content
stringlengths 20
64.1k
⌀ |
|---|
दिपकजंग शाही डेढ वर्षअघि जुम्लाको हिमा गाउँपालिका-३ की भीमा (नाम परिवर्तन) सीप विकाससम्बन्धी एक तालिममा सहभागी हुन गाउँपालिकाको कार्यालयमा आएकी थिइन्। तालिम आवासीय रूपमा चलिरहेको थियो।, बीचमा एकदिन तालिम लामो समय चल्यो। तालिम चल्दै गर्दा बेलुका अबेर भयो। भीमाको मोबाइलको चार्ज सकिएको थियो। उनलाई घरमा आमासँग फोन गर्नु थियो। उनले त्यो कुरा गाउँपालिकामा भएका एक कर्मचारीलाई सुनाइन्।, ती कर्मचारीले आफू बस्ने कोठामा गएर मोबाइल चार्ज गरेर फोन गर्न भने। उनी मोबाइल चार्ज गर्न त्यो कोठामा गइन्। उनलाई थाहा नदिएर पछिपछि ती कर्मचारी पनि गए। कोठामा एक्लै भएकी भीमालाई निरीह बनाएर शारीरिक सम्बन्ध राखे।, उनी त्यतिबेला १६ वर्षकी मात्र थिइन्। उनीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राखेका कर्मचारी हिमा गाउँपालिकामै कार्यरत खरिदार दानबहादुर रोकाया थिए।, सम्बन्धपछि भीमा गर्भवती भइन्। गएको कात्तिकमा उनको बच्चा जन्मियो। जन्मिएको १० महिनापछि तिनै व्यक्ति (खरिदार)ले बच्चा गायब बनाइदिएका छन्।, भदौ ३ गते उनले आफ्नो अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई अपहरण गरेर गायब बनाएका हुन्।, बच्चा अपहरण गरेको अभियोगमा रोकायामाथि मुद्दा चलिरहेको छ। भदौ ५ गते उनी सुर्खेतबाट पक्राउ परेका थिए। ७ गते सुर्खेत प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको जिम्मा लगाएको छ।, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार उनीमाथि जिल्ला अदालतबाट सुरूमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।, शिशुलाई अपहरण गर्नेमा उनकै संलग्नता देखिएको उनले बताए।, ‘अहिलेसम्मको अवस्थालाई हेर्दा घरबाट बच्चा निकालेर लैजानेमा उनकै संलग्नता देखिएको छ, सोधपुछका क्रममा मैले लिएको हुँ भन्नेसम्म आएको छ,’ डिएसपी थापाले भने, ‘बाँकी प्रमाण जुटाउने गरी अनुसन्धान भइरहेको छ।’, रोकायविरूद्ध पीडित पक्षले जाहेरी दिएर सोमबार अदालतमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।, रोकायले आफ्नो बच्चा जन्मिएपछि उनैसँग विवाह गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने मनस्थितिका साथ बच्चा अपहरण गरेको देखिएको छ।, भदौ ३ गते राति भीमा घरमा बच्चासँग पल्टिरहेकी थिइन्। उनका पुरानो र नयाँ दुई वटा घर छन्। पुरानो घरबाट साँझको खाना खाएर नयाँ घरमा आएकी उनलाई राति ९ बजे एक्कासी कसैलै बोलाएको आवाज आयो। त्यो आवाज रोकायको नै थियो।, ती व्यक्तिले ‘तिमीलाई घरमा आमाले बोलाउनुभएको छ’ भने। पुरानो घरमा भएकी आमाले बोलाएको भनेपछि भीमा त्यतै लागिन्। उनले आमासँग ‘मलाई बोलाउनुभएको हो’ भनेर सोधिन्। उनकी आमाले आफूले नबोलाएको बताइन्।, ‘उसले मलाई आमाले बोलाउनुभएको छ जाऊ भनेर भन्यो, म बच्चालाई ओछ्यानमा सुताएर एक्लै आमासँग गएर सोधेपछि आमाले होइन भन्नुभयो,’ भीमाले भनिन्, ‘आमाले बरू छिटो घर जा बच्चा रोयो होला भन्नुभयो, म फर्किँदा त बच्चा नै त्यहाँ थिएन।’, उनी बच्चा छोडेर आमाको घरमा जाँदा र फर्किँदा घरको बाहिर भने कोही थिएन।, भीमासँग जर्बजस्ती सम्बन्ध राखी गर्भवती बनाएपछि रोकायसँगै विवाह गराउने सहमति भएको थियो।, ‘गल्ती नगर्नु थियो गरिहाल्नुभयो, यति भइसकेपछि अब पछि उमेर पुगेपछि छोरीको उहाँसँगै विवाह गराउने सहमति भएको थियो,’ भीमाका बुवाले भने।, यो घटना हुँदा भीमाका बुवा रोजगारीका लागि भारतमा थिए। उनी भारतबाट फर्किएपछि पनि छोरीले आफूमाथि भएको घटनाबारे परिवारलाई भनेकी थिइनन्।, पछि उनको परिवर्तन भएको शारीरिक बनावट देखेपछि परिवारले यसमा सोधीखोजी गरे। अन्तमा उनले आफूमाथि भएको घटना र पीडकबारे भनिन्।, भीमाका बुवाका अनुसार उनीमाथि जर्बजस्ती गर्ने गाउँपालिकाका ती कर्मचारी पनि एकै वडाका हुन्। उनी कुटुम्ब लाग्थे।, गत असोजमा रोकाय र उनका आफन्तलाई गाउँमा बोलाएर यो विषयमा छलफल गरिएको भीमाका बुवाले बताए।, ‘छलफल गर्ने बेला अब कुटुम्ब नै हुन्, गल्ती गरिहाले विवाह गराइदिउँला भन्ने कुरा भएको थियो। उहाँले पनि विवाह गर्छु नै भन्नुभएको थियो,’ उनले भने, ‘बीचमा दूधभात खुवाएर सुताएको बच्चा यसरी लिएर गायब गराउनुभयो, हामीलाई समस्या भयो।’, छलफल गर्दा रोकायका ठूलोबुवा पनि थिए।, भीमासँग पनि रोकायले बच्चा आफ्नो भएको स्वीकार गरेका थिए।, ‘बच्चा मेरै हो भन्नुभएको थियो, म २० वर्ष पुगेपछि बिहे गर्ने कुरा भएको थियो,’ भीमाले भनिन्।, उनका अनुसार बच्चा जन्मिएपछि कतिपय समय रोकायले भीमासँग झगडा पनि गर्ने गरेका थिए।, रोकाय पहिले नै विवाहित भएको खुलेको छ। रोकायको परिवार अस्थायी रूपमा सुर्खेत बस्ने गरेको भीमाका बुवाले बताए।, ‘पहिला पनि बिहे भएको छ भन्ने सुनेको छौं, तर हामीले देखेका छैनौं,’ उनले भने, ‘घर त पहिले हाम्रो एकै गाउँमा हो, अहिले उहाँहरूको बसाइ सुर्खेत छ। उहाँको दुबै जना जागिरे हो भन्ने सुनिएको छ। हामी गरिब मान्छे अन्यायमा परेका छौं।’, भीमा अहिले १७ वर्षकी भइन्। उनीमाथि यो घटना हुँदा उनी १६ वर्षकी मात्र थिइन्।, कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका महिलासँग मञ्जुरी लिएर शारीरिक सम्बन्ध राखेको भए पनि त्यसलाई करणी मानिन्छ।, रोकायमाथी जबर्जस्ती करणी र शिशु अपहरणसँग सम्बन्धित दुई मुद्दा आकर्षित हुन्छन्।, हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाका अनुसार खरिदार रोकाय निलम्बनमा परिसकेका छन्।, प्रहरीका अनुसार उनले अपहरण गरेको उक्त बच्चा अहिले कहाँ छ भन्ने कुरा खुलिसकेको छैन।, ,
किशोरीलाई बलात्कार गरेको र जन्मिएको बच्चा गायब पारेको आरोपमा पक्राउ परे खरिदार
|
सेतोपाटी किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ।, मकै बाली अहिले बाँदरले आएर नोक्सानी गर्न थालेपछि किसानको आग्रहमा साइन नेपाल नामक संस्थाले उक्त बाँदर धपाउने यन्त्र वितरण गरेको हो । , राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट खरिद गरी ल्याइएका उक्त यन्त्र गाउँपालिकाका सात वडामा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए। उक्त यन्त्र पड्काउँदा ठूलो आवाज आउने र त्यसले ध्वनि प्रदूषण गर्ने भएकाले वडाको जिम्मामा आवश्यकतानुसार मात्र पड्काउने शर्तमा वितरण गरिएको बताइएको छ। , बाँदरको आतङ्कबाट छुट्कारा पाउन गाउँपालिकाका सातवटै वडाका अध्यक्षलाई २५ थान यन्त्र हस्तान्तरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए।, उक्त यन्त्र पड्काउँदा कम्तीमा पनि २० वटा बन्दुक पड्काए जति आवाज आउने र बाँदर पहिलेको ठाउँबाट भागेर नयाँ ठाउँमा जाने भएकाले किसानको खेतीबारी सुरक्षित हुने साइन नेपालले जनाएको छ। बाँदर धपाउने यन्त्र निकै प्रभावकारी देखिएको वडा नं २ का किसान करनसिंह साउदले बताए। ,रासस,
बाँदर धपाउने यन्त्र वितरण
|
सेतोपाटी तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ। नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय रु एक लाखका दरले ४९ लाख उपलब्ध गराउने निर्णय गरेको हो । , प्रविधिमैत्री कार्यका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए। उक्त रकमबाट विद्यालयले आवश्यक प्रविधि खरिद गर्नेछन् । ‘उक्त कार्यका लागि विद्यालयलाई प्रस्ताव पेश गर्न आह्वान गरेका थियौं, विद्यालयले पेश गरेको प्रस्तावका आधारमा सबै विद्यालयलाई एक लाखका दरले उपलब्ध गराउने निर्णय भएको छ’, श्रेष्ठले भने। , नगरपालिकाले यही भदौ १३ गतेदेखि प्रत्यक्ष कक्षा सञ्चालन गर्ने गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ। कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ बमोजिम जोखिम क्षेत्रको विश्लेषण गरी लकडाउन गर्ने र विद्यालयमा सकभर अनलाइन कक्षा सञ्चालन हुन नसकेमा २५ जनाभन्दा बढी कक्षामा नरहने गरी विद्यालय खुलाउने तयारी गरिएको हो। , ‘सकेसम्म अनलाइन नै सञ्चालन गर्ने हो, तर अनलाइन कक्षा सञ्चालन हुन नसक्ने विद्यालयका हकमा २५ जना विद्यार्थी राखेर पठनपाठन शुरु गराउन समितिमा सिफारिस गरिएको छ’, श्रेष्ठले भने। बैठकले नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण बेरोजगार महिलालाई उद्यमशीलता अनुदान उपलब्ध गराउन भदौ महिनाभित्र वडाको सिफारिससहित प्रस्ताव पेश गर्न आह्वान गरेको छ । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि २५ लाख बजेट विनियोजन गरिएको छ । वडा नं ६, १०, ११, १३ र १४ मा उक्त कार्यक्रम सञ्चालन गरिनेछ ।, बैठकले नगरपालिकाभित्र विपद्बाट असर पुगेका खेत, कुलो, घरलगायतका विषयमा प्राप्त वडागत प्रतिवेदनमाथि छलफल गरी वडाको सिफारिसमा विपद्बाट असर पुगेका लाभग्राहीलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। ,रासस,
४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराइने
|
सेतोपाटी संवाददाता तिर्नुपर्ने घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाब दिने उद्धेश्यले काठमाडौं महानगरपालिकालले पञ्चेबाजासहित उनीहरुको घर आँगन र कार्यालय परिसरमा चेतनामूलक कार्यक्रमलाई आज पनि निरन्तरता दिने भएको छ।, घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरेको महानगरपालिकाले सूचना निकाल्दा पनि अटेर गरेपछि यो चेतानामूलक अभियान सञ्चालन गरेको जानकारी दिएको छ।, ‘हामीले पटक/पटक सूचना निकालेर करदातालाई कर बुझाउन आग्रह गरेका हौं,’ काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले भने, ‘हाम्रो आग्रह र सार्वजनिक सूचनालाई समेत अटेर गरेपछि हामी बाध्य भएर करदाताको कार्यालय तथा घर–आँगन परिसरमा पञ्चेबाजासहित कर बुझाउन चेतनामूलक कार्यक्रम गर्न बाध्य भएका हौं।’, उनले आज नयाँबजार, न्युरोड, दरबारमार्ग लगायतका स्थानका करदाताको कार्यालय परिसरमा पञ्चेबाजासहितको अभियान सञ्चालन गर्ने जानकारी दिए। , अधिकारीले कर बुझाउन आग्रहसहित असार १६ र साउन २४ मा सार्वजनिक सूचना प्रकाशित गर्दा समेत अटेर गरेपछि आजबाट कान्तिपुर होटल, शिशु अर्याल, होटल प्लाटिनियम, ह्वाइट फिल्ड स्कुल, रञ्जना ट्रेड सेन्टर, केशा पोपट्रिज प्राली, आरवी कम्प्लेक्सलगायतका स्थानमा आज पञ्जेबाजासहितको अभियान सञ्चालन गर्ने तयारी गरेको छ। , ‘दोस्रो पटक सूचना निकालेको पनि करिब एक महिना पुग्न लाग्दा समेत उहाँहरूले सम्पर्क गर्न नचाहेपछि हामी रचनात्मक ढंगले करदातालाई कर तिर्न नैतिक दबाब दिने अभियान सञ्चालन गर्न बाध्य भएका हौं,’ अधिकारीले भने, ‘मौलिक बाजासहित समयमै कर तिरौं, असल नागरिकको परिचय दिऔं’ भन्ने नाराको ब्यानरसहित महिलाहरूको समूहले पञ्चेबाजा बजाएर नाचगान गरेपछि महानगरपालिकाले माइकिङ गरेर कर तिर्न आह्वान गर्छ।’ , नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए भदौ २४ देखि सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गर्ने पनि अधिकारीले जानकारी दिए।, उनले यो अभियानसँगै कर बुझाउनुपर्छ भन्ने चेतना करदातामा बढेको बताए।, ‘लामो समयदेखि कर नतिर्ने करदाता पनि यो अभियानपछि हाम्रो सम्पर्कमा आउनु भएको छ,’ उनले भने, ‘यो खुसीको कुरा हो।’,
कर नतिर्ने दरबारमार्ग, न्युरोड र नयाँ बजारका करदाताको घर-आँगनमा पञ्चेबाजासहित कामपा
|
हरि बास्तोला पोखरा वृद्धाश्रममा आश्रित छ ज्येष्ठ नागरिकलाई यतिखेर एउटै चिन्ताले सताउने गरेको छ, नेपालको नागरिक नभई मरिन्छ कि! भन्ने।, उमेरले जीवनको उत्तरार्ध अवस्थासम्म पनि आफ्नो नाममा नागरिकता प्रमाणपत्र नहुँदा उनीहरू चिन्तित बनेका छन्।, सानै उमेरमा आमाबाबु गुमाउँदा बाल्यकालदेखि अर्काका घरमा श्रमिकरूपमा काम गर्नुपरेको उनीहरू बताउँछन्। अहिले उनीहरू नागरिकताका अभावमा राज्यबाट पाउने सुविधाबाट पनि बञ्चित हुनुपरेको दु:खेसो गर्छन्।, वृद्धाश्रमकै सहारामा बाँच्नु परे पनि कमसेकम नागरिकता लिएर आफूहरू नेपाली भएर बाच्न पाउने आशामा रहँदै आएको ८० वर्षीया फुलमाया भुजेल बताउँछिन्।, पोखराको नयाँ बजार घर भएकी उनको आफ्नै पीडा व्यथा छन्। राम्रोसँग बोल्न र सुन्न नसक्ने उनी झण्डै एक दशकभन्दा बढी समयदेखि पोखरा वृद्धाश्रममा बस्दै आएकी छन्।, आफन्तले साहरा दिने कोही नभएर नै वृद्धाश्रम पुगेकी उनलाई नागरिकता नपाउँदा थप चिन्तित बनाएको छ।, उनले भनिन्,‘आफू नेपाली नागरिक भएर पनि नागरिक नभए जस्तो लागिरहेको छ।’ , फुलमायाजस्तै लमजुङको राइनास मोहोरियाकोट जन्मस्थान भई घर परिवारको मायाबाट बञ्चित ७८ वर्षीय हरिबहादुर थापा विगत आठ वर्षयता सो वृद्धाश्रममा बस्दै आएका छन्।, ‘बाह्र छोरा तेह्रनाति बुढाएको धोक्रो काँधै माथि’ भने जस्तै श्रीमती, एक छोरा र दुई छोरीका यी अभिभावक यतिखेर आफन्तविहीन जस्तो भएर वृद्धाश्रममा बस्न बाध्य छन्।, आफूले सक्दो उमेरसम्म तीनै छोराछोरी र श्रीमतीको लागि भारतमा मजदुरी गरेको स्मण गर्दै उनले अहिले पक्षघात भई अशक्त भएका अवस्थामा वृद्धाश्रमको साहारा खोज्नु परेको दुःखेसो गरे।, उमेर हुने अवस्थासम्म भारतको मजदुरी नै महत्वपूर्ण भयो नागरिकता बनाउने सोच नै बनेन अहिले परिवारबाट हेला भएको अवस्थामा राज्यबाट पनि नागरिकता नपाएर हेपिएको महसुस भएको उनले बताए।, त्यस्तै, वृद्धाश्रममा आश्रित पर्वतको देउपुरका ६० वर्षीय राम गुरूङ, नवलपुरका रामचन्द्र चाँधरी, नारायण ढकुरी, धनबहादुर गुरूङको अहिलेसम्म नागरिकता छैन। उनीहरू आश्रममा पुग्ने जोकोहीसँग पनि नागरिकता प्रमाणपत्र पाउने आशा देखाउने गरेका छन्। , सानै उमेरमा आमाबुबा गुमाएर टुहुरा बनेको कारण आफन्तको घरमा बसेर हुर्कोका अधिकांशको नजिकैका नातेदार तथा पैत्रिक सम्पत्तिका नाममा अत्वपत्तो नभएका अस्पताल, प्रहरी र समाजका विभिन्न सङ्घ संस्थाकोमाध्यमबाट आश्रम आइपुग्ने गरेको वृद्धाश्रमको तथ्याङ्कमा उल्लेख छ।, वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रमुख जिल्ला अधिकारीका पहलमा यसअघि १० आमाबुबाको नागरिकताको प्रमाणपत्र बनाइएको जानकारी दिए।, बाँकी छ को पनि नागरिकता निकाल्न पहल भइरहेको उनको भनाइ छ।, ‘समाजका विपन्न, असहाय परिवारबाट अपहेलित ज्येष्ठ नागरिकलाई आवासीय व्यवस्था गर्ने लक्ष्यका साथ २०५२ सालमा स्थापना गरी सञ्चालनमा आएका वृद्धाश्रममा हाल ४० ज्येष्ठ नागरिकसहित १२ सेवकसेविका गरी कूल ५२ को परिवार रहेको छ’ उनले भने,‘तीनै तहका सरकार, विभिन्न संघ संस्था तथा व्यक्तिको सहयोगबाट आश्रम यतिखेर भौतिकरूपमा सम्पन्न भए पनि दैनिकखर्च सञ्चालन गर्न भने धौधौ पर्ने गरेको छ।’,
,
आश्रममा अट्याज बाथरुम, चिसोतातो पानी, फिजियोथेरापी सेवा, बिरामी हुँदा औषधोपचारलगायतका विभिन्न सुविधा रहेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले भने, ‘विशेष गरी जन्मोत्सव, विवाहको वार्षिकोत्सव तथा आफन्तका स्मृतिमा परिवारजनले गरिने दान तथा सहयोगले वृद्धाश्रम सञ्चालन हुँदै आएको छ।’, यसैबीच पोखरा महानगरपालिका-९ का दीपक बाटाजु र सिर्जना बाटाजुले आफ्नो वैवाहिक स्वर्णजयन्तीका उपलक्ष्यमा रु ६ लाख ५१ हजार पाँचको अक्षयकोष स्थापना गरेका छन्।,रासस,
ज्येष्ठ नागरिकको चिन्ता: नागरिक नभई मरिन्छ कि !
|
सेतोपाटी संवाददाता आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ।, जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भू-भाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक-दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ। , विभागका अनुसार आज रातिदेखि उक्त न्यून चापीय रेखा अझ तराई भू-भाग नजिक आउने र केही दिनसम्म सोही क्षेत्रमा रहने भएकाले सो प्रणालीका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा–झरीको सम्भावना छ। ,
,
प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।, राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, २ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ। ,रासस,
बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने
|
सेतोपाटी सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ। , मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी–१० का रामलखन खङ्गको तीन वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ।, घरदेखि २०० मिटर उत्तरमा रहेको कमल मण्डलको खेतको छेउमा खाली जग्गामा जमेको पानीमा उनी डुबेकी थिइन्।, शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। ,
सप्तरीमा खाल्डोमा डुबेर एक बालिकाको मृत्यु
|
सेतोपाटी संवाददाता अछाममा बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन्। , पक्राउ पर्नेमा पन्चदेवल विनायक नगरपालिका ६ का २४ वर्षीय जनक बटाला र सोही ठाउँका २५ वर्षीय महेन्द्र रावल छन्।, जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जनक बोहराका अनुसार उनीहरूले भदौ ५ गते विनायक बजारबाट घर पुगाइदिने भन्दै एक बालिकामाथि बलात्कार गरेको आरोप छ।, पीडित पक्षको जाहेरीपछि दुवै जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
अछाममा बलात्कारको आरोपमा दुई जना पक्राउ
|
सेतोपाटी संवाददाता सप्तरीकी २४ वर्षीया महिलालाई बलात्कार गरेका आरोपमा एक इञ्जिनियर पुर्पक्षका लागि राजविराज कारागार चलान भएका छन्।, अग्निसाइर कृष्णसवरण गाउँपालिका-१ का २५ वर्षीय राकेशकुमार चौधरीलाई पुर्पक्षका लागि आज कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। , पीडित महिलालाई २०७८ साल वैशाख २ गते चौधरीले बलात्कार गरेको जनाउँदै इलाका प्रहरी कार्यालय कञ्चनरूपमा गत साउन १४ गते उजुरी दर्ता भएको थियो।, गाउँपालिकाकै महुली चोकमा भेट्न बोलाई अग्निसाइर कृष्णसवरण–१ सखुवा तीनमुखेस्थित जंगलमा लगेर पर्सा, वीरगञ्ज महानगरपालिकाका इञ्जिनियर चौधरीले बलात्कार गरेको पीडितले आरोप लगाइन्। , इलाका प्रहरी कार्यालय कञ्चनरूपले साउन १५ गते उजुरी दर्ता गरी सोही दिन आरोपितलाई पक्राउ गरेको थियो।, आरोपितले बिदामा घर आउँदा भेट भएको जनाउँदै पीडितले आफूलाई लगाएको आरोप झूटो भएको जिकिर गरे।,रासस,
बलात्कार आरोपमा इञ्जिनियर थुनामा
|
सेतोपाटी संवाददाता दुई देशका परिचयपत्र फेला परेपछि एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका-२ का प्रमोदकुमार मण्डल छन्। , नेपाली नागरिकता, मतदाता परिचयपत्रका साथै भारतीय आधार कार्ड फेला परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।, अभियुक्तलाई अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिए।, जिप्रकाबाट २०६२ साल भदौ १७ गते उनले लिएको नागरिकता प्रमाणपत्र नं ६६७३ छ। जन्ममिति २०४६ साल जेठ २३ गते रहेको उनको मतदाता परिचयपत्र ०६७४५८७४ छ।, उनीसँग फेला परेको भारतको आधार कार्डमा भारतीय ठेगाना पिप्रा खुर्द विष्णुपुर–६ सुपौल सरायगढ भपटियाही विहार ८५२१०५ उल्लेख छ। दुवै परिचयपत्रमा उमेर करिब एक वर्ष फरक देखिन्छ। ,रासस,
दोहोरो नागरिकता फेला परेपछि एक पक्राउ
|
सुभानु आचार्य पाटन दरबार स्क्वायरस्थित व्यापारीहरूको आराध्य देवता मानिने भीमसेन मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। , विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र पटक-पटक आएको पराकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने थाम, दलिन र बिम भाँचिएर भित्तासमेत चिराचिरा परेका थिए। , निर्माणाधीन मन्दिरमा गारो लगाउने काम पूर्णरूपमा सकेर माथिल्लो तलामा छाना छाउने काम भइरहेको ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले बताए।, उनले भने, ‘भुइँबाट दुई तलामाथि झिङ्गटीको छाना छाउने भएकाले समयमै सामग्री प्राप्त भएमा र कोरोना महामारीको जोखिम बढेर बन्दाबन्दी भएन भने अब आउँदो असोजसम्म मन्दिर पुनर्निर्माणको सम्पूर्ण काम सक्ने लक्ष्य लिएका छौं।’, मन्दिरको सबभन्दा माथि ३०० वर्ष पुरानो सुन लेपन गरिएको तामाकै छाना सफा गरी पुनः प्रयोग गरिने भएको महर्जनको भनाइ छ। , मन्दिरको माथिल्लो तलामा काठ हाल्ने काम अबको एक हप्तामा सम्पन्न हुने सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले बताए।, उनले भने, ‘मन्दिरको पुरानै गजुर प्रयोग गर्न मिल्ने भएकाले यसलाई फेरि हाल्ने भएका छौं।’, प्राचीन शैलीमा निर्माणाधीन मन्दिर सम्पन्न भएपश्चात् सरसफाइ गरी माथिदेखि स्काफोल्डिङ झिक्दै आउने योजना बनाएको श्रेष्ठको भनाइ छ। , 'हाम्रो सम्पदा हामी आफैं बनाऔं' भन्ने नाराका साथ मन्दिर पुनर्निर्माणमा लाग्दा विदेशीसँग हात फैलाउन नपर्ने उदाहरण प्रमाणित गर्न सफल भएको सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले दाबी गरे।, मन्दिर पुनर्निर्माणका निर्माणका लागि दाताबाट लगभग रु पाँच करोड चन्दा सङ्कलन भइसकेको निवर्तमान अध्यक्ष महर्जनको भनाइ छ। , भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको यस मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि कसैले चासो नदेखाएपछि ‘हाम्रो सम्पदा हामी आफैं बनाऔं’ भन्ने नाराका साथ स्थायनीयबासी आफैं जुटेर चन्दा सङ्कलन गरी मन्दिरको काम अघि बढाइरहेका छन्।, सो मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक रु चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएकामा अब केही रकम थप हुने भएको बताइएको छ। , मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्पूर्ण वस्तुको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा रहेको छ।, चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालीन भीमसेन मन्दिर उपत्यकाकै नमूना धरोेहरका रूपमा प्यागोडा शैलीमा निर्माण भएको थियो।, मन्दिरको माथिल्लो तल्लाको गजुर तथा धातुको छाना निकाल्ने र मर्मतपछि पुनः राख्ने कामको जिम्मा भने पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकार र मन्दिरलाई चाहिने डाँची र इँटा दक्षिण बाराही ब्रिक फ्याक्ट्रीका हीराकाजी अनि तीर्थलाल महर्जनले उपलब्ध गराउने प्रतिबद्धताअनुरुप सहयोग गरिरहेका सङ्घले जानकारी गराएको छ।, भीमसेन मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई विश्व हस्तकला परिषद्ले विश्वको ३५ औँ कला नगरी घोषणा गरिसकेको छ। पाटनका प्रसिद्ध धरोहरका रूपमा सो लगायत कृष्ण मन्दिर, चारनारायण, दरबार सङ्ग्रहालय, अशोक स्तम्भ तथा हिरण्यवर्ण महाविहार आदि रहेका छन्। पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीको पुरानो थलो पनि हो।, उक्त मन्दिर परिसरबाट आवतजावत गर्ने हजारौं स्वदेशी र विदेशीलाई नोक्सानी पुग्ने डरका कारण मन्दिर पुनःनिर्माणमा ललितपुरवासी स्वयं अग्रसर भएका सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले जानकारी दिए।, मन्दिर पुनःनिर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडौं भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी) ले लिएको छ भने नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, मङ्गल टोल सुधार समिति, ललितपुरका जातीय समाजलगायत विभिन्न सङ्घसंस्थाले समेत लागि परेका छन्।, पाँच पाण्डवका माइला भाइ भीमसेनको दर्शन र पूजाआजा गर्नाले व्यापारमा फलिफाप हुने विश्वास आम व्यवसायीको छ। , पाँच पाण्डवमध्येका माइला भाइ भीमसेनलाई नेवार समुदायले आराध्य देवका रूपमा पुज्ने गरेको छ। भीमसेन मन्दिरको दर्शन र पूजाआजा गर्नाले व्यापारमा फलिफाप हुने विश्वास पाटनका व्यवसायीमा रहेको छ। ,रासस,
,
भीमसेन मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
|
सेतोपाटी वैदेशिक रोजगारीमा कार्यरत एक युवकलाई २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गराएका विषयमा छानबिन सुरूआत गरिइएको छ।, सप्तरीको सप्तकोशी नगरपालिका-१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत गोपाल सन्तलाई अंक थपेर २.७५ जिपिए ल्याई एसइई पास गराएका विषमा छानबिन सुरू गरिएको हो। , उक्त विद्यालयले वैदेशिक रोजगारीमा रहेको युवालाई एसइई पास गराएका विषयमा समाचार सार्वजनिक भएपछि विद्यालयमाथि छानबिन सुरू गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख विजय मण्डलले जानकारी दिए।, उनले भने, ‘एसइई पास गराउने विद्यालयबाट सबै विवरण माग गरी सम्पूर्ण कागज झिकाई सकिएको र विवरणमा के त्रुटि भएको छ हेरेर शिक्षा नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ।’, विद्यालयका प्राध्यापक श्यामकान्त चौधरीले प्राविधिक गडबडीका कारण विदेशमा भएको युवा पास भएको बताए। , उनले विद्यार्थीको भौतिक उपस्थितिबिना अंक दिनु परेको तथा अनुपस्थित लेखिनु पर्नेहरूमा नम्बर चढ्न गएर ती विद्यार्थी पास भएको प्रतिक्रिया दिए। कम्प्युटरमा नम्बर चढाउने समय गल्तीले नम्बर चढ्न गएको विद्यालयले जनाएको छ।, सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतमले विद्यालयलाई पत्राचार गरिए पनि मागबमोजिम कागज अहिलेसम्म उपलब्ध नगराएको बताए।, नगरपालिकाले समेत छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गरिने उनले बताए।, गोपालका पिता राम सन्त सोही विद्यालयको कार्यालय सहयोगी रहेको हुनाले प्रधानाध्यापक चौधरीलाई प्रभावमा पारी परीक्षा फारम भरेको हुन सकिने आशंका गरिएको छ।, राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ सालमा विद्यार्थीको परीक्षाको अन्तिम मूल्यांकन गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापक रहने गरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था छ। , कोरोना महामारीको फाइदा उठाउँदै प्रधानाध्यापकसहितका मिलेमतोमा अधिकांश विद्यालयले एसइईको नतिजामा अनियमितता गरेको स्थानीयबासीको आरोप छ। ,रासस, ,
विदेश बसेका युवक एसइई उत्तीर्ण भएपछि छानबिन सुरू
|
सेतोपाटी दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आगामी हप्ता आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ।, पटक-पटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको समितिले आगामी हप्ता भने बुझाउने गरी काम भइरहेको जनाइएको छ।, समितिका संयोजक सहसचिव जनार्दन गौतमले आज पनि उक्त विषयमा समितिका सदस्यबीच छलफल जारी रहेको र केही नयाँ सन्दर्भ आउँदा जिल्लासँग छलफल र समन्वय भइरहेको जानकारी दिए।, ‘हामी एक हप्तामा अनुसन्धान सकेर मन्त्रालयलाई प्रतिवेदन बुझाउने गरी अघि बढेका छौं’, गौतमले भने।,
,
उक्त घटनाको अध्ययनका लागि मन्त्रालयले सहसचिव गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।, समितिमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य छन्। , गत साउन १७ गते गठित उक्त समितिलाई सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको कार्यादेश दिएको थियो।, साउन १८ गते टोली स्थलगत अध्ययनका लागि त्यसतर्फ गएको थियो।, छानबिन नसकिएपछि मन्त्रालयल यही मङ्गलबारसहित तीन पटक म्याद थप गरिसकेको छ। यसअघि साउन २५ र यही भदौ १ गते पनि समितिको म्याद थप गरिएको थियो।, यसअघि टोली दार्चुला पुगेर स्थलगत रूपमा घटनाको अध्ययन गरी फर्किएको थियो।, सो क्रममा टोलीले राजनीतिक दल, सरकारी अधिकारी, पत्रकार, स्थानीयबासी, पीडित परिवार, जनप्रतिनिधिसँग छलफल गरेको थियो भने खोजबिनका सिलसिलामा बैतडी, कञ्चनपुरसमेत पुगेको जनाइएको छ। , साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका-२ स्थित तुइन तरेर भारत जाने क्रममा खसेर धामी बेपत्ता भएका थिए।, पीडित पक्ष तथा स्थानीयबासीले भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएका कारण खसेको आरोप लगाएका छन् भने कतिपयले डोरी फुस्काइदिँदा नदीमा खसेको बताउँदै आएका छन्। ,रासस,
दार्चुलामा जयसिंह धामी बेपत्ता घटना: प्रतिवेदन आगामी साता बुझाउने तयारी
|
सेतोपाटी सिन्धुपाल्चोकको ठोकर्पाबाट कालिका हुँदै काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कोशीपारि यातायातको बा३ख ८०३० नम्बरको बस सुनकोशी–३ छापमा दुर्घटना भएको हो।,
,
घटनामा ४१ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। बस ओरालो बाटोको मोडमा आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।, बस्नेतका अनुसार १८ जना सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा, एक जना मध्यपुरठिमी अस्पताल भक्तपुरमा र २२ जना धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ।, धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु हुनेमा ललितपुर ठूलो दुर्लुङ घर भएका अन्दाजी ४०/४५ वर्षको पुरूष राजन बराम र अन्दाजी २०/२२ वर्षका पुरूष सनाखत हुन बाँकी रहेको बस्नेतले जानकारी दिए। ,रासस,
सिन्धुपाल्चोकमा बस दुर्घटना: दुईको मृत्यु, ४१ घाइते
|
सेतोपाटी संवाददाता सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ। , बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो। , प्राधिकरणले सम्पादन गरेर बाँकी रहेका कामहरू सम्बन्धित निकायबाटै हुने गरी हस्तान्तरण गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए। , जसअनुसार विपद् व्यवस्थापनसम्बन्धी बाँकी कामहरूलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सम्पन्न गरिनेछ। , त्यसैगरी, अन्य निकाय सहरी विकास मन्त्रालयले निजी आवासको पुनर्निर्माणसम्बन्धी कामलाई व्यवस्थापन गर्ने, स्वास्थ्य संंस्था र सरकारी भवनहरूको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र शिक्षा मन्त्रालयले विद्यालयको, विश्वविद्यालयको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र स्वास्थ्य संस्थाको पुनर्निर्माणसम्बन्धी कामलाई व्यवस्थापन गर्नेछ।, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २० औं निर्देशक समितिको बैठकले प्राधिकरणले हालसम्म गरेको कामलाई धन्यवाद दिँदै पुनर्निनिर्माणमा बाँकी रहेका कामलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ, अब पुनर्निर्माण प्राधिकरणबाट भएका कामहरूमध्ये विशेष गरेर विपद् व्यवस्थापनसम्बन्धी कामलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट समन्वय, अनुगमन र समग्र कामको व्यवस्थापन गर्ने गरी जानेछ भने थप अन्य निकाय, सहरी विकास मन्त्रालयले निजी आवासको पुनर्निर्माणसम्बन्धी कामलाई व्यवस्थापन गर्ने, स्वास्थ्य संंस्था र सरकारी भवनहरूको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र शिक्षा मन्त्रालयले विद्यालयको, विश्वविद्यालयको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र स्वास्थ्य संस्थाको पुनर्निर्माणसम्बन्धी काम सहरी विकास मन्त्रालयले गर्नेछ, यो ढंगले पुनर्निर्माणको कामहरूलाई हस्तान्तरण गरेर अगाडि बढ्ने खालको निर्णय भएको छ।’, २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षति पुर्याएका भवनहरूको पुनर्निर्माणको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो। ,
पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गरिने
|
सेतोपाटी संवाददाता अस्पतालको गेटैमा परिचालित हुने फार्मेसीका ‘बिचौलिया’ ले बिरामी ठग्न अनेकौं उपाय लगाउने गरेको भेटिएको छ। विराटनगरका ठूला अस्पतालमा फार्मेसीहरूले बिचौलिया परिचालन गरेको पाइएको हो।, अस्पतालमा चिकित्सकलाई देखाएर फर्कने बिरामीलाई सुलभ दरमा औषधी दिलाइदिने, सबैभन्दा राम्रो ब्राण्डको औषधी दिनेजस्ता प्रलोभन देखाउँदै उनीहरूले बिरामी ठग्ने गरेको पाइएको हो। , मोरङ प्रहरीले मंगलबार राति १० जना बिचौलियालाई पक्राउ गरेपछि फार्मेसीहरूको यो धन्दा बाहिर आएको हो। विराटनगरको नोबेल मेडिकल कलेज र कोशी अस्पताल परिसरबाट प्रहरीले १० जना बिचौलियालाई पक्राउ गरेको हो।, नोबेलबाट ७ र कोशी अस्पतालबाट ३ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए। नोबेलबाट पक्राउ पर्नेमा कृपा फार्मेसीका मोहमद समिर, सुजित यादव, युनी कियर फार्मेसीका रोशन गुप्ता, दाजुभाइ फार्मेसीका अमित यादव, क्याटलाइसेस फार्मेसीका मोहमद सिराद, एपी फार्मेसीका फिरोज रोय र अलि फार्मेसीका विश्वास मण्डल छन्।, कोशी अस्पताल परिसरबाट श्रीराम चौधरी, सूर्यनारायण यादव र मोहमद जली पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरू कुन फार्मेसीका हुन् भन्ने खुलेको छैन।, ठूला हस्पिटल जान लागेका बिरामीलाई बीचमै विभिन्न आश्वासन देखाएर कमिसन पाउने लोभमा उनीहरूले बिरामी ठग्ने गरेको प्रहरी भनाइ छ। पक्राउ परेकाहरूले अस्पतालअगाडि बसेर विभिन्न बहाना बनाउने आफू अनुकूलको अस्पताल पुर्याउने र औषधी किन्न पनि आफूले कमिसन पाउने फार्मेसीमै लैजाने गरेको देखिएको एसपी जिसीले जानकारी दिए।, प्रहरीले यसअघि पनि अस्पताल परिसरमा बसेर बिरामीलाई विभिन्न आश्वासन देखाउँदै अस्पताल लैजान भूमिका खेल्ने विराटनगर-८ अमरटोलका १८ वर्षीय प्रद्युम्न राय र सोही ठाउँका २३ वर्षीय आनन्दकुमार साहलाई पक्राउ गरेको थियो। पक्राउ परेका राय र साह विराटनगरस्थित न्युरो हस्पिटलअगाडिको ज्ञानु फार्मेसीमा काम गर्ने हुन्। उनीहरूले ठूला अस्पताल आएका बिरामीलाई विभिन्न प्रलोभन देखाएर आफू अनुकूलको अस्पताल लैजाने गरेको प्रहरीले जनाएको छ।, नोबल अगाडिका फार्मेसीले औषधी पसलमा काम गर्नेहरूलाई के आरोपमा पक्राउ परेको प्रहरीले जानकारी नदिएको भन्दै विरोध जनाएका छन्। उनीहरू नोबेलबाहिर फार्मेसी र मोरङ प्रहरी कार्यालय बाहिर भेला भएर फार्मेसीमा काम गर्नेहरूलाई के कारणले पक्राउ गरेको प्रष्ट पार्न माग राखेका छन्।,
अस्पताल परिसरमा फार्मेसीका बिचौलियाको बिगबिगी, विराटनगरमा १० जना पक्राउ
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले बुधबार १५ हजार २९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको जानकारी दिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ७११ जनाको पिसिआर र ५ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, १ हजार ७८१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप ४४ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ।, यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७४५ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन्।, अहिले सक्रिय संक्रमित ३८ हजार २८७ रहेको मन्त्रालयले जनाएको छ। त्यसमध्ये ३५ हजार २५० जना होम आइसोलेसन र ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा छन्। ,
१५ हजार २९० मा कोरोना परीक्षण गर्दा २ हजार ४८२ लाई संक्रमण
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ७४५ जनालाई संक्रमण देखिएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन्।, २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार १५ हजार २९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ७८१ जनाको पिसिआर र ५ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, १ हजार ७२१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप ४४ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ।, ,
काठमाडौं उपत्यकामा ७४५ लाई संक्रमण
|
सेतोपाटी संवाददाता अष्ट्रेलियाको शैक्षिक परामर्श संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले आफ्नो च्यारेटी संस्था फाउन्डेसनमार्फत ५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारको रोहबरमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न अस्पतालमा वितरण गर्ने भएको छ।, यसै क्रममा बुधबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको नलिनचोक स्वास्थ चौकीलाई १० लिटरको एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरूप उपलब्ध गराएको छ। , कोरोना महामारीको समयमा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरको अभावले कोही पनि नेपालीले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देस्यका साथ अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको एक्सपर्ट एजुकेशनले जनाएको छ।, यसअघि पनि भूकम्प, बाढीपहिरो र आगलागी जस्ता बिभिन्न दैवी प्रकोपमा पनि संस्थाले सकेको राहत प्याकेज सहयोग गर्दै आएको संस्थाका वरिष्ठ सदस्य एवं फाउन्डेसनका निवर्तमान अध्यक्ष देवीप्रसाद लम्सालले बताए।, कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, वडाध्यक्ष स्वाथ्य चौकी इन्चार्ज र पत्रकारको उपस्थिति थियो।,
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजद्वारा नलिनचोक स्वास्थ चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप एक हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार ११ हजार ३२६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जनाको पिसिआर र २ हजार ६२२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, १ हजार ९२४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप २४ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ।, हाल सक्रिय संक्रमित ३८ हजार ३५१ सय छन्।, यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७०८ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ४४१, भक्तपुरमा १०० र ललितपुरमा १६७ जना संक्रमित थपिएका हुन्।,
११ हजार ३२६ मा कोरोना परीक्षण गर्दा १ हजार ८०१ लाई संक्रमण
|
युवराज श्रेष्ठ बुबा अर्की श्रीमती बिवाह गरेर विदेशिए। आमाले पनि अर्कै केटासँग विवाह गरिन्। भएकी एक दिदीको ४–५ वर्षअघि नै मृत्यु भयो। विचल्लीमा परिन्, कास्कीको मादी– ९ सिप्लीबेसीकी कोपिला बिक।, जब उनी अभिभावकविहीन भइन्, मादी–१० मकैखोलास्थित मामाघर बसेकी थिइन्। मामाघरकी हजुरआमाले पोखरास्थित कोपिला नेपाल नामक संस्थामा भर्ना गरेर त्यही बस्ने, पढ्ने व्यवस्था मिलाइन्। सानैदेखि अभिभावक गुमाएकी कोपिलामा कहिलेकाँही मानसिक समस्या देखिन्थ्यो, संस्थामा १० वर्ष बस्दा उनले ३ कक्षासम्म मात्र पढ्न सकिन्। , सो संस्थाको बसाइपश्चात उनी मामाघर नै गएर बसिन्। जहाँ हजुरआमा पुतली परियारले उनलाई असाध्यै माया गर्थिन्। चाडपर्वमा पोखरा घुमाएर गाउँ लैजान्थिन्। , कोपिला गाउँ फर्किँदा उनको मिल्ने साथी थिइन्, लक्ष्मी परियार। उनीहरु समकक्षी थिए। कोपिला लक्ष्मीको घर गइराख्थिन्। उनीहरु नजिकैकौ मौरीखोलामा पौडी खेल्न होस् या पानी भर्न प्राय सँगै जान्थे। लक्ष्मीका बुबा कृष्ण भन्ने किसान दमाइले पनि कोपिलालाई उत्तिकै माया गर्थे। , गाउँमा रहेको स्कुल जनकल्याण माविको नयाँ भवन निर्माण भइरहेको थियो। गाउँमा मजदुर थिएनन्। ठेकेदर पदम तामाङले अन्य जिल्लाबाट मजदुर मगाए। त्यसैमा एक थिए, स्याङ्जाको हरिनास गाउँपालिका– ६ चालिसेका मोटे भन्ने रामबहादुर थापा। मोटेको वास्तविक नाम खड्कबहादुर खवास हो। उनलाई धेरेजसोले मोटे भन्छन्, केहीले रामबहादुर। , ठेकेदार पदमले काम गर्न बोलाएपछि खड्कबहादुर जेठ १ गते विद्यालय भवन बनाउन त्यो गाउँ पुगे। जेठ २ देखि नै उनले काम थाले। खड्कबहादुर गाउँ जाँदा श्रीमती लिएर गएका थिए। स्याङ्जामा उनको अर्की श्रीमती सुत्केरी थिइन्। यसरी पहिले नै खड्कबहादुर दुई श्रीमतीका श्रीमान थिए। , स्कुल भवन बनाउने काम गर्दागर्दै गाउँमा खड्कबहादुरको कोपिलासँग चिनजान भयो। उनले प्रहरीलाई दिएको बयान अनुसार जेठ १५ गते उनीहरुबीच चिनजान भएको थियो। त्यसपछि उनीहरु एकअर्कालाई भेट्ने क्रम दिनानुदिन बढ्न थाल्यो। खड्कबहादुरले बालिकालाई चाउचाउ लगायत खानेकुरा किनिदिन थाले। , खड्कबहादुरले भेटघाटका लागि स्कुल बनाइरहेको ठाउँमा कोपिलालाई बोलाउँथे। कोपिला पनि जान्थिन्। उनीहरु गफिन्थे। उनीहरु दुबै जना सकेसम्म एकान्तमा भेटघाट गर्थे। कोपिला पौडी खेल्न जाने माैरीखोला पनि उनीहरुको एउटा भेटघाट गर्ने ठाउँ बनेको थियो। नजिकिँदै जाँदा खड्कबहादुरले कोपिलामाथि कूदृष्टि लगाए।, कोपिला २०७७ असार ११ गते घनिष्ठ साथी लक्ष्मीको घरमा थिइन्। खड्कबहादुर त्यहीं पुगे। उनीहरुबीच अस्वभाविक गतिविधि भएको आशंकामा कोपिलाका बुबा किसानले खड्कबहादुरलाई हप्काए, सोधपुछ गरे। खड्कबहादुरले केही होइन भनेर टारिदिए। , खड्कबहादुरले प्रहरीलाई दिएको बयानअनुसार लक्ष्मीको घरमा पनि कोपिलालाई बलात्कार गरेका थिए। किसानले थाहा पाएको आशंकमा उनलाई तनाब भएको थियो। अस्वभाविक हर्कत भएको भन्दै किसानले कोपिलाका हजुरआमालाई पनि सचेत गराए। , असार १५ गतेका दिन बिहानै हजुरआमासँग कोपिलाले २ सय रुपैयाँ मागिन्। तर उनले पैसा पाइनन्। घरबाट निस्केकी कोपिलालाई दिउँसो बनिरहेको स्कुलभन्दा केही तल स्थानीय विष्णुमाया भुजेलले भेटिन्। कोपिलाले प्याजी रङको कुर्ता र हरियो सुरुवाल लगाएकी थिइन्। विष्णुमायाले सोध्दा ‘खोलातिर जान लागेको,’ भनी जवाफ दिइन्, र अघि बढिन्।, कोपिला एक दिन पनि गाउँका केटाकेटी सहित मौरीखोलामा पौडी खेल्न गइन्। दिउँसो २ बजेपछि अरु केटाकेटीलाई उनले घरतिर जान भनिन्। एउटी सानी बालिका एन्जिला पनि कोपिलासँगै खोलामा थिइन्। उनलाई कोपिलाले खोलाबाट केही पर गाउँतर्फ आफैले लगिन्। ‘अब घर जाउ’ भनेर छाडिन् र कोपिला फेरि खोलातर्फ फर्किन्। , कोपिला जुन लुगा लगाएर गएकी थिइन्, त्यही लुगा लगाएर पौडिन्। पौडिदा भिजेको लुगा लगाएर गाउँ फर्किनन्। खोलाकिनारकै एउटा ढुङ्गामा पल्टिएर उनले लगाएको लुगा सुकाइन्। अरु दिन पनि उनले पौडी खेल्न जाँदा यसरी नै आफूले लगाएको लुगा सुकाउँथिन्। अर्को लुगा लैजान्थिनन्। , त्यसपछि हराएकी कोपिला १० दिनसम्म भेटिइनन्। कहाँ गइन्, कता लागिन्? कसैलाई पत्तो भएन। हजुरआमा पुतली र परिवारले गाउँघर वरिपरि जंगलतिर खोजेका थिए तर पाएनन्। दश दिनपछि असार २५ गते कोपिलाको लाश भेटियो, कुहिएर मान्छे चिन्नै मुश्किल पर्ने अवस्थामा। , गाउँ जाने बाटोभन्दा केही माथि एउटा पातीघारी छ। त्यही घारीमा उनको लाश भेटिएको थियो। स्थानीय सुरेश गुरुङको पातीघारीमा तिनै खड्कबहादुरले कोपिलाको हत्या गरेका रहेछन्। प्रहरीलाई दिएको बयानमा खड्कबहादुरले बलात्कारपछि कोपिलाको हत्या गरेको स्वीकारेका छन्। हत्यामा आफू बाहेक अरु कसैको संलग्नता नरहेको पनि उनले बताएका छन्। , बलात्कार पश्चात कोपिलाले आफूलाई बिहे गर्नुपर्ने शर्त राखेको खड्कबहादुरले बताएका छन्। यसअघि नै २ श्रीमती रहेका खड्कबहादुरलाई यो कुरा सह्य भएन। , बिहे गर्न ढिपी कसेपछि कोपिलालाई एक झापड हानेको खड्कबहादुरले बताएका छन्। बलात्कार पश्चात कुटाई खाएकी कोपिला पातीघारीमै चिच्याउँछिन् र रुन्छिन्। त्यसपछि नै खड्कबहादुरले उनको हत्या गरेको स्वीकारेका छन्। , कोपिलाले लगाएको सुरुवालकै गलपासो हालेर हत्या गरेको खड्कबहादुरले बताएका छन्। चिच्याएर रुन थालेपछि आवाज रोक्न उनले कोपिलाको घाँटी कसेका थिए। कोपिलाको मृत्यु भएपछि खड्कबहादुर त्यहाँबाट निस्केर आफू बस्ने ठाउँतिर लागे। , कोपिलाको शव देखेका सुरेश गुरुङले गाउँले र जनप्रतिनिधिलाई खबर गरे। उनीहरु शव भएको पातीघारी पुगे। किराले खान थालेको कोपिलाको लाश हेर्न खड्कबहादुर पनि पुगे। उनैले छिटो प्रहरी बोलाउनुपर्छ भन्न थाले। कोपिलाको शव पोष्टमार्टम गर्न प्रहरीले पोखरा ल्यायो। खड्कबहादुर पनि सँगै आए। पोखराको रामघाटमा कोपिलाको दाहसंस्कार भयो। खड्कबहादुर पनि दाहसंस्कारमा गए। , शव भेटिएपछि अनुसन्धानमा जाँदा प्रहरीले खोलामा एउटा टिसर्ट भेटेको थियो। कतिपयले त्यो टिसर्ट कोपिलाकै भएको जिकिर गरे। उनका हजुरआमा पुतलीले भने त्यो टिसर्ट नातिनी कोपिलाको नभई मोटे (खड्कबहादुर)को बताइन्। तर कसैले पत्याएनन्। चलाखीपूर्ण तरिकाले त्यो टिसर्ट पनि कोपिलाको शवसहित पोखरा आयो, कोपिलाासँगै जलेर खरानी भयो। , घटनामा संलग्न भएको आशंकामा प्रहरीले खड्कबहादुर र अरुलाई नियन्त्रणमा लियो। तर नियन्त्रणमा लिँदा आप्mनो अपराध स्वीकार गरेनन्। कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार खड्कबहादुरले त्यतिबेला घटनाका बारेमा आफूलाई केही जानकारी नभएको बताइरहे। प्रहरीले पनि तत्काल प्रमाण जुटाउन सकेन। खड्कबहादुर रिहा भए, बर्षदिनसम्म यो घटना यत्तिकै रह्यो। , यता, पीडित परिवारले भने बालिकाको हत्या खड्कबहादुरले नै गरेको जिकिर गरिरहे। पटक– पटक प्रहरी कार्यालय आएर हजुरआमा पुतलीले किटानी जाहेरी दिने बताइरहिन्। आरोपीले अपराध अस्वीकार गरेको र प्रमाण पनि नभेटेको अवस्थामा प्रहरीले पनि खड्कबहादुरलाई नियन्त्रणमा राखिरहन मिलेन। , कोपिलाकी हजुरआमा पुतली र सानीआमा मिना परियार बारम्बार प्रहरी कार्यालय आए। हत्या खड्कबहादुरले नै गरेको जिकिर गरिरहे। कोपिलाकी सानीआमा मिना मादी गाउँपालिकाको वडा सदस्य समेत हुन्। कोपिलामाथि यति ठूलो अपराध हुँदा समेत कसैले सहयोग नगरेको उनीहरुको गुनासो छ। ‘हामीलाई गाउँलेले हिम्मतको वचन पनि दिएनन्,’ पुतलीले भनिन्, ‘हामी गरिब भएर होला, मुद्दा लड्न हामीसँग पैसा पनि थिएन।’, त्यसो त मिनाले गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ र अन्य जनप्रतिनिधिलाई घटनाका बारेमा बारम्बार जानकारी गराइन्। अध्यक्ष श्यामले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए। तर अभियुक्त खुलमखुला हिँडिरहेको पीडित परिवारले पचाउन सकेनन्।, ‘हामीले त्यतिभाँती भनेको आखिर त्यही मोटे (खड्कबहादुर) रहेछ त,’ पुतलीले भनिन्। प्रहरी कार्यालय धाउँदा उनलाई प्रहरीले गेटबाटै भित्र छिर्न समेत नदिएको गुनासो गरिन्। , पातीघारीमा बालिका बलात्कारपछि हत्या भएको घटना यत्तिकै तुहिँदै थियो। गाउँमा भने बालिकाको हत्या खड्कबहादुरले नै गरेको चर्चा थियो। तर प्रमाण थिएन। यो घटना यत्तिकै सेलाउन थाल्यो। कास्कीका प्रहरी प्रमुख भएर असार २१ गते पोखरा आएका एसपी रमेश थापाले यो घटनालाई आफै खटेर फेरि अनुसन्धान अघि बढाए। , ‘बालिका बलात्कारपछि हत्या हुनु अत्यन्त संवेदनशील घटना थियो, त्यही भएर यसैमा केन्द्रित भएर अनुसन्धान अघि बढाएँ,’ एसपी थापाले भने, ‘म आफैं घटनास्थल पुगेर अनुसन्धान गरेको थिएँ।’ घटनाको अनुसन्धान गर्न एसपी थापा साउन १८ गते गाउँ पुगे। कोपिलाका नजिकका साथी र केटाकेटीसँग भेटेर कुरा गरे। कोपिला नजिकिएका व्यक्तिहरुसँग पनि सोधपुछ गरे। , गाउँ पुगेर सोधपुछ थालेपछि एसपी थापाले खड्कबहादुरलाई शंका गर्न थाले। सोधपुछका क्रममा गाउँलेले पनि उनैप्रति इङ्गित गरेका थिए । खड्कबहादुर पटक–पटक कोपिला भेट्न खोलामा पुग्ने गरेको उनले थाहा पाए। सोधपुछका लागि प्रहरीले फेरी खड्कबहादुरलाई स्याङ्जाको पुतलीबजार नगरपालिका–४ शिवमन्दिर चोकबाट पक्राउ गर्यो। एसपी थापाले गाउँबाट ल्याएको सूचनाका आधारमा खड्कालाई प्रश्न गरे। , अब भने खड्कबहादुरले घटनाबारे आफूलाई थाहा छैन भन्न सकेनन्। किनकि, एसपी थापाले त्यसदिन कोपिलासँग खड्कबहादुर रहेको सूचना ल्याएका थिए। त्यही सुचनाका आधारमा खड्कबहादुरले बलात्कारपछि हत्या गरेको स्वीकार मात्र गरेनन्, त्यो घटना घटाउनुका कारण र कोपिलासँगको सम्बन्ध केलाए। प्रहरीलाई भिडिओ बयान दिँदै उनले आफू कसैको करकापमा नपरी उक्त घटना घटाएको बताएका छन्। , प्रहरीले थप अनुसन्धानका लागि अदालतबाट १० दिन म्याद पाएको छ। खड्कबहादुरलाई सुस्त मनस्थितिकी बालिका बलात्कार र हत्याको अभियोग लगाउने प्रहरीको तयारी छ। उनलाई बाचुञ्जेल कारागार राख्न माग गर्दै मुद्दा दायर गर्ने तयारी रहेको एसपी थापाले बताए। उनले भने, ‘जघन्य अपराधमा संलग्न व्यक्ति कानुनी दायराबाट उम्कन सक्दैन, एकदिन कारबाही हुन्छ हुन्छ।’,
चिनजानको एक महिनामै बालिकाको बलात्कार गरी हत्या!
|
सेतोपाटी संवाददाता पछिल्ला केही दिनदेखि नेपालमा दैनिक कोरोना संक्रमितको संख्या घट्दै गएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो १० दिनको तथ्यांक हेर्ने हो भने पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि हुनेको दर घटेको छ भने दैनिक संक्रमित संख्या पनि क्रमशः घटिरहेको छ।, साउन ३२ गते एकै दिन ३४५१ जना संक्रमित फेला परेका थिए। त्यो दिन १५ हजार ६ सय ११ जनामा परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। , त्यसपछिका दिनमा संक्रमणको दर लगातार घटेको छ।, भदौ १ गते १७ हजार ६ सय ८९ परीक्षण गर्दा ३२७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। भदौ २ गते पुनः बढेर ३४०३ संक्रमितको संख्या पुग्दा भदौ ३ गते ३ हजार ७५ जनामा संक्रमण देखियो। उक्त दिन १६ हजार ४ सय ३८ जनाको परीक्षण गरिएको थियो।, १७ हजार ६ सय ५४ परीक्षण गर्दा भदौ ४ गते ३०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।, यस्तै भदौ ५ गते २०७५ जनामा संक्रमण देखिँदा भदौ ६ गते १९२० र सोमबार भदौ ७ गते १८०१ जनामा संक्रमण पुष्टि भयो। , यसरी पछिल्ला १० दिनको तथ्यांक हेर्ने हो भने संक्रमितको संख्या घट्दै गएको देखिन्छ। यद्यपी नेपालमा कोरोना संक्रमण घट्दै गएको छ भन्ने निष्कर्षमा पुगिहाल्न यो आँकडा नै पर्याप्त भने होइन।, पछिल्लो १० दिनमा नेपालमा गरिएको १ लाख ४६ हजार ८२६ परीक्षणबाट २६ हजार ८ सय ७७ जना संक्रमित फेला परेका छन्। जसमध्ये २० हजार ६ सय २ जना निको हुँदा संक्रिय संक्रमितको संख्या ६२७५ जना संक्रिय संक्रमित छन्। यो अवधिमा २९४ जनाको ज्यान गएको छ।, पछिल्लो १० दिनका संक्रमितमध्ये २० हजार ६ सय २० जना अर्थात करिब ७७ प्रतिशत निको भएका छन्।, यस्तै काठमाडौं उपत्यकामा हालसम्म १० हजार ८ सय ३३ जना संक्रमित छन्। , कोरोना संक्रमण दर, मिति, परीक्षण, निको हुने, संक्रमित, मृत्यु, भदौ ७, ११३२६, १९२४, १८०१, २४, भदौ ६, १२५१६, २२४८, १९२०, २४, भदौ ५, १३०७५, २३८२, २०७५, ३०, भदौ ४, १७६५४, २२४४, ३०४२, २६, भदौ ३, १६४३८, २१२६, ३०७५, ३३, भदौ २, १६८३८, २१०४, ३४०३, ४२, भदौ १, १७६८९, १९२९, ३२७४, २७, साउन ३२, १५६११, २४५८, ३४५१, ३५, साउन ३१, १२१०६, १८६७, २२१२, ३३, साउन ३०, १३५७३, १३२०, २६२४, २०, जम्मा, १४६८२६, २०६०२, २६८७७, २९४, ,
पछिल्लो ८ दिनदेखि कोरोना संक्रमण घट्दो दरमा
|
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय रौतहटले निर्दोष व्यक्तिलाई लागुऔषध मुद्दामा फसाइएको भन्दै दुई जनालाई पक्राउ गरेको छ। , माधवनारायण १ बस्ने वर्ष २४ को धिरज यादव र सर्लाही रामनगर गाउँपालिका वडा नं.१ बहुअर्वा बस्ने वर्ष २३ को जितेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। , यो घटनामा पत्रकार महासंघ रौतहटका सहसचिव संजय सहनी मुख्य योजनाकार रहेको एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। , उनीहरूले प्रहरी नै प्रयोग गरेर निर्दोष व्यक्तिलाई पक्राउ गरेको प्रहरीको निष्कर्ष छ। , गत साउन ३२ गते प्रहरीले लागुऔषधसहित पत्रकार मोहम्मद मोजिबुल्लाहलाई पक्राउ गरेको थियो। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सहसचिव संजय सहनीले यादवद्वयलाई प्रयोग गरी मोहम्मद मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागुऔषध राख्न लगाएको खुलेको एसपी शाहले जानकारी दिए। , उनीहरुले सई उदय प्रसाद यादव र जवान मनोज साह कानुलाई बोलाई कुराकानी गरी पक्राउ गर्न लगाएको खुल्न आएको प्रहरीले जनाएको छ। , 'पत्रकार मोजिबुल्लाह र सहनीबीच व्यवसायिक इबी रहेछ। त्यसैले सहनीले मोजिबुल्लाहलाई फसाउन खोजेको हाम्रो अनुसन्धानले देखायो', एसपी शाहले भने,‘सहनीलाई नियन्त्रणमा लिन अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ।’, धिरज यादव र जितेश कुमार यादवलाई अपराधिक षडयन्त्र लागुऔषध मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ। , घटनामा संलग्न दुई प्रहरीलाई पक्राउ गरी जिम्मेवारीबाट हटाइएको एसपी शाहले बताए।,
रौतहटमा पत्रकारले पत्रकारलाई नै लागुऔषध मुद्दामा फसाउन खोजेको प्रहरीको निष्कर्ष
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ७०८ कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा ४४१, भक्तपुरमा १०० र ललितपुरमा १६७ संक्रमित थपिएका हुन्।, त्यसैगरी हाल काठमाडौं उपत्यकामा १० हजार ८ सय ३३ सक्रिय संक्रमित छन्।, काठमाडौंमा ७१८२, भक्तपुरमा १४११ र ललितपुरमा २२४० सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घण्टामा थप एक हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, ११ हजार ३२६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जनाको पिसिआर र २ हजार ६२२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, १ हजार ९२४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप २४ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ।,
काठमाडौं उपत्यकामा थपिए ७०८ संक्रमित
|
रासस ‘न बाजाको धुन, न त भजनको लय, न घिन्ताङ घिसी नाच, न त माक प्याखः’। गाईजात्रामा मनाइने यस्तो रौनक साँस्कृतिक गतिविधि यसवर्षको गाईजात्रामा भक्तपुरमा देख्न पाइएन। कोभिड–१९ को महामारीको जोखिम हटाउने उद्देश्यले भक्तपुर नगरपालिकाले औपचारिकतामा मात्रै गाईजात्रा मनाउन आह्वान गरेपछि आज भक्तपुरमा दिनभरि गाईजात्राको रौनक हेर्न आएका खल्लो मानेर फर्केका छन्। , प्रत्येक वर्ष भाद्र कृष्णपक्षमा मनाइने गाईजात्रा पर्वमा यस वर्ष नगरपालिकाले ताहमचालगायत सामान्य परम्परा पूरा गर्न र एउटा समूहमा २० जनाभन्दा बढी सहभागी नहुन आह्वान गरेपनि जात्रामा भीड भने उत्तिकै देखिन्थ्यो। बिहान ५ बजेदेखि नै झमझम परेको पानीको पर्वाह नगरी गाईजात्रा निकालेका यहाँका स्थानीयवासीले एउटा समूहमा २० जना मात्रै सहभागी गराउँदा पनि सयौँ परिवारबाट निस्किएको समूह र जात्रा हेर्न आउनेको समूहका कारण जात्रास्थलमा मानिसको भीड भने लागेको थियो।, जात्रामा धेरैले विगतमा झैँसाँस्कृतिक रौनक बोकेको घिन्ताङ घिसी र अन्य नाच नहुँदा भने जात्रा खल्लो भएको अनुभव गरेका थिए। लाइन्स क्लब अफ नमस्तेका अध्यक्ष रुकेश रञ्जितले जात्रामा भीड देखिए पनि रौनक भने हराएको बताए। मास्क नलगाई जात्रामा सहभागी हुनेलाई दरबार स्क्वायरमा बसेर निःशुल्क तीन हजार मास्क वितरण गर्नुभएका उहाँले जात्रामा सहभागी मध्येकरिब २० प्रतिशतले मास्क नलगाएको बताए। , नगरपालिकाको आह्वानअनुसार एउटा परिवारले गाईजात्रा निकाल्नेले विगतमा जस्तो सयौँ जना सहभागी नगराई २० जना मात्रै सहभागी गराउँदा पनि जात्रामा भीड धेरै भएको र कोरोनाको जोखिमलाई कम गर्न भने नसकिएको बताए।, जात्रा हेर्न काठमाडौँबाट आएका दिनेश पाण्डेका परिवारले भने भक्तपुरमा विगतमा जस्तो जात्राको रौनक नभएको बताए। जात्रामा घिन्ताङ घिसीसहित अन्य नाच नहुँदा जात्राको रौनक नभएको बताए। गाईजात्रा पर्वको दिन दिवङ्गत आत्माको सम्झनामा गाईलाई घुमाउने गरिन्छभने कतिपयले माटोको गाई बनाएर घुमाउने गर्दछन्। साथै मानिसलाई विभिन्न रूपमा सिङ्गारपटार गरेर शहर परिक्रमा गराएर मनाइन्छ। यसवर्ष प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्यात्मक प्रदर्शन र नाचगान पनि गरिएनन्।,
रौनक हराएको भक्तपुरको गाईजात्रा
|
रासस सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ।, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको बताए।, पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ।, पोलियो खोप लगाउनसमेत सुरु गरिसकिएको उनले बताए। , अफगानिस्तान तालिवानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका थिए। उनीहरुलाई सरकारले दुई चरणमा स्वदेश ल्याएको थियो।,
अफगानिस्तानबाट फर्किएकालाई सरकारले पोलियो खोप लगाउने
|
सेतोपाटी संवाददाता धनुषामा एक युवकले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन्।, मिथिला विहारी नगरपालिका वडा नम्बर ५ ललियाका ५५ वर्षीय रामवृक्ष मण्डल र ३५ वर्षीया अमरिकादेवी मण्डलको हत्या भएको प्रहरीले जनाएको छ।, हत्या आरोपमा मृतक मण्डलका छोरा भागेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको छ। विवाद हुँदा गए राति मारेर खाल्डोमा गाडेको भन्दै भागेश्वरले स्वीकार गरेको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।, हत्या गरेर बारीको झाडीमा उनले शव गाडेको प्रहरीले जनाएको छ।, प्रहरीले घटनास्थलमा पुगेर शव उत्खनन सुरु गरेको छ।, ‘लामो समयदेखि बुवा र श्रीमतीबीच अनैतिक समबन्ध थियो। त्यसै कारणले घरमा विवाद हुँदै आएको भन्ने छोराले बयान दिएका छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने।, स्थानीयका अनुसार भागेश्वर एक वर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन्। दुबै जनाको हत्या गरेर शव गाडेको भन्दै आज बिहानै स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको हो।, घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
धनुषामा छोराले गरे बाबु र श्रीमतीको हत्या
|
सेतोपाटी नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ।, नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउन थालिएको हो।, यस आर्थिक वर्षमा नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्म चार लेन सडक विस्तारका लागि डिपिआर तयार भइसकेको छ। धम्बोझीबाट मैनापोखरसम्मको २० किलोमिटर चार लेन सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई कार्यान्वयनका लागि पहिलो चरणमा सडक विभागले रु १३ करोड बजेट छुट्याइसकेको सडक डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख हुमबहादुर एसीले जानकारी दिए।, उनका अनुसार नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत नेपालगञ्जको धम्बोझीचोकबाट बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरसम्म चार लेन सडक बनाउने निर्णय गरेको छ।, चारलेन सडक निर्माण योजना बहुवर्षीय हो। नेपाल सरकारको बजेटबाटै बहुवर्षीय योजनाअनुसार क्रमागतरूपमा चार लेन सडक निर्माण हुने भएको छ।, नेपालगञ्जबाट मैनापोखरसम्मको सडकखण्डमा चार लेनको लागि आवश्यक पूर्वाधार निर्माण प्रक्रिया सुरू गरिएको डिभिजन प्रमुख एसीले जानकारी दिए। , नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रमा चारलेन सडक निर्माण भइरहेको छ।, पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिबाट धनौलीसम्म सडक विस्तार गर्ने गरी काम सुरू भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।, उनका अनुसार संघीय सरकारको रु ३४ करोडको बोलपत्रमा गजुरमुखी निर्माण सेवाले गत वर्षदेखि चार लेन सडक निर्माण सुरू गरेको हो।, पहिलो चरणमा निर्माण सुरू गरिएको एक हजार ८०० मिटर लम्बाइको चार लेन सडकमा कालोपत्र गर्ने अवस्थामा पुगेको छ। , क्रमागतरूपमा बजेट थप्ने गरी केन्द्रीय सरकारको योजनाअन्तर्गत निर्माण सुरू भएको हो।, नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुरा बजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउने काम भइरहेको छ भने सँगसँगै नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्मको डिपिआर तयार गरी चार लेन सडक विस्तारको कार्य सुरु भइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले जानकारी दिए।, केन्द्रीय सरकारको योजना भए पनि खजुरा गाउँपालिकाको मुख्य बजार क्षेत्रलगायत मुख्य सडक भएकाले गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग समन्वय गरिरहेको उनको भनाइ छ।, चार लेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरिँदै गएकाले सडक विस्तारकार्यले खजुरावासी उत्साहित भएको बताउँदै अध्यक्ष कक्षपतिले यो चार लेन सडकले बाँके र बर्दियाको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। ,रासस,
चार लेन बन्दै नेपालगञ्ज–गुलरिया सडक
|
सेतोपाटी संवाददाता जन्मिनेवित्तिकै शिशुलाई उखुबारीमा फालेर हत्या गरेको आरोपमा प्रहरीले बैतडीमा एक जनालाई पक्राउ गरेको छ।, डिलाशैनी गाउँपालिका वडा नम्बर ७ ढाँडकी ३५ वर्षीय माधवी कार्कीलाई प्रहरीले सोमबार पक्राउ गरिएको हो।, प्रहरीकाअनुसार उनले ६ गते आइतबार शिशुलाई जन्म दिएकी थिइन्।, जन्मिनेवित्तिकै उक्त शिशुलाई उनले घर नजिकैको उघुवारीमा फालीन्। उनले शिशुलाई किन उखुबारीमा फालिन् भन्ने खुलेको छैन।, जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बोधराज ओझाले घटनाबारे अनुसन्धान भइरहेको बताए।,
शिशुलाई उखुबारीमा फालेर हत्या गरेको आरोपमा एक पक्राउ
|
रासस चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ।, गत साउन ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन्।, निकुञ्जले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका–२ डुङ्ग्रा बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत, जिल्ला चितवन खैरहनी नगरपालिका–६ रिजालटोल २५ वर्षीय आरोष उप्रेतीलाई पक्राउ गरिएको हो।, चितवनकै भतरपुर महानगरपालिका–२८ स्यालबास बस्ने ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमालसमेत दुई जनालाई कारागारबाट झिकाई अनुसन्धान अघि बढाइएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।, अनुसन्धानकै क्रममा फरार प्रतिवादी रामकुमार प्रजा र बमबहादुर प्रजालाई पक्राउ गरिएको उनले बताए।, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ (१) (क) तथा २६(१) बमोजिमको कसुर अपराधमा सोही ऐनको दफा २६(१) बमोजिम सजायको माग दाबी गरिएको छ।, यसै मुद्दामा १० जना फरार रहेको निकुञ्जले जनाएको छ।, निकुञ्जका कर्मचारी, नेपाली सेनाको खड्गदल गण, जिल्ला प्रहरी कार्यालय चितवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशानलय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलगायतको टोलीलले उनीहरूलाई पक्राउ गरेको हो।, गैँडा मृत अवस्थामा भेटियो , चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको कोलकोता टापुको कधीसोहरा भन्ने क्षेत्रमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ।, निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो क्षेत्रको नारायणी नदी बाहिरी भङ्गालाको दक्षिण किनारमा रहेको भास क्षेत्रमा करिब १० वर्षको भाले गैँडा मृतावस्थामा भेटिएको हो।, खाग खुरलगायतका सामान सुरक्षित रहेको सो गैँडा दलदलमा परेर मरेको अनुमान गरिएको छ। यस आवमा योसँगै सातवटा गैँडा मृतावस्थामा भेटिएका छन् तीमध्ये एउटा चोरी शिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेको उनले बताए।,
गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ
|
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध परेको रिटमाथि सुनुवाइका लागि आज पेशी तोकेको छ। , उक्त पदमा आफू रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्रदेव शाक्यले रिट दिएका थिए।, उक्त रिट मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा परेको छ।, आफू पदमा रहँदा रहँदै कुलमानलाई गरिएको नियुक्ति कानूनविपरीत भएको भन्दै शाक्य अदालत गएका थिए। , 'प्राधिकरणको कार्यकारी निर्देशक पदबाट मैले राजीनामा दिएको छैन भन्न कुरा निर्विवाद छ। त्यसैगरी मलाई विपक्षी नेपाल सरकारले उक्त पदबाट सुनुवाइको मौका प्रदान गरी कुनै कानूनी आधारमा हटाउने निर्णय गरेको छैन भन्ने कुरा पनि निर्विवाद छ,' उनको रिटमा भनिएको छ, 'यस्तो अवस्थामा मेरो यथावत रहेको नेपाल विद्युत प्राधिकारणको कार्यकारी निर्देशक पदमा विपक्षी कुलमान घिसिङलाई नियुक्ति गर्ने कार्य कानून र औचित्यको समेत प्रतिकूल छ।', साउन २५ गते बसेको मन्त्रिपरिषद बैठकले आफूलाई ऊर्जा आयोगको विज्ञको रूपमा नियक्ति गरेकोमा पनि उनले असन्तुष्टि जनाएका छन्।, आफूले उक्त पद स्वीकार नगर्दै आफूलाई विस्थापित गर्न कुलमानलाई नियुक्ति गरिएको शाक्यको जिकिर छ। , 'एउटा पदमा दुई व्यक्ति रहन नसक्ने र मलाई गरिएको ऊर्जा आयोगको विज्ञको पदलाई मैले स्वीकार गरेको अवस्था नहुँदै अप्रत्यक्ष तवरमा मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट विस्थापित गर्ने उद्धेश्यले विपक्षी कुलमान घिसिङलाई उक्त पदमा नियुक्त गर्ने विपक्षीहरूको कामकारबाहीले सो पदमा रही सेवा गर्ने र प्राधिकरणको नेतृत्व गर्ने मेरो वैध अपेक्षामा प्रतिकूल असर गरेको छ।', मन्त्रिपरिषदका निर्णयले आफूलाई संविधानले दिएको पेशा रोजगार गर्न पाउने स्वतन्त्रता, समान संरक्षणको हक, इच्छाविरूद्ध काममा लगाउन नपाइने हक लगायतका हक हनन गरेको शाक्यको रिटमा उल्लेख छ।, यसअघि उक्त रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको थियो तर पछि न्यायाधीश रेग्मीले उक्त दिन हेर्न नभ्याइनेमा राखेका थिए।,
कुलमानको नियुक्तिविरूद्ध हितेन्द्रदेवले हालेको रिट प्रधानन्यायाधीश राणाको बेञ्चमा
|
रासस झापाको बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरवाही भएको ठहर गरेको छ।, जिल्ला कोभिड खोप व्यवस्थापन केन्द्रले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।, समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई बुझाएको छ।, खोपजस्तो मानिसलाई मृत्युको मुखबाट बचाउने संवेदनशील वस्तु होटलजस्तो असम्बन्धित ठाउँमा सरकारी गाडीबाट ढुवानी गरेर पुर्याउनु, तत्काल खोपलाई नगरपालिका पुर्याउने अवस्था रहँदारहँदै होटलका कर्मचारीलाई जिम्मा लगाउनु र होटलमा खोप बुझेर कोभिड फोकलपर्सन अन्यत्र हिँड्नु अत्यन्त गैरजिम्मेवार र चरम लापरवाही भएको प्रतिवेदनमा उल्लेख छ।, छानबिन समितिका संयोजक रिमालले खोप बुझ्ने स्थल र प्रक्रियामा गम्भीर त्रुटि देखिएको हुँदा खोप बुझाउने र बुझ्ने दुवै पक्षका कर्मचारीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्न राय दिइएको बताए।, स्वास्थ्य कार्यालय झापाले गत साउन १५ गते भेरोसेल खोपको १०३ भाइल बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखालाई पठाएको तर सो खोप बिर्तामोडका कोभिड फोकलपर्सन खड्काले होटलमै बुझेका थिए।, होटलमा खोप लुकाउन खोजेको भनेर विवाद भएपछि छानबिन समिति गठन गरिएको थियो।, छानबिन समितिले तीन हप्ता छानबिन गरेर प्रतिवेदन बुझाएको हो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले प्रतिवेदन बुझ्दै आज हुने कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकमा छलफल गरिने र आवश्यक कारबाहीका लागि प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पठाइने बताए।,
होटलमा कोरोना खोप राखेको प्रकरण- कर्मचारीलाई कारबाही गर्न पत्राचार
|
सेतोपाटी पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ।, गएराति ९ बजे गएको पहिरामा एउटा मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयबासी राजन भुजेलले जानकारी दिए।, अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए।, निरन्तरको वर्षापछि आएको पहिराले मेलम्ची भेताङ्ग जोड्ने मोटरबाटोमा पनि क्षति पुगेको छ।, यस क्षेत्रमा पैदल हिँड्नसमेत अति डरमर्दो अवस्था रहेको भुजेलले बताए। , असार १ र त्यसपछिका बाढीपहिराले यस सडकमा यातायातका साधन चलेका छैनन्। पहिरो ठूलो भएको, पुल बगाएको तथा जताततै सडक क्षति भएकाले मर्मतमा समस्या भएको गाउँपालिकाले जनाएको छ। ,रासस,
,
इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो
|
सेतोपाटी संवाददाता कर्णाली राजमार्ग अवरूद्ध भएको छ ।, शुभकालिका गाउँपालिका– १ स्थित कालेखोलामा पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको हो। , लगातारको वर्षाका कारण आएको पहिरो सडकमा खसेपछि मंगलबार बिहान ११ बजेदेखि राजमार्ग अवरूद्ध भएको हो। , सुर्खेत र दैलेखबाट कालीकोट, जुम्ला लगायतका जिल्ला जाने आउने सवारीसाधन अलपत्र परेका छन्। सडक अवरूद्ध हुँदा गन्तव्यमा पुग्न समस्या भइरहेको यात्रुले बताएका छन्।, साेही ठाउँमा मंगलबार बिहान खसेको ढुंगाले च्यापेर स्थानीय २४ वर्षीया विमला सुनार गम्भीर घाइते भएकी छन्।, उनको कालीकोट जिल्ला अस्पताल मान्ममा सामान्य उपचार भइरहेकाे र सुर्खेत लैजाने तयारी भइरहेकाे आफन्त धजमा सुनारले बताइन्।,
पहिरोले कर्णाली राजमार्ग अवरूद्ध
|
सेतोपाटी संवाददाता पत्रकार भनेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनीहरूलाई भदौ ३ गते पक्राउ गरेको हो।, पक्राउ पर्नेमा धर्मेन्द्र शाही र राजेन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।, ‘सुर्खेत न्युज-२४’ को पत्रकार भनेर उनीहरूले परिचय दिएको उनले जानकारी दिए। उनीहरूले आफ्नो कम्पनीमा सेयर खुलेको भनेर ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।, पक्राउ परेका दुवै जनामाथि ठगी मुद्दा चलिरहेको छ। ठगी मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी घर्तीले जानकारी दिए।,
,
'आफ्नो कम्पनीमा सेयर खुलेको' भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ
|
सेतोपाटी संवाददाता बझाङमा बालिकामाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन्।, गत शुक्रबार बेलुकी मष्टा गाउँपालिका-२ खिकला बस्ने वर्ष १९ का राजेन्द्र विकले सोही ठाउँकी १६ वर्षीय बालिकामाथि जबरजस्तीकरणीको प्रयास गरेका थिए।, उनले ती बालिकालाई बाटोबाटै तानेर आफ्नै घरगोठभित्र लगेर जबरजस्ती करणीको प्रयास गरेको सूचना प्राप्तपछि प्रहरी राजेन्द्रलाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। , पीडित पक्षको जाहेरीपश्चात् जिल्ला अस्पताल बझाङबाट बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ।, पक्राउ परेका युवकमाथि जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरेर अदालतबाट ७ (सात) दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।,
बझाङमा बालिकामाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ
|
सेतोपाटी संवाददाता कैलालीमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। , गौरीगंगा नगरपालिका-४ का ४० वर्षका मानसिंह गुर्धामीको ट्रकको ठक्करबाट घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।, सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गणेशराज उप्रेतीका अनुसार पूर्वबाट पश्चिमतर्फ आइरहेको उदयपुरको हर्जेनी गाउँपालिका ३ बस्ने ३८ वर्षका टेकराज खत्रीले चलाएको ग १ ख ६४४१ नम्बरको ट्रकले पैदलयात्रा गरिरहेका उनलाई ठक्कर दिएको थियो।, घटनापछि ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक घटनाबारे अनुसन्धान प्रहरीले जनाएको छ।,
कैलालीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
|
रासस मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो।, “अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन। बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ” जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले भने।, शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना छ। त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ। , हाल देभभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरेहको र वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। , मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव छ डिग्री र अधिकतम तापक्रम २४ दशमलव पाँच डिग्री सेल्सियस छ।, त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३३ दशमलव सात डिग्री सेल्सियस रहेको छ।,
मौसममा सुधार हुन अझै केही दिन लाग्ने
|
सेतोपाटी संवाददाता सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको दुई ठाउँमा पहिरो खसेको छ। आज बिहान दैलेख र कालीकोटको सीमानामा पर्ने कालेखोला र नजिकै पर्ने कालीकोटतर्फको अर्को ठाउँमा पहिरो खसेको हो।, पहिरोका कारण यो राजमार्गमा आवतजावत गरिरहेका यातायातका साधन अड्किएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।, प्रहरी प्रमुख डिएसपी चक्र शाहका अनुसार कालेखोलामा खसेको पहिरो हटाइएको छ।, नजिकै अर्को ठाउँमा गएको पहिरो हटाउने काम भइरहेको उनले जानकारी दिए।, ‘एक ठाउँको पहिरो हटाइयो, त्यता सवारी खुलिसकेका छन्,’ डिएसपी शाहले भने, ‘अर्को ठाउँको पहिरो पनि अब केही घण्टामै हट्छ होला।’, यस्तै, कालेखोलामा आएको पहिरोमा परी एक जना महिला घाइते भएकी छन्। राजमार्ग नजिकै पसल गर्ने शुभकालिका गाउँपालिका-१ की २५ वर्षीया विमला सुनार घाइते भएको प्रहरीले जनाएको छ।, डिएसपी शाहका अनुसार पसलमा जानेक्रममा बाटो माथिबाट आएको ढुंगाले उनी च्यापिएकी थिइन्। उनको दुवै खुट्टामा चोट लागेको छ। घाइते सुनारको अस्पताल मान्ममा उपचार भइरहेको उनले जानकारी दिए।, गएरातिदेखि परेको अविरल वर्षाका कारण राजमार्गमा पहिरो खस्ने समस्या भइरहेको प्रहरीले जनाएको छ।,
कर्णाली राजमार्गको दुई ठाउँमा पहिरो
|
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारले राजपत्र छाप्न सुरू गरेको छ। , प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफैं मुद्रण मेसिन जडान गरी आज (मंगलबार) देखि छाप्ने काम सुरू गरेको हो।, प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले मेसिनको उद्घाटन गरेकी हुन्।, सो अवसरमा बोल्दै मन्त्री जोशीले यसअघि राजपत्र छपाउनका लागि संघीय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता रहेको बताइन्।, ‘प्रदेशको ऐन, कानुन, कार्यविधि, मापदण्ड तथा सरकारका निर्णय कार्यान्वयन गर्न राजपत्रमा छाप्नुपर्छ,’ उनले भनिन्।, मन्त्री जोशीले यसअघि काठमाडौंको मुद्रणले राजपत्र छपाइमा ढिलाइ गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयन गर्नमा समस्या हुने गरेको बताइन्।, ‘मुद्रण विभागले यस प्रदेशबाट पठाएका ऐन, कार्यविधि, निर्णय छपाइ गर्न तीन महिनाभन्दा बढी समय लगाउने गरेको थियो,’ उनले भनिन्।, उनका अनुसार प्रदेश सरकारका दर्जनौं कागजपत्र मुद्रण विभागमा महिनौंदेखि छपाइका क्रममा रहेको बताइन्।, ‘अब प्रदेशमै मेसिन आइसकेको छ। प्रदेश सरकार र स्थानीय तहका आवश्यक निर्णय यतै छापिने छ,’ उनले भनिन्।, उनले प्रदेश सरकारले मुद्रण मेसिन जडान गरेसँगै प्रदेश सरकारलाई सहज हुने बताइन्।, उनले भनिन्, ‘मेसिन ल्याएपछि समयमै प्रदेश सरकारका निर्णय राजपत्रमा छापिने र कार्यान्वयन पनि छिटो छरितो हुनेछ,’ उनले भनिन्। , मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा प्रदेशमै मुद्रण मेसिन खरिद तथा जडान गर्ने कार्यक्रम उल्लेख रहेको बताए।, ‘आर्थिक वर्षको अन्त्यमै मेसिन प्रदेश सरकारले खरिद गरे पनि जडान गर्न ढिलाइ भएकाले सञ्चालन गर्न सकिएको थिएन,’ उनले भने।, उनले सो मेसिन २७ लाख ८० हजारमा खरिद गरी भित्र्याइएको बताए ।,
अब सुदूरपश्चिम प्रदेशमै राजपत्र छापिने
|
सेतोपाटी संवाददाता संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रूपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। , समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले विद्यार्थीहरूलाई कोभिडविरूद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो। , कोभिडविरूद्धको खोप लगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना हुने गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्। , समितिले कोभिड खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरूमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत समेत गराएको छ। , समितिकी सभापति घर्तीले भने, ‘कोभिडको कारणले मात्रै कक्षा १२ को परीक्षा स्थगित भएको हो। छिटोभन्दा छिटो कोभिड विरूद्धको खोपको व्यवस्था गर्नुपर्यो। विद्यार्थीहरू खोप नलगाउने, छुट्ने र परीक्षामा सहभागी हुन नपाउने अवस्था आउन दिन हुन्न। यस्ता विषयलाई पनि ख्याल गरेर यो सबै व्यवस्था मिलाएर छिटोभन्दा छिटो परीक्षा लिने दिशातिर सरकार जाओस् भनेर म समितिको तर्फबाट निर्देशन दिन चाहन्छु।’, समितिले ट्युसन फि मात्रै लिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई परीक्षा दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ। , बैठकमा समितिका सदस्यहरूले कोभिडविरूद्धको खोपका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरेर छिटो कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका थिए। , समितिकी सदस्य एवम् प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद विद्या भट्टराईले तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिड विरूद्धको खोपको आवश्यक व्यवस्था मिलाई कक्षा १२ को परीक्षा लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरिन्। , उनले दुवै खोपको व्यवस्था गरी विद्यार्थीहरूलाई जोखिम नहुने गरी परीक्षाको तयारी गर्न पनि सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्।, समितिका अर्का सदस्य एवम् सत्तारूढ नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले कोभिड विरूद्धको दुवै डोज खोपको व्यवस्था गरेर छिटो कक्षा १२ को परीक्षा लिने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।, उहाँले विद्यार्थीहरूले परीक्षा दिन पाउने व्यवस्था मिलाउन सरकारले ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे।, बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले समितिले दिएको निर्देशन अनुसार कक्षा १२ को परीक्षाको आवश्यक व्यवस्था मिलाउन ढिलाइ नगर्ने प्रतिवद्धता व्यक्त गरे।, उनले भौतिक रूपमा कक्षा नभएकाले इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले अनलाइन फिमात्रै तिरेर परीक्षा लिने व्यवस्था मिलाउन पनि तत्काल सरोकारवाला निकायसँग छलफल गर्ने समितिलाई जानकारी गराए।, इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले अनलाइन फिमात्रै तिरेर आफूहरूले परीक्षा दिन पाउने व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन्।, ,
कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रूपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन
|
सेतोपाटी संवाददाता दार्चुलामा महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर खलंगा सडकखण्ड अवरुद्ध भएको छ। , मंगलबार महाकाली नगरपालिका–९ बेतस्थित चुनेभिरमा महाकाली नदीले ३० मिटरजति भासिएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।, दार्चुला सदरमुकाम खलंगासँग तराई तथा संघीय राजधानी काठमाडौंसँग जोड्ने सो सडक अवरुद्ध हुँदा बस, ट्रक लगायतका ठूला सवारी साधानहरु ठप्प अवस्थामा छन्। सवारी साधन ठप्प हुँदा आवश्यक कामका लागि आवतजावत गर्ने यात्रु समस्यामा परेका छन्।, अवरुद्ध रहेको सडकलाई अहिले खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक मनोहर भट्टले जानकारी दिए।, कतिपय यात्रु सडक भासिएको ठाउँबाट पैदल हिँडेर वारपार गरिरहेको उनले बताए। उनका अनुसार अवरुद्ध सडक सुचारु गर्न अझै केही समय लाग्नेछ। ,
दार्चुलामा महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्ड अवरुद्ध
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्र बेलुकी ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ।, आज उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यसअघि बेलुकी सवारी साधन सञ्चालनमा रोक लगाएकोमा अबदेखि सञ्चालन गर्न दिने निर्णय गरेका हुन्।, ‘सचेतना बढाएर बेलुकी ८ बजेपछि पनि निजी तथा सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय भएको छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सेतोपाटीसँग भने, ‘निषेधाज्ञा भने भदौ १६ गतेसम्म थप गरिएको छ।’, पछिल्लोपटक थप गरेको निषेधाज्ञा आज बेलुकी सकिँदै थियो।, साथै उनकाअनुसार तालिम सञ्चालन गर्नुपरे भौतिक रूपमा २५ जनासम्म उपस्थित भएर सञ्चालन गर्न दिइने निर्णय भएको छ। , , ,
काठमाडौं उपत्यकामा बेलुकी ८ बजेपछि सवारी साधन चलाउन पाइने
|
सेतोपाटी संवाददाता कतार उड्न लागेका एक व्यक्तिलाई लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थलबाट पक्राउ गरेको छ। कतार एयरवेजबाट मंगलबार बिहान साढे १० बजे दोहा जान लागेका चितवन खैरेनीका २७ वर्षीय राज पाडकलाई ८ सय गाम गाँजासहति पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ। उनको लगेजबाट गाँजा बरामद गरिएको हो।, उनको लगेजभित्र ग्याष्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदिक औषधी उद्योग गोकर्णेश्वर १, काठमाडौं लेखिएको सिल गरेको बट्टाभित्र गाँजा लुकाई लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।, लागुऔषध नियन्त्रण ब्युरोका एसपी जीवन श्रेष्ठका अनुसार पाडक वैदेशिक रोजगारी लागि कतार जान लागेका थिए। विमानस्थलको एक्सरेमा जाँचका क्रममा सो गाँजा बरामद भएको उनले बताए।, उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थल प्रहरीलाई बुझाइएको छ।,
कतार उड्न लागेका यात्रु ८ सय ग्राम गाँजासहित विमानस्थलबाट पक्राउ
|
सेतोपाटी संवाददाता बझाङमा हाडनाता बिहेमा कसुर ठहरपछि फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। , जिल्लाको बुंगल नगरपालिका–३ दह सिराडबाट फरार प्रतिवादी सोपना देवी कामीलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ।, हाडनाताको सम्बन्ध रहेको रिउलो कामीसँग बिहे गरेको भन्दै मन्धिरे कामी भन्ने गणेश विकले उनीविरूद्ध जाहेरी दिएका थिए। ,
त्यसपछि प्रहरीले पक्राउ गरी अनुसन्धान पूरा गरेर अदालतमा पेस गरेको थियो।, जिल्ला अदालतले गत साउन २० गते १ वर्ष कैद र १० हजार जरिवानाको सजाय सुनाएको थियो। , सजायपछि उनी फरार भइन्। फरारपछि गत शुक्रबार उनलाई प्रहरीले पुन: पक्राउ गरेर अदालतमा पेश गरेका थियो।, अदालतले उनलाई सोमबार कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।,
बझाङमा हाडनाता बिहेमा कसुर ठहरपछि फरार प्रतिवादी पक्राउ
|
युवराज श्रेष्ठ पोखरा-८ आलुमाइला चोकका सुवास गुरुङले हचुवामा कालिज फार्म खोलेका थिएनन्। उनले कालिज पाल्न ६ महिना लामो अध्ययन गरेका थिए। कालिज पाल्ने तरिका र उपचारका सामान्य विधि सिकेका थिए। पोखराकै कुनो कालिज फार्ममा उनले कालिज पाल्ने तरिका र यसका फाइदा बेफाइदा बुझे र कालिज पालनमा होमिएका थिए।, कालिजलाई घाम, पानी, जाडो र गर्मीले असर गर्दैन भनेर उनलाई भनिएको थियो। अन्य प्रजातिका पशुपंक्षी पाल्नभन्दा कालिजमै उनले धेरै फाइदा देखे।, ‘एउटै कालिजको मूल्य ३५ सय पर्छ, जाडो, गर्मी र पानीले केही गर्दैन भनेर कालिज फार्म खोलेको हुँ,’ सुवासले भने, ‘१४ घन्टासम्म परेको भारी वर्षा पानी कालिजले सहन सकेन।’, उनले पोखरा-११ मा सासु कालिज फार्म एन्ड रेष्टुरेन्ट बनाउँदै छन्। यसका लागि उनले २ करोड बढीको योजना बनाएका छन्। यसका लागि उनले काहुँडाडामा ६ रोपनी ३ आना जग्गा लिए। जसमा २ रोपनी कालिज फार्मका लागि छुट्याएका थिए। कालिज फार्म सञ्चालनमा ल्याउँदा र रेष्टुरेन्टका काम थाल्दा उनको ५० लाख लगानी भइसकेको छ।, रेष्टुरेन्ट अहिले निर्माणाधीन अवस्थामै छ। कालिज फार्म भने सञ्चालनमा ल्याइसकेका थिए। उनले पोखराकै विभिन्न फार्मबाट किनेर ११ सय वटा कालिजका चल्ला फार्ममा राखे। कुनै ४० दिनका चल्ला थिए त कुनै १ दिनका चल्ला। उनले सिकेअनुसार ८० दिन कालिजलाई खोरमा राखेर हुर्काए। हुर्काउने क्रममै १७० वटा कालिज मरे।, कालिजका चल्ला ८० दिन खोरमा राखेपछि बाहिर छाड्न सकिने सुवासको सिकाइ थियो। खोर बाहिर खुला ठाउँमा कालिज उडेर अन्त जान नसकोस् भनेर जाली लगाए। त्यही जालीभित्र रहने गरी उनले खोरका कालिजबाहिर निकाले। शुक्रबारबाहिर निकालेर सुवासले कालिजलाई दानापानी दिए। खोरभन्दा खुला ठाउँमा कालिज पनि रमाएकै थिए।, पोखरामा निरन्तर परिरहेको पानी अझै रोकिएको छैन। शुक्रबार पनि पानी परिरहेको थियो। उनले सिक्दा नै कालिजलाई वर्षाले केही असर गर्दैन भनेर सिकेका थिए। कालिजलाई जाली बनाएर राखिएकै ठाउँमा छाडेर सुत्न गए। बिहान उठेर फार्म पुग्दा कालिज जिउँदा थिएनन्।, फार्म सञ्चालक गुरुङ।, बाहिर छाडेका ९३० वटा कालिजमध्ये ६११ वटा कालिज रातभरिको पानीले मरेछन्। सुवासले पोखराकै अन्य कालिज पालकलाई सोधे। पानीकै कारण कालिज मरेको उनले थाहा पाए।, ‘भित्र खोरमा बसेको कालिज बाहिर निकाल्दा तापक्रम मिलेन,’ सुवासले भने, ‘भित्रबाट बाहिर निकाल्नेबित्तिकै लामो समय पानीले भिजेका कारण कालिज मरे।’, उनका अनुसार कालिजमा कुनै रोगको लक्षण देखिएको छैन।, कालिज फार्म खोल्नेबित्तिकै पहिलो चरणमा पालिएको कालिज नै आधाभन्दा धेरै मरेर गए। सुवासले मरेका कालिज सोमबार खाल्डो खनेर पुरेका छन्। अब बाँचेका ३१९ वटा कालिजमात्रै सुवासको फार्ममा छ। बाँचेका कालिज मर्न नदिन उनले जालीमाथि प्लाष्टिकले छोपेका छन्। वर्षाको पानीबाट कालिज जोगिएका छन्।, सुवासका फार्ममा मरेका कालिज करिब ३ महिनाका थिए। उनका अनुसार पोथी कालिजले अन्डा पारेपछि मात्रै भाले बिक्री गरिन्छ। यसका लागि कम्तिमा ७ महिना पाल्नुपर्ने सुवासले बताए।, ‘अब तीन महिनापछि कालिज बेच्ने बेला हुन्थ्यो,’ उनले भने, ‘फार्ममै कालिज मर्दा मेरो १७ लाख रुपैयाँ क्षति भयो।’, कालिज पाल्दा पहिलो चरणमै ठूलो नोक्सानी ब्यहोरेका सुवासले हिम्मत भने हारेका छैनन्। उनले फेरि कालिजका नयाँ चल्ला अर्डर गरेका छन्। १/२ दिनमै ५ सय वटा चल्ला ल्याउँदैछन्। पोखरामा रहेका अन्य कालिज फार्मबाट चल्ला अर्डर गरेको सुवासले बताए।, लकडाउनका बेला कालिज फार्म र रेष्टुरेन्टको काम अघि बढाएका सुवासले आफ्नै फार्ममा उत्पादन भएको कालिज रेष्टुरेन्टमा पकाएर पस्कने धोको छ।, ‘लकडाउनको समय भनेको फार्म खोल्ने र रेष्टुरेन्ट बनाउने समय हो,’ उनले भने, ‘पछि त पक्कै खुल्ला नि।’, सुवासको सासु कालिज फार्म एन्ड रेष्टुरेन्ट रहेको काहुँडाडा पोखराको अर्को पर्यटकीय क्षेत्र हो। जहाँबाट पोखरा शहर र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रष्ट देखिन्छ भने उत्तरतर्फ अन्नपूर्ण श्रृङ्खलाका सबैजसो हिमाल देखिन्छ। पोखरा भित्रका मात्रै नभएर अन्य ठाउँबाट आएका युवाहरू काहुँडाडा उक्लन थालेका छन्। त्यही सम्भावना देखेर नै सुवासले काहुँडाडामा लगानी गरेका हुन्।, कालिज फार्म र रेष्टुरेन्ट चलाउन लागेका सुवास यसअघि नै बाख्रा पालक हुन्। पोखरा-२२ पुम्दीभुम्दीमा अहिले पनि उनको बाख्रा फार्म छ। जहाँ अहिले पनि ८० वटा बाख्रा छन्। २ जनाले कामदार राखेर बाख्राको हेरचाह गरिरहेका छन्। उनले खोलेको इन्द्रेणी बाख्रा फार्ममा कहिलेकाँही ११५ वटासम्म बाख्रा पुग्छ। बाख्रा पालनमा भन्दा कालिजमा फाइदा देखेर नै उनले कालिज फार्म र रेष्टुरेन्टमा लगानी गरेको बताए।, सुवासको उक्त बाख्रा फार्म २०७२ मा दर्ता गरेर चलाएका हुन्। त्यसअघिदेखि नै उनले बाख्रा पाल्न थालेका थिए। अरू काममा भन्दा किसानीमै फाइदा भएकाले यतातिर लागेको उनको भनाइ छ। कालिजमा गरेको पहिलो लगानी खेर गएपछि उनले छोटो भिडिओ बनाएर मृत कालिजलाई समवेदना दिएका छन्।, भिडिओमा उनले भनेका छन्, ‘भारी वर्षाका कारण सबै सखाप भएको छ। यहाँ ५ सय बढी चल्ला छन्। भारी वर्षाका कारण यिनीहरूले आफ्नो ज्यान बचाउन सकेनन्। सबै मेरो कालिज परिवारलाई हार्दिक समवेदना!’,
वर्षाले एकैरातमा १७ लाखका कालिज मरेपछि…
|
सेतोपाटी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा तेल ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका-१ मरधरका ३२ वर्षीय धनपैत महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, सोही दुर्घटनामा परी सर्लाही हरिवन नगरपालिका- २ अतरौलीका नवीन महतो गम्भीर घाइते भएका छन्।,
,
गएराति करिब ८ बजे ज४प २७०० नं को मोटरसाइकलमा चढी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुवै जनालाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ख ८८०० नं को तेल बोकेको ट्यांकरले बर्दिबास नगरपालिका-११ स्थित लक्ष्मीनियाँ चोक नजिकै ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए।,
,
दुवै जनालाई राति नै उपचारका लागि बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा ल्याइएकोमा धनपैतको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो।, नवीनलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ। ,रासस,
महोत्तरीमा तेल ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
|
सेतोपाटी संवाददाता रौतहटका एसपी सिद्धिविक्रम शाहमाथि छानबिन हुने भएको छ।, रौतहटमा एक निर्दोष पत्रकारलाई फसाएको आरोपमा उनीमाथि पनि प्रश्न उब्जिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन गर्न लागेको हो।, ‘अहिले जुन कुराहरू उठेका छन, त्यसमा प्रहरी प्रधान कार्यालयले छानबिन गर्छ,’ प्रहरी प्रवक्ता बसन्त कुँवरले सेतोपाटीसँग भने।, एउटा विवादित अडिओ सार्वजनिक भएपछि एसपी शाहमाथि छानबिन हुने भएको हो।, यसअघि जिल्ला प्रहरी कार्यालय रौतहटले निर्दोष व्यक्तिलाई लागुऔषध मुद्दामा फसाइएको भन्दै दुई जनालाई पक्राउ गरेको थियो। , माधवनारायण १ बस्ने वर्ष २४ का धिरज यादव र सर्लाही रामनगर गाउँपालिका वडा नं.१ बहुअर्वा बस्ने वर्ष २३ का जितेशकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। , यो घटनामा पत्रकार महासंघ रौतहटका सहसचिव संजय सहनी मुख्य योजनाकार रहेको देखिएको प्रहरीले जनाएको थियो। उनीहरूले प्रहरी नै प्रयोग गरेर निर्दोष व्यक्तिलाई पक्राउ गरेको प्रहरीको निष्कर्ष छ। , गत साउन ३२ गते प्रहरीले लागुऔषधसहित पत्रकार मोहम्मद मोजिबुल्लाहलाई पक्राउ गरेको थियो। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सहसचिव संजय सहनीले यादवद्वयलाई प्रयोग गरी मोहम्मद मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागुऔषध राख्न लगाएको खुलेको एसपी शाहले बताएका थिए।, उनीहरूले सई उदय प्रसाद यादव र जवान मनोज साह कानुलाई बोलाई कुराकानी गरी पक्राउ गर्न लगाएको खुल्न आएको प्रहरीले जनाएको छ। , 'पत्रकार मोजिबुल्लाह र सहनीबीच व्यवसायिक इबी रहेछ। त्यसैले सहनीले मोजिबुल्लाहलाई फसाउन खोजेको हाम्रो अनुसन्धानले देखायो', एसपी शाहले भने,‘सहनीलाई नियन्त्रणमा लिन अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ।’, धिरज यादव र जितेश कुमार यादवलाई अपराधिक षडयन्त्र लागुऔषध मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ। , रौतहटका एसपी शाहले भने त्यो अडियो आफ्नै भएको र बाहिर सोचेजस्तो नभएको तर्क गरेका छन्।, ‘मैले काम भएपछि जसले मलाई सूचना दिएको थियो, त्यो मान्छेलाई नै मैले काम भयो भनेर धन्यवाद दिएको हुँ,’ शाहले भने।, प्रहरीले जोसँग पनि सूचना संकलन गर्न पाउँछ र काम भएपछि धन्यवाद दिन पाउने उनले तर्क गरे।,
रौतहटका एसपी शाहमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने
|
सेतोपाटी संवाददाता हरेक वर्ष श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवित धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ।, काठमाडौंको पशुपतिनाथ सहित देशभरका मन्दिरहरुमा आज जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरुको भीड लागेको छ। आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई दीर्घायुको कामना गर्दै राखि बाँधिदिने र दाजुभाईले दिदीबहिनीलाई यथासख्य दक्षिणा दिने चलन छ।, आजको दिन वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी व्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने चलन छ। यसरी वैदिक मन्त्रोच्चारण गरेका जनै र रक्षासूत्र बाँधेमा नकारात्मक प्रभाव नपर्ने विश्वास छ।, आजको दिनमा बाँधिएको रक्षासूत्र तिहारमा लक्ष्मी पूजाका दिन खोलेर गाईको पुच्छरमा बाँधे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ । सत्ययुगमा दानवहरुद्वारा लखेटिएका देवताहरुलाई गुरु वृहस्पतिले रक्षा बन्धन तयार गरेर बचाएकोले देवताहरु अति बलवान भएको र दानवराज बलीलाई बाँध्न सफल भएको भन्ने शास्त्रोक्त कथन छ।, सोही कथनअनुरुप बलवान र दीर्घायुको कामना गर्दै वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले जनै पूर्णिमाका दिन जनै धारण गर्ने, रक्षासूत्र बाँध्ने र क्वाँटी खाने गर्दछन्। ,
जनै पूर्णिमामा पशुपतिमा भक्तजनको घुइँचो
|
रासस बारामा मोटरसाइकल एकापसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ।, जितपुर–सिमरा उपमहानगरपालिकाको पूर्व–पश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नं को अर्को मोटरसाइकल गएराति एकापसमा ठोक्किएका हुन्।, साे दुर्घटनामा नुवाकोटको घुङताङ– ३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह र सोही ठाउँ बस्ने ३५ वर्षीया सुनैनादेवी साहको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। ,
बारामा दुई मोटरसाइकल ठोकिँदा तीनको मृत्यु
|
सेतोपाटी संवाददाता दुई करोड लगानी गरेर काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ६ भुग्देउमा खानेपानी आयोजना निर्माण गरिने भएको छ।, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को प्राविधिक सहयोगमा बेथानचोक गाउँपालिका, रोटरी क्लव अफ बौद्ध र सिउरानी भञ्याङखर्क खानेपानी तथा सरसफाइ समितिबीच आयोजना निर्माण गर्न सहमति पत्रमा शनिबार हस्ताक्षर पनि भइसकेको छ।, रोटरी क्लब बौद्धका तर्फबाट अध्यक्ष आङ् कुसाङ शेर्पा, बेथानचोक गाउँपालिका तर्फबाट गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, नेवा संस्थाका तर्फबाट प्राविधिक प्रबन्धक अरुण कुमार श्रेष्ठ र सिउरानी भञ्याङखर्क खानेपानी तथा सरसफाइ समितीका अध्यक्ष रामबहादुर तामाङबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीका अनुसार बेथानचोक गाउँपालिका-६ भुग्देउका करिब २३३ घरधुरीले उक्त खानेपानी आयोजना सम्पन्न भएपछि खानेपानी सुविधा पाउँछन्। आयोजना कूल दुई करोड लगानीमा निर्माण गर्न लागिएको छ।, गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले गाउँपालिकाले आउँदो आर्थिक वर्षभित्र आयोजनाका काम सकिएर एक घर एक धारा अभियानअन्तर्गत पानी वितरण गरिनेछ।, यहाँ आयोजना सञ्चालन गर्न नेवामार्फत् रोटरी क्लब बौद्धले ९२ लाख ७३ हजार नौसय ४३ रुपैयाँ उपलब्ध गराउनेछ भने बेथानचोक गाउँपालिकाले ५० लाख बजेट उपलब्ध गराउनेछ तथा बाँकी जनसभागितालगायत अन्य स्रोतबाट खानेपानी योजना सम्पन्न हुने गाउँपालिका अध्यक्ष तिमल्सिनाले बताए।,
२ करोड लगानीमा बेथानचोकमा खानेपानी आयोजना
|
रासस जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका-३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन्।, जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो। जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिए। अपहरित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान उनीले दिएको प्रहरी निरीक्षक शाहीले बताए।, जिप्रका जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जुम्ला हिमा-३ का १९ वर्षीया किशोरीले यही भदौ ३ गते रातिदेखि शिशु हराएको भनेर निवदेन दिएको जानकारी दिए।, ‘घटना निकै गम्भीर र संवेदनशील छ’, उनले भने, ‘अनुसन्धानका क्रममा भएकाले अहिले नै यो हो भन्न सकिन्न। हामीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान गरिरहेका छौं।’, नाटकीय ढङ्गबाट बच्चाको अपहरण, रोकायको अवैध सम्पर्कबाट शिशु जन्मेको बताइएको छ। किशोरीले गत कात्तिक महिनामा शिशुलाई जन्म दिएकी थिइन्। पीडित किशोरीका बुवा शक्तिबहादुर कठायतका अनुसार किशोरीले यस वर्ष राहदेव मावि मोफ्लाबाट माध्यमिक शिक्षा परीक्षा दिएकी थिइन्। उनले भने, ‘छोरीलाई गाउँपालिकामा तालिम दिन्छु भनेर झक्याएर दानबहादुरले जबर्जस्ती सम्बन्ध राख्यो। शिशु जन्मेपछि अपहरण समेत गर्यो। न्याय माग्न जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका छौं।’, किशोरीले भनिन्, ‘यही भदौ ३ गते घरनजिकै पसलमा बसिरहेको थिएँ। राति ९:०० बजेतिर दानबहादुर त्यहाँ आएर मलाई भन्यो, ‘तिम्रो आमालेले बोलाउनुभएको छ। मैले आमाले किन बोलाउनुभयो भनेर हतपत्त शिशुलाई पसलकै ओछ्यानमा राखेर हिँडे। ऊ (दानबहादुर) मसँग आएन। पछि आमाले नातिलाई किन छोडेर आइस्, छिटो यही लिएर आइज भनेर म पसल जाँदा शिशु त्यहाँ देखिन। शिशु हराएपछि करायौं। स्थानीय प्रहरीलाई गुहार्यौं। अहिलेसम्म शिशु भेटिएको छैन।’, किशोरीले रोकायले नाटकीय तवरबाट आफ्नो शिशुलाई अपहरण गरेको आरोप रोकायमाथि लगाएकी छिन्। उनले भनिन्, ‘मलाई झुक्याएर नाटकीय ढङ्गले शिशुको अपहरण गरियो।’, किशोरीले दोषीमाथि कारवाही गरी आफ्नो शिशु सम्पर्कमा ल्याइदिन र आफूलाई न्याय दिन सरकारसँग आग्रह गरेकी छिन्। आरोपित युवा पक्राउ परिसकेकाले थप अनुसन्धानका लागि आज सम्बन्धित जुम्ला पठाइने सुर्खेत प्रहरीले जनाएको छ।,
दश महिने शिशु अपहरण गरी बेपत्ता पारेको अभियोगमा एक पक्राउ
|
रासस लामो समयदेखि भारतको दरभङ्गास्थित बालगृहमा रहेका तीन बालकको उद्धार गरिएको छ।, सामाजिक अभियान्ता सरोज रायका पहलमा सिरहाका दुई र महोत्तरीका एक बालकलाई स्वदेश ल्याइएको हो।, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अमरलाल दास, लहान नगरपालिकाका महादेव पासवान र महोत्तरीको सुगा भन्ने गाउँका सत्यमलाल झाको उद्धार गरिएको उनले बताए।, ती बालक १५ वर्षमुनिका रहेको र उनीहरूलाई जिल्ला प्रशासन कार्यलयमार्फत परिवारको जिम्मा लगाउने रायले बताए।,
तीन बालकको भारतबाट उद्धार
|
सविता बुढा गत साउन १५ गते ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भए।, भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह नदीमा बेपत्ता भएको घटनाका प्रत्यक्षदर्शीले बताएपछि घटनाले निकै चर्चा पायो।, सरकारी अनुसन्धान टोलीले भने उक्त दिन के भएको भन्ने अझै पत्ता लगाउन सकेको छैन, टोली अनुसन्धानको क्रममै छ। उता भारतीय सुरक्षाकर्मीले पनि तुइन नकाटेको दाबी गरेका छन्।, तुइन तर्ने क्रममा महाकालीमा खसेर बेपत्ता हुने जयसिंह पहिलो नेपाली भने होइनन्।, यसअघि ब्यास गाउँपालिका-२ मामात्र २०४९ सालयता जयसिंहजस्तै महाकालीमा तुइन तर्ने क्रममा खसेर २२ जनाको ज्यान गएको तथ्यांक सोही वडाको छ।, नेपाली भूमिमा बाटो नभएपछि महाकाली नदीमा तुइन तरेर भारतीय भूमि हुँदै सदरमुकाम जानुपर्ने बाध्यता ब्याँस गाउँपालिकाका मानिसको छ।, हरेक दिन सदरमुकामा जानु परे यहाँका नागरिकले कष्टकर जोखिमपूर्ण यात्रा गरिरहनु परेको छ।, बिरामी हुँदा, सुत्केरी, दुर्घटनामा परे नजिकका स्वास्थ्य चौकी पुग्छन्। त्यहाँ पनि औषधि, जनशक्ति र उपकरण अभाव छ। त्यसपछि बोकेर सदरमुकाम ल्याउन भारतकै बाटो लगिन्छ।, केही महिनाअघि ब्याँस गाउँपालिका-२ तल्ला दुम्लीङकी चनु बुढाथोकी सुत्केरी हुन सासुसँग दार्चुला सदरमुकाम जाँदा तुइन प्रयोग गरेर भारतकै भूमि हुँदै जानु परेको थियो। उनले पारि तरेर सडकमा पुग्नासाथ जीपमै छोरीलाई जन्म दिएको स्थानीय जनक धामीले बताए।, धामीका अनुसार सोही वडाको मालकी गोविन्दी कार्कीले माइतीघर आउँदा र फेरि मार्मा फर्किँदा तुइन तर्नुपर्छ। यस वर्ष असारमा माइतीघर आएकी उनले केही दिनअघि साढे दुई वर्षकी छोरीलाई छातीमा टाँसेर दोपट्टाले बाँधेर तुइन तरेकी थिइन्।, वारि बाटो नभएकै कारण स्थानीय तुइन, काठेपुल र झोलुंगे पुल तरेर भारत पुग्छन्। त्यहाँका सडकमा गुड्ने गाडी चढेर उनीहरू सदरमुकाम पुग्छन्।, ‘गाउँपालिकाको झोलुंगे पुल भएका ठाउँका बासिन्दालाई सदरमुकाम जान सजिलो छ। काठेपुल र तुइनमात्र भएका क्षेत्रका स्थानीयले ज्यानको बाजी थापेर वारपार गर्नु परेको छ,’ जनक धामीले भने।, काठेपुलले हिउँदमा सजिलो भए पनि बर्खामा काम चल्दैन।, दार्चुलाको सदरमुकाम खलंगाबाट ब्याँस गाउँपालिकाको केन्द्र सुनसेरा पुग्ने एक मात्र बाटो अहिले बन्द छ। वडा नम्बर ४ सुनसेरा ब्याँसको केन्द्र हो। गाउँपालिकाको कार्यालय यहीँ छ। यहीँ रहेको स्वास्थ्य केन्द्रमा एम्बुलेन्स पनि छ। असारपछि बाटो बिग्रेकाले एम्बुलेन्स चल्न सकेको छैन।, असार पहिलो साता पानी परेपछि ठाउँठाउँमा पहिरो खस्दा सडक बन्द भएर ब्याँसका ६ वटै वडाका बासिन्दा नेपालकै भूमिको बाटो हिँड्न पाउँदैनन्। उनीहरू भारतको बाटो हुँदै सदरमुकाम पुग्न बाध्य छन्।, ‘सानो-सानो पहिरो धेरै ठाउँमा छ। नेपालको बाटो बन्द भएकाले तुइन तरेरै आउनुपर्छ,’ धामीले भने।, ब्याँस गाउँपालिका वडा नम्वर २ का वडा सदस्य वीरेन्द्र बुढाथोकीका अनुसार गाउँपालिकाको जेसिबी छैन। दार्चुला-तिंकर सडक योजनाले जेसिबी ल्याएर बनाइदिए हुन्थ्यो भन्ने आश त्यहाँका जनप्रतिनिधिको छ।, असारमै भत्केको बाटोमा माथिबाट पहिरो खस्दा राप्ला घर भएकी ५० बर्षीया बेलमती बुढाथोकीको मृत्यु भएको थियो। सोही ठाउँकी रायमती बुढाथोकी घाइते भएकी थिइन्।, ‘अहिले त बनाउने जेसिबी जान पनि बाटो छैन,’ बुढाथोकीले भने।, गाउँपालिकाको सबैभन्दा सुगम वडा मानिएको ठाउँका जनताले पनि बाटो अवरूद्ध हुँदा बर्खायाममा समस्या परेकै छ।, गाउँपालिकाको वडा नम्बर- १ मा पर्ने बस्ती तिंकर र छाँरूका स्थानीयले त आफ्ना घर पुग्न भारतीय आर्मीलाई पास देखाउनु पर्छ। पास नदेखाए उनीहरू घर जना पाउँदैनन्।, नेपालकै भूमि भएर यहाँ पुग्ने बाटो नै छैन। दार्चुलाको सदरमुकाम खलंगादेखि प्रशासनबाट पास लिएर भारतको गभ्य्रांग/सीतापुल प्रयोग गरी उनीहरूले काठेपुल तर्नुपर्छ। , भारतको थाइलेकमा आर्मीले स्थानीय बाहेकलाई प्रवेश दिँदैन। यसैले पास चाहिन्छ। वडाको सिफारिसमा, जिल्ला प्रशासन कार्यालयले पास दिन्छ। त्योबिना वडा नम्बर १ का नागरिकले भारतको गभ्य्रांगमा जानै पाउँदैनन्।, यसकारण यहाँका नागरिक भारतमा निर्भर छन्। नेपाल सरकारले सकेको हेलिकप्टरबाट दिन्छ, नसके भोकै बस्नुपर्ने बाध्यता यहाँ रहेको छ।, त्यहाँका मान्छे ६ महिना छाँरु र ६ महिना खलंगा बस्छन्। त्यसैले उनीहरूको ठाउँमा अहिले स्कुल छैन। पहिला भएको स्कुल अहिले मर्ज भइसक्यो।, ब्याँसको वडा नम्बर २ मा पनि बाटो छैन। यो वडाको उत्तरतिर १ नम्बर र दक्षिणमा ३ न वडा पर्दछन्।, ‘१ नम्बर वडा जाने त बाटै छैन, ३ नम्बर भएर पालिकाको केन्द्र सुनसेरा आउन परे फतंगाड खोलावारि भत्केर हिँड्ने अवस्था छैन। त्यही भएर तुइन तर्नु परेको हो,’ स्थानीय सुकुनसिंह धामीले भने।, यही वडामा तुइन तर्ने क्रममा साउन १५ गते ३३ वर्षका जयसिंह धामी बेपत्ता भएका हुन्।, ब्याँस जान खलंगादेखि ५ किलोकिटर पर राताकाठा पुगेपछि दुई विकल्प छन्। तल कालागाडको बाटो र माथिल्लो दुहु गाउँपालिकाको हिकिला भएर जानेबाटो।, कालागाड भएर हिँड्न ज्यानको बाजी लगाउनु पर्ने स्थानीयहरू बताउँछन्। , ‘पोहर सोही सडकमा पिसिसी बनाउने २ जनाको पहिरो खस्दा ज्यान गयो। यो बाटोमा पहिरो, ढुंगा खस्ने भएर ज्यानको जोखिम छ,’ सुकुनले भने।, अर्को हिकिला भएर जाने बाटोमा वर्षका केही महिनामात्र ट्याक्टर र एम्बुलेन्स हिँड्न सक्छन्। यहाँ यात्रु बोक्ने गाडी चल्दैनन्।, यो बाटो जयपुरमा पहिरो गएर अवरूद्ध छ। यसकारण पालिकाबाट एम्बुलेन्स पनि जान सक्दैन।, कालागाडको बाटो र हिकिलाको बाटो दुबै हुतीमा आएर मिल्छन्। हुतीबाट सुनसेरा पुग्न तीन घन्टा लाग्छ। यहाँसम्म एम्बुलेन्स पुग्छ।, ‘यो बाटो पैदल हिँडेर सदरमुकाम पुग्न दिनभरि लाग्छ, ट्याक्टरमा वा एम्बुलेन्स बुक गर्नुपर्छ। त्यसका लागि ३५ किलोमिटरको १२ देखि १५ हजार रुपैयाँ पर्छ,’ उनले भने।, त्यही भएर सुनसेराबाट आउन परे भारतको भूमि स्थानीयले प्रयोग गर्छन्। वडा नम्बर ४ सुनसेराबाट खलंगा पुग्न पहिला वडा नम्बर ५ दौलाकोट जानुपर्छ। अहिले यहाँ पुग्न पनि फेरि एक पहिरोको सामना गर्नुपर्छ।, वडा नम्बर ५ को तिग्रममा महाकाली किनार पुगेपछि झोलुंगे पुल छ। पारी भारतको एलागाड पर्छ। वडा नम्बर ४ र ५ का नागरिक त्यहाँबाट गाडी चढेर खलंगा पुग्छन। भारतको धार्चुलासम्मै गाडीमा पुगिन्छ। झोलुंगे पुल तरेर वारि आए सदरमुकाम खलंगा पुगिहालिन्छ।, ‘यो बाटोको पहिले ५० थियो अहिले कोरोनापछि १०० भारु भाडा लाग्छ,’ जनक धामीले भने।, वडा नम्बर ५ का स्थानीयले भारतको बाटो भएर २ घन्टामा खलंगा पुग्न सक्छन् भने नेपालकै बाटो आए ६ घन्टासम्म पैदल हिँड्नु पर्छ।, वडा नम्बर ३ र ५ बाट भने सुनसेरासम्म मोटरमार्ग बनेको छ। स्थानीय सरकार आएपछि मुख्य उपलब्धि यहीलाई मानिन्छ।, ६ नम्बर वडामा बडुगाउँमा नेपाल-भारत जोड्ने महाकालीमाथि झोलुंगे पुल बनेको छ। यो बनेपछि भारतको बाटो प्रयोग गरेर खलंगा पुग्न सहज भएको छ।, ब्याँस गाउँपालिकाका ६ वटै वडाका नागरिकले भारतको भूमि प्रयोग गर्नुपर्छ। यसको मुख्य कारण दूरी छोटो भएर हो। वडा नम्बर २ का नागरिक भने बाटो नै नभएकाले तुइन तर्ने गर्छन्।, यस्तै भारतबाट जाँदा गाडी चढ्न पाइने भएर पनि उनीहरू तुइन तर्छन्।, वारि ट्याक्टर वा एम्बुलेन्स बुक गर्नभन्दा पारिबाट भाडा सस्तो भएर पनि उनीहरू भारतको बाटो प्रयोग गर्छन्।, नेपालपट्टि अहिले चालु अवस्थाको बाटो नै छैन। पहिरोले भत्केको कच्ची सडक लामो पर्छ। दुर्घटनाको जोखिम छ। पहिरो र ढुंगा खस्ने साँघुरो भएर जोखिम पनि उत्तिकै छ।, ‘तुइन तरेपछि पारि आनन्दको यात्रा हुनाले भारतको बाटो प्रयोग गर्नु परेको हो,’ सुकुनसिंह धामीले भने।, तुइन तर्न नसक्नेहरू, एम्बुलेन्स र ट्याक्टर बुक गर्न सक्नेहरू नेपालको बाटो आउँछन्। अहिले बाटो बन्द भएर त्यो विकल्प छैन। , ‘नेपाल र भारतका सीमावर्ती क्षेत्रका नागरिकबीच यहाँ व्यवहारिक रूपमा सबै चल्छ। भारत नेपालजस्तै लाग्छ, छुट्टै देश होजस्तो लाग्दैन,’ उनले भने।, नेपालमै बाटो बन्नुपर्छ भन्ने यहाँका नागरिकको माग छ। भारतको भूमि प्रयोग गर्न नपरे हुन्थ्यो भन्ने उनीहरू चाहन्छन्।, नेपाल सरकारका तर्फबाट २०७४/०७५ मा तुइन भएको मालघाटमाथि पुल बनाउन सहमति भएको छ।, यसका लागि ठेक्का सम्झौता पनि भएको छ। पुलको शिलान्यास गर्न नेता लक्ष्मी जोशी र प्रदेश सांसद गेल्बुसिंह बोहोरालगायत पुगेका थिए।, शिलान्यासपछि पुल निर्माणको काम सुरू भएको तर ठेकदारले अझै बनाइ नसकेको वडा सदस्य बुढाथोकीले बताए।, तीन वर्ष बढी समयसम्म पनि पुल नबनेपछि स्थानीयहरू तुइनको प्रयोग गर्न बाध्य छन्।, ‘हाम्रै माटोमा हिँड्न पाउँ भन्ने भनाइ हो तर केन्द्रबाट सहयोग नआउने भएर पछि ४० लाखको पुलको माग भएको हो,’ वडा सदस्य बुढाथोकीले भने।, वडा सदस्य बुढाथोकीका अनुसार गाउँपालिकाबाट २ र १ नम्बर वडाबाहेक अरू वडामा कृषि सडकले जोड्ने काम भएको छ। दार्चुला-तिंकर सडक राष्ट्रिय राजमार्ग भएकाले पालिकाले त्यो बाहेकका सबै वडाका केन्द्र जोड्ने सडक बनाउन थालेको हो।, कछुवा गतिमा अघि बढिरहेको तिंकर सडकले समस्या भइरहेको उनले बताए।, ‘गाउँपालिकासँग पुल, बाटो बनाउने बजेट हुँदैन, केन्द्र सरकारले बनाइरहेका पुल, बाटो निर्माणको काम कछुवा गतिमा छ,’ उनले भने।, तिंकर सडक बने यहाँका नागरिकले तुइन तर्नुपर्ने बाध्यता हट्छ। किनकी सुविधा भए मान्छेले ज्यान जोखिममा नहाल्ने उनको भनाइ छ।, चट्टानले, पहिरोले र सरकारको बेवास्ताले तिंकर सडक निर्माणमा ढिलाइ भइरहेको छ।, दार्चुला तिंकर सडक योजना ब्रहमदेवदेखि दार्चुलासम्म २९१ किमी र दार्चुलादेखि तिंकरसम्म १३४ किमी गरी दुई खण्डमा विभाजन गरिएको छ।, जसमा दार्चुला-तिंकर खण्डको निर्माणको सम्झौता आर्थिक वर्ष २०६६/०६७ मा भएको थियो। सो खण्डको अहिलेसम्म ४७ किलोमिटर ट्रयाक खोलिएको छ। त्यसमा पनि साढे दुई किलोमिटर खन्न बाँकी छ। सडक खण्डको ८७ किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनालाई दिइएको छ।, सो सडक खण्डको यो वर्ष २५ किलोमिटरजति कालोपत्रे गर्नका लागि मन्त्रालयमा फाइल पेस गरेको दार्चुला-तिंकर सडक योजनाका सब-इन्जिनियर तथा सूचना अधिकारी मुकेन्द्र मल्लले जानकारी दिए।, ‘तत्काललाई सडक खण्डअन्तर्गत ४७ किलोमिटर कालोपत्रे भए ब्याँसका बासिन्दाले तुइन तर्ने बाध्यता हट्छ, त्यति कालोपत्रे भए पनि सहज हुन्थ्यो बाह्रैमास गाडी चल्थ्यो, सहज हुन्थ्यो। त्यसले यस पटक यो वर्ष २५ किलोमिटर, अर्को वर्ष बाँकी कालोपत्रे गर्ने भनेर मन्त्रालयमा फाइल पेस गरेका छौं, त्यहाँबाट के जवाफ आउँछ त्यहीअनुसार काम अगाडि बढ्छ’, उनले भने।, सूचना अधिकारी मल्लका अनुसार सम्झौता भएको लामो समयसम्म सडक निर्माणमा ढिलाइ हुनु बजेट कम, ट्रयाक खोल्न बिस्फोटक पदार्थ नपाइनु रहेको छ।, ‘बजेट कम भयो, जस कारण लामोसमयसम्म ठेक्का लगाउन सकिएन,’ उनले भने।, उक्त सडक खण्डअन्तर्गत ११ वर्षमा डेढ १ अर्ब ३० करोड जति खर्च भएको सूचना अधिकारी मल्लले बताए।, यस्तै, दार्चुला-तिंकर सडक योजनाको महाकाली करिडोर खण्डको १ सय १० मिटर ट्रयाक खोलिएको छ। २ सय ९१ किलोमिटर जम्मा सडक रहेको यो खण्डको आव २०७४/०७५ निर्माण सम्झौता भएको थियो। जसमा १ सय १७ किमीको ठेक्का भएको छ। अझै ६४ किलोमिटरको ठेक्का सम्झौता हुन बाँकी रहेको योजना कार्यालयले जनाएको छ।,
जयसिंहजस्तै तुइनबाट महाकालीमा खसे २२ जना: तीन दशकमा न सदरमुकाम जाने बाटो बन्यो, न पुल
|
रासस गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ।, साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए। , सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिकरुपमै निर्देशन दिँदै भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन भनिएको उनले जानकारी दिए। अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले सोही आधारमा स्थानीय प्रशासनले भूमिका निर्वाह गर्ने प्रवक्ता पोखरेलले बताए। , कोभिड–१० को अवस्था हेरेर आवश्यकताअनुसार निषेधाज्ञा लागू गर्ने वा खुकुलो बनाउने अधिकार दिइएकाले सोहीअनुसार स्थानीय प्रशासन सक्रिय हुँदै आएको र चाडवाडका बेलामा पनि सोही प्रक्रिया अपनाइने भएको छ। , उपत्यकामा यही ८ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ। काठमाडौँ जिप्रकाले अहिले पनि कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले जनैपूर्णिमासँगै सोमबार हुने गाईजात्रा भिडभाड नगरी मनाउन अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पालना गर्न पनि अनुरोध गरे। , प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार सरकारको आदेश र स्थानीय प्रशासनबाट जारी निषेधाज्ञाअनुसार नै शान्ति सुरक्षा, कोभिड सङ्क्रणम नियन्त्रण र भिडभाड रोक्न ७७ वटै जिल्लामा प्रहरी परिचालन भइरहको छ।, निषेधाज्ञाका बेलामा पनि ठाउँठाउँका व्यापारिक केन्द्र, मठमन्दिर र सार्वजनिक क्षेत्रमा भिडभाड हुने गरेकाले कोरोनाको जोखिम बढ्दो देखिन्छ। आज जनैपूर्णिमाका दिन विभिन्न शक्तिपिठमा मानिसको भिड थियो।,
चाडपर्वमा भिडभाड नगर्न गृह मन्त्रालयको आग्रह
|
रासस सरकारी स्वामित्वका सार्वजनिक संस्थानको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो। यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको छ। ,
,
सरकारको घोषित उज्यालो नेपाल अभियानलाई फरक ढङ्गले अगाडि बढाउने लक्ष्यका साथ प्राधिकरणले ‘उज्यालो सहर अभियान’लाई तीव्रता दिने भएको छ । त्यसका लागि विभिन्न नगरपालिकाको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त अत्याधुनिक बत्ती (स्मार्ट लाइट) जडान गर्ने योजना तय भएको प्राधिकरणले जनाएको छ। , यस्तो योजना कार्यान्वयनमा आएपछि सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो योजना सुनाए। अघिल्लो पटक विद्युत्भार कटौतीको अन्त्यका लागि नेतृत्व गर्नुभएका घिसिङको ध्यान यस पटक सबैलाई गुणस्तरीय बिजुली र विद्युत् खपत बढाउने रहेको छ। , यस्तै अभियानमा सहरी क्षेत्रमा रहेका अनावश्यक खम्बा तथा तार हटाइन्छ। मुख्य तथा सहायक सडकमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरू हटाउने, तारहरूलाई भूमिगत गर्नेलगायत काम अगाडि बढाउन लागिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।, पहिलो चरणमा उज्यालो र सफाइ सहर अभियान सङ्घीय राजधानी काठमाडौँ उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरि नै सञ्चालन गर्ने प्राधिकरणको योजना छ। , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्ययोजनामार्फत वितरण लाइन तथा सबस्टेशनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने र सहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने घोषणा गरेकी थिइन् । यही घोषणालाई कार्यान्वयन गर्न प्राधिकरणले ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउन लागेको जनाएको छ। , सडकमा प्रयोगमै नरहेका अनावश्यक पोलहरू जताततै देखिन्छन्, त्यसलाई हटाउन सुरु गरिसकेको छ । विद्युतीय तारलाई भूमिगत बनाउन पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा धमाधम काम भइरहेको छ। , “सहरलाई कुरूप बनाएका विभिन्न सेवा प्रदायकको तारको जालोलाई हटाएर हाम्रै भूमिगत प्रणालीमा राखिनेछ । यसले सौन्दर्यको वृद्धि एवम् सफा सहर पनि बन्नेछ”, घिसिङले भने “हाल भइरहेको जमिन माथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको जालो हट्दा दुर्घटनाको जोखिम पनि कम हुने र सहरी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने भएकाले यसलाई देशका प्रमुख सहरमा विस्तार गरिनेछ।”, प्राधिकरणले अहिले काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ। दोस्रो चरणमा काठमाडौँका बाँकी रहेका ठाउँहरू, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढनेछ। विद्युत्को तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केवल टेलिभिजन सेवा प्रदायकहरूले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन्। , सडक र पर्यटकीय क्षेत्रमा उज्यालो , प्राधिकरणले स्थानीय तहसँगको सहकार्यमा ऐतिहासिक धार्मिक, सांस्कृतिक, विश्व सम्पदामा सूचीकृत स्थानहरू र सडकलाई राति उज्यालो बनाउन स्मार्ट बत्ती जडान गर्न अभियान नै चलाउने भएको छ। ललितपुर महानगरपालिकाको सक्रिय सहभागितामा पहिलोे चरणको स्मार्ट सडक बत्ती जडान भइसकेको छ। डडेलधुराको अमरगढी नगरपालिकाको मुुख्य सडकमा सडक बत्ती जडान कार्य सम्पन्न भइसकेको छ। , भरतपुर महानगरपालिका, झापाको कन्काई, दोलखाको भीमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्मार्ट सडक बत्ती जडानको काम जारी छ । काठमाडौँ, पोखरा र ललितपुरको दोस्रो फेजको स्मार्ट सडक बत्ती जडानका लागि ठेक्का सम्झौता हुने अन्तिम चरणमा छ। , उज्यालो सहर अभियानअन्तर्गत काठमाडौँको कोटेश्वर–भक्तपुर र कोटेश्वर–कलङ्की सडक खण्ड, मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा राखिएका बत्ती हटाएर स्मार्ट लाइट जडान प्रक्रिया अगाडि बढिसकेको कार्यकारी निर्देशक घिसिङले जाकारी दिए। , हाल देशभरबाट थप माग आएको र करिब २० वटा नगरपालिकाबाट प्राप्त मागलार्ई कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। कैलालीको धनगढी, बाँकेको कोहलपुर, दाङको लमही तथा तुलसीपुर, मकवानपुरको हेटौँडा, उदयपुरको गाईघाट, मोरङको सुन्दर हरैंचा, धनुषाको जनकपुर, काठमाडौँको कीर्तिपुर, बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, काभ्रेको धुलिखेल, नुवाकोटको विदुरलगायत नगरपालिकाहरू रहेका छन्। प्राधिकरणले स्मार्ट लाइट जडानका लागि देशभरका नगरपालिकासँग प्रस्ताव माग गरेको छ। , नगरपालिकाहरुको ६० र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान हुनेछन्। लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्नेछ । नगरपालिकाले आफैँ शत्प्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रक्रिया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ।, विश्व सम्पदा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, लुम्बिनी, जनकपुर, मुक्तिनाथ आदि क्षेत्रमा स्थानीय नगरपालिकाहरूसँगको समन्वय र सहकार्यमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिनेछन् । सडकका मुख्य चोकहरूमा बढी उज्यालो दिने ठूलो बत्ती (लाइटिङ मास्ट) राखिनेछ। उनले भने “उज्यालो नहुँदा हाम्रा ऐतिहासिक धरोहर र पर्यटकीयस्थल राति अँध्यारो नै रहने गरेका छन् भने सडक पनि अँध्यारो नै हुन्छ ।” स्थानीय तहको साझेदारीमा स्मार्ट बत्ती राख्न उज्यालो अभियान चलाउन लागिएको घिसिङले जानकारी दिए। , यसबाट एकातर्फ यातायात व्यवस्थापन, शान्तिसुरक्षा कायम गर्न सहयोग पुग्नेछ भने अर्कोतर्फ सहरी सौन्दर्यमा वृद्धि हुने प्राधिकरणको विश्वास छ । कार्यकारी निर्देशक घिसिङले उपभोक्तालाई पनि आफ्नो घरआँगनमा उज्यालो हुने गरी बत्ती जडान गर्न आग्रहसमेत गरेका छन्। यसबाट बिजुलीको खपत बढ्ने र उज्यालो नेपालको अभियानले सार्थकता पाउनेछ।,
शहरी सौन्दर्य बढाउन उज्यालो अभियान थाल्दै प्राधिकरण, घिसिङ भन्छन्ः तार भूमिगत हुनेछ
|
रासस अझै केही दिन मनसुन सक्रिय हुने भएको छ। बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताए।, उनका अनुसार आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। , “न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको भए पनि बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण अझै मनसुन सक्रिय भएको हो,” मौसमविद् श्रेष्ठले भने।, विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्ष्य, पहिरो तथा गेग्रान बहावको जोखिम रहने र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। ,
,
हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ।, सोमबार देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। ,
केही दिन मनसुन सक्रिय हुने
|
सेतोपाटी संवाददाता आइतबार १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको नमुना परीक्षण गर्दा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो। , यस दिन ९ हजार ४४३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७०२ जनामा र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा २१८ जनामा पोजेटिभ देखिएको हो। , यस अवधिमा २ हजार २४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। त्यस्तै थप २४ जनाको कोरोना भाइरसबाट मृत्यु पुष्टि भएको छ।, यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ। , मन्त्रालयका अनुसार मुलुकभर ३८ हजार ७५१ जना सक्रिय संक्रमित छन्। जसमध्ये हाल देशभर ६८१ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ। तीमध्ये पनि १६९ जना भेन्टिलेटरको सहायतामा छन्। , हालसम्म कुल संक्रमितमध्ये ९३.४१ प्रतिशत निको भएका छन्, ५.१८ प्रतिशत सक्रिय छन् भने १.४१ प्रतिशतको मृत्यु भएको छ। , आइतबार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ५६६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा बसोबास गर्ने ३९५, भक्तपुरका ११० र ललितपुरका ६१ जनालाई संक्रमण पुष्टि भएको हो। , हाल काठमाडौं जिल्लामा सबैभन्दा धेरै ७ हजार ४२० सक्रिय संक्रमित छन्। त्यस्तै भक्तपुरमा १ हजार ४ सय र ललितपुरमा २ हजार २ सय १८ सक्रिय संक्रमित छन्।,
थपिए १ हजार ९२० कोरोना संक्रमित
|
सेतोपाटी संवाददाता आइतबार काठमाडौं उपत्यकामा ५६६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा बसोबास गर्ने ३९५, भक्तपुरका ११० र ललितपुरका ६१ जनालाई संक्रमण पुष्टि भएको हो। , हाल काठमाडौं जिल्लामा ७ हजार ४२० सक्रिय संक्रमित छन्। त्यस्तै भक्तपुरमा १ हजार ४ सय र ललितपुरमा २ हजार २ सय १८ सक्रिय संक्रमित छन्।, काठमाडौं जिल्लामा अहिलेसम्म २ हजार ५५ ले कोरोनाबाट ज्यान गुमाएका छन्। त्यस्तै भक्तपुरमा ४०४ र ललितपुरमा ६२९ जनाको कोरोनाबाट मृत्यु भएको छ।, हाल ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २२ रहेको छ। , आइतबार देशभर भने १ हजार ९२० जना कोरोना संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको नमुना परीक्षण गर्दा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो। ,
,
आइतबार काठमाडौं उपत्यकामा ५६६ जनालाई संक्रमण
|
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट बच्नका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीहरुलाई पुनः सचेत गराएको छ। , आइतबार सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल नेतृत्वको अनुगमन टोलीले न्युरोड, बसन्तपुर, सुन्धारालगायतका बजार क्षेत्रको अनुगमन गरी कोरोनाबाट बच्न जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न त्यहाँका व्यापारीहरुलाई सचेत गराएको हो।, त्यसक्रममा मास्क समेत नलगाएका व्यापारी र सर्वसाधारण गरी ६८ जनालाई एक सय रुपैयाँका दरले जरिवाना समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिए। काठमाडौं जिल्ला प्रशासन कार्यालयले आफ्ना पसलमा आउने ग्राहकहरुका लागि अनिवार्य रुपमा मास्क र सेनिटाईजरको व्यवस्था गर्न पनि व्यापारीहरुलाई निर्देशन दिएको छ।, सहायक प्रमुृख जिल्ला अधिकारी पौडेलले भने , ‘स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरी नबस्न व्यापारीहरुलाई निर्देशन दिएका छौं। आफ्नो पसलमा आउने ग्राहकहरुलाई समेत सेनिटाइजर र अनिवार्य रुपमा मास्क लगाएर मात्रै पसलमा प्रवेश गर्न निर्देशन दियौं।’, त्यस्तै मास्क नलगाई हिँडिरहेका सर्वसाधारणलाई सम्झाई बुझाई मास्क लगाउन अनुरोध गरी ७५ जनालाई निःशुल्क मास्क वितरण पनि गरिएको उनले बताए। , काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट नागरिकलाई बचाउनका स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए÷नभएको अनुगमन गर्न प्रत्येक दिन बिराएर सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजारको अनुगमनको व्यवस्था मिलाएको छ।, सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले सबै सार्वजनिक सवारी साधनमा पनि यात्रुहरुका लागि अनिवार्य रुपमा मास्क र सेनिटाईजरको व्यवस्था गर्न निर्देशन दिएको र त्यसको पालना भए÷नभएको अनुगमनको कामलाई पनि तीव्रता दिइएको जानकारी दिए।,
न्यूरोड क्षेत्रमा काठमाडाैं प्रशासनको अनुगमनः मास्क नलगाउनेलाई १ सय रूपैयाँका दरले जरिवाना
|
रासस अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ।, जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको बताइएको छ।, उद्धार गरिनेमा हेटौडा उपमहानगरपालिका–९ स्वागत टोलका २३ वर्षीय गोविन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगर रहेका छन्। दुबै जनालाई सकुसल उद्धार गरी आज परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।, प्रहरीका अनुसार उनीहरुलाई भदौ ३ गते राति साढे ९ बजे हेटौडा बसपार्कबाट तीन जना भारतीय नागरिकले अपहरण गरेका थिए।, अपहरण गरेर उनीहरूलाई भारत लगेको खुलेपछि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा शनिबार राति भारतको बिहार राज्यको मोतिहारीबाट अपहरण मुक्त गराएको प्रहरीले जनाएको छ।, भारतीय प्रहरीले अपहरणमा संलग्न दुई जनालाई दुई थान हतियारसहित नियन्त्रणमा लिएको बताइएको छ।, प्रहरी नायब उपरीक्षक रिमालले भने, ‘अपहरण मुक्त भएका दुवै युवक लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ। अपहरण गर्नेहरु पनि चिनजानेकै हुन्। अपहरण भएको दिन उनीहरु सँगै बसेर कुराकानी भएको देखिएको छ।’, उनकाअनुसार अपहरणकारीले उनीहरुसँग प्रतिव्यक्ति रु पाँच लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए।, फिरौती नपाए मिर्गाैला बेचिदिने भन्दै यातनासमेत दिने गरेको पाइएको प्रहरीले जनाएको छ।, भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरुको उद्धार गरिएको उनको भनाइ छ। उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
अपहरणमा परेका दुई युवकलाई भारतबाट उद्धार
|
एजेन्सी कम्बोडियाका बालबालिका जलवायु परिवर्तनका कारण उत्पन्न हुने असरको उच्च जोखिममा रहेको पाइएको छ।, विषेश गरेर उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षालगायतका विषयमा उनीहरूलाई हानी हुनसक्ने संयुक्त राष्ट्रसङ्घीय निकायले चिन्ता व्यक्त गरेको हो ।, कम्बोडियामा आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)का अधिकारीहरूले विश्वभरीको तथ्याङ्क हेर्दा कम्बोडिया पनि उच्च जोखिममा रहेको जानकारी दिएका हुन् ।, जलवायु परिवर्तनले बाल अधिकारमा पार्नसक्ने असरसम्बन्धी अध्ययन प्रतिवेदनमा कम्बोडिया उच्च जोखिमको ४६औँ अग्रस्थानमा रहेको युनिसेफका प्रतिनिधिहरूले उल्लेख गरेका छन् ।, उनीहरूका अनुसार प्रतिवेदनमा १६३ देश तथा क्षेत्रहरूको अध्ययन विवरण समावेश गरिएको छ । कम्बोडियाका बालबालिकामा पानी, वायु, माटोलगायत मार्फत हुने असरको खतरा खढी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।, बालबालिका उच्च जोखिममा रहे पनि जोखिम न्यूनीकरण गर्नका लागि अपनाउनु पर्ने उपाय तथा कामहरूका लागि पर्याप्त लगानी भने नभएको उनीहरूले जनाएका छन् ।, जोखिम कम गर्न शिक्षा, स्वास्थ्य, खानेपानी, जनचेतना, सरसफाइ, पोषण, सामाजिक सुरक्षालगायतका क्षेत्रमा लगानी पर्नुपर्ने विज्ञहरूको भनाइ छ। ,(रासस/सिन्ह्वा,
जलवायु परिवर्तनबाट कम्बोडिया बालबालिका धेरै प्रभावित हुने
|
रासस अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् । , अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार गर्न मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । , कार्यदलको आज सातौँ बैठक बसेको जानकारी दिँदै परराष्ट्र मन्त्रालयले उद्धार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रसँगको समन्वय, उद्धारपछिको स्वदेश फिर्ती आदिको अद्यावधिक विवरण एवं पछिल्लो अवस्थाका बारेमा छलफल भएको हो । उद्धारका लागि सूचीकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्धार भई सुरक्षित स्थानमा पुगेकाको विवरण रुजु गरी उद्धार हुन बाँकीको विवरण अद्यावधिक गरिएको छ । उद्धार हुन बाँकी व्यक्तिको विवरण स्थानगत रूपमा अद्यावधिक गरी उद्धारका लागि उद्धार उडान गरिरहेका मित्र राष्ट्रसँग सहकार्य र समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । , काबुलमा नागरिक उड्डयन सेवाको हवाई जहाज आगमन अवतरण खुली नसकेकोसमेत मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले उपलब्ध गराइएको अनलाइन पोर्टल भाइबर, ह्वाट्सएपमा आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ । रासस,
अफगानिस्तानबाट ५०४ नेपाली स्वदेश फर्किए, ३५६ जनाकाे उद्धार हुन बाँकी
|
एजेन्सी भारतमा सरकार बनाएको विज्ञहरूको एउटा टोलीले आगामी अक्टुबरमा कोरोनाभाइरसको तेस्रो लहर उत्कर्षमा पुग्ने र तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने निष्कर्ष निकालेको छ।, टाइम्स अफ इन्डियाका अनुसार नेशनल इन्स्टिच्युट अफ डिजास्टर म्यानेजमेन्टअन्तर्गत बनेको उक्त विज्ञ टोलीले आफ्नो प्रतिवेदन प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा बुझाएको छ।, विज्ञहरूले तेस्रो लहरको सामना गर्न बच्चाहरूका डाक्टर, अन्य मेडिकल स्टाफ, भेन्टिलेटर, एम्बुलेन्स र अरू स्वास्थ्य सामग्रीको अहिलेदेखि नै प्रबन्ध गर्न सुझाव दिएका छन्। अहिले भएको जनशक्ति र स्वास्थ्य सामग्री तेस्रो लहर धान्न पर्याप्त नहुने उनीहरूको भनाइ छ।, विज्ञहरूले बच्चाहरूलाई पनि कोरोना खोप लगाउन जोड दिनु पर्ने बताएका छन्। भारतमा अहिलेसम्म बच्चाहरूलाई कोरोनाको खोप लगाउन थालिएको छैन।, वयस्क मानिसहरूले पनि कोरोनाको खोप लगाउने क्रम निकै सुस्त भएकाले तेस्रो लहरले धेरै क्षति गर्न सक्ने विज्ञहरूले बताएका छन्।, यसअघि पनि अक्टुबरमा भारतमा कोरोनाको तेस्रो लहर उत्कर्षमा पुग्ने कुरा विभिन्न अध्ययनहरूले देखाउँदै आएका थिए। सरकारले बनाएको विज्ञ टोलीका सदस्यहरू पनि सोही कुरामा सहमत भएका हुन्। विज्ञहरूले तेस्रो लहरमा आउने कोरोनाको नयाँ भेरियन्ट पनि निकै संक्रामक हुने बताएका छन्।, केही महिनाअघि भारतमा कोरोनाको दोस्रो लहर फैलिएको थियो। भारतमै उद्गम भएको डेल्टा भेरियन्टले भारतमा पहिलो लहरभन्दा निकै बढी क्षति पुर्याएको थियो। दोस्रो लहरका बेला भारतमा एकैदिन ४ लाखभन्दा बढी संक्रमित थपिएका थिए।, भारतमा अहिलेसम्म ३ करोड २४ लाख ४८ हजार मानिसलाई कोरोना संक्रमण भएको छ भने तीमध्ये ४ लाख ३४ हजारले ज्यान गुमाएका छन्। अहिले पनि भारतमा दैनिक २० हजार बढी संक्रमित थपिन्छन् भने सयौंले ज्यान गुमाइरहेका छन्।, ,
भारतीय विज्ञ टोलीको निष्कर्ष: अक्टुबरमा कोरोनाको तेस्रो लहर उत्कर्षमा, बच्चाहरू बढी प्रभावित
|
सेतोपाटी संवाददाता झापामा एकै परिवारका तीन जनाको शव फेला परेको छ।, कनकाई नगरपालिका वडा नम्बर १ सिर्जना टोलमा सोमबार बिहान तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ।, ३४ वर्षका रविन विक, उनकी श्रीमती २९ वर्षकी मुना विक र आठ महिनाकी छोरी रूविना विकको शव फेला परेको प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बताए।, उनीहरूले आत्महत्या गरेको आशंका छ। यसबारे प्रहरीले विस्तृत अनुसन्धान सुरू गरिसकेको जनाएको छ।,
झापामा एकै परिवारका तीन जनाको शव फेला
|
सेतोपाटी बेनी नगरपालिका-३ भकिम्लीको दूधेखोलामा आज बिहान बाढीले एक घर बगाएको छ।, बाढीका कारण ४५ घर जोखिममा परेका छन्। भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सीमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनाका साथै जोखिम बनाएको हो। , वडा नं ३ भकिम्लीका वडा सदस्य गेमप्रसाद घर्तीले बाढीले बगाएर दिपा पुनको घर पूर्ण क्षति भएको जानकारी दिए।, ‘नारायण पुन र तिलाराम थापाका घर उच्च जोखिममा छन्’, उनले भने, ‘दूधेखोलाको दाँयाबायाँ किनारमा रहेका ४५ घरधुरी भएको बस्ती नै बाढीको जोखिममा परेको छ।’, नारायणको गोठमा बाँधेको दुहुना भैंसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ। , करिब सात सय मिटरको दूरीमा बाढीले बस्तीतर्फ कटान गरेको छ। कोप्रेतर्फ पनि कटानको जोखिम छ। बाढीका कारण बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका चार वडालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–बरङजा सडक अवरूद्ध भएको छ। , सडक अवरूद्ध हुँदा भकिम्ली, सुर्केमेला, बास्कुना, थामडाँडा र बरङजा सिधायातायात सम्पर्क विच्छेद भएको छ।, सो क्षेत्रका किसानलाई बेनीमा दूध ढुवानी गर्न समस्या भएको छ। खानेपानी र सिँचाइका पाइप बाढीले बगाएको छ। हल्लेगौंडाको पहिराका कारण दूधेखोला-हल्लेगौंडा-डाडाँखानी हुँदै भकिम्ली जोड्ने सडक गत जेठदेखि नै अवरूद्ध छ। , दूधेखोलाको बाढीले म्याग्दी खोला बग्ने ठाउँलाई साँघुरो बनाउँदा तलाउ बनेको छ।, तलाउका कारण चुत्रेनीमा डुबान र कटानको जोखिम बढेको छ।, राति १ः०० बजे भूकम्प जाँदाको जस्तो कम्पन आएपछि घर बाहिर निस्किँदा बाढी आएको देखेको र सुरक्षित ठाउँमा गएर रात कटाएको स्थानीयबासी ओमबहादुर घर्तीमगरले बताए।,रासस,
बाढीले म्याग्दीमा एक घर बगायो, ४५ घर जोखिममा
|
रासस छोराका दुबै मिर्गौला फेल भएपछि कुन आमाको मन रुँदैन र? अहिले त्यस्तै भएको तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई।, २८ वर्षीय अनुप क्षेत्रीको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि उनको मुहारमा खुशी छैन। छोरालाई कसरी बचाउने भन्नेमा उनी चिन्तित छिन्। उनले छोरा बचाउनका लागि आफ्नो मिर्गौला दान गर्दै छिन्।, त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरेपछि उनको मिर्गौला छोरालाई प्रत्यारोपण गर्न मिल्ने भएको बुबा पदमबहादुर क्षेत्रीले बताए।, यसअघि प्रकाशित समाचार राष्ट्रिय समाचार समितिबाट लिइएको थियो। उक्त समाचारमा बिरामीका बुवा पदमबहादुरले छोराको मिर्गौला प्रत्यारोपण गर्न १२ देखि १५ लाख खर्च लाग्ने चिकित्सकले बताएको उल्लेख गरेका थिए।, त्रिवि शिक्षण अस्पतालका डाक्टर पवनराज चालिसेले भने अहिले सरकारी अस्पतालहरूमा मिर्गौला नि:शुल्क प्रत्यारोपण हुने बताएका छन्।, ‘सरकारले मिर्गौला प्रत्यारोपणका लागि साढे ४ लाख रुपैयाँ दिने गरेको छ। मिर्गौला प्रत्यारोपण हुने सबै सरकारी अस्पतालमा यो सुविधा छ। सरकारले दिने सबै रकम प्रत्यारोपणमा खर्च नभए हामी बचेको पैसा बिरामीलाई पोष्ट सर्जरीका लागि दिइदिन्छौं,’ डाक्टर चालिसेले भने।, डुम्रेस्थित एक कम्पनीमा काम गर्दैगर्दा अनुपका मिर्गौलामा समस्या आएको थियो। परीक्षण गराउँदा दुबै मिर्गौला फेल भएको पत्ता लागेको थियो। त्यसयता उहाँ नियमित डायलासिस गराउँदै आएका छन्।, स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले प्रत्यारोपणको सुझाव दिएका थिए।, अनुपका उपचारमा सघाउन विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गर्दै आएका छन्। हालसम्म आठ लाख रुपैयाँ सङ्कलन भइसकेको छ।, एक लाख सहयोग, अनुपको मिर्गौला प्रत्यारोपणका लागि शान्तिदीप युवा क्लबले रु एक लाख हस्तान्तरण गरेको छ।, व्यास–६ शिशाघाटस्थित युवा क्लबले सो सहयोग गरेको हो। क्लबको तर्फबाट सङ्कलित रु ९१ हजार, युवा सङ्घ व्यास नगरका संयोजक कृष्णकुमार श्रेष्ठको तर्फबाट रु पाँच हजार र आले फर्निचरका प्रोपाइटर केशर आलेबाट चार हजार गरी रु एक लाख पीडितलाई हस्तान्तरण गरिएको छ।, क्लबका अध्यक्ष सूर्यप्रसाद छिमालले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा रकम सङ्कलन गरिएको बताए। मिर्गौला पीडित अनुपको बारेमा जानकारी पाएपछि रकम सङ्कलन गरिएको र उक्त रकमले पीडितका उपचारमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन्। , *शीर्षक र समाचार सम्पादन गरिएको।,
२८ वर्षे छोरालाई मिर्गौला दान दिने तयारीमा आमा*
|
रासस प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ।, एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ।, यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।, राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ।, यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हांस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ।, प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ।, देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ।, कोरोनाका कारण भौतिक दूरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्था छ। भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ।, विकृतिका विरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही कू पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो।, संस्कृतिविद् सत्यमोहन जोशी विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्य व्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको बताउँछन्।, हास्य व्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ। जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन्।, गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ। सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ।, पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गरिन्छ। गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ।, सरकारले यस वर्ष पहिलोपटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायाई सार्वजनिक बिदा दिएको छ। गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा पनि सार्वजनिक बिदा दिइएको छ।,
आज गाईजात्रा मनाइँदै
|
सेतोपाटी संवाददाता जापान सरकारले अनुदानमा दिएको १६ लाख डोज अष्ट्राजेनेका खोप आइपुगेको सरकारले जनाएको छ।, जापान सरकारले विभिन्न चरणमा उक्त परिमाणमा खोप ल्याएको हो।, परराष्ट्र मन्त्रालयका अनुसार जापान सरकारले १६ लाख १४ हजार ७ सय ४० खोप उपलब्ध गराएको हो।, ‘कोरोना महामारी नियन्त्रण गर्न साथ र सहयोगका लागि जापान सरकार र जापानी नागरिकप्रति कृतज्ञ छौं’, सोमबार सबै खोप आएकोबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयले भनेको छ।, यो खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसिरहेकालाई दिने बताइएको छ।,
जापानबाट १६ लाख डोज नै अष्ट्राजेनेका खोप नेपाल आइपुग्यो
|
सेतोपाटी संवाददाता पोखरामा शनिबार साँझदेखि परिरहेको पानी अझै रोकिएको छैन। निरन्तर परिहेको पानी सडकमै बगेर सेती नदी वा फेवाताल पुग्छ। पोखराका ढल प्रणालीले आकाशे पानीको भल थेग्न सक्दैन।, पोखराको नदीपुर, चिप्लेढुङ्गादेखि बगेको पानी महेन्द्रपुल हुँदै सेती नदीमा जान्छ। शनिबार साँझपख पानी दर्केको बेला महेन्द्रपुल बजारको सडक भासिएको छ।, महेन्द्रपुलको सडक भासिदा संचारकर्मी सञ्जय मल्ल त्यहीं थिए। शुरुमा थोरै भासिएको सडक विस्तारै बढ्दै गएको उनले बताए।, ‘एउटा गाडी पार्किङ गरिराखेको थियो। त्यहाँ अगाडि सडकको भाग शुरुमा भासिएको हो, पछि बढ्दै गएर गाडी भएको ठाउँ वरिपरि पनि भासियो,’ उनले भने, ‘तत्काल गाडी निकालियो, नत्र गाडी नै भासिन्थ्यो।’, सडक भासिएपछि मल्लले पोखरा महानगर र जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए।, सडक भासिएको ठाउँमा एउटा विजुलीको पोल परेको छ। पोल गाडिएकै ठाउँमा सडक भासिएको हो। दुर्घटना हुन नदिन प्रहरीले शनिबार राती नै भासिएको खाडल पुरेको छ।, प्रहरी, महानगरको टोली र विद्युत प्राधिकरण पोखरा मिलेर खाडल पुरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।, महेन्द्रपुलमा बगेर आउने आकाशे पानीको भल पनि गए राति नै तर्काइएको छ। प्रहरी टोलीले भल तर्काएको हो। राती भासिएको खाल्डो पुरिए पनि बिहानसम्म भासिएको ठाउँ बढ्दै गएको स्थानीयले बताएका छन्।, उनीहरुका अनुसार सडक भासिएर फुटपाथतिर पनि बढ्दै गएको छ।,
पोखराको महेन्द्रपुलमा भासियो सडक
|
नवीन लामिछाने/ रासस मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ।, यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ।, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका क्रममा अनियमितता बढ्दो देखिएको हो। , नेपालको विकट जिल्ला मानिने मनाङको शैक्षिक गुणस्तर वृद्धि र सामुदायिक भवन निर्माण तथा अनुदानमा अनियमितता रहेको पाइएको छ।, महालेखा परीक्षकको कार्यालयद्वारा हालै सार्वजनिक गरिएको ५८ औं लेखा परीक्षण प्रतिवदेनमा आवश्यक कागजात तथा सकल बिल भरपाई पूरा नहुँदा यहाँ अनियमितता बढ्दै गएको पाइएको उल्लेख छ। , आर्थिक वर्ष २०७६/०७७ मा सदरमुकाम चामे गाउँपालिकामा रु दुई करोड २३ लाख ७५ हजार बेरुजु देखिएको छ। त्यसमध्ये असुल गर्नुपर्ने रु सात लाख ४२ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु २१ लाख ९३ र नियमित गर्नुपर्ने रु एक करोड ९४ लाख ४० हजार बेरुजु रहेको छ।, सो प्रतिवेदनमा गाउँपालिकाले लोकप्रिय माविको आवासीय भवन निर्माणका लागि रु ३९ लाख पेश्कीमा ६१ लाख ७५ हजार भुक्तानी गरेको पाइएको छ। , माथिल्लो मनाङ ङिस्याङ गाउँपालिकामा दुई करोड १० लाख १४ हजार बेरुजु देखिएको छ। यसमध्ये असुल गर्नुपर्ने रु ३८ लाख ९४ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु ४८ लाख ६८ हजार र नियमित गर्नुपर्ने रु एक करोड चार लाख ५२ हजार र पेश्की रु १८ लाख बेरुजु देखिएको छ।, महालेखा परीक्षणका अनुसार ङिस्याङले पनि विद्यालय अनुदानमा बढी भुक्तान गरेको र पेश्की फछ्र्योट नभएको देखाएको छ।, मनाङको प्रवेशद्वार नासो गाउँपालिकामा रु दुई करोड ३५ लाख ७६ हजार अनियमिता भएको पाइएको छ। यसमध्ये असुल गर्नुपर्ने रु १२ लाख ७१ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु एक करोड चार लाख २४ हजार, नियमित गर्नुपर्ने रु एक करोड १८ लाख ८१ हजार बेरुजु छ।, गाउँपालिकाले विद्यालय अनुदानमा रु ३० लाख ३१ हजार ४३० खर्च गरेकामा बिल भरपाई प्रतिवेदनमा पेश नभएको महालेखा परीक्षणमा देखिएको उल्लेख छ। नासोंको भ्रमण खर्चमा अनियमितता भएको प्रतिवेदनमा देखिएको छ। , त्यस्तै, हालसम्म पनि सडक सञ्जालले छुन नसकेको गाउँपालिका नार्पा भूमिमा रु दुई करोड ७३ लाख छ हजार बेरुजु भएको प्रतिवेदनले देखाएको छ। त्यसमध्ये असुल गर्नुपर्ने रु २० लाख ३८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु एक करोड दुई लाख ३० हजार, नियमित गर्नुपर्ने रु एक करोड ५० लाख आठ हजार बेरुजु देखिएको छ।, गाउँपालिकाले पेश्की फछ्र्योट तथा बेरुजु संपरीक्षण गर्नुपर्ने भए पनि नगरेको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। , विद्यार्थी नै नभएको विद्यालयका शिक्षकलाई तलब, विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक नियुक्त र तलबभत्ता वितरण गरिएको पाइएको छ।, महालेखा परीक्षणको ५८ औं प्रतिवदेनका अनुसार विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीको शिक्षक नियुक्त गरिएको पाइएको छ। , प्रतिवेदनमा विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीका शिक्षक नियुक्त गर्नुका साथै निकासा गरेको उल्लेख छ।, मनाङको फु आधारभूत विद्यालयमा बालविकासबाहेक अन्य विद्यार्थी छैनन् तर गाउँपालिकाले विद्यालयका दुई स्थायी र एक करार गरी तीन शिक्षकको तलबभत्ता लगायतका सुविधाका लागि वार्षिक रु १२ लाख ६५ हजार निकासा गर्दै आएको प्रतिवेदनमा पाइएको छ। , त्यस्तै, ङिस्याङ गाउँपालिकाअन्तर्गतको ङावल आधारभूत विद्यालयमा विद्यार्थी नै नभएको र विद्यालयका आठ स्थायी शिक्षकका लागि तलबभत्ता लगायतका सुविधा दिइएको प्रतिवेदनमा पाइएको छ।, शिक्षकको तलबभत्तासहितको सुविधाबापत गाउँपालिकाले वार्षिक रु ३५ लाख ८६ हजार निकासा गरेको प्रतिवेदनमा देखिएको छ।, यी र यस्तै कार्यले गर्दा स्थानीय तहमा बेरुजु बढ्दो देखिएको हो। ,
,
विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब!
|
नवीन लामिछाने/ रासस गत असार १ गते आएको बाढीपहिराले दुई महिनादेखि यहाँका जनता विद्युत् सेवाबाट वञ्चित भएका छन्। लघु जलविद्युतमा निर्भर रहेको जिल्लामा राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया थालिएको छ। , राष्ट्रिय प्रसारण लाइनमा बाढीले क्षति पुर्याएपछि दुई महिनादेखि विद्युतहीन बनेको छ। अहिले सरकारी कार्यालयसहित बैंक तथा वित्तीय संस्थाको काम सौर्य ऊर्जाबाट मात्रै चलिरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने बताए। उनका अनुसार सौर्य ऊर्जाले चलाइरहेकाले राष्ट्रिय प्रसारण लाइन मर्मत गरी विद्युत् आपूर्ति गर्न मर्मतको काम थालिएको छ। , सदरमुकाम चामेदेखि भ्राताङसम्म २०७७ माघमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् आपूर्ति भएको थियो। जिल्लामा लमजुङको मस्याङ्दी–५ घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सवस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी विद्युत् प्रसारण लाइन चामेको स्यार्कुस्थित सवस्टेसनमा जडान गरिएको थियो।, नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख इञ्जिनियर मिलन सुवेदीले लगातारको वर्षासँगै आएको बाढीपहिराले प्रसारण लाइन मर्मत कार्य थालिएको बताए। उनका अनुसार बाढीपहिराले प्रसारणमा एक करोड ७० लाख बराबरको क्षति पुगेको छ। बाढीले यहाँ जोड्ने राधी हाइड्रो–स्यार्कु ३३ केभी प्रसारण लाइनसहित स्याक्य्रु–चामे ११ केभी र भित्री भागमा ४०० भोल्टका पोल तथा तारमा समेत क्षति पुगेको सुवेदीले जानकारी दिए। , बाढीपहिराले ३३ केभी लाइनको ८.४ किलोमिटरका ११६ खम्बा र ५.६ किलोमिटरको ११ केभी लाइनका ८८ खम्बामा क्षति पुर्याएकोे छ। चार सय भोल्टका ५१ खम्बामा क्षति पुगेको सुवेदीले बताए। बाढीपहिराका कारण विभिन्न ठाउँमा सडक बगाएकाले खम्बा गाड्ने मार्गको पहिचान गर्न सकिएको छैन। , अहिले बेंसीशहरदेखि तालसम्मको बाटो खुलेसँगै नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाले खम्बा, तार र अन्य निर्माण सामग्री व्यवस्थापन गरी निर्माणस्थलसम्म ढुवानीको प्रक्रिया थालेको प्रमुख सुवेदीले बताए। उनले लाइनमा प्रयोग हुने इन्सुलेटरलगायत अन्य सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले प्रक्रिया सुरु गरिएको जानकारी दिए। , लाइन मर्मत कार्य सुरू भइसकेकाले अबको एक महिनामा सम्पन्न भई जिल्लामा विद्युत् आपूर्ति गरी बिजुली बल्ने उनले बताए। नासों गाउँपालिका–१ तालगाउँबाट मर्मत सुरु गरेर स्याक्यू, चामे हुँदै भ्राताङसम्म लाइन मर्मत गरिने प्राधिकरणले जनाएको छ।,
दुई महिनादेखि अवरुद्ध मनाङको विद्युत् मर्मत सुरु
|
सेतोपाटी संवाददाता वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। कोरोना संक्रमण भएर लामो समयदेखि उपचाररत थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा निधन भएको जीवन थापाले जानकारी दिए।, अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो। , ६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए। केही ठूला पर्दाकाचलचित्र र विज्ञापनमा पनि उनी देखिँदै आएका थिए।, थापाका श्रीमती, एक छोरो र एक छोरी छन्।,
हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन
|
सेतोपाटी संवाददाता भागेर काठमाडाैंको सडकमा आतंक मच्याउन थालेपछि एउटा राँगोलाई प्रहरीले गोली चलाएर मारेको छ।, बिहीबार राति करिब १० बजेपछि कालिमाटी रामघाटस्थितबाट एउटा राँगो दौडेर सडकमा निस्किएको थियो। सवारीसाधन तथा मानिसहरूलाई हान्दै गएपछि राँगोलाई गोली हान्नुपरेको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।, बधशालामा ट्रकबाट राँगोलाई ओराल्ने क्रममा भागेको प्रहरीले जनाएको छ।, त्यसरी सडकमा आएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीले राति नै थप क्षति नपुर्याओस् भन्दै पछि पछि लखेटेको थियो।, राँगोले कालिमाटी प्रहरीको एउटा गाडीमा समेत क्षति पुर्याएको थियो।, टेकूबाट दौडिएको राँगो सुरूमा त्रिपुरेश्वर-थापाथली हुँदै माइतीघर पुग्यो। त्यहाँको प्रहरीले साइरन बजाएर लखेटेपछि फेरि राँगो सोही बाटो फर्किएको थियो।, फेरि टेकु पुगेर परोपकार, बसन्तपुर, भीमसेनस्थान हुँदै क्षेत्रपाटी पुगेको थियो। त्यहाँको चोकमा पुगेपछि भने प्रहरीले घेरेर गोली चलाएको हो। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले एसएलआर बन्दुकबाट चार राउन्ड गोली चलाएर मारेको थियो।, यसबाट ठूलो जनधनको क्षति भने नभएको प्रहरीले जनाएको छ। ,
राँगोले काठमाडौंको सडकमा आतंक मच्चाएपछि गोली हानेर मारियो
|
सेतोपाटी संवाददाता झापामा चरित्र हत्या हुनेगरी भिडिओ खिचेको आरोपमा प्रहरीले युट्युबरसहित तीन जनालाई पक्राउ गरेको छ। , होटलमा खाजा खाँदै गर्दा युट्युबरले अनुमति बिना कोठा भित्र प्रवेश गरी भिडिओ खिचेको आरोपमा प्रहरीले तीन जनालाई शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।, गत मंगलबार राति आठ बजे बिर्तामोड नगरपालिका वडा नम्बर ३स्थित सिमाना होटलको कोठामा खाजा खाँदै गर्दा युट्युबर खगेन्द्र घिमिरेलगायत केही व्यक्तिहरू त्यहाँ पुगेका थिए। , उनीहरू एक्कासी होटलभित्र अनाधिकृत रूपमा प्रवेश गरी, गालीगलौज गरी बिना अनुमति भिडिओ बनाएका थिए।, त्यसरी भिडिओ खिचेर खगेन्द्रले युट्युबमा हालेका थिए।, शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी परेपछि अभद्र व्यवहारको मुद्दामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। प्रहरीले युट्युबर घिमिरे, हेमराज भट्टराई र सुवास कार्कीलाई पक्राउ गरेको हो। , यसमा संलग्न थप व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ,
,
खाजा खाइरहेका व्यक्तिहरूको अनुमति बिना भिडिओ खिचेर हैरानी दिने युट्युबरसहित तीन पक्राउ
|
सेतोपाटी संवाददाता नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ। अहिले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेकाे छ ।, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, प्रदेश- १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।, राति देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश- १ र बागमती प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।, मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।,
देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा
|
सेतोपाटी अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कनेक्रम जारी छ। , आज जजिरा एयरको कुवेत-काठमाडौं नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन्। , हालसम्म ४६१ नेपाली काठमाडौं आइपुगेका तथा थप नौ जना नियमित उडानबाट आज राति आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।, उद्धार भई स्वदेश आएकाहरूमा काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा काम गर्नेहरूका अतिरिक्त अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेका केही छन्। , काठमाडौँ आइपुगेकाहरूलाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको ‘होल्डिङ सेन्टर’मा स्वास्थ्य मापदण्डानुसार कोभिड-१९ को परीक्षणलगायत प्रक्रियागत काम सम्पन्न गरी आवश्यक व्यवस्थापन भएको उक्त मन्त्रालयले बताएको छ।, ‘कन्सुलर’ सेवा विभागको ‘वेब पोर्टल’मा आज साँझ ५ बजेसम्म ३१० नेपालीले आफ्नो विवरण दर्ता गराएका उक्त मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेले जानकारी दिए।, अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्तीको व्यवस्था प्रभावकारी तुल्याउन सरकारले गठन गरेको उद्धार कार्यदलका संयोजक घिमिरेका अनुसार उद्धार कार्यको सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा दर्ता भएका, नेपाल राजदूतावास, नयाँदिल्लीबाट प्राप्त विवरण तथा ‘सिचुएसन सेन्टर’ मा नाम टिपाएका नेपालीलाई सम्पर्क गरी उनीहरू हाल रहेको स्थानअनुसार समूह सूची तयार गरेर काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूलाई उपलब्ध गराई उनीहरूको उद्धारमा आवश्यक सहकार्य र समन्वय भइरहेको छ। ,रासस,
,
अफगानिस्तानबाट नेपाली फर्कनेक्रम जारी, थप १६५ फर्किए
|
नारायण खड्का रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढिन्।, बस चढेपछि धर्माकुमारीले त्यसको जानकारी श्रीमानलाई दिइन्।, बाँकेको नेपालगञ्जमा रहेका श्रीमान दलबहादुर बटालासँग सल्लाह गरि उपचारका लागि भनेर धर्माकुमारी नाबालक छोराको साथ बस चढेकी थिइन्।, साउन ४ गतेदेखि नेपालगञ्जमा बस्दै आएका दलबहादुर बिल्डिङ सम्बन्धी ठेक्कापट्टाको काम गर्छन्। , ‘घरमा आमा छोरा मात्रै बस्थे। उपचार गर्न नेपालगञ्ज जाने भनेर धर्माकुमारीले घर धन्दाको काम बिहीबार दिउँसो सबेरै सकिन्। आफू फर्केर नआउँदासम्म घर रेखदेख गरिदिने आफन्त र छरछिमेकलाई मिलाइन्’, दलबहादुरले भने, ‘भिडियो एक्सरे गर्दा पनि मेरो नर्मल अवस्था देखाएको छ, भन्ने गर्थिन्।’, श्रीमान दलबहादुरका अनुसार धर्माकुमारीले जिल्लाकै अस्पताल र मेडिकलमा उपचार गराएकी थिइन्। केही दिन पहिले मात्रै सल्लेका मेडिकल पुगेर उपचार गराएकी थिइन्। उनीहरुकै सल्लाहमा औषधि सेवन गरिरहेकी थिइन्। तर, विशेक भएन। त्यसैले श्रीमान दलबहादुरले थप उपचारका लागि नेपालगञ्ज बोलाए। दलबहादुरका अनुसार धर्माकुमारी मुटुको बिरामी थिइन्। प्रेसर हाइ र लो हुने समस्या पनि थियो।, त्यसअगाडि उनले उपचारका लागि झन्डै चार लाख खर्चिएका थिए।, ‘उनको माइती डडेलधुराबाट पनि उपचारमा सहयोग भएको हो र मैले पनि श्रीमतीको उपचार गर्दै आएको थिएँ,’ दलबहादुरले भने।, श्रीमती धर्माकुमारी र नाबालक छोरा बसमा चढेपछि दलबहादुर निरन्तर सम्पर्कमा थिए। बस छेडा भन्ने ठाउँमा आएपछि खाना खाए। ‘मैले श्रीमतीसँग आधा घन्टा जति फोन गरेँ,’ दलबहादुरले भने, ‘उनले आफू सामान्य अवस्थामा रहेको र आरामले यात्रा गरिरहेको हुँदा चिन्ता नगर्न भनिन्।’, धारापानी भन्ने ठाउँमा दलबहादुरले फेरि श्रीमती धर्माकुमारीलाई फोन गरे। त्यतिबेला पनि धर्माकुमारीले श्रीमान दलबहादुरलाई आफ्नो अवस्था सामान्य रहेको र आरामले यात्रा गरिरहेको तथा बसमा अरुपनि मानिसहरु रहेको हुँदा चिन्ता नगर्न आग्रह गरिन्। त्यसपछि फोन सम्पर्क हुन सकेन। रात छिप्पीसकेको हुँदा दलबहादुर पनि श्रीमतीलाई शुक्रबार बिहान नेपालगञ्जमा भेट्ने मिठो कल्पनाका साथ सुते।, राडीहुँदै जाजरकोट, सुर्खेत, बर्दियाको बाटो भएर कोहलपुर पुग्न सकिन्छ। बेलुका साढे ५ बजे हिँडेको गाडी अर्कौ दिन बिहान साढे ५-६ बजेतिर मात्रै कोहलपुर पुग्न सक्छ। दुरी झन्डै पौने तीन सय किलोमिटर रहेपनि सबै पहाडी भूभाग पर्ने हुँदा यात्रा कठिन र ढिलो हुन पुग्छ।, धर्माकुमारी चढेको बसमा उनकै सिटको अर्को सिटमा २७ वर्षीय अर्जुन केसी पनि यात्रारत थिए। धर्माकुमारी छोरासँगै बसेकी थिइन्।, वान्ता हुन थालेपछि धर्माकुमारीले केसीसँग पोलेथिनको झोला मागिन्। त्यसपछि उनले आफूलाई अगाडिको सिटमा बस्ने प्रबन्ध मिलाई दिन केसीलाई आग्रह गरिन्। केसीले आफू बसेको झ्याल नजिकको २ नम्बर सिट धर्माकुमारीका लागि छोडिदिए। सिटमा आमा छोरा एक्लै बसे। केसी १ नम्बर सिटमा एक्लै बसे।, बोटेचौर भन्ने ठाउँमा आइपुगेपछि धर्माकुमारीले दुई/तीन पटक वान्ता गरिन्। तर, उनी त्यसपछि सामान्य अवस्थामा सिटमा बसिन्।, मध्यरात भइसकेको थियो। बस आफ्नै गतिमा अगाडि बढिरहेको थियो। सबै यात्रु निदाए जस्तै वातारण थियो। बर्दियाको हरिया लेक आइपुग्दा एकाएक ३२ महिनाका किरण बटला रोएको आवाज केसीले सुने।, ‘यसो फर्केर मैले हेर्दा बच्चा सिटदेखि तल खसेको मैले देखे,’ केसीले भने, ‘त्यसपछि म लगाएत अरूले धर्माकुमारीलाई उठाउन खोज्यौं, तर उहाँ हलचल गर्नुभएन।’, धर्माकुमारी बसको सिटमै कहिलै नउठ्ने गरि चीर निन्द्रामा सुतिसकेकी थिइन्। उनको अवस्थाले बसमा यात्रारत सबै दुःखी र निराश बने। कतिले नजिकै बबईमा उपचारका लागि मेडिकलमा तत्काल लैजान सल्लाह गरे। तर, त्यहाँ पनि मेडिकल बन्द भइसक्ने हुँदा बरू छिटो कोहलपुर पुर्याउने सबैले सल्लाह गरे। धर्माकुमारीकी गाउँकै अर्की एक महिला पनि बसमा सवार थिइन्। उनैले धर्माकुमारीको मृत शरीर सिटमै बसेको अवस्थामा समातेर यात्रा गरिन्।, बच्चा रोइरहेको हुँदा केसीलगाएत बसमा यात्रारत अरू यात्रुहरुले पालैपालो समाते।, शुक्रबार बिहान श्रीमतीलाई सकुशल नेपालगञ्जमा स्वागत गर्ने प्रतिक्षमा बसेका दलबहादुर एकाबिहानै श्रीमतीलाई सदाको लागि गुमाउनु परेको खबर सुन्दा छाँगाबाट खसेझैं भए।, उनी पौने ६ बजेतिर गाडी लगेर बस आउने ठाउँ कोहलपुरको दश बिगाहा पुगे।, छोरा बुवा देखेर अलि शान्त बन्यो। तै रोइरहेको छोरालाई चुम्बन गर्दै त्यहाँ आफन्तको जिम्मा लगाएर उनले अस्थित भइसकेकी श्रीमती धर्माकुमारीलाई तत्कालै त्यही नर्सिङ स्टाफ बोलाएर चेकजाँच गर्न लगाए। ‘अब उहाँको सम्भावाना छैन,’ भन्ने वाक्यले उनका आँशु झरे। तै उनले गाडी दौडाउन लगाएर नेपालगञ्जस्थित भेरी अस्पतालमा पुर्याए।, धर्माकुमारीलाई आइसियूमा राखिएको छ। ‘मृत्यु भइसकेको भए पनि मैले माइतीको बाटो कुरेको छु,’ दलबहादुरले भने, ‘जेठान आर्मी हुनुहुन्छ, उहाँ नेपालगञ्ज आइसक्नुभएको छ र आज बाँकी अन्तिम संस्कारको कामहरु गर्नेछौं।’, ‘म कस्तो अभागि रहेछु, पहिलाको श्रीमतीले छोडेर अर्कैसँग गइ र अहिलको श्रीमतीले कलिलै उमेरमा सदाको लागि छोडेर गइन्,’ दलबहादुरले भने, ‘पहिलाको श्रीमतीको ७ वर्षीय छोरा विवेक म सँगै छ र अब अहिलेको यो अनाथ ३२ महिनाको किरणलाई मैले के गरी सम्झाउने होला ?’, यात्राकै क्रममा धर्माकुमारीको मृत्यु पछि किरण धेरै रोएको हुँदा उनलाई फुल्याउन अरु यात्रुले आमाको काखमा राखेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको छ।, यो तस्बिर बसमा यात्रारत कुनै यात्रुले खिचेर सामाजिक सञ्जालमा राखेपछि त्यसलाई सयौं फेसबुक प्रयोगकर्ताले सामाजिक सञ्जालमा राखेका छन्।,
बसमा यात्रारत् आमाको मृत्युपछि नाबालक छोरालाई फुल्याउन उनकै काखमा राखिदिएको एउटा भावुक तस्बिर
|
सेतोपाटी संवाददाता साढे चार किलो चरेससहित कञ्चनपुरबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धनगढी उपमहानगरपालका-७ का २१ वर्षीय किशोर सिंह, कृष्णपुर नगरपालिका-२ का ३६ वर्षीय गणेश भण्डारी र बझाङ छबिसपाथीभेरा गाउँपालिका-५ का ३२ वर्षीय झलक जाग्री रहेका छन्।, कृष्णपुरका गगन धामीको घरमा पाहुना आएका तीन जना व्यक्तिले चरेसको कारोबार गरिरहेको सूचनाका आधारमा शुक्रबार अपराह्न प्रहरीको टोली त्यहाँ पुगेको थियो।, घरमा तलासी लिँदा चार किलो ४९० ग्राम चरेस फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।, तिनै जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको उनले बताए।, यसअघि प्रहरीले बुधबार भीमदत्त नगरपालिका-१२ ऐरीबाट २० वर्षीय सुदर्शन भारतीलाई १४ ग्राम ब्राउनसुगर र नगदसहित पक्राउ गरेको थियो।,
पाहुना आएका व्यक्ति साढे चार किलो चरेससहित पक्राउ
|
सेतोपाटी अत्यावश्यकीय सेवा क्षेत्रका व्यवसायीले कोभिड-१९ विरूद्धको खोप पाएका छन्।, खाद्य, किराना, तरकारी, फलफूल, ग्यास, दूध, माछामासु, होटल व्यवसायीलगायतले खोप लगाएका हुन्। कसैले पूर्ण मात्रा पाइसके भने कोही दोस्रो खोपको प्रतीक्षामा छन्।, उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले छ सयभन्दा बढी व्यवसायीले खोप लगाइसकेको बताए।, ‘व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा खोप लगाउन पाउने प्रबन्ध गरिएको छ’, उनले भने, ‘सञ्चालकलाई मात्र नभएर व्यवसायमा आबद्ध कर्मचारी र कामदारका लागि पनि खोप माग गरेका छौं।’, अत्यावश्यक सेवामा संलग्न व्यवसायीलाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराइएको अध्यक्ष राजभण्डारीको भनाइ छ।, संघले जिल्ला खोप समन्वय तथा अनुगमन समितिसँग मिलेर व्यवसायीलाई खोप दिलाउन पहल गरेको थियो।, यसअघि होटल तथा रेष्टुराँ व्यवसायी सङ्घलगायत व्यवसायीका सङ्घ सङ्गठनले खोप पाउनुपर्ने माग गर्दै आएका थिए।, पहिले छुटेका अत्यावश्यक सेवामा संलग्न व्यवसायीलाई आजदेखि खोप लगाउन थालिएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए।, सञ्चालकको व्यवसाय दर्ता प्रमाणपत्र र सक्कल नागरिकताका आधारमा खोप दिइएको उनको भनाइ छ।, व्यवसायीसँगै पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिलाई यही भदौ ८ र ९ गते दोस्रो खोप लगाइने भएको छ। , यस्तै, खोप लगाउन छुटेका वित्तीय संस्थाका कर्मचारी, स्नातक र स्नातकोत्तर तहको परीक्षामा सहभागी हुने विद्यार्थी तथा कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो खोप लगाउन बाँकी ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई पनि खोप दिन सुरू गरिएको छ।, यहाँका सबै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालित छ।, स्वास्थ्य कार्यालयका खोप सुपर भाइजर राजु खत्रीका अनुसार हालसम्म ५९ हजार ९३५ ले पहिलो र ४७ हजार ९०७ ले खोपको दुवै मात्रा लगाएका छन्।, अझै करिब एक लाख जनसङ्ख्यालाई खोपको पहुँचमा ल्याउन बाँकी रहेको सुपरभाइजर खत्रीको भनाइ छ।, खोप अभियानकै बीचमा कोरोना सङ्क्रमणको जोखिम बढेपछि जिल्लामा अहिले कडा निषेधाज्ञा छ। गत साउन २८ गतेदेखि जारी निषेधाज्ञाका कारण अत्यावश्यकबाहेकका सबै सेवा क्षेत्र, बजार, व्यवसाय र यातायात बन्द छन्। ,रासस,
अत्यावश्यकीय सेवा क्षेत्रका व्यवसायीले पाए खोप
|
सेतोपाटी सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन्। , जिल्लामा गत वर्षको फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको थियो। त्यस्ता हालसम्म ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका हुन्।, स्वास्थ्य बीमा बोर्ड लहानका दर्ता अधिकारी पशुपति नारायण चौधरीका अनुसार सिरहामा २८ हजार ९५७ पुरुष र २८ हजार २१६ महिला गरी कूल ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन्। , कार्यालयमा बीमा दर्ताका लागि थप करिब १० हजार आवेदन आइसकेको र अब ती सबै आवेदन दर्ताको तयारी भइरहेको दर्ता अधिकारी चौधरीले जानकारी दिए। बीमा गराएकामध्ये हालसम्म सिरहामा करिब १२ हजार बिमितले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएको जनाएको छ। , यस्तै, विगत एक वर्षदेखि लागू भएको सप्तरीमा २४ हजार १८५ जनाले बीमा गराएको छ।, सप्तरीमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बीमा बोर्ड लहान शाखाले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितको नाम दर्ताको कार्य गर्दै आएको छ।, प्रत्येक वडामा एक/एक सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुका साथै बीमा गराउनेको नाम दर्ताको कार्य भइरहेको चौधरीले बताए।, सहजकर्तामार्फत दर्ता भएको वीमितको नामलाई प्रत्येक तीन/तीन महिनामा कम्प्युटरमा दर्ता गर्ने गरिएको र अहिले नाम दर्ता हुने बीमितले बीमा सेवा पाउने गरेको दर्ता अधिकारी चौधरीको भनाइ छ।, पाँच जनाको परिवारले वार्षिकरूपमा प्रतिपरिवारले तीन हजार ५०० को प्रिमियम तिरे स्वास्थ्य उपचारबापत वार्षिक रु एक लाखसम्मको स्वास्थ्य उपचार गराउन पाइने व्यवस्था छ।, पाँचभन्दा बढी सदस्य भएका परिवारका थप प्रतिसदस्यले वार्षिक रु ७०० का दरले प्रिमियम तिर्नुपर्ने र सुविधा थैलीमा रु २० हजार थपिने जनाएको छ। ,रासस, ,
सिरहामा ५७ हजार १८८ जनाले गराए स्वास्थ्य बीमा
|
सेतोपाटी संवाददाता जापानबाट दुई लाख ८ हजार ६० डोज अष्ट्राजेनेका खोप नेपाल आएको छ।, जापा सरकारको सहयोगमा कोभ्याक्समार्फत् उक्त खोप शनिबार बिहान नेपाल आइपुगेको हो।, स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार कतार एयरलाइन्सबाट खोप आएको हो।, यसअघि जापानबाट ८ लाख ४७ हजार ३२० डोज खोप आएको थियो। जापान सरकारले १६ लाख डोज खोप नेपाललाई दिने छ।, अब बाँकी रहेको खोप सोमबारसम्ममा नेपाल आइपुग्ने सचिव पोखरेलले बताए।, पहिलो खोप लगाएर बसेका ६५ वर्षमाथिका जनतालाई यो खोप लगाइने उनले बताए। शनिबार आएको खोप प्रदेश १ र २ मा जाने उनले जानकारी दिए।,
जापानबाट आइपुग्यो अष्ट्राजेनेकाको दुई लाख डोज खोप, प्रदेश १ र २ का ६५ वर्षमाथिकालाई लगाइने
|
सेतोपाटी संवाददाता प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएयताको पाँच हप्तामा ४८ लाखभन्दा बढीले कोरोनो विरूद्धको खोप लगाएका छन्।, कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो प्राथमिकता नै जनतालाई नि:शुल्क खोप दिलाउने घोषणा गरेका थिए। , उनी प्रधानमन्त्री भएयता गत बिहीबारसम्ममा ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरूद्धको खोप लगाएका छन्।, त्यसअघि झण्डै ३६ लाखले मात्रै कोरोना विरूद्धको खोप लगाएका थिए भने अहिले खोप लगाउनेको संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ। , त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन्। , त्यस्तै, ३७ लाख ८ हजार ६ सय ८८ जनाले पहिलो डोज लगाएका छन्। अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको छ भने पहिलो डोज लगाउने १६ दशमलव ८ प्रतिशत छन्। , देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै डोज खोप लगाउनेको संख्या ३ दशमल ९ प्रतिशतमात्रै थियो भने पहिलो डोज खोप लगाउनेको संख्या ९ दशमलव १ प्रतिशतमात्रै थिए। , पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको संख्या झण्डै दोब्बर पुगेको छ। , सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोना विरूद्धको खोप नि:शुल्क लगाउने घोषणा गरेको छ।, चैत मसान्तसम्म खोप लगाउने सबै जनतालाई नि:शुल्क खोप दिलाउने प्रधानमन्त्री देउवाको तयारी छ। ,
गत पाँच सातामा ४८ लाख बढीले लगाए कोरोनाको खोप, दुवै डोज लगाउनेको संख्या १३ प्रतिशत पुग्यो
|
सेतोपाटी संवाददाता बिचौलियाको काम गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा विराटनगर-८ अमरटोलका १८ वर्षीय प्रद्युम्न राय र २३ वर्षीय आनन्दकुमार साह रहेका छन्।, उनीहरूलाई प्रदेश १ प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।, विराटनगरका विभिन्न अस्पतालमा आउने बिरामीलाई झुक्याएर उनीहरूले आफ्नो सम्पर्कमा रहेका क्लिनिक तथा अस्पतालमा पुर्याउने गरेको आरोप छ।, ‘यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन’ भन्ने बहाना बनाएर बिरामी तथा आफन्तहरूलाई झुक्याउने गरेको प्रहरीले जनाएको छ।, ‘आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिक साथै फार्मेसीमा पनि औषधी किन्न बाध्य बनाउने गरेको पाइएको छ,’ मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले भने।, दुबैलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान थालिएको उनले बताए।,
बिचौलियाको काम गरेको आरोपमा विराटनगरबाट दुई जना पक्राउ
|
तारानाथ आचार्य शुक्रबार बिहान बिरामी आमालाई उपचार गराउन कुश्मीशेराबाट धौलागिरि अस्पतालतर्फ लागेका उमाकान्त चापागाईं झण्डै पाँच घण्टा फुर्से खोलामा रोकिए। निरन्तर झरिरहेको पहिराका कारण सडक बन्द थियो। उनीजस्तै जिल्लाको दक्षिणबाट बिरामी बोकेर आएका सवारी साधनको लस्कर खोलावारि थियो। , बिरामी छटपटाइरहेका देखिन्थे। निरन्तर बगिरहेका गेगरको चोट लाग्ने त्रासले हिँडेर पहिरो पार गर्न पनि कठिन थियो। कुश्मीशेराकै खाद्यान्न व्यवसायी अशोक आचार्य तीन दिनदेखि खाद्यान्न बोकेको पिकअप भ्यानसहित खोला छेउमै थिए।, पानी र चाउचाउ खाएर उनले तीन दिन बिताए। बागलुङ बजार र पोखराबाट बिरामी तथा अत्यावश्यक कामका मानिस लिएर आएका सवारी साधन अर्कोतर्फ लामबद्ध थिए।, फुर्सेमा बुधबार राति खसेको पहिराका कारण कालीगण्डकी करिडोर अवरूद्ध भएको थियो।, पहिरो पन्छाउने प्रयास भए पनि निरन्तर खसिरहेकाले त्यहाँ सवारी साधन सञ्चालन गर्न निकै कठिन भएको छ।, बागलुङ नगरपालिका–१३ स्थित पैंयुपाटाको फुर्सेमा खसेको पहिराले दक्षिण क्षेत्रका सर्वसाधारणले सास्ती खेप्दै आएका हुन्।, ‘देख्दा अचम्म लाग्छ, माथि समथर ठाउँ पनि बगेर पहिरो भएको छ’, पैंयुपाटाका भवानीप्रसाद रिजालले भने, ‘कुन दिन के दुःखद् कुरा सुन्नुपर्ने हो, दक्षिणका मान्छेले असाध्यै दुःख पाए।’, कालीगण्डकी करिडोरको ट्रयाक खोल्ने क्रममा खोला छेउको पहाड फोड्नका लागि पड्काइएका बमका कारण जमिन कमजोर भएर निरन्तर पहिरो आएको हुनसक्ने स्थानीयबासीको गुनासो छ।, यो वर्षको मनसुन सुरू भएयता दक्षिणका गाउँ कैयौं पटक सडक सम्पर्कविहीन भएका छन्।, थोरै वर्षा हुँदासमेत फुर्सेखोला र एक्लेसालमा आउने पहिराका कारण करिडोर अवरूद्ध हुने गरेको छ।, ‘अन्तबाट सवारी साधन चलाउने विकल्प छैन, भएका सडक सधैं यस्तै’, सवारी चालक लोकनाथ शर्माले भने, ‘बजार पुगे गाउँ फर्किन पाइन्छ या पाइन्न, गाउँ पुगे बजार जान पाइन्छ कि पाइँदैन भन्ने त्रास छ।’, बागलुङ कुश्मीशेरा सडक पनि ठाउँ-ठाउँमा अवरूद्ध भएका कारण सर्वसाधारणलाई दुःख भएको उनले बताए। , सडक डिभिजन कार्यालयले करिडोर सञ्चालनका लागि निरन्तर पहिरो पन्छाउने काम भइरहेको जनाएको छ।, ‘हामीले खबर पाउनेबित्तिकै पहिरो रोक्न स्काभेटर पठाउने गरेका छौं’, निमित्त प्रमुख मुकुन्द लामिछानेले भने, ‘हेबी इक्युपमेण्ट पोखराबाट मगाएर निरन्तर पहिरो पन्छाइए पनि खस्ने काम नरोकिएकाले काम गर्नसमेत कठिन भएको छ।’, शुक्रबार सडक डिभिजनको स्काभेटरसमेत मर्मत गर्नुपर्ने भएपछि बागलुङ नगरपालिकाले अर्को स्काभेटर लगाएर सडक खुलाएको थियो।, करिडोरमा खसिरहेको पहिराका कारण नगरपालिकाको बलेवा र जैमिनी तथा बरेङ गाउँपालिकाका बासिन्दाले मनसुन अवधिभर सडकको सास्ती खेप्न बाध्य हुँदै आएका छन्। ,रासस,
'बजार पुगे गाउँ, गाउँ पुगे बजार जान पाइन्छ कि पाइँदैन भन्ने त्रास छ'
|
रमेश गिरी मध्यपुरथिमि नगरपालिका-८ र ९ बाडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीन दिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत द्यो प्याँख अर्थात् नीलबाराही नाच यस वर्ष राति मात्रै सञ्चालन हुने भएको छ।, दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच यही भदौ ८ देखि ११ गतेसम्म मनाउने तयारी गरिए पनि कोरोना सङ्क्रमणको जोखिम बढेपछि गत वर्ष जस्तै यस वर्ष पनि राति मात्रै सञ्चालन गर्ने निर्णय भएको हो।, कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले वडा नं ८ र ९ का वडाध्यक्षसहित स्थानीयवासीको बैठकले नाचलाई यस वर्ष राति मात्रै सञ्चालन गर्ने निर्णय गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।, विगतका वर्षमा राति र दिउँसो टोलटोलमा नाच देखाउने र स्थानीयले पूजा पनि चढाउने परम्परा रहे पनि यस वर्ष भने मूल पूजा गर्ने, टोलटोलमा राति नाच देखाए पनि स्थानीयवासीले पूजा नचढाउने र नाच राति मात्रै सञ्चालन गर्ने निर्णय भएको उनले बताए।, नाच सञ्चालनमा नगरपालिकाले सहयोग गर्ने बताउँदै उनले राति नाच सञ्चालन गर्दा बाहिरबाट आउने दर्शक रोकिने र स्थानीयवासीको उपस्थिति पनि कम हुने बताए। वर्षौंदेखि जस्तोसुकै अवस्थामा पनि नरोकिएको यो नाच यस वर्ष पनि नरोक्ने तर दिउँसो सञ्चालन नगर्ने निर्णय भएको हो।, कोरोना सङ्क्रमण रोक्न सबैले सचेत हुनुपर्ने बताउँदै उनले देवगणदेखि नाच सञ्चालनमा जोडिने व्यक्ति र स्थानीयवासीलाई पनि सङ्क्रमणबाट जोगिन र जोगाउन सचेतना अपनाउन आग्रह गरे।, हरेक वर्ष गाइजात्राको भोलिपल्ट रातिदेखि सुरू गरी मनाइने यो नाच बोडेमा राति, बिहान र दिउँसो टोलटोलको चोकचोकमा देखाइने परम्परा रहँदै आएको छ। बोडेको अखाः द्यो छेँबाट सुरु हुने यो नाच नारायणथान लाछी, लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुनः अखाः द्यो छेँमा पुगेर समापन गरिने परम्परा छ। नाच प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा नीलबाराही देवीको नाच देखाउने परम्परा रहेको स्थानीय बताउँछन्। , देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगण रहेको यो नाचमा ६ गुरु, १९ देवताका सहयोगी, धाँ, भुस्याहा, का, बौचा बाजा बजाउने ९ लगायतका विभिन्न सहयोगी गरी ११५ धाँ बाजा बजाउने गरिन्छ। नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नुहने र जुत्तासमेत लगाउन नहुने नियम छ। , नाचमा देवगणले मुकुण्डो लगाएर घण्टाँैसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि कहीँ बस्न पाइँदैन, बस्नैपरे पनि ज्वकालु अर्थात् सहयोगीको काखमा वा जिउमा अडेसलगाएर बस्नुपर्छ। नाचको अगाडि र पछाडि बाल्ने चिराग अर्थात् बत्ती पनि निभ्नु हँुदैन भन्ने मान्यता छ। नाच देवता घरबाट निकालिन्छ। नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णीमासम्म नाचको तयारी गरिन्छ। जसलाई नेवारी भाषामा ‘प्याखा स्यनेगु’ भनिन्छ। नाच सिकाउँदा ताः लगायतको बाजा बजाइने परम्परा छ। नेपाल संवत् ६३३ मा राजा भुवन मल्लले भक्तपुरमा दुर्भक्ष भएका कारण भक्तपुरमा नवदुर्गा नाच, थिमिमा भैरव नाच र बोडेमा नीलबाराही नाच सुरु गर्नुभएको भन्ने वंशावलीमा उल्लेख गरिएको छ।, पौराणिक कथाअनुसार खेतमा काम गर्न गएका बोडेका एक किसानलाई नीलबाराही देवीले स्यालको भेष धारण गरेर लगेर, नीलबाराही जङ्गलमा लगेर तान्त्रिक नृत्य सिकाउनु भएको भन्ने जनविश्वास छ। देवीस्वयंमले सिकाउनुभएको नाच नै लिच्छवीकालदेखि अहिलेसम्म पनि स्थानीय बासिन्दाले विभिन्न देवदेवीको भूमिका निर्वाह गरेर प्रदर्शन गर्दै आइरहेका छन्।, नीलबाराही देवीले स्यालको रूप धारण गरेर स्थानीय किसानलाई लगेकाले त्यसबेलादेखि नै ती व्यक्तिको सन्तानलाई ध्वँ (स्याल) श्रेष्ठ भन्ने गरिएको मान्यता छ। त्यस्तै नीलबाराही देवीले किसानलाई नाच सिकाएको ठाउँ अझै पनि नीलबाराही जङ्गलमा छ। रासस,
कोरोना कहर : भक्तपुरको नीलबाराही नाच राति मात्र सञ्चालन
|
सेतोपाटी अविरल वर्षाका कारण आएको बाढीपहिराले मनाङ आवतजावत गर्ने स्थलमार्ग अवरूद्ध छ।, गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले तल्लो र माथिल्लो मनाङलाई जोड्ने स्थलमार्ग अवरूद्ध भएको हो। यसले तल्लो र माथिल्लो मनाङको सम्बन्धविच्छेद भएको छ। , माथिल्लो मनाङसँग जोडिने जोखिमपूर्ण स्थलमार्ग अवरूद्ध भएपछि आवतजावत पूर्णरूपमा बन्द भएको छ।, धेरै स्थानमा सडक सञ्जालबाट छुटिएको मनाङलाई जोड्नका लागि नयाँ ट्रयाक बनाउन थालिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।, ‘मनाङको लाइफलाइनका रूपमा रहेको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा नयाँ ट्रयाकसहितको भिरको कटान भइरहेको छ, यो भिरमा ट्रयाक निर्माण भएपछि माथिल्लो मनाङसँग जोडिनेछ’, सडक डिभिजन कार्यालय लमजुङका इञ्जिनियर सुमन अधिकारीले भने।, तल्लो र माथिल्लो मनाङ जोड्ने सडकखण्डअन्तर्गत सबभन्दा अप्ठ्यारो र अति जोखिमपूर्ण रहेको तलेखु–भ्राताङ भिरमा बाढीपहिराले सडक पूर्णरूपमा क्षति भएको छ। , यस भिरमा सडक निर्माण भएपछि माथिल्लो र तल्लो मनाङ आवतजावतमा सहज हुने उनले बताए।, माथिल्लो मनाङका मानिस सामान्य बिरामी भएको अवस्थामा समेत चामेस्थित स्वास्थ्य कार्यालय मनाङसम्म ल्याउन मुस्किल रहेकाले यस सडक मर्मतपश्चात् यहाँ सहज यात्रा गर्न सकिने उनले बताए।, ‘अन्य समयमा पनि जोखिम मानिएको यस खण्डमा बाढीपहिराले धेरै जोखिम बढाएको छ, बम प्रहार गर्नका लागि ड्रिलिङको काम भइरहेको छ, नेपाली सेनाले उक्त क्षेत्रमा चट्टानलाई कोपेर र बम प्रहार गरी बाटो निर्माणको काम गरिनेछ’, इञ्जिनियर अधिकारीले भने। , यहाँ चट्टानलाई कोपेर केही भित्रपट्टिबाट सडक सञ्जाल बनाइएको छ।, उनका अनुसार उक्त क्षेत्रमा सडक निर्माणका लागि ड्रिलिङको काम सकिएपछि बम हानेर सडक निर्माण गरिनेछ। , सडक निर्माणका लागि चट्टानमा प्वाल बनाउने कार्य भइरहेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए।उनका अनुसार सडक सञ्जाल जोड्नका लागि अन्य स्थानमा जेसिबीको प्रयोगबाट खन्ने कार्य भइरहेको छ।, बेंसीशहर–चामे सडकअन्तर्गतको बेंसीशहरबाट माथि २२ किमी सडक खुलाइसकिएको छ।, त्यस्तै, चामेबाट माथिल्लो क्षेत्रमा पनि सडक खुलाइसकिएको छ भने तलेखु–भ्राताङ भिरको सडक बन्ने प्रक्रियामा छ। , उक्त सडक मर्मतका लागि गृह मन्त्रालयमार्फत सेनाको हेलिकप्टरबाट इन्धन ल्याइएको थियो।, जेठ १४ मा चामेमा सडक विच्छेद भएको थियो। तर पुनः गत असार १ गते आएको बाढीपहिराले मनाङका धेरै स्थानमा सडक पूर्णरूपमा क्षति भएका छन्।, अहिले उक्त क्षेत्रमा नेपाली सेनाले पहाड फोडेर सडकको नयाँ ट्रयाक निर्माण भइरहेको इञ्जिनियर अधिकारीले जानकारी दिए। , बाढीपहिराको क्षति पुर्याएको सडकको अध्ययन अवलोकनपछि नयाँ सडक निर्माण गर्ने प्रस्ताव भएबमोजिम मर्मत थालिएको हो।, बेंसीशहर–चामे सडकखण्ड १०७ किलोमिटर रहेको छ। सडकअन्तर्गत केही स्थानमा नयाँ ट्रयाक पनि खुलाउने प्रयास भइरहेको जनाइएको छ। ,(रासस),
नयाँ ट्रयाक बनाएर जोडिँदै चामेदेखि माथिल्लो मनाङ
|
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले धेरै जना एकै ठाउँमा जम्मा भएर जात्रा मनाउँदा कोभिड संक्रमण फैलन सक्ने भन्दै महानगरभित्र मनाइने जात्रा र अन्य चाडपर्वहरू प्रतिकात्मक रुपमा मनाउन आग्रह गरेको छ।, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा सरोकारवालाहरूको सहभागितामा बसेको बैठकले उक्त निर्णय गर्दै नागरिकलाई यस्तो आग्रह गरेको हो।, नगरप्रमुख महर्जनले महानगरभित्र मनाइने सबै प्रकार जात्राहरू पुजारी र सीमित संख्यामा सहभागी भएर मनाउने निर्णय गरेको जानकारी दिए।, उनले भने, ‘प्रतिकात्मक रुपमा नित्य पूजा गरी सम्पन्न गर्ने निर्णय गरिएको छ।’, नगरप्रमुख महर्जनले कोभिडबाट नागरिकलाई जोगाउन महानगरले यो निर्णय हो।, नगरप्रमुख महर्जनले भने, ‘कोभिड सकिएपछि हामी धूमधामसँग मनाउने छौं।’, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, सिंह जात्रा, (मत्यां जात्रा), भिन्द्यो जात्रा, कुम्भेश्वर मेला लगायतका जात्रा पर्वहरू क्रमश: सुरू हुँदैछन्।, नगरप्रमुख महर्जनले कोभिड नियन्त्रणमा नागरिकको भूमिका महत्वपूर्ण हुने बताउँदै घरबाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य रुपमा गर्न अनुरोध गरे।,
ललितपुर महानगरले भन्यो- जात्रा र पर्वमा भिडभाड नगर्नू
|
सेतोपाटी संवाददाता नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले महिनामा २ दिन : २ घन्टा मेरो, राष्ट्रका लागि अभियान सञ्चालन गरेको छ।, सोही अभियान अन्तर्गत संघले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाइ कार्यक्रम गरेको हो।, पिपुल्स भोलेन्टियरका इन्चार्ज सन्दीप राईको नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।, बिनाझन्डा र ब्यानर प्रयोग गरी युवा संघको पिपुल्स भोलेन्टियरले १५ दिनअघि टिचिङ हस्पिटलबाट सरसफाइ कार्यक्रम सुरू गरेको थियो। उक्त अभियानको निरन्तरतासहित टियुमा पनि सरसफाइ कार्यक्रम गरिएको संघले जानकारी दिएको छ।, सबै तस्बिर: सन्दीप राई,
'पिपुल्स भोलेन्टियर'को टियु परिसरमा सरसफाइ कार्यक्रम
|
डा. धर्मागत भट्टराई हामी कुनै बच्चा बिरामी हुनासाथ नजिकको औषधि पसल गएर अनावश्यक एन्टिबायोटिक लगायतका औषधि ल्याएर खुवाउने गरेका छौं। यो सरासर गलत हो। , बिना आवश्यक सकेसम्म हामीले कुनै पनि एन्टिबायोटिकको प्रयोग नगर्नु राम्रो हुन्छ। यदि गर्नै पर्ने भए चिकित्सकको सल्लाहबाहेक अनावश्यक औषधि खुवाउनु हुन्न।, यद्यपी डाक्टरको परामर्स बिना चाहिनेभन्दा बढी मात्रामा औषधि खुवाइरहेको देख्न सकिन्छ। यसमा सबैभन्दा बढी दुरूपयोग भएको औषधिमा एन्टिबायोटिकनै पर्छ। , भाइरसको कारणले सामान्य रूघा वा ज्वरो आएका बच्चालाई एन्टिबाइटिकले मार्दैन त्यस्तो अवस्थामा पनि एन्टिबायोटिकको प्रयोग गरेको देखिन्छ। थुप्रै व्यक्तिले डाक्टरको परामर्स बिना कुनै मेडिकलमा गएर कुनै एन्टिबाइटिक प्रयोग गर्ने र मेरो बच्चालाई एन्टिबायोटिक प्रयोग नगरी सञ्चै हुन्न भन्ने भ्रम देखिन्छ। यो राम्रो पक्ष होइन।, यस्तो बेलामा बच्चालाई कुन इन्फेक्सन भएको हो त्यो थाहा पाएर मात्र औषधि दिनुपर्छ। ब्याक्टेरियल हो कि भाइरल हो भन्ने कुरा चिकित्सकले परामर्स पछि मात्र भन्न सक्छन् र यस्तो अवस्थामा बच्चालाई अनावश्यक रूपमा एन्टिबायोटिकको भार बोकायौं भने त्यसले बच्चाको शरीरमा त असर पर्छ नै तपाईँको खर्च पनि फजुल हुन्छ।, यी एन्टिबायोटिकले जुन ब्याक्टेरिया मार्थे, ती ब्याक्टेरिया रेसिस्टेन्ट हुन पुग्छन् त्यसैले आफ्नो र समाजको लागि एन्टिबायोटिक दुरूपयोग राम्रो होइन। , जस्तो बच्चामा हुने ७० प्रतिशत झाडापखाला भाइरलको कारणले हुन्छ। भाइरसहरू एन्टिबायोटिकले मर्दैनन्। तर हामीले सामान्य रूपमा देखेको के छ भने औषधि पसलमा गयौं भने त्यहाँ जीवनजल, जीन चक्की जस्ता पखाला लाग्दा दिनैपर्ने कुरा नदिएर २-३ वटा एन्टिबायोटिक दिएको पाइन्छ यो सरासर गलत हुरा हो। यसबाट बच्चालाई हानी मात्र पुग्छ। , औषधि पसलबाट आफैंले बिना डाक्टरको परामर्स ल्याइने औषधि आवश्यक छ कि छैन, त्यसको बास्तविक जरूरत छ कि छैन, त्यसले बालबालिकामा प्रयोग गर्दा कतिको असर गर्छ भन्ने कुरा बुझेर मात्र प्रयोग गरेमा औषधिको नकारात्मक प्रयोगबाट बच्न सकिन्छ। अनावश्यक औषधिको प्रयोगबाट बच्चाको प्रणालीगत असर पर्ने र उसको वृद्धि र विकासमा थुप्रै कुरामा असर पुग्छ।, अनावश्यक औषधि सेवन हानिकारक हुनसक्छ। तसर्थ सामाजिक सञ्जालमा भाइरल भएका स्रोतविहीन ‘औषधि प्याकेज’ मेसेजको आधारमा भन्दा कुनै आधिकारिक वेबसाइट (जस्तै पबमेड, डब्ल्युएचओ, सिडिसी आदि) या चिकित्सकबाट भनिएका या परामर्श लिइएका कुरामात्र मानौं। खतराका संकेत आएमा स्वास्थ्य संस्था जाउँ। जथाभावी औषधि सेवन नगरौं।, बालबालिका र किशोर किशोरीमा अनावश्यक औषधिको प्रयोगले गर्ने हानी र सही औषधि कसरी छनोट गर्ने भन्ने विषयमा हामीले बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराईसँग भिडिओ कुराकानी गरेका छौं।,
बच्चा बिरामी हुँदा औषधिको गलत प्रयोग हानिकारक हुनसक्छ (भिडिओ)
|
सविता बुढा डडेल्धुरा परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको हत्या भएको दुई महिना बढी समय बितिसकेको छ। हत्यारा भने पत्ता लाग्न सकेको छैन।, सोही वडामा रहेको जमरानी स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगीको रूपमा कार्यरत उनको कोरोना खोप पुर्याउन जोगबुढा जाने क्रममा बाटोमा हत्या भएको थियो।, गत असार २ गते कोरोना खोप पुर्याउन हिँडेकी अस्मिता तीन दिनपछि ५ गते हट्वानी सामुदायिक वनमा विभत्स रूपमा हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन्।, उनको पोष्टमार्टमापछि पनि हत्या भएको रिपोर्टले पुष्टि गरेको थियो।, घटनापछि जिल्ला, संघीय प्रहरी इकाई कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) का विज्ञ टोली घटनास्थलमा पुगेका थिए।, उनीहरूले १५ देखि २० दिनसम्म घटनास्थलको अनुगमन र घटनाको अनुसन्धान गरे।, घटनाको सुरूमा प्राथमिकताका साथ प्रहरीले अनुसन्धानको पाटोलाई अगाडि बढाए पनि अहिलेसम्म हत्याराको अत्तोपत्तो लाग्न नसक्दा अस्मिताका आफन्त भने यतिबेला डर र आक्रोशमा छन्।, अस्मितालाई न्याय देऊ, हत्यारालाई सार्वजनिक गर, भन्दै उनीहरूले भदौ १ देखि बिहीबार नाराबाजीसहित आन्दोलन गर्दै प्रशासन अगाडि कालोपट्टि बाँधेर धर्नामा बसेका थिए।, ‘अस्मिताको केस निर्मला पन्तको जस्तो नहोस् भनेर हत्यारा सार्वजनिक गर्न दबाब दिइरहेका छौं,’ अस्मिताका कान्छा ससुरा नरबहादुर धामीले भने।, उनले प्रहरीले सुरूमा प्राथमिकता दिएर अनुसन्धान गरे पनि दुई महिना समय बित्दा हत्यारा सार्वजनिक नगरेपछि कतै न्याय नपाइने हो कि ? भन्ने आशंका मान्नु परेको बताए।, ‘न्याय नपाइने हो कि ? भन्ने आशंकाले हामीले हिजो अस्ति हत्यारा छिटो सार्वजनिक गर्न दबाबस्वरूप धर्ना कार्यक्रम गरेका थियौं, हामी डराएका छौं, अब घटनालाई नलम्ब्याओस् भन्ने हाम्रो चाहना हो’, उनले भने।, उनले अस्मिताको न्यायका लागि पहिलो चरणको आन्दोलन गरेपछि दोस्रो चरणको आन्दोलनको मिति भने सारिएको बताए।, यसअघि अस्मिताको न्यायका लागि उनका आफन्त भदौ १ देखि ३ गतेसम्म प्रशासनमा कालोपट्टि बाँधेर धर्ना कार्यक्रममा बसेका थिए।, ४ गते शान्तिपूर्ण तरिकाले ऱ्याली निकाल्ने ५ गते परशुराम नगरपालिकाका सम्पूर्ण कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम तय भएको थियो।, प्रहरी प्रशासनले १० देखि १५ दिनपछि ल्याबको रिपोर्ट आएपछि हत्यारा सार्वजनिक गर्नेछु भनेपछि थप आन्दोलनका कार्यक्रम मिति सारिएको बताए।, ‘प्रहरीले १५ दिनमै हत्यारा सार्वजनिक गर्छौं, भनेपछि अहिले तत्काल आन्दोलन नगर्ने पक्षमा छौं, यदि १५ दिनभित्र हत्यारा सार्वजनिक गरेन भने, फेरि दबाब स्वरूप अस्मिताको न्यायको लागि आवाज उठाउने छौं, उनले भने।, जमरानी स्वास्थ्य चौकीका इन्चार्ज रमेश बोहराले सहकर्मीको हत्यारालाई प्रहरीले छिटो सार्वजनिक गर्न आफूहरूले पनि दबाब दिइरहेको बताए।, उनले अस्मिताका ठाउँमा उनका श्रीमान अमरले स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको काम गरिरहेको बताए।, आफन्तको मागअनुसार नगरपालिकाले अस्मिताको ठाउँ उनका श्रीमानलाई जागिरमा राखिएको उनले बताए।, ‘नियुक्ति दिएको ७ दिन भयो, उनी काममा आउन थालेको चाहिँ २० दिन जति भयो’ उनले भने।, अस्मिताका पाँच वर्षीय र साढे २ वर्षकी दुई छोरी छन् घटनापछि परिवार शोकमा डुबेको छ। छोरीहरूलाई पालनपोषण आमाको कमी भइरहेको छ।, उनका श्रीमान् अमरलाई अस्मितालाई गुमाउन परेको पीडा एकातिर छ, अर्काेतिर उनले अहिलेसम्म न्याय नपाएकोमा छ।, ‘उनको ठाउँमा काम गरिरहेको छु, मनले उनले न्याय छिटो पाओस् भन्ने भन्छ, न्याय पाए अलि मन शान्त हुन्थ्यो, घरमा रहेका छोरीहरूलाई मैले सम्हाल्न गाह्रो भएको छ’, उनले भावुक हुँदै भने।, अस्मिताले स्वास्थ्य चौकीमा काम गर्न थालेको करिब ३ वर्ष पुग्नै लागेको थियो। उनका श्रीमान अमर भने ७ वर्षदेखि भारतको बैंगलुरूमा काम गर्दै आएका थिए। कोरोनापछि भने उनी घर फर्केका थिए।, काम गर्नेक्रममा अस्मिताले प्राण त्याग्नु परेकाले उनी कार्यरत सो आधारभुत स्वास्थ्य केन्द्र उनकै नामबाट नामाकरण गर्नुपर्ने आफन्तको माग छ।, साथै, आमाको माया सधैंका लागि गुमाएपछि उनका छोरीहरूको शिक्षाको ग्यारेन्टी राज्यले लिनुपर्ने पनि परिवारको माग छ।,
सबभन्दा महत्वपुर्ण माग अस्मितालाई छिटो न्याय दिलाउन पर्ने माग आफन्तको हो।, यस विषयमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले ल्याब रिपोर्ट कुरिरहेको बताए।, ‘हामीहरू अनुसन्धानको क्रममा छौं, अहिले ल्याबको रिपोर्टलाई पनि कुरिएका छौं’ उनले भने ‘ज्यानसम्बन्धी मुद्दाको २० वर्ष अनुसन्धानको समय हुन्छ। काम गर्दै जाने हो, घटनाको छिट्टै पनि अनुसन्धान पूरा हुन्छ, २० वर्ष पनि लाग्न सक्छ समय आएपछि हामीहरू हत्यारालाई सार्वजनिक गर्छाैं।’,
अस्मिता हत्याकाण्ड: प्रहरीले '१५ दिनमै हत्यारा सार्वजनिक गर्छौं' भनेपछि तत्काल आन्दोलन नगर्ने पक्षमा आफन्त
|
सेतोपाटी संवाददाता प्रहरीले पर्साबाट सात जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका-२ का ४० वर्षीय मनोज रानामगर, ३५ वर्षीय अनिल सहनी, ४० वर्षीय किशोर सहनी, ५० वर्षीय भरत सहनी, छिपहरमाई गाउँपालिका-१ का ५२ वर्षीय शेखर महतो र ५१ वर्षीय रामेश्वर कुशवाह छन्।, प्रहरीका अनुसार उनीहरूमध्ये महतो र कुशवाह चरेस कारोबारको मुद्दामा फरार थिए।, रानामगर ज्यान मार्ने उद्योग र अन्य सवारी ज्यान मुद्दामा फरार थिए।, उनीहरूलाई पोखरिया तथा एकटाँगाबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, यसैगरी, प्रहरीले अपहरण तथा शरीरबन्धक मुद्दाका फरार वीरगन्ज नगरपालिका-२९ का ४० वर्षीय बुधनराम चमारलाई शनिबार पक्राउ गरेको छ।, २०७३ सालमा अदालतले उनलाई ९ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना सुनाएयता फरार थिए।, भारतीय नागरिक रितेश कुमारलाई अपहरण गरी फिरौती रकम मागेको प्रकरणमा उनीमाथि मुद्दा चलेको थियो।,
पर्साबाट सात जना फरार प्रतिवादी पक्राउ
|
सेतोपाटी अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन्।, गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन्।, अफगानिस्तानमा विद्रोही तालिवान राजधानी काबुल प्रवेश गरेपछि नेपालसहित विभिन्न मुलुकका नागरिक स्वदेश फर्किरहेका छन्।, गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले भदौ १ गतेदेखि आजसम्म झण्डै ६०० नेपाली अफगानिस्तानबाट स्वदेश फर्किएको जानकारी दिए।, आज बिहान मात्रै दुई उडानमा क्रमशः २७ र ९ गरी ३६ नेपाली स्वदेश फर्किएका छन्।, आज राति पनि केही सङ्ख्यामा नेपाली स्वदेश फर्किने उडान तालिका रहेको छ।, स्वदेश फर्किएका नेपाली चार्टर्ड उडान तथा नियमित उडानमार्फत आएका हुन्।, अफगानिस्तानबाट काठमाडौं आएका नेपालीलाई गृह मन्त्रालयसँगको समन्वयमा नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेर कोभिड–१९ परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने व्यवस्था मिलाइएको छ।, नेपाली सेनाले सामाखुसी र इचङ्गुनारायणमा होल्डिङ सेन्टर बनाएको छ।, हालसम्म नेपाल फर्किएकालाई सामाखुसीको होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको र आवश्यक परेमा मात्रै अर्को होल्डिङ सेन्टरमा लगिने नेपाली सेनाले जनाएको छ।, सरकारले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै (साउन ३२ गते भएको मन्त्रिपरिषद् बैठकले) नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको थियो।, उक्त बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक ढङ्गले काम गर्न निर्देशन दिएको थियो।, अफगानिस्तानको विकसित घटनाका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उनीहरुको उद्धार गर्न सरकारले साउन ३१ गते परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो।, कार्यदलमा मध्यएशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख एवं अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सोसरहका सदस्य रहेका छन्।, रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकिन गरी आवश्यक समन्वय तथा उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलन गर्न कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ।, अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ।, यस्तै उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ । आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न बैठकले आग्रह गरेको छ।, काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली सङ्घ, जापान तथा संयुक्त राष्ट्रसङ्घको कार्यालयलाई औपचारिक पत्राचार गरेको थियो। ,रासस,
अफगानिस्तानबाट एक सातामा फर्किए ५२२ नेपाली
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार ७५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ७ हजार ७०३ जनाको पिसिआर र ५ हजार ३७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार ३८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप ३० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ।, हाल सक्रिय संक्रमित ३९ हजार ३ सय २१ छन्।, संक्रमितमध्ये काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा १०३ संक्रमित थपिएका हुन्।, ,
थपिए २ हजार ७५ संक्रमित, निको भए २ हजार ३८२
|
सेतोपाटी इलाका प्रशासन कार्यालय रामपुरमा नेपाली नागरिकता बनाउनेको घुइँचो बढेको छ।, तीन महिनासम्म प्रमुखविहीन रहेको कार्यालयमा एक महिनाअघि जिल्ला प्रशासन कार्यालयबाटै टोली खटाएर सेवा दिन थालेपछि सेवाग्राहीको चाप बढ्न थालेको हो।, त्यहाँबाट हाल दैनिक ७० देखि ९० वटासम्म नागरिकता वितरण हुँदै आएको छ।, जिल्लाबाटै टोली खटाइएकाले मौका छोपेर सेवाग्राहीले नागरिकता बनाउने गरेका हुन्।, रामपुर नगरपालिकामा राष्ट्रिय परिचय पत्र बनाउन थालिएकाले पनि नागरिकता बनाउने बढेका छन्।, विगतमा दैनिक २५ वटासम्म नागरिकता दिइने गरेकामा अहिले दैनिक ९० वटासम्म नागरिकता दिन थालिएको कार्यालयले जनाएको छ।, कार्यालय प्रमुखको व्यवस्था नहुँदासम्म जिप्रकाले गत साउन ७ गतेदेखि बिहीबार र शुक्रबार हप्तामा दुई दिन प्रशासकीय अधिकृत खटाएर सेवा दिँदै आएको हो। , साउन २० गतेदेखि राष्ट्रिय परिचय पत्र दिन थालिएकाले २१ गतेदेखि जिप्रकाको टोलीले यहाँ नियमित बसेर सेवा दिँदै आएको र शुक्रबारसम्म नौ सय नागरिकता जारी गरिएको निमित्त प्रमुख यज्ञश्वर पन्थीले जानकारी दिए। , सेवाग्राहीको भीड बढेकाले जिप्रकाबाट प्रशासकीय अधिकृतसहित एक नायब सुब्बा र नगरपालिकाबाट एक खरिदार पनि परिचालन गरिएको छ। , अहिले अत्यधिक सिफारिससहित निवेदन परेकाले समयमै नागरिकता जारी गर्न समस्या हुँदा सेवाग्राहीले पालो कुर्नु परेको छ।, आउँदो भदौ १८ गतेसम्मका लागि पुग्ने गरी निवेदन सङ्कलन भइसकेको कार्यालयले जनाएको छ।, नयाँ र प्रतिलिपि लिने सेवाग्राहीको सङ्ख्या धेरै रहेको पाइएको छ।,
,
टोली आएर सेवा दिन थालेकाले यही मौकामा छोरीको नागरिकता बनाइदिएको नगरपालिकाको कार्यापालिका सदस्य सावित्रा गौतमले बताइन्।, ‘पहिले नै छोरीको नागरिकता बनाउनुपर्ने थियो, वर्षायाममा सदरमुकाम तानसेन जान पनि समस्या थियो, यहीँ आएको मौका पारेर नागरिकता बनाइयो, आफ्नै ठाउँबाट सेवा पाउँदा धेरै राहत भएको छ,’ उनले भनिन्।, नगरपालिकासहित निस्दी गाउँपालिकाको वडा नं १,२,३,४,५ तथा ६ र पूर्वखोला गाउँपालिका–१ सिलुवाका नागरिकले सेवा लिँदै आएका उक्त कार्यालयबाट नागरिकता, द्रुत गतिको राहदानी सिफारिस, जनजाती प्रमाणित, नाबालक परिचय पत्र, संस्था नवीकरणलगायत काम हुँदै आएको छ। , राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य सक्कल प्रमाणपत्र चाहिने भएकाले जिप्रका जल्नुअघि नै नागरिकता बनाएर हराएका र उमेर पुगेर पनि विविध कारणले छुटेकाले पनि नागरिकता बनाएका छन्।, नागरिकताको फोटो नचिनिने तथा अन्य विवरण मिलाउनु पर्दा समय लागेकाले कार्यालयमा दैनिक भिड हुने गरेको छ। , (रासस),
,
रामपुरमा नागरिकता लिनेको घुइँचो
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ६६७ कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा १०३ संक्रमित थपिएका हुन्।, त्यसैगरी हाल काठमाडौं उपत्यकामा ११ हजार ४ सय ३६ सक्रिय संक्रमित छन्।, काठमाडौंमा ७६६३, भक्तपुरमा १४८१ र ललितपुरमा २२९२ सक्रिय संक्रमित छन्। , पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, १३ हजार ७५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ७ हजार ७०३ जनाको पिसिआर र ५ हजार ३७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार ३८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप ३० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ।,
काठमाडौं उपत्यकामा थपिए ६६७ संक्रमित, सक्रिय ११ हजार बढी
|
सेतोपाटी संवाददाता मलंगवा नगरपालिका-११ ठूलो पल्सी बस्ने ३० वर्षीय समसुद्दिन अन्सारीलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।, अन्सारी र उनकै दाजुबीच वादवावाद भई झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्प र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी त्यहाँ पुगेको थियो।, सम्झाइबुझाइ गर्ने क्रममा समसुद्दिनले कम्मरमा भिरेको गोली लोड भएको अवस्थामा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।,
कटुवा पेस्तोलसहित सर्लाहीमा एक जना पक्राउ
|
सेतोपाटी संवाददाता सूर्यविनायक नगरपालिका‐४ दधिकोटस्थित तर्खगालमा रहेको दुई सय वर्ष पुरानो राधाकृष्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ।, पुनर्निर्माण प्राधिकरणको रु ४८ लाख ६२ हजार एक सय ७० को लागतमा पुरातत्व विभाग तथा दरबार हेरचार कार्यालय भक्तपुरले पुनर्निर्माण सम्पन्न गरेको उक्त मन्दिरको आज भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गरेका हुन्। , सो अवसरमा उहाँले सूर्यविनायक नगरपालिका क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहँदा यस्तो ऐतिहासिक एवं पुर्खादेखिको सम्पदाले पुनर्जीवन पाउँदा पर्यटकलाई थप आकर्षित पार्ने बताए।, उनले भक्तपुरमा महाभूकम्पले ढालेका र जीर्ण बनाएका अधिकांश मठमन्दिर, सम्पदा र सत्तलहरु छिटो पुनर्निर्माण गर्न आफूले चालेको अभियान तथा पहलले सार्थकता पाएको बताए।, उनले भने, ‘भूकम्पले ढालेका अधिकांश मठमन्दिर, पाटी, सत्तल, विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक संस्थाका भवनहरूले पुनर्जीवन पाएका छन्, त्यसका लागि मैले सरकार र पुनर्निर्माण प्राधिकरणसँग गरेको पटकपटकको प्रयासले सार्थकता पाएको छ।’, उनले सूर्यविनायक नगरपालिका क्षेत्र आफैंमा सुन्दर र पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएकाले सरकारले यसलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै यहाँको विकासले कोल्टे फेरेसँगै सबैको आकर्षण बनेको बताए। , कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले यस नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेको बताउँदै शिव सर्किटलाई पूर्णता दिन नगरपालिका लागिरहेको बताए।, संघ, प्रदेश र नगरपालिकाको बजेटले सूर्यविनायक नगरपालिका क्षेत्रको विकासले चार वर्षमै फड्को मारेको उनले बताए।, वडा नं ४ का वडाध्यक्ष उत्तम थापा तथा ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा लगायतले सूर्यविनायकको विकासमा भएको प्रगतिका बारेमा चर्चा गरे। , राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष जयराज न्यौपानेले दुई सय वर्षअगाडि मन्दिर बनेको शिलालेख भेटिएको यस मन्दिरको पुनर्निर्माणमा स्थानीयवासीले पनि सहयोग पुर्याएको बताए। ,रासस,
दुई सय वर्ष पुरानो राधा कृष्ण मन्दिरको पुनर्निर्माणपछि उद्घाटन
|
सेतोपाटी संवाददाता कोभिड-१९ विरूद्धको पहिलो मात्रा लगाएका कैलालीका ४६ हजार २ सय १७ व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन्।, सरकारले भारतबाट प्राप्त कोभिसिल्ड, चीनबाट प्राप्त भेरोसेल, अमेरिकाबाट प्राप्त जोन्सन एण्ड जोन्सन र जापानबाट प्राप्त एस्ट्राजेनेका खोप लगाउँदै आएको छ।, जिल्ला स्वास्थ्य कार्यालयका कैलालीका खोप सुपरभाइजर प्रदीप जोशीका अनुसार जिल्लामा हालसम्म १ लाख ८ हजार ६ सय ५ जनाले कोभिड विरूद्धको खोप लगाएका छन्। , जसमध्ये ६२ हजार ३ सय ८८ जनाले पहिलो र दोस्रो गरी दुवै डोज प्राप्त गरेका छन् भने ४६ हजार २ सय १७ जनाले पहिलापछि दोस्रो डोज खोप लगाउन पाएका छैनन्। , पहिलो र दोस्रो डोज गरी ४९ हजार ३ सय ६ जनाले कोभिडसिल्ड खोप लगाएका छन्। , यस्तै, भेरोसिलको पनि पहिलो र दोस्रो गरी १३ हजार ८२ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्यांक छ।, अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सन खोप ४६ हजार २ सय १७ जनालाई लगाइएको छ।, स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर प्रदीप जोशीले दोस्रो डोज खोपको पर्खाइमा रहेकाहरूलाई खोप दिने तयारी भइरहेको बताए।, उनले भेरोसिलको पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो डोजको खोप भदौ ७ सोमबारदेखि लगाइने बताए। , कैलालीमा ९ लाख जति जनसंख्या रहेको छ। १८ वर्षमाथिकालाई खोप लगाउने व्यवस्थाअनुरूप ७ देखि ८ लाख जना जतिलाई कोरोना विरूद्धको खोप लगाउने लक्ष्य रहेको खोप सुपरभाइजर जोशीले बताए।,
,
दोस्रो डोजको पर्खाइमा कैलालीका ४६ हजार बढी व्यक्ति
|
रासस प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ।, पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।, सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।, यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षावन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए।, मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ। तागाधारीले यज्ञोपवीत धारण गर्दै आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ।, यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।, स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ। अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो।, वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ। रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ।, यसवर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ। पशुपतिनाथ मूल मन्दिरलगायत देशभरका महत्वपूर्ण मन्दिर भक्तजनका लागि बन्द गरिएको छ।, मन्दिरमा नित्य पूजाबाहेकका कर्म निषेध गरिएको छ। पशुपतिनाथलगायत मन्दिर परिसरको बाहिरी क्षेत्रमा भने जनै फेर्ने र डोरो बाँध्ने भक्तजनको गत वर्ष पनि भीड लागेको थियो। क्वाँटीको परम्पररा जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ।, यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताउँछन्।, यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकी जस्ता रोग पनि निको हुने उनले बताए। तराई क्षेत्रमा राखी बाँधिदै नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।, काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्ष कोरोना जोखिमका कारण धेरै स्थानका मेला स्थगित गरिएको छ।, यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। विगत वर्षमा सरकारले यस दिनको बिदा काटेकामा जनस्तरबाट व्यापक विरोध आएपछि बिदा दिइएको बताइएको छ।,
आज जनैपूर्णिमा मनाइँदै
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.