content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता घुस लिएको आरोपमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका दुई जना प्रहरी पक्राउ परेका छन्।, महानगरीय प्रहरी वृत्त बौद्धले आइतबार विमानस्थलबाट दुई जना प्रहरीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सञ्जिब बस्नेत र प्रहरी जवान सुरज खड्कालाई प्रहरीले पक्राउ गरेको हो।, उनीहरूले लागुऔषध कारोबारी गर्ने एक महिलासँग ९० हजार घुस लिएको आरोप छ। प्रहरी स्रोतका अनुसार उनीहरूले ती महिलासँग सुरूमा दुई लाख रुपैयाँ मागेका थिए।, महिलाले ९० हजारमात्रै दिएपछि उनीहरूले थप १० हजार नगद माग गरिरहेका थिए। ती महिलालाई प्रहरीद्वयले बौद्धमा कार्यरत भएको जानकारी गराएका थिए।, प्रहरीले नै  हैरानी दिएपछि महिला बौद्ध वृत्त पुगेकी थिइन्।, 'बौद्धमा कार्यरत भएको भनेर चिनाएका थिए। तर महिला बौद्ध पुग्दा प्रहरीद्वय विमानस्थलमा कार्यरत भएको खुलेपछि पक्राउ गर्‍यौं,' प्रहरी स्रोतले भन्यो,'ती महिलाले अहिले लागुऔषध कारोबारको काम छाडिसकेको बताएका छन्।', प्रहरीद्वयले उनीबाट कहिले पैसा लिएको भन्ने परिसरले खुलाएको छैन।, प्रहरीले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।, लागुऔषध कारोबारीसँग घुस लिएको आरोपमा विमानस्थलका असई र प्रहरी जवान पक्राउ
रासस नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिइ निस्केका पञ्चाङ्ग (पात्रो) ले पछिल्लो समयमा स्वीकृति लिन थालेका छन्।, स्वीकृति नलिइ प्रकाशन भएको खप्तड तारानाथ पात्रोले यस वर्ष समितिसित स्वीकृति लिएको छ। आगामी वर्षका लागि मानस खण्ड पात्रोले पनि स्वीकृतिका लागि समितिमा निवेदन दर्ता गरेको सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए।, यस वर्ष समितिबाट १४ पात्रोले स्वीकृति पाएका थिए। आगामी वर्षका लागि १५ वटा पात्रोले स्वीकृति पाउँ भनी गणित गणना गरी समितिमा बुझाएका छन्। समितिसँग स्वीकृति नलिइ ज्वाला, वैदिक र दृग् पञ्चाङ्ग अहिले पनि प्रकाशन भइरहेका छन्।, यसमध्ये वैदिक पञ्चाङ्गको सिद्धान्त फरक छ। पूर्णरूपमा वैदिक भनी पुसतिर यो पात्रो प्रकाशन हुने गर्छ। फरकफरक पात्रो निस्कँदा आम मानिसमा भ्रम उत्पन्न भएको भन्दै सूर्यसिद्धान्तमा आधारित भई गणना गरेर स्वीकृतिका लागि पेश गर्न समितिले आह्वान गर्दै आएको छ ।, आगामी वर्षका लागि पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेबाट समितिले साउन महिनाको एक महिने म्याद राखी निवेदन माग गरेको थियो । समितिमा दर्ता भएका पात्रोको गणित गणनाका विषयमा छलफल गरी तीन महिनाभित्रमा चाडपर्व, तिथिमिति, साइतका विषयमा निर्णय गरिनेछ । निर्णयपछि पात्रोलाई प्रकाशनको अनुमति दिइने समितिले जनाएको छ ।, समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले गणित गणना गरी पेश गरेका पञ्चाङ्गकारलाई बैठकमा बोलाइ मिले/नमिलेका विषय जाँच, चाडपर्वको निर्णय गरी पात्रो प्रकाशनका लागि स्वीकृति दिइने बताए। ढिलोमा फागुनसम्ममा पात्रो बजारमा आउने गरी निर्णय गरिने उनको प्रतिबद्धता छ।, स्वीकृति लिने पञ्चाङ्ग बढ्न थाले
सुशीला रेग्मी/रासस कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै छन् अमरबहादुर विक। उनी उमेरले ६४ पुगे। तर यो पेशाले अझै छोडेको छैन। बुढ्यौली लागेसँगै अरु कसैको भन्दा उहाँलाई भर आरनकै छ। त्यो हिजोभन्दा आज झन बढ्दो छ।   ,        , दिउँसोको चर्को घाममा आरनमा पसिना काढ्दै हँसिया, कोदालो, कुटो, बञ्चरोलगायत फलामका औजार बनाउने काममा उनको जीवनचर्या बितिरहेको छ। उमेरले बुढ्यौली टेक्यो, नातिनातिना, परिवारसँग घरमै आराम गर्ने बेलामा आरनमा बसेर घन ठटाउँदै छन्। यो उनको रहर नभएर बाध्यता हो। ,        , रामपुर नगरपालिका–८ कुमराङ बस्ने विकले यसरी नै सानो झुप्रोमा बसेर घन ठटाएरै पाँचदशक बिताए। जीवनको उत्तरार्दमा आइपुग्दा पनि आरन व्यवसाय धान्नु उनको बाध्यता नै भएको छ। उनी भन्‍छन्, 'मैले १४ वर्षको उमेरबाट नै घन ठटाएर आरनको काम सुरु गरेको हुँ, अहिलेसम्म पनि यो कामबाट मुक्ति पाउन सकेको छैन। पढाइलेखाइ नभएपछि आफूले जे जानियो त्यही काम समातियो।',        , घरमा बाउबाजेले धान्दै आएको आरन सीप र व्यवसायलाई उनले अहिलेसम्म निरन्तरता दिएका छन्। यस व्यवसायमा युवापुस्ताले भने चासो दिएका छैनन्। 'जवानीमा त बिहानीको झिसमिसे उज्यालो हुन नपाउँदै आरन सुरु गर्थें, ग्राहक पनि भरिभराउ हुन्थे, काम राम्रै चलेको थियो, रात परेको पनि कामले पत्तो पाउँदैनथे यसरी नै काम गरेरै उमेर ढल्कियो', उनले हिजोका दिन सम्झँदै भने।,        , बिहान गाउँघरमा भाले बास्न नपाउँदै सबेरै उठेर आरन चलाउने विकको अहिले भने उमेर ढल्कँदै गएपछि जवानी अवस्थाकै जस्तै काममा छिटो, छरितो नभए पनि दैनिकी भने आरनमै बितिरहेको छ। पहिला तामाको पनि काम गर्ने विकले हिजोआज भने उमेर ढल्कँदै जाँदा फलामजन्य औजारको मात्रै काम गर्छन्। फलामको कामबाट अहिले दैनिकजसो करिब एक हजार कमाइ हुन्‍छ। ढल्कँदो उमेरमा पनि विकले व्यवसायलाई निरन्तरता दिएका छन्। ,        , रामपुर नगरपालिका–८ को कार्यालयले मुख्यमन्त्री रोजगार कार्यक्रमबाट गत आर्थिक वर्षको अन्तमा आरन व्यवसाय चालाउने व्यवसायीलाई विभिन्न सामग्री सहयोग गरेको छ। २० हजार बराबरको रकमबाट दुई जना आरन व्यवसायीलाई जस्तापाता, घन, चिम्टालगायतका सामग्री सहयोग गरेको वडाध्यक्ष बोमबहादुर नामजाली बताउँछन्।,        , रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने ६२ वर्षीय इन्द्रबहादुर विकले पनि आजसम्म आरन व्यवसाय धानेकै छन्। आफ्नै घरको एक छेउमा बसेर ग्राहकको रोजाइअनुसारका फलाम, तामा लगायतका सामग्रीलाई हातले कुँदेर तयार पार्छन्। ,        , 'हामी विश्वकर्मा समुदायको पुरानो पेशा सबैले गाउँमा छाड्दै गएका छन्, आरनमै बसेर पङ्खा घुमाएर नियमित काम गर्ने कमै छन्, हामीले त बाँचुञ्जेल सक्दासम्म दुःख सुखले व्यवसाय धानौँला, अबका सन्ततिले यसमा चासो भने दिँदैनन्', उनले भने।,        , विकले यो व्यवसाय गर्न थालेको चारदशक भयो, हिजोआज सबैले यो पेशा छाड्दै गए पनि उनले भने आफूले सकुञ्जेलसम्म व्यवसायलाई निरन्तरता दिने अठोट गरेका छन्। उनी भन्‍छन्, 'घरमै बसेर एक महिनामा २० हजार देखि ३० हजारसम्म कमाउन सकिन्छ, यसले मेरो जीविका चलेकै छ, अरुले व्यवसायलाई निरन्तरता नदिँदा हाम्रो पुख्र्यौली व्यवसाय नै सङ्कटमा पर्दै गएकामा दुःख लागेको छ।',        , हातले कुदेर बनाइएको कोदालो, बञ्चरो साइज हेरेर ६०० देखि एक हजार, हँसिया १०० देखि ३०० सम्ममा बिक्री गर्ने गरेको विकले बताए। गाउँघरमा कोइलाको अभाव हुँदै जाँदा आरन व्यवसाय चलाउन समस्या परेको विकको भनाइ छ। ,        , हातले कुँदेर कलात्मक रुप दिइ गाग्री, ताउला, अम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हँसियालगायत विभिन्न सामग्री लामो समयसम्म टिकाउ हुने भएकाले पनि आरनबाटै तयार पारिएका सामग्री खोजी खोजी घर घरमा प्रयोग गरिन्छ।,        , यस व्यवसायमा युवापुस्ताले चासो नदिनु, गाउँघरमा कोइलाको अभाव हुन थालेपछि विश्वकर्मा समुदायको पहिचानका रुपमा रहेको पुरानो आरन व्यवसाय नै लोप हुँदै गएको छ।  पुरानो व्यवसाय संरक्षण नहुँदा समुदायको चिनारी नै लोप हुन थालेपछि रामपुर नगरपालिका–४ मा आरनसम्बन्धी औजार व्यवसायीलाई उपलब्ध गराइएको छ। ,       , वडाले बजेट विनियोजन गरी जस्तापाताको छानो, आरनमा काम गर्न प्रयोग हुने पङ्खालगायत सामग्री यसअघि नै व्यवसायीलाई सहयोग गरिएको वडा सदस्य सीमादेवी राना बताउँछन्। 'आरन व्यवसायलाई संरक्षण गर्न वडाभित्र भएका व्यवसायीलाई विभिन्न आवश्यक सामग्री उपलब्ध गराइएको छ, यदि कोही व्यवसायी व्यवसाय गर्न चाहानुहुन्छ भने उहाँहरुलाई वडाले सहयोग गर्नेछ', वडा सदस्य रानाले भने।,        , युवापुस्ता आरनसम्बन्धी सीप सिक्न छाडेर विदेशतिर लाग्नु, गाउँमा बसेर पुरानो पेशा सम्हाल्ने कुनै युवा नहुँदा आरन व्यवसाय हराउँदै गएको पाकापुस्ता बताउँछन्। गाउँघरमा भने आरन चलाउने युवा कमै छन्। एक दशकअघि यस क्षेत्रमा ५० भन्दाबढी आरन व्यवसाय सञ्चालनमा थिए। अहिले भने कमैले मात्र व्यवसाय चलाएको पाइन्छ। , बुढ्यौलीमा पनि आरनकै भर
नवीन लामिछाने/रासस गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले सिँचाइ तथा खानेपानीलगायत योजनामा पुर्‍याएको क्षतिको विवरण सङ्कलन गरी प्रतिवेदन तयार पारिएको छ । सिंचाई तथा खानेपानी डिभिजन कार्यालयले प्रतिवेदन तयार पारेको प्रतिवेदन गण्डकी प्रदेशस्थित ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा बुझाइएको छ । , बाढीपहिराका कारण क्षतिग्रस्त सिँचाइ तथा खानेपानीको संरचना पुनःनिर्माणका लागि लागत अनुमान तयार गरिनाका साथै सिँचाइको सम्भावनासमेतको  प्रतिवेदन तयार पािरएको कार्यालय प्रमुख ढाकाराम आचार्यले जानकारी दिए।, ‘एक दिनको बाढी र पहिराले धेरै क्षति पुर्‍यायो । विवरण सङ्कलन तथा सम्भाव्यता अध्ययनका लागि लामो समय लाग्यो । गत असार १ गतेपछि पनि वर्षा नरोकिँदा बाढी आउनेक्रम जारी रह्यो । मनसुनी वर्षा सँगै मर्स्याङ्दी नदीको बाढीका कारण तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । संकलित तथ्याङ्क मन्त्रालयमा बुझाएका छौँ । छिटै समाधान हुनेमा मनाङवासीसहित हामीले पनि अपेक्षा गरेका छौ,’ उनले भने। , सिँचाइ तथा खानेपानीको मुहान तथा भौतिक संरचनालाई नदीको कटानबाट बचाउन र चालू आर्थिक वर्षमा उपलब्ध बजेटको सीमाभित्र रही अल्पकालीन तथा दीर्घकालीन समस्या समाधानका लागि सम्बोधन गराउने प्रयत्न गरिएको प्रमुख आचार्यले बताए।, बाढीपहिराबाट बढी असर पुर्‍याएको नासों गाउँपालिकाका तालबजार, सिरान ताल, खोत्रो, धारापानी, थोचें, बगरछाप र दानाक्यू, चामेका तिमाङ, थान्चोक, कोतो र चामे बजार तथा  ङिस्याङका भ्राताङ, पिसाङसम्मका बस्तीका साथै विद्यालय, सार्वजनिकस्थल,खानेपानी र सिँचाइका क्षतिको पहिचान र पुनःस्थापनाका लागि अल्पकालीन र दीर्घकालीन उपायसहित प्रतिवेदन तयार पारिएको हो ।,  , डोना खोला,  धारापानी, ग्वा खोला, स्यार्कु खोला, चामे र सब्जे खोला लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ । तीमध्ये  नासों र चामेको  पूर्णरूपमा र ङिस्याङको लघुजलविद्युत् आयोजनामा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ । , नदी र खोला किनारमा रहेकाले बाढीको कटानले पावर हाउस, इन्टेक र फोर वे पूर्णरुपमा क्षति भएको छ । भर्खरै मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि जिल्लावासीका लागि लघुजलविद्युत् नै आधारभूत ऊर्जाको स्रोत भएकाले  मन्त्रालयबाट ऊर्जासम्बन्धी विज्ञ टोली परिचालन गरी लागत र सम्भाव्यता अध्ययन गराइएको  र सोहीबमोजिम योजना सञ्चालन गर्ने तयारी भइरहेको प्रतिवेदनमा उल्लेख छ । , नासोंको थोंचे, घेलाञ्चोक ओडार, धारापानी र नाचे खानेपानी आयोजना तथा  चामेको थान्चोक र बृहत् चामे खानेपानी आयोजनामा क्षति पुगेकाले  मर्मत तथा पुनःनिर्माण गर्नुपर्ने भएको छ भने  ङिस्याङको पिसाङ, घ्यारु, खाङ्सार र ढिकुरपोखरी खानेपानी आयोजनामा पूर्ण क्षति भएको छ । , खाङ्सार, ताचै, क्युपार, भ्राताङ, सब्जे र क्युबेँसी सिँचाइ योजनामा बाढीले क्षति पुर्‍याएकाले ती  योजनाको मर्मतसम्भार र पुनःनिर्माणका लागि पनि मन्त्रालयलाई जानकारी गराइएको छ । , मनाङको क्षतिबारे सिँचाइले ऊर्जालाई प्रतिवेदन बुझायो
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशमा आज धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा ‘गौरा’ भित्र्याइँदै छ। व्रतालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याउँदै छन्।, महिला मन्दिर तथा घर आसपासका खेतमा गई सामूहिक रुपमा ‘फाग’ गीत गाउँदै गौरा ‘भगवती’को प्रतिमा तयार पार्ने गरिन्छ। व्रतालु महिलाको सहभागितामा गौरा भित्र्याई सकेपछि महिलाले महेश्वर (शिव) र गौरी भगवतीको पूजाअर्चना गर्ने गर्दछन्।, पूजा गर्दा अक्षताका रुपमा ‘बिरुडा’ (गुहुँ, मास, गहत, गुराँस र कलौ) पाँच थरीका गेडागुडीको प्रयोग गरी पूजा गर्ने चलन छ। बिरुडालाई आफन्त, छरछिमेक तथा ईष्टमित्रका घरघरमा बाँडी गौरा र महेश्वरको प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको धनगढी उपमहानगरपालिका–२ का पुरोहित कृष्णराज जोशीले जानकारी दिए। पुरोहित जोशीले भने, ‘जुन प्रसाद खाँदा पेट सम्बन्धी विभिन्न रोग निको हुने जनविश्वास छ।’, यसरी गौरा भित्र्याइ पूजाको सम्पन्न भएपछि महिला र पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई लोक भाषामा देउडा खेल खेलेर रमाइलो गर्ने गर्दछन्। त्यस्तै भक्तालु महिला आज यहाँ धनगढीको नैनादेवी मन्दिर, कालिका मन्दिर, शिवपुरी धाम, वनदेवी मन्दिर, शिव मन्दिरलगायतका मठ मन्दिरका साथै गौरा घरमा गौरा (भगवती) र महेश्वर (शिव) को पूजा गर्नमा व्यस्त देखिन्छन्। भाद्र पञ्चमी तिथिका दिन धार्मिक विधिअनुसार प्रत्येक घर तथा मन्दिरमा तामाको भाँडामा बिरुडा भिजाएर राखिन्छ। बिरुडा भिजाएको दिनदेखि नै गौरा पर्व सुरु भएको मानिन्छ।  , अनुकूल तिथिको अवसर पारेर यो पर्व विसर्जन गर्ने परम्परा रहेको स्थानीय अगुवाको भनाइ छ। पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन गरिएको उपहासको फलस्वरुप पार्वतीको मनोकांक्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किंबदन्ती छ। कोभिड– १९ सङक्रमणको जोखिम कायमै रहेकाले अघिल्ला वर्षमा हुने गरेको गौरापर्वको रौनकता यसपाली खासै देखिदैन।, ‘गौरा’ भित्र्याइँदै
सेतोपाटी संवाददाता सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ।, केहिदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमापुगेको हो। कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसारपछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रतिसेकेण्ड वहाव पुगेको छ।, नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन। साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो। पहिल्लो मापनले सोरेकर्डलाई समेत उछिनेको छ। पूर्वका अधिकांश भेगमा वर्षा जारीरहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ।, चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ। जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप बढ्ने आंकलन गरिएको छ। , यसैबीच निरन्तरको वर्षासँगै कोशीको वहावमा निकैनै उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ। नदीमाआएको उतार चढावका कारण यस अघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमापूनः कटान सुरु भएको छ।, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केहि स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए। उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारीभैरहेको छ। नदीको वहाव बढेसँगै प्रजिअ सहितको टोली कोशी क्षेत्रकोनिरिक्षणमा निस्केको छ।, सप्तकोशीमा यस वर्षकै उच्च वहाव
सञ्चिता घिमिरे निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि टेकु पुल अझै सञ्चालनमा आउन सकेको छैन। निर्माण व्यवसायीले कम गुणस्तरको पुल निर्माण गरेपछि अहिले सो पुल अदालती प्रक्रियामा छ।, पप्पु कन्सट्रक्स प्रालिले तोकिएको डिजाइनभन्दा फरक गरी निर्माण गरेको सडक विभागले बताउँदै आएको छ। पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर) मा समस्या देखिएपछि विभागले अहिले सो पुलमा सवारीसाधन र यात्रुलाई हिँड्न दिएको छैन। , उक्त पुल भत्काउन पनि रकम माग गर्ने योजना बनाइएको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालले बताए। डिभिजन र निर्माण कम्पनीबीच विवाद भएपछि अहिले सो विषय कानूनी प्रक्रियामा छ। मुद्दा प्रक्रियामा रहेकाले अन्तिम सुनुवाइ पर्खिएको उनले बताए।, ‘व्यवसायी र डिभिजनको कुरा मात्रैभन्दा कानूनी झमेलामा फसेको विषय हो, निर्णय आउनासाथ अघि बढिनेछ,’ उनले भने। अहिले हिँड्न र सवारीसाधन चल्न नदिइएको उक्त पुल कति भागसम्म भत्काउने वा कसरी बलियो बनाउने बनाउने भनी अहिले नै टुङ्गो लागिसकेको छैन। डिभिजन र निर्माण कम्पनीबीच जुन कुरामा विवाद भएको थियो त्यो टुङ्गो लागेपछि मात्रै विकल्पका बारेमा छलफल हुनसक्ने प्रमुख नेपालीले बताए। सो मुद्दा अदालती प्रक्रियामा गएको एक वर्ष भइसकेको छ। उनले भने, ‘कोभिडका कारण नियमित सुनुवाइ नभएकाले टुङ्गो लागिसकेको छैन।’ , सो पुल निर्माणका लागि सरकारले २०६९/७० को ठेक्का सम्झौता गरेको थियो। निर्माण कम्पनीले तीन वर्ष पहिले पुल सम्पन्न गरे पनि अहिले बन्द गरिएको छ। निर्माण सम्पन्न भएपछि केही समयसम्म पुल सञ्चालन गरिए पनि कम गुणस्तरको भएकाले बन्द गरिएको डिभिजनले जनाएको छ। अहिलेसम्म डिभिजनले सो पुलको जिम्मेवारी लिइसकेको छैन। ठेक्का तोडिएपछि सवारीसाधनलाई चल्न नदिने गरी बन्द गरिएको प्रमुख नेपालीले बताए।, जिम्मा लिएपछि पुलमा कुनै समस्या आउँदा त्यसको जिम्मेवारी आफ्नो हुने भए पनि अहिलेसम्म सो पुल निर्माण व्यसायीको जिम्मेवारीमा छ। तोकिएअनुसार (स्पेशिफिकेसन) अनुसार निर्माण नभएपछि पुल स्वीकार नगरिएको डिभिजनले जनाएको छ। पुल कति बलियो छछैन भन्दा पनि कसरी गर्ने सहमति भएको थियो त्यो अनुसार नभएको प्रमुख नेपालीले बताए।, यो क्षमताको हुनुपर्छ भनेको पुल त्योभन्दा केही कम क्षमताको भए पनि स्वीकार गर्न नसकिने उनको भनाइ छ। उनले भने, ‘२० टन बोक्न सक्ने हुनुपर्नेमा १९ मात्र बोक्नसक्ने क्षमता हुँदा त्यसले तत्काल काम त दिन्छ तर त्यो सम्झौताअनुसार हुँदैन।’, अहिलेसम्म हेर्दा पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर) मा मात्रै समस्या देखिएको छ। परामर्शदाता कम्पनीले अध्ययन गर्दा पनि माथिल्लो भागको जुन खण्डमा समस्या छ त्यो मात्रै भत्काए पुग्छ भन्ने राय दिएको डिभिजनले जनाएको छ। ‘सुपर स्ट्रक्चर’ को एउटा खण्ड बाहेक र त्योभन्दा तलको भागमा अहिलेसम्म समस्या भएको नपाइएको प्रमुख नेपालीले जानकारी दिए।, उनका अनुसार पहिले नै इञ्जिनीयरले प्रमाणित गरेको भाग भत्काउनु पर्दैन। उनले भने, ‘अहिले समस्या देखिएको भाग भत्काउँदा अरु भागमा पनि समस्या छ भने देखिन सक्छ।’ निर्माण कम्पनीले सम्पन्न भएको भने पनि डिभिजनले निर्माण कम गुणस्तरको भएको भन्दै स्वीकार गरेको थिएन। डिभिजनले स्वीकार नगर्ने भागको व्यवसायीलाई भुक्तानी असुल गर्न पर्दैन। , देशभरमा एक हजारभन्दा बढी पुल निर्माणाधीन छन्। सडक बनिसकेका स्थानमा पुल नहुँदा सडक सञ्चालनमा आउन सकेको छैन। सङ्घीय राजधानी काठमाडौँको केन्द्रमा रहेको यो पुल भने सम्पन्न भएको वषौं बित्दा पनि सञ्चालनमा आउन सकेको छैन। यस क्षेत्रमा हिँड्ने कतिपयलाई पुलका बारेमा थाहा छ भने थाहा नहुने बनिसकेको पुल किन चल्न नदिइएको भन्नेमा अन्योल हुने गरेका छन्। सोही कम्पनीले जिम्मेवारी लिएको तीन कुनेस्थित वाग्मती पुल पनि समस्याग्रस्त छ। पटकपटक अवधि थप हुँदा पनि निर्माण सम्पन्न नभएपछि विभागले पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत पुल निर्माण अघि बढाइरहेको छ।, सम्पन्न भएको तीन वर्ष हुँदा पनि सञ्चालनमा आएन टेकु पुल
रासस काठमाडौँ उपत्यकाका तीन शहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटनको मङ्गलबजारमा अवस्थित कृष्ण मन्दिरमा सोमबार भक्तजनलाई पूजाका साथै दर्शन गर्न नदिने भएको छ । , हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने भएकाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारीलाई ध्यानमा राखी सोमबार सर्वसाधारणलाई मन्दिर छिर्न नदिने भएको हो । , यो वर्ष पनि गत वर्ष झैँ कोभिड सङ्क्रमण फैलने डरका कारण भक्तजनलाई मन्दिर प्रवेश गराइ कृष्णको दर्शन गर्न नदिने मन्दिरका पूजारी प्रतापधर राजोपाध्यायले बताए। ‘आवश्यक अनि सीमित व्यक्ति बसेर भगवान्को पूजापाठ आदि कर्म गर्नेछौं,’ उनले भने। मन्दिर दिनभरि खुला रहन्छ तर मानिसलाई भने भित्र छिर्न नदिने उनको भनाइ छ । , यही भदौ १ गते ललितपुरका विभिन्न गुठी तथा जात्रा अनि पर्व चलाउने व्यक्तिसँग बसी यो वर्ष आउँदा पर्वमा मात्र विधि गर्ने छलफल भइसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। ‘रोगको ख्याल गरी कहीँकतै भीड हुन दिने छैनौ’, उनले भने। , सोमबार मनाइने कृष्ण पर्व साङ्केतिकरुपमा मात्र अघि बढाउने कुरामा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए। साँझ परेपछि गुठीबाट बत्ती लगेर बाल्ने र घुइँचो नगर्ने भएको संस्थान कार्यालय ललितपुर शाखाका प्रमुख खिमा वलीले बताइन्। , ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको पौराणिक कथन छ । कृष्ण मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्वसम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्वहस्तकला परिषद्ले ३५ औँ कला नगरीसमेत घोेषणा गरिसकेको छ। पाटन दरबार क्षेत्रको कलाकारितालाई हेरेर कतिपयले यसलाई सुन्दरताको सहरलेसमेत सम्बोधन गर्ने गरेको पाइन्छ । , कृष्ण मन्दिर पाटनको सबैभन्दा महत्वपूर्ण क्षेत्र दरबार स्क्वायर परिसरमा रहेको छ । यहाँ विगत दुई वर्ष पहिले दिनानुदिन हजारौँ हजार स्वदेशी तथा विदेशी पर्यटक घुम्न तथा अध्ययन गर्नसमेत आउने गर्थे । सो मन्दिरसहित पाटन दरबार क्षेत्रमा चारनारायण, दरबार सङ्ग्रहालय, अशोक स्तम्भ तथा हिरण्यवर्ण महाविहार आदिसमेत रहेका छन् । कृष्ण मन्दिर पाटनका राजा सिद्धिनरसिंह मल्लको पालामा निर्माण भएको हो । नेपालमा शिखरशैलीमा ढुङ्गाबाट निर्मित २१ गजुर भएको एकमात्रै मन्दिरका रुपमा पाटनको कृष्ण मन्दिर परिचित छ। , पाटनको कृष्ण मन्दिरमा भक्तजनलाई रोक लगाइने
रासस पहिरोले रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ । , निरन्तर भइरहेको वर्षाले मोदी गाउँपालिका– ६ बेतनीमा पहिरो झरेर आज बिहानैदेखि रोकिएको सडक केहीबेर अघिदेखि सुचारु भएको हो । , पहिरोले रोकिएको सडक सुचारु भएपछि कास्कीको नयाँ पुल र पर्वतको डिमुवामा रोकिएका सवारीसाधान गन्तव्य तर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए। निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम भने कायमै रहेको उनले बताए।, यसैबीच निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका विभिन्न ठाउँमा पहिरो गएको छ । सडक माथिबाट लगातार पहिरो झर्ने क्रम नरोकिएपछि मध्यपहाडी लोकमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । लोकमार्गको पर्वत–बागलुङ खण्ड र पर्वत–पोखरा खण्डका ठाउँठाउँमा पहिरो खस्ने क्रम नरोकिएको हो । यो खण्डअन्तर्गत पर्वतको नयाँ पुल, सहस्रधारा, अर्मादी, र रिठेखोलामा सडक माथिबाट ढुङ्गा, माटो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । , प्रहरीका अनुसार वर्षा हुने वित्तिकै ढुङ्गा, माटो बग्ने क्रम शुरु हुने भएकाले यो खण्डमा यात्रा गर्न जोखिम रहेको छ । शनिबार दिनभरजसो ठूलाठूला ढुङ्गा खसेपछि सडक एकतर्फी रुपमा मात्र सञ्चालन भएको थियो । वर्षा निरन्तर भइरहेकाले कतिबेला ठूलो पहिरो झरेर जोखिम निम्तिने हो भन्ने खतरा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले पनि उक्त खण्ड अवरुद्ध जस्तै बनेको छ । साना सवारीसाधन मुस्किलले वारपार भए पनि बस तथा मालबाहक ट्रक भने ठप्प रहेको अधिकारीले जानकारी दिए।, वर्षा नरोकिएकाले पहिरो पन्छाउन मुस्किल भइरहेको छ । ‘स्काभेटर लगाएर पन्छाउने वित्तिकै फेरि माथिबाट खसिहाल्छ, झनै जोखिम निम्तिने खतरा बढेको छ’, उनले भने, ‘यता कुश्मादेखि पोखरा जाने खण्डमा पनि ठाउँठाउँमा पहिरो खसिरहेको छ।’, निर्माणाधीन यो सडकमा गत वर्ष ठूला पहिरा गएका थिए । अहिले पनि तीनै ठाउँबाट पहिरा निरन्तर खस्ने क्रम रोकिएको छैन् । यो सडककोस्वरुप कच्ची सडकजस्तै बनेको छ । पर्वतको कुश्मादेखि बागलुङसम्मको १५ किलोमिटर सामान्यता आधा घण्टामा यात्रा गर्न सकिने भए पनि अहिले भने १ देखि डेढघण्टासम्म लाग्ने गरेको सवारीचालकको गुनासो छ । , पहिरोले रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु
भगवती पाण्डे बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरमा पहिरो खस्दा ५० भन्दा बढी घर जोखिममा परेका छन्। चुरे पहाडबाट खसेको पहिरोका कारण मनमाया भाट क्षेत्रीलगायतका ६ घरमा क्षति पुगेको छ। , बस्ती माथिको चुरे पहाडमा भदौ ११ गते नै पहिरो गएको थियो। पहिरो गएपछि स्थानीयले घरका सरसामानमा र गोठका बस्तुभाउ सारिसकेका छन्। , पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोड र त्यहाँका विद्युतका पोल बगाएको छ। यसअघि २ वटा पहिरो गएको  बुटवलको वडा नं. ३ र ४ माथिको चुरेमा योसँगै ३ वटा ठूला पहिरो गएका हुन्।, बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का कार्यबाहक बडा अध्यक्ष लिला श्रेष्ठले पहिरोले ४ वटा घर पुरिए पनि  उज्यालो भएपछि पहिरो खसेकाले कुनै मानवीय क्षति नभएको बताए।, पहिरोले पुरिएका र जोखिममा परेका घरका बासिन्दालाई बुटवल बहुमुखी क्याम्पसको भवनमा राखिएको छ।, २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेको हो। उक्त ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो। पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती दिएको थियो। , यस्तै  तिनाउ नदीमा आएको बाढीले बुटवल–११ बुद्धनगरका १२ घरमा क्षति पुगेको छ। आईतबार बिहानदेखि बाढी बस्तीतिर सोझिएर घर कटान गर्न थालेको हो। , क्षति बढ्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा लैजान लागिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।, बुटवलको ज्योतिनगरमा पहिरो खस्दा ५० भन्दा बढी घर जोखिममा
विमलबहादुर विष्ट/रासस सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा आज धुमधामका साथ भित्र्याइएको छ। सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्वमध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ। आज आइतबार यहाँका हिन्दू महिलाले नजिकै रहेका खेतबाट गौरालाई गौराघरसम्म भित्र्याएका हुन्। , सप्तमीका दिन साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकका रुपमा गौराको मूर्ति बनाई भित्र्याएक हुन्। गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म भित्र्याउने चलनअनुसार डोटीसहित समग्र सुदूरपश्चिममा गौरा भित्र्याइएको सायल गाउँपालिकाका ज्यातिस तथा पण्डित चेजराज जोशीले जानकारी दिए।, जोशीका अनुसार सप्तमीका दिन गौरा देवी भित्र्याएपछि अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिन्छ। गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, माङ्गल गानमा नचाइन्छ। गौरा भगवान् शिवकी पत्नी, हिमालयकी छोरीलाई हुन्। गौरीले कडा उपासना गरी शिवलाई पतिका रुपमा प्राप्त गरेको स्मरणमा सुदूरपश्चिम प्रदेशमा गौरा मनाइने चलन रहेको जोरायल गाउँपालिका–५ का पूजारी डिल्लीराज जोशीले बताए।, जोशीका अनुसार, ‘शिव पति पाउन पार्वतीले गरेको कठोर तपस्या जस्तै यहाँका महिलाले पनि गौरा देवीको निकै तपस्या गर्छन्, सुदूरपश्चिममा यस पर्वको आफ्नै विशेष खालको महत्व रहेको छ।’ गौराको सुरूआत हरेक वर्ष भाद्र शुक्लपक्ष पञ्चमीमा हुन्छ, जसलाई बिरुडा पञ्चमी पनि भनिन्छ। सो दिन बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुआत हुन्छ। , गौरा स्थापना गर्ने ठाउँ लिपपोत गर्न शुद्ध माटो ल्याउने, प्रतिप्रदामा लिपपोत गर्ने, द्वितीया/तृतीयामा ब्रतालुले लत्ताकपडा धुने/नुहाउने र चतुर्थीमा बिरुडाका लागि गेडागुडी केलाउने चलन रहेको दिपायल राजपुरकी गौरीदेवी शाखले जानकारी दिनुभयो। उहाँका अनुसार बिरुडा पञ्चमीमा भिजाएका बिरुडालाई षष्ठीका दिन पखालिन्छ अर्थात् धुने चलन रहेको छ। पखालिएका ती बिरुडालाई पूजाआजाका क्रममा प्रसाद तथा अक्षताका रुपमा प्रयोग गर्ने प्रचलन छ।, गौरा पर्वमा चैत, धमारी, पुराना वीर योद्धा, राजामहाराजाका वीरगाथाका बारेमा गीत बनाई खेल खेल्ने चलन रहेको छ। ठाउँ र जिल्लाअनुसार यहाँ गौरा पर्वमा डेउडा खेलसमेत खेलिने प्रचलन रहिआएको छ। सप्तमीमा भित्र्याइएको गौरा प्रतीकलाई कम्तीमा पनि पाँच रातसम्म राख्ने गरिन्छ। पाँच रातसम्म गौरा घरमा डेउडा, फाग, चैत, धमारी खेल्ने गरिन्छ। , भाद्र शुक्ल सप्तमीको दिन भित्र्याइने गौराले सुदूरपश्चिमका गाउँबस्तीमा भदौ महिनामा निकै रौनक थप्ने गर्दछ। सप्तसती देवीले दक्षको अग्नि कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रुपलाई हरियो घाँसमा छिपाइ भौतिक देह विसर्जन गरेकाले हरियो घाँसमा सतीदेवीको बास हुन्छ भन्ने मान्यता पनि रही आएको छ। त्यहीअनुसार धानमा उम्रने साउँ घाँससहितको समष्टिगत रुप बनाइ पूजा गर्ने परम्परा रहेको दिपायलका पण्डित मेखराज भट्टले जानकारी दिए।, यसरी गौरा देवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्ना पतिको दीर्घायुका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। यस पर्वमा महिलाले एक वर्षका लागि ‘दुब–धागो’ लगाउने चलन रहेको स्थानीय धर्मादेवी जोशी पाठकले बताए। गौरामा महिलाले ग्रहण गर्ने दुबे–धागोको महत्व हिन्दू पुरुषले लाउने जनैसरह हुने गरेको उहाँको भनाइ छ। ब्रतालुले दुब–धागो पहिरेपछि मात्रै शुद्ध मानिन्छन्। दुब–धागोलाई शास्त्रमा ‘सप्तम्या’ (सातवटा गाँठोको डोरा) भनिएको छ। शास्त्रअनुसार महिला वैवाहिक संस्कारबाट मात्र शुद्ध नहुने हुँदा दुब–धागो पहिरिनुपर्छ भनिएको छ।, गौरापर्व यहाँका डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर तथा डोटीमा मनाउने चलन रहेको छ। गौरा पर्व यस क्षेत्रको मौलिक पर्व मात्र नभई आपसी सद्भाव बढाउने पर्व भएको स्थानीयवासी बताउँछन्। कामका लागि जिल्ला छोडेर विदेशिएका पनि घर फर्किरहेकाले यहाँका गाउँघरमा अहिले चहलपहल बढ्दै गएको केआइसिंह गाउँपालिकाका स्थानीयवासी शेरबहादुर ऐरले बताए।, यहाँको स्थानीय प्रशासनले कोरोना सङ्क्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै गौरा पर्वमा भिडभाड हुने गरी डेउडालगायतका खेलहरु नखेल्न सबैमा आग्रह गरेको छ। जिल्ला प्रशासनले एक सार्वजनिक सूचना प्रकासित गरी गौरादेवीको सामान्य पूजाआजा गरी समापन गर्न तथा भिडभाड नगर्न आग्रह गरेको हो।, सुदूरपश्चिममा धुमधमका साथ भित्र्याइयो गौरा
नारायण ढुङ्गाना/रासस विगतमा हिमाली र पहाडी क्षेत्रमा वर्षाले ठूलो क्षति गरायो। विभिन्न जिल्लमा पहिरो खसेर खोला र नदीसमेत थुनिँदा तल्लो तटीय क्षेत्रका बासिन्दाको उठिबास लाग्यो। कति मानिसको अकालमै ज्यान गयो भने अझै धेरै हराइरहेका छन्। , वर्षापछिको बाढी, पहिराले सिन्धुपाल्चोक, मनाङलगायत दुई दर्जन बढी जिल्ला प्रभावित पार्‍यो। सिन्धुपाल्चोक जिल्ला पछिल्ला केही वर्षमा बढी प्रभावित हुनेमा पर्छ। त्यसबेला दुई पटक परेको भारी वर्षाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा सताब्दीकै ठूलो क्षति भएको भूगर्भविद्को दाबी छ। , राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार नेपालमा मनसुन भित्रिएपछि आजसम्म बाढी पहिराले ९४ जनाको मृत्यु भएको र ४४ जना बेपत्ता भएका छन्। झण्डै छ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। २५ जलविद्युत् आयोजना, २९ वटा मोटरेवल र २९ वटा झोलङ्गे पुलमा क्षति भएको छ। झण्डै ८०० घर पूर्ण क्षति भएको छ। नेपालमा जेठ २८ मा मनसुन भित्रिएको थियो भने जेठ ३० गते देशैभर फैलिएको थियो मनसुन असोजको मध्यबाट हट्ने छ। , मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी नै वर्षा हुने आँकलन गरेको थियो। विगतमा हिमाली र पहाडी क्षेत्रमा परेको भारी वर्षा यसपाली मध्य नेपालको तराई क्षेत्रमा देखियो। यद्यपि मुलुकभर नै भदौरे झरी जारी छ। त्यसकारण हजारौँ घर डुबानमा परेको छ। अहिलेसम्म चार हजार घर डुबानमा परेको प्रहरीको तथ्याङ्क छ। , प्राप्त विवरणअनुसार विभिन्न जिल्लामा पछिल्लो तीन दिनदेखिको वर्षापछिको बाढी, पहिरो र डुबानका कारण नौ जनाको मृत्यु भइसकेको छ। अन्य छ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता आर्यालले जानकारी दिए।, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज र सोमबार पनि वर्षा जारी रहने तर मङ्गलबारबाट भने विस्तारै खुल्दै जाने जानकारी दिएको छ। यद्यपि वर्षा केही घट्दो क्रममा नै रहेको मौसमविद्को भनाइ छ। , मौसमविद् समीर श्रेष्ठले आज पनि वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा वर्षा भइरहेको जानकारी दिए। उनले आज राति पनि नेपालको पश्चिम क्षेत्रमा भारी वर्षा हुने जानकारी दिए। गण्डकी लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिममा समेत पानी पर्नेछ। , पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कपिलवस्तुमा १८२ मिलिमिटर पानी परेको छ। चितवनमा १२७, पाल्पामा १२४ र नवलपरासीमा ११५ मिलिमिटर पानी परेको छ। वर्षा जारी रहेकाले प्राधिकरणले क्षति कसरी कम गर्न सकिन्छ र जोखिमबाट मानिसलाई कसरी जोगाउन सकिन्छ भनेर आज दातृ निकायका प्रतिनिधिसहितको समन्वयात्मक बैठक आयोजना गरेको थियो। बैठकमा रुपन्देही र आसपास एक दिनमा ४५० मिलिमिटरसम्म पानी परेको जानकारी गराइएको थियो।, अझै पनि गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही खोलामा बहाव बढ्ने देखिन्छ। गण्डकी नदी अहिलेकै अवस्थामा रहने देखिन्छ भने कोशीमा बहाव बढेको नभई थेग्य्रान बढेकाले नदीमाथि आएको हुँदा डुबान हुने सम्भावना कायमै छ। साना खोलामा भने बाढी बढ्नसक्ने र ठूला नदीमा घट्टो क्रममा रहेको जनाइएको छ। जमिन गलिसकेकाले थोरै पानी पर्दा पनि जोखिम बढ्नसक्नेतर्फ सचेत हुन अनुरोध गरिएको छ। स्याटलाइट तस्बिरको विष्लेषण गरी पश्चिम क्षेत्रको बाढी अवस्था हेर्दा झण्डै ९५ हजार मानिस बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले स्वास्थ्य संस्था क्षति भएको जानकारी प्राप्त नभएको र आवश्यक स्वास्थ्य सामग्री, जनशक्ति सबै तयारी अवस्थामा राखिएको जानकारी दिए। , नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायत जिल्लामा चार हजार ५०० घर डुबानमा परेको जनाइएको छ। डुबेकामध्ये १० प्रतिशत पूर्ण क्षति छ। एक हजार घरका मानिस अहिले विस्थापित भएको र कतिपय ठाउँमा रोगब्याधि निम्तिन सक्नेतर्फ सचेत हुन भनिएको छ।, मौसमविद् राजु प्रधानाङ्गले पानी पार्ने न्यूनचापीय रेखा तल झर्न थालिसकेको जानकारी दिए। मङ्गलबार भने पूर्वतर्फ प्रभाव पार्ने उनले बताए। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यस वर्ष मनसुनको आधा समय पार गरेर आउँदा विगतमा शताब्दीभर नभोगेका घटना बेहोर्नुपरेको बताए। उनले कसरी घटना कम गर्ने, उद्धार र राहतलाई कसरी प्रभावकारी बनाउने र हराइरहेकाको खोजी र थप क्षति हुन नदिन कसरी समन्वयमा काम गर्नेतर्फ ध्यान दिन अनुरोध गरे।, देशभर वर्षा, मध्य क्षेत्र बढी प्रभावित, मङ्गलबारपछि वर्षा कम हुने
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा आइतबार थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१२, ललितपुरमा ११४ र भक्तपुरमा ५२ जना संक्रमित थपिएका हुन्। , यीसहित हाल उपत्यकामा ८ हजार ९७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। काठमाडौं जिल्लामा ५ हजार २९८, भक्तपुरमा १ हजार ३५१ र ललितपुरमा २ हजार २२५ जना सक्रिय संक्रमित छन्। , हालसम्म काठमाडौं जिल्लामा २ हजार ८५, भक्तपुरमा ४१३ र ललितपुरमा ६४० जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। , यस दिन देशभर १ हजार ३८८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २९७ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , काठमाडौं उपत्यकामा थप ४७८ जनामा कोरोना संक्रमण
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण कम भएको छ । यस अवधिमा एक हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । शनिबार एक हजार ८५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार सात हजार २५९ जनाको पीसीआर परीक्षणमा एक हजार २१४ र तीन हजार ३८ जनाको एन्टिजेन परीक्षणमा १७४ सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ५९ हजार २२२ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ८२ हजार ९७१ रहेको छ ।,  , पछिल्लो २४ घण्टामा थप दुई हजार २६० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १२ हजार ७१२ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।, हाल नेपालमा ३२ हजार ७४४ जना होम आइसोलेशन, तीन हजार ५२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । त्यसैगरी ६२५ जना आइसीयू र १६७ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर ३४३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ७९६ जना छन् ।,  , चौबीस जनाको मृत्यु , नेपालमा कोरोना सङ्क्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ७१४ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।, काठमाडौं उपत्यकामा आइतबार थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१२, ललितपुरमा ११४ र भक्तपुरमा ५२ जना संक्रमित थपिएका हुन्। , निरन्तर घट्दै कोरोना सङ्क्रमण
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको भत्काइएको घरको भग्नावशेष नहटाउन अन्तरिम आदेश* गरेको छ।  , अधिवक्ता सञ्जय अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै  न्यायाधीश अनिल कुमार सिन्हा र वमकुमार श्रेष्ठको इजलासले पुरानै सामान प्रयोग गरेर पुननिर्माण गर्न आदेश दिएको हो।, उनको रिट जारी भएको सर्वोच्च अदालतको वेवसाइटमा जनाइएको छ।, अधिवक्ता अधिकारीले पनि आफ्नो रीटमा सुनुवाइ गर्दै सर्वोच्चले देवकोटाको घरको भग्नावशेष  नहटाउन  अन्तरिम आदेश जारी गरेको बताए। , अधिवक्ता अधिकारीले कविकुञ्ज भनिने महाकवि देवकोटको घरको आधिकारिकता र मौलिकता नविग्रिने गरि पुनिर्माण गर्न परमादेश माग गर्दै रिट दिएका थिए। तत्काल भने कवकुञ्ज क्षेत्रमा डोजर लगाउने कुनैपनि सामाग्री थुपार्ने भग्नावशेष हटाउने काम नगर्न साथै महत्वका काठ लगायतका सामाग्री सुरक्षीत राख्न अन्तरिम आदेश दिन माग गरेका थिए।, 'प्राविधिक अध्ययन गरेर मात्र थप कार्य गर्न, भत्काउँदा निक्लिएका ईट्टा, माटो, झ्याल, ढोकालगायत सो भवन निर्माण हुँदा प्रयोग भएका वस्तुको संरक्षण गर्न, कविकुञ्जलाई संरक्षणको मान्य सिद्धान्त अनुरूप भत्काउनु अगाडिको स्वरूप, प्रविधि र सामान प्रयोग गरी पुन निर्माण गरी महाकविको घरको आधिकारीक तथा मौलिकता नमासिने गरी पुरातत्व विभागसँग समन्वयन गरी कार्य गर्नु गराउनु परमादेशलगायत जो चाहिने आज्ञा आदेश जारी गरि पाउँ,' उनको रिटमा उल्लेख थियो 'यस रिट नवेदनको कारवाही किनारा नलाग्दा सम्मको लागी सो मैतिदेवी स्थित कविकुञ्ज क्षेत्रमा कुनै पनि खन्ने,निर्माण सामाग्री थुपार्ने,डोजर लगाउने लगायतका मौलिक स्वरूप विगार्ने तथा भग्नावशेषलाई हटाउने कार्य नगर्न नगराउनु तथा महत्वका काठ लगायतका सामाग्रीहरू सुरक्षीत साथ राख्न लगाउनु र सो क्षत्रलाई नष्ट हुनुबाट संरक्षण गर्ने व्यवस्था गर्नु भनि विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी पाउँ।', देवकोटको घर भत्काएर त्यहाँ नयाँ डिजाइन अनुसारको घर बनाउने प्रज्ञा प्रतिष्ठानको निर्णय बदर गर्न पनि उनले माग गरेका थिए। , नेपालमा रहेका कविकुञ्ज जस्तै अन्य ऐतिहासिक व्यक्तित्वहरूको घर तथा उनीहरूसँग जोडिएका वस्तुको संरक्षण गर्न उच्च स्तरीय सुझाव समिति बनाउन, संरक्षणको निम्ति यथाशीघ्र सरकारलाई संरक्षणका लागि नीति र कार्ययोजना बनाइ काम गर्न समेत परमादेश माग गरिएको थियो।, *नोट :  महाकवि लक्ष्मीप्रसाद देवकोटाको भत्काइएको घरको भग्नावशेष नहटाउन अन्तरिम आदेश जारी भएको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।, महाकवि देवकोटाको घरको भग्नावशेष नहटाउन सर्वोच्चको अन्तरिम आदेश
युनिक श्रेष्ठ प्रहरीले लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।, लागुऔषध नियन्त्रण ब्यूरोले तीन जनालाई दुई किलो ९३३ ग्राम कोकिनसहित पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। पक्राउ पर्ने तिनै जना फरक-फरक मुलुकका छन्।, ब्युरोले आइतबार पत्रकार सम्मलेन गरी उनीहरूलाई सार्वजनिक गरेको हो।, गत भदौ ३ गते कतार एयरवेजको विमानबाट ३० वर्षीया दक्षिण अफ्रिकी नागरिक शिर्ले गामा नेपाल आएकी थिइन्। उनी दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट केपटाउन, दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी हुन्।, उनले आफ्नो सुटकेसमा लागुऔषध कोकिन लुकाएर ल्याएकी थिइन्। विमानस्थल प्रहरीले त्यो कुरा थाहा पाएन। उनले सजिलै विमानस्थलबाट बाहिरिइन्। , गामा विमानस्थलबाट‍ कमलादीस्थित एक होटलमा पुगिन्। ठूलो मात्रामा लागुऔषध ल्याएको हुनसक्ने आशंकापछि ब्यूरोले प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंको नेतृत्वमा 'अपरेशन कोक सेकेन्ड' अघि बढाएको थियो।, प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार सोही टोलीले दक्षिण अफ्रिकी नागरिक गामामाथि निगरानी बढायो।, 'लगातारको निगरानीपछि हामीले उनलाई नेपाल आएकै राति ११ बजे कमलादीस्थित एक होटलबाट पक्राउ गर्‍यौं,' उनले भने।, गामा पहिलो पटक नेपाल आएकी थिइन्। उनी भिजिट भिसामा नेपाल आइपुगेको प्रहरीले जनाएको छ। उनले बोकेको सुटकेश चेक गर्दा प्रहरीले फल्सबटम मुनिबाट दुई किलो ९३३ ग्राम कोकिन फेला पारेको थियो। उनको सेप्टेम्बर ४ मा फर्किने मिति थियो। त्यतिञ्जेल काठमाडौंमा रहेका सम्पर्क व्यक्तिलाई उनले कोकिन बुझाइसक्नु पर्ने थियो।, गामा पक्राउ परेपछि प्रहरीले थप अनुसन्धान अघि बढायो। उनीमाथि सोधपुछ गर्दा एक भारतीय नागरिक उक्त कोकिन लिन आएको  खुल्यो।, 'यो कोकिनको मार्केट भारतको दिल्ली रहेछ। नेपाल हुँदै भारत लैजाने कुरा खुल्यो,' प्रहरी उपरीक्षक श्रेष्ठले भने।, ती भारतीय नागरिक छ दिनपछि भदौ ८ गते कोकिन लिन आउन लागेका थिए। उनलाई पक्राउ गर्न प्रहरीले गामालाई भेट्न दिए। प्रहरीको टोली पनि उनलाई कुर्दै थिए।, उनीहरू दरबारमार्गस्थित केएफसीमा भेट्ने टुङ्गो लाग्यो। कोकिन लिएर गामा केएफसी पुग्दा अर्का एक विदेशी नागरिक पनि त्यहीँ थिइन्। उनले उक्त ठाउँ सुरक्षित छ भन्ने बताएपछि भारतीय नागरिक त्यहाँ आइपुगे।  ठाउँ मिलाएर ती विदेशी हिँडिहालिन्।, प्रहरीले सोही दिन भारत बैङलुरू किडाथी कर्नाटकका ३३ वर्षीय विजय सिंहलाई पक्राउ गर्‍यो। उनी भने नेपालमा आउने-जाने गरिरहन्थे। उनले नै कोकिन नेपालबाट भारत पुर्‍याउन लाग्न लागेका थिए।, कारोबार गर्ने दुई जना पक्राउ परेको थाहा उनीहरूको भेटघाटको चाँजो मिलाउने तान्जेनियाकी नागरिक भारत भाग्न खोजेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। त्यसै क्रममा प्रहरीले २६ वर्षीया तान्जानियन नागरिक गेर्ट्रुडे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट भदौ ९ गते पक्राउ गर्‍यो।, 'तान्जानियनले आफ्ना मान्छेहरू पक्राउ परे/नपरेको बारे निगरानी राख्ने रहेछन्। केएफसीमा भेट्दा उनलाई केही शंका नलागेपछि पिक गर्न भारतीय नागरिकलाई पठाएकी थिइन्,' ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक हृदय थापाले भने।, पक्राउ पर्ने तिनै जनाले एकअर्कालाई नचिन्ने प्रहरी अधिकारीहरू बताउँछन्।, उनीहरूलाई दक्षिण अफ्रिकाकै तेस्रो व्यक्तिको समन्वयमा ओसारपसार गराउने गरेको खुलेको हो।, तान्जानियन नागरिक किमारो दुई वर्षदेखि नेपालमा छिन्। उनी पहिले पनि नेपाल आइसकेकी थिइन्। तर दुई वर्षयता उनी विद्यार्थी भिषामा बस्दै गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।, 'उनी स्टुडेन्ट भिसामा नेपाल आएर विश्व भाषा क्याम्पसमा अध्ययन गर्दै थिइन्,' श्रेष्ठले भने। उनी त्यहाँ नेपाली भाषा सिक्दै थिइन्।, उनीहरूले कोकिन नेपालीहरूका लागि राख्ने/नराख्नेबारे पनि अनुसन्धान अघि बढाएको छ। अहिले बरामद भएको कोकिन ९ करोड रुपैयाँ बराबरको रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। पक्राउ परेकाहरूले कति ज्याला पाउँथे भन्नेबारे अहिले खुलाएको छैन।, लागुऔषध कोकिन कारोबारमा संलग्न व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४, १ (छ) ३ अनुसार १५ वर्ष देखि जन्म कैद र ५ देखि २५ लाख सम्म जरिवाना हुने कानुनी प्रावधान छ।, उनीहरूमाथि हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।, दक्षिण अफ्रिकाबाट नौ करोडको कोकिन ल्याएर भारत पुर्‍याउन खोज्ने तीन विदेशी पक्राउ
सेतोपाटी संवाददाता काभ्रेमा मोटरसाइकलमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ।, आइतबार रोशी गाउँपालिका वडा नम्बर ७ कटुन्जेस्थित बिपी राजमार्गमा पहिरो गई ढुंगा माटो खस्दा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।, काठमाडौंबाट जनकपुर जाँदै गरेको ज.८.प ७४९० नम्बरको मोटरसाइकलमा लाग्दा चालक र र पछाडि सवार व्यक्ति गम्भीर घाइते भएका थिए। प्रहरीको टोलीले उनीहरूलाई धुलिखेल अस्पताल पुर्‍याएको थियो।, घाइतेमध्ये उपचारको क्रममा चालक मोहत्तरी रामगोपालपुरका २८ वर्षीय सरोजकुमार साहको मृत्यु भएको कार्यालयले जनाएको छ।, पछाडि सवार धनुषा रामानन्धचोकका ३० वर्षीय सतिसकुमार साह घाइते छन्। उनको धुलिखेल उपचार भइरहेको छ।, काभ्रेमा ढुंगा-माटोसहितको पहिरो खस्दा मोटरसाइकल चालकको मृत्यु
सेतोपाटी संवाददाता आज मुलुकको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सातै प्रदेशको अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।, मनसुनी वायुका कारण र न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जनाएको छ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, दिउँसो पनि देशको अधिकांश भू-भागमा मौसम बदली रही धेरै स्थानमा वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।, राति देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीरी वर्षाको सम्भावना रहेको छ।, भीषण वर्षाका कारण पहाडी भेगमा पहिरो र नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।, देशभर भीषण वर्षाको सम्भावना‚ सतर्कता अपनाउन आग्रह
सुदीप श्रेष्ठ एकदिन म मर्नेछु।, म मरेपछि जब मलाई जन्मदूत र कर्मदूत नाम गरेका दुई जना यमदूतले पाप र पुण्यको नापतौल गर्न यमराजको सभामा उपस्थित गराउने छन्, तब यमराज मलाई सोध्नेछन्, ‘तिमीले गुइतः ,(पाटन), को धँल्याः हिति हेरेका छौ?’, म भन्नेछु, ‘हेरेको छु प्रभु।’, त्यसपछि यमराज आफ्ना सेवकहरूलाई आदेश दिनेछन्, ‘त्यसो भए यिनको लागि स्वर्गलोकको ढोका खोलिदिनू।’, सेवकहरू यमराजको सभाबाट जुरूक्क उठ्नेछन् र मेरो लागि स्वर्गलोकको ढोका खोलिदिनेछन्।, घटटट, चररर, पररर, किटकिट गर्दै जसै स्वर्गलोकको विशाल प्रवेशद्वार खुल्ला, म यमराजलाई दुई हात जोडेर नमस्कार गर्दै बढो शानका साथ स्वर्गलोकमा प्रवेश गरूँला।, त्यो बेला सायद म सोचुँला, ‘धन्न मैले २०७८ भदौ ६ गते गुइतःको धँल्याः हिति हेरेछु।’, मैले त स्वर्गलोकमा आफ्नो स्थान सुरक्षित गरिसकेँ, तपाईंहरूले नि!, यो स्टोरी मेरो अघिल्लो गुइतः कथाकै निरन्तरता हो। ,(हेर्नुहोस्- ,गौतम बुद्धले सुनाएको पाटनको एउटा टोलको कथा,), (अघिल्लो स्टोरीको रिक्यापः , पाटन भित्री बस्तीको सबभन्दा पुछारको टोल गुइतः घुम्ने क्रममा करिब पाँच महिनाअघि बेखारत्न शाक्य, उमेर ७५ वर्ष, सँग मेरो भेट हुन्छ। आफ्नो टोलका कथा–किम्बदन्ती सुनाउँदै उनी मलाई जनैपूर्णिमाको दिन गुइतः आउने निम्तो दिन्छन् र भन्छन्, ‘त्यस दिन यहाँको प्रथमश्री महाविहारमा पुराना पौभाः चित्रहरू देखाइन्छ। म चित्र पनि देखाइदिउँला, त्यो चित्र हेर्दै कथा पनि भनुँला।’ तर अस्ति भदौ ६ गते जनैपूर्णिमाको दिन बेखारत्नलाई फोन गर्दा दुई महिनाअघि नै उनको मृत्यु भइसकेको थाहा हुन्छ। , मलाई गुइतःका पुराना पौभाः चित्रहरू देखाउने बेखारत्नको अन्तिम इच्छा थियो। त्यसैले उनी नभए पनि म त्यस दिन प्रथमश्री महाविहार पुग्छु र बेखारत्नले सुनाउन चाहेको तर सुनाउन नपाएको कथा नानीकाजी शाक्य र ज्ञानेन्द्र शाक्यबाट सुन्छु।, आजभन्दा २६ सय वर्षअघि गौतम बुद्धले जेतवन विहारमा घना पिपलको वृक्षमुनि बसेर आफ्ना शिष्यहरूलाई सुनाएको चार भागको उपदेश–कथा त्यो पौभाः चित्रमा छ। त्यसैमार्फत् उनले गुइतः नगर स्थापनाको कथा भनेका छन्। पौभाः चित्रको अन्तिम भाग मरणानुस्मृति अर्थात् कुनै दिन मर्नुपर्छ भन्ने चेतनासँग सम्बन्धित छ र यसैसँग लिच्छवि राजा वृषदेवको मृत्यु र उनको यमलोक यात्राको कथा जोडिन्छ।, यहाँसम्म तपाईंले अघिल्लो भागमा पढ्नुभयो, अब अगाडि...), पाटन, गुइत:को प्रथमश्री महाविहार। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, ज्ञानेन्द्र शाक्य। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, करिब, सत्र सय वर्षअगाडि, बिक्रम सम्बतको चौथौं शताब्दीमा, यहाँ लिच्छवि राजा वृषदेवको शासन थियो। उनी राजा मानदेवका जिजुबुवा हुन्– हजुरबुवाका पनि बुवा।, वृषदेव बौद्ध धर्मका अनुयायी थिए। उनले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बौद्ध चैत्य निर्माण गराएको इतिहास छ। उनी हरेक दिन बज्रयोगिनीलाई भोजन दान गरेपछि मात्र आफू भोजन गर्थे। भन्तेहरूका निम्ति उपत्यकाका विभिन्न ठाउँमा विहारहरू निर्माण गराएका थिए। उनी एकदमै धेरै पूजापाठ र अनुष्ठान गर्थे र मठ–मन्दिरहरूमा दर्शन गर्न गइरहन्थे।, एकदिन राजा वृषदेव पाटनको लगनखेल थुर ,(जसलाई सत्ययुगको संस्मरणमा बनाइएको महाचैत्य मानिन्छ), दर्शन गर्न गएका थिए।, अगाडि–पछाडि बाजागाजाको लश्कर थियो। साथमा उनका पत्नी र छोराछोरी, भाइभारदार र भन्तेहरू थिए। सेनाको एउटा टुकडी पनि सुरक्षा निम्ति सँगसँगै थियो। तर धर्मात्मा राजाले हातहतियार लिएर तीर्थस्थल छिर्नु हुँदैन भनेर सेनाको टुकडीलाई लगनखेल थुरबाहिर सप्तपाताल पोखरी ,(जसलाई लामो कानुनी लडाइँपछि ब्युँताउने प्रयास भइरहेको छ) ,को, ,किनारमै बस्नू भनेका थिए।, मौसम घामछायाको थियो। आकाशमा काला बादल मडारिएका थिए। घाम बेलाबेला बादलको लिहाफभित्र हराउँथ्यो र पानी पर्ला पर्लाजस्तो हुन्थ्यो। तेज हावाहुरी चलिसकेको थिएन तर हावाको गति बढ्दै गएको थियो। चराचुरूंगीहरू च्याँच्याँ चिँचिँ गर्दै गुँड फर्किन हतारिएका थिए। दक्षिणतिर गोदावरीमाथिको आकाशलाई कालो बादलको उरुङले आफ्नो लपेटमा लिइसकेको देखिन्थ्यो। त्यो बादल उड्दै उड्दै लगनखेलतिरै सर्दै थियो।, राजा वृषदेव भन्तेहरूलाई अगाडि लगाएर आफू टिङटिङ घन्टी बजाउँदै थुर परिक्रमा गर्न थाले। पत्नी र छोराछोरी र भाइभारदारहरू पछि पछि थिए।, वृषदेवले लगनखेल थुरको पहिलो चक्कर लगाए। , पहिलो चक्कर पूरा भएपछि भुइँमा लम्पसार परेर थुरलाई साष्टांग दण्डवत गरे। , त्यसपछि दोस्रो चक्कर लगाए। , दोस्रो चक्कर पूरा भएपछि फेरि भुइँमा लम्पसार परेर दोस्रोचोटि साष्टांग दण्डवत गरे।, दोस्रोचोटि साष्टांग दण्डवत गरेर उठ्दा उनलाई देब्रे छातीमा शूल रोपेझैं टनटन पीडा भयो। भुइँमा लम्पसार पारेका हातगोडा खुम्च्याएर दुवै हातले भुइँ टेक्दै जीउलाई तिनिक्क माथि उठाउँदा उनलाई तीन भुवन भननन घुमेझैं रिंगटा चल्यो। जीउभरि करोडौं कमिलाले एकसाथ किटिकिटी टोकेझैं उनी चलमलाए। , उनले कसरी–कसरी आफूलाई सम्हाले र छातीको अथाह पीडा र रोटे पिङझैं चक्कर लागिरहेको शिर थामेर तेस्रोचोटि थुर परिक्रमा थाले।, तेस्रो परिक्रमा आधा पनि नसकिँदै उनी पानीमा भिजेको कागजझैं ठाउँको ठाउँ लल्याकलुलुक भए। एक पाइला अगाडि सार्न सकेनन्। ठिंग उभिरहन पनि सकेनन्। जीउभरि चिटचिट पसिना छुट्यो। उनी पीडाले दाँत किटकिटाउन थाले र भुइँमा हल न चल डल्लो परे। , सायद उनलाई एक्कासि हृदयाघात भएको थियो!, त्यही बेला दक्षिणतिरबाट सर्दै सर्दै आएको कालो बादलले लगनखेलमाथिको आकाशलाई खर्लप्पै आफ्नो लपेटमा लियो र झमझम पानी पर्‍यो।, लगनखेल थुर। तस्बिर: सेतोपाटी, राजा निष्प्राण हुँदै गएको देखेर पत्नी र छोराछोरी, भाइभारदार र अन्य सेवकहरूले भर दिन खोजे। उनलाई दरबारतिर दौडाउन हतारहतार घोडाबग्गी बोलाए।, तर घोडाबग्गी लगनखेल थुर आउन नभ्याउँदै राजा वृषदेवको प्राण गयो।, उनको प्राण लगनखेल थुरबाट सिधै यमलोक पुग्यो।, जन्मदूत र कर्मदूत नामका दुई जना भयंकर डरलाग्दा यमदूतले वृषदेवको प्राणलाई यमराजको सभामा उपस्थित गराए।, पृथ्वीमा सानै मुलुकको भए पनि राजा भएर बसेका वृषदेवको प्राणलाई यमराजको सभामा अपराधीझैं ठिंग उभ्याइयो। त्यहाँ पृथ्वीलोक र अरू थुप्रै लोकहरूबाट मरेर गएका प्राणीहरूको हंस आफूले जिन्दगीभरि गरेका पाप र पुण्य, न्याय र अन्यायको नापतौल निम्ति पालो पर्खेर बसेका थिए।, जसै यमराजको इजलासमा वृषदेवको सुनुवाइ हुने पालो आयो, जन्मदूत र कर्मदूतले वृषदेवको प्राणलाई च्याप्प समातेर यमराजको अगाडि उभ्याए।, यमराजले उनलाई देख्नेबित्तिकै चिनिहाले।, पृथ्वीलोकका धर्मात्मा राजा वृषदेवलाई त्यसरी बिनासम्मान यमलोकको सभाकक्षमा ल्याइएको देखेर यमराज रिसले आगो भए। उनले आफ्ना दुई जना दूतलाई बेस्कन हप्काए र भने, ‘यस्तो पुण्यवान् राजालाई सुझ्झ न बुझ्झ यसै उठाएर ल्याउने! उनको त आयु पनि सकिएको छैन। तिमीहरूले के सोचेर उनलाई टप्प टिपेर ल्यायौ हँ?’, यमराज रिसाएको देखेर जन्मदूत र कर्मदूतको सातो गयो। उनीहरू कालो–निलो भएर मुन्टो निहुराएर उभिइरहे।, यमराजले अगाडि भने, ‘अझै के हेरेर बसेका छौ तिमीहरू? उनलाई झट्टै धँल्याः हितिमा लग र आयु परीक्षण गराऊ।’, जन्मदूत र कर्मदूतले दुई हात जोडेर ‘हवस् महाराज’ भने र वृषदेवको प्राणलाई यमराजको सभाकक्षबाट धँल्याः हितिमा लिएर गए।, धँल्याः हिति भनेको यमलोकको यस्तो धारा हो जहाँ मरेर गएका प्राणीको आयु परीक्षण गरिन्छ। आयु पूरा भइसकेको छ भने उसलाई धाराको पानी खान दिइन्छ। होइन भने धँल्याः हितिको ढोकाबाटै फर्काइन्छ।, धँल्याः हितिको ढोकामा एक जना बूढीआमै टुक्रुक्क बसेकी हुन्छिन् जसले मरेर आएका प्राणीको आयु गणना गर्छिन्।, जन्मदूत र कर्मदूतले जब राजा वृषदेवको प्राणलाई धँल्याः हितिमा लगे, ती बूढीआमैले आयु टिपिएको लगत झिकिन् र हिसाब गर्न थालिन्।, नभन्दै राजा वृषदेवको आयु बाँकी नै रहेछ। यमदूतहरूले झुक्किएर उनको प्राण हरेका रहेछन्।, यस्तो अक्षम्य गल्तीको बदलामा जन्मदूत र कर्मदूतले यमलोकको कानुनअनुसार कस्तो दण्ड पाए, त्यो त हामीलाई थाहा छैन तर राजा वृषदेवको प्राण भने ससम्मान पृथ्वीलोक फर्काइयो।, यता वृषदेवको दरबारमा रूवाबासी चल्दै थियो। जनता आफ्ना राजाको निधनमा शोकाकूल थिए। भन्ते र ब्राह्मणहरू मृतक राजाको अन्त्येष्टिको तयारी गर्दै थिए। त्यही बेला वृषदेवको मृत शरीरमा प्राण फर्कियो। शोकाकूल जनतामा खुसियाली छायो। दरबार र राज्यभरि हर्षबढाइँ गरियो। भन्ते र ब्राह्मणहरूले मृत्यु जितेर आएका राजाका नाममा यज्ञ र अनुष्ठानहरू गरे।, मृत्युबाट ब्युँतिएपछि राजा वृषदेवलाई यस्तो लाग्यो, मानौं उनी लामो निद्राबाट ब्युँझिएका हुन्। उनले मर्नुअघि पृथ्वीलोकका घटना पनि सम्झेका थिए र मरेपछि यमलोकमा भएका घटना पनि सबै सम्झेका थिए। उनले आफ्नो दरबारमा एउटा ठूलो सभा डाके र सबैलाई यमलोक यात्राको बेलीबिस्तार लगाए, ‘मैले साक्षात् यमराजको दर्शन पाएँ। उहाँले बकाइदा मेरो आयु परीक्षण गराउनुभयो र मेरो आयु बाँकी नै छ भन्ने ठहर भएपछि मलाई पूर्ण सम्मानका साथ पृथ्वीलोक फिर्ता पठाइदिनुभयो।’, ‘मैले पद्मपाणि लोकेश्वरले नरकमा गएर नरकवासीहरूलाई उद्धार गर्नुहुन्छ भन्ने कुरा बौद्ध धर्मको ‘कारण्डब्यूह’ ग्रन्थमा पढेको थिएँ,’ उनले भने, ‘ती यमराज उनै करूणामय लोकेश्वर हुनुपर्छ।’, त्यसपछि राजा वृषदेवले जटाधारी धर्मराज लोकेश्वरको प्रतिमा स्थापना गराए। पाटनको टंगबहालस्थित ज्येष्ठवर्ण महाविहारमा रहेको यो लोकेश्वरलाई जनबोलीमा धर्मराज, जमराज वा यमराज भनी सम्बोधन गरिन्छ। , टंगबहालको पूर्वउत्तर कुनामा एउटा खाल्डो पनि छ जसलाई यमद्वारको प्रतीक मानिन्छ।, कथा यहीँ सकिन्छ। मलाई यो कथा वर्णन गरेका थिए ज्ञानेन्द्र शाक्यले। कथा सुनाएपछि उनले भने, ‘वृषदेवले यमलोकमा देखेको धँल्याः हिति तपाईंले देख्नुभएको छ?’, यमलोकको धँल्याः हिति मैले कहाँ पाएर देख्नु!, के उनले मलाई पनि वृषदेवजस्तै एकचोटि मरेर फेरि बाँचेको सम्झेका हुन्!, होइन भने मर्दै नमरी धँल्याः हिति कसरी हेर्नु! कहाँ हेर्नु!, म सोचमग्न थिएँ, ज्ञानेन्द्रले भने, ‘ल आउनुस् म तपाईंलाई धँल्याः हिति देखाउँछु।’, उनले मलाई प्रथमश्री महाविहारको मूल मन्दिरभन्दा पूर्वतिरको एउटा कक्षमा लगे। काठले बारिएको त्यो कक्षलाई सलंशाला भनिँदो रहेछ।, मैले सलंशालाभित्र नियालेँ।, त्यहाँ काठको आसन थियो। आसनमाथि प्रभामण्डल थियो। प्रभामण्डलको अगाडि ‘यमराज’ भनिने धर्मराज लोकेश्वर र उनको साथमा भृकुटीतारा र आर्यतारा देवीका मूर्ति थिए।, धर्मराज लोकेश्वरको ठिकमुनि एउटा धारा थियो। धाराको मुख मकर आकारको थियो जसलाई ‘हितिमंग’ भनिन्छ। हितिमंगको ठिकमाथि एक बूढीआमैको मूर्ति थियो जसले टुक्रुक्क बसेर आफ्ना दुई हात एकअर्कामाथि खप्ट्याएकी थिइन् र दाहिने हत्केलाले देब्रे घुँडा र देब्रे हत्केलाले दाहिने घुँडा समातेकी थिइन्। धाराको दायाँबायाँ भयानक रूप भएका दुई यमदूत थिए।, ‘यो यमलोकको धँल्याः हितिको प्रतिबिम्ब हो,’ ज्ञानेन्द्रले भने, ‘ती बूढीआमै प्राणीहरूको आयु हिसाब गर्ने महिला हुन् र दायाँबायाँका यमदूतहरू जन्मदूत र कर्मदूत हुन्।’, ‘के यो पनि वृषदेवले नै बनाउन लगाएका हुन्?’ मैले सोधेँ।, ‘त्यो चाहिँ थाहा छैन तर वृषदेवको त्यही कथाका आधारमा बनेको पक्का हो।’, ‘यो धाराबाट पानी आउँदैन?’ मैले फेरि सोधेँ।, ‘यहाँ आउने अरू मान्छे पनि यस्तै प्रश्न सोध्छन्। यो धँल्याः हिति हो कि ध्वँला ,(झुक्याउने), हिति हो भन्दै व्यंग्य गर्छन्,’ उनले हाँस्दै भने, ‘यो पानी आउने साँच्चैको धारा होइन। वृषदेवको यमलोक यात्रा सम्झाउने प्रतिबिम्ब मात्र हो।’, ‘प्रतिबम्ब मात्र भए पनि यो धँल्याः हिति दर्शन गरेपछि स्वर्गलोकको ढोका खुल्छ भन्ने विश्वास गरिन्छ,’ उनले अगाडि भने, ‘हामी मरेपछि पाप र पुण्यको न्याय–निसाफ गर्न यमराजकहाँ लैजाँदा ‘गुइतःको धँल्याः हिति हेरेको छ?’ भनेर सोधिन्छ रे। जसले हेरेको छ, उसको निम्ति स्वर्गलोकको ढोका खुल्छ रे।’, ‘उसो भए स्वर्गलोकमा मेरो स्थान सुरक्षित भयो, होइन त?’, ज्ञानेन्द्र हाँसे।, प्रथमश्री महाविहारको सलंशालामा रहेको धँल्या: हिति। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, यो, त भयो धँल्याः हितिको कथा। अब हामी यो कथा गुइतःको प्रथमश्री महाविहारमा प्रदर्शन गरिएको पौभाः चित्रको अन्तिम भागसँग कसरी जोडिन्छ, त्यो हेरौं।, पौभाः चित्रको अन्तिम भागमा मृत्युपछिका घटनाहरू देखाइएका छन् — धँल्याः हितिमा मरेका मान्छेको आयु परीक्षण हुँदैछ। यमलोकका राजा यमराजले पाप–पुण्यको नापतौल गरेर पापीहरूलाई नरकको बाटो देखाउँदैछन्, पुण्यात्माहरूको निम्ति स्वर्गको ढोका खुल्दैछ।, नरक नै १६ किसिमको हुँदो रहेछ। पाप गर्ने बेला हामी कहिल्यै सोच्छौं त?, तपन नरकमा दुई जना यमदूतले हातखुट्टा च्याप्प समातेर आगोमाथि सेक्दा रहेछन्, जसरी हामी कुखुराको भुत्ला खुइल्याएर नांगेझार पारी आगोमाथि तुर्लुङ्ग झुन्ड्याउँछौं।, अविचि नरकमा भकभकी उम्लेको पानीमा डुबाइँदो रहेछ, जसरी हामी तातोपानीमा आलु उसिन्छौं।, कालसुत्र नरकमा चाहिँ उत्तानो पारेर दुई जना यमदूतले घाँटी रेट्दा रहेछन्, जसरी हामी कुखुराको घाँटी रेट्छौं।, चिसोले जीउ पटपटी फुट्ने र तातोले जीउको बोसोधरि तपतपी चुहिने नरक पनि हुँदो रहेछ।, कसैलाई भुइँमा सहश्रकाँडा बिछ्याएर खुट्टा रगतपच्छे हुने गरी ठमठम्ती हिँडाइदो रहेछ, कसैलाई चाहिँ आधा जीउ पानीमा डुबाएर बाँकी आधामा सहश्रकागले एकैचोटि ठुङठुङ ठुँगाइदो रहेछ। , कसैलाई नांगेझार पारेर ओखलमा डमडम पिसिँदो रहेछ, कसैलाई गहिरो र अँध्यारो इनारमा फुत्तफुत्त मिल्काइदो रहेछ। कसैलाई सर्पले बेरिँदो रहेछ, कसैको जीउमा शूल रोपिँदो रहेछ।, बाफ रे! मेरो त आङ नै सिरिंग भएर आयो!, प्रथमश्री महाविहारमा प्रदर्शन गरिएको पौभा: चित्र जसमा यमलोक, धँल्या: हिति र १६ किसिमका नरकको दृश्य देखाइएको छ। तस्बिर सौजन्य: ज्ञानेन्द्र शाक्य, ज्ञानेन्द्रका अनुसार गुइतःको पौभाः चित्र र राजा वृषदेवको यमलोक यात्राले बौद्ध धर्मको एउटा महत्वपूर्ण अभ्यासलाई झल्काउँछ, त्यो हो मरणानुस्मृति अर्थात् कुनै दिन मर्नुपर्छ भन्ने चेतना।, ज्ञानेन्द्रले यसको दार्शनिक पक्ष चर्चा गर्दै भने, ‘एकदिन मर्नुपर्छ, यो अकाट्य सत्य हो। तर जिन्दगीको यो सत्य हामी कहिल्यै सम्झिन चाहँदैनौं। हामी जति पनि कुकर्महरू गर्छौं, त्यो सबै मर्नुपर्छ भन्ने सत्य बिर्सेर हो। जब मान्छेले मर्नुपर्छ भनेर सम्झिन्छ, उसको रिस त्यसै दमन हुन्छ, अहंकार बिलाउँछ, लोभ हराएर जान्छ।’, ‘जुन मृत्यु हाम्रो जीवनको अकाट्य सत्य हो, त्यही मृत्युसँग अधिकांश मानिस डराउँछन्। साथीभाइबीच मृत्युको कुरा उठ्यो भने हामी आँखा तरेर पन्छाउँछौं। ह्या मर्ने कुरा के गरेको, रमाइलो कुरा गरौं न भन्छौं। हामी फिल्मको कुरा गर्छौं, खेलको कुरा गर्छौं, राजनीतिको कुरा गर्छौं, देश–विदेशका कुरा गर्छौं तर जसै मृत्युको कुरा उठ्छ, हामी मुख टालेर चुप्प लाग्छौं। मरणानुस्मृतिले हामीलाई अवचेतनदेखि चेतन मनसम्म मृत्युलाई स्मरणमा राख्न सिकाउँछ।’, ‘धँल्याः हितिले यो कुरा कसरी सिकायो त?’ मैले आफू प्रस्ट हुन चाहेँ।, जवाफमा उनले भने, ‘मृत्यु स्मरण गर्ने भन्दैमा मान्छेले जहिलेसुकै मृत्यु सम्झेर हिँड्दैन। त्यसैले यसलाई पौभाः चित्रमा उतारियो, यमलोकको धँल्याः हिति बनाएर संस्कृतिको हिस्सा बनाइयो। अब कम्तिमा वर्षको एकचोटि धँल्याः हिति हेर्ने बहानामा भए पनि मान्छेले मृत्यु स्मरण गर्छन्।’, मरणानुस्मृतिसँग जोडिएका अरू परम्परा पनि छन्, ज्ञानेन्द्रले भने, ‘हामीकहाँ मलामी हेर्नुलाई शुभ मानिन्छ। किनभने यसले एकछिनलाई भए पनि मृत्यु स्मरण गराउँछ। कसैको मृत्यु भयो भने मलामी जानुपर्छ भनेर भनिन्छ। किनभने यसले मृत्युलाई निरन्तर हाम्रो चेतनामा राख्छ। धँल्याः हिति हेर्नु भनेको पनि त्यस्तै हो।’, ‘पौभा: चित्रले कर्म र कर्मफलको शिक्षा पनि दिन्छ। मान्छेले जस्तो बिउ रोप्यो त्यस्तै बिरूवा उम्रिन्छ, जस्तो कर्म गर्‍यो उस्तै फल पाउँछ। कुशल कर्मको फल सुखद हुन्छ, अकुशल कर्मको फल दु:खद हुन्छ। पापकर्म गर्‍यो भने कठोर नरकभोग हुन सक्छ भन्ने सन्देश दिन विभिन्न नरकका दृश्य चित्रण गरिएका हुन्।’, ‘त्यसैले मृत्युलाई स्मरणमा राख्नु र त्यसैअनुसार अभ्यास गर्नु सबै दुःखबाट मुक्ति पाउने उपाय हो,’ उनले भने।, यसरी मृत्यु स्मरण गर्न र कुशल कर्म वृद्धि गर्न जनैपूर्णिमाको रातदेखि भोलिपल्ट दिनभरि पाटनमा ‘धर्मञ्जय यात्रा’ गर्ने चलन छ जसलाई बोलीचालीमा धँल्याः भनिन्छ।, यात्राको सुरूआत बाग्मती तीर्थस्नानबाट हुन्छ। त्यसपछि शंखमूल नजिकको इबही थुर, पुल्चोकको पुच्व थुर हुँदै टंगबहालको ज्येष्ठवर्ण महाविहार गएर जटाधारी लोकेश्वर र यमद्वार दर्शन गरिन्छ। त्यहाँबाट प्रयागपोखरी जाने चलन छ। अहिले पोखरी पुरेर त्यसमाथि स्कुल बनाइएको छ। तर यो यात्रा बेला एक दिनलाई भए पनि पानी जम्मा गरेर पोखरीको रूप दिइन्छ।, प्रयागपोखरी तरेपछि श्रद्धालुहरू लगनखेल थुर जान्छन् र त्यहाँबाट इमाडोलको तेता थुर हुँदै अन्तिममा गुइतःको धँल्याः हिति दर्शन गर्छन्।, ‘धँल्याः हिति दर्शन गरे स्वर्गको ढोका खुल्छ भन्ने त विश्वासको कुरा हो, खासमा यो यात्राको अर्थ नै मृत्यु स्मरण हो,’ ज्ञानेन्द्रले भने।, गुइत:को प्रथमश्री महाविहारमा रहेको बुद्धको धातुको मूर्ति। यो लिच्छविकालीन मूर्ति हो। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, कथा, र किम्बदन्ती, दर्शन र धँल्याः यात्रा वर्णनपछि अब हामी यसको पछाडि लुकेका केही ऐतिहासिक तथ्यबारे चर्चा गरौं। यसका लागि मैले इतिहासकार धनवज्र बज्राचार्यको ‘लिच्छविकालका अभिलेख’ र प्राध्यापक जगदिशचन्द्र रेग्मीको ‘लिच्छवि इतिहास’ पल्टाएँ।, राजा वृषदेव कुनै काल्पनिक पात्र होइनन्। उनी ऐतिहासिक राजा हुन्। मैले सुरूमै भनिसकेँ, उनी लिच्छवि राजा मानदेवका जिजुबुवा हुन् अर्थात् हजुरबुवाका पनि बुवा।, वृषदेवका बारेमा हाम्रो इतिहास प्रस्ट छ। मानदेवको चाँगुनारायणको अभिलेख र जयदेव द्वितीयको पशुपतिको अभिलेखमा वृषदेवलाई ‘अनुपम, बेजोड र उत्तम’ राजाको उपमा दिइएको छ।, उनी भारतका शक्तिशाली सम्राट समुद्रगुप्तका समकालीन थिए। त्यति बेला नेपाल राजनीतिक रूपले गुप्त साम्राज्यको अधीन त होइन तर पूर्ण रूपमा स्वतन्त्र पनि थिएन। समुद्रगुप्तले बलियो साम्राज्य खडा गरेपछि लिच्छविहरूले आत्मरक्षाका लागि कर बुझाउनुपरेको थियो। वृषदेवकै पालामा नेपाल त्यो बन्धनबाट मुक्त भयो। यसलाई वृषदेवको राजनीतिक उपलब्धि मानिन्छ। तर साँचो अर्थमा भन्दा, यसमा उनको व्यक्तिगत योगदान कम देखिन्छ। समुद्रगुप्तको निधनपछि गुप्त साम्राज्य पतन हुन थाल्यो। नेपालमा भने त्यसपछि पनि तीन वर्ष वृषदेव नै शासनमा रहे। त्यही अवधिमा मौका छोपेर उनले तिरो तिर्ने चलन बन्द गराएका हुन सक्छन्।, समुद्रगुप्तपछि कुनै पनि गुप्त राजाले नेपाललाई फेरि करकापमा पार्न सकेनन्। समुद्रगुप्तको प्रभावबाट मुक्त गरेकैले वृषदेवलाई उनका पनाति मानदेव र धेरैपछि जयदेव द्वितीयले आ–आफ्नो अभिलेखमा विशेष चर्चा गरेका हुन सक्छन्।, यो त भयो राजा वृषदेवको राजनीतिक प्रसंग, अब धँल्याः हिति किम्बदन्तीले वृषदेवको जीवनको कुन पाटो संकेत गर्छ, त्यसतर्फ विचार गरौं।, वृषदेवलाई उनका नाति धर्मदेवले पशुपतिको अभिलेखमा ‘वर्षशतञ्चकार’ भनेका छन्। यसको अर्थ, वृषदेवले सय वर्ष शासन गरेको बुझिन्छ। उनको शासनकाल विक्रम सम्बत् ३४० देखि ४४० बीच हुनसक्छ। यसैबीच कुनै बेला वृषदेव मरणासन्न बिरामी परेका हुन सक्छन्। राजवैद्यहरूले उनको माया मारिसकेका हुन सक्छन्। लगनखेल थुर दर्शन गर्ने क्रममै उनी त्यस्तरी बिरामी परेका थिए कि!, यो पनि हुनसक्छ, त्यति बेला राजवैद्यहरूले मृत घोषणा गरिसकेपछि एकाएक उनी बौरिएका थिए कि! , यस्तो घटना विरल होइन। अहिले पनि धेरैचोटि डाक्टरहरूले माया मारिसकेको व्यक्ति हट्टाकट्टा घर फर्केका उदाहरण पाइन्छन्। यसरी ब्युँझेका कतिपय व्यक्तिले आफ्नो अर्धप्राणमा धारा देखेको वा आफूलाई एकदमै तिर्खा लागेको तर अगाडि धारा हुँदाहुँदै पानी पिउन नपाएको वृत्तान्त सुनाउँछन्।, कतै त्यो धारा यमलोकको धँल्याः हिति त होइन? धँल्याः हितिकी बूढीआमैले आयु बाँकी देखेर फर्काइदिएकी त होइनन्? , यो किम्बदन्तीले राजा वृषदेवको धार्मिक पाटो पनि उजागर गर्छ। , ऐतिहासिक अभिलेखहरूका अनुसार वृषदेव बौद्ध धर्मका अनुयायी थिए। मानदेवको चाँगुनारायणको अभिलेखमा उनलाई ‘लडाइँ–भिँडाइ’ कम गर्ने राजा भनिएको छ। जयदेव द्वितीयको पशुपतिको अभिलेखमा ‘सुगतशासनपक्षपाती’ भनी वर्णन गरिएको छ। यहाँ ‘सुगत’ को अर्थ बुद्ध हो। यसबाट पनि वृषदेवमा बौद्ध धर्मप्रति अगाध आस्था थियो भन्ने बुझिन्छ।, यति मात्र होइन, स्वयम्भू चैत्य लगायत धेरै बौद्ध चैत्य वृषदेवकै पालामा बनेको विभिन्न वंशावलीमा उल्लेख छ। वृषदेवले नै चाबहिलमा बस्ती बसाल्नुका साथै ‘धन्दो’ चैत्य निर्माण गराएको विश्वास गरिन्छ। बाँडेगाउँको चैत्य र बानेश्वरनजिकैको विहार पनि उनकै पालामा बनेको इतिहासकारहरू बताउँछन्।, यस आधारमा गुइतःको जुन प्रथमश्री महाविहारमा हामी भ्रमण गर्न गयौं, त्यो पनि वृषदेवकै पालामा बनेको हुनसक्छ। , यो महाविहार लिच्छविकालीन त हो नै, जसलाई पुष्टि गर्ने शिलालेखसमेत फेला परेको छ। , २०७२ को भुइँचालोपछि महाविहार पुनर्निर्माण क्रममा बुद्धको पूर्णकदको धातुको मूर्तिपछाडि छैठौं शताब्दीको शिलालेख फेला परेको थियो। काठमाडौं उपत्यकाका बहाबहीहरूमा पाइएका अभिलेखमध्ये यो सबभन्दा पुरानो हो।, प्रथमश्री महाविहारमा बुद्धको धातुको मूर्ति पछाडि फेला परेको बिक्रम सम्बत् ५९९ को शिलालेख। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, पुरातत्व विभागका अभिलेख विशेषज्ञ श्यामसुन्दर राजवंशीले उक्त शिलालेख पढेर त्यसको पाठ र भावार्थ राष्ट्रिय अभिलेखालयको ‘अभिलेख’ पत्रिकामा प्रकाशन गरेका छन्। उक्त अभिलेखअनुसार बिक्रम सम्बत् ५९९ मा यहाँ धातुको बुद्धमूर्ति प्रतिस्थापन गरिएको थाहा हुन्छ। शाक्यभिक्षु यशोमित्रले आफ्ना आमाबुवा, पूर्वआचार्य र सबै प्राणीहरूका नाममा यो बुद्धमूर्ति चढाएका थिए। त्यति बेला लिच्छवि राजा रामदेव र महासामन्त क्रमलीलको शासन थियो।, यो अभिलेखले दुइटा सम्भावना देखाउँछ — पहिलो, राजा रामदेव र महासामन्त क्रमलीलकै शासनकालमा यो महाविहार बनेको हो र महाविहार बनेपछि शाक्यभिक्षु यशोमित्रले धातुको बुद्धमूर्ति चढाएका हुन्।, दोस्रो, यो महाविहार राजा वृषदेवको पालादेखि नै थियो र पुरानो महाविहारमा शाक्यभिक्षु यशोमित्रले बुद्धमूर्ति चढाएका हुन्।, दुवै अवस्थामा गुइतःको प्रथमश्री महाविहार कम्तिमा १५ सय वर्ष पुरानो हो भन्ने थाहा हुन्छ।, यसबाट हामी के पनि अड्कल लगाउन सक्छौं भने, राजा वृषदेवको कथा जोडिएको धँल्याः हिति लिच्छविकालमै बनेको हुनसक्छ। जनैपूर्णिमाको दिन प्रथमश्री महाविहारमा प्रदर्शन गरिने पौभाः चित्र पनि लिच्छविकालीन नै हुन सक्छ। अमेरिकी अनुसन्धाता मेरी स्लसरले आफ्नो ‘नेपाल मण्डल’ किताबमा यो पौभाः चित्रलाई चौधौं शताब्दीमा बनेको भनेर लेखेकी छन्। उनले पौभाः चित्रको कलात्मक शैलीका आधारमा यो आकलन गरेकी हुन्। यसलाई पुष्टि गर्ने ठोस प्रमाण भने छैन।, स्थानीयहरू यो पौभाः चित्र चौधौं शताब्दीभन्दा धेरै अगाडि लेखिएको र समयक्रममा बिग्रँदै, मक्किँदै गएपछि पुरानो चित्रका आधारमा हुबहु नयाँ बनाइँदै आएको विश्वास गर्छन्। जसरी कपडामा लेखिएको पुरानो चित्र बिग्रेपछि अहिलेका पुस्ताले त्यसैबाट सारेर नयाँ बनाएका छन्।, त्यसै पनि पाटनको गुइतः टोलमा अरू थुप्रै लिच्छविकालीन प्रस्तर मूर्ति र अर्को एउटा लिच्छविकालीन अभिलेख पनि छ जसले यो ठाउँको प्राचीनता झल्काउँछ।, योसँगै बेखारत्न शाक्यले मलाई सुनाउन चाहेको तर सुनाउन नपाएको कथा पूरा हुन्छ।, कथा–किम्बदन्ती भनेको यसरी नै एक मुखबाट अर्को मुख सर्दै जाने र कयौं कालसम्म जीवित रहने सम्पदा हो। बेखारत्न आफू नरहे पनि यो कथा सधैं बाँचिरहोस् भन्ने चाहन्थे। त्यसैले उनी मलाई सुनाउन चाहन्थे र ममार्फत् तपाईंहरू सबैलाई सुनाउन चाहन्थे।, सायद मलाई जनैपूर्णिमाको दिन गुइतः डाक्नुको पछाडि उनको अर्को मनसाय पनि थियो — मलाई धँल्याः हिति दर्शन गराउने र मेरो निम्ति स्वर्गलोकको ढोका खोलिदिने!, यो कथाको अघिल्लो भाग- ,गौतम बुद्धले सुनाएको पाटनको एउटा टोलको कथा, गुइत:का बेखारत्न शाक्य जसको दुई महिनाअघि असार ५ गते निधन भयो। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी,  , मैले त स्वर्गलोकमा स्थान सुरक्षित गरिसकेँ, तपाईंहरूले नि!
रासस बागमती गाउँपालिका–६ आश्राङ र वडा नम्बर ७ गिम्दीको संगमस्थल शुभाने खोलामा बगेर एक महिलाको मृत्यु हुनुका साथै एक बालिका बेपत्ता भएकी छन्।, तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको मृत्यु भएको हो। वडा नम्बर ७ का वडाध्यक्ष नवराज सञ्जेलले दिउँसो साढे ४ बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा करिब आठ वर्षीया बालिका बेपत्ता भएको जानकारी दिए। स्थानीयवासी उद्धव घिमिरेका अनुसार ज्यान गुमाउनेमा स्थानीय सञ्जु सिङतान भएको बताए।, महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक  राजेन्द्र क्षेत्रीले घटनाको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ लागेको जानकारी गराए। विगत केही दिनदेखि मुलुकका विभिन्न स्थानमा बाढी अनि पहिरोलगायत डुव्बानको समाचार आइरहँदा कान्ति लोकपथ तथा बगुवा र आश्राङ सडकसमेत अवरुद्ध भइरहेको छ।, बाढीले बगाएर ललितपुरमा महिलाको मृत्यु‚ बालिका बेपत्ता
रासस ‘एक घर, एक धारा’को लक्ष्यसहित सञ्चालित गलकोट बृहत् खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ। गलकोट नगरपालिका वडा नं ३, ५ र ७ का १२ सय घरधुरीमा खानेपानीको सहज पहुँच पु¥याउन डेढ वर्षअघि आयोजना शुरु गरिएको थियो।, सङ्घ सरकारअन्तर्गत खानेपानी मन्त्रालयको रु १७ करोड बजेटमा बन्न लागेको आयोजना आगामी दुई वर्षभित्र सक्ने लक्ष्य छ। सुरुमा वडा नं ७ मल्मको गगनपानी ९क० बाट निर्माण थालिएकामा अहिले सबै ‘स्किम’मा कामले गति लिएको छ। आयोजनामा १० साना ‘स्किम’ छन्। , आयोजनाका अध्यक्ष छुमबहादुर थापाका अनुसार गगनपानी क मा मुहान, इन्टेकसहित ३० हजारका तीन र ५० हजार लिटरको एउटा ट्याङ्की निर्माण भइसकेको छ। , यस्तै दुई किमिमा पाइप बिछ्याउने काम पूरा भएको छ। गगनपानी ९ख० मा ३० हजारका दुई र ५० हजारको एउटा ट्याङ्की बनेको छ। मुहान र इन्टेकसहित दुई हजार ५०० मिटरमा पाइप बिछ्याइ सकिएको अध्यक्ष थापाले बताए। , गगनपानी क बाट मल्मका अर्बेदी, कोल, गहते र सिरबारे बस्तीका बासिन्दा लाभान्वित हुनेछन् भने ख बाट खोलापारी, साहनीडाँडा र बतासेडाँडामा खानेपानी पुग्नेछ। वडा नं ७ मा गगनपानी क, ख सहित खाल्टेपानी–टोक्री–निलापानी, खाल्टेपानी–पौडेपानी, डुन्डुरा–मल्मडाँडा, सिद्धथान–सिरबारे र चिसापानी–आँगाखेत गरी सात साना ‘स्किम’ छन्। , अरु ‘स्किम’मा पनि मुहान, ट्याङ्की र पाइपलाइनको काम भइरहेको हो। वडा नं ३ मा पनि चार ट्याङ्की निर्माण भइसकेका छन्। सो वडामा नयाँ पँधेरा र भुके मुहानको पानीलाई आयोजनामार्फत घरघरमा वितरण गर्न लागिएको हो। त्यहाँका खसगाउँ, कोतमैदान, स्याँला, लमाइलगायतका बस्ती आयोजनाबाट लाभान्वित हुनेछन्।, यस्तै वडा नं ५ को रुस्ती ‘स्किम’बाट हरिचौर बजारलगायत आसपासका बस्तीमा खानेपानी पु¥याइँदैछ। कोरोना महामारी र वर्षायामका बाबजुद पनि निर्माणको काम भने नरोकिएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, बेनी, म्याग्दीका सुपरभाइजर मणी कँडेलले बताए।  , उनले पूर्वाधार तयारीसँगै खानेपानी वितरणको काम छिट्टै शुरु हुने बताए। “सत्तरी घरधुरी जतिलाई खानेपानी वितरणका लागि सामग्री पनि आइपुगेको छ”, सुपरभाइजर कँडेलले भने, “वडा कार्यालय र जनप्रतिनिधिसँग समन्वय गरेर वितरणको काम अघि बढाउँछौँ।” , आयोजना कार्यालयले उपभोक्तालाई मिटर, धाराको टुटी, ‘स्ट्याण्ड’ मात्र उपलब्ध गराउने उनको भनाइ छ। खानेपानीको मुहान पुरानै प्रयोग गरे पनि अन्य संरचना भने पूरै नयाँ बन्ने आयोजनाका अध्यक्ष थापाले बताए।  , गाउँभरिका मुहानलाई एकीकृत गरेर घरघरै खानेपानीका धारा पु¥याउने लक्ष्य आयोजनाले लिएको छ। रोल्पा, रुकुमदेखि आएका श्रमिक अहिले आयोजना निर्माणमा खटिएका छन्। पूर्वाधार निर्माण र खानेपानी वितरणको काम सँगसँगै हुने जनाइएको छ। , बहुवर्षीय कार्यक्रम भएकाले बजेटको अभाव नहुने आयोजना कार्यालयले जनाएको छ। हालसम्म भौतिक निर्माणका काममा रु दुई करोड बढी खर्च भइसकेको छ। आयोजनामा ‘ट्रान्समिसन पाइपलाइन’ १७ किमी र वितरण ‘पाइपलाइन’ ३२ किमी छ। यस्तै १० देखि १५० घनमिटरसम्मका ट्याङ्की, इन्टेकलगायतका संरचना बन्नेछन्।, घरघरै खानेपानीको सहज पहुँच विस्तार गर्ने राज्यको नीतिअनुसार तीनै तहका सरकारले ‘एक घर, एक धारा’ अभियान चलाएका छन्। गण्डकी प्रदेश सरकारले आगामी वर्षभित्रमा प्रदेशका सबै घरधुरीमा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ। रासस , बागलुङको घरघरै खानेपानीका धारा पुग्दै
सेतोपाटी नारायणगढ–मुग्लिन सडक खण्डको चौध किलोमा सडक भासिए पनि सवारी आवागमनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ। , चौध किलो क्षेत्रमा सडक फराकिलो भएकाले एकाछेउको सडक भासिए पनि दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ नभएको प्रहरीको भनाई छ। डिभिजन सडक कार्यालय, चितवनले पनि नारायणगढ–मुग्लिन सडकमा यातायात सञ्चालनमा कुनै अवरोध नरहेको जनाएको छ।, सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा आए झै सडक भासिएकै कारण सवारी आवागमन नरोकिएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए।, चौधकिलो भन्ने ठाउँमा दुई मिटर गहिरोगरी ३८ मिटर सडक भासिएको छ। ‘त्यहाँ बढीमा चार मिटर सडक भासएको छ,’ खनालले भने, ‘त्यो ठाउँमा सडक १३/१४ मिटर फराकिलो भएकाले चार मिटर भासिएकै आधारमा यातायात रोकिँदैन।’ उनले भासिएको क्षेत्र बाहेकको भागबाट दुईतर्फी सवारी सञ्चालन भइरहेको जानकारी दिए।, सडक भासिएको ठाउँबाट करिब २० मिटर तल त्रिशूली नदी छ । नदीको कटानले सडक भासिएको अनुमान गरिएको छ । नदीको सतह घटेपछि तलबाट मर्मत थालिने खनालले बताए। सडक भासिएको ठाउँमा पर्खाल लगाएर सडक सुरक्षित गर्ने तयारी भइरहेको छ। सोही सडकको सेतीदोभानमा खसेको पहिरो पन्छाएपछि शुक्रबार बिहान ९ बजेदेखि सडक दुईतर्फी नै सञ्चालनमा अहाएको प्रहरीले जनाएको छ ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाका अनुसार नियमित वर्षा भइरहेकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम भने छ। सडक भासिएको ठाउँमा भने यातायात सञ्चालनमा रहेको उनले बताए। पछिल्लो समय वर्षा सुरु भएसँगै एकाएक चौधकिलोमा सडक भासिएको हो । बिहीबारदेखि भासिन सुरु भएको यो ठाउँको सडक बिहीबार अझ धेरै भारिएको प्रहरीले जनाएको छ। ,रासस, सडक भासिए पनि नारायणगढ-मुग्लिन रुटमा नियमित यातायात सञ्चालन
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २० मोटरसाइकल र चार स्कुटर फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो।, महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधन एकान्त ठाउँमा पार्किङ गर्दा हराउने गरेको बताए। हराएका सवारी साधनमध्ये अधिकांश सवारी साधन उपत्यकाका वरिपरि जिल्लामा प्रयोग हुने गरेको महाशाखाले जनाएको छ।, मोटरसाइकल उपत्यकाका नागार्जुन, पुतलीसडक, ठमेल, बालाजु, कपन, सानेपा, महाराजगञ्ज, एकान्तकुना, राधेराधे, सामाखुशी, टोखा र पाटन अस्पताललगायतका स्थानबाट हराएका हुन्।, महाशाखाका अनुसार पछिल्लो समय हराएका वा चोरी भएका मोटरसाइकलमध्ये अधिकांश पल्सर मोटरसाइकल रहेका छन्।, चोरी भएका मोटरसाइकललाई ग्रामीण इलाकामा लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको महाशाखा प्रमुख भट्टराईले बताए।, काठमाडौं उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला
सेतोपाटी संवाददाता भोजपुर षडानन्द नगरपालिका-९ तालखर्कका ४० वर्षीय बुद्दीमान राईले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन्।, शनिबार बिहान राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ वर्षीया इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए।, प्रहरीका अनुसार श्रीमतीको हत्यापछि आफू घरबाट करिब ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए।, आमालाई खुकुरी प्रहार गरेको देखेपछि ८ वर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए।, स्थानीय पुग्दा इन्द्रकलाको मृत्यु भइसकेको थियो। श्रीमानलाई खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई जानकारी गराएका थिए।, घटनास्थालमा इलाका प्रहरी कार्यालय साङपाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरि कार्यालय भोजपुरले जनाएको छ।, श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
सेतोपाटी संवाददाता जानकी मन्दिरको सौन्दर्यलाई नै कुरुप बनाउने गरी मन्दिर परिसरभित्र प्रचार प्रसारका लागि लगाइएको होर्डिङ बोर्ड तथा पर्चा पम्पलेट स्थानीय युवाहरूले हटाइदिएका छन्।, प्रदेश २ सरकारले सञ्चालन गरेको अभियानको प्रचार-प्रसार, व्यावसायिक प्रयोजनका लागि लगाइएको होर्डिङ बोर्ड तथा पम्पलेटहरू जनकपुरका युवाहरूले च्यातेर फालेका हुन्।, मन्दिर परिसरमा मुख्यमन्त्री लालबाबु राउतको तस्बिरसहित स्वच्छता अभियान, बेटी पढाउ बेटी बचाउ अभियान लगायतको विभिन्न नारा लेखिएको बोर्ड आफूहरूले च्यातेर फालिदिएको युवा अभियन्ता सरोज मिश्रले बताए।, ‘मन्दिर परिसरमा धार्मिक एवम् पर्यटकीयस्थलको गरिमा र विशेषता बाहेकका कुनै होर्डिङ बोर्ड लगाए हामी फालिदिन्छौं,’ उनले भने, ‘यस्तो गर्नु धार्मिकस्थलको अपमान हो। प्रदेश सरकारले भ्रष्टाचार गर्ने मानसिकताले प्रचारबाजी र सस्तो लोकप्रियता कमाउन खोजेको देखिन्छ।’, मन्दिर परिसरमा भिडियो सुटिङ र टिकटक बनाउन समेत निषेध गरिएको उनको भनाइ छ। स्वच्छता अभियान र बेटी पढाउ बेटी बचाउ अभियानको नाममा होर्डिङ बोर्डमै प्रदेश सरकारले लाखौं रुपैया भ्रष्टाचार भएको उनले दाबी गरे।, जानकी मन्दिर लगायतको कुनै पनि धार्मिक पर्यटकीयस्थलमा अन्य विषयक प्रचार-प्रसार सामग्री, बोर्ड, पर्चा, पम्पलेट नटाँस्न समेत ती युवाहरूले सचेत गारएका छन्। त्यस्ता पोस्टरहरू टाँसिए कानुनी उपचार खोज्ने युवाहरूले चेतावनी समेत दिएका छन्।, जानकी मन्दिरमा मुख्यमन्त्री राउतले प्रचार गरेको होर्डिङ बोर्ड युवाहरूले च्यातेर फाले
सेतोपाटी संवाददाता धनुषामा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।, ह्युम पाइपबाट पानी निकास हुने ठाउँमा बनेको खाल्डोमा माछा मार्ने क्रममा सबैला नगरपालिका–१२ स्थित बरकुरबा बस्ने ३० वर्षीय भगवानबाबु सदाको मृत्यु भएको प्रहरीले जनाएको छ।, वडा नम्बर २ स्थित वीरेन्द्रबजार महिनाथपुर सडक खण्डमा पानी निकासका लागि जडान गरिएको ह्युम पाइप छेउमा बनेको खाल्डोबाट शुक्रवार बेलुकी ५ बजेतिर उनको शव फेला परेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए।, सदा बिहानै त्यहाँ माछा मार्न गएको र बेलुकीसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा उनको शव फेला परेको उनले बताए।, सदालाई छारे रोग लागेको र बेहोस भइ पानीमा डुबेको हुनसक्ने परिवारजनले आशंका गरेको प्रहरी निरीक्षक सिग्देलले बताए।, पोष्टमार्टमका लागि अहिले उनको शव प्रादेशक अस्पताल जनकपुरमा राखिएको छ।, माछा मार्ने क्रममा डुबेर धनुषामा एक युवकको मृत्यु
रोहित महतो जातीय छुवाछुतको सिकार भई लगातारको वर्षाले डुबानमा परेको चापाकलबाट गोबर र हिलो मिसिएको पानी खान बाध्य भएका महोत्तरीको सम्सी गाउँपालिका–५ स्थित पोखरभिण्डाका जयकुमारी मल्लिकलाई खानेपानीको व्यवस्था गरिएको छ। , डोम जातले छोएको पानी नचल्ने भन्दै स्थानीयले कलबाट पानी भर्न नदिएको भनी समाचार प्रकाशित भएपछि प्रदेश २ का मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाको पहलमा जयकुमारीको परिवारलाई खानेपानीको व्यवस्था गरिएको हो। , निरन्तर वर्षाको पानीले गएको जेठ महिनादेखि नै घर समेत डुबानमा परेका ती डोम परिवारलाई खानेपानी भर्नमा कुनै अवरोध नहुने व्यवस्था मिलाउन पोखरभिण्डा प्रहरी चौकीका सई रामबाबु यादवलाई शुक्रबार दिउँसो मुख्यन्यायाधीवक्ताले फोन गरेका थिए। लगत्तै आफूले पुगेर समस्या बुझेको र खानीपानीको व्यवस्था मिलाइदिएको सई यादवले जानकारी दिए। , उनका अनुसार ती डोम परिवारको घरबाट झण्डै पाँच सय मिटर दूरीमा रहेको निजी विद्यालयमा रहेको कलबाट खानेपानी भर्ने व्यवस्था मिलाइएको हो। , जयकुमारीका छिमेकीले अझै पनि पानी भर्न दिन नमानेपछि शिक्षकलाई आग्रह गरी उनको परिवारलाई विद्यालयमा खानेपानीको व्यवस्था मिलाइदिएको सई यादवले बताए।, ‘सबैले आँगनमा कल छ। घरमा छोरीबुहारी छन्। छोइन्छ भन्दै थिए। तर छुवाछुत गर्नु हुँदैन भनेर त्यहाँ केही स्थानीयलाई सम्झाइबुझाइ गरेर आएको छु। उनीहरूमध्येबाट २/३ जनाले नुहाइधुवाइ नगरी कलबाट बाल्टिनमा पानी भरेर लैजान सहमत भएका छन्,’ सई यादवले भने, ‘३/४ सय मिटर दूरीमा रहेको अर्का एक जना ठाकुर परिवारले पनि पानी भरेर लानसक्ने भनेका छन्। तर घर डुबेपछि बस्ने समस्या छँदैछ।’ , वर्षाको पानी जमेर घर डुबानमा परेपछि ९ जनाको ती डोम परिवार दुइटा सानो खाट नालामाथि राखेर माथिबाट त्रिपाल झुण्डयाइ बस्दै आएका छन्। , दुई साताअघि त्रिपालमुनि जयकुमारीकी जेठी बुहारी रंजुले छोरालाई जन्म दिएकी थिइन्। वर्षाले सुत्केरी गराउन निकै समस्या परेको र हावा, पानी उछिटिएर पर्दा शिशु बिरामी परेको उनका छोरा सुनिल मल्लिकले बताए। , ‘नानी बिरामी परेपछि अहिले जनकपुरमा उपचार गराउन आएका छौं। आफूसित पैसा पनि छैन। ससुरालीबाट लिएर उपचार गराउँदैछु,’ उनले भने। , समाचार पढेर जय कुमारीको परिवारलाई वर्ल्ड भिजन इन्टरनेसनल नामक गैरसरकारी संस्थाले पनि खाद्यान्न, किचेन सामग्री र त्रिपालको व्यवस्था गरिदिएका छन्। शुक्रबार उनको परिवारलाई एक महिना खान पुग्नेगरी चामल, दाल नुन, तेल लगायतको खाद्यान्न, दुइटा भान्छामा पुग्ने भाँडाकुडा (किचेन सेट), चार वटा त्रिपाल, दुइटा सोलारबत्ती सेट, बस्ने ओछ्यान लगायतको सामान सहयोग गरेको संस्थाका प्रतिनिधि प्रमिल अधिकारीले जानकारी दिए। ,  , ‘हामीले वडाध्यक्षसँग कुरा गरेर खानेपानीका लागि कल पनि बनाइदिने प्रस्ताव राखेका छौं। तर कहाँ बनाउने त्यहाँ ठाउँ नै छैन पानी जमेको छ,’ उनले भने। , त्यहीँ टोलमा वर्षाका कारण अझै ९/१० जनाको दलित तथा अतिविपन्न परिवारलाई गुजारा गर्न निकै समस्या भएको उनले बताए। , उनीहरूलाई राहतको आवश्यकता रहेको भनी आफूले जिल्ला प्रशासन कार्यालयमा समेत पत्राचार गरिदिएको सई यादवले बताए। , पटक-पटक स्थानीय सरकारलाई राहतको व्यवस्था मिलाउन आग्रह गरे पनि उनीहरूले नसुनेपछि आफूले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर समस्या बताएको सई यादवले सुनाए।, यो पनि :, ‘छोइन्छ भनेर कलमा भर्न दिँदैनन्, गोबर मिसिएको पानी खानुपर्छ’, 'गोबर मिसिएको पानी' खान बाध्य डोम परिवारलाई केही राहत, खानेपानीको लागि मिलाइयो व्यवस्था
सेतोपाटी काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम छिटो सम्पन्न गरी फोहर व्यवस्थापनका लागि सहज गरिदिन सहरी विकास मन्त्रालयलाई आग्रह गरेको छ।  , विगत १४ दिनदेखि काठमाडौं उपत्यकाअन्तर्गत १८ स्थानीय तहको फोहर नियमितरूपमा उठ्न नसक्दा अहिले जताततै दुर्गन्ध फैलिसकेको छ।, कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार हाल सिसडोलमा रहेका फोहरको ढिस्कोलाई पन्छाएर नै बञ्चरेडाँडामा फोहर लाने हो, अहिले पानी परिरहेकाले पनि व्यवस्थितरूपमा बाटो बनाउन सकिँदैन।, ‘पानी पर्न कम भएपछि व्यवस्थितरूपमा फोहर पन्छाउने काम सुरू हुन्छ। तत्काल सिसडोलको विकल्प चाहिएको छ’, उनले भने। , अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौं महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ।, विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रूपमा फोहर राख्दै आएको स्थानमा अहिले फोहर व्यवस्थापन गर्न नमिल्ने गरी भरिएपछि लामो समयदेखिको समस्या फेरि बल्झिएको हो।, ‘समस्या आउने जाने बाटोको होइन, उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने स्थान चाहिएको हो’, प्रमुख श्रेष्ठले भने, ‘सिसडोलबाट बञ्चरेडाँडासम्म जानका लागि आवश्यक पर्ने २०० मिटर बाटो निर्माण गरी विसर्जनस्थल तयार गर्नुपर्ने हो।’ , सहरी विकास मन्त्रालयले बढीमा अबको एक हप्तामा बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सम्पन्न गरी कामपालाई हप्तान्तरण गर्ने तयारी रहेको मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए। , गत साउन ३२ गतेदेखि नै कामपाले सार्वजनिकरूपमा सूचना जारी गरेर नगरबासीलाई एक हप्ता घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो।, लामो समयदेखि फोहर उठ्न नसक्दा नदी किनार र सडक छेउछाउमा दुर्गन्ध फैलिन थालिसकेको छ । , सिसडोलमा विसं २०६२ मा दुई वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड निर्माण गरिएको थियो तर पटक-पटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ।, हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। तीमध्ये सबभन्दा बढी कामपाको मात्र ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ।, निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन्। , हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ।, हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ। काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। ,रासस, काठमाडौंमा फोहर व्यवस्थापन समस्या फेरि बल्झियो
सेतोपाटी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतबारदेखि सेवा सञ्चालन गर्ने भएको छ। , यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनःअर्को सूचना जारी गर्दै भोलिदेखि सबै सेवा सञ्चालन गर्ने जनाएको हो।, निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले सङ्क्रमित कर्मचारी निको भएकाले भोलिदेखि सेवा सञ्चालन गर्ने बताए। , कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क हुने कार्यबाहेक मालपोत विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्यालयसँग सम्बन्धित अत्यावश्यक सेवा भने यसबीचमा पनि सञ्चालन गरेको थियो।, मालपोत कार्यालयले आइतबार–सोमबार वीरेन्द्रनगरका केही वडा, चौकुने गाउँपालिका, लेकबेँसी नगरपालिका, मङ्गलबार–बुधबार वीरेन्द्रनगर, पञ्चपुरी र बराहताल गाउँपालिका, बिहीबार शुक्रबार वीरेन्द्रनगरका केही वडा, चिङ्गाड र सिम्ता गाउँपालिकाको मालपोतसम्बन्धी काम गर्दै आएको छ।, गुर्भाकोट र भेरीगङ्गा नगरपालिकाको काम भने मेहेलकुनास्थित मालपोत कार्यालयबाट हुँदै आएको छ। ,रासस, मालपोत कार्यालय सुर्खेत आइतबारदेखि सञ्चालन हुने
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आह्वान गरेको छ। , काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै स्थानीयबासीलाई आह्वान गरेका हुन्। , शनिबार बिहान मेयर शाक्यले काठमाडौंको वडा नम्बर २८ मा निर्मित झिंगु इच्छुमती पार्कको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाभित्र सबै वडामा पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था भए पनि कतिपय ठाउँमा स्थानीयले सहयोग नगर्दा बन्न नसकेको गुनासो समेत गरे।, यस्तै, शंकरदेव क्याम्पसबाट प्रदर्शनी मार्ग जोड्ने टुकुचा कोरिडोरको पनि उद्घाटन गरिएको छ। , पार्कको लागत ३७ लाख ७० हजार र कोरिडोरको करिब १ करोड ३८ लाख रूपैयाँ रहेको बताइएको छ। कोरिडोर १ सय ४० मिटर लम्बाइको छ ।, ‘पर्याप्त बजेट छ, तर पार्क निर्माणका लागि स्थानीयबासीको सहयोग नहुँदा कतिपय ठाउँमा बनाउन सकिएन’, मेयर शाक्यले भने। , उनले राम्रो पार्क बनाउने  र राम्रो करिडोर बनाउने काममा काठमाडौं महानगरपालिका प्रतिवद्ध रहेको पनि दोहोर्‍याए। , मेयर शाक्यले भने, ‘कम्तीमा पनि हरेक वडामा एउटा पार्क बनाउनुपर्छ भनेर नीति बनाएका छौं। सार्वजनिक जग्गाहरू धेरै छन्। हिजो भएका पार्कहरूलाई अपग्रेड गर्ने, जहाँ पार्क छैनन् नभएका ठाउँमा नयाँ पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरेका छौं। बजेटको समस्या होइन तर स्थानीयको सहयोग भएन भने काम गर्न सकिँदैन। जहाँ स्थानीयबासीहरूले सहयोग गर्छ, त्यहाँ स्वभाविक रूपमा काम गर्न सजिलो हुन्छ। जहाँ स्थानीयको सहयोग हुँदैन, अवरोध हुन्छ, त्यहाँ काम गर्न गाह्रो हुन्छ।’, कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले भुकुटीमण्डपभित्र ठूलो प्रर्दशनी हल बनाउन काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराए। उनले त्यसका लागि काठमाडौं महानगरपालिकाले समाज कल्याण परिषदसँग प्रस्ताव लैजान ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे।, झण्डै ३८ लाखमा बन्यो काठमाडौंमा 'झिंगु इच्छुमती' पार्क
सेतोपाटी केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीअन्तर्गतको सवस्टेसनमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको छ। , वर्षा र डुबानका कारण सो सवस्टेसनको ब्रेकरलगायत अन्य उपकरणमा पानी जमेकाले विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिए।, उनले भने, ‘वर्षा र डुबानका कारण ब्रेकरलगायत अन्य उपकरणमा पानी जमेकाले तत्कालै शवस्टेसनबाट विद्युत् आपूर्ति गर्न सक्ने अवस्था रहेको छैन।’ , सो शवस्टेसनबाट विद्युत् आपूर्ति बन्द भए पनि तत्कालका लागि गण्डक पावर हाउस, बर्दघाट र सुनवल बजार क्षेत्रको सवस्टेसनबाट परासी वितरण केन्द्रअन्तर्गतका ग्राहकलाई विद्युत् आपूर्ति गरिएको उनको भनाइ छ। , डुबानका कारण परासीस्थित शवस्टेसनको कम्पाउण्ड वालमा क्षति पुग्दा स्टेसनभित्र पानी पसेर विद्युत् आपूर्तिमा महत्पूर्ण भूमिका निर्वाह गर्ने ब्रेकरसहित उपकरणमा निकै ठूलो क्षति पुर्‍याएको छ।, केन्द्रका अनुसार यस शवस्टेसनबाट विद्युत् आपूर्ति गर्न अझै केही दिन लाग्नेछ।, प्रमुख श्रीवास्तवले शवस्टेसन सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनको तयारी गरिसकिएको र आजैबाट मर्मतसम्भारका काम सुरू गरिने जानकारी दिए। , सो केन्द्रअन्तर्गत करिब ४४ हजार ग्राहक छन्। तीमध्ये तत्कालका लागि ३५ हजार ग्राहकलाई गण्डक पावर हाउस, बर्दघाट र सुनवल बजार क्षेत्रको सवस्टेसनबाट विद्युत् आपूर्ति गरिएको हो।, स-साना उद्योगलाई विद्युत् आपूर्ति गरिए पनि ११ हजार केभिएको ट्रान्सफर्मरमार्फत सञ्चालनमा रहेका ठूला उद्योगधन्दालाई तत्काल सञ्चालन नगरिदिन आग्रह गरिएको प्रमुख श्रीवास्तवले जानकारी दिए। , परासी वितरण केन्द्रअन्तर्गत सूर्यपुरा, सुनवल, महेशपुर र बञ्जरियास्थित कार्यालय पर्दछन् । यो केन्द्रअन्तर्गत कूल ४४ हजार ग्राहक छन् । ,रासस,  , नवलपरासीमा वर्षा र डुबानका कारण विद्युत् आपूर्ति बन्द : सवस्टेसन सञ्चालनका लागि केही दिन लाग्ने
सेतोपाटी नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले यस वर्ष गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औंसी मेला स्थगित गरिएको छ।, गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको आजको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले  जानकारी दिए।, कोरोना सङ्क्रमण बढिरहेका बेला लाखौं भक्तजनको उपस्थितिमा हुने मेला गर्दा स्वास्थ्य समस्या आउने भएकाले मेला स्थगित गर्न बाध्य हुनुपरेको उनले बताए।,  , प्रत्येक वर्ष भाद्रकृष्ण औंसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा जलदान, सिदादान र पिण्डदान गर्न लाखौं भक्तजन आउने गर्छन्।, भाद्रकृष्ण औंसीका दिन यहाँ आएर जलदान, सिदादान र पिण्डदान गरेमा २१ कुलसम्मका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ।, गत वर्ष पनि कोरोना महामारीका कारण मेला स्थगित गरिएको थियो। यसवर्ष भदौ २२ गते कुशे औंसी मेला परेको छ।, रासस, , गोकर्णको कुशे औंसी मेला स्थगित
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप १ हजार ८५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार १७६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ४०९ जनाको पिसिआर र ३ हजार ७६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार २२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ७ लाख १० हजार पुगको छ।, यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ।, हाल सक्रिय संक्रमित ३६ हजार ८६६ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.७ प्रतिशत रहेको छ।, यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५४९ जनालाई संक्रमण देखिएको छ।, काठमाडौंमा ३७०, भक्तपुरमा ६७ र ललितपुरमा ११२ जना संक्रमित थपिएका हुन्।,  , २ हजार २२२ जना कोरोनामुक्त, निको हुनेको संख्या ७ लाख नाघ्यो
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ५४९ जनालाई कोरोना संक्रमण देखिएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७०, भक्तपुरमा ६७ र ललितपुरमा ११२ जना संक्रमित थपिएका हुन्।, यस्तै, काठमाडौंमा हाल ९२७८ संक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५५८३, भक्तपुरमा १४४० र ललितपुरमा २२५५ सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घण्टामा थप १ हजार ८५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, १३ हजार १७६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ४०९ जनाको पिसिआर र ३ हजार ७६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार २२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ७ लाख १० हजार पुगको छ।, यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ।, हाल सक्रिय संक्रमित ३६ हजार ८६६ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.७ प्रतिशत रहेको छ।, काठमाडौं उपत्यकामा ५४९ जनालाई संक्रमण
सेतोपाटी संवाददाता राष्ट्रिय गौरवका ६ वटा आयोजनासहित देशभर सञ्चालित १ हजार बढी सिँचाइ आयोजना कर्मचारी अभावले प्रभावित भएको छ।, जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत रहेका २४ सय कर्मचारीमध्ये १८ सयभन्दा बढी कर्मचारी प्रदेश तथा स्थानीय तहमा समायोजन भएकोले आयोजनाको काम प्रभावित भएको हो।, जल उत्पन्न प्रकोप व्यवस्थापनसम्बन्धी काम सिँचाइ मन्त्रालय अन्तर्गत जल उत्पन्न प्रकोप व्यवस्थापन विभागबाट हुने गरेकोमा संघीय व्यवस्था लागु भएपछि उक्त विभाग खारेज गरी जल उत्पन्न प्रकोप व्यवस्थापनसम्बन्धी काम पनि सिँचाइ विभागले गर्दै आएको छ।, जसअनुसार बस्ती संरक्षण तथा पहिरो नियन्त्रणका विभिन्न आयोजनाका साथै नदीमा तटबन्ध निर्माण र आपतकालीन तथा बाढीपहिरो पुनर्निर्माण विशेष कार्यक्रम पनि सञ्चालन गरिएको छ। सीमित जनशक्तिको भरमा यस्ता आयोजना पूरा हुन नसक्ने विभागका कर्मचारीहरूको भनाइ छ।, कर्मचारी अभावका कारण परेको समस्यालाई समाधान गर्न विभागले संगठन तथा व्यवस्थापन सर्वे गरी आवश्यक कार्यालय र जनशक्तिको विवरण तयार गर्दैछ।, अनुभवी र दक्ष कर्मचारीहरूलाई पुन:विभाग अन्तर्गत फिर्ता गराउनुपर्ने अवस्था देखिएको भए पनि स्थानीय तह र प्रदेशमा पठाइएका कर्मचारीलाई संघमा फिर्ता गराउँदा अहिले संघमा भएका कर्मचारीको वृत्तिविकासमा असर गर्ने भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने विभागका कर्मचारीहरूको भनाइ छ।, स्थानीय तह  र प्रदेशमा पठाइएका कर्मचारी सोही पदमा विभागमा ल्याउँदा आफूहरूको वृत्तिविकास रोकिने भन्दै उनीहरूले विभागमा भएका कर्मचारीको व्यवस्थापन गर्नुपर्ने अथवा विभागमा आउने कर्मचारीको बढुवा हुनुपर्ने माग गरेका छन्।, ‘सिंचित कृषि क्षेत्रको अभिवृद्धि, संघीय नेपालको समृद्धि’ भन्ने नारा अघि सार्दै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले उत्पादकत्व वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर हुन सिँचाइ विकासका कार्यक्रम सञ्चालन गर्ने नीति लिएको भए पनि कर्मचारी अभावले कयौं आयोजना अलपत्र पर्ने खतरामा छन्।, राप्ती नदीमा व्यारेज निर्माण गरी ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले सिक्टा सिँचाइ आयोजना, कैलाली जिल्लाको ३८ हजार हेक्टरमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउन रानी जमरा कुलरिया सिँचाइ आयोजना, बर्दिया जिल्लाको ३६ हेक्टरमा सिँचाइ सुविधा पुर्याइ कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले बबई सिँचाइ आयोजना तथा बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ पुर्याउन भेरी बबई डाइभर्सन आयोजना निर्माणको चरणमा छन्।, यसका साथै करिब ४ सय ५० वटा मझौला सिँचाइ कार्यक्रम, नयाँ प्रविधिमा आधारित ४ सय बढी सिँचाइ आयोजनाहरू, समृद्ध तराई-मधेश सिँचाइ विशेष कार्यक्रम र सिँचाइसम्बन्धी विशेष कार्यक्रम पनि सञ्चालनमा छन्।, साथै, स्यालो तथा डिप ट्युववेल सिँचाइ आयोजना, भूमिगत जल सिँचाइको कार्यक्रम, जल उपभोक्ता समितिअन्तर्गत ५ हजार बढी आयोजना छन्।, सिँचाइसँग सम्बन्धित अन्य कयौं बहुउद्देश्यीय आयोजना पनि सञ्चालनमा छन् तर ती आयोजना सीमित कर्मचारीको भरमा सञ्चालन गर्नुपर्दा अपेक्षाकृत प्रगति हुन सकेको छैन।, नेपालको कुल सिंचित क्षेत्रमध्ये करिब एक तिहाइ भू–भागमा मात्र वर्षैभरि सिँचाइ सुविधा पुगेको छ। कृषियोग्य क्षेत्रफल साढे २६ लाख हेक्टर रहेकोमा कुल सिँचाइयोग्य जमिन करिब साढे  १७ लाख हेक्टरमात्र छ।, हालसम्म कुल १५ लाख हेक्टर जमिनमा सिँचाइ संरचना निर्माण भई सिँचाइ सुविधा पुगेको छ।, कर्मचारी अभावले देशभरका सिँचाइ आयोजना प्रभावित
सेतोपाटी अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले आज त्यहाँबाट आठ जनालाई उद्धार गरिएको बताएको छ।, काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका ३४ जनालाई आजै थप सुरक्षित एवं व्यवस्थित स्थानमा स्थानान्तरण गरिएको तथा उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।, काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ।, अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रूम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ। ,रासस, अफगानिस्तानबाट आज थप आठ जनाको उद्धार
सेतोपाटी डेढ महिनादेखि काठमाडौं उपत्यकाबाट फोहर उठ्न नसक्दा घरघरबाट बागमती नदीमा फोहरको थुप्रो फाल्न थालेको भेटिएको छ।,  , बागमती सफाइ महाअभियानको ४३३ औं हप्तामा काठमाडौं महानगरपालिका–११ स्थित थापाथलीको शिवमन्दिर क्षेत्रमा सफाइका क्रममा यस्तो भेटिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य एवं अभियानकर्मी डा माला खरेलले जानकारी दिइन्।,  , करिब १५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट जम्मा भएको फोहर नदी किनारमै थुपार्नुपरेको अभियानकर्मीले जनाएका छन्।, डेढ महिनाअघिदेखि नै राजधानीको फोहर नउठ्दा सफाइ गरेर फोहर नदी किनारमै थुपार्न बाध्य हुनुपरेको हो।, आजको सफाइमा पनि खोलबाट फोहर टिपेर किनारमा राखिएको हो। पानीले फेरि फोहर नदीमै लैजाने चिन्ता रहेको अभियानकर्मी खरेलले बताए।,  , सफाइमा अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, ११ नं वडा अध्यक्ष हीरालाल तण्डुकार, ९ नं वडा सदस्य टेकराज अधिकारीलगायत अभियानकर्मीको सफाइमा सहभागिता थियो।, थापाथली क्षेत्रको सफाइका क्रममा प्रसूती गृह पछाडिको सुकुम्बासी बस्तीको पनि अनुगमन गरिएको छ। सुकुम्बासी बस्तीका कारण पनि यस क्षेत्रको नदी फोहर बन्नेक्रम बढेको छ। ,  , विसं २०७० जेठ ५ गतेदेखि सुरू भएको महाअभियान चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायत प्रतिकूल अवस्थामा जारी छ।, बागमतीसँगै गुह्येश्वरीमाथिको बागमती खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो खण्ड, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ। ,रासस, फोहर नउठेपछि घर-घरबाट बागमतीमा फालिँदै डंगुर!
सेतोपाटी संवाददाता नवलपरासी पूर्वबाट प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ।, मध्यविन्दु नगरपालिका-१३ स्थित मैनाघाटमा जुवा खेलिरहेकाहरूलाई नगदसहित प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।, पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका-१३ का डोलबहादुर सारु, बलबहादुर सारु, वीरेन्द्र थापा, सूर्यप्रसाद खनाल, टुलबहादुर सारु, यम सोमै र लमजुङ बेसीसहर नगरपालिका-११ का सुवासबाबु पाण्डे छन्।, उनीहरूलाई शनिबार पौने चार बजे नगद ५९ हजार ८९० सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक मधुसुदन सिंहले बताए।, उनीहलाई हिरासतमा लिएर प्रहरीले जुवा ऐन अन्तर्गत कारबाही सुरू गरेको छ।, नवलपरासी मध्यविन्दुबाट सात जुवाडे पक्राउ
सेतोपाटी पहिरामा परी बिहीबार रातिदेखि बेपत्ता तीन शव फेला परेको छ।, नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका–४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा पहिरामा परी बेपत्ता तीनै जनाको शव शनिबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताए।, शुक्रबार दिनभरि सुरक्षाकर्मीसहित स्थानीयबासीले खोजी गर्दा समेत पहिरामा परेका फेला नपरेपछि आज ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो। पहिरामा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए।, हुप्सेकोट–४ माथिल्लो चारघरेका हस्तबहादुर पुलामीकी ४० वर्षीया श्रीमती धनमाया पुलामी, सात वर्षीया नातिनी भूमिसरा पुलामी र छ वर्षीया देउमाया पुलामी राति सुतिरहेको समयमा एक्कासि आएको पहिरामा परी बेपत्ता भएका थिए। हस्तबहादुर पुलामीको भने घाइते अवस्थामा उद्धार गरिएको थियो। ,रासस, पहिरोमा बेपत्ता तीनै जनाको शव फेला
सेतोपाटी संवाददाता रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ घोडाहस्थित पूर्व-पश्चिम राजमार्गको पुल भासिएको छ।, अविरल वर्षापछि उक्त पुल भासिएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता सत्यनारायण थापाले पुल भासिएकोले सवारी आवागमन बन्द भएको जानकारी दिए।, पुल भासिएपछि भैरहवा-परासी हुँदै सवारी साधन आवागमन गराइएको छ।, बिहीबार साँझदेखि परेको पानीले पूर्व-पश्चिम राजमार्गस्थित बर्दघाट सडकखण्ड पनि अवरूद्ध छ।, रूपन्देहीको देवदहमा भासियो पुल, पूर्व-पश्चिम राजमार्ग अवरूद्ध (तस्बिरहरू)
सेतोपाटी संवाददाता केही दिनयता देशैभरि पानी परिरहेको छ। भदौको दोस्रो साता निरन्तर परेको झरीले तराईका विभिन्न भागमा डुबान भएको छ भने पहाडमा ठाउँ-ठाउँमा पहिरो खसेको छ।, काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ। बागमती, प्रदेश-२, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लामा पानी परेको छ भने प्रदेश-१, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ।, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले केही दिनयता पानी परिरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्।, मानन्धरका अनुसार सोमबार साँझसम्म पानी क्रम जारी रहनेछ। , ‘मंगलबार बिहान केहीबेर आकाश खुल्नेजस्तो देखिए पनि फेरि साँझबाट पानी पर्ने देखिन्छ,’ मानन्धरले भनिन्।, आगामी तीन दिनको मौसम पूर्वानुमान, २०७८ भाद्र १३ गते (आइतबार), दिउँसो: देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी सम्भावना रहेको छ।, राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, कर्णाली  र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, २०७८ भाद्र १४ गते ( सोमबार), दिउँसो: देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी सम्भावना रहेको छ।, राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, २०७८ भाद्र १५ गते ( मंगलबार), दिउँसो: देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका  प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, राती: देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, कहिलेसम्म पर्छ भदौरे झरी?
सेतोपाटी संवाददाता अविरल वर्षाले रूपन्देहीका अधिकांश स्थानहरू डुवानमा परेका छन्।, तिलोत्तमा नगरपालिकाको मणिग्राम, भलवारी, शान्तिनगर लगायतका स्थानमा घरभित्रै पानी पसेको स्थानीयले बताएका छन्।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले रुपन्देहीका ओमसतिया, छपिया, रुद्रपुर, धकधही, मर्चवारी, कोटहिमाई, सिद्धार्थनगर, तिलोत्तमा लगायत अधिकांंश स्थान डुवानमा परेको बताए।, वर्षापछि आएको पहिरोले पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, गोरुसिंगे सन्धिखर्क सडक पनि अवरुद्ध भएको छ।, पूर्व-पश्चिम राजमार्गको बुटवल बर्दघाट खण्डको घोडाहा पुल भासिनुको साथै निर्माणाधिन सडकमा रहेका ३ वटा डाईभर्सन बाढीले बगाएको छ।, सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक पनि पहिरो खसेर अवरुद्ध छ। उक्त सडकखण्डको गिट्टीखोला र राम्दीपुल नजिकै पहिरो खसेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।, लुम्बिनी प्रदेश: अविरल वर्षापछि कतै डुबान, कतै पहिरो
सेतोपाटी संवाददाता पहिरो खसेपछि चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ।, सेती दोभानमा गए राति पहिरो खसेको थियो।, पहिरो पन्छाउने काम आज बिहान १० बजेसम्म सकिने अनुमान गरिएको छ। डिभिजन सडक कार्यालय भरतपुरका ईञ्जिनियर शिव खनालले आज बिहानैदेखि पहिरो हटाउन सुरू गरिएको बताए।, बिहीबारदेखि परेको पानीले गर्दा सडकमा पहिरो खसेको हो। पहिरो खसेपछि सवारी आवागमन बन्द छ। गन्तब्यका लागि छुटेका सवारी साधन सडकमै रोकिएका छन्।, पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नारायण खड्का बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२१ र २२ पुरैनीमा रहेको ‘कान्ति ताल’ संकटमा पर्दै गएको थियो। वस्तु चौपाया र मानिसहरूको खुला प्रवेश, फोहोर आदिका कारण यसको अस्तित्व संकटमा थियो।, हाल नेपालगञ्ज उपमहानगरपालिकाले यसको संरक्षण थालेको छ। तालको संरक्षण र पुनर्निर्माण गरी चिटिक्क पार्न उपमहानगर लागेपछि स्थानीय पनि दंग छन्।, २५ बिगाहा क्षेत्रफलमा फैलिएको उक्त प्राकृतिक तालको वरिपरि उपमहानगरले  इँट्टाको वाल र  त्यसमा रेलिङ लगाएको छ। वरिपरि सात मिटर कालोपत्रे सडक, डेढ मिटर फुटपाथ र दुई मिटर पार्किङ एरिया बनाइएको छ।, तालको चार ठाउँमा व्यवस्थित सिँढी निर्माण गरिएको छ।, तालको चारैतर्फ चार सय वटा रूखका बोटहरू रोप्न थालिएको छ। यी रूख रोप्न भने राष्ट्रपति चुरे तराई-मधेश संरक्षण विकास समिति लम्की इकाईले सहयोग गरेको हो।, झन्डै तीस लाखको लागतमा तालमा चार वटा आर सिसी भर्‍याङ, चार सय बिरूवा रोप्नका लागि समितिले बजेट दिएको थियो।, अब त्यहाँ डुंगा सेयरको व्यवस्था गरिने भएको छ।, उपमहानगरपालिकाका इञ्जिनियर सुरज शर्माका अनुसार वरिपरि विभिन्न स्थानमा चार वटा जति प्रतीक्षालय निर्माण गरिने, फुटपाथमा सबै टायल बिच्छ्याउने, वरिपरि रेलिङमा पेन्टिङको काम हुनेछ। अझै केही भागमा सडकको काम भइरहेको उनले सेतोपाटीलाई बताए।, ताल सबैका लागि र सधैंका लागि खुला राखिने इञ्जिनियर शर्माले बताए।, ‘हुनेले जीप, कार लगाएका साना गाडीबाटै २५ बिगाहा क्षेत्रफल तालको फन्को लगाउन पाउने छन्,’ उनले भने, ‘कोही हिँड्न चाह्यो र शारीरिक व्यायाम गर्न चाह्यो भने हिँडेरै तालको परिक्रमा गर्न सक्नेछन्।’, यो तालको निर्माण सम्पन्न भैसकेपछि युवायुवती, जेष्ठ नागरिक तथा बालबालिका सबैका लागि आकर्षणको केन्द्र बन्ने देखिन्छ।, साइक्लिनिङ गर्नेका लागि समेत यो ठाउँ आकर्षक गन्तव्य बन्ने सम्भावना छ। , ‘आसपासमा एउटा राम्रो खालको बस्ती बसोस् र पर्यटकीय गन्तव्य पनि बनोस् भन्ने उद्धेश्यका साथ संरचना निर्माण गरिएको छ,’ इञ्जिनियर शर्माले भने। , ताल खनेर केही गहिरो बनाउने योजना रहेको तर वर्षा सुरू भएकाले माछापालनका लागि टेन्डर आह्वान भएको हुँदा यो पटक त्यो सम्भव नभएको इञ्जिनियर शर्माले बताए।, भविश्यमा कुनै दिन ताल गहिरो बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।, यसअघि यो तालमा माछापालन हुँदै आएको थियो।, यसपटक फेरि भ्याटबाहेक २२ लाख ५१ हजारमा माछा पाल्नका लागि टेन्डर आह्वान भइसकेको नेपालगञ्ज २२ का वडाध्यक्ष विद्याराम बर्माले जानकारी दिए।, बर्माका अनुसार यो ताल निर्माणको काम नेपालगञ्ज नगरपालिकाले २०७१/०७२ सालदेखि नै सुरू भएको हो। तालको वरिपरि पर्खाल निर्माण गर्न झन्डै ३ करोड ९० लाखको टेन्डर आह्वान गरिएको थियो।, त्यसपछि वरिपरिको बाटो कालोपत्रे गर्न, विद्युत पोल, ब्लक, रेलिङ जस्ता संरचना निर्माण गर्न ९ करोड बढीको टेन्डर आह्वान नेपालगञ्ज उपमहानगरपालिकाबाट भएको वडाध्यक्ष बर्माले बताए।, ‘नगरपालिकाले यो ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्धेश्यका साथ जनप्रतिनिधि आउनुभन्दा पहिलेदेखि नै गुरू योजना बनाएर काम गरिरहेको छ,’ बर्माले भने,‘नेपालगञ्जबासीलाई व्यस्त दैनिकीबाट साँझ बिहान तालमा घुम्न आउँदा आनन्दित तुल्याउने गराउनु छ।’, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले झन्डै दस करोड बढी खर्चेर ताललाई आकर्षक गन्तव्यस्थल बनाउन खोजिएको बताए।, तालमा बोटहरू सञ्चालन गरिने त्यसले सर्वसाधारणलाई मनोरञ्जन दिने उनको भनाइ छ।, ‘नेपालगञ्जजस्तो पश्चिम नेपालकै प्रमुख व्यापारिक सहरमा नजिकै यत्तिकै ठूलो ताल पाउनु सौभाग्यको कुरा हो,’ राणाले भने,‘व्यस्त दैनिकी भएका सर्वसाधारण फुर्सदको समयमा तालमा गएर रमाउन सकून् भन्ने सोचका साथ ताललाई आकर्षक बनाउन खोजिएको हो।’, मेयर राणाले ताल झन्डै ५०/६० वर्षदेखि अस्तित्वमा रहेको बताए।, राणाले कान्ति ताल विगतमा आसपासका जमिनमा सिँचाइका लागि प्रयोग गर्ने गरिएको जानकारी दिए।, स्थानीय जेष्ठ नागरिकहरूले तालमा परापूर्वककालदेखि सिक्टाको पानी आउने हुँदा ठ्याक्कै यो ताल कहिले बनेको भन्नेबारे स्पष्ट जवाफ कसैसँग नरहेको तर्क गरे।, ताल नजिकै घुम्ती पसल सञ्चालन गरेर बस्ने ७० वर्षीय नबि शेखले आफूले पहिलेदेखि ताल यस्तै देख्दै आएको बताए।, स्थानीय २६ वर्षीया रबिना शेखले आफू जन्मेदेखि नै ताल देख्दै आएको भए पनि पछिल्लो समय तालमा झार जंगल जागेर कुरूप बन्दै गएको समयमा अहिले ताललाई चिटिक्कै पार्न लागेको देखेर खुसी लागेको बताइन्।, वस्तु चौपायादेखि सबैको खुला प्रवेश हुँदा ताल थप फोहोर बन्दै जाँदा स्थानीयहरू चिन्तित रहे पनि नगरपालिका ताल संरक्षणमा जुट्नु सुखद् पक्ष भएको उनले बताइन्।, ‘आज तलाउले गर्दा हाम्रो ठाउँ पनि चिनिने थालेको छ,’ उनले भनिन्,‘यो ताल हेर्न टाढा-टाढाका मानिसहरू यहाँ आउन थालेका छन् र यहाँ चहलपहल बढ्दै जान थालेको छ।’, तालमा पार्क बन्छ र डुंगा चल्नेछन् भन्ने सुनेर स्थानीय खुसी छन्।, ‘यति ठूलो कान्ति ताल हालसम्म ओझेलमा पर्दै आएको थियो,’ स्थानीय राहुल यादवले भने, ‘तालको वरिपरि आकर्षक संरचना बनाएपछि बल्ल ताल हेर्न लायक भएको छ।’, उपमहानगरले ताल माछा पालनका लागि ठेक्कामा लगाएको भने उनलाई चित्त बुझेको छैन। ताललाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने हो भने माछा पाल्नका लागि ठेक्कामा लगाउन नहुने धारणा राखे।, ‘बरू तालभित्र प्रवेशका लागि थोरै भए पनि शुल्क तोकौं र भित्र डुंगा गर्नेहरूका लागि पनि केही शुल्क तोकौं,’ यादवले प्रश्न गरे ‘अब पनि माछा पाल्नका लागि ठेक्का लगाउने हो भने त यति चिटिक्क पारिएको तालको के गरिमा जोगिएला र?’, तालको संरक्षण गर्न तथा पूर्वाधार विकासमा स्थानीय सरकारले लगानी गरेर त्यस क्षेत्रको पहिचान फैलाउन, पर्यटकीय क्षेत्रको विकास गर्न भविष्यमा ठूलो टेवा पुग्ने उनले आशा व्यक्त गरे। ,  , चिटिक्क बन्दै नेपालगञ्जको 'कान्ति ताल' (भिडिओ)
सेतोपाटी संवाददाता महोत्तरीमा रातु नदीको बाँध भत्किएपछि सयौँ घर डुबानमा परेको छ।, बलबा नगरपालिका वडा नम्बर ४ स्थित तिलगढमा बाँध भत्किँदा वस्ती नै डुबानमा परेको प्रहरीले जनाएको छ।, बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४ सय मिटर जति तटबन्ध भत्काएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए।, उनकाअनुसार बाढी बस्तीमा पुग्दा झण्डै ९ सय घर डुबानमा परेको छ। घर आँगन डुबेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम सुरु भएको उनले बताए।, जनप्रतिनिधि सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर स्थानीयको उद्धारमा जुटेको उनले बताए। दुई दिनदेखि लगातार पानी पर्दा बाँध भत्केको हो।, महोत्तरीमा रातु नदीको बाँध भत्कियो, झन्डै नौ सय घर डुबानमा
युवराज श्रेष्ठ पोखरा महेन्द्र पुलकी माया गुरूङ शनिबार ९३ वर्षीय बुवा भेट्न गौंडामुख गएकी थिइन्।, साँझ ६ बजे गौंडामुख गएकी मायालाई छोरी युकीले राति साढे ८ बजेतिर आत्तिदै फोन गरिन् र घर अघिको सडक भासिएको बताइन्। पानी बेस्मारी परेको थियो। माया राति नै महेन्द्र पुल फर्किन सकिनन्।, महेन्द्र पुलमा राति साढे ८ बजेतिर अचानक सडक भासिएको थियो। पार्किङ गरिराखेको गाडी अघिको सडक भासिने क्रम बिस्तारै बढ्न थाल्यो। राति नै प्रहरी टोलीले सडक थप भासिन नदिन वर्षाको भेल तर्काए। भासिने क्रम रोकिएन। मायाको घर अगाडि फुटपाथसम्मै खाल्डो पर्‍यो।, सडकमा परेको खाल्डो घरतर्फ बढेकाले वरिपरि बासिन्दा रातभरि निदाउन पाएनन्। सडक भासिएका कारण तत्काल ५ घर जोखिममा देखिए। मायाकी छोरी युकी रातभरि सुत्न पाइनन्। भासिने क्रम घरतर्फ बढेर घर नै गड्ने हो कि चिन्तामा उनले रात बिताइन्।, भासिएको ठाउँमा पानी झर्न छाडेपछि भासिन पनि कम भएको स्थानीय बताउँछन्।, मायाले महेन्द्र पुलमा उक्त घर बनाएको १८ वर्ष भयो। यसअघि कहिल्यै यस्तो जोखिम व्यहोर्न नपरेको उनले सुनाइन्।, ‘१८ वर्षअघि टहरा थियो, त्यसपछि हामीले घर बनाएका हौं,’ उनले सेतोपाटीसँग भनिन्, ‘अहिलेसम्म यस्तो भएको थिएन।’,  , उनको घरअघि सडकमा केही समयअघि मात्रै पोखरा खानेपानी आयोजनाले पाइपलाइन बिछ्याउन खाल्डो खनेको थियो।, खानेपानी आयोजनाले पाइप बिच्छ्याएर पुर्‍यो तर समयमै कालोपत्रे गरेन। खाल्डो राम्रोसँग नपुरेका कारण भासिएको हुन सक्ने मायाको आशंका छ।, पोखराको जमिन यसरी अचानक आफैं गडेर खाल्डो बन्ने क्रम बढ्दै गएको छ। पोखराका समथर जमिन आफैं भित्र गडेर गएको ठाउँमा खाल्डा परिरहेको छ।, महेन्द्र पुलमा जस्तै चिप्लेढुङ्गामा गत असार २० गते सडक भासिएको थियो। कालोपत्रे सडक अचानक भासिएर खाल्डो परेको थियो। साँझपख सडकमा परेको खाल्डोले दुर्घटना हुन नदिन तत्काल महानगरले डोजर लगाएर खाल्डो पुरेको थियो।, यस्तै खाल्डो केही महिनाअघि पोखरा महानगर-४ वडा कार्यालय अगाडि पनि परेको थियो।, रोकिराखेको ट्रकका पांग्रा भासिएको ठाउँमा गडेको वडा अध्यक्ष शंकर बास्तोलाले बताए। उनका अनुसार यसरी सडक भासिने क्रम बढिरहेको भन्दै वडाबासीको गुनासो ज्यादा आउन थालेको छ।, पोखरामा अहिले खानेपानी आयोजना विस्तार गर्न  जाइकाले काम गरिरहेको छ। नयाँ पाइपलाइन बिछ्याउन धमाधम सडक फोरिएका छन्, तर समयमै कालोपत्रेको काम गरेका छैनन्।, जसले गर्दा सडक भासिने क्रम बढेको वडा अध्यक्ष बास्तोलाले बताए।, खाल्डो राम्रोसँग नपुर्दा किन भासिन्छ त पोखराको जमिन्? हामी यो प्रश्न लिएर भूगर्भविद् प्राध्यापक खगेन्द्र पौडेलकहाँ पुग्यौं।, पोखराको जमिन भासिनुको कारण बुझ्न १२ हजार वर्षअघि पोखरा उपत्यकाको भुगोल निर्माणको चरण बुझ्नु पर्ने उनले बताए।, उनका अनुसार अहिलेको पोखरा उपत्यका बन्न तीन वटा भूकम्प र पहिराको हात छ।, १२ हजार वर्षअघि आएको भूकम्पपछि अन्नपूर्ण हिमश्रृङ्खलाबाट आएको हिमपहिरोले पुरिएर पोखरा उपत्यका बनेको थियो।, त्यसको चार हजार वर्षपछि फेरि अर्को भूकम्प र पहिरो आयो। अनि आजभन्दा ८ सय वर्षअघि आएको अर्को भूकम्प र पहिरोले अहिलेको पोखरा बनेको हो।, ३ चरणमा आएको भूकम्पपश्चात हिमपहिरोले पुरिएर बनेको पोखरा उपत्यकाको जमिनमा पनि चुनयुक्त माटो मिसिएको भूगर्वविद पौडेल बताउँछन्।, भूगर्भविद्हरू पोखरा उपत्यकाको निर्माणलाई २ वटा फर्मेसनमा व्याख्या गर्छन्।, एउटा घाचोक फर्मेसन र अर्को पोखरा फर्मेसन।, १२ हजार वर्षअघि आएको हिमपहिरोले पुरिएर बनेको जमिनलाई घाचोक फर्मेसन भनेर बुझिन्छ।, उक्त फर्मेसनभित्र पोखराको सेती नदीदेखि लेखनाथतर्फको भू-भाग बुझिने पौडेलले बताए।, पोखरा फर्मेसनभन्दा घाचोक फर्मेसन पुरानो भएकाले जमिन खँदिलो भएको पौडेलले बताए। माछापुच्छ्रे गाउँपालिकाको भेडाबारीदेखि पोखरा बजार हुँदै तनहुँको भिमादसम्मको उपत्यका अन्नपूर्ण हिमश्रृङ्खलाबाट आएको हिमपहिरोले पुरिएर बनेको उनले बताए।, अहिले पोखरामा भासिरहेको ठाउँ पोखरा फर्मेसनअन्तर्गत पर्दछ। करिब ८ सय वर्षअघिको हिमपहिरोले पुरिएर बनेको पोखरा फर्मेसनको जमिन राम्रोसँग जमेको छैन भने चुनयुक्त माटो जमिनमूनि रहेकाले पानी छिर्नासाथ पग्लेर भासिने क्रम बढेको पौडेलले बताए।, आकाशबाट परेको पानी वा खोलाको पानीमा अम्लीय पदार्थ बढी हुनु र त्यो पानी जमिनभित्र छिर्दा सतहमा भ्वाङ पर्ने गरेको अर्का जियोटेक इन्जिनियर नारायण गुरूङले बताए।, उनका अनुसार चुनयुक्त माटोमा अम्लीय पानी मिसिँदा छिटो पग्लने र चुन बगेर जाँदा सतहमा भ्वाङ पर्छ।, ‘जमिनभित्रको चुन पग्लँदा खोक्रो हुन्छ, माथि जमिनको सतहको भार थाम्न नसकेपछि भासिने हो,’ गुरूङले भने, ‘त्यही भएर पानी पर्नासाथ पोखरामा भ्वाङ पर्छ।’, घाचोक फर्मेसनमा बनेको पोखराका सतहभित्र पनि चुन रहेको भन्दै गुरूङले लामो समय भएकाले खदिलो भएको बताए।, पोखरा फर्मेसन भने नयाँ भएकाले भासिने क्रम बढेको उनको भनाइ छ।, पोखराको गुप्तेश्वर गुफा, महेन्द्र गुफालगायत गुफाहरूमा अहिले पनि चुनयुक्त पानी चुहिएको देख्न सकिने भन्दै गुरूङले घाचोक फर्मेसनमा बनेकाले यी गुफाक्षेत्र बलियो भएको बताए।, ‘गुफाहरू हेर्दा अहिले पनि त्यहाँभित्र चुन पग्लिरहेको देख्न सकिन्छ, ठूलो भूकम्प आयो वा अरू प्राकृतिक कारणले छिटै भासिन पनि सक्छ,’ उनले भने, ‘प्राकृतिक कारणले अहिलेकै स्वरूपमा चुन पग्लिँदै जाँदा सयौं वर्ष लाग्ला, तर यी गुफाहरू भएका ठाउँ पनि भासिन्छ।’, पोखरा फर्मेसन भासिने क्रममा अरू गुफासमेत निर्माण हुन सक्ने इन्जिनियर गुरूङले बताए।, यसबाट जोगिन पोखराका जमिनभित्र पानी छिर्न दिन नहुने उनको तर्क छ।, ‘जमिनभित्र सकेसम्म पानी छिर्न दिनु हुँदैन, आकाशे पानी वा अरू खोलाका पानी ढल बनाएर व्यवस्थित गर्नुपर्छ,’ उनले भने, ‘नत्र जमिन भासिने क्रम अझै बढ्न सक्छ।’, पोखराको महेन्द्र पुलमा शनिबार सडक भासिएर बनेको खाल्डामा पसेको भल। तस्बिर सौजन्य: सञ्जय मल्ल।, पोखराका जमिनमा घर बनाउँदा पनि ख्याल गर्नुपर्ने गुरूङको सुझाव छ। घर बनाउने जमिनमुनिको अवस्था परीक्षण गर्नुपर्ने भन्दै उनले ४० फिटसम्म खनेर परीक्षण गर्नुपर्ने बताए। यसरी परीक्षण गर्दा जमिनभित्र चुनको अवस्था कस्तो छ, खोक्रो छ कि छैन थाहा पाउन सकिने भएकाले सुरक्षित घर वा अन्य संरचना बनाउन परीक्षण अनिवार्य हुनुपर्ने उनको भनाइ छ।, पोखराको ढल प्रणालीले वर्षाको पानी थेग्न सक्दैन। नेपालमै सबैभन्दा धेरै पानी पर्ने शहर पोखराका ढल व्यवस्थापन पनि अन्य शहरको जस्तै सानो भएकाले सडकबाटै बर्षाको पानी बग्ने गर्छ।, यस्तै, ४० वर्ष पुरानो खानेपानी आयोजनाको पाइपलाइन पनि ठाउँ-ठाउँमा फुटेर पानी चुहिएको पोखरा-४ का वडा अध्यक्ष शंकर बास्तोलाले बताए।, खानेपानी संस्थानलाई पटक-पटक पुराना पाइपलाइन फेर्न र नयाँ पाइपलाइन बनाउन खनिएका खाडल चाँडै पुरेर सडक कालोपत्र गर्न आग्रह गरे पनि नमानेको वडाअध्यक्ष बास्तोलाको भनाइ छ।, केही समयअघि पोखरा महानगरपालिकाले ढल व्यवस्थापन गर्न गुरूयोजना बनाउने बताएको थियो। दातृ निकायको सहयोगमा ढल व्यवस्थापन गुरूयोजना बनाएर लागु गर्ने भनिए पनि अहिलेसम्म काम सुरू नभएको वडाअध्यक्ष बास्तोलाले बताए।, पोखरा महानगरले गठन गरेको शहरी योजना आयोगका उपाध्यक्ष रामचन्द्र लामिछानेले पनि ढल व्यवस्थापन गर्न नसक्दा बर्षाको पानी सडकमै बग्ने गरेको बताए।, पोखरामा पर्ने आकाशे पानी तर्काउन अहिलेको ढल व्यवस्थापनले नसक्ने उनको निष्कर्ष छ।, सडक भासिएपछि खाडल पुर्न र भल तर्काउन जम्मा गरिएको ढुङ्गा, माटो।, पोखरालाई भासिनबाट जोगाउन पनि आकाशे पानी, खोला, खोल्सा, नहर र कुलोका पानी समेत उचित व्यवस्थापन हुनुपर्ने उनको भनाइ छ। , यसका लागि शहरी योजना आयोगले त्रिवर्षीय योजना बनाउन लागेको उपाध्यक्ष लामिछानेले बताए।, ‘हामीले त्रिवर्षीय योजनामा पोखरा महानगरभित्र भौगर्भिक अध्ययन गर्ने भनेका छौं,’ उनले भने, ‘उक्त अध्ययनपश्चात अन्य संरचनाहरू योजनावद्ध बनाउन सिफारिस गर्छौं।’, भौगर्भिक अध्ययनअनुसार कुन ठाउँमा कस्तो संरचना बनाउने भनेर निर्णय गर्न सजिलो हुने भन्दै भासिन सक्ने ठाउँमा ठूला संरचना बनाउन नदिन यस्तो अध्ययन आवश्यक पर्ने उनले बताए।, भौगर्भिक अध्ययनपश्चात उयुक्त ठाउँमा मात्र सर्वसाधारण नागरिकलाई पनि घरलगायत संरचना बनाउन सिफरिस गरिने उनको भनाइ छ।, पोखराका जमिन भासिन नदिन महानगर एक्लैले लागेर नहुने भन्दै उनले प्रदेश र संघ सरकारले पनि सहयोग गर्नुपर्ने बताए।, ‘हामीसँग भौगर्भिक अध्ययन गर्न विज्ञ छैनन्, प्रदेश र संघ सरकारले पनि सहयोग गर्नुपर्छ,’ उनले भने, ‘पोखरालाई भासिनबाट जोगाउनका लागि आवश्यक तयारी गर्न महानगर एक्लैले नसक्न सक्छ।’, तस्बिरहरू: युवराज श्रेष्ठ/सेतोपाटी।, बेला-बेला किन भासिन्छ पोखराको जमिन?
कमल खत्री म्याग्दीको रघुगंगा गाउँपालिका-८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहेका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गरे।, युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त छन्।, युवा अवस्थाको प्रवासी समय मलेसियाका ठूला सहरमा बिताएका छन्त्यालले आत्मनिर्भरताको बाटो पहिल्याउँदै कठिन र संघर्षयुक्त पेसा भए पनि आफ्नै जन्मथलोको सम्भावनालाई सम्हाल्न पुगेका हुन्। , ‘वर्षौं विदेशमा बसें, आम्दानी सन्तोषजनक नै थियो, तर घरपरिवार सबैबाट टाढा सधैंभरि भइरहन मन लागेन, विकसित मुलुकको जीवनशैलीमा घुलमिल भए पनि त्यसलाई त्यागेर जंगलको गोठको दैनिकीलाई रोजेको हुँ’, उनले भने।, भेडापालन फार्म नै दर्ता गरी व्यावसायिक भेडापालन सुरू गरेका छन्त्यालको फार्ममा अहिले २५० बढी भेडाबाख्रा छन्।, घरमा पुर्ख्यौली रूपमा हुँदै आएको निर्वाहमुखी भेडाबाख्रापालनमा करिब रु सात लाख बढी लगानी थपेर भेडाबाख्राको सङ्ख्या बढाएको छन्त्यालले बताए। , पाँच वर्षदेखि भेडापालन गर्दै आएका उनले वनजङ्गलमा घुम्ती गोठ राख्दै आएका छन्। भेडापालनबाट सन्तोषजनक आम्दानी हुने बताउने उनले उत्पादन भएका भेडाबाख्राका लागि बजारको अभाव नभएको अनुभव सुनाए।, उनका अनुसार, भेडा, खसी, साँढे, बोका खरिदका लागि ग्राहक गोठमा नै पुग्ने गरेका छन्।, प्रवासबाट गाउँ फर्किएपछि गोठालो दैनिकीमा पसेका छन्त्यालले आफ्नै ठाउँमा स्वरोजगार बन्न पाउँदा खुसीको महसुस हुने गरेको बताए।, ‘स्वदेशमा रहँदा यहाँका सम्भावनालाई ख्यालै गरिएन, बाउबाजेले सम्हालेका गोठबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने अठोट लिएर विदेशको फन्को मारेर गोठमा फर्किएको हुँ, विकसित मुलुकको जीवनशैलीबाट अनकन्टार जङ्गलका यात्रा पक्कै कठिन थिए, तर आजभोलि सामान्य लाग्छ’, उनले भने। , पात्लेखर्ककै दानबहादुर गर्वुजाले पनि प्रवासमा आर्जन गरेको कमाईलाई गाउँमै भेडापालनमा लगानी गरेका छन्।, रोजगारको सिलसिलामा आठ वर्षसम्म इराक बसेर फर्किएका गर्बुजाले रु १३ लाखको लगानीबाट भेडापालन व्यवसाय सुरू गरेका थिए।, भेडापालन थालेको पाँच वर्षमा उनको गोठमा भेडाको सङ्ख्या २५० नाघेको छ।, हरेक वर्ष आठदेखि १० लाखसम्मका भेडा गोठबाट बिक्री हुँदै आएका छन्।, एक सयको हाराहारीमा वार्षिकरूपमा भेडा गोठमा थपिन्छन्।, ‘स्वदेश फर्किएपछि आफ्नै ठाउँमा स्वरोजगार बन्न अभिप्रायले भेडापालन थालेको हुँ, अनकन्टार जङ्गल र हिमालका काखसम्म गोठ लैजाने गर्छौं, सोचेजस्तो सजिलो त छैन भेडीगोठ तर आफ्नै ठाउँमा आत्मनिर्भर बन्ने र रोजगारसमेत सिर्जना हुने पेसा अगाल्न पाएकामा सन्तुष्ट छु’, गर्बुजाले भने। , यहाँका भेडीगोठ छिसखर्क हुँदै चौरवन, च्यामली, रिखार हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म लैजाने गरिन्छ।, घुम्ती भेडीगोठमा बस्नेका लागि सञ्चारको पहुँचभन्दा टाढा, वनजङ्गल र भिरपहराको दैनिकी निकै कष्टकर र सङ्घर्षमय हुन्छ। खाद्यान्न सामग्री लिनका लागि गाउँ झर्नेबाहेक अन्य चाडपर्वदेखि सबै समय गोठमै व्यथित गर्नुपर्छ। गोठको दैनिकी सामान्य जीवनशैलीभन्दा भिन्न हुन्छ। , यस्तै भिन्न जीवनशैलीमा घुलमिल भएको छ, ४२ वर्षीय जगत पुनको दैनिकी पनि।, रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका पुनले पनि विदेशको हण्डर खाएपछि गोठाला जीवन सुरू गरेका हुन्।, मलेसिया र कतारको आठ वर्ष लामो वैदेशिक रोजगारबाट रित्तो हात घर फर्केका पुनले आफ्ना दाजुको सहयोगमा ३० वटा भेडा खरिद गरेर भेडापालन थालेका थिए।, ‘अरुको देशमा धेरै पसिना बगाए, भनेजस्तो कमाइ भएन, घर फर्कंदा मसँग केही थिएन, आफ्नो पाखाबारीमा पसिना बगाउने निधो गरी रित्तो हात नै आएको हुँ, अहिले मसँगै १७० वटा भेडा छन्, विदेशको हण्डरभन्दा यहाँ जङ्गल र भिर पहाडमा घुम्ती गोठको सङ्घर्षमा आनन्दित छु’, पुनले भने।, उनले अहिले भेडापालनबाटै परिवारको जीविकोपार्जन गर्छन्। , सात वर्षदेखि भेडापालन गर्दै आएका उनले भेडापालनबाट भएको आम्दानीलाई समेत भेडाबाख्राको सङ्ख्या बढाउन लगानी गर्दै आएका छन्।, उत्पादन भएका भेडाबाख्रा बिक्रीका लागि बजार खोज्दै जानुपर्ने झण्झट छैन उनलाई।, भेडा, बाख्रा खरिदका लागि उपभोक्ता गोठमै पुग्छन्। चाडपर्वको समय र थानमा भाकल चढाउने समयमा गोठमा रहेका भेडाबाख्रा, बोका र साँढको खरिदका लागि उपभोक्ता गोठमै उक्लने गरेको पुनको भनाइ छ। , ‘सहरको जस्तो सुखसयल त यहाँ छैन, तर आफ्नै ठाउँमा ढिडो र फाँडो खान किन नपरोस्, खुला आकासमुनि बस्न किन नपरोस्, विदेशमाभन्दा यही नै खुसी छु, पौरखका लागि पसिना बगाएको छु’, उनले भने।, पुनका बाजेको पुस्ताले पनि भेडापालन गरेका थिए। बुवाको पालामा छाडेको भेडापालनलाई पुनःसुरू गरेका पुनलाई उनका घरपरिवारले राम्रो साथ र सहयोग दिएका छन्।, छोराछोरी र श्रीमतीले गोठमा आलोपालो गरेरै भए पनि एक्लो हुन नदिएको पुनको भनाइ छ।, गर्मी याममा हिमालको फेदीसम्म पुराउने भेडागोठ हिउँदमा बेंसीका फाँटसम्म झार्ने गरिन्छ। म्याग्दीको उच्च हिमाली भेग भेडापालनका लागि सम्भावनायुक्त छन्। ,(रासस), जो विदेशको जागिर छाडेर भेडीगोठमा व्यस्त छन्
सेतोपाटी संवाददाता अविरल वर्षापछि झरेको पहिरोका कारण दाङ-रोल्पा सडकखण्ड अवरूद्ध भएको छ। , दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सहिद मार्ग शुक्रबार बिहानैदेखि अवरूद्ध छ। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले पहिरो पन्छाएर सडकखण्ड खुलाउने प्रयास जारी रहेको बताए। , सडकखण्डको ठाउँ-ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको छ। , त्यस्तै, तुलसीपुर-सल्यान सडकखण्डमा भने सवारीसाधन सञ्चालनमा आएका छन्।, अविरल वर्षापछि ठाउँ-ठाउँमा झरेको पहिरोका कारण सडकखण्ड बिहानैदेखि अवरूद्ध थियो।, केहीबेरअघि पहिरो पन्छाएपछि सवारीसाधन सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए।, पहिरोले दाङ-रोल्पा सडकखण्ड अवरूद्ध
सेतोपाटी संवाददाता दाङमा मलामी गएका एक व्यक्तिको बबई नदीले बगाउँदा मृत्यु भएको छ। , दंगिशरण गाउँपालिका वडा नं. १ बाँकीका ५० वर्षीय वामदेव देवकोटाको बबई नदीमा आएको बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए। , देवकोटालाई शुक्रबार बिहान दश बजेतिर बाँकीस्थित निर्माणाधीन बबई पुल नजिकबाट बगाएको र पाँच सय मिटर दक्षिणको बैबाङमा शव फेला परेको डिएसपी अर्यालले जानकारी दिए। , ‘गाउँकै एक जना मानिसको मृत्यु पछि गाउँलेहरू मलामी गएका रहेछन्,’ डिएसपी अर्यालले भने,‘देवकोटा नुहाउन बबईमा पसेपछि बाढीले बगाएर लगेको रहेछ।’, मलामी गएका मानिसहरू घर फर्किने क्रममा परम्परा अनुसार नुहाउने प्रचलन छ। त्यही क्रममा देवकोटा बगेको र स्थानीयले पाँच सय मिटर दक्षिणबाट उनको शव भेटिएको  प्रहरीले जनाएको छ ।, देवकोटा दंगिशरण १ बाँकीका ९० वर्षीय दिलबहादुर रानाको मृत्यु भएपछि गाउँले सँगै मलामी गएका थिए।, मलामी गएका एक जनाको बबई नदीले बगाउँदा मृत्यु
सेतोपाटी संवाददाता शुक्रबार रातिदेखि परेको वर्षाका कारण पश्चिम नवलपरासीको जनजीवन प्रभावित बनेको छ। वर्षाको कारण जिल्लाको अधिकांश भू-भाग जलमग्न भएको छ।, जिल्लाको बर्दघाट, सरावल, प्रतापपुर, पाल्हिनन्दन, रामग्राम, सुस्ता, सुनवल लगायतका सबै पालिकाका बस्ती डुबानमा परेका छन्। सडक र घरभित्रैसम्म पानी भरिएर जलमग्न भएको छ।, झरही खोलामा आएको बाढीले परासी क्षेत्र डुबानमा परेको छ। घरका कोठाभित्र पानी पसेपछि घरका छतमा गएर बसेको परासीबाट पत्रकार हरि शर्माले बताएका छन्।, शर्माका अनुसार शुक्रबार राति आएको बाढीले परासी बजारका घरका कोठाहरू डुबान हुँदा लत्ताकपडा, खाद्यान्न सबै भिजेका छन्।,  , ‘एक्कासि आएकाे मध्यरातकाे बाढीले घरका सबै काेठा डुबेका छन्। खाद्यान्नदेखि लत्ताकपडा सबै सामान सद्धे रहेनन्। एकसराे कपडामा हामी छतमा सुरक्षित भएर बसेका छाैं। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे उद्धार टाेलीले निगरानी बढाइरहेकाे छ। पानी घट्दाे क्रममा छ। धैर्य गरी सबै सुरक्षित रहनु हाेला,’ शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।, त्यसैगरी, सुस्ताको बरुवा बजार पूर्ण रूपमा डुबानमा परेपछि स्थानीयबासी लत्ताकपडा, खानेकुरा, अतिआवश्यक कागजात लिएर कोटेश्वर मन्दिरको अग्लो स्थानमा पुगेका छन्।, पाल्हिनन्दनका शंकरपुर, रामपुर खडौना, सरावलको डुबन्तापुर, पुसौली, भुजहवा र प्रतापपुरको वडा नम्बर ३ र ४ का गाउँ पनि जलमग्न भएका छन्। , सुनवलको वडा नम्बर १० र ३ का गाउँ डुबानमा परेका छन्।, बाढीका कारण सुनवलस्थित तुरियाखोलाको पुल जोखिममा परेको छ।, सुरक्षाकर्मीले उक्त पुलबाट सवारीसाधन आवतजावतमा रोक लगाएका छन्।  , बर्दघाट नगरपालिकाका पनि वडा नम्बर ४ को स्मृतिनगरमा रहेको मुसहर बस्ती डुबानमा परेको छ।, त्यस्तै, वडा नम्बर ६, १०, ११ लगायतका बस्ती डुबानमा छन्।, पश्चिम नवलपरासीका प्रमुख धर्मेन्द्र कुमार मिश्रले बाढी र डुबानमा परेका बस्तीमा उद्धारका लागि राति साढे १ बजेदेखि नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाएको जानकारी दिए।, वर्षाको कारण जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय परिसर पनि डुबानमा परेको छ।, नवलपरासीमा डुबान
सेतोपाटी संवाददाता खोलाले बगाएर ल्याएका दाउरा समाउन खोज्दा रुपन्देहीमा एक जना बेपत्ता भएका छन्।, शुक्रबार रातिदेखि परेको वर्षापछि दानव नदीमा आएको बाढीले बगाएको दाउरा छोप्न खोज्दा जिल्लाको सम्मरीमाई गाउँपालिका ३ बस्ने २० वर्षीय बब्लु लोध बेपत्ता भएका हुन्।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले बेपत्ता लोधको अवस्था अझै अज्ञात र खोजी जारी रहेको जानकारी दिए।, खोलाले बगाएर ल्याएका दाउरा समाउन खोज्दा रुपन्देहीमा एक बेपत्ता
सबिना श्रेष्ठ कुनै बेला पुल्चोकको अशोक स्तुपभन्दा दक्षिणतर्फ 'समय् फल्चा' नामको पाटी थियो। २०२३ सालमा खिचिएको अशोक स्तुप क्षेत्रको तस्बिरमा त्यो पाटी प्रस्टै देखिन्छ।, रातो मच्छिन्द्रनाथ जात्रा बेला समय् बजी खुवाइने त्यो फल्चा (पाटी) मर्मतसम्भार अभावले जीर्ण हुँदै गएको थियो तर जिर्णोद्धार गर्न कसैले वास्ता गरेन। उल्टो २०२९ सालतिर विदेशी पाहुनालाई वृक्षारोपण निम्ति पुल्चोक हुँदै गोदावरी लैजान खोज्दा बाटोछेउको जीर्ण पाटी दरबारलाई शोभनीय लागेन। त्यसैले दरबारकै निर्देशनमा उक्त पाटी भत्काइयो।, पाटी भत्काइए पनि त्यहाँका टुँडाल, मूर्ति र शिलालेख नजिकै प्रहरी चौकीमा राखिएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन बताउँछन्।, त्यसरी सुरक्षित राखिएको शिलालेखअनुसार यो पाटी २ सय ६ वर्ष पुरानो भएको थाहा हुन्छ।, ललितपुर महानगरले पाटी पुनर्निर्माण गर्ने निर्णय गरेको छ। तर पाटीसँगै जोडिएको जग्गाधनी लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले अदालतमा मुद्दा हालेपछि पुनर्निर्माण प्रभावित भएको छ।, यसअघि विभिन्न समयमा हालिएका मुद्दामा सर्वोच्च अदालतले दुईचोटि र उच्च अदालतले एकचोटि पाटी निर्माण गर्न बाटो खोलिदिएका थिए। यही आधारमा ललितपुर महानगरले गत बिहीबार पाटी शिलान्यास गर्ने तयारी गरेको थियो। पाटी छिटो बनाउन स्थानीयको पनि दबाब छ। तर बुधबारै लालीगुराँस सहकारीले जिल्ला अदालत ललितपुरको अन्तरिम आदेश लिएर आयो।, अन्तरिम आदेशपछि शिलान्यास स्थगित गरेका मेयर महर्जनले भने, 'हामीले अदालतको आदेश मान्नुपर्छ। माथिल्ला अदालतले त रोकेका छैनन् भने तल्लोले पनि रोक्न सक्ने छैन। केही समय कुर्नुपरे पनि कुरौं तर पाटी बनाएरै छाड्छौं।', लालीगुराँस सहकारीका सञ्चालक सुरेन्द्र भण्डारी भने महानगरले जबरजस्ती गरेको दाबी गर्छन्। आफ्नो घरअगाडिको जग्गा सरकारी भएको र त्यसमा महानगरको हक नभएको उनको भनाइ छ। मेयरले आफूसँग रिसिइबी साँध्दै सहकारी भवनलाई समेत असर पुग्ने गरी सडक मापदण्डविपरीत पाटी बनाउन लागेको उनी बताउँछन्।, यो विषय लामो समयदेखि विवादित भएपछि हामी विस्तृत बुझ्न स्थलगत गएका थियौं।, सबभन्दा पहिला त्यहाँको भौतिक अवस्था हेरौं।, मोटरसाइकलहरू पार्क गरिएको ठाउँमा पहिले समय् बजी फल्चा थियो। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, पुलचोक सडकको पश्चिमतर्फ लालीगुँरास सहकारी भवन छ। भवन पूर्वी मोहडाको छ। उसले मूल सडकको पेटीतर्फ फर्काएर भवन प्रवेश गर्ने दुइटा बाटो बनाएको छ- एउटा माथि चढ्ने सिँढी, अर्को बेसमेन्ट जाने।, बेसमेन्ट जाने बाटोको छेउमा डेरी पसल छ भने त्यसको माथिल्लो तल्लामा कार्पेट पसल छ। सहकारीले यी दुवै भाडामा लगाएको हो। महानगरले पाटी पुनर्निर्माण गर्‍यो भने सहकारी भवन छिर्ने यी दुवै बाटो बन्द हुनेछन्। उसले सर्वोच्च र उच्च अदालतको आदेशविपरीत पुनर्निर्माणको विरोध गर्नुको कारण यही हो।, मेयर चिरिबाबुका अनुसार सहकारी भवन नै नक्साविपरीत बनेको छ। दक्षिण मोहडाको भवन बनाउने गरी नक्सापास गरिएको भए पनि पूर्वी मोहडाको बनाएको उनी बताउँछन्।, लालीगुराँस सहकारीले करिब १२ वर्षअघि अनिल राजभण्डारीसँग यो घरजग्गा किनेको हो। साढे आठ आना क्षेत्रफलमा बनेको घरमा त्यति बेला माथिल्लो तल्ला थपिएको थिएन। तीन वर्षअघि मात्र थपेको सहकारी सञ्चालक भण्डारीले बताए।, ‘हामीले घर किन्दा सबै भेरिफाई गरेका थियौं,’ उनले सेतोपाटीसँग भने, ‘घर बनाउँदा वडाध्यक्ष र पुरातत्व विभागको स्वीकृति लिएका थियौं। स्तुप नजिकै भएकाले पुरातत्वको पनि स्वीकृति लिनुपरेको थियो। मालपोतमा हेर्दा पनि त्यहाँ नेपाल सरकारको जग्गा छ, कुनै पाटी छैन।’, भण्डारीको यो जिकिरलाई सर्वोच्च अदालतले १३ वर्षअघि नै 'बदनियतपूर्ण' करार गरिदिएको थियो।, लालीगुराँस सहकारीले यो घरजग्गा किन्नुअगावै अघिल्ला जग्गाधनी राजभण्डारी पाटी पुनर्निर्माण रोक्न सार्वजनिक सरोकारको निवेदन लिएर सर्वोच्च अदालत गएका थिए।, उनले पनि आफ्नो रिटमा अहिले सहकारीले जस्तै दाबी गरेका थिए, 'मैले पूर्वतर्फ केही जग्गा छोडेर पूर्वी मोहडाको ‍घर नक्सापास गरेर बनाएको छु। त्यसको पूर्वमा सरकारी जग्गा र त्यसपछि सडकपेटी छ। महानगरले सरकारी जग्गा अतिक्रमण गरेर पाटी पुनर्निर्माण गर्ने भनेको छ। यसले मेरो घर जाने बाटो बन्द हुन्छ। यहाँ पाटी कहिल्यै थिएन। महानगरले बनाउन लागेको पाटी कानुनविपरीत भएकाले खारेज गरिपाऊँ।', सर्वोच्चले भने राजभण्डारीले 'अदालतलाई समेत प्रभाव पार्न खोजेको र सफा हात लिएर नआएको' भनेको छ।, 'सत्य व्यहोरा लुकाई सफा हात नलिई निवेदन प्रस्तुत गरेको देखिन्छ,' अदालतले भनेको छ, 'उक्त जग्गाको दक्षिण साँधमा लाक्षी टोल जाने बाटो स्पष्ट देखिन्छ। जग्गामा बनेको घर पनि लाक्षी टोल जाने बाटोतर्फ मोहडा गरी बनाउनुपर्ने नक्साबाट स्पष्ट देखिन्छ।', नक्सापास पूर्वतर्फबाटै गरिएको भए पनि जग्गाधनीको स्वार्थका लागि सरकारी जग्गामा पाटी बनाउन रोक लगाउन नमिल्ने सर्वोच्चले फैसलामा भनेको छ। सर्वोच्चले राजभण्डारीको निवेदन 'गलत र भ्रामक' भन्दै खारेज गरिदिएको थियो।, रिट खारेजीसँगै सर्वोच्चले पाटी निर्माणबारे थप कुरा पनि बोलेको छ।, न्यायाधीश बलराम केसी र ताहिर अलि अन्सारीको इजलासले गरेको उक्त फैसलामा सरकारी जग्गामा पाटी पुनर्निर्माण गर्न जोसुकैले पाउने भनेको छ।, ‘जुनसुकै पाटी निर्माण समितिले गरोस् वा कुनै एक व्यक्तिले वा परिवारले वा कसैले चन्दा दिएर बनोस्, त्यस्तो विषय सार्वजनिक सरोकारको विवाद बन्दैन र त्यसमा आपत्ति, बाधा, विरोध गर्ने हक पनि निवेदकलाई हुँदैन,’ सर्वोच्चको फैसलामा भनिएको छ।, 'निवेदकले के बुझ्न जरूरी छ भने प्राचीन स्मारक संरक्षण ऐनले परिभाषा गरेको पाटीपौवा, मन्दिर, सत्तल, पुराना भवनहरू जीर्ण भएर भत्काई त्यसलाई पुनर्निर्माण, मर्मतसम्भार गर्दा कुनै कानुन लागु हुँदैन। नयाँ संरचना वा भवन निर्माण गर्दा उल्लिखित ऐन लागू हुन्छ। निवेदनमा धेरै ऐनहरूको दफा उल्लेख गरेर मात्र हुँदैन। त्यसमा आफ्नो कानुनी हक के हो त्यो स्थापित गरेर देखाउन सक्नुपर्छ। निवेदकहरूबाट त्यस्तो गरेको देखिएन। साबिकको पाटी भत्की पुनर्निर्माण गर्दा आपत्ति गर्ने निवेदकलाई कुनै हक प्राप्त हुँदैन।', यसरी सर्वोच्चले ३२७ कित्ता नम्बरमा रहेको जग्गामा पाटी बनाउन ललितपुर महानगरलाई बाटो खोलिदिएको थियो।, तर २०६८ सालमा तत्कालीन ललितपुर उपमहानगरको बोर्ड बैठकले आफैं पाटी पुनर्निर्माण गर्न नमिल्ने निर्णय गरेपछि यो विषय त्यत्तिकै थाती रह्यो।, त्यसको १० वर्षपछि ललितपुर महानगरले फेरि पाटी बनाउने निर्णय गरेको छ र यसका लागि ३० लाख रूपैयाँ बजेट छुट्टयाएको छ। सर्वोच्च अदालतको फैसलाअनुसार आफूहरूले पाटी पुनर्निर्माण गर्न खोजेको महानगरको जिकिर छ।, पहिलेको पुल्चोक क्षेत्र:, अशोक स्तुप र बायाँतिर समय् फल्चा। तस्बिर स्रोत: ललितपुर महानगरपालिका, सहकारी सञ्चालक भण्डारी भने सर्वोच्च अदालतको फैसलालाई आफ्नै हिसाबले व्याख्या गर्छन्।, 'फैसलाले पुरातात्विक पाटी पुनर्निर्माण गर्न पो सडक मापदण्ड वा कुनै ऐन, कानुन नलाग्ने भनेको हो,' उनले भने, 'महानगरले त यहाँ नयाँ पाटी बनाउन लागेको हो। नयाँ पाटी बनाउँदा त कानुन, मापदण्ड सबै लाग्छ।', उनी आफ्नो जग्गाअगाडि पाटीको नामनिसान नभएको बताउँछन्। त्यहाँ सरकारी जग्गा मात्र भएको उनको भनाइ छ।, यसबारे मेयर चिरिबाबुसँग कुरा गर्दा उनले भने, '२०२१ सालमा नापी गर्दा यो ठाउँको नापी छुटेको थियो। त्यतिखेर नापी गरेको भए त्यहाँ समय् फल्चा नै देखिन्थ्यो। पछि २०३८ सालमा नापी गर्दा त्यति बेलासम्म दरबारको निर्देशनमा समय् फल्चा भत्काइसकेकाले त्यहाँ जग्गा मात्र देखियो।', सर्वोच्चको फैसलाले पनि उक्त जग्गामा पाटी नै भएको स्वीकार गरेको छ।, यसबीच गत वर्ष महानगरपालिकाले आफ्नो वार्षिक योजनामा पाटी पुनर्निर्माण गर्ने भनेपछि अर्जुनकुमार अर्यालले उच्च अदालत पाटनमा रिट हाले। पाटी बनाउँदा सर्वसाधारणलाई सार्वजनिक बाटो उपयोग गर्न अवरोध पुग्ने उनको तर्क थियो।, उच्च अदालत पाटनले पनि गएको वैशाखमा पहिलेको फैसलालाई आधार मान्दै 'पाटी निर्माण रोक्ने गरी अन्तरिम आदेश दिन नपर्ने' बतायो।, यसरी उच्च अदालतले अन्तरिम आदेश नदिएपछि पाटी पुनर्निर्माण रोक्न माग गर्दै रोशन महर्जनसमेतले फेरि सर्वोच्च अदालतमा रिट हाले। त्यसैबीच गृह मन्त्रालयको निर्देशन भन्दै जिल्ला प्रशासन कार्यालयले पाटी नबनाउन महानगरलाई पत्र लेख्यो।, 'अदालतबाट पाटी निर्माण रोक्न नसकेपछि सहकारी सञ्चालकहरूले गृहमा निवेदन हालेछन्। तर मैले गृहसचिवसँग गएर कुरा गरेँ,' उनले भने, 'त्यसपछि गृहले पाटी पुनर्निर्माण फुकुवा गर्ने अर्को पत्र पठाउन सिडिओलाई निर्देशन दियो। म महानगर आइपुग्दा फुकुवाको पत्र पनि आइसकेको थियो।', रोशनको रिटमा गत साउन १७ गते सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र तेजबहादुर केसीको इजलासले 'बाटोमा अवरोध नपुग्ने' भन्दै पाटी पुनर्निर्माण रोक्न नपर्ने आदेश गर्‍यो।, यसरी सर्वोच्चले दोस्रोचोटि पनि पाटी पुनर्निर्माण गर्न बाटो खोलिदिएपछि ललितपुर महानगरले काम अघि बढाएको हो।, यसपालि फेरि लालीगुँरास सहकारी जिल्ला अदालत गएको छ। उसले आफ्नो भवनअगाडिको सार्वजनिक जग्गामा सडक मापदण्ड विपरीत हुने गरी महानगरले पाटी निर्माण गर्न लागेको भन्दै जिल्ला अदालतमा निवेदन दिएको छ।, 'हजारौं सदस्य भएको यस सहकारी संस्थाको मूल प्रवेशद्वार नै बन्द हुने गरी र संस्थाको सञ्चालनमा बाधा पर्ने गरी भदौ ३ गते पाटी शिलान्यास गर्ने भन्ने जानकारी हुन आएको छ,' सहकारीले जिल्ला अदालतमा दिएको निवेदनमा उल्लेख छ।, उक्त निवेदनमाथि पहिलो सुनुवाइमै जिल्ला अदालतले पाटी निर्माण रोक्न अन्तरिम आदेश दियो।, सहकारीले पहिलेझैं तथ्य लुकाएर निवेदन दिएकाले जिल्ला अदालतले पुनर्निर्माण रोकेको मेयर चिरिबाबुको भनाइ छ। महानगरले आफ्नो लिखित जवाफमार्फत् जिल्ला अदालतलाई सबै कुरा बुझाइसकेपछि पाटी निर्माणको बाटो खुल्ने उनले विश्वास व्यक्त गरे।, ‘पुनर्निर्माणको हकमा कुनै पनि कानुन लाग्दैन भनेर सर्वोच्चले नै भनेको छ। त्यही भएर यसमा सडक मापदण्ड लागू हुँदैन, नक्सा बनाउन जरूरत पनि पर्दैन। हामी सर्वोच्चको त्यो फैसला, उपल्ला अदालतका विभिन्न आदेश, सहकारी भवनको नक्सापासका तथ्यहरू अदालत पठाउँछौं,' उनले भने।, स्थानीयका अनुसार पहिले अशोक स्तुपसँगै लस्करै ६–७ वटा फल्चा थिए। तीमध्ये एउटामा रातो मच्छिन्द्रनाथको रथ तान्न प्रयोग गरिने लामो काठको घःमाः राखिएको हामी अहिले पनि देख्छौं। यसलाई लामोपाटी भनिन्छ। त्यससँगै अशोक स्तुपको आडैमा नामसंगाती फल्चा छ जहाँ भजन गाइन्छ, मन्त्र पाठ गरिन्छ। यी दुइटाको बीचमा समय् फल्चा थियो।, जहिलेदेखि फल्चा मासियो, त्यसयता समय् बजी खुवाउने कार्यक्रम अलपत्र छ। कहिले लामोपाटी, कहिले पुल्चोककै सोह्रखुट्टे पाटी त कहिले सडक किनारमै पाल टाँगेर समय् बजी खानुपरेको स्थानीय बताउँछन्।, यो पनि हेर्नुहोस्: , ललितपुर मेयरको 'भीष्मप्रतिज्ञा'- पुल्चोकमा २०० वर्ष पुरानो पाटी ब्युँताएरै छाड्छौं, गणेशमान चित्रकारले सन् १९६० मा खिचेको यो तस्बिरमा पुल्चोक थुर, लामोपाटी (सबभन्दा बायाँ) र बीचको समय् फल्चा प्रस्टै देखिन्छ। तस्बिर स्रोत: गजेन्द्र बुढाथोकीको ट्वीटरबाट,  , २०६ वर्ष पुरानो पुल्चोक पाटी पुनर्निर्माणमा यस्तो छ सर्वोच्च र उच्च अदालतको फैसला
सेतोपाटी संवाददाता अविरल वर्षाका कारण नवलपरासी पूर्वमा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन्। , शुक्रबार हुप्सेकोट गाउँपालिका-४ माथिल्लो चारघरेमा पहिरो आउँदा ५० वर्षीया धनमाया पुलामी, उनकी नातिनीहरू सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता भएका हुन्। , प्रहरीका अनुसार ५० वर्षीय हस्तबहादुर पुलामीको घर पहिरोमा पुरिएको हो। पहिरोमा पुरिएका हस्तबहादुरलाई भने सकुशल उद्धार गरिएको छ। , बेपत्ता भएका तीन जनाको खोजीका लागि जनपद र सशस्त्र प्रहरीका १६ जना प्रहरी खटाइएको छ। बिहान करिब २ बजे पहिरो गएको थियो। , पहिरोमा पुरिएर घाइते भएका पुलामीको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, नवलपरासीमा पहिरो जाँदा एकै परिवारका तीन बेपत्ता
वासुदेव पौडेल,कृष्ण दवाडी/ रासस स्थानीय तहको निर्वाचन भै चुनिएका पदाधिकारीले चार वर्ष आफ्नो कार्यावधि सम्पन्न गरिसकेका छन्।, लामो समयको स्थानीय तहको रिक्तताका अवस्थामा नेतृत्व सम्हालेका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरू यतिखेर विभिन्न समस्या बाबजुद अपेक्षित उपलब्धि हासिल नभए पनि विभिन्न पूर्वाधार विकाससँगै आगामी दिनका लागि महत्वपूर्ण आधार निर्माण भएको दाबी गर्छन्।, भौगोलिक दृष्टिकोणले देशकै ठूलो महानगरका रुपमा रहेको पोखरामा यस अवधिमा केही महत्वपूर्ण उपलब्धि हासिल भएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरूङले बताइन्। महानगरको चार वर्षको अवधिमा विभिन्न पूर्वाधार विकाससँगै समृद्धि र विकासका महत्वपूर्ण आधार तयार भएको उनले बताइन्। आफूहरूले नेतृत्व सम्हाल्दै गर्दा आवश्यक कानुनसँगै भौतिक पूर्वाधार, कार्यालयको अभाव रहेको उल्लेख गर्दै उनले यसबीचमा अत्यावश्यक ९० भन्दा बढी कानुन निर्माण भइसकेको जानकारी दिइन्।, ‘हामीले नेतृत्व सम्हाल्दै गर्दा कार्यालयसमेतको अभाव थियो’, उनले भनिन्, ‘यस अवधिमा कतिपय वडा कार्यालय बनिसकेका छन् भने कतिपय बन्ने क्रममा र केहीको स्तरोन्नति गरिएको छ।’ चार वर्षको अवधिमा वडा तथा महानगरपालिका तरका २६८ सडक ढलान योजना, ८२१ सडक कालोपत्रे एवं मर्मतका योजना, २९१ सडक ग्राभेल तथा स्तरोन्नतिका योजना र ४१ वटा नयाँ ट्र्याकका योजना सम्पन्न भएका छन्।, हालसम्म महानगरपालिकाभित्र २३१ किमी सडक ग्राभेल, १३७ किमी सडक कालोपत्रे, ८३ किमी साना तथा मझौला सडक ढलान, ३७ किमी सडक मर्मत एवं स्तरोन्नतिका काम सम्पन्न भएका छन्। मुख्य सहरी सडकको स्तरोन्नति गर्ने क्रममा पोखरा महानगरपालिका, सडक विभाग र प्रदेश सरकारको सहकार्यमा ४० करोड लागतमा २२ किमी सडक अस्फाल्ट कङ्क्रिट गर्ने कामका साथै विजयपुर बेगनास सडकखण्डमा १४ किमी सडक अस्फाल्ट हुने गरी निर्माण भइरहेको छ। , महानगरपालिकाले प्रस्तावित योजनाको लागत स्टिमेट गरी सो आधारमा योजना तथा बजेट प्रस्ताव गर्ने पद्धतिको थालनी गर्दै यसलाई सहयोग पुग्ने गरी तीन वर्षीय महानगर आवधिक योजनाको मस्यौदा तयार गरिएको छ। महानगरपालिकाले हरेक वडामा इञ्जिनीयर एवं जुनियर इञ्जिनीयर व्यवस्थापन गरी योजना, घरनक्सा, राजस्व तथा वडास्तरीय योजनाको भुक्तानी वडाबाट हुने गरी व्यवस्था मिलाएको उपप्रमुख गुरुङले जानकारी दिइन्।, महानगरको सेवा सुविधालाई प्रभावकारी बनाउनका लागि दक्ष जनशक्तिको समस्या भने कायमै रहेको उनको भनाइ छ। वडा तहबाटै सेवा सुविधा प्रवाह गर्ने लक्ष्यअनुरुप २० देखि २५ लाखसम्मका योजना वडामा नै सम्झौता गर्ने परिपाटी सुरु गर्न खोजिए पनि लेखाका कर्मचारीको अभाव कायमै रहेको उनको भनाइ छ।, महानगर क्षेत्रमा नदी तथा खोलाक्षेत्रको जमिन कटान, पहिरो नियन्त्रणलगायतको २७ योजना सम्पन्न भएको जनाइएको छ। यसबीचमा ६५ वटा आमा समूहका भवन निर्माण एवं मर्मत सहयोग, २४ स्थानमा दाहसंस्कारस्थल तथा घाट निर्माण गरिएको छ भने १०४ वटा सामुदायिक भवन निर्माण तथा मर्मतका लागि सहयोग गरिएको छ। सराङकोटमा जग्गा व्यवस्थापन गरी राष्ट्रिय विभूति तथा शहीद पार्क निर्माण गरिनुका साथै महानगरभित्रका विभिन्न १७ ठाउँमा खुला क्षेत्र संरक्षण तथा पार्क निर्माण गरिएका छन्। त्यस्तै विभिन्न खेल मैदान आदि निर्माण गरिएको छ।, फेवातालको दीर्घकालीन संरक्षणका लागि जलाधार क्षेत्रबाट बगेर आउने मुख्य चार वटा खोलामा प्रदेश सरकारसँगको सहकार्यमा २८ करोडको लागतमा सिल्टेसन ड्याम निर्माण गरिएको छ। फेवातालसँगै लेखनाथ क्षेत्रका तालको सीमाङ्कनका साथै सौन्र्दयकरण र दीर्घकालीन संरक्षणको योजना तयार पारिएको छ। साथै फेवाताल संरक्षणको योजनासहित अध्ययन प्रतिवेदन तयार गर्नुका साथै यसको संरक्षणको थप काम अघि बढाइएको छ। , ‘हामी बनाउँछौँ, हाम्रो महानगर’ कार्यक्रम सञ्चालन गरी भित्री तथा साना सडक र खानेपानी आयोजना निर्माणको काम अघि बढाएको महानगरपालिकाले स्थानीय उपभोक्तासँगको ५० प्रतिशत साझेदारीमा सञ्चालित कार्यक्रमबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै धुले सडक विस्थापनमा सहयोग पुगेको छ।, यस अवधिमा ठेक्कामा लागेका १५ वटा मोटरेबल पुलमध्ये केही सम्पन्न भएका छन् भने केहीको भूमिगत संरचना तयार भएको छ। थप छवटा ठूला पुलको निर्माण कार्य अगाडि बढाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको जनाइएको छ। उज्यालो पोखरा अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा रु १३ करोड लागतमा ८० किलोमिटर सडक बत्ती व्यवस्थापन कार्य अगाडि बढेको जनाइएको छ। यसबीचमा विभिन्न वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ।, बढ्दो कोभिड सङ्क्रमण र महामारीबाट नागरिकको सुरक्षाका लागि महानगरले आफ्नो छुट्टै कोभिड उपचार युनिट स्थापना, क्वारेन्टिन र आइसोलेसन सञ्चालन, पीसीआर स्वाब सङ्कलनलगायतका कामलाई निरन्तरता दिइएको जनाइएको छ। विभिन्न सामुदयिक विद्यालयको मर्मतका साथै शौचालय निर्माण, कम्प्युटर ल्याब स्थापना, विज्ञान प्रयोगशाला, आइसीटी ल्याब आदिलाई प्राथमिकताका साथ अघि बढाइएको महानगरपालिकाले जनाएको छ।, गण्डकी बहुप्राविधिक शिक्षालय स्थापना गरी डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङको पढाइ सुरु गरिएको जनाइएको छ। महानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरी १ देखि ५ कक्षासम्म यसै शैक्षिक सत्रदेखि लागू गरिएको र ६ देखि ८ कक्षासम्म आगामी शैक्षिक सत्रमा पाठ्यक्रम तयार गरी कार्यान्वयनमा लगिने योजना राखेको छ भने १० वर्षे महानगर शैक्षिक योजना तयार गरी कार्यान्वयनमा लैजान लागेको छ।, महिलाको क्षमता अभिवृद्धि गरी आर्थिकरुपमा सवल र सक्षम बनाउन उद्यमशीलताको विकास गराउने उद्देश्यले उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन गरिएकोमा यसबाट ३३५ महिला लाभान्वित भएको जनाइएको छ। एक घर एक धारा अवधारणाअन्तर्गत ८७ खानेपानी आयोजना छनोट गरी कार्यान्वयनमा लगिएको जनाइएको छ। कृषकलाई सहज उपकरण प्रदान गर्न कष्टम हायरिङ सेन्टर स्थापना गरिएको छ। कृषक परिचयपत्र वितरणका साथै उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई बढावा दिनुका साथै किसान र उपभोक्तालाई जोड्नका लागि महानगरपालिकाभित्र पाँच स्थानमा किसान बजार निर्माण र सञ्चालन गरिएको छ। विश्वका विभिन्न देशका सहरसँग भगिनी सम्बन्ध विस्तार गर्ने कामअनुरुप विश्वका विभिन्न १२ शहरसँग सम्बन्ध विस्तारका साथै देशभित्रका सहरसँग सिस्टर सिटी सम्बन्ध कायम गरिएको छ। भगिनी सम्बन्ध कायम भएका अन्तर्राष्ट्रिय सहरबाट आवश्यक सहयोग नियमित प्राप्त भइरहेको जनाइएको छ।, यस अवधिमा साना तथा ठूला  फुटपाथ निर्माणका ४१ योजना, ५८ वटा सार्वजनिक शौचालय निर्माण, ७७ वटा मठ, मन्दिरका योजना, ६० वटा चौतारा निर्माण तथा ३४ वटा मर्मत सम्पन्न भएका छन्। पूर्वाधार एवं कानुनको अभावका बीच महानगरले काम थालेको र यसबीचमा प्राप्त उपलब्धिले महत्वपूर्ण आधार तयार गरेको यतिखेर निर्वाचित जनप्रतिनिधिले दाबी गर्दै आएका छन्। , पोखरा महानगरपालिकाका अधिकांश वडामा नेकपा एमालेको वर्चस्व रहेको र ११ वटा वडामा कांग्रेसका तर्फबाट निर्वाचित रहेका कारण कांग्रेसले नेतृत्व गरेका वडामा भने आग्रह पूर्वाग्रहका कारण बजेट कम दिइएको पोखरा महानगरपालिका कांग्रेस दलका नेता तथा सचेतक रामराज लामिछानेले बताए। महानगरभित्र अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै उनले पोखरा बसपार्क निर्माणको विषय पटकपटक चर्चामा हुने गरे पनि कार्यान्वयनको प्रक्रियामा अघि बढ्न नसकेको बताए।, पोखरा महानगरका चार वर्षः अत्यावश्यक कानुनसँगै पूर्वाधार विकास
सञ्चिता घिमिरे/रासस कालोपत्र गरेको छ महिना नपुग्दै चापागाउँ–सुनाकोठी सडकमा खाल्डैखाल्डा भएको छ। सडक निर्माणका लागि ठेक्का सम्झौता भएको पाँच वर्षमा कालोपत्र भएकामा केही महिनामा सडक पुनः पहिलेकै अवस्थामा पुगेको हो। , कूल २० मिटर चौडा कायम गर्ने गरी ठेक्का सम्झौता भएकामा विस्तार गर्न नसकिएपछि उपलब्ध चौडाइमै कालोपत्र भएको थियो। उपलब्ध पाँच÷छ मिटर चौडाइमा कालोपत्र भएको थियो। सडकको चौडा कम भएर नाली नबनाइएकाले पानी जम्दा कालोपत्र चाँडै उप्केको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। सडकमा भएको ३०÷४० वर्ष पुराना पाइप फुटेर पानी जम्दा पनि कालोपत्र उप्काएको हुन सक्ने आयोजना प्रमुख गुरु अधिकारीले बताउनुभयो। उहाँले भन्नुभयो, “एकातिर वर्षा र अर्कातिर पाइप फुटेकाले सडकमा पानी भरिएर कालोपत्र उप्केको छ।”, पानीले माथिल्लो भाग र सवबेस (ग्राभेल) दुवै तहलाई भिजाएकाले चाँडो कालोपत्र उप्केको आयोजनाले जनाएको छ। टाखेल–सुनाकोठीसम्मको सडक गत वर्षामा जुन अवस्थाको थियो अहिले पनि त्यही अवस्थामा पुगेको छ। सडक बिग्रिएपछि निर्माण व्यवसायीसँग पत्राचार गरिएको आयोजनाले जनाएको छ। निर्माण कम्पनीले त्रुटि भएको स्वीकार गरेको र ती कम्पनीलाई आफ्नै खर्चमा कालोपत्र गर्न भनेको प्रमुख अधिकारीले बताउनुभयो। पानी रोकिएपछि बिग्रिएको खण्डमा सरकारले थप खर्च नगर्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “व्यवसायीले आफ्नै खर्चमा निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।” , साँघुरो सडक र वरपर पुराना घर भएकाले सडक निर्माण गर्दा रोलिङ (ग्राभेल थिच्न प्रयोग गरिने हेभी उपकरण) प्रयोग गर्न नसकिएको आयोजनाले जनाएको छ। ग्राभेल (बेस) र त्योभन्दा तल्लो तह (सवबेस)लाई रोलिङ गर्नुपर्ने भए पनि त्यो नगरी कालोपत्र भएको थियो। स्थानीयवासीले रोलिङ गर्दा कम्पनले पुरानो घरलाई असर पार्ने वा भत्किन्छ भनेर रोलिङ गर्न नदिएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “ग्राभेल खँदिलो (कम्प्याक्ट) हुन नपाएपछि प्वाल प्वालबाट पानी छिरेको थियो।” , पुनः कालोपत्र गर्दा सडक पहिले जसरी उप्कन नपायोस् भनेर स्थानीयवासीसँग छलफल गरेर मात्रै काम अघि बढाइने भएको छ। फेरि पनि रोलर गर्न नदिएमा सडकको ठाउँठाउँमा पानी पस्ने भएकाले छलफलबाटै समाधान खोज्न लागिएको प्रमुख अधिकारीले बताउनुभयो। अब निर्माण गरिने सडकका बीच भागमा पानी तैरने गरी पोलिथिन पाइप राखिने भएको छ। पाइपको माथिल्लो आधा भागमा प्वाल पारिने आयोजनाले जनाएको छ। सवबेस र बेसको पानी चुहिएर प्वालबाट पाइपमा जाने र पछि पाइपबाट बाहिर निकाल्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “तैरने पानीलाई नालीमा पठाएपछि सडकमा त्यसले असर गर्दैन।” , निर्माण भएको छोटो समयमा नै सडक कालोपत्र उप्कनुमा निर्माण व्यवसायीको थोरै गल्ती भए पनि त्योभन्दा बढी अरु कारण भएको प्रमुख अधिकारीले बताउनुभयो। सडकमा पानी तैरने ठाउँ नभएकाले जमेर बिग्रिएको देख्न सकिन्छ। उहाँले भन्नुभयो, “जहाँ जहाँ पानी जमेको छ, त्यही सडक बिग्रिएको छ।” लामो समयसम्म अवरुद्ध सडक निर्माण भएको केही समयमा नै भत्किएपछि आयोजनाले अब के गर्ने भनी स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका सांसदसँग छलफल गरिरहेको छ। पहिले पनि ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र त्यहाँका वडासँगको समन्वयमा निर्माण अघि बढाइएको थियो। उहाँले भन्नुभयो, “अहिले पनि समन्वयमा नै काम हुनेछ।”, निर्माण व्यवसायी आफैँले सडक मर्मत गर्दा सरकारी खर्च नबढ्ने देखिन्छ। निर्माण सम्पन्न भएको एक वर्षसम्म निर्माण कम्पनीले त्रुटि सच्याउने अवधि हुन्छ। त्यही अवधिमा सडक भत्किएकाले त्यसको जिम्मेवारी व्यवसायीको भएको आयोजनाले जनाएको छ। सडकमा ठाउँठाउँमा खाल्डैखाल्डा हुँदा सडक प्रयोगकर्ता कष्टकर यात्रा गर्न बाध्य भएका छन्। तत्काल कालोपत्र गर्न नसकिने भए पनि ग्राभेलले टाल्ने योजना बनाइएको छ। गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले अहिले कालोपत्र नै गर्न नसकिए पनि ग्राभेल गरेर खाल्डा पुरे सडक हिँड्नका लागि सजिलो बनाइने बताए। सो सडकमा वर्षायामपछि कालोपत्र गर्ने काम सुरु गर्ने सहमति भएको उनले बताए। आयोजनाले २० मिटर चौडा र दायाँबायाँ नाली बनाउने भने पनि त्यो नहुँदा सडकमा चाँडो समस्या आएको उनको भनाइ छ। ‘स्थानीयवासीलाई मुआब्जा दिन नसकिएपछि सडक ठूलो बनाउन सकिएन र चाँडै कालोपत्र भत्कियो,’ उनले भने।, सडक निर्माण दशैँ तिहारमा सकिने प्रमुख महर्जनले बताए। सडक साँघुरो भए पनि नाली खोलेर सडक निर्माण गरिने उनले बताए। ‘आयोजनाको समन्वयमा नै केही दिनमा सडक मर्मत सुरु हुँदैछ’, उनले भने, ‘दुई चार दिन घाम लागेमा काम अघि बढाइनेछ,’ ढोलाहिटीबाट चापागाउँसम्मको सडकमा खुमलटारबाट ढोलाहिटीसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र ठाउँमा  एक लेनको सडक मात्रै छ। चापागाउँ, ठेचो, सुनाकोठीलगायतका स्थानमा सडक साँघुरा छन्। , झण्डै नौ किमी लम्बाइको सडक निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भएको थियो। एउटा प्याकेजमा आव २०७३ मा र अरू दुई प्याकेजमा आव २०७४/७५ मा ठेक्का सम्झौता भएको थियो। ठेक्काको अवधि सकिएको भए पनि निर्माणस्थल खाली नभएकाले अवधि थप हुँदै आएको छ। गत आवमा कोभिडका कारण अवरोध पुगेका सडकमा छ महिना थप्ने सरकारले निर्णय नै गरेको थियो। चालु आवमा पनि सरकारले छ महिना थप्ने निर्णय गरिसकेको छ। , सडक विभागले झण्डै पाँच वर्ष पहिले उपत्यकाका व्यस्त सडकमध्ये ८९ किमी सडक विस्तार गर्ने कार्यक्रम तय गरेको थियो। त्योभन्दा पहिले विस्तारका क्रममा रहेका सडक सम्पन्न गरी ५३ किमी सडक विस्तारको काम अघि बढाउन विभिन्न खण्डमा ठेक्का सम्झौता भएको थियो। त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा १२ दशमलव ४८ किमी, चाबहिल–जोरपाटी–साँखु १२ किमी, जोरपाटी–सुन्दरीजल सात किमी, लगनखेल–सातदोबाटो ८०० मिटर, इमाडोल–सिद्धिपुर–गोदावरी खोला तीन किमी, कर्मनासा–हरिसिद्धि चार किमी, ढोलाहिटी–सुनाकोठी–चापागाउँ सात किमी, नख्खु–भैँसेपाटी–बुङ्मती साढे तीन किमी सडक विस्तारका क्रममा रहेको छ। तीमध्ये अहिलेसम्म नागढुङ्गा–त्रिपुरेश्वर–नागढुङ्गा सडक मात्रै सम्पन्न भएको छ।, छ महिनामै उप्कियो कालोपत्र, वर्षा रोकिएपछि त्रुटि सच्याइने
सेतोपाटी नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।, भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा पहिरो खस्दा सो सडकखण्ड अवरूद्ध भएको थियो। करिब १३ घण्टापछि सो सडकखण्ड दुईतर्फी खुलेको हो।, पहिरो पन्छाइएपछि आज बिहान ९ बजेदेखि सडक दुईतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।, बिहीबार राति ८ः२० बजे सेतीदोभानमा पहिरो खसेको थियो। सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।,  , सो सडकअन्तर्गत १४ किलोमा भने सडक एकतर्फीमात्रै सञ्चालनमा छ।, सो स्थानमा कालोपत्र भासिएकाले अहिले सडक एकतर्फी मात्रै सञ्चालनमा आएको प्रहरीले जनाएको छ।, अविरल वर्षाका कारण बिहीबार रातिदेखि नै सडक भासिएको हो। सडक भासिने क्रम अझै रोकिएको छैन। ,रासस,  , नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
सेतोपाटी विगत केही दिन अगाडिदेखि सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ। न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो।, शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम  विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए।, ‘मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ, विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ’, उनले भने।, देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ।, हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ।, त्यस्तै, प्रदेश नं १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा  मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।, देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ।, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव तीन डिग्री र अधिकतम तापक्रम २६ दशमलव पाँच डिग्री सेल्सियस छ।, त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र सबभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। ,रासस, शनिबारदेखि मौसममा सुधार हुने
सेतोपाटी संवाददाता सल्यानमा एक ब्यक्ति मृत फेला परेका छन्। , दार्मा गाउँपालिका ५ का अँधेरीखोलाका ४९ वर्षीय बमबहादुर खत्री शुक्रबार बिहान सात बजेतिर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए। , फारूला भन्ने ठाउँमा पैसा ल्याउन जान्छु भन्दै खत्री बिहीबार घरबाट निस्किएको खुल्न आएको पौडेलले बताए।  , ‘प्रहरी अहिले घटनास्थलको सुरक्षा गरी बसेको छ,’ प्रवक्ता पौडेलले भने, ‘हामीले शव पनि अझैं छोएका छैनौं।’ , बिदामा बसेका सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापा खबर सुनेर बाँकेबाट तालिम प्राप्त कुकुरका साथ आइरहेको हुँदा आफूहरूले शव नछोएको प्रहरी निरीक्षक पौडेलले बताए। , ‘डिएसपी साप कुकुर साथमै लिएर नजिक आइपुग्नु भएको छ,’ पौडेलले भने,  ‘कुकुर आएपछि हामी बल्ल शव छुनेछौं।’, झन्डै दुई महिना पहिला सोही ठाउँकै २८ वर्षीया खिमा खत्री खड्का पनि खोला किनारमा मृत अवस्थामा फेला परेकी थिइन्। , सल्यानमा एक पुरूष मृत फेला
सेतोपाटी संवाददाता सिमकोट विमानस्थलले हवाई मार्गहुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ।, यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्लाबाहिर जान सकिन्थ्यो।  , विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्गहुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रवधान गरिएको जानकारी दिए। उनका अनुसार अन्य विमानस्थलका यस्तो प्रावधान छ। , हवाई मार्ग हुँदै जिल्ला बाहिरिनेलाई परिचय पत्र अनिवार्य
भगवती पाण्डे केही वर्ष अघिसम्म बुटवलको पक्की पुलबाट उत्तर र दक्षिणतिर हेर्दा तिनाउ नदीले बगर ढाकिएको देखिन्थ्यो। यो वर्ष भदौ पहिलो साता देखिएको तिनाउको पानी उतिबेला हिउँदयाममै बग्थ्यो। फरक यत्ति छ, अहिले धमिलो देखिएको नदी दस वर्ष पहिलेको हिउँदमा सफा देखिन्थ्यो।, पाल्पाको माडीबाट सुरू भएको तिनाउमा बुटवलसम्म आइपुग्दा साना-ठूला तीस वटाभन्दा बढी खोला तथा खोल्सा मिसिएका छन्। वर्षामा चुरेको भेलसहित गड्गडाएर बग्ने तिनाउ हिउँदमै पनि बगर ढाकेर सुसाउँथ्यो। सिंगो रूपन्देहीकै आर्थिक समृद्धिको आधार र बुटवलको सौन्दर्य बनेको तिनाउ अहिले खहरेमा परिवर्तन भइरहेको छ।, पछिल्लो दुई दशकमा बढेको अनियन्त्रित उत्खनन् र मानवीय अतिक्रमणका कारण तिनाउको बाटो मोडिएको छ। रुपन्देहीमा हुने हरेक पूर्वाधार विकास काममा प्रयोग हुने नदिजन्य पदार्थको प्रमुख श्रोत हो। अतिक्रमणका कारण विकासको वरदान मानिएको तिनाउको अस्तित्व संकटमा परेको छ।, चार/पाँच वर्षअघिसम्म पानी बग्ने बहावक्षेत्रमा अहिले पक्की घर ठडिएका छन्। पहिले साढे दुई सय मिटर चौडाइमा फैलिएर बग्ने नदी पचास मिटरमा खुम्चिसक्यो। बगरमा घर ठडिँदै गएपछि वहाव क्षेत्र फैलिनुभन्दा भासिँदै गएको छ।, तिनाउ नदीलाई बुटवलबासीले कसरी अतिक्रमण गरेका छन् भन्ने हेर्न टाढा जानुपर्दैन। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पुरानो बटौली बजार र अहिलेको बुटवल बजार जोड्ने पक्की पुलमुनिको किनार हेरे पुग्छ। पाँचवटा पिलर (स्पान) माथि बनेको पुलमुनि अहिले बस्तीले ढाकिएको छ।, तिनाउ र बुटवललाई सात दशकदेखि नजिकबाट हेरिरहेका रवीन्द्र गोपाल लाकौलका अनुसार पूर्व–पश्चिम राजमार्ग बन्नुअघि पुरानो बटौली बजार र अहिलेको बुटवल (खस्यौली) बजार जोड्न पक्की पुल बनाइएको थियो। पुलचोकदेखि गणेश मन्दिर जोडेर बनाइएको पुरानो पुल २०३८ साल असोजमा बाढीले बगाएपछि अहिलेको पुल निर्माण गरिएको हो।, लाकौलका अनुसार पुल बनेको २०/२५ वर्षसम्म बगरमा त्यति अतिक्रमण भएन। तर पछिल्लो १२/१५ वर्ष अवधिमा अतिक्रमण बढ्दै गएर पानीको वहावसम्मै पुगिसक्यो। पाँचवटा पिलरमाथि बनेको पुलको तीनवटासम्म बस्ती बसिसकेको छ।, स्थानीय सरकारले यसरी बस्ती बस्न नरोक्ने हो भने गेग्रान थुप्रिएर रूख उम्रिएको अर्को स्पानसम्म पनि बस्ती बस्ने जोखिम बढेको छ। पुलमुनिको आधाभन्दा बढी भागमा बस्ती बसेपछि तिनाउमा आउने बाढीको भार दुइटा स्पानले मात्रै थेग्ने गरेका छन्। पुलको पूर्वतर्फको बगरमा बस्ती थपिँदै जाँदा नदी पश्चिमतर्फ धकेलिँदै गएको छ। यसले गर्दा नदी बग्दै गएको भागको पिलरको आधार कमजोर बन्ने जोखिम बढेको छ।, पुल विभागका सिनियर डिभिजन इञ्जिनियर ईश्वर रिजालका अनुसार कुनै पनि पुल बनाउँदा बीच भागबाट नदी बग्छ भन्ने आधारमा डिजाइन गरिएको हुन्छ। यस्तोमा एकतर्फबाट मात्र बग्यो भने बगेको भागको आधारमा स्वतः भार थपिन्छ।, 'पुल डिजाइन गर्दै बीचको स्पानबाट पानी बग्छ, बीचबाट मात्र बग्न सकेन भने छेउछाउबाट बग्छ भन्ने प्राविधिक आकलन हुन्छ,' रिजालले भने, 'बीचबाट नबगी अर्कोतर्फबाट मात्रै बग्न थाल्यो त्यो भागको स्पानमा भार परिहाल्छ।', तिनाउ पुल जोखिममा छ भने अतिक्रमण हटाएर नदीलाई आफ्नो क्षेत्राधिकारबाट बग्न दिनुपर्ने उनको सुझाव छ।, 'नदीले आफूले चाहेका बेला आफ्नो क्षेत्राधिकारभित्र बग्न पाउनुपर्छ। त्यो क्षेत्राधिकार अतिक्रमण हुनुभएन। तिनाउ मात्र होइन, अन्य पुलको अवस्था पनि यही नै हो,' उनले भने।, डिभिजन सडक कार्यालय, बुटवलका प्रमुख इञ्जिनियर जयलाल मरासिनी भने अतिक्रमण हुनु गलत भए पनि पुल जोखिममा नरहेको दावी गर्छन्। , 'नदीलाई सबै स्पानबाट बग्न दिनु सबभन्दा राम्रो हो। तर वेल फाउन्डेसनमाथि स्पान बनाइएकाले पुल भासिएको, पिलर कमजोर बनिहालेको भने छैन,' मरासिनीले भने, 'पुलको अवस्थाबारे मैले विभागमा जानकारी गराएको छु। १५/१६ मिटर गहिरो वेल फाउन्डेसनमा बनाइएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको विभागको भनाइ छ। हामी सतर्क छौं।', अतिक्रमण बढ्दै जाँदा तिनाउले दुर्घटना ल्याउने सम्भावना भने उनी नकार्दैनन्। नदी बग्ने भागमा बस्ती बस्न दिनु सरकारको गल्ती भएको बताउँदै उनले थपे, 'कुनै पनि बेला तिनाउले आफ्नो बाटो खोज्छ, त्यो बेला ठूलो दुर्घटना निम्तिन सक्छ।', पुल विभागका रिजाल पनि दुर्घटनाबाट जोगिन तिनाउले आफ्नो बाटो खोज्नुअगाडि नै समाधान पहिल्याउनुपर्ने बताउँछन्। तिनाउले कहाँबाट बाटो बदलिएको छ, त्यहीँबाट सोझ्याउनुपर्ने सुझाव उनको छ।, ३६ मौजा सिँचाइ प्रणालीको बाँधसम्म आफ्नै क्षेत्रमा बगेको तिनाउ बाँधको सय मिटर तल आइनपुग्दै अतिक्रमणमा परेको छ। पुलको भागसम्म आइपुग्दा बगरमा दुई सय बढी घर बनिसकेका छन्।, बुटवलका पुराना बासिन्दा लाकौल तिनाउमा प्रकोपको जोखिम देख्छन्।, 'तिनाउले ३०/४० वर्ष पहिलेजस्तो स्वरूप देखायो भने यो बस्तीको अवस्था के होला,' उनले भने।, बुटवल उपमहानगरपालिका र राजनीति दलका नेताहरू भने तिनाउका सुकुम्बासीलाई भोट बैंकका रूपमा प्रयोग गर्दै बस्तीलाई वैधानिकता दिन तल्लीन छन्। उपमहानगरले पुलमुनिको बस्ती हटाउनुको साटो त्यहाँ पक्की बाटो बनाइदिएको छ। बगरमाथि धारा र विद्युतका पोल गाडिदिएर बगरमै सुविधा दिएको छ।, तर वगरबासी बाढीको त्रास बीच गुजारा गरिरहेका छन्।, वडा नं. ५ शान्तिटोलकी जुना विश्वकर्मालाई साँझ परेपछि घर पस्न मन लाग्दैन। दिनभरी ज्याला-मजदुरी गरी साँझपख घर फर्के पनि सिद्धबाबामाथिको डाँडा बादलले ढाकिएको देख्यो कि उनी घरबाहिर बस्छिन्। बुटवलमा घाम लागे पनि सिद्धबाबा र नुवाकोटतर्फको डाँडामा पानी पर्‍यो भने तिनाउमा बाढी आइहाल्छ।, बुटवल बजारलाई दुई भागमा बाँडेर बगेको तिनाउको मुहान पाल्पा हो। यहाँ बाढी आउन पाल्पाको दोभान, झुम्सा लगायत क्षेत्रमा पानी आए पुग्छ। यस वर्ष असारदेखि नै दैनिक पानी पर्न थालेपछि बाढी पनि दैनिकजसो आइरहन्छ।, 'अस्ति पनि बाढी आयो। दिउँसो भएकाले भागेर मन्दिरमा गएर बस्यौं। राति भएको भए जे पनि हुनसक्थ्यो,' जुनाले भनिन्। बाढी आउँदा नजिकैको राधाकृष्ण मन्दिर उनीहरूको आश्रयस्थल बनेको छ।, दिलबहादुर नेपाली तिनाउ पुलमुनि बस्दै आएको १२ वर्ष भयो। बगरमा छाप्रो हालेर बस्दा बाढीको जोखिम हुन्छ भन्ने उनलाई थाहा छ। तर अरूको सिको गर्दै उनी त्यहीँ बसे।, नेपाली भन्छन्, 'बाढी आउँछ भन्ने सबैलाई थाहा छ नि। तर बसिसकेपछि कहाँ जाने? पहिल्यै बस्न दिन नहुने थियो। अब बसिसकेपछि हाम्रो सुरक्षा कसरी गर्ने भन्ने जिम्मेवारी सरकारको हो।', भोटको लोभमा यहाँ बस्ती बस्दा पनि नेताहरू चुपचाप बस्ने उनी बताउँछन्। उनले थपे, 'भोट पाइन्छ भनेर पहिले चुपचाप लागे। अहिले अतिक्रमण गरे भनेर हुन्छ। त्योबेला किन नरोकेको?', बुटवल वडा नं. ५ का अध्यक्ष तेजप्रसाद सुनार भने आफूहरू जनप्रतिनिधि नहुँदै बसेको बस्ती हटाउन नसक्ने बताउँछन्।, 'हामी आउनुभन्दा दस वर्ष पहिलेदेखि बसेकालाई अन्त व्यवस्थापन नगरी हटाउन सकिने अवस्था छैन,' उनले भने, 'व्यवस्थापनका लागि तीनै तहका सरकारको सहयोग आवश्यक छ।' , तिनाउ पानीको बहावसँगै बस्ती बसिरहेको भने यहाँ मात्र होइन। चिडियाखोलादेखि सुरू भएको अतिक्रमण तिलोत्तमाको सिमानगरसम्मै छ। तिनाउ अतिक्रमण गरी सबभन्दा धेरै बस्ती भने बुटवल वडा नं. ११ मा बसेको छ।, किनारका बिनापाते, हात्तीसुँड, तिनाउनगर, मजुवा, बुद्धनगर, प्रगतिनगर, सालघारीसँगै तिलोत्तमाको सिमानगर नदी उकास क्षेत्र हुन्। झन्डै तीस हजार जनसंख्याका यी बस्ती बाढीको उच्च जोखिमयुक्त क्षेत्र हुन्।, वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार बहाव क्षेत्रमा कति घर-टहरा छन् भन्ने यकिन तथ्यांक छैन। तर उकास क्षेत्रमा छ हजार घर-टहरा छन्। यहाँ रातारात टहरा निर्माण बन्ने भएकाले कति थपिए भन्ने तथ्यांक वडा कार्यालयमा पनि छैन।, घरको जगसँगै बाढी बग्दा पनि बस्ती बस्न रोक्नेतर्फ सम्बन्धित वडा कार्यालय र नगरपालिकाले पहल गर्न सकेको छैन। नदीको पूर्व र पश्चिमतर्फको बगरसँग जोडिएका बुटवलका वडा नं. १, २, ३, ५, ६, ९, ११, १८ र तिलोत्तमाको वडा नं. ३ सम्म पानी बग्ने स्थानसम्मै पुगेर घर-टहरा बनेका छन्।, तिनाउ बगरका सयौं परिवार जोखिममा
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिकास्थित चुलाचुली मोडमा शुक्रबार दिउँसो यात्रुबाहक बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख ६७६२ नम्बरको यात्रुबाहक बसको ठक्करबाट मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय हेमसागर थापाको घटनास्थलमै मृत्यु भएको हो।, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार मे ३ प ९४४९ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्व सवार थापालाई बसले १ बजेतिर ठक्कर दिएको थियो।, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार थापाको घटनास्थलमै मृत्यु भएको हो। , दुर्घटना गराउने बस र सोका चालक मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर- ७ बस्ने सपतलाल धिमाल पक्राउ परेका छन्।,  , बसको ठक्करबाट झापामा एकको मृत्यु
मनोज सत्याल भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको घटनाको सामान्य रिपोर्ट तयार पार्न समेत सरकारले एक महिनाको समय लगाएको छ।, गत साउन १५ गते भारततर्फ जाने क्रममा दार्चुला ब्यासका जयसिंह धामी तुइन तरिरहेका बेला भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएका थिए। लगत्तै गृह मन्त्रलायले सहसचिव जनार्दन गौतमको नेतृत्वमा घटनाको अध्ययन गरेर रिपोर्ट तयार पार्न समिति बनाएको थियो।, समितिले साउन २१ गते भारत पुगेर घटनास्थलबारे जानकारी लिएको थियो भने साउन २३ गते नेपाल तर्फको तुइन भएको स्थानको निरीक्षण गरेको थियो।, भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएको प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रङ्कोली र अनिता धामीले छानबिन समितिलाई बयान दिएका छन्। तर सरकारले बयान र घटनास्थलको निरीक्षणपश्चात रिपोर्ट तयार पार्न सकेको छैन। , ‘भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियो, नदीको बीच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, पाँच-छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौं’, प्रत्यक्षदर्शी स्थानीय विक्रमसिंह धामीले सेतोपाटीसँग भने, ‘पाँच-छ जना तुइनबाट भारत लागेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिए, भारत पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन्।’, घटनालगत्तै दश दिनको समय पाएको छानबिन समितिको म्याद साउन २५ गते एक साताका लागि थपिएको थियो। त्यसपछि पनि समितिको म्याद भदौ १ गते सात दिनका लागि थप्दा समेत रिपोर्ट तयार नभएपछि सरकारले भदौ ८ गते समितिको पुन: म्याद थप गरेको छ। पटक पटक म्याद थप्दा समेत समितिले रिपोर्ट तयार पार्न सकेको छैन।, छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव गौतम, सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रजिअ ज्योत्सना भट्ट सदस्य छन्।, समिति संयोजक गौतमले १५ गतेसम्म समितिको म्याद भएकाले रिपोर्ट बनाउने काम जारी रहेको बताए।, 'हामीले अहिले केही बोल्न मिल्दैन। काम गर्दैछौं। रिपोर्ट बुझाएपछि गृहले सार्वजनिक गर्छ', गौतमले सेतोपाटीसँग भने, 'बिदामा भएका दुई जनामध्ये एक जना फर्किसक्नु भएको छ। एक जना एक दुई दिनमा आउनुहोला। हामी दुई/तीन दिनमा सक्ने गरी लागेका छौं।', गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बिहीबार छानबिनलाई तीव्रता दिने बताएका थिए।, 'छानबिन प्रतिवेदन यथाशीघ्र आउनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु', खाँणले समितिमा भने, 'महाकाली क्षेत्रमा २०५० साल देखि २०७८ सम्ममा २६ जना नेपालीको तुइनबाट खसेर ज्यान गएको रहेछ। यो वास्तवमा ठूलो संख्या हो।’ , गृहमन्त्री खाँणले समितिमा भएका दुई जना बिदामा रहेको बताएका थिए।, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट हाल पारिवारिक कामको सिलसिलामा दिल्लीमा रहेको र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा पनि परिवारको सदस्य बिरामी परेका कारण छानबिन समितिको काममा सहभागी हुन नपाएको जानकारी सांसदहरूलाई दिएका थिए।, राज्य व्यवस्था समितिले बिहीबार खाँणलाई दार्चुला घटनाबारे सोधपुछका लागि बोलाएको थियो।, समिति बैठकमा नेकपा एमालेका सांसद लालबाबु पण्डितले खाँणलाई 'तीन पटक म्याद थपिएको र अझै कति थपिने हो' भनेर प्रश्न गरेका थिए।  , 'मान्छेहरूले जसले तुइन काटे उसको फोटो खिचेर राखिसके, यो रिपोर्ट ढिला गर्नमा गृह मन्त्रालय आफ्नै साइडबाट भूमिका खेलिरहेको छ कि छैन?', पण्डितको प्रश्न थियो, 'यदि व्यक्तिले काम गर्न नसक्ने हो भने व्यक्ति परिवर्तन गरेर भए पनि रिपोर्ट आउनुपर्‍यो। यो ढिलाइप्रति मेरो आपत्ति छ।', नेपाली कांग्रेसकै सांसद देवेन्द्र कँडेलले पनि दार्चुला घटनाबारे भारतको ध्यानाकर्षण गराउनुपर्ने बताएका थिए।, उनले राजदूतमार्फत् भारत सरकारसँग कुराकानीका लागि पहल गर्न सुझाएका थिए।, कांग्रेस सांसद डिला संग्रौलाले समितिले लामो समय लगाएको बताएकी थिइन्।, 'धेरै लामो समय भयो। सत्यतथ्य छानबिन हुनुपर्छ', संग्रौलाले बैठकमा भनेकी थिइन्।, दार्चुलाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले गृहमन्त्रीले कर्मचारीका आफन्त बिरामी भएका कारण प्रतिवेदन ढिलाइ भएको जानकारी दिएको बताए।, 'हामीले स्थानीयबाट घटनाबारे थाहा पाइराखेका छौं। तर यथार्थ के हो छिटो सार्वजनिक गरिदिएको भए त्यसलाई हामी अनुसन्धानको तथ्य मान्थ्यौं। छानबिन नभएको भए हामीले यस्तो सुनिन्थ्यो भनेर भन्न मिल्थ्यो। सरकारले छानबिन गरिरहेको छ भनेको छ। त्यसैले हाम्रो भनाइ के हो भने यो छिटोभन्दा छिटो सार्वजनिक हुनुपर्छ', बडुले सेतोपाटीसँग भने, 'तुइन नेपाल र भारत जोडिने विषय हो। त्यसकारण भारतको सरकारसँग कूटनीतिक तहमा स्थायी समाधानका लागि गम्भीर कुरा गर्नुपर्छ।', उनले केही समययता नियमित हुने नेपाल र भारतका प्रशासनबीचको बैठक समेत हुन नसकेको बताए।, 'हाम्रो सिडिओ र उताका डिस्ट्रिक मेजिस्ट्रेटबीच शान्ति सुरक्षाबारे महिना/दुई महिनामा कुराकानी भइराख्छ', बडुले भने। , तिनीहरूलाई सरकार–सरकारले कुरा गरेर यस्तो समस्या दोहोरिन नदिन कुरा गर्नुपर्ने उनले बताए।, राज्य व्यवस्था समितिमै रहेका नेकपा एमालेका सांसद महेश बस्नेतले सेतोपाटीसँगको कुराकानीमा प्रतिवेदन तयार गर्न समय धेरै लागेकोमा आश्चर्य प्रकट गरे।, 'यस्तो प्रतिवेदनका लागि २६/२७ दिन लाग्नुपर्ने होइन', बस्नेतले सेतोपाटीसँग भने, 'छानबिन समितिका सदस्य बिदामा रहेको भनेर पन्छने काम सरकारले गरेको छ।', बस्नेतले भारतसँग सम्बन्ध सुधार्ने नाममा तुइनबाट खसेका धामीलाई न्याय दिनबाट सरकार चुकिरहेको बताए।, 'मित्र राष्ट्रसँगको सम्बन्ध बनाउने बहानामा अपराधीलाई बचाउने र धामीलाई न्याय नदिन गृहमन्त्रीको भूमिका देखियो', बस्नेतले भने, 'समिति बैठकमा उहाँले नपत्याउँदा बहाना बनाउनुभयो।', बस्नेतले सरकार भारत नरिसाओस् भनेर काम गरिरहेको आरोप लगाए।, 'यो उहाँहरूको कूटनीतिक क्षमताको कमजोरी जस्तो लाग्छ। किनभने यो विषयमा राम्रोसँग कुरा गर्ने हो भारत रिसाउनुपर्ने विषय होइन। भारतले आफ्नो पक्षको कमजोरी स्वीकार्न सक्छ', बस्नेतले भने।, सरकारले त्यो खाले पहलकदमी र पहुँच नगरेको उनले बताए।, उनले दिल्लीस्थित नेपाली राजदूतले घटनाबारे सूचना नभएको बताउनुले सरकार जिम्मेवार नभएको देखिएको बताए।, 'क्षतिपूर्ति दिने कुरा संसदीय समितिको निर्देशनबमोजिम भएको हो', बस्नेतले भने, 'सरकारले त समितिको रिपोर्ट सार्वजनिक गर्छ भन्ने लागेको छैन।', जयसिंह धामी प्रकरण : घटनाको सामान्य प्रतिवेदन बनाउन महिना दिन
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ७१५ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जना संक्रमित थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा ९७८४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६०४०, ललितपुरमा २२६६ र भक्तपुरमा १४७८ सक्रिय संक्रमित छन्।, यसैगरी, २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।,  १३ हजार ११७ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ७५२ जनाको पिसिआर र ४ हजार ३६५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार ३३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप २५ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ।,  ,  , काठमाडौं उपत्यकामा थपिए ७१५ कोरोना संक्रमित
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १३ हजार ११७ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ७५२ जनाको पिसिआर र ४ हजार ३६५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार ३३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप २५ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ।, हाल सक्रिय संक्रमित ३७ हजार ५९९ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३. ६ प्रतिशत रहेको छ।, यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७१५ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जना संक्रमित थपिएका हुन्।,  , १३ हजार ११७ जनामा कोरोना परीक्षण गर्दा २ हजार ६५ लाई संक्रमण
विवेक राई नेपालमा अहिले गर्मी सिजन सकिएर बिस्तारै हिउँद सुरू हुँदै गर्दा मौसमी फ्लुका बिरामी बढ्न थालेको चिकित्सकहरू बताउँछन्।, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले पछिल्लो साता मौसमी फ्लुका बिरामी बढ्न थालेको बताए। , 'अब सिजन परिवर्तन हुँदै गर्दा मौसमी ज्वरो र रुघाखोकीका बिरामी पनि बढ्न थालेका छन्। काठमाडौंभन्दा पनि बाहिरका जिल्लामा झन् धेरै बिरामी देखिएको भन्ने सुनेको छु,' उनले भने। , डा. पुनका अनुसार मौसमी फ्लुले समात्दा ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने र खोकी लाग्ने गर्छ। त्यसैले यस्ता लक्षण देखिनसाथ मौसमी फ्लु भएको भनेर सम्झिनुपर्ने उनको भनाइ छ। , तर यी लक्षण कोरोनासँग मिल्दोजुल्दो भएकालाई धेरैलाई मौसमी फ्लु र कोरोना भएको छुट्याउन गाह्रो पर्ने डा. पुन बताउँछन्।, उनले अस्पतालमा पनि धेरै मानिसहरू सो लक्षणहरू लिएर कोरोना भएको हो कि भन्ने आशंकाले आउने गरेको तर पछि जाँच गर्दा मौसमी फ्लु हुने गरेको उनी सुनाउँछन्। , मौसमी फ्लु हो कि कोरोना हो भनेर कसरी छुट्याउने?, डा. पुनका अनुसार धेरै मानिसहरूलाई मौसमी फ्लु हो कि कोरोना हो भनेर छुट्याउन गाह्रो पर्छ। कसैले ज्वरो आउनुबित्तिकै उनीहरू कोरोना नै भयो भनेर आत्तिने गरेको उनले सुनाए। तर पुनले मौसमी फ्लु र कोरोना छुट्याउनलाई केही सुझाव दिएका छन्। , उनका अनुसार ज्वरो आउने, खोकी लाग्ने, जीउ दुख्नेसँगै स्वाद र गन्ध पनि हराएको छ भने त्यो बेलामा कोरोना भएको हुनसक्छ। त्यस्तो हुनसाथ नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग परामर्श गर्ने र परीक्षण गराउन उनको सुझाव छ। तर स्वाद र गन्ध हराएको छैन भने त्यो बढी मौसमी फ्लु हुनसक्ने र पछि थप समस्या आएमात्र चिकित्सकसँग परामर्श गर्नुपर्ने पुन सुझाउँछन्। , साथै रूघा लाग्दा वा हाछ्यूँ गर्दा नाकबाट सिँगान वा पानी बगिरहन्छ भने, त्यो कोरोनाको लक्षण नहुने उनी बताउँछन्। तर सुख्खा खोकी लागिरह्यो भने चाहिँ त्यो कोरोना हुनसक्ने भन्दै त्यो बेला सचेत हुनुपर्ने उनको भनाइ छ।, साथसाथै सास फेर्न गाह्रो हुन थाल्यो भने तुरून्तै चिकित्सककहाँ जानुपर्ने पुनको सुझाउँछन्। किनभने मौसमी फ्लु हुँदा सास छोटो छोटो हुने वा सासै फेर्न मुस्किल नहुने उनी बताउँछन्। त्यसैले कुनै पनि व्यक्तिले मौसमी फ्लु हो कि कोरोना हो भनेर छुट्याउन यी कुरा ख्याल गर्नुपर्ने उनको भनाइ छ। , मौसमी फ्लूबाट कसरी जोगिने? , डा. पुनका अनुसार मौसमी फ्लुबाट जोगिन कोरोनाकै जस्तो साबुन-पानीले बेलाबेला हात धुने, हाछ्यूँ गर्दा कुइनाले छोप्ने र भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ।, यदि मौसमी फ्लु भएमा सो व्यक्तिले आफूलाई अरूबाट अलग गरेर घरमै दुई चार दिन आराम गर्ने र औषधि लिने र त्यो गर्दा पनि गाह्रो भएमा मात्र अस्पताल जानुपर्ने डा. पुनको सुझाव छ। , त्यसबाहेक मौसमी फ्लु सिजन परिवर्तन हुने बेलामा देखिने हुँदा सो बेला बढी सतर्क हुनुपर्ने पुन सुझाउँछन्। साथै, फ्लुले बढी बालबालिकामा असर गर्ने भन्दै ती समूहलाई बढी हेरचाह गर्नुपर्ने उनी बताउँछन्।, बढ्न थाले मौसमी फ्लुका बिरामी, कोरोना हो कि मौसमी फ्लु भनेर कसरी थाहा पाउने?
सेतोपाटी संवाददाता प्रहरीले मकवानपुरबाट ४४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, मनहरी गाउँपालिका-५ जयसिंहस्थित खोलाको किनारबाट शुक्रबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।, पक्राउ पर्नेमा मनहरी गाउँपालिका-५ डिल्लीपुरका २४ वर्षीय रामचन्द्र मोक्तान र २२ वर्षीय अर्जुन लोले छन्।, उनीहरू गाँजाको भारी बोकेर हिँडिरहेका थिए। प्रहरीले भारी खोलेर हेर्दा गाँजा फेला पारेपछि पक्राउ गरेको थियो।, दुबैलाई हिरासतमा राखेर लागुऔषध मुद्दामा अनुसन्धान थालिएको प्रहरी उपरीक्षक राठौरले बताए।, मकवानपुरबाट ४४ किलो गाँजासहित दुई जना पक्राउ
सेतोपाटी संवाददाता धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टार प्रा.डा मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन्।, सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले शुक्रबार उनले पदबाट राजिनामा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ४ साउनमा डा. रेग्मीलाई रजिष्टार पदमा नियुक्त गर्ने निर्णय गरेका थिए। मन्त्रालयले उनलाई पाँच वर्षसम्मका लागि रजिष्टारमा नियुक्त गरेको थियो।, यसैबीच विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शुद्धिकरण अभियानका लागि संघर्ष गरिरहेको संयुक्त समितिले सरकारले सहमति पालनामा ढिलाई गरेको भन्दै सात दिनभित्र सम्झौता कार्यान्वयन नगरे पुनः आन्दोलनको चेतावनी दिएको छ। , प्रतिष्ठानको आर्थिक तथा शैक्षिक सुधारका लागि ७४ दिनदेखि निरन्तर आन्दोलनमा रहेका चिकित्सक तथा विद्यार्थीको संयुक्त संघर्ष समितिले प्रधानमन्त्री एवम् प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै माग सम्बोधन गर्न आग्रह गरेका छन् । , सरकार र आन्दोलनकारीबीच भएको ६ बुँदे सहमति भएको २४ दिन बितिसक्दा पनि सम्झौता कार्यान्वयन भएको छैन।, सात दिनभित्र सहमति कार्यान्वयन नगरे आकस्मिक, कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेकका सबै गतिविधि ठप्प पार्ने चेतावनी आन्दोलनकारीले दिएका छन्। ,  , ‘नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हामीसँग २४ दिनअगाडि गरेको सम्झौता द्रूतगतिमा पालना गरियोस् ’, संयुक्त संघर्ष समितिले शुक्रबार जारी गरेको अपिलमा भनिएको छ ‘ प्रधानमन्त्री र प्राडा गोविन्द केसीबीच १० दिन अगाडि भएको सम्पूर्ण सम्झौता कार्यान्वयन गरियोस् ।’ , त्यस्तै  बैकुण्ठ अर्याल  नेतृत्वमा नेपाल सरकारको उच्चस्तरीय छानबिन समिति टोलीले बुझाएको छानबिन कमिटिको प्रतिवेदनमा राखिएकै समयतालिका अनुसार लागू गर्न पनि माग आन्दोलनकारीको छ। , अपिलमा हालै नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले ‘स्वास्थ्य सेवा र शैक्षिक गतिविधि’को अध्ययन प्रतिवेदन तुरून्त सार्वजनिक गर्न, पदाधिकारीहरू छनोट मापदण्ड तयार गर्दा चिकित्सा शिक्षामा अनूभवी  कम्तिमा २ जना प्राध्यापक सम्लग्न गर्न, सो मापदण्ड निर्धारण भैसकेपश्चात पदाधिकारी छनोट विज्ञ प्राध्यापकको समूहले नै गर्ने वातावरण सुनिश्चित गर्न आन्दोलनकारीको माग छ। , यसबाहेक उपकुलपतिको हकमा प्राध्यापक भए नभएको कागजात मन्त्रालयलाई बुझाइसकेको हुनाले कानूनी प्रकृया अघि बढाउन पनि माग गरिएको छ। ‘७ दिनभित्र माथि उल्लेखित मागहरू सम्बोधन नभए सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, आवासीय चिकित्सक एवम विद्यार्थी आकस्मिक सेवा, कोभिड र प‍ूर्व निर्धारित परीक्षा बाहेकका कुनै पनि कार्यमा सम्लग्न नहुने कुरा जानकारी गराउन चाहन्छौं।’, ७४ दिनसम्म पनि आन्दोलकारीको धैर्यतालाई कमजोरी ठान्दै प्रतिष्ठानको सुधारको मागहरुमा समेत सम्बोधनको कुनै तत्परता नदेखाएकाले यस्तो अप्रीय कदम घोषणा गर्न बाध्य पारिएको अपिलमा उल्लेख छ।, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार प्रा.डा मोहनचन्द्र रेग्मीले दिए राजीनामा
रासस कन्सुलर सेवा विभागले विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणका निम्ति विभागमा लाम लाग्नु नपर्ने व्यवस्था गरेको छ।, यही भदौ १३ गते आइतबारदेखि लागू हुने गरी विभागले प्रहरी प्रतिवेदनको प्रमाणीकरण विद्युतीय माध्यमबाट मात्र गरिने व्यवस्था मिलाइएको आज यहाँ पत्रकार सम्मेलन गरेर बताएको हो। , सेवाग्राहीलाई सहज एवं सरलरूपमा सेवा प्रवाह गर्न विभागले ‘अनलाइन’ प्रणाली सुरु गरेको विभागका महानिर्देशक धनबहादुर ओलीले बताए।, अनलाइनमार्फत ,http://att.nepalconsular.gov.np,  वा विभागको वेबसाइट,http://www.nepalconsular.gov.np,मा गएर अनलाइन आवेदन गर्न सकिने बताउँदै उनले भरिएको आवेदन स्वीकृत भएपछि तत्काल सेवाग्राहीले आवेदनमा भरेको मोबाइलमा सन्देश प्रवाह हुने र प्राप्त सन्देशका आधारमा सेवाग्राहीले राजश्व रकम पनि अनलाइनबाटै बुझाउन सक्ने प्रबन्ध गरिएको जानकारी दिए। , कनेक्ट आइपिएसबाट सोझै विद्युतीय भुक्तानी वा देशभरका ग्लोबल आइएमई बैंकका शाखामार्फत भौतिकरूपमा पनि राजश्व दाखिला गर्न सकिने महानिर्देशक ओलीले बताए। , “काठमाडौँबाहेक देशका कुनै पनि स्थानमा कन्सुलर सेवा विभागबाट प्रवाह हुने सेवाको व्यवस्था हालसम्म नभएकाले ताप्लेजुङदेखि दार्चुलासम्मका सेवाग्राहीलाई पहिलो चरणमा ‘पुलिस क्लियरेन्स सर्टिफिकेट’ प्रमाणीकरणको व्यवस्था अनलाइनबाट गरिएको छ।, विभागका अन्य सेवालाई पनि क्रमशः विद्युतीय प्रणाालीमा लैजाने परराष्ट्र मन्त्रालयको नीति छ”, उनले भने। प्रक्रिया पूरा गरिएका आवेदकले एक कार्यदिन समाप्त भएपछि अर्को दिन प्रमाणित कागतपत्र पाउने छन् । अनलाइन प्रणालीले फर्जी कागतपत्र बन्ने जोखिम पनि पूर्णरूप हट्नेछ। , प्रहरी प्रतिवेदनका निम्ति कन्सुलर विभागमा लाम लाग्नु नपर्ने
सेतोपाटी संवाददाता युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरूलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, नगद ६ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भएका ३३ वर्षीय पोषबहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-९ ज्याम्दी बस्ने ३० वर्षीय पुरुषसहित ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया जान प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने र लिथुनिया पुगेपछि होटलमा काम लगाइदिने विश्वासमा पारेर ६ जनाबाट उनले जनहीँ एक लाख रूपैयाँ ठगेको प्रहरीले जनाएको छ।, रकम लिएर सम्पर्कविहीन भएपछि पीडित अपराध महाशाखामा पुगेका थिए। महाशाखाको टोलीले कोटेश्वरबाट सुनुवारलाई पक्राउ गरेको हो ।, उनलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको महाशाखाले जनाएको छ।  , युरोप पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
एजेन्सी बेलायतमा गरिएको एउटा अध्ययनले कोरोनाभाइरसविरूद्धका भ्याक्सिन फाइजर/बायोएनटेक र अक्स्फोर्ड/अष्ट्राजेनेकाको प्रभावकारिता छ महिनामै घट्न थाल्ने देखाएको छ।, समाचार संस्था रोयटर्सका अनुसार बेलायतको जेडओई नामक संस्थाले गरेको अनुसन्धानमा फाइजर खोप लगाएको पाँचदेखि छ महिनामा यसले कोरोनाबाट जोगाउने क्षमता ८८ देखि ७४ प्रतिशतसम्म घट्ने देखिएको छ। त्यस्तै अष्ट्राजेनेका भ्याक्सिन लगाएको चारदेखि पाँच महिनामा यसको प्रभावकारिता ७७ देखि ६७ प्रतिशतसम्म घट्छ।, जेडओईको यो अनुसन्धान १० लाखभन्दा बढी एप प्रयोगकर्ताहरूले दिएका विवरणमा आधारित थियो।, यी खोप लगाएका वयस्क मानिसहरूमा खोपको प्रभावकारिता कस्तो हुन्छ भन्नेबारे थाहा पाउन थप विवरण संकलन गर्नु पर्ने हुन्छ किनकी यो अध्ययनमा सहभागी भएकाहरू प्राय: वृद्धवृद्धा छन्। छ महिनाअघि कोरोनाको भ्याक्सिन लगाउनेमा उनीहरूलाई प्राथमिकतामा राखिएको थियो।, एकदमै नराम्रो परिस्थितिमा आउने हिउँदसम्म वृद्धवृद्धा  र स्वास्थ्यकर्मीमा भाक्सिनको प्रभावकारिता ५० प्रतिशतभन्दा तल जान सक्ने जेडओईका सहसंस्थापक तथा अनुसन्धानकर्ता टिम स्पेक्टरले बताए।, ‘यसले केही कुरा गर्नुपर्छ भन्ने देखाउँछ। संक्रमितहरू बढिरहेको र संक्रमण अझै उच्च हुने सम्भावना हुँदाहुँदै हामी खोपको प्रभावकारिता घटेको हेरेरमात्र बस्न सक्दैनौं,’ स्पेक्टरले भने।, अमेरिका, बेलायत र अन्य युरोपेली मुलुकले कोभिड-१९ विरूद्ध भ्याक्सिनको बुस्टर डोज पनि लगाउने तयारी गरिरहेका छन्। भ्याक्सिन विज्ञहरूले सेप्टेम्बरदेखि वृद्धवृद्धालाई तेस्रो डोज लगाउनु पर्ने हुन सक्ने बताएका छन्।, अमेरिकाले ८ महिनाअघि भ्याक्सिन लगाएकाहरूलाई सेप्टेम्बरको मध्यदेखि बुस्टर डोज लगाउने तयारी गरिरहेको छ।, बेलायतमै गरिकएको अर्को अध्ययनले डेल्टा भेरियन्टविरूद्ध फाइजर र अष्ट्राजेनेका भ्याक्सिनको प्रभावकारिता तीन महिनामै कम हुँदै जाने देखाएको थियो।, अध्ययन भन्छ- ६ महिनाभित्रै घट्छ कोरोनाविरूद्ध फाइजर र अष्ट्राजेनेका खोपको प्रभावकारिता
सेतोपाटी संवाददाता प्रदेश -१ का मुख्यमन्त्री बन्न लागेका नेकपा एमालेका सचिव  भीम आचार्यका भाइ राम आचार्य सुतिरहेको ठाउँमा मृत फेला परेका छन्।, ५९ वर्षीय आचार्य सुनसरीको इनरुवा-३ बख्खुटोलस्थित घरमा बिहीबार बिहान मृत फेला परेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।, बिहान अबेरसम्म ढोका नखुलेपछि करिब साढे ११ बजे आफन्तले प्रहरीलाई खबर गरेका थिए।, प्रहरीले घरको ढोका फोडेर शवको मुचुल्का उठाइरहेको छ।, ‘घटना के कसो हो खुल्न सकेको छैन, प्रहरी टोलीले ढोका खोलेर शव निकाल्ने काम गरिरहेको छ,’ थापाले भने।, उनी सुतेको कोठामा किटनाशक विषादी फेला परेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए।, घरमा श्रीमान-श्रीमती बस्थे। बेलुका गफगाफ गरेर अलग्गै सुतेका आचार्य बिहान मृत भेटिएका हुन्।, डिएसपी कार्कीका अनुसार आचार्यले ओछ्यानमा वान्ता गरेको पाइएको छ। , ‘छोराहरू काठमाडौंबाट आएपछि पोष्टमार्टममा लैजाने तयारी छ,’ कार्कीले भने।, एमाले सचिव आचार्य आज प्रदेश-१ को मुख्यमन्त्री बन्दैछन्। उनले आजै सपथ खाने तयारी भइरहेको छ।, कोठामा मृत भेटिए एमाले सचिव भीम आचार्यका भाइ
सेतोपाटी संवाददाता कर्तव्य ज्यानमुद्दामा अदालतबाट १९ वर्ष ६ महिना कैद सजाय तोकिएका फरार अभियुक्तलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ।, पुतलीबजार नगरपालिका-१४ का ७५ वर्षीय यमप्रसाद पौडेललाई प्रहरीले बुधबार पक्राउ गरेको हो।, पोखरामा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।, जिल्ला अदालत स्याङ्जाको २०५४ साल कात्तिक ४ गतेको फैसलाले पौडेललाई १९ वर्ष ६ महिना १२ दिन कैद तोकेको थियो। त्यसयता उनी फरार थिए।, पौडेललाई अदालत पेश गरिएकोमा अदालतले कारागार चलान गरेको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।, यस्तै, प्रहरीले सुनसरीबाट बुधबार ८३ जना फरार अभियुक्त पक्राउ गरेको छ। फैसला कार्यान्वयनको सिलसिलामा गर्भपतन, मानव बेचविखन, सवारी ज्यान, लागुऔषध, जबरजस्ती करणी, अपहरण, ज्यानमार्ने उद्योग, कर्तव्य ज्यानलगायत मुद्दाका फरार अभियुक्त पक्राउ गरिएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।, पक्राउबाट अदालतमा बेरुजु रहेको ८० वर्षी दुई महिना २३ दिन कैद र १४ लाख ७९ हजार ५ सय रूपैयाँ जरिवाना फर्स्यौट भएको थापाले बताए।, कर्तव्य ज्यानमुद्दामा २४ वर्षदेखि फरार अभियुक्त पक्राउ
सेतोपाटी संवाददाता प्रहरीले सिमराबाट १५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, बुधबार प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-५ स्थित वीरगन्ज-पथलैया सडकबाट दुई जनालाई गाँजासहित पक्राउ गरेको हो।, पक्राउ पर्नेमा निजगढ नगरपालिका-१३ का ३३ वर्षीय दीपक पाख्रिन र २५ वर्गीय बाबुराम वाइबा छन्।, ना४६प ५९३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले दुई वटा झोलाभित्र लुकाएर गाँजा ल्याएका थिए।, चेकजाँचका क्रममा गाँजा फेला परेपछि दुबैलाई हिरासत लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।, सिमराबाट १५ किलो गाँजासहित दुई जना पक्राउ
सेतोपाटी संवाददाता लागुऔषध मुद्दामा पत्रकार फसाएको आरोप लागेपछि रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाह बयानका लागि काठमाडौं झिकाइएका छन्। , बुधबार प्रहरी प्रधान कार्यालयले शाहलाई बयानका लागि काठमाडौं बोलाएको हो। , प्रधान कार्यालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले काम सुरू गरेकै दिन शाहलाई काठमाडौं झिकाइएको प्रधान कार्यालयले बतायो। , प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले शाह रौतहटबाट काठमाडौं आएको बताए। छानबिनका क्रममा केही कुरा बुझ्नुपर्ने भएकाले उनी काठमाडौं आएको कुँवरले बताए। , प्रधान कार्यालयले उक्त प्रकरण छानबिन गर्न एसएसपी कृष्णकुमार महतको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। उक्त समितिले काम सुरू गरिसकेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ। , रौतहट जिल्ला प्रहरी कार्यालय अहिले प्रहरी नायब उपरीक्षक नारायण चिमरियाको जिम्मामा छोडिएको छ। नयाँ प्रहरी प्रमुख पठाउने-नपठाउनेबारे प्रधान कार्यालयले निर्णय गरिसकेको छैन। , रौतहट विवादमा आइरहने ठाउँ हो। यसअघि पनि थुनुवा मृत्यु प्रकरणमा प्रहरी उपरीक्षक रविराज खड्का निलम्बनमा परेपछि उनको ठाउँमा शाहलाई पठाइएको थियो।  , गत साउन ३२ गते प्रहरीले लागुऔषधसहित पत्रकार मोहम्मद मोजिबुल्लाहलाई पक्राउ गरेको थियो। , उनीसँगै माधवनारायण १ बस्ने वर्ष २४ को धिरज यादव र सर्लाही रामनगर गाउँपालिका वडा नं. १ बहुअर्वा बस्ने वर्ष २३ को जितेशकुमार यादव पक्राउ परेका थिए।, यादवद्वयलाई प्रयोग गरी मोहम्मद मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा पनि प्रहरीले लागुऔषध राखेको पत्ता लागेको थियो। , सई उदयप्रसाद यादव र जवान मनोज साह कानुलाई बोलाएर लागुऔषध राख्न लगाएको आरोप लागेको छ।, ती दुबै प्रहरी निलम्बनपछि हिरासतमा छन्।, बयान दिन रौतहटका एसपी शाह प्रहरी हेडक्वाटर बोलाइए
सेतोपाटी संवाददाता हत्या गरेको आरोपमा खोटाङबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृतककै भाइ २२ वर्षीय नारायण थापा र १३ वर्षीय किशोर रहेका छन्।, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ काँडे बस्ने ३३ वर्षीय गिरिराज थापाको हत्या गरेको अभियोगमा उनीहरूलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो।, गिरिराज बुधबार दिउँसो घरबाट हिँडेका थिए। अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरबाट करिब दुई सय मिटर टाढा बारीमा मृत अवस्थामा फेला परेका थिए।, जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा गिरिराजलाई डोरीले घाँटी कसी हत्या गरेको खुल्न आएको जनाएको छ।, हत्याको कारण स्पष्ट खुलिनसकेको प्रहरीले जनाएको छ।, हत्या गरेको अभियोगमा दुई जना पक्राउ
सेतोपाटी संवाददाता एसिड पीडित जनकपुरधाम उपमहानगरपालिका ७ की आरती साहलाई प्रदेश २ सरकारले पाँच लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ। , मुख्यमन्त्री लालबाबु राउतले पूर्वघोषणा अनुसार बिहीबार पाँच लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।, २९ साउनमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई पाँच लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। गएको २९ कात्तिकमा उनकै पति २४ वर्षीय सञ्जीव साहले एसिड प्रहार गरेका थिए।, सञ्जीवलाई धनुषा जिल्ला अदालतले दोषी ठहर समेत गरिसकेको छ।, न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले उनलाई दोषी ठहर गरेको थियो भने यसै घटनामा एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दिएको थियो।, सो मुद्दामा अदालतले आज सजाय सुनाउँदै छ।  बिहीबार न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासमा सजाय तोक्नको लागि पेशी तोकिएको छ।, सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा आरतीका श्रीमान र एसिड बेच्ने नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोगपत्र दर्ता गराएको थियो। , दुवै जनाविरूद्ध अंगभंग, कुरूप र एकीकृत कसुर गरी ३ कसुरको सजायका लागि मागदाबी गरिएको थियो। , एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तन लगायतका अंगमा असर भएको छ। एसिड आक्रमणमा परी उनकै छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको छ।, एसिड पीडित आरतीलाई प्रदेश २ सरकारको पाँच लाख सहयोग
सेतोपाटी गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ।, समितिले बुधबार प्रदेशका भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसमेतको उपस्थितिमा गरेको छलफलपछि समितिका सभापति दीपक कोइरालाले उक्त निर्देशन दिएका हुन्। , समितिले मन्त्रालयलाई रातो किताबमा परेका योजना नकाट्न निर्देशनसमेत दिएको छ।, महत्वपूर्ण योजनालाई आयोजनाका रूपमा अगाडि बढाउन निर्देशन दिँदै समितिले समयमै गुणस्तर मापदण्ड पूरा गरी निर्माण सम्पन्न गर्ने कम्पनीलाई भुक्तानी नरोक्न पनि भनेको छ।, चौमासिकको अन्तिममा मात्रै काम हुने र बजेट सक्ने गरिएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै समितिले आगामी दिनमा चौमासिक पुग्नु अगाडि नै काम गर्ने वातावरण तयार गर्न आग्रह गरेको छ।     , भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले राम्रा काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिने र प्रोत्साहन गर्ने तथा ढिलासुस्ती गर्ने, समयमै काम नसक्ने, गुणस्तर कायम नगर्नेलाई मन्त्रालयले कारबाहीको दायरामा ल्याउने काम गरिरहेको जानकारी दिए।, दक्ष इञ्जिनियरको अभावका कारण पनि काममा असर परिरहेको स्वीकार्दै उनले दरबन्दीको आधा जनशक्तिले काम चलाउनु परेको, अस्थायी इञ्जिनियर राखेर काम सिकायो, अर्को वर्ष राख्न नपाइने र फेरि सिकाउनुपर्ने जस्ता बाध्यता रहेको बताए।, सङ्घले निजामती ऐन नबनाउँदा प्रदेश लोकसेवा आयोगले स्थायी कर्मचारी भर्ना गर्न नपाएकाले ऐन बनाउनका लागि सङ्घ सरकारलाई घच्घचाउन उनले आग्रह गरे। , बजेट अभावमा कतिपय योजना चाहेर पनि अगाडि बढाउन नसकिएको उल्लेख गर्दै उनले भने,‘अहिले राखिएका योजना कार्यान्वयन गर्न रु १० अर्ब चाहिन्छ, तर हामीसँग रु पाँच अर्ब २८ करोड मात्र बजेट छ, रु चार अर्ब ७२ करोड कम बजेटका कारण लगभग आधा योजना रोकिने स्थिति छ।’, छलफलमा प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, विनोद केसी, मीनप्रसाद गुरुङ, सरिता गुरुङ र सडक तथा भवन महाशाखाका प्रमुख राम पराजुलीलगायतले बोलेका थिए।, प्रदेशका ११ वटै जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख तथा प्रतिनिधिले बजेट अभाव, कर्मचारी अभाव र इआई, आइइईलगायतका प्राविधिक काम नहुँदा पूर्वाधार निर्माणको काम सोचेअनुसार गर्न नसकिएको धारणा राखे।  ,रासस, समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन
सेतोपाटी संवाददाता भारत सरकारले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । , बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रम बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय जनता र सरकारको तर्फबाट नेपाल सरकारमार्फत् वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन्।, अक्सिजन प्लान्ट ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे। उनले भारत सरकारको यस सहयोगले अक्सिजनको अभावलाई पूर्ति गर्ने बताए। भारत सरकारले कोभिड नियन्त्रणका लागि नेपाल सरकारलाई खोप लगायतका अन्य स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि कोभिशिल्ड खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गरे।, ‘यसले अक्सिजन सप्लाई साथसाथै अक्सिजनको अभावलाई ठुलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु। त्यसको अलावा कोभिड १९ नियन्त्रणको लागि भारत सरकारले विशेष गरेर हामीलाई खोप सहयोग उपलब्ध गराइदिएर र धेरै सामग्रीहरु कोभिड १९ का लागि औषधि लगायत धेरै चिजहरु कोभिड १९ नियन्त्रणका लागि ठुलो सहयोग उपलब्ध भएको छ। भारत सरकारप्रति हामी आभारी छौं। आगामी दिनमा पनि अझै सहयोग पाउने अपेक्षा राखेका छौं। आगामी दिनमा कोभिशिल्ड भ्याक्सिन उपलब्ध गराए हामीलाई सहज हुन्छ,’ राज्यमन्त्री श्रेष्ठले भने।, सो अवसरमा मन्त्री श्रेष्ठले वर्तमान सरकार बनेको एक महिनाको अवधिमा करिब ५० लाख खोप लगाइसकेको पनि बताए। १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको दोस्रो मात्रा लगाइसकिएको पनि उनले जानकारी दिए। ‘यो सरकार आइसकेपछि हामीले एक महिनाको दौरानमा ५० लाख भ्याक्सिनहरु लगाइसकेका छौँ । झण्डै १८ प्रतिशत जनतालाई पहिलो मात्रा लगाएको छ भने दोस्रो मात्रा १३ प्रतिशत जनतालाई लगाएको छ,’ उनले भने।, अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोभिड १९ संक्रमणका बेलामा अक्सिजन प्लान्टको आवश्यकता पर्ने भन्दै नेपाल र भारत छिमेकी देश भएका नाताले आपसमा निर्भर भएर काम गर्नुपर्ने बताए। ‘मेडिकल प्रोसेसका लागि अक्सिजन प्लान्ट इन्फास्ट्रक्चरको आवश्यक छ । नेपाल र भारत छिमेकी देश हुन् । नेपाल र भारतले एक अर्कामा निर्भर भएर काम गर्नुपर्छ । कोरोनाको दोस्रो लहरको बेलापनि हामीले केही सहयोग गरेका थियौँ र अब पनि गर्नेछौँ,’ उनले भने।, राजदूत क्वात्राले कोभिड १९ नियन्त्रणका लागि नेपाल सरकारलाई आगामी दिनमा पनि सहयोग गर्न भारत सरकार तयार रहेको बताए।, भारत सरकारद्वारा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण
सञ्चिता घिमिरे आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ। , मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको  समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो।, गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन। आयोजनास्थलमै पुग्न सकिने अवस्था नभएकाले यकिन क्षति हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। , आयोजनास्थलमा रहेका संरचना लेदोले छोपिएकाले त्यो हटेपछि मात्रै क्षति यकिन हुने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।, उनले भने, ‘अहिले हेडवर्क १०/१५ मिटरसम्म पुरिएको अवस्थामा रहेकाले क्षति यति नै भयो भन्न सकिने अवस्था छैन।’, चैतमा काठमाडौंमा पानी ल्याउने लक्ष्य लिइएकामा थोरै तलमाथि भए पनि धेरै नहुने समितिले जनाएको छ। हेडवर्कमा कति क्षति भएको छ त्यसका आधारमा कति समय लाग्ने भन्ने हुन्छ। , अहिले तत्काल ‘हेडवर्क’बाटै पथान्तरण गर्न नसकिने भएकाले वैकल्पिक पानी पथान्तरणको विषयमा सोचिरहेको सूचना अधिकारी पन्तले बताए।, ‘हेडवर्क’ नजिकै नदीको सतहमा गिट्टी, बालुवा थुप्रिएको र त्यो सफा गर्न चुनौती रहेको छ। त्यहाँ हटाउँदा आएका सामग्री कता लैजाने भनी अन्योल रहेको सूचना अधिकारी पन्तले बताए।, उनले भने, ‘साँघुरो ठाउँमा एकैपटक धेरै उपकरण लैजान नसक्ने अवस्था छ, त्यसले समय लाग्नसक्ने देखिएको छ।’, हेलम्बु–१ अम्बाथानस्थित आयोजनास्थलमा गत असार १ मा गएको बाढीका कारण क्षति पुगेको थियो। त्यसपछि साउनमा पुनः आएको बाढीले यहाँ रहेका संरचनामा थप क्षति पुगेको समितिले जनाएको छ।, पछिल्लो बाढीले गर्दा यहाँ रहेका सडक बगाएको छ भने अरू संरचनामा कति क्षति पुग्यो भन्ने थाहा नभएको सूचना अधिकारी पन्तले बताए।, उनले भने, ‘पहिलो बाढीपछि नै परामर्शदाता कम्पनीले त्यहाँ पुगेको क्षति र मर्मतका बारेमा अध्ययन गरिरहेको छ।’, बाढीका कारण सबभन्दा बढी असर अम्बाथानसम्म पुग्ने सडक र ‘हेडवर्क’ मा पुगेको अनुमान गरिएको छ।, अहिले सडक रहेकै स्थानमा पुनर्निर्माण गर्ने कि नयाँ रेखाङ्कनमा गर्ने भनी छलफल भइरहेको सूचना अधिकारी पन्तले बताए।सडक र पुलको विज्ञ जनशक्ति सडक विभागसँग भएकाले ऊसँगको सहकार्यमा यसमा निर्णय लिइने सूचना अधिकारी पन्तले बताए।, अहिले भएको सडकको विकल्पमा अर्काे ठाउँबाट वैकल्पिक सडक खुलाउने काम दीर्घकालीनरूपमा गरिनुपर्ने भए पनि तत्कालका लागि भइरहेको सडकमा स्तरोन्नति अघि बढाइएको उनले बताए।, अहिले डोजरमात्रै लैजान सकिने बाटो बनाउने प्रयास भइरहेको छ।, ‘यहाँका सडकको स्तरोन्नति र मोड फराकिलो बनाइरहेको छ’, उनले भने, ‘हेलम्बु गाउँपालिकाले सडक खुलाउने काम गरिरहेको छ।’, सडकमा कति क्षति पुग्यो र मर्मतका लागि कति समय लाग्छ भनी विस्तृतरूपमा मूल्यांकन गरिनेछ।, सडक पहिलेको रेखांकनभन्दा माथिबाट लैजाँदा सुरक्षित हुनसक्ने उनले बताए।, ‘भविष्यमा पुग्न सक्ने क्षतिको आकलन गरेर पुलहरू नयाँ ठाउँमा बनाउनुपर्ने हुनसक्छ’, उनले भने, ‘त्यसले गर्दा पहिले भएको क्षतिभन्दा पुनर्निर्माणका लागि लागत बढी लाग्ने देखिएको छ।’ , आयोजनाले हालसम्म रु दुई अर्ब क्षति भएको अनुमान गरिएको छ।, मर्मत र पुनर्निर्माण गर्दा त्यो रकम बढ्नसक्ने सूचना अधिकारी पन्तले बताए। हेडवर्कमा भएको क्षति त्यहाँ रहेको लेदो सफा गरेर नहेरेसम्म थाहा नहुने उनको भनाइ छ।, निर्माणस्थलमा रहेका संरचना पुनःनिर्माणमा समय र लागत दुबै बढी लाग्ने देखिएको छ।, साउन महिनाको बाढीले सडकमा थप क्षति पुगेपछि आयोजनास्थलमा रहेका संरचनामा भने पहिलो बाढीले गराएको क्षति जति हो त्योभन्दा बढी भएको नपाइएको सूचना अधिकारी पन्तले बताए।, आयोजनामा अल्पकालीन र दीर्घकालीन गरी दुवै किसिमका मर्मतको योजना बनाइएको छ।, दीर्घकालीन मर्मत सुरू गर्नु पहिले आयोजनास्थलभन्दा माथिल्लो भागमा पहिराको समाधान गरिनुपर्छ भन्ने छलफल भइरहेको छ।, सम्बन्धित निकायले त्यसमा विस्तृत अध्ययन गर्नुपर्नेमा उनको जोड छ।, अध्ययन सकिएर निष्कर्षका आधारमा अरू पूूर्वाधारको डिजाइन गर्ने, पुनरावलोकन गर्ने, स्थानान्तरण वा नयाँ बनाउने के गर्न सकिन्छ भनी निर्णय लिइने भएको छ।, उनले भने, ‘माथिल्लो भागमा पहिराको रोकथाम नियन्त्रणका लागि एकीकृत कार्यक्रम बनाएर जानुपर्छ।’, अल्पकालीनरूपमा आयोजनाबाट पानी ल्याउनका लागि वैकल्पिक पथान्तरण सफा गर्ने, अम्बाथान अडिट सफा गर्ने योजना बनाइएको छ। हालका लागि सानो एउटा वैकल्पिक ड्याम बनाएर पानी ल्याउन लागिएको छ। अल्पकालीन कार्ययोजनामा चुनौती भनेको नदीको स्तर पुरानै स्तरमा बनाउनु रहेको छ।, उनले भने, ‘त्यसमा अलि बढी समय लाग्नसक्छ।’, गत असारसम्म चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेडवर्क’ मा निर्माण गरिरहेको थियो।, ठेक्का सम्झौताका आधारमा कम्पनीले गर्ने दायित्व पूरा गर्नुपर्ने छ। अरू संरचनामा क्षति पुगे पनि मुख्य सुरूङमा क्षति नभएको अनुमान छ। अम्बाथान अडिट, डाइभर्सन टनेललगायतका संरचना टालिएको मात्र हो क्षति छैन भन्ने प्रारम्भिक अनुमान छ। , क्षतिको मूल्यांकन गरेर अहिले निर्माणको काम गरिरहेको कम्पनीलाई नै काममा लगाइने सूचना अधिकारी पन्तले बताए। अल्पकालीन कार्ययोजनामा व्यवसायीले गर्नुपर्ने काम धेरै छैन।, उनले भने, ‘सडक खुलाउन र आयोजनास्थलका संरचनाको लेदो हटाउन सेना र सडक विभागले नै गर्नुपर्छ, व्यवसायीले त्यसपछि थप काम गर्नुपर्छ।’, हेडवर्कमा माथिसम्म टालिएकामा दीर्घकालीनरूपमा सफा गरेर हेरेपछि के–के क्षति भएको हो त्यसको मर्मत र सुधारको काम सिनो हाइड्रोले गर्नेछ।, ट्रयाक खोलेर वैकल्पिकरूपमा हेडवर्क पुग्न काम अघि बढाइएको छ। एक/डेढ महिनामा हेडवर्क पुग्न सकिने सूचना अधिकारी पन्तले बताए।, उनले भने, ‘हेडवर्क पुगेपछि नै टालिएका संरचना सफा गर्न सुरू हुनेछ।’ , अहिले तत्काल सडकको ‘एलाइमेन्ट’ परिवर्तन गर्न नसकिने भए पनि दीर्घकालीनरूपमा परिवर्तन गरेर निर्माण गर्नुपर्ने देखिएको छ।, दीर्घकालीनरूपमा सडकका लागि पुनः डिजाइन गर्नुपर्ने समितिले जनाएको छ। झण्डै दुई दशक पहिले निर्माण सुरू भएको आयोजना गत फागुनमा सम्पन्न भएर काठमाडौं उपत्यकामा पानी आउन थालेको थियो।, आयोजनाको मुख्य संरचनाका रूपमा रहेको सुरूङको निर्माण सकिएपछि अस्थायी बाँधबाट पानी ल्याउन थालिएको थियो। आयोजनाको ‘हेडवर्क’ निर्माणको अन्तिम काम भइरहँदा आएको बाढीले धेरै क्षति पुर्‍याएको छ।, राष्ट्रिय गौरवको सो आयोजना काठमाडौं उपत्यकामा रहको खानेपानीको समस्या समाधानको दीर्घकालीन उपायका रूपमा रहेको छ।  ,रासस, चैतसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी
सेतोपाटी बाँकेको जानकी गाउँपालिकास्थित पिप्रहवा चोकदेखि खजुरा नहर चोक जोड्ने पक्की सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ।, गाउँपालिकाको महत्वपूर्ण योजनाका रूपमा रहेको निर्माणाधीन सात किलोमिटर सडकमध्ये कालोपत्र गरिएको करिब दुई किलोमिटर सडकमा भत्किने र भासिने समस्या देखिएको छ। , ठेकेदार कम्पनीले कम गुणस्तरको काम गरेकाले कालोपत्र गरेको दुई महिनामै सडक भत्किएको स्थानीय अगुवा दुखीराम लोनियाले बताए।, निर्माण सम्पन्न नहुँदै सडक भत्किन थालेपछि सडक गुणस्तरीय निर्माण गर्न आफूहरूले पटक-पटक माग गर्दै आएको उनको भनाइ छ।, ‘एक त साँघुरो सडक, त्यसमा पनि ‘कमसल’ निर्माण भएका कारण कालोपत्र सडक एक महिनामै भत्किन सुरू भएको छ’, उनले भने, ‘सधैं धुलाम्मे र हिलाम्मे हुने सडक कालोपत्र हुँदा खुसी भएका थियौं, तर बाटो कालोपत्र भएको महिना दिनमै ठाउँ-ठाउँमा उप्किन थाल्यो, भासिन थाल्यो।’, सिक्टा सिँचाइ आयोजनाको नहरसँगै जोडिएको उक्त सडक साँघुरो छ।, नहरको केही भागलाई समेत समेटेर निर्माण गरिएको सो सडकमा दैनिक सयौं ठूला मालबाहक गाडी गुड्छन्। साँघुरो र भत्किएको सडकका कारण दिनहुँ सडक दुर्घटना हुने र ट्राफिक जाम लाग्ने गर्दछ।, गाउँपालिकाले पहिलो चरणमा गत वर्ष उक्त सडकमा माटो पटान, ग्राभेल, नाला र कल्भर्ट निर्माणलगायत काम गर्न करिब रु आठ करोड खर्च गरेको थियो।, दोस्रो चरणमा यस पटक कालोपत्र मात्रै गर्न ठेकेदारसँग रु चार करोड ६१ लाख ५१ हजार ५७९ मा ठेक्का सम्झौता गरिएको छ। दोस्रो चरणअन्तर्गत २०७७ माघ २५ गते भएको सम्झौताको म्याद २०७८ फागुन १ गते सकिने गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इञ्जिनियर प्रजेश आलेले जानकारी दिए। , उनले सम्झौताअनुसार ठेकेदार कम्पनीले सडक निर्माण गरे पनि केही स्थानमा सडक भत्किने र भासिन पुगेको बताए।, ठेकेदारले सबै काम सम्पन्न गरेर हस्तान्तरण नगर्दासम्म बीचमा आउने समस्या समाधान गर्न लगाइने उनको भनाइ छ। ठेकेदार कम्पनी ‘अमर/सिस्ने जेभी’ ले सडक निर्माण गर्ने जिम्मा लिएको छ।, गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने मुख्य सडकका रूपमा समेत निर्माण कार्य सुरू गरिएको हो। , गाउँपालिकाको वडा नं ६ गनापुरस्थित पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहरचोक हुँदै नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धितालले बताइन्।, निर्माणाधीन सडक भत्केको र भासिएको स्थानमा अनुगमन गरिएको उल्लेख गर्दै उपाध्यक्ष धितालले सम्झौताअनुसारको गुणस्तरीय सडक निर्माणका लागि ठेकेदार कम्पनीलाई आग्रह गरिएको जानकारी दिइन्।, ‘गनापुरको भित्रसम्म उद्योग खुलेका छन्, साँघुरो र कच्ची सडक भएका कारण मालबाहक सवारीसाधन हिँड्न कठिनाइ हुँदै आएको छ’, उनले भनिन्, ‘यो सडक निर्माणले गाउँपालिकामा रहेका उद्योगका सवारी साधनसँगै सर्वसाधारणलाई आवागमनमा सजिलो हुनेछ।’, गनापुरको पूर्वी क्षेत्रमा रहेका उद्योगले नेपालगञ्ज, कोहलपुर सडक प्रयोग गर्दै आए पनि पश्चिमतर्फ भित्रीभागमा रहेका उद्योगलाई सो सडक निर्माणपछि सवारी साधन आवागमनमा सहज हुनेछ।, सिक्टा सिँचाइको नहरसमेत यही सडकको किनारबाट निर्माण हुँदैछ।, सिक्टाको नहरबाट तीन मिटर र स्थानीय जग्गाधनीबाट चार मिटर जमिन प्राप्त गरी सात मिटर चौडाइ हुने गरी सडक निर्माण गरिएको हो। ,रासस,  , निर्माण सम्पन्न नहुँदै बाँकेमा भत्किन थाल्यो पक्की सडक
नारायण खड्का बाँकेको खजुरास्थित सिमलघारीकी चन्द्रा विक सुत्केरी बेथाले च्यापेपछि भेरी अस्पताल नेपालगञ्जमा  भर्ना भइन्। उनले बुधबार छोरालाई जन्म दिइन्। जन्मँदा उनको बच्चा ३ किलो ८ ग्रामका थियो।, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले विकको बच्चा अप्ठ्यारो अवस्थामा रहेकाले भ्याकुमले तानेर निकालिएको जानकारी अस्पताल प्रशासनले दिएको बताए। तर, उनको दिउँसो साढे दुई बजेतिर मृत्यु भयो।, अस्पतालबाट छोराको शव बुझेर विक परिवारले अन्त्येष्टिका लागि खोला किनारमा पुर्‍याए।, अन्तिम संस्कारका लागि छोराको शरीरका कपडा खोल्ने क्रममा नर्सले लेखेको नाम फरक थियो। उनीहरूको छोराको हातमा ‘गंगा चौधरी’ भन्ने नाम लेखिएको थियो।, त्यसपछि उनीहरु तत्कालै यो बच्चा आफ्नो छोरा नभएको निष्कर्षमा पुगे र शवको अन्त्येष्टि नगरी अस्पताल पुगे। , अस्पतालमा यो शिशु आफ्नो छोरा नभएको र अस्पतालले बच्चा साटेको भन्दै आक्रोश व्यक्त गरे। स्थिति तनावग्रस्त बन्न पुग्यो। अस्पताल प्रशासनले खबर गरेपछि सुरक्षाको लागि एसपी अधिकारी आफैं त्यहाँ पुगे।, मध्यरातमै पीडित पक्ष, अस्पताल प्रशासन र प्रहरी प्रशासनबीच मृतक बच्चाको डिएनए टेष्ट गराएरै भए पनि उत्पन्न  समस्या समाधान गर्ने सहमति भयो। त्यसका लागि बिहीबार बिहान फेरि छलफल गर्ने सम्झौता भयो। अहिले पनि छलफल जारी छ।, बाँके प्रहरी प्रमुख अधिकारीका अनुसार बर्दियाकी गंगा चौधरीले भदौ ९ गते भन्दा १० दिन पहिले छुट्टै अर्को अस्पतालमा छोरालाई जन्म दिएकी थिइन्। उनको छोराको तौल ३ किलो ३ सय ग्राम छ। चौधरीका छोरा गम्भीर बिरामी भएपछि उनीहरूले पनि उपचारका लागि भेरी अस्पताल ल्याएका थिए। एनआइसियूमा राखेर उनको उपचार भइरहेको छ।, त्यही क्रममा अस्पतालमा कार्यरत नर्सले ट्याग लगाउँदा लापरबाही गरिन्। नवजात शिशुको एउटा हातमा चन्द्रा विक र अर्को हातमा गंगा चौधरी लेखिदिए।, ‘संयोग कस्तो परेछ भने गंगा विक लेखेको हातको ट्याग भित्रपट्टि फर्किएछ,’ एसपी अधिकारीले भने, ‘त्यही भएर अभिभावकले आफ्नो मृतक छोराको एक हातमा चौधरीको ट्याग देखेपछि शव अन्त्येष्टि नगरी फर्काएर ल्याउनुभयो।’, अस्पतालमा कार्यरत नर्सको लापरबाही र गल्तीले गर्दा अस्पतालमा समस्या उत्पन्न भए पनि दश दिन पहिले जन्मेको चौधरीको बच्चाको सालनाल तथा तौलका आधारमा पहिचान गर्न कुनै कठिन नभएको तर्क अस्पताल प्रशासनले गर्ने गरेको छ।, ‘दश दिनको बच्चा र सोही दिन जन्मेको बच्चाको सालनालबाट पनि बच्चाको पहिचान गर्न सकिन्छ भन्नेछ,’ एसपी अधिकारीले भने, ‘राति एक बजे नै अस्पताल प्रशासनले बच्चाको तौल गरेर देखाएको थियो।’, अस्पतालको रेकर्ड अनुसार दुबै बच्चाको तौल ठ्याक्कै भने जस्तै मिल्न गएको एसपी अधिकारीले सेतोपाटीलाई बताए।, ‘राति अस्पतालमा सबैका सामू यसो फर्काएर हेर्दा मृतक बच्चाको एउटा हातमा भित्र तिर चन्द्रा विक नामसमेत लेखेको भेटियो,’ एसपी अधिकारले भने, ‘त्यसैले बच्चा विककै रहेको र अस्पतालका नर्सले ट्याग लगाउँदा लापरबाही तथा गल्ती गरेको स्पष्ट हुन गयो।’, हाल अस्पतालको एनआइसियूमा राखेर उपचाररत अर्का बच्चाको दुबै हातमा गंगा चौधरी नै रहेको अधिकारीले जानकारी दिए।, ‘विक परिवारले होइन, ज्युँदो बच्चा हाम्रो हो र मरेको बच्चा हाम्रो हैन भन्ने दाबी गर्दै आउनु भएको छ, तर, त्यो पुष्टि हुने कुनै आधार देखिँदैन,’ एसपी अधिकारीले भने, ‘उहाँहरूले हामीलाई हाम्रो ज्युँदो बच्चा चाहियो भन्ने गर्नुहुन्छ, त्यो त सम्भव नै छैन।’, तै पनि पीडित परिवारको माग अनुसार मृतक विकको डिएनए परीक्षण गर्न काठमाडौं पठाउने कि, के गर्ने? भन्ने बारेमा बिहीबार फेरि अस्पतालमै छलफल जारी रहेको एसपी अधिकारीले बताए।, नर्सले शिशुको एक हातमा विक र अर्को हातमा चौधरी लेखिदिएपछि...
रोहित महतो गएको जेठ महिनादेखि घर पानीमा डुबेको छ। लगातारको वर्षाले घरभित्र भएभरको अन्नपात गलिसक्यो। लत्ताकपडा पनि पानीमै सडेर बर्बाद भयो। खानेपानीका लागि घरअगाडि गाडिएको चापाकल पनि डुबेको छ।, डुबेकै कलबाट आउने गोबर र हिलोसहित निस्किने फोहोर पानी खान बाध्य छन् महोत्तरीको सम्सी गाउँपालिका-५ की जयकुमारी मल्लिक र उनको ९ जनाको परिवार।, बर्सेनि घर डुबानमा पर्ने समुदायको उनी एक्लो परिवार हुन्। घरविहीन बनेका उनीहरू झन्डै चार महिनादेखि त्रिपाल झुन्ड्याएर घर अगाडिको नालामाथि दुइटा खाट राखेर जीवनयापन गरिरहेका छन्। छेउमा पक्की सडकमै स्थानीयले भैंसी बाँध्छन्। गोबर उछिट्टिएर उनीहरूको खाटसम्मै पुग्छ र गन्ध पनि उत्तिकै।, छोराहरू विकोश, अशेश्वर, सुनिल र उनीहरूका पत्नी तथा छोरा पनि त्यही त्रिपालमुनि बस्छन्। आफू र श्रीमान नारायण मल्लिक छेउमै रहेको मन्दिरमा र छोराले दाइको घरमा रात बिताउने जयकुमारीले बताइन्।, १३ दिनअघि वर्षायाममै त्रिपालमुनि पानीको फोहोरमै भिजेर जेठी बुहारी रंजु मल्लिक सुत्केरी भएकी थिइन्। त्यही खाटमा किनेर ल्याएको अन्नपात, दाउरा, लत्ताकपडा र मसलासहितका सामान पनि राखेका छन्।, दिनहुँ वर्षा भइरहेकाले ढाकी, नाङ्लो पनि खाटमै बसेर बुन्नु परेको छ। वर्षा हुँदा त्रिपाल चुहिन्छ, बाहिरबाट पानीको फोहोरा आउँछ। तै पनि १३ दिने शिशुसहित उनीहरूलाई त्यहीँ बस्नुपर्ने बाध्यता छ।, ‘नालाको फोहोर र जमेको पानी गनाउँछ। लामखुट्टेले टोक्छ। सर्पको पनि त्यत्तिकै बिगबिगी छ। त्रिपाल पुरानो भएर चुहिएको छ,’ जयकुमारीले पीडा सुनाइन्, ‘वर्षा हुँदासम्म खाना पकाउन सक्दैनौं। भोकै बस्नुपर्छ। गोबर, हिलो मिसिएको फोहोर पानी खानुपर्छ। अरूले डोम जातले छोइन्छ भनेर पानी भर्न दिँदैन।’, खानै नसकिने फोहोर पानी कलबाट निस्केपछि घर छेउमै रहेको निजी विद्यालयको कलमा पानी लिन जाँदा करिब १० दिनअघि हप्काएर पठाइदिएको जयकुमारीका माइलो छोरा सुनिलले पीडा पोखे।, ‘तिमीहरूले छोयौ भने कल छुइन्छ, चुपचाप यहाँबाट तुरून्तै गइहाल। आइन्दा भुलेर पनि यहाँबाट पानी नलिनु भनेर गाली गर्दै विनित झा सरले फर्काइदिनुभयो,’ उनले भने।, डोम जातकै भएका कारण आफूहरूले पानी भर्न नदिएको स्थानीयले समेत स्वीकार गर्छन्।, ‘सबैको आँगनमा चापाकल छ। यिनीहरू हाम्रो घर पस्दा घिन लाग्छ। कसरी भित्र पस्न दिनु। समस्या छ भने नेताले, सरकारले हेर्नुपर्छ नि,’ साह थरकी स्थानीय एक महिलाले भनिन्।, डोम जात भनेर पुस्तौदेखि हेपाइ सहँदै आएकाले सहेर बस्ने बानी परेको जयकुमारीले बताइन्।, ‘हामीले बुनेको ढाकी, नाङ्लो सबैलाई चल्ने, यिनीहरूको देउतालाई पनि चल्ने तर अरू छुँदा नचल्ने। कस्तो समाज हो यो? हामीलाई उपल्लो जातले त भए नै अरू दलितले पनि घृणा गर्छन् तर सुन्ने र सहने बानी परिसकेको छ। नभए बाँच्नै मुस्किल पर्छ,’ उनले गुनासो पोखिन्।, ढाकी, नाङ्लो बेचेर जसोतसो पेट पालेको बताउँदै उनले अन्यत्र बसाइ सर्न पैसा नरहेको जयकुमारीले सुनाइन्। स्थानीय रामजानकी मन्दिरको नाममा रहेको जग्गामा उनीहरू खरको छाप्रो भएको घर ठड्याएर बसिरहेका छन्।, यस्तो पीडा भोग्नु परेको यो पहिलो वर्ष होइन। पोहोर साल पनि यस्तै पीडा झेल्नु परेको जयकुमारीले बताइन्। भोट माग्न आएका नेताहरूलाई बस्ने व्यवस्था गरिदिन भनेर कयौं पटक हार-गुहार लगाउँदासमेत कसैले पीडा नबुझदिएको उनले बताइन्।, ‘वडाध्यक्षदेखि कति नेताहरूलाई खानेपानी र बस्ने उपाय गरिदिन आग्रह गर्‍यौं तर कसैले सुनेनन्। दुःख पर्दा कसैले सुनिदिँदैन। अब भोट माग्न आयो भने झाडुले जवाफ दिन्छु,’ उनले आक्रोश पोखिन्।, दुई वर्षदेखि उनीहरूको पीडा आफूले समेत देख्दै आएको वडाध्यक्ष पन्नु राय यादवले बताए। समस्या समाधानका लागि भने आफूलाई एक पटक पनि नभनेको उनले दाबी गरे।, ‘उनीहरूलाई पोहोर साल स्कुलमा बस्न भनेको थिएँ। यसपालि फेरि स्कुलमा बस्ने व्यवस्था मिलाइदिन्छु,’ उनले भने, ‘स्थानीयले पानी भर्न दिँदैन भने घर छेउमै रहेको सरकारी स्कुलको कलबाट भर्दा भैगो नि। अरू के-कसो समस्या छ उसको घरमा गएर बुझ्छु।’, ‘छोइन्छ भनेर कलमा भर्न दिँदैनन्, गोबर मिसिएको पानी खानुपर्छ’
युवराज श्रेष्ठ पोखरास्थित मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ।, पोखराकै दुई व्यवसायिक समूह बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले सवा तीन अर्ब रूपैयाँमा उक्त अस्पताल किनेका हुन्।, अटोवेज ग्रुपका अध्यक्ष पौडेलका अनुसार बतासले ६० प्रतिशत र पौडेलले ४० प्रतिशत लगानीमा अस्पताल खरिद गरेका हुन्। मणिपाल समूहसँग भोलि शुक्रबार अस्पताल खरिद बिक्री सम्झौता हुने पौडेलले बताए। , नेपाल सरकार र भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच १८ अक्टोबर १९९२ मा उक्त अस्पताल स्थापना गर्ने सम्झौता भएको थियो।, सम्झौता भएको दुई वर्षपछि मेडिकल कलेजका रूपमा एमबिबिएस सुरू गरेको थियो।, अहिले यस अस्पतालमा एमबिबिएस, पिजी र नर्सिङका कक्षा संचालनमा छ।, यस अस्पतालले एमबिबिएस अध्ययनका लागि वार्षिक १०० जना भर्ना गर्न अनुमति पाएको छ।, अस्पताल सञ्चालन गर्न मणिपाल समूहलाई सरकारले ४९ वर्षका लागि जग्गा भाडामा दिएको थियो। , नेपालमै पहिलो पटक निजी क्षेत्रको लगानीमा स्थापना भएको मणिपाल मेडिकल कलेज अहिले पनि गण्डकी प्रदेशकै ठूलो सुविधा सम्पन्न निजी अस्पताल हो। यस अस्पतालमा ७५० बेड सञ्चालनमा छन्।, १० हेक्टर क्षेत्रफलमा फैलिएको अस्पताल भवन १० लाख स्क्वायर फिट रहेको छ। मुख्य अस्पताल भवन रहेको जग्गा मणिपाल समूहकै नाममा रहेको छ भने बाँकी भवन तथा संरचना सरकारी जग्गामा रहेको छ।, अस्पतालको हालसम्म ऋण नभए पनि सरकारलाई झण्डै १ अर्ब कर तिर्न बाँकी रहेको अटोवेज ग्रुपका पौडेलले बताए।, सरकारलाई तिर्नुपर्ने करको दायित्व पनि आफूहरूले नै लिएको उनले बताए।, ‘अस्पतालको ऋण छैन, करिब १ अर्ब करको दायित्व छ,’ उनले भने, ‘त्यो दायित्व हामीले नै ग्रहण गर्छौं।’, भोलि सम्झौता भएपश्चात एक डेढ महिनाभित्र स्वामित्व हस्तान्तरण भइसक्ने पौडेलले बताए।, मेडिकल कलेज सञ्चालन गर्न लगानीकर्ता बतास अध्यक्ष र पौडेल उपाध्यक्ष रहने सहमति भएको छ।, अस्पतालमा अहिले ९ सय जना कर्मचारी छन्।, पश्चिमका मानिस मेडिकल साइन्स पढ्न काठमाडौं वा अन्यत्र जान नपरोस् भनेर मेडिकल कलेजमा लगानी गरेको पौडेलले बताए।, आफूहरूले स्वामित्व लिएपछि अस्पतालमा न्युरो र मुटुमा विशेष ध्यान दिने उनले बताए। , पोखराको मणिपाल शिक्षण अस्पताल सवा तीन अर्बमा बिक्री
सेतोपाटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को परीक्षणको नक्कली रिपोर्ट बनाइदिएको आरोपमा शहीद गंगालाल हृदय रोग केन्द्र कर्मचारीमाथि छानबिन सुरू गरेको छ।, मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड-१९ को नक्कली रिपोर्ट बनाएको आरोपमा छानबिन सुरू गरेको हो।, सर्वसाधारणले उजुरी दिएपछि मन्त्रालयले छानबिन प्रक्रिया थालेको हो।, मन्त्रालयले केन्द्रका सञ्चालक समिति विजय राई संयोजक र  मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डा शङ्कर काफ्ले सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।, मन्त्रालयका उपसचिव बस्नेतले यादवले कोभिड-१९ को नक्कली रिपोर्ट  बनाई सर्वसाधारणसँग रकम असुल्ने गरेको बताए।, यादवले नक्कली कागजात बनाउने, केन्द्रको लेटरप्याडको दुरूपयोग गर्ने, बिना परीक्षण रिपोर्ट निकाल्ने गरेको पाइएको उनले जानकारी दिए।, ‘केन्द्रको ल्याब कक्षमा बसेर नक्कली रिपोर्ट बनाउनका लागि बार्गेनिङ गर्ने गरेको पनि पाइयो’, उनले भने, ‘स्वाबको परीक्षण नगरिकन यादवले रिपोर्ट बनाउने गरेको देखियो।’, उपसचिव बस्नेतका अनुसार विदेश जानेको संक्रमण देखिए यादवले रकम लिएर रिपोर्टलाई नेगेटिभ पनि बनाउनेसमेत गरेको पाइएको छ।, यादवलाई यसअघि पनि पटक-पटक स्पष्टीकरण सोधिएको उनले जानकारी दिए।, यादवलाई गंगालालको सेवा सर्त नियमावली अनुसार भविष्यमा हृदय रोग केन्दको सेवामा अयोग्य ठहर गर्दै बर्खास्त गर्ने गरी विभागीय सजाय गर्न सञ्चालक समितिलाई सिफारिस गरिएको छ। ,रासस, कोभिड-१९ को नक्कली रिपोर्ट बनाइदिएको आरोपमा शहीद गंगालाल केन्द्रका कर्मचारीमाथि छानबिन
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १४ हजार ३७४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ७०२ जनाको पिसिआर र ४ हजार ६७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, १ हजार ९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ।, हाल सक्रिय संक्रमित ३८ हजार ३८४ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३. ५ प्रतिशत रहेको छ।, यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७३३ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५६१, भक्तपुरमा ६६ र ललितपुरमा १०६ जना संक्रमित थपिएका हुन्।, थपिए २ हजार ४३३ संक्रमित, निको भए १ हजार ९२९
सेतोपाटी संवाददाता देशभरि शुक्रबारसम्म भारी वर्षा हुने भएको छ। मनसुन फेरि सक्रिय भएकाले शुक्रबार साँझमम्म तराई र पहाडी क्षेत्रका धेरै स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, ‘अहिले न्यून चापीय रेखा नेपालको सीमानजिकै रहेको छ। आज र भोलि देशैभरि पानी पर्छ। सुदूरपश्चिम र आसपासका क्षेत्रमा भने पर्सिसम्म पनि त्यसको असर देखिन्छ,’ महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने।, उनले तराई क्षेत्रमा बाढी/डुबान र पहाडी क्षेत्रमा पहिरो आउन सक्ने सम्भावना रहेको बताए।   , गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  बिहीबार एक प्रेस-नोट जारी गर्दै १२ गतेसम्म ठूलो पानी पर्ने सम्भावना रहेको बताएको छ।, प्राधिकरणले आफ्नो वरपर बाढी/पहिरो आउन लागेको भए तुरून्त स्थानीय प्रशासन र प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ।, सम्भावित विपद्लाई ध्यानमा राखी खोज, उद्धार र राहतका लागि तयारी अवस्थामा रहन पनि प्राधिकरणले निर्देशन दिएको छ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, २०७८ भाद्र १० गते (बिहीबार), दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २,  बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको देखिन्छ।, राति: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २,  बागमती, गण्डकी, लुम्बिनी  प्रदेशका  थोरै  र बाकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।, २०७८ भाद्र ११ गते (शुक्रबार), दिउँसो: देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई  स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरूका एक वा दुई स्थानमा धेरै भारी वर्षाको संभावना पनि रहेको छ।, राति: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी/धेरै भारी र बाँकी प्रदेशका  एक-दुई  स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, २०७८ भाद्र १२ गते (शनिबार), दिउँसो: देशको अधिकांस भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी र बाकी प्रदेशका  एक-दुई  स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, राति: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका एक-दुई  स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।, भोलिसम्म भारी वर्षा हुने, सजगता अपनाउन गृह मन्त्रालयको अनुरोध
सेतोपाटी संवाददाता पर्साको वीरगञ्जस्थित सर्वोत्तम स्टिल कम्पनीको भट्टीमा विस्फोट भएको छ।, घटनामा १५ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।, तातो फलाम पगाल्ने क्रममा भट्टीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय पर्साका सञ्चार कक्षका हवल्दार गंगाराम रायले जानकारी दिए।  , ‘पग्लेको फलामको चोइटा उछिटिएर आगो लाग्यो। त्यही क्रममा कामदारलाई चोट लागेको हो,’ उनले भने।, उनका अनुसार घाइतेमध्ये अधिकांश भारतीय कामदार छन्।, भारतको युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानसिया, ३० वर्षीय रा पुकार यादव, बिहार घर भएका ५२ वर्षीय विनोद पाण्डे, बारा छातापिपरा बस्ने २२ वर्षीय टिंकु दासको अवस्था गम्भीर छ।, उनीहरूको वीरगञ्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको हवल्दार रायले बताए। घाइते भएका अन्य कामदारको अवस्था सामान्य छ।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, पर्सामा सर्वोत्तम स्टिल कम्पनीको भट्टीमा विस्फोट, १५ जना घाइते
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले १० किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भारतीय नागरिक राजेश यादव छन्। , उनलाई नेपाल भारत सीमावर्ती एरिया नजिकैबाट पक्राउ गरिएको डिएसपी राजु लामाले जानकारी दिए।  , यादवको साथमा रहेको कालो रंगको झोलाभित्र पत्रिका र टेपले बेरेको इँट्टा आकारको २६ प्याकेट १० केजी चरेस फेला परेको लामाले बताए। , परेको चरेससहित यादवलाई लागुऔषध मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, १० किलो चरेससहित एक पक्राउ
सेतोपाटी संवाददाता नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको हातमा फरक नाम पाइएकोबारे अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ। , बिहीबार पीडित पक्ष, अस्पताल प्रशासन, प्रहरी र जिल्ला प्रशासन कार्यालयबीच भएको बैठकले छानबिन समिति गठन गर्ने र लापरबाही गर्ने नर्सलाई कारबाही गर्ने निर्णय गरेको हो।  , छानबिन समितिको प्रतिवेदन अनुसार लापरबाही गर्ने नर्सको पहिचान गरेर क-कसको लापरबाहीले गर्दा शिशुको हातमा फरक- फरक नाम लेखिएको हो, भन्ने कुराको आधारमा कारबाही गर्ने निर्णय भएको वार्तामा सहभागी जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक ईश्वर गिरीले सेतोपाटीलाई बताए ।, त्यस्तै, पीडित अभिभावकको चाहना अनुसार मृतक शिशुको पहिचानका लागि डिएनए परीक्षण गर्ने निर्णय भएको गिरीले जानकारी दिए। , ‘अभिभावकको चाहना अनुसार मृतकको डिएनए परीक्षणका लागि काठमाडौंमा भिसेरा पठाउने निर्णय भएको छ,’ गिरीले भने ‘ डिएनए परीक्षणको रिपोर्ट आउन झन्डै महिना दिन जति लाग्ने हुँदा आजै अभिभावकले शव बुझेर दाह संस्कार गर्ने सहमति पनि भएको छ।’, भएको के थियो?, बाँकेको खजुरास्थित सिमलघारीकी चन्द्रा विक सुत्केरी बेथाले च्यापेपछि भेरी अस्पताल नेपालगञ्जमा  भर्ना भइन्। उनले बुधबार छोरालाई जन्म दिइन्। जन्मँदा उनको बच्चा ३ किलो ८ ग्रामका थियो।, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले विकको बच्चा अप्ठ्यारो अवस्थामा रहेकाले भ्याकुमले तानेर निकालिएको जानकारी अस्पताल प्रशासनले दिएको बताए। तर, उनको दिउँसो साढे दुई बजेतिर मृत्यु भयो।, अस्पतालबाट छोराको शव बुझेर विक परिवारले अन्त्येष्टिका लागि खोला किनारमा पुर्‍याए।, अन्तिम संस्कारका लागि छोराको शरीरका कपडा खोल्ने क्रममा नर्सले लेखेको नाम फरक थियो। उनीहरूको छोराको हातमा ‘गंगा चौधरी’ भन्ने नाम लेखिएको थियो।, त्यसपछि उनीहरु तत्कालै यो बच्चा आफ्नो छोरा नभएको निष्कर्षमा पुगे र शवको अन्त्येष्टि नगरी अस्पताल पुगे। , अस्पतालमा यो शिशु आफ्नो छोरा नभएको र अस्पतालले बच्चा साटेको भन्दै आक्रोश व्यक्त गरे। स्थिति तनावग्रस्त बन्न पुग्यो। अस्पताल प्रशासनले खबर गरेपछि सुरक्षाको लागि एसपी अधिकारी आफैं त्यहाँ पुगे।, मध्यरातमै पीडित पक्ष, अस्पताल प्रशासन र प्रहरी प्रशासनबीच मृतक बच्चाको डिएनए टेष्ट गराएरै भए पनि उत्पन्न  समस्या समाधान गर्ने सहमति भयो। त्यसका लागि बिहीबार बिहान फेरि छलफल गर्ने सम्झौता भयो। अहिले पनि छलफल जारी छ।, बाँके प्रहरी प्रमुख अधिकारीका अनुसार बर्दियाकी गंगा चौधरीले भदौ ९ गते भन्दा १० दिन पहिले छुट्टै अर्को अस्पतालमा छोरालाई जन्म दिएकी थिइन्। उनको छोराको तौल ३ किलो ३ सय ग्राम छ। चौधरीका छोरा गम्भीर बिरामी भएपछि उनीहरूले पनि उपचारका लागि भेरी अस्पताल ल्याएका थिए। एनआइसियूमा राखेर उनको उपचार भइरहेको छ।, त्यही क्रममा अस्पतालमा कार्यरत नर्सले ट्याग लगाउँदा लापरबाही गरिन्। नवजात शिशुको एउटा हातमा चन्द्रा विक र अर्को हातमा गंगा चौधरी लेखिदिए।, ‘संयोग कस्तो परेछ भने गंगा विक लेखेको हातको ट्याग भित्रपट्टि फर्किएछ,’ एसपी अधिकारीले भने, ‘त्यही भएर अभिभावकले आफ्नो मृतक छोराको एक हातमा चौधरीको ट्याग देखेपछि शव अन्त्येष्टि नगरी फर्काएर ल्याउनुभयो।’, अस्पतालमा कार्यरत नर्सको लापरबाही र गल्तीले गर्दा अस्पतालमा समस्या उत्पन्न भए पनि दश दिन पहिले जन्मेको चौधरीको बच्चाको सालनाल तथा तौलका आधारमा पहिचान गर्न कुनै कठिन नभएको तर्क अस्पताल प्रशासनले गर्ने गरेको छ।, ‘दश दिनको बच्चा र सोही दिन जन्मेको बच्चाको सालनालबाट पनि बच्चाको पहिचान गर्न सकिन्छ भन्नेछ,’ एसपी अधिकारीले भने, ‘राति एक बजे नै अस्पताल प्रशासनले बच्चाको तौल गरेर देखाएको थियो।’, अस्पतालको रेकर्ड अनुसार दुबै बच्चाको तौल ठ्याक्कै भने जस्तै मिल्न गएको एसपी अधिकारीले सेतोपाटीलाई बताए।, ‘राति अस्पतालमा सबैका सामू यसो फर्काएर हेर्दा मृतक बच्चाको एउटा हातमा भित्र तिर चन्द्रा विक नामसमेत लेखेको भेटियो,’ एसपी अधिकारले भने, ‘त्यसैले बच्चा विककै रहेको र अस्पतालका नर्सले ट्याग लगाउँदा लापरबाही तथा गल्ती गरेको स्पष्ट हुन गयो।’, हाल अस्पतालको एनआइसियूमा राखेर उपचाररत अर्का बच्चाको दुबै हातमा गंगा चौधरी नै रहेको अधिकारीले जानकारी दिए।, ‘विक परिवारले होइन, ज्युँदो बच्चा हाम्रो हो र मरेको बच्चा हाम्रो हैन भन्ने दाबी गर्दै आउनु भएको छ, तर, त्यो पुष्टि हुने कुनै आधार देखिँदैन,’ एसपी अधिकारीले भने, ‘उहाँहरूले हामीलाई हाम्रो ज्युँदो बच्चा चाहियो भन्ने गर्नुहुन्छ, त्यो त सम्भव नै छैन।’, तै पनि पीडित परिवारको माग अनुसार मृतक विकको डिएनए परीक्षण गर्न काठमाडौं पठाउने कि, के गर्ने? भन्ने बारेमा बिहीबार फेरि अस्पतालमै छलफल जारी रहेको एसपी अधिकारीले बताए।, शिशुको हातमा फरक-फरक ट्याग लगाउने नर्सलाई कारबाही गर्ने सहमति
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ७३३ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ५६१, भक्तपुरमा ६६ र ललितपुरमा १०६ जना संक्रमित थपिएका हुन्।, त्यस्तै, अहिले काठमाडौं उपत्यकामा १० हजार २ सय ८५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६५८७, भक्तपुरमा १४७८ र ललितपुरमा २२२० सक्रिय संक्रमित छन्।, ४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १४ हजार ३७४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ७०२ जनाको पिसिआर र ४ हजार ६७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, १ हजार ९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ।, हाल सक्रिय संक्रमित ३८ हजार ३८४ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३. ५ प्रतिशत रहेको छ।,  , काठमाडौं उपत्यकामा ७३३ जनालाई संक्रमण, सक्रिय १० हजार बढी
राजु अधिकारी नेकपा एमालेका सचिव भीम आचार्य बिहीबार बिहान काठमाडौंबाट जहाजमा विराटनगर आए।  बिहीबार उनको राजनीतिक जीवनकै एउटा महत्वपूर्ण दिन थियो। मुख्यमन्त्री बन्ने वर्षौंदेखिको उनको सपनाको पूरा हुन केही घन्टामात्र बाँकी थियो।, काठमाडौंबाट उत्साह र खुसी बोकेर विराटनगर ओर्लिएका आचार्य विमास्थलमा सुनेको एउटा खबरले खङ्ग्रङ्ङ भए।  उनका कान्छा भाइ राम सुतेकै ठाउँमा मृत फेला परे।, सामान्य अवस्था हुँदो हो त आचार्य खबर सुनेपछि सोझै इनरूवा जान्थे होला। कान्छो भाइको वियोगले विक्षिप्त बनेका परिवारजनलाई अभिभावकीय उपस्थिति दर्शाएर सान्त्वना दिन्थे होला।, कठोरताका जुनसुकै हद पनि पार गर्नुपर्ने कर्म हो राजनीति, जसले न दुःख पर्दा डाको छाडेर रून दिन्छ न सफलतामा खुलेर रमाउने अनुमति नै दिन्छ। भाइलाई गुमाउनुको पीडा दबाउँदै आचार्य विराटनगरमै बसे।, केहीबेरमा प्रदेश १ को एमाले संसदीय दलको नेता चुनिए। लगत्तै मुख्यमन्त्रीको सपथ लिए।, मुख्यमन्त्री आचार्यकी पत्नी मीरा खनालका अनुसार सुरूमा भाइ रामको मृत्युको खबर पत्याउनै सकस भयो। फोनमा खबर सुनिरहँदा घरमा रुवाबासी भइरहेको थियो। पत्याउन करै लाग्यो। आचार्यलाई कुरेर बसिरहेका एमाले सांसदको भीडभाड भएकै ठाउँमा यो कुरा सार्वजनिक भएपछि सबैले मीरालाई घर जान सुझाए। आचार्य मुख्यमन्त्रीको  सपथ र पदभार सकेरमात्रै घर जाने सल्लाह भयो।, ‘हामी विराटनगर विमानस्थलमा ओर्लेर होटलमा पुगेकामात्रै थियौं। यस्तो खबर आयो,’ मीराले सेतोपाटीसँग भनिन्, ‘राजनीतिक मान्छेका लागि कार्यकारी जिम्मेवारी प्राप्ति खुसीको क्षण हुन्थ्यो। तर, परिवारले त्यो खुसी मनाउन पाएनौं। उहाँ पनि खुसी हुन सक्ने कुरै भएन।’, मुख्यमन्त्री बन्दै गरेको खुसी खोसिदिने भाइको मृत्युको खबरले आचार्य स्वयंलाई पनि नराम्ररी बिथोलेको प्रष्टै हुन्थ्यो। संसदीय दलको नेता चुनिँदा होस् वा मुख्यमन्त्रीको सपथ लिँदा आचार्यको अनुहारमा भ्रातृ वियोगको दु:खाइ थियो। न हाँस्न सकेका थिए न रून।, आचार्य पत्नी मीराका अनुसार उनका देवर राम भीमका भाइमात्रै थिएनन्, लामो राजनीतिक यात्राका अटुट सहयात्रीसमेत थिए। २०४६ को जनान्दोलनपछि भीम आचार्य पार्टीको सुनसरी जिल्ला कमिटी सचिव बनेका थिए, भाइ राम इनरुवा नगरका सचिव बनेका थिए।, ‘उहाँहरूबीच  दाजुभाइका रूपमा मात्रै होइन राजनीतिक सहयात्रीका रूपमा पनि एकदमै राम्रो सहकार्य थियो,’, आचार्यका छिमेकी राजेश दाहालले भने, ‘पाँच दाजुभाइमध्ये भीम र राम लामो समय एकै ठाउँ बसेको पनि हो।’, सुनसरी इनरुवामा प्रशस्त जग्गाजमिन र सम्पत्ति भएको आचार्य परिवारमा पाँच दाजुभाइमध्ये दुई जनाको यसअघि नै निधन भइसकेको छ। कान्छा रामको पनि मृत्यु भएपछि अब साइँला भीम र माइला गोविन्द छन्।, अर्का छिमेकी राजेन्द्र पोखरेलका अनुसार आचार्य परिवारका पाँचै जना दाजुभाइबीच हार्दिक सम्बन्ध थियो।, ‘राजनीतिमै भएका कारण भीम र रामको अझ बढी ट्युन मिल्थ्यो,’  उनले भने ‘राजनीतिमा भीमले एउटा ठूलो उपलब्धि हासिल गरेकै दिन राम भने सदाका लागि बिते। यसले भीमलाई विक्षिप्त पारेको छ। तर राजनीतिक दायित्वका कारण उनले समयमै घर आउन पनि पाएनन्।’, मुख्यमन्त्रीको पदभार ग्रहण गरेर, काठमाडौबाट आएका रामका छोराछोरीलाई साथ लिएर मात्रै मुख्यमन्त्री आचार्य घरतिर गएका छन्।, आचार्य पत्नी मीराका अनुसार दाइसँग लामो राजनीतिक सहयात्रासमेत  गरेका राम पछिल्लो समय मानसिक समस्यासँग जुधिरहेका थिए। भीमको परिवार मधेशामा बस्ने र रामको परिवार महेन्द्र चोकमा बस्ने भएकाले भेटघाट केही पातलो थियो। तर, फोनमा, परेका बेला एकैसाथ जुट्ने गर्थे।, ‘दाजुको राजनीतिक सफलता उहाँको चाहना थियो, एउटा सफलता हात लागेको दिन उहाँ नै रहनुभएन’ मीराले भनिन्,‘हामीले ४७ सालमा बिहे गरेका हौं, तीन वर्षपछि मात्रै बाबु (राम) बिहे गरेर अलग हुनुभएको थियो। पारिवारिक बसाइ अलग भए पनि हाम्रो सम्बन्ध नङ र मासुको जस्तो थियो।’ , काठमाडौंबाट मुख्यमन्त्री बन्न विराटनगर पुगेका भीम आचार्यले भाइ बितेको खबर सुनेपछि…
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ६८९ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ जना संक्रमित थपिएका हुन्।, त्यसैगरी हाल काठमाडौं उपत्यकामा १० हजार ५ सय ५८ सक्रिय संक्रमित छन्।, काठमाडौंमा ६८८३, भक्तपुरमा १४१६ र ललितपुरमा २२५९ सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, १४ हजार ८१० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ९०९ जनाको पिसिआर र ४ हजार ९०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, २ हजार ८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप ३५ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ।,  , काठमाडौं उपत्यकामा थपिए ६८९ संक्रमित
विवेक राई पछिल्लो १५ दिनयता कोरोना भाइरसको दैनिक संक्रमण दर निरन्तर घट्न थालेको छ।, हिजो (सोमबार) कुल ११ हजार ३२६ जनाको परीक्षण गरिएकोमा जम्मा १५.९० प्रतिशतमा संक्रमण पोजेटिभ देखिएको थियो। जुन पछिल्लो महिनायताकै कम संक्रमण दर हो। , स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो १५ दिनमा कुल परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा संक्रमण देखिएको छ। जुन अघिल्लो १५ दिनको तुलनामा तीन प्रतिशतले कमी हो।, साथै भदौ ३ गतेदेखि भने दैनिक संक्रमण दर नै निरन्तर घट्न थालेको छ। भदौ ३ गते १९ प्रतिशतमा संक्रमण देखिएकोमा भदौ ४ गते १७ प्रतिशत र त्यसयता भने दैनिक औसत १५ प्रतिशतमा संक्रमण देखिएको छ।   , पछिल्लो १५ दिनमा कोरोना संक्रमण दर (प्रतिशतमा), मिति, प्रतिशत, साउन २५, २२, साउन २६, २६, साउन २७, २१, साउन २८, २१, साउन २९, २१, साउन ३०, १९, साउन ३१, १८, साउन ३२, २२, भदौ १, १८, भदौ २, २०, भदौ ३, १९, भदौ ४, १७, भदौ ५, १६, भदौ ६, १५, भदौ ७, १६, पछिल्लो १५ दिनयता संक्रमण दर निरन्तर घट्नु राम्रो संकेत रहेको भन्दै तत्काल संक्रमणको अवस्था भयावह नहुने देखिएको संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।, 'पछिल्ला दिनमा संक्रमण दर ओरालो लाग्नु शुभ संकेत हो। अब तत्काल दोस्रो लहरजस्तै भयावह स्थिति हुने सम्भावना कम देख्छु,' उनले भने। , डा. पुनका कुरालाई आधार मान्ने हो भने जसरी पछिल्ला दिनहरूमा संक्रमण दर घट्न थालेको छ, त्यसले संक्रमण विस्तारै शिथिल हुँदै गएको भनेर बुझ्नुपर्छ। जबकि असारको अन्तिमतिर संक्रमण पुनः ह्वात्तै बढ्न थाल्दा कतिपय स्वास्थ्य अधिकारीहरूले दोस्रो लहरकै जस्तो भयावह स्थिति आउनसक्ने चेतावनी दिएका थिए। हुन पनि त्यसअघि दैनिक २ हजार बढीमा संक्रमण नदेखिएको स्थितिमा एकैदिन झन्डै पाँच हजार जनालाई समेत संक्रमण पुष्टि भएको थियो। , त्यसरी संक्रमण दर लगालग बढ्न थालेपछि सरकारले समेत तेस्रो लहरको जोखिम रहेको भन्दै पटक-पटक सूचना जारी गरेको थियो।, स्वास्थ्य मन्त्रालयले प्रदेशमार्फत् देशभरका अस्पतालहरूलाई अक्सिजनको व्यवस्थापन गर्न निर्देशन दिएको थियो। , काठमाडौं उपत्यकाकै हकमा संक्रमण बढेको भन्दै अघिल्लो साता राति ८ बजेदेखि निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको थियो। तर आज तीन वटै जिल्लाका सिडिओको बैठकले राति पनि निजी तथा सार्वजनिक सवारीलाई सञ्चालन गर्न दिने निर्णय गरेको छ। , पछिल्लो समय संक्रमण दर घट्नुमा डा. पुन केही कारणहरू औंल्याउँछन्।, पहिलो त धेरै मानिसहरू यसअघि नै संक्रमित भइसकेकाले पुनः संक्रमित नभएको हुनसक्ने उनी बताउँछन्।, 'जुन अहिले डेल्टा भेरियन्ट फैलिरहेको छ त्यसले पनि एकै समयमा एकै व्यक्तिलाई पटक-पटक संक्रमण गर्दैन। त्यसैले यसअघि नै धेरै मानिसहरू संक्रमित भइसकेकाले पुनः संक्रमण नभएको हुनसक्छ,' उनले भने, 'तर त्यसको लागि 'सेरो सर्भिलेन्स' गरेको भए चाहिँ कति मानिस संक्रमित भयो भनेर अनुमान गर्न सकिन्थ्यो।', अर्को अहिले धेरै मानिसहरूले खोप लगाएकाले पनि संक्रमण तीव्र फैलिन नपाएको डा. पुनको भनाइ छ।, उनले कम्तीमा एक डोज भए पनि धेरै मानिसहरूले खोप लगाएको भन्दै ती व्यक्तिहरूमा संक्रमण हुने सम्भावना निकै न्यून रहेको उनी बताउँछन्। त्यसैले जतिसक्दो छिटो धेरै मानिसहरूलाई खोप लगाउन पुनको सुझाव छ। , 'हुन त खोप लगाएका मानिसहरू पनि संक्रमित हुनसक्छन्। तर संक्रमित भए पनि उनीहरूमा जटिलता निम्तिने सम्भावना न्यून हुन्छ। त्यसैले खोप छिटोछिटो लगाउनुपर्छ,' उनले भने। , तर संक्रमण दर विस्तारै घट्दै गएको देखिए पनि अबका दिन कस्ता हुन्छन् भन्ने कुरा हामीले कति खोप लगाउन सक्छौं भन्ने कुराले भर पर्ने डा. पुन बताउँछन्।, उनले संक्रमण दर घटे पनि जोखिम सधैं रहिरहने भन्दै भोलिको दिन खराब स्थिति नझेल्नका लागि अहिल्यै नै खोपलाई जतिसक्दो चाँडो व्यापक बनाउनुपर्ने उनको जोड छ। , 'अहिले संक्रमण दर घटेको देखिएको छ। अब भोलि के हुन्छ भन्ने कुरा चाहिँ हामीले कति खोप लगाउँछौं भन्ने कुरामा भर पर्छ। यदि धेरैभन्दा धेरै मानिसलाई खोप लगाउन सक्यौं भने तत्काल खतरा अवस्थाको सामना गर्नुपर्ने स्थिति देखिँदैन,' उनी भन्छन्, 'भोलि अहिले भएको भेरियन्ट उत्परिवर्तित भएर नयाँ भेरियन्ट फैलियो भने बेग्लै कुरा हो तर खोप पर्याप्त लगाउन सकियो भने दोस्रो लहरजस्तो भयावह अवस्था हुने सम्भावना कम देखिन्छ।', पछिल्लो १५ दिनयता दैनिक कोरोना संक्रमण दर घट्दै
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १४ हजार ८१० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ९०९ जनाको पिसिआर र ४ हजार ९०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार ८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप ३५ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ।, हाल सक्रिय संक्रमित ३८ हजार २५० सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३. ५ प्रतिशत रहेको छ।, यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६८९ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ जना संक्रमित थपिएका हुन्।, थपिए २ हजार ५२५ संक्रमित, ३५ को मृत्यु
सेतोपाटी आङ फुर्वा शेर्पाले हिमाल आरोहणको अनुभव बटुल्न थालेको १४ वर्ष भयो।, उनीसँग विश्वको अग्लो हिमाल सगरमाथा १० पटक चढिसकेको अनुभव छ। शेर्पा हालै विश्वको दोस्रो हिमाल केटु हिमालको सफल आरोहणपछि पोखराको लेकसाइडस्थित स्नो ल्याण्ड होटलमा भेटिए।, साथमा १० जना आरोही पनि थिए। उनी आरोहण दलको नेता। १९ वर्षको उमेरमा पहिलोपल्ट सगरमाथा हिमाल चढेका शेर्पाले अहिलेसम्म आठ हजार मिटर अग्ला पाँच वटासहित दर्जन बढी हिमाल आरोहण गरिसकेका छन्। हिमालय पथ प्रदर्शकको परिचय पत्र भने अझै पाउन सकेका छैनन्। , ‘हामी दर्जन बढी हिमाल चढिसक्यौं। हाम्रो पेशा नै हिमाल चढ्ने र अरूलाई चढाउने हो तर पनि माउण्टेन गाइडको परिचय पत्र दिन आनाकानी गरिएको छ। यसले बेलाबेला समस्या सिर्जना गर्दोरहेछ,’ उनले भने,‘जीवनलाई जोखिममा राखेर रमाउने बानी परेर होला हिमाल आरोह अवरोहका कठिनाइ सामान्य लाग्छन् तर बेला बेलामा आरोहीको प्रमाण माग्दा र देखाउन नसक्दा भने कहिलेकाहीँ खिन्न लाग्ने गर्दछ।’, हिमालयन गाइड्स नेपालमा आबद्ध भएर माउण्टेनियरिङ गाइड गर्दै आएका उनले हालसम्म १५ बढी विदेशी टोलीलाई सगरमाथा, केटु लगायतका हिमालको सफल आरोहण गराइसकेका छन्।, ‘विदेशमा आरोही हौं भन्दा सम्मान पाउँछौं तर आफ्नै देशमा बेलाबेला निकै दुःख पाइन्छ। परिचयपत्र खोजिन्छ तर सरकारले दिँदैन’, उनले पछिल्लो अनुभव सुनाउँदै भने।, ‘हालै केटु हिमाल आरोहणमा जाँदा हामीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी र प्रहरीबाट अवरोध भयो, केरकार बढी गरियो र रोकियो’, शेर्पाले भने, ‘हामीले आरोही हौं, भनेर भन्दा पनि उहाँहरूले तपाईं आरोही भन्ने प्रमाण के छ ? प्रमाण देखाउनुस् भन्नुभयो, करिब दुई घण्टा रोकेर तीन पेज लामो कागज बनाएर मात्र छोडियो।’ , परिचयपत्र नहुँदा गुगलमा नाम सर्च गरेर फोटो समाचार देखाउनुपरेको अनुभवसमेत उनीसँग छ।, ‘पाकिस्तानको इमिग्रेसनमा हामीलाई सामान्य जाँचपछि छाडियो तर आफ्नो देशमा घण्टौं रोकियो,’ शेर्पा भन्नुहुन्छ, ‘आठ हजार मिटर अग्ला हिमाल चढेका व्यवसायिक आरोहीहरूलाई हिमालय पथ प्रदर्शकको प्रमाणपत्र सरकारले सहज व्यवस्था गरिदिए हुने थियो।’, उनले नेपाल माउण्टेनको देश भनेर विश्वमा चिनिए पनि पर्वतारोहण पर्यटनलाई सरकारले प्राथमिकता दिन नसकेको भन्दै प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनसमेत सुझाव दिए। , अग्लो हिमाल सगरमाथा भए पनि आरोहणका हिसाबले दोस्रो अग्लो हिमाल केटु भने निकै जोखिम रहेको उनको अनुभव छ।, ‘केटु आरोहण चार पटकको प्रयासमा दुई पटक सफल भयो। अरू हिमाल एक पटकमा आरोहण सफल भएको थियो।’, पाकिस्तानमा पर्ने आठ हजा ६११ मिटर अग्लो केटुमा हावा अत्यधिक चल्ने र ‘रफ फलिङ’ बढी हुने भएकाले निकै चुनौती मानिन्छ।, उनले तुलनात्मक रूपमा केटुमा ज्यानलाई जोखिममै राखेर आरोहण गर्नुपरेको अनुभव समेत सुनाए। , यसपालिको आरोहण अमेरिकन लगायतको नौ जनाको टोलीलाई आरोहणको गाइडको रूपमा उनको टोली केटु चुचुरोमा पुगेको थियो।, आङफुर्वा शेर्पाको टोलिमा, सिद्धिबहादुर तामाङ, दोर्जे ग्याल्जेन शेर्पा, पासढावा शेर्पा, कामदोर्जी शेर्पा, मिङदोर्जे शेर्पा, दावा नुपु शेर्पा, लाक्पा ओङचु शेर्पा, मिङमार शेर्पा र कम्पनीका म्यानेजर भोला पौडेल सहभागी थिए।, करिब दुई घण्टा चुचुरोमा बसेर फर्किएको उनको टोलीले बाटोमा तीन चार जनाको शवसमेत देखेको सुनाए। , सन् २००९ देखि म्याडिसन हिमालयन गाइड्स नेपाल कम्पनीसँग आबद्ध रहेर व्यवसायिक आरोहणमा सक्रिय शेर्पा नेपालको सुन्दरता हिमालमा लुकेको र यसको प्रचारप्रसारलाई विस्तार गर्न सके देशको अर्थतन्त्रमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गरे। , उनकै टोलीमा रहेका सोलुखुम्बुका दोर्जे ग्लाल्जेन शेर्पा पनि व्यवसायिक आरोही हुन्।, उमेरले ३८ वर्ष पुगेका ग्याल्जेनसँग १९ पटकसम्म सगरमाथा आरोहण गरेको अनुभव छ। तर उनीसँग पनि माउण्टेन गाइडको लाइसेन्स छैन।, केटु हिमाल पहिलोपल्ट आरोहण गर्न सफल उनले हिमाल आरोहण चुनौतीपूर्ण पेशा भएको बताउँछन्।, ‘जीवनको भर हुँदैन, यो कठिन काम हो, तर पनि यही चुनौतीसँग नै जीवन चलिरहेको छ।’, धेरै पल्ट सगरमाथा लगायताका अन्य हिमाल आरोहणको अनुभवले अहिले आत्मविश्वास बढ्दै गएको उनी सुनाउँछन्। , उनको पनि एउटै माग छ सरकारले दर्जनौं पटक एभरेष्ट चढेकालाई बिनाझण्झट हिमालय पथप्रदर्शकको लाइसेन्स देओस्।, उक्त टोलीमा कान्छा मानिने २५ वर्षीय मिङ्गदोर्जे शेर्पाले २१ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर व्यवसायिक आरोही यात्रा सुरू गरेको बताए।, अहिले हिमालयन गाइड्स नेपालमा जोडिएर आरोहण पेशामा संलग्न उनी सरकारले छिट्टै नीति ल्याएर माउण्टेन गाइडको रूपमा समेट्न आग्रह गरे। , हिमालयन गाइड्स नेपाल नामक संस्थाले अहिले विदेशीहरूलाई हिमाल आरोहण गराउँदै आएको छ।, कम्पनीका म्यानेजर भोला पौडेलले कम्पनीमा पर्यटन विभागबाट २०० बढी हाइ अल्टिच्युट पोर्टरको मान्यता पाएका आरोही रहेको बताए।, सरकारबाट हिमालय पथप्रदर्शकको प्रमाणपत्र पाउन नसक्दा दर्जनौं पटक माउण्ट एभरेष्ट चढेका व्यवसायिक आरोहीलाई अन्याय भएको उनको भनाइ छ।, ‘एउटा निश्चित मापदण्ड पूरा गरेर निरन्तर हिमाल आरोहण गरिरहेकालाई सहज रूपमा हिमालय पथप्रदर्शकको प्रमाणपत्र दिनुपर्छ भन्ने हाम्रो माग हो।’ , पौडेलले कोरोनापछि आरोहण गर्ने विदेशीको सङ्ख्या १० प्रतिशतमा झरेको सुनाए।, ‘अहिले पनि हिमाल आरोहणका लागि थुप्रै विदेशीहरूको ‘इन्क्वायरी’ आउने गरेको छ तर नेपाल आउने क्वारेन्टिन बस्नुपर्ने लगायतका झझण्टले पर्यटकलाई निराश बनाएको छ।’, उनले डबल डोज खोप लगाएका र पिसिआर नेगेटिभ आएका पर्यटकलाई आरोहणका लागि सहज बनाउनुपर्ने बताए। , उनका अनुसार आठ हजार मिटर अग्ला हिमालको लागि अप्रिल र मे महिना अरू हिमालका लागि सेप्टेम्बर, अक्टुबर नोभेम्बर महिना उपयुक्त मानिन्छ।, एक जना विदेशीका लागि कम्तीमा ३५ हजार डलर देखि ९० हजार डलरसम्म हिमाल आरोहणको लागि खर्च लाग्ने गरेको छ। नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव कुलबहादुर गुरूङले आरोहीको कार्य अनुभवलाई तीन तहमा विभाजन गरी ब्लाक बुक, ब्लु बुक र रेड बुक जारी गर्दै आएको जानकारी दिए।, ‘बेसक्याम्पमा बसेर क्लाइम्बिङ सपोर्टरको काम गरेको तीन वर्ष पछि ब्लुबुक दिने त्यसको पनि तीन वर्ष पूरा भएपछि रातो बुक जारी गर्दछौं।’, उनले समयानुसार यस बुकमा पनि परिस्कृत र परिमार्जित बनाएर जानुपर्ने भएकाले अहिले त्यसको काम भइरहेको जानकारी दिए। , उनका अनुसार हिमालय पथप्रदर्शकको लागि एनएमएबाट उच्च पर्वतारोहण तालिम लिइसकेका जसले पहिलो, दोस्रो र तेस्रो चरण पार गरेका छन् उनीहरू नेसनल माउण्ट गाइड बन्ने प्रावधान छ भने अन्तर्राष्ट्रिय हिमालय पथप्रदर्शक सदस्यता लिन अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक महासंघले (आइएफएमजिए) को एउटा निश्चित कोर्ष पूरापछि मान्यता पाउने प्रावधान रहेको छ। यसरी मान्यता प्राप्त माउण्टेन गाइडको अहिले जम्मा ७० जनामात्र छन्। , गुरूङले नेपाल सरकारले एनएमबाट रातो किताब प्राप्त र उच्च पर्वतारोहण तालिम गरेकालाई दिने र त्यसमा ‘आस्पिरियन्ट लेभल’ नचाहिने निर्णय भएको बताए।, उनले भने, ‘थुप्रै पटक हिमाल आरोहण गरेका रेड बुक पाएका र उच्च पर्वतारोहण तालिम लिएका आरोहीहरूलाई हिमालय पथप्रदर्शक प्रमाणपत्र दिन सरकार सहमत भए पनि पछि विवाद निस्किएकाले रोकियो।’, विसं २०७६ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागले नेपालमा विख्यात आरोही रहेका जनाउँदै उनीहरूको लागि नेपाल पर्वतारोहणको संघको सिफारिसमा हिमालय पथप्रदर्शक प्रमाणपत्र दिने भनेर निर्णय गरेको थियो। , सरकारले यस विषयमा एनएमएसँग राय माग्दा रातो बुक प्राप्त उच्च पर्वतारोहण तालिम लिएर निरन्तर आरोही पेशामा संलग्नलाई दिन मिल्ने सुझाव दिएको उनको भनाइ छ।, ‘यस विषयमा आइएफएमजिएबाट हिमालय पथप्रदर्शकको प्रमामणपत्र लिएका आरोहीले असहमति जनाएपछि यो विषय अदालतमासम्म पुगेको छ, जुन अहिले विचाराधीन अवस्थामा छ।’ , एनएमएले ४४ दिनको आधारभूत माउण्टनियरिङ तालिम मनाङ र र एड्भान्स कोर्ष लाङटाङमा दिँदै आएको छ।, संघका अनुसार आधारभूत तालिम लिएका ६७५ जना र एड्भान्स तालिम लिएका ७८५ जना रहेका छन्। विश्वमा १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल छन् त्यसमा आठ वटा नेपालमा पर्छन्। ,रासस, , 'विदेशमा आरोही हौं भन्दा सम्मान पाउँछौं तर आफ्नै देशमा दुःख पाइन्छ'
सुदीप श्रेष्ठ मैले दुई दिनदेखि एउटा नम्बरमा लगातार फोन गरेको गर्‍यै थिएँ। टुइँटुइँ घन्टी जान्थ्यो तर उठ्थेन।, हिजो, २०७८ भदौ ६ गते, जनैपूर्णिमाको दिन पनि एकाबिहानै दुईचोटि कोशिस गरेँ। दुवैचोटि टुइँटुइँ घन्टी गयो तर उठेन।, दिउँसो फेरि कोशिस गरेँ। तेस्रोचोटिमा पनि फोन उठेन भने सरासर घरै जान्छु भन्ने मैले निधो गरिसकेको थिएँ।, यसपालि फ्याट्टै फोन उठ्यो।, नेपाल टेलिकमको कोरोना सन्देश सुन्दा सुन्दा थाकिसकेको मेरो कान एक्कासि कसैले ‘हेलो’ भन्दा खरायोको झैं टाठो भयो।, मैले बढो फुर्तिका साथ भनेँ, ‘बेखारत्न बा, नमस्कार।’, उताबाट आवाज आयो, ‘बेखारत्न बा त हुनुहुन्न, म उहाँको छोरा बोलेको। भन्नुस् न के काम थियो?’, मैले भनेँ, ‘खासमा आज बाले मलाई बोलाउनुभएको थियो।’, ‘बोलाउनुभएको थियो!’ उनी छक्क परेझैं सुनिए, ‘किन बोलाउनुभएको थियो?’, ‘त्यस्तो ठूलो कुरा त केही होइन,’ मैले उनको आश्चर्य दूर गर्दै भनेँ, ‘जनैपूर्णिमाको दिन गुइत:को महाविहारमा पुराना पौभा: चित्रहरू देखाइन्छ भनेर बाले भन्नुभएको थियो। उहाँले ती चित्र हेर्न आउनू है भनेर मलाई डाक्नुभएको थियो। त्यसैले फोन गरेको।’, उनी एकछिन चुप्प लागे।, म पनि केही बोलिनँ।, उनले फेरि सोधे, ‘तपाईंले कसरी चिन्नुभयो बालाई?’, मैले जवाफ दिएँ, ‘म गुइत:तिर घुम्न आइरहन्थेँ। उहाँ पनि घर अगाडिको चिया पसलमा आइरहनु हुन्थ्यो। त्यही बेला हाम्रो भेट भयो। हामीलाई आफ्नो टोलको बारेमा थुप्रै कथाहरू सुनाउनु हुन्थ्यो। यो पौभा: चित्रको कुरा पनि त्यही बेला सुनाउनुभएको।’, उनी फेरि एकछिन चुप्प लागे।, म पनि केही बोलिनँ।, ‘ओहो, बाले बोलाउनुभएको रहेछ,’ उनले भने, ‘तर बा त हुनुहुन्न।’, ‘कहाँ जानुभयो?’ मैले सोधेँ।, ‘दुई महिना भयो बा बित्नुभएको।’, उनी यति भनेर चुप्प लागे।, म केही बोल्नै सकिनँ।, मेरो मुटु गह्रुंगो भयो। तालुदेखि पैतालासम्म काँडा उम्रे। एकछिन अगाडिसम्म चिटचिट गर्मी भइरहेको ज्यान भित्रैसम्म चिसो भएर आयो। हातगोडा थर्रर कामेझैं भए।, जिन्दगीमा पहिलोचोटि म कसैको मृत्युको खबर यसरी सुन्दै थिएँ।, जिन्दगीमा पहिलोचोटि कसैलाई भेट्न भनेर फोन गर्दा उनी अब यो संसारमै रहेनन् भन्ने खबर सुन्दै थिएँ।, जिन्दगीमा पहिलोचोटि कसैले मलाई भेट्न आउनू है भनेर दिएको समयमा भेट्न खोज्दा उनी मलाई कुर्दै नकुरी यो संसारबाट विदा भइसकेका थिए।, ‘कसरी बित्नुभयो?’ एकछिनको मौनपछि मैले सोधेँ, ‘लकडाउन बेला त मैले उहाँलाई फोन पनि गरेको थिएँ। राम्रै हुनुहुन्थ्यो।’, ‘लकडाउनकै बीचमा हो उहाँ बित्नुभएको,’ उनले भने, ‘अघिल्लो दिनसम्म ठिक हुनुहुन्थ्यो, यसै जानुभयो।’, यति सुनेपछि मेरो मुखबाट शब्दै फुटेन। म निःशब्द मूर्ति भएँ।, मैले समवेदना व्यक्त गरेँ, विदा लिएँ र फोन काटेँ।, फोन त काटेँ तर मेरो आँखा मोबाइल स्क्रिनबाट हट्नै मानेन।, मैले ‘बेखारत्न शाक्य, गुइत: (पाटन)’ भनेर उनको नम्बर सेभ गरेको थिएँ। मेरो मोबाइल स्क्रिनमा उनको नाउँ टल्किँदै थियो। मैले निकै बेर उनको नाउँलाई एकटक हेरिरहेँ।, जसको नाउँ मेरो मोबाइलमा उज्यालो टल्किँदै थियो, ती व्यक्ति बिनाखबर यो धर्तीबाट विलुप्त भइसके भन्ने अनुभूतिले मेरो पूरा जीउ सिरिंग भयो।, जान त हामी सबैलाई एकदिन जानै छ। एकचोटि गएपछि कहिल्यै नफर्किने गरी गएको गयै हुनैछ। तर कोही किन यसरी जान्छ हँ? किन यसरी गएको गयै हुन्छ?, भेट्न आउनू है भनेर बोलाएपछि त्यो दिनसम्म त पर्खिनु नि! पर्खिन नसक्ने मान्छेले किन बोलाउनू!, मेरो मुटुभरि बेखारत्न बाको सम्झना उर्लिएर आयो।, आँखाभरि उनको मुस्कुराइरहेको उज्यालो अनुहार झल्झल्ती नाच्न थाल्यो।, बेखारत्न शाक्य। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, बेखारत्नसँग, मेरो भेट गुइत:को एउटा चिया पसलमा भएको थियो। आजभन्दा छ महिनाअघि म कहिले एक्लै त कहिले मेरा सहकर्मी साथी सबिना श्रेष्ठ ,(जो सेतोपाटीमै सम्पदा र संस्कृतिबारे लेख्छिन्), सँग दिनहुँजसो पाटनका भित्री बस्ती र गल्लीहरू, बौद्ध विहार र बहालहरू, परम्परागत पोखरी र हितिहरू ,(ढुंगेधारा), घुम्दै हिँड्थेँ।, हामी त्यहाँका बूढापाकाहरूलाई भेट्थ्यौं र उनीहरूसँग बस्तीका कथा र किम्बदन्ती सुन्दै घन्टौं गफिन्थ्यौं। त्यही क्रममा एकदिन हामी पाटनको भित्री बस्तीको पनि सबभन्दा पुछारको टोल गुइत: पुगेका थियौं।, जब म पहिलोचोटि गुइत: पुगेँ, यस्तो लाग्यो म धेरै समयदेखि यस्तै ठाउँको खोजीमा थिएँ।, यो ठाउँ मध्य–सहरको हिस्सा त हो तर सहरको घन्चमन्च र अटसमटसबाट टाढा छ। भित्री बस्तीका साँघुरा गल्लीहरू छिचोल्दै यस्तो शान्त र खुला चोकमा पुगिन्छ जहाँ गाडीहरू कमै छिर्छन्। जुन ठाउँलाई सहरको हतारले छोएको छैन। हतार त टाढाको कुरा, यो ठाउँलाई सहरको हरकले पनि छोएको छैन।, यहाँ मान्छेहरू आफ्नै तालमा निस्फिक्री बसिरहेका भेटिन्छन्। महिला र पुरूषहरू आ–आफ्नै समूहमा गोलो परेर गुनगुन गरिरहेका भेटिन्छन्। बिहानदेखि बेलुकीसम्म भीडभाड भइरहने पाटन, मंगलबजारबाट लगभग दस मिनेट पैदल दुरीको गुइत: पुग्दा यस्तो लाग्छ, यहाँ समयको रफ्तार नै टक्क अडिएको छ।, गुइत:ले मलाई यस्तरी मोहनी लगायो, म कम्तिमा साताको तीनचोटि त्यहाँ जान थालेँ। कहिले एकान्त पछ्याउँदै, कहिले कथा–किम्बदन्ती पछ्याउँदै।, कहिले एक्लै, कहिले सहकर्मी साथी सबिनासँग।, हरेकचोटि हामी बेखारत्नलाई मूलचोकको एउटा चिया पसलमा आफ्ना समवयीहरूसँग चिया खाँदै गरेको देख्थ्यौं। उनी हामीलाई देखेर मुसुक्क हाँस्थे। जवाफमा हामी पनि मुसुक्क हाँस्थ्यौं।, धेरै दिनको देखादेख र हाँसाहासपछि एकदिन हामीले बोलीचाली सुरू गर्‍यौं। सुरूआत कसरी भयो भन्ने पनि मलाई प्रस्टै याद छ।, बेखारत्न जुन पसलमा बसेर आफ्ना समवयीहरूसँग चिया खाइरहेका हुन्थे, त्यही पसलको छेउमा एउटा पोखरी छ। त्यो बेला पोखरी सुख्खा थियो। सुख्खा पनि कस्तो भने, धाँजा फाटेको पिँधको सतहसमेत देखिने। हाम्रो पहिलो कुराकानी त्यही पोखरीको विषयमा भयो। विगतमा बाह्रै महिना लबालब पानी भरिने त्यो पोखरीमा केही समययता पानी अडिन छाडेको बेखारत्नले दुःखपूर्वक सुनाएका थिए।, त्यसपछि त कुराकानीको सिलसिला यस्तरी चल्यो, हामी हरेकचोटि गुइत: पुगेपछि उनलाई भेट्न थाल्यौं। उनीसँग त्यही चिया पसलमा बसेर घन्टौं गुइत:का कथा–किम्बदन्ती र यहाँका जात्रापर्वबारे सुन्न थाल्यौं।, पाटनको गुइत: टोल। तस्बिर स्रोत: गुइत: त्वा:द्वारा प्रकाशित बुद्ध जयन्ती स्मारिकाबाट, एकदिन मैले आफूसँग पाटनको नक्सा पनि लिएर गएको थिएँ। उनले त्यो नक्सामा चिनो लगाउँदै हरेक ठाउँको नाउँ कसरी रह्यो, त्यो नाउँको अर्थ र त्यहाँको अतीतबारे सब बेलीबिस्तार लगाए।, उनले गुइत: बस्ती कसरी बस्यो भन्ने कथा पनि सुनाए र भने, ‘यो बस्ती सर्वानन्द राजाले बसालेका हुन्। सर्वानन्द राजाले यहाँ नौवटा चैत्य, नौवटा इनार, नौवटा हिति, नौवटा पोखरी, नौवटै फल्चा ,(पाटी),, नौवटा गुठी र नौवटा मठ–मन्दिरहरू स्थापना गराएका थिए। यो ठाउँमा उनको नौतले दरबार पनि थियो रे। त्यही भएर यसलाई गुइत: भनिएको हो।’, नेपाल भाषामा गुंगु भनेको नौ हो, उनले अगाडि भने, ‘सर्वानन्द राजाले यो बस्ती कसरी बसाए भन्ने सम्पूर्ण कथा यहाँको एउटा पुरानो पौभा: चित्रमा वर्णन गरिएको छ।’, म उनको कुरा, खासगरी पौभा: चित्रका बारेमा थाहा पाएर उत्साहित भएँ र सोधेँ, ‘त्यो कति पुरानो चित्र हो?’, ‘धेरै नै पुरानो हुनुपर्छ। मेरो बा, हजुरबाको पालादेखि नै थियो रे। पहिले कपडामा बनाइएको थियो। त्यो बिग्रेपछि अहिले त्यसैलाई दुरुस्त सारेर नयाँ बनाइएको छ।’, ‘ओहो त्यो चित्र त हेर्न पाए हुन्थ्यो नि!’, ‘जनैपूर्णिमाको दिन आउनू,’ उनले भने, ‘त्यो दिन यहाँको प्रथमश्री महाविहारमा सबै पौभा: चित्र देखाइन्छ।’, ‘सबैले हेर्न पाउँछन्?’, ‘जनैपूर्णिमादेखि तीन दिनसम्म सबैले हेर्न पाउँछन्। अरू बेला चाहिँ कसैलाई देखाइन्न।’, म दंग परेँ।, ‘जनैपूर्णिमाको दिन आउनू है,’ उनले भने, ‘म चित्र पनि देखाइदिउँला, त्यो चित्र हेर्दै कथा पनि भनुँला।’, मैले ‘हुन्छ’ भनेँ र आफ्नो सम्झनाका लागि मोबाइल क्यालेन्डरमा ‘जनैपूर्णिमाको दिन गुइत: जाने’ भनेर चिनो पनि लगाएँ।, दिन बिते, साता बिते, महिना बिते।, यसबीच कोरोनाको दोस्रो लहर सुरू भयो। दोस्रो चरणको लकडाउनले हामी घरैमा थुनियौं। त्यही लकडाउनबीच मैले एकचोटि बेखारत्न बालाई फोन गरेर सन्चो–बिसन्चो सोधेँ।, त्यसो त मैले भेट्दासम्म उनी हट्टाकट्टा नै थिए। उनको हिँडाइ र बोलाइ, हेराइ र सुनाइमा ७५ वर्ष पुगेको छनक थिएन। भन्थे, ‘मलाई अरू त केही समस्या छैन, बेला बेला दम चाहिँ बढ्छ।’, यही दम बढ्ने कुरा सम्झेर मैले उनलाई फोनमा भनेँ, ‘कोरोनामा जहाँ पायो त्यहाँ नडुल्नू है। चुपचाप घरैमा बस्नू।’, उनले जवाफ दिए, ‘लकडाउनमा काँ हिँड्नू। घरै बस्छु।’, ‘चिया पसल पनि नजानू नि!’, ‘चिया पसल त खुल्दैन, कसरी जानू!’ उनले हाँस्दै भने।, त्यसपछि मैले उनलाई कहिल्यै फोन गरिनँ। अब एकैचोटि जनैपूर्णिमामा भेट्न जाउँला र उनकै मुखबाट गुइत: बस्तीको प्राचीन कथा सुनुँला भनेर पर्खेर बसिरहेँ।, जसै जनैपूर्णिमा नजिकियो, मैले उनलाई तारन्तार फोन गरेँ। घन्टी गयो तर फोन उठेन।, उनले मलाई फोन नम्बर दिने बेला भनेका थिए, ‘म खासै मोबाइल चलाउँदिनँ। कोठामा यसै मिल्किरहन्छ। नउठ्न पनि सक्छ है।’, मलाई लाग्यो, उनको सानो मोबाइल मेरा थुप्रै मिस्कलहरूको मेसेजसहित कोठामा कतै मिल्किरहेको होला! , यसबाहेक अरू कुरा मैले सोच्दै सोचिनँ। त्यस्तो नराम्रो शंका पनि मेरो मनमा आउँदै आएन।, गौतम बुद्धले सुनाएको पाटन, गुइत: स्थापनासँग सम्बन्धित कथा भन्दै ज्ञानेन्द्र शाक्य। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, हिजो, जनैपूर्णिमाको दिन, बेखारत्न बाले गुइत: आउन निम्तो दिएकै दिन, उनको मृत्युको खबर सुनेपछि मलाई एकमन त जाउँ कि नजाउँ अलमल भयो।, बेखारत्नको अनुपस्थितिमा त्यहाँ कस्तो अनुभूति होला भन्ने सम्झेरै मलाई खल्लो लाग्यो।, मलाई जनैपूर्णिमाको दिन गुइत: बोलाउनु र त्यहाँको प्रथमश्री महाविहारका भित्तामा टाँगिने पौभा: चित्रहरू देखाउँदै आफ्नो बस्ती स्थापनाको कथा भन्नु उनको इच्छा थियो। मलाई भन्न चाहेको तर भन्न नपाएको यो कथा सायद उनको जिन्दगीकै अन्तिम इच्छा हो।, यही सोचेर म र सबिना हिजो दिउँसो ३ बजेतिर गुइत: पुग्यौं।, मैले बेखारत्न सधैं भेटिने चिया पसलतिर आँखाधरि उठाउन सकिनँ। हामी सरासर प्रथमश्री महाविहार छिर्‍यौं। एक-एक पाइला सार्दा बेखारत्नका एक-एक सम्झना मनमा खेलिरहे।, उनले भनेझैं प्रथमश्री महाविहारको भित्तामा वल्लो छेउदेखि पल्लो छेउ दुई लहरमा ३४ फिट लामो रंगीन पौभा: चित्र टाँगिएको थियो।, हामीले महाविहारका प्रमुख नानीकाजी शाक्यलाई भेट्यौं र जे जे भएको थियो सब कुरा सुनायौं।, ‘बेखारत्न शाक्यले हामीलाई आज यी पौभा: चित्रहरूको कथा भन्छु भन्नुभएको थियो,’ मैले भनेँ, ‘हामीलाई निम्तो दिएर उहाँ आफैं गइसक्नुभएछ। अब यो कथा तपाईंहरूमध्ये कसैले सुनाइदिनुपर्‍यो।’, ‘यसको राम्रो कथा भन्न सक्ने त ज्ञानेन्द्र शाक्य हुनुहुन्छ,’ नानीकाजीले भने, ‘उहाँ आर्किटेक्ट हो तर यहाँको बारेमा उहाँलाई संसारै थाहा छ।’, त्यति बेला ज्ञानेन्द्र शाक्य त्यहाँ थिएनन्। आउने कि नआउने पनि टुंगो थिएन।, हामीले नानीकाजीलाई नै ‘जे जति थाहा छ, त्यही सुनाउनुस्’ भनेर आग्रह गर्‍यौं।, उनी तयार भए।, ललितपुर बौद्ध विहार संघका अध्यक्षसमेत रहेका ५७ वर्षीय नानीकाजीले झन्डै आधा घन्टा लगाएर आफूले थाहा पाएसम्मको कथा सुनाए। जसै उनले कथा सके, निलो रङको टिसर्ट र कालो ट्राउजर लगाएका एक व्यक्ति मुसुमुसु हाँस्दै महाविहारभित्र छिरे।, पावरवाला चश्मा लगाएका ती व्यक्तिलाई देख्नासाथ नानीकाजीका आँखा चम्के र भने, ‘उहाँ नै हो ज्ञानेन्द्र शाक्य।’, मैले नमस्कार गर्दै भनेँ, ‘तपाईंको नाउँ उहाँले दसचोटि लिइसक्नुभयो।’, उनी मुसुक्क हाँसे।, बुवा बिरामी भएकाले अस्पताल दौडादौडमा लागेका ज्ञानेन्द्र कसरी–कसरी महाविहार आइपुगेका रहेछन्। नानीकाजीले हामीलाई उनैको जिम्मा लगाइदिए।, ज्ञानेन्द्रले फेरि सुरूदेखि सुरू गरे।, अस्पतालको धपेडीले होला उनको अनुहार थकित देखिन्थ्यो तर जसै कथा भन्न थाले, उनको स्वर फुर्तिलो सुनिँदै गयो।, नानीकाजी शाक्य (बायाँ) र ज्ञानेन्द्र शाक्य। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, गुइत:को कथा- प्रारम्भ, यो, कथा आजभन्दा २६ सय वर्ष अगाडिबाट सुरू हुन्छ।, वसन्तको मौसम छ। श्रावस्ती ,(अहिले भारत, उत्तरप्रदेश), को जेतवन विहारमा हावा मन्द बहँदैछ। शरीरले हावाको चालधरि चाल पाइरहेको छैन तर त्यसले मनको भित्रसम्म छोएर आँत शितल पार्दैछ।, आकाश काँचझैं सफा छ। बादलको एक धर्सो पनि दूरदूरसम्म कहीँ देखिँदैन।, यस्तो सुखद मौसममा जेतवन विहारका मृग र हरिणहरू तन्नेरी जोश निकालेर बुर्लुकबुर्लुक उफ्रिँदैछन्, जसरी भर्खर तातेताते हिँड्न जानेको बालक घरिघरि जुरूकजुरूक उभिइरहन्छ।, मयुरहरू आफ्नो इन्द्रेणी पखेटा फिजाउँदै फुरूकफुरूक नाच्दैछन्, जसरी एउटी सानी नानी बाबाले किनिदिएको नयाँ फ्रक फननन घुमाउँदै फनफनी नाच्छिन्।, घना रूखका घना पतझडभित्र छेलिएर कोइलीहरू कुहूकुहू गाउँदैछन्, जसरी एउटी प्रेमिका आफ्नो प्रेमीलाई डाक्छिन्।, त्यही बेला एउटा घना पिपलको वृक्षमुनिबाट शान्त र सुरिलो गुनगुन सुनिन्छ।, शाक्यमुनी गौतम बुद्ध वृक्षको छहारीमा बसेर आफ्ना शिष्यहरूलाई उपदेश दिँदै छन्।, उनी सिद्धान्तका कुरा मात्र गर्दैनन्। सिद्धान्तका कुराले तबसम्म मान्छेको मुटु छुँदैन, जबसम्म त्यसमा व्यवहारिक अनुभवको लेप लगाइन्न। सिद्धान्तका कुरा सबै मान्छेलाई बुझ्न गाह्रो पनि हुन्छ। त्यही सिद्धान्तलाई कुनै घटनाको आवरणमा प्रस्तुत गरियो भने त्यसले मान्छेको अन्तरआत्मासम्म हल्लाइदिने तागत राख्छ।, त्यसैले जब गौतम बुद्ध शिष्यहरूलाई प्रवचन दिन्छन्, उनी आफ्ना अनुभवजन्य कथाहरू सुनाउने गर्छन्। यसरी सुनाइएका कथाहरूमध्ये आफ्नो पूर्वजन्मको कथालाई ‘जातक’ भनिन्छ। जातकमा अघिल्ला थुप्रै जन्मका थुप्रै कथाहरू समेटिएका हुन्छन्। बुद्ध धर्ममा यस्ता पाँच सयभन्दा बढी जातक छन्। यो कथा त्यसैमध्ये एउटा हो जसलाई ‘सर्वानन्द नृप’ जातक भनिन्छ।, त्यस दिन गौतम बुद्ध श्रावस्तीको जेतवन विहारमा घना पिपलको वृक्षमुनि बसेर दुःखको कारण र दुःख निवारणका उपायबारे प्रवचन दिइरहेका हुन्छन्।, उनी भन्छन्, ‘दुःखको कारण हाम्रो कर्म हो। हामीले कुशल कर्म गर्‍यौं भने सुख पाउँछौं, अकुशल कर्म गर्‍यौं भने दुःख पाउँछौं। त्यसैले हामीले अकुशल कर्महरूबाट आफूलाई बचाउनुपर्छ। कुशल कर्मतिर ध्यान लगाउनुपर्छ।’, एक जना शिष्य सोध्छन्, ‘कुशल कर्म भनेको के हो तथागत?’, ‘दान नै कुशल कर्म हो,’ बुद्ध भन्छन्, ‘दान भनेको दिनु मात्र होइन, यो उदारताको अभ्यास हो। अरूलाई कुनै भौतिक वस्तु दिनु पनि दान हो, समस्यामा परेका व्यक्ति वा प्राणीलाई समस्याबाट मुक्ति दिलाउनु पनि दान हो र भ्रममा परेकाहरूलाई सत्यको बाटो देखाउनु पनि दान नै हो। यी सबै उदारताका अभ्यास हुन्। यसैबाट हाम्रो सत्कर्मको सुरूआत हुन्छ।’, शिष्यहरू चुप्प लागेर आफ्नो आसनमा स्थिर रहन्छन्।, गौतम बुद्धलाई उनीहरू अलमलिएको भान हुन्छ। आफ्नो उपदेश निशाना चुकेको तिरझैं भयो कि भन्ने उनलाई लाग्छ।, उनी शिष्यहरूको अलमल मेट्न आफ्नो पूर्वजन्मको कथा सुनाउँछन्।, ‘धेरै धेरै, धेरै नै वर्षअघिको कुरा हो। पृथ्वीमा दिपंकर बुद्धले जन्म लिनुभएको थियो...’, गुइत:स्थित प्रथमश्री महाविहारमा रहेको दिपंकर बुद्ध। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, गुइत:को कथा- अध्याय १, (बौद्ध साहित्यमा २८ जना बुद्धहरूको नाम उल्लेख छ। गौतम बुद्ध २८औं बुद्ध हुन्। उनीभन्दा अगाडि नै २७ जना बुद्ध थिए जसमध्ये तेस्रो बुद्धको नाम दिपंकर हो। गौतम बुद्धले श्रावस्तीको जेतवन विहारमा आफ्ना शिष्यहरूलाई सुनाएको यो कथा दिपंकर बुद्ध पालाको हो। त्यति बेला गौतम बुद्धको जन्म भएको थिएन। उनी ज्योतिपाल बोधिसत्वका रूपमा देवलोकमै थिए।), जेतवन, विहारको घना पिपलको वृक्षमुनि भिक्षुहरू ध्यानमग्न भएर गौतम बुद्धको पूर्वजन्मको कथा सुन्दैछन्। गौतम बुद्धको शान्त र सुरिलो गुनगुनले लठ्ठ भएर मृग र हरिण र मयुर र कोइलीहरू वरिपरि झुम्मिन आइपुगेका छन्। , यस्तो लाग्दैछ, बुद्ध बचनले समयको गति ठाउँको ठाउँ टक्क रोकिएको छ। हावाको मन्द बहावले उसैगरी आँत शितल पार्दैछ। आकाश उस्तै कञ्चन छ। बादलको एकधर्को पनि अझै पलाएको छैन।, बुद्ध भन्दैछन्, ‘नेपाल मण्डल ,(काठमाडौं उपत्यका), मा त्यति बेला एउटा घन्घोर जंगल थियो। घन्घोर पनि कस्तो घन्घोर भने, एकदमै अन्धकार। दिउँसै रात परेजस्तो। सूर्यको एउटा किरणले पनि त्यो जंगललाई चिरेर भुइँमा स्पर्श गर्न पाएको थिएन। आफ्नै हात आफ्नै आँखाले देख्थेन। एकअर्कालाई देख्नु त टाढाको कुरा।’, त्यो घन्घोर जंगललाई किन्सुक वन भनिन्थ्यो। सहश्रऔंसीको रातभन्दा अघोर अन्धकार त्यो जंगलमा बाँदरबाहेक अरू कुनै प्राणीको बास थिएन। ती बाँदरहरू पनि साह्रै दुःखमा थिए। जंगलभरि फलफूल लटरम्म फलेका थिए तर अँध्यारोमा केही नदेखिँदा बाँदरहरूले खान पाएका थिएनन्। उनीहरू भोकभोकै थिए। कतिले भोक सहन नसकेर सास छाडे, कतिले सास पनि छाड्न नसकेर घिटिघिटी परे। केही बाँदरले भने अँध्यारोमा छामछाम छुमछुम गर्दै भुइँ कोपरेर माटो खाँदै आफ्नो प्राण धानिरहेका थिए।, बाँदरहरू यस्तरी अथाह दुःखको सागरमा चुर्लुम्म डुबेको देखेर देवलोकमा रहेका ज्योतिपाल बोधिसत्व ,(जसले पछि गौतम बुद्धका रूपमा जन्म लिए), को हृदय आरीले रेटेझैं छियाछिया भयो। , उनको कोमल मनमा करूणाभाव पलायो। उनले किन्सुक वनका दुःखी बाँदरहरूको उद्धार गर्ने संकल्प गरे र बाँदरकै रूपमा यहाँ जन्म लिए।, त्यो बाँदरको नाम ज्ञानाकर थियो।, देवलोकका साक्षात् बोधिसत्वले बाँदरको जुनी लिएको हुँदा ज्ञानाकर आफ्नै खलकका अरू बाँदरभन्दा चेतनशील थियो। उसमा सही र गलतको विवेक थियो। ऊ कुशल कर्म र अकुशल कर्म छुट्टयाउन सक्थ्यो। उसको हृदय उदार थियो। लिनुमा भन्दा दिनुमा पुण्य छ भन्ने ऊ विश्वास राख्थ्यो। आफ्नो उच्च चेतना स्तरका कारण ऊ बाँदर भएर पनि ‘त्रिरत्न त्रिरत्न’ भनेर बोल्न सक्थ्यो र सधैं त्यो मन्त्र जपेर बस्थ्यो।, ज्ञानाकरको जन्मपछि किन्सुक वनमा बोधित्सवको प्रभाव देखिन थाल्यो। कयौं कालदेखि अन्धकार जंगलमा पहिलोचोटि घामको ज्योतिले प्रवेश पायो। जंगलका भुइँहरूमा सूर्यका किरणहरू यस्तरी पोखिन थाले, मानौं चित्रकारले क्यानभासमा मसिना रेखाहरू कोरेका हुन्। आफ्नै अंग–प्रत्यंग खुट्टयाउन कठिन जंगलमा वरिपरि फलहरू लटरम्म फलेका देखिए।, भोकले आलसतालस परेका र पेटको आन्द्राभुँडी बटारिन आँटेका बाँदरहरूमा चारैतिर फल नै फल देखेपछि उत्सव नै छायो। उनीहरूले लामो समयपछि खुम्चिएका आन्द्राभुँडी फुल्ने गरी खान पाए। निभ्न लागेको प्राणमा फेरि सास आयो।, बाँदरहरू बौरिए।, सबै बाँदरलाई लाग्यो, यो चमत्कार ज्ञानाकर बाँदरले ‘त्रिरत्न त्रिरत्न’ भन्दै मन्त्र जप्नाले भएको हो। त्यसैले उनीहरूले पनि ज्ञानाकरको सिको गरे। किन्सुक वनमा अब एकोहोरो ‘त्रिरत्न त्रिरत्न’ ध्वनि गुञ्जिन थाल्यो।, त्यही समय दिपंकर बुद्ध भिक्षाटनका लागि निस्केका थिए। नगर–नगर चहार्दै उनी किन्सुक वनको बाटो गुज्रँदै थिए।, ज्ञानाकर बाँदरले आफ्नो बोधिसत्व चेतनाका कारण दिपंकर बुद्धलाई चिनिहाल्यो। उसले तुरुन्तै सबै बाँदरको भेला डाक्यो र भन्यो, ‘यी चिवर धारण गरेका व्यक्तिहरू कुनै सामान्य मानिस होइनन्। यी त तथागत भन्तेहरू हुन् जो सृष्टिका हरेक चिजलाई जस्ताको तस्तै देख्न सक्छन्। यी भन्तेहरूमध्ये सबभन्दा अगाडि जो शान्त मुद्रामा हिँडिरहनुभएको छ, उहाँ तथागत दिपंकर बुद्ध हुनुहुन्छ। साक्षात् दिपंकर बुद्ध हाम्रो वनमा पाल्नु भनेको हाम्रो लागि ठूलो खुसीको कुरा हो।’, ‘त्यसो भए के गर्ने त ज्ञानाकर,’ सबै बाँदरले एकै स्वरमा भने, ‘हामी बाँदरहरूमध्ये सबैभन्दा जान्ने–बुझ्ने भनेको तिमी नै हौ, तिमी जे भन्छौ हामी त्यही गर्छौं।’, यति सुनेर ज्ञानाकारले भन्यो, ‘त्यसो भए हामी सबै मिलेर जंगलको कुनै फल दिपंकर बुद्धलाई दान गरौं। दान दिनु नै सबभन्दा उत्तम पुण्य हो।’, सबै बाँदरहरूले ज्ञानाकरको सुझाव स्वीकार गरे।, उनीहरूले जंगलमा फलेका रूखकटहर टिपे र दिपंकर बुद्धलाई दान दिन उनको अगाडि लश्करै उभिए।, सबभन्दा पहिला ज्ञानाकर बाँदरले दिपंकर बुद्धको पाउमा रूखकटहर चढायो। त्यसपछि अरू बाँदरहरूले पनि पालैपालो रूखकटहर दान गरे।, दान दिएपछि दिपंकर बुद्धलाई आफ्नो ढाड देखाएर फर्किनु हुन्न भन्ने भनाइ छ। त्यसैले बाँदरहरू फरक्क नफर्की बिस्तारै पछाडि सर्दै आउँथे।, त्यो ठाउँमा एउटा ठूलो कुवा थियो। बाँदरहरू दिपंकर बुद्धलाई हेर्दै पछाडि सर्दै आउँदा पुत्रुकपुत्रुक त्यही कुवामा खस्थे। सबै बाँदर कुवामा खसेपछि दिपंकर बुद्धसँगै आएका भन्तेहरूले आफ्नो हात दिएर तिनलाई कुवाबाट बाहिर निकाले।, जसै ती बाँदर कुवाबाट बाहिर निस्के, उनीहरू सबका सब मान्छेमा परिणत भए।, दिपंकर बुद्धलाई दिएको दानको पुण्यबापत् बाँदरहरूले मानव जुनी पाए।, मानव जुनी पाए पनि ज्ञानाकरबाहेक अरू सबै अन्तरमनले बाँदर नै थिए। उनीहरूमा मानवीय संस्कार विकास भएको थिएन। इलम र सभ्यताबारे उनीहरू अञ्जान थिए। खेतीपातीको ज्ञान थिएन। व्यवस्थित बसोबासको भेउ पनि थिएन।, मानव जुनी पाइकन पनि बाँदरकै व्यवहारमा अलमलिएको देखेर एक अर्का बोधिसत्वलाई उनीहरूमाथि टिठ पलायो। उनले भ्रममा भौंतारिइरहेका बाँदरहरूलाई सही बाटोमा ल्याउने अठोट लिए र एक व्यापारीको भेष धारण गरेर किन्सुक वनमा आए।, व्यापारीको रूप धरेका ती बोधिसत्वले सबै बाँदरलाई एकै ठाउँ गुजुम्म पारे। यसको संयोजन ज्ञानाकर बाँदरले नै गरेको थियो।, बोधिसत्वले भने, ‘अब तिमीहरू बाँदर होइनौ। आफ्नो पुण्यको फलले तिमीहरूले मानव जुनी पाइसकेका छौ। त्यसैले अबदेखि तिमीहरूले मानिसले झैं बाँच्न सिक्नुपर्छ।’, एउटा बाँदरले सोध्यो, ‘मानिस भएर बाँच्न के गर्नुपर्छ?’, ‘मानिस भएर बाँच्न इलम गर्नुपर्छ। आफू सभ्य हुनुपर्छ, अरूलाई पनि सभ्य बनाउनुपर्छ। आफ्नो नंग्राले एकअर्कालाई कोतर्ने होइन, त्यही नंग्रा खियाएर अन्न फलाउनुपर्छ। अब तिमीहरूले खेतीपाती गर्न सिक्नुपर्छ। व्यापार गर्न जान्नुपर्छ। घरखेत बसाएर सभ्य समाज निर्माण गर्नुपर्छ। कसैलाई कसैको डरभर नभएको जंगलराज होइन, आफ्नो अलग्गै विधिविधान बसाल्नुपर्छ। आफ्नो अलग्गै संस्कृति बनाउनुपर्छ। त्यसपछि बल्ल तिमीहरूको मानव चोला सार्थक हुनेछ।’, यसरी लामो उपदेश दिएर ती बोधिसत्वले किन्सुक वनमा एउटा सभ्य समाज निर्माण गराए र आफू फेरि देवलोक फर्किए।, किन्सुक वन अब बाँदर बस्ने वन रहेन। सभ्य मानिसहरू बस्ने समाज बन्यो। उनीहरूले विधान बनाए र संस्कृति बसाले र एउटा व्यवस्थित नगरलाई जन्म दिए।, यसबीच देवलोकबाट बाँदरको रूप धारण गरेर आएको र मानव जुनी पाएको ज्ञानाकारको मृत्यु भयो।, गुइत:को प्रथमश्री महाविहारमा प्रदर्शनीका लागि राखिएको पौभा: चित्र। तस्बिर स्रोत: ज्ञानेन्द्र शाक्य, गुइत:को कथा- अध्याय २, बुद्धको, कथा जारी छ।, उनी भन्दैछन्, ‘किन्सुक वनमा बसेको नगरका बासिन्दाहरू खेतीपातीबाट समृद्ध हुँदै गएका थिए। उनीहरूको व्यापार व्यवसाय पनि फस्टाउँदै गएको थियो। त्यही समयतिर कामार्थी भन्ने अर्को नगरमा भुवनानन्द नाम गरेका एक महाजनले आफ्नो अत्यन्तै दयालु, अत्यन्तै उदार र अत्यन्तै दानी स्वभावका कारण चौतर्फी ख्याति कमाइरहेका थिए।’, एकदिन भुवनानन्द महाजनको मनमा ऋषिमुनीहरूलाई डाकेर दान दिने इच्छा जाग्यो। उनले आफ्नो महलमा एउटा भव्य दान समारोह आयोजना गरे र नगरभित्र र नगरबाहिर टाढाटाढा बस्ने ऋषिमुनी र भन्तेहरूलाई समारोहमा सरिक हुन सन्देश पठाए।, दान समारोह भव्य रूपमा सफल भयो।, यही दान पुण्यको फलले महाजनकी पत्नी गर्भवती भइन् र चौबीस गुणले युक्त सुन्दर पुत्रलाई जन्म दिइन्। ती पुत्र अरू कोही होइन, उही ज्ञानाकर बाँदरको नयाँ अवतार थियो र नाम रह्यो– धर्मश्री बालक।, अर्थात्, देवलोकका ज्योतिपाल बोधिसत्वले कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमका रूपमा जन्म लिनुभन्दा अगाडि सुरूमा ज्ञानाकार बाँदर र फेरि धर्मश्री बालकका रूपमा जन्म लिएका थिए।, धर्मश्री बालकमा बोधिसत्वको चेतना भएकाले ऊ सानैदेखि उदार, दयालु, सहृदयी र दानी थियो। उसलाई दान दिन कसैले सिकाउनै पर्थेन। आफ्ना मातापिताको दानकर्मको प्रभाव पनि उसमा भरपूर देखिन्थ्यो।, एकदिन धर्मश्री बालक आफ्नै उमेरका केटाकेटीसँग धूलोमा खेलिरहेको थियो। त्यही बेला दिपंकर बुद्ध भिक्षाटन गर्दै विभिन्न नगर र ग्रामहरू घुम्दै कामार्थी नगर आइपुगे।, तथागत दिपंकर बुद्धलाई साक्षात् आफ्नो अगाडि देखेपछि धर्मश्री बालकमा दान दिने भावना जागृत भयो।, उसले सोच्यो, ‘भिक्षाटनमा आएका दिपंकर बुद्धलाई मैले खाली हात फर्काउनुहुन्न। जे उपलब्ध हुन्छ, त्यो उहाँको पाउमा टक्र्याउनैपर्छ। तर मेरो साथमा अहिले केही छैन। घरमा लिन जाऊँ भने त्यो बेलासम्म दिपंकर बुद्धलाई पर्खाउनु उचित हुन्न। उहाँ आफ्नो बाटो लागिसक्नुहुन्छ। मैले उहाँलाई दान दिने एउटा स्वर्णिम मौका यसै गुमाउनेछु। म गरूँ त के गरूँ?’, धर्मश्री बालक एकछिन अलमलियो। मनमा कुरा खेलाउँदै आफ्नो वरिपरि हेर्‍यो।, उसले आफ्नो अगाडि धूलोको थुप्रोबाहेक केही देखेन।, उसले आफ्नो बोधिसत्व चित्तले फेरि सोच्यो, ‘मान्छेको अगाडि जे छ, त्यो नै लाख बराबर हो। नभएको चिजको तिर्सना राखेर तड्पिनुभन्दा भएकै चिजमा रमाउनु सही मानवकर्म हो। अहिले मेरो अगाडि यो धूलोको थुप्रो छ। त्यसैले मेरो लागि यही धूलोको थुप्रो नै चौरासी व्यञ्जन र लाखौं–करोडौंका धनसम्पत्ति बराबर हो। मैले यही धूलो नै तथागतको चरणमा अर्पण गर्नुपर्छ। यही नै मेरो कर्म हो र यही नै मेरो धर्म हो।’, यति सोचेर धर्मश्री बालकले भुइँको धूलो आफ्ना दुवै मुठ्ठीमा उठायो र दिपंकर बुद्धको झोलीमा हालिदियो। त्यसपछि उसले धूलो लतपतिएका दुवै हात जोडेर धुलाम्मे भुइँमा लम्पसार पर्दै बुद्धलाई साष्टांग दण्डवत् गर्‍यो।, धर्मश्री बालकको यस्तो उदार व्यवहार देखेर दिपंकर बुद्ध अत्यन्तै खुसी भए।, हुन त त्यो धूलो न खान हुन्थ्यो न घरमा सजाउन मिल्थ्यो। न त्यसले भोक मेटिन्थ्यो न प्यास। तर त्यो दानको पछाडि लुकेको धर्मश्रीको उदार मनले दिपंकर बुद्ध कायल भए।, दान दिइने वस्तुको मूल्यले दानको वजन निर्धारण गर्दैन। दानको वजन निर्धारण गर्छ दान दिने व्यक्तिको मनको चेतनाले।, दिपंकर बुद्धले पनि धर्मश्री बालकको चेतनालाई पर्गेले र उसले झोलीमा हालिदिएको दुई मुठ्ठी धूलो सहर्ष ग्रहण गरे।, त्यही बेला एउटा चमत्कार भयो। धर्मश्री बालकले झोलीमा हालिदिएको धूलोजति जम्मै सुनमा परिणत भयो र टलटल टल्किन थाल्यो।, दिपंकर बुद्धकै शक्तिको बलले धूलो सुनमा बदलिएको हो भन्ने धर्मश्री बालकले बुझिहाल्यो।, आफूले दिएको धूलोलाई पनि दिपंकर बुद्धले तुच्छ नठानेको र त्यसलाई सुनजत्तिकै अमूल्य वस्तुका रूपमा ग्रहण गरेको बुझेर उसको मन झरनाको पानीझैं कलकल भयो। उसले फेरि साष्टांग दण्डवत् गरेर दिपंकर बुद्धको वन्दना गर्न थाल्यो।, ‘धर्मश्री बालक एकदमै अल्पायु लिएर आएको थियो,’ गौतम बुद्ध जेतवन विहारको घना पिपलको वृक्षमुनि बसेर आफ्ना शिष्यहरूलाई भन्दैछन्, ‘उसको कम उमेरमै मृत्यु भयो र दिपावती नगरको राजकुमारका रूपमा उसले जन्म लियो।’, गुइत:को प्रथमश्री महाविहारमा प्रदर्शनीका लागि राखिएको पौभा: चित्र। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, पौभा: चित्र प्रदर्शनीमा आएका स्थानीय। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, गुइत:को कथा- अध्याय ३, ‘दिपावती, नगरमा खुसियाली छाएको छ। नगरवासीहरूले खेतीपाती र व्यापार–व्यवसायमा निकै तरक्की गरेका छन्,’ गौतम बुद्धको उपदेश–कथा जारी छ।, यति बेला दिपावतीमा सर्वानन्द राजाको शासन छ। यी राजा अरू कोही होइन, उनै धर्मश्री बालकको नयाँ जन्म हो।, धर्मश्रीमा जस्तै सर्वानन्द राजामा पनि दान चेत अत्यन्तै प्रबल थियो। उनी नियमित रूपले ऋषिमुनी र भन्तेहरूलाई आफ्नो दरबारमा डाकेर दान दिने गर्थे।, एकदिन उनलाई स्वयं दिपंकर बुद्धलाई आफ्नो दरबारमा निम्तो गरेर दान दिने इच्छा जाग्यो। तथागत बुद्धलाई दान दिन भनेर उनी नायकी बाजा बजाउँदै र नगरभरि झ्याली पिट्दै बुद्धलाई निम्तो दिन आफैं गए।, दिपंकर बुद्धले उनको निम्तो स्वीकार गरे।, उनको आगमनको खुसियालीमा सर्वानन्द राजाले आफ्नो दरबारसहित पूरा नगरलाई इन्द्रको देवलोकभन्दा भव्य देखिने गरी सिँगारे। नगरको प्रवेशद्वारदेखि दरबारसम्म पुग्ने मार्गमा फूलैफूल बिछ्याए। घरका छतहरूमा आकाश ढाक्ने गरी तोरण टाँगे। छतछतबाट दिपंकर बुद्धमाथि फूल बर्साए।, झकिझकाउ नगर मार्ग हुँदै जसै दिपंकर बुद्ध सर्वानन्द राजाको दरबार अगाडि पुगे, उनी जहाँको तहीँ टक्क अडिए। उनको निम्ति दरबारको मूलढोका खुल्लै राखिएको थियो तर उनी भित्र प्रवेश गरेनन्। बरू सरासर दरबार छेउको एउटा सानो झुपडीतिर बढे जहाँ एउटी बूढी आमै आफ्नो अगाडि नाङ्लोमा धानका सिलाहरू राखेर बसेकी थिइन्।, खासमा सर्वानन्द राजाले यो दान समारोहमा आफू मात्र होइन, नगरका सबै व्यक्तिलाई सरिक हुन आह्वान गरेका थिए। त्यसैले इच्छुक व्यक्तिहरू आफ्नो गच्छेले भ्याएसम्मका मालवस्तु दान दिन अघि सरेका थिए। ती गरिब बूढी आमैसँग भने दान दिन योग्य वस्तु केही थिएन। त्यसैले उनले निकै दिनसम्म अर्काको खेतमा धाएर भुइँमा झरेका धानका सिलाहरू टिपेर ल्याएकी थिइन् र त्यसैलाई दानका रूपमा आफ्नो अगाडि राखेकी थिइन्।, बूढी आमैको त्यो मिहिनेत र उनको उदार चित्त दिपंकर बुद्धको आँखाबाट लुकेन।, उनी सर्वानन्द राजाको दरबारमा छिर्नुभन्दा अगाडि ती बूढी आमैको झुपडीमा गए र उनको सामु आफ्नो झोली फैलाए।, बूढी आमैको अनुहार घामजत्तिकै धपक्क बल्यो। अनुहारका छालाहरू खुसीले फूलका पत्रझैं मुजा–मुजा परे।, उनले नाङ्लोमा राखेको धानका सिलाहरू दिपंकर बुद्धको झोलीमा खन्याइदिइन् र भावविभोर हुँदै उनलाई दण्डवत् गरिन्।, त्यहाँबाट जब दिपंकर बुद्ध दरबारमा प्रवेश गरे, सर्वानन्द राजाले उनलाई सोधे, ‘तथागत, हजुरलाई यो दान समारोहमा आउन मैले नै निम्तो गरेँ। मैले यति धेरै बहुमूल्य सरसामग्री र चौरासी व्यञ्जन हजुरको निम्ति तयार राखेको थिएँ। तर हजुर मकहाँ नआई सरासर ती बूढी आमैको झुपडीमा किन जानुभयो? मेरो दान ग्रहण गर्नुभन्दा अगाडि किन हजुरले उनको दान ग्रहण गर्नुभयो?’, यो सुनेर दिपंकर बुद्ध मुसुक्क हाँसे र भने, ‘हे राजन, दानमा कसैको दाबी हुँदैन। दानको महत्व उसले दिने वस्तुमा पनि हुँदैन। दान लिँदा दिने व्यक्तिको चित्त हेरिन्छ, उसले सजाएको वस्तु होइन। राजन, तिमी दानी छौ, उदार छौ, यसमा मलाई शंका छैन। तर तिमी आफ्नो क्षमताले दानी भएका हौ। तिमी सम्पन्न छौ। यत्रो नगरको शासन व्यवस्था सम्हाल्छौ। जनतालाई दुःख पर्दा आफ्नो ढुकुटी पनि खोल्छौ। तर यो सबै तिमीले जनताबाटै उठाएको करले आर्जन गरेका हौ। तिम्रो सबै सम्पत्ति जनताको मिहिनेत पसिनाको उपज हो। तर ती बूढी आमैलाई हेर त राजन। उनलाई दान दिन कसैले कर गरेको छैन। दान दिनु उनको क्षमता पनि होइन। तै पनि उनलाई उनको चित्तले दान दिन घच्घच्यायो। उनले दिनरात अर्काको खेतमा गएर त्यहाँ झरेका धानका सिलाहरू टिपेर ल्याइन्। उनको हृदय सागरजत्तिकै फराकिलो छ। उनको दानमा तिम्रोभन्दा कयौं गुणा बढी उदार मन लुकेको छ। तिमीले दिने बहुमूल्य वस्तुको दाँजोमा उनले दिएको धानका सिलाहरू कयौं गुणा अमूल्य छन्।’, दिपंकर बुद्धबाट यस्तो कुरा सुनेपछि सर्वानन्द राजा झसंग भए। उनको आँखा खुल्यो।, उनी एकदिन भेष बदलेर दरबारबाट बाहिर निस्किए र कुनै अर्कै नगरमा गएर फलामको काम गर्ने गरिब व्यक्तिको झुपडीमा पुगे।, उनले धेरै समय त्यही झुपडीमा बसेर फलामको काम सिके। दिनरात कठोर मिहिनेत गरे र केही पैसा कमाएर फेरि आफ्नो दरबार फर्के।, दरबारको ढुकुटीमा भएका सुनचाँदी, हिराजवाहरातको दाँजोमा फलामको काम गरेर कमाएको रकम नगन्य थियो। तै पनि सर्वानन्द राजाले पसिना बगेको मिहिनेतको कमाइको महत्व बुझे। उनलाई दरबारको ढुकुटीभन्दा त्यो थोरै पैसा नै अमूल्य लाग्यो।, त्यसपछि फेरि सर्वानन्द राजाले दान समारोह आयोजना गरे र नायकी बाजा बजाउँदै, नगरभरि झ्याली पिट्दै दिपंकर बुद्धलाई निमन्त्रणा गर्न आफैं उनीकहाँ गए।, यसपालि चाहिँ दिपंकर बुद्ध सरासर उनकै दरबारमा प्रवेश गरे र सबभन्दा पहिला उनकै हातबाट दान ग्रहण गरे।, ‘मैले तिम्रो बदलिएको चित्त भाँपिसकेँ राजन,’ उनले भने, ‘तिमीले आज मलाई दान दिन लागेको वस्तु जनताको करबाट आर्जित होइन, त्यो तिम्रो पसिनाको कमाइ हो। त्यसैले म यसपालि सरासर तिम्रै हातबाट दान ग्रहण गर्न तिम्रो दरबार आएको छु।’, सर्वानन्द राजाको खुसीको सीमा रहेन। उनको मुहार पूर्णिमाको जुनजस्तो उज्यालो भयो। उनको मन छाँगाबाट खसेको छहराजस्तो छमछम नाच्न थाल्यो। उनको हृदयमा वसन्तका असंख्य पालुवाहरू पलाए। उनको कानमा चराका चिरबिर गुञ्जिन थाल्यो।, गौतम बुद्ध आफ्ना शिष्यहरूलाई भन्दैछन्, ‘दिएको दान कहिल्यै खेर जाँदैन। त्यो कुनै न कुनै रूपमा फेरि फर्केर दिने मान्छेकै झोलीमा आउँछ। दिनु भनेको पाउनु पनि हो। दान नै समृद्धिको मार्ग हो। जुन समाज उदार हुन्छ, जुन समाजले अर्कालाई दिन जानेको हुन्छ, त्यो समाज समृद्ध हुन्छ। त्यहाँ समृद्धिले समृद्धिलाई पछ्याउँछ। खुसीले खुसीलाई तान्छ।’, नभन्दै सर्वानन्द राजाको उदारताको फलले दिपावती नगर झन् झन् समृद्ध हुँदै गयो।, नगरवासीहरू झन् झन् उच्च मुकाममा पुगे।, यसबाट प्रसन्न सर्वानन्द राजाले सम्पूर्ण दिपावती नगरलाई नयाँ स्वरूप दिए। उनले नगरभित्र नौ ठाउँमा नौवटा चैत्य स्थापना गराए। नौवटा हिति बनाए। नौवटा पोखरी र नौवटा इनार खनाए। नौवटा फल्चा बनाए। नौथरीका गुठी र नौवटा मठ–मन्दिरहरू स्थापना गराए। र, नगरको बीचमा नौतले भव्य विहारको पनि निर्माण गराए।, दिपावती नगरले हेर्दाहेर्दै यस्तो समृद्धशाली स्वरूप लियो जसलाई देखेर स्वयं देवराज इन्द्रले पनि इर्ष्या माने।, नयाँ नगर बसाइसकेपछि सर्वानन्द राजाले फेरि एकचोटि दान समारोह आयोजना गरे। नायकी बजाए र झ्याली पिट्दै दिपंकर बुद्धलाई निम्ता गर्न गए।, यसपालि उनले नगरको बीचमा बनेको नौतले विहार नै दिपंकर बुद्धलाई अर्पण गरे र आफू पनि त्यही विहारमा जीवनपर्यन्त बौद्ध धर्मको अभ्यास गर्दै बसे।, धेरै कालपछि उनै सर्वानन्द राजाले कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमका रूपमा जन्म लिए जो पछि तथागत गौतम बुद्ध बने।, सर्वानन्द राजाले बसाएको दिपावती नगरको पौभा: चित्र। यही नगरलाई आज गुइत: भनिन्छ।, गुइत: महाविहारमा रहेको गुइत: अजीको मूर्ति। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, गौतम, बुद्धले जेतवन विहारको घना पिपलको वृक्षमुनि बसेर आफ्ना शिष्यहरूलाई सुनाएको उपदेश–कथा यहीँ सकिन्छ।, र, योसँगै गुइत:का ज्ञानेन्द्र शाक्य र नानीकाजी शाक्यले मलाई वर्णन गरेको पौभा: चित्रमा उल्लिखित चार भागको कथा पनि यहीँ सकिन्छ।, पौभा: चित्रको अन्तिम भागमा एउटा अर्को कथा पनि छ जुन लिच्छवि राजा वृषदेवको मृत्यु र स्वर्गयात्रा र त्यसले दिने सन्देशसँग सम्बन्धित छ। वृषदेव राजाको यो कथा म फेरि अर्कोचोटि सुनाउँला।, गौतम बुद्धले जेतवन विहारमा आफ्ना शिष्यहरूलाई वर्णन गरेको दिपावती नगर नै पाटनको गुइत: टोल हो।, सर्वानन्द राजाले पहिलोचोटि दान समारोह आयोजना गर्दा दिपंकर बुद्धले उनको दरबारभित्र नछिरी जुन बूढी आमैको हातबाट दान ग्रहण गरेका थिए, ती बूढी आमैलाई आज पनि ‘गुइत: अजी’ का रूपमा पूजा गरिन्छ। त्यहाँको एउटा विहारमा गुइत: अजीको मूर्ति स्थापना गरिएको छ।, गुइत: नगर स्थापनासँग जोडिएको पौभा: चित्र कहिले बन्यो भन्ने कसैलाई थाहा छैन। अमेरिकी अनुसन्धाता मेरी स्लसरले आफ्नो ‘नेपाल मण्डल’ किताबमा यसलाई चौधौं शताब्दीमा बनेको भनेर लेखेकी छन्। उनले पौभा: चित्रको कलात्मक शैलीका आधारमा यो आकलन गरेकी हुन्। यसलाई पुष्टि गर्ने प्रमाण छैन।, स्थानीयहरू यो पौभा: चित्र त्योभन्दा धेरै अगाडि लेखिएको र समयक्रममा बिग्रँदै, मक्किँदै गएपछि हुबहु नयाँ बनाइँदै आएको विश्वास गर्छन्। जसरी कपडामा लेखिएको पुरानो चित्र बिग्रेपछि अहिलेका पुस्ताले त्यसैबाट सारेर नयाँ बनाएका छन्।, ‘यो पौभा: चित्र गुइत:को इतिहास कथा मात्र होइन, हाम्रो संस्कृति पनि हो,’ ज्ञानेन्द्रले भने, ‘हाम्रा पुर्खाहरूले एउटा बिग्रेर गएपछि त्यही हेरेर अर्को बनाएका हुन सक्छन्। यो गुइत:मा निरन्तर चलिआएको प्रक्रिया हो।’, पहिले कपडामा बनाइएको पौभा: चित्र। यसैका आधारमा हुबहु नयाँ सारिएको हो। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, बेखारत्न शाक्यले मलाई सुनाउन चाहेको तर सुनाउन नपाएको पौभा: चित्रको यो कथा गुइत: टोलकै ज्ञानेन्द्र र नानीकाजीबाट सुनेर फर्कंदा मलाई अत्यन्तै खुसी लागिरहेको थियो।, बेखारत्नको अन्तिम इच्छा पूरा भयो भन्ने अनुभूतिले म आफैंमा मखलेल थिएँ।, सोच्दै थिएँ, यी ज्ञानेन्द्र शाक्य आफ्ना बा बिरामी भएको दौडादौडबीच एकछिनका लागि विहारमा आएका थिए। त्यो पनि हामी भएकै बेला। यस्तो लाग्थ्यो, नियतिले उनलाई हामीलाई कथा सुनाउनकै लागि यहाँ पठाइदिएका थिए।, कतै बेखारत्नकै आत्माले उनलाई डोर्‍याएर यहाँ ल्याइदिएको त होइन! के बेर!, गुइत:बाट फर्किनुअघि म र सबिनाले बेखारत्नको घरमा आवाज दियौं। माथि चोटाबाट एउटी महिलाले पुलुक्क हेरिन्। हामीले उनलाई तल बोलायौं। उनी बेखारत्नकी छोरी रहिछन्।, मैले उनलाई बेखारत्नसँग हाम्रो भेट कसरी भयो र कसरी उनले पौभा: चित्रको कथा सुनाउन जनैपूर्णिमाको दिन आउनू भनेर निम्तो दिएका थिए भन्ने सुनाएँ।, असार ५ गते बेखारत्न बाको मृत्यु भएको रहेछ। त्यसको दुई महिनापछि उनैलाई सम्झना गर्दै दुई जना अपरिचित व्यक्ति आफ्नो घरको ढोकामा आएको देखेर होला, छोरीका आँखा रसाए।, ‘बालाई केही भएकै थिएन। दिउँसो अलिकति भोज खानुभएको थियो। राति दम बढ्यो। हतारहतार अस्पताल पुर्‍यायौं। अस्पताल लग्नासाथ उहाँ जानुभयो। मार्नकै लागि अस्पताल लगेजस्तो पो भयो,’ बेखारत्नकी छोरी भावुक सुनिइन्।, ‘तपाईंहरू उहाँलाई सम्झँदै आउनुभयो, खुसी लाग्यो,’ उनले भनिन्, ‘त्यहाँ विहारमा जानुस् है, उहाँले आफैं सुनाउन नपाए पनि पौभा: चित्रको कथा सुनाउनेहरू त्यहाँ भेटिन्छन्।’, मैले उनलाई धन्यवाद दिएँ र बेखारत्न बाले सुनाउन चाहेको तर सुनाउन नपाएको कथा हामीले भर्खरै सुनेर आएको उनलाई बतायौं।, उनी चुप्प लागिन्।, हामी पनि केही बोल्न सकेनौं।, ‘फेरि आउँछौं है,’ यति भनेर हामी विदा भयौं।, बेखारत्नको घरको ठ्याक्कै अगाडि गुइत: पोखरीमा यति बेला लबालब पानी भरिएको छ। यही पोखरीको प्रसंगले हामीलाई परिचित गराएको थियो। तर अहिले लबालब पानी भरिएको पोखरी हेर्दै दंग पर्न बेखारत्नका आँखाहरू गुइत:मा छैनन्।, बेखारत्नले सुनाउन नपाएको यो कथा म उनैलाई समर्पण गर्न चाहन्छु। यो कथा मेरो तर्फबाट बेखारत्न शाक्यलाई श्रद्धाञ्जलि।, यो कथाको दोस्रो भाग: ,मैले त स्वर्गलोकमा स्थान सुरक्षित गरिसकेँ, तपाईंहरूले नि!, बेखारत्न शाक्य (कुर्सीमा बसेका) सँग पाँच महिनाअघि गुइत: पोखरीनिर खिचेको सेल्फी, बीचमा सहकर्मी साथी सबिना श्रेष्ठ।, गौतम बुद्धले सुनाएको पाटनको एउटा टोलको कथा
रासस प्रहरीले स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट पक्राउ गरेको हो।, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले सिमराका ३२ वर्षीय पौडेलले बोकेको झोलामा रु ३१ लाख रकम शङ्कास्पदरूपमा फेला पारेपछि पक्राउ गरेर सोधपुछ गर्दा थप ५४ लाख ५६ हजारसहित अग्रवाल र खड्कालाई पक्राउ गरिएको बताए।, मंगलबार पक्राउ परेका पौडेललाई सोधपुछ गर्दा होलिडे ट्रेडिङ प्रालिका सञ्चालकसमेत रहेका अग्रवालले दिएको खुलेपछि प्रहरीले अग्रवाल र उनका कामदार खड्कालाई नियन्त्रणमा लिएको हो।, प्रहरीले उनीहरुलाई समानान्तर बैंकिङ कारोबार (हुण्डी) कारोबार गरेको हुनसक्ने भएकाले थप अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताए।, स्रोत नखुलेको ८५ लाख ५६ हजार रकमसहित काठमाडौंबाट तीन जना पक्राउ
रासस सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोला तर्ने क्रममा बेपत्ता भएका छन्।, वडा नम्बर २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको छ।, सोही नगरपालिकाको वडा नम्बर ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले बताए।, मङ्गलबार खोला तर्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन्।, उनको खोजीका लागि जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भए पनि खोला बढेकाले समस्या भएको प्रनाउ कटवालको भनाइ छ।, गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बगाएकोे वडाध्यक्ष मिङमार दोर्जी शेर्पाले बताए।, खोलाले बगाएर सोलुखुम्बुमा नगर प्रहरी बेपत्ता
नारायण अधिकारी/रासस पवित्र तीर्थस्थल देवघाट धाममा थालिएको शवदाहगृह निर्माणमा ढिलाइ भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले ठेक्का लगाएको शवदाहगृहको म्याद गुज्रिनै लाग्दासमेत कामले गति लिनसकेको छैन।, पशुपतिनाथपछि सबैभन्दा धेरै अन्तिम दाहसंस्कार गर्ने ठाउँ देवघाट हो। दाउराबाट जलाएर दाहासंस्कार गर्न कठिन हुन थालेपछि भरतपुर महानगरपालिका र देवघाट क्षेत्र विकास समितिको समेत पहलमा विद्युतीय शवदाहगृह निर्माणको प्रक्रिया अघि बढेको थियो। सङ्घीय सरकारको बजेटबाट थालिएको शवदाहगृह निर्माणका लागि मूल्य अभिवृद्धि करबाहेक रु नौ करोड ९२ लाखमा निर्माण गर्ने गरी ठेक्का लगाइएको हो।, विसं २०७५ माघ ३ गते सम्झौता हुँदा दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ। कोभिड–१९ को कारण देखाउँदै पुनः छ महिना म्याद थपियो र २०७८ साउनमा काम सम्पन्न हुनुपर्ने थियो। थपिएको म्यादसमेत सकिँदा बल्ल काम थालिएको छ। निर्माण कछुवाको गतिमा रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताए।, निर्माण ढिलाइ हुँदा अहिले दाउराको प्रयोगबाट शव जलाउने गरिँदै आएको छ। ‘कोभिडको समयमा एक दिनमा ३३ शवसमेत दाहसंस्कारका लागि ल्याइएको थियो, तर ठाउँ साँघुरो र वर्षाको समय हुँदा लाइनमा बस्नुपर्ने बाध्यता भयो,’ उनले भने। , कोभिड–१९ सङ्क्रमितको शव व्यवस्थापनका लागि छुट्टै ठाउँ तोक्दा पनि नियमित शव जलाउने ठाउँमा भीड हुने गरेको उनको भनाइ छ। समितिले निर्माण छिटो गर्न ताकेता गरिरहेको घिमिरेले बताए। विद्युतीय शवदाहगृह निर्माण भए दाउरा पाउन कठिन भइरहेको परिस्थिति अन्त्यसँगै सहजै दाहसंस्कार गर्न टेवा पुग्ने उनको भनाइ छ।, सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख प्रकाश अर्यालले निर्माणमा ढिलाइ भएको स्वीकार्दै चाँडै निर्माण सक्न ठेकेदार कम्पनीलाई मौखिक, लिखित साथै राष्ट्रिय पत्रपत्रिकामार्फत ध्यानाकर्षण गराइरहेको बताए। निर्माण हुने जमिन नारायणी नदी नजिकै रहेकाले ठूलो बाढीका कारण निर्माणमा समस्या भएको उनको भनाइ छ। निर्माणपछि शवदाह गर्ने मेसिनमा समस्या नहोस् भनेर डिजाइनसमेत परिवर्तन गर्नुपर्दा ढिलो भएकाले अब सरासर काम भए एक वर्षभित्र निर्माण सक्ने उनले बताए।, छ सय वर्गमिटरमा बन्ने उक्त शवदाहगृहमा दुई मेसिन जडान गरिने र एकैपटक दुई शवदाह गर्न सकिने सुविधा हुनेछ। साथै सागर जानेहरुलाई बस्ने ठाउँ, खानेपानी, शौचालयलगायतका सुविधासहितको भवन बन्ने अर्यालले बताए।, पिलरको मात्रै काम गरेको निर्माण कम्पनी मिलिनियम–सिद्धगढी जेभी काठमाडौँले दुई किस्ता गरेर एक करोड ६ लाख ३९ हजार लगिसकेको छ। यता महानगरपालिकाले ठेकेदार कम्पनी र सघन सहरी विकासका कर्मचारीलाई राखेर पटक–पटक काम समयमा सम्पन्न गर्न दबाब दिँदै आएको छ। नगर प्रमुख रेनु दाहालले महानगरभित्रका आयोजनामा कुनै कठिनाइ भएमा सहयोग गर्न महानगर तयार रहेकाले ठेकेदार कम्पनीले समयमा नै काम सम्पन्न गर्नुपर्ने बताए।, शवदाह गृह निर्माणमा ढिलाइ
अच्युत रेग्मी/रासस मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ।, विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप लगाइसकिएको कारागारका जेलर वेदनिधि अधिकारीले जानकारी दिए। नयाँ आउने कैदीबन्दीलाई भने अलग राखेर खोप लगाइने गरेको उनको भनाइ छ।, तीन हजार २१५ कैदीबन्दी रहेको केन्द्रीय कारागारभित्र तीन जेल रहेका छन्। हाल सो जेलमा १ हजार ८ सय २२, भद्र जेलमा १ हजार ३८ र महिला जेलमा ३५५ कैदीबन्दी छन्। उक्त जेलमा १६ नाबालकसमेत छन्। कोरोनाको पहिलो चरणमा केन्द्रीय कारागारमा कोरोना सङ्क्रमणका कारण आठ जनाको निधन भए पनि दोस्रो चरणको कोरोनाबाट कसैले पनि ज्यान नगुमाएको जेलर अधिकारीले बताए।, काठमाडौंको डिल्लीबजारमा समेत अर्को जेल रहेका कारण महिला कैदीबन्दीलाई भने केन्द्रीय कारागारमा मात्र राखिँदै आएको छ। केन्द्रीय कारागार परिसरभित्र कैदीबन्दीको उपचारका लागि अस्पतालसमेत सञ्चालनमा छ।, कूल ३० शय्या क्षमता रहेको उक्त अस्पतालमा छाला, मधुमेह, जन्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने र सुनिनेलगायतका रोगको उपचार हुँदै आएको छ। अदालतबाट मुद्दा फैसला भई कारागार सजाय भोगिरहेकालाई ‘कैदी’ र अदालतमा मुद्दा चलिरहेका तर फैसला नभई कारागार सजाय भोगिरहेकालाई ‘बन्दी’ भनिन्छ। बयालीस रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रीय कारागारमा १ हजार ७८४ कैदी र एक हजार ४३१ बन्दी छन्। , कारागार व्यवस्थापन विभागका अनुसार देशभरका ७२ जिल्लामा ७४ कारागार छन्। काठमाडौं र दाङमा दुई/दुई कारागार छन्। भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन्। हाल देशभरका ७४ वटै कारागारमा पुरुष कैदीबन्दी रहेका छन् भने ५३ कारागारमा मात्र महिला कैदीबन्दी छन्। यस्तै भक्तपुर, कास्की, विराटनगर, मकवानपुर, पर्सा, रुपन्देही, बाँके र डोटीमा भने बालसुधार केन्द्रसमेत सञ्चालनमा छन्।, हाल देशभर झण्डै ३० हजार कैदीबन्दी छन्। देशभर कारागारको क्षमता भने १६ हजार मात्र हो। पछिल्लो समय देशभर कैदीबन्दीको सङ्ख्या बढेसँगै सरकार नुवाकोट र बाँकेमा कारागार निर्माणमा जुटेको छ। दश हजार कैदीबन्दी राख्ने क्षमताका साथ निर्माण गर्न लागिएको नुवाकोटमा ५३५ रोपनी र बाँकेमा १० बिघा जग्गा लिएर कारागार निर्माणको काम अगाडि बढाइएको छ। नुवाकोटमा सात हजार ५०० र बाँकेमा तीन हजार कैदीबन्दी राख्न मिल्ने कारागार व्यवस्थापन विभागले जनाएको छ।, सरकारले तीन महिनाभित्र केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोटमा निर्माण हुँदै गरेको कारागारमा सार्ने गरी गृहकार्यसमेत सुरु गरेको छ। केन्द्रीय कारागारका जेलर अधिकारीले तीन महिनाभित्र केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोट स्थानान्तरण गर्नका लागि गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, प्रमुख जिल्ला अधिकारी नुवाकोट र सुरक्षा निकायका प्रतिनिधि भवन निर्माणबारे अध्ययन, अवलोकन गरेर काठमाडौँ फर्किसकेको बताए।, सम्भाव्यता अध्ययनका क्रममा चाँडै कारागार भवन निर्माण सम्पन्न गर्न निर्देशन दिइएको उनको भनाइ थियो। केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोटमा स्थानान्तरण गरेसँगै उक्त स्थानलाई ‘म्युजियम’ बनाउने सरकारले लक्ष्य लिएको छ। , केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप