content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १६ हजार ४३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ९४६ जनाको पिसिआर र ४ हजार ४९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, ... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले बेलायतको नेपाली दूतावासस्थित आमरण अनसनमा बसिरहेका भूतपूर्व गोर्खा सैनिकको जीवनरक्षा गर्न चाहिने व्यवस्था गर्नु भन्दै सरकारलाई अन्तरिम आदेश दिएको छ। , अधिवक्ता संजय अधिकारीसमेतले दिएको रिटमा न्यायाधीश दीपककुमार कार्कीको इजलासले बिहीबार यस्तो आदेश दिएको हो। , ‘जीउ ज्यान जस्तो संवेदनश... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ८६७ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा ६३९, भक्तपुरमा १०१ र ललितपुरमा १२७ जना संक्रमित थपिएका हुन्।, त्यस्तै, हाल उपत्यकामा ११ हजार ७ सय ५० सक्रिय संक्रमित छन्।, काठमाडौंमा ८ हजार ९५, भक्तपुरमा १ हजार ४ सय ४९ र ललितपुरमा २ हजार... |
सबिना श्रेष्ठ म्याग्दीकी भुलकुमारी रोकालाई नपढ्नु भनेको भुल बराबर लाग्थ्यो। धेरै ठाउँ पढाइकै कारण उनले 'ठक्कर' समेत खान परेको थियो।, ४८ वर्षीया उनले धेरै पटक सुनेकी पनि थिइन्, 'पढेको र नपढेको मान्छेमा धेरै फरक हुन्छ।', कस्तो फरक भनेर उनलाई थाहा पाउन मन थियो।, जंगलमा घाँस–दाउरा खोज्न जाँदासमेत कापी बोकी हिँड्ने उनलाई प... |
सेतोपाटी संवाददाता रुकुम पश्चिमका तीन जना बाँकेमा चोरीको मोटरसाइकल र पाटपुर्जासहित पक्राउ परेका छन्। , रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ११ का १८ वर्षीय अनुप चन्द, २० वर्षीय सुन्दर मल्ल र १८ वर्षीय अम्मर बिक पक्राउ परेका हुन्। , जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले कोहलपुर नगरपालिका वडा नम्बर... |
सेतोपाटी संवाददाता कैलालीमा एक महिला मृत फेला परेकी छन् ।, बिहीबार घोडाघोडी नगरपालिका-५ सरैयाकी (बेलुवापुर) की ५५ वर्षीया हिरादेवी साउद मृत फेला परेको प्रहरीले जनाएको छ।, साउदको शव सोही ठाउँको कान्द्रा नदीमा ढलेको रूख हाँगामा घोप्टो परि अड्किएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लो... |
युवराज श्रेष्ठ मंगलबार चिजा श्रेष्ठको घर पुग्दा उनी फोनमा व्यस्त थिइन्।, 'बुबालाई देख्न पाउनुभएन, आमा सधैं पिर मान्नुहुन्छ। तपाईं कति पैसा-पैसा भन्नुहुन्छ?' चिजा फोनमा भनिरहेकी थिइन्, 'अब कामसाम गर्नुपर्दैन, खुरूक्क नेपाल आउनु।', अफगानिस्तान, काबुलस्थित एउटा होटलमा बीस महिनादेखि थुनिएका छन् उनका श्रीमान बालकुमार श्रेष... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय र इजरायलको सबैभन्दा ठूलो विश्वविद्यालय तेल अभिभ विश्वविद्यालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। , नेपाल-इजरायलबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको आपसी सहकार्यलाई थप प्रभावकारी बनाउन दुई विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भ... |
सेतोपाटी संवाददाता ललितपुरको पुल्चोकमा रहेको एक अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर एक महिलाले व्यावसायिक रुपमा 'यौन व्यवसाय' गरेको खुल्न आएको छ।, सोमबार साँझ महानगरीय प्रहरी परिसरका टोलीले सो अपार्टमेन्टमा छापा मारेर संचालक गीता खड्गीसहित ७ जनालाई पक्राउ गरेपछि अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर व्यावसायिक रूपमा य... |
सेतोपाटी संवाददाता प्रहरीले बाराबाट सात किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका-८ का ४५ वर्षीय अमितकुमार कुर्मी र ५० वर्षीय वासुदेव महतो रहेका छन्।, दुबैलाई जितपुरसिमरा-१५ स्थित दुधौरा खोलाको बगरबाट बिहीबार दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरी... |
सेतोपाटी संवाददाता ट्रक र मोटरसाइकल ठोक्किँदा नवलपरासी (पूर्व) कावासोतीमा एक जनाको मृत्यु भएको छश्र, मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका-३ का २१ वर्षीय अमर अधिकारी रहेका छन्।, मोटरसाइकलको पछाडि बसेकी सोही ठाउँकी १९ वर्षीया ममता खाँण घाइते छिन्। उनको नवलपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, कावा... |
सेतोपाटी संवाददाता नक्कली कागजात बनाई ठगी गरेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले बुधबार साँझ ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ५ सेतीपाखाबाट रविकुमार सिंहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।, उनका अनुसार सिंहले विभिन्न बहानामा धेरै व्यक्... |
सेतोपाटी संवाददाता एसी जडान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, नवलपरासी (पूर्व) देउचुली नगरपालिका-१२ का ४० वर्षीय चक्रपाणि भुसालको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।, सोही नगरपालिका-२ स्थित सिजी फुड नेपाल प्रा.लि.मा कार्यरत् भुसाललाई एसी जडान गर्ने क्रममा बिहीबार बिहान ११ बजे करेन्ट लागेको थियो।, करे... |
सबिना श्रेष्ठ पाटन, पुल्चोकको अशोक स्तुपसँगै अहिले जुन ठाउँमा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था छ, त्यसको ठ्याक्कै अगाडि सडक किनारमै कुनै बेला 'समय् फल्चा' (पाटी) थियो।, रातो मच्छिन्द्रनाथको रथयात्रासँग जोडिएको यो फल्चा मासिएको धेरै भयो।, स्थानीय बाबुकाजी महर्जनसँग फल्चाको सम्झना ताजै छ। ७० वर्षीय बाबुकाजीका... |
रासस कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन्।, सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ।, जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लामा हालसम्म एक लाख ८८ हजार ७४१... |
सेतोपाटी संवाददाता सरकारले आजदेखि तीन दिनसम्म कक्षा ११ र कक्षा १२ का विद्यार्थीलाई पनि कोरोनाविरूद्ध खोप लगाउने भएको छ।, स्वास्थ्य सेवा विभागको भदौ ३ को निर्णयअनुसार भेरोसेल खोपको पहिलो मात्रा आज शुक्रबारदेखि विद्यार्थीलाई लगाउन सुरू गरिन्छ।, १८ वर्ष माथिका कक्षा ११ र १२ अध्ययनरत तथा विश्वविद्यालय तहको परीक्षाको प्रवे... |
सेतोपाटी संवाददाता व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान उकास्नका लागि हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ गरिएको छ। , ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमबाट अभियान शुभारम्भ भएको यस अभियानका राष्ट्रिय संयोजक रूक्माङ्गद कटवालले जनाएका छन्... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय र ईजरायलको विश्वविद्यालय तेल अभिभबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।, नेपाल/ईजरायलबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने उदेश्यले यी दुई विश्व विद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका ला... |
रासस भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मिर्गौला डायलासिस गर्न छुट्टै उपकरणको व्यवस्था गरिएको छ।, डायलासिस विभागमा रहेका नौवटा उपकरणमध्ये एउटा कोभिड सङ्क्रमितका लागि छुट्याइएको हो।, अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्टै राखिएको डायलासिस उपकरणमा गत साउनमा मात्रै छ कोभिड सङ्क्रमितले १३ पटक स... |
एजेन्सी चीनमा हजार वर्षअघि बनाइएका बुद्धका मूर्तिहरू चोरी भएका छन्। दक्षिण पश्चिमी प्रान्त सिचुवानको वाङकाङ काउन्टीबाट २३ वटा मूर्ति चोरी भएका हुन्।, चिनियाँ सञ्चारमाध्यमहरूले प्रकाशित गरेका समाचारमा मूर्ति चोरी भएपछि १३ जना अधिकारीहरूलाई कारबाही गरिएको छ। उनीहरूमध्ये ८ जनालाई अनुशासनको कारबाही गरिएको छ भने पाँच जनाला... |
सविता बुढा कैलालीको कैलारी गाउँपालिकाको शिवरत्नका टीकाराम चौधरीलाई मुख्यमन्त्रीसमक्ष गुनासो राख्ने मन थियो।, उनको गाउँका मान्छेले मोहना नदीमा पुल नहुँदा वारपार गर्न सास्ती भोगिरहनु परेको छ। पुल बनाउने भनिएको ठाउँमा झोलुंगे पुलको काम अगाडि बढेको छैन।, गाउँमा पुल निर्माणको काम किन सुरू भएन? भन्ने प्रश्न उनले मुख्यमन्त्... |
सेतोपाटी लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरूद्ध बनेको छ।, राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको हो।, पहिराले बिहान ६ः०० बजेदेखि राजमार्ग पूर्णरूपमा अवरूद्ध भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। अव... |
सेतोपाटी संवाददाता बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, उदयपुर त्रियुगा बस्ने १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ६४ वर्षीय पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। , उनलाई प्रहरीले शुक्रबार पक्राउ गर... |
सेतोपाटी जिल्ला अदालत धादिङमा सबभन्दा धेरै पारिवारिक विवादका मुद्दा दर्ता भएको छ।, उक्त विवादका ६३६ मध्ये ३६३ थान मुद्दा फछ्र्योट गरिएको छ। , आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म सम्बन्ध बिच्छेदका ४२८ मुद्दामध्ये २८५, अंशबण्डाका १७२ मध्ये ७०, सम्पत्तिसम्बन्धी १६२ मध्ये ७२, बालबालिकासम्बन्धी ४१ मध्ये १७ र विवाहसम्बन्धी ... |
सेतोपाटी संवाददाता बागमती प्रदेश सरकारले भदौ ७ गते प्रदेशभरि बिदा दिने निर्णय गरेको छ।, शुक्रबार प्रदेश राजपत्रमा सूचना प्रकाशित प्रदेशले गाईजात्राको दिन प्रदेशभरि बिदा दिने निर्णय गरेको हो।, यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्राका अवसरमा देशभरिका नेवार समुदायलाई बिदा दिने निर्णय गरेको थियो।, काठमाडौं उपत... |
सेतोपाटी गएरातिको वर्षाका कारण अवरूद्ध भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको छ।, सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने यो एकमात्र पहाडी राजमार्ग हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्षाका कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरानजिक पहिरो जाँदा उक्त राजमर्ग अवरूद्ध भएको थियो।, र... |
खिलानाथ ढकाल डोल्पाका दीपेन्द्र शाहीले जाजरकोटका रत्नबहादुर खड्कासँग २०७२ साल चैत ११ गते चार करोड ३२ लाख रुपैयाँ सापटी लिएका थिए।, शाही र खड्का दुबै निर्माण व्यवसायी हुन्। शाहीको सिद्धिसाई प्रकाश कम्पनी छ, खड्काको खड्का-कृष्ण कम्पनी हो।, शाहीले कन्स्ट्रक्सनको कामका सिलसिलामा खड्कासँग ऋण लिएका थिए। त्यो ऋणबापत् उनले जग... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १७ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ५३० जनाको पिसिआर र ७ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै,... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ८९८ जनालाई संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ संक्रमित थपिएका छन्। , त्यस्तै, हाल उपत्यकामा ११ हजार ६ सय ३० सक्रिय संक्रमित छन्।, काठमाडौंमा ७ हजार ८६७, भक्तपुरमा १ हजार ४ सय ७४ र ललितपुरमा २ हजार २ ... |
सेतोपाटी संवाददाता सर्लाहीमा एक किशोरी मृत फेला परेकी छन्।, मंगलबार मध्यराति लालबन्दी नगरपालिका वडा नम्बर ६ स्थित कालिन्जोर खोलामा १६ वर्षीया प्रियंका भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।, गत आइतबार रातिदेखि बेपत्ता रहेकी उनको मध्यराति शव फेला परेको हो। घटना शं... |
सेतोपाटी संवाददाता कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहितकुमार शाह हातहतियारसहित पक्राउ परेपछि प्रहरी हिरासतमा रहेका छन्।, गत साउन २५ गते राति गौरीगंगा नगरपलिका–९ शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गबाट उनी पक्राउ परेका थिए। , पूर्वतर्फ गइरहेको बा १७ च १३१२ नम्बरको अमारो जीपमा चालक रहेका बेला प्रहरीले चेकजाच गर्नेक्रममा... |
सेतोपाटी संवाददाता दाङको सीमा नाका क्षेत्रको एक सामुदायिक वनमा सयौं रूख काटेको अवस्थामा फेला परेको छ। , राजपुर गाउँपालिका वडा नं. ५ जंग्रहवास्थित मैनीहवा सामुदायिक वनभित्र साल, सतिसाललगायत विभिन्न जातका चार सय ८४ क्यू फिट काठ बरामद भएको हो। , उक्त काठ सब डिभिजन कार्यालय बेलाबाट गस्ती टोलीले साउन २५ गते फेला पारेको हो।... |
सेतोपाटी विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका-१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ।, महानगरपालिकाले दरबार परिसरमा भिड हुने जनाउँदै मंगलबारदेखि सो व्यवस्था गरेको हो। , नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, ‘हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिनामास्क प्रवेश निषेधको जनचे... |
सेतोपाटी संवाददाता मेलम्ची नदीमा फेरि बाढी आएको छ।, बुधबार बिहान हेलम्बु क्षेत्रमा भारी वर्षाका कारण मेलम्ची नदीमा बाढी आएको हो। , बाढीले मेलम्ची नगरपालिका-६ का तीन वटा घर बगाएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए। , यसअघि नै बाढी आएपछि ती घरबाट मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो। , बाढी आएर तट... |
एजेन्सी सोमबार दिउँसो अफगानिस्तानका स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले एउटा भिडिओ पोष्ट गरे। काबुलस्थित हमिद कारजाई विमानस्थलमा अमेरिकी सेनाको कार्गो जहाज उड्न लाग्दा धावनमार्गमा सयौं मानिस दौडिरहेका थिए। कोही बिस्तारै गुडिरहेको जहाजको पखेटामा चढ्न खोज्दै थिए।, केहीबेरमा जहाज टेकअफ भयो र मानिसहरू आका... |
सेतोपाटी संवाददाता वन क्षेत्र अतिक्रमण गरेको आरोपमा डिभिजन वन कार्यालय दाङले २२ जनाविरूद्ध मुद्दा चलाएको छ। , लकडाउनको मौका छोपी बबई गाउँपालिकाका वडा नं. ५ बबरपुरस्थित कालापानी सामुदायिक वन क्षेत्रको खाली जग्गा अतिक्रमण गरेर खेतीपाती गर्नुका साथै घर समेत निर्माण गरेको पाइएपछि मुद्दा चलाइएको हो। , त्यस्ता २२ जनाविरूद्ध... |
सेतोपाटी संवाददाता अनैतिक गतिविधि गरेको आरोपमा प्रहरीले सात जनालाई ललितपुरबाट पक्राउ गरेको छ।, प्रहरीले मंगलबार दिउँसो साढे तीन बजे ललितपुर महानगरपालिका वडा नम्बर ३ कान्तिपुर हाइटस्थित एक अपार्टमेन्टबाट सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जाकारी दिए।, अपार्टमेन्टमा... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ९९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ९९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० संक्रमित थपिएका छन्। , थप ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, १६ हजा... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सब-इन्जिनियरविरूद्ध अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।, प्राधिकरणको करार सेवामा रही ओखलढुंगामा कार्यरत सब-इन्जिनियर राजन पासवानविरूद्ध अख्तियारले बुधबार काठमाडौंको विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नाराय... |
सेतोपाटी संवाददाता चेक बाउन्स मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, दक्षिणकाली नगरपालिका वडा नम्बर ३ सोखेल बस्ने ४० वर्षीय समुन्द्रकेशर केसी र काभ्रे धुलिखेल नगरपालिका वडा नम्बर २ घर भई काठमाडौंको डल्लु बस... |
रासस कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला मालपोत कार्यालय दुई साताका लागि बन्द भएको छ।, सात कर्मचारीमा संक्रमण र अन्य कर्मचारी ट्रेसिङमा परेपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले जनाएको छ। , कार्यालय प्रमुख जनकबहादुर हमालले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिने सेवा आगामी भदौ १५ गतेसम... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार ८३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ८३९ जनाको पिसिआर र ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, ... |
रासस पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा एक्कासि बालुवासहित पानीको फोहोरा निस्केको छ।, बुधबार कपन शिवमन्दिर नजिक भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन्।, फोहोरा जारी रहेपछि उनीहरुले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए।, सूचनापश्चात् घटनास... |
रासस नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरोमा परेर एक जनाको निधन भएको छ।, गए राति झरेको पहिरोमा परेर स्थानीय ४३ वर्षीय विष्णुप्रसाद लामिछानेको मृत्यु भएको हो।, घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले बताए।, उनकाअनुसार गए राति २ः३... |
सेतोपाटी संवाददाता कोरोना संक्रमणको लहर फेरि बढेपछि कैलालीमा ‘तपाईंको मास्क खोई’ अभियान सुरू गरिएको छ।, जिल्ला प्रहरी कर्यालय कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजना बिहीबार सो अभियान सुरू भएको हो।, सबैलाई अनिवार्य रूपमा मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले जिल्लामा यो अभियान सञ्चालन गरिएको जिल्ला प्... |
सेतोपाटी संवाददाता रसुवाको नैकुण्ड गाउँपालिका वडा नम्बर ५ कोलडाँडामा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।, आज बिहान करिब ३:३० बजेतिर पहिरोले स्थानीय श्यामबहादुर गलानको घर पुरिएको थियो।, स्थानीयले गलानलाई उद्धार गरेका थिए। उनलाई थप उपचारका लागि एम्बुलेन्समार्फत् काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ।, पह... |
सेतोपाटी संवाददाता प्रहरीले ६ किलो चाँदीका गरगहनासहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-६ का ६० वर्षीय नागेन्द्र साह सोनार छन्।, उनलाई भारतबाट चाँदीका गरगहना ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज-१६ शंकराचार्य गेटबाट बिहीबार बिहान पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक... |
रासस घरमाथिबाट आएको पहिराका कारण दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका छन्।, गलान भने घाइते अवस्थामा भेट्टिएकाले उ... |
रासस कर्णाली प्रदेश सरकारले यही भदौ ४ गते अर्थात् शुक्रबार सार्वजनिक बिदा दिने भएको छ।, प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिन लागेको हो।, प्रदेश सरकारको विसं २०७८ वैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा भदौ ४ गते प्रदेशस्थित सबै सरकारी तथ... |
सेतोपाटी संवाददाता राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ ।, कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उनको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ।, राजधानी न्यूज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चाल... |
सेतोपाटी मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगालको खाडीको उत्तर-पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकाले अझै तीन दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्... |
सेतोपाटी संवाददाता पुरातात्विक महत्व भएको बुद्धको मूर्ति बेच्न खोजेको आरोपमा पाँच जना पक्राउ गरेका छन्।, बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ७ गुलरिया बजारबाट पाँच जनालाई मूर्तिसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।, गुलरिया नगरपालिका वडा नम्बर ७ बस्ने ४० वर्षीय निराजन उप्रेती, मधुवन नगरप... |
एजेन्सी सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओले संसारभरिका मानिसको ध्यान तानेको थियो।, अफगानिस्तानको काबुलस्थित हमिद कारजाई विमास्थलको धावनमार्गमा टेकअफ गर्न लागेको अमेरिकी सेनाको जहाजसँगै मानिसहरू दौडिरहेको भिडिओमा देखिन्छ। ती मानिसहरू अन्तिमसम्म पनि जहाजमा चढ्नका लागि प्रयासरत थिए।, जहाजसँग मान्छे दौडिरह... |
रासस तनहुँको शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखेर त्यसको न्यूनीकरणका लागि अत्यावश्यकबाहेकका सबै सेवा चार दिनका लागि बन्द गरेको छ । , नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि भदौ १ देखि ४ गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यकबाहेकका सबै सेवा बन... |
राजु अधिकारी छ वर्षअघि चिकित्सकले राधादेवी मास्केको दुबै मिर्गौला फेल भएको सूचना दिँदा उनका पति श्याम मास्केलाई लागेको थियो- अब संसार सकियो!, किड्नीको उपचार ज्यादै महँगो हुने हल्ला धेरै सुनेको मास्के परिवारका लागि त्यही हल्लाले संकेत गरेको डरलाग्दो समस्या जीवनको वास्तविकता बनेर सामुन्ने उपस्थित थियो। पत्नीलाई सुनाउँ क... |
रासस हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दा एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याएर खान बाध्य छन्।, पानीको मुहान बाढीले बगाएपछि उनीहरू एक घण्टा हिँडेर नदीको पानी ल्याइ पिउन बाध्य भएका हुन्।, साउन २० गते गएको बाढीले खानेपानीको मुहान र पाइप लाइन बगाएपछि खानेपानीका लागि स्... |
रासस झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ।, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए।, अत्यधिक भीडभाड हुने खाद्यान्न, तरकारी, माछामासुलगायत अत्... |
सेतोपाटी संवाददाता अफगानिस्तानबाट एक सय १८ जना नेपाली काठमाडौं आइपुगेका छन्।, अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत र त्यहाँबाट चार्टर्ड विमानमार्फत् मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। उनीहरूमध्ये ९ जना नेपाली मूलका भारतीय रहेका छन्। चार्टर्ड जहाजमा १२६ जना पुरूष र एक जना महिला काठमा... |
सेतोपाटी संवाददाता सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।, मंगलबार बिहान नौ बजे सप्तरी खडक नगरपालिका वडा नम्बर ३ बनरझुल्लाका २१ वर्षीय सन्तोष ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।, उनी घरदेखि करिब १५० मिटर पश्चिममा रहेको पोखरीमा माछा मार्न गएका थिए। त्यसैक... |
अच्युत रेग्मी बाघभैरव जात्रा यसवर्ष कोरोनाका कारण आज स्थगन गरिएको छ।, धार्मिक एवम् सांस्कृतिक रूपले महत्वको कीर्तिपुरको मध्य भागमा रहेका बाघभैरवलाई त्यहाँका स्थानीयबासीले आराध्यदेव मानी पूजाआजा गर्दै आएका छन्।, कीर्तिपुरमा बस्ती बस्दादेखि नै बाघभैरव मन्दिरको अस्तित्व रहिआएको कीर्तिपुर जात्रा पर्व व्यवस्थापन समितिका सद... |
सविता बुढा ८ वर्ष च्यातिएको त्रिपालमुनि कटाएको गोर्भूको परिवार नयाँ घरमा सरेको पाँच दिनमात्र भयो।, ९ वर्षको उमेरमा टुहुरो बनेका गोर्भुले ४० वर्ष घरबारविहीन जीवन बिताउनुपर्यो। ८ वर्ष त उनले त्रिपालमै कटाए। बाँकी ३२ वर्ष अर्काेको घरमा कमारो भएर बस्नुपर्यो।, आफ्नो कमाइले घरजग्गा बनाउन सक्ने उनको क्षमता थिएन। त्यसकारण घ... |
दिपकजंग शाही आफूमाथि जेठाजुले गरेको बलात्कारविरूद्ध सुर्खेतको भेरीगंगाकी सविता(नाम परिवर्तन)ले जाहेरी दिएको २ वर्षभन्दा बढी भयो।, अहिले यो घटना मुद्दा बनेर जिल्ला अदालत सुर्खेत पुगेको छ। , २०७७ जेठ २० गते जिल्ला अदालत सुर्खेतमा दर्ता भएको मुद्दा प्रतिवादीको ठेगाना स्पष्ट नभएको भन्दै अड्किएको छ। , प्रहरीले पठाएको ठेगा... |
सेतोपाटी संवाददाता अफगानिस्तानबाट एक सय १८ जना नेपाली काठमाडौं आइपुगेका छन्। , अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत र त्यहाँबाट चार्टर्ड विमानमार्फत् मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। चार्टर्ड जहाजमा १२६ जना पुरूष र एक जना महिला काठमाडौं आएका हुन्। उनीहरूमध्ये ९ जना नेपाली मूलका भा... |
युवराज श्रेष्ठ अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासका सुरक्षा गार्ड प्रकाश श्रेष्ठको गत शनिबार ड्युटी थिएन।, उनी आफू बस्ने कोठामै बसिरहेका थिए। अमेरिकी सेनाले अफगानिस्तान छाड्दै जाँदा विद्रोही तालिबानले देशका विभिन्न प्रान्त कब्जा गरिरहेका थिए। उनी बसिरहेकै ठाउँमा अमेरिकी सेनाका अधिकारीले सूचना दिए, ‘रेडी ... |
राजु विश्वकर्मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको बजेटमा सप्तरीको बोदे बसाइन नगरपालिकामा अनियमतिता भएको खुलेको छ।, सो कार्यक्रमअन्तर्गत बोदे बसाइन–१ र ७ मा दैनिक ज्यालादारी अशिक्षित मजदूरलाई दिनुपर्ने रकम नदिई जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमिता भएको जनाउँदै स्थानीय मजदूरहरूले विरोध जनाएका थिए।, मजदूरले... |
खिलानाथ ढकाल ओखलढुंगा, मलुङ गाउँपालिका (हाल कपन) का ५० वर्षीय भीममणि राई अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा काम गर्थे। काबुल राजदूतावासमा काम गर्न थालेको छ वर्ष भइसकेको थियो। गत चैतमा बिदामा नेपाल आएका उनी उता फर्केको तीन-चार दिन मात्रै भएको थियो।, भीममणि भूतपूर्व नेपाली सैनिक हुन्। अगस्ट १५ मा का... |
सेतोपाटी संवाददाता बर्दियामा सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर ८ भादा पुलबाट दुई जनालाई ८६.६४ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।, गुलरिया नगरपालिका वडा नम्बर ७ बस्ने २४ वर्षीय दिपेन्द्र सिंह र वडा नम्बर ३ बस्ने २३ वर्... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ६८९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, संक्रमितमध्ये काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ जना थपिएका छन्।, पछिल्लो २४ घण्टामा ११... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप एक हजार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप एक हजार ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ संक्रमित थपिएका छन्। योसँगै अहिले उपत्यकामा ११ हजार ७७४ जना सक्रिय संक्र... |
सेतोपाटी संवाददाता झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।, मंगलबार प्रहरीले दुई जनालाई विर्तामोड नगरपालिका वडा नम्बर ५ नयाँ बसपार्कस्थित मिलन चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।, अर्जुनधारा नगरपालिका वडा नम्बर ५ बस्ने २७ वर्षीय मनोज चौधरी र विर्तामोड नग... |
सुदीप श्रेष्ठ आजभन्दा करिब चौध सय वर्षअघि, विक्रम सम्बत् ७०० देखि ७३६ को बीचमा, लिच्छवि राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक बन्धुदत्त आचार्य, पाटनका रथचक्र भन्ने व्यक्ति र टौदहका कर्कोटक नागराज मिलेर भारतको आसामस्थित कामरू कामाख्या पीठबाट रातो मच्छिन्द्रनाथ लिएर आएका थिए।, यो कथा हामी सबैले धेरैचोटि सुन्दै र पढ्दै ... |
सेतोपाटी संवाददाता चिकित्सक बनेर बिरामी महिलामाथि बेडमै पुगेर अभद्र व्यवहार गरेको आरोपमा विराटनगरमा एक जना व्यक्ति पक्राउ परेका छन्। , कोशी अस्पतालमा भर्ना भएकी एक महिला बिरामीलाई दुर्व्यवहार गरेको भन्दै विराटनगर ६ का अमृत बानियाँ पक्राउ परेका हुन्। , उनले सोमबार राति १२ बजे विराटनगरस्थित कोशी अस्पतालको स्त्री तथा प्र... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) हुँ भन्दै ठगी गर्ने काठमाडौंको कालिमाटीबाट पक्राउ परेका छन्।, धादिङ थाक्रे गाउँपालिका वडा नम्बर २ घर भइ हाल काठमाडौंको सितापाइला बस्ने २५ वर्षीय गोपाल तामाङलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, ... |
सेतोपाटी संवाददाता महिला कामदारले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले विराटनगरबाट उद्योगका प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गरेको छ।, विराटनगर-१३ स्थित तयारी पोशाक उत्पादक कम्पनी ट्राइकोट इन्डस्ट्रिज प्रालिका सिइओ सञ्जय चाण्डोकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।, श्रमिक महिला तथा पुरुषहरू भेला भएर चाण्डोकविरूद्... |
रमेश लम्साल बिजुलीको आन्तरिक खपत बढाउने ध्येयका साथ सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ नाराका साथ प्रवर्द्धनात्मक योजना अगाडि सारेको छ।, देशभित्रै बिजुली खपत बढाउने र समृद्धिको लक्ष्यलाई साकार पार्ने योजनाका साथ उक्त कार्यक्रम अगाडि बढाउन लागिएको हो।, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामा... |
सेतोपाटी संवाददाता विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेको अफगानिस्तानबाट फर्कनका लागि मंगलबार साँझसम्म २५६ जना नेपालीले सरकारलाई विवरण दिएका छन्।, परराष्ट्र मन्त्रालयका अनुसार कन्सुलर सेवा विभागको वेब पोर्टलमा मंगलबार साँझ ५ बजेसम्म २५६ जना नेपालीले आफ्नो विवरण दर्ता गरेका हुन्।, मन्त्रालयले अफगानिस्तानमा रहेका थप ... |
एजेन्सी चीनको नागरिक उड्डयन नियामक निकायले यात्रुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि फिलिपिन्स एयरलाइन्स र कम्बोडिया एयरवेजको उडान स्थगित भएको घोषणा गरेको छ । , चिनियाँ नागरिक उड्ययन प्राधिकरण (सीएएसी) का अनुसार यात्रुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि मनिलादेखि तियानजिनसम्मको पीआर ३१४ नम्बरको उडान र नोम पेनदेखि चेन्दुस... |
रासस सरकारले अफगानिस्तानबाट उद्धार भइ कुवेत पुगेका थप नेपाली नागरिक आज राति अर्को चार्टर विमानबाट काठमाडौं आइपुग्ने जानकारी दिएको छ।, मित्र राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा आज ११८ जना नेपाली काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल आइपुगेकालाई आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयम... |
सुसन चौधरी 'नमस्कार मालिक, नमस्कार, तिमीहरूले कानुन बुझ्यौ, त्यसैले मालिक बन्यौ, , हामीले भोक बुझ्यौं, त्यसैले हामी दासी भयौं', यो कवि तथा रंगकर्मी सरस्वती चौधरीले मंगलबार माइतीघर मण्डलमा सुनाएको कविता हो।, थरूहट थारूवान राष्ट्रिय मोर्चाले 'टीकापुर विद्रोहको ६ वर्ष' को अवसरमा काठमाडौंको माइतीघर मण्डलमा मंगलबारबाट तीनद... |
एजेन्सी न्युजिल्यान्डमा झन्डै ६ महिनापछि एक जना कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशव्यापी लकडाउन गरिएको छ।, समाचार संस्था रोयटर्सका अनुसार न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले मंगलबारदेखि लागु हुने गरी तीन दिनका लागि लकडाउन घोषणा गरेकी हुन्।, गत फेब्रुअरीपछि त्यहाँ मंगलबार पहिलो पटक एक जनामा कोरोना संक्रम... |
सेतोपाटी संवाददाता रुपन्देही प्रहरीले डिजलसहित एउटा लहरी बरामद गरेको छ।, आइतबार नेपालबाट भारत तस्करी गरी लैजाँदै गरेको पाँच सय लिटर डिजलसहित भारतीय लहरी बरामद गरिएको हो।, आरजे ०२ जिबी ४०६० नम्बरको २२ चक्के लहरीमा दुई वटा अतिरिक्त ट्यांकी जोडेर डिजल भारत लैजान लागिएको थियो।, प्रहरीले लहरीसहित चालक राजस्थान कलौरीका ४० व... |
रासस एमसीए नेपालले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार नै नुवाकोटको रातमाटेमा सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण गरिएको स्पष्ट पारेको छ।, सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा एमसीए-नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका-७ मा निर्माण गर्न लागेको रातमाटे विद्युत् सबस्टेसनका ला... |
सेतोपाटी संवाददाता झापामा कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, लक्ष्मीपुर-फूलबारी सडकअन्तर्गत बाह्रदशी गाउँपालिका वडा नम्बर ७ मा आइतबार राती पौने ९ बजे कारले स्कुटीलाई ठक्कर दिँदा स्कुटीको पछाडी सवार एक युवतीको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार प्रद... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले अझै केही दिन घरघरबाट फोहोर नउठाउने भएको छ।, उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोल ल्यान्डफिल्ड साइटमा पुर्याउने गरिएको थियो।, महानगरले सोमबार सूचना निकालेर अझै केही दिन फोहोर नउठाइने बताएको छ। ल्यान्डफिल्ड साइटको ... |
राजु अधिकारी आइतबार साँझदेखि हराइरहेका इलामको माई नगरका दुर्गाप्रसाद तिम्सिनालाई प्रहरीले फेला पारेको छ। ४० वर्ष भारतीय जेलमा बिताएका उनलाई गत चैत ८ मा नेपाल ल्याइएको थियो।, उनी इलामको माईनगर १० स्थित घरमा बस्दै आएका थिए। उनको मानसिक स्वास्थ्यको उपचार जारी राखिएको थियो। यही क्रममा उनी आइतबार अपरान्ह ४ बजेदेखि परिवारको... |
सेतोपाटी संवाददाता प्रहरीले रुपन्देहीबाट स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ का २० वर्षीय विष्णु यादव र १९ वर्षीय अनवर मुसलमान रहेका छन्।, लु४३प २६५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शनिबार स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्... |
एजेन्सी तालिबानहरूले देश कब्जा गरेपछि अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा देश छोड्नेको लर्को लागेको छ।, हमिद कारजाई विमानस्थलमा जहाज चढ्नेको ताँती लागेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा मानिसहरू रनवेमा लगेज गुडाउँदै जहाज चढ्न गइरहेको देखिन्छ।, कुनै सिस्टमबिनै जसले सक्छ उही जहाजभित्र चढेको देखिन्... |
दुर्गा देवकोटा कैलालीको टीकापुरका किसानले सिँचाइमा समान पानी वितरणका लागि आलोपालो प्रणाली लागू गरेका छन्।, कुलामा पर्याप्त पानीको अभाव भएपछि किसानले सबैको खेतसम्म पानी पुर्याउन आलोपालो प्रणाली लागू गरेका हुन्। , पानीका लागि किसानबीच हुने खिचातानी अन्त्य गर्न र उत्पादन वृद्धिमा सहयोग पुगोस् भनेर पालो लगाइएको हो।, कैला... |
सेतोपाटी संवाददाता नारायणी अस्पताल वीरगञ्जमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।, औषधी खरिदमा व्यापक अनियमितता भएको भनी उजुरी परेपछि सोमबार अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले छापा मारेको हो।, टोलीले अहिले औषधी खरिद लगायत अस्पतालका विभिन्न कागजात नियन्त्रणमा लिने काम गरिरहेको अख्तियारको ह... |
भगवती पाण्डे रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जहाज उडान र अवतरणका लागि तयार भएको तीन महिना पहिले नै हो।, तर धावनमार्ग, कन्ट्रोल टावर लगायतका क्षेत्रमा जडान गरिएका महत्वपूर्ण विद्युतीय उपकरणले कतिको काम गर्छन् भन्ने परीक्षण गर्न बाँकी रहेकाले यो सञ्चालनमा आउन सकेको छैन। यहाँ जडान गरि... |
सेतोपाटी संवाददाता काठमाडौंबाट पाल्पा जाँदै गरेको विङ्गर गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।, सोमबार पौने १० बजे तानसेन नगरपालिका वडा नम्बर ७ सालघारीस्थित प्रभास सराई भित्री सडकखण्डबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।, लु १ ब २९९२ नम्बरको गाड... |
सेतोपाटी संवाददाता कोरोनाको तेस्रो लहर रोकथामका लागि कञ्चनपुरमा पूर्वतयारी थालिएको छ। मास्क अनिवार्य गराउन जनचेतना फैलाउने कार्यसँगै सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि तीव्रताका साथ अगाडि बढाइएको छ। , प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्लाभर मास्क लगाउन र स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराउनका... |
सेतोपाटी संवाददाता बाँकेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा डिएसपी मधुसुदन न्यौपानेका अनुसार बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ८ का २२ वर्षीय चेतन बोहरा र सोही ठाउँका २३ वर्षीय प्रवीण चौधरीको मृत्यु भएको छ। , डिएसपी न्यौपानेले दुर्घटनापछि उद्धार... |
नरेन्द्रसिंह कार्की यही साउन १५ गतेदेखि दार्चुलाको व्यासमा खाद्यान्न ढुवानी हुन नसकेपछि खाद्यान्न अभाव भएको छ।, यहाँका नागरिक भारतीय बजारमा निर्भर छन्। भारतीय बजारबाट तुइनका माध्यममा दैनिक उपभोग्यलगायत खाद्य सामग्री ढुवानी गर्दै आएकामा एसएसबीले कडाइ गरेपछि ढुवानी हुन नसकेको हो।, खाद्यान्न ढुवानी हुन नसकेपछि व्यास गाउँ... |
सेतोपाटी जनैपूर्णिमाका अवसरमा बर्सेनि एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष पनि मेला नलाग्ने भएको छ।, पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टाँसी लामाले कोरोना महामारी बढ्दो क्रममा रहेकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेका हुन्। गत वर्ष पनि कोरोनाका कारण मेला लागेको थिएन। ,... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कास्कीले दुर्घटना न्यूनीकरण अभियानलाई तीव्रता दिएकाे छ।, कास्की प्रहरी र कास्की ट्राफिकले संयुक्त प्रयासमा सवारी साधनकाे स्वरूप परिवर्तन गर्ने, लेन अनुशासन पालना नगर्ने, जिकज्याक बाइक कुदाउनेविरूद्ध अभियान चालेको हो।, प्रहरीले ग्रामीण भेगमा सञ्... |
विनोद सापकोटा झापामा व्यवसायीको चर्को दबाबपछि स्थानीय प्रशासनले भदौ १ गतेदेखि निषेधाज्ञाको स्वरूप परिवर्तन गरेको छ।, डीसीएमसीको सोमबार बसेको बैठकले जिल्ला भित्र सञ्चालनमा रहेका सबै पसल खुल्ला गर्ने निर्णय गरेको छ। बिहान १० देखि बेलुका ६ बजेसम्म सबै पसल खोल्न पाउने निर्णय भएको छ। , अत्यावश्यक खाद्यान्नलगायतका पसल बिहा... |
सेतोपाटी संवाददाता आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीले आफूहरूको माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।, आफूहरूको सबै सेवा, सुविधा कटौति हुने गरी गत साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दवाव दिँदै आएका टेलिकमका कर्मचारीले अब पनि सम्बोधन नभए कडा ... |
खिलानाथ ढकाल वर्षामा धान रोपाइँ गर्नेजस्तो हिलो बाटोमा गाडी चलिरहेका हुन्छन् ‘कछुवा गति’मा। मोटरसाइकल चालकहरू पाइन्ट घुँडासम्म सुर्केर हिँड्छन्।, सुख्खायाममा धुलोले कपडा ढाकिदिन्छ। त्यसमाथि सवारीबाट निस्केको धुवाँले सासै रोकिन्छ।, हात्तीवन-गोदावरी सडकमा यात्रा गर्नेहरूलाई कति सास्ती छ, अब त उनीहरूले ख्याल पनि गर्न छोड... |
राजु अधिकारी संघीय सरकारले सञ्चालन गरेको स्टाफ कलेजकै मोडलमा प्रदेश १ मा पनि अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान बन्ने भएको छ। , सरकारले नीति तथा कार्यक्रममै उल्लेख गरेको यो कार्यक्रम कार्यान्वयन गर्न संसद्बाट कानुन बनाउने प्रक्रिया थालेको छ। ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको वि... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.