content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता घुस लिएको आरोपमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका दुई जना प्रहरी पक्राउ परेका छन्।, महानगरीय प्रहरी वृत्त बौद्धले आइतबार विमानस्थलबाट दुई जना प्रहरीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सञ्जिब बस्नेत र प्रहरी जवान सुरज खड्का...
रासस नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिइ निस्केका पञ्चाङ्ग (पात्रो) ले पछिल्लो समयमा स्वीकृति लिन थालेका छन्।, स्वीकृति नलिइ प्रकाशन भएको खप्तड तारानाथ पात्रोले यस वर्ष समितिसित स्वीकृति लिएको छ। आगामी वर्षका लागि मानस खण्ड पात्रोले पनि स्वीकृतिका लागि समितिमा निवेदन दर्ता गरेको सदस्य सचिव सूर्यप्रसाद ढुङ्गे...
सुशीला रेग्मी/रासस कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै छन् अमरबहादुर विक। उनी उमेरले ६४ पुगे। तर यो पेशाले अझै छोडेको छैन। बुढ्यौली लागेसँगै अरु कसैको भन्दा उहाँलाई भर आरनकै छ। त्यो हिजोभन्दा आज झन बढ्दो छ।   ,        , दिउँसोको चर्को घाममा आरनमा पसिना काढ्दै हँ...
नवीन लामिछाने/रासस गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले सिँचाइ तथा खानेपानीलगायत योजनामा पुर्‍याएको क्षतिको विवरण सङ्कलन गरी प्रतिवेदन तयार पारिएको छ । सिंचाई तथा खानेपानी डिभिजन कार्यालयले प्रतिवेदन तयार पारेको प्रतिवेदन गण्डकी प्रदेशस्थित ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा बुझाइएको छ । , बाढीपहिराका कारण क्ष...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशमा आज धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा ‘गौरा’ भित्र्याइँदै छ। व्रतालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याउँदै छन्।, महिला मन्दिर तथा घर आसपासका खेतमा गई सामूहिक रुपमा ‘...
सेतोपाटी संवाददाता सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ।, केहिदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमापुगेको हो। कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसारपछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रतिसेकेण्ड वहाव पुगेको छ।, नदीको बहाव बढेसँगको कोशी ब्...
सञ्चिता घिमिरे निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि टेकु पुल अझै सञ्चालनमा आउन सकेको छैन। निर्माण व्यवसायीले कम गुणस्तरको पुल निर्माण गरेपछि अहिले सो पुल अदालती प्रक्रियामा छ।, पप्पु कन्सट्रक्स प्रालिले तोकिएको डिजाइनभन्दा फरक गरी निर्माण गरेको सडक विभागले बताउँदै आएको छ। पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर) मा ...
रासस काठमाडौँ उपत्यकाका तीन शहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटनको मङ्गलबजारमा अवस्थित कृष्ण मन्दिरमा सोमबार भक्तजनलाई पूजाका साथै दर्शन गर्न नदिने भएको छ । , हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने भएकाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारीलाई ध्यानमा राखी सोमबार सर्...
रासस पहिरोले रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ । , निरन्तर भइरहेको वर्षाले मोदी गाउँपालिका– ६ बेतनीमा पहिरो झरेर आज बिहानैदेखि रोकिएको सडक केहीबेर अघिदेखि सुचारु भएको हो । , पहिरोले रोकिएको सडक सुचारु भएपछि कास्कीको नयाँ पुल र पर्वतको डिमुवामा रोकिएका सवारीसाधान गन्तव्य तर्फ लागेको जिल्ला प्रहरी का...
भगवती पाण्डे बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरमा पहिरो खस्दा ५० भन्दा बढी घर जोखिममा परेका छन्। चुरे पहाडबाट खसेको पहिरोका कारण मनमाया भाट क्षेत्रीलगायतका ६ घरमा क्षति पुगेको छ। , बस्ती माथिको चुरे पहाडमा भदौ ११ गते नै पहिरो गएको थियो। पहिरो गएपछि स्थानीयले घरका सरसामानमा र गोठका बस्तुभाउ सारिसकेका छन्। , पहिरोले बुटवल...
विमलबहादुर विष्ट/रासस सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा आज धुमधामका साथ भित्र्याइएको छ। सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्वमध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ। आज आइतबार यहाँका हिन्दू महिलाले नजिकै रहेका खेतबाट गौरालाई गौराघरसम्म भित्र्याएका हुन्। , सप्तमीका दिन साउँ (एक प्रकारको वनस्पति) बाट पार्वती...
नारायण ढुङ्गाना/रासस विगतमा हिमाली र पहाडी क्षेत्रमा वर्षाले ठूलो क्षति गरायो। विभिन्न जिल्लमा पहिरो खसेर खोला र नदीसमेत थुनिँदा तल्लो तटीय क्षेत्रका बासिन्दाको उठिबास लाग्यो। कति मानिसको अकालमै ज्यान गयो भने अझै धेरै हराइरहेका छन्। , वर्षापछिको बाढी, पहिराले सिन्धुपाल्चोक, मनाङलगायत दुई दर्जन बढी जिल्ला प्रभावित पार्...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा आइतबार थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१२, ललितपुरमा ११४ र भक्तपुरमा ५२ जना संक्रमित थपिएका हुन्। , यीसहित हाल उपत्यकामा ८ हजार ९७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। काठमाडौं जिल्लामा ५ हजार २९८...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण कम भएको छ । यस अवधिमा एक हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । शनिबार एक हजार ८५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार सात हजार २५९ जनाको पीसीआर परीक्षणमा एक हजार २१४ र तीन हजार ३८ जनाको एन्टिजेन परीक्षणमा १७...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको भत्काइएको घरको भग्नावशेष नहटाउन अन्तरिम आदेश* गरेको छ।  , अधिवक्ता सञ्जय अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै  न्यायाधीश अनिल कुमार सिन्हा र वमकुमार श्रेष्ठको इजलासले पुरानै सामान प्रयोग गरेर पुननिर्माण गर्न आदेश दिएको हो।, उनको रिट जारी भएको सर्वोच्च...
युनिक श्रेष्ठ प्रहरीले लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।, लागुऔषध नियन्त्रण ब्यूरोले तीन जनालाई दुई किलो ९३३ ग्राम कोकिनसहित पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। पक्राउ पर्ने तिनै जना फरक-फरक मुलुकका छन्।, ब्युरोले आइतबार पत्रकार सम्मलेन गरी उनीहरूलाई...
सेतोपाटी संवाददाता काभ्रेमा मोटरसाइकलमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ।, आइतबार रोशी गाउँपालिका वडा नम्बर ७ कटुन्जेस्थित बिपी राजमार्गमा पहिरो गई ढुंगा माटो खस्दा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।, काठमाडौंबाट जनकपुर जाँदै गरेको ज.८.प ७४९० नम्बरको मोटरसाइकलमा लाग्दा चालक र ...
सेतोपाटी संवाददाता आज मुलुकको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सातै प्रदेशको अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।, मनसुनी वायुका कारण र न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाल...
सुदीप श्रेष्ठ एकदिन म मर्नेछु।, म मरेपछि जब मलाई जन्मदूत र कर्मदूत नाम गरेका दुई जना यमदूतले पाप र पुण्यको नापतौल गर्न यमराजको सभामा उपस्थित गराउने छन्, तब यमराज मलाई सोध्नेछन्, ‘तिमीले गुइतः ,(पाटन), को धँल्याः हिति हेरेका छौ?’, म भन्नेछु, ‘हेरेको छु प्रभु।’, त्यसपछि यमराज आफ्ना सेवकहरूलाई आदेश दिनेछन्, ‘त्यसो भए यिन...
रासस बागमती गाउँपालिका–६ आश्राङ र वडा नम्बर ७ गिम्दीको संगमस्थल शुभाने खोलामा बगेर एक महिलाको मृत्यु हुनुका साथै एक बालिका बेपत्ता भएकी छन्।, तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको मृत्यु भएको हो। वडा नम्बर ७ का वडाध्यक्ष नवराज सञ्जेलले दिउँसो साढे ४ बजेतिर खोला तर्ने क्रमम...
रासस ‘एक घर, एक धारा’को लक्ष्यसहित सञ्चालित गलकोट बृहत् खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ। गलकोट नगरपालिका वडा नं ३, ५ र ७ का १२ सय घरधुरीमा खानेपानीको सहज पहुँच पु¥याउन डेढ वर्षअघि आयोजना शुरु गरिएको थियो।, सङ्घ सरकारअन्तर्गत खानेपानी मन्त्रालयको रु १७ करोड बजेटमा बन्न लागेको आयोजना आगामी दुई वर्षभित्र सक्ने लक्ष...
सेतोपाटी नारायणगढ–मुग्लिन सडक खण्डको चौध किलोमा सडक भासिए पनि सवारी आवागमनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ। , चौध किलो क्षेत्रमा सडक फराकिलो भएकाले एकाछेउको सडक भासिए पनि दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ नभएको प्रहरीको भनाई छ। डिभिजन सडक कार्यालय, चितवनले पनि नारायणगढ–मुग्लिन सडकमा यातायात सञ्चालनमा कुनै अवरोध न...
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २० मोटरसाइकल र चार स्कुटर फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो।, महाशाखाका प्रमुख...
सेतोपाटी संवाददाता भोजपुर षडानन्द नगरपालिका-९ तालखर्कका ४० वर्षीय बुद्दीमान राईले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन्।, शनिबार बिहान राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ वर्षीया इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए।, प्रहरीका अनुसार श्रीमतीको हत्यापछि आफू घरबाट करिब ४० मिटर ...
सेतोपाटी संवाददाता जानकी मन्दिरको सौन्दर्यलाई नै कुरुप बनाउने गरी मन्दिर परिसरभित्र प्रचार प्रसारका लागि लगाइएको होर्डिङ बोर्ड तथा पर्चा पम्पलेट स्थानीय युवाहरूले हटाइदिएका छन्।, प्रदेश २ सरकारले सञ्चालन गरेको अभियानको प्रचार-प्रसार, व्यावसायिक प्रयोजनका लागि लगाइएको होर्डिङ बोर्ड तथा पम्पलेटहरू जनकपुरका युवाहरूले च्य...
सेतोपाटी संवाददाता धनुषामा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।, ह्युम पाइपबाट पानी निकास हुने ठाउँमा बनेको खाल्डोमा माछा मार्ने क्रममा सबैला नगरपालिका–१२ स्थित बरकुरबा बस्ने ३० वर्षीय भगवानबाबु सदाको मृत्यु भएको प्रहरीले जनाएको छ।, वडा नम्बर २ स्थित वीरेन्द्रबजार महिनाथपुर सडक खण्डमा पानी निकासका लागि जड...
रोहित महतो जातीय छुवाछुतको सिकार भई लगातारको वर्षाले डुबानमा परेको चापाकलबाट गोबर र हिलो मिसिएको पानी खान बाध्य भएका महोत्तरीको सम्सी गाउँपालिका–५ स्थित पोखरभिण्डाका जयकुमारी मल्लिकलाई खानेपानीको व्यवस्था गरिएको छ। , डोम जातले छोएको पानी नचल्ने भन्दै स्थानीयले कलबाट पानी भर्न नदिएको भनी समाचार प्रकाशित भएपछि प्रदेश २ ...
सेतोपाटी काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम छिटो सम्पन्न गरी फोहर व्यवस्थापनका लागि सहज गरिदिन सहरी विकास मन्त्रालयलाई आग्रह गरेको छ।  , विगत १४ दिनदेखि काठमाडौं उपत्यकाअन्तर्गत १८ स्थानीय तहको फोहर नियमितरूपमा उठ्न नसक्दा अहिले जताततै दुर्गन्ध फैलि...
सेतोपाटी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतबारदेखि सेवा सञ्चालन गर्ने भएको छ। , यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनःअर्को सूचना जारी गर्दै भोलिदेखि सबै सेवा सञ्चालन गर्ने जनाएको हो।, निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले सङ्क...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आह्वान गरेको छ। , काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै स्थानीयबासीलाई आह्वान गरेका हुन्। , शनिबार बिहान मेयर शाक्यले काठमाडौंको व...
सेतोपाटी केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीअन्तर्गतको सवस्टेसनमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको छ। , वर्षा र डुबानका कारण सो सवस्टेसनको ब्रेकरलगायत अन्य उपकरणमा पानी जमेकाले विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिक...
सेतोपाटी नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले यस वर्ष गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औंसी मेला स्थगित गरिएको छ।, गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको आजको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले  जानकारी दिए।, को...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप १ हजार ८५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार १७६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ४०९ जनाको पिसिआर र ३ हजार ७६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ५४९ जनालाई कोरोना संक्रमण देखिएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७०, भक्तपुरमा ६७ र ललितपुरमा ११२ जना संक्रमित थपिएका हुन्।, यस्तै, काठमाडौंमा हाल ९२७८ संक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५५८३, भक्तपुरमा १४४० र ललितपुरमा २२५५ सक्रिय संक्रमित ...
सेतोपाटी संवाददाता राष्ट्रिय गौरवका ६ वटा आयोजनासहित देशभर सञ्चालित १ हजार बढी सिँचाइ आयोजना कर्मचारी अभावले प्रभावित भएको छ।, जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत रहेका २४ सय कर्मचारीमध्ये १८ सयभन्दा बढी कर्मचारी प्रदेश तथा स्थानीय तहमा समायोजन भएकोले आयोजनाको काम प्रभावित भएको हो।, जल उत्पन्न प्रकोप व्यवस्थापनसम्बन्धी ...
सेतोपाटी अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले आज त्यहाँबाट आठ जनालाई उद्धार गरिएको बताएको छ।, काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका ३४ जनालाई आजै थप सुरक्षित एवं व्यवस्थित स्थानमा स्थानान्तरण गरिएको तथा उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइर...
सेतोपाटी डेढ महिनादेखि काठमाडौं उपत्यकाबाट फोहर उठ्न नसक्दा घरघरबाट बागमती नदीमा फोहरको थुप्रो फाल्न थालेको भेटिएको छ।,  , बागमती सफाइ महाअभियानको ४३३ औं हप्तामा काठमाडौं महानगरपालिका–११ स्थित थापाथलीको शिवमन्दिर क्षेत्रमा सफाइका क्रममा यस्तो भेटिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य एवं ...
सेतोपाटी संवाददाता नवलपरासी पूर्वबाट प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ।, मध्यविन्दु नगरपालिका-१३ स्थित मैनाघाटमा जुवा खेलिरहेकाहरूलाई नगदसहित प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।, पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका-१३ का डोलबहादुर सारु, बलबहादुर सारु, वीरेन्द्र थापा, सूर्यप्रसाद खनाल, टुलबहादुर सारु, यम सो...
सेतोपाटी पहिरामा परी बिहीबार रातिदेखि बेपत्ता तीन शव फेला परेको छ।, नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका–४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा पहिरामा परी बेपत्ता तीनै जनाको शव शनिबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका सूचना अधिकारी...
सेतोपाटी संवाददाता रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ घोडाहस्थित पूर्व-पश्चिम राजमार्गको पुल भासिएको छ।, अविरल वर्षापछि उक्त पुल भासिएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता सत्यनारायण थापाले पुल भासिएकोले सवारी आवागमन बन्द भएको जानकारी दिए।, पुल भासिएपछि भैरहवा-परासी हुँदै सवारी साधन आवागमन गराइएको छ...
सेतोपाटी संवाददाता केही दिनयता देशैभरि पानी परिरहेको छ। भदौको दोस्रो साता निरन्तर परेको झरीले तराईका विभिन्न भागमा डुबान भएको छ भने पहाडमा ठाउँ-ठाउँमा पहिरो खसेको छ।, काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ। बागमती, प्रदेश-२, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लामा पानी परेको छ भने प्रदेश-१, कर्णाली र सुदू...
सेतोपाटी संवाददाता अविरल वर्षाले रूपन्देहीका अधिकांश स्थानहरू डुवानमा परेका छन्।, तिलोत्तमा नगरपालिकाको मणिग्राम, भलवारी, शान्तिनगर लगायतका स्थानमा घरभित्रै पानी पसेको स्थानीयले बताएका छन्।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले रुपन्देहीका ओमसतिया, छपिया, रुद्रपुर, धकधही, मर्चवारी, कोटहिमाई, ...
सेतोपाटी संवाददाता पहिरो खसेपछि चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ।, सेती दोभानमा गए राति पहिरो खसेको थियो।, पहिरो पन्छाउने काम आज बिहान १० बजेसम्म सकिने अनुमान गरिएको छ। डिभिजन सडक कार्यालय भरतपुरका ईञ्जिनियर शिव खनालले आज बिहानैदेखि पहिरो हटाउन सुरू गरिएको बताए।, बिहीबारदेखि परेको पानीले गर्दा सडकमा ...
नारायण खड्का बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२१ र २२ पुरैनीमा रहेको ‘कान्ति ताल’ संकटमा पर्दै गएको थियो। वस्तु चौपाया र मानिसहरूको खुला प्रवेश, फोहोर आदिका कारण यसको अस्तित्व संकटमा थियो।, हाल नेपालगञ्ज उपमहानगरपालिकाले यसको संरक्षण थालेको छ। तालको संरक्षण र पुनर्निर्माण गरी चिटिक्क पार्न उपमहानगर लागेपछि स्थानीय पनि...
सेतोपाटी संवाददाता महोत्तरीमा रातु नदीको बाँध भत्किएपछि सयौँ घर डुबानमा परेको छ।, बलबा नगरपालिका वडा नम्बर ४ स्थित तिलगढमा बाँध भत्किँदा वस्ती नै डुबानमा परेको प्रहरीले जनाएको छ।, बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४ सय मिटर जति तटबन्ध भत्काएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए।, उनकाअनुस...
युवराज श्रेष्ठ पोखरा महेन्द्र पुलकी माया गुरूङ शनिबार ९३ वर्षीय बुवा भेट्न गौंडामुख गएकी थिइन्।, साँझ ६ बजे गौंडामुख गएकी मायालाई छोरी युकीले राति साढे ८ बजेतिर आत्तिदै फोन गरिन् र घर अघिको सडक भासिएको बताइन्। पानी बेस्मारी परेको थियो। माया राति नै महेन्द्र पुल फर्किन सकिनन्।, महेन्द्र पुलमा राति साढे ८ बजेतिर अचानक स...
कमल खत्री म्याग्दीको रघुगंगा गाउँपालिका-८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहेका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गरे।, युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त छन्।, युवा अवस्थाको प्रवासी समय मलेसियाका ठूला सहरमा बिताएका छन्त्य...
सेतोपाटी संवाददाता अविरल वर्षापछि झरेको पहिरोका कारण दाङ-रोल्पा सडकखण्ड अवरूद्ध भएको छ। , दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सहिद मार्ग शुक्रबार बिहानैदेखि अवरूद्ध छ। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले पहिरो पन्छाएर सडकखण्ड खुलाउने प्रयास जारी रहेको बताए। , सडकखण्डको ठाउँ-ठाउँमा पहिरो झरेको प्र...
सेतोपाटी संवाददाता दाङमा मलामी गएका एक व्यक्तिको बबई नदीले बगाउँदा मृत्यु भएको छ। , दंगिशरण गाउँपालिका वडा नं. १ बाँकीका ५० वर्षीय वामदेव देवकोटाको बबई नदीमा आएको बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए। , देवकोटालाई शुक्रबार बिहान दश बजेतिर बाँकीस्थित निर्माणाधीन...
सेतोपाटी संवाददाता शुक्रबार रातिदेखि परेको वर्षाका कारण पश्चिम नवलपरासीको जनजीवन प्रभावित बनेको छ। वर्षाको कारण जिल्लाको अधिकांश भू-भाग जलमग्न भएको छ।, जिल्लाको बर्दघाट, सरावल, प्रतापपुर, पाल्हिनन्दन, रामग्राम, सुस्ता, सुनवल लगायतका सबै पालिकाका बस्ती डुबानमा परेका छन्। सडक र घरभित्रैसम्म पानी भरिएर जलमग्न भएको छ।, झर...
सेतोपाटी संवाददाता खोलाले बगाएर ल्याएका दाउरा समाउन खोज्दा रुपन्देहीमा एक जना बेपत्ता भएका छन्।, शुक्रबार रातिदेखि परेको वर्षापछि दानव नदीमा आएको बाढीले बगाएको दाउरा छोप्न खोज्दा जिल्लाको सम्मरीमाई गाउँपालिका ३ बस्ने २० वर्षीय बब्लु लोध बेपत्ता भएका हुन्।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले ...
सबिना श्रेष्ठ कुनै बेला पुल्चोकको अशोक स्तुपभन्दा दक्षिणतर्फ 'समय् फल्चा' नामको पाटी थियो। २०२३ सालमा खिचिएको अशोक स्तुप क्षेत्रको तस्बिरमा त्यो पाटी प्रस्टै देखिन्छ।, रातो मच्छिन्द्रनाथ जात्रा बेला समय् बजी खुवाइने त्यो फल्चा (पाटी) मर्मतसम्भार अभावले जीर्ण हुँदै गएको थियो तर जिर्णोद्धार गर्न कसैले वास्ता गरेन। उल्टो...
सेतोपाटी संवाददाता अविरल वर्षाका कारण नवलपरासी पूर्वमा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन्। , शुक्रबार हुप्सेकोट गाउँपालिका-४ माथिल्लो चारघरेमा पहिरो आउँदा ५० वर्षीया धनमाया पुलामी, उनकी नातिनीहरू सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता भएका हुन्। , प्रहरीका अनुसार ५० वर्षीय हस्तबहादुर पुलामीको ...
वासुदेव पौडेल,कृष्ण दवाडी/ रासस स्थानीय तहको निर्वाचन भै चुनिएका पदाधिकारीले चार वर्ष आफ्नो कार्यावधि सम्पन्न गरिसकेका छन्।, लामो समयको स्थानीय तहको रिक्तताका अवस्थामा नेतृत्व सम्हालेका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरू यतिखेर विभिन्न समस्या बाबजुद अपेक्षित उपलब्धि हासिल नभ...
सञ्चिता घिमिरे/रासस कालोपत्र गरेको छ महिना नपुग्दै चापागाउँ–सुनाकोठी सडकमा खाल्डैखाल्डा भएको छ। सडक निर्माणका लागि ठेक्का सम्झौता भएको पाँच वर्षमा कालोपत्र भएकामा केही महिनामा सडक पुनः पहिलेकै अवस्थामा पुगेको हो। , कूल २० मिटर चौडा कायम गर्ने गरी ठेक्का सम्झौता भएकामा विस्तार गर्न नसकिएपछि उपलब्ध चौडाइमै कालोपत्र भएको...
सेतोपाटी नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।, भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा पहिरो खस्दा सो सडकखण्ड अवरूद्ध भएको थियो। करिब १३ घण्टापछि सो सडकखण्ड दुईतर्फी खुलेको हो।, पहिरो पन्छाइएपछि आज बिहान ९ बजेदेखि सडक दुईतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।, बिहीबार राति ८ः२० बजे सेतीदोभानमा पहिरो ...
सेतोपाटी विगत केही दिन अगाडिदेखि सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ। न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो।, शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम  विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्या...
सेतोपाटी संवाददाता सल्यानमा एक ब्यक्ति मृत फेला परेका छन्। , दार्मा गाउँपालिका ५ का अँधेरीखोलाका ४९ वर्षीय बमबहादुर खत्री शुक्रबार बिहान सात बजेतिर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए। , फारूला भन्ने ठाउँमा पैसा ल्याउन जान्छु भन्दै खत्री बिहीबार घरबाट निस्किएको खुल्न आएको...
सेतोपाटी संवाददाता सिमकोट विमानस्थलले हवाई मार्गहुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ।, यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्लाबाहिर जान सकिन्थ्यो।  , विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्गहुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रवधान...
भगवती पाण्डे केही वर्ष अघिसम्म बुटवलको पक्की पुलबाट उत्तर र दक्षिणतिर हेर्दा तिनाउ नदीले बगर ढाकिएको देखिन्थ्यो। यो वर्ष भदौ पहिलो साता देखिएको तिनाउको पानी उतिबेला हिउँदयाममै बग्थ्यो। फरक यत्ति छ, अहिले धमिलो देखिएको नदी दस वर्ष पहिलेको हिउँदमा सफा देखिन्थ्यो।, पाल्पाको माडीबाट सुरू भएको तिनाउमा बुटवलसम्म आइपुग्दा सा...
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिकास्थित चुलाचुली मोडमा शुक्रबार दिउँसो यात्रुबाहक बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख ६७६२ नम्बरको यात्रुबाहक बसको ठक्करबाट मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय हेमसागर थापाको घटनास्थलमै मृ...
मनोज सत्याल भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको घटनाको सामान्य रिपोर्ट तयार पार्न समेत सरकारले एक महिनाको समय लगाएको छ।, गत साउन १५ गते भारततर्फ जाने क्रममा दार्चुला ब्यासका जयसिंह धामी तुइन तरिरहेका बेला भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएका थिए। लगत्तै गृह मन्त्रलायल...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ७१५ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जना संक्रमित थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा ९७८४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६०४०, ललितपुरमा २२६६ र भक्तपुरमा १४७८ सक्रिय संक्रमित छन्।, यसैगरी, ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १३ हजार ११७ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ७५२ जनाको पिसिआर र ४ हजार ३६५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्...
विवेक राई नेपालमा अहिले गर्मी सिजन सकिएर बिस्तारै हिउँद सुरू हुँदै गर्दा मौसमी फ्लुका बिरामी बढ्न थालेको चिकित्सकहरू बताउँछन्।, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले पछिल्लो साता मौसमी फ्लुका बिरामी बढ्न थालेको बताए। , 'अब सिजन परिवर्तन हुँदै गर्दा मौसमी ज्वरो र रुघाखोकीका बिर...
सेतोपाटी संवाददाता प्रहरीले मकवानपुरबाट ४४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, मनहरी गाउँपालिका-५ जयसिंहस्थित खोलाको किनारबाट शुक्रबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।, पक्राउ पर्नेमा मनहरी गाउँपालिका-५ डिल्लीपुरका २४ वर्षीय रामचन्द्र मोक्तान र २२ व...
सेतोपाटी संवाददाता धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टार प्रा.डा मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन्।, सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले शुक्रबार उनले पदबाट राजिनामा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ४ साउनमा डा....
रासस कन्सुलर सेवा विभागले विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणका निम्ति विभागमा लाम लाग्नु नपर्ने व्यवस्था गरेको छ।, यही भदौ १३ गते आइतबारदेखि लागू हुने गरी विभागले प्रहरी प्रतिवेदनको प्रमाणीकरण विद्युतीय माध्यमबाट मात्र गरिने व्यवस्था मिलाइएको आज यहाँ पत्रकार सम्मेलन गरेर बताएको हो। , सेवाग...
सेतोपाटी संवाददाता युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरूलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, नगद ६ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भएका ३३ वर्षीय पोषबहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।, काभ्रेपलाञ्चोक भुम्लु ग...
एजेन्सी बेलायतमा गरिएको एउटा अध्ययनले कोरोनाभाइरसविरूद्धका भ्याक्सिन फाइजर/बायोएनटेक र अक्स्फोर्ड/अष्ट्राजेनेकाको प्रभावकारिता छ महिनामै घट्न थाल्ने देखाएको छ।, समाचार संस्था रोयटर्सका अनुसार बेलायतको जेडओई नामक संस्थाले गरेको अनुसन्धानमा फाइजर खोप लगाएको पाँचदेखि छ महिनामा यसले कोरोनाबाट जोगाउने क्षमता ८८ देखि ७४ प्र...
सेतोपाटी संवाददाता प्रदेश -१ का मुख्यमन्त्री बन्न लागेका नेकपा एमालेका सचिव  भीम आचार्यका भाइ राम आचार्य सुतिरहेको ठाउँमा मृत फेला परेका छन्।, ५९ वर्षीय आचार्य सुनसरीको इनरुवा-३ बख्खुटोलस्थित घरमा बिहीबार बिहान मृत फेला परेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।, बिहान अबेरसम्म ढोका नखुलेपछि करिब साढे ११ बजे आफन्तले...
सेतोपाटी संवाददाता कर्तव्य ज्यानमुद्दामा अदालतबाट १९ वर्ष ६ महिना कैद सजाय तोकिएका फरार अभियुक्तलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ।, पुतलीबजार नगरपालिका-१४ का ७५ वर्षीय यमप्रसाद पौडेललाई प्रहरीले बुधबार पक्राउ गरेको हो।, पोखरामा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।,...
सेतोपाटी संवाददाता प्रहरीले सिमराबाट १५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, बुधबार प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-५ स्थित वीरगन्ज-पथलैया सडकबाट दुई जनालाई गाँजासहित पक्राउ गरेको हो।, पक्राउ पर्नेमा निजगढ नगरपालिका-१३ का ३३ वर्षीय दीपक पाख्रिन र २५ वर्गीय बाबुराम वाइबा छन्।, ना४६प ५९३१ नम्बरको मोटरसाइकलमा स...
सेतोपाटी संवाददाता लागुऔषध मुद्दामा पत्रकार फसाएको आरोप लागेपछि रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाह बयानका लागि काठमाडौं झिकाइएका छन्। , बुधबार प्रहरी प्रधान कार्यालयले शाहलाई बयानका लागि काठमाडौं बोलाएको हो। , प्रधान कार्यालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले काम सुरू गरेकै दिन शाहलाई काठमाडौं झिकाइएको प्र...
सेतोपाटी संवाददाता हत्या गरेको आरोपमा खोटाङबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृतककै भाइ २२ वर्षीय नारायण थापा र १३ वर्षीय किशोर रहेका छन्।, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ काँडे बस्ने ३३ वर्षीय गिरिराज थापाको हत्या गरेको अभियोगमा उनीहरूलाई प्रहरीले बुधबार राति पक्राउ गरेको...
सेतोपाटी संवाददाता एसिड पीडित जनकपुरधाम उपमहानगरपालिका ७ की आरती साहलाई प्रदेश २ सरकारले पाँच लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ। , मुख्यमन्त्री लालबाबु राउतले पूर्वघोषणा अनुसार बिहीबार पाँच लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।, २९ साउनमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई पाँच लाख रूपैयाँ सहयोग गर्ने निर्णय ...
सेतोपाटी गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ।, समितिले बुधबार प्रदेशका भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसमेतको उपस्थितिमा गरेको छलफलपछि समितिका सभापति दीपक कोइरालाले उक्त निर्देशन दिएका हुन्। , समितिले मन्त्रालयलाई रातो कित...
सेतोपाटी संवाददाता भारत सरकारले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । , बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रम बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय जनता र सरकारको तर्फबाट न...
सञ्चिता घिमिरे आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ। , मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको  समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो।, गत असार र साउनमा आएको...
सेतोपाटी बाँकेको जानकी गाउँपालिकास्थित पिप्रहवा चोकदेखि खजुरा नहर चोक जोड्ने पक्की सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ।, गाउँपालिकाको महत्वपूर्ण योजनाका रूपमा रहेको निर्माणाधीन सात किलोमिटर सडकमध्ये कालोपत्र गरिएको करिब दुई किलोमिटर सडकमा भत्किने र भासिने समस्या देखिएको छ। , ठेकेदार कम्पनीले कम गुणस्तरको काम गरेकाले...
नारायण खड्का बाँकेको खजुरास्थित सिमलघारीकी चन्द्रा विक सुत्केरी बेथाले च्यापेपछि भेरी अस्पताल नेपालगञ्जमा  भर्ना भइन्। उनले बुधबार छोरालाई जन्म दिइन्। जन्मँदा उनको बच्चा ३ किलो ८ ग्रामका थियो।, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले विकको बच्चा अप्ठ्यारो अवस्थामा रहेकाले भ्याकुमले तानेर निकालिएको जानकारी अस्प...
रोहित महतो गएको जेठ महिनादेखि घर पानीमा डुबेको छ। लगातारको वर्षाले घरभित्र भएभरको अन्नपात गलिसक्यो। लत्ताकपडा पनि पानीमै सडेर बर्बाद भयो। खानेपानीका लागि घरअगाडि गाडिएको चापाकल पनि डुबेको छ।, डुबेकै कलबाट आउने गोबर र हिलोसहित निस्किने फोहोर पानी खान बाध्य छन् महोत्तरीको सम्सी गाउँपालिका-५ की जयकुमारी मल्लिक र उनको ९ ज...
युवराज श्रेष्ठ पोखरास्थित मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ।, पोखराकै दुई व्यवसायिक समूह बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले सवा तीन अर्ब रूपैयाँमा उक्त अस्पताल किनेका हुन्।, अटोवेज ग्रुपका अध्यक्ष पौडेलका अनुसार बतासले ६० प्रतिशत र पौडेलले ४० प्रतिशत लगानीमा अस्पताल खरिद...
सेतोपाटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को परीक्षणको नक्कली रिपोर्ट बनाइदिएको आरोपमा शहीद गंगालाल हृदय रोग केन्द्र कर्मचारीमाथि छानबिन सुरू गरेको छ।, मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड-१९ को नक्कली रिपोर्ट बनाएको आरोपमा छानबिन सुरू गरेको हो।, सर्...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १४ हजार ३७४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ७०२ जनाको पिसिआर र ४ हजार ६७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, ...
सेतोपाटी संवाददाता देशभरि शुक्रबारसम्म भारी वर्षा हुने भएको छ। मनसुन फेरि सक्रिय भएकाले शुक्रबार साँझमम्म तराई र पहाडी क्षेत्रका धेरै स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, ‘अहिले न्यून चापीय रेखा नेपालको सीमानजिकै रहेको छ। आज र भोलि देशैभरि पानी पर्छ। सुदूरपश्चिम र आसपासका क्षेत्रमा भने पर्सिसम...
सेतोपाटी संवाददाता पर्साको वीरगञ्जस्थित सर्वोत्तम स्टिल कम्पनीको भट्टीमा विस्फोट भएको छ।, घटनामा १५ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।, तातो फलाम पगाल्ने क्रममा भट्टीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय पर्साका सञ्चार कक्षका हवल्दार गंगाराम रायले जानका...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले १० किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भारतीय नागरिक राजेश यादव छन्। , उनलाई नेपाल भारत सीमावर्ती एरिया नजिकैबाट पक्राउ गरिएको डिएसपी राजु लामाले जानकारी दिए।  , यादवको साथमा रहेको कालो रंगको झोलाभित्र पत्रिका र टेपले बेरेको इँट्टा आकारको ...
सेतोपाटी संवाददाता नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको हातमा फरक नाम पाइएकोबारे अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ। , बिहीबार पीडित पक्ष, अस्पताल प्रशासन, प्रहरी र जिल्ला प्रशासन कार्यालयबीच भएको बैठकले छानबिन समिति गठन गर्ने र लापरबाही गर्ने नर्सलाई कारबाही गर्ने निर्णय गरेको हो।  , छानबिन समितिको प्रतिवेद...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ७३३ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ५६१, भक्तपुरमा ६६ र ललितपुरमा १०६ जना संक्रमित थपिएका हुन्।, त्यस्तै, अहिले काठमाडौं उपत्यकामा १० हजार २ सय ८५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६५८७, भक्तपुरमा १४७८ र ललितपुरमा २२२० सक्रिय ...
राजु अधिकारी नेकपा एमालेका सचिव भीम आचार्य बिहीबार बिहान काठमाडौंबाट जहाजमा विराटनगर आए।  बिहीबार उनको राजनीतिक जीवनकै एउटा महत्वपूर्ण दिन थियो। मुख्यमन्त्री बन्ने वर्षौंदेखिको उनको सपनाको पूरा हुन केही घन्टामात्र बाँकी थियो।, काठमाडौंबाट उत्साह र खुसी बोकेर विराटनगर ओर्लिएका आचार्य विमास्थलमा सुनेको एउटा खबरले खङ्ग्र...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ६८९ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ जना संक्रमित थपिएका हुन्।, त्यसैगरी हाल काठमाडौं उपत्यकामा १० हजार ५ सय ५८ सक्रिय संक्रमित छन्।, काठमाडौंमा ६८८३, भक्तपुरमा १४१६ र ललितपुरमा २२५९ सक्रिय संक्रमित ...
विवेक राई पछिल्लो १५ दिनयता कोरोना भाइरसको दैनिक संक्रमण दर निरन्तर घट्न थालेको छ।, हिजो (सोमबार) कुल ११ हजार ३२६ जनाको परीक्षण गरिएकोमा जम्मा १५.९० प्रतिशतमा संक्रमण पोजेटिभ देखिएको थियो। जुन पछिल्लो महिनायताकै कम संक्रमण दर हो। , स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो १५ दिनमा कुल परीक्षण गरिएकामध्ये १९ प्रतिश...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १४ हजार ८१० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ९०९ जनाको पिसिआर र ४ हजार ९०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, ...
सेतोपाटी आङ फुर्वा शेर्पाले हिमाल आरोहणको अनुभव बटुल्न थालेको १४ वर्ष भयो।, उनीसँग विश्वको अग्लो हिमाल सगरमाथा १० पटक चढिसकेको अनुभव छ। शेर्पा हालै विश्वको दोस्रो हिमाल केटु हिमालको सफल आरोहणपछि पोखराको लेकसाइडस्थित स्नो ल्याण्ड होटलमा भेटिए।, साथमा १० जना आरोही पनि थिए। उनी आरोहण दलको नेता। १९ वर्षको उमेरमा पहिलोपल्ट...
सुदीप श्रेष्ठ मैले दुई दिनदेखि एउटा नम्बरमा लगातार फोन गरेको गर्‍यै थिएँ। टुइँटुइँ घन्टी जान्थ्यो तर उठ्थेन।, हिजो, २०७८ भदौ ६ गते, जनैपूर्णिमाको दिन पनि एकाबिहानै दुईचोटि कोशिस गरेँ। दुवैचोटि टुइँटुइँ घन्टी गयो तर उठेन।, दिउँसो फेरि कोशिस गरेँ। तेस्रोचोटिमा पनि फोन उठेन भने सरासर घरै जान्छु भन्ने मैले निधो गरिसकेको थ...
रासस प्रहरीले स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट पक्राउ गरेको हो।, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमा...
रासस सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोला तर्ने क्रममा बेपत्ता भएका छन्।, वडा नम्बर २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको छ।, सोही नगरपालिकाको वडा नम्बर ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मो...
नारायण अधिकारी/रासस पवित्र तीर्थस्थल देवघाट धाममा थालिएको शवदाहगृह निर्माणमा ढिलाइ भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले ठेक्का लगाएको शवदाहगृहको म्याद गुज्रिनै लाग्दासमेत कामले गति लिनसकेको छैन।, पशुपतिनाथपछि सबैभन्दा धेरै अन्तिम दाहसंस्कार गर्ने ठाउँ देवघाट हो। दाउराबाट जलाएर दाहासंस्कार गर्न कठिन हुन थ...
अच्युत रेग्मी/रासस मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ।, विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप लगाइसकिएको कारागारका जेलर वेदनिधि अधिकारीले जानकारी दिए। नयाँ आउने कैदीबन्दीलाई भने अलग राखेर खोप लगाइने गरेक...