content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता व्यस्त दैनिकी, तनाव र अव्यवस्थित खानपान आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारण हुन् जसले हामीलाई अस्वस्थ बनाउँदै लगेका छन् र हाम्रो शरीरलाई रोगको घर बनाउँदै छन्।, पछिल्लो समय उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहजस्ता रोग सामान्य भइसकेका छन्।, यसको अर्को कारण पनि छ- हामी स्वादे जिब्रोक...
सेतोपाटी संवाददाता नेपाली सेनाले चार हजार जनाका लागि जागिर खुलाएको छ।, शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै नेपाली सेनाले चार हजार जना सैन्यका लागि दरखास्त आह्वान गरेको हो।  , जसअन्तर्गत खुलातर्फ २०९६, कर्तव्य पालनाको शिलशिलामा अशक्त/मृत्यु भएका नेपाली सेनाका सन्तति १०८, महिला ३६०, आदिवासी/जनजाति ५७३,  मधेसी ५०५,...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले झन्डै साढे तीन सय जना नयाँ कर्मचारीका लागि विज्ञापन  खोलेको छ।, शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न पदका लागि ३ सय ३९ जना कर्मचारी मागेको हो।, अधिकृत र सहायकस्तरमा सह-निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका  लागि खुला तथा समावेशी कोटा...
सेतोपाटी संवाददाता चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।, इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो।, बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो प...
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्तिलाई धादिङ प्रहरीले पक्राउ गरेको छ।  , ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ स्थित खरीबाट ५३ वर्षीय यमबहादुर रानामगरलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।, रानामगरले २०६१ कात्तिक १२...
सेतोपाटी प्रकृतिका कुचिकारका रूपमा रहेका गिद्धको संख्या बढ्न थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन्।, संरक्षण र जनचेतनाको प्रभावका कारण जिल्लामा लोपोन्मुख अवस्थामा पुगेका गिद्धको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। सन् २०१० मा यहाँ एकमात्रै गुँड फेला परेकामा हाल गिद्धका ५० गुँड फेला परेका छन्।, 'गुँड बढी देखिनुल...
सेतोपाटी पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ। हरितालिका (तीज) को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ। , मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अ...
सेतोपाटी संवाददाता मनसुनी वायुको प्रभावले नेपालमा  केही दिन अझै पानी पर्ने भएको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भु-भागभन्दा केही तल रहेको छ।, त्यसको प्रभाव देशैभरि परेको छ। शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका के...
सेतोपाटी राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत अछामका ११ सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ।, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिअनुसार ती महिलाको उद्धार गरिएको प्रमुख जिल्ला अध...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको माथिल्लो भू-भागको भौगर्भिक अध्ययन गर्न एसियाली विकास बैंकको विज्ञ टोली आउने भएको छ।, खानेपानी मन्त्रालयका अनुसार एसियाली विकास बैंकले भ्रेमाथाङमा रहेको थेग्रिनी र त्यसले मेलम्चीमा पार्नसक्ने स्थितिको अध्ययन गर्न एडिबीको टोली आउने भएको हो। , खानेपानी मन्त्रालयले उक्त भू-भाग ...
सेतोपाटी दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. १० पढ्ढाका ५२ वर्षीय सुरेश डाँगीको घरमै करेन्ट लागेर मृत्यु भएको हो। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले शुक्रबार बिहान ६:४० बजेको समयमा नाङ्गो तार प्लगमा घुसाउने क्रममा डाँगीलाई करेन्ट लागेको ...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ सय ७० ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा डोल्पा ठूलो भेरी नगरपालिका-७ का ३३ वर्षीय विष्णुबहादुर शाही छन्। शाहीलाई बिहीबार साँझ पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए।, फ्लाई दुबाईको...
सेतोपाटी संवाददाता कोरोना संक्रमणको कारण देखाउँदै बन्द भएको मनकामना केवलकार आगामी आइतबारबाट पुनः सञ्चालनमा आउने भएको छ। , स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर केवलकार सञ्चालन ल्याउन लागिएको मनकामना केवलकार सञ्चालक चितवन कोइका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए।, ‘कोभिड-१९ को कारणले बन्द भएको केबलका...
सेतोपाटी पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरूद्धको खोप लगाउन थालिएको छ।, सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनेका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए। , 'एक सता अघिदेखि खोप लगाउने कार्य सुरू गरेका हौं', उनले भने, 'हालसम्म भारतबाट...
सेतोपाटी संवाददाता झण्डै दुई किलो यार्चागुम्बासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई एक किलो ८५० ग्राम यार्चागुम्बासहित पक्राउ गरेको हो।, उनीहरूलाई प्रहरीले बिहीबार काठमाडौं महानगरपालिका सामाखुसीबाट पक्राउ गरेको महाशाखाले जनाएको छ।  , गोरखाका ४८ वर्षीय डुण्डुप गुरूङ, लमजुङ...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली आकाशमा हेलिकप्टर उडाएकोमा आपत्ति जनाउँदै भारतीय पक्षलाई चिठी लेखेको छ।, बिहीबार जिल्ला सुरक्षा समितिको बैठक बसेर नेपाली पक्षले भारतलाई चिठी लेखेको हो।, प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार बिहीबार प्रशासनले भारत पिथौरागढस्थित जिल्ला धिकारीलाई सम्बोधन...
सेतोपाटी पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन्।, पहिरोमा बेपत्ताको खोजी तथा उद्धारका लागि पर्वत जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय खटिएका प्रहरीले जनाएको छ। , यसैबीच, राष्ट्रियसभाका अध्य...
विवेक राई नेपालमा अहिलेसम्म कोरोनाको एक करोड डोज खोप लगाइएको छ।, स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका अनुसार हिजो (मंगलबार) साँझसम्म एक करोड ९२ हजार १ सय ६४ डोज खोप मानिसहरूमा लगाइएको पाइएको हो।, खोप शाखाका प्रमुख डा. झलक गौतमले हालसम्म नेपालमा एक करोड ३३ लाख डोज खोप आएको जानकारी दिए। जसमध्ये एक करोड मात्रा लगाइ...
शेरबहादुर सिंह एघार वर्षअघि डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीका नरेन्द्र चुनारा परिवारसहित व्यापार/व्यवसाय गरेर जीविका चलाउने सपना बोकेर कञ्चनपुरको महेन्द्रनगर झरे।, दुई छोरा, एक छोरी र श्रीमतीसहित महेन्द्रनगरमा डेरा गरी बसेका नरेन्द्रले अहिले पनि सामान्य व्यापार गरेर जीविका चलाइरहेका छन्। घर छाडेर बसाइँ सरेको दशक...
सेतोपाटी काठमाडौं उपत्यकामा तपाईं तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार! अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्नेविरूद्ध रातिमा पनि कारबाही सुरू गरेको छ।  , रातको समयमा तीव्र गतिमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढ्न सक्नेतर्फ ध्यान दिँदै महाशाखाले ‘नाइट भिजन लेजर स्पिड गन’को प्रयोग गरी...
शोभा शर्मा झापाको भद्रपुर नगरपालिका- १० की गीता भण्डारीको धेरै समय अघिदेखि मिर्गौलामा समस्या देखिएको थियो। औषधी उपचार गर्दा गर्दै उनका दुबै मिर्गौला फेल भए।, लामो समय डाइलाइसिस गरिन्। डाइलासिसभन्दा मिर्गौला प्रत्यारोपण गर्नु फाइदाजनक हुने भएपछि परिवारले मिर्गौला दान दिने मान्छे खोज्न थाले। नेपालको कानुनअनुसार नातेदारभ...
युनिक श्रेष्ठ मोरङकी ३३ वर्षीया सोनु (नाम परिवर्तन) अहिले काठमाडौंमा कोठा खोज्दै छिन्। सोमबारमात्रै काठमाडौं आएकी उनलाई एउटा सानो कोठा लिने, अनि पाएको काम गर्न मन छ।, त्यो पनि यो कोरोना कालसम्म मात्रै। किनकी उनलाई कुवेतबाट बोलावट आइरहेको छ।, सोनु यसअघि धेरै पटक कुवेत गइसकेकी छन्। पहिलो पटक उनी बालख छोरालाई छोडेर १५ वर...
शोभा शर्मा अचेल अपरिचितहरूको पहिलो भेट फेसबुकजस्ता सामाजिक सञ्जालमा हुन्छ नि, त्यस्तैगरी धानीमाया (परिवर्तित नाम) को भेट प्रवेश ढकालसँग भएको थियो। मुद्दामा उनको परिवर्तित नाम  धादिङ २४ (१६६८)  छ। , उनीहरूको चिनजान भएको करिब साढे दुई वर्षअघि हो।, धादिङको निलकण्ठ नगरपालिका- ९ पाल्पा भञ्ज्याङका प्रवेशले धानीमायालाई मेसेन...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, यो विगत दुई दिन भन्दा थोरै बढी हो।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बुधबार १४ हजार ९३५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ६१२ जनाको पिसिआर र ४ हजार ३२३ जनाको एन्टि...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ७१९ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित थपिएका हुन्।, थप २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, ४ हजार ९३५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, १० ह...
सेतोपाटी संवाददाता मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-६ शान्तिनगरस्थित ए वान रेष्टुरेन्टकी सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ।, इलाम माई नगरपालिका-८ चिसापानी घर भएकी २८ वर्षीया अस्मिता राईलाई प्रहरीले पक्राउ गरेको हो।, उनले आफ्नो रेष्टुरेन्टमा खाजा नास्ता बनाउने तथा वेटरको काममा लगा...
सेतोपाटी संवाददाता प्रहरीले मोरङबाट अमेरिकन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका-६ शिवालय चोक बस्ने ३० वर्षीय रुद्रबहादुर क्षेत्री र ४० वर्षीय पूर्णबहादुर बोहोरा रहेका छन्।, उनीहरूलाई प्रहरीले मंगलबार मध्यराति घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।, क्षेत्रीक...
सेतोपाटी संवाददाता प्रहरीले विराटनगरबाट पाँच जनालाई पक्राउ गरेको छ। बिचौलियाको कारोबार गरेको आरोपमा प्रहरीले बुधबार विराटनगरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।, पकेराउ पर्नेमा विराटनगर-८ का २१ वर्षीय सुनिल राय, २२ वर्षीय रोहित साह, इनरुवा-१ सुनसरीका २० वर्षीय विनोद मेहता र सप्तरी राजविराज-९ का २३ वर्षीय सार...
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि भदौ मसान्तसम्म लागु हुनेगरी आदेश जारी गरेको छ।, उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञालाई हटाएर आदेश जारी गरेको हो। सो आदेशको पहिलो बुँदा विद्यालयसम्बन्धी छ। जसमा दोहोरो कुरा गरिएको छ।, 'शैक्षिक संस्थाहरू (विद्यालय) ले भौतिक उपस्थितिमा ...
सबिना श्रेष्ठ युद्धस्थलबाट मान्छेको गर्दन काटिएको आवाज आइरहेछ– कच कच कच।, तपाईंले सुन्नुभयो?, पाटन, भिमसेन मन्दिरको दोस्रो तलामा रहेका मूर्तिहरू हेरेर आएदेखि मेरो दिमागमा महाभारत युद्ध चलिरहेको छ। मंगलबार भाद्र कृष्ण नवमीका दिन पाटनमा भिन्द्यो अर्थात् भिमसेन जात्रा थियो। त्यही जात्रासँग जोडिएर आउँछ महाभारतको प्रसंग।, ...
निर्मला घिमिरे ललितपुर, नयाँबाटो बस्दै आएकी शर्मिला भुजेलका श्रीमानलाई ज्वरो आएको थियो। अहिले कोरोनासँगै मौसमी फ्लुको प्रभाव बढेको छ। शर्मिलाका श्रीमानलाई पनि फ्लुले च्याप्यो। , शर्मिला उनका लागि सिटामोल किन्न हिँडिन्। नजिकका सबै मेडिकल चहारिन्। सिटामोल पाइएन। झन्डै आधा घन्टा खोजेपछि बल्ल ठाडोढुंगास्थित एक फार्मेसीमा ...
सेतोपाटी संवाददाता प्रहरीले कोसी राजमार्गबाट २१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गायाँपालिका-८ घर भई इटहरी-४ मा डेरा गरी बस्दै आएका २७ वर्षीय दीपेन्द्र राई र २५ वर्षीया उनकी श्रीमती शर्मिला राई छन्।, प्रदेश-१-०२-०४३ प ८८०४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले इटहरीबाट ...
सेतोपाटी संवाददाता कर्तव्य ज्यानमुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका–१ का ३६ वर्षीय अनिलकुमार चौधरी छन्।, उनलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।, २०६९ साल जेठ १७ गते सोही डाउँका १८ वर्षीय अजय चौधरी बे...
नारायण खड्का खोलाले कार बगाउँदा दाङमा चार जनाको मृत्यु भएको छ। चालक गम्भीर घाइते छन्।, घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार गए राति करिब १० बजेर ५० मिनेटमा बगाएको थियो।, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार खोलाले कार बगाउँदा चार जना महिलाको मृत्यु...
एजेन्सी अमेरिकाको टेक्सास राज्यमा गर्भपतनसम्बन्धी कडा कानुन लागू भएको छ।, द न्युयोर्क टाइम्सका अनुसार उक्त कानुन रोक्न परेको मुद्दामा अमेरिकी सर्वोच्च अदालतले कुनै निर्णय नगरेपछि बुधबारदेखि  कानुन लागू भएको हो।, रिपब्लिकन गभर्नर भएको टेक्सास राज्यको संसदबाट पारित उक्त कानुनअनुसार छ सातापछिको गर्भपतनलाई प्रतिबन्ध लगाइए...
एजेन्सी संयुक्त राष्ट्रसंघले हालै अमेरिकी सैनिक फर्किएको र तालिबान विद्रोहीले सत्ता कब्जा गरेको अफगानिस्तानमा छिट्टै खाद्यान्न संकट हुने चेतावनी दिएको छ।, अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघका ह्युम्यानिटेरियन कोर्डिनेटर रामिज अलाकबारोभले अबको एक महिनामै तीन अफगानमध्ये एक जनाले खान नपाउने अवस्था आउन सक्ने बताएका हुन्...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ।, बोर्डको बुधबार बसेको बैठकले असोज ८ गतेसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।, स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यव...
सेतोपाटी संवाददाता पोखरा-२० भलाममा गए राति पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन्। पहिरोले घर पुरिँदा स्थानीय ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी श्रीमती ३५ वर्षीय सुनमाया तामाङको मृत्यु भएको छ भने उनीहरूका ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता भएका छन्। पहिरोले पुरिएर उनीहरूका अर्का छोरा राजकुमा...
सेतोपाटी म्याग्दीका सामुदायिक विद्यालयले करिब पाँच महिनापछि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरू गरेका छन्।, कोरोना जोखिमबीच सदरमुकाम बेनी बजारबाहेक ग्रामीण क्षेत्रका ती विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरेका हुन्।, सरकारले अघि सारेको ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार विद्यालयले भौतिक उपस्थिति...
सेतोपाटी संवाददाता पूर्वसचिव श्रीकान्त रेग्मीको निधन भएको छ। , त्रिवि शिक्षण अस्पतालमा उपचाररत् रेग्मीको बिहीबार बिहान निधन भएको हो। , शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार उनी तीन/चार दिनअघि मात्रै अस्पताल भर्ना भएका थिए। , भेन्टिलेटरमा उपचाररत् रेग्मीको ७१ वर्षको उमेरमा बिहीबार बिहान ४ बजे निधन भएको उन...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आगामी सातादेखि विद्यालय खुलाउने तयारी गरेको छ।, महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले आउँदो साताको सोमबार वा मंगलबारदेखि विद्यालय खुलाउने गरी तयारी अगाडि बढाइएको जानकारी दिए। , 'हिजो जिल्ला प्रशासन कार्यालयबाट स्थानीय तहले विद्यालय खोल्न सक्ने भन्ने जानकारी आएपछि हाम...
सेतोपाटी संवाददाता अफगानिस्तनाबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन्।, परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँच जना फर्किएका थिए।, मन्त्रालयका अनुसार काबुलमा उद्धारको पखाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक...
रासस भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ।, आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताए।, सालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा सोमबार भेटिएको उनले बताए।, भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरमा २०५१ सालमा स...
रासस श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ।, एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले बताए।, उनकाअनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका ला...
सेतोपाटी संवाददाता चार महिनापछि पूर्वी नाका काँकडभिट्टामा भारतीय नागरिकको आवतजावत खुकुलो बनाइएको छ।, सोमबारदेखि भारतीय नागरिकलाई खोप कार्ड वा पीसीआर नेगेटिभ रिपोर्टका आधारमा नेपाल प्रवेश गर्न अनुमति दिइएको छ।, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आवश्यकता र औचित्यका आधारमा आजदेखि कोरोना विरुद्धको खोप लगाएको कार...
सेतोपाटी संवाददाता सेग्ले लमजुङ मर्स्याङ्दी गाउँपालिका–९ को घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ।, आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गए राति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए।, ‘आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवै जना बढी ...
सेतोपाटी जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसिएमसी) ले हुम्ला जिल्लाका सात वटै गाउँपालिकालाई अनुकूलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ।, सोमबार बसेको बैठकले कोभिडको संक्रमण घटदै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न  दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।...
नारायण खड्का दाङमा थारू समुदायका  महिलाहरूले श्रीकृष्ण जन्माष्टमी पर्व उल्लासपूर्वक मनाएका छन्।, भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा यो पर्व पर्ने हुँदा थारु भाषामा यसलाई ‘अष्टिम्की’ भन्ने गरिन्छ।, अघिल्लो दिन किशोरीहरू राम्रो श्रीमान पाउँ भन्नका लागि र महिलाहरू श्रीमानको सुस्वास्थ्य तथा दीर्घायूको कामनार्थ दिनभर ब...
सेतोपाटी अविरल वर्षापछि आएको बाढी र पहिराले खानेपानीको पाइप बगाउँदा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ।  , पहिराका कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले खानेपानीको समस्या भएको हो।, देउराली हुप्सेकोट सहरी खानेपानी तथा स...
सेतोपाटी महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमा नाकाबाट १७ महिनापछि आवतजावत सञ्चालन भएको छ।, कोभिड-१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको छ।, गत शुक्रबार, शनिबार र आइतबार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा...
खिलानाथ ढकाल मेलम्ची खानेपानी आयोजना मर्मत गर्न अढाइ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ। , मेलम्ची खानेपानी आयोजनाले अस्थायी रूपमा काठमाडौंमा पानी झार्न अढाइ अर्ब खर्च लाग्ने कार्ययोजना खानेपानी मन्त्रालयमा पेश गरेको हो।  , हालै पेश गरिएको कार्ययोजनामा तीव्र गतिमा काम गरे चैत महिनासम्ममा अस्थायी रूपमा पानी झार्न सकिने उ...
सेतोपाटी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २६ औं सम्मेलन (कोप-२६) मा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले तुलनात्मक रूपमा बढी असर पारेकोलगायत मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।, सम्मेलनमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरले समग्र हिमा...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार बिहान ६ बजेबाट उठ्ने भएको छ।, मंगलबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायको बैठकले यस्तो निर्णय गरेको हो। , ‘लामो समयसम...
नारायण खड्का राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बिनोदसिंहलाई मोसो दलेको आरोपमा चार जना पक्राउ परेका छन्।, उनीहरुमध्ये दुई जनालाई दुई दिन अगाडि प्रहरीले घोराहीको रतनपुरबाट पक्राउ गरेको थियो।, नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको भनिएका अनेरास्वबियु जिल्ला संयोजक सर्ज...
सेतोपाटी डोटीको केआइसिंह गाउँपालिका-६ भूमिराजमाण्डौंस्थित ‘कालिज बहुउद्देश्यीय फार्म’मा चितुवा पसेर कालिज मारिदिएको छ।, सोही वडाका कर्ण बोहराले व्यवसायिक रूपमा कालिजपालन गरेका थिए।, सोमबार राति पसेको चितुवाले १५० कालिज मारेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए। , जंगलबाट राति फार्ममा पसेक...
नारायण अधिकारी बिहानको ९.२० बजेको थियो। एक वृद्ध अस्पतालमा टिकटको लाइन बस्न नसकेर भरतपुर अस्पताल अगाडि रहेको साझा फार्मेसी नजिकै रहेको चौतारीमा सुस्ताउँदै थिए। उनी बिहान ७.३० बजे अस्पतालमा बहिरंग सेवाको टिकट लिनका लागि आएका थिए। , भरतपुर महानगरपालिका-५ निवासी ७५ वर्षीय चीनबहादुर देउजाले श्रीमतीलाई टिकटको लाइनमा राखेर ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप १ हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १२ हजार २२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ११७ जनाको पिसिआर र ३ हजार १०५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ५६४ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन्।, यस्तै काठमडौं उपत्यकामा ९०३८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५४९१, ललितपुरमा २१९६ र भक्तपुरमा १३५१ सक्रिय संक्रमित छन्।, ...
सेतोपाटी संवाददाता ९० वर्षदेखि निरन्तर हुँदै आएको विराटनगरको रथयात्रा यसपटक पनि खटयात्रामै सीमित भएको छ। , कोरोना महामारीका कारण गतवर्ष र यसपटक रथयात्राको सट्टा खटयात्रा गरेर परम्परालाई निरन्तरता दिइएको हो। रथयात्राको सानो रुपलाई खटयात्रा भन्ने गरिएको छ। , श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा भब्य रथया...
सेतोपाटी संवाददाता हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले कुलेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ।, मंगलबार दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरको फलफूल बजारबाट दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, त्यहाँका एक फलफूल व्यापारीले हुण्डी कारोबार गरिरहेका छन् भन्ने सूचनाको आधारमा मह...
सबिना श्रेष्ठ उज्ज्वल विक्रम थापाले भेट्नेबित्तिकै सोधे, 'तिम्रो मुटु कति बलियो छ?', तेजाब र आगोले पोलेका पीडितको उपचारमा थापा सहयोग पुर्‍याउँछन्। यस्तो काम गर्न र त्यस प्रकारका बिरामी हेर्न मुटु बलियो मात्र होइन, करूणामय पनि हुनुपर्छ।, प्रश्न सोधेपछि औंला मोबाइल स्क्रिनतर्फ दौडाएका उनले यस्तै बिरामीको फोटो देखाउँछन् ...
सेतोपाटी संवाददाता नवलपरासी बर्दघाटमा भएको घटनाबारे गठन भएको छानविन समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ।, मंगलबार समितिले प्रतिवेदन बुझाउँदै मोटरसाइकल चालक र मृतकको असावधानीले घटना घटेको जनाएको हो।, गत साउन २५ गते इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत् प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको थि...
सेतोपाटी संवाददाता सुर्खेत जिल्ला सिमानामा पर्ने सल्यानको कालिमाटी गाउँपालिका–५ स्थित काल्चेमा बसोबास गरिरहेका राउटे परिवारको निशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ।, नेपाली सेनाको सल्यान जिल्लामा तैनाथ सबुज गण, नं १९ फिए गुल्म र जनस्वास्थ्य कार्यालय सल्यानको संयूक्त आयोजनामा उनीहरुको स्वास्थ्य परीक्षण गरिए...
रासस अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ।, अरू तीन जना घाइते भएका छन्।, मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।, प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बा...
एजेन्सी भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका ४० तले दुइटा भवन तीन महिनाभित्र भत्काउन आदेश दिएको छ।, हिन्दुस्तान टाइम्सका अनुसार न्यायाधीशद्वय डि वाई चन्द्रचुद र एम आर साहको संयुक्त इजलासले मंगलबार सुपरटेक लिमिटेड ग्रुपले नोएडामा बनाएका ती दुई आवासीय भवन कम्पनीकै खर्चमा भत्काउन आदेश दिएको हो।, यसअघि सन् २०१४ म...
युवराज श्रेष्ठ पोखराको मणिपाल शिक्षण अस्पताल खरिद-बिक्री सम्झौता भएपछि यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ। एकथरीले मणिपाल समूहले अस्पताल र मेडिकल कलेज सरकारलाई हस्तान्तरण गर्नुपर्ने तर्क अघि सारेका छन् भने अर्काथरीले बिक्री गर्न पाउने बताइरहेका छन्।, मणिपाल समूहले अस्पताल र मेडिकल कलेज चलाउन ४९ वर्षको करार अवधि पाएको...
रासस अभिभावकले हौसला दिए सफल हुन सकिन्छ भन्ने उदाहरण बनेकी छन्- सप्तरीकी जेवा खातुन।, पिछडिएको वर्गका रूपमा रहेको मुस्लिम समुदायका महिला अन्य महिलाभन्दा धेरै पछाडि परेका छन्। तर खातुन चिकित्सा क्षेत्रमा प्रवेश गरेकी छन्। उनले हालै एमबिबीएस उत्तीर्ण गरेकी छन्।, सप्तरीको खड्क नगरपालिका–८ कल्याणपुरकी फिरोज खान र यास्मिन ...
सेतोपाटी संवाददाता सप्तरीमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ।, मंगलबार राति ७ बजे डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० रंजितपुरका पवन यादवका ९ वर्षीय छोरा अर्जुनकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।, खेल्नेक्रममा आफ्नै गोठको भुइमा लत्रिएको बिजुलीक...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा करिब एक महिनादेखि फोहोर उठेको छैन।, फोहोर व्यवस्थापन गर्ने ठाउँसम्म पुग्ने सडक अविरल वर्षाका कारण बिग्रेको भन्दै महानगरले फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरिरहेको छ।, घरका फोहोर सडकमा थुप्रेका छन्। चोक र गल्लीहरूमा फोहोरले दुर्गन्धित छ। तर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्द...
सेतोपाटी संवाददाता राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको छ।, राप्तीको बगासोती जलमापन केन्द्रमा सोमबार बिहान गरिएको मापनमा खतराको तह पार गरेको देखिएको छ।, दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले राप्ती नदी तटिय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।, अविरल बर्षाले बबई तटीय क्षेत...
सिबी अधिकारी चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ।, यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ।, मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ओभरसुट गर्नुपरेको विमानस्थल...
रासस अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ।, त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक आज पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाणले बताए।, अहिले राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा ...
एजेन्सी दक्षिण अमेरिकी मुलुक पेरूको राजधानी लिमामा शनिबार एउटा विशेष कार्यक्रम आयोजना गरिएको थियो। लिमाका मेयर जर्ज मुनोजको निगरानीमा भएको उक्त कार्यक्रमा दुई सय जोडीले एकैसाथ विवाह गरेका थिए।, तीमध्ये सबैभन्दा बढी उमेरको जोडी ८७ र ८२ वर्षका थिए भने सबैभन्दा कान्छो जोडी २४ र १९ वर्षका थिए।, लिमा नगरपालिकाले आफ्नो  फेस...
सेतोपाटी संवाददाता विगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै जाने भएको छ।, पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।, हाल देशभर...
सेतोपाटी विर्तामोड नगरपालिकामा सडकमा जथाभावी थुपारिएको फोहर उठाउन सुरू गरिएको छ।, नगरपालिकालाई चौतर्फी दबाब परेपछि तत्काल फोहर विसर्जन गर्ने अस्थायी स्थानको टुंगो लगाएर व्यवस्थापन सुरू गरिएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताए। , ‘दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थानको खोजी भइरहेको छ’, उनले भने, ‘तत्काल सडकमा ...
सेतोपाटी सिद्धार्थ राजमार्गको पाल्पा खण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेको छैन।, लगातारको वर्षाका कारण तानसेन नगरपालिका-८ तल्लो डुम्रेको पहिरो हटाउन समस्या भएपछि राजमार्गको पाल्पा क्षेत्र पूर्णरूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ।, आइतबार बिहान खसेको पहिरोले पाल्पा-बुटबल सडकखण्ड अवरूद्ध भएको थियो।, आइतबार राति पहिर...
खिलानाथ ढकाल पछिल्लो समय प्रहरी प्रधान कार्यालय र प्रहरी नेतृत्वभन्दा लेखापालहरू शक्तिशाली बनेको जस्तो देखिएको छ।, लेखापालहरूको ‘शक्ति’ गृह मन्त्रालय नेतृत्वमै ठोक्किन पुगेपछि प्रधान कार्यालयले अहिले देशभरिका कार्यालयहरूमा लेखापाल पठाउन सकेको छैन।, साधारणत: आर्थिक वर्ष सकिनेबित्तिकै नयाँ लेखापाल पठाउनु पर्ने भए पनि प्...
सेतोपाटी संवाददाता कोरोना भाइरसविरूद्धको खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी विकास भएको सर्वेक्षणले देखाएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७८ साल असार २१ गतेदेखि साउन ३० गतेसम्ममा संकलित नमूनामध्ये १३ हजार १६१ जनाको परीक्षण गर्दा दुबै मात्रा खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी देखिएको हो। , साथै, पहिलो...
सेतोपाटी धादिङको गजुरी गाउँपालिका-५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ। , अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्‍याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक म...
सेतोपाटी संवाददाता दार्चुलामा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ।, गएराति जिल्लामा आएको अविरल पानीले पहिरो खस्दा दुहु गाउँपालिका–१ बाजपानीका ६६ वर्षीय कौसी महरा र ७३ वर्षीय उनका श्रीमान नरसिंह महराको मृत्यु भएको प्रहरी जनाएको छ।, राति १० बजेतिर घरमाथिबाट पहिरो खस्दा सुतिरहेका उनीहरू घरसँगै पुरिएका थिए।, उनीहरू बिहान ...
सेतोपाटी संवाददाता सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।, महादेवा गाउँपालिका वडा नम्बर १ पकरी बस्ने ५३ वर्षीया अमिरका सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।, राति सवा १० बजे सदा पानी लिन कलतर्फ गएकी थिइन्। त्यसक्रममा मोटरमा जोडिएको बिजुलीको तारमा उनको...
सेतोपाटी संवाददाता काठमाडौंको टेकुस्थित एक घरमा आगलागी भएको छ।, सोमबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंनजिकै रहेको एक घरमा आगलागी भएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए। आगलागी कसरी सुरू भएको भन्ने अहिले खुलिसकेको छैन।, स्थानीय, प्रहरी र दमकलको सहयताले आग...
सेतोपाटी संवाददाता कैलालीमा एक पुरूषको शव फेला परेको छ।, सोमबार गोदावरी नगरपालिका-५ गेटामा मनहरा नदीको किनारमा अन्दाजी ४० वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको हो।, उक्त शवको पहिचान खुलेको छैन। मृतकको सनाखत गर्न आफन्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।, कैलालीमा एक पुरूषको शव फेला
भगवती पाण्डे विगत पाँच दिनदेखि परेको वर्षापछि झरेको पहिरोले बुटवलमा थप सात घर पुरिएका छन्। आइतबार बिहान ६ बजेदेखि बुटवल वडा नं. ३ ज्योतिनगरमा चुरे पहाडबाट खसेको पहिरो अहिलेसम्म रोकिएको छैन।, आइतबार स्थानीय मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो झरेकोमा सोमबार थप सात जनाको घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।, ...
सेतोपाटी संवाददाता सिसडोल ओखरपौवाका स्थानीयले बिरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ।, २ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको बिरोध गरेका हुन्।, स्थानीयको बिरोधपछि अहिले काठमाडौंक...
सेतोपाटी संवाददाता झापामा एक महिलाको शव फेला परेको छ।, सोमबार बिहान साढे ६ बजे अर्जुन्धारा नगरपालिका वडा नम्बर १० घर भई वडा नम्बर ६ बिहानी टोलमा डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो।, ४५ वर्षीया सावित्रा बिक डेराबाट करिब एक सय मिटर पर मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानक...
सेतोपाटी नेपालमा भएको १० वर्षे सशस्त्र द्वन्द्वपछिको विस्तृत शान्ति, सम्झौताको बुँदा नम्बर ५, २ र ३ मा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको तथा युद्धको समयमा मारिएकाको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई बुझाउने उल्लेख छ।,     , विस्तृत शान्ति, सम्झौताकै ...
विमलबहादुर विष्ट सुन्दा पनि अचम्म लाग्छ, महिनावारी अर्थात् छाउपडी भएकी महिलालाई दूध, दही खान दिए गाई–भैंसी बिग्रन्छ र दूध दिन छोड्छ भन्ने अन्धविश्वास अझैसम्म यहाँ व्याप्त छ।  , डोटीको पूर्वीचौकी गाउँपालिका-२ का किसान अहिले पनि यही अन्धविश्वासमा  भैंसीको दूध बजारमा बिक्री गर्न मान्दैनन्। , अशिक्षा तथा जनचेतनाको कमीका क...
सेतोपाटी संवाददाता विभिन्न तीन वटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले द्वन्द्वकालीन न्यायका विषयमा सरकार गम्भीर हुन नसकेको औंल्याएका छन्। , सोमबार (आज) विश्व बेपत्ता विरूद्धको दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सले सो कुरा औंल्याएका हुन्...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार १६ हजार २३३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ८९२ जनाको पिसिआर र ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, ...
नारायण खड्का राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै डाक्टर, नर्स र स्वास्थ्यकर्मी संघर्षमा उत्रिएका छन्।, तुलसीपुर क्षेत्रमा कार्यरत झन्डै तीन सय बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर न्यायको माग गर्दै आइतबार सडकमा आएका हुन्।, बिहान तुलसी...
रासस गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकांक्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन्।, आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका हुन्। यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी द...
सेतोपाटी संवाददाता काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगाको सवारी आवागमनमा पहिरोका कारण अवरोध पुगेको छ।, आइतबार बिहान चन्द्रागिरि नगरपालिका चिसापानीस्थित सडकमा पहिरो खस्दा सवारी आवगमनमा अवरोध पुगेको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ। नागढुंगाबाट झण्डै एक किलोमिटर तल पहिरो खसेको हो।, अहिले सो पहिरो हटाए...
सेतोपाटी भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको निर्माणाधिन पुल जोडने पहुँच मार्गमा अत्यावश्यक कार्यबाहेक आजदेखि हिँडडुल गर्न निषेध गरिएको छ ।, कोरोनाको सङ्क्रमणलाई मध्यजनगर गर्दै जिल्ला प्रशासन कार्यालयले पुल निर्माणमा संलग्न कामदार बोक्ने सवारी साधन, ढुवानीका साधन र कामदारलाई मात्रै सडकमा जान अनुमति दिने भएको छ । ...
रासस लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको डेढमहिनाअघि बाढीले क्षति पुर्‍याएको पुल निर्माण अलपत्र परेको छ। लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फुलजोर खोलाको निर्माणाधीन पुलमा क्षति पुर्‍याएको डेढ महिना पुगे पनि पुल पुनःनिर्माणको काम अघि बढ्न सकेको छैन्।, पुल ढलान भएको दुई सातामै सामा...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा श्रीमतीले हँसिया प्रहार गरी श्रीमानको हत्या गरेकी छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सुन्दर टोलका ७८ वर्षीय खिमलाल पुरीको हत्या गरेको अभियोगमा ५६ वर्षीया देवीकुमारी योगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार...
सेतोपाटी संवाददाता बाघको छाला, खप्परलगायत हड्डीसहित तीन जना पक्राउ परेका छन्।, तनहुँ व्यास नगरपालिका वडा नम्बर ५ पतेनीस्थित पक्की पुल नजिकबाट शनिबार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए।, व्यास नगरपालिका वडा नम्बर ६ सिरुबारीका ३९ वर्षीय अर्जुन श्रेष्ठ, शु...
सेतोपाटी संवाददाता उदयपुरको बेलका नगरपालिका क्षेत्रमा सप्तकोशी अन्तर्गत पर्ने नदी उकास जमिनमा कबुलियत वन बनाउने सरकारी निर्णय भूमाफियाका कारण अन्यौलमा परेको छ। , सप्तकोशीले धार परिर्वतन गरी पूर्व तर्फबाट बग्न थालेपछि नदीउकास जमिनअन्तर्गत निस्किएको करिब आठ हजार हेक्टर जमिनमध्ये अधिकांश भूमाफियाको अतिक्रमणको चपेटामा परे...
सेतोपाटी संवाददाता कालीकोटमा जीप दुर्घटना भएको छ। जिल्लाको सन्नीत्रिवेणी गाउँपालिका–३ स्थित आनतडा भन्ने ठाउँमा क १ ज २३ नम्बरको जीप आइतबार दिउँसो १२ बजे दुर्घटनामा परेको हो।, दुर्घटनामा चालक सन्नीत्रिवेणी गाउँपालिका–१ का २२ वर्षीय बिक्रम गिरीको मृत्यु भएको छ।, त्रिवेणीघाटबाट जितेगढातर्फ आउँदै गरेको जीप सडकबाट करिब १५ ...
सेतोपाटी संवाददाता निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक अहिले पुनःअवरुद्ध भएको छ ।, ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए। अहिले ...