content
stringlengths
20
64.1k
रासस बैतडीको दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ।, उद्धार गरिनेमा पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशी रहेका छन्।, घाइते जोशीको अवस्था गम्भीर रहेकाले समीट एयरको विमानमार्फत बुधबार अपराह्न थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्र...
नारायण खड्का बाँकेमा राजमार्ग क्षेत्रबाटै झम्टिएर मानिसको ज्यान लिने बाघ नियन्त्रणमा लिने प्रयास अझै सफल भएको छैन। , बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्ती सोनारी गाउँपालिका वडा नं. १ गाभरमा अन्दाजी ५० वर्षीय एक भारतीय नागरिकलाई भदौ २७ गते बेलुका पाटे बाघले राजमार्ग क्षेत्रबाट झम्टिएर ज्यान लिएको थियो। , भदौ २८ गते ब...
सेतोपाटी संवाददाता काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। , बिहीबार बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले जानकारी दिए। , प्रदेश नम्बर ३ -०१-०२३-च-३५१३ नम्बरको जीप सडकबा...
रोहित महतो महोत्तरीको भंगहा नगरपालिका-३ की ६० वर्षीया मुनेसरीदेवी सदाको फुसको घर थियो।, पुस्तौंदेखि फुसको घरमा बस्दै आएकी उनले  पक्की घरको सपना कहिल्यै देखिनन्। उनलाई चार वर्षअघि सरकारले पक्की घरको सपना देखायो।, सरकारले धनुषा, महोत्तरी र सर्लाहीका अति विपन्न मुसहर, डोम, हल्खोर जातिका मानिसको पुरानो घर भत्काएर दुई कोठे...
सेतोपाटी बुधबारदेखि  देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा दैलेख आमा र छोरा पनि सहभागी भएका छन्।, कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले  दुबैलाई परीक्षामा सामेल हुन अवसर जुटेको हो।, जिल्लाको नारायण नगरपालिका–११ बिन्ध्याबासिनीस्थित रैनादेवी माध्यमिक व...
कमल खत्री नमूना आवासीय विद्यालय बनाउने  योजना अलपत्र परेका छन्।, गण्डकी प्रदेश सरकारले धवलागिरि गाउँपालिका-७ सिवाङमा रहेको हेम माध्यमिक विद्यालय र अन्नपूर्ण गाउँपालिका-५ शिखमा रहेको शिख माविलाई नमूना आवासीय विद्यालयका लागि छनोट गरी पूर्वाधार निर्माण सुरूआत गरेको थियो।, छनोटमा परेदेखि नै विद्यालयमा अस्थायी पूर्वाधारमा ...
सेतोपाटी गएराति त्रिभुवन राजपथको पालुङ-नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ।, पालुङबाट काठमाडौंका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक गएराति ११ः५५ बजे थाक्रे गाउँपालिका-८ स्थित सडकबाट करिब ७० मिटर तल उक्त खोलामा खसेर...
सेतोपाटी संवाददाता संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा हराइरहेको फोन प्रहरीले फेला पारेको छ। , प्रहरीले सो मोबाइल फोन ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका १७ वर्षीय भाइको साथबाट फेला पारेको संघीय इकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए।, भदौ २१ गते सोमबार बिहा...
सेतोपाटी संवाददाता पर्साबाट प्रहरीले स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। , बुधबार दिउँसो प्रहरीले वीरगञ्ज महानगरपालिका-६ को केपी ज्वेलरीबाट उक्त बराबरको रकमसहित दुई जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा ज्वेलरी सञ्चालक ४५ वर्षीय कन्हैयाप्रसाद सोनार र कर्मचारी २० वर्षीय दीपककुमार...
सेतोपाटी संवाददाता ललितपुरको चापागाउँमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ।, गोदावरी नगरपालिका वडा नम्बर ११ सेराफाँटस्थित तरकारी खेतीको टनेलमा नवजात शिशुको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए। , बुधबार बिहान शिशु माटोको थुप्रोमा पुरिएको अवस्थामा फेला परेको थि...
सेतोपाटी संवाददाता कार दुर्घटनामा परेर  मोरङ  बेलबारी घर भएकी एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ। , बेलबारी नगरपालिका-१ घर भएकी ३० वर्षीया चन्द्रकला राईको मोरङको बुढीगंगा गाउँपालिकामा दुर्घटनामा परेर मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको म...
खिलानाथ ढकाल नेचर हर्ब्स इन्टरनेशनल प्रालिले २८ वटा स्वदेशी उत्पादन बेच्छ। नेचर नेष्ट नामको उद्योगबाट उसले सामग्री खरिद गर्छ र प्रत्यक्ष बिक्रीमार्फत् उपभोक्ताको हातमा पुर्‍याउँछ।, उसका तीनखाले वितरण प्रणाली छन्। एउटा- सिधैं केन्द्रीय कार्यालयबाट। अर्को, आधिकारिक बिक्रेता अनि त्यसमार्फत पनि उपभोक्ताको घरसम्म पुर्‍याउन...
सेतोपाटी ओखलढुंगा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन्। , सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दरा...
सबिना श्रेष्ठ ललितपुर, पुल्चोकस्थित लालीगुराँस बुहुउद्देशीय सहकारी संस्थाअगाडिको समय् फल्चा (पाटी) बनाउने काम पुनः रोकिएको छ। उच्च अदालतले बुधबार काम रोक्का गर्नू भनेर आदेश दिएपछि पाटी निर्माण रोकिएको हो।, ललितपुर महानगरपालिकाले गत भदौ २४ गते उक्त फल्चा शिलान्यास गर्दै पुनर्निर्माण सुरू गरेको थियो। फल्चा बनाउँदा तीनतल...
सेतोपाटी संवाददाता सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , सर्लाहीबाट काठमाडौं आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए।, सुनकोशी गाउँपालिका वडा नम्बर ५ मुलकोटस्थित बिपी राजमार्गमा प्र. २-०३-०१४ प ३४८९ नम्बर...
सेतोपाटी फ्रान्स सरकारले कोभिड-१९ विरूद्धको नेपाल सरकारको लडाइँमा थप सहयोगस्वरूप अक्सिजन प्लान्टका निम्ति आवश्यक पर्ने अतिरक्त पार्टपुर्जा र उपकरण प्रदान गरेको छ। , फ्रान्सेली कम्पनी नोभेरले उत्पादन गरेका अक्सिजन प्लान्टमा प्रयोग हुने अतिरिक्त पार्टपुर्जा नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जेभिए लेजेले विभिन्न आठ अस...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४३० कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २९३, ललितपुरका ९८ र भक्तपुरमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , यस्तै काठमाडौं उपत्यकामा ६४७० संक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३५९०, भक्तपुरमा १०५८ र ललितपुर...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार १५ हजार १७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट ११ हजार २ सय ८ जना र एन्टिजेनबाट ३९७१ जनाको परीक्षण भएको छ।, त्यस्तै, एक हजार ६...
सेतोपाटी नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ। डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो। , जिल्ला अदालतका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले माधवीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।, यही भदौ ६ गते अवैध सम्बन्धबाट आफ...
खेमराज गौतम विगत २५ वर्षदेखि फर्निचर व्यवसायमा लागेका बागलुङका दुर्गा विश्वकर्माले अहिले फर्निचर उद्योगमा १० जनालाई रोजगारी दिँदै आएका छन्। , वि.सं २०५२ मा तीन हजार तलब खाएर फर्निचर व्यावसाय थालेका दुर्गाले अहिले बागलुङ नगरपालिका-४ कुँडुलेमा आफ्नै फर्निचर उद्योग सञ्चालनमा ल्याएका हुन्।, आफूले राज्यलाई कर तिरेर उद्योग ...
सेतोपाटी संवाददाता कोरोना विरूद्धको ४४ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ।, एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिन निगमको वाइडबडी-३३० जहाज राति ११ बजे बेइजिङ प्रस्थान गर्ने जानकारी दिए।  , उनले खोप लिएर जहाज शनिबार बिहान २ बजे नेपाल आउने बताए। सरकारले चीनबाट पछिल्लो समय ...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले शैक्षिक संस्थाहरू (विद्यालय) लाई भौतिक उपस्थितिमा पठनपाठन नगराउन भनेको छ।, पठनपाठन गराउनै परेमा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह-चालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारीहरू सबैले अनिवार्य रूपमा कोभिड-१९ विरूद्धको खोप लगाउनुपर्ने भनि...
सेतोपाटी बागलुङ नगरपालिकाले आगामी असोज ४ गतेदेखि नगरपालिकाभित्रका विद्यालय खुलाउने भएको छ।, पूर्ण जनस्वास्थ्यका मापदण्डको पालना गरी विद्यालय खुलाउने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले जानकारी दिए। , यसअघि जिल्ला सदरमुकामस्थित बागलुङ–१, २, ३ र ४ वडा बाहेकका विद्यालय सञ्चालनमा आइसकेका थिए।, न...
सेतोपाटी संवाददाता राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणना सुरू भएको छ।, बुधबारबाट देशैभरि सुपरीवेक्षकहरूले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने काम सुरू गरेका छन्।, यस वर्षको जनगणनामा ८ हजार ५ सय जना सुपरीवेक्षक परिचालन गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभागका अनुसार स्नातक गरेका युवायुवतीहरू यस वर्ष सुपरभा...
खिलानाथ ढकाल काठमाडौं उपत्यकामा कोरोना संक्रमण घटे पनि जोखिम जस्ताको तस्तै रहेको सरूवारोग विशेषज्ञहरूले बताइरहेका छन्। स्वास्थ्य मन्त्रालयले केही समयअघि मात्र तेस्रो भेरियन्ट फैलिन सक्ने अनुमान सार्वजनिक गरेको थियो र यसकाे सबभन्दा बढी जोखिम खोप नलगाएका स्कुले केटाकेटीहरूलाई छ।, मंगलबारको तथ्यांकअनुसार काठमाडौं उपत्यका...
सेतोपाटी कञ्चनपुरको कृष्णपुर नगरपालिका- ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठक्करबाट आज मृत्यु भएको छ।, पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ च २८८ नं को एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिएको हो। , एम्बुले...
सेतोपाटी ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड-१९ संक्रमणका कारण विगत पाँच महिनादेखि पाथिभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो ।, हाल कोभिड-१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्न...
नारायण ढुङ्गाना/रासस हेलम्बु डाँडाको फेदमा कच्ची सडक छेउ बस्ने ५२ वर्षीया ङाजु तामाङका आँखा हेलम्बु पहाडझैँ रसाइरहन्छन्। मेलम्ची पहाड यो बर्खा निकै रसायो। थान्किएजस्तो अझै देखिँदैन, चिस्यान बगिरहेकै छ। त्यही पहाडको रसायनले कमेरे माटोको लेदो बोकेर बगेजस्तै ङाजुका आँखा रसाइरहन्छन्। हेलम्बु पहाडले जस्तो ङाजुका आँसुले कसै...
सेतोपाटी संवाददाता प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गरे। ललितपुरस्थित नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा बुधबार उनले विद्यालयको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए।  , शिक्षा, विज्...
सेतोपाटी स्वीट्जरल्याण्ड सरकारले दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई एक अर्ब ८८ करोड रूपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।, दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश नं.१, बागमती र लुम्बिनी प्रदेश सरकार तथा ३३  स्थानीय ...
विवेक राई खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित सरस्वती विद्यालयले गत साउन २४ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भन्यो। सोही अनुसार सबै विद्यार्थीलाई फोनमार्फत जानकारी गराइयो। , कक्षा सुरू हुन थालेपछि विद्यार्थीहरू 'जुम एप' बाट अनलाइन कक्षामा जोडिन थाले। तर सिम्ले घर भएका कक्षा १० मा पढिरहेका धनकुमार मगर एक सातासम्म पन...
सेतोपाटी संवाददाता पर्सामा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन्। , पर्सागढी नगरपालिका वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। , सन्दीप दासको ठाउँमा २० वर्षीय रामचन्द्र दास परीक्षा दिन आएपछि प्रहरील...
सेतोपाटी काभ्रेपलाञ्चोकमा रोशी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा रोशी गाउँपालिका-५ का प्रकाशकुमार लामाको छोरा आठ वर्षीय अवि तामाङ रहेको छ।, विद्यालयबाट घर फर्किने क्रममा मंगलबार रोशी गाउँपालिका–९ कालोपुलस्थित पौडी खेल्ने क्रममा सो खोलाले बगाएर उनी बेपत्ता भएको थियो।, खोजतलासका क्रममा मंगलबार बेलुक...
नवीनबाबु गुरूङ येंया पुन्ही (इन्द्रजात्रा) मा देखाइने देवी नाच आजदेखि सार्वजनिक प्रदर्शनमा आएको छ। किलागलको मुख्य डबलीमा बिहानैदेखि देवदेवीहरू नाचिरहेका छन्।, सात देवदेवीले डबलीमा आएर विभिन्न नृत्य प्रस्तुत गरे। ती देवदेवी हुन्– भैरव, चण्डी, कुमारी, दैत्य, कवं (कंकाल), बेताः (बेताल) र ख्याः (ख्याक)।, नेपाल भाषामा ‘दी ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार १६ हजार ८४४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट १२ हजार ५ सय २४ जना र एन्टिजेनबाट ४३२० जनाको परीक्षण भएको छ।, त्यस्तै एक हजार २२...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४९५ कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंका ३६० , ललितपुरका ७२ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको छ। , गृहमन्त्रीस्तरको निर्णयअनुसार बुधबार १६ जनाको काज सरूवा गरेको मन्त्रालयले जनाएको छ।, ललितपुरका सिडिओ ढुण्डिप्रसाद निरौलाको गृह मन्त्रालयमा सरूवा भएको छ। उनको सट्टामा मन्त्रालयबाट सहसचिव घनश्याम उपाध्याय आएका छन्। , भक्तपुरमा रूद...
सेतोपाटी संवाददाता सिन्धुलीमा एक जनाको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , बुधबार बिहान करिब साढे ६ बजे कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कस्थित प्रतीक्षालयमा ८३ वर्षीय लालबहादुर लामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए। , मृत फेला परेको भन्न...
सेतोपाटी संवाददाता बंगलादेशबाट स्थलमार्ग हुँदै काठमाडौं आइपुगेका १४ रोहिंग्या शरणार्थीलाई प्रहरीले अध्यागमन विभागलाई बुझाएको छ।, केही दिनअघि काठमाडौं आइपुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सोमबार विभागलाई बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। , 'केही रोहिंग्याहर...
सेतोपाटी संवाददाता झापाको कन्काई नहरमा डुबेर एक जना व्यक्तिको मृत्यु भएको छ।, इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का ३८ वर्षीय अच्युत नेपालको नहरमा डुबेर मृत्यु भएको हो। , उनको शव बुधबार ५ बजेतिरस्थित कन्काई नहरको साइफनमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। , स्थानीयल...
सेतोपाटी संवाददाता अटोमेटिक पेस्तोलसहित एक पक्राउ परेका छन्।, सशस्त्र प्रहरीको विशेष टोलीले सूचनाको आधारमा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हो।, सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले काठमाडौं- १६ सीतापाइला छाउने मार्गबाट तारकेश्वर नगरपालिका वडा नम्बर ३ जितपुरफेदी बस्ने २४ वर्षीय सोनाम तामाङलाई पक्र...
सेतोपाटी संवाददाता मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेको भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मान गरेको छ। , बुधबार मन्त्रालयले एक एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मान गरेको हो। , राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रध...
सेतोपाटी संवाददाता बैशाख तेस्रो सातादेखि  पोखरामा जारी भएको लकडाउन खुलेको छ।, जिल्ला कोभिड– १९ व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले असोज १ गतेदेखि लकडाउन खुलाउने निर्णय गरेको हो। अब पोखराका स्कुल, होटल, रेष्टुरेण्ट, क्लब, दोहोरी साँझ, डान्सबार लगायत खुलाउने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमल...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग बुधबार स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा कृष्णप्रसाद पौडे...
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा अदालतले जरिवाना र सजाय सुनाएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा काठमाडौं-२९ का ३६ वर्षीय विनम श्रेष्ठ र धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-१ घर भई हाल काठमाडौं-१४ बस्ने ४८ वर्षीय प्रकाश श्रेष्ठ छन्।, दुबैलाई केन्द्री अनुसन्धान ब्युरोको टोलीले मंगलबार पक...
सेतोपाटी संवाददाता दैलेखमा भएको शिक्षकको विभत्स हत्याबारे एक महिलाले आफूले गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।, दैलेखको गुराँस गाउँपालिका-८ छोटेपोखरामा रहेको मालिका माध्यमिक विद्यालयमा पढाउने शिक्षक नगेन्द्रकुमार बिसीको हत्या गरेको उनले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।, हत्या गरिएका शिक्षक छोट...
सेतोपाटी संवाददाता नेपाली सेनाले विभिन्न पदका लागि जागिर खुलाएको छ।, भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज गोरखापत्रमा सूचना निकालेर चार सय ६२ जना माग गर्दै दरखास्त आह्वान गरेको छ।, खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ।, सैनिक तालिम वा आफ्नो कर्तव्य ग...
रासस बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको बताइएको छ।, प्रदेशमा तीन लाख ४७ हजार १०१ ले कोभिसिल्ड, ११ लाख ७६ हजार २०४ ले भेरोसेल तथा तीन लाख ४७ हजार ४१४ ले जोन...
एजेन्सी चीनको दक्षिण-पश्चिमी प्रान्त सिचुवानमा बिहीबार बिहान ६ म्याग्नेच्युडको भूकम्प गएको छ।, चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार तिब्बतसँग जोडिएको प्रान्त सिचुवानको लोचौमा स्थानीय समयअनुसार बिहीबार बिहान ४:३३ बजे भूकम्प गएको हो।, भूकम्पले केही घरहरू भत्काएको छ। भूकम्पमा परी अहिलेसम्म कम्तीमा २ जनाको मृत्यु भएको छ भने प...
खिलानाथ ढकाल सरासर काम गर्दा दुई महिनामा सकिने एक किलोमिटर सडक छ वर्षसम्म किन बन्दैन? ललितपुर-२५ नख्खु-भैंसेपाटी सडकमा यात्रा गर्ने मानिसहरूको मथिंगल यो प्रश्नले हल्लिने गरेको छ।  , प्रश्न गर्नेमध्ये एक हुन् ललितपुर-२५ मा बसिरहेकी शर्मिला घिमिरे।, उनी वर्षौंदेखि नख्खु-भैंसेपाटी सडक देखिरहेकी छिन्। उनका अनुसार बेस्सरी ...
सेतोपाटी संवाददाता प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा बुधबारदेखि सरकारी खर्च रोकिने भएको छ। , संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ।, सो व्यवस्थाअनुसार बुधबार समयावधि सकिँदैछ। संसद बैठक नै असोज ४ गतेसम्मका  लागि स्थगित भएको छ।, समयमै विधेयक पारित...
सीताराम कोइराला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी विसनकुमार मण्डल सात दिनअघि राजविराज गएका थिए। उनले १६-१७ वर्षदेखि क्रिकेट मैदानको ख्याल राख्दै आएका छन्। उनी परिवारसहित कीर्तिपुर बस्छन्।, त्यहाँ उनले एउटा कुकुर पनि पालेका थिए। कालो रंगको कुकुरलाई सबैले मायाले ‘काले’ भनेर ब...
सेतोपाटी सदरमुकामबाट भौगोलिक हिसाबले नजिकै भए पनि सडक विकासका दृष्टिले टाढा रहेको गाउँपालिका हो बरेङ गाउँपालिका। विसं २०६३ मा पहिलोपटक छिमेकी जिल्ला गुल्मी हुँदै कच्ची सडक बरेङ पुगेको थियो। , गुल्मीको शान्तिपुरबाट सातदोबाटो हुँदै बरेङ कच्ची सडक पुग्दा गाउँमै सवारी देखेका बरेङबासीले अब भने कालोपत्र सडकको सपना देख्न थाल...
सेतोपाटी सप्तरीको राजविराज नगरपालिकामा एक महिलाको हत्यामा संलग्न उनका देवर र देउरानीलाई जन्मकैदको सजाय भएको छ।, राजविराज-१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्यामा संलग्न ३५ वर्षीय पञ्चदेव र उनकी श्रीमती ३१ वर्षीया प्रमिलादेवीई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो।  , न्यायाधीश ऋषिराम आचार्यको एकल इजलासले ...
सेतोपाटी संवाददाता दैलेखमा विभत्स अवस्थामा एक जना शिक्षकको शव फेला परेको छ।, गुराँस गाउँपालिकामा रहेको मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक नगेन्द्र विसीको शव भेटिएको हो।, मंगलबार बिहान सोही विद्यालयमा उनको शव भेटिएको प्रहरीले जनाएको छ। बिहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेको थिए।, जिल्ला ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १४ हजार ४४३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट १० हजार २ सय ६६ जना र एन्टिजेनबाट ४१७७ जनाको परीक्षण भएको छ।, त्यस्तै, एक हजार ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४०४ कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार  काठमाडौंका २९४ , ललितपुरका ६२ र भक्तपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , काठमाडौं जिल्लामा सबभन्दा धेरै २९४ संक्रमित थपिएका छन्। , हाल काठमाडौं उपत्यकामा ६ हजार २५३...
सेतोपाटी संवाददाता जाजरकोटमा फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। नलगाड नगरपालिकाको खारा भन्ने ठाउँबाट कालीमाटी जाँदै गरेको भे १ ज ९८७ नम्बरको फोर्स दुर्घटनामा परेको हो।, दुर्घटनामा मृत्यु भएकामध्ये बारेकोट गाउँपालिका-२ की अन्दाजी ४२ वर्षीय शान्ति रोकायाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय ...
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार एक महिलालाई काठमाडौंको गहना पोखराबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।, कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौंको गहना पोखरी बस्ने ३२ वर्षीया जसमिन झालाई...
सेतोपाटी संवाददाता नेपाली सेनाले गाँजा तस्करी गरेको आरोपमा एक जनालाई पकाउ गरेको छ। , एक सय तीन किलो गाँजासहित पर्सा राष्ट्रिय निकुञ्जबाट सोमबार एक जनालाई पक्राउ गरेको सेनाले जनाएको छ।, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ हाँडीखोला बस्ने २८ वर्षीय बुद्धबहादुर ब्लोन लामालाई पक्राउ गरेको हो। , पर्सा निकुञ्ज सुरक्षार्थ तैन...
दिपकजंग शाही सुर्खेतकी राधिका (नाम परिवर्तन) र उनका भाइहरूलाई आमाले दु:ख सुखले पालिरहेकी थिइन्।, राधिका आमालाई सघाउने भइसकेकी थिइन्। सात वर्षअघिको कुरा हो। उनी १३ वर्षकी हुँदै थिइन्।, एकदिन राधिकाको भेट मामाकी छोरीसँग भयो। भारतमा काम गर्ने उनी राधिकाको घरै आएकी थिइन्। आउनेजाने क्रम बढ्यो। राधिका र ती दिदी खुब नजिकिए।,...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई सुनसहित पक्राउ गरेको छ। , सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्याग चेक गर्दा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहनासहित पक्राउ गरेको हो। , आन्तरिक उडानबाट विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७...
सेतोपाटी संवाददाता काठमाडौंमा बोक्सी लागेको भन्दै कुटपिट गरेको आरोपमा श्रीमानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। , ललितपुरको लुभू बस्ने ३३ वर्षीया महिलाको पेट दुखेर स्वयम्भू ठूलो भर्‍याङमा झारफुक गराउन जाँदा बोक्सी लागेको भन्दै कुटपिट गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानक...
सेतोपाटी संवाददाता जग्गा बिक्री गर्ने भन्दै ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले  सुनसरी धरान घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ३२ बस्ने ३६ वर्षीय रुसिल कटुवाललाई मंगलबार पक्राउ गरेको हो। , जग्गा बेच्ने भन्दै ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिए...
सेतोपाटी संवाददाता १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका-५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र मोरङ उर्लाबारी नगरपालिका-१ का १८ वर्षीय निदिप धिमाल छन्।, उनीहरूलाई मंगलबार बिहान प्रहरीले काभ्रेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्या...
सेतोपाटी संवाददाता पर्सा प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका-४ का २५ वर्षीय अजयकुमार शर्मा रहेको प्रहरीले जनाएको छ।, शर्मालाई बुधबार अपरान्ह ५ बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, खनालका अनुसार भारतबाट वीर...
सेतोपाटी संवाददाता पहिरो झरेपछि मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ।, इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो।, अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख ...
रासस पाँचथरमा हेंवाखोलाले बगाएपछि बेपत्ता रहेकी बालिकाको शव आठ दिनमा फेला परेको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचलको शव मंगलबार फेला परेको हो।, बालिका वेपत्ता भएको स्...
सेतोपाटी संवाददाता आजदेखि कक्षा १२ को परीक्षा सुरू हुने भएको छ।, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा बुधबारदेखि सुरू गर्न लागेको हो। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ।, कोरोनाभाइरस महामारीका कारण यसअगाडि पटकपटक परीक्षा स्थगित भएको थियो।, अधिकांश विद्यार्थीहरूले कोरोनाविरूद्ध खोप लगाएपछि परीक्षक सुरू ह...
रासस हुम्लाका ठकुरी बस्तीमा मंगलबारदेखि गौरा पर्व सुरु भएको छ।, विभिन्न चाडमध्ये विशेष धार्मिक महत्व बोकेको गौरा पर्व कहिले भाद्र शुक्ल पक्षमा पर्छ भने कहिले भाद्र कृष्ण पक्षमा पर्छ।, सोहीअनुसार नाम्खा गाउँपालिकाबाहेक अन्य पालिकाका वडामा बसोबास गर्दै आएका ठकुरीहरुले धुमधामका साथ गौरा पर्व मनाउने गर्दछन्।, धार्मिक विधि...
सेतोपाटी संवाददाता प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ।, आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त खुलाएको छ।, सबैभन्दा धेरै अहेव खुलातर्फ माग गरिएको छ। १७२ जना माग भएको हो। यस्तै अनमी खुलामा १३० जना...
एजेन्सी मेक्सिकोमा बन्दुकधारीले होटलमा बसेका २० जनाजति विदेशीलाई अपहरण गरेका छन्।, समाचार संस्था रोयटर्सका अनुसार मध्य मेक्सिकोको सान लुइस पोटोसी राज्यको एक होटलमा बसेका ती विदेश हैटी र भेनेजुयलाका हुन सक्ने अनुमान गरिएको छ। उनीहरूलाई मंगलबार गाडीमा आएका बन्दुकधारीले अपहरण गरेका हुन्।, अपहरणकारीले होटलमा पाहुनाको विवर...
सेतोपाटी संवाददाता अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरूषका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ। शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरूषसँगै बसेर अध्ययन गर्न नपाउने बताएका हुन्।, उनले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि घोषणा गरेका छन्।, सन् १९...
सेतोपाटी संवाददाता विराटनगरस्थित नोवेल मेडिकल कलेजले ‘उपत्यका बाहिर पहिलोपटक’ मिर्गौलाको सफल प्रत्यारोपण गरेको छ। , धरानका ३४ वर्षका टेकनाथ भुर्तेलको मिर्गौला प्रत्यारोपण सफल भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार शनिबार डाक्टर शैलेन्द्र श्रेष्ठ नेतृत्वको चिकित्सक टिमले मिर्गौला प्रत्यारोपण गरेको हो। , पछिल्लो डेढ ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा चार सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार उपत्यकामा चार सय २६ जनामा संक्रमण भएको हो।  , काठमाडौंमा मात्रै तीन सय एक, ललितपुरमा ६८ र भक्तपुरमा ५७ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै उपत्यकामा छ हजार चार सय १८ सक्रिय सं...
सेतोपाटी संवाददाता इटहरीका वडा अध्यक्षलाई धम्क्याएर २० लाख मागेको आरोपमा एक जना पक्राउ परेका छन्।, झापा दमक नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय पुण्यबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। , उनले इटहरी उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष श्रीनारायण चौधरीलाई धम्क्...
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार चार सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार पाँच सय ३९ जनामा परीक्षण गर्दा एक हजार चार सय ८६ जनामा संक्रमण पुष्टि भएको हो। सोमबारसम्म २६ हजार छ सय ३० जना सक्रिय संक्रमित छन्। , १२ हजार पाँच सय ३२ जनाको पिसिआर परीक्षण गर...
नारायण खड्का बाँके राष्ट्रिय निकुञ्जभित्र मान्छेको ज्यान लिने बाघको निगरानीका लागि दुइटा हात्ती ल्याइने भएको छ।, पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरस्थित भट्टेखोला किनारमा दुई बाघ रहेको हुँदा उनीहरूको निगरानीको लागि बाँके राष्ट्रिय निकुञ्जबाट दुई हात्ती ल्याइने भएको छ।, बाँके राष्ट्...
सेतोपाटी संवाददाता बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले २०७८ सम्मको वस्तुस्थिति प्रतिवेदन प्रस्तुत गरेको छ।, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी प्रकाशजंग कार्कीको नेतृत्वमा बागमती प्रदेशका एसपी नवराज अधिकारी र अर्का एसपी ईश्वर थापाले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री अजयक्रान्...
सेतोपाटी संवाददाता रसियमा हुने ५८ औं मिलिटरी बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली सेनाका ८ जना खेलाडी मस्को जाने भएका छन्। उनीहरू बुधबार त्यसतर्फ जाँदैछन्। , भदौ ३१ गतेदेखि असोज १० गतेसम्म हुने च्याम्पिनयनसिपमा भाग लिन जाने ८ जना खेलाडी र ७ जना अरु अधिकारीहरुलाई प्रधानसेनापति प्रभुराम शर्माले आज विदायी गरेका छन्।, रस...
सेतोपाटी संवाददाता रानाथारु भाषालाई सुदूरपश्चिमको सरकारी कामकाजको भाषा नसमेटेको विरोधमा कैलाली र कञ्चनपुरका रानाथारु आन्दोलनमा उत्रेका छन्।, सोमबार धनगढीमा रानाथारु भाषालाई कामकाजको भाषा नसमेटेको विरोधमा कैलाली र कञ्चनपुरमा बस्ने सो समुदायले प्रदर्शन गरेको थियो।, नेपाल राना थारु समाजले आयोजना गरेको प्रदर्शनमा कैलाली क...
विनोद सापकोटा सरकारको नारा छ - उपचार अभावमा कोही नागरिकले अकालमा मृत्युवरण गर्नु नपरोस्।, झापाको अर्जुनधाराका एक युवाको अवस्थाले भने सरकारको यो नारालाई निकै गिज्याइरहेको छ। उनी उपचार अभावमा जिउँदो लाश बनेर छटपटाइरहेका छन्।, उनका बुवा छोराको उपचार होला कि भनेर सहयोगको याचना गरिरहेका छन्।, देशमा संघीय, प्रदेश र स्थानीय ...
सेतोपाटी संवाददाता प्रेमिकाको अश्लिल फोटो-भिडिओ सामाजिक सञ्जालमा हालेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाले दोलखा घर भई काठमाडौंको टोखा बस्ने २३ वर्षीय सुजन जिरेललाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , उनले प्रेमिकाको अश्लिल फोटो तथा भिडिओ फेसबुक, इन्स्टाग्...
सेतोपाटी संवाददाता श्रृंखलाबद्ध आपराधिक घटनामा संलग्न भएको आरोप लागेका व्यक्तिलाई पर्सा प्रहरीले जनाएको छ।, बिस्फोटक पदार्थ, खरखजना तथा संगठित अपराधको पछिल्लो मुद्दामा फरार रहेका व्यक्तिलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।, वीरगन्ज महानगरपालिका-२४ का ३३ वर्षीय विवेक सिंह भनिने फुलहसन अन्सारीलाई सोमबार बिहान प्रहरीले प...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले अवकाश प्राप्त भएपछि सामान्य नागरिकसरह अभिव्यक्ति स्वतन्त्रता लगायतका मौलिक हक उपभोग गर्न पाउनुपर्ने भन्दै निवेदन दिएका छन्। , उनको निवेदनमा संवैधानिक इजलासमा विचाराधीन संवैधानिक नियुक्तिविरूद्धका मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अलग हुनुपर्ने...
युवराज श्रेष्ठ फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले तयार पारेको अन्तिम प्रतिवेदन सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेलाई बुझाएकोको छ। समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउन खोज्दा प्रधानमन्त्रीले बुझ्न नमानेको समितिले जनाएको छ।, ‘सम...
सेतोपाटी संवाददाता झापामा एक प्रहरी जवानको पोखरीमा डुबेर मृत्यु भएको छ।, झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी पिन्डलवारीमा कार्यरत २५ वर्षीय प्रहरी जवान सरोज गिरीको पोखरीमा डुबेर मृत्यु भएको छ।, उनी नुहाउन गएका थिए। उनको सोमबार पोखरीमा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उ...
सेतोपाटी संवाददाता नवलपुरको गैंडाकोटमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।, गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुलनजिकै पश्चिमतर्फ जाँदै गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाएका थिए।, बस...
रासस गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्धारित मितिमा एनआरएनएको १० औँ महाअधिवेशन एवं निर्वाचन सम्पन्न गराउन नेपाल सरकारसँग माग गरेका छन्।, वर्तमान कार्यसमितिले संस्थागत सुधारका लागि विशेष अधिवेशन गरेर नयाँ विधान संशोधन गरेको र त्यही विधानका आधारमा महाधिवेशन गर्न लागेकोसमेत उनले बताए।, ‘निर्वाचनम...
सेतोपाटी संवाददाता अत्यधिक रक्तस्रावका कारण खुम्बु पासाङल्हामु गाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ।, ज्यान गुमाउनेमा लुक्ला–२ की २५ वर्षीया शान्ति राई रहेको पासाङ ल्हामु अस्पतालले जनाएको छ। , अस्पतालका मेडिकल अधिकृत अनेश केसीका अनुसार आइतबार साँझ ६ बजे सामान्य अवस्थामै छोरालाई जन्म दिएकी राईको सोमबार बिहान मृत्यु ...
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा तीस लाख जरिवाना पाएका व्यक्ति पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखाले सिन्धुपाल्चोक घर भई कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ७ काँडाघारी बुने ३९ वर्षीय दीपक कार्कीलाई पक्राउ गरेको हो। , उच्च अदालत पाटनले गत फागुन १८ गते कार्कीलाई बैंकिङ कसुरको मुद्दामा तीस लाख रूपैयाँ जरिवा...
सविता बुढा शिक्षक कलकबहादुर चलाउनेलाई विगतमा अपांगता भएका कयौं व्यक्तिले पढ्न नपाएकोमा दु:ख लागिरहन्छ।, त्यो बेला गाउँघरमा दृष्टिविहीन भएकाहरूले पनि पढ्न सकिन्छ छ र? भन्ने प्रश्न उठ्थे। त्यसमाथि राज्यका तर्फबाट उनीहरूका लागि पढ्ने सुविधाका विद्यालय पनि थिएनन्।, विकट क्षेत्रका दृष्टिविहीनहरूले समाजबाट हेला र तिरस्कार स...
सेतोपाटी संवाददाता मोरङको बुढीगंगा गाउँपालिकामा एक दिनको लागि १६ वर्षीया किशोरी अध्यक्ष बनेकी छन्। , राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एक दिने गाउँपालिका अध्यक्ष बनाइएको गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले जानकारी दिए। उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका अध्यक्षले गर्ने सबै काम गर्न पाउ...
सेतोपाटी संवाददाता रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ।, विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तिय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको हो । अब विमानस्थलमा साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकोले आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसा...
सेतोपाटी संवाददाता संखुवासभामा ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ। , मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। , प्रहरीले आइतबार चैनपुरमा पत्रकार ...
सेतोपाटी काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिकरूपमा नै सञ्चालन भएका हुन्।, कोभिड–१९ सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँ...
सेतोपाटी संवाददाता आठ महिनाको नाबालकको हत्या गरेको आरोपमा आमा-बुवा पक्राउ परेका छन्। , तीन दिनअघि भएको दूधे बालकको हत्या आरोपमा रुपन्देही गैडहवा गाउँपालिका-६ का श्रीराम मल्लाह र उनकी श्रीमती रेनु मल्लाह पक्राउ परेका हुन्। , भदौ २६ गते बिहान राति १ बजे ८ महिनाका नाबालक सुरज मल्लाहको घाँटी रेटी हत्या भएको थियो। घटना अनु...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढी रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत आदान-प्रदानको प्रस्ताव गरेको छ।, प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाबाट बर्खामा उत्पादि...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिएको छ।, थारू समुदायको अटवारी पर्वकाे अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।, गत वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार दुई जिल्लामा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।, प्रदेशको आन्त...
युनिक श्रेष्ठ संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ। उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको थियो। , आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी आरोपित लोकबहादुरलाई सार्वजनिक गरेको हो। , गत सोमबार तेजबहादुर कार्कीसहित उनकी ८४ वर्षीया आमा पार...