content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता विभिन्न कम्पनीको विज्ञापन राखेका ट्याक्सी चालकलाई ललितपुर महानगरपालिकाले नियन्त्रणमा लिएर करको दायरामा ल्याएको छ।, कुनै पनि सवारी साधानमा व्यापारिक प्रायोजनका स्टिकर टाँस्नु अगाडि महानगरमा तोकिएको कर तिर्नुपर्ने हुन्छ। तर महानगरमा कर नतिरी स्टिकर टाँसिएको फेला परेपछि ललितपुर महानगरले नियन्त्रणमा लिए... |
युनिक श्रेष्ठ काठमाडौंको पुरानो बानेश्वरस्थित मात्रिका आँखा अस्पतालमा 'बम' राखेर फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , आपराधिक लाभ लिन खोजेको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए। उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।, प्रहरीले आइतबार परिसरमा... |
सेतोपाटी संवाददाता गैरकानुनी रूपमा लाभ लिएर हानीनोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। , अख्तियारले एस.आर.डी. कन्स्ट्रक्सन नवलपरासीका प्रोपाइटरहरू रमेश पराजुली र सन्दिप केसीविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको ... |
सेतोपाटी संवाददाता आइतबार काठमाडौं उपत्यकामा थप ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९११ संक्रमित थपिँदा काठमाडौं उपत्यकाका ३०९ छन्।, काठमाडौं जिल्लामा सबैभन्दा धेरै १८७ संक्रमित थपिएका छन्। भक्तपुरमा ६६ र ललितपुरमा ५६ संक्रमित थपिएका हुन्। , हाल क... |
सेतोपाटी संवाददाता आइतबार देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यस अवधिमा १ हजार ४२३ जना कोरोनाबाट मुक्त भएका छन्। , आइतबार थपिएका संक्रमितमध्ये ३०९ जना काठमाडौं उपत्यकाका छन... |
सेतोपाटी संवाददाता ओखलढुंगाको मोनभञ्ज्याङ गाउँपालिका-६ मितेरीभन्ज्याङमा आइतबार टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ९ घाइते भएका छन्।, सिद्धिचरण राजमार्गमा भएको टाटा सफारी गाडी दुर्घटना हुँदा बारा सिमरा उपमहानगरपालिका- १५ का ४५ वर्षीय पृथ्वीबहादुर श्रेष्ठको मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयले ... |
रासस जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा खाल्डा खुल्डीले सवारी सञ्चालनमा समस्या हुने गरेको छ ।, खाल्डा खुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए। सङ्घीय सरकारले ठेक्का गरेको आयोजनाका निर्माण व्यवस... |
नारायण ढुङ्गाना/रासस मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ। अझ उत्तरी भूभागमा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ।, मुलुकका विभिन्न मुख्य २० वर्षा मापन केन्द्रलाई आधार मानेर निकालिएको औसत मौसमी विवरणअनुसार उक्त चार महिनामा मुलुकमा सरदर एक हजार ४०३ म... |
रासस रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि बेपत्ता छन्।, महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन्।, २०६२ मा त्यसतर्फ गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन्।, छोरालाई हालसम्म सबै ठाउँमा खो... |
सेतोपाटी संवाददाता सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाले ललितपुर महानगरपालिका वडा नम्बर ४ बाट ४२ वर्षीय सरल रानालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै उनले ४२ लाख २४ हजार रुप... |
सुरेन्द्र फुयाल दोलखा काठमाडौंबाट धेरै टाढा छैन। उत्तरी दोलखा चाहिँ अलि टाढै छ, जहाँ हिमाल मुनितिर शेर्पा समुदायका बस्ती छन्। जहाँ अलि पूर्वको खुम्बु क्षेत्रसँग मिल्दोजुल्दो, तिब्बती बौद्ध परम्परासँग मिल्दोजुल्दो आफ्नै अद्वितीय संस्कृति छ। सभ्यता छ।, त्यहाँको यात्रा थाल्दा सिन्धुपाल्चोकको मुडेबाट खरीढुंगा उक्लिने बित्... |
रासस अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारसहितको टोली नेपाल भ्रमण पूरा गरी फर्किएको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उपाध्यक्ष सुमारसहितको टोली आइतबार बेलुकी आफ्नो स्वदेश प्रस्थान गरेको हो।, उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनि... |
सेतोपाटी संवाददाता बाराबाट नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। , शनिबार निजगढ नगरपालिका वडा नम्बर ८ स्थित तारा इन होटलको कोठाबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए।, होटलमा केही दिनदेखि नेपाली नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूच... |
सेतोपाटी संवाददाता प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-८ का २२ वर्षीय सुमन तामाङ रहेका छन्।, प्रहरीले उनलाई आइतबार दिउँसो भद्रपुर नगरपालिका-८ बाट पक्राउ गरेको हो। , जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब... |
सेतोपाटी संवाददाता धनकुटा साँगुरीगढी गाउँपालिका-६ मा दुर्घटना हुँदा एकको मृत्यु भएको छ।, मृत्यु हुनेमा धनकुटा सहिदभूमि गाउँपालिका-४ का ३६ वर्षीय गणेशमान राई रहेका छन्।, आइतबार बेलुका पौने ५ बजे संखुवासभाबाट धरानतर्फ आउँदै गरेको को१ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको को१९प ९४२८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्न... |
सेतोपाटी तत्कालीन गाउँविकास समिति परिषद्को निर्णय बिना आर्थिक अनियमितता गरेको आरोपमा तनहुँका सात जनाविरूद्ध आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। , तनहुँको घाँसीकुवा गाविसमा आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा विभिन्न शीर्षकमा गरी रु एक लाख ४७ हजार ३६४ बराबरको सरकारी रकम हिनामिना ए... |
सेतोपाटी संवाददाता पर्सामा प्रहरी र काठ तस्करबीच झडप भएको छ।, पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ स्थित फरहदवामा सामुदायिक जंगलबाट काठ तस्करी गरी ल्याउँदै गरेका व्यक्तिहरूलाई रोकेर नियन्त्रणमा लिन खोज्दा सोमबार बिहान करिब ४ बजे झडप भएको प्रहरीले जनाएको छ।, पर्साका डिएसपी ओम प्रकाश खनालका अनुसार तस्करी हुन लागेको सूचन... |
सेतोपाटी संवाददाता वन रक्षकमा फारम भरेका एक जना युवकको बबई नदीमा पौडीको अभ्यास गर्ने क्रममा बगेर मृत्यु भएको छ। , दाङको राप्ती गाउँपालिका वडा नं. ८ पिपरीका १९ वर्षीय आशिष चौधरीको आइतबार दिउँसो बबई नदीमा अभ्यास गर्ने क्रममा बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। , स... |
नारायण खड्का बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको पूर्व-पश्चिम राजमार्गमा पाटे बाघले एक जनाको ज्यान लिएको छ।, राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरबाट एक जना भारतीय नागरिकलाई बाघले राजमार्ग क्षेत्रबाट तानेर खाएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए।, ‘त्यस क्षेत्रमा बाघ बौलाएको छ,’ एसपी अधिकारीले भन... |
सेतोपाटी पिजी रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।,
,
प्रतिव्यक्ति दुई हजार ५०० रूपैयाँका दरले रकम उठाएर काममा नलगाई ठगी गरेको भन्ने जाहेरीका आधारमा स्याङ्जा, फेदीखोला गाउँपालिका-४ स्थायी घर भई हाल कास्की, पोखरा महानगरपालिका-२... |
रोहित महतो धनुषाको बटेश्वर गाउँपालिका कार्यालयको नवनिर्मित भवन प्रयोगमा नआउँदै चर्किएको छ।, पहिलो चरणको निर्माण कार्य सकिएर उद्घाटन तयारी भइरहेको भवनमा दर्जनभन्दा बढी ठाउँमा चिरा परेको छ।, बर्खामा उक्त भवनभित्र पानीसमेत चुहिएको थियो। गुणस्तरहीन निर्माणले गर्दा भवन चिरा परेको हो। , २०७६ जेठ १२ मा सम्झौता भई गएको फागुन... |
दिपकजंग शाही नेपाल र चीनबीचको सीमा विवादबारे अध्ययन गर्न बनेको टोली हिल्सातर्फ गएको छ। शनिबार हुम्ला सदरमुकाम पुगेको टोली सोमबार हिल्सातर्फ गएको हो।, सरकारले सीमा विवादबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा तीन सदस्यीय टोली बनाएको थियो।, हुम्ला सदरमुकामबाट हिल्सा जाँदा भने टोलीमा सात जना र... |
एजेन्सी श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ देखाउँदै राजीनामा दिएका छन् ।, विदेशी विनिमय सङ्कट तीव्र हुँदै गएपछि सरकारले आयातलाई नियन्त्रण गरेको छ । केन्द्रीय बैंक प्रमुख डब्ल्यू.डी. लक्ष्मणले विगत १० दिनको दौडान गम्भीर ‘मानसिक तनाव’ भएको बताउँदै ८० वर्षको उमेरमा आफ्नो योजनाबद्ध अवकाशभ... |
सेतोपाटी भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।, महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।, हरितालिका (तीज) को व्रत एवं पूजाआजा म... |
सेतोपाटी संवाददाता ब्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ।, राणाका ज्वाइँ अनिलकेशरी शाहका अनुसार उनको ८५ वर्षको उमेरमा निधन भएको हो ।मिर्गौला प्रत्यारोपणपछि उनी नियमित डाइलाइसिस गर्दै आएका थिए ।, काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा उनको शनिबार बिहान निधन भएको हो।, नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमसेरका कान्छा छ... |
सेतोपाटी संवाददाता झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा शुक्रबार एकै दिन दुई जना व्यक्तिको शव फेला परेको छ।, झापा गाउँपालिका वडा नम्बर २ को बालुवाटार गाउँस्थित सुन्दरलाल राजवंशीको खाली घरको दलानमा उत्तानो परेको अवस्थामा एउटा शव फेला परेको छ। ४० वर्षीय मन्जु टुडुको शव त्यहाँ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका... |
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्युन चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भुभागस्थित न्युन चापीय क्षेत... |
एजेन्सी अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरुको सङ्ख्यामा बृद्धि भएको छ। कोभिडबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरूले जनाएका छन् ।, अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको छ । अमेरिकामा देशभरी ... |
सेतोपाटी संवाददाता पशुपतिनाथको शिव लिंगमा राखिएको सुनको जलहरिमा कुनै अनियमिता नभएको पशुपति विकास कोषले जनाएको छ।, नेपाल सरकार तथा कोषको लागतमा स्थापना गरिएको जलहरी कोषका पदाधिकारी, मूलभट्ट, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष निगरानीमा सीसी क्यामेराको समेत प्रयोग गरी जलहरी निर्माण तथा स्थापना गरिएको प्र... |
हेमन्त केसी/रासस नेपालले सन् २०१९ भित्र उन्मुलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर जाजरकोटमा दादुराका बिरामी फेला परेका छन्। भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दादुराका बिरामी फेला परेका थिए।, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबाल... |
खिलानाथ ढकाल संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।, नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।, गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीय... |
सेतोपाटी संवाददाता जनकपुरमा निजी विद्यालयका शिक्षक-शिक्षिकाको कुटाइबाट एक विद्यार्थी घाइते भएका छन्।, जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित स्वस्तिक इङ्लिस बोर्डिङ स्कुमा कक्षा ४ मा अध्ययनरत् सिद्धार्थ ठाकुर घाइते भएका हुन्।, विद्यालयकी शिक्षिका शोभा साह र शिक्षक रब्बानी हुसैनले कुटपिट गर्दा उनको दाहिने हात भाँच्चिए... |
रासस इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको शनिबार बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ। उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना भएका उनको निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए।, एक साताअघि कोभिड–१९ को लक्षण देखिएपछि उनलाई मेची अस्पतालमा भर्ना गरिएको थियो। सुरुमा एन्ट... |
सेतोपाटी संवाददाता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक सुरू भएको छ। , बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा सुरू भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङले जानकारी दिए।, बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिक... |
सेतोपाटी संवाददाता हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ ।, कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहनुभएका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाडौँकी अस्मिता ला... |
डा. नृपेश राजभण्डारी बच्चाहरूमा धेरै किसिमका रोग र समस्याहरू हुन्छन्। तिनीहरू जटिलताका हिसाबमा शल्यक्रिया गरेर उपचार गर्नुपर्ने हुन्छ। साधारणतया हामीले बच्चाको पेट, मृगौला, पिसाब फेर्ने ठाउँ, दिशा गर्ने ठाउँ, हर्नियालगायतको शल्यक्रिया गर्ने गर्छौ। शल्यक्रियाका क्रममा अधिकांश उपचार दुरबिनबाट गर्ने गरिन्छ। , बच्चाहरूल... |
सेतोपाटी संवाददाता आफ्नो र केही कांग्रेस नेताहरूको सिफारिसमा प्रहरी जवान पदमा देशभरबाट ४१ जनाको नाम निकालेको भन्दै फेसबुकमा स्टाटस लेख्ने युवा पक्राउ परेका छन्।, गृहमन्त्री बालकृष्ण खाँणसमेतलाई धन्यवाद भन्दै फेसबुकमा स्टाटस लेखेपछि प्युठान प्रहरीले ऐरावती गाउँपालिका-१ का ३० वर्षीय नरेन्द्र गुरुङलाई पक्राउ गरेको हो।, ग... |
सेतोपाटी संवाददाता तीजको नाच हेर्न गएकी एक किशोरीमाथि जंगलमा सामूहिक बलात्कार भएको छ।, बङलाचुली गाउँपालिकाकी करिब १७-१८ वर्षीया ती किशोरी तीजको नाच हेरेर राति एक्लै जंगलको बाटो हुँदै घर फर्किने क्रममा बिहीबार बिहान २ बजेतिर तीन युवाहरूबाट सामूहिक बलात्कारमा परेकी थिइन्।, बाटो ढुकेर किशोरीमाथि सामूहिक बलात्कार गरेको आर... |
सेतोपाटी गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो। तीन महिना बित्न लाग्दा पनि हालसम्म अक्सिजन प्लान्ट स्थापनाबारे अन्योल छ। , सम्झौता गरिएको कम्पनी लापरबाहीका कारण प्लान्ट स्थापनामा ढिलाइ भएको हो।, असारभित्र प्लान्ट निर्माण गर्ने गरी हेल्थ केयर सप्लायर्स, काठमाडौं र अस्पतालबीच सम... |
सेतोपाटी संवाददाता कोटेश्वर ट्राफिक र मनोहरा सरफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले सरसफाइ कार्यक्रम गरेको छ।, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख रामकृष्ण देवकोटाको नेतृत्वमा सरसफाइ कार्यक्रम गरिएको हो।, ट्राफिकका अधिकृतदेखि जवानसम्म र स्थानीय युवायुवतीहरूको सहभागितामा कोटेश्वर,जडिबुटी र बालकुमारी क्षेत्र... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार ९ हजार ८४० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट ६ हजार १ सय ३७ जना र एन्टिजेनबाट ३७०३ जनाको परीक्षण भएको छ।, त्यस्तै १३६८ संक्रमित निको भ... |
खिलानाथ ढकाल संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्यापछि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी इकाई धरान र केन्द्रीय अनुसन्धान ब्युरोको टोली पुगेको थियो।, प्रहरी टोली घटनास्थलमा खटिँदा २६ वर्षीय लोकबहादुर कार्की घरमै थिए।, उनी हत्या गरिएका ५७ वर्षीय तेजबहादुर कार्कीका बढाबाका न... |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको इन्क्लोजरमा संरक्षण गरिएको एक अर्नाको मृत्यु भएको छ। पदमपुर फाँट क्षेत्रमा रहेको इन्क्लोजरमा शुक्रबार एक वयस्क पोथी अर्ना मृत भेटिएको हो। , उक्त अर्नाको मृत्यु प्राकृतिक कारणबाटै भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।, सोही क्षेत्रमा करिब २ दिन... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३५७ कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २३०, ललितपुरका ८५ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, यसैगरी काठमाडौं उपत्यकामा ६५३१ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३४१८, भक्तपुर ११६७ र ललितपुरमा १९४६ सक्रिय संक्रम... |
राजु अधिकारी गत सोमबार संखुवासभाको मादी-१ उम्लिङका तेजबहादुर कार्कीको परिवारै सखाप हुने गरी भएको हत्याकाण्डको अनुसन्धानमा जुटेका एक प्रहरी अधिकृतले बुधबार साँझ सेतोपाटीसँग भनेका थिए, ‘हामीलाई परिवारकै सदस्यमाथि शंका छ।’, ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी र... |
सेतोपाटी संवाददाता बैंकिङ कसूरको मुद्दामा फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ नयाँ बस्ती बस्ने ४२ वर्षीय उमेश लामालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।, ब्यूरोको टोलीले उनलाई बिहीबार नयाँ बस्तीबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम... |
खिलानाथ ढकाल नेचर हर्ब्स इन्टरनेसनल प्रालिको अनुमति एकातिर, कारोबार अर्कैतिर देखिएको छ।, व्यवसायी गीतेन्द्रबाबु राई र नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी सञ्चालक रहेको उक्त कम्पनीले बिनाअनुमति कारोबारस्थल परिवर्तन गरेको हो।, नेचर हर्ब्ससहित ९ वटा नेटवर्किङ शैलीका कम्पनीहरूमाथि अहिले छानबिन भइरहेको छ। वाणिज्य, आपूर्... |
सेतोपाटी संवाददाता काठमाडौंको पुरानो बानेश्वरस्थित एक आँखा केन्द्रमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ। , बिहीबार बिहान करिब ११ बजे मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु फेला परेको थियो।, शंकास्पद बस्तु बम रहेको आशंका गरिएकोमा जाँच गर्दा बम नभएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)... |
सबिना श्रेष्ठ ललितपुर, पुल्चोकस्थित लालीगुराँस बहुउद्देशीय सहकारी संस्थाअगाडि मासिएको फल्चा (पाटी) पुनः निर्माण हुने भएको छ। ललितपुर महानगरपालिकाले बिहीबार उक्त फल्चा शिलान्यास गर्दै पुनर्निर्माण हुने जनाएको हो।, यो फल्चा रातो मच्छिन्द्रनाथ र इन्द्रजात्रासँग सम्बन्धित छ। यहाँ फल्चा हुँदाको समयमा यहीँ बसेर स्थानीयहरूले... |
रासस दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ।, नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो। चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको बता... |
सेतोपाटी संवाददाता रुपन्देहीमा भारततर्फ निकासी गर्न लागेको ६ लाख मूल्य बराबरको सुपारी बरामद भएको छ।, सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेटक्वाटर रुपन्देहीले नेपाल–भारत सीमानाका सिद्धार्थनगर–११ भुजौलीबाट सुपारी बरामद गरेको हो।, बिहीबार बिहान २० वटा बोरामा राखिएको उक्त सुपारी बरामद गरेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्... |
रासस बाँके अझै साक्षर जिल्ला घोषणा हुनसकेको छैन । कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकाले मात्र साक्षरता घोषणा गरिसकेका छन् ।, नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी, डुडुवा र बैजनाथ गाउँपालिका तथ्याङ्क सङ्कलनमै अड्किएका छन् । गत फागुनमै बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम भएपनि स्थानीय तहको ढिलाइका कार... |
सेतोपाटी संवाददाता भन्सार छलेर ल्याइएका क्यान्सरको औषधी बिक्री गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपालिका वडा नम्बर १४ महाराजगन्ज घर भइ बुढानिलकण्ठस्थित गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको प्रहरी उपरीक्षक कृ... |
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना भएको छ। , त्रिभुवन विश्व विद्यालयले ३ रोपनी जग्गा उपलब्ध गराएपछि लाइन्स क्ल्व अफ इन्टरनेशनल ३२५ ले आयुर्वेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना गरेको हो।, यो त्रिभुवन विश्व विद्यालय र लाइन्स क्लव अफ इन्... |
रासस काठमाडौँको टेकुस्थित ऋषेश्वर महादेव मन्दिर ऋषि पञ्चमीका दिन खुला गरिने भएको छ।, सप्तऋषिको पूजा आराधना गर्न आउने भक्तजनको आग्रहअनुसार मन्दिर खुला गर्न लागिएको हो। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन खुला गरिने उक्त मन्दिर विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारीका कारण गत वर्ष बन्द गरिएको थियो।, दर्शनका लागि ... |
रासस गण्डकी प्रदेशको राजधानी पोखरासँग धवलागिरिका चार जिल्लाको सडक यातायात सम्पर्कबिच्छेद भएपछि जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पुर्याउने गरिएको छ । , मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङअन्तर्गत पर्वतको डिमुवाबाट चुवाखण्डमा गत साता गएको पहिराले सडक अवरुद्ध बनाएपछि गम्भीर अवस्थाका बिरामीलाई हेलिक... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा नेपालमा थप १२७१ जना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । , यस्तै पछिल्लो २४ घन्टामा १८४५ जना निको भए... |
सेतोपाटी संवाददाता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा पर्शुराम बस्नेतले सर्वोच्च अदालतबाट सफाइ पाएका छन्। , बिहीबार न्यायाधीश दीपककुमार कार्की र टंक मोक्तानको इजलासले बस्नेतलाई सफाइ दिने विशेष अदालतको फैसला सदर गरेको हो। , विशेष अदालतले बस्नेतलाई २०७४ चैत २५ गते सफाइ दिएको थियो। सम्पत्ति शुद्धीकर... |
सेतोपाटी चितवनका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन्।, भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो। मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो।, भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा उपचार गराउन आउनेमध्ये जनरल मेडिसिन विभागमा आउने बिरामीको सङ... |
सेतोपाटी सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर-दक्षिण कोशी राजमार्ग अवरूद्ध भएको छ।, गत शनिबारदेखि भोटखोला जाने उत्तर-दक्षिण कोशी राजमार्ग अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।, पहिराका कारण सदरमुकाम खाँदबारीबाट गाउँपालिका जाने उत्तर-दक्षिण सडकखण्ड एक सातादेखि अवरूद्ध भएको छ।, उत्तर-... |
सेतोपाटी संवाददाता प्रहरीले पाँच किलो गाँजासहित बिहीबार राति विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका-७ का २४ वर्षीय सागर राई छन्। , सिआरभी पोस्ट भट्टाचोकबाट खटिएको टोलीले बिहीबार राति ८ बजे राईलाई पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए। , सार्वजनिक सवारी चेकजा... |
रासस पशुपतिनाथको मूल मन्दिर नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गर्नु परेकामा माफी माग्दै क्षमा पूजा गरिएको छ।, पशुपति क्षेत्र विकास कोषको आयोजनामा बिहीबार क्षमा पूजा गरेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको हो।, नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र भएपछि... |
सेतोपाटी संवाददाता नेकपा एमाले स्थायी कमिटीको बैठक शुक्रबार बस्ने भएको छ।, शुक्रबार अपराह्न ४ बजे ललितपुरको च्यासलस्थित तुल्सी लाल प्रतिष्ठानमा बैठक बस्ने भएको एमालेका सचिव शेरबहादुर तामाङले जानकारी दिए। , बैठकमा चालू संसदमा पार्टीको भूमिकाबारे छलफल गरिने उनले बताए। साथै विधान महाधिवेशनबारे पनि छलफल गर्ने तालिका छ। ,
... |
एजेन्सी तालिबानले सत्ता कब्जा गरेको झन्डै एक महिनापछि अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुरू भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार बिहीबार कतार एयरवेजको जहाज काबुलबाट दोहाका लागि उडेको छ।, तालिबानले सत्ता कब्जा गरेपछि पहिलो पटक व्यवसायिक उडान गरेको उक्त जहाजमा ... |
सेतोपाटी संवाददाता संखुवासभा मकालु गाउँपालिका-३ समटारस्थित निर्माणाधिन खाँदवारी-किमाथाङ्का सडक खण्डमा जेसिबी लोडर दुर्घटना हुँदा एकको मृत्यु भएको छ।, मृत्यु हुनेमा खाँदबारी नगरपालिका-६ का २४ वर्षीय श्याम विक छन्।, ज१क ४१२ नम्बरको जेसिबी बिहीबार दिउँसो सडकबाट सय मिटर खसेर दुर्घटना भएको थियो।, जेसिबीले किच्दा विकको घटना... |
सेतोपाटी संवाददाता नेपाल र भारतबीच विद्युत व्यापारका लागि बुटवल-गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौता भएको छ। नेपाल विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरसेन अफ इन्डिया लिमिटेडबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौता (जोइन्ट भेन्चर एन्ड सेयरहोल्डर एग... |
सेतोपाटी सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ बोल्दे घट्टे खोला क्षेत्रका बस्तीमा जमिन भासिँदा ६६ घर उच्च जोखिममा परेका छन्।, घट्टे खोला र तेलेसोङ खोलाको बीचमा रहेको उक्त क्षेत्रका ४५० परिवार विस्थापित भएका छन्।, स्थानीयबासी एक सातादेखि सुरक्षित ठाउँमा रात कटाउँदै आएको गाउँपालिकाको उपप्रमुख सिर्जना तामाङले जानकारी दिइन्।... |
सेतोपाटी संवाददाता 'लोकसेवा आयोगको कर्मचारी भएको' भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , सरकारी जागिर लगाइदिने बहानामा ठगी गरेको आरोपमा महोत्तरीको पशुपतिनगर-४ घर भई हाल धरान-५ बसिरहेका ५२ वर्षीय अमरबहादुर लामिछाने रहेका छन्। , धरानमा डेरा गरेर बसिरहेका उनको कोठाबाट विभिन्न सकारी कार्यालयका छाप बरा... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप तीन सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप तीन सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, काठमाडौंका २५७ जना, ललितपुरका ५६ जना र भक्तपुरका ४१ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ।, योसँगै काठमाडौं उपत्यक... |
सेतोपाटी संवाददाता ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको धारिलो हरियार खुकुरी र दाउ प्रहार गरी हत्या भएको छ। , हत्या आरोपमा उनका आफ्नै भाइ ६७ वर्षीय शेरबहादुर तामाङ र शेरबहादुरका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका छन्। , शुक्रबार दिउँसो साढे १२ बजे तामाङको हत्या भएको इलाका प... |
सेतोपाटी संवाददाता बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा तोडफोड भएको छ। , शुक्रबार कार्यालयमा वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोलले तोडफोड गरेका हुन्। उनले प्रमुख प्रशासकीय अधिकृत, प्रशासन विभाग प्रमुख र उपप्रमुखको कार्यालयको ढोकामा तोडफोड गरेका हुन्। , यद्यपि उनले किन त्यसो गरेको भन्ने आफूले जानकारी पाइनसक... |
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो।, शुक्रबार १० हजार ९१६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , पछिल्लो २४ घण्टामा एक हजार ६६० जना संक्र... |
सेतोपाटी संवाददाता विपन्न परिवारलाई काठमाडौंका दश ठाउँमा खाना खुवाइने भएको छ।, शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै सो घोषणा गरेका हुन्।, संसदमा प्रतिपक्षी दल नेकपा एमालेका सासंदहरूले नाराबाजी गरेका थिए। , त्यसैबीच अर्थमन्त्री शर्माले बजेट पेश गर्दै विपन्न परिवारलाई ... |
सेतोपाटी संवाददाता नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एक जनालाई प्रहरीले कुपन्डोलबाट पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर ललितपुरले बाग्लुङका ३२ वर्षीय युद्दबहादुर केसीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए। उनलाई प्रहरीले सोमबार कुपन्डोलस्थित युएन पार्कबाट पक्राउ गरेको हो। , उनले नेपाल ... |
रासस १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सुर्खेतमा ९ जना पक्राउ परेका छन्।, इलाका प्रहरी कार्यालय बाबियाचौरले उनीहरूलाई नियन्त्रणमा लिएको हो।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बलात्कारको आरोपमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, खगेन्द्र भनिने शोभा शाही, ... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी घुससहित पक्राउ परेका छन्।, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले घुससहित एक कर्मचारीलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा महोत्तरी मटिहानी नगरपालिका वडा नम्बर ९ घर भई जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायब सुब्बा ४८ वर्... |
सेतोपाटी संवाददाता रुपन्देही प्रहरीले भन्सार छलेको ११ लाख ९ हजार ७३० बराबरको सामान बरामद गरेको छ।, प्रहरीका अनुसार रुपन्देहीका विभिन्न ठाउँबाट मंगलबार उक्त बराबरको भन्सार छलेको सामान बरामद भएको हो।, लु३३प ५०१८ नम्बरको मोटरसाइकल, लु१९प १३४१, लु२प ४२२५ र लु७१प १२५४ नम्बरको मोटरसाइकलबाट उक्त बराबरको सामान बरामद गरेको हो।... |
सेतोपाटी संवाददाता गाँजा खुलाउन अभियान चलाइरहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरोको टोलीले नवजीवन प्लस संस्थाका सञ्चालक राजिव काफ्लेलाई पक्राउ गरेको हो। , उनलाई प्रहरीले बुढानिलकण्डस्थित रेष्टुरेन्ट हिप्पी हिलबाट गाँजासहित पक्राउ गरेको ब्यूरो स्रोतले जनाएको छ।, काफ्लेमाथि गाँजा बिक्री गरेक... |
खिलानाथ ढकाल केही वर्ष पहिले नेपालमा नेटवर्किङ व्यवसायको बिगबिगी थियो। विभिन्न नाममा खुलेका कम्पनीले सामान बेच्थे र ग्राहकलाई सदस्य बनाउँथे। ती ग्राहकले अरूलाई सदस्य बनाए विभिन्न लाभ हुने प्रलोभन दिन्थे। त्यस्ता प्रभोलनबाट धेरै सर्वसाधारण ठगिएपछि सरकारले नेटवर्किङ व्यवसायमा प्रतिबन्ध लगाइदियो।, २०७४ मा संसदबाट एउटा ऐ... |
एजेन्सी दक्षिणपूर्वी एसियाली मुलुक भियतनाममा कोरोनाभाइरस फैलाएको भन्दै एक जना युवकलाई पाँच वर्ष जेल सजाय सुनाइएको छ।, भियतनामको का माउ प्रान्तको एक अदालतले २८ वर्षीय ले भान ट्रीलाई कोरोना नियन्त्रण मापदण्ड पालना नगरेको र अरूलाई खतरनाक भाइरस फैलाएको अभियोगमा पाँच वर्ष जेल र ८ सय ८० अमेरिकी डलर जरिवाना तिराएको हो।, भियत... |
सेतोपाटी मध्यपुरथिमि नगरपालिका-६ स्थित ३०० वर्ष पुरानो दथु बहा बहा अर्थात् जेतवर्ण महाविहारले मौलिक स्वरूपमा पुनर्जीवन पाएको छ।, जीर्णोद्धारको अभावमा लामो समय जीर्ण बनेको बौद्धमार्गीको महत्वपूर्ण यो महाविहार २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि उठ्न सकेको थिएन। , नगरपालिकाले जनप्रतिनिधि पाएपछि नगर प्रमुख मदनसुन्दर श्... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासले जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा उमेशकुमार चौधरीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।, चौधरीलाई सेवाग्राहीबाट लिएको आठ हजार पाँच सय रूपैयाँ घुससहित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बाट मंगलबार पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रस... |
सेतोपाटी नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि बुधबारदेखि खुलेको छ।, कोभिड-१९ को संक्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापामगरले जानकारी दिए।, मनकामना क्षे... |
सेतोपाटी संवाददाता चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय सोविक आदक छन्।, उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।, उनी धादिङबाट काठमाडौंत... |
एजेन्सी मेक्सिकोमा शक्तिशाली भूकम्प आएको छ। स्थानीय समयअनुसार मंगलबार राति दक्षिण पश्चिम मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प आएको हो।, अमेरिकाको युएस जिओलजिकल सर्भेका अनुसार तटिय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प आएको हो।, भूकम्पको धक्का २३० माइल टाढाको राजधानी मेक्सिको सिटीसम्म महशुस गरिएको थि... |
युनिक श्रेष्ठ संखुवासभामा एकै परिवारको ६ जनाको हत्या भएको दुई दिन बितिसकेको छ। विभत्स तरिकाले वृद्धादेखि नाबालकसम्मको हत्या कसले र किन गर्यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन।, घटनाको गम्भीरतालाई मध्यनजर गर्दै नेपाल प्रहरीको विभिन्न टोली अनुसन्धान गर्न घटनास्थलमा पुगेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट प्रह... |
खिलानाथ ढकाल अपहरण आरोपमा जेलमा रहेका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार सरुवा गरिएको छ।, डिल्लीबजार कारागारमा रहेका उनलाई कारागार व्यवस्थापन विभागले मोरङ जिल्लामा सरुवा गरेको हो।, उनी यसअघि मोरङ जिल्लाबाटै डिल्लीबजार कारागार सारिएका थिए। मोरङ जेलबाटै फिरौती र व्यवसायीसँग असुली धन्दा चलाएको आरोपमा २०७४ चैत २३ गत... |
सेतोपाटी संवाददाता प्रहरीले रुपन्देहीबाट तीन हजार किलो केराउ बरामद गरेको छ।, कोटहिमाई गाउँपालिका-५ दुई मुहानबाट प्रहरीले लु१ज ४५१८ नम्बरको पिकअप गाडीबाट बुधबार केराउ बरामद गरेको हो।, केराउसहित पक्राउ पर्नेमा मर्चबारी गाउँपालिका-१ का हरिशंकर यादव र रतन यादप छन्।, हरिशंकर मुख्य कारोबारी र रतन पिकअपका चालक रहेको प्रहरी उ... |
सेतोपाटी संवाददाता उदयपुरमा गाडी चालकमाथि ढुंगाले हिर्काएर बेहोस बनाइ लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, ओखलढुंगा चिशंखुगढी गाउँपालिका ३ का ५४ वर्षीय रमेशकुमार श्रेष्ठलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।, उनले कटारी नगरपालिका वडा नम्बर ४ का २५ वर्षीय प्रकाश श्रेष्ठलाई घाइते बनाइ १३ लाख ७७ हजार ८... |
विवेक राई त्रिभुवन विश्वविद्यालयले थेसिस चोरेको/नचोरेको भनेर पत्ता लगाउन सफ्टवयेर सञ्चालनमा ल्याएको छ।, विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठका अनुसार असार दोस्रो सातादेखि 'अथेन्टिकेट' नामक उक्त सफ्टवेयर सञ्चालनमा ल्याइएको हो। , यो सफ्टवेयरले थेसिस कुन भागमा कति चोरी भएको छ भनेर पत्ता लगाउँछ। सो ... |
सेतोपाटी संवाददाता कोभिड-१९ को संक्रमण बढेसँगै सरकारले गत वैशाख १९ गतेदेखि बन्दाबन्दीको घोषणा गरेपछि स्थगित भएको राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने भएको छ। , पूर्वनिर्धारित कार्यक्रमअनुसार जनगणनाको मूल गणना कार्य २०७८ जेठ २५ देखि असार ८ सम्ममा सम्पन्न गर्ने कार्यक्रम रहेको... |
सेतोपाटी संवाददाता संखुवासभा मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा हत्या गरिएका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ। , बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम सकेर ६जनाकै शव अन्त्येष्टि गरिएको मृतकका आफन्त बिक्रमकुमार कार्कीले जानकारी दिए। , शव इटहरीस्थित बुढीगंगास्थित मुक्तिघाटमा अन्त्... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पिसिआर विधिबाट ९ हजार ७ सय ६७ जना र एन्टिजेनबाट ३६८८ जनाको परीक्षण भएको छ।, त्यस्तै दुई हजार १६... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५६८ कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंका ३४९ , ललितपुरका १५० र भक्तपुरमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, यस्तै, काठमाडौं उपत्यकामा ७१८९ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३९२३, भक्तपुरमा १२५३ र ललितपुरमा २... |
सेतोपाटी संवाददाता प्रहरीले मोरङ बेलबारीबाट १९ किलो ६५० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बेलबारी नगरपालिका-२ का ३५ वर्षीय सन्तोष राई, ३० वर्षीय ज्ञानुराज राई र धनकुटा सहिदभूमि गाउँपालिका-३ का २८ वर्षीय महेश्वर राई छन्।, सन्तोषको घरबाट चार किलो ६५० ग्राम र ज्ञानुराजको घरबाट १५ किलो गाँजा फेला ... |
सेतोपाटी संवाददाता प्रहरीले कलैयाबाट १२ लाख ५७ हजार रुपैयाँ बराबरको भन्सार छलेको सामान बरामद गरेको छ।, कलैयाबाट काठमाडौं हिँडेको ना४ख ८८४६ नम्बरको ट्रकबाट बुधबार दिउँसो भन्सार छलेको सो मूल्य बराबरको साडी, सुटको थान कपडा, कुर्ता सरवाल बराबद गरिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।, इँटा लोड गरिएको ट्रकमा लुकाएर क... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ६०६ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा ७५२३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४१५८, ललितपुरमा २०२६ र भक्तपुरमा १३३९ सक्रिय संक्रमित छन्।,... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य घुससहित पक्राउ परेका छन्।, कंलकी-१४ बाट वडा सदस्य वसन्त महर्जनलाई दुई लाख लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धानको टोलीले नियन्त्रण लिएको हो।, स्टिङ अपरेसनको क्रममा कंलकी खसीबजारस्थित तन्दुरी रेष्टुरेन्टबाट घुससहित उनलाई नियन्त्रणमा लिइएको अख्तियारले ... |
सेतोपाटी संवाददाता चेक बाउन्स मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले नुवाकोट घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १६ माछापोखरी बस्ने ५६ वर्षीय शिवराम गजुरेललाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनलाई उच्च अदालत पाटनले गत असार २८ गते बैंकिङ कसु... |
युनिक श्रेष्ठ संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष खेमनाथ कटुवाललाई सोमबार बिहान करिब ९ बजे एउटा फोन आयो। , उनलाई आएको फोन अरू दिनको जस्तो थिएन। एउटा विभत्स हत्याको खबर दिन फोनको घन्टी बजेको थियो। , फोन गर्ने व्यक्ति उम्लिङका ५७ वर्षीय तेजबहादुर कार्कीका छिमेकी लक्ष्मीभक्त कार्की थिए। तेजबहादुरसहित उनको... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.