content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १६ हजार ४३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ९४६ जनाको पिसिआर र ४ हजार ४९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार १२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप ३३ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ।, हाल सक्रिय संक्रमित ४० हजार ५ सय छन्।, यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ८६७ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ६३९, भक्तपुरमा १०१ र ललितपुरमा १२७ जना संक्रमित थपिएका हुन्।, थपिए ३ हजार ७५ संक्रमित, निको भए २ हजार १ सय २६
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले बेलायतको नेपाली दूतावासस्थित आमरण अनसनमा बसिरहेका भूतपूर्व गोर्खा सैनिकको जीवनरक्षा गर्न चाहिने व्यवस्था गर्नु भन्दै सरकारलाई अन्तरिम आदेश दिएको छ।  , अधिवक्ता संजय अधिकारीसमेतले दिएको रिटमा न्यायाधीश दीपककुमार कार्कीको इजलासले बिहीबार यस्तो आदेश दिएको हो। , ‘जीउ ज्यान जस्तो संवेदनशील विषयको अवस्था समेतलाई विचार गर्दा अनसनमा बसेका व्यक्तिहरुको तत्काल जीवन रक्षाको आवश्यकता रहेको र सो व्यवस्था मिलाउनुपर्ने नेपाल सरकारको प्राथमिक दायित्व भएकाले बेलायतस्थित नेपाली दूतावास मार्फत् अनसनमा बसेका नेपाली नागरिक धनबहादुर गुरुङ्ग, ज्ञानराज राई र पुष्पा राना घलेसमेतको जीवन रक्षार्थ जे जो गर्नुपर्छ गरी आवश्यक व्यवस्था मिलाउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ। , साउन २३ देखि गोरखा सैनिकको तलब सुविधा र पेन्सन लगायतका सुविधा समान हुनुपर्ने माग गर्दै भूतपूर्व गोरखा सैनिक  ज्ञानराज राई, धनबहादुर गुरुङ्ग र पुष्पा राना घले अनसनमा बसेका थिए। यस विषयमा नेपाल सरकारले कुनै चासो नदेखाएको र आफ्नो मौनता र अकर्मण्यतालाई निरन्तरता दिई राखेको भन्दै तत्काल अनसनकारीहरूको माग पुरा गरी जीवन रक्षा गर्न आदेश दिन माग राखी अधिवक्ता अधिकारीले रिट दिएका थिए। , बेलायतमा रहेका नेपालका गोर्खा सैनिकहरुले तलब सुविधा पेन्सनसमेतको सम्बन्धमा पटक पटक बेलायत सरकार समक्ष आफ्नो माग राख्दै समय समयमा विभिन्न आन्दोलन गर्दै आएका थिए।, मार्च २०१८ मा बेलायतको रक्षा मन्त्रालयको प्रतिनिधि, भूतपूर्व गोर्खा सैनिक संघसंस्थाका प्रतिनिधि र नेपाली राजदूत समेत संलग्नतामा प्राविधिक समितिले पटकपटक छलफल गरी उक्त समस्या दुई देशका सरकारले वार्ताद्वारा टुङ्ग्याउने सहमति भएको थियो। , तर अहिलेसम्म  कुनै ठोस पहल नभएपछि गोर्खा सैनिक र निज परिवारका सदस्यहरु धनबहादुर गुरुङ्ग, ज्ञानराज राई र पुष्पा राना घलेसमेत ३ जना आमरण अनसनमा बसेका हुन्। , उनीहरूको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको, धनबहादुरको त स्वास्थ्य अझै गम्भीर भएर अस्पतालमा भर्ना भएको सर्वोच्च अदालतको आदेशमा उल्लेख छ।, यस्तो अवस्था देखिएपछि सर्वोच्चले नागरिकको जीवन सुरक्षाको दायित्व नेपाल सरकारको रहेको भन्दै उनीहरूले उठाएका विषयमा तत्काल ध्यान पुर्याउन भनेको हो।, बेलायतमा आमरण अनसन बसेका भुपू गोर्खा सैनिकको जीवनरक्षा गर्न सरकारलाई सर्वोच्चको आदेश
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ८६७ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा ६३९, भक्तपुरमा १०१ र ललितपुरमा १२७ जना संक्रमित थपिएका हुन्।, त्यस्तै, हाल उपत्यकामा ११ हजार ७ सय ५० सक्रिय संक्रमित छन्।,  काठमाडौंमा ८ हजार ९५, भक्तपुरमा १ हजार ४ सय ४९ र ललितपुरमा २ हजार २ सय ६ संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, १६ हजार ४३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ९४६ जनाको पिसिआर र ४ हजार ४९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार १२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप ३३ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ।,  , काठमाडौं उपत्यकामा थप ८६७ जनालाई संक्रमण, ११ हजार बढी सक्रिय
सबिना श्रेष्ठ म्याग्दीकी भुलकुमारी रोकालाई नपढ्नु भनेको भुल बराबर लाग्थ्यो। धेरै ठाउँ पढाइकै कारण उनले 'ठक्कर' समेत खान परेको थियो।, ४८ वर्षीया उनले धेरै पटक सुनेकी पनि थिइन्, 'पढेको र नपढेको मान्छेमा धेरै फरक हुन्छ।', कस्तो फरक भनेर उनलाई थाहा पाउन मन थियो।, जंगलमा घाँस–दाउरा खोज्न जाँदासमेत कापी बोकी हिँड्ने उनलाई पढ्ने–सिक्ने रहर थियो। तर घरायसी व्यस्तताले पढाइ छाड्नुपर्‍यो। १९–२० वर्षमा बिहे भयो। नयाँ घरमा बुहारी बन्दाको कर्तव्यले थिच्यो। पछि श्रीमान विदेश गए। तीन बच्चा हुर्काउँदा र घर सम्हाल्दा पढ्ने सपना सपनै भयो।, छोराछोरी स्कुल पढ्न जाँदा कहिलेकाहीँ उनी सोच्थिन्, 'यिनीहरूसँगै स्कुल जानुपर्छ कि क्या हो?', फेरि सोच्थिन्, 'नानीहरूलाई पढाउने समयमा कहाँ आफू पढ्नु!', यस्तै अलमलबीच उनका धेरै वर्ष बिते।, २०७३ सालमा बेनीमा एउटा स्कुल खुल्यो, उज्यालो वैकल्पिक विद्यालय। प्रौढहरूलाई औपचारिक शिक्षाको पहुँचमा ल्याउन स्थापित उक्त स्कुलमा विशेषगरी १५ वर्षमाथिका महिला पढ्छन्।, यो स्कुलबारे भुलकुमारीले थाहा पाइन्। , उनको लेख-पढ गर्ने रहर ब्युँतियो। त्यतिबेला उनका कान्छा छोरा एसइइ तयारीमा थिए भने ठूली छोरी र छोरा स्नातक पढ्दै थिए। छोराछोरीको जिम्मेवारी साना हुँदाजस्तो थि‍एन। , त्यसैले उनले सोचिन्, 'यस्तो उमेरमा पनि पढ्न पाइन्छ भने जसरी पनि जाने हो!', स्कुल खुल्नेबित्तिकै उनी भर्ना भइन्। सुरूमै उनलाई कक्षा पाँचमा राखियो।, उनले 'म त केही जान्दिनँ, तल कक्षामा बस्ने हो' भने पनि स्कुलको नियमले मानेन। त्यसैले सुरूका दिनमा उनलाई निकै मेहनत पर्‍यो। प्रश्नका उत्तर कसरी दिने, पाठले के भनेको हो जस्ता जिज्ञासा उनलाई सधैं हुन्थ्यो।, उनी घरका काम जतिसक्दो चाँडो सकेर कक्षामा आइपुग्थिन्। उज्यालोमा पढाइ ११ देखि तीन बजेसम्म हुन्छ। त्यहाँ दिइएका गृहकार्य सबै कामधन्दा भ्याएर रातभर बसेर गर्थिन्।, एकदिन कक्षा छुट्यो भने धेरै पाठ छुट्छ भन्ने लाग्थ्यो उनलाई। छुटाएका पाठ भोलिपल्ट उनीजस्तै साथीहरूलाई सोधिहाल्थिन्।, पढाइप्रति यही लगावका कारण भुलकुमारीले यो वर्ष एसइइ पास गरेकी छन्। उनले २.६० जिपिए ल्याइन् जुन उनको समूहको सबभन्दा धेरै अंक हो। ३६ वर्षीया तिर्सना भण्डारीले पनि यति नै अंक ल्याएकी छन्।, भुलकुमारी र तिर्सनासहित ६० वर्षीया भुलमाया तिलिजा, ५५ वर्षीया लालकुमारी सापकोटा, ३७ वर्षीया सविना नेपाली, ३० वर्षीया रेणु बिक, २८ वर्षीया पुष्पा शाही, २४ वर्षीया ललिता तिलिजा र २५ वर्षीया सलिना बिक गरी नौ जनाले यसपालि उज्यालोबाट एसइइ उत्तीर्ण गरेका हुन्। उनीहरूको जिपिए २.४० देखि २.६० सम्म छ।, भुलकुमारी सुरूसुरूमा पढ्न जाँदा मान्छेहरूले 'मर्ने बेलामा हरियो काँक्रो' भनेको उनलाई हिजोजस्तै लाग्छ। त्यतिबेला 'राम्रो कुरा सिक्दा के हुन्छ' भन्दै उनी आफ्नो मनोबल बढाउँथिन्। अहिले तिनै मान्छेको बधाइको ओइरो लागेको छ।, मंगलबार उनी काठमाडौंमा रहेका छोराछोरीको खातामा पैसा हालिदिन म्याग्दी बजारको बैंक गएकी थिइन्। त्यहाँका मान्छेले उनलाई बधाइ दिँदै भने, 'हजुरले त छक्क पार्नुभयो। बुढी भए पनि टाठो हुनुहुँदो रहेछ।', लेखपढ गरेकै कारण अहिले उनी बैंकको काम आफैं गर्न सक्छिन्। कुनै बेला अर्को मान्छेलाई लेखिदिनभन्दा गाली खानुपरेको थियो। त्यो बेला उनलाई खुबै रून मन लागेको थियो। अहिले त पढाइले दिएका खुसीका पल मात्र छन्।, परिक्षाफल आएको साता दिन पुग्दा पनि आइरहेका बधाइले दंग परेकी उनले भनिन्, 'अझ पढ्न–सिक्न मन छ। अगाडिका कक्षाहरू पनि पढ्छु।', भुलकुमारीकी सहपाठी भुलमाया तिलिजा ६० वर्ष भइन्। उज्यालोबाटै एसइइ दिएर उनले २.४५ जिपिए ल्याएकी छन्। उनी समूहकै सबभन्दा पाको उमेरकी हुन्।, म्याग्दीलाई 'थन्किएको र दुर्गम गाउँ' भन्ने भुलमायाले सानोमा पढ्न मन भएर पनि पाइनन्। , 'हाम्रो पालामा स्कुलहरू त खुलेका थिए तर आमाबुवाले कहिल्यै पढ्न जा भन्नुभएन,' उनले भनिन्।, गाईगोठ र घरायसी काममै दिन बिते। २०४६ सालतिर बिहे भएपछि जीवनको अर्को अध्याय सुरू भयो। ४८–४९ सालतिर प्रौढ शिक्षा पढे पनि बालबच्चा हेर्ने मान्छे नभएपछि रोकियो। , दुई महिनाको साधारण लेख–पढले के नै हुन्थ्यो? भुलमायालाई भने आफ्नो नामसम्म लेख्न सक्ने भए हुन्थ्यो भन्ने लागिरहन्थ्यो। , सक्रिय स्वाभावकी भुलमाया गाउँबाट सदरमुकाम बेनी झरेपछि विभिन्न संघ–संस्थामा आबद्ध भइन्। समाजसेवा गर्न थालिन्। त्यस्ता संस्थामा काम गर्दा महिला सहभागिताको माग बढी हुन्थ्यो। नपढेकै कारण आफूले विभिन्न अवसर गुमाउन परेको उनले बताइन्, 'जहाँ गए पनि शिक्षा नै ठूलो रहेछ।', गण्डकी प्रदेशकी पूर्वमन्त्रीसमेत रहेकी सांसद नरदेवी पुनसँग उनले यसबारे कुरा गरिन्। पुनले वैकल्पिक विद्यालयबारे बताइदिइन्। त्यसका लागि गर्नुपर्ने प्रक्रियाहरू बुझाइन्।, विभिन्न कारणले पढ्ने इच्छा भएर पनि पढ्न नपाएका आमाहरूलाई पढ्ने अवसर दिन उज्यालो विद्यालय खोल्न पुनको ठूलो हात भएको भुलमाया बताउँछिन्।, भुलमायाका एक छोरा छन्, अमेरिका बस्छन्। घरमा श्रीमान छन्। मधुमेहको चापले एक वर्षयता हिँडडुल गर्न नसक्ने गरी थलिएका छन्। यो सबै परिस्थिति झेल्दै उनले जसोतसो एसइइ दिएकी थिइन्। महेनतले उनलाई सफलता दिलायो।, भुलमायाका साथीहरू यसपछिको पढाइ निरन्तरता दिने कुरा गरिरहेका छन्।, त्यस्तो बेला उनी भन्छिन्, 'खोइ! आँट्न सक्दिनँ होला। समयले पनि अवसर दिएको छैन। तिमीहरू मभन्दा साना छौ, पढ है।', उज्यालो वैकल्पिक विद्यालयको यो सफलताले अहिले पूरै बेनी उज्यालिएको छ। यी आमाको मेहनत र सफलताको कथाले उनीहरूजस्तै चुलोचौका र गोठमा सीमित अरू महिलामा पनि पढ्ने उत्सुकता बढेको विद्यालयका सचिव लोक पुन मगर बताउँछन्।, 'सुरूमा उहाँहरू नै पढ्ने इच्छा देखाएर आउनुभएको थियो,' उनले भने, 'त्यसपछि हामीले नगरपालिका, गण्डकी प्रदेश पूर्वमन्त्री लगायतको सहयोगमा विद्यालय स्थापना गर्‍यौं।', पाँच वर्षअघि स्थापित यो स्कुलमा एकदेखि दस कक्षासम्म पढाइ हुन्छ। तर आमाहरूको पढ्ने क्षमता हेरेर सुरूकै कक्षामा भर्ना गरिन्छ भन्ने छैन। कोही पढाइमा राम्रो छन् भने कक्षा उकालिन्छ। कक्षा ८ पछिको पढाइ भने निरन्तर हुन्छ। अहिले एसइइ दिएका सबै आमाले कक्षा पाँचबाट सुरू गरेका हुन्।, विद्यालयमा महिलाहरूले नेपाली, अंग्रेजी, गणित लगायत विषय पढ्नुसँगै कम्प्युटरसमेत चलाउन सिक्दै छन्। अहिले यो स्कुलमा बीसदेखि ६० वर्ष उमेर समूहका ६८ आमा अध्ययनरत छन्। पहिले त योभन्दा धेरै थिए। समयक्रममा कोही बसाइ सरेर गए, कोही घर व्यवहारका कारण टाढिए। पहिलो ब्याचको यो सफलताले भने संख्या बढ्नेमा आफूहरू आशावादी भएको मगरले बताए।, 'पहिले बीचमै पढाइ छाड्नुभएकाले पनि पढेको भए त पास हुने रहेछौं भनेर अहिले भन्न थाल्नुभएको छ,' उनले आशावादी हुँदै भने, 'कोरोना सहज भयो भने माहोल पनि राम्रो बन्छ होला।', उज्यालोले छरिदिएको यो उज्यालोका कारण पहिले कामकाजका लागि नाम लेख्न नआएर औंठा छाप दिने यी आमा अहिले हस्ताक्षर गर्न सक्छन्। मोबाइलमा फोन नम्बर डायल गर्न नसकेर सहारा लिनुपर्ने उनीहरू अहिले हिसाबकिताब गर्नै सक्षम छन्। , यी आमाहरू देशकै उदाहरण भएको बताउँदै मगरले भने, 'बुढेसकालमा केही गर्न सकिन्न भनेर भन्ने मान्छेलाई उहाँहरूले पढेर देखाइदिनुभयो। पढ्न उमेर कहिल्यै बाधा हुँदैन भन्ने उदाहरण उहाँहरू नै हो। अब अक्षर नचिनेकै कारण विभिन्न कामबाट यी आमाहरू बञ्चित हुनपर्ने छैन।', 'मर्ने बेला हरियो काँक्रो भनेर जिस्क्याउँथे, अहिले बधाइ दिन्छन्'
सेतोपाटी संवाददाता रुकुम पश्चिमका तीन जना बाँकेमा चोरीको मोटरसाइकल र पाटपुर्जासहित पक्राउ परेका छन्। , रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ११ का १८ वर्षीय अनुप चन्द, २० वर्षीय सुन्दर मल्ल र १८ वर्षीय अम्मर बिक पक्राउ परेका हुन्। , जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट बिहीबार बिहान पौने तीन बजे पक्राउ गरेको हो।, प्रहरीले चेक गर्ने क्रममा उनीहरूलाई चोरीको भे ३ प ६००४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो। , उनीहरूबाट एनएस मोटरसाइकलको निलो रंगको हेडलाइट एक थान, पल्सर मोटरसाइकलको निलो रंगको ट्याङ्की कभर एक थान, मोटरसाइकलको पाटपुर्जा खोल्न प्रयोग हुने स्क्रू ड्राइभर एक थान, रेञ्च एक थान, मोटरसाइकल स्टिकर सात थान, नाइट्राभ्याट चक्की १३ थान बरामद भएको बाँके प्रहरीले जानकारी दिएको छ।,  पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,  , बाँकेमा चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ
सेतोपाटी संवाददाता कैलालीमा एक महिला मृत फेला परेकी छन् ।, बिहीबार घोडाघोडी नगरपालिका-५ सरैयाकी (बेलुवापुर) की  ५५ वर्षीया हिरादेवी साउद मृत फेला परेको प्रहरीले जनाएको छ।, साउदको शव सोही ठाउँको कान्द्रा नदीमा ढलेको रूख हाँगामा घोप्टो परि अड्किएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरूले जानकारी दिए।, शवको सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमपश्चात् उनका श्रीमानले दाहसंस्कारका लागि लगिसकेको उनले बताए।, कैलालीमा महिला मृत फेला
युवराज श्रेष्ठ मंगलबार चिजा श्रेष्ठको घर पुग्दा उनी फोनमा व्यस्त थिइन्।, 'बुबालाई देख्न पाउनुभएन, आमा सधैं पिर मान्नुहुन्छ। तपाईं कति पैसा-पैसा भन्नुहुन्छ?' चिजा फोनमा भनिरहेकी थिइन्, 'अब कामसाम गर्नुपर्दैन, खुरूक्क नेपाल आउनु।', अफगानिस्तान, काबुलस्थित एउटा होटलमा बीस महिनादेखि थुनिएका छन् उनका श्रीमान बालकुमार श्रेष्ठ। दलालले कामको लोभ देखाएर त्यहाँ लगेको यतिका समय भए पनि बालकुमारले अहिलेसम्म काम पाएका छैनन्।, तालिबानले अफगानिस्तान कब्जा गरेसँगै चिजालाई उनका श्रीमानको सुरक्षाको चिन्ताले गाँजेको छ। तर बालकुमारलाई अफगानी दलालले हालसालै संयुक्त राष्ट्र संघीय मिसनमा सुरक्षा गार्डको जागिर मिलाइदिने आश्वासन दिएका रहेछन्।, त्यही कुरा बालकुमारले चिजालाई भनेका थिए। महिनौं बिना काम थुनिएर बसेका श्रीमानले काम पाउने खबरले चिजालाई खुसी बनाएको छैन। टिभीमा अफगानिस्तानको दर्दनाक अवस्था नियालिरहेकी उनलाई श्रीमानको कुरा चित्त पनि बुझेको छैन। त्यहाँ कुनै पनि कामको पछि नलाग्न सम्झाइरहेकी छन्।, 'बीस महिनासम्म नगरेको काम, अब पाइन्छ र! अझै आश राख्ने हो? खाली त्यही भन्ने,' उनले श्रीमानलाई भनिन्।, फोन राखेपछि बल्ल उनलाई भेट्न पुगेका हामीतिर फर्किइन्।, पोखरा, सिद्धार्थचोकभन्दा केही तलको गल्लीभित्र चिजा सिलाइ–कटाइको काम गर्छिन्। उनले खोलेको श्रेष्ठ टेलरिङमा बोर्ड छैन, बाहिरबाट हेर्दा देखिँदैन पनि। एउटा सानो कोठामा उनी र अरू दुई महिला काम गर्छन्।, 'एघार वर्ष भयो मैले यहाँ काम थालेको,' उनले भनिन्, 'अहिलेसम्म राम्रै छ। एकपटक कपडा सिलाउन आउने ग्राहक प्रायः हामीकहाँ नै आउनुहुन्छ।', लमजुङको मध्यनेपाल-५ समिभञ्ज्याङका बालकुमारसँग बिहे गरेपछि चिजा पाँच वर्ष गाउँमै थिइन्। बालकुमार नेपाली सेनामा जागिरे थिए। चिजाले सिलाइ तालिम लिएर अरूको पसलमा काम गरिन्। ११ वर्षअघि आफैं यो सानो कोठाबाट व्यवसाय थालेकी हुन्।, 'यहाँ आएपछि कुनै समस्या परेको छैन। घरबेटीले कोठा छोड नभनेसम्म यहीँ बस्छु,' उनले भनिन्।, बालकुमारले १६ वर्ष सेनाको जागिर खाएर २०७२ सालमा अवकाश लिए। यसपछि श्रीमतीसँगै पोखरा बसेका उनले सुरक्षा गार्डको जागिर खाए। नेपाली सेनाबाट छिट्टै अवकाश लिनुमा उनले विदेश गएर पैसा कमाउने आकांक्षा पनि पालेका थिए। गार्डको जागिर गर्दा दुई-तीन महिनाभन्दा बढी टिक्थेनन्। विदेशिने हुटहुटीले उनलाई यस्तो छट्पटी भएको थियो।, यसरी काम गर्दै छाड्दै गरेर बालकुमारले पोखरामा चार वर्ष बिताए। चिजा उनलाई नेपालै बसेर काम गर्न फकाइरहन्थिन्।, 'एक पटक विदेश गएर पैसा कमाउँछु भन्नुहुन्थ्यो जतिखेर पनि,' चिजाले भनिन्, 'विदेश नै जाने हो भने अफगानिस्तान नभएर अरूतिर जान सकिन्थ्यो।', अफगानिस्तानमा खतरा हुन्छ भन्ने बुझेकी उनले श्रीमानलाई रोक्ने प्रयास गरिन्। बालकुमार भने त्यहीँ जान कस्सिए। माओवादी युद्धताका सेना रहेका उनलाई पैसा कमाउन अफगानिस्तानको खतरा मोल्ने आँट थियो।, 'म वैधानिक तरिकाले अफगानिस्तान आएको होइन,' बालकुमारले हामीलाई फोन तथा भ्वाइस मेसेजमा भएको कुराकानीमा भने, 'काठमाडौंबाट दुबई हुँदै आइपुगेको हुँ।', उनी २०७६, पुस २२ गते उडेका हुन्। अफगानिस्तान जान भारतबाट भिसा लिएका थिए। जाने बेला काठमाडौंबाट उडे। त्यतिबेला उनलाई दलालले काबुलस्थित जर्मन दूतावासमा सुरक्षा गार्डको काम लगाइदिने भनेका थिए। तलब मासिक एक हजार अमेरिकी डलर हुने आश्वासन दिए।, यसरी अवैध रूपमा अफगानिस्तान जाने बालकुमार एक्ला थिएनन्, साथमा अरू चार नेपाली थिए। उनीहरूलाई काबुलका स्थानीय दलालले एउटा होटलमा लगे। त्यहाँ पहिल्यै सात-आठ जना नेपाली थिए। केही समयमै कोही काममा लागे त कोही नेपाल फर्किए।, बालकुमारका अनुसार उनीसँग गएका चार जनामध्ये एकले नेपाली सेनामा जागिर खाएको नक्कली कागजात देखाएका रहेछन्। त्यो थाहा पाएपछि उनले जागिर पाउने सम्भावना रहेन, तत्काल फर्काइए। अरू दुई जनाले काम पाए।, बालकुमार र स्याङ्जाका अर्का एक युवालाई भने पुगेको झन्डै दुई वर्षसम्म दलालले काममा नलगाइदिएको उनले बताए। स्याङ्जाका युवा पनि पासपोर्टको मिति सकिएकाले दुई महिनाअघि नेपाल फर्किसके। सँगै गएका चारमध्ये अब एक जना बालकुमार मात्र त्यहाँ छन्। न फर्किने टुंगो छ, न कामको।, 'दलालले सुरूमा जुन होटलमा ल्याएर राखेको थियो, त्यहीँ बसिरहेको छु,' बालकुमारले भने, 'बाहिर निस्कन त के, काबुल बजार कस्तो छ भनेर अहिलेसम्म देख्न पाएको छैन।', बीस महिनामा दलालले उनलाई पटकपटक कामको आश्वासन दिए। पुगेको एकाध महिनामै कोरोना महामारीले काबुलमा लकडाउन भयो। लकडाउन खुलेपछि काम पाइन्छ भन्दै दलालले फकाए। लकडाउन खुल्यो, बालकुमारले काम पाएनन्।, दलालले फेरि नयाँ वर्षदेखि काम पाइन्छ भने। वर्ष २०२१ आधाआधी सकिँदा समेत उनले काम पाएनन्।, सुरूमा छ लाख रूपैयाँ तिरेर गएका बालकुमार र अरूलाई यसबीच दलालले पैसा थप्न भने। चिजाले नेपाली दलाललाई दुईपटक गरी थप साढे तीन लाख पठाइन्। नेपाली दलालले पनि पैसा थपेर अफगानी दलाललाई पठाएको चिजा बताउँछिन्। पैसा कम पठाएकै कारण बालकुमारले काम पाउन नसकेको उनको बुझाइ छ।, 'अरूले १५-२० लाख पठाएर काम पाएका छन् रे। मैले त धेरै दिन सक्दिनँ भनेँ,' चिजाले भनिन्, 'अफगानिस्तानको दलालले जसले धेरै पैसा दिन्छ, उसैलाई काम मिलाइदिने रहेछ।', बालकुमारले पनि त्यहाँ बसिरहँदा यो कुरा बुझे। केही समयअघि काठमाडौंबाट अर्का दलालले युवाहरू अफगानिस्तान पठाउन लागेको थाहा पाएर ती युवालाई फोन गरेर बालकुमारले भनिदिएछन्, 'अहिलेसम्म काम पाएका छैनौं। होटलमा थुनिनुपरेको छ। तपाईंहरू नआउँदै ठीक होला।', धेरै पैसा तिर्न ठिक्क परेका युवा भड्काएको भन्दै दलाल बालकुमारसँग रिसाए। अफगानी दलाल पनि झोंक्किए। होटल पुगेर बालकुमार लगायत केही युवाको मोबाइल खोसे।, त्यसैले आजकाल चिजा र बालकुमारको जुनसुकै समय कुरा हुन पाउँदैन। बालकुमारसँग सिमकार्ड नभएकाले फोन सम्भव भएन। होटलमा कहिले इन्टरनेट नचल्ने, पैसा तिर्न ढिला हुने, बिजुली नहुने समस्या आइपर्छ।, लगातार तीन दिनसम्म कुरा गर्न नपाएपछि चिजाले काठमाडौंस्थित दलाललाई फोन गरेर श्रीमानसँग सम्पर्क हुन नपाएको गुनासो पोखिन्। ती दलालले बालकुमारसहित केहीको फोन खोसिएको जानकारी दिए।, चिजाले आत्तिएर भनिन्, 'मेरो श्रीमानलाई अहिलेसम्म कसरी राखेको छ, के गरेछ। केही भइहाल्यो भने तपाईं जिम्मेवार हुनुपर्छ।', दलालले सबै ठीकै छ, आत्तिनुपर्दैन भने पनि चिजाको मन थामिएन, 'होटलमा थुनिएका श्रीमानसँग लगातार पाँच-छ दिनसम्म सम्पर्क हुन नपाउँदा एकदम आत्तिएकी थिएँ।' , यही तनावबीच अफगानिस्तानबाट नराम्रा खबर आउन थाले। उता श्रीमान काम नपाएर आत्तिएका,  यता श्रीमती श्रीमानको चिन्ताले।, तालिबानले सत्ता कब्जा गरेपछि बालकुमार बसेको होटलमा मान्छेको चाप बढेको छ। उनले भने, 'होटल भरिएको छ, नेपाली मात्रै १३ जना पुगिसक्यौं। यहाँका अरू होटलमा पनि नेपाली थुनिएका छन्।', बालकुमारलाई जानकारी भएअनुसार तीन होटलमा १९ नेपाली छन्। ती सबै आफ्नो सम्पर्कमा रहेको उनले बताए। त्यही भिडमा बालकुमारले आफूजस्तै झन्डै दुई वर्ष होटलमा थुनिएर बसेका अर्का व्यक्ति  पनि भेटेका छन्। त्यहाँ अवैध रूपमा गएर कामको खोजीमा सबभन्दा लामो समय होटलमा थुनिएर बस्नेहरू उनीहरू नै हुन्।, तालिबानले कब्जा गर्नुभन्दा केही महिनाअघिसम्म बालकुमार होटल नजिकै पसलसम्म जान पाएका थिए। खाद्यान्न किन्न पाउँथे। अहिले त्यो पनि ठप्प छ। होटलको छत र बगैंचासम्म मात्र हो निस्किन पाउने। त्यहाँबाट उनी बाहिरको दृश्य अलिअलि नियाल्छन्।, 'होटलको आडमै पहिले अफगानी सेना ड्युटीमा बस्थे, अहिले त्यही अखडामा हतियारधारी तालिबानी बस्छन्,' बालकुमारले सुनाए।, तालिबानले सत्ता लिएपछि वैधानिक तरिकाले गएकाहरू फर्किन थालेका छन्। अवैध रूपमा जाने बालकुमार र उनीजस्तै अरूको भने बिचल्ली भएको छ।, अफगानिस्तानमा नेपाल मामिला दिल्लीस्थित नेपाली दूतावासले हेर्छ। काबुलमा भारतीय दूतावास छ। स्वदेश फर्कन चाहने नेपालीलाई पनि भारतीय दूतावासले नाम टिपाउन भनेपछि बालकुमारले टिपाएका थिए। दूतावासका अधिकारीले उनलाई भदौ १० गते चार्टर जहाज आउने भनेका छन्। उक्त विमान नेपालबाट कि भारतबाट आउने हो, उनलाई थाहा छैन। त्यो दिन काबुल छाड्न पाइन्छ किन पाइन्न, ढुक्क छैनन्। बसिरहेको होटलबाट विमानस्थलसम्म कसरी पुग्ने, यसबारे पनि कतैबाट जानकारी आएको छैन।, तर नेपाल वा भारतबाट उद्दार हुने जानकारी आउनासाथ भागेर भए पनि विमानस्थल पुग्ने तयारी धेरै नेपालीले गरेका बालकुमारले बताए।, 'म बसेको होटलमा नेपालीसँगै अरू देशका नागरिक र अफगानीहरू पनि छन्। उनीहरू अमेरिका लगायत अन्य देश जान पाइन्छ कि भनेर दिनहुँ विमानस्थल पुग्छन्,' बालकुमारले भने, 'कहीँ जान नपाएपछि साँझ होटलमै फर्कन्छन्।', नजिकै हतियारधारी तालिबानी बसे पनि होटलमा छिरेका छैनन्। होटलका गार्ड समेत हतियार बोकेर बस्न थालेका छन्। बेलाबेला होटलका साहु आएर भन्छन्- तिमीहरू पाहुना हौ। तालिबानले केही गर्दैन। आत्तिनुपर्दैन।, यस्तो सुन्दा बालकुमार र त्यहाँ भएका अरूको मन अलि हलुका हुन्छ।, तालिबानले सत्ता लिएपछि बालकुमारलाई अफगानी दलालले पनि व्यवसायिक उडान भए नेपाल पठाइदिने भनेका थिए। तर पछिल्ला केही दिनयता काम मिलाइदिने भन्दै आएका छन्। यसपछि नै हो बालकुमार दोधारमा परेका।, उनी श्रीमती चिजालाई पनि भन्दैछन्- यतै काम गर्छु।, 'मैले त पहिल्यै जानुपर्दैन भनेकी। अहिले फेरि काम पाइन्छ कि भन्नुहुन्छ,' चिजाका आँखा भरिए।, बालकुमारकी आमाको अवस्था उही छ। परिवारकै एक मात्र छोरा अफगानिस्तान हानिएपछि आमा जहिल्यै रून्छिन्। चिजालाई फोन गरेर छोरालाई छिटो घर बोलाऊ न भन्छिन्।, बालकुमार उता गएपछि २०७७ कात्तिक ३० गते उनका बुबाको पनि निधन भयो। काजकिरिया उनका काकाले गरिदिए। , 'कुरा त बुझ्नुहुन्छ होला। तर मनमा अफगानिस्तान जाँदा लागेको खर्च समेत नउठाइ कसरी फर्कने भन्ने छ कि,' चिजा श्रीमानको अवस्था आकलन गर्छिन्, 'पैसा कमाउन गएको, उल्टै ऋण लगाएर फर्कन मन नलागेको हुनुपर्छ।, चिजाले बालकुमार जाने बेला चर्को ब्याजमा व्यक्तिसँग ऋण लिएकी थिइन्। पछि बैंकबाट केही सस्तोमा लिएर तिरिन्। अहिले सिलाइकै कामबाट बैंकको ऋण घटाउँदै छिन्।, 'पैसा भन्ने कुरा आउँछ जान्छ। यसको चिन्ता नलिनु भन्छु नि, मान्दै मान्नु हुन्न,' उनले भनिन्, 'मैले यहाँ यत्ति गरिरहेकी छु, किन पैसा भनेर मरिहत्ते गरेको होला।', बालकुमारसँगै गएर दुई महिनाअघि नेपाल फर्केका स्याङ्जाका युवाले दलालसँग आफ्नो पैसा फिर्ता मागेका छन्। एघार लाख बुझाएकोमा दलालले छ लाख फिर्ता दिने भनेको चिजाले बताइन्। बालकुमारलाई पनि नेपाल फर्काएर पैसा फिर्ता माग्ने योजना उनको छ। उता पठाउने दलालको कुनै कार्यालय, कम्पनी छैन। व्यक्ति–व्यक्तिमार्फत पठाइन्छ।, तर बालकुमार अहिलेसम्म आफूहरूलाई त्यहाँ कुनै खतरा नभएको भन्दै काम पाइने आशमा छन्। राष्ट्र संघीय मिसनमा सुरक्षा गार्ड काम पाउने आश्वासन दलालले दिए पनि अवैध रूपमा गएकालाई लिन्छ कि लिँदैन, उनलाई यकिन छैन। , चिजाले भने काठमाडौंस्थित दलाललाई फोन गरेर अब कामको आश्वासन नदिन र श्रीमानलाई जतिसक्दो छिटो नेपाल ल्याउन आग्रह गरेकी छिन्।, 'बीस महिना नपाएको काम अब चाहिँदैन। मेरो मान्छेलाई काठमाडौं ल्याइदिनु भनेकी छु,' चिजाले भनिन्, 'हुन्छ त भनेको छ।', २० महिनादेखि काबुलको होटलमा थुनिएका बालकुमार
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय र इजरायलको सबैभन्दा ठूलो विश्वविद्यालय तेल अभिभ विश्वविद्यालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। , नेपाल-इजरायलबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको आपसी सहकार्यलाई थप प्रभावकारी बनाउन दुई विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपाली राजदूत डा.अन्जान शाक्यको जानकारी दिइन्। , इजरायलको तेल अभिभ विश्वविद्यालय परिसरमा आयोजित एक कार्यक्रममा नेपालको तर्फबाट त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रोफेसर डा. शिवलाल भुसाल र इजरायलको तर्फबाट तेल अभिभ विश्वविद्यालयकी उपकुलपति प्रा. मिलेट समिरले भर्चुअल माध्यमबाट समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।, ‘कूटनीतिक सम्बन्धको ६ दशक पूरा हुँदासम्म दुई देशबीच सदैव अटुट र सुमधुर रहिआएको सम्बन्ध पछिल्ला दिनहरूमा विभिन्न क्षेत्रमा विस्तार हुँदै गएकोमा खुसी लागेको छ,’ शाक्यले भनिन्, ‘समझदारीपत्रमा हस्ताक्षरसँगै अनुसन्धानमुलक, आधुनिक र नवीनतम शिक्षाका लागि ठूलो उपलब्धी हुने अपेक्षा लिएका छौँ। यो सम्झौताले दुई विश्वविद्यालय र अन्तर्गतका संकाय विभागबीच आपसमा अध्ययन अनुसन्धानमा पनि ठूलो सहयोग पुग्ने छ।’ , त्रिभूवन विश्वविद्यालयका रेक्टर भुसालले मुख्य गरी विपद् व्यवस्थापनको क्षेत्रमा त्यहाँको विश्वविद्यालयका विज्ञ र यहाँका विश्वविद्यालयका विज्ञहरुबीच अनुभव आदन–प्रदानमा सहज हुने अपेक्षा लिएको बताए।, ‘यो सम्झौताले अनुसन्धानमुलक, आधुनिक र नवीनतम शिक्षाका साथै विपद् व्यवस्थापनको क्षेत्रमा यहाँका प्राध्यापक, विद्यार्थी र उहाँका पनि प्राध्यापक विद्यार्थीबीच अनुभव आदन–प्रदानमा थप सफलता प्राप्त गर्न सहयोग पुग्ने छ। यो सकारात्मक काम हो,’ भुसालले भने।, तेल अभिभ र त्रिभुवन विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर
सेतोपाटी संवाददाता ललितपुरको पुल्चोकमा रहेको एक अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर एक महिलाले व्यावसायिक रुपमा 'यौन व्यवसाय' गरेको खुल्न आएको छ।, सोमबार साँझ महानगरीय प्रहरी परिसरका टोलीले सो अपार्टमेन्टमा छापा मारेर संचालक गीता खड्गीसहित ७ जनालाई पक्राउ गरेपछि अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर व्यावसायिक रूपमा यौन व्यवसाय गरेको खुल्न आएको हो।, प्रहरीका अनुसार उक्त अपार्टमेन्ट खड्गी र उनीसँग बस्दै आएका सुरज खड्गीले भाडामा लिएका थिए। प्रहरीले छापा मारेर संचालक खड्गीसहित तीन जना युवती र तीन जना पुरुष ग्राहकलाई रंगेहात पक्राउ गरेको जनाएको छ।, पक्राउ पर्नेमा झापा घर भइ हाल काठमाडौं २८ डल्लू बस्दै आएका वर्ष ५० का राजेश अग्रवाल, रुकुम घर भइ कुमारीगाल बस्ने वर्ष २३ की एक युवती, बर्दिया ठाकुरबाबा नगरपालिका घर भइ बुढानिलकण्ठ बस्दै आएका वर्ष २९ का सुनिल विष्ट, बालाजु बस्ने २४ वर्षीया एक युवती, काँडाघारी बस्ने २५ वर्षीया युवती र काभ्रे पनौतीका ३३ वर्षीय प्रतिक कर्माचार्य छन्।, युवतीहरूलाई विभिन्न प्रलोभन देखाएर खड्गीले यौन व्यवसायमा लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।, गीता खड्गी र सुरज खड्गीले मासिक ५० हजार भाडामा अपार्टमेन्ट लिएर यौन व्यवसाय गरिरहेको सूचना आएपछि छापा मारेको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन्। उनका अनुसार प्रहरी ग्राहक बनेर त्यहाँ प्रवेश गरेको थियो।, 'हामीले फोन नम्बर पत्ता लगाइसकेपछि केही दिन ग्राहक जस्तै बनेर कुरा गर्‍यौं,' एसएसपी बज्राचार्यले भनिन्, 'त्यसपछि उनीहरूले भित्र प्रवेशका लागि पासकोड दिने रहेछन्, त्यो लिएर हामी गयौं।', मोबाइलमा दिइएको पासकोड नभने अपार्टमेन्ट प्रवेश गर्न खड्गीले ढोका नै नखोलिदिने गरेको प्रहरीले बताएको छ। प्रहरीका  अनुसार अपार्टमेन्टभित्रै बार, सिसिटिभी र परिवार नियोजनका अस्थायी साधन किन्ने व्यवस्था मिलाइएको थियो। त्यसवापत उनीहरूले ग्राहकसँग चर्को मूल्य लिने गरेको प्रहरीले जनाएको छ।, खड्गीले क्रिष्टिना केसी नाम गरेकी युवतीलाई यौन व्यवसाय संचालनका लागि सुपरभाइजर बनाएकी थिइन्। उनले ग्राहक खोज्ने, ग्राहकलाई म्यासेज पठाउने, ह्वाट्सएपमा युवतीका फोटा पठाइदिने गर्ने अनुसन्धानमा खटेका एक प्रहरीले सेतोपाटीलाई जानकारी दिए।, 'एक ग्राहकसँग चार हजारदेखि २० हजार रूपैयाँसम्म लिने गरेका रहेछन्,' एसएसपी बज्राचार्यले भनिन्, 'युवतीहरूलाई ग्राहकबाट लिएको रकमको आधा दिँदा रहेछन्।', खड्गीले उक्त अपार्टमेन्टमा अहिलेसम्म आएका ग्राहकको सूची नै बनाएर राखेको खाता पनि प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसमा पचासभन्दा बढी ग्राहकको नाम र मोबाइल नम्बर रहेको एसएसपी बज्राचार्यले बताइन्।, पक्राउ परेकामाथि वेश्यावृत्ति र वेश्यागमनको प्रचार-प्रसार गर्न नहुने ऐन अन्तर्गत अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको छ। उनीहरू दोषी भए कम्तीमा तीन वर्ष कैद र तीस हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।  प्रहरीले अनुसन्धान बलियो बनाएर जाने हो भने यो ऐनले घरबेटी र भाडामा दिनेलाई पनि अनुसन्धानको दायरामा तान्न सक्छ।, 'यौन व्यवसाय' का लागि भाडामा अपार्टमेन्ट, ग्राहकलाई भित्र छिर्न पासकोड व्यवस्था
सेतोपाटी संवाददाता प्रहरीले बाराबाट सात किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका-८ का ४५ वर्षीय अमितकुमार कुर्मी र ५० वर्षीय वासुदेव महतो रहेका छन्।, दुबैलाई जितपुरसिमरा-१५ स्थित दुधौरा खोलाको बगरबाट बिहीबार दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।, उनीहरूले दुई पोकामा सात किलो गाँजा बोकेका थिए। दुबैलाई लागुऔषध गाँजा शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखिएको कुँवरले बताए।, सिमराबाट सात किलो गाँजासहित दुई जना पक्राउ
सेतोपाटी संवाददाता ट्रक र मोटरसाइकल ठोक्किँदा नवलपरासी (पूर्व) कावासोतीमा एक जनाको मृत्यु भएको छश्र, मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका-३ का २१ वर्षीय अमर अधिकारी रहेका छन्।, मोटरसाइकलको पछाडि बसेकी सोही ठाउँकी १९ वर्षीया ममता खाँण घाइते छिन्। उनको नवलपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, कावासोती नगरपालिका-२ खरकट्टा जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा ना२ख ७५५५ नम्बरको ट्रक र लु४६प ४७५८ नम्बरको मोटरसाइकल बिहीबार अपरान्ह साढे ५ बजे ठोक्किएका थिए।, ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी निरीक्षक मधुसुदन सिंहले बताए।, कावासोतीमा ट्रक र मोटरसाइकल जुध्दा एकको मृत्यु
सेतोपाटी संवाददाता नक्कली कागजात बनाई ठगी गरेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले बुधबार साँझ ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ५ सेतीपाखाबाट रविकुमार सिंहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।, उनका अनुसार सिंहले विभिन्न बहानामा धेरै व्यक्तिहरूलाई ठगी गरेका छन्। ठगिएपछि पीडितहरूले रविकुमार सिंहको नक्कली नागरिकताकाे प्रतिलिपी नै प्रहरीलाई बुझाएका थिए। , उनकाे नागरिकतामा सुर्खेत साविक लाटीकोइली गाविस वडा नम्बर ७ मा जन्मिएको र कैलाली टीकापुर नगरपालिका वडा नम्बर ९ बासस्थान भएको उल्लेख छ।, नागरिकतासहितको प्रतिलिपी राखेर महाशाखामा पीडितहरूले उनीविरूद्ध जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।  , 'उसले विभिन्न बहाना बनाएर धेरै व्यक्तिहरूलाई ठग्ने गरेको रहेछ। कुख्यात ठग रहेछ,' कोइरालाले भने,'आज मात्रै आठ जना ठगिन पुगेका पीडितहरू हाम्रो सम्पर्कमा आउनुभयो। अझै धेरै आउनसक्छन्।', उनले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ बस्ने हरि मल्ल र महेन्द्रकुमार श्रेष्ठबाट ४३ लाख रुपैयाँ ठगी गरेको महाशाखाले जनाएको छ। बुटवल-नारायणघाट सडकखण्डको दायाँबायाँको रुख कटानको सब-कन्ट्र्याक आफूसँग भएको उनले बताएका थिए।, सिंहले हरि र महेन्द्रकुमारलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियर कर्पोरेसन लिमिटेडको कागजात समेत देखाएर ठगेकाे प्रहरीले जनाएको छ। , त्यसरी आफूसँग लगानी गरेमा ४० प्रतिशत मुनाफा पाइने भनेर सिंहले दुबै जनाको विश्वास जितिसकेका थिए। तर पछि उनले पैसा नभएको चेक काटेर दिई ठगी गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।, त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ बस्ने अलिन गुरूङलाई सिंहले आफू अञ्जुली कन्स्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर हुँ भनेर चिनाए। त्यसरी उनले २०७६ वैशाखमा गुरूङको बा १२ च ३८५९ नम्बरको स्विफ्ट डिजायर कार भाडामा लिने र मासिक ९० हजार रुपैयाँ तिर्ने आश्वासन दिलाए। तर गाडी लिएपछि भने उनी सम्पर्कबिहीन भए।, फेरि सोही कार प्रयोग गरी अर्कै व्यक्तिलाई ठगी गरेको पाइएको प्रहरी उपरीक्षक कोइरालाले बताए। उनले भक्तपुर घर भइ काठमाडौं-३१ बस्ने प्रदिप रायलाई आफूलाई पैसाको खाँचो परेको कुरा सुनाए। त्यसपछि उनले सोही कार र ब्लुबुक धितो बन्धकी राख्ने बताए। त्यसबापत उनले आठ लाख ३५ हजार रुपैयाँ लिएको आरोप छ। उनले रायलाई बुझाएको ब्लुबुक पनि नक्कली भएको पाइएको प्रहरी उपरीक्षक कोइरालाले बताए।   , 'सक्कल बिलबुक आफैँसँग राख्यो। अहिले भिजेर यातायातमा बनाउन दिएको छु भनेर नक्कली फोटोसप गरेर उनीहरूलाई दिएको देखियो,' कोइरालाले भने।, सिंहले चुरियामाई ईन्टरप्राइजेज जडिबुटीका सञ्चालक कृष्णहरी गौतमसँग बजाज कम्पनीको बा ९५ प १६८ नं. को डोमिनार-४०० सिसीको मोटरसाइकल किन्न खोजे। सो बाइक उनले तीन लाख ३० हजार रुपैयाँ किन्ने बताएका थिए। गत पुस २९ गतेमा उनले ३० हजार रुपैयाँ तिरेर बाँकी पैसा अरू बेला दिने भन्दै बाइक लिएर निस्किए। तर उनी त्यसदिनपछि कहिल्यै भेटिएनन्।, त्यसैगरी जनकपुरधामस्थित न्यू साह एण्ड ईन्टरप्राइजेजका सञ्चालक प्रदिपकुमार साहलाई उनले रोयल हाइड्रो कन्स्ट्रक्सन प्रालीका म्यानेजिङ डाइरेक्टर भनेर चिनाएका थिए। उनले साहलाई आफ्नो भिजिटिङ कार समेत दिए। र मारुती सुजुकी कम्पनीको प्रदेश ३-०१/ ०२३ च ००५० नम्बरको ब्रिजा कार लिने बताए। त्यहाँ पनि उनले मासिक रूपमै पैसा तिरेर कार लिने बताएका थिए।, साहलाई उनले एक लाख ५० हजार रुपैयाँ भाडा दिने भन्दै कार लगे। त्यसपछि सधैँझै उनी सम्पर्कबिहीन भए। अहिले भने प्रहरीले सो कारसहित उनलाई नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ।, साथै एक संस्थाको नाम तथा कागजातहरू दुरूपयोग गरी उनले करिब एक करोड रुपैयाँ ठगी गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। उनले काठमाडौंको लाजिम्पाटस्थित रोयल हाइड्रो कन्स्ट्रक्सन प्रालिको नक्कली लेटरप्याड, कम्पनीको छाप, दस्तखत प्रयोग गरीविभिन्न व्यक्तिहरूलाई आफू संस्थापक भनेर चिनाएका थिए। त्यसरी उनले विभिन्न व्यक्तिहरूबाट करिब एक करोड रुपैयाँ ठगी गरेको आरोप छ।  , रोयल हाइड्रो कन्स्ट्रक्सन प्रालिका वास्तविक संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर शाही र प्रेमबहादुर शाहीले उजुरी दिएका थिए।, 'उनीविरूद्ध पहिले नै केही जाहेरी परिसकेको थियो। तर यो मान्छे भागेर हिँडिरहेको रहेछ। थप जाहेरी आएपछि पक्राउ पर्‍यो,'कोइरालाले भने,'पक्राउ परेपछि फेरि थप मान्छे सम्पर्कमा आए।', प्ररम्भीक अनुसन्धानपछि प्रहरीले प्राप्त गरेको नागरिकता समेत नक्कली भन्ने खुलेको कोइरालाले बताए।, सोही नागरिकता पेश गरी उनले विभिन्न बैंकमा खाता खोलेका छन्। जसमार्फत् उनले ठगी गर्दै आएको प्रहरीको दाबी छ।, उनले प्रयोग गर्ने गरेको सवारी चालक अनुमतिपत्र समेत किर्ते गरी बनाएको खुल्न आएको हो। उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंमा पठाएको छ। , धेरैलाई ठगी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ
सेतोपाटी संवाददाता एसी जडान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, नवलपरासी (पूर्व) देउचुली नगरपालिका-१२ का ४० वर्षीय चक्रपाणि भुसालको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।, सोही नगरपालिका-२ स्थित सिजी फुड नेपाल प्रा.लि.मा कार्यरत् भुसाललाई एसी जडान गर्ने क्रममा बिहीबार बिहान ११ बजे करेन्ट लागेको थियो।, करेन्ट लागेपछि उनलाई नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो। उपचारका क्रममा उनको मध्यान्ह सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, एसी जोड्दा करेन्ट लागेर एकको मृत्यु
सबिना श्रेष्ठ पाटन, पुल्चोकको अशोक स्तुपसँगै अहिले जुन ठाउँमा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था छ, त्यसको ठ्याक्कै अगाडि सडक किनारमै कुनै बेला 'समय् फल्चा' (पाटी) थियो।, रातो मच्छिन्द्रनाथको रथयात्रासँग जोडिएको यो फल्चा मासिएको धेरै भयो।, स्थानीय बाबुकाजी महर्जनसँग फल्चाको सम्झना ताजै छ। ७० वर्षीय बाबुकाजीका अनुसार करिब पाँच दशक अघिसम्म अशोक स्तुपसँगै लस्करै ६–७ वटा फल्चा थिए। तीमध्ये एउटामा रातो मच्छिन्द्रनाथको रथ तान्न प्रयोग गरिने लामो काठ घ:मा: राखिएको हामी अहिले पनि देख्छौं।, त्यससँगै अशोक स्तुपको आडैमा नामसंगाती फल्चा छ जहाँ भजन गाइन्छ, मन्त्र पाठ गरिन्छ।, यी दुईबीचको स्थान समय् फल्चा हुनुपर्ने ठाउँ हो। मच्छिन्द्रनाथ जात्रा बेला यहाँ समय् बजी खुवाइन्थ्यो। तर मर्मतसम्भार अभावले फल्चा जीर्ण हुँदै गयो, भत्कियो र मासियो।, जहिलेदेखि फल्चा मासियो, त्यसयता समय् बजी खुवाउने कार्यक्रम अलपत्र छ। कहिले घ:मा: राखिएको लामोपाटी, कहिले पुल्चोकको सोह्रखुट्टे पाटी त कहिले सडक किनारमै पाल टाँगेर समय् बजी खानुपरेको बाबुकाजी बताउँछन्।, बाबुकाजी महर्जन। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, ललितपुर महानगरपालिकाले समय् फल्चालाई पुरानै स्वरूपमा ब्युँताउने घोषणा गरेको छ। बिहीबार बिहान ८ बजे ललितपुर मेयर चिरिबाबु महर्जनले फल्चा शिलान्यास गर्ने कार्यक्रम थियो।, परम्परागत फल्चा ब्युँताउन लागेको खबरले उत्साहित भएका बाबुकाजी समयभन्दा आधा घन्टाअगाडि नै त्यहाँ पुगेका थिए। तर उनले सोचेझैं फल्चा शिलान्यास हुन पाएन।, ‘सानैदेखि देखेको फल्चा फेरि बन्न लागेको खबरले खुसी हुँदै हेर्न आएको थिएँ,’ उनले सेतोपाटीसँग भने, ‘यो फल्चा जोगाउनु भनेको भगवानको घर जोगाए बराबर हो। तर कार्यक्रम नै हुन पाएन।', ललितपुर मेयर चिरिबाबु भने शिलान्यास गर्न नपाए पनि तोकिएकै समयमा त्यहाँ पुगेका थिए।, उनले अघिल्लो दिन बेलुकी जिल्ला अदालतबाट काम रोक्न ‘स्टे अर्डर’ आएको जानकारी दिए। रातारात सबैलाई खबर गर्न नपाएपछि आफू तोकिएको समयमै पुल्चोक आएको उनले बताए।, उनले समय् फल्चा बनाउने भनिएको ठाउँमा उभिएर लालीगुराँस सहकारीबाट महानगरले भोग्नुपरेको सास्तीबारे लामो भाषण पनि दिए।, सुरूमा फल्चा शिलान्यास गर्न नपाएको आक्रोश पोख्दै मेयर महर्जनले भने, ‘हिजो यहाँको जग्गा किन्दा अगाडि परम्परागत फल्चा बन्छ भन्ने थाहा पाएरै किन्ने, अनि अहिले आएर झेल्ला गर्न पाइन्छ?’, यहाँ फल्चा बन्दा सहकारीको पूर्वतर्फ बाटो छेकिने हुँदा काम रोक्न सास्ती दिइरहेको उनले बताए। कहिले फुटपाथ त कहिले सडक मापदण्ड मिच्यो भन्दै सहकारीले विभिन्न अदालतमा मुद्दा हालेको उनको भनाइ छ।, 'सुरूमा उनीहरू पुनरावेदन अदालत पुगे। त्यहाँ हामीले अशोक स्तुप वरिपरिको पुरानो फोटो देखायौं जसमा यहाँ फल्चा थियो भन्ने प्रस्टै देखिन्छ। फोटो देखाउनेबित्तिकै सहकारीको प्रयास फेल खायो,’ महर्जनले भने।, 'त्यसपछि उनीहरू सर्वोच्च गए। त्यहाँ पनि हामीले पुरानै फोटो देखायौं। सर्वोच्चले २०६५ सालमै यहाँ फल्चा बनाउन दिने निर्णय गरेको थियो। दोस्रोपटक पनि फल्चा बनाउने हकमै आदेश आयो।', सर्वोच्चले आफ्नो आदेशमा लेखेको छ, ‘त्यहाँ पाटी बनाउँदा सडकपेटीमा असर पर्ने कुनै अवस्था छैन। मूल सडक र पैदलमार्ग यथावत् रहने गरी अर्थात् सडक मापदण्ड विपरीत नहुने गरी पाटी निर्माण गर्न लागिएकाले रोक्न मिल्दैन।’, सहकारी भने त्यसपछि पनि चुप बसेन।, उनीहरू गृह मन्त्रालय पुगे। मन्त्रालयबाट प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखियो। प्रमुख जिल्ला अधिकारीले महानगरलाई पत्र लेख्यो। त्यो पत्र पाएपछि मेयर महर्जन सिधै गृहसचिवलाई भेट्न गए। त्यहाँ पनि उनले त्यही पुरानो फोटो देखाए। , त्यसपछि गृहसचिवले प्रमुख जिल्ला अधिकारीलाई भनेछन्, ‘यो हेरेपछि कुरै सकियो नि। रोकेको फुक्का गरिदिनू।’, यसरी अहिलेसम्म विभिन्न सरकारी निकायको चक्कर काटिसकेका मेयर महर्जन जिल्ला अदालतको पछिल्लो ‘स्टे अर्डर’ बाट पनि आत्तिएका छैनन्। उनले भने, ‘हामी अदालतलाई सम्मान गर्छौ। अदालतले भनेअनुसार केही दिन काम रोक्छौं। केही दिन रोकेर केही फरक पर्दैन।’, मोटरसाइकलहरू पार्क गरिएको ठाउँमा पहिले समय् बजी फल्चा थियो। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, शिलालेखअनुसार यो फल्चा २०६ वर्ष पुरानो हो। आफूले यही ठाउँमा कुनै बेला समय् बजी खाएको र गुच्चा खेलेको मेयर महर्जनले बताइरहँदा स्थानीयले कानेखुसी गरेका थिए, ‘यहाँ चोरलाई समातेर राखेको पनि इतिहास छ।’, हामीले यसबारे बाबुकाजीसँग जिज्ञासा राख्दा उनले यो फल्चामा कुनै समय प्रहरी चौकी बसेको जानकारी दिए।, २०२९ सालमा भत्किएको फल्चा त्यसयता बनेन। ‘लगभग ५० वर्षमा पनि नबनेको फल्चालाई हामीले कुनै कानुन उल्लंघन नगरी विधिवत् ढंगले बनाउनुपर्छ भनेर नै अदालतको अर्डर मानेका हौं। आजको साटो अर्को कुनै साता हामी झन् ठूलो शिलान्यास गरेर फल्चा बनाउनेछौं,’ ललितपुर मेयर चिरिबाबुले भने।, यो फल्चा बनाउन महानगरले करिब ३० लाख रूपैयाँ हालेको छ भने स्थानीयले करिब ३ लाख उठाएका छन्। यही वर्ष पुस अन्तिमसम्म फल्चा बनाइसक्ने महानगरको लक्ष्य छ।, ‘एउटा तस्बिरले हजारौं शब्द बोल्छ’ भनेझैं विभिन्न अदालत र सरकारी कार्यालय धाएका मेयर महर्जन जिल्ला अदालतले पनि त्यो फोटो र अघिल्ला मुद्दा हेरेपछि रोक्का फुकुवा गर्छ भन्नेमा विश्वस्त छन्।, ‘कसैले छेकेर यहाँको काम रोकिन्न। आज नभए भोलि त बन्छ बन्छ। यो हाम्रो भीष्मप्रतिज्ञा हो,’ उनले भने।, पहिलेको पुल्चोक क्षेत्र:, अशोक स्तुप र बायाँतिर समय् फल्चा। तस्बिर स्रोत: ललितपुर महानगरपालिका,  , ललितपुर मेयरको 'भीष्मप्रतिज्ञा'- पुल्चोकमा २०० वर्ष पुरानो पाटी ब्युँताएरै छाड्छौं
रासस कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन्।, सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ।, जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लामा हालसम्म एक लाख ८८ हजार ७४१ व्यक्तिले कोभिडविरुद्धका विभिन्न खोप लगाइसकेका छन्।, सबैभन्दा बढी मात्रामा चीनबाट आएको भेरोसेल खोप लगाइएको छ। उनले ७७ हजार ४३७ ले भेरोसेल खोप लगाएको जानकारी दिए। त्यसमध्ये दुई मात्रा (पूर्ण खोप) लगाउने १३ हजार २१६ र एक मात्रा मात्र लगाउने ६४ हजार २२१ छन्।, जिल्लामा ६२ हजार ११९ ले भारतबाट प्राप्त कोभिशिल्ड र ४९ हजार २८५ व्यक्तिले अमेरिकाबाट प्राप्त जोनशन खोप लगाएको छ।, जोनशन खोप एक मात्रा लगाउँदा पूर्ण हुन्छ भने कोभिशिल्ड र भेरोसेल दुई मात्रा लगाउनैपर्ने हुन्छ। कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ५३ हजार ३७६ ज्येष्ठ नागरिक दोस्रो मात्राको पर्खाइमा छन्। आठ हजार ७४३ जना फ्रन्टलाइनरले मात्र कोभिशिल्डको दुवै मात्रा लगाउन पाएका छन्।, जापानबाट आएको अस्ट्राजेनिका खोप कोभिशिल्डसँग मिल्दो छ। कोभिशिल्डको एक डोज लगाएर दोस्रो डोजको पखाईमा बसेका ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप लगाउने तयारी भइरहेको छ। त्यसका लागि जिल्लामा २४३ खोप केन्द्र सञ्चालन गरिएको लुइँटेलले बताए।, छानबिन प्रतिवेदन यसै साता आउने, बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाका फोकलपर्सन ओमबहादुर खड्कालाई २०० मात्रा भेरोसेल खोपसहित होटलमा भेटिएको विषयमा भइरहेको छानबिनको प्रतिवेदन यसै साता आउने भएको छ।, जिल्ला खोप व्यवस्थापन समितिले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा गत साउन १६ गते छानबिन समिति गठन गरेको थियो।, झापाका एक लाख १७ हजारले पाएनन् कोरोनाको दोस्रो मात्राको खोप
सेतोपाटी संवाददाता सरकारले आजदेखि तीन दिनसम्म कक्षा ११ र कक्षा १२ का विद्यार्थीलाई पनि कोरोनाविरूद्ध खोप लगाउने भएको छ।, स्वास्थ्य सेवा विभागको भदौ ३ को निर्णयअनुसार भेरोसेल खोपको पहिलो मात्रा आज शुक्रबारदेखि विद्यार्थीलाई लगाउन सुरू गरिन्छ।, १८ वर्ष माथिका कक्षा ११ र १२ अध्ययनरत तथा विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप लगाउन लागिएको छ।, यस्तै ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको छ।, काठमाडौं महानगरपालिका भित्र रहेका ३२ वडा वडाहरू र आवश्यकताअनुसार पालिकाले तोकेका खोप केन्द्रबाट खोप लगाउन पाइन्छ।, यस्तै सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेसन सेन्टर सामाखुसी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल रत्नपार्क, निजामति कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसुती गृह थापाथली, शिक्षण अस्पताल महाराजगञ्जबाट पनि कोरोनाविरूद्ध खोप लगाउन सकिन्छ।, यस्तो छ सूचना:, कक्षा ११ र १२ का विद्यार्थीले आजदेखि कोरोना खोप लगाउन पाउने, कहाँ-कहाँ छ खोप केन्द्र?
सेतोपाटी संवाददाता व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान उकास्नका लागि  हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ गरिएको छ। , ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमबाट अभियान शुभारम्भ भएको यस अभियानका राष्ट्रिय संयोजक रूक्माङ्गद कटवालले जनाएका छन्। , पूर्व प्रधानसेनापति समेत रहेका कटवालले कार्यक्रमलाई सम्बोधन गर्दै भने- नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दू संस्कृति हो। यसै भावलाई अर्थात हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु यस अभियानको उद्देश्य हो।, यसअघि स्वागत मन्तव्य एवं कार्यक्रमको रूपरेखा राख्दै राजनीतिक विश्लेषक देवेश झाले आम जनमानसले आफ्नो गौरवशाली संस्कृतिको स्वाभिमान बिरसिएको हुनाले नै समाजमाविकृति विसंगति मौलाइरहेको बताए।, जूममार्फत आभासी माध्यमद्वारा देशभरिका एक हजार कार्यकर्ता तथा शुभचिन्तकहरू जोडिएको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले हिन्दू राष्ट्रको हाम्रो सङ्कल्पना विषयमा बौल्दै सबै संस्कृतिले सहजताका साथ सास फेर्न सक्ने सुनिश्चितता नै ऋषिमुनि प्रणीत हिन्दू संस्कृति रहेको उल्लेख गरे। हिन्दू धर्मले सबै प्रकारका उपासना पद्धति अपनाउन स्वतन्त्रता दिएको उल्लेख गर्दै उनले आज देशमा विधर्मीको लहैलहैमा बगेर जानाले नै अनेक समस्या आइपरेको  बताए।, शान्तिधामका मठाधीश स्वामी चतुर्भुजाचार्यजी महाराजले स्वाभिमान जागरणबारे आफ्नो मन्तव्यमा हामीले हाम्रो स्वत्वलाई जीवनमा कायम गरे मात्र राष्ट्रले आफ्नो सही चिनारी दिन सक्ने बताए।, हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह–संघचालक कल्याण कुमार तिम्सिनाले अभियानको कार्यपद्धति र त्यसको अपेक्षित परिणामबारे मन्तव्य राखेका थिए।, नितान्त सांस्कृतिक अभियानका रूपमा अघि बढ्ने भन्दै यसका अभियन्ताले उल्लेख गरेका छन्— हिन्दू राष्ट्रको हाम्रो धारणा सांस्कृतिक हो। हिन्दुत्व नै नेपालको सांस्कृतिक पहिचान हो। नेपालमा अत्यन्त प्राचीन कालदेखि चलिआएको एउटा विशेष प्रकारको ‘राष्ट्र जीवन’ छ। भिन्न–भिन्न सम्प्रदाय, भाषा र प्राकृतिक संरचनामा आधारित लवाई–खवाईका कारण विविधता देखिए पनि धार्मिक–सांस्कृतिक रूपमा ‘एकता’ यहाँको जीवनशैलीको परिचय हो। यसमा सबैको आदर्श समान छन्, राष्ट्रको उन्नतिका लागि आकांक्षा, अनुभूतिहरु, शत्रु–मित्र, विश्वास र परम्परामा समानता रहिआएको छ। यसै राष्ट्र जीवनको नाम ‘हिन्दू राष्ट्र’ हो।, हिन्दू राष्ट्रमा कुनै पनि संस्कृति लुप्त भएको छैन। सबै संस्कृतिहरूको संरक्षणको ग्यारेन्टी (सुनिश्चितता) हिन्दू राष्ट्र हो।, अभियानबारे विमर्श कार्यक्रमअघि पूजा एवं हवनपूर्वक केन्द्रीय कार्यालयको उद्घाटन गरिएको थियो।, हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय र ईजरायलको विश्वविद्यालय तेल अभिभबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।, नेपाल/ईजरायलबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने उदेश्यले यी दुई विश्व विद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यको जानकारी दिइन्।, ईजरायलको तेल अभिभ विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच भएको उक्त समझदारीपत्रमा नेपालको तर्फबाट त्रिविका रेक्टर प्रा डा शिवलाल भुसाल र  ईजरायलको तर्फबाट तेल अभिभ विश्वविद्यालयकी उपकुलपति प्रा. मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गरेको शाक्यले जानकारी दिइन्।, ‘कूटनीतिक सम्बन्धको ६ दशक पूरा हुँदासम्म दुई देशबीच सदैव अटूट र सुमधुर रहिआएको सम्बन्ध पछिल्ला दिनहरूमा विभिन्न क्षेत्रमा विस्तार हुँदै गएकोमा खुशी लागेको छ,’ शाक्यले भनिन्, ‘समझदारीपत्रमा हस्ताक्षरसँगै  अनुसन्धानमुलक, आधुनिक र नवीनतम शिक्षाका लागि ठूलो उपलब्धी हुने अपेक्षा लिएका छौँ। यो सम्झौताले दुई विश्वविद्यालय र अन्तर्गतका संकाय/विभागबीच आपसमा अध्ययन–अनुसन्धानमा पनि ठूलो सहयोग पुग्ने छ।’ , त्रिविका रेक्टर भुसालले मुख्य गरेर विपद् व्यवस्थापनको क्षेत्रमा त्यहाँको विश्वविद्यालयका विज्ञ र यहाँका विश्वविद्यालयका विज्ञहरुबीच अनुभवन आदन–प्रदानमा सहज हुने अपेक्षा लिएको जानकारी दिए।, ‘इजरायलका लागि नेपालका राजदूतको विशेष सक्रियतामा हामीले यो सम्झौता गरेका हौँ,’ भुसालले भने, ‘यो सम्झौताले अनुसन्धानमुलक, आधुनिक र नवीनतम शिक्षाका साथै विपद् व्यवस्थापनको क्षेत्रमा यहाँका प्राध्यापक, विद्यार्थी र उनका पनि प्राध्यापक विद्यार्थीबिच अनुभव आदन–प्रदानमा थप सफलता प्राप्त गर्न सहयोग पुग्ने छ। यो सकारात्मक काम हो।’ , सोही अवसरमा त्रिवि अन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पस र तेल अभिभ विश्वविद्यालयको विपद् व्यवस्थापन विभागबीच यसअघि नै भर्चुअल माध्यमबाट हस्ताक्षर भइसकेको समझदारीपत्र समेत प्रकाशित गरिएको थियो।, समझदारीपत्रमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका निर्देशक जगतकुमार श्रेष्ठ र तेल अभिभ विश्वविद्यालयको विपत् व्यवस्थापन विभागका प्रमुख डा. बुररिया एडिनीले हस्ताक्षर गरेका थिए।, इजरायल र नेपालका दुई विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
रासस भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मिर्गौला डायलासिस गर्न छुट्टै उपकरणको व्यवस्था गरिएको छ।, डायलासिस विभागमा रहेका नौवटा उपकरणमध्ये एउटा कोभिड सङ्क्रमितका लागि छुट्याइएको हो।, अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्टै राखिएको डायलासिस उपकरणमा गत साउनमा मात्रै छ कोभिड सङ्क्रमितले १३ पटक सेवा लिएका छन्।, अस्पतालमा रहेका १२ डायलासिस उपकरणमध्ये एउटा बिग्रिएको छ भने दुई प्रयोगमा नै आएका छैनन्। दैनिक चार सिफ्टमा डायलासिसको काम हुँदै आएको यस अस्पतालमा अहिले मासिक १०१ व्यक्तिले नियमित सेवा लिँदै आएका छन्।, साउनमा मात्रै १२१ ले सेवा लिएको उनले बताए। साउनमा सेवा लिएकामध्ये ४९ महिला र ७२ पुरुष छन्। डायलासिस विभागकी सुनिता देवकोटाका अनुसार अहिले पालो पर्खेर बसेका बिरामीको सङ्ख्या ४० जना रहेको छ।, पालो पर्खेर बसेकाले दुई महिनासम्म पालो कुर्नुपर्ने हुन्छ। उनीहरुले यहाँ लामो समयसम्म पालो कुर्नुपर्ने भएपछि अन्य अस्पतालबाट सेवा लिने गरेका छ ।, अस्पतालमा पालोमा रहेका बिरामीलाई क्रमशः सेवा दिने उनले बताइन्। चिकित्सकको सल्लाहले आकस्मिक मिर्गाैलाको डायलासिस गर्नुपर्नेलाई भने पालो कुर्नु नपर्ने उनले बताइन्।, विसं २०७४ मा यस अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आएसँगै एक व्यक्तिले ३०९ पटकसम्म सेवा लिएको तथ्याङ्क छ। आकस्मिक सेवा लिनुपर्दा रु दुई हजार ५०० मा सेवा दिइने गरेको छ।, यो सेवा निजीमा भन्दा सस्तो हो। निजी अस्पतालले एकपटकको रु तीन हजार ५०० देखि रु सात हजारसम्म लिने गरेका छन्। सरकारी अस्पतालमा प्रक्रिया पुर्‍याएर उपचारका लागि आए यो सेवा निःशुल्क हुनेछ।, सरकारी अस्पतालमा सबै उपकरण सञ्चालन नहुँदा र उपकरणको कमीले चाहेर पनि धेरैले यो सेवा लिन पाएका छैनन्।, भरतपुर अस्पतालमा कोरोना संक्रमितलाई छुट्टै डायलासिस
एजेन्सी चीनमा हजार वर्षअघि बनाइएका बुद्धका मूर्तिहरू चोरी भएका छन्। दक्षिण पश्चिमी प्रान्त सिचुवानको वाङकाङ काउन्टीबाट २३ वटा मूर्ति चोरी भएका हुन्।, चिनियाँ सञ्चारमाध्यमहरूले प्रकाशित गरेका समाचारमा मूर्ति चोरी भएपछि १३ जना अधिकारीहरूलाई कारबाही गरिएको छ। उनीहरूमध्ये ८ जनालाई अनुशासनको कारबाही गरिएको छ भने पाँच जनालाई प्रहरी हिरासतमा राखिएको छ।, वाङकाङ काउन्टीको  फोजी पहाड बुद्ध मूर्तिका लागि प्रख्यात छ। त्यहाँ बुद्धका सयौं मूर्तिहरू बनाइएका छन्। चोरी भएका मूर्ति ताङ शासनकाल (६१६-९०७ ) मा बनाइएको अनुमान गरिएको छ। तीमध्ये ११ वटा मूर्तिमा बुद्धका  टाउकोमात्रै छ भने बाँकी १२ वटा पूर्ण कदका मूर्ति छन्।, ती मूर्तिहरू कहिले चोरी भएका हुन् भन्ने अधिकारीहरूलाई थाहा छैन। गत जनवरीमा पूरातत्वविद्हरूको टोलीले बुद्धका मूर्ति हराएको थाहा पाएको थियो। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। निकै बिकट ठाउँ भएकाले त्यहाँ सिसी क्यामेरा जडान भएको थिएन। त्यसले गर्दा अनुसन्धान गर्न कठिनाइ भएको साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ।, अनुसन्धान गर्न कठिनाइ भएपछि वाङकाङ काउन्टीका अधिकारीहरूले मूर्तिबारे जानकारी दिनेलाई पुरस्कार घोषणा गरेका छन्।, ग्लोबल टाइम्सका अनुसार मूर्तिबारे क्लु दिनेलाई प्रहरीले ५० हजार युआन (झन्डै ९ लाख तेह्र हजार रुपैयाँ) पुरस्कार दिने बताएका छन्।,  , चीनमा चोरी भए हजार वर्ष पुराना बुद्धका मूर्ति, १३ अधिकारीलाई कारबाही
सविता बुढा कैलालीको कैलारी गाउँपालिकाको शिवरत्नका टीकाराम चौधरीलाई मुख्यमन्त्रीसमक्ष गुनासो राख्ने मन थियो।, उनको गाउँका मान्छेले मोहना नदीमा पुल नहुँदा वारपार गर्न सास्ती भोगिरहनु परेको छ। पुल  बनाउने भनिएको ठाउँमा झोलुंगे पुलको काम अगाडि बढेको छैन।, गाउँमा पुल निर्माणको काम किन सुरू भएन? भन्ने प्रश्न उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सोध्न चाहेका थिए।  तर सोध्ने कसरी?, केही समयपछि उनले गुनासोको सुनुवाइ गर्ने उद्देश्यले मुख्यमन्त्री कार्यालयमा ‘हेलो सिएम’ कक्ष स्थापना भएको थाहा पाए।, हेलो सिएम कक्षमा जनगुनासो तथा सुझाव दिनका लागि पैसा नलाग्ने (टोल फ्री) टेलिफोन नम्बर १६६०-९१५२७२३ को व्यवस्था गरिएको थियो। , २०७५ साल असारतिर उनले त्यही नम्बरमा फोन गरे। आफ्नो ठाउँको समस्याबारे कुरा राखे।, ‘टेलिफोनमा कुरा गरेका कर्मचारीले तपाईंको गुनासोबारे हामी सम्बन्धित निकायमा कुरा राख्छौं भन्दै मेरो गुनासो टिपे,’ उनले भने।, गुनासो टिप्ने ती कर्मचारीले कहिले, कति दिनपछि, कसरी, कहाँबाट गुनासो सम्बोधन हुन्छ भन्नेबारे भने केही नभनेको टीकाराम बताउँछन्।, हेलो सिएममा आफूले टिपाएको गुनासो सम्बोधन हुने आशामा टीकाराम बसे। महिना र वर्ष बिते। उनलाई लाग्थ्यो- आफ्नो ठाउँमा झोलुंगे पुल छिटै बन्छ होला।, ‘मैले गुनासो टिपाएपछि मुख्यमन्त्रीज्यूले झोलुंगे पुल निर्माणको काम छिटो सुरू गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुहुन्छ होला सोचेको थिएँ, तर केही काम भएन’ उनले भने। , राखेको गुनासो सम्बोधन नभएपछि उनले फेरि हेलो सिएममा फोन गरेनन्।, ‘नाममा जनताका गुनासा सुन्न/सम्बोधन गर्न सरकारले ल्याएका त्यस्ता कार्यक्रमले हामी जस्तालाई केही प्रभाव पारेको छैन यी कार्यक्रम भन्नुमात्रै हो’, उनले दिक्क मान्दै भने।, सुदूरपश्चिम सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सञ्चालनमा रहेको ‘हेलो सिएम’ कक्षमा गुनासो राख्न खोज्ने मध्येका कञ्चनपुरका मनोज भण्डारी पनि  थिए।, टीकारामको जसरी गुनासो टिपाउन भने उनले सकेनन्। किनकी उनको त फोन नै लागेन।, ‘आफ्नो ठाउँमा निर्माण भएको सडक गुणस्तरहीन भएकोबारे हेलो सिएममा फोन गरेर गुनासो टिपाउन चाहन्थें, बारम्बार फोन गर्ने प्रयास गरे पनि लागेन’, उनले भने।, सुदूरपश्चिम प्रदेश सरकार गठन भएकै वर्षमै ‘हेलो सिएम’ कक्षको स्थापना गरिएको थियो।, सुदूरपश्चिम प्रदेश सरकारका अनुसार कार्याकालको पहिलो वर्षमा सो कक्षको स्थापना गर्नुको कारण जनगुनासोको सुनुवाइ गर्दै जनतालाई सुशासनको अनुभूति गराउने थियो।, जनतालाई सुशासनको अनुभूत गराउने उद्देश्यअनुरूप सुदूरपश्चिम सरकारले हेलो सिएम कक्ष स्थापना त गर्‍यो तर त्यसबाट यहाँका नागरिकले लाभ लिन भने नसकेको बताएका छन्।, धनगढीका विकास रानाले गुनासो टिपाउन हेलो सिएममा फोन गरे पनि फोन नै नउठेको सेतोपाटीलाई बताए।, ‘सुरूमा जनताका गुनासा सुन्ने र सम्बोधन गर्ने, यहाँका समस्याको पहिचान गर्ने भनेर प्रदेश सरकारले निकै तामझामका साथ हेलो सिएम सुरू गर्‍यो, त्यसबेला जनताले धेरै आस माने। पछि फोन गर्दा, फोनसमेत उठेन,’ उनले भने।, धनगढीकै प्रकाश सुवेदीले पनि सरकारी कार्यालयमा सेवा लिन सास्ती भोग्नु परेको गुनासो हेलो सिएममा टिपाएको बताए।, ‘नागरिकका गुनासा सुन्ने प्रदेश सरकारले राम्रो कार्यक्रम ल्यायो सोचेका थियौं, गुनासा टिपाएर राख्नेमात्रै काम भयो, सम्बोधन गर्नेतर्फ चासो देखाइएन’, उनले भने।, सम्बोधन नभएपछि अहिले हेलो सिएममा नागरिकले गुनासो राख्नै छोडेका छन्।, नागरिकका लागि सञ्चालन भएको सो कार्यक्रम मन्त्रालयले प्रभावकारी ढंगले चलाउनु पर्ने कतिपयको भनाइ छ।, ‘गुनासा आउँदैनन् भनेर सरकारले ढुक्क हुने होइन, नगारिकले हरेक सरकारी सेवा उपभोग गर्दा सास्ती भोग्नु परेको छ। आगामी दिनमा यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ,’ डोटीका तुलारामका थापाले भने।, २०७५ साल जेठ ७ मा स्थापना भएदेखि सर्भिस डेलिभरी र विकास निर्माणका कामबारे गुनासा आउने गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।  , हेलो सिएम सुरू भएको ३ वर्षमा १ सय ८९ गुनासा सूचना अधिकारी जगदीश जोशीले जानकारी दिए।, उनका अनुसार खानेपानी, बिजुली, टेलिफोन, पूर्वाधार विकास, सामाजिक, स्वास्थ्य र आर्थिक सेवासँग सम्बन्धित गुनासा धेरै आएका छन्।, आएका गुनासालाई प्रदेश सरकारको क्षेत्र अधिकारभित्र पर्ने र बाहिरका दुबैलाई सम्बन्धित निकायकहाँ लिखित रूपमा पत्राचार गरेर सम्बोधन गर्न भनिएको जोशीले बताए।, ‘हेलो सिएम कक्ष स्थापना भएको सुरूको वर्षमा गुनासा बढी आए, बिचमा कमी आए, आएका गुनासामध्ये केहीको बाहेक अधिकांशको सम्बोधन भएको छ,’ उनले भने।, विगतका वर्षमा हेलो सिएम कक्षका लागि छुट्टै बजेट नदिइएको सूचना अधिकारी जोशीले बताए।, उनका अनुसार चालु आर्थिक वर्षमा ४ लाख बजेट छुट्याइएकोले हेलो सिएमलाई थप प्रभाकारी व्यवस्थित गरेर लैजाइने छ।, कक्षमा गुनासा सुन्न एक जना कर्मचारी खटाइएको छ।, यसअघि हेलो सिएम कक्षबारे थाहा पाएका केही नागरिकले गुनासा राखे पनि अधिकांशलाई यो कक्षबारे थाहै छैन।, सर्वसाधारणका लागि सो कक्ष स्थापना गरिएको भए पनि सर्वसाधारणले  नै यसबारे थाहा नपाउँदा प्रभावकारी नदेखिएको धनगढीका १ का खगेन्द्र बोगटीले बताए।, हेलो सिएममा दुर्घटना, विपद्सम्बन्धी घटना र उद्धारबारे, सार्वजनिक निकायबाट हुने सेवासुविधामा भेदभाव गरिएको वा वञ्चित गरिएको, सेवासुविधा पाउनमा बाधा अवरोध, सार्वजनिक निकायको गैरकानूनी कार्य वा त्यस्तो कार्यबाट कसैलाई हानी-नोक्सानी पुगेकोलगायत गुनासाका साथै सुझावसमेत राख्न सकिने व्यवस्था गरिएको छ।, जनताका गुनासा सुन्न बनाइएको सुदूरपश्चिमको ‘हेलो सिएम’ले नै वास्ता नगरेको गुनासो
सेतोपाटी लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरूद्ध बनेको छ।, राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको हो।, पहिराले बिहान ६ः०० बजेदेखि  राजमार्ग पूर्णरूपमा अवरूद्ध भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। अवरूद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण प्रभावित भएको प्रहरीले जनाएको छ।, राजमार्ग अवरूद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडी लगायतका स्थानका लागि छुटेका सवारी साधन ठप्प छन्। सवारी साधन रोकिँदा यात्रु पनि अलपत्र परेका छन्। ,रासस, , पहिराले जयपृथ्वी राजमार्ग अवरूद्ध
सेतोपाटी संवाददाता बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, उदयपुर त्रियुगा बस्ने १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ६४ वर्षीय पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।  , उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।, गौतमका अनुसार उनले असार १२ गते बालिकामाथि बलात्कार गरेका थिए। उनले सो घटनाबारे मार्ने धम्की दिई फरार भएको आरोप छ।, सोही डरले बालिकाले पनि कसैलाई तत्काल जानकारी गराएकी थिइनन्।, असार १५ गते बालिकालाई अत्यधिक पीडा भएपछि आमालाई घटनाबारे बताएको प्रहरी नायब उपरीक्षक गौतमले बताए।, सो खबर प्रहरीले पाएपछि ती वृद्धको खोजतलास गरी पक्राउ गरेको हो।, उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।, जिल्ला अदालत उदयपुरले उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।,  , बालिकामाथि बलात्कार गरी फरार आरोपित पक्राउ
सेतोपाटी जिल्ला अदालत धादिङमा सबभन्दा धेरै पारिवारिक विवादका मुद्दा दर्ता भएको छ।, उक्त विवादका ६३६ मध्ये ३६३ थान मुद्दा फछ्र्योट गरिएको छ। , आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म सम्बन्ध बिच्छेदका ४२८ मुद्दामध्ये २८५, अंशबण्डाका १७२ मध्ये ७०, सम्पत्तिसम्बन्धी १६२ मध्ये ७२,  बालबालिकासम्बन्धी ४१ मध्ये १७ र  विवाहसम्बन्धी २०मध्ये दुइटा फछ्र्योट भएको छ।, मुद्दाका प्रकृतिअनुसार फछ्र्योट गर्ने गरिएको र तीमध्ये पारिवारिक विवादका  धेरै रहेको स्रेस्तेदार खुमप्रसाद भण्डारीले बताए।, जिम्मेवारी सरी आएका र  नयाँ गरी एक हजार ४५१ थान मुद्दामध्ये ६९६ फछ्र्योट भएको ७५५ थान फछ्र्योट गर्न बाँकी रहेको उनको भनाइ थियो। , आर्थिक वर्ष ०७५/७६ मा ७२४, ०७६/७७ मा ९५३ र ०७७/७८ मा एक हजार ४५१ थान मुद्दा दर्ता भएकाले तीन वर्षयता मुद्दा दायर गर्ने क्रम बढ्दै गएको देखिएको छ।, दुई वर्ष नाघेका ८२ थान मुद्दा बाँकी रहेको र २०५२ सालदेखिका २८ थान मुद्दा मुल्तबीमा रहेको बताइएको छ।  ,रासस, जिल्ला अदालत धादिङमा पारिवारिक विवादका मुद्दा सबभन्दा बढी
सेतोपाटी संवाददाता बागमती प्रदेश सरकारले भदौ ७ गते प्रदेशभरि बिदा दिने निर्णय गरेको छ।, शुक्रबार प्रदेश राजपत्रमा सूचना प्रकाशित प्रदेशले गाईजात्राको दिन प्रदेशभरि बिदा दिने निर्णय गरेको हो।, यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्राका अवसरमा देशभरिका नेवार समुदायलाई बिदा दिने निर्णय गरेको थियो।, काठमाडौं उपत्यकामा भने यसअघि नै गाईजात्राको दिन सार्वजनिक बिदा हुने गरेको थियो।  , गाईजात्राका दिन बागमती प्रदेशभरि बिदा
सेतोपाटी गएरातिको वर्षाका कारण अवरूद्ध भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको छ।, सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने यो एकमात्र पहाडी राजमार्ग हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्षाका कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरानजिक पहिरो जाँदा उक्त राजमर्ग अवरूद्ध भएको थियो।, राजमार्ग खुलाउन सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोग लिइएको घण्टेश्वर गैरास्थित प्रहरी चौकीले जनाएको छ। , राजमार्ग अवरूद्ध भएका कारण गएरातिदेखि अलपत्र परेका दजनौं सवारीसाधन तथा सयौं यात्रु अहिले आ-आफ्नो गन्तव्यतिर लागेका स्थानीयबासी मोतीसिंह बमले बताए।, पहिराका कारण पाँचौं पटकसम्म राजमार्ग अवरूद्ध भइसकेको जनाइएको छ। ,रासस, खुल्यो पहिराले अवरूद्ध भीमदत्त राजमार्ग
खिलानाथ ढकाल डोल्पाका दीपेन्द्र शाहीले जाजरकोटका रत्नबहादुर खड्कासँग २०७२ साल चैत ११ गते चार करोड ३२ लाख रुपैयाँ सापटी लिएका थिए।, शाही र खड्का दुबै निर्माण व्यवसायी हुन्। शाहीको सिद्धिसाई प्रकाश कम्पनी छ, खड्काको खड्का-कृष्ण कम्पनी हो।, शाहीले कन्स्ट्रक्सनको कामका सिलसिलामा खड्कासँग ऋण लिएका थिए। त्यो ऋणबापत् उनले जग्गा पनि धितोमा राखेका थिए।, सापटी लिएको मितिमा त्यो रकमको साँवा र ब्याज दुई वर्षभित्रमा तिर्नुपर्ने सर्त थियो।, २०७४ साल पुस १५ भित्र शाहीले खड्काको साँवा रकम चुक्ता गरिदिए। ब्याजको हिसाब आयो- साँवा जति नै चार करोड ३२ लाख।, शाहीलाई फसाद पर्‍यो दुई वर्षमा साँवा-ब्याज दोब्बर तिर्नुपर्ने भएपछि।, ‘निर्माण व्यवसायी हुँ, सरकारी काम गरिन्छ, चाहिएको बेला पेमेन्ट हुँदैन, उनले काम टारिदिएका थिए,’ शाहीले आफ्नो विवशता पोखे, ‘यसरी हिसाब कहाँबाट कहाँ पुर्‍याउँछन् भन्ने के थाहा र!’, ब्याजबापतको रकम भनेर शाहीले त्यहीबेला ५७ लाख रुपैयाँ हातैमा दिए। बाँकी २०७४ साल पुस २९ गतेभित्र ब्याज नै दुई करोड दिनुपर्ने भनी चेक कटाए। असार ३० गतेभित्रको १ करोड ७५ लाख रुपैयाँको चेक कटाए।, २०७४ साल पुस २३ मै शाहीले दुई करोडको चेक दिए। बाँकी १ लाख ७५ हजार रुपैयाँको तिर्न बाँकी रहेको थियो।, चेकमा आवश्यक रकम नपुगेपछि भुक्तानी रोकियो। यसको फाइदा उठाएर खड्काले फेरि सुरूकै बिन्दुबाट ब्याज जोड्न थाले।, दुबै बीचको कागज अनुसार शाहीले दिनुपर्ने रकम १ करोड ७५ हजार रुपैयाँ हो। शाहीले २५ लाख यो बीचमा तिरिसकेको बताएका छन्।, तर, खड्का मान्दैनन्। उनी चार करोड ब्याज पुग्यो भनी चेक लिएर बसेका छन्।, पैसा तिरेपछि फिर्ता गर्नुपर्ने सर्तमा काटिएको चेकलाई ‘बार्गेनिङ’ माध्यम बनाएर खड्का शाहीबाट चार करोड रुपैयाँ असुल्न चाहन्छन्।, ‘साँवा-ब्याज तिर्दा पनि ६ वर्षदेखि उनले मलाई रकम माग्न छोडेनन्, अहिले उनी पछिल्लो चेक बाउन्स गरेर मुद्दा हाल्छु भन्दै हिँडिरहेका छन्,’ शाही आवश्यक कागजात लिएर बुधबार केन्द्रीय अनुसन्धान ब्युरो पुगेका छन्।, ब्युरोले उनीसँग भएका कागजात हेर्ने र प्रमाण बुझ्ने काम गरिरहेको छ।, ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंह भन्छन्, ‘प्रमाण दर्बिलो भएपछि मात्रै काम अगाडि बढाउँछौं।’, शाहीको काम धनगढी, कहिले तेह्रथुम, भोजपुरतिर चलिरहेका छन्। साइटमा जानुपर्ने बेला मिटरब्याजको पैसाको तनावले गर्दा उनी हत्तपत्त सम्पर्कमा पनि आउँदैनन्।, शाहीलाई सताउने अर्का व्यक्ति काठमाडौंमै छन्- रविन श्रेष्ठ।, रविन श्रेष्ठ भारतीय नागरिक राम अग्रवालको पैसा मिटरब्याजमा लगानी गर्ने व्यक्ति हुन्।, गत पुसमा अग्रवालको रकम श्रेष्ठबाट शाहीले साढे तीन करोड रुपैयाँ लिएका थिए। एक करोडबढी तिरिसकेको बताएका छन्।, उनले साढे तीन करोडको चेक अग्रवालको नाममा दिइसकेका छन्। तर, श्रेष्ठ हिसाब पुर्‍याएर साढे चार करोड माग्छन्।, उनले त्यति नै मूल्यको जग्गा पनि धरौटीबापत राखेका छन्। त्यो जग्गा २५ लाखमा बैना गरेको कागज गराएका छन्।, अहिले श्रेष्ठ शाहीलाई तनाव दिँदै पैसा नतिरे मुद्दा हाल्छु भनी हिँडिरहेका छन्।, ‘मैले साढे दुई करोड रुपैयाँ तिर्नुपर्ने हो, साढे चार करोड मागिरहनुभएको छ, जग्गा पनि आफैंले धरौटी राख्नुभएको छ,’ शाहीले भने, ‘अप्ठेरोमा चलाएको ऋणले अहिले मलाई भूमिगत बनाउन खोजिरहेको छ।’, श्रेष्ठ सेतोपाटीसँगको सम्पर्कमा आए। उनले शाहीसँग आफ्नो पुरानो कारोबार रहेको स्वीकार गरे पनि मिटरब्याज लगानीमा कारोबार नगरेको दाबी गरे।, ‘उहाँले मेरो घर किनिदिनु भनेर धरौटी राख्नुभयो, अहिलेसम्म पास गराइदिनुभएको छैन,’ उनले भने, ‘यस्तो आरोप लगाउँदा दु:ख लागेको छ, एक करोड रुपैयाँ त उहाँले यो भन्दाअघिको कारोबारमा मलाई तिर्न छ।’, श्रेष्ठले भारतीय नागरिक अग्रवालसँग आफ्नो कुनै चिनजान र सम्पर्क नरहेको दाबी गरे। ‘म बसेर कुरा गरौं, मिलौं भन्छु, उहाँ सम्पर्कमा आउनु हुन्न,’ उनले भने।, श्रेष्ठ र शाहीबीच २०७५ सालदेखि २०७७ साल चैतसम्म लामो कारोबार देखिन्छ। यो अवधिमा शाहीले उनलाई ८ करोड ५० लाख रुपैयाँ तिरेको देखिन्छ।, श्रेष्ठ आफैंले शाहीलाई २५ लाख रुपैयाँ मात्र बैना दिएको कागजमा देखिन्छ। बैंकिङ कारोबारको सूची तथा कागजात लिएर शाही ब्युरोका साथै महानगरीय प्रहरी परिसर काठमाडौं पनि धाइरहेका छन्।, शाही केही समयअघि मात्रै एउटा लफडाबाट मुक्त भएका थिए। दोलखाका गणेश उप्रेतीले उनलाई काठमाडौंबाट विस्थापित नै गराएका थिए।, दुई करोड २० लाख रुपैयाँ तिर्नुपर्ने हिसाब रहेकोमा उप्रेतीले १४ करोड हिसाब पुर्‍याएर पीडित बनाएपछि शाही जाहेरी लिएर प्रहरीमा पुगेका थिए।, पैसा नबुझाएको भन्दै गत चैत २५ गते उप्रेतीले गुण्डा लगाएर कार्यालयमा तोडफोड गरेपछि शाही चार महिना काठमाडौं छोडेका थिए।, २२ करोडको बिगो बनाएर केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला अदालतमा बुझाएको थियो। मुद्दा दर्ता भएपछि उप्रेतीलाई अदालतले १५ लाख रुपैयाँ धरौटीमा छोडेको छ।, त्यसलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरे पनि उप्रेतीलाई साधारण धरौटीमै छोडेको छ।, उप्रेतीविरूद्ध २२ करोड ५१ लाख रुपैयाँ बराबरको बिगो लिएर ब्युरो काठमाडौं जिल्ला अदालत पुगेको थियो।, अदालतले उप्रेतीलाई १५ लाख धरौटीमा छोडेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेको थियो।, दुबै निकायबाट प्रतिवादी धरौटीमा छुटेपछि भने मुद्दा अभियोजनकर्ता निकाय ब्युरो निराश छ। ‘साधारण धरौटीमै प्रतिवादी पहिलो चरणको सुनुवाइबाटै छुट्दा प्रमाण लोप हुन सक्ने सम्भावना बढी हुन्छ,’ ब्युरोका निर्देशक सिंहले भने।, के हो मिटर ब्याज?, कुनै काम तत्कालै गर्नुपर्‍यो, तर हातमा पैसा भएन। बैंक जाँदा प्रक्रिया झन्झटिलो, धरौटी राख्न वा आयस्रोत देखाउनुपर्‍यो। मानिस विवश बन्दै चर्को ब्याज तिर्न तयार हुन्छ र पैसावालाहरूको खोजी गर्छ।, कतिपय मानिसहरू भने हातमा पैसा छ, बैंकमा राखौं सम्पत्तिको स्रोत देखाउनु पर्ने, सम्पत्ति जोडे पनि स्रोत खोजी हुने हुनाले चेपुवामा हुन्छन्। जे गरे पनि धर नभएपछि गैरकानुनी काम वा कालो धन लुकाउन त्यस्ता ग्राहक खोजेर बसिरहेका हुन्छन्।, यी व्यापारी, निजामती कर्मचारी, प्रहरी वा अरू जोकोही हुने मिटरब्याज कारोबार बुझेका अधिकारीहरू बताउँछन्।, उनीहरूले ४० देखि सय प्रतिशतसम्म ब्याजमा लगानी गरिरहेका हुन्छन्।, मिटरब्याजको चलन गाउँदेखि सहरसम्म छ। साहुको ऋण बुझाउनु पर्ने, कुत वा अरू कुनै नाममा ब्याजमा लेनदेन नेपालमा धेरै पहिलेदेखि चलिआएको हो।, तर, पछिल्लो समय सहरमा व्यवसायकै रूपमा मिटरब्याज धन्दा मौलाएको पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्।, ‘गैरकानुनी सम्पत्ति सरकारले खोज्न थालेपछि मानिसहरू मिटरब्याज लगानीमा जान थाले,’ उनी भन्छन्।, यस्तोमा लगानी गर्दा पैसा उठ्ने/नउठ्ने दुबै जोखिम रहन्छ। फिर्ता गर्नै नसक्नेगरी ब्याज जोडिन थालेपछि भने गुण्डागर्दी मौलाउँछ।, ‘त्यस्तोमा दबाब दिएर, धम्क्याएर असुल गर्न विभिन्न मानिस प्रयोग गरिन्छ,’ ठकुरी भन्छन्, ‘शक्तिशाली मानिसले पहुँच लगाएर दबाब दिन्छ, कसैले गुण्डाहरूको सहारा लिन थाल्छ।’, यस्ता कुरा सुरू-सुरूमा प्रहरीमा जाँदैनथे। प्रहरीले लेनदेन मुद्दा हेर्दैन पनि थियो। तर, समाजमा गुण्डागर्दी मौलाएपछि भने प्रहरीले लेनदेन मुद्दा हेर्न थाल्यो, चेक बाउन्सको रूपमा।, ‘भरसक मानिसहरू प्रहरीमा चेक बाउन्स मुद्दा लिएर जानै चाहँदैन, किनभने मुद्दाको पाटो लामो हुन्छ, त्यसैले सुरूमा प्रहरीकहाँ जाने, भरसक पैसा उठाउनका लागि प्रहरीको दबाब सिर्जना गराउने गर्छन्,’ उनले भने।, मिटरब्याजीहरूलाई यस्तोमा भयंकर फाइदा छ। चेक देखायो, प्रहरीकहाँ पुगेर दबाब दिलायो, पैसा उठायो।, प्रहरीले चेक बाउन्स मुद्दामा आयस्रोत के हो सोधीखोजी नगर्ने गरेका कारण उनीहरूलाई सजिलो पनि हुने नै भयो।, ‘आयस्रोत के हो भनेर खोजी गरेदेखि त यस्ता मानिसलाई अप्ठेरो पर्थ्यो, तर प्रहरीले खोजी गर्दैन,’ मल्ल भन्छन्।, यसरी मिटरब्याजमा आर्जित धन विदेशमा लुकाउने, नातागोताको नाममा राख्ने प्रवृत्ति छ। कतिपय भारतीय नै नागरिक नेपालमा बसेर यस्तो धन्दा चलाई आर्जित सम्पत्ति आफ्नो देश पुर्‍याउने गर्छन्।, मिटरब्याजमा २ करोड दिएर २ बर्षमा ८ करोड रुपैयाँ तिर्दा पनि चुक्ता नगरेको भन्दै महेशबहादुर सिंहले कन्चटमा बन्दुक तेर्स्याएपछि २०७० सालमा अर्बिट इन्टरनेशनलका उद्धव केसी सपरिवार जापान पलायन भएका थिए।, महेश सिंहलाई काठमाडौंमा एसएसपी हुँदा रमेश खरेलले पक्राउ गरेका थिए।, महेश सिंहलाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा चलाएपछि मिटरब्याज धन्दाबाट पलायन भएका थिए।, त्यसपछि बलराम सापकोटा ‘बले’ एकताका मिटरब्याज धन्दामा चर्चित थिए।, खरेलका अनुसार मिटरब्याजमा अर्बौंको खेल हुन्थ्यो। राजनीतिज्ञ, निजामती कर्मचारी, प्रहरीहरू यो धन्दामा सक्रिय रहेको उनी बताउँछन्।, ‘मैले महेश सिंहलाई अपहरणमा पनि मुद्दा चलाएको थिएँ, यस्ता व्यक्तिहरू प्रहरीबाट संरक्षित छन्,’ खरेल भन्छन्, ‘त्यसबेला क्यासिनो खुला थिए। प्रहरीका हाकिमहरू मिलेमतोमा पैसा खान्थे। क्यासिनोमा मिटरब्याजको धन्दा व्यापक हुन्थ्यो।’, क्यासिनोहरू बन्द भए पनि अहिले पनि विभिन्न कारोबारका नाममा मिटरब्याज धन्दा कायमै रहेको खरेल बताउँछन्।, मिटरब्याज लगानीमा यसरी पुर्‍याइन्छ दोब्बर/तेब्बर साँवा-ब्याज
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १७ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ५३० जनाको पिसिआर र ७ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार २४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ। , हाल देशभर ४० हजार ३ सय ९ सक्रिय संक्रमित छन्।, यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ८९८ जनालाई संक्रमण देखिएको छ।, काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ संक्रमित थपिएका छन्।, १७ हजार ६५४ मा कोरोना परीक्षण गर्दा ३ हजार ४२ लाई संक्रमण
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ८९८ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ संक्रमित थपिएका छन्। , त्यस्तै, हाल उपत्यकामा ११ हजार ६ सय ३० सक्रिय संक्रमित छन्।, काठमाडौंमा ७ हजार ८६७, भक्तपुरमा १ हजार ४ सय ७४ र ललितपुरमा २ हजार २ सय ९० संक्रमित थपिएका हुन्।, यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, १७ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ५३० जनाको पिसिआर र ७ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार २४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ। , हाल देशभर ४० हजार ३ सय ९ सक्रिय संक्रमित छन्।,  , काठमाडौं उपत्यकामा ८९८ जनालाई संक्रमण
सेतोपाटी संवाददाता सर्लाहीमा एक किशोरी मृत फेला परेकी छन्।, मंगलबार मध्यराति लालबन्दी नगरपालिका वडा नम्बर ६ स्थित कालिन्जोर खोलामा १६ वर्षीया प्रियंका भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।, गत आइतबार रातिदेखि बेपत्ता रहेकी उनको मध्यराति शव फेला परेको हो। घटना शंकास्पद रहेको प्रहरी उपरीक्षक राठौरले बताए।, उनको हत्याको आरोपमा प्रहरीले दुबै जनालाई पक्राउ गरेको छ। अहिले उनीहरूको परिचय खुलाइएको छैन।, 'साउन ३१ गते राति हराएको भनेर हामीलाई खबर भयो,' उनले भने, ‘भुजेलको खोजी गर्दै जाँदा प्रहरीलाई १८-१९ वर्षका दुई युवक पनि बेपत्ता भएको भन्ने खबर आएको थियो।’, त्यसपछि प्रहरीले उनीहरूको पनि खोजी गरेको उनले बताए।, 'हामीलाई खबर भएपछि उनीहरूको खोजी गर्‍यौं। केटाहरू आफन्तको घरमा लुकेर बसेका रहेछन्,' उनले भने,'दुबै जनालाई हिजो नियन्त्रणमा लियौं। उनीहरूमाथि केरकार गर्दा मध्यराति हामीलाई शव कहाँ छ भनेर देखाइदिए।', उनीहरू आफैंले शव पुरेर राखेको ठाउँमा देखाइदिएका थिए।, उनका अनुसार मृतक किशोरी र पक्राउ परेकाहरूबीच पहिलेदेखि नै चिनजान थियो। पक्राउ परेकामध्ये एक जनासँग भने निरन्तर रूपमा कुराकानी हुने गरेको प्रहरीले जनाएको छ।, प्रहरीले शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवामा पठाएको छ।, अहिले सर्लाहीमा करिब एक सय बढी महिलाहरूले प्रदर्शन समेत गरिरहेका छन्। उनीहरूले निर्मला पन्तकोजस्तो घटना नहोस् भन्दै नाराबाजी गरेका छन्। , प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। , तीन दिनदेखि बेपत्ता किशोरीको शव फेला
सेतोपाटी संवाददाता कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहितकुमार शाह हातहतियारसहित पक्राउ परेपछि प्रहरी हिरासतमा रहेका छन्।, गत साउन २५ गते राति गौरीगंगा नगरपलिका–९ शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गबाट उनी पक्राउ परेका थिए। , पूर्वतर्फ गइरहेको बा १७ च १३१२ नम्बरको अमारो जीपमा चालक रहेका बेला प्रहरीले चेकजाच गर्नेक्रममा उनको साथमा हातहतियार  फेला परेपछि उनी पक्राउ परेका थिए।, धनगढी–उपमहानगरपालिका–२ सन्तोषी टोलका ४६ बर्षीय शाहको साथबाट प्रहरीले जीपमा चेकजाच गर्ने क्रममा १० थान गोली, एक थान म्याजीन प्रहरीले बरामद गरेको थियो।, यस्तै उनीसँगै सोही जीपमा सवार रहेका कैलारी गाउँपालिका– ९ गदरिया बस्ने वर्ष ५३ का खेमराज चौधरीको साथबाट पनि १२ बोर हतियार धान एक, गोली एक थान बरामद गरिएको थियो।, उनीहरुसँगै जीपमा धनगढी–उपमहानगरपालिका–१ नैनादेवि टोल बस्ने ४६ बर्षीय रुपक मल्ल र कैलारीकै ३३  बर्षीय योगेन्द्रबहादुर देउवा पनि सवार रहेका थिए।, फुटबल संघ कैलालीका अध्यक्ष शाहसहित चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएर म्याद  थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक लोकेन्द्रसिंह गुरुले  सेतोपाटीलाई बताए।, शाह २०७४ मा कैलाली जिल्ला फुटबल संघको अध्यक्ष चयन भएका थिए। २०७४ माघमा धनगढीमा सम्पन्न सातौं साधारणसभाले  शाहको अध्यक्षतामा १९ सदस्यीय कैलाली जिल्ला कार्यसमिति चयन गरेको थियो।, त्यतिबेला १६ वर्षपछि कैलाली जिल्ला फुटबल संघको नेतृत्व  फेरिएको थियो।, कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहित शाह हातहतियारसहित पक्राउ परेपछि प्रहरी हिरासतमा
सेतोपाटी संवाददाता दाङको सीमा नाका क्षेत्रको एक सामुदायिक वनमा सयौं रूख काटेको अवस्थामा फेला परेको छ। , राजपुर गाउँपालिका वडा नं. ५ जंग्रहवास्थित मैनीहवा सामुदायिक वनभित्र साल, सतिसाललगायत विभिन्न जातका चार सय ८४ क्यू फिट काठ बरामद भएको हो। , उक्त काठ सब डिभिजन कार्यालय बेलाबाट गस्ती टोलीले साउन २५ गते फेला पारेको हो। , डिभिजन कार्यालय देउखुरीका सूचना अधिकारी प्रेमिलालप्रसाद साहले सामुदायिक वनभित्र काटेर घाटगद्दी गरेको अवस्थामा चार सय ८४ क्यू फिट विभिन्न जातका काठका गोलिया बरामद भएको सेतोपाटीलाई बताए। , ‘ती रूख भर्खरै काटेकोजस्तो देखिएको छ,’ साहले भने,‘यति धेरै रूख एकै साथ काट्नु ठूलो बदमासी हो। हामी घटनाको अनुसन्धान र छानबिन गरिरहेका छौं।’, ठूलो संख्यामा सामुदायिक वनका रूख काटेको खबरपछि बुधबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले, डिभिजन वनका पदाधिकारी घटनास्थलमा जान थालेका छन्। , ‘सामुदायिक वनको पदाधिकारीको मिलेमतोबिना नै ती रूख काटिएको भन्ने हामीलाई सूचना छ,’ एसपी काफ्लेले भने, ‘तै पनि यो मुद्दा वनले हेर्ने मुद्दा हो र वनले भनेपछि आरोपितलाई पक्राउ गरी प्रहरीले जिम्मा लगाउने छ।’ , उनले आफूहरू घटनास्थलमा जाने लागेको हुँदा त्यहाँ पुगेपछि थप कुरा खुल्ने बताए।, राजपुरको सामुदायिक वनभित्र काटेर राखेको ४८४ क्यू फिट काठ बरामद
सेतोपाटी विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका-१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ।, महानगरपालिकाले दरबार परिसरमा भिड हुने जनाउँदै  मंगलबारदेखि सो व्यवस्था गरेको हो। , नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, ‘हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिनामास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा वृद्धवृद्धालाई मास्क र स्यानिटाइजरसमेत वितरण गरिरहेका छौं।’ , मास्क नलगाएका व्यक्तिलाई  बोलाएर कोरोनाको ख्याल गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिने गरेको उनले जानकारी दिए।, महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले कोरोना संक्रमणलाई अन्त्य गर्न जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिए।, पाटन दरबार क्षेत्रमा बिनामास्क प्रवेश निषेध
सेतोपाटी संवाददाता मेलम्ची नदीमा फेरि बाढी आएको छ।, बुधबार बिहान हेलम्बु क्षेत्रमा भारी वर्षाका कारण मेलम्ची नदीमा बाढी आएको हो। , बाढीले मेलम्ची नगरपालिका-६ का तीन वटा घर बगाएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए। , यसअघि नै बाढी आएपछि ती घरबाट मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो। , बाढी आएर तटीय क्षेत्रका घर बगाए पनि मानवीय क्षति नभएको अधिकारीले बताए। , ‘पहिलेको जस्तो उच्च बहाव छैन, भौतिक क्षति मात्रै भएको खबर छ,’ अधिकारीले भने।, मेलम्चीमा फेरि बाढी, तीन घर बगायो
एजेन्सी सोमबार दिउँसो अफगानिस्तानका स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले एउटा भिडिओ पोष्ट गरे। काबुलस्थित हमिद कारजाई विमानस्थलमा अमेरिकी सेनाको कार्गो जहाज उड्न लाग्दा  धावनमार्गमा सयौं मानिस दौडिरहेका थिए। कोही बिस्तारै गुडिरहेको जहाजको पखेटामा चढ्न खोज्दै थिए।, केहीबेरमा जहाज टेकअफ भयो र मानिसहरू आकाशबाट खसेको अर्को भिडिओ सार्वजनिक भयो। यी दुबै भिडिओले संसारभरिका मानिसको ध्यान तान्यो। तालिबानहरूले सत्ता कब्जा गरेपछि देश छोड्न आतुर ती अफगानीप्रति धेरैले सहानुभूति जनाए।, त्यो दिन खास के भएको थियो भन्नेबारे अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले समाचार प्रकाशन गरेको छ।, न्युयोर्क टाइम्सका अनुसार उक्त घटनाको अमेरिकी सेनाले अनुसन्धान गरिरहेको छ। मानिसहरू धावनमार्गमा दौडिँदादौडिँदै जहाज उड्दा कति मानिसको मृत्यु भयो भन्ने एकिन छैन।, एयर फोर्सको उक्त जहाजका पाइलटहरूले भने ल्यान्डिङ चक्कामा मान्छेको शरिरका अंग भेटिएको बताएका छन्।, तालिबानहरूले काबुल कब्जा गरेपछि अमेरिकी सेनाले आइतबार र सोमबार काबुल विमानस्थलमा जहाजबारे निर्णय गर्ने अधिकार पाइलटहरूलाई नै दिएको थियो।, आइतबार राति सी- १७ जहाजले आफ्नो क्षमताभन्दा झन्डै दोब्बर मान्छे राखेर काबुलबाट उडान भरेको थियो। अफगानीहरू जहाजभित्र चढिसकेपछि पाइलटले यति त लिन सकिन्छ भनेर उक्त जहाज उडाएका थिए।  उक्त जहाजमा झन्डै ६४० जना मानिस खाँदिएको तस्बिर पछि सार्वजनिक भएको थियो।, अघिल्लो राति चढेजति सबैलाई लिएर अमेरिकी सेनाको जहाज उडेपछि विमानस्थलमा पुगेका अफगानीले सोमबार पनि त्यही गर्न खोजे।, अर्कोदिन विमानस्थलको सुरक्षामा खटिएका अमेरिकी सैनिकलाई बन्दोबस्तीका सामान लिएर आरइएसिएच८८५ कल साइन भएको अर्को कार्गो जहाज काबुल गयो। जहाज धावनमार्गमा अवतरण नहुँदै मानिसहरू त्यसमा चढ्नका लागि आउन थाले।, केही मिनेटमै सयौं मानिसहरू जहाजभित्र चढ्न खोजे। यो दृश्यले अचम्मित भएका पाइलटहरू जहाजभित्र पसे। अघिल्लो राति के भएको थियो भन्ने उनीहरूलाई थाहा थियो।, सबै सामान राम्ररी झारी नसक्दै उनीहरूले ढोका लगाए। त्यतिबेलासम्म केही मानिसहरू जहाजको पखेटामा चढिसकेका थिए भने केही ल्यान्डिङ ह्विलमा झुन्डिएका थिए।, चालक दलका सदस्यले एयर ट्राफिक कन्ट्रोललाई सम्पर्क गरे। जहाजलाई टेक अफ गर्न अनुमति भएपछि बिस्तारै गुडाउन थाले।, मानिसहरू जहाजसँगै दौडिरहेको थाहा पाएका पाइलटले सुरूमा निकै बिस्तारै जहाज कुदाएका थिए। त्यतिबेलासम्म भिडलाई तितरबितर पार्न सैनिक गाडी आएका थिए भने हेलिकप्टर पनि नजिकै उडाइएको थियो।, यसरी जहाजले काबुल विमानस्थलको धावनमार्ग छोड्न सफल भयो। जमिन छोडेको केही मिनेटमै पाइलटहरूले ल्यान्डिङ ह्विल भित्र आउन समस्या भएको महशुस गरे। चालक दलका एक जना सदस्य के भएको रैछ भनेर हेर्न गए। त्यसपछि उनीहरूले थाहा पाए चक्का मान्छेको शरिरका केही भाग अड्किएका रहेछन्। काबुल विमानस्थलको धावनमार्गमा केही मानिस चक्काले किचिएका रहेछन्।, जसोतसो गरी उनीहरू ल्यान्डिङ चक्कालाई भित्र पसाए।  चार घन्टापछि उक्त जहाज कतारको अल उडैड एयर बेसमा पुग्यो। जहाज पुग्नुभन्दा पहिला भिडिओ सार्वजनिक भइसकेको थियो। दु:खान्त दृश्य भोगेर आएका चालक दलका सदस्यहरूलाई मनोपरामर्शदाताले भेटे।  , ‘त्यो घटना कसरी भएको थियो भन्ने बुझ्न सुरक्षा अधिकारीहरू सुक्ष्म ढंगले अध्ययन गरिरहेका छन्,’ अमेरिकी एयर फोर्सकी प्रवक्ता आन स्टेफानेकले भनेकी छन्।  , संसारको ध्यान तानेको एउटा भिडिओको कथा
सेतोपाटी संवाददाता वन क्षेत्र अतिक्रमण गरेको आरोपमा डिभिजन वन कार्यालय दाङले २२ जनाविरूद्ध मुद्दा चलाएको छ। , लकडाउनको मौका छोपी बबई गाउँपालिकाका वडा नं. ५ बबरपुरस्थित कालापानी सामुदायिक वन क्षेत्रको खाली जग्गा अतिक्रमण गरेर खेतीपाती गर्नुका साथै घर समेत निर्माण गरेको पाइएपछि मुद्दा चलाइएको हो। , त्यस्ता २२ जनाविरूद्ध मुद्दा चलाएर कानूनी कारबाहीको प्रक्रिया सुरू गरिएको पुरन्धारा सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिए।, अनुसन्धान अधिकृत समेत रहेका सहायक वन अधिकृत बरालका अनुसार वन अतिक्रमण मुद्दा चलाइएकामध्ये दुई जना पक्राउ परेका  छन्। अन्य २० जना फरार रहेको र उनीहरूको खोजी भइरहेको बरालले बताए।  , उनीहरूविरूद्ध दाङ-देउखुरी जिल्ला अदालतमा वन अतिक्रमण गरेको मुद्दा दर्ता गरी अदालतबाट पक्राउ गर्ने अनुमति अनुसार खोजी कार्य भइरहेको सहायक वन अधिकृत बरालले जानकारी दिए।  , ‘लकडाउनको मौका छोपी उनीहरूले वन अतिक्रमण गरेका थिए,’ बरालले भने, ‘पश्चिम दाङमा वन क्षेत्र अतिक्रमण गर्ने र पछि अरूलाई बेचबिखन गर्ने क्रम चल्दै आएको पाइएको छ।’, आसपासका बस्तीका मानिसहरू र अन्यत्रबाट समेत गएर वन क्षेत्र अतिक्रमण गर्ने, खेतीपाती गर्ने र घर-टहरा समेत निर्माण गरी अरूलाई बेचबिखन गर्ने कार्य भइरहेको उनले बताए।  त्यही गलत कार्य रोक्न आफूहरू लागिपरेको बरालले बताए। , वन अतिक्रमण हटाउनका लागि आफूहरूले पटक/पटक छलफल गर्ने, उनीहरूलाई हटाउन अनुरोध गर्ने लगायतका काम गरे पनि उनीहरूले अटेरी गरी अतिक्रमण झनै बढाउँदै लैजान थालेपछि मुद्दा चलाउन बाध्य भएको बरालले तर्क गरे। , वन अतिक्रमण मुद्दामा सामुदायिक वन समूहका पदाधिकारी र सल्लाहकार समेत संलग्न छन्। वन समूहका पदाधिकारीले नै वन क्षेत्र अतिक्रमण गरी घर बनाएको बरालले जानकारी दिए। , यसैबीच अतिक्रमण भएकोमध्ये त्यहाँको करिब ६ बिगाहा क्षेत्र खाली गरिएको छ। पुनःअतिक्रमण हुन नदिनका लागि ११ सय मिटर तोस बनाएर वन क्षेत्र छुट्टाउने गरी खाडल खनिएको छ।, ‘वन र आवादी क्षेत्र छुट्याउन तोस खन्नु परेको बरालले जानकारी दिए। , वन ऐन २०७६ अनुसार वन क्षेत्र अतिक्रमण गर्नेलाई  ५ वर्ष कैद वा एक लाख रूपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।, वन अतिक्रमण गरेको आरोपमा २२ जनाविरूद्ध मुद्दा दर्ता, दुई जना पक्राउ
सेतोपाटी संवाददाता अनैतिक गतिविधि गरेको आरोपमा प्रहरीले सात जनालाई ललितपुरबाट पक्राउ गरेको छ।, प्रहरीले मंगलबार दिउँसो साढे तीन बजे ललितपुर महानगरपालिका वडा नम्बर ३ कान्तिपुर हाइटस्थित एक अपार्टमेन्टबाट सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जाकारी दिए।, अपार्टमेन्टमा अनैतिक किसिमको व्यवसाय सञ्चालन भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सात जनालाई पक्राउ गरेको उनले बताए।, प्रहरीका अनुसार त्यस्तो व्यवसाय सञ्चालन गरेको आरोपमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ सानोपोखरा घर भई ललितपुरको पाटन सुन्धारा बस्ने ४२ वर्षीया गीता खड्कीसहित सात जनालाई पक्राउ गरिएको छ। , उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा ११९ र १२० बमोजिम कारबाही र सजायको लागि जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको महर्जनले बताए।, अनैतिक गतिविधि गरेको आरोपमा ललितपुरबाट सात जना पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ९९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ९९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० संक्रमित थपिएका छन्।  , थप ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, १६ हजार ८३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ८३९ जनाको पिसिआर र ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार १०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप ४२ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २५४ पुगेको छ।, काठमाडौं उपत्यकामा थप ९९३ लाई कोरोना संक्रमण
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सब-इन्जिनियरविरूद्ध अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।, प्राधिकरणको करार सेवामा रही ओखलढुंगामा कार्यरत सब-इन्जिनियर राजन पासवानविरूद्ध अख्तियारले बुधबार काठमाडौंको विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिए।, ३० हजार बिगो रकम कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता रिमालले बताए।, भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएबापत सेवाग्राहीसँग ३० हजार घुस माग गरेको अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता रिमालले बताए।, अनुसन्धानको क्रममा उनले घुस लिएको पुष्टि भएपछि अदालतमा मुद्दा दायर गरेको हो।, अख्तियारले उनीसँग ३० हजार बिगो कायम गर्न माग गरेको छ। साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय माग गरेको छ।, त्यसअनुसार २५ हजार रुपैयाँ भन्दा बढी ५० हजारसम्म घुस लिएमा तीन महिनादेखि चार महिनासम्म कैद सजाय हुनसक्ने प्रावधान छ। , पुनर्निर्माण प्राधिकरणको ओखलढुंगा कार्यालयका सब-इञ्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा
सेतोपाटी संवाददाता चेक बाउन्स मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, दक्षिणकाली नगरपालिका वडा नम्बर ३ सोखेल बस्ने ४० वर्षीय समुन्द्रकेशर केसी र काभ्रे धुलिखेल नगरपालिका वडा नम्बर २ घर भई काठमाडौंको डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजु श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।, उनीहरूले आफ्नो खातामा रकम नभएको थाहा हुँदाहुँदै चेक काटेर दिएका थिए। सो चेक बाउन्स भएपछि पीडितले जाहेरी दिएका थिए।, सोही मुद्दामा अदालतले समुन्द्रकेशर केसीलाई १५ दिन कैद र ३० लाख जरिवाना सजाय सुनाएको थियो। श्यामप्रसाद धिनाजु श्रेष्ठलाई अदालतले ६ दिन कैद र १० लाख सजाय सुनाएको ब्युरोले जनाएको छ।, प्रहरीले उनीहरूको सजाय कार्यान्वयन गराउन काठमाडौं जिल्ला अदालत र भक्तपुर जिल्ला अदालतमा पेस गरेको छ।,  , चेक बाउन्सका दुई जना फरार प्रतिवादी पक्राउ
रासस कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला मालपोत कार्यालय दुई साताका लागि बन्द भएको छ।, सात कर्मचारीमा संक्रमण र अन्य कर्मचारी ट्रेसिङमा परेपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले जनाएको छ। , कार्यालय प्रमुख जनकबहादुर हमालले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिने सेवा आगामी भदौ १५ गतेसम्म बन्द गरिएको जानकारी दिए।, यस अवधिमा मालपोत विभाग, अदालत, प्रशासन, प्रहरीलगायत अन्तरसम्बन्धित निकायसँग आवश्यक सेवा मात्र सञ्चालन हुने बताइएको छ।, ‘कोरोना जोखिम न्यूनीकरणका सबै मापदण्ड पालना गरेर सावधानीपूर्वक सेवा प्रवाह गरिरहेका बेला ठूलो सङ्ख्यामा कर्मचारीमा संक्रमण देखियो,’ उनले भने, ‘संक्रमित कर्मचारी अस्पताल र घरमै बसेर स्वास्थ्य उपचारमा हुनुहुन्छ, बाँकी कर्मचारीको परीक्षण भएपछि यो संख्या बढ्न सक्छ।’ , सुर्खेत मालपोत कार्यालय प्रदेशमै बढी घरजग्गाको कारोबार गर्ने कार्यालयमा पर्दछ। प्रदेश राजधानी भएकाले यहाँ जग्गा खरिदविक्रीको कारोबार बढी हुने गरेको हो।, सुर्खेत मालपोत कार्यालय दुई साताका लागि बन्द
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार ८३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ८३९ जनाको पिसिआर र ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार १०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। , यसको संक्रमणबाट थप ४२ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २५४ पुगेको छ।, यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ९९३ जनालाई संक्रमण देखिएको छ।,  , थपिए ३ हजार ४०३ संक्रमित, ४२ को मृत्यु
रासस पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा एक्कासि बालुवासहित पानीको फोहोरा निस्केको छ।, बुधबार कपन शिवमन्दिर नजिक भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन्।, फोहोरा जारी रहेपछि उनीहरुले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए।, सूचनापश्चात् घटनास्थल निरीक्षणमा आइपुगेका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले फोहोरामा मिथेन ग्यास मिसिएको बताए।, ‘काठमाडौँ उपत्यकाको जमिनमुनि मिथेन ग्यास रहेको छ र यसअघि कालीमाटी, टेकु, धुम्बाराहीमा पनि यसरी मिथेन ग्यास निस्किएको थियो’, श्रेष्ठले भने।, त्रसित स्थानीयको प्रतिक्रियामा उनले ग्यासलाई बन्द गर्न नहुने र सतर्कताका लागि भने वरिपरि ग्यास, आगो, लाइटरजस्ता कुरा बाल्न नहुने बताए।, कति सययसम्म यो जारी रहन्छ भन्ने प्रश्न गर्दा, भूगर्भविद् श्रेष्ठले यो प्राकृतिक घटना कतिसम्म जारी रहन्छ भन्ने आँकलन गर्न नसकिने जनाए।, घर नजिकै यस्तो अनौठो घटना भएको देख्दा स्थानीय बद्री ढकालले आफूलाई कतै जमिन नै भासिने पो हो कि भने डर लागेको बताए।, ‘सुरुमा लेदो निस्किए पनि अहिले ग्यास गन्हाएको र पानीसहित बालुवा फोहोरा भएर भुल्किरहेको छ’, उनले भने। करिब एक सय ५० फिट गहिरो खन्दा यस्तो घटना भएको उनको भनाइ छ।, फोहोराका कारण नजिकैको घर हिलाम्मे भएको छ। अनौठो फोहोरा हेर्न मानिसको भीड बढ्दै गएपछि प्रहरीले भीडभाड नगर्न माइकिङ गरेको थियो।, कपन प्रहरी चौकी प्रमुख प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले भूगर्भविद्को सल्लाहअनुसार घटनाको दुई सय मिटर वरपर घरमा ग्यास, लाइटर नबाल्न सचेत गराइएको बताइन्।, कपन पञ्चकुमारीदेखि शिवमन्दिर जाने बाटोमा ट्राफिक डाइभर्सन गराइने उनले बताइन्।, जब कपनमा मिथेन ग्यास निस्कियो...
रासस नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरोमा परेर एक जनाको निधन भएको छ।, गए राति झरेको पहिरोमा परेर स्थानीय ४३ वर्षीय विष्णुप्रसाद लामिछानेको मृत्यु भएको हो।, घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले बताए।, उनकाअनुसार गए राति २ः३० बजे घरको करेसामा पहिरो पन्छाउने क्रममा खसेको पहिरोमा परेर लामिछानेको मृत्यु भएको हो।, पहिरोमा पुरिएर लामिछानेको मृत्यु भएको हो। उनको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ।, पहिराले घरसमेत जोखिममा परेको छ।, पहिरोमा पुरिएर नुवाकोटमा एकको मृत्यु
सेतोपाटी संवाददाता कोरोना संक्रमणको लहर फेरि बढेपछि कैलालीमा ‘तपाईंको मास्क खोई’ अभियान सुरू गरिएको छ।, जिल्ला प्रहरी कर्यालय कैलाली र  जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजना बिहीबार सो अभियान सुरू भएको हो।, सबैलाई अनिवार्य रूपमा मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले जिल्लामा यो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।, ‘सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सके निषेधाज्ञा गर्नुपर्ने अवस्था रहँदैन, एक जनाको लापरबाहीले व्यापक जोखिम बढ्ने हुँदा जनचेतना फैलाउन जरूरी छ’, उनले भने,’ यस्तो महामारीमा आमनागरिक अनुशासित भएमा रोकथाम तथा नियन्त्रणमा धेरै मद्दत पुग्दछ।’ , यस्तै, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले कोरोनाको तेस्रो लहरको संक्रमण बढ्दै गएकोले मास्कबिना हिँडडुल नगर्न सर्वसाधारणमा आग्रह गरे।, 'मास्क नभएका ठाउँ उपमहानगरपालिकाले नि:शुल्क मास्क वितरण गर्छ, मास्क किन्न सक्नेले अनिवार्य मास्क प्रयोग गर्नुहोला', उनले भने।, उनले सबै नागरिकलाई अनिवार्य मास्क लगाए, नलगाएको सुरक्षाकर्मीले निगरानी गरिदिन अनुरोध समेत गरे।, कैलालीका प्रमुख जिल्ला खगेन्द्र रिजालले मास्क लगाउन अटेर गर्ने, मास्कबिनै भिडभाडमा जाने प्रवृत्ति बढेकाले सचेतनामूलक अभियान सञ्चालन गर्नुपरेको बताए। , उनले अभियानमा मास्क नभएकालाई नि:शुल्क वितरण गर्ने तथा बिनामास्क हिँडडुल गर्नेलाई भने जरिवाना तिराउने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।, कोरोना संक्रमण फेरि बढेपछि कैलालीमा ‘तपाईंको मास्क खोई’ अभियान सुरू
सेतोपाटी संवाददाता रसुवाको नैकुण्ड गाउँपालिका वडा नम्बर ५ कोलडाँडामा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।, आज बिहान करिब ३:३० बजेतिर पहिरोले स्थानीय श्यामबहादुर गलानको घर पुरिएको थियो।, स्थानीयले गलानलाई उद्धार गरेका थिए। उनलाई थप उपचारका लागि एम्बुलेन्समार्फत् काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ।, पहिरोमा परेर गलानकी श्रीमती ३२ की कमला गलानको मृत्यु भएको छ। उनको शव पहिरोबाट बाहिर निकालिसकेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले सेतोपाटीलाई बताए।, आमा कमला र कान्छी छोरी ८ वर्षकी सुकमाया गलानको शव फेला परिसकेको पाण्डेले बताए।, अर्की छोरी ११ वर्षीय शोविता गलान र छोरा ७ वर्षका आशिष गलान भने अझै बेपत्ता छन्। उनीहरू पहिरोमा परेको आशंकामा खोजी कार्य जारी छ।, पहिरोले एक तले जस्ताले छाएको घर पुरिएको हो। घरमा सुतिरहेका उनीहरूलाई पहिरोले पुरेको हो। घटनास्थलमा प्रहरी पुगिसकेको छ।, रसुवामा पहिरो- एकै परिवारका दुईको मृत्यु, दुई बेपत्ता, एक घाइते
सेतोपाटी संवाददाता प्रहरीले ६ किलो चाँदीका गरगहनासहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-६ का ६० वर्षीय नागेन्द्र साह सोनार छन्।, उनलाई भारतबाट चाँदीका गरगहना ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज-१६ शंकराचार्य गेटबाट बिहीबार बिहान पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।, शंकास्पद रुपमा पैदल हिँडिरहेका उनलाई प्रहरीले रोकेर झोला जाँच गरेको थियो।, उनले बोकेको कालो साइड ब्यागभित्र ६ किलो १६८ ग्राम चाँदीका तयारी गरगहना फेला परेको खनालले बताए।, सोनारलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भइरहेको उनले बताए।, ६ किलो चाँदीका गहनासहित पर्साबाट एक पक्राउ
रासस घरमाथिबाट आएको पहिराका कारण दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका छन्।, गलान भने घाइते अवस्थामा भेट्टिएकाले उपचारार्थ नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ।, सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिण दूरी पर ठूलोभोर्ले र धुसेनी गाउँको बिच भागमा उक्त घटना भएको हो।, बेपत्ता रहेकाको खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकिएको तथा घटनाको यर्थात विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए।, रसुवामा पहिरोले घर पुरियो- एक घाइते, चार जना बेपत्ता
रासस कर्णाली प्रदेश सरकारले यही भदौ ४ गते अर्थात् शुक्रबार सार्वजनिक बिदा दिने भएको छ।, प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिन लागेको हो।, प्रदेश सरकारको विसं २०७८ वैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा भदौ ४ गते प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिने सूचना गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले बताए।, विसं २०७२ साउन २३ गतेदेखि प्रदेशमा भदौ ४ गतेसम्म सञ्चालन भएको आन्दोलनले नेपालको कान्छो प्रदेशका रुपमा कर्णाली प्रदेश स्थापना गरेको थियो।, प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको मृत्यु भएको थियो।, उनीहरुको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष प्रदेश स्थापना तथा शहीद दिवस मनाउँदै आएको छ।, प्रदेश स्थापना दिवसमा कर्णालीले दियो शुक्रबार बिदा
सेतोपाटी संवाददाता राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ ।, कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उनको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ।, राजधानी न्यूज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता सङ्गठन मिडिया सोसाइटीका अध्यक्ष थिए।, उनी सञ्चारमाध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्यसमेत हुन्।, वैदेशिक रोजगार क्षेत्रमा कार्यरत उनी वैदेशिक रोजगार व्यवसायी सङ्घको संस्थापक अध्यक्ष हुन्।, उनका श्रीमती, तीन छोरा र एक छोरी छन्।, राजधानी डेली डटकमका सम्पादक ध्रुव लम्सालले आजै ११ः०० बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा उनको अन्तिम संस्कार गरिने जानकारी दिए।, राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन
सेतोपाटी मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगालको खाडीको उत्तर-पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकाले अझै तीन दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले बताइन्। , उनका अनुसार मौसम सफा भई घाम लाग्न अझै केही समय लाग्नेछ।, हाल गण्डकी प्रदेशमा सामन्यदेखि पूर्ण बदली रही अन्य प्रदेशमा आंशिकदेखि  सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। , दिउँसोे देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ। , मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव एक डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहनेछ।, त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव शून्य डिग्री र सबभन्दा धेरै दिपालयको अधिकतम तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस रहने छ। ,रासस, , अझै तीन दिन वर्षाको सम्भावना
सेतोपाटी संवाददाता पुरातात्विक महत्व भएको बुद्धको मूर्ति बेच्न खोजेको आरोपमा पाँच जना पक्राउ गरेका छन्।, बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ७ गुलरिया बजारबाट पाँच जनालाई मूर्तिसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।, गुलरिया नगरपालिका वडा नम्बर ७ बस्ने ४० वर्षीय निराजन उप्रेती, मधुवन नगरपालिका वडा नम्बर १ बस्ने ३४ वर्षीय उज्वल रोकाय, वडा नम्बर ९ बस्ने ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बस्ने ३२ वर्षीय ईश्वरीप्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर २ बस्ने २९ वर्षीय मगबहादुर नेपाली पक्राउ परेका हुन्।, उनीहरूले विजय गेष्ट हाउसमा सयौं वर्ष पुरानो, बहुमूल्य पुरातत्विक महत्व भएको बुद्धको मूर्ति बेच्न लागेको भन्ने सूचना पाएको थियो। सो मूर्ति उनीहरूले करोडौंमा बेच्न लागेको भन्ने खबर पाएको शाहीले बताए।, सोही सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई होटलको कोठा नम्बर ३२८ बाट पक्राउ गरेको हो।, उनीहरूबाट प्रहरीले सात किलो ७०२ ग्रामको र ९.५ इञ्चको बुद्धको मूर्ति एउटा बरामद गरेको हो। , बुद्धको मूर्तिसहित पाँच जना पक्राउ
एजेन्सी सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओले संसारभरिका मानिसको ध्यान तानेको थियो।, अफगानिस्तानको काबुलस्थित हमिद कारजाई विमास्थलको धावनमार्गमा टेकअफ गर्न लागेको अमेरिकी सेनाको जहाजसँगै मानिसहरू दौडिरहेको भिडिओमा देखिन्छ। ती मानिसहरू अन्तिमसम्म पनि जहाजमा चढ्नका लागि प्रयासरत थिए।, जहाजसँग मान्छे दौडिरहेको काबुलको यो तस्बिर आज संसारका धेरै पत्रपत्रिकाको प्रथम पृष्ठमा छापिएको छ।, अहिले उक्त जहाजभित्रको तस्बिर पनि सार्वजनिक भएको छ। अमेरिकाको प्रतिरक्षा तथा सुरक्षासम्बन्धी न्युज साइट डिफेन्स वनले सार्वजनिक गरेको उक्त तस्बिरमा जहाजभित्र मानिसहरू खाँदिएर बसेका छन्। जहाजभित्र झन्डै ६ सय ४० जना मानिस रहेको अमेरिकी रक्षा अधिकारीहरूले बताएका छन्।, एयर फोर्स सी-१७ ग्लोबमास्टर थर्ड नामको उक्त जहाजमा एकैपटक  यति धेरै मानिसले यात्रा गरेको यो पहिलो पटक हो।, अधिकांश महिला तथा बालबालिकाहरूलाई उक्त जहाजले दोहा पुर्‍याएको डिफेन्स वनले जनाएको छ।,  , झन्डै साढे ६ सय मान्छे बोकेर काबुलबाट दोहा पुग्यो अमेरिकी सेनाको कार्गो जहाज
रासस तनहुँको शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखेर त्यसको न्यूनीकरणका लागि अत्यावश्यकबाहेकका सबै सेवा चार दिनका लागि बन्द गरेको छ । , नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि भदौ १ देखि ४ गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए। , शुक्लागण्डकी नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना सङ्क्रमण पुष्टि भइसकेकाले अन्य कर्मचारीको सङ्क्रमण परीक्षण गर्नुपर्ने भएकाले बन्द गरिएको प्रवक्ता कुमालले बताए । , शुक्लागण्डकी नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सबै सेवा चार दिनका लागि बन्द
राजु अधिकारी छ वर्षअघि चिकित्सकले राधादेवी मास्केको दुबै मिर्गौला फेल भएको सूचना दिँदा उनका पति श्याम मास्केलाई लागेको थियो- अब संसार सकियो!, किड्नीको उपचार ज्यादै महँगो हुने हल्ला धेरै सुनेको मास्के परिवारका लागि त्यही हल्लाले संकेत गरेको डरलाग्दो समस्या जीवनको वास्तविकता बनेर सामुन्ने उपस्थित थियो। पत्नीलाई सुनाउँ कि नसुनाउँको दोधारमा रहेका बेला उनको हतास अनुहार देखेरै राधादेवीले आफू कुनै गम्भीर रोगको शिकार बनेको लख काटेकी थिइन्।, सोमबार साँझ विराटनगरस्थित रामलाल आँखा अस्पताल परिसरमा भेटिँदा उनी उत्तिकै चिन्तित मुद्रामा थिए। हातमा पत्नीको स्वास्थ्य रिपोर्टका ठेली बोकेर भित्रबाहिर गर्दै थिए।, ‘आजसम्म त यहाँ पैसा नतिरी डायलासिस गर्न पाइँदैथियो’, उदयपुरका मास्केले चिन्ताको कारण खोले, ‘भोलिदेखि बन्द हुने भएछ। अब पैसा तिरेर डायलासिस गराउनु पर्ने भयो।’, श्याम मास्केलाई चिन्तामा डुबाउने काम अरू कसैले होइन, प्रदेश १ सरकारले गरेको हो। प्रदेश सरकारकै वेवास्ताले गरिबले नि:शुल्क पाइरहेको डायलासिस सेवा बन्द हुन लागेको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयले सञ्चालन इजाजतका लागि अनुमति दिन अस्वीकार गरेपछि श्याम र उनीजस्तै धेरै सर्वसाधारणले नि:शुल्क पाउँदै आएको महँगो उपचार सेवाबाट बन्चित हुनु पर्ने अवस्था आएको हो।, ‘सर्वसाधारणसँग कुस्त पैसा लिँदै उपचार गर्ने निजी स्वास्थ्य संस्थाहरू उद्घाटन गर्न यहाँका मुख्यमन्त्री र मन्त्रीको हामीले लस्कर देखेका छौं’, नि:शुल्क डायलासिस सेवा सञ्चालनमा सम्बद्ध एक स्वास्थ्यकर्मी भन्छन्, ‘प्रदेश १ सरकार र मन्त्रीहरूको वेवास्ताले गरिब मिर्गौला रोगीको नि:शुल्क डायलासिस गर्ने सेवाचाहिँ बन्द गर्ने अवस्था भयो।’, ती स्वास्थ्यकर्मीले प्रदेश सरकारप्रति आक्रोश पोखिरहँदा श्याम मास्के उनी नजिकै उभिएका थिए। स्वास्थ्यकर्मीको भनाइ सुनेपछि ‘त्यही त भन्दै’ उनी सही थप्दै थिए।, उदयपुरको त्रियुगा नगरपालिका- १२ का स्थायी बासिन्दा मास्केको छ वर्षयताका अधिकांश दिन घरबाहिरै बितिरहेको छ। सुरूमा केही महिना काठमाडौंमा पत्नीको उपचार गराएका उनले डायलासिस गराउँदै गर्दा स्वास्थ्यकर्मीबाटै सुनेका थिए, ‘गरिबहरूका लागि विराटनगरमा नि:शुल्क डायलासिस सेवा सञ्चालनमा छ।’, यो सुन्नेबित्तिकै उनले खोजी गरे। गाउँका जान्नेसुन्ने गुहारे। अन्ततः थाहा भयो, रामलाल आँखा अस्पताल परिसरमा यो सेवा रहेछ। त्यसपछि स्थानीय तहको सिफारिस लगायतका कागज बोकेर बिरामी पत्नी लिएर उनी विराटनगर गए।, राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थली, काठमाडौं रोटरी क्लब अफ विराटनगर र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको सहकार्यमा गरिबका लागि नि:शुल्क डायलासिस सेवा चलिरहेको पाए।, ‘यहाँ आएर पैसा नतिरी सेवा पाउँदा अबचाहिँ श्रीमती बाँच्ने भई जस्तो लागेको थियो’, श्यामले सुनाए, ‘त्यसपछि घरमा दुई जना छोरा छाडेर हामी धरानमा भएका आफन्तकोमा बसेर ढुक्कै यहाँ आएर डायलासिस गर्न थाल्यौं।’, कोरोना कहर सुरू भएपछि लकडाउन भयो। सातामा दुई पटक धरान-विराटनगर धाउँदा गाडी खर्च धेरै भएपछि उनीहरू विराटनगरमै एक जना आफन्तको घरमा बसेर डायलासिस सेवा लिन थाले।, ‘बाहिरका अस्पतालमा पैसा तिरेर दबाइ गर्ने अवस्था हाम्रो छैन’, श्याम भन्छन्, ‘त्यसैले नि:शुल्क पाएको सेवा लिन कहिले कता कहिले कता बसेर भए पनि यहाँ धाइरहेका थियौं। अब त्यही पनि बन्द हुने भएपछि कता जाने के गर्ने केही टुंगो छैन।’, ४७ वर्षीया राधादेवी, एउटा निजी कम्पनीमा काम गरिरहेका २४ वर्षका जेठा छोरा, कलेज पढिरहेका २० वर्षे कान्छा छोरा र श्याम स्वयं पनि चाहन्थे, मिर्गौला फेर्न पाइयोस्। तर, आफन्तबाहेक अरूको मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने र त्यसमा लाग्ने खर्च जुटाउने सामर्थ्य पनि नभएपछि छ वर्षदेखि हप्ताको दुई दिन डायलासिस गराउँदै आएका थिए।, ‘अब यो नि:शुल्क सेवा नपाएपछि कहाँ गराउने होला चिन्ता लागेको छ’, श्यामले भने।, २०७२ माघ १५ गतेदेखि विपन्न परिवारका मिर्गौला रोगीहरूको निःशुल्क डायलाइसिस गर्दै आएको यो सेवा लिने बिरामीको संख्या दैनिक १५ जना जति हुन्थ्यो। थोरै शुल्क तिरेर डायलासिस गराउनेहरूको संख्या ४० थियो।, ‘अब यी सबै बिरामीलाई अन्तै जानु यहाँ नआउनु भनेर हामीले भनेका छौं’, सेवा सञ्चालन गर्दै आएका स्वास्थ्यकर्मीले भने, ‘सरकारले अनुमति नदिएपछि हामीले चाहेर पनि सेवा दिन नसक्ने भएका छौं।’, प्रदेश १ सरकारले हेमोडायलाइसिस सेवा स्वीकृतिका लागि इजाजत नदिँदा मंगलबारबाट अनिश्चितकालको लागि सेवा बन्द गर्ने घोषणा सञ्चालकहरूले गरेका छन्। सरकारले डायलासिस सेवा सञ्चालनको लागि अनुमति दिन ढिलाइ गरेको कारण देखाउँदै ‘एचएच रोटरी डायलाइसिस युनिट विराटनगर’ ले सेवा बन्द गरिएको सूचना टाँस गरेको छ।, ‘प्रतिष्ठानको सहकार्यमा सञ्चालित एच एच रोटरी डायलाइसिस युनिट विराटनगरलाई प्रदेश सरकारबाट सञ्चालन स्वीकृति प्रदान गर्न ढिलाइ भएको र भवन मर्मत सम्भार पनि गर्नुपर्ने भएको हुँदा अर्को निर्णय नभएसम्म विगत २०७२ माघ १५ गतेदेखि सञ्चालन भएको सेवालाई २०७८ भदौ १ गतेबाट बन्द गरिएको व्यहोरा अनुरोध गर्दछौं,’ प्रशासकीय उपनिर्देशक बिमल वराल र नर्सिङ निर्देशक शुभद्रा रेग्मीले हस्ताक्षर गरेको सूचनामा भनिएको छ।, चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकसहित ८ जना कर्मचारीले ५ शय्यामा डायलासिस सेवा दिने गरेका थिए।, प्रशासकीय उपनिर्देशक विमल बरालले प्रदेश सरकारले स्वीकृति दिन ढिलाइ गरेको कारणले डायलासिस सेवा बन्द गर्नुपर्ने अवस्था आएको बताए।, ‘गत वर्ष छुट्टै इजाजत पत्र लिएर डायलासिस सेवा सञ्चालन गरिनु पर्ने प्रावधान आयो। हामीले स्वास्थ्य विभागमा निवेदन पनि दियौं,’ उनले भने, ‘१ सय शय्यासम्मको अस्पतालको स्वीकृति प्रदेश सरकारले दिने रहेछ। हामीले प्रदेश सरकामा गएर निवेदन पनि हाल्यौं। तर, हामीलाई स्वीकृति दिइएन। स्वीकृति दिन ढिलाइ गरेको कारणले हामीले बाध्य भएर अर्को निर्णय नभएसम्मको लागि सेवा बन्द गरेका हौं।’, उनीहरूलाई निराश बनाउने काम प्रदेश सरकारले वेवास्ता गरेर निम्त्यायो। गएको पुसदेखि पटक-पटक स्वीकृतिका लागि सामाजिक विकास मन्त्रालय धाउँदा पनि स्वीकृति दिइएन।, ‘हामीले दमौली, चितवन, ललितपुरमा पनि मिर्गौला बिरामीका लागि निःशुल्क डायलाइसिस सेवा सञ्चालन गरेका छौं,’ उनले भने, ‘बागमती र गण्डकी प्रदेशले स्वीकृति दिएर हामीले बिरामीको सेवा गर्दै आएका छौं। तर, यहाँ पाउन सकिएको छैन।’, गत १८ पुसमा स्वीकृतिको लागि निवेदन दिइएको फाइल मन्त्रालयमै हराएपछि वैशाखमा पुन: अर्को निवेदन दिएको उनले बताए।, ‘साउन पहिलो सातामै स्वीकृति दिने आश्वासन आएको थियो,’ उनले भने, ‘साउन बित्यो स्वीकृति आएन र सेवा बन्द गर्नुपर्‍यो।’, प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईले आफू भर्खरै मन्त्रालयमा आएका कारण यसबारे थाहा नभएको तर अब बुझेर प्रक्रिया अघि बढाउने आश्वासन दिए। ‘यसअघि के भयो मलाई थाहा भएन,’ उनले सेतोपाटीसँग भने, ‘म मन्त्रालयमा भर्खर आएको हो। सोमबार मलाई जानकारीमा आएको छ। अध्ययन गरेर अब प्रक्रिया अगाडी बढाउनेछु।’, प्रदेश सरकारले स्वीकृति नदिँदा विराटनगरमा रोकिने भयो नि:शुल्क डायलासिस
रासस हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दा एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याएर खान बाध्य छन्।, पानीको मुहान बाढीले बगाएपछि उनीहरू एक घण्टा हिँडेर नदीको पानी ल्याइ पिउन बाध्य भएका हुन्।, साउन २० गते गएको बाढीले खानेपानीको मुहान र पाइप लाइन बगाएपछि खानेपानीका लागि स्थानीयवासीले दुःख झेल्दै आएका छन्।, तुम्कोटका स्थानीय थुप्देन ग्याण्टो लामाले बाढीले खानेपानीको मुहान, इन्टेक र पाइप लाइन बगाएर लगेपछि गाउँबाट एक घण्टा तलको तुम्कोट नदीबाट पानी बोकेर ल्याउनुपरेको बताए।, घर आँगनमै भएका धारामा पानी आउन छाडेपछि घरका एक जनाको काम दैनिक पानी ओसार्ने मात्र छ। खानेपानी योजनामा बाढीले क्षति पुर्‍याएपछि नदीको धमिलो पानी प्रयोग गर्न स्थानीय बासिन्दा बाध्य हुँदै आएका छन्।, सबेरै उठेर तुम्कोटका स्थानीयहरू खानेपानी ओसार्ने दैनिकी बनेको छ। यसबाट तुम्कोटका २५ घरधुरीका स्थानीयवासी प्रभावित भएका छन्।, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक दन्त शाहीले तुम्कोट गाउँको भित्र मुहानबाट निर्माण भएको फुइसिङ खानेपानी तथा सरसफाइ योजना बाढी पहिराले बगाएर लगेपछि गाउँमा खानेपानीको समस्या भएको बताए।, एक घन्टा हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता, त्यही पनि धमिलो!
रासस झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ।, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए।, अत्यधिक भीडभाड हुने खाद्यान्न, तरकारी, माछामासुलगायत अत्यावश्यक उपभोग्य वस्तुको पसल बिहान ६ देखि बिहान १० बजेसम्म मात्र खोल्न दिइने प्रमुख जिल्ला अधिकारी तिमिसनाले जारी गरेको आदेशमा उल्लेख छ।, यातायातका साधन भने दिनभर खुला गरिने भएको छ। सवारी साधनलाई सिट क्षमताभन्दा बढी यात्रु नबोक्न आदेशमा उल्लेख गरिएको छ। उक्त आदेशमा निषेधाज्ञा खुकुलो पार्ने निर्णय एक साता लागू हुने उल्लेख छ।, बैंक तथा वित्तीय संस्था टोकन प्रणाली र सरकारी कार्यालय आलोपालो प्रणालीका आधारमा सञ्चालन गरिने भएको छ। हाटबजार, भेला, जुलुसजस्ता भीडभाड हुने कार्यक्रम गर्न प्रशासनले निषेध गरेको छ।, होटल तथा लज कूल क्षमताको ५० प्रतिशत सञ्चालन गर्न र हरेक दिन निःसङ्क्रमण गर्न प्रशासनको आदेशमा जनाइएको छ।, यसअघि झापामा कोभिड सङ्क्रमण बढेको पूर्ण निषेधाज्ञा आदेश जारी हुँदै आएको थियो।, झापामा लगातार निषेधाज्ञा हुँदा व्यवसायीले निषेधाज्ञा हटाउन दबाब दिँदै आएका थिए। जिल्लाका उद्योग वाणिज्य सङ्घका अध्यक्षले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई भेटी निषेधाज्ञा खुलाउन मागपत्रसमेत पेश गरेका थिए।, झापामा आजदेखि निषेधाज्ञा खुकुलो
सेतोपाटी संवाददाता अफगानिस्तानबाट एक सय १८ जना नेपाली काठमाडौं आइपुगेका छन्।, अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत र त्यहाँबाट चार्टर्ड विमानमार्फत् मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। उनीहरूमध्ये ९ जना नेपाली मूलका भारतीय रहेका छन्।  चार्टर्ड जहाजमा १२६ जना पुरूष र एक जना महिला काठमाडौं आएका हुन्। उनीहरूमध्ये ९ जना नेपाली मूलका भारतीय रहेका छन्।   , उनीहरू जजिरा एयरलाइन्समार्फत् आज बिहान १० बजेर १६ मिनेटमा विमानस्थल आइपुगेका हुन्। काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमा काठमाडौं पठाएको हो। उनीहरूको स्वागत गर्न काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी विमानस्थल पुगेका थिए। , काबुलस्थित अमेरिकी मिशनमा कार्यरत हाम्रा साथीहरू तथा गठबन्धनका सहकर्मीहरूसँग काम गर्नुभएका नेपालीहरू मध्ये पहिलो उडानमार्फत आउनुहुनेलाई सकुशल काठमाडौंमा स्वागत गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो। हामी यहाँहरूको सुरक्षा लगायतको सेवाको लागि अत्यन्तै कृतज्ञ छौं। धेरै धन्यवाद।🙏 ,pic.twitter.com/CyM7TqTdQw, — U.S. Embassy Nepal (@USEmbassyNepal) ,August 17, 2021,  , उनीहरूलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी गरेको छ।, ‘उहाँहरूलाई नेपाल सरकारको प्रोटोकलअनुसार सेनाको आइसोलेसन सेन्टरमा राख्न लागेका छौं। उहाँहरूको आजै एन्टिजेन्ट परीक्षण गर्छौं र स्वास्थ्य प्रोटोकलअनुसार होम आइसोलेसनमा पठाउनु पर्नेलाई पठाइन्छ अरूलाई त्यहीँ आइसोलेसनमा राखिन्छ,’  नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले सेतोपाटीसँग भने।, परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली उद्धार गर्नका लागि दुइटा उपाय लगाएको छ। वैधानिक बाटोबाट श्रम स्वीकृति लिएर गएकाहरूको उद्धारका लागि उनीहरू कार्यरत मिसनहरूसँग नै समन्वय गरिएको छ।, ‘अमेरिका, बेलायत, जर्मनी, जापान र राष्ट्र संघका विभिन्न मिसनलाई हामीले तपाईंहरूको अफिसमा कार्यरत नेपालीलाई स्वदेश फर्किन सहयोग गर्नुस् भने औपचारिक अनुरोध नै पठाएका छौं। उहाँहरूले सहयोग पनि गर्नुभएको छ। केही नेपाली स्वदेश आइसक्नुभएको छ।’ परराष्ट्र प्रवक्ता सेवा लम्सालले सेतोपाटीसँग भनिन्,‘आफ्नै हिसाबले गएर ग्रिन जोनभन्दा बाहिर काम गर्ने नेपालीको हामी अहिले तथ्यांक संकलन गरिरहेका छौं। उहाँहरू कुन-कुन शहरमा कति जना हुनुहुन्छ भने तथ्यांक आएपछि सरकारले निर्णय गरेर जहाज पठाउँछ।’, सरकार अफगानिस्तानमा भएका नेपालीलाई आफ्नो विवरण अनलाइनमा अपडेट गरिदिन पनि अनुरोध गरेको छ। , (*शीर्षक सम्पादन गरिएको),  ,  , चार्टर्ड जहाजमा काठमाडौं आइपुगे अफगानिस्तान गएका ११८ नेपाली*
सेतोपाटी संवाददाता सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।, मंगलबार बिहान नौ बजे सप्तरी खडक नगरपालिका वडा नम्बर ३ बनरझुल्लाका २१ वर्षीय सन्तोष ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।, उनी घरदेखि करिब १५० मिटर पश्चिममा रहेको पोखरीमा माछा मार्न गएका थिए। त्यसैक्रममा उनी अचानक पानीमा लडेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए।, स्थानीयहरूले अचेत अवस्थामा देखेपछि उपचारको लागि उनलाई युनिक अस्पताल रुपनी लगिएको थियो। त्यहाँ पुग्दा चिकित्सकले मृत घोषण गरेका थिए।, पोष्टमार्टमको लागि शव गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,  ,  , माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु
अच्युत रेग्मी बाघभैरव जात्रा यसवर्ष कोरोनाका कारण आज स्थगन गरिएको छ।, धार्मिक एवम् सांस्कृतिक रूपले महत्वको कीर्तिपुरको मध्य भागमा रहेका बाघभैरवलाई त्यहाँका स्थानीयबासीले आराध्यदेव मानी पूजाआजा गर्दै आएका छन्।, कीर्तिपुरमा बस्ती बस्दादेखि नै बाघभैरव मन्दिरको अस्तित्व रहिआएको कीर्तिपुर जात्रा पर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यले जानकारी दिए।, उच्च भागमा अवस्थित रहेका कारण मन्दिर परिसरबाट काठमाडौं उपत्यकाको एकसाथ दृश्यावलोन गर्न सकिने भएका कारण यस स्थानको गरिमा र महत्व अझै बढाएको छ। , पूर्व र पश्चिम लाम्चो डुङ्गाका आकारमा देखिने प्राचीन बस्ती कीर्तिपुरको मध्य भागमा अवस्थित बाघभैरव मन्दिरलाई काठमाडौंका विभिन्न स्थानबाट पनि देख्न सकिन्छ।, सदस्य शाक्यका अनुसार कीर्तिपुरबासीका आराध्यदेव बाघभैरवको जात्रा प्रत्येक वर्षको भदौ १ गते सिंह सङ्क्रान्तिका दिन मनाउने प्रचलन छ।, जात्राका अवसरमा बाघभैरवको मूर्तिसहितको खट कीर्तिपुर नगर परिक्रमा गराइने र आफन्त बोलाएर एकापसमा शुभकामना आदानप्रदान गरी खुसियाली साट्ने प्रचलन छ। , बाघभैरव जात्राका दिन बाघभैरवको मन्दिर एक सय आठपटक घुमेमा पाप नष्ट भई पुण्य सञ्चय हुने जनविश्वास छ। कोरोना कहरका कारण यस पटक भने बाघभैरव जात्रा स्थगित गरिएको हो। , बाघभैरवको मन्दिर शिवदेवले बनाए पनि तर मूल माटाले बनेको गर्भमा रहेको मूर्ति कसले बनायो भन्ने विषयमा धेरै किंवदन्ती पाइन्छ।, एक किंवदन्तीअनुसार परापूर्वकालमा दानासुर राक्षसले उपत्यकाका मानिसलाई निकै दुःख दिएको कुरा द्वारिकाका कृष्णले थाहा पाएछन्।, उपत्यकाका मानिसले दुःख पाएको थाहा पाएर यस क्षेत्रमा आएर दानासुरको वध गरी त्यहाँका जनताको रक्षाका लागि बाघभैरवको स्थापना गरेको मत छ। , त्यस्तै, अर्को किंवदन्तीमा उत्तरतर्फको बस्तीका गोठाला यहाँस्थित जङ्गलमा पशु चराउन जाँदा एक दिन उनीहरूले माटाको खेलौनाका रूपमा  बाघ बनाएछन्। त्यसमा जिब्रो हाल्नका लागि पात खोज्न गएका बेला त्यही बाघमा शक्ति उत्पन्न भई त्यसले चराउन ल्याएका सम्पूर्ण गाईवस्तु खाइदिएछ।, गाईवस्तु खाइदिएको रिसले केटाकेटीले सधैं आँ गरी बस्न परोस् भन्ने सराप दिएछन् र  मुखमा जिब्रो पनि राखेनछन्। त्यसैले पनि कीर्तिपुरको बाघभैरवको मूर्तिमा जिब्रो नरहेको विश्वास गरिन्छ। अहिले पनि यहाँ रहेकोे बाघको मूर्तिमा जिब्रो छैन।, सदस्य शाक्यका अनुसार यहाँको बाघभैरव मन्दिरको जीर्णोद्धार समय-समयमा गर्ने गरिएको छ।, नेपाल संवत् ६३५ मा ललितपुरका राजा जगतपाल बर्माले मन्दिरको जीर्णोद्धार गरेको पाइएको जनाउँदै उनले विसं २०२४ मा राजा महेन्द्रले जीर्णोद्धार गर्न लगाएको जानकारी दिए। , विसं २०२४ मा जीर्णोद्धार गर्दा मन्दिरको माथिल्लो छानामा तामाले छाइएको थियो। त्यस्तै, यस वर्ष नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य राजन केसीले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत रु ७० लाख विनियोजन गरी मन्दिरको दोस्रो छानो पनि झिंगटी हटाएर तामाले छाइएको थियो।  , यहाँका स्थानीयबासीको सक्रियतामा बाघभैरवको मूर्ति विभिन्न समयमा जीर्णोद्धार गरिँदै आएको छ। झण्डै एक दशकअघि यहाँको बाघभैरवको मूर्ति तान्त्रिक विधिद्वारा जीर्णोद्धार गरिएको थियो।, बाघभैरव मन्दिरमा यहाँका स्थानीयबासीले निकै श्रद्धाभक्ति पूर्वक पूजाआजा गर्ने गरेको स्थानीय समाजसेवी एवम् बाघभैरव जात्रा गुठी व्यवस्थापन समितिका सदस्य हीरालाल महर्जनले बताए।, ‘बाघभैरव मन्दिरमा स्थानीयबासीसहित ७७ वटै जिल्लाका भक्तजनले श्रद्धाका साथ पूजा गर्न पाउँछन्’, उनले भने। , प्रत्येक वर्ष भदौ १ गते लाग्ने बाघभैरव जात्रा धार्मिक एवम् सांस्कृतिक रूपमा विशिष्ट महत्वको मानिने बताउँदै उनले कोरोना महामारीका कारण यस वर्ष पनि जात्रा स्थगित गर्न बाध्य हुनुपरेको बताए।, ‘जात्रा स्थगित गर्नुपर्दा हामीहरूलाई अत्यन्त दुःख लागेको छ, कोरोनाको बढ्दो संक्रमणका कारण बाध्यात्मक रूपमा जात्रा स्थगित गरिएको हो,’ उनले भने। , जात्राका अवसरमा विगतका वर्षमा मन्दिरका पुजारीका साथै मन्दिरको पनि राम्रो आम्दानी हुने गरेको बताउँदै उनले कोरोनाका कारण अघिल्लो वर्ष पनि जात्रा स्थगित गर्नुपरेको जानकारी दिए। ,     , कीर्तिपुर जात्रा पर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यका अनुसार प्रत्येक वर्षको भदौ १ गते बाघभैरवको मूर्तिलाई स्नान गराएर विशेष पूजाआजा गर्ने प्रचलन प्राचीनकालदेखि हुँदै आए पनि खटजात्रा गर्ने प्रचलन भने २०१३ सालदेखि सुरूआत गरिएको हो। ,रासस,  , कोरोनाले 'बाघभैरव जात्रा' स्थगित
सविता बुढा ८ वर्ष च्यातिएको त्रिपालमुनि कटाएको गोर्भूको परिवार नयाँ घरमा सरेको पाँच दिनमात्र भयो।, ९ वर्षको उमेरमा टुहुरो बनेका गोर्भुले ४० वर्ष घरबारविहीन जीवन बिताउनुपर्‍यो। ८ वर्ष त उनले त्रिपालमै कटाए। बाँकी ३२ वर्ष अर्काेको घरमा कमारो भएर बस्नुपर्‍यो।, आफ्नो कमाइले घरजग्गा बनाउन सक्ने उनको क्षमता थिएन। त्यसकारण घर बनाइदिन सरकारसँग पटक-पटक हार गुहार मागेका थिए।, उनको हारगुहारपछि वडा कार्यालयले दुई वर्ष समय लगाएर दुई कोठाको जस्ताले छाएको एक तले घर अहिले बनाएको छ।, कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ पिपरियाका गोर्भू सुनाहले झण्डै ४० वर्षपछि आफ्नै घरमा बस्न पाएका छन्।, त्रिपालमा बस्दा उनकी छोरी गोर्भुलाई हाम्रो राम्रो कहिले बन्ने भनेर सोधिरहन्थिन् रे। अब भने छोरीले गोर्भुलाई सोध्ने छैन 'हाम्रो राम्रो घर कहिले बन्छ ? बाबा' भनेर।, ‘छोरीले घर कहिले बन्छ हाम्रो बाबा भनेर सोध्न थालेको ८ वर्ष भयो, उनले अब यो प्रश्न गर्दिनन् होला’, उनले मुस्कुराउँदै भने।, पाँच दिनअघि गोर्भूको परिवारले त्रिपालभित्रका सरसामान सबै निकाले। ८ वर्षसम्म सहारा बनेको पुरानो च्यातिएको त्रिपाललाई पनि निकालेर नयाँ घरभित्र ल्याए।, बिहे गरेदेखि त्रिपालमा बसेकी श्रीमती गुड्डीलाई आफ्नो घरमा भित्र्याउन पाउँदा गोर्भू भावुक भएको छिमेकी चतुर सुनाहले सुनाए।, चतुर सुनाहले जग्गा दिएका कारण उनीहरू त्रिपाल हालेर त्यस ठाउँमा बसेका थिए। अहिले घर बनाउन पनि  चतुरले नै जग्गा दिएका हुन्।  , घर नभएर त्रिपालमुनि बस्नुपर्ने बाध्यता हटेकोमा गोर्भुको परिवारलाई खुसी र चिन्ता दुवै छ।, वडा कार्यालयले बनाइदिएको घर।, गोर्भूलाई खुसी यसकारण छ कि  हिउँदको चिसो शितलहर र बर्खायामको झरीबाट छुटकारा पाइने भयो। अरूकाजस्तै आफ्नो पनि घर छ भन्न पाइने भयो भनेर।, चिन्ता यस कारण छ कि वडा कार्यालयले घर त बनाइदियो तर झ्याल, ढोका हालिएको छैन न नै प्लास्टर गरिएको छ। घरको छाना पनि बलियो छैन। न नै शौचालय छ।, ‘छाना लगाएको छ भन्नुमात्रै छ। बलियो रूपले लगाइदिएन। नालाबाट पानी बग्ने ठाउँभन्दा माथि पाइप, कुण्डी, लक लगाउनुपर्ने, त्यो भएन, त्यतिकै किला हालेको छ। हुरी बतास चले त उडाएर लग्छ’, उनले भने।, दुई वर्षदेखि वडा कार्यालयले घर बनाउने काम गरे पनि आएर अधुरो घर बनाइदिएकोमा उनलाई खल्लो महसुस भएको छ।, ‘झ्याल-ढोका, प्लास्टर गरेको छैन। बरण्डामा टिन लगाएको छैन,’ उनले भने।, गोर्भूको परिवार अहिले झ्याल-ढोकामा प्लास्टिकका बोरा झुण्ड्याएका छन्।, गोर्भूको गत वर्षदेखि मजदूरीको काम पनि छुटेको छ। काम पाए पनि एक दुई दिनको लागि मात्रै पाइन्छ। उनकी श्रीमतीको एक हात र  एक खुट्टा चल्दैन। त्यसैमाथि उनी मृगी रोगबाट ग्रसित छिन्।  , गोर्भू र उनकी छोरी पनि शारिरीक नभए पनि अरूका जसरी सरासर बोल्न सक्दैनन्। उनीहरू मानसिकरूपमा कमजोर छन्।, ‘काम छैन लेभरी जान्थे आजकाल पाइँदैन, झ्याल ढोका बनाउने, प्लास्टर गर्ने पैसा छैन मसँग के गर्ने!, ’ उनले भने।, गुड्डीको अपांगता भत्ताले चामल, दाल किनेर खाइरहेको गोर्भूले सुनाए।, ‘श्रीमतीको अपांगत भत्ता ४ महिनापछि १२ हजार आउँछ, त्यसैले खाना खर्च चलेको छ। मैले गरेको कामले साबुन, तेलको, औषधी उपचार केही सामान किन्न जोहो हुन्छ,’ उनले भने।, दुई वर्षअघि भीमदत्त नगरपालिका-१२ को वडा कार्यालयले उनको घर बनाइदिने भन्दै डेढ लाख बजेट छुट्याएको थियो।, घरको पर्खाल लगाउँदा, जग हाल्दा उक्त रकम सकिएपछि अरू काम अघि नबढेको डा अध्यक्ष कृष्ण सिंह देउपाले बताए।, ‘घरको पर्खाल लगाउँदा, जग हाल्दा डेढ लाख रूपैयाँ वडा कार्यालयले छुट्याएको रकम सकियो, थप गर्न हामीसँग बजेट नभएकोले छाना लगाउने काम पनि अघि बढेन, यो महिना ५० हजार उधारोमा जस्ता किनेर घरको छानो हालेका छौं,’ उनले भने।, उनले गोर्भूको अवस्था देखेर घरको सबै काम पूरा गरिदिने योजना भए पनि बजेट अभावमा त्यो काम हुन नसकेको सेतोपाटीलाई बताए।, ‘छाना लगाउने पैसा नगरपालिका अथवा प्रदेश सरकारले दिने भनेर उधारोमा लगाएका हौं, तर दिने-नदिने यकिन छैन, झ्याल ढोका, प्लास्टर गर्ने काम त  बाँकी छ,’ उनले भने।, कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ र १३ मा स-साना घरका चार बस्ती छन्।, महाकाली नदी छेउमै पर्ने यी बस्तीका नाम ऐरी, ओदाली, पिपरिया र भुजेला हुन्। यी चार बस्तीमा लोपोन्मुख सोनाह जातिको पनि बसोबास  छ। बस्तीमा लोपोन्मुख सुनाह जातिका ६५ घरधुरी छन्।, जसमा सुनाहको ४ सय २०  जति जनसंख्या छ। तिनीहरूमध्ये ३५ घरपरिवारको घरबासको ठेगान छैन। त्यही घरबासको ठेगान नभएकामध्ये पिपरिया बस्तीका गोर्भू सुनाहको अवस्था निकै दयनीय छ।, भीमदत्त नगरपालिकाका सुदूरपश्चिम प्रदेशको एउटामात्र सुनाह जातिको बढी बसोबास भएको ठाउँ हो। अरू केही स्थानीय तहमा एक-दुई परिवार यस समुदायका मानिसको बसोबास छ।, लोपोन्मुख सुनाह जातिको मुख्य पेसा ‘सुन छान्ने’ मानिएको भए पनि अहिले त्यो पेसामा कोही छैनन्। पूर्खाहरूले सुन छानेर नै जीविकोपार्जन गरे। नदीमा गिट्टी बालुवाको उत्खनन् हुने कार्य बढ्दै गएपछि सुन खोज्ने, चाल्ने काम बन्द भएको सुनाह समुदायका मानिसहरू बताउँछन्।, गाँसबासको समस्या सँगसँगै सुनाह समुदायले आफूहरूको पहिचानको मुद्दा उठाइरहेका छन्। १७ वर्षदेखि सुनाह समुदायका मानिसलाई जातीय सूचीमा राख्नुपर्ने आवाज उठाउँदै आएका छन्।, ८ वर्ष त्रिपालमुनि कटाए, ४० वर्षपछि आफ्नै घरमा बस्न पाए
दिपकजंग शाही आफूमाथि जेठाजुले गरेको बलात्कारविरूद्ध सुर्खेतको भेरीगंगाकी सविता(नाम परिवर्तन)ले जाहेरी दिएको २ वर्षभन्दा बढी भयो।, अहिले यो घटना मुद्दा बनेर जिल्ला अदालत सुर्खेत पुगेको छ। , २०७७ जेठ २० गते  जिल्ला अदालत सुर्खेतमा दर्ता भएको मुद्दा प्रतिवादीको ठेगाना स्पष्ट नभएको भन्दै अड्किएको छ। , प्रहरीले पठाएको ठेगानामा म्याद तामेल हुन नसकेको जिल्ला अदालत सुर्खेतले जनाएको छ। , जिल्ला अदालतका एक कर्मचारीका अनुसार सुरूमा यो मुद्दामा प्रतिवादीको ठेगाना बबई उल्लेख थियो। उक्त ठेगानामा म्याद तामेली गरिए पनि ठेगाना गलत भएकाले रद्द भएको थियो। , ‘स्पष्ट ठेगाना नभएर पहिला बबईमा म्याद तामेली भएको रहेछ, त्यो तामेली म्याद बदर भएको रहेछ,’ ती कर्मचारीले भने।, उनका अनुसार २०७७ फागुन ११ गते स्पष्ट ठेगाना खुलाउन भनेर जिल्ला अदालतले सरकारी वकिल कार्यालयलाई पत्र पठाएको छ। , सोही आधारमा सरकारी वकिलले कार्यालयले फागुन १६ गते ईलाका प्रहरी कार्यालय छिन्चुलाई स्पष्ट ठेगाना खुलाउन भनेर पत्र पठाएको छ।, ‘म्याद तामेल नभएको भएर अहिले प्रक्रियामै रहेछ, छिन्चु प्रहरीले जवाफ पठायो भने बल्ल अगाडि बढ्ने भयो,’ उनले भने।, सुरूमा यो घटना दर्ता हुनै समय लागेको थियो। , तीन वर्षअघिको घटना भए पनि उनले लिखित जाहेरी दिएको २०७६ असार २० मा हो। , ‘सुरूमा उजुरी दिए पनि गाउँमा मिलाउनुपर्छ भनेर दबाब आएको थियो, त्यतिबेला गाडी पनि बन्द भएर प्रहरीमा जान पाइएन,’ सविताले भनिन्, ‘पछि गाडी खुले पनि मलाई सञ्चो थिएन। उजुरी पहिलै गरे पनि जाहेरी लेखेको अलिक पछि हो।’, सविताको जाहेरीमाथि प्रहरीले अनुसन्धान गरेर १ वर्षपछि अदालतमा मुद्दा चलायो। अहिलेसम्म अदालतले उनको वकपत्र पनि नलिएको उनकी वकिल गीता कोइरालाले बताइन्। , घटना यस्तो थियो :, तीन वर्ष पहिलेको कुरा हो। मध्यरातमा भेरीगंगा नगरपालिकाकी सविता (नाम परिवर्तन) को कोठामा कसैले बाहिरबाट ढकढक गर्‍यो। एकछिनपछि 'ढोका खोल्' भन्ने आवाज आइहाल्यो। जेठाजुको आवाज सुनेर सविता डराइन्। छेउमै सुतेका छोराछोरीलाई च्यापिन्।, जेठाजु रक्सीले मातेका छन् भन्ने उनको बोलीबाटै थाहा हुन्थ्यो। सविताले ढोका खोलिनन्। जेठाजुले ढोका जोरले हानेर खोले, भित्र पसेर सवितामाथि जबर्जस्ती गरे।, ‘त्यो दिन ठूली छोरी मसँग भएको भए पनि त्यति हुन सक्थेन कि, ठूली छोरी मामाघर गएकी थिई,’ सविताले भनिन्, ‘एउटा तीन वर्षको, अर्को वर्ष दिन नपुगेको बच्चा काखमा थिए। ममाथि जबर्जस्ती हुँदा साना बच्चाको के लाग्थ्यो र !’, राति ३ बजे भएको यो घटना उनले आफ्ना श्रीमानलाई सुनाउन फोन डायल गरिन्। विदेश भएका श्रीमानले उनलाई ढाडस दिएनन्, बरू उल्टै आरोप लगाए।, ‘श्रीमानलाई रूँदै फोन गरेर त्यो सबै कुरा भनेँ, उहाँ त झन् रिसाउनुभयो,’ उनले भनिन्, ‘मेरो दाइभाइ त्यस्तो व्यवहार गर्दैनन्, तँ नै उस्तै होस् भनेपछि मलाई अति तनाव भयो। त्यसपछि उहाँलाई कहिल्यै फोन गरिनँ।’, श्रीमान विदेश भएकाले उनले आफ्ना तीन सन्तानलाई दु:खसुख गरी हुर्काएकी थिइन्।, जेठाजुसँग उनको लेनदेनको विषयमा खटपट चलिरहन्थ्यो। श्रीमान विदेश जाँदा लिएको ऋण तिर्न साहुले ताकेता गरेपछि उनले अर्को साहुसँग मागेर पुरानो साहुलाई तिरेकी थिइन्।, त्यसपछि उनलाई परिवारले ‘बाठी बनेर अर्को ठाउँ ऋण थपेको’ भनेर हेप्न थाले। यही विषयमा जेठाजु–बुहारीबीच खटपट चलिरहन्थ्यो। विदेशमा भएका श्रीमानले उनलाई खासै वास्ता गर्थेनन्।, जेठाजुले बलात्कार गरेको कुरा पनि उनले पत्याएनन्। आफ्नै दाजुको सफाइ दिए।, यतिसम्म गरे कि, उनीमाथि भएको घटनाको विषयमा भोलिपल्टै गाउँका मान्छेहरूलाई आफैंले सुनाएछन्। एउटा गाउँलेबाट अर्को गाउँलेलाई हुँदै यो कुरा गाउँभर फैलियो।, परिवारले भने उनका जेठाजुको गल्ती नभएको भन्दै ‘इज्जत फालेको' आरोप सवितालाई लगाए। घरबाट निस्कन दबाब दिए।, ‘घरबाट सबैले निस्की भन्न थाल्नुभयो। म या त मर्नुपथ्यो, या त घरबाटै निस्कनुपर्थ्यो,’ सविताले भनिन्, ‘हाम्रो इज्जत गयो, अब तँ यो घरमा बस्नु हुँदैन भनेर भन्नुभयो। केटा मान्छेको त्यसरी इज्जत जाने भए मेरो इज्जत कसरी रहन्थ्यो?’, उनले छोराछोरीको लागि भए पनि बाँच्नुपर्थ्यो त्यसमाथि उनी कानुनी लडाइँ लड्नु थियो। त्यसका लागि उनी घरबाट निस्कनुपर्‍यो।, उनी माइतीमा गइन्। सवितामाथि भएको घटनाको बारेमा माइतीमा पहिले नै कुरा पुगिसकेको थियो। माइतीलाई पनि उनका घरपरिवारले जबर्जस्ती गर्ने जेठाजुको बचाउ गरेर घटनाको बेलीविस्तार लगाएका थिए।, अरू त अरू सवितालाई आफ्नी आमाले नै भित्र पस्न दिइनन्। सानी छोरी काखमा बोकेर आएकी सविताले ‘बरू छोरी राखिदिनू, म निस्कन्छु’ भनेर पनि बिलौना गरिन्। माइतीले भने उनीमाथि भएको घटनाको वास्तविकता नबुझेरै हपार्न थाले।, माइतीले घर पस्न नदिए पनि उनलाई एक जना चिनजान भएकी महिलाले सहयोग गरिन्। दुई सय रूपैयाँ दिइन्। त्यही लिएर सविता प्रहरीमा पुगिन्।, प्रहरीमा उनले जेठाजुविरूद्ध उजुरी दिइन्। प्रहरी उनको गाउँमा पुग्दा परिवारले बेइमानी गर्ने जेठाजुलाई लुकाइसकेका थिए। , वास्ताविकता बुझेपछि माइतीले उनलाई साथ दिए। उनी केही समय माइतीमै बसिन्। जेठाजुको बलात्कारमा परेर उनी गर्भवती भएकी थिइन्। सात महिनापछि उनले बच्चा जन्माइन्। जन्मिएको एक महिनापछि बच्चा पनि मर्‍यो।, सविताका १४, ७ र ४ वर्षका छोराछोरी छन्।, ‘आफूलाई खाना खर्च जुटाउनै गाह्रो हुन्छ, त्यसैमाथि बच्चाहरू बिरामी भए भने झन् समस्या हुन्छ,’ उनले भनिन्, ‘अहिले पनि छोरी बिरामी भएर दिनदिनै पाँच सय रूपैयाँ पर्ने सुइँ लगाउनुपर्छ, काम केही पनि छैन।’, सुख्खा समयमा खोलाबाट बालुवा निकालेर दैनिकी चलाइरहेकी उनलाई अहिले त्यही काम पनि गर्न मिलेको छैन। , विभिन्न संघसंस्थाले दिएको सहयोगले उनलाई जेनतेन चलेको छ। परिवारबाट भएको अन्यायका विरूद्ध लड्न उनले अधिवक्ता गीता कोइरालालाई गुहारेकी छिन्।, आफूमाथि बलात्कार गर्ने जेठाजुविरूद्ध मुद्दा हालेको थाहा पाएपछि परिवारले ती जेठाजुलाई भगाइसकेका छन्। घटना घटाएर यता ती जेठाजु गाउँमा नभएको उनले बताइन्।, ‘मैले मुद्दा हालेको थाहा पाएर जेठाजुलाई श्रीमानले नै विदेशबाट पैसा पठाएर भगाउनुभयो, अहिलेसम्म पनि जेठाजु फरार नै हुनुहुन्छ,’ सविताले भनिन्। , उनको यो मुद्दा अहिलेसम्म अघि बढ्न सकेको छैन।, उनीमाथि जेठाजुले जबर्जस्ती गरेको दुई वर्षपछि उनका श्रीमान विदेशबाट आएका थिए। श्रीमान आएर सविताको नागरिकता खोस्ने प्रयास गरे। मुद्दा मामिलामा जान चाहिने प्रमाण खोस्नका लागि उनले धेरै प्रयास गरे।, नसकेपछि श्रीमानले सविता र छोराछोरीमाथि समेत कुटपिट गरे। श्रीमानको कुटाइबाट सविता दुई महिनासम्म थला परिन्।, श्रीमानले आफ्ना दाईसँग अनैतिक सम्बन्ध राखेको विषय बनाएर सवितासँग सम्बन्ध विच्छेद गर्नको लागि मुद्दा दिएका छन्।, उनलाई श्रीमानले मुद्दा दिएको पनि थाहा थिएन। त्यो कुरा थाहा पाएपछि उनले प्रतिउत्तर लगाउन अधिवक्ता कोइरालाकहाँ पुगेकी हुन्।, ‘एक त यो घटना मलाई छोड्ने निहुँ बनेको थियो, त्यसमाथि मलाई श्रीमानले आफूले विदेशबाट पठाएको पैसा हिनामिना गरी भनेर झूटो आरोप लगाइरहनुभएको छ,’ उनले भनिन्, ‘आफू विदेश जाँदा लिएको ऋण तिर्ने बेलासम्म मात्र मेरो नाममा पैसा पठाउनुहुन्थ्यो, पछि सबै जेठाजुका नाममा पठाउनुहुन्थ्यो। पैसा आएपछि जेठाजुले नै एक हजार रूपैयाँ मलाई खर्च दिनुहुन्थ्यो।’, उनी घरबाट निस्किएर माइतीमा बस्दासमेत घरपरिवारले सताइरहे। परिवारका मान्छे आएर उनका छोराछोरी खोसेर लिन खोजे।, सवितालाई घरपरिवारले ४० हजार रूपैयाँ ऋण बोकाएका छन्। श्रीमानले विदेश जाँदा लिएकोमध्ये ४० हजार रूपैयाँ साहुले ताकेता गरेपछि अर्को व्यक्तिसँग सापटी मागेर उनले तिरेकी थिइन्। त्यो पैसा अहिले सविताले नै तिर्नुपर्ने परिवारले भनेका छन्।, ‘श्रीमानले फोन गरेर ममाथि जबर्जस्ती गरेका जठाजुमाथि मुद्दा फिर्ता लिन दबाब दिनुहुन्छ। हामीसँग पावर छ, तँसग के छ र  लड्छेस् भनेर धम्की दिनुहुन्छ,’ उनले भनिन्, ‘म त कसैका अगाडि बोल्न पनि सक्दिनँ, पढाइलेखाइ पनि छैन।’, श्रीमानले सविताकी बहिनीलाई पनि ‘तैंले दिदीलाई बाठो बनाएर मुद्दा हाल्न लगाइस्’ भनेर धम्की दिने गरेको उनले बताइन्।, सविताले सानै उमेरमा विवाह गर्नुपरेको थियो। माइतीले नै १३ वर्षको उमेरमा उनको विवाह गराएका थिए। , ‘अहिले माइतीसँग पनि गुनासो गर्छु, त्यो उमेरमा विवाह नगरिदिएको भए पढ्न लेख्न सकेर आफ्नो भविष्य बनाउन सक्थें कि भन्दै तर के लाग्छ र?’ उनले भनिन्।, घरबाट निकालिएकी सविताले आफ्ना छोरीहरूलाई माइती नजिकै रहेको सामुदायिक विद्यालयमा पढाउन खोजेकी छन्। तर विद्यालयले जन्मदर्ताको कागज खोजेको छ।, छोरीहरूको जन्मदर्ताको सक्कली कागज उनका श्रीमानले नै गायब गरिदिएका छन्। प्रतिलिपी लिन जाँदा वडा कार्यालयले दिएको पनि छैन। श्रीमानले नै नदिन वडा अध्यक्षलाई दबाब दिएपछि आफूले नपाएको उनले बताइन्।, ‘श्रीमानले नै नदिनू भनेर भन्नुभएको रहेछ, मेरै अगाडि पनि वडाध्यक्षसँग फोन गरेर त्यसलाई कुनै पनि प्रमाण नदिनू भन्नुभएको थियो,’ सविताले भनिन्, ‘जन्मदर्ता पाएको भए छोरीलाई सरकारी स्कुलमा पढाउँथें, सक्कल उहाँले नै लिएर लुकाउनुभएको छ। फोटोकपी माग्दा वडाले दिएको छैन।’, भेरीगंगा–१ का वडाध्यक्ष नवराज कार्कीले भने कार्यालयको काम अनलाइन प्रणालीमा गएपछि इन्टरनेटमा आएको समस्याका कारण तत्काल अभिलेखहरू हेर्न नमिलेको बताए।, ‘साविकको गाविस कार्यालयमा भएको अभिलेख हो, यो अहिले वडा नम्बर २ को सचिवले काम गर्नेगरी जिम्मेवारी तोकिएको छ,’ वडाध्यक्ष कार्कीले भने, ‘उहाँ तत्काल बिदामा हुनुहुन्छ, इन्टरनेट पनि ढिला भएकाले तत्काल अभिलेख हेर्न नमिलेको मात्र हो।’, २८ गतेदेखि बिदामा भएका सचिव कार्यालय फर्किएपछि उनलाई अभिलेख हेरेर जन्मदर्ताको प्रतिलिपी दिइने उनले बताए।, आफूले पढ्न नपाएर अहिले भोग्नुपरेको समस्या भोलि छोरीले भोग्नु नपरोस् भन्ने सवितालाई लागिरहन्छ। त्यसैले उनी आफ्नो न्यायका लागि लडिरहने बताउँछिन्।, सविताले जेठाजुविरूद्ध दिएको मुद्दा अड्कियो अदालतमै
सेतोपाटी संवाददाता अफगानिस्तानबाट एक सय १८  जना नेपाली काठमाडौं आइपुगेका छन्। , अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत र त्यहाँबाट चार्टर्ड विमानमार्फत् मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। चार्टर्ड जहाजमा १२६ जना पुरूष र एक जना महिला काठमाडौं आएका हुन्। उनीहरूमध्ये ९ जना नेपाली मूलका भारतीय रहेका छन्।  , उनीहरू जजिरा एयरलाइन्समार्फत् आज बिहान १० बजेर १६ मिनेटमा विमानस्थल आइपुगेका हुन्।, काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमा काठमाडौं पठाएको हो। उनीहरूको स्वागत गर्न काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी विमानस्थल पुगेका थिए। , काबुलस्थित अमेरिकी मिशनमा कार्यरत हाम्रा साथीहरू तथा गठबन्धनका सहकर्मीहरूसँग काम गर्नुभएका नेपालीहरू मध्ये पहिलो उडानमार्फत आउनुहुनेलाई सकुशल काठमाडौंमा स्वागत गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो। हामी यहाँहरूको सुरक्षा लगायतको सेवाको लागि अत्यन्तै कृतज्ञ छौं। धेरै धन्यवाद।🙏 pic.twitter.com/CyM7TqTdQw, — U.S. Embassy Nepal (@USEmbassyNepal) August 17, 2021, उनीहरूलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी गरेको छ।, ‘उहाँहरूलाई नेपाल सरकारको प्रोटोकलअनुसार सेनाको आइसोलेसन सेन्टरमा राख्न लागेका छौं। उहाँहरूको आजै एन्टिजेन्ट परीक्षण गर्छौं र स्वास्थ्य प्रोटोकलअनुसार होम आइसोलेसनमा पठाउनु पर्नेलाई पठाइन्छ अरूलाई त्यहीँ आइसोलेसनमा राखिन्छ,’  नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले सेतोपाटीसँग भने।, परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली उद्धार गर्नका लागि दुइटा उपाय लगाएको छ। वैधानिक बाटोबाट श्रम स्वीकृति लिएर गएकाहरूको उद्धारका लागि उनीहरू कार्यरत मिसनहरूसँग नै समन्वय गरिएको छ।, ‘अमेरिका, बेलायत, जर्मनी, जापान र राष्ट्र संघका विभिन्न मिसनलाई हामीले तपाईंहरूको अफिसमा कार्यरत नेपालीलाई स्वदेश फर्किन सहयोग गर्नुस् भने औपचारिक अनुरोध नै पठाएका छौं। उहाँहरूले सहयोग पनि गर्नुभएको छ। केही नेपाली स्वदेश आइसक्नुभएको छ।’ परराष्ट्र प्रवक्ता सेवा लम्सालले सेतोपाटीसँग भनिन्,‘आफ्नै हिसाबले गएर ग्रिन जोनभन्दा बाहिर काम गर्ने नेपालीको हामी अहिले तथ्यांक संकलन गरिरहेका छौं। उहाँहरू कुन-कुन शहरमा कति जना हुनुहुन्छ भने तथ्यांक आएपछि सरकारले निर्णय गरेर जहाज पठाउँछ।’, सरकार अफगानिस्तानमा भएका नेपालीलाई आफ्नो विवरण अनलाइनमा अपडेट गरिदिन पनि अनुरोध गरेको छ। ,  , कुवेतबाट चार्टर्ड जहाजमा काठमाडौं आएका १२७ मध्ये ९ जना नेपाली मूलका भारतीय
युवराज श्रेष्ठ अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासका सुरक्षा गार्ड प्रकाश श्रेष्ठको गत शनिबार ड्युटी थिएन।, उनी आफू बस्ने कोठामै बसिरहेका थिए। अमेरिकी सेनाले अफगानिस्तान छाड्दै जाँदा विद्रोही तालिबानले देशका विभिन्न प्रान्त कब्जा गरिरहेका थिए। उनी बसिरहेकै ठाउँमा अमेरिकी सेनाका अधिकारीले सूचना दिए, ‘रेडी भएर बस्नु, आदेश आउनासाथ काबुल छाड्नुपर्छ।’, प्रकाश छुट्टीमा घर आएर काबुल फर्केको जम्मा १ सातामात्र भएको थियो। लमजुङको सूर्यपाल निवासी प्रकाश अहिले स-परिवार तनहुँको दमौली बस्छन्। भारतीय सेनाबाट अवकाश लिएपछि केही वर्ष नेपालमै बसेका प्रकाश ३ वर्षअघि अफगानिस्तान पुगेका थिए।, काबुलस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्ड बनेका प्रकाशले यसअघि कुनै पनि अप्रिय घटनाको सामना गर्नु परेको थिएन। विद्रोही तालिबानले यति छिट्टै देश कब्जा गर्ला भनेर उनले सोचेका पनि थिएनन्।, ‘यति छिट्टै फर्कनुपर्छ भनेर पहिल्यै थाहा भए त नेपालमै बस्थें नि,’ उनले भने, ‘फर्कनुभन्दा २ दिनअघिसम्म पनि यस्तो होला भनेर सोचेकै थिएनौं।’, काबुल पुगेर उनले कोरोनाविरूद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएर ड्युटी थालिसकेका थिए। वैशाख २१ मा छुट्टी मनाउन नेपाल आएका प्रकाश फर्कने बेला काठमाडौंको सुन्धारास्थित होटल सिङ्गापुर वनमा २९ दिन क्वारेन्टिन बसेको थिए। छुट्टी आउनुअघि कोभिसिल्ड खोपको पहिलो डोज लगाएका उनले दोस्रो डोजमा कोभिसिल्ड लगाउन पाएनन्। अमेरिकी दूतावासले नै उनलाई कोभिसिल्डको ‘भ्यालिडिटी’ सकियो भन्दै जोन्सन एण्ड जोन्सन खोप लगाइदिएका थिए।, अमेरिकी सेनाका अधिकारीले काबुल छाड्नु पर्ने सूचना दिएलगत्तै प्रकाशले आफ्ना सामान मिलाउन थाले। काबुल छाड्ने आदेशको प्रतीक्षा गरे।, भोलिपल्टै अर्थात् साउन ३१ गते काबुल छाड्ने आदेश आयो। प्रकाशसहित दूतावासमा कार्यरत नेपाली र अन्य देशका नागरिकले पनि फर्कने मेलो मिलाए।, त्यतिबेला प्रकाशसँग सुरक्षा गार्ड बस्दा बोक्ने हतियार साथमै थियो। अमेरिकी सेनाले हेलिकप्टरमार्फत् प्रकाशलाई दूतावासबाट काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल लग्यो। त्यतिबेलासम्म विमानस्थल अमेरिकी सेनाले कब्जा गरिसकेको थियो। विमानस्थलमा सैनिक जहाजबाहेक अन्य व्यवसायिक उडान बन्द गरियो। अमेरिकी दूतावासमा मात्रै होइन, अन्य देशका दूतावासमा कार्यरत विदेशीलाई पनि विमानस्थल लैजान थालिएको थियो। , ‘अमेरिकी सेनाको हेलिकप्टरले हामीलाई दूतावासबाट एयरपोर्ट ओसार्न थाल्यो,’ प्रकाशले भने, ‘हामी विमानस्थल पुग्दा भिड बढिसकेको थियो।’, विमानस्थलमा उनीहरू हुँदा नै गोली चलेको प्रकाशले बताए। अमेरिकी पासपोर्ट बोकेका अफगानीसमेत अमेरिका वा अरू देश जान चाहेकाले विमानस्थलमा भिड बढेको उनले बताए।, विमानस्थलमा टर्कीको सेनाले २ जनालाई नियन्त्रणमा लिएको प्रकाशले बताए। टर्कीको सेनाले कसलाई नियन्त्रणमा लियो र किन नियन्त्रणमा लियो भन्नेबारे आफूहरूलाई केही थाहा नभएको उनले बताए। त्यही बेला अमेरिकी सेनाले ‘फायर खोलेको’ हुन सक्ने उनको भनाइ छ।, प्रकाशका अनुसार आइतबार काबुलस्थित विमानस्थलमा हेलिकप्टरबाट समेत गोली चलेको आवाज आएको थियो। तर कसले किन चलायो भन्ने जानकारी उनले पाएनन्।, अमेरिकी सेनाको जहाजले प्रकाशसहित अरू नेपाली र अन्य देशका नागरिकलाई कतार लग्यो। जहाज चढ्दा प्रकाशसँग आफूले बोकेको एमफोर राइफल, यसका १५० राउण्ड गोली, एउटा पेस्तोल र त्यसमा लाग्ने ४५ वटा गोली पनि थिए। अमेरिकी सेना र सुरक्षा गार्डमा बसेका सबै जना हतियारसहित जहाज चढेको प्रकाशले बताए।, काबुलबाट उडेको सैनिक जहाज कतारतर्फ लाग्यो। जहाजमा आएका अधिकांशसँग हतियार साथमै थियो। अमेरिकी सेनाले हतियार कुवेतमा जम्मा गर्ने भन्यो। प्रकाशसहितका टोली कतारबाट सैनिक जहाजमै कुवेततर्फ लागे। कुवेतमा हतियार राखेपछि नेपाल आएको उनले बताए। कुवेतबाट नेपाल आउन पनि अमेरिकी दूतावासले नै जहाज चार्टर गरिदिएको थियो।, प्रकाशसहित ११८ जना नेपाली अफगानिस्तानबाट कतार, कुवेत हुँदै मंगलबार काठमाडौं आइपुगेका छन्। उनीहरूलाई नेपाली सेनाले सामाखुशी लगेर कोरोना परीक्षण गर्ने र होम आइसोलेसन पठाउने तयारी गरेको छ।, प्रकाशका अनुसार अफगानिस्तानमा तत्काल ठूलो खतरा छैन। तालिबान विद्रोहीले अहिलेसम्म विदेशी नियोगमा आक्रमण गरेका छैनन्। अहिलेसम्म सबैजना सुरक्षित रहेको उनले बताए। तालिबानले अफगानी प्रहरी र सेनालाई आत्मसमर्पण गर्न लगाएको उनले बताए।, ‘अफगानी प्रहरी र सेनाले आत्मसमर्पण गरेर तालिबानलाई हतियार बुझाए,’ उनले भने, ‘त्यसपछि तालिबान राष्ट्रपति कार्यालय छिरे।’, अफगान प्रहरी र सेनाले तालिबानलाई हतियार बुझाएर घर गएको उनले बताए। तालिबान विद्रोहीले काबुलस्थित अमेरिकी दूतावास र अन्य देशका दूतावासलाई अहिलेसम्म केही नगरेको उनले बताए।, काबुलबाट अमेरिकी सेनाका हतियार कुवेत पुर्‍याएर काठमाडौं फर्किएका प्रकाश
राजु विश्वकर्मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको बजेटमा सप्तरीको बोदे बसाइन नगरपालिकामा अनियमतिता भएको खुलेको छ।, सो कार्यक्रमअन्तर्गत बोदे बसाइन–१ र ७ मा दैनिक ज्यालादारी अशिक्षित मजदूरलाई दिनुपर्ने रकम नदिई जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमिता भएको जनाउँदै स्थानीय मजदूरहरूले विरोध जनाएका थिए।, मजदूरले पाउने ज्याला नदिई अनियमितता गरेको स्थानीयबासीले आरोप लगाएका छन्।, आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकामा सञ्चालन गरिएको सो कार्यक्रममा वडा कार्यालयले १२८ जनालाई काममा लगाएको छ जबकि नगरपालिकाले ४० लाई मात्र काम लगाउन भनिएको थियो।, काममा लगाइएकामध्ये ७० को नाममा सिटिजन बैंकको खातामा रकम जम्मा गरेको नगरपालिकाका रोजगार संयोजक सुनिलकुमार चौधरीले जानकारी दिए। , एकातिर काम गरेका सबै मजदूरलाई खाता खोलाइएन भने अर्काेतिर खातामा जम्मा भएको रकम मजदूरबाट झिक्न लगाइएको बताइएको छ।  , वडा कार्यालयका कर्मचारी र वडाध्यक्षका सहयोगीले सम्बन्धित मजदूरलाई थोरैमात्र रकम दिएर बाँकी रकम लिएको स्थानीय मजदूर तेतरीदेवी ठाकुरले गुनासो गरिन्। , मजदूरले रोजगारीबापत प्रतिव्यक्ति रु ५० हजार पाउनुपर्नेमा अधिकांशको बैंकमा खाता नखोलाई घर-घरमै पुगेर वडाध्यक्षले प्रतिव्यक्ति रु नौ/१० हजारको दरले मात्र भुक्तानी दिएकोे मजदूरहरूले आरोप लगाएका छन्। , 'काम गरेबापत नगरपालिकाले मेरो खातामा रु ५० हजार रकम जम्मा गरेको थियो, त्यो रकम बैंकबाट झिकेर घर फर्किंदै थिएँ,’ ठाकुरले भने, ‘बैंक बाहिर कुरेर बसिरहेका वडा कार्यालयका कार्यालय सहयोगी राजकुमार मण्डल, स्थानीयबासी हरे यादव लगायतले मसँग भएको सबै रकम खोसेर मलाई रु नौ हजार मात्र दिए, बाँकी रकम अरू मजदूरलाई बाँड्ने भन्दै लिएर गए।’, आफूले सबै रकम पाउनुपर्ने जनाउँदै रकम फिर्ता मागेपछि वडाध्यक्ष यादवले विरोध गरे कुनै काममा नलगाउने र दलित बस्तीमा विकासको योजना नदिने धम्की दिएको उनको गुनासो थियो।, आफूले वडाध्यक्षकै निर्देशनमा बैंकबाट रकम झिकेका मजदूरहरूसँग रकम लिएको स्वीकार्दै कार्यालय सहयोगी राजकुमार मण्डलले भने, ‘मजदूरहरू रकम झिक्न बैंक गएको छ, गएर मजदूरहरूले काम गरेको दिनअनुसार मात्र रकम दिनु र बाँकी रकम उनीहरूसँग लिएर आउनु भनी निर्देशन पाएको थिएँ, त्यही अनुसार मजदूरहरूलाई रु १० हजार मात्र दिएर बाँकी ४० हजार नगद लिई वडाध्यक्षलाई दिएको हुँ।’, सो रकम भोलिपल्ट वडाध्यक्षले गाउँमा अरू मजदुरलाई बाँडेको कार्यालय सहयोगी मण्डलको भनाइ थियो।  , ‘सुरूमा वडाध्यक्षले तीन महिना काम गर्नुपर्ने र दैनिक ज्याला रु पाँच सय १७ दिने बताएको थियो’, अर्का स्थानीयबासी सञ्चन सदाले भने, ‘आफूहरूसँग २० दिन मात्र काम गरायो, असारको अन्तिमतिर वडाध्यक्ष घरमै आएर रु पाँच हजारमात्र दिन खोजेको थियो, विरोध गरेपछि रु १० हजार दिएर जानुभयो।’ , यस्तै, वडाध्यक्ष र कर्मचारीको मिलेमतोमा खाली चेकमा सही छाप गराई पैसा निकालेर बैंकले आफूहरूलाई थोरै रकम भुक्तानी दिएको वडा नं ७ का मजदूरहरूले बताएका छन्।, ‘हामीहरू अनपढ छौं, विश्वास गरेर जहाँ-जहाँ भन्यो, त्यहाँ सही छाप गरियो, कति रकम निकाल्यो थाहा भएन,’ वडा नं ७ का मजदूर रेणुकुमारी दासले भनिन्, ‘काम गरेबापत ५० हजार पाउनुपर्नेमा बैंकभित्र बोलाएर खाली चेकमा सही छाप गराई रु नौ हजार मात्र भुक्तानी दिएर घर पठायो।’, यसको विरोध जनाउँदा तपाईंले त्यति मात्र पाउनुपर्ने हो जानुस् भनेर बैंकका कर्मचारीले घर फर्काएको उनको भनाइ छ। , वडा नं १ का  वडाध्यक्ष धिरेन्द्र यादवले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका क्रममा कमजोरी भएको स्वीकार्दै आफू बाध्यतामा परेर यस्तो गर्नुपरेको बताए।, ‘वडामा विपन्न मजदूरको सङ्ख्या धेरै छन्,’ उनले भने,‘एकातिर नगरपालिकाबाट ४० जनालाई मात्र काम गराउन भन्यो, अर्काेतिर वडामा दलित विपन्न गरिब कामदारको सङ्ख्या धेरै भयो, त्यसैले सबैलाई समेट्न यस्तो गरेका छौं।’, यही भएर सबै मजदूरलाई समेट्न काम गरे अनुसारकै भुक्तानी दिएको तर मजदूरहरूले भने जस्तो अनियमितता नभएको उनको दाबी थियो। , ‘उक्त कार्यक्रमका लागि रोजगारी संयोजक तोकेको सुनिलकुमार चौधरीलाई काम गराउने र ज्वाला बुझाउने जिम्मेवारी दिएका छौं,’ नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवले भने, ‘कहाँ के भएको हो, थाहा भएन, छानबिन गरेर मात्र थप कुरा भन्न सक्छु।’, काम गरेका मजदूरहरूलाई सम्झौताको रकम सम्बन्धित मजदूरको खातामा जम्मा गरिदिएको र थप बारेमा आफूलाई जानकारी नआएको उनको कथन थियो।  , सानिमा बैंक बोदे बसाइनका प्रबन्धक ऋषिकेश दत्तले मजदूरहरूले आरोप लगाएजस्तो आफूहरूले कुनै व्यक्तिलाई खाली चेकमा सही छाप गराएर कम रकम भुक्तानी नदिएको बताए।, मजदुरको खाता नगरपालिकाले जम्मा गरे अनुसारकै रकम भुक्तानी दिएको दाबी गर्दै उनले भने, ‘खातामा जति रकम थियो, हामीले त्यतिको चेक काट्न लगाएर, त्यही अनुरूप भुक्तानी दिएका छौं।’ ,रासस,  , सप्तरीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता
खिलानाथ ढकाल ओखलढुंगा, मलुङ गाउँपालिका (हाल कपन) का ५० वर्षीय भीममणि राई अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा काम गर्थे। काबुल राजदूतावासमा काम गर्न थालेको छ वर्ष भइसकेको थियो। गत चैतमा बिदामा नेपाल आएका उनी उता फर्केको तीन-चार दिन मात्रै भएको थियो।, भीममणि भूतपूर्व नेपाली सैनिक हुन्। अगस्ट १५ मा काबुलमा तालिबानी विद्रोहीले मध्याह्न दिउँसो आक्रमण गर्दा उनी दूतावासमै ड्युटी गरिरहेका थिए।, गोली, बमको आवाज र आकाश ढाक्ने धूलो र धुवाँ। दूतावासको अग्लो पर्खालभित्र काम गरिरहँदा उनले सुनिरहेका थिए। वायुमण्डलमा बारूदको गन्धमिश्रित हावाले उनको नाकले चाल पाइरहेको थियो।, आँखाले सिधा नदेखे पनि उनलाई घटना अकल्पनीय लागिरहेको थियो। मानिसको चिच्याहट, भागदौड महशुस गरिरहेका थिए।, ‘बाहिर के भइरहेको छ भन्ने बुझ्न त्यो वातावरण नै काफी थियो। पूरै त्रासदी थियो,’ मंगलबार काठमाडौं आइपुगेका उनले सेतोपाटीसँग भने।, नेपाली सेनामा रहँदा राईले माओवादी सशस्त्र द्वन्द्व देखे-भोगेका थिए।, ‘त्यो के थियो र, अफगानिस्तानका विद्रोहीको आक्रमणका अगाडि, कल्पनै गर्न नसकिने,’ भीममणिले भने।, बमगोलीको आवाज कानमा पर्दा सुरक्षा गार्ड काम गर्ने उनलाई आफ्नै सुरक्षा कसरी होला भन्ने चिन्ताले गाँजेको थियो। सम्हालिनुको विकल्प थिएन। उनीजस्तै त्यहाँ थुप्रै नेपाली कोही सुरक्षागार्ड, कोही कर्मचारीको रूपमा कार्यरत थिए।, उनीहरू सबै बाहिरी वातावरणको साक्षी नबने पनि पर्खालभित्रबाट महशुस गरिरहेका थिए।, उनीहरूलाई दूतावासमै खाने-बस्ने व्यवस्था थियो। राई काबुल पुग्नेबित्तिकैदेखि तालिबानी हमला भइरहेकै थियो। त्यसकारण बाहिर निस्कनु जोखिमपूर्ण थियो।, तर एकाएक राजधानी काबुल नै कब्जा होला र आकस्मिक रूपमा अफगानिस्तान छोड्नुपर्ला भन्ने कसैले सोचेकै थिएनन्।, तनावमा गुज्रिरहँदा दूतावासमा भने हल्ला चल्यो- लु तुरून्तै तयार हुनुहोस्। चार्टर्ड प्लेन आउँदैछ।, विकसित मुलुक भएका कारण अमेरिकाले तालिबानले काबुल कब्जा गरेपछि आफ्नो दूतावास तुरुन्तै फिर्ता गर्ने निर्णय गर्‍यो। कर्मचारीलाई आकस्मिक रूपमा आफ्नो देश फर्काउने वातावरण मिलाइयो।, ‘परिवारमा केही खबरखाबर नै गर्न पाइएन। सिधै दोहामा पुगेपछि मात्र परिवारसँग सम्पर्क भयो,’ भीममणिले भने। दोहाबाट कुबेत हुँदै मंगलबार नेपाल आइपुगेपछि उनी हर्षविभोर भएका छन्।, ‘त्यस्तो ठाउँबाट बाँचेर आइन्छ भन्ने कसलाई लाग्थ्यो र! धन्न हामीभित्र काम गर्ने थियौं। फेरि अमेरिकाले काबुल कब्जा भएको केहीबेरमै हामीलाई उद्दार गरिहाल्यो,’ उनले भने।, उनका अनुसार त्यहाँ व्यावसायिक उडान छैनन्। देश छोडेर हिँड्न खोज्नेको एयरपोर्टमा रूवाबासी छ। ती दृश्य देख्दैमा मुटु छिया-छिया बनाउने दर्जनाक छन्।, भीममणिका छोरा सञ्जित उनलाई लिन मंगलबार एयरपोर्टमै पुगेका थिए। तर कोरोना संक्रमण जोखिम भएकाले  स्वास्थ्य मन्त्रालयको मापदण्ड पूरा नगरी राई घर फर्किन पाउँथेनन्। त्यसैले उनीसहित नेपाल आएकालाई सेनाले बसुन्धराको होल्डिङ सेन्टर पुर्‍याएको थियो।, सञ्जित बुवाको झोला लिन त्यहीँ पुगेका थिए।, ‘चैतमा आएर झन्डै चार महिना बसेर भर्खर जानुभएको हो। तीन-चार दिनमै यस्तो घटना होला भन्ने कसलाई थाहा थियो र,’ सञ्जितले भने।, तालिबानले काबुल कब्जा गरेपछि राईको घरको वातावरण उसैगरी अशान्त बनेको थियो।, ‘सम्पर्क भएन, के भयो भयो, आमा खुबै पिरोलिनुभएको थियो,’ सञ्चितले भने, ‘जब दोहा पुगेर बुवाले फोन गर्नुभयो, अनि बल्ल त्रासको वातावरण हरायो।’, भीममणिसहित मंगलबार ११८ जना नेपाली जजिरा एयरद्वारा कुवेतबाट काठमाडौं उत्रिएका थिए। अरू ९ जना नेपाली मूलका भारतीय नागरिक थिए। सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार ती सबै अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत थिए।, उनीहरूमध्ये एक जनाको एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ। बाँकी सबैको नेगेटिभ आएकाले घर फिर्ता गराइएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए।, सुनसरी धरानका ४७ वर्षीय प्रकाश राई पनि तनावग्रस्त अफगानिस्तानबाट मंगलबार काठमाडौं उत्रिए। विगत छ वर्षदेखि काबुलस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डकै रूपमा कार्यरत थिए। काम राम्रो चलिरहेको थियो। यसरी कामै छाडेर रातारात स्वदेश फर्किनुपर्छ भन्ने उनले सोचेका पनि थिएनन्। दूतावास परिसरभित्रै काम भएकाले सुरक्षित पनि थियो।, ‘मलाई बम, बारुदको आवाजसँग बानी परिसकेको थियो, त्यस्तो डर थिएन। तर आफूलाईभन्दा चिन्ता परिवारलाई हुँदो रहेछ,’ प्रकाशले सेतोपाटीसँग भने।, त्यहाँको स्थिति तनावग्रस्त भएका समाचार बाहिरिन थालेपछि उनको परिवारले छिट्टै घर फर्कन आग्रह गरिरहेको  थियो। तर भन्नेबित्तिकै फर्किने अवस्था थिएन। गत शनिबार उनलाई अमेरिकी सेनाले काबुल छाड्न तयारी अवस्थामा रहन भन्यो। त्यसपछि उनले आफ्नो सबै सामान पोको पारेका थिए।, ‘अमेरिकी सेनाले शनिबार अचानक खबर गरेपछि हामी कतार र कुवेत हुँदै आज आइपुग्यौं,’ उनले भने, ‘आज सुरक्षित रूपमा आफ्नो माटो टेक्न आइपुग्दा निकै खुसी लागेको छ।’, उनीहरू जस्ता विभिन्न देशका नियोग तथा अन्तर्राष्ट्रिय संघ-संस्थसामा कार्यरत नेपाली सुरक्षित रहेको उनको भनाइ छ।, ‘हामीलाई अफगानिस्तानमा रहेका सबै नेपालीको बारेमा त जानकारी हुँदैन। तर युएन, अमेरिकी दूतावास, बेलायती दूतावास, राष्ट्रसंघ लगायत संघ-संस्थाका नेपालीहरू सुरक्षित छन्,’ उनले सुनाए।, अवैध तरिकाले अफगानिस्तानमा पुगेका र अनौपचारिक क्षेत्रमा कार्यरत नेपाली भने जोखिममा रहेकाले सरकारले ध्यान पुर्‍याउनु पर्ने उनको सुझाव छ।, ‘त्यहाँ हिंसा मच्चियो भने त्यस्ता नेपालीलाई धेरै जोखिम छ,’ उनले थपे।, प्रकाश यसअघि भारतीय सेनाका रूपमा कार्यरत थिए। त्यहाँबाट अवकाशपछि उनी अफगानिस्तान गएका हुन्। उनलाई सेनाले विमानस्थलबाट बसुन्धरास्थित ग्रीन सिटी अस्पतालमा पिसिआर परीक्षणका लागि लगेको थियो। पिसिआर रिपोर्ट नेगेटिभ आए मंगलबार नै धरान जाने उनले बताए।, प्रकाशसँगै फर्किएका मनीष लिम्बू भने अफगानिस्तान पुगेको आठ महिना मात्रै भएको थियो। आर्मीबाट अवकाश भएपछि राम्रो कमाइ हुने सोचले पुगेका उनी कमाइ गर्न नपाउँदै फर्कनु पर्‍यो।, ‘कमाइका हिसाबले त निकै राम्रो छ। काम पनि सजिलो तर फर्किनुपर्‍यो,’ उनले भने।, कमाइ गर्न नपाए पनि आफू सुरक्षित फर्कन पाएकोमा उनले खुसी व्यक्त गरे।, ‘कमाउने त त्यस्तै हो। तनावपूर्ण अवस्थामा सुरक्षित आफ्नो देश फर्कन पाएकोमा खुसी छु,’ मनीषले सेतोपाटीसँग भने।, अफगानिस्तानामा तालिबानी विद्रोहीको आक्रमण सुरू भएयता २८२ जना नेपाली स्वदेश फर्किएका छन्। अध्यागमन विभागका अनुसार अगस्ट ५ देखि १७ तारिखसम्म यति नेपाली विभिन्न एयरलाइन्स हुँदै काठमाडौं आइपुगेका हुन्।, यो बीचमा अफगानिस्तानबाट विस्थापित भई नेपाल शरण लिन आएका अफगानी नागरिक आएका छन् छैनन् भन्नेबारे चासो भए पनि विभागले रेकर्डमै हेर्नुपर्ने बताएको छ। , अफगानिस्तानमा कानुनी-गैरकानुनी दुवै तरिकाले पुगेर विभिन्न कम्पनीमा कार्यरत नेपालीलाई फर्काउन परराष्ट्र मन्त्रालयले सहजीकरण गरिरहेको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्सालका अनुसार अफगानिस्तानका सक्रिय विभिन्न कूटनीतिक नियोगमा करिब १५ सय नेपाली कार्यरत रहेको जानकारीमा आएको छ।, ‘बेलायत, अमेरिका, जापान, जर्मनी, क्यानडालगायत दूतावासमा कार्यरत् नेपालीलाई चाँडोभन्दा चाँडो फर्काउने हाम्रो योजना छ,’ उनले सेतोपाटीसँग भनिन्, ‘अन्य अलपत्र परेका नेपाली वा कुन कम्पनीमा कति कामदार छन् त्यसको सूचना संकलन भइरहेको छ।’, सूचना संकलनका लागि विभिन्न कूटनीतिक नियोगसँगै नेपालको कन्सुलर विभागलाई सक्रिय राखिएको उनले बताइन्। उनका अनुसार काबुलमै वर्किङ भिसामा कार्यरत् नेपालीहरूलाई प्राथमिकता साथ नेपाल ल्याउने प्रयास भइरहेको छ।, भीममणि राईको काबुलदेखि काठमाडौं यात्रा (भिडिओसहित)
सेतोपाटी संवाददाता बर्दियामा सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर ८ भादा पुलबाट दुई जनालाई ८६.६४ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।, गुलरिया नगरपालिका वडा नम्बर ७ बस्ने २४ वर्षीय दिपेन्द्र सिंह र वडा नम्बर ३ बस्ने २३ वर्षीय अशोक लोधलाई प्रहरीले पक्राउ गरेको हो।, सोमबार बेलुकी जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पूर्वबाट पश्चिम जाँदै स्कुटरलाई रोकेर प्रहरीले चेक गरेको थियो। उक्त मोटरसाइकमा अगाडि र पछाडि दुई फरक नम्बर उल्लेख गरिएको थियो।, अगाडि लु ६२ प ६२२६ र पछाडि लु ६२ प ६८२६ नम्बर लेखिएको स्कुटर रोकेर तलासी लिएको थियो। त्यसको डिक्कीभित्र कागज पत्र नभएको झण्डै ६ लाख ४८ हजार ५०५ रूपैयाँ बराबरको ८६.६४ ग्रामको सुनका गरगहना फेला परेको प्रहरी नायब उपरीक्षक शाहीले बताए।  , तत्कालै उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्न प्रहरीले उनीहरूलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाएको छ।,  , ८६ ग्राम सुनसहित दुई जना बर्दियाबाट पक्राउ
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ६८९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, संक्रमितमध्ये काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ जना थपिएका छन्।, पछिल्लो २४ घण्टामा ११ हजार ५६५ जनाको पिसिआर र ६ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै १ हजार ९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८७ हजार ६९ जना कोरोनामुक्त भएका छन्।, यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ।,  , १७ हजार ६ सय ८९ मा कोरोना परीक्षण गर्दा ३ हजार २७४ लाई संक्रमण
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप एक हजार ३३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप एक हजार ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ संक्रमित थपिएका छन्।  योसँगै अहिले उपत्यकामा ११ हजार ७७४ जना सक्रिय संक्रमित छन्।, काठमाडौंमा मात्रै आठ हजार १५८ जना, ललितपुरमा २ हजार १४६ र भक्तपुरमा एक हजार ४७० जना सक्रिय संक्रमित छन्।, यस्तै देशभर थप ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ११ हजार ५६५ जनाको पिसिआर र ६ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै १ हजार ९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८७ हजार ६९ जना कोरोनामुक्त भएका छन्।, यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ।,  , काठमाडौं उपत्यकामा थप एक हजार ३३ लाई संक्रमण
सेतोपाटी संवाददाता झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।, मंगलबार प्रहरीले दुई जनालाई विर्तामोड नगरपालिका वडा नम्बर ५ नयाँ बसपार्कस्थित मिलन चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।, अर्जुनधारा नगरपालिका वडा नम्बर ५ बस्ने २७ वर्षीय मनोज चौधरी र विर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २३ वर्षीय सुमन तामाङ पक्राउ परेका हुन्।, उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट पक्राउ गरेको थापाले बताए।, शंका लागेर प्रहरीले उनीहरूमाथि चेक गर्दा लागुऔषध ब्राउन सुगर फेला परेको हो। प्रहरीका अनुसार उनीहरूबाट २० ग्राम ब्राउन सुगर बरामद गरेको छ।  , उनीहरूले प्रयोग गरेको मे. २ प. ८६८६ नम्बरको मोटरसाइकल बरामद गरेको हो। थप अनुसन्धान गर्न दुबै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।, जिल्ला अदालत झापाबाट म्याद थप भई उनीहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढेको कार्यालयले जनाएको छ।,  , ब्राउन सुगरसहित दुई जना झापाबाट पक्राउ
सुदीप श्रेष्ठ आजभन्दा करिब चौध सय वर्षअघि, विक्रम सम्बत् ७०० देखि ७३६ को बीचमा, लिच्छवि राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक बन्धुदत्त आचार्य, पाटनका रथचक्र भन्ने व्यक्ति र टौदहका कर्कोटक नागराज मिलेर भारतको आसामस्थित कामरू कामाख्या पीठबाट रातो मच्छिन्द्रनाथ लिएर आएका थिए।, यो कथा हामी सबैले धेरैचोटि सुन्दै र पढ्दै आएका छौं।, आज मैले सुनाउन लागेको कथा चाहिँ रातो मच्छिन्द्रनाथ काठमाडौं ल्याइएको सय वर्षपछिको हो। अर्थात्, आजभन्दा करिब तेह्र सय वर्षअघि। त्यति बेला राजा नरेन्द्रदेवका छोरा शिवदेव द्वितीय वा उनका पनि छोरा जयदेव द्वितीयको शासन हुनुपर्छ।, सहकालका देउता मानिने रातो मच्छिन्द्रनाथको आगमनपछि काठमाडौं उपत्यकाबाट बाह्र वर्षदेखिको अनिकाल समाप्त भयो। यहाँका खेतमा वर्षको दुई बाली अन्न लहलहाउन थाल्यो। उब्जनी बढेपछि किसान समृद्ध भए, राज्य समृद्ध भयो।, समृद्ध राज्यले संस्कृतिलाई बढावा दिन्छ। जात्रापर्व गर्छ, भोज खान्छ। बाजागाजा घन्काएर उत्सव मनाउँछ र रथयात्रा गरेर आफ्नो समृद्धिको डंका पिट्छ।, यहाँ पनि त्यस्तै भयो।, रातो मच्छिन्द्रनाथ ल्याएको सय वर्षपछि काठमाडौं उपत्यकाले आफ्नो समृद्धिको डंका पिट्ने निर्णय गर्‍यो।, तत्कालीन राजा — शिवदेव द्वितीय वा जयदेव द्वितीय — ले सम्पूर्ण उपत्यकावासीलाई रथयात्रामा संलग्न हुन आह्वान गरे। उपत्यकाभरिका जनताले हरतरहबाट यो उत्सवमा आफ्नो हिस्सेदारी देखाए। कसैले कुनै कसर छाडेनन्।, तर एउटा समस्याले राजालाई चिन्तित बनायो।, उनी रातो मच्छिन्द्रनाथको रथ यस्तो भव्य बनाउन चाहन्थे जसको गजुरले गगन छोओस्। जसका पांग्राहरू घटघट गुड्दा उपत्यकाका चारै दिशा घनघन घन्कोस्। जसको सजावट देखेर स्वर्गका राजा इन्द्र पनि मोहित होऊन्।, त्यो रथ यस्तो होस् जुन एकचोटि ठडिएपछि भुइँचालै आए पनि नढलोस्। काठका जोर्नीहरू यस्तरी जोडिएका होऊन्, ताकि मान्छेले तानेर कुदाउँदा ती जोर्नीहरू कसैगरी नफुत्किऊन्।, कल्पना गर्न सजिलो छ, कल्पनालाई आकार दिन गाह्रो!, रातो मच्छिन्द्रनाथ (बुंगद्य:) को रथारोहण गरिँदै। फाइल तस्बिर: नारायण महर्जन/सेतोपाटी, त्यति बेलासम्म काठमाडौं उपत्यकामा रथयात्राको चलन त सुरू भइसकेको थियो तर राजाले चाहेजस्तो बलियो रथ बनाउने शिल्प विकास भइसकेको थिएन।, राजाले आफ्ना मन्त्रीहरूसँग मन्त्रणा गरे। भारदारहरूको भेला गरे। कसैले कुनै जुक्ति निकाल्न सकेनन्।, आखिरमा उपत्यकाका दिग्गज तान्त्रिकहरूले नै समस्याको उपाय निकाले। उनीहरूले भने, ‘हामीले तन्त्रविद्याको शक्तिले बाँधेर रातो मच्छिन्द्रनाथलाई कामरू कामाख्याबाट काठमाडौं ल्यायौं, अब यसको रथ बनाउन पनि तान्त्रिक शक्तिकै खाँचो पर्छ र त्यस्तो शक्ति भएका शिल्पीहरूलाई कामरू कामाख्याबाटै झिकाउनुपर्छ।’, राजालाई सुझाव मन पर्‍यो।, रातो मच्छिन्द्रनाथको अद्भूत रथ बनाउन कामरू कामाख्याबाट बाराही समुदायलाई काठमाडौं झिकाइयो।, बाराहीहरूले रथ बनाउन चाहिने विभिन्न काठको सूची तयार पारे। उनीहरूले भनेअनुसार नै उपत्यका वरिपरिका जंगल र तराईबाट समेत काठको जोर्जाम गरियो।, एक महिनाभन्दा कम समयमै बाराहीहरूले यस्तो रथ तयार पारे जुन आजसम्म कसैले देखेका थिएनन्, न सुनेका थिए।, रातो मच्छिन्द्रनाथको पहिलो रथयात्रा भव्य रूपमा सम्पन्न भयो। यसलाई हरेक वर्ष निरन्तरता दिन बाराहीहरूलाई कामरू कामाख्याबाट काठमाडौं डाक्ने निर्णय पनि गरियो।, बाराहीहरू रथयात्रा सुरू हुनुभन्दा महिना–डेढ महिनाअगाडि नै यहाँ आउँथे, रथ बनाउँथे र रथयात्रा सुरू भएपछि उतै फर्कन्थे।, यो क्रम धेरै वर्ष चल्यो।, पछि एउटा समय यस्तो आयो जब नयाँ पुस्ताका बाराहीहरूले महिनादिन लामो यात्रा गरेर आसामदेखि काठमाडौं आउन, महिनादिन लगाएर रथ बनाउन र उति नै लामो यात्रा गरेर आसाम फर्कन गाह्रो माने।, आसामदेखि आउजाउ गर्दा मधेसको ज्यानमारा औलो नाघ्नुपर्थ्यो। बाघभालु र जंगली हात्तीहरूको डर हुन्थ्यो। घामझरी सहनुपर्थ्यो। बस्ने ठेगान हुन्थेन, बाटोभरिलाई पुग्ने खान्की पनि बोकेरै हिँड्नुपर्थ्यो।, नयाँ पुस्ताका बाराहीले बर्सेनि यस्तो सकस र जोखिमपूर्ण यात्रा झेल्न झिँझलो माने।, उनीहरूले आफ्नो दुःख बिसाउँदै काठमाडौंबासीसँग भने, ‘हामी घरिघरि ज्यानको माया मारेर यत्रो लामो यात्रा गर्न सक्दैनौं। त्यसैले अबदेखि हामी काठमाडौं आउँदैनौं, तपाईंहरू रथको प्रबन्ध आफैं मिलाउनुस्।’, यो सुनेर काठमाडौंबासी झसंग भए। उनीहरूलाई रातो मच्छिन्द्रनाथको रथयात्रा नै कसरी गर्ने भन्ने चिन्ता भयो।, यहाँनिर फेरि एउटा जुक्ति लगाइयो।, काठमाडौंका बासिन्दाले अर्को वर्ष अन्तिमचोटि आएर रथ बनाइदिन बाराहीहरूसँग आग्रह गरे।, बाराहीहरू तयार भए। , उनीहरू अर्को वर्ष फेरि आए र उसैगरी रथ बनाइदिए।, रथयात्रा सधैंझैं भव्य रूपमा सम्पन्न भयो। तर यसपालि जात्रामा एउटा नयाँ विधि थपिएको थियो। , रथारोहणको दिन जुन भेँडा काटेर बलि चढाइन्छ, त्यसको एक भाग बाराहीहरूलाई पनि खान दिइयो। , यसरी भेँडाको मासु खाँदा पछि भोग्नुपर्ने परिणामसँग उनीहरू वाकिफ थिएनन्। परिणाम थाहा भइदिएको भए खाँदैन थिए कि!, खैर बाराहीहरू खुसी–खुसी भोजमा सरिक भए, मासु-चिउरा, ऐला-थोँ खाए र सबैसँग अन्तिमचोटि विदावारी भएर आसाम फर्के।, पाटनको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ बनाइँदै। तस्बिर सौजन्य: मोनालिसा महर्जन, जसै उनीहरू आसामको कामरू कामाख्या पुगे, उनीहरूलाई त्यहाँ प्रवेश गर्न दिइएन।, मासु खाने मान्छेलाई कामरू कामाख्यामा प्रवेश निषेध रहेछ। यो कुरा बाराहीहरूलाई थाहा थिएन वा थाहा भए पनि उनीहरूले उत्सवको रन्कोमा हेक्का राखेनन् वा हेक्का राखे पनि काठमाडौंबासीको आग्रह टार्न सकेनन्।, काठमाडौंबासी भने यसबारे जानकार थिए। बाराहीहरूलाई सधैंका लागि काठमाडौं बसाल्न भनेर नै उनीहरूले यस्तो जुक्ति गरेका थिए।, नभन्दै आफ्नो थलोमा छिर्न नपाएपछि बाराहीहरू यतै फर्के र रातो मच्छिन्द्रनाथसमक्ष दुःख बिसाउन गए।, रथ बनाउने शिल्प भएका उनीहरू रातो मच्छिन्द्रनाथसँग प्रत्यक्ष कुराकानी गर्ने तान्त्रिक शक्तिले पनि निपुण थिए। उनीहरूले त्यही शक्तिको बलमा मच्छिन्द्रनाथको आह्वान गरे र भुइँमा घुँडा टेकेर दुवै हात जोड्दै भने, ‘हे मच्छिन्द्रनाथ देव, हामीले झुक्किएर भेँडाको मासु खायौं। मासु खाएपछि कामरू कामाख्यामा छिर्न पाइँदैन भन्ने हामीलाई हेक्कै भएन। हामी आफ्नो गल्तीका कारण आफ्नै भूमिबाट निष्कासित भएका छौं। अब हामी के गरौं? कहाँ जाऔं?’, उनीहरूको बिन्ती सुनेर रातो मच्छिन्द्रनाथ साक्षात् प्रकट भए, ‘हे बाराही गण, म तिमीहरूको परिश्रमबाट प्रसन्न छु। मलाई तिमीहरूले भोग्नुपरेको पीडा पनि सबै थाहा छ।’, बाराहीहरूले अगाडि भने, ‘हे देव, हामी प्रायश्चित गर्न तयार छौं। के गर्दा हामीलाई फेरि कामरू कामाख्यामा प्रवेश गर्न दिइएला? हजुरले कुनै उपाय बताइदिनुपर्‍यो।’, रातो मच्छिन्द्रनाथले जवाफ दिए, ‘बाराही गण हो, जेसुकै प्रायश्चित गरे पनि तिमीहरूलाई कसैगरी कामरू कामाख्यामा प्रवेश गर्न दिइने छैन। अब जे हुनु भइसक्यो। बितिसकेको कुरामा आँशु खसालेर, दुःखमनाउ गरेर हल निस्कनेवाला छैन। त्यसैले तिमीहरू अब यतै बस। यहीँ आफ्नो बस्ती बसाल।’, रातो मच्छिन्द्रनाथको यस्तो कुरा सुनेर बाराहीहरू निःशब्द भए।, आफ्नो जन्मभूमि छाडेर अर्कै देशमा बस्नू भन्ने मच्छिन्द्रनाथको आदेशले उनीहरूलाई बिलखबन्दमा पार्‍यो।, बाराहीहरू अलमलिएको देखेर मच्छिन्द्रनाथले भने, ‘तिमीहरूले मन सानो पार्नुपर्दैन। मलाई नै हेर न। मलाई पनि तिमीहरूलाई जस्तै कामरू कामाख्याबाट यहाँ ल्याइएको हो। तर मैले काठमाडौं उपत्यकालाई नै आफ्नो ठाउँ ठानिसकेँ। जसरी मैले यही भूमिलाई आफ्नो मानेँ, तिमीहरू पनि यही भूमिलाई आफ्नो मानेर बस।’, ‘तर हे देव, के यहाँका मान्छेले हामीलाई अपनाउलान्?’ बाराहीहरूले आफ्नो अलमल मच्छिन्द्रनाथसमक्ष राखे।, ‘तिमीहरूले सुर्ता मान्नुपर्दैन। यहाँका मान्छे साह्रै उदार छन्। तिमीहरू चाँडै नै यहाँको माटोमा घुलमिल हुनेछौ। सबैले तिमीहरूलाई आफ्नो ठान्नेछन्। तिमीहरू पनि सबैलाई आफ्नो ठान्न थाल्नेछौं।’, यति भनेर रातो मच्छिन्द्रनाथले पाटनका तीनवटा टोल — यंगुबहाः, यनामुगः र त्यागः — मा बाराहीहरूलाई बस्ती बसाउन आदेश दिए।, त्यसयता बाराहीहरू यहीँ बसे, यहीँका बासिन्दा भए।, आज पनि पाटनका यी तीनवटा टोलमा बाराहीहरूको बसोबास छ। आज पनि रातो मच्छिन्द्रनाथको रथमा काठको काम गर्ने यिनै बाराहीहरू हुन्।, तेह्र सय वर्षअघि बाराहीहरूको काठमाडौं उपत्यका प्रवेशसँग जोडिएको यो कथा पुष्टि गर्ने ऐतिहासिक प्रमाण हामीसँग छैन। न कुनै थ्यासफू (हस्तलिखित दस्तावेज), न शिलालेख।, यो कथा बाराहीहरूको पारिवारिक संस्मरणमा मात्र मौजुद छ। , आफ्नो जिजु हजुरबुवाबाट हजुरबुवा, हजुरबुवाबाट बुवा र बुवाबाट आफूमा सर्दै आएको वंश–इतिहासको यो कथा बाराही खलकका नाइके दिलकुमार बाराही बढो गर्वसाथ सुनाउँछन्।, रातो मच्छिन्द्रनाथको रथमा काठको काम गर्ने बाराही गुठीका नाइके दिलकुमार बाराही। पृष्ठभूमिमा बाराही गुठीघर। तस्बिर: निशा भण्डारी/सेतोपाटी, ‘रातो मच्छिन्द्रनाथको रथयात्रा हुनुभन्दा अगाडि यहाँ नौवटा देवदेवीको रथयात्रा हुन्थ्यो रे। मीननाथको रथयात्रा पनि मच्छिन्द्रनाथभन्दा पुरानो हो। त्यति बेला रथ बनाउने सीप नहुँदा कहिले काठ भाँच्चिने, कहिले डोरी चुँडिने, कहिले त पूरै रथ गर्ल्यामगुर्लुम ढल्थ्यो रे। त्यही भएर नढल्ने, नभाँच्चिने र एकदमै बलियो रथ बनाउने निधो भएछ। त्यसपछि पुराना नौवटै रथयात्रालाई मच्छिन्द्रनाथमा गाभ्ने भनिएछ। तर मीननाथले मानेनन्। मेरो रथयात्रा मच्छिन्द्रनाथ ल्याउनुभन्दा अगाडिदेखि चल्दै आएको हो, त्यसैले म उसको रथमा बस्दिनँ भनेछन्। त्यही भएर अहिले पनि मीननाथको रथयात्रा छुट्टै हुन्छ। बाँकी आठवटालाई रातो मच्छिन्द्रनाथकै रथमा गाभिएको छ,’ दिलकुमारले भने।, ‘यही कारणले मच्छिन्द्रनाथको रथ नौ तलाको हुन्छ,’ उनले अगाडि भने, ‘यसमा पुराना आठ जना र मच्छिन्द्रनाथसमेत गरी नौ जना देउता हुन्छन्।’, दिलकुमारसँग मैले गत साता लामो कुराकानी गरेको थिएँ। अब तपाईंहरू सोच्दै हुनुहोला, न जात्रा न कुनै उत्सव, तै पनि एकाएक दिलकुमारसँग कुरा गर्न म किन गएँ?, यसको पछाडि एउटा कारण छ।, साउन १८ गते, सोमबार, मेरो मेसेन्जर बक्समा एउटा सन्देश आयो। सन्देश पठाउने मोनालिसा महर्जन थिइन्। पोर्चुगलको डी इभोरा विश्वविद्यालयबाट सम्पदा संरक्षणमा पिएचडी गरेकी मोनालिसालाई मैले करिब चार वर्षअघि रानीपोखरी संरक्षण अभियन्ताका रूपमा पहिलोचोटि भेटेको थिएँ। त्यसपछि उनी आफ्नो अध्ययन क्रममा पोर्चुगल फर्किइन्। आउनेजाने क्रम चलिरह्यो तर हाम्रो भेट भएन।, उनी एकैचोटि मेसेन्जरमा टुप्लुक्क देखापरिन्, एउटा खुसीको सन्देशका साथ। , दक्षिण कोरियाले संसारभरिका अमूर्त सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न हरेक वर्ष ‘झान्जु अन्तर्राष्ट्रिय अवार्ड’ घोषणा गर्दो रहेछ। झान्जु नगरले दिने दस हजार अमेरिकी डलर पुरस्कारसहितको यो अवार्ड यसपालि तीनवटा देशका सांस्कृतिक सम्पदाले पाएका छन् जसको पहिलो नम्बरमा नेपालको नाउँ छ। त्यसपछि इटाली र ताजिकिस्तान छन्।, नेपालबाट पुरस्कार पाउने बाराही गुठीका नाइके उनै दिलकुमार बाराही हुन्। , उनलाई रातो मच्छिन्द्रनाथको रथ बनाउँदा काठको काम गर्ने शिल्पीका रूपमा पुरस्कृत गरिएको मोनालिसाले बताइन्।, यो अवार्ड नेपालले पाउनुमा मोनालिसाको ठूलो हात छ। उनले नै दिलकुमार बाराहीको नाम र उनको शिल्पलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सामेल गराएकी हुन्। यसको निम्ति बाराहीसँग अन्तर्वार्ता लिने, उनको कामको विवरण तयार पारेर आवेदन भर्ने, फोटो र भिडिओ खिचेर पठाउने सबै काम मोनालिसाले नै गरेकी थिइन्।, यस क्रममा पद्मसुन्दर जोशी, शैलेश राजभण्डारी, आशुतोष बाराही, सन्देश मुनिकार, ऋषि अमात्य, ललितपुर महानगरपालिका राजु महर्जन लगायतले फोटो, भिडिओ र अन्य सन्दर्भ सामग्री संकलनमा मद्दत गरेको उनले बताइन्।, ‘उहाँलाई पुरस्कार दिनु भनेको सिंगो रातो मच्छिन्द्रनाथको रथयात्राले जीवित सांस्कृतिक सम्पदाका रूपमा अन्तर्राष्ट्रिय सम्मान पाउनु हो,’ उनले भनिन्।, बाराही गुठीका नाइके दिलकुमार बाराही र उनकी पत्नीको बीचमा मोनालिसा महर्जन। तस्बिर: निशा भण्डारी/सेतोपाटी, मोनालिसासँग यति कुराकानीपछि मैले दिलकुमार बाराहीसँग भेट्न चाहेँ। हामी दुवै पाटनको यंगुबहाःस्थित बाराही गुठीघर गयौं।, मैले भेट्नेबित्तिकै उनलाई बधाई दिएँ। दिलकुमारको अनुहार उज्यालो देखियो। , मुसुक्क हाँस्दै उनले भने, ‘यो त रातो मच्छिन्द्रनाथको जात्रा चलाउने सबै गुठीहरूको निम्ति खुसीको खबर हो। हाम्रो सिंगो जात्राले नै अन्तर्राष्ट्रिय सम्मान पाएको हो।’, कुराकानीको सिलसिला सुरू भयो। दिलकुमारले बाराहीहरूको काठमाडौं प्रवेशदेखि रातो मच्छिन्द्रनाथसँग जोडिएको आफ्नो वंश परम्परा र रथ बनाउने तरिकादेखि पूजा विधिसम्म विस्तार लगाए।, ‘के अहिले पनि तपाईंहरूको बसोबास पाटनका तीनवटा टोलमा मात्रै छ?’ मैले सोधेँ।, दिलकुमार बसिरहेको ठाउँबाट अलिकति अगाडि सरे र दाहिने हत्केला पंखाझैं दायाँबायाँ हल्लाउँदै भने, ‘कोही कोही छरिएर यताउता लागेका पनि छन् तर मूल थलो यही तीनवटा टोल हो। जो जहाँ पुगेका भए पनि सबै जना गुठीमा छन्। जात्रापर्व वा पूजामा एक कल फोन गर्नासाथ सबै भेला हुन्छन्।’, उनका अनुसार बाराही गुठीमा करिब सय परिवार आबद्ध छन्। त्यसमा कुल संख्या ४५० छ भने पुरूषहरूको संख्या १५० छ। रथ बनाउने काममा पुरूषहरू मात्र संलग्न हुन्छन्।, गुठीको आफ्नै मर्यादाक्रम छ। माथिल्लो तहमा नाइके र थकाली हुन्छन्। नाइके र थकालीसमेत गरी २४ जना गुठियार रहने व्यवस्था छ। यसमा बाराही समूहका २३ जना हुन्छन् भने एउटा भाग रातो मच्छिन्द्रनाथका नाममा छुट्टयाउनुपर्छ। उमेरका कारण सबै गुठियार सक्रिय भएर काम गर्न नसक्ने हुँदा रथ बनाउने बेला ‘सहायक बाराही’ भनेर युवाहरूलाई खटाउने चलन छ। आलोपालो गरेर एकचोटिमा ४०–५० जना (गुठियार र सहायक बाराहीसमेत) रथ बनाउन संलग्न हुन्छन्।, ‘जिम्मेवारीमा नाइके र थकालीमध्ये को ठूलो?’ मैले जिज्ञासा राखेँ।, ‘जात्रापर्व चलाउँदा थकाली माथि हुन्छ। उसले भनेको नाइकेले पनि मान्नुपर्छ। अरू बेला भने जे काम परे पनि नाइके नै अघि सर्छ,’ दिलकुमारले नाइके नायक हुने कामहरूको उदाहरण दिए, ‘गुठी संस्थानमा कुराकानी गर्न जानुपर्‍यो, नाइकेले नेतृत्व गर्छ। गुठियारहरूसँग सम्पर्क गर्नुपर्‍यो, नाइकेकै जिम्मेवारीमा पर्छ।’, उनले अगाडि भने, ‘रथ बनाउन काठको विवरण तयार गर्ने नाइकेले नै हो। जंगलमा काठ काट्न जानुअघि पूजा गर्दा वा त्यस्ता सबै पूजाआजामा थकालीभन्दा नाइके नै माथि हुन्छ। भोज गर्दा पनि नाइके नै अगाडि बस्नुपर्छ।’, यसरी अवसर हेरेर कहिले माथि, कहिले तल पर्ने भए पनि एउटा परम्पराले नाइकेलाई विशेष स्थानमा राखेको छ।, बाराहीहरूमध्ये सबभन्दा जेठो पुरूष सदस्यलाई थकाली नियुक्त गरिन्छ, जबकि नाइकेको चयन वंश परम्पराका आधारमा हुन्छ। नाइके बन्ने अधिकार एउटा खास परिवारको ज्येष्ठ सदस्यलाई मात्र छ। त्यसैले यहाँ नाइके भनेको राजाजस्तै हो जुन एउटा वंशबाट अर्को वंशमा सर्दैन।, तर यो वंश परम्परा ठ्याक्कै राजखलकको जस्तो पनि छैन। किनभने यहाँ गद्दीको उत्तराधिकार बाबुबाट जेठो छोरामा जाँदैन, परिवारभित्रकै जेठो सदस्यमा हस्तान्तरण हुन्छ। त्यो जेठो सदस्य नाइकेको आफ्नै भाइ पनि हुनसक्छ वा काकाको छोरा वा परिवारभित्रकै अरू कोही पुरूष सदस्य।, यस्तो वंश परम्पराले नाइके अर्थात् दिलकुमार बाराहीका खलकको ऐतिहासिक विरासत झल्काउँछ।, दिलकुमार बाराही र मोनालिसा महर्जन। तस्बिर: निशा भण्डारी/सेतोपाटी, दिलकुमार २०५९ सालमा नाइके नियुक्त भएका हुन्। त्यसअघि यो पदमा उनको काकाका छोरा थिए। अब दिलकुमारपछि नाइके हुने पालो उनको माइलो भाइ बिबनकुमार बाराहीको छ जो अहिले ‘भाइ नाइके’ छन्। गुठीमा नाइकेका उत्तराधिकारीलाई पहिलेदेखि नै ‘भाइ नाइके’ बनाएर सबै रिथितिथिमा सामेल गराउने चलन छ।, दिलकुमारले अर्को एउटा परम्परा पनि सुनाए जुन राजखलकसँग मेल खान्छ।, जसरी एउटा राजाको मृत्युपछि मात्र अर्को राजा फेरिन्छ, नाइके पनि जिन्दगीभरि कायम रहन्छ, उनले भने, ‘कि मरेर जानुपर्‍यो, नभए नाइके परिवर्तन हुँदैन।’, यसमा एउटा अपवाद भने रहेछ। ६५ वर्षीय दिलकुमारले आफ्नो जिन्दगीमा त्यो एकचोटि बाहेक कुनै नाइकेले बीचैमा पद छाडेको देखेका वा सुनेका छैनन्। , संयोगले त्यो अपवाद उनकै पालामा भयो। , दिलकुमारभन्दा अगाडिका नाइके (काकाका छोरा) लेखापरीक्षणको काम गर्थे। रथको काममा उनलाई खासै रूचि थिएन। २०५३ सालमा नाइके बनेका उनले २०५९ सालमा राजीनामा दिए।, ‘त्यो बेला म भाइ नाइके थिएँ,’ दिलकुमारले भने, ‘हामीले उहाँलाई खुब सम्झायौं। गर्नुपर्ने जति सबै काम हामी गरिहाल्छौं, तपाईं खाली नाइके बस्नुस् भनेर भन्यौं तर उहाँ मान्नुभएन। म समय दिन भ्याउँदिन भनेर उहाँले गुठी संस्थानमै गएर राजीनामा दिनुभयो, बाराही गुठीबाट पनि राजीनामा गर्नुभयो। अहिले उहाँ सपरिवार नखिपोटमा बस्नुहुन्छ।’, उनले अगाडि भने, ‘दाइले बीचैमा राजीनामा दिएपछि मैले समयभन्दा अगाडि नै नाइके बन्ने अवसर पाएँ।’, वंश परम्पराकै क्रममा बिहेबारीको कुरा उठ्यो।, मैले सोधेँ, ‘तपाईंहरूको बिहेबारी सबैसँग चल्छ कि कुनै खास समुदायसँग मात्र चल्छ?’, दिलकुमारको अनुहारभरि हाँसो छरियो, ‘हाम्रो बिहेबारीको थिति पनि त्यतिखेरै तोकिएको थियो रे, जब हाम्रा पुर्खालाई रातो मच्छिन्द्रनाथले पाटनका चारवटा टोलमा बस्नू भनेका थिए।’, ‘के मच्छिन्द्रनाथले नै बिहेबारीको थिति बसालिदिएका थिए?’ , ‘हो,’ उनले भने, ‘त्यति बेला हाम्रा पुर्खाले ‘यहीँ बस्ने भएपछि बिहेबारी कोसँग गर्ने त?’ भनेर सोधेछन्। मच्छिन्द्रनाथले चारथरीका खलकसँग बिहे गर्नू भनेछन्।’, बाराहीहरूको बिहेबारी चल्ने खलकमा ताम्राकार, शिल्पकार, राजकर्णिकार र बाराहीहरू पर्छन्। यी चार खलकबाहेक अरूसँग बिहे गर्‍यो भने गुठीमा प्रवेश पाइँदैन।, रातो मच्छिन्द्रनाथसँगको त्यो कुराकानीले बाराहीहरूको बसोबास र बिहेबारीको थिति मात्र बसालेन, उनीहरूले गर्नुपर्ने पूजाआजाको विधि पनि त्यही बेला तोकियो। , रथयात्रा अवधिभर बाराहीहरूले विभिन्न चरणमा दसवटा पूजा गर्नुपर्छ। ती सबै मच्छिन्द्रनाथकै इच्छाअनुसार तय भएको उनको भनाइ छ, ‘मच्छिन्द्रनाथ जात्रामा सहभागी हुने विभिन्न गुठियारमध्ये पानेजु (पुजारी) पछि सबभन्दा बढी पूजा गर्नुपर्ने हामी बाराहीहरूले नै हो।’, ‘यसको पनि कारण छ,’ दिलकुमारका अनुसार पहिले मच्छिन्द्रनाथको रथमा पानेजुपछिको स्थान बाराहीहरूकै थियो। रथमा दायाँपट्टि पानेजु बस्थे, बायाँपट्टि बाराही। अहिले दायाँ–बायाँ दुवैतिर पानेजु नै बस्ने चलन छ।, ‘हामीले सुनेअनुसार जात्रा सुरू हुनु महिनादिन अगाडिदेखि रथको काम गर्ने र जात्राभरि पनि रथमा बस्नुपर्ने भएकाले बाराहीहरूलाई निकै धपेडी भयो। त्यही भएर रथको दायाँ–बायाँ दुवैतिर बस्ने जिम्मा पानेजुहरूलाई नै दिइयो। यसबापत् रथमा चढाइएको अन्न, फलफूल र दक्षिणाको एक भाग पानेजुहरूले हामीलाई तिर्नुपर्छ,’ उनले भने।, यो परिवर्तन कहिले भयो उनलाई ठ्याक्कै थाहा छैन तर हरेक वर्ष जात्रा सकिएपछि तिरो तिर्ने चलन अहिलेसम्म जारी रहेको उनी बताउँछन्।, यही विषयमा एकचोटि पानेजु र बाराहीबीच खटपट भएको पनि उनले सुनाए।, कारण चाहिँ के रहेछ भने, पानेजुहरूले अन्न, फलफूल र दक्षिणाको भाग दिन बन्द गरेछन्। तिरो आउन बन्द भएपछि बाराहीहरूले मुद्दा हालेछन्। मुद्दाको फैसला उनीहरूकै पक्षमा भयो। त्यसपछि नियमअनुसार अन्न, फलफूल र दक्षिणा लिएर भर्पाइसमेत गरियो। भर्पाइको एक प्रति पानेजुहरूले राखे, एक प्रति बाराहीहरूले।, नेपाली कागजमा गरिएको उक्त भर्पाइको प्रति दिलकुमारसँग सुरक्षित छ जसमा २०१४ साल भनेर लेखिएको छ।, भर्पाइको प्रति।, दिलकुमारले ती दसैवटा पूजाविधि मलाई विस्तारमा सुनाएका थिए। , बाराहीहरूको पूजालाई मान्छेको जीवनकालमा गर्नुपर्ने विभिन्न कर्मकाण्डसँग दाँज्ने हो भने ठ्याक्कै मेल खान्छ। , जसरी एउटा मान्छे जन्मेपछि न्वारनदेखि पास्नी र इहीँदेखि गुफा राख्ने र ब्रतबन्धदेखि विवाह र चौरासी पूजादेखि मृत्यु संस्कारसम्म गर्नुपर्छ, बाराहीहरूको पूजा पनि जात्रा सुरू हुनुभन्दा अगाडिदेखि जात्रा सम्पन्न भइसकेसम्म चल्छ।, तीमध्ये पहिलो पूजा म यहाँ उदाहरणका रूपमा सुनाउँदैछु।, पहिलो पूजालाई ‘सिँसा पारू’ भनिन्छ। रथलाई चाहिने काठको विवरण तोक्न हरेक वर्ष पुसको प्रतिपदा तिथिमा यो पूजा गरिन्छ। यस क्रममा नाइकेले फलानो फलानो जातको काठ चाहिन्छ भनेर माटोको पालामा खरीको अक्षरले मन्त्र लेख्नुपर्छ। एउटै पालामा पूरा मन्त्र अट्दैन। त्यसैले दुइटा पालामा लेखेर एकअर्कामाथि घोप्ट्याएर राखिन्छ। पाला घोप्ट्याएर बन्द गरेपछि पञ्चसूत्र धागोले बाँधेर सिलबन्दी गरिन्छ।, ‘मच्छिन्द्रनाथलाई पूजा लैजाने बेला यो पाला पाउमै चढाउनुपर्छ,’ दिलकुमारले भने, ‘पुजारीले बाराहीहरूबाट पूजा आइसक्यो भन्नुहुन्छ, अनि त्यो पाला गुठी संस्थानको जिम्मा लगाइन्छ।’, त्यसपछि गुठी संस्थानले बाराहीहरूले दिएको विवरणअनुसार रूख काट्न प्रक्रिया सुरू गर्छ। , ‘पहिले पहिले त पूजा लगिसकेपछि खुरूखुरू रूख काट्न जाने चलन थियो, अहिले भने गुठीबाट वन मन्त्रालय, मन्त्रालयबाट वन विभाग, विभागबाट कार्यालय हुँदै तह–तहको लेखापढीमै महिनौं लाग्छ,’ उनले भने।, यो पूजामा माटोको पालामा लेखिने मन्त्र भनेको संस्कृतिको निरन्तरता मात्र हो। गुठीले त्यही मन्त्र हेरेर काठ काट्न पठाउने होइन। , एक त यो मन्त्र अरू कसैले हेर्न मिल्दैन। कसैलाई देखाउन पनि पाइँदैन। त्यसमाथि बाराही नाइकेले मात्र बुझ्ने विशेष अक्षरमा मन्त्र लेखिएको हुन्छ।, ‘यो हामी बाराहीहरूको पुर्ख्यौली मन्त्र हो,’ दिलकुमारले मन्त्र हस्तान्तरणको विधि बताए, ‘गुठीको नाइकेलाई ऊभन्दा अघिल्लो नाइकेले मन्त्र दिन्छ। म भाइ नाइके हुँदा नै मलाई काकाको छोराले मन्त्र सिकाउनुभएको थियो। मैले पनि मेरो भाइ नाइकेलाई मन्त्र दिइसकेँ।’, ‘मन्त्र कसैले नबुझ्ने र कसैले हेर्न नहुने भए काठ चाहिँ के आधारमा काटिन्छ?’ मैले उनलाई सोधेँ।, ‘हामीले साउन महिनामै गुठी संस्थानलाई चिठी पठाइसकेका हुन्छौं,’ उनले भने, ‘गुठीले त्यही चिठी हेरेर काठ काट्न पठाउँछ।’, ‘माटोको पालामा लेखिने त्यो मन्त्र हामीलाई खुसुक्क भन्न पनि मिल्दैन?’ मेरो यो ठट्टालाई उनले साँच्चै ठानेछन् क्यारे, गम्भीर हुँदै भने, ‘मैले भनेँ भने पनि तपाईं बुझ्नुहुन्न। त्यो अक्षर लेख्न पनि सक्नुहुन्न।’, बुझ्दै नबुझ्ने, लेख्नै नसक्ने कुरा त मैले जानेर पनि के गर्नु र!, रथ बनाउन काठ काट्न जानुअघि रातो मच्छिन्द्रनाथलाई चढाइने पूजा। पूजा सामग्रीको बीचमा पञ्चसूत्र धागोले बाँधिएको माटोका पालो जसमा बाराहीका नाइकेले मन्त्र लेखेका हुन्छन्। तस्बिर सौजन्य: दिलकुमार बाराही, मैले कुराकानीलाई रातो मच्छिन्द्रनाथको रथमा प्रयोग हुने काठको जाततिर मोडेँ।, रथ बनाउन छ थरीको काठ प्रयोग गरिँदो रहेछ। ‘धमापासा’ भनिने रथको मुख्य संरचना बनाउन फलासको काठ प्रयोग गरिन्छ, जसलाई नेपाल भाषामा ‘स्वसिँ’ भनिन्छ।, रथको पांग्रा बनाउन सानदान (नँसिँ) को काठ, मच्छिन्द्रनाथको मूर्ति राख्ने खट बनाउन लाकुरे (तूसिँ) को काठ, रथ तान्ने घःमाः बनाउन सउर (नागबसिँ) को काठ प्रयोग गरिन्छ। , त्यस्तै, रथ तान्दा बीच–बीचमा ब्रेक लगाउनुपर्छ र यसको निम्ति पांग्रामा मयल (ङसिँ) को काठ हालिन्छ। त्यो ब्रेकलाई अडाउन प्रयोग गरिने बिँड आरू (बसिँ) को हुन्छ।, ‘हामीले खाने आरू छ नि, हो त्यसैको बिँड बनाइन्छ,’ दिलकुमारले भने।, काठको कुरा उठिसकेपछि मैले सोधेँ, ‘बलियो रथ बनाउन भनेर बाराहीहरूलाई आसामदेखि ल्याइयो तर मच्छिन्द्रनाथको रथ त बेलाबेला बिग्रिरहन्छ, बेलाबेला ढल्छ पनि!’, दिलकुमार मुसुक्क हाँसे र भने, ‘बिग्रिनु त सामान्य भइहाल्यो तर गजुरले सिधै भुइँ छुने गरी ढल्ने घटना बिरलै हुन्छ। गजुरले भुइँ छुने अवस्था आयो भने सुरूदेखि बनाउनुपर्छ। यसबाहेक कतै ठोक्किएर रथ बांगियो भने मर्मत गरे पुग्छ।’, उनले यो पनि भने, ‘हामी रथ बनाउन किला ठोक्दैनौं। सबै काठ जोर्नीहरूमा अड्काइएको हुन्छ। जोर्नीहरू कसिकसाउ हुँदैन। काठहरूलाई सास फेर्न पर्याप्त ठाउँ दिइएको हुन्छ। यसले रथको संरचना लचिलो बनाउँछ। रथ जतिसुकै बांगिए पनि भाँच्चिन पाउँदैन। सास फेर्ने ठाउँ भएन भने काठले हलचल गर्न सक्दैन। बढी जोड पर्नेबित्तिकै भाँच्चिन सक्छ।’, रथ बनाउने यो विधि भूकम्पप्रतिरोधी घर बनाउने विधिसँग मिल्दोजुल्दो भएको मैले कतै सुनेको थिएँ। दिलकुमारसँग यसबारे सोध्दा उनले भने, ‘परम्परागत घर बनाउने यसरी नै त हो। हाम्रो परम्परागत घरमा दलिन र खाँबोलाई चुकुल वा जोर्नीले अड्काइएको हुन्छ। किला ठोकिँदैन। यसले परम्परागत घरलाई मच्छिन्द्रनाथको रथजस्तै लचिलो बनाउँछ।’, रातो मच्छिन्द्रनाथको रथमा काठको काम गर्दै दिलकुमार बाराही र बाराही गुठीका अन्य सदस्य। तस्बिर सौजन्य: मोनालिसा महर्जन, बाराहीहरूलाई पछिल्लो समय आफ्नो यो परम्परा धान्न आर्थिक रूपले गाह्रो भइरहेको उनले सुनाए।, उनीहरूले रथ बनाउने क्रममा दिनको १९६ रूपैयाँ ज्याला पाउँछन्। खाजा खर्ज भनेर २८७ रूपैयाँ दिइन्छ। त्यस्तै, दसवटा पूजा निम्ति गुठी संस्थानबाट एक लाख ३० हजार रूपैयाँ पाउँछन्। जबकि पूजाको कूल खर्च नै साढे दुई लाखभन्दा बढी हुन्छ, उनले भने, ‘हामीले परम्परा बचाउन आफ्नै खर्चबाट काम गरिरहेका छौं। हामीले छोड्यौं भने यो कसरी चल्छ?’, गुठीको आफ्नो आम्दानी भन्नु केही छैन। पहिले पहिले पर्वपूजा चलाउन उपत्यकाभित्रै १५ रोपनी जग्गा थियो जुन गुठी संस्थानलाई नै जिम्मा लगाइएको छ। त्यो जग्गा के भयो, त्यसको आम्दानी के भयो, उनीहरूलाई केही थाहा छैन।, ‘यो परम्परा धान्ने हो भने हामीलाई सहयोग गर्नुपर्‍यो भनेर पटक–पटक विभिन्न निकाय गुहारेका छौं,’ उनले भने।, रातो मच्छिन्द्रनाथसँग सम्बन्धित पुराना सामग्री संरक्षण निम्ति गुहार लगाएको पनि धेरै भयो।, उनका अनुसार रथयात्रामा प्रयोग भएका पुराना सामग्री गुठी संस्थानले गोदाममा थन्क्याएर राखेको छ। उदाहरणका लागि, रथको सबभन्दा माथि प्रयोग गरिने काठ (ब्यामो) गत वर्ष मात्र नयाँ फेरिएको थियो। पहिलेको काठ कहिलेदेखि प्रयोगमा आएको थियो भन्ने कसैलाई थाहा छैन।, यसबाहेक सुनको जलप लगाइएको पुराना झ्यालढोका (लुँसा) देखि विभिन्न समयमा फेरिएका काठ, पुराना डोरीहरू, रथको सबभन्दा अगाडि टाँगिने भैरवका पुराना मुखौटाहरू पनि गोदाममै छन्।, यस्ता बहुमूल्य सामग्री गुठीको गोदाममा होइन, संग्रहालयमा सुरक्षित राख्नुपर्ने उनको भनाइ छ।, ‘मच्छिन्द्रबहालमै संग्रहालय बनाएर राख्न सकिन्छ। यी सामग्री भनेका हाम्रा सम्पदा पनि हुन्,’ दिलकुमारले भने, ‘पाटन संग्रहालयभित्रै रातो मच्छिन्द्रनाथका लागि छुट्टै कक्ष बनाउनु पनि राम्रो उपाय हो।’, कुराकानीको बिट मार्दै मैले सोधेँ, ‘यदि बाराहीहरू आसामबाट आएका हुन् भने आसाममा बाराही खलकका सदस्य अझै होलान् त?’, ‘हामीले खोजेका त छैनौं, तर भारतमा पनि बाराहीहरू छन् भन्ने चाहिँ सुनेका छौं।’, यहाँनिर मोनालिसाले आफूलाई थाहा भएको कुरा सुनाइन्। उनले भनिन्, ‘भारतमा काठको काम गर्ने समुदायलाई बाराही नै भनिन्छ भन्ने मैले सुनेको छु।’, रातो मच्छिन्द्रनाथको रथमा काठको काम गर्ने बाराही गुठीका नाइके दिलकुमार बाराही। तस्बिर: निशा भण्डारी/सेतोपाटी, मैले घर फर्केर भारतमा बाराही समुदाय भए–नभएको गुगल गरेँ।, ‘पिपल ग्रुप्स अफ इन्डिया’ भन्ने वेबसाइटमा त्यससम्बन्धी केही सामग्री फेला परे। भारतमा काठको काम गर्ने समुदायलाई ‘बाराही’ होइन, ‘बरहाई’ भनिँदो रहेछ। तर यो उच्चारणको भेद मात्र पनि हुनसक्छ। , भारतका बरहाई काठका फर्निचर र काठका कृषिजन्य औजार उत्पादनमा संलग्न छन्। उत्तर प्रदेश, बिहार, मध्यप्रदेश, हिमाञ्चल प्रदेश र चण्डीगढमा करिब ४० लाख बरहाईहरू रहेको वेबसाइटमा उल्लेख छ।, हाम्रा बाराही पनि पुस्तैनी काठकै काम गर्छन्। अधिकांशको फर्निचर पसल छ। , दिलकुमार आफैं पनि काठका चौकोस र दराजहरू बनाउँछन्। ललितपुरको कुमारीपाटीमा उनीहरूको पुर्ख्यौली फर्निचर पसल छ– बाराही फर्निचर।, १३ सय वर्षअघि आसामबाट काठमाडौं ल्याइएको परिवारको कथा
सेतोपाटी संवाददाता चिकित्सक बनेर बिरामी महिलामाथि बेडमै पुगेर अभद्र व्यवहार गरेको आरोपमा विराटनगरमा एक जना व्यक्ति पक्राउ परेका छन्। , कोशी अस्पतालमा भर्ना भएकी एक महिला बिरामीलाई दुर्व्यवहार गरेको भन्दै विराटनगर ६ का अमृत बानियाँ पक्राउ परेका हुन्। , उनले सोमबार राति १२ बजे विराटनगरस्थित कोशी अस्पतालको स्त्री तथा प्रसूति वार्डमा प्रवेश गरेर महिला बिरामीमाथि दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ। , सुरक्षागार्डले रोक्न खोज्दा आफू डाक्टर हो भन्दै उनी भित्र पसेका थिए। अन्य बेला सधैं चिकित्सकले हातमा पन्जा लगाएर स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षण गर्ने गरेका थिए। बानियाँले भने त्यस्तो मापदण्ड पालना नगरी महिला बिरामी जाँच्न थालेपछि बिरामीहरूले शंका गरेर होहल्ला गरेपछि उनी पक्राउ परेका हुन्। , पक्राउ परेका बानियाँलाई ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरेर अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।, ‘मदिरा सेवन गरेपछि नक्कली डाक्टर बनेर कोशी अस्पतालमा बिरामीको स्वास्थ्य जाँच गरेको पाइएको छ,’ डिएपी श्रेष्ठले भने, ‘पक्राउ परेका बानियाँलाई म्याद थप गरी अनुसन्धान सुरू गरेका छौं।’, कोशी अस्पतालले पनि पक्राउ परेका बानियाँलाई आवश्यक कारबाहीको लागि मोरङ प्रहरीमा पत्र पठाएको मेसु डा. चुमनलाल दासले जानकारी दिए।, नक्कली डाक्टर बनेर मध्यरातमा बिरामीमाथि अभद्र व्यवहार गर्ने पक्राउ
सेतोपाटी संवाददाता नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) हुँ भन्दै ठगी गर्ने काठमाडौंको कालिमाटीबाट पक्राउ परेका छन्।, धादिङ थाक्रे गाउँपालिका वडा नम्बर २ घर भइ हाल काठमाडौंको सितापाइला बस्ने २५ वर्षीय गोपाल तामाङलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, उनले आफू काठमाडौं परिसरको सिभिल शाखामा कार्यरत सई गोपाल लामा हुँ भन्दै ३० हजार रुपैयाँ लिएर फरार भएको आरोप छ।, सोही उजुरीको आधारमा खटिएको टोलीले उनलाई मंगलबार कालिमाटीबाट पक्राउ गरेको हो।, उनीमाथि थप अनुसन्धान अघि बढाइएको छ।, प्रहरीको सई हुँ भन्दै ठगी गरेको आरोपमा कालिमाटीबाट एक पक्राउ
सेतोपाटी संवाददाता महिला कामदारले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले विराटनगरबाट उद्योगका प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गरेको छ।, विराटनगर-१३ स्थित तयारी पोशाक उत्पादक कम्पनी ट्राइकोट इन्डस्ट्रिज प्रालिका सिइओ सञ्जय चाण्डोकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।, श्रमिक महिला तथा पुरुषहरू भेला भएर चाण्डोकविरूद्ध आन्दोलन गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।, उनका अनुसार एक महिलाले यौन दुर्व्यहारको उजुरी दिन लागेकी छिन्। ‘अन्य महिला श्रमिक पनि दुर्व्यवहारमा परेको गुनासो छ,’ जिसीले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं।’, उद्योगमा कार्यरत् श्रमिक महिलाहरूलाई पटक-पटक दुर्व्यहार गरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको स्थानीय धिरज विष्टले बताए। मंगलबार दिउँसो उद्योगमा भेला भएका महिलाहरूले चाण्डोकलाई कुटपिट गर्न खोजेका थिए। , इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। अहिले चाण्डोकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।, चाण्डोकले हालै रोजगारीका लागि उद्योगमा हाजिर भएकी महिला कर्मचारीसँग सिइओ चाण्डोकले व्यक्तिगत मामलाका कुराहरू सोधखोज गर्ने, राति फोन गर्ने र काममा चित्त नबुझेको भन्दै दबाबमा राख्ने गरेको आरोप लागेको थियो।, तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इण्डष्ट्रिजमा ३५० जना भन्दा बढी मजदुर कार्यरत छन्। त्यसमध्ये १५० को संख्यामा महिला कामदारहरु रहेको बताइएको छ।, महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि उद्योगका सिइओ पक्राउ
रमेश लम्साल बिजुलीको आन्तरिक खपत बढाउने ध्येयका साथ सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ नाराका साथ प्रवर्द्धनात्मक योजना अगाडि सारेको छ।, देशभित्रै बिजुली खपत बढाउने र समृद्धिको लक्ष्यलाई साकार पार्ने योजनाका साथ उक्त कार्यक्रम अगाडि बढाउन लागिएको हो।, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुलीसमेत राष्ट्रिय प्रणालीमा जोडिएपछि देशभित्र कूल जडित क्षमता दुई हजार मेगावाटको हाराहारीमा पुगेको छ।, प्रणालीमा हाल एक हजार ५०० मेगावाट बराबरको बिजुली माग छ। बढी बिजुली माग हुने साँझ बिहानको समयमा बिजुलीको माग बढी भए पनि रातको समयमा कम माग हुने गरेको छ।, सरकारको योजनाअनुसार चालु आवको अन्त्यसम्म प्रणालीमा सरकारी तथा निजी क्षेत्रका आयोजनाबाट कूल एक हजार ६२९ मेगावाट बिजुली जोडिने प्रक्षेपण छ।, त्यसमा सरकारी लगानीका माथिल्लो तामाकोशीसहित, रसुवागढी १११, साञ्जेन र माथिल्लो साञ्जेन ५६, मध्यभोटेकोशीको १०२ मेगावाट बिजुली थप हुनेछ।, यस्तै निजी क्षेत्रका आयोजनाले एक हजार ५५ मेगावाट थप हुनेछ। त्यसो हुँदा प्रणालीमा झण्डै तीन हजार ५०० मेगावाट भन्दा बढी बिजुली उपलब्ध हुने अवस्था छ।, महँगो मूल्य तिरेर वा सरकारले अनुदान दिएर खरिद गरिएको एलपीजी ग्यासको तुलनामा स्वदेशको बिजुली प्रयोग सस्तो एवं भरपर्दो हुने र आन्तरिक अर्थतन्त्रलाई बढावा दिने लक्ष्यका साथ ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ योजना अगाडि सारिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको भनाइ छ।, त्यसका लागि प्राधिकरणको विद्यमान प्रणालीमा थप सुधार गर्नेदेखि घरघरमा जडान गरिएको फ्यूज तथा भोल्टेजको समेत व्यवस्थापन गर्नु जरुरी छ। मन्त्री भुसालका अनुसार आगामी दिनमा वर्षायामको विद्युत् खेर जान सक्ने अवस्थालाई मध्यनजर गरी आन्तरिक खपत बढाउने कार्य योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ।, प्राधिकरण सञ्चालक समिति अध्यक्षसमेत रहेकी मन्त्री भुसालले भनिन्, ‘आन्तरिक खपत बढाउन यसलाई मध्यनजर गरी वर्षायाम र सुक्खायामको लागि फरक फरक विद्युत् महसुल निर्धारण गर्ने र धेरै विद्युत् खपत गर्ने ग्राहकलाई महसुलमा सुविधा दिने निर्णय भइसकेको छ।’, साथै आन्तरिक खपतपश्चात् बढी भएको विद्युत् छिमेकी देशहरुमा निर्यात गर्ने प्रबन्ध मिलाउने सरकारको तयारी छ। अबको दुई वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यलाई सकेसम्म समयअगावै सम्पन्न गर्न कार्ययोजनासहित लाग्न प्राधिकरणलाई निर्देशन दिँदै भुसालले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुलोको प्रयोग बढाउँदै लाने योजनालाई सहयोग गर्न आग्रह गरेकी छन्।, ‘यो योजनाबाट ग्यास खरिद बापत विदेशिने पुँजी नेपालमै बस्छ भने अर्कातिर ग्राहकले सस्तोमा विद्युत्को उपभोग गर्न पाउँछन् भने खपत बढ्ने र निकट भविष्यमा खेर जान सक्ने विद्युत्को उपयोग हुनेछ र प्राधिकरणको आम्दानीसमेत बढ्ने छ’, उनले भनिन्।, यस्तै देशभित्र बिजुलीको खपत बढाउने र कृषिउपजको उत्पादन बढाउने लक्ष्यका साथ सिँचाइमा प्रयोग हुने बिजुलीको महसुलमा सहुलियत दिने तयारी गरिएको छ।, ‘नहर तथा कुलोबाट सिँचाइ हुन नसक्ने कृषियोग्य जमिनमा सिँचाइ फिडर जडान गर्दै कृषि विद्युतीकरण गर्ने र सिँचाइमा प्रयोग हुने विद्युत् सहुलियत दरमा उपलब्ध गराउने मेरो प्राथमिकता रहेको छ’, उनले भनिन्।, ‘नेपालको पानी जनताको लगानी’ कायक्रमअन्तर्गत जनताको लगानीमा अप्पर अरुण १०६० मेगावाट, चैनपुर सेती ४१० मेगावाट, तामाकोशी पाँचौँ १०० मेगावाटको आयोजनाको निर्माणलाई अघि बढाउने साथै कर्मचारीको लगानीमा अप्पर मोदी ६० मेगावाटको आयोजनालाई निर्माणमा लैजाने सरकारको योजना रहेको छ।, प्राधिकरणले ग्राहकलाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन धेरै मेहनत गर्नुपर्ने बताउँदै उनले गुनासोको तत्काल सम्बोधन गर्ने संयन्त्र बनाउने, वितरण संरचनाको स्तरोन्नति एवं विस्तार गर्ने, प्रविधिको प्रयोग गर्दै स्वचालितमा जाने, स्मार्ट मिटर जडान कार्यलाई देशभर विस्तार गर्न कार्यलाई तीव्रताका साथ अघि बढाउनुपर्ने बताइन्।, ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीका अनुसार स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट पाठ सिक्दै १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण तत्काल अगाडि बढाउनुपर्छ।, प्रसारण तथा वितरण संरचनाको अभावमा उद्योगलाई मागअनुसारको विद्युत् उपलब्ध गराउन नसकेको उल्लेख गर्दै कार्कीले विद्युत् खपत बढाउने कार्ययोजना कार्यान्वयनमा लाग्नसमेत आग्रह गरेका छन्।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विद्युत् उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोगमार्फत सञ्चालन लागत घटाई ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्छन्।, विद्युत् माग र खपत वृद्धिसँगै वितरण प्रणालीको समेत विस्तार र सुदृढीकरण गर्ने र त्यसलाई प्राथमिकताका साथ अघि बढाइने उनको भनाइ छ।, (रासस), ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ अभियान सञ्चालन गर्दै सरकार
सेतोपाटी संवाददाता विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेको अफगानिस्तानबाट फर्कनका लागि मंगलबार साँझसम्म २५६ जना नेपालीले सरकारलाई विवरण दिएका छन्।, परराष्ट्र मन्त्रालयका अनुसार कन्सुलर सेवा विभागको वेब पोर्टलमा मंगलबार साँझ ५ बजेसम्म २५६ जना नेपालीले आफ्नो विवरण दर्ता गरेका हुन्।, मन्त्रालयले अफगानिस्तानमा रहेका थप नेपालीहरूलाई कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/  अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोबाइल नम्बरहरु +९७७ ९७४९३२६४५८  (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरेको छ।, ‘उद्धारको पर्खाइमा अफगानिस्तानमा रहनुभएका नेपालीहरूलाई उद्धार नहुँदा सम्म जो जहाँ रहनुभएको छ तोकिएको सम्पर्क नम्बरहरूमा सम्पर्कमा रहन तथा एक आपसमा त्यहाँ रहेका नेपालीहरूबीच उपलब्ध माध्यमबाट सूचना आदानप्रदान गर्न र सुरक्षित रूपमा रहन अनुरोध गरिन्छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।, उद्धार गर्ने कार्यमा संस्थागत रूपमा अफगानिस्तानमा रोजगारीका लागि नेपाली नागरिकलाई पठाउने वैदेशिक रोजगार व्यवसायीहरूलाई समेत उद्धार प्रकृयामा सहयोग गर्न अनुरोध गरिएको परराष्ट्रले जनाएको छ।, परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली उद्धार गर्नका लागि दुइटा उपाय लगाएको छ। वैधानिक बाटोबाट श्रम स्वीकृति लिएर गएकाहरूको उद्धारका लागि उनीहरू कार्यरत मिसनहरूसँग नै समन्वय गरिएको छ।, ‘अमेरिका, बेलायत, जर्मनी, जापान र राष्ट्र संघका विभिन्न मिसनलाई हामीले तपाईंहरूको अफिसमा कार्यरत नेपालीलाई स्वदेश फर्किन सहयोग गर्नुस् भने औपचारिक अनुरोध नै पठाएका छौं। उहाँहरूले सहयोग पनि गर्नुभएको छ। केही नेपाली स्वदेश आइसक्नुभएको छ।’ परराष्ट्र प्रवक्ता सेवा लम्सालले सेतोपाटीसँग भनिन्,‘आफ्नै हिसाबले गएर ग्रिन जोनभन्दा बाहिर काम गर्ने नेपालीको हामी अहिले तथ्यांक संकलन गरिरहेका छौं। उहाँहरू कुन-कुन शहरमा कति जना हुनुहुन्छ भने तथ्यांक आएपछि सरकारले निर्णय गरेर जहाज पठाउँछ।’, यसअघि मंगलबार दुइटा चार्टर्ड फ्लाइटमा २०५ जना नेपाली काठमाडौं आएका थिए।, दुबै चार्टर्ड जहाज कुवेतबाट नेपाली ल्याएर आएका थिए। जजिरा एयरलाइन्सको जहाजबाट दिउँसो ११८ र राति ८७ जना नेपाली काठमाडौं पुगेका हुन्।  , अफगानिस्तानबाट चार्टर्ड जहाजमा फर्किए थप ८७ नेपाली, २५६ जनाले भरेका छन् स्वदेश फर्कन विवरण
एजेन्सी चीनको नागरिक उड्डयन नियामक निकायले यात्रुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि फिलिपिन्स एयरलाइन्स र कम्बोडिया एयरवेजको उडान स्थगित भएको घोषणा गरेको छ ।  , चिनियाँ नागरिक उड्ययन प्राधिकरण (सीएएसी) का अनुसार यात्रुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि मनिलादेखि तियानजिनसम्मको पीआर ३१४ नम्बरको उडान र नोम पेनदेखि चेन्दुसम्मको केआर ९६१ नम्बरको उडान २३ अगस्तदेखि दुई हप्तासम्मका लागि बन्द रहनेछ । अगस्त ४ गते यी दुबै स्थानबाट आएका विमानमा पाँच यात्रुमा सङ्क्रमण देखिएपछि चीनको नागरिक उड्डयन प्रशासनले मंगलबार आफ्नो वेबसाइटमा उक्त सूचना जारी गरी उडान रद्द गरिएको जानकारी गराएको छ । , सीएएसीले बताएअनुसार कुनै पनि एयरलाइन्सलाई उडानको मौलिक कोटा अन्य मार्गहरूमा स्थानान्तरण गर्न अनुमति दिइएको छैन । सीएएसी नयाँ कानूनी प्रावधानमा कोभिड–१९ सङ्क्रमण पुष्टि हुने यात्रुहरूको सङ्ख्या पाँच पुगेमा दुई हप्तासम्म उडान निलम्बन रहने छन् । ,रासस/सिन्ह्वा, कोभिड–१९ सङ्क्रमित यात्रु भेटिएपछि चीनद्वारा उडान स्थगित
रासस सरकारले अफगानिस्तानबाट उद्धार भइ कुवेत पुगेका थप नेपाली नागरिक आज राति अर्को चार्टर विमानबाट काठमाडौं आइपुग्ने जानकारी दिएको छ।, मित्र राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा आज ११८ जना नेपाली काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल आइपुगेकालाई आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।, सोही उडानबाट काठमाडौं आइपुगेका नौ जना भारतीय नागरिकलाई स्वास्थ्य मापदण्डअनुसार कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी यहाँस्थित भारतीय दूतावासका पदाधिकारीलाई जिम्मा लगाइएको छ। मन्त्रालयका अनुसार आज साँझसम्म कन्सुलर सेवा विभागको बेव पोर्टलमा २५६ नेपालीले आफ्नो विवरण दर्ता गरेका छन्। अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको बेभसाइटमा अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको छ।, ती नम्बरमा कन्सुलर सेवा विभागको ९७४९३२६४५८, परराष्ट्र मन्त्रालयको ९७४९३२६४५९ र नेपाली दूतावास नयाँ दिल्लीको ८९२९६०१९२५ छन्। ती नम्बरको प्रयोग गरी आफ्नो विवरण टिपाउन अनुरोध गरिएको छ। उद्धारको पखाइमा रहेका नेपालीलाई उद्धार नहुँदासम्म जो जहाँ रहेका छन्, तोकिएको सम्पर्क नम्बरमा सम्पर्कमा रहन तथा एक आपसमा त्यहाँ रहेका नेपालबीच उपलब्ध माध्यमबाट सूचना आदानप्रदान गर्न र सुरक्षित रहन परराष्ट्र मनत्रालयले अनुरोध गरेको छ।, उद्धार गर्ने कार्यमा संस्थागत रुपमा अफगानिस्तानमा रोजगारीका लागि नेपाली नागरिक पठाउने वैदेशिक रोजगार व्यवसायीलाई उद्धार प्रक्रिया सहयोग गर्न आग्रह गरिएको छ। मन्त्रालयले त्यहाँ रहेका र सम्पर्कमा आएकामध्ये केही नेपाली नागरिकले अफगानिस्तानको पछिल्लो अवस्था आकलन गरी आफ्नो नियमित काममा फर्किएको जानकारी जानकारी गराएका छन्। उद्धार कार्यका लागि मन्त्रालयको शिष्टाचार महाशाखाअन्तर्गत नायव शिष्टाचार महापालको नेतृत्वमा फोन नम्बर र इमेल ठेगानासहितको ‘सिच्युएसन रुम’ को स्थापना गरिएको छ।, नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट अफगानिस्तानमा रहेका नेपाली नागरिक, कूटनीतिक नियोग, संयुक्त राष्ट्र सङ्‍‍घ तथा अन्तर्राष्ट्रिय सङ्‍घसंस्थासँग उद्धारका लागि नियमित सम्पर्क र समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। अफगानिस्तानको विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीमा रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार कार्यका लागि मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोकत्वमा गठित कार्यदलको दोस्रो बैठक आज बसेको मन्त्रालयले जनाएको छ।, अफगानिस्तानबाट कुवेत पुगेका थप नेपाली आजै नेपाल आइपुग्ने
सुसन चौधरी 'नमस्कार मालिक, नमस्कार, तिमीहरूले कानुन बुझ्यौ, त्यसैले मालिक बन्यौ, , हामीले भोक बुझ्यौं, त्यसैले हामी दासी भयौं', यो कवि तथा रंगकर्मी सरस्वती चौधरीले मंगलबार माइतीघर मण्डलमा सुनाएको कविता हो।, थरूहट थारूवान राष्ट्रिय मोर्चाले 'टीकापुर विद्रोहको ६ वर्ष' को अवसरमा काठमाडौंको माइतीघर मण्डलमा मंगलबारबाट तीनदिने विरोध प्रदर्शन सुरू गरेको छ। प्रदर्शनमा सरस्वती चौधरीले 'सीताराम' शीर्षकको थारू कविता वाचन गरेकी थिइन्।, उनले 'नमस्कार मालिक, नमस्कार' भन्दै सम्पूर्ण जमिनदारहरूलाई सम्बोधन गर्दै आफ्नो व्यांग्यात्मक कविता सुरू गरेकी थिइन्।, उनी अगाडि भन्छिन्, ‘हामीले पसिना चुहाएर अन्न फलायौं, जमिन तिमीहरूको अधिकार भयो। हामीले रगत बगाएर निर्माण गर्यौं, दरबार तिमीहरूको निजी भयो।’, मालिकले कामदारमाथि गरेको शोषणविरूद्ध आवाज उठाउँदै उनी भन्छिन्, 'रंग, जात, वर्गका आधारमा हामीलाई दबाए पनि, मालिक र मेरो रगत एउटै हो। देश एउटै हो, संविधानमा दिइएको स्वतन्त्रता एउटै हो।', मोर्चाले टीकापुर घटनाका बन्दीहरूलाई सम्मानजनक रिहाइको माग गरेको छ।, २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा रेशम चौधरी लगायतलाई षड्यन्त्रपूर्वक फसाइएको मोर्चाको भनाइ छ।, '२०७४ को चुनावमा कैलाली-१ का जनताले रेशम चौधरीलाई अत्यधिक भोट हाल्दै निकटतम प्रतिद्वन्द्वीभन्दा २१ हजार बढी मतान्तरले जिताए। त्यहाँ जनताले रेशम चौधरीलाई मात्र चुनेका थिएनन्, राज्यको संरक्षणमा लादिएको हिंसा र दमनको विपक्षमा मत दिएका थिए,' मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'जनअभिमतको बेवास्ता गर्दै चौधरी अझै जेलमा थुनिएका छन्। अरू थुप्रैलाई बन्दी बनाइएको छ।', टीकापुर घटनामा एक नाबालकसहित ७ जनाको मृत्यु भएको थियो। यसलाई राजनीतिक मुद्दा भन्दै मोर्चाले त्यसैअनुसार समाधान गर्नुपर्ने माग गरेको छ।, 'टीकापुर जनविद्रोहलाई सामान्य न्यायिक प्रक्रियाबाट होइन, राजनीतिक प्रक्रिया र सहमतिबाटै निरूपण गरिनुपर्छ। यो घटना सामान्य अदालती प्रक्रियाबाट समाधान हुन सक्दैन,' मोर्चाले भनेको छ।, मोर्चाले बिहीबारसम्म दैनिक दिउँसो १ बजे माइतीघर मण्डलमा प्रदर्शन गर्ने जनाएको छ।, माइतीघरमा सरस्वती चौधरीको कविता- मालिक र मेरो रगत एउटै हो (भिडिओ)
एजेन्सी न्युजिल्यान्डमा झन्डै ६ महिनापछि एक जना कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशव्यापी लकडाउन गरिएको छ।, समाचार संस्था रोयटर्सका अनुसार न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले मंगलबारदेखि लागु हुने गरी तीन दिनका लागि लकडाउन घोषणा गरेकी हुन्।, गत फेब्रुअरीपछि त्यहाँ मंगलबार पहिलो पटक एक जनामा कोरोना संक्रमण देखिएको थियो। ५८ वर्षीय ती पुरुषले कोरोनाविरूद्धको खोप लगाएका थिएनन्। उनी अकल्यान्डका हुन्। उनलाई डेल्टा भेरियन्टको कोरोनाभाइरसको संक्रमण भएको बताइएको छ।, संक्रमण पुष्टि हुनासाथ प्रधानमन्त्री अर्डेनले कडाखालको लकडाउन घोषणा गरेकी हुन्। अहिलेसम्म पाँच जनामा संक्रमण फैलिएको पुष्टि भइसकेको छ। अकल्यान्डमा लकडाउन सात दिनसम्म जारी रहनेछ।, झन्डै दुई वर्षअघि सुरू भएको कोरोना महामारीको नियन्त्रणमा न्युजिल्यान्डलाई सफल मुलुक मानिन्छ। त्यहाँ अहिलेसम्म २ हजार पाँच सय मानिसमात्र संक्रमित भएका छन् भने २६ जनाले ज्यान गुमाएका छन्।, झन्डै ६ महिनापछि एक जना कोरोना संक्रमित भेटिँदा न्युजिल्यान्डमा भयो देशव्यापी लकडाउन
सेतोपाटी संवाददाता रुपन्देही प्रहरीले डिजलसहित एउटा लहरी बरामद गरेको छ।, आइतबार नेपालबाट भारत तस्करी गरी लैजाँदै गरेको पाँच सय लिटर डिजलसहित भारतीय लहरी बरामद गरिएको हो।, आरजे ०२ जिबी ४०६० नम्बरको २२ चक्के लहरीमा दुई वटा अतिरिक्त ट्यांकी जोडेर डिजल भारत लैजान लागिएको थियो।, प्रहरीले लहरीसहित चालक राजस्थान कलौरीका ४० वर्षीय राकेश डागुर र सहचालक ४५ वर्षीय ओमप्रकाशलाई पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको टोलीले आइतबार डिजलसहित लहरी बरामद गरेको प्रहरी उपरीक्षक मनोज केसीले बताए।, उक्त डिजल कहाँ भरिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए। इन्धन, लहरी र दुबै जनालाई भन्सार कार्यालय बेलहिया पठाइएको केसीले बताए।  , ‘डिजल तस्करीका लागि मानिसले नयाँ-नयाँ आइडिया लगाएको पाइएको छ,’ केसीले भने।, भारतभन्दा तुलनात्मक रुपमा डिजल नेपालमा सस्तो पर्ने हुँदा नेपाली बजारबाट भारत तस्करी हुने गरेको छ।, लहरीमा ट्यांकी जोडेर नेपालबाट डिजल भारत तस्करी, पाँच सय लिटर डिजल बरामद
रासस एमसीए नेपालले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार नै नुवाकोटको रातमाटेमा सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण गरिएको स्पष्ट पारेको छ।, सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा एमसीए-नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका-७ मा निर्माण गर्न लागेको रातमाटे विद्युत् सबस्टेसनका लागि जग्गा अधिग्रहण गरिएको जनाएको छ।, उक्त सबस्टेसनका लागि आवश्यक ३९८ रोपनी जग्गा अधिग्रहण नेपालको जग्गा प्राप्ति ऐन, २०३४ अनुसार गरिएको एमसीए नेपालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भविष्यमा नेपाल विद्युत् प्राधिकरणले बनाउने सबस्टेसन पनि रहने गरी जग्गा अधिग्रहण गरिएको विज्ञप्तिमा उल्लेख छ। , 'यस क्रममा त्यहाँका १०२ घरपरिवारका १९५ कित्ता जग्गा अधिग्रहण गरिएको हो। ती जग्गा एवम् ती जग्गामा रहेका संरचनाको अधिग्रहणबापत मुआब्जा रकम विद्यमान कानुन र अन्तर्राष्ट्रिय वातावरणीय निर्देशिका एवम् मापदण्डअनुसार भुक्तानी गरिएको थियो,' विज्ञप्तिमा उल्लेख छ।, सबस्टेसन निर्माणसम्बन्धी सम्पूर्ण कार्य सरकारले गठन गरेको एमसीए-नेपाल विकास समितिले गरेको छ। विकास समिति ऐन, २०१३ ले दिएको अधिकारअनुसार आयोजनाका लागि आवश्यक सम्पूर्ण चलअचल सम्पत्ति एमसीए-नेपाल विकास समितिले खरिद गर्ने र ती सम्पत्ति एमसीए-नेपालको नाममा मात्र दर्ता भएको छ। अनुदानअन्तर्गत खरिद गरिने कुनै पनि चल वा अचल सम्पत्ति दातृ निकाय एमसीसीको नाममा नरहने र सम्झौताअनुरूप राख्न नमिल्ने जानकारी गराइएको छ।, अधिग्रहण गरिएका जग्गा हाल अर्थ मन्त्रालयअन्तर्गतको एमसीए-नेपाल विकास समितिको नाममा रही निर्माण सम्पन्न भएपछि उक्त विकास समिति विघटन गरिएपश्चात् उक्त सबस्टेसन, त्यहाँ निर्माण गरिएका अन्य संरचना र जग्गाको पूर्ण स्वामित्व सरकारको निर्णयबमोजिम नेपाल विद्युत् प्राधिकरण वा नेपाल सरकारले तोकेको सरकारी निकायलाई हस्तान्तरण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ। , एमसीए नेपालले भन्यो- कानुनअनुसार नै जग्गा अधिग्रहण
सेतोपाटी संवाददाता झापामा कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, लक्ष्मीपुर-फूलबारी सडकअन्तर्गत बाह्रदशी गाउँपालिका वडा नम्बर ७ मा आइतबार राती पौने ९ बजे कारले स्कुटीलाई ठक्कर दिँदा स्कुटीको पछाडी सवार एक युवतीको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार प्रदेश १-०१--०१२प१९४२ नम्बरको स्कुटीको पछाडी सवार सिरहाको लहान नगरपालिका घर भएकी सरस्वती मगरको घटनास्थलमै मृत्यु भएको छ।, स्कुटी चालक बाह्रदशी गाउँपालिका वडा नम्बर ७ की प्रमिता कार्की गम्भीर घाइते छिन्। उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।, फूलबारीबाट लक्ष्मीपुरतर्फ आउने क्रममा सोही दिशाबाट आएको प्रदेश १-०१-० ०१ च ७२७७ नम्बरको निजी कारले स्कुटीलाई ठक्कर दिएको थियो।, प्रहरीकाअनुसार चालक इलाम जोगमाई गाउँपालिका वडा नम्बर २ का ३२ जंगबहादुर बस्नेतले मादक पदार्थ सेवन गरेर कार चलाएका थिए।  , उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, झापामा कारले ठक्कर दिँदा स्कुटीमा सवार एकको मृत्यु, अर्को घाइते
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले अझै केही दिन घरघरबाट फोहोर नउठाउने भएको छ।, उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोल ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको थियो।, महानगरले सोमबार सूचना निकालेर अझै केही दिन फोहोर नउठाइने बताएको छ। ल्यान्डफिल्ड साइटको सडक बिग्रेकोले मर्मत गर्नुपर्ने अवस्थामा छ।, केहीदिनदेखि परेको वर्षाले ल्यान्डफिल्ड साइटमा सडक बिग्रेको छ।, ‘सडक बिग्रेको कारण केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरले सूचना निकालेर भनेको छ। , सडक मर्मत गरेपछि फोहोर लिन घरदैलोमा आउनेसमेत महानगरले बताएको छ।, यस्तो छ सूचना:, काठमाडौं महानगरले अझै केही दिन फोहोर नउठाउने
राजु अधिकारी आइतबार साँझदेखि हराइरहेका इलामको माई नगरका दुर्गाप्रसाद तिम्सिनालाई प्रहरीले फेला पारेको छ। ४० वर्ष भारतीय जेलमा बिताएका उनलाई गत चैत ८ मा नेपाल ल्याइएको थियो।, उनी इलामको माईनगर १० स्थित घरमा बस्दै आएका थिए। उनको मानसिक स्वास्थ्यको उपचार जारी राखिएको थियो। यही क्रममा उनी आइतबार अपरान्ह ४ बजेदेखि परिवारको सम्पर्क बाहिर थिए। , उनी फेरि हराएपछि परिवारले इलामका प्रमुख जिल्ला अधिकारीलाई खबर गरेका थिए।, ‘सिडिओले डिएसपीलाई भनेर प्रहरी परिचालन गर्नुभएछ’, उनका भाइ प्रकाशचन्द्रले सेतोपाटीसँग भने ‘दाइलाई मध्यरातमा प्रहरीले इलामको जौबारीमा फेला पारेको खबर आयो। अहिले उहाँ प्रहरीकै साथमा हुनुहुन्छ, अलि ढु्क्क भयो।’, उनी फेला परेको ठाउँ घरभन्दा झण्डै पैदलमा पाँच घण्टा टाढा दुरीमा छ।, ‘हिँडेर जानुभयो कि गाडीमा थाहा भएन’, प्रकाशले भने ‘तर सधैं गाउँमा जाने र घर फर्किने गर्ने उहाँ हिजो हिँडेको हिँड्यै गर्नुभएछ।’, कलकत्तास्थित दमदम जेलबाट उनी चैत ७ मा रिहा भएका थिए। लामो समय बिना सुनुवाई जेलमा रहेकै बेला उनको स्वास्थ्यमा समस्या आएको र उपचार गर्नुपर्ने भारतीय चिकित्सकले बताएका थिए।, नेपाल ल्याउनासाथ उनको उपचार सुरु भएको थियो। तर अहिले पनि उनको स्वास्थ्यमा सुधार आइसकेको भने छैन।, ‘अहिले पनि उहाँको स्वास्थ्यमा कुनै सुधार देखिएको छैन’, प्रकाशले भने ‘दिसापिसाब ओछ्यानमै गर्ने, घरआँगनको फोहोर घरभित्र लैजाने जस्ता कार्य गरिरहनुहुन्छ।’, घरमा ८६ वर्षका वृद्धा आमा र भतिज गोपाल छन्। गोपाल काममा व्यस्त हुनुपर्ने र परिवारका सदस्यहरु टाढा-टाढा रहेका कारण उनको नियमित रेखदेख गर्न गाह्रो परिरहेको उनले बताए।, ‘परिवारमा यसै समस्या थियो’, दुर्गाका काकाका छोरा प्रकाशले भने, ‘उहाँको यस्तो गतिविधिले झन् समस्या भएको छ। राम्रो उपचार नगरी अवस्था सुध्रेलाजस्तो लाग्दैन।’, इलामका दुर्गाप्रसाद तिम्सिनाले अनाहकमा ४० वर्ष भारतीय जेलमा बस्नुपर्‍यो।, ****, हत्या आरोपमा दार्जिलिङबाट पक्राउ परेका उनी भारतीय प्रहरी र जेल प्रशासनको लापरबाहीले यति लामो समय जेल बस्नु परेको हो। यो बीचमा दुर्गाप्रसादलाई राख्ने जेल फेरिए, जेलर पनि फेरिए। तर ती कसैले सोचेनन्- यो मान्छे अहिलेसम्म किन यहाँ छ? अनि कहिलेसम्म रहिरहन्छ?, उनीहरूका लागि दुर्गाप्रसाद सायद आफूजस्तै खुला आकाशमा रमाउन चाहने मान्छे  थिएनन् किनकी उनी पराई भूमिको जेलमा थिए। न उनी राम्ररी बोल्न सक्थे, न  परिवार उनको खोजीनीति गर्न नेपाल सरकारलाई भन्न सक्थ्यो।, दुर्गाप्रसादको मुद्दा हेरेका कलकत्ता उच्च अदालतका न्यायाधीशले दुर्गाप्रसादले भोगेको यो घोर अन्यायलाई विश्वको ठूलो प्रजातान्त्रिक मुलुक भारतको आधुनिक न्याय प्रणालीको इतिहासमा एउटा विरल घटना भनेका छन्। थप समाचार हेर्नुहोस्-, दमदम जेलदेखि आमाको काखसम्म दुर्गाप्रसादलाई पछ्याउँदा (भिडिओ), मध्यरातमा प्रहरीले फेला पार्‍यो दुर्गाप्रसादलाई
सेतोपाटी संवाददाता प्रहरीले रुपन्देहीबाट स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ का २० वर्षीय विष्णु यादव र १९ वर्षीय अनवर मुसलमान रहेका छन्।, लु४३प २६५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शनिबार स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।, इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले उनीहरूलाई रकमसहित पक्राउ गरेको हो।, पक्राउ परेका दुबैलाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।, स्रोत नखुलेको १० लाखसहित दुई पक्राउ
एजेन्सी तालिबानहरूले देश कब्जा गरेपछि अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा देश छोड्नेको लर्को लागेको छ।, हमिद कारजाई विमानस्थलमा जहाज चढ्नेको ताँती लागेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा मानिसहरू रनवेमा लगेज गुडाउँदै जहाज चढ्न गइरहेको देखिन्छ।, कुनै सिस्टमबिनै जसले सक्छ उही जहाजभित्र चढेको देखिन्छ। धावनमार्गमा मानिसहरू बसपार्कमा गाडी चढ्न गएजसरी हिँडिरहेका देखिन्छन्।, भिड अनियन्त्रित भएपछि सोमबार बिहान विमानस्थल नियन्त्रणमा लिएको अमेरिकी सेनाले हवाई फायर गरेको छ।, समाचार संस्था एएफपीका अनुसार आफ्ना राजदूत, कर्मचारी, नागरिक र अन्य विदेशीलाई काबुलबाट बाहिर जान सघाउने उद्देश्यले अमेरिकी सेनाले विमानस्थल नियन्त्रणमा लिएको हो। विमानस्थलमा अनियन्त्रित भिड भएपछि सोमबार बिहान केही राउन्ड हवाई फायर गरिएको एएफपीले जनाएको छ।, यसैबीच सोमबार बिहानदेखि विमानस्थलबाट हुने सबै व्यवसायिक उडान स्थगित गरिएको छ। टोलो न्युजका अनुसार विमानस्थल प्रशासनले उडान बन्द भएको भन्दै विमानस्थलमा भिड नगर्न  भनेको छ। , बसपार्कजस्तो बन्यो काबुलको विमानस्थल, अमेरिकी सैनिकले गरे हवाई फायर
दुर्गा देवकोटा कैलालीको टीकापुरका किसानले सिँचाइमा समान पानी वितरणका लागि आलोपालो प्रणाली लागू गरेका छन्।, कुलामा पर्याप्त पानीको अभाव भएपछि किसानले सबैको खेतसम्म पानी पुर्‍याउन आलोपालो प्रणाली लागू गरेका हुन्। , पानीका लागि किसानबीच हुने खिचातानी अन्त्य गर्न र उत्पादन वृद्धिमा सहयोग पुगोस् भनेर पालो लगाइएको हो।, कैलालीमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले सिँचाइ विस्तारका लागि काम गरिरहेको छ।, परियोजनाले सिँचाइ सुविधा विस्तारका लागि काम गरिरहे पनि पानीको वितरण प्रणाली लागू नहुँदा कतै धेरै र कतै सुख्खा रहने गरेको छ।, धान खेतमा आवश्यक पानी पर्याप्त नहुँदा टीकापुर नगरपालिका–१ वनगाउँका किसानले आलोपालो नियम बनाएर धान खेत सिँचाइ गर्न थालेपछि सहज भएको छ।, कुलोमा पानीको कमी हुँदा धानको उत्पादनमा कमी हुन सक्ने भन्दै वनगाउँ बीचपुरुवाका किसान कुलाको पानी प्रयोगका लागि आलोपालो नियम बनाएर खेत सिँचाइ गर्न थालेको पहारुलाल चौधरीले बताए।, 'धान खेतीलाई आवश्यक पर्ने पानी सबै किसानको खेतका गह्रासम्म सहजरूपमा पुर्‍याएर सिँचाइ गरी उत्पादन राम्रो गराउन पानीका लागि आलोपालो नियम बनाएर लागू गर्दा सहज भएको छ', चौधरी भन्छन्, 'नियम नबनाउँदा आसपमा किसानबीच झगडा हुन थाल्यो, त्यसैले गाउँले बसेर आफैंले नियम बनायौं।', कुलाको पानी प्रयोगका लागि आलोपालो नियम नबनाउँदासम्म कुलाको शिरतिरका किसानले धेरै पानी प्रयोग गर्ने र अन्त्यमा खेत भएका किसानले पानी नै नपाउने समस्या हुन्थ्यो।, कर्णाली नदीमा पर्याप्त पानी छ तर गाउँमा रहेका सिँचाइ कुलामा आवश्यक पानी वितरण हुन सकेको अवस्था छैन। त्यसको मारमा किसान परिरहेका छन्।, 'धान रोपेदेखि नियमित सिँचाइ गर्न अति आवश्यक छ, तर कुलामा पर्याप्त पानी नहुँदा महिना दिनसम्म खेतमा पानी हाल्न नपाउने अवस्था छ', वनगाउँका टङ्क घर्ती मगरले भने, 'अहिले सबै किसानले समानरूपमा खेतमा पानी हाल्न पाएका छन्, पानी पाएमा बाली राम्रो उत्पादन हुने गर्छ, बाली राम्रो हुने मात्र होइन धानमा झार उम्रने, विभिन्न रोगबाट बचाउन सकिन्छ।', वनगाउँको बीच पुरुवा र दक्षिण पुरुवाका करिब २०० बिघा क्षेत्रफल खेतमा एउटै कुलाको पानी लाग्ने गरेको छ।, वनगाउँको गबलिया कुलामार्फत क्षेत्रफल खेतमा लाग्ने पानी सबैलाई पर्याप्त हुँदैन। यसका लागि यहाँका किसानले कुलाको पानी प्रयोग गर्न तीन खण्डमा विभाजन गरी बाँडफाँट गरिहेको बडघर तेजबहादुर चौधरी जानकारी दिए।, 'सिँचाइका लागि आलोपालो नियम पालना गर्न समुदायको भेलाले विभिन्न नियम तथा निणर्य गरेका छौं', उनी भन्छन्, 'आफ्नो पालोका दिनबाहेक अरु दिन पानी सिँचाइ गर्न नपाइने र त्यो दिन पानी प्रयोग गरेमा जरिवाना तिराउने नियम बनाएका छौं।', किसानको भेलाले कुलाका पानीको अवस्था हेरेर आफ्नो पालोमा कुलाको स्याहार गर्ने, पानी लिन मुहानसम्म जाने र पालोका दिन २४ घण्टासम्म आफ्नो खेतमा सिँचाइ गर्न पाउने नियम बनाइएको छ।, कुलाको सरसफाइ र मुहानसम्म पानी लिन सबै किसान मिलेर जाने गरेका छन्। , रानीजमरा कुलरिया सिँचाइ आयोजना लागू भएका क्षेत्रमा सिँचाइका लागि पानीको पर्याप्तताका लागि विभिन्न संरचना निर्माणसहित पानी वितरण भइरहेको छ।, आयोजना लागू भएका टीकापुर र लम्की चुहा नगरपालिका तथा जानकी गाउँपालिकामा अहिले १४ हजार ३०० हेक्टरमा सिँचाइ पु¥याउने र पछि थप गरी १८ हजार हेक्टरमा लगिने आयोजनाले जनाएको छ। ,रासस, सिँचाइका लागि आलोपालो प्रणाली
सेतोपाटी संवाददाता नारायणी अस्पताल वीरगञ्जमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।, औषधी खरिदमा व्यापक अनियमितता भएको भनी उजुरी परेपछि सोमबार अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले छापा मारेको हो।, टोलीले अहिले औषधी खरिद लगायत अस्पतालका विभिन्न कागजात नियन्त्रणमा लिने काम गरिरहेको अख्तियारको हेटौंडा कार्यालयका प्रवक्ता विष्णु सापकोटाले जानकारी दिए।, दुई घण्टापछि थप सूचना उपलब्ध गराउने उनको भनाइ छ।, नारायणी अस्पतालमा अख्तियारको छापा
भगवती पाण्डे रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जहाज उडान र अवतरणका लागि तयार भएको तीन महिना पहिले नै हो।, तर धावनमार्ग, कन्ट्रोल टावर लगायतका क्षेत्रमा जडान गरिएका महत्वपूर्ण विद्युतीय उपकरणले कतिको काम गर्छन् भन्ने परीक्षण गर्न बाँकी रहेकाले यो सञ्चालनमा आउन सकेको छैन। यहाँ जडान गरिएका विद्युतीय उपकरण कति ठिक छन् र कति काम गर्छन् भन्ने जान्न विशेष प्रकारको जहाजबाट मात्र परीक्षण गर्नुपर्छ।, तर विद्युतीय उपकरणको परीक्षण गर्ने ‘क्यालिब्रेसन फ्लाइट’ नआउँदा निर्माणको काम पूरा भए पनि विमानस्थल सञ्चालनमा कहिले आउँछ भन्ने अनिश्चित बनेको छ।, विमानस्थल आयोजना प्रमुख ईञ्जिनियर प्रवेश अधिकारीका अनुसार विमानस्थलको टावर, धावनमार्ग लगायतका क्षेत्रमा आवश्यक सबै विद्युतीय उपकरण जडान गर्ने काम चैत दोस्रो सातामै सम्पन्न भइसकेका थिए। तर कोभिड-१९ को जोखमका कारण विमानस्थलको ‘आइसिबी जिरो टु’ अन्तर्गतको काम गरिरहेको थाइल्याण्डको एरो थाई कम्पनीले दक्ष कामदार नपठाउँदा क्लालिब्रेसन फ्लाइट हुन सकेको छैन।, ‘आइसिपी जिरो टु ठेक्का सम्झौता अनुसार क्यालिब्रेसन फ्लाइटको काम हुनुपर्ने हो, जति बेलादेखि कोभिड संक्रमण सुरू भयो त्यसपछि नै थाइल्याण्ड सरकारको स्वास्थ्य मापदण्ड अनुसार दक्ष कामदारलाई कम्पनी र त्यहाँको सरकारले समेत जोखिम लिएर बाहिर जान अनुमति दिएको छैन,’ अधिकारीले भने, ‘क्यालिब्रेसन फ्लाइटको लागि कहिले प्राविधिकहरूको टोली आउँछ भन्न सकिने अवस्था छैन तर छलफल भइरहेको छ, छिट्टै नै ल्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ।’, थाई सरकारले जारी गरेको कोभिड प्रोटोकल अनुसार प्राविधिकहरू आउन जोखिम मानिरहेको अधिकारीले बताए।, आयोजना प्रमुख अधिकारीका अनुसार ‘क्यालिब्रेसन फ्लाइट’ भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै उडान सम्बन्धी सबै कार्यहरू निर्देशन गर्ने धावनमार्ग र टावरमा जडान गरिएका लाइट तथा उपकरणले दिने सिग्नल परीक्षण गर्नु हो।, ‘टावर र धावनमार्गमा जडान गरिएका उपकरणले काम गरेका छन् कि छैनन्, विमानका पाइलटले टावरसँग सम्पर्क गर्दा निर्देशनहरू राम्ररी सुनिएको छ कि छैन भनेर बुझ्न क्यालिब्रेसन फ्लाइटबाट परीक्षण गर्नुपर्छ, काम नगरे सच्याउनुपर्छ,’ उनले भने।, उनले आफूहरू अहिले पनि निरन्तर क्यालिब्रेसन फ्लाइटका लागि आवश्यक जहाज र विदेशी प्राविधिक कसरी ल्याउन सकिन्छ भन्नेतर्फ नै प्रयास गरिरहेको बताए।, ‘कोभिडको अवस्था सामान्य हुँदा र अन्तर्राष्ट्रिय उडान सहज हुनेवित्तिकै जतिबेला पनि क्यालिब्रेसन फ्लाइट गर्न सक्छौं, अहिले आए पनि हामी क्यालिब्रेसन फ्लाइटका लागि तयारी अवस्थामा छौं,’ उनले भने।, अहिले आयोजनाको आइसिबी जिरो-१ अन्तर्गतका मुख्य संरचनाहरू निर्माणको ९८ प्रतिशत काम पूरा भएको छ।, आइसिबी-१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, जहाज पार्किङ क्षेत्र, टर्मिनल बिल्डिङ, कन्ट्रोल टावर, प्रशासनिक भवन, फायर फाइटिङ बिल्डिङ, गार्ड भवन, खानेपानी, ढल निकास, लगायतका भौतिक संरचना निर्माणको काम पर्छन्।, ‘आइसिबी-१ अन्तर्गत टर्मिनल बिल्डिङमा एसी जडान, टायल लगाउने काम र रङ लगाउने काम मात्रै बाँकी छ, सिलिङ लगाउने काम करिब पूरा हुन लागेको छ,’ अधिकारीले भने।, टर्मिनल बिल्डिङको प्रस्थान र आगमन कक्षको इन्टेरियर, डेकोरेसन, फर्निसिङको काम भइरहेको छ। बाहिर गार्डेन निर्माण, ल्यान्डस्केप, पेन्टिङ र मार्किङका काम पनि सम्पन्न भइसकेका छन्। आइसिबी जिरो-२ अन्तर्गत टर्मिनल बिल्डिङमा ब्यागेज ह्याण्डलिङ मेसिन जडानको काम सकिएको छ, धावनमार्गका लाइट जडान, कन्ट्रोल टावर, कन्भेएर बेल्ट मेसिन जडानका सबै काम सकिएका छन्।, विमानस्थलमा हुन सक्ने सम्भावित दुर्घटना तथा आगलागीलाई ध्यानमा राखी धावनमार्गको दक्षिणतर्फ फायर फाइटिङ भवन निर्माण गरिएको छ, केमिकल र पानी दुबैको प्रयोगबाट आगलागी नियन्त्रण गर्न मिल्ने चार वटा अत्याधुनिक फायर फाइटिङ भेहिकल समेत आइसकेका छन्।, अधिकारीका अनुसार आइसिपी जिरो-२ ठेक्का अनुसार पनि क्यालिब्रेसन फ्लाइटबाहेक गर्नुपर्ने सबै काम सम्पन्न भएका छन्।, आइसिपी-२ अन्तर्गत मुख्यगरी उपकरण जडानकै काम हुन्छन्। जसअन्तर्गत सञ्चार उपकरण (सिएनएस एटिएमसँग सम्बन्धित उपकरण) त्यसको लागि आवश्यक पर्ने कम पूर्वाधारको काम पनि त्यससँगै जोडिएर आउने अधिकारीले बताए। यस अन्तर्गत ९० प्रतिशत उपकरणकै काम हुन्छ भने १० प्रतिशत मात्रै पूर्वाधारको काम हुन्छ।, उता कोरोना संक्रमणका बीचमा पनि स्वदेशी र विदेशी कामदारले कार्यक्षेत्रमै रहेर काम गरिरहेका छन्। विमानस्थल वरिपरिको तारबारका काम सम्पन्न भएको छ।  विमानस्थलभित्रको सडकको काम पनि भइरहेको छ।, आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत पूरा हुँदा पनि आर्थिक प्रगति भने ७७ प्रतिशत मात्र भएको छ।, उपकरण जडानका कतिपय काम सम्पन्न भइसके पनि ‘क्यालिब्रेसन फ्लाइट’पछि त्यसको परीक्षणपछि मात्रै भुक्तानी हुने भएकोले भौतिक प्रगति ९८ प्रतिशत हुँदा आर्थिक प्रगति ७७ प्रतिशत मात्रै भएको देखिएको अधिकारीले बताए।, ‘आयोजनाको ३० देखि ३५ प्रतिशत काम उपकरण जडानसँग सम्बन्धित छन्, ती उपकरणहरूको परीक्षण र क्यालिब्रेसन नभइकन निर्माण कम्पनीलाई बिल भुक्तानी गर्न नसकिने भएकोले कम देखिएको हो,’ उनले भने।, अहिले आइसिपी-१ र आइसिपी-२ अन्तर्गत भइरहेका काम विमानस्थलको पहिलो चरणको भएको र दोस्रो चरणको कामको अध्ययनलाई समेत अगाडि बढाइएको छ।, ‘धावनमार्गको तुलनामा टर्मिनल बिल्डिङ र जहाज पार्किङ क्षेत्र केही सानो रहेको छ, त्यसैले पनि टर्मिनल बिल्डिङ र पार्किङ क्षेत्रको लागि दोस्रो चरणको कामको अध्ययनलाई अगाडि बढाइएको छ,’ आयोजना प्रमुख अधिकारीले भने।, यहाँ निर्माण गरिएको धावनमार्ग तीन किलोमिटर लम्बाइको रहेको छ भने अन्तर्राष्ट्रिय टर्मिनलमार्फत एक घण्टामा करिब चार सय प्यासेन्जरलाई उडान तथा अवतरण गरी पठाउन सक्ने क्षमताको छ। त्यस्तै, जहाज पार्किङतर्फ हाल पाँच वटा मात्रै अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सक्ने क्षमताको रहेकोले दोस्रो चरणमा अर्को टर्मिनल बिल्डिङ र पार्किङ क्षेत्र थप गर्ने आयोजनाको लक्ष्य छ।, सन् २०१७ को डिसेम्बर सम्पन्न गर्ने गरी २०१५ जनवरीमा निर्माण सुरू गरिएको विमानस्थलको ठेक्का सम्झौता १३ नोभेम्बर २०१४ मा गरिएको थियो। सुरूवाती चरणमा ठेकेदारको ढिलासुस्ती, मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीचको आपसी मतभेद, तराई-मधेस आन्दोलन, भारतीय नाकाबन्दी, नदीजन्य सामग्रीको अभाव जस्ता कारणले ढिलो भएको आयोजना निर्माणको काम अन्तिम समयमा आइपुग्दा कोभिड १९ का कारण प्रभावित बन्यो।, आयोजना प्रमुख अधिकारी लागत रकम नबढे पनि निर्माण अवधि लम्बिँदै जाँदा राज्यलाई भने घाटा भइरहेको बताउँछन्।, ‘लागत रकम नबढेको भएपनि ढिलो निर्माण हुनु नै राज्यलाई घाटाको विषय हो, लागत बढेको छैन राज्यलाई घाटा छैन भनेर हुँदैन,’ उनी भन्छन्।, आइसिबी जिरो-१ अन्तर्गत ६ अर्ब २२ करोड लागतमा निर्माण भइरहेको छ भने आइसिबी जिरो-२ अन्तर्गत विद्युतीकरण तथा लाइट जडान र मार्किङका लागि ५६ करोड बढी बजेटमा काम भइरहेको छ। यसरी आयोजनाको लागत करिब सात अर्ब पुगेको छ।, पहिलो चरणको काम अर्थात् आइसिबी-१ मा एडीबीको ४० दशमलव पाँच प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव पाँच प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ।, निर्माणतर्फ पनि आइसिबी-१ अन्तर्गत चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन र आइसिबी-२ अन्तर्गत एरो थाई कम्पनीले ठेक्का सम्झौता गरेको हो। यो विमानस्थल सञ्चालनमा आएपछि हाल त्रिभुवन विमानस्थलमा आउने सबै किसिमका जहाजहरू यहाँ सुरक्षित रूपमा अवतरण गर्ने र उडान गर्न सक्नेछन्।, आयोजना प्रमुख अधिकारी भौगोलिक रूपमा सजिलो भएकोले त्यहाँ भन्दा पनि सजिलो गरी यहाँ अवतरण गर्न सक्ने दाबी गर्छन्।, ‘यो अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको फोर ई क्याटेगोरीको विमानस्थल हो, यहाँ एयर बस ३३०, बोइङ ७७७, २०० सिरिज क्याटेगोरीका जहाज आउन सक्छन्,’ उनले भने। विमानस्थल निर्माण सम्पन्न भएपछि वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने आयोजनाको लक्ष्य छ।, यो विमानस्थल २०२३ सालमा भारत सरकारको सहयोगमा निर्माण गरिएको थियो। विमानस्थल निर्माण तथा स्थानीयको जग्गा अधिग्रहण गरी मुआब्जा वितरण २२ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको छ। त्यो सँगै कार्गो भवन निर्माणमा ९० करोडको काम भएको छ। यसरी सबै आयोजनाको काम जोड्दा विमानस्थलमा ३० अर्बभन्दा बढीको लगानी भइसकेको छ। आयोजनाका अनुसार यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडिबीको ६२ दशमलब ६ प्रतिशत लगानीको हिस्सा रहेको छ।,  ,  , ‘क्यालिब्रेसन फ्लाइट’ पर्खिंदै गौतमबुद्ध विमानस्थल (भिडिओ)
सेतोपाटी संवाददाता काठमाडौंबाट पाल्पा जाँदै गरेको विङ्गर गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।, सोमबार पौने १० बजे तानसेन नगरपालिका वडा नम्बर ७ सालघारीस्थित प्रभास सराई भित्री सडकखण्डबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।, लु १ ब २९९२ नम्बरको गाडी सडकबाट १५ मिटर तल खस्दा ११ जना घाइते भएको उनले बताए। सो गाडी काठमाडौंबाट तानसेन नगरपालिका वडा नम्बर ७ कुन्छरे जाँदै थियो।, घाइतेहरू सबैलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ।, तानसेन नगरपालिका वडा नम्बर ७ कुन्छो बस्ने २९ वर्षीय नरबहादुर कुमाल र २८ वर्षीय विक्रम गैरे गम्भीर घाइते छन्।, ४३ वर्षीय प्रेमबहादुर बकवाल र ३२ वर्षीय हुमबहादुर सारुको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक त्वातीले बताए।, ३३ वर्षीय विक्रम नेपाली, २१ वर्षीय अर्जुन पल्लि, ३० वर्षीय सोमबहादुर न्यौपाने, २८ वर्षीय योगेश साफ, ३३ वर्षीय पवनकुमार गाहा, ३५ वर्षीय सन्तोष गैरे र ३३ वर्षीय चालक सोम राना सामान्य छन्।,  ,  , पाल्पामा गाडी दुर्घटना हुँदा ११ घाइते, दुई जना गम्भीर
सेतोपाटी संवाददाता कोरोनाको तेस्रो लहर रोकथामका लागि कञ्चनपुरमा पूर्वतयारी थालिएको छ। मास्क अनिवार्य गराउन जनचेतना फैलाउने कार्यसँगै सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि तीव्रताका साथ अगाडि बढाइएको छ। , प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्लाभर मास्क लगाउन र  स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराउनका लागि अभियान सञ्चालन गरिएको हो।, ‘सीमा नाका भएर आउने व्यक्तिलाई  हेल्थ डेस्कमा लगी जाँच गरेर मात्रै पठाउने गरेका छौं’, उनले भने, ‘स्थानीय तह र अन्य संघसंस्थासँगको समन्वयमा एम्बुलेन्सको व्यवस्थासमेत गरिएको छ।’,  , त्रिनगर र गड्डाचौकी सीमा नाकामा एक/एक हजार अट्ने होल्डिङ सेन्टर केही दिनभित्रै पूरा हुने तयारीमा रहेको उनको भनाइ थियो।, ‘महाकाली अस्पतालमा बालबालिकालाई लक्षित ५० शय्या थप्न लागिएको छ, यो  दुई महिनाभित्र तयार हुन्छ’, प्रजिअ पाण्डेयले भने, ‘अस्पतालमै अक्सिजन प्लान्ट जडानका लागि प्रक्रिया सुरू भइसकेको छ।’  , खोप जारी , जिल्लामा कोरोनाविरूद्धको खोप लगाउने कार्य जारी छ। स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कुँवरका अनुसार हालसम्म यो खोप ३५ प्रतिशतले लगाइसकेका छन्।, पहिलो मात्राको खोप एक लाख १२ हजारले लगाएका छन्। ‘भदौ पहिलो साताभित्रै पहिलो खोपको मात्रा लगाएकालाई दोस्रो मात्रा लगाइसक्छौं’, उनले भने।, हालसम्म खोपको दोस्रो मात्रा लगाउने ७४ हजार छन्।, ‘जोन्सन एण्ड जोन्सन’ खोप २७ हजार चार सयलाई लगाइएको छ। स्वास्थ्य कार्यालयसँग १० हजार खोप भण्डारण गर्ने क्षमता छ।, खोपको दोस्रो मात्रा लगाइसकेपछि बचेको सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक र कर्मचारीलाई लगाउने कार्यालयको योजना छ। , सक्रिय बिरामी   , जिल्लामा  सक्रिय सङ्क्रमित १२५ छन् । सङ्क्रमण देखिएका मध्ये १२२ होम आइसोलेसन र तीनको  आइसोलेसनमा उपचार भइरहेको छ।, स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा दैनिक १० देखि १५ जनासम्ममा कोरोना संक्रमण देखिन थालेको छ। वैशाखदेखि हालसम्म जिल्लाका सात हजार ६१ जनाको पिसिआर जाँच गरिएकामा तीन हजार ८४२ मा संक्रमण देखिएको थियो। तीमध्ये तीन हजार ६०६ संक्रमणमुक्त भएका छन्।, यसैगरी ३० हजार ३५९ जनाको एन्टिजेन परीक्षण गरिएकामा दुई हजार ४६९ को नतिजा पोजेटिभ आएको थियो।, कोरोनाको पहिलो र दोस्रो लहरमा गरी हालसम्म आठ हजार २३९ जनामा सङ्क्रमण देखापरेकामा सात हजार ९०८ सङ्क्रमणमुक्त भएका र १८८ को मृत्यु भएको छ। , मास्क अभियान , समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लामा प्रहरी र स्थानीय तहका समन्वयमा कोरोना रोकथामका लागि नेपाल मास्क अभियान सञ्चालन गरिएको छ।, जिल्लाका नौ वटै स्थानीय तहमा अभियान सञ्चालन भइरहेको छ। कोभिड-१९ सङ्क्रमणबाट उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखी तोकिएको स्वास्थ्य मापदण्डको पूर्णपालना नगरी मास्क नलगाई हिँडडुल गर्ने सर्वसाधारण, सवारी चालक, सहचालक र यात्रुलाई सतर्क पार्न थालिएको छ। ,  , विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरी र निःशुल्क रूपमा मास्क वितरण अगाडि बढाइएको छ।, आफू पनि बचौं र अरूलाई पनि बचाऔं भन्ने हेतुले अभियान प्रभावकारीरूपमा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सिद्धराज न्यौपानेले बताए।  , प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार आइतबार मास्क नलगाई सार्वजनिक स्थानमा आवतजावत गरी लापरबाही गर्ने व्यापारी र उपभोक्ता गरी ५६ जनालाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही गरी सचेत गराइएको थियो। रासस, कोरोनाको तेस्रो लहर रोकथामका लागि कञ्चनपुरमा यसरी गरिँदै छ पूर्वतयारी
सेतोपाटी संवाददाता बाँकेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा डिएसपी मधुसुदन न्यौपानेका अनुसार बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ८ का २२ वर्षीय चेतन बोहरा र सोही ठाउँका  २३ वर्षीय प्रवीण चौधरीको मृत्यु भएको छ। , डिएसपी न्यौपानेले दुर्घटनापछि उद्धार गरी दुबै जनालाई कोहलपुर मेडिकल कलेजमा पुर्‍याइएको थियो।, चौधरीको अस्पताल पुर्‍याउनासाथ र बोहराको साढे ९ बजेपछि उपचारका क्रममा मृत्यु भएको न्यौपानेले सेतोपाटीलाई बताए। , डिएसपी न्यौपानेका अनुसार बोहराले मोटरसाइकल चलाएका थिए भने चौधरी बीचमा एउटा बोका समातेर बसेका थिए। , प्रहरी स्रोतका अनुसार पूजाका लागि बोकासहित दाङतर्फ आउँदै गर्दा उनीहरू सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो। , पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ गाभर भन्ने स्थानमा सोमबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नम्बरको ट्रकले पूर्वतर्फ आउँदै गरेको लु ६८ प १८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। , ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।, बाँकेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
नरेन्द्रसिंह कार्की यही साउन १५ गतेदेखि दार्चुलाको व्यासमा खाद्यान्न ढुवानी हुन नसकेपछि खाद्यान्न अभाव भएको छ।, यहाँका नागरिक भारतीय बजारमा निर्भर छन्। भारतीय बजारबाट तुइनका माध्यममा दैनिक उपभोग्यलगायत खाद्य सामग्री ढुवानी गर्दै आएकामा एसएसबीले कडाइ गरेपछि ढुवानी हुन नसकेको हो।, खाद्यान्न ढुवानी हुन नसकेपछि व्यास गाउँपालिकाका वडा नं २, ३, र ४ मा खाद्यान्न अभाव भएको हो।, ‘गाउँको खेतले तीन महिनासमेत खान पुग्दैन’, मालका स्थानीय कल्यानसिंह धामीले भने, ‘गाउँमा चामल पाउँदैन, नेपालतिर खच्चड हिँड्नसमेत बाटो छैन, सुनसेराभन्दा माथिल्लो क्षेत्रमा पहिराका कारण खाद्यान्न लिन सकिएको छैन, पहिरो गएको छ, ठाउँ-ठाउँमा भत्किएको छ।’ , खाद्यान्न नहुँदा अहिले स्थानीयबासीले दुई दिन लगाएर नेपालकै बाटो भएर खलङ्गा आउनुपरेको छ।, खलङ्गाबाट दुई दिन लगाएर खाद्यान्न ढुवानी गर्नुपरको स्थानीयबासी नरेन्द्रसिंह धामीले बताए।, ‘आफ्नै भूमि भएर जान निकै कठिन छ, तिङ्कर सडकमा गाडी चल्दैनन्, गाडी नै नभएपछि अहिले यहाँको जनजीवन कष्टकर बनेको छ’, उनले भने।, व्यास– ३ का दीपक डडालले समयमै खाद्यान्न ढुवानी हुन नसके संकटले भयावह रूप लिने बताए।, केही ठाउँमा चामल भेटिए पनि व्यापारीले चर्को मूल्य लिने गरेको उनी बताउँछन्।, ‘यहाँका सबै वडामा खाद्यान्न अभाव हुँदैछ’, डडाल भन्छन्, ‘खाद्य डिपोमा चामल छैन।’ , मालका स्थानीयबासीले जयसिंह धामी बेपत्ता विषयमा सरकारले गठन गरेको छानबिन समितिलाई समेत गाउँमा खाद्यान्न ढुवानी गर्न माग गरेका छन्।, तुइन हुँदा दिनहुँ भारतीय बाटो हुँदै गाउँमा खाद्यान्न ढुवानी हुने गरेको थियो। यहाँका बासिन्दालाई नजिकिँदै गरेका चाडपर्व कसरी मनाउने भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर दैनिक छाक टार्न पनि धौधौ छ। , ‘पैदल हिँडेर सदरमुकामबाट सामान ल्याउन सक्ने अवस्था छैन’, दुम्लीङका बासिन्दा प्रभात बुढाथोकीले भने,‘विगतमा सामान सकिनेबित्तिकै महाकाली पारी भारतका पसलमा गएर सामान ल्याउँथ्यौं, गाउँमा खाद्यान्न नभएपछि गाउँलेको भेला बसी गाउँपालिका र सरकारसँग तत्काल हेलिकप्टरमार्फत् भए पनि खाद्यान्न ढुवानी गर्न हामीले माग गरेका छौं।’, गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले गाउँमा खाद्यान्न अभाव भएकाले ढुवानीका लागि संघीय सरकारसँग माग गरिएको बताए।, उनले व्यासको तिङ्कर र दुम्लीङमा खाद्य विक्री केन्द्र स्थापना गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ज्ञापन बुझाइएको जानकारी दिए।, नेपालतिरबाट तिङ्कर पुग्न बाटो नहुँदा गतवर्ष ५०० क्विन्टल खाद्यान्न ढुवानी गर्न नसकिएको गाउँपालिकाले जनाएको छ।, अहिले तत्काल हेलिकप्टरको व्यवस्थापन गरेर भए पनि गाउँपालिकाका चार वडाका लागि खाद्यान्न ढुवानी गर्न माग गरिएको उनले बताए। ,रासस, एसएसबीले कडाइ गरेपछि व्यासमा ढुवानी हुन सकेन खाद्यान्न
सेतोपाटी जनैपूर्णिमाका अवसरमा बर्सेनि एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष पनि मेला नलाग्ने भएको छ।, पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टाँसी लामाले कोरोना महामारी बढ्दो क्रममा रहेकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेका हुन्। गत वर्ष पनि कोरोनाका कारण मेला लागेको थिएन।  ,  , मेला तथा जात्राले कोरोना संक्रमण बढ्ने भएकाले मेला, जात्रा नगर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पोखरेलले जानकारी दिए।, यो वर्षको जनैपूर्णिमा भदौ ६ गते परेको छ। विभिन्न जिल्लाबाट सर्वसाधारण मेला भर्न पाँचपोखरी पुग्ने गरेका थिए। समुद्री  सतहबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा सानाठूलो गरी पाँच वटा ताल रहेका छन्।, यो पोखरी इन्द्रावती नदीको उद्गमस्थल हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तव्यमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि छनोट गरेको छ।    , पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजन चढाउन जान्छन्। विशेषगरी यहाँ जाने भक्तजन खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन्।, पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह श्रीमान पाउने र बिहेपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ। ,रासस,  , पाँचपोखरीमा जनै पूर्णिमा मेला नलाग्ने
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय कास्की र  जिल्ला ट्राफिक प्रहरी कास्कीले  दुर्घटना न्यूनीकरण अभियानलाई तीव्रता दिएकाे छ।, कास्की प्रहरी र कास्की ट्राफिकले संयुक्त प्रयासमा सवारी साधनकाे स्वरूप परिवर्तन गर्ने, लेन अनुशासन पालना नगर्ने, जिकज्याक बाइक कुदाउनेविरूद्ध अभियान चालेको हो।, प्रहरीले ग्रामीण भेगमा सञ्चालित सवारी साधनकाे अवस्थाबारे जानकारी लिने र सवारी साधनलाई ठिक हालतमा राखेरमात्र यात्रुलाई सेवा दिन अनुराेध गर्दै आइरहेकाे छ।, प्रहरीले पछिल्लो दुई दिनमा २६ वटा दुई पांग्रे सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ। , कास्की ट्राफिक प्रहरी  प्रमुख अमृत बहादुर बस्नेतले बाइककाे स्वरूप परिवर्तन गरी चलाउने, आवाज निकाल्ने, जिकज्याक र लेन अनुशासनविपरीत सवारी साधन चलाउने ७ वटा बुलेट बाइक, ११ वटा क्रसफायर बाइक र अन्य माेटरसाइकल ८ वटालाई नियन्त्रणमा लिई कारबाही गरिएको बताए। , कास्की ट्राफिक प्रहरी  प्रमुख बस्नेतले भने, ‘हामीले सवारी नियम उल्लंघन गर्ने विरूद्ध  अभियानकै रूपमा कारबाही गरिँदै आएका छाैं,  दुई महिनायता यस्ताे कार्य अन्तर्गत करिब दुई सयकाे हाराहारीमा  माेटरसाइकल कारबाहीमा परिसकेका छन्।’,  , पाेखरामा 'नाे हर्न', जिल्ला ट्राफिक प्रहरी कास्कीले अनावश्यक हर्न बजाउने सवारी साधनलाई कारबाही गर्ने अभियान समेत सञ्चालन ल्याएकाे छ।  , पर्यटकीय नगरी पाेखरामा ध्वनि प्रदूषणले नकारात्मक असर पर्ने र स्वास्थ्यमा समेत असर पर्ने भन्दै नाे हर्न  अभियान नै सञ्चालनमा ल्याएकाे हाे। पहिलाे चरणमा ट्राफिक प्रहरीले स्टिकर टाँस्ने सम्झाउने गर्नेछ।, पाेखरा महानगरपालिकाले ध्वनि प्रदूषणलाई मध्यनजर राखी २०७४ सालबाटै पाेखरा महानगरलाई हर्न निषेधित क्षेत्र घाेषणा गरेता पनि सवारी चालकहरूले जथाभावी हर्न बजाएकाे पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जथाभावी हर्न बजाउने कार्यलाई राेक लगाउन सुरू गरेकाे हाे।, अनावश्यक सवारी साधनले पाेखरामा हर्न बजाएकाे फेला परेमा ट्राफिककाे नियम अनुसार ५ सयदेखि १५ सयसम्म जरिवाना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी प्रमुख अमृत बहादुर बस्नेतले बताए।, कास्कीमा दुर्घटना न्यूनीकरण अभियानलाई तीव्रता
विनोद सापकोटा झापामा व्यवसायीको चर्को दबाबपछि स्थानीय प्रशासनले भदौ १ गतेदेखि निषेधाज्ञाको स्वरूप परिवर्तन गरेको छ।, डीसीएमसीको सोमबार बसेको बैठकले जिल्ला भित्र सञ्चालनमा रहेका सबै पसल खुल्ला गर्ने निर्णय गरेको छ। बिहान १० देखि बेलुका ६ बजेसम्म सबै पसल खोल्न पाउने निर्णय भएको छ।  , अत्यावश्यक खाद्यान्नलगायतका पसल बिहान ६ बजेदेखि बिहान १० बजेसम्म मात्र खुला हुने निर्णय भएको बैठकमा सहभागी एकले सेतोपाटीलाई बताए।, यो पटकको निषेधाज्ञामा भने मास्क नलगाउनेलाई स्थानीय प्रशासनले जरीवाना गर्ने निर्णय भएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले बताए।, बेलुका ६ बजेपछि पसल खोल्नेलाई कानुनमा उल्लेख भए अनुसारको जरिमाना गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। यस्तै खाद्यान्नलगायत अन्य अत्यावश्यक पसल बिहान १० बजे अगाडि खोले पनि जरिमाना गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।, आमसञ्चारका माध्यमबाट व्यवसायीले झापामा जारी निषेधाज्ञा हटाउनुपर्ने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाई सुझाव दिए।, बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका व्यवसायीले बैंक र घर साहुले ब्याज र घर भाडा असुल्न ताकेता गरेपछि व्यवसायीले भदौ १ गतेदेखि पसल खोल्ने बताउँदै आएका थिए।, झापामा कोरोनाको दोस्रो लहर सुरु भएपछि पहिलो निषेधाज्ञा हटेको एक महिना पछि पुनः साउन १६ गतेदेखि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।, झापामा दैनिक कम्तीमा ५ जना कोरोना संक्रमित मृत्यु हुने गरेको छ भने संक्रमणको दर पनि दैनिक बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।, व्यवसायीको दवावपछि झापामा निषेधाज्ञा खुकुलो, तोकिएको समयभन्दा अघिपछि पसल खोले जरिमाना
सेतोपाटी संवाददाता आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीले आफूहरूको माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।, आफूहरूको सबै सेवा, सुविधा कटौति हुने गरी गत साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दवाव दिँदै आएका टेलिकमका कर्मचारीले अब पनि सम्बोधन नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन्। , कम्पनी सञ्चालक समिति र व्यवस्थापनले आफू अनुकूल तर ४ हजारभन्दा बढि कर्मचारी प्रतिकूल हुने गरी विनियमावली ल्याएकाले त्यसको विरोधमा केन्द्रिय कार्यालय परिसरमा जारी अनसनलाई निरन्तरता दिन बाध्य हुनु परेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादवप्रसाद पनेरीले जानकारी दिए। उनले आफूहरूको सो माग सम्बोधन नभए नेपाली टेलिकमको संचालक समिति र व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए।, टेलिकम सञ्चालक समितिले आफूहरूको अधिकार कटौति गरी जारी गरेको सो विनियमावलीविरुद्ध त्यहाँका कर्मचारीहरुले गत साउन ५ गतेदेखि केन्द्रिय कार्यालयमा धर्नासहितका विरोध कार्यक्रमलाई निरन्तरता दिईरहेका छन । २८ दिन बित्दा समेत पनि आफूहरुको माग सुनुवाई नभएको भन्दै टेलिकम कर्मचारीहरु संचालक समिति र व्यवस्थापन विरुद्ध झनै आक्रोशित भएका छन्। उनीहरुले टेलिकमको सेवामा गुणस्तर वृद्धि, सुशासन र लगानी अनुसारको प्रतिफल निकाल्न पनि व्यवस्थापनलाई जिम्मेवार बन्न दवाव दिँदै आएका छन्।, टेलिकम कर्मचारीको चेतावनीः व्यवस्थापनविरूद्ध कडा आन्दोलनमा जान्छौं
खिलानाथ ढकाल वर्षामा धान रोपाइँ गर्नेजस्तो हिलो बाटोमा गाडी चलिरहेका हुन्छन् ‘कछुवा गति’मा। मोटरसाइकल चालकहरू पाइन्ट घुँडासम्म सुर्केर हिँड्छन्।, सुख्खायाममा धुलोले कपडा ढाकिदिन्छ। त्यसमाथि सवारीबाट निस्केको धुवाँले सासै रोकिन्छ।, हात्तीवन-गोदावरी सडकमा यात्रा गर्नेहरूलाई कति सास्ती छ, अब त उनीहरूले ख्याल पनि गर्न छोडिसके।, यो बाटो चौडा हुने र त्यसमाथि पिच भएर चिल्लो बाटो हेर्ने स्थानीयको चाहना एकादेशको कहानी भइसकेको छ।   , यही राजधानीमा कतै वर्षौंसम्म सडक बनेन, पिच भएन भन्ने गुनासो एकातिर छ। अर्कातिर भने सडक निर्माणमा जनताको व्यवधान र सम्पत्तिको मुआब्जा विवाद छ।, यी दुबै बहाना देखाएर राज्य भने चुपचाप बसिरहेको छ वर्षौंदेखि। त्यसको असर भने जनताले दैनिक भोगिरहनु परेको छ। हात्तीवन-गोदावरीको सडकको दुरावस्थाले त्यहाँका निर्वाचित जनप्रतिनिधि, सांसददेखि मन्त्री बनेकाहरूलाई सरम बनाइदिएको छ।, हात्तीवन-गोदावरी सडक स्थानीय व्यवधान र सम्पत्ति मुआब्जाको विवाद हल गर्न नसक्नु उनीहरूको कमजोरी हो।, हात्तीवन-गोदावरी सडक २०७२ सालमै ठेक्का लागेको थियो। काठमाडौं उपत्यका सडक विस्तार आयोजना कार्यालयले बाटो चौडा गरेर सडक निर्माण गर्न खोजेको थियो।, तर, यतिका वर्षसम्म न बाटो चौडा नै भयो, न भएको बाटो पिच नै भयो।, ‘हाई प्रोफाइल’ नेता, सांसदहरू दिनहुँ हिँड्ने यहाँको बाटो जम्मा ८ मिटर पनि चौडाइको छैन। वर्षौं पहिलाको तत्कालीन आवश्यकताका आधारमा खनिएको सडक अहिले पनि जस्ताको तस्तै छ।, त्यसैले, सडक विस्तार आयोजना कार्यालयले बाटो विस्तार गर्नुपर्ने आवश्यकता देख्यो। यो सडक भोलिका दिनमा विस्तार नगरी पनि सुख  छैन।, राज्यका निकायले सडक बनाउने योजना ल्याए पनि साकार हुन भने सकेको छैन। साँघुरो बाटोमा जाम हुने गरेकाले सास्तीपूर्वक यात्रा गर्न जनता बाध्य भइरहेका छन्।, यो बाटो नबन्नुमा स्थानीयको मुआब्जा दाबी जति छ त्योभन्दा बढीचाहिँ सडक बनाउने निकायको लापरबाही छ।  , सडक बनाउने निकायसँग दुई विकल्प छन्। कि स्थानीय अवरोधलाई हटाउन उनीहरूले भनेको मुआब्जा दिनुपर्‍यो। कि चुपचाप हाल कायम रहेकै बाटोलाई निरन्तरता दिनुपर्‍यो।, सरकारले गत २०७७ चैतमा मन्त्रिपरिषदबाट निर्णय गरेको छ- अब यो बाटो जस्तो अवस्थामा छ, त्यसमै चित्त बुझाऔं।, हाल कायम रहेकै बाटोमा पिच हाल्न त्यतिबेलै सरकारले भने पनि स्थानीयले सानो मेहनत गर्नु परेन। गत साल असारमा स्थानीयले सडकमा रोपाइँ नै गरे। त्यसपछि बल्ल सरकारी निकायहरूका कान ठाडा भएका थिए।, ‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, सांसद पम्फा भुसालसहितको टोलीबीच बाटो बनाउन पहल थाल्ने कुराकानी भयो,’ ललितपुर-२९ का वडाध्यक्ष गणेशकुमार महर्जनले भने, ‘तर, कहिले के कहिले के बहाना बनाएर ठेकेदारले काम गरेनन्, अहिले पनि काम भइरहेको छ भन्ने कि छैन भन्ने।’, उनका अनुसार त्यसयता बाटोमा ढुंगा, बालुवा हाल्ने काम अलिअलि हुन थाल्यो। ठेक्का सम्झौता भएको निर्माण कम्पनी सिएम कन्स्ट्रक्सनले काम थालेको थियो।, कोरोना, लकडाउन, कहिले कामदार नभेटिएको, कहिले सामान र उपकरण नभएको भन्दै ठेकेदारले विलम्ब गरिरहेकै छन्। स्थानीयको दबाब धेरै आएपछि असारमा ठेकेदार कम्पनी सक्रिय भएर ठैंबमा अलकत्रा खन्यायो। तर, साँझ आएको पानीले बगाइदियो।, ‘हामीले चैत वा वैशाखसम्ममा बाटो बनोस् भन्ने चाहना राखेका थियौं, तर ठेकेदारले असारसम्म पुर्‍याए, वर्षा हुन थालेपछि अहिले कामै रोकियो,’ वडाध्यक्ष महर्जनले भने।, सातदोबाटोबाट हात्तीवनसम्मको सडक फराकिलो र चौडा छ। त्यहाँभन्दा माथि सात किलोमिटर बाटो निर्माण गर्नुपर्ने हो।, हरिसिद्धीदेखि गोदावरीसम्म बाटो पूरै क्षतविक्षत छ। स्थानीय जनप्रतिनिधिका अनुसार यो बाटो हाल वर्षाका कारण निर्माण रोकिएको छ। आगामी कात्तिक वा मंसिर महिनाभित्र बाटो पिच गरिसक्ने गरी ठेकेदार कम्पनी र सरोकारवालाबीच सहमति भएको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन बताउँछन्।, ‘सडक विभागको टोली, संघीय संसदका प्रतिनिधि, जनप्रतिनिधि, ठेकेदारहरू लगायतबीच मंसिरभित्र बाटो पिच गर्ने सहमति छ,’ उनले भने।, स्थानीयका अनुसार ललितपुर-२८ र २९ नम्बर वडामा मुआब्जाको विवाद छ। त्यो विवादमा स्थानीयका चार-पाँच सय घर छन्। सडक फराकिलो पार्न लाग्दा उनीहरूले ज्ञापन पत्र बुझाए, संघर्ष समिति बनाए।, सरकारले मुआब्जा वा क्षतिपूर्ति दिनेबारे केही पनि निर्णय गरेन।, सडक विस्तार कार्यालय काठमाडौंका सूचना अधिकारी अशोक यादव भन्छन्, ‘मुआब्जा दिने हाम्रो काम होइन, उपत्यका विकास प्राधिकरणको हो।’, दुई वटा वडामा रहेको मुआब्जा र क्षतिपूर्ति विवाद अहिले यथावत् नै छ। कतिपयले स्थानीयले आश मारेर छोडिसकेका छन्। कतिपयमा समस्यामा स्थानीय नै लचिलो बनेपछि हरिसिद्धीबाट बाटो फराकिलो पार्ने काम भइरहेको वडाध्यक्ष महर्जनले बताए।, ‘अहिले जहाँ जे जति सडक छ, त्यसमा नाला र बीचमा ढल निकास हालेर बाटो बनाउन थालिएको छ, तर दुर्भाग्य एक वर्षमा दुई किलोमिटर बाटो नबन्दा हामीलाई आश्चर्य लागेको छ,’ महर्जन भन्छन्।, काठमाडौं उपत्यका सडक विस्तार आयोजना कार्यालयका प्रमुख गुरु अधिकारी २२ मिटर चौडाको सडक बनाउन मुआब्जा विवादले नै अगाडि बढ्न नसकेको बताउँछन्।, प्राधिकरणले साइट क्लियर गर्न नसकेपछि बाटो विस्तार गर्न नसकिएको उनी बताउँछन्। अहिले पनि साइट क्लियर नभएका कारण नै बाटो बनाउन नसकिएको उनले बताए।, ‘मैले भिडिओ बनाएर त्यहाँका सांसद, मन्त्री, सचिव सबैलाई समस्या राखेँ, तर सडक बन्न नसकेको कारण स्थानीयले जग्गा प्राप्तिको विषय उठाएर हो भन्ने कुरा गर्नुभयो,’ उनले भने, ‘हाम्रो सोचाइ फराकिलो पारेरै बनाउने हो, तर मुआब्जा र क्षतिपूर्ति मिलाउने काम हामी सक्दैनौं, प्राधिकरणले गरिदिए हामीलाई काम गर्न सजिलो हुन्छ, अहिलेलाई भएकै बाटो पिच गरेर सकेसम्म समस्या समाधान गरिदिने हो।’, भएकै बाटोमा पिच गर्ने मन्त्रिपरिषदको निर्णयपछि भने यो कार्यालय र ठेकेदार कम्पनी लागेको छ।, उपत्यका विकास प्राधिकरणका ललितपुर जिल्ला आयुक्त एकराज अधिकारी यो सडक नबन्नुमा प्राधिकरणको मात्र कमजोरी नभएर संघीय सरकार, स्थानीय सरकार र ठेकेदार कम्पनी पनि जिम्मेवार रहेको बताउँछन्।, कतिपय मानिसहरू मुआब्जाका लागि निवेदन दिन नआउने, स्थानीय सरकारले सहजीकरण नगरिदिने गरेकाले प्राधिकरणलाई काम गर्न अफ्ठेरो भएको उनले बताए।, संघीय सरकारले मुआब्जाका नाममा यसपालि ललितपुर जिल्लामा १० लाख रूपैयाँ मात्र विनियोजन गरेको उनले बताए।, ‘यति पैसाले म एक जनालाई पनि क्षतिपूर्ति दिन सक्दिनँ, अनि काम कसरी अगाडि बढ्छ, सरकारले यो विषयमा कसरी सोचेको छ भन्ने कुराले पनि विकासको काम अगाडि बढ्ने नबढ्ने निर्क्यौल हुन्छ,’ उनले भने।, क्षतिपूर्तिको मामलामा कतिपय मानिस लचिलो भए पनि ठेकेदार कम्पनीले एक जनाको बहाना बनाएर कामै रोक्ने गरेको उनले बताए।, ‘एक जनाले अवरोध गर्‍यो भनेर पूरै काम रोकिदिने परिपाटी छ, कम्तीमा स्थानीय सरकारले अग्रसरता देखाइदिने, मुआब्जा लिनेले पनि कति माग के हो खुलाइदिने हो भने सजिलो हुन्थ्यो,’ उनले भने।, सिएम कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर सन्तकुमार श्रेष्ठले पनि मुआब्जाको समस्या नसुल्झ्याएका कारण नै आफूले काम गर्न नसकेको बताए। उनले अदालतबाट मुआब्जाबाट आदेश नै भएर आफूलाई बिनामुआब्जा नभत्काउन चिठी आएको बताए।, ‘२०७२/७३ मा ठेक्का लाग्यो, मुआब्जाको समस्या समाधान भएन, मलाई २०७७ मा सरकारले यथाअवस्थामै पिच गर्न भनेर आदेश आउँछ,’ उनले भने, ‘कहिले स्थानीयको खानेपानी पाइपको समस्या, यो साल त कोरोना र लकडाउनले काम पनि गर्न पाइएन, मलाई दोष देखाउनुको औचित्य छैन।’, उनले यथाअवस्थाकै सडकमा पिच गर्नका लागि सहमति भएपछि अब कात्तिक मंसिरभित्र सडक बनाइसक्ने बताए।, कात्तिक-मंसिरसम्म भने स्थानीयले धुलो-धुवाँ र हिलोको सास्तीबाट मुक्त नहुने पक्का छ।,  ,  ,  ,  ,  , हात्तीवन-गोदावरी सडक ६ वर्षमा न पिच भयो, न चौडा
राजु अधिकारी संघीय सरकारले सञ्चालन गरेको स्टाफ कलेजकै मोडलमा प्रदेश १ मा पनि अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान बन्ने भएको छ। , सरकारले नीति तथा कार्यक्रममै उल्लेख गरेको यो कार्यक्रम कार्यान्वयन गर्न संसद्बाट कानुन बनाउने प्रक्रिया थालेको छ।  ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको  विधेयक’ सोमबारको प्रदेशसभा बैठकमा सरकारले पेश गरेको छ। , आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले संसद्मा विधेयक पेश गर्दै केन्द्रको ‘स्टाफ कलेज’ कै शैलीमा प्रतिष्ठानले काम गर्ने बताए। ‘यो प्रतिष्ठानले अनुसन्धानको काम पनि गर्नेछ,’ उनले सदनमा भने, ‘हाम्रो मानव संशाधनलाई प्रभावी बनाउन प्रशिक्षणको मात्रै नभई अनुसन्धानको पनि आवश्यकता बोध गरेर यसको स्थापना हुन लागेको हो।’ , यो प्रतिष्ठान झापामा स्थापना हुने भएको छ। पञ्चायतकालमै स्थापना भएर लामो समय अलपत्र जस्तै अवस्थामा रहेको झापा चन्द्रगढीको कलबलगुढी प्रशिक्षण केन्द्रमा प्रदेशले यो प्रतिष्ठान बनाउने भएको हो। भद्रपुर नगरपालिका १० नम्बर वडामा रहेको कलबलगुढी प्रशिक्षण केन्द्रको फराकिलो क्षेत्रफलसहितको संरचना संघीय सरकारले प्रदेशलाई हस्तान्तरण गरिसकेको छ। सोही ठाउँमा अनुसन्धान र प्रशिक्षण प्रतिष्ठान सञ्चालनको तयारी प्रदेशले गरेको हो। , ‘सरकारी तथा सार्वजनिक प्रतिष्ठानको मानव संशाधनलाई प्रशिक्षण प्रदान गर्न प्रतिष्ठान स्थापना गरिने’ प्रस्तावित विधेयकमा उल्लेख छ। ‘प्रदेशका निजामति कर्मचारी, स्थानीय तहका कर्मचारी, सार्वजनिक प्रतिष्ठानका जनशक्ति तथा प्रदेशका अन्य जनशक्तिलाई दक्ष, सक्षम बनाउने र उनीहरुको  कार्यसम्पादन प्रभावकारी बनाउने’ लक्ष्य प्रतिष्ठानको रहने सरकारले जनाएको छ। , अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अविछिन्न उत्तराधिकारीवाला  र स्वायत्त हुने पनि संसद्मा पेश भएको विधेयकमा उल्लेख छ। , प्रतिष्ठान सञ्चालनका लागि मुख्यमन्त्रीको नेतृत्वमा परिषद गठन हुने र त्यही परिषद प्रतिष्ठानको सर्वोच्च निकाय हुने विधेयकमा उल्लेख छ। , प्रतिष्ठानको दैनिक कार्य सञ्चालनका लागि कार्यकारी निर्देशकसहितका कर्मचारीहरु, प्राध्यापन, प्रविधि क्षेत्रका जनशक्तिहरुको व्यवस्थापन गरिने विधेयकमा उल्लेख छ।  , झापाको कलबलगुढीमा प्रतिष्ठान मुख्यालय रहे पनि यसले प्रदेशका सबै जिल्लाहरुमा घोषित लक्ष्य प्राप्तिका लागि काम गर्ने विधेयकमा उल्लेख छ। त्यस्तै प्रदेशका अन्य प्रशिक्षणमुलक संघ–संस्थाहरुको नियमन पनि यही प्रतिष्ठानले गर्ने विधेयकमा प्रस्ताव गरिएको छ।, प्रदेश १ मा स्टाफ कलेजकै मोडलमा अनुसन्धान–प्रशिक्षण प्रतिष्ठान बन्दै