content
stringlengths 20
64.1k
⌀ |
|---|
सेतोपाटी संवाददाता व्यस्त दैनिकी, तनाव र अव्यवस्थित खानपान आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारण हुन् जसले हामीलाई अस्वस्थ बनाउँदै लगेका छन् र हाम्रो शरीरलाई रोगको घर बनाउँदै छन्।, पछिल्लो समय उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहजस्ता रोग सामान्य भइसकेका छन्।, यसको अर्को कारण पनि छ- हामी स्वादे जिब्रोको बहसमा छौं। तलतल थाम्न सक्दैनौं। जिब्रोलाई मीठो–मीठो चिज खुवाएर पुल्पुल्याउँछौं। शरीरलाई परिश्रमबाट जोगाएर पुल्पुल्याउछौं। शरीर र जिब्रो जति पुलपुल्यायो त्यति मात्तिन्छ।, एकै ठाउँ बसी–बसी काम गर्ने सहरीया शरीरलाई व्यायाम पुग्दैन। , परिणाम– उमेर ढल्किँदै जाँदा हाम्रो शरीरमा रोगले गुँड लगाइसकेको हुन्छ।, उसो भए गर्ने के त- खानै छाड्ने? सहरै छाड्ने? तनाव भयो भनेर कामै छाड्ने?, होइन। खानपिन र शारीरिक परिश्रमको उचित संयोजन गर्ने। आज यो लेखमा हामी शारीरिक परिश्रमको कुरा गर्नेछौं।, धेरैलाई लाग्ला-शारीरिक परिश्रम गर्ने समय कहाँ पाउनु, जाँगर कहाँबाट जुटाउनु?, ठीक छ- तपाईं दिनको दस मिनेट व्यायाम गर्ने समय, जाँगर र धैर्य जुटाउन सक्नुहुन्छ होला नि? आफ्ना लागि दस मिनेट त निकाल्न सक्नुहुन्छ नि?, व्यस्त जीवनशैलीको प्रभाव मात्र होइन उमेरसँगै हाम्रो शरीरका मांसपेशी आफैं पनि कमजोर र लुलो हुँदै जान्छन्। तिनलाई तन्दुरूस्त राख्न हामीले केही व्यायाम त गर्नैपर्छ। हैन भने हाम्रो शरीर समयभन्दा चाँडै कमजोर हुँदै जान्छ, रोग लाग्छ। रोगसँगै मन पनि कमजोर हुँदै जान्छ।, शारीरिक तन्दुरूस्ती र स्वस्थ जीवनयापनका निम्ति हामीले दिनको २४ घन्टामा मात्र १० मिनेट आफूलाई दिए पुग्छ। प्रत्येक दिन यति समय आफ्नो निम्ति दिन सके वर्षौं झेल्नुपर्ने दुःख र झन्झटबाट छुट्कारा पाउने सम्भावना धेरै हुन्छ।, छोटो समयमा गर्न सकिने, वैज्ञानिक हिसाबले प्रभावकारी मानिएका ५ व्यायामबारे हामी यहाँ चर्चा गर्दैछौं। प्रभावकारी भएकै कारण यी व्यायाम अहिले संसारभर लोकप्रिय बन्दै गएका छन्।, १. प्ल्यांक, प्ल्यांक शरीर घोप्टो पारेर गरिने व्यायाम हो। यो एकपटकमा दुई मिनेट मात्र गर्नुपर्छ। दुई मिनेटभन्दा धेरै गरे पनि यसको फाइदा नथपिने डाक्टरहरू बताउँछन्।, गर्ने तरिकाः पुस अप गर्ने जस्तै अवस्थामा घोप्टो पर्ने। कुहिनामुनिको हातको भाग समतल पारेर टेक्ने। जिउ तनक्क सिधा पार्ने। यसरी बस्दा खुट्टाका औंलाले भुँइमा टेकिएको हुनुपर्छ। जमिनसँग शरीर समानान्तर हुनुपर्छ।, अब यो अवस्थामै शरीरलाई दुई मिनेटसम्म स्थिर राख्ने। यसो गर्दा शरीरको सम्पूर्ण बल कम्मर, ढाड, पेट र हिपमा पर्छ। प्ल्यांक २ मिनेटसम्म गर्दा प्रभावकारी हुन्छ र सकिन्छ पनि।, यदि तपाईं धेरै मोटो वा धेरै कमजोर हुनुहुन्छ भने सुरूमै २ मिनेटसम्म गर्न गाह्रो हुन्छ। प्ल्यांक सुरूमै २ मिनेट गर्ने होइन। सुरूआतमा तपाईं जति सक्नुहन्छ, त्यति आफूलाई अड्याउनुहोस्। १५, २०, ३० सकेण्ड, जति सक्नुहुन्छ अडिनुहोस् र केही सकेण्ड आराम गर्नुहोस्।, त्यसपछि फेरि सुरू गर्नुहोस्। यो प्रक्रिया एकपटकमा तीन पटकसम्म दोहोर्योउनुहोस्। विस्तारै शरीर क्षमता बढ्दै जान्छ र तपाईं एकैपटकमा २ मिनेटसम्म प्ल्यांक गर्न सक्नुहुनेछ।, ध्यान दिनुपर्ने कुराः यो व्यायाम गर्दा शरीर, हात र खुट्टा सिधा हुनुपर्छ। एकैपटक दुई मिनेट गर्छु भनेर सुरूदेखि नै कस्सिनु हुन्न। शरीर बलियो हुँदै गएपछि विस्तारै दुई मिनेटसम्म गर्न सकिनेछ।, शरीरको भार पाखुरामा पर्ने हुनाले भाँचिएर दुख्ने समस्या भएकाले नगर्दा राम्रो हुन्छ। महिनावारी भएका बेला र गर्भवतीले पनि यो व्यायाम नगर्ने।, फाइदाः यो व्यायाममा तपाईंको कम्मर, पेट वरपर, हिप र ढाडका सबैमा बल पर्छ। पेट र हिपका अनावश्यक बोसो कम गर्नुका साथै मांसपेशी बलियो र कसिलो बनाउँछ। मेरूदण्डको आसन सुधार्छ जसले तपाईंलाई कुप्रो हुने र ढाड दुख्ने समस्याबाट जोगाउँछ।, २. साइड प्ल्यांक , यो प्ल्यांकमा जस्तै कुहिनामुनिको हातको भाग समतल टेकेर गरिने व्यायाम हो। यसमा कोल्टे परेर एक हात टेकिन्छ अर्को कम्मरमा राखिन्छ। यो दुईपटक गरी दुई मिनेट गर्न सकिन्छ।, गर्ने तरिकाः कोल्टे फेरेर सिधा भएर माथि भनेजस्तै गरी हात टेक्ने। घुँडा मुनिको भाग मात्र जमिनमा छुवाउने र एक खुट्टामा माथि अर्को राख्ने। एक हात कम्मरमा राख्ने। शरीर सोझो र तनक्क राख्ने। अब विस्तारै शरीर तलमाथि गर्ने।, शरीर तल जाँदा कम्मरले एक सेकेन्डसम्म भुँइ छुवाउने अनि माथि उठाउने। यो व्यायाम एकपटकमा १५ पटकसम्म तलमाथि गरे पुग्छ। दायाँ र बाँया तिर १५/१५ पटक गर्ने र आराम गर्ने। यही प्रक्रिया अर्कोपटक पनि गर्ने।, ध्यान पुर्याउनुपर्ने कुराः यो व्यायाम गर्दा शरीर, हात र खुट्टा सिधा हुनुपर्छ। सुरूमा ५ पटक तलमाथि गर्दा हुन्छ, विस्तारै १५ पटकसम्म गर्ने। तर, दैनिक तीन पटकभन्दा बढी नगर्ने। शरीरको भार पाखुरामा पर्ने हुनाले भाँचिएर दुख्ने समस्या भएकाले नगर्दा राम्रो हुन्छ। महिनावारी भएका बेला र गर्भवतीले पनि यो व्यायाम नगर्ने।, फाइदाः यो व्यायामले मुख्य रूपमा पेटको दायाँबायाँ छेउमा भएको बोसो कम गर्छ। तिघ्रा, पेट र हिपका मांसपेशी बलियो र कसिलो बनाउँछ। प्ल्यांक र साइड प्ल्यांक मिलाएर गर्दा पेटको समग्र व्यायाम हुन्छ।, ३. सुतेर गर्ने साइक्लिङ, यो व्यायाम समतल भुँइमा सुतेर साइकल चलाएझैं गर्ने हो। यो पनि जम्मा दुई मिनेट गर्ने।, गर्ने तरिकाः सिधा शरीर पारेर भुँइमा सुत्ने। अब विस्तारै हलुका टाउको उठाउने। दुवै हात साइकलको ह्याण्डल समाए जस्तै गरी अगाडि सिधा राख्ने। अथवा तपाईं आफ्ना हात टाउकोमा राख्न्न पनि सक्नुहुन्छ। दुवै घुँडा सिधा माथि (९० डिग्री) उठाएर खुम्चाउने। हिप थोरै उठाउने ताकि तपाईंको कम्मरमा बल परोस्। टाउको र हात स्थिर राख्ने। विस्तारै दुवै खुट्टा साइकलको पेडल चलाएझैं चलाउने।, तपाईंले सुरूमा ५० र पछि १०० पटकसम्म यसरी खुट्टा चलाउन सक्नुहुन्छ। यसरी चलाउँदा टाउको र हिपले उठाइनै रहनुपर्छ। यही प्रक्रिया अर्कोपटक पनि गर्ने। तपाईंलाई यदि टाउको उठाएर गर्न गाह्रो हुने भए सुताएरै पनि गर्न सक्नुहुन्छ। तर, उठाएर गर्दा धेरै प्रभावकारी हुन्छ।, ध्यान पुर्याउनुपर्ने कुराः महिनावारी भएका बेला र गर्भवतीले साइक्लिङ नगर्ने। सुरूमा गर्दा कम समय गर्ने र विस्तारै बढाएर दुई मिनेटसम्म पुर्याउने।, फाइदाः साइक्लिङले तपाईंको सम्पूर्ण मांसपेशी चलाउँछ। कुम र कम्मरको मांसपेशी बलियो बनाउँछ। पेट, तिघ्रा, हिप र पछाडिको अनावश्यक बोसो कम गर्छ। मुख्य रूपमा तिघ्रा र हिपसहित समग्र खुट्टाको बोसो कम गरेर मांसपेशी बलियो र कसिलो बनाउँछ।, ४. जम्प स्क्वाट, सुतेर गरिने तीन व्यायाम पछि हामी अब उठेर गरिने दुई व्यायामको कुरा गरौं। जम्प स्क्वाटले हाम्रो समग्र तौल कम गर्न मद्दत गर्छ।, गर्ने तरिकाः जम्प स्क्वाट उफ्रेर गरिने व्यायाम हो। हामी सानो ठाउँमा पनि यो गर्न सक्छौं। तर आफू उफ्रिँदा दायाँबायाँ र माथि नठोक्किने गरीको खुला ठाउँमा उभिने।, दुवै हात सिधा तन्काउने। जिउ सिधा उभ्याउने। अब विस्तारै हिपलाई तल सार्दै कुर्सीमा बसे जस्तो गर्ने। यसो गर्दा तपाईंको पिँडुला र ढाड खुम्चन दिन हुँदैन। हात पनि सिधा नै राखिराख्ने।, अब आफ्नो शरीरलाई त्यही कुर्सीमा बसेको आसनमा ४/५ सेकेन्डसम्म अडाइराख्ने। अब त्यही आसनबाट बुरूक्क माथितिर उफ्रिने। यसरी उफ्रिँदा शरीरलाई पूरा शक्ति दिने। उफ्रिएपछि तुरुन्तै कुर्सी आसनमा फर्कने। ५ सेकेन्ड बस्ने, फेरि उफ्रिने। यो १० पटकसम्म लगातार गर्ने। १५ सेकेन्ड आराम गर्ने र पुनः १० पटक अघिकै प्रक्रिया दोहोर्याउने।, ध्यान पुर्याउनुपर्ने कुराः महिनावारी भएका बेला र गर्भवतीले जम्प स्क्वाट नगर्ने। सुरूमा गर्दा १० पटक नसके ५ पटक गर्ने।, फाइदाः जम्प स्क्वाटले पूरा शरीर चलाउँछ। यसले तौल कम गर्न र शरीर सुगठित बनाउन निकै मद्दत गर्छ। यसले टाउको, पूरै हात, खुट्टा, ढाड, पेट र हिपको व्यायाम हुन्छ। तपाईंको हिप, ढाड र कम्मरको मांसपेशी बलियो हुनुका साथै मेरुदण्डको आसन सुधार्छ। ढाड दुख्ने समस्या कम गराउँछ। पिडुँला बलियो बनाउनुका साथै हिप र पछाडि कम्मरमा लागेको अनावश्यक बोसो कम गराउँछ।, उफ्रिँदै गरिने भएकाले जम्प स्क्वाटले तपाईंलाई तत्काल ताजा र ऊर्जावान् बनाउँछ।, ५. उड चप, , यो व्यायामको अंग्रेजी नामको अर्थ 'काठ काट्नु’ हो। यो व्यायाम पनि त्यसरी नै गरिन्छ। उभिएर गरिने यो व्यायाम अझै प्रभावकारी बनाउन तपाईंले २/३ किलोको डम्बबेल पनि लिन सक्नुहुन्छ। नभए पानी भरिएको डेढ/दुई लिटरको बोतल वा कुनै बल पनि प्रयोग गर्न सक्नुहुन्छ।चाहिन्छ नै भन्ने होइन, हुँदा सहज र प्रभावकारी हुन्छ।, गर्ने तरिकाः उड चप उभिएर गरिने व्यायाम हो। आफू चल्दा दायाँबायाँ र माथि नठोक्किने गरीको खुला ठाउँमा सिधा उभिने। जिउ सिधा उभ्याउने। विस्तारै खुट्टा फट्याउने। दुई खुट्टाबीच आफ्नो शरीर अनुसार १/२ फिटको दूरी बनाउने।, अब दुवै हातले अघि भनिएको डम्बबेल वा बोतल तेर्सो पारेर समाउने। यी सामान नभए, हत्केला एकआपसमा कसिलो गरी बाँध्ने, बन्चरो वा क्रिकेटको ब्याट समाएझैं।, त्यही आसनमा अब दायाँ वा बायाँ तिर फर्किने र थोरै निहुरेर काठ चिरेझैं गर्ने। यो गर्दा तपाईंको हात हल्का झट्कारिनु पर्छ। खुट्टा स्थिर राखेर शरीर पूरै घुमाउनु पर्छ।, यो दायाँबायाँ १५/१५ पटकसम्म लगातार गर्ने। १५ सेकेन्ड आराम गर्ने र पुनः १५/१५ पटक अघिकै प्रक्रिया दोहोर्याउने।, ध्यान पुर्याउनुपर्ने कुराः महिनावारी भएका बेला र गर्भवतीले उड चप नगर्ने। सुरूमा गर्दा १५ पटक नसके ५/१० पटक गर्ने। धेरै तौल भएको डम्बबेल, बोतल वा कुनै सामान नबोक्ने।, फाइदाः उड चप पूरा शरीरको व्यायाम हो। यसले तौल कम गर्न र शरीर सुगठित बनाउन निकै मद्दत गर्छ।, मुख्य रूपमा हातको सही व्यायाम हुन्छ र कम्मरको दायाँबायाँको बोसो कम हुन्छ। यसबाहेक टाउको, खुट्टा, घुँडा, ढाड, पेट र हिपमा पनि यसको प्रभाव हुन्छ।, यो व्यायामले पाखुरा, कुम र गर्धनका साथै ढाड र कम्मरको मांसपेशी बलियो र कसिलो बनाउँछ। ढाड दुख्ने समस्या कम गराउँछ भने तिघ्रा बलियो बनाउँछ।, व्यायाम रोकेर फेरि सुरू गर्दा बीचमा केही सेकेन्ड लामो सास फेरेर आराम गर्नुहोस्। तपाईंले व्यायाम सुरू गरेपछि विस्तारै समय बढाउन सक्नुहुन्छ, एकैपटक धेरै बेर गर्न नखोज्नुहोस्।, तपाईंले दस मिनेट आफ्ना लागि निकाल्न सक्नुभयो भने यी सबै व्यायाम गर्न सक्नुहुन्छ। तर, यी कुनै पनि व्यायाम सुरूमै दुई-दुई मिनेट गर्न गाह्रो हुन्छ।, धेरै मानिसले सुरूमै यी व्यायाम धेरै बेरसम्म गर्न खोज्छन्। शरीरले धान्दैन अनि बीचैमा छोड्छन्।, तपाईं त्यसो नगर्नुहोस्। अंग्रेजीमा एउटा भनाई छ- गो स्लो टु गो फार। अर्थात् टाढा पुग्ने हो भने विस्तारै जाऊ।, तपाईं पनि विस्तारै तर दृढ सुरूआत गर्नुहोस्। पाँचै व्यायाम एकैपटक सुरू गर्नुपर्छ भन्ने पनि छैन। एउटा वा दुइटाबाट सुरू गर्नुहोस्। दस सेकेन्ड, पन्ध्र सेकण्ड गर्दै लैजानुहोस्।, तर अन्तत: सबै पाँचै व्यायाम नियमति गर्छु भन्नेमा सुरूदेखि नै दृढ रहनुहोस्।, प्रत्येक दिन तपाईंले आफूलाई दिने १० मिनेटले शरीरलाई निरोगी र स्वस्थ्य राख्छ। उमेर ढल्किँदै गए पनि शरीरलाई तुलनात्मक रुपमा बलियो राख्छ।, तपाईंको काम गर्ने क्षमता बढ्छ, खुसी थपिन्छ। आफ्ना लागि दैनिक दस मिनेट नछुट्याउने त?, (विभिन्न अन्तर्राष्ट्रिय समाचारमाध्यमको सहयोगमा तयार पारिएको।),
पुट्ट लागेको भुँडी घटाउन दैनिक १० मिनेटको कसरत
|
सेतोपाटी संवाददाता नेपाली सेनाले चार हजार जनाका लागि जागिर खुलाएको छ।, शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै नेपाली सेनाले चार हजार जना सैन्यका लागि दरखास्त आह्वान गरेको हो। , जसअन्तर्गत खुलातर्फ २०९६, कर्तव्य पालनाको शिलशिलामा अशक्त/मृत्यु भएका नेपाली सेनाका सन्तति १०८, महिला ३६०, आदिवासी/जनजाति ५७३, मधेसी ५०५, दलित २७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्ति गरिने छ। , नेपाली सेनाका देशैभरि रहेका विभिन्न कार्यालयबाट भर्ना प्रक्रिया सुरू गरिने छ।, १८ वर्ष पूरा भई २२ वर्ष ननाघेका नेपाली नागरिकले असोज २४ गतेसम्म आवेदन दिन सक्ने सेनाले जनाएको छ। आठ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन्।, ,
नेपाली सेनामा खुल्यो चार हजार जनालाई जागिर
|
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले झन्डै साढे तीन सय जना नयाँ कर्मचारीका लागि विज्ञापन खोलेको छ।, शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न पदका लागि ३ सय ३९ जना कर्मचारी मागेको हो।, अधिकृत र सहायकस्तरमा सह-निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा समावेशी कोटामा विज्ञापन खोलिएको हो। लिखित र अन्तर्वार्ताका माध्यमबाट परीक्षा हुनेछ।, इच्छुक उम्मेद्वार असोज ७ गतेसम्म र दोब्बर शुल्क तिरेर १४ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।, ,
विद्युत प्राधिकरणले माग्यो झन्डै साढे ३ सय नयाँ कर्मचारी
|
सेतोपाटी संवाददाता चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।, इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो।, बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन। पहिराले सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ।, पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन्। ,
पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध
|
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्तिलाई धादिङ प्रहरीले पक्राउ गरेको छ। , ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ स्थित खरीबाट ५३ वर्षीय यमबहादुर रानामगरलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।, रानामगरले २०६१ कात्तिक १२ गते बेलुकी साबिक खरी गाविस वडा नम्बर ५ बस्ने लुद्रबहादुर फ्याली मगरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। वडा नम्बर ४ का यमबहादुर विकको घरमा पूजा हुँदा भेला भएका उनीहरूबीच झडप भएको थियो। त्यसैक्रममा रानामगर लगायतले फ्याली मगरको हत्या गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।, यस घटनामा प्रहरीले पाँच जनालाई प्रतिवादी बनाएको थियो। त्यसमा दुई जनालाई अदालतले सफाइ दिएको थियो भने दुई जना घटनापछि फरार छन्।, सो मुद्दामा धादिङ जिल्ला अदालतले गत मंसिर १० गते रानामगरलाई जन्म कैदको सजाय सुनाएको थियो।, उनको १९ वर्ष ७ महिना ६ दिन कैद भुक्तानी गर्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।, 'उनी केही महिना पुर्पक्षमा बसेका थिए। अदालतले थुनामा राख्न नपर्ने भनेपछि निस्केर फरार भएका थिए। फेरि पछि आदेश भएपछि हामीले पक्राउ गर्यौं,' भण्डारीले भने।, सजाय कार्यान्वयन गराउन प्रहरी चौकी साधभञ्ज्याङबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको थियो। सजाय कार्यान्वयन गराउन प्रहरीले जिल्ला अदालतमा पेस गरिसकेको छ।,
कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्ति पक्राउ
|
सेतोपाटी प्रकृतिका कुचिकारका रूपमा रहेका गिद्धको संख्या बढ्न थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन्।, संरक्षण र जनचेतनाको प्रभावका कारण जिल्लामा लोपोन्मुख अवस्थामा पुगेका गिद्धको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। सन् २०१० मा यहाँ एकमात्रै गुँड फेला परेकामा हाल गिद्धका ५० गुँड फेला परेका छन्।, 'गुँड बढी देखिनुलाई सकारात्मकरूपमा लिन सकिन्छ', नेपाल पंक्षी संरक्षण संघका संरक्षणकर्मी हिरुलाल चौधरीले भने, 'नाटकीयरूपमा ९० प्रतिशत बढीले दुई दशकअघि कमी आएको गिद्धको संख्यामा वृद्धि हुन थालेपछि निकै उत्साहित भएका छौं।' , पाँचदेखि १० को संख्यामा रहेका गिद्धको संख्या बढेर हाल २०० बढीको हाराहारी पुगेका छन्।, चौपायाको दुखाइ कम गर्न प्रयोग गरिने डाइक्लोफेनेक औषधिको प्रयोगमा लागेको प्रतिबन्धले गिद्धको संख्यामा बढोत्तरी भएको बताइएको छ।, डाइक्लोफेनेक औषधिको प्रयोगपश्चात मरेका चौपायाको मासु गिद्धले खाँदा गिद्ध हृदयघात भई मर्ने गरेका थिए।, नेपालसहित बंगलादेश, भारत र पाकिस्तानमा गरिएको अध्ययनअनुसार गिद्धको संख्यामा ह्रास आउनाको मुख्य कारण पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधि भएको पुष्टि भएपछि यसको प्रयोगमा प्रतिबन्ध लगाइएको हो।, 'गिद्धलाई डाइक्लोफेनेक औषधि प्रयोग गरिएको आहारबाट रोक्नु निकै चुनौती थियो', संरक्षणकर्मी उनले भने, 'डाइक्लोफेनेक औषधिको प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाउनका लागि निकै प्रयास भए, त्यसको परिणमस्वरूप औषधिमा प्रतिबन्ध लागेपछि गिद्ध संरक्षणमा टेवा पुगेको छ।' , डाइक्लोफेनेक औषधिको विकल्पका रूपमा हाल गिद्धलाई असर नपुग्ने अरू औषधिको प्रयोग हुन थालेको छ।, गिद्धको बासस्थानमा सुधारसँगै वातावरणमा पार्ने प्रभावलाई न्यूनीकरण गर्नेबारे जनचेतना फैलाउने कार्य र गिद्धले गुँड बनाउने रुखहरुको संरक्षणमा जोड दिइएपछि गिद्धलाई पुरानै अवस्थामा फर्काउने कार्य सन्तोषजनकरूपमा अगाडि बढ्दै आएको छ।, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसेमैदान, झिलमिला, तारापुर, भतपुरी फाँटा, बर्निखेडा, लालपानी क्षेत्रमा गिद्धको बासस्थान रहेको छ।, निकुञ्जसँगै त्यसको मध्यवर्ती क्षेत्रका रूपमा रहेका दोधारा चाँदनी, बन्साहा र लालझाडी क्षेत्रमा समेत गिद्धले गुँड लगाउने गरेको छ। , निकुञ्जका सूचना अधिकारी रविन चौधरीका अनुसार नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये यहाँ सात प्रजातिका गिद्ध पाइने गरेका छन्। जसमा डङ्गर, हिमाली, सानो खैरो, सुन, खैरो, राज र गोब्रे गिद्धका प्रजाति पाइने गरेका छन्।, 'सबभन्दा बढी डङ्गर गिद्धको संख्या देखापरेको छ', उनले भने, 'त्यसपछि सुनगिद्ध र सानो खैरो गिद्धको संख्या देखिएको छ, अन्यको संख्या धेरै कम छ, लामो ठुडे र खैरो गिद्ध जाडो मौसममा मात्रै देखापर्ने गरेको छ, ती दुई प्रजातिका गिद्ध बाह्य क्षेत्रबाट ‘माइग्रेट’ भएर यहाँ आइपुग्ने गरेका छन्।', निकुञ्जमा पाइने गिद्धका प्रजातिमध्ये चार प्रजातिलाई निकै दुर्लभ मानिएको छ।, गिद्धको प्रजननदर बढ्दै गएकाले त्यसलाई सकारात्मकरूपमा लिन सकिने चौधरीले बताए।, कैलालीको खुटिया, अत्तरिया, बेली, पटेलालगायतका क्षेत्रमा गिद्ध पाइने गरेका छन्।, गिद्ध संरक्षणकर्मीका अनुसार कैलालीमा गिद्धको संख्या १५० को हाराहारीमा छन्। सुदूरपश्चिमका पहाडी क्षेत्रमा पाइने सुनगिद्ध र राजगिद्ध जोगाउनका लागिसमेत निकै चुनौती छ। , मुख्य समस्याका रूपमा आगलागी रहेको छ। गिद्धले लगाएका गुँड प्रतिवर्ष आगलागीका कारण जल्ने गरेका छन्। त्यसबाट गिद्धको संख्यामा निकै कमी आएको छ। आगलागी नियन्त्रण गर्न सकिएमात्रै गिद्धलाई लोप हुनबाट जोगाउन सकिने संरक्षणकर्मीको भनाइ छ।, गिद्ध मांसहारी चरा भए पनि त्यसले आफैं सिकार भने गर्दैन। मरेका पशु गिद्धको मुख्य आहाराका रूपमा रहेको छ।, वातावरण सन्तुलन गर्नमा गिद्धको महत्वपूर्ण भूमिका छ। आहाराका लागि गिद्ध टाढा–टाढासम्म उड्ने गर्दछ। विश्वमा गिद्धका २३ प्रजाति पाइने गरेका छन्। , गिद्ध दिवस मनाइँदै, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज अन्तर्राष्ट्रिय सचेतना गिद्ध दिवस मनाइँदै छ।, प्रत्येक वर्षको सेप्टेम्बर ३ तारिखका दिन दिवस मनाइने गरिएको छ।, निकुञ्ज कार्यालय, नेपाली सेना, एनटिएनसी, मध्यवर्ती समितिलगायतको सहभागितामा गिद्ध जोगाउनका लागि जनचेतना फैलाउनेजस्ता कार्यक्रम आयोजना गरिएको निकुञ्जका सूचना अधिकारी चौधरीले बताए।, उनका अनुसार गिद्ध पाइने ठाउँ पत्ता लगाई संख्या यकिन गर्ने र गुँड पत्ता लगाउने कार्यसमेत अगाडि बढाइएको छ। वाइनाकुलरको सहायताले हेड काउन्टका आधारमा संख्या पत्ता लगाइने उनले बताए। त्यसका लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा टोली परिचालन गरिएको छ। , (रासस),
गिद्धको संख्या बढ्न थालेपछि संरक्षणकर्मी उत्साहित
|
सेतोपाटी पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ। हरितालिका (तीज) को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ। , मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए। नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो। , कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका (तीज)को अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो। कोषको आज बस्ने आन्तरिक बैठकले तीजअघि वा पछि मन्दिर खोल्ने निर्णय गर्ने पनि उनले बताए।, पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि बन्द छन्। पशुपतिसँगै यी मन्दिर पनि खुला गर्ने तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए। यसपटक पाँच महिनापछि पशुपतिनाथलगायत यस क्षेत्रका मन्दिर भक्तजनका लागि खुला गर्न लागिएको हो। , भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपति क्षेत्र खुला गर्न लागिएको उनले सुनाए। मन्दिर खुला गरिएपछि पशुपति क्षेत्र प्रवेश गर्ने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्नेछ। भक्तजनलाई स्यानिटाइजरको पनि व्यवस्था गरिनेछ। दूरी कायम गरी भक्तजनलाई मूल मन्दिरभित्र प्रवेश गराउने तयारी गरिएको छ।, विसं २०७६ चैतमा कोरोना महामारी नेपालमा पनि देखिन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। दश महिनापछि २०७७ साल पुस १ गतेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको थियो। सुरुमा दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गरिएको थियो। बिहान ६ः०० देखि अपराह्न २ः०० बजेसम्ममात्र मन्दिर भक्तजनका लागि खुला गरिएको थियो।, भक्तजनका लागि मन्दिर खुला गरिए पनि विदेशी पर्यटकका लागि भने पशुपति क्षेत्र विसं २०७६ चैतदेखि नै बन्द गरिएको छ। पशुपति क्षेत्रका सबै टिकट काउन्टर पनि त्यसै बेलादेखि बन्द छन्। पर्यटकको टिकटबाट कोषलाई प्राप्त हुने करोडौँ रुपैयाँ उठ्न छाडेको छ। ,रासस,
पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी
|
सेतोपाटी संवाददाता मनसुनी वायुको प्रभावले नेपालमा केही दिन अझै पानी पर्ने भएको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भु-भागभन्दा केही तल रहेको छ।, त्यसको प्रभाव देशैभरि परेको छ। शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहानदेखि मुग्लिन-नारायणघाट सडक अवरूद्ध छ भने पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा पनि पहिरो खसेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पर्ने क्रम केही दिन जारी रहनेछ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान:, २०७८ भदौ १८ गते (शुक्रबार), दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, राती: देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, २०७८ भदौ १९ गते ( शनिबार), दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, राती: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, २०७८ भदौ २० गते (आइतबार), दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।, राती: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।,
अझै केही दिन पानी पर्ने
|
सेतोपाटी राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत अछामका ११ सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ।, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिअनुसार ती महिलाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए।, उनका अनुसार विसं २०७५/७६ देखि जिल्लामा सुरु भएको उक्त कार्यक्रमअन्तर्गत यही भदौ ६ गते एकै दिन दुई गर्भवतीको हवाई उद्धार गरिएसँगै हालसम्म ११ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गरिएको हो। ,रासस, ,
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ११ सुत्केरीको उद्धार
|
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको माथिल्लो भू-भागको भौगर्भिक अध्ययन गर्न एसियाली विकास बैंकको विज्ञ टोली आउने भएको छ।, खानेपानी मन्त्रालयका अनुसार एसियाली विकास बैंकले भ्रेमाथाङमा रहेको थेग्रिनी र त्यसले मेलम्चीमा पार्नसक्ने स्थितिको अध्ययन गर्न एडिबीको टोली आउने भएको हो। , खानेपानी मन्त्रालयले उक्त भू-भाग जोखिमयुक्त रहेको भन्दै एडिबीलाई अध्ययन गरिदिन अनुरोध गरेको थियो। , मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेका अनुसार एडिबीले खानेपानी मन्त्रालयको अनुरोध स्वीकार गरी के-के काम गर्ने भनी ‘टिओआर’ पठाएको थियो। , उक्त टिओआर मन्त्रालयले स्वीकृत गरेको प्रवक्ता न्यौपानेले बताए। , ‘एडिबीले पठाएको टिओआर स्वीकृत भएको पत्र पठाइसकिएको छ,’ उनले भने, ‘अब एडिबीको टोली अध्ययन गर्न आउने बाटो खुलेको छ।’ , हाल भ्रेमाथाङको भौगर्भिक अवस्थाबारे इसिमोडलगायत संस्थाले आ-आफ्नो हिसाबले अध्ययन गरिरहेका छन्। तर, खानेपानी मन्त्रालयले भने एडिबीबाटै अध्ययन गराउन खोजेको हो। , एडिबी मेलम्चीको खानेपानी आयोजनाको विकास साझेदार संस्था पनि हो। , एडिबीले मेलम्चीको माथिल्लो भू-भागको स्थिति, त्यसलाई नियन्त्रण गर्न सकिने/वा नसकिने, सकिए के कसरी गर्न सकिन्छ भनी समग्र प्रतिवेदन दिने न्यौपानेले बताए।, मेलम्चीमाथिको भू-भागमा वर्षौंदेखि हिमपहिरोले ल्याएर थेग्रिनी जम्मा गरेको देखिएको छ। हाल त्यही थेग्रिनी बगेर मेलम्ची आयोजनालाई क्षति गरिरहेको छ। , मेलम्ची नदीमा बाढी आउँदा हेडवर्क्स, दुई वटा अस्थायी सुरुङ र मोटरेबल पुलमा क्षति पुगेको छ। सो क्षति पूर्ति गरी अस्थायी रुपमा खानेपानी काठमाडौं झार्न अढाइ अर्ब खर्च लाग्ने कार्ययोजना खानेपानी आयोजनाले मन्त्रालयमा पेश गरेको छ। , गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा लगातार बाढी आइरहेको छ। सो बाढीमा माथिल्लो भागमा रहेको थेग्रिनी बगेर आइरहेको छ। त्यसले मेलम्ची खानेपानी आयोजनास्थललाई क्रमश: क्षति पुर्याइरहेको छ।, यो पनि हेर्नुहोस्, हेलम्बु गाउँपालिकाका अध्यक्ष भन्छन् : भ्रेमाथाङ बग्न रोक्नुस्, मेलम्चीको पानी दसैँमा पठाउँछौँ!, मेलम्ची भेलबाढी निम्त्याएको भ्रेमाथाङको स्याटलाइट तस्बिर, तिर्खाएको काठमाडौंले अब मेलम्चीको विकल्प खोज्नुपर्ने, मेलम्ची विनाशको कारण बहुप्रकोप भएको दुई अध्ययनको निष्कर्ष, विज्ञ भन्छन्- मेलम्ची खानेपानी आयोजनाको भविष्य जोखिममा, मेलम्चीमा बाढी आएको भ्रेमाथाङको हेलिकप्टर दृश्य (भिडिओ),
मेलम्चीको भौगर्भिक अध्ययन गर्न एडिबीको विज्ञ टोली आउने
|
सेतोपाटी दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. १० पढ्ढाका ५२ वर्षीय सुरेश डाँगीको घरमै करेन्ट लागेर मृत्यु भएको हो। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले शुक्रबार बिहान ६:४० बजेको समयमा नाङ्गो तार प्लगमा घुसाउने क्रममा डाँगीलाई करेन्ट लागेको बताए। , करेन्ट लागेर गम्भीर अवस्थाका डाँगीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा बिहान ७: ४० बजे मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए। , शव पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ।,
करेन्ट लागेर एक जनाको मृत्यु
|
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ सय ७० ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा डोल्पा ठूलो भेरी नगरपालिका-७ का ३३ वर्षीय विष्णुबहादुर शाही छन्। शाहीलाई बिहीबार साँझ पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए।, फ्लाई दुबाईको विमानबाट आएका शाहीले बोकेको झोला विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गरेका थिए। लगेजभित्र इमरजेन्सी लाइटमा लुकाएर ल्याएको सुन बरामद भएको एसएसपी बाँस्तोलाले बताए।, उक्त सुन लिन आएका स्याङ्जा पुतलीबजार घर भएका ३८ वर्षीय भुपेन्द्र पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। , प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।,
इमरजेन्सी लाइटमा लुकाएर ल्याइएको ७ सय ७० ग्राम सुनसहित विमानस्थलबाट एक पक्राउ
|
सेतोपाटी संवाददाता कोरोना संक्रमणको कारण देखाउँदै बन्द भएको मनकामना केवलकार आगामी आइतबारबाट पुनः सञ्चालनमा आउने भएको छ। , स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर केवलकार सञ्चालन ल्याउन लागिएको मनकामना केवलकार सञ्चालक चितवन कोइका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए।, ‘कोभिड-१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा यही आउँदो आइतबार भदौ २० गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुन: सन्चालन हुने जानकारी गराउँछौं’, उनले भने, ‘मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय अनुसारनै हुने समेत जानकारी गराउँछौं। साथै सम्पूर्ण यात्रुलाई स्वास्थ्य सुरक्षाका नियमहरू अनिवार्य पालना गरिदिनु हुन अनुरोध गर्दछौं।’, कोभिड संक्रमणको महामारीलाई ध्यानमा राख्दै कम्पनीले यसअघि देखिनै नगदरहित कारोबार इ-सेवा, फोन पे र खल्तीमार्फत टिकट काट्ने व्यवस्था गरेको छ। ,
,
आइतबारबाट मनकामना केबलकार पुनः सञ्चालनमा आउने
|
सेतोपाटी पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरूद्धको खोप लगाउन थालिएको छ।, सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनेका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए। , 'एक सता अघिदेखि खोप लगाउने कार्य सुरू गरेका हौं', उनले भने, 'हालसम्म भारतबाट फर्कने ३०० भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ।', सीमा नाकामा पहिलो खोप लाउनेले दोस्रो मात्रा सम्बन्धित जिल्लामै लागाउनुपर्ने भएको छ। दैनिक सीमा नाका भएर आउने ५० भन्दा बढी आउने गरेका छन्।, खोपको सामान्य ‘साइड इफेक्ट’ रहे पनि हालसम्म यहाँ खोप लगाएकाहरूमा कुनै जटिल समस्या देखिएको छैन।, सीमा नाकामा आइपुग्नेलाई खोप लगाए नलागाएको निर्क्यौल गरेपछि मात्रै लगाइने र जटिल अवस्थाका र दीर्घरोगीलाई भने खोप नलगाइने यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ थियो।, कार्यालयका अनुसार हालसम्म जिल्लामा एक लाख सात हजार १६३ ले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ६४ हजार ७९५ ले दोस्रो मात्रा पनि लगाइसकेका छन्। ,रासस,
सीमा नाकामै कोरोनाविरूद्धको खोप
|
सेतोपाटी संवाददाता झण्डै दुई किलो यार्चागुम्बासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई एक किलो ८५० ग्राम यार्चागुम्बासहित पक्राउ गरेको हो।, उनीहरूलाई प्रहरीले बिहीबार काठमाडौं महानगरपालिका सामाखुसीबाट पक्राउ गरेको महाशाखाले जनाएको छ। , गोरखाका ४८ वर्षीय डुण्डुप गुरूङ, लमजुङका ५० वर्षीय बेलबहादुर थापा, लमजुङका ४० वर्षीय कृष्ण परियार र प्युठानका ४७ वर्षीय दानबहादुर जिसी पक्राउ परेका छन्।, अवैध रूपमा यार्चागुम्बाको कारोबार भइरहेको छ भन्ने महाशाखाले गोप्य सूचना पाएको थियो।, सोही सूचनाको आधारमा खटिएको टोलीले सामाखुसीको एक घरमा डेरा गरी बस्ने डुण्डुप गुरूङले बिक्री वितरण गर्न लुकाएर राखेको प्रहरीको आरोप छ।, उनको कोठामा तलासी लिँदा प्रहरीले एक किलो ८५० ग्राम यार्चागुम्बा बरामद गरेको हो। सो यार्चागुम्बा आठ लाख बराबरको छ।, उनीहरूमाथि अनुसन्धान गर्न वन डिभिजन कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ।,
झण्डै दुई किलो यार्चागुम्बासहित चार जना सामाखुशीबाट पक्राउ
|
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली आकाशमा हेलिकप्टर उडाएकोमा आपत्ति जनाउँदै भारतीय पक्षलाई चिठी लेखेको छ।, बिहीबार जिल्ला सुरक्षा समितिको बैठक बसेर नेपाली पक्षले भारतलाई चिठी लेखेको हो।, प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार बिहीबार प्रशासनले भारत पिथौरागढस्थित जिल्ला धिकारीलाई सम्बोधन गरेर चिठी लेखेको हो।, नेपाली आकाशमा भारतीय हेलिकप्टर पटक-पटक अनुमतिबेगर आउने गरेकाले जिल्ला धिकारीलाई चिठी लेखिएको जोशीले बताए।, ‘अनुमतिबेगर पटक-पटक अर्काको देशको आकाशमा हेलिकप्टर ल्याउनु आपत्तिजनक छ, हामीले यो कार्य रोक्न चिठी लेखेका छौं,’ जोशीले भने, ‘उताबाट जवाफ आएको छैन।’, भारतीय पक्षलाई चिठी लेखेकोबारे बोधार्थ गृह मन्त्रालयलाई पनि पठाइएको जोशीले बताए।, उनका अनुसार बुधबार र बिहीबार पाँचदेखि सात पटकसम्म दार्चुला सदरमुकाममाथि भारतीय हेलिकप्टर देखिएको थियो।, त्यो हेलिकप्टर उद्धारका लागि भारतीय पक्षले उडाइरहेको बुझिएको छ। उक्त हेलिकप्टर दार्चुला सदरमुकामस्थित नेपाली सेनाको गुल्मभन्दा माथिबाट उडेको थियो।, ‘सेनाको ब्यारेकमाथिको आकाश हुँदै हेलिकप्टर भारततर्फ जाने गरेको छ,’ जोशीले भने, ‘पन्ध्र दिनअघि पनि आएको थियो।’, दार्चुला सदरमुकामपारिको भारततर्फ धार्चुलामा बाढी पहिरोपछि उद्धार र राहतको काम भइरहेको छ। सो कार्यका लागि भारतीय पक्षले हेलिकप्टर प्रयोग गरिरहेको बुझिएको जोशीले बताए।, हेलिकप्टर नेपाली आकाश हुँदै त्यसतर्फ गइरहने र त्यो क्रम नरोकिएकाले प्रशासनले भारतीय पक्षलाई चिठी नै लेखेको हो।, ‘कुनै आकस्मिक उद्धारको काम गर्नुपरे र भौगोलिक अवस्थाका कारण आउनुपरे पनि एक पटक, दुई पटकका लागि उड्न दिने गरिएको छ,’ जोशीले भने, ‘तर, दिनमै पाँच-सात पटक त्यो पनि सेनाको ब्यारेकमाथिबाट उड्ने कार्य ठिक देखिएन।’, नियमित सुरक्षा समितिको बैठकमा बिहीबार नेपाली सेनाका प्रतिनिधिले सो कुरा उठाएका थिए। कुरा उठाएपछि प्रशासनले पत्र नै लेखेको हो।, गैरसैनिक हेलिकप्टरले भारततर्फ उद्धारसँगै खाद्यान्न ढुवानी गरिरहेको बुझिएको प्रजिअ जोशीले बताए।, नेपालले चिठी नै लेखेपछि भने शुक्रबार हेलिकप्टर नदेखिएको जोशीले बताए।, गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले भारतीय हेलिकप्टर नेपाली आकाशमा देखिएकोबारे दार्चुला प्रशासनले जानकारी गराएको बताए।, ‘यसबारे के गर्ने भन्ने निर्णय हुन्छ,’ उनले भने।, सेनाले पनि आफ्नो ब्यारेकमाथिको आकाशमा भारतीय हेलिकप्टर पटक-पटक देखिएको घटनाबारे सैनिक मुख्यालयमा जानकारी गराएको छ।, सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले दार्चुला गुल्मले सैनिक मुख्यालयमा यसबारे जानकारी गराएको बताए।,
दार्चुलाको आकाशमा बारम्बार किन आयो भारतीय हेलिकप्टर?
|
सेतोपाटी पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन्।, पहिरोमा बेपत्ताको खोजी तथा उद्धारका लागि पर्वत जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय खटिएका प्रहरीले जनाएको छ। , यसैबीच, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त घटनाको खबरले आफू मर्माहत भएको बताउँदै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्। , आज शोक वक्तव्य जारी गरी उनले सङ्कटको यस घडीमा पहिरोमा परिवार गुमाएका तथा प्रभावित परिवारको तुरुन्त उद्धार, राहत, पुनःस्थापना एवं पहिराको जोखिममा परेको वरपरको बस्ती संरक्षणमा तदारुकताका साथ काम गर्न तीनवटै तहका सरकार तथा सम्बद्ध अधिकारीहरूलाई अनुरोध गरेका छन्। ,रासस,
पर्वतमा पहिरोमा परी छ जनाको मृत्यु, दुई बेपत्ता
|
विवेक राई नेपालमा अहिलेसम्म कोरोनाको एक करोड डोज खोप लगाइएको छ।, स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका अनुसार हिजो (मंगलबार) साँझसम्म एक करोड ९२ हजार १ सय ६४ डोज खोप मानिसहरूमा लगाइएको पाइएको हो।, खोप शाखाका प्रमुख डा. झलक गौतमले हालसम्म नेपालमा एक करोड ३३ लाख डोज खोप आएको जानकारी दिए। जसमध्ये एक करोड मात्रा लगाइसकिएको र बाँकी रहेको ३३ लाख मात्रा अहिले देशका विभिन्न ठाउँमा लगाइराखिएको छ। , यसबाहेक सरकारले खरिद गर्ने भनिएको थप खोपहरू कहिले आउँछ भन्ने टुंगो छैन। जसले गर्दा दसैंअगावै ३३ प्रतिशत मानिसलाई खोप लगाउने सरकारको कार्यक्रम प्रभावित हुने देखिएको छ।, गत साउन २८ गते स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिनिधिसभा बैठकमा खोप आपूर्तिबारे जानकारी गराउँदै असोज मसान्तसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसक्ने प्रतिवद्धता व्यक्त गरेका थिए। त्यो भनेको झन्डै एक करोड मानिसलाई पूर्ण मात्रामा खोप लगाउनु हो। , सरकारले भनेजस्तै असोज मसान्तसम्म ३३ प्रतिशत जनतालाई खोप लगाउन अहिले भएका खोपबाहेक थप ६० लाख बढी मात्रा खोप आवश्यक पर्ने देखिन्छ। किनभने अहिलेसम्म प्राप्त खोपले झन्डै ७० लाख जनालाई पुग्ने देखिन्छ। त्यसैले थप ३० लाख मानिसलाई खोप लगाउन ६० लाख मात्रा थप खोप आपूर्ति गर्नुपर्ने देखिएको हो।, यदि एउटा मात्रा मात्र लगाए पुग्ने खोप ल्याउने हो भने पनि थप ३० लाख बढी खोप आवश्यक पर्ने देखिन्छ। सरकारले भने तत्काललाई दुबै मात्रा लगाउनुपर्ने खोपलाई नै प्राथमिकतामा राखेको छ। , तर थप खोप आयातमा ढिला भइरहँदा दसैंअगावै ३३ प्रतिशत मानिसले खोप पाउने कुरामा अन्यौल पैदा भएको छ। किनभने सरकारले चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज 'भेरोसेल' खोप खरिद गरेको भए पनि हालसम्म जम्मा १६ लाख खोप मात्र आइपुगेको छ। थप खोप कम्पनीले कहिले पठाउँछ भन्ने स्पष्ट छैन।, खोप शाखाका प्रमुख गौतमले अगस्टसम्ममा ६० लाख डोज खोप आइसक्नुपर्ने भए पनि हालसम्म १६ लाख डोज मात्र आइपुगेको जानकारी दिए। , सरकारले चीनको सिनोफार्म कम्पनीसँग 'नन डिस्क्लोजर' सम्झौता गरेका कारण खोपहरू ठ्याक्कै कुन मितिमा पठाउने भनेर सम्झौतामा उल्लेख नभएको गौतमले जनाए। यद्यपि कम्पनीले अगस्टसम्ममा सम्झौता भएको खोप पठाइसक्ने जानकारी भनेर जानकारी गराएको उनी बताउँछन्। साथै कोभ्याक्स सुविधामार्फत आउने भनिएको थप खोप पनि नआएको उनले बताए। , यस्तै, १८ वर्षमुनिका किशोरकिशोरीका लागि लगाउन मिल्ने 'फाइजर' र 'मोडर्ना' खोप पनि खरिद गर्ने गृहकार्य भइरहेको स्वास्थ्य मन्त्रालयले जनाए पनि त्यसमा ठोस प्रगति भने भएको छैन। , खोप शाखाका प्रमुख गौतमले पनि तत्काल थप कुनै खोप आउने भनेर जानकारी नभएको बताए।, उनले निर्धारित समयभित्र अनुमानित खोप आएमात्र दसैंसम्म ३३ प्रतिशत जनतालाई खोप लगाउन सकिने जनाए।, मन्त्रालयले थप खोप आयात गर्नलाई पत्राचार गरिरहेको भए पनि थप खोप आउने टुंगो नभएको उनी बताउँछन्।, अहिले देशभर दैनिक झन्डै एक लाख मात्रा खोप लगाइराखिएको छ। गौतमले खोप पर्याप्त भएको अवस्थामा दैनिक ५ लाख मात्रासम्म लगाउन सकिने जनाए। , 'अहिलेसम्म दैनिक ३ लाख ९ हजार मात्रासम्म लगाएको रेकर्ड छ। तर खोप भएको अवस्थामा अधिकतम दैनिक ५ लाख मात्रा लगाउन सकिन्छ,' उनले भने। , अनुदानमा कुन देशले कति दिए खोप ? , नेपालले करिब एक करोड ३३ लाख डोज खोप प्राप्त गरे पनि ६६ लाख डोजबाहेक बाँकी खोप भने विभिन्न देशले अनुदानमा दिएको हो। अर्थात् प्राप्त खोपमध्ये आधा बढी खोप नेपालले अनुदानमा पाएको हो।, नेपाललाई सुरूमा भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो। पछि नेपाली सेनालाई थप एक लाख डोजसहित गरेर भारतले जम्मा ११ लाख डोज खोप अनुदानमा दिएको छ। , सबभन्दा धेरै खोप अनुदानमा दिनेमा भने चीन छ। चीनले अहिलेसम्म १८ लाख डोज खोप दिइसकेको छ। त्यसबाहेक चीनले थप १६ लाख डोज खोप अनुदानमै दिने भनेको छ। , यस्तै, अमेरिकाले पनि १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई दिएको छ। जोन्सन एन्ड जोन्सनको उक्त खोप एक डोज लगाए पुग्ने खोप हो। त्यस्तै, जापानले एस्ट्राजेनेकाको १६ लाख डोज खोप दिएको छ। सरकारले उक्त खोप यसअघि 'कोभिसिल्ड' खोपको पहिलो मात्रा लगाएकालाई दिएको थियो।, केही साताअघि बेलायतले पनि १ लाख ३० हजार एस्ट्राजेनेकाकै खोप अनुदानमा दिएको थियो। भुटानले भने २ लाख ३० हजार एस्ट्राजेनेकाको खोप पैंचो दिएको थियो। सुरूमा अनुदानमा भनिए पनि पछि मन्त्रालयले फिर्ता गर्ने सर्तमा भुटानले खोप दिएको जानकारी गराएको थियो। , अनुदानबाहेक सरकारले चीनबाट भेरोसेलको ४० लाख डोज खोप खरिद गरेको हो। पछि थप ६० लाख डोज खोप खरिद गर्ने सम्झौता गरिए पनि अहिलेसम्म १६ लाख डोज खोप मात्र आइपुगेको छ। बाँकी खोप छिट्टै उपलब्ध गराउने भनिए पनि खोप कहिले आउँछ भन्ने टुंगो छैन। , यसबाहेक तत्काल थप खोप आउने देखिएको छैन। स्वास्थ्य मन्त्रालयले थप खोप आयातका लागि पत्राचार र गृहकार्य भइरहेको जनाए पनि त्यसमा ठोस उपलब्धि भएको देखिँदैन।,
लगाइयो कोरोनाको एक करोड डोज खोप, दसैंसम्म ३३ प्रतिशत जनताले पाउलान् खोप?
|
शेरबहादुर सिंह एघार वर्षअघि डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीका नरेन्द्र चुनारा परिवारसहित व्यापार/व्यवसाय गरेर जीविका चलाउने सपना बोकेर कञ्चनपुरको महेन्द्रनगर झरे।, दुई छोरा, एक छोरी र श्रीमतीसहित महेन्द्रनगरमा डेरा गरी बसेका नरेन्द्रले अहिले पनि सामान्य व्यापार गरेर जीविका चलाइरहेका छन्। घर छाडेर बसाइँ सरेको दशक नपुग्दै जेठा छोरा सुरेश चुनाराले खेल क्षेत्रमा फड्को मार्दा परिवारमा खुसीको सीमा नै छैन।, सादनी जोगबुढाको सबभन्दा विकट गाउँ हो। जहाँ अहिले पनि सडक पूर्वाधारलगायत कुनै पनि सुविधा पुग्न सकेको छैन।, 'अन्धकार गाउँमा बसेर छोराछोरीको भविष्य कस्तो होला सोचेर महेन्द्रनगर आएको थिएँ', नरेन्द्रले भने, 'छोरा सुरेश सुदूरपश्चिमबाट पहिलो पटक कुस्तीमा वर्ल्ड च्याम्पियनसिप खेल्ने खबर सुन्दा हर्षित छौं।', कुस्तीमा आठ वर्षदेखि सक्रिय भएर लागेका २१ वर्षीय सुरेश मुलुकको प्रतिनिधत्व गर्दै आगामी अक्टोबरमा नर्वेमा हुने वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धीका रूपमा सहभागी हुँदैछन्।, हाल काठमाडौंको त्रिभुवन आर्मी क्लबमा आवद्ध सुरेशले ७४ किलो तौल समूहमा वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने बताए।, 'पहिलो चरणमा दुई खेलाडी क्वालिफाइड भएका छौं', उनले भने, 'साग खेलपछि पनि नियमित प्रशिक्षणमा रहेकाले नतिजा राम्रै आउनेमा आशावादी छु।' , मेहनती खेलाडीका रूपमा परिचित सुरेशले १३ औंं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा काष्य पदक जितेका थिए। , उनले कुस्तीमा ३४ वर्षपछि नेपाल वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन थालेको बताए।, 'अरु देशका खेलाडी पनि हामीजस्तै हुन्, उनीहरूको प्रशिक्षणस्तरीय होला आफ्नो ठाउँमा छु', उनले भने,'हामीले पनि आफूलाई कहिल्यै कमजोर सोच्नु हुन्न।', आफ्नो उमेर समूहमा राष्ट्रियस्तरका प्रतियोगितामा चार स्वर्ण जितिसकेका सुरेशले खेल जगतबाटै नाम र दाम कमाउन सकिने बताए।, 'बुवाले महेन्द्रनगरमा डेरा गरी जीविका चलाउने गरेकाले परिश्रमलाई खेर जान नदिने अठोटका साथ खेल क्षेत्र रोजेको हुँ', उनले भने, 'अझ बाह्य प्रशिक्षण भए अन्तर्राष्ट्रियस्तरबाट पदक ल्याउन कुनै ठूलो कुरा छैन।', स्कुल पढ्दादेखि नै यहाँस्थित कवर्डहलमा कुस्ती खेल्न थालेका उनी खेल प्रदर्शनले नै आर्मी क्लबमा आबद्ध भए।, सुरेशसँगै उनकी बहिनी शिवानी पनि तेक्वान्दो खेलकी जुनियरतर्फकी खेलाडी हुन्।, 'क्लबमा आबद्ध भएर मैले पनि सेनालाई खेलेर राष्ट्रियमा स्वर्ण र सागमा कास्य पदक दिएँ', उनले भने,'खेलाडी उत्पादन गाउँमुखी हुनुपर्छ।', उनले दीर्घकालीन योजना बनाएर खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने खालका प्याकेज ल्याउनुपर्ने बताए।, 'एक महिना बन्द प्रशिक्षणका भरमा खेलाडीबाट पदकको आश गर्नु बेठिक कुरो हो', उनले भने, 'खेल क्षेत्रमा लागेकाको दैनिकी चल्ने रोजगारीको पनि ग्यारेन्टी भए यो क्षेत्र झन् फष्टाउने थियो।', केही वर्षयता मुलुकमै अब्बल देखिएको कञ्चनपुरका कुस्ती खेलाडी राष्ट्रियस्तरमा आफ्नो वर्चश्व जमाउन थालेका छन्। साग खेलकुद प्रतियोगितामा ऐतिहासिक स्वर्ण पदक दिलाउने खेलाडी संगीता धामी पनि कञ्चनपुरकै हुन्। ,रासस,
सादनीदेखि 'वर्ल्ड च्याम्पियनसिप' सम्मको सुरेश चुनाराको यात्रा
|
सेतोपाटी काठमाडौं उपत्यकामा तपाईं तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार! अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्नेविरूद्ध रातिमा पनि कारबाही सुरू गरेको छ। , रातको समयमा तीव्र गतिमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढ्न सक्नेतर्फ ध्यान दिँदै महाशाखाले ‘नाइट भिजन लेजर स्पिड गन’को प्रयोग गरी जाँच अभियान थालेको हो। , महाशाखाका अनुसार कोटेश्वर-सूर्यविनायक सडक तथा चक्रपथ क्षेत्र र चौडा भएका सडकमा उक्त अभियान थालेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।, पछिल्लो समयमा त्यस्तै चौडा सडक खण्डमा बढी दुर्घटना हुने गरेको छ। त्यसैले लेजर गनको प्रयोग गरी गति नियन्त्रण अभियान सुरू गरेको उनले जानकारी दिए।, यसअघि दिउँसो जाँचसहित तीव्र गतिमा सवारी चलाउने ३५/४० जना चालकलाई लेजर गनमार्फत कारबाही हुँदै आएको थियो।, उक्त अभियानलाई दिउँसोमा थप प्रभावकारी बनाउँदै अब भने रातको समयमा पनि सञ्चालन गरिएको हो।, उनले आज रातिदेखि नै नाइट भिजन लेजर स्पिड गनको प्रयोग सुरू गरेको र यसले तीव्र गति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ। , उक्त अभियानकै समयमा स्पिड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो, ग्वार्को क्षेत्रमा ओभर स्पिडमा सवारी चलाउने सवारी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको महाशाखाले जानकारी दिएको छ।, महाशाखाले लापरबाहीका साथ सवारी नचलाउन सवारी चालकलाई अनुरोध पनि गरेको छ। ,रासस,
तीव्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ ? कारबाहीमा परिएला !
|
शोभा शर्मा झापाको भद्रपुर नगरपालिका- १० की गीता भण्डारीको धेरै समय अघिदेखि मिर्गौलामा समस्या देखिएको थियो। औषधी उपचार गर्दा गर्दै उनका दुबै मिर्गौला फेल भए।, लामो समय डाइलाइसिस गरिन्। डाइलासिसभन्दा मिर्गौला प्रत्यारोपण गर्नु फाइदाजनक हुने भएपछि परिवारले मिर्गौला दान दिने मान्छे खोज्न थाले। नेपालको कानुनअनुसार नातेदारभित्रै डोनर खोज्नु पर्ने थियो।, काका ससुरा नेत्रप्रसाद भण्डारीले बुहारीलाई मिर्गौला दिने भए।, उनीहरू केही समयअघि भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण गर्न भन्दै आए। मिर्गौला दाताको अन्तिम जाँचको नतिजाले ‘प्रत्यारोपण गर्न मिल्छ’ भन्ने रिपोर्ट आयो। तर अन्तिममा थाहा पाए, नजिकका नातेदारमा त काका ससुरा पर्ने रहेनछन्। कानुनका कारण उनले मिर्गौला दान गर्न नपाउने पत्र केन्द्रले दियो।, केही मेसो नपाएपछि परिवारको सल्लाहमा उनले नजिकका नातेदारमा काका ससुरालाई पनि राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिइन्।, पहिलो पेशी न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको थियो। उक्त इजलासले अन्तरिम आदेश दिएन। बरू लिखित जवाफ परेको भोलिपल्ट पेशी राख्ने आदेश दियो।, गीता दिनदिनै सिकिस्त भइरहेकी थिइन्। अदालतको आदेश पर्खिने समय उनीहरूलाई थिएन।, नेपालमा नपाए पनि भारतमा गए त काका ससुराले नै मिर्गौला दिन पाउँछन् भन्ने थाहा पाएपछि उनीहरू भारत गए।, गीताका छोरा प्रतिक भण्डारीका अनुसार नेत्रप्रसादले भारत गएर पनि मिर्गौला दान गर्ने भएका छन्* । अहिले गीतालाई मिर्गौला प्रत्यारोपण गर्ने तयारी भैरहेको छ।, मिर्गौला दान गर्न भारत गएको झण्डै तीन हप्तापछि गीताको रिटमाथि यता सर्वोच्च अदालतले भने फैसला नै गरिदिएको छ।, आइतबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले काका ससुराले गीतालाई मिर्गौला दिन मिल्दैन भन्ने मानवअंग प्रत्यारोपण केन्द्रको अस्पतालको पत्र बदर गरिदियो। साथै उनलाई काका ससुराबाट मिर्गौला दान गर्न परमादेश जारी गरिदियो।, अदालतले नेपालको संविधानको धारा १६ ले जीवन रक्षालाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको उल्लेख गर्दै फैसलामा भनिएको छ- ऐन/कानुनले मानव अंग प्रत्यारोपणलाई नियमित गर्ने र मानव अंगको खरिद-बिक्रीजस्ता क्रियाकलापलाई निषेध गर्ने रहेको देखिन्छ।, त्यसैले बुहारीको जीवन रक्षा गर्न मिर्गौला दिने काका ससुराको मञ्जुरी भएको भन्दै मिर्गौला दान गर्ने बाटो अदालतले खोलिदिएको हो।, 'ऐनले विभिन्न नाताको उल्लेख गर्दै ससुरा नाताका व्यक्तिलाई नजिकको नातेदारको परिभाषामा समेटेको स्थितिमा उक्त मिर्गौला प्रत्यारोपण कार्य स्वयंमा मानव जीवन रक्षासँग सम्बन्धित भएको, मिर्गौला प्रत्यारोपण गर्न अंग दान गर्न काका ससुराको मन्जुरी भएको र सो कार्यलाई निषेध गर्नुपर्ने आधारभूत कारण नभएको एवं काका ससुरालाई स्वेच्छिक दान गरी बुहारीको जीवन रक्षामा योगदान पुर्याउन पवित्र मानवीय दृष्टिकोण समेतबाट वञ्चित गर्न नमिल्ने हुँदा प्रत्यारोपण केन्द्रको पत्र एवं सोसँग सम्बद्ध निर्णय उत्प्रेषणका आदेशद्वारा बदर हुने ठहर्छ,' फैसलाको संक्षिप्त आदेशमा भनिएको छ, 'अब ससुरा सरहका काका ससुरा नेत्रप्रसाद भण्डारीले मिर्गौला अंग दान गर्न चाहेमा चिकित्सकीय रोह/रीत पुर्याई मिर्गौला प्रत्यारोपण गर्नू/गराउनू भनी परमादेशको आदेश जारी हुने ठहर्छ।', मानव अंग प्रत्यारोपण सम्बन्धमा पुजा खत्रीविरूद्ध नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौं समेत (०६९-ws००५९) को मुद्दामा मानव अंग प्रत्यारोपण सम्बन्धमा नजिकको नातेदारको सम्बन्धमा फराकिलो तवरबाट कानूनी व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको भन्ने व्याख्यालाई समेत यो फैसलाले आधार लिएको छ।, भण्डारीका वकिल टीकाराम भट्टराईले आफ्नो पक्षलाई फैसला काम नलागे पनि यस्तो समस्यामा परेकाहरूलाई भने सजिलो पारिदिएको बताए। यो फैसलाले मिर्गौला दान गर्न मिल्ने नातेदारको सिमा फराकिलो पारिदिएको छ।, प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण प्रक्रिया अघि बढाउनका लागि कागजात बुझाउँदा त्यहाँका कर्मचारीले ‘काका ससुराले मिर्गौला दान दिन पाउने कानूनी व्यवस्था नरहेको’ भन्दै फर्काइदिएका थिए।, त्यसपछि मुलुकको प्रत्यारोपणसम्बन्धी २०७२ सालको कानून अव्यावहारिक भएको भन्दै गीताले सर्वोच्चमा रिट दिएकी हुन्।, बेलैमा रिटमाथियि सुनुवाइ नभएपछि भारतको दिल्लीस्थित फोर्टिज अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण भएको छ।, मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन- २०५५ अनुसार मिर्गौला ग्रहण गर्ने व्यक्तिलाई काकाले दिन पाउने उल्लेख भए पनि काका ससुराले दिन पाउने व्यवस्था छैन। काकाले दान गर्न पाउँदा काका ससुराले पनि पाउनु पर्ने गरी कानून फराकिलो र व्यवहारिक हुनुपर्ने माग गीताको रिटमा थियो।, ऐनमा परिवारका सदस्य र नजिकका नातेदारले अङ्ग दान गर्न पाउने व्यवस्था छ। जसअनुसार परिवारका सदस्य भन्नाले पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू र ससुरा उल्लेख छ। यसैगरी नजिकको नातेदार भन्दै पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ र जेठानले मिर्गौला दान गर्न पाउने व्यवस्था थियो।, ऐनलाई केही खुकुलो बनाउँदै २०७३ सालमा संशोधन गरिएको थियो जसमा नजिकको नातेदार दुई परिवारमा मानव अङ्ग प्रत्यारोपणका लागि सट्टा गर्न पाउनेसमेत व्यवस्था छ।, सोही ऐनबमोजिम गत वर्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक नेपालमै मिर्गौला प्रत्यारोपण भएको थियो। उनलाई नातामा भान्जी पर्ने समीक्षा सङ्ग्रौलाले मिर्गौला दान गरेकी थिइन्।, * सच्याइएको,
काका ससुराको मिर्गौला दान लिन सर्वोच्चमा निवेदन, उपचार गर्न भारत पुगेपछि बल्ल फैसला!
|
युनिक श्रेष्ठ मोरङकी ३३ वर्षीया सोनु (नाम परिवर्तन) अहिले काठमाडौंमा कोठा खोज्दै छिन्। सोमबारमात्रै काठमाडौं आएकी उनलाई एउटा सानो कोठा लिने, अनि पाएको काम गर्न मन छ।, त्यो पनि यो कोरोना कालसम्म मात्रै। किनकी उनलाई कुवेतबाट बोलावट आइरहेको छ।, सोनु यसअघि धेरै पटक कुवेत गइसकेकी छन्। पहिलो पटक उनी बालख छोरालाई छोडेर १५ वर्षअघि कुवेत गएकी थिइन्।, उनी पछिल्लो पटक कुवेतबाट फर्किएको दुई वर्षअघि हो। त्यसपछि उनी फेरि जान सकिनन्। गाडी दुर्घटनामा परेपछि उनी शारिरिक रूपमा अस्वस्थ भएकी थिइन्।, त्यतिबेला सोनु मोरङमा कोठा भाडामा लिएर बस्थिन्। श्रीमानसँगको सम्बन्ध बिग्रिएको कारण उनी एक्लै बसेकी हुन्।, सोनुले सानै उमेरदेखि दु:ख पाएकी थिइन्। मोरङमा उनी एउटा होटलमा काम गर्थिन्। काममै हुँदा सशस्त्र प्रहरीका एक हवल्दारसँग चिनाजन भयो। एक हप्तामै उनीहरूले विवाह गर्ने निर्णय लिए। त्यतिबेला सोनु १३-१४ वर्षकी मात्रै थिइन्।, 'शनिबारको दिन उहाँहरूको छुट्टी हुन्थ्यो। मलाई भागम् भन्नुभयो। रिक्सामा हालेर लग्नुभयो,' सोनुले भनिन्, 'सानै थिएँ। जाम भनेपछि गएँ। त्यतिबेला रिक्सा पनि ठुलै कुरा हुन्थ्यो।', उनीहरूले विवाह गरे पनि सम्बन्ध सोचेजस्तो राम्रो भएन। कामबाट सरुवा हुँदै उनीहरू काठमाडौं आइपुगे। त्यही बेला उनले छोरा जन्माइन्।, बच्चा पेटमा हुँदा पनि श्रीमानले कुट्ने गरेको सोनु बताउँछिन्। दिनहुँको यातना भोग्न उनलाई निकै गाह्रो परिसकेको थियो। त्यसबाट बच्न उनी कहिले श्रीमानलाई फकाउँथिन् कहिले रक्सी नै खुवाउँथिन्। बल्लतल्ल छोरा अलि ठूलो बनाएर उनी कुवेत उडिन्।, उनले त्यहाँ राम्रै काम पाएकी थिइन्। कमाएको पैसाबाट केही आफूलाई राखेर अरू श्रीमानलाई पठाउँथिन्। , दुई वर्षपछि घर फर्किँदा श्रीमानले सबै पैसा सकाइसकेका थिए। जागिर छाडेर बसेका थिए।, उनी श्रीमानसँग छुट्टिइन्। माइतीमा गएर सौतेनी आमासँग बसिन्। उनकी आमा सोनु सानै हुँदा अर्को विवाह गरेर गइसकेकी थिइन्। , केही समय माइतीमा बसेपछि उनी फेरि कुवेत गइन्। यसपालि श्रीमानलाई होइन सौतेनी आमालाई पैसा पठाउन थालिन्।, यसपालि पनि उनले आफूले कमाएको पैसा आफैं चलाउन भने पाइनन्। कुवेतबाट फोन गर्दा आमाले उनलाई सबै पैसा बैंकमा राखिदिएको बताउँथिन्। तर घर आउँदा कुरा बेग्लै थियो।, घर फर्किएपछि उनले आमालाई भनिन्,'ममी, पैसा कहाँ छ, दिनु न।', जवाफमा आमाले भनिन्,'तेरा भाइ-बहिनीलाई पढाएँ, हुर्काएँ। सुन/गहना किनेर लगाएँ। छोरीहरूको विवाह गरिदिएँ।' सोनुले आमालाई महिनामा ३०-४० हजारदेखि दुई लाखसम्म पठाएकी थिइन्।, वर्षौंसम्म कमाएको पैसा कहिले श्रीमान त कहिले सौतेनी आमाले सकिदिँदा सोनु निराश भइन्। उनलाई डिप्रेसन नै भयो।, केही समयपछि उनले आफूलाई सम्हालिन्। पैसा कमाउँछु र जिन्दगी राम्रोसँग चलाउँछु भनेर उनी फेरि कुवेत गईन्। , दुई वर्षअघि उनी कुवेतबाट फर्किइन्। नेपाल फर्केर पनि उनलाई दु:खले छोडेन। सवारी दुर्घटनामा परेर घाइते भइन्। केही समय उपचारमै बित्यो, त्यसपछि कोरोना आयो, लकडाउन भयो। , गत वर्ष कात्तिकमा पैसा कमाउन भनेर उनी दुबई पुगिन्। दुबई पुग्दा उनीसँग एकातिर पैसा कमाउने सपना थियो अर्कातिर फर्केर विवाह गर्ने योजना।, मोरङमा चिनेका दाइले उनलाई भिजिट भिसामा दुबई जान र उतै काम गर्न सुझाएका थिए। तिनै दाइले उनलाई एक व्यक्तिको नम्बर पनि दिए। ती व्यक्ति थिए, अर्घाखाँची घर भई काठमाडौंको तार्केश्वर नगरपालिका वडा नम्बर ९ बस्ने मधु श्रेष्ठ।, सोनुले दुबई जान भनेर मधुसँग सम्पर्क गरिन्। दुबई जाने बहानामा उनीहरूबीच दिनहुँजसो कुराकानी हुन थाल्यो। मधु विवाहित थिए। उनले सोनुलाई श्रीमतीसँग आफ्नो राम्रो सम्बन्ध नभएको बताए। उनले पनि पत्याइन्।, केही समयपछि मधुले विवाहको प्रस्ताव राखे। श्रीमानसँग राम्रो सम्बन्ध नभएर छुट्टिएर बसेकी सोनुलाई विवाहको प्रस्ताव साँच्चै लाग्यो। उनी राजी भइन्। उनीहरूबीच विवाह भएको थिएन तर सँगै बस्न भने थालिसकेका थिए।, सोनुले दुबई गएर पैसा कमाएपछि विवाह गर्ने योजनासमेत मधुले सुनाएका थिए।, सोनुले मधुका कुरामा विश्वास गरिन्। विदेश जानकै लागि उनले मधुलाई एक लाख ३० हजार रुपैयाँ पनि बुझाइन्।, गत वर्ष कात्तिक २५ गते दुबई उड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन्। उनलाई पुर्याउन मधु पनि विमानस्थलसम्म आए।, 'ठिकै छ त। अब घरबार बनाउँछु नि भनेर म दुबई गएँ। मधु श्रेष्ठले नै मलाई एयरपोर्टसम्म छाड्यो,' उनले भनिन्।, दुबई पुगेपछि उनलाई निशा नाम गरेकी महिला लिन आइन्। सोनुले नेपालबाट जाँदा ३५ सय दिराम पनि बोकेकी थिइन्। निशाले नगद, पासपोर्ट, टिकट, भिसालगायत सबै सामान लिएर गइन्। त्यसबेला सम्म पनि सोनुलाई राम्रै काम पाइन्छ भन्ने लाग्थ्यो।, निशाले उनलाई सुरूमा एक जना अरबीको घरमा काम लगाइदिएकी थिइन्।, त्यो घरमा उनी चार दिन बसिन्। घरमै बसेर काम गर्नु परेपछि उनले ती अरबीलाई सोधिन्,'मलाई किन यसरी ल्याएको। म भिजिट भिसामा आएकी हुँ, घरको कामको लागि आएको होइन। मैले यहाँ काम गरे पनि आफू खुसी गर्न पाउनु पर्छ। वा नेपाल नै फर्किन पाउनुपर्छ।', ती अरबीले सोनुलाई आफ्नो अफिसमा कुरा गर्न भनेपछि उनले निशालाई बोलाइन्।, निशा उनलाई लिन त आइन् तर सिधै गाडीमा हालेर अर्को घर लगिन्।, 'सेतो गाडी आयो। त्यसमा मलाई क्लिनर कम्पनीमा काम छ १२ सय दिराम पैसा हुन्छ भनेर अर्कै अरबीको घरमा लगियो,' उनले भनिन्।, नयाँ घरमा छोडेर निशा हिँडिहालिन्।, सोनुले मलाई किन यहाँ ल्याएको भनेर मालिकसँग सोधिन्। अरबी मालिकले भने,'मैले तँलाई १५ हजार दिराममा किनेको हुँ। अब तँ दुई वर्ष यहीँ बसेर काम गर्न पर्छ।', अरबीको कुरा सुनेर सोनु छाँगाबाट खसेजस्तै भइन्। दुबई गएर पैसा कमाऊ अनि विवाह गर्नुपर्छ भन्ने मधुले त उनलाई बेचिसकेका रहेछन्।, अरबीले सोनुलाई घरबाहिर निस्किनसमेत दिँदैन थिए।, 'म त्यो घरमा तीन महिना १३ दिन बसें। ती दिन प्राय: जसो रोएरै बिताएँ। कसरी त्यहाँबाट निस्किने भन्ने नै मेरो दाउ थियो। दलाललाई फोन गर्यो, ब्लक गरेको छ। निशालाई फोन गर्यो, दुई वर्ष त्यो घरमा बस्नैपर्छ भनेर भन्ने। ठिक छ म तलाईं पैसा दिन्छु मेरो पासपोर्ट दे न त भन्दा पनि मानिनन्। मेरो केही लागेन,' सोनुले भनिन्।, दिनहुँको यातना सहन नसकेपछि एक दिन उनले त्यहाँबाट भाग्ने सोचिन्। त्यसका लागि उनले घरको मूल गेटको एउटा चाबी लुकाइन्।, 'मैले फेसबुक ग्रुपतिर कुरा गर्दै थिएँ। त्यहाँ मलाई एक जना दिज्यूले हेल्प गर्छु भन्नुभयो। अनि मैले घरको मेन गेटको चाबी लुकाएँ,' उनले भनिन्।, नेपालबाट जाँदा उनले एउटा ब्याग र सुटकेश लगेकी थिइन्।, 'बिहान पाँच बजे मैले मेरो ह्यान्ड ब्याग बोकें। कपडा सबै त्यहीँ छाडें। जुत्ता हातमा बोकें। बिस्तारै चाबी खोलेर त्यहाँबाट भागें,' उनले सम्झिइन्।, भागेर उनी दुबईस्थित एनआरएनको सम्पर्कमा पुगिन्।, नेपाल फर्किन उनीसँग पासपोर्ट थिएन। एनआरएनका मानिसले नै ती अरबीलाई फोन गरेर पासपोर्ट मागे। अरबीले सर्त तेर्स्याए- १५ हजार दिराम फिर्ता गरेपछि मात्रै दिन्छु।, त्यसपछि नेपालकै केही व्यक्तिहरूले पैसा उठाएर उनलाई पठाइदिएपछि पासपोर्ट पाइन्।, त्यतिञ्जेल ३५ दिन बितिसकेको थियो। नेपाल फर्किन भनी उनी एयरपोर्ट गइन् तर जहाज चढ्न पाइनन्।, 'पासपोर्ट पाएपछि म नेपाल फर्किन भनेर एयरपोर्ट गएँ। त्यो अरबीको कानुन मैले के गर्न सक्थें र! एयरपोर्ट पुगेर पासपोर्ट देखाउनबित्तिकै मलाई पुलिसले घेरा हाल्यो। म जान मिल्दैन भन्छ,' उनले भनिन्,'उनीहरूले मेरो पासपोर्ट यताउता लगे। प्रहरीले मलाई घेरा हालेर राख्यो। तर डरचाहिँ मलाई लागेन।', उनलाई प्रहरीले त्यसरी घेरा हाल्नुको कारणचाहिँ घरबाट भागेको हुँदा अरबीले उनीमाथि चोरीको मुद्दा हालेका रहेछन्।, डर त थिएन तर निरन्तर पाइरहेको दु:ख देखेर उनले आँशु थाम्न सकिनन्। उनी प्रहरीकै अगाडि भक्कानिइन्।, 'म यस्तो बिरामी छु। औषधि पनि खाँदै छु। त्यो घरमा काम गर्न नसकेर भागेकी हुँ। ज्यान जोगाउनको लागि भागेकी हुँ। मलाई किन यस्तो गर्छौ,' उनले प्रहरीलाई भनेको कुरा सुनाइन्।, उनलाई त्यहाँ २० वर्षसम्म जेल हाल्ने कुरा गर्दै थिए। त्यसैबीच एक प्रहरी अधिकृत आइपुगेपछि उनलाई छाडिदिए। उनी रोएको देखेर ५० दिराम पनि हातमा थमाइदिए।, उनी घर भने फर्किन सकिनन्। प्रहरीले उनलाई फेरि पहिलाकै संस्थामा पठायो।, एनआरएनले उनको तर्फबाट मुद्दा लडिदियो। सोही संस्थामा उनीजस्तै बेचिएका ७० जना थिए।, मुद्दा जितेपछि उनीहरू नेपाल आउन पाउने भए। सोनुसँगै ३५ जना पीडित गत असार ९ गते काठमाडौं आइपुगे।, नेपाल फर्केर के गर्ने उनलाई थाहा थिएन। परिवारसँग पनि छुट्टिसकेकी उनको अब कहाँ जाने भन्ने पनि टुंगो थिएन।, 'काठमाडौं आएर पनि कोही छैन, कहाँ जाने, के गर्ने थाहा थिएन। अनि एउटी दिदीले मलाई माइती नेपालको नम्बर दिनुभयो। म त्यहीँ गएँ,' सोनुले भनिन्।, त्यहाँ गएर उनले आफूलाई दुबई पुर्याएर बेच्ने मधु श्रेष्ठविरूद्ध मुद्दा हाल्ने विचार गरिन्। , माइती नेपालका वकिलहरूसहित उनी गत असार १४ गते नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो पुगिन्।, 'मलाई त्यसरी बेच्ने मान्छेलाई कानुनी दायरामा ल्याउनु त पर्यो नि भनेर मैले त्यहाँ सम्पर्क गरें। अरू महिलाहरू पनि यसरी नबेचिऊन्। दलालको हातमा नपरून् भनेर उनलाई कानुनी कठघरामा ल्याउन खोजेकी हुँ,’ उनले भनिन्।, मधु कहाँ बस्छन् भन्ने उनलाई थाहा थियो। सबै ठेगाना उनले प्रहरीलाई दिइन्।, जाहेरीपछि प्रहरीले गत साउन १७ गते मधुलाई पक्राउ गर्यो। उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला अदालतमा बुझाइसकेको छ।, जिल्ला अदालतले गत बुधबार मधुलाई पुर्पक्षका लागि कारागार चलान गरेको ब्युरोकी प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले जानकारी दिइन्। मधु अहिले कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा छन्। सोनुलाई दुबईमा बेच्चे निशा नामकी महिला भने अझै फरार छन्। , निशालाई पनि प्रहरीले कानुनी कठघरामा उभ्याएको दिन सोनुले सन्तोषको सास फेर्ने छन्। त्यतिञ्जेल शहरमा आफ्नो जिन्दगीलाई सहज बनाउने उनको सपना छ। त्यसका लागि उनी अहिले काठमाडौंमा एउटा कोठा खोजिरहेकी छन्। ,
काठमाडौंमा एउटा कोठा खोजिरहेकी सोनु
|
शोभा शर्मा अचेल अपरिचितहरूको पहिलो भेट फेसबुकजस्ता सामाजिक सञ्जालमा हुन्छ नि, त्यस्तैगरी धानीमाया (परिवर्तित नाम) को भेट प्रवेश ढकालसँग भएको थियो। मुद्दामा उनको परिवर्तित नाम धादिङ २४ (१६६८) छ। , उनीहरूको चिनजान भएको करिब साढे दुई वर्षअघि हो।, धादिङको निलकण्ठ नगरपालिका- ९ पाल्पा भञ्ज्याङका प्रवेशले धानीमायालाई मेसेन्जरमा बोलाए। आफ्नै गाउँठाउँका मान्छे थिए प्रवेश, उनी बोलिन्।, फेसबुकबाटै चिनजान भएका उनीहरू फेसबुके साथी भए। जसरी सामान्य साथीसँग कुरा हुन्छ, त्यसरी नै उनीहरूबीच कुरा हुन थाल्यो। घरमा को-को छन्, कसले के-के गर्छन् जस्ता घर-परिवारका र साथीसंगी, पढाइ, सपना सबैबारे कुरा हुँदै गयो।, प्रवेशले बेला-बेला उनलाई खाजा खान वा भेट्न बोलाइरहन्थे। उनी टारिरहन्थिन्।, एकदिन उनले घरमै बोलाए। निकै कर गरे। आफ्नी आमालाई भेटाउने कुरा गरे।, 'अति नै कर गरेपछि र घरै बोलाएपछि चैं म गएँ,' धानीमायाले भनिन्, 'त्यही मेरो गल्ती थियो। फेसबुकमा बोलिरहने आफ्नै गाउँको मान्छेलाई विश्वास गर्नु पनि यत्रो गल्ती हुने रहेछ।', विश्वास गर्नेको गल्ती हुँदैन भनेर सम्झाउन धानीमायाको कोही थिएन। किनभने उनले आफ्नो विश्वासमाथि कति ठूलो घात भयो भन्ने कसैलाई सुनाउने अनुमतिधरि पाइनन्।, घरभित्र गएपछि प्रवेशले ढोका लगाए।, उनले डराउँदै सोधिन्, 'किन ढोका लगाएको?', त्यसपछि प्रवेश उनको नजिक गएर उनको ज्यानमा छुन थाले। उनले फुत्किन थालेपछि मुख थुनिदिए।, 'मुख मात्र थुनेन, उसले मलाई बेस्मारी पिट्यो। अनि मलाई आफ्नै घरमा बलात्कार गर्यो,' उनले भनिन्, 'उसले त्यो दिन मलाई कहीँ गएर केही नभन्नू, फेरि पनि यस्तै गर्नुपर्छ भनेको थियो।', केही समयपछि प्रवेशले उनलाई फेरि भेट्न बोलाए। उनले नमानेपछि धम्की दिन थाले।, 'तँ नआए तेरो घरमा भाइ आउँदैन। आमा पनि रहन्नन् भन्थ्यो,' धानीमायाले सम्झिन्, 'त्यसपछि म गएँ। उसले फेरि मलाई जबरजस्ती गर्यो।', दुईपटक प्रवेशले उनीमाथि बलात्कार गरिसकेको थियो। यो पीडा मनमै दबाएर केही समयपछि उनी पढ्न भनेर काठमाडौं आइन्। काठमाडौंमा उनकी दिदी थिइन्। पछि भाइ पनि आए। अब गाउँमा एक्लै आमा भइन्। आमालाई प्रवेशले केही गर्दिन्छन् कि भन्ने तनावले उनको होस ठाउँमा हुन्थेन।, 'जतिखेरै मलाई उसले पिटेको, धम्क्याएको र बलात्कार गरेको कुरा मनमा घर गरेर बसेको थियो। म त डिप्रेसनमा जान थालेँ,' उनले भनिन्, 'म आधा होस हराएजस्ती भएकी थिएँ।', बिदामा घर गएका बेला उनी प्रवेशसामु उपस्थित हुनुपर्थ्यो। कहिले जंगलमा, कहिले कहाँ, जहाँ भेटे पनि प्रवेशले धानीमायालाई आक्रमण गरिहाल्थे। उनी चुपचाप सहन्थिन्।, 'मलाई मेरो आमा र भाइको ज्यानको माया लाग्थ्यो। मैले आफ्नो माया त मारिसकेकी थिएँ। आफू बाँचेजस्तो पनि लाग्थेन,' उनले भनिन्, 'यो कुरा कसैलाई भनेर पत्याउँछन् जस्तो पनि लाग्दैनथ्यो। इज्जत मेरै जान्छ झैं लाग्थ्यो।', प्रवेशले बेला-बेला प्रहरी, वकिल सबै आफ्ना साथी भएको कुरा सुनाउँथे। धानीमायालाई आफूमाथि भएको अपराधबारे उजुरी गर्ने ढोका बन्द भए झैं लाग्थ्यो।, घर जाँदा प्रवेशलाई भेटेर आएपछि उनको मन यसै पनि भत्केको हुन्थ्यो, शरीरभरी चोट पनि हुन्थे। कहिलेकाँही ती बाहिर पनि देखिन्थे। आमा र दिदीले के भएको भनेर सोध्थे। उनी बहाना बनाउँथिन्। कहिले लडेर भन्थिन्, कहिले साथीसँग चल्दा ठोक्किएर। आफूमाथि भएको अत्याचारको साविति दिने ठाउँ कतै पनि देख्थिनन्।, 'मलाई जबरजस्ती गरेर शरीरले त छोडिदिन्थ्यो। तर मलाई चलाउने रिमोट उसैले लिएर बसेको थियो। मलाई म उसकै रिमोटको इशारामा चलेकी छु झैं लाग्थ्यो,' उनले भनिन्, 'सायद जेल भनेको त्यस्तै हुँदो हो। मलाई सम्पूर्ण संसार जेलजस्तो लाग्थ्यो। ऊ चौकिदार बसेको थियो।', पहिले-पहिले उनलाई साथीहरूसँग मिलेर घुम्न जान खुब मन पर्थ्यो। खाने उनको ठूलो सोख थियो। विस्तारै उनलाई बाहिर घुम्न जान डर लाग्न थाल्यो। पछि मनै लाग्न छोड्यो। बोलिरहनुपर्ने, डुलिरहनुपर्ने उनी गुमसुम हुन थालिन्। एक्लै बस्न थालिन्।, कति कुरा उनले बिर्सिन थालेकी थिइन्। पसलमा समान किन्न जाँनुपर्थ्यो, पुगिसक्दा के किन्ने बिर्सिन्थिन्। , धेरै समय यसरी नै बित्यो। बीच-बीचमा प्रवेशले बोलाउँदा जानुपर्थ्यो। बलात्कृत भएर फर्किनुपर्थ्यो।, साह्रै उकुसमुकुस भएपछि एकदिन बल्लतल्ल उनले आफ्नी मिल्ने साथीलाई प्रवेशको अपराधबारे बताइन्।, साथीले जिब्रो टोकिन्। उनी आफैं भक्कानिन्। परिवारलाई जसरी पनि भन्न सुझाइन्। तर धानीमायालाई भन्ने आँट थिएन। आमा र भाइलाई प्रवेशले मारिदिन्छ भन्ने डरले उनी चुपै बसिन्।, पोहोर साउनमा धानीमाया घर गएकी थिइन्। त्यहीबेला उनकी आमा आफ्नी सासू र नन्द भेट्न गइन्। यो साउन २७ गतेको कुरा हो, आमा गएपछि दिउँसोतिर प्रवेशको फोन आयो। भेट्न बोलाए। धानीमायाले आउन नसक्ने बताइन्। प्रवेशले आमा खै भनेर सोधे। उनले आमा हुनुहुन्न भनिन्। प्रवेशले फोन राखे।, उनले लामो सास फेरिन्। तर केहीबेरमा प्रवेश उनकै घर आइपुगे। दिन ढल्किसकेको थियो। घरको माथिल्लो तलामा लगेर प्रवेशले फेरि जबरजस्ती गरे। , त्यहीबेला धानीमायाकी आमा आइपुगिन्। घरको माथिल्लो तलामा घम्साघम्सीको आवाज सुनिन्। बिस्तारै माथि उक्लिइन्। उनले आफ्नी छोरीमाथि बलात्कार भइरहेको आफ्नै आँखाले देखिन्। प्रवेश हत्तपत्त उठिसकेका थिए। आमाले प्रवेशलाई एक झापट लगाइदिइन्।, 'म तपाईंकी छोरीलाई बिहे गर्ने हो। कसैलाई केही नभन्नू, सब ठीक हुन्छ,' भन्दै प्रवेश निस्किए।, अनि आमाले धानीमायालाई सोधिन्- के हो यो?, अब त लुकाउन पर्ने केही थिएन। धानीमायाले आफूलाई प्रवेशले एक वर्षअघिदेखि धम्क्याउँदै बलात्कार गरिरहेको बेलिविस्तार लगाइन्। सबै सुनेर उनकी आमाको पनि एकछिन त होसहवास गयो।, जब आमा बौरिन् उनले भनिन्, 'त्यसलाई यसै छोड्न हुन्न। प्रहरीमा उजुरी गर्नुपर्छ। त्यसले केही गरेछ भने गरेछ, तर छोड्न हुन्न त्यसलाई।', आमाले यति भनेपछि बल्ल धानीमायामा हिम्मत आयो। भोलिपल्ट उनी प्रहरीमा गइन्। जाहेरी लेखेर ल्याउन पर्छ भन्ने सुझाव आएपछि उनी वकिलकहाँ पुगिन्। वकिलले जाहेरी लेखिदिए।, तर जाहेरी लिएर जाँदा प्रहरीले दर्ता गर्न मानेन।, 'तपाईंहरूको त चिनजान थियो, यो दर्ता हुन्न,' प्रहरीले भनेको सम्झिँदै धानीमायाले सेतोपाटीसँग भनिन्, 'बरू केटालाई बोलाइदिन्छौं, मिलापत्र गर्नुहोस्।', 'बलात्कार गरेको मान्छेसँग मिलापत्र कसरी गर्न सक्छु म?' उनको यो प्रश्नको जवाफ प्रहरीसँग थिएन।, ती प्रहरी को थिए, धानीमायाले नाम ख्यालै गरिनछिन्। उनलाई लाग्यो, प्रहरी त आफूलाई बलात्कार गर्नेको साथी रहेछ। प्रवेशले पनि सधैं प्रहरीले आफूलाई केही नगर्ने भन्दै धाक लगाउँथे।, धानीमायाले आफ्नो जाहेरी लेखिदिने वकिलकहाँ गएर प्रहरीले दर्ता गर्न नमानेको सुनाइन्। ती वकिलले जाहेरी लिएर सरकारी वकिलको कार्यालय जान भने।, उनी सरकारी वकिलकहाँ गएर सबै कुरा सुनाइन्। त्यहीँबाट सरकारी वकिलले प्रहरीलाई फोन लगाए। यो मुद्दा दर्ता गर्न भने।, अनि बल्ल प्रहरीले उनको जाहेरी दर्ता गरिदियो। बल्ल उनको मेडिकल जाँच भयो। प्रहरीमा उनले बयान पनि दिइन्।, आफूलाई बलात्कार गर्ने मान्छे थुनिएको सुन्न उनी आतुर थिइन्, उनलाई सास फेर्नु थियो।, 'त्यो मान्छे पक्राउ हुनु भनेको मैले ढुक्कले सास फेर्न पाउनु हो भन्नेजस्तो लाग्थ्यो। मेरो परिवारले बाँच्न पाउनु हो भन्नेजस्तो लाग्थ्यो,' उनले भनिन्, 'उसले मलाई डर र धम्कीको कैदी बनाएको थियो। ऊ जेल परे म स्वतन्त्र हुनु होजस्तो लाग्थ्यो। मेरो यस्तो अवस्था प्रहरीले किन बुझ्थ्यो र? थोडी प्रहरी मेरो साथी थियो?', जाहेरी दिएको २०/२२ दिनसम्म पुलिसले प्रवेशलाई पक्राउ नै गरेन। पक्राउ गरेपछि बल्ल अनुसन्धान अघि बढायो। , प्रहरीले अनुसन्धान सकेपछि सरकारी वकिलले उनको मुद्दा जिल्ला अदालत धादिङमा दर्ता पनि गर्यो। दर्तापछि सरकारी वकिलले भनेका थिए- अदालतले प्रहरी र प्रहरीले तपाईंलाई खबर गर्छ। प्रहरी नै बकपत्रका लागि साक्षी र तपाईंलाई लिन आउँछन्।, त्यसपछि धानीमाया अदालतको बाटो हेर्न थालिन्। दिन बिते, अहँ न खबर आयो न प्रहरी।, बलात्कार मुद्दामा अदालतले निरन्तर सुनुवाइ गर्छ, छिटो-छिटो सबै काम सकिन्छ र फैसला आउँछ भन्ने कुरा उनले सुनेकी थिइन्। तर पर्खाइका दुई महिना बित्दासम्म अदालतबाट कुनै खबर नआएपछि उनी आत्तिइन्। अनि काठमाडौंबाट उनी एकैचोटि जिल्ला अदालत गइन्।, अदालत गएर उनले बकपत्रको आफ्नो पालो कहिले आउँछ भनेर सोधिन्। अदालतका कर्मचारीले त उल्टै दुई पटकसम्म म्याद पठाउँदा पनि तपाईं अदालत किन आउनुभएन भनेर सोधे।, घरमा म्याद टाँसेको र फोन पनि गरेको भनेर अदालतका कर्मचारीले भन्दा उनी अचम्म परिन्।, 'न मेरो मोबाइलमा अदालतबाट फोन आएको छ, न हाम्रो घरमा कसैले म्याद टाँसेको छ,' उनले भनिन्, 'मलाई त अदालतका कर्मचारीमा पनि शंकै लाग्यो।', त्यही पनि प्रक्रियाअनुसार अन्तिम पटक बोलाउने पालो बाँकी रहेछ। उनले बकपत्र गर्न आउनुपर्ने मिति लिइन्। धानीमाया अदालत आएर बकपत्रका लागि सोधिखोजी गरेको खबर प्रवेशले थुनामै पाएछन्। उनले कारागारबाटै फोन गरे र धम्क्याए।, 'मलाई जेल पुर्याइस्, देख एक न एकदिन त म यहाँबाट निस्किउँला, अनि तँलाई जानेको छु। तँलाई पनि म राख्दिनँ,' उनले भने।, यसपाली भने धानीमायाले थुनाबाटै प्रवेशले फोन गरेको थाहा पाएपछि रेकर्ड गरेकी थिइन्।, अदालत गएर आफ्नाविरूद्ध बयान दिए जे पनि गर्ने धम्की दिएको त्यो फोन रेकर्ड उनले अदालतमा न्यायाधीशलाई सुनाउन भनेर सुरक्षित राखिन्।, सेतोपाटीलाई पनि उनले उक्त रेकर्ड सुनाइन्। हामीले धानीमायालाई धम्क्याउन प्रयोग गरेको फोन नम्बरबारे क्रसचेक गरेका थियौ। जिल्ला अदालत धादिङले उक्त फोन आफ्नै रहेको पुष्टि गरेको छ। , प्रवेशले धम्कीले यसपालि उनलाई गलाएन पनि। हिम्मत हारिनन्। प्रवेश थुनामा भएकाले पनि उनी डराइनन्।, आफ्ना साक्षीहरूलाई आफैं लिएर अदालत गइन्। सबैले बकपत्र गरे। उनले दिएको जाहेरी, प्रहरी र अदालतकहाँ उनले एकै बेहोराको बयान गरेकी छन्।, सबैले बयान दिएपछि मुद्दामा बहस चल्यो।, बहसका बेला धानीमायाले 'मलाई पनि आफ्ना कुरा न्यायाधीशलाई सुनाउन मन छ' भनेर सरकारी वकिललाई भनेकी थिइन्। मौका भने दिइएन।, दुवैतर्फको बहस भयो।, प्रवेशले अदालतमा धानीमाया र आफ्नो प्रेम सम्बन्ध रहेको, सहमतिमा यौन सम्बन्ध राख्ने गरेको, अरू केटीसँग बोल्यो भनेर धानीमायाले आफूलाई शंका गर्ने गरेको र आफू घटना भएको भनिएको दिन पाँचवटा सिटामोल खाएको भएर अस्पतालमा इमर्जेन्सी भर्ना भएको बयान दिएका छन्। बलात्कारको घटना भएको बेला आफू अस्पतालको इमर्जेन्सिमा भर्ना भएको भन्ने डाक्टरको हस्ताक्षर सहितको कागजात पनि ल्याएर अदालतमा पेश गरे।, जिल्ला अस्पतालले पनि २०७७, साउन ६ बजेर १० मिनेटदेखि ६ बजेर ५० मिनेटसम्म प्रवेशलाई इमर्जेन्सीमा भर्ना गरिएको कागजात लेखिदिएको छ।, बहसमा प्रवेशका वकिलले यही कुरा भने, प्रमाण देखाए र आफ्नो पक्ष निर्दोष रहेको प्रमाणित गरिदिए।, अदालतले प्रवेशको बयान पत्यायो। उनले देखाएको कागजात सही मानिदियो। वैशाख ६ गते भएको अदालतको फैसलाले उल्टै बीस वर्ष उमेर पुगिसकेकी युवतीले आफूमाथि बलात्कार हुन लाग्दा प्रतिवाद नगरेको भन्दै धानीमायाकै कमजोरी देखाएर प्रवेशलाई सफाइ दियो।, अदालतले प्रवेशका साथमा हातहतियार केही नदेखिएकाले धानीमायालाई प्रतिकार गर्ने पर्याप्त अवसर थियोसम्म भनेको छ।, लामो समयदेखि आफूलाई प्रवेशले धम्क्याएर बलात्कार गरिरहेको भन्ने धानीमायाको बयानलाई न्यायाधीश आत्मादेव जोशीको इजलासले पत्याएन।, 'उमेर पुगेकी जाहेरवालीलाई मूल सडक किनारमा, घना बस्तीको बीचमा अवस्थित निज जाहेरवालीकै घरमा दिउँसोको समयमा भएको भनिएको वारदातमा आफूमाथि जबरजस्ती करणी हुन लाग्दा पीडितका तर्फबाट स्वभाविक रूपमा हुन सक्ने हारगुहार नआएको, वारदातको समयमा आफू अन्यत्र रहेको भनी धादिङ अस्पतालको पत्रबाट समर्थित भइरहेको समेतका अभियोग दावी शंकारहित तवरबाट पुष्टि हुन नआएको दावीबाट सफाइ पाउने ठहर्छ,' न्यायाधीश जोशीले लेखेको फैसलामा उल्लेख छ। , प्रवेश कारागारमा हुन्जेल धानीमायालाई अपराधीले एक न एकदिन सजाय पाउँछन् भन्ने विश्वास थियो। प्रवेशको डर मनबाट हटिसकेको थियो। उनी विस्तारै आफूलाई सम्हाल्न सिक्दै पनि थिइन्।, जब प्रवेशले सफाइ पाए, उनी खंग्रङ्ग परिन्।, त्यसयता उनलाई निद्रा लाग्न छाडेको छ।, 'मलाई निद्रै लाग्दैन। मध्यरातमा आँखा लाग्यो भने ३-४ बजे बिउँझिन्छु। अनि उसैले पिटेको, जबरजस्ती गरेको र धम्क्याएको कुरा मात्र मनमा आइरहन्छ,' उनले भनिन्, 'मलाई निकै डर लाग्छ।', अदालतले आफ्नो भन्दा पीडकको कुरा पत्याएकाले आफू निकै दुःखी भएको उनले बताइन्।, 'मैले न्यायाधीशसामु आफ्नो कुरा पनि राख्न पाइनँ। न्यायाधीशले मैले कागजमा लेखिदिएको बयान पनि पत्याएनन्। मैले प्रतिवाद नगरेको भन्ने फैसला रहेछ। मैले प्रतिकार गर्दा मलाई ज्यानै थिलथिलो हुनेगरी कुट्थ्यो, धम्क्याउँथ्यो,' उनले भनिन्, 'पछि त उसले मलाई रिमोटमा चल्ने बनाइसकेको थियो। धम्की दिएर मानसिक रूपमा कमजोर पारेर जबरजस्ती गरेकोलाई बलात्कार मान्दैन हो अदालतले?', जिल्ला अस्पतालका डाक्टरले झुटो कागज बनाइदिएको पनि उनको आरोप छ।, 'पाँचवटा सिटामोल खाएर कोही अस्पतालको इमर्जेन्सीमा पुग्छ? पुग्छ भने म न्यायाधीशकै सामु पाँचवटा सिटामोल खान तयार छु,' उनले भनिन्।, सेतोपाटीले पाँचवटा सिटामोल खाने मान्छेलाई कस्तो असर हुन्छ भनेर दुईजना डाक्टरसँग कुरा गरेको थियो। डाक्टरहरूले सामान्य मान्छे पाँचवटा सिटामोल खाएर इमर्जेन्सीमा पुग्ने गरी सिकिस्त नहुने बताए।, उनीहरूका अनुसार दिनमा चार ग्राम सिटामोल खायो भने चाहिँ कलेजोलाई असर गर्न थाल्छ। यस्ता बिरामी आए डाक्टरले सिधै कलेजो जाँच्न पठाउँछन्। पहिल्यैदेखि कलेजो खराब भएकालाई भने पाँच-सातवटा सिटामोलले असर गर्न सक्ने उनीहरूको भनाइ छ। तर अवस्था जुनसुकै भए पनि कलेजो जाँच्न आवश्यक हुने उनीहरूले बताए।, 'पाँचवटा सिटामोलले सामान्य मान्छे सिकिस्त हुँदैन। असर गर्न चार ग्राम खाएको हुनुपर्छ,' ती डाक्टरले भने, 'पहिल्यैदेखि कलेजोमा समस्या छ भने चाहिँ समस्या हुन सक्छ। तर धेरै सिटामोल वा औषधि खाएर असर गरेका बिरामी आए हामी सिधै कलेजो जाँच्न पठाउँछौं।', प्रवेश त्यो साँझ आधा घन्टा अस्पतालको इमर्जेन्सीमा थिए भनेर कागजमा हस्ताक्षर गरिदिने डाक्टरलाई अदालतले बोलाएर सोधेको छैन।, अदालतले यत्ति प्रमाण पनि विश्लेषण नगरिदिएकोमा, डाक्टरले आफूले बनाइदिएको कागजले बलात्कारी छुट्न सक्छ भनेर विचार नगरेकामा आफ्नो चित्त निकै दुखेको धानीमाया बताउँछिन्।, अदालतले प्रवेशलाई सफाइ दिएको फैसला सुनाए पनि पूर्णपाठ लेखिसकेको थिएन। पूर्णपाठ आए मात्र उच्च अदालतमा पुनरावेदन हुन्छ भन्ने धानीमायालाई थाहा भयो। अनि उनी आफैं यसको पूर्णपाठ कहिले आउँछ भन्दै अदालत धाइरहिन्। , पूर्णपाठ आएपछि केही दिनअघि धादिङका सरकारी वकिलले जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै पुनरावेदन गर्ने निर्णय गरेको थाहा पाएपछि बिहीबार उनी उच्च अदालत आएकी थिइन्। उनको मुद्दा उच्च अदालतमा दर्ता भने भइसकेको छैन। उच्च सरकारी वकिल कार्यालय, पाटनका प्रमुख तथा सहन्यायाधीवक्ता सूर्य दाहालले एक-दुई दिनमै यो मुद्दा दर्ता गर्ने बताए।, बिहीबार धानीमायाले सरकारी वकिलसँग भेटेर भनिन् पनि, 'बहस हुने दिन मलाई बोलाउनुहोला। म न्यायायधीशकै सामु आफ्ना कुरा राख्छु। पाँचवटा सिटामोलले अस्पताल भर्ना भएको कागज देखाएर यति लामो समय मलाई गरेको बलात्कार गरेकै होइन भन्ने प्रमाणित गरिदिएको रहेछ। मुद्दाबाट त्यसले सफाइ पायो। म पाँचवटा सिटामोल खाएर देखाउन चाहन्छु न्यायाधीशलाई।',
आफ्नो बलात्कार मुद्दा लड्न आफैं अदालत धाइरहेकी युवती
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, यो विगत दुई दिन भन्दा थोरै बढी हो।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बुधबार १४ हजार ९३५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ६१२ जनाको पिसिआर र ४ हजार ३२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, ३ हजार ३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ।, अहिले २० जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।, यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७१९ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित थपिएका हुन्। , हाल होम आइसोलेसन ३१ हजार ८१२ जना र संस्थागत आइसोलेसनमा २३७७ सक्रिय संक्रमित छन्। ,
पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या बढी
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ७१९ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित थपिएका हुन्।, थप २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, ४ हजार ९३५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, १० हजार ६१२ जनाको पिसिआर र ४ हजार ३२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, ३ हजार ३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ।, अहिले २० जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।,
काठमाडौं उपत्यकामा ७१९ जनालाई संक्रमण
|
सेतोपाटी संवाददाता मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-६ शान्तिनगरस्थित ए वान रेष्टुरेन्टकी सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ।, इलाम माई नगरपालिका-८ चिसापानी घर भएकी २८ वर्षीया अस्मिता राईलाई प्रहरीले पक्राउ गरेको हो।, उनले आफ्नो रेष्टुरेन्टमा खाजा नास्ता बनाउने तथा वेटरको काममा लगाइदिन्छु भन्दै ललाइफकाइ प्रलोभनमा पारेर महिलाहरूलाई अनैतिक गतिविधिमा संलग्न गराएको प्रहरीले जनाएको छ।, त्यसरी बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश थापाले बताए।, यसैगरी, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-६ खहरे चोकस्थित होटल लिटिल ह्यावेनका सञ्चालक नुवाकोट तारकेश्वर गाउँपालिका-४ घर भएका विशाल भन्ने २७ वर्षीय विष्णु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।, कुकको काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर महिलाहरूलाई यौन शोषण गर्न लगाउने गरेको आरोपमा उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।, जिल्ला अदालत कास्कीबाट उनीहरूलाई थुनामा राख्ने अनुमति लिएर कारबाही अगाडि बढाइएको थापाले बताए।, मुलुकी फौजदारी अपराध संहिता अनुसार कसैलाई बाध्य पारेर अनैतिक गतिविधि, यौन शोषणमा लगाइए मानव बेचबिखन मुद्दा आकर्षित हुने गरेको छ।,
रेष्टुरेन्टमा युवती राखेर अनैतिक गतिविधिमा संलग्न गराएको आरोपमा पोखराबाट दुई पक्राउ
|
सेतोपाटी संवाददाता प्रहरीले मोरङबाट अमेरिकन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका-६ शिवालय चोक बस्ने ३० वर्षीय रुद्रबहादुर क्षेत्री र ४० वर्षीय पूर्णबहादुर बोहोरा रहेका छन्।, उनीहरूलाई प्रहरीले मंगलबार मध्यराति घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।, क्षेत्रीको घरमा तलासी लिने क्रममा मेड इन युएसए लेखिएको पेस्तोल र तीन राउन्ड गोली फेला परेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।, सो हतियार खरिदका क्रममा बोहोरासमेत संलग्न रहेको खुलेपछि प्रहरीले बुधबार बिहान ३ बजे उनलाई पक्राउ गरेको उनले बताए।, दुबैलाई हातहतियार तथा खरखजना कसुरमा थुनामा राखेर अनुसन्धान थालिएको छ।, यस्तै, बारा, सिम्रौनगढ नगरपालिका-६ स्थित बिधायक होटेलबाट मेड इन युएसए लेखिएको म्याग्जिनसहितको १ थान पेस्तोल र थप १ थान म्याग्जिनसहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सोही नगरपालिका-४ गंगानगर बस्ने ३५ वर्षीय राजेशप्रसाद यादव र सोही ठाउँ बस्ने २० वर्षीय जितेन्द्रप्रसाद कुशवाहा रहेका छन्।, उक्त होटलमा हतियारसहित दुई जना व्यक्ति बसिरहेको भन्ने सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई हतियारसहित पक्राउ गरेको हो। ,
पेस्तोलसहित कानेपोखरीबाट दुई जना पक्राउ
|
सेतोपाटी संवाददाता प्रहरीले विराटनगरबाट पाँच जनालाई पक्राउ गरेको छ। बिचौलियाको कारोबार गरेको आरोपमा प्रहरीले बुधबार विराटनगरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।, पकेराउ पर्नेमा विराटनगर-८ का २१ वर्षीय सुनिल राय, २२ वर्षीय रोहित साह, इनरुवा-१ सुनसरीका २० वर्षीय विनोद मेहता र सप्तरी राजविराज-९ का २३ वर्षीय सारन्सकुमार चौधरी छन्।, विराटनगरका अस्पतालहरूमा आउने विरामी तथा आफन्तलाई आफ्नो सम्पर्कमा रहेका अस्पतालमा पुर्याएर बिचौलियाको काम गरेको आरोप उनीहरूलाई छ।, प्रहरीका अनुसार उनीहरू अस्पतालहरूमा पुग्ने गर्थे। त्यहाँ आफन्त तथा विरामीलाई भेटेर यहाँ राम्रो डाक्टर छैनन्, उपचार राम्रो छैन, औषधी राम्रो छैन भनी अफवाह फैलाउने गर्थे।, त्यसरी अफवाह फैलाएर उनीहरूले आफ्नो सम्पर्कमा रहेका अस्पताल, क्लिनिक तथा फार्मेसीमा पुर्याउने गर्थे।, यसरी विरामी पुर्याएवापत् अस्पताल तथा क्लिनिकले उनीहरूलाई ‘कमिसन’ दिएर खटाउने गरेको पाइएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।, ‘आफ्नो सम्पर्कमा रहेका फार्मेसीमा पुर्याएर औषधीसमेत खरिद गर्न बाध्य पार्ने गरेको गुनासोका आधारमा उनीहरूलाई पक्राउ गरी कारबाही थालिएको छ,’ जिसीले भने।,
अस्पतालमा बिरामी पुर्याउँदै कमिसन बुझेको आरोपमा पाँच ‘बिचौलिया’ पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि भदौ मसान्तसम्म लागु हुनेगरी आदेश जारी गरेको छ।, उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञालाई हटाएर आदेश जारी गरेको हो। सो आदेशको पहिलो बुँदा विद्यालयसम्बन्धी छ। जसमा दोहोरो कुरा गरिएको छ।, 'शैक्षिक संस्थाहरू (विद्यालय) ले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने। गर्नैपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालनको निर्णय गर्न सक्ने,' उक्त बुँदामा भनिएको छ।, उक्त बुँदाअनुसार विद्यालय बन्द गर्न भने पनि भौतिक उपस्थितिमा गर्नै पर्ने अवस्था भएकाहरूले भने सञ्चालन गर्न सक्ने छन्।, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अनलाइन पढाइको पहुँच नभएका विद्यालयहरूले र कोरोना संक्रमण कम भएकाले सञ्चालन गर्न सकिने बताए। , 'सामुदायिक विद्यालय वा अरू जसको विद्युतीय सामग्रीमा पहुँच छैन, अनलाइन पढाइमा सम्भव छैन वा गाउँघरमा कोरोना नभएमा मात्रै सञ्चालन गर्न सकिने भयो,' पराजुलीले भने, 'समस्यामा परेका विद्यालयहरूले चाहिँ खोल्न सक्ने भए।', ती विद्यालयहरू सञ्चालन गर्ने भएमा स्वास्थ्य मापदण्डको कडा रूपमा पालना गर्नुपर्ने उनले बताए।, सञ्चालन गर्नुपर्ने अवस्थामा विद्यालयहरूले स्थानीय तहसँग समन्वय गर्नुपर्ने हुन्छ। स्थानीय तहले त्यहाँको अवस्था कस्तो छ भन्ने तय गरेर मात्रै प्रक्रिया अघि बढ्ने उनले बताए।, 'विद्यालय खोल्ने/नखोल्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई छ। नगर वा गाउँपालिकाले त्यहाँको कुन-कुन वडामा कोरोना संक्रमणको अवस्था कस्तो छ त्यसअनुसार सञ्चालन गर्न सकिने भयो,' प्रजिअ पराजुलीले भने।, स्मार्ट लकडाउनअन्तर्गत कोरोना संक्रमणको अवस्था तीन तह (रेड, एल्लो र ग्रीन) जोनमा विभाजन गरी निर्णय हुने उनले बताए।, त्यसपछि पालिकाले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर र स्वीकृति दिएपछि मात्रै सञ्चालन गर्न सकिने काठमाडौंकी सहायक प्रजिअ कल्पना घिमिरे नेपालले बताइन्। , 'स्थानीय तहले विवरण ल्याउनुपर्यो र कसरी सञ्चालन गर्ने भन्ने मापदण्ड बनाएर डिसिसिएमसीले स्वीकृति दिएपछिमात्रै सञ्चालन गर्न सक्नुहुन्छ,' उनले भनिन्,'स्टाफहरू को कति जनाले खोप लगाएका छन् भन्ने सबै हेरेर मात्रै निर्णय हुन्छ। सकेसम्म अनलाइन नै गर्नुपर्छ।',
अब कस्तो अवस्थामा खोल्न पाइन्छ काठमाडौंका स्कुल?
|
सबिना श्रेष्ठ युद्धस्थलबाट मान्छेको गर्दन काटिएको आवाज आइरहेछ– कच कच कच।, तपाईंले सुन्नुभयो?, पाटन, भिमसेन मन्दिरको दोस्रो तलामा रहेका मूर्तिहरू हेरेर आएदेखि मेरो दिमागमा महाभारत युद्ध चलिरहेको छ। मंगलबार भाद्र कृष्ण नवमीका दिन पाटनमा भिन्द्यो अर्थात् भिमसेन जात्रा थियो। त्यही जात्रासँग जोडिएर आउँछ महाभारतको प्रसंग।, कुरूक्षेत्रको ठूलो मैदानमा दुर्योधन बडो फूर्तिसाथ सेनाको निरीक्षण गरिरहेका छन्। कृपाचार्य, द्रोर्णाचार्य, अश्वत्थामा, कर्ण, शकुनी इत्यादि उनको पक्षमा छन्। एउटा ठूलो रथमा उमेरले फुलिसकेका 'पितामह' भनेर चिनिएका भीष्म पनि छन्।, उनीहरूको सामुन्ने पाण्डव र उनका विराट सेना चारैतर्फ दौडादौड गरिरहेका छन्। कोही हात्ती, कोही घोडा त कोही खुला मैदानमा।, सेनाको अगाडि–अगाडि नहकुल र सहदेव र पाञ्चालदेशका क्षत्रीयहरू छन्। यी सबैले भिमसेनलाई अगाडि पारेका छन्।, जसरी संस्कृतबाट आएको 'भिम' शब्दको अर्थ ठूलो वा भव्य हो, आफ्नो भव्य शरीरकै कारण यो नाम भिमले पाएका हुन्। नामजत्तिकै शक्तिशाली र बलवान भएकैले उनी युद्धको पहिलो लहरमा छन्।, महाभारत युद्धको भयंकर उद्धघोषका साथ कुरूक्षेत्रमा शंख बज्छ, नगडा गड्किन्छ। पृथ्वीलाई नै फाड्लाजस्तो चर्को ध्वनिसहित कुरूक्षेत्रमा युद्ध चल्न थाल्छ।, युद्धबाट असंख्य मान्छेका कोमल गर्दन छिनालिरहेको आवाज आउन थाल्छन्– कच कच कच कच।, त्यहीबीच दुर्योधनका माइला भाइ दुशासन युद्धमा लडिरहेको भिमले टाढाबाट नियालिरहेका छन्। उनलाई देख्नेबित्तिकै भिमले वर्षौंअघि हस्तिनापुरमा भएको एक राजसभा सम्झिन्छन्।, दाइ युधिष्ठिरले आफ्नो मनपसन्द खेल जुवामा आफ्नो सबै सम्पत्ति र इन्द्रप्रस्थ हारिसकेका हुन्छन्। त्यति हुँदाहुँदै पनि हौसिँदै उनले पाण्डव पत्नी द्रौपदीलाई दाउमा लगाउँछन्। द्रौपदीलाई जितिसकेपछि दुशासनले उनको कपाल लुछ्छन्, राजसभामा ल्याउँछन् र चीरहरण गर्छन्।, त्यो अपमानमा द्रौपदीले प्रतिज्ञा गर्छिन्, 'जबसम्म दुशासनको छातीको रगतले मेरो कपाल धुन्नँ, तबसम्म म कपाल खुल्लै राख्छु!', भिमसेन जात्राका क्रममा खट घुमाइँदै। तस्बिर सौजन्यः प्रनिशन राजभण्डारी/सुप्रिन्स शाक्य, भिमले त्यही सभामा सबैसामु वाचा गर्छन्, 'जबसम्म दुशासनको छाती चिरेर रगत पिउँदिनँ, तबसम्म मेरा पूर्वजहरूलाई अनुहार देखाउँदिनँ!', महाभारत युद्ध उक्त वाचा पूरा गर्ने बहाना बनेर आउँछ। जसै रणभूमिमा दुशासनसँग आँखा जुध्छन्, उनलाई आफूसँग लडाइँ गर्न इंगित गर्दै भिमले भन्छन्, 'कायर, यति पर बसेर के लडिरहेको छस्? आइज मेरो अगाडि।', दुशासन पनि हौसिन्छन्।, दुवैजना गदा लिएर लामो समयसँग हानाहान गर्छन्। उनीहरूको शरीर थाक्दै जान्छ। शरीर थाके पनि भिमको मनभित्रको आक्रोश थाकेको छैन। त्यही भएकाले जोडजोडले उनी दुशासनलाई हानिरहेका छन्। भिमजस्तो बलवानसँग लड्ने दुशासनको दुस्साहस बिस्तारै सेलाउँछ।, एकछिनमा उनको हातबाट गदा भुइँमा खस्छ। भिम पनि आफ्नो गदा फालेर हातैले उनलाई हान्न तम्सिन्छन्। दुशासन जसै भुइँमा घाइते भएर लड्छन्, भिमले आफ्ना खुट्टाले उनको छातीमा जोडले थिच्छन्। दुशासन हल न चल हुन्छन्।, भिम आफ्ना दुई हातको बलमा दुशासनका हात शरीरबाट अलग पार्दै चिच्याउँछन्, 'दुष्ट, यो त्यही हात होइन जसले पाञ्चाली (द्रौपदी) को कपाल लुछेको थियो।', हात शरीरबाट अलग भएका दुशासनको चित्कार परपरसम्म सुनिन्छ। त्यो चित्कार मन्द हुन नपाइ भिमले उनको छातीलाई पनि हातैले च्यात्छन् र उनको रगत पिउँछन्।, भिमले द्रौपदीलाई पनि दुशासनको छातीको रगत दिन्छन्। द्रौपदी आफ्नो कपाल त्यो रगतले धुन्छिन्। उनको प्रतिज्ञा पूरा हुन्छ।, पाटन, मंगलबजारस्थित कृष्ण मन्दिरको आडैमा रहेको भिमसेन मन्दिरमा रहेका मूर्तिमा यही कथा छन्। दोस्रो तलामा धातूले बनेका पाँच मूर्ति राखिएको छ।, बीचमा दुशासनको वध गरिरहेको दृश्यमा भिमसेन र दुशासन।, दायाँतर्फ रगतले कपाल धोएकी द्रौपदी।, दुई छेउमा रगत लिन अञ्जुली थापेर बसेका काली र भैरव।, महाभारतको यही कथामा आधारित भएर नेपालका विभिन्न ठाउँमा मूर्ति र पौभा चित्रहरू बनेका छन्। पाटनकै तुसा हितिमा पनि उक्त कथा कुँदिएको छ।, यही कथामा आधारित गीत पनि काठमाडौंका दाफा भजनमा सुन्न सकिन्छ। अस्ट्रेलियाका संस्कृत एवं नेपाल भाषाका विद्वान सिगफ्राइड लियान्हार्डले 'संग्स अफ नेपाल' किताबमा पनि एउटा त्यस्तै गीत संकलन गरेका छन्।, दुशासन वधलाई वर्णन गर्दै उक्त गीतमा भिमको शक्ति वर्णन गरिएको छ- भिमले बाघ र हात्तीलाई खुट्टाले, सिंहलाई पाखुराले किच्न सक्छन्। घोडालाई भुइँमा पछार्न सक्छन्। उनीसँग को डराउँदैनन्?, भिमसेनको मूर्ति। तस्बिर सौजन्यः प्रनिशन राजभण्डारी/सुप्रिन्स शाक्य, भिमसेन मन्दिरका यी मूर्ति भने मल्ल राजा योगनरेन्द्रका पालामा बनेका हुन्। मन्दिरका पूजारी रविन कपालीका अनुसार कलाकारले भिमसेन बनाउँदा योगनरेन्द्रकै क्रोधित रूपलाई मूर्तिमा ढालेका थिए।, अहिले तीन तला देखिने भिमसेन मन्दिर सुरूमा चपाः अर्थात सामुदायिक भवन थियो। नेवार समुदायमा चपाः, दिगी र सतः गरेर तीन प्रकारका सामुदायिक भवन हुन्छन्। यो चपाः राजा सिद्धिनरसिंह मल्लले सन् १६२७ मा बनाएका थियो। सन् १६६२ मा यहाँ आगलागी भयो। पछि श्रीनिवास मल्ल र उनका छोरा योगनरेन्द्रले सोही स्थानमा अहिलेको भिमसेन मन्दिर बनाएका हुन्। , राजा योगनरेन्द्रले बनाएको दुशासन वधको मूर्ति नक्कल मात्र हो। योभन्दा पुरानो मूर्ति मन्दिरको तेस्रो तलामा छ। दोस्रो तलाको मूर्ति धातुको भए पनि माथिल्लो तलाको मूर्ति माटोले बनेको छ जसभित्र भुस भरिएको मन्दिरका पुजारीले बताए।, मन्दिर जिर्णोद्धार भइरहेकाले माथिल्लो तलामा राखिएको माटोको मूर्ति देख्न हामीले पाएनौं।, 'यहाँको जस्तै हो ठ्याक्कै, तर माटोले बनेको। पहिले आगो लाग्दा मूर्तिको सबै शरीर जल्यो, टाउको भने जस्ताको त्यस्तै बाँकी छ,' कपालीले भने, 'बचेको टाउको न फालियो, न त्यसमा कसैले शरीर हाल्ने आँट गरे। नयाँ बनाउने पहल पनि भएन। त्यही भएर त्यसै राखिएको छ।', यो मूर्ति श्रीनिवास मल्लको पालामा थियो। तर मन्दिरभन्दा पहिले नै चपाः भएकाले मूर्ति श्रीनिवासको पालाभन्दा पुरानो हुन सक्ने पुजारी बताउँछन्। , यो मन्दिर र चपाःको सम्बन्ध भिन्द्यो जात्राका बेला झनै प्रष्ट हुन्छ। मन्दिर र पछाडिको चपाः बीच अहिले साँघुरो बाटो छ। बाटोका कारण यी दुई अलग संरचनाजस्तो लाग्छ। तर जात्राको समयमा चपाः र मन्दिरबीच काठको पुल हालिन्छ।, त्यही बीचको पुलबाट जात्राका बेला भिसमेनलाई बाहिर लगिन्छ र जात्रा सकिएपछि फिर्ता ल्याइन्छ। जमिनमुनिबाट मन्दिरमा भिन्द्योलाई भित्र ल्याउन हुँदैन भन्ने जनविश्वास छ।, जात्रामा लगिने भिमसेन माथि कुरा गरिएका दुई भिमसेनमध्ये कुनै पनि होइनन्। यी त मन्दिरमा भएका तेस्रा भिमसेन हुन्। मन्दिरको दोस्रो तलाको एक कुनामा दराजजस्तो भागमा यिनलाई राखिएको छ। उनको वरिपरि दुशासन, द्रौपदी, भैरव र काली छैनन्। राजा योगनरेन्द्रले भिन्द्यो अर्थात् भिमसेन जात्रा भनेर सुरू गर्दा यी भिमसेनलाई सन् १७०१ मा बनाएका हुन्।, यी एक्ला भिमलाई माथिका दुई भिमसेनजस्तो सधैं देख्न पाइन्न। जात्राको दिन मात्र हो। अन्य दिन त ताल्चा लगाएर राखिएको हुन्छ। भक्तजनले बाहिरबाट ढोग्न मात्र पाउँछन्।, जात्राको दिन एकाबिहानै ती भिमसेनलाई अँध्यारोमै छामछुम गरेर बाहिर निकालिन्छ। अमात्य गुठियारहरूले मूर्तिको विशेष श्रृंगार गर्छन्। राजोपाध्यायले तान्त्रिक विधिअनुसार जीवन्यास गर्दै पूजा गर्छन्। भिन्द्योलाई नै समर्पण गरेर भजन गाइन्छ, बाजा बजाइन्छ। भजनको तयारी साता दिनअघिबाटै मन्दिरअगाडि रहेको आदर्श कन्या क्याम्पसमा भइरहेको थियो।, साँझ ७–८ बजेतिर बल्ल खटमा राखेर भिन्द्योलाई नगर परिक्रमा गराइन्छ। खटमा एकजना मान्छे पनि हुने भएकाले निकै गह्रुँगो हुन्छ। त्यसलाई बोक्न थिमी, भक्तपुर र काठमाडौंदेखिका मान्छेहरू आउँछन्।, भिमसेन जात्राका क्रममा खट घुमाइँदै। तस्बिर सौजन्यः प्रनिशन राजभण्डारी/सुप्रिन्स शाक्य, भिन्द्योले यो रूटमा नगर परिक्रमा गर्नुपर्छ– मंगलबजारबाट सौगल, ओकुबहाल, हौगल, तिच्छुगल्ली, पूर्णचण्डी, पिम्बहाल, कुम्भेश्वर हुँदै फेरि मंगलबजार। , यात्रा क्रममा भिन्द्योले छ्याबहाल, सुन्धारा र च्यासलमा रहेका भिमसेनका तीन ठाउँ पनि परिक्रमा गर्छन्। पाटनका अन्य ठाउँमा पनि भिमसेन मन्दिर छन्। प्रख्यात भने मंगलबजारका हुन्।, नगर परिक्रमा गरेर फर्किँदा रातको १२–१ बजिसकेको हुन्छ। त्यस क्रममा कतिपय ठाउँमा खट पल्टिने, ठोक्किने पनि हुन्छ। एकपटकको जात्रामा भिन्द्योको एउटा खुट्टा नै हराएछ।, जात्रामा खुट्टा हराएको सोही दिन थाहा भयो। तर जात्रा सक्किनेबित्तिकै भिन्द्योलाई अँध्यारोमै मन्दिरभित्र ल्याएर ताल्चा लगाएर राख्नुपर्ने नियम छ। त्यसैले भगवानलाई विधिपूर्वक मन्दिरभित्र राखियो। पछि सम्बन्धित मान्छेहरू जात्राको रूट हुँदै भगवान भिमको खुट्टा खोज्न गए। जति खोज्दा पनि भेटिएन।, अर्को वर्ष जात्रा नजिकिँदै गर्दा जात्रा सञ्चालन समितिलाई खुट्टा हराएको कुराले पिरोल्न थाल्यो। उनीहरूको बैठक पनि बस्यो। लामो छलफलपछि क्षमा पूजा गरेर जात्रा अगाडि नै मूर्ति बाहिर निकाल्ने र खुट्टा हाल्ने निर्णय भयो।, 'जात्राका भिमसेन पूरै रक्तचन्दन काठले बनेका हुन्। त्यो काठ खोज्नै हामीलाई धेरै गाह्रो भयो,' मंगल टोल सुधार समितिका सचिव रवि दर्शनधारीले बताए। सहभागिताको हिसाबले मच्छिन्द्रनाथपछिको दोस्रो ठूलो भिन्द्यो जात्रा यो पटक कोरोना महामारीका कारण नभएको पनि उनले जानकारी दिए।, दर्शनधारी हाल मन्दिरमा भइरहेको जिर्णोद्धारको काम पनि हेरिरहेका छन्। भुइँचालोमा जीर्ण भएको यो मन्दिर सुरूमा भारतले जिर्णोद्धार गर्ने भएको थियो। लामो समयसम्म पनि काम नथालेकाले स्थानीयलाई मन्दिर असुरक्षित भएजस्तो लाग्यो।, त्यसपछि ललितपुरका मेयर चिरिबाबु महर्जनले भारतीय राजदूतलाई भेटेरै भनेछन्, 'अन्यथा लिनुहुन्न भने यसको पुनर्निर्माण हामी आफैं गर्न अनुमति चाहन्छौं। चन्दा उठाएर भए पनि बनाउँछौं।', राजदूत सहमत भएपछि जनस्तरबाटै बनेको समितिमार्फत यो मन्दिर जिर्णोद्धार भइरहेको छ। , मन्दिर पुनर्निर्माणमा चार करोड ९५ लाख रूपैयाँ लाग्ने अनुमान थियो। तर अहिलेसम्म पाँच करोड ७ लाख खर्च भइसकेको छ। मन्दिरमा अब काठका केही काम र माथिल्लो तलाको काम मात्र बाँकी भएको दर्शनधारीले जानकारी दिए।, यो मन्दिरका भिमसेनलाई 'भिन्द्यो आजु' भनेर नेवार समुदायले पुज्ने चलन छ। विशेषगरी उनलाई व्यापारका देउता मानेर पुजिन्छ। उनलाई व्यापारका देउता किन भनिन्छ भन्नेबारे महाभारत युद्धपछिको कथा छ।, महाभारत युद्धमा प्रायः युवा उमेरका सहभागी थिए। युद्धमा उनीहरू मारिए। महिला, बुढाबुढी र केटाकेटीहरू मात्र बचेका थिए। युद्धपछि भारत वर्ष कंगाल भयो। सबै जनधन युद्धमै सकियो।, आर्थिक रूपले भएको क्षति र विपन्नताको परिपूर्तिका लागि भिमसेनले कुबेर (धनका देवता) सँग धन मागे। अनि आफ्ना जनतामाझ बाँडेर भने, 'व्यापार गरी धन कमाउनू।', ठूलो गरिबीको समयमा भिमसेनले लगाएको गुणका कारण नेवार समाजले उनलाई 'भिन्द्यो आजु' का रूपमा पुज्छन्।, भिमसेन पुजिनुको अर्को पनि कथा छ।, मच्छिन्द्रनाथ यहाँ आएपछि ललितपुरलाई समृद्ध बनाउन उनले सबै भगवानलाई कामको जिम्मेवारी बाँडफाँट गरे। भिमसेनलाई भने यसबारे केही भनिएन।, 'मच्छिन्द्रनाथले पाटनमा यत्रो काम गर्न लाग्दा मलाई वास्ता गरेनन्' भन्दै भिमसेन जंगिए।, 'तपाईंसँग के छ?' मच्छिन्द्रनाथले सोधे।, भिमसेन असाध्यै बलियो भएको कुरा महाभारतमै छ। उनले मच्छिन्द्रनाथलाई भने, 'म एकलाई तीन र तीनलाई नौ बनाइदिन सक्छु। त्यत्ति शक्ति छ।', भिमसेन जात्राका क्रममा खट घुमाइँदै। तस्बिर सौजन्यः प्रनिशन राजभण्डारी/सुप्रिन्स शाक्य, 'ओहो, मैले बुझ्न सकिनछु,' मच्छिन्द्रनाथले भने, 'ल, आजदेखि एकको तीन बनाउने देवताका रूपमा तपाईंको पूजा हुनेछ।', नेपाल भाषामा 'भिं' भनेको शुभ र 'द्यः' भनेको भगवान हो। कतिपयले भने भिन्द्यको कुनै आकार नभएको र महाभारतको भिमसेनसँग कुनै सम्बन्ध नभएको तर्क पनि गर्दै आएका छन्। तर मन्दिरका मूर्ति र यो जात्रा महाभारतकै कथासँग जोडिएर आएका छन्। , यहाँ गाइने भजनहरूमा पनि महाभारतका पात्र र प्रसंग आउँछन्। कुनै गीतमा नेवारी, कुनै मैथिली त कुनैमा हिन्दी भाषाको समेत प्रभाव देखिन्छ। भिमसेनलाई शिव वा भैरवकै अर्को रूप पनि मानिएको छ। शिवको आठौं अवतारको रूपमा तलको 'शिव अंश रे' गीतमा पनि वर्णन गरिएको छः, 'न्याम्ह अवतार काल शिवयागु अंशरे, पृथ्वी या भारदको कोतावथेकेनरे, कृष्ण्जुल विश्वरूप दरशन विलरे, युधिष्ठिर महाराजा धर्मशरिररे, भिमश्यन दको वल पिकनाय केनरे, अर्जुनया सरथि कृष्ण जुलरे, भारथ दको त्यातकाव शत्रुदको श्वावन रे, पेम्ह खुम्ह ध्यो भारथ सलेनरे, राज्यश्वरी जोग्य याना स्वर्गस विज्याकरे, न्याम्ह अवतार काल शिवयागु अंशरे', हिजो मंगलबार पाटनले भिन्द्यो जात्रा 'मिस' गरे पनि यी र यस्तै भजन भिमसेनलाई सर्मपर्ण भए।,
महाभारतका भिमसेनलाई किन मानिन्छ व्यापारका देउता?
|
निर्मला घिमिरे ललितपुर, नयाँबाटो बस्दै आएकी शर्मिला भुजेलका श्रीमानलाई ज्वरो आएको थियो। अहिले कोरोनासँगै मौसमी फ्लुको प्रभाव बढेको छ। शर्मिलाका श्रीमानलाई पनि फ्लुले च्याप्यो। , शर्मिला उनका लागि सिटामोल किन्न हिँडिन्। नजिकका सबै मेडिकल चहारिन्। सिटामोल पाइएन। झन्डै आधा घन्टा खोजेपछि बल्ल ठाडोढुंगास्थित एक फार्मेसीमा फेला पारिन्। , 'श्रीमानलाई ज्वरोले च्यापेको छ। नजिकैका औषधि पसल कुनैले छ भनेनन्। धन्न यहाँ रहेछ,' सेतोपाटीसँगको कुराकानीमा उनले भनिन्।, भोटेबहाल बस्ने कर्णबहादुर मगर पनि सिटामोल खोज्दै-खोज्दै वीर अस्पतालै पुग्नुपरेको बताउँछन्। आसपासका कुनै मेडिकलमा सिटामोल नपाएको उनले बताए।, शर्मिला र कर्णबहादुरकै जस्तो अनुभव भएका उपभोक्ता धेरै छन्। कोभिड महामारी चुलिएदेखि नै उपभोक्ताले सहजै सिटामोल पाउन सकेका छैनन्। कतिपयले नजिकै मेडिकलमा सिटामोल नपाउँदा सिटामोलको मात्रा भएका साइनक्स जस्ता अन्य औषधि लैजाने गरेको पनि पाइएको छ।, औषधि बिक्रेताहरूका अनुसार सिटामोलसँगै डक्सिसाइक्लिन, एजिथ्रोमाइसिन, भिटामिन सी, एन्टिबायोटिकहरू, जिंक चक्की, स्टेरोइड लगायत अरू औषधि पनि अभाव छ। कोरोना संक्रमण बढेसँगै सिटामोलको माग उच्च रहेको तर त्यहीअनुसार उद्योगबाट नआउँदा अभाव सिर्जना भएको वितरकहरू बताउँछन्। , 'पाँच बट्टा सिटामोलको माग छ भने एक बट्टा दिन पनि मुश्किल परेको छ। कहिलेकाहीँ त्यो पनि हुँदैन,' क्षेत्रपाटीस्थित औषधिका थोक बिक्रेता बाबुराम पाण्डेले भने। कुनै बेला बजारमा सिटामोल कम आउने, कुनै बेला आउँदै नआउनाले अभाव भइरहेको उनले बताए।, रातोपुलस्थित सर्वनिदान फार्मेसीका फार्मेसिस्ट कविन मलेकू पनि पछिल्लो समय सिटामोल निकै अभाव भएको बताउँछन्। , 'बजारमा छिटफुट पारासिटामोल आउँछ, जसको पहुँच छ उसले पाउँछ। पहुँच नभएका फार्मेसीलाई सिटामोल पाउनै गाह्रो छ। हामीले सिटामोल नपाएपछि बिरामीलाई कसरी दिनु?,' उनले प्रश्न गरे। आफूले पनि कतिपय बिरामीलाई सिटामोलको मात्रा भएका औषधि दिएर पठाउने गरेको उनले बताए।, 'बिरामीहरू सिटामोल किन्न अस्पताल पुग्नु हुन्न। नजिकैको मेडिकल तथा फार्मेसी नै हो जाने। धाउँदा-धाउँदा पनि सिटामोल नपाएपछि हामी वैकल्पिक औषधि दिन बाध्य छौं,' उनले सेतोपाटीसँग भने। , ललितपुर ठाडो ढुंगास्थित प्रदूमन फार्मेसीकी सावित्री चौधरी कोभिड महामारीयता सिटामोल बेलाबखत अभावै भइरहेको बताउँछिन्।, 'कहिले पाइन्छ, कहिले पाइँदैन। हामीले नै नपाएपछि ग्राहकलाई खाली हात पठाउनुपर्छ,' उनले भनिन्। , नेपालमा सिटामोल उत्पादन गर्ने दर्जन बढी कम्पनी छन्। सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले पनि उत्पादन गरिरहेको छ। यसका बाबजुद कोभिडयता सिटामोल अभाव भइरहेको छ।, कच्चापदार्थको मूल्य वृद्धि भएको तर सिटामोलको अधिकतम मूल्य वर्षौंअघिकै कायम भएकाले उल्लेख्य रूपमा उत्पादन गर्न नसकिएको उत्पादकहरू बताउँछन्। सरकारले २०६४ सालमै तोकेको मूल्य हालसम्म कायम रहेको तर कच्चापदार्थको भाउ तीन-चार गुणाले वृद्धि भएकाले उत्पादन लागत नै उठाउन मुश्किल पर्न थालेको उनीहरूको भनाइ छ। , महामारीको जोखिमपूर्ण अवस्थामा घाटा खाएर पनि उत्पादनलाई निरन्तरता दिएको र सरकारलाई समेत सहयोग गरेको सिटामोल उत्पादक प्रज्वलजंग पाण्डे बताउँछन्। , नेपाल औषधि उत्पादक संघका अध्यक्षसमेत रहेका पाण्डेले महामारीमा सरकारलाई चालीस लाख बढीको सिटामोल निःशुल्क उपलब्ध गराएको दावी गरे। बजारमा हल्ला भएजस्तो चरम अभाव भने हुन नदिएको उनको भनाइ छ।, 'हामी घाटा खाएर भए पनि उत्पादन गरिरहेका छौं। सरकारसँग समन्वय गरेर अभाव भएको ठाउँमा पुर्याइरहेका छौं। भारतबाट पनि आयात नभएकाले अभाव बढेको हो,' पाण्डेले भने। , सरकारले २०६४ सालमा पारासिटामोल, जीवनजल लगायत विभिन्न २१ प्रकारका औषधिको अधिकतम मूल्य निर्धारण गरेको थियो। २०७२ सालमा पनि थप ९६ औषधिको मूल्य समायोजन भएको थियो। तोकेको अधिकतम मूल्यअनुसार सिटामोल प्रतिट्याब्लेट एक रूपैयाँमा बेच्नुपर्छ। डेढ रूपैयाँ लागत पर्ने सिटामोललाई प्रतिट्याब्लेट एक रूपैयाँमा घाटा खाएर बेच्नु परेको उत्पादकहरूको गुनासो छ। , स्वचालित मूल्य हुनुपर्ने माग आफूहरूले राखे पनि समायोजन नभएको उनीहरू बताउँछन्।, सरकारले पनि अत्यावश्यक औषधिको मूल्य वृद्धि नहोस् भनेर २०७२ सालमा मूल्य पारदर्शी र स्वचालित गराउन स्वास्थ्य मन्त्रालयको परामर्श परिषदले औषधि व्यवस्था विभागलाई कार्यविधि बनाउन निर्देशन दिएको थियो।, सो निर्देशन बमोजिम कार्यविधि तय गरी मन्त्रालयबाट पठाएको थियो। तर कार्यविधि स्वीकृत हुन सकेन। उक्त कार्यविधि विभागमै फर्काइएको विभागका अधिकारीहरू बताउँछन्। सम्बन्धित सरोकारवालाबीच कुरा नमिल्दा कार्यविधि तय हुन नसकेको अधिकारीहरूले बताएका छन्। , अत्यावश्यक औषधि सिटामोल अभाव हुन नदिन सरकारले मूल्य समायोजन गर्नुपर्ने उत्पादकहरूको भनाइ छ। त्यस्तै विदेशबाट कच्चापदार्थ ल्याउँदा सहुलियत दिनुपर्ने उनीहरूको जोड छ। , औषधि व्यवस्था विभागले पनि बजारको अवस्थाबारे बेलाबेला जानकारी लिइरहनुपर्ने औषधि बिक्रेताहरू बताउँछन्। सिटामोल नपाएको अवस्थामा यसको मात्रा भएका अन्य औषधि प्रयोग गर्न सकिन्छ भनेर विभागले सूसुचित गराए केही सहज हुने उनीहरूको भनाइ छ।, औषधि व्यवस्था विभाग सूचना अधिकारी सन्तोष केसी कोभिडका कारण माग अत्यधिक बढेको र उत्पादन घट्नुले बजारमा सिटामोल अभाव रहेको स्वीकार गर्छन्।, 'कच्चापदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेका कारण उत्पादन लागत पनि बढ्न गइ उल्लेख्य उत्पादन गर्न नसकिएको व्यवसायीको गुनासो छ। त्यस्तै भारतबाट पनि सामान्य अवस्थाको जसरी सिटामोल आउन सकेको छैन। भारतमा चर्को मूल्य तिरेर नेपालमा सस्तो बेच्नुपर्ने बाध्यताका कारण ल्याउन समस्या देखिएको छ,' उनले भने। , बजारमा सिटामोल अभाव हुन नदिन आफूले औषधि उत्पादकलाई झक्झकाइरहेको उनी बताउँछन्। मूल्यका सम्बन्धमा देखिएको समस्या समाधानका लागि पनि छलफल गरिरहेको उनले बताए। , 'हामीले निर्धारण गरेको सिटामोलको अधिकतम मूल्य समायोजनका लागि छलफल गरिरहेका छौं। छिट्टै नै वैज्ञानिक ढंगले मूल्य समायोजन गर्ने गरी विभागले पहल गरिरहेको छ,' उनले सेतोपाटीसँग भने। , भारतमा पारासिटामोल महँगो पर्ने भएकाले तस्करीको आशंका समेत गरिएको छ। नेपालमा प्रतिट्याब्लेट एक रूपैयाँ पर्ने सिटामोल भारतमा सवा दुई रूपैयाँसम्म रहेको उल्लेख छ। यसले गर्दा पनि तस्करी हुन सक्ने आशंका गरिएको हो।,
फार्मेसी सञ्चालक भन्छन्- हामीले सिटामोल पाउँदैनौं, बिरामीलाई कसरी दिनु?
|
सेतोपाटी संवाददाता प्रहरीले कोसी राजमार्गबाट २१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गायाँपालिका-८ घर भई इटहरी-४ मा डेरा गरी बस्दै आएका २७ वर्षीय दीपेन्द्र राई र २५ वर्षीया उनकी श्रीमती शर्मिला राई छन्।, प्रदेश-१-०२-०४३ प ८८०४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले इटहरीबाट विराटनगर जाँदै गर्दा पक्राउ गरेको हो।, उनीहरूले मोटरसाइकलमा ह्याप्पी बर्थडे लेखेर र्याप गरेको कार्टुन राखेका थिए। सो कार्टुन जाँच गर्दा २१ किलो गाँजा फेला पारेको थियो।, यो गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले बिहार अररिया जिल्लाका ३० वर्षीय टुनटुन यादवलाई पक्राउ गरेको छ।, मोरङ प्रहरीको सहयोगमा उनलाई विराटनगर-१५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, पक्राउ परेका तिनै जनालाई प्रहरीले लागुऔषध मुद्दामा थुनामा राखेर अनुसन्धान थालेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।, यस्तै, प्रहरीले धरान-१७ बाट २० किलो गाँजा फेला पारेको छ। उक्त गाँजा बेवारिसे अवस्थामा फेला परेको थियो।,
बर्थडे लेखेर र्याप गरिएको कार्टुनभित्र २१ किलो गाँजा फेला, दुई पक्राउ
|
सेतोपाटी संवाददाता कर्तव्य ज्यानमुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका–१ का ३६ वर्षीय अनिलकुमार चौधरी छन्।, उनलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।, २०६९ साल जेठ १७ गते सोही डाउँका १८ वर्षीय अजय चौधरी बेपत्ता भएका थिए। उनको पाँच दिनपछि शव फेला परेको थियो।, कर्तव्य गरी मारेको आरोप लागे पनि चौधरी त्यसयता फरार थिए।, चौधरीलाई बारा जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिई हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए।,
कर्तव्य ज्यानमुद्दाका फरार आरोपी पक्राउ
|
नारायण खड्का खोलाले कार बगाउँदा दाङमा चार जनाको मृत्यु भएको छ। चालक गम्भीर घाइते छन्।, घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार गए राति करिब १० बजेर ५० मिनेटमा बगाएको थियो।, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार खोलाले कार बगाउँदा चार जना महिलाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते छन्।, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले खोलाले कार बगाउँदा घोराही उपमहानगर १३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ३३ वर्षीया राधा कुँवर, सोही ठाउँकी ४३ वर्षीया बिमला केसीको मृत्यु भएको जानकारी दिए।, कारका चालक घोराही १३ का ४३ वर्षीय नरबहादुर पुन गम्भीर घाइते छन्। उनको दायाँ खुट्टा, ढाड र बायाँ हातमा चोट लागेको छ।, खोलाले बगाएकाहरूको शव झन्डै तीन किलोमिटर तल घोराही १७ बेलभार भन्ने ठाउँमा फेला पारिएको छ। उनीहरूमध्ये दुई जना चालकका आफन्त हुन्।, उनीहरू नेपालगञ्जमा सपिङ गरेर फर्कंदै गर्दा खोलामा आएको भेलमा परेका थिए।, शवलाई पोस्टमार्टमका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ। चालकको पनि घोराहीमै उपचार भइरहेको छ।,
खोलाले कार बगाउँदा दाङमा चार जनाको मृत्यु, चालक घाइते
|
एजेन्सी अमेरिकाको टेक्सास राज्यमा गर्भपतनसम्बन्धी कडा कानुन लागू भएको छ।, द न्युयोर्क टाइम्सका अनुसार उक्त कानुन रोक्न परेको मुद्दामा अमेरिकी सर्वोच्च अदालतले कुनै निर्णय नगरेपछि बुधबारदेखि कानुन लागू भएको हो।, रिपब्लिकन गभर्नर भएको टेक्सास राज्यको संसदबाट पारित उक्त कानुनअनुसार छ सातापछिको गर्भपतनलाई प्रतिबन्ध लगाइएको छ। आमाको पेटभित्र रहेको भ्रुणमा मुटुको चाल सुरू भएपछि गर्भपतन गर्न नपाइने कानुनको मुख्य प्रावधान हो। छ साताको आसपासमा भ्रुणमा मुटुको चाल सुरू हुने डाक्टरहरू बताउँछन्।, टेक्सासको कानुनमा भएको छ साताको म्यादमा धेरै महिलाहरूले आफू गर्भवती भएको नै थाहा नपाउने भन्दै उक्त कानुन कार्यान्वयन नगर्न आदेश माग्दै सर्वोच्च अदालतमा मुद्दा हालिएको थियो।, अमेरिकाभरिकै गर्भपतनसम्बन्धी सबैभन्दा कडा कानुन रोक्न सर्वोच्चले आदेश दिने अपेक्षा गरिएको थियो। अदालतले आदेश नदिएपछि यसअघि नै गभर्नरले हस्ताक्षर गरिसकेको कानुन बुधबारदेखि लागू भएको हो। यो विषयमा अदालतले अझै पनि आफ्नो आदेश सुनाउन सक्ने विकल्प भने बाँकी छ।, गर्भपतनका विषयमा अमेरिकी समाजमा ठूलो बहस छ। एकातिर भ्रुणमा मुटुको चाल आइसकेपछि गर्भपतन गर्न नहुने तर्क गर्नेहरू छन् भने अर्कातिर प्रजनन महिलाको अधिकारको विषय भएकाले गर्भपतन स्वेच्छिक हुनु पर्ने तर्क गर्नेहरू छन्।, यसअघि जर्जिया, मिसिसिपी, केन्टुकी र ओहायो राज्यले पनि अल्ट्रासाउन्ड गर्दा मुटुको धड्कन पत्ता लाग्यो भने गर्भपतन गर्न नपाइने कानुन बनाएका थिए। तर अदालतले ती कानुनको कार्यान्वयन रोकिदिएको थियो।, टेक्सासको कानुनले बलात्कार र हाडनाता सम्बन्धबाट बच्चा बस्दा पनि गर्भपतन गर्न पाउने छुट दिएको छैन। गर्भपतन नगरे आमाको ज्यानमा खतरा हुने अवस्थामा भने गर्भपतन गर्न पाइने कानुनमा उल्लेख छ। ,
अमेरिकाको टेक्सासमा लागू भयो गर्भपतनसम्बन्धी कडा कानुन
|
एजेन्सी संयुक्त राष्ट्रसंघले हालै अमेरिकी सैनिक फर्किएको र तालिबान विद्रोहीले सत्ता कब्जा गरेको अफगानिस्तानमा छिट्टै खाद्यान्न संकट हुने चेतावनी दिएको छ।, अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघका ह्युम्यानिटेरियन कोर्डिनेटर रामिज अलाकबारोभले अबको एक महिनामै तीन अफगानमध्ये एक जनाले खान नपाउने अवस्था आउन सक्ने बताएका हुन्। , ‘मानवीय हिसाबले अफगानिस्तानको अवस्था अहिले निकै तनावपूर्ण छ,’ अलाकबारोभले बुधबार भने,‘अहिले पनि देशका आधाभन्दा बढी बालबालिकाले अर्को छाक खानका लागि संघर्ष गरिरहेका छन्।’, अलाकबारोभका अनुसार ३ करोड ८० लाख जनसंख्या भएको अफगानिस्तानमा एक तिहाइ मानिसले अर्को छाक खान पाउने/नपाउने टुंगो हुँदैन। संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले केही साताअघि खाद्यान्न ल्याएर लाखौं मानिसलाई बाँडेको थियो।, विश्व खाद्य कार्यक्रमको डिपोमा रहेको खाद्यान्न सेप्टेम्बर अन्त्यसम्ममा रित्तिने अलाकबारोभको भनाइ छ। त्यसपछि थप खाद्यान्न ल्याउन २० करोड डलर रकम तत्काल चाहिने अलाकबारोभले बताए।, उक्त पैसाको जोहो भने भइसकेको छैन। , २० वर्ष अमेरिकी सेना अफगानिस्तानमा बस्दा ठूलो मात्रामा अन्तर्राष्ट्रिय सहयोग आउँथ्यो। अहिले त्यो क्रम रोकिएको छ।, सत्ता कब्जा गरेका तालिबानहरूले अहिलेसम्म नयाँ सरकार बनाइसकेका छैनन्। उनीहरूले कस्तो सरकार बनाउँछन् र त्यो सरकारलाई कुन-कुन देशले मान्यता दिन्छन् भन्ने कुराले अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानलाई गर्ने सहयोगमा असर पर्नेछ।, अलजजिरा टेलिभिजनका अनुसार दुई साताअघि तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा बजार मूल्य आकासिएको छ। खाद्यान्नको मूल्य ५० र पेट्रोलियम पदार्थको मूल्य ७५ प्रतिशतसम्म बढेको छ। सरकारी कर्मचारीहरूले तलब पाउन सकेका छैनन्। बैंकहरूमा पैसा झिक्ने मानिसहरूको लामो लाइन लागेको छ। केही बैंकहरू अझै बन्द छन्।, तालिबानहरूले सबै बैंक खोल्नेबार बैंकिङ एसोसिएसनका पदाधिकारीहरूसँग कुराकानी गरेका छन्। ,
अफगानिस्तानमा आकासियो बजार मूल्य, खाद्यान्न संकट हुने राष्ट्रसंघको चेतावनी
|
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ।, बोर्डको बुधबार बसेको बैठकले असोज ८ गतेसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।, स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएको छ।, बोर्डले आजै परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ। कोभिड–१९ को सङ्क्रमणका कारण यसअघि दुईपटक स्थगित भएको कक्षा १२ को परीक्षा गत साउन ३१ देखि सञ्चालन गर्ने तयारी गरे पनि कोभिड–१९ को महामारी नियन्त्रण नभएको भन्दै स्थगित गरेको थियो।, परीक्षा आउन एक हप्ता बाँकी हुँदा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगित भएको थियो। कक्षा १२ मा तीन लाख ७२ हजार ३४८ परीक्षार्थीका लागि बोर्डले चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गर्दै होम सेन्टरमा सुरक्षित भएर परीक्षा सञ्चालन गर्ने भएको छ।, यसअघि पनि बोर्डले यसपटक १०० पूर्णाङ्ककै परीक्षा गराउने गरी भौतिक दूरी कायम गर्दै एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। बोर्डले परीक्षा दिने परीक्षार्थीलाई कोभिडविरुद्धको खोप लगाउन आग्रह गरेको छ।, बोर्डले गत वर्ष परीक्षा समय र अङ्क भार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्याङ्कनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा भएको थियो। रासस,
होम सेन्टरबाटै कक्षा १२ को परीक्षा
|
सेतोपाटी संवाददाता पोखरा-२० भलाममा गए राति पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन्। पहिरोले घर पुरिँदा स्थानीय ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी श्रीमती ३५ वर्षीय सुनमाया तामाङको मृत्यु भएको छ भने उनीहरूका ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता भएका छन्। पहिरोले पुरिएर उनीहरूका अर्का छोरा राजकुमार घाइते भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।, यस्तै, पहिरोले पुरिएर पोखरा-११ काहुँभञ्ज्याङका ४२ वर्षीय लक्ष्य नेपालीको पनि मृत्यु भएको छ। पहिरोमा परेर घाइते भएका नेपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिँदा नेपालीकी छोरी सृष्टि नेपाली घाइते भएकी छिन्। उनका दुबै खुट्टा र ढाडमा चोट लागेको छ। नेपालीका श्रीमती र २ छोराको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।, अविरल वर्षाका कारण गए राति पोखरा-३ नदीपुरमा जमिन भासिएको छ। जमिन भासिँदा स्थानीय देउबहादुर पुन, बलबहादुर पुन र छविबहादुर पुनको घरमा क्षति भएको वडा अध्यक्ष रवीन्द्र प्रजुले जानकारी दिए। जमिन भासिँदा सडकमा समेत क्षति पुगेको छ। भासिएको ठाउँमा नगरपालिकाले पुर्ने वडा अध्यक्ष प्रजुले बताए।,
पहिरोमा पुरिएर पोखरामा ३ जनाको मृत्यु, नदीपुरमा भासियो जमिन
|
सेतोपाटी म्याग्दीका सामुदायिक विद्यालयले करिब पाँच महिनापछि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरू गरेका छन्।, कोरोना जोखिमबीच सदरमुकाम बेनी बजारबाहेक ग्रामीण क्षेत्रका ती विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरेका हुन्।, सरकारले अघि सारेको ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेका जनाएका छन्।, ग्रामीण क्षेत्रका विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि निषेधाज्ञा र समुदाय सिल गर्ने ‘स्मार्ट लकडाउन’ अवधारणाको अभ्यास गरेर विद्यालय सञ्चालन भएको हो।, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले संक्रमणको जोखिम र प्रभावको आधारमा विद्यालय सञ्चालन गरिएको जानकारी दिए। , कार्यपालिकाको निर्णयअनुसार १० माविसमेत सबै ३७ विद्यालय खुला गरी भौतिक रूपमा विद्यार्थी बोलाएर अध्ययन/अध्यापन सुरू भएकामा कोरोना देखिएपछि तीन विद्यालय बन्द छन्।, ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून छ। मावि तहका विद्यालयमा १५० जनाको हाराहारीमा विद्यार्थी छन्।, एउटा कक्षाकोठामा २०/२५ बढी विद्यार्थी नभएकाले कोरोनाको सक्रिय संक्रमण नभएको क्षेत्रमा विद्यालय खोल्न उपयुक्त हुने अभिभावकको तर्क छ।, न्यून विद्यार्थी भएको, पातलोबस्ती भएका स्थानका विद्यालय सबै खुला गरे पनि गाउँपालिका केन्द्र रहेका र अलि बढी विद्यार्थीको चाप भएका विद्यालयले भने विद्यार्थीको जोरविबोर रोल नम्बरको आधारमा कक्षा सञ्चालन गरेका छन्। , केही विद्यालयले भिड हुने जनाउँदै बार अनुसार कक्षा चलाएका छन्।, शिक्षक, विद्यार्थी र समुदायमा सङ्क्रमण देखिए बन्द गर्ने र स्वास्थ्यमापदण्डको पूर्ण पालना गराई भौतिक रूपमै विद्यार्थी राखेर पढाइ सुरू गर्न निर्देशन दिएको मङ्गला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए। , ‘विद्यालयमा विद्यार्थी संख्या न्यून छ। समुदायमा कोरोना संक्रमण पनि नभएपछि पढाइ किन बन्द गर्ने ?,’ उनले भने,‘जोखिमको आकलन गरी व्यवस्थापन समितिले स्कुल खुलाउने भनेका हौं।’ , सदरमुकाम बेनीका विद्यालयमा सञ्चालन गरिएको अनलाइन कक्षा प्रभावकारी देखिएको छैन।, गत वैशाख २२ गतेदेखि निषेधाज्ञा भएपछि गाउँका घरफर्केका विद्यार्थी पुनः विद्यालयको सम्पर्कमा आएका छैनन्।, केही अभिभावकको बुझाइमा अनलाइन कक्षा शुल्क उठाउने माध्यममात्र भएको छ। तर केही निजी विद्यालयले भने अनौपचारिक पोशाकका विद्यार्थी बोलाएर पढाउन थालेका छन्। , ‘हामीले भर्चुअलबाट अनलाइन पढाइ गरेका छौं। तर अनलाइन कक्षा भौतिक कक्षाको तुलनामा कम प्रभावकारी देखिएको छ। हाम्रो विद्यालयमा बहुसमुदायबाट विद्यार्थी आउने भएकोले तत्काल भौतिक रूपमा खुल्ने अवस्था छैन,’ सदरमुकामस्थित प्रकाश माविका प्रअ हरिकृष्ण सुवेदीले भने,‘अनलाइन कक्षालाई सकेसम्म प्रभावकारी बनाउने प्रयासमा छौं।’ ,
खुल्न थाले म्याग्दीमा विद्यालय
|
सेतोपाटी संवाददाता पूर्वसचिव श्रीकान्त रेग्मीको निधन भएको छ। , त्रिवि शिक्षण अस्पतालमा उपचाररत् रेग्मीको बिहीबार बिहान निधन भएको हो। , शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार उनी तीन/चार दिनअघि मात्रै अस्पताल भर्ना भएका थिए। , भेन्टिलेटरमा उपचाररत् रेग्मीको ७१ वर्षको उमेरमा बिहीबार बिहान ४ बजे निधन भएको उनले बताए। , ‘स्वास फेर्न गाह्रो भएपछि अस्पताल आइपुग्नुभएको थियो,’ काफ्लेले भने, ‘पिसाब पनि रोकिएको थियो।’ , रेग्मीलाई मधुमेह, दमसँगै मिर्गौलाको पनि समस्या थियो। उनको मिर्गौलाको डायलासिस पनि गरिएको थियो।, उनले आफ्नो अधिकांश समय गृहको शान्ति सुरक्षा र आन्तरिक प्रशासनमा बिताएका थिए। , उनले २०५९ सालमा गृहसचिवबाट राजीनामा दिएका थिए। वरिष्ठताका आधारमा सचिव नियुक्त नभएपछि उनले राजीनामा दिएका थिए।, उनको पार्थिक शरीर शिक्षण अस्पतालमै राखिएको छ। अमेरिकामा रहेका छोराहरूले केही दिन अस्पतालमै शव राखिदिन अनुरोध गरेका छन्।,
पूर्वसचिव श्रीकान्त रेग्मीको निधन
|
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आगामी सातादेखि विद्यालय खुलाउने तयारी गरेको छ।, महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले आउँदो साताको सोमबार वा मंगलबारदेखि विद्यालय खुलाउने गरी तयारी अगाडि बढाइएको जानकारी दिए। , 'हिजो जिल्ला प्रशासन कार्यालयबाट स्थानीय तहले विद्यालय खोल्न सक्ने भन्ने जानकारी आएपछि हामीले महानगरभित्रको आज, भोलि र पर्सिको संक्रमणको अवस्था हेर्छौं र संक्रमण घट्दो क्रममा रहेको पाइए आगामी सातादेखि विद्यालय खोल्न सकिने भनेर निर्णय गर्छौं,' सुवेदीले भने। , महानगरले तीन दिनको संक्रमण अवस्थालाई हेरेर विद्यालय सञ्चालनबारे निर्णय लिने भने पनि संक्रमण दर कति भयो भने विद्यालय सञ्चालन गर्न सकिने भनेर तोकेको छैन। मात्र संक्रमण दर घट्दो क्रममा हुनुपर्ने भनिएको छ। त्यसैले आजदेखि तीन दिन महानगरमा संक्रमण दर घट्दो क्रममा रहे आगामी सातादेखि विद्यालय खुलाउने गरी निर्णय गर्ने महानगरको तयारी छ। , सुवेदीका अनुसार सञ्चालनमा आउने विद्यालयहरूले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए।, साथै, धेरै संख्या रहेका विद्यालयहरूले सिफ्ट अनुसार कक्षा सञ्चालन गर्नुपर्ने भनिएको छ। विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरेको/नगरेको भनेर नियमन गरिने महानगरले जनाएको छ। , उपत्यकाका तीनजनै सिडिओको हिजो (बुधबार) बसेको बैठकले स्थानीय पालिकाहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँगको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने आदेश जारी गरेसँगै महानगरले पनि विद्यालय खुलाउने तयारी गरेको हो।,
काठमाडौंमा आगामी सातादेखि विद्यालय खुलाउने तयारी
|
सेतोपाटी संवाददाता अफगानिस्तनाबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन्।, परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँच जना फर्किएका थिए।, मन्त्रालयका अनुसार काबुलमा उद्धारको पखाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक पहल भइरहेको छ। स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ।, मन्त्रालयले उद्धारका लागि प्रतीक्षारत एवम् अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा आफैँले पनि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ। रासस,
अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए
|
रासस भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ।, आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताए।, सालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा सोमबार भेटिएको उनले बताए।, भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरमा २०५१ सालमा स्थानीय साहित्यप्रेमीहरूले सालिक स्थापना गरेका थिए। पूर्वपश्चिम राजमार्गको चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जोड्ने मेची सहायक राजमार्गको बीचमा सालिक रहेको थियो।, सालिक तोडफोड घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गरेको र दोषी पत्ता लगाएर कडा कानुनी कारबाही गरिदिन प्रहरीमा अनुरोध गरिएको बरालले बताए।, घटनाका विषयमा अनुसन्धान भइरहेको जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले तोडफोड गर्नेहरूको खोजतलास भइरहेको बताए।, ‘सालिक भएको स्थान वरपरका बासिन्दासँग सोधपुछ गरिरहेका छौँ। पहिले पनि तोडफोडको प्रयास भएको भन्ने सुनेका छौँ, समितिका पदाधिकारीहरूबाट पनि जानकारी लिइरहेका छौँ,’ उनले भने।, सालिक तोडफोड भएकामा साहित्यकारहरूले विरोध प्रकट गरेका छन्। साहित्यकार पुण्यप्रसाद खरेलले तोडफोड निन्दनीय कार्य भएको जनाउँदै राष्ट्रिय विभूतिको सालिकमाथिको आक्रमणमा संलग्नमाथि कडा कारबाहीको माग गरेका छन्।, केही वर्षअघि पूर्वीद्वार काँकडभिट्टामा पनि यसरी नै देवकोटाको सालिक तोडफोड हुने गरेको स्मरण गराउँदै साहित्यकार खरेलले अपराधीको खोजी गरेर दण्डित गर्न माग गरेका छन्।,
महाकवि देवकोटाको सालिक तोडफोड
|
रासस श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ।, एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले बताए।, उनकाअनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ।, कम्पनीले अवस्था हेरेर शरदकालीन समयका लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ। उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ।, भैरहवामा कम्तीमा एक उडान गर्नेछ। यो उडान दैनिक या सातामा भन्ने यकिन भइसकेको छैन। नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ।, हाल एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ। एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लन्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ।,
आजदेखि काठमाडौं–कोलम्बो सिधा उडान
|
सेतोपाटी संवाददाता चार महिनापछि पूर्वी नाका काँकडभिट्टामा भारतीय नागरिकको आवतजावत खुकुलो बनाइएको छ।, सोमबारदेखि भारतीय नागरिकलाई खोप कार्ड वा पीसीआर नेगेटिभ रिपोर्टका आधारमा नेपाल प्रवेश गर्न अनुमति दिइएको छ।, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आवश्यकता र औचित्यका आधारमा आजदेखि कोरोना विरुद्धको खोप लगाएको कार्ड र पीसीआर नेगेटिभ रिपोर्ट भएका भारतीय नागरिकलाई नेपाल आउन दिइएको बताए।, ‘केन्द्रबाट लिखित अनुमति आउन बाँकी छ,’ प्रजिअ तिम्सिनाले भने।, यसअघि काँकडभिट्टा नाकामा भारतीयलगायत विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको थियो। सीमावर्ती क्षेत्रका आँखा अस्पतालमा उपचारका लागि मात्र भारतीयलाई आउन दिइएको थियो।, लामो समय नाका बन्द हुँदा व्यापार व्यवसायमा गम्भीर असर परेको भन्दै केही दिनदेखि मेची उद्योग वाणिज्य सङ्घ र होटल व्यवसायी सङ्घले नाका खुलाउन माग गर्दै आएको थियो। व्यवसायीले आइतबार सत्तारुढ नेपाली कांग्रेस पार्टीका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भेटेर नाका खुलाउन पहल गरिदिन भन्दै ज्ञापन पत्र बुझाएका थिए।, काँकडभिट्टा नाका प्रयोग गरेर भारत जाने नेपालीलाई भने पिसिआर नेगेटिभ रिपार्ट र कोरोनाविरूद्धको खोप कार्डका आधारमा पहिल्यैदेखि अनुमति दिँदै आएको थियो। भारतको पश्चिम बङ्गालको सिलिगुढीमा उपचारका लागि र बागडुग्रा विमानस्थल जानका लागि नेपालीले सहज अनुमति पाउँदै आएका थिए।, झापाको काँकडभिट्टाबाहेक अरु नाकाबाट भने आवतजावतमा अझै रोक लगाइएको छ। भद्रपुर, गौरीगञ्ज, कुञ्जिबारी, टाघनडुब्बा र केचना नाका बन्द अवस्थामा रहेको छ। रासस,
चार महिनापछि खुल्यो काँकडभिट्टा नाका
|
सेतोपाटी संवाददाता सेग्ले लमजुङ मर्स्याङ्दी गाउँपालिका–९ को घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ।, आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गए राति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए।, ‘आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे। त्यही समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ। बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर फर्किएका थिए,’ उनले भने।, ढुङ्गामाटाका गारो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर जलेर नष्ट भएको छ। घरभित्र रहेका केही पनि सामान निकाल्न नभ्याएको प्रहरीले जनाएको छ। त्यहाँका घरहरू पनि टाढाटाढा छन्।, प्रहरीले ढिलो खबर भएकाले समयमै पुग्न नसकेको बताएको छ। के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भइ नसकेको प्रहरी हवल्दार गुरुङको भनाइ छ।, धर्मराज पूर्वगोरखा सैनिक रहेका स्थानीयको भनाइ छ।,
घरमा आगलागी हुँदा जलेर श्रीमान्-श्रीमतीको मृत्यु
|
सेतोपाटी जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसिएमसी) ले हुम्ला जिल्लाका सात वटै गाउँपालिकालाई अनुकूलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ।, सोमबार बसेको बैठकले कोभिडको संक्रमण घटदै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।, उनले कोभिड संक्रमण कम हुँदै गइरहेको र सबैतिरबाट विद्यालय खुलाउनुपर्ने माग आएकाले केन्द्रको बैठकले विद्यालय खुलाउन दिने निर्णय गरेको बताए। , जिल्लाका सात वटै गाउँपालिकालाई विद्यालय सञ्चालनका लागि निर्देशन दिने र अवस्था हेरी गाउँपालिकाले विद्यालय सञ्चालनको लागि सहज गराउने छ।, गाउँपालिकाले विद्यालय खुलाउँदा अवस्था हेरी स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गराउनाका साथै त्यसैअनुरूपको वातावरणका तयार गरेर मात्र विद्यालय सञ्चालन गराउनुपर्ने कोभिड- १९ व्यवस्थापन केन्द्रका संयोजक आचार्यले बताए।, ती गाउँपालिकामा १३७ सामुदायिक विद्यालयका साथै केही निजी विद्यालय पनि छन्। यसअघि ताँजाकोट गाउँपालिकाका सबै विद्यालय र नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीका दुई गाउँमा भने कोरोनाको जोखिममा पनि विद्यालयहरू सञ्चालन हुँदै आएका थिए। ,रासस,
कोभिडको अवस्था हेरी हुम्लामा विद्यालय खुलाइने
|
नारायण खड्का दाङमा थारू समुदायका महिलाहरूले श्रीकृष्ण जन्माष्टमी पर्व उल्लासपूर्वक मनाएका छन्।, भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा यो पर्व पर्ने हुँदा थारु भाषामा यसलाई ‘अष्टिम्की’ भन्ने गरिन्छ।, अघिल्लो दिन किशोरीहरू राम्रो श्रीमान पाउँ भन्नका लागि र महिलाहरू श्रीमानको सुस्वास्थ्य तथा दीर्घायूको कामनार्थ दिनभर ब्रत बस्छन्। बेलुका सात बजेदेखि पूजा सुरू हुन्छ। रातभर कृष्ण लिलासम्बन्धी गीत गाउने प्रचलन छ। सबै जना बत्ती बालेर जागराम बस्छन्।, पूजा गरिसकेपछि दही, फलफूल आफ्नो दाजुभाइलाई छुट्याउने प्रचलन छ।, अष्टमीको दोस्रो दिन बिहान थारू समुदायका लागि महत्वपूर्ण दिन हो। रातभरि जाग्राम बसेका महिलाहरू बिहानै उठेर भान्सामा पसेर पकाउन सुरू गर्छन्। उनीहरू सात प्रकारको तरकारी पकाउँछन्। गेडागुडी, सागपातको तरकारी पकाउने प्रचलन छ। अन्य पर्वमा थारु समुदायले माछा मासुलाई महत्व दिने गरेता पनि यो पर्वमा भने सागपातलाई विशेष प्राथमिकता दिने गरिन्छ।, उज्यालो भएसँगै पुनः कृष्णको पूजा सुरू गर्छन्। पूजा सकेपछि मौलिक भेषभूषामा महिलाहरू सजिएर लामबद्ध तरिकाले अष्टिम्की पूजा सामग्रीलाई गाउँको अगुवाको घरतिर लैजान्छन्। पूजा सकेपछि सामूहिक रूपमा सबैजना मिलेर नजिकैको जलाशय, खोला, नदी, तालमा फूलपाती सेलाउन (बगाउन) जान्छन्।, त्यसरी जाँदा उनीहरूले सालको पातको टपरीमा विभिन्न पूजा सामग्रीका साथमा टाउकोमाथि टिलपिल बलिरहेका ‘दीया’ दीयो बोकेर हिँडेका हुन्छन्।, नदी वा खोलामा त्यही बल्दै गरेका दीया उनीहरू बगाउने गर्छन्। सालको टपरीमाथि राखिएका ती दीया त्यसमा पानी नभरिँदासम्म बल्दै बगिरहन्छन्। फूलपाती सेलाएर रमाउँदै पुनः घर फर्किने गर्छन्। , घरमा अग्नि देवताको पूजा (आगोको पूजा)गरी सकेपछि पकाएको मीठा परिकार दाजुभाइको लागि छुट्याएर बर्तालुले खाने गर्छन्। , यो पनि:, थारु समुदायमा कृष्ण अष्टमी पर्वको महत्व,
थारू समुदायले यसरी मनाए श्रीकृष्ण जन्माष्टमी (तस्बिर/भिडिओ)
|
सेतोपाटी अविरल वर्षापछि आएको बाढी र पहिराले खानेपानीको पाइप बगाउँदा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ। , पहिराका कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले खानेपानीको समस्या भएको हो।, देउराली हुप्सेकोट सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेकबहादुर पुलामीले बाढी तथा पहिराले खानेपानीको मुख्य मूल गिरुबारी खोला, बेतही खोला, सोती खोला र पत्थर खोलाको मुहानमा २० भन्दा धेरै ठाउँमा पहिराले असर पुर्याउँदा खानेपानीको समस्या भएको बताए।, ‘पहिराले खानेपानीको मुहानमा असर पुर्याएको छ’, पुलामीले भने, ‘बाढीले खानेपानीको मुहान बितही खोला, पत्थर खोला र झ्यालबासमा गरी करिब दुई किलोमिटर पाइप नै बगाएको छ।’, अहिले खानेपानी वितरण पूर्णरूपमा बन्द भएको भन्दै अध्यक्ष पुलामीले विकल्पमा तीन वटा ट्याङ्करबाट पानी ल्याएर वितरण गरिएको भए पनि पर्याप्त हुन नसकेको बताए। , पानीको आपूर्ति पूर्णरूपमा बन्द भएपछि गाउँपालिकाको विभिन्न वडामा तीन हजार घरधुरीका १५ हजार जनसङ्ख्या प्रत्यक्ष प्रभावित भएको पुलामीले बताए।, मौसममा सुधार नआएसम्म खानेपानी वितरण सहज बनाउन नसकिने उनको भनाइ छ।, विगतमा खानेपानीको पाइपलाइन विस्तार नहुँदा स्थानीयले खोला तथा चुवाडी (मूल निस्किएको ठाउँ) को पानी प्रयोग गर्ने गरेका भए पनि बिहीबार आएको बाढीपहिराले चुवाडीको पानी प्रयोग गर्न नमिल्ने गरी क्षति पुगेको स्थानीयको भनाइ छ।, हुनेखाने र बजार नजिक घर हुनेले बजारमा गएर बोतल तथा जारको पानी किनेर प्रयोग गर्ने गरेका उल्लेख गर्दै स्थानीय ओमबहादुर फाल मगरले आर्थिक अवस्था कमजोर हुने आकाशको पानी जम्मा गरेर खान बाध्य भएको बताए।, असारमा आएको बाढीले पानी वितरण गरिएको पाइमा क्षति पुर्याउँदा नियमित हुन नसकेको खानेपानी आपूर्ति भदौ १० गते आएको बाढीपहिराका कारण पूर्णरूपमा अवरूद्ध भएको मगरको भनाइ छ। ,रासस,
बाढीले पाइप बगाउँदा पानीको हाहाकार
|
सेतोपाटी महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमा नाकाबाट १७ महिनापछि आवतजावत सञ्चालन भएको छ।, कोभिड-१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको छ।, गत शुक्रबार, शनिबार र आइतबार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करिब सय जनाले सीमा नाकामा धर्ना बसेपछि सो नाका भएर सोमबारदेखि सर्वसाधारणको आवतजावत खुला गरिएको वडाध्यक्ष पाण्डेले बताए।, सो नाकाबाट मालबाहक ट्रक, टिपरलगायत साधन बन्दाबन्दीको बेला पनि निर्वाध रूपमा आवातजावत गरेका थिए। तर पैदल यात्रुलाई भने रोकिएको थियो।, भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरू पाँच सय मिटर टाढा वन र खोल्सीको बाटो हुँदै नेपाल-भारत आउजाउ गरिरहेका थिए।, मुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण खुसी भएका छन्। सो नाकाबाट पैदल आवागमन सुरू भए पनि सवारी साधन अझै सञ्चालन भएको छैन। मालबाहक गाडीहरू पहिलेझैं आउजाउ गरिरहेका छन्। ,रासस, ,
सत्र महिनापछि सीमा नाकाबाट आवतजावत
|
खिलानाथ ढकाल मेलम्ची खानेपानी आयोजना मर्मत गर्न अढाइ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ। , मेलम्ची खानेपानी आयोजनाले अस्थायी रूपमा काठमाडौंमा पानी झार्न अढाइ अर्ब खर्च लाग्ने कार्ययोजना खानेपानी मन्त्रालयमा पेश गरेको हो। , हालै पेश गरिएको कार्ययोजनामा तीव्र गतिमा काम गरे चैत महिनासम्ममा अस्थायी रूपमा पानी झार्न सकिने उल्लेख छ। , त्यसका लागि मेलम्ची खानेपानी आयोजनामा रहेका दुइटा अस्थायी सुरुङ मर्मत गर्नुपर्ने, हेडवर्क्स मर्मत, मोटरेबल पुल मर्मतलगायत छन्। , मेलम्ची खानेपानी आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्रप्रसाद पन्तका अनुसार सडक विभाग र नेपाली सेना समेतको सहयोग लिएर काम गरे चैतसम्ममा अस्थायी रूपमा पानी काठमाडौं झार्न सकिन्छ। , ‘हामीले कार्ययोजना पेश गर्दा मुख्य-मुख्य क्षतिको विवरण उल्लेख गरेका छौं, बाढीले अकल्पनीय क्षति गरेका कारण मर्मतको लागत बढ्न पनि सक्छ,’ उनले भने। , उनका अनुसार अस्थायी रूपमा बनाइएको हेडवर्क्सको दसदेखि पन्ध्र मिटर क्षेत्रमा मेलम्ची नदीले बालुवा-गिट्टी, लेदो थुपारेको छ। हेडवर्क्सलाई मर्मत गरेर चलाउन सकिन्छ भन्ने अनुमानका आधारमा कार्ययोजना पेश गरिएको छ।, ‘तर, नयाँ बनाउनुपर्ने वा अस्थायी रूपमा अर्को ठाउँमा बनाउनुपर्ने भयो भने पनि लागत बढ्ने र समय बढी लाग्ने हुन सक्छ,’ पन्तले सेतोपाटीसँग भने। , उनका अनुसार मेलम्चीको मुख्य सुरुङमा क्षति भएको छैन। तर, अम्बाथानको २९८ मिटर लामो अस्थायी सुरुङमा लेदो थुप्रिएको छ। त्यसलाई सफा गर्नुपर्ने भएको छ। , त्यसैगरी, २१० मिटर लामो हेडवर्क्स र डाइभर्सनबीचको अस्थायी सुरुङमा पनि लेदो थुप्रिएको छ। त्यसलाई सफा र मर्मत गरेर सञ्चालन गर्न सकिने कार्ययोजना छ। , यसैगरी, मेलम्ची छिर्ने मुख्य प्रवेश मार्गमा तीन वटा पुल, अम्बाथान र त्यसभन्दा पारिपट्टि अर्को गरेर पाँच वटा अस्थायी पुल निर्माण गर्नुपर्ने भएको छ। , मेलम्चीमा आएको बाढीले पहिले भएका चार वटा मोटरेबल पुल बगाइदिएको छ। , ‘मोटरेबल पुल बनाउन र नदी किनारमा थुप्रिएको बालुवा-गिट्टी सफा गर्न नेपाली सेनासहित सडक विभागको सहायताको अपेक्षा गरिएको छ,’ पन्तले भने। , मेलम्ची बजारदेखि हेडवर्क्ससम्म पुग्ने करिब पाँच किलोमिटर सडक नयाँ निर्माण गर्नुपर्ने भएको छ। , ‘यी मुख्य क्षतिलाई विश्लेषण गरी हामीले कार्ययोजना पेश गरेका छौं,’ पन्तले भने। , उनका अनुसार अस्थायी सुरुङ कति टालिएको छ, गेटहरूमा कति क्षति भएको छ भन्ने आकलन पनि कार्ययोजनामा छ। , अहिले मेलम्ची बजारदेखि माथि बिजुली नभएका कारण नयाँ पोलहरू गाडेर बिजुली लैजानुपर्ने वा त्यही सोलार प्यानल जडान गर्नुपर्नेबारे अवस्था रहेको पन्तले बताए। , कार्ययोजनामा मेलम्चीलाई अस्थायी रूपमा सञ्चालन गर्ने भन्ने मात्र छ। तर, मेलम्चीको मुहानमा रहेको हिमपहिरोले थुपारेको थेग्रिनीको जोखिमबारे भने कार्ययोजनामा उल्लेख छैन। , यसबारे अलग्गै अध्ययन गर्नुपर्ने भएकाले कार्ययोजनामा नराखिएको आयोजनाको भनाइ छ। अर्को साल वर्षामा पुन: थेग्रिनी बगेर आए मेलम्चीलाई क्षति गर्न सक्ने छ।, गत असार १ गते पहिलोपटक मेलम्ची नदीमा बाढी आउँदा हेडवर्क्स, अस्थायी सुरुङमा क्षति हुनुका साथै बाढीले पुलहरू बगाएको थियो।, एडिबीको टिओआर स्वीकृत गरिँदै, खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको माथिल्लो भाग थ्रेमाथाङमा रहेको थेग्रिनी र त्यसले मेलम्चीमा पार्नसक्ने स्थितिको समग्र भौगर्भिक अध्ययन गर्न एसियाली विकास बैंक (एडिबी)लाई लगाउने भएको छ।, खानेपानी मन्त्रालयले साउनमा एडिबीलाई पत्र लेख्दै अध्ययन गरिदिन अनुरोध गरेको थियो।, खानेपानी मन्त्रालयका अनुसार एडिबीले के-के काम गर्ने भनी टिओआर पठाएको छ। सोबारे मन्त्रालयमा छलफल भइरहेको मन्त्रालयका प्रवक्ता सहसचिव रमेश न्यौपानेले बताए।, ‘एडिबीले पठाएको टिओआरबारे छलफल भइरहेको छ, के-के गर्ने भनी टुंगो लगाएपछि एडिबीले आफ्नो विशेषज्ञ टोली पठाउने छ,’ न्यौपानेले भने।, हाल थ्रेमाथाङको भौगर्भिक अवस्थाबारे इसिमोडलगायत संस्थाले आ-आफ्नो हिसाबले अध्ययन गरिरहेका छन्। तर, खानेपानी मन्त्रालयले भने एडिबीबाटै अध्ययन गराउने न्यौपानेले बताए।, हेलम्बु गाउँपालिकाका अध्यक्ष भन्छन् : भ्रेमाथाङ बग्न रोक्नुस्, मेलम्चीको पानी दसैँमा पठाउँछौँ!, तिर्खाएको काठमाडौंले अब मेलम्चीको विकल्प खोज्नुपर्ने,
अढाइ अर्ब खर्चेर चैतसम्ममा पानी काठमाडौं झार्ने यस्तो छ मेलम्चीको कार्ययोजना
|
सेतोपाटी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २६ औं सम्मेलन (कोप-२६) मा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले तुलनात्मक रूपमा बढी असर पारेकोलगायत मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।, सम्मेलनमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरले समग्र हिमाली अर्थतन्त्र र सो क्षेत्रको पारिस्थितिकीय प्रणालीका साथै तल्लो तटीय क्षेत्रका पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव नेपालको प्राथमिकताको विषय हुनेछ।, नेपालको संवेदनशील भू-बनोटका कारण जलवायु परिवर्तनको जोखिम पनि बढ्दो छ।, विश्व तापमानमा एक डिग्री सेल्सियस वृद्धि हुँदा नेपालको हिमाली क्षेत्रमा त्यसको असर एक दशमलव आठ डिग्री तापक्रमसम्म बढेको पछिल्लो अध्ययनले देखाएको छ।, कोप-२६ आगामी कात्तिक १५ देखि २६ गतेसम्म (नोभेम्बर १ देखि १२ सम्म) संयुक्त अधिराज्यको ग्लास्गोमा हुँदैछ।, सम्मेलनमा नेपालले जलवायुजन्य हानीनोक्सानी, राष्ट्रिय योगदान प्रतिबद्धता (एनडिसी) प्रतिवेदन कार्यान्वयनका लागि स्रोतको खोजी, कार्बन वित्तलगायत विषयमा सशक्त रूपमा आवाज उठाउने तयारी गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।, सम्मेलनको तयारीका लागि मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी सरकारी तथा गैरसरकारी बहुपक्षीय बहुसरोकारवाला विज्ञसहितको सहभागितामा विभिन्न १० समूहमा छलफल गरी सुझाव संकलन गरिरहेको छ।, समूहबाट प्राप्त प्रतिवेदनका सुझाव समेटेर राष्ट्रियस्तरमा छलफल गरी सम्मेलनमा प्रस्तुत गर्ने अवधारणापत्र (स्टाटस पेपर) तयार गरिने मन्त्रालयका सचिव पेमनाराययण कँडेलले जानकारी दिए।, सन् २०१५ मा भएको पेरिस सम्झौताको सन् २०५० सम्ममा हरित ग्यास उत्सर्जन शून्यमा पुर्याउने रोडम्याप कार्यान्वयन गर्न विश्वका विभिन्न मुलुकसँगै नेपालले पनि आफ्नो एनडिसी प्रतिवेदन पेश गरिसकेको छ।, प्रतिवेदन कार्यान्वयनका लागि आवश्यक पर्ने स्रोतको विषय पनि सम्मेलनको प्राथमिकतामा पर्ने उनले बताए।, पेरिस सम्झौतामा मुख्य गरी सन् २०५० सम्म हरित ग्यास उत्सर्जन शून्यमा पुर्याउने प्रतिबद्धताका साथै र विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियसमा सीमित गर्ने तथा २.० डिग्री सेल्सियस भन्दा बढ्न नदिने सहमति भएको थियो। , सो रोडम्यापअनुसार नेपाल प्रतिबद्ध छ भनेर मन्त्रालयले रणनीतिक योजनासहित प्रतिवेदन पेस गरेको छ। प्रतिवेदनले नेपालले एनडिसी कार्यान्वयनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवश्यक के कस्तो सहयोग आवश्यक पर्छ भन्ने पनि देखाएको छ। सचिव कँडेल भने, ‘एनडिसी कार्यान्वयन गर्न नेपाललाई २५ विलियन अमेरिकी डलर चाहिन्छ। यो कार्बन न्यूनीकरणको योजना पनि हो।’, मन्त्रालयले जलवायुजन्य परिवर्तनबाट नेपालको संवेदनशीलता तथा जोखिम बारेमा पनि रणनीतिक प्रतिवेदन तयार गरिरहेको छ।, जलवायुजन्य हानी नोक्सानीसम्बन्धी प्रतिवेदनअनुसार सन् १९७१ देखि २०१९ सम्मको तथ्यांक हेर्दा ६२७ जना प्रतिवर्ष जलवायुजन्य प्रकोपका कारण मृत्यु हुने गरेको छ। , त्यस्तै, औसत वार्षिक रु तीन अर्ब भन्दा बढी भौतिक क्षति हुने गरेको मन्त्रालयको तथ्याङ्क छ।, सन् २०१७ मा रु सात अर्बको हानीनोक्सानी भएको थियो भने यो वर्ष पनि धेरै क्षति भएको र अध्ययनकै क्रममा रहेको मन्त्रालयले जनाएको छ।, उच्चस्तरीय टोली सहभागी हुने, मन्त्रायलले अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सम्मेलनमा उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने तयारी गरिरहेको छ।, प्रधानमन्त्री देउवाले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नोभेम्बर १ देखि २ सम्म आयोजना गर्ने ग्लोबल लिडर समिटमा सहभागिता जनाउने बताइएको छ। समिटमा विश्वका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको सहभागिता हुनेछ।, त्यसमा प्रधानमन्त्रीको सम्बोधन हुने र नेपालले उठाउने विषयका बारेमा पनि मन्त्रालयले गृहकार्य गरिरहेको अवगत गराउँदै सचिव कँडेलले नेपालका तर्फबाट उच्चस्तरीय सहभागिता हुने कुराले आफूहरू उत्साही भएको बताए।, ‘यो पटकको तयारी प्रभावकारी भएको र उच्चस्तरीय सहभागिताले सम्मेलनमा नेपालको उपस्थिति थप सशक्त हुने विश्वास लिएका छौं।’ , उनले भने, ‘यसबाहेक हरित ग्यास उत्सर्जनमा न्यून भूमिका भए पनि नेपाल जलवायु परिवर्तनका असरबाट सबभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको छ। यो मुद्दा नेपालले सदैव अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउँदै आएको छ।’, यस पटकको सम्मेलन नेपाललगायत विश्वमै सिर्जित जलवायु परिवर्तनका नयाँ र अति प्रभावशाली घटनाका कारण पनि छलफलका लागि महत्वपूर्ण हने मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाकी प्रमुख डा राधा वाग्लेले बताइन्।, हरेक वर्ष हुँदै आएको यस्तो सम्मेलन गतवर्ष कोभिड-१९ का कारण हुन नसकेको, पेरिस सम्झौताको पाँच वर्षभित्र गर्नुपर्ने विषयका लागि र यस क्षेत्रको वैज्ञानिक निकाय ‘इन्टरनेसनल गभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ (आइपिसिसी) को पछिल्लो प्रतिवदेनले औंल्याएका विषयका बारेमा छलफल गर्न यस पटकको सम्मेलन महत्वपूर्ण हुने उनको भनाइ छ।, समुद्र तटीय क्षेत्रको मुद्दा जस्तै हिमाली क्षेत्रको मुद्दा पनि नेपालजस्ता देशका लागि महत्वपूर्ण छ। आइपिसिसी प्रतिवेदनले हिमालको सतह पनि घटेको र हिमाल पग्लिने क्रम बढ्दो रहेको देखाएको छ।, सन् १९७० देखि यो अवस्था जारी रहेको र यो शताब्दीभरि नै यो क्रम भइरहने प्रतिवेदनमा उल्लेख छ।, आइपिसीसीले जलवायु परिवर्तनका क्षेत्रमा खतराको घण्टी बजेको सन्देश दिएको छ।, पेरिस सम्झौताअनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियसमा सीमित राख्न धेरै चुनौती छन्।, विभिन्न देशले बुझाएका एनडिसी प्रतिवेदनमा पनि यो विषय कायम राख्ने कुरामा अझै शंका रहेको छ।, यसबाहेक अहिले नेपालसहित विश्वमा नै जलवायुका अति परिदृश्यका घटना भएका छन्। नेपालले पनि यस वर्षायाममा नसोचेको बाढी पहिरालगायत विपद्को सामना गर्नुपरेको र त्यसले ठूलो जनधनको क्षति भएको थियो।, उनले भने, ‘अहिले जलवायुजन्य हानीनोक्सानी बढ्दो छ। अब यी घटना अनुकूलनभन्दा पनि भिन्न भएका छन्। त्यसलाई पनि सम्बोधन गर्न वित्त आवश्यक देखिएको विषय सम्मेलनमा वार्ता गरेर क्षति न्यूनीकरण र क्षतिपूर्तिको व्यवस्थाका लागि पनि यो पटकको सम्मेलन उपयुक्त हुनेछ।’, मन्त्रालयले मुख्य सम्मेलनसँगै साइड इभेन्ट र वार्ताका लागि तयारी गरिरहेको जनाएको छ। यसका साथै राष्ट्रिय अनुकूलन योजना बनाउने काम अन्तिम चरणमा पुगेको बताउँदै महाशाखा प्रमुख वाग्लेले आफू महाशाखामा आएपछि एनडिसी, थर्ड नेसनल कम्युनिकेसन (टिएनसी), टेक्नोलोजिकल निड एसेसमेन्ट (टिएनएस), लैंगिक तथा सामाजिक समावेशीकरण रणनीति र कार्ययोजनालगायत आवश्यक प्रतिवेदन तथा दस्तावेज बनाउने र पेश गर्ने काम भएको जानकारी दिइन्। ,रासस,
कोप-२६: हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर नेपालको प्राथमिक मुद्दा
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार बिहान ६ बजेबाट उठ्ने भएको छ।, मंगलबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायको बैठकले यस्तो निर्णय गरेको हो। , ‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘हामीले गर्न सक्ने स्थानीयका समस्या भए हामी समाधान गर्छौ। हामीले समाधान गर्न नसक्ने समस्या भए हामी सम्वन्धित निकायसँग समाधानका लागि पहल गर्छौं। तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन।’ , उनले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिए। , ‘सिसडोलमा फोहोर व्यवस्थापनको काम २०६२ सालदेखि हुँदै आएको छ। त्यसको सबै जिम्मेवारी शहरी विकास मन्त्रालयको हो। काठमाडौं महानगरपालिकाको जिम्मेवारी भनेको त्यहाँ लगेर फोहोर व्यवस्थापन गर्ने मात्रै हो,’ शाक्यले भने, ‘अहिले पनि हामीले प्रधानमन्त्री र विभिन्न निकायसँग फाहोर व्यवस्थापनका लागि सहयोगको अपील गर्दै आएका छौँ ।’, शाक्यले स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिए। , काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौं महानगरपालिकाका प्रमुखको संयोजकत्वमा बसेको बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको बताए।, ‘बैठकले मोटामोटी तीन–चार वटा निर्णय गरेको छ,’ पराजुलीले भने, ‘पहिलो निर्णय नै काठमाडौँ उपत्यकाको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठाउने भयो ।’, पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने चेतावनी दिए।, ‘फोहोर नगरपालिकाले उठाउँछ। स्थानीय स–साना विषय भए त्यो महानगरपालिकाले समन्वय गर्छ,’ पराजुलीले भने, ‘मैले प्रहरीलाई स्पष्ट आदेश दिएको छु। उहाँहरुको स्थानीय समस्या भए लेखेर दिनुहोला। कसले सम्वोधन गर्ने हो छलफल गरेर अघि बढ्छौं। तर, अवरोध गर्ने भन्ने हुन्न। हामी सकेसम्म सम्झाइ–बुझाई गरेर शान्ति सुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्छौ। भएन भने बल प्रयोगको नियम प्रयोग गरेर भए पनि व्यवस्थापन गर्छौ।’, काठमाडौंका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले पनि सकेसम्म शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने बताए। , बैठकमा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले महानगरपालिकासँग समन्वय गरेर अघि बढ्ने बताए। काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले सोमबार प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गरी फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए।,
काठमाडौंको फोहोर भोलिबाट उठ्ने
|
नारायण खड्का राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बिनोदसिंहलाई मोसो दलेको आरोपमा चार जना पक्राउ परेका छन्।, उनीहरुमध्ये दुई जनालाई दुई दिन अगाडि प्रहरीले घोराहीको रतनपुरबाट पक्राउ गरेको थियो।, नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको भनिएका अनेरास्वबियु जिल्ला संयोजक सर्जन परियार भने मंगलबार प्रहरीसमक्ष आफै उपस्थित भएका छन्। मंगलबार मध्यान्हः १२ बजेतिर सामाजिक सञ्जालमा 'स्ट्याटस' लेख्दै परियारले कानुनलाई सहयोग गर्ने उद्देश्यले आफू स्वयम् प्रहरीकोमा गएको उल्लेख गरे।,
,
परियारले न्यायको पक्षमा, अन्याय र झुटा मुद्दाको बिरुद्धमा हिरासतभित्रै भोक हडताल गर्ने घोषणा पनि गरेका छन्।जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार मेसु सिंहलाई कार्यकक्षमै मोसो दल्ने डिल्ली डाँगी र अनेरास्वबियुका जिल्ला सहसंयोजक दिवश क्षेत्रीसहित दुई जना दुई दिन अगाडि नै पक्राउ परेका थिए।,
,
‘मोसो दलिदिने मुख्य व्यक्ति डाँगी हुन् र डाँगीलाई नै हामीले पक्राउ गरिसकेपछि अरु पनि प्रहरी सम्पर्कमा नआई सुख नै छैन,’ एपपी काफ्लेले भने। तर, पीडित मेसु सिंहले घटना भएको केही बेरपछि सेतोपाटीसँग कुराकानी गर्दै परियारले नै आफूलाई मोसो दलेको बताएका थिए । , एसपी काफ्लेले घटनामा संलग्नमध्ये तीन जना मात्रै पक्राउ परेको र अरु फरार रहेको बताए पनि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने हालसम्म चार जना पक्राउ परेको स्पष्ट पारे। , ‘दुई जनालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो र आज थप दुई जना प्रहरीसमक्ष आफै आएका हुन्’ प्रजिअ कुरुम्बाङले भने ‘अब घटनामा संलग्न अरु दुई जना फरार छन्।’ , तर, एसपी काफ्लेले भने घटनामा दश जना जतिको संलग्नता देखिएको र अरु सबै फरार रहेको जानकारी दिए। मोसो दल्ने घटनामा संलग्न सबैबिरुद्ध स्वास्थ्यकर्मीको सुरक्षा सम्वन्धी अध्यादेश २०७८ अनुसार मुद्दा दायर गरिएको प्रजिअ कुरुम्बाङले बताए। जसमा बढीमा १ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ। ‘यो मुद्दा मकहाँ आउने छ,’ प्रजिअ कुरुम्बाङले भने ‘ केशको अवस्था हेर्दा कम्तिमा ५/६ महिनादेखि १ वर्षसम्म जेल सजाय हुने खालको छ।’, अब काममा फर्कन्छौं – स्वास्थ्यकर्मी ,
घटनाका योजनाकार मानिएका मुख्य व्यक्ति आफै प्रहरीमा पुगेपछि शनिबारदेखि काम रोकेर सडक संघर्ष गर्दै आएका जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अब काममा फर्किने भएका छन्।,
,
कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले आन्दोलन रोकेर काममा फर्किने निर्णय भएको बताए। ‘अब आन्दोलनका कार्यक्रम रोकेर काममा फर्किने निर्णय गरेका छौं,’ वलीले भने। मेसु सिंहलाई कार्यकक्षमै मोसो दलिएपछि जिल्लाका सम्पूर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु काम रोकेर आन्दोलनमा उत्रिएका थिए।, उनीहरुले शनिबार दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका थिए। आइतबार तुलसीपुरमा र सोमबार घोराहीमा हातमा कालोपट्टी बाँधेर प्लेकार्डसहित नाराबाजी गर्दैै उनीहरु प्रदर्शनमा उत्रिएका थिए। उनीहरुको बुधबार लहमीमा प्रदर्शन गर्ने योजना बनाएका थिए।,
मेसुलाई मोसो प्रकरण- मुख्य आरोपी आफैं पुगे प्रहरीमा, स्वास्थ्यकर्मी काममा फर्किने
|
सेतोपाटी डोटीको केआइसिंह गाउँपालिका-६ भूमिराजमाण्डौंस्थित ‘कालिज बहुउद्देश्यीय फार्म’मा चितुवा पसेर कालिज मारिदिएको छ।, सोही वडाका कर्ण बोहराले व्यवसायिक रूपमा कालिजपालन गरेका थिए।, सोमबार राति पसेको चितुवाले १५० कालिज मारेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए। , जंगलबाट राति फार्ममा पसेको उक्त चितुवाले कालिज मार्न थालेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए।, फार्मभित्र पसेको चितुवालाई स्थानीयबासी तथा प्रहरीको सहयोगमा बिहान धपाइएको थियो।, बिक्रीका लागि तयारी अवस्थामा रहेका कालिज चितुवाले मारेपछि करिब पाँच लाख २५ हजार रूपैयाँ नोक्सानी भएको सञ्चालक कर्ण बोहराले जानकारी दिए।, प्रतिकालिजको मूल्य तीन हजार ५०० रूपैयाँदेखि पाँच हजार रूपैयाँसम्म रहेको जनाइएको छ। , सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्न थालेपछि यहाँका युवा कालिजपालनमा आकर्षित भएका हुँदै गएका छन्। बोगटान फुड्सिलका देवबहादुर बोहराले पहिलो पटक कालिजपालन सुरूआत गरेका थिए। ,रासस,
कालिज फार्ममा चितुवा पसेपछि...
|
नारायण अधिकारी बिहानको ९.२० बजेको थियो। एक वृद्ध अस्पतालमा टिकटको लाइन बस्न नसकेर भरतपुर अस्पताल अगाडि रहेको साझा फार्मेसी नजिकै रहेको चौतारीमा सुस्ताउँदै थिए। उनी बिहान ७.३० बजे अस्पतालमा बहिरंग सेवाको टिकट लिनका लागि आएका थिए। , भरतपुर महानगरपालिका-५ निवासी ७५ वर्षीय चीनबहादुर देउजाले श्रीमतीलाई टिकटको लाइनमा राखेर आफू टिकटको प्रतीक्षामा थिए। उनीसँग कुराकानी हुँदै गर्दा बल्लतल्ल असिनपसिन हुँदै उनकी श्रीमती टिकट लिएर आइन्।, टिकट त पाए तर आजै परीक्षण हुन्छ कि हुँदैन भन्नेमा उनलाई चिन्ता लागिरहेको थियो। हाडजोर्नी र नशाको समस्या लिएर उनी अस्पताल आएका थिए।, उनले भने, ‘पहिले पहिले त टिकट काट्ने ठाउँमा ज्येष्ठ नागरिकका लागि छुट्टै लाइन हुन्थ्यो। अहिले त त्यस्तो रहेनछ।’, ज्येष्ठ नागरिकको लाइन नहुँदा बिहानेखि लाइन बस्नुपरेको उनको गुनासो थियो।, एकातर्फ आफ्नो रोग अर्काेतर्फ कोरोनाको डरकाबीच भिडभाड देखेर उनको मन आत्तिएको थियो।, उनले भने, ‘एउटा रोगको उपचार गर्दा अर्काे रोग लाग्छ कि भन्ने डर लागिरहेको छ।’, देउजा त प्रतिनिधि पात्रमात्रै हुन्। भरतपुर अस्पतालमा परीक्षणका लागि जाने सबैको अवस्था उस्तै छ।, चितवनसहित १९ भन्दा बढी जिल्लाबाट यहाँ उपचारका लागि बिरामी आउने गर्दछन्। सहज टिकट काट्न नपाउँदा बिरामी र उनका आफन्तले कष्ट व्यहोर्दै आउनुपरेको छ।, कोभिडको त्रासमा पनि कुनै स्वास्थ्य मापदण्डबिना नै बिरामी र आफन्तले टिकट काट्नुपरेको छ। कतिपयका आफन्त नभएर बिरामी आफैं आउनु पर्दा झन ठूलो पीडा व्यहोर्नु पर्छ।,
,
अस्पतालमा बिहान ८ बजेदेखि ११ः३० बजेसम्म मात्रै बहिरंग सेवाको टिकट पाइन्छ। टिकटका लागि छोटो समय दिइएका कारण एउटै समयमा भिडभाड हुने गर्दछ।, भिड हुने भएपछि बिरामी बिहान ६ बजेदेखि नै लाइनमा बस्ने गर्दछन्। गैंडाकोटबाट उपचारका लागि आएका झलक शर्मा लाइनमा बस्दाको सास्ती सुनाउँदै थिए।, उनले भने, ‘अस्पतालमा टिकट काट्नै सास्ती छ। टिकट काट्ने समयमा जनशक्ति बढाएर छिटो गर्नुपर्यो।’, बिहान देखिएको दृश्य हेर्दा अस्पतालमा कुनै हाटबजार लागे जस्तो देख्न सकिन्थ्यो। बहिरंग सेवाबाट उपचार लिन आउने बिरामीको लाइन लामो देख्न सकिन्थ्यो। त्यतिमात्रै नभएर टिकट काउण्टर अगाडिको खाली ठाउँमा खचाखच भिडभाडले गर्दा बिरामी एउटा रोगको उपचार गर्न आउदा अर्को रोग सारेर जाने हुन कि भन्ने डर बढेको उनले बताए।, भरतपुर महानगरपालिका–९ का विजङग भट्टले अस्पतालको कमजोरीका कारण टिकट काउण्टरमा भिड बढेको बताए।, उनले भने, ‘स्रोतसाधनको उपभोग गरेर टिकट काउण्टरमा भिडभाड बनाउनुभएन। चिकित्सक पनि समयमा आएर बिरामी परीक्षण गरिदिनु पर्यो।’, समयमा टिकट काटे पनि ११ बजे चिकित्सक आउने हुँदा कुरेर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो।, उनले भने, ‘टिकट काट्न लाइन बस्नुपर्यो। अनि चिकित्सक समयमा आउँदैनन्। बिरामीको समस्या कस्ले बुझ्छ ?’, गितानगरबाट उपचारका लागि आएका वसन्तबहादुर थापाले अस्पतालको टिकट काउण्टरदेखि स्वास्थ्य परीक्षण गर्दासम्म भिडभाडमा बस्नुपर्ने बताए। , उनले भने, ‘सरकारको सामाजिक दूरी गाउँघरमा मात्रै हुँदोरहेछ।’, अस्पतालमा स्वास्थ्यको मापदण्ड पालना नभएकोमा उनले गुनासो गरे।, अस्पतालमा कार्यकारी प्रमुख (मेसु) निरन्तर परिवर्तन हुँदा काम हुन नसकेको हो। अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सूचना प्रविधि विभागलाई अनलाइन टिकटका लागि तयारी गर्न भनिएको बताए।, यसैगरी अस्पतालमै सबै रोगको बिरामी आएपछि परीक्षण गरेर सामान्यलाई त्यहीबाट औषधि लेखेर पठाउने र जटिललाई विशेषज्ञकहाँ पठाउने गरी (एमडिजिपी) क्लिनिक सञ्चालन गर्ने भनिएको भए पनि काम हुन नसक्दा समस्या भएको अधिकारीको भनाइ छ।, गएको एक वर्षमा सातौं मेसुको कार्यभार आजबाट डा कृष्ण पौडेलले सम्हालेका छन्। अस्पतालभित्रकै एक चिकित्सकले भने, ‘एक वर्षमा सात पटक स्वागत र ६ पटक बिदाइ कार्यक्रमबाहेक अस्पताल सुधारका कुनै काम हुनसकेन।’, अस्पतालमा दैनिक एक हजार ५०० हाराहारी बहिरङ्ग सेवाका बिरामी आउने गर्दछन् । ,(रासस),
'पहिले त टिकट काट्ने ठाउँमा ज्येष्ठ नागरिकका लागि छुट्टै लाइन हुन्थ्यो'
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप १ हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १२ हजार २२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ११७ जनाको पिसिआर र ३ हजार १०५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, १ हजार ७८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ।, हाल सक्रिय संक्रमित ३५ हजार ५९१ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.९ प्रतिशत रहेको छ।, यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५६४ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन्।, , ,
थपिए १ हजार ६६४ संक्रमित, निको भए १ हजार ७८६
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ५६४ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन्।, यस्तै काठमडौं उपत्यकामा ९०३८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५४९१, ललितपुरमा २१९६ र भक्तपुरमा १३५१ सक्रिय संक्रमित छन्।, २४ घण्टामा थप १ हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १२ हजार २२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ११७ जनाको पिसिआर र ३ हजार १०५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, १ हजार ७८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ।, हाल सक्रिय संक्रमित ३५ हजार ५९१ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.९ प्रतिशत रहेको छ।, , ,
काठमाडौं उपत्यकामा ५६४ जनालाई संक्रमण
|
सेतोपाटी संवाददाता ९० वर्षदेखि निरन्तर हुँदै आएको विराटनगरको रथयात्रा यसपटक पनि खटयात्रामै सीमित भएको छ। , कोरोना महामारीका कारण गतवर्ष र यसपटक रथयात्राको सट्टा खटयात्रा गरेर परम्परालाई निरन्तरता दिइएको हो। रथयात्राको सानो रुपलाई खटयात्रा भन्ने गरिएको छ। , श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा भब्य रथयात्रा हुने गरेको थियो। यसपटक कोरोना महामारीका कारण भीडभाड नगरी खटयात्रा गरेर परम्परालाई निरन्तरता दिइएको हो।, विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट मंगलबार परम्परागत खटयात्रा निकालेर नगर परिक्रमा गरिएको थियो। खटयात्रामा सीमित भक्तजनहरु सहभागी भएका थिए भने विभिन्न झाँकीसहितका दर्जनौं गाडीहरु रथसँगै परिक्रमा गराइएको थियो।, दक्षिण एशियाकै ठूला मध्येको रथयात्राको रुपमा मानिएको विराटनगरको राधाकृष्ण रथयात्रामा लाखौं भक्तजनहरु सहभागी हुने गरेका थिए। मोरङ, सुनसरी तथा भारतको अररिया जिल्लाबाट रथयात्रा अवलोकनकै लागि ठूलो संख्यामा भक्तजनहरु विराटनगर आउने गरेका थिए। यसपटक कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर रथयात्रा आयोजक समितिले परम्परागत खटयात्रा मात्र गर्ने निर्णय लिएको थियो।, बिक्रम सम्वत् १९८८ मा पहिलो पटक विराटनगरमा राधाकृष्ण मन्दिरबाट खटयात्राको प्रचलन सुरु भएको थियो। राधाकृष्णको मूर्ति खटमा राखेर नगरपरिक्रमा गराउने प्रचलन बिक्रम सम्बत २०२४ सालमा रथयात्रामा परिणत भएको थियो। त्यसयता निरन्तर रथयात्रा हुँदै आएको थियो। , रथयात्रा आयोजक समितिले यो वर्ष रथ परिक्रमा गर्ने रुट विस्तार गरेको छ। पहिले मन्दिरबाट निस्किएको रथ स्थानीय ट्राफिक चोक, महेन्द्रचोक, बरगाछी हुँदै ८ किलोमिटर यात्रा गरी पुनः मन्दिरमा पुर्याइने गरेको थियो। यसपटक भने ट्राफिकचोकदेखि रोडशेषचोकसम्म र रोडशेषचोकदेखि राजवंशी चोक, पुष्पलालचो हुँदै राधाकृष्ण मन्दिरसम्मको झण्डै १६ किलोमिटर दुरीमा खटयात्रा गरिएको छ। आगामी वर्षदेखि यसै रुटमा रथयात्रा सञ्चालन गर्ने तयारी छ।, विराटनगरको रथयात्रालाई प्रदेश नम्बर १ को विशेष धार्मिक कार्यक्रमको रुपमा स्वीकार गर्दै प्रदेश सरकारले रथयात्राका दिन प्रदेश १ का झापा, मोरङ र सुनसरीका तीन जिल्लामा सार्वजनिक बिदा दिने गरेको छ।,
विराटनगरमा रथयात्राको सट्टा खटयात्रा
|
सेतोपाटी संवाददाता हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले कुलेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ।, मंगलबार दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरको फलफूल बजारबाट दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, त्यहाँका एक फलफूल व्यापारीले हुण्डी कारोबार गरिरहेका छन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट टोली खटिएको थियो।, सो टोलीले स्टल नम्बर १८ मा काम गर्ने रामेछाप सुनापाती गाउँपालिका वडा नम्बर १ घर भई काठमाडौंको कालीमाटी डेरा गरी बस्ने २१ वर्षीय रमेश तिमिल्सेनाको झोला चेक गरेको थियो।, सो झोलाबाट प्रहरीले ३० लाख सात हजार रूपैयाँ बरामद गरेको परिसरले जनाएको छ।, साथै काभ्रे चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ घर भई कुलेश्वर बस्ने फलफूल व्यापारी मिनप्रसाद गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, उनीहरू दुबै जना अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
हुण्डी कारोबार गरेको आरोपमा कुलेश्वरबाट ३० लाखसहित दुई पक्राउ
|
सबिना श्रेष्ठ उज्ज्वल विक्रम थापाले भेट्नेबित्तिकै सोधे, 'तिम्रो मुटु कति बलियो छ?', तेजाब र आगोले पोलेका पीडितको उपचारमा थापा सहयोग पुर्याउँछन्। यस्तो काम गर्न र त्यस प्रकारका बिरामी हेर्न मुटु बलियो मात्र होइन, करूणामय पनि हुनुपर्छ।, प्रश्न सोधेपछि औंला मोबाइल स्क्रिनतर्फ दौडाएका उनले यस्तै बिरामीको फोटो देखाउँछन् भन्ने अनुमान लाउन गाह्रो थिएन।, जुम्लादेखि आगोले जलेर उपचारका लागि काठमाडौं आएका बच्चाबारे कुराकानी गर्न उनलाई धेरैपटक सम्पर्क गरेकी थिएँ।, अनुमान गर्दै भने, 'मैले सामाजिक सञ्जालमा ती बालकको फोटो देखेको छु।', सामाजिक सञ्जालमा हालिने फोटा र आफूकहाँ आइपुग्ने पीडितको अवस्थामा धेरै अन्तर हुने बताउँदै थापाले भने, 'मैले देख्दा यस्तो देख्छु।', उनले खिचेको फोटोमा बालकको जिउभन्दा तलको सबै भाग जलेको थियो। सामाजिक सञ्जालमा त खुट्टा काटिएको र ब्यान्डेजले बेरिएको मात्र थियो। उपचार गराउँदा गराउँदै बालकको ज्यान गयो। उनलाई लिएर आएकी आमा मनिता रावत जुम्ला फर्किसकिन्।, ती बालकबारे थापाले नै बेलिविस्तार लगाए। , उज्ज्वल विक्रम थापा, मनिता कोक्रोमा छोरा सुताएर घर सफा गरिरहेकी थिइन्। सानो घरमा आगो–चुलो नजिकै हुन्छ। कोक्रोभन्दा केही मिटर पर आगो थियो। आडैमा राखिएको डोकोमा केही सुख्खा पात थिए। एक्कासि डोको ढल्यो। पातहरू छरिए, आगोले टिप्यो। पातबाट सल्केको आगो पलभरमै कोक्रोसम्म पुग्यो।, कामको धूनमा लागेकी मनिताले छोरालाई आगोले भेटेको थाहा पाउँदा ढिला भइसकेको थियो, कम्मरमुनिको भाग धेरै जलिसकेको थियो। , हतारहतार त्यहाँबाट निकालेर नजिकैको अस्पताल पुर्याइयो। आर्थिक अवस्था कमजोर भएको मनिताको परिवारले काठमाडौं ल्याउन सक्ने अवस्था थिएन। एक हप्तापछि बल्ल एक दाताको सहयोगमा मनिता बच्चा लिएर काठमाडौं आइन्। , रातो कुर्ता, कालो सुरूवाल, कालै झोला भिरेर आएकी थिइन् मनिता। उनले लगाएका गुलाबी चप्पलले कीर्तिपुर अस्पताल खोजे। त्यहीँ उनको भेट उज्जवल विक्रम थापासँग भयो। मनिताजस्ता मान्छेको खबर थापालाई पुगिहाल्छ। उनका म्यासेज बक्स र फोनमा दिनकै त्यस्ता बिरामीका खबरको चाप हुन्छ। त्यहीँमाथि कीर्तिपुर अस्पताल, सुस्मा कोइराला अस्पताल, शंखरापुर र टिचिङ अस्पताल, महाराजगञ्ज पुग्नु उनको दैनिकी नै हो।, मनिताका छोरालाई देख्ने बित्तिकै उनलाई लाग्यो, 'बाँच्ने सम्भावना एकदमै कम छ।', सुस्मा कोइराला अस्पतालमा बनाइएको बालबालिका जलन वार्डमा उज्ज्वल विक्रम थापा (बायाँ), बच्चाको ज्यानको करिब ४५ प्रतिशत भाग जलेको थियो। खुट्टा त कुहिन थालिसकेका। त्यसैले घटनाको नवौं दिनमा खुट्टा काटियो। उपचारमा लगभग तीन लाख खर्च भयो।, बच्चा बाँचेन।, थापाले भने, 'यो क्षेत्रमा १५–१६ वर्ष काम गरेको अनुभवमा के थाहा पाएको छु भने, आमाबुवालाई मैले सक्दो गरेँ तर बचाउन सकिनँ भन्दा त्यति आत्मग्लानी हुँदैन। केही गर्न पाइनँ भन्ने भयो भने जिन्दगीभर पीडा हुन्छ। त्यसैले बच्चा बाँच्दैन भन्ने थाहा भए पनि उपचारको पहल गरिरहन्छु।', उनले अगाडि थपे, 'म दिमागले होइन, मनले काम गर्छु। प्रयास गर्नुपर्छ। बाँच्ने/नबाँच्ने त सबै निधारमा लेखेको हुन्छ।', थापाका अनुसार जलनपछिको १२ घन्टालाई 'लाइफ सेभिङ टाइम' भनिन्छ। यसपछि भने 'डिहाइड्रेसन' सुरू हुन्छ र शरीरको पानी सोसिन थाल्छ। विस्तारै यसले मिर्गौला फेल गराउँछ। अधिकांश जलनका बिरामीले यस्तै कारणले ज्यान गुमाउने उनी बताउँछन्।, त्यसैले मनिताका छोरालाई पनि त्यही दिन काठमाडौं ल्याउन सकेको भए बाँच्थ्यो कि भन्ने सोचेर उनी बेलाबेला पिरोलिन्छन्। , थापा साना केटाकेटीको उपचारमा बढी खट्छन्। उनीहरूको उपचार सहज होस् भनेर उनले हालै सुस्मा कोइराला मेमोरियल अस्पतालमा बालबालिका जलन उपचार वार्ड बनाएका छन्। त्यसका लागि 'रूटिन अफ नेपाल बन्द' नामक पेजले पनि सहयोग गरेको छ। , यो वार्डका भित्ता, तन्नादेखि पर्दासम्म केटाकेटीका लागि सजाइएको छ। सिलिङमा बत्तीमार्फत चन्द्र र सूर्य देखाइनेछ।, साना केटाकेटी धेरैजसो अन्जानमा जल्ने हुन्। त्यसक्रममा उनीहरूका हात/खुट्टा जल्छन्। कतिले गुमाउन पुग्छन्। वार्डको भित्ता कार्टुनमा यो कुरा देखाइएको छ।, थापाले ती चित्रको कथा सुनाए।, बच्चाहरूमाझ लोकप्रिय भारतीय कार्टुन श्रृंखला मोटु–पत्लुको मोटु पात्रको खुट्टा छैन। सबै हाँस्दै, कुद्दै खेल्छन्। मोटु दुःखी छ।, राति सुतेका बेला उसले शिवजीलाई सपनामा देख्छ। शिवजीले भन्छन्, 'खोलामा जाऊ, त्यहाँ एउटा बट्टा भेट्छौ।', मोटु बैसाखीको सहारामा भोलिपल्ट खोलामा पुग्छ। साँच्चिकै बट्टा भेट्छ। त्यसमा पखेटा हुन्छ। अरू साथी हिँड्छन्, मोटु भने पखेटा लगाएर उड्न सक्ने हुन्छ।, 'त्यो चित्र कथाबाट हामीले हातखुट्टा नहुँदैमा पिर नगर्नू भन्ने सन्देश दिन खोजेका हौं,' थापाले भने, 'यसमार्फत उनीहरूले आफ्नो पीडा केही हदसम्म भुलून् भन्ने चाहना हो।', जलन उपचारका लागि काठमाडौं उपत्यकामा कीर्तिपुर, सुस्मा कोइराला र टिचिङ अस्पताल छन्। तर तेजाबका विभिन्न मुद्दाका कारण कीर्तिपुर अस्पतालकै नाम प्रख्यात छ र बिरामीको चाप हुन्छ। थापाले सुस्मा मेमोरियलमा वार्ड बनाएर 'यहाँ पनि अस्पताल छ' भन्ने सन्देश पनि दिन खोजेका हुन्।, उनका अनुसार १८ वर्षभन्दा कम उमेरकालाई सुस्मा कोइराला अस्पतालमा सर्जिकल, ड्रेसिङ र बेड शुल्क लाग्दैन। , जलनका बिरामी निको हुन कम्तीमा दुई महिना लाग्छ। तर यी तीन अस्पतालमा यस्ता बिरामीका लागि मुश्किलले सय बेड छन्। काठमाडौंबाहेक जनकपुर र भेरीमा जलन उपचार हुने अस्पताल छ।, 'तर त्यहाँ उपकरण नभएकाले डाक्टरले सिधै कीर्तिपुर जान भनिदिन्छन्। सुदूरपश्चिम वा पूर्वको मान्छे काठमाडौं आइपुग्दा बिरामीको अवस्था जटिल भइसक्छ। त्यसैले हरेक प्रादेशिक अस्पतालमा जलन उपचार गर्ने ठाउँ हुनुपर्छ।', नेपालमा स्वास्थ्य क्षेत्र निकै फितलो भएकामा उनको गुनासो छ। बर्सेनि करिब तीन हजार मानिस जलनले मर्ने उनले जानकारी दिए। कति त रेकर्डमै आउँदैनन्। सीमा क्षेत्रका मान्छे अस्पताल अभावमा भारत पनि पुग्छन्।, झन् साना केटाकेटीले राम्रो उपचार नपाएर ज्यान गुमाउनुपर्दा उनलाई कहिलेकाहीँ सोच आउँछ, 'इन्फ्यान्ट बर्नको आन्दोलन गर्ने बेला भयो।', त्यो आन्दोलनको मुख्य एजेन्डामा आगोले पोलेका मान्छेलाई तत्काल उपचार खर्च हो। अहिले त 'एसिड बिल' कै लडाइँले उनलाई व्यस्त बनाएको छ।, 'जलनजस्तो संवेदनशील विषयमा कसैले आवाज उठाउँदैनन्। किनकी यसका धेरैजसो पीडित गरिब हुन्छन्, मर्नेहरू पनि गरिबै हुन्छन्,' उनले भने।, यसो भन्दै गर्दा उनले फेरि मनिता र उनका छोरालाई सम्झिए।, मनितासँग काठमाडौं आउँदा जम्मा एक सय ४३ रूपैयाँ थियो।, 'जुम्लाको कुन गाउँ?' भनेर सोध्दा राम्ररी जवाफसमेत दिन नजान्ने उनलाई प्रहरीको सहयोगमा घर पुर्याइएको थियो। त्यसका लागि एउटा एयरलाइन्सले सहयोग गरेको थियो।, 'राम्ररी पुर्याइदिनू' भनेर खबर गरेकाले प्रहरीले फोटो खिचेर थापालाई पठाएका थिए, 'यिनै महिला होइनन्? हामीले राम्ररी पुर्याइदियौं, है!', मनिता काठमाडौं आउँदा लगाएको रातो कुर्ता, कालो ब्याग र गुलाबी चप्पलमै थिइन्।, थापाले फोटो हेरेर चिनिहाले। सँगै झल्याँस्स भए, 'ओहो! उनलाई मैले यहाँ बसुन्जेल कहिले फरक लुगामा देखिनँ। यो कुरा दिमागमा पहिल्यै आएको भए एकजोर लुगा किनिदिन हुन्थ्यो!', मनिताजस्तै आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यले ज्यान गुमाउनु नपरोस् भनेरै हो उनले सरकारसँग माग गरेका- क्यान्सर उपचारमा जस्तै जलनमा पनि एक लाख रूपैयाँ दिनुपर्यो!, धेरै मान्छे आफैंले बिताएको दैनिकीका कारण क्यान्सरको शिकार हुन्छन्। जलन त अधिकांश दुर्घटना हो, अनजानमा हुन्छ।, 'एकदमै पीडा हुने यस दुर्घटनाको उपचार महँगो छ। दुर्गम ठाउँका मान्छेलाई त यहाँ आइपुग्ने पैसा खोज्नै समय लाग्छ। सरकारले सहयोग गरिदिने हो भने मान्छे हतार गरेर यहाँसम्म आउन सक्छन्, हामीले ज्यान बचाउन सक्छौं,' उनले भने।,
'बाँच्ने-नबाँच्ने निधारमा लेखेको हुन्छ, उपचार गराइरहन्छु'
|
सेतोपाटी संवाददाता नवलपरासी बर्दघाटमा भएको घटनाबारे गठन भएको छानविन समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ।, मंगलबार समितिले प्रतिवेदन बुझाउँदै मोटरसाइकल चालक र मृतकको असावधानीले घटना घटेको जनाएको हो।, गत साउन २५ गते इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत् प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको थियो।, पैदल हिँडिरहेका प्रहरी निरीक्षक वाग्लेको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको घटनामा गृह मन्त्रालयले तीन सदस्यीय छानविन समिति गठन गरेको थियो।, गृहका सहसचिव सुनिल खनालको संयोजकत्वमा गठित छानविन समितिले उक्त घटना मोटरसाइकल चालक दीपेश पुन र मृतक प्रहरी निरीक्षकको असावधानीका कारण भएको निष्कर्ष निकालेको हो।, गृह प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले घटनामा मोटरसाइकल चालक र प्रहरी निरीक्षक वाग्लेको असावधानीले भएको बताए।, तनहुँ म्याग्दे गाउँपालिका-४ घर भई इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत् ४३ वर्षीय वाग्लेलाई मोटरसाइकलले ठक्कर दिएको थियो।, ठक्करबाट गम्भीर घाइते भएका वाग्लेको उपचारका क्रममा मृत्यु भएको थियो।, यो घटनाबारे नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रतिनिधिसभा बैठकमा छानविन गर्न माग गरेपछि गृह मन्त्रालयले समिति गठन गरेको थियो। ्, कँडेलले लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यको अनावश्यक दबाबका कारण प्रहरी निरीक्षक वाग्ले तनावमा परेको र सोही कारण पैदल हिँडिरहेका क्रममा दुर्घटना भएको भन्दै छानविन गर्न माग गरेका थिए। , उनले डिआइजी आचार्यलाई कारबाही गर्न माग पनि गरेका थिए। , ,
‘असावधानी’ले बर्दघाटमा प्रहरी निरीक्षकको मृत्यु भएको छानविन समितिको निष्कर्ष
|
सेतोपाटी संवाददाता सुर्खेत जिल्ला सिमानामा पर्ने सल्यानको कालिमाटी गाउँपालिका–५ स्थित काल्चेमा बसोबास गरिरहेका राउटे परिवारको निशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ।, नेपाली सेनाको सल्यान जिल्लामा तैनाथ सबुज गण, नं १९ फिए गुल्म र जनस्वास्थ्य कार्यालय सल्यानको संयूक्त आयोजनामा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छ। , कालिमाटी गाउँपालिका ५ स्थित काल्चेमा बसोबास गरी रहेका राउटे समुदायका १३८ जना व्यक्तिहरुलाई लक्षित गरी स्वास्थ्य शिविर संचालन गरिएको नेपाली सेनाले जनाएको छ।, साथै, शिविरका दौरान नं १९ बाहिनीका बाहिनीपतिद्वारा राउटे समुदायका मुखियालाई खाद्यान्न समेत प्रदान गरिएको छ। , देशमा कुल ४६ घरपरिवार रहेका राउटेको कुल सङ्ख्या १४२ छ। कुनै पनि परिवारको एक जना सदस्यको मृत्यु भएपछि उनीहरु सो ठाउँमा छाडेर अन्यन्त्र बसाइँसराइ गरी जाने गर्दछन्।, लोपोन्मुख जातिका रुपमा चिनिने राउटेलाई जीवनयापनका लागि प्रदेश सरकारले दुई हजार रुपैयाँ र सङ्घीय सरकारले तीन हजार गरी मासिक पाँच भत्ता प्रदान गरिदै आएको छ। , तस्वीर- नेपाली सेना,
राउटेको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण
|
रासस अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ।, अरू तीन जना घाइते भएका छन्।, मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।, प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको हो।, मंगलबार बेलुकी आएको पहिरोमा परेर अन्य तीन जना घाइते भएका छन्। घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।,
पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु, तीन जना घाइते
|
एजेन्सी भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका ४० तले दुइटा भवन तीन महिनाभित्र भत्काउन आदेश दिएको छ।, हिन्दुस्तान टाइम्सका अनुसार न्यायाधीशद्वय डि वाई चन्द्रचुद र एम आर साहको संयुक्त इजलासले मंगलबार सुपरटेक लिमिटेड ग्रुपले नोएडामा बनाएका ती दुई आवासीय भवन कम्पनीकै खर्चमा भत्काउन आदेश दिएको हो।, यसअघि सन् २०१४ मा अलाहवाद उच्च अदालतले पनि ती दुई भवन भत्काउन आदेश दिएको थियो। उक्त आदेशविरूद्ध भवन बनाउने कम्पनी सुपरटेक सर्वोच्च अदालत गरेको थियो। सर्वोच्चले सरकारी अधिकारीहरूसँगको मिलेमतोमा मापदण्ड मिचेर बनाइएका भवन भत्काउने अलाहवाद अदालतको आदेशलाई सदर गरेको हो।, सर्वोच्चले ती भवनमा फ्ल्याट किनेका मानिसहरूलाई वार्षिक १२ प्रतिशत ब्याज जोडेर रकम फिर्ता गर्न पनि आदेश दिएको छ। ती दुई टावरमा झन्डै ८५० फ्ल्याट थिए। सुपरटेकको अवैधानिक निर्माणविरूद्ध मुद्दा लडेको रेसिडेन्ट्स वेलफेयर एसोसियसनलाई २ करोड भारु तिर्न पनि अदालतले भनेको छ। , सुपरटेको एमराल्ड कोर्ट प्रोजेक्टअन्तर्गत ती दुई भवनहरू बनाइएका थिए। उक्त प्रोजेक्टअन्तर्गत उक्त कम्पनीले नजिकै अरू पनि भवनहरू पनि बनाएको थियो। ती भवनमा फ्ल्याट किनेकाहरूले सुरूको योजनामा हुँदै नभएका दुई नयाँ भवन पछि बनाइएको र तिनले आफ्नो घरमा आउने प्रकाश र हावा छेक्ने भन्दै मुद्दा हालेका थिए।, सर्वोच्च अदालतले ती दुई टावरमा दुई भवनबीच कायम हुनु पर्ने दूरी र अग्नि नियन्त्रणको मापदण्ड पनि पालना नभएको बताएको छ।, सर्वोच्चले मापदण्डविपरीत ती भवन निमार्णका लागि स्वीकृति दिने अधिकारीहरूलाई पनि कानुनी दायरामा ल्याउन भनेको छ।, सुपरटेकले भने सर्वोच्चको यो फैसलाविरूद्ध पुनरावलोकनमा जाने बताएको छ।,
मापदण्ड मिचेर बनाइएका ४० तले दुई भवन भत्काउन भारतीय सर्वोच्च अदालतको आदेश
|
युवराज श्रेष्ठ पोखराको मणिपाल शिक्षण अस्पताल खरिद-बिक्री सम्झौता भएपछि यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ। एकथरीले मणिपाल समूहले अस्पताल र मेडिकल कलेज सरकारलाई हस्तान्तरण गर्नुपर्ने तर्क अघि सारेका छन् भने अर्काथरीले बिक्री गर्न पाउने बताइरहेका छन्।, मणिपाल समूहले अस्पताल र मेडिकल कलेज चलाउन ४९ वर्षको करार अवधि पाएको छ। अवधि सकिएपछि मणिपाल समूहले अस्पताल र मेडिकल कलेज सरकारलाई हस्तान्तरण गर्ने वा सरकारले समय थप्नुपर्ने सम्झौतामा छ।, मणिपाल समूहले तोकिएको ४९ वर्ष पूरा नहुँदै नेपालकै निजी क्षेत्रलाई अस्पताल र मेडिकल कलेज बिक्री गर्न सम्झौता गरेपछि सरकार र विभिन्न निकायसँग गरेको सम्झौताका बुँदाहरूमा तर्क–बितर्क सुरू भएको हो।, मणिपाल शिक्षण अस्पतालको व्यवस्थापन समूहले पोखराकै बतास अर्गनाइजेसनका आनन्दराज बतास र अटोवेजका नारायण पौडेल मिलेर बनाएको बपो होल्डिङ्स नामक कम्पनीसँग 'सेयर पर्चेज एग्रिमेन्ट' गरिसकेका छन्।, मणिपाल शिक्षण अस्पताल ३ अर्ब ४० करोड रूपैयाँमा खरिद सम्झौता भइसकेको बपो होल्डिङ्सका अध्यक्ष आनन्दराज बतासले बताए। मणिपाल समूहसँग 'नन डिस्क्लोजर एग्रिमेन्ट' भएकाले खरिद प्रक्रिया टुंगिएपछि मात्र यसबारे विस्तृतमा बताउने बतासको भनाइ छ।, मणिपाल समूहले सन् १९९२ अक्टोबर १९ मा शिक्षा मन्त्रालयसँग गरेको सम्झौतामा यसरी बीचैमा सेयर खरिद-बिक्री गर्न पाउने वा नपाउने उल्लेख छैन। शिक्षा मन्त्रालयसँगको सम्झौतामा अस्पतालको मुख्य भवन आफ्नै जग्गामा बनाउनुपर्ने सर्त छ जसअन्तर्गत मणिपाल शिक्षण अस्पतालको मुख्य भवन मणिपाल समूहकै निजी जग्गामा छ।, मणिपाल समूहले आफैं ४० रोपनी जग्गा खरिद गरेर उक्त अस्पताल भवन बनाएको थियो। निजी जग्गामा बनेको अस्पताल खरिद-बिक्री गर्न नेपालको कानुनले रोक लगाएको छैन।, मुख्य अस्पताल भवनबाहेक होस्टल, डाक्टर क्वार्टर, कलेज लगायत संरचना भने सरकारी जग्गामा बनेका छन्। सेनाको फूलबारी ब्यारेकले फायरिङ रेञ्जका रूपमा प्रयोग गरेको जग्गामा होस्टल र डाक्टर क्वार्टर छन्। यसका लागि अस्पतालले सेनालाई जग्गाभाडा तिर्ने सम्झौता गरेको छ।, महिला विकास तथा तालिम केन्द्रसँग पनि मणिपाल समूहले सम्झौता गरेर जग्गा भाडामा लिएको छ। शिक्षा मन्त्रालय र महिला विकास तथा तालिम केन्द्रसँग भएको सम्झौतामा मणिपाल समूहले करार अवधि नसकिँदै अस्पताल र मेडिकल कलेज छाड्न चाहेमा के हुने भन्ने उल्लेख छैन।, सेनासँग गरेको सम्झौताको एउटा बुँदामा भने यसबारे बोलिएको छ। सेना र मणिपाल समूहबीच भएको सम्झौताको बुँदा नम्बर ५ मा भनिएको छ, '४९ वर्षको अवधि समाप्त भएपछि वा बीचैमा दोस्रो पक्ष (मणिपाल समूह) ले उक्त जग्गा छाडी जाने भएमा भूबहाल रकम प्रथम पक्षले फर्ता नदिने र उक्त जग्गामा उपलब्ध निर्मित भौतिक सुविधाहरू अरूलाई हस्तान्तरण गर्न नपाउने गरी यथास्थितिमै प्रथम पक्ष (सेना) लाई छाडी जानुपर्नेछ। सो बापत प्रथम पक्षले दोस्रो पक्षलाई कुनै रकम दिनुपर्ने छैन।', मणिपाल अस्पताल सरकारीकरण हुनुपर्छ वा मणिपाल समूहले अस्पताल र मेडिकल कलेज सरकारलाई हस्तान्तरण गर्नुपर्छ भनी तर्क गर्नेहरूले यही बुँदा अघि सारेका छन्।, बपो होल्डिङ्सका एक सञ्चालक भने यो बुँदालाई आधार मानेर मणिपाल समूहले सेयर बिक्री गर्न पाउँदैन भन्ने अर्थ नलाग्ने बताउँछन्। यसलाई मणिपाल समूहले करार अवधि नसकिँदै अस्पताल चलाउन नचाहे वा बन्द गर्न र छाडेर जान चाहे अर्काे व्यक्ति वा कम्पनीलाई भाडामा लगाउन नपाउने अर्थमा बुझ्नुपर्ने उनको तर्क छ।, ती सञ्चालकले उक्त बुँदा यसरी अर्थ्याए, 'मानौं, तपाईंले पाँच जनासँग मिलेर कुनै व्यवसाय वा उद्योगमा लगानी गर्नुभयो। यसका लागि तपाईंले कुनै घरबेटी वा जग्गाधनीसँग व्यवसाय चलाउन ४९ वर्षको भाडा सम्झौता गर्नुभयो। २५ वर्षपछि तपाईंको साझेदार वा सबैले कम्पनीको सेयर बिक्री गर्छु भन्यो भने घरबेटी वा जग्गाधनीले मेरो घर वा जग्गा भाडामा लिएर खोलेको कम्पनीको सेयर बिक्री गर्न पाउँदैन भन्न पाउँछ? अहिले मणिपाल समूहले पनि त्यसरी नै सेयर बेच्न लागेको हो। सेयर बिक्री नगरीकन अर्को स्वायत्त कम्पनी वा व्यक्तिलाई भाडामा दिन लागेको होइन।', मणिपाल खरिद-बिक्री गर्न बपो होल्डिङ्सले छ महिनाअघि नै समझदारीपत्र हस्ताक्षर गरेर प्रक्रिया बढाएको थियो। मणिपालले सरकारसँग गरेका सम्पूर्ण सम्झौता, वासलात, सम्पत्ति, राजश्व दायित्व लगायत अध्ययन गरेपछि मात्र बपो होल्डिङ्सले सेयर खरिद सम्झौता गरेको हो। यस क्रममा बपो होल्डिङ्सका चार्टर एकाउन्टेन्ट र कानुनी सल्लाहकारले दिएको रायअनुसार नै मणिपाल शिक्षण अस्पताल खरिद गर्ने सम्झौतामा पुगेको ती सञ्चालकले बताए।, गत शुक्रबार सेयर खरिद-बिक्री सम्झौता गरेपछि मणिपाल समूहलाई बैना रकम तिरिसकेको बपो होल्डिङ्सले जनाएको छ। कति रकम बुझाए भन्ने ती सदस्यले खुलाउन चाहेनन्। यसबारे सरकारी निकायहरूलाई अनौपचारिक जानकारी दिइसकेको भन्दै अब औपचारिक रूपमा स्वामित्व हस्तान्तरण हुने होल्डिङ्सले जनाएको छ।, सेयर खरिद-बिक्री सम्झौता भएर बैना भुक्तानी दिएको बपो होल्डिङ्सका सञ्चालकहरूले दाबी गरिरहँदा सरकारी निकायले भने यसबारे थाहा नपाएको बताएका छन्।, शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले मणिपाल शिक्षण अस्पताल खरिद-बिक्रीका सम्बन्धमा आधिकारिक रूपमा केही जानकारी नभएको बताए। काठमाडौं विश्वविद्यालय मातहत रहेको मणिपाल शिक्षण अस्पतालबारे बुझेर मात्र यथार्थ बताउन सक्ने उनले बताए।, त्यस्तै, रक्षा मन्त्रालयका उपसचिव रामप्रसाद ढकालले पनि समाचारमा पढेर मात्र यसबारे थाहा पाएको बताए।, बपो होल्डिङ्सले भने सरकारी निकायलाई अनौपचारिक जानकारी गराएको र अब औपचारिक पत्र पठाउने बताएको छ। सेयर खरिद-बिक्री सम्झौताका आधारमा अब मणिपाल समूहले उद्योग विभाग, वैदेशिक लगानी विभाग, शिक्षा मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतलाई सेयर बिक्री र नामसारीका लागि पत्र लेख्ने जनाएको छ।, त्यसपछि मणिपाल समूहले तिर्नुपर्ने कर हेरेर खरिद-बिक्री र नामसारी प्रक्रिया अघि बढ्नेछ। मणिपाल समूहले सरकारका विभिन्न निकायलाई करिब १ अर्ब रूपैयाँ कर तिर्न बाँकी छ। करको दायित्व पनि बपो होल्डिङ्सले नै लिएको छ।, मणिपाल मेडिकल कलेज स्थापना गर्दा सरकारसँग भएको सम्झौताअनुसार ४९ वर्षपछि सरकारी जग्गामा बनेका संरचना मात्रै सरकारलाई हस्तान्तरण हुने बपो होल्डिङ्सका एक सदस्यले बताए।, 'मुख्य अस्पताल भवन ४० रोपनी निजी जग्गामा बनेको छ, निजी सम्पत्ति सरकारी हुँदैन,' ती सदस्यले भने, '४९ वर्षपछि सरकारले समय थपिदिए चलाउँला, नथपिदिए पनि ठिकै छ।', मणिपालसँगको सम्झौतामा ४९ वर्षपछि पनि आवश्यकताअनुसार जग्गाको भाडा पुनर्मूल्यांकन गरेर थप्न सकिने उल्लेख भएको उनले बताए।, मणिपाल समूहले जनकपुरमा गुठी संस्थानसँग ४९ वर्षका लागि २० बिघा जमिन भाडामा लिएको थियो भने ४० बिघा जमिन खरिद गरेको थियो। मणिपाल समूह र बपो होल्डिङ्सबीच भएको सम्झौतामा उक्त जग्गा पनि बपो होल्डिङ्सले खरिद गरेको छ।, मणिपाल अस्पतालको मुख्य भवनबाहेक अन्य संरचना निश्चित अवधिपछि सरकारलाई हस्तान्तरण गर्नुपर्छ भन्ने बुझेर नै खरिद गरेको बपो होल्डिङ्सले जनाएको छ। 'डिपार्टमेन्ट स्टोर गएर सर्ट-पाइन्ट किन्दा त साइज, कलर मिले-नमिलेको दसचोटि हेरिन्छ भने यति ठूलो लगानी गर्नुछ, हामीले बुझेर नै मणिपालको सेयर खरिद गरेका हौं,' ती सञ्चालकले भने।, मणिपाल अस्पताल खरिद भइसके पनि आगामी ५ वर्षसम्म मणिपाल शिक्षण अस्पतालकै नाममा चल्नेछ। अस्पतालको व्यवस्थापनसमेत ५ वर्षका लागि मणिपाल समूहले नै गर्ने गरी सम्झौता भएको बपो होल्डिङ्सले जनाएको छ। मणिपालको नाममा अस्पताल चलाएबापत मणिपाल समूहलाई ब्रान्ड रोयल्टीसमेत तिर्ने सम्झौता भएको छ।, 'हामीसँग अस्पताल चलाउने अनुभव छैन, ५ वर्ष तपाईंहरू नै व्यवस्थापन गरिदिनुस् भनेका छौं,' बपो होल्डिङ्सका ती सदस्यले भने, 'मणिपाल नाम राख्न र व्यवस्थापन गर्न हामीले राम्रै रोयल्टी तिरेका छौं।' कति रोयल्टी तिरेको भन्ने उनले खुलाउन चाहेनन्।, मणिपाल मेडिकल कलेजमा अहिले एमबिबिएस, पिजी र नर्सिङका कक्षा सञ्चालनमा छन्। यस अस्पतालले एमबिबिएस अध्यनका लागि वार्षिक १०० जना विद्यार्थी भर्ना गर्न अनुमति पाएको छ। गण्डकी प्रदेशकै ठूलो र सुविधासम्पन्न यस अस्पतालमा ७५० बेड छन्। अस्पताल र मेडिकल कलेजमा गरी ११ सय कर्मचारी कार्यरत छन्।, बपो होल्डिङ्सका सञ्चालक नारायण पौडेलले अस्पतालमा कार्यरत सबै कर्मचारी यथास्थानमा रहने भन्दै कसैलाई तलमाथि नगर्ने बताएका छन्।,
'मणिपाल अस्पताल भाडामा लिएका होइनौं, सेयर किनेका हौं'
|
रासस अभिभावकले हौसला दिए सफल हुन सकिन्छ भन्ने उदाहरण बनेकी छन्- सप्तरीकी जेवा खातुन।, पिछडिएको वर्गका रूपमा रहेको मुस्लिम समुदायका महिला अन्य महिलाभन्दा धेरै पछाडि परेका छन्। तर खातुन चिकित्सा क्षेत्रमा प्रवेश गरेकी छन्। उनले हालै एमबिबीएस उत्तीर्ण गरेकी छन्।, सप्तरीको खड्क नगरपालिका–८ कल्याणपुरकी फिरोज खान र यास्मिन सुल्तानकी छोरी खातुनले ललितपुरको लगनखेलस्थित पाटन अस्पतालबाट एमबिबीएस उत्तीर्ण गरेकी हुन्।, एमबिबीएस उत्तीर्ण गर्नुको श्रेय भने उनले आमाबुबालाई दिइन्। ‘सायद उहाँहरुले नपढाउनुभएको भए आज म चिकित्सक बन्ने थिइनँ। बल्ल मेरो सपना पूरा भएको छ,’ उनले भनिन्।, आफूलाई चिकित्सक बन्न सानैदेखि इच्छा रहेको र त्यो पूरा भएपछि खुसी लागेको खातुनले बताइन्।, नर्सरी कक्षामै पढ्दाखेरी सेतो कोट लगाउने को हुन् भन्ने जिज्ञासा राख्दा अभिभावकले डाक्टर भएको र उसैले बिरामीको उपचार गर्छन् भन्ने कुरा आफ्नो दिमागमा खेलिरहेको उनले बताइन्। त्यो कुरा दिमागमा बसिरह्यो र डाक्टर बन्ने सपनाका साथ पढाइलाई निरन्तर अगाडि बढाउँदै लगिन्, उनले।, उनले २०६९ मा गौरी सेकेण्डरी स्कुल जनकपुरबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी थिइन् भने विराटनगरबाट उच्च मावि उत्तीर्ण गरेपछि मेडिकल प्रवेश परीक्षाका लागि तयारी थालेकी थिइन्।, उनले परीक्षा दिइन् तर पूर्ण छात्रवृत्तिमा नाम निस्किएन। ‘तैपनि आमाबुवाले पूरै रकम तिरेर मलाई पढाउनुभयो,’ उनले भनिन्।, एमबिबीएस उत्तीर्ण गरेपछि उनी अहिले पाटन अस्पतालमै इन्टर्नसिप गरिरहेकी छन्।, उनका बुबा कल्याणपुर बजारका व्यवसायी हुन् भने आमा खड्क नगरपालिकाका उपप्रमुख छिन्। इन्टर्नसिप सकाएपछि पहिलो सेवा जिल्लामै दिने उनको इच्छा छ। ‘जिल्लामै आएर स्वास्थ्य सेवा दिने र छोरीलाई पनि पढाउनुपर्ने चेतना जगाउने काम गर्छु’, उनले भनिन्।, एमबिबीएस उत्तीर्ण गरेर काम गर्दै एमडीसम्म पढ्ने उनले बताइन्। जेवाका आमाबुवाले आफ्ना सबै सन्तानलाई पढाएका छन्।, जेवाकी माहिली बहिनीले पनि चिकित्सा शिक्षा नै पढ्ने तयारी गरेकी छन्। तीन दिदीबहिनी र दुई दाजुभाइको परिवारमा सबै पढिरहेको उनले बताइन्।, मुस्लिम समुदायबाट जेवाले एमबिबीएस उत्तीर्ण गरेपछि उनका छरछिमेक खुशी छन्। छिमेकी अनवर अलीले यो सफलता उनको मात्र नभई मुस्लिम समुदायकै भएको बताए।, ‘जेवाजस्तै सबै महिलाले मेहनत गर्नुपर्छ र अभिभावकले साथ दिनुपर्छ। यसो गर्न सकिए समाज चाँडो परिवर्तन हुन्छ,’ उनले भने।, (अरूण यादव),
डाक्टर बनिन् जेवा खातुन
|
सेतोपाटी संवाददाता सप्तरीमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ।, मंगलबार राति ७ बजे डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० रंजितपुरका पवन यादवका ९ वर्षीय छोरा अर्जुनकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।, खेल्नेक्रममा आफ्नै गोठको भुइमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेपछि अर्जुनकुमार घाइते भएका थिए। उपचारको लागि उनलाई कल्याणपुर लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए।, बालकको शव पोष्टमार्टमको लागि अस्पताल पठाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
सप्तरीमा करेन्ट लागेर बालकको मृत्यु
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा करिब एक महिनादेखि फोहोर उठेको छैन।, फोहोर व्यवस्थापन गर्ने ठाउँसम्म पुग्ने सडक अविरल वर्षाका कारण बिग्रेको भन्दै महानगरले फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरिरहेको छ।, घरका फोहोर सडकमा थुप्रेका छन्। चोक र गल्लीहरूमा फोहोरले दुर्गन्धित छ। तर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सडक र चोकमा केही दिनदेखि थुप्रेका फोहोर छिट्टै व्यवस्थापन हुने दाबी गरेका छन्।, बञ्चरेडाँडामा निर्माणधीन ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत अध्ययन गरेर फर्किएपछि मेयर शाक्यले भने, ‘बञ्चरे डाँडामा निर्माणधीन स्यानिटरी ल्याण्डफिल्ड साइट जतिसक्दो छिटो सम्पन्न गरेर हस्तान्तरण भएको अवस्थामा स्थायी रूपमा फोहोर व्यवस्थापन गर्न सकिन्छ।’, मेयर शाक्यले केही दिनदेखि वर्षाले सिसडोल ल्याण्डफिल साइटसम्म जाने सडक बिग्रेकोले नियमित रूपमा फोहोर व्यवस्थापनमा कठिनाइ भइरहेको बताए।, ‘सिसडोलसम्म जाने बाटो पानी परेकोले बिग्रेको छ। फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ,’ उनले भने, ‘बाटोकै कारण फोहोर उठाउन नसकिएको हो।’, उनले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौं बनाउने प्रतिवद्धता पनि जनाएका छन्। उनले सडक खुलाउन केही समय लाग्ने भएकोले फोहोर सडकमा नफाल्न पनि आग्रह गरेका छन्।, बञ्चरे डाँडामा ल्याण्डफिल्ड साइट सहरी विकास मन्त्रालयले बनाइरहेको पनि उनले बताए। फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय, प्रदेश र स्थानीय सरकार सबैको भएको पनि उनको भनाइ छ।, महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले सामान्य अवस्थामा फोहोर बोकेका एक सय ५० वटा ट्रक फोहोर बोकेर पुग्ने भए पनि अहिले ५० ट्रक पनि पुग्न नसकेको बताए।, तर सिसडोल ल्याण्डफिल्ड साइटका साइट ईञ्चार्जसमेत रहेका ईञ्जिनियर सरकारदीप श्रेष्ठ २०६२ भदौ २२ गतेदेखि केही वर्षका लागि बनाइएको अस्थायी ल्यान्डफिल साइटमा अहिलेसम्म पनि फोहोर व्यवस्थापन गर्दा अनेक समस्या देखिएको बताए।, काठमाडौं उपत्यकामा दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ।,
काठमाडौंका सडकमा थुप्रिए फोहोर, मेयर भन्छन्- छिट्टै व्यवस्थापन गर्छौं
|
सेतोपाटी संवाददाता राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको छ।, राप्तीको बगासोती जलमापन केन्द्रमा सोमबार बिहान गरिएको मापनमा खतराको तह पार गरेको देखिएको छ।, दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले राप्ती नदी तटिय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।, अविरल बर्षाले बबई तटीय क्षेत्रमा पनि पानीको बाहाब उच्च बनेको छ।, तुलसीपुर–घोराही सडक खण्डमा पर्ने खोलाहरुमा पनि बाढी आएको छ। दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पुल निर्माण भइनसकेका खोला तर्न स्थानीयलाई समस्या पर्ने भएकोले सहयोग गर्न प्रहरी खटाइएको बताए।, पत्रे खोलामा आएको बाढीका साना सवारी साधन सञ्चालनमा आउन नसकेको एसपी काफ्लेले जानकारी दिए।, रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले दाङ–रोल्पा सडक खण्डको ठाउँ ठाउँमा पहिरो झरेकोले सवारी साधन सञ्चालन हुन नसकेको बताए।, ‘शहिद मार्गको ठाउँठाउँमा पहिरो झरेको छ। सडक अवरुद्ध छ, खुलाउने प्रयास जारी छ,’ उनले भने।,
राप्ती नदीमा बाढीले खतराको तह पार गर्यो, सचेत रहन आग्रह
|
सिबी अधिकारी चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ।, यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ।, मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलले जनाएको छ।, आज बिहान ६ः२९ का लागि अवतरण समय तालिका रहेको उक्त जहाजले अवतरणका क्रममा इमाडोल नजिकबाट ओभरसुट गरेको थियो। उक्त जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको विमानस्थलले जनाएको छ।, मौसम खराबीले जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलका एक उच्च अधिकारीले बताए।, ‘जहाज सामान्य एप्रोचमा आएको हुन्छ, सामान्य मौसम खराबीले धावनमार्ग ‘रनवे’ मिस एप्रोच भए पनि नेक्स्ट एप्रोचका लागि ओभरसुट गर्नुपरेको हो’, उनले भने।, काठमाडौँ उपत्यकाका आकाशमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। हुस्सुले आन्तरिक उडान पनि सामान्य प्रभावित भएको छ। कतिपय गन्तव्यको उडान बिलम्ब भएको छ।, विमानस्थलमा आइतबार मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको थियो। मौसम खराबीले भिजिबिलटी कम हुँदा पोखरा गन्तव्यका कतिपय उडान रद्द गरिएकोे बुद्धएयरले जनाएको छ।, यस्तै विराटनगर र भरतपुर विमानस्थलमा पनि भिजिबिलिटीका कारण उडान केही विलम्ब भएको थियो। देशभर बदली र निरन्तर वर्षाले आन्तरिक उडान सामान्य प्रभावित भएको हो।, हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, (रासस),
सवा घन्टा काठमाडौंको आकाशमै घुमिरह्यो चीनबाट आएको जहाज
|
रासस अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ।, त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक आज पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाणले बताए।, अहिले राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा बस्नु परेको छ।, पहिरो पन्छाउनका लागि प्रहरीको टोली घटनास्थलसम्म पुगिसकेको उनले बताए।, सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन्।,
नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध
|
एजेन्सी दक्षिण अमेरिकी मुलुक पेरूको राजधानी लिमामा शनिबार एउटा विशेष कार्यक्रम आयोजना गरिएको थियो। लिमाका मेयर जर्ज मुनोजको निगरानीमा भएको उक्त कार्यक्रमा दुई सय जोडीले एकैसाथ विवाह गरेका थिए।, तीमध्ये सबैभन्दा बढी उमेरको जोडी ८७ र ८२ वर्षका थिए भने सबैभन्दा कान्छो जोडी २४ र १९ वर्षका थिए।, लिमा नगरपालिकाले आफ्नो फेसबुक पेजबाट विवाह कार्यक्रमको लाइभ भिडिओ प्रसारण गरेको थियो। विवाहमा सहभागी हुन नपाएका बेहुला-बेहुलीका आफन्तका लागि लाइभ गरिएको थियो।, Two hundred couples got married in a mass wedding in Lima, Peru, after a health screening ,pic.twitter.com/8qIGP7J1x1,
— Reuters (@Reuters) ,August 30, 2021, विवाह समारोहमा जानुअघि सबै बेहुला-बेहुलीको स्वास्थ्य परीक्षण गरएको थियो। पेरूमा अहिलेसम्म कोरोनाभाइरसबाट झन्डै २ लाख मानिसको मृत्यु भइसकेको छ भने साढे २१ लाख मानिस संक्रमित भएका छन्। , विवाह गर्न आएकालाई नगरपालिकाका अधिकारीहरूले फलफूलको बास्केट दिएका थिए भने कफी पनि खुवाएका थिए।, मेयर मुनोजले उनीहरूको विवाह भएको बताएपछि उपस्थितले आफ्नो जोडीलाई चुम्बन गरेका थिए।, केहीबेरपछि उनीहरूले विवाह दर्ताको प्रमाणपत्र पाएका थिए।,
जब चार सय बेहुला-बेहुली एकै ठाउँमा भेला भए…
|
सेतोपाटी संवाददाता विगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै जाने भएको छ।, पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।, हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको विभागले औँल्याएको छ।, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २१ दशमलव तीन डिग्री सेल्सियस छ। त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव दुई डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस छ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, २०७८ भाद्र १४ गते (सोमबार), दिउँसो: देशको अधिकांस भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनि प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, राती: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, २०७८ भाद्र १५ गते ( मंगलबार), दिउँसो: देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, राती: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, २०७८ भाद्र १६ गते ( बुधबार), दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राती: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, (राससको सहयोगमा),
मनसुन कमजोर हुँदै
|
सेतोपाटी विर्तामोड नगरपालिकामा सडकमा जथाभावी थुपारिएको फोहर उठाउन सुरू गरिएको छ।, नगरपालिकालाई चौतर्फी दबाब परेपछि तत्काल फोहर विसर्जन गर्ने अस्थायी स्थानको टुंगो लगाएर व्यवस्थापन सुरू गरिएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताए। , ‘दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थानको खोजी भइरहेको छ’, उनले भने, ‘तत्काल सडकमा थुप्रिएको फोहर विसर्जनका लागि नगरप्रमुख ध्रुव शिवाकोटीले वडा नं ७ मा रहेको आफ्नै निजी जग्गा प्रदान गर्नुभएको छ, अब त्यही फोहर फालिन्छ।’, विर्तामोडमा जथाभावी फालिएको फोहर नउठेर दुर्गन्ध फैलिन थालेपछि चार वर्षमा पनि ल्याण्डफिल साइट व्यवस्था गर्न नसकेको भन्दै जनप्रतिनिधिको चौतर्फी आलोचना सुरू भएको थियो।, नगरप्रमुखले आपतकालीन समस्या समाधानका लागि जग्गा उपलब्ध गराएपछि केही समयलाई ढुक्क भएको प्रवक्ता पाण्डेले बताए।, विर्तामोडमा थुप्रिएको फोहर उठाउन दैनिक पाँच ट्याक्टर प्रयोग गरिरहेको फोहर व्यवस्थापनको ठेक्का लिएको काठमाडौंको निराकर सरसफाइ सेवा प्रालिका फिल्ड मेनेजर रवीन भट्टराईले बताए। , उनले तीन वर्षका लागि फोहरमैला व्यवस्थापनको जिम्मा लिए पनि नगरपालिकाले ल्याण्डफिल साइटको व्यवस्था नगरिदिँदा काम गर्न समस्या भइरहेको बताए।, नगरपालिकाले सर्वदलीय भेलाबाट नै ल्याण्डफिल साइटको व्यवस्थापनका लागि विर्तामोड वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा फोहरमैला विर्सजनस्थल अध्ययन तथा छनोट समिति बनाएको छ। , प्रवक्ता पाण्डेले समितिले तीव्र रूपमा जग्गाको खोजी गरिरहेकाले १५ दिनभित्रमा दीर्घकालीन ल्याडफिल साइटको व्यवस्था भइसक्ने जानकारी दिए।, ठेकेदार कम्पनीले यसअघि पूर्वपश्चिम राजमार्ग आसपास, डोमालाल रङ्गलाशाको पछाडि र देउनियाँ खोला किनारमा फोहरमैला खाल्डो खनेर पुर्दै आएको थियो।, लगातार परेको वर्षाका कारण खाल्डो खन्दा पानी निस्केर फोहर पुर्न नसक्दा दुई हप्तादेखि फोहरमैला सडक किनारमै थुप्रिएको थियो। ,रासस,
दुई हप्तापछि विर्तामोडमा उठ्न थाल्यो फोहर
|
सेतोपाटी सिद्धार्थ राजमार्गको पाल्पा खण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेको छैन।, लगातारको वर्षाका कारण तानसेन नगरपालिका-८ तल्लो डुम्रेको पहिरो हटाउन समस्या भएपछि राजमार्गको पाल्पा क्षेत्र पूर्णरूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ।, आइतबार बिहान खसेको पहिरोले पाल्पा-बुटबल सडकखण्ड अवरूद्ध भएको थियो।, आइतबार राति पहिरो हटाउन डोजर प्रयोग गरिए पनि भारी वर्षाका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए। , आज बिहानदेखि वर्षा रोकिएकाले डुम्रेको पहिरो हटाएपछि दिउँसोदेखि नियमित रूपमा यातायातका साधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनको भनाइ थियो। ,रासस,
सिद्धार्थ राजमार्ग अझै अवरूद्ध
|
खिलानाथ ढकाल पछिल्लो समय प्रहरी प्रधान कार्यालय र प्रहरी नेतृत्वभन्दा लेखापालहरू शक्तिशाली बनेको जस्तो देखिएको छ।, लेखापालहरूको ‘शक्ति’ गृह मन्त्रालय नेतृत्वमै ठोक्किन पुगेपछि प्रधान कार्यालयले अहिले देशभरिका कार्यालयहरूमा लेखापाल पठाउन सकेको छैन।, साधारणत: आर्थिक वर्ष सकिनेबित्तिकै नयाँ लेखापाल पठाउनु पर्ने भए पनि प्रधान कार्यालयले मातहतका कुनै पनि कार्यालयमा सरुवा गर्न नसकेको हो।, देशभरका प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी निरीक्षक लेखापालको दरबन्दी छ।, हरेक दुई वर्षमा लेखापालहरूको सरुवा हुने नियम छ। तर, नयाँ बजेट गइसके पनि त्यसलाई व्यवस्थापन गर्ने लेखापालहरूको भने सरुवा हुन नसकेको हो।, वित्तीय व्यवस्थापन तथा अनुशासनमा पछिल्लो समय राम्रो मानिँदै आए पनि नेपाल प्रहरीमा अहिले लेखापालहरूको सरुवामा गृह मन्त्रालय हावी भएको प्रधान कार्यालयकै अधिकारीहरू बताउँछन्।, आफूले इच्छाएको ठाउँमा सरुवा हुन राजनीतिक पहुँच लगाउँदै लेखापालहरू गृह मन्त्रालय धाउन थालेपछि सरुवा रोकिएको एक अधिकारीले बताए।, ‘साधारणत: लेखापालहरूको सरुवा प्रहरी महानिरीक्षकको मातहत हो, कसलाई कहाँ पठाउने भन्नेबारे उहाँले नै निर्णय गर्नुपर्ने हो, तर लेखापालहरू गृह मन्त्रालय धाउने, प्रहरी महानिरीक्षक सरुवा नै गर्न नसक्ने अवस्थामा हुनुहुन्छ,’ ती अधिकारीले सेतोपाटीसँग भने, ‘अहिले आइजिपीभन्दा लेखापाल बलिया देखिएका छन्।’, प्रहरी कार्यालयहरूको वित्तीय व्यवस्थापनमा आर्थिक चलखेल राम्रो गर्न सक्ने भएकाले राजनीतिक दल तथा नेताहरूको छनोटमा अहिले लेखापालहरूको सरुवा रोकिएको गृह स्रोत बताउँछ।, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री गृहमन्त्रीको ‘ग्रीन सिग्नल’ कुरेर बसिरहेको प्रधान कार्यालय बताउँछ। उनी हठात् सरुवा निकालेर गृह प्रशासनलाई चिढाउने पक्षमा छैनन्।, प्रहरी प्रधान कार्यालयदेखि इलाका प्रहरी कार्यालयसम्म अहिले ४७० भन्दा बढी लेखापालहरू छन्। लेखापाल हुनको लागि तालिम तथा परीक्षा नै लिनुपर्ने नियम बनाइएको छ।, कुनै बेला भने प्रहरीमा लेखापालहरू मन्त्रीका पिएसओहरू जाने गर्थे। ‘डेबिट/क्रेडिट पनि थाहा नहुने लेखापालहरू जान थालेपछि प्रहरीको आर्थिक प्रशासन भद्रगोल भएको थियो,’ पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘पछिल्लो समय सुधार हुँदै गएको भन्ने बुझिन्छ।’, यस्तो विकृति देखिएपछि तत्कालीन महानिरीक्षक कुबेरसिंह रानाले मापदण्ड बनाएर लेखापाल सरुवा गर्न थालेका थिए।, लेखापाल अहिले पनि बलिया नै छन्। लेखापाल शक्तिशाली हुनुमा प्रहरी कार्यालयमा रहेको बजेट र त्यसको परिचालन नै मुख्य रहेको ठकुरी बताउँछन्।, ‘बजेट परिचालनमा एकाउन्टेन्टको मुख्य हात रहने भएकाले त्यसको वरिपरि राजनीतिक दलका मानिसहरू पनि झुन्डिने भए नै,’ मल्लले भने।, मापदण्ड बनाउन थालिएपछि पनि इन्ट्रान्स परीक्षामा पास गराइदिन भनी प्रहरी प्रधान कार्यालयमा राजनीतिक दबाब आउने गरेको थियो। अहिले त्यही मापदण्ड कार्यान्वयनमा छ। जसअनुसार लेखापालहरूलाई क, ख, ग, घ गरी चार किसिमले वर्गीकरण गरिएको छ। उनीहरूले ६ वर्ष लेखापालमा बिताएपछि त्यहाँबाट उन्मुक्ति हुनुपर्ने मापदण्ड छ।, प्रहरी प्रधान कार्यालयले भने यसबारे टिप्पणी नै गर्न चाहेन। प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले यसबारेमा आफूलाई प्रतिक्रिया दिन इच्छा नभएको बताए।, प्रहरी महानिरीक्षकको सचिवालय स्रोतका अनुसार अहिले गृह नेतृत्व र प्रहरी महानिरीक्षकबीच यही विषयमा टकराव छ।, ‘प्रहरी प्रधान कार्यालयले पारदर्शी रूपमै लेखापालहरूको सरुवा गर्न चाहेको छ, तर गृह मन्त्रालयसँग यो विषयमा टकराव छ,’ सचिवालय स्रोतले भन्यो, ‘कार्यविधिका कुरा होलान्, बजेट चलिरहेको छ तर मानिस पठाउन नसकिरहेको अवस्था हो।’, कतिपय राम्रो ठाउँबाट अर्को आकर्षक ठाउँमा सरुवा हुन प्रहरी प्रधान कार्यालयलाई पन्छाएर स्वार्थ समूह बोकेर गृह मन्त्रालय धाउने गरेका छन्। प्रहरी महानिरीक्षक क्षेत्रीले आकर्षक ठाउँमा बसेकालाई फेरि आकर्षक ठाउँमा पठाउन अनिच्छा देखाएपछि उनीहरू स्वार्थ समूह बोकेर गृह मन्त्रालय धाउन थालेको प्रधान कार्यालयका अधिकृतहरू बताउँछन्।, पूर्वगृहसचिव गोविन्द कुसुमका अनुसार बाहिर खटिनु नपर्ने, कार्यालयमै बसेर काम गर्नुपर्ने, वित्तीय परिचालनमा फाइदा हुने तथा हाकिमसँग नजिक भएर सरुवा-बढुवामा प्रभाव राख्न सक्ने भएकाले प्रहरीहरू लेखापाल सरुवा हुन मरिहत्ते गर्छन्।, ‘हाकिमको नजिक भएर सरुवा-बढुवादेखि आर्थिक परिचालन र व्यवस्थापनमा फाइदा हुने भएकाले लेखापाल भएर जानेहरू निकै पहुँच लगाउँछन्, यिनीहरूको प्रभावमा परेर नेताहरूले पनि अमुक मानिसलाई सरुवा गर्न दबाब दिने चलन छ,’ कुसुम भन्छन्, ‘पठाउनेलाई भन्दा जान चाहनेको दबाब बढी हुने भएकाले पनि सरुवा हुन नसकेको होला।’, गृह प्रवक्ता फणिन्द्रमणि पोखरेल प्रहरीमा गृह मन्त्रालयको कुनै हस्तक्षेप नरहेको बताउँछन्। , ‘लेखा प्रणाली चलाउने व्यक्तिहरू छँदैछन्, सरुवा नभएर लेखा प्रणाली बर्बाद भएको भन्ने कुरा बनावटी हो,’ उनी भन्छन्, ‘नयाँ बजेट निकासा हुन ढिलो भएका कारण तलब खान बिलम्ब भएको होला, यस्तो सबैतिर भइरहेको हुन्छ।’, गृह मन्त्रालयसँग ‘नतमस्तक’ प्रहरी नेतृत्व, प्रहरी प्रधान कार्यालय अहिले प्रहरी महानिरीक्षकले होइन, गृह नेतृत्वले चलाउन थालेको छ। , जसका कारण प्रहरी महानिरीक्षक आफू कुनै पनि निर्णय गृह नेतृत्वलाई नसोधी गर्न सक्ने अवस्थामा छैनन्।, प्रधान कार्यालयमा कतिपय दीर्घकालीन महत्वका निर्णय हुँदा प्रहरी महानिरीक्षकलाई गृहले ‘बाइपास’ गर्ने गरेको छ।, यसको उदाहरण प्रहरीमा बढाइएको विशिष्ट श्रेणीको पद नै हो।, बितेको एक वर्षमा प्रहरी प्रधान कार्यालयको राय तथा सहमति नै नलिई दुई वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दी सिर्जना भएको छ।, विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्न गृह मन्त्रालयले जबरजस्ती संगठन सर्वेक्षण (ओएन्डएम)मा दरबन्दी सिर्जना गरेको थियो। पोखरेललाई एआइजी बनाउन तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलको जोड थियो।, ओएन्डएममा दरबन्दी सिर्जना गरेपछि गृहले उनलाई एआइजी बढुवा प्रस्ताव ल्याउन प्रहरी महानिरीक्षक क्षेत्रीलाई निर्देशन दिएको थियो। तर, उनले प्रस्ताव लैजान मानेका थिएनन्।, त्यसको कारण ‘पिअ एन्ड चुज’को अवस्था थियो। प्रहरीमा ‘चेन अफ कमाण्ड’लाई दख्खल दिने भन्दै क्षेत्रीले प्रस्ताव लैजान मानेका थिएनन्।, गत असार अन्तिम साता सहकुलबहादुर थापालाई एआइजी बढुवा गर्दा ओएन्डएमलाई वास्ता गरिएको थिएन। उनी बढुवा हुँदा प्रहरी महानिरीक्षकले थाहा पनि पाएनन्।, थापाको बढुवा विवाद अहिले पनि किनारा लागेको छैन। उनलाई तत्कालीन गृह नेतृत्वले प्रहरीको मानव स्रोत तथा प्रशासन विभागमा सरुवा गरेको थियो।, सरकार परिवर्तनलगत्तै उक्त निर्णय न कार्यान्वयनमा ल्याइएको छ, न पुरानो निर्णय परिमार्जन गरिएको छ।, जसका कारण एआइजीको फुली लगाए पनि थापाले हाजिर गर्ने कार्यालय पाएका छैनन्।, सरुवामा व्यापक हस्तक्षेप, गृह मन्त्रालय हावी हुँदा जिल्ला-जिल्लामा हुने प्रहरी उपरीक्षकहरूको सरुवामा पनि प्रहरी महानिरीक्षक कमजोर देखिएका छन्।, काठमाडौं उपत्यका मुख्य क्षेत्र मानिने महानगरीय प्रहरी परिसरदेखि लिएर चुनौतीपूर्ण जिल्लामा प्रहरीहरू गृहको छनोटमा जाने गरेका छन्। प्रहरी महानिरीक्षकलाई जिल्ला प्रहरी प्रमुखहरू छान्न स्वतन्त्र छोडिएको छैन।, यदाकदा सरुवामा आफ्नो अडान राख्ने गरे पनि महानिरीक्षक क्षेत्रीले गृह नेतृत्वको दबाबलाई पन्छाउन पनि सकेका छैनन्।, ‘प्रहरी नेतृत्वमा इमानदारीपूर्वक काम गर्ने इच्छाशक्ति भए पनि गृहले स्वतन्त्र निर्णय गर्न बाधा पुर्याइरहेको अवस्था देखिन्छ,’ आफू पर्सामा एसपी भएर काम गर्दाताको अनुभव समेत सुनाउँदै पूर्वडिआइजी रमेश खरेल भन्छन्, ‘कुनै बेला प्रहरीले उच्च मनोबलले काम गर्ने अवस्था थियो, गुण्डागर्दी र अपराध न्यूनीकरण गर्न हामी स्वतन्त्र थियौं, त्यस्तो पुलिसिङ हामीले देख्न पाएनौं।’, यस्तो हुन नदिन प्रहरी महानिरीक्षकसँग ‘अडान’ हुनुपर्ने खरेलले बताए। ‘पुलिसको आन्तरिक काम गर्न प्रहरी महानिरीक्षकलाई दिनुपर्छ, गृह प्रशासन राम्रो बनाउँछु भनेर भाषण मात्रै गर्ने होइन,’ खरेलले भने, ‘प्रहरी महानिरीक्षकले पनि खुट्टा नकमाइकन मलाई हस्तक्षेप नगर्नुस् भन्न सक्नुपर्छ, होइन भने अर्को आइजिपी खोज्नुस् भनेर गृहमन्त्रीलाई टोपी बुझाउन सक्नुपर्छ, तर संगठनलाई बन्धक चाहिँ बनाउन पाइन्न।’,
लेखापालहरू ‘बलिया हुँदा’ आइजिपीले गर्न सकेनन् सरुवा
|
सेतोपाटी संवाददाता कोरोना भाइरसविरूद्धको खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी विकास भएको सर्वेक्षणले देखाएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७८ साल असार २१ गतेदेखि साउन ३० गतेसम्ममा संकलित नमूनामध्ये १३ हजार १६१ जनाको परीक्षण गर्दा दुबै मात्रा खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी देखिएको हो। , साथै, पहिलो मात्रा खोप लगाउनेमध्ये पनि ८० प्रतिशत मानिसमा एन्टिबडी विकास भएको पाइएको हो। जसले गर्दा अहिले लगाइरहेका खोपहरू अत्यन्त प्रभावकारी रहेको मन्त्रालयको ठहर छ। , त्यस्तै, समग्रमा देशभरिबाट संकलित गरिएको उक्त नमूनामध्ये ६८.६ प्रतिशत नमूनामा एन्टिबडी देखिएको छ।, मन्त्रालयले सातै प्रदेश र हिमाल, पहाड, तराई, गाउँ, सहरलगायत सबै लिंग, उमेर, पेशा तथा समूहका मानिसहरूको नमूना संकलन गरेकोमा ती सबै समूहका मानिसहरूमा एन्टिबडी विकास भएको पाइएको हो। , तर भाइरसले आफ्नो रूप परिवर्तन गरिरहने हुँदा संक्रमणबाट बच्नलाई भौतिक दूरी कायमलगायत आवश्यक सावधानी अपाउन मन्त्रालयको आग्रह छ।, साथै, संक्रमणसँग मिल्दोजुल्दो कुनै पनि लक्षण भएमा स्थानीय तहसँग सम्पर्क गरी निःशुल्क परीक्षण गराउन मन्त्रालयको अनुरोध छ।,
खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी पाइयो: स्वास्थ्य मन्त्रालयको सर्वेक्षण
|
सेतोपाटी धादिङको गजुरी गाउँपालिका-५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ। , अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए। , मृत्यु हुनेमा स्याङ्जा निवासी २७ वर्षीय विमल परियार र पोखरा महानगरपालिका निवासी २४ वर्षीय उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखरा महानगरपालिका निवासी भुवन बराल रहेका छन्।, घाइतेको उपचारको लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ। गजुरी अस्पतालमा शव परीक्षणका लागि राखिएको छ। ,रासस,
करेन्ट लागेर धादिङमा दुईको मृत्यु
|
सेतोपाटी संवाददाता दार्चुलामा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ।, गएराति जिल्लामा आएको अविरल पानीले पहिरो खस्दा दुहु गाउँपालिका–१ बाजपानीका ६६ वर्षीय कौसी महरा र ७३ वर्षीय उनका श्रीमान नरसिंह महराको मृत्यु भएको प्रहरी जनाएको छ।, राति १० बजेतिर घरमाथिबाट पहिरो खस्दा सुतिरहेका उनीहरू घरसँगै पुरिएका थिए।, उनीहरू बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुब विष्टले जानकारी दिए।, यस्तै, प्रहरीका अनुसार दुहुँ गाउँपालिका-५ दन्नामा पनि पहिरोमा परेर ८४ वर्षीय मनुवा डडालको मृत्यु भएको छ।, लगातारको वर्षाले जिल्लाको महाकाली नगरपालिकाका ११ वटा घर र निजाम गाड खोलामा रहेको ३० मिटर लामो पक्की पुल पनि बगाएको छ। , विस्थापित परिवारलाई राहत सामग्री बोकेर उद्धार गर्नतर्फ प्रहरी टोली घटनास्थलमा गइरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए।,
दार्चुलामा पहिरोमा परी तीन जनाको मृत्यु
|
सेतोपाटी संवाददाता सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।, महादेवा गाउँपालिका वडा नम्बर १ पकरी बस्ने ५३ वर्षीया अमिरका सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।, राति सवा १० बजे सदा पानी लिन कलतर्फ गएकी थिइन्। त्यसक्रममा मोटरमा जोडिएको बिजुलीको तारमा उनको खुट्टा परेको थियो।, बिजुली सर्ट भई करेन्ट लागेपछि उनी घाइते भएकी थिइन्। घाइतेपछि उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको थियो।, उपचारको क्रममा उनको मृत्यु भएको कार्यालयले जानकारी दिए।,
सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु
|
सेतोपाटी संवाददाता काठमाडौंको टेकुस्थित एक घरमा आगलागी भएको छ।, सोमबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंनजिकै रहेको एक घरमा आगलागी भएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए। आगलागी कसरी सुरू भएको भन्ने अहिले खुलिसकेको छैन।, स्थानीय, प्रहरी र दमकलको सहयताले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।,
टेकुको एक घरमा आगलागी
|
सेतोपाटी संवाददाता कैलालीमा एक पुरूषको शव फेला परेको छ।, सोमबार गोदावरी नगरपालिका-५ गेटामा मनहरा नदीको किनारमा अन्दाजी ४० वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको हो।, उक्त शवको पहिचान खुलेको छैन। मृतकको सनाखत गर्न आफन्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।,
कैलालीमा एक पुरूषको शव फेला
|
भगवती पाण्डे विगत पाँच दिनदेखि परेको वर्षापछि झरेको पहिरोले बुटवलमा थप सात घर पुरिएका छन्। आइतबार बिहान ६ बजेदेखि बुटवल वडा नं. ३ ज्योतिनगरमा चुरे पहाडबाट खसेको पहिरो अहिलेसम्म रोकिएको छैन।, आइतबार स्थानीय मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो झरेकोमा सोमबार थप सात जनाको घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार सोमबार खसेको पहिरोले ७ वटा घर पुरिएका छन्। , पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, ईश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ। अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ।, बुटवल तथा आसपासको क्षेत्रमा अहिले पनि पानी परिरहेकोले पहिरो सहितको लेदो बगिरहेको प्रहरीले जनाएको छ। चुरेबाट झरेको लेदो माटो बुटवल बहुमुखी क्याम्पस, ट्राफिक चोक हुँदै अस्पताल लाइनसम्म पुगेको छ।, सुरक्षाकर्मीले स्थानीयको सहयोगमा पहिरोबाट प्रभावितहरूलाई उद्धार गरी बुटवल बहुमुखी क्याम्पसमा आश्रय दिएर राखेका छन्।, पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडक समेत बगाएको प्रहरी नायब उपरीक्षक कुवँरले बताए।, बस्तीमा झरेको पहिरो बुटवल उपमहानगरपालिकाको सहयोगमा पन्छाएर अन्यत्र लैजाने गरिएको कुवँरले जानकारी दिए।, पहिरोले सडकमा क्षति पुर्याएर आवागमन अवरूद्ध भएको छ भने सडक किनारमा राखिएका बिजुलीका पोल पनि बगाएको छ। २०५५ साल भदौ २० गते पहिरो झरेको स्थानमै पुनः अहिले पहिरो झरेको हो। , २०५५ सालमा झरेको पहिरोले ५७ घरमा क्षति पुगेको थियो। २३ वर्षपछि अहिले फेरि पहिरो झरेपछि स्थानीय त्रसित बनेका छन्।, बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो नरोकिए यसबाट सिंगो बुटवल नै प्रभावित हुने विज्ञहरूले चेतावनी दिएका छन्।, , , , ,
पहिरोले बुटवलमा थप सात घर पुरिए (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता सिसडोल ओखरपौवाका स्थानीयले बिरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ।, २ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको बिरोध गरेका हुन्।, स्थानीयको बिरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन। सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको उचित व्यवस्थापनमा लापरबाही गरेको स्थानीयहरुको गुनासो छ। स्थानीय परशुराम अर्यालका अनुसार ओखरपौवामा १४ वर्षसम्म फालिएको फोहोर व्यवस्थापन गर्न नसक्दा ठूला समस्याहरु देखा पर्न थालेका छन्।, फोहोरको पानी चुहिएर खोलामा जाने र त्यही पानी गाईवस्तुलाई खुवाउनु र बालीनालीमा लगाउनु पर्ने बाध्यताले विभिन्न रोगहरु पैदा भइरहेको स्थानीयवासी अर्यालले बताए। उनले फोहोरका कारण मानव बस्ती प्रभावित भइरहेकोले सरकारले त्यहाँको उचित व्यवस्थापन गरिदिनुपर्ने उनको भनाइ छ। अर्यालले सरकारले जग्गा अधिकरण गरेर बस्ती हटाउने वा त्यहाँको फोहोर व्यवस्थापन गर्ने र अब बञ्चरे डाँडामा फोहोर लग्ने व्यवस्था नमिलाए निकट भविष्यमै ठूलो दुर्घटना निम्तिने बताए।, स्थानीयवासी अर्यालले भने, ‘यो एकदमै कठीन छ, स्थानीय मान्छेहरु विशेष गरी ककनी गाउँपालिका वडा नम्बर २ जहाँ फोहोरको बिसर्जन अहिले अस्थायी रुपमा भइरहेको छ, यो २ वर्षका लागि मात्रै भनेर नेपाल सरकारले जिम्मा लिएको तर १४ वर्ष यहीँ फालिसक्यो। १४ वर्ष यसरी फोहोर फाल्दै गर्दा फोहोरको अव्यवस्थापन भइरहेको छ। व्यवस्थापन हुन नसक्दा धेरै ठूलो समस्याहरु देखा पर्दै आइरहेका छन्। मान्छेले धेरै ठूलो समस्या झेलिरहेका छन्, बाटो यस्तो अवस्थामा छ, फोहोरबाट चुहिएर खोलामा गएको पानी खेतिबारीमा लगाउनुपर्ने अवस्था छ, त्यही पानी गाई वस्तुलाई खुवाउने अवस्था छ, त्यसकारण फोहोरले महामारी पनि आउटलेट हुनसक्छ भन्ने मलाई लाग्छ’, उनले भने, ‘ककनी गाउँपालिका वडा नं. २ विशेष प्रभावित क्षेत्र हो। यो हावा त्यत्तिकै प्रदूषित छ,सबै कुरा प्रदूषित छ, त्यसकारण नेपाल सरकार वा सम्बन्धित सरोकार वाला निकाय वा सम्बन्धित निकायले जति सक्दो छिटो यसको व्यवस्थापन अर्को ठाउँमा गर्नुपर्यो। जस्तो बञ्चरो डाँडोमा भनिएको छ त्यहाँ लगेर गर्नुपर्यो। त्यो ठाउँमा लगेर व्यवस्थापन गर्नुपूर्व यो ठाउँमा फोहोरले गरेको अस्तव्यस्ततालाई पनि समाधान गर्नुपर्यो।, यता समस्याको समाधान गरिसकेपछि मात्रै उता फोहोर व्यवस्थापन गरिदिए राम्रो हुने उनले बताए। ‘मानव बस्तीहरु भइरहेको ठाउँमा यसले धेरै असर पार्छ। त्यसैले यो मानव बस्ती भन्दा अलि टाढा लगेर व्यवस्थापन गर्नुपर्ने तर हाम्रो यहाँ बस्तीको बीचमै छ, ककनीको वडा नम्बर १,२ र ३ त्यस्तै धादिङको धुनिबेसी नगरपालीकाको १,२ सँगै काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाको वडा नं. ३ विशेष प्रभावित क्षेत्र हो। त्यसकारण नेपाल सरकार वा मन्त्रालय कसको जिम्मेवारी हो, उहाँहरुले व्यवस्थापन गर्नुपर्यो सँगै बस्ती फोहोरले गर्दा प्रभावित भएको छ, त्यसलाई अधिकरण गरेर ,कि त यहाँबाट बस्ती नै हटाए मात्रै यसको समाधान समस्या निस्केला नत्र यसले भविष्यमा धेरै ठूलो असर धेरै ठूलो दुर्घटना ननिम्तेला भन्न सकिँदैन,’ उनले भने।, काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरीकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै सबै निकायले छिटो भन्दा छिटो आफ्नो काम गरेर बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने बताए।, उनले कोभिड–१९ का कारण केही समस्याहरू आइरहेको बताउँदै सबै राज्य संयन्त्र मिलेर काम अघि बढाउनुको विकल्प नरहेको बताए। प्रमुख श्रेष्ठले सिसडोलका स्थानीयको मागलाई सम्बोधन गर्ने गरी काम अघि बढाइने पनि स्पष्ट पारे।, ‘हामीले गत वर्ष नै जानकारी गराएका थियौं तर के भनियो भने यस वर्ष फोहोर बञ्चरे डाँडा जाँदैन, सिसडोलमा नै व्यवस्थापन हुन्छ, भनेपछि हामीले त्यही अनुसारको तयारी गरेर गत वर्ष फोहोर फाल्नलाई सफल भइयो। तर यस वर्ष फोहोर फाल्न मिल्दैन बञ्चरे डाँडा नै जानुपर्छ भन्दा, सबै संयन्त्र, राज्य संयन्त्र सबै निकाय परिचालित भएर छिटो भन्दा छिटो बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा फोहोर फाल्नुपर्छ भन्ने हिसावको छलफल पनि भएको र जान्छ भन्ने हिसावले पनि तयारी भएको भन्ने कुरा छ, कोभिड–१९ को कारणले समस्या आएको छ, मेनपावरको काम गर्ने श्रमिकहरुको भयो। ल्याउनु पर्ने इक्वीपमेण्टहरु भयो। जुन हिसावले काम हुनुपर्ने हो, त्यो यस वर्ष पनि काम गर्न नसकेपछि सिसडोलमा राख्ने, फाल्ने ठाउँ नभइसकेपछि हामीले के भनेका छौँ भने यसको विकल्प भनेको बञ्चरे डाँडा हो त्यसको विकल्पमा जानुपर्छ भनेका हौँ’, उनले भने, ‘यहाँ राख्न सकिन्थ्यो तर सडकमाथि फोहोर, फोहोरमाथि गाडी गाडीमाथि फेरि फोहोर भयो। फोहोरको गाडी लिएर जानका लागि ८० मिटर जुन हाइट छ, त्यो डेढ सय २ सय मिटरको सडक त्यो एकदम खतरा छ। त्यसमा ग्राभेल बनाएर लिएर जाँदा वर्षातको समयमा पानी पर्दा फोहोरको गाडी ठेल्ने तान्ने गर्दा पनि जुन रेसियोमा गाडीहरु जानुपर्ने थियो त्यसअनुसार फोहोरको गाडीहरु नगइसकेपछि यो समस्या आएको हो। ’, उनले यसको समाधानको उपाय भनेको अब त्यो बाटोमा ग्याभिन राखेर जानुबाहेक अरू नभएको बताए। ‘त्यसका लागि हामीले प्रक्रिया अघि बढाउने तयारी गरिहेका छौँ। सबै निकायले आ आफ्नो जिम्मेवारी लिए समाधान समस्या हुन्छ। समस्या ल्याण्डफिल्ड साइट नभएको मात्रै हो। बञ्चरे डाँडाको व्यवस्थापन गरेर फोहोर फाल्ने ठाएँ बनाउनुको विकल्प छैन,’ उनले भने।, सिसडोड ल्याण्डफिल्ड साइटका इञ्चार्ज सरकारदीप श्रेष्ठले बाटोभन्दा माथि फोहोर व्यवस्थापन गर्नुपरेकोले समस्या आइरहेको बताए। उनले हरेक दिन डेढ सय गाडी फोहोर व्यवस्थापन गर्नुपर्नेमा अहिले कहिले १००, कहिले डेढ सय, कहिले ५० गाडी मात्र फोहोर व्यवस्थापन गर्न सकिएको जानकारी गराए।, इञ्चार्ज श्रेष्ठले काठमाडौंवासीले केही समय घरमै कुहिने/नकुहिने फोहोर छुट्याएर राख्ने र कुहिने फोहोरलाई मात्र बाहिर निकालेर नकुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न र सडकमा जथाभावि फोहोर नफालिदिन पनि आग्रह गरे।, ‘बाटोभन्दा माथि फोहोर व्यवस्थापन गर्नुपरेकोले समस्या आइरहेको छ। यस वर्ष गत सालभन्दा पनि धेरै पानी परेको कारणले गर्दा फोहोरमाथि नै बाटो हुँदा फममा हिँडेको जस्तो लिचिलिचि भएर गाडी उक्लिन नसक्ने त्यसैले कहिले डोजरले ठेलेर कहिले तानेर फोहोर व्यवस्थापन गरिरहनु परेको छ। हरेक दिन डेढ सय गाडी फोहोर व्यवस्थापन गर्नुपर्नेमा अहिले कहिले १००, कहिले डेढ सय, कहिले ५० गाडी हुन्छ। अहिले ५०/६० गाडी फोहोर व्यवस्थापन भएको छ’, उनले भने, ‘काठमाडौं उपत्यकाको फोहोर सजिलै उठ्न सकेको छैन। सडकमा फोहोर देखिसकेको अवस्था हो। यसलाई न्यूनिकरण गर्नका लागि बञ्चरे डाँडा ल्याण्डफिल्ड साइट तयार हुनुपर्ने, ७५ सालदेखि तयार हुन्छ भनेर भनिएको तर अहिलेसम्म तयार भएको छैन। फोहोर सिसडोलमै राख्नु पर्ने भएर फोहोर राखेको हो, बञ्चरे डाँडा तयार भए हामी सहजै फोहोर व्यवस्थापन गर्न सक्छौँ। सिसडोलमै राख्नुपर्ने अवस्थामा वर्षात कम भएपछि मात्रै अलि सहज हुन्छ। त्यसैले शहरवासीले सडकमा फोहोर नफाली घरमै २/४ दिन राख्दा पनि दुर्गन्धित हुँदैन। कुहिने फोहोर मात्रै बाहिर निकालौँ।’, इञ्चार्ज श्रेष्ठले वर्षातको समयमा फोहोर आइरहे पनि कम मात्रै व्यवस्थापन गर्न सकिएको बताए। उनले ल्याण्डफिल्ड साइट जहाँ र जहिल्यै पनि बाटो भन्दा मुनि हुनुपर्ने तर नेपालमा फोहोर भन्दा माथि नै बाटो बनाएर ८०–१०० मिटरको हाइटसम्म लगेर फोहोर व्यवस्थापन गर्न परिरहेको बताए। ,
सिसडोलवासीको बिरोधपछि काठमाडौंको फोहोर उठ्न सकेन
|
सेतोपाटी संवाददाता झापामा एक महिलाको शव फेला परेको छ।, सोमबार बिहान साढे ६ बजे अर्जुन्धारा नगरपालिका वडा नम्बर १० घर भई वडा नम्बर ६ बिहानी टोलमा डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो।, ४५ वर्षीया सावित्रा बिक डेराबाट करिब एक सय मिटर पर मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।, बिक मृत फेला परेपछि स्थानीयले इलाका प्रहरी कार्यालय अनारमनीमा सम्पर्क गरेका थिए। खबरपछि प्रहरी नायब उपरीक्षकसहितको टोली खटिएको थियो।, ट्रान्सफर्मर रहेको विद्युतीय पोलमुनि उनको शव भेटिएको थियो। उनको करेन्ट लागेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। तर यो कुरा पोष्टमार्टमपछि मात्रै पुष्टि हुने प्रहरी नायब उपरीक्षक थापाले बताए।, बिकको काँधको भागमा ट्रान्सफर्मरको अर्थिङ गरिएको तारले छोएको थियो। काँधका केही भाग जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।, विद्युत प्राविधिक कर्मचारीलाई घटनास्थलमा बोलाएर परीक्षण गर्दा तारबाट करेन्ट प्रवाह भएको पाइएको प्रहरीले जनाएको छ।, प्रहरीले शवको पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाएको छ।, प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
झापामा एक महिलाको शव फेला
|
सेतोपाटी नेपालमा भएको १० वर्षे सशस्त्र द्वन्द्वपछिको विस्तृत शान्ति, सम्झौताको बुँदा नम्बर ५, २ र ३ मा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको तथा युद्धको समयमा मारिएकाको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई बुझाउने उल्लेख छ।,
,
विस्तृत शान्ति, सम्झौताकै बुँदा नम्बर ५, २ र २ मा आफ्ना कब्जामा रहेका मानिसका बारेमा जानकारी सार्वजनिक गरी १५ दिनभित्र सबैलाई मुक्त गर्न दुवै पक्ष मञ्जुर गर्दछन् भनिएको छ।, विसं २०५२ फागुन १ गतेदेखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच १२ बुँदे विस्तृत शान्ति, सम्झौता भएको थियो।, अहिले विस्तृत शान्ति, सम्झौता भएको १४ वर्ष पुगिसकेको छ तर अहिलेसम्म सम्झौताअनुरूप बेपत्ता सार्वजनिक हुन सकेनन्। ,
,
शान्ति, सम्झौताअनुरूप नै दुवै पक्ष सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरूद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्यले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको २०७१ माघ २७ गते गठन गर्यो। सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे आठ वर्षपछि यी दुई आयोग बने। ,
,
नेपालको संविधानअनुसार दुई वर्षभित्र सम्पूर्ण कामसक्ने भनेर गठन गरिएका यी दुई आयोगमा पहिलो पदाधिकारीले चार वर्षसम्म पनि काम पूरा गर्न नसकेपछि ती पदाधिकारीलाई बिदाइ गरेर नयाँ पदाधिकारी ल्याएको पनि करिब दुई वर्ष हुन लाग्यो तर पीडितले न्याय पाएको अनुभूति गर्न सकेका छैनन्।,
,
आयोगले दोस्रोपटक २०६७ माघ ९ गते नयाँ पदाधिकारीले पाएको हो। एक वर्षका लागि भनेर गठन गरिएको आयोगले दोस्रो वर्षसम्म पनि काम पूरा गर्ने देखिएको छैन। आयोगका पहिलो पदाधिकारीले तथ्यांक संकलन गर्ने काम गरे। ,
,
आयोगमा तीन हजार २४३ उजुरीमध्ये २३७ उजुरी सत्यनिरूपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको थियो। त्यसमध्ये १३१ उजुरी दोहोरो परेको देखिएकाले लगतकट्टा गरिएको छ। साथै २८९ उजुरीमा सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारेका भन्ने नै आधार प्रमाण नदेखिएकाले तामेलीमा राखिएको छ। आयोगले दुई हजार ४९६ उजुरीमा विस्तृत छानबिन गरिरहेको छ। उजुरीका आधारमा दुई हजार ५१३ व्यक्ति बेपत्ता पारिएको भनी आयोगको तथ्यांकमा उल्लेख छ।,
,
आयोगका अनुसार २७४ उजुरीमा उजुरीकर्ता बुझ्नेलगायत काम सम्पन्न भएको छ।, उजुरी परेका ७५ जिल्लामध्ये ७३ जिल्लाको स्थलगत भ्रमण गरी आयोगले अनुसन्धान गरिसकेको छ भने १५ जिल्लाका १८८ परिवारका ५४० जनालाई पीडित परिचयपपत्र वितरणसमेत गरिसकेको छ।, ‘आयोगले अघिल्लो पदाधिकारीले संकलन गरेको उजुरी र अघि बढाएको अनुसन्धानका आधारमा काम अघि बढाएको छ’, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता डा गंगाधर अधिकारीले भने, ‘बेपत्ता परिवार पहिचान भइसकेको परिवारलाई परिचयपत्र बाँड्ने काम भइरहेको छ, हासम्म २४३ परिवारका ६३९ व्यक्तिले परिचयपत्र पाइसकेका छन्।’,
,
आयोगले २०७७ माघ १४ गतेदेखि पीडित पहिचान गरी परिचयपत्र बाँड्न सुरू गरेको थियो।, आयोगका प्रवक्ता अधिकारीका अनुसार यो वर्ष ८० प्रतिशतलाई परिचयपत्र वितरण गर्ने योजना छ।, आयोगले पीडितको उजुरीका आधारमा पीडकको तालिका बनाई काम सुरू गर्ने तयारी गरेको छ।, ‘आयोगले परिचयपत्र वितरणको काम सँगसँगै पीडितको उजुरीका आधारमा पीडक पहिचान गरेर तालिकीकरण गरी उजुरीउपर बयान लिने तयारी गरेको छ’, आयोगका प्रवक्ता अधिकारीले भने, ‘दुई/तीन महिनामा यो काम प्रारम्भ हुन्छ।’,
,
आयोगले पीडितलाई परिचयपत्र वितरण गरे पनि त्यो परिचयपत्रले के/के सुविधा वा सहुलियत पाउने भन्ने स्पष्टरूपमा केही पनि नखुलेको हुनाले त्यसको कुनै महत्व नभएको पीडितको दुखेको छ।,
,
‘मेरो २९ वर्षको जवान श्रीमान् बेपत्ता पारेको अहिले २१ वर्ष भयो, यतिबेला आएर आयोगले बेपत्ता भएको परिचयपत्र दिएको छ,’ बेपत्ता पीडित शोभा भट्टले भने, ‘त्यो परिचयपत्रले के गर्नु ? न बच्चा पढाउन पाउनु, न जागिर खुवाउन पाउनु, न गाडी चढ्दा छुट पाउनु, के काम त्यो ?’ प्रश्नको शैलीले उनले बेपत्ता परिवारलाई दिएको परिचयपत्रको कुनै औचित्य नभएको सुनाइन्। ,
,
आफ्ना जीवन सारथी काखमा रहेका कलिला दुई सन्तानलाई हुर्काउने, पढाउने, बढाउने जिम्मेवारी एक्लै पूरा गर्नुपर्ने परिबन्ध शोभालाई आइलाग्यो।, सरकारले पटक-पटक गरी अन्तरिम राहतस्वरूप पीडितलाई दिएको रु १० लाखले उनले छोराछोरी पढाउने गरेकी छन्।,
,
चन्द्रागिरि नगरपालिका–१३ काठमाडौंबाट २०५८ साल असोज १८ गते साँझ ८ बजे तत्कालीन विद्रोही पक्षले शोभाका पतिलाई लगेका थिए।, आफ्ना पति आज आउलान, भोलि आउलान् भन्दाभन्दै यतिका वर्ष बिते तर पति घर फर्किएन। अझै पनि आफ्ना पति फर्किन्छन् भन्ने आशा शोभामा बाँकी नै छ। , ‘त्यो बेला बेपत्ता भएका कति भेटिए भन्ने खबर आउँछ, मलाई मेरा श्रीमान पनि आउनु होला कि जस्तो लाग्छ’, भट्टले भक्कानिएर आफूलाई सम्हाल्दै केहीबेरपछि भनिन्, ‘राज्यले कि सास देओस् कि लास।’ ,
,
आफ्ना पतिको यथार्थ सार्वजनिक गर्नेभन्दा पनि आयोगमा घरी बोलाएर सोधपुछ गर्ने कहिले परिचयपत्र दिने कामले शोभालाई चित्त दुखेको छ।, ‘मेरो श्रीमान् बेपत्ता भएको पीडा छँदैछ, खाटो बसेको घाउ कोट्याएर आलो बनाउनेबाहेक केही काम हुँदैन’, शोभाले आक्रोशित हुँदै भनिन्, ‘निर्दोषलाई बेपत्ता बनाएर यति दुःख पाएका छौं, तर राज्यले पीडितको पीडा देखेन।’ ,
,
आफ्ना पति बेपत्ता भएर वियोगमा जीवन बिताउँदै आएकी शोभा प्रतिनिधिपात्र मात्रै हुन्।, त्यस्ता धेरै महिला केही पति बेपत्ता भएर पीडामा छन्। कति द्वन्द्वका समयमा बलात्कारमा परेर अझै पीडामा छन् तर स्वास्थ्योपचारको व्यवस्थासम्म उनीहरूलाई हुन सकेको छैन।,
,
महिला आफ्ना पति बेपत्ता हुँदा पीडामा छन् भने कैयौं पुरूषबाट आफ्नी पत्नी बेपत्ता हुँदा पीडामा छन्।, धादिङका पर्शुराम कोइरालाकी पत्नी १९ वर्षदेखि बेपत्ता छन्। पर्शुरामकी पत्नी ३७ वर्षीय गोमा कोइराला २०६० पुस २८ गते राति ९ बजे बेपत्ता भएदेखि आजसम्म सम्पर्कमा आएकी छैनन्। तर पर्शुरामले बेपत्ता आफ्नी पत्नीलाई बारम्बार सपनामा भेट्छन्।, ‘मेरी श्रीमती बेपत्ता भएको यतिका वर्ष भयो तर म अहिले पनि सपनामा भेट्छु, कुरा गर्छु’, उनले भक्कानिँदै भने, ‘सुरूसुरूमा दैनिक सपनामा देख्थें, कुराकानी गर्थें, त्यतिबेला हाँसीखुसी देख्ने, आजभोलि ८/१० दिनमामात्र सपनामा देख्छु, तर रोइरहेको देख्थें।’ , पर्शुरामलाई छोराछोरीले आमालाई सम्झेर रुँदा नराम्रो लाग्छ।, ‘बेलाबेला बच्चाहरू आमालाई सम्झेर भक्कानिन्छन्, म पनि भक्कानिन्छु तर बच्चाको अगाडि सम्हालिनुपर्यो’, उनले पत्नी वियोगको पीडा सुनाए, ‘मलाई मेरो श्रीमतीको कि सास कि लास देओस् सरकारले, मलाई बेपत्ता पीडित नै भएर बस्न मन छैन।’, द्वन्द्वका बेलामा तत्कालीन माओवादी विद्रोही पुर्शरामको घरमा बारम्बार भोक लाग्यो भनेर आउँथे। पर्शुरामकी पत्नीले खाना पकाएर खुवाउँथिन्।, खाना नखुवाए माओवादीको डर, खाना खुवाए सेनाको डर थियो।, ‘साह्रै भोक लाग्यो भनेर माओवादी आए, मेरी श्रीमतीले दाल, तरकारी र अचार बनाएर मीठोसँग खाना खुवाइन्’, त्यो बेलाको घटना स्मरण गर्दै पर्शुरामले सुनाए, ‘आर्मीलाई सुराक गरेको भनेर खाना खुवाएकै पाँच दिनपछि माओवादीले लगे, बेपत्ता पार्ने खुलेआम खुसी जीवन बिताएका छन्, हामी रोएर बसेका छौं।’, उनको मुख्य माग नै आफ्नी पत्नीको अपहरण गरी बेपत्ता पार्नेलाई सजाय होस् भन्नेछ।,
,
जीवित भए जीवित, नभए लाश देऊभन्दा पनि अहिलेसम्म पाउन सकेका छैनन्। द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिको सूचीमा रहेका ३१ जना परिवारको सम्पर्कमा आएका छन्। आफ्ना बेपत्ता भएका आफन्त पनि आउँछन् कि भन्ने आशा अझै बाँकी छ।,
,
पर्शुरामजस्तै धेरै पति द्वन्द्वमा पत्नी बेपत्ता भएको वियोगमा बाँचिएका छन् तर सरकारले गठन गरेको आयोगले न्याय दिनेमा द्वन्द्वपीडितलाई आशा छैन। द्वन्द्वपीडितको त्यति ठूलो माग पनि छैन।, ‘पीडितले न्याय माग्नु गल्ती होर ? पीडितले पनि यो देशमा सम्मानपूर्वक बाँच्न पाउनु त पर्यो नि!’, द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले भन], ‘द्वन्द्वरत पक्षले पीडितसँग माफी मागोस्, स्वास्थ्योपचार, शिक्षा र रोजगारीमा सहयोग गरोस्, अरू केही चाहिँदैन।’ , उनलाई विस्तृत शान्ति, सम्झौता भएको ६० दिनभित्र बेपत्ता सार्वजनिक गर्ने भनिएकोे सम्झौताअनुसार त्यो ६० दिन कहिले आउला भन्ने लागेको छ।, ‘शान्ति, सम्झौता भएको १५ वर्ष हुन लागिसक्यो, ६० दिन किन आउँदैन’, अधिकारीले भने।, सरकारले समयमै ऐन संशोधन गरेर तत्काल पीडितलाई न्याय दिनुपर्ने र सङ्क्रमणकालीन न्यायलाई लम्ब्याउन नहुने उनको सुझाव छ। , नेपालमा १० वर्षे सशस्त्र द्वन्द्वजस्तै विश्वमा बलपूर्वक बेपत्ता हुनेको सङ्ख्या ठूलो छ। आइसीआरसीको सन् २०२० को प्रतिवेदनअनुसार विश्वभर एक लाख ४५ हजार व्यक्ति बेपत्ता भएका थिए। ती बेपत्ता हुनेमध्ये खासगरी, आन्तारिक द्वन्द्व, राजनीतिमाथि फरक धारणा राख्ने समूहले व्यक्ति बेपत्ता पार्ने गरेको प्रतिवेदनमा उल्लेख छ।, बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा विश्वभर नै आज, अगष्ट ३० लाई विश्व बेपत्ताविरूद्धको दिवसका रूपमा मनाउने गरिएको छ।,
,
नेपालमा पनि १० वर्षे सशस्त्र द्वन्द्वका बेलामा बेपत्ता पारिएका व्यक्तिको अवस्था अझै सार्वजनिक हुन सकेको छैन। पीडितले कि सास, कि त लास चाहियो भनेर आवाज उठाइरहेका छन्। पीडितलाई न्यायको अनुभव हुनेगरी सरकारले पीडितको सम्बोधन गर्न जरुरी देखिन्छ। ,रासस,
,
विश्व बेपत्ताविरूद्धको दिवस: कि सास कि त लास चाहियो!
|
विमलबहादुर विष्ट सुन्दा पनि अचम्म लाग्छ, महिनावारी अर्थात् छाउपडी भएकी महिलालाई दूध, दही खान दिए गाई–भैंसी बिग्रन्छ र दूध दिन छोड्छ भन्ने अन्धविश्वास अझैसम्म यहाँ व्याप्त छ। , डोटीको पूर्वीचौकी गाउँपालिका-२ का किसान अहिले पनि यही अन्धविश्वासमा भैंसीको दूध बजारमा बिक्री गर्न मान्दैनन्। , अशिक्षा तथा जनचेतनाको कमीका कारण किसानले दूध बिक्री वितरण गर्न नमान्ने गरेकाले प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वारस्थित बगलेक तथा झिग्रानाका पसल तथा होटेलमा दूध नहालेको कालो चिया मात्रै बिक्री वितरण हुँदै आएको स्थानीयवासी तापसिंह साउदले बताए। , उनले भने, ‘भैंसी पाल्ने किसान दूध बिक्री गर्न मान्दैनन्, यहाँ आउने आन्तरिक पर्यटकले दूध हालेको चिया माग्छन् तर दूध नहुँदा कालो चियामै चित्त बुझाउनुपर्छ।’, यस क्षेत्रमा खोलिएका होटल, पसल, होमस्टे तथा सेनाको ब्यारेकमा दूधको माग भए पनि किसानले दूध बिक्री नगर्ने गरेका कारण समस्या हुँदै आएको स्थानीय व्यापारीको गुनासो छ।, आफ्ना परिवारबाहेक बाहिरबाट आएका पाहुनालाई समेत दूध नदिने तर दिनै परे मोही पनि मुस्किलले दिने गरेको जिल्ला उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताए।, उनले भने, ‘भैंसीको दूध गैर घरपरिवारलाई दिन हुन्न र बिक्री पनि गर्न हुन्न, दिए वा बिक्री गरे भैंसी बिग्रिन्छ भन्ने वर्षौंदेखिको अन्धविश्वास अहिले आएर समस्याको विषय बनेको छ।’, सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएको साइन नेपाल नामक गैरसरकारी संस्थाले दूध बिक्री वितरण गरे भैंसीले दूध दिन नछोड्ने र भैंसी पनि नबिग्रिने भन्दै किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने भएको छ। बगलेक र झिग्रानामा दूधको निकै आवश्यकता भएकाले हामीले किसानलाई दूध बेच्न प्रोत्साहित गर्न लागेको जानकारी दिँदै संस्थाका अध्यक्ष भक्तराज जोशीले भने, ‘सबैले दूध बिक्री गरून् भन्ने उद्देश्यले किसानलाई भैंसी नै किनेर दिने तयारी गर्दै अन्धविश्वास अन्त गर्ने पक्षमा छौं।’ , उक्त संस्थाले झिग्रानाका किसानमा भैंसीलाई गर्भधारण गराउन सहज होस् भन्ने उद्देश्यले रु ५० हजारमा उन्नत जातका राँगा किनेर वितरण गरेको पूर्वीचौकी गाउँपालिका–२ कुडासैनका भीमबहादुर विष्टले बताए।, उनले भने, ‘वडाभर प्रायः सबैका घरमा भैँसी पालिएका छन् तर दूध कसैले बिक्री वितरण गर्दैनन्, कोही बिरामी पर्दा दूध चाहिए अन्यत्र गाउँमा जानुपर्ने बाध्यता छ।’ , यहाँका किसानले दूधबाट घिउ बनाएर बजारमा भने बेच्ने गरेको अर्का स्थानीयबासी श्यमबहादुर विकले बताए।, उनले भने, ‘घिउ जति पनि पाइन्छ तर भैंसी बिग्रिन्छ भनेर दूध र मोही दिँदैनन्, अन्धविश्वास कायमै रहेका कारण यहाँ दूधको समस्या पर्दै आएकोे छ।’, जिल्लामा भैंसीपालक पर्याप्त भए पनि अधिकांशले दूध नबेच्दा छिमेकी जिल्ला डडेल्धुराबाट मगाउनुपर्ने बाध्यता रहेको पिपल्लास्थित रामजानकी मिष्ठान्न भण्डारका रामबाबु यादवले बताए। , उनले भने, ‘जिल्लामा दूधको माग निकै छ, भैंसीपालक किसान पनि धेरै छन् तर दूध बिक्री गरे गाईभैंसीले दूध दिन छोड्छ भन्दै खासै कसैले बिक्री गर्न नमान्ने गरेका कारण हामीले जिल्ला बाहिरबाट मगाएर काम चलाउनु परेको छ।’ ,रासस,
भैंसी बिग्रिने डरले दूध बेच्नै मान्दैनन्!
|
सेतोपाटी संवाददाता विभिन्न तीन वटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले द्वन्द्वकालीन न्यायका विषयमा सरकार गम्भीर हुन नसकेको औंल्याएका छन्। , सोमबार (आज) विश्व बेपत्ता विरूद्धको दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सले सो कुरा औंल्याएका हुन्। , नेपाल सरकारले संक्रमणकालीन न्यायसम्बन्धी सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्नुपर्ने ती संस्थाले बताएका छन्।, त्यस्तै, बलपूर्वक बेपत्ताका घटना, अन्तर्राष्ट्रिय कानूनअन्तर्गतका जघन्य अपराध तथा ज्यादतीलाई नियमित अदालतमार्फत् अघि बढाउनुपर्ने उनीहरूको माग छ। , सर्वोच्च अदालतले वि.सं २०५२ सालदेखि २०६२ सालसम्म चलेको सशस्त्र द्वन्द्वकालमा भएका अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनका मुद्दामा पीडितलाई न्याय दिन पटक–पटक आदेश दिए पनि सुनुवाइ नभएको उनीहरूको टिप्पणी छ। , नेपाल सरकारले सर्वोच्च अदालतको आदेशलाई उल्लङ्घन गरेको ती संगठनहरूको आरोप छ। , बेपत्ता छानबिनका लागि सन् २०१५ मा छानबिन आयोग गठन गरिएको भए पनि हालसम्म आयोगको कानून नभएको उल्लेख छ। , आयोगले दुई हजार पाँच सय छ जनाको सूची तयार गरेको भए पनि हालसम्म कुनै पनि पीडकलाई जवाफदेही बनाउन नसकेको विज्ञप्तिमा भनिएको छ। , प्रत्येक पटक बनेका सरकारले कानूनी कारबाही प्रक्रियालाई अवरूद्ध पारेको आरोप छ। , बेपत्ता आयोगसँगै नेपालले सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरेको छ। उक्त आयोगले द्वन्द्वकालीन मानवअधिकार हननका ६० हजार बढी उजुरी प्राप्त गरेको छ। ती मुद्दाको समाधान भने गर्न सकेको पाइँदैन। , नेपालका अन्तर्राष्ट्रिय साझेदारहरू बलपूर्वक बेपत्तालगायत अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका गम्भीर अपराधका पीडितहरूको पक्षमा उभिनुपर्ने सुझाव ती संस्थाले दिएका छन्।, उनीहरूले सरकारलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय कानुनी दायित्वलाई पालना गर्न सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सुझाव दिएका छन्।,
द्वन्द्व पीडितलाई न्याय दिलाउन सरकार गम्भीर देखिएन: अन्तर्राष्ट्रिय संस्था
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार १६ हजार २३३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ८९२ जनाको पिसिआर र ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, १ हजार ८०८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप १६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ।, हाल सक्रिय संक्रमित ३५ हजार ८७४ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.९ प्रतिशत रहेको छ।, यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ९०६ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना संक्रमित थपिएका हुन्।, ,
१६ हजार २३३ मा कोरोना परीक्षण गर्दा २२९५ लाई कोरोना, १६ को मृत्यु
|
नारायण खड्का राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै डाक्टर, नर्स र स्वास्थ्यकर्मी संघर्षमा उत्रिएका छन्।, तुलसीपुर क्षेत्रमा कार्यरत झन्डै तीन सय बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर न्यायको माग गर्दै आइतबार सडकमा आएका हुन्।, बिहान तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट सुरू भएको विरोध र्यालीले बजार परिक्रमा गरेको थियो। उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।, र्यालीमा सहभागीले ‘वी वान्ट जस्टिस, डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेहरू- मुर्दावाद’ लेखिएका प्लेकार्ड बोकेका थिए।, र्यालीमा मेसु सिंह, राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद शर्मा, कोरोना विषेश अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण वलीसहित विभिन्न निजी क्लिनिकमा कार्यरत डाक्टर, नर्स र स्वास्थ्यकर्मीको सहभागिता थियो।, बजारको परिक्रमापछि राप्ती प्रादेशिक अस्पतालको प्रांगणमा पुगेर उनीहरूले कोण सभा गरेका थिए। कोण सभाका वक्ताहरूले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा प्रवेश गरी दिनदहाडै मेसु सिंहमाथि मोसो दल्नुले सबै स्वास्थ्यकर्मीको अपमान भएको तथा सुरक्षा चुनौती थपिएको बताए। उनीहरूले यस्तो अवस्थामा काम गर्ने वातावरण नहुने भन्दै दोषीलाई कारबाही गरी कानुनी राज्यको प्रत्याभूत गराउन माग गरेका थिए।, आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीले शनिबार दिउँसो दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका थिए।, नेकपा एमालेसम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले भदौ ११ गते दिउँसो साढे १ बजेतिर मेसु सिंहलाई कार्यकक्षमै प्रवेश गरी मोसो दलेका थिए।, , यो पनि,, एमाले कार्यकर्ताले राप्ती प्रादेशिक अस्पतालका मेसुलाई कार्यकक्षमै दले मोसो , घटना भएकै दिन शुक्रबार नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले विज्ञप्ति निकालेर पार्टीको नीतिविपरीत उच्छृंखल क्रियाकलाप गरेको भन्दै परियार र क्षेत्रीलाई पदीय जिम्मेवारीबाट मुक्त गर्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए। , एमालेकै नेता तथा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठले पार्टी कसैको बिर्ता नभएको भन्दै परियार र क्षेत्रीमाथि गरिएको कारबाहीको सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए।, मेसुलाई मोसो दलेको अभियोगपछि फरार रहेका परियारले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लाइभ भिडिओमार्फत् अस्पतालको सेवा सुविधा र त्यहाँका चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीलाई गर्ने व्यवहारप्रति असन्तुष्टि पोखेका थिए।, उनले चिकित्सकहरूले निजी अस्पतालमा पैसाको लागि धेरै समय बिताउने गरेको र प्रादेशिक अस्पतालमा कममात्रै उपस्थित हुने हुँदा अस्पतालको सेवा सुविधा खस्किएको तथा अस्पताल रेफर सेन्टरमात्रै बनेको उल्लेख गरेका छन्।, परियारले डाक्टर नर्सलाई आफ्नो काम नरोक्न आग्रह गर्दै त्यसो गरे अनेरास्ववियुले नै अस्पताल बाहिर ओपिडीलगायत सेवा सुरू गर्ने र आन्दोलनमा उत्रने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई भौतिक कारबाही गर्ने चेतावनी पनि दिएका छन्। उनले प्रहरी प्रशासनका गाडी चल्न नदिने तथा भौतिक कारबाही गर्नेजस्ता चेतावनी पनि दिएका छन्।, परियार यसअघि पनि विभिन्न विवादमा मुछिदै आएका व्यक्ति हुन्। उनले झन्डै दुई वर्ष पहिले अनेरास्ववियु दाङका अध्यक्ष बिरबल खड्काको टाउकोमा हेलमेट प्रहार गरेका थिए। त्यस्तै तुलसीपुरस्थित एक टेक्निकल कलेजमा भएको तोडफोडमा समेत उनको नाम मुछिएको थियो।, मेसुमाथि भएको दुर्व्यवहारको विरोधमा अत्यावश्यक सेवा बाहेकका सेवा रोकेर डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिदै आएका छन्।, आइतबार उनीहरूले थप संघर्षका कार्यक्रम घोषणा गर्ने बताएका छन्।, प्रहरी प्रशासनले भने मेसुलाई कोलोमोसो दलेर फरार परियार र उनका साथीहरूको खोजी भइरहेको बताएको छ।,
काम छोडेर सडकमा उत्रिए तुलसीपुरका डाक्टर, नर्स र स्वास्थ्यकर्मी
|
रासस गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकांक्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन्।, आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका हुन्। यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक महत्वपूर्ण जिम्मेवारी हो।, उनी नवौँ महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित भएका थिए। उनले संस्थाका समयसान्दर्भिक सवाललाई पूर्णता दिन आफूले उम्मेदवारी दिने जानकारी दिए।, धादिङबेँसी नीलकण्ठ–१४ स्थायी घर भएका उनी २० वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका छन्। सन् २००७ देखि एनआरएनएमा आवद्ध उनले एनआरएनए केन्द्रीय सदस्य (२०१५–२०१७), संघको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवर्धनसम्बन्धी समितिको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्। , गैरआवासीय नेपाली संघ युकेको सल्लाहकार (सन् २०१७) रहिसकेका उनी त्यसअघि गैरआवासीय नेपाली संघ युके उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली संघ युके कार्यसमिति सदस्य (सन् २०११–०१३) को भूमिकामा थिए।, त्यस्तै उनी सन् २०१७ देखि २०१९ को कार्यकालका लागि अध्यक्ष प्रत्यासी समेत रहेका थिए। एनआरएनएका हालका अध्यक्षदेखि पूर्वअध्यक्ष र संस्थाका सबै अभियानकर्मीसँग निकट सम्बन्ध रहेका उनको युके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ।, चुनावी अभियानमा जुटेको र नेपालमै आएर छिट्टै औपचारिकरूपमा प्रतिबद्धता सार्वजनिक गर्ने उनले जानकारी दिए। त्यसैगरी एनआरएनएको युरोप क्षेत्रीय उपसंयोजक पदमा सागर लामाले उम्मेदवारी दिने घोषणा गरेका छन्।, काभ्रेपलाञ्चोक स्थायी घर भएका लामा लामो समयदेखि अयरल्याण्डमा बसोबास गर्दै आएका छन्। सन् २००३ देखि संस्थामा आवद्ध उनको विभिन्न व्यवसायमा लगानी छ। हेल्प नेपाल नेटवर्क आयरल्याण्डको संयोजक भइसकेका उनले अहिले हस्तकलाको व्यवसायमा आवद्ध छन्।, आगामी अक्टोबर २३ देखि २५ सम्म नेपालमा हुने एनआरएनए अन्तरर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनको दौरानमा हुने निर्वाचनमा विभिन्न पदका आकांक्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्। ,
एनआरएनए निर्वाचनः धमाधम उम्मेदवारी घोषणा
|
सेतोपाटी संवाददाता काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगाको सवारी आवागमनमा पहिरोका कारण अवरोध पुगेको छ।, आइतबार बिहान चन्द्रागिरि नगरपालिका चिसापानीस्थित सडकमा पहिरो खस्दा सवारी आवगमनमा अवरोध पुगेको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ। नागढुंगाबाट झण्डै एक किलोमिटर तल पहिरो खसेको हो।, अहिले सो पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा आएको छ। केहीबेरमै सवारी आवगमन दुईतर्फी नै सञ्चालनमा आउने प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार पहिरो खस्दा मानवीय वा सवारी साधनमा भने क्षति भएको छैन।,
नागढुंगानजिकै पहिरो: सवारी साधन एकतर्फी सञ्चालनमा
|
सेतोपाटी भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको निर्माणाधिन पुल जोडने पहुँच मार्गमा अत्यावश्यक कार्यबाहेक आजदेखि हिँडडुल गर्न निषेध गरिएको छ ।, कोरोनाको सङ्क्रमणलाई मध्यजनगर गर्दै जिल्ला प्रशासन कार्यालयले पुल निर्माणमा संलग्न कामदार बोक्ने सवारी साधन, ढुवानीका साधन र कामदारलाई मात्रै सडकमा जान अनुमति दिने भएको छ । , अन्य सवारी साधन आवतजावत गर्न र अनावश्यक हिँडडुल गर्नमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि निषेध गरिएको छ । अनावश्यक रुपमा सडक क्षेत्रमा लाग्ने भिडका कारण सडक र पुलमा काम गर्ने मजदुरमा कोरोनाको सङ्क्रमण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै हिँडडुल गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए।, पहुँच मार्ग हाल महाकाली भाइरल रोडका नामले परिचित छ । दैनिक सडक क्षेत्रमा सयौंको सङ्ख्यामा टिकटक बनाउने, भिडियो फोटो खिच्ने व्यक्ति पुग्दछन्। सडक क्षेत्रमै झै झगडा गर्ने, निर्माण कार्यमा प्रयुक्त गाडी तथा सवारी साधनलाई बाटो नछाडने, निर्माणस्थलमा पसल खोलेर बस्ने, विद्युत्का खम्बामा चढ्ने, निर्माणस्थलमा अनुमति विना स्टिकर टाँस्ने, निर्माण भैरहेका संरचना बिगार्नेलगायतका कार्य हुन थालेपछि पहुँच मार्गको आवतजावतमा निषेध गरिएको बताइएको छ । ,
महाकाली भाइरल रोडमा अनावश्यक हिँडडुल गर्न निषेध
|
रासस लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको डेढमहिनाअघि बाढीले क्षति पुर्याएको पुल निर्माण अलपत्र परेको छ। लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फुलजोर खोलाको निर्माणाधीन पुलमा क्षति पुर्याएको डेढ महिना पुगे पनि पुल पुनःनिर्माणको काम अघि बढ्न सकेको छैन्।, पुल ढलान भएको दुई सातामै सामान्य पानी पर्दैमा क्षति पुगेको र पुनः निर्माणको काम क्षति पुगेको डेढ महिना भइसक्दा पनि पुनःनिर्माण हुन सकेको छैन। ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनःनिर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर–८ का वडाध्यक्ष श्यामबहादुर थापाले बताए।, गत असार १५ गते परेको सामान्य पानीका कारण २०० मिटर लामो पुलमध्ये करिब ४० मिटरमा क्षति पुगेको छ । सम्झौताअनुसार पुल गत असार मसान्तमै निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले निर्माण सुस्त गरेका कारण पुलको समयमै सम्पन्न हुन नसकेको लालबन्दी–३ का वडाध्यक्ष रामनारायण चौधरीले बताए।, पुल निर्माणको काम पूरा नहुँदा लालबन्दी र ईश्वरपुरसहित अन्य छिमेकी स्थानीय निकायबाट हाटबजार गर्न र किनमेल गर्न लालबन्दी आउने स्थानीयवासीलाई समस्या परेको छ। ठेकेदार कम्पनीले लापरवाही ढङ्गले काम गरेको र समयमै कामदारको भुक्तानी नगरेका कारण पुल निर्माणमा ढिलाइ भएको ईश्वरपुरका नगर प्रमुख मनोजकुमार देवकोटाले बताए। पुल निर्माणका लागि पप्पु शिवशङ्कर जेभीले रु १२ करोडमा ठेक्का लिएको हो। ,
लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको डेढमहिनाअघि बाढीले क्षति पुर्याएको पुल अलपत्र
|
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा श्रीमतीले हँसिया प्रहार गरी श्रीमानको हत्या गरेकी छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सुन्दर टोलका ७८ वर्षीय खिमलाल पुरीको हत्या गरेको अभियोगमा ५६ वर्षीया देवीकुमारी योगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार आइतबार बिहान २ बजेतिर योगीले आफ्ना श्रीमान पुरीलाई हँसिया र बाँसको चिर्पट प्रहार गरी हत्या गरेको खुलेको हो।, ‘हात र कुहिनोमा हँसिया प्रहारबाट लागेको गहिरो घाउ छ,’ डिएसपी अर्याललले भने,‘एउटा दाँत पनि भाँचिएको छ। अत्याधिक रक्तश्रावको कारण पुरीको मृत्यु भएको देखिन्छ।’, श्रीमान मदिराको अम्मली रहेको र उक्त दिन पनि पुरीले अत्याधिक मदिरा सेवन गरी आएको तथा आफूले लगाएको कपडामा दिशा पिसाब गरेपछि आक्रोशमा आएर आफूले सुरूमा हँसिया र त्यसपछि बाँसको चिर्पटले आक्रमण गर्दा श्रीमानको मृत्यु हुन पुगेको भनेर योगीले प्रहरीसमक्ष बयान दिएको डिएसपी अर्यालले बताए। , ‘सुरूमा त प्रहरीलाई सुतेकै ठाउँमा पुरीको मृत्यु भएको भनेर खबर गरिएको थियो,’ डिएसपी अर्यालले भने, ‘घटनास्थलको प्रकृति र मृतकको घाउ हेर्दा कर्तव्य गरेको ठानेर श्रीमतीलाई पक्राउ गरेपछि तथ्य उजागर भएको हो।’, घरमा पुरी दम्पतीमात्रै बस्दै आएका थिए। उनीहरूका छोरा विदेशमा रहेको, बुहारी छुट्टै बस्ने गरेको प्रहरीले जनाएको छ। , गाउँमै बिहे भएकी छोरीले आफ्ना बुवाको हत्याविरूद्ध प्रहरीमा जाहेरी दिएको डिएसपी अर्यालले जानकारी दिए। , घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।,
श्रीमतीले हँसिया प्रहार गरी ७८ वर्षीय श्रीमानको हत्या गरिन्
|
सेतोपाटी संवाददाता बाघको छाला, खप्परलगायत हड्डीसहित तीन जना पक्राउ परेका छन्।, तनहुँ व्यास नगरपालिका वडा नम्बर ५ पतेनीस्थित पक्की पुल नजिकबाट शनिबार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए।, व्यास नगरपालिका वडा नम्बर ६ सिरुबारीका ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ ओखल्दीका ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिकाको वडा नम्बर १ रतनपुरका ३२ वर्षीय सन्तोष गुरुङ पक्राउ परेका हुन्।, केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं र जिल्ला प्रहरी कार्यालय तनहुँको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।, प्रहरी निरीक्षक क्षेत्रीका अनुसार उनीहरूबाट बाघको छाला, दाँत, हड्डी र खप्पर लगायतका वस्तु फेला परेको थियो। एउटा ५ फिट ७ इन्च लम्बाइ २ फिट ५ इन्च चौडाई भएको र अर्को तीन फिट लम्बाई एक फिट ५ इन्च चौडाइ भएको बाघको छाला बरामद भएको हो।, त्यस्तै बाघका एक सय २२ वटा साना तथा ठूला हड्डी बरामद भएको प्रहरी निरीक्षक क्षेत्रीले बताए।, उनीहरूको सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला वन कार्यालय दमौली तनहुँमा पठाएको प्रहरीले जनाएको छ।,
बाघको छाला र खप्परसहित तीन जना पक्राउ
|
सेतोपाटी संवाददाता उदयपुरको बेलका नगरपालिका क्षेत्रमा सप्तकोशी अन्तर्गत पर्ने नदी उकास जमिनमा कबुलियत वन बनाउने सरकारी निर्णय भूमाफियाका कारण अन्यौलमा परेको छ। , सप्तकोशीले धार परिर्वतन गरी पूर्व तर्फबाट बग्न थालेपछि नदीउकास जमिनअन्तर्गत निस्किएको करिब आठ हजार हेक्टर जमिनमध्ये अधिकांश भूमाफियाको अतिक्रमणको चपेटामा परेको छ। उक्त जमिनमध्ये नेपाल सरकारको मन्त्रिपरिषद्ले १ सय ७६.२३ हेक्टर जमिनमा कबुलियती वन वनाउन निर्णय गरे पनि जग्गा कब्जा गर्दै आएकाको दवावले सरकारी निर्णय अन्यौलमा परेको हो ।, गत जेठ ६ गतेको मन्त्रिपरिषदको वैठकले सप्तकोशी नदीको उकास जमिनमध्ये मानव वसोवास नरहेको जमिनमा कबुलियती वन वनाउने निर्णय गरे पनि जग्गा कब्जा गर्दै आएका माफियाले सुकुम्वासीलाई हटाउन लागेको भनेर गलत प्रचारबासी गरी स्थानीयलाई उक्साएर गत असार दोस्रो साता बेलका नगरपालिका तोडफोड नै हुने गरी आन्दोलन समेत गरेका थिए। , सो आन्दोलनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा केही प्रहरीसहित केही आन्दोलनकारी समेत घाइते भएका थिए।, विगत लामो समयदेखि नै वन क्षेत्र अन्तर्गत पर्ने त्यहाँको नदी उकास जमिन अनधिकृत रुपमा हडपेर किनबेच गरिँदै आएको तथा केही सुकुम्वासी समेत बस्दै आएका छन्। , कोशीको उकास जमिन करिब आठ हजार हेक्टर मध्ये नेपाल सरकारले कबुलियती वन घोषणा गरेको १ सय ७६ दशमलव २३ हेक्टर जमिनमा कुनै पनि सुकुम्वासीहरुको बसोबास नरहेको सव डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख सहायक वन अधिकृत सन्नीकुमार झाले बताए।, कवुलियती वनको रूपमा दुई वटा कम्पनीलाई ३० वर्षका लागि लिजमा दिने निर्णय सरकारले गरे पनि लामो समयदेखि सो क्षेत्रको जग्गा अनाधिकृत रुपमा उपयोग गर्दै आएकाले सो निर्णय फिर्ता गराउन राजनैतिक शक्ति केन्द्र धाउन थालेका छन्। , नेपाली कांग्रेसका प्रभावशाली नेता तथा उदयपुरबाट निर्वाचित संघीय सांसद नारायण खड्का, उदयपुरकै अर्का संघीय सांसद सुरेश कुमार राई लगायतलाई भेटेर कबुलियत वन वनाउने सरकारी निर्णय फिर्ता गराउन दवाव दिनसमेत आग्रह गर्दै आएका छन्। , कबुलियत वन वनाउन बेलका नगरपालिकासहित वडा नम्बर ३ ले समेत सिफारिस दिई सरकारले निर्णय गरेको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ ।, सरकारले जडिवुडी खेती र कृषि पर्यटनमा जोड दिँदै कबुलियती वन बनाउन दिएको भए पनि केही व्यक्तिको स्वार्थको कारण अहिले सरकारको यो निर्णय अन्यौलमा परेको छ। , केही भू माफियाहरूले बेलका नगरपालिका क्षेत्रका नदीउकास अन्तर्गत शुक्रबारे, सिसौली र कामत क्षेत्रमा पर्ने धेरै जग्गाहरु आफ्नो कब्जामा राखेका छन्। विगतमा सरकारले सो क्षेत्रको जग्गा संरक्षणमा ध्यान नदिइरहेको कारण कब्जा जमाउदै आएका केही सिमित व्यक्तिहरुले सयौं सयौं हेक्टर जमिन खेतीगर्ने नाममा कब्जा गरेर किनबेच समेत गर्दै आएका छन् ।, केही वर्षदेखि कब्जा गर्दै आएको जग्गा गुम्ने होकि भनेर स्थानीय सर्वसाधारण समेतलाई उकासेर आन्दोलन गराउने काम पनि भूमाफियाहरुले गरेको आरोप छ। , कबुलियत वन घोषणा गरिएको क्षेत्रमा सुकुम्बासीको एक घर नरहेको तर कोशीको उकास क्षेत्र अन्तर्गत अन्य जमिनमा झण्डै एक हजार पाँच सय परिबार सुकुम्बासीको बसोबास भएको देखिन्छ। सरकारले वन क्षेत्र संरक्षण तथा सम्वर्द्धन गर्ने अभियान अन्तर्गत पर्यापर्यटन, कृषि, जडिबुटी खेती विस्तार, माछा तथा पशुपालन गर्ने योजना अनुरुप अगाडि सारेको कबुलियत वनको अवधारण सकरात्मक रहे पनि कबुलियत वन क्षेत्र भन्दा बाहिरी जमिनमा बसोबास गर्ने बास्तबिक सुकुम्वासीहरुको पहिचान गरी उनीहरुको व्यवस्थापन गर्न सरकारसमक्ष माग गरिँदै आएको स्थानीयको भनाइ छ ।, तर त्यस नदी उकास क्षेत्रमा सयौं हेक्टर जमिन कब्जा गर्दै आएकाहरु त्यहाँको वास्तबिक सुकुम्बासीहरुको समस्या समाधान चाहेको देखिँदैन। सुकुम्बासीको समस्या समाधान गर्दै सरकारले कबुलियत वनको अवधारणालाई सकारात्मक रुपमा कार्यान्वयन गरेमा सिमित मानिसहरुले कब्जा गरेको सयौं हेक्टर जमिनमा चलखेल गर्न नपाउने भय उनीहरुमा रहेका सुकुम्बासीहरुको गुनासो छ ।, नदीउकास जमिन संरक्षणमा सरकारले चासो नदिएका कारण वास्तविक सुकुम्वासी भन्दा धेरै हुकुम्वासीहरुले ओगटेर राखेका पनि सुकुम्बासीहरुले बताएका छन्। यसरी जग्गा ओगट्नेको पहिचान गर्ने हो भने ९० प्रतिशत भन्दा बढी गैर सुकुम्वासी भेटिने भन्दै गैर सुकुम्वासीले कब्जा गरेको जमिन सरकार मातहतमा ल्याउनुपर्ने पनि आवाज उठ्न थालेको छ ।, वन क्षेत्र अन्तर्गतको सरकारी जग्गा कब्जा गर्नेमा केही स्थानीय नेता, व्यापारीलगायत पहुँचवाला भएको कारण सरकारले घोषणा गरेको कबुलियती वन कार्यान्वयन नहुने हो कि भन्ने चिन्ता पनि गर्न थालेका छन्। , स्थानीय सुकुम्बासीले आफ्नो व्यवस्थापन सरकारले गरिदिएर सो क्षेत्रको जमिन संरक्षण गर्दै कबुलियती वन बनाएर जडिबुटी खेती, कृषि पर्यटन, पर्यापर्यटन लगायतका लागि उपयोग गर्ने हो भने त्यस क्षेत्रको पर्यावरण संरक्षणका साथ सामाजिक, आर्थिक, पर्यटकीय क्षेत्रको विकास र विस्तार अभियानले सार्थकता पाउने विश्वास लिएका छन्।,
सप्तकोशी नदी उकासमा कबुलियत वन बनाउने सरकारी निर्णय भूमाफियाका कारण अन्यौलमा
|
सेतोपाटी संवाददाता कालीकोटमा जीप दुर्घटना भएको छ। जिल्लाको सन्नीत्रिवेणी गाउँपालिका–३ स्थित आनतडा भन्ने ठाउँमा क १ ज २३ नम्बरको जीप आइतबार दिउँसो १२ बजे दुर्घटनामा परेको हो।, दुर्घटनामा चालक सन्नीत्रिवेणी गाउँपालिका–१ का २२ वर्षीय बिक्रम गिरीको मृत्यु भएको छ।, त्रिवेणीघाटबाट जितेगढातर्फ आउँदै गरेको जीप सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।, दुर्घटनामा १२ जना घाईते भएका छन्। घाईतेलाई उपचारको लागि जिल्ला अस्पतालमा मान्ममा लगिएको प्रहरीले जनाएको छ।,
कालीकोटको आनतडाँमा जीप दुर्घटना, चालकको मृत्यु १२ जना घाईते
|
सेतोपाटी संवाददाता निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक अहिले पुनःअवरुद्ध भएको छ ।, ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए। अहिले पनि पहिरो हटाउने क्रम जारी छ।, प्रहरीका अनुसार लेदो माटोसहितको ठूलो पहिरो खसेको र वर्षा भइरेहको हुँदा पहिरो पन्छाउन समस्या भएको हो। यसअघि शुक्रबार र शनिबार पनि भीमफेदी गाउँपालिका–६ देउराली नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । शनिबार साँझबाट उक्त सडक सञ्चालन भएको थियो। ,
हेटौंडा–काठमाडौं सडक पुनः अवरूद्ध
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.