content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता आफ्नो निर्वाचन क्षेत्र आएका नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल र नेता टोपबहादुर रायमाझीले बुटवल-३ ज्योतिनगरमा गएको पहिरोको अवलोकन गरेका छन्।, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकमा सहभागी हुन सोमबार बिहान बुटवल आएका नेताद्वयले दिउँसो ज्योतिनगर पहिरोको अवलोकन गरेका हुन्।, बुटवल गोलपार्कदेखि उत्तर पूर्वतर्फ रहेको ज्योतिनगरमा गत भदौ १३ र १४ गते पहिरो झर्दा १० वटा घर पुरिएका थिए भने ६० भन्दा बढी घरमा लेदो माटो पसेको थियो।, पहिरोको निरीक्षण गर्दै नेता पौडेलले चुरे पहिरो नियन्त्रण र संरक्षणका लागि सरकारलाई गम्भीर भएर लाग्न आग्रह गरे।, उनले चुरे पहिरो नियन्त्रणका साथै बस्ती सुरक्षाका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने बताए।, ‘यसको नियन्त्रण र बस्ती सुरक्षा कसरी गर्न सकिन्छ। आवश्यक बजेट र प्रविधि तथा जनशक्ति परिचालनका लागि सरकारले हेलचक्र्याइँ गर्न पाउँदैन। म त्यसको पहल गर्छु,’ उनले भने।, पौडेलले आगामी संसदको अधिवेशनमा यो महत्वपुर्ण विषयको रुपमा उठाउने बताउदै  पहिरोबाट नागरिकमा भएको पिडा कम गर्न  स्थानिय, प्रदेश र संघ सरकारले महत्वपुर्ण कदम चाल्नुपर्ने बताए। , उनले स्थानिय तहलाई पहिरोबाट प्रभावित भएकाहरुलाई आवश्यक राहतको प्रबन्ध गर्न समेत आग्रह गरे । , बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले अहिले पहिरो गएको क्षेत्रमा हिलो निकाल्ने काम भइरहेको र पहिरो नियन्त्रणका लागि राष्ट्रपती चुरे कार्यक्रममा मार्फत समन्वय भइरहेको जानकारी गराएका थिए। उपमहानगरपालिकाले पहिरोले बगाएर ल्याएको ढुङ्गा माटोलाई डोजर र टिप्परको सहयोगले उठाई बुटवल बहुमुखी क्याम्पसको चौरमा थुपार्दै आएको छ।, २०५५ सालमा पहिलो पटक पहिरो झर्दा बिस्थापित बनेका २३ घरपरिवारलाई बुटवल उपमहानगरपालिकाले तामनगरमा स्थानान्तरण गरेपनी पहिरोको रोकथाम तथा चुरे क्षेत्रमा भईरहेको अनधिकृत दोहन नियन्त्रण गर्न नसक्दा २३ बर्षपछी पुनः सोही स्थानमा पहिरो झरेको हो। २०५५ सालमा झरेको पहिरोले ५७ घर पुरेको थियो।, यो अवधिमा पहिरो नियन्त्रणका लागि भन्दै राष्ट्रपति चुरे संरक्षण समितिको नाममा करोडौं लगानी भएको बताईएपनी सो लगानी सबै खेर गएको छ।, बुटवल उपमहानगरपालिकाले गोलपार्क ज्योतिनगर लक्ष्मीनगर जोड्न सडक निर्माणका लागि चुरेमाथि डोजर लगाएपछि पहिरोले झनै जोखिम बढाएको हो। अहिले झरेको पहिरोले उक्त सडक पनि बगाएको छ।, कमजोर तथा खुकुलो माटोले बनेको चुरेमा पहिरो जाँदा बुटवलका ज्योतिनगर, आदर्शनगर र लक्ष्मीनगरका सयौं घरपरिवार जोखिममा परेका छन्।, ५५ सालमा भन्दा यसपटकको पहिरोको क्षेत्र ठूलो भएकोले बुटवल तीन वटा बस्तीसँगै बुटवल बहुमुखी क्याम्पस समेत जोखिममा परेको छ। , २०५५ सालमा पहिरो गएपछि जापान सहयोग नियोग 'जाइका' ले गरेको अध्ययनले ज्योतिनगर क्षेत्रबाट बस्ती हटाउन र चुरे पहाडलाई असर गर्ने कुनै पनि काम गर्न नहुने निष्कर्ष निकालेको थियो। , तर त्यसयता पनि चुरेको अतिक्रमण अनियन्त्रित दोहन नरोकिँदा जोखिम बढ्दै गएको छ। चुरेको शिरमा पहिरोले धाजा फाटिएको स्थानबाट पानीका मूल छरिएर बग्दा मूलसँगै पहिरो झरेको विज्ञहरूको भनाइ छ।, बुटवल उपमहानगरपालिकाका सहरी पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठ चुरेको शिरमा रहेका पानीका मूललाई एकत्रित बनाउँदै चुरे बग्न रोक्नुपर्ने बताउँछन्।, श्रेष्ठका अनुसार सबभन्दा कान्छो चुरे पहाडमा बलौटे र खुकुलो माटो भएकाले आकाशबाट झरेको पानी सिधै जमिनमुनि छिर्छ। जमिनमाथिबाट बग्नुपर्ने वर्षाको पानी जमिनमुनि छिरेपछि खुकुलो रहेको बलौटे माटोसगै बगेपछि पहिरो जाने उनी बताउँछन्।, चुरेको भू-बनोट नै कमजोर हुने भएकाले दीर्घकालीन रूपमा ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामको दीर्घकालीन समाधान खोजिनुपर्ने उनको सुझाव छ।, बुटवल -३ का वडा सदस्य समेत रहेका पहिरो प्रभावित चिन बहादुर गुरूङ ज्योतिनगर माथिको चुरेको संरक्षण गर्न नसके सिङ्गो बुटवलनै जोखिममा पर्ने बताउँछन्।, उनले बुटवलको पहिरो बुटवलको मात्र समस्या नभई चुरेसँग जोडिएकोले तीनै तहका सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए।, चुरे तिनाउ बहुउद्देश्यीय विकास मञ्चका संयोजक कमल गौतम पनि ५५ सालमै जाइकाले दिएको सुझाव कार्यान्वयन नगर्दा अहिले पुनः समस्या दोहोरिएको बताउँछन्।, बुटवलको ज्योतिनगरमा गएको पहिरोको निरीक्षण गर्दै विष्णु पौडेल र टोपबहादुर रायमाझी
सेतोपाटी संवाददाता संखुवासभामा हत्या प्रकरणमा मुचुल्का उठाउने प्रकृया भोलि बिहानबाट मात्रै सुरू हुने भएको छ।, मादी नगरपालिका वडा नम्बर १ स्थित तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको थियो। , ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो। , संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा तालिमप्राप्त कुकुर लिएर घटनास्थल तर्फ जाँदैछन्। दिउँसो करिब २ बजे धरानबाट हिँडेको दाहालसहितको टोली घटनास्थल पुग्न अझै एक-डेढ घण्टा लाग्न सक्ने अनुमान प्रहरीको छ। जसकारण मुचुल्का उठाउने काम भोलि बिहानबाट मात्रै सुरू हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए। , बिहान १० बजे जिल्ला प्रहरी कार्यालयबाट हिँडेको सुवेदीको टोली अपराह्न ४ बजेमात्रै पुगेको उनले बताए।, 'हामी ४ बजेतिर पुग्यौं। तालिमप्राप्त कुकुरसहितको टोली आउन बाँकी छ,' उनले भने,'टोली नआएसम्म हामीले घटना र लाशको जाँच  गर्दैनौं। कुकुरले केही 'लिड' दिन्छ कि भन्ने पर्खाइमा छौं। एक-डेढ घण्टा लाग्छ होला पुग्न।'  , टोलीले घटनास्थलको, लम्बाइ चौडाइ लगायतका विषयमा सामान्य टिपोटहरू उठाइसकेको उनले बताए। प्रहरीले लाशको प्रकृति र चोटपटकको अवस्था भने अहिले हेरिसकेको छैन। , 'हामी अहिले घर पनि छिरेका छैनौं। सबै कुरा हेर्न बाँकी छ कुकुरसहितको टोली आएपछिमात्रै भन्न सकिन्छ,' उनले भने। , उनका अनुसार शवहरू चार ठाउँमा भेटिएका छन्। सासु-बुहारीको नजिकैको खोल्सामा, दुई बालबालिकाको घर भन्दा ५० मिटर माथितिर, तेजबहादुरको घरभन्दा २०० मिटर टाढा र आमाको शव घर भित्र फेला परेको हो। , साथै ती सबै शवहरू घोप्टो परेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए। तीमध्ये तेजबहादुरको मात्रै शरिरबाट रगत बगेको देखिएको उनले बताए। ती शवहरू अहिले नछुने प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईले बताए। , 'अहिले कुकुरसहितको टोली घटनास्थल नपुग्दासम्म अरूले शव छुँदैनन्। कुकुरले सुँघेर पत्ता लगाउने हो। हाम्रो शरीरबाट मिनेट-मिनेटमा डेड सेलहरू झर्छन्। त्यसैको आधारमा पत्ता लगाउने हो,' उनले भने, 'त्यसैले अरू त्यहाँ गयो भने कुकुर कन्फ्युज हुने भएकाले अहिले प्रहरीले पनि शव छुँदैनन्। ब्लड एक जनाको शवबाट मात्रै बगेको देखिन्छ। पल्टाएर नहेरेसम्म अरू थप भन्न पनि सकिन्न।', टोलीले सोधपुछ गर्ने काम अघि बढाएको उनले बताए। , यस घटनामा एक जनाभन्दा बढीको संलग्नता भएको प्रहरीको आशंका छ। एकै व्यक्तिले ६ जना व्यक्तिको हत्या गरी विभिन्न ठाउँमा राख्न कठिन हुने प्रहरीको भनाइ छ। , 'लाशहरू धेरै ठाउँमा भएको हुँदा एक जनाले मात्रै सक्दैनन् जस्तो लाग्छ,' प्रहरी नायब उपरीक्षक सुबेदीले भने,'अनुसन्धान गर्दै जाँदा थप खुल्ला।' प्रहरीले घटनास्थलबाट अहिले कुनै हतियार फेला पारेको छैन।, घटनास्थलबाट ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने जीवित नै भेटिएका छन्। श्रीमतीसहित परिवारका सबै मारिँदा पनि उनले थाहा पाएका थिएनन्। तेजबहादुर लगायतको शव देखेपछि छिमेकी लक्ष्मीभक्त कार्कीले वडा नम्बर १ का अध्यक्ष खेमनाथ कटुवाललाई सोमबार बिहान करिब ९ बजे फोन गरेका थिए। , उनले घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय चैनपुरलाई खबर गरिएको थियो।, घटनास्थल इलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पूर्वमा छ। जसकारण प्रहरीको टोली समयमै पुग्न सकेन।, चैनपुर प्रहरीलाई खबर भएपछि १० किलोमिटर टाढामा रहेको प्रहरी चौकीबाट केही प्रहरी पुगेर घटनास्थललाई सुरक्षित बनाइएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली घटनास्थल पुगेको थियो।, स्थानीयले शवलाई हेर्दै जाँदा अरू मृत अवस्थामा फेला परेपनि बौद्धमान भने सुतिरहेको अवस्थामा फेला परेका थिए।, उनलाई स्थानीयले उठाएर जानकारी गराएपछि मात्रै घटनाबारे थाहा भएको वडाध्यक्ष कटुवालले बताए। , स्थानीयका अनुसार बौद्धमान गएराति ६ बजे नै सुतेका थिए। , 'हिजो राति खाना खाएर ६ बजे नै सुत्नुभएको रैछ। बिहान स्थानीयले थाहा पाएर बोलाउन जाँदा पनि खेततिर गएका होलान् काम गर्न भन्नुभयो,' वडाध्यक्ष कटुवालले भनेका थिए, 'घटनाबारे त मैले केही पनि थाहा पाइनँ भन्नुहुन्छ।', एकै पटक मारिएका कार्की परिवारको आर्थिक अवस्था सामान्य छ। दुई जना छोरा नरेश र रमेश डेढ वर्षदेखि विदेशमा छन्। नरेश मलेसियामा छन् भने रमेश दुबईमा छन्। , उनीहरू ढुंगामाटोले बनेको एक तले घरमा बस्थे। , 'म पनि उहाँहरूलाई चिन्थें। सामान्य घर परिवारका हुनुहुन्छ उहाँहरू। खेती किसानी गरेर बस्ने गर्नुहुन्थ्यो। मकै धान रोपेर खाने गर्नुहुन्थ्यो, 'कटुवालले भने,'छोराहरू दुई जना विदेशमा छन्। उनीहरूमध्ये एक जनाकी श्रीमतीलाई पनि मारिएको छ।', यो पनि: ,परिवारै सखाप हुँदा जोगिए ९० वर्षीय वृद्ध, दुई नाति छन् मलेसिया र दुबईमा, संखुवासभा हत्या प्रकरण: शवको मुचुल्का भोलि मात्रै
सेतोपाटी संवाददाता मुलुकका विभिन्न क्षेत्रमा आएको भारी वर्षापछिको बाढी, डुबान र पहिरामा परेर छ जनाले ज्यान गुमाएका छन्।, गृह मन्त्रालयका अनुसार सोमबार रोल्पामा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ। रोल्पा नगरपालिका-१० स्थित पूर्णबहादुर थापाको घरमा पहिरो खस्दा सोही घरमा बस्ने गौरी थापा र अर्का पाँच वर्षका बच्चाको ज्यान गएको मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। अन्य दुई जना घाइते भएका छन्।, यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको कर्रा खोलामा आएको बाढीले दुई दिनअघि बगाइएका दुई व्यक्तिको शव आज फेला परेको छ। मृत्यु हुनेमा ना३ख १४४० नंका ट्रक चालक बद्री कार्की र अर्का गणेश थापा रहेका छन्। उनीहरू ट्रकसँगै बगेका थिए।, उता जाजरकोटको नलघाट नगरपालिका–५ मा पहिरासँगै आएको ढुङ्गा लागेर  १० वर्षका प्रचण्ड खड्काको मृत्यु भएको छ। अन्य गोरखबहादुर खड्का र सिला खड्का गम्भीर घाइते भएको जनाइएको छ। यस्तै प्यूठान नगरपालिकामा वर्षाका कारण कच्ची घर भत्किँदा देउकी विकको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।, यता रातिदेखि परेको वर्षाका कारण बाढी आउँदा काठमाडौँका ३८५ घर÷टहरा डुबानमा परेको छ। काठमाडौँमा डुबानमा परेका २३२ जनाको उद्धार भएको गृह मन्त्रालयले जनाएको छ। एउटा झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ।, उता भक्तपुरबाट ५४  र ललितपुरको १५ जनाको उद्धार गरिएको र ती जिल्लाका खोलाका छेउछाउका बस्ती डुबानमा परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।, मुलुकभर मनसुन सुरु भएयता जेठ ३० पछि अहिलेसम्म बाढी-पहिरो र डुबानमा परेर १२९ जनाको मृत्यु भएको छ। अन्य ४४ जना हराइरहेका छन्। रासस, वर्षाले विभिन्न जिल्लामा छ को मृत्यु, काठमाडौंका ३८५ घर डुबानमा
सेतोपाटी संवाददाता गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसहितका अन्य धार्मिकस्थलहरू पर्सि २३ गतेदेखि खुल्ने भएका छन्।, कोभिड जिल्ला कोभिड व्यवस्थापन समितिले सोमबार बसेको बैठकले गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय गोरखाले आउँदो बुधबारदेखि मन्दिर खुल्ला गर्ने निर्णय गरेको हो।, शहीद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति र सरोकारवालाहरूको छलफलले मन्दिरमा २३ गतेदेखि पूजाआजालगायत धार्मिक कार्य सञ्चालन गर्ने दिने निर्णय भएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए। मन्दिर खुल्ला भए पनि मनकामना मन्दिरमा आउने भक्तजनहरूले सिधै मन्दिरभित्र प्रवेश भने नपाउने भएका छन्।, मन्दिरमा दर्शन र पूजापाठका लागि पुग्ने भक्तजन तथा दर्शनार्थीले ढोकाबाहिरबाटै दर्शन गर्ने एवम् पूजा सामग्रीहरू मन्दिरको सहयोगीमार्फत पुजारीसम्म पुर्‍याएर पूजा गर्ने व्यवस्था मिलाइने मन्दिर व्यवस्था समितिले जनाएको छ। श्रद्वालुहरूका लागि मन्दिर परिसरमा साबुनपानीको व्यवस्था गर्ने, मन्दिरका पुजारी तथा कर्मचारीले सुरक्षाका सबै मापदण्ड अपनाउनेदेखि सुरक्षकर्मीहरूले श्रद्वालु भक्तजनालाई सामाजिक दूरी कायम हुने गरी लाइनमा राख्नेसम्मको व्यवस्था गर्नुपर्ने निर्णय प्रशासनले गरेको छ।, त्यसैगरी, दर्शनार्थीका सुरक्षालाई ध्यान दिँदै रुघाखोकी लागेका कुनै पनि दर्शनार्थीलाई मन्दिर प्रवेशमा रोक लगाउने भएको छ। बैठकले मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबुलकार, मनकामना क्षेत्रमा सञ्चालित यातायात सार्वजनिक यातायात सेवा सञ्चालक र होटल रेष्टुरेन्ट तथा पसल सञ्चालकहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालन गर्न लगाउने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिए। रासस, गोरखाको मनकामना मन्दिर २३ गतेदेखि खुल्ने
सेतोपाटी संवाददाता सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार पाउनेहरूको नाम सार्वजनिक गरेको छ।, आजको गोरखापत्रमा उल्लेख भएअनुसार १० जनाले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने भएका छन् भने ३० जनाले निजामती सेवा पुरस्कार पाउनेछन्।, उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा सर्वोच्च अदालत, राष्ट्रिय योजना आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य सेवा विभाग, महान्याधिवक्ताको कार्यालय, महालेखा परीक्षकको कार्यालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, वेनी नगरपालिका म्याग्दी र महिला तथा बालबालिका विभागमा कार्यरत एकेक जना कर्मचारी छन्।, मन्त्रिपरिषदको भदौ २१ को निर्णयअनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम सार्वजनिक गरिएको छ। पुरस्कार पाउने सूचीमा सहसचिवदेखि कार्यालय सहयोगीसम्म छन्।, हेर्नुस् सूची:, यी हुन् उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरू (सूची)
एजेन्सी अफगानिस्तानमा सोमबारदेखि निजी विश्वविद्यालयले फेरि पढाउन सुरू गरेका छन्। राजधानी काबुलसहित विभिन्न प्रान्तीय राजधानीमा रहेका विश्वविद्यालयले तालिबानहरूले सत्ता कब्जा गरेको तीन सातापछि फेरि कक्षा सञ्चालन गरेका हुन्।, फेरि पढाइ सुरू हुँदा विश्वविद्यालयका कक्षाको वातावरण भने पहिलाजस्तो थिएन। सामाजिक सञ्जालहरूमा पोष्ट भएका तस्बिरहरूमा कक्षाकोठामा केटा र केटीलाई छुट्याउन बीचमा पर्दा राखिएको देखिन्छ।, विश्वविद्यालय फेरि खोल्नुअघि निजी विश्वविद्यालयको एसोसिएसनले कक्षा सञ्चालन निर्देशिका जारी गरेको थियो। उक्त निर्देशिकामा कक्षाकोठामा केटा र केटी सँगै बस्न नहुने, केटीहरूले अनिवार्य रूपमा बुर्का लगाउनु पर्ने, उनीहरूलाई क्याम्पसका केही निश्चित भागमा जान नदिने, केटीहरूलाई सकभर महिला लेक्चररले मात्र पढाउनु पर्ने त्यसो गर्न सम्भव नभए असल व्यवहार भएका बुढा लेक्चररले पढाए पनि हुने कुरा उल्लेख थियो।, समाचार संस्था रोयटर्सले यो निर्देशिका नै तालिबानहरूको आधिकारिक धारणा हो कि होइन भन्ने स्पष्ट भइनसकेको बताएको छ। एक जना तालिबान अधिकारीले कक्षाकोठामा पर्दा लगाएर पढाउने कुरा आफूहरूलाई स्वीकार्य हुने बताएका छन्। अफगानिस्तानमा पढाउने जनशक्तिको अभाव भएकाले एकै पटक एउटै लेक्चररले केटा र केटीलाई पढाउँदा सजिलो हुने उनको भनाइ छ।, हेरात विश्वविद्यालयमा पत्रकारिताका एक जना प्राध्यापकले एक घन्टाको क्लासलाई आधा घन्टाको पारिएको बताए। पहिलो आधा घन्टा केटीहरूलाई पढाउने र त्यसपछि केटाहरूलाई पढाउने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए।, काबुलको एक निजी विश्वविद्यालयका लेक्चरर ३७ वर्षीय सेर अजामले केटा र केटीका लागि फरक-फरक क्लास लिने कि बीचमा पर्दा राखेर एकै पटक पढाउने विकल्प छान्न विश्वविद्यालय प्रशासनले भनेको बताए।, तालिबानहरूले सन् १९९६ देखि २००१ सम्म शासन चलाउँदा केटीहरूलाई उच्च शिक्षा पढ्न र बाहिर काम गर्नबाट रोकेका थिए। पछिल्ला २० वर्षमा भने अफगानिस्तानमा धेरै महिलाहरूले विश्वविद्यालयको शिक्षा लिएर विभिन्न पेसामा काम गर्न थालेका थिए।, २० वर्षपछि फेरि सत्तामा आएका तालिबानहरूले  सरिया कानुनअनुसार महिला अधिकार दिने बताएका छन्। केही दिनयता राजधानी काबुलसहित विभिन्न सहरमा महिलाहरूले सरकारमा महिलाको सहभागितालगायत आफ्ना हक अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै प्रदर्शन गरिरहेका छन्।  ,  , तालिबान आएपछि यसरी पढाउन थाले अफगानिस्तानका विश्वविद्यालयले (तस्बिरहरू)
रासस प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।, शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।, आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।, सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ।, आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ। पितृसम्मान दिवस यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।, बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्। आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ।, यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ।, यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्ने जोखिम कायमै रहेकाले मन्दिर क्षेत्र पूर्णरूपमा सिल गरिएको छ। मन्दिर छिर्ने चारवटै नाकामा प्रहरी राखिएको गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले बताए।, यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा लाग्ने मेला पनि यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ। गोकर्णेश्वर नगरपालिकाले सुरक्षितरूपमा घर–घरमै पितृ सम्मान दिवस मनाउन आह्वान गरेको छ।, घरमै मनाइँदै पितृ सम्मान दिवस, ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ। बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ।, आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ। दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले बताए। अरु दान दीन दुःखीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ।, गोकर्णलगायत तीर्थस्थलमा गरियो औँसी श्राद्ध यस वर्ष औँसी श्राद्ध सोमबार नै परेकाले धेरै भक्तजन गोकर्ण क्षेत्रमा आउन चाहे पनि उपत्यकामा बढ्दै गएको कोरोनाका कारण सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रवेशमा रोक लगाउनुपरेको गोकर्णेश्वर महादेव मन्दिरका पुजारी जगदीशचन्द्र भट्टले बताए।, प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तिको कामनाले श्राद्ध गर्न आउने गरेका थिए।, सोमबार मघा नक्षत्रसमेत परकाले धेरैले श्राद्ध गरेनन्। मघा नक्षत्र परेका दिन श्राद्ध गरेमा ज्येष्ठ पुत्र नाश हुने शास्त्रीय वचनका कारण भक्तजन गोकर्णलगायत तीर्थस्थलमा नगएका हुन्। सन्तान नहुने र पिण्ड नदिई गरिने मघा निमित्तक श्राद्ध गर्न भने भक्तजन पुगेका थिए।, बिहानै गोकर्ण पुगेका भक्तजन आइतबार रातिदेखिको वर्षाले गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबानमा परेका कारण प्रभावित भएका थिए। अपराह्नकालमा डुबान कम हुँदै गएपछि भक्तजन श्राद्ध गरेर बाहिरिएका थिए।, आज कुशे औँसी
रासस प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।, लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८–३–२ जग्गा पैत्रिक तथा बूढानीलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६.५२ वर्गमिटर जग्गा रहेको छ।, उनको लम्जुङ बेँसीशहर–२ मा अंशवण्डावापत प्राप्त १२–०–२–२ क्षेत्रफल जग्गा, काठमाडौँ महानगरपालिका–२६ मा श्रीमतीलाई माइतीबाट प्राप्त दाइजो ०–२–०–२ जग्गा, पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–२ मा श्रीमती र आफ्नो संयुक्त नाममा शान्ति सेनाका कमाई आदिबाट खरिद गरिएको ४१६४.५७ वर्गमिटर जग्गा तथा छोरी रुरु थापाको नाममा बेँसीशहर नपा–२ पैत्रिक १–०–१–३ क्षेत्रफल जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ।, यो पनि: ,जंगी अड्डामा सुधार सुरू गरेर बिदा भएका प्रधान सेनापति थापा, बूढानीलकण्ठमा रहेको जग्गामध्ये करिब ७०० वर्गमिटर जग्गा बिक्री प्रक्रियामा रहेको जानकारी दिइएको छ। महारथी थापा दम्पतीसँग पैत्रिक, खरिद र बुहारीबाट प्राप्तसमेत ६१ तोला सुन, ६८० तोला चाँदी र रु १४ लाखमा खरिद गरिएको औठीसहित हीराको हार छ।, उनीहरूसँग घरभाडा, शान्ति सेना र सरकारी तलबभत्तासमेत गरी मेगा बैंकमा रु एक लाख ३५ हजार ७७२, ग्लोबल आइएमई बैंकमा रु ९९ हजार ३३, नेपाल इन्भेष्टमेन्ट बैंकमा रु २० लाख २२ हजार ३८१ र अमेरकी डलर छ हजार ७० रहेको छ।, प्रधानसेनापति थापा र दीपासँग तलबभत्ता र विविध आयबाट खरिद गरिएको विभिन्न बैंक र हाइड्रोका समेत गरी १४ वटा कम्पनीका करिब रु ४६ लाख मूल्य बराबरका २० हजार ४४१ सेयर रहेको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख छ।, उनीहरूले नेपाल बैंकबाट रु एक करोड ९० लाख ऋण लिएको तथा छोरा रौनकले लक्ष्मी बैंकबाट अटोलोन रु ३० लाख ऋण लिएकामा रु १२ लाख २४ हजार तिर्न बाँकी रहेको देखाइएको छ।, श्रीमती दीपाको रु २० लाख र छोरा रौनकको रु ५१ लाख मूल्यमा खरिद गरिएका एक–एक थान सवारी साधन रहेको सम्पत्ति विवरणमा उल्लेख छ।, प्रधानसेनापति थापाको अवकाशपछि कर्मचारी सञ्चयकोषबाट रु ३५ लाख ३७ हजार ६२८, नागरिक लगानी कोषबाट रु १४ लाख ६६ हजार ३१३, सञ्चित बिदा र औषधोपचारवापत प्राप्त हुने सञ्चित मौज्दात रु २५ लाख ९० हजार ७३२ तथा आवास र बिमावापत रु चार लाख ९७ हजार २७४ बचत मौज्दात अवकाश हुने मितिका हिसाबले प्राप्त हुने जानकारी दिइएको छ।, उनले सेनाको नेतृत्व सम्हालेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। महारथी थापा नै सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो सैनिक हुन्। तीनवर्षे प्रधानसेनापतिको कार्यकालसहित ४१ वर्ष आठ महिना २२ दिनको सैनिक जीवन व्यतित गरी आगामी बिहीबार सेवानिवृत्त हुँदै गर्दा उनले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।, यो पनि: ,प्रधान सेनापति थापाको बिदाइ (तस्बिरहरू), जाँदाजाँदै प्रधान सेनापति थापाले सार्वजनिक गरे सम्पत्ति विवरण, कति छ?
सेतोपाटी संवाददाता संखुवासभा हत्या प्रकरणको अनुसन्धानमा खटिएको प्रहरीले आफूहरू ‘सकारात्मक दिशामा उन्मुख भएको’ जानकारी दिएको छ।, संघीय प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान प्रगतितिर रहेको जनाएको हो।, ‘हामी सकारात्मक दिशा उन्मुख भएका छौं’, एसपी दाहालले भने ‘अहिले शवको मुचुल्का तयार हुँदैछ। तथ्यहरूको अनुसन्धानबाट हामी पोजेटिभ वेमा छौं।’, शव उठाउने क्रम सुरू भएको जानकारी दिँदै एसपी कार्कीले अनुसन्धान प्रगति उन्मुख रहेको दाबी गरे।, ‘तर अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा लिएका छैनौं’, उनले भने।, अनुसन्धानमा दाबी गरिएको प्रगति प्रहरी हत्यारा नजिक पुग्न लागेको हो भन्ने प्रश्नमा दाहालले भने ‘अहिले नै त्यसो भन्ने अवस्थामा पुगेका छैनौं। जे जति प्रगति भएको छ, हामी उत्साही छौं। अहिलेसम्मको अनुसन्धान जिरोमा मात्रै रूमल्लिएको छैन।’ , संखुवासभाको  मादी  नगरपालिका-१ स्थित तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको थियो।, ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो।, यो पनि पढ्नुस्: ,  , परिवारै सखाप हुँदा जोगिए ९० वर्षीय वृद्ध, दुई नाति छन् मलेसिया र दुबईमा, प्रहरी भन्छ- जिरोमा रूमल्लिएका छैनौं, अनुसन्धानमा प्रगति भइरहेको छ
नरेन्द्रसिंह कार्की दार्चुलाको दुहुँ गाउँपालिका–२, नारुलीका पुरन साहु भदौ १४ गतेदेखि गौरीलमाण्डौँ मावि हिकिलाको विद्यालयमा आश्रय लिएर बसेका छन्।, भदौ १३ गते राति आएको बाढीपहिराका कारण पूरै घरखेत बगाएपछि विद्यालयको भवनमा आश्रय लिएका हुन्। गाउँपालिकाले उनीसँगै नारुली बस्तीका १७ परिवार विद्यालयमा राखेको छ।, गाउँमाथिबाट आएको बाढीपहिरामा परी नारुली, बतकोली, सिमारलगायत बस्तीमा सबैभन्दा बढी घर भत्किएका छन् भने सुत्खोला, अफरेलिखालगायत बस्ती पनि पहिराको उच्च जोखिममा छन्।, यहाँका झण्डै १०० घरधुरी बाढीपहिराबाट प्रभावित बनेका छन्।, ‘पहिराले घर भासिने क्रम अझै रोकिएको छैन। घर धुजाधुजा बनेका छन्। खेत पूरै दरार भएका छन्। साउन १४ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत ८० थान त्रिपाल आएको थियो, त्रिपालमा कहाँ टाँग्नु?’, पुरनले भने, ‘त्रिपाल टाँग्ने जमिन त सुरक्षित हुनुपर्‍यो। बाढीपहिरो आएको भोलिपल्टसम्म जमिन भासिएको थिएन। तर अहिले दिनहुँ घर भत्किरहेका छन् भने जमिन पूरै भासिँदै गएको छ। यो ठाउँमा बस्न सकिने अवस्था कहीँ पनि छैन। हाम्रो सुरक्षित स्थानान्तरणका लागि पहल हुनुपर्छ’, उनले भने।, उडालु, गोकुलगाड, सिमारखोला, दुनदुमखोला, घट्टेखोला मिसिएर कालागाड खोला बनेको छ। सबै खोलामा एकसाथ पानी जम्मा हुँदै बाढीको रूप लिएको हो। राति ९ बजेदेखि पानी पर्न थाल्यो, रातिको १२–१ बजेपछि खोला बढेर कटान सुरु गरेको धनसिंह डडालले बताए।, उनकाअनुसार एक्कासी ठूलो आवाज आयो, खोलामा गाडाङगुडुङ आवाज सुनियो। बिहान हुँदै जाँदा सबै ठाउँमा पहिरो देखियो। उनले भने, ‘अहिले विद्यालयमा बस्दा खानबस्न मिलेकै छ। तर कति दिन विद्यालयमा बस्नु। विद्यालय खोल्ने तयारी हुँदैछ। हामीलाई चाँडो सुरक्षित स्थानमा बस्ने वातावरण मिलाइनुपर्छ।’, बाढीपहिराबाट प्रभावित भएकाले प्रमुख जिल्ला अधिकारी सिद्वाराज जोशी लगायतको टोली गाउँ पुग्दा आफूहरूको सुरक्षित स्थानमा पुनःस्थापना गर्न माग गरेका छन्।, ‘हामीहरू विद्यालय भवनमा कति दिन बसौँ तीन तहको सरकारले हाम्रो व्यवस्थापन गर्न माग गर्छौँ’, पुरन साहुले भने, ‘जनप्रतिनिधि आएकै छैन, सङ्घीय सरकारका प्रतिनिधि आएकै छैन। हाम्रो एउटै माग हो सुरक्षित ठाउँमा राखिदिनुस्।’, प्रजिअ जोशी दुहुँमा अकल्पनीय बाढीपहिराले क्षति गरेको बताउँछन्। उनले बाढीपहिराको स्थलगत निरीक्षणपछि भने, ‘खोलामा बाढी आएको छ, तर डाँडाकाँडामा रहेका घर भत्किरहेका छन्।’ उनकाअनुसार अहिले पनि घर भत्किने र जमिन भासिने क्रम यथावत छ।, बस्तीमाथिका डाँडा पूरै दरार बनेका छन्।, ‘मलाई लाग्छ, यो क्षेत्रमा खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले अनुसन्धान गर्नुपर्छ’, प्रजिअ जोशीले भने, ‘यहाँको पूरै बस्ती तराईको कुनै ठाउँ राख्नुपर्छ। यसको लागि सङ्घ र प्रदेशले भूमिका खेल्नुपर्छ। पहिरो हेर्नै नसकिने अवस्थाको छ। हामीले तत्काल बैठक बोलाएर आवश्यक जानकारी पठाउँछौँ।’, तुइन काटिएपछि खाद्यान्न अभाव पहिराले अहिले जिल्लाका विभिन्न क्षेत्रमा सडक अवरुद्ध भएका छन्।, दार्चुला–तिंकर खण्डको पनि विभिन्न ठाउँमा पहिरो खसेपछि यातायात ठप्प छ। यातायात सेवा अवरुद्ध भए पनि दुहु र व्यास गाउँपालिकाका बासिन्दा सदरमुकाम आवतजावत गर्ने वैकल्पिक बाटो नभएकाले पहिराको जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ। यहाँका बासिन्दा तिंकर सडकमै पैदल हिँडेर खलङ्गा पुग्नुपर्ने बाध्यता विगतदेखिकै हो। दुहुका सबै ठाउँका बासिन्दा तिंकर सडक भएरै खलङ्गा जानुपर्छ।, ‘विभिन्न कामले सदरमुकाम नगई हुन्न। तर जोखिम धेरै छ’, व्यासका स्थानीय विशेश्वरप्रसाद बडुले भने, ‘गाउँदेखि सदरमुकाम पुग्न भिरको बाटो छ। तिंकर सडकको ठाउँठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले धेरै जोखिम बढेको छ। अहिले यो क्षेत्रमा झोलुङ्गे पुल बगाउनुको साथै तिंकर सडकको ठाउँठाउँमा पहिरो गएपछि झन् समस्या भएको छ।’, माथिबाट ढुङ्गा खस्ने र हतारले हिँड्दा चिप्लिएर लड्ने डर उत्तिकै रहेको सर्वसाधारण बताउँछन्। स्थानीय उत्पादनले नधान्ने भएकाले दैनिक उपभोग्य वस्तु सदरमुकामबाटै ल्याएर पूर्ति गर्नुपर्छ। तर सदरमुकाम आउजाउ गर्न सर्वसाधारणलाई सकस परेको दुहुँ गाउँपालिका–३ का रमेशबहादुर बम बताउँछन्।, ‘सडक पुगेपछि दुहुँ र व्यासका बासिन्दा मौसमी मात्रै भए पनि राहत पाएका थिए। अहिले विभिन्न ठाउँमा अवरुद्ध हुँदा ढुवानीमा समस्या भएको छ’, उनले भने, ‘सुरुमा स्थानीय बासिन्दा आफैँले भारी बोकेर काम चलाउँदै आएका थिए। सडक पुगेपछि बानी छुट्यो। अहिले पुनः भारी बोक्नुपर्ने भएपछि समस्या भयो।’, दुहुँ गाउँपालिकाको हिकिला, पीपलचौरी क्षेत्रमा ट्र्याक्टरसमेत नचल्दा चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने गरेको स्थानीय व्यापारी बताउँछन्। व्यासका बासिन्दा विगतमा भारतीय बाटो हुँदै तुइनको माध्यमबाट आवतजावत गर्थे। अहिले गत साउन १५ गते भारतीय एसएसबीले तुइन काटेपछि यो क्षेत्रमा खाद्यान्न अभाव भएको छ।, ‘नेपालतिर बाटो भएर आउन दुहुँसम्म पनि बाटो छैन। हिँडेर जान दुई दिन हिँड्नुपर्छ’, दानसिंह कार्कीले भने। दार्चुलाको व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा सोमबारदेखि खाद्यान्न ढुवानी सुरु भएको छ। बाढीपहिरो प्रभावित क्षेत्र दुहुँ र खाद्यान्न अभाव भएको व्यास गाउँपालिका–२ मालगाउँका लागि खाद्यान्न ढुवानी सुरु भएको हो।, व्यास गाउँपालिकाको मालमा सोमबार ४० क्विन्टल खाद्यान्न ढुवानी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले जानकारी दिए। बीस–बीस क्विन्टलका दरले मालमा खाद्यान्न ढुुवानी भएको थियो। गत साउन १५ गतेदेखि भारतीय एसएसबीले महाकाली नदीमा तुइन लगाउन बन्द गराएपछि यस क्षेत्रमा खाद्यान्न अभाव भएको छ।, भारतीय एसएसबीले तुइनको डोरी फुस्काइदिँदा मालका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएपछि यो क्षेत्रमा खाद्यान्न ढुवानी हुन सकेको छैन । नेपालतिर सडकको विकल्प नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरेको हो। व्यासका लागि खाद्य संस्थानले पनि चामल ढुवानी गर्न बोलपत्र आह्वान गरेको छ।, व्यास–१, २ र ३ का लागि ६०० क्विन्टल खाद्यान्न ढुवानी गर्न बोलपत्र आह्वान गरेको हो। यो क्षेत्रमा खाद्यान्न ढुवानी गर्न रु एक करोड बजेट विनियोजन गरिएको छ।, यस्तै दुहुँ गाउँपालिकामा भदौ १३ गते आएको बाढीपहिरापछि गाउँमा खाद्यान्न अभाव हुन नदिन १०० क्विन्टल खाद्यान्न, तीन क्विन्टल दाल, तेल र नुन, साढे तीन हजार मिटर खानेपानी पाइप हेलिकोप्टरमार्फत ढुवानी गरिने जोशीले बताए।, सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत २० क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ। सम्बन्धित गाउँपालिकाको व्यवस्थापनमा गृह मन्त्रालयले हेलिकोप्टरमार्फत खाद्यान्नलगायत सामग्री ढुवानी गर्न हेलिकोप्टर दार्चुला पुगेको छ। सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको ब्यारेकबाट दुहुँ र व्यासको मालका लागि खाद्यान्न ढुवानी भइरहेको छ।, (रासस), दार्चुलाका बाढीपीडित भन्छन्- तुइन काटिएपछि खाद्यान्न अभाव भयो
सेतोपाटी अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ।, जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर-पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना छ।, हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।, दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश नं १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।, राति देशभर सामान्य बदली र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।, त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव पाँच डिग्री  र सबभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव पाँच डिग्री सेल्सियस छ।, मनसुन अझै दुई दिन सक्रिय हुने
सेतोपाटी संवाददाता संखुवासभाको मादी नगरपालिका-१ मा भएको ६ जनाको हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट टोली खटिने भएको छ।   , मंगलबार काठमाडौंबाटै सिआइबीको टोली खटिन लागेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , 'टोली अहिले स्ट्यान्डबाइ छ। तर गइसकेको अवस्था होइन,' उनले भने। उनका अनुसार ब्युरोमा अनुसन्धानमा राम्रो दखल भएका प्रहरी अधिकृतको नेतृत्वमा टोली खटिन लागेको हो। , ब्युरोले यस घटनालाई सोमबारदेखि नै नियालिरहेको छ। यसबारे आवश्यक पर्ने सहयोग घटना भएदेखि नै गरिरहेको ब्युरोको भनाइ छ।, 'हाम्रो टोलीले त्यहाँ निरन्तर सम्पर्क गरिरहेको छ। फिल्डमा पुगेर सिआइबीको आवश्यकता छ/छैन हेरिन्छ। कतिपय घटना सजिलै पत्ता लाग्न सक्छ। आज चाहिँ सिआइबीको टोली आउँदा राम्रै हुन्छ भन्ने कुरा भएपछि जान लागेको हो,' उनले भने।, सोमबार बिहान मादी-१ का ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको शव भेटिएको थियो। तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको हो। , यसको अनुसन्धान गर्न संघीय ईकाइ प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको थियो। सो टोली साँझमात्रै घटनास्थल पुगेको थियो। , 'हामीले सबै कुरा हेर्दैछौं। ठ्याक्कै यही हो भन्ने भइसकेको छैन तर ढिलो चाँडो आउँछ,' दाहालले भने,'सिआइबीको टोली पनि हिँडेको खबर आएको छ।', त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली पनि घटनास्थल पुगेको छ। अहिले त्यहाँ मुचुल्का उठाउने लगायतका काम तथा डग स्निफिङ (कुकुरलाई सुँघाउने) गराउने कामहरू भइरहेको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए। , राति पानी परेको हुँदा डग स्निफिङ प्रभावकारी नदेखिएको उनले बताए। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।, संखुवासभा घटना अनुसन्धान गर्न सिआइबी टोली जाँदै
सेतोपाटी संवाददाता काठमाडौंमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। , गृह मन्त्रालयले यसअघि सिडिओ रहेका कालीप्रसाद पराजुलीलाई गृहमा तानेको हो। उनको ठाउँमा गृहका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको  गृहले जनाएको छ। , पराजुली गत वर्ष मंसिरमा काठमाडौंका सिडिओ बनेका थिए। , तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा काठमाडौंका सिडिओ बनेका पराजुलीलाई नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रालय तानेको हो।, पछिल्लो समय सिडिओ पराजुलीले काठमाडौंको चन्द्रागिरि रिसोर्टलाई स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै स्पष्टीकरण सोधेका थिए। नेकपा एमालेबाट विभाजन हुनुअघि गत भदौ ७ गते माधवकुमार नेपालसहित एमालेका केन्द्रीय सदस्य र सांसद रिसोर्टमा गएर दुई दिन बसेका थिए। , कोरोनाभाइरस महामारी चलिरहेका बेला सिडिओलाई जिल्लामा निषेधाज्ञा लगाउनेसम्मको अधिकार दिइएको छ। ,  , फेरिए काठमाडौंका सिडिओ
सेतोपाटी संवाददाता काम छाडेर आन्दोलनमा उत्रिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले मंगलबारदेखि प्रतिष्ठान प्रांगणमै बिरामी जाँच्न थालेका छन्।  , प्रतिष्ठान शुद्धीकरण अभियानका आन्दोलनकारीसँग सरकारले गरेको सहमति कार्यान्वयन नगरेको विरोधमा बिपीका चिकित्सकले आइतबारदेखि सबै काम छाडेका छन्।, कोभिड र आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरेका चिकित्सकले उपचारका लागि आएका बिरामीलाई अस्पताल बाहिरैबाट सेवा दिन थालेका हुन्। , संयुक्त संघर्ष समितिका अनुसार उपचारका लागि टाढा-टाढाबाट धरान पुगेका बिरामीलाई ओपिडी सेवा प्रतिष्ठान प्रांगणबाटै दिइएको हो।,  , ‘उपचारका लागि आउनुभएका बिरामीप्रतिको दायित्वबोधले हामीले उपचार सेवा दिएका हौं’, संयुक्त संघर्ष समितिका डा. अमृत जैसीले भने।, उनका अनुसार आएका बिरामीलाई बिना उपचार सेवा नफर्काउन आन्दोलनकारीले यस्तो सेवा दिएका हुन्। , प्रतिष्ठानको आर्थिक शैक्षिक तथा प्रशासनिक सुधारको माग गर्दै  शुद्धीकरण अभियानले आन्दोलन गरेको ८५ दिन पूरा भैसकेको छ।, नेपाल सरकारले गठन गरेको उच्चस्तरीय छानबिन कमिटीले आफ्नो प्रतिवेदन बुझाएको ३६ दिन बितिसकेको छ।  , नेपाल सरकार स्वास्थ्य मन्त्रालयको टोलीले आन्दोलनकारीसँग ६ बुँदे सम्झौता गरेको पनि ३५ दिन बितिसकेको छ।, त्यसैगरी, प्रा डा गोविन्द केसीसँग बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्याको निकास दिने भनी प्रधानमन्त्री शेरबहादुर देउवाले  हस्ताक्षर गरेको समेत २१ दिन बितिसकेको छ। , ‘यसरी पटक-पटक सम्झौता गर्ने तर कार्यान्वयनमा भने उदासिन हुनुले सरकारप्रतिको  विश्वसनियतामा ठूलो प्रश्न मात्र उब्जिएको छैन कतै अनियमिततामा मुछिएका र कारबाहीको सिफारिसमा परेकाहरूको बचाउमा त राज्य छैन भन्ने आशंका उब्जिएको छ’, संयुक्त संघर्ष समितिले  विज्ञप्ति जारी गर्दै भनेको छ, ‘समग्र प्रतिष्ठान, समाज र राष्ट्रलाई यो सुस्तताले धोका दिइरहेको भान हुन्छ।’ , सोमबार अस्पताल परिसरमा राजनीतिक दल का नाममा हस्तक्षेप गर्दै तोडफोड भएको घटनाको निन्दा गर्दै संयुक्त संघर्ष समितिले  घटनाका दोषीलाई प्रचलित कानुन बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ। , दलका नाममा भएका ‘यस्ता आपराधिक क्रियाकलाप गर्ने समूहलाई सरकारले तत्काल कारबाही प्रक्रिया अघि नबढाए हामी अझै कठोर कदम चाल बाध्य हुनेछौं’ चेतावनी पनि समितिले दिएको छ ।, बिपी प्रतिष्ठानमा अस्पताल प्रांगणबाटै स्वास्थ्य सेवा (तस्बिरहरू)
सेतोपाटी संवाददाता वाइसिएलले आफ्ना कार्यकर्ता कुटेको भन्दै नेपाली कांग्रेसले मंगलबार रुकुमको चौरजहारी बन्द आह्वान गरेको छ।, नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका दिपेश ओली र दिलबहादुर ओलीलाई नेकपा माओवादीको युवा संगठन वाइसिएलका चौरजहारी नगर अध्यक्ष लालबहादुर कटुवालसहित ८ जनाको समूहले कुटपिट गरेको भन्दै बन्द आह्वान गरिएको हो। बन्दका कारण मंगलबार बिहानैदेखि यातायात, बजार, कलकारखाना सबै ठप्प भएका छन्। , नेपाली कांग्रेस चौरजहारी नगर सभापति परमेश्वर भण्डारीले सोमबार नै विज्ञप्तिमार्फत् दोषीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा नल्याए चौरजहारी बन्द गर्ने बताएका थिए। , सभापति भण्डारीले भदौ २० गते चौरजहारीमा आयोजित कांग्रेसको नगर भेलाबाट फर्कंदै गर्दा बेलुका ७ बजेतिर वाइसिएलका कटवालको नेतृत्वमा ओलीद्वयमाथि बाटो ढुकेर आक्रमण हुनुका साथै भिरबाट खसालेर हत्या गर्ने प्रयास भएको आरोप लगाएका छन्। , नेपाली कांग्रेसको कार्यक्रममा सहभागी भएकै कारण नेविसंघका  ओलीद्वयमाथि आक्रमण भएको सभापति भण्डारीको आरोप छ। , केन्द्रमा कांग्रेस, माओवादी लगायतका दलको सहमतिमा सरकार बन्दा पनि जिल्लामा वाइसिएल आस्थाकै कारण व्यक्ति आक्रमणका घटनामा संलग्न हुनुले सहमति सरकारको खिल्ली उडाएको भण्डारीले विज्ञप्तिमा उल्लेख गरेका छन्। , साथै, कांग्रेस नगर सभापति भण्डारीले  घटनामा संलग्न व्यक्तिहरूलाई माओवादी नेता तथा चौरजहारी नगर प्रमुखले लुकाएर राखेको आरोप पनि लगाएका छन्।, भण्डारीले दोषीलाई पक्राउ गरी कानुनी दायरामा नल्याउँदासम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। घाइतेद्वयको    चौरजहारी अस्पतालमा उपचार भइरहेको छ।, कार्यकर्ता कुट्नेलाई कारबाहीको माग गर्दै कांग्रेसले गर्‍यो चौरजहारी बन्द
सुदीप श्रेष्ठ ‘म मानव होइन।, म दानव पनि होइन।, म मानव हुन नसकेको दानव हुँ।, म दानव हुन नसकेको मानव हुँ।, म लाखे हुँ।’, यो भनाइ मेरो होइन। यो लाखेको भनाइ हो।, जसरी मच्छिन्द्रनाथको स्वरूपभित्र नर र नारी दुवै हुन्छ, हरेक व्यक्तिभित्र मानव र दानव दुवै हुन्छ र यही सन्देश लाखेको आकृतिले दिन्छ। यसको अर्थ, राम्रै राम्रो भएर कोही राम्रो हुँदैन। नराम्रै नराम्रो पनि के नराम्रो!, मान्छे राम्रो र नराम्रोको मिश्रण हो। असल र खराबको मिश्रण हो। जसरी हरेक दिन उज्यालो र अँध्यारोको मिश्रण हो। हरेक महिना औंसी र पूर्णेको मिश्रण हो र हरेक साल हिउँद, बर्खा, गर्मी र वसन्तको मिश्रण हो।, यो सारा सृष्टिमा एउटै मात्र स्वरूप भएको कोही छैन। यो सृष्टि नै आफैंमा लाखे हो।, म आज तपाईंहरूलाई लाखेको संसारमा लिएर जाँदैछु। लाखेको संसारमा तपाईंहरूलाई स्वागत छ।, येँया पुन्ही (इन्द्रजात्रा) मा मजिपाः लाखे। फाइल तस्बिरः नारायण महर्जन/सेतोपाटी, मलाई, यो स्टोरी आइडिया आजभन्दा ठ्याक्कै ३२ दिनअघि, २०७८ साउन २२ गते, आएको थियो। , त्यस दिन गथामुगः चह्रे थियो जसलाई बोलीचालीको भाषामा गठेमंगल वा घन्टाकर्ण भनिन्छ। त्यसै दिन काठमाडौं उपत्यकाको संस्कृति र सम्पदाबारे खोजबीन गर्ने २४ वर्षीय अन्वेषक सन्दीप महर्जन ,(जो ‘फ्रयांकी फ्रेन्ज’ का नाउँले सम्पदा र संस्कृतिबारे ब्लग लेख्छन्), को मद्दतले मेरो भूतसँग जम्काभेट भएको थियो।, मैले भूतसँग लामो अन्तर्वार्ता लिएको थिएँ। ,(हेर्नुहोस्ः ,भूतसँग जम्काभेट,), त्यस दिन भूतसँग अन्तर्वार्ता लिएपछि मलाई लाखेको संसारमा प्रवेश गर्ने र उनीहरूको कथा सुन्ने र उनीहरूका गतिविधि नजिकबाट नियाल्ने हुटहुटी जाग्यो। , काठमाडौं उपत्यकामा गथामुगः चह्रेदेखि नै लाखे नाच सुरू हुन्छ र येँया पुन्ही अर्थात् इन्द्रजात्रासम्म चल्छ। यो एक महिनाको बीचमा ऊ सहरका गल्ली र सडकहरूमा मगनमस्त दगुर्दै गरेको भेटिन्छ। त्यसपछि चाहिँ स्थानीयहरू लाखेलाई नगरबाट विदा गरेर जंगलतिर पठाउँछन्। जंगलमा प्रवेश गरेपछि लाख कोशिस गरे पनि लाखेसँग भेट हुँदैन। ऊ औंसीको जूनजस्तो जंगलको अँध्यारोमा ओझेल हुन्छ। उसले त हामीलाई देख्ला तर हामी उसलाई देख्न सक्दैनौं। त्यसैले लाखेलाई भेट्ने भए यही एक महिनाको बीचमा भेटिहाल्नुपर्छ।, भगवानले तँ आँट म पुर्‍याइदिन्छु भन्छ भन्ने सुनेको थिएँ। लाखेले पनि त्यस्तै भन्छ भन्ने चाहिँ मलाई थाहा थिएन।, जुन दिन मैले भूतसँग अन्तर्वार्ता लिएँ, त्यसै दिन साँझ झम्केपछिको कुरा हो। म पाटनको गुइतःबाट च्यासल हुँदै मंगलबजारतिर आउँदै थिएँ। बादल गड्याङगुडुङ गर्दै थियो। मसँग छाता थिएन। त्यसैले आकाश बर्सिनुभन्दा अगाडि नै मंगलबजार पुग्छु र त्यहाँको कुनै क्याफेमा ओत लाग्छु भन्ने सोचेर हतारहतार लम्किँदै थिएँ।, जसै मंगलबजार पुगेँ, कृष्ण मन्दिर अगाडिको फराक डबलीमा मान्छेहरूको भीड देखेँ।, भीडको बीचतिरबाट कालो धुवाँको मुस्लो गुरुत्वाकर्षणको नियमविपरीत माथि आकाशतिर लम्किँदै थियो। आगो नलागी त धुवाँ कसरी उठ्थ्यो र! तर त्यहाँ आगलागी भएजस्तो देखिन्थेन। मध्यसहरमा, त्यो पनि पाटन दरबार क्षेत्रकै बीचोँबीच आगलागी हुँदा रमितेहरू त्यस्तरी स्वाद मानीमानी किन हेरेर बस्थे! बरू दमकलको क्याइँक्याइँ पो सुनिन्थ्यो होला त!, मैले डबल मास्क लगाएकै थिएँ, त्यसैले आगोको लप्का कहाँबाट उठेको रहेछ भनेर हेर्न भीडभित्र घुसेँ।, ओ माई गड! के म सपना त देख्दै छैन! , जसलाई भेट्छु र जसको संसारमा प्रवेश गर्छु भनेर आजै मात्र चिताएको थिएँ, ऊ साक्षात् मेरो अगाडि थियो।, मेरो अगाडि लाखे थियो।, लाखे पनि कस्तो लाखे भने, आगोको ज्वाला फ्याँकिरहेको लाखे। के तपाईंहरूले आगोसँग खेल्ने लाखे देख्नुभएको छ?, गथामुग: चह्रेको साँझ पाटनमा मिप्वा: लाखे नाच प्रदर्शन गरिँदै। तस्बिर स्रोत: यलः लायकू मिप्वाः लाखे पुचः, उसको कपाल सेतै फुलेको थियो। मुख रगतभन्दा रातो थियो। रातो मुखमा निख्खर काला आँखाका नानीहरू ठूल्ठूला थिए। उसले मुख आँ गरेको थियो। दाँतको माथिल्लो लहरमा बाघको झैं दुइटा धारिला दाह्रा थिए। उसका कान पहेँला थिए। पहेँला कानमा कुन्डल झुन्डेका थिए। आँखीभौं घना झाडीझैं बाक्लो थियो। निधारमा शिवको तेस्रो नेत्रजस्तै त्रिशूल टिलिक्क टल्केको थियो।, उसले रातै वस्त्र लगाएको थियो। माथि बुट्टेदार रातो जामा, तल सादा रातो सुरूवाल। जामाको अगाडि भागमा ठ्याक्कै छातीमाथि पहेँलो रङको षट्कोण थियो। उसले कम्मरमा रातो पेटी लगाएको थियो जसमा चाँदीका बुट्टा कुँदिएका थिए र पेटीको तल्लो किनारमा घंघलाहरू झुन्डिएका थिए।, उसको दुवै हातको नाडीमा रातो कपडा बेरिएको थियो। उसले हात हल्लाउँदै नाच्दा त्यो रातो कपडा लडाइँमा विजयी सेनाको ध्वजाझैं हावामा लहराउँथ्यो।, उसको गलामा सयपत्री माला थियो तर खुट्टामा जुत्ता थिएन।, मैले देख्दा ऊ आफ्ना दुवै खुट्टा फाटेर, दुवै हात आधा उचालेर कुर्सीमा बसेजस्तै भावमा लचकलचक जीउ हल्लाउँदै नाच्दै थियो। झट्ट हेर्दा ऊ नाट्यश्वरको स्वरूपझैं देखिन्थ्यो। , उसको अगाडि दुई जना युवा झन्डै दस फिट दुरीमा दायाँबायाँ उभिएका थिए। मास्क र फेससिल्डले अनुहार ढाकेका ती युवाले हातमा चिराग समातेका थिए। फलामको डन्डीमाथि फलामको चक्का राखेर बनाइएको चिराग उनीहरूले आफ्ना दुवै हातले चपक्क समातेका थिए।, चिरागको माथिल्लो भागको फलामे चक्कामा तेलमा भिजाइएको कपडा रहेछ जुन दन्दन्ती दन्केर आगोको लप्का छुट्दै थियो र त्यही आगोको लप्कामा ऊ आफ्ना दुवै हातले लाहा र मैन छर्कंदै थियो। , लाहा र मैन जसै आगोमा पर्थ्यो, दस–पन्ध्र फिट उचाइसम्म रातो र पहेँलो ज्वाला उर्लेर आउँथ्यो। , चिराग समातेका युवाहरू आफ्ना हात तिनिक्क माथि तन्काउँथे, आगोको ज्वाला अझै धेरै माथिसम्म पुग्थ्यो। , त्यो बेला ऊ मृगझैं फुत्तफुत्त उफ्रँदै थियो। वरिपरि जम्मा भएको भीड हाहु गर्दै उसलाई जोश भर्दै थियो। ऊ जोस्सिएर झन् माथि माथि उफ्रिन्थ्यो। रातो–पहेँलो आगोको ज्वाला झन् माथि माथि उर्लिन्थ्यो।, आगोसँग खेल्ने यो लाखेलाई ‘मिप्वाः लाखे’ भनिन्छ। नेपाल भाषामा मिप्वाः भन्नाले छ्वालीको मुठो बाल्दा निस्कने आगोको ज्वाला बुझिन्छ। , काठमाडौं उपत्यकाका विभिन्न लाखेमध्ये पाटनमा मात्र नचाइने यो विशेष स्वरूपको लाखे हो। , यहाँ लाखेहरूको आफ्नै कथा छ, आफ्नै प्रेमकथा छ। ती प्रेमकथाहरूमा फड्को मार्नुभन्दा अगाडि लाखे भनेको के हो, लाखे को हो र कसरी काठमाडौंमा लाखेको जन्म भयो? म सबभन्दा पहिला तपाईंहरूलाई यसैको कथा सुनाउँछु।, लाखेको जन्मसँग जोडिएका तीनवटा कथा मैले सुनेको छु। यी तीनवटै कथाको ऐतिहासिक प्रमाण छैन। यी कथा स्थानीय बूढापाकाको स्मरणमा मात्र मौजुद छन्। स्मरण आफैंमा एउटा इतिहास पनि हो। जब इतिहासको कुनै कालखण्डमा भएको कुनै घटना एउटा पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ, तब त्यसमा फूलबुट्टा भरिन्छ, नाटकीय पटकथाहरू थपिन्छन् र कालान्तरमा त्यसले किम्बदन्तीको रूप लिन्छ। तिनै किम्बदन्तीहरू इतिहासको स्वरूपमा हाम्रो स्मरणमा बास गर्छन्।, यी तीनवटा कथा हाम्रो स्मरणमा बास गरेका त्यस्तै किम्बदन्ती हुन् तर गहिरिएर बुझ्ने हो भने यी किम्बदन्तीभित्र हामी इतिहास पनि पाउँछौं र दर्शन पनि भेट्छौं।, गथामुग: चह्रेको साँझ पाटनमा मिप्वा: लाखे नाच प्रदर्शन गरिँदै। तस्बिर स्रोत: सुप्रिन्स शाक्य, लाखे उत्पत्तिको कथाः एक, यो, त्यो समयको कुरा हो जब काठमाडौं उपत्यकामा सिद्ध तान्त्रिकहरूको बोलबाला थियो। सायदै कुनै त्यस्तो काम थियो जुन उनीहरूले चाहेका तर गर्न नसकेका हुन्।, उनीहरू देउताको भाषा बुझ्थे र देउताहरूसँग सिधै वार्तालाप गर्न सक्थे। उनीहरू आफ्नो तन्त्रशक्तिले रातो मच्छिन्द्रनाथलाई आसामको कामरू कामाख्याबाट बाँधेर ल्याउँथे। काठमाडौंमा पारिजात फूल चोर्न आएका देवराज इन्द्रलाई डोरीले बाँधेर बीच सडकमा ठिंगुर्‍याउँथे। उनै देवराज इन्द्रलाई खोज्दै आएका ऐरावत हात्तीलाई सहरका गल्ली–गल्ली नचाउँथे र उनलाई छुटाउन आएकी उनकी आमासँग सर्त राखेर उपत्यकामा शित बर्साउन बाध्य पार्थे। , बुंगमती जात्रा हेर्न आएकी मनकामना देवी यहाँका सिद्ध तान्त्रिकको वशमा परेर अहिले पनि वर्षको तीन दिन बुंगमती आउँछिन् र यतै बस्छिन्। रूखहरूका देउता कल्पवृक्ष एक महान् तान्त्रिकको तन्त्रविद्यामा बाँधिए र सर्तमुताबिक एउटा अजंग रूख उपहार चढाए र त्यही रूखबाट काष्ठमण्डप सत्तल बन्यो।, यी त तान्त्रिकहरूबाट भएगरेका अद्भूत किस्सा र कारनामाहरू भए। यसबाहेक पनि उनीहरूबीच आफ्नो तन्त्रविद्या प्रदर्शन गर्ने र आफूलाई अरूभन्दा शक्तिशाली साबित गर्ने प्रतिस्पर्धा नै चल्थ्यो। त्यही क्रममा कसैले आकाशमा उड्दा उड्दैको पन्छीलाई आफ्नो एक दृष्टिले भुइँमा फत्रकफत्रक पारे। पानीमा पौडँदा पौडँदैको माछालाई हावामा उछाले। कसैले नदीको बहाव मोडे, कसैले सिधै स्वर्गलोक पुगिने सुरूङ खने। कसैले धर्तीबाट पानी उमारे, कसैले बेमौसमी असिना झारे।, त्यही समय काठमाडौंका एक तान्त्रिकलाई समाज शुद्धीकरणको आकांक्षा जागेछ। शुद्धीकरण भन्नाले उनी यस्तो समाज निर्माण गर्न चाहन्थे जहाँ सबै मान्छे असल होऊन्, सबै सुविचारित होऊन् र सबै जना सबै किसिमका अकुशल कर्महरूबाट निजात पाएर कुशल कर्मतिर लागून्।, यस्तो समाज कसरी निर्माण गर्न सकिन्छ भनेर उनी धेरै समय एकचित्त भए। , ध्यानदृष्टिले सोच्दा उनलाई एउटा जुक्ति फुर्छ — प्रत्येक मान्छेको मनको घडामा कुशल भाव र अकुशल भाव दुवै बराबर भरिएको हुन्छ। यी दुवैथरी भावहरूको हरसमय घमासान द्वन्द्व चल्छ। जसको कुशल भावले अकुशल भावमाथि विजय पाउँछ, त्यस्तो मान्छे स्वाभाविक रूपले कुशल कर्मतिर लाग्छ, दानधर्म गर्छ, पुण्य कमाउँछ तर जसको अकुशल भाव भारी हुन्छ, ऊ थाहै नपाई अकुशल कर्मतिर लहसिन्छ। ऊ अरूलाई दुःख दिन्छ, कष्ट पुर्‍याउँछ, पाप गर्छ। त्यसैले समाजलाई सत्मार्गमा लगाउने हो भने प्रत्येक मान्छेको मनको घडामा रहेको अकुशल भाव अन्त्य गर्नुपर्छ। मनमा अकुशल भाव नै नरहेपछि अकुशल कर्म गर्ने प्रेरणा पनि जाग्दैन। ,ना रहेगा बाँस, ना बजेगी बाँसुरी!, यही सोचेर ती तान्त्रिकले आफ्नो तन्त्रविद्याको शक्तिले एउटा यस्तो सिद्धि गर्छन् जसले प्रत्येक मान्छेको मनको घडामा रहेका खराब भावहरूलाई चुम्बकले झैं खिचेर बाहिर ल्याउँछ।, यसरी हरेक मान्छेबाट खिचेर ल्याएका खराब भावहरूलाई उनी माटोको ठूलो घ्याम्पोमा थुपार्न थाल्छन् र त्यसलाई माटोकै ढकनीले छोपेर राख्छन्।, कयौं महिनाको मिहिनेतपछि उनी आफ्नो ध्यानदृष्टिले उपत्यकाका प्रत्येक घरभित्र प्रवेश गर्छन् र प्रत्येक मान्छेको मनभित्र चियाएर हेर्छन्। कुनै पनि घर र कुनै पनि मान्छेको मनमा नराम्रो भावको एक अंश पनि बाँकी नदेखेपछि उनी सन्तुष्ट हुन्छन्। उनको सिद्धि सफल हुन्छ।, त्यसउप्रान्त काठमाडौं उपत्यकाबाट पाप भन्ने चिज नै हराएर जान्छ। सबै मान्छे दानी हुन्छन्, धर्मकर्ममा लाग्छन्। कसैले कसैलाई कष्ट पुर्‍याउँदैनन्, कसैले कसैको चित्त दुखाउँदैनन्। कसैले कसैको आँशु झार्दैनन्, कसैले कसैलाई होच्याउने र पन्छाउने गर्दैनन्। पुण्यको घडा यस्तरी भरिन्छ जसको तरंगले देवलोकसमेत डगमगाउन थाल्छ।, यो संकटबाट त्राण पाउन देवलोकमा देउताहरूको सभा बस्छ। उनीहरूले भन्छन्, ‘हामीले त कुशल भाव र अकुशल भाव दुवै भएको मान्छे बनाएका थियौं तर काठमाडौंका तान्त्रिकले अकुशल भावहरू खिचेर सबै मान्छेलाई देउता बनाए। अझै देउताभन्दा माथिल्लो स्थानमा पुर्‍याए। यो सृष्टिको नियमविपरीत छ। यो असन्तुलनलाई अब कसरी सन्तुलनमा ल्याउने? के छ यसको उपाय?’, लामो मन्त्रणापछि देवसभा एउटा टुंगोमा पुग्छ।, काठमाडौंका ती तान्त्रिकले माटोको जुन घ्याम्पोमा मान्छेका अकुशल भावहरू थुनेर राखेका थिए, त्यो घ्याम्पोमा विस्तारै हलचल हुन थाल्छ।, हलचल बढ्दै जान्छ र तान्त्रिकको पूरै घर नै भुइँचालो आएजस्तो डगमगाउन थाल्छ।, तान्त्रिकले के भयो भनेर घ्याम्पोको ढक्कन खोलेर हेर्छन्।, जसै घ्याम्पोको ढक्कन खुल्छ, त्यहाँबाट रगत चुहिएलाझैं राताराता आँखा भएका, ध्वाँसोझैं कालो वर्ण, लट्टा परेको लामो जगल्टा, हात्तीका थामजत्रा हातगोडा र मुखबाट हात्तीको जस्तै दुइटा दाह्रा भएको डरलाग्दो राक्षस हुँकार भर्दै बाहिर निस्कन्छ।, तान्त्रिकले आफ्नो ध्यानदृष्टिबाट थाहा पाउँछन्, यो राक्षस अरू कोही होइन, उनी आफैंले काठमाडौं उपत्यकाका मान्छेहरूको मनबाट खिचेर ल्याएका अकुशल भावहरूको थुप्रो हो जसमा प्राण भर्ने काम देउताहरूले गरे। , त्यति बेलाको जनसंख्याअनुसार उपत्यकाका दसौं हजार मान्छेको मनबाट खिचेको दसौं लाख अकुशल भावहरू एकठाउँ जम्मा भएपछि त्यसले कति भयंकर दानवी चरित्र निर्माण गर्‍यो होला! त्यो राक्षस त्यस्तै थियो। रावण, कंश, घटोत्कच, हिरण्यकश्यप लगायत सृष्टिका सबै राक्षस जातिको शक्ति एकठाउँ राख्दा पनि माटोको घ्याम्पोबाट निस्केको राक्षसभन्दा कमै हुन्थ्यो।, तान्त्रिकले केही सोच्नै भ्याएका थिएनन्, राक्षस बिजुली गतिमा कुलेलाम ठोक्छ।, कयौं दिन घ्याम्पोमा थुनिएर बसेकाले ऊ भोको थियो। त्यसमाथि दसौं हजार मान्छेको हंसबाट बनेकाले उसको भोक पनि दसौं हजार मान्छेको बराबर थियो।, त्यसपछिको चौबीस घन्टामा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा थुप्रै मान्छे भकाभक मर्छन्। कोही सुत्दासुत्दै रगत छादेर मर्छ, कोही हिँड्दाहिँड्दै रिँगटा चलेर उँधोमुन्टो भुइँमा लड्छ र रगतपच्छे भएर मर्छ। कोही इनारबाट पानी तान्दातान्दै डोरीसँगै इनारभित्र खस्छ, कोही खेतमा काम गर्दागर्दै माटोमा पुरिन्छ।, राज्यमा त्राहीत्राही मच्चिन्छ। सबै जनता याचना लिएर दरबार पुग्छन्।, सबैको कुरा सुनेपछि राजाले समस्याको हल खोज्न उनै तान्त्रिकलाई राजसभामा बोलाउँछन्।, तान्त्रिकले सबै घटना बेलीबिस्तार लगाउँछन् र भन्छन्, ‘हे राजन, यो आतंकको कारण त्यही राक्षस हो जसको उत्पत्ति मैले यहाँका मान्छेहरूको मनबाट खिचेका नराम्रा भावहरूबाट भयो। त्यसैले यो समस्याको एउटा कारण मै हुँ।’, ‘तिम्रो कारणले समस्या उब्जेको हो भने यसको हल पनि त होला नि तिमीसँग?’ राजा तान्त्रिकलाई सोध्छन्।, ‘छ राजन,’ तान्त्रिक हात जोड्दै भन्छन्, ‘म आफ्नो तन्त्रशक्तिबाट त्यो राक्षसलाई फेरि वशमा लिन सक्छु।’, ‘ल त्यसो भए यो काम तुरून्तै गर्नू,’ राजा आदेश दिन्छन्।, राजाको आदेशपछि ती तान्त्रिक ठूलो अनुष्ठान गर्छन् र आफ्नो तन्त्रशक्तिबाट राक्षसलाई वशमा लिन खोज्छन्। तर यहाँ एउटा समस्या खडा हुन्छ। राक्षसभित्र दसौं हजार मान्छेको मनबाट खिचेका दसौं लाख नराम्रा भावहरू मात्र भरिएको छैन, उसमा देउताहरूको शक्ति पनि छ। ती सबै शक्तिका अगाडि तान्त्रिकको तन्त्रबल कमजोर साबित हुन्छ। उनी त्यो राक्षसलाई तानेर त ल्याउन सक्छन् तर आफ्नो वशमा पारेर फेरि थुन्न सक्दैनन्। थुन्नुअगावै उनको तन्त्रको शक्ति क्षीण हुन्छ र राक्षस फेरि कुलेलाम ठोक्छ।, दसौंचोटि प्रयास गर्दा पनि नभएपछि आखिरमा हार खाएर ती तान्त्रिक तलेजु भवानीको आराधना गर्न थाल्छन्।, पाटनको मिप्वा: लाखे। तस्बिर स्रोत: सुप्रिन्स शाक्य, उनमा तलेजुसँग सिधै वार्तालाप गर्ने शक्ति पनि हुन्छ। त्यही शक्तिको मद्दतले उनी तलेजुको आह्वान गर्छन् र भन्छन्, ‘हे तलेजु माता, मैले लाख कोशिस गर्दा पनि यो राक्षसलाई वशमा पार्न सकिनँ। यसलाई वशमा पार्न सकिएन भने यहाँका जनता एक–एक गर्दै भकाभक मर्नेछन्। मलाई बाटो देखाइदिनुस् प्रभु!’, तलेजु भन्छिन्, ‘हे तान्त्रिक, यो सब तिम्रै कारणले भएको हो। तिमीले सृष्टिको सन्तुलन बिगार्न खोज्यौ। समाज शुद्धीकरण गर्ने तिम्रो अभीष्टमा कुनै खराब नियत लुकेको छैन भन्ने मलाई थाहा छ। तर तिमीले के बिर्स्यौ भने समाजलाई असल मार्गमा लगाउने उपाय भनेको मान्छेको मनभित्र रहेका अकुशल भावहरू जम्मै हरण गरेर कुशल भाव मात्र भर्ने होइन। राम्रै राम्रो भएर कोही राम्रो हुँदैन। मान्छे भनेको राम्रो र नराम्रोको संयोजन हो।’, ‘तिमी सृष्टिमा चारैतिर हेर त, के देख्छौ? यहाँ गृष्मको प्रचण्ड गर्मी छ, शिशिरको ठिहिरो चिसो पनि छ। वसन्तको हराभरा छ, हिउँदको उजाड पनि छ। यहाँ रात छ, दिन छ। कहिले जूनको प्रकाश, कहिले चकमन्न औंसी। कहीँ हिमशिखरहरूको अनन्त उचाइ, कहीँ सागरको अनन्त गहिराइ। यी सबै सृष्टिका नियम हुन्।’, तान्त्रिक निःशब्द मूर्तिझैं उनको कुरा सुनेर बस्छन्।, तलेजु भन्दै छिन्, ‘मान्छे असल कर्ममा लाग्छ कि खराब कर्ममा लाग्छ भन्ने कुरा उसको व्यक्तिगत द्वन्द्व हो। असल भाव र खराब भावको द्वन्द्व मान्छेको मनभित्र जिन्दगीभर नै चलिरहन्छ। जसले खराब भावलाई वशमा राख्न सक्छ, उसको असल भाव बलियो हुन्छ, ऊ सत्मार्गमा लाग्छ। सत्मार्गमा लाग्नेहरूले मृत्युपछि मोक्ष पाउँछन्। खराब भावलाई वशमा राख्न नसक्नेहरू पापकर्मतिर लाग्छन्, मृत्युपछि उनीहरूको आत्मा भट्किरहन्छ। यही असल र खराबको द्वन्द्वले सृष्टिमा सन्तुलन कायम राख्छ।’ , ‘असल र खराब मार्ग भनेको मान्छेको जिन्दगीमा हरपल आउने दोबाटो हो, बुझ्यौ तान्त्रिक! कुन बाटो चुन्ने भन्ने मान्छेको व्यक्तिगत निर्णय हो। तिमी एक सिद्ध र ज्ञानी तान्त्रिकको हैसियतले मान्छेलाई असल मार्ग देखाउन त सक्छौ तर उसको मनबाट नराम्रा भावहरू झिकेर सिधै कसैको मनमा हस्तक्षेप गर्न सक्दैनौ। निर्णयको अन्तिम अधिकार उसैलाई छोड्नु नै तिम्रो धर्म हो।’, तलेजु यो पनि भन्छिन्, ‘एउटै मात्र भाव हुनलाई मान्छे झुम्रोको पुतली होइन। असल, खराबजस्ता अनेक भावहरूको संयोजनले नै मान्छे बन्ने हो। तिमीले समाज शुद्धीकरणका नाममा सृष्टिको सन्तुलनमाथि हस्तक्षेप गर्‍यौ, मान्छेको अस्तित्वमाथि नै हस्तक्षेप गर्‍यौ जसको फल आज तिम्रो नगरले भोग्दैछ।’, तलेजुको मुखबाट यति कुरा सुनेपछि तान्त्रिक हात जोडेर बिन्ती गर्छन्, ‘यो राक्षसको वध कसरी गर्न सकिएला त माता?’, ‘कुनै पनि चिज एकचोटि सिर्जना भएपछि त्यो कुनै न कुनै रूपमा अस्तित्वमै रहन्छ,’ तलेजु भन्छिन्, ‘सिर्जनाको कहिल्यै वध हुँदैन, सिर्जनाको संशोधन मात्र हुन्छ।’, ‘मैले हजुरको कुरा बुझिनँ प्रभु।’, ‘तिमी अब यो राक्षसलाई कहिल्यै वध गर्न सक्दैनौ। तिमीले यहाँका जनताको हंसबाट केही अंश खिचेर राक्षसको अस्तित्व निर्माण गर्‍यौ। अब उसको अस्तित्व नाश गर्नु भनेको तिम्रा सारा जनताको अस्तित्व पनि नाश गर्नु हो। तिमी आफ्नो तन्त्रशक्तिले मान्छेका नराम्रा भावहरू खिचेर त लिन सक्छौ तर त्यसलाई मेट्न सक्दैनौ।’, ‘त्यसो भए उपाय के त माता?’ तान्त्रिक साह्रै सुर्ता मान्दै भन्छन्, ‘हजुरले नै कुनै बाटो सुझाइदिनुपर्‍यो।’, तान्त्रिकबाट यस्तो याचना सुनेपछि तलेजु भवानी आज्ञा गर्छिन्, ‘अब एउटै उपाय छ। तिमीले जुन तन्त्रशक्तिबाट मान्छेका अकुशल भावहरू खिच्यौ, त्यही शक्तिले राक्षसको मनबाट अकुशल भावहरू खिच र त्यसलाई फेरि जस्ताको तस्तै मान्छेको मनमा प्रवेश गराइदेऊ। तर याद राख तिमीले अब पहिलेजस्तो राक्षसको मनबाट सप्पै अकुशल भाव झिकेर उसलाई भुत्ते बनाउन सक्दैनौ। यसो गर्दा राक्षसको अस्तित्व मेटिन्छ र सँगसँगै मान्छेहरू पनि रहँदैनन्। त्यसैले तिमी राक्षसबाट अकुशल भावको आधा अंश झिकेर मान्छेमा सारिदेऊ र फेरि मान्छेबाट कुशल भावहरूको केही अंश खिचेर राक्षसमा सारिदेऊ। यसले दुवैको अस्तित्व रहन्छ र सृष्टिको सन्तुलन पनि पुरानै अवस्थामा फर्किन्छ।’, यति आज्ञा गरेर तलेजु भवानी अन्तर्ध्यान हुन्छिन्।, तलेजुको आज्ञामुताबिक तान्त्रिक आफ्नो सम्पूर्ण शक्ति लगाएर राक्षसमा रहेका अकुशल भावहरूको आधा अंश खिच्छन् र त्यसलाई मान्छेहरूमा बराबर बाँडिदिन्छन्। सँगसँगै, मान्छेको मनबाट केही कुशल भावका अंश खिचेर राक्षसको मनमा भरिदिन्छन्।, भावनाको यस्तो साटासाटपछि मान्छेको मन पुरानै अवस्थामा फर्किन्छ। कुशल भाव र अकुशल भावको द्वन्द्व सुरू हुन्छ। मान्छेभित्र पाप र पुण्य मिसमास हुन थाल्छ। ऊ अरूको चित्त दुखाउँछ, माफी पनि माग्छ। अरूको आँशु झार्छ, आँशु पुछ्न पनि अघि सर्छ। घाउ दिन्छ, मह्लम पनि लगाउँछ। कोही लुट्छ, कोही दान दिन्छ। कोही हर्छ, कोही भर्छ। , दिन र रातको चक्रझैं हरेक व्यक्तिभित्र पाप र पुण्यको चक्र चल्छ, चलिरहेकै छ।, उता राक्षसको रौद्ररूप पनि मत्थर हुँदै जान्छ। रगत चुहिएलाझैं राता–राता आँखाहरू गुलाबी हुन्छन्। ध्वाँसोझैं कालो वर्णमा सेतोपन पलाउन थाल्छ र ऊ खैरो देखिन्छ। हात्तीका थामझैं मोटामोटा हातगोडा ठूलो बाढीपछि नदीको आकार घटेझैं सुक्दै जान्छन्। उसको अथाह शक्ति पनि पहिलेभन्दा कमजोर हुँदै जान्छ। , राक्षस कमजोर हुँदै गएपछि तान्त्रिक उसलाई च्याप्प समातेर फेरि घ्याम्पोभित्र थुन्छन् र त्यो घ्याम्पोलाई नगरभन्दा टाढा घना जंगलको बीचमा छाड्न लैजान्छन्।, उनी जसै घ्याम्पोलाई अन्धकार जंगलमा छाडेर फर्किन खोज्छन्, घ्याम्पो भित्रैबाट राक्षसको याचना सुनिन्छ, ‘हे तान्त्रिक, हे मेरा सृष्टिकर्ता, मलाई यसरी जंगलमा एक्लै छाडेर नजानुस्।’, राक्षसको पुकार सुनेर तान्त्रिक जहाँको तहीँ टक्क अडिन्छन् र फर्केर घ्याम्पो नजिक आउँछन्।, राक्षस भन्दैछ, ‘हजुरले मान्छेहरूको हंस जम्मा गरेर मेरो रचना गर्नुभयो। त्यसैले म आधा मानव नै हुँ। अब त मभित्र पनि कुशल र अकुशल दुवै भाव भरिएका छन् जसरी मान्छेभित्र कुशल र अकुशल दुवै भाव भरिएको छ। त्यसैले म मान्छेजस्तै हुँ, मान्छे मजस्तै हो। मभित्र मान्छे छ, मान्छेभित्र म छु। तपाईं विचार गर्नुस् त तान्त्रिक, के कुनै मान्छे जंगलमा एक्लै बाँच्न सक्छ? यदि मान्छे जंगलमा एक्लै बाँच्न सक्दैन भने म पनि कसरी बाँचू? यो एकलास जंगलमा छट्पटाएर मेरो प्राण त्यसै जानेछ र मेरो प्राण जानु भनेको मान्छेको आधा हंस पनि मरेर जानु हो। त्यसैले मलाई यो घ्याम्पोबाट मुक्त गरिदिनुस् र मलाई आफ्नै आधा हंस भएको मान्छेहरूकै बीचमा बस्न दिनुहोस्। म अब पहिलेजस्तो रहिनँ, त्यो हजुरलाई पनि थाहा छँदैछ। म नगरभित्रै कुनै कुनामा चुपचाप बस्नेछु। कसैलाई दुःख दिने छैन।’, उनको बाचा सुनेर तान्त्रिक भन्छन्, ‘हे राक्षस, तिम्रो कुरा त ठिक हो तर तिम्रो स्वरूपले मान्छेहरू डराउन सक्छन्। तिम्रो उपस्थितिले मान्छेको समाजमा खैलाबैला मच्चिन सक्छ। तिमीलाई म नगरमा बस्ने अनुमति कसरी दिऊँ?’, त्यसपछि राक्षस भन्छ, ‘उसो भए हे तान्त्रिक, मलाई यो घ्याम्पोबाट मुक्त गरिदिनुस् ताकि म जंगलभित्र खुला रूपले हिँड्न पाऊँ र कम्तिमा वर्षको एक महिना भए पनि मलाई आफ्नो आधा हंस भएको नगरमा प्रवेश गर्ने अनुमति दिनुहोस्। म त्यो एक महिना मान्छेहरूलाई कुनै दुक्ख दिने छैन। बरू आफू उफ्रेर, नाचेर, कुदेर, लडेर मान्छेहरूलाई दुक्खचिन्ताबाट मुक्ति दिनेछु।’, राक्षसको यस्तो प्रस्तावमा तान्त्रिक सोचमग्न हुन्छन् र केही विचार गरेर भन्छन्, ‘म तिमीलाई मुक्त गर्न तयार छु र तिमीले भनेजस्तै वर्षको एक महिना तिमीलाई नगरमा प्रवेश पनि दिऊँला तर मेरो एउटा सर्त छ।’, ‘कस्तो सर्त तान्त्रिक?’, ‘मेरो सर्त के भने, तिमीले वर्षको बाँकी एघार महिना कुनै पनि हालतमा नगरभित्र प्रवेश गर्न पाउने छैनौ र त्यो एघार महिना तिमी नगरको सीमामा क्षेत्रपाल भएर बस्नेछौ। बाहिरका नकारात्मक शक्तिहरूलाई नगरभित्र प्रवेश गर्नबाट रोक्नेछौ। नगरको सुरक्षा दिनेछौ।’, ‘मलाई सर्त मञ्जुर छ।’, राक्षसले सर्त मानेपछि तान्त्रिक उसलाई घ्याम्पोबाट मुक्त गरिदिन्छन् र भन्छन्, ‘तिमी आजदेखि राक्षस होइनौ। तिमी मानव पनि हौ, दानव पनि हौ। तिमी मानव हुन नसकेको दानव हौ, दानव हुन नसकेको मानव हौ। तिमी लाखे हौ।’, यसरी तान्त्रिकबाट राक्षसको न्वारन हुन्छ। उसलाई सबैले ‘लाखे’ भन्न थाल्छन्।, त्यसउप्रान्त हरेक वर्ष गथामुगःदेखि इन्द्रजात्रासम्म करिब एक महिना लाखेलाई नगरमा प्रवेश गर्ने अनुमति दिइन्छ। त्यो यस्तो समय हो जब खेतीपातीको कठोर परिश्रमबाट मान्छे थाकेका हुन्छन्। थाकेका मान्छेलाई लाखेले आफ्नो बाचाअनुसार उफ्रेर, नाचेर, कुदेर, लडेर महिनाभरि मनोरञ्जन दिन्छ। जसै इन्द्रजात्रा सकिन्छ, लाखेलाई नगरबाट विदा गरेर जंगलतिर पठाइन्छ।, लाखे उत्पत्तिको पहिलो कथा यहीँ सकिन्छ।, पाटनको मिप्वा: लाखे। तस्बिर स्रोत: सुप्रिन्स शाक्य, लाखे उत्पत्तिको कथाः दुई, यो, कथा रातो मच्छिन्द्रनाथको काठमाडौं आगमनसँग जोडिन्छ। , आजभन्दा चौध सय वर्षअघि लिच्छवि राजा नरेन्द्रदेवले काठमाडौंका तान्त्रिक बन्धुदत्त आचार्य, पाटनका रथचक्र भन्ने व्यक्ति र टौदहका कर्कोटक नागराजसँग मिलेर भारतको आसामस्थित कामरू कामाख्या पीठबाट रातो मच्छिन्द्रनाथ लिएर आएको कथा हामीले धेरैचोटि सुन्दै आएका छौं। , तर ती रातो मच्छिन्द्रनाथ को थिए? कुन वंशका थिए? के परिवारले उनलाई राजीखुसी काठमाडौं पठाएका थिए? वा, उनलाई जबर्जस्ती यहाँ ल्याइएको थियो? जबर्जस्ती ल्याइएको थियो भने के परिवारले उनलाई आसाम फिर्ता लैजाने कोशिस गरेन होला? कस्तो कोशिस गर्‍यो होला?, यिनै प्रश्नहरूमा लाखे उत्पत्तिको कथा जोडिन्छ।, रातो मच्छिन्द्रनाथ राक्षस कुलका राजकुमार थिए। आसामको कामरू कामाख्या पीठमा राक्षस राजा शशिको छोराका रूपमा उनको जन्म भएको थियो। , काठमाडौं उपत्यकामा बाह्र वर्षदेखि अनिकाल छाएर जनता भोकभोकै मर्न थालेपछि एकदिन राजा नरेन्द्रदेव त्यति बेलाका महान् तान्त्रिक बन्धुदत्तलाई सोध्छन्, ‘यो अनिकाल हटाउने उपाय के हो?’, बन्धुदत्त भन्छन्, ‘राक्षस राजा शशिको दरबारमा रातो मच्छिन्द्रनाथका रूपमा बोधिसत्वको जन्म भएको छ। उनी सहकालका देउता हुन्। उनलाई कसैगरी यहाँ ल्याउन सकियो भने अनिकालबाट मुक्ति पाइएला राजन।’, बन्धुदत्तबाट यस्तो कुरा सुनेपछि राजा नरेन्द्रदेवले आसामको कामरू कामाख्या पीठ गएर रातो मच्छिन्द्रनाथलाई लिएर आउने प्रबन्ध गर्न आदेश दिन्छन्।, त्यसैअनुसार बन्धुदत्त, रथचक्र, कर्कोटक र नरेन्द्रदेव स्वयं कामरू कामाख्या पुग्छन्।, त्यहाँ पुगेर लिच्छवि राजा नरेन्द्रदेव राक्षस राजा शशिको दरबारमा जान्छन्, उनलाई भेट्छन् र आफ्नो राज्यको अनिकाल अन्त्य गर्न उनको पुत्र माग्छन्।, यसबारे शशि आफ्नी रानी र भाइभारदारहरूसँग विचारविमर्श गर्छन्। आफ्नो देशको राजकुमारलाई पराई राजाको हातमा सुम्पन कोही पनि तयार हुँदैनन्।, नरेन्द्रदेव खाली हात निराश फर्किन्छन्।, पहिलो कोशिस असफल भएपछि तान्त्रिक बन्धुदत्त आचार्यले एउटा जुक्ति लगाउँछन्। उनी आफ्नो तन्त्रशक्तिले बुंगमतीका ह्यंग्रिभ भैरव र आफूसँगै गएका कर्कोटक नागराजको साधना गर्छन् र ती दुवैलाई राजाको पेटमा प्रवेश गराएर शूल पारिदिन्छन्।, यसले राजा शशिलाई अथाह पीडा हुन्छ। पीडा पनि कस्तो पीडा भने, हस्तिनापुरका भीष्म पितामहलाई कुरूक्षेत्रको लडाइँमा अर्जुनले प्रहार गरेको बाणको शैयामा सुत्दासमेत त्यति पीडा भएन होला! , भीष्म पितामहजस्तै राजा शशि पनि न आफ्नो सास त्याग्न सक्छन्, न सजिलो गरी सास फेर्न सक्छन्। , राक्षस कूलका वैद्यहरूले जतिसुकै ओखतीमूलो गर्दा पनि उनको पीडा बल्झँदै जान्छ। बाँच्नु र मर्नुको दोसाँधमा तुर्लुंग झुन्डिएर चित्कार गरिरहेका राजाको दुक्ख देख्न नसकेर वैद्यहरूले रानीलाई भन्छन्, ‘महारानी, राजाको पेटमा गडेको यो शूल हामीबाट निर्मूल हुन सकेन।’, ‘कुनै उपाय छैन त राजवैद्य?’ राक्षस रानी सोध्छिन्।, ‘एउटै उपाय छ देवी,’ उनीहरू भन्छन्, ‘काठमाडौंका बन्धुदत्त आचार्य अहिले यहीँ कामरू कामाख्यामै छन्। उनी महान् तान्त्रिक हुन्। जस्तोसुकै रोगको निदान उनको हातमा छ। उनलाई कसैगरी डाकेर उपचार गराउन सके राजाको रोग निको होला।’, राजवैद्यहरूको सल्लाहअनुसार बन्धुदत्त आचार्यलाई राक्षस दरबारमा आमन्त्रण गरिन्छ। , बन्धुदत्त यही मौकाको पर्खाइमा थिए। उनी राक्षस राजाको रोग निको पारिदिन्छन्।, राक्षस कूलमा छाएको सन्नाटाको कालो बादल हट्छ। , राजा प्रसन्न र कृतज्ञ हुँदै भन्छन्, ‘तिमीले मेरो प्राण जोगाइदियौ, तिमीलाई यसबापत् के पुरस्कार चाहिन्छ भन तान्त्रिक?’, मौकामा चौका हान्दै बन्धुदत्त हात जोडेर भन्छन्, ‘हाम्रो राज्यमा बाह्र वर्षदेखि अनिकाल छ। त्यो अनिकाल हटाउने शक्ति हजुरको कान्छो सुपुत्रको हातमा छ। त्यसैले कृपा गरेर हजुरको कान्छो राजकुमारलाई हाम्रो राज्यमा लैजाने अनुमति दिनुहोला।’, राक्षस राजा धर्मसंकटमा पर्छन्। , एकछिन विचार गरेर उनी भन्छन्, ‘हे तान्त्रिक, तिमीले यस्तो चिज माग्यौ जुन दिने अधिकार मसँग छैन। कान्छो पुत्रमाथि आमाको हक लाग्छ। उसकी आमाले पहिले नै यो प्रस्ताव अस्वीकार गरिसकिन्। हाम्रो राजसभाले पनि उसलाई नपठाउने निर्णय गरिसक्यो। त्यसैले तिमी योबाहेक अरू जुनसुकै चिज माग, म निराश बनाउँदिनँ।’, रातो मच्छिन्द्रनाथलाई लैजाने दोस्रो प्रयास पनि असफल हुन्छ।, त्यसपछि तान्त्रिक बन्धुदत्त अन्तिम अस्त्र प्रयोग गर्छन्। उनी राक्षस राजकुमार रातो मच्छिन्द्रनाथलाई आफ्नो तन्त्रशक्तिले बाँधेर भमराको रूपमा कलशभित्र प्रवेश गराउँछन् र त्यो कलश बोकेर सबै जना काठमाडौं फर्किन्छन्।, काठमाडौं आइपुगेपछि बन्धुदत्तले कलशमा थुनिएका भमरारूपी रातो मच्छिन्द्रनाथलाई आफ्नो साधनाद्वारा वास्तविक स्वरूपमा फर्काउँछन्।, रातो मच्छिन्द्रनाथको प्रतापले बाह्र वर्षदेखिको अनिकाल अन्त्य हुन्छ।, यसबीच उता कामरू कामाख्याको राक्षस दरबारमा बालक राजकुमार एकाएक अलप भएपछि अफरातफरी मच्चिन्छ। रानी खानपिन छाडेर शोकमा डुब्छिन्। राजालाई पनि पुत्रवियोगले आलसतालस पार्छ। उनी आफ्ना गुप्तचरहरूलाई राजकुमार खोज्न चारैतिर खटाउँछन्। लामो खोजीपछि गुप्तचरहरूले खबर ल्याउँछन्, ‘राजकुमारलाई त आचार्य बन्धुदत्तले भमरा बनाएर कलशमा कैद गरेर काठमाडौं लगिसके।’, यस्तो खबर सुनेर राजा र रानी विह्वल हुन्छन्। उनीहरू आफ्नो ज्येष्ठ पुत्रको मुख हेरेर मन बुझाउन खोज्छन् तर सक्दैनन्। सुकुमार राजकुमारलाई कस्तो ठाउँमा कस्तो पाराले राखियो होला भन्ने चिन्ताले उनीहरूको चैन हराउँछ। बरू काठमाडौंका राजा र जनतासँग बिन्तीभाउ गरेर भए पनि राजकुमार मच्छिन्द्रनाथलाई फर्काउन सकिएला कि भनेर राक्षस राजा आफ्नी रानी र केही भारदारका साथमा कामरू कामाख्याबाट काठमाडौं आउँछन्।, आउन त आउँछन् तर काठमाडौं छिर्न उनीहरूले सोचेजस्तो सजिलो हुँदैन।, उपत्यका छिर्ने चार गौंडाहरूको रखवारीमा तैनाथ चार जना भैरवले राक्षस राजा, राक्षस रानी र राक्षस भारदारहरूलाई कसैगरी पनि भित्र छिर्ने अनुमति दिँदैनन्। ती भैरवहरू राक्षसहरूको बाटो र उनीहरूको उद्देश्यमा पर्खाल बनेर उभिन्छन्। राक्षस राजाले कम्तिमा एकचोटि उपत्यकाका राजासमक्ष आफ्नो सन्देश पुर्‍याइदिन अनुरोध गर्छन् तर उनीहरू मान्दैनन्।, आखिरमा भैरव र राक्षसहरूबीच घमासान लडाइँ हुन्छ। , दुवै समूह बराबर शक्तिशाली छन्। कोहीभन्दा कोही कम छैनन्। त्यसैले जतिसुकै लडे पनि उनीहरू एकअर्कालाई हराउन सक्दैनन्। न भैरवहरू राक्षस समूहलाई उपत्यकाको सीमाबाट धपाउन सक्छन् र राक्षसहरू भैरव सेनालाई हराएर उपत्यकाभित्र प्रवेश गर्न सक्छन्।, युद्धमा जितेर उपत्यका छिर्न सकिँदैन भन्ने महशुस भएपछि राक्षसहरू आपसमा सरसल्लाह गर्छन्। राजकुमार मच्छिन्द्रनाथलाई नलिई कुनै हालतमा आसाम नफर्किने उनीहरूको निधो हुन्छ। तर यसको निम्ति अब युद्ध होइन, भाइचाराको रणनीति लिने टुंगोमा पुग्छन्। , उनीहरू युद्धविराम घोषणा गर्छन् र उपत्यकाको सीमाबाहिर जंगल छेउछाउका विभिन्न भागमा बसोबास गर्न थाल्छन्। , समयक्रममा उनीहरू देख्छन्– मच्छिन्द्रनाथको शक्तिले उपत्यकामा बाह्र वर्षपछि वर्षा सुरू भएको छ। यहाँका बासिन्दा खेतमा अन्न फलाउन दिनरात परिश्रम गर्दैछन्। यसले राक्षसहरूको मन पग्लिन्छ। उनीहरू उपत्यकावासीको परिश्रममा सहयोगको हात बढाउन चाहन्छन् र भेष बदलेर कृषि श्रमिकका रूपमा उपत्यका प्रवेश गर्छन्।, राक्षसहरूको शारीरिक बल स्वाभाविक रूपले मान्छेको भन्दा धेरै हुने नै भयो। पाँच जना मान्छेले गर्ने काम भेष बदलेर आएका एकै जना राक्षसले गरिदिन थालेपछि उपत्यकावासीलाई निकै सजिलो हुन्छ। यहाँका खेतमा वर्षको दुई बाली अन्न लहलहाउन थाल्छ। अरू बेला पनि खेत कहिल्यै बाँझो रहन्न। उब्जनी बढेपछि किसान समृद्ध हुन्छन्, राज्य समृद्ध हुन्छ।, सहयोगको सिलसिला लामै समय चल्छ।, एकदिन काठमाडौंका तान्त्रिकहरूले बाहिरबाट आएका कृषि श्रमिकहरूको शक्तिबारे थाहा पाउँछन्। उनीहरूलाई शंका हुन्छ। ध्यानदृष्टिले हेर्दा ती कृषि श्रमिकहरू मान्छेको भेष धारण गरेका बहुरूपी राक्षस हुन् भन्ने पत्ता लाग्छ। तर त्यति बेलासम्म राक्षसहरू काठमाडौंको जनजीवन, खासगरी खेतीपातीसँग अभिन्न रूपले गाँसिइसकेका हुन्छन्। उनीहरूलाई लखेटेर पठाउँदा वा उपत्यका छिर्न नदिँदा यहाँको उब्जनी आधा घट्ने खतरा थियो। यस्तो जोखिम मोल्नु भनेको खेतीपातीमा आश्रित यहाँका बासिन्दाको दैनिकी र सिंगो राज्यको समृद्धिका लागि प्रत्युत्पादक हुन सक्थ्यो। बरू उनीहरूसँग हरतरहले मेलजोल राख्नु, उनीहरूको शारीरिक बलको बढीभन्दा बढी लाभ उठाउनु तर उनीहरूलाई यहाँका बासिन्दासँग घुलमिल हुन नदिनु सबैको निम्ति श्रेयस्कर थियो।, यही सोचेर तान्त्रिकहरूले मानव भेष धारण गरेका राक्षस राजा र रानीलाई करप्प समात्छन् र उनीहरूको रिहाइका लागि दुइटा सर्त राख्छन्।, पहिलो सर्त, राक्षसहरूले जसरी उपत्यकावासीको कृषिकर्ममा सहयोग गरिरहेका छन्, त्यो सहयोग आइन्दा पनि जारी राख्ने। यसबापत् खेतीपाती सकिएपछि एक महिनासम्म राक्षसहरूलाई उपत्यकाका नगरहरूमा प्रवेश गर्न दिने, यहाँका गल्ली–चोकहरूमा घुम्न दिने, दौडन दिने र मगनमस्त नाच्न दिने। तर त्यो एक महिनाबाहेक बाँकी समय उनीहरूले नगरमा प्रवेश गर्न नपाउने, जंगलमै बस्नुपर्ने। , दोस्रो सर्त, जुन दिन काठमाडौंको माटोमा सुन फल्ला र जुन दिन यो राज्य समृद्धिको सगरमा पुग्ला, त्यसै दिन मच्छिन्द्रनाथलाई विदा गरेर उनीहरूसँगै कामरू कामाख्या फिर्ता पठाउने।, सोझा राक्षसहरूले तान्त्रिकहरूको सर्त मञ्जुर गरे। सर्तको पछाडि लुकेको चलाखी उनीहरूले देखेनन्।, त्यही चलाखीले आज पनि राक्षसहरूलाई उपत्यका वरिपरि बाँधेर राखेको छ। काठमाडौंको माटोमा अहिलेसम्म सुन फलेको छैन। समृद्धिको सगर के हो त्यसको मापन पनि कसैले गरेको छैन। जुन दिन यहाँ सुन फल्ला र जुन दिन यो राज्यले समृद्धिको सगर छोला, त्यस दिन मच्छिन्द्रनाथलाई कामरू कामाख्या फिर्ता लैजान पाइएला भन्ने आशमा राक्षसहरू डटिरहेकै छन्।, उपत्यकावासीले पनि आफ्नो बाचा तोडेका छैनन्। ती राक्षसलाई खेतीपाती सकिएपछि वर्षको एक महिना नगर छिर्ने अनुमति दिइन्छ र यहाँका गल्ली–चोकहरूमा घुमाइन्छ, दौडाइन्छ, मगनमस्त नचाइन्छ।, यो क्रम चलिरहेकै छ।, यो कथाअनुसार लाखे भनेको तिनै राक्षसको स्वरूप हो। अर्थात्, रातो मच्छिन्द्रनाथलाई फिर्ता लैजान कामरू कामाख्यादेखि आएका उनका पिता, माता र सम्बन्धीहरू नै लाखे हुन्।, पाटनको मिप्वा: लाखे। तस्बिर स्रोत: सुप्रिन्स शाक्य, लाखे उत्पत्तिको कथाः तीन, लाखे, उत्पत्तिको यो कथा गथामुगः ख्याकको कथासँग मिल्दोजुल्दो छ।, त्यो समय यहाँका मानिसहरू खेतीपाती गरेर जीविका चलाउँथे। धान रोप्ने बेला सबै निकै व्यस्त हुन्थे। एकबाली फलाएर वर्षभरि भात खानुपर्ने हुँदा हावाहुरी, असिनापानी जे भए पनि खेतीपातीमै दत्तचित्त भएर लाग्थे। कसैबाट चुक भयो भने सिंगो राज्यले अनिकाल सहनुपर्थ्यो। त्यसैले रोपाइँ नसकिएसम्म परिवारमा जस्तोसुकै विपद परे पनि खेतीपाती छाडेर हिँड्ने छुट कसैलाई थिएन। रोपाइँको बीचमा परिवारका कुनै सदस्यको मृत्यु नै भए पनि त्यसको सदगद र काजकिरिया थाती राखिन्थ्यो। अहिले पनि यहाँका रैथानेहरू रोपाइँलाई ‘सिन्हां ज्याः’ भन्छन्। नेपाल भाषामा ‘सिन्हां ज्याः’ को अर्थ मरिमेटेर गरिने काम हो।, यस्तो मरिमेटेर गर्नुपर्ने काममा यहाँका किसानलाई मद्दत होस् भनेर तान्त्रिकहरू राक्षसको आह्वान गर्छन्।, कोही अग्ला राक्षस आउँछन्, कोही होचा राक्षस आउँछन्। कोही राता आउँछन्, कोही काला आउँछन्। जगल्टे पनि आउँछन्, मुडुले पनि आउँछन्। त्यसरी उत्पत्ति भएको राक्षसको शक्ति मान्छेको भन्दा पाँच गुना बढी हुन्छ। पाँच जना मान्छेले गर्ने काम एउटै राक्षसले फत्ते गर्छ।, उनीहरू आउन त आउँछन्, काममा सघाउँछन् पनि तर त्यसपछि एउटा समस्या उत्पन्न हुन्छ।, मान्छेभन्दा पाँच गुना बढी शक्ति भएका राक्षसको निम्ति आहारा पनि मान्छेभन्दा पाँच गुना बढी नै चाहिन्छ। मरीमरी फलाएको अन्नको ठूलो हिस्सा राक्षसलाई नै खुवाउनु परेपछि मान्छेहरूले के खानू! यसरी त राक्षसलाई ल्याएर, पालेर उत्पादन बढाएको के सार!, मान्छेको यो समस्या बुझेर चलाख तान्त्रिकहरू अर्को जुक्ति फुराउँछन्। , रोपाइँ सकिएपछि एक महिनासम्म बडो तामझामका साथ राक्षसलाई नगर घुमाइन्छ र त्यसपछि अर्को वर्षको रोपाइँमा मात्र नगर प्रवेश गर्ने गरी विदा गरिन्छ।, यसरी विदा गर्दा ती राक्षसलाई एक वर्षको निम्ति धित मर्ने गरी मासु र अन्डा खुवाइन्छ। , मासु र अन्डा राक्षसका प्रिय भोजन हुन्। नेपाल भाषामा मासुलाई ‘ला’ र अन्डालाई ‘खेँ’ भनिन्छ। त्यही भएर खेतीपातीमा सघाउन आउने र एक महिनासम्म उपत्यकाका नगरहरूमा नचाइने ती राक्षसलाई स्थानीयहरू आफ्नो माबोली ,(मातृभाषा), मा ‘लाखेँ’ भन्थे।, लाखेँ लाखेँ भन्दाभन्दै लाखे लाखे भयो।, पाटन, सौगलको नाट्यश्वर मन्दिर परिसर जहाँबाट मिप्वा: लाखे नाच सुरू हुन्छ। तस्बिर: निशा भण्डारी/सेतोपाटी, लाखे, उत्पत्तिका यी तीनैवटा कथा ऐतिहासिक रूपले प्रमाणित कथा होइनन्। कुनै शिलालेख वा थ्यासफू ,(हस्तलिखित दस्तावेज), वा वंशावलीहरूमा यसबारे लेखिएको छैन। काठमाडौं–पाटनका गल्ली–चोक चहार्दा स्थानीय बूढापाकाहरूबाट मैले यी कथा सुनेको हुँ।, ऐतिहासिक रूपले प्रमाणित नभए पनि यी तीनैवटा कथामा केही न केही अर्थ भने लुकेको छ।, पहिलो कथाले लाखेसँग जोडिएको दार्शनिक पक्ष व्याख्या गर्छ। यसले भन्छ– मान्छे भनेको कुशल र अकुशल भावहरूको मिश्रित रूप हो। कुशल भाव मानवीय गुण हो भने अकुशल भाव दानवीय गुण हो। बाहिरबाट हेर्दा हामीमा मानव आकृति त देखिन्छ तर हामीभित्र पनि दानव मन जीवित छ। जसरी लाखे बाहिरबाट हेर्दा दानव आकृति हो तर ऊभित्र पनि मानव मन जीवित छ। सारमा हामी सबै मानव र दानवका मिसमास हौं, सारमा हामी सबै लाखे हौं।, दोस्रो र तेस्रो कथा पूर्णतः ऐतिहासिक नभए पनि ऐतिहासिक घटनाक्रमसँग जोडिएका छन्। त्यसैले यी कथ्य र तथ्यका मिसमास हुन् भन्ने मलाई लाग्छ। , दुवै कथा ‘डिकोड’ गरेर बुझ्ने हो भने काठमाडौं उपत्यकामा लाखेको उत्पत्ति कसरी भयो होला भन्ने केही सम्भावित घटनाक्रमको आकलन हामी गर्न सक्छौं।, यसको पछाडि तीनवटा सम्भावना हुन सक्छ —, पहिलो, रातो मच्छिन्द्रनाथलाई आसामको कामरू कामाख्याबाट ल्याइएको घटना सत्य मान्ने हो भने मच्छिन्द्रनाथ सँगसँगै त्यहाँका स्थानीयहरू पनि काठमाडौं प्रवेश गर्न खोजेका हुन सक्छन्। त्यो समय यहाँको जनसंख्या र उत्पादनको सन्तुलन नबिग्रियोस् भनेर तत्कालीन शासकले बाहिरबाट आएकाहरूलाई उपत्यका छिर्न नदिई सीमाबाहिरै रोकेका हुन सक्छन्। , कालान्तरमा वर्षको निश्चित समय उनीहरूलाई नगरभित्र आउन छुट दिइएको र त्यसैको सम्झनामा वर्षको एक महिना यहाँ लाखे नचाइएको हो कि!, दोस्रो, काठमाडौं उपत्यकाका बासिन्दा कृषिमा आश्रित थिए भन्ने त ऐतिहासिक तथ्य नै हो। यहाँ जुन अनुपातमा खेतीयोग्य जमिन थियो र जति जनसंख्या थियो, त्यो विचार गर्दा पक्कै पनि स्थानीयहरूले मात्र वर्षभरिको खेतीपाती धान्न सक्थेनन्। काममा सहयोग होस् भनेर उनीहरूले बाहिरबाट ज्यालादारी श्रमिक झिकाउन थालेका हुन सक्छन्। , यसरी आफ्नो रहनसहन, भाषा र संस्कृतिभन्दा बाहिरका श्रमिकलाई स्थायी रूपले नगरभित्र बस्न दिने कि नदिने भन्नेमा त्यति बेला ठूलै गलफत्ती भयो होला र आखिरमा उनीहरूलाई रोपाइँको सिजनमा मात्र डाकेर रोपाइँ सकिएपछि तामझामका साथ विदा गर्ने चलन सुरू भयो होला! , समयक्रममा यही चलनले लाखे उत्सवको रूप लिएको पो हो कि!, त्यसैले आज हामी जसलाई लाखे वा राक्षसका रूपमा चिन्छौं, त्यो खासमा उपत्यका बाहिरबाट भाडामा झिकाइएका तिनै श्रमिक हुन सक्छन्। आफ्नो जाति र संस्कृतिभन्दा बाहिरका मान्छे भएकैले उनीहरूलाई लाखे वा राक्षसको भयंकर स्वरूपमा प्रस्तुत गरिएको हुनसक्छ। आफ्नै जातिको मान्छेलाई त यस्तो डरलाग्दो राक्षसी स्वरूपमा किन देखाइन्थ्यो होला र! त्यसै पनि आफ्नो समुदायभन्दा बाहिरका मान्छेलाई राक्षस भन्ने त सभ्यताको पुरानै चलन हो!, गथामुगः चह्रेको दिन टोलका दोबाटो वा चौबाटो चोकमा प्रदर्शन गरिने गथामुगः ख्याकलाई पनि खेतीपातीमा सहयोग पुगोस् भनेर आह्वान गरिएको विश्वास गरिन्छ। त्यसैले लाखे र गथामुगः ख्याक दुवै बाहिरबाट ल्याइएका ज्यालादारी कृषि श्रमिकका प्रतिबिम्ब हुन सक्छन् र यी दुवै उत्सव ती श्रमिकहरूको विदाइसँग सम्बन्धित हुन सक्छ।, तेस्रो सम्भावना चाहिँ के भने, रातो मच्छिन्द्रनाथ लिन आएका उनका राक्षस पिता र राक्षस आमा र राक्षस सम्बन्धीहरूले उपत्यकावासीलाई खेतीपातीमा मद्दत गरे भनेर दोस्रो कथाले भन्छ। यो कथाले जसलाई राक्षस भनेर भनेको छ, ती पनि भाडामा ल्याइएका कृषि श्रमिक नै हुन सक्छन्। यसलाई बृहत् रूप दिन मात्र रातो मच्छिन्द्रनाथको बृहत् कथासँग जोडिएको हो कि!, के बेर!, पाटन, सौगलको नाट्यश्वर मन्दिर जहाँ पूजा गरेर लाखे नाच सुरू हुन्छ। तस्बिर: निशा भण्डारी/सेतोपाटी, उत्पत्तिको, कथापछि अब हामी पाटन, मंगलबजार नै फर्कौं जहाँ मिप्वाः लाखे आगोसँग खेल्दै छन्।, मैले अगाडि नै भनिसकेँ यहाँ हरेक लाखेको आफ्नै कथा छ, आफ्नै प्रेमकथा छ। मिप्वाः लाखेको कथा चाहिँ के त? कहाँबाट आयो उसमा आगोसँग खेल्ने आँट? के उसलाई आगोसँग खेल्न डर लाग्दैन?, भनिन्छ नि, प्रेमको तापले छाती भतभती पोल्दा त्यसको अगाडि आगोको राप केही पनि होइन। के मिप्वाः लाखेलाई पनि त्यस्तै भएको थियो!, मिप्वाःको कथा सुन्न मैले पाटन, सौगलका उत्तम शाक्यलाई भेटेँ।, उत्तम आफैं मिप्वाः लाखे हुन्। उनी नाच्छन् पनि, नाच सिकाउँछन् पनि। पाटनको मिप्वाः लाखेलाई पुनर्जीवन दिनमा उनको ठूलो देन छ।, उत्तमले सानै उमेरमा यो नाच देखेका थिए। त्यति बेला उनका बुवा यसमा भुस्या बजाउँथे। लाखेको मुकुन्डो लगाएर नाच्नेहरू चाहिँ कपाली र नापितहरू हुन्थे। , ‘ठूलो भएपछि म पनि नाच्छु भन्ने सोचेको थिएँ तर १४–१५ वर्ष उमेरमा जति बेला मेरो लाखे नाच्ने समय हुँदै थियो, अचानक नाच नै बन्द भयो,’ ५६ वर्षीय उत्तमले भने।, ‘बन्द हुनुको कुनै खास कारण?’ मैले सोधेँ।, उनले ओठमुख बिगारे, आँखीभौं तन्काए, दाहिने हत्केलाका औंलाहरू आकाशमा बल उछालेझैं उछाले र भने, ‘के कारण हुनु! न काम गर्ने मान्छे, न बजेट। बाजागाजा किन्नधरि पैसा छैन। अनि कहाँ पाएर नाच टिकाउन सकिएला!’, नाच त बन्द भयो तर मिप्वाःको मुकुन्डो लगाएर पाटनका सडकहरूमा उफ्रीउफ्री नाच्ने सपनालाई उत्तमले चालीस वर्षभन्दा बढी आफ्नो आँखामा जीवित राखे।, २०७४ को न्हू दँ ,(नेपाल सम्बतको नयाँ वर्ष), को कुरा हो। मैनबत्ती र्‍याली सँगसँगै मिप्वाः लाखे पनि नचाउनुपर्‍यो भनेर केही स्थानीय संघ–संस्थाले उत्तमलाई भने। उनी त्यति बेला कात्तिक नाच नाच्थे, अरू विभिन्न सांस्कृतिक उत्सवहरूमा भाग लिन्थे तर मिप्वाः नाच्ने धोको अधुरै थियो। , स्थानीयहरूको प्रस्तावपछि उनको मनमा गढेको बालइच्छाले फेरि उफान मच्चाउन थाल्यो।, यही उत्साहमा उनले ‘हुन्छ’ त भने तर दिन जति नजिकिँदै थियो, उनको बेचैनी उति बढ्दै गयो। , यो नाच सौगलको नाट्यश्वर मन्दिर परिसरबाट सुरू हुन्छ र पाटनको भित्री बस्तीका २१ वटा टोल घुम्नुपर्छ। नाच्दै, उफ्रिँदै २१ टोल घुम्नु चानचुने कुरा होइन। यसबीच नाचमा उनलाई साथ दिने कोही थिएनन्। बीचमा थकाइ लागे एकछिन आराम गर्ने गुञ्जायस पनि थिएन।, उत्तम रात–रातभर निदाउन सकेनन्। के गर्ने, कसो गर्ने छटपटी भइरह्यो।, न्हू दँभन्दा पाँच दिनअगाडि उनले आफूसँगै कात्तिक नाच र अरू उत्सवमा भाग लिने साथीहरूलाई भने, ‘यसपालि म एक्लै भए पनि नाच्छु, तिमीहरू धिमे, भुस्या र अरू बाजा बजाओ, हुन्छ?’, साथीहरू तयार भए।, उत्तम शाक्य। तस्बिर: निशा भण्डारी/सेतोपाटी, त्यो वर्ष न्हू दँको मैनबत्ती र्‍याली अगाडि अगाडि उत्तम एक्लै मिप्वाः नाच्दै हिँडे, उनले गर्विलो भाकामा मुसुमुसु हाँस्दै भने, ‘सोच्नुस् त, एकछिन आराम नगरी २१ वटा टोलमा लगातार नाच्न कति गाह्रो भयो होला! तर मैले हार मानिनँ। नाच पूरा गरेरै छाडेँ।’, कतै मिप्वाः लाखेको मुकुन्डो धारण गरेपछि उनीभित्र साक्षात् लाखे नै जागेको त थिएन!, ‘लाखे नजागी कहाँ हुन्छ!’ उत्तमले मेरो मनको कुरा बुझेझैं उत्तर दिए, ‘हामी नाच्नुअघि लाखे शक्तिको उपासना गर्छौं। त्यसपछि मुकुन्डो लगाउनेबित्तिकै यस्तो लाग्छ, हामीभित्र लाखेको आत्मा प्रवेश गरेको छ। अनि त हामीले केही गर्नैपर्दैन, हाम्रो शरीर त्यसै लाखेझैं नाच्न थाल्छ।’, पहिलोचोटि एक्लै मिप्वाः नाचेपछि उत्तमको वर्षौं पुरानो धोको मात्र पूरा भएन, यसलाई हरेक वर्ष निरन्तरता दिने प्रस्ताव पनि आयो। उनले पहिले पहिले मिप्वाः नाच्ने बुवाका साथीहरू र कात्तिक नाच नाच्ने आफ्नै समूहका साथीहरूसँग सरसल्लाह गरे। यो संस्कृतिलाई जसरी भए पनि ब्युँताउनैपर्छ भन्ने सबैको विचार सुनेपछि उत्तमकै अगुवाइमा ‘यलः लायकू मिप्वाः लाखे पुचः’ भन्ने संस्था दर्ता भयो। इच्छुक युवायुवतीहरू संस्थामा जोडिँदै गए। , ती सबैलाई उनले लाखे नाच्ने तौरतरिका सिकाए। चिराग कसरी समात्ने भनेर सिकाए। चिरागको आगोमा लाहा र मैन छर्केर आगो कसरी दन्काउने भनेर सिकाए।, कुन बाजा कुन तालमा बजाउने भनेर सिकाए, कुन रूटमा कसरी हिँड्ने भनेर सिकाए।, दशकौंपछि पाटनको मिप्वाः लाखेले पुनर्जीवन पायो। , ‘अब यसलाई निरन्तरता दिने चुनौती हामीसामु छ,’ उत्तमले भने, ‘कलाकारहरू कसैलाई पारिश्रमिक दिन सकेका छैनौं। सबै आफ्नो व्यक्तिगत हौसलाको भरमा होमिएका छौं। हामीसँग आर्थिक स्रोत छैन। संस्कृति धान्न आफ्नै घरको कमाइ लगानी गर्नुपरेको छ।’, उनीहरूले ललितपुर महानगरपालिकासँग साढे तीन लाख रूपैयाँ मागेका थिए। महानगरले एक लाख दिन थालेको छ। नपुग रकम स्थानीयसँग चन्दा उठाउँछन्। , ‘कुनै वर्ष चन्दा उठाउँदा पनि पुगेन भने लाखे कसरी नचाउने भन्ने चिन्ता हुन्छ,’ उत्तम यति भनेर एकछिन टोलाए।, म पनि चुप्प लागेँ। , अलि बेरमा आफ्नो दाहिने हातको बूढीऔंला र चोरऔंलाले तल्लो ओठ चलाउँदै उनले एउटा घटना सुनाए, ‘एकचोटि श्रीमतीले तरकारी किन्न पैसा मागिन्। मसँग खल्तीमा पाँच सय थियो जुन मैले साथीहरूलाई खाजा खुवाउन भनेर राखेको थिएँ। त्यो पैसा तरकारी किन्न खर्च गरेँ भने साथीहरूलाई भोकभोकै राख्नुपर्थ्यो। भोकभोकै कसरी लाखे नचाउनु! मैले मुटु दरो पारेर श्रीमतीलाई पैसा छैन भनेँ। त्यो बेला मेरो मन कति रोयो भन्ने मलाई मात्र थाहा छ।’, उनी फेरि टोलाए।, म चुप्पै रहेँ।, ‘म मूर्ति कालिगढ हुँ। घरमै बसेर काम गर्छु। आफ्नो संस्कृति मासिएर नजाओस् भनेर घरको आम्दानी थोरै भए पनि लगानी गरेको छु। सकेजति समय दिएको छु। यस्तरी लागेर तिमीले के पायौ भनेर इष्टमित्रहरू सोध्छन्। के पाएँ भन्नु!’, उनले के पाए भन्ने त मलाई पनि थाहा छैन तर पाटन नगरले भने उनकै हौसलाका कारण मिप्वाः लाखे पाएको छ।, भावुक हुँदै गएका उत्तमलाई मैले सोधेँ, ‘यो मिप्वाः लाखे भनेको चाहिँ के हो? आगोसँग उसको के सम्बन्ध?’, मेरो यो प्रश्नले उत्तमका आँखा चम्के।, ‘यो पाटनको विशेष लाखे हो, आगोसँग खेल्ने यस्तो लाखे तपाईं अन्त कहीँ देख्नुहुन्न। उसले आगो लिएर हिँड्नुको पछाडि पनि कारण छ।’, त्यसपछि उत्तमले मिप्वाः लाखेको कथा सुनाए —, नाट्यश्वर मन्दिर परिसरमा मिप्वा: लाखेको हाउभाउ देखाउँदै उत्तम शाक्य। तस्बिर: निशा भण्डारी/सेतोपाटी, लाखेको प्रेमकथाः एक, धेरै, धेरै, धेरै नै वर्षअगाडि जतिखेर राक्षस उर्फ लाखेहरू मान्छेको भेष धारण गरेर खेतीपातीमा सघाउन आउँथे, त्यति बेला एक जना नवयुवक लाखे सधैं नै पाटनको एउटा ज्यापु परिवारलाई सघाउन आउँदो रहेछ। , लाखे समुदायभित्र यसरी काममा सघाउन आउँदा कुन साल को कुन ठाउँमा जाने भनेर पहिले नै निधो गरिएको हुन्थ्यो। स्थानीयसँग बढी हिमचिम नहोस् भनेर कुनै पनि लाखेलाई सालैपिच्छे एकै ठाउँ नपठाउने चलन थियो। यो वर्ष काठमाडौं आएको लाखेलाई अर्को वर्ष कीर्तिपुर पठाइन्थ्यो। यो वर्ष भक्तपुर गएको लाखेलाई अर्को वर्ष पाटन खटाइन्थ्यो। लाखे र मान्छेबीच सधैं एउटा दुरी रहोस् भनेर यहाँका तान्त्रिकहरूले सुरूदेखि यस्तो रित चलाएका थिए।, यति हुँदाहुँदै त्यो नवयुवक लाखे भने कसरी कसरी जुक्ति लगाएर सधैं पाटनको उही ज्यापु परिवारको खेतमा खटिएर जान्थ्यो। कुनै वर्ष उसको जुक्ति फेल खान्थ्यो, त्यस्तो बेला ऊ दोब्बर काम गर्थ्यो। सुरूमा आफूलाई खटाइएको ठाउँमा गएर बिजुली गतिले सबै काम सक्थ्यो, अनि त्यहाँबाट भेष बदलेर पाटन जान्थ्यो र आफूलाई मनपर्ने ज्यापु परिवारको काम पनि सबै पूरा गर्थ्यो।, पाटनको त्यो खास ज्यापुको खेतमा कुनै साल नबिराई जानुको पछाडि एउटा खास कारण थियो — ऊ ज्यापुकी कान्छी छोरीलाई प्रेम गर्न थालेको थियो।, त्यस दिन ऊ पहिलोचोटि काम सघाउन गएको थियो। ऊ र ऊसँगै गएका अरू लाखेहरूले दिनभरि खेत खने, माटोका डल्ला फोडे र साँझसम्ममा आफ्नो भागको लगभग आधी काम सके।, घाम डुब्नै आँटेको थियो। साँझको सिरसिर बतासले बाग्मती नदी किनारमा रूखका पातहरू फिरफिर हल्लिँदै थिए। आकाशमा कपासको थुप्रोझैं सेता बादलहरू चञ्चल खरायोझैं यताउति चल्दै थिए। चराको बथान चिँचिँ गर्दै गुँड फर्किन हतारिएको थियो। घामको रातो डल्लो चन्द्रागिरि डाँडामा आधा छेल परेको थियो, बाँकी आधा बादलसँग लुकामारी खेल्दै थियो। छिनमै बादलको लिहाफभित्र गुटुमुटु हराउँथ्यो र छिनमै बादलको घुम्टो छ्यांग उघारेर फागुको अबिरझैं निलो आकाशभरि लाल रंग फैलाउँथ्यो।, त्यही बेला चन्द्रागिरिको जुन कापमा घामको डल्लो बिलाउँदै जाँदै थियो, त्यही कापबाट सेतो चन्द्रमा टल्किँदै आउँदै थियो। यस्तो लाग्थ्यो, घामकै अंश छुट्टिएर जून उदाउँदैछ।, त्यो लाखेले घाम र जूनलाई आकाशमा एकै ठाउँ एकै समय यसअघि कहिल्यै देखेको थिएन।, हो, त्यही बेला, ठ्याक्कै त्यही बेला, उसले आकाशमा घाम र जूनलाई पहिलोपटक एकै ठाउँ एकै समय देखेकै बेला, ज्यापुकी कान्छी छोरीलाई पहिलोपटक देखेको थियो।, ऊ खेतालाहरूलाई खाजा खुवाउन छ्वेलाबजी, हाकू मुस्या, आलु–पालु, तुकंको साग, भुटी र अचारको पोका दाहिने कम्मरमा र थोँ भरिएको माटोको सोमा देब्रे कम्मरमा बोकेर खेततिर आउँदै थिई। , लाखेले सुरूमा उसको धमिलो धमिलो आकृति देखेको थियो। जसै ऊ नजिक नजिक आउँदै गई, लाखेले आँखा झिम्क्याउन पनि बिर्स्यो। ऊ छेउमै आएर, दुवै कम्मरको भारी खेतको गरामा बिसाएर, हावाले आँखाअगाडि फिरफिर हल्लिरहेका कपाल पन्छाउँदै जसै उसले पुलुक्क लाखेलाई हेर्‍यो, हे दैव, लाखे त ठाउँको ठाउँ ठहरै भयो!, ऊ काली काली हिस्सी परेकी थिई। अनुहार बाटुलो थियो। हाँस्दा दुवै गालाको बीचतिर पानीको भुमरीझैं खोबिल्टा पर्थ्यो। चिउँडोको दाहिने कुनामा गाजलको टीका लगाएझैं सानो कोठी थियो। उसका ओठहरू बाक्ला थिए र सधैं थुकले भिजाएझैं रसिला देखिन्थे। उसका बत्तीसवटा दाँत टम्म लहर मिलेका थिए। आँखा लाम्चा र गहिरा र ठूल्ठूला थिए। आँखीभौं मयूरको प्वाँखझैं बाक्लो र सुलुत्त थियो। उसको कुलुङकुलुङ घुंग्रिएको कपाल कम्मरसम्मै लर्किएको थियो। ऊ जब आफ्ना दुवै हातले लर्किएको कपाल स्याहार्थी, दाहिने कान पछाडिको गर्दनमा दुइटा साना काला कोठीहरू आकाशमा ताराझैं टिलिक्क टल्किन्थे।, त्यो झम्के साँझमा उसको एक झलकपछि मानव भेष धारण गरेको लाखेको ज्यानमा थकान एक रत्ति थिएन। , उसले ल्याएको समय् बजी त पेट भर्ने गरी खाएकै हो तर लाखेको भोक मेटिएकै थिएन। , थोँको नशाले पनि उसलाई छुनै सकेन। , खेतीको त्यो याम हेराहेरमै बित्यो। आँखै आँखा मुटुको धडकन साटफेरमै बित्यो। , अर्कोपालि पनि त्यो लाखेले कसो–कसो गरी पाटनको उही ज्यापु परिवारकै खेतमा आफ्नो पालो पार्‍यो। उसले यो एक वर्ष यसरी पर्खिएको थियो जसरी स्कुल जाने नानीबाबुहरू दसैं विदा पर्खिन्छन्। यसबीच ज्यापुकी कान्छी छोरी पनि सुगन्ध हराएको फूल भएकी थिई। ऊ त्यस्ती नदीजस्ती भएकी थिई जो सागरमा मिसिने पर्खाइमा पहाडका कन्दराहरूमा अलमलिएकी छे।, अर्को वर्ष उनीहरूको बोलचाल सुरू भयो। बोलचाल लुकिछिपी भेटघाटमा बदलियो। , दुवैले आफ्नो प्रेम इजहार गरे। , प्रेममा मुटुको ढोका खोलिन्छ, ढाकछोप गरिन्न। लाखेले पनि आफूलाई ढाकछोप गर्न चाहेन। , एकदिन खेतको काम सकेर छुट्टिने बेला उसले ज्यापुनीलाई भन्यो, ‘आजको मध्यरात तिमी घरपछाडि बारीमा कुरेर बस है। म आउँछु। तिमीलाई एउटा कुरा भन्नुछ।’, ज्यापुनीले ‘हुन्छ’ भनी र लजाएर गई।, त्यो औंसीको रात थियो। चारैतिर चकमन्न अन्धकार थियो। पर कतैबाट भौभौ कुकुर भुकेको र किँकिँ कुँकुँ गर्दै लाटोकोसेरा कराएको मात्र सुनिन्थ्यो। ज्यापुनी मध्यरातभन्दा दस मिनेट अगाडि नै आफ्नो कोठाबाट लुसुक्क बारीमा निस्केर प्रेमीलाई पर्खेर बसेकी थिई। ऊ आफ्नो प्रेमी आउने बाटोतिर आँखा झिमिक्क नगरी नियालिरहेकी थिई। औंसीको अँध्यारोले एक मिटर टाढाको चिज पनि केही देखिन्थेन।, ठ्याक्कै मध्यरात कुकुरको भौभौ चर्कियो। लाटोकोसेरोको किँकिँ कुँकुँ तीखो भयो। बाटोमा झरेका पातपतिंगरहरूबाट चर्‍याकचुरूक, सर्‍याकसुरूक आवाज आउन थाल्यो।, त्यही बेला ज्यापुनीले देखी, जुन बाटोतिर ऊ एकटक नियाल्दै थिई, त्यही बाटो हुँदै दुइटा आगोको लप्का मान्छेझैं लमकलमक उसको बारीतिर आउँदै छ। पहिले त उसले सोची, उसको प्रेमी अँध्यारोमा बाटो देख्न हातमा चिराग बोकेर आएको होला।, जसै आगोको लप्का नजिक आइपुग्यो, उसको मन चिसो भयो।, उसको प्रेमी अगाडि ठिंग उभिएको थियो तर हातमा चिराग थिएन, बरू उसका दुई हत्केलाबाट आगोका लप्का छुट्दै थिए।, ‘आम्मामामा! के गरेको यस्तो?’ उसले आत्तिएर भनी, ‘तिमीलाई हात पोल्दैन?’, ‘मलाई पोल्दैन,’ मान्छेको भेषमा आएको लाखेले भन्यो, ‘म यही कुरा तिमीलाई देखाउन चाहन्थेँ।’, ‘तिमी हातमा आगो बोक्न सक्छौ भन्ने कुरा?’, ‘होइन, मसँग हातमा आगो बालेर हिँड्ने शक्ति छ भन्ने कुरा।’, ‘शक्ति, कस्तो शक्ति?’, ‘लाखेको शक्ति’, ‘लाखेको शक्ति!’ ज्यापुनी छक्क परी। , ‘हो, लाखेको शक्ति,’ मानव भेषधारी लाखेले भन्यो, ‘म मान्छे होइन, म लाखे हुँ। तिम्रो खेतमा काम गर्न आएका सबै खेताला लाखे हुन्। हामी हरेक वर्ष मान्छेको रूप लिएर यसरी काम गर्न आउँछौं।’, ज्यापुनीको बोली फुटेन। उसको मुख बन्द भयो, आँखा खुलेका खुल्यै भए।, लाखेले अगाडि भन्यो, ‘हामीलाई आफ्नो वास्तविक स्वरूप देखाउने अनुमति छैन। तर म तिमीलाई प्रेम गर्छु। तिमीसँग कुनै कुरा लुकाउन चाहन्न। तिमीलाई कुनै भ्रम पनि दिन चाहन्न। मेरो आवरण त मान्छेको हो तर मैले आफ्नो लाखेको मुटुले तिमीलाई प्रेम गरेको हुँ। म चाहन्छु, तिमी पनि मलाई प्रेम गर्ने भए मेरो लाखेको मुटुलाई नै प्रेम गर।’, ज्यापुनीको मुख अझै बन्दै थियो, आँखा खुलेका खुल्यै थिए।, लाखेले आफ्ना दुवै हत्केला बिस्तारै हल्लायो, मधुर हुँदै गएको आगोको लप्का फेरि चहकिलो भएर आयो।, ‘तिमीलाई थाहा छ, मैले आकाशमा घाम र जूनलाई एकैचोटि एकै ठाउँमा देखेको थिइनँ,’ उसले भन्यो, ‘पहिलोचोटि तिमीलाई देख्दा घाम र जून सँगसँगै थियो। तिम्रो र मेरो साथ पनि त्यो घाम र जूनजस्तै हो– एउटा उदाउँदा अर्को अस्ताउँछ, एउटा अस्ताउँदा अर्को उदाउँछ। सन्ध्या र बिहानीमा मात्र हाम्रो मिलन हुन्छ, त्यो पनि केही पललाई मात्र। मलाई तिमीसँगको त्यो केही पल नै काफी छ। म त्यो केही पललाई पर्खेर तिम्रो नाममा पूरा जिन्दगी बिताउन सक्छु।’, ‘तर मेरो प्रेम स्वार्थी छैन। प्रेम पाउनु मात्र होइन, दिनु पनि प्रेम नै हो। म तिमीलाई प्रेम गर्छु, गरिरहन्छु तर तिमीलाई आफ्नो प्रेममा बाँधेर राख्दिनँ। तिमी स्वतन्त्र छौ आफ्नो जिन्दगी आफ्नो तरिकाले जिउन। एउटा लाखेको प्रेममा तिमीले आफ्ना इच्छाहरू...’, लाखेको कुरा सकिएकै थिएन, ज्यापुनी सुँक्कसुँक्क रून थाली।, लाखेको हातमा बलिरहेको आगोको प्रकाशले ज्यापुनीका आँखाबाट तपतप चुहिरहेका आँशुका ढिक्काहरू झरनाको झरझर पानीमा घामको प्रकाश टल्केझैं टल्किरहेका थिए।, लाखे चुप्प लाग्यो।, कुकुरको भौभौ र लाटोकोसेरोको किँकिँ बन्द भइसकेको थियो। चकमन्न रातमा ज्यापुनीको सुँक्कसुँक्क मात्र सुनिँदै थियो।, ऊ अलि बेरसम्म सुँकसुँकाइरही अनि दुवै हातले आफ्नो आँशु पुछ्दै भनी, ‘तिमीले लाखेको प्रेम त देखायौ तर के प्रेम गर्न लाखेले मात्र जानेको छ? के हामी मान्छेहरू प्रेम गर्न जान्दैनौं? के हामी चाहिँ प्रेममा प्राप्ति मात्र खोज्छौं? आफूले माया गर्ने मान्छेलाई नपाई नपाई प्रेम गर्ने कसरी हो, त्यो हामीलाई पनि थाहा छ।’, उसले लाखेको आगो बलिरहेका ताता हत्केलामाथि आफ्ना चिसा हत्केला राखी। , दनदन दन्किरहेको आगो झ्याप्प निभ्यो। , अब यो अँध्यारोमा लाखे र ज्यापुनीका आँखा मात्र टिलटिल, टिलपिल टल्किरहे।, ‘म तिमीलाई प्रेम गर्छु, गरिरहन्छु। मलाई थाहा छ, म तिमीलाई पाउन सक्दिनँ। तिमी मेरो संसारमा सधैंका लागि आउन सक्दैनौ, म तिम्रो संसारमा सधैंका लागि जान सक्दिनँ। तर म आफ्नै संसारमा रहेर त्यो पललाई पर्खेर बस्नेछु जब क्षितिजमा घाम र जून सँगसँगै देखिनेछन्। मलाई पनि तिमीसँगको त्यो केही पल काफी छ। म त्यो केही पललाई पर्खेर तिम्रो नाममा पूरा जिन्दगी बिताउन सक्छु।’, त्यसपछि दुवै केही बोलेनन्। खाली एकले अर्कालाई हेरिरहे। , ज्यापुनीका दुई हत्केला लाखेका दुई हत्केलामाथि खप्टिएकै थिए। लाखेले उसका दुवै नाडी च्याप्प समातेर दुवै हत्केला हेर्‍यो। आगोले पोलेर कालो डाम बसेको थियो। , उसले दुवै हत्केलामा पालैपालो म्वाइँ खायो र अंगालो मारेर कुलुङकुलुङ घुंग्रिएको लामो कपाल मुसार्न थाल्यो।, ‘एक महिना नगरमा बस्दा म हरेक रात तिमीलाई भेट्न आउँछु, यसैगरी हातमा आगो बालेर,’ लाखेले भन्यो।, ज्यापुनीले केही बेर लाखेका आँखामा एकटक हेरिरही र कहिल्यै छुट्टिन नपर्नेझैं गरी न्यानो र कसिलो अंगालोमा बेरी।, ‘मिप्वाः लाखे भनेको त्यही प्रेमी हो जो अँध्यारोमा आफ्नो प्रेमिका भेट्न हातमा आगो बालेर आउँछ,’ उत्तम शाक्यले यति भनेर मिप्वाः लाखेको कथा पूरा गरे।, मिप्वाः लाखेको यो प्रेमकथा पनि कथ्य र तथ्यको मिसमास हुनसक्छ। यदि हामीले लाखे भनेको काठमाडौं उपत्यकाका बासिन्दालाई खेतीपातीमा सघाउन बाहिरबाट ल्याइएका ज्यालादारी श्रमिकको प्रतिबिम्ब मान्ने हो भने यो प्रेमकथाले यहाँको अन्तरजातीय द्वन्द्व झल्काउँछ।, ती ज्यालादारी श्रमिकहरू पक्कै पनि नेवारभन्दा फरक जाति र फरक संस्कृतिका थिए होलान्। कामको सिलसिलामा यहाँ रहँदाबस्दा स्थानीय महिलासँग प्रेम सम्बन्ध गाँसिएको हुनसक्छ। हाम्रो समाजले अन्तरजातीय सम्बन्धलाई अहिले त खुला हृदयले स्विकार्न सकेको छैन भने त्यो बेला स्विकार्न पक्कै गाह्रो थियो होला। , सायद त्यसैले यो प्रेमकथामा मिप्वाः लाखे र ज्यापुनीको सम्बन्धलाई घाम र जूनसँग तुलना गरिएको छ।, उपत्यकामा लाखेका यस्ता वियोगान्त प्रेमकथा थुप्रै सुनिन्छन्।, नाट्यश्वर मन्दिर परिसरमा मिप्वा: लाखेको हाउभाउ देखाउँदै उत्तम शाक्य। तस्बिर: निशा भण्डारी/सेतोपाटी, लाखेको प्रेमकथाः दुई, पाटनको, पिम्बहाल पोखरी अचेल युवायुवतीलाई ‘ह्याङआउट’ गर्न — भेटघाट, घुमफिर र टहलिन — ‘हटकेक’ बनेको छ। स्थानीयको पहलमा पुरानै स्वरूप र शैलीमा जीर्णोद्धार गरिएपछि लबालब भरिएको पोखरी वरिपरि थुप्रै क्याफे र रेस्टुरेन्टहरू खुलेका छन् जहाँ साँझ बेला बाक्लै जमघट देखिन्छ।, पिम्बहाल पोखरीसँग पनि लाखे र एक स्थानीय युवतीको प्रेमकथा जोडिएको छ। के तपाईंले यो कथा सुन्नुभएको छ?, बोलीचालीमा पिम्बहाल पोखरी भनिए पनि यसको खास नाउँ ‘जगमदु पुखू’ हो। अर्थात्, जग नभएको पोखरी। मिप्वाः लाखेजस्तै यहाँ पनि एक लाखेको स्थानीय युवतीसँग प्रेम भएको थियो। , लाखे हरेक रात लुकिछिपी प्रेमिका भेट्न आउँथ्यो। ऊ दिउँसोको समय मान्छेको बस्तीमा छिर्न सम्भव थिएन। उसको आफ्नै लाखे समुदायमा पनि यो वर्जित थियो। बिनाकाम मानव बस्तीमा घुमिरहेको पोल खुल्यो भने मान्छेले त के गर्थे कुन्नि तर लाखेहरूले चाहिँ ढुंगा हानीहानी मार्थे। त्यही भएर ऊ मध्यरात सबैको आँखा छलेर आउँथ्यो। , यसरी भेट्दा ऊ आफ्नी प्रेमिका रातभरि आफूसँगै बसोस् भन्ने चाहन्थ्यो। तर प्रेमिका सधैं हतारमा हुन्थी। उसको आँखामा भोलिपल्ट बिहानै उठेर पानी भर्न जानुपर्ने चिन्ता घुमिरहेको हुन्थ्यो।, त्यो बेला पिम्बहालमा पोखरी थिएन। अहिले जहाँ पोखरी छ, त्यहाँ खुला चउर थियो। टोलवासीहरूलाई पानीको एकदमै दुक्ख थियो। उनीहरू पानी भर्न पाटनढोकाभन्दा टाढा तपाहिति पुग्थे वा शंखमूलको बागमतीसम्मै धाउँथे।, एक रात होइन, दुई रात होइन, हरेक रात प्रेमिकाको यस्तै हतार देखेपछि लाखेले पिम्बहालमै पोखरी खन्ने निधो गर्‍यो। तर उसलाई धेरै दिन लगाएर पोखरी खन्ने सहुलियत थिएन। एक रातमै खनेर पानी भरिसक्नुपर्थ्यो। कसैगरी ढिला भएर कुनै मान्छेले चाल पायो भने उसको पोल खुल्थ्यो। , उसले आफ्नो भएभरको बल लगाएर गोदावरीदेखि ढुंगा ओसार्‍यो। बाटोमा ढुंगा गुड्काउँदै आउँदा पूर्णचण्डीमा बस्ने एक जना मान्छेले देखेछ र सोधेछ, ‘यतिका ढुंगा कहाँ के गर्न लैजाँदैछौ?’, लाखेले भन्यो, ‘म पिम्बहालमा पोखरी बनाउँदैछु।’, यो सुनेर पूर्णचण्डीको त्यो मान्छेलाई आफ्नो टोलमा पनि पोखरी खन्ने इच्छा जागेछ। उसले भन्यो, ‘त्यसो भए अलिकति ढुंगा यहाँ पनि छाडेर जाऊ।’, लाखेले मानेन।, चलाख मान्छेले उसलाई धम्क्याउँदै भन्यो, ‘तिमीले ढुंगा छाडेनौ भने म तिम्रो पोल खोल्दिन्छु। लाखे भएर यस्तरी मान्छेको बस्तीमा छिरेको कुरा सबैलाई भन्दिन्छु।’, पोल खुल्ला भनेर लाखेले गोदावरीदेखि ओसारेको ढुंगाको केही भाग पूर्णचण्डीमै छाडेर आयो। ,(त्यही ढुंगाबाट पूर्णचण्डी पोखरी बनेको विश्वास गरिन्छ।), ढुंगा ओसार्दा र मान्छेसँग गलफत्ती गर्दागर्दा आधा रात त्यसै बित्यो।, त्यसपछि लाखेले हतारहतार पोखरी खन्यो। तबसम्म खनिरह्यो, जबसम्म पानी रसाएन। मूल फुटेपछि उसले पोखरीको पिँधमा भटाभट ढुंगा ओछ्यायो। बिहान हुनै लागेकाले ढुंगामा माटोको जोडाइ गर्न पनि भ्याएन। जस्तो अवस्थामा गोदावरीबाट ल्याएको थियो, त्यस्तै अवस्थामा ढुंगा ओछ्यायो र मूलबाट निस्केको पानी भर्‍यो। ,(जग राम्ररी नखनिएकाले ‘जगमदु पुखू’ भनिएको हो।), खाल्डो खनेर पानी भरूञ्जेल आकाशबाट रातका ताराहरू झरिसकेका थिए। पूर्वी आकाश उज्यालो देखिन थालेको थियो। घर–घरबाट कुखुराको डाँक सुरू भयो। पिम्बहाल स्तुप र वरिपरिका चारवटा चैत्यमा मान्छेहरू फाट्टफुट्ट दर्शन गर्न आउन थाले।, लाखेलाई फसाद पर्‍यो। , उसले मान्छेको आँखा छलेर भाग्ने समयधरि पाएन। अफरातफरीमा ऊ पोखरीको पिँधमा रहेको ढुंगामुनि लुक्न गयो। , यो घटनापछि लाखेकी प्रेमिकाले पानीको दुक्खबाट त मुक्ति पाई तर लाखेसँग उसको भेटघाट बन्द भयो। पोखरीको पिँधमा अड्किएपछि लाखे कहिल्यै बाहिर निस्कन पाएन। ऊ आफ्नी प्रेमिकाको सुखमै सुखी छ। प्रेमिका पनि लाखे नजिकै छ भन्ने कल्पनाले नै भावविभोर हुन्छ। जब जब ऊ पोखरीको पानी चलाउँछ, उसलाई लाखेको कपाल मुसारेझैं लाग्छ। त्यो बेला लाखे पनि प्रेमिकाको स्पर्स पाएर दंग पर्छ।, पिम्बहाल पोखरीको उत्तरपूर्वी कुनामा लाखे लुकेको ढुंगा अहिले पनि यथावत् छ जसलाई ‘लाखे ल्हों’ ,(लाखेको ढुंगा), भनिन्छ। गर्मी याममा पानी सुक्दै गएपछि लाखे ल्हों छर्लंग बाहिर देखिन्छ। त्यस्तो बेला जब लाखे ल्होंमा घामको किरण पर्छ, तब वर्षा सुरू हुन्छ भन्ने जनविश्वास छ।, अब कुनै दिन पिम्बहाल पोखरी जाँदा पानीको सतहमा उठेको तरंग याद गर्नुस् है। त्यस्तो तरंग बेलाबेला मात्र देखिन्छ। , त्यो लाखे र उसकी प्रेमिकाको स्पर्सले ल्याएको तरंग हो!, पाटनको पिम्बहाल पोखरी, स्तुप र चैत्यहरू।, लाखेको प्रेमकथाः तीन, एउटा, लाखे थियो– रातो मुख भएको डरलाग्दो लाखे। उसको कपाल पनि रातै थियो। आँखा झन् रातो– भर्खरै तपतप रगत चुहिएलाजस्तो। मुख सिंगो ब्रह्माण्ड अटाउलाजत्रो फराकिलो थियो। त्यही मुखबाट बाघका जस्ता दुइटा दाह्रा निस्केका थिए। उसका हातका औंलामा भालुका जस्ता लामा–लामा नंग्रा थिए।, त्यस्तो डरलाग्दा लाखे जब मानव रूप धारण गरेर खेतीपातीमा सघाउन आयो, काठमाडौंको मजिपाः टोलको एक ज्यापुकी छोरीसँग उसको प्रेम भयो। , ज्यापुकी छोरी पनि लाखेको प्रेममा समर्पित भई। दुवैले सँगै बाँच्न नसके पनि परिआए सँगै मर्ने कसम खाए।, खेतीपाती सकियो। तै पनि लाखे आफ्नी प्रेमिका भेट्न आउन छाडेन। ऊ रातिराति सबैको आँखा छलेर मजिपाः टोल आउँथ्यो र प्रेमिकाको भएभरको काम आँखाको एक झिमिकमा गरिदिन्थ्यो। त्यसपछि ऊ रातभरि ज्यापुकी छोरीसँग कोठामा प्रेमिल भएर बस्थ्यो।, त्यही बेला मजिपाः टोलबाट एकपछि अर्को भुराभुरी हराउन थाले।, आफ्ना केटाकेटीलाई कुन दैत्य शक्तिले चोरेर लग्यो भनेर टोलवासीहरू चिन्तित भए। यो समस्याबाट त्राण पाउन टोलका मूलीहरूको बैठक बस्यो। उनीहरूले रातभरि पालैपालो टोलमा पहरा दिने निर्णय गरे।, एकदिन त्यो रातो मुखवाला लाखे ज्यापुकी छोरीलाई भेट्न उसको कोठामा आएको टोलवासीहरूले सुइँको पाए। , टोलका मूलीहरू एकजुट भएर ज्यापुको घरमा गए। जोडसँग ढोका ढक्ढकाए। अब लाखेसँग सबैका अगाडि उभिएर आफ्नो परिचय सार्वजनिक गर्नुको विकल्प थिएन।, उसले ढोका खोल्यो र आफ्नो वास्तविक रूप सबैलाई देखायो।, ऊ प्रस्टीकरण दिन खोज्दै थियो तर टोलवासीहरूले उसको कुरा सुन्न चाहेनन्। उसलाई ढुंगा र मुंग्रोले हिर्काउँदै, लात्तैलात्ताले भकुर्दै, लछारपछार पार्दै बाहिर निकाले।, हुन त लाखेले चाहेको भए एक निमेषमै सबैलाई भष्म पार्दिन सक्थ्यो। उसले एकचोटि मुख आँ गरेर आगो ओकल्न खोजेको पनि थियो तर त्यही बेला उसले ढोकामा छेल परेर हेरिरहेकी आफ्नी प्रेमिकालाई देख्यो। , उसका आँखाबाट बलिन्द्रधारा आँशु बगिरहेका थिए। अनुहारको रङ फुंग उडेको थियो। उसका मौन र स्तब्ध आँखा भन्दै थिए– तिमी जेसुकै भए पनि आफ्नो शक्ति प्रदर्शन नगर है!, प्रेमिकाको मौन आँखाको मौन भाका बुझेर लाखेले आफ्नो खुलिसकेको मुख ट्याप्प टाल्यो र आफूमाथि भइरहेको आक्रमण चुपचाप सहेर बस्यो।, ऊ रगतपच्छे भइसकेको थियो तर उसले टोलका कसैमाथि हमला गरेन।, आखिरमा उसको हालत देखेर टोलका मान्छेहरूलाई नै दया जागेछ। उनीहरूले पिटपाट बन्द गरे र लाखेलाई प्रस्टीकरणको मौका दिए।, लाखेले ज्यापुकी छोरीसँग प्रेम भएको स्वीकार गर्‍यो र भन्यो, ‘म ऊबिना बाँच्न सक्दिनँ।’, उसले टोलका केही भुराभुरीलाई आफूले नै उठाएर लगेको पनि स्वीकार गर्‍यो र भन्यो, ‘यो चाहिँ मबाट गर्नै नहुने काम भयो। मलाई आफ्नो गल्तीको पछुतो छ। आइन्दा यस्तो गल्ती हुने छैन।’, मजिपाः टोलका मूलीहरूको फेरि बैठक बस्यो।, उनीहरूले भने, ‘हामी तिमीलाई एउटा सर्तमा छाड्न सक्छौं।’, लाखे टुलुटुलु उनीहरूको मुख हेर्दै थियो। उसकी प्रेमिका अझै पनि ढोकाको छेल परेर चियाइरहेकी थिई, निःशब्द।, ‘तिमीले अबदेखि यो टोलका बासिन्दा र यहाँका केटाकेटीलाई भूतप्रेत, राक्षस र अरू कुनै पनि दैत्य शक्तिहरूबाट रक्षा गर्नेछौ। टोलमा कसैलाई आपतविपत पर्दा सहयोग पनि गर्नेछौ। तिमी यति गर्न तयार छौ भने हामी तिमीलाई यही टोलमा बस्न दिनेछौं।’, लाखेले सर्त मान्यो।, टोलवासीहरूले उसको प्रेम सम्बन्ध भने स्वीकार गरेनन्।, तै पनि लाखे खुसी थियो, ज्यापुकी छोरी पनि खुसी थिई। उनीहरू जिन्दगीभरि सँगसँगै बाँच्न नसके पनि अबदेखि एउटै टोलमा नजिक नजिक बस्न पाउने भएका थिए। , आफ्नो मुटुलाई आफ्नो बनाउन नपाए पनि ऊ आफू नजिकै छ र धकधक धड्किँदै छ भन्ने अनुभूति नै उनीहरूको निम्ति काफी थियो।, मजिपाः टोलका बासिन्दाले आफ्नो बाचाअनुसार लाखेको निम्ति छुट्टै घर बनाइदिए र त्यही घरमा उसलाई थुनेर राखे।, यो लाखे अरू कोही होइन, काठमाडौंको बहुचर्चित ‘मजिपाः लाखे’ हो। , मजिपाः टोलमा आज पनि उसको घर छ जसलाई ‘लाखेघर’ भनिन्छ र त्यो ठाउँलाई ‘लाखेननी’ भनिन्छ।, उपत्यकाका तमाम लाखेहरूमध्ये मजिपाः लाखेको स्थान सबभन्दा माथि छ। स्थानीयहरू उसलाई ‘लाखे आजु’ का रूपमा पूजा गर्छन्। ऊ राक्षस भए पनि उसमा प्रेम, बलिदान र त्यागको भावना छ भन्ने विश्वास गरिन्छ। त्यही भएर मजिपाः लाखेलाई ‘शान्त भैरव’ पनि भनिन्छ।, मजिपाः लाखेको कथामा ज्यापु परिवारको किस्सा जोडिएको भए पनि अचेल यो लाखे नाच ज्यापुहरूले होइन, रञ्जितकार समुदायले चलाउने गर्छ। यो हेरफेरको पछाडि अर्को किस्सा छ।, यो किस्सा मलाई श्रीलाखे आजु गुथीका मूल नाइके राजीव रञ्जितले सुनाए।, मजिपाः टोलको लाखेननीमा लाखेघरसँगै एउटा खाली जग्गा छ जहाँ पछिल्लो समय एकतले टहरा बनेको छ। कुनै बेला यहाँ ज्यापुहरूको घर थियो। मजिपाः लाखे नाच तिनै ज्यापुहरूले चलाउने गर्थे। कुनै कालखण्डमा यहाँ बस्ने ज्यापुको परिवार संख्या कम हुँदै गयो, उनीहरू लाखे नचाउन असमर्थ भए। त्यही भएर उनीहरूले रञ्जितकार समुदायसँग छलफल गरेर जात्रा साटासाट गरे।, ‘त्यो बेला तकती अजिमा ,(कालिमाटी तरकारी बजार पछाडिको निलबाराही), को जात्रा रञ्जितकार समुदायले चलाउने गर्थ्यो। ज्यापुहरूले मजिपाः लाखे नाचको जिम्मा रञ्जितकारलाई सुम्पेर उनीहरूले चलाउँदै आएको तकती अजिमाको जात्रा आफूले चलाउन थाले,’ राजीवले भने। , यो सट्टापट्टाको संकेत यी दुवै जात्रामा अहिले पनि देखिन्छ।, पहाँचह्रे बेला तकती अजिमाको जात्रा हुँदा चिराग बाल्ने काम रञ्जितकारहरूले गर्छन् भने मजिपाः लाखेलाई लाखेघर भित्र्याउँदा चोखो पानी खुवाउने काम ज्यापुहरूले गर्छन्। ज्यापुहरूले चिराग बालेर बाटो देखाएपछि नै मजिपाः लाखे आफ्नो घरबाट बाहिर निस्कन्छ।, प्रत्येक वर्ष येँया पुन्ही अर्थात् इन्द्रजात्रा बेला एक सातासम्म मजिपाः लाखेलाई लाखेननीबाट बाहिर निकालिन्छ। ऊ आफ्नो रातो केश फिँजार्दै, दुई गोडा उफार्दै, कम्मरमा बाँधिएको घंघला घन्काउदै र होहोहाहा गर्दै काठमाडौंका टोल–टोलमा फुक्काफाल नाच्दै हिँड्छ।, लाखेले टोलका भुराभुरीलाई कहिल्यै केही नगर्ने जुन बाचा गरेको थियो, त्यसको परीक्षा पनि यही बेला हुन्छ।, यसको निम्ति तीनदेखि बाह्र वर्षको बच्चा लाखेलाई जिस्क्याउन अगाडि–पछाडि उफ्रिँदै हिँड्छ। ऊ ‘झ्यालिँचा’ हो। ऊ लाखेलाई विभिन्न हाउभाउमा जिस्क्याउँछ। लाखेलाई छलछाम गरेर हायलकायल पार्छ। लाखे जता जता जान्छ, ऊ जिस्क्याउँदै पछि पछि लाग्छ। , लाखे पनि झ्यालिँचालाई लखेट्छ, दौडाउँछ, खेलाउँछ तर कुनै हानि पुर्‍याउँदैन। , लाखे परीक्षामा पास हुन्छ।, मजिपाः र झ्यालिँचाको खेल लाखे नाचको ‘ग्र्यान्ड फिनाले’ हो। योसँगै गथामुगःदेखि सुरू लाखे नाच सम्पन्न हुन्छ।, येँया पुन्ही (इन्द्रजात्रा) मा मजिपाः लाखेलाई जिस्क्याउँदै झ्यालिँचा। फाइल तस्बिरः नारायण महर्जन/सेतोपाटी, ग्र्यान्ड, फिनालेमा प्रवेश गर्नुअघि लाखे नाचसँग जोडिएका दुइटा सहायक पात्रबारे कुरा गरौं है।, तपाईंहरूले भर्खरै मजिपाः लाखेलाई जिस्क्याउँदै हिँड्ने झ्यालिँचाको बारेमा पढ्नुभयो। तपाईंलाई यो झ्यालिँचा भनेको के हो जस्तो लाग्छ?, काठमाडौं कथाले झ्यालिँचालाई मजिपाः लाखे सुध्रियो कि सुध्रिएन, उसले आफ्नो बाचाअनुसार सहरका भुराभुरी टिप्न छाड्यो कि छाडेन भनेर परीक्षा लिन अगाडि–पछाडि दौडाइएको पात्रका रूपमा प्रस्तुत गरेको छ। यो कथ्यको पनि त कुनै अर्थ होला नि!, पाटनको मिप्वाः लाखेसँग पनि शिरदेखि पाउसम्म हरियो वस्त्र लगाएको एउटा बालक अगाडि–पछाडि दौडिन्छ। उसको मुखौटा पनि हरियो हुन्छ, केश पनि हरियो नै हुन्छ। ऊ मिप्वाः लाखेलाई जिस्क्याउँदै हिँड्छ, छलछाम गरेर हायलकायल पार्छ। ऊ भ्यागुतो हो।, अब सोच्नुस् त, काठमाडौं र पाटनका यी दुई लाखेसँग झ्यालिँचा र भ्यागुतोलाई सँगसँगै दौडाउनुको अर्थ के होला!, भ्यागुतो र झ्यालिँचा दुवै धान खेतीका लागि फाइदाजनक जीव हुन्। धान खेती हुने याममा खेतबारी नजिक झ्यालिँचा उड्दै गरेको हामी देख्छौं। केटाकेटीहरू त्यसलाई समातेर पुच्छरमा धागो बाँधेर उडाउने गर्छन्। झ्यालिँचाले धानमा लाग्ने कीराहरू खाइदिएर उत्पादन बढाउन मद्दत गर्छ भन्ने अध्ययनले पुष्टि गरेको छ। पहिले कीटनाशक औषधि नहुँदा धानबालीमा लाग्ने रोगकीराको ओखती झ्यालिँचा नै थियो।, भ्यागुतोले चाहिँ माटोको उर्वरा शक्ति बढाउन मद्दत गर्छ र धानबालीमा लाग्ने कीराहरू पनि खाइदिन्छ। खेतमा भ्यागुतो जति बढी भयो, उत्पादन उति बढ्ने र पौष्टिक तत्व पनि बेसी हुने विश्वास गरिन्छ। भ्यागुतोको यो गुन तिर्न उपत्यकाका नेवारहरू गुन्हपुन्ही ,(जनैपूर्णिमा), को दिन उसलाई भात, क्वाति र मासु चढाएर पूजा गर्ने गर्छन्।, यसरी खेतीपातीलाई फाइदाजनक भ्यागुतो र झ्यालिँचा लाखे नाचसँग जोडिनुले यो उत्सवको सिधा सम्बन्ध खेतीपातीसँग छ भन्ने बुझिन्छ।, यस आधारमा पनि हामी लाखे भनेका उपत्यकाको खेतीपातीमा सघाउन बाहिरबाट ल्याइएका ज्यालादारी श्रमिक हुन् र लाखे नाच भनेको ती श्रमिकहरूको विदाइमा आयोजना गरिएको उत्सव हो भनेर आकलन गर्न सक्छौं।, अब चाहिँ लागौं लाखे नाचको ग्र्यान्ड फिनालेतर्फ।, पाटनको मिप्वा: लाखेलाई जिस्क्याउँदै भ्यागुतो। तस्बिर स्रोत: सुप्रिन्स शाक्य, येँया पुन्ही (इन्द्रजात्रा) मा झ्यालिँचा। फाइल तस्बिरः नारायण महर्जन/सेतोपाटी, अहिले, काठमाडौंमा लाखे नाचको ‘ग्र्यान्ड फिनाले’ को तयारी हुँदैछ।, पाँच दिनअघि, भदौ १७ गते, भाद्र कृष्णपक्ष एकादशीको दिन मजिपाः लाखेको रातो मुखौटा ढुंगाको गोप्य सन्दुकबाट बाहिर निकालियो। यो सन्दुकलाई ‘पिला’ भनिन्छ। यो कति गह्रुंगो हुन्छ भने, तीन–चार जना मान्छेले पनि सजिलै हल्लाउन सक्दैनन्। वर्षौं वर्षदेखि ढुंगामाथि माटो लिपिँदै आएकाले धेरैलाई यो सन्दुक माटोकै हो कि भन्ने लाग्छ। , ‘मुखौटा राख्दा र निकाल्दा सन्दुकभित्र हेर्न हुँदैन,’ श्रीलाखे आजु गुथीका मूल नाइके राजीव रञ्जितले भने, ‘राख्ने र निकाल्नेले पछाडि फर्केर छामछाम छुमछुम गर्दै यो काम फत्ते गर्नुपर्छ।’, सन्दुकबाट निकालेपछि त्यसै दिन लाखेको मुखौटालाई सिंहासनमा राखिन्छ र न्यास पूजा गरिन्छ। न्यास पूजा भनेको मुखौटाबाट लाखेको शक्ति निकाल्ने विधि हो। , यसरी शक्ति खिचेपछि मुखौटा रंगरोगन गर्न यट्खा टोलको चित्रकारकहाँ लगिन्छ। भाद्र शुक्ल दशमीको दिन, यसपालि भदौ ३१ गते, मुखौटालाई लाखे ननी फिर्ता ल्याइन्छ र त्यसको भोलिपल्ट फेरि न्यास पूजा हुन्छ। , ‘दोहोर्‍याएर गर्नुपर्ने रहेछ?’ मैले सोधेँ।, ‘सुरूको न्यास पूजा र यो फरक हो,’ राजीवले भने, ‘सुरूमा लाखेको शक्ति झिकिएको थियो भने यसपालि पूजा गरेर लाखेको शक्तिलाई फेरि मुखौटाभित्र प्रवेश गराइन्छ।’, यो पूजापछि मजिपाः लाखेले पुनर्जीवन पाउँछ।, त्यसको भोलिपल्ट एकादशीको दिन लाखेको शिरमा रातो केश र कम्मरपेटीमा घंघला सजाएर सिंहासनमा राखिन्छ। द्वादशीको दिन जसै वसन्तपुरमा यसिं ठड्याएर येँया पुन्ही ,(इन्द्रजात्रा), सुरू हुन्छ, त्यही क्षणबाट मजिपाः लाखे नगर परिक्रमामा निस्कन्छ।, मैले यो लाखे नाच कहाँ–कहाँ हुन्छ भनेर जान्न चाहेँ।, ‘पहिलो दिन नासः द्यः ,(नाट्यश्वर), को पूजा गरेर लाखे ननीमै एक–डेढ घन्टा नाच्नुपर्छ। त्यसपछि जैसीदेवल र चिकमुगःमा तीन–तीनचोटि उफ्रिन्छ। यसरी उफ्रिनुको अर्थ टोलवासीहरूले कुनै पनि संकट वा महामारी झेल्नु नपरोस् भनेर हो,’ राजीवले बिस्तार लगाए।, ‘त्यो दिन लाखेले सबभन्दा पहिला येँगल टोलको केबछेँ चोकमा गएर राजभण्डारीको घरबाट पूजा लिनुपर्छ। त्यहाँको राजभण्डारी खलकले लाखे आजुको मुखौटामा सुन र हीरा चढाएको थियो रे। त्यसैको सम्मानमा पहिलो पूजा उनीहरूबाटै लिने चलन चलेको हो।’, सुन र हीरा भनेपछि मेरा पनि आँखा चम्के र सोधेँ, ‘के साँच्चै लाखेको मुखौटामा सुन र हीरा जडिएको छ?’ , ‘त्यो कहाँ अहिलेको कुरा हो र!’ राजीवले आफ्नो दाहिने हात तन्काएर माथिसम्म लगे र भने, ‘वर्षौं अगाडिको कुरा।’, ‘त्यो मुखौटा त होला नि?’, ‘त्यो पनि छैन, हरायो रे।’, ‘कसरी हरायो?’, ‘त्यो त हामीलाई पनि थाहा छैन,’ उनले भने, ‘त्यो हराएपछि नै अहिलेको मुखौटा लगाउन थालेको भनिन्छ। यो लगाउन थालेको पनि मेरो हजुरबाको बाको पालामा हो। कम्तिमा सय वर्ष त भयो होला।’, सिंहासनमा राखिएको मजिपा: लाखेको मुखौटासँग श्रीलाखे आजु गुथीका मूल नाइके राजीव रञ्जित (बायाँ)। तस्बिर: राजीव रञ्जितको फेसबुकबाट, त्यसै दिन बेलुकी लाखे ‘उपाकू’ मार्गमा नाच्दै हिँड्छ। उपाकू मार्ग भनेको मरेका मान्छेहरूका नाममा बत्ती बाल्दै हिँड्ने बाटो हो, राजीवले भने, ‘बत्ती बाल्दै हिँड्नेलाई नगरका दोबाटो वा चौबाटो चोकमा भूतप्रेतबाट जोगाउन मजिपाः लाखे सँगसँगै हिँडेको विश्वास गरिन्छ। यो बेला मजिपाः लाखेले बत्ती बाल्न आउनेलाई ‘तिमीहरू डराउनुपर्दैन, म अगाडि अगाडि छु’ भन्नुहुन्छ रे।’, उपाकू मार्गमा लाखे नाच्दै हिँड्नुको अर्को कारण पनि हुनसक्छ।, यो बाटो काठमाडौं सहरको लिच्छविकालीन सीमानामा पर्छ। प्राचीन सीमानामा लाखे नाच्दै हिँड्नुले सहरको सुरक्षासँग उसको सम्बन्ध झल्काउँछ। माथि लाखे उत्पत्तिका कथाहरूबाट हामीले के थाहा पायौं भने, लाखेलाई सहरको सीमाबाहिर क्षेत्रपालका रूपमा तैनाथ गरिएको थियो र उसले त्यहाँ बसेर कुनै पनि नकारात्मक शक्तिलाई नगरभित्र छिर्न नदिने बाचा गरेको थियो। त्यही बाचाअनुरूप आज पनि लाखेहरू सीमाबाहिर बसेर सहरको रक्षा गरिरहेका छन् भन्ने संकेत मजिपाः लाखेको उपाकू यात्राले दिन्छ।, येँया पुन्हीको एक साताको अवधिमा ऊ हरेक दिन हनुमानढोका दरबारमा नाच्दै हाजिर हुन जानुपर्छ। यसबीच कुनै टोल वा घरपरिवारले आमन्त्रण गरेको छ भने त्यहाँ पनि नाच्न जान्छ। लाखेलाई घरमा बोलाएर नचायो र पूजा गर्‍यो भने मुद्दामामिला छिटो टुंगिन्छ र परिवारमा आइपरेको दुःखसंकट दूर हुन्छ भन्ने विश्वास गरिन्छ।, कुमारी रथयात्रामा बाटो देखाउँदै, भीड पन्छाउँदै, अगाडि अगाडि नाच्दै हिँड्ने लाखे त तपाईंहरूले देख्नुभएकै होला! ऊ मजिपाः लाखे नै हो। तीन दिनको रथयात्रामा ऊ हरेक दिन रथको अगाडि अगाडि नाच्दै हिँड्छ। , येँया पुन्ही ,(इन्द्रजात्रा), को अन्तिम दिन यसिं ढालेपछि मजिपाः लाखेलाई लाखेघर भित्र्याइन्छ। , त्यसको दुई–तीन दिनपछि भव्य पूजा गरेर नासः द्यः ,(नाट्यश्वर), लाई रांगाको बलि चढाइन्छ। जात्रामा समावेश भएकाहरूलाई समय् बजी र भोज खुवाइन्छ। यही दिन रांगाको हरेक भागको मासु पकाएर लाखे आजुका नाममा भण्डार कक्षमा चढाउने चलन छ। राति सबै मान्छे मस्त निद्रामा रहेका बेला लाखे आजु र अरू लाखेहरू भण्डार कक्षमा आएर भोज खान्छन् भन्ने स्थानीयहरू विश्वास गर्छन्।, ‘त्यो रातभरि लाखेघरको भण्डारकक्षबाट अनेक आवाज आउँछ रे,’ राजीवले भने, ‘कसैले पनि त्यहाँ गएर हेर्न हुँदैन।’, भोलिपल्ट लाखेलाई चढाइएको मासु प्रसाद बाँड्ने चलन छ र यही दिन मजिपाः लाखेको रातो मुखौटालाई ढुंगाको गोप्य सन्दुकभित्र बन्द गरिन्छ। , र, लाखेको कोठामा साँचो लगाइन्छ।, अँध्यारो कोठाभित्र, ढुंगाको सन्दुकभित्र, एक्लै चुपचाप बस्दा मजिपाः लाखे के सोच्छ होला? के सम्झन्छ होला? के गुनगुनाउँछ होला? , तपाईंहरूले कहिले लाखे गुनगुनाएको सुन्नुभएको छ?, मैले सुनेको छु।, ऊ भन्छ — , ‘म मानव होइन।, म दानव पनि होइन।, म मानव हुन नसकेको दानव हुँ। , म दानव हुन नसकेको मानव हुँ।, म लाखे हुँ।’, सिंहासनमा मजिपा: लाखेको मुखौटा। तस्बिर: राजीव रञ्जितको फेसबुकबाट, गथामुग: चह्रेको साँझ पाटनमा मिप्वा: लाखे नाच प्रदर्शन गरिँदै। तस्बिर स्रोत: सुप्रिन्स शाक्य,  , लाखेका कथा- उनी नेवार होइनन्, को हुन्?
सेतोपाटी संवाददाता भ्रष्टाचार गरेको आरोपमा नेपाल बैंक लिमिटेड मलंगवा शाखाका सहायकसहित तीन जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ।, अख्तियारले सहायक पदमा कार्यरत सन्तोष बिक्रम शाहसहित तीन जनाविरूद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।, शाह सर्लाहीको ऋण फाँटका सहायक हुन्। , सर्लाहीको लालवन्दी नगरपालिकाको भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको र भवन बन्ने काम रोकिएको भन्ने उजुरी पछि अख्तियारले अनुसन्धान थालेको थियो।, अनुसन्धानमा नेपाल बैंक लिमिटेड मलंगवा शाखाको नक्कली अग्रिम भुक्तानी जमानत बनाइ ४२ लाख रुपैयाँ भुक्तानी लिएर सरकारी रकम हिनामिना गरेको अख्तियारको दाबी छ।, शाहले लोकबीर बेताली/पाँच कुमारी जे.भीका पार्टनरहरू अनिल गुप्‍ता र शिवनन्दन पासवानसगँको मिलोमतोमा ४२ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता रिसालले बताए। , उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारको ४२ लाख रुपैयाँ बिगो कायम गरी कैद सजायको मागदाबी गरेको छ। , अख्तियारले सहायक शाहविरूद्ध चार वर्षदेखि ६ वर्ष सम्मको कैद सजाय मागदाबी गरेको छ। साथै गुप्ता र पासवानलाई दुई वर्ष कैद सजाय दिन माग गरेको छ। , नेपाल बैंक लिमिटेड मलंगवाका सहायकसहित तीन जनाविरूद्ध अदालतमा भ्रष्टाचारको मुद्दा
सेतोपाटी संवाददाता नेपालकै जेठो त्रिचन्द्र कलेजको भवन जिर्णोद्धार गर्ने पहल नभएपछि विद्यार्थीहरुले धर्ना दिएका छन्। आइतबार घण्टाघर, कलेज परिसर अघि उनीहरुले धर्ना दिएका हुन्।, ०७२ सालको भुकम्पमा जिर्ण उक्त भवनको जोखिमलाई हेर्दै रातो स्टिकर टासिँएको थियो। भुकम्पको ६ वर्ष हुँदा पनि भवन निर्माण गर्ने सुरसार नभएपछि विद्यार्थी आफै सडकमा उत्रिएका थिए।, उनीहरुले धरहरा बन्यो त्रिचन्द्र कहिले?, त्रिचन्द्र कलेज मात्रै होइन यो हाम्रो इतिहास हो, त्रिचन्द्र बचाऔं, त्रिचन्द्र कलेजको यथाशिघ्र जिर्णोद्वार गर, पुनर्निर्माण विभाग कहाँ छ? भत्केको त्रिचन्द्र यहाँ छ लगायत नारा बोकेका थिए। , धर्नापछि उनीहरुले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीसमक्ष ज्ञापन पत्र पनि बुझाए। ज्ञवाली आफैं त्रिचन्द्रका पुर्व विद्यार्थी हुन्। उनले दुई÷तीन महिनामै काम सुरु गर्ने आश्वासन दिएका छन्।, ‘धरहरा बन्यो, त्रिचन्द्र बनाउने कहिले?’
सेतोपाटी संवाददाता नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी अमेरिका जान खोजेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।, सन् २०२०को अमेरिकाको डिभी नजितामा नाम निस्केका तर शैक्षिक योग्यता नपुगेपछि नक्कली प्रयोग गरी जान खोजेको आरोपमा ६ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो। , नाम निस्केपनि भिसा प्रकृयाको लागि आवश्यक कक्षा १२ को शैक्षिक योग्यताको कागजात उनीहरूले नक्कली बनाएर पेश गरेको आरोप छ।, पाल्पाका ३५ वर्षीय सुमितरत्न गुभाजु, मोरङका अमरबहादुर कटुवाल, नवलपरासीका ३० वर्षीय नरेश केसी, ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रेका ३३ वर्षीय दिप बिष्ट र काठमाडौंका सोहिली शाहीलाई प्रहरीले पक्राउ गरेको हो।, गोप्य सूचनाको आधारमा खटिएको महाशाखाको टोलीले शुक्रबार काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , उनीहरूले प्रयोग गरेको विभिन्न नक्कली प्रमाणपत्र समेत प्रहरीले बरामद गरेको उनले बताए। , साथै नक्कली शैक्षिक प्रमाणपत्र बनाउने काममा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भइरहेको महाशाखाले जनाएको छ।, उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ। ,  , अमेरिकाको डिभी पर्‍यो, नक्कली शैक्षिक प्रमाणपत्र बनाउँदा पक्राउ परे
सेतोपाटी संवाददाता बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आफूहरूले उठाएका माग १० दिनभित्र पूरा गर्न सरकारसँग माग गरेको छ।, काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै आयोजना सरोकार समितिका संयोजक हरेराम ढकालले दश दिनभित्र माग सुनुवाइ नगरे माइतीघर मण्डलमा निरन्तर धर्ना र प्रदर्शन गर्ने चेतावनी दिए।, गोरखा र धादिङको सीमाना बूढीगण्डकीमा एक हजार दुई सय मेगावाट क्षमताको आयोजना बनाउने भने पनि द्रुत गतिमा मुआब्जा वितरणका काम भएका छैनन्।, आयोजना निर्माणको काम पनि सुरू भएको छैन।, सरोकार समितिले स्थानीय बासिन्दालाई सोही क्षेत्रमा पुनर्वासको व्यवस्था गर्नसमेत माग गरेको छ।, यस्ता छन् मागहरू:, १. घर, गोठ, संरचना र बोटविरुवाको यथार्थ लगत संकलन गरियोस्, तत्काल मूल्य निर्धारण गरी वितरण गरियोस्। घर, गोठलगायतका भौतिक संरचनाको मुआब्जामा ह्रासकट्टी नगरियोस्।, २. मुआब्जा पाउन बाँकी जग्गाको तत्काल मुआब्जा वितरण गरियोस्।, ३. घरबस्ती भएको जग्गा (घडेरी) वा सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा समितिले तोकेकै बराबर प्रतिरोपनी ७ लाख ७३ हजार रुपैयाँ दिइयोस्।, ४. दर्ता छुट भएको जग्गालाई भोगचलनको आधारमा मुआब्जा वितरण गरियोस्।, ५. सुकुम्बासी र ऐलानी जग्गामा बसोबास गर्नेलाई मन्त्रिपरिषदको निर्णयअनुसार मापदण्ड बनाएर तत्काल मुआब्जा दिइयोस्।, ६. जिल्ला मुआब्जा समिति गोरखा र धादिङले मुआब्जा निर्धारण गर्दा मन्त्रिपरिषदलाई सिफारिस गरेका बुँदाहरु मन्त्रिपरिषद बैठकबाट पारित गरी कार्यान्वयन गरियोस्।, ७. मुआब्जासँग सम्बन्धित गुनासो तथा उजुरी तत्काल सुनुवाइ गरी डुवान क्षेत्रभित्र परेका सबै जग्गाको मुआब्जा पाउने सुनिश्चित गरियोस्।, ८. मुआब्जा निर्धारण समितिको निर्णयअनुसार ५ रोपनीभन्दा कम जग्गा हुनेलाई मुआब्जामा १५ प्रतिशत र १० रोपनी भन्दा कम जग्गा हुनेलाई मुआब्जामा १० प्रतिशत थप रकम दिइयोस्।, ९. पुनर्वास, पुनर्स्थापनाको ग्यारेन्टी गरियोस्। डुवान क्षेत्रका वासिन्दालाई हाल बसोबास गरिरहेकै वडामा पुनर्बास गर्ने गरी उपयुक्त र पायक पर्ने स्थानमा जग्गा रोक्का गरियोस्।, १०. डुवान क्षेत्रका वासिन्दाको सेयर स्वामित्व सुनिश्चित हुने गरी बुढीगण्डकी आयोजनाको निर्माण मोडालिटी टुंगो लगाई निर्माण अघि बढाइयोस्।, ११. बूढीगण्डकी जलविद्युत आयोजनाले जनताले पाएको मुआब्जामा अनियमित रुपले पुँजीगत लाभकर भन्दै कानुनी मापदण्ड विपरीत जनताको पैसा कटाई वितरण गरेको हुँदा सो फिर्ता गरियोस्।, १० दिनभित्र सरकारले माग पूरा नगरे बूढीगण्डकी सरोकार समितिले आन्दोलन गर्ने
सेतोपाटी संवाददाता झापाको बिर्तामोडमा एक व्यक्तिको हत्या भएको छ। , बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा डेरा गरी बस्ने कचनकवल गाउँपालिका वडा नम्बर ३ का बाबुलाल भनिने ५० वर्षीय भात्रु राजवंशीको आइतबार हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। , अटो रिक्सा चालक राजवंशीको शव भुइँमा लडेको अवस्थामा फेला परेको थियो। अनुहारमा चोटपटक देखिएको हुँदा हत्या नै भएको थापाले बताए। , इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले घटनास्थल सिल गरेर अनुसन्धान सुरू गरिएको बताए। मृतकका १५ वर्षीय छोरा देव नारायणले आफ्ना कान्छा काका रतनलाल राजबंशीले बुवाको हत्या गरेको प्रहरीसमक्ष बताएका छन्। , हत्याको आरोप लागेका मृतकका भाइ फरार छन्। उनले आफ्ना ९ वर्षीय छोरालाई लिएर साइकल चढेर फरार भएको प्रहरीले बताएको छ।, ‘छोराले काकाले हत्या गरेको भनेका छन्। अहिले उनी फरार छन् हामी खोज्दैछौं,’ थापाले भने। , उनका अनुसार भात्रुमाथि कुटपिट गरी हत्या गरिएको थियो।, प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। ,  , बिर्तामोडमा अटो रिक्सा चालकको हत्या, भाइ फरार
सेतोपाटी संवाददाता स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुले जावलाखेलस्थित कार्यालयमा तालाबन्दी गरेका छन्। संस्थागत सुदृढीकरण, कर्मचारीहरुको पेशागत सुरक्षा र वृत्ति विकासको सुनिश्चिततालगायत विभिन्न माग राखेर कर्मचारीहरुले तालाबन्दी गरेका हुन्।, नेपालमा एनजिओहरुको प्रश्रय गर्नका लागि यो सब भइरहेको आन्दोलित कर्मचारीका तर्फबाट सन्तलाल श्रेष्ठले जानकारी दिए। उनले तत्कालीन मन्त्री लालबाबु पण्डितदेखि हृदश त्रिपाठीसम्म यसको भागिदार भएको आरोप लगाए।, उनले तत्कालीन मन्त्रीहरुले आफूहरुले माग उठाउँदा तिम्रो जागिर खाइदिन्छु, तिमीलाई दुर्गम जिल्लामा सरुवा गरिदिन्छु भन्दै धम्की आएकोसमेत गुनासो गरे। 'नेपालमा कसरी एनजिओलाई प्रश्रय गर्न सकिन्छ भनेर हाम्रो संस्थालाई कब्जा गरिएको छ। त्यसबारे विरोध गर्दा हामीलाई जागिर खाइदिने, हुम्ला, जुम्लामा सरुवा गरिदिने धम्कीसमेत उहाँहरुले दिनुभयो,' प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने। , त्यस्तै अनुसन्धान अधिकृत टापेन्द्र रिजालले प्रतिष्ठानका कर्मचारीहरुले आफ्ना समस्यहरुबारे पटक-पटक मन्त्रालयलाई जानकारी गराएको बताए। उनले मन्त्रालयका सचिवले आफूहरुले भोग्दै आएको समस्याबारे प्रतिवेदन बनाएर ल्याउन भनेको र त्यसैअनुरुप प्रतिवेदन पेश गर्दासमेत समस्याको सुनुवाई नभएको उनले बताए। कर्मचारीहरुले आफ्नो माग पूरा नभएसम्म तालाबन्दी र आन्दोलन जारी रहने बताएका छन्।, यी हुन् कर्मचारीहरुले राखेको माग, कर्मचारीहरुले प्रतिष्ठानको कार्यक्षेत्र तथा भूमिकाको खाका तयारी गरी मन्त्रालयसँग यथाशिघ्र छलफल गराई विद्यमान ऐन नियम बमोजिम कार्य सुनिश्चित गर्ने, प्रतिष्ठान ऐन तथा नियमावली नयाँ बनाउनुभन्दा विद्यमान ऐन तथा नियमावली कार्यक्षेत्र नघट्ने गरी समय सापेक्ष संशोधन गर्नुपर्ने, प्रतिष्ठानलाई संघ र प्रदेशका माननीय सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि एवं मनोनीत तथा निर्वाचित पदाधिकारीहरुका लागि क्षमता विकासकोफ केन्द्र बनाउनुपर्ने माग गरेका छन्।, त्यस्तै महाशाखा प्रमुखहरुबाट प्रतिष्ठानको हित तथा कार्यकरत कर्मचारीहरुको समग्र पेशागत सुरक्षा, वृत्ति विकास, प्रतिष्ठानको कार्यक्षेत्र, कर्मचारी व्यवस्थापन, मन्त्रालयसँग समन्वयलगायतका कार्यहरुमा पदीय जिम्मेवारी बहन गर्न नसकेको हुँदा कर्मचारीहरुको व्यापक असन्तुष्टि रहेकाले उक्त महाशाखाहरु कार्यकारी स्वयंले जिम्मा लिइ कर्मचारीहरुका बीच छलफल गराई उचित कदम चाल्नुपर्ने, प्रतिष्ठानको संगठन संरचना स्पष्ट नहुँदा कर्मचारीहरुको दरबन्दी, कार्यविवरण तथा शाखा महाशाखाको कार्य जिम्मेवारीहरुको तय हुन नसकेकाले तुरुन्तै समाधान गर्नुपर्ने माग गरिएको जारी विज्ञप्ति उल्लेख छ।, त्यस्तै विगत ११ वर्षदेखि अवरुद्ध भएको प्रतिष्ठानको पदपूर्ति र कर्मचारीहरुको वृत्ति विकासका कामहरु तुरुन्त गर्नुपर्ने, प्रतिष्ठानमा लामो समयदेखि कार्यरत अस्थायी तथा करारका कर्मचारीहरुको पेशागत सुरक्षा (करार कोष आदिसमेत) गर्नुपर्ने माग गरिएको छ।, त्यस्तै कर्मचारी प्रशिक्षण प्रतिष्ठानबाट हुँदै आएको संघीय सरकारका राजपत्रअनंकित कर्मचारीहरुको सेवाकालीन प्रशिक्षण यसै प्रतिष्ठानबाट मात्र सञ्चालन गर्न मन्त्रिपरिषद्को निर्णय भएको हुँदा सोहीअनुसार कार्यान्वयनका लागि मन्त्रालयबाट स्पष्ट निर्देशन प्राप्त हुनुपर्ने, प्रतिष्ठानले सञ्चालन गर्दै आइरहेको स्थानीय तहका अधिकृत कर्मचारीहरुको सेवाकालीन प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरिएको छ।, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा तालाबन्दी
रासस भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ।, कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो। त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम रोकेका भने छैनन्।, रुपन्देहीका होटलमा मात्र झण्डै रु २५ अर्बको लगानी छ। यहाँ साना ठूला गरी दुई हजार ५०० होटल छन्। त्यसमध्ये १५० भन्दा बढी स्तरीय होटल सञ्चालनमा रहेको होटल व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए।, उनकाअनुसार अन्तरराष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनपछि यहाँको पर्यटन व्यवसाय फस्टाउने अपेक्षाले यो क्षेत्र लगानीकर्ताका लागि आकर्षणको केन्द्र बनेको छ। पछिल्लो दुई वर्षमा यहाँ एक सय होटल थपिएका छन् तर कोरोना भाइरस महामारीका कारण यहाँ सञ्चालनमा रहेका पर्यटन व्यवसाय भने धरासायी बन्दै गएको अध्यक्ष गौतमको भनाइ छ।, लुम्बिनी सांस्कृतिक नगरपालिकामा मात्रै साना ठूला गरी १२४ होटल तथा रेष्टुरेण्ट छन्। तीन वटा होटल निर्माणाधीन अवस्थामा छन्। कोरोनाको असरले लामो समय बन्द गर्नुपरेपछि कतिपय व्यवसायीले होटल बिक्री गरेका छन्। होटलको चर्को ब्याज तथा कर्मचारीलाई पारिश्रमिक दिन समस्या भएपछि केही सञ्चालक होटल छाडेरसमेत हिँडेका छन्।, पर्यटनसँग जोडिएका होटल, ट्राभल एजेन्सी तथा अन्य साना व्यवसायसमेत प्रभावित भएका छन्। लुम्बिनी क्षेत्रमा सम्पन्न भएका र अन्तिमचरणमा रहेका केही ठूला पूर्वाधारका कारण यहाँ पर्यटनको अपार सम्भावना देखेर हौसिएका लगानीकर्ता यतिखेर निराश छन्।, केही विदेशी र अधिकांश ठूला स्वदेशी लगानीकर्ताले निर्माण गरेका तारे होटल पनि अहिले खाली छन्। कोरोना महामारीका कारण लामो समय बन्द भएका होटल पहिलेकै अवस्थामा सञ्चालन गर्ने अवस्था छैन।, कोरोना भाइरस सङक्रमण पछिको अवस्थामा होटल स्यानिटाइजेसन, शुद्ध र शक्तिबद्र्धक खानाको छनोट जस्ता विषयमा पर्यटन व्यवसायी र कर्मचारीलाई प्रशिक्षण आवश्यक छ। यस्ता विषयमा ध्यान पुर्‍याएर आतिथ्य दिँदा पर्यटकमा सकारात्मक सन्देश जाने भएकाले सरकारले प्रशिक्षण तथा अभिमूखीकरण कार्यक्रमको आयोजना गर्न लुम्बिनी होटल सङ्घका महासचिव लीलामणि शर्माको आग्रह छ।, अहिले दैनिक एक हजारको हाराहारीमा पर्यटक लुम्बिनी घुम्न आए पनि दिनभर घुमेर रात नबिताइ फर्किंदा यहाँँका पर्यटन व्यवसायीले लाभ लिन नसकेको लुम्बिनी होटल व्यवसायी सङ्घका महासचिव शर्मा बताउँछन्।, ‘कोरोना सङ्क्रमणका कारण आन्तरिक पर्यटकले रात बितााउँँदैनन्, विदेशी पर्यटक आउन चाहेर पनि पाएका छैनन्, पोल्यान्ड, फ्रान्स, जर्मनी, इटलीलगयतका देशका पर्यटक बुद्धजन्मस्थल आउन इच्छुक छन्, फोन गरेरै अन्तरराष्ट्रिय उडान खुल्ने वित्तिकै आउँछौं भनेका छन् तर महामारी नहटेसम्म आउने अवस्था छैन’, उनले भने।, भर्खरै सम्पन्न भएर परीक्षण उडानको तयारीमा रहेको गौतमबुद्ध विमानस्थल, बुटवल– भैरहवा तथा भैरहवा–लुम्बिनी–तौलिहवा चार लेन सडक, वेथरी–वेलवास चार लेन सडक र निर्माणाधीन बुटवल–नारायणगढ छ लेन सडक, बुटवलमा निर्माणाधीन अन्तरराष्ट्रिय सभाहल र प्रदर्शनी केन्द्र, लुम्बिनीमा पाँच हजार क्षमताको सभाहललगायतका ठूला पूर्वाधारले यहाँ लगानीकर्ताको ध्यान तानिएको हो।, भैरहवादेखि सात किलोमिटर उत्तर चिल्हियामा बाउन्नकोटी सामुदायिक वन नजिकै रु पाँच अर्बभन्दा बढी लगानीमा टाइगर प्यालेस पाँचतारे होटल सञ्चालनमा छ। कोरोना महामारीका कारण लामो समय बन्द अवस्थामा रहे पनि यो होटल यस क्षेत्रको ठूलो होटलका रुपमा रहेको छ।, व्यवसायी पवन हलुवाईसहितको रु तीन अर्ब लगानीमा लुम्बिनीमा अर्को पाँचतारे पवन प्यालेस इन्टरनेसनल होटल सञ्चालनमा छ। यसैगरी डेढ अर्बभन्दा बढी लगानीमा पाँचतारेस्तरको लुम्बिनीमै बुद्धमाया र जापानी नागरिक नोबुओ कासाईको करिब डेढ अर्ब बढी लगानीमा अर्को पाँचतारे होटल कासाई पनि सञ्चालनमा छ।, त्यसैगरी लुम्बिनीमै एक अर्बभन्दा बढी लगानी रहेको होटल होक्के, लुम्बिनी गार्डेन र न्यु क्रिस्टल होटल पनि सञ्चालनमा छन्। भैरहवा परासी सडकखण्डको वसन्तपुरमा रहेको बोधी रेडसन होटलमा पनि एक अर्बभन्दा बढी लगानी रहेको छ।, मणिग्राममा एक अर्बभन्दा बढी लगानीमा ड्रिम ल्यान्ड गोल्ड रिसोर्ट सञ्चालनमा छ। यसैगरी लुम्बिनीमै होटल जाम्बला, बुद्धमाया प्यालेस, ब्याम्बो रिसोर्टजस्ता ५० करोडभन्दा बढी लगानीका सुविधासम्पन्न होटल सञ्चालनमा छन्।, लुम्बिनीमै आनन्द ईन, लिटल बुद्ध, पिस ल्यान्ड, लुम्बिनी गेस्ट हाउस, मायादेवी गेस्ट हाउस, सिद्धार्थ गेस्ट हाउस, होटल अशोकाइन, आकाश इन्टरनेसनल, स्तुप, शाक्य गेस्ट हाउस, होली बर्थ, मिराजइन, आदर्शइन, हाम्रो गेस्ट हाउस, लुम्बिनी ग्रिन भ्यु, सेभेनस्टप गेस्ट हाउस, बेबिलोन, सुरम्मा, बुद्ध इन्टरनेसनल, बुद्ध प्यालेस, सनफ्लावर, बुद्ध रेजेन्सी, जयबुद्धजस्ता ७० भन्दा बढी पर्यटकीय होटल सञ्चालनमा छन्।, लुम्बिनीका होटलमा मात्रै एक रातमा १० हजार बढी पर्यटकलाई राख्न सकिने क्षमता छ। पछिल्लो समय करिब एक अर्ब लगानीमा छपियामा होटल लुम्बिनी पिस प्यालेस र ५० करोडभन्दा बढी लगानीमा बुटवलमा होटल फ्लामिङ्गो सञ्चालनमा आएका छन्।, यी दुबै होटल कोरोना महामारीकैबीच सञ्चालनमा आएका हुन्। त्यसैगरी रु ५० करोड हाराहारी लगानीमा भैरहवाको होटल नान्स, होटल निर्वाणा, बुटवलमा ४० करोड बढी लगानीका क्लब डेनोभो, होटल एभिन्यु, डारसिस, टुलिप, महाराजा, दरबार लन्जलगायतका होटल सञ्चालनमा छन्।, भैरहवामा पाँच करोडभन्दा माथि लगानी गरिएका होटल यती, अशोका, पौवा, क्यासल, ह्वाइट लोटस, सिटी म्याक्स, सिटी सेन्टर, लाकौल इन, होटल लाकौल, एसआर, प्रकाश एण्ड प्रकाश, पटवा बैंकक्वेट, जोशी, सिटी सेन्टर, माउन्ट एभरेस्ट, मानसरोवर, ममता, कोटिहवाको यती पार्टी प्यालेस, पवन इन्टरनेसनल र मणिग्राममा होटल मदानी सञ्चालनमा छन्।, बुटवलमा रु पाँच करोडभन्दा बढी लगानीका आरम्भ रिसोर्ट, सिद्धार्थ कटेज, लक्ष्मी होटल, दरबार होटल, न्यु इरा, सिन्दूर, एसियन, आम्रपाली कटेज, दियालो, मिराज, बृन्दाबन छन्।, छपियामा एक जना कृषकले रु २० करोडको लागतमा फिस रिसोर्ट सञ्चालन गरेका छन्। टेकनाथ बस्यालले डाइभरटोलमा ८५ फिट अग्लो १५ करोडको लागतमा निर्माण भएको शङ्कर टावरमा होटल एसआर सञ्चालन गरेका छन्।, अजय चौधरीले कानपारामा करोडौंँ रुपैयाँको लगानीमा एग्रो रिसोर्ट सञ्चालन गरेका छन्। बर्षेनी झण्डै १६ लाख पर्यटकले भ्रमण गर्ने लुम्बिनीमा दुई वर्षदेखि विदेशी पर्यटकको सङ्ख्या शून्य सरह छ। सबैभन्दा धेरै पर्यटक भित्रिने श्रीलङ्का, थाइल्याण्ड, म्यानमार र चीनबाट पर्यटक आउन चाहेर पनि पाएनन्।, कोरोना महामारीका बाबजुद छिमेकीमूलुक भारत हुँदै श्रीलङ्काबाट तीन जना म्यानमारबाट एक जना र चीनबाट ३२ जना पर्यटक लुम्बिनी आए। बुद्धको जन्मस्थल भएका कारण आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने अपेक्षाले यहाँ लगानी गर्न लगानीकर्ता हौसिन्छन् तर लगानीकर्ताको लगानी गर्दाको उत्साह पर्यटक आगमन कम भएपछि निराशामा परिणत भइदिन्छ।, जग्गा किनेर होटल बनाएकाको छोड्ने अवस्था छैन तर भाडामा लिएका कतिपयले भने किनबेच गरिहेका छन्।, सरकारले पर्यटकीय गन्तव्यका सडक चार लेनमा विस्तार गर्ने, चीनको रेल केरुङबाट काठमाडौँ, पोखरा हुँदै लुम्बिनी ल्याउने, भारतबाट काठमाडौँसम्म रेल ल्याउने, थप तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नेलगायत महत्वाकांक्षी योजना सार्वजनिक गरेपछि मुलुकमा पर्यटनको लहर आउने विश्वासले पनि लगानीकर्तालाई होटल व्यवसायमा आकर्षित गरिदियो तर लगानी उठाउन सक्ने अवस्था नहुँदा व्यवसायी निराश छन्।, पर्यटन नीतिमा पर्यटन उद्योगको क्षेत्रमा उत्पन्न हुने विषम तथा असहज परिस्थितिमा पर्यटन उद्योगलाई व्यावसायिक रूपमा सञ्चालन गर्न विशेष सहुलियतसहितको राहत प्याकेज कार्यक्रम लागू गरिने भनिए पनि अहिलेसम्म केही नपाएको व्यवसायी गुनासो गर्छन्।, कोरोनाका कारण व्यवसायीले बैंकको ब्याज तिर्न सक्ने अवस्था नभएकाले बैंकको ब्याजमा सहुलियत दिनुपर्ने र पुनः कर्जाको व्यवस्था गरिदिनुपर्ने पर्यटन व्यवसायी अकरामुद्धिन खानको भनाइ छ।, पर्यटन नीतिमा नेपालका धार्मिक पर्यटकीय गन्तव्यलाई आध्यात्मिक एवं तीर्थाटनको केन्द्रको रूपमा विकास गरी त्यसमा नियमन गरिने, भगवान् गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्म, दर्शन एवं अन्तर्राष्ट्रिय शान्ति र आध्यात्मिक शान्ति केन्द्रको रूपमा विकास गरी विश्वव्यापी प्रवद्र्धन गरिने उल्लेख छ।, यसैगरी बुद्धको जीवनीसँग सम्बन्धित लुम्बिनी आसपासका क्षेत्र (तिलौराकोट, रामग्राम, देवदह, कोटीहवा, निग्लिहवा, सगरहवा, अरौराकोट, कुदान, सिसानिया) लाई बौद्ध उपपरिपथका रूपमा एकीकृत विकास एवं प्रवर्द्धन गरिने उल्लेख छ तर यी स्थलमा पर्यटनमैत्री संरचना र पूर्वाधार निर्माणका काम नहुँदा अधिकांश पर्यटक लुम्बिनीबाटै फर्कने गरेका छन्।, (निरा गौतम), लुम्बिनीमा २५ अर्ब लगानीका होटल छन् तर पर्यटक छैनन्
सेतोपाटी संवाददाता रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।, रोल्पा नगरपालिका वडा नम्बर १० थवाङमा गए राति पहिरोले घर पुरिँदा ५ वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।, प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार करिब दुई सय मिटर माथिबाट आएको पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको हो।, ‘बच्चा र वृद्धाको शव फेला परेको छ,’ प्रनाउ सुवेदीले सेतोपाटीसँग भने।, मृत्यु भएकाहरूको नाम खुलेको छैन। पहिरोमा परेर दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार उनीहरू सामान्य घाइते छन्। मृत्यु भएका दुई जना एकै परिवारका हुन्।, पहिरोले एक घर पूर्ण रूपमा र दुई घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।, रोल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका दुईको मृत्यु, दुई घाइते
एजेन्सी इजरायलमा पछाडिपट्टि टाउको जोडिएर जन्मिएका दुई जना जुम्ल्याहाको सफल शल्यक्रिया गरिएको छ।, इजरायलको सोरोका मेडिकल सेन्टरमा एक वर्षकी ती जुम्ल्याहाको आइतबार सफल शल्यक्रिया गरिएको छ। शल्यक्रियापछि पहिलो पटक उनीहरूले एक-अर्काको अनुहारमा हेरेका छन्।, १२ घन्टा लामो शल्यक्रिया गर्न इजरायल र विदेशका विशेषज्ञ चिकित्सकहरू खटिएका थिए।, ‘यो निकै दुर्लभ र कठिन शल्यक्रिया हो। संसारभरि यस्तो शल्यक्रिया अहिलेसम्म २० पटक भएको छ भने इजरायलमा पहिलो पटक गरिएको हो,’ सोरोकाका पेडियाट्रिक न्युरोसर्जन प्रमुख माइकी गिडोनले भनेका छन्।, शल्यक्रियापछि दुबै जनाको स्वास्थ्य सुधार हुँदै गएको छ।, ‘दुबै जनाले मजाले सास फेरिरहेका छन् र खाना पनि खाइरहेका छन्,’ सोरोकाको प्लास्टिक सर्जरी विभागका प्रमुख एल्डाड सिल्बरस्टेनले भनेका छन्।, सन् २०२० को अगस्टमा जन्मिएका यी दुई जना जुम्ल्याहाले अब सामान्य जीवन बाँच्न सक्ने डाक्टरहरूले आशा गरेका छन्।, अब एक-अर्काका आँखामा हेर्न सक्छन् उनीहरू
सेतोपाटी संवाददाता प्रधान सेनापति पूर्णचन्द्र थापाको बिदाइ गरिएको छ। सैनिक मुख्यालय जंगीअड्डामा आइतबार थापाको सम्मानमा बिदाइ कार्यक्रम नै गरिएको थियो।, थापा तीन वर्षे कार्यकाल सकेर बिदाइ भएका हुन्। भदौ २४ पछि प्रधान सेनापति प्रभुराम शर्मा हुनेछन्। थापा ४१ वर्ष ८ महिना २२ दिन सैनिक जीवन बिताएर बिदाइ भएका छन्। थापाको कार्यकाल भदौ २४ मा सकिन्छ। , सरकारको सिफारिसमा शर्मा प्रधान सेनापति नियुक्त भइसकेका छन्। भदौ २४ सम्म भने उनी कामु प्रधान सेनापति हुनेछन्।, बिदाइ समारोहमा थापाले संगठनभित्र अघि सारेका मार्गचित्रका कारण सामूहिक भावना र प्रयास अगाडि बढेको बताएका थिए।, बिदाइ कार्यक्रममा रक्षा मन्त्रालयका सचिव वेगेन्द्रराज पौडेल पनि उपस्थित थिए। उनले प्रधानसेनापति थापाले संगठनको गौरव र शिर उचो बनाउन सफल भएको बताए।, कामु प्रधानसेनापति शर्माले अग्रजले थालनी गरेका असल र महत्वपूर्ण कार्यलाइ उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। , तस्बिरहरू:, प्रधान सेनापति थापाको बिदाइ (तस्बिरहरू)
सेतोपाटी संवाददाता अविरल वर्षापछि आएको बाढीले रोल्पामा एउटा बस बगाएको छ।, मर्मतका लागि ग्यारेजमा राखिएको स्कुल बस बगाएको प्रहरीले जनाएको छ।, सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ सुलिचौर बजारमा मर्मतका लागि उक्त बस राखिएको थियो।, ग्यारेजमा राखिएको रा १ प २०६८ नम्बरको बस गए राति बाढीले बगाएको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बाढीले बगाएको बसको खोजी कार्य गरिराखेको बताए।, फगाम खोलामा आएको बाढीले उक्त बस बगाए पनि अहिलेसम्म फेला परेको छैन। उक्त बस सनलाइट बोर्डिङ स्कुलको हो।, रोल्पा र प्युठानका प्रहरी मिलेर बस खोज्ने काम भइरहेको छ।, बाढीले बगायो मर्मतका लागि ग्यारेजमा राखेको बस
सेतोपाटी संवाददाता अविरल वर्षापछि आएको बाढीले रोल्पामा एक जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ।, बाढीले नहर पुर्दा आयोजनाको विद्युत उत्पादन बन्द भएको छ।, सुनछहरी गाउँपालिका वडा नम्बर ७ जेलवाङ्स्थित नौंबाङ खोलाको आयोजना बन्द भएको हो।, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले गए राति आयोजनाको ५० मिटर नहरमा बाढी क्षति पुर्‍याएपछि  विद्युत् उत्पादन बन्द भएको बताए।, त्यस्तै गए राति बाढीले स्थानीय भागिराम रोकाको गोठसहित तीन वटा गोरू बगाएको उनले बताए। बाढीले बगाएका गोरू फेला परेको छैन।, बाढीले नहर पुरेपछि नौंबाङ जलविद्युत् आयोजनाको उत्पादन बन्द
सेतोपाटी संवाददाता अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ।, गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ।, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेको र मानिसहरू उद्धार गरिएको बताए।, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार राति साढे २ बजेदेखि पानी पर्न थालेको हो।, उनका अनुसार राति साढे २ बजेदेखि बिहान छ बजेसम्म त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन भएको छ।, भारी वर्षा भएसँगै बागमती नदीमा जल सतह बढेको छ। नदीछेउका बस्तीहरूमा डुबान भएको छ।, मौसमविद् अर्यालका अनुसार अहिले बागमती प्रदेशभरि वर्षा भइरहेको छ। केही घन्टाअघि लुम्बिनी र गण्डकी प्रदेशका पनि अधिकांश ठाउँमा पानी परेको थियो।, काठमाडौंमै बाढी: ३८२ घर डुबानमा, १३८ जनाको उद्धार
नारायण खड्का रूकुम पश्चिमकको सिस्ने हिमाल बालगृहमा बस्दै आएकी एक १२ वर्षीया बालिकालाई बालगृह सञ्चालकका छोरा रवि भनिने कुस्माकर चनाराले बलात्कार गरेको पाइएको छ। , बलात्कारमा परेकी ती बालिकाको पेटमा १० साताको गर्भ रहेको आठबीसकोट नगर अस्पतालको स्वास्थ्य रिपोर्टबाट खुल्न आएको हो। , आठबीसकोट नगरपालिका- ११ स्थित सिस्ने हिमाल बालगृहमा बस्दै आएकी ती बालिकाले बालगृह सञ्चालकका छोराले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन्।  , बालिकाले दिएको जाहेरीमा हाल काठमाडौं बस्दै आएका चनाराले आफूलाई पटक/पटक बलात्कार गर्दै आएको उल्लेख छ।  , २०७७ र २०७८ सालको लकडाउनको समयमा रविले आफूमाथि जबरजस्ती करणी गरेको र कतै भनेमा ज्यान मार्ने धम्की दिएकाले आफूले कसैलाई यसबारे केही भन्न नसकेको उनको जाहेरीमा उल्लेख छ। , रविकै लगातारको बलात्कारले गत असारदेखि आफ्नो महिनावारी बन्द भएको बालिकाले प्रहरीमा उजुर गरेकी हुन्। , रवि आठबीसकोट नगरपालिका-१० का वडाध्यक्ष गंगाराम चनाराका छोरा हुन्। सिस्ने हिमाल बालगृह रविकी आमा सुनिता चनाराले चलाउँदै आएकी छन्।, अनाथ, असहाय र टुहुरा बालबालिकाको संरक्षण गर्न भनेर खोलिएको उक्त बालगृहको उद्घाटन नेकपा माओवादीका नेता एवं अर्थमन्त्री जर्नादन शर्माले गरेका थिए। स्रोतका अनुसार ती बालिकालाई धर्मछोरी बनाएर शर्माले नै उक्त बालगृहमा संरक्षण तथा शिक्षा-दिक्षाका लागि भनेर २०७४ सालदेखि राखेका थिए।, बालगृह सञ्चालक सुनिता चनाराले आफूहरूलाई विभिन्न खाले श्रमशोषण समेत गर्ने गरेको बालिकाले बताएकी छन्। बालिकाका अनुसार चनाराले आफ्नो ओखर खेतीमा, कुखुरा फार्म लगायतमा काम लगाउने गरेकी छन्।, कुखुराको खोरमा दाना हाल्न गएको समयमा रविले आफूलाई पछाडिबाट समातेर मुख थुनी पहिलोपटक जबरजस्ती करणी गरेको बालिकाको जाहेरीमा उल्लेख छ। , पेटमा गर्भ रहेको थाहा भएपछि आठबीसकोट नगरपालिकाको न्यायिक समितिकी संयोजक गीता नेपालीले बालिकालाई अस्पताल पुर्‍याएर जाँच गराउने तथा पीडकविरूद्ध प्रहरीमा निवेदन दिन सघाएकी थिइन्। , जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले हाल काठमाडौंमा बस्दै आएका २२ वर्षीय रविको खोजी तीव्र पारेको जनाएको छ।, बालगृहमा बस्दै आएकी १२ वर्षीया बालिकाको पेटमा १० हप्ताको बच्चा
सेतोपाटी संवाददाता भरुवा बन्दुक बनाएर बेचबिखन गरेको आरोपमा प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बेलबारी नगरपालिका-१ का ५२ वर्षीय आशबहादुर लिम्बु छन्।, उनलाई आइतबार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए। उनका अनुसार लिम्बुले आफ्नो घरमा भरुवा बन्दुक बनाउने ‘कारखाना’ नै सञ्चालन गरेका थिए।, लिम्बुलाई उनको घरबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पासो भएको बन्दुक १ थान, बारुद १ किलो, हरिणको सिङ ५ थान, बन्दुकको नाल सफा गर्ने रड १ थानसहित पक्राउ गरिएको जिसीले बताए।, यसैगरी, फलामको काँजो ३ थान लगायत बन्दुक बनाउन प्रयोग हुने औजार पनि बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय बेलबारीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताइएको छ। , बेलबारी तथा आसपास क्षेत्रमा वनजंगल छ। लिम्बुले सिकार गर्नेहरूलाई बन्दुक बेचबिखन गर्ने गरेको अनुमान प्रहरीको छ। , भरुवा बन्दुक बनाएर बेचबिखन गरेको आरोपमा एक पक्राउ
तारानाथ आचार्य पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरूद्ध हुँदा साविकको धौलागिरिका चार जिल्लामा इन्धन र उपभोग्य वस्तुको अभाव हुन थालेको छ।, लामो समय ढुवानी रोकिँदा पेट्रोलियम पदार्थ, फलफूल तथा तरकारी लगायतका सामग्रीको अभाव हुन थालेको हो। , वैकल्पिक मार्ग नभएका कारण गत शुक्रबारदेखि डिजेल र पेट्रोल बोकेका ट्यांकर पर्वतको मोदी गाउँपालिका-५ पातीचौरमा रोकिएका छन्।, लामो समयका लागि सञ्चित गर्ने व्यवस्था नहुने र बाहिरबाट ल्याउन रोकिँदा भएको सञ्चितीले नधान्ने व्यवसायी बताउँछन्।, 'अझै १/२ दिन डिजेल मिलाएर वितरण गरे पुग्ला तर पेट्रोल सकियो', गण्डकी धौलागिरि पेट्रोलियम डिलर एसोसियसनका सदस्य हरिबाबु सापकोटाले भने, 'एकै पटक धेरै राख्दा पेट्रोलियम पदार्थ टिक्दैन, स्टोर नभएका कारण अभाव हुने देखिएको हो।', खाद्यान्न लगायतका अन्य सामग्रीमा भने समस्या नरहेको व्यवसायीहरूले बताएका छन्।, सडक अवरूद्ध हुँदा उपचारका लागि पोखरा पुग्ने र अन्य काम विशेषले जानेहरू पर्वतको कार्कीनेटा हुँदै स्याङ्जाको बाटो आउजाउ गर्न थालेका छन्।  , बागलुङमा फलफूल र तरकारी बजारमा ठूलो मार परेको छ। पोखराबाट ल्याइने फलफूल र तरकारी सडकका कारण ढुवानी गर्न नसकिएको व्यवसायी मधु केसीले बताइन्।, 'तीज नजिकिँदै तर मौज्दात छैन', केसीले भनिन्, 'बजारमा स्याउ, केरा फाटफुटमात्रै देखिन थालेको छ।', स्थानीय उत्पादन कम हुने सिजन भएकाले धौलागिरिका बजार क्षेत्रमा तरकारीसमेत पोखराबाट आउने गरेको छ।, सडक बन्द हुँदा स्थानीय उत्पादनले बजारको माग धान्न गाह्रो रहेको व्यवसायी कृष्णप्रसाद भट्टराईले बताए।, 'पोखराबाट आउने बाटो धेरै दिन बन्द हुने देखियो, विकल्प छैन', उनले भने 'बुटवलबाट गलकोट हुँदै बागलुङ बजारमा फलफूल ल्याउने तयारीमा छौं।' , घुमाउरो बाटोबाट ल्याइएका फलफूल तथा तरकारीबाट उपभोक्ता भने मारमा पर्ने छन्। अहिले बजारमा चलेको मूल्यभन्दा फलफूल तरकारीको मूल्य ढुवानीका कारण वृद्धि हुने उनले बताए।, चाडपर्वका बेला फलफूलको खोजी धेरै हुने भएकाले घुमाउरो बाटो भए पनि ढुवानी थालेको उनले जानकारी दिए। , निर्यातमा पनि समस्या, पहिराका कारण सडक अवरूद्ध हुँदा बागलुङ, पर्वत लगायतका जिल्लाबाट उपभोग्य वस्तुको निर्यातमा समस्या भएको छ। मुस्ताङको आलु, बागलुङ ताराखोलाको आलु, खसीबोका र दूधको ढुवानीसमेत रोकिएको हो।, बागलुङको दक्षिण क्षेत्रमा उत्पादन हुने दूध पोखरा पुग्थ्यो। पर्वतको फलेवास र कुश्मा नगरपालिकाका केही गाउँबाट समेत पोखरा निर्यात हुने दुध शुक्रबारदेखि रोकिएको छ। लामो समय उत्पादित वस्तु बजार पठाउन नपाउँदा किसान मर्कामा छन्। ,रासस,  , पहिराले सडक बन्द हुँदा इन्धन र उपभोग्य वस्तुको अभाव
सेतोपाटी संवाददाता पाँचथर मिक्लाजुङ गाउँपालिका-२ लक्ष्मीचौकमा ट्याक्टरले किच्दा सह-चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही ठाउँका २९ वर्षीय अविषेक आङदेम्बे रहेका छन्।, आइतबार दिउँसो लसुने खोलाबाट ढुंगा लोड गरी आउँदै गरेको प्रदेश नम्बर १-०१-००१ त ९०३४ ट्याक्टर रोक्ने क्रममा अभिषेकलाई पछाडीको चक्काले किचेको थियो।, गम्भीर घाइते भएका उनको उपचारको लागि आधारभुत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।, ट्याक्टर र चालक सोही स्थानका २८ वर्षीय आइतहाङ आङदेम्बे इलाका प्रहरी कार्यालय रविको नियन्त्रणमा छन्।, ट्याक्टरले किचेर सहचालकको मृत्यु
सेतोपाटी संवाददाता संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ।, प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार ६ जनाको हत्या भएको हो। एक जना घाइते रहेको उनले बताए। , '६ जनालाई धारिलो हतियारले हानेर मारेको भन्ने खबर आएको छ। हाम्रो टोली भर्खरै पुगेको छ,' उनले भने, 'एक जना वृद्ध मान्छे जोगिएको हो कि भन्ने छ। उपचारको लागि ल्याउने प्रयास भएको छ।', मादी नगरपालिका वडा नम्बर १का वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो।, उनका अनुसार ५७ वर्षीय टेकबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो। , ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको उनले बताए।, 'मलाई नौ बजे घटनाबारे थाहा भयो। घर एकलासमा छ। के कसरी भएको हो अनुसन्धान भइरहेको छ,' उनले भने,'छिमेकीले मलाई खबर गर्‍यो। मैले प्रहरीलाई खबर गरेँ।', घाइते भएका वृद्ध आँखा देख्दैनन् भने कान पनि सुन्न नसक्ने वडाध्यक्ष कटुवालले बताए। उनको अवस्था सामान्य छ।, उनीहरूको हत्या कसले गरेको हो भन्ने खुलिसकेको छैन। , संखुवासभामा एकै परिवारका ६ जनाको हत्या
सेतोपाटी संवाददाता बंगलादेशमा रहेका नेपालीहरूले महावीर पुनले त्रिभुवन विश्वविद्यालय परिसरमा सञ्चालन गरेको राष्ट्रिय अविष्कार केन्द्रलाई साढे चार लाख रुपैयाँ सहयोग गरेका छन्।  , बंगलादेशमा रहेका नेपाली समुदायको तर्फबाट डाक्टर टीका लिम्बुले शनिबार उक्त सहयोग रकम पुनलाई हस्तान्तरण गरेका हुन्।, बंगलादेशमा रहेका राष्ट्रसंघका विभिन्न एजेन्सी, अरू संघसंस्थामा काम गर्ने नेपाली र मेडिकल विद्यार्थीले रकम उठाएर केन्द्रलाई दिएको डाक्टर लिम्बुले बताए।, गत जुनमा बंगलादेशमा रहेका नेपालीहरूले कोभिड-१९ विरुद्ध लड्न अक्सिजन कन्सन्ट्रेटरलगायत १९ लाखभन्दा बढीका स्वास्थ्य सामग्री सरकारलाई दिएका थिए।  , बंगलादेशमा रहेका नेपालीले दिए महावीर पुनको अविष्कार केन्द्रलाई साढे चार लाख
सेतोपाटी संवाददाता भिसा अवधि सकेर पनि लुकेर बसेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय चितवनले ५१ वर्षीय चिनियाँ नागरिक हुआङ शिक्वानलाई आइतबार पक्राउ गरेको हो। उनी सौराह क्षेत्रमा लुकिछिपी बसेको प्रहरीको भनाइ छ। , 'उनी नेपाली महिलासँग प्रेम सम्बन्ध थिए। उनीहरूसँगै बस्थे। तर चिनियाँ नागरिकको भिसाको मिति सकेपनि यहीँ बसेको भएर हामीले ल्याएका हौं,' चितवन प्रहरी उपरीक्षक ओम अधिकारीले भने। उनको सन् २०२० अप्रिल १७ गते नै भिसा सकिएको उनले बताए। , उनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको लागि पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपमार्फत् अध्यागमन विभाग बुझाएको प्रहरीले जनाएको छ। ,  , भिसा सकिए पनि लुकेर बसेका चिनियाँ नागरिक चितवनबाट पक्राउ
निशा भण्डारी काठमाडौंमा सोमबार बिहानैदेखि पानी परिरहेको छ। आइतबार मध्यरातदेखि काठमाडौंको मौसममा बदली भएको थियो।, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार राति साढे २ बजेदेखि पानी पर्न थालेको हो।, ‘राति गड्याङगुडुङ पनि भएको थियो। सामान्यत: मनसुनको बेला पानी पर्दा त्यसरी गड्याङगुडुङ हुँदैन। प्रि-मनसुनमा हुन्छ,’ मौसमविद् अर्यालले सेतोपाटीसँग भने,‘अहिले बंगालको खाडीको उत्तर-पश्चिम भूभागमा बनेको न्यून चापीय रेखाबाट आएको जलवाष्प र यहाँको स्थानीय वायुको असरले त्यस्तो भएको हो।’, उनका अनुसार राति साढे २ बजेदेखि बिहान छ बजेसम्म त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन भएको छ।, ‘हाम्रो एयरपोर्टको स्टेशनमा बिहान छ बजेसम्म १०५ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौंमा केही घन्टा यति धेरै पानी पर्नु बिरलै हुने घटना हो,’ मौसमविद् अर्यालले भने।, भारी वर्षा भएसँगै बागमती नदीमा जल सतह बढेको छ। नदीछेउका बस्तीहरूमा डुबान भएको छ।, बल्खुस्थित तरकारी बजारमा पानी पसेको छ र बागमती करिडोरको बाटोमा पानी डुबान भएको छ।, मौसमविद् अर्यालका अनुसार अहिले बागमती प्रदेशभरि वर्षा भइरहेको छ। केही घन्टाअघि लुम्बिनी र गण्डकी प्रदेशका पनि अधिकांश ठाउँमा पानी परेको थियो।, ‘कर्णाली र सुदूरपश्चिमबाहेक अरू प्रदेशमा यो प्रणालीको असर देखिन्छ,’ मौसमविद् अर्यालले भने,‘काठमाडौं उपत्यकाको हकमा मध्यान्हदेखि भारी वर्षा हुन क्रम रोकिने र आकाश खुल्ने देखिन्छ।’, काठमाडौंमा पर्‍यो साढे ३ घन्टामै १०५ मिलिमिटर पानी, मौसमविद् भन्छन्- यस्तो बिरलै हुन्छ (तस्बिरहरू)
सेतोपाटी म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ।, गएराति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युत्को विद्युतगृह बगाएको हो। , वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो र बाढीका कारण लघु जलविद्युत् परियोजना बगाउँदा करिब एक करोड ५० लाख रूपैयाँ बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए। उनका अनुसार दुई वर्षअघि पुनर्निर्माण गरिएको उक्त परियोजनाबाट ३७८ घरधुरीले विद्युत् सेवा उपभोग गर्दै आएका थिए। , मध्यरातमा अविरल वर्षासँगै आएको बाढीले विद्युतगृहको भवन लगायतका महत्वपूर्ण सामान बगाएको छ।, बाढीले परियोजनाको बाँध र नहरमा समेत ठूलो क्षति पुर्‍याएको छ।, बाढीले तटीय क्षेत्रको जमिन र बस्तीमा समेत क्षति पुर्‍याएको छ। लघु जलविद्युतको विद्युतगृह बगाएपछि स्थानीय बस्ती अन्धकार बनेको र स्थानीयबासीको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको स्थानीय लुलाङ आधारभूत विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले जानकारी दिए। , 'यहाँ केन्द्रीय प्रसारणको पहुँच छैन, लघु जलविद्युत् बगाएपछि मोबाइल चार्ज र साँझमा बालबालिकालाई अध्ययनमा समेत समस्या हुने भएको छ', प्रअ ठाकुरले भने।, बाढीले लघु जलविद्युतमा पुर्‍याएको क्षतिको अवस्थाबारे अहिले स्थानीय जनप्रतिनिधि, युवा क्लबलगायत प्रतिनिधिको टोली निरीक्षण गर्न खटिएको गाउँपालिकाले जनाएको छ। , वि.सं २०७२ साउनमा जुगेपानीमा आएको पहिराले विद्युतगृह र नहर बगाएर बन्द भएको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना दुई वर्षअघि एक करोड ५२ लाख रूपैयाँको लागतमा पुनर्निर्माण गरिएको थियो।, लुलाङ, खोरीया, मेरनी र लमसुङका स्थानीयबासीले यस परियोजनाबाट लाभान्वित भएका थिए।, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ८५ लाख रूपैयाँ र धवलागिरि गाउँपालिकाले ५० लाख रूपैयाँ सहयोगमा स्थानीयबासीले जनश्रमदानसमेत गरेर यस परियोजनाको क्षमता बढाएर पुनर्निर्माण गरेका थिए। ,रासस, , बाढीले बगायो म्याग्दीको विद्युतगृह
सेतोपाटी संवाददाता झापाको बिर्तामोडमा दाइको हत्या गरी फरार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , हत्या गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय भाइ रतन राजवंशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। , बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा डेरा गरी बस्ने ५० वर्षीय भात्रु राजबंशी आइतबार बिहान साढे ७ बजे मृत फेला परेका थिए। शव सुत्ने कोठाभित्र फेला परेको थियो। प्रहरीका अनुसार मृतकको अनुहारमा चोटपटक देखिएको थियो।, उनी अटो रिक्सा चालक थिए।, हत्याको खबरपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली खटिएको थियो।, मृतक भात्रुका १५ वर्षीय छोरा देव नारायणले आफ्ना कान्छा काका रतनलालले बुवाको हत्या गरेको प्रहरीसमक्ष बताएका थिए। तर रतनलाल घटनास्थलबाट फरार भइसकेका थिए। , रतनलालले आफ्ना नौ वर्षीय छोरालाई साइकलमा लिएर फरार भएको देव नारायणले प्रहरीलाई बताएका थिए। , प्रहरीको टोलीले रतनलाललाई आइतबार राति ९ बजे मेचीनगर नगरपालिका वडा नम्बर १५ स्थित आफन्तको घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। रतनलाल मिस्त्री काम गर्थे।, हत्या गर्न प्रयोग भएको मार्तलसमेत प्रहरीले बरामद गरेको उनले बताए।  , हत्या गर्नुपर्ने ठूलो कारण केही नभएको प्रहरीले बताएको छ। , 'उनीहरू केहीदिनदेखि सँगै बस्दै आएका थिए। दाजुभाइबीच सामान्य झगडा भएको रहेछ। ठूलो कारण केही छैन,' प्रहरी उपरीक्षक थापाले भने,'हाम्रो वादविवाद पहिल्यैदेखि भइरहन्थ्यो। मलाई रिस उठ्यो अनि हत्या गरें भनेका छन्।', झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान शीर्षकमा म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ।,  , बिर्तामोडमा अटो रिक्सा चालकको हत्या आरोपमा भाइ पक्राउ
सेतोपाटी संवाददाता काम छाडेर आन्दोलनमा उत्रने विपी प्रतिष्ठानका चिकित्सकहरुको निर्णयको विरोधमा राजनीतिक दलका कार्यकर्ताहरु भौतिक  हस्तक्षेपमा उत्रिएका छन्। , संघीय लिम्बुवान मञ्च धरानका कार्यकर्ताहरुको समूहले सोमबार प्रतिष्ठान परिसरमा प्रवेश गरेर उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेको छ। उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा आन्दोलनकारीले लगाएको ताला फुटाउँदै उनीहरुले ओपिडी लगायतका सेवा सञ्चालन गर्न माग गरेका छन्। , आइतबार मात्रै एमाले, राप्रपा, लिम्बुवान लगायतका दलहरुले विज्ञप्ति जारी गरेर उपचार सेवा बहिष्कार गर्ने आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए। , अघिल्लो दिन यस्तो आग्रह गरेका दलहरुमध्ये लिम्बुवानका कार्यकर्ताहरु हुल बाँधेर झण्डासहित प्रतिष्ठान प्रवेश गरेका थिए। उनीहरुले पदाधिकारीहरुको कार्यकक्षमा लगाइएको ताला फुटाएका थिए। , आन्दोलनकारीले भने यस्तो कदमले झनै द्वन्द्व बढाउने भन्दै आपत्ति प्रकट गरेका छन् । ‘यहाँका पदाधिकारीहरुकै मिलेमतोमा यस्तो घटना भएको छ ’, आन्दोलनकारी विद्यार्थी नेता डा. अमृत जैसीले भने ‘यसरी भौतिक आक्रमणमा उत्रने कार्यले राम्रो परिणाम दिँदैन।’ , सरकारले सहमति पालनामा चासो नदिएको भन्दै प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी काम छाडेर आइतबारदेखि आन्दोलनमा छन्। उनीहरुको आन्दोलनले दैनिक उपचार सेवा पाउँदै आएका हजारौं विरामी उपचारबाट वञ्चित भएका छन्। , चिकित्सक, विद्यार्थी, नर्ससहितका स्वास्थ्यकर्मीले काम छोडेपछि दुईदिनदेखि  बिपीको ओपिडी सेवा, नियमित शल्यक्रिया सेवा तथा अन्य उपचार सेवा ठप्प  छ।, धरानमा दैनिक सरदर ३ हजार विरामीले ओपिडी सेवा लिन्छन् भने २० वटा शल्यक्रिया दैनिकजसो हुने गरेको छ।, लिम्बुवान कार्यकर्ताले विपी प्रतिष्ठानमा गरे तोडफोड
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले आफ्ना नगर प्रहरीलाई नेपाल भाषा तालिम दिन सुरू गरेको छ। , पुल्चोकस्थित दमकल चोकको आफ्नै भवनमा नगर प्रहरीलाई नगरप्रहरी प्रमुख सिताराम हाछेथुले नेपाल भाषा प्रशिक्षण गराएका हुन्।, २ सातासम्म बिहान ९ बजेदेखि १० बजेसम्म सबै नगरप्रहरीलाई नेपाल भाषा तालिम दिने उनले जानकारी दिए।, ‘मेयर साबको निर्देशन अनुसार आजबाट दुई सातासम्मका लागि हामीले तालिम सुरू गरेका छौं। यसले हामीलाई हाम्रो काम छिटो र सहज सम्पादन गराउन मद्दत पुर्‍याउँछ,’ उनले भने।, ललितपुर महानगरको कार्यक्षेत्रभित्र अधिकांश स्थानमा नेवार समुदायको बाक्लो बस्ती भएकाले उनीहरूसँग प्रत्यक्ष कुराकानी गर्न नेपाल भाषा सिकेमा राम्रो हुने उनले बताए।, ‘हामी विदेशी भाषामा (अंग्रेजी, जापनीज, कोरियन) कुरा/बोल्दा आफूले आफूलाई महान भएँ भन्ने सम्झन्छौं । भारतमा जाँदा पनि हामी हिन्दी भाषाकै प्रयोग गर्छौ। नेपालमा आएका भारतीय ब्यापारी तथा अन्य भारतीयसँग पनि हिन्दीनै बोल्छौं। तर नेपाल भाषा कतै प्रयोग गरेको पाइन्न, त्यसैले हामी हाम्रा प्रहरी जवानलाई नेपाल भाषामा पनि बोल्न र बुझ्नसक्ने बनाउन यो तालिमको सुरू गरेका हौ’, उनले भने।, प्रहरी भएपछि सबै स्थानीय बोलिचालीको भाषाको ज्ञान भए कामको सिलसिलामा कतिपय कुराको पूर्व जानकारी समेत पाउने भएकाले नेवारी भाषा कक्षा सुरू गरेको उनले बताए।, ‘हाम्रो महानगरमा नेपालभाषीको बाहुल्यता बढी भएको हुँदा नेवाः भाषाको ज्ञान हुनु आवश्यक रहन्छ । नेपाल भाषा नबुझ्दा कतिपय स्थान ( खोकना, बुङ्गमती, हरिसिद्धि, बंगलामुखी, मंगलबजार, सुन्धारा, गाःबहाल) मा नगर प्रहरीलाई काम गर्न गाह्रो भएको छ, त्यसैले पनि नेपाल भाषाको तालिम सुरू गरेका हौ’, उनले भने।, ललितपुर महानगरले नगर प्रहरीलाई नेपालभाषा तालिम दिँदै
सेतोपाटी संवाददाता एमसीसीको विरोध गर्दै अमेरिकी दूतावास अगाडि प्रर्दशन गर्न पुगेका मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, सोमबार दिउँसो महाराजगंजस्थित अमेरिकी दूतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौंता भएको उल्लेख गर्दै खारेज गर्न दवाव दिईरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, प्रर्दशनकारीहरुले दूतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौंता तत्काल खारेज गर’ भन्नेलगायतका चर्का नाराबाजी गरेका थिए।, अखिल (क्रान्तिकारी)ले एमसीसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिँदै आएको छ। यता, सरकारले एमसीसीबारे स्पष्ट पार्न माग गर्दै अमेरिकी सरकारलाई पत्राचार गरेको छ। ‍, यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो सम्झौंता पारित गर्ने षडयन्त्र नगर्न सरकारलाई सचेत गराउँदै आएका छन्।, एमसीसीको बिरोधमा अमेरिकी दूतावास अगाडि प्रर्दशन
सेतोपाटी पुन्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेर अवरुद्ध भएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा पुलबजार खण्डमा पानीको बहाव घटेपछि करिब दश घण्टापछि यातायात सञ्चालनमा आएको छ ।, पुलबजार डुबानमा परेको कारण आज बिहान २ः०० बजेदेखि अवरुद्ध भएको सडकखण्ड खोलामा पानीको बहावसँगै केअस्बेर पहिलेदेखि यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ ।, आइतबार रातिदेखि परेको भारी वर्षाका कारण नालाहुँदै बनेपा–पनौती भएर बग्ने पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपा पुलबजार क्षेत्र डुबानमा परेपछि बिहान २ बजेदेखि अरनिको राजमार्ग सडकखण्डअन्तर्गत बनेपा खण्डमा यातायात ठप्प भएको थियो । , खोलामा आएको बाढीले बनेपा नगरपालिका– ९ र १० को सिमानामा पर्ने पुलबजार क्षेत्रको पुललगायत बजार क्षेत्र नै पूरै डुबानमा परेका कारण चल्न नसकेको यातायातका साधन अहिले सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ,रासस, दश घण्टापछि खुल्योे अरनिको राजमार्ग
युवराज श्रेष्ठ कलम भनेर टिपेको चीज बम बनेर पड्किएला भनेर अनिताले सोचेकै थिइनन्। माघी पर्व मनाउन अघिलो दिन २०६३ पुष ३० गते दाङका थारू समुदायले सुंगुर काट्न थालेका थिए। अनिता सानो भाइलाई लिएर सुंगुर काटेको हेर्न गइन्। उनले बाटोमा एउटा कलमजस्तो चिज भेटाइन्। लेख्छ कि भनेर यसो हातमा कोरिन्। तर लेखेन। त्यतिबेला अनिता ६ वर्षकी थिइन्, कक्षा ३ मा पढ्थिन्।, बाटोमा भेटिएको डटपेनको मसी चिसोले जमेर नलेखेको हुन सक्ने उनले ठानिन्। अनिता डटपेन लिएर लमही नगरापलिका-२ बनकट्टास्थित घर गइन्। बाटोमा भेटिएको कमलको मसी पगाल्न अगेनामा राखेर तताउन थालिन्। कलम भए पो मसी पग्लनु। आगोले टिपेर कलम झ्यारझ्यार गर्न थाल्यो। अनिताले निभाउन खोजिन्, अचानक बिष्फोट भयो। बल्ल थाहा भयो, अनिताले बाटोमा भेटेको कलम रहेनछ, बम रहेछ।, बम पड्केर अनिताले दाहिने हात गुमाइन्। अगेनानजिकै उनका बाजे, बज्यै र दाइ पनि आगो ताप्दै थिए। बमको आवाजले उनका बाजे र बज्यै कान नसुन्ने भए। बाजे, बज्यै र दाइलाई पनि बमको छर्राले लाग्यो।  त्यतिबेला अनिताको हातमा हड्डीमात्र बाँकी थियो। उनलाई कोहलपुर अस्पताल लगियो। क्यान्सर हुन सक्ने भन्दै पछि नेपालगञ्जमा उनको दाहिने हात काटियो। अहिले पोखरास्थित हरियो खर्क अस्पतालमा कृत्रिम हात राख्न लागेकी छिन्।, बेवारिसे बम बिस्फोटमा परेकी अनिताको परिवारले द्वन्द्वपीडितले पाउने राहतका लागि सरकारी निकायमा धाउन थाले। सबैले आश्वासन मात्र दिए। कसैले राहत दिएनन्। अहिले अनितासँग उनी बेवारिसे बम विष्फोटमा परेको प्रमाणसमेत छैन। उनको उपचार गर्दा बनाएको मेडिकल रिपोर्ट जिल्ला प्रहरी कार्यालयले माग्यो। उनका परिवारले लगेर दिए। प्रहरीले मेडिकल रिपोर्ट लगेर केही गरेन। अनिताको परिवार रिपोर्ट माग्न गए, प्रहरीले छैन भनिदियो।, अनिता अहिले २१ वर्षकी भइन्। स्नातक पढ्दै छिन्। बेवारिसे बम पड्केर अंगभंग भएकी उनलाई अहिलेसम्म राहतका नाममा कसैले केही दिएको छैन। युद्धका पीडितहरूको लिष्टमा उनको नामसमेत लेखिएको छैन। किनकी उनी तत्कालीन विद्रोही माओवादी थिइनन्। तत्कालीन राज्य पक्षको पनि थिइनन्। दुबै पक्षमा नरहेका सर्वसाधारण पीडितलाई राहत र न्याय दिने सरकारी नीति अहिलेसम्म पनि छैन।, अनिताजस्तै बम बिस्फोटमा परेकी थिइन्, तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनीटारकी गीता मगर। उनका बुबा रुकुम सदरमुकाम खलङ्गामा काम गर्थे। २०५९ सालमा बुबाले परिवारलाई पनि तनहुँबाट खलङ्गा लगे। उतै बस्ने, पढ्ने व्यवस्था मिलाए।, २०६८ मंसिर २५ गतेका दिन शनिबार थियो। गीता बहिनीलाई लिएर साथीहरूसँग दाउरा खोज्न जंगल गइन्। खलङ्गाको बोहोरागाउँमा नेपाली सेनाको महिन्द्रदल गण (ख) गुल्मको पेरिमिटरभित्र माइन बिच्छ्याएको रहेछ। जुन गीतालाइ थाहा थिएन। दाउरा खोज्ने क्रममा जमिनमा बिच्छ्याएको माइन पड्कियो। गीताले दाहिने खुट्टा गुमाइन्।, तत्काल सेनाले हेलिकप्टरमार्फत् सैनिक अस्पताल छाउनीमा लगेर उनको उपचार गरियो। दाहिने खुट्टाको घुँडादेखि तलको भाग काम नलाग्ने भयो। अहिले उनले कृत्रिम खुट्टा राखेकी छिन्।, बम बिस्फोटमा परेकी गीताकी आमा राहतका लागि लगातार ३ वर्षसम्म काठमाडौं धाइन्। गीताको उपचार, शिक्षा र राहत नपाएसम्म अस्पतालबाट गीतालाई डिस्चार्ज नलिने उनकी आमाले भनिन्। ५ महिना अस्पताल बसेर उपचार गराएकी गीतालाई सेना र तत्कालीन सरकारले आश्वासन दियो, गीता डिस्चार्ज भइन्।, गीता डिस्चार्ज भएपछि न त उनको शिक्षाका लागि सेनाले केही गर्‍यो, न त सरकारले राहत नै दियो। आश्वासन पाए पनि अहिलेसम्म केही नपाएको गीताले बताइन्।, तत्कालीन शान्ति मन्त्रालयका कर्मचारी पटक-पटक अनेक कागजात मागे। गीतालाई बोलाएर भेटे। फोटो खिचे। तर सरकारले केही नदिएको गीताले बताइन्।, गीताको उपचार, शिक्षा र राहतका लागि धाउँदा-धाउँदा अहिले उनकी आमा प्रेसरको बिरामी भएकी छिन्। कहींकतैबाट केही नभएपछि चुप लागेर बसेको उनले बताइन्। जिल्ला प्रशासन कार्यालय जाँदा कहिले भोलि आउनु भन्ने त कहिले भित्र रहेका सिडिओले छैन, भेट्न मिल्दैन भनेर फर्काएको तीतो अनुभव गीतासँग छ।, अहिले उनले लगाएको कृत्रिम खुट्टा वर्षैपिच्छे फेर्नुपर्छ। त्यसका लागि कम्तिमा पनि ७० हजार रुपैयाँ लाग्छ। खुट्टा फेर्नका लागि पनि अहिलेसम्म कसैको केही सहयोग नपाएको गीताले बताइन्।, द्वन्द्व पीडितलाई सरकारले राहत दिएको कुरा गीता र उनका परिवारले सुनेका छन्। मानिस मृत्यु भएका परिवारले १० लाख पाएका छन्। उपचार, शिक्षा र अन्य सुविधा पनि पाएका छन्। गीताजस्तै घाइतेले पनि राहत र अनेक सुविधा पाएको उनले देखेकी छिन्। गीताले अहिलेसम्म कुनै पनि राहत र सुविधा नपाउनुको कारण भने अहिलेसम्म उनको परिवार कुनै पक्षमा लागेनन्। साधारण नागरिक रहे।, तत्कालीन शान्ति तथा पुननिर्माण मन्त्रालयले द्वन्द्व पीडितलाई राहत र सुविधा दिन बनाएको निर्देशिकाकै कारण गीता छुटेकी हुन्। निर्देशिकामा राज्य वा विद्रोही पक्षका मृतक, बेपत्ता, अंगभंग र घाइतेले मात्र सुविधा पाउँथे। गीताको परिवार राज्य पक्ष वा विद्रोही पक्ष थिएनन्। साधारण नागरिकलाई राज्यले हेरेन।, कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिङ्गेकी तुलसी परियारको घर नेपाली सेनाको ब्यारेकनजिकै छ। सेनाले ब्यारेक वरिपरि ल्यान्डमाइन बिछ्याएको थियो। २०६३ वैशाख २५ गते तुलसी साथीसँग बाख्रा चराउन गइन्।, सेनाले ल्यान्डमाइन बिछ्याएको सबै ठाउँमा तारजाली लगाएको थिएन। साथीको बाख्रा चर्दाचर्दै ब्यारेकभित्र गयो। तुलसी बाख्रा निकाल्न भित्र गइन्। ब्यारेकभित्र जमिनमा सुकेका पातपतिङ्गर थिए। बाख्रा निकाल्दै गर्दा अचानक बिस्फोट भयो। उनको कम्मर तल दुबै खुट्टामा चोट लाग्यो। हातमा, नाडीमा र औंलामा चोट लाग्यो। बिस्फोटमा परेका कारण उनले दाहिने खुट्टा गुमाएकी छन्। अहिले कृत्रिम खुट्टा राखेकी छन्।, लुम्बिनी अञ्चल अस्पतालमा ४ महिना उपचार गरेको उनले सम्झिइन्। उनको उपचारका बेलामा सरकारले मात्र नभई कोही कसैले सहयोग गरेनन्। उपचारका बेला आर्थिक अभाव भएपछि तुलसी पढ्ने स्कुलमा गएर उनका बुबाले सहयोगको अनुनय विनय गरे। स्कुलका शिक्षकले एक सय रुपैयाँ दिएर अपमानपूर्वक फिर्ता पठाइदिएको तुलसीले बताइन्।, उनका बुबा जिल्ला प्रशासन कार्यालयमा पुगेर सहयोग मागे। सदरमुकाम पुगेर सहयोग माग्दा गाडीभाडा समेत नदिई फर्काइदिए। उनका बुबाले गाउँमा घर बनाउने काम गर्थे। घरमा बाख्रा, कुखुरा पालेका थिए। त्यही बेचेर तुलसीको उपचार गरे। राहत र सहयोगको आशामा जहाँ गए पनि निराशामात्र पाएका तुलसीका बुबा त्यो घटना भएको डेढ वर्षमा बितेको उनले बताइन्। उनलाई कक्षा १२ सम्म एउटा संस्थाको सहयोगमा पढिन्। अहिले स्नातक आफ्नै खर्चले पढिरहेकी छन्।, माओवादी द्वन्द्वमा धेरै मानिसको ज्यान गएको घटनामध्ये पर्छ, म्याग्दीको बेनी आक्रमण। २०६० चैत ७ गते माओवादीले बेनी कब्जा गरेका थिए। त्यतिबेला बेनीका कृष्णलाल श्रेष्ठ जिल्ला अदालतमा रात्रिकालीन ड्युटीमा थिए। अदालतको ढोका फोरेर माओवादी भित्र पसे। माओवादीले आफ्ना हतियार र गोलीगठ्ठा राखेर भित्रै बसे। कृष्णलाललाई 'डराउनु पर्दैन' भने।, म्याग्दीको बेनी आक्रमणमा परेर खुट्टा गुमाएका कृष्णलाल श्रेष्ठ। सरकारी कर्मचारी भएर पनि कुनै दलमा नलाग्दा उनले अहिलेसम्म केही राहत पाएका छैनन्। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी।, बिहान ६ बजेतिर कृष्णलाल शौचालय गए। त्यहीबेला राति आएका माओवादी टोली निस्केर हिँडेछन्। माओवादीकै अर्को टोली आयो र जिल्ला अदालतमा आगो लगाइदियो। माओवादीले हाकिमको कोठा देखाउँछस् कि गोली हान्दिम् भनेर कृष्णलालतर्फ राइफल तेर्स्याए। कृष्णलाल अदालतको गेटबाहिर निस्कनेबित्तिकै बाहिर गोली चल्यो। कृष्णलालको पाखुरा, कुमको जोर्नी र पिठ्युँमा गोली लाग्यो। गोलीले जमिनमा ढलेका कृष्णलालको खुट्टामा बम पड्कियो।, म्याग्दी भिडन्तमा यसरी घाइते भएका कृष्णलाललाई सेनाले हेलिकप्टरमार्फत् छाउनी अस्पतालमा उपचार गर्न लगे। सेनाले छाउनीमा राख्न नमिल्ने भन्दै टिचिङ अस्पताल पठाइदियो। अस्पतालमा ३ दिनसम्म कसैले सोधीखोजी गरेन। अस्पताल प्रशासनले उपचार गर्न कि त पैसा कि कागज ल्याउन भने। घाइते भएका कृष्णलालले कहाँबाट लैजानु। उनका परिवारलाई थाहासमेत थिएन।, तीन दिनसम्म अस्पतालमा बिना उपचार बसेका कृष्णलालको खुट्टा पाक्यो। गोली लागेका ठाउँहरू पनि पाक्न थाल्यो। अस्पताल पुगेको ३ दिनपछि मात्र प्रहरी हवल्दार उनको उपचारका लागि पत्र लगेर अस्पतालमा बुझायो। त्यसपछि मात्र उनको उपचार भएको कृष्णलालले बताए।, कृष्णलाल भिडन्तमा घाइते भएर अस्पताल पुगेको उनकी श्रीमतीले १९ दिनपछि मात्र थाहा पाइन्। समयमै उपचार पाएको भए उनको खुट्टा काट्नु पर्थेन भनेर कृष्णलाललाई डाक्टरले भनेछन्। तीन दिनसम्म उपचार नै नगरी अस्पताल बस्दा नै उनले खुट्टा गुमाउनु परेको गुनासो गरे।, कृष्णलाल त्यतिबेला सरकारी सेवामा थिए। उनको पेन्सन आउन १८ महिनामात्र बाँकी थियो। तर प्रशासनको लापारबाहीका कारण उनले पनि सरकारले दिने कुनै पनि राहत पाउन सकेनन्। राष्ट्रिय मानव अधिकार आयोगले त्यतिबेला उपचारका लागि १ लाख रुपैयाँ दिएको कृष्णलाल सम्झन्छन्। बाँकी उपचार खर्च आफैंले ब्यहोरेको उनको भनाइ छ।, बेनी आक्रमणपछि म्याग्दीका सिडिओसहित कर्मचारी सरूवा भए। कृष्णलाल उपचारका लागि काठमाडौं अस्पताल बस्नुपर्‍यो। उनको नाम कसैले सिफारिस गरिदिएनन्, त्यही भएर सरकारी उपचार र राहतबाट त्यतिबेला बञ्चित हुन परेको उनले बताए। प्रशासनमा निरन्तर धाउँदासमेत केही नलागेको उनको भनाइ छ।, ‘त्यतिबेला कति धाएँ, कति गुहारें, कसैले सुनेन,’ कृष्णलालले भने, ‘सिडिओले पनि म त नयाँ परें म आउनुभन्दा अघिको घटना मलाई थाहा भएन भनेर टारिदिए।’, शान्ति प्रक्रियापछि नेताको पुच्छर समातेकाले मात्र राहत पाएको भन्दै उनले आफू कुनै पनि नेताको पुच्छर समाउन नगएको बताए।, सरकारले बनाएको कार्यविधिमा २०५२ फागुन १ देखि शान्ति सम्झौता भएको मिति २०६३ मंसिर ५ गतेसम्म तत्कालीन सेना र माओवादीबाट भएका घटनाका पीडितलाई मात्र द्वन्द्वपीडित परिभाषित गरेको छ। जबकी शान्ति सम्झौतापछि पनि ठाउँ ठाउँमा बेवारिसे बम पड्केर अंगभंग भएका गीतालगायतलाई पीडितले द्वन्द्वपीडितको परिचय नै पाउन सकेका छैनन्।, अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले शान्ति सम्झौता भएको १५ वर्षपछि पनि पीडितले परिचय पाउनकै लागि संघर्ष गर्नु परेको बताए।, बेवारिसे बम पड्केर दुबै हात गुमाएका अपाङ्गता भएका द्वन्द्व पीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्री। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी।, म्याग्दीमा बेवारिसे बम पड्केर दुबै हात गुमाएका खत्रीले भने, ‘हामीले न्याय र राहत कहिले पाउने हो थाहा छैन, तर अझै पनि द्वन्द्वपीडित हौं भनेर राज्यसँग परिचय मागिराख्नुपरेको छ।’, द्वन्द्वकालमा कुनै पनि पक्षमा नलागेका तर विभिन्न बिस्फोट लगायतका घटनामा परेर अपाङ्गता भएका आधाभन्दा बढी व्यक्तिले नियमित औषधी सेवन गर्नु परेको खत्रीले बताए। यसरी अपाङ्गता भएका ४० प्रतिशत नागरिकले सहायता सामग्री प्रयोग गर्नु परेको छ। उनीहरूको उपचार, औषधी र सहायता सामग्री खर्चमा अहिलेसम्म सरकार र कुनै पनि निकायले सहयोग नगरेको खत्रीले बताए।, ‘द्वन्द्वपीडितको परिचय दिँदा नै कुन पक्षको भनेर कार्यविधि बनाएपछि हामी छुट्यौं,’ खत्रीले भने, ‘माओवादी र सरकार पक्ष कतै पनि नलागेका पीडितको आवाज अहिलेसम्म कसैले बोलेका छैनन्।’, आफूहरूले आवाज निरन्तर उठाए पनि सुनुवाइ नभएको उनको भनाइ छ।, माओवादी द्वन्द्वमा यसरी घाइते र अपाङ्गता भएका नागरिकको उपचार खर्च तत्काल सरकारले व्यहोर्नु पर्ने, सहायता सामग्री र औषधी नि:शुल्क हुनु पर्ने, परिचय पत्र उपलब्ध गराउनु पर्ने र सरकारी सेवा-सुविधा र अध्ययनमा सुविधा दिनु पर्ने आफूहरूको माग रहेको खत्रीले बताए। द्वन्द्वकालमा अपाङ्गता भएका नागरिकलाई सरकारले अरू सामान्य अवस्थामा जसरी लिन नहुने उनको भनाई छ।, ‘हामी अपाङ्गता भएका व्यक्ति होइनौं, जबर्जस्ती अपाङ्गता बनाइएका व्यक्ति हौं,’ उनले भने, ‘हामीलाई सरकार र राजनीतिक पार्टीले नै न्याय र राहतबाट छुटाएका हुन्।’, सरकारले द्वन्द्व पीडितलाई न्याय दिन गठन गरेको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन अयोगप्रति उनीहरूले विश्वास गर्न सकेका छैनन्। यी दुबै आयोगलाई पीडितले स्वीकार गर्न नसक्ने भन्दै उनले स्वतन्त्र र निष्पक्ष आयोग गठन आफूहरूको माग रहेको बताए।, ‘अहिलेसम्म सरकारले दिएको राहतमा त विभेद गरेर, पार्टी हेरेर दिएका छन्, हामी कुनै पार्टीको सदस्य नबनेकालाई न्याय दिन्छ भन्ने विश्वास छैन,’ खत्रीले भने।, माओवादी युद्धका पीडितलाई सघाइरहेका अभियन्ता रमेश अधिकारीले द्वन्द्वपीडितले सामान्य राहत पाउने कुरा पनि शान्ति सम्झौतायता राजनीतिक दल समातेरमात्र पाउन थालेको बताए। पीडितलाई न्याय दिन सरकारले नचाहेको भन्दै उनले कुनै पनि दलमा आवद्ध नरहेका द्वन्द्वपीडित साधारण नागरिक सबैभन्दा पीडामा बाँचेको बताए।,  ‘विद्रोही र सेनाका आवाज सुनिदिने निकाय छ,’ अधिकारीले भने, ‘दुबैतर्फ नलागेका साधारण नागरिकको आवाज सुनिदिने कुनै निकाय भएन।’, राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाईंले द्वन्द्वपीडितलाई सरकारले विभेदपूर्ण व्यवहार गरेको बताए।, ‘एउटै घटनामा परेका एउटाले राहत, उपचार खर्च र अनेक सुविधा पाउने, अर्कोले नपाउने भन्ने हुँदैन,’ उनले भने, ‘आयोगले द्वन्द्वपीडितका विषयमा धेरै सिफारिस गरेको छ, तर सरकारले कार्यान्वयन नै गरेन।’, ‘हामी अपांगता भएका होइनौं, जबर्जस्ती बनाइएका हौं’
गिरीश गिरी आइतबार राति परेको वर्षाले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भागको जनजीवन प्रभावित भएको छ। , काठमाडौं उपत्यकामा विभिन्न ठाउँ जलमग्न भएका छन्। बागमती, विष्णुमतीसहित हनुमन्ते खोला, धोबीखोला, सुन्दरीघाट लगायतमा पानीको बहाव उच्च भएको छ। नदी कोरिडोर क्षेत्रहरू डुबानमा परेका छन्। जल तथा मौसम विज्ञान विभागले सबैलाई आग्रह गरेको छ।, विभागका अनुसार आइतबार साढे ३ घन्टामा १०५ मिलिमिटर पानी परेको थियो। थोरै समयमा यतिका धेरै पानी पर्नुलाई मौसमविद्हरूले विरलै हुने घटना भनेका छन्। , अहिलेको वर्षा नै काठमाडौंलाई थेग्न हम्मे परेका समयमा, लामो कालखण्डमा दोहोरिने असामान्य मुसलधारे वर्षा काठमाडौंले फेरि बेहोर्नुपरे के होला?, असामान्य वर्षालाई जलविज्ञानविद्हरू महाभूकम्पजस्तै मान्छन्, जुन कुनै पनि बेला आउनसक्छ।, काठमाडौं उपत्यकाको अहिले नै यो हाल छ, २५ वर्षअघिजस्तो ५ सय ४० मिलिमिटर पानी पर्‍यो भने यहाँका नदीहरू कस्तरी उर्लिएलान्? नदी आसपासका डोलक्षेत्र पानीमा चुर्लुम्मै डुबेर डामाडोल नहोलान्?, यही विषयमा हामीले केहीअघि विपदविद् मधुकर उपाध्यासँग कुराकानी गरेका थियौं।, उनी काठमाडौंका रैथाने हुन्। उनको घर रहेको ज्ञानेश्वरको ओरालो तल धोवीखोला पुगेर टुंगिन्छ। त्यसपछिको उकालो गौशालासम्म चढ्छ। त्यसपछि फेरि चक्रपथ पछ्याउँदै सुरू हुने ओरालो बागमतीसम्म पुग्छ। अर्थात्, एउटा नदीपछिको उकालो र फेरि अर्को नदी पछ्याउने ओरालोको विशिष्ट भूबनौट छ, काठमाडौंको।, उपाध्याका अनुसार यस्ता नदी आसपासको जग्गालाई कृषिको भाषामा डोल भनिन्छ। त्योभन्दा थोरै माथिको भागलाई टारी। त्योभन्दा माथि थुम्कामा बस्ती बसेका हुन्थे।, डोलखेत त प्रायः डुबेकै हुन्थे। कहिलेकाहीँ टारीखेतसम्मै पानी आइपुगेको हुन्थ्यो। हिजोआज डोल र टारीखेत भन्ने शब्द काठमाडौंबाट हराएको देख्दा उनलाई बेलाबेला अनौठो लाग्छ। उतिबेलै टारीखेतसम्म डुबाउने गरी पानी आएको देखेका उपाध्या त्यत्तिकै वर्षा अहिले भए ठूलै संकट आइलाग्ने बताउँछन्।, 'हाम्रा पुर्खाहरूले बर्खाको संकट भोगेरै माथिल्लो भेगमा बसोबास र तल्लो भेगमा खेती गर्दै आएका थिए,' उपाध्या भन्छन्, 'किसानहरूको खेतको अर्थतन्त्र फेरिएर घरजग्गाको महँगो चोलामा प्रवेश गर्‍यो।', खेतको अर्थतन्त्र फेरिए पनि वर्षाको चक्र उही हो। ठूलो पानी आए उपल्लो भेगका बस्ती फेरि पनि जोगिनेछन्, तल्लो भेग भने डुबानमा पर्ने उपाध्या ठोकुवा गर्छन्।, हामीकहाँ जल तथा मौसमसम्बन्धी तथ्यांक संस्थागत हिसाबले ६० को दशकपछि मात्र संकलन गर्न थालिएको हो। त्यसयता आजसम्मकै सबभन्दा बढी पानी २०५० साल अर्थात् सन् १९९३ जुलाइ १९ देखि २१ तारिखसम्म परेको देखिन्छ।, त्यो कतिसम्म मुसलधारे थियो भने, काठमाडौं उपत्यकाछेउको टिस्टुङमा प्रतिघन्टा ७० एमएम पानी रेकर्ड गरिएको थियो। चौबीस घन्टामा ५ सय ४० एमएम पानी परेपछि कुलेखानी जलाशयमा आउने सम्पूर्ण नदी जलमग्न भएका थिए। जलाशय जोगाउन सबै ढोका खोलिदिँदा बागमती उर्लेर मधेसका सर्लाही र रौतहटमा व्यापक जनधन क्षति भएको थियो। त्यतिबेला काठमाडौं उपत्यकाभित्रै २ सय ४० एमएम वर्षा मापन गरिएको थियो।, त्यस्तै वर्षा फेरि भए काठमाडौं उपत्यकामा बितन्डा मच्चिने पद्मसुन्दर जोशी बताउँछन्।, जोशी उपत्यकाको परम्परागत पानी व्यवस्थापन प्रणालीका अनुसन्धानकर्ता हुन्। उनका अनुसार उपत्यकालाई वर्षाको जोखिममा पार्नुका तीन कारण छन्– अव्यवस्थित बसोबास, जथाभाबी तयार पारिएका संरचना र पानी बग्ने ठाउँको अवरोध।, 'हामीले पानी बग्ने नदी मिचेर नालामा परिणत गरिदिएका छौं,' जोशी भन्छन्, 'अचेल जसरी सामान्य झरीमै हनुमन्ते बहुलाउँछ, त्यस हिसाबले २५ वर्षअघिको जस्तो वर्षा भए काठमाडौं उपत्यकामा कति भयावह अवस्था आउला भनेर हामी सहजै अन्दाज गर्न सक्छौं।', उनका अनुसार काठमाडौंको अव्यवस्थित बसोबास विस्तारले परम्परागत पानी व्यवस्थापन प्रणाली तहसनहस भएको छ। पानीको सन्तुलन मिलाउने परम्परागत कुलोदेखि वर्षा बेला भेल बग्ने खोल्साहरूलाई हामीले जताततै सडक र घरमा रूपान्तरण गरिदिएका छौं। प्लटिङ गर्नु नै जग्गाको व्यवस्थापन हो भन्ने सोच बढ्दो छ। त्यस्तो प्लटिङले छुट्याएको बाटोमुनि दुई–तीन फिटको ह्युम पाइप राखिदिएपछि पानीको समस्या समाधान हुन्छ भन्ने बुझाइ विकास हुँदै गएको छ।, बुझ्नुपर्ने कुरा के भने, त्यो ठाउँमा पहिले कसरी पानी आउँथ्यो? त्यो पानी कसरी जान्थ्यो? अहिले तयार पारेका अवरोधबाट के–के हुन्छ? यो परिवर्तनले पहिलेको भन्दा पानीको स्तर अझ बढाउँछ कि घटाउँछ? बढाउँछ भने बढेको पानी कसरी व्यवस्थापन गर्ने?, हनुमन्तेले पोहोर कोटेश्वरस्थित भाटभटेनी डुबाएको थियो। 'हामी केटाकेटी हुँदा सरस्वतीखेलदेखि बगेर आउने ठूलै खोल्साको ठाउँमा सडक र त्यसैको छेउमा भाटभटेनी बनाइएको रहेछ,' उनले भने।, यति देखिसकेपछि त्यो ठाउँ किन डुब्यो भन्नेमा कुनै जिज्ञासा नरहेको जोशी सुनाउँछन्।, 'हाम्रा पुर्खा धेरै बुद्धिमान थिए। घर कहाँ बनाउन हुन्छ, कहाँ हुँदैन भनेर सिकाएर गए,' उनी भन्छन्, 'हामीले त्यो सिकाइ बेवास्ता गर्दा आज वर्षाले ल्याउने विध्वंसको जोखिममा छौं।', काठमाडौं उपत्यकाका कुनै पनि पुराना बस्ती 'फ्लड प्लेन' (पानी बग्ने ठाउँ आसपास) मा नरहेको उनले उदाहरण दिए।, ज्ञानेश्वर ओरालोको त्यो बाक्लो बस्ती नै उतिबेला कहाँ थियो र?,  , '२०३७ सालसम्म यो ठाउँमा बस्ती थिएन,' ज्ञानेश्वर ओरालोको व्यस्त कफीपसलबाट बाहिर देखाउँदै उपाध्या भन्दै थिए, 'बाटो आएर प्लटिङ हुनुअघि सबै खेतै खेत थिए।', उपत्यकाको मुख्य खेती भनेकै धान। धान खेतमा पानी उभिनुपर्छ। दह नबन्ने ठाउँमा धान खेती हुँदैन। त्यसैले प्राकृतिक हिसाबले नै पानी जम्नुपर्ने ठाउँमा जताततै घर उभिएको उपाध्या बताउँछन्।, उनका अनुसार ज्ञानेश्वरको यो क्षेत्रमा २०३७ सालबाट घडेरी बेचबिखन सुरु भएको हा‍े। त्यतिबेला रोपनीको एक लाख रुपैयाँभन्दा कम थियो। अहिले यहीँ आनाको ३५ देखि ४० लाख पर्छ।, 'दिनप्रतिदिन बढ्दो दामले काठमाडौंका बचेखुचेका कृषियोग्य जग्गा अब छिट्टै निख्रिने अवस्थामा पुगेका छन्,' उनले भने।, काठमाडौंभरि नदी छेउछाउका ठाउँलाई २०४४ सालमा डोलक्षेत्र घोषणा गरेर घर बनाउनै नमिल्ने निर्णय तत्कालीन सरकारले गरेको थियो। त्यतिबेला आवास तथा भौतिक योजनामन्त्री प्रकाशचन्द्र लोहनीले उपत्यकाको दीर्घकालीन हित हेरेर त्यस्तो निर्णय लिएका थिए।, काठमाडौं उपत्यका विकास प्राधिकरण गठन गरी अग्ला र कडा माटो भएका ठाउँमा मात्र घर बनाउन दिने र नदी आसपासका जग्गा खेतीपातीलाई जोगाउने गरी उपत्यकाको गुरुयोजना बनाइयो। उक्त मापदण्ड पालना नगरिएका घर प्राधिकरणले भत्काउने गरी ऐनको मस्यौदा तयार पारियो। राष्ट्रिय पञ्चायतबाट त्यो मस्यौदा पारित नहुँदै पञ्चायती व्यवस्था ढल्यो।, २०४६ को राजनीतिक परिवर्तनसँगै आएको सरकारले पञ्चायतकालीन 'प्रतिगामी' निर्णयहरू उल्ट्याउन थाल्यो। त्यही हुलमा यसलाई पनि मिसाएर भवन निर्माणसम्बन्धी उक्त निर्णय खारेज गरियो।, त्यति बेला हुलका हुल मानिस आएर 'हामीलाई डोलक्षेत्र चाहिँदैन', 'हाम्रा जग्गामा घर बनाउन पाउनुपर्छ' भन्दै दबाब दिएपछि सरकारले त्यस्तो निर्णय गरेको प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारी बताउँछन्।, 'त्यसपछि त डोलक्षेत्रमा मात्र होइन, नदी नै च्यापेर घर बनाउने हानाथाप सुरु भयो,' उनले भने।, राजनीतिक परिवर्तनपछिको अस्थिरता दुरुपयोग गरेर जन्मिएका बेथिति नियन्त्रण गर्नै नसकिएको उनको अनुभव छ। 'यस्तो बेथितिमा धेरै ठूलो पानी आइदिए के हुन्छ भन्ने त सवालै छैन,' तिवारीले भने, 'यी जति पनि डोलक्षेत्र छन्, त्यहाँ दुई–तीन तल्ले घर भएकाहरूले माथि चढेर ज्यान बचाउँछन्। अरूको थाहा छैन।', लगातार बढ्दो विकृति केही हदसम्म नियन्त्रणमा लिएर २०६४ मंसिरमा काठमाडौंका खोलाको मापदण्ड तयार पारिएको उनले बताए।, समस्या अव्यवस्थित बसोबास र जथाभाबी बनाइएको संरचना मात्र होइन। व्यापक सिमेन्ट प्रयोगले काठमाडौंको जमिनमुनि सोसिने पानीको मात्रा पनि घटेको जोशीको भनाइ छ।, उनका अनुसार माथि ढलान गरेको छानाले सबै पानी तर्काइदिन्छ। यसरी झरेको पानीले पनि जमिन छुनै पाउँदैन। भुइँमा समेत जताततै प्लास्टर लगाएर हामी पानी सोसिनै दिँदैनौं। जुत्तामा हिलो लाग्छ भनेर घरमा टम्म इँटा र ढुँगा ओछ्याउँछौं। सिमेन्टले माटो टालिदिन्छौं। अझ भएभरका पानी ढलमा जोडिदिन थालेका छौं। ढलले दौडाएर सोझै खोलामा छाडिदिन्छ। पानी र माटोको सम्पर्क हुनै पाउँदैन।,  , 'इञ्जिनियरिङमा हामी ढल डिजाइन गर्ने बेला क्रिटिकल भेलोसिटी भन्छौं। अर्थात्, पानीलाई कसरी सबैभन्दा छिटो खोलामा खन्याउने?' जोशी भन्छन्, 'हिजोआज जताततै ढल त्यसैगरी बनिरहेका छन्।', यो तरिका आर्थिक हिसाबले किफायती भए पनि वातावरण हिसाबले महँगो पर्ने जोशी सुनाउँछन्।, 'प्रकृतिले त अलिकति समय देऊ भन्छ। माटोमा पानी सोसिन देऊ भन्छ। उसले विस्तारै सोस्छ, जसले तल गएर भूमिगत पानी संकलनलाई पनि योगदान दिन्छ। त्यसपछि बल्ल खोलामा मिसिन्छ,' उनले भने, 'त्यसरी जम्मा भएका भूमिगत पानीकै कारण पहिले हाम्रा खोलामा वर्षैभरि पानी हुन्थ्यो। त्यो भूमिगत पानीको सतहले खोलाछेउ मूलहरू उम्रेर आउँथे। र, तिनै मूलहरुले खोलामा पानी बगाइरहन्थे।', भूमिगत पानीको असन्तुलनले वर्षामा भेल बढ्ने र अरू बेला सुख्खा चलेर दुवै हिसाबले काठमाडौं पराजित हुँदै गएको जोशी सुनाउँछन्।, उनलाई सबभन्दा उदेक त भएका खोला साँघुरिँदै गएर नालीजत्रो खुम्चिएकोमा लाग्छ।, 'अहिले मेडिसिटी अस्पतालमुनि नख्खु खोला साँघुरो पारेर नालीजत्रै बनाइएको छ,' उनी भन्छन्, 'त्यो ठाउँ देख्दा मलाई २०३८ सालमा ४० जनाभन्दा बढीको ज्यान लिने गरी आएको नख्खुको बाढी सम्झना हुन्छ।', त्यतिबेला नख्खु निकै फराकिलो थियो। छेउछाउको फाँटसमेत निकै परसम्म खाली थियो। बाढीले बगाएर ल्याएको अवशेष र गाईबस्तुको सिनोले त्यो पूरै फाँट भरिएर अलिक दिनसम्मै गन्हाएको थियो।, 'नख्खु साँघुरो पार्दैमा त्यहाँ फेरि ठूलो पानी आउन छाड्छ र?' जोशीको प्रश्न छ, '२०३८ सालजस्तै गरेर माथि भारदेव र नल्लु हुँदै पानीको भेल फेरि आइदिए के होला?', प्रकृतिको नियम वर्षौंदेखि अवरुद्ध पारेर हामी आफैंले संकट डाकेको प्राधिकरणका प्रमुख आयुक्त तिवारी बताउँछन्।, '२०४६ सालसम्म नाला बनाउने काम खानेपानी तथा ढल निकास संस्थानले मात्र गर्थ्यो,' उनले भने, 'हिजोआज टोल–टोलमा उपभोक्ता समितिले नाला बनाउने भन्दै डिजाइन डिजाइनका ढलका पाइप ओछ्याएका छन्।', बिना इञ्जिनियरिङ तयार भएका यस्ता नालाले समस्या बढाउँदै लगेको उनी बताउँछन्।, २०५२ सालको एक अध्ययनअनुसार उपत्यकामा बागमती नदीका २७ वटा सहायक खोला छन्। त्यसयता मानव गतिविधिकै कारण अधिकांश खोलाले प्राकृतिक बहावमा बग्न पाएका छैनन्। पछिल्लो समय खोलाकिनार बसोबास गर्ने जनसंख्या उत्तिकै बढेको छ। यसमा नदी किनारका फाँटमा आँखा गाड्ने भू–माफियाहरूको ठूलो हात छ।, यसलाई बुझ्न गत वर्ष मध्यपुर थिमीमा भएको उदाहरण पर्याप्त छ।, त्यतिबेला पाँचवटा एक्स्काभेटर लगाएर हनुमन्ते खोलाको प्राकृतिक बहाव रातारात परिवर्तन गरिएको थियो। अदालत र नगरपालिकाको आदेशविपरित खनिएको त्यो खाडल पुर्न स्वयं नगरप्रमुख जाँदा पनि सफल भएका थिएनन्।, २०२२ सालको नापीअनुसार गुमेको जग्गा नदीबाट फिर्ता लिन खोजेको जिकिर खोला फर्काउनेहरूको थियो। स्थानीय प्रहरी प्रशासनले उनीहरूलाई नै साथ दिएपछि नगरप्रमुख पछाडि सर्नुपर्यो। त्यसपछि मध्यपुर थिमीका बासिन्दाले नदीको जमिन जोगाउन 'हनुमन्ते खोला सरोकार समिति' गठन गरेका थिए।, जग्गासम्बन्धी यस्ता किचलोमा राजनीतिक दलहरूसमेत मिसिएर परिस्थिति अझ जटिल हुने गरेको छ। प्राकृतिक बहाव बिथोलिएको त्यही खोलामा केही सातापछि भक्तपुरका थुप्रै भेग डुबाउने गरी पानी आएको थियो।, 'जीवनभर संचित गरेर पनि किन्न नसकिने काठमाडौं उपत्यकाको बहुमूल्य चार आना जग्गा मात्र दिन्छु भनिदियो भने भू–माफियाको पक्षमा को लाग्दैन?' जोशी भन्छन्, 'यसरी खोला फर्काउने हो भने पचासौं रोपनी जग्गा निकाल्न सकिन्छ।', जोशीले काठमाडौंका नदीमा अतिक्रमणको अर्को अनुभव पनि सुनाए।, 'म त्यतिबेला धोवीखोला करिडोरमा काम गर्थें,' उनले भने, 'खोलाको एकातिर चाबहिल मालपोत र अर्कोतिर धुम्बाराहीको जग्गा काठमाडौंको मालपोतले हेर्थ्यो।', एकदिन जग्गा विवाद भयो। मिलाउन दुवैतिरको नापीनक्सा मगाइयो।, 'दुवैतिरको नक्सा एकैठाउँ राखेर हेर्दा त धोवीखोलै छैन,' जोशीले सुनाए, 'काठमाडौंतिरको नापीनक्सामा धोवीखोला भनेर जुन लाइन तानेको छ, त्यो खोला बगिरहेको ठाउँभन्दा पारि छ। फेरि अर्कोतिर चाबहिलको नक्सा राखेर हेर्दा जग्गाको लाइन उसैगरी खोलाभन्दा पारि छ।', अर्थात्, खोला बगिरहेकै छ। सँगसँगै, त्यो बगेको जग्गा उताको मालपोतले उतैको व्यक्तिको भन्छ, यताको मालपोतले यतैको व्यक्तिको।, 'त्यसो भए त्यो देखिँदै गरेको खोला कसको जग्गामा बगिरहेको हो?' जोशीले सोधेछन्, 'खोलाको जग्गा खोइ?', यसरी बगिरहेको खोलालाई उसकै बहावको जग्गा फिर्ता दिलाउन निकै सकस झेल्नुपरेको अनुभव जोशीले सुनाए।, 'यस्ता उदाहरण त कति छन् कति,' उनले भने।, काठमाडौंका नदीखोलाको दुरावस्था यिनमा बनेका पुराना पुलले पनि प्रस्ट पार्ने जोशी औंल्याउँछन्।, उनका अनुसार उपत्यकाका पुराना पुल हेर्ने हो भने तिनको लम्बाइ एकदमै धेरै हुन्छ। जबकि, तल सानो बगेको खोलाका दुवैतिर घरैघर। अर्थात्, पुलमुनि पनि घर।, 'त्यो कसरी भयो?' उनी सोध्छन्, 'सानो खोलालाई सानै पुल बनाएर सस्तोमै पुग्ने हो भने त्यतिबेला यत्रो लामो पुल बनाउने इञ्जिनियर मूर्ख पक्कै थिएनन् होला।', त्यसको कारण पनि जोशीले खोले।, उनका अनुसार सिमेन्टको आयु ६०–७० वर्ष भए पनि सामान्यतया पुल डिजाइन गर्दा सय वर्षको प्रतिफल खोजिन्छ। त्यसलाई बनाउन पछिल्लो तीन सय वर्षमा तीनपटक आएको ठूलो बाढीको अनुभवलाई आधार बनाइन्छ। यसरी सय वर्षबीच कुनै पनि बेला आउनसक्ने पानीको मात्रा विचार गरेर त्यो पुल बनाइएको हो।, 'अब भन्नुस्, त्यो बेला विचार गरेर बनाइएकै मात्राअनुसारको पानी आयो भने के हुन्छ?' उनले भने, 'पुलमुनिका ती घरको अवस्था के हुन्छ?', भौतिक संरचना बनाउने बेला समेत मानिसको ज्यान जान सक्छ भनी विचार नगरिएको उनी आरोप लगाउँछन्।, काठमाडौंका नदीसँग फेरि एकपटक यहाँका बासिन्दाको धार्मिक र साँस्कृतिक गतिविधि जोड्नु जरुरी रहेको उनी औंल्याउँछन्। पहिले नदीकिनार मन्दिर हुन्थे। पूजाआजा हुन्थ्यो। हिजोआज सबैतिर तटबन्ध गरेर नहरजस्तै बनाइएको छ। नदीसँगको आत्मीयता घटेको छ।, 'काठमाडौंलाई मन्दिरै मन्दिरको सहर भनिन्छ,' जोशीले थपे, 'त्यो त पहिले थियो, अब यत्रो जनसंख्या बढेपछि हामीलाई थप मन्दिर चाहिनुपर्थ्यो, खोइ?', सरोकारवाला काठमाडौं उपत्यका विकास प्राधिकरणले एकपछि अर्को सहर विस्तारको योजना ल्याए पनि पानी व्यवस्थापनबारे गम्भीर नदेखिएको जोशीको आरोप छ।, प्राधिकरण प्रमुख आयुक्त तिवारीका अनुसार पछिल्लो समय उपत्यकाभित्रका सबैजसो ठूला खोलाको दुवैतिर २० मिटर जग्गामा घर बनाउन नपाइने नियम छ। साना खोलाको हकमा पनि दसदेखि बाह्र मिटर छाड्नैपर्छ।, धोबीखोला लगायतमा पानी बहाव अध्ययन गराएर तटबन्धसहित बग्ने क्षेत्र निर्धारण गरिएको र दुवैतिर कोरिडोर बनाएर यातायात आवागमनको व्यवस्था मिलाउँदै लगेको तिवारी बताउँछन्।, 'यस्तो अवस्थामा यी क्षेत्रमा बाढी आएछ भने खोलाछेउका सडक डुब्छन्,' तिवारीले भने, 'अन्यत्र असर पर्दैन।', उनका अनुसार प्राधिकरणले मनहरानिम्ति ३० मिटर बहाव क्षेत्र तोकेको छ। बागमतीका हकमा पशुपतिभन्दा माथि २५ मिटर, शंखमूलसम्म ३०, टेकुसम्म ४० र टेकुबाट तल ५० मिटर बहाव क्षेत्र तोकिएको छ।, 'यति गरेपछि प्रायः आइरहने बाढी नियन्त्रणभित्र हुन्छ,' उनी भन्छन्, 'तर, धेरै वर्षमा एकपटक आउने ठूलो बाढीलाई यसले पनि पुग्दैन। त्यस्तो अवस्थामा अहिलेको काठमाडौंका अधिकांश भेग डुब्नेमा सहमत छु।', काठमाडौंले अब जनसंख्याको भार थेग्नसक्ने सीमा पूरा भएको इञ्जिनियरसमेत रहेका जोशी औंल्याउछन्।, 'यी सब कुरा गरिरहँदा अब काठमाडौंबाट विभिन्न गतिविधि कसरी बाहिर लैजाने भनेर सोचिनु जरुरी छ,' उनी भन्छन्, 'काठमाडौंबाहिर भए पनि फरक नपर्ने निकायलाई तत्काल अन्यत्र पठाउन सकिन्छ।', सबै काठमाडौंमै केन्द्रीकृत गर्ने हो भने समाधानका उपाय बाँकी नरहेको उनी बताउँछन्।, विपदविद् उपाध्या काठमाडौंमा जग्गाको मूल्य बढेसँगै जमिनका निम्ति चलिरहेको हानाथाप नियन्त्रित गर्न पनि भार कम हुनुपर्ने ठान्छन्।, 'हामीले जमिन नियन्त्रित गरेर समाधान निकाल्न खोज्यौं, सकेका छैनौं,' उनी भन्छन्, 'आकाशमा कसैको नियन्त्रण छैन। कुनै पनि दिन ठूलो धोका हुन सक्छ।', (यो स्टोरी हामीले पुनः प्रकाशन गरेका हौं।), कसरी थेग्ला काठमाडौंले २५ वर्षअघिको मुसलधारे वर्षा?
सेतोपाटी संवाददाता सुर्खेतका स्थानीय तहले कोभिड-१९ का कारण बन्द भएका विद्यालय पुनः सञ्चालन गर्न दिने भएका छन्।, जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड जोखिमको अवस्था मूल्यांकन गरी स्थानीय तहहरूले विद्यालय पुनः सञ्चालन गर्न सक्ने व्यवस्था गरेको हो।, सरकारले जारी गरेको स्मार्ट लकडाउनको पालना गर्दै स्थानीय तहहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयमा भौतिक रूपमा पठनपाठन गर्न पाउने व्यवस्था गरिएको जिल्ला प्रशासनले जनाएको छ।, शुक्रबारको प्रशासनको निर्णय अनुसार सुर्खेतका स्थानीय तहहरूले भोलिदेखि निजी तथा सामुदायिक विद्यालय खोल्न पाउनेछन्।, यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालयले पनि प्रत्येक स्थानीय तहको साप्ताहिक तथ्यांकको आधारमा कोभिडको परिस्थितिको विश्लेषण गर्ने र विद्यालय खोल्न सकिने वा नसकिने विषयमा सुझाव दिने व्यवस्था गरिएको छ।, स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका विद्यालयहरूले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरे/नगरेको अनुगनमन गर्नुपर्ने छ।, त्यसक्रममा कुनै विद्यालयले त्यस्तो मापदण्ड पालना नगरेको पाइएमा कारबाही गर्ने जिम्मा पनि स्थानीय तहलाई नै दिइएको छ।, जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति सुर्खेतले विद्यालय सञ्चालनको मापदण्ड बनाउन र कार्यान्वयन गराउन एक कार्यदल पनि गठन गरेको छ।, जसमा शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतका प्रमुखलाई संयोजक बनाइएको छ।, यो कार्यदलमा वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुखहरू, जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रतिनिधि, जिल्लास्थित प्याब्सन र एनप्याब्सनका प्रतिनिधी, शिक्षक महासंघ, शिक्षक अभिभावक संघका प्रतिनिधीहरूलाई सदस्य राखिएको छ।, यो कार्यदलले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि अनुसार विद्यालय सञ्चालन गर्ने सम्बन्धमा मापदण्ड बनाउने र त्यस मापदण्ड अनुसार विद्यालयहरू सञ्चालन भए/नभएको अनुगमन गरी डिसिएमसीलाई प्रतिवेदन पेश गर्नेछ।, सुर्खेतका स्थानीय तहलाई नै दिइयो विद्यालय पुनः सञ्चालनको लागि निर्णय गर्ने अधिकार
सेतोपाटी चार दिनदेखि फोहर उठ्न थाले पनि काठमाडौंका मुख्य-मुख्य चोक अझै पनि सफा हुन सकेको छैन। , अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहर गत बुधबारदेखि उठाउन थाले पनि कलंकी, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहरको डङ्गुर अझै उस्तै नै छ। , नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयबासीले अवरोध गरेपछि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन। , लामो समयदेखि फोहर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको काठमाडौं महानगरपालिकाको भनाइ छ।, आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहर सिसडोल लगिने कामपा वातावरण विभगका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए। , अहिले साविकअनुसार नै फोहर व्यवस्थापनको काम भइरहको छ।, ‘धेरै दिनको सङ्कलित फोहर एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमितरूपमा फोहर उठिरहेको छ’, प्रमुख श्रेष्ठले भने।, अठार दिनको अवधिमा करिब १५ हजार मेट्रिकटन फोहर जम्मा भएको बताइएको छ।  , गत मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहर उठाउने निर्णय गरेको थियो। ,  , मङ्गलबारको बैठकले सिसडोलसम्म जानका लागि बाटो मर्मतको काम सडक विभागले तत्काल गर्ने र सिसडोलका स्थानीय व्यक्तिका समस्याका विषय पनि समाधान गरिने भएपछि आजदेखि फोहर व्यवस्थापन हुन थालेको हो।, कामपाले गत साउन ३२ गतेदेखि नै सार्वजनिकरूपमा सूचना जारी गरेर नगरवासीलाई घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो। सो सूचना सार्वजनिक भएको १८ हप्तापछि फोहर व्यवस्थापनको काम भएको हो। , सिसडोलमा विसं २०६२ मा दुई वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड साइट निर्माण गरिएको थियो तर पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ। , हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ। निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएको छ।  ,     , हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ।, निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सीमानामा पर्छ। सोह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ।, काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। ,रासस, अझै उठ्न सकेन काठमाडौंका मुख्य-मुख्य चोकका फोहर
सेतोपाटी संवाददाता भारतमा अहिलेसम्म कोरोनाभाइरस विरुद्धको खोप ६७.७२ करोडले लगाएका छन्।, सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका हुन्। तीमध्ये ५८ लाख ८५ हजार जनाले पछिल्लो २४ घण्टामा मात्रै खोप लगाएको उनीहरूको भनाइ छ।, खोप लगाएकामध्ये एक करोड तीन लाख ६० हजार २४८ जना स्वास्थ्यकर्मी रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।, त्यसैगरी पछिल्लो एक दिनमा ३६ हजार ३८५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यो सङ्ख्या ९७.४३ प्रतिशत हो। , भारतमा अहिले पनि चार लाख पाँच हजार ६८१ जना सङ्क्रमित अवस्थामै रहेका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ।, दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।, भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६८२ जना नयाँ सङ्क्रमित थपिँदा ३६ हजार ३८५ जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। रासस, भारतमा ६७.७२ करोडले पाए कोरोनाविरूद्धको खोप
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार  शनिबार ९ हजार ८७५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ६ हजार ७५३ जनाको पिसिआर र ३ हजार १२२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार १९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्, यसको संक्रमणबाट थप ९ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ।, हाल सक्रिय संक्रमित ३१ हजार ८२६ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९४.५ प्रतिशत रहेको छ।, यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३८६ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा २८९, भक्तपुरमा ४४ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन्।, कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी
सेतोपाटी संवाददाता नेपाली सेनाले आठ पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाका तर्फबाट गरिएको निमन्त्रणालाई दुई देशबीचको सैनिक घनिष्ट सम्बन्ध थप सुदृढ तुल्याउने अवसरकारूपमा लिन सकिने स्पष्ट पारेको छ।, पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाको निम्ताका सम्बन्धमा राखिएको जिज्ञासामा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले विगतको अभ्यास र परम्परानुसार सैनिक कूटनीति सुदृढ गर्ने अवसरकारूपमा कार्यक्रममा सहभागी हुन उनीहरूलाई निमन्त्रणा प्राप्त भएको बताए।,  , उनले भने, ‘नेपाली सेनाले पनि विगतमा सेना दिवसका अवसरमा अवकाशप्राप्त भारतीय सेनाध्यक्षलाई निमन्त्रणा गरेकामा विशेष अतिथिकारूपमा भाग लिइ अवलोकन गर्नुभएको थियो, यो विगतको अभ्यास र परम्परा रही आएको छ। त्यसकै निरन्तरताकारूपमा उहाँहरूको निम्तालाई लिन सकिन्छ।',  , भारतीय सेनाका मानार्थ महारथी रहेका पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाकातर्फबाट चिफ कन्क्लेभ सेमिनारका लागि निमन्त्रणा प्राप्त भएको पुष्टि गर्दै प्रवक्ता पौडेलले उनीहरू व्यक्तिगतरूपमा कार्यक्रममा सहभागी हुने जानकारी दिए।, पूर्वप्रधानसेनापति धर्मपालबरसिंह थापा, प्रज्ज्वल शम्शेर राणा, प्यारजङ्ग थापा, रुक्माङ्गत कटवाल, छत्रमान गुरुङ, गौरव शमशेर राणा, राजेन्द्र थापा र पूर्णचन्द्र थापालाई भारतीय सेनाको दिल्लीमा हुने विशेष कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिइएको हो।, उनीहरूलाई प्राप्त भएको निमन्त्रणका विषयमा नेपाली सेनाले तालुक मन्त्रालयलाई जानकारी गराइसकेको छ।, उक्त कार्यक्रममा सहभागी हुने क्रममा भारतीय सेनाको संस्थागत विकासबारे अध्यावधिका साथै आवश्यकताअनुसार सल्लाह सुझाव आदानप्रदान एवं केही अनौपचारिक विषयमा पनि छलफल हुनसक्नेछ। ,रासस, 'भारतीय सेनाबाट गरिएको निमन्त्रणालाई सैनिक कूटनीति थप सुदृढ गर्ने अवसरका रूपमा हेरिनुपर्छ'
सेतोपाटी संवाददाता भारतबाट नेपाल ल्याइएको ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको औषधी प्रहरीले बरामद गरेको छ।, इलाका प्रहरी कार्यालय लहानको टोलीले शनिबार बिहान एउटा अटोबाट औषधी बरामद गरेको हो।, बिहान राति सवा २ बजे लहान नगरपालिका-१९ कटहा चोकबाट लु१स ८००७ नम्बरको अटो चेकजाँच गर्दा ठूलो परिमाणमा औषधी फेला परेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।, बरामद भएको तीन खालको औषधी रहेको लहानका प्रहरी नायब उपरीक्षक तपन दाहालले बताए।, रिकल-केटु-सेभेन नामको औषधी ३५ लाख ९३ हजार ९२०, ओइथोकल ट्याबलेट २९ लाख ७२ हजार १६० र केयरकल ट्याब्लेट ९ लाख ९० हजार ७२० रूपैयाँ बराबरको बरामद भएको दाहालले जानकारी दिए।, ‘कागजात नभएकाले भन्सार छलेर ल्याइएको भन्ने बुझिन आएको छ,’ दाहालले भने।, बिहान राति आफू गस्तीमा निस्केका बखत अटो आइरहेको र प्रहरीलाई देख्नासाथ अटोमा रहेका व्यक्तिहरू फरार भएको दाहालले बताए।, फरार व्यक्तिहरूको खोजी भइरहेको दाहालले बताए।, ‘औषधी निकै महंगो खालको देखिएको छ, यो नेपालमा एकदमै कम मात्रामा आयात हुने गरेको बुझिएको छ,’ दाहालले भने। , भारतबाट ल्याइएको ७५ लाख बराबरको औषधी सिरहामा बरामद
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ३८६ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८९, भक्तपुरमा ४४ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा ७६६३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४२३७, भक्तपुरमा १३२६ र ललितपुरमा २१०० सक्रिय संक्रमित छन्।, २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, ९ हजार ८७५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ६ हजार ७५३ जनाको पिसिआर र ३ हजार १२२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार १९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्, यसको संक्रमणबाट थप ९ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ।, हाल सक्रिय संक्रमित ३१ हजार ८२६ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९४.५ प्रतिशत रहेको छ।, काठमाडौं उपत्यकामा ३८६ जनालाई संक्रमण, सक्रिय ७६६३
राजु अधिकारी सहमति कार्यान्वयनमा सरकारी उदासिनताले बिपीमा फेरि संकट, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र आन्दोलन चर्केपछि आन्दोलनकारीसँग सहमति गर्ने तर कार्यान्वयनमा उदासिन बन्ने सरकारी शैली यसपटक पनि दोहोरिएको छ।, आन्दोलनकारीसँग गरिएको सम्झौता कार्यान्वयनमा सरकारले चासो नदिँदाको मूल्य भने उपचार सेवाबाट विमुख बनेर सर्वसाधारणले चुकाउनु पर्ने भएको छ।, सात दिनभित्र सहमति कार्यान्वयन नगरे स्वास्थ्य  उपचार सेवामा सहभागी नहुने भन्दै आन्दोलनकारीले सात दिने अल्टिमेटम दिएका थिए। अल्टिमेटम दिएको पनि १० दिन पूरा भइसकेको छ।, बिपी प्रतिष्ठानका आन्दोलनकारी चिकित्सक, विद्यार्थीहरूले भोलि (आइतबार)देखि  आकस्मिक र कोभिडबाहेकका सेवामा सहभागी नहुने घोषणा गरिसकेका छन्।, यदि रातभरिमा सरकारले सहमति पालना नगरी यथास्थितिलाई निरन्तरता दिइरहे आइतबारदेखि प्रतिष्ठानका सेवामा चिकित्सकहरू सहभागी नहुने भएका छन्।, प्रतिष्ठानको शुद्धीकरण अभियानका लागि संघर्ष गरिरहेको संयुक्त समितिले सरकारले सहमति पालनामा ढिलाइ गरेको भन्दै सात दिनभित्र सम्झौता कार्यान्वयन नगरे पुनः आन्दोलनको चेतावनी दिएको थियो।, प्रतिष्ठानको आर्थिक तथा शैक्षिक सुधारका लागि ८२  दिनदेखि निरन्तर आन्दोलनमा रहेका चिकित्सक तथा विद्यार्थीको संयुक्त संघर्ष समितिले प्रधानमन्त्री एवम् प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै माग सम्बोधन गर्न १० दिनअघि आग्रह गरेका थिए।, ‘सहमति कार्यान्वयन गर्ने त परको कुरा हाम्रो मागमा सरकारले चासो दिने सक्रियतासमेत देखाएन’ प्रतिष्ठानको जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. पदम नेपालीले भने, ‘त्यसैले अब आइतबारदेखि हामी पूर्वघोषित सेवा बहिष्कारमा जान बाध्य हुनेछौं।’, चिकित्सकहरूले आकस्मिक र कोभिडबाहेकका सेवा बहिष्कार गरे प्रतिष्ठानमा दैनिक रूपमा ओपिडी सेवा पाउँदै आएका ३ हजार बिरामी सेवाबाट बञ्चित हुनेछन्। त्यस्तै दैनिक सरदर २० वटाको दरमा हुँदै आएको शल्यक्रिया सेवा, दैनिक रूपमा चल्ने शैक्षिक सेवाहरू ठप्प हुनेछन्।, प्रतिष्ठान शुद्धीकरणको आन्दोलन ५० दिन पुग्दा साउन  १९ को मध्यरातमा आन्दोलनकारी र सरकारबीच ६ बुँदे सहमति भएको थियो।, विवादमा परेका सबै पदाधिकारी हटाउने प्रक्रिया सुरू गर्ने, प्रतिष्ठानको आर्थिक अनियमितता छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने, अख्तियारमा रहेका मुद्दाहरूको छिटो किनारा लगाउने, पदाधिकारी नियुक्तिका लागि यसअघि बनेका विभिन्न समिति र आयोगले निर्धारण गरेका मापदण्ड लागु गरेर नयाँ मापदण्ड तय गर्ने लगायतका सहमति भएको थियो।, डा. कृष्णप्रसाद पौडेल नेतृत्वको सरकारी वार्ता टोलीले आन्दोलनकारीसँग यस्तो सहमति गरेको शनिबार ३२ दिन पूरा भएको छ। जबकि सम्झौताका दिनदेखि नै त्यसलाई कार्यान्वयनमा लैजाने भनेर सरकारले वचन दिएपछि स्वास्थ्य सेवा ठप्प पार्ने घोषणाबाट आन्दोलनकारी पछि हटेका थिए।, ‘सहमतिकै दिनदेखि कार्यान्वयन थाल्ने बताएको सरकारले अहिलेसम्म कुनै सहमति कार्यान्वयन थालेन’, डा. नेपालीले भने ‘त्यसैले आइतबारदेखि हामी सेवामा सहभागी हुन नसक्ने भएका छौं।’, १० दिन अघि संयुक्त संघर्ष समितिले सहमति कार्यान्वयनको माग गर्दै भनेको थियो ‘नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हामीसँग २४ दिनअगाडि गरेको सम्झौता द्रुतगतिमा पालना गरियोस्। ’, त्यस्तै प्रधानमन्त्री र प्राडा गोविन्द केसीबीच भएको सम्पूर्ण सम्झौता कार्यान्वयन गर्न पनि समितिले माग गरेको थियो।, त्यस्तै  बैकुण्ठ अर्याल  नेतृत्वमा नेपाल सरकारको उच्चस्तरीय छानबिन टोलीले बुझाएको प्रतिवेदनमा राखिएकै समयतालिका अनुसार लागू गर्न पनि समितिको माग थियो।, नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले ‘स्वास्थ्य सेवा र शैक्षिक गतिविधि’को अध्ययन प्रतिवेदन तुरून्त सार्वजनिक गर्न, पदाधिकारीहरू छनोट मापदण्ड तयार गर्दा चिकित्सा शिक्षामा अनुभवी  कम्तीमा २ जना प्राध्यापक संलग्न गर्न, सो मापदण्ड निर्धारण भैसकेपश्चात पदाधिकारी छनोट विज्ञ प्राध्यापकको समूहले नै गर्ने वातावरण सुनिश्चित गर्न आन्दोलनकारीले माग गरेका थिए।, यसबाहेक उपकुलपतिको हकमा प्राध्यापक भए नभएको कागजात मन्त्रालयलाई बुझाइसकेको हुनाले कानूनी प्रकृया अघि बढाउन पनि माग गरिएको थियो। तर, सहमति भइसकेका यी कुनै पनि बुँदा कार्यान्वयन गर्न सरकारले चासो नदिएको आन्दोलनकारीको भनाइ छ।, यसबीचमा बिपीका रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले आफैं राजीनामा दिएका छन्। बाँकी पदाधिकारी यथावत् जिम्मेवारीमा छन्।, ‘अहिले पनि समय छ, सरकारले सहमति कार्यान्वयन गर्न तत्परता देखाए हामी सेवा दिन तयार छौं’, डा. नेपालीले भने, ‘तर, अहिलेसम्मको रवैया हेर्दा सहमति कार्यान्वयनमा सरकार पूरै उदासिन देखिएको छ। यस्तोमा स्वास्थ्य सेवामा संलग्न नरहनु हाम्रो बाध्यता हुने भएको छ।’, आइतबारदेखि स्वास्थ्य सेवामा संलग्न नहुने बिपीका चिकित्सकको घोषणा
नारायण ढुंगाना चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, उक्त पहाडको बीचबाट बग्दै गरेको मेलम्ची खोला। जब कुहिरो बाक्लिन्छ अनि मुटु काँप्न थाल्छ हेलम्बुवासीको। यसरी प्रकृतिसँगै डराएर रात काट्न बाध्य छन् उनीहरू। , शनिबार भने दिनभर सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रको मौसम सफा थियो। त्यसैले मेलम्ची खोलाका दायाँबायाँ किनारा चियाउन सकियो जहाँबाट बाढी र पहिरालो छियाछिया पारेका तटीय बस्ती र अलिक परका गाउँ स्पष्ट देखिन्थ्यो।, माथिबाट चियाउँदा लाग्थ्यो - खोला किनारबाट सयौं मिटर माथिसम्म पहाड थिल्थिलो परेको छ।, अहिले पनि अर्थात् बिना वर्षा नै पनि ठाउँ-ठाउँका पहाडबाट गेग्य्रान खसिरहेको छ। जङ्गलबीचका सेतो कमेरे माटोका धर्साहरु त्यही हेलम्बुको पहाड चुहिएर बनेका छन्। यसरी हेर्दा लाग्छ अहिले पनि बगिरहेको छ हेलम्बुको पहाड। अनि प्रकृतिले उत्पन्न गरेको त्रासमै बाँचिरहेका छन् यहाँका बासिन्दा।, कतिपय स्थानमा चोइटिएका पहाडबाट सुक्खा पहिरो खस्दै थियो भने कतै खस्न ठिक्क परेका ढुङ्गा माटोका ढिक्का थिए। खोला किनारको तल्ला तहमा माथिबाट बगाएको बाढीले थुपारेर ठूलो बगर बनाएको छ। खोलाले किनाराका बगर छेउछाउ कटान गर्ने क्रम पनि जारी नै थियो। हेलम्बुको माथिल्लो स्थानमा कलकल बगेको सङ्लो पानी तल्लो तहमा आइपुग्दा बाढीमा परिणत हुने क्रम अझै रोकिएको छैन।, ‘थोरै पानी पर्दा जुनसुकै बेला तल्लो तटीय क्षेत्र जोखिममा छ, भत्किएको पहाड १० प्रतिशत पनि खसेको छैन, अझै धेरै खस्न बाँकी छ, त्यसैले मेलम्ची र हेलम्बुवासी जोखिममै दिन काट्न बाध्य छन्,’ हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने। यसो बाहिरबाट हेर्दा नै मक्किएझैँ देखिएका पहाड खसेर बाढीको उदण्ड रुप देखाउन सक्ने जोखिम अझै छ। त्यसैले सानो पानी पर्दा नै तल्लो तटीय क्षेत्रका बासिन्दालाई रातमा निद्रा लाग्दैन।, माथिल्लो तहमा गेगर बग्ने क्रम नरोकिए पनि मेलम्ची बजारलगायत नदी आसपासमा पुरिएका घर खोतल्ने र पुरानै अवस्थामा फर्काउने प्रयास पनि भइरहेका थिए। मेलम्ची नगरपालिका–११ की मैया दुलालको घर पनि अन्य छिमेकीको झैँ दुई तला पुरिएको थियो। एक्जाभेटर लगाएपछि अहिले घरको भुइँतला फेला पार्नुभएको छ। मजदुर लगाएर घर खोतल्दै गरेकी उनलाई पनि अझै मेलम्ची आउने डर हटेको छैन।, कतिपय घर खोलाभित्रै पुरिएका छन् भने कति घर बगाएका छन्। अनि कति घरको चार तलासम्म बगर भरिएको उनले सुनाइन्। त्यसको माथिल्लो क्षेत्र हेलम्बुका ठाउँठाउँका खोला किनारसमेत तहसनहस भएपछि विस्थापितहरु अस्थायी टहरामा बसिरहेका छन्। उनीहरु स्थायी बसोबासको माग गरिरहेका छ्न।, गएको असार १ र १६ गते आएको भीषण वर्षापछिको बाढीले त्यस्तै पीडा भोगिरहेको बस्ती हो हेलम्बु गाउँपालिका–२ को गणेशेबगर। नामको बगरलाई साँच्चिकै बगरमा परिणत भएपछि यहाँका ४५ परिवारका घर खेतमा खोला हिँडेको छ। केही घर खोलामा पल्टिएर बसेको छ। केही बगरभित्र पुरिएको छ केही घरको त निशाना नै नामेट छ। पीडित स्थानीयवासी भने त्यही भग्नावशेषमा हिँडेको खोलो टुलुटुलु हेरेर बसेका छन्। उनीहरुका पक्की घरबाट खोला हिँडेको छ तर उनीहरु भने केहीमाथि अस्थायी टहरामा बसिरहेका छन्।, ‘अब हामी कतिञ्जेल अस्थायी टहरामा बस्ने, हामीलाई स्थायी बसोबासको व्यवस्था मिलाइदिनुपर्‍यो,’ आज गृहमन्त्री बालकृष्ण खाँणसामु बाढीपीडित राम तामाङले अनुनय गरे। उनले समूहमा मिलेर खाना खाने गरे पनि दैनिक जीवनयापनमा ठूलो समस्या परेको दुखेसो पोखे।, गृहमन्त्री खाँणले अवश्यक व्यवस्थापनका लागि सरकार गम्भीर रहेको र छिट्टै निकास पाउने आश्वासन दिएर फर्किएका छन्। उनले विपद् व्यवस्थापनमा लागेका सङ्घसंस्थालाई तत्काल गर्नुपर्ने कामका विषयमा योजना तयार पारेर काम गर्नसमेत निर्देशन दिए। ‘सबैभन्दा पहिलो कुरा बाटो, पुल, राहत, उद्धार, गाँस र बासस्थानलगायत हो, त्यसलाई कसरी हुन्छ सम्भव गर्नुपर्‍यो,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेललाई गृहमन्त्री खाँणले भने।, हवाई तथा स्थलगत निरीक्षण अध्ययनपछि गृहमन्त्री खाँणले त्यस क्षेत्रमा कमलो भूबनोटका कारण लेदो आएर तहसनहस पारेको बताउँदै तत्कालका लागि अत्यावश्यक ठाउँमा कजवे, झोलुङ्गे पुल बनाइहाल्नुपर्ने आवश्यकता औँल्याए।, ‘कतिपय ठाउँमा बस्ती बस्न नसक्ने छ, त्यहाँका मानिसलाई नयाँ घर नै बनाउनुपर्छ,’ उनले भने, ‘सिन्धुपाल्चोकलाई बाढी पहिरो र भूकम्पले विपद् निम्त्याइरहनु दुःखद् छ।’ दीर्घकालीन समाधानका लागि माथिदेखि नै चेकड्यामको आवश्यकता महसुस गरेका गृहमन्त्री खाँणले पुनःनिर्माण प्रारम्भ गर्न छुट्टै कार्ययोजनासहित काम गर्नुपर्नेमा जोड दिए।, बस्तीतर्फ धार सोझ्याउँदै छन् कोसी र कमला, पहाड र हिमाली क्षेत्र पहिराले ठूलो जोखिम छ। हेलम्बु, मेलम्चीलगात धेरै पहाडी र हिमाली क्षेत्र माथिबाट आएको पहिरो र त्यसपछिको बाढीले तहसनहस बनाइरहेका बेला तराईमा डुबानका साथै ठूला नदीले धार परिवर्तन गर्न खोज्नु अर्को चुनौतीको विषय बनेको छ।, यसपालि पनि सुनसरीको चतराघाटको सिमानामा पर्ने उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटमा झण्डै डेढ किलोमिटर क्षेत्र सप्तकोसीले कटान गरिसकेको छ। ‘केही अघिको बाढीले त्यस क्षेत्रमा १०० मिटरभित्र पसिसकेको छ भने अब २० मिटर मात्रै काट्न पाएको भए नदीको धार नै परिवर्तन हुन्थ्यो,’ स्थानीय राजकुमार चौधरीले भने।, त्यस क्षेत्रबाट विसं २०३४ अघि सप्तकोसी हिँडेको थियो। पछि धार परिवर्तन भएर सप्तकोसी मोडियो। सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादव भन्छन्, ‘अहिले नदीले त्यही पुरानो बाटो खोज्दै छ, बेलैमा ध्यान पुगेन भने यहाँबाट नदी छिर्दा, त्यसभन्दा तल्लो तहका धेरै बस्ती बग्नेछ।’, उक्त क्षेत्रमा आज स्थलगत अवलोकन गरेपछि गृहमन्त्री खाँणले जलवायु परिवर्तनका कारण नदीले धार परिवर्तन गरिरहेको उल्लेख गर्दै, पहिलो कोसीले पूर्व क्षेत्रमा कटान गरेकामा पछिल्लो समयमा पश्चिम क्षेत्रमा धार परिवर्तन गर्न खोजिरहरको छ भने। उनले कोसी बाढी डुबानबाट जनतालाई कसरी सुरक्षित बनाउने भन्नेमै सरकारको ध्यान रहेको बताए। त्यहाँ कटान भएमा तल्लो तहका बस्तीका ३०० बढी घरलाई प्रभावित पारिहाल्छ।, यता कमला नदीले पनि धनुषा र सिरहाको धेरै क्षेत्रमा असर गरिहेको छ। कटान गरेर ठाउँठाउँमा धार परिवर्तन गर्न खोजिरहरको छ। धनुषाको सबैला नगरपालिका–१३ किरतपुरमा मात्रै एक हजार १०० मिटर बाढीले कटान गरेको छ।, सप्तरी क्षेत्रमा चारवटा र धनुषापट्टि तीनवटा एक्जाभेटर प्रयोग गरेर नदी खोल्ने र खोला फर्काउने काम गरिएको थियो। त्यही बेला सुरक्षाकर्मी र स्थानीयवासी मिलेर हजारौँ बोरामा बालुवा भरी नदी कटान नियन्त्रण गरेका थिए। त्यसकारण साउनको पहिलो हप्ता आएको बाढी बस्तीमा पस्न नपाएको कमला नदी नियन्त्रण आयोजनाका प्रमुख एकराज भट्टराई बताउँछन्।, त्यहाँबाट नदी पसेमा भने सबैला नगरपालिकाको तीन र मदन नगरपालिकाको पाँचवटा वडा, शहिदनगर नगरपालिका, जनकनन्दनी गाउँपालिकाका विभिन्न वडा तथा भारतको जयनगरसमेतलाई असर गर्ने पनि उनले सुनाए। त्यसले कम्तीमा २७ हजार घरधुरीका एक लाख बढी मानिसलाई प्रभावित बनाउने अनुमान गरिएको छ।, अहिले अस्थायी तटबन्धका लागि करिब रु साढे २ करोड खर्च भएको छ। यहाँ स्थायी तटबन्धका लागि भने रु ४० करोड माथि लाग्ने अनुमान गरिएको छ। उक्त क्षेत्रमा पनि गृहमन्त्री खाँणले स्थलगत निरीक्षण तथा अनुगमन गरी जानकारी लिएका थिए।, ‘साझा प्रयत्नले ठूलो दुर्घटना हुनबाट जोगिएछ, अब यसलाई स्थायी तटबन्ध बनाउनुपर्छ, त्यसप्रति सरकार गम्भीर छ,’ स्थानीयवासीको मागप्रति मन्त्री खाँणले आश्वासन दिँदै भने।, सानोतिनो प्रयासले हुन्न गम्भीरतावूर्पक कदम चाल्नुपर्ने देखिएको पनि उनले बताए। उनीसँगै शनिबार हवाई तथा स्थलगत निरीक्षणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, हेलम्बु गाउँपालिकका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रतिनिधिसभाका सदस्य शेरबहादुर तामाङ, प्रदेश सांसद युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायतको सहभागिता थियो। रासस, बगिरहेको छ हेलम्बुको पहाड
सेतोपाटी संवाददाता अटोमेटिक पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। , रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं. ९ सखी घर भई हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १३ बडहरा बस्दै आएका २५ वर्षीय इन्द्रकमल बुढा मगर पक्राउ परेका हुन्। , जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले  शुक्रबार बिहान साढे २ बजेतिर मगर पक्राउ परेको जानकारी दिए। , गोप्य सूचनाका आधारमा खानतलासी गर्दा घरमा राखेको रा ५ प ८७६२ नम्बरको स्कुटरमुनि रातो प्लाष्टिकभित्र लुकाइछिपाइ राखेको अवस्थामा लोडेड एक राउण्ड गोलीसहित अटोमेटिक पेस्तोल बरामद भएको एसपी काफ्लेले बताए । , मगरले पेस्तोल देखाएर सर्वसाधारणलाई त्रसित पार्ने गरेको सूचनाको आधारमा डिएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले मगरलाई पक्राउ गरेको थियो। , प्रहरी प्रमुख काफ्लेले मगर विगतमा पनि ज्यान मार्ने उद्योगमा साढे दुई वर्ष कैद सजाय भोगेका व्यक्ति रहेको जानकारी दिए। , २०७० वैशाख २५ गते साने घर्तीलाई ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा मगर  दुई वर्ष ६ महिना कैद बसेका थिए। , मगरलाई हातहतियारसम्बन्धी मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ।, अटोमेटिक पेस्तोलसहित एक युवक पक्राउ
सेतोपाटी संवाददाता झापाको शिवसताक्षीमा मालवहाक लहरीले किचेर एक जना स्थानीय महिलाको मृत्यु भएको छ।, शनिबार साँझ ७ बजे तिर झिलझिलेको पश्चिम बस स्टेन्ड नजिकै राजमार्गमा लहरीले किचेर वडा नम्बर ८ की ३५ वर्षीया महिला सुनिमा राईको घटनास्थलमै मृत्यु भएको हो।, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार प्रदेश २ को ०३-००१ख ४२३० नम्बरको लहरीले साइकलमा सवार उनलाई ठक्कर दिएको थियो।, उनी झिलझिले बजारम किनमेल सकेर नजिकै रहेको घरतिर जाँदै थिइन्।, ठक्कर दिने लहरी र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।, लहरीले किचेर महिलाको घटनास्थलमै मृत्यु
सेतोपाटी संवाददाता शनिबार दाङमा एउटा अनौठो घटना भएको छ। एक जना व्यक्तिले बल्छी लगाएर तानेको माछो टोक्दा बेहोस भएका व्यक्तिको केहीबेरमै मृत्यु भएको छ।, लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ वर्षीय खिमबहादुर घर्ती स्थानीय खोलामा बल्छी लगाएर तानेको अढैया जातको माछाले टोकेलगत्तै बेहोस भएका थिए।, ‘श्रीमतीसँगै स्थानीय कुलोमा बल्छी लगाएर माछा मार्न गएका घर्तीको जालमा सर्पजस्तै लामो अढैया जातको माछा परेछ,’ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने, ‘माछा फटफटाइरहेपछि घर्तीले मार्नलाई आफ्नै मुखले त्यसको टाउको टोकेलगतै उहाँ बेहोस हुनु भएछ र दौडाएर अस्पताल ल्याउनासाथ चिकित्सकले उहाँलाई  मृत्यु भइसकेको घोषणा गरेका थिए।’, एसपी काफ्लेका अनुसार झन्डै शनिबार दिउँसो २:४५ बजेतिर घर्तीको बल्छीमा सर्पजस्तै देखिने झन्डै एक हात लामो अढैया जातको माछा परेको थियो।, त्यसको टाउको मुखले टोकेको ३-४ मिनेटपछि घर्ती बेहोस भएका थिए। श्रीमतीले गाउँलेलाई गुहारेर श्रीमानलाई साढे ३ बजेतिर लमही अस्पताल पुर्‍याउना साथ चिकित्कसले मृत घोषणा गरेको एसपी काफ्लेले सेतोपाटीलाई बताए।, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले अनौठो घटना घटेको भए पनि पोष्टमार्टम रिपोर्ट नआउँदासम्म घर्तीको मृत्यु यही कारणले भयो भन्न सक्ने अवस्था नरहेको बताए।, ‘हामीले सर्पजस्तै देखिने झन्डै एक हात लामो माछा पनि अस्पतालमै राखेका छौं,’ पौडेलले भने, ‘पोष्टमार्टम रिपोर्टले  घर्तीको मृत्यु माछाको विषका कारण भएको हो वा अन्य केही कारणले भएको हो  भन्ने यकिन हुने छ।’, एकाएक घर्तीलाई हृदयघात भएको हुन सक्ने उनले आशंका व्यक्त गरे।, ‘तर, यो माछा दुरुस्तै सर्पजस्तै हुँदो रहेछ,’ पौडेलले भने, ‘त्यसैले त्यो माछाको टाउकोमा विष भण्डारण थियो कि भन्ने आशंका छ।’, बल्छीमा परेको ‘माछो टोक्दा’ बेहोस, केहीबेरमै मृत्यु
सेतोपाटी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ।, बैठक यही भदौ २१ देखि २५ सम्म काठमाडौंमा हुने भएको हो।  , बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसङ्घका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति हुनेछ।, बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायत विषयमा छलफल हुनेछ।, यस्तै बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोपकार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल हुनेछ।, बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ ।, दक्षिण–पूर्वी एशिया क्षेत्रमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्का, थाइल्याण्ड, भुटान, दक्षिण कोरिया र टिमोर–लेट्सेलगायत देश रहेका छन्। ,रासस, डब्लुएचओको क्षेत्रीय बैठक भदौ २१ देखि काठमाडौंमा
राजु अधिकारी सरकारले सहमति पालनामा चासो नदिएको बन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी काम छाडेर आन्दोलनमा उत्रिएका छन्।, चिकित्सक, विद्यार्थी, नर्ससहितका स्वास्थ्यकर्मीले काम छोडेपछी आजबाट बिपीको ओपीडी सेवा, नियमित शल्यक्रिया सेवा तथा अन्य उपचार सेवा ठप्प हुने भएको छ।, धरानमा दैनिक सरदर ३ हजार विरामीले ओपीडी सेवा लिन्छन् भने २० वटा शल्यक्रिया दैनिकजसो हुने गरेको छ।, यसअघि सात दिनभित्र सहमति कार्यान्वयन नगरे स्वास्थ्य उपचार सेवामा सहभागी नहुने आन्दोलनकारीले अल्टिमेटम दिएका थिए।, अल्टिमेटम दिएको पनि १० दिन पूरा भइसकेको छ।, आन्दोलनकारीले आकस्मिक र कोभिडबाहेकका सेवामा सहभागी नहुने घोषणा गरिसकेका छन्। अहिले उनीहरु एकै ठाउँ भेला भएर कविता वाचन गरिरहेका छन्।, तर सूचना अभावले आज आइपुग्ने बिरामीलाइ आन्दोलन स्थलमै सेवा दिने तयारी भएको सयुक्त संघर्ष समितिले जानकारी दिएको छ।, समितिका सदस्य डाक्टर पदम नेपालीका अनुसार सूचना अभावले आज आएका विरामी जाच्ने तयारीमा लागेको जानकारी दिए।, प्रतिष्ठानको शुद्धिकरण अभियानका लागि संघर्ष गरिरहेको संयुक्त समितिले सरकारले सहमति पालनामा ढिलाई गरेको भन्दै सात दिनभित्र सम्झौता कार्यान्वयन नगरे पुनः आन्दोलनको चेतावनी दिएको थियो।, प्रतिष्ठानको आर्थिक तथा शैक्षिक सुधारका लागि ८३ दिनदेखि निरन्तर आन्दोलनमा रहेका चिकित्सक तथा विद्यार्थीको संयुक्त संघर्ष समितिले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै माग सम्बोधन गर्न आग्रह गरेका थिए।, प्रतिष्ठान शुद्धिकरणको आन्दोलन ५० दिन पुग्दा साउन १९ को मध्यरातमा आन्दोलनकारी र सरकारबीच ६ बुँदे सहमति भएको थियो।, विवादमा परेका सबै पदाधिकारी हटाउने प्रक्रिया सुरु गर्ने, प्रतिष्ठानको आर्थिक अनियमितता छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने, अख्तियारमा रहेका मुद्दाहरुको छिटो किनारा लगाउने, पदाधिकारी नियुक्तिका लागि यसअघि बनेका विभिन्न समिति र आयोगले निर्धारण गरेका मापदण्ड लागु गरेर नयाँ मापदण्ड तय गर्ने लगायतका सहमति भएको थियो।, डा. कृष्णप्रसाद पौडेल नेतृत्वको सरकारी वार्ता टोलीले आन्दोलनकारीसँग यस्तो सहमति गरेको ३३ दिन पूरा भएको छ। जबकि सम्झौताका दिनदेखि नै त्यसलाई कार्यान्वयनमा लैजाने भनेर सरकारले वचन दिएपछि स्वास्थ्य सेवा ठप्प पार्ने घोषणाबाट आन्दोलनकारी पछि हटेका थिए।, काम छोडेर आन्दोलनमा उत्रिए बिपी प्रतिष्ठानका चिकित्सक
विवेक राई काठमाडौं उपत्यकामा विद्यालय खोल्ने विषयमा अन्योल भएपछि  स्थानीय तह, शिक्षक र अभिभावकबीच छलफल हुने भएको छ।, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भोलि (सोमबार) दिउँसो एक बजे विद्यालय खोल्ने/नखोल्ने बारे छलफल गर्न बैठक बोलाएको जानकारी दिए। , गत साता विद्यालय खोल्न सकिने आदेश जारी गरेसँगै उपत्यकाका स्थानीय तह विद्यालय खोल्ने तयारीमा जुटेका थिए। तर विद्यालय खोल्नेबारे विभिन्न मतभेद देखिएपछि यसबारे निर्णय लिन स्थानीय तह, शिक्षक र अभिभावकलाई प्रशासनले छलफलमा बोलाएको हो।, प्रमुख जिल्ला अधिकारी पराजुलीले भोलि बस्ने बैठकमा स्थानीय तह, शिक्षक र अभिभावको राय बुझिने र सोहीअनुसार उपयुक्त निर्णय लिने बताए।, ‘भोलिको बैठकमा सबै पक्षको कुरा सुनेपछि जे गर्दा राम्रो हुन्छ सोहीअनुसार निर्णय गर्छौं,' उनले सेतोपाटीसँग भने। , सरकारले विद्यालय खोल्न सकिने आदेश जारी गरे पनि स्थानीय तहले विद्यालय खोल्दा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँग समन्वय गर्न भनेको छ। सोहीअनुसार उपत्यकामा पनि विद्यालय खोल्न कस्सिएका स्थानीय तह डिसिसिएमसीको निर्णयको पर्खाइमा छन्।, उपत्यकामा विद्यालय खोल्ने तयारी भइरहँदा विज्ञहरूले भने अहिले विद्यालय खोल्ने बेला नभएको बताउँदै आएका छन्। अहिले पनि संक्रमणको जोखिम कायमै रहेको र विद्यालय जाने विद्यार्थीहरू अधिकांश १८ वर्ष मुनिका हुने र उनीहरूले खोप नलगाएको भन्दै त्यसले थप समस्या ल्याउनसक्ने उनीहरूको भनाइ छ। ,  , विज्ञ भन्छन्- काठमाडौंमा विद्यालय खोल्ने बेला भएको छैन, तिहारसम्म कुरौं, विज्ञले अहिले विद्यालय खोल्न हुन्न भन्ने राय राखेकै कारण स्थानीय तहलाई तत्काल विद्यालय सञ्चालन गरिहाल्न द्विविधा भएको हो। काठमाडौं महानगरपालिकाले यसै साताबाट विद्यालय सञ्चालन गर्ने आन्तरिक तयारी थालेको थियो। तर यो साता विद्यालय सञ्चालन हुने सम्भावना नरहेको महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले सेतोपाटीलाई जानकारी दिए। , 'यो साता विद्यालय खोल्ने अवस्था देखिँदैन। भोलि एक बजे काठमाडौं सिडिओले सबै स्थानीय तहको बैठक बोलाउनुभएको छ। त्यसपछि उहाँहरूले के निर्णय गर्नुहुन्छ सोहीअनुसार हामी अगाडि बढ्छौं,' उनले भने।, महानगरको मनस्थिति भने अब विद्यालय सञ्चालनमा ल्याउनु पर्ने रहेको सुवेदी बताउँछन्। केही विज्ञले सकेसम्म छिटो विद्यालय खोल्नुहुन्न भन्ने राय राखेकाले तत्काल निर्णय लिन समस्या भएको उनले जनाए।, महानगरका मेयर विद्यासुन्दर शाक्यले पनि विद्यालय खोल्न हतारो गर्न नहुने भनेको उल्लेख गर्दै उनले भने, 'मेयरज्यूले पनि विद्यालय खोल्न हतारमा निर्णय नगरौं फेरि पछि ब्याक हुनुपर्‍यो भने समस्या हुन्छ भनेर भन्नुभएको छ। तर हाम्रो अहिलेसम्मको आन्तरिक छलफल र तयारीका आधारमा अब विद्यालय खोल्नुपर्छ भन्ने निष्कर्षमै छौं। अब जिल्ला प्रशासन कार्यालयले के भन्छ त्यो आएपछि मात्र के गर्ने भनेर हामी निर्णय लिन्छौं।' , काठमाडौंमा विद्यालय खोल्नेबारे अन्योल: स्थानीय तह, शिक्षक र अभिभावकसँग छलफल गरिने
सेतोपाटी संवाददाता महालक्ष्मी विकास बैंकले ललितपुरकी विष्णुदेवी महर्जनलाई धितोमा राखेको सुन फिर्ता गरेको छ। ललितपुरको कुमारीपाटी शाखामा ऋण तिरे पनि धितो राखेको सुन फिर्ता गर्न आनाकानी गरेको बैंकले महर्जनलाई सुन फिर्ता गरेको हो। , एक विज्ञप्ति जारी गर्दै बैंकले गत शुक्रबार महर्जनले धितोमा राखेको सुन फिर्ता दिएको जानकारी गराएको छ। , 'शुक्रबार ऋणीले कर्जाको सम्पूर्ण साँवाब्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिनु भएको व्यहोरा जानकारी गराउँदछौ,' बैंकका प्रवक्ता दिपेश लम्सालले भनेका छन्।, बैंकले कर्जाको विधि र प्रक्रिया पूरा गर्ने क्रममा समय लागेको दाबी गरेको छ। महर्जनले पनि बैंकको मुख्यालयले शुक्रबार आफूलाई फोन गरेर सुन लिन बोलाएको जानकारी दिइन्। , 'हेडक्वाटरले शुक्रबार बोलायो। पैसा वा सुन लिनुहुन्छ भनेर सोध्नुभयो। अनि मैले मलाई मेरो सुन नै चाहिन्छ भनेपछि सबै फिर्ता गरिदिनुभयो,' उनले भनिन्, 'उहाँहरूले कुरा गरेअनुसार हेराफेरी भएको भन्ने खालको कुरा गर्नुभयो।' , विष्णु महर्जनले ६ वर्षअघि २०७२ फागुनमा कुमारीपाटीको महालक्ष्मी विकास बैंकबाट ऋण लिएकी थिइन्। उनले बैंकबाट १४ लाख बढी रुपैयाँ ऋण लिएकी थिइन्। त्यसबापत् उनले बैंकलाई २५ तोला सुन धितो बुझाएकी थिइन्।, विष्णुले बैंकलाई हरेक वर्ष आफूले सक्दो ब्याज-सावा तिर्ने गर्थिन्। त्यसरी नै आफूले लिएको ऋण घटाउँदै गइन्। तिर्दै जाँदा गत भदौ ९ गतेसम्म आठ लाख ५४ हजार रुपैयाँ ऋण चुक्ता गर्न बाँकी थियो।, बैंकले महर्जनलाई गत असार ३ गते बोलायो। त्यहाँ पुगेर विष्णुले ऋण चुक्ता गर्न बैंकसँग केही समय मागिन्। तर मौखिक निवेदनले नहुने भन्दै बैंकले लिखित निवेदन माग्यो।, 'मलाई लेख-पढ गर्न आउँदैन। तपाईंहरू लेखिदिनु म सही गर्छु भनेपछि लकडाउन खुलेको १५ दिनपछि तिर्नू भनेर भन्नुभयो,' उनले भनेकी थिइन्,'१५ दिन गाह्रो हुने भएकोले भदौ १० गते सम्मको समय दिनू भनेर मागें।', बैंकले लिखित कागजी रूपमा १५ दिनभन्दा बढी समय दिन नमिल्ने बताए पनि महर्जनलाई भदौ १० गते सम्मको समय दियो।, उनी पैसा जुटाउनतिर लागिन्। भदौ १० गतेभित्र जसरी पनि तिर्नु पर्ने हुँदा उनले आफन्त तथा साथीहरूसँग सहयोग लिइन्। रकम जुटाएर उनी भदौ ९ गते ऋण चुक्त गर्न कुमारीपाटीस्थित शाखामा पुगिन्।, उनले ऋण चुक्ता गरेपछि धितो राखेको सुन फिर्ता माग्दा बैंकका म्यानेजरले नक्कली निस्केको बताएका थिए। नक्कली भएको भन्दै धितोमा राखेको सुन फिर्ता नगरेपछि विष्णुदेवीले महानगरीय प्रहरी कार्यालय ललितपुरमा जाहेरीसमेत दिएकी थिइन्। , परिसरले बैंकका प्रतिनिधिलाई छलफलको लागि पहिलो पटक बोलाउँदा केही समय माग गरेका थिए। तर पछि पटक-पटक बोलाउँदा पनि नआएपछि विष्णुदेवीले नेपाल राष्ट्र बैंकमा उजुरी दिएकी थिइन्। , 'बोलाउँदा पनि नआएपछि म राष्ट्र बैंक गएकी थिएँ। त्यहाँबाट चार दिनभित्र समाधान गर्ने भए गर्नू नत्र हामी हेर्छौं भनेर पत्र पठाएपछि मैले सुन फिर्ता पाएँ,' उनले भनिन्,'तनाव मात्रै भयो। उता हेडअफिसको सरहरूले पनि माफी माग्नुभयो। हामीलाई पनि जानकारी थिएन। मिडियामा आएपछिमात्रै हामीले थाहा पायौं भन्ने खालको कुरा गर्नुभयो।', यो पनि पढ्नुस्:, महालक्ष्मी विकास बैंकको ऋण तिरेर धितो फिर्ता माग्दा २५ तोला सुन नक्कली निस्किएपछि..., विष्णुदेवीले फिर्ता पाइन् महालक्ष्मी विकास बैंकमा धितो राखेको सुन
रवीन्द्र काफ्ले/रासस फिदिम नगरपालिका–४ चारखम्बे पुगेपछि मेची राजमार्गको दायाँबायाँ माटाले भरिएका बोरा खात लगाएर राखिएका भेटिन्छन्। बोरासँगै बसेका मानिस कोही बिक्रीमा व्यस्त हुन्छन् त कोही सडकमाथिको पाखामा बोरामा माटो भरिरहेका हुन्छन्।, यही बाटो भएर यहाँका उत्तरी क्षेत्र, ताप्लेजुङ र तेह्रथुमका पूर्वी भाग पुग्ने सवारी साधनमा माटो ‘लोड’ गरिन्छ। यात्रुहरुले पैसा तिर्छन्, कतिपय त सवारी चालकले नै माटाको रकम तिरेर खरिद गरी ग्राहकसम्म पुर्‍याइदिन्छन्।, यसरी माटाको खरिद बिक्री हुन्छ र मानिसहरुले यही कामलाई पेसा बनाइरहेका छन्भन्दा आश्चार्य लाग्न सक्छ तर फिदिम–४ चारखम्बेदेखि तुम्देनचोकसम्मको सडकमा देखिने यो दृश्य यहाँका स्थानीयवासीको भने आम्दानी गर्ने माध्यम हो। चारखम्बे क्षेत्रमा मेची राजमार्गमाथि भित्तामा रहेको माटो गाढा रातो हुनाका साथै घर लिपपोत गर्दा आकर्षक देखिने हुनाले यसरी आकर्षक मूल्यमा बिक्री भइरहेको हो। , पहाडी क्षेत्रका ग्रामीण बस्तीका घरहरु ढुङ्गा र माटाको पर्खाल लगाएर निर्माण गरिन्छन्। ढुङ्गा र माटाको पर्खालमा लिपपोतमा चुनढुङ्गा, कमेरो र रातो माटाको प्रयोग गरिन्छ। लिपपोत सहज बनाउन तथा घरको सुन्दरताका लागि भुइँतलाको पर्खालको भुइँतर्फको करिब एक तिहाइ भागमा रातो माटो पोत्ने चलन अहिले पनि गाउँघरमा उत्तिकै छ।, कतिपय घरका पर्खालत पूरै रातामाटाले पोत्ने चलन पनि छ। यही प्रयोगका लागि यहाँ पाइने गाढा रातो माटो प्रख्यात हुँदै गएको हो। त्यसकारण यहाँका स्थानीयवासीले माटाको बिक्री वितरणलाई पेसाकै रुपमा अङ्गालेका छन्। , यहाँकी मीरा गुरुङले रातो माटाको व्यापार थालेको १० वर्ष हुन लाग्यो। उहाँको परिवारले दसैँ अघि कामदार लगाएर माटो खन्ने तथा बिक्री गर्ने काम गर्दै आएको छ। ‘प्रायः दसैँमा घर सजावटको काम हुने हुनाले दसैँअघिको एक महिना अत्यधिक बिक्री हुन्छ’, उनले भने, ‘हामी यही बेला अलिअलि माटो बिक्री गरेर आम्दानी गर्छौं।’ माटो बिक्रीले दसैँ मनाउन आर्थिक रुपले मद्दत गरेको उनको भनाइ छ। , आफ्नै जमिनबाट रातो माटो निस्कने भएकाले राम्रो मेहनत र व्यापार गर्नसके आम्दानी पनि राम्रै हुने आधार रहेको अर्की जग्गाधनी रनमाया लावतीको भनाइ छ। यहाँ आफ्नो जमिन नहुनेले जमिन भाडामा लिएर रातो माटो निकालेर समेत बिक्री गर्दै आएका छन्।, दसैँअघिको समयमा बाहेक अन्य समयमा भने रातो माटो छिटफुट रुपमा मात्रै बिक्री हुने गरेको छ। सडकसँगै घर हुनेले छिटफुट रुपमा बाह्रै महिना माटो बिक्री गरेर आम्दानी गर्ने गरेको स्थानीयवासी जयन्द्र खवासले बताए। यहाँको माटो प्रतिबोरा ८० देखि १०० सम्ममा बिक्री हुने गरेको छ। प्रत्येक बोरामा २० देखि २५ किलोसम्म माटो उठाइन्छ। , बाह्रै महिना नभए पनि वर्षमा केही समयका लागि भए पनि यहाँ माटो खन्ने, ढुङ्गा र माटो छुट्याउने बोरामा भर्ने जस्ता काममा स्थानीयवासीले रोजगारी पाएका छन्। फिदिम–४ तुम्देनचोकका २० वर्षीय दीप लावती शुक्रबार धमाधम माटाका बोरा सडकका भित्तामा मिलाएर राख्दै थिए। ‘दसैँअघि राम्रो बिक्री हुन्छ, धेरै लैजानेलाई अलि सस्तोमा पनि दिन्छौँ’, उनले भने, ‘बर्खा सकिएपछि माटो खन्न, बोरामा भर्न र मिलाएर सडकको छेउ भित्तामा राख्न थाल्छौँ।’, यहाँको माटो गाढा रातो हुनाले गाउँगाउँमा प्रख्यात भइसकेको छ। यद्यपि गत वर्ष लकडाउन र कोभिड–१९ को महामारीका कारण राजमार्गमा यात्रुको चाप नहुँदा माटो अघिल्ला वर्षमा जसरी बिक्री नभएको रातो माटोको बिक्री गर्दै आउनुभएका कृष्ण खवासको भनाइ छ। ‘पहिले राम्रो बिक्री हुन्थ्यो र जग्गाधनीलाई हामीले राम्रो पैसा दिन सक्थ्यौँ, अहिले बिक्री कम छ’, खवासले भने। यस्तै माटो भर्नका लागि बजारमा बोरा नपाइने गरेको र बोराको मूल्य बढ्ने तथा माटाको मूल्य घटाउनुपर्ने हुनाले धेरै फाइदा भने हुन छाडेको माटाको बिक्रीमा संलग्नहरुको भनाइ छ। , माटो बिक्री बढेपछि यहाँ दैनिक १५ देखि २५ जनासम्म स्थानीय माटो खन्ने, बोरामा हाल्ने र बिक्री गर्ने काममा खटिन्छन्। यहाँका भित्तामा धेरै ढुङ्गा नरहेको र सजिलै माटो निकाल्न सकिने भएकाले बिक्रेतालाई सहज भएको छ। गाउँगाउँसम्म सवारीका साधन पुगेपछि टाढा पुगेर रातो माटो खोज्नुभन्दा तयार अवस्थामा रहेको माटो खरिद गर्न धेरैले रुचाउनाले माटाको बिक्री बढेको हो। यहाँको माटाले लिपपोत गर्दा घर, आँगन आकर्षक देखिने हुनाले वर्षौंदेखि बिक्री हुँदै आएको माटाको बिक्रीमा संलग्न रनमाया लावतीले बताइन्। , जहाँ माटो बिक्छ...
नवीन लामिछाने/रासस बाढीपहिराका कारण क्षति पुगेका यहाँका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पुर्‍याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो ।, गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले क्षति पुर्‍याएका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु मावि, नासों–६ थोंचेस्थित प्रकाशज्योति मावि, नासों–३ स्थित धारापानी आधारभूत विद्यालय र चामे गाउँपालिका–४ स्थित लोकप्रिय माविको भवन निर्माण सेनाले बनाउने बताइएको छ ।  , जिल्लाका नमूना विद्यालयका रुपमा रहेका लोकप्रिय माध्यामिक विद्यालय र प्रकाशज्योति माध्यमिक विद्यालयको आधा भाग बाढीले बगाएको छ । बाढीका कारण क्षति पुगेका विद्यालयमा पठनपाठन गराउन सकिने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायणप्रसाद रेग्मीले बताए। , चार मात्रै माध्यमिक विद्यालय रहेको मनाङका विद्यालयमा नदी पसेपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको छ । बाढीपहिराले सडक सञ्जालबाट विच्छेद रहेका विद्यालय भवन निर्माणका लागि सेनाले सहयोग गर्ने भएको रेग्मीले जानकारी दिए। ‘भविष्यमा देशको कार्यभार सम्हाल्ने साना विद्यार्थीको उज्यालो भविष्य बनाउनका लागि सेनाले भवन निर्माण गरेरसहयोग पुर्‍याउने भएको छ’, उनले भने। , कोरोनासँगै बाढीपहिराको जोखिममा रहेका बालबालिकाको पढाइ नै अनिश्चित भएपछि सेनाले विद्यालय भवन निर्माण सहयोग गर्ने तत्परता देखाएको छ । सेनाले विद्यालय भवन निर्माणमा सहयोग गर्ने भएपछि मनाङवासीका साथै बालबालिका समेत हर्षित भएका छन् । , नासों–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । ताल गाउँको बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा छ । उनका अनुसार तीन माध्यमिक र एक आधारभूत विद्यालयमा बाढीका कारण क्षति पुगेको छ । यी विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको उनले बताए।, त्यस्तै नासों–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति माध्यमिक विद्यालयलाई एकतर्फ मर्स्याङ्दी नदी र अर्कोतर्फ दूध खोलाले क्षति पुर्‍याएको छ । कक्ष १२ सम्म पढाइ हुने यस विद्यालयमा पठनपाठनका लागि मस्र्याङ्दी नदीमाथिको झोलुङ्गे पुलमार्फत जानुपर्ने भए पनि बाढीले पुल बगाएपछि विद्यालयसम्म पुग्नसमेत सकस हुने गरेको छ ।  , जिल्लाका चार माध्यमिक विद्यालयमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मात्रै बाढीबाट जोगिएको रेग्मीले जानकारी दिए। सदरमुकामस्थित चामे–४ को नमूना विद्यालय लोकप्रिय माध्यमिकको भवनमा मस्र्याङ्दी नदीको बाढीले पूर्ण रुपमा क्षति पुगेको छ । , छात्राबाससहितको विद्यालयको एक चौथाइ भाग मात्रै बाँकी रहेको छ । कम भाग मात्रै बाँकी रहेको विद्यालयमा राखेर विद्यार्थीको पठनपाठन अगाडि बढाउन सक्ने अवस्था छैन । नेपाली सेनासँग कहिलेदेखि भवन निर्माणको थालनी गर्ने, भौतिक संरचना निर्माण आवश्यक पर्ने सामग्री कसरी क्षति पुगेको स्थानसम्म पुर्‍याउनेलगायतका प्राविधिक तथा सामाजिक, विधिगत विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानले जानकारी दिए।, ‘सडक सञ्जालबाट पूर्ण रुपमा टाढा भएका छौं, विद्यालय विद्यार्थीको भविष्य निर्माणका लागि आवश्यक छ, सडक सञ्जाल निर्माण छिटो भए सहज हुने थियो, पहल गरिरहेका छौं, अझैसम्म पनि वर्षा हुने क्रम जारी रहँदा समस्या थपिएको छ’, उनले भने।, कोरोनाले थलिएको मनाङको शैक्षिक क्षेत्रमा बाढीले झन थिलो थिलो बनाएको उनले बताए। बाढीपहिराका साथै कोरोना कहर न्यूनीकरण हुँदै जाँदा बालबालिकाको भविष्य निर्माणका लागि पठनपाठन सुचारु गर्नुपर्ने हुन्छ । विद्यालय भवन नै बाढीपहिराले बगाएपछि मनाङका विद्यार्थी शिक्षाबाट वञ्चित हुनेछन्।, मनाङका विद्यालय भवन सेनाले बनाउने
सेतोपाटी संवाददाता चेक बाउन्स मुद्दामा एक जना ठेकेदार पक्राउ परेका छन्।, बानेश्वरमा रहेको सिद्धिसाई कन्स्ट्रक्सनका सञ्चालक दीपेन्द्र शाहीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार पक्राउ गरेको हो।, शाहीविरूद्ध रत्नबहादुर खड्का* र कपिल घिमिरेले चेक बाउन्सको मुद्दा हालेका थिए। तीमध्ये खड्काले शाहीलाई मिटर ब्याजमा पैसा दिएका थिए। उनको चार करोड ९३ लाख र घिमिरेको ५ करोड रुपैयाँको चेक पटक-पटक बाउन्स भएपछि प्रहरीमा मुद्दा हालेका थिए।, परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले शाहीमाथि थप अनुसन्धान भइरहेको बताएका छन्।  , डोल्पाका निर्माण व्यवसायी शाहीले यसअघि अर्का मिटरब्याजी गणेश उप्रेतीविरूद्ध मुद्दा हालेका थिए।, दुई करोड २० लाख रुपैयाँ तिर्नुपर्ने हिसाब रहेकोमा उप्रेतीले १४ करोड हिसाब पुर्‍याएर पीडित बनाएपछि उनले जाहेरी दिएका थिए।, *सच्याइएको।,  , चेक बाउन्स मुद्दामा ठेकेदार शाही पक्राउ
सेतोपाटी संवाददाता कीर्तिपुर नगरपालिकामा ‘मास्क बिना प्रवेश निषेध’ अभियान सुरु गरिएको छ।, कोरोना भाईरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो।, आईतबार बिहान कीर्तिपुरमा सो अभियानको शुभारम्भ गर्दै मेयर रमेश महर्जनले सबै नागरिकलाई कोरोनाको संकटबाट बचाउन अनिवार्य रुपमा मास्क लगाउन जनचेतना जगाउनका लागि सो अभियान संचालनमा ल्याइएको स्पष्ट पारे।, कीर्तिपुर नगरपालिकाले मानिसहरुको भीडभाड हुने स्थलमा जाँदा हरेक नागरिकले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने भएकाले सो अभियान संचालनमा ल्याउनु परेको पनि स्पष्ट पारेको छ।, त्यसका लागि मास्क उपलब्ध गराउन ‘मास्क बैंक’को पनि स्थापना गरिएको छ । सक्नेले दिने र नसक्नेहरुलाई निःशुल्क रुपमा वितरण गर्न सो बैंकको स्थापना गरिएको पनि मेयर महर्जनले जानकारी दिए। ‘कीर्तिपुरको हकमा मास्कको सुनिश्चितता शुभारम्भ गरेका छौं। यसलाई निरन्तरता दिँदै हामीले यहाँका विभिन्न सार्वजनिक स्थलहरुमा, कार्यस्थलहरुमा ‘मास्कविना प्रवेश निषेध’ भन्ने अभियानको प्रारम्भ गरेका छौं,’ उनले भने।, कार्यक्रममा बोल्दै उपमेयर सरस्वती खड्काले सो अभियानलाई साथ दिएर कोरोना संकटबाट बच्न सबै नागरिकहरुलाई अपिल गरे।  उनले भीडभाडमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन भुल्न नहुने पनि स्पष्ट पारे।, कार्यक्रममा युनिसेफ, लायन्स क्लव अफ काठमाडौंलगायतका सामाजिक संघसंस्थाहरुले मास्क बैंकमा मास्क उपलब्ध गराएका थिए । सो मास्क सबै वडाबाट निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको कीर्तिपुर नगरपालिकाले जनाएको छ।, कीर्तिपुरमा ‘मास्कबिना प्रवेश निषेध’!
सुरेन्द्र फुयाल नेपालकै 'सम्भावित खतरनाक' हिमतालमध्ये एक, उत्तरी दोलखाको च्छो रोल्पामुनि गत आइतबार बिहान यस्तो दृश्य देखियो-, रोलवालिङ उपत्यकामा परेको झमझम पानीले च्छो रोल्पा हिमताल (४,५८० मिटरको उचाइ) बाट करिब १५ किलोमिटर पश्चिमतिर नदी बगरमा बसेको बेदिङ गाउँवासी पनि रुझ्दै थिए। करिब ३,७०० मिटर उचाइमा रहेको बेदिङ गाउँ गौरीशंकर हिमालको काखैमा छ र यो बस्ती रोलवालिङ खोलाको तिरमा पर्छ। च्छो रोल्पाको पानी बेदिङको आँगनबाटै बग्ने रोलवालिङ खोलाबाट पश्चिमतिर डोङयाङ हुँदै तामाकोसीमा झर्छ जुन सप्तकोसीको एक सहायक नदी हो।, लगातारको वर्षापछि च्छो रोल्पाबाट झर्ने रोलवालिङ खोला गड्गडाइरहेका बेला ७० वर्षीय नवाङ शेर्पा चाहिँ आफ्नो घरबाट केही पर रहेको बेदिङ गुम्बातिर हतारिँदै अघि बढिरहेका थिए।, बेदिङ गाउँमा रोलवालिङको बाढी पस्न नदिन चार-पाँच फिट अग्ला ग्याबिन तारले बेरिएका ढुंगे पर्खाल लगाइए पनि गुम्बानजिकै मोडिइसकेको त्यो खोलाको बाढी रोक्न कुनै संरचना छैन।, 'टाशी डेलेक (नमस्ते), तपाईंहरूको हालखबर के छ?' भनेर सोध्नेबित्तिकै नवाङले मुस्कुराउँदै अभिवादन फर्काइहाले।, च्छो रोल्पा हिमताल फुट्न सक्ने सम्भाव्य जोखिमबारे कुरा गर्दा नवाङले भने, 'माथि लेकमा च्छो रोल्पामा पानी भरिसकेको छ, गाउँमा बाढी पस्ने डर छ। हामी त अब माथि नाँ गाउँतिर भागिहाल्नुपर्छ। बाढीको डरले बर्खामा कोही पनि बेदिङमा बस्दैन, सबै जना माथि (नाँ गाउँ– ४१०० मिटरमा) जान्छन्। हिउँदमा पानी घटेपछि फेरि सबै यहाँको घर फर्किन्छन्।', 'बेदिङमा हामीलाई बाढीको सधैं डर हुन्छ।', बेदिङ गाउँका नवाङ शेर्पा, ७०, च्छो रोल्पाबाट ठूलो बाढी आए आफ्नो गाउँबस्ती सखाप हुने चिन्तामा छन्। तस्बिर: सुरेन्द्र फुयाल, च्छो रोल्पामुनिको बस्ती, यो साता नेपालका अधिकांश भू-भाग भारी वर्षासँगै बाढीपहिरो र डुबानसँग संघर्ष गर्न बाध्य भएका बेला मध्यपूर्वी नेपालको रोलवालिङ र तामाकोसी नदी उपत्यकामा पनि बाढी र पहिरोको त्रास निकै बढ्न गयो।, दोलखा सदरमुकाम चरिकोटबाट ६० किलोमिटर सडक यात्रा र दुई दिनको लामो पदयात्रापछि पुगिने गौरीशंकर-१ का शेर्पा समुदायका मानिस ठूलो पानी पर्दा वा भुइँचालो जाँदा निकै भयभित हुने गर्छन्।, च्छो रोल्पाको पानीको मुहान रोलवालिङ हिमालमा हिउँ पहिरो जाँदा पनि उनीहरू भयभित हुन्छन्।, त्यसको कारण हो, २१ वर्षअघि विदेशी दाताको सहयोगमा तालको पश्चिमी डिलमा ७० मिटर लामो नहर बनाएर च्छो रोल्पाको पानीको सतह तीन मिटर घटाएर नियन्त्रित रूपमा पानी बाहिर पठाउन थालिए पनि यो हिमताल विस्फोट हुने जोखिम अझै टरिसकेको छैन।, च्छो रोल्पाको पानी बाहिर पठाउन बनाइएको नहर। तस्बिर: सुरेन्द्र फुयाल, ८० प्रतिशत जोखिम कायमै, सन् २००० को जुन महिनामा च्छो रोल्पामा नहर र निकास खोलिएपछि हिमताल विस्फोटनको खतरा २० प्रतिशत घटेको बताइयो। त्यसको अर्थ च्छो रोल्पा हिमताल विस्फोटनको खतरा अझै ८० प्रतिशत जीवितै छ।, हिमतालको पानी र बरफको स्रोतका रूपमा रहेका नजिकैका हिम चुचुराबाट अचानक हिउँपहिरो खस्दा वा अत्यधिक गर्मी बेला हिमतालको मोरेन ड्याम (ढुंगामाटो र बरफ मिलेर बनेको प्राकृतिक बाँध) को तल्लो भागमा रहेको बाक्लो निलो बरफ पग्लिएर बाँधमा ठूलो छिद्र उत्पन्न हुँदा वा नजिकै केन्द्रविन्दु भएको ठूलो भूकम्प जाँदा हिमताल विस्फोट हुनसक्ने चिन्ता विज्ञहरूले व्यक्त गर्ने गरेका छन्। , विज्ञहरूका अनुसार करिब ७० वर्षअघि रोलवालिङ हिमालको हिमनदीमुनि निकै सानो आकारमा रहेको च्छो रोल्पा हिमतालको आकार यो अवधिमा सात गुना बढिसकेको छ। पृथ्वी तात्ने क्रम बढेसँगै हिमालय क्षेत्रमा हिमनदी पग्लिने क्रम तीव्र भएकाले हिमतालहरूको संख्या र आकार बढ्न थालेको पाइएको छ। सँगसँगै, हिमताल विस्फोटनको जोखिम बढ्नसक्ने चिन्ता व्याप्त छ।, विज्ञहरूका अनुसार पृथ्वीको औसत तापक्रम बढ्दा हिमालयको तापक्रम औसतभन्दा ०.७ प्रतिशत बढ्ने गरेको पाइएको छ।, रोलवालिङमा हिउँ पग्लिने क्रम तीव्र भएसँगै च्छो रोल्पा हिमतालको आकार लगातार बढिरहेको छ। तस्बिर सौजन्य: इसिमोड, गत वर्ष एकीकृत अन्तर्राष्ट्रिय पर्वत विकास केन्द्र (इसिमोड) र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार च्छो रोल्पा र सगरमाथा क्षेत्रमा रहेको इम्जा च्छो हिमताल 'नेपालका सबभन्दा बढी सम्भावित खतरनाक हिमताल' हुन्।, त्यसैले आगामी दिनमा च्छो रोल्पा र इम्जा च्छोको 'निरन्तर संवेदनशील र नियमित अनुगमन गर्नुपर्ने खाँचो' रहेको त्यो अध्ययनको निष्कर्ष थियो।, सन् २०१५ यताका भूउपग्रहीय तस्बिर विश्लेषणका आधारमा गरिएको उक्त अध्ययनअनुसार हिमालय क्षेत्रमा रहेका ४७ जोखिमपूर्ण हिमतालमध्ये २१ वटा नेपालको कोसी, गण्डकी र कर्णालीको उद्गम क्षेत्रमा छन्। तीमध्ये पनि च्छो रोल्पा र इम्जा च्छो सबभन्दा जोखिमपूर्ण पाइएका छन्।, The latest report finds that the 2 most potentially dangerous glacial lakes in Nepal, ,#TshoRolpa, & ,#ImjaLake,, continue to be critical & need regular monitoring ➡️ ,https://t.co/NUVW3mRuUq,@UNDPNepal, ,#GlacialLakesNepal, ,#CryopshereWednesday, ,#HKHRiverbasins, ,pic.twitter.com/wJXTGXX6dZ, — ICIMOD (@icimod) ,September 9, 2020, एकैछिन पुरानो संयोगको सम्झना।, एक्काइस वर्षअघि च्छो रोल्पाको नहर उद्घाटन गर्न काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरमा दोलखा उडेको तत्कालीन विज्ञान तथा प्रविधिमन्त्री सुरेन्द्र चौधरी नेतृत्वको टोलीमा काठमान्डू पोस्ट संवाददाताको हैसियतमा यो लेखक पनि सामेल थियो। कर्णेल मदन केसीले उडाएको एमआई-१७ मा जल तथा मौसम विभागका महानिर्देशक आदर्श पोखरेल लगायत थिए।, मौसमले साथ नदिएपछि त्यो टोली लामाबगरमा दुई घन्टा कुरेर च्छो रोल्पा नहरको औपचारिक उद्घाटन नै नगरी राजधानी फर्किएको थियो।, नहर निर्माणपछिको कालखण्डमा च्छो रोल्पाको नहर हुँदै तल झर्ने रोलवालिङ खोलाबाट निकै धेरै पानी बगेर तल्लो तटमा तामाकोसी र सप्तकोसीमा मिसिइसकेको छ।, च्छो रोल्पा हिमताल, रोलवालिङ र तामाकोसी नदी क्षेत्र। तस्बिर: गुगल अर्थ, हिमतालको तीन मिटर घटाउन नहर खोलिएको २१ वर्षपछि गत शनिबार यो लेखक च्छो रोल्पा पुग्दा तालमा पानी टनाटन भरिएको थियो। तर नहरबाट लगातार पानी तल रोलवालिङ उपत्यकातिर खसिरहेको थियो।, हिमतालभन्दा पश्चिम-उत्तरतर्फको प्राकृतिक बाँध केही भासिएको देखियो। तालको पश्चिमी डिलमा बनाएको भवन, प्रयोग गरिएका गह्रौं उपकरण राखिएको जस्ताको ठूलो टहरा र तलपट्टि भीरमा बनाइएको माइक्रोहाइड्रो प्लान्ट भने मर्मतको पर्खाइमा रहेको स्पष्ट भयो।, कर्मचारी बस्न बनाइएको भवनमा ताल्चा लगाइएको थियो। नजिकै नाँ गाउँका सगरमाथा आरोही पेम्बाग्याल्जेन शेर्पाको भनाइमा 'वर्षको एकपटक मात्र' कर्मचारी त्यो भवनमा आउँछन्। सरकारी भनाइमा चिसोका कारण त्यहाँ सधैं कर्मचारी बस्न सम्भव छैन।, नहरको पश्चिमी किनारतर्फ जमिन थोरै भासिएको पनि देखियो। नियन्त्रित पानी निकासनजिकै दायाँतर्फ ग्याबिन तारले बेरिएको ढुंगाको बाँध पनि थोरै लच्किएको देखियो।, पेम्बाग्याल्जेनका अनुसार रोलवालिङ खोलामा भेलबाढी आए स्वचालित रूपमा साइरेनसहित पूर्वसूचना दिन बनाइएको प्रणालीले पनि काम गर्न छोडिसक्यो। हिमताल अचानक फुटे रोलवालिङ र तामाकोसी नदी किनारवासीलाई पूर्वसूचना दिन ती साइरेन पनि २१ वर्षभन्दा बढी पुराना हुन्।, रोलवालिङ र तामाकोसीवासीको चिन्ता, यो हिमतालबाट करिब आठ किलोमिटर तल रहेको नाँ गाउँ च्छो रोल्पाबाट सबभन्दा नजिकको बस्ती हो।, तर नाँ गाउँ रोलवालिङ खोलादेखि केही पर र अग्लो स्थानमा बसेकाले रोलवालिङवासी नाँ गाउँलाई अझै चार-पाँच किलोमिटर तल बसेको बेदिङ गाउँभन्दा तुलनात्मक हिसाबले सुरक्षित ठान्छन्।, नाँ गाउँमा पर्यटन व्यवसाय गरिरहेका पेम्बाग्याल्जेनको आँगनबाटै च्छो रोल्पा हिमतालबाट करिब ५०० मिटर तल खसालिएको ठाडो झरनारूपी रोलवालिङ खोला प्रस्ट देख्न सकिन्छ। नाँ गाउँ केही सुरक्षित देखिए पनि बेदिङ गाउँ ठूलो जोखिममा रहेकोमा रोलवालिङवासी चिन्तित छन्।, च्छो रोल्पाबाट झरेको रोलवालिङ खोला देखाउँदै नाँ गाउँका सगरमाथा आरोही पेम्बाग्याल्जेन शेर्पा।, रोलवालिङको माथिल्लो भूभागका रहेका ३५० घरधुरीका मानिस आफ्ना याक, नाक र चौंरीसहित हिउँदमा बेदिङ र बर्खामा नाँ गाउँमा बसाइ सर्दै आएका छन्।, 'च्छो रोल्पाबाट ठूलो बाढी आउने डरका कारण हामी बर्खा लागेपछि नाँमा आइहाल्छौं। आफ्नो सुरक्षा त गर्नुपर्‍यो नि। हिउँदमा पानी घटेपछि चाहिँ बेदिङ जान्छौं। तर खोलानजिकै भएकाले बेदिङको भविष्य राम्रो छैन। अहिले सबै मानिस गाउँ छाडेर काठमाडौंतिर बसाइ भागिसके,' पेम्बाग्याल्जेनले भने।, तर बेदिङदेखि तल रोलवालिङ खोलाको तल्लो तटमा रहेको डोङयाङ (२,८०० मिटर) मा रोलवालिङ किनारमै २० वर्षदेखि लज सञ्चालन गरिरहेकी जाङ्मो शेर्पालाई कुनै चिन्ता छैन।, 'हाम्रो देवता बलियो छन् ताल फुट्दैन,' उनले भनिन्।, रोलवालिङको डोङयाङ (२,८०० मिटर) मा खोलाछेउमै बनाइएको लज। तस्बिर: सुरेन्द्र फुयाल, डोङयामा खोला किनारमै बनाइएका तीन भवनले पदयात्रुलाई आश्रय दिँदै आएका छन्। तर ती बाढीको जोखिमा देखिन्छन्।, कयौं रोलवालिङवासी भने 'यस क्षेत्रमा मारकाट भए मात्र बाढी आउँछ' भन्ने पुरानो कथनमा विश्वास राख्छन्।, च्छो रोल्पाको जोखिम कहाँ कहाँ, २१ वर्षअघि च्छो रोल्पा हिमताल फुट्नसक्ने चिन्ता बढेपछि यो हिमतालले काठमाडौंसहित पूरै देशको ध्यान आफूतिर तान्यो।, त्यति बेला हिमताल फुटे च्छो रोल्पाको बाढी रोलवालिङ उपत्यका हुँदै तामाकोसीमा आइपुग्ने र तामाकोसी बगरमा सिंगटी र मन्थलीजस्ता सहरबजारका साथै बगरमा बसेका थुप्रै गाउँ-बस्तीका लाखौं मानिस जोखिममा पर्न सक्ने चिन्ताहरू प्रकट भए।, दाताको सहयोगमा हिमतालको पानीको सतह घटाउने काम सकिएपछि त्यो चिन्ता हट्यो। तथापि अहिले रोलवालिङदेखि ४० किलोमिटर तल पर्ने सिंगटी बजारमा त्यस्तो चिन्ता अझै हटिसकेको छैन।, चरिकोटदेखि ४० नै किलोमिटर उत्तरमा रहेको सिंगटी बजार च्छो रोल्पाको पानी बगेर आउने तामाकोसीको किनारमै बसेको छ जहाँ पछिल्लो समय सहरीकरण तीव्र भइरहेको छ। भटाभट नयाँ घरहरू बन्न थालेका छन्।, तामाकोसी किनारमै बसेको सिंगटी बजार। तस्बिर: सुरेन्द्र फुयाल, सिंगटी बजारमा हरदिन पशुपन्छीको उपचार र औषधिमूलोमा व्यस्त रहने स्थानीयवासी केशरबहादुर खत्री च्छो रोल्पाको वर्तमान अवस्था र भविष्यबारे निकै चासो र चिन्ता लिने गर्छन्।, उनका विचारमा च्छो रोल्पा हिमताल फुट्न नदिन स्थानीयवासीका अतिरिक्त दोलखाका सबै निर्वाचित जनप्रतिनिधिले चासो लिनुपर्छ र जोखिम कम गर्न हरसम्भव उपाय अवलम्बन गर्नुपर्छ।, खत्री र अन्य सिंगटीवासीले असार १ गते सिन्धुपाल्चोकको मेलम्ची बजारमा आएको अप्रत्यासित र अकल्पनीय भेलबाढीको त्रासदीका तस्बिर देखेका छन्। त्यही बेला मनाङले भोगेको विपतबारे पनि उनीहरूलाई थाहा छ।, यो साता नेपालका विभिन्न भागले भोगेका बाढीपहिरो र डुबानबारे पनि उनीहरू जानकार छन्।, भर्खरै लामाबगरमा नदी थुनेर बनाइएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले बिजुली उत्पादन थालेपछि दोलखावासी हर्षित छन्। तर तामाकोसी किनारका सिंगटीवासी आफू पनि भविष्यमा भेलबाढी वा पहिरोको जोखिममा पर्न सक्ने हो कि भन्ने चिन्तामा छन्।  , 'जोखिम कम गर्न च्छो रोल्पाको निरन्तर निगरानी र त्यहाँको बाँधको नियमित मर्मतसम्भार हुनुपर्छ,' केशरबहादुर खत्रीले भने, 'त्यसका लागि दोलखाका सबै निर्वाचित प्रतिनिधि सक्रिय हुनुपर्ने हो। तर त्यस्तो भरहेको देखिँदैन जुन दुर्भाग्यपूर्ण छ।', जोखिम कसरी कम होला?, प्रश्न उठ्छ, च्छो रोल्पाबाट उत्पन्न हुने जोखिम कम गर्न सरकार के गर्दै होला?, संघीय सरकारको विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले राष्ट्रसंघ र अन्य दातृ संस्थासँग समन्वय गरेर नेपालका हिमतालको अध्ययन तथा जोखिम घटाउने काम गर्दै आएको छ।, विभागका अनुसार च्छो रोल्पाबाट उत्पन्न हुन सक्ने जोखिमबारे नयाँ अध्ययनसँगै त्यहाँ २१ वर्षअघि बनाइएका संरचनाको मर्मतसम्भारको काम अब अघि बढ्न लागेको छ।, विभागको हिम तथा हिमनदी शाखा प्रमुख सुवास तुलाधरका अनुसार च्छो रोल्पा हिमतालको ताजा अवस्था र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको विस्तृत अध्ययन गर्न विभागका वैज्ञानिकहरूको टोली आगामी केही साताभित्रै रोलवालिङको भ्रमणमा जान लागेको छ। , 'त्यही अध्ययनकै आधारमा हामीले च्छो रोल्पाका जोखिम घटाउन के-के काम गर्न आवश्यक छ त्यसको निर्क्यौल गर्न सक्छौं। त्यसकै आधारमा मर्मतसम्भारका काम अघि बढ्नेछन्,' तुलाधरले भने।, विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीका अनुसार च्छो रोल्पामा बनाइएका संरचना मर्मतका लागि टेन्डर भएर काम अघि बढ्न लागिसकेको छ। तर कोरोना कहरका कारण अध्ययन र मर्मतको काममा केही ढिलाइ भइरहेको छ।, गौरीशंकर हिमालपूर्वको च्छो रोल्पा र त्यहाँबाट बहने रोलवालिङ किनारका स्थानीयवासीलाई भने सम्भाव्य भेलबाढीबाट सबभन्दा पहिले आफ्नै घर गाउँ र गुम्बा जोगाउने हतारो हुने नै भयो।, बेदिङका नवाङ शेर्पाको सुझाव चाहिँ यस्तो छ- रोलवालिङवासीलाई च्छो रोल्पाबाट बग्ने रोलवालिङ खोलामा आउन सक्ने बाढीबाट बचाउने हो भने सरकारले रोवालिङका नाँ, बेदिङ र डोङयाङजस्ता बस्तीमा बाढी पस्न नदिन आवश्यक संरचना बनाइहाल्नुपर्छ।, उनले भने, 'बेदिङ गाउँलाई बचाउन ग्याबिन तार चाहिएको छ। ढुंगाका अग्ला पर्खालहरू बनायो भने हाम्रो गाउँ र गुम्बा जोगिन सक्छ। यो खबर काठमाडौं पुर्‍याइदिनुहोला। धन्यवाद।', 'बेदिङ गाउँ बचाउन ग्याबिन तार चाहिएको छ, काठमाडौं खबर पुर्‍याइदिनुहोला'
विनोद सापकोटा झापामा आइतबार एकैदिन डुबेर तीन जनाको मृत्यु भएको छ।, बिरिङ खोलामा डुबेर २ र कचनकवल गाउँपालिका-१ स्थित नीलडाँडा नजिकैको पैनीमा डुबेर थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, मोरङको सुनवर्सी नगरपालिकाकी ३८ वर्षीया उमा विश्वकर्माको बिरिङ खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।, उमाको शव आइतबार बिहान कनकाई-७ स्थित बिरिङ खोलामा फेला परेको हो। उनी झापाको कनकाई नगरपालिका-८ स्थित माइतीमा घर बस्दै आएकी थिइन्। उनीसँगै रहेको अढाई वर्षको छोरा पनि बेपत्ता भएका थिए।, प्रहरीका अनुसार छोरालाई लिएर उनी घरमा कसैलाई जानकारी नगरी राति बेपत्ता भएकी थिइन्। मृतकको बेपत्ता छोराको पनि बिरिङ खोलामा शव आइतबार दिउँसो फेला परेको प्रहरीले बताएको छ।, तीन वर्षका शिशिर विश्वकर्माको शव कन्काई नगरपालिका-६ स्थित बिरिङ खोलाको बगरमा घोप्टो परेको अवास्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक थापाले सेतोपाटीलाई बताए।, त्यस्तै‚ कचनकवल गाउँपालिका-१ स्थित नीलडाँडा नजिकैको पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निलडाँडाका ४८ वर्षीय दिलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, तामाङ शुक्रबार साँझ ५ बजे घरबाट हिँडेका थिए। परिवारजनले उनी हराएकोबारे प्रहरी चौकी घेराबारीलाई जानकारी गराएका थिए। प्रहरीले उनको खोजी गर्ने क्रममा आइतबार बिहान ८ बजे पैनीमा डुबेको अवस्थामा शव फेला पारेको थियो।, झापामा एकैदिन डुबेर तीन जनाको मृत्यु
सेतोपाटी संवाददाता ललितपुरको नख्खु कारागारमा नाइके र कैदीबन्दीहरूबीच लफडा भएको छ। , आइतबार दिउँसो एउटा ब्लकका नाइके र कैदीबन्दीहरूबीच विवाद भएको कारागार व्यवस्था विभागका महानिर्देशक जनकराज दाहालले जानकारी दिए। , 'सामान्य विवाद, भनाभन भएको थियो। कहिलेकाँही आन्तरिक विवाद हुन्छ,' दाहालले भने, 'झडप नै भएको भन्ने होइन। त्यही पनि अहिले साम्य भइसकेको छ।', के विषयमा विवाद भएको हो भन्ने बारेमा सोधिखोजी गरिएको उनले बताए। कैदीबन्दीहरूले आफ्ना माग राखेर ज्ञापन पत्र जेलरलाई बुझाएका छन्। , विवाद भएको खबरपछि महानगरीय प्रहरी परिसर ललितपुरबाट थप प्रहरीसमेत पठाइएको छ। परिसरबाट ४० जना प्रहरीको टोली परिचालन गरिएको प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए।, 'एउटा ब्लकमा समस्या देखिएको रहेछ, अहिले समस्या भयो। भीडभाड भयो भन्ने खबर आएको हो,' महर्जनले भने, 'त्यसपछि हाम्रो ४० जनाको टोली पठाएका छौं, टोली केही थप समस्या आउँछ कि भनेर कम्पाउन्डमा तैनाथ बसिरहेको छ।', नख्खु कारागारमा नाइके र कैदीबन्दीबीच लफडा, ललितपुरबाट पठाइयो थप प्रहरी
सेतोपाटी संवाददाता दाङको तुलसीपुरबाट रूकुमका लागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ।, प्रहरीका अनुसार शुक्रबार १:४५ बजे सल्लानको कपुरकोट-३, गमपानी भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो।, दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन्। घाइतेमध्ये रूकुम पश्चिम, मुसिकोटका ७५ वर्षिय मोहन सिंह पुन थप गम्भीर रहेको दाङका प्रहरी प्रमुख डिएसपी गोविन थापाले सेतोपाटीलाई जानकारी दिए।, थापाका अनुसार घाइतेलाई थप उपचारका लागि दाङको तुलसीपुर लगिएको छ।, तुलसीपुरबाट रूकुमका लागि छुटेको यात्रुबाहक बस दुर्घटना, ५ घाइते
सेतोपाटी संवाददाता हेटौंडामा खोलाले दुई जना चालकसहित ट्रक बगाएको छ।, शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर- १७ चुनडाँडास्थित कर्रा खोलाले ट्रक बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।, बिहानदेखि परेको भारी वर्षाका कारण खोलाको बहाव बढेको थियो। लोड नगरिएको ना ४ ख १४४० नम्बरको १० पाङ्ग्रे ट्रकलाई खोलाले बगाएको हो। त्यसमा सवार दुई जना चालक पनि बेपत्ता छन्।, 'सिमेन्ट फ्याक्ट्रीमा गएको १० चक्के गाडी थियो। लोड भएको भए बगाउँदैन थियो होला। खाली भएको हुँदा मान्छेसहित गाडी बगायो,' राठौरले भने।, प्रहरीले अहिले गाडी र बेपत्ता भएकाहरूको खोजी गरिरहेको छ।,  , हेटौंडामा खोलाले बगायो दुई चालकसहित ट्रक
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ६६७ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ४६७, भक्तपुरमा ७१ र ललितपुरमा १२९ जना संक्रमित थपिएका हुन्।, यस्तै, काठमाडौं उपत्यकामा ८१८८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४६२५, ललितपुरमा १३७२ र भक्तपुरमा २१९१ सक्रिय संक्रमित छन्।,  २४ घण्टामा थप १ हजार ७५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, १४ हजार ३३४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ७७३ जनाको पिसिआर र ४ हजार ५६१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार २७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप २३ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ।, हाल सक्रिय संक्रमित ३३ हजार ६ छन्। यसैगरी हालसम्म निको हुनेको दर ९४.३ प्रतिशत रहेको छ।, काठमाडौं उपत्यकामा ६६७ जनालाई संक्रमण
सेतोपाटी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पछिल्लो समय बाढी पहिराले बढी क्षति पुर्‍याएको कास्की, पर्वतसहितका जिल्लामा उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएका छन्। , प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आज बसेको आकस्मिक बैठकमा उनले बाढी पहिरामा परेकालाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सचिव र मातहतका सबै निकायलाई निर्देशन दिएका हुन्।, उनले विपद् व्यवस्थापनको काम तीनै तहका सरकारको समन्वयमा हुने भएकाले पीडितले महसुस गर्ने गरी काम गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे। , प्रदेश सरकारले विपद्मा निधन र बेपत्ता भएका परिवारलाई प्रतिव्यक्ति रु एक लाख सहयोग दिने गरी कार्यविधि बनाएको छ। यसैगरी खाद्यान्नका लागि रु १५ हजार, अस्थायी आवासका लागि रु २५ हजार र उपचार खर्च रु ५० हजारसम्म प्रदेश सरकारले दिन सक्ने कार्यविधिमा उल्लेख छ।, सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै राहत वितरणको काम हुने र त्यसका लागि प्रदेश सरकारबाट रकमसमेत पठाइसकेको बताइएको छ। , मुख्यमन्त्री पोखरेलले पीडित र पीडितको परिवारबाट लगातार गुनासो आउँदा कतै उनीहरूले राहत नपाएको हो कि भन्ने अनुभूति भएको बताए।, उनले भने, ‘विपद्मा परेकालाई तत्काल सम्बोधन गर्न सकिएन भने त्यसको अर्थ रहँदैन, त्यसैले ढिलासुस्ती गर्ने छुट छैन।’, मुख्यमन्त्री पोखरेलले जिल्ला प्रशासनबाट राहत रकम वितरणको रेकर्ड पनि नियमितरूपमा लिन प्रमुख सचिवलाई निर्देशन पनि दिए। , उनले पहिराले सडकमा क्षति पुर्‍याएर यातायात बन्द भएको ठाउँमा तत्काल डोजर पठाएर सडक खुलाउन पनि भौतिक पूर्वाधार सचिवलाई निर्देशन दिए। , बाढी पहिरामा परेर बिहीबार र शुक्रबार मात्रै कास्की र पर्वतमा ११ जनाको मृत्यु भएको छ। असारयता मात्रै बाढी पहिरामा गण्डकीमा २७ जनाले ज्यान गुमाएका छन् भने आठ जना बेपत्ता भएका छन्। , यसैगरी, बैठकले बाढी पहिरामा परी निधन भएकाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जलि र उनका आफन्तप्रति समवेदना व्यक्त गरेको छ।, बेपत्ताको खोजी जारी राख्ने निर्णय पनि बैठकले गरेको प्रमुख सचिव डा दामोदर रेग्मीले बताए।, उनले घाइतेको उपचार भइरहेको, बाटो नभएर खाद्यान्न नपुगेका स्थानमा हेलिकप्टरबाटै भए पनि खाद्यान्न लैजाने काम भइरहेको जानकारी दिए। ,रासस,  , राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न मुख्यमन्त्री पोखरेलको निर्देशन
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप १ हजार ७५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ हजार ३३४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ७७३ जनाको पिसिआर र ४ हजार ५६१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार २७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप २३ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ।, हाल सक्रिय संक्रमित ३३ हजार ६ छन्। यसैगरी हालसम्म निको हुनेको दर ९४.३ प्रतिशत रहेको छ।, यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६६७ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ४६७, भक्तपुरमा ७१ र ललितपुरमा १२९ जना संक्रमित थपिएका हुन्।, १४ हजार ३३४ मा कोरोना परीक्षण गर्दा १ हजार ७५६ लाई संक्रमण
युवराज श्रेष्ठ पर्वत चित्रेकी दुर्गा पौडेल छोरा र छोरीसहित माइत पाङ गएर बिहीबार फर्किइन्।, माइतीबाट फर्कंदा कुश्मा-११ सिल्मीस्थित दिदीको घर गइन्। बिहीबार दिउँसोदेखि नै अविरल वर्षा भइरहेको थियो। दिदीकै घरमा छोराछोरीसहित दुर्गा बास बसिन्। , राति करिब १२ बजेतिर अचानक पहिरो आयो। घरको एउटा भाग पुरिदियो। दिदीको घरमा पाहुना हुन गएकी ३८ वर्षीय दुर्गा र उनका छोरा ६ वर्षीय गणेशको घटनास्थलमै ज्यान गयो। छोरी अर्को कोठामा भएकाले बाँच्न सफल भइन्। दुर्गा र उनका छोराले ज्यान गुमाए पनि घरधनी मनिलालको परिवार पनि पहिरोबाट जोगिएका छन्। , कुश्मा–११ का वडा अध्यक्ष शिव पौडेलका अनुसार पहिरोले घरका एउटा भागमात्र पुरेकाले मनिलाल र उनका परिवार जोगिन सफल भएका थिए।, पाहुना बन्न गएका दुर्गा र उनका छोरा सुतेकै ठाउँमा पहिरो आएकाले उनीहरूको ज्यान गएको वडाध्यक्ष पौडेलले बताए। , मनिलालको घर राति १२ बजेतिर भत्किएपछि गाउँमा हल्ला भयो। छिमेकी उद्धारका लागि उनका घरतिर लागे। गाउँले मनिलालको घरतर्फ जाँदा उता गाउँका अरू घर पनि पहिरोले पुरिएको वडा अध्यक्ष पौडेलले बताए। , मनिलालको घर पहिरोले पुरिएपछि उद्धारमा छिमेकी डम्मर नेपालीलगायत गएका थिए। गएराति करिब १ बजेतिर झरेको अर्को पहिरोले डम्मरको घर पनि पूर्ण रूपमा क्षति भयो।, मनिलालको घरतर्फ गएकै कारण उनीहरू ज्यान जोगाउन सफल भएका थिए। त्यतिबेला डम्मरको घरसहित स्थानीयको ३ वटा घर पूर्णरूपमा क्षती भएको वडा अध्यक्ष पौडेलले बताए। , ‘मनिलालको घरतर्फ उद्धारमा नगएको भए पहिरोले थप मानिसको ज्यान जान्थ्यो,’ वडा अध्यक्ष पौडेलले भने, ‘एकातिर उद्धार गर्न जाँदा आफ्नै घर पुरियो, उद्धारमा गएकै कारण मानवीय क्षति धेरै हुन पाएन।’, पहिरोले घर मात्र नभई गोठ, गाईभैंसीलगायत सम्पत्तिको पनि क्षती पुगेको उनले बताए। , गएराति गएको पहिरोले पर्वतमा मात्र ११ जनाको ज्यान गएको छ।, कुश्मा–११ सिल्मीमा दुर्गा पौडेल, उनका छोरा गणेश छन्। यस्तै, कुश्मा–३ दुर्लुङ भोगेनीस्थित माधव शर्माको घर पहिरोले पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको छ।, मृत्यु हुनेहरूमा उनकी १६ वर्षीया छोरी विमला पौडेल, ११ वर्षीय विनिता, ७५ वर्षीया आमा कौशिला, माधवकी ३५ वर्षीया श्रीमती भगवती, ८ वर्षीय छोरा विनोद पौडेलको मृत्यु भएको छ। , यस्तै, पर्वतकै मोदी गाउँपालिका– ५ अम्बोटमा ओखलढुंगा सामुदायिक वनबाट आएको पहिरोमा परेर ५० वर्षीय फूलमाया थापाको मृत्यु भएको छ।, पहिरोले फूलमायाको घर पुरेको प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी मिनबहादुर घलेले बताए। , कुश्मा नगरपालिका-११ पपुवा पाल्चेमा हरि पौडेलको घर पनि पहिरोले पुरिएको छ। गएराति घर पहिरोले पुरिँदा हरिकी ४० वर्षीया श्रीमती मायाकुमारी पौडेल, ३ वर्षीया  छोरा प्रयुस पौडेल र ७० वर्षकी आमा  डल्ली पाध्या पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।, डिएसपी घलेका अनुसार हरिका आमा पहिरोले पुरिएर बेपत्ता भएकी थिइन्। पहिरोमा खोजतलास गर्दा उनको शव भेटिएको डिएसपी घलेले बताए। , पहिरोका कारण पोखरादेखि कुश्मा जाने सडक अवरूद्ध भएको छ। , कास्की र तनहुँमा १/१ जनाको मृत्यु, पोखरा–३२ स्थित बेगनास तालबाट बग्ने खुदीखोलाले बगाएर शुक्रबार बिहान १ जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रमेश मगर रहेका छन्। खुदीखोला तरेर गगनगौंडा जाने क्रममा उनलाई बगाएको थियो।, खोलामा झण्डै ३० मिटर बगेर मगर रूखमा अड्किएका थिए। उनलाई स्थानीयले उद्धार गरी लेखनाथस्थित शिशुवा अस्पताल लगिएको थियो। मगरको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , यस्तै, तनहुँमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ। भिमाद-८ ढुङढुङ्गे अर्चले बस्ने ३४ वर्षीय अर्जुन विक शुक्रबार बिहान दाउरा चिर्ने क्रममा अचानक चट्याङ लागेर घाइते भएका थिए।, उनलाई उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास केन्द्र बेलचौतारा लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका डिएसपी घलेले बताए। , दिदीको घर गएकी दुर्गा पहिरोमा परिन्, उद्धारमा गएकाले गाउँले जोगिए
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला प्रशासन कार्यालयले फिल्म हल व्यवसायीहरूलाई ५० प्रतिशतमात्रै दर्शक राखेर हल सञ्चालन गर्न निर्देशन दिएको छ। , शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले हल व्यवसायीहरूलाई उक्त निर्देशन दिएका हुन्।, प्रजिअ पराजुलीले चलचित्र विकास बोर्ड तथा फिल्म व्यवसायीहरूसँगको बैठकमा निर्देशन दिएको सूचना अधिकारी तथा सहायक प्रजिअ कल्पना घिमिरे नेपालले जानकारी दिइन्। , 'लोकदोहोरी साँझ, क्लब लगायत रात्रिकालीन व्यवसायीहरू र फिल्म हल व्यवसायीहरूसँग बैठक भएको थियो। कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भयो,' उनले भनिन्। , दिउँसो मात्रै सञ्चालन हुने भएकाले फिल्म हल व्यवसायीहरूलाई समय सीमा तोकिएको छैन। , साथै, स्वास्थ्यको मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने उनले बताइन्।, काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा हटाएको थियो। विद्यालयबाहेक अरू सबैलाई खुल्न अनुमति दिए पनि फिल्म हल तथा रात्रिकालीन व्यवसायीहरू खुलिसकेका थिएनन्। , रात्रिकालीन व्यवसायीहरूलाई पनि समय सीमा तोकेको सूचना अधिकारी नेपालले बताइन्।, लोकदोहोरी साँझहरू राति १२ बजेभित्रमा बन्द गरिसक्नुपर्ने छन्। त्यस्तै क्लबहरू राति २ बजेसम्ममा बन्द गर्नुपर्ने निर्देशन काठमाडौं प्रशासनले दिएको छ। , यी सबै काममा स्वास्थ्य मापदण्डको पालना भए/नभएकोबारे अनुगमन समेत गरिने सूचना अधिकारी नेपालले बताइन्। , 'सबै स्वास्थ्यका प्रोटोकल पालना गर्नुपर्ने भनिएको छ। नगरे कारबाही गर्ने भन्नेछ,'उनले भनिन्,'अनुगमन समिति समेत बनाइएको छ।', सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, पर्यटन बोर्ड, चलचित्र विकास बोर्ड, लोकदोहोरी लगायतका प्रतिनिधिहरू राखेर अनुगमन समिति बनाइएको छ। ,  , काठमाडौं प्रशासनले भन्यो- फिल्म हलमा ५० प्रतिशतमात्रै दर्शक राख्नू, क्लब राति २ बजेभित्र बन्द गर्नू
सेतोपाटी संवाददाता मुलुककै जेठो त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा पुगेको छ। , २०७२ सालको महाभूकम्पले भत्काएका भवन समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवन भत्किएर सकिने अवस्थामा पुगेका छन्। , भवनहरू जीर्णोद्धार हुन नसक्दा विद्यार्थीहरू जोखिम मोलेर पढ्न बाध्य छन्। , त्रिचन्द्र क्याम्पस भूगर्भ शिक्षण विभागका प्रमुख अनन्तप्रसाद गजुरेलका अनुसार कलेजका भवनहरूमा पानी चुहिने, गाह्रो भत्किएको र केही कक्षाहरू पूर्ण रूपमा क्षतिग्रस्त छन्।, उनले कलेजका भवनमा २० सेन्टीमिटरसम्मको धाँजा परेको र त्यहाँ जान पनि डरलाग्ने ठाउँमा अहिलेसम्म भवनको जीर्णोद्धार नगरिदिँदा बाध्य भएर कलेजको पठनपाठन सञ्चालन गरिरहनुपरेको बताए।, विभाग प्रमुख गजुरेलले भने, ‘यो भवनको अवस्था दक्षिणपट्टि म्याथम्याटिक्सको कक्षा सञ्चालन हुने ठाउँ पूर्णरूपमा क्षतिग्रस्त भएर ढलेको छ, उत्तरपट्टिको भागमा भूगर्भ शिक्षण विभागको ठूलो प्रयोगशाला थियो, कक्षा कोठा, ल्याब रूम, जेनेरेटर राखेको रूम थियो, त्यो सबै क्षतिग्रस्त भएर २०७२ सालदेखि हामी त्यहाँ छिर्न सकेका छैनौं, त्यहाँ धेरै ठूलो धाँजा छ, त्यो नापेर हेर्दा पनि कम्तीमा १५/२० सेन्टिमिटरको छ, त्यहाँ गयो भने कहिले खस्ला र हामीलाई पुर्ला भन्ने डर हुन्छ, अहिले हामी बसेको भवनमा पनि पानी चुहिएको छ। जताततै, कक्षाकोठाहरूमा पानी चुहिएको छ, विद्यार्थीहरूलाई पढाउनलाई धेरै नै कठिन छ, २०७२ को भूकम्पले क्षति भएपछि यो भवनमा रातो स्टिकर टाँसिएको थियो, केही समय यसलाई पूरै छोडेर सरस्वती सदनमा दुःखका साथ सञ्चालन गरेका थियौं, तर केही सीप नलागेपछि हामी यता सरेका हौं, तर अहिलेसम्मको स्थितिमा कुनै पनि जीर्णोद्धार भएको छैन, माथिबाट ढुङ्गा खस्छ, विद्यार्थी, शिक्षक र कर्मचारीहरूको सुरक्षाको लागि धेरै जोखिम मोल्नुपरेको छ, यो बाध्यात्मक कुरा हो।’, विभाग प्रमुख गजुरेलले औपचारिक र उच्च शिक्षा थालनी गरेको कलेजको अवस्था अहिले दयनीय रहेको बताए।, उनले २०७२ सालको महाभूकम्पबाट जीर्ण र क्षतिग्रस्त भएको अवस्थालाई हालसम्म कतैबाट पनि प्रबलीकरण गर्न नसक्नु दु:खद् भएको बताए। विभाग प्रमुख गजुरेलले नेपालकै इतिहास बोकेको त्रिचन्द्र क्याम्पसको भवन नबन्दा इतिहासबाटै मेटिने डर भएको बताए। , सरकारको बेवास्ताले मासिँदै त्रिचन्द्र कलेज  (भिडिओ)
सेतोपाटी संवाददाता पाल्पा अस्पतालले अक्सिजन प्लाण्ट सञ्चालनमा ल्याएको छ।, स्वास्थ्य विज्ञहरूले कोभिडको तेस्रो लहर आउनसक्ने चेतावनी दिइरहँदा अस्पतालले संघीय सरकारको आर्थिक सहयोगमा अक्सिजन प्लाण्ट सञ्चालनमा ल्याएको हो।, अक्सिजन प्लाण्ट जडानको लागि संघिय सरकारको अर्थ मन्त्रालयले गत जेठ ४ गते नै अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो।, सरकारले बजेट स्वीकृत गरी अस्पतालमा प्लाण्ट जडान गरे पनि अस्पतालमा भने हालसम्म आइपुगेको छैन।, अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले सरकारले बजेट स्वीकृत गरे पनि हालसम्म प्राप्त भइनसकेको जानकारी दिए।, जिल्लामा अक्सिजन प्लाण्ट नहुँदा अक्सिजन आवश्यक पर्ने कोभिड संक्रमितको उपचारमा कठिनाइ उत्पन्न भएको थियो। तर अस्पतालमा अक्सिजन प्लाण्ट सञ्चालन भएपछि जिल्लाका सबै अस्पताल तथा स्वास्थ्य चौकीमा अक्सिजन पुर्‍याउन सकिने अध्यक्ष पाण्डेले बताए।, पाण्डेका अनुसार अस्पतालमा जडान गरिएको प्लाण्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुनेछ।, इञ्जिनियर देवेन्द्र श्रेष्ठले जडान गरिएको प्लाण्टबाट प्रतिमिनेट ४ सय २० लिटर अक्सिजन उत्पादन हुने जानकारी दिए।, कोभिड- १९ को दोस्रो लहरको संक्रमणमा बिरामीहरूमा अक्सिजनको समस्या देखिए पनि पर्याप्त अक्सिजन नभएपछि उपचारमा कठिनाइ भएको थियो।, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदिश कुँवरका अनुसार कोभिड संक्रमणका कारण पाल्पामा हालसम्म २ सय १८ जनाको मृत्यु भएको छ।, अस्पतालमै प्लाण्ट सञ्चालनमा आएपछि कोभिडका बिरामीमात्र नभई दम, निमोनिया तथा अपरेसन गर्नुपर्ने अवस्थाका बिरामीहरूको उपचार समेत सहज हुनेछ।, अस्पतालमै अक्सिजन प्लाण्ट जडान गरिएपछि अस्पताल भर्ना भएका बिरामीलाई पाइपलाइनमार्फत् हरेक बेडमा अक्सिजन सुविधा पुर्‍याउने डा. कुँवरले जानकारी दिए।, पाल्पा अस्पतालमा अक्सिजन प्लाण्ट सञ्चालन
सेतोपाटी संवाददाता हतियार चोरी प्रकरणमा दोषी ठहरिएर जेल बसेको नेपाली सेनाका दुई जना जवान ३० महिनापछि निर्दोष ठहरिएका छन्।, उनीहरू सैनिक विशेष अदालतबाट शुक्रबारको फैसलामा निर्दोष ठहरिएका हुन्।, सेनाले हतियार चोरीको मुख्य योजनाकार भनेर अमल्दार पोष्टमा कार्यरत लवकुमार गुरूङ र सरोज तामाङलाई कोर्ट मार्सल गरेको थियो।, सेनाकै गंगाधर ढकालले सहकर्मी भरत गुरूङको साउन ७ गते चितवनमा हत्या गरेपछि चोरी भएको हतियारबारे रहस्य बाहिरिएको थियो।, लव र सरोजले चोरी गरेको भनिएको र भरतको हत्यामा प्रयोग भएको हतियार (१००७९२ र वट नं ख २५) एउटै भएपछि घटनाले नयाँ मोड लिएको थियो। हत्याको आरोप लागेका गंगाधरविरूद्ध बिहीबारको फैसलाले २५ वर्ष कैद तोकेको छ। , लव र सरोज भरतपुर कारागारमा रहेका थिए। सेनाको कालिबहादुर गणको आग्रहपछि दुवै जनालाई कारागारले सेनालाई बुझाएको थियो।, निर्दोष ठहरिएसँगै उनीहरूको जागिर पुनर्बहाली हुने भएको छ। तर ड्युटीको समयमा अन्य साथीलाई ड्युटी छाडेर आफूहरू दोहोरी साँझ गएको आरोपमा बढुवा भने ३ वर्षका लागि रोकिएको छ।, ०७५ साल पुस ४ गते हतियार चोरेको आरोप लव र सरोजमाथि थियो। त्यतिखेर समरी अदालतबाट उनी ०७५ चैत २८ गते कारागार चलान भएका थिए। लवकुमार १० र सरोज ७ वर्षका लागि जेल सजाय तोकिएको थियो। चोरी गरिएको हतियार बेचेको आरोमा दुई जना सर्वसाधारण तारा तामाङ र पवन गुरूङले भने सफाइ पाएका थिए।, जेल बसेको ३० महिनापछि निर्दोष ठहरिए सेनाका दुई जवान
सेतोपाटी संवाददाता जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।, विभिन्न ५ जना व्यक्तिहरूबाट ७ लाख ५५ हजार रुपैयाँ उठाएर ठगी गरेको आरोपमा यमूनामाई गाउँपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय विनय राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो। उनी सोही गाउँपालिकास्थित सुकदेवचोकबाट बुधबार पक्राउ परेका हुन्।  , विनयले पीडितहरूलाई गत वैशाख २० गते दिउँसो गौर नगरपालिका-८ स्थित झोलुङगेपुल नजिक बाँसघारीमा बोलाई चिनजान गरी प्रहरीमा आफ्नाे राम्रो सम्पर्क रहेको, भगौडा प्रहरीको खाली ठाउँमा जागिर लगाइदिन सक्ने भन्दै प्रलोभनमा पारेका थिए। , प्रहरीमा जागिर लगाइदिन नसकेमा विदेशमा राम्रो काममा पठाइदिने भन्दै उक्त नगद ठगी गरी फरार भएका थिए। , उनीमाथि जिल्ला अदालत रौतहटबाट ठगी सम्बन्धी कसुरमा पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। ,  ,  , भगौडा प्रहरीको ठाउँमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले अपराध नियन्त्रणमा विशेष चनाखो भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन्। , शुक्रबार नेपाल प्रहरीको साउन महिनाको मासिक कार्यप्रगति समीक्षा गर्दै प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।, उनले संगठित तथा आर्थिक अपराध, सामाजिक अपराध, महिला तथा बालबालिकाविरूद्ध हुने अपराधहरू नियन्त्रण गर्न विशेष चनाखो भई कार्यसम्पादन गर्न निर्देशन दिएका थिए।, उनले कार्यक्रममा तथ्यांकहरूको विश्लेषण गर्दै साउन महिनामा जघन्य अपराधमा कमी आएको चर्चा गरे। , लागुऔषध कारोबारमा संलग्न पक्राउ तथा लागुऔषध बरामदमा प्रहरीले उल्लेखनीय काम गरेको उनले बताए। त्यसलाई थप नियन्त्रण गर्न समुदायमा थप प्रहरी परिचालन गर्नुपर्नेतर्फ समेत ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए। , पीडितले समयमै न्यायको आभास गर्न नसकेमा प्रहरीप्रतिको संस्थागत विश्वास कम हुँदै जाने भएकोले त्यसप्रति संवेदनशील हुन आइजिपी क्षेत्रीले आग्रह गरेका थिए।, साथै, अभियोजन कर्ता प्रहरी र अदालतबीच संस्थागत र संरचनागत समन्वयलाई अझ प्रभावकारी बनाई बाँकी मुद्दाहरूको सफल अनुसन्धान गर्नेतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ। ,  , आइजिपी क्षेत्रीको निर्देशन- अपराध नियन्त्रणमा विशेष चनाखो भई कार्यसम्पादन गर्नू
सेतोपाटी संवाददाता पोखरामा खोलाले बगाउँदा एक व्यक्तिको मृत्यु भएको छ।, पोखरा महानगरपालिका-३२ स्थित खुदिखोलाले बगाउँदा सोही ठाउँ बस्ने ६० वर्षीय रमेश मगरको शुक्रबार बिहान मृत्यु भएको हो।, उनलाई खोलाले बगाई रुखमा अड्किएको अवस्थामा स्थानीयले फेला पारेका थिए। स्थानीयले उनको उद्धार गरी उपचारको लागि शिशुवा अस्पताल पठाएका थिए। उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। , यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  ,  , पोखरामा खोलाले बगाउँदा एकको मृत्यु
सेतोपाटी संवाददाता पिकअप गाडीको ठक्करबाट झापामा एक बालकको घटनास्थलमै मृत्यु भएको छ।, सर्लाही भक्तिपुर गाउँपालिका-३ ईश्वरपुर घर भई हाल झापा कमल गाउँपालिका-५ बस्ने लोहरा कापरीका चार वर्षीय छोरा मानव कापरीको पिकअपको ठक्करले घटनास्थलमै मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत कमल–५ स्थित निर्माणाधीन आदिवासी रङशाला अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०३-००१च०३६४ नम्बरको पिकअप गाडीले बाटो काट्ने क्रममा बालक कापरीलाई शुक्रबार दिउँसो ठक्कर दिएको थियो।, पिकअपको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको प्रवक्ता थापाले बताए।, यता, घटनापश्चात् इलाका प्रहरी कार्यालय दमकको टोलीले गाडी र चालक मकवानपुर हेटौडा नगरपालिका–११ बस्ने २४ वर्षीय अजय पाख्रिनलाई नियन्त्रणमा लिएको छ।, गाडीको ठक्करले झापामा बालकको ज्यान गयो
सेतोपाटी संवाददाता मनसुनी वायुको प्रभावले नेपालमा केही दिन अझै पानी पर्ने भएको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भु-भागभन्दा केही तल रहेको छ।, त्यसको प्रभाव देशैभरि परेको छ। शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेर सडक अवरूद्ध भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पर्ने क्रम केही दिन जारी रहनेछ।, भोलि आइतबार  देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।, राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।, आज मुलुकका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना
सेतोपाटी कैलालीको दक्षिण पूर्व क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण क्षेत्रमा शुक्रबारदेखि डल्फिन गणना सुरु गरिएको छ। , डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले पहिलोपटक डल्फिन गणना गर्न लागेको हो। दुई दिनसम्म डल्फिन गणना गरिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिएका छन्। टीकापुर–भजनी डल्फिन संरक्षण सर्किट क्षेत्रका १३ स्थानमा डल्फिन गणना गरिने छ। , जमरा कुलो पथरिया सङ्गम, जनकपुर (बेलुवाघाट), सोनफाटा उत्तरपुर बाउन्नघाट, बैदी झरन पथरिया सङ्गम, गैरी पथरिया सङ्गम, काढानदी पथरिया सङ्गम, पथरिया काढा मोहना त्रिवेणी, रेप्टीकुलो मोहना नदी सङ्गम, कुशमघाट (मरियाघाट), कुसमघाट मोहना पथरिया सङ्गम, तिलहाघाट खक्रौला पुरानो भन्सार नजिक, चौकुर्दी कर्णाली मोहना सङ्गम, कर्णाली सत्तिपुल क्षेत्रमा डल्फिन गणना हुन लागेको अध्यक्ष ढुङ्गानाले बताएका छन्।, यसअघि  पाँच वर्ष अघि एक पटक डल्फिन गणना गरिएको थियो। वि.सं. २०७३ मा ६५ वटाको गणना गरिएकोमा २०७५ सालमा ५५ वटा डल्फिन देखा परेका थिए। अध्यक्ष ढुङ्गानाका अनुसार अनुमानित तथ्याङ्कअनुसार यो वर्ष ३५ देखि ४० वटा डल्फिन देखा परेका छन्। पछिल्लो तथ्याङ्क हेर्दा डल्फिनको संख्या बर्सेनी घटिरहेकाले संरक्षण गर्न आवश्यक रहेको संस्थाका महासचिव जयप्रसाद ढुङ्गानाको भनाइ छ। , डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले ओत, कछुवा, गोही, पन्छी, लोपोन्मुख माछा, जैविक विविधता संरक्षण गर्ने भएकाले संरक्षणको लागि एकीकृत रणनीति योजना तयार गर्न गइरहेकाले पनि डल्फिन गणना आवश्यक भएको  उनले बताएका छन्। बर्सातको चार महिना असार, साउन, भदौ र असोज महिना पथरिया, काढा, कान्द्रा नदी, गैरीनाला, रेप्टीनालामा गङ्गेटिक डल्फिन देखा पर्छन् भने अन्य समयमा कर्णाली नदीमा देखिने गर्छन्। रासस, कैलालीमा डल्फिन गणना सुरु
रासस सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ ।, सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ ।, कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक तहमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।, नगर शाखा अधिकृत भोगेन्द्रप्रसाद यादवले जारी गर्नुभएको विज्ञप्तिमा प्रत्येक तहमा उपल्लो कक्षाहरु मावितहका कक्षा १२, ११, १०, ९ सम्म, निमावि तहका कक्षा ९, ८, ६ तथा प्रावि तहका ५, ४ र ३ कक्षा सम्मका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न भनिएको छ ।, विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थी सङ्ख्याको आधारमा फरक फरक समयमा आइतबारदेखि सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ ।, आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने
सेतोपाटी संवाददाता कैलालीमा यात्रुवाहक विईङ्गर र अटो एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु हुनुका साथै थप चार जना घाइते भएका छन्।, शुक्रबार राति करिब ११ बजे कैलालीको गौरीफन्टा नगरपालिका ४ राजिपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको विईङ्गर र पूर्वबाट पश्चिमतर्फ गइरहेको से १ ह २५१० नम्बरको अटो एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।, दुर्घटना भएको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अटोमा सवार ७ जना घाईतेलाई तत्काल उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढी पठाएकोमा ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, मृत्यु हुनेमा कैलाली घोडाघोडी नगपालिका ९ बस्ने २४ वर्षिय युवराज चौधरी, सोही ठाउँका २६ वर्षीय भिगम चौधरी र १९ वर्षिय जितेन चौधरी छन्।, यस्तै घाईते हुनेहरुमा कैलाली घोडाघोडी नगरपालिका ९ बस्ने २४ वर्षिय दिपेन्द्र चौधरी, अटो चालक २२ वर्षिय सुरेश चौधरी, २० वर्षिय असान्त चौधरी र ३० वर्षिय हरी चौधरी छन्। , घाईते ४ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।, यस्तै विईङगर सहचालक कञ्चनपुर बेदकोट नगरपालिका १० का २५ वर्षिय धनु रावल सामान्य उपचार पछि प्रहरी नियन्त्रणमा छन्।, विईङगरमा चालक र सहचालक मात्र रहेको र विङगर चालक फरार रहेको भन्दै प्रहरीले खोजी तिब्र पारेको छ।,  , कैलालीमा विङ्गरले अटोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु, ४ घाईते
सेतोपाटी कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने भएका छन् । , जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले  भौतिक उपस्थितिमा पठनपाठन गर्न चाहने शैक्षिक संस्थालार्ई स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिको परिधिभित्र रही अनिवार्यरूपमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक गतिविधि गर्न दिने निर्णय गरेको हो ।, बैठकपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेद्वारा जारी गरिएको आदेशमा पहिलो प्राथमिकता सकेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गर्न गराउन आग्रह गरिएको छ ।, भौतिक उपस्थितिमा शैक्षिक गतिविधि सञ्चालन गर्दा त्यसको अनुगमन स्थानीय तहले गर्नुपर्ने र स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए स्थानीय तह आफैँ वा स्थानीय प्रशासनको सहयोग लिई त्यस्ता शैक्षिक संस्था तत्काल बन्द गराउने गरी सञ्चालनको निर्णय गर्नसक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा जारी आदेशमा उल्लेख छ। कञ्चनपुर जिल्लामा वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा क्रमिकरूपमा खुकुलो पारिएको थियो ।, सङ्क्रमणको जोखिम अझै कायम रहेकाले अनावश्यकरूपमा मानिस जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, सामूहिकरूपमा पूजाअर्चना गर्ने, जात्रा, महोत्सव, भोजभतेर आदिजस्ता गतिविधिलाई निरुत्साहित गरिएको छ।, आर्थिक, सामाजिक र व्यावसायिक गतिविधि गर्दा होस् वा सार्वजनिक स्थानमा आवतजावत गर्दा अनिवार्यरूपमा स्वास्थ्यका मापदण्ड अपनाउनु पर्नेछ । अन्यथा जरिवाना गरिने आदेशमा उल्लेख छ । ,रासस, कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने
रासस व्यास नगरपालिका-१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले व्यास-१३ खिरखाँदीबाट ल्याएको खानेपानीको पाइप पहिरोले बगाएर क्षति पुगेको  छ ।, दुई दिन निरन्तर परेको बर्सातले व्यास नगरपालिका-१३ स्थित धारापानी नजिक डाँडो नै खसेर खानेपानीको पाइप बगाएपछि पानी आपूर्ति बन्द भएको छ । पहिरोले खानेपानीको पाइप बगाएर सेतीनदी किनारसम्म पुराएको संस्थाका सचिव राजेश्वर हड्खलेले जानकारी दिए ।, डोजरले पनि पल्टाउन नसक्ने किसिमका ठूला ठूला ढुङ्गा थुप्रिएको छ । उनले भने, '२०० एमएमको जिआइ पाइप ६५ मिटर बगाएर क्षति भएको छ ।' घटनास्थलको अवस्था हेर्दा एक महिनामा पनि पन्छाएर नसकिने देखिएको उनले बताए । पहिरोको क्षतिबाट करिब रु चार लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।, खिरखाँदीको मुहानबाट ल्याइएको पानीको क्षमता प्रतिसेकेण्ड नौ लिटर रहेकोमा पहिरोले अवरुद्ध बनाएपछि पानी वितरणमा समस्या देखिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए । उक्त आयोजनाको पानी सञ्चालन नहुँदासम्म छाब्दी खोला लिफ्टिङ र धुपखोलाको पानीले एक दिन बिराएर पानी आपूर्ति गर्न सकिन्छ कि भन्‍ने विषयमा समितिमा छलफल भइरहेको उनले बताए । , पहिरोले क्षति बनाएपछि अस्थायीरुपमा पोलिथिन पाइप प्रयोग गरेर भए पनि जति सक्दो चाँडो पानी सञ्चालन गर्न सकिन्छ कि भनेर छलफल अघि बढाइएको छ । उक्त खिरखाँदी खोला सदरमुकाम दमौलीदेखि करिब १३ किलोमिटर दूरीमा पर्दछ । उक्त संस्थाले दुई हजार ५०० घरधुरीमा पानी वितरण गर्दै आएको जनाएको छ ।, नेपाल सरकारको सहलगानीमा निर्माण गर्न लागेको मादी नदी लिफ्टिङ खानेपानी आयोजनाको द्विपक्षीय सम्झौता गरिसकिएको छ । नेपाल सरकारको ७० प्रतिशत, स्थानीय श्रमदान २० प्रतिशत र स्थानीयको १० प्रतिशत नगद बेहोर्नुपर्ने व्यवस्था रहेको छ । , सहलगानीमा कूल रु २६ करोड १४ लाख ९३ हजार ५१८ को लागतमा उक्त खानेपानी आयोजना सम्पन्‍न गर्ने योजना रहेको छ । बर्सेनि बाढी पहिरोले खानेपानीमा क्षति पुर्‍याउन थालेपछि समितिले मादीनदी लिफ्टिङ आयोजनालाई जोड दिएको छ । , पहिरोले खानेपानी आयोजनाको पाइप बगायो
रासस कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको बताए । उनले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेका छन् ।, कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । उनका अनुसार स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्ने छ । , मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो भएकाले कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ । स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने बताए । मन्त्रालयले समयमा नै उपचार नगरे यसले गम्भीररुप लिन सक्ने जनाएको छ । , बच्ने उपाय , किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने जनाइएको छ । , कोभिड-१९ जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ रोग
सेतोपाटी संवाददाता ताप्लेजुङमा एक मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ।, फुङलिङ नगरपालिका वडा नम्बर १० सिम्लेस्थित सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाउँपालिका वडा नम्बर १ का ४४ वर्षीय खगप्रसाद तामाङ छन्।, बिहीबार दिउँसो साढे १ बजे तामाङ हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथिबाट ठूलो ढुंगा झरी किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सोही हाईड्रोपावरमा खाना पकाउने काम गर्थे।, घटनास्थलमा प्रहरी चौकी शिवा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।, ताप्लेजुङमा ढुंगाले किचेर मजदुरको मृत्यु
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा मिलनकुमार थापा नियुक्त भएका छन्।  , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार थापालाई चार वर्षे कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। , यसअघि चार वर्षे कार्यकाल कोषको कोषाध्यक्षका रुपमा काम गर्नुभएका थापाले शुक्रबार नै कार्यालयमा गई पदबहाली गरेका छन्। कोषाध्यक्ष हुँदा पशुपति क्षेत्रको सम्पत्ति एवं जग्गा छानबिन गरी अभिलेखीकरण गर्न महत्वपूर्ण योगदान दिएका थापाले कोषाध्यक्ष हुँदा अपूरा रहेका कामलाई पूरा गर्ने प्रतिबद्धता जनाए।, पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजनालाई अन्तिम रुप दिने उनको प्रतिबद्धता छ । पशुपति क्षेत्रको गुरुयोजना निर्माणका लागि विभिन्न चरणमा छलफल भइरहेको छ ।, पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापा नियुक्त
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १४ हजार ६५० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ६५८ जनाको पिसिआर र ३ हजार ९९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, १ हजार ८४६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप १६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ।, हाल सक्रिय संक्रमित ३३ हजार ९४६ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९४.२ प्रतिशत रहेको छ।, यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७६६ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५४१, भक्तपुरमा १०० र ललितपुरमा १५२ जना संक्रमित थपिएका हुन्।, थपिए २ हजार ४ संक्रमित, १६ को मृत्यु
सेतोपाटी संवाददाता दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनामा भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।, भारतीय एसएसबीको उपस्थितिमा सो घटना भएको भन्दै गृह मन्त्रालयले उनीहरूको संलग्नताबारे अनुसन्धान गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हो।, साउन १५ गते भारतबाट तुइन प्रयोग गरी सदरमुकाम खलंगा आउनेक्रममा दार्चुला ब्यास गाउँपालिकाका धामी तुइनतारसँगै महाकाली नदीमा खसेका थिए। घटनासम्बन्धी छानबिन गर्न बनेको समितिले गत मंगलबार गृहमन्त्री बालकृष्ण खाँणसमक्ष प्रतिवेदन पेस गरेको थियो।, उक्त प्रतिवेदनमा घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएको उल्लेख छ। साथै संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न समेत समितिले सिफारिस गरेको थियो।, सोही कुरा अहिले गृहले परराष्ट्रलाई पत्राचार गरेको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए।, 'हामीले जारी गरेको विज्ञप्ति अनुसार नै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेका छौं,' उनले भने।, समितिले कारबाहीका साथै धामीको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको थियो।, जयसिंह धामी बेपत्ता प्रकरण: भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गर्न परराष्ट्रलाई गृहको पत्राचार
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ७६६ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा ५४१, भक्तपुरमा १०० र ललितपुरमा १५२ जना संक्रमित थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा ८५३४ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ४८३६, भक्तपुरमा १३९० र ललितपुरमा २३०८ सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १४ हजार ६५० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ६५८ जनाको पिसिआर र ३ हजार ९९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, १ हजार ८४६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप १६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ।, काठमाडौं उपत्यकामा ७६६ जनालाई संक्रमण
सेतोपाटी संवाददाता अविरल वर्षापछि झरेको पहिरोको कारण बुटवल-तानसेन सडकखण्ड बिहीबार र शुक्रबार रातिको समयमा बन्द हुने भएको छ।, सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन नगरपालिका वडा नम्बर ८ तल्लो डुम्रेमा झरेको पहिरो पन्छाउन उक्त समयमा सवारी साधन आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ। , गत बिहीबारदेखि परेको वर्षाका कारण तानसेन नगरपालिका-८ तल्लो डुम्रेमा पहिरो झरेपछि तीन दिनसम्म पूर्णरूपमा आवतजावत बन्द भएको थियो। सडक माथिबाट झरेको पहिरो हटाएर बुधबारदेखि एकतर्फी रूपमा सडक सञ्चालन गरिए पनि पहिरो हटाउन अझै बाँकी रहेकाले रातिमा सडक बन्द गरेर भए पनि पहिरो पन्छाउन लागिएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी  शशीधर घिमिरेले जानकारी दिए। , घिमिरेका अनुसार बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म र शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म बुटवल–पाल्पा सडकखण्ड बन्द रहने छ।, बन्दको समयमा एम्बुलेन्सलाई मात्रै चल्न दिने घिमिरेले बताए।, पहिरो ठूलो रहेकाले दुई दिनमा हटाउन नसकिए समय थप गरिने उनले बताए।, बुटवल-तानसेन सडकखण्ड बिहीबार र शुक्रबार रातिको समयमा बन्द हुने
नारायण खड्का दाङको घोराही उपमहानगरपालिका १४ का ३६ वर्षीय रमेश कुँवर बुधबार साथीभाइसँग पार्टीमा रमाइरहेका थिए।, डिलक्स गाडी किन्न चार लाख बैना गरेका उनलाई साथीभाइले खुसियाली मनाउन भनेपछि चोककै एक गेष्ट हाउसमा जमघट कार्यक्रम राखेका थिए।, उनीहरू रमाइरहेकै थिए। त्यही बीचमा नेपालगन्जबाट घर आउँदै गरेकी पत्नी राधाले फोन गरिन्।, ‘बुढो तपाईंले गाडी ल्याउनुभयो कि नाइँ?’, रमेशले जवाफ दिए, ‘गाडी ल्याइसकेँ।’ , त्यसपछि राधाले भनिन्, ‘हामी आउँदैछौं, त्यसो भए तपाईं घर गएर खाना बनाउँदै गर्नुहोला।’, त्यसपछि रमेश त्यहाँको खाजा नास्ताको बिल तिरेर घरतिर लागे।, पत्नी राधाकै आग्रहमा रमेशले मिठो-मसिनो खानेकुरा तयार पारे। रात छिप्पिँदै गएपछि रमेशले छोरालाई खाना खुवाए। १३ वर्षे अंकित घोराहीकै जनज्योति बोर्डिङमा कक्षा ७ मा पढ्दैछन्।, रातको ९:३५ बजे राधाले फेरि रमेशलाई फोन गरिन्।, ‘लौ, बाबुको ड्याडी, अब हामी कुइरेपानी आइपुग्यौं, केही बेरमै घर आइपुग्छौं है।’, घोराही १३ कै नरबहादुर पुनले चलाएको प्रदेश ३–०१–०२४ च ४४४० नम्बरको कारमा ३३ वर्षीया राधा कुँवरसँगै उनकी ३५ वर्षीया सहोदर दिदी सुशीला श्रेष्ठ, रमेशकी ठूली आमाकी छोरी बिमला केसी र सुशीलाकी साथी रितामाया पुन तीजका लागि आवश्यक लत्ताकपडा र सरसामान किनेर घर फर्किरहेका थिए।, त्यसको दस मिनेटपछि आत्तिँदै राधाले रमेशलाई फेरि फोन गरिन्।, ‘बाबुको ड्याडी, हामीलाई खोलाले बगायो, हामीलाई बचाउन आउनुहोस्।’, त्यही बीचमा राधाकी दिदीले भनिन्, ‘ज्वाइँ हामीलाई खोलाले बगायो, तर तपाईं नआत्तिनुहोला।’, त्यसपछि फोन सम्पर्क हुन सकेन। रमेशलाई के गरौं, कसो गरौं भयो। तत्कालै उनले अघिसँगै बसेका साथीहरूलाई फोन गरे। उनीहरू अझै होटेलमै रहेछन्।, रमेशले भने, ‘तिमीहरूको भाउजू राधालाई खोलाले बगायो रे, तुरून्त सिस्ने खोलामा पुगिहाल।’, गाडी लिएर उनीहरू तीव्र गतिमा घोराहीदेखि करिब साढे ३ किलोमिटर टाढाको सिस्ने खोला पुगे। रमेश मोटरसाइकलमा एक्लै घटनास्थलतर्फ लागे। चोकमा ड्युटीमा बसेका प्रहरीलाई घटनाबारे जानकारी दिए। ९ मिनेटपछि उनी पनि घटनास्थल पुगे।, खोलामा भेल आएको थियो। पस्न सक्ने अवस्थै थिएन। पहिलै त्यहाँ पुगिसकेका साथीहरू यताउता गरिरहेका थिए। तर पनि खोलामै पसेर भेलमा खोज्न थाले। निकै बेरसम्म खोजे पनि सुशीला र राधाका दिदीबहिनी फेला परेनन्। रात छिप्पिसकेको थियो। सबैले सम्झाइ-बुझाइ गरट्ठ रमेशलाई मध्यरात पछि घर ल्याए।, सिस्ने खोलाको बाढीले कार बगाउँदा एकै साथ अस्ताएका दिदीबहिनी सुशीला श्रेष्ठ र राधा कुँवर।, सुशीला र राधा घोराही १६ का वडा सदस्य जगत श्रेष्ठका छोरी हुन्। जेठी सुशीलाका सन्तान थिएनन्। श्रेष्ठ परिवारका दुई दिदीबहिनीबीच अगाध प्रेम थियो। सकेसम्म जहाँ पनि सँगै जाने गर्थे।  तीजका लागि आवश्यक सरसामान किन्न भनेर उनीहरू बुधबार बिहान ७ बजे घरबाट नेपालगन्जतर्फ गएका थिए। , चालक पुनकी श्रीमती पनि उक्त कारमा नेपालगन्ज सामान किनमेल गर्न जान भनेर आएकी थिइन्।, ‘मैले यति सानो कारमा पाँच जना अटाइन्न कि, स्कार्पियो लग्नुपर्‍यो, नत्र यसमा हुँदैन भनेपछि चालककी श्रीमती त्यहीँबाट घर फर्किनुभएको हो,’ रमेशले सेतोपाटीसँग घटना विवरण सुनाउँदै भने।, राधालाई रमेशले किनमेलका लागि भनेर १७ हजार रूपैयाँ दिएका थिए।, ‘आफ्नो लागि साडी, आमालाई धोती, जिरा, दाल र एउटा प्रेसर कुकर पनि किनेर ल्याउने भन्दै राधा नेपालगन्ज गएकी थिइन्,’ रोदनमिश्रित स्वरमा रमेशले भने, ‘यस्तो होला भन्ने कहिलै कल्पना पनि गरेको थिएन। दैवको लिला देखेर पनि उदेक लागेर आउँछ।’, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत राप्ती सोनारी गाउँपालिकाको अगैया भन्ने ठाउँमा चालकसहित सबैले खाजा नास्ता खाएका थिए। त्यहाँ राप्तीको माछा प्रख्यात छ।, ‘राधाले मेरा लागि अगैयाबाट माछासमेत ल्याइदिएको फोनमा भनेकी थिइन्,’ रमेशले रूँदै भने, ‘सायद उसको यतिसम्म मात्र लेखेको रहेछ।’, रमेशको पुर्ख्यौली घर घोराही १६ सर्रामा पर्छ। हालै उनले घोराही १४ बुद्धि ग्यारेज नजिक नयाँ घर बनाएका थिए।, ‘हामी नयाँ घर बनाएपछि असार ९ गतेदेखि यहाँ बस्न थालेका हौं,’ रमेशले भने, ‘त्यसैले हामीले नयाँ ठाउँमा बसाइँसराइ समेत ल्याएका छैनौं।’, रमेशले आफू पाँच महिनाअगाडि मात्रै साउदी अरबबाट बिदामा घर फर्किएको बताए।, ‘श्रीमतीको सल्लाहमा अब बिदेश नजाने भनेर गाडी किनेर ल्याएको थिएँ,’ रमेशले भने, ‘तर ममाथि दैव लाग्यो। यो सबै तक्दिरको खेल त होला नि।’, सिस्ने खोलामा आएको बाढीले बुधबार राति कार बगाउँदा चालकबाहेक कारमा सवार चारै जनाको ज्यान गएको थियो। प्रहरीले उनीहरूको शव झन्डै तीन किलोमिटर तल घोराही १७ बेलभार भन्ने ठाउँमा फेला पारेको थियो।, बग्दाबग्दै राधाले आफ्नो श्रीमानलाई फोनमा भनिन्- बाबुको ड्याडी, हामीलाई खोलाले बगायो बचाउनुहोस्!
सेतोपाटी संवाददाता अमेरिकामा आइडा नामक सामुद्रिक आँधीको प्रभावले भएको भीषण वर्षापछि आएको बाढीका कारण एकै परिवारका तीन जना नेपालीसहित कम्तीमा ४३ जनाको मृत्यु भएको छ।, युनाइटेड शेर्पा एसोसिएसन अमेरिकाले फेसबुकमार्फत् दिएको जानकारीअनुसार सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ जुनवेशीका आङ गेलु लामा, उनकी श्रीमती मिङमार शेर्पा र उनीहरूका १९ महिनाका छोरा लोप्साङ लामाको बिहीबार बाढीमा परी मृत्यु भएको हो। उनीहरू अमेरिकाको न्युयोर्कमा बस्ने गर्थे।, तीन दिनअघि अमेरिकी राज्य लुजियानामा आइडा आँधी प्रवेश गरेको थियो। उक्त आँधीका कारण लुजियानामा ठूलो भौतिक र मानवीय क्षति भएको थियो।, न्युयोर्क टाइम्सका अनुसार कमजोर भइसकेको ठानिएको त्यही आँधीको प्रभावले बिहीबार उत्तरपूर्वका न्युयोर्क, न्युजर्सी, पेन्सलभेनिया र कनेक्टिकट राज्यमा अचानक भीषण वर्षा भएको थियो।, अचानक भएको वर्षाले घरका भुइँतलामा पानी भरिएको थियो भने सडकहरू नदीजस्ता भएका थिए। ज्यान गुमाउनेहरूमा धेरैजसो भुइँतलामा बसेका र सवारी साधन चलाइरहेका मानिसहरू छन्। बाढीमा केही कारहरू बगेका छन्।, वर्षासँगै आएको चक्रवातले केही घरका छाना पनि भत्काइदिएको छ। बाढीपछि न्युयोर्क सहरमा सबवे बन्द गरिएको छ। दर्जनौं उडान स्थगित भएका छन्। बिजुली अवरूद्ध भएपछि ती राज्यहरूमा जनजीवन अस्तव्यस्त भएको छ।, पछिल्लो ९ वर्षमा सामुद्रिक आँधीको  प्रभावले अमेरिकामा यति धेरै मानिस मरेको पहिलो पटक हो। सन् २०१२ मा स्यान्डी आँधीले पनि अमेरिकाको यो क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो।, अमेरिकामा बाढी र आँधी, तीन नेपालीसहित कम्तीमा ४३ जनाको मृत्यु
सेतोपाटी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले आज भरतपुर अस्पतालको फार्मेसीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ।, कार्यालयका उपसचिव विष्णु सापकोटाको नेतृत्वमा आएको टोलीले कागजात नियन्त्रणमा लिएको हो।, फार्मेसीमा अनियमितता भएको भन्ने उजुरीपछि कागजपत्र परिवर्तन नहोस् भन्ने उद्देश्यले फार्मेसीसँग सम्बन्धित आर्थिक वर्ष २०७३/७४ यताका कागजात नियन्त्रणमा लिइएको सूचना अधिकारी समेत रहेका उनको भनाइ थियो।, अस्पतालले बोलपत्रमा परेका कम्पनीबाहेक अन्य व्यक्तिबाट समेत औषधि खरिद गरेको भन्ने उजुरी परेकाले खरिद, बिक्री र आम्दानीका विषयमा अनुसन्धान गर्न लगेको जनाइएको छ।, सापकोटाले बीमा गरेका र अन्य बिरामीले औषधि नपाएको भन्ने गुनासो पनि रहेको जानकारी दिए।, फार्मेसी अध्ययन गरेकालाई जिम्मेवारी दिनुपर्नेमा लामो समयसम्म अहेवको भरमा फार्मेसी रहेको थियो।, बोलपत्रबमोजिम औषधिको म्याद सकिएर खेर गए पनि  फार्मेसी जिम्मा लिनेहरूले आफ्नो अनुकूलका व्यक्तिसँग मात्र खरिद गरेको भन्दै व्यवसायीले विरोध जनाउँदै आएका थिए।, अस्पतालमा गत एक वर्षमा सात मेडिकल सुपरिटेण्डेन्ट परिवर्तन भएकाले अस्पताल अस्तव्यस्त छ।, रासस, भरतपुर अस्पतालको फार्मेसीमा अख्तियारको छापा
सेतोपाटी संवाददाता नेपाल सेनामा कार्यरत् हुद्दा भरत गुरुङको हत्या आरोपमा सैनिक जवानलाई जन्मकैद फैसला सुनाइएको छ।, जिल्ला अदालत चितवनको आदेशमा सेनाको कोर्ट अफ इन्क्वायरी प्रतिवेदनको आधारमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद फैसला भएको हो।, सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले ढकाललाई सैनिक अदालतले २५ वर्ष कैद सजाय सुनाएको बताए।, सैनिक अदालतले बुधबार ढकालविरूद्ध फैसला गरेको थियो।, भरतपुर महानगरपालिका-१७ शारदानगरस्थित सिमल डाँडामा हुद्दा गुरुङको साउन ७ गते हत्या भएको थियो।, अनुसन्धानका क्रममा गुरुङलाई ढकालले एसएमजी हतियारबाट गोली प्रहार गरी हत्या गरेको खुलेको थियो। , सेनाले सो घटनामा भदौ ९ गते समरी जनरल सैनिक अदालत गठन गरेको थियो।, ढकाललाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य रहने फैसला पनि भएको पौडेलले बताए।  , हुद्दा गुरुङको हत्या आरोपमा सैनिक जवान ढकाललाई २५ वर्ष कैद फैसला
रासस पर्वतका विभिन्न ठाउँमा पहिराले पुरिँदा पाँच जनाको मृत्यु भएको छ।, पहिरोमा पुरिँदा तीन जना बेपत्ता भएका छन्।, गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन्।, पहिरामा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ।, घरका तीन बेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।, यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पहिरामा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका छ वर्षीय छोरा गणेशको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए।, यस्तै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरामा पुरिएर ५० वर्षीया ठुलीमाया थापाको मृत्यु भएको छ।, जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ।, पहिरोले पुरिएर पर्वतमा पाँच जनाको मृत्यु, तीन बेपत्ता