content
stringlengths 20
64.1k
⌀ |
|---|
सेतोपाटी संवाददाता विभिन्न कम्पनीको विज्ञापन राखेका ट्याक्सी चालकलाई ललितपुर महानगरपालिकाले नियन्त्रणमा लिएर करको दायरामा ल्याएको छ।, कुनै पनि सवारी साधानमा व्यापारिक प्रायोजनका स्टिकर टाँस्नु अगाडि महानगरमा तोकिएको कर तिर्नुपर्ने हुन्छ। तर महानगरमा कर नतिरी स्टिकर टाँसिएको फेला परेपछि ललितपुर महानगरले नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।, ‘महानगरले सबैलाई करको दायरामा ल्याउन नगरको स्थानीय राजपत्रमासमेत प्रकाशित कानुन अनुसार ट्याक्सीमा विभिन्न कम्पनीको विज्ञापनका स्टिकर टाँस्दा कर तिरेको नपाइकोले नियन्त्रणमा लिएका हौ’, हाछेथुले भने,‘सबैलाई करको दायरामा ल्याउने नगरप्रमुख चिरीबाबु महर्जनको निर्देशन अनुसार र स्थानीय कानुन अनुसार हामीले नियन्त्रणमा लिएर कर तिर्न लगाएका हौ।’, आइतबार ४ वटा ट्याक्सीलाई नियन्त्रणमा लिएर कर तिराएर छोडिएको उनले जानकारी दिए। ‘हामी सबै यातायातको साधानमा राखिएको विज्ञापनका स्टिकरलाई करको दायरामा ल्याउने प्रयास थालिएको छ’, उनले भने, ‘ट्याक्सी सँगै माइक्रो बस र ठूला बसमा राखिएको विज्ञापन पनि करसंगत छन् कि छैनन् अनुगमन गर्नेछौ।’, महानगरका अनुसार सवारी साधनमा राखिएका स्टिकर या ब्यानरका लागि प्रति वर्गफिट १०० रूपैयाँ कर लाग्छ। ,
,
ट्याक्सीमा राखिएका विज्ञापनलाई करको दायरामा ल्याउन ललितपुर महानगरले अनुगमन तिब्र पार्यो
|
युनिक श्रेष्ठ काठमाडौंको पुरानो बानेश्वरस्थित मात्रिका आँखा अस्पतालमा 'बम' राखेर फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , आपराधिक लाभ लिन खोजेको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए। उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।, प्रहरीले आइतबार परिसरमा पत्रकार सम्मेलन गरी गरेर घटनामा संलग्नहरूलाई सार्वजनिक गरेको छ।, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भई काठमाण्डौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर, उनका भाइ २० वर्षीय अभिषेक र रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगरलाई प्रहरीले पक्राउ गरेको हो।, बिहीबार आशिषले त्यहाँका एक डाक्टरलाई बारम्बार फोन गरेका थिए। उनीहरूले अस्पताल र घरमा बम राखेर पड्काइदिन्छु, परिवारलाई पनि ध्वस्त पार्ने धम्की दिएका थिए। घर परिवारलाई सुरक्षित राख्न मन भए तीन करोड रुपैयाँ लिएर नागढुंगा लिएर आउन भनेका थिए। , सो दिन उनीहरूले अस्पतालको तेस्रो तलाको शौचालयमा बम राखेको बताएका थिए। उनीहरूले अस्पतालका रिसेप्सनिष्ट पूर्णबहादुर दोङलाई फोन गरेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए। , दोङलाई फोनमा भनिएको थियो- तपाईंहरू दुई मिनेटभित्र सबैजना बाहिर जानुस् हामीले बम राखेका छौं। , दोङले ठट्टा गरेको हो भन्ने जवाफ भन्ने प्रश्न गरेपछि नपत्याए तेस्रो तलाको शौचालयमा हेर्न भनिएको थियो। दोङले अस्पतालका अध्यक्ष सुरज श्रेष्ठ र मेडिकल डाइरेक्टरलाई जानकारी गराएका थिए। उनीहरूले केही मेसेज पनि पठाएका थिए।, जसमा प्रहरीलाई खबर गर्यो भने बम पड्काइदिने धम्कीसमेत दिएका थिए।, 'प्रहरीलाई खबर गरेमा हाम्रो हातमा रिमोट कन्ट्रोल छ, चार वटा बम तपाईंको घरमा पनि हुनसक्छ वा अन्यन्त्र पनि। हामीले भनेको नमानेर आलटाल गरेमा बम पड्काएर ध्वस्त पार्दिन्छौं भनेर धम्क्याएका थिए,' सिंहले भने। , धम्की आए पनि बम राखिएकोबारे प्रहरीलाई खबर भएको थियो। परिसरबाट प्रहरी उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा प्रहरीको टोली खटिएको थियो। , सेनाको डिस्पोजल टोली पनि घटनास्थल पुगेको थियो। उक्त बम तर्साउनलाई मात्रै राखेको डिस्पोजल टोलीले बताएको थियो यद्यपी त्यसमा के-कस्ता विस्फोटक पदार्थहरू थिए भन्ने बारेमा परीक्षण गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए। , उनकाअनुसार प्रहरीले सोही दिन बम हाल्ने व्यक्तिहरूको खोजी गरेको थियो।, अस्पतालको सिसिटिभी फुटेजमा दुई जना व्यक्ति देखिएको थियो। प्रहरीले फुटेज, मोबाइल ट्र्याकिङ गरी उनीहरू भएको ठाउँ पत्ता लगाएको थियो। सो क्षेत्रमा प्रहरीले खोजेर उनीहरूलाई शनिबार पक्राउ गरेको हो। , उनीहरूमाथि सोधपुछ गर्दा घटनाको कारण बाहिरिएको हो। सिंहका अनुसार आशिष कुँवरले उक्त अस्पतालमा आफ्नो आँखाको शल्यक्रिया गरेका थिए। जसकारण उनले अस्पतालका कर्मचारी देखि डाक्टरहरू समेतको सम्पर्क नम्बर लिएका थिए।, उनले सो शल्यक्रिया गर्नलाई सहकारीबाट १७ लाख रुपैयाँ ऋण लिएका थिए। जुन उनले चुक्ता गर्न सकेका थिएनन्। साथै उनी बेल्जियम पनि जान चाहिरहेका थिए। उनले त्यसको लागि आवेदनसमेत दिइसकेका थिए, तर उनीसँग पैसा थिएन। , 'प्ररम्भिक अनुसन्धानअनुसार पैसा नभएपछि उनले डाक्टरलाई धम्क्याएर पैसा लिन खोजेको देखिन्छ,' उनले भने। , आशिष बिजुली मर्मत गर्ने काम तथा होटलमा मजदुरी समेत गर्ने गर्थे। उनले अभिषेक र अम्बरबहादुरसँग मिलेर बम बनाएको प्रहरीको आरोप छ। उनीहरूले बम पनि युट्युबबाट हेरेर बनाएको प्रहरीलाई बताएको सिंहले बताए। , प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।,
तीन करोड फिरौती माग्न अस्पतालमा नक्कली बम राखेपछि...
|
सेतोपाटी संवाददाता गैरकानुनी रूपमा लाभ लिएर हानीनोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। , अख्तियारले एस.आर.डी. कन्स्ट्रक्सन नवलपरासीका प्रोपाइटरहरू रमेश पराजुली र सन्दिप केसीविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।, उनीहरूले ७५ लाख ८० हजार ६४९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ। , सुनवल नगरपालिका अन्तर्गत पानभार खोलामा आर्थिक वर्ष २०७५/०७६ को नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्कामा उनीहरूले मापदण्ड विपरीत उत्खनन गरेको भन्ने उजुरी परेको थियो।, साथै उनीहरूले नगरपालिकाबाट प्रमाणित नगरेको रसिद प्रयोग गरी राजस्व छली गरेको उजुरी थियो। , सोही उजुरीमाथि अनुसन्धान गर्दा उनीहरूले गैरकानुनी लाभ र हानिनोक्सानी गरेको खुलेको अख्तियारको दाबी छ। , उनीहरूले नदीजन्य पदार्थ उत्खनन् तथा निकासीमा सुनवल नगरपालिकाबाट प्रमाणित रसिद प्रयोग गरी रकम उठाउनुपर्नेमा प्रमाणित नगरिएको फर्जी बिल प्रयोग गरी ७५ लाख ८० हजार ६४९ रुपैयाँ उठाएर लाभ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। , पुष्टि भएसँगै उनीहरूविरूद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा अदालतमा बिगो रकम कायम गरी तीन महिनादेखि तीन वर्षसम्म कैद सजाय मागको मागदाबी गरिएको छ। ,
दुई कन्स्ट्रक्सन सञ्चालकविरूद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर
|
सेतोपाटी संवाददाता आइतबार काठमाडौं उपत्यकामा थप ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९११ संक्रमित थपिँदा काठमाडौं उपत्यकाका ३०९ छन्।, काठमाडौं जिल्लामा सबैभन्दा धेरै १८७ संक्रमित थपिएका छन्। भक्तपुरमा ६६ र ललितपुरमा ५६ संक्रमित थपिएका हुन्। , हाल काठमाडौं उपत्यकामा ६ हजार ४०६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौं जिल्लामा ३ हजार ३१५, भक्तपुरमा १ हजार १६२ र ललितपुरमा १ हजार ९२९ सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घण्टामा देशभर ११ हजार १८ जनाको नमुना परीक्षण गरिएको थियो। यो अवधिमा देशभर थप १३ जनाको संक्रमणका कारण मृत्यु पुष्टि भएको छ।,
,
काठमाडौं उपत्यकामा थपिए ३०९ संक्रमित
|
सेतोपाटी संवाददाता आइतबार देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यस अवधिमा १ हजार ४२३ जना कोरोनाबाट मुक्त भएका छन्। , आइतबार थपिएका संक्रमितमध्ये ३०९ जना काठमाडौं उपत्यकाका छन्। , थप १३ जनाको संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ।, मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ पुगेको छ। कुल संक्रमितमध्य निको हुनेको दर ९५.१ प्रतिशत छ भने सक्रिय संक्रमितको दर ३.४ र मृत्यु हुनेको दर १.४ प्रतिशत छ। ,
,
आइतबार ९११ जनामा कोरोना संक्रमण, १३ को मृत्यु
|
सेतोपाटी संवाददाता ओखलढुंगाको मोनभञ्ज्याङ गाउँपालिका-६ मितेरीभन्ज्याङमा आइतबार टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ९ घाइते भएका छन्।, सिद्धिचरण राजमार्गमा भएको टाटा सफारी गाडी दुर्घटना हुँदा बारा सिमरा उपमहानगरपालिका- १५ का ४५ वर्षीय पृथ्वीबहादुर श्रेष्ठको मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयले जनाएको छ।, आइतबार दिउँसो १२ बजे ओखलढुंगाबाट रामेछाप जादै गरेको बा ११ च ५२१० नम्बरको गाडी अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो।, घाइते हुनेमा काभ्रेका ३२ वर्षीय मानकाजी तामाङ, मानेभन्ज्याङ-१ का २६ वर्षीय टेकबहादुर गिरी, उनकै छोरा ४ वर्षीय निर्जल गिरी र रामेछाप गोकुलगंगा-४ बेतालीका १२ वर्षीय अभिषेक योगी छन्।, गाडीका चालक ओखलढुंगा सिद्धिचरण-२ ठुलाछापका २९ वर्षीय केशब कटुवाल, टेकबहादुर गिरीकी श्रीमती २५ वर्षीया हिरामाया, रामेछाप गोकुलगंगा-४ बेतालीकी २८ वर्षीया राधीका योगी, उनकी एक वर्षीया छोरी अनुषा र ओखलढुंगा लिखु-२ सत्लुनका १२ वर्षीय पर्वत गिरीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। , घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।,
,
ओखलढुंगाको तेरीभन्ज्याङमा सुमो दुर्घटना : एकको मृत्यु, नौ घाइते
|
रासस जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा खाल्डा खुल्डीले सवारी सञ्चालनमा समस्या हुने गरेको छ ।, खाल्डा खुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए। सङ्घीय सरकारले ठेक्का गरेको आयोजनाका निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा जीर्ण सडकमा समस्या हुने गरको उनको भनाइ छ । अस्पतालजस्तो संवेदनशील स्थानअघिको सडकलाई ग्राभेल हालेर सहज रुपमा सवारी हिँड्ने वातावरण बनाउन पटकपटक गरिएको अनुरोधसमेत नमान्दा धेरैले दुःख पाएका छन् ।, आर्थिक वर्ष २०७५/७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक छ वर्षदेखि अलपत्र छ । शुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी बिरोध गरेपछि बिस्तार हुन सकेको थिएन । केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले गरेको थियो । , सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्का अनुसार बिस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर बिस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै बिस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता ढुङ्गानाले जानकारी दिए। यो सहमति अनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौँदेखि यात्रु पीडित छन् ।, अत्तरखेल मूल सडकमा सटर भाडामा लिएर किराना पसल चलाउँदै आएकी रञ्जना श्रेष्ठ वर्षाद्मा हिलो र हिउँदमा धुलो खाएर स्वास्थ्य सङ्कट आउने गरेको गुनासो गर्छिन्। नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर बिस्तार गर्ने सहमति गरेको दुई वर्षसम्म पनि सडक अलपत्र छ । आर्थिक वर्ष २०७६/७७ सक्ने सहमति नभई थप गरिएको एक वर्षमा पनि काम सकिएन । , आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम सकिएन । रु ५८ करोड लागतमा भइरहेको काममा बेला बखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको बिस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन् । , विसं २०७६ चैतमा शुरु भएको बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाए पनि विद्युत्को पोल, तारलगायत संरचना अझै हटेको छैन । सडकको काम नसकिँदा यस वर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी डबले तामाङले गुनासो गरे। , ग्राभेल हालेर डोजर र रोलरले सम्याएर वर्षाका समयमा हिलो एवं धुलो नहुने गरी काम गराउन नगरपालिकाले दबाब दिँदै आएको जनाइएको छ । निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनका इञ्जिनीयर सनम श्रेष्ठले बन्दाबन्दी शुरु भएपछि सुरक्षित तरीकाले काम गर्न कामदार पाउन नसकिएकाले काममा ढिलाइ भएको बताए।, पछिल्लो समय अन्य स्थानमा ग्राभेल हाले हिँडन सजिलो बनाएपछि नेपाल मेडिकल कलेजअघिको सडक अलपत्र छोड्दा एम्बुलेन्समा यात्रा गर्ने बिरामीसमेत प्रभावित हुने गरेका छन् । अस्पताल अगाडिकै सडकमा बनेको खाल्डा खुल्डीमा पानी जमेर ठूला पोखरी बनेपनि सरोकार भएका निकायको ध्यान नजाँदा समस्या भएको स्थानीय बुद्धिमान तामाङले बताए।,
ठेक्काको ६ वर्षमा पनि पूरा भएन जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक
|
नारायण ढुङ्गाना/रासस मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ। अझ उत्तरी भूभागमा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ।, मुलुकका विभिन्न मुख्य २० वर्षा मापन केन्द्रलाई आधार मानेर निकालिएको औसत मौसमी विवरणअनुसार उक्त चार महिनामा मुलुकमा सरदर एक हजार ४०३ मिलिमिटर पानी पथ्र्यो तर अहिले १८ दिनअघि नै एक हजार ५२७ मिलिमिटर पानी परिसकेको छ।, मौसम विज्ञान विभागको जलवायु विष्लेषण शाखा प्रमुख, वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलका अनुसार सेप्टेम्बर १२ अर्थात् आजसम्मको विष्लेषण गर्दा सरदर एक हजार २६८ मिलिमिटर वर्षा हुनुपर्ने थियो तर औसत विवरणअनुसार २६९ मिलिमिटर बढी पानी परिसकेको छ। यो सरदर वर्षाको अनुपातमा आजसम्मको वर्षा विष्लेषण गर्दा १२० दशमलव ४ प्रतिशत हो। उनका अनुसार सरदर वर्षाको अनुपात भने ९० देखि ११० प्रतिशतलाई मानिन्छ।, काठमाडौंमा पनि यसपाली बढी वर्षा भइसकेको छ। विभागका अनुसार काठमाडौँमा आजसम्म सरदर एक हजार ७२ दशमलव ५ मिलिमिटर वर्षा हुनुपर्नेमा आजसम्म एक हजार ३५१ दशमलव २ मिलिमिटर पानी परिसकेको छ। मनसुनको अवधि (सेप्टेम्बर अन्तिम) सम्म एक हजार १७६ मिलिमिटर पर्नुलाई सरदर वर्षा मानिन्छ। अहिले नै वर्षा नाघिसकेको छ। काठमाडौँमा आजसम्मको तुलना गर्दा १२६ प्रतिशत पानी परिसकेको छ। चार महिनाको मनसुन अवधिको औसत निकाल्दा भने यो ११५ प्रतिशत हुन आउँछ।, प्राप्त विवरणअनुसार जोमसोममा सबैभन्दा बढी वर्षा भएको छ। सरदर १३७ दशमलव १ मिमिमिटर पानी पर्नुपर्नेमा त्यहाँ ३३९ दशमलव ३ मिलिमिटर पानी परिसकेको छ। कँडेलका अनुसार यो सरदरको २५४ दशमलव ८ प्रतिशत हो। यसपाली दोस्रो बढी पानी पर्ने अर्को केन्द्र भैरहवा हो। त्यहाँ १४० दशमलव ७ प्रतिशत वर्षा भएको छ। उनका अनुसार आजसम्म एक हजार २४९ दशमलव ८ प्रतिशत सरदर वर्ष हुनुपर्नेमा एक हजार ९२५ मिलिमिटर पानी परिसकेको छ।, मुलुकमा यसपाली औषधभन्दा बढी वर्षा हुने आँकलनकै बीच भारी वर्षापछिको बाढी, पहिरो र डुबानले ७१ जिल्लालाई नराम्ररी प्रभावित बनायो। मुख्यतः सिन्धुपाल्चोक, मनाङ, पाल्पामा, कास्कीमा, दाङ, पर्वतलगायत एक दर्जन जिल्ला मानवीय र भौतिक क्षतिका दृष्टिले बढी प्रताडित छ। सरकारले मनाङ र सिन्धुपाल्चोकलाई त विपद् सङ्कटग्रस्त जिल्ला नै घोषणा गरेर आवश्यक पुनरुउत्थानका कार्य अघि बढाइसकेको छ।, मनसुनजन्य घटना (बाढीपहिरो र डुबान०) का घटनामा मात्रै यसपाली मुलुकभर १३० को मृत्यु भयो भने अझै ४१ जना हराइरहेका छन्। सबैभन्दा बढी सिन्धुपाल्चोकमा मानवीय क्षति भएको छ। उक्त जिल्ला गत वर्ष पनि विपद्का दृष्टिले सबैभन्दा बढी प्रभावित थियो।, जल तथा मौसम विज्ञान विभागले गत वैशाखमै मनसुन अवधिमा सुदुरपश्चिम, कर्णाली गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थान तथा प्रदेश १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी (३५ देखि ६५ प्रतिशत) वर्षा हुने अनुमान गरेको थियो।, उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा हुने आँकलन गरिएको थियो। प्रदेश १ को तराई र प्रदेश २ को पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको थियो। विभागले विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारुप, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनका आधारमा उक्त निष्कर्ष निकाल्ने गरिन्छ।, नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको अवस्था, जलवायु प्रारुपको मनसुन अवधिको आँकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रिमनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशिलताका कारकलाई समेत मध्यनजर गरी उक्त आँकलन तयार पारिन्छ। यसपाली गएको वैशाखमै आँकलन गरिएको थियो। त्यसमा नेपाल, भारत, म्यान्मालगायत नौ देशका मौसमविद् सहभागी थिए।, के अब मौसम खुलेकै हो ?,
ठूलाठूला विपद्का घटना निम्तिएपछि पछिल्ला केही दिनदेखि विस्तारै मौसम सफा हुँदै गएको हो कि भन्ने महसुस गराएको छ। कर्णाली प्रदेशबाहेक आज धेरै ठाउँमा घाम लागिरहेको छ। के अब मौसम खुलेकै हो त ? यसपालीको विपद् यति नै हो त ? आम सर्वसाधारणमा प्रश्न खेलिरहेको छ। त्यही प्रश्न मौसमविद्सँग राख्दा त्यो अनुमान गर्न अझै हतारो हुने प्रतिक्रिया प्राप्त भएको छ। उहाँहरुका अनुसार अझै विपद् टरिसकेको छैन।, जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मी भन्छन्, “मनसुन नसकिँदासम्म जोखिम कायमै रहन्छ, खुलेको जस्तो देखिए पनि कुनै पनि बेला मनसुन एक्टिभ भएर भारी वर्षा हुनसक्छ, नियमित अपडेटमा रहनुपर्छ।”, यसपालीको मनसुनका समयमा मुलुकका धेरै जसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको थियो। सोहीअनुसार नै वर्षा भएको जनाइएको छ। नेपालमा यसपाली मनसुन दुई दिन ढिला गरी गएको जेठ २८ गते भित्रिएको थियो। आगामी असोज १७ को आसापास मनसुन बाहिरिनेछ।, जेठ ३० गतेदेखि देशैभरि सक्रिय भयो। त्यसको अर्को दिनबाटै भारी वर्षा सुरु भई जनजीवन प्रभावित बनायो। सुरुआती वर्षाले मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो। असार १ र असार १६ गते पुनःभारी वर्षा हुँदा सिन्धुपाल्चोकमा दोहोरिएर क्षति भयो। अघिल्लो हप्ता तराईका जिल्लामा भारी वर्षा हुँदा बाढी र डुबानको समस्या निम्तियो।, गृहमन्त्रालयबाट प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने २० बेपत्ता भएका छन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा मात्रै २४७ घर बाढीले भत्काएको छ। कूल एक हजार ७०० रोपनीभन्दा बढी जमिन लगेको छ। जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान छ।, उता जिल्लाको हेलम्बु गाउँपालिकामा २२७ घर बग्यो। कूल दुई हजार १०० रोपनी बढी जग्गा लगेको विवरण प्राप्त छ। यस्तै पाल्पामा छ, कास्कीमा सात, दाङमा १० र पर्वतमा १३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।, यसपाली मनसुनजन्य विपद्का कारण ७१ जिल्ला प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वाधनुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठ अहिले मुलुकभर मौसम सामान्य बदली रहे पनि कर्णाली प्रदेशमा छिटफुट वर्षा भइरहेको जानकारी दिए। “सोमबार पनि मौसम सामान्य नै छ, मङ्गलबार केही बदली हुनसक्छ”, श्रेष्ठले भने। उनले पनि तत्कालै भारी वर्षाको सम्भावना भने नदेखिएको बताए। यद्यपि मनसुन नबाहिरिँदासम्म कुनै पनि बेला बदली हुने श्रेष्ठको भनाइ छ।, वैशाख यताका घटना र मानवीय क्षति,
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता कूल एक हजार ७६२ विपद्का घटना भएको छ। ती घटनाबाट २३४ जनाको मृत्यु भएको छ। यसमा बाढीपहिरो र डुबान बाहेकका विपद्जन्य घटनासमेत समावेश छ। तीन घटनामा ४१ जना हराइरहेका छन् भने ४६४ घाइते भए। कूल दुई हजार २७८ परिवार प्रभावित छन्। कूल सात अर्ब ७७ करोडको क्षति भएको अनुमान गरिएको छ।, जसमा सबैभन्दा बढी ६७९ आगलागीका घटना भए। यद्यपि मानवीय क्षतिका हिसाबले भने सबैभन्दा बढी पहिराबाट ७७ ले ज्यान गुमाएका छन्। सबैभन्दा बढी बाढीमा परेर ३२ बेपत्ता भएका छन्।, प्राप्त विवरणअनुसार आगलागीमा परी १४, पहिरामा ७७, बाढीबाट ३८, अविरल वर्षाका कारण १६, चट्याङबाट ४८, सर्पको टोकाइबाट १६, डढेलोबाट तीन, हावाहुरीका कारण एक र जनावरको आक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन्। रासस,
यसवर्ष औसतभन्दा बढी वर्षा, कहिले खुल्छ मौसम?
|
रासस रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि बेपत्ता छन्।, महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन्।, २०६२ मा त्यसतर्फ गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन्।, छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छन्। राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पिरमा परेको उनले बताइन्।, ‘घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा हामी छोराकै पिरले दिनको भोक न रातको निद भएका छौं,’ उनले भनिन्।, मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिरहने गरे पनि त्यसपछि कुराकानी हुन छोडेको उनको भनाइ थियो। , लामो समयसम्म पनि छोरा घर नफर्केपछि आमाबाबु पिरोलिने गरेको सर्वजितकी भाउजू सम्झना विकले बताइन्।, काठमाडौँ मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको उनका आफन्त विष्णुराम विकले बताए।, चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको उनको भनाइ छ।, सर्वजितलाई विदेश पठाएको मेनपावर अहिले बन्द भएको छ। हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागेको उनले बताए। ,
मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता
|
सेतोपाटी संवाददाता सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाले ललितपुर महानगरपालिका वडा नम्बर ४ बाट ४२ वर्षीय सरल रानालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै उनले ४२ लाख २४ हजार रुपैयाँ ठगी गरेको आरोप छ। , काठमाण्डौं त्रिपुरेश्वरस्थित शंकर महर्जनले सञ्चालन गरेको किपु साईन्टिफिक ट्रेडर्समा मार्केटिङको काम गर्ने विश्वम्भरलाल श्रेष्ठ र बिक्रम देउवालाई उनले ठगी गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।, पक्राउ परेका रानाले आफू भारत पञ्जाबस्थित माइरियाद ह्युस हेल्थ केयर कम्पनीको नेपाल प्रतिनिधि हौं भनेका थिए। , उनले पञ्जा, ल्याटेक्स एक्जामिनेसन पञ्जा विभिन्न साइजका एक सय प्रति बाकस प्रति भारु ३३० पर्छ भनेका थिए।, नमुना समेत देखाएर रानाले पटकपटक आइ एक हप्ताभित्र श्रेष्ठ र देउवाको विश्वास जितिसकेका थिए। , पछि सामान माग गरी उनीहरूले ४२ लाख २४ हजार रुपैयाँ रानाको बैंक खातामा जम्मा गरिदिएका थिए। तर पठाउँदा रानाले बाकसमा ५० पिसमात्रै राखेर गुणस्तरहीन सामान पठाएको आरोप छ। , त्यसपछि श्रेष्ठ र देउवाले रानालाई सम्पर्क गर्न खोज्दा बेपत्ता भए। ठगी गरेको आरोपमा महाशाखामा जाहेरी पर्यो। जाहेरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो। ,
सर्जिकल सामग्रीको सप्लायर्स हुँ भन्दै ४२ लाख ठगी गरेको आरोपमा एक पक्राउ
|
सुरेन्द्र फुयाल दोलखा काठमाडौंबाट धेरै टाढा छैन। उत्तरी दोलखा चाहिँ अलि टाढै छ, जहाँ हिमाल मुनितिर शेर्पा समुदायका बस्ती छन्। जहाँ अलि पूर्वको खुम्बु क्षेत्रसँग मिल्दोजुल्दो, तिब्बती बौद्ध परम्परासँग मिल्दोजुल्दो आफ्नै अद्वितीय संस्कृति छ। सभ्यता छ।, त्यहाँको यात्रा थाल्दा सिन्धुपाल्चोकको मुडेबाट खरीढुंगा उक्लिने बित्तिकै बाटैभरी सेतै झरना देखिन थाल्छन्। चरीकोटतर्फको ओरालो यात्रामा चर्नावती (चरंगे) झरना पनि भेटिन्छ।, दोलखा सदरमुकाम चरीकोटबाट सिंगटीतिर हुत्तिन थालेपछि त एकपछि अर्को झरना हामीलाई स्वागत गर्न सडकमै आइपुगेको भान हुन्छ। तामाकोसीतिरैमा बसेको सिंगटीबाट अझै उत्तर माथिल्लो तामाकोसीतर्फ लामाबगर जाने सडकमा विशाल र प्रसिद्ध भोर्ले झरना सडकमै बज्रिन आइपुग्छ। हामीलाई निथ्रुक्कै रुझाइदिने गरी। , सिंगटीबजारदेखि थोरै उत्तरतिर सडकमै झर्न आइपुग्ने भोर्ले झरना। तस्बिर: सुरेन्द्र फुयाल, भदौको दोस्रो साता हामी रोलवालिङ उपत्यका प्रवेशद्वारको रूपमा रहेको छेतछेत बजार पुग्दा अर्को लामो, सुन्दर र सेतै झरना हाम्रो स्वागतका निम्ति उभिइदियो।, भोर्ले र छेतछेत झरना त गौरीशंकर हिमालमुनि रहेको रोलवालिङ जाने पदमार्गमा भेटिने अनगिन्ती, सेता र अग्ला झरनासामु होचा प्रतीत हुन्छन्।, तर हिमाली लेकमा परेका वर्षा वा पग्लिएका हिउँ बोकेर रोलवालिङ र तामाकोसीजस्ता नेपालका जल सम्पदालाई जीवन्त राख्न हतारिएर आफ्ना अनेकौं रूप प्रदर्शन गर्दै झर्ने झरना पानीका तीव्र ओरोलो झराइ हुन्। जुन जस्तो आकारमा पनि सुन्दर नै लाग्छन्। यात्रीको आँखालाई जहिले पनि शीतलता दिइरहने। , छेतछेत बजार नजिकै तामाकोसीमा बज्रिन आइपुग्ने झरना। तस्बिर: सुरेन्द्र फुयाल, छेतछेतबाट उकालो लागेर तीन दिनपछि हामी रोलवालिङका प्रसिद्ध दूधकुण्ड र च्छो रोल्पा हिमताल पुग्ने क्रममा भेटिएका थुप्रै झरना हाम्रो आँखामा कहिल्यै बिझाएनन्। ती सबै झरनाले हाम्रो आँखालाई शीतलता दिइरहे।, अझ भनौं बर्खे झरी र पानीले हृष्टपुष्ट भएर पूर्णाकार पाएका ती झरनाले हाम्रो उकाली लाग्दाको थकान भुलाइदिइरहे, मेटाइदिइरहे…।, छेतछेतबाट तामाकोसीमाथिको झोलुंगे पुल तरेर ठाडो उकालो लागेपछि स्वाँ-स्वाँको क्रम सुरू हुन्छ। जुन करिब दुई घन्टामाथि लेकमा बसेको सिमीगाउँ नपुगेसम्म चलिरहन्छ।, तर उकालोमा रोकिएर पछाडि फर्किएर हेर्दा देखिने झरनाले शीतलता दिन्छ। शरीरलाई पुन: ताजा बनाइदिन्छ। सिमीगाउँका हँसिला तामाङ र शेर्पा समुदायका बालबालिका र युवायुवतीका मुस्कानले पदयात्रामा न्यानोपन थपिदिन्छ।, रोलवालिङ उपत्यकाको पदमार्गको सुरूमै भेटिएका सेता झरना। तस्बिर: सुरेन्द्र फुयाल , एक्लै च्छो रोल्पा हिँडेकी युवतीः, भदौरे झरीमा २,००० देखि ३,००० मिटर उचाइमा वनैवन र झाडीझाडी कुँदिएका गोरेटोमा जुका सामान्य हुन्। तिनलाई धैर्यपूर्वक टिप्दै फाल्नुको विकल्प हुँदैन। तै पनि कतिपय जुका मोजा छिचोलेर रगत चुस्न सफल भइहाल्छन्। तिनको आक्रमणलाई अशुद्ध रगत चुस्न आएका जुकाको 'थेरापी' मानेर सन्तोषको सास फेर्नुको विकल्प हुँदैन। , छेतछेतबाट कम्तीमा आठ घन्टाको पदयात्रा गरेर सिमी, उत्तिसे, सुरमुचे र क्याल्जे गाउँ छिचोल्दा गौरीशंकर क्षेत्रको पदमार्गमा यदाकदा भरिया र स्थानीयवासी मात्र भेटिए।, क्याल्जेको डिलनजिकै एक दोलखाली ठिटो भेटिए, नाम्दु घर बताउने- 'च्छो रोल्पा घुमेर आएको, साह्रै सुन्दर रहेछ दाइ।' , सुष्मिता गुरुङ रोलवालिङको फूलको सुगन्ध खोज्दै। तस्बिर: सुष्मिता गुरुङ। , अगाडि आँखैसामु फेरि सेता झरना देखापरे। तल सानो डोङयाङ उपत्यकाबाट बगिरहेको रोलवालिङ नदीमा झरिरहेका। रोलवालिङको किनारको डोङयाङमा दुइटा प्राय: रित्तै रहने लज हाम्रो स्वागतका लागि लमतन्न सुतिरहेझैं लाग्यो।, नदी किनारमै भान्साघर रहेको दोस्रो लज पुग्दा त्यहाँभित्र अनौठो यात्रामा हिँडेकी एक पदयात्री भेटिइन्।, च्छो रोल्पाको 'सोलो ट्रेक' अर्थात् एकल पदयात्रामा हिँडेकी एक नेपाली युवती दुई बालबालिकासँग खेल्दै रमाइरहेकी थिइन्। , नाकमा बुलाकीजस्तो देखिने पश्चिमा गहना लगाएकी ती युवती करिब २५ वर्षकी देखिन्थिन्। झट्ट हेर्दा सहरबाट आफ्नो गाउँघर फर्किरहेकी कुनै हिमाली छोरीजस्ती। तर सुष्मिता गुरुङ निकै महसुर र आँटिली रहिछन्। किनभने उनी यस्तो भदौरे झरीमा पनि एकलास वन र झाडीझाडीको बाटो च्छो रोल्पा हिमतालको पदयात्रामा जाँदै थिइन्।, सुष्मिताले आफ्नो घर गौरीशंकरदेखि निकै पर, लुम्बिनी नजिकैको भैरहवामा रहेको बताइन्। हिजोआज भारतको मुम्बईमा अभिनय अध्ययन गर्दै गरेकी उनी कोरोना भाइरसको दोस्रो लहर सुरू भएपछि भैरहवा आएकी रहिछन्।, डोङयाङमा रोलवालिङ नदी छेउ बनेका लज। तस्बिर: सुरेन्द्र फुयाल, गौरीशंकर यात्रामा तस्बिर खिच्न आइफोन-११ का अतिरिक्त ओस्मो हाते क्यामरा पनि बोकेकी थिइन्। डोङयाङमा भेटिएका दुई बालबालिकासँग खेल्दै रमाइरहेकी थिइन्। , हजुरबुबाको हङकङ आइडीका कारण सानैमा हङकङ पुगेकी उनी उतै हुर्किएकी रहिछन्।, डोङयाङमा हामीलाई भेटेपछि सायद मनमनै खुसी हुँदै उनले भनिन्, 'उमेर तीस वर्ष पुग्नुअघि एकल यात्राहरूमा जानु पर्छ रे। त्यसैले म एक्लै गौरीशंकर पदयात्रामा छु। सोलो यात्रामा जाँदा तपाईंहरूजस्ता नयाँ यात्री भेटिन्छन् र केही नयाँ कुरा सिक्न पाइन्छ।', तर सोलो ट्रेकको जोखिमबारे उनलाई सचेत गराउनु मैले आफ्नो कर्ताव्य ठानेँ र सन् २०१० यता नेपालका विभिन्न हिमाली क्षेत्रमा हराएका 'सोलो ट्रेकर' महिला र पुरुषका दु:खान्त कथा सुनाइदिएँ – , 'हिमाली क्षेत्रमा एक्लै पदयात्रामा आएकी अमेरिकी महिला साको अब्रे सन् २०१० को अप्रिलमा लाङटाङ क्षेत्रमा बेपत्ता भइन् र उनी अझै भेटिएकी छैनन्। सन् २०१२ को अगस्टमा लाङटाङकै चन्दनबारीदेखि तल हराएकी बेल्जियन डेबी मबियुको शव पछि सडेको अवस्थामा फेला परेको थियो। अन्नपूर्ण क्षेत्रमा पनि कैयौं एकल यात्री हराएका छन्। त्यसपछि नेपाल सरकारले एकल पदयात्रा निषेध नै गरिदियो।', तर सायद एकान्त र स्वच्छन्दताको खोजीमा रमाउने साहसी सोलो ट्रेकरलाई त्यो निषेधले छेकेको छैन। , फूलैफूलको मौसमः, शेर्पा समुदायको बसोबास गरेको बेदिङ गाउँ गौरीशंकर र रोलवालिङ हिमालको काखैमा बसेको छ। त्यहाँ पुग्न डोङयाङबाट पाँच घन्टा कस्सिएरै उकालो र तेर्सो हिँड्नु पर्छ। रोलवालिङ नदी हतारिएर तल झरिरहेको हुन्छ। पदयात्री भने त्यो हेर्दै रोलवालिङको शिरतिर लाग्नु पर्छ।, दोस्रो दिनका यात्रामा हामीले त्यसै गर्यौं। , अब हाम्रो समूहमा सुष्मिता गुरुङ पनि थपिएकी थिइन्। डोङयाङबाट ३,००० मिटरको उचाइ नजिकिन थालेपछि जुकाहरू हराए। तर हावा थोरै पातलिएको अनुभव भयो।, हिमालहरू बादलभित्रै हराइरहे, तर बाटोको दायाँ-बायाँ र नदी बगरमा फस्टाएका बोट-बिरूवा आफ्ना राता, गुलाबी र पहेँला फूलले रंगिएका थिए।, गौरीशंकर क्षेत्रमा फक्रिएका रंगिबिरंगी फूल। तस्बिरः सुरेन्द्र फुयाल , गौरीशंकर क्षेत्रमा फक्रिएका रंगिबिरंगी फूल। तस्बिरः सुरेन्द्र फुयाल , बाटैभरी र वरिपरि भुइँमा फूलहरू यति ढकमक्क थिए कि पूरै रोलवालिङ उपत्यका कुनै बगैंचाजस्तै देखिन्थ्यो। बेदिङ गाउँ प्रवेशद्वारमा रहेका बौद्ध चैत्य र छोर्तेनले प्राकृतिक फूलबारीमा सांस्कृतिक रङ थपिदिए झैं लाग्यो। , बेदिङ (३,७०० मिटर उचाइ) देखि नाँ गाउँ (४,१०० मिटर) जाने बाटो वरिपरि पनि भुँइमा गुलाबी र पहेँला फूल हेर्दा लाग्यो गौरीशंकर संरक्षण क्षेत्रको यो भूभाग कुनै खुला फूलबारी हो। यसलाई हुर्काउन कुनै माली आवश्यक छैन। खासगरी वसन्त, गृष्म र शरदमा अनेकानेक फूलहरू फक्रिरहन्छन्।, हामी नाँ गाउँ पुग्दा नेपाली आकासमा फैलिएको न्यून चापीय रेखा हट्ने कुनै संकेत देखिएन। रातभर भदौरे झरी कायमै रह्यो। हिन्दूले विशेष श्रद्धा गर्ने दूधकुण्ड (४,७०० मिटर) र आकार बढ्दो क्रममा रहेको च्छो रोल्पा हिमताल एकै दिनमा भ्रमण गर्ने योजना पूरा गर्न स्थानीय आरोही पेम्बा ग्याल्जेन शेर्पा सशुल्क हाम्रा गाइड बन्न तयार भए। , पदयात्राको तेस्रो दिन बिहानै रोलवालिङको शिरतिर लाग्दा बगरमा फेरि फूल तथा हिमाली जडिबुटीले सुगन्धित बुट्यान देखिए। तिनको सुगन्धमा रमाउँदै अघि बढ्दा अक्सिजन पातलो हुँदै गएको चालै पाइएन। चार पटक सगरमाथा चुमेका पेम्बा ग्याल्जेनका साहसिक यात्रा वृत्तान्तका किस्साले यात्रा झनै रोमाञ्चक बनाइदियो। , उनी भन्दै थिए, 'सगरमाथामा सन् १९९६ को मेमा मौसम बिग्रिएर कैयौं नाम चलेका आरोही तथा गाइडको मृत्यु भएका बेला म सगरमाथामै थिएँ। म आठ हजार उचाइ नजिकैको बाल्कोनीमा थिएँ। त्यहाँ म तीन दिन टेन्टमा बसेँ। कैयौं बाटो भुलेका आरोहीलाई बचाएँ पनि।', दूधकुण्ड र च्छो रोल्पा यात्राः, नाँबाट दुई-तीन घन्टा उकालो चढेपछि पुगियो प्रसिद्ध तीर्थस्थल दूधकुण्ड।, यहाँ जनैपूर्णिमा र अन्य अवसरमा हिन्दू तथा बौद्धमार्गी पवित्र स्नान तथा पूजाका लागि आउँछन्। किनारमा एक मन्दिर रहेको दूधकुण्डको पानी नीलो देखियो तर बाक्लो सेतो बादल लागेकाले पूरै कुण्डको आकृति देख्न सकिएन। न त दूधकुण्ड पछाडिका हिमाल नै देखिए। , अन्य पदयात्रीसँग लेखक दूधकुण्डमा। तस्बिर: सुष्मिता गुरुङ, उच्च हिमाली पदयात्रामा विख्यात आरोही गाइड हुनुका फाइदा अनेक। पेम्बा ग्याल्जेनले पछाडि भिरेको झोलामा बोकेर ल्याएको सानो ग्यास स्टोभ बालेर कुण्डको पानी उमालेर कालो चिया बनाए। रोटी तताए र आलुको तरकारीमा झोल हालेर त्यसलाई पनि उमालिदिए।, झमझम पानी परेका बेला दूधकुण्डको चिसोमा तातो पिउन र खान पाउँदा हामीले आफूलाई निकै भाग्यमानी सम्झियौं।, तातो खाएपछि थकित र लेक लागेर गलित ज्यानमा नयाँ ऊर्जा सञ्चार हुन थाल्यो। अनि हाम्रो बाटो मोडियो च्छो रोल्पा हिमताल जाने छोटो बाटोतर्फ जसलाई पेम्बा ग्याल्जेन 'आफैंले केही वर्षअघि पहिलो पटक पहिल्याएका' थिए। , दक्षिण दिशामा एकैछिन समथरमा हिँडेपछि यो बाटो उकालो लाग्यो र एक सानो चट्टानी शिखर चढ्यो। अनि सुरू भयो भीरको ठाडो ओरालो, जहाँ थोरै पहिरो पनि गएको थियो। त्यो भीरको पिँधमा रोलवालिङ हिमालमुनितिरबाट पग्लिएको हिमनदी गड्गडाएर बग्दै थियो। भदौरे भेल त्यो नदीमा हालिएको साँघुमाथिबाट बगिरहेको थियो। , मन अत्तालियो – 'अब पारि कसरी तर्ने?', तै पनि पेम्बा ग्याल्जेन अघि लागे र ओरालो झरेपछि चट्टानहरूमाथि पाइला राख्दै खोला तर्न हामीलाई सहयोग गरे। त्यसपछि नयाँ खर्क देखिए जहाँ नयाँ-नयाँ उकालो सुरू भए।, खर्कमा बुट्यान धेर, छिचोल्नै गाह्रो। निकै पसिना बगाएर त्यो सानो शिखर चढेपछि हामी पुग्यौं अर्को गन्तव्य: च्छो रोल्पा हिमतालको प्राकृतिक बाँध (मोरेन ड्याम) जसको मुनितिर विशाल बरफ पनि हुन्छन्।, पदयात्री राजाराम फुयाल र सुष्मिता गुरुङसँग लेखक च्छो रोल्पा हिमतालको पश्चिमी किनारमा। तस्बिर: पेम्बा ग्याल्जेन शेर्पा, समुद्र सतहबाट करिब ४६०० मिटर उचाइमा अवस्थित च्छो रोल्पा मोरेन ड्याम भएको नेपालकै सबभन्दा ठूलो हिमताल हो। आकास खुल्दा यो हिमतालमा रोलवालिङ हिमालको हिमनदी पग्लिएर झरेको देख्न सकिन्छ। तर हामीले पूरै ताल बादलले ढाकेको मात्र देख्यौं।, तीन घन्टा झरेपछि नाँ गाउँ पुगियो जहाँ होटलको दाउरा बल्ने न्यानो भान्सामा हाम्रो साँझ बित्यो। , थकित ज्यानलाई आराम आवश्यक थियो। किनभने अर्को दिनको यात्रा निकै लामो हुँदै थियो- एकै दिनमा रोलवालिङजस्तै झरेर सिमीगाउँ अनि छेतछेत पुग्नु थियो।, यो पनि पढ्नुहोस्: ,'बेदिङ गाउँ बचाउन ग्याबिन तार चाहिएको छ, काठमाडौं खबर पुर्याइदिनुहोला', रोलवालिङमा म्याराथनः, रोलवालिङको ओरालोमा झर्दा बिहान केही क्षण गौरीशंकर हिमालको दर्शन पाइयो। भाग्यमानी सम्झियौं।, सुष्मिता गुरुङले आफ्नो मुम्बई र हङकङ बसाइबारे सुनाइन्– 'मुम्बई वरपर र हङकङमा पनि पहाडमा हिँड्न जान्थेँ। हङकङ बस्दा त समुद्रमा स्कुबा डाइभिङ गर्न फिलिपिन्स र इन्डोनेसिया पनि पुगेको छु। त्यो अनुभव निकै रमाइलो थियो।', गौरीशंकर पदयात्राको चौथो दिन एकै दिन नाँबाट छेतछेत झर्दा लाग्थ्यो, हामी कुनै म्याराथन दुरी पार गर्दै थियौं। बिहान सात बजे सुरू भएको पदयात्रा राति नौ बजे टुंगियो। जतिबेला हामीलाई सयौं जुकाले टोकिसकेका थिए। मेरो मोबाइलको पेडोमिटरले त्यो दिनको पाइला संख्या अत्यधिक देखाइदियो- ४९,००० (करिब ३६ किलोमिटर)। , उत्तरी दोलखामा लुकेको रोलवालिङ पदयात्रामा यात्रीको घुइँचो हुँदैन। भविष्यमा आकास खुलेका बेला फेरि रोलवालिङ फर्किएर लाप्चे क्षेत्र र च्छो रोल्पा पूर्वको टाशी लाप्चा भञ्ज्याङ काटेर खुम्बु जाने धोको छ।, रोलवालिङ पदयात्रा सकेर फर्किँदै पदयात्री। तस्बिर: सुरेन्द्र फुयाल, च्छो रोल्पाको सोलो ट्रेकमा आएकी सुष्मिता गुरुङ रोलवालिङमा रमाउँदै। तस्बिर: सुरेन्द्र फुयाल, ,
एकल पदयात्रामा हिँडेकी युवती
|
रासस अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारसहितको टोली नेपाल भ्रमण पूरा गरी फर्किएको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उपाध्यक्ष सुमारसहितको टोली आइतबार बेलुकी आफ्नो स्वदेश प्रस्थान गरेको हो।, उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो।, यस्तै सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत शीर्ष नेतृत्वसँग पनि उक्त प्रतिनिधिमण्डलले एमसीसी परियोजनाबारे छलफल गरेको थियो।, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र अन्य केही राजनीतिक नेतासँग पनि प्रतिनिधिमण्डलले भेटवार्ता गरेको थियो। सबै भेटवार्तामा एमसीसी प्रतिनिधिमण्डलले नेपालको भौतिक पूर्वाधारको विकासका लागि परियोजना महत्वपूर्ण रहेको बताएको थियो।, नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि नेपाल सरकार र एमसीसीबीच मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसीसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो।, सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारणलाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुनेछ।, यस परियोजनामा ४०० केभी क्षमताको ३१२ किलोमिटर लामो प्रसारणलाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र ७७ किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन्।,
फर्कियो एमसीसी उपाध्यक्ष नेतृत्वको टोली
|
सेतोपाटी संवाददाता बाराबाट नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। , शनिबार निजगढ नगरपालिका वडा नम्बर ८ स्थित तारा इन होटलको कोठाबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए।, होटलमा केही दिनदेखि नेपाली नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिकाका २४ वर्षीय सुनिलकुमार राम, ३६ वर्षीय रबिन्द्रकुमार चौधरी, बारा करैयामाई गाउँपालिकाका ३६ वर्षीय विशेश्वरप्रसाद चौधरी, कलैया उपमहानगरपालिकाका २४ वर्षीय सागर शुक्ला र २५ वर्षीय राजु कुशवाहा छन्। , होटलमा प्रहरीले खोजी गरेपछि भाग्न खोज्दा उनीहरू पक्राउ परेका हुन्। उनीहरूबाट एक हजारको २५ थान नोट फेला परेको थियो। साथै होटलमा पार्किङ गरेको एउटा मोटरसाइकल र एउटा स्कार्पियो गाडी पनि बरामद भएको छ। , उनीहरूमाथि सोधपुछ गर्दा सुनिलकुमार रामको घरमा नक्कली नोट बनाउने कागजहरू राखिएको भन्ने सूचना प्रहरीले पाएको थियो। , त्यसपछि इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी उनको घरमा तलासी लिएको थियो।, त्यहाँबाट एक सय वटा थान भएको ९३ गड्डी बरामद भएको छ। सो कागज एक हजार अंकित दरको हो। , प्रहरीले दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। उनीहरूमाथि मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्ने म्याद अनुमति लिइ थप अनुसन्धान अघि बढाएको छ। ,
,
बाराबाट नक्कली नोटसहित पाँच जना पक्राउ
|
सेतोपाटी संवाददाता प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-८ का २२ वर्षीय सुमन तामाङ रहेका छन्।, प्रहरीले उनलाई आइतबार दिउँसो भद्रपुर नगरपालिका-८ बाट पक्राउ गरेको हो। , जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १५ ग्राम ७०० मिलिग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।, पक्राउ परेका तामाङलाई हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।,
झापाबाट ब्राउनसुगरसहित एक जना पक्राउ
|
सेतोपाटी संवाददाता धनकुटा साँगुरीगढी गाउँपालिका-६ मा दुर्घटना हुँदा एकको मृत्यु भएको छ।, मृत्यु हुनेमा धनकुटा सहिदभूमि गाउँपालिका-४ का ३६ वर्षीय गणेशमान राई रहेका छन्।, आइतबार बेलुका पौने ५ बजे संखुवासभाबाट धरानतर्फ आउँदै गरेको को१ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको को१९प ९४२८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बसमा ठोक्किएको थियो।, मोटरसाइकल पछाडि सवार गणेशमानको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक इलाम चुलाचुली गाउँपालिका-६ का ३३ वर्षीय रत्नकुमार राई पनि घाइते छन्।,
बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
|
सेतोपाटी तत्कालीन गाउँविकास समिति परिषद्को निर्णय बिना आर्थिक अनियमितता गरेको आरोपमा तनहुँका सात जनाविरूद्ध आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। , तनहुँको घाँसीकुवा गाविसमा आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा विभिन्न शीर्षकमा गरी रु एक लाख ४७ हजार ३६४ बराबरको सरकारी रकम हिनामिना एवं हानी/नोक्सानी गरेको जनाउँदै आयोगले आयोगके ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम मुद्दा दर्ता गरेको हो।, तत्कालीन गाविस सचिव रामराज न्यौपानेलाई रु एक लाख ४७ हजार ३६४, तत्कालीन जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर सुकदेव अधिकारी र तत्कालीन जिल्ला विकास समितिका योजना अधिकृत गणेश घिमिरलाई ६३ हजार ७५०, तत्कालीन जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर तीर्थराज ढुंगाना र तत्कालीन जिल्ला विकास समितिका अधिकृत ऋषिभक्त वाग्लेलाई रु ७२ हजार २५० मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।, उनका अनुसार तत्कालीन गाविस रजिष्ट्रार लेखापरीक्षक नरहरि पण्डित र श्रीभद्र खनालउपर भने आयोगले कुनै मागदाबी तोकेको छैन।, दसैं खर्चलाई गाविसको परिषद् तयारी खर्च भनी एक/एक महिनाको तलब थप लिने गरेको, परिषद्को निर्णय बिना आर्थिक सहायता दिने गरेको, सल्लाहकार नियुक्ति पछि गरी पहिल्यैदेखिको सम्झौता बनाई रकम भुक्तानी गरेको, जिन्सी खाता नरहेको, विभिन्न फोटोकपी बिल राखी खर्च लेख्ने गरेको, धेरैजसो योजनाका इस्टिमेट र कार्य सम्पन्न प्रतिवेदनमा जिम्मेवार व्यक्तिको हस्ताक्षर नभएको जनाउँदै आयोगको कार्यालयमा उजुरी परेको थियो। ,रासस,
,
आर्थिक अनियमितता गरेको आरोपमा तनहुँका तत्कालीन गाविस सचिवसहित सातविरूद्ध मुद्दा दर्ता
|
सेतोपाटी संवाददाता पर्सामा प्रहरी र काठ तस्करबीच झडप भएको छ।, पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ स्थित फरहदवामा सामुदायिक जंगलबाट काठ तस्करी गरी ल्याउँदै गरेका व्यक्तिहरूलाई रोकेर नियन्त्रणमा लिन खोज्दा सोमबार बिहान करिब ४ बजे झडप भएको प्रहरीले जनाएको छ।, पर्साका डिएसपी ओम प्रकाश खनालका अनुसार तस्करी हुन लागेको सूचनापछि जिल्ला प्रहरी कार्यालयबाट दुई जना सादा पोशाकका प्रहरी खटिएका थिए।, प्रहरीको संख्या कम देखेर ४ जना मोटरसाइकलमा सवार भएका ८ जना तस्करको समूहले ढुंगामुढा र लाठीसहित प्रहरीमाथि प्रहार गरेपछि प्रहरीले हवाई फायर गरेका थिए।, प्रहरीले आत्मरक्षाका लागि ३ राउण्ड हवाई फायर गर्दा तस्कर फरार भएको डिएसपी खनालले बताए।, यद्यपी तस्कर चढेको दुइटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिन सफल भएको उनले जनाए। , बिआर २२ एफ ४१०८ भारतीय नम्बर प्लेट र ना ४० प ९३९६ नम्बरको मोटरसाकल र दुइटा काठको गोली प्रहरीले नियन्त्रणमा लिएको हो।, घटना सम्बन्धमा थप अनुसन्धान गर्दै प्रहरीले फरार तस्करको खोजी कार्य गरिरहेको डिएसपी खनालको भनाइ छ।,
पर्सामा काठ तस्कर र प्रहरीबीच झडप, ३ राउण्ड हवाई फायर
|
सेतोपाटी संवाददाता वन रक्षकमा फारम भरेका एक जना युवकको बबई नदीमा पौडीको अभ्यास गर्ने क्रममा बगेर मृत्यु भएको छ। , दाङको राप्ती गाउँपालिका वडा नं. ८ पिपरीका १९ वर्षीय आशिष चौधरीको आइतबार दिउँसो बबई नदीमा अभ्यास गर्ने क्रममा बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। , साथीसँगै दंगीशरण गाउँपालिका वडा-३ रावत गाउँका विशाल चौधरीको घरमा पुगेका आशिषको पौडीको अभ्यास गर्ने क्रममा बबईमा बगेर मृत्यु भएको डिएसपी अर्यालले बताए। , ‘उनीहरूले सँगै वन रक्षकको तालिम भरेका रहेछन्,’ अर्यालले भने, ‘वन रक्षक बन्न रुखमा चढ्न सक्नुपर्छ र पौडी खेल्न जान्नुपर्छ भनेर उनीहरू बबईमा अभ्यास गर्न गएका रहेछन्। त्यही क्रममा एक जनाको बगेर मृत्यु भएको रहेछ।’, दुई साथीसँगै बबईमा पौडीको अभ्यास गर्न पसे पनि विशालले पौडिँदै बबई पार गर्न सफल भएको र आशिष भने बगेको डिएसपी अर्यालले बताए। , आइतबार दिउँसो घटना भएको केहीबेरमै करिब दुई अढाई सय मिटर तल आशिषको शव फेला परेको थियो। , आशिष परिवारका एक्ला सन्तान रहेको प्रहरीले जनाएको छ।,
वन रक्षकमा फारम भरेका युवकको अभ्यासका क्रममा बगेर मृत्यु
|
नारायण खड्का बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको पूर्व-पश्चिम राजमार्गमा पाटे बाघले एक जनाको ज्यान लिएको छ।, राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरबाट एक जना भारतीय नागरिकलाई बाघले राजमार्ग क्षेत्रबाट तानेर खाएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए।, ‘त्यस क्षेत्रमा बाघ बौलाएको छ,’ एसपी अधिकारीले भने, ‘राजमार्ग क्षेत्रबाटै दुई दिनमा दुई वटा गाई पनि मारेको छ।’, बाघको आक्रमणमा परेका भारतीय नागरिकको पहिचान खुल्न नसकेको भए पनि उनी स्थानीय एक होटलमा भाँडा माझ्ने काम गर्ने खुलेको एसपी अधिकारीले बताए।, ‘उनको मानसिक सन्तुलन पनि ठिक थिएन भनेर स्थानीयले जानकारी दिएका छन्,’ अधिकारीले भने।, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघले खाएका ती व्यक्तिको खुट्टामात्रै फेला परेको बताए।, ‘खबर आएपछि हामी आज बिहानै खोजीमा गएका थियौं,’ शाहले भने, ‘बाघले ती व्यक्तिको शरिरको माथिल्लो भाग खाइसकेको अवस्थामा खुट्टामात्रै बिहान साढे ७ बजेतिर निकुञ्ज क्षेत्रभित्र फेला पर्यो।’, प्रमुख संरक्षण अधिकृत शाहले केही दिनदेखि गाभर क्षेत्रमा एक जोडी पाटेबाघ देखिइरहेकाले आइतबार बेलुकादेखि त्यसक्षेत्रमा गस्तिमा खटिने गरेको बताए।, ‘हामी गस्तिमा जाँदा पनि आक्रमणमा परेका ती व्यक्तिलाई आइतबार बेलुका ५ बजेतिर राजमार्गको छेउमा बसेको देखेका थियौं,’ शाहले भने, ‘आज बुझ्दा उनैलाई बाघले झम्टिएर राजमर्गदेखि झन्डै ५ सय मिटरभित्र लगेर खाएको अवस्थामा खुट्टामात्र फेला पर्यो।’, यो पनि पढ्नुस्: , लजालु स्वभावको पाटेबाघ मान्छेमाथि जाइलाग्नुका कारण, मानसिक सन्तुलन ठिक नभएका भनिएका ती व्यक्तिलाई आइतबार झिसमिसे साँझमा बाघले झम्टिएर लगेको हुन सक्ने शाहले बताए।, ‘बाघले कि झिसमिसे साँझमा वा सूर्योदयको समयमा बढीजसो शिकार गर्छ,’ शाहले भने, ‘दिनभर झाडीमा लुकेर बस्छ।’, बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत गाभर क्षेत्रमा केही समयदेखि पाटेबाघ देखिन थालेपछि आफूहरूले क्यामेरा राखेर बाघको अनुगमन बढाएको, स्थानीयलाई जंगलमा घाँस दाउरा काट्नका लागि नजान सचेत तुल्याएको र राजमार्ग क्षेत्रमा रात्रिकालीन समयमा साना सवारी साधन सञ्चालनमा रोक लगाउन निर्देशन दुई दिनअगाडि नै दिएको शाहले बताए।, निकुञ्ज भित्रै पर्ने पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा ठाउँ-ठाउँमा छाडा गाईवस्तु रहेको हुँदा बाघले ती गाईवस्तुलाई शिकार गर्दै आएकाले सचेत रहन आग्रह गरिएको शाहले जानकारी दिए।, गाभरका स्थानीयका अनुसार ती भारतीय नागरिक होटलमा भाँडा माझ्ने काम सकेपछि प्राय: राजमार्ग क्षेत्रमा साँझ एक्लै बस्थे। त्यही समयमा उनलाई बाघले झम्टिएर लगेको हुनु पर्ने बताएका छन्। आइतबार बेलुका उनी फर्किएर होटलमा नआएपछि उनलाई बाघले लगेको हुन सक्ने आशंका गरी बिहानै खोजी सुरू भएको थियो।, केही दिनयता गाभर क्षेत्रमा बाघ रातभरजसो कराउने गरेको, स्थानीयका केही बाख्रासमेत मारेको हुँदा आफूहरू त्रसित बनेको एक स्थानीयले बताए।,
फेरि बाघले बाँकेमा मान्छे खायो
|
सेतोपाटी पिजी रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।,
,
प्रतिव्यक्ति दुई हजार ५०० रूपैयाँका दरले रकम उठाएर काममा नलगाई ठगी गरेको भन्ने जाहेरीका आधारमा स्याङ्जा, फेदीखोला गाउँपालिका-४ स्थायी घर भई हाल कास्की, पोखरा महानगरपालिका-२७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ।,
,
निजलाई यही भदौ २५ गते पक्राउ गरी ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ,रासस,
'जागिर लगाइदिन्छु' भन्दै ठगी गर्ने पक्राउ
|
रोहित महतो धनुषाको बटेश्वर गाउँपालिका कार्यालयको नवनिर्मित भवन प्रयोगमा नआउँदै चर्किएको छ।, पहिलो चरणको निर्माण कार्य सकिएर उद्घाटन तयारी भइरहेको भवनमा दर्जनभन्दा बढी ठाउँमा चिरा परेको छ।, बर्खामा उक्त भवनभित्र पानीसमेत चुहिएको थियो। गुणस्तरहीन निर्माणले गर्दा भवन चिरा परेको हो। , २०७६ जेठ १२ मा सम्झौता भई गएको फागुनमा भवनको निर्माण कार्य सम्पन्न भएको थियो।, ३ करोड ८५ लाख लागत अनुमान गरिएको सो भवन पहिलो चरणमा धन्नजय रब्बानी जेभी कन्स्ट्रक्सनले २ करोड ४८ लाख ५३ हजार ३ सय २४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।, भेरियसन अर्डर (भिओ) सहित गाउँपालिकाको कार्यालयले ठेकेदारलाई भ्याटसहित २ करोड ७५ लाख रुपैयाँ भुक्तानी गरेको छ।, पहिलो पटक १९ लाख र दोस्रो पटकमा ८ लाख भिओ रकम थप गरेर निर्माण कम्पनीलाई भुक्तानी दिइएको हो। गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख इन्जिनियर जितेन्द्र यादवले पहिलो चरणको काम सम्पन्न भइसकेको सो भुक्तानी गरिएको बताए।, गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतका अनुसार ठेकेदारले सम्झौताबमोजिम अझै पनि काम सम्पन्न गरिसकेका छैनन्।, ‘साइटबाट माटो राख्न बाँकी रह्यो। दुई/चार लाखको काम अझै बाँकी रह्यो,’ उनले भने, ‘दोस्रो भिओमा ठेकेदार र इन्जिनियर मिलेर २० लाख माग गरे तर कार्यपालिका बैठकबाट ८ लाखमात्र दिने निर्णय भएपछि यी दुबैले मलाई फसाउने योजना बनाए।’, अन्डरग्राउण्डमा जेठ महिनादेखि पानी जमेकोले भवनको सतह कमजोर हुने र निर्माण गरिएको भाग छिट्टै उप्किएर जाने सम्भावना रहेको छ। के कारणले भवनमा पानी चुहिने समस्या देखिएको हो भन्ने पहिचान भइसकेको छैन।, ठेकेदारसँगै साइटमा खटिएका प्राविधिकको बदमासीले समेत यस्ता समस्या आउने गरेको ती इन्जिनियरले बताए।, अध्यक्ष राउतका अनुसार सुरूमा एकतले भवन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। तर काम सुरू भइसकेपछि अण्डरग्राउण्ड निर्माण गर्ने योजना बन्यो।, ‘यति धेरै खाल्डो खनिसकेपछि किन माटो पुर्नु। अण्डरग्राउण्डको रूप दिएर भोलिका दिनका लागि पार्किङ, होटल, खाजा कार्यक्रम पनि गर्न सकिन्छ भनेर साथीहरुको सुझाव आयो,’ अध्यक्ष राउतले भने, ‘ठेकेदारले एकदमै कम पैसा लिने मसँग वाचा गरे। ३० लाखबाट बार्गेनिङ हुँदाहुँदै १०/१२ लाखमा अण्डरग्राउण्ड बनाउने सम्झौता भयो।’, भिओ भन्दै गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख इन्जिनियर जितेन्द्र यादव र ठेकेदारले मिलेर झण्डै १५ लाख बढी रुपैयाँ लिएको उनको भनाइ छ।, ‘अण्डरग्राउण्ड गर्दा गर्दै सोलिङ गर्नुपर्ने, शौचालय निर्माण गर्नुपर्ने त घरी सम्झौतामा यो लेखेको थिएन, त्यो लेखेको थिएन भनेर भिओ बढाएर त्यति रकम लियो,’ अध्यक्ष राउतले भने।, सोही भवन निर्माण सम्पन्न भएर भुक्तानी दिन अध्यक्ष राउतले ठेकेदारबाट ८ लाख रुपैयाँ कमिसन लिएको आरोप छ। अख्तियारका अनुसार गएको फागुन १७ गते अध्यक्ष राउतले ठेकेदारबाट लिएको उक्त कमिसन रकम सरकारी गाडीबाटै फालेर फरार भएका थिए।, घटनामा अख्तियारले अध्यक्ष राउतलाई धरौटीमा छाडेर अनुसन्धान गरिरहेको छ।, गाउँपालिकाका इन्जिनियर यादवका अनुसार अध्यक्ष राउत घुस काण्डमा मुछिएलगत्तै अख्तियारले भवन निर्माणसम्बन्धी सबै कागजात जफत गरेका छन्। कार्यालयको नवनिर्मित भवन केही ठाउँमा चर्किएको भनी आफूले समेत थाहा पाएको अध्यक्ष राउतले बताए।, त्यसको बदलामा निर्माण कम्पनीले राखेको धरौटी रकम जफत हुने उनको भनाइ छ।, ‘मैले भवन चर्किएको देखेपछि इन्जिनियरलाई खोजें तर उनी फेला परेनन्। उनीहरूले जवाफ दिनुपर्छ। अब धरौटी राखिएको रकम जफत हुनेछ ,’ उनले भने।, गाउँपालिकाका प्राविधिक प्रमुख इन्जिनियर यादवले चर्किएको ठाउँमा मर्मत सम्भारका लागि निर्माण कम्पनीलाई पत्र लेखिसकेको बताए।, ‘मर्मत गरिदिने भनेको छ, थोरै चर्किएकोमात्र हो,’ उनले भने।, भवनको गएको फागुन महिनादेखि एक वर्षसम्म वारेन्टी अवधि रहेको छ। जसमध्ये ६ महिना बितिसकेको छ।,
उद्घाटन नगर्दै चर्कियो झन्डै तीन करोडमा बनेको गाउँपालिका भवन
|
दिपकजंग शाही नेपाल र चीनबीचको सीमा विवादबारे अध्ययन गर्न बनेको टोली हिल्सातर्फ गएको छ। शनिबार हुम्ला सदरमुकाम पुगेको टोली सोमबार हिल्सातर्फ गएको हो।, सरकारले सीमा विवादबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा तीन सदस्यीय टोली बनाएको थियो।, हुम्ला सदरमुकामबाट हिल्सा जाँदा भने टोलीमा सात जना रहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए।, ‘उहाँहरू यहाँ आएर हामीसँग समन्वय गर्नुभएको छ, यहाँबाट सीमानातर्फ जान सात जनाको टोली छ,’ उनले भने।, अध्ययन टोली गाडीमा सीमानातर्फ गएको उनले बताए।, सहायक प्रजिअ राईका अनुसार गाडी पुग्ने ठाउँसम्म गइसकेपछि टोली पैदल हिँड्ने छ।, नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार हुम्ला सदरमुकामदेखि हिल्सा क्षेत्रमा जान डेढ दिन लाग्छ। अध्ययन टोली आज लिमी बास बस्ने उनले बताए।, ‘मलाई फोन आएको थियो, म काठमाडौं भएको भएर जान पाइएन,’ अध्यक्ष तामाङले भने, ‘यताबाट गएको टोलीले सीमा स्तम्भ अध्ययन गर्नेछ, हाम्रो गाउँपालिकाको अन्य टोलीले सघाउला।’, उनका अनुसार हिल्सा क्षेत्रका ७ देखि १२ नम्बर सम्मको स्तम्भहरूमा केही तलमाथि देखिएको छ।, गत वर्षको असोजदेखि नेपाल र चीनबीच सीमा तलमाथि भएको पाइएको छ।, चीनको सीमानामा पर्ने नाम्खा गाउँपालिका–६ मा पर्ने लाप्चा क्षेत्रमा चिनियाँ पक्षले भवन बनाएदेखि विवाद देखिएको छ।, गत वर्ष पनि सरकारी टोलीले उक्त क्षेत्रको अध्ययन गरेको थियो।,
हिल्सा गयो हुम्ला सीमा विवादबारे अध्ययन गर्न बनेको टोली
|
एजेन्सी श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ देखाउँदै राजीनामा दिएका छन् ।, विदेशी विनिमय सङ्कट तीव्र हुँदै गएपछि सरकारले आयातलाई नियन्त्रण गरेको छ । केन्द्रीय बैंक प्रमुख डब्ल्यू.डी. लक्ष्मणले विगत १० दिनको दौडान गम्भीर ‘मानसिक तनाव’ भएको बताउँदै ८० वर्षको उमेरमा आफ्नो योजनाबद्ध अवकाशभन्दा छ हप्ता अगाडि आगामी मङ्गलबार पदबाट हट्ने बताए ।, लक्ष्मणले राष्ट्रपति गोतबाया राजपाक्षको आर्थिक नीति तयार गरेको तर वैचारिक र व्यक्तिगत झडपका कारण यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेको बताए ।, उनले संवाददाताहरूसँग भने, ‘गत हप्तादेखि १० दिनसम्म सञ्चारमाध्यममा अप्रिय रिपोर्टहरू भएका छन् । केही राजनीतिक मुद्दाहरू छन्, केही व्यक्तिगत मुद्दाहरू छन् । साधारणतया, मेरो योजनाअनुसार काम गर्न सजिलो थिएन ।’, वित्तमन्त्री बासिलले श्रीलङ्काले ‘खतरनाक विदेशी मुद्रा सङ्कट’ सामना गरेको घोषणा गरेको तीन दिनपछि केन्द्रीय बैंकका प्रमुख लक्ष्मणको घोषणा भएको हो ।, अधिकांश निजी बैंकहरूको आवश्यक आयातका लागि लगानी गर्न विदेशी मुद्रा समाप्त भएको बताएपछि राष्ट्रपतिले गत हप्ता आर्थिक सङ्कटकालको अवस्था घोषणा गरेका थिए । पछिल्ला दिनहरूमा देशका विभिन्न शहरहरूमा चिनी र चामलका लागि दैनिक पसलहरूमा ठूलो लाइन देखिन थालेको छ ।, सरकारले मुद्रा बचाउनका लागि यसपहिले नै गाडी, केही खाना पकाउने तेल, मसला र अन्य सामान आयातमा रोक लगाइसकेको छ ।, बिहीबार केन्द्रीय बैंकले मोबाइल फोन, उपभोग्य वस्तु, टायर र लत्ताकपडाको आयातलाई वित्त पोषण गर्न ऋण उपलब्ध नगराउने भन्दै प्रतिबन्धलाई थप कडाइ गरेको हो ।, प्रमुख पर्यटन क्षेत्र बन्द भएपछि गत वर्ष श्रीलंकाको कोरोनाभाइरस प्रभावित अर्थव्यवस्था ३.६ प्रतिशतले घटेको थियो ।, सरकारी तथ्याङ्कले देखाएअनुसार जुलाईको अन्तमा विदेशी मुद्राको भन्डारण २.८ अर्ब अमेरिकी डलरमा झरेको छ । श्रीलङ्काले बाँकी वर्षको अवधिमा वैदेशिक ऋणको सेवा गर्न करिब दुई अर्ब डलर तिर्नु परेको छ ।, अन्तर्राष्ट्रिय ‘रेटिङ एजेन्सी’हरूले देशको निक्षेपको अवस्थालाई कम गरेका छन् र यसले चाँडै पूर्वनिर्धारित व्यापार घाटामा योगदान गर्न सक्छ भन्ने डर व्यक्त गरेका छन् । रासस/एएफपी,
विदेशी विनिमय सङ्कट बढेपछि श्रीलङ्काका केन्द्रीय बैंक प्रमुखले दिए राजीनामा
|
सेतोपाटी भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।, महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।, हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।, रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।, नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको गौतमले बताए ।, यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।, ऋषिपञ्चमी सुरु हुनुको मान्यता महिलाको रजस्वलासित जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिए ।, यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदीले जानकारी दिए ।, रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो ।, रज भनेको फोहर हो जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ । यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणसमेतबाट अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा पनि उनले जोड दिए ।, आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।, आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ । कोरोना महामारी कम हुँदै गएकाले मन्दिर खुला गरिए पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पूजा आराधना गर्न प्रशासनले आह्वान गरेको छ । ,रासस,
आज ऋषिपञ्चमी, सप्तऋषिको पूजाआजा गरिँदै
|
सेतोपाटी संवाददाता ब्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ।, राणाका ज्वाइँ अनिलकेशरी शाहका अनुसार उनको ८५ वर्षको उमेरमा निधन भएको हो ।मिर्गौला प्रत्यारोपणपछि उनी नियमित डाइलाइसिस गर्दै आएका थिए ।, काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा उनको शनिबार बिहान निधन भएको हो।, नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमसेरका कान्छा छोरा रुक्म सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बनेका थिए ।, भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक हुन्।, राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्यसचिव थिए। त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व दिएका थिए । उनी अहिले पनि ओलम्पिक कमिटीमा मानार्थ अध्यक्ष छन् ।, उनले वि.सं. २०५० देखि वि.सं. २०५१ सम्म र वि.सं. २०५४ देखि वि.सं. २०५५ सम्म उक्त पदमा रहेर काम गरेका थिए।, उनको जन्म सन १९३६ मार्च १२ मा भएको थियो।, उनका ज्वाइँ अनिलकेशरी शाहका अनुसार राणाको आइतबार दाहसंस्कार गरिनेछ।,
,
व्यवसायी रुक्मशमशेर राणाको निधन
|
सेतोपाटी संवाददाता झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा शुक्रबार एकै दिन दुई जना व्यक्तिको शव फेला परेको छ।, झापा गाउँपालिका वडा नम्बर २ को बालुवाटार गाउँस्थित सुन्दरलाल राजवंशीको खाली घरको दलानमा उत्तानो परेको अवस्थामा एउटा शव फेला परेको छ। ४० वर्षीय मन्जु टुडुको शव त्यहाँ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी राकेश थापाले सेतोपाटीलाई बताए।, मृतक झापा गाउँपालिका वडा नम्बर ५ की स्थायी बासिन्दा हुन्।, त्यस्तै, अर्को शव झापा-१ को सालमारा गाउँको सिरिसाइला मुर्मुको धान खेत पश्चिम सानो माइखोलाको किनारमा फेला परेको छ।, घोप्टो परेको अवस्थामा महिलाको शव फेला परेको हो। शवको पहिचान हुन सकेको छैन। उक्त शव सडिएको अवस्थामा फेला परको हो।, दुई वटै शवलाई स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय कुमरखोदलाई जानकारी गराएका थिए।,
झापामा दुई वटा शव फेला
|
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्युन चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भुभागस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिण तर्फ रहेको महाशाखाले जनाएको छ।, आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, आइतबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।, सोमबार दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।,
आज धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
|
एजेन्सी अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरुको सङ्ख्यामा बृद्धि भएको छ। कोभिडबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरूले जनाएका छन् ।, अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको छ । अमेरिकामा देशभरी नै डेल्टा भेरिएन्ट फैलिएको छ । चिकित्सकहरूले पनि डेल्टा भेरिएन्ट र शैक्षिक सत्रकोसुरुवातका कारण धेरै बालबालिका सङ्क्रमित भएको बताएका छन् ।, अमेरिकाको केन्द्रीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले गत मंगलबार मात्रै दुई हजार ३९६ जना बालबालिका कोभिडका कारण अस्पताल भर्ना भएको जनाएको छ । यो सङ्ख्या निकै धेरै भएको पनि अधिकारीहरूले बताएका छन् । अमेरिकामा कोभिडको महामारी सुरु भएको समय सन् २०२० को अगस्टदेखि अहिलेसम्म कुल ५५ हजार बालबालिका कोरोनाका कारण अस्पताल भर्ना भएका छन् । , कोभिडका कारण मृत्यु भएका बालबालिकाहरुको सङ्ख्यामा पनि बुद्धि हुँदै गएको पाइएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ५२० जनाको मृत्यु भइसकेको छ ।,
अमेरिकामा कोभिड सङ्क्रमित बालबालिका अस्पताल भर्ना हुने क्रम बढ्यो
|
सेतोपाटी संवाददाता पशुपतिनाथको शिव लिंगमा राखिएको सुनको जलहरिमा कुनै अनियमिता नभएको पशुपति विकास कोषले जनाएको छ।, नेपाल सरकार तथा कोषको लागतमा स्थापना गरिएको जलहरी कोषका पदाधिकारी, मूलभट्ट, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष निगरानीमा सीसी क्यामेराको समेत प्रयोग गरी जलहरी निर्माण तथा स्थापना गरिएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ।, कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले यसरी सम्पन्न गरिएको उक्त कार्यमा कुनै पनि किसिमको अनियमितता नभएको स्पष्ट पारेका छन्।, विज्ञप्तिमा हिन्दु धर्मलाई आदर्श मान्ने र धर्म रक्षाका लागि लागिरहने पदाधिकारीहरुलाई समेत धर्म विरोधि जस्ता आरोप लगाएर हिन्दु धर्मकै विरोध गर्नेहरुले प्रचारवाजी गरेको हुन सक्ने कोषका एक पदाधिकारीले बताए। , कसैको निजी स्वार्थ र कुण्ठा पूरा नभएकै कारण आधारहीन आरोप–प्रत्यारोप र प्रचारबाजी समेत गरेको सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा नकारात्मक समाचार प्रकाशन गर्न लालयित रहेको भन्दै हिन्दू धर्म, संस्कृति, परम्परा र रीतिरिवाजलाई शिरोधार्य गर्दै भगवान् श्रीपशुपतिनाथको सेवामा लागिरहेको व्यक्तिलाई हतोत्साहि पार्न खोजिएको कोषका एक पदाधिकारीले बताए ।, ‘भगवान् पशुपतिनाथको गरिमालाई अझ समुच्च बनाउनु हामी सबैको परम दायित्व हो भन्ने कुरामा हामी सदैव सचेत रहँदै कार्यसम्पादन गर्दै आएका छौँ । तसर्थ, यस्ता अर्नगल प्रचारको भ्रममा नपर्न सम्पूर्ण सञ्चारकर्मी तथा सम्बन्धित सबैमा जानकारीका साथ अनुरोध गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ।, पशुपतिनाथमा रहेको शिवलिंगको जलहरिबारे उजुरीका आधारमा अनुसन्धान भईरहेको र अनियमितता भएकै छ भने स्थिति अहिले नरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन्। ,
पशुपतिको जलहरिमा अनियमितता भएको छैनः पशुपति क्षेत्र विकास कोष
|
हेमन्त केसी/रासस नेपालले सन् २०१९ भित्र उन्मुलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर जाजरकोटमा दादुराका बिरामी फेला परेका छन्। भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दादुराका बिरामी फेला परेका थिए।, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमूना संकलन गरी जाँच गर्दा थप दुईमा दादुरा संक्रमण पुष्टि भएपछि अवस्था गम्भीर देखिएको भेरी नगरपालिकाको स्वास्थ्य शाखाका दीपक ओलीले बताए।, शुक्रबार मात्र प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिका स्वास्थ्य शाखाबाट संयुक्तरूपमा स्थलगत अनुगमन गरिएको छ। स्वास्थ्य सेवा कार्यालयले बर्सेनि ददुराविरुद्धको खोप लगाउने गरे पनि त्यो अभियान पूरै असफल भएको स्थानीयवासी बताउँछन्। अन्यत्र पनि जाँच नहुँदा थाहा हुन नसके पनि ददुरा सुरुवा रोग भएकाले यसलाई समयमै उच्च सावधानी अपनाउन नसके अवस्था जटिल भएर जाने ओलीले जानकारी दिए।, चार जिल्लामा दादुराका बिरामी, सन् २०२० मा दादुराका बिरामी ललितपुर, सर्लाही, झापा र धादिङ जिल्लामा पाइएका थिए। यो साढे तीन महिनाको समयमा १२५ दादुराका बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।, सन् २०१९ मा देशभर दादुराका बिरामीको संख्या ४३० थियो। खोप रोकिएका कारण आगामी दिनमा बालबालिकामा दादुरालगायत क्षयरोग र पोलियोजस्ता रोग बढ्न सक्ने चिकित्सकले चेतावनी दिँदै आएका छन्। अत्यावश्यक सेवा रोक्न त मिल्दैन, तर मानिसहरु बालबालिका लिएर खोप लगाउन आउन नपाउने र यातायातका साधन पनि नचलेपछि खोप सेवा बन्द भएकाले समस्या हुँदै आएको चिकित्सकको तर्क छ।, कस्तो खतरा छ,?, सरुवा रोगमध्ये पनि निकै चाँडो फैलन सक्ने क्षमता भएको हुँदा दादुरा नियन्त्रणलाई गम्भीरतापूर्वक लिनुपर्ने विज्ञहरू बताउँछन्। दादुराले विशेषगरी पाँच वर्षभन्दा मुनिका बालबालिका र गर्भवतीलाई ग्रस्त बनाउने चिकित्सकको भनाइ छ।, दादुरा आउँदा छालामा रातो फोका देखिने र ज्वरो आउने हुन्छ। दादुराले कहिले काहीँ फोक्सो र मस्तिष्कमा संक्रमण भएर जटिलता उत्पन्न गराइदिन सक्छ। केन्द्रीय तथ्यांक विभागले सन् २०११ मा गरेको जनगणनाअनुसार नेपालमा चार वर्षसम्मका बालबालिकाको संख्या २५ लाख ६७ हजार थियो। सो कूल जनसंख्याको करिब १० प्रतिशत हो।, उपचारको व्यवस्था कस्तो छ ,?, विकसित मुलुकमा सन् १९६३ बाट प्रयोगमा आएको दादुराको खोप नेपालमा भने सन् १९७९ मा मात्र आएको थियो। सुरुका दिनमा उक्त खोप निकै महँगो मानिने भए पनि अहिले ठूलो परिमाणमा उत्पादन हुने हुँदा मूल्य क्रमिकरूपमा घट्दै गएको जानकारहरू बताउँछन्।, एक जनालाई एकपटक लगाइने दादुराको खोपको मूल्य एक अमेरिकी डलर जति पर्छ। त्यसमाथि विश्व स्वास्थ्य संगठन र युनिसेफजस्ता संस्थाले त्यस्ता खोपको खरिदमा सहयोग गर्ने हुँदा खर्च कम हुँदै आएको छ। रुघाखोकी, ज्वरो र दाग गराउने यो रोगबाट एमएमआर खोप दुईपटक दिएर जोगिन सकिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार यहाँ पाँच वर्ष उमेरका ९५ प्रतिशतले पहिलो खेपको खोप लगाएका छन् भने ८७.४ प्रतिशतले दोस्रो खेप लिएका छन्।, सन् २०१९ मा दादुरा रोगीको संख्यामा भारी वृद्वि हुँदै पछिल्लो २३ वर्षयताकै अत्यधिक रहेको युनिसेफले आफ्नो बुलेटिनमा बताएको छ। विश्व स्वास्थ्य संगठन र संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)द्वारा संयुक्तरूपमा प्रकाशित विवरणअनुसार सन् २०१९ मा आठ लाख ६९ हजार ७७० दादुराका बिरामी भेटिएको उल्लेख छ।, त्यो सङ्ख्या विश्व स्वास्थ्य संगठन कार्यरत सबै क्षेत्रमा गरी सन् १९९६ यता देखिएको सबैभन्दा धेरै हो। सन् २०१६ यता दादुराको कारणले मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशतले वृद्वि भई सन् २०१९ मा मात्रै अनुमानित दुई लाख सात हजार ५०० को मृत्यु भएको उल्लेख छ।, सन् २०१० देखि २०१६ सम्म विश्वव्यापीरूपमै स्थिर प्रगति देखिएकामा सन् २०१९ सम्म आइपुग्दा दादुराका बिरामीको संख्यामा वृद्धि भयो। दादुराका कारणले हालसम्मकै थोरै मानिसले ज्यान गुमाएको वर्ष सन् २०१६ को तथ्यांकलाई २०१९ को तथ्यांकसँग तुलना गर्दा बिरामीको संख्या र मृत्यु दुवै बढ्नुको प्रमुख कारण दादुरा रोकथामका लागि आवश्यक खोप (एमसिभी–१ र एमसिभी–२) समयमा दिन नसक्नु भएको उल्लेख छ।, खोप के हो,, ,यसले कसरी काम गर्छ,?, बितेको शताब्दीमा खोपले करोडौँ मानिसको ज्यान जोगाएको छ। कतिपय देशका स्वास्थ्य विज्ञहरू त्यहाँ खोपप्रति हिच्किचाहट प्रवृत्ति बढ्दो रहेको बताउँछन्। यो प्रवृत्तिप्रति विश्व स्वास्थ्य संगठन चिन्तित छ। खोपको खोज हुनुभन्दा पहिले संसार निकै खतरनाक थियो, जहाँ विविध रोगका कारण दशौँ लाखले ज्यान गुमाइरहन्थे।,
जाजरकोटमा देखिए दादुराका बिरामी
|
खिलानाथ ढकाल संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।, नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।, गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।, मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने भनेको छ।, लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग कपडा बरामद भएको प्रहरीले जनाएको छ।, ‘केही कुराहरूको पुष्ट्याइँ गरेर हामी भोलि आरोपित व्यक्तिलाई सार्वजनिक गर्ने छौं,’ अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक भीमबहादुर दाहालले सेतोपाटीसँग भने।, प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए। , ‘हामी अनुसन्धानको निष्कर्षमा पुगेका छौं, घटनाबारे विस्तृत रुपमा भोलि पत्रकार सम्मेलनमा भन्नेछौं,’ दाहालले भने।, घटना के कसरी र के कारणले भएको भन्नेबारे पनि प्रहरीले सार्वजनिक गर्ने उनले बताए।, प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले हत्या आरोपमा एक युवालाई पक्राउ गरिएको बताए। उनले केही काम बाँकी रहेकाले आइतबार आरोपितलाई सार्वजनिक गर्दा विस्तृतमा खुलाइने बताए।, परिवारका ६ जनाकै छुट्टाछुट्टै स्थानमा शव फेला परको थियो। , उनीहरूलाई पालैपालो टाउकोमा प्रहार गरेर हत्या गरिएको थियो। पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा उनीहरूको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ले भएको खुलेको थियो।, पारिवारीक दुश्मनीका कारण घटना भएको प्रहरीले जनाएको छ। मृतकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ।, घटना एकाबिहानै भएको पनि अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार घटना साढे ५ देखि ६ बजेको बीचमा भएको देखिएको छ। , कार्कीले सुरूमा तेजबहादुरलाई प्रहार गरेको र त्यसपछि क्रमश: पालैपालो अरूलाई प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।,
संखुवासभा हत्याकाण्डमा समातिए भतिजा नाता पर्ने व्यक्ति, उनले नै ६ जनाको हत्या गरेको प्रहरी निष्कर्ष
|
सेतोपाटी संवाददाता जनकपुरमा निजी विद्यालयका शिक्षक-शिक्षिकाको कुटाइबाट एक विद्यार्थी घाइते भएका छन्।, जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित स्वस्तिक इङ्लिस बोर्डिङ स्कुमा कक्षा ४ मा अध्ययनरत् सिद्धार्थ ठाकुर घाइते भएका हुन्।, विद्यालयकी शिक्षिका शोभा साह र शिक्षक रब्बानी हुसैनले कुटपिट गर्दा उनको दाहिने हात भाँच्चिएको छ।, सिद्धार्थका बुवा जितेन्द्र ठाकुरका अनुसार गएको बुधबार होमवर्क नबनाएको भन्दै शिक्षिका साहले उनलाई पाइपले निर्घात कुटेकी थिइन्।, बिहीबार समेत शिक्षक रब्बानीले डस्टर लिएर हातको सोही भागमा हिर्काउँदा दुखाई सहन नसकेर सिद्धार्थ चिच्याउँदै घर भागेका थिए।, लगत्तै सिद्धार्थका बुवा जितेन्द्रले विद्यालयका प्राधानाध्यपक श्यामसुन्दर साहलाई कुटपिट गरेको गुनासो सुनाउन पुगेका थिए।, ‘प्रिन्सिपल सरले तातोपानीले मालिस गर्नुस्। समान्य चोट हो, मल्हम लगाउँदा ठिक भइहाल्छ भन्नुभयो,’ अभिभावक ठाकुरले भने, ‘गाउँबाट दुई तीन दिन दबाई गर्दा ठिक नभएपछि एक्सरे गरेर चेकजाँच गराउँदा डाक्टरले आधा हड्डी क्रेक भएको भन्नुभयो।’, उनका अनुसार स्कुलका शिक्षक तथा शिक्षिकाले त्यसअघि समेत सिद्धार्थलाई पटक-पटक कुटपिट गरेका थिए। तर बदमासी गर्दा पिटेको होला भनी वास्ता नगरेको उनले बताए।, ‘बच्चाले जति बदमासी गरे पनि यसरी कुट्ने त होइन नि? एउटा हात बच्चामै टुटेर ड्यामेज भइसकेको थियो अर्को हात स्कुलका शिक्षक-शिक्षिकाले भाँचिदिए,’ उनले गुनसो पोखे, ‘मेरो बच्चाको जीवनै बर्बाद गरेर अब दबाईमा जति पैसा लाग्छ दिन्छु भन्दैछन्।’, शिक्षिका शोभाले बुधबार पाइपले सिद्धार्थलाई पिटेको प्रधानाध्यापक साहले समेत स्वीकार गरे।, ‘विद्यार्थीले कक्षामा हल्ला गर्थे। होमवर्क पनि गरेका थिएनन्। त्यसैले शोभा म्याडमले उसलाई एक पटक पाइपले हिर्काएको हो। भोलिपल्ट रब्बानी सरले डस्टरले हिर्काउनुभएको हो,’ उनले भने, ‘दबाइमा के कति खर्च लाग्छ त्यसमा मिलाइदिन्छु भनेको छु।’, विद्यार्थीलाई पाइपले कुट्ने शिक्षिका प्रधानाध्पाक साहका पत्नी हुन्।,
जनकपुरमा शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो
|
रासस इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको शनिबार बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ। उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना भएका उनको निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए।, एक साताअघि कोभिड–१९ को लक्षण देखिएपछि उनलाई मेची अस्पतालमा भर्ना गरिएको थियो। सुरुमा एन्टिजेन परीक्षण गर्दा उनमा कोभिडको सङ्क्रमण देखिएको थिएन। स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो।, बिएन्डसीमा भर्ना गरिएपछि पिसीआर परीक्षण गर्दा उनमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो।, दक्षिणी इलामको रोङ गाउँपालिका–४ निवासी उनी नेकपा (एमाले) इलामको सचिवालय सदस्य थिए। रासस,
कोभिडले इलाम जिसस सदस्यको निधन
|
सेतोपाटी संवाददाता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक सुरू भएको छ। , बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा सुरू भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङले जानकारी दिए।, बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने उनले जानकारी दिए। , यसअघि एमाले स्थायी कमिटी बैठक हिजै (शुक्रबार) अपराह्न ४ बजे बस्ने भनिए पनि संसद बैठक लम्बिएपछि स्थगित भएको थियो। ,
एमालेको स्थायी कमिटी बैठक सुरू
|
सेतोपाटी संवाददाता हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ ।, कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहनुभएका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाडौँकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई सङ्घले हवाई टिकटको प्रबन्ध गरी नेपाल पठाएको हो ।, सङ्घका प्रवक्ता सन्तोष क्षेत्रीका अनुसार शाही र यादव नेपाल एयरलाइन्सको विमानमार्फत शुक्रबार बिहान ९ः०० बजे काठमाडौँ आइपुगेका हुन्। लामा र पौडेल भने यही भदौ १ गते नेपाल फर्किएका थिए। ‘कानुनी प्रबन्ध दूतावासले मिलाउने गर्छ, सङ्घले हवाई टिकट व्यवस्थापन गरेर उहाँलाई घर पठाएको हो’, प्रवक्ता क्षेत्रीले टेलिफोनमा भने।, ६ महिनाअघि कतार गएका शाहीले आफू स्वास्थ्यका कारण काम छाडेर नेपाल फर्कनुपरेको बताए। ‘सुरुका दुई महिना काम गरेँ, त्यसपछि बिरामी परेँ’, उनले भने, ‘कम्पनीले पठाउन नमानेपछि दूतावास र एनआरएनएको सहयोगमा नेपाल आएँ।’ सङ्कटमा सघाएर ‘एनआरएन’ले नबिर्सने गुन लगाएको उनको भनाइ छ। काठमाडौँ ओर्लेपछि आफू जन्मघर बाजुरा हिँडेको शाहीले सुनाए।, कोभिड–१९ महामारी फैलिएयता थुप्रै अलपत्र श्रमिकलाई उद्धार र सहायता गरिएको सङ्घले जनाएको छ । नेपाली दूतावाससँगको समन्वयमा उद्धार कार्य हुने गरेको प्रवक्ता क्षेत्रीले बताए। महामारीका बेला विदेशमा रोजगारी गुमाउने नेपाली श्रमिकको सङ्ख्या ठूलो छ।, सङ्घको राष्ट्रिय समन्वय परिषद् कतारले उद्धार समिति नै बनाएर त्यहाँ रहेका श्रमिक नेपालीको दुःखमा साथ दिँदै आएको छ। ‘समस्यामा परेका जो–कोही नेपालीलाई सङ्घले सहयोग गर्छ’, प्रवक्ता क्षेत्रीले भने, ‘जस्तोसुकै अप्ठ्यारो पर्दा सङ्घमा खबर गर्नुस् भनेका छौँ ।’ ,रासस,
कतारमा अलपत्र श्रमिकको उद्धार
|
डा. नृपेश राजभण्डारी बच्चाहरूमा धेरै किसिमका रोग र समस्याहरू हुन्छन्। तिनीहरू जटिलताका हिसाबमा शल्यक्रिया गरेर उपचार गर्नुपर्ने हुन्छ। साधारणतया हामीले बच्चाको पेट, मृगौला, पिसाब फेर्ने ठाउँ, दिशा गर्ने ठाउँ, हर्नियालगायतको शल्यक्रिया गर्ने गर्छौ। शल्यक्रियाका क्रममा अधिकांश उपचार दुरबिनबाट गर्ने गरिन्छ। , बच्चाहरूले भन्ने, बोल्ने वा दर्शाउने भाव हेरेर रोगको बारेमा बुझ्नुपर्ने हुन्छ अथवा पेडियाट्रिक डाक्टरले दिएको सल्लाह अनुसार हामी बच्चाहरूको शल्यक्रिया गर्ने गर्छौ। कतिपय अवस्थामा बच्चाका अभिभावकले भनेको आधारमा आवश्यकक जाँच गरेर सर्जरी गर्ने गरेका छौ।, सर्जरी गर्ने क्रममा अधिकांश बच्चामा हर्नियाको समस्या हुन्छ। धेरै छोरा बच्चाको अन्डा पेटमा हुन्छ। जन्मने बेलामा अन्डकोशमा ओर्लने हुन्छ। धेरैमा त्यो बन्द हुन्छ। तर १-२ प्रतिशतमा बन्द नहुने भएकाले यहाँबाट पेटको पानी, जाली बोसो वा आन्द्रा अन्डकोशमा आउने समस्यालाई हर्निया भनिन्छ। धेरैजसो बच्चाहरू यो समस्या लिएर आउनुहुन्छ। यसको लागि दुरबिनबाट सानो प्वाल बनाएर सर्जरी गरिरहेका छौं।, योबाहेक बच्चामा पेट दुख्ने, मृगौलाको समस्या र दिशा/पिसा फेर्ने ठाउँको समस्याको पनि सर्जरी हुने गर्छ। आन्द्रामा समस्या हुने रोगको पनि बेलाबखत हामी सर्जरी गरेर निको पार्ने गर्छौ। , योबाहेक जटिल रोगहरू, जस्तै जन्मजात रोग मुटुको रोग, दिशा/पिसा फेर्ने प्वाल हुनुपर्ने ठाउँमा नभएर अर्को ठाउँमा हुनु या बनाउनु पर्ने जस्ता जटिल समस्याहरू ३-४ घन्टा लगाएर अपरेशन गर्दै आइरहेका छौ।, पछिल्लो समय धेरै कुरामा टेक्नोलोजिकल सहज भएको छ। यद्यपी अहिले पनि केही केही अत्यन्तै जटिल किसिमका समस्याको सर्जरी नेपालमा सम्भव भइरहेको छैन। , धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेल अस्पतालमा एकदमै न्यूनतम् मूल्यमा बच्चाहरूको शल्यक्रिया हुने गरेको छ।, यहाँ न्यूनतम् ५ हजारदेखि अधिकतम् २५ हजारसम्ममा जुनसुकै शल्क्रिया पनि हुने गरेको छ। यति मात्र होइन यहाँ असाहय, गरिब तथा पिछडिएका बर्गका लागि निः शुल्क उपचार पनि हुँदै आएको छ।, हर्नियाको शल्यक्रिया गर्न अधिकतम् ७ हजार ५०० रूपैयाँ खर्च लाग्छ भने जटिल बिरामी भएको बच्चाको अपरेशन गर्न २५ हजार रूपैयाँ जति खर्च लाग्ने गर्छ।, सेतोपाटीले मानव स्वास्थ्यमा देखापर्ने विभिन्न रोगका विषयमा सम्बन्धित दक्ष चिकित्सकलाई भेटेर रोग र निदानबारे कुरा गर्ने गरेको छ। आज बच्चाहरूमा कस्ता कस्ता शल्यक्रिया हुन्छन् र के कति खर्च लाग्छ भन्ने विषयमा काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेल अस्पतालमा विगत ५ वर्षदेखि बाल शल्य चिकित्सकको रूपमा कार्यरत डा. नृपेश राजभण्डारीसँग भिडिओ कुरा गरेका छौं।,
बच्चाहरूको कस्ता कस्ता अपरेशन कसरी गरिन्छ, कति खर्च लाग्छ (भिडिओ)
|
सेतोपाटी संवाददाता आफ्नो र केही कांग्रेस नेताहरूको सिफारिसमा प्रहरी जवान पदमा देशभरबाट ४१ जनाको नाम निकालेको भन्दै फेसबुकमा स्टाटस लेख्ने युवा पक्राउ परेका छन्।, गृहमन्त्री बालकृष्ण खाँणसमेतलाई धन्यवाद भन्दै फेसबुकमा स्टाटस लेखेपछि प्युठान प्रहरीले ऐरावती गाउँपालिका-१ का ३० वर्षीय नरेन्द्र गुरुङलाई पक्राउ गरेको हो।, गुरुङलाई शनिबार पक्राउ गरिएको प्युठानका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।, गुरुङले केहीअघि आफ्नो व्यक्तिगत पहलमा ‘प्युठानी छोराहरूले नेपाल प्रहरीमा नाम निकालेको’ भन्दै स्टाटस लेखेका थिए।, उनले ‘प्युठानका उपसभापति बद्री लम्सालको सिफारिसमा ११ जना, हिमाल, श्याम, राजन लगायत साथीहरूको सिफारिस गरी देशभरमा ४१ जनाको नाम निकाल्न सफल भएको’ लेखेका थिए।, उनले सहयोगका लागि गृहमन्त्री खाँणलाई धन्यवाद समेत दिएका थिए।, मल्लका अनुसार गुरुङसँग सो घटनाबारे सोधपुछ भइरहेको छ।, आफ्नो नामसमेत जोडेर प्रहरी जवान पदमा भर्ना गराएको लेखेपछि उनीसँग गृहमन्त्री खाँण असन्तुष्ट थिए। खाँणले गुरुङलाई कारबाही गर्न प्रहरीलाई निर्देशन पनि दिएका थिए।, गुरुङ नेपाल विद्यार्थी संघकै युवा रहेको बताइए पनि प्रहरीले यसबारे थाहा भइनसकेको जनाएको छ। , यस्तो थियो स्टाटस,
‘मेरो सिफारिसमा ४१ जनाको नाम प्रहरी जवानमा निस्केको’ भन्दै गृहमन्त्रीलाई जोडेर स्टाटस लेखेको आरोपमा पक्राउ
|
सेतोपाटी संवाददाता तीजको नाच हेर्न गएकी एक किशोरीमाथि जंगलमा सामूहिक बलात्कार भएको छ।, बङलाचुली गाउँपालिकाकी करिब १७-१८ वर्षीया ती किशोरी तीजको नाच हेरेर राति एक्लै जंगलको बाटो हुँदै घर फर्किने क्रममा बिहीबार बिहान २ बजेतिर तीन युवाहरूबाट सामूहिक बलात्कारमा परेकी थिइन्।, बाटो ढुकेर किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बंगलाचुली गाउँपालिका वडा नं. ७ बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुर मास्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द्रप्रसाद रिजालले बताए।, बिहीबार मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको र सोही दिन उनीहरूलाई पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिए।, पीडित किशोरी प्रहरीको महिला सेलमा रहेको डिएसपी रिजालले बताए।, पीडितले घटनाका आरोपितविरूद्ध किटानी जाहेरी दिइ सकेको हुँदा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढिसकेको डिएसपी रिजालले जानकारी दिए।, पीडितले आफ्नो जाहेरीमा आफू बुधबार साँझ तीजको नाच हेर्न गएको र रातिमा जंगलको बाटो हुँदै घर फर्किने क्रममा एक्लाबर नजिक जंगलमा तीन जनाले जबजस्ती सामूहिक बलात्कार गरेको उल्लेख गरेकी छन्।,
तीजको नाच हेर्न गएकी किशोरीमाथि जंगलमा सामूहिक बलात्कार, तीन जना पक्राउ
|
सेतोपाटी गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो। तीन महिना बित्न लाग्दा पनि हालसम्म अक्सिजन प्लान्ट स्थापनाबारे अन्योल छ। , सम्झौता गरिएको कम्पनी लापरबाहीका कारण प्लान्ट स्थापनामा ढिलाइ भएको हो।, असारभित्र प्लान्ट निर्माण गर्ने गरी हेल्थ केयर सप्लायर्स, काठमाडौं र अस्पतालबीच सम्झौता भएको थियो।, प्लान्ट स्थापनाको काम सुरू हुन नसकेको जिल्ला अस्पतालका प्रमुख चिकित्सक डा वसन्तराज जोशीले बताए। प्लान्ट स्थापना गर्न संघीय सरकारबाट रु एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट रु ८० लाख प्राप्त भएको छ। , 'गत आर्थिक वर्षभित्र जडान गरिसक्ने गरी असारमा दुवै पक्षबीच सम्झौता भएको हो', जोशीले भने, 'असारमा काम गर्न नसक्ने भनेपछि एक महिना म्याद थपिएको थियो। कम्पनीको मान्छेसँग सम्पर्क गर्दा चीनबाट सामग्री मगाएका छौं, अझै नेपालमा पुगेको छैन भन्ने जवाफ आएको छ।', कम्पनीले सम्झौता गरे पनि समयमा काम नगर्दा अन्योल भएको उनको भनाइ छ।, भदौसम्म पर्खिने र उक्त समयमा पनि काम गर्न नसके अर्को कम्पनीको खोजी गर्ने अस्पतालको तयारी छ। , कोरोना महामारीको दोस्रो लहरसँगै जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र सङ्घीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको हो।, तेस्रो लहर आए उपचारमा समस्या हुने देखिन्छ। जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ। 'प्लान्ट स्थापना गरिए ५० शय्याको अस्पताल सञ्चालनमा ल्याउन सहयोग पुग्छ, शल्यक्रिया गर्न तथा सघन उपचार कक्ष सञ्चालनका लागि पनि सहज हुन्छ', जोशीले भने।, अस्पतालसँग हाल एक सय ६ अक्सिजन सिलिन्डर रहेको छ। जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट १८ जनाको मृत्यु भइसकेको छ। ,रासस, ,
बैतडीमा अक्सिजन प्लान्ट स्थापना अन्योलमा
|
सेतोपाटी संवाददाता कोटेश्वर ट्राफिक र मनोहरा सरफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले सरसफाइ कार्यक्रम गरेको छ।, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख रामकृष्ण देवकोटाको नेतृत्वमा सरसफाइ कार्यक्रम गरिएको हो।, ट्राफिकका अधिकृतदेखि जवानसम्म र स्थानीय युवायुवतीहरूको सहभागितामा कोटेश्वर,जडिबुटी र बालकुमारी क्षेत्रमा सरसफाइ गरिएको हो।, प्रहरी निरीक्षक देवकोटाले भने, ‘हामीले सामुदायिक प्रहरी साझेदारी अन्तर्गत समाजमा जनचेतनामूलकदेखि समाजमा प्रत्यक्ष गएर यस्ता गतिविधि सञ्चालन गरिरहेका छौं, कोभिडबाट सुरक्षित हुन विभिन्न चरणको अभियान महाशाखाकै निर्देशनमा हुने गर्दछ।’, सो क्रममा तपाईंको मास्क खोई? लगायतका जनचेतनामूलक कार्यक्रम पनि गरिएको थियो।, ,
कोटेश्वरदेखि बालकुमारी क्षेत्रमा ट्राफिकको सरसफाइ कार्यक्रम
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार ९ हजार ८४० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट ६ हजार १ सय ३७ जना र एन्टिजेनबाट ३७०३ जनाको परीक्षण भएको छ।, त्यस्तै १३६८ संक्रमित निको भएका छन्। , संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ९३६ जनाको मृत्यु भएको छ। , यस्तै काठमाडौं उपत्यकामा थप ३५७ कोरोना संक्रमित थपिएका छन्। , काठमाडौंका २३०, ललितपुरका ८५ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। ,
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित एक हजारभन्दा कम
|
खिलानाथ ढकाल संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्यापछि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी इकाई धरान र केन्द्रीय अनुसन्धान ब्युरोको टोली पुगेको थियो।, प्रहरी टोली घटनास्थलमा खटिँदा २६ वर्षीय लोकबहादुर कार्की घरमै थिए।, उनी हत्या गरिएका ५७ वर्षीय तेजबहादुर कार्कीका बढाबाका नाति थिए, नातामा भतिजा।, लोकबहादुर घरका जेठा छोरा थिए। आमा गत चैतमा बितेकी थिइन्।, उनी हत्या अनुसन्धानमा प्रहरी खटिएका बखत त्यतै देखिन्थे, पत्रकार तथा स्थानीयसँग घटनाबारे कुराकानी पनि गर्थे।, झट्ट हेर्दा ‘सामान्य’ लाग्ने उनले कसरी यतिधेरै मानिसको हत्या गर्लान्? सुरूमा त प्रहरी नै अन्योलमा थियो।, प्रहरीले मृतक परिवारसँग कसैको केही ‘रिसराग’ थियो कि भनेर खोजी गर्यो, तर केही पनि फेला पार्न सकेन।, जिल्ला नै ‘सिल’ गर्दा पनि शंकास्पद मानिस भेटिएन। त्यसपछि प्रहरीले घटना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुसन्धान गर्न थालेको थियो।, सोधपुछ गर्दा भने उनी ‘अनकनाएर’ बोल्थे। यसकारण प्रहरीले उनलाई ‘निगरानी’मा राखेको थियो। प्रहरीले घर छोडेर बाहिर निस्किन उनलाई रोक लगाइएको थियो।, ‘सुरूदेखि नै हामीले लोकबहादुरलाई शंकामा राखेका थियौं, तर प्रमाण केही पनि फेला परेन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘लोकबहादुरको घरमा जब घटनामा प्रयोग भएको लुगा भेटियो, त्यसपछि भने प्रहरी उनलाई नियन्त्रणमै राखेर सोध्न थालेको थियो।’, लुगा भेटिएपछि उनीसँग प्रहरीले बयान लिन थालेको थियो। शुक्रबार राति भने नियन्त्रणमै लिएको थियो।, बयान लिँदा उनले हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।, ‘उनले हत्या स्वीकार गरिसकेको हुँदा नियन्त्रणमा लिएर राखिएको छ,’ प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले भने, ‘बाँकी कुरा भोलि मात्रै सार्वजनिक गर्छौं।’ , अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोमबार उज्यालो भइसकेको थियो, साढे ५ देखि ६ बजेको समय। यकिन गरिनसकिएको यो समयमा लोकबहादुर आँगनमा निस्केका थिए।, उनका बुवा र भाइ घाँस काट्न बिहानै बारीतिर निस्केका थिए। घरमा एक्लै रहेका बेला उनले तेजबहादुर उकालो लागिरहेको देखेका थिए।, तेजबहादुर खेताला खोज्न भन्दै घरबाट निस्केका थिए। तेजबहादुर र लोकबहादुरको घर डेढ सय मिटरमा दुरीमा पर्छ।, तेजबहादुरलाई देख्नेवित्तिकै ‘झोंक’ चलेको लोकबहादुरले प्रहरीलाई बताएका छन्।, तेजबहादुरले आफूलाई पहिला गालीगलौज गरेको लोकबहादुर सम्झिएको बताएका छन्। त्यसपछि आँगनबाट दाउरो टिपेर उनी तेजबहादुरलाई हिर्काउन अगाडि बढेको बताएका छन्। डिल उक्लिँदै गरेका तेजबहादुरलाई पछाडिबाट टाउकोमा प्रहार गरेको बताएका छन्।, यसरी प्रहार गर्दा तेजबहादुर ढलेपछि उनकी श्रीमती कराउँदै आएकी थिइन्।, ‘ए यो लोकेले मार्यो भन्दै आउँदा उनलाई पनि हिर्काएको बताएका छन्,’ वडाध्यक्ष खेमनाथ कटुवालले भने।, प्रहरीले लोकबहादुरसँग बयान लिँदा कटुवाल आफू सँगै रहेको बताउँछन्।, सासु ढलेको देखेपछि बुहारी अगाडि बढ्दा उनलाई पनि हिर्काएको लोकबहादुरले बताएका छन्।, ‘दुई नातिनातिना दौडादौड गर्दैगर्दा उनीहरूलाई लेखेटी-लखेटी दाउराले हिर्काएको बताएका छन्,’ कटुवाल भन्छन्, ‘कसलाई कतिपटक हिर्काएको उनलाई पत्तो पाइनँ भन्छन्।’ , त्यसपछि उनले घरै पुगेर कुँडो पकाउन आगो फुकिरहेकी ८४ वर्षीया आमा पार्वतालाई हिर्काएका थिए।, कुँडो पकाएको ठाउँमै पार्वताको शव फेला परेको थियो। पार्वतालाई न्याकेर पहिले उनको टाउको भित्तामा दुई पटक ठोक्काएको र त्यसपछि दाउराले हिर्काएको लोकबहादुरले बताएका छन्।, ‘तेजबहादुरलाई मात्रै हिर्काउन खोजेको भए पनि परिवारका अरु सदस्यले देखेर आफूतिर आएपछि लखेट्दै हिर्काएको उनले बताएका छन्,’ वडाअध्यक्ष कटुवाल भन्छन्।, आफूलाई ‘होच्याएर’ बोल्ने गरेकाले तेजबहादुरसँग ‘रिस’ उठेको लोकबहादुरले बताएको कटुवालले जनाए।, ‘घटनामा प्रयोग भएको दाउरो चाहिँ बालिसकेको बताएका छन्,’ वडाध्यक्ष कटुवालले भने।, घटना ‘आवेग’मा भएको देखिए पनि यसबाहेक अन्य कारण के थिए भन्ने प्रहरीले बताउन मानेको छैन।, अनुसन्धान अधिकृतका अनुसार घटना लोकबहादुर किसान गर्ने मानिस हुन्।उनी मलेसियामा बसेर तीन वर्षअघि फर्किएका थिए।, मलेसियामा रहँदा मानसिक स्थिति बिग्रिएपछि नेपाल फर्केको कटुवाल बताउँछन्। अहिले ‘ठिकै’ भनिएका लोकबहादुर गाउँमै खेतीपाती गरेर बसिरहेका थिए। , लोकबहादुर र तेजबहादुरको घरबीच पारिवारिक ‘दुश्मनी’ अरू के थियो प्रहरीले बताइसकेको छैन। वडाध्यक्ष कटुवालले अरु केही नदेखिएको बताए।, ‘केही कारणहरू छन्, हामी अहिले ती कुराहरूको पुष्ट्याइँ गरिरहेका छौं,’ संघीय प्रहरी इकाई कार्यालय धरानबाट अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक भीबहादुर दाहाल भन्छन्।, प्रहरीले आर्थिक लेनदेनलगायतको पाटोबाट अनुसन्धान गर्दा त्यस्तो फेला नपरेको बताएको छ।, तेजबहादुरको घरमा भएका सुनचाँदी र गरगहना सकुशल फेला परेका थिए। त्यसदिन तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।, तेजबहादुरका बुवा ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने जीवित नै भेटिएका थिए। श्रीमतीसहित परिवारका सबै मारिँदा पनि उनले थाहा नपाएको प्रहरीले बताएको छ। बौद्धमानको दृष्टि र श्रव्य शक्ति कमजोर छ।, ६ जनाको हत्या गरिसक्दा पनि बौद्धमानले थाहा नपाएपछि उनलाई त्यतिकै छोडिदिएको लोकबहादुर प्रहरीसँग बताएका छन्।, यो पनि हेर्नुहोस् :, संखुवासभा हत्याकाण्डमा समातिए भतिजा नाता पर्ने व्यक्ति, उनले नै ६ जनाको हत्या गरेको प्रहरी निष्कर्ष,
संखुवासभा हत्याकाण्ड: काकालाई देखेपछि दाउरो टिपेर हिँडेका लोकबहादुरले यसरी सखाप पारे परिवार
|
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको इन्क्लोजरमा संरक्षण गरिएको एक अर्नाको मृत्यु भएको छ। पदमपुर फाँट क्षेत्रमा रहेको इन्क्लोजरमा शुक्रबार एक वयस्क पोथी अर्ना मृत भेटिएको हो। , उक्त अर्नाको मृत्यु प्राकृतिक कारणबाटै भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।, सोही क्षेत्रमा करिब २ दिन अगाडि जन्म भएको अनुमान गरिएको अर्नाको बच्चासमेत भेटिएको अधिकारीले बताए।, यस निकुञ्जमा १२ वटा कोशी टप्पु वन्यजन्तु आरक्षबाट र ३ वटा चिडियाखानाबाट स्थान्तरण गरी १५ वटा अर्ना ल्याइएको थियो। तीमध्ये केहीको मृत्यु भयो भने केहीले यहाँ जन्म लिएका छन्।, हाल इन्क्लोजर क्षेत्रमा १२ वटा अर्ना रहेका अधिकारीले बताए। त्यसमा ६ वटा वयस्क (२ भाले र ४ पोथी ) र चितवनमा जन्म लिएका ( २ पोथी, ३ भाले र १ नवागन्तुक लिंग पहिचान भइनसकेका) छन्। , हालसम्म चितवनको पदमपुर क्षेत्रमा ७ वटाको जन्म भएकोमा ६ वटा बच्चा सकुसल छन्।,
चितवन निकुञ्जमा वयस्क पोथी अर्नाको मृत्यु
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३५७ कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २३०, ललितपुरका ८५ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, यसैगरी काठमाडौं उपत्यकामा ६५३१ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३४१८, भक्तपुर ११६७ र ललितपुरमा १९४६ सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घण्टामा नेपालमा ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, ९ हजार ८४० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट ६ हजार १ सय ३७ जना र एन्टिजेनबाट ३७०३ जनाको परीक्षण भएको छ।, त्यस्तै, १३६८ संक्रमित निको भएका छन्। , संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ९३६ जनाको मृत्यु भएको छ। ,
काठमाडौं उपत्यकामा थप ३५७ लाई कोरोना
|
राजु अधिकारी गत सोमबार संखुवासभाको मादी-१ उम्लिङका तेजबहादुर कार्कीको परिवारै सखाप हुने गरी भएको हत्याकाण्डको अनुसन्धानमा जुटेका एक प्रहरी अधिकृतले बुधबार साँझ सेतोपाटीसँग भनेका थिए, ‘हामीलाई परिवारकै सदस्यमाथि शंका छ।’, ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको घटनामा परिवारका को सदस्यतिर प्रहरी शंका थियो? परिवारका दुई जना जवान छोरा विदेशमा थिए। घरमा ९० वर्षका हजुरबुबा मात्रै संयोगले बाँचेका थिए।, प्रहरीले सुरूमा गरेको शंका नातामा भतिजा पर्ने उम्लिङकै लोकबहादुर कार्कीतिर लक्षित रहेछ, जसलाई पक्राउ गरे पनि प्रहरीले औपचारिक रुपमा बोलेको छैन।, प्रहरीले कार्की परिवारको पृष्ठभूमि, घटनास्थलको अवस्था, गाउँलेको बयानलाई आधार मानेर अनुसन्धान अघि बढाएको जानकारी दिएको थियो। यसअघिका उस्तै प्रकृतिका घटना पनि प्रहरीका लागि अध्ययन सामग्री थिए।, पछिल्लो समयमा भएका जघन्य अपराधका यस्ता घटनामा धेरैतिर परिवारकै सदस्यको संलग्नता देखिने गरेको अनुभवका आधारमा उनीहरूले यस्तो शंका गरेका थिए।, ‘घटनाको पृष्ठभूमिहरू त मुख्य आधार हुने नै भए,’ अनुसन्धानमा संलग्न ती अधिकृतले भने, ‘पछिल्लो समयमा पारिवारिक अपराधका घटना बढेका छन्। बुझ्दै जाँदा यहाँ पनि त्यस्तै देखियो।’, संखुवासभा काण्ड हुनुभन्दा दुई वर्षअघि अर्थात २०७६ जेठ ६ गते राति पाँचथर मिक्लाजुङ–३ को आरुबोटे गाउँमा दुई परिवारका नौ जनाको यही शैलीमा विभत्स हत्या भएको थियो। दुई वटा परिवारका सबैजसो सदस्यको ज्यान लिने गरी भएको त्यो घटनामा पनि परिवारकै सदस्य ज्वाइँ मुख्यकर्ता थिए।, यद्यपि, ससुराली परिवार सखाप पारेर हत्यारा स्वयंले ‘आत्महत्या’ गरेका कारण त्यो नरसंहारमा प्रहरी अनुसन्धान नै टुंगियो। ‘अपराधी मरेपछि अपराध पनि मर्छ भनिन्छ,’ पाँचथर प्रहरी प्रमुख डिएसपी दानबहादुर थापाले भने, ‘त्यसैले, हत्यारा पनि झुण्डिएको अवस्थामा फेला परेपछि घटनाको थप कुरा अघि बढेन।’, प्रहरीले हत्यारा भनेर किटान गरेका व्यक्ति झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरी अनुसन्धान रोकिए पनि गाउँले भने अझै विश्वस्त हुनसकेका छैनन्। मिक्लाजुङ–३ का वडाध्यक्ष हस्तराज फियाक प्रहरीले अझै पनि अनुसन्धान जारी राख्नुपर्ने बताउँछन्। उनको अपेक्षा पूरा हुने छाँट किन पनि छैन भने प्रहरीले त्यो घटनाको फाइल ‘बन्द’ गरिसकेको छ।, डिएसपी थापाका अनुसार त्यो घटना पारिवारिक किचलोले निम्त्याएको विभत्स घटना थियो। मिक्लाजुङ-३ का बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको घरमा नौ जनाको ज्यान लिने घटना बमबहादुरकै कान्छा ज्वाइँ मनबहादुर माखिमको ‘सनक’को परिणाम थियो। , उनले ससुरा बमबहादुर फियाक, सासु पुर्सीमाया, पत्नी मनकुमारीको हत्या गरेका थिए। बमबहादुरकी अर्की छोरीतर्फकी नातिनी १० वर्षीया आशिका खजुमलाई पनि मनबहादुरले हत्या गरेका थिए। मनबहादुर त्यतिमै रोकिएनन्। साँढु दाइ धनराज शेर्माको परिवारका कोही पनि सदस्य नरहने गरी नरसंहारमा उत्रिए। धनराजसहित उनका परिवारमा पत्नी जस्मिता, १२ वर्षीया छोरी युहाना, १० वर्षीया मुना र भतिजी ८ वर्षीया इच्छाको पनि सोही घटनामा हत्या भएको थियो।, संखुवासभा घटनामा पनि लोकबहादुरको ‘सनक’ले काम गरेको छ।, प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तेजबहादुरले आफूलाई पहिला गालीगलौज गरेको लोकबहादुर सम्झिएपछि ‘रिस’ उठेको र त्यसपछि आँगनबाट दाउरो टिपेर उनलाई हिर्काउन अगाडि बढेको बताएका छन्।, यसरी प्रहार गर्दा तेजबहादुर ढलेपछि उनकी श्रीमती कराउँदै आइन्, लोकबहादुरले उनलाई पनि दाउरोले हिर्काए।, सासु ढलेको देखेपछि बुहारी अगाडि बढ्दा उनलाई पनि हिर्काएको लोकबहादुरले बताएका छन्।, उनले दुई नातिनातिना दौडादौड गर्दैगर्दा उनीहरूलाई लेखेटी-लखेटी दाउराले हिर्काएको बताएका छन्।, लोकबहादुर यतिमै रोकिएनन्, त्यसपछि घरै पुगेर कुँडो पकाउन आगो फुकिरहेकी ८४ वर्षीया आमा पार्वतालाई हिर्काए। यसरी हिर्काउने सिलसिला जारी राख्दा छ जनाको ज्यान गइसकेको थियो, तर ९० वर्षीय बौद्धमान भने जोगिएका थिए।, पाँचथर घटनामा दुई परिवारका सबैको ज्यान लिने गरी मनबहादुर जाइलाग्ने कारण पनि ठूलो थिएन। उनी र पत्नी मनकुमारीबीच लामो समयदेखि खटपट थियो। सधैंजसो मदिरामा लठ्ठिने उनले घरव्यवहार बिगारेको पत्नी मनकुमारीको गुनासो हुन्थ्यो। त्यसैले, पतिले मदिरा पिएर झगडा गर्ने क्रमलाई निरन्तरता दिएपछि उनी धेरैजसो माइतीघरै बस्थिन्। बालबच्चा नभएका कारण पत्नी माइत हिँडेपछि मनबहादुर झनै उग्र मच्चाउँथे। त्यसबेला पनि मनकुमारी माइती आएकी थिइन्। ‘पति–पत्नीबीचको त्यही खटपटले सबैको ज्यान लिने गरी उनले हत्या गरे,’ डिएसपी थापाले भने, ‘अनि भोलिपल्ट उनी पनि झुण्डिएको अवस्थामा फेला परेका थिए।’, पाँचथरको त्यही सामूहिक हत्याकाण्ड सम्झाउने गरी संखुवासभा घटना भयो। यसबेला प्रहरी मात्रै होइन, आम सर्वसाधारणले पनि आरुबोटेको त्यो नरसंहार सम्झिरहेका छन्। जहाँ परिवारका सदस्यले नै धेरै जना आफन्तको एकै चिहान पारेका थिए।, दुई वर्षका बीचमा भएका यी दुई सामूहिक हत्याकाण्डबाहेकका प्रदेश १ मा अरु धेरै हत्याका सिलसिला पनि जारी छन्, जहाँ परिवारकै सदस्यले आफन्तको ज्यान लिएका छन्।, सामान्य घरेलु विवादकै कारण आफन्तबाटै मारिनु पर्ने डरलाग्दो पारिवारिक अपराधको दर प्रदेशमा ह्वात्तै बढेको छ। भनाभनबाट सुरू हुने असमझदारी भौतिक आक्रमणको तहमा उक्लिने क्रम बढ्दै जाँदा यस्ता अपराधको संख्या पनि लगातार बढिरहेका छन्।, १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो वर्ष दिनको तथ्यांक केलाउँदा र सुरक्षा अधिकारीहरूको अनुभवले सबैभन्दा सुरक्षित संस्था मानिने परिवार नै असुरक्षाको कारखानाजस्तै बनिरहेको देखाउँछ।, आर्थिक वर्ष २०७७–७८ मा मात्रै प्रदेश १ मा ७ हजार ३ सय ८४ वटा विभिन्न अपराधका मुद्दा दर्ता भएका थिए। त्यसमध्ये १ सय ४३ वटा कर्तव्य ज्यान मुद्दाका घटना थिए। ती कर्तव्य ज्यानका ती घटनामा परिवारभित्रै भएका हत्याको संख्या मात्रै ५५ वटा छन्। बितेको आर्थिक वर्षको एक वर्षेमा अवधिमा प्रदेशमा ५५ वटा हत्याका घटनामा ५६ जना मारिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकमा उल्लेख छ।, ती घटनामा परेर ज्यान गुमाउनेमा अधिकांश महिला छन्। पारिवारिक विवादका क्रममा मात्रै ४६ महिला मारिएको देखिन्छ। ‘सामान्य पारिवारिक विवादले हत्याको रूप लिँदा परिवारका सदस्यबाटै मारिनेमा अधिकांश गृहिणी महिला छन्,’ आर्थिक वर्षको अन्त्यमा सेतोपाटीसँग प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईले भनेका थिए। , सोलुखुम्बुबाहेक प्रदेश १ का १३ जिल्लामा पारिवारिक विवादमा हत्याका घटना धेरै भएका छन्। झापामा १२, सुनसरीमा ११, मोरङ र ताप्लेजुङमा पाँच-पाँच, इलाम र उदयपुरमा चार-चार, खोटाङमा तीन, ओखलढुंगा, तेह्रथुममा, धनकुटा, पाँचथर र संखुवासभामा दुई-दुई तथा भोजपुरमा एउटा हत्याका घटना भएको प्रदेश प्रहरीले जनाएको थियो। जसमा संखुवासभाको यो पछिल्लो घटना थपिएको छ।, पारिवारिक अपराधका घटनामा आवेगले बढी काम गरेको देखिने मनोविद् गोपाल ढकाल बताउँछन्। ‘अहिले परिवारभित्रै हुने अपराधको दर बढेको छ,’ ढकालले सेतोपाटीसँग भने, ‘यसको मुख्य कारण आवेग नै हो। मान्छे भित्रभित्रै कुण्ठित भइरहेको हुन्छ। यसले मानसिक समस्या पनि बढ्दो छ। यही समस्याले पारिवारिक अपराधको दर पनि बढाइरहेको छ।’, उनका अनुसार कुनै पनि व्यक्तिलाई चाहिनेभन्दा बढी रिस उठ्नु यस्तो समस्याको प्रारम्भिक लक्षण हो। त्यस्तो बेलामा परिवारले उसलाई बुझ्ने वा उसको समस्या समाधान गरिदिने तत्परता देखाउनुपर्छ, सहयोग गर्नुपर्छ। अन्यथा, त्यसले डरलाग्दो रुप लिनसक्ने उनले बताए।, मनोविद ढकालले भनेजस्तै अति सामान्य निहुँमा पनि आफ्नै प्रियजनको हत्या गर्न अग्रसर भएका उदाहरण प्रदेश १ मा धेरै भेटिएका छन्। पत्नीको ‘किचकिच’ सहन नसकेको निहुँमा मोरङ बेलबारी नगरपालिका-७ दैलपुरका ५४ वर्षीय अम्बिका घिमिरेले १९ असारमा पत्नीको हत्या गरे।, ४८ वर्षीया पत्नी सीता घिमिरेको हत्या आरोपमा पति घिमिरे पक्राउ परेपछि यस्तो रहस्य बाहिर आयो। यो घटनाको एक साता नबित्दै प्रदेश १ को राधजानी विराटनगरमा पारिवारिक विवादलाई लिएर राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार (सूचक ) ४२ वर्षे भोला सिंहको असार २५ गते हत्या भयो। उनको विराटनगर–५ पृथ्वी चोकस्थित घरमा आफ्नै भाइले हत्या गरेका थिए।, १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार बेरोजगारी, त्यसले उत्पन्न हुने पारिवारिक किचलो, मदिरा तथा लागूऔषधको बढ्दो सेवन, वैदेशिक रोजगारी, परिवारभित्र धनसम्पत्तिको बाँडफाँट विवाद, मानसिक समस्या लगायतले यस्ता घटना हुने गरेका छन्।, मनोविद् ढकालका अनुसार व्यक्तिमा परिवारका सदस्यले आफूलाई नबुझेको, अरुले सहयोग नगरेको जस्ता भाव उत्पन्न हुँदै जाँदा त्यसले निराशा जन्माउँछ। आफूले भने जस्तो नहुँदा, हेपिए जस्तो अनुभव हुँदा, अपमानित भएको महसुस हुँदा पनि गाढा निराशाले व्यक्तिलाई छोप्छ। त्यही क्रमले अन्ततः डिप्रेसन र त्यसले मेनियाको रुप धारण गरेपछि व्यक्तिका लागि जस्तोसुकै अपराध पनि सामान्य लाग्न थाल्ने ढकालको भनाइ छ।, प्रविधिको पहुँच बढ्दै गएका बेला सजिलै उपलब्ध हुने ‘हिंस्रक खेल’ले पनि यस्ता अपराध बढाउन सहयोग गरेको ढकालको दाबी छ। ‘क्षणिक आवेग पनि रोग नै हो जसलाई नियन्त्रण गर्न नसक्दा मान्छे डिप्रेसनबाट मेनियामा जान्छ,’ उनले थपे, ‘यस्तोमा सामाजिक सञ्जाल र प्रविधिमार्फत हिंसात्मक खालका खेलहरूमा पनि उसको लगाव बढ्दै जान्छ। फ्रिफायर, पब्जी जस्ता खेलमा अभ्यस्त त्यता रोगीलाई हत्या एकदमै सामान्य लाग्न थाल्छ। केही समयअघि रुपन्देहीमा भएको हत्याको घटनामा त्यस्तै देखिएको थियो।’, ढकालका अनुसार हरेक व्यक्तिको मानसिक स्वास्थ्यसँग यस्ता गम्भीर अपराधको सम्बन्ध जोडिएको हुन्छ। ‘अब प्रहरी वा कानुनको त्रास देखाएर मात्रै यस्ता गम्भीर अपराध घट्नेवाला छैनन्,’ उनले थपे, ‘यदि त्यसरी घट्थे भने संखुवासभा काण्ड नहुन सक्थ्यो। त्यसैले यस्ता समस्या हल गर्न मानसिक स्वास्थ्यको ख्याल गर्न सबैभन्दा जरुरी छ।’ त्यसका लागि पारिवारिक माया ममता, रेखदेख र समझदारी सबैभन्दा आवश्यक छ। यसबाहेक बालबालिकाको शिक्षादिक्षा र इमोसन नियन्त्रणको अभ्यासमा पनि जोड दिनुपर्ने उनको भनाइ छ।, गम्भीर सामाजिक समस्याको रुपमा देखिएको यो समस्या हल गर्न सामूहिक प्रयास जरुरी हुने समाजशास्त्रका विद्यार्थी नवीन शिवाकोटी औंल्याउँछन्। ‘मानसिक समस्याका कारण समाजमा धेरै समस्या आइसकेको जगजाहेर भइसकेको छ,’ उनले भने, ‘यसको निदान प्रहरीबाट मात्रै सम्भव छैन। गाउँटोल र सहरका कुना-कुनामा मनोपरामर्श गर्ने, अपराधविरूद्ध प्रशिक्षित गर्ने अभियान आवश्यक पर्छ। प्रहरी, समुदाय, विज्ञ, स्वास्थ्यकर्मी, राजनीतिक दल सबैले यस्तो अभियानमा हातेमालो नगरे समाज झनै असुरक्षित हुने निश्चित छ।’,
संखुवासभा र पाँचथर नरसंहार मात्रै होइन, अधिकांश अपराधमा परिवारकै सदस्य संलग्न
|
सेतोपाटी संवाददाता बैंकिङ कसूरको मुद्दामा फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ नयाँ बस्ती बस्ने ४२ वर्षीय उमेश लामालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।, ब्यूरोको टोलीले उनलाई बिहीबार नयाँ बस्तीबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए। , उच्च अदालत पाटनले चेक बाउन्सको दुई वटा मुद्दामा सात दिन कैद र ११ लाख जरिवाना सुनाएको थियो। गत फागुन ११ गते र गत बैशाख ८ गते सो सजाय सुनाएको ब्यूरोले जनाएको छ। , उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।,
चेक बाउन्स मुद्दामा फरार व्यक्ति पक्राउ
|
खिलानाथ ढकाल नेचर हर्ब्स इन्टरनेसनल प्रालिको अनुमति एकातिर, कारोबार अर्कैतिर देखिएको छ।, व्यवसायी गीतेन्द्रबाबु राई र नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी सञ्चालक रहेको उक्त कम्पनीले बिनाअनुमति कारोबारस्थल परिवर्तन गरेको हो।, नेचर हर्ब्ससहित ९ वटा नेटवर्किङ शैलीका कम्पनीहरूमाथि अहिले छानबिन भइरहेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९ वटै कम्पनीमा बुधबार अनुगमन सकेको छ।, अनुगमन सक्दा नेचर हर्ब्सले अनुमतिबिनै आफ्नो कारोबारस्थल परिवर्तन गरेको पाइएको विभागले जनाएको छ।, विभागका अधिकारीका अनुसार नेचर हर्ब्सले ललितपुर महानगरपालिका-५ बाट कारोबार गर्ने इजाजत पाएको थियो। अहिले उसले काठमाडौं-१० शंखमुलबाट कारोबार गरिरहेको छ।, यसरी कारोबारस्थल परिवर्तन गर्दा उसले विभागसँग अनुमति लिएको छैन। जसलाई वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने ऐन २०७४ ले दण्डनीय मानेको छ।, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुँदा पनि नेचर हर्ब्सले आफ्नो ठेगाना ललितपुर-५ नै लेखेको थियो। नेचर २०७७ असार १ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको थियो।, विभागबाट अनुमति लिँदा पनि यसको ठेगाना ललितपुर-५ नै लेखिएको छ। तर, बीचमा उसले कहिले कारोबारस्थल परिवर्तन गर्यो, विभागमा कुनै रेकर्ड छैन।, नेचरले विभागबाट २०७७ असार १८ गते कारोबारको अनुमति लिएको थियो।, ‘बीचमा उसले कहिले आफ्नो कारोबारस्थल परिवर्तन गर्यो हामीकहाँ अनुमति लिएको देखिँदैन,’ विभागका महानिर्देशक प्रकाश पौडेलले सेतोपाटीसँग भने।, यो पनि पढ्नुस्: , युनिटीकै शैलीमा फेरि सलबलाएको नेटवर्किङ व्यवसाय, ऐनमा कसैले इजाजत पत्रमा उल्लेखित कुनै सामान्य विवरण परिवर्तन गर्न चाहेमा तोकिए बमोजिमको दस्तुरसहित तोकिए बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था छ।, यो ऐनविपरीत कुनै कार्य गरेमा विभागले आदेश वा निर्देशन पालना नगरेको कसुरमा कारबाही गर्न सक्छ।, कानुनमा इजाजत पत्रवालाले प्रत्येक तीन महिनामा आफ्नो कारोबारको विवरणसहितको प्रतिवेदन तोकिएको ढाँचामा विभागमा पेश गर्नुपर्ने उल्लेख छ। यो उसले दिएको छैन।, यसैगरी, कारोबारस्थल परिवर्तन गर्दा विभागसाथै कम्पनी रजिष्ट्रार कार्यालय, कर कार्यालय तथा स्थानीय निकायसमेतको अनुमति चाहिन्छ। ती निकायसँग अनुमति लिए/नलिएकोबारे विभागले खोजी गरिरहेको छ।, विभागले नेचरसहित ९ वटै कम्पनीको कारोबार विवरण मागेको छ। यो विवरणमा बैंकिङ स्टेटमेन्ट, खरिद, बिक्री र भन्सार प्रज्ञापन पत्र पर्छन्।, ‘हामीले अनुगमन सकेका छौं, अनुगमन सक्दा केही विवरण हामीले स्पष्ट ढंगले पेश गर्न भनेका छौं,’ महानिर्देशक पौडेलले भने, ‘हामीले मागेको बेला नदिइए कम्पनीको अनुमति रद्दलगायत प्रक्रिया सुरू हुन्छन्।’, नेचरले असार १७ गते अनुमति लिँदा राई र जोशी कम्पनीका सञ्चालक थिए। राईको ९० लाख र जोशीको १० लाख सेयर यो कम्पनीमा थियो।, अनुमति लिएको ११ दिनभित्र दुबैले सेयर कुमार रम्तेल र रामबहादुर खनालको नाममा पुर्याइसकेका छन्।, कानुनी रूपमा रम्तेल र खनालको नाममा भए पनि नेचरको कारोबार हेर्ने मुख्य व्यक्ति जोशी र राई नै हुन्।, ‘उनीहरूले ११ दिनमै कानुनी दायित्व अर्को नाममा सारेकाले कारोबार शंकास्पद देखिन्छ,’ पौडेलले भने, ‘अर्काको नाममा कम्पनी राखेर कारोबार कसैले आफैं हेर्छ, त्यहाँको मुनाफा खाइरहन्छ भने त्यहाँ शंका गर्ने ठाउँ रहन्छन्।’, नेचर हर्ब्सका मुख्य कारोबारी राई र जोशी ग्यालेक्सी टेलिभिजनका पनि सञ्चालक हुन्।, नेचर हर्ब्स कम्पनी नेपालमा दर्ता रहे यसले आफ्नो कारोबार सिंगापुर, मलेसिया, हङकङ र कतार र भारत हुँदै नेपाल आइपुगेको स्वीकार गर्छ।, ती देशमा नेचर हर्ब्स नेटवर्किङको कारोबारमा सक्रिय छ। त्यही नामको कम्पनी राई र जोशीले नेपालमा दर्ता गरेर कारोबार गरिरहेका छन्।, नेचर हर्ब्सले आफ्नो कारोबार देशहरूमा गरिरहेको आफ्नो बेवसाइटमै उल्लेख गरेको छ।, ‘उसले के कति कारणले आफ्नो कारोबार विदेशी मुलुकसँग छ भनेर भनिरहेको हो, यो पनि अनुसन्धानको पाटो हो,’ महानिर्देशक पौडेलले भने, ‘यहाँको कानुनमा शाखा खोल्न पाइँदैन। त्यहीकारण नयाँ दर्ता हुनुपर्छ भनिएको हो।’ , केही वर्ष पहिले नेपालमा नेटवर्किङ व्यवसायको बिगबिगी थियो। विभिन्न नाममा खुलेका कम्पनीले सामान बेच्थे र ग्राहकलाई सदस्य बनाउँथे।, ती ग्राहकले अरूलाई सदस्य बनाए विभिन्न लाभ हुने प्रलोभन दिन्थे। त्यस्ता प्रभोलनबाट धेरै सर्वसाधारण ठगिएपछि सरकारले नेटवर्किङ व्यवसायमा प्रतिबन्ध लगाइदिएको थियो।, २०७४ सालमा संसदबाट वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी ऐन पारित भयो, जसले विदेशी मालवस्तु ल्याएर नेपालमा बिक्री गर्न पाइने तर त्यसका लागि नेपालमा छुट्टै कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गर्यो। , वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी ऐनको नियमावली २०७६ जारी भएपछि त्यस्तो कारोबार गर्ने भन्दै केही व्यक्तिहरू कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता फारम लिएर पुगेका थिए।, पूर्वडिआइजी जोशी नै शंकास्पद कारोबारको संरक्षक र अध्यक्ष, वस्तुको प्रत्यक्ष बिक्री गर्ने नेपालमा दर्ता भएका ९ वटा कम्पनी छन्, जसमा विगतमा युनिटी लाइफ इन्टरनेसनल कम्पनीमा जोडिएका व्यक्ति पनि छन्।, उनीहरूले ५० प्रतिशत नेपाली र ५० प्रतिशत विदेशी कम्पनीका वस्तुहरू बिक्री गर्नुपर्ने कानुनी व्यवस्था छ।, तीमध्ये सात वटा कम्पनीले कारोबार सुरू गरेका छन्। ती कुनै पनि कम्पनीले विभागमा विवरण उपलब्ध गराएका छैनन्।, कोहीले सेयर अर्कोको नाममा सार्न लालायित छन्, ती कुराहरूलाई शंकामा राखेर विभागले अनुगमन गरेको हो।, नेपालमा ‘नेपाल डाइरेक्ट सेलिङ एसोसिएसन’ छ। जसमा विभागले अनुगमन गरिरहेका ९ वटै कम्पनी सदस्य छन् र त्यसका अध्यक्ष पूर्वडिआइजी जोशी हुन्।, प्रत्यक्ष बिक्रीसम्बन्धी कारोबारलाई व्यवस्थित गर्न र व्यवसायीको हकहितका पक्षमा काम गर्न एसोसिएसन बनाइएको जोशीले बताए।, ‘म यसको अध्यक्ष छु, हामीले वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी नयाँ बनेको ऐनका आधारमा एसोसिएसन बनाएका हौं,’ उनले भने, ‘अहिले वस्तुको प्रत्यक्ष बिक्री कारोबारमा विभागले गरेको अनुगमनलगायतका विषयमा हामी छलफल पनि गरिरहेका छौं।’, जोशी साथै नेपाल प्रहरीका पूर्वएआइजी हेमन्तबहादुर पाल पनि वस्तुको प्रत्यक्ष बिक्री कारोबारमा जोडिएका छन्।, उनी आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालिका सेयर सदस्य हुन्। उनले त्यसमा ३० लाख रुपैयाँ लगानी गरेको देखिएको छ। ,
पूर्वडिआइजी छविलाल जोशी शंकास्पद नेटवर्किङ व्यवसायको संरक्षक र अध्यक्ष
|
सेतोपाटी संवाददाता काठमाडौंको पुरानो बानेश्वरस्थित एक आँखा केन्द्रमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ। , बिहीबार बिहान करिब ११ बजे मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु फेला परेको थियो।, शंकास्पद बस्तु बम रहेको आशंका गरिएकोमा जाँच गर्दा बम नभएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए। , केन्द्रको तेस्रो तलाको शौचालयमा सो वस्तु राखिएको थियो। शंकास्पद बस्तु भेटिएपछि सेनाको डिस्पोजल टोली केन्द्रमा पुगेको थियो। , सो वस्तु राख्ने दुई जना व्यक्तिहरू सिसिटिभी फुटेजमा देखिएका छन्। उनीहरूको पहिचान गरी खोजी भइरहेको एसएसपी सिंहले बताए।, 'बम नक्कली निस्किएको छ। सिसिटिभी फुटेजमा देखिएका दुई जनाको खोजी गरिरहेका छौं,' उनले भने।, ,
,
पुरानो बानेश्वरमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि
|
सबिना श्रेष्ठ ललितपुर, पुल्चोकस्थित लालीगुराँस बहुउद्देशीय सहकारी संस्थाअगाडि मासिएको फल्चा (पाटी) पुनः निर्माण हुने भएको छ। ललितपुर महानगरपालिकाले बिहीबार उक्त फल्चा शिलान्यास गर्दै पुनर्निर्माण हुने जनाएको हो।, यो फल्चा रातो मच्छिन्द्रनाथ र इन्द्रजात्रासँग सम्बन्धित छ। यहाँ फल्चा हुँदाको समयमा यहीँ बसेर स्थानीयहरूले जात्राबेला समय् बजी खान्थे। समयक्रममा फल्चा मासियो। अनि त समय् बजी खुवाउने कार्यक्रम कहिले घःमाः राखिएको लामोपाटी त कहिले पुल्चोककै सोह्रखुट्टेपाटी त कहिले सडक किनारमै पाल टाँगेर हुँदै आएको छ।, यो फल्चा बनेपछि ती कामहरू फेरि सुरू हुने भन्दै ललितपुरका मेयर चिरिबाबु महर्जनले खुसी साटे। उनले भने, 'आज हाम्रो लागि ऐतिहासिक दिन हो। किनभने हामीले हाम्रो ऐतिहासिक फल्चा ब्युताउँने अवसर पाएका छौं।', बिहीबार बिहान यहाँ फल्चा शिलान्यास गर्नुअघि लालीगुराँस सहकारीका कर्मचारीले विरोध गरेका थिए। महानगरले जबरजस्ती सहकारी प्रवेश गर्ने ढोका नै बन्द गर्ने गरी फल्चा निर्माण गर्न लागेको भन्दै उनीहरू आक्रोशित भएका हुन्। पछि प्रहरी परिचालन गरेर त्यहाँको माहोल सामान्य बनाइएको थियो।, शिलालेखअनुसार दुई सय छ वर्ष पुरानो समय् फल्चा ब्युँताउने हो भने लालीगुराँस सहकारीको बाटो बन्द नै हुन्छ। सहकारीको भवन प्रवेश गर्ने दुइटा बाटो बनाएको छ- एउटा माथि चढ्ने सिँढी, अर्को बेसमेन्ट जाने।, बेसमेन्ट जाने बाटोको छेउमा डेरी पसल छ भने त्यसको माथिल्लो तल्लामा कार्पेट पसल छ। सहकारीले यी दुवै भाडामा लगाएको हो। महानगरले पाटी पुनर्निर्माण गर्यो भने सहकारी भवन छिर्ने यी दुवै बाटो बन्द हुनेछन्। उसले पुनर्निर्माणको विरोध गर्नुको कारण यही हो। लामो समयदेखि लालिगुराँस र महानगरबीच मुद्दा पनि चलेको थियो।, सहकारीले हालेको उच्च अदालतदेखि सर्वोच्चसम्मका सबै मुद्दा महानगरपालिकाले जितेको छ। यसअघि विभिन्न समयमा हालिएका मुद्दामा सर्वोच्च अदालतले दुईचोटि र उच्च अदालतले एकचोटि पाटी निर्माण गर्न बाटो खोलिदिएका थिए। , गत भदौ ३ गते यही आधारमा ललितपुरले पाटी शिलान्यास गर्ने तयारी गरेको थियो। पाटी छिटो बनाउन स्थानीयको पनि दबाब भइरह्यो। तर त्यसको अघिल्लो दिन लालीगुराँस सहकारीले जिल्ला अदालत ललितपुरको अन्तरिम आदेश लिएर आयो जसमा फल्चा बनाउन रोक्नु भन्ने आदेश थियो।, अदालतको सम्मान गर्दै तत्कालका लागि काम रोक्का गरेको मेयर महर्जनले बताएका थिए। , अहिले उक्त राेक्का फुकुवा भएको बताउँदै उनले भने, 'यही भदौ २२ गते भने हामीलाई जिल्ला अदालतले पहिलेका फौसला हेरेपछि काम रोक्का गर्नुपर्दैन भनेको छ। रोक्नुपर्ने कुनै कारण नभएको र फल्चाले सडक मापदण्ड पनि नमिच्ने भनेको छ।', यहाँ बन्न लागेको फल्चा १ आना १ दाम क्षेत्रफलको छ। यसका लागि महानगरले करिब ३० लाख रूपैयाँ र स्थानीयले करिब तीन लाख उठाएका छन्। पहिले पाटी भत्काउँदाका अवशेषहरू, टुँडाल, मूर्ति र शिलालेख नजिकै प्रहरी चौकीमा राखिएको छ। अब फल्चा निर्माणक्रममा यी सबै सामान हालिने महानगरपालिकाले जनाएको छ।, यही वर्ष पुस अन्तिमसम्ममा फल्चा बनाइसक्ने महानगरको लक्ष्य छ।, २०२३ सालमा खिचिएको अशोक स्तुप क्षेत्रको तस्बिरमा त्यो पाटी प्रस्टै देखिन्छ। रातो मच्छिन्द्रनाथ जात्रा बेला समय् बजी खुवाइने त्यो फल्चा (पाटी) मर्मतसम्भार अभावले जीर्ण हुँदै गएको थियो तर जिर्णोद्धार गर्न कसैले वास्ता गरेन।, उल्टो २०२९ सालतिर विदेशी पाहुनालाई वृक्षारोपण निम्ति पुल्चोक हुँदै गोदावरी लैजान खोज्दा बाटोछेउको जीर्ण पाटी दरबारलाई शोभनीय लागेन। त्यसैले दरबारकै निर्देशनमा उक्त पाटी भत्काइयो। , नक्साअनुसार पुल्चोक सडकको पश्चिमतर्फ रहेको लालीगुँरास सहकारीको भवन पूर्वी मोहडाको छ। मेयर महर्जनका अनुसार भवन नै नक्साविपरीत बनेको छ। दक्षिण मोहडाको भवन बनाउने गरी नक्सापास गरिएको भए पनि पूर्वी मोहडाको बनाएको उनी बताउँछन्।, लालीगुराँस सहकारीले करिब १२ वर्षअघि अनिल राजभण्डारीसँग यो घरजग्गा किनेको हो। साढे आठ आना क्षेत्रफलमा बनेको घरमा त्यति बेला माथिल्लो तल्ला थपिएको थिएन। तीन वर्षअघि मात्र थपिएको हो।, स्थानीयका अनुसार पहिले अशोक स्तुपसँगै लस्करै ६–७ वटा फल्चा थिए। तीमध्ये एउटामा रातो मच्छिन्द्रनाथको रथ तान्न प्रयोग गरिने लामो काठको घःमाः राखिएको हामी अहिले पनि देख्छौं। यसलाई लामोपाटी भनिन्छ। त्यससँगै अशोक स्तुपको आडैमा नामसंगाती फल्चा छ जहाँ भजन गाइन्छ, मन्त्र पाठ गरिन्छ। यी दुइटाको बीचमा समय् फल्चा थियो।, जहिलेदेखि फल्चा मासियो, त्यसयता समय् बजी खुवाउने कार्यक्रम अलपत्र छ।, गणेशमान चित्रकारले सन् १९६० मा खिचेको यो तस्बिरमा पुल्चोक थुर, लामोपाटी (सबभन्दा बायाँ) र बीचको समय् फल्चा प्रस्टै देखिन्छ। तस्बिर स्रोत: गजेन्द्र बुढाथोकीको ट्वीटरबाट, यो पनि हेर्नुहोस्: , ललितपुर मेयरको 'भीष्मप्रतिज्ञा'- पुल्चोकमा २०० वर्ष पुरानो पाटी ब्युँताएरै छाड्छौं, २०६ वर्ष पुरानो पुल्चोक पाटी पुनर्निर्माणमा यस्तो छ सर्वोच्च र उच्च अदालतको फैसला,
बन्ने भयो पुल्चोकको २०६ वर्ष पुरानो पाटी
|
रासस दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ।, नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो। चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको बताइएको छ।, चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको विभागका भूगर्भविद् डाक्टर सुधीर रजौरेले बताए।, ‘सर्भे गरिएको स्थानमा ग्यास र पेट्रोल छ भन्ने प्रमाणित भयो,’ उनले भने, ‘अब कुन भू-भागमा कति परिमाणमा पेट्रोलियम पदार्थ वा ग्यास छ भनेर अन्तिम सर्भे हुनेछ।’, कोरोना भाइरस सङ्क्रमणको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले आउने अनुमति दिएको छैन। अहिले विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको उनको भनाइ छ।, ‘चारवटा क्षेत्रमा गरिएको सर्भेको नतिजा सकारात्मक देखिएको छ,’ रजौरेले भने, ‘टोली आउनासाथ धमाधम काम सुरू हुन्छ।’, दुबै देशका सरकारबीच जीटुजी सम्झौताअनुसार काम सुरू भएकाले यसलाई निरन्तरता पाउने विभागले जनाएको छ।, ‘विस्तृत सर्भे र ड्रिलिङको काम पनि अहिलेसम्म सकिन्थ्यो होला,’ भूगर्भविद् रजौरेले भने, ‘कोभिडका कारण झन्डै डेढ वर्ष अन्वेषणको काममा ढिलाइ भएको छ।’, दैलेखका विभिन्न ठाउँमा २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो। विभागले श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम सकिएको जनाएको छ।, करिब १० वर्षअघि पनि दैलेखमा बलेको ग्यासकै कारण नेपालको कुनै भू-भागमा पेट्रोलियम पदार्थ हुनसक्छ भन्दै केही अन्तर्राष्ट्रिय कम्पनीले नेपालका विभिन्न १० वटा जिल्लामा अन्वेषण सुरू गरेका थिए। विभिन्न कारणले अन्वेषणका काम हुन नसकेपछि सरकारले सम्झौता रद्द गरेर चीनसँग नयाँ सम्झौता गरेको थियो। तत्कालीन समयमा ७२ लाख बढी अमेरिकी डलर खर्च गरिएको खानी तथा भूगर्भ विभागको तत्थ्याङ्कमा उल्लेख छ।, चार हजार मिटर ड्रिलिङ हुने, अन्वेषणको अन्तिम चरणमा जमिनमुनि चार हजार ५०० मिटर गहिरो ड्रिलिङ गरिने भएको छ। विभागले दिएको जानकारीअनुसार यही ड्रिलिङपछि मात्र कति परिमाणमा ग्यास वा पेट्रोल छ भनेर थाहा हुनेछ। यो काम पहिलो सर्भे गरिएको कुनै स्थानभित्र हुनसक्छ, अहिले स्थान भन्न मिल्दैन खानी तथा भूगर्भ विभागले जनाएको छ। अन्वेषणको पछिल्लो प्रतिवेदनलाई आधार मान्ने हो भने दैलेखको कुनै भूभागभित्र ग्यास वा पेट्रोल छ भनेर सहजै अनुमान गर्न सकिने देखिएको हो।, नेपाल र चीन सरकारले भने पेट्रोलियम पदार्थको उत्खननका लागि सन् २०१७ मा सम्झौता गरेको थियो। सोहीअनुसार विभिन्न चरणमा काम सुरु भइरहेका छन्।, कोरोनाका कारण रोकियो अन्तिम सर्वेक्षण, विभागका अनुसार काम सुरु भइरहेकै बेलामा कोरोना सङ्क्रमणको दर बढेपछि केही समस्या भएको छ। अन्तिम सर्वेक्षणका लागि प्राविधिक टोली र आवश्यक उपकरण ल्याउन समयमै सकिएको भए अहिलेसम्म अन्तिम नतिजा पनि आइसक्थ्यो। कोभिड सङ्क्रमणकै कारण झण्डै १८ महिना अन्वेषणको काममा ढिलाइ भएको छ।,
चिनियाँ अध्ययनको निष्कर्ष- दैलेखमा ग्यास र पेट्रोल खानी छ
|
सेतोपाटी संवाददाता रुपन्देहीमा भारततर्फ निकासी गर्न लागेको ६ लाख मूल्य बराबरको सुपारी बरामद भएको छ।, सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेटक्वाटर रुपन्देहीले नेपाल–भारत सीमानाका सिद्धार्थनगर–११ भुजौलीबाट सुपारी बरामद गरेको हो।, बिहीबार बिहान २० वटा बोरामा राखिएको उक्त सुपारी बरामद गरेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।, नेपालबाट अवैध रुपमा भारततर्फ कटिङ सुपारी चोरी निकासी हुन लागेको थाहा पाएपछि भुजौली नाकामा चेकजाँचको लागि गएको सशस्त्र प्रहरी टोलीले उक्त सुपारी बरामद गरेको थियो । , एसपी उप्रेतीले करिब ६ लाख मूल्य बराबरको उक्त सुपारी बरामद गरि भैरहवा भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए।, सुपारी कहाँबाट ल्याएको, ओसार–पसारमा को–को संलग्न छन् भन्नेबारे थप अनुसन्धान भइरहेको उप्रेतीले बताए ।,
रुपन्देहीमा भारततर्फ निकासी गर्न लागेको ६ लाख मूल्य बराबरको सुपारी बरामद
|
रासस बाँके अझै साक्षर जिल्ला घोषणा हुनसकेको छैन । कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकाले मात्र साक्षरता घोषणा गरिसकेका छन् ।, नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी, डुडुवा र बैजनाथ गाउँपालिका तथ्याङ्क सङ्कलनमै अड्किएका छन् । गत फागुनमै बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम भएपनि स्थानीय तहको ढिलाइका कारण समय पर धकेलिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।, साक्षर जिल्ला घोषणा गर्न सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ । जिल्ला र स्थानीय तहमा तदारुकताका साथ काम नहुँदा समय पर धकेलिएको हो ।, नेपालगञ्ज उपमहानगरपालिकाको तथ्याङ्क सङ्कलनको काम अन्तिम चरणमा पुगेको शिक्षा शाखा प्रमुख गोरखबहादुर थापाले बताए। शिक्षा विकास तथा समन्वय एकाइले यहाँका सबै स्थानीय तहका प्रमुखसँग बाँकेलाई साक्षर जिल्ला घोषणा गर्न आवश्यक समन्वयका लागि चरणबद्ध बैठक बसेर छलफल गरेको उनले बताए।, सो कार्यालयले स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो क्षेत्रका प्रत्येक घरमा गएर तथ्याङ्क सङ्कलन गर्न र निरक्षरहरुका लागि विशेष कक्षा सञ्चालन गरेर उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई साक्षर घोषणा गर्न आग्रह गरेको छ ।, स्थानीय तहले प्राथमिकतामा नराखेका कारण बाँकेलाई साक्षरता घोषणा गर्न चुनौती बन्दै गएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय बाँकेका प्रमुख रामसुरेश यादवको भनाइ छ । लुम्बिनी प्रदेशको बाँकेसहित कपिलबस्तु, कर्णाली प्रदेशकको मुगु, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा तथा सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ साक्षर घोषणा हुन बाँकी छन् ।, विसं २०६८ को जनगणनाअनुसार बाँकेमा ६३ प्रतिशत साक्षर छन् । साक्षर जिल्ला घोषणा गर्न १५ देखि ६० वर्ष उमेरका ९० प्रतिशत मानिस साक्षर हनुपर्छ । पूर्ण साक्षर जिल्ला घोषणा गर्न ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान छ । ‘मानव केन्द्रित पुनःलाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ आज ५५औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ । तथ्याङ्कअनुसार नेपालका ५४ जिल्ला साक्षर घोषणा भइसकेका छन् । ,रासस,
बाँके साक्षर घोषणा हुन बाँकी
|
सेतोपाटी संवाददाता भन्सार छलेर ल्याइएका क्यान्सरको औषधी बिक्री गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपालिका वडा नम्बर १४ महाराजगन्ज घर भइ बुढानिलकण्ठस्थित गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , गल्फुटार क्षेत्रमा केही व्यक्तिहरूले क्यान्सरको उपचारमा प्रयोग हुने महंगो औषधीहरू भन्सार छलेर ल्याइ कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा खटिएको टोलीले बिना लाइसेन्स भण्डारीले बिक्री गरिरहेको पाएको भन्दै पक्राउ गरेको हो। , उनले भारतमा रहेका आफन्तहरूमार्फत् सो औषधी ल्याइ विभिन्न पसल, अस्पताल तथा बिरामीहरूलाई गैरकानुनी रूपमा बेचेको प्रहरीको आरोप छ।, प्रहरी उपरीक्षक कोइरालाका अनुसार उनीबाट नौ लाख बराबरको क्यान्सरको औषधी बरामद गरेको छ। ,
थप अनुसन्धान गर्न उनलाई भन्सार कार्यालय गौचरमा पठाएको छ।,
भन्सार छलेर ल्याइएका क्यान्सरको औषधी बिक्री गरेको आरोपमा एक पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना भएको छ। , त्रिभुवन विश्व विद्यालयले ३ रोपनी जग्गा उपलब्ध गराएपछि लाइन्स क्ल्व अफ इन्टरनेशनल ३२५ ले आयुर्वेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना गरेको हो।, यो त्रिभुवन विश्व विद्यालय र लाइन्स क्लव अफ इन्टरनेशनलको संयुक्त परियोजना हो। सरकारले अब अनुमति दिइसकेपछि अन्य उपकरणका लागि झण्डै ८ करोड रुपैयाँ लाग्ने त्रिभुवन विश्वविद्यालय ब्लड बैंकका संस्थापक अध्यक्ष रुद्रहरी ज्ञवालीले जानकारी दिए। , यसैबिच सो ब्लड बैंकलाई १० लाख ५ हजार रुपैयाँ दिइ अल्का अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठ पहिलो आजिवन संरक्षक भएकी छिन। , लाइन्स क्लवले १ लाख सहयोग गर्नेलाई ब्लड एम्बेस्डर, ५ लाख सहयोग गर्नेलाई ब्राण्ड एम्बेस्डर, १० लाख दिनेलाई आजिवन संरक्षक, ५० लाख दिनेलाई विशेष संरक्षक, १ करोड दिनलाई मुख्य संरक्षक र सवा करोड भन्दामाथि दिनेलाई संस्थागत साझेदारीका रुपमा भित्र्याइने ज्ञवालीले बताए।, ज्ञवालीका अनुसार १६ महिना भित्रमा सो ब्लड बैंक पूर्ण संचालनमा आउने छ।, सो रगत दिनका लागि अस्पतालहरुसँग सम्झौता गरिने र सोही अनुसार ट्रयाकिङ गरिने उनले बताए।, 'सेपरेट कम्पोनेन्ट' गरेर रगत वितरण गरिनेछ, 'ज्ञवालीले भने, 'अस्पतालहरुले रगत स्टकमा राख्न पाउँदैनन् र रगत खेर नआजोस भन्ने नै हाम्रो उद्देश्य हो।',
,
कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना
|
रासस काठमाडौँको टेकुस्थित ऋषेश्वर महादेव मन्दिर ऋषि पञ्चमीका दिन खुला गरिने भएको छ।, सप्तऋषिको पूजा आराधना गर्न आउने भक्तजनको आग्रहअनुसार मन्दिर खुला गर्न लागिएको हो। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन खुला गरिने उक्त मन्दिर विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारीका कारण गत वर्ष बन्द गरिएको थियो।, दर्शनका लागि स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गरेर भीड कम हुने गरी व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिका–१२ का वडाध्यक्ष विकास डङ्गोलले जानकारी दिए।, हरितालिका तीजमा व्रत बसेका महिलाले विशेषगरी पञ्चमीका दिन विधिपूर्वक स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने गर्छन्।, सप्तऋषिमा कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि, वशिष्ठ र विश्वामित्र पर्छन् । दर्शनार्थीको सहजताका लागि भीड व्यवस्थापन तथा भक्तजनलाई स्वास्थ्य समस्या परेमा सहयोग गर्न नगरपालिकाका कर्मचारी खटाइनाका साथै एम्बुलेन्स व्यवस्थापन गरिने छ । , भीड हुन नदिनका लागि कुनै पनि सङ्घसंस्थाको प्रतिनिधिलाई स्वयंसेवक राखिने छैन । मन्दिर तथा त्यस वरपर क्षेत्रमा सफाइ गरिएको छ।,
ऋषेश्वर महादेव पञ्चमीमा खुला रहने
|
रासस गण्डकी प्रदेशको राजधानी पोखरासँग धवलागिरिका चार जिल्लाको सडक यातायात सम्पर्कबिच्छेद भएपछि जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पुर्याउने गरिएको छ । , मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङअन्तर्गत पर्वतको डिमुवाबाट चुवाखण्डमा गत साता गएको पहिराले सडक अवरुद्ध बनाएपछि गम्भीर अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पुर्याउने गरिएको हो । भिरबाट लडेर घाइते भएका मालिका गाउँपालिका–६ दरबाङका राहुल आचार्यलाई बुधबार हेलिकोप्टरबाट पोखरा लगिएको थियो । बेनी अस्पतालले पोखरा सिफारिस गरेकी एक गर्भवतीलाई पनि हेलिकोप्टरबाट नै लगिएको थियो ।, सिन्धुलीमा निधन भएकी बेनी नगरपालिका–७ की तारादेवी गिरीको शव दाहसंस्कारका लागि बेनी ल्याउन हेलिकोप्टर चार्टर्ड गरिएको परिवारका सदस्यले बताएका छन्। सडक अवरुद्ध हुँदा गम्भीर अवस्थाका बिरामीलाई धवलागिरि क्षेत्र बाहिरका अस्पताल पुर्याउन हेलिकोप्टर चार्टर्ड गर्नुपरेको बेनीका अनोद श्रेष्ठले बताए।, म्याग्दीमा बिरामी लैजान बुधबार र मङ्गलबार चार/चार पटक हेलिकोप्टरको प्रयोग गरिएको थियो । म्याग्दीबाट पोखरा पुग्न एकपटक हेलिकोप्टर चार्टर्ड गर्दा न्यूनतम रु एक लाख २० हजार खर्च गर्नुपर्छ । पहिरामा परेर पर्वतमा ११ जनाको मृत्यु भएको थियो ।, पर्वत खण्डको बिभिन्न ठाउँमा पहिराले विद्युत्, सडक र सञ्चारसँग सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेको छ । टावर ढलेपछि म्याग्दीको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, पाँच मेगावाट क्षमताको घलेम्दीखोला, १३.६ मेगावाट क्षमताको थापाखोला र १० मेगावाटको मोदी–१ जलविद्युत् आयोजना बन्द हुँदा करोडौँको नोक्सानी भएको छ । , सडक अवरुद्ध हुँदा बजार क्षेत्रमा तरकारी, निर्माण र इन्धनको अभाव भएको छ । म्याग्दीको लेकाली क्षेत्रमा उत्पादन भएको आलु सडक अभावका कारण पोखरालगायत सहरमा बिक्री गर्न लैजान सकिएको छैन । इन्धन अभावका कारण सार्वजनिक यातायात र विकास आयोजना प्रभावित भएका छन् । म्याग्दीमा छवटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । चालु अवस्थामा रहेका बेनी–जोमसोम, बेनी–दरबाङ, मालढुङ्गा–बेनी सडक आयोजना पनि प्रभावित भएका छन् ।, मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले चट्टानसहितको पहिरो र भासिएर अवरुद्ध बनेको सडक मर्मतको काम अन्तिम चरणमा पुगेको जनाएको छ । मोदीको पातीचौरबाट कुश्मातर्फ दुई, कुश्माबाट पातीचौरतर्फ दुई र बीचमा एक वटा स्काभेटर परिचालन गरेर सडक मर्मत भइरहेको छ। ,
उपचार गर्न हेलिकोप्टर चार्टर
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा नेपालमा थप १२७१ जना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । , यस्तै पछिल्लो २४ घन्टामा १८४५ जना निको भएका छन्। , मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९०३ पुगेको छ । , भेन्टिलेटरमा १३९ जनाको उपचार भइरहेको छ भने आईसीयूमा ४४५ उपचाररत छन्।, यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४३३ जना संक्रमित फेला परेका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ३२९, भक्तपुरमा ३७ र ललितपुरमा ६७ जना कोरोना संक्रमित फेला परेका हुन्।,
११ हजार ९४४ नमूना परीक्षणमा १२७१ संक्रमित फेला, १८४५ जना निको भए
|
सेतोपाटी संवाददाता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा पर्शुराम बस्नेतले सर्वोच्च अदालतबाट सफाइ पाएका छन्। , बिहीबार न्यायाधीश दीपककुमार कार्की र टंक मोक्तानको इजलासले बस्नेतलाई सफाइ दिने विशेष अदालतको फैसला सदर गरेको हो। , विशेष अदालतले बस्नेतलाई २०७४ चैत २५ गते सफाइ दिएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ११ करोड ४१ लाख अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा बस्नेतसहित पाँच जनाविरूद्ध २०७० जेठ ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। , सर्वोच्च अदालत पुगेको लामो समयपछि बस्नेतले मुद्दामा सफाइ पाएका हुन्। विराटनगरलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बस्नेतको सम्पत्तिमाथि अनुसन्धान गरी विभागले अदालतमा मुद्दा पुर्याएको थियो। , बस्नेत नेकपा एमालेनिकट युवा संघमा आवद्ध छन्।,
सम्पत्ति शुद्धीकरण मुद्दामा पर्शुरामले पाए सर्वोच्चबाट सफाइ
|
सेतोपाटी चितवनका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन्।, भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो। मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो।, भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा उपचार गराउन आउनेमध्ये जनरल मेडिसिन विभागमा आउने बिरामीको सङ्ख्या १०० भन्दा बढी छ। पहिलेको तुलनामा यो सङ्ख्या बढी हो। लक्षण कोरोनासँग मिल्दोजुल्दो भएको तर कोरोना नभई भाइरल ज्वरो रहेको उनले जानकारी दिए।, भरतपुर अस्पतालको जनरल मेडिसिनमा अहिले दैनिक २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्। तीमध्ये ६० प्रतिशत ज्वरो र मौसमी रुघाखोकीका बिरामी आउने गरेका उनले बताए।, मौसममा परिवर्तन हुने समय र नियमित वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीले बताए। अहिले ज्वरो र मौसमी रुघाखोकीका बिरामी पहिलेको तुलनामा बढ्दै गएको उनको भनाइ छ। गत एक सातायतादेखि बिरामीकोे चाप बढ्दै गएको हो।, अस्पतालमा आएका बिरामीमध्ये अधिकांश दुई–तीन दिनदेखि उच्च ज्वरो आएका रहेका छन्।, यस्तै, भाइरल ज्वरोका बिरामी बालबालिकाको सङ्ख्या पनि अहिले उच्च छ। अस्पतालमा आउने बालबालिकामध्ये ७० देखि ८० प्रतिशत भाइरल ज्वरोका बिरामी छन्। बालबालिकामा पनि अहिले उच्च ज्वरो, निमोनिया र रुघाखोकीको समस्या देखिएको अस्पतालले जनाएको छ।, पाँच वर्षमुनिका बच्चामा ज्वरो र मौसमी रुघाखोकीको समस्या बढी देखिएको अस्पतालका बालरोग विशेषज्ञ डा युवानिधि बशौलाले जानकारी दिए। कोभिडका कारण बालबालिकालाई पूर्णखोप लगाउन नपाउँदा यस्तो समस्या देखिएको उनको भनाइ छ।, अहिलेको समयमा झोलिलो पदार्थ, सागपात, फलफूलजस्ता पोषणयुक्त खानेकुरामा बढी जोड दिन चिकित्सकले सुझाएका छन्। ,रासस,
,
चितवनमा मौसमी ज्वरोका बिरामी बढे
|
सेतोपाटी सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर-दक्षिण कोशी राजमार्ग अवरूद्ध भएको छ।, गत शनिबारदेखि भोटखोला जाने उत्तर-दक्षिण कोशी राजमार्ग अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।, पहिराका कारण सदरमुकाम खाँदबारीबाट गाउँपालिका जाने उत्तर-दक्षिण सडकखण्ड एक सातादेखि अवरूद्ध भएको छ।, उत्तर-दक्षिण सडकखण्डको मकालु गाउँपालिका र भोटखोला गाउँपालिका सीमाना मकालु–३ हाइटारमा पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।, पहिरो हटाउन पहल भइरहेको प्रजिअ पौडेलले बताए।, अहिले पनि त्यस क्षेत्रमा निरन्तर पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनियर गौतमकुमार श्रेष्ठले जानकारी दिए।, उनले भने, 'हामीले पहिरो हटाउन मकालु–३ हाइटार नजिकै तीन वटा स्काभेटर लगेका छौं, तर पहिरो खस्ने क्रम नरोकी कारण सडक कहिले खुल्छ भन्ने यकिन हुन सकेको छैन।' , सडक अवरूद्ध भएपछि भोटखोलासँग सम्बन्ध टुटेको छ। अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालुको हेदाङनागढीसम्म चलिरहेको उनले बताए।, सडकखण्ड अवरूद्ध भएपछि मकालुका केही वडा र भोटखोलामा यातायात सेवा बन्द भएको छ।, पहिराका कारण सदरमुकाम खाँदबारीबाट भोटखोलाको हटिया पुगेको आधा दर्जन सवारी र खाद्यान्न बाकेर गएका ट्रयाक्टर हटियामै रोकिएका स्थानीयबासीले बताएका छन्। ,रासस,
पहिराले एक सातादेखि कोशी राजमार्ग अवरूद्ध
|
सेतोपाटी संवाददाता प्रहरीले पाँच किलो गाँजासहित बिहीबार राति विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका-७ का २४ वर्षीय सागर राई छन्। , सिआरभी पोस्ट भट्टाचोकबाट खटिएको टोलीले बिहीबार राति ८ बजे राईलाई पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए। , सार्वजनिक सवारी चेकजाँचको क्रममा राई पक्राउ परेको उनले बताए। , राईलाई हिरासतमा लिएर अनुसन्धान थालेको छ। , ,
पाँच किलो गाँजासहित विराटनगरबाट एक पक्राउ
|
रासस पशुपतिनाथको मूल मन्दिर नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गर्नु परेकामा माफी माग्दै क्षमा पूजा गरिएको छ।, पशुपति क्षेत्र विकास कोषको आयोजनामा बिहीबार क्षमा पूजा गरेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको हो।, नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो।, कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला गरिने छ। पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ। एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ।, मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ। एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ। विशेष पूजा भने शुक्रबारदेखि खुला नगरिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए।, शुक्रबार बिहानदेखि मन्दिर खोल्न बुधबार नै सुरक्षा समितिको बैठक बसी तयारी गरिएको उनले बताए। साढे चार महिनापछि खुल्न लागेको मन्दिरमा भक्तजनलाई सहज तरिकाले दर्शन गराउन आवश्यक सबै तयारी गरिएको कोषले जनाएको छ।, २०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो।, २०७६ साल चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो। विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो।, महाशिवरात्रिका अवसरमा गत वर्ष फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय पशुपतिनाथ मन्दिर खुला गरिएको थियो।, यसपटक पनि कोरोना जोखिमको मात्रा हेरेर विशेष पूजा, साविकबमोजिम नै मन्दिर खुलालगायत निर्णय गरिने कोषले जनाएको छ।, कोरोना महामारीका कारण २०७७ र २०७८ साउन एवं हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मूल मन्दिर बन्द भएको छ। शुक्रबारदेखि पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिने कोषले जनाएको छ।,
पशुपतिमा गरियो क्षमा पूजा, आजदेखि भक्तजनलाई खुला
|
सेतोपाटी संवाददाता नेकपा एमाले स्थायी कमिटीको बैठक शुक्रबार बस्ने भएको छ।, शुक्रबार अपराह्न ४ बजे ललितपुरको च्यासलस्थित तुल्सी लाल प्रतिष्ठानमा बैठक बस्ने भएको एमालेका सचिव शेरबहादुर तामाङले जानकारी दिए। , बैठकमा चालू संसदमा पार्टीको भूमिकाबारे छलफल गरिने उनले बताए। साथै विधान महाधिवेशनबारे पनि छलफल गर्ने तालिका छ। ,
,
नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने
|
एजेन्सी तालिबानले सत्ता कब्जा गरेको झन्डै एक महिनापछि अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुरू भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार बिहीबार कतार एयरवेजको जहाज काबुलबाट दोहाका लागि उडेको छ।, तालिबानले सत्ता कब्जा गरेपछि पहिलो पटक व्यवसायिक उडान गरेको उक्त जहाजमा झन्डै ११३ यात्रु थिए। उनीहरू अमेरिका, बेलायत, क्यानडा, जर्मनी र बेलायतका नागरिक हुन्।, अगस्ट १५ मा तालिबानले काबुल कब्जा गरेपछि अमेरिकी सैनिकले विमानस्थल सञ्चालन गरेर उद्धार उडानमात्र गरेको थियो। अमेरिकी सैनिकले अगस्ट ३१ मा काबुल विमानस्थल छोडे पनि तालिबानहरूले विमानस्थल सञ्चालन गर्न सकेका थिएनन्।, अफगानिस्तानमा अमेरिकी र नाटो सैनिक हुँदा उक्त विमानस्थल टर्कीले चलाउँदै आएको थियो। विदेशी फौज फिर्ता भएपछि तालिबानलाई विमानस्थल सञ्चालन गर्न कठिन भएको थियो। पछिल्लो समय विमानस्थल चलाउन टर्की र कतारले सहयोग गरिरहेका छन्।, कतार एयरवेजले शुक्रबार पनि काबुलबाट नियमित उडान हुने बताएको छ।, बिहीबार नै काबुल विमानस्थलमा पाकिस्तान एयर फोर्सको जहाज पनि गएको छ। उक्त जहाजले खाद्यान्नसहित विभिन्न सहयोग सामग्री लिएर गएको बताइएको छ।,
काबुलबाट विदेश उड्न थाले जहाज
|
सेतोपाटी संवाददाता संखुवासभा मकालु गाउँपालिका-३ समटारस्थित निर्माणाधिन खाँदवारी-किमाथाङ्का सडक खण्डमा जेसिबी लोडर दुर्घटना हुँदा एकको मृत्यु भएको छ।, मृत्यु हुनेमा खाँदबारी नगरपालिका-६ का २४ वर्षीय श्याम विक छन्।, ज१क ४१२ नम्बरको जेसिबी बिहीबार दिउँसो सडकबाट सय मिटर खसेर दुर्घटना भएको थियो।, जेसिबीले किच्दा विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, यसैबीच, सुनसरी रामधुनी ६ कान्छीचौक-चतरा सडक खण्डको सुनसरी खोलाको पुलमा मोटरसाइकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका ६ का १८ वर्षीय रितिक राई रहेका छन्। पछाडि सवार सोही स्थानका २१ वर्षीय निरज राईको उपचार भइरहेको छ।, बिहीबार राति १२ बजे को३६प ९५८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।,
खाँदबारी-किमाथांका सडकमा जेसिबी लोडर दुर्घटना हुँदा एकको मृत्यु
|
सेतोपाटी संवाददाता नेपाल र भारतबीच विद्युत व्यापारका लागि बुटवल-गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौता भएको छ। नेपाल विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरसेन अफ इन्डिया लिमिटेडबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौता (जोइन्ट भेन्चर एन्ड सेयरहोल्डर एग्रिमेन्ट) मा हस्ताक्षर भएको छ।, भारतको राजधानी नयाँ दिल्लीमा बुधबार भएको कार्यक्रममा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र पावर ग्रिडकातर्फका कर्यकारी निर्देशक वाइ के दीक्षितले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।, नेपाल सरकार मन्त्रिपरिषद्को १९ साउनको बैठकले बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत सेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो।, सम्झौतामा हस्ताक्षर पछि प्रसारण लाइनअन्तर्गत भारतर्फको खण्ड निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको ५०/५० प्रतिशत संस्थापक सेयर रहने गरी संयुक्त कम्पनी स्थापना गर्न बाटो खुलेको कार्यकारी निर्देशिक घिसिङले बताए।, ‘दुई मुलुकबीचका सचिव र सहसचिव स्तरीय संयन्त्रका बैठकले भारतर्फको खण्ड प्राधिकरण र पावर ग्रिडको संयुक्त लगानी रहने गरी कम्पनी स्थापना गर्ने र त्यसैमार्फत निर्माण गर्ने सहमति भएता पनि मन्त्रिपरिषदबाट स्वीकृति नपाउँदा संयुक्त लगानी तथा सेयरहोल्डर सम्झौता हुन सकेको थिएन’, घिसिङले भने, ‘मन्त्रिपरिषदका् स्वीकृतिमा सम्झौतामा हस्ताक्षर भएसँगै प्रबन्ध पत्र, नियमावली तयार गरी कम्पनी स्थापना गर्न र प्रसारण सेवा सम्झौताका लागि अगाडि बढ्न बाटो खुलेको छ।’, उनले प्रसारण लाइन तीनदेखि साढे तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढेको बताउनु भयो।, बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको लम्बाई १ सय २० किलोमिटर छ। त्यसमध्ये नेपालतर्फ २० किलोमिटर पर्छ भने भारतर्फ एक सय किलोमिटर पर्छ। नेपाल खण्डको प्रसारण लाइन नेपाल आफैंले र भारतर्फको प्राधिकरण र पावर ग्रिडको ५०/५० प्रतिशत सेयर स्वामित्वमा स्थापना हुने कम्पनीले निर्माण गर्ने छन्।, प्रसारण लाइनले करिब २ हजार मेगावाट विद्युत प्रवाह गर्न सक्ने प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए।, ‘अहिले सञ्चालनमा रहेको ढल्केबर-मुजफ्फरपुर पहिलो अन्तरदेशीय ४०० केभी प्रसारण लाइनले भन्दा बुटवल-गोरखपुर प्रसारण लाइनले झण्डै डबल क्षमतामा विद्युत प्रवाह गर्न सक्छ, यो प्रसारण लाइन दुई मुलुकबीचको विद्युत व्यापारका लागि लाइफ लाइन हुने छ’, अधिकारीले भने।, नेपाल-भारत ऊर्जा सचिव तथा सहसचिवहरूको संयन्त्रको २७/२८ असोज २०७६मा भएको सातौं बैठकले प्रसारण लाइन निर्माणको लगानी स्वरूपलाई टुंगो लगाएको थियो। करिब ६ अर्ब लागत अनुमान गरिएको आयोजनामा संयुक्त कम्पनीले २० प्रतिशत स्वपुँजीका रूपमा लगानी गर्ने र बाँकी रकम ऋण लिने सहमति छ ।, विद्युत व्यापारका विषयमा भारतीय अधिकारीहरूसँग छलफल, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत बिक्रीका सम्भावनाका बारे भारतीय अधिकारीसँग छलफल गरेको छ। ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बर्खाको समयमा मुलुकभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि घिसिङ नेतृत्वको टोली व्यापारको बन्दोबस्ती गर्न भारततर्फ गएको थियो। टोलीले भारतको विद्युत मन्त्रालय, केन्द्रीय विद्युत प्राधिकरण, विहार स्टेट पावर होल्डिङ कम्पनी लि. र नेपालसँग विद्युत व्यापार गरिरहेका भारतीय कम्पनीहरुसँग छलफल गरेको थियो। नेपालमा जगेडा भएको विद्युत भारतमा र बंगलादेशमा बिक्रीका लागि भारतीय अधिकारीसँगको छलफल सकारात्मक रहेको घिसिङले बताए।,
बुटवल-गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन बनाउन लगानी सम्झौतामा हस्ताक्षर
|
सेतोपाटी सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ बोल्दे घट्टे खोला क्षेत्रका बस्तीमा जमिन भासिँदा ६६ घर उच्च जोखिममा परेका छन्।, घट्टे खोला र तेलेसोङ खोलाको बीचमा रहेको उक्त क्षेत्रका ४५० परिवार विस्थापित भएका छन्।, स्थानीयबासी एक सातादेखि सुरक्षित ठाउँमा रात कटाउँदै आएको गाउँपालिकाको उपप्रमुख सिर्जना तामाङले जानकारी दिइन्।, उनका अनुसार कात्तिकेमा पनि ८ परिवार विस्थापित भएपछि पाँच टेन्ट उपलब्ध गराइएको छ।, विस्थापित बोल्देका परिवार केहीलाई त्रिपाल उपलब्ध गराइएको छ भने कोही आफन्त कहाँ गएर बास बस्ने गरेको बताइएको छ। तेलेसोङ खोला ठाउँठाउँमा सुरूङका रूपमा बग्ने गरेकाले जमिन भासिने र चिरापर्ने गरेको र सो स्थानमा उद्धारका सामग्री लैजान जोखिम रहेको उपप्रमुख तामाङले जानकारी दिइन्। ,रासस,
सिन्धुपाल्चोकका ६६ घर उच्च जोखिममा
|
सेतोपाटी संवाददाता 'लोकसेवा आयोगको कर्मचारी भएको' भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , सरकारी जागिर लगाइदिने बहानामा ठगी गरेको आरोपमा महोत्तरीको पशुपतिनगर-४ घर भई हाल धरान-५ बसिरहेका ५२ वर्षीय अमरबहादुर लामिछाने रहेका छन्। , धरानमा डेरा गरेर बसिरहेका उनको कोठाबाट विभिन्न सकारी कार्यालयका छाप बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। , सरकारी जागिर लगाइदिने भनी ठगी गरेको भन्दै सर्वसाधारणले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। , उनको डेराबाट सर्वोच्च अदालत काठमाडौं लेखिएको डिजिटल छाप, लोकसेवा कार्यालय कमलपोखरी काठमाडौं लेखेको रबरको छाप, गोप्य लेखेको रबरको छाप, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी निरीक्षक, उपसचिव, राष्ट्रिय वाणिज्य बैंक लोक सेवा आयोगको कार्यालय धनकुटा, शाखा अधिकृत लेखेको छाप बरामद भएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए। , उनको कोठाबाट विभिन्न कागजात पनि बरामद भएको उनले बताए। लामिछानेलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।,
'लोकसेवा आयोगको कर्मचारी' भन्दै ठगी गरेको आरोपमा धरानबाट एक पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप तीन सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप तीन सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, काठमाडौंका २५७ जना, ललितपुरका ५६ जना र भक्तपुरका ४१ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ।, योसँगै काठमाडौं उपत्यकामा अहिले छ हजार पाँच सय ५४ सक्रिय संक्रमित छन्। काठमाडौंमा तीन हजार चार सय २८, ललितपुरमा एक हजार ९ सय ३४ र भक्तपुरमा एक हजार एक सय ९१ संक्रमित छन्।, मन्त्रालयका अनुसार नेपालमा थप एक हजार १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , शुक्रबार १० हजार ९१६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , पछिल्लो २४ घण्टामा एक हजार ६६० जना संक्रमित निको भएका छन्। त्यस्तै यसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा १० हजार ९२४ जनाको मृत्यु भएको छ।, शुक्रबारसम्म २७ हजार ९५८ जना सक्रिय संक्रमित छन्। ,
काठमाडौं उपत्यकामा थपिए तीन सय ५४ संक्रमित
|
सेतोपाटी संवाददाता ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको धारिलो हरियार खुकुरी र दाउ प्रहार गरी हत्या भएको छ। , हत्या आरोपमा उनका आफ्नै भाइ ६७ वर्षीय शेरबहादुर तामाङ र शेरबहादुरका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका छन्। , शुक्रबार दिउँसो साढे १२ बजे तामाङको हत्या भएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ। , दुबै जनालाई हत्यामा प्रयोग भएको खुकुरी र दाउसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। , अंशबण्डाको विषयमा विवाद हुँदा धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्रबहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको थियो। , अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली घटनास्थल गएको छ। , घटनास्थल जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ६० किलोमिटर पश्चिम उत्तर छ।,
अंशबण्डाको झगडामा ओखलढुंगामा दाइको हत्या, भाइ र भतिजा पक्राउ
|
सेतोपाटी संवाददाता बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा तोडफोड भएको छ। , शुक्रबार कार्यालयमा वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोलले तोडफोड गरेका हुन्। उनले प्रमुख प्रशासकीय अधिकृत, प्रशासन विभाग प्रमुख र उपप्रमुखको कार्यालयको ढोकामा तोडफोड गरेका हुन्। , यद्यपि उनले किन त्यसो गरेको भन्ने आफूले जानकारी पाइनसकेको मेयर विद्यासुन्दर शाक्यले बताए।, 'सुनेको चाहिँ छु। म बाहिर कार्यक्रममा आइरहेको हुँदा सबै डिटेलमा बुझ्न पाएको छैन,' उनले भने,'किन, के-कति क्षति भयो भन्ने कुरा रिपोर्टिङ भइसकेको छैन।', वडा नम्बर ५ का अध्यक्ष डंगोलले तोडफोड गरेको उनले बताए। , महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले सामान्य विवादको मात्रै खबर आएको बताए। , 'सामान्य विवाद भएको भन्ने खबर आएको छ,' उनले भने। घटनाबारे बुझ्न खोज्दा वडा नम्बर ५ का वडाध्यक्षसँग सम्पर्क हुन सकेन।,
काठमाडौं महानगरको कार्यालयमा वडाध्यक्षले गरे तोडफोड
|
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो।, शुक्रबार १० हजार ९१६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , पछिल्लो २४ घण्टामा एक हजार ६६० जना संक्रमित निको भएका छन्। त्यस्तै यसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा १० हजार ९२४ जनाको मृत्यु भएको छ।, शुक्रबारसम्म २७ हजार ९५८ जना सक्रिय संक्रमित छन्। , यस्तै काठमाडौं उपत्यकामा थप तीन सय ५४ जनामा कोरोना संक्रमण भएको छ। काठमाडौंका २५७ जना, ललितपुरका ५६ जना र भक्तपुरका ४१ जनामा कोरोना संक्रमण भएको हो। ,
,
थप एक हजार १४६ जनामा कोरोना संक्रमण
|
सेतोपाटी संवाददाता विपन्न परिवारलाई काठमाडौंका दश ठाउँमा खाना खुवाइने भएको छ।, शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै सो घोषणा गरेका हुन्।, संसदमा प्रतिपक्षी दल नेकपा एमालेका सासंदहरूले नाराबाजी गरेका थिए। , त्यसैबीच अर्थमन्त्री शर्माले बजेट पेश गर्दै विपन्न परिवारलाई काठमाडौंका दश ठाउँमा खाना खुवाइने घोषणा गरेका हुन्।, सो काम सामाजिक संस्थाको सहयोगमा गर्ने उनले बताए।,
,
विपन्न परिवारलाई काठमाडौंका १० ठाउँमा खाना खुवाइने
|
सेतोपाटी संवाददाता नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एक जनालाई प्रहरीले कुपन्डोलबाट पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर ललितपुरले बाग्लुङका ३२ वर्षीय युद्दबहादुर केसीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए। उनलाई प्रहरीले सोमबार कुपन्डोलस्थित युएन पार्कबाट पक्राउ गरेको हो। , उनले नेपाल तथा भारतका विभिन्न मेडिकल कलेजबाट फर्मेसी इन डिप्लोमेसी गरेको नक्कली प्रमाणपत्र बनाएको आरोप छ।, नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली कागजात, लाइसेन्स, परीक्षा प्रवेश पत्र लगायत बनाउने गरेको प्रहरी उपरीक्षक महर्जनले बताए। , जिल्ला अदालत पाटनबाट सात दिन हिरासतमा राख्ने अनुमति लिई लिखत सम्बन्धी मुद्दामा थप अनुसन्धान प्रहरीले अघि बढाएको छ। ,
,
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा कुपन्डोलबाट एक पक्राउ
|
रासस १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सुर्खेतमा ९ जना पक्राउ परेका छन्।, इलाका प्रहरी कार्यालय बाबियाचौरले उनीहरूलाई नियन्त्रणमा लिएको हो।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बलात्कारको आरोपमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, खगेन्द्र भनिने शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाहीलाई पक्राउ गरिएको बताए।, बलात्कृत बालिकाको चिकित्सकीय परीक्षण गर्दा पोजेटिभ देखाएको उनले बताए। पञ्चपुरी नगरपालिका सुर्खेतमा बस्दै आएकी किशोरीले आफूलाई पटक–पटक विभिन्न व्यक्तिबाट ठाउँठाउँमा बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा सोमबार उजुरी दिएपछि उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ।, किशोरीले आफूलाई चकलेट, बिस्कुट, चाउचाउ र पैसा दिन्छु भन्दै फकाएको उजुरीमा उल्लेख गरेकी छन्।, जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कनक शाहीले बाबुको मृत्यु भइसकेको र आमाले छोडेर अर्कैसँग विवाह गरेपछि मामाघरमा बस्न आएकी किशोरीमाथि बलात्कार भएको बताए।, उनकाअनुसार मुद्दा दर्तापछि किशोरी आफैँले बलात्कार गर्नेलाई पहिचान गराउँदै इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक टेकबहादुर देउवामार्फत नियन्त्रण लिन लगाएकी थिइन्।, बलात्कार आरोप लागेकामध्ये केहीलाई पक्राउ गर्न बाँकी रहेको बताउँदै प्रहरी निरीक्षक शाहीले नियन्त्रणमा लिइएका ९ जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताए।,
१६ वर्षीया किशोरी बलात्कार आरोपमा ९ जना पक्राउ
|
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी घुससहित पक्राउ परेका छन्।, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले घुससहित एक कर्मचारीलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा महोत्तरी मटिहानी नगरपालिका वडा नम्बर ९ घर भई जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायब सुब्बा ४८ वर्षीय उमेशकुमार चौध छन्।, उनलाई मंगलबार अख्तियारको टोलीले आठ हजार पाँच सय घुससहित धनुषा नगरपालिका-४ बाट पक्राउ गरेको हो।, क्याम्पस चोकको लड्डु गोपाल स्वीट्सबाट उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।,
साढे ८ हजार घुससहित धनुषाबाट एक पक्राउ
|
सेतोपाटी संवाददाता रुपन्देही प्रहरीले भन्सार छलेको ११ लाख ९ हजार ७३० बराबरको सामान बरामद गरेको छ।, प्रहरीका अनुसार रुपन्देहीका विभिन्न ठाउँबाट मंगलबार उक्त बराबरको भन्सार छलेको सामान बरामद भएको हो।, लु३३प ५०१८ नम्बरको मोटरसाइकल, लु१९प १३४१, लु२प ४२२५ र लु७१प १२५४ नम्बरको मोटरसाइकलबाट उक्त बराबरको सामान बरामद गरेको हो।, प्रहरीले सिद्धार्थनगर नगरपालिका-४ बाट १ लाख १३ हजार बराबरको खसी र ब्रोइलर कुखुरा बरामद गरेको छ।, इलाका प्रहरी कार्यालय मर्चबारीबाट खटिएको टोलीले ३८ हजार रुपैयाँ बराबरको ब्रोइलर कुखुरा बरामद गरेको छ।, यस्तै, इलाका प्रहरी कार्यालय रुपनेदेहीको टोलीले चिनी तथा किराना सामान, श्रंगारका सामानसहित लु७१प १२५४ नम्बरको मोटरसाइकलबाट ३ लाख ४ हजार बराबरको सामान बरामद गरेको छ।, यसैगरी, इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले १ लाख ३४ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।, यस्तै, वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले ३ लाख ६८० बराबरको सामान बरामद गरेको छ।, यस्तै, इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको टोलीले लु२प ४२२५ नम्बरको मोटरसाइकलबाट २ लाख २० हजार बराबरको मोबाइल बरामद गरेको छ।, भन्सार चोरी तथा पैठारीमाथि निगरानी बढाउँदा सो बराबरको सामान बरामद भएको प्रहरी उपरीक्षक मनोज केसीले बताए।, बरामद भएका ती सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको उनले बताए।,
भन्सार छलेको ११ लाख बराबरको सामान बरामद
|
सेतोपाटी संवाददाता गाँजा खुलाउन अभियान चलाइरहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरोको टोलीले नवजीवन प्लस संस्थाका सञ्चालक राजिव काफ्लेलाई पक्राउ गरेको हो। , उनलाई प्रहरीले बुढानिलकण्डस्थित रेष्टुरेन्ट हिप्पी हिलबाट गाँजासहित पक्राउ गरेको ब्यूरो स्रोतले जनाएको छ।, काफ्लेमाथि गाँजा बिक्री गरेको आरोप ब्यूरोले लगाएको छ। , उनीसँगै अन्य दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूबाट ८३.५ ग्राम लागु औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।, यसबारेमा ब्यूरोका अधिकारीहरूले आधिकारिक रूपमा जानकारी दिएका छैनन्।, ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले यसबारे बुधबार विवरण सार्वजनिक गर्ने बताए।, ,
नेपालमा गाँजा खुलाउन अभियान चलाइरहेका व्यक्ति पक्राउ
|
खिलानाथ ढकाल केही वर्ष पहिले नेपालमा नेटवर्किङ व्यवसायको बिगबिगी थियो। विभिन्न नाममा खुलेका कम्पनीले सामान बेच्थे र ग्राहकलाई सदस्य बनाउँथे। ती ग्राहकले अरूलाई सदस्य बनाए विभिन्न लाभ हुने प्रलोभन दिन्थे। त्यस्ता प्रभोलनबाट धेरै सर्वसाधारण ठगिएपछि सरकारले नेटवर्किङ व्यवसायमा प्रतिबन्ध लगाइदियो।, २०७४ मा संसदबाट एउटा ऐन पारित भयो जसले विदेशी मालवस्तु ल्याएर नेपालमा बिक्री गर्न पाइने तर त्यसका लागि नेपालमा छुट्टै कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गर्यो। वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी ऐनको नियमावली २०७६ जारी भएपछि त्यस्तो कारोबार गर्ने भन्दै केही व्यक्तिहरू कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता फारम लिएर पुगे।, गत वर्ष कार्यालयमा त्यस्ता ९ वटा कम्पनी दर्ता भए। कम्पनी दर्ता भएपछि वस्तुको प्रत्यक्ष बिक्रीको अनुमतिका लागि उनीहरू वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पुगे। विभागले पनि उनीहरूलाई अनुमति दियो।, त्यसरी अनुमति पाउने कम्पनीमध्ये एउटा हो- नेचर हर्बस् इन्टरनेसनल प्रालि। शंखमुल काठमाडौंबाट कारोबार गरिरहेको उक्त कम्पनीलाई विभागले २०७७ असार १ गते अनुमति दिएको थियो।, विभागमा अनुमति लिँदा यसका सञ्चालक थिए, ओखलढुंगाका गीतेन्द्रबाबु राई र काठमाडौंका छविलाल जोशी। अनुमति पाइकन यो कम्पनीले विदेशी सामान ल्याएर बिक्री-वितरण गरिरहेको थियो, अहिले पनि गर्दैछ।, सञ्चालक राई र जोशीले भने कारोबार अनुमति पाएको एक महिना नै नपुगी सेयर अर्काको नाममा सारे।, गीतेन्द्रबाबु राई (जिबी)ले आफ्नो ९० लाख रुपैयाँ सेयर ललितपुरका कुमार रम्तेलको नाममा हस्तान्तरण गरे। छविलाल जोशीले आफूले हालेको १० लाख सेयर तनहुँका रामबहादुर खनालको नाममा राखे।, राई व्यवसायी हुन् भने उनीसँग जोडिएका जोशी नेपाल प्रहरीका पूर्वडिआइजी हुन्।, असार १ गते कम्पनी दर्ता गर्दा उनीहरूले हालेको सेयर असार २८ गतेभित्र अर्का व्यक्तिको नाममा पुगिसकेको थियो।, उनीहरू दुबैले कम्पनी सञ्चालन गरेको एक महिना नपुग्दै किन सेयर बिक्री गरे भन्ने विषय ‘शंकास्पद’ रहेको विभागका अधिकारी बताउँछन्।, विभागका अनुसार नेचरको सेयर रम्तेल र खनालको नाममा पुगे पनि त्यसको कारोबार भने राई र जोशी आफैंले हेर्छन्।, विभागका अनुसार कोही व्यक्ति कम्पनी स्थापना गर्छ, सेयर आफ्नो नाममा राख्दैन तर कारोबार आफैं हेर्छ भने स्वभाविक रूपमा शंका उठ्छ। यस्तो गर्नुका पछाडि दुई उद्देश्य हुन सक्छन्। पहिलो, कम्पनीमा पछि कानुनी झन्झट आए म व्यहोर्दिनँ भनी पन्छिन। दोस्रो, सजिलो काम आफू गर्ने र अफ्ठेरो काम अरूलाई पन्छाउने। तर साहूचाहिँ आफू नै रहने, मुनाफा पाइरहने।, राई र जोशीले यही गरेको देखिएको विभागका अधिकारी बताउँछन्।, कानुनअनुसार यसरी दर्ता भएका कम्पनीले तीन-तीन महिनामा आफ्नो कारोबार विवरण विभागमा पठाउनु पर्ने हुन्छ। नपठाए विभागले अनुगमन गरेर कारबाही गर्न पाउँछ। पछिल्लो एक वर्षसम्म नेचरले कारोबार विवरण विभागलाई बुझाएको थिएन न त विभागले नै कारोबार खोजेको थियो।, भदौको दोस्रो साता विभागले यी कम्पनीबारे खोज्न थाल्यो।, ‘पाइपलाइनमा अरू ६ कम्पनीको अनुमति थियो, ती कम्पनीलाई अनुमति दिन निकै ठूलो दबाब आउन थाल्यो,’ विभागका एक अधिकारी भन्छन्, ‘अनुमति पाएका कम्पनी के-कसरी चलिरहेका छन् भनेर हेर्दा शंका गर्ने ठाउँ देखेपछि हामीले अनुगमन सुरू गरेका हौं।’, राई र जोशीको दुबैको साझेदारी नेचर हर्बस् हुँदै ग्यालेक्सी फोरके टेलिभिजनसम्म जोडिएको छ। नेचर हर्बसमा अनुसन्धान थालेपछि ग्यालेक्सी फोरके टेलिभिजनका प्रबन्ध निर्देशक रवि लामिछानेले पनि विभागका अधिकारीसँग यसबारे ‘चासो’ राखेका थिए।, नेचरका सेयर धनी जोशी नेपाल प्रहरीमा ‘औसत’ छविका थिए। उनलाई तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले ‘दबाब’मा काठमाडौं प्रहरी प्रमुखको रूपमा सरुवा गर्दा विरोध भएको थियो।, तत्कालीन प्रहरी नेतृत्वले नमान्दा-नमान्दै जोशी काठमाडौं परिसर पुगे पनि त्यहाँ पूरा कार्यकाल बिताएका थिएनन्। नेपाल प्रहरीमा ३० वर्ष बिताएर डिआइजी भएर रिटायर्ड भएपछि उनी यस्तो कारोबारमा देखिएका हुन्।, जोशीले नेचर हर्बसको आफू सञ्चालक रहेको बताए। तर, कानुनसम्मत तरिकाले ऐन नियमावलीका अनुसार आफूहरूले कारोबार गरेको बताए।, ‘हामीले यो काम गर्न हुन्छ भनेपछि विभागले अनुमति दिइसकेपछि नियमसंगत हिसाबले काम सुरू गरेका हौं,’ उनले भने।, सेयर अर्कैको नाममा राख्नुपर्ने कारणबारे उनले यो कम्पनीको विधानबमोजिम भएको र अहिलेको ‘इस्यु’ सेयरको विषय नभएको बताए।, ‘कसको नाममा सेयर राख्ने नराख्ने, विधानमा जे छ त्यही हुन्छ, यो कम्पनी ऐनले हेर्ने कुरा हो, ऐन कानुनअनुसार विभागले तीन-तीन महिनामा अनुगमन गर्न सक्छ, हाम्रोमा मात्र नभएर अन्य ९ कम्पनीमा अनुगमन भएको हो,’ जोशीले भने।, अर्का सञ्चालक राई भने सेतोपाटीको सम्पर्कमा आएनन्।, नेचरसँगै एक वर्षसम्म कारोबार विवरण नबुझाउने अरू छ वटा कम्पनी छन्। ती हुन्- आइबोस इन्टरनेशनल प्रालि चाबहिल, न्यू विवेक इन्टरप्राइजेज प्रालि एकान्तकुना, हेल्दी लिभिङ नेपाल प्रालि बत्तीसपुतली, केयर मार्टस इन्टरनेशनल चाबहिल, युटर्न इन्टरनेशनल प्रालि टोखा, ग्लोबल ओरियन्स नेपाल प्रालि बालाजु।, अपि लाइफ इन्टरनेसनल प्रालि चाबहिल र केयर नेशनल इन्टरनेशनल प्रालि स्वयम्भुले अनुमति पाए पनि कारोबार सञ्चालन गरिसकेका छैनन्।, यसमध्ये केयर नेशनल इन्टरनेसनलका सञ्चालक बीचमा सेयर हस्तान्तरण गर्न प्रक्रियामा गए, तर विभागले त्यसो गर्न मानेन।, आइबोस इन्टरनेशनल प्रालिका मुख्य सञ्चालक सरिता गुनी, गुणराज सापकोटा, हेमन्तबहादुर पाल, संगीता गुनी, दिनेश दाहाल, श्रीवल्लभ नेपाल र विनोद गजुरेल हुन्।, आइबोसमा सबैभन्दा बढी सेयर विनोद गजुरेलको ८० लाख रुपैयाँ छ। तीस लाख सेयर लगानी गर्ने पाल पूर्वएआइजी हुन्। आइबोस वस्तुको प्रत्यक्ष बिक्री कारोबार गर्ने अनुमति पाएको पहिलो कम्पनी हो।, ‘एकातिर दर्ता भई कारोबार गरिरहेका कम्पनीले विवरण नबुझाएको, अर्कोतिर अन्य ६ वटा कम्पनीले सोही प्रकृतिको कारोबार गर्न पाउँ भनी विभागमा अनुमति मागिरहेका बेला हामीले कारोबारको स्थितिबारे खोजी गरेका हौं,’ विभागका महानिर्देशक प्रकाश पौडेल भन्छन्।, आइबोस कम्पनीका सेयरधनी पूर्वएआइजी हेमन्त पाल पनि अवकाश पाइसकेपछि यो व्यवसायमा देखिएका हुन्।, उनी सेयर धनी रहेको कम्पनी अपि लाइफका अध्यक्ष रामबहादुर बिसी हुन्। अपि लाइफले अनुमति पाए पनि कारोबार सुरू गरिसकेको छैन।, किन शंकास्पद छ उनीहरूको कारोबार?, प्रत्यक्ष बिक्री ऐन र नियमावलीअनुसार विदेशबाट सामान ल्याएर बेच्ने नेपाली कम्पनीले ५० प्रतिशत विदेशी, ५० प्रतिशत नेपाली उत्पादन वा शतप्रतिशत विदेशी सामान ल्याएर बिक्री गर्न पनि पाइन्छ। यसरी कारोबार गर्दा सदस्य बनाउन पाइँदैन।, विदेशी सामानमा ४२ प्रतिशतसम्म नाफा राखेर कम्पनीले सामान बिक्री गर्नुपर्ने नियम छ। उनीहरूको बिक्री च्यानल दुई-तीन खालको हुन्छ। तर, कसलाई कति नाफा वा कमिसन हुने भन्ने स्पष्ट छैन।, विभागका महानिर्देशक पौडेलका अनुसार यस्ता च्यानल एजेन्सी, डिस्ट्रिब्युटर, पसल, व्यक्तिसम्म हुन्छन्। यसरी च्यानल प्रयोग भएर सामान उपभोक्ताकहाँ पुग्दा त्यसको मूल्य दोब्बर पर्न सक्छ।, अर्को, विदेशी मालसामान बेच्नेको हकमा बनाइएको नाफाको मोडल अन्य ऐनसँग बाझिने खालको छ।, २० प्रतिशतभन्दा बढी नाफा राख्ने कम्पनीलाई नेपालमा कालोबजारी ऐन अन्तर्गत कारबाही हुने व्यवस्था छ। तर, विदेशी मालवस्तु बेच्नेलाई भने कानुनमै ४२ प्रतिशतसम्म नाफा उठाउन छुट दिइएको छ।, एजेन्सी, डिस्ट्रीब्युटर, पसलसम्मलाई कति प्रतिशत नाफा बाँडफाँट हुने भन्ने स्पष्ट छैन। यस्ता कम्पनीले भोलि सामानमा मनलागी पैसा उठाए भने उपभोक्तालाई मर्का पर्छ।, विभागका महानिर्देशक पौडेल यी कम्पनीको सेयर किनबेचको उद्देश्यमै शंका गर्छन्। उनका अनुसार यी कम्पनीले कानुनले तोकेका सर्तहरू पूरा गरेका छैनन्। वितरण प्रणाली अपारदर्शी छ।, ‘हामीकहाँ एक-दुई वटा कम्पनीले त कोरोनाका कारणले स्थानीय उत्पादन छैन। पचास प्रतिशतै भए पनि बाहिरको बेच्छौं, अनुमति पाउँ भन्दै आउन थालेका छन्,’ उनले भने।, शतप्रतिशत विदेशी सामान बेच्न कसैलाई पनि अनुमति दिइएको छैन। यसकारण ती कम्पनीले अनिवार्य ५० प्रतिशत नेपाली वस्तु बिक्री गर्नुपर्छ भनिएको हो। तर, उनीहरूले कुन सामान स्वदेशी, कुन सामान विदेशी बिक्री गरें भनेर विवरण दिन सकेका छैन।, आफ्नो विवरण बुझाउन मानेका छैनन्, त्यसैले उनीहरूको कारोबारको शुद्धता पुष्टि हुन नसकेको पौडेल बताउँछन्। , यी कम्पनीका मुख्य सेयरधनी सेयर बिक्री गर्न लालायित छन्। कोहीले तुरुन्तै अर्को व्यक्तिलाई सेयर बेचे, कसैले बेच्न खोजिरहेका छन्।, उनीहरू कारोबार गर्दा सदस्य बनाउन खोज्छन्। आफूले बेचिरहेको सामान किन्ने ग्राहकलाई अर्को ग्राहक बनाउन प्रेरित गर्छन्। त्यसबापत लाभ पाइने आश्वासन बाँडिरहेका छन्।, यी कम्पनीले अनुमति पाइकन कति मालवस्तु नेपाल ल्याएर बेचे र कति कर बुझाए भन्ने पनि स्पष्ट छैन।, ‘हामीले भन्सारसँग आयात गरिएको विवरण र कर कार्यालयसँग तिरेको करको विवरण मागेका छौं,’ विभागका महानिर्देशक पौडेल भन्छन्, ‘कुन वस्तु कतिमा ल्याए, कति नाफा राखे, कतिमा बिक्री गरे, कति कर बुझाए भन्ने विवरण मागेका छौं।’, नेचर हर्बसकै सन्दर्भमा उसले कानुनले दिएको अधिकारभन्दा फरक ढंगले कारोबार गरिरहेको देखिन्छ।, नेचर हर्बस् इन्टरनेसनलको कारोबार ‘नेटवर्किङ’ शैलीको छ। नेपालीहरूले नै चलाएको यो कम्पनीको केन्द्रीय कार्यालय सिंगापुरमा छ।, यसले सिंगापुर मात्र नभएर हङकङ, दुबई, मलेसिया, कतार हुँदै नेपालसम्म आफ्नो कारोबारको जालो फैलाएको छ। उस्तै नाम, उस्तै भूमिकामा यो कम्पनी दर्ता भएर नेपालमा कारोबार गरिरहेको देखिन्छ।, नेचर हर्बसको आधिकारिक बेवसाइटमा यसको शाखा कार्यालय कुमारीपाटीमा रहेको उल्लेख छ।, उसले आधुनिक टेक्नोलोजी प्रयोग गरी विभिन्न मार्केटिङ रणनीतिसँगै सामान उत्पादन र सेवाहरूको विशाल विविधताका लागि नेतृत्व गरेको दाबी गरेको छ। नेचरले विश्वस्तरीय कृषिमा आधारित हर्बल, जैविक उत्पादन जो मानवको स्वास्थ्य र सौन्दर्यमा प्रयोग हुने सामान बेचिरहेको छ।, यसले आफ्ना सबै वितरकलाई व्यापारिक साझेदार मान्छ। उनीहरू सदस्यकै शैलीमा कम्पनीको बेवसाइटमा जोडिन्छन्। उनीहरूका लागि युजर नेम र पासवर्ड दिने, त्यहाँबाट कारोबारको ‘डिल’ गर्ने, अरूलाई पनि आवद्ध हुन प्रोत्साहित गरिन्छ।, त्यहीँका एक कर्मचारीले तीन हजार रुपैयाँको सामान किनेपछि उसलाई आगामी खरिदमा १५ प्रतिशत छुट दिइने बताए। ग्राहकलाई अभिलेखमा राखेर पुन: कम्पनीसँग जोडिनका लागि छुटसहितको ‘अफर’ दिइन्छ। बुझिने भाषामा यो ‘नेटवर्किङ’ हो। पहिलेका नेटवर्किङ कम्पनीले सिधासिधा सदस्य बनाउँदै हिँड्थे, अहिले केही फरक भूमिकामा समुदायमा आधारित भएर यो कारोबार भइरहेको छ। , यसैगरी, यो कम्पनीले आफ्नो वार्षिक मुनाफाको पाँच प्रतिशत वितरकहरूलाई बाँड्ने आश्वासन दिएको छ।, विभागका अधिकारीहरू अहिले नै ‘नेटवर्किङ’ भन्न नसकिने, शंका उठेका विषयमा अनुसन्धान गर्दै जाँदा एकिन गरिने बताउँछन्। , वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी ऐनको परिभाषामा भनिएको छ, ‘वस्तुको प्रत्यक्ष बिक्री वा वितरण भन्नाले इजाजत पत्रवालाले कुनै उत्पादक कम्पनी वा वितरक कम्पनीबाट उपलब्ध वस्तु प्रत्यक्ष रूपमा उपभोक्तालाई बिक्री वितरण गर्ने कार्यलाई सम्झनु पर्छ।’, यसको अर्थ, इजाजत प्राप्त कम्पनीले आफ्नो उत्पादन बिक्री गर्न पाउँदैन, अरूको कम्पनीको उत्पादन बेच्ने हो। नेचरले आफूले उत्पादन गरेको देशी-विदेशी सामानबाहेक अन्य कम्पनीको प्रचार-प्रसार गर्दैन। उसको बेवसाइटमा उपलब्ध सामानहरू कुनै पनि नेचर हर्बसको बाहेकका छैनन्।, उसले कतिपय नेपाली वस्तुमा सम्बन्धित कम्पनीको नाम उल्लेख गरे पनि आफ्नै खोल राख्छ। उत्पादक र प्याकेजिङकर्ताको नाम लेखे पनि खोलमा आफ्नो नाम राख्न पाइने कि नपाइने भन्नेमा पनि विवाद छ। , युनिटीका अध्यक्षकी श्रीमतीको नयाँ कम्पनी, विभागका अनुसार विगतमा युनिटी लाइफ इन्टरनेशनलको कारोबारमा जोडिएका व्यक्तिहरू नै यो व्यवसायमा देखिनु पनि शंका गर्ने अर्को ठाउँ हो।, युनिटी अध्यक्ष प्रसाद भनिने काशीराम गुरुङकी श्रीमती विनिता गुरुङ यो व्यवसायमा छिरेकी छिन्।, उनी केयर नेशनल इन्टरनेशनल प्रालिकी अध्यक्ष हुन्। उनको यो कम्पनीमा ८९ लाख रुपैयाँ लगानी छ।, यसका मुख्य सञ्चालक विभिन्न जिल्लाका छन्। नुवाकोटका फणिराज लोहनी पाँच लाख लगानी गरेर यो कम्पनीमा जोडिएका छन्।, तेह्रथुमका रुद्रबहादुर न्यौपाने २० लाख सेयर हालेर यो कम्पनीमा जोडिएका छन्। कसैले दुई लाख, तीन लाख र एक लाखसम्म पनि सेयर हालेका छन्।, महानिर्देशक पौडेलका अनुसार गुरुङले कारोबार सुरू गरिसकेकी छैनन्, तर सेयर बिक्री गर्न हतारिएकी छिन्।, ‘सेयर अर्कोको नाममा पास गर्न खोज्दै हामीकहाँ आउनुभएको थियो, हामीले रोकिदियौं,’ पौडेलले भने।, दुई व्यक्ति खोजी सूचीमा, नेचर हर्बस् प्रालिका सञ्चालक कुमार रम्तेल र त्यही कम्पनीसँग जोडिएका देवेन्द्र राईलाई विभागले खोजी गरे पनि फेला परेका छैनन्।, यी दुई व्यक्ति कहाँ छन् भन्ने अहिले पत्ता लाग्न सकेको छैन।, रम्तेल र राईको मोबाइल लोकेसन हेरिदिन विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्राचार गरेको थियो।, यी दुबै व्यक्तिको लोकेसन प्रहरीले पनि फेला पार्न सकेको छैन।, कानुनले बहुतह मोडलको पिरामिड ढाँचाको नेटवर्किङ मार्केटिङ प्रणालीलाई निषेध गरे पनि पहिले नेटवर्किङ गर्नेहरू नै यो कारोबारमा देखिनुले अनुसन्धानको दायरा फराकिलो पारेको पौडेल बताउँछन्।, इजाजत नलिई वस्तुको प्रत्यक्ष बिक्री गर्ने व्यवसाय गरेमा वा इजाजत लिएर पनि तोकिएका सर्त एवम् कानुनविपरीत हुने काम कारबाहीउपर जरिवाना, कैद, इजाजत रद्दसम्मको प्रावधान छ।, विभागका अनुसार अनुमति नै नलिई कारोबार गर्ने कम्पनी चार दर्जन छन्। ती कहाँ के अवस्थामा छन् भन्ने पनि खोजी भइरहेको छ।, पहिले नटवर्किङमा सक्रिय युनिटी इन्टरनेसनल, गोल्ड क्वेस्ट, क्रिस्टल, भिजन इन्टरनेसनल, ग्रीन बुटी, वेस्ट वर्ल्ड बिजिनेस लिंक र रोबियस इन्टरनेसनललगायत कम्पनीको कारोबार अवैध भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो।, नेपालमा यस्ता कम्पनी २०६६ माघ १७ गते जारी नेटवर्क मार्केटिङ कम्पनी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिकाका आधारमा सञ्चालन भइरहेका थिए।, ‘अहिलेका कम्पनी पनि कानुनविपरीत सञ्चालन गरेको पाइए इजाजत रद्द गर्छौं, अन्य कारबाही पनि आकर्षित हुन्छन्, पहिलो त हामीले उनीहरूको कारोबारको विवरण पाएपछि मात्रै स्पष्ट हुँदै जान्छ,’ महानिर्देशक पौडेल भन्छन्।,
युनिटीकै शैलीमा फेरि सलबलाएको नेटवर्किङ व्यवसाय
|
एजेन्सी दक्षिणपूर्वी एसियाली मुलुक भियतनाममा कोरोनाभाइरस फैलाएको भन्दै एक जना युवकलाई पाँच वर्ष जेल सजाय सुनाइएको छ।, भियतनामको का माउ प्रान्तको एक अदालतले २८ वर्षीय ले भान ट्रीलाई कोरोना नियन्त्रण मापदण्ड पालना नगरेको र अरूलाई खतरनाक भाइरस फैलाएको अभियोगमा पाँच वर्ष जेल र ८ सय ८० अमेरिकी डलर जरिवाना तिराएको हो।, भियतानामको सरकारी समाचार संस्थाका अनुसार गत जुलाईमा ट्री हो ची मिन्ह सहरबाट मोटरसाइकलमा का माउ प्रान्तमा रहेको आफ्नो घर गएका थिए। बाहिरबाट आएका मानिसले अनिवार्य रूपमा २१ दिन आइसोलेसनमा बस्नु पर्ने नियम थियो। ट्रीले आफू बाहिरबाट आएको जानकारी स्थानीय स्वास्थ्य अधिकारीलाई दिएनन् न त आइसोलेसनमा नै बसे।, पछि उनमा कोरोनाको संक्रमण पुष्टि भयो। त्यतिञ्जेल उनले परिवार सदस्यसहित ८ जनालाई भाइरस सारिसकेका थिए। उनीबाट भाइरस सरेका एक जनाको मृत्यु भइसकेको छ।, स्वास्थ्य मापदण्ड पालना नगरेको र अधिकारीहरूलाई आफ्नो अवस्थाबारे जानकारी नदिएको अभियोगमा अदालतले उनलाई दोषी ठहर गरेको हो।, भियतनामले कोरोनाभाइरसको पहिलो लहरमा निकै प्रभावकारी ढंगले नियन्त्रण गरेको थियो। यो वर्ष फैलिएको दोस्रो लहरले भने भियतनामलाई पनि गाँजेको छ। दोस्रो लहरमा भियतनाममा डेल्टा भेरियन्टको कोरोनाभाइरस फैलिएको थियो।, भियतनाममा अहिलेसम्म पाँच लाख ३० हजार मानिसमा कोरोना संक्रमण भएको छ भने तीमध्ये १३ हजारले ज्यान गुमाएका छन्।, ,
कोरोना फैलाएको भन्दै भियतनाममा एक युवकलाई पाँच वर्ष जेल
|
सेतोपाटी मध्यपुरथिमि नगरपालिका-६ स्थित ३०० वर्ष पुरानो दथु बहा बहा अर्थात् जेतवर्ण महाविहारले मौलिक स्वरूपमा पुनर्जीवन पाएको छ।, जीर्णोद्धारको अभावमा लामो समय जीर्ण बनेको बौद्धमार्गीको महत्वपूर्ण यो महाविहार २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि उठ्न सकेको थिएन। , नगरपालिकाले जनप्रतिनिधि पाएपछि नगर प्रमुख मदनसुन्दर श्रेष्ठको सम्पदा संरक्षण, जीर्णोद्धार एवं पुनर्निर्माणको अभियानकै क्रममा अन्ततः यो महाविहार ३०० वर्ष पुरानो स्वरूप र शैलीमै पुनः उठेको छ।, नेपाल संवत ८२५ मा राजा भूपतिन्द्र मल्लले निर्माण गराएको यो विहारले पुनर्जीवन पाएको महाविहार पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दकृष्ण श्रेष्ठले जानकारी दिए।, नगरपालिकाको ५४ लाख रूपैयाँको लागतमा पुनर्निर्माण सम्पन्न भएको विहारको एक पाटोको नगर प्रमुख श्रेष्ठले उद्घाटनसमेत गरेपछि विहारमा नियमित धार्मिक कार्य सञ्चालन भएको छ। ,
,
भूकम्पले आधा भत्किएको यो विहारको चारै पाटो पुनर्निर्माणका क्रममा मल्लकालीन प्रविधि प्रयोग गरिएको समितिका अध्यक्ष श्रेष्ठले बताए।, उनले भने, 'यो एउटा यस्तो विहार हो, जसको पुनर्निर्माणमा मल्लकालीन प्रविधिको प्रयोग गरेका छौं, यसको पुनर्निर्माणका क्रममा पहेंलो माटो, सेतो (कमेरो) माटो र कालो माटोको प्रयोग गरेका छौं, बाहिरपट्टि नेपाली परम्परागतरूपमा तयार पारिने लिउन लगाएका छौं, पछिल्लो समयमा सम्पदा पुनर्निर्माणमा मल्लकालीन प्रविधि प्रयोग गरिएको यो नमूना सम्पदा हो।',
,
नगरपालिकाले विहारको अन्य भागको काम सम्पन्न गर्न र फिनिसिङका लागि ७५ लाख रूपैयाँ बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले यस वर्ष विहारको बाँकी सम्पूर्ण काम सम्पन्न गर्ने अध्यक्ष श्रेष्ठले बताए।, नगरपालिकाले थिमिको पाँच वटा विहार पुनर्निर्माण एवं जीर्णोद्धार गरेको छ। , 'नगर बनाउने जिम्मेवारी जनताले सुम्पिएर नगरपालिकामा चुनेर पठाउनु भो, मेरो आँखा यहाँका सम्पदामा थियो, त्यसैले यहाँका जीर्ण सम्पदा, भत्किन लागेका दरबार, भत्किएका पार्टी, मठ मन्दिरलाई पुनर्जीवन दिन लागें, पुरिएका ऐतिहासिक पोखरी, इनार, ढुङ्गेधारा पाटी पौवा उत्खनन गर्दै पुनर्निर्माण गर्न थालेँ, फोहर फाल्ने र झाडी बनेको ठाउँलाई आकर्षक पार्क बनाउन थालें', नगर प्रमुख श्रेष्ठले भने, '१५ देखि ३० वर्षसम्म बन्द भएको ऐतिहासिक महत्व बोकेको मुर्छित जात्रा पर्वहरू बिउँझाउन थालें, अहिले यहाँका सम्पदादेखि मूर्त-अमूर्त कला, संस्कृति, जात्रा पर्वहरू पुरानै स्वरूपमा फर्काउन सफल भएको छु, नयाँ पुस्ताले आत्मासात गर्दै गए मध्यपुरथिमिको यो पहिचान हजारौं वर्ष जीवित रहन्छ।',
,
अरनिको राजमार्गसँगै टाँसिएको फोहर फाल्ने भिरालो जमिन यतिखेर ऐतिहासिक तीनधारा र परम्परागत शैलीको एमपी थियटरसहित सुन्दर 'शङ्खधर पार्क'मा बनेको छ, परम्परागत पार्टी र सूचना केन्द्र निर्माणको काम सुरू भएको छ।, नगरपालिकाले बोडेस्थित कुमारी पार्क, भैरव पार्क, नगदेशमा गयदेको पार्क, यमा फार्क, विष्णु कुण्डल पार्क, नगदेशको सुचुत्वास्थित गयर दोफो पार्क, चोडेको नीलवर्ण पार्क, कमेरोटारको तसोताः पार्क, आलाचको पार्क, सिद्धिकालीको कुटिङ डाँडामा सञ्जीवनी पार्क र लोकन्थलीमा बाल उद्यान निर्माण गरेको छ। ,
,
पुर्खाले जोडेर गएको महत्वपूर्ण सम्पदाको अस्तित्व जोगाउँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्यले अहोरात्र खटिएको बताउँदै नगर प्रमुख श्रेष्ठले भने, 'यो चार वर्षको अवधिमा २३ वटा मन्दिर, ३७ वटा पाटी, लोपोन्मुख अवस्थामा पुगेका २५ वटा ढुङ्गेधारा, इनारको संरक्षण गरेका छौं, १५ वटा पोखरीको पुनर्निर्माण एवं जीर्णोद्धार भएकोमा छ वटामा पानी भरिएको र थप १० वटामा काम भइरहेको छ। यहाँका थिमि लायकु, बोडेको लायकु र नगदेशको लायकु गरी तीन वटा दरबार पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, थप काम गरिरहेका छौं।,
,
बोडेको पाँचो गणेशमा जिब्रो छेड्ने पाटी पछाडिको जग्गा खरिद गरी पाटीलाई पछाडि सारेर जात्रास्थललाई फराकिलो पार्ने कार्य सुरू भएको छ।, नगरपालिकाले नगदेशको लायकुलाई नेवाः सङ्ग्रहालय बनाउने गुरूयोजना तयार पारेको छ।,
मध्यपुरथिमिको ३०० वर्ष पुरानो जेतवर्ण महाविहारले पायो मौलिक स्वरूपमा पुनर्जीवन
|
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासले जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा उमेशकुमार चौधरीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।, चौधरीलाई सेवाग्राहीबाट लिएको आठ हजार पाँच सय रूपैयाँ घुससहित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बाट मंगलबार पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।, चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउन विभिन्न बहाना बनाई आठ हजार पाँच सय रूपैयाँ माग गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रवक्ता रिसालले बताए।, उनीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।,
साढे आठ हजार घुससहित धनुषामा कार्यरत नासु उमेशकुमार चौधरी पक्राउ
|
सेतोपाटी नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि बुधबारदेखि खुलेको छ।, कोभिड-१९ को संक्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापामगरले जानकारी दिए।, मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागिसमेत पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरिएको उनले बताए।, 'आज बिहान नियमितरूपमा गरिने नृत्यपूजा गरेर सर्वसाधारणलाई पनि पूजाआजाका लागि मन्दिरमा प्रवेश गराइएको छ, मूलपुजारी थापाले भने, 'पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पूजा सामग्री पुजारीलाई दिने गरी व्यवस्था मिलाइएको छ।',
,
मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बलि दिने स्थानमा समेत छुट्टै पुजारीको व्यवस्था मिलाइएको उनले बताए।, चार महिनापछि मन्दिर खुला भएको पहिलो दिनमै सयौं भक्तजन पूजापाठका लागि आएको मूलपुजारी थापाले जानकारी दिए।मन्दिरमा पुग्ने भक्तजनले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने लगायतका व्यवस्थासमेत गरिएको उनको भनाइ छ।, यता मन्दिर परिसरमा पुग्ने भक्तजनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी मन्दिर परिसरमै हेल्थ डेस्कसमेत स्थापना गर्ने तयारी गरिएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए। , यसैबीच कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेको गोरखाको अर्को प्रसिद्ध धार्मिक गन्तव्यको रूपमा चिनिने गोरखा दरबारस्थित कालिका मन्दिर पनि आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। ,रासस,
,
करिब चार महिनापछि खुल्यो मनकामना मन्दिर
|
सेतोपाटी संवाददाता चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय सोविक आदक छन्।, उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।, उनी धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ४४५० नम्बरको बसमा थिए।, प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाएर ल्याएको उक्त स्रोत नखुलेको नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।,
स्रोत नखुलेको ११ लाख रुपैयाँसहित भारतीय पक्राउ
|
एजेन्सी मेक्सिकोमा शक्तिशाली भूकम्प आएको छ। स्थानीय समयअनुसार मंगलबार राति दक्षिण पश्चिम मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प आएको हो।, अमेरिकाको युएस जिओलजिकल सर्भेका अनुसार तटिय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प आएको हो।, भूकम्पको धक्का २३० माइल टाढाको राजधानी मेक्सिको सिटीसम्म महशुस गरिएको थियो। मेक्सिको सिटीमा घरहरू हल्लिन थालेपछि मानिसहरू आत्तिदै सडकमा निस्किएका थिए।, समाचार संस्था रोयटर्सका अनुसार मेक्सिकोमा केही दिन यता पानी पनि परिरहेको छ। मानिसहरू छाता ओढेर सडकमा उभिएका थिए।, भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। मेक्सिको सिटीसँग जोडिएको रोमा सरमा बिजुली अवरूद्ध भएको छ।, , ,
मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प, राजधानीसम्मै धक्का महशुस
|
युनिक श्रेष्ठ संखुवासभामा एकै परिवारको ६ जनाको हत्या भएको दुई दिन बितिसकेको छ। विभत्स तरिकाले वृद्धादेखि नाबालकसम्मको हत्या कसले र किन गर्यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन।, घटनाको गम्भीरतालाई मध्यनजर गर्दै नेपाल प्रहरीको विभिन्न टोली अनुसन्धान गर्न घटनास्थलमा पुगेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा टोली त्यहाँ पुगेको छ। प्रहरी टोलीले विभिन्न पाटोबाट अनुसन्धान गरिरहेको छ।, अझै हत्या कसले किन गर्यो भन्ने निचोडमा पुगिनसकेको प्रहरी अधिकारीहरू बताउँछन्। अनुसन्धान भइराखे पनि निचोडमा पुगिनसकेको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीन राईले बताए। , 'त्यहाँबाट थप निचोड केही पनि आइसकेको छैन। हाम्रा टोली गएर अनुसन्धान गरिराखेका छन्,' उनले भने। , सोमबार बिहान मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा ६ जनाको शव फेला परेको थियो। , ५७ वर्षीय तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको शव फेला परेको हो। , सुरूमा प्रहरीले आर्थिक कारणले हत्या भएको हुनसक्ने अनुमान गरेको थियो। कार्की परिवारले झापामा जग्गा किन्न लागेको थाहा पाएपछि प्रहरीले त्यसैअनुसार अनुसन्धान अघि बढायो। जग्गा किन्न लागेको हुँदा घरमा ठूलो रकम हुने र त्यही लुटपाट गर्न हत्या गरिएको हुन सक्ने आशंका थियो। , प्रहरीले तेजबहादुर कार्कीको घरबाट गरगहना तथा नगद सुरक्षित रूपमा फेला पारेको छ। , घटनास्थल पुगेका संघीय इकाइ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार कार्की परिवारको घरमा सुन र नगद फेला परेको छ। जसलाई कसैले चलाएको छैन। , 'घरबाट गरगहना भेटिएको छ। ठ्याक्कै कति छ भनेर हामीले जोखेका त छैनौं। नौगेडी, मुन्द्री, झुम्का, ढुंग्रीलगायत गहना भेटिएको छ,' उनले भने,'पैसा पनि चार लाख बढी भेटिएको छ। लुटपाट घरमा भएको देखिन्न।', मंगलबार मुचुल्का उठाउने तथा तालिमप्राप्त कुकुरलाई स्निफिङ (सुँघाउने) काम गरेपछि ६ वटै शवलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइएको छ। शवहरू मध्यराति अस्पताल पुगेको प्रहरी उपरीक्षक नवीन राईले बताए। अहिले पोष्टमार्टम सुरू भएको छ। , तालिम प्राप्त कुकुरसहितको टोली सोमबार राति ७ बजेमात्रै घटनास्थल पुगेको थियो। सो टोली राति पुगेको हुँदा शवलाई प्रहरीले छोएको थिएन। भोलिपल्ट मंगलबार मात्रै स्निफिङ गराएर प्रहरीले शवको मुचुल्का उठाएको थियो। , राति पानी परेको हुँदा त्यो पनि प्रभावकारी हुन सकेन। अहिले प्रहरीले त्यहाँका मानिसहरूको बयान लिने काम गरिरहेको छ। , घटना कुनै पोख्त व्यक्तिले नै गरेको हुनसक्ने पनि प्रहरीको अनुमान छ। घरभित्र कुनै पनि घम्साघम्सीको संकेत नदेखिएको प्रहरीले जनाएको छ। , पार्वताबाहेक सबैको शव घोप्टो परेको अवस्थामा फेला परेको हुँदा उक्त आशंका गरिएको हो। दुई बच्चाको समेत हत्या गरिएको हुँदा कुनै चिनजानकै व्यक्तिले गरेको हो कि भन्ने पाटोबाट अनुसन्धान प्रहरीले अघि बढाएको छ।, घटनापछि तेजबहादुरका छोरा नरेश दुबईबाट नेपाल फर्किएका छन्। उनी गएराति धरान आइपुगेको मृतकका आफन्त विनोद कार्कीले बताए। , 'हिजो राति दुबईबाट कान्छो दाइ नरेश फर्किनुभएको छ। अहिले धरानमा पोष्टमार्टम कक्षमा हुनुहुन्छ,' उनले भने,'मलेसियाबाट अर्को दाइ पनि आउने कुरा त छ। तर फ्लाइटको कुरा मिलिरहेको छैन। सायद शनिबारसम्म आउनुहुन्छ।', विनोदका अनुसार पोष्टमार्टम सकिएपछि बुधबार नै उनीहरूको दाहसंस्कार गर्ने तयारी भइरहेको छ। , कार्की परिवारको आर्थिक हैसियत सामान्य थियो। उनीहरू ढुंगामाटोको घरमा बस्थे। जेठा छोरा रमेश अहिले मलेसियामा छन्। उनीहरू डेढ वर्षदेखि विदेशमा थिए।, घरमा भएका ६ जनाको हत्या हुँदा ९० वर्षीय वृद्ध बौद्धमान जोगिएका थिए। बौद्धमान मधुरो देख्छन् भने सामान्य आवाज सुन्दैनन्।, अघिल्लो साँझ ६ बजे सुतेका उनलाई बिहान छिमेकीले उठाउन आएपछि मात्रै घटनाबारे थाहा पाएका थिए। छिमेकीले वडाध्यक्षलाई फोन गरेर प्रहरीलाई खबर भएको थियो। , यसैबीच प्रदेश नम्बर १ प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी पनि घटनास्थलतर्फ लागेका छन्। उनी एक जना प्रहरी नायब उपरीक्षकसहित घटनास्थलतर्फ बुधबार बिहान गएका हुन्। ,
संखुवासभा हत्याकाण्ड: घरमा भेटियो सुन र नगद, दुबईबाट आइपुगे छोरा
|
खिलानाथ ढकाल अपहरण आरोपमा जेलमा रहेका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार सरुवा गरिएको छ।, डिल्लीबजार कारागारमा रहेका उनलाई कारागार व्यवस्थापन विभागले मोरङ जिल्लामा सरुवा गरेको हो।, उनी यसअघि मोरङ जिल्लाबाटै डिल्लीबजार कारागार सारिएका थिए। मोरङ जेलबाटै फिरौती र व्यवसायीसँग असुली धन्दा चलाएको आरोपमा २०७४ चैत २३ गते डिल्लीबजार कारागार सरुवा गरिएको थियो।, गिरीलाई नेपाली कांग्रेसका नेताहरूको दबाबमा मोरङ कारागार सरुवा गरिएको बताइन्छ। कांग्रेसनिकट गिरी विराटनगरका स्थानीय हुन्।, साधारणत: एक पटक सरुवा भइसकेको कैदीलाई पुन: त्यही ठाउँमा सरुवा नगर्ने नियम भए पनि विभागले गिरीलाई मोरङ पठाएको छ।, उनीसँगै जेलमा रहेका सहयोगी राजु श्रेष्ठलाई पनि मोरङ कारागार स्थानान्तरण गरिएको छ।, भदौ १७ गतेको निर्णयअनुसार गिरी र श्रेष्ठलाई मोरङ कारागार सरुवा गरिएको विभाग स्रोतले जनाएको छ।, यसैगरी, वन मुद्दामा जेल परेका मनोज कार्की र अपहरण मुद्दाकै अमित सैंबुलाई पनि मोरङ कारागार स्थानान्तरण गरिएको छ।, नौ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङमा कारागारमा रहँदा गिरी चौकीदार थिए। गिरीलाई फेरि चौकीदारको हैसियतमा फर्काउन सरुवा गरिएको बुझिएको छ। जेलभित्र चौकीदारको आम्दानी राम्रो हुन्छ भनिन्छ।, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार कारागार व्यवस्थापन विभागबाट स्थानान्तरणको चिठी आइसके पनि कैदीहरू भने आइसकेका छैनन्।, ‘हामीलाई चिठी आएको छ तर मान्छे आएका छैनन्,’ निरौलाले भने।, गिरी र श्रेष्ठको जेल स्थानान्तरणको निर्णय भए पनि कार्यान्वयन भइनसकेको कारागार व्यवस्थापन विभागले जनायो। महानिर्देशक जनकराज दाहालले निर्णय कार्यान्वयनमा आइनसकेको बताए। , गिरीको मोरङ कारागारको सरुवाले उद्योगी व्यवसायी भने त्रसित बनेका छन्।, करण यादवको हत्या आरोपमा गिरीलाई अदालतले २०६९ सालमा सफाइ दिएको थियो। २०६६ सालमा कारागारबाटै अर्का गुन्डा नाइके पर्शुराम बस्नेतलाई गोली हानेर हत्या गर्न खोजेको आरोप पनि गिरीलाई लागेको थियो।, दुई गोली लागेका बस्नेत लामो उपचारपछि तंग्रिएका थिए। आपराधिक दुश्मनीका कारण गिरीले मानिस खटाएर बस्नेतको हत्या योजना बनाएको आरोप लागेको थियो।, युवती प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरी र श्रेष्ठलाई प्रहरीले फेरि २०७० सालमा पक्राउ गरेको थियो।, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा गिरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो।, गिरीले आफ्नी प्रेमिकालाई प्रयोग गरेर रेग्मीलाई बन्धक बनाएका थिए।, रेग्मीलाई सानेपास्थित डेरामा बोलाएर बन्धक बनाइएको थियो।, रेग्मी डेरामा पुगेपछि गिरीले १० लाख रुपैयाँ फिरौती मागेका थिए। रेग्मीले आफू सामान्य सरकारी कर्मचारीमात्रै भएको बताएपछि गिरीसँगै रहेका राजु श्रेष्ठले उनलाई कुटपिट गरेका थिए।, विराटनगर देवकोटा चोकका गिरी विशेष गरी मोरङमा कांग्रेसका केही नेताको आडमा ठेक्कापट्टा, चन्दा असुली र गुन्डागर्दीमा संलग्न व्यक्ति हुन्। सुरूमा एमाले निकट अर्का गुन्डा नाइके पर्शुराम बस्नेतसँगै अवैध असुलीमा लागेका गिरी पछि छुट्टिएका थिए।, गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग सम्पत्तिमा शुद्धीकरण विभागले समेत गिरीमाथि विशेष अदालतमा मुद्दा चलाएको थियो। अदालतबाट ३० लाख धरौटी तिरेर गिरी छुटेका थिए।,
जुन जेलबाट फिरौती असुलेको आरोप लागेको थियो, त्यही जेलमा सरुवा गरियो गुन्डा नाइके गिरीलाई
|
सेतोपाटी संवाददाता प्रहरीले रुपन्देहीबाट तीन हजार किलो केराउ बरामद गरेको छ।, कोटहिमाई गाउँपालिका-५ दुई मुहानबाट प्रहरीले लु१ज ४५१८ नम्बरको पिकअप गाडीबाट बुधबार केराउ बरामद गरेको हो।, केराउसहित पक्राउ पर्नेमा मर्चबारी गाउँपालिका-१ का हरिशंकर यादव र रतन यादप छन्।, हरिशंकर मुख्य कारोबारी र रतन पिकअपका चालक रहेको प्रहरी उपरीक्षक मनोज केसीले बताए। , केराउ, गाडी र पक्राउ परेका व्यक्तिलाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।,
तीन हजार किलो केराउसहित दुई पक्राउ
|
सेतोपाटी संवाददाता उदयपुरमा गाडी चालकमाथि ढुंगाले हिर्काएर बेहोस बनाइ लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, ओखलढुंगा चिशंखुगढी गाउँपालिका ३ का ५४ वर्षीय रमेशकुमार श्रेष्ठलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।, उनले कटारी नगरपालिका वडा नम्बर ४ का २५ वर्षीय प्रकाश श्रेष्ठलाई घाइते बनाइ १३ लाख ७७ हजार ८ सय १५ रूपैयाँ लुटेको आरोप छ।, प्रहरीका अनुसार मंगलबार अपराह्न ५ बजे प्रकाश प्रदेश नं २-०१-००१ च ०३६९ नम्बरको बोलेरोमा ओखलढुंङगा खाद्यान्न पुर्याई काटारी जाँदै थिए। त्यहीँ क्रममा वडा नम्बर ८ बर्मीस्थित जंगलमा रमेशले प्रकाशसँग लिफ्ट मागेका थिए।, रमेशले आफू पनि व्यापारी भएको भन्दै सामान लिन कटारी जान लागेकाले लिफ्ट मागेर गाडीमा चढे। केहीबेरपछि बर्मी जंगलमा पिसाब फेर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडिबाट ढुंगाले गर्धनमा हिर्काएर बेहोस बनाए। त्यसपछि उनीसँग भएको १३ लाख ७७ हजार ८ सय १५ रूपैयाँ र मोबाइल लुटेर गरी उनी फरार भएको प्रहरीमा बयान दिएका छन्। , केहीबेरपछि आफू होसमा आएपछि प्रकाशले इलाका प्रहरी कार्यालय कटारीमा सम्पर्क गरेरे घटनाबारे बताएका थिए। , तत्कालै खटिएको प्रहरी टोलीले रमेशलाई गबुवा जंगलबाट मंगलबार साँझ ७ बजे लुटपाट गरेको नगद र मोबाइलसहित पक्राउ गरेको थियो। , घटनाकोबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
,
लिफ्ट मागेका व्यक्तिलेनै ढुंगाले हिर्काएर लुटपाट गरेपछि...
|
विवेक राई त्रिभुवन विश्वविद्यालयले थेसिस चोरेको/नचोरेको भनेर पत्ता लगाउन सफ्टवयेर सञ्चालनमा ल्याएको छ।, विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठका अनुसार असार दोस्रो सातादेखि 'अथेन्टिकेट' नामक उक्त सफ्टवेयर सञ्चालनमा ल्याइएको हो। , यो सफ्टवेयरले थेसिस कुन भागमा कति चोरी भएको छ भनेर पत्ता लगाउँछ। सो नतिजा सफ्टवेयरले प्रतिशतमा देखाउँछ र विश्वविद्यालयको निर्देशिकाभन्दा बढी प्रतिशत चोरी भएको पाइएमा त्यो थेसिसले मान्यता पाउँदैन। , विश्वविद्यालयको निर्देशिकामा थेसिसको 'परिचय', 'पूर्व अध्ययनको समिक्षा' र 'अध्ययन विधि' खण्डमा २५ प्रतिशत र 'निष्कर्ष', 'सारंश' र 'सिफारिस' खण्डमा १० प्रतिशतसम्म अरूबाट सार्न पाउने भनिएको छ। , अब यो सफ्टवेयर सञ्चालनमा आएसँगै थेसिस चोरी हुने प्रवृत्ति घट्ने विश्वास गरिएको छ।, केन्द्रीय पुस्तकालयका प्रमुख श्रेष्ठका अनुसार अहिलेलाई 'एमफिल' र 'पिएचडी' तहमा सुरू गरिएको र छिट्टै स्नातकोत्तर र अन्य विषयमा पनि सुरू गर्ने विश्वविद्यालयको तयारी छ। , हेर्नुस्, उक्त सफ्टवेयरले थेसिस चोरेको कसरी पत्ता लगाउँछ भनेर सेतोपाटीले तयार पारेको भिडिओः,
थेसिस चोरेको पत्ता लगाउने सफ्टवेयर (भिडिओ)
|
सेतोपाटी संवाददाता कोभिड-१९ को संक्रमण बढेसँगै सरकारले गत वैशाख १९ गतेदेखि बन्दाबन्दीको घोषणा गरेपछि स्थगित भएको राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने भएको छ। , पूर्वनिर्धारित कार्यक्रमअनुसार जनगणनाको मूल गणना कार्य २०७८ जेठ २५ देखि असार ८ सम्ममा सम्पन्न गर्ने कार्यक्रम रहेको थियो।, प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना यस वर्ष पाँच महिना ढिला गरी ‘मेरो गणना, मेरो सहभागिता: राष्ट्रिय जनगणना २०७८’ भन्ने नाराका साथ हुन गइरहेको छ। ,
,
कोभिड-१९ महामारीका कारण नेपाल सरकार मन्त्रिपरिषद्को गत वैशाख १९ गतेको निर्णयअनुसार स्थगन भएको राष्ट्रिय जनगणनाको कार्यक्रम पुनःसञ्चालन गर्न केन्द्रीय तथ्याङ्क विभागबाट तयार गरेको नयाँ कार्यतालिका मन्त्रिपरिषद्को गत भदौ २१ गतेको बैठकले स्वीकृत गरेको छ।, कोभिड-१९ को सङ्क्रमण दर निरन्तर कम भइरहेको, बन्दाबन्दीको अवस्था नरहेको तथा जनजीवन सामान्य अवस्थामा फर्किरहेकाले स्थगन भएको जनगणना सरकारले पुनःसञ्चालन गर्ने निर्णय गरेको हो।,
,
यस जनगणनामा ३९ हजार गणक तथा आठ हजार सुपरिवेक्षकले अनुमानित ७० लाख परिवार तथा तीन करोड जनसङ्ख्याको गणना १५ दिनको कार्य अवधिमा सम्पन्न गर्ने तयारी भएको आज विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।, विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले हालसम्म सात प्रदेश जनगणना कार्यालय तथा ८० वटा जिल्ला जनगणना कार्यालय सञ्चालनमा रहेको, ३४९ स्थानीय जनगणना कार्यालय स्थापना गर्ने क्रममा रहेको, जनगणनाका लागि एक हजार ७११ जना प्रशिक्षक तयार गरिएको जानकारी दिए। , उनका अनुसार यही भदौ ३० देखि असोज १८ सम्म घरपरिवार सूचीकरण कार्य सम्पन्न गरी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मूल गणना कार्य सम्पन्न गर्न आवश्यक पर्ने सुपरिवेक्षक, गणकलगायत अन्य जनशक्ति व्यवस्थापन भइसक्नेछ।,
,
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकासका लक्ष्य मापन गर्न, आगामी २० वर्षका लागि जनसङ्ख्या प्रक्षेपण गर्न आदिका लागि पनि जनगणनाको तथ्याङ्क प्रयोग हुने हुँदा यसलाई सम्पन्न गराउनु सबैको कर्तव्य भएको राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले बताए।, देशमा बसोबास गर्ने विभिन्न जाति, भाषा, धर्म, क्षेत्र, वर्ग, लिङ्ग तथा उमेर समूहको अवस्था थाहा पाउनेदेखि उनीहरूको सामाजिक, आर्थिक तथा लैङ्गिक अवस्था कस्तो छ भन्ने बुझ्नका लागि पनि जनगणना गर्ने विश्वव्यापी प्रचलन रहेको छ। ,
,
जनगणनाबाट प्राप्त तथ्याङ्कका आधारमा राज्यले आवश्यक नीति, योजना तथा कार्यक्रम तय गर्नेदेखि बनेका कार्यक्रमको अनुगमन/मूल्याङ्कन हुने गर्दछ।, जनगणनाको तथ्याङ्ककै आधारमा निर्वाचन क्षेत्र निर्धारण हुने, प्रतिनिधिसभा तथा प्रदेशसभाको सदस्य सङ्ख्या यकिन हुने, केन्द्र सरकारबाट प्रदेश सरकार र स्थानीय तहसम्म स्रोत परिचालन गर्न, राज्यका विभिन्न तहमा विभिन्न जाति, भाषा, धर्म, क्षेत्र, वर्ग तथा लिङ्गका व्यक्तिको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने भएकाले यसलाई निकै महत्वका साथ हेर्ने गरिन्छ। ,
,
प्रत्येक घरमा पुग्ने गणकले विभिन्न ८० वटा प्रश्न सोध्नेछन् र यसका लागि करिब २० मिनेटसम्म समय लाग्नेछ।, 'कुनै ठाउँमा छ महिनाभन्दा बढी बसोबास गरेका नेपाली नागरिकको सोही ठाउँबाट गणना गरिने छ', महानिर्देशक श्रेष्ठले भने, 'विदेशी कूटनीतिक नियोगमा कार्यरतदेखि वैदेशिक रोजगारीमा गएका र विदेशमा रहेका नेपालीलाई पनि गणनामा छुट्याइने छैन।' ,
,
प्रत्येक १० वर्षमा एकपटक हुने राष्ट्रिय जनगणना नेपालमा पहिलोपटक १९६८ सालमा भएको थियो।, जनगणनाको १२ औं शृङ्खलासम्म आइपुग्दा पहिलोपटक २००८ सालमा स्थगित भई २००९ र २०११ सालमा गरिएको थियो भने कोरोना सङ्क्रमणका कारण यसपटक पाँच महिना ढिला हुन गएको छ। ,रासस,
राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म हुने
|
सेतोपाटी संवाददाता संखुवासभा मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा हत्या गरिएका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ। , बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम सकेर ६जनाकै शव अन्त्येष्टि गरिएको मृतकका आफन्त बिक्रमकुमार कार्कीले जानकारी दिए। , शव इटहरीस्थित बुढीगंगास्थित मुक्तिघाटमा अन्त्येष्टि गरिएको उनले बताए। , मृतक तेजबहादुरका छोरा नरेश दुबईबाट बुधबार फर्किएका थिए। उनी कान्छो छोरा हुन्। जेठा छोरा रमेश भने मलेसियामा छन्।, सोमबार बिहान तेजबहादुरसहित परिवारका ६ जनाको शव फेला परेको थियो। तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा मृत अवस्थामा फेला परेका थिए।, तर अहिलेसम्म कसले र किन हत्या गरेको हो भन्ने खुलिसकेको छैन। संघीय इकाइ प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभा र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली अनुसन्धानमा खटिएका छन्।, साथै प्रदेश नम्बर १का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरूणकुमार बिसी घटनास्थल तर्फ गएका छन्।,
संखुवासभा हत्याकाण्ड: इटहरीमा गरियो सामूहिक अन्त्येष्टि
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट ९ हजार ७ सय ६७ जना र एन्टिजेनबाट ३६८८ जनाको परीक्षण भएको छ।, त्यस्तै दुई हजार १६१ संक्रमित निको भएका छन्। , संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८८९ जनाको मृत्यु भएको छ। , यस्तै काठमाडौं उपत्यकामा थप ५६८ कोरोना संक्रमित थपिएका छन्। , काठमाडौंका ३४९ , ललितपुरका १५० र भक्तपुरमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। ,
थपिए १६४० संक्रमित, निको भए २१६१
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५६८ कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंका ३४९ , ललितपुरका १५० र भक्तपुरमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, यस्तै, काठमाडौं उपत्यकामा ७१८९ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३९२३, भक्तपुरमा १२५३ र ललितपुरमा २०१३ सक्रिय संक्रमित थपिएका हुन्। ,
काठमाडौं उपत्यकामा थपिए ५६८ संक्रमित, सक्रिय ७ हजार बढी
|
सेतोपाटी संवाददाता प्रहरीले मोरङ बेलबारीबाट १९ किलो ६५० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बेलबारी नगरपालिका-२ का ३५ वर्षीय सन्तोष राई, ३० वर्षीय ज्ञानुराज राई र धनकुटा सहिदभूमि गाउँपालिका-३ का २८ वर्षीय महेश्वर राई छन्।, सन्तोषको घरबाट चार किलो ६५० ग्राम र ज्ञानुराजको घरबाट १५ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।, महेश्वरले उक्त गाँजा कारोबारमा संलग्न देखिएपछि महेश्वरलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।, यसैगरी, लागुऔषध नियन्त्रण ब्युरोले नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-१ का सुधीर प्रधानसहित १३ जनालाई पक्राउ गरेको छ।, हिप्पी हिल्स रेष्टुरेन्टका सञ्चालक प्रधानसहितलाई बुढानिलकण्ठबाट ब्युरोले पक्राउ गरेको हो।, यसैगरी, प्रहरीले चार किलो ३५ ग्राम चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच जनालाई पक्राउ गरेको छ।, कतार एयरको जहाजबाट दोहा उड्न लागेका म्याग्दी मंगला गाउँपालिका-३ का दिलबहादुर गुरुङ, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, जितबहादुर तामाङ र कृष्णबहादुर तामाङलाई पक्राउ गरेको हो।, यस्तै, प्रहरीले बर्दिया बारबर्दिया नगरपालिका-९ का राजकुमार धिताल र बर्दिया बढैयाताल गाउँपालिका-७ का रमेश थारुलाई २२ ग्राम ब्राउनसुगर, तौलने तराजुसहित पक्राउ गरेको छ।, यसैगरी, धादिङ सिद्धलेक गाउँपालिका-२ का इश्वर इटनी र झापा विर्तामोड-९ का रञ्जित राजवंशीलाई १७ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको लागुऔषध ब्युरोले जनाएको छ।,
मोरङबाट गाँजासहित तीन पक्राउ
|
सेतोपाटी संवाददाता प्रहरीले कलैयाबाट १२ लाख ५७ हजार रुपैयाँ बराबरको भन्सार छलेको सामान बरामद गरेको छ।, कलैयाबाट काठमाडौं हिँडेको ना४ख ८८४६ नम्बरको ट्रकबाट बुधबार दिउँसो भन्सार छलेको सो मूल्य बराबरको साडी, सुटको थान कपडा, कुर्ता सरवाल बराबद गरिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।, इँटा लोड गरिएको ट्रकमा लुकाएर कपडा लगिएको पाइएपछि बरामद गरिएको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए। बरामद सामान, ट्रक र पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।,
इँटा लोड गरेको ट्रकबाट भन्सार छलेर ल्याइएका कपडा बरामद
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ६०६ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा ७५२३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४१५८, ललितपुरमा २०२६ र भक्तपुरमा १३३९ सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ९७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ६०९ जनाको पिसिआर र ४ हजार ३७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ।, हाल सक्रिय संक्रमित ३० हजार ९७३ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९४.६ प्रतिशत रहेको छ।, ,
काठमाडौं उपत्यकामा ६०६ जनालाई संक्रमण
|
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य घुससहित पक्राउ परेका छन्।, कंलकी-१४ बाट वडा सदस्य वसन्त महर्जनलाई दुई लाख लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धानको टोलीले नियन्त्रण लिएको हो।, स्टिङ अपरेसनको क्रममा कंलकी खसीबजारस्थित तन्दुरी रेष्टुरेन्टबाट घुससहित उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।, वडा सदस्य महर्जनले मैतीदेवीको जग्गा नामसारी र नाता प्रमाणित गरिदिने भन्दै उनले सेवाग्राहीसँग दुई लाख रकम मागेका थिए।, उनीमाथि थप अनुसन्धान गर्न अख्तियारको कार्यालय टंगालमा लगिएको बताइएको छ।,
काठमाडौं १४ का वडा सदस्य घुससहित अख्तियारको नियन्त्रणमा
|
सेतोपाटी संवाददाता चेक बाउन्स मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले नुवाकोट घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १६ माछापोखरी बस्ने ५६ वर्षीय शिवराम गजुरेललाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनलाई उच्च अदालत पाटनले गत असार २८ गते बैंकिङ कसुरमा सात दिन कैद र १३ लाख ५० हजार जरिवाना सजाय सुनाएको थियो। सोही सजाय कार्यान्वयन गराउन ब्युरोले सोमबार उनलाई बालाजु शेषमती पुलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक महतोले बताए।, फैसला कार्यान्वयनको लागि उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ। ,
,
चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ
|
युनिक श्रेष्ठ संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष खेमनाथ कटुवाललाई सोमबार बिहान करिब ९ बजे एउटा फोन आयो। , उनलाई आएको फोन अरू दिनको जस्तो थिएन। एउटा विभत्स हत्याको खबर दिन फोनको घन्टी बजेको थियो। , फोन गर्ने व्यक्ति उम्लिङका ५७ वर्षीय तेजबहादुर कार्कीका छिमेकी लक्ष्मीभक्त कार्की थिए। तेजबहादुरसहित उनको परिवारका ६ जनाको शव देखेपछि छिमेकी लक्ष्मीभक्तले वडाध्यक्षलाई फोन गरेका थिए: यहाँ चार-पाँच जना मान्छेहरू मरिराखेका छन्। म पनि हेर्दैछु। तपाईं छिटो आउनुस्।, तत्कालै उनले इलाका प्रहरी कार्यालय चैनपुरमा फोन गरेर जानकारी दिए। आफू पनि घटनास्थल पुगे। , 'मलाई नौ बजे घटनाबारे थाहा भयो,' वडाध्यक्ष कटुवालले भने, 'छिमेकीले मलाई खबर गर्यो। मैले प्रहरीलाई खबर गरें।', घटनास्थलमा ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको विभत्स हत्या गरेको अवस्थामा शव थिए। उनीहरूको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयले जनाएको छ।, उनीहरूको शव एकै ठाउँमा भेटिएको भने होइन। पार्वता कार्कीबाहेक अरू सबैको शव बाहिर भेटिएको वडाध्यक्ष कटुवालले बताए।, सासू-बुहारीको शव घरभन्दा केही मिनेट पर खोलामा फेला परेको उनले बताए। तेजबहादुरलाई भने हतियारले टाउको र पेटमा हानेर मारेको देखिएको उनले बताए। , 'उहाँहरूको शव विभिन्न ठाउँमा फेला परेको छ,' उनले भने,'कसैको खरबारीमा, कसैको मकैबारीमा खोलातिर भेटिएको छ। मृतकहरूले खेतीको लागि जान लागेको जस्तो कपडा लगाएका छन्। चप्पल पनि लगाएका रहेछन्। लखेटेर, खेदेर मारेको जस्तो देखिन्छ।', घटनास्थलबाट ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने जीवित नै भेटिएका छन्। श्रीमतीसहित परिवारका सबै मारिँदा पनि उनले थाहा पाएनन्। , वडाध्यक्ष कटुवालका अनुसार बुढा भइसकेका बौद्धमान मधुरो देख्छन् भने सामान्य आवाज सुन्दैनन्। , बिहान स्थानीयले घटनाबारे थाहा पाएर उनलाई उठाउन गएपछिमात्रै घटनाबारे उनले परिवारका सबै मारिएको थाहा पाएका थिए। स्थानीयका अनुसार बौद्धमान गएराति ६ बजे नै सुतेका थिए। , 'हिजो राति खाना खाएर ६ बजे नै सुत्नुभएको रैछ। बिहान स्थानीयले थाहा पाएर बोलाउन जाँदा पनि खेततिर गएका होलान् काम गर्न भन्नुभयो,' वडाध्यक्ष कटुवालले भने,'घटनाबारे त मैले केही पनि थाहा पाइनँ भन्नुहुन्छ।', एकै पटक मारिएका कार्की परिवारको आर्थिक अवस्था सामान्य छ। दुई जना छोरा नरेश र रमेश डेढ वर्षदेखि विदेशमा छन्। रमेश मलेसियामा छन् भने नरेश दुबईमा छन्। , उनीहरू ढुंगामाटोले बनेको एक तले घरमा बस्थे। , 'म पनि उहाँहरूलाई चिन्थें। सामान्य घर परिवारका हुनुहुन्छ उहाँहरू। खेती किसानी गरेर बस्ने गर्नुहुन्थ्यो। मकै धान रोपेर खाने गर्नुहुन्थ्यो, 'कटुवालले भने,'छोराहरू दुई जना विदेशमा छन्। उनीहरूमध्ये एक जनाकी श्रीमतीलाई पनि मारिएको छ।' , संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर घटनास्थलबाट ५५ किलोमिटर पूर्वमा छ। जसकारण प्रहरी पनि तत्कालै पुग्न सकेन। अहिले प्रहरी निरीक्षकसहितको टोली घटनास्थल पुगेको छ। , जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीसहितको टोली घटनास्थलतर्फ जाँदैछ। संघीय प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको कमाण्डमा तालिमप्राप्त कुकुरसहितको टोली पनि घटनास्थल पुग्दैछ।, 'अहिले विभिन्न टोली खटिएका छन्। इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली पुगिसक्यो, अरू जाँदै हुनुहुन्छ,' प्रदेश नम्बर १ का प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनराज राईले भने। , घटनास्थलमा स्थानीयको भिड जम्मा भएको छ। केही प्रहरीको टोलीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान अघि बढाएको छ। तर कसले किन हत्या गरेको भन्ने खुलेको छैन। , 'उहाँहरूको गाउँघरमा झै-झगडा भएको भन्ने पनि बुझिएन। कसले किन परिवारकै हत्या गर्यो भन्ने खुल्न बाँकी छ,' प्रहरी उपरीक्षक राईले भने।, उनीहरूको हत्या कुन बेला भएको हो भन्ने पनि खुलिनसकेको प्रहरीले जनाएको छ। , (यो समाचारमा यसअघि प्रकाशित तस्बिर फाइल तस्बिर पर्न गएकाले हटाइएको छ। -सम्पादक) ,
परिवारै सखाप हुँदा जोगिए ९० वर्षीय वृद्ध, दुई नाति छन् मलेसिया र दुबईमा
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.