिकति सानो लाग्ने भएको र क्यापासिटीको हिसावले पनि प्रतिघण्टा ४ सय प्यासेन्जरलाई सर्भिस दिनसक्ने भएको कारणले गर्दा इन्टरनेशनल एयरपोर्टको लागि यो इन्टरनेशनल टर्मिनल बिल्डिङ रिलेटिभ सानो हुन्छ भन्ने तरिकाले नेपाल सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ चाहिन्छ भन्ने तरिकाले आफ्नो अध्ययन अनुसन्धान अगाडि बढाएको अवस्था छ, करिव–करिव डिजाइन टुंगिदो क्रममा होला, बाँकी कामहरु अघि बढीसकेपछि मात्रै कहिलेबाट काम शुरु हुन्छ भन्ने कुराहरु यकिन गर्न सकिन्छ । हामीलाई आवश्यक पर्ने जनशक्ति आउनुभयो भने यो हप्ता दिनदेखि १० दिनसम्मको काम हो, अरुले रोकिँदैन,’प्रमुख ईन्जिनियर अधिकारीले भने।, प्रमुख ईन्जिनियर अधिकारीले विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नस्क्दा क्यालिब्रेशन फ्लाइट अनिश्चित बनेको बताए। विमानस्थलमा क्यालिब्रेशन फ्लाइट भएको करिव तीन महिनापछि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने जनाइएको छ । राडर र फ्लाइट प्रणाली (धावन र आकाश) को तथ्यांक चेकजाँच गर्न क्यालिब्रेशन फ्लाइट गरिन्छ । , गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा
सेतोपाटी संवाददाता संखुवासभामा ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ। , मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। , प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो। , घटनामा प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर,  जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली खटिएको थियो।, गत सोमबार उम्लिङमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।, **, संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्यापछि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी इकाई धरान र केन्द्रीय अनुसन्धान ब्युरोको टोली पुगेको थियो।, प्रहरी टोली घटनास्थलमा खटिँदा २६ वर्षीय लोकबहादुर कार्की घरमै थिए।, उनी हत्या गरिएका ५७ वर्षीय तेजबहादुर कार्कीका बढाबाका नाति थिए, नातामा भतिजा।, लोकबहादुर घरका जेठा छोरा थिए। आमा गत चैतमा बितेकी थिइन्।,  , उनी हत्या अनुसन्धानमा प्रहरी खटिएका बखत त्यतै देखिन्थे, पत्रकार तथा स्थानीयसँग घटनाबारे कुराकानी पनि गर्थे।, झट्ट हेर्दा ‘सामान्य’ लाग्ने उनले कसरी यतिधेरै मानिसको हत्या गर्लान्? सुरूमा त प्रहरी नै अन्योलमा थियो।, प्रहरीले मृतक परिवारसँग कसैको केही ‘रिसराग’ थियो कि भनेर खोजी गर्‍यो, तर केही पनि फेला पार्न सकेन।, जिल्ला नै ‘सिल’ गर्दा पनि शंकास्पद मानिस भेटिएन। त्यसपछि प्रहरीले घटना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुसन्धान गर्न थालेको थियो।, सोधपुछ गर्दा भने उनी ‘अनकनाएर’ बोल्थे। यसकारण प्रहरीले उनलाई ‘निगरानी’मा राखेको थियो। प्रहरीले घर छोडेर बाहिर निस्किन उनलाई रोक लगाइएको थियो।, ‘सुरूदेखि नै हामीले लोकबहादुरलाई शंकामा राखेका थियौं, तर प्रमाण केही पनि फेला परेन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘लोकबहादुरको घरमा जब घटनामा प्रयोग भएको लुगा भेटियो, त्यसपछि भने प्रहरी उनलाई नियन्त्रणमै राखेर सोध्न थालेको थियो।’, लुगा भेटिएपछि उनीसँग प्रहरीले बयान लिन थालेको थियो। शुक्रबार राति भने नियन्त्रणमै लिएको थियो।, बयान लिँदा उनले हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।, ‘उनले हत्या स्वीकार गरिसकेको हुँदा नियन्त्रणमा लिएर राखिएको छ,’ प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले भने, ‘बाँकी कुरा भोलि मात्रै सार्वजनिक गर्छौं।’  , अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोमबार उज्यालो भइसकेको थियो, साढे ५ देखि ६ बजेको समय। यकिन गरिनसकिएको यो समयमा लोकबहादुर आँगनमा निस्केका थिए।, उनका बुवा र भाइ घाँस काट्न बिहानै बारीतिर निस्केका थिए। घरमा एक्लै रहेका बेला उनले तेजबहादुर उकालो लागिरहेको देखेका थिए।, तेजबहादुर खेताला खोज्न भन्दै घरबाट निस्केका थिए। तेजबहादुर र लोकबहादुरको घर डेढ सय मिटरमा दुरीमा पर्छ।, तेजबहादुरलाई देख्नेवित्तिकै ‘झोंक’ चलेको लोकबहादुरले प्रहरीलाई बताएका छन्।, तेजबहादुरले आफूलाई पहिला गालीगलौज गरेको लोकबहादुर सम्झिएको बताएका छन्। त्यसपछि आँगनबाट दाउरो टिपेर उनी तेजबहादुरलाई हिर्काउन अगाडि बढेको बताएका छन्। डिल उक्लिँदै गरेका तेजबहादुरलाई पछाडिबाट टाउकोमा प्रहार गरेको बताएका छन्।, यसरी प्रहार गर्दा तेजबहादुर ढलेपछि उनकी श्रीमती कराउँदै आएकी थिइन्।, ‘ए यो लोकेले मार्‍यो भन्दै आउँदा उनलाई पनि हिर्काएको बताएका छन्,’ वडाध्यक्ष खेमनाथ कटुवालले भने।, प्रहरीले लोकबहादुरसँग बयान लिँदा कटुवाल आफू सँगै रहेको बताउँछन्।, सासु ढलेको देखेपछि बुहारी अगाडि बढ्दा उनलाई पनि हिर्काएको लोकबहादुरले बताएका छन्।, ‘दुई नातिनातिना दौडादौड गर्दैगर्दा उनीहरूलाई लेखेटी-लखेटी दाउराले हिर्काएको बताएका छन्,’ कटुवाल भन्छन्, ‘कसलाई कतिपटक हिर्काएको उनलाई पत्तो पाइनँ भन्छन्।’  , त्यसपछि उनले घरै पुगेर कुँडो पकाउन आगो फुकिरहेकी ८४ वर्षीया आमा पार्वतालाई हिर्काएका थिए।, कुँडो पकाएको ठाउँमै पार्वताको शव फेला परेको थियो। पार्वतालाई न्याकेर पहिले उनको टाउको भित्तामा दुई पटक ठोक्काएको र त्यसपछि दाउराले हिर्काएको लोकबहादुरले बताएका छन्।, ‘तेजबहादुरलाई मात्रै हिर्काउन खोजेको भए पनि परिवारका अरु सदस्यले देखेर आफूतिर आएपछि लखेट्दै हिर्काएको उनले बताएका छन्,’ वडाअध्यक्ष कटुवाल भन्छन्।, आफूलाई ‘होच्याएर’ बोल्ने गरेकाले तेजबहादुरसँग ‘रिस’ उठेको लोकबहादुरले बताएको कटुवालले जनाए।, ‘घटनामा प्रयोग भएको दाउरो चाहिँ बालिसकेको बताएका छन्,’ वडाध्यक्ष कटुवालले भने।, घटना ‘आवेग’मा भएको देखिए पनि यसबाहेक अन्य कारण के थिए भन्ने प्रहरीले बताउन मानेको छैन।, अनुसन्धान अधिकृतका अनुसार घटना लोकबहादुर किसान गर्ने मानिस हुन्।उनी मलेसियामा बसेर तीन वर्षअघि फर्किएका थिए।, मलेसियामा रहँदा मानसिक स्थिति बिग्रिएपछि नेपाल फर्केको कटुवाल बताउँछन्। अहिले ‘ठिकै’ भनिएका लोकबहादुर गाउँमै खेतीपाती गरेर बसिरहेका थिए। , लोकबहादुर र तेजबहादुरको घरबीच पारिवारिक ‘दुश्मनी’ अरू के थियो प्रहरीले बताइसकेको छैन। वडाध्यक्ष कटुवालले अरु केही नदेखिएको बताए।, ‘केही कारणहरू छन्, हामी अहिले ती कुराहरूको पुष्ट्याइँ गरिरहेका छौं,’ संघीय प्रहरी इकाई कार्यालय धरानबाट अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक भीमबहादुर दाहाल भन्छन्।, प्रहरीले आर्थिक लेनदेनलगायतको पाटोबाट अनुसन्धान गर्दा त्यस्तो फेला नपरेको बताएको छ।, तेजबहादुरको घरमा भएका सुनचाँदी र गरगहना सकुशल फेला परेका थिए। त्यसदिन तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।, तेजबहादुरका बुवा ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने जीवित नै भेटिएका थिए। श्रीमतीसहित परिवारका सबै मारिँदा पनि उनले थाहा नपाएको प्रहरीले बताएको छ।  बौद्धमानको दृष्टि र श्रव्य शक्ति कमजोर छ।, ६ जनाको हत्या गरिसक्दा पनि बौद्धमानले थाहा नपाएपछि उनलाई त्यतिकै छोडिदिएको लोकबहादुर प्रहरीसँग बताएका छन्।, यो पनि हेर्नुहोस् :, संखुवासभा हत्याकाण्डमा समातिए भतिजा नाता पर्ने व्यक्ति, उनले नै ६ जनाको हत्या गरेको प्रहरी निष्कर्ष, संखुवासभामा ६ जनाको हत्या आरोपित सार्वजनिक
सेतोपाटी काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिकरूपमा नै सञ्चालन भएका हुन्।, कोभिड–१९ सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको हो।, विद्यालयमा कुनै विद्यार्थी, शिक्षक तथा कर्मचारीमा कोभिडको लक्षण देखिएमा नगरपालिकाले एन्टिजेन परीक्षणका लागि आवश्यक कीटसमेत निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ।, सरकारले तोकेको मापदण्डभित्र रहेर विद्यालय सञ्चालन भए/नभएको वडाबाट अनुगमन गरिनेसमेत नगरपालिकाले जनाएको छ । ,रासस, बूढानीलकण्ठमा भौतिक रूपमै पढाइ
सेतोपाटी संवाददाता आठ महिनाको नाबालकको हत्या गरेको आरोपमा आमा-बुवा पक्राउ परेका छन्। , तीन दिनअघि भएको दूधे बालकको हत्या आरोपमा रुपन्देही गैडहवा गाउँपालिका-६ का श्रीराम मल्लाह र उनकी श्रीमती रेनु मल्लाह पक्राउ परेका हुन्। , भदौ २६ गते बिहान राति १ बजे ८ महिनाका नाबालक सुरज मल्लाहको घाँटी रेटी हत्या भएको थियो। घटना अनुसन्धानमा जुटेको प्रहरीले नाबालकको हत्यामा उनका बुवा-आमालाई सोमबार पक्राउ गरेको प्रहरी उपरीक्षक मनोज केसीले बताए। , घटनापछि प्रहरीको इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी टोली खटिएको थियो।, घटनास्थल अवलोकन गर्ने क्रममा उनीहरूको घरको छलमा रगत देखिएको थियो। श्रीराम र उनकी श्रीमती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया र ओछ्यानमा समेत रगत लागेको भेटिएको थियो। , केसीका अनुसार रेनुको सारीमा समेत रगत लागेको फेला परेकाले सोधपुछ गर्ने क्रममा नाबालकको हत्या गरेको उनीहरूले स्वीकारेका थिए। , घटनाको कारण पारिवारिक कलह प्रमुख रहेको केसीले बताए।, ‘उनीहरूको घरमा जग्गासम्बन्धी विवाद रहेको बुझिएको छ,’ केसीले भने,‘पहिले बच्चाको हत्या गर्ने, त्यसपछि श्रीमान-श्रीमती पनि आत्महत्या गर्ने उद्देश्य रहेको देखिन्छ।’ , तर, बच्चाको हत्यापछि उनीहरूले घटना अर्कैले घटाएको हो भनी छिमेकीलाई दोष लगाउन खोजेका थिए। , ‘जुन दिन आमाले जग्गा माइली छोरीको नाममा गरिदिइन् त्यही दिन श्रीमान-श्रीमतीले सल्लाह गरेर छोरालाई मार्ने अनि आफूहरू आत्महत्या गर्ने मनसाय बनाएको देखिन्छ,’ केसीले भने। , दुबै जनालाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखी अनुसन्धान थालिएको उनले बताए।, आठ महिनाको नाबालकको हत्या आरोपमा बुवा-आमा पक्राउ
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढी रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत आदान-प्रदानको प्रस्ताव गरेको छ।, प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाबाट बर्खामा उत्पादित विद्युत देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनी लिसँग पारस्परिक मौसमी विद्युत आदान-प्रदानको प्रस्ताव गरेको हो। नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदान-प्रदान हुँदै आएको छ।, बर्खाका ६ महिना नेपालबाट विद्युत बिहार पठाउने र हिउँदका ६ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत आदान-प्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।, ‘बर्खाका महिनामा २४ सै घन्टा २ सय मेगावाट एवं राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ, बर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत् विद्युत्को मूल्य तय गरिने छ,’घिसिङले भने, ‘यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिएमा बर्खामा हाम्रोमा बढी भएको विद्युत् भारत पठाउन सकिन्छ भने अझै केही वर्ष हामीलाई हिउँदमा अपुग भारतबाट ल्याउन सकिन्छ।पारस्पारिक विद्युत आदान प्रदानको यो मोडेल कार्यान्वयनमा ल्याउन सकिएमा दुई मुलुकबीच विद्युत कारोबारको कोशेढुंगा हुने छ, यसमा भारतीय पक्षको जवाफ सकारात्मक पाएका छौं, केही दिनभित्रमा यस बारेमा ठोस निर्णय आउने विश्वास छ।’, घिसिङकाअनुसार यस वर्षको बाँकी ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिब ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिने छ। हिउँद याममा त्यति नै बराबरको विद्युत आयात गर्न सकिन्छ। यसले गर्दा बर्खामा खेर जाने विद्युतको उच्चतम् प्रयोग हुने छ।, अहिले बिहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारण लाइन पूर्वाधारबाट ३७१ मेगावाटसम्म विद्युत आदान प्रदान गर्न सकिन्छ। प्राधिकरणले कटैया, रक्सौल, ढल्केबर-मुजफ्फरपुर, रामनगर विन्दुबाट २४सै घन्टा विद्युत् नर्थ बिहार पावर डिष्ट्रिब्यूसन कम्पनी लिमिटेडलाई उपलब्ध गराउन सकिने जानकारी गराएको छ। साथै, राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् उपलब्ध गराउन सकिने छ। यसबाट सञ्चालमा रहेका दुई मुलुकबीच जोड्ने प्रसारण पूर्वाधारको समेत उपभोग हुने छ।, बर्खामा उत्पादित विद्युत् आन्तरिक रूपमा खपत गर्न नसकी खेर जाने अवस्था आई प्राधिकरणको वित्तीय अवस्थामा प्रतिकूल प्रभाव पर्ने देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युत् बिक्रीका विषयमा छलफल गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा टोलीलाई भारत पठाएका थिए। बुधबार, बिहीबार र शुक्रबार भारतका ऊर्जासम्वद्ध विभिन्न निकायमा छलफल गरेको टोलीमा विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जन थिए।, टोलीले बिहीबार बिहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध निर्देशक सन्जीव हान्सलाई भारतको पटनामा भेटी विद्युत आदान–प्रदानका विषयमा छलफल एवम् प्रस्ताव पेश गरेको थियो। साथै, विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएका आयोजनाको संख्या तथा अवस्था, जडित क्षमता, विद्युत् माग तथा आपूर्तिको अवस्था,दुई मुलुकबीचको विद्युत् व्यापारका सम्भावना, भारतसँग जोडिएका प्रसारण पूर्वाधारको अवस्थालगायतका विषयमा भारतीय अधिकारीसँग विस्तृत छलफल गरेको थियो।, प्राधिकरणले अहिलेसम्म ३ सय ४६ आयोजनासँग ६ हजार १ सय ७६ मेगावाटको पिपिए गरेको छ। यसमध्ये १ सय ११ आयोजनाहरु निर्माण सम्पन्न भई सञ्चालनमा  छन्। आयोजनाको जडित क्षमता १ हजार ३ सय मेगावाट छ। ३ हजार ३४ मेगावाट जडित क्षमता भएका १ सय ३६ आयोजनाहरु वित्तीय व्यवस्वस्थापन गरी निर्माणाधीन छन्।  १ हजार ८ सय ४१ मेगावाट जडित क्षमताका ९९ आयोजना वित्तीय व्यवस्थापन गर्ने प्रक्रियामा रहेका छन्।, भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालको विद्युत बिक्री गर्न सहमतिको लागि केन्द्रीय ऊर्जा मन्त्रालयका पदाधिकारी, केन्द्रीय विद्युत प्राधिकरणका पदाधिकारी एवम् नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय, एनटिपिसी विद्युत व्यापार निगम र पावर टेडिङ कर्पोरेसन (पिटिसी)का पदाधिकारीसँग विस्तृत छलफल गरिएको थियो।, घिसिङले भने, ‘यसको  नतिजा केही दिनमा आउन सक्छ।’, बिहारलाई पठाइयो बर्खामा बिजुली दिने र हिउँदमा नेपाल ल्याउने प्रस्ताव
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिएको छ।, थारू समुदायको अटवारी पर्वकाे अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।, गत वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार दुई जिल्लामा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।, प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार अघिल्लो वर्ष अटवारीको अवसरमा प्रदेश सरकारले प्रदेशका नाै वटै जिल्लामा बिदा दिएकाे थियो।, यस वर्ष भने कैलाली र कञ्चनपुरमा मात्रै बिदा दिइएको छ। थारू समुदायमा अटवारीलाई दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ।, आफ्ना दिदीबहिनीका घरमा पुगेर अटवारी पर्व सकिन्छ। यसबाट दाजुभाइ तथा दिदीबहिनी बीच स्नेह र ममता प्रगाढ हुने विश्वास थारू समुदायमा छ।, आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा
युनिक श्रेष्ठ संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ। उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको थियो। , आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी आरोपित लोकबहादुरलाई सार्वजनिक गरेको हो। , गत सोमबार तेजबहादुर कार्कीसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो। उनीहरूको शव चार वटा ठाउँमा फेला परेको थियो। आमा पार्वताको घरभित्र फेला परेको थियो भने अरूको बाहिर थियो। , प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसीका अनुसार उनीहरूको हत्या बिहान ६ देखि साढे ६ बजे बिचमा भएको थियो। , करिब ८ बजे लोकबहादुरले नै बडा बाको लास देखेको भन्दै अरूलाई खबर गरेका थिए। उनले खबर गरेपछि अरू पनि घटनास्थल पुगे। वडाध्यक्ष खेमनाथ कटुवाललाई पनि खबर भएपछि प्रहरीलाई साढे ९ बजेमात्रै खबर भयो। , त्यसपछि अनुसन्धान गर्न प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली घटनास्थल पुग्यो।, तालिमप्राप्त कुकुर पनि घटनास्थलमा पुगेको थियो। मादी नगरपालिकाका मेयर बिदुरकुमार लिंथेपले प्रहरीलाई बस्ने व्यवस्था मिलाइदिएका थिए। , अनुसन्धानको नेतृत्व एसपी दाहालले गरेका थिए। प्रहरीले स्थानीयकै घरमा बसेर अनुसन्धान गर्न थालेको थियो।  , 'घटना विभिन्न कोणबाट अनुसन्धान र विश्लेषण गर्‍यौं। घटना कसरी भयो र कारणहरू के-के हुन सक्छन् भनेर अनुसन्धान अगाडि बढायौं। व्यक्तिगत रिसिइबी, आवेग, रिस, कुनै सुनियोजित तरिका, लुटपाटलगायत कुराहरूको विश्लेषण गर्दै गयौं,' डिआइजी बिसीले आइतबार पत्रकार सम्मलेनमा भने।, त्यसरी विभिन्न कोणबाट अनुसन्धान गर्न प्रहरीले लुटपाटका लागि वा बाहिरबाट आएर कसैले हत्या गरेको खुलेन। किनकी घरमा भएका नगद र सुनहरू सुरक्षित भेटिएको थियो।, त्यसरी एकपछि अर्को सम्भावनालाई विश्लेषण गरी प्रहरीले अनुसन्धानको दायरालाई साँघुरो बनाउँदै लगेको थियो। मंगलबार बिहान तालिम प्राप्त कुकुरलाई स्निफिङ गराएको थियो। तर रातभर पानी पर्दा सो काम त्यत्ति प्रभावकारी भएन। , त्यसका बावजुद् पनि कुकुरले आरोपित लोकबहादुरको घरतर्फ संकेत गरेको डिआइजी बिसीले बताए। , साथै जुन ठाउँबाट लोकबहादुरले तेजबहादुरको शव देखिएको भनेका थिए, त्यहाँबाट शव नै देखिँदैन थियो। जसकारण उनीमाथि थप शंका पैदा भएको प्रहरी उपरीक्षक भीम दाहालले बताए। , 'जुन ठाउँबाट लोकबहादुरले बडा बाको शव देखियो भनेका थिए त्यहाँबाट देखिन्न थियो। त्यहाँबाट देखेको भनेर खबर गरेपछि अरूले थाहा पाएका हुन्,' प्रहरी उपरीक्षक दाहालले भने,'पहिलो दिन नै विभिन्न सम्भावनामध्ये लोकबहादुर हुनसक्छ भन्ने मलाई लागेको थियो। त्यहीअनुसार अनुसन्धान अघि बढायौं।' , आफन्त मरेपछि सामान्य मानिसको जस्तो हुनुपर्ने स्वभाव पनि उनको नपाएको उनले बताए।, लोकबाहादुर काम गर्न केही वर्षअघि मलेसियामा गएका थिए। केही समय काम गरेर बिरामी भएपछि उनी फर्किएका थिए। विदेशबाट फर्किएपछि उनको स्वभाव फरक थियो। , 'बिरामी भएर काम गर्न नसक्ने भएपछि फर्किएको बुझियो। गाउँघरमा बुझ्दा उनी त्यहाँबाट फर्किएपछि आफ्ना बुवा र भाइहरूसँग अलि आक्रमक, झै-झगडा गर्ने खालका कुराहरू आयो,' उनले भने,'उपचार गराएर औषधीहरू पनि लिने गरेको जानकारी पायौं।', स्वभावले आक्रमक भएका उनी काममा पनि अलि अप्ठेरो मान्ने खालका थिए। त्यसैकारण आरोपितका हजुरबुवाले आफू मर्ने बेला उनीहरूको स्याहार गर्ने जिम्मा तेजबहादुरलाई दिएका थिए।, आफ्ना सन्तानहरू कमजोर अवस्थामा छन् भन्दै उनीहरूलाई तेजबहादुरको जिम्मा लगाइदिएको प्रहरीले बताए। , 'परिवारमा सबै हट्टाकट्टा थिए। तर लोकबहादुर अलि अल्छी गर्ने, बोलाउँदा पनि नजाने स्वभावका कारण तेजबहादुरले सम्झाउने गाली गर्ने, सम्पत्ति कमाउन सकिनस् भन्ने कुराहरू गर्दा रहेछन्। जुन कुरा लोकबहादुरको मनमा गढेको थियो,' डिआइजी बिसीले भने।, घटनाको अघिल्लो दिन पनि मृतक तेजबहादुरले उनीहरूलाई खेताला लग्ने कुरा गरेका थिए। खेताला लान सोमबार बिहानै तेजबहादुर लोकबहादुरको घरमा गए। बुवा र भाइ गाईलाई कुँडो पकाएर खेतमा घाँस काट्न गइसकेका थिए। घरमा लोकबहादुरमात्रै थिए।, अघिल्लो रातभरि उनी सुतेका पनि थिएनन्। र पहिल्यै देखिको हेप्ने बानीका कारण उनमा रिस थियो।  , 'अभियुक्त एक्लै थिए। उनलाई जुन किसिमले गाली गर्ने, पागल र काम नलाग्ने भनेको हुँदा रातभर सुत्न सकेका थिएनन् र भोलि बिहान तेजबहादुरलाई देखेपछि यो ठूलो बुवाले धेरै नै गरे भनेर अचानक आवेगमा आएछन्,' डिआइजी बिसीले भने। , त्यसपछि उनले दाउराहरू राखेको ठाउँबाट एउटा चिर्पट लिएर तेजबहादुरलाई हाने। , चिर्पटले केही पटक हिर्काएपछि ‘मलाई लोकेले मार्‍यो’ भन्दै तेजबहादुर कराएका थिए। आवाज सुनेर श्रीमती र बुहारी घरबाहिर निस्किए। लोकबहादुरले देखेपछि उनीहरूको पनि हत्या गर्न गए। , त्यसपछि खोल्सामा उनले तेजबहादुरकी श्रीमती मनमायाको टाउकोमा हिर्काएर लडाए। लडेकी बुहारी रञ्जनालाई पनि हिर्काएर त्यही मारेको प्रहरीले बताएको छ। , उनीहरू कराएको आवाज सुनेपछि घरबाट दुई जना नाबालक बच्चाहरू दीपक र गोमा निस्किएको लोकबहादुरले देखे।, त्यसपछि उनीहरूलाई पनि लखेटेर मारेको डिआइजी बिसीले बताए। पाँच जनाको हत्या गरेपछि लोकबहादुर घरभित्र पसे। जहाँ आमा पार्वता कुँडो पकाइरहेको थिइन्। , उनलाई पनि कपाल समातेर भित्तामा टाउको बजारेर हत्या गरेको प्रहरीको भनाइ छ। र, हतियारको रूपमा प्रयोग भएको चिर्पट कुँडो पकाइरहेको अँगेनोमा हालेर नष्ट गरेका थिए। , 'अचानक आवेग आएर 'एक्स्ट्रिम हेटरेट'ले गर्दा हत्या गरेको देखिन्छ। त्यतिबेला मानसिक अवस्था पनि विक्षिप्त भएको पायौं,' डिआइजी बिसीले भने।, प्रहरीले शुक्रबारसम्म लोकबहादुरको घरबाट रगत लागेको कपडासमेत बरामद गरिसकेको थियो। प्रहरीले उनलाई पक्राउ गरेको थिएन। , अहिले त्यसलाई परीक्षण गर्न फोरेन्सिक ल्याबमा पठाएको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले कयौं पटक सोधपुछ गरेको छ। त्यसरी पटक-पटक सोधपुछ गरेपछि भने उनले ६ जनाको हत्या गरेको स्वीकारेको प्रहरी उपरीक्षक दाहालले बताए।, 'हामीले उनलाई धेरै पटक सोधपुछ गर्‍यौं। घरपरिवार गाउँलेसँग उनको बानी व्यहोरा सबै कुराको विश्लेषणपछि हामी उनीमाथि केन्द्रीत भयौं,' दाहालले भने,'पछि उनले घटनाबारे स्वीकार गरे।', हत्या स्वीकारेको भिडिओ प्रमाण पनि प्रहरीले लिएको छ। घटनास्थलमा गएर कसरी हत्या गरेको भन्नेसमेत भिडिओ प्रमाण प्रहरीले तयार पारेको छ। , उनले सजह रूपमै घटनाको स्वीकार गरेको दाहालले बताए। उनी उम्किने बाटो सबै बन्द भएपछि उनले घटना स्वीकार गरेको दाहालले बताए। प्रहरीले सबै प्रमाणहरू अदालतमा पेश गर्ने तयारी गरेको छ।  , अहिले प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ। , संखुवासभा हत्याकाण्ड: पक्राउ परेका लोकबहादुरले नै गरेका थिए गाउँलेलाई खबर