content
stringlengths 20
64.1k
⌀ |
|---|
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुला मञ्चलाई खुला नै राख्ने महानगरपालिकाको अडानले मूर्तरूप प्राप्त गरेको बताएका छन्।, काठमाडौं महानगरपालिकाको ६८ औं कार्यपालिका बैठकलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताएका हुन।, ‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्री र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरूकै आग्रहमा काठमाडौं महानगरपालिकाले सहमति दिएको थियो,’ प्रमुख शाक्यले भने,‘वीर अस्पताल र दरबार हाइस्कुलको पुनर्निर्माण सम्पन्न भएसँगै खुलामञ्चलाई खुला गर्ने हाम्रो अडानले पूर्णता प्राप्त गरेको छ। पछिल्लो समय बसपार्क पनि त्यहाँबाट हटाएर खुलामञ्चलाई पूर्णरूपमा खुला गरेका छौं।’, शाक्यले आमनागरिक, राजनीतिक दल र विभिन्न समूहका अभिव्यक्ति स्वतन्त्रताका लागि सार्वजनिक स्थान उपलब्ध हुनुपर्छ भन्ने हेतूले खुलामञ्चलाई खुला नै छाड्ने महानगरपालिकाको नीतिलाई निरन्तरता दिएको स्मरण गराए।, ‘विभिन्न राजनीतिक दल र सर्वसाधारणले आफ्ना आवाज र माग सम्बोधनका लागि सडकमा सभा-सम्मेलन, धर्ना, जुलुस गर्दा ट्राफिक जाम भई आवतजावत नै अस्तव्यस्त भई थप भिडभाड बढ्ने र अन्तर्राष्ट्रिय यात्रुहरूलाई समेत ओहोरदोहोरमा कठिनाई हुने भएकाले हामीले खुलामञ्चलाई व्यवस्थापन गर्न खोजेका हौं,’ शाक्यले भने, ‘खुलामञ्च व्यवस्थापनसँगै माइतीघर, बानेश्वर, दरबारमार्ग, रत्नपार्क लगायतका स्थानमा सभा-सम्मेलन, धर्ना, जुलुस गर्न नपाउने समेत व्यवस्था गर्न चाहेका छौं।’, विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाई सभा गर्दा महानगरपालिका क्षेत्र भित्रको व्यापार-व्यवसाय समेत अस्तव्यस्त बन्ने गरेको भन्दै शाक्यले प्राचीन कालदेखि काठमाडौंको खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला राख्दै थप व्यवस्थापन गर्ने कार्यमा महानगरपालिका प्रतिवद्ध रहेको पनि जानकारी दिए।, ‘खुलामञ्चलाई सार्वजनिक कार्यक्रमको लागि एउटा प्रभावकारी स्थलको रूपमा विकास गर्ने योजनामा हामी छौं,’ शाक्यले भने। , शाक्यले खुलामञ्च थप व्यवस्थापनका लागि सरकारसँग पहल गरिरहेको पनि जानकारी गराए।, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा प्रधानमन्त्रीज्यूसँग पटक-पटक रानीपोखरीदेखि खुलामञ्चसम्मलाई व्यवस्थापन गर्न हामीले तयार पारेको गुरूयोजनाबारे छलफल गरेका थियौं,’ शाक्यले भने,‘हामीले तयार पारेको गुरूयोजनाबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग पनि पटक-पटक छलफल गरेका छौं। त्यसैले खुला मञ्चलाई खुला नै राख्नुपर्छ भन्ने हाम्रो अभियान अहिले पनि जारी छ।’, पछिल्लो समय अर्थात धरहरा उद्घाटनका बेला प्राधिकरणले लैनचौरदेखि केशरमहल, नारायणहिटी दरबारदेखि जमल हुँदै रानीपोखरीसम्म, रानीपोखरीदेखि टुँडिखेल हुँदै दशरथ रंगशालासम्मको क्षेत्रलाई खुला क्षेत्रको रूपमा व्यवस्थित गर्ने ग्रेटर टुँडिखेल गुरूयोजना अघि सारेको पनि स्मरण गराए।, शाक्यले नेपाल सरकार, प्रदेश सरकार, उपत्यका भित्रका पालिका र सवारी साधान व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधानको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टछुट्टै सवारी साधान टर्मिनलको विकास गर्न महानगरपालिकाले पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गरे। , शाक्यले काठमाडौं महानगरपालिका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको समेत स्मरण गराए।, ‘खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्नेजस्ता अभियान चलाएको छ,’ उनले भने, ‘त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला।’,
खुलामञ्च पूर्णरूपमा खुला
|
युनिक श्रेष्ठ उदयपुरकी १६ वर्षीया किशोरीको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले त्रियुगा नगरपालिका वडा नम्बर ६ मोहनपुरकी कृशला चौधरीको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।, सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर १ का २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदालाई पक्राउ गरेको गौतमले बताए। उनीहरूको घटनामा संलग्नता देखिएको भन्दै प्रहरीले सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।, कृशला गत साउन १३ गते बेपत्ता भएकी थिइन्। उनी जंगलमा घाँस-दाउरा लिन गएकी थिइन्। तर उनी त्यसदिनदेखि घर फर्किनन्। उनी घर नफर्किए पनि बुबाले सोधिखोजी भने गरेनन्।, पाँच दिनपछि साउन १९ गते मोहनपुरको राजदेवी सामुदायिक वन रातमाटे खहरे खोलामा कृशलाको शव फेला पर्यो।, स्थानीयले मानिसको शव गनाइरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोली घटनास्थल पुग्यो। तर तत्कालै सनाखत हुन सकेन। , प्रहरी उपरीक्षक सुवास बोहराका अनुसार कृशलाको चिन्नै नसकिने अवस्थामा फेला परेको थियो।, 'पुरै सडिगलिसकेको अवस्थामा शव फेला परेको थियो। केही चिन्नै नसकिने अवस्थामा थियो,' उनले भने,'अहिले यहाँको गर्मी मौसमले गर्दा पनि छिट्टै शव सडेको देखिन्छ।', शवको अवस्थाका कारण उनीमाथि बलात्कार भए/नभएको खुल्न नसकेको बोहराले बताए।, सनाखत नभएपछि प्रहरीले आफ्नो मातहतका कार्यालयमा खबर पुर्याएर कोही हराएको भएमा सम्पर्कमा आउन भन्दै जानकारी गरायो।, त्यसपछि उनको शव जिल्ला अस्पताल उदयपुरमा लगियो। त्यसको भोलिपल्ट मात्रै मृतकका बुवा प्रेमकुमार चौधरी प्रहरीको सम्पर्कमा आए। उनले अस्पताल पुगेर आफ्नी कान्छी छोरी हो भन्दै सनाखत गरे।, बुबा चौधरीले त्यसदिन मात्रै आफ्नी छोरी हराइरहेको भन्ने प्रहरीलाई खबर गरेका थिए।, 'उनकी छोरी पहिले पनि तीन-चार दिन बाहिर जाने-आउने गर्ने रहेछ। त्यसैले प्रहरीलाई खबर नगरेको भनेका छन्,' प्रहरी स्रोतले भन्यो।, शव चिन्ने अवस्थामै नभएपछि बुवाले पनि आफ्नी छोरी नै हुन् भन्ने कपडाहरूबाट सनाखत गरेका थिए।, त्यसपछि बुवाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक गौतमले बताए। साथै शवको पोष्टमार्टम गर्न बिपी कोइराला प्रतिष्ठान धरान पठाएको थियो।, अनुसन्धानकै क्रममा करिब एक सय जनासँग सोधपुछ गरेको प्रहरीले जनाएको छ। सामाजिक सञ्जालबाटै पनि मानिसहरूको खोजी गरियो।, त्यसरी खोजी गर्दै जाँदा शनिबार दुई जनालाई प्रहरीले नियन्त्रणमा लियो। उचितलाल सदा र विषे सदाको घटनामा संलग्नता देखिएपछि नियन्त्रणमा लिएको हो।, 'विभिन्न प्राविधिक तवरले अनुसन्धान गर्दै जाँदा उनीहरूको संलग्नता छ भन्ने पुष्टि भयो। उनीहरू दुई जना साथी-साथी हुन्। एउटै गाउँमा बस्ने हुन्,' उनले भने।, प्रहरीले उनीहरूमध्ये उचितलाल सदालाई मुख्य व्यक्तिको रूपमा खडा गरेको छ। उनकै योजनामा कृशलाको हत्या भएको प्रहरीले बताएको छ।, कृशलाले आफ्नो परिवार बिगारेको हुँदा बदला लिन हत्या गरेको उनले बयान दिएका छन्। प्रहरीका अनुसार कृशला र उचितलालकी दोस्रो श्रीमती साथी हुन्। प्रहरीले उचितलालकी श्रीमतीको पहिचान खुलाएको छैन। पहिलो श्रीमतीले पनि उनलाई पहिल्यै छाडेर गइसकेकी थिइन्।, केही समय अघि उचितलाललाई उनकी अर्की श्रीमतीले पनि छोडेर गएकी थिइन्।, 'कृशला र उचितलालकी श्रीमती साथी-साथी हुन्। कृशला आफ्नी साथीलाई भेट्न भन्दै उचितलालको घरमा आउने-जाने गर्थिन्। केही समयअघि श्रीमतीले उचितलाललाई छाडेर गइन्,' प्रहरी नायब उपरीक्षक गौतमले भने,'त्यसरी श्रीमतीले छाडेर गएपछि उनलाई रिस उठेछ। कृशलाको कारणले श्रीमतीले छाडेको भन्ने सोचेर मारेको देखिन्छ।', उचितलालकी दोस्रो श्रीमती पनि नाबालक छन्।, साउन १३ गते दिउँसो करिब दुई बजे उनीहरूले कृशलालाई जंगलमा भेटेका थिए। दिनभरि त्यहीँ बसेर उनीहरूले रातिमात्रै हत्या गरेको प्रहरी उपरीक्षक बोहराले बताए।, 'एउटाले सलले घाँटी न्याँकेको छ। अर्कोले मुक्का हानेर हत्या गरेका थिए,' उनले भने।, प्रहरीले उनीहरू दुबै जनामाथि थप अनुसन्धान गरिरहेको छ। जिल्ला अदालत उदयपुरबाट प्रहरीले आइतबार १० दिन हिरासतमा राख्न अनुमति लिएको छ। ,
श्रीमतीले छाडेर गएको रिसमा उनकी साथीको हत्या!
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ हजार ६११ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ९३ जनाको पिसिआर र ५ हजार ५१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, २ हजार ४५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८५ हजार १४० जना कोरोना मुक्त भएका छन्। , यसको संक्रमणबाट थप ३५ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ।, यस्तै, काठमाडौं उपत्यकामा ९६१ संक्रमित थपिएका छन्।, काठमाडौंमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ संक्रमित थपिएका छन्।,
१५ हजार ६११ जनामा कोरोना परीक्षण गर्दा ३ हजार ४५१ लाई संक्रमण
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ७९५ जना कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार उपत्यकामा थप ७९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौं जिल्लामा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको हो। , काठमाडौं उपत्यकामा अहिले ११ हजार ८८८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। , जसमध्ये काठमाडौंमा ८ हजार ५७९, ललितपुरमा १ हजार ९१८ र भक्तपुरमा १ हजार ३९१ जना सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, १३ हजार ५७३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ६६७ जनाको पिसिआर र ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, १ हजार ३२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८० हजार ८१५ जना कोरोना मुक्त भएका छन्। , यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ।,
काठमाडौं उपत्यकामा थप ७९५ जना कोरोना संक्रमित
|
सेतोपाटी संवाददाता जाजरकोटमा खेत गोड्न गएका दुई जनाको खोलाले बगाएर मृत्यु भएको छ।, कुशे गाउँपालिका-५ दम्दालाका ४८ वर्षीय जितबहादुर थापा र ५६ बर्षका साईमल नेपालीको खोलाले बगाएर मृत्यु भएको हो।, साउन २४ गते गाउँभन्दा तलको खेत गोड्न गएका उनीहरुको शव साउन २८ गते फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।, खेत गोड्न उनीहरू गएकै दिन बाटुले खोलामा बगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए।, उनका अनुसार २४ गतेदेखि हराएका उनीहरुको आफन्तले प्रहरीलाई जानकारी नगराएर नै खोजी गरेका थिए।, ‘उहाँहरू हराएपछि आफन्तले प्रहरीलाई खबर गर्नुभएन,’ डिएसपी थापाले भने, ‘भेटिएपछि पनि थाह दिनुभएको थिएन, प्रहरीले सामाजिक सञ्जालबाट थाह पाएर घटनास्थल पुगेको हो।’, घटनास्थलबाट प्रहरीले ती शवहरू जिल्ला अस्पतालमा ल्याएको थियो। पोष्टमार्टम गरेर आज सम्बन्धित गाउँमा लिन लागिएको उनले जानकारी दिए।, डिएसपी थापाका अनुसार उनीहरूको शव केही भाग सडेको अवस्थामा भेटिएको थियो। शवको प्रकृति हेर्दा खोलाले नै बगाएको देखिए पनि यसबारे थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।,
खेत गोड्न गएका दुई जनाको खोलाले बगाएर मृत्यु
|
सेतोपाटी काठमाडौं महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव दिएको छ।,
,
कामपाको उपप्रमुख उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘कामपा भएर गुड्ने लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ले प्रमुख शाक्यलाई शुक्रबार तीन बुँदे अध्ययन प्रतिवेदन हस्तान्तरण गर्दै उक्त सुझाव दिएको हो। , ठूला सार्वजनिक सवारी साधनको ‘पिक एन्ड ड्रप’ लाई थप व्यवस्थापन गर्नका लागि एक हप्ताअघि कार्यदल गठन गरिएको थियो। , उक्त कार्यदलमार्फत् तयार गरिएको प्रतिवेदनमा तत्काल सार्वजनिक यात्रुबाहक ठूला सवारी साधनको व्यवस्थापन जडीबुटी पुल पूर्वको मनोहरा खोला करिडोर सर्मत–सम्भार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख छ। , संघीय सरकार, प्रदेश सरकार, उपत्यकाभित्रका पालिका र सवारी साधन व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधनको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टाछुट्टै सवारी साधन टर्मिनलको विकास गर्न आवश्यक रहेको पनि प्रतिवेदनमा भनिएको छ। , हाल कामपाले खुला मञ्चबाट सञ्चालित बसपार्क हटाएर सिटी यातायातका लागि ‘पिक एन्ड ड्रप’ र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने व्यवस्था गरेको छ। , नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्को व्यवस्था नभएसम्मका लागि खुला मञ्चमा साबिकबमोजिम बसपार्कका रूपमा प्रयोगका लागि माग गरे पनि कामपाले त्यो सम्भव नहुने बताउँदै आएको छ। , प्रतिवेदनमा काठमाडौं उपत्यकामा १४ लाख विभिन्न खाले सवारी सञ्चालनमा रहेको र त्यसमध्ये ८० प्रतिशत सवारी कामपाका क्षेत्र भएर सञ्चालन हुने पनि जानकारी दिएको छ।, खुला मञ्चबाट सञ्चालन भएको बसपार्क गत वैशाख १६ बाट बन्द गरेको थियो।, खुला मञ्च बन्द भएपछि यातायात व्यवसायीले उपयुक्त स्थानको माग राख्दै आएका छन्।, व्यवसायीको मागका विषयमा अध्ययन गर्न साउन १५ गते बसेको कामपाको ६५ औं कार्यपालिका बैठकले उपप्रमुख खड्गीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। , यसैबीच कामपाले आगामी तिहारसम्ममा आफ्नो क्षेत्रका विभिन्न स्थानमा ८८ थान हाई मास्ट बत्ती जडान गर्ने भएको छ। , मेयर उज्यालो कार्यक्रमअन्तर्गत कामपाको क्षेत्राधिकारभित्र पर्ने सार्वजनिक स्थान, उद्यान र सहरका भित्री स्थानमा रहेका बहाल र चोकमा बत्ती जडान गरिने जनाइएको छ।, यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए।, ‘अबको केही दिनभित्र जडान गर्ने कम्पनीसँग सम्झौता गरी आगामी भदौ दोस्रो साताबाट काम सुरू हुन्छ’, प्रमुख थापाले भने। , यो स्वचालित बत्ती हो, प्राकृतिक उज्यालो कम हन थालेपछि आफैं बल्ने आवश्यकता नभएको बेला आफैं निभ्ने गर्दछ। आवश्यकता हेरी सहरको बाहिरी तथा खुला स्थानमा १६ मिटरको पोल र मानिसको बस्ती नजिक भने १२ मिटरको पोलमा बत्ती जडान गरिनेछ।, एक स्थानमा राखेको उक्त बत्तीले एक सय मिटरसम्म उज्यालो दिने बताइएको छ। यसअघि परीक्षणका लागि राष्ट्रिय सभागृहमा बत्ती जडान भइसकेको छ। , बत्ती जडान कार्य भएसँगै रातका समयमा हुने विभिन्न किसिमका आपराधिक घटना नियन्त्रणका लागि ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ।, हाल कामपाको मुख्य सडक कालीमाटी, त्रिपुरेश्वर, कलङ्की, बालाजु लगायतका स्थानमा कहीँ बत्ती नै छैन भने भएका केही स्थानमा पनि पर्याप्त रूपमा सडक बत्ती नहुँदा सडक दुर्घटना र अपराधका घटनाहरू घटिरहेका छन्।, यस कार्यका लागि कामपाले चालु आर्थिक वर्षमा १० करोड बजेट विनियोजन गरेको छ।,रासस,
लामो दूरीका सार्वजनिक सवारी सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव
|
सेतोपाटी संवाददाता कपिलवस्तु प्रहरीले चार दिनमा २०७ जना फरार प्रतिवादी पक्राउ गरेको छ। , फरार अभियुक्त पक्राउको अभियान अपरेसन ‘फप’ अन्तर्गत चार दिनमा ती अभियुक्त पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।, कार्कीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा जम्मा १४१ जना फरार अभियुक्त पक्राउ परेका थिए। चार दिनको अवधिमा त्यसको डेढ गुणा फरार व्यक्ति पक्राउ परेको उनले बताए। , प्रहरीले २६ गते ८१, २७ गते ७४, २८ गते २२, २९ गते ३० जना पक्राउ गरेको हो।, पक्राउ परेकामा कुटपिट, सवारी ज्यान, अंश, वन पैदावार, लागुऔषध लगायत मुद्दाका अभियुक्त छन्। , मुद्दा सानै भए पनि लामो समयदेखि पक्राउको प्राथमिकतामा नपरेका अभियुक्तलाई खोजी गर्ने सिलसिला चलाइएको प्रहरी उपरीक्षक कार्कीले बताए। , ‘वर्षौंदेखि फरार रहे पनि प्रहरीले प्राथमिकता नदिँदा समाजमा खुलेआम हिँडिरहेका व्यक्ति छन्,’ उनले भने, ‘शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा हामीले पक्राउ गरेका हौं, अपराध गरेपछि कानुनको दायरामा पुगिन्छ भन्ने सन्देश पनि हो।’ , ,
कपिलवस्तुबाट चार दिनमा २०७ जना फरार अभियुक्त पक्राउ
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार ५७३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ६६७ जनाको पिसिआर र ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै, १ हजार ३२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८० हजार ८१५ जना कोरोना मुक्त भएका छन्। , यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ।, यस्तै संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७९५ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५३५, भक्तपुरमा ९६ र ललितपुरमा १६४ संक्रमित थपिएका छन्।,
थप २ हजार ६२४ मा संक्रमण, २० को मृत्यु
|
सेतोपाटी वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ संक्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ। , नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रूपमा सेवा पुर्याएका थिए। सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न थिए। ,
,
नेपालमा हिउँदे धान खेतीको सुरूआत तथा असार १५ लाई धान दिवसका रूपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो। उनका दुई छोरी र एक श्रीमती छन्। ,रासस, ,
रहेनन् धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेत
|
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ५१ औं पटक रक्तदान गरेका छन्।, प्रमुख शाक्यले महानगरपालिकाको वडा-२१ मा अवस्थित श्री गणेश युवाले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ औं पटक रक्तदान गरेका हुन्।, ‘क्लबको स्थापनादेखि नै रक्तदान गर्दै आएको छु। यो मेरो ५१ औं पटकको रक्तदान हो’ सोही वडाका स्थानीय बासिन्दा समेत रहेका शाक्यले भने, ‘अरूलाई बचाउनका लागि गरिने रक्तदान उत्कृष्ट दान रक्तदान हो। त्यसैले मैले नियमित रूपमा रक्तदान गर्दै आएको छु। यो त्यसैको निरन्तरता हो। क्लबले ०४४ सालदेखि नियमित रक्तदानको आयोजना गर्दै आएको छ।’ , कोभिडका बेलामा समेत रगतको अभाव हुन नदिन सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर रक्तदान गर्न प्रमुख शाक्यले अरूलाई पनि सुझाव दिए। , ‘सामाजिक दूरी कायम गरी सुरक्षित भएर स्वस्थ व्यक्तिले रक्तदान गर्दा रगत अभाव हुन नदिई अरूको पनि ज्यान बचाउन सकिन्छ,’ शाक्यले भने। , रक्तदान कार्यक्रममा केही दिन अघिमात्रै काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेको डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले पनि मेयर शाक्यसँगै रक्तदान गरे।, उनले भगिनी सम्बन्ध स्थापित महानगरपालिकामा आएर मेयर शाक्यसँगै रक्तदान गर्ने अवसर प्राप्त हुँदा खुसी लागेको बताए।,
काठमाडौं महानगरका मेयरले गरे ५१ औं पटक रक्तदान
|
सविता बुढा ६८ वर्षीय राजाराम कुमाल माटो भने पछि हुरूक्कै हुन्छन्। उनको जीवनका ५२ वर्ष माटोसँगै खेलेर बिते। यही कारण राजारामको माटोसँग गहिरो सम्बन्ध छ। कैलालीको कैलारी गाउँपालिका- ५ बन्दरगौरीका राजारामको पेसा माटोका भाडाँकुडाँ बनाउने हो।, उमेर ढल्किदै गए पनि उनको जोस, जाँगर, फुर्ति भने यो पेसाप्रति फिटिक्कै कम भएको छैन।, माटाका भाडाँकुडाँ बनाउने काम उनका पुर्खाले गरेका थिए। पुर्खाले सिकाएको सीप आफूले सदुपयोग गर्न पाउँदा उनी मख्ख छन्।, ‘हाम्रो बुवाले गरे, बाजेले गरे, पुर्खाहरूले गरेको कामलाई अहिले मैले पनि गर्दै आएको छु’, उनले भने।, राजारामले १५ वर्षको उमेरमा नै बुवासँग माटाका भाँडा बनाउन सिकेका थिए।, ‘उतिबेला स्कुल गइएन। दिनभरि भाडाँकुडाँ बनाएर नै बित्यो, अहिले पनि पहिलेकै जस्तो छ’, उनले सेतोपाटीसँग भने।, पहिलेभन्दा माटाका भाँडाको व्यापार अहिले कम छ। , राजाराम भने व्यापार कम भए पनि पेसालाई कहिल्यै नछोड्ने अठोटमा लागिपरेका छन्।, उनको घरमा माटोका भाँडा बनाउने काम उनीमात्र गर्छन्।, भाँडा बनाउन चाहिने माटो ल्याउने काममा भने श्रीमती, छोरा- बुहारीले पनि सघाउने गर्छन्।, घरपरिवारको खर्च चलाउन सहज भएको हुँदा परिवारका अन्य सदस्यले खुसी भएर आफ्नो काममा सहयोग गर्ने गरेको राजारामले सुनाए।, राजाराम हरेक वर्षको फागुनतिर माटो खन्ने काम गर्छन्। वर्षमा एकचोटि माटो ल्याए त्यसले ९ महिना जति भ्याउने गर्छ।, यस वर्ष पनि राजरामको परिवार सबैभन्दा पहिला भाँडाकुँडा बनाउन चाहिने आवश्यक माटो ल्याउन नजिकैको सामुदायिक वनमा गएको थियो।, माटो खन्न जानुअघि सामुदायिक वनसँग उनीहरूले अनुमति र ३ सय रुपैयाँ शुल्क दिएका थिए।, त्यसपछि वनमा उनीहरूले भाँडा बनाउन उपयुक्त हुने रातो माटो खोजेका थिए। जहाँ उपयुक्त माटो भेटियो, त्यो ठाउँमा १५ देखि २० दिनसम्म लगाएर खनेर निकालेका थिए।, खनेको माटोलाई उनीहरूले बयलगाडामा भरेर घर ल्याए।, ‘घर ल्याएपछि कोदालोले माटोलाई मसिनो बनायौं। त्यसपछि एक ठाउँमा जम्मा गरेर पानी हाल्यौं। पछि दुई-तीन दिन लगातार माटोलाई फिट्यौं। फिट्दै गएपछि माटो अलि गिलो, लामो हुन्छ। त्यसलाई उठाएर काटेर राखेपछि अलि सुख्खा हुन्छ। फेरि माटोलाई पिठो मुछेजस्तै गरी मुछ्ने, खेलाउने गर्यौं,’ उनले भने।, पिठोजस्तो भएको माटोलाई साँचोमा राखेपछि आवश्यक आकार दिएर उनले भाँडा बनाए।, यो वर्ष उनले धेरै भाँडा बनाएका छन्। उनले बनाएका भाँडाकुँडा कति घरको आगनमा राखिएका छन्। कति अलग्गै काठको घर बनाएर राखेका छन्।, ‘उसै पनि पहिलेको जस्तो बिक्री हुँदैन, त्यसैमाथि कोरोना छ, त्यसकारण फ्याटफुट्ट व्यापार छ। सबै साथीले यो काम छोडिसके, पुर्खाको सीपलाई छोड्न मेरो मनले भने पटक्कै मान्दैन,’ उनले भने।, अहिले पनि राजाराम दैनिक ५० देखि ६० सम्म माटाका भाँडाकुँडा बनाउँछन्।, भाँडालाई काठको टुक्राले बेस्सरी पिट्ने, ठोक्ने गर्छन्। पछि दाउरामा भाँडालाई पकाउँछन्। पकाएको भाँडालाई फेरि सुकाएर तयार गर्ने गर्छन्।, ‘माटो ल्याउन, तयार भएको भाँडा पकाउन चाहिने दाउरा ल्याउने काम गर्न अलि समय र खर्चिलो हुन्छ,’ उनले भने।, उनी माटोबाट रासी, करुवा, मेटिया, गाग्रा, दीयो, गमलालगायत थुप्रै भाँडाकुँडा तयार गर्छन्।, धनगढी, हसुलियालगायत बजारमा उनी बयलगाडामा राखेर भाँडाकुँडा बेच्छन्। कोही गाडी ल्याएर घरमै लिन पनि आउँछन्। भाँडा हेरेर ५० देखि ५ सय रुपैयाँसम्म उनी भाँडा बेच्छन्। गाउँमा भने धान, घिउ, मसुरोसँग पनि भाँडा साट्ने गर्छन्।, ‘धेरै मेहनत गर्नुपर्छ। प्रशस्त आम्दानी नभए पनि घरखर्च चलाउन सजिलो छ, अहिलेसम्म पुगेकै छ’,उनले भने।, बर्खामा माटो ल्याउन जोखिम हुने र खेतीको काम पनि भएकाले दुई महिना राजाराम भाडाँ बनाउने काम गर्दैनन्।, उनीजस्तै सोही ठाउँका कुलबहादुर कुमाल पनि भाँडाकुँडा बनाएर नै गुजारा चलाइरहेका छन्।, ‘जग्गा जमिनबाट खान अपुग हुन्छ। भाँडा बनाए खान लाउनमा अलि सहयोग हुन्छ,’ उनले भने।, राजाराम, कुलबहादुरले पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आए पनि उनको गाउँका धेरै परिवारले भने यो काम छोडिसकेका छन्।, कुमाल समूहका अध्यक्ष मनिराम कुमालका अनुसार विगतमा बन्दरगौरीका २६ घरधुरीले भाँडा बनाउने काम गर्दै आएका थिए। अहिले ५ घरधुरीले मात्र यो कामलाई निरन्तरता दिइरहेका छन्। भाँडा बनाउने काम छोडेकाहरू भारतमा गएका छन्। उनी आफैंले पनि यो काम छोडेर पसल थापेका छन्।, ‘काम छोडेर भारत जानुको कारण एउटा भाँडा फुटेर हो, अर्को कारण बिक्री नभएर हो,’ मनिरामले भने ‘बजारमा प्लाष्टिकका भाँडाकुँडाको माग र बिक्री धेरै छ। त्यही कारण माटोका भाँडाको बिक्री वितरण न्यून हुन थाल्यो।’, माटाका गाग्रीको सट्टामा प्लाष्टिकका बाल्टिन, गमलाको सट्टा सिमेन्टका गमला प्रयोग भएपछि कुमाल जातिको सीप संकटमा परेको उनले बताए।, स्थानीय कंङली कुमालका अनुसार पहिला माटोका भाँडाको महत्व र बिक्री बढी हुन्थ्यो। सबैले घर-घरमा घैंटाको पानी राम्रो हुन्छ भन्ने चलनले पनि गाग्रो किनेर राख्थे।, विगतमा भाँडा बनाउने आवश्यक सामग्री सामुदायिक वनबाट दाउरा, माटो र पराल पनि नि:शुल्क पाइन्थ्यो।, ‘अहिले सबै चिज महंगोमा किन्नुपर्छ। पहिलाको जस्तो सस्तो छैन। महंगो उत्तिकै, मेहनत बढी तर बिक्री कम भएपछि धेरै घरपरिवारले पेसालाई विस्थापित गरेर इन्डिया जानु परेको हो,’ उनले भनिन्।, उनले आफूहरूको पुर्ख्यौली पेसालाई व्यवस्थित रूपमा अगाडि बढाउन स्थानीय सरकारसमक्ष माग राखेको भए पनि कुनै काम नभएको गुनासो पोखिन्।, ‘गरिरहेको पेसालाई बजारीकरण गर्न, प्रचारप्रसार गर्न थप व्यवस्थित गर्न वडा अध्यक्षसँग पनि कुरा गरेको हौं। उहाँले मुख्यमन्त्रीसँग कुरा गर्नु भन्नुभयो,’ उनले भनिन्।, वडा नम्वर ५ का वडा अध्यक्ष बिष्णुप्रसाद चौधरीले कुमाल जातिलाई सहयोग कार्यक्रमअन्तर्गत उनीहरूको क्षमता बढाउने तालिम दिन वडा स्तरले बजेट छुट्याएको बताए।, ‘गत वर्ष एक लाख बजेट छुट्याएका थियौं, त्यो बजेट कोरोनाले फिर्ता भयो, यो वर्ष ५० हजार रुपैयाँ छ, लक्षित समुदायका लागि त्यसले के काम गर्ने भन्ने छलफल भइरहेको छ,’ उनले भने।,
‘अरू त छोडेर भारत गइसके, हामी अझै बनाउँदै छौं माटाका भाँडा’ (भिडिओ)
|
सेतोपाटी संवाददाता मनसुनी वायु फेरि सक्रिय भएपछि आइतबार बिहानदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक छ। त्यसैको प्रभावले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली रहेको छ।, महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, महाशाखाकी मौसमविद् गंगा नगरकोटीले मनसुनको सक्रियता बढेकाले केही दिन पानी पर्ने बताइन्।, ‘अघिल्लो साताभन्दा मनसुन केही सक्रिय भएको छ। अब तीन दिन पानी पर्ने देखिन्छ। लगातार झरी पर्ने नहुन सक्छ तर पानी पर्ने, रोकिने हुन्छ,’ नगरकोटीले भनिन्।, आगामी २४ घन्टामा प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान, २०७८ साउन ३१ गते (आइतबार), दिउँसो: देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।, राती: देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।, २०७८ साउन ३२ गते (सोमबार), दिउँसो: देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।, राती: देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।, २०७८ भदौ १ गते (मंगलबार), दिउँसो: देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।, , राती: देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।, ,
मनसुन फेरि सक्रिय, केही दिन पानी पर्ने
|
एजेन्सी संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमण भएर अस्पताल भर्ना हुने बालबालिकाको संख्या ह्वात्तै बढेको छ।, १२ वर्षमुनिका बालबालिकाका लागि खोप नभएको र निकै संक्रामक डेल्टा भेरियन्टको संक्रमणको कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढेको हो।, अमेरिकाभरि अहिले झन्डै २ हजार बालबालिका कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार अहिले अमेरिकामा कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनेहरूमध्ये बालबालिकाको संख्या २.४ प्रतिशत छ।, ‘यो पोहोर सालको जस्तो कोरोना होइन। यो निकै डरलाग्दो छ र हाम्रा बच्चाहरू यसबाट धेरै प्रभावित हुँदैछन्,’ अमेरिकन एकेडेमी अफ पेडियाट्रिककी पूर्वअध्यक्ष स्याली गोजाले भनेकी छन्।, यसअघि बालबालिकामा कोरोनाभाइरसको कमै संक्रमण हुने र संक्रमण भए पनि जटिलता कम हुने विश्वास गरिन्थ्यो। , बालबालिकासँगै संक्रमित भएर अस्पताल भर्ना हुने युवाहरूको संख्या पनि अमेरिकामा बढेको छ। अमेरिकामा संक्रमण फेरि फैलिनुमा मानिसहरूले खोप लगाउन नमान्नु प्रमुख कारण हो।, अहिलेसम्म अमेरिका ५० प्रतिशत मानिसहरूले मात्र पूर्ण खोप लगाएका छन् भने ५९ प्रतिशतले एक डोज खोप लगाएका छन्। अमेरिकामा खोप सर्वसुलभ भए पनि मानिसहरू खोप लगाउन मान्दैनन्।, खोप लगाउन प्रोत्साहन गर्न संघीयदेखि स्थानीय सरकारले विभिन्न योजनाहरू ल्याए पनि ती प्रभावकारी देखिएका छैनन्।, ,
अमेरिकामा ह्वात्तै बढे कोरोना संक्रमणपछि अस्पताल भर्ना हुने बालबालिका
|
रासस हाते कागजमार्फत् यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ।, काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्क भित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो।, नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउनका लागि वैशाख १ गतेदेखि बन्द गरिएका टिकट काउण्टर कोरोनाको दोस्रो लहरको निषेधाज्ञापछि कम्युटर प्रणाली र प्रविधिको प्रयोग गरी सञ्चालनमा ल्याइएको हो।, टिकट काउण्टरलाई ‘डिजिटल प्रणाली’मा लगेसँगै अब टिकट काउण्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनुपर्ने भएको छ।, प्रविधिको प्रयोगसँगै यात्रुले अब कुन कम्पनीको कति नम्बरको गाडी कुन समयमा कुन गन्तव्यस्थानमा कति यात्रु लिएर जान्छ भन्ने कुरा स्पष्ट थाहा पाउन सक्छन्।, कम्युटर प्रणाली अपनाएसँगै गाडीमा सिट भए वा नभएको प्रष्ट थाहा पाउने हुनाले आफूले चाहेको टिकट सजिलै काट्न सकिन्छ। नयाँ बसपार्कबाट हाल ६५ भन्दा बढी जिल्लामा एसी, डिलक्स र साधारण खालका सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन्।, नयाँ बसपार्कभित्रका ३२ टिकट काउण्टरले हाल कम्युटर प्रणालीमार्फत बसको टिकट काट्न सुरु गरेका छन्। ल्होत्सेले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ सङ्क्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको हो।, बस टिकट खरिद तथा बुकिङका लागि क्यूआरकोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ। ल्होत्सेले लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरेको हो।, ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जीनियर दीपक कुँवर टिकट काउण्टरलाई प्रविधिमा लगेसँगै बसपार्कका काउण्टरमा हुने भीडभाड र यात्रु तानातानको अवस्था अन्त्य हुने बताउँछन्।, नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कका रूपमा विकास गर्ने लक्ष्यअनुसार काउण्टरमा प्रविधिको प्रयोगलाई जोड दिइएको अध्यक्ष कुँवरको भनाइ छ। ल्होत्सेले नयाँ बसपार्कभित्र चालक, सहचालक र यात्रुलाई सहुलियत दरमा खान र बस्नका लागि होटल तथा लजसमेत सञ्चालनमा ल्याएको छ।, काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ मा रहेको नयाँ बसपार्क ६१ रोपनी क्षेत्रफलमा फैलिएको छ। ल्होत्सेले यातायात व्यवसायीसँगको सहकार्यमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुलाई रातको समयमा खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल तथा लज सञ्चालनमा ल्याएको ल्होत्सेका मानव संशाधन प्रमुख पङ्कज मल्ल बताउँछन्।, यसभन्दा पहिले विभिन्न जिल्लाबाट रातिको समयमा आएका चालक, सहचालक तथा यात्रु बसोबासका लागि बसपार्क बाहिरका होटलमा जानुपर्ने बाध्यता थियो।, बसपार्कभित्र आवतजावत गर्ने चालक, सहचालक तथा यात्रुलाई सफा र शुद्ध खानेकुरा खुवाउने उद्देश्यले ल्होत्सेको पहलमा बसपार्कभित्रै खाना घर, खाजा घर, क्याफे सञ्चालनमा ल्याइएको छ।, विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि पहिलो र दोस्रो लहरको कोरोनाका कारण बन्दाबन्दी र निषेधाज्ञा हुँदा नयाँ बसपार्क आठ महिना पूर्णरूपमा बन्द रह्यो।, कोरोनाका कारण बन्द हुँदा नयाँ बसपार्कमा रु २० करोडभन्दा बढीको नोक्सानी भएको ल्होत्से बहुउदेश्यीय प्रालिले जनाएको छ। ल्होत्सेको बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा एवं कर्मचारीको तलब, सेवा तथा सुविधाका लागि मासिक करोडौँ खर्च हुँदै आएको छ।, यस्तै नयाँ बसपार्क सञ्चालनवापत काठमाडौँ महानगरपालिकालाई समेत ल्होत्सेले वार्षिकरूपमा जग्गाको भाडा बुझाउँदै आएको छ। विसं २१०२ सम्म ल्होत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गर्न पाउने गरी सम्झौता भएको नयाँ बसपार्क सम्झौता अवधि सकिएपछि काठमाडौँ महानगरलाई जिम्मा लगाउनुपर्ने हुन्छ।, बसपार्कभित्र निर्माण गरिएका संरचनासमेत महानगरलाई बुझाउने गरी सम्झौता भएको छ।, (अच्युत रेग्मी),
कम्प्युटर प्रणालीमा नयाँ बसपार्कको ‘टिकट काउन्टर’
|
एजेन्सी क्यारेबियन मुलुक हैटीमा शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प गएको छ। बेलायती समाचार संस्था रोयटर्सका अनुसार दक्षिण पश्चिम हैटीमा केन्द्रबिन्दु भएको भूकम्पमा परी अहिलेसम्म ३ सय ४ जनाको मृत्यु भएको पुष्टी भएको छ भने सयौं मानिसहरू घाइते भएका छन्।, भूकम्पले थुप्रै घर, विद्यालय, चर्च र होटलहरू भत्किएका छन्। ठूलो भूकम्पपछि लगातार आइरहेका परकम्पहरूले उद्धार र राहतमा कठिनाइ भएको छ।, भूकम्पको धक्का छिमेकी क्युबा र जमैकासम्म महशुस गरिएको थियो।, केही साताअघि मात्रै राष्ट्रपतिको हत्या भएको हैटीमा फेरि भूकम्पको संकट थपिएको हो।, भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रको निरीक्षण गरेका प्रधानमन्त्री एरियल हेनरीले एक महिनाका लागि संकटकाल घोषणा गरेका छन्।, यसअघि सन् २०१० मा हैटीमा ७ म्याग्नेच्युडको भूकम्प जाँदा हजारौं मानिसको मृत्यु भएको थियो।, ,
हैटीमा ७.२ म्याग्नेच्युडको भूकम्प, तीन सय बढीको मृत्यु
|
सविता बुढा कैलालीको भजनी नगरपालिका-५ लालबोझीस्थित हुलाकी सडक नदीले बगाएको छ।, बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण कान्द्रा नदीको बहाव बढेसँगै सडक बगाएको स्थानीयले बताएका छन्।, तराई क्षेत्रको आर्थिक समृद्धिका निम्ति ०६६/०६७ मा सुरू गरिएको हुलाकी सडक आयोजनाअन्तर्गतको सो सडक कान्द्रा नदीको बहावले बगाएको हो।, ‘सरकारले बनाएको सडक बग्यो। अब हाम्रा घरखेत पनि बग्छन्,’ स्थानीय लक्ष्मी चौधरीले भनिन्।, लालबोझीको एक सय मिटर बढी सडक बगाउँदा स्थानीयहरूले खेतमा बनाइएको आलीबाट हिँडडुल गरिरहेका छन।, स्थानीय बाधुराम चौधरीले हुलाकी सडक बगाएपछि वैकल्पिक बाटो प्रयोग गरिरहेका बताए। बगाएको सडक देखाउँदै उनले भने, ‘यो सडकबाट हिँड्दा छोटो हुन्थ्यो। अहिले घुमेर लामो बाटो प्रयोग गरेर जानुपर्ने बाध्यता छ।’, उनले नदीले हरेक वर्ष सडक कटान गर्दा पनि नियन्त्रणका लागि कसैले प्रयास नगरेको बताए।, ‘हरेक वर्ष नदीले धार परिवर्तन गरिरहेको थियो। हुलाकी सडक सुरूमा केही कटान भइरहँदासमेत तटबन्ध लगायतका कुनै प्रयास गरिएन,’ उनले भने।, उनले समयमा सम्बन्धित निकायबाट तटबन्धको गरिएको भए नदीले सडकमा क्षति नपुर्याउने बताए।, भारत सरकारको सहयोगमा धनगढीको क्याम्पस चोकदेखि टीकापुरको खक्रौलासम्म ६२ किलोमिटर सडक निर्माण गरिएको थियो। ६२ किलोमिटरमध्ये दुई किलोमिटर बसन्ता क्षेत्रभित्र परेपछि सोको काम अघि बढ्न सकेको थिएन। अहिले नेपाल सरकारले सो सडक स्तरोन्नति गर्ने भनेपछि तीन चरणमा काम अघि बढाइएको छ।, यस्तै, धनगढी उपमहानगरपालिका-१४ स्थित बिगाउँमा रहेको हुलाकी सडक र रिङरोडलाई जोड्ने सडकमा रहेको कल्भर्ट बाढीले भत्काएको छ। कल्भर्ट भत्किएपछि फूलबारीका बासिन्दालाई आवतजावतमा समस्या भएको छ।, विगत तीन वर्षदेखि जीर्ण अवस्थामा रहेको कल्भर्ट जनप्रतिनिधिको पुनर्निर्माणमा वेवास्ता गर्दा अहिले भत्किएको स्थानीयले आरोप लगाएका छन्।,
कैलालीमा बग्यो सय मिटर बढी हुलाकी सडक
|
नानीमैया कटवाल/रासस सप्तरीकी सपना शर्माको उमेर अहिले २० वर्ष पुगेको छ। कानुनअनुसार उनको बिहे गर्ने उमेर भर्खर भएको छ। १६ वर्ष नपुग्दै सुनसरी जिल्लाको इनरुवा नगरपालिका–३ का राम शर्मासँग विवाहबन्धनमा बाँधिएकी सपना दुई वर्षअघि नै विधवा भइन्।, फर्निचर पसलबाट काम गरेर मोटरसाइकलमा घर फर्कँदै गर्दा विसं २०७६ साउन २२ गते साँझ इनरुवाको सुनसरी पुल नजिक तरकारी लिएर आएको भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा रामको घटनास्थलमै मृत्यु भयो। श्रीमानको मृत्यु हुँदा उनी १८ वर्षकी थिइन्, काखमा थिइन् छ महिनाकी छोरी राधिका।, श्रीमानको मृत्युपछि उनको जीवनमा ठूलो बज्रपात पर्यो। सासु पवित्री सुतिहार शर्माले पोइ टोकुवा भनेर सराप्नाका साथै कुट्नसमेत थालिन्। दाइजो मागेर हैरान पारेका सासु र जेठाजुले श्रीमानको मृत्युपछि काजकिरीया र भोजमा भएको खर्चसमेत माग्न थाले। दुर्घटनामा घाइते भएकी आमालाई हेर्न माइत जान पनि उनीहरूले रोके। एक दिन आफू कोठामा नभएका बेला गरगहना झिकेर लगेको पनि सपनाले बताइन्।, काखे छोरीमा समेत हेलोहोचो र लैङ्गिक विभेद हुन थाल्यो। सबै यातना सहे पनि दुधे शिशुप्रति रूखो व्यवहार भने सहन नसकेर छोरी च्यापेर माइत आइन्। युवावस्थामा टेक्न नपाउँदै आमा बनेकी सपनालाई छोरीको लालनपालनमा निकै सास्ती भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह गोडियारी टोलस्थित माइतीको शरणमा बस्दै आएकी सपनाको विवाह दर्तासमेत भएको थिएन। आमा सरिता शर्माको पहल र अधिकारकर्मीको सहजीकरणमा विवाह दर्ता, नाता प्रमाणित र छोरीको जन्मदर्ता पनि गराइएको छ। , विवाह पछि छुटेको पढाइलाई पुनः निरन्तरता दिन चाहेकी उनी सीप सिक्नाका साथै रोजगार हुुने योजनामा छिन् तर घरपरिवारले अझैसम्म नागरिकता बनाइदिन मानेका छैनन्। विवाह भइसकेकाले स्व श्रीमानकै नामबाट नागरिकता बनाउनुपर्ने अवस्था आएको छ। विवाह दर्ता, नाता कायम र छोरीको जन्मदर्ताका लागि ठूलै सङ्घर्ष गर्नुपरेकामा अब नागरिकताका लागि सङ्घर्ष गर्दै आइरहेकी सपनालाई मृतक श्रीमानको हक, छोरी र आफ्नो भरणपोषण, एकल महिलाले राज्यबाट पाउने सेवासुविधा र रोजगारीका लागि पनि नागरिकताको आवश्यकता भएको हो। , ‘छोरी सानै छ। एसएलसी पास हुनासाथ विवाह भएकाले थप पढ्नुपर्ने भएको छ, सीप सिक्नुपर्ने छ र रोजगारी खोज्नुपर्ने छ नत्र हुर्कँदै गरेकी छोरीलाई कसरी पाल्नु’, गुनासो गर्दै सपनाले भनिन्, ‘थाहै नपाएर कलिलै उमेरमा बिहे भयो। बिहे गर्ने उमेर नपुग्दै विधवा हुनुपर्यो। अब कसरी बाँच्ने।’, आफ्नी छोरीको भविष्य उज्ज्वल बनाउनका लागि भए पनि काम गर्न चाहेकी सपनालाई थप पढ्न नपाएकामा पछुतो भएको छ। ढिलै भए पनि पहिले कक्षा १० सम्म पढेको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित रोयल सेकेण्ड्री स्कूलमा उच्च माविमा अध्ययन गर्नाका साथै सोही विद्यालयको प्राथमिक तहमा पढाउनसमेत थालेकी उनले सिलाइकटाइको छ महिने तालिम पनि पूरा गरेर महिलाले लगाउने म्याक्सी, कुर्ता सुरुवाल, गाउन, ब्लाउज, पेटिकोट सिलाउने कमसमेत गर्दै आएकी छिन्।, सपनाले भनिन्, ‘म अब आफ्नोभन्दा छोरीका लागि उच्च शिक्षा हासिल गर्न र स्थायीरूपले रोजगार हुन चाहन्छु तर नागरिकता छैन के गरुँ ?’ कम्तीमा स्नातक तहसम्मको अध्ययन पूरा गर्ने लक्ष्य लिएकी उनले भनिन्, ‘योग्यता, क्षमता जति बढाए पनि नागरिकता नपाएसम्म रोजगारी पाउन असम्भव छ। श्रीमान् भएका भए बनाइदिनुहुन्थ्यो तर सासु र जेठाजु नागरिकता बनाइदिन तयार छैनन्।’, आफ्नो चार वर्षकै उमेरमा बुबाको मृत्युपछि आमाले गरेको सङ्घर्षको प्रत्यक्ष अनुभव गरेकी सपना भन्छिन् ‘नाबालकमै बुवाको मृत्युले बाध्यतावश आफ्नो सानैमा विवाह भए पनि छोरीलाई पढाएर ठूलो मान्छे बनाउँछु, अनिमात्र विवाहको कुरा अघि बढाउँछु।’,
किशोरीमै एकल भएकी सपनाको सपना
|
सेतोपाटी संवाददाता संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई जना पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले संरक्षित वन्यजन्तु सालकको खपटासहित शुक्रबार दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुबाट सालकको खपटा एक किलो पाँच सय ग्रामसहित दुई जनालाई पक्राउ गरिएको महतोले बताए।, पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय कान्छालाल मोक्तान र ४० वर्षीय धनबहादुर योञ्जन छन्।, अवैध रूपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोबाट प्रहरीको टोली खटिएको थियो।, उनीहरूमाथि थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय हात्तीसारमा बुझाएको छ।,
साढे एक किलो सालकको खपटासहित दुई जना बालाजुबाट पक्राउ
|
खेमराज गौतम/रासस बागलुङ बजारदेखि बुर्तिवाङ हुँदै निसीखोला पुग्ने राष्ट्रिय गौरवको आयोजना छ । बागलुङबाट निसी जान पहिला एक दिन लाग्थ्यो अहिले निसीसम्मै सडक कालोपत्र छ। बागलुङ बजारदेखि घोडाँबाधेसम्मको सडक कालोपत्र भएको छैन । , यही सडकमा घण्टौं सवारी फस्ने, जाम हुँने र सडक अवरुद्ध हुँदै आउदा नागरिकलाई सास्ती खेप्नु परेको छ । हिउँदमा एक डेढघण्टामा पार हुँने घोडा बाधेदेखि बागलुङ बजारसम्मको २५ किलोमिटर सडक बर्खामा चार घण्टासम्म लाग्ने गरेको छ । , सडक हिलाम्मे, खाल्टाखुल्टी हुँदा सवारी फस्ने, बिग्रने मात्र होइन दुर्घटनाकोसमेत जोखिम हुँने गरेको छ । बुर्तिवाङबाट सरर कालोपत्र सडकमा आए पनि जिल्ला सदरमुकाम नजिकै सडकको हालत देख्दा यात्रा गर्न नपरोस् भन्ने लाग्ने यात्रु सविना कुँवरले गुनासो गरे। ‘बागलुङको छेउमा जिल्ला सदरमुकाम छ, प्रशासनिक काम गर्न जिल्ला सदरमुकाम आउनै पर्यो,’ उनले भने, ‘कालोपत्र नुहँदा सवारी दुर्घटनाको जोखिम मोलेरै भए पनि यात्रा गर्न बाध्य छन्, यो सडक कहिले कालोपत्र होला भन्ने हामी बागलुङका पश्चिमीवासीले दिन गनेका छौं।’, मध्यपहाडी राजमार्ग मात्रै होइन अर्को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर बर्खा लागेपछि अवरुद्ध नै छ। खुलेको तीन चार दिनमानै अवरुद्ध हुँने सडक सडक विभागलाई हस्तान्तरण भए पनि झनै समस्यामा परेको छ। जिल्लाको दक्षिण क्षेत्र जोड्ने करिडोर बन्द छ भने बलेवा हुँदै कुस्मिशेरा जाने सडक मालढुङ्गा पारी पटक–पटक पहिरो जाँदा निकै कष्टकर यात्रा गर्नुपर्ने यात्रुको गुनासो छ।, सडक दुर्घटनाको जोखिम मोलेर यात्रु यात्रा गर्न बाध्य भएका छन्। नगरपालिकाभित्रैको रायडाँडा, भकुण्डे र तित्याङ नाम मात्रैका सडक हुन्। बर्खा लागेपछि घण्टौं लाग्छ यात्रुलाई गन्तव्यमा पुग्न छ। तित्याङ र भकुण्डेसम्मका सडक सुधार नहुँदा रायडाँडामा निकै कष्टकरले मात्रै सवारी पुग्ने गरेको बागलुङ नगरपालिका– ११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए।, जिल्लाका सडक भौगोलिक कारणले समेत भिरालो पहाडमा खनेका हुनाले बर्खामा सडकमा पहिरो जाने, ज्यान हत्केलामै हालेर यात्रु यात्रा गर्न बाध्य रहेका छन्। सडक सुधार भएर नगर बस सञ्चालमा आइसकेको सिगानाको १२ किलोमिटर सडक पार गर्नै अहिले एक घण्टा भन्दा बढी समय लाग्छ। हिउँदमा २५ मिनेटमा पार हुने सडक बर्खामा बिग्रएको छ भने काठेखोला गाउँपालिकाको रेश जाने सडक अवरुद्ध हुँदा र रेशखोला बढ्दा सिगानाकै बाटो रेशमा सवारी गुड्ने गरेका छन्। सिगानाको आलामुनीमा रेश हिँडेका सवारी घण्टौं जाम हुनेभएपछि स्थानीय युवा र सवारी धनी मिलेर सडकमर्मत गरेको स्थानीयवासी कृष्ण खड्काले जानकारी दिए। , बागलुङ बजारदेखि अछेते, भिमापोखराहुँदै धम्जा जाने सडकको उस्तै हालत छ। सामान्यतया साढे दुईघण्टामा धम्जाको शिर ओख्ले पुग्न सक्ने सडक भिमापोखरा क्षेत्रमा बढी बिग्रिएको छ । अफ्ठ्यारो घुम्टी तथा सवारी फस्ने स्थानमा ग्राभेल, ढलान र कतै नाली निर्माण गरिएको भए पनि अन्य स्थानमा सडक निकै जोखिमपूर्ण रहेको र भाडाबापत कमाएको रकम सवारीसाधन मर्मत गर्नै खर्च हुने सवारी चालक सागर श्रीसले बताए।, ‘सवारी कहाँ फस्छ, कतिबेला बिग्रन्छ भन्ने टुङ्गो छैन, यात्रुको सेवाका लागि बर्खामा निकै जोखिम मोलेर सवारी चलाइन्छ, धम्जाको धेरै स्थामा पानीको निकास नगर्दा सवारीसाधन फस्ने र चिप्लने गरेका छन्,’ उनले भने, ‘पञ्चकोट भिमापोखराको सडक निर्माण भइरहेकाले अहिले बन्द छ त्यो सडक अलि छोटो थियो, कहिलेकाहीँ दुई तीन घण्टानै सडकमा सवारी फस्ने गरेको छ, बर्खाको तीन चार महिना सवारी चलाउनै मुस्किल छ, हिउँदमा अल्लि सहज हुन्छ।’, जिल्लामा बर्खाको समय अधिकांश ग्रामीण सडक पहिरोका कारकण बन्द हुँदै आएका छन्। स्थानीय तहले समय समयमा बन्द सडक खुलाउँदै आएको भए पनि निकै जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य हुने गरेको छ। जैमिनी नगरपालिका, बरेङ तर्फका सडकमा बेला–बेलामा सवारीसाधन फस्ने र दुर्घटना हुँदै आएका छन् भने ताराखोला, तमान पुग्ने सडकसमेत दुर्घटना निम्ताउने खालका छन्। ,
सडक कालोपत्र नहुँदा सास्तीः बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्मे
|
रासस कास्कीको मादी गाउँपालिका–१ मा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली पुर्याइएको छ। पर्यटकीय गन्तव्यसमेत रहेको सिक्लेससहित मादी–१ का पार्चे र खिलाङ गाउँका ६५० घरधुरी असार १ देखि अन्धकारमा रात गुजार्न बाध्य थिए।, सुरूआतमा स्थानीय लघुजलविद्युत् र पछि सिक्लेस हाइड्रोबाट गाउँमा बिजुली बत्ती बाल्दै आएका गाउँले मादीको सहायक ङच नदीमा गत असार १ गते राति आएको बाढीले क्षति पुर्याएकाले अँध्यारोमै बस्दै आएकामा शनिबारदेखि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारणको बिजुली उपलब्ध गराइएकोे हो।, गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरूङले शनिबार सामुहिक मिटर बक्सको स्वीच अन गरी लाइनको शुभारम्भ गरेका थिए। सबै घरमा मिटर जडान गर्न समय लाग्ने भएकाले तत्कालका लागि एउटा सामूहिक मिटर राखेर पुरानो संरचनाबाट ६५० घरमा नै बिजुली बालिएको उनको भनाइ थियो।, उनले भने, ‘बाढीले क्षति पुर्याएकाले दुई महिना जनताले दुःख पाए पनि शनिवारदेखि विद्युत् प्राधिकरणसँगको समन्वयमा सिक्लेस, पार्चे तथा खिलाङ गाउँमा केन्द्रीय प्रसारणको बिजुली पुगेको छ। सबैको निरन्तरको मेहेनत र सहकार्यबाट गाउँमा बत्ती बाल्न सफल भएका छौं।’, बिजुली अभावमा लामो समय वडा कार्यालय, बैंक, सहकारी, एक्याप कार्यालयको सेवा प्रवाहमा असर परेको थियो। गाउँमा मोबाइल चार्जको समेत समस्याले सञ्चार सम्पर्क गर्नसमेत कठिनाइ भएको थियो। बाढीले मादी नदी किनारमा निर्माणाधीन र सम्पन्न भएका गरी आधा दर्जन जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो। ,
दुई महिनापछि बल्यो मादीका ६५० घरमा बिजुली
|
नारायण अधिकारी/रासस चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ। निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो।, निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फेला परेको जानकारी दिए। दलदलमा फसेका अवस्थामा यही साउन ११ गते मृत गैँडा भेटिएपछि अनुसन्धान अघि बढाएको निकुञ्जले घटनाबारे आज मात्रै जानकारी दिएको हो। कम्तीमा दुई महिनाअघि मरेको हुनसक्ने आशंका गरिएको छ।, खाग काटिएको र टाउकोका हड्डीमा गोली लागेको जस्तो चोट देखिएको बताइएको छ। उनले भने, ‘खाग काटिएका अवस्थामा मृत गैँडा भेटियो।’ नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त गस्तीले मृतावस्थामा फेला पारेको हो।, लगत्तै निकुञ्जको उच्चस्तरको टोलीले अनुसन्धान अघि बढाएको छ। उनले भने, ‘हामीले अनुसन्धान जारी राखेका छौँ।’ कुहिएकाले भाले पोथी पहिचान हुन सकेको छैन। घटना लगत्तै कारागारबाट छुटेका र अन्य शंकास्पदमाथि अनुसन्धान थालिएको छ।, निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गत आर्थिक वर्षमा निकुञ्जमा चार गैँडा चोरी सिकारीले मारेका थिए भने प्राकृतिक कारणले २८ मरेका थिए।, चालू आवका साउनमा मात्रै प्राकृतिक कारणले पाँच गैँडा मरेका छन्। यो सहित ६ गैँडा मरेका हुन्। निकुञ्जले गस्ती कार्यलाई तीव्रता दिएको भए पनि चोरी सिकार रोकिन सकेको छैन।,
खाग काटिएका अवस्थामा भेटियो मृत गैँडा
|
कृष्ण न्यौपाने/रासस आर्थिक वर्ष २०७७/७८ मा १२ पक्की पुल शिलान्यास भए पनि एउटा पनि सम्पन्न हुन सकेन। गण्डकी प्रदेश सरकारमार्फत बनाउन लागिएका तीमध्ये छ पुल गत असारमा सम्पन्न हुनुपर्ने थियो। कोरोना कहर र निषेधाज्ञाका कारण समयमै पुल सम्पन्न नभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। , विगतमा प्रदेश सरकारका लगानीमा जिल्लामा पक्की पुल शिलान्यासको लहर चलेको थियो। विभिन्न नदी तथा खोलामा ती सबै पक्की पुल निर्माणाधीन छ। तीमध्ये तीन आगामी असोजसम्म सम्पन्न गर्नुपर्ने म्याद छ। बाँकी पुलको म्याद आगामी आव रहेको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए। ‘कोरोना कहरका कारण समयमै सकिनुपर्ने पुलको काम सम्पन्न हुन सकेन’, उनले भने। , कोरोना कहरका बाबजुद निर्माण कम्पनीले काम पनि गरेका थिए। लक्ष्यअनुसार भने पूरा नभएको उनले बताए। निर्माणाधीन सबै पुलको कार्य प्रगति सन्तोषजनक देखिएको उनको भनाइ छ। कोरोना कहरमा म्याद सकिएका निर्माणाधीन योजनालाई सरकारको निर्णय अनुसार छ महिना म्याद थप गरिनेछ। ‘म्याद सकिएका पुल छ महिनाभित्र सम्पन्न हुने गरी काम गर्न निर्देशन गरिएको छ’, उनले भने।, गत वर्ष शिलान्यास भएका दुई वटा पुलको काम भने अन्तिम चरणमा पुगेको छ। रिस्ती खोला सोती पसल र बुडुवा खोला लोकतान्त्रिक पुलको काम अन्तिम चरणमा पुगेको हो। ‘दुवै पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ, अब स्ल्याब राख्ने काम मात्र बाँकी छ’, उनले भने।, निर्माणाधीन ती पुललाई २९ करोड एक लाख २९ हजार रूपैया भुक्तानी भइसकेको कार्यालयले जनाएको छ। यसआवमा प्रदेश सरकारले ती पुललाई २६ करोड ४० लाख रूपैया विनियोजन गरेको छ। सबै पुल सम्पन्न गर्न ८९ करोड ६६ लाख ६१ हजार २४० रूपैयाँ आवश्यक पर्छ।, चालू वर्षमा पनि प्रदेश सरकाले जिल्लाका १४ मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ। ती पुललाई तीन करोड ३० लाख बजेट विनियोजन भएको छ। बजेट विनियोजन भए पनि पुलको उपयोगिता अध्ययन गरी माटो परीक्षण भएपछि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भई स्रोत सुनिश्चितता हुँदा बल्ल काम शुरु गरिने कार्यालय प्रमुख ढुङ्गानाले बताए।, वर्षामा सडक सञ्जालबाट सम्पर्क विच्छेद हुने जरेवरका बासिन्दालाई यस वर्षामा पक्की मोटरेवल पुलबाट खोला तर्न पाउने आशा थियो। भिमाद नगरपालिका–८ थामडाँडा र शुक्लागण्डकी नगरपालिका–११ जरेबर जोड्ने गरी बरखोलामा शिलान्यास गरेको पुल गत असार २२ मा सम्पन्न हुनुपर्ने थियो। मुक्तिनाथ दीपज्योति ज्वाइन्ट भेञ्चर पोखराले ठेक्का पाएको पुलको चार वटा पिल्लर ठडिनेबाहेक काम भएको छैन। , हिउँदमा कुलो जत्रै भएर बग्ने बुडुवा खोला यतिबेला तर्न नसक्ने अवस्थामा छ। यहाँका स्थानीवासी घाँस दाउरा र मेलापात गर्न बन्दै गरेको अधुरो पुलबाट जोखिम मोलेर तर्न बाध्य छन्। बुडुवा खोला तरेर लोकतान्त्रिक मोटरमार्गमा सवारी गुडाउने चालकलाई पनि सास्ती छ। , वर्षौंदेखि मोटरेवल पुल चाहियो भन्दै आएका स्थानीयवासीको मागलाई सुनवाइ गर्दै प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास भएको थियो। गणेश कुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत असार २७ मा सकिएको छ।, पुलको काम सक्न १५ प्रतिशत बढी रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमराज सेन ठकुरीले बताए। ‘यतिबेला पुल बनाएर सकिन्थ्यो होला। बाढी आएर काम रोकियो’, उनले भने, ‘पुल र सडकका बीचमा फिल्डिङ गर्ने काम बाँकी छ।’, ऋषिङ गाउँपालिका–४ मधुवन र पाँच रुपटार जोड्ने गरी ज्वाला खोलामा निर्माण थालिएको मोटरेवल पुलको पनि सम्पन्न गर्नुपर्ने मिति सकिएको छ। ठेक्का सम्झौताअनुसार गत असार २५ गते पुल निर्माण सम्पन्न भइसक्नुपर्थ्यो। ज्वाला खोलासहित शालिकराम करिडोरमा मात्र चार वटा पुल शिलान्यास गरिएको थियो। हालसम्म एउटा पनि सम्पन्न भएको छैन। ,
तनहुँमा १२ पुल शिलान्यास, सम्पन्न शून्य
|
सेतोपाटी संवाददाता सुनसरी-मोरङ औद्योगिक करिडोरका दुई दर्जनभन्दा बढी उद्योगहरू अखाद्य वस्तु मिसाएर उत्पादन बजार पठाएको अभियोगमा मुद्दा खेपिरहेका छन्। करिडोरभित्रका उद्योगविरूद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले लगातार गरिरहेको मुद्दा दर्ताको तथ्यांकबाट खाद्य उद्योगले गर्ने बदमासी निरन्तर बढेको देखाउँछ।, गएको आर्थिक वर्षमा मात्रै करिडोरका २९ वटा उद्योगविरूद्ध अखाद्य वस्तु मिसावट गरेको भन्दै मुद्दा दायर भएको छ। ती उद्योगका उत्पादन गुणस्तरहीन भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मुद्दा दर्ता गरेको हो।, मोरङका ९ र सुनसरीका २० वटा उद्योगले उत्पादन गरेका खाद्यवस्तु गुणस्तरहीन भेटिएपछि मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १ सय १६ वटा उद्योगको बजार अनुगमन गरेर उत्पादन नमूना संकलन गरिएको थियो। जसमध्ये सुनसरीका २० र मोरङका ९ उद्योगको उत्पादन गुणस्तरहीन भएको ल्याब रिपोर्टबाट पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।, चाउचाउ, बिस्कुट, पिउने पानी, सूर्यमुखी तेल, खाद्य पदार्थ, सोयाबिन तेल, तोरी तेल, घ्यु लगायत खाद्यपदार्थ उत्पादकविरूद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।, शुद्ध र उपभोग्य वस्तु उपभोग गर्न पाउने उपभोक्ता अधिकारको खिल्ली उडाउँदै खाद्य उद्योगहरुले जथाभाबी मिसावट गर्ने क्रम बढेको छ। खाद्यवस्तु गुणस्तरहीन भएको पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यालयमा माग दाबी लिएर अभियोग लैजाने गरेको छ।,
सुनसरी-मोरङ औद्योगिक करिडोरका दुई दर्जनबढी उद्योगको खाद्यवस्तुमा मिसावट
|
सेतोपाटी संवाददाता कोरोना संक्रमितको संख्या बढेको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले फेरि निषेधाज्ञालाई कडा बनाउने भएको छ।, भदौ १ गते राति १२ बजेदेखि भदौ ११ गते राति १२ बजेसम्म कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय प्रशासनको छ।, यसअवधिमा अत्यावश्यकबाहेक सार्वजनिक तथा निजी सवारी साधनहरू सञ्चालन गर्न नपाइने निर्णय प्रशासनले गरेको छ। बैंक तथा वित्तीय संस्थाका सेवा बन्द गरिने पनि निर्णय भएको छ।, निर्माण सामग्रीलगायत ढुवानी गर्ने सवारी साधनमा चालक र सहचालक गरी दुई जना मात्रै सवार गर्न दिइने निर्णय भएको छ।, सरकारी गाडी चलाउन भने प्रशासनले छुट दिएको छ।, ‘अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनबाहेकका सार्वजनिक सवारी साधन तथा निजी सवारी साधनहरू सञ्चालन गर्न नपाइने’ प्रशासन कार्यालयले आज निकालेको विज्ञप्तिको ३ नम्बर बुँदामा उल्लेख छ।,
गोरखामा भदौ ११ गतेसम्म निषेधाज्ञा: सार्वजनिक/निजी सवारी साधन चल्न नदिने, सरकारीलाई छुट!
|
मनोज सत्याल सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भेलबाढीको कारण बनेको भ्रेमाथाङमा १५ लाख ट्रक गिट्टी-बालुवा रहेको विज्ञले बताएका छन्। , भ्रेमाथाङ क्षेत्र पुगेका खानी तथा भूगर्भ विभागका सिनियर भूगर्भशास्त्री शिव बाँस्कोटाका अनुसार त्यहाँ १० मिटर अग्लो थेग्रिनी जम्मा भएको छ। भ्रेमाथाङ क्षेत्र ३ हजार ६ सय ४० मिटर उचाईमा रहेको छ।, ‘१५ सय मिरट लम्बाई र ७ सय मिटरको जुन भ्रेमाथाङ चउर छ त्यसमा १ करोड ५ लाख घनमिटर गिट्टी, ढुङ्गा र बालुवा थुप्रिएको छ', बाँस्कोटाले सेतोपाटीसँग भने, ‘ट्रकमा भरेर ओसार्ने हो भने त्यो १५ लाख ट्रक हुन्छ।’, साउन १६ गतेको भेलबाढीपछि अध्ययनका लागि बाँस्कोटा सहितको टोली ४ दिन भ्रेमाथाङमा बसेको थियो। , भ्रेमाथाङ क्षेत्रमा जम्मा भएको गिट्टी बालुवा ढिलो/चाँडो तल आउने भएकाले तटीय क्षेत्रका बासिन्दा र मेलम्ची आयोजनाका लागि जोखिम रहेको उनले बताए। मेलम्ची क्षेत्रमा असार १ गते र साउन १६ गते थेग्रिनी सहितको भेलबाढी आएको थियो। उक्त भेलबाढीपछि किरानाका खेतहरु पुरिएका छन्। खोलाको तह बढ्दा उचाई बढेको छ। , असार १ गते आएको भेलबाढीका बेला भ्रेमथाङको कटान खासै भएको थिएन। त्यतिबेला भ्रेमाथाङ मुनितीर नै नदीको किराना कटान र खोला थुनिने बाढीको रूप लिँदा मेलम्ची क्षेत्रमा थुप्रो ढुङ्गा, गिट्टी, बालुवासहितको लेदो आएको थियो। मेलम्ची माथिल्लो क्षेत्रमा भेलबाढीले ठूला ढुङ्गा समेत ल्याएको थियो। तर मेलम्ची आइपुग्दा धेरैजसो गिट्टी बालुवा सहितको लेदो आइपुगेको थियो। , बाँस्कोटाका अनुसार भेलबाढीले मेलम्ची खानेपानी आयोजनाको इन्टेक र हेडवक्स क्षेत्रमा थेग्रिनी थुप्रो लागेको छ।, मेलम्ची खानेपानी आयोजनाको अम्बाथान इन्टेकमा १५ मिटरसम्म थेग्रिनी छ। त्यस्तै मेलम्ची बजार क्षेत्रमा १० मिटर छ। , अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका इन्जिनियर अरूणभक्त श्रेष्ठका अनुसार मेलम्ची क्षेत्रमा आएको थ्रेगिनी जम्मा गरेर ट्रकमा काठमाडौं ल्याउने हो त्यसले चक्रपथ भित्रको जमिनको उचाई १ फिट अग्लो पार्न सक्छ। , ‘हामीले मेलम्ची क्षेत्रमा जम्मा भएको थ्रेगिनीको आधारमा हिसाब गर्यौं। साधारण बुझ्ने भाषामा भन्ने हो भने त्यो थ्रेगिनी काठमाडौं ल्याउने हो भने रिङरोड भित्रको उचाई १ फिट बढ्छ,' उनले सेतोपाटीसँग भने।, विज्ञले मेलम्ची भेलबाढीको उत्पत्ती जुगल हिमश्रृंखलाबाटै भएको तथ्य पत्ता लगाएका छन्। उक्त क्षेत्रम पानी परेपछि तापक्रम वृद्धि भएको र हिउँ पग्लिएको तथा त्यसले तल्लो क्षेत्रमा बाढीको रुप लिएको विज्ञले बताएका छन्। मेलम्चीसम्म आइपुग्दा यसले बाढी पहिरो लगायतका रूप लिएकाले यसलाई विज्ञले बहुप्रकोपीय घटना भनेका छन्। , भ्रेमाथाङ क्षेत्र पुगेका भूगर्भशास्त्री बाँस्कोटा साउन १६ गते जस्तै फेरि भेलबाढी आउने सम्भावना यथावत रहेको बताउँछन्। ‘भोलिपर्सी त्यस्तै इभेन्ट नहोला भन्न सकिन्नँ फ्यूचरमा थ्रेगिनी (सेडिमेन्ट) आइराख्छ। साना तिना आइराख्छ’, बाँस्कोटाले भने, ‘चेक ड्याम बाँधेर थ्रेग्रिनी रोक्न जटिल छ। नदी भिरालो छ। नाकोटे भन्ने ठाउँमा केहीसम्म ठाउँ छ। अन्यथा मेलम्ची इन्टेकभन्दा माथि थ्रेग्रिनी रोक्नसक्ने धेरै विकल्प छैनन्।’, यो पनि हेर्नुहोस्, विज्ञ भन्छन् : जोखिम अझै छ, मेलम्ची तटका स्थानीय घर नफर्कनुस्, मेलम्ची भेलबाढी निम्त्याएको भ्रेमाथाङको स्याटलाइट तस्बिर, तिर्खाएको काठमाडौंले अब मेलम्चीको विकल्प खोज्नुपर्ने, मेलम्ची विनाशको कारण बहुप्रकोप भएको दुई अध्ययनको निष्कर्ष, विज्ञ भन्छन्- मेलम्ची खानेपानी आयोजनाको भविष्य जोखिममा, मेलम्चीमा बाढी आएको भ्रेमाथाङको हेलिकप्टर दृश्य (भिडिओ),
भ्रेमाथाङमा अझै बाँकी छ १५ लाख ट्रक गिट्टी-बालुवा मिसिएको थ्रेगिनी
|
सेतोपाटी संवाददाता काठमाडौंमा यार्चागुम्बा लुटेको आरोपमा सात जना पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखाले उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।, उनीहरूले गत आइतबार नयाँ बसपार्कमा दीपक लामा र सुरेश सापकोटबाट एक किलो यार्चागुम्बा लुटपाट गरेका थिए। लुटपाट भएको भन्ने निवेदनका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। , मुख्य योजनाकार बझाङ घर भएका भक्तपुरको सूर्यविनायक बस्ने ३४ वर्षीय धर्म ओखेडा रहेको प्रहरीले जनाएको छ।, म्यानवपावर व्यवस्थापक समेत रहेका दोलखा घर भई ठमेल बस्ने ३२ वर्षीय मनोजकुमार श्रेष्ठ, रामेछाप घर भइ नयाँ बजार बस्ने २७ वर्षीय दीपक थापा मगर, काभ्रे घर भई नयाँबजार बस्ने २७ वर्षीय विशाल लामा, २३ वर्षीय योङ्देन लामा र २२ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।, साथै यार्चागुम्बा किन्ने भारतको कास्मिर घर भई नयाँबजार बस्ने ३७ वर्षीय मोहम्मद ईसाकलाई पनि प्रहरीले पक्राउ गरेको छ। , पक्राउ पर्नेहरूमध्ये एक जनाले किन्ने बहाना बनाएर लुटपाट गरेको प्रहरीले जनाएको छ।, 'गत साउन २४ गते किन्न बोलाएर मेरो एक किलो यार्सागुम्बा लुटियो भनेर पीडित यहाँ उजुरी गर्न आए। हामीले के भएको हो भनेर अनुसन्धान गर्दै जाँदा लुट्नेमध्ये एक जनालाई फेला पार्यौं,' प्रहरी उपरीक्षक कोइरालाले भने। उनीमाथि सोधपुछ गर्दै जाँदा धर्म ओखेडा भन्ने मुख्य योजनाकार भएको खुलेको हो। , ओखेडाले लामा र सापकोटासँग यार्चागुम्बा छ भन्ने पहिल्यै थाहा पाएका थिए। सो कुरा थाहा पाएपछि उनले लुट्ने योजना बनाएको कोइरालाले बताए। , उनले लामा र सापकोटालाई एक किलो यार्सागुम्बाको २८ लाख दिन्छु भनेर भनेर नयाँबसपार्क मित्रपार्कस्थित एक होटलमा बोलाए। ओखेडाको समूह पहिले नै लुटपाट गर्न तयार भएर बसेका थिए। , 'यार्चागुम्बा देखाउन ल्याउ भनेपछि पहिला ओखेडा आफैँ गएर हेर्यो। पछि ल ठिक छ एकैछिनमा आउँछु भनेर हिँड्यो। अनि उनी निस्कन बित्तिकै मनोजकुमार श्रेष्ठ भन्ने अर्का व्यक्तिलाई अघि सार्यो,' उनले भने, 'मनोजसहित अरू गएर धम्क्याएर उनीहरूबाट यार्चागुम्बा लुटेर भागे। बाहिरबाट उनीहरू दुबैलाई चुकुल लगाएर भागे।', लुटपाट गर्ने समूहसँगै एक जना किन्ने व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको हो। मोहम्मद ईसाकबाट प्रहरीले सात किलो ७४० ग्राम यार्चागुम्बा बरामद गरेको छ। , जसमध्ये एक किलोमात्रै लुटिएको उनले प्रहरीलाई बताएका छन्। यद्यपी उनले बाँकी यार्चागुम्बाको पनि कागजात देखाउन नसकेको प्रहरीले जनाएको छ। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
काठमाडौंमा यार्चागुम्बा लुटेको आरोपमा ७ जना पक्राउ
|
एजेन्सी गत वर्ष जुन ९ मा क्वेक यू सुआन सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एनयुएच) मा जन्मिँदा २१२ ग्रामकी थिइन्। यो झण्डै एउटा ठूलो स्याउ जतिको तौल हो।, द स्ट्रेट्स टाइम्सका अनुसार उनी समयपूर्व अर्थात चार महिना अघि नै जन्मेकी थिइन्। डाक्टरहरूले शिशुको तौल कम्तीमा पनि ४०० ग्राम हुने अनुमान गरेका थिए। तर उनी जम्मा २१२ ग्रामकी थिइन्।, सामान्यतया बच्चा नौ महिना भएपछि जन्मिन्छन्। तर सुआन समयपूर्व नै जन्मिएपछि अस्पतालमा भर्ना गर्नुपर्यो।, १३ महिना अस्पताल बसेपछि गत जुलाई ९ मा उनी डिस्चार्ज भइन्। उनी विश्वकै सबैभन्दा सानो शिशु भएको अनुमान छ जो समयपूर्व जन्मिएर बाँचिन्।, जब सुआनलाई एनआइसियूमा लगियो एनयुएचका नर्स झ्याङ सुहीले विश्वास नै गर्न सकेकी थिइनन्।, 'म स्तब्ध भएँ। मैले मेरा प्रोफेसरलाई भनेँ- तपाई विश्वास गर्न सक्नुहुन्छ? नर्स भएको २२ वर्ष अनुभवमा मैले कहिल्यै भर्खरै जन्मिएको शिशु यति सानो देखेकी थिइनँ,' उनले भनिन्।, युनिभर्सिटी अफ लोवाको टाइनिएस्ट बेबिज रजिस्ट्रीको यसअघिको रेकर्ड अनुसार सन् २०१८ मा अमेरिकामा २४५ ग्रामकी शिशु जन्मिएकी थिइन्।, एनयुएचका अनुसार सुआन जस्ता चार महिना अघि नै जन्मिने बच्चाको बाँच्ने सम्भावना ७० प्रतिशत मात्रै हुन्छ।उनीहरूको उपचारपछि चारदेखि ६ महिनामा डिस्चार्ज हुने गर्छन्।, तर यु सुआन धेरै नै सानो भएकाले उनलाई १३ महिना अस्पतालमा राख्नुपर्यो। उनी सो अस्पतालमा सबैभन्दा धेरै समय बस्ने शिशु बनेकी छन्।, सुआन यति छिट्टै जन्मिन्छन् भन्नेबारे बुवा क्वेक वि लियाङ र आमा वोङ मेइ लिङको लागि पनि अचम्मको कुरा थियो। सिंगापुरका स्थायी बासिन्दा उनीहरूले मलेसिया गएर बच्चा जन्माउने सोचेका थिए। त्यहाँ उनीहरूका चार वर्षीय छोरा छन् जसको हेरचाह क्वेकका आमा-बुवाले गरिरहेका छन्।, बिमा कम्पनीमा काम गर्ने वोङको गत वर्ष जुन ८ मा एक्कासि पेट दुखेपछि एनयुएच लगियो। वोङको स्वास्थ्य अवस्थाको कारण बच्चाको डेलिभरी चाँडै गरिएको थियो।, १३ महिनापछि सुआनको गत जुलाइ ९ मा डिस्चार्ज हुँदा उनको तौल ६.३ किलो थियो। उनी डिस्चार्ज हुँदै गर्दा अस्पतालका नर्सहरूले तस्वीरसमेत खिचाएका थिए।, यु सुआन अहिले १४ महिनाकी भइन्। तर पनि उनी पूर्ण रूपमा निको भएकी छैनन्। उनलाई फोक्सोको रोग छ र घरमै भेन्टिलेटर, अक्सिजन दिइएको छ। अहिले उनी आफैं यताउता पल्टिन सक्ने भइसकेकी छन् र बोतलबाट खान सिकिरहेकी छन्।, अहिले पनि सुआनलाई फलोअपको लागि समय-समयमा अस्पताल लगिराख्न पर्छ।,
जन्मिँदा स्याउजत्रै थिइन्, १३ महिना अस्पताल बसेर फर्किइन् घर
|
दाने बोहरा काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन्। , हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरू बेपत्ता भएका जनाइएको छ।, उनीहरू बाजुराको वन क्षेत्रमा जडीबुडी संकलन गर्न जानेक्रममा बुधबार साँझदेखि बेपत्ता भएका स्थानीयबासी तारा रावलले जानकारी दिइन्। हराइरहेकाहरूको खोजी जारी रहेको उनले बताइन्। , जडीबुटी संकलन लागि थाली गाउँका करिब ३० जना गएका बताइएको छ। हुम्लासहित बाजुरा, मुगु, बझाङलगायत नागरिक यस याममा जडीबुटी संकलन गर्न पाटनतिर जाने गर्दछन्। रासस ,
काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खसेर दुई बेपत्ता
|
सेतोपाटी प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गर्न पुगेका शिक्षकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , शुक्रबार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। , प्रहरीले प्रदर्शनमा पुगेका करिब डेढ सय शिक्षकहरूलाई नियन्त्रणमा लिएको हो। , महासंघले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रूपमा बढुवा गराइनुपर्ने, द्वन्द्वपीडित शिक्षकहरूको समस्या समाधान गरिनुपर्ने, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलब, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्च मावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न माग राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएको छ।,
बालुवाटारअगाडि प्रदर्शनमा उत्रिएका शिक्षक प्रहरी नियन्त्रणमा
|
सेतोपाटी विगत दुई दिनदेखि भइरहेको अविरल वर्षासँगै प्रदेशको अस्थायी राजधानी धनगढी सहरसहित कैलाली जिल्लाको होचो भागका धेरै बस्ती जलमग्न भएका छन्। , वर्षासँगै धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रका मुख्य र सहायक सडकमा पानी जमेपछि आवागमन असहज बनेको छ। नेपाल विद्युत् प्राधिकरण धनगढी शाखा कार्यालयसहित अधिकांश कार्यालय परिसरमा दुई/तीन फिटसम्म पानी जमेको छ।, बजार क्षेत्रको बीच भाग हुँदै उत्तरबाट दक्षिणतर्फ बग्ने कैलाली खोला र सुकुटी नालामा पानीको सतह बढ्दा आसपासका बस्तीमा समेत डुबानको जोखिम बढेको छ।, नगर क्षेत्रको शिवनगर, विशालनगर, मिलनचोक, त्रिवेणीचोक, बैया बेहँडी लगायतका घना बस्तीमा घरभित्र पानी पसेर क्षति पुगेको छ।, वडा नं ३ का बजिरसिंह धामीले डुबानसँगै घरभित्र पानी पस्दा मालसामान भिजेर क्षति पुगेको बताए।, पानीको उचित निकासको व्यवस्था बिना आफूखुसी ढंगले घर संरचना बनाउने गरिएका कारण धनगढीमा डुबानको समस्या बढ्दै गएको छ।, यसबाहेक खोलानालाको जग्गासमेत मिच्ने प्रवृत्तिले खोलाको पानीसमेत बग्न नपाउँदा पनि डुबानको समस्या देखिने गरेको हो।, जिल्लाको शिवगङ्गा, मोहना र गौरीगङ्गा लगायतका नदीमा पानीको सतह केही बढेको भए पनि मध्यान्हसम्म खतराको तहमा नपुगेको नदीमा पानीको बहाव मापन गर्न खटिएका ‘गेज रिडर’ले बताएका छन्।, पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदीको बहाव मापन गर्न खटिएका ‘गेजरिडर’ मानबहादुर चौधरीले मोहनाको बाढीले कैलारी गाउँपालिकाको बिसनपुर गाउँमा पसाउन लागेको धानखेत डुबानमा परे पनि अहिले नै मानव बस्तीमा त्यस्तो ठूलो जोखिम नदेखिएको बताए।, उनले भने, ‘नदीमा पानीको सतह खतरा नजिक पुगेपछि यसको जानकारी तत्कालै तल्लो तटीय क्षेत्रका बासिन्दा र जिल्ला प्रशासन कार्यालयलाई सूचना गर्ने गरेका छौं।’, कैलालीको भजनी, जानकीनगर, धनसिंहपुर, नारायणपुर, लालबोझी, पथरैयालगायतका होचो भू-भागका बस्ती मोहना, कान्द्रा, काँडा, खुटियालगायतका नदीमा आउने बाढीका कारण वर्षेनी डुबानमा पर्ने गरेका छन्।, नदीमा पानीको बहाव बढ्दा डुबान र कटानको सम्भावित जोखिमबाट समुदायलाई जोगाउन जिल्लामा पूर्वसूचना प्रणाली लागू गरिएको छ।, पूर्वसूचना प्रणाली कार्यान्वयनमा आएसँगै जिल्लामा बाढी र डुबानजस्ता प्रकोपबाट हुनसक्ने धनजनको क्षति न्यूनीकरणमा टेवा पुगेको छ।, यो प्रणालीअन्तर्गत विभिन्न नदीको पानीको सतह मापन गर्न खटिने ‘गेज रिडर’ले विभिन्न नदीमा बाढी डुबानको सम्भावित जोखिमबारेको पूर्वसूचना तल्लो तटीय क्षेत्रका समुदाय, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, नेपाल रेडक्रस सोसाइटी र जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित कार्यालयमा दिने गरेका छन्।, यो प्रणालीअन्तर्गत जिल्लाका अधिकांश नदी किनारमा पानीको बहाव मापन गर्न ‘गेजरिडर’ जडान गरिएको छ। वर्षा मापन र जल मापनका लागि जिल्लाभरि १६/१७ ठाउँमा गेजरिडर कार्यरत छन्।, माथिल्लो तटीय क्षेत्रमा कार्यरत गेजरिडरले दिने सूचनाका आधारमा तल्लो तटीय क्षेत्रका समुदायलाई बाढी आउनुपूर्व सूचना दिएर क्षति न्यूनीकरणको पहल हुने भएकाले पूर्वसूचना प्रणाली प्रभावकारी देखिएको जल तथा मौसम विज्ञान विभाग अत्तरियास्थित फिल्ड कार्यालयका सिङ्गल चौधरी बताउँछन्।, खासगरी उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णाली नदी र पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदी र उत्तरबाट दक्षिणतर्फ बग्ने खुटिया, काँन्द्रा, काँडा, पथरैया, गौरीगङ्गा, मुढालगायतका नदीमा मनसुनी वर्षासँगै पानीको सतह बढ्दा नदी तटीय क्षेत्रमा जोखिम हुने गरेको छ। ,रासस,
,
प्रदेशको राजधानी धनगढी जलमग्न
|
सेतोपाटी संवाददाता चेक बाउन्स मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं महानगरपालिका वडा नम्बर १६ बस्ने ४८ वर्षीय प्रेमकुमारी खड्गीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, खड्गीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्याएर एनएमबी बैंकको चेक काटेर पीडितलाई दिएकी थिइन्। त्यसरी चेक बाउन्स भएपछि प्रहरी कार्यालयमा जाहेरी परेको थियो। , त्यसपछि उच्च अदालत पाटनले २०७६ जेठ २१ गते खड्गीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र २० लाख जरिवाना ठहर गरेको थियो।, उनलाई प्रहरीले सोह्रखुट्टे काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयन गर्न ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ। , ,
चेक बाउन्स मुद्दामा २० लाख जरिवाना पाएकी महिला सोह्रखुट्टेबाट पक्राउ
|
सेतोपाटी संवाददाता प्रेस काउन्सिल नेपालले आपसमा मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने भएको छ।, शुक्रबार काउन्सिलले एक सूचना जारी गर्दै दर्ता भएर सञ्चालनमा आइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडेर डोमेन दर्ता/मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम लिएर सूचीकरण हुन आएमा त्यस्ता न्युज पोर्टललाई सूचीकरण नगर्ने जनाएको हो।, काउन्सिलको हालै बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकमा यस्तो निर्णय गरेको हो।, विधिवत् रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट काउन्सिलमा पटकपटक यस्ता उजुरी/गुनासाहरू आउने गरेको भन्दै अबदेखि यस्ता मिडिया दर्ता नहुने जनाएको हो।, अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ (पहिलो संशोधन, २०७४) मा अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था छ ।, पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन एवं निरीक्षण र अभिलेखीकरणका लागि प्रेस काउन्सिल नेपालले सूचीकरण गर्दै आएको छ ।, ,
मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने काउन्सिलको निर्णय
|
सञ्चिता घिमिरे/रासस झण्डै सात वर्षदेखि अलपत्र बनेको तीनकुने (वाग्मती) पुल नयाँ डिजाइनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन प्रक्रिया थालिएको छ। ‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्सट्रक्शन प्रालिको लापरबाहीका कारण अलपत्र बनेको थियो ।, सो कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको काठमाडौँ उपत्यका सडक विस्तार योजनाले जनाएको छ । सो कम्पनीसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो ।, सडक विभागले विसं २०७१ मा तीनकुने पुल र बिजुलीबजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुलीबजारस्थित धोबीखोला पुल दुई वर्षपहिले देखि नै सम्पन्न भएर सञ्चालनमा छ । यो पुल निर्माण व्यवसायीको बेवास्ताका कारण अघि बढ्न सकेको थिएन । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल अहिले आएर पुनः निर्माण सुरु गर्न परेको योजनाले जनाएको छ ।, पहिलेको कम्पनीले बनाएको संरचनामध्ये एउटा फाउन्डेशन स्वीकार गरेर बाँकी सबै भत्काएर नयाँ ठेक्कामार्फत निर्माण हुने योजनाले जनाएको छ । नयाँ डिजाइन र नयाँ वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गरेर निर्माण अघि बढाउन लागिएको योजनाका सूचना अधिकारी अशोक यादवले बताए ।, उनका अनुसार पहिले जसरी नै अहिले पनि निर्माण व्यवसायी आफैँले डिजाइन गर्ने गरी (डिजाइन एन्ड बिल्ड) मार्फत निर्माण अघि बढाउन लागिएको हो । सो पुल पुल डिजाइन र निर्माण गरी झण्डै ४२ महिना लाग्ने उनले बताए । यसअघि पुल निर्माणस्थलमा खानेपानी, विद्युत् लगायतका संरचना हटाउन समय लागे पनि अहिले त्यो समस्या हटिसकेको छ । उनले भने, ‘निर्माणस्थल खाली नै भएकाले व्यवसायीले सरासर काम गर्न सक्नेछ।’, दुई सातापहिले बोलपत्र आह्वान भएकामा ठेक्का सम्झौता हुन प्रक्रियामा नै झण्डै दुई महिना लाग्ने योजनाले जनाएको छ । यसअघि पप्पु कन्सट्रक्शनसँग रु २१ करोडमा ठेक्का भएको थियो । अहिले ठेक्का आह्वान भएकाले कति रकममा कबुल हुन्छ त्यसैका आधारमा यसको बजेट थाहा हुने उनले बताए।, योजनाले पहिलेको कम्पनीले बनाएको संरचना सबै मान्यता नदिएको भत्काउने निर्णय गरेको सूचना अधिकारी यादवले बताए । कम्पनीले दुई ‘फाउन्डेशन स्ट्रक्चर’ बनाएकामा एउटा काम लाग्ने भएकाले स्वीकार गरिएको र अर्को भत्काउने निर्णय गरेको थियो ।, यसअघि कम्पनीसँगको ठेक्का तोडेर नयाँ ठेक्कामा जान झण्डै एक वर्ष लागेको छ । कम्पनीले प्राविधिक नभई काम गर्ने ढलानलगायत निर्माणको काम गरेको सूचना अधिकारी यादवले बताउनुभयो । उन्तीस मिटर पाइल राख्नुपर्नेमा २५ मिटर राखेकाले सच्याउनभन्दा पनि कम्पनीले मानेको थिएन । पप्पुको स्वीकार भएको संरचनाको भुक्तानी भइसकेको उनले बताए । त्यसबाहेक भत्काउनुपर्ने संरचनाको रकमसमेत निर्माण व्यवसायीबाट नै असुल गर्ने नियम छ । उनले भने, ‘कति रकम असुल गर्नुपर्ने हो भनी यकिन गरेर चिट्ठी लेखिनेछ।’, यसअघि निर्माण व्यवसायीले लापरबाही गरेको भन्दै निर्माणको काम सुरु भएको केही समयमा नै रोकिएको थियो । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पुल निर्माणमा समस्या देखिएको भन्दै त्यसलाई अघि नबढाउन र निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको थियो । जगको काम हुँदा नै समस्या भएकाले त्यो अघि बढ्न नसकेको सूचना अधिकारी यादवले बताए । निर्माण कम्पनीले डिजाइनअनुसार काम नगरेको भन्दै सडक विभागले त्यसलाई सच्याउन भने पनि उसले अटेर गरेकाले ठेक्का तोडिएको थियो । उउनले भने, ‘अहिले पनि कम्पनी कालोसूचीमा नै रहेको छ ।’, यसअघि पनि पुल निर्माण कम्पनी आफैँले डिजाइन गर्ने ९डिजाइन एन्ड बिल्ड० गरी भएको सम्झौता भएकामा अहिले पुनः सोही प्रक्रियाबाट निर्माणमा जान लागिएको हो । यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य भएपछि मात्रै नयाँ प्रक्रियामा जान बाटो खुलेको आयोजनाले जनाएको छ । नयाँ ठेक्कामा जाँदा पनि पुनः डिजाइन गर्नुपर्ने भएकाले साढे तीन वर्ष लाग्ने सूचना अधिकारी यादवले जानकारी दिए ।, सरकारले यसअघि नै कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैंकको जमानत फिर्ता लिइसकेको छ । कार्य सम्पादन जमानतमार्फत राखिने पाँच प्रतिशत रकम सरकारको खातामा फिर्ता ल्याइएको छ । आवश्यक रकम पेस्की पहिले कम्पनीलाई उपलब्ध गराइएकामा त्यो पनि फिर्ता भइसकेको छ ।, यसअघि पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।, आयोजनाले काठमाडौँको व्यस्त सडकमा भएको सवारी चाप कम गर्न र सहर सुन्दरता बढाउन भन्दै ‘आर्स एन्ड ब्रिज’ निर्माण अघि बढाएको थियो । मुख्य सडकका दायाँबायाँ दुई–दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । बिजुली बजारस्थित पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसके पनि यो पुल निर्माण अघि बढ्न सकेको थिएन ।, नेपालमा नयाँ प्रविधिबाट सो पुल निर्माण गरिने गरी सम्झौता गरिएको थियो । अरू सामान्य पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ । अरू पुलको तुलनामा यसको अवधि लामो हुने विभागले जनाएको छ ।, काठमाडौँ उपत्यकाको सवारी चाप बढी रहेको सडकमा माइतीघर–कोटेश्वर सडक छ । एक दशक पहिले छ लेनमा सडक विस्तार भएको थियो । सडक विस्तार भए पनि त्यहाँ पर्ने धोबीखोला र वाग्मती पुल साँघुरो भएकाले सवारी चाप कम नभएको भन्दै विभागले मुख्य पुलको दुवैतर्फ पुल निर्माणको योजना अघि सारेको हो ।,
पप्पु कन्सट्रक्शनले सात वर्षदेखि अलपत्र पारेको तीनकुने पुल नयाँ डिजाइनमा निर्माण गरिने
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप एक हजार ८९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप एक हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, काठमाडौंमा ७९९ जनामा, ललितपुरमा १२८ र भक्तपुरमा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै काठमाडौं उपत्यकामा अहिले ११ हजार ५९६ जना सक्रिय संक्रमित छन्।, काठमाडौंमा आठ हजार ४०७, ललितपुरमा एक हजार ८२७ र भक्तपुरमा एक हजार ३६२ जना सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घण्टामा १८ हजार ५८२ मा परीक्षण गर्दा नेपालमा थप तीन हजार ९१५ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन्। यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म १० हजार ३२९ जनाको मृत्यु भएको छ।, शुक्रबार दुई हजार ११८ जना निको भएका छन्। नेपालभर भने अहिले ३८ हजार ७९८ सक्रिय संक्रमित छन्। ,
काठमाडौं उपत्यकामा थपिए एक हजार ८९ संक्रमित, सक्रिय ११ हजार बढी
|
सेतोपाटी संवाददाता कोरोना खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन मिल्ने भएको छ।, शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्यूआर कोडसहितको प्रमाणपत्र अनलाइनबाटै लिन सकिने जानकारी गराएको हो।, कतिपय देशले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्रै मान्यता दिने गरेको छ। त्यसैलाई मध्यनजरमा राख्दै अनलाइनबाटै लिन मिल्ने व्यवस्था गरेको हो।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको https://vaccine.mohp.gov.np/ अनलाइन प्रणालीमार्फत् खोप लगाएको विवरण प्रविष्टि गरी आवश्यक कागजात अपलोड गरी प्रमाणपत्र लिन मिल्नेछ।, खोप कार्ड, राहदानी नम्बर अनलाइन फार्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गर्नुपर्ने मन्त्रालयले जनाएको छ।, अपलोड भएपछि उल्लेखित कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइन प्रणालीबाटै स्वतःभेरिफाई हुनेछ।, यस विषयमा कुनै समस्या भएमा जनस्वास्थ्य अधिकृत दिपक झालाई मोबाइल नम्बर ९८४३२८४३५२ मा सम्पर्क गर्न भनिएको छ।, यसअघि मन्त्रालयले विदेश जानेहरूको लागि टेकु अस्पतालबाट प्रमाणीकरण गरिँदै आएको थियो। खोप प्रमाणीकरण गर्नेको संख्या बढेसँगै मन्त्रालयले पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल र निजामती अस्पतालबाट समेत गरिँदै आएको थियो। उपत्यका बाहिरको हकमा ५० शय्याभन्दा माथिका सरकारी अस्पतालहरूबाट समेत खोप प्रमाणीकरण गर्ने मन्त्रालयले जानकारी दिएको छ।, ,
खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन सकिने
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १८ हजार ५८२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ७०८ जनाको पिसिआर र ६ हजार ८७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, यस्तै संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार ८९ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ७९९, ललितपुरमा १२८ र भक्तपुरमा १६२ जना संक्रमित थपिएका हुन्।, त्यस्तै २ हजार ११८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ७९ हजार ४९५ जना कोरोना मुक्त भएका छन्। , यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ।, , ,
१८ हजार ५८२ मा कोरोना परीक्षण गर्दा ३ हजार ९१५ लाई संक्रमण
|
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेको बताएका छन्। , डल्लुस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्लाई ६ लाख रूपैयाँको चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन्।, ‘महानगरबासीले मात्रै होइन सिंगो देशबासीले सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने हेतुले महानगरपालिका क्षेत्रभित्रका सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेका हौं,’ शाक्यले भने, ‘काठमाडौं महानगरपालिकाले राम्रो काम गर्नेहरूसँग सहकार्य गर्ने नीति लिएको छ। त्यही नीति अनुसार हामीले कोरोनाका बेला विभिन्न अस्पताललाई ४५ वटा भेण्टिलेटर हस्तान्तरण गरेका थियौं। दुइटा प्रक्रिया पूरा नभएकाले हस्तान्तरण गर्न बाँकी छ।’, शाक्यले डल्लुस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्को साढे चार तलाको आधुनिक भवन निर्माणमा महानगरपालिकाले सम्झौता गरिसकेको पनि बताए।, ‘अहिले खरिद प्रक्रिया अघि बढेको छ। छिट्टै निर्माण प्रक्रिया अघि बढ्छ,’ शाक्यले भने, ‘ऐतिहासिक नि:शुल्क चिकित्सालयलाई भवन निर्माणका लागि हामीले पाँच करोड विनियोजन गरिसकेका छौं। टोखामा आधुनिक बाल अस्पताल निर्माणका लागि चार करोड सहयोग गर्ने गरी बजेट विनियोजन सहयोग गरेका छौं।’ , उनले समता अस्पतालसँग सहकार्य गर्ने गरी सहुलियत दरमा स्वास्थ्य परीक्षण गर्ने गरी अघि बढेको जानकारी दिए।, ‘कोभिडका बेला नरदेवी अस्पताल, नि:शुल्क चिकित्सालयलाई कोभिड अस्पतालका रूपमा सञ्चालन गर्यौं। राधास्वामीमा काठमाडौं महानगरपालिकाकै आर्थिक सहयोग र व्यवस्थापनमा अक्सिजन थेरापीसहितको आइसोलेसन सञ्चालन गर्यौं,’ उनले भने, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका नाम चलेका सम्पूर्ण सरकारी अस्पतालसँग हामी सहकार्य गरिरहेका छौं। हामीले टिचिङ अस्पताललाई साढे सात करोड आर्थिक सहयोग गर्ने सम्झौता गरी प्रक्रिया अघि बढाएका छौं। वीर अस्पताललाई पनि हामीले भेण्टिलेटरसहिको सेवामा सहयोग गरेका छौं।’ , शाक्यले गंगालाल अस्पताललाई अक्सिजन प्लाण्ट राख्न सहयोग गरेको पनि स्मरण गराए।, उनले टेकु, सिभिललगायतका अस्पतालाई सहयोग गरेको स्मरण गराए। , महानगरबासीबाट उठेको करलाई जतिसक्दो उनीहरूकै सेवामा खर्च गर्ने नीति अनुसार शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको स्मरण गराए। , ,
सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेका छौं: मेयर शाक्य
|
सेतोपाटी बिहीबार पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारबाट सम्पर्कविहीन भएका मुस्ताङ गेस्ट हाउसका सञ्चालक गजेन्द्र तुलाचन बागलुङमा मृत फेला परेका छन्।, बिहीबारदेखि परिवारको सम्पर्कमा नरहेका ६० वर्षका तुलाचन बागलुङ नगरपालिका–१० स्थित दबल्याङमा रूखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए।,रासस,
पर्वतबाट हराएका गजेन्द्र बागलुङमा मृत फेला
|
सेतोपाटी संवाददाता सुनसरी बराहक्षेत्र नगरपालिका-१ का ६३ वर्षीय बरमबहादुर राईलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।, बाँदरलाई गोली हान्दा उनकै नाति १३ वर्षीय अभिषेक राईलाई छर्राले लागेर घाइते भएपछि उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ।, गत २६ गते राईले बाँदरलाई गोली हानेका थिए। घाइते नातिको धरानस्थित बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ।, जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको हो।, पक्राउ परेका राईको घरमाप्रहरी टोली खटिँदा एक नाल भरुवा बन्दुक बरामद गरेको छ।, उनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।,
बाँदरलाई गोली हान्दा नातिलाई लागेपछि …
|
एजेन्सी अफगानिस्तानमा एक करोड ८४ लाख जनसंख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ।, देशभरि सरकारी सुरक्षा फौज र तालिबानबीच लडाइँ भइरहँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्नसक्ने मूल्याङ्कन गरिएको संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसिएचए)ले जानकारी दिएको हो। , ‘द्वन्द्व र अन्य खतराहरूबाट सुरक्षाको खोजीमा धेरै मानिसहरू काबुल र अन्य ठूला शहरहरूमा आइपुगेका छन्,’ओसिएचएले भनेको छ,‘विस्थापित, द्वन्द्व, बाढी, लिङ्गसम्बन्धी मुद्दा र सुरक्षा निगरानीमा ध्यान केन्द्रित गर्दै मानवीय आवश्यकता र तत्काल आवश्यक प्रतिक्रियाबारे कार्यक्रम निर्धारण गर्न राष्ट्रसंघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संगठनहरूबीच आन्तिरिक मूल्याङ्कन भइरहेको छ।’ सिन्ह्वा,
अफगानिस्तानका एक करोड ८४ लाख जनसंख्यालाई मानवीय सहयोगको आवश्यकता : राष्ट्रसंघ
|
सेतोपाटी संवाददाता स्नोकर पुल हाउसभित्र जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसरका अनुसार भक्तपुर नगरपालिका-५ भेलुखेलबाट १० जनालाई नगदसहित पक्राउ गरिएको हो।, भेलुखेलका उत्तम देउवालाले सञ्चालन गरेको एमएस स्नोकर पुल हाउसमा जुवा खेलिरहेको बेला बिहीबार बेलुका प्रहरीले छापा मारेको थियो।, पक्राउ पर्नेमा सुजित देउला, सरज देउवा, सुनिल देउला, शंकर पोडे, विक्रम अग्रवाल, धिरेन कुरुन्जु र दिनेश लामा छन्।, जुवा अखडाबाट प्रहरीले १ लाख ८९ हजार ८५० रूपैयाँ बरामद गरेको प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।, पुल हाउस सञ्चालक देउवालले जुवा खेल्ने आवश्यक सामग्री तयार पार्ने गरेको र जुवा खेलाएर रकम उठाउने गरेको थाहा भएको श्रेष्ठले बताए।, पक्राउ परेका सबैलाई महानरीय प्रहरी वृत्त जगातीको हिरासतमा राखिएको छ।,
पुल हाउसभित्र जुवा अखडा, भक्तपुरबाट १० जना पक्राउ
|
सेतोपाटी संवाददाता पश्चिम नवलपरासी बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनामा छानबिन गर्न समिति बनेको छ।, गृह मन्त्रालयले शुक्रबार घटनासम्बन्धी छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो।, गत २५ गते बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित इलाका प्रहरी कार्यालय अगाडि पूर्व-पश्चिम राजमार्गमा लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले प्रहरी निरीक्षक वाग्लेलाई ठक्कर दिएको थियो।, ठक्करपछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको थियो। उनको मेडिकल कलेज भैरहवामा मृत्यु भएको थियो।, यस घटनाको छानबिन गर्न मन्त्रालयका सहसचिव सुनील खनालको संयोजकत्वमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरूङ र प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीको समिति गठन भएको मन्त्रालयले जनाएको छ।, यसको स्थलगत अध्ययन गरी सत्यतथ्य छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रालयले जनाएको छ।, बिहीबार बसेको प्रतिनिधिसभामा कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले यस घटनामा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यलाई कारबाही गर्न माग गरेका थिए।, उनले प्रहरी निरीक्षक वाग्लेलाई दबाब दिएको हुँदा मानसिक रूपमा असन्तुलित भएर अचेत अवस्थामा बाटो काट्ने क्रममा दुर्घटना भएको बताएका थिए।,
नवलपरासीमा प्रहरी निरीक्षक वाग्लेको मृत्युबारे छानबिन गर्न गृहले बनायो समिति
|
सेतोपाटी कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्न खोप साझेदार गाभीसँग सम्झौता भएको छ । गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ भने त्यसले कोभिड–१९ विरूद्धको खोपको पुँजी विविधीकरण र सुदृढीकरण भएको छ ।, “कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल प्रारम्भिक देशहरूमध्येको एक हो र चुनौतिपूर्ण परिस्थितिका बावजूद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु”, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भने, “मोर्डर्ना खोपले १२ वर्ष उमेर माथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरू विस्तार गर्न मद्दत गर्नुका साथै कोभिड पछिको सुरक्षित विश्वका लागि नेपालको प्रगतिलाई द्रुत गति दिन समेत सघाउने भएको छ ।”, उक्त खोप सन् २०२२ को मार्च महिनासम्म आईपुग्ने अपेक्षा गरिएको छ र त्यसले नेपालका ७२ प्रतिशत जनसङ्ख्याका साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउने छ ।, “कोभ्याक्स सुविधा मार्फत कोभिड विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरू खरिदका लागि लगानी गरी विकासका साझेदारसँगै नेपाली जनता र नेपाल सरकारलाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ”, माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भनेका छन् । रासस,
कोभ्याक्समार्फत मोडर्नाको ४० लाखमात्रा खोप प्राप्त हुँदै
|
सेतोपाटी संवाददाता बंगलादेशको खुलाना जिल्ला, प्शा उपजिल्ला अन्तर्गत शियली मालिकपारा भन्ने गाउँमा हिन्दु अल्पसंख्यकका ५६ घर, १० मन्दिर र मूर्ती तोडफोड एवं लुटपाट भएपछि हिन्दु समुदायले विरोध प्रदर्शन गरेको छ।, शनिबार कीर्तन गरिरहेका हिन्दु समुदायमाथि स्थानीय मुस्लिम अतिवादी समूहले आक्रमण गरेको थियो। निरन्तर हिन्दू समुदायमाथि आक्रमण, मठ मन्दिरमा समेत लुटपाट र तोडफोड हुन थालेपछि विश्व हिन्दु महासंघ बंगलादेश च्याप्टरले शुक्रबार प्रधानमन्त्री शेख हसिनालाई ज्ञापन पत्र पठाएको छ।, ज्ञापनपत्रमा हिन्दुहरुमाथि भइरहेका श्रृंखाबद्ध आक्रमण र ज्यादति रोक्न र उनीहरुको सुरक्षा गर्न माग गरिएको छ। , बंगलादेश शाखाका महासचिव दीपन मित्रद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा पछिल्लो आक्रमणपछि बंगलादेशमा हिन्दु समुदायले असुरक्षित र सहयोगविहीन अवस्थाको अनुभूति गरेको उल्लेख गरेका छन्।, ज्ञापनपत्रमा उदारवादी शोच राख्ने राजनीतिक पार्टीको नेतृत्व्मा बंगलादेशमा सरकार सञ्चालन भइरहेको तर यही समयमा हिन्दु अल्पसंख्यक नागरिकमाथि साम्प्रदायिक हिंसा भइरहेको भन्दै ध्यानाकर्षण गराइएको छ।, ज्ञापनपत्रमा दोषीमाथि कडा कारबाहीका लागि पनि प्रधानमन्त्री हसिनासँग माग गरिएको छ। बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजिबुर रहमानले देखाएको समावेशी एवं धार्मिक अधिकारसहित सबैको मुलुक बनाउने सपनालाई उनकी छोरीको नेतृत्वमा भएको वर्तमान सरकारले साकार गर्नुपर्ने पनि महासचित्र मित्रले ज्ञापनपत्रमा उल्लेख गरेका छन्। , हिन्दू समुदायले घटनाको विरोध गर्दै बिहीबार खुलना पिक्चर प्यालेसमा प्रदर्शन गरेको थियो। विश्व हिन्दु महासंघ बंगलादेश शाखा, जातीयो हिन्दु महाजोते, बंगलादेश हिन्दू परिषद्, शिब शक्तिलगायत स्थानीय हिन्दू संघसंस्थाका प्रतिनिधि विरोध प्रदर्शनमा सहभागी थिए।, स्थानीय अतिवादी मुस्लिम समूहले हरि मन्दिर, दुर्गा मन्दिर, गोविन्द मन्दिर र भित्रका मूर्तिहरू तोडफोड एवं नष्ट गरेको यियो। यसैगरि, शियाली महास्मशान मन्दिरमा कीर्तन भजन चलिरहेका बेला आक्रमण भएको थियो।, अपराधिक घटनामा संलग्न जो कोहीलाई पनि कानून अनुसार कडा सजाय दिन महासचिव मित्रले ज्ञापनपत्रमा उल्लेख गरेका छन्।,
बंगलादेशमा हिन्दूमाथि निरन्तर आक्रमण, सर्बत्र बिरोध
|
एजेन्सी अतिवादी विद्रोही समूह तालिबानले बिहीबार अफगानिस्तानका दुई ठूला सहर नियन्त्रणमा लिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार तालिबानले अफगानिस्तानका दोस्रो र तेस्रो ठूला सहर कन्दहार र हेरात आफ्नो नियन्त्रणमा लिएको हो।, दुई प्रमुख सहर नियन्त्रणमा लिएसँगै तालिबानका निम्ति यो घटना गत मे महिनायताकै सबभन्दा ठूलो उपलब्धि बनेको छ। अमेरिकासहित उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) का सदस्य राष्ट्रहरूका सैनिक फिर्ता भएपछि तालिबानले अफगानिस्तानमा प्रभाव बढाउँदै लगेको हो। उनीहरू हरेक दिन नयाँ ठाउँमा कब्जा जमाइरहेका छन्। , यो उपलब्धिलाई तालिबानले अफगानी जनताले आफूहरूलाई स्वीकारेको संकेतका रूपमा लिएको समूहका प्रवक्ता क्वारी युसी अह्मादीले अल्जजिरा टिभीलाई बताएका छन्।, हेरातका प्रदेश काउन्सिल सदस्य गुलाम हबिबका अनुसार हेरात अहिले भूत सहरजस्तो बनेको छ। करिब छ लाख मान्छे इरानको सीमामा गएर बसेका छन्। हबिबको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ, 'धेरै परिवारले सहर छाडेका छन्, अरू धेरै लुकेर बसेका छन्। यो भूताहा सहरजस्तो भएको छ।', कन्दहारमा पनि गत राति भीषण द्वन्द्व भएको त्यहाँका सरकारी अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार पछि तालिबानीहरूले सहर कब्जा गर्न सफल भए।, अफगानिस्तानका प्रमुख सहरमध्ये उत्तरमा मजर-इ-शरिफ र पूर्वमा पाकिस्तानको सीमा नजिकै रहेको जलालाबाद र काबुल भने अझै सरकारको नियन्त्रणमा छ। तर अमेरिकी रक्षा अधिकारीहरूले तालिबानले आगामी ३० दिनभित्र काबुललाई एक्ल्याउने र सम्भवतः ९० दिनभित्र नियन्त्रणमा लिइसक्ने देखिएको बताएका छन्।, तालिबानले आफ्नो प्रभाव बढाएपछि अमेरिका र बेलायतले त्यहाँका आफ्ना दूतावास खाली गर्न लागिपरेका छन्। राजधानी काबुलस्थित दूतावासमा रहेका आफ्ना कर्मचारीलाई सुरक्षित स्थानमा लैजान उनीहरूले धमाधम तयारी गरिरहेका छन्। अमेरिकी दूतावासमा १४ सय कर्मचारी हुनसक्ने अनुमान छ। उनीहरूलाई सुरक्षित स्थानमा लग्न पेन्टागनले ४८ घन्टाभित्र थप तीन हजार सेना पठाउन लागेको बताइएको छ।, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोइड अस्टिनले अफगानी राष्ट्रपति असरफ घानीसँग कुरा गरेका थिए। उनीहरूले घानीलाई अमेरिका अफगानिस्तानको सुरक्षा र स्थिरताका लागि सधैं तयार रहेको बताए।, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने दूतावास अझै बन्द नगरिएको बताएका छन्। यद्यपि कहिलेसम्म खुला रहन्छ भन्नेबारे ग्यारेन्टी दिन नसकेको रोयटर्सले जनाएको छ। , बेलायतले पनि आफ्ना नागरिकको मद्दतका लागि ६०० सेना पठाउने तयारी गरेको छ। सैनिक टोली यो साताको अन्तिममा पुग्ने अनुमान गरिएको छ। यसमा चिकित्सक र विशेषज्ञहरू समेत रहनेछन्। , 'हामी गृहयुद्धतर्फ बढिरहेका छौं जस्तो लागेको छ,' बेलायती रक्षामन्त्री बेन वालासले बिबिसीलाई भनेका छन्। , अमेरिका र बेलायतसँगै जर्मनीले पनि आफ्ना नागरिकलाई आफगानिस्तान तुरुन्तै छाड्न आग्रह गरेको छ।, तालिबानले अफगानिस्तानका प्रमुख सहरहरूमा तीव्र गतिमा कब्जा जमाइरहेको छ। केही समयअघि मात्रै हेरातका जनताले तालिबानविरूद्ध आवाज उठाएका थिए। त्यहाँका आममानिसले तालिबानविरूद्ध 'अल्लाहु अकबर' अर्थात् 'ईश्वर महान् हुनुहुन्छ' भन्दै नारा लगाएका थिए।, झन्डै ६ लाख मानिसको बसोबास रहेको हेरातमा एकसाथ 'अल्लाहु अकबर' आवाज गुन्जिएको पहिलोपटक सुनिएको थियो। , यसरी तालिबानविरूद्ध लडिरहेका अफगानी सेनाले जनताको समर्थन पायो भन्ने सोचेका थिए। तर त्यसैबीच हेरातलाई तालिबानले आफ्नो नियन्त्रणमा लियो।, तालिबानी लडाकूले हेरातलाई नियन्त्रणमा लिएपछि एउटा भिडिओ सार्वजनिक गर्यो। , 'तपाईंहरू देख्न सक्नुहुन्छ, अहिले हामी हेरात प्रहरी हेडक्वार्टरमा छौं,' ती लडाकूले भनेका थिए। , गत बिहीबार मात्रै तालिबानले घज्नी सहर पनि नियन्त्रणमा लिएको थियो। यो सहर कन्दहारदेखि काबुल जाने सडकमा पर्छ।, अहिले अफगानिस्तानभर फोन सम्पर्क बन्द छ। यसले कुन कुन सहर तालिबानको आक्रमणमा रहेको भन्ने जानकारी आउन सकेको छैन।, कतिपय विश्लेषकले विदेशी सेना फर्किएको छ महिनाभित्रै असरफ घानीको सरकार ढल्ने विश्लेषण गरेका छन्। गाउँमा कब्जा जमाएको तालिबानले विस्तारै सहरमा आक्रमण गर्ने र युद्धबाट अहिलेको शासन व्यवस्था फाल्ने सम्भावना उनीहरूले औंल्याएका छन्।, तालिबानहरू पनि त्यही चाहन्छन्। यही हो मौका भनेर उनीहरूले अहिले विभिन्न ठाउँमा आक्रमण तीव्र पारेका छन्। हिंसात्मक आक्रमणबाट मात्रै सत्ता कब्जा गर्न भने तालिबानलाई मुश्किलजस्तो देखिन्छ। तालिबान र अफगान सुरक्षा फौजको तुलना गर्दा उनीहरूबीच संख्या, क्षमता र स्रोतको ठूलो फरक छ।, एक अमेरिकी रिपोर्टअनुसार गत अप्रिलसम्म अफगान सैनिक, विशेष बल, हवाई सैनिक र गुप्तचर गरी तीन लाख सात हजार सुरक्षाकर्मी छन्। यसको अर्थ हरेक दिन एक लाख ८० हजार सैनिक लडाइँका लागि उपलब्ध हुन्छन्। तालिबानको जनशक्ति ठ्याक्कै कति हो भन्ने यकिन छैन तर उनीहरूका लडाकू संख्या ५५ देखि ८५ हजारसम्म हुन सक्ने अनुमान गरिएको छ।, अफगानिस्तान सैनिकलाई स्रोतको पनि अभाव हुने देखिन्न। संसारको गरिबमध्येको एक मुलुक अफगानिस्तानका सुरक्षाकर्मीका लागि विभिन्न मुलुकले सहयोग गर्छन्। तीमध्ये सबैभन्दा ठूलो दाता संयुक्त राज्य अमेरिका हो। अफगान सुरक्षा फौजका लागि वार्षिक पाँचदेखि छ अर्ब डलर खर्च हुन्छ। अमेरिकाले यो खर्चको लगभग ७५ प्रतिशत बेहोर्दै आएको थियो र उसले अझै पनि सहयोग जारी रहने बताएको छ।, तालिबानहरूले कसरी स्रोत जुटाउँछन् भन्ने प्रस्ट छैन। संयुक्त राष्ट्रसंघको नियमनअनुसार उनीहरूको वार्षिक आम्दानी तीस करोडदेखि साढे एक अर्ब डलरसम्म छ।, उनीहरूले लागुऔषधको व्यापार, लुटपाट, आफूले नियन्त्रणमा लिएका क्षेत्रमा कर लगाएर पैसा जम्मा गर्छन्।, पाकिस्तान, इरान र रूसमाथि तालिबानलाई सघाएको आरोप छ तर ती देशले उक्त आरोप अस्वीकार गर्दै आएका छन्।, हतियार र अन्य स्रोतमा पनि तालिबानभन्दा अफगान सुरक्षाकर्मी निकै अघि छन्। अफगान सुरक्षा फौजलाई बलियो बनाउन अमेरिकाले अर्बौं डलर खर्च गरेको छ। अफगान फौजसँग पश्चिमा मुलुकमा बनेका अत्याधुनिक हतियार छन्, नाइट भिजन गगल्स, बख्तरबन्द गाडी, आर्टिलरी र साना ड्रोनहरू छन्।, तालिबानले कहिल्यै बनाउन नसक्ने हवाई फौज पनि सरकारसँग छ। अफगानिस्तान सुरक्षा फौजसँग अहिले १६७ वटा जहाज र हेलिकप्टर छन्।, तालिबानहरूले भने धेरै आक्रमण आत्मघाती गर्छन्। उनीहरूसँग साना र सोभियत कालमा बनेका एके-४७ लगायत हतियार छन्। उनीहरूले कालोबजारी गरेर ल्याइएका केही हतियार पनि किनेका छन्। त्योसँगै तालिबानसँग मेसिन गन, रकेटबाट हान्न मिल्ने ग्रिनेड पनि छन्। सुरक्षा फौजबाट हतियार पनि उनीहरूले लुटेका छन्।, आत्मबल र एकतामा भने सरकारी सुरक्षाकर्मीभन्दा तालिबान अगाडि छन्। वर्षौंदेखि भइरहेको हताहती, भ्रष्टाचार अहिले विदेशी सैनिक फर्किएपछि अफगान सुरक्षाकर्मीको आत्मविश्वास कमजोर भएको छ। उता आन्तरिक विवाद भए पनि तालिबानको मनोबल यसपालि उच्च छ। उनीहरू विश्व शक्तिराष्ट्र अमेरिकाले हारेको र आफूहरूले जितेको 'न्यारेटिभ्स' स्थापित गर्न लागिपरेका छन्।, बीस वर्षसम्म तालिबान बिनाको अफगानिस्तानमा बाँचेका अफगानहरूलाई तालिबानी अतिवाद मन परेको छैन। अहिले नै आफूले नियन्त्रणमा लिएका ठाउँमा तालिबानले महिलाहरूले पुरूष सहयोगीबिना बजार नजान र किशोरीहरूलाई स्कुल नपठाउन उर्दी जारी गरिसकेको छ।, सरिया कानुनअनुसार शासन चलाउने तालिबानले अबका केही महिना सत्ता कब्जा गर्न आक्रमणलाई तीव्रता दिने निश्चित छ।,
तालिबानले काबुल नै कब्जा गर्ने देखिएपछि आफ्ना नागरिक फर्काउन सेना उतार्दै अमेरिका
|
सेतोपाटी संवाददाता आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।, हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकोकाले यसको प्रभाव तराई भेगमा बढी पर्ने शाखाले जनाएको छ। , प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। , पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ।, ,
देशका अधिकांश स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना
|
रासस लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ ।, शुक्रबार साँझ डोटीको गैरा तथा डडेल्धुराको साहुँखर्कअन्तर्गत पर्ने उक्त राजमार्गको कटाल भन्ने ठाउँमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो ।, अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीय नागरिकको सहयोगमा आज बिहान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।, राजमार्ग सञ्चालनसँगै गए रातिदेखि जाममा परेका सवारी साधन अहिले आफ्नो गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।, राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्लाको यातायात सेवा गएरातिदेखि बन्द भएको थियो । उक्त राजमार्गका विभिन्न स्थानमा रहेका सडकका मोड विस्तार तथा फराकिलो बनाउने काम भइरहेकाले सामान्य वर्षा हुँदासमेत पहिरो जाने गरेका कारण पटक पटक अवरुद्ध हुँदै आएको छ ।,
अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो
|
डा. जितेन्द्र परियार महिलामा प्राय गर्भ बस्दा सामान्य रूपमा बच्चाको वृद्धि विकास हुन्छ। बच्चा विकसित भएपछि डेलीभरीको क्रम पनि सामान्य हुनसक्छ। , तर कतिपय अवस्थामा बच्चाको वृद्धि विकास भन्दा पनि साल मात्रै बढेर त्यसमा ट्युमर फैलिएको हुनसक्छ। जसलाई ‘मोलर प्रिगनेन्स’ भनिन्छ। यसलाई सालको ट्युमर भनेर पनि बुझ्न सकिन्छ। जुन गर्भवती महिलामा हुनसक्छ।, सालनालको ट्यूमरका धेरै अनुमानित कारण छन्। धेरै भात खाने समुदायमा यस्तो समस्या पनि बढी हुन्छ भन्ने मान्यता छ। बच्चा बन्ने क्रममा डिम्बा र शुक्रकिटको मिलनपछि भ्रुण बन्छ। यो बढ्दै गएपछि जुन 'नर्मल' बच्चा बन्नुपर्ने हुन्छ। तर क्रोमोजोममै डिफेक्ट छ भने सालनालमा ट्युमर हुनसक्छ। , यो विशेष गरेर २० वर्षको उमेर वरपरका महिला र ३५-४० कटेका महिलाहरू पहिलोपटक गर्भवती भएको बेलामा हुनसक्छ। अथवा ४० वर्षपछि गर्भ बसेको छ भने पनि यस्तो हुनसक्छ।, सालनालमा ट्युमर भए नभएको भिडिओ एक्सरे गरेर थाहा पाउन सकिन्छ। पाठेघरको परीक्षण गरेपछि पनि थाहा हुन्छ।, मोलर प्रिगनेन्स सामान्य गर्भवतीलाई जस्तै हुन्छ। तर पेट सामान्य भन्दा ठूलो हुन्छ। यस्तो बेलामा महिनावारी रोकिएपछि र गर्भ रहेको अनुमानित लक्षण चिन्ह सुरू भएपछि रक्तश्राप हुनसक्छ। रक्तश्राप हुँदा अंगुरको झुप्पा जस्तो जान सक्छ। त्यस्तो बेलामा सालनालको ट्युमर हुनसक्छ।, गर्भ रहेको छ भनेर पिसाप परीक्षण गराउँदैमा सामान्य गर्भ हुन्छ भन्ने हुँदैन।, यस्तो घट्ना यदाकदा देखिन्छन्। हजारदेखि पन्ध्र सय गर्भमा एउटा गर्भ यस्तो हुनसक्छ। देश हेरेर यसको तथ्यांक फरक छ।, क्यान्सर र नन क्यान्सर गरि सालनालको ट्युमर २ चरणका हुन्छन्। यो बढ्दै गयो भने क्यान्सरको रूप लिन्छ। यदि मोलर प्रिगनेन्सकीको उचित उपचार हुन सकेन भने रक्तश्राप र संक्रमणको जटिलता देखिन्छ। कतिपय अवस्थामा ज्यान अफ्ठेरोमा पर्नसक्छ।, शुक्रकिटको खराबीले गर्दा पनि यस्तो जटिलता आउने अध्ययनले देखाएको छ।, पाठेघर सफा गरियो भने ४ देखि ६ महिनाको निगरानीमा अधिकांश 'मोलर प्रिगनेन्सी' पूर्ण ठिक हुन्छ। तर ५ देखि २० प्रतिशत भने क्यान्सरमा परिणत हुनसक्छ। , पोलर प्रेग्नेन्सीको विषयमा केन्द्रित रहेर निजामती कर्मचारी (सिभिल) अस्पताल र क्यान्सर केयर अस्पताल, जावलाखेलमा कार्यरत स्त्री क्यान्सर रोग विशेषज्ञ डा जितेन्द्र परियारसँग हामीले भिडिओ कुराकानी गरेका छौ।,
सालनालमा ट्युमर हुँदा गर्भ रहेजस्तै लक्षण देखिनसक्छ
|
सेतोपाटी संवाददाता रोल्पा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। अर्का एक जना हाम्फालेर बाँच्न सफल भएका छन्।, माडी गाउँपालिका वडा नं. २ खोलाबाङ भन्ने स्थानमा शनिबार बिहान ४ बजेतिर रा१च ७०५ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा माडी-६ का ३७ वर्षीय ओमप्रकाश घर्तीको घटनास्थलमै मृत्यु भएको हो।, रोल्पा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले माडी-६ का ३८ वर्षीय प्रितिप्रसाद पुन भने हाम्फालेर ज्यान जोगाउन सफल भएको सेतोपाटीलाई बताए।, डिएसपी सुवेदीले माडी-२ की एक जना महिला घरभित्र आफैं लडेर अचेत भएपछि सुनिल स्मृति अस्पतालको एम्बुलेन्सबाट भैरहवा उपचारका लागि लगिएको थियो।, ती महिलाको भैरहवामै उपचारका क्रममा मृत्यु भएपछि सोही एम्बुलेन्सले शव बोकेर घरमा पुर्याएको थियो।, शव पुर्याएर फर्किने क्रममा एम्बुलेन्स माडी-२ खोलाबाङमा सडकबाट झन्डै ६ सय मिटर तल खस्न पुगेको डिएसपी सुवेदीले बताए।, ‘घाइतेका अनुसार चालक निदाएका कारण दुर्घटना भएको भन्ने छ,’ डिएसपी सुवेदीले भने।, घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।,
शव पुर्याएर फर्किएको एम्बुलेन्स सडकबाट ६ सय मिटर तल खस्दा एकको मृत्यु
|
सेतोपाटी संवाददाता जनकपुरमा एक युवकको शव फेला परेको छ।, जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्द चोकस्थित सडक छेउमै अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।, उनको सनाखत हुन सकेको छैन। शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान भइरहेको डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।,
जनकपुरमा एक युवाको शव फेला
|
सेतोपाटी संवाददाता स्याललाई हानेको गोलीले छोराको मृत्यु भएपछि पाल्पामा प्रहरीले बुवालाई पक्राउ गरेको छ।, प्रहरीले पाल्पा रिब्दीकोट गाउँपालिका-६ तल्लो तालका ५६ वर्षीय कर्णबहादुर लम्तरीलाई पक्राउ गरेको हो।, उनले शुक्रबार साँझ ६ बजे मकैबारीमा आएको स्याल मार्न भरुवा बन्दुकबाट गोली चलाएका थिए। तर, गोली आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीलाई लागेको थियो।, गोली लाग्दा धनबहादुरको घटनास्थलमै मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।, घरबाट करिब सय मिटर टाढा रहेका धनबहादुरलाई भरुवा बन्दुकबाट निस्केको गोली लागेको थियो।, गोली हान्ने कर्णबहादुरलाई प्रहरीले बन्दुकसहित पक्राउ गरी हिरासतमा लिएको त्वातीले बताए।,
स्याललाई हानेको गोलीले आफ्नै छोराको मृत्यु भएपछि बुवा पक्राउ
|
एजेन्सी भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३८ हजार ७१३ जनामा संक्रमण भएको छ। यो सँगै भारतमा संक्रमितको संख्या ३ करोड २१ लाख ५५ हजार ७६५ पुगेको छ।, भारतमा ३ लाख ९४ हजार ५६३ जना संक्रिय संक्रमित छन्।, यस्तै त्यहाँ एकैदिन ४७४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३० हजार ७५९ पुगेको छ ।,
भारतमा थप ३८ हजार संक्रमित, ४७४ संक्रमितको मृत्यु
|
केदार मगर खोटाङको दोर्पास्थित बुवालुङमा सञ्चालित अन्नपूर्ण माविको पर्खाल निर्माण सम्पन्न गरेको डेढ महिना नबित्दै भत्किएपछि अहिले सामाजिक सञ्जाल फेसबुकमार्फत निर्माण उपभोक्ता समिति तथा विद्यालयको चर्को आलोचना भइरहेको छ। , संघीय सरकारको सशर्त अनुदानअन्तर्गत नगरपालिकाबाट गत वर्ष विनियोजित रु २० लाख १६ हजार रकममा निर्माण गरिएको पर्खाल निर्माण उपभोक्ता समितिको लापरबाहीले भत्किएको बताइएको छ।, ‘असार २९ गते फरफराक, साउन ७ मा भत्कियो। अब भन्नुस् ! यसको जिम्मेवार को हो ?’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका गजेन्द्र राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘स्कुल प्रशासनलाई सोध्दा थाहा छैन भन्छ। स्कुलको हाताभित्र स्कुल प्रशासनलाई थाहा नदिई निर्माणको काम हुन्छ कि हुँदैन ? जसले गरे पनि कामको दीगोपनाका बारेमा सचेत हुनुपर्छ।’, भौगोलिक अवस्थाका कारण सो विद्यालयको भवन तल्लो र माथिल्लो गह्रामा निर्माण गरिएका छन्।, तल्लो भवनको अगाडि यसअघि नै खेलमैदान निर्माण गरिएको थियो।, खेलमैदानको भित्तामा करिब दुई मिटर अग्लो पर्खाल उठाइएको छ।, नवनिर्मित पर्खाललाई माथिबाट खसेको ढुङ्गामाटोसहितको भलबाढीले पुरेपछि क्षति भएको विद्यालयकी प्रधानाध्यापक रेखादेवी बस्नेतले बताएकी छन्।, 'नगरपालिकाबाट प्राप्त बजेमार्फत तत्लो गह्राको खेलमैदानबाट माथिल्लो भवनमा निस्कने सिँढी निर्माण गरिएको थियो', उनले भनिन्, 'भलबाढीका कारण सिँढीको दायाँ–बायाँ पनि चर्किएको छ। यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरूरी छ।', उनका अनुसार माथिल्लो भवन रहेका डिलमा विद्यार्थीलाई लड्नबाट जोगाउन पेटीजत्रो ढलानमा फलामको खम्बा गाडेर तारजालीको बार हालिएको छ।, बिना रड हालिएको उक्त तारजालीको विभिन्न भागको सिमेन्टको जग भलबाढीका कारण चर्किएको र भत्किएको देख्न सकिन्छ। विद्यालयका डिलमा निर्माण गरिएका कतिपय खम्बा र तारजाली खेलमैदानको डिलमा झुण्डिएका छन्।, निर्माण उपभोक्ता समितिले रकम बचत गर्न सिमेन्टका पर्खालमा जग नहाली माटोमाथि तारजालीको बार हालेका कारण उक्त पर्खाल भत्किएको स्थानीय बासिन्दाले आरोप लगाएका छन्।, माथिल्लो गह्रामा भल जाने ठाउँ नबनाएका कारण वर्षामा जमेको पानीले खोतलेर मुनिका पर्खाल तथा सिँढीमा क्षति पुगेको देखिन्छ।, वर्षा सुरू हुनुअघि बनाइएको पर्खाल र सिँढी भलबाढीका कारण जीर्ण बनेको पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुमाया थापाले दाबी गर्छिन्। , विद्यालयको पर्खाल तथा सिँढीको काम गुणस्तरीय र स्टिमेटभन्दा बढी भएको वडाध्यक्ष लीलाकुमार चौहानले जानकारी दिए।, 'लगातारको वर्षापछि आएको भलबाढीका कारण विद्यालयको पर्खालमा सामान्य क्षति भएको छ', उनले भने, 'पुनः मर्मत गर्न करिब रु ५० हजार खर्च लाग्ने देखिएको छ। भत्किएको विद्यालयको पर्खाल तत्काल मर्मत गर्न उपभोक्ता समितिलाई लगाएको छु।', यस वर्ष परेको लगातारको वर्षाका कारण जिल्लाका अधिकांश विकासे योजनाको काममा क्षति पुगेको स्थानीय बासिन्दाले बताएका छन्।, विनियोजित बजेट सकाउन आर्थिक वर्षको अन्त्यमा हतारहतार अधिकांश विकास निर्माणका योजनाको काम गर्दा भलबाढीले क्षति पुर्याएको हो।, वर्षाका कारण जिल्लामा भएका विकासे योजनाका क्षतिमध्ये सबभन्दा बढी सडकमा पुगेको छ।, हिउँदभर निर्माण गरिएका अधिकांश सडक वर्षा लागेसँगै आएको भलबाढीले बगाएको बताइएको छ। ,रासस,
,
डेढ महिना नबित्दै भत्कियोे पर्खाल
|
सेतोपाटी कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन्।, नवजात शिशु मारेको अभियोगमा सार्की फरार रहेकामा उनलाई बुधबार पक्राउ गरिएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।, जिल्ला अदालतले २०६० वैशाख ११ गते निजलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकामा पोखरा पुनरावेदन अदालतले २०६० कात्तिक १८ उक्त फैसला सदर गरेको थियो।, कर्तव्य ज्यान मुद्दामा तत्काल पक्राउ परेकी टीकामाया अम्गाईं भन्ने टीका थापाको बयानमा निज सार्कीले नै जबर्जस्ती करणी गरेकाले गर्भ रहन गएको र छोरी जन्मिएपछि खरबारीमा लगेर हत्या गरेका थिए। रासस, ,
शिशुको हत्या गरी फरार व्यक्ति १८ वर्षपछि पक्राउ
|
सेतोपाटी संवाददाता बाँके प्रहरीले भन्सार छलीका चाँदीका बालासहित एक युवकलाई पक्राउ गरेको छ।, मुगुको मुगूम कार्मारोङ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय कर्माठिले तामाङलाई १५ थान चाँदीको बालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।, भन्सार चोरी पैठारी गरी ल्याएको झन्डै ६४ हजार बराबरको चाँदीको बालासहित तामाङ बुधबार पक्राउ परेका हुन्।, पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।,
भन्सार छलेर ल्याएका चाँदीसहित एक पक्राउ
|
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जाल साथै इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडिएको छ।, विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आबद्धताले केन्द्रीय क्याम्पसका विभिन्न संकायले सञ्चालन गर्दै आएको अनुसन्धानका क्रियाकलापलाई थप सुदृढ गर्नेछ।, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सन् २०१० देखि अनुसन्धान तथा शैक्षिक सञ्जाल (ट्रान्स युरोसिया इन्फरमेसन नेटवर्क) नेपालमा जोडिएको थियो।, हालसम्म नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयलगायत २५ वटा संघसंस्था यस सञ्जालमा आबद्ध छन्। , इडियुरोम अनुसन्धान र शैक्षिक संघसंस्थाका व्यक्तिहरूलाई विश्वका अन्य संघसंस्थामा पुग्दा सहजै नेटवर्क पहँच उपलब्ध गराउने विश्वव्यापी सेवा हो। जस्तै: त्रिभुवन विश्वविद्यालयको विद्यार्थी तथा प्राध्यापकहरू नेपालकै वा विदेशको इडियुरोम सेवामा जोडिएको अर्को विश्वविद्यालयमा पुग्दा इन्टरनेट लगायतका सेवामा स्वत: पहुँच स्थापित हुन्छ। आफ्नो संस्थामा प्रयोग हुने पासवर्डबाट नै इन्टरनेट लगायतका सेवामा जोडिन सकिनेछ। सन् २००२ देखि युरोपबाट सुरू भएको इडियुरोम सेवाको मुख्य उद्देश्य अनुसन्धान र शिक्षाका क्षेत्रमा क्रियाशील संघसंस्था र व्यक्तिहरूबीच इन्टरनेट लगायतका सेवामा सहज पहुँच स्थापित गरी अनुसन्धान र शैक्षिक क्रियाकलापलाई सुदृढ गर्नु रहेको छ। इडियुरोम सेवा हाल १०० भन्दा बढी देशमा उपलब्ध भइसकेको छ। , नेपालका शैक्षिक तथा अनुसन्धानसँग सम्बन्धित संघसंस्थाहरूलाई एक आपसमा जोडी अनुसन्धान र सहकार्यको वातावरण तयार पार्ने, विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आबद्ध गर्ने तथा इडियुरोम सेवामा जोड्ने कामको नेतृत्व नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले गर्दै आएको छ।,
त्रिविको केन्द्रीय क्याम्पस विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आबद्ध
|
रोहित महतो गत जेठ २० गते बिहानैदेखि सुजिता ठाकुरको परिवारमा विवाद सुरू भएको थियो।, त्यही दिन उनी बेपत्ता भइन्। सुजिता अर्कै केटासँग लामो समयदेखि प्रेम सम्बन्धमा रहेको र उनैसँग भागेको हल्ला उनको घर पक्षले चलाएका थिए।, तर सुजिता भागेको कुरा उनको माइती पक्षलाई पत्यार लागेन। सुजिताकी आमाले जेठ २३ गते इलाका प्रहरी कार्यालय पिपरामा छोरीको खोजी गरिदिन माग गर्दै निवेदन दिइन्। प्रहरीले खोजतलास गर्यो तर उनी भेटिइनन्।, सुजितालाई भगाएको दाबी गरिएका युवकलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ पनि गर्यो। तर प्रहरीले ती युवकबाट केही सूचना फेला पार्न सकेन।, सुजिताका ससुरा पतिराम ठाकुर, देवर रूपेश, सासू लगायतले बुहारी भागेको भनेर सबैलाई यस्तो हल्ला सुनाए, विस्तारै माइती पक्ष पनि पत्याउन बाध्य भए।, घटनाको केही समयपछि साउदी बस्दै आएका सुजिताका दाइ जितेन्द्रकुमार पाण्डेयले सुजिताको फोटो फेसबुकमा राख्दै उनी भेटिए घरको नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन आग्रह गरेका थिए।, तर पारिवारिक दबाबपछि उनले केहीबेरमै त्यो पोष्ट डिलिट गर्नुपर्यो। , ‘बेपत्ता भएको राति ८ बजेतिर पतिरामले खेतमा ट्याक्टर लिएर गएका थिए। खेतमा उनीहरूले खाल्डो खनेका थिए। त्यही दिनदेखि मेरो बहिनी बेपत्ता छिन्,’ असार २ गते फेसबुक लाइभमा उनले भनेका थिए, ‘हामीले आफ्ना मान्छे लगाएर छानबिन गर्न गयौं। ससुरा पतिरामले मेरो बुवालाई हामीले मारेर गाडेका छौं, तपाईं जे भन्नुहुन्छ म गर्न तयार गर्छु। कानुनी प्रक्रियामा जानुहुन्छ भने म ‘दबाई’ दिन्छु भन्नु भएको थियो।’, माइती पक्ष र अधिकारकर्मीले सूचना र प्रमाण उपलब्ध गराउँदासमेत महोत्तरी प्रहरीले घटनाप्रति चासो देखाएन। , सुजिताको हत्या भएको प्रमाण र ससुराको स्वीकारोक्तिपछि माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा असार ४ गते ससुरा पक्षविरूद्ध जाहेरी दिन गएका थिए।, तर प्रहरीले जाहेरी दर्ता गर्न मानेन। फेरि असार ६ गते अधिकारकर्मी गुन्जा राय लगायतका विभिन्न संघ-संस्थाका प्रतिनिधिसहित सुजिताको माइती पक्ष प्रहरीमा जाहेरी लिएर गएका थिए। महोत्तरीका एसपी दिनेश आचार्यले उल्टै हप्काएर पठाइदिएको अधिकारकर्मी रायले बताइन्।, ‘हामीले केही अडिओ क्लिप, हत्या गरेर गाडेको भनी स्वीकार गरेको र ठाउँसमेत पत्ता लागिसकेको लगायतका प्रमाण लिएर गयौं,’ उनले भनिन्, ‘एसपीले बेपत्ता भएको मानिसको अतोपत्तो नै छैन के आधारमा जाहेरी लिनु भनेर हप्काउँदै पठाउनुभयो।’, हत्याको पर्याप्त प्रमाण हुँदाहुँदै महोत्तरीका एसपी आचार्यले सुजिताका ससुराविरूद्ध एक शब्द पनि सुन्न नचाहेपछि अधिकारकर्मीसहित सुजिताकी माइती पक्ष घटना अनुसन्धान गरी न्याय माग्न भन्दै प्रदेश प्रहरी कार्यालय हारगुहार गर्न पुगे।, त्यहाँबाट डिआइजी उमेश रञ्जितकारले डिएसपी ज्ञानकुमार महतो नेतृत्वमा घटना अनुसन्धानका लागि विशेष अनुसन्धान टोली खटाए। , यसबीचमा सञ्चारमाध्यम, महिला आयोग, मधेसी आयोग र प्रदेश सरकार लगायतका निकायबाट समेत महोत्तरी प्रहरीलाई घटना अनुसन्धानका लागि दबाब बढ्दै गयो।, त्यसपछि असार १३ गते प्रहरीले माइती पक्षले देखाएको शंकास्पद ठाउँमा उत्खनन् गर्यो, शव भेटिएन। उत्खनन् गरेको ठाउँमा रगत लागेको माटो, कपाल, तन्ना लगायतका कपडा र करिब १२ किलो नुन फेला परेको थियो।, महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार त्यसको एक दिनअघि नै सुजिताका ससुरा पतिराम ठाकुर, रुपेश लगायतले मिलेर त्यहाँबाट शव अन्यत्रै सारिसकेका रहेछन्।, उत्खनन् भएको खेत पनि पतिरामकै हो। माइती र मानव अधिकारवादीहरूले खेतधनीलाई समेत पक्राउ गर्न प्रहरीलाई दबाब दिए। तर प्रहरीले मानेन।, ‘जसको खेतमा उत्खनन् हुँदैछ उसलाई पनि पक्रेर राख्नुस् भनेर हामीले भन्यौं तर एसपीले मानेनन्। उनीहरू पनि सम्पर्कमै छन् भनिरहनुभयो। तर त्यसैबीचमा घरका सबैलाई भगाइदिए। शव लुकाउन मिलेमतो रहेकाले एसपी पनि त्यहाँ शव छैन भनी ढुक्क थिए,’ अधिकारकर्मी रायले भनिन्, ‘तर त्यहाँ केही प्रमाण भेटिहाल्यो। तै पनि त्यसलाई प्रहरीले इग्नोर गरेर हिँड्न खोज्यो। यति ठूलो घटनामा सईको कमान्डमा प्रहरी खटाएर शव उत्खनन् गर्नु रहस्यमयी होइन र?’, त्यतिसम्म प्रमाण भेटिसक्दा समेत महोत्तरी प्रहरीले जाहेरी दर्ता गर्न मानेन। ससुरा पक्षका व्यक्तिले स्थानीय कामदार लगायतका सहयोगमा खेतमा खाल्डो खनी उनको शव गाडेर त्यसमाथि धानको बिउ उमारेको अनुसन्धानमा खुलेको थियो।, एसपी आचार्यले सुजिताको हत्याको वैज्ञानिक आधार नदेखिएको तर्क गर्दै जाहेरी दर्ता नगरेको त्यतिखेर सञ्चारमाध्यमलाई बताएका थिए।, ‘कसैले मर्डर गरेको छ भन्ने हो भने त्यसको प्रमाण त देखिनुपर्यो नि, उत्खनन् गर्दा भेटिएको चिजले सुजिताकै मर्डरसँग कनेक्सन हो भनी भन्न सक्ने अवस्था छैन। घटना भइसकेको कुरा स्थापित भइसकेपछि मात्र किटानी जाहेरी लिन मिल्ला,’ उनको भनाइ थियो।, चौतर्फी दबाबपछि असार २० गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भयो। , ‘हत्यारालाई कारबाही गर्न जाहेरी दर्ता भएन भने ४-५ दिनपछि म विष सेवन गरेर मरिहाल्छु भनेर सुजिताका बुवा कामेश्वरले रोइकराइ गरेपछि मात्र प्रहरीले दर्ता गर्न मान्यो,’ अधिकारकर्मी रायले भनिन्।, प्रदेश प्रहरीले समेत अनुसन्धानमा तीव्रता देखायो। सुजिताका देवर रुपेश ठाकुर, श्रीमान मुकेश, खेतमा शव गाड्न सघाउने लगायतका व्यक्तिहरू पक्राउ परेपछि उनको शव खेतबाट उत्खनन् गरी शौचालयको सेप्टिक ट्यांकमा गाडेको खुल्यो।, प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सुजिताको घरभन्दा करिब एक किलोमिटरको टाढा रहेको अर्को खेतमा निर्माणाधीन सेप्टिक टंयाकीभित्र शव गाडेर माथिबाट बालुवा, सिमेन्टले ढलान गरिएको अवस्थामा बरामद गरेको थियो।, पर्याप्त प्रमाण हुँदाहुँदै प्रहरीले पीडकलाई जोगाउन खोजेको अधिकारकर्मी रायको आरोप छ। , ‘१५ दिनसम्म प्रहरीलाई हामीले शव उत्खनन् गर्न भनिरह्यौं तर प्रहरीले मानेनन्, शव त आखिर त्यहीँ भेटियो,’ उनले भनिन्।, महोत्तरीका एसपी आचार्यले भने अपराधी जोगाउन खोजेको भन्ने आफूमाथिको आरोप निराधार रहेको बताए। उनले यो मुद्दा अदालतमा गइसकेको भन्दै यसबारे थप कुरा खोल्न मानेनन्।, ‘प्रहरीले अनुसन्धानका कहाँबाट सुरू गर्यो। कसले के भन्यो ती सबै प्रमाण हामीले अदालतमा पेस गरिसकेका छौं। अहिले थप कुरा भन्न जरूरी लागेन,’ उनले भने। , प्रहरीले उनलाई घटनाभन्दा दुई साता अघिको एउटा अडिओ रेकर्डका आधारमा पक्रिएको हो।, प्रहरीका अनुसार देवरले सुजिताका बुवालाई उनी एक जना केटासँग भेट्न जाने गरेको भन्दै गुनासो गर्दै फोन गरेका थिए। त्यो बेला सुजिताका बुवाले उनीहरू जहाँ भेट्न जान्छन् त्यहाँ गएर 'खतम' गरिदेऊ भनेको अडिओ रेकर्डमा सुनिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।, बुवा कामेश्वरले प्रहरी कार्यालय पुगेर छोरीको हत्या गरेको भनी पतिरामले स्वीकार गरेको र घटना लुकाउन आफूलाई बारम्बार प्रलोभन र धम्की दिएको भनी प्रहरीलाई बताउँदै आए पनि प्रहरीले उनैलाई पक्रेको सुजिताका दाइ जितेन्द्रको आरोप छ।, मंगलबार महोत्तरी जिल्ला अदालतले घटनाका आरोपी सुजिताका देवर रूपेश र बुवा कामेश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।, न्यायाधीश मुकेशकुमार उपाध्यायको इजलासले प्रहरीले अनुसन्धानमा सुजिताको शव ओसारपोसार, गाड्नेदेखि लुकाउनेसम्ममा संलग्न दाबी गरेको चार जनालाई एक-एक लाख धरौटीमा छोडेको छ।, जनकपुरधाम उपमहानगरपालिका-१४ कुटीपोखरी बसहिया बस्ने ५५ वर्षीय प्रमोद मण्डल भनिने विनोद मण्डल, लोहरपट्टी-७ भ्रमरपुरा बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राइन र ३२ वर्षीय नथुनी मण्डललाई एक-एक लाख धरौटीमा रिहा गरेको छ।, त्यस्तै, घटना लुकाएको अभियोग लागेकी सुजिताकी नन्द अन्जु ठाकुरलाई १० हजार धरौटीमा छोडेको छ। घटनामा संलग्न भनिएका सुजिताका ससुरा पतिराम, सासू र नन्द अझै फरार छन्।, महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी विष्टका अनुसार जेठ २० गते बिहानै करिब ८ बजे झै-झगडा हुँदा ससुरा पतिराम, देवर रुपेश लगायतका परिवारका व्यक्तिले घाँटी थिचेर मारेका थिए।, दिनभरि घरमै उनको शव लुकाएर साँझमा सुजिताका दाइ जितेन्द्रले भनेजस्तै ट्याक्टरमा लगेर खेतमा गाडेको अनुसन्धानबाट खुलेको थियो। ,
सुजिता हत्या प्रकरण: प्रहरीले चासै नदेखाए पनि यसरी बाहिरियो घटना
|
सेतोपाटी केदारस्युँ गाउँपालिका-६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिराको जोखिममा परेको छ।, अविरल वर्षाका कारण विद्यालयको प्राङ्गण पहिराले बगाएकाले भवन पनि जोखिममा परेको हो।, साउन १२ गते रातिको अविरल वर्षाले विद्यालयको मूलद्वार र प्रांगण पहिराले लगेकोे प्रधानाध्यापक मानबहादुर धामीले बताए।, उनले भने, ‘लगातारको वर्षाका कारण भवनसमेत भत्कने खतरा छ। भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्न थालेको हो।’, कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २३५ विद्यार्थी अध्ययनरत छन्।, वडाध्यक्ष काशीराम धामीले यस वर्ष रु २० लाख बराबरको ग्याविन जाली राखिएकामा जालीसहित गाउँका २० परिवारको बाली र विद्यालयको प्राङ्गण पनि पहिराले बगाएको बताए।, उनले भने, ‘अहिले त विद्यालय बन्द छ खुला भयो भने कहाँ पढाउने भन्ने समस्या भएको छ। विद्यालय भवन अन्त बनाउनका लागि जग्गाको खोजी गरिरहेका छौं, भेट्टाएका छैनौं, कतै पाइएमा चाँडै भवन अन्तै सार्ने योजनामा छौं।’,रासस,
पहिराले विद्यालय भवन जोखिममा
|
खिलानाथ ढकाल सरकारले करोडौं लगानी गर्ने तर ठेकेदारले इमान्दारीपूर्वक काम नगर्ने प्रवृत्ति ठेक्का प्रणालीमा नौलो होइन। यसको एउटा ज्वलन्त उदाहरण काठमाडौं, टेकुको विष्णुमती पुल हो।, निर्माण सकिएको तीन वर्ष बितिसक्दा पनि विष्णुमती खोलामाथि बनेको पुललाई के गर्ने भन्ने निष्कर्ष निस्किएको छैन।, सरकारी पक्षले बेलैमा ठेकेदारलाई जवाफदेही बनाएको भए आज टेकु पुलमा गाडी कुदिरहेका हुन्थे। तर ठेकेदारको लापरबाहीका कारण २२ करोड रूपैयाँ लागतमा बनेको पुल तीन वर्षदेखि पार्किङमा परिणत भएको छ। यहाँ छेउछाउका व्यवसायीहरूले आफ्ना गाडी राख्छन्। ढुवानीका गाडीहरू थन्क्याउने ठाउँ पनि यही पुल बनेको छ। एउटा थोत्रो माइक्रो पनि धेरै दिनदेखि यहीँ राखिएको छ।, गुणस्तरमा प्रश्न उठाउँदै सडक विभागले पुल जिम्मा लिन नमानेपछि निर्माण कम्पनी मुद्दामा गएको छ। 'राज्यले लगानी गरेअनुसार प्रतिफल लिन पाएको छैन,' सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले सेतोपाटीसँग भने, 'निर्माण कम्पनी मुद्दामा गएको छ तर टुंगिएको छैन।', टेकुको वर्षौं पुरानो पुल कमजोर र साँघुरो भएकाले आवागमन असहज थियो। जोखिम बढेपछि सडक विभागले त्यसको सँगै अर्को पुल हाल्ने निर्णय गर्यो।, विभागले २२ करोड रूपैयाँमा पुल निर्माणको ठेक्का लगायो। ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन काम गरेको भन्दै सडक विभागले जिम्मा लिन नमानेपछि तीन वर्षअघि नै सञ्चालनमा आउनुपर्ने पुल प्रयोगविहीन बनेको छ।, पप्पु कन्स्ट्रक्सन समाजवादी पार्टी पर्साबाट निर्वाचित सांसद हरिनारायणप्रसाद रौनियार संस्थापक सञ्चालक रहेको कम्पनी हो। हाल यो कम्पनी उनका छोरा सुमित रौनियारले सञ्चालन गर्दै आएका छन्।, इञ्जिनियरहरूको टोलीले टेकु पुलको केही भाग भत्काउनुपर्ने सुझाव दिएको थियो। सडक विभागले यसको प्रक्रिया सुरू गरेपछि पप्पु कन्स्ट्रक्सन मुद्दामा गएको हो।, मध्यस्थता ऐन २०५५ को दफा ७, न्याय प्रशासन ऐन २०७३ को दफा ८(२) बमोजिम ठेक्कामा विवाद आए मध्यस्थकर्ता नियुक्ति गर्न सकिने प्रावधान छ। ठेक्काको बीचमा काम बिग्रिए वा विवाद आए दुवै पक्षले मध्यस्थकर्ता नियुक्त गर्ने चलन छ।, मध्यस्थकर्ता नियुक्तिबाट मध्यमार्गी बाटो खोजिन्छ। दुवैले 'जितेको महशुस' हुने गरी निर्णय गरिन्छ। पप्पु कन्स्ट्रक्सनले सडक कार्यालयले भुक्तानी रोकेको र पुल हस्तान्तरण गर्न नमानेको भन्दै मध्यस्थकर्ता गुहारेको थियो।, सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नेपालीका अनुसार एक वर्षअघि पप्पु कन्स्ट्रक्सन मध्यस्थतामा गएको थियो।, यस्तो मध्यस्थताको सुनुवाइ मध्यस्थता परिषदमा हुन्छ। परिषदले निर्णय गर्न सकेन भने मुद्दा अदालत जान्छ।, पहिलो चरणको सुनुवाइमा पप्पुले जितेपछि सडक डिभिजन कार्यालय काठमाडौं पुनरावेदनमा गएको थियो। पुनरावेदनको सुनुवाइ जारी छ।, 'हामी बजेट नै छुट्याएर पुल भत्काउन बसेका छौं,' नेपालीले भने, 'सुनुवाइ नसकिएका कारण पुलको काम गर्न पाइएको छैन।' उनका अनुसार जम्मै पुल भत्काउनुपर्ने अवस्था छैन। गुणस्तरहीन देखिएको भाग मात्र भत्काएर पुनर्निर्माण गरिनेछ।, सडक विभाग पुल महाशाखाका अनुसार पुलको छत ढलानमा १५.२ एमएमको टुचन (तार) राख्नुपर्ने ठेक्का सम्झौता थियो। त्यसमा भारतको उसामार्टिन र टाटा कम्पनीको तार प्रयोग गर्नुपर्ने सम्झौतामा उल्लेख थियो।, पुल महाशाखाको टोलीले अनुगमन गर्दा पप्पु कन्स्ट्रक्सनले गुणस्तर जाँच नगरी अरू नै कम्पनीको सामग्री प्रयोग गरेको पाइएको थियो। त्यसको गुणस्तर जाँच गर्दा ठेक्का सम्झौताविपरीत सामान राखेको पाइएको थियो।, 'इञ्जिनियरहरूको टोलीले अध्ययन गर्दा ६०/७० वर्ष आयु हुने पुल ८/१० वर्षमै भत्किन सक्ने सम्भावना देखेपछि भत्काउनुपर्ने राय हामीले राखेका हौं,' पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठले भने।, २०७५ सालमै निर्माण सम्पन्न भए पनि यही प्राविधिक समस्याका कारण टेकु पुल हस्तान्तरण भएको छैन।, निर्माण सम्झौताअनुसार हस्तान्तरण भएको दुई वर्षसम्म तलमाथि भए निर्माण कम्पनी आफैंले बनाउनुपर्ने नियम छ। उसले आफैं बनाउँछु भने पनि सडक विभागले पत्याएन। भत्काउनुपर्ने राय आएपछि त्यही कम्पनीलाई काममा लगाइराख्नु उचित नभएको अधिकारीहरू बताउँछन्।, त्यही बेला पप्पु कन्स्ट्रक्सनले देशभरि पुलका काम अलपत्र पारेको सार्वजनिक भइरहेको थियो।, 'इञ्जिनियरहरूले गुणस्तर छैन, प्रयोग गर्न मिल्दैन भनेपछि हामीले ठेक्कालाई निरन्तरता दिने कुरा भएन, भुक्तानी रोकेर गुणस्तरहीन भाग भत्काउने तयारीमा लाग्यौं,' श्रेष्ठले भने।, टेकु पुल सय टन क्षमताको हो। तर यसमा प्रयोग गरिएका कमसल निर्माण सामग्रीका कारण यो पुल दीर्घकालसम्म नटिक्ने महाशाखाको भनाइ छ।, महाशाखाले परामर्शदाताले प्रयोग गर्न नहुने बताएपछि भार परीक्षण गर्न जरूरी नै नभएको दाबी गरेको छ।, 'परामर्शदाताले प्रयोग गर्न नहुने भनेपछि भार परीक्षण गर्न जरुरी देखिएन,' महाशाखा प्रमुख श्रेष्ठ भन्छन्।, टेकु पुल ६० मिटर लामो छ। यसको एकापट्टि २० र एकापट्टि १० मिटर लम्बाईमा आरसिसी पिलर प्रयोग गर्नुपर्ने थियो। बीचको बाँकी ३० मिटर भागमा 'प्रि-स्टेज कंक्रिट' तार हाल्नुपर्ने थियो। तिनै तारमा समस्या देखिएको महाशाखाको भनाइ छ।, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत (काठमाडौं सस्टेनेबल अर्बन ट्रान्सपोर्ट प्रोजेक्ट) एडिबीको सहयोगमा टेकु पुल निर्माण थालिएको थियो। २२ करोड ६१ लाख ७४ हजार रूपैयाँमा ठेक्का लागेको यो पुल निर्माण सम्झौताभन्दा केही ढिलो २०७५ साउनमा निर्माण सकिएको थियो।, 'परामर्शदाताले सामग्रीको गुणस्तर भएन भनेर पटक-पटक लेखेकाले हामीले पुलको जिम्मा लिएनौं,' सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने, 'परामर्शदाताले स्वीकारयोग्य छैन भनेपछि हामीले जिम्मा लिने कुरा भएन।', प्रारम्भमा एडिबीले नै पुल निर्माणको सबै प्रगति हेरिरहेको थियो। पछि उसले काठमाडौं सडक कार्यालय-१ लाई यो पुल हेर्ने जिम्मा दियो। अहिले त्यो कार्यालयबाट यो पुल सडक डिभिजन कार्यालय काठमाडौंको जिम्मामा पुगेको छ।, निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले भने परामर्शदाताको सुझावअनुसारै निर्माण सामग्री प्रयोग गरेको बताउँदै आएको छ।, 'सम्झौताअनुसार १५.२ एमएमको तार राख्नुपर्नेमा हामीले १५.५४ एमएमको तार राखेका छौं,' पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण प्रसाद रौनियारले भने, 'यो गुणस्तरहीन छैन, कम्पनी फरक भएको मात्र हो।', पहिले भनिएको कम्पनीको उत्पादन बन्द भएका कारण परामर्शदाताको छलफलमा अर्को कम्पनीको तार प्रयोग गरिएको उनले दाबी गरे।, ठेक्कामा विवाद आए मध्यस्थतामा जानुपर्ने कानुनी व्यवस्थाका आधारमा पप्पु कन्स्ट्रक्सन मुद्दामा गएको उनले बताए।, उनले आफूप्रति पूर्वाग्रही भएर सडक विभागले काम रोकेको र ठेक्काको भुक्तानी निम्ति मध्यस्थतामा जानुको विकल्प नभएको बताए।, 'देशभरका २३ वटा पुल भासिएका छन्, तिनीहरूलाई काममा लगाइराखेको छ सडक विभागले,' उनी भन्छन्, 'मलाई मात्रै खेदो गरिएको छ।', सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नेपाली भने पप्पु कन्स्ट्रक्सनसँग गुणस्तरहीन कामको भुक्तानी असुल गरिने बताउँछन्।, 'उसको धरौटी हामीसँग छ, गुणस्तरहीन देखिएपछि हामीले भुक्तानी रोकेर राखेका छौं,' उनले भने, 'त्यो रकमबाट क्षति भर्पाइ गरिन्छ।', पप्पु कन्स्ट्रक्सनका संस्थापक रौनियारमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बबई नदीको पुल गुणस्तरहीन बनाएको आरोपमा मुद्दा दायर गरेको थियो। त्यो मुद्दा विचाराधीन अवस्थामा छ।, बर्दियाको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको, पुल बनाउँदा नै बांगो देखिएको र उद्घाटन नहुँदै भत्किएको भन्ने उजुरीमा अनुसन्धान गर्दा दोषी ठहर गर्दै अख्तियारले रौनियार, उनका छोरा सुमित लगायत १२ जना कर्मचारीविरूद्ध मुद्दा दायर गरेको थियो।, विशेष अदालतमा मुद्दा दायर भएपछि रौनियारको सांसद पद २०७५ असोज १९ गते स्वतः निलम्बनमा परेको थियो।, २०७६ सालमा सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ।,
२२ करोड खर्च गरेर बनेको विष्णुमती पुलमा तीन वर्षदेखि पार्किङ
|
युनिक श्रेष्ठ २०६२ साल पुस ६ गते।, ११ वर्षका छोरा र ९ वर्षीया छोरी विद्यालय गएर साँझ काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीको लामपाटीस्थित डेरामा फर्किएका थिए।, फर्किंदा आमा भगवती लामा र शिवजी भन्ने ग बहादुर खत्री डेरामा थिए। शिवजी उनीहरूलाई बारम्बार जसो भेट्न आइरहन्थे। काभ्रे घर भएकी भगवती अरूको घरमा सहयोगीको काम गर्थिन्। त्यही काम गरेर २९ वर्षकी उनले आफ्ना छोरी र छोरालाई पालिरहेकी थिइन्।, उनको श्रीमानसँग सम्बन्धबिच्छेद भइसकेको थियो। यता शिवजी भने त्यतिबेला क्याटरिङको काम गर्थे भने कहिले बसमा सहचालक हुने, त कहिले ट्याक्सी चलाउने समेत गर्थे।, उनी पनि विवाहित नै थिए। उनका तीन छोरा छन्।, त्यो दिन साँझ विद्यालय गएर फर्किएका छोराछोरीसँगै बसेर शिवजी र भगवतीले खाजा खाए। करिब आधा-एक घण्टापछि दुबै बालबच्चा स्युचाटारस्थित मामाघर गए।, डेरामा भगवती र शिवजी मात्रै थिए।, त्यसैबीच करिब साढे ७ बजे उनीहरू बस्ने घरका मानिसहरूले ठूलो स्वरले महिला कराएको सुने। केहीबेरमै भगवती कोठाभित्र जलिरहेको थाहा पाए। ढोका भने भित्रैबाट बन्द थियो।, तर ढोका फोडेर भित्र हेर्दा भगवतीबाहेक अरू कोही थिएनन्।, भित्र जलिरहेको देखेपछि उनीहरूले ढोका फोडेर घाइते भगवतीलाई वीर अस्पताल पुर्याए। , केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार शिवजी त्यहाँबाट भागिसकेका थिए।, 'महिलाले चिच्याएको आवाज सुनेपछि डेरामा बस्नेहरूले थाहा पाएर हेर्दा जलेको देखे। ती महिला भित्रबाट थुनिएकी थिइन्,' उनले भने,'त्यसपछि उनीहरूले ढोका फोडेर महिलालाई अस्पताल पुर्याए।', कोठामा ग्रिल नभएको झ्याल थियो। जहाँबाट कोही पनि सजिलैसँग भाग्न सक्थे। झ्याल तल पनि खेतबारी थियो। जहाँ लडे पनि केही हुन्न थियो। सागसब्जी लगायतका तरकारीहरू उब्जिएको हुँदा माटो पनि गिलो थियो।, शिवजी त्यही झ्यालबाट भागेको प्रहरीको दाबी छ।, 'त्यही झ्यालबाट भागेको देखिन्छ। सागसब्जीहरू रोपेको ठाउँमा खुट्टाका डामहरू पनि देखिएका थिए,'उनले भने,'भागेको देख्नेहरूले उनलाई लखेटे। तर उनी फरार भए। डेरामा अरू कोही थिएनन्। मट्टितेल या अन्य कुनै ज्वलनशील पदार्थले छर्केर आगो लगाएर भागेको छ भनेपछि उनकै संलग्नता छ भन्ने बुझिन्छ।', त्यसैबीच भोलिपल्ट (२०६२ साल पुस ७ गते) बिहान करिब साढे २ बजे भगवतीको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भयो।, अहिलेसम्म यो घटनामा तीन जना अनुसन्धान अधिकृत फेरिइसकेका छन्। तर शिवजी पक्राउ पर्न सकेका थिएनन्।, घटनापछि उनी भारत भागेको महानगरीय प्रहरी वृत्त कालीमाटीस्थित अनुसन्धानमा संलग्न प्रहरी स्रोतले बतायो।, 'घटनापछि उनी भारत भागे। दुई वर्षपछि नेपाल फर्किएको भनेका छन्। त्यहाँबाट फर्किएर ललितपुरको चाँगाथलीमा पसल थापेर बसेका रहेछन्,' उनले भने।, बुधबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आरोपित शिवजीलाई १६ वर्षपछि पक्राउ गर्यो। रामेछाप घर भएका ४६ वर्षका शिवजीलाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीबाट पक्राउ गरेको हो।, पक्राउ गर्न जाँदा प्रहरीले शिवजीलाई त्यतिबेलाको उनको तस्वीर देखाएका थिए। सुरूमा उनले तस्वीरमा भएका व्यक्ति आफू हो भनेर स्वीकारेनन्।, तर मृतकका छोरा-छोरीलाई देखेपछि भने स्वीकारेका थिए।, 'उनैको तस्वीर देखाउँदा चाहिँ आफू होइन भने। तर पछि छोरीले यही हो भनेर भनिन्। उनले एक्कासि आफू नै भएको स्वीकारे र छोरीलाई पनि चिन्छु भने’, स्रोतले भन्यो।, प्रहरीलाई शिवजीले दिएको बयान अनुसार भगवतीलाई एक आफन्ती महिलाको माध्यमबाट चिनेका थिए। भगवतीको डिभोर्स भइसकेपछि मात्रै चिनजान भएको प्रहरीलाई बताएका छन्। तर छोराछोरीले भने डिभोर्स हुनुको कारण नै उनी भएको प्रहरीलाई बताएका छन्।, प्रहरीले घटनाबारे सोधपुछ गर्दा आफू त्यहाँ नभएको उनले बयान दिएका छन्।, 'म त उनको पुरानो कोठामा गएको थिएँ। नयाँ कोठामा त गएको छैन भनेका छन्। तर सानो बच्चाले त झूट बोल्दैन नि! तर बच्चाहरूले त्यतिबेला यही शिवजी भन्ने नै बसिरहेको थियो भनेका थिए,' प्रहरी स्रोतले भन्यो,'अहिले हामीसँग ढाँटिरहेको छ। त्यो स्वभाविक नै हो।', उनको हत्या गर्नुपर्ने कारण भने खुलिसकेको छैन। हत्याको कारण अनुसन्धानपछि खुल्ने महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।, तर त्यतिबेला छोराछोरीहरूले दिएको बयानमा शिवजीले पैसा समेत माग्ने गरेको खुलेको छ।, 'शिवजीले पहिले पनि आएर पैसा माग्ने, दु:ख दिने, आगो लगाइदिन्छु, मार्दिन्छु भनेर धम्क्याउने गर्थे,' घटनापछि छोराछोरीले बयानमा भनेका थिए। , मृतक भगवतीका छोराछोरीले शिवजी पक्राउ पर्लान् भन्ने सोचेका पनि थिएनन्। तर १६ वर्षपछि उनी पक्राउ परेको खबर सुनेपछि विश्वास गर्न नसकेको बताउँछन् उनीहरू। , शिवजी पक्राउ परेपछि छोराछोरीहरू खुसी भएका छन्।, 'हामीले सोच्दै नसोचेको कुरा भयो। अब त त्यो मान्छे फेला पर्दैन भनेर आश नै मारिसकेका थियौं। तर हिजो एक्कासि सिआइबीबाट फोन आउँदा त सपना जस्तै भयो। होइन होला भन्ने जस्तो पनि भयो,'मृतकका छोराले सेतोपाटीसँग भने,'अनि हामी जाँदा मान्छे नै अगाडि ल्याएर देखाइदिनु भयो। अनि यही हो भनेर हामीले भन्यौं।', प्रहरीले उनीमाथि पोलिग्राफी टेष्ट पनि गर्ने तयारी गरेको छ।, महानगरीय प्रहरी वृत्त कालीमाटीले अहिले उनीमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी गरेको छ।,
'आश मारिसकेका थियौं, १६ वर्षपछि आमाको हत्यारा पक्राउ परेको खबर सपनाझैं लाग्यो'
|
सेतोपाटी संवाददाता रूपन्देहीमा जबरजस्ती करणी उद्योगमा गाउँपालिका अध्यक्ष नै पक्राउ परेका छन्। रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) जबरजस्ती करणी उद्योग आरोपमा पक्राउ परेका हुन्।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण् थापाले शुक्लालाई जवरजस्ती करणी उद्योग आरोपमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको बताए। शुक्ला आीहिबार पक्राउ परेका हुन्।, सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष शुक्ला स्वतन्त्र रूपमा चुनाव लडि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।, उनी विरूद्ध प्रहरीमा जबरजस्ती करणी उद्योगमा उजुरी दर्ता भएपछि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।,
जबरजस्ती करणी उद्योगमा गाउँपालिका अध्यक्ष पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप एक हजार १३३ जना कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकामा थप एक हजार १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौं जिल्लामा ८११, ललितपुरमा १९२ र भक्तपुरमा १३० जनामा संक्रमण पुष्टि भएको हो। , काठमाडौं उपत्यकामा अहिले ११ हजार ३२६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। , जसमध्ये काठमाडौंमा ८ हजार ११०, ललितपुरमा १ हजार ८८७ र भक्तपुरमा १ हजार ३२९ जना सक्रिय संक्रमित छन्।, नेपालभर पछिल्लो २४ घण्टामा थप ३ हजार २६० जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै यसको संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ। , पछिल्लो २४ घण्टामा १५ हजार ४६२ जनाको कोरोना परिक्षण गरिएको थियो। ,
काठमाडौं उपत्यकामा थपिए एक हजार १३३ संक्रमित
|
सेतोपाटी संवाददाता निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना संक्रमण दर ह्वात्तै बढेको प्रदेश १ मा मृत्युदर पनि बढेको छ। दुई दिनभित्रै प्रदेशमा २७ जना कोरोना संक्रमितको ज्यान गएको छ। , प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र प्रदेशमा १३ जनाको मृत्यु भएको छ। जसमध्ये सुनसरीमा सबैभन्दा धेरै चार जना छन् भने मोरङमा ३, उदयपुरमा २, झापा, संखुवासभा र इलाममा १–१ जना छन्। अघिल्लो दिन प्रदेशमा १४ जनाको मृत्यु भएको थियो। , बिहीबार १३ जना थपिएसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय १९ पुगेको छ। जसमध्ये सबैभन्दा बढी सुनसरीमा ४ सय ६५ जना छन्। त्यस्तै मोरङमा ४ सय ४२, झापामा ४ सय १५ जनाको मृत्यु भइसकेको छ।, इलाममा ६०, उदयपुरमा ४८, पाँचथरमा ३७ , धनकुटामा ३५, तेह्रथुममा १९, संखुवासभामा १८, ओखलढुंगामा १०, ताप्लेजुङमा १० जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन्। त्यस्तै भोजपुरमा ९, सोलुखुम्बुमा २ जनाको मृत्यु भएको छ।, हालसम्म सामाजिक विकास मन्त्रालयको तथ्यांकमा कोरोनाबाट खोटाङमा कसैको पनि कोरोनाले मृत्यु नभएको उल्लेख छ। प्रदेश बाहिरका १ सय ४९ जनाको उपचारका क्रममा मृत्यु भएको छ। , केही सातायता प्रदेशमा संक्रमित थपिने क्रम पनि जारी छ। पछिल्लो २४ घण्टामा ९ सय ६९ जना संक्रमित थपिएको प्रदेशमा अघिल्लो दिन बुधबार ८ सय ८५ जना संक्रमित भएका थिए। मंगलबार १ हजार ७१ जनामा संक्रमण पुष्टि भएको थियो। , बिहीबार संक्रमण पुष्टि भएमध्ये सबैभन्दा बढी झापामा १ सय ९१ जना छन्। मोरङमा १ सय ३५, सुनसरीमा १ सय १६, धनकुटामा २१, इलाममा १०, उदयपुरमा ६, संखुवासभामा ४, तेह्रथुममा २, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको छ। , पहिलो चरणयता प्रदेश १ मा हालसम्म ९० हजार ४ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८१ हजार ४ सय ९५ जना कोरोनामुक्त भइसकेका छन्। हाल सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ७१ रहेको प्रदेश सरकारले जनाएको छ।,
प्रदेश १ मा कोरोना संक्रमण बढ्यो, दुई दिनमा २७को मृत्यु
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ हजार ४६२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ८०६ जनाको पिसिआर र ४ हजार ६५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, त्यस्तै २ हजार २९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ७७ हजार ३७७ जना कोरोना मुक्त भएका छन्। , यसको संक्रमणबाट थप ३२ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ।, यस्तै संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार १३३ जनालाई संक्रमण देखिएको छ।,
थपिए ३ हजार २६० कोरोना संक्रमित, निको भए २ हजार २९४
|
सेतोपाटी संवाददाता मंगलबार एकैदिन ८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको कपिलवस्तु प्रहरीले बुधबार पनि थप ७४ जनालाई पक्राउ गर्न सफल भएको छ।, फरार प्रतिवादीविरूद्धको अपरेसन कार्यक्रम अन्तर्गत जिल्लाभर विभिन्न अपराधमा संलग्न भई फरार रहेका ७४ जना फरार अपराधीलाई एकदिनमै पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।, बुधबार पक्राउ परेका अभियुक्तहरूमा विभिन्न मितिमा लागुऔषध, जबरजस्ती करणी, चोरी, भवितव्य ज्यान, कुटपिट, सवारी ज्यान, जुवा लगायतका कसुरमा संलग्न भई जिल्ला अदालतले कैद फैसला गरी फरार रहेका छन्।, बुधबार पक्राउ गरिएकोमा २०६७ साल मंसिर ७ गते जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद फैसला भई फरार रहेका वाणगंगा नगरपालिका कोपवाका गोविन्द बहादुर मगर पनि रहेका छन्। , त्यस्तै, चोरी मुद्दाका दुई, जबरजस्ती करणीका २ जना, सवारी ज्यानका ६ जना, लागुऔषधका ४ जना, भवितव्य ज्यानसम्बन्धी १ जना, जालसाजीका १६ जना, कुटपिटका २६ जना, सार्वजनिक अपराधका १० जना, गाली बेइज्जतीका ४ जना, अंशबण्डा मुद्दाका २ जना र वन पैदावार मुद्दाका १ जना गरी ७४ जनालाई पक्राउ गरिएको कार्कीले बताए।,
कपिलवस्तुमा एकैदिन पक्राउ परे ७४ फरार प्रतिवादी
|
सेतोपाटी संवाददाता पाकिस्तान सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।, बिहीबार पाकिस्तानले नेपाललाई ३० वटा भेन्टिलेटर र ३० वटा सिपिएपी मेसिन दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।, पाकिस्तान सरकारले पठाएको उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले बुझेका थिए।, सरकारले स्वास्थ्य सामग्री र कोभिड-१९ विरूद्ध लड्न सघाएकोमा पाकिस्तानी सरकारलाई धन्यवाद समेत दिएको छ।,
पाकिस्तानले दियो नेपाललाई ३० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री
|
सेतोपाटी संवाददाता गत फागुन १९ गते बलात्कार आरोपमा पोखरा पर्स्याङका एक व्यक्ति पक्राउ परे।, पक्राउ परेका व्यक्तिलाई छुटाउन सक्ने भन्दै अन्य ३ जना व्यक्ति सक्रिय भए। छुटाउनका लागि उनीहरुले पक्राउ परेकासँग आर्थिक मोलमोलाई गर्न थाले।, ‘प्रहरी, वकिल र अदालतसँग सेटिङ छ, १ करोड रकम दिए मिलाइदिन्छु, नत्र १५ वर्ष जेल जानुपर्छ’ भन्न थाले। , बलात्कार आरोपीलाई यस्तो प्रलोभन देखाएर उनीहरुले १ करोड रुपैयाँ मागे। जसमध्ये १ लाख १० हजार नगद हात पारे भने १२ लाख रुपैयाँको चेक लिए।, उनीहरुले दिएको प्रलोभन अनुसार बलात्कार मुद्दा मिल्न सकेन। कानुनी कारबाही अघि बढ्यो। प्रहरीले यस्तो आश्वासन दिएको थाहा पाएपछि तीन जनामध्ये २ जना पोखराकै राष्ट्र बैंक चोकस्थित एउटा रेष्टुरेन्टबाट पक्राउ परे।, पक्राउ पर्नेहरुमा सुर्यलाल खड्का र कमानबहादुर तामाङ हुन्। अर्का एक जना भोजराज त्रिपाठी भने फरार छन्।,
,
त्रिपाठी पोखराको सराङकोट निवासी हुन्। उनलाई सराङकोटबाटै बुधबार पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।, ‘बलात्कार मुद्दा मिलाइदिन्छु भनेर पैसा लिएका रहेछन्,’ डिएसपी हमालले भने, ‘उनीहरुलाई ठगी र जबर्जस्ती करणी कसुरमा मिलापत्र गराउन नहुने मुद्दामा अभियोग छ।’,
प्रहरी र अदालतको सेटिङमा बलात्कार मुद्दा मिलाइदिन्छु भन्दै ठग्ने पक्राउ
|
राजु अधिकारी गरिब परिवारका विद्यार्थीलाई मेडिकल शिक्षा पढ्न सहयोग गर्न भन्दै प्रदेश नम्बर १ सरकारले ल्याएको कार्यक्रम सुविधाभन्दा पनि बढी शर्तले विफल बनेको छ।, सरकार गठन भएको पहिलो वर्ष नै प्रदेश १ सरकारले ‘जनता चिकित्सा शिक्षा कोष’ खडा गरेको थियो। गरिब, जेहेन्दार र दुर्गम क्षेत्रका विद्यार्थीलाई प्रत्येक वर्ष एमबीबीएस पढाउने लक्ष्य कार्यक्रमको थियो। , यसरी पढेर उत्पादन भएका चिकित्सकलाई दुर्गम क्षेत्र, जहाँ चिकित्सकको अभावले नागरिकले मृत्युवरण गर्नुपर्ने बाध्यता छ त्यस्तो क्षेत्रमा सेवा गर्न लगाउने उद्देश्यले यो कार्यक्रम अघि सारेको सरकारले बताएको थियो। यो कार्यक्रमलाई सरकारले ‘समाजवादी कार्यक्रमको एउटा अभ्यास’ भन्दै प्रचार पनि गरेको थियो।, सरकारले विद्यार्थीलाई मेडिकल शिक्षा पढ्नका लागि १० लाख रूपैयाँ मात्रै दिने र पढिसकेपछि ५ वर्ष अनिवार्य तोकेको ठाउँमा सेवा गर्नुपर्ने प्रावधान राखिएपछि यो कार्यक्रमले विद्यार्थी समेट्नै सकेन।, दुई वर्षयता सरकारले यो कार्यक्रमको बजेट नै कटौती गरेको छ।, ‘हामीले पटक–पटक सूचना प्रकाशन गर्दा सहयोग खोज्ने विद्यार्थी आएनन्,' सामाजिक विकास मन्त्रालयका उपसचिव फडिन्द्र खत्रीले सेतोपाटीसँग भने, ‘सहयोग खोज्ने विद्यार्थी नआएपछि दुई वर्षदेखि यो कार्यक्रममा बजेट नै विनियोजन हुन छाडेको छ।’, मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ र ०७६/०७७ पछि यो कार्यक्रमले निरन्तरता पाउनै सकेन। पहिलोपटक पनि दुई पटक सूचना गरेर १५ जना विद्यार्थीलाई रकम उपलब्ध गराउने बताउँदा आठ जनाले मात्रै सरकारको सहयोग लिएका थिए।, अर्को वर्ष ३ जनाले मात्र आवेदन दिए। त्यो वर्ष सरकारले ५ जनाका लागि कोटा निर्धारण गरेको थियो। तर कोटा घटाउँदा पनि केवल तीन जनाले मात्रै चासो देखाएपछि अर्को वर्षदेखि सरकारले यो कार्यक्रममा बजेट छ्ट्याउनै बन्द गर्यो।, मन्त्रालयले विराटनगरको नोबेल मेडिकल कलेज, बुढीगङ्गाको विराट मेडिकल कलेज, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र संखुवासभाको अस्पताललाई समेत आवेदनका लागि सूचना पठाएको थियो। तर आ.ब. २०७६/०७७ मा भने उक्त कार्यक्रममा एउटै पनि आवेदन नपरेको मन्त्रालयले जनाएको छ।, एमबीबीएस पढ्न धेरै खर्च लाग्ने तर सरकारले केवल १० लाख मात्रै उपलब्ध गराउने, त्यो पनि ऋणमा मात्रै।, ‘यस्तो व्यवस्थाले विद्यार्थी आकर्षण हुने कुरै भएन’ मन्त्रालयका अधिकारीहरु भन्छन् ‘पढिसकेर फेरि पाँच –पाँच वर्ष सेवा गर्नुपर्ने शर्त पनि भएपछि विद्यार्थी आकर्षण हुने कुरै भएन।’, कार्यक्रम तय गर्ने बेलामा सरकारले गरिबका छोराछोरी पनि डाक्टर बन्नुपर्छ भन्ने उद्देश्यसहित उनीहरूको एमबिबिएस अध्ययनका लागि आर्थिक वर्ष २०७५/०७६ मा ‘जनता चिकित्सा शिक्षा कोष’ को अवधारणा अघि सारेको थियो।, सरकारको वार्षिक नीति तथा कार्यक्रममै समेटिएको उक्त कोषमार्फत बिना धितो सुलभ रूपमा ऋण उपलब्ध गराएर गरिबका छोराछोरीलाई एमबिबिएस पढाउने सरकारको योजना थियो।, यो ऋण सहयोगत ती विद्यार्थीले मात्र पाउँथे जो प्रदेशभित्र मानवीय सूचकांकमा सबैभन्दा पछाडि परेका गरिब तथा विपन्न वर्गका, सामुदायिक विद्यालयबाट शिक्षा हासिल गरेका विद्यार्थी हुन्थे। उक्त सुविधा एक स्थानीय तहबाट एकजनाले मात्र पाउनेसरकारी व्यवस्था थियो ।, यो सुविधा लिएर अध्ययन गरेका विद्यार्थीहरुका लागि प्रदेश सरकारले अध्ययन समाप्ति पश्चात सम्बन्धित स्थानीय तहमै कम्तिमा ५ वर्षसम्म काम गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि कार्यक्रम विफल बनेको हो।, सरकारको व्यवस्था बमोजिम सम्बन्धित स्थानीय तहमा काम नगरेमा त्यस्ता व्यक्तिबाट शत प्रतिशत जरिवानासहितको कूल ऋण रकम असुल गरिने कानुनी व्यवस्था थियो। यही व्यवस्थाले योजनाप्रति विद्यार्थीहरूको आकर्षण घटेको मन्त्रालयको शैक्षिक योजना तथा अनुसन्धान महाशाखाका प्रमुख कृष्णप्रसाद पोखरेलले बताए। , ‘सरकारको आर्थिक सहयोगमा अध्ययन गरेपछि विद्यार्थीले सम्बन्धित स्थानीय तहलाई ५ वर्ष समर्पित गर्नपर्ने भयो। उनीहरूले आफू अनुकूल काम गर्न नपाउने भए,’ उनले भने, ‘यसले पनि प्रदेश सरकारको कार्यक्रम असफल बनेको हो।’, यो कोष खडा गर्न अगुवाई गरेका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले भने कार्यक्रमको महत्व सामाजिक विकास मन्त्रालयले नबुझ्दा कार्यक्रम असफल भएको बताए। , ‘हामीले गरिब जेहेन्दार र दुर्गम क्षेत्रका विद्यार्थीलाई प्रत्येक वर्ष एमबीबीएस पढाउने र दुर्गम क्षेत्र जहाँ चिकित्सकको अभावले नागरिकले मृत्युवरण गर्नुपर्ने बाध्यता छ त्यस्तो क्षेत्रमा सेवा गर्न लगाउने उद्देश्यले यो कार्यक्रम बनाएका थियौं,’ उनले भने, ‘तर सामाजिक मन्त्रालयले कार्यक्रमको महत्व र स्पिरिटलाई मनन गर्नै सकेन।’, आङ्बोले मन्त्रालयले सहज ढंगले कार्यविधि बनाएर कार्यक्रम अगाडि बढाउनु पर्नेमा त्यसो नगरेको पनि बताए। , ‘सहज र व्यवहारिक कार्यविधि बनाएर अध्यापन गराउने गरि मन्त्रालयले काम गर्नै सकेन,’ उनले भने, ‘निःशुल्क पढाउने र दुर्गम ग्रामीण क्षेत्रमा सेवामा खटाउने कार्यक्रमको सोच थियो, तर, कार्यविधि बन्दासम्ममा नै कार्यक्रमको स्पिरिट समाप्त भयो।’ , प्रदेशको प्रत्येक स्थानीय तहबाट १/१ जना चिकित्सक उत्पादन नभएसम्म उक्त कार्यक्रमलाई निरन्तरता दिने सरकारको योजना थियो।, आर्थिक वर्ष २०७५/०७६ को पहिलो र दोस्रो सूचनाको आधारमा आवेदन दिएका ८ जना विद्यार्थीहरू अहिले सरकारकै ऋण सहयोगमा प्रदेशका विभिन्न मेडिकल कलेजमा अध्ययनरत छन्। तिनैमध्येका एक जना विद्यार्थीले यसरी ऋण लिएर फसेको अनुभव भइरहेको बताए। , ‘सरकारले हाम्रो गरिबीको फाइदा उठायो भन्ने अनुभूति सबैमा छ,' ती विद्यार्थीले भने ‘न सरकारले पूरै सहयोग गर्यो। न पढिसकेपछि आफ्नो इच्छा अनुसार नै हुनेभयो ।’, मन्त्रालयका उपसचिव फडिन्द्र खत्रीका अनुसार कार्यक्रमको सुरूआत गर्दा एक जना विद्यार्थीलाई मेडिकल शिक्षाका लागि २० लाख रूपैयाँ सहयोग गर्ने योजना थियो। तर २० लाख दिँदा थोरै विद्यार्थीले पाउने १० लाख दिने हुँदा धेरैले पाउने तत्कालीन मन्त्री जीवन घिमिरेले बताए। यसरी १० लाखको कार्यविधि बनेको थियो।, ‘धेरै विद्यार्थीलाई सहयोग हुन्छ भन्ने योजना अन्ततः विफल भयो’, उनले भने।,
सुविधाभन्दा बढी शर्तले प्रदेश नम्बर १ मा 'जनता चिकित्सा शिक्षा' कार्यक्रम विफल!
|
रासस सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट संख्याभन्दा बढी विद्यार्थी गैरकानूनीरुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ।, न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाका पूर्णपाठमा मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न आदेशको माग गर्दै दायर गरेको रिट निवेदनमाथि उक्त फैसला गरेको हो।, जिल्ला सोनभद्र चोपान नगरपालिका– ८ भारत स्थायी घर भई मोरङ विराटनगर उपमहानगरपालिका– ५ स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि एमबिबिएस तहको पहिलो सत्रमा अध्ययनरत विद्यार्थी विनितकुमार वर्माले दायर गरेको रिट निवेदनमा उक्त फैसला आएको हो।, फैसलाको पूर्णपाठमा अदालतले चार बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ।, ‘अब उप्रान्त नेपालमा सञ्चालित मेडिकल कलेजले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी स्वदेशी वा विदेशी विद्यार्थी भर्ना नगर्नु नगराउनु’, फैसलाको पूर्णपाठमा भनिएको छ, ‘कुनै कारणवश बढी विद्यार्थी भर्ना गराएको देखिएमा तत्काल अर्को वर्षमा तोकिएको सिट संख्यामा नबढ्ने गरी सो अघिल्लो वर्षमा बढी भर्ना लिएको सिट संख्या बराबरका सिट नेपाल सरकारले प्रदान गर्ने अन्य छात्रवृत्तिसरह नै थप नेपाली विद्यार्थीलाई छात्रवृत्तिका रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउनु।’, अदाललते आदेश कार्यान्वयन भए नभएकोसमेत निरीक्षण र अनुगमन गरी आवश्यक कारवाही गर्न भनेको छ।, ‘उपर्युक्त बमोजिम सञ्चालित मेडिकल कलेजले प्रचलित कानून बमोजिम नेपाल सरकारको सरोकारवाला निकाय, नेपाल मेडिकल काउन्सिल र सम्बन्धित विश्वविद्यालयले तोकेको मापदण्ड एवं भर्ना सिट संख्याको पालना भए नभएको हेर्नु’, फैसलामा भनिएको छ, ‘यस सम्बन्धमा नियामक निकायको निर्णय, पत्र, निर्देशन तथा मापदण्ड र अदालतबाट कुनै आदेश भएको भए सो आदेश कार्यान्वयन भए नभएको नियमितरुपमा निरीक्षण एवं अनुगमन गरी आवश्यक कारवाही गर्नु गराउनु।’, अदाललते मेडिकल कलेजको निरीक्षण गर्न खटिएका व्यक्तिको सेवा शर्तअनुरुप निष्पक्षताका साथ कार्यसम्पादन भए वा नभएको हेर्न भनेको छ।, ‘मेडिकल कलेजको निरीक्षण गर्न खटिएका अधिकार प्राप्त अधिकारीबाट आफ्नो सेवा शर्त अनुरुप तथा निष्पक्षताका साथ कार्यसम्पादन गरे नगरेकाबारे अनुगमन गरी निजको कार्यसम्पादनको अभिलेख राख्नु। सम्बन्धित निकायको जिम्मेवार अधिकृतमार्फत राख्न लगाई निजमध्ये कसैको कार्य सम्पादनमा व्यक्तिगत स्वार्थ वा कुनै पनि प्रकारको अन्य कैफियत देखिएमा निजलाई भविष्यमा यस प्रकृतिको निरीक्षण कार्यमा संलग्न नगर्नु नगराउनु,’ फैसलामा भनिएको छ।, अदालतते नोबेल मेडिकल कलेजले शैक्षिकसत्र २०७२/०७३ का लागि एमबिबिएस शैक्षिक कार्यक्रममा नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट संख्याभन्दा बढी विद्यार्थी भर्ना लिएको र पुनरावेदन अदालत पाटनको विसं २०७२ मंसिर १६ को आदेशबमोजिम गरेको नदेखिएकाले आगामी वर्षमा सम्बन्धित वर्षका लागि निर्धारित कूल सिट संख्यामा नबढ्ने भर्ना लिन भनेको छ।, ‘शैक्षिकसत्र २०७२/०७३ मा बढी भर्ना लिएका विद्यार्थी सङ्ख्याको पाँच भागको एक भाग सिट संख्याका दरले आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष सरकारले उपलब्ध गराउने नेपाली विद्यार्थीको छात्रवृत्ति संख्यामा थप गर्ने व्यवस्था मिलाउनु’, निर्देशनात्मक आदेशमा भनिएको छ, ‘आगामी वर्षमा नेपाल मेडिकल काउन्सिलले स्वीकृत गरेको सिट संख्याभन्दा बढी विद्यार्थी भर्ना गर्ने अन्य मेडिकल कलेजको हकमा पनि उपरोक्त निर्देशन अनिवार्यतः लागू हुनेछ।’,
सर्वोच्चको फैसला: ‘मेडिकल कलेजले तोकिएको सिट संख्याभन्दा बढी विद्यार्थी भर्ना नगर्नू’
|
सेतोपाटी संवाददाता काठमाडौंका विभिन्न ईञ्जिनियरिङ कलेजका विद्यार्थीहरू आन्दोलनमा छन्।, कोरोनाले गर्दा अनलाइनबाट पठनपाठन भइरहे पनि प्राक्टिकल, टुर, फिल्डस्टडीलगायत नभए पनि शुल्क भने कलेजले सामान्य अवस्थाकै जस्तो गरी मागेपछि विद्यार्थीहरू आन्दोलनमा छन्।, हिमालयन कलेज अफ ईञ्जिनियरिङमा पढ्ने विद्यार्थीलाई प्रहरीले हस्तक्षेपसमेत गरेको थियो। यहाँका विद्यार्थीहरू रिले अनसनमा बसेका छन्।, ३५ प्रतिशत शुल्क घटाउन माग गर्दै विद्यार्थीले रिले अनसन गरेको एक साता हुन लागिसकेको छ, तैपनि माग सुनुवाइ भइसकेको छैन।, क्याम्पसले भदौ २८ गतेका लागि परीक्षा तोकिसकेको छ। विद्यार्थी विवेक ज्ञवालीका अनुसार परीक्षा तालिका आइसके पनि शुल्क नबुझाउनेलाई क्याम्पसले फारम भर्न दिएको छैन।, एड्भान्स ईञ्जिनियरिङ कलेज, सगरमाथा ईञ्जिनियरिङ कलेज, काथफोर्ड ईञ्जिनियरिङ कलेजलगायतमा पनि विद्यार्थीले आन्दोलन र धर्ना दिइरहेका छन्।, अनलाइनबाट पढाए पनि भौतिक रूपमा विद्यार्थी उपस्थित भएकै बेलाको जस्तो गरी पुरै शुल्क तिर्न क्याम्पसहरूले ताकेता गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।, विद्यार्थीका जायज माग क्याम्पसहरूले बेलैमा सुनुवाइ नगरेमा आन्दोलन गर्ने चेतावनी नेविसंघले दिएको छ। नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीले विद्यार्थीका माग सुनुवाइ गर्न आग्रह गरेका छन्।,
ईञ्जिनियरिङ कलेजका विद्यार्थी आन्दोलनमा
|
रासस सत्तारूढ विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन्।, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (छैटौँ) र समाजवादी विद्यार्थी युनियनको संयुक्त बैठक बसी आयोगद्वारा लिइएको प्रवेश परीक्षामा कोटाभन्दा कम विद्यार्थी मात्र उत्र्तीण गरेको भन्दै पुनः परीक्षाको माग गरेका अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए।, बागबजारमा बिहीबार सत्तारूढ विद्यार्थी संगठनहरूको बैठक बसेको थियो।, ‘प्रवेश परीक्षाबाट क्षमताभन्दा थोरै विद्यार्थी उत्तिर्ण हुँदा विद्यार्थीले मुलुकभित्र अध्ययनको अवसर नपाई विदेश जाने परिस्थिति हुन्छ। जसले गर्दा विद्यार्थीलाई झन्झट, तनाव थपिने र नेपाली मुद्रा विदेशिने स्थिति बनेका कारण तत्काल पुनः प्रवेश परीक्षाको मिति सार्वजनिक गरी विद्यार्थीलाई देशमै अध्ययनको वातावरण बनाउन माग गर्दछौँ,’ उनले भने।, बैठकले इञ्जिनीयरिङ क्याम्पसमा गरिएको शुल्क वृद्धि फिर्ता लिन र इञ्जिनीयरिङको शुल्क निर्धारण आयोग गठन गरी देशभरिका क्याम्पसमा एउटै शुल्क निर्धारण गर्न माग गरेको छ।, पूर्वाञ्चल विश्वविद्यालयमा भएको भ्रष्टाचारको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गरी भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अनियमितामा संलग्न उपकुलपतिलाई वर्खास्त गर्न पनि माग गरिएको छ।, बैठकले विदेशी विश्वविद्यालयको सम्बन्धमा सञ्चालित शिक्षण संस्थाले जथाभावी शुल्क असुल गरेको पाइएकाले ति संस्थामाथि अनुगमन गरी कारबाही गर्न बैठकले माग गरेको अखिलका अध्यक्ष पराजुलीले बताए।, त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा इञ्जिनीयरिङ, मेडिकल, वाणिज्य सहितका विषयमा कोटा थप गर्न माग गर्दै कक्षा ११ र १२ मा दिइँदै आएको छात्रवृति कार्यान्वयनको सन्दर्भमा शहरका विद्यालयमा कठिनाइ उत्पन्न भएको हुनाले तत्काल कार्यविधि बनाइ छात्रवृत्ति सहज बनाउन बैठकले माग गरेको छ।,
चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुन: गराउन सत्तारूढ विद्यार्थी संगठनहरूको माग
|
सेतोपाटी संवाददाता धनुषाको बटेश्वर गाउँपालिका-२ भुचक्रपुरस्थित जनप्रिय माध्यमिक विद्यालयबाट चोरी भएको कम्प्युटरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, बिहीबार साँझ खोजतालसको क्रममा वडा नम्बर ४ स्थित बटेश्वर बजार बस्ने प्रमोद महतोको घरबाट १८ वटा कम्प्युटर र एउटा प्रोजेक्टर बरामद भएको प्रहरीले जनाएको छ।, गएको साउन १८ गते राति विद्यालयको ढोका फोडेर ३२ वटा कम्प्युटर चोरी भएको थियो।, ती मध्ये १८ वटा बरामद भएको र बाँकीको खोजतलास जारी रहेको इलाका प्रहरी कार्यालय महेन्द्र नगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए।, उनका अनुसार कम्प्युटर चोरी गरेको आरोपमा बटेश्वर गाउँपालिका वडा नम्बर ३ बस्ने बुधन महतो र मिथिला नगरपालिका-८ कुसुमविसौनाका रामप्रकाश महतोलाई पक्राउ गरिएको छ।, फेला परेको कम्प्युटरसहित अनुसन्धानका लागि उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतमा राखिएको छ।, घटनामा अन्य संलग्न रहेको आरोप लागेका अन्य दुई-तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।,
विद्यालयबाट कम्प्युटर चोरी प्रकरणमा तीन जना पक्राउ, १८ वटा कम्युटर बरामद
|
रासस बागमती प्रदेशका स्थानीय तहहरुद्वारा गत आर्थिक वर्ष २०७७/०७८ मा सङ्कलित विभिन्न तीन किसिमका करबापत झण्डै रु नौ अर्ब प्रदेश सञ्चित कोषमा जम्मा गरेका छन्।, स्थानीय तहले आफूले उठाउने करबाट आफूलाई ६० प्रतिशत राखी बाँकी ४० प्रतिशत रकम प्रदेशलाई दिनुपर्ने कानूनी व्यवस्था रहेको छ।, सोहीअनुरूप बागमती प्रदेशका ११९ वटै स्थानीय तहले आफूले उठाएको करबापत बाँडफाँट गरी प्रदेश सञ्चित कोषमा रकम जम्मा गरिदिएका हुन्।, बागमती प्रदेशको प्रदेश लेखा नियन्त्रण कार्यालय हेटौँडाका अनुसार घरजग्गा रजिष्ट्रेशन दस्तुर, ढुङ्गागिट्टी बालुवा निकासी कर, विज्ञापन कर र मनोरञ्जन कर गरी स्थानीय तहहरुले बाँडफाँटबाट रु आठ अर्ब ७३ करोड ५१ लाख ८० हजार प्रदेशलाई पठाएका हुन्।, गत आवमा प्रदेश सरकारलाई घरजग्गा रजिष्ट्रेशन दस्तुरबापत रु सात अर्ब ७९ करोड ७६ लाख २६ हजार बाँडफाँटबाट प्राप्त भएको छ।, प्रदेशले घरजग्गा रजिष्ट्रेशन दस्तुरबापत रु पाँच अर्ब ५० करोड प्राप्त हुने लक्ष्य राखेकामा लक्ष्यभन्दा २३ दशमलव ५९ प्रतिशत बढी रकम बाँडफाँटबाट प्राप्त भएको हो।, त्यसैगरी वर्ष ढुङ्गागिट्टी बालुवा बिक्रीबाट रु दुई अर्ब पाँच करोड आम्दानी हुने लक्ष्य राखिएकोमा विसं २०७८ को असार मसान्तसम्ममा रु ८८ करोड ५२ लाख ६३ हजारअर्थात अनुमानको ४३ प्रतिशत रकम मात्र बाँडफाँटबाट प्राप्त भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।, कोरोना महामारीका कारण मनोरञ्जनको क्षेत्र पूर्णतया ठप्प हुँदा मनोरञ्जन कर लक्ष्यको शून्य दशमलव ६४ प्रतिशतमात्र प्रदेशले प्राप्त गरेको छ।, रु १५ करोड मनोरञ्जन कर सङ्कलन गर्ने लक्ष्य लिइएकोमा रु नौ लाख ६३ हजार मात्र प्राप्त भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी एवं लेखा अधिकृत राजेन्द्रप्रसाद पाण्डेले बताए।, त्यस्तै रु १५ करोड विज्ञापन कर सङ्कलन गर्ने लक्ष्य लिइएकोमा रु पाँच करोड १३ लाख २८ हजारअर्थात कूल अनुमानको ३४ दशमलव २२ प्रतिशत रकम प्रदेशले प्राप्त गरेको लेखा अधिकृत पाण्डेले बताए।,
बागमती प्रदेशको सञ्चित कोषमा पौने नौ अर्ब जम्मा
|
शर्मिला पाठक/रासस विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।, विश्व सम्पदा क्षेत्रमा रहेका ७० सम्पदामध्ये १४ वटामा कुनै क्षति नभएको अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।, ‘हाल बनिरहेका सम्पदाको काम नसकी अरु काम गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै सुरु हुन सकेको छैन, माजुदेगअघि कामदेव मन्दिर छ, माजुदेग पुनःनिर्माण नसकी कामदेव मन्दिरको काम गर्न सकिँदैन’, उनले भने।, हनुमानढोका विकास समितिबाट पुनःनिर्माण भइरहेको गद्दी बैठक र नौतले भवनको बीचमा रहेको राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनाराण शाहको शयन कक्ष, जैशी देवल र दश अवतार आगामी तीन महिनाभित्र पुनःनिर्माण सम्पन्न गर्ने गरी तीव्ररूपमा काम भइरहेको छ।, त्यसैगरी यहाँको अर्को महत्वपूर्ण सम्पदा काष्ठमण्डप पनि दशैँअगावै सक्ने गरी काम भइरहेको छ। हाल यस सम्पदामा गजुर राख्ने तयारी छ।, आगम्छे घर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको अड्डाले जनाएको छ। जगन्नाथ र गोपीनाथ मन्दिर बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनःनिर्माण भइरहेको छ।, कामपाबाट पुनःनिर्माण भइरहको माजुदेग, शिवपार्वती मन्दिर र नारायण मन्दिरको भने निर्माण कार्य सुस्त गतिमा भइरहेको छ।, हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ। दरबारको ७० प्रतिशत काम सकिएको छ। कोरोना महामारीका कारण नौतले दरबार पुनःनिर्माणमा केही ढिलाइ भएको छ।, नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ। यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनःनिर्माण सम्पन्न भइसकेको छ ।, सूचना केन्द्र सञ्चालनको तयारी, विश्वभरि फैलिएको कोरोना महामारीका कारण अहिले यस सम्पदा क्षेत्रमा कोही पनि पर्यटक आउँदैनन्। आगामी दिनमा पर्यटक प्रवद्र्धनका लागि सूचना केन्द्र सञ्चालनको तयारी छ।, यसका लागि सबै तयारी पूरा भए पनि कोरोनाका कारण रोकिएको हो। काष्ठमण्डप नजिकै रहेको सिंह सत्तलमा पहिलो तलामा पर्यटकका लागि जानकारी केन्द्र तयारी गरिएको हो। केन्द्रमा इन्टरनेटको सुविधासहित अडियो भिडियोको सुविधा हुनेछ।, काठमाडौँका मुख्य जात्रा इन्त्रजात्रा, गाईजात्रा, सेतो मछिन्द्रनाथको जात्रा, कुमारी र कुमारी घरसँगै समग्र हनुमानढोकाका बारेमा जानकारी दिइने छ। , केन्द्र सञ्चालन गर्न लागिएको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका आर्किटेक इञ्जिनीयर अमित बज्रचार्यले जानकारी दिए।, उनका अनुसार कोरोना हुनुभन्दा पहिले विदेशी आगन्तुकबाट लिएको प्रवेश शुल्कबाट नै वार्षिक रु २० करोडसम्म आम्दानी हुने गरेकामा अहिले लगभग शून्य रहेको छ। गत आर्थिक वर्षमा जम्मा रु एक लाख ५० हजार मात्र आम्दानी भएको छ। , प्रताप मल्लले विसं १७२९ मा दरबारको मुख्य प्रवेशद्वार नजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हनुमानढोका दरबार हुन गएको जानकार बताउँछन्।, त्यसपछि श्री ५ पृथ्वीनारायण शाहले विसं १८२६ मा वसन्तपुर दरबार निर्माण गराएपछि यसलाई वसन्तपुर दरबार पनि भन्न थालिएको इतिहास छ। , हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग विसं १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ।, सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्ति, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, काल भौरव, काष्ठमण्डपलगायत वरिपरि रहेका अन्य सम्पदालाई पनि यहाँको महत्वपुर्ण सम्पदा मानिन्छ।, यस स्थानमा मुख्यगरी विभिन्न ११ वटा महत्वपूर्ण चोक छन्।, त्यसैगरी यहाँको अर्को महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको प्रसिद्ध कुमारी घरको निर्माण कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले विसं १८१३ मा गराएका हुन्।,
भूकम्पले भत्काएको २७ वटा सम्पदाको पुनःनिर्माण सकियो, २० को शुरु हुनै बाँकी
|
कृष्ण न्यौपाने/रासस अघोषितरूपमा हुने विद्युतभार कटौतीका कारण तनहुँका उपभोक्ता हैरान बन्दै गएका छन्। विनासूचना प्राधिकरणले पटकपटक विद्युत् कटौती गर्दा अनलाइन कक्षा पढ्ने विद्यार्थी र उद्योगी व्यवसायी मर्कामा छन्। लामो समयदेखि दैनिक विद्युत् जाने आउने समस्या भइरहेको उपभोक्ताको गुनासो छ।, जिल्लाको म्याग्दे गाउँपालिकामा १० दिनदेखि विद्युत् अवरूद्ध भएपछि स्थानीयवासी मर्कामा छन्। मर्मत गर्नेतर्फ विद्युत् प्राधिकरणले चासो नदेखाएको उद्योग वाणिज्य सङ्घ थर्पु बजार इकाइ सभापति भीमलाल श्रेष्ठले बताए। ‘दश दिन भइसक्यो विद्युत्को समस्या छ, पटकपटक जानकारी गराउँदा पनि चासो दिइएको छैन’, उनले भने। , विद्युत् अनियमित हुँदा अनलाइन कक्षा पढ्ने विद्यार्थी बढी मारमा परेको स्थानीयवासी रामभक्त घिमिरेले बताए। ‘विद्युत् प्राधिकरणलाई आइतबारसम्म यो समस्या समाधान गर्न अल्टिमेटम दिएका छौँ, त्यसभित्र पनि मर्मत नभए विद्युत् प्राधिकरणमा ताला लगाइदिन्छौं’, उनले भने।, विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले म्याग्दे क्षेत्रमा समस्या आएको ठाउँ पत्ता लगाउन नसक्दा मर्मतमा कठिनाइ भएको बताए। ‘राजमार्ग क्षेत्रमा विद्युत् नियमित भए पनि भित्री क्षेत्रमा मर्मत कार्य जारी छ, कहाँनेर समस्या छ भन्ने पत्ता लगाउन गाह्रो भइरहेको छ’, उनले भने, ‘छिट्टै उक्त समस्या समाधान हुन्छ’, उनका अनुसार शुरूका केही दिन थर्पु शाखाका प्राविधिकले मर्मतका लागि काम गरे पनि समस्या समाधान हुन नसकेपछि अहिले जिल्लाबाटै प्राविधिक खटिएका छन्। , शुक्लागण्डकी नगरपालिकामा पनि अनियमित विद्युतले सर्वसाधारण हैरान छन्। ‘लाइन कति बेला जान्छ। कति बेला आउँछ पत्तो हुँदैन’, शुक्लागण्डकी–३ कवासे निवासी समुन्द्र कार्की भने, ‘यतिबेला बाबुनानीको अनलाइन कक्षा चलेको छ। बेलाबेला लाइन जाँदा पढ्न समस्या भएको छ।’ कहिलेकाहीँ दिनमा १० पटकसम्म पनि लाइने जाने गरेको उनले जानकारी दिए। उनका अनुसार बिहान, दिउँसो, बेलुका जुनसुकैबेला पनि विद्युत् अवरुद्ध हुने समस्या छ। , विद्युत् जाने समस्याले अनलाइन कक्षा चलाउनै समस्या हुने गरेको ज्ञानबगैंचा बोर्डिङ स्कूल बेलचौताराका प्रधानाध्यापक सुरेश पौडेलले बताए। ‘कक्षा शुरू भयो लाइन जान्छ, फेरि आउँछ, हैरान बनाउँछ। यो समस्याले प्लानिङअनुसार पढाउन सकिँदैन। तालिका अस्तव्यस्त हुन्छ’, उनले भने, विद्युतभार कटौती धेरै हुन थालेपछि विद्यालयले इन्भटर खरिद गरेको छ। विद्यालयले इन्भटर व्यवस्था गरेर कक्षा चलाउँदा विद्यार्थी भने लाइन गएका बेला एक दुई जना मात्रै सहभागी हुने गरेको उनले जानकारी दिए। विनाजानकारी विद्युत् कटौती गर्नुको सट्टा घोषितरुपमै विद्यत्भार कटौती गर्दा सहज हुने उनको भनाइ छ। ‘विद्युतभार कटौतीको तालिका भए त्यहीअनुसार अनलाइन कक्षाको तालिका बनाएर पढाइन्थो’, उनले भने। , दैनिक विद्युत् अनियमित हुँदा उद्योग सञ्चालक पनि मारमा परेको शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए। केही उद्योग धरासायी बन्ने अवस्था सिर्जना भएको उनले गुनासो गरे। पटकपटक समस्या समाधानका लागि प्राधिकरणको ध्यानाकर्षण गराए पनि समस्या नहटेको उनको भनाइ थियो।, विद्युत् अनियमितता हुन थालेपछि कतिपयले बिग्रिएर थन्काएका इन्भटर ब्याट्री मर्मत गरेर पुनःप्रयोगमा ल्याउन थालेका छन्। जिल्लामा बेलचौतारा सवस्टेसनबाट विद्युत् वितरण हुने शुक्लागण्डकी तथा भिमाद नगरपालिकालगायतका विभिन्न क्षेत्रका उपभोक्ताले अघोषित विद्युतभार कटौतीको सास्ती खेप्नुपरेको हो। फिडरमा समस्या देखिएकाले लाइन काटिने समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख परितोष चौधरीले बताए। ,
विद्युतभार कटौतीले उपभोक्ता हैरान
|
सेतोपाटी संवाददाता 'उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ' भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, डोटी घर केआईसिंह गाउँपालिका वडा नम्बर ६ गते घर भई काठमाडौं कीर्तिपुर नगरपालिका वडा नम्बर ७ बस्ने २६ वर्षीय कुशल भनिने केशवराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कलंकीको स्युचटारबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।, कोइरालाका अनुसार भट्टले आफूलाई उपराष्ट्रपति कार्यालयका शाखा अधिकृत हुँ भन्दै चिनाउने गर्थे। साथै उनले निजामती कर्मचारीको पोशाक समेत लगाउने गर्थे।, सो पोशाक लगाएर उनले विभिन्न व्यक्तिहरूलाई उपराष्ट्रपति कार्यालयको नामको दुरूपयोग गरी ठगी गरेको भन्ने सूचना महाशाखाले पाएको थियो। त्यही सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।, उनले अहिले एक जना व्यक्तिलाई त्यसरी ३० लाखसम्म ठगी गरेको खुलेको छ। साथै थप दुई जनालाई ठग्ने तयारी गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए।, 'अरू दुई जनालाई ठग्न लागेको रहेछ। उहाँहरू पनि हाम्रो सम्पर्कमा आउनु भएको छ,' कोइरालाले भने,'भट्टको काम नै त्यसरी विभिन्न बहानामा कुरा गरेर फकाएर ठगी गर्ने गरेको देखियो। अरूलाई पनि यसरी ठगी गरेको हुनसक्छ।', उनीबाट कोही ठगिएको भए प्रहरीको सम्पर्कमा आउन समेत महाशाखाले अनुरोध गरेको छ।, यसअघि पनि उनले यसरी नै ठगी गरेपछि साइबर क्राइम र ठगी मुद्दामा पक्राउ परेका थिए। उनलाई २०७५ साल चैत २६ गते महाशाखाले नै पक्राउ गरेको थियो। त्यतिबेला उनले एक वर्ष कैद र ३० हजार जरिवाना सजाय भुक्तान गरेका थिए।, विशेषगरी उनले सामाजिक सञ्जालमार्फत् मानिसहरूसँग चिनजान गर्ने गर्थे। त्यसरी साथी बनेर आफू परराष्ट्र मन्त्रालयको सहसचिव समेत हुँ भनेर ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।, प्रहरीले उनको सिम कार्डसहित आइफोन बरामद गरेको छ। त्रिचन्द्र कलेज विद्यार्थको परिचय पत्र र नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड पनि प्रहरीले बरामद गरेको छ।, प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ। ,
'उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ' भन्दै लाखौं ठगी गरेको आरोपमा एक पक्राउ
|
सेतोपाटी संवाददाता बुधबार काठमाडौं उपत्यकामा ९ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ संक्रमित थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा ११ हजार ५६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७८१३, भक्तपुरमा १३६० र ललितपुरमा १८८३ सक्रिय संक्रमित छन्।, यस्तै देशभर १६ हजार ६ सय ५६ जनाको नमूना परीक्षण गर्दा ३ हजार ४ सय ८१ संक्रमित थपिएका छन्।,
काठमाडौं उपत्यकामा थपिए ९ सय ६४ संक्रमित
|
सेतोपाटी संवाददाता नेपालमा थप ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार बुधबार देशभर ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। कुल १६ हजार ६५६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, यो संख्या मंगलबारको भन्दा कम हो।, त्यस्तै पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ। यीसहित हालसम्म १० हजार १८० जनाको मृत्यु भएको छ।, यसै अवधिमा एक हजार ८८५ जना कोरोनामुक्त भएका छन्। अहिलेसम्म ६ लाख ७५ हजार ८३ जना कोरोनामुक्त भएका छन्।, काठमाडौं उपत्यकामा पनि ९ सय ६४ जना संक्रमित थपिएका छन्। काठमाडौं जिल्लामा मात्रै ६६३ जना, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जना संक्रमित थपिएका हुन्।, प्रवक्ता पौडेलका अनुसार अहिले परीक्षण गरिएका चार जना मध्ये एक जनामा संक्रमण पुष्टि हुन थालेको छ। बुधबारसम्म ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।, ,
थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण
|
सेतोपाटी संवाददाता रुपन्देही प्रहरीले साढे तीन महिनाको अवधीमा जघन्य अपराधमा संलग्न भई फरार रहेका २३ जना अभियुक्तलाई पक्राउ गरेको छ।, जिल्लामा अपराध गरी फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउन उद्देश्यले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गत वैशाख १ गतेदेखि फरार प्रतिवादी विरूद्धको अपरेसन कार्यक्रम सुरू गरेको थियो।, सोही कार्यक्रमअन्तर्गत जघन्य अपराधमा १० वर्षभन्दा बढी सजाय पाएका र फरार रहेका २३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।, फरार अभियुक्तहरू विरूद्धको अपरेसन कार्यक्रम अन्तर्गत कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिए पनि फरार रहेका रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नं. ५ का ७० वर्षीय चिनक यादवलाई मंगलबार पक्राउ गरेको हो।, यादवलाई रुपन्देही जिल्ला अदालतको २०७३ साल वैशाख ३० गतेको फैसलाले २० वर्ष कैद सजाय तोकिएको थियो।, यादवलाई मंगलबार वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि बुधबार जिल्ला अदालत रुपन्देहीमा पठाइएको केसीले जनाएको छ।,
साढे तीन महिनामा २३ जना फरार अभियुक्त पक्राउ
|
सबिना श्रेष्ठ 'देवकोटाको घर भत्किएपछि हेर्न जानुभयो?', यो प्रश्नले रवीन्द्र पुरीको अनुहारको उज्यालो हरायो। उदेक मान्दै उनले भने, 'त्यहाँ गएँ भने त मलाई हृदयघात हुन्छ होला! यति धेरै चित्त दुखेको छ। अब त जिन्दगीभर पाइला टेक्दिनँ।', रवीन्द्र पुरी सम्पदा संरक्षणकर्मी हुन्, पुराना भवनहरू संरक्षण गर्छन्। मैतिदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर (कविकुञ्ज) भत्काएपछि उनलाई 'छागाँबाट खसेजस्तै' भएको छ। संरक्षणकर्मीको नाताले मात्र होइन, डेढ वर्षअघि सग्लो घरलाई आफ्नै आँखाले निरीक्षण गरेको कारण पनि।, करिब ८० वर्ष पुरानो देवकोटाको त्यो घर अलिकति यताउता पनि नभएको उनलाई सम्झना छ। बांगोटिंगोसमेत थिएन। डकर्मीको भाषामा भन्दा घन्टीसमेत मिल्ने (९० डिग्री) अवस्थामा थियो। त्यो घर हेरेर आएपछि उनले भवन निर्माणको जिम्मा लिएको नेपाल प्रज्ञा प्रतिष्ठानलाई भनेका पनि थिए, 'यो घर त मेरो नमूना घरभन्दा दुई–तीन गुणा राम्रो अवस्थामा रहेछ। यसलाई भत्काउनुपर्दैन। जिर्णोद्धार गरे पुग्छ।', एकाएक गत बिहीबार घर भत्काएको खबरले उनलाई नराम्ररी झट्का दिएको छ। त्यही भएर उनी देवकोटा घरको कुराकानी गर्न त्यति सहज मानिरहेका थिएनन्।, हामी भने भत्किएको देवकोटा घर हेर्न मंगलबार मैतिदेवी पुगेका थियौं। जस्ताले बारेको कम्पाउन्डभित्र घरका इँटाहरू एकातर्फ र काठको चाङ अर्कातर्फ राखिएको थियो। त्यहीँ एक कुनामा बोरिङको काम भइरहेको थियो। संग्रहालयका लागि नयाँ भवन बनाउने तयारी चल्दै थियो।, रवीन्द्र पुरीको नमूना घर। पहिले (बायाँ) र अहिले (दायाँ)। तस्बिर सौजन्यः रवीन्द्र पुरी, अवशेष मात्र रहेको देवकोटा घरको कुरा थाती राख्दै हामीले पुरीसँग उनले अहिलेसम्म कस्ता–कस्ता घर जोगाए, पुराना भवनको महत्व र विशेषता के हो लगायत विषयमा कुराकानी गर्यौं।, देवकोटा घर भत्काउने प्रतिष्ठान, विभिन्न महत्वपूर्ण सम्पदा भत्काउने सरकारी निकाय र मान्छेलाई कस्ता–कस्ता 'धराप' घर उकास्न सकिन्छ भन्ने उदाहरण पुरीले दिएका छन्।, सबभन्दा पहिले 'नमूना घर' कै कुरा गरौं जसले सन् २००४ मा युनेस्को अवार्ड पाएको थियो। , भक्तपुरको दत्तात्रयमा जन्मिएका पुरी पेसाले इञ्जिनियर होइनन्, न आर्किटेक्ट। तर घर निर्माण अभ्यासले उनलाई विज्ञ बनाएको छ। यो घर त्यसैको उदाहरण हो। , पुरीले कानुन, मानविकी, चित्रकला र व्यवस्थापनमा स्नातक गरेका हुन्। पछि जर्मनीको ब्रेमेन विश्वविद्यालयबाट विकास नीतिमा स्नातकोत्तर सके। त्यहाँबाट फर्कर्ने बित्तिकै उनी चार वर्ष जिटिजेडको परियोजना प्रमुख भए।, तर काम गरेको चौथो वर्षदेखि उनलाई औडाहा हुन थाल्यो। त्यो बेला पुराना घर भत्काएर धमाधम आधुनिक ढलान घर बनाउने काम सुरू भएको थियो। उनलाई यसले पोल्न थाल्यो। यो प्रवृत्तिलाई हटाउन मन थियो।, यसको सुरूआत उनी आफैंले गरे। पुरीले २२ वर्षअघि एक किसानको एक सय ६० वर्ष पुरानो घर किने। त्यो घर जीर्ण थियो, कुखुरा पाल्ने खोर बनाइएको थियो।, घर किन्ने बित्तिकै उनका छिमेकीले सोचे, 'यो घर भत्काएर रवीन्द्रले अब खत्राको ढलान घर बनाउँछ।', रवीन्द्र पुरीले जिर्णोद्धार गरेको द्वारे घर। पहिले (बायाँ) र अहिले (दायाँ)। तस्बिर सौजन्यः रवीन्द्र पुरी, पुरीको त्यसो गर्ने उद्देश्यै थिएन। उनी त्यही घर टालटुल गर्दै मर्मत गर्न थाले। पुराना दलिन मर्मत गर्न, इँटा सफा गर्न, कुखुराको दाना राख्न गरिएको प्लास्टर उप्काउन उनले नयाँ बनाउन भन्दा बढी पैसा खर्च गरे। सात लाखमा किनेको घरलाई १५ लाख रूपैयाँ खर्चेर मर्मत गरे।, केही छिमेकीले भने, 'कस्तो दिमाग खुस्किएको होला। पैसा कमाएपछि मान्छे बौलाउँदो रहेछ।', पुरी चुपचाप सुनिरहे। घरलाई मौलिक शैलीमा बनाउने कसरतमा नेवारी शैलीकै माँ अपा, दाची अपा, सुर्कीको जडान, झिँगटीको छाना, दलिन, कौसी कायम राखे। घरको ६० प्रतिशत भाग हेरफेर भए।, विस्तारै घर चिटिक्क देखियो, रूपरङ नै फेरियो। त्यसपछि पहिले गाली गर्नेले भन्न थाले, 'ओहो! बुढी मान्छे तरूनी भएजस्तै देखिन थाल्यो।', त्यसले नाम पनि पायो, नमूना घर।, डेढ सय वर्षभन्दा पुरानो घरलाई थप दुई–तीन सय वर्ष उभ्याउन रेट्रोफिट नै गर्ने कि भन्ने पुरीलाई लागेको थियो। ०७२ सालको भुइँचालोमा नमूना घर कपालको रेसाजति पनि नचर्किएपछि उनलाई विश्वास भयो, 'पुरानो शैली नै मजबुत हुन्छ। प्रमाणित नै भयो नि।', अहिले यही घर हेर्न विभिन्न ठाउँबाट मान्छे आउँछन्। पाटनका पुराना घरमा 'बेड एन्ड ब्रेकफास्ट' खोलेका व्यवसायीलाई त युनेस्कोले यो घर भ्रमण गर्न निमन्त्रणा नै दिएको थियो।, देवकोटा घरलाई जिर्णोद्धार गर्न नसकिने 'धराप' भनेर भत्काउने प्रतिष्ठानका प्राज्ञहरूको दिमागबाट पनि नमूना घर ओझेल भइनसकेको हुन पर्ने हो। जसरी पुरीलाई अझै सम्झना छ, 'मैले देवकोटा घर भत्काउन पर्दैन भन्ने सल्लाह दिएपछि प्रतिष्ठानका चार–पाँच जना प्राज्ञहरू मेरो घर हेर्न आउनुभएको थियो। उहाँहरू दंग पर्दै फर्कनुभएको थियो। तर उहाँहरूको नियत नै भत्काउने रहेछ।' , रवीन्द्र पुरीले जिर्णोद्धार गरेको मल्पी स्कुल। पहिले (बायाँ) र अहिले (दायाँ)। तस्बिर सौजन्यः रवीन्द्र पुरी, उनले अगाडि भने, 'मेरो नमूना घर हेर्न हजारौं मान्छे आउँछन्। त्यो नयाँ बन्ने घर हेर्न अब को जाला?', हाल ५० वर्षका पुरी आफ्नो त्यही नमूना घरलाई जीवनकै 'टर्निङ प्वाइन्ट' मान्छन्। त्यसयता उनले सयौं हाराहारी निजी घर, दर्जनौं मन्दिर र स्कुल बनाइसकेका छन्। चालीस वर्षको उमेरमै उनले आफ्नो आधा सम्पत्ति ट्रस्ट बनाएर सामाजिक सेवामा लगाइसकेका छन्। रवीन्द्र पुरी फाउन्डेसनबाट सरकारी विद्यालय र मन्दिर निर्माणको काम साथै निःशुल्क तालिम दिन्छन्।, हामी यही फाउन्डेसनमा बसेर कुराकानी गर्दै थियौं जुन आफैंमा सय वर्षभन्दा पुरानो घर भएको पुरीले बताए।, उक्त घरको भित्ता रंगाउन आलेचा (लिउन) ले लिपिएको बताए। बजारिया रङमा लिड र रसायन हुने भएकाले वातावारणमैत्री र स्वस्थकर हुँदैन। , 'तपाईं सुती र पोलिस्टरको लुगा लगाइहेर्नुस् न, हाम्रो शरीरलाई कुनले राम्रो गर्छ?,' प्रश्न गर्दै उनले भने, 'घरमा पनि त्यस्तै हो। हामीले प्राकृतिक सामग्री प्रयोग गरेर बनायौं भने बलियो र वातावरणमैत्री हुन्छ।', घर बनाउने हाम्रो परम्परागत प्रविधि यहीँको परिवेशमा विकसित भएको हो। विभिन्न भुइँचालोहरू झेल्दै, समयअनुसार परिमार्जन हुँदै र दिगो पनि हुनेगरी यो प्रविधि विकास हुँदै आएको छ। यो प्रविधिमा काठ, इँटा र सुर्की चुनाको जडानले घर बनेको हुन्छ। नेपालजस्तो भूकम्पकीय जोखिम भएको देशमा यस्ता घर नै मजबुत हुने पुरीको भनाइ छ। , प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले देवकोटा घरको इँटा बाहिर पाको भए पनि भित्र काँचो भएको बताएका थिए। पुरीका अनुसार परम्परागत घर बनाइने प्रविधि नै त्यही हो।, 'मल्लकालदेखि राणाकालसम्म नै यही चलन हो। यो कुरा त मैले प्रतिष्ठानका मान्छेलाई पनि भनेको थिएँ,' उनले भने, 'तर उनीहरूलाई त जसरी पनि भत्काउनु थियो।', परम्परागत देवकोटा घर भत्काएर ढलान बनाउन लागेको प्रतिष्ठान र सिमेन्ट मात्र बलियो हुन्छ भन्ने सोच राख्ने मान्छेलाई पुरी सिमेन्टको आयु खोज्न अनुरोध गर्छन्। , 'हामीकहाँ सिमेन्ट आएको कति भयो, ३०–४० वर्ष? यसको अनुभव हामीले गरिसकेका छैनौं। त्यसको अनुभव भनेको भयावह स्थिति हो,' उनले भने, 'सिमेन्टको निश्चित आयु हुन्छ। तर माटोको आयु हुँदैन।', भक्तपुरकै तीन सय वर्ष पुरानो ङातापोल (पाँच तले मन्दिर) र पनौतीको आठ सय वर्ष पुरानो इन्द्रेश्वर त्यसकै उदाहरण भएको उनी बताउँछन्। , त्यस्तै उदाहरण त नमूना घर, टोनी हेगन हाउस, पनौतीको भूतघर (मतान छेँ), मल्पी कलेज लगायत पुरी आफैंले जिर्णोद्धार गरेर दिइरहेका छन्।, रवीन्द्र पुरीले जिर्णोद्धार गरेको टोनी हेगन हाउस। पहिले (बायाँ) र अहिले (दायाँ)। तस्बिर सौजन्यः रवीन्द्र पुरी, पनौतीको बस्तीलाई त सन् २०३० सम्ममा पुरानो मौलिक शैलीमा बनाउने पुरीको योजना नै छ। मापदण्ड नै तयार भइसकेको उक्त ठाउँमा नगरपालिकाले बजेट पनि छुट्याइसकेको छ। मापदण्डअनुसार ती घरहरू क, ख ग, र घ मा वर्गीकरण गरिएको छ।, क. पुरानो घर सबलीकरण गरेर संरक्षण गर्ने,, ख. कुनै घर नभत्काइ नहुने स्थिति भयो भने भत्काउने। त्यही सामान फेरि प्रयोग गर्ने,, ग. सिमेन्टले बनिसकेका घरलाई पुरानै शैलीमा ढाल्ने,, घ. नयाँ घर बनाउँदा पुरानो शैली झल्काउने।, रवीन्द्र पुरी फाउन्डेसनमार्फत बन्ने अरू भवनले पनि यही मापदण्ड पछ्याउँछन्।, भक्तपुरको गछेँस्थित एक चार तले कंक्रिटको घर थियो। भूगर्भविद टोनी हेगनले आफ्नो किताबमा परम्परात नेवारी घर त्यस्तो भएकामा दुःख प्रकट गरेका थिए।, पुरीले त्यसलाई ग वर्ग अर्थात् पुरानै शैलीमा ढालेर सन् २००९ मा जिर्णोद्धार गरेपछि त्यसलाई नाम दिए, टोनी हेगन हाउस।, भक्तपुरकै मन्जु बहालाई ख वर्ग अर्थात् भत्काएर त्यहीको सामग्री प्रयोग गरी बनाइएको थियो। मन्दिरको कापकापबाट रूख उम्रिएकाले त्यसलाई भत्काउन परेको हो। , तर देवकोटा घरमा त्यस्तो कुनै त्रुटि थिएन। यही प्रसंगमा हामीले सोध्यौं, 'त्यसो भए देवकोटा घर अब ख वर्गको भन्न मिल्ने भयो?', 'त्यो त क वर्गकै घर थियो नि,' पुरीले भने, 'अब ख वर्गमा गर्न पनि त्यहाँका सबै सामग्री उनीहरूले फ्यालिसके होलान्। पुरातत्व विभागले पनि सरंक्षण पहल देखाएको छैन। नभए त्यस्तो स्थिति नै आउने थिएन।', उनले अगाडि भने, 'त्यही पनि त्यो घर थाहा नपाएर भत्काएको होइन। जानाजान भत्काएकाले अपराध हो।', पुरीका अनुसार अझै पनि त्यसलाई मौलिक शैलीमा बनाउने पहल गर्ने हो भने करिब दुई करोडमा निर्माण हुन्छ। प्रतिष्ठानले बनाउने भनेको ढलाने घर, लिफ्ट लगायत सुविधासहितको हो जुन उनलाई अनावश्यक लाग्छ। किनभने यस्ता ऐतिहासिक घर बनाउने अन्तर्राष्ट्रिय शैली नै त्यसको पुरानो स्वरूप कायम राखेर हो।, रवीन्द्र पुरी र उनको बासुकी घर। तस्बिर सौजन्यः रवीन्द्र पुरी, बेलायतस्थित १६ औं शताब्दीको सेक्सपियरको घर पनि सन् १८५७ देखि १८६४ सम्ममा जिर्णोद्धार गर्दा पुरानै शैलीलाई कायम राखेर बनाइएको थियो। त्यसका लागि पुराना चित्रको पनि सहायता लिइएको थियो। देवकोटा घर भत्काएपछि अहिले सामाजिक सञ्जालमा धेरैले सेक्सपियरको घरलाई पनि उदाहरणका रूपमा सेयर गरिरहेका छन्।, पुरीका अनुसार परम्परागत शैलीमा घर बनाउँदा, फिनिसिङसहित प्रति वर्गफुट चार–पाँच हजार रूपैयाँ लाग्छ। अग्राख काठ मुख्य भागमा, बिम, झ्याल–ढोकामा प्रयोग गरेर दलिनमा सल्ला राख्न सकिन्छ। त्यसले काठको लागत कम गराउँछ। , पहिलेका परम्परागत घरको कमजोरी भनेको उचाइ र उज्यालोमा थियो। पुरीले अहिले त्यो दुवै सुधारेर घर बनाइरहेका छन्। भक्तपुरको नागपोखरीमा उनी अहिले नागकै बुट्टा कुँदिएको बासुकी घर बनाएर बसेका छन्। पहिलेका त्रुटि सामान्य बनाउन उनले घरको उचाइ बढाएका छन्, झ्याल धेरै हालेका छन्। , 'अहिले जसरी आधुनिक शैलीको प्रचार भएको छ, त्यसरी नै परम्परागत शैलीको प्रचार हुने हो भने नेपालमा नयाँ उद्योग सुरू हुन्छ,' पुरीले भने, 'एक त हाम्रो मौलिकता बच्छ, अर्को हाम्रो देश पर्यटकीय स्थल बन्छ।', उनले अगाडि भने, 'संसारभरले हामीलाई नेपाली भनेर चिन्ने भनेको हाम्रो भाषा, लवाइ–खवाइ अनि यहाँका कलाकृतिले हो। उनीहरू घुम्न जाने पनि पुराना सभ्यता भएका ठाउँ हुन्। झिल्के टावर र घरभन्दा उनीहरूलाई प्रकृति र पुराना संरचना नै मन पर्छ।', हामीलाई पनि नयाँ बन्ने आधुनिक संग्रहालयभन्दा भत्काइएको पुरानो देवकोटा घरकै महत्व बढी छ। देवकोटा बितेपछि उनको याद ताजा बनाउने त्यो घर पनि एक थियो। उनले हिँडेका पदचापहरू, छोएका भित्ताहरू, बसेको ठाउँलाई अनुभूत गराउने ८० वर्ष पुरानो त्यो घर आफैंमा संग्रहालय थियो।, देवकोटा घर (भत्काउनु पहिले बायाँ) र भत्काइसकेपछिको दृश्य। तस्बिर सौजन्यः विनोद देउवा/सञ्जय अधिकारी, ,
यसरी जोगाइएका छन् महाकवि देवकोटाका जस्तै जीर्ण घरहरू
|
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले कार्यभार ग्रहण गर्दै काम लिने तर कार्यान्वयन नगर्ने परिपाटीबाट अब कसैले उन्मुक्ति नपाउने बताएका छन्।, आज रत्नपार्कस्थित विद्युत प्राधिकरण कार्यालयमा पुगेर पदबहाली गर्दै उनले काम लिएर, समयमै नगर्ने परिपाटीबाट कसैलाई उन्मुक्ति नदिइने टिप्पणी गरे। , यसअघि गर्न बाँकी रहेका कामहरु आफ्नो दोस्रो कार्यकालमा सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाए। ‘कसैको पनि कुरा काट्ने र टिकाटिप्पणी गर्नेभन्दा पनि आफ्नो काम अगाडि बढाउनेबारे सोच्नेछौं’ उनले भने। , आफूसामू धेरै चुनौति रहेको उल्लेख गर्दै उनले प्राधिकरणको आवश्यकता, सरकारको जिम्मेवारी र आम सर्वसाधारणको अपेक्षाले गर्दा ती चुनौतिको जोखिम लिएको टिप्पणी गरे। सरकारको कार्यायोजनाअनुसार नेपालको उर्जा क्षेत्रलाई आफूले नयाँ ‘हाइट’ दिने उनले प्रतिवद्धता जनाए। , प्राधिकरणले जनताका गुनासो सुनेर दिने सेवालाई अझ राम्रो बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए। , संस्थालाई डिजिटलाइजेसन गर्ने, स्मार्ट मिटर देशभर प्रयोग गराउने, शहरी क्षेत्रमा विद्युतीय तारहरु अन्डरग्राउन्डिङ गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए। , ‘शहरलाई पोलरहित, ताररहित बनाउन सडक विभाग लगायत सबैसँग मिलेर कार्यान्वयनमा जानुपर्नेछ’ उनले भने। ट्रान्समिसन लाइनको अभावमा बिजुली खेर जाने अवस्था आउन नदिने उनले बताए। , बुटवल– गोरखपुर ट्रान्समिसन लाइन निर्माणका लागि मन्त्रिपरिषदबाट स्वीकृति भइ आएकोले त्यो काम तत्काल अघि बढाउने उनले प्रतिबद्धता जनाए। , ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई व्यवहारिक रुप दिनका लागि अपर अरुण, चैनपुर सेती, तामाकोसी ५ जस्ता आयोजना छनौट गरेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताए। , निजी क्षेत्रसँग गरिने पिपिएका सम्वन्धमा पनि नयाँ मोडलबाट अघि बढाइने उनले बताए। १–२ वर्षभित्र सबै क्षेत्रमा बिजुली पुर्याउन पहल गरिने उनले बताए। , बिजुली उत्पादन मात्रै नभई खपत पनि सँगै बढाउँदै जानुपर्ने भन्दै उनले भारत र बंगलादेशसँग बिजुली निर्यातका लागि पहल गर्नैपर्ने आवश्यकता औंल्याए। , साथै उनले आफूले लिएका जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्न सबै कर्मचारीहरुलाई आग्रह गरे। यसअघि प्राधिकरणका कर्मचारीहरुले आफूलाई गरेको सहयोगको पनि उनले तारिफ गरे। , पहिलो कार्याकाल समाप्त भएको ११ महिनापछि शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई प्राधिकरणमा ल्याएको हो। , ४ वर्षका लागि कार्यभार सम्हाल्दै गर्दा कुलमानसामु चुनौतिहरु छन्। प्राधिकरणको तथ्यांकअनुसार हाल १७ प्रतिशत विद्युत चुहावट हुने गरेको छ। यो चुहावट घटाउनुपर्ने चुनौति कुलमानसामु छ। , त्यस्तै डेडिकेटेड र ट्रंकलाइनको शुल्क उठाउने अर्को चुनौति छ। डेडिकेटेड र ट्रंकलाइनको सुविधा लिएका उद्योगी व्यवसायीले शुल्क नतिर्ने चेतावनी दिँदै आएका छन्। नियमविपरित प्राधिकरणले शुल्क तिर्नका लागि ताकेता गरेको व्यवसायीको आरोप छ।, यसलाई कुलमानले कसरी समाधान गर्छन् भन्ने चासो छ। डेडिकेटेड र ट्रंकलाइनको सुविधा उपभोग गरेवापत प्राधिकरणले १५ अर्बभन्दा बढी रकम उठाउनुपर्नेछ। , त्यस्तै गत आर्थिक वर्ष प्राधिकरणको नाफा अघिल्लो वर्षको तुलनामा करिब ८ अर्बले घटेको छ। उठ्नुपर्ने शुल्क उठाएर चुहावट घटाउन सकेमा नाफामा सुधार आउने नै छ। , विभिन्न ट्रान्समिसन लाइन विस्तारका समस्या छन्। कतिपय लाइनमा जग्गा प्राप्तीको समस्या छ भने कतिपयमा बनकटानीको समस्या र स्थानीयको सहमति लिनुपर्नेछ। , विद्युत उत्पादनपछि त्यसको खपतका लागि बजारको व्यवस्थापन गर्नुपर्ने चुनौति छ। मेहनतीपूर्वक यसअघि कुशल नेतृत्व दिएका कुलमानले पक्कै यी चुनौतिहरुको समाधान गर्न सफल हुनेछन्। ,
,
कार्यकाल सम्हाल्दै कुलमानले भने- काम नगर्नेलाई उन्मुक्ति हुँदैन (भिडिओ)
|
सेतोपाटी संवाददाता कैलालीमा झण्डै आधा किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, बुधबार दिउँसो प्रहरीले काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको ना.८ख ८३४९ नम्बरको बसमा सवार तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कर्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।, अवैध रूपमा सुन ल्याइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले ४४९.७७ ग्राम सुन बरामद गरेको विष्टले बताए।, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ फुलैलीका ३५ वर्षीय भवानी घिमिरे, सुनसरी रामधुनी नगरपालिका वडा नम्बर ३ सिंगियाका २६ वर्षीय राजु विक र ३१ वर्षीय समिर सिजापतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। , भवानी बसका कण्डक्टर हुन् भने राजु शैलेश्वर सुनचाँदी पसलमा काम गर्छन्।, उनीहरू दुई जनामाथि प्रारम्भिक सोधपुछपछि कुल ४४९.९५ ग्रामको दुई वटा सुनका बाला शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक समिर सिजापतीलाई दिएको खुलेको हो। उनीहरूबाट प्रहरीले ४९ हजार ४०५ रुपैयाँ पनि बरामद गरेको छ।, उनीहरूमाथि थप अनुसन्धान र कानुनी कारबाहीका लागि पक्राउ गरिएको सुन, नगदसहित राजश्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने प्रहरी कार्यालयले जनाएको छ।,
झण्डै आधा किलो सुनसहित तीन जना पक्राउ
|
सेतोपाटी संवाददाता जुम्लामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्।, चन्दननाथ नगरपालिका वडा नम्बर ६ कार्कीवाडामा आज बिहान पौने ५ बजेतिर भालुले आक्रमण गर्दा श्रीमान-श्रीमती घाइते भएका छन्।, दैलेख घर भएका हिमबहादुर रोकाया र उनकी श्रीमती निर्मला थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए।, जुम्ला बजारमा मोवाइल पसल गरिरहेका उनीहरु बिहान कोठाबाट पसल जाँदै थिए। त्यहीबेला भालुले आक्रमण गरेको हो।, निर्मलाको अनुहारमा र हिमबहादुरको टाउको, ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।, जंगलबाट बजार छिरेको भालु अहिले पनि नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ। आक्रमण गर्ने भालु बजारमा छ वा जंगल फर्कियो भन्नेबारे थाहा हुन सकेको छैन।,
बजार पसेको भालुको आक्रमणबाट जुम्लामा श्रीमान-श्रीमती घाइते
|
सेतोपाटी संवाददाता धनगढी-डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत कैलालीको भासुभीर सडक खण्डमा बुधबार साँझ प्रदेश ३-०१-००२३ च ९०५९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, धनगढीबाट डोटीको गैरा जाँदै गरेको उक्त जीप सडकबाट झण्डै तीन सय मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ।, मृत्यु हुनेमा कैलालीको चुरे गाउँपालिकाकी ३६ वर्षीया दुर्गा साउद र डोटीको जोरायल गाउँपालिकाका पाँच वर्षीया एलिसा खड्का छन्।, उनीहरूको उपचारका लागि पद्मा अस्पतालमा पुर्याउँदा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।, दुर्घटनामा जोरायल गाउँपालिकाका जीप चालक रमेश खड्का, आठ वर्षका बालक सुशील साउद र निर्मला खड्का घाइते भएका छन्। बालकको अवस्था गम्भीर छ।, घाइतेलाई उपचारका लागि धनगढीको मयामेट्रो अस्पतालमा भर्ना गरिएको छ। रासस,
कैलालीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते
|
सेतोपाटी संवाददाता नवजात शिशुको हत्यामा १८ वर्षदेखि फरार अभियुक्तलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका-१ का ५१ वर्षीय प्रेमबहादुर सार्की रहेका छन्।, उनलाई बुधबार पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए।, २०६० साल वैशाख ११ गते उनलाई अदालतले कर्तव्य ज्यानमुद्दामा जन्मकैद सजाय सुनाएको थियो।, २०६० कात्तिक १८ गते तत्कालीन पुनरावेदन अदालत पोखराले पनि जिल्लाकै आदेश सदर गरेको थियो।, उनलाई अदालत पेश गरिएकोमा अदालतले कारागार चलान गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।, नवजात शिशुको हत्या गरेको अभियोग सार्कीमाथि थियो। जबरजस्ती करणीबाट एक महिलाले गर्भाधारण गरेपछि उनले औषधी खुवाएर गर्भपतन गराई घटना लुकाउन खोजेका थिए। , तर, छोरी जिउँदै जन्मेपछि सार्कीले खर बारीमा लगेर हत्या गरेको आरोप थियो। आरोप पुष्टि भएपछि अदालतले उनलाई जन्मकैद सजाय सुनाएको थियो। , त्यतिबेलै प्रहरीले महिलालाई भने पक्राउ गरेको थियो। उनको बयानबाट घटनाको रहस्य सार्वजनिक भएपछि सार्कीलाई अदालतले दोषी ठहर्याएको थियो।, यस्तै, तनहुँ प्रहरीले चेक अनादर मुद्दामा १ महिना कैद र ११ लाख २० हजार रूपैयाँ जरिवानाको फैसला सुनाएका अर्का फरार व्यक्तिलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका-२ का ४९ वर्षीय रामचन्द्र पौडेल रहेका छन्।, चार वर्षदेखि फरार उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।, ,
गर्भपतन गराउने औषधी खुवाउँदा जिउँदै छोरी जन्मेपछि हत्या, १८ वर्षदेखि फरार बाबु पक्राउ
|
सेतोपाटी संवाददाता विगत एघार दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पिसिआर परीक्षण बन्द रहेको पाइएको छ।, सम्भावित कोभिड–१९ को तेस्रो लहरको खतरा बढिरहेका बेला पिसिआर परीक्षण रोकिँदा सर्वसाधारण समस्यामा परेका छन्। अस्पतालका ल्याब इञ्चार्ज प्रकाशकुमार यादवले परीक्षणका लागि पिसिआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालका लागि परीक्षण सेवा बन्द गरिएको बताए।, एन्टिजेन परीक्षण जारी रहेको उल्लेख गर्दै उनले पिसिआर मेसिनमा स्वाबको स्याम्पल लोड गर्दा मेसिनले राम्रो नतिजा दिन नसकेको बताए।, 'प्रदेश नं २ को अरु जिल्लामा प्रदेश सरकारले पिसिआर मेसिन दुई थान दिएको छ तर सप्तरी जिल्लाका लागि एउटा मात्रै पिसिआर मेसिन उपलब्ध गराएकाले त्यो पनि बिग्रेपछि स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको छ,' उनले भने। मेडिकल सुपरिन्टेन्डेन्ट डा रणजीतकुमार झाले पिसिआर मेसिनमा प्राविधिक गडबडी भएका कारण कोभिडको स्वाब परीक्षण सञ्चालन हुन नसकेको जानकारी दिए।, दैनिक २० देखि २५ जना परीक्षणका लागि अस्पतालमा आउने गरेकामा यसरी पिसिआर मेसिन बिग्रिँदा जिल्लामा कोभिड संक्रमितको सङ्ख्यासमेत बुझ्न समस्या हुने गरेको बताइएको छ। यसअघि यही साउन १२ गते पनि पिसिआर मेसिनमा गडबडी हुँदा दुई दिन परीक्षण कार्य बन्द भएको थियो।, प्राविधिक ल्याएर मर्मत गराउँदा सञ्चालन गरिएको भए पनि केही दिन चलेर अहिले फेरि पिसिआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट केही नदिने भएपछि परीक्षण सेवा बन्द भएको हो। ,रासस,
गजेन्द्रनारायण सिंह अस्पतालमा एघार दिनदेखि पिसिआर परीक्षण बन्द
|
दिपकजंग शाही तीन वर्ष पहिलेको कुरा हो। मध्यरातमा भेरीगंगा नगरपालिकाकी सविता (नाम परिवर्तन) को कोठामा कसैले बाहिरबाट ढकढक गर्यो। एकछिनपछि 'ढोका खोल्' भन्ने आवाज आइहाल्यो। जेठाजुको आवाज सुनेर सविता डराइन्। छेउमै सुतेका छोराछोरीलाई च्यापिन्।, जेठाजु रक्सीले मातेका छन् भन्ने उनको बोलीबाटै थाहा हुन्थ्यो। सविताले ढोका खोलिनन्। जेठाजुले ढोका जोरले हानेर खोले, भित्र पसेर सवितामाथि जबर्जस्ती गरे।, ‘त्यो दिन ठूली छोरी मसँग भएको भए पनि त्यति हुन सक्थेन कि, ठूली छोरी मामाघर गएकी थिई,’ सविताले भनिन्, ‘एउटा तीन वर्षको, अर्को वर्ष दिन नपुगेको बच्चा काखमा थिए। ममाथि जबर्जस्ती हुँदा साना बच्चाको के लाग्थ्यो र !’, राति ३ बजे भएको यो घटना उनले आफ्ना श्रीमानलाई सुनाउन फोन डायल गरिन्। विदेश भएका श्रीमानले उनलाई ढाडस दिएनन्, बरू उल्टै आरोप लगाए।, ‘श्रीमानलाई रूँदै फोन गरेर त्यो सबै कुरा भनेँ, उहाँ त झन् रिसाउनुभयो,’ उनले भनिन्, ‘मेरो दाइभाइ त्यस्तो व्यवहार गर्दैनन्, तँ नै उस्तै होस् भनेपछि मलाई अति तनाव भयो। त्यसपछि उहाँलाई कहिल्यै फोन गरिनँ।’, श्रीमान विदेश भएकाले उनले आफ्ना तीन सन्तानलाई दु:खसुख गरी हुर्काएकी थिइन्।, जेठाजुसँग उनको लेनदेनको विषयमा खटपट चलिरहन्थ्यो। श्रीमान विदेश जाँदा लिएको ऋण तिर्न साहुले ताकेता गरेपछि उनले अर्को साहुसँग मागेर पुरानो साहुलाई तिरेकी थिइन्।, त्यसपछि उनलाई परिवारले ‘बाठी बनेर अर्को ठाउँ ऋण थपेको’ भनेर हेप्न थाले। यही विषयमा जेठाजु–बुहारीबीच खटपट चलिरहन्थ्यो। विदेशमा भएका श्रीमानले उनलाई खासै वास्ता गर्थेनन्।, जेठाजुले बलात्कार गरेको कुरा पनि उनले पत्याएनन्। आफ्नै दाजुको सफाइ दिए।, यतिसम्म गरे कि, उनीमाथि भएको घटनाको विषयमा भोलिपल्टै गाउँका मान्छेहरूलाई आफैंले सुनाएछन्। एउटा गाउँलेबाट अर्को गाउँलेलाई हुँदै यो कुरा गाउँभर फैलियो।, परिवारले भने उनका जेठाजुको गल्ती नभएको भन्दै ‘इज्जत फालेको' आरोप सवितालाई लगाए। घरबाट निस्कन दबाब दिए।, ‘घरबाट सबैले निस्की भन्न थाल्नुभयो। म या त मर्नुपथ्यो, या त घरबाटै निस्कनुपर्थ्यो,’ सविताले भनिन्, ‘हाम्रो इज्जत गयो, अब तँ यो घरमा बस्नु हुँदैन भनेर भन्नुभयो। केटा मान्छेको त्यसरी इज्जत जाने भए मेरो इज्जत कसरी रहन्थ्यो?’, उनले छोराछोरीको लागि भए पनि बाँच्नुपर्थ्यो त्यसमाथि उनी कानुनी लडाइँ लड्नु थियो। त्यसका लागि उनी घरबाट निस्कनुपर्यो।, उनी माइतीमा गइन्। सवितामाथि भएको घटनाको बारेमा माइतीमा पहिले नै कुरा पुगिसकेको थियो। माइतीलाई पनि उनका घरपरिवारले जबर्जस्ती गर्ने जेठाजुको बचाउ गरेर घटनाको बेलीविस्तार लगाएका थिए।, अरू त अरू सवितालाई आफ्नी आमाले नै भित्र पस्न दिइनन्। सानी छोरी काखमा बोकेर आएकी सविताले ‘बरू छोरी राखिदिनू, म निस्कन्छु’ भनेर पनि बिलौना गरिन्। माइतीले भने उनीमाथि भएको घटनाको वास्तविकता नबुझेरै हपार्न थाले।, माइतीले घर पस्न नदिए पनि उनलाई एक जना चिनजान भएकी महिलाले सहयोग गरिन्। दुई सय रूपैयाँ दिइन्। त्यही लिएर सविता प्रहरीमा पुगिन्।, प्रहरीमा उनले जेठाजुविरूद्ध उजुरी दिइन्। प्रहरी उनको गाउँमा पुग्दा परिवारले बेइमानी गर्ने जेठाजुलाई लुकाइसकेका थिए। , वास्ताविकता बुझेपछि माइतीले उनलाई साथ दिए। उनी केही समय माइतीमै बसिन्। जेठाजुको बलात्कारमा परेर उनी गर्भवती भएकी थिइन्। सात महिनापछि उनले बच्चा जन्माइन्। जन्मिएको एक महिनापछि बच्चा पनि मर्यो।, सविताका १४, ७ र ४ वर्षका छोराछोरी छन्।, ‘आफूलाई खाना खर्च जुटाउनै गाह्रो हुन्छ, त्यसैमाथि बच्चाहरू बिरामी भए भने झन् समस्या हुन्छ,’ उनले भनिन्, ‘अहिले पनि छोरी बिरामी भएर दिनदिनै पाँच सय रूपैयाँ पर्ने सुइँ लगाउनुपर्छ, काम केही पनि छैन।’, सुख्खा समयमा खोलाबाट बालुवा निकालेर दैनिकी चलाइरहेकी उनलाई अहिले त्यही काम पनि गर्न मिलेको छैन। , विभिन्न संघसंस्थाले दिएको सहयोगले उनलाई जेनतेन चलेको छ। परिवारबाट भएको अन्यायका विरूद्ध लड्न उनले अधिवक्ता गीता कोइरालालाई गुहारेकी छिन्।, आफूमाथि बलात्कार गर्ने जेठाजुविरूद्ध मुद्दा हालेको थाहा पाएपछि परिवारले ती जेठाजुलाई भगाइसकेका छन्। घटना घटाएर यता ती जेठाजु गाउँमा नभएको उनले बताइन्।, ‘मैले मुद्दा हालेको थाहा पाएर जेठाजुलाई श्रीमानले नै विदेशबाट पैसा पठाएर भगाउनुभयो, अहिलेसम्म पनि जेठाजु फरार नै हुनुहुन्छ,’ सविताले भनिन्। , उनको यो मुद्दा अहिलेसम्म अघि बढ्न सकेको छैन।, उनीमाथि जेठाजुले जबर्जस्ती गरेको दुई वर्षपछि उनका श्रीमान विदेशबाट आएका थिए। श्रीमान आएर सविताको नागरिकता खोस्ने प्रयास गरे। मुद्दा मामिलामा जान चाहिने प्रमाण खोस्नका लागि उनले धेरै प्रयास गरे।, नसकेपछि श्रीमानले सविता र छोराछोरीमाथि समेत कुटपिट गरे। श्रीमानको कुटाइबाट सविता दुई महिनासम्म थला परिन्।, श्रीमानले आफ्ना दाईसँग अनैतिक सम्बन्ध राखेको विषय बनाएर सवितासँग सम्बन्ध विच्छेद गर्नको लागि मुद्दा दिएका छन्। उनलाई श्रीमानले मुद्दा दिएको पनि थाहा थिएन। त्यो कुरा थाहा पाएपछि उनले प्रतिउत्तर लगाउन अधिवक्ता कोइरालाकहाँ पुगेकी हुन्।, ‘एक त यो घटना मलाई छोड्ने निहुँ बनेको थियो, त्यसमाथि मलाई श्रीमानले आफूले विदेशबाट पठाएको पैसा हिनामिना गरी भनेर झूटो आरोप लगाइरहनुभएको छ,’ उनले भनिन्, ‘आफू विदेश जाँदा लिएको ऋण तिर्ने बेलासम्म मात्र मेरो नाममा पैसा पठाउनुहुन्थ्यो, पछि सबै जेठाजुका नाममा पठाउनुहुन्थ्यो। पैसा आएपछि जेठाजुले नै एक हजार रूपैयाँ मलाई खर्च दिनुहुन्थ्यो।’, उनी घरबाट निस्किएर माइतीमा बस्दासमेत घरपरिवारले सताइरहे। परिवारका मान्छे आएर उनका छोराछोरी खोसेर लिन खोजे।, सवितालाई घरपरिवारले ४० हजार रूपैयाँ ऋण बोकाएका छन्। श्रीमानले विदेश जाँदा लिएकोमध्ये ४० हजार रूपैयाँ साहुले ताकेता गरेपछि अर्को व्यक्तिसँग सापटी मागेर उनले तिरेकी थिइन्। त्यो पैसा अहिले सविताले नै तिर्नुपर्ने परिवारले भनेका छन्।, ‘श्रीमानले फोन गरेर ममाथि जबर्जस्ती गरेका जठाजुमाथि मुद्दा फिर्ता लिन दबाब दिनुहुन्छ। हामीसँग पावर छ, तँसग के छ र लड्छेस् भनेर धम्की दिनुहुन्छ,’ उनले भनिन्, ‘म त कसैका अगाडि बोल्न पनि सक्दिनँ, पढाइलेखाइ पनि छैन।’, श्रीमानले सविताकी बहिनीलाई पनि ‘तैंले दिदीलाई बाठो बनाएर मुद्दा हाल्न लगाइस्’ भनेर धम्की दिने गरेको उनले बताइन्।, सविताले सानै उमेरमा विवाह गर्नुपरेको थियो। माइतीले नै १३ वर्षको उमेरमा उनको विवाह गराएका थिए। , ‘अहिले माइतीसँग पनि गुनासो गर्छु, त्यो उमेरमा विवाह नगरिदिएको भए पढ्न लेख्न सकेर आफ्नो भविष्य बनाउन सक्थें कि भन्दै तर के लाग्छ र?’ उनले भनिन्।, घरबाट निकालिएकी सविताले आफ्ना छोरीहरूलाई माइती नजिकै रहेको सामुदायिक विद्यालयमा पढाउन खोजेकी छन्। तर विद्यालयले जन्मदर्ताको कागज खोजेको छ।, छोरीहरूको जन्मदर्ताको सक्कली कागज उनका श्रीमानले नै गायब गरिदिएका छन्। प्रतिलिपी लिन जाँदा वडा कार्यालयले दिएको पनि छैन। श्रीमानले नै नदिन वडा अध्यक्षलाई दबाब दिएपछि आफूले नपाएको उनले बताइन्।, ‘श्रीमानले नै नदिनू भनेर भन्नुभएको रहेछ, मेरै अगाडि पनि वडाध्यक्षसँग फोन गरेर त्यसलाई कुनै पनि प्रमाण नदिनू भन्नुभएको थियो,’ सविताले भनिन्, ‘जन्मदर्ता पाएको भए छोरीलाई सरकारी स्कुलमा पढाउँथें, सक्कल उहाँले नै लिएर लुकाउनुभएको छ। फोटोकपी माग्दा वडाले दिएको छैन।’, भेरीगंगा–१ का वडाध्यक्ष नवराज कार्कीले भने कार्यालयको काम अनलाइन प्रणालीमा गएपछि इन्टरनेटमा आएको समस्याका कारण तत्काल अभिलेखहरू हेर्न नमिलेको बताए।, ‘साविकको गाविस कार्यालयमा भएको अभिलेख हो, यो अहिले वडा नम्बर २ को सचिवले काम गर्नेगरी जिम्मेवारी तोकिएको छ,’ वडाध्यक्ष कार्कीले भने, ‘उहाँ तत्काल बिदामा हुनुहुन्छ, इन्टरनेट पनि ढिला भएकाले तत्काल अभिलेख हेर्न नमिलेको मात्र हो।’, २८ गतेदेखि बिदामा भएका सचिव कार्यालय फर्किएपछि उनलाई अभिलेख हेरेर जन्मदर्ताको प्रतिलिपी दिइने उनले बताए।, आफूले पढ्न नपाएर अहिले भोग्नुपरेको समस्या भोलि छोरीले भोग्नु नपरोस् भन्ने सवितालाई लागिरहन्छ। त्यसैले उनी आफ्नो न्यायका लागि लडिरहने बताउँछिन्।,
जेठाजुले बलात्कार गरे, 'इज्जत गयो' भनेर परिवारले घरबाटै निकालिदिए
|
सेतोपाटी संवाददाता जिल्लामा कोरोना सङ्क्रमित बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने देखिएको छ। अस्पतालमा आउने बिरामी र क्षमताका आधारमा अक्सिजन अभाव हुने देखिएको हो।, अहिलेकै तुलनामा कोरोना सङ्क्रमित बढ्दै गएमा अस्पतालमा रहेका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले अपुग हुने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। अहिले यहाँका अस्पतालमा २५२ सङ्क्रमित उपचाररत छन्।, भरतपुर अस्पतालमा ७५ सिलिण्डर, चितवन मेडिकल कलेजमा १०० सिलिण्डर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २० सिलिण्डर दैनिक उत्पादन हुने क्षमताका अक्सिजन प्लान्ट रहेका छन्।, यस्तै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा भने ३५० शय्यामा पाइपलाइनबाट ग्यास पुर्याइएको छ। सो कलेजको आफ्नै अक्सिजन प्लान्ट गैँडाकोटमा रहेको छ।, अस्पतालका अतिरिक्त भरतपुरको रामनगरमा स्वर्गद्वारी अक्सिजन उद्योगले दैनिक ३६० सिलिन्डर ग्यास उत्पादन गर्दै आएको छ। त्यहाँ उत्पादित ग्यास जिल्लामा रहेका दुई मेडिकल कलेज र अन्य निजी अस्पतालमा खपत हुँदै आएको छ।, स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका ठूला चार अस्पतालमा ६९२ शय्या कोभिडका लागि छुट्याइएको छ। तीमध्ये सघन उपचार कक्ष २८०, भेन्टिलेटर ६८ र एचडियु १५३ वटा रहेका छन्। यी कक्षअनुसारको बिरामी बढ्दै गएमा यहाँका अस्पतालमा अक्सिजनको अभाव हुने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारी बताउँछन्।, पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालमा ५० सिलिण्डर भर्ने क्षमताको ग्यास प्लान्ट जोड्ने काम भइरहेको छ। ग्यास प्लान्ट जडान हुन अब केही दिन लाग्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले जानकारी दिए। उनका अनुसार ग्यास प्लान्ट जडानको काम भए पनि सिलिण्डरमा ग्यास भर्ने बुष्टरको अभावका कारण काम हुन नसकेको उनले बताए। बुष्टरको खोजी भइरहेको उनको भनाइ छ।, प्रदेश सरकारले पठाएको सो प्लान्ट उपलब्ध गराउने कम्पनीसँग समेत बुष्टर नभएको जानकारी आएको उनले बताए। भरतपुरको मुटु अस्पताल, सेन्ट्रल अस्पताल, मौलाकालिका अस्पताल, भरतपुर सामुदायिक, नेसनल सिटी अस्पताल, पुष्पाञ्जलि अस्पताल र नारायणी सामुदायिक अस्पतालमा कोरोना सङ्क्रमितको उपचार हुँदै आएको छ।, ती अस्पतालमा आफ्नै प्लान्ट नभए पनि जिल्लामा रहेका अक्सिजन उद्योग र बाहिरी जिल्लाबाट समेत ल्याएर उपलब्ध गराउने गरेको निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले जानकारी दिए।, यस्तै माडीमा रहेको बघौडा अस्पतालमा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भए पनि प्लान्ट भने छैन। अक्सिजन भर्नका लागि भरतपुर ल्याउनुपर्ने बाध्यता रहेको छ।, स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले अहिलेकै तुलनामा बिरामीको सङ्ख्या बढ्दै गए यहाँ रहेका प्लान्टबाट उत्पादित ग्यास अपुग हुने बताउनुभयो। यसको व्यवस्थापनका लागि भरतपुर अस्पतालले अहिलेको भन्दा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरिरहेको छ।, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट जडानको काम भइरहेको छ भने गैँडाकोटमा रहेको सिद्धिविनायक अक्सिजन उद्योगले समेत बिरामीको चापअनुसारको क्षमता बढाउने काम गरेकाले केही हदसम्म सहज हुने अनुमान गरिएको उनले बताए। ,रासस,
कोरोना सङ्क्रमित बढ्दै जाँदा चितवनमा अक्सिजन अभाव हुने चिन्ता
|
मेनका चौधरी/रासस बाँके जिल्लाको निकुञ्जभित्रको राजमार्ग वन्यजन्तुका लागि विद्युतीय धरापजस्तै खतरा भएको छ। पछिल्लो सात वर्षको तथ्याङ्कलाई केलाएर हेर्दा प्रत्येक वर्ष राजमार्गमा गाडीको ठक्करबाट मारिने वन्यजन्तुको सङ्ख्या बढ्दो छ। तीव्र गतिमा चलाइने सवारी साधनका कारण राजमार्गमा वन्यजन्तु मारिने क्रम रोकिएको छैन।, बाँके राष्ट्रिय निकुञ्जमा पर्ने पूर्वपश्चिम राजमार्ग र कोहलपुर–सुर्खेत सडकखण्डअन्तर्गत रत्न राजमार्गमा गुड्ने यातायातका साधनका कारण पछिल्लो सात वर्षमा सवारी दुर्घटनामा परी ३५८ वन्यजन्तु मारिएका छन्। आर्थिक वर्ष ०७७/०७८ मा मात्र पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गमा गुड्ने यातायातका साधनले ४३ वटा वन्यजन्तुको कुल्चेर ज्यान गएको छ। गत आवमा अन्य कारणले २५ वटा वन्यजन्तुको मृत्यु भएको छ। , 'निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग वन्यजन्तुका लागि जोखिम बनेका छन्', निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले भने, 'तीव्र गतिमा गुड्ने यातायातका साधनले सडक वारपार गरिरहेका वन्यजन्तुलाई कुल्चेर भाग्ने गर्छन्।' राजमार्गमा यातायातका साधन तीव्र गतिमा गुड्ने भएकाले सडक वारपार गर्ने क्रममा वन्यजन्तु दुर्घटनामा पर्ने गरेको उहाँले बताउनुभयो। यसरी यातायातका साधनले कुल्चेर मर्नेमा सबैभन्दा धेरै चित्तल, बँदेल र बाँदर प्रजातिका वन्यजन्तु रहेका छन्।, निकुञ्जका सहायक संरक्षण अधिकृत न्यौपानेले राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापर्बाहीले वन्यजन्तु जोगाउन मुस्किल परेको बताए। उनले सबैभन्दा बढी सडक दुर्घटनामा परी पूर्वपश्चिम राजमार्गमा मारिने गरेको बताए।, निकुञ्जमा पूर्वपश्चिम राजमार्गले ७२ किलोमिटर र उत्तरदक्षिणको रत्न राजमार्गले ३२ किलोमिटर निकुञ्जभित्रको वन क्षेत्र ओगटेको छ। निकुञ्जको तथ्याङ्कअनुसार आव २०७१/०७२ मा सडक दुर्घटनामा परी १६ वटा वन्यजन्तुले ज्यान गुमाएका थिए भने उक्त आवमा कुकुरको टोकाइ तथा अन्य कारणबाट चार–चार वटा मारिएका थिए। सडक दुर्घटनामा परी आव ०७२/०७३ मा परी ४३ र कुकुरको टोकाइबाट तीन र अन्य कारणले चार वटा वन्यजन्तुको मृत्यु भएको थियो। , त्यसैगरी आव ०७३/०७४ मा सडक दुर्घटनामा परी ६१ र कुकुरको टोकाइबाट सात तथा अन्य कारणले १५ वन्यजन्तुको मृत्यु भएको थियो। यातायातका साधनको ठक्करले मृत्यु हुने वन्यजन्तुको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ। आव ०७४/०७५ मा बढेर ७२ वन्यजन्तुको सडक दुर्घटनामा परी मृत्यु भएको थियो। सोही आवमा कुकुरको टोकाइबाट चार र अन्य कारणले छ वटा वन्यजन्तुले ज्यान गुमाए।, सहायक संरक्षण अधिकृत न्यौपानेका अनुसार आव ०७५/०७६ मा सडक दुर्घटनामा ४४ वन्यजन्तुको मृत्यु हुँदा कुकुरको टोकाइबाट १३ र अन्य कारणले नौ वन्यजन्तुले ज्यान गुमाउनुपरेको थियो। आव ०७६/०७७ मा ५४ र गत आवमा ४३ वन्यजन्तुको सवारी दुर्घटनामा परी मृत्यु भयो भने गत आवमा कुकुरको टोकाइबाट २५ वन्यजन्तुको मृत्यु मारिए। , निकुञ्जमा टाइम कार्ड र आकाशे पुल निर्माण, सवारी साधनबाट वन्यजन्तु मारिने क्रम नरोकिएपछि निकुञ्जले राजमार्ग क्षेत्रमा टाइम कार्डको व्यवस्था गरेको छ। राजमार्गमा गुड्ने सवारी साधनको गति कम गरी वन्यजन्तुलाई जोगाउन टाइम कार्डको व्यवस्था गरिएको सहायक संरक्षण अधिकृत न्यौपानेले बताए।, निकुञ्जले वन्यजन्तुलाई जोगाउन राजमार्गको विभिन्न क्षेत्रमा सचेतनामूलक होर्डिङ बोर्डसमेत राखेको छ। होर्डिङ बोर्ड र टाइम कार्डको व्यवस्था गरिए पनि दुर्घटना रोकिएको छैन। सडक दुर्घटनाबाट जोगाउन निकुञ्जमा पर्ने राजमार्गको विभिन्न ठाउँमा आकाशे पुल (क्यानोफी ब्रिज) समेत बनाइएको छ। वन्यजन्तुको बढी ओहोरदोहोर हुने ठाउँमा आकाशे पुल निर्माण गरिएको हो। , 'लोखर्के, बाँदर, सर्प, मुसा प्रजातिका वन्यजन्तु सडक दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले निकुञ्जमा पर्ने राजमार्गको विभिन्न स्थानमा आकाशे पुल निर्माण गरेका छौँ', सहायक संरक्षण अधिकृत न्यौपानेले भने, 'सवारी साधनको गति मापन गर्न राडार गन ल्याउने तयारी छ।' पाँच सय ५० वर्ग किलोमिटरमा फैलिएको मुलुकको सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्ज बाह्रै महिना पानी बग्ने नदी र खोलाविहीन छ । जसका कारण गर्मी सुरु भएसँगै वन्यजन्तु पानीको खोजीमा निकुञ्जबाहिर निस्किने गर्छन्। , वन्यजन्तुका लागि प्राकृतिक र कृत्रिम गरी निकुञ्ज क्षेत्रमा करिब १०० भन्दा बढी पानीका स्रोत छन् तर अधिकांश खोला खहरे भएकाले वर्षापछि सुक्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले निकुञ्जभित्रका पानीका तीन तिहाइ स्रोत सुकिसकेको बताए। 'एक चौथाइ पानीका स्रोतमा धेरैथोरै पानी छ। बाँकी सुकिसके। अरु सुक्ने क्रममा छन्', उनले भने, 'गर्मीसँगै निकुञ्जमा वन्यजन्तुको चहलपहल बढी देखिन थालेको छ। पानीका कारणले पनि वन्यजन्तुको चहलपहल हुन सक्छ।' रासस,
सात वर्षमा सवारी दुर्घटनामा मात्रै बाँके निकुञ्जमा ३५८ वन्यजन्तु मारिए
|
सेतोपाटी संवाददाता जुम्लामा भालुको आक्रमणबाट दुई जना घाईते भएका छन्। जुम्लाको अनुसार चन्दननाथ नगरपालिका–६ कार्कीवाडामा बिहिबार बिहान पौने ५ बजेतिर भालुले मानिसमाथि आक्रमण गरेको हो।, आक्रमणबाट दैलेख घर भएका हिमबहादुर रोकाया र उनी श्रीमति निर्मला थापा घाईते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिए।, जुम्ला बजारमा मोवाईल पसल गरिरहेका उनीहरू बिहान कोठाबाट पसल आउन लागेका थिए। त्यसैबेला भालुले आक्रमण गरेको डिएसपी थापाले जानकारी दिए ।, निर्मलाको अनुहारमा र हिमबहादुरको टाउको, ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ।, जंगलबाट बजार छिरेको भालु अहिले पनि नियन्त्रण बाहिर रहेको छ । आक्रमण गर्ने भालु बजारमा छ वा जंगल गयो भन्नेबारे सुरक्षाकर्मीले खोजी गरिरहेको डिएसपी थापाले बताए ।,
जुम्लामा बजार छिरेको भालुको आक्रमणबाट श्रीमान–श्रीमति घाईते
|
सेतोपाटी संवाददाता उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो। , खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए।,
उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प
|
मनोज सत्याल मेलम्ची नदी तटीय क्षेत्रमा अझै थेग्रिनीसहितको भेलबाढीको सम्भावना रहेको विज्ञहरूले बताएका छन्।, भ्रेमाथाङ र त्योभन्दा माथिको पेम्दाङ खोला क्षेत्रको अध्ययनपछि फर्किएका भूगर्भविद् शिव बाँस्कोटाले मेलम्ची बजार र माथिल्ला क्षेत्रमा घर छाडेकाहरूलाई अहिल्यै नफर्कन सुझाएका छन्। , बाँस्कोटासहित खानी तथा भूगर्भ विभागका २ जना र विश्व बैंकबाट ३ जनाको टोली सर्वे गर्न केही दिनअघि भ्रेमाथाङ क्षेत्र पुगेको थियो। विश्व बैंकको टोलीले उक्त क्षेत्रको ड्रोन सर्वे गरिरहेको छ। , बाँस्कोटाका अनुसार भ्रेमाथाङ क्षेत्रमा अहिले ८ देखि १० मिटर अग्लो थेग्रिनी जम्मा भएको छ। भ्रेमाथाङमा झण्डै १५ वटा फुटबल मैदान बराबरको चौर रहेको र त्यहाँ पेम्दाङ खोला तर्फबाट आएको थेग्रिनी जम्मा भएको उनले बताए। भ्रेमाथाङको उत्तरपूर्वबाट मेलम्ची खोला र उत्तरपश्चिमबाट पेम्दाङ खोला बग्छ।, 'भ्रेमाथाङले ठूलो थेग्रिनी रोकेर राखेको छ। त्यहाँ १० मिटर मोटाइको थेग्रिनी छ', बाँस्कोटाले भने, 'त्यो चौरको लम्बाइ १ हजार ५ सय मिटर छ। चौडाइ ७ सय मिटर छ। तर अहिले भ्रेमाथाङको चौरको १ सय मिटर कटान भएको देखिन्छ।', बाँस्कोटाले भ्रेमाथाङ आफैंमा पुरानो हिमनदीयुक्त जमिन रहेको 'सम्भवत २-४ हजार वर्षअघि त्यहाँसम्म हिमनदी थियो भन्ने हामीले बुझेका छौं', बाँस्कोटाले भने, 'त्यहाँ थेग्रिनी देखिन्छ। ती एकदमै कमसल थेग्रिनी छन्। पहिरोले ल्याएका थेग्रिनी खोलाले कटान गरिराखेको छ। त्यो ठाउँ अत्यन्त कमजोर भएकाले पनि कटान भइराखेको छ।', उनले पहिरोले कटानसँगै भ्रेमाथाङको चौरमा चिरा पर्ने क्रम पनि कायम रहेको बताए।, 'भ्रेमाथाङमा प्राकृतिक रूपमा थेग्रिनी रोकेर राख्ने जुन चट्टान छ। त्यो चट्टान अत्यन्त कमजोर र सबैतिरबाट खिइँदै गएर खस्किने स्थितिमा पुगेको देखिन्छ', बाँस्कोटाले भने, 'त्यो अड्याउने ठाउँलाई हामी लेभी भन्छौं। जुन त्यो प्राकृतिक रूपमा बनेको बाँध(बेरियर) छ त्यो भत्कियो भने थेग्रिनी बग्ने सम्भावना छ।', उनले भ्रेमाथाङले पेम्दाङ खोलाक्षेत्रबाट आइरहेको ठूलो मात्रामा थेग्रिनी अझै अड्याएर राख्न सक्ने बताए। तर सँगै कटान जारी रहे भ्रेमाथाङ चौरको ठूलो आयातन खस्न सक्ने औंल्याए।, 'ठूलो चौर भएकाले त्यहाँ धेरै थेग्रिनी रहन सक्छ। तर काट्दै जाने हो भने भ्रेमाथाङको ठूलो आयातन तल आउने सम्भावना नकार्न सकिँदैन', बाँस्कोटाले भने, 'जुन भ्रेमाथाङको प्राकृतिक बाँध (बेरियर) छ। चट्टानको बेरियर खिइने क्रममा छ। यदि त्यो खस्यो भने एकपटक फेरि (सेडिमेन्ट फ्ल्यास) थेग्रिनीयुक्त बाढी आउने देखिन्छ।' , उनले मेलम्ची आयोजना र तल्लो तटमा अझै जोखिम रहेको बताए।, 'तत्कालका लागि त्यो ठाउँ बस्नका लागि उपयुक्त देखिँदैन। जहाँ अहिले बस्न छाडेका छौं। फेरि फर्कने अवस्था छैन', बाँस्कोटाले भने, 'अझै पनि ठूलो पानी परेको अवस्थामा यस्तै थेग्रिनीयुक्त बाढी नआउला भन्न सकिन्न।' , 'हामी त्यहाँ बस्दा पनि केही मिटर खसेको थियो। विस्तारै खसिराखेको छ', उनले भने, 'बालुवा थुपारेको जस्तो थेग्रिनी भएकाले सजिलै कटान गरिराखेको छ। त्यो भ्रेमाथाङको कटान रोकिराखेको चट्टान खुस्किने गरी पहिरो गयो भने अलिक ठूलो मात्रामा तल आउने सम्भावना छ।', बाँस्कोटाको टोली ४ दिन भ्रेमाथाङ बसेको थियो। मेलम्ची क्षेत्रमा आएको भेलबाढी पत्ता लगाउन पुगेको टोलीले असार १ गतेको भेलबाढी भ्रेमाथाङमुनिकै क्षेत्रबाट आएको र साउन १६ गतेको बाढी माथिल्लो क्षेत्रबाट आएको निष्कर्ष निकालेको छ। , 'मुख्य समस्या भ्रेमाथाङ माथि छ। हामीले ४ हजार २ सय ७० मिटरमा पुगेर तथ्यांक संकलन गरेका छौं', बाँस्कोटाले भने, 'हामी पेम्दाङ खोलाको किनाराबाट पाखैपाखा माथि उक्लिएर अध्ययन गर्यौं। खोलैखोला जान सकिने अवस्था छैन। किनभने खोला झरना जस्ता छन्।', उनले पहिरो र मौसमका कारण धेरै माथिल्लो क्षेत्रमा जान सकिने अवस्था नभएको बताए। , 'अध्ययन गर्दा के निष्कर्षमा पुगेका छौं भने जुन हिमनदीबाट पेम्दाङ खोला सुरू हुन्छ। त्यो हिमनदीको टुप्पो मोरानको छेवैमा पहिरो खसेको देखिन्छ', बाँस्कोटाले भने। , बाँस्कोटाले पेम्दाङको सिरानमा गएको पहिरोबारे बुझ्न ग्लेसियरबारे बुझ्न जरूरी रहेको बताए।, 'ग्लेसियर भनेको हिउँ हो। कतिपय अवस्थामा त्यो ढिक्का हुन्छ। त्यस्तो हिउँ र ढिक्का गुरुत्वाकर्षणले गर्दा तलतिर बग्ने गर्छ। तलतिर आउँदा त्यसले बाटोमा रहेको ढुङ्गा, गिट्टी, बालुवालाई घिसार्दै लैजान्छ। त्यो ग्लेसियर तल आएपछि तापक्रममा हुने वृद्धिले पग्लिएर बग्न थाल्छ। त्यहाँबाट खोला विकसित हुन्छ। त्यो खोलाले ग्लेसियरले घिसारेर ल्याएको थेग्रिनी बगाउन सक्दैन अनि खोला बन्ने ठाउँमा थुप्रिएर बस्छ। त्यसलाई हामी मोरान भन्छौं। त्यो मोरान कतिपय ठाउँमा अग्लो ढिक्का भएर बसेको हुन्छ। अहिले पेम्दाङको सिरानमा जुन पहिरो गएको छ। त्यसमा हामीले मोरानका सामग्री खसिराखेको देखेका छौं।', उनले पेम्दाङको सिरानको पहिरोको कारण वर्षा भएको बताए।, 'यो घटना वर्षाले नै गरायो भन्ने निष्कर्षमा हामी पुगेका छौं', बाँस्कोटाले भने। , 'अकस्मात ठूलो वर्षा भएर पहिरो सुरू भएको देखिन्छ। वर्षाको पुष्टि मेलम्ची पूर्वको याङ्ग्री र लार्केमा आएको बाढीले गर्छ। पहिरो खस्न सघाउने कारण २०७२ को भूकम्प हुनुसक्छ। भूकम्पले साना चिरा पारेको हुनसक्छ', बाँस्कोटाले भने, पहिरोपछि तल पानीले सक्रिय किनारा कटान गरेको छ। जसलाई हामी 'ब्यांक इरोजन' भन्छौं। किनारा कटानपछि ओढार जस्तो बन्छ र माथिका चिजहरू भत्कन थाल्छन्।', उनले पेम्दाङ खोलाको किनारैकिनार भ्रेमाथाङ क्षेत्रमा आइपुग्दा दर्जनौं पहिरो विकसित भएको बताए। त्यसले नै भ्रेमाथाङ क्षेत्रमा ठूलो थेग्रिनी जम्मा गरेको उल्लेख गरे।,
,
विज्ञ भन्छन् : जोखिम अझै छ, मेलम्ची तटका स्थानीय घर नफर्कनुस्
|
सेतोपाटी संवाददाता झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आएको तीन करोड रकम फ्रिज भएको छ। कोरोना भाइरस सङ्क्रमितको उपचार र अक्सिजन आपूर्तिमा सहजता ल्याउने उद्देश्यले अक्सिजन प्लान्ट स्थापनार्थ अस्पताललाई सङ्घीय सरकारले उपलब्ध गराएको उक्त रकम फ्रिज भएको हो। , आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट स्थापनालगायतका लागि सङ्घीय सरकारबाट आएको रु नौ करोडमध्ये अक्सिजन प्लान्टका लागि आएको रकम फ्रिज भएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए। मेची अस्पतालमा सङ्घीय सरकारले १५० सिलिण्डर क्षमताको अक्सिजन प्लान्टका लागि रकम पठाएको थियो।, ‘जेठ अन्तिममा रकम आयो’, उनले भने, ‘१५ दिने म्याद राखेर बोलपत्र आह्वान गर्यौँ, एउटा फर्मले बोलपत्र हाल्यो, त्यसमा पनि काम सम्पन्न गर्न ढेडदेखि दुई महिना लाग्ने बताएपछि काम गर्न सकिएन।’ यता प्रदेश नं १ सरकारले अस्पताललाई उपलब्ध गराएको ३५ सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट पनि सञ्चालनमा आउन सकेको छैन। अस्पतालमा जडान गरिएको विद्युत् ट्रान्समिटर कम क्षमता भएकाले अक्सिजन प्लान्ट सञ्चालनमा आउन नसकेको हो।, हाल अस्पतालमा ५० केभिए क्षमताको विद्युत् ट्रान्समिटर छ। अस्पतालको पुरानो र नयाँ सबै भवनमा पुग्ने गरी ३०० केभिएको ट्रान्समिटर जडान गर्न लागिएको सूचना अधिकारी पोखरेलले बताए। नेपाल चिकित्सक सङ्घले दिने भनिएको ११० क्षमताको अक्सिजन प्लान्ट एक महिनाभित्र सञ्चालनमा आउने र प्रदेश सरकारले उपलब्ध गराएको ३५ गरी १४५ सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट चाँडै सञ्चालनमा आउने उनले बताए। ,रासस,
झापामा अक्सिजन प्लान्टको तीन करोड फ्रिज
|
सेतोपाटी संवाददाता नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तर्गत आउने शनिबार दुई फरक–फरक क्षेत्रका विशेषज्ञहरुले सेवा दिने भएका छन्। , नर्भिकमा कार्यरत वरिष्ठ हर्मोन रोग विशेषज्ञ डा. मधु पाण्डे र वरिष्ठ बाथरोग विशेषज्ञ डा. अभिलाषा शाहले फ्री ओपिडी सेवा दिने भएका हुन्। , सुगर, थाइराइड तथा हर्मोनसँग सम्बन्धित जुनसुकै समस्या भएका बिरामीले डा. मधु पाण्डेको निःशुल्क ओपिडी सेवामा सहभागिता जनाई लाभ लिनसक्नेछन्। , यस्तै, डा.अभिलाषा शाहसँग बाथरोगको समस्या भएकाहरुले लाभ लिन सक्नेछन्। डा. शाहले हाडजोर्नी दुख्ने, सुन्निने, कक्रक्क पर्ने, आरामको समयमा ढाड तथा जोर्नी बढी दुख्ने, मांशपेशी दुख्ने, गल्ने, थकाई बढी लाग्ने, बारम्बार गर्भधारणमा समस्या आउने, घाममा अनुहार बढी रातो हुने वा पोल्ने, कपाल बढी झर्ने, मुखभित्र बारम्बार घाउ आउने, चिसोमा औंलाहरु निलो, सेतो हुने, शरीरमा बारम्बार घाउ तथा डाबर आइराख्ने, खुट्टाको बुढीऔंला वरिपरि रातो भएर दुख्ने, कुर्कुच्चा पोल्ने तथा दुख्ने, मांशपेशी कमजोर हुने, लामो समयसम्म ज्वरो आउने, खकारमा रातो रगत देखापर्ने, आँखा बारम्बार रातो हुने, हातखुट्टा झमझमाउने र पोल्ने र भर्याङ चढ्दा घूँडा दुख्ने जस्ता समस्या भएकाले आफ्नो ओपिडीमा आएर लाभ लिनसक्ने बताइन् । , नर्भिकले दुई साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ। यही क्रममा आउने शनिबार डा.द्वयले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछन् । , निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ।, प्रत्येक शनिबारको निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ । , नर्भिक अस्पतालका सीइओ अजयकुमार मिश्रले प्रत्येक शनिवार अलग अलग विशेषज्ञहरुलाई फ्री ओपिडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपूर फाइदा लिन आह्वान गरेका छन् । ,
नर्भिकमा बाथ र हर्मोन रोगको फ्री ओपिडी हुने
|
सेतोपाटी संवाददाता स्थानीय एक युवाको मृत्यु भएको घटनामा धनुषाको हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउत पक्राउ परेका छन्।, उनीविरूद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई प्रहरीले केही दिन अगाडि नियन्त्रणमा लिएको हो।, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार राउतलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ।, घटनाका मुख्य आरोपी मेयर र उपमेयर र वडाध्यक्षहरूसहित ६ जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ। , २०७६ साउन २१ गते नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप भएको थियो।, झडपमा घाइते भएका स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको उपचारको क्रममा गत भदौ १८ गते मृत्यु भएको थियो।, सो घटनामा पीडित परिवारले मेयरसहित वडा नम्बर ३ का अध्यक्ष उदय सिंह, वडा सदस्य श्याम राउत र वडा नम्बर ४ का लालबाबु यादवविरुद्ध किटानी जाहेरी दिएका थिए।, उपमेयर झा, ४ नम्बरका वडाध्यक्ष किशोरी यादव, २ नम्बरका वडाध्यक्ष उदय साहविरुद्ध समेत ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता भएको थियो।, मेयर मण्डलमाथि मृतकका छोराले र उपमेयर झाविरुद्ध मेयर मण्डलका समर्थकले उजुरी दिएका थिए। प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ। फरार व्यक्तिहरूको खोजी गरिरहेको कार्यालयले जनाएको छ। ,
स्थानीयको हत्या आरोपमा कार्यपालिका सदस्य पक्राउ, मेयर-उपमेयर अझै फरार
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा आजदेखि राति आठ बजेपछि निजी वा सार्वजनिक सवारीसाधन चलाउन निषेध गरिएको छ।, काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा राति आठ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने आदेश जारी भएको छ।, सो आदेश प्रजिअहरूले गत मंगलबार नै जारी गरेका थिए। उपत्यकामा बिहीबारदेखि भदौ ८ गतेसम्मको लागि निषेधाज्ञा लम्ब्याइएको छ।, यो अवधिभर राति आठ बजेपछि अतिआवश्यक बाहेकका सवारीसाधनहरू चलाउन पाइने छैन।, रातिको समयमा होटल- रेष्टुरेन्टहरूमा भीडभाड बढेको भन्दै यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले पनि आदेश अनुसार नै तयारी भइरहेको बताए।, 'आदेश जारी भएपछि हामीले त्यस अनुसार काम गर्ने हो। हामी अहिले छलफलमा छौं,'उनले भने।, अहिले कति ठाउँमा चेकपोष्टहरू खडा गर्ने भन्ने टुङ्गो लागिनसकेको उनले बताए। साथै पहिलो दिनदेखि नै कारबाही गर्ने वा सचेत गराउने भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए। ,
काठमाडौं उपत्यकामा आजदेखि राति आठ बजेपछि अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन निषेध
|
झलनाथ खनाल कोरोना भाइरस संक्रमणको दोस्रो लहर पहिलोभन्दा निकै जटिल बन्यो, त्यसबाट कैलालीको टीकापुर पनि अछुतो रहन सकेन। , कोरोना संक्रमण बढ्दै जाँदा कैयौं नागरिकले अक्सिजन नपाएरै ज्यान गुमाउनु पर्यो।, अस्पतालमा संक्रमित राख्ने ठाउँ नभएपछि अस्पतालका बार्दली पनि भरिए। देशभर अक्सिजनको चरम अभाव भएपछि सरकारले जिल्लास्तरसम्मको अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट पठाए। सो बजेटबाट केही अस्पतालमा अक्सिजन प्लान्ट जडान भए पनि केहीमा कहिले जडान हुने भन्ने अझै यकिन हुन सकेको छैन।, अहिले कोरोना भाइरस संक्रमणको तेस्रो लहरको जोखिम बढ्दै जाँदा कतै पहिले जस्तै अक्सिजनको अभावका कारण नागरिकले ज्यान गुमाउनुपर्ने हो कि भन्ने त्रास बढ्दै गएको छ।, कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा अक्सिजन सिलिण्डर खरिद तथा प्लान्ट जडानका लागि नागरिकस्तरबाट पनि रकम सङ्कलनको काम भयो।, सुदूरपश्चिम प्रदेश सरकारले पनि अक्सिजन प्लान्ट जडानका लागि रु ७५ लाख अस्पताललाई दियो। पैसा आयो। प्लान्ट जडानका लागि सम्झौता भए पनि, अक्सिजन प्लान्ट कहिले निर्माण हुने हो? त्यसको कुनै अत्तोपत्तो भने छैन। , अस्पतालमा किन बनेन अक्सिजन प्लान्ट ?, अस्पतालले २०७८ जेठ १७ गते हेल्थ केयर सप्लायर्स काठमाडौंसँग अक्सिजन प्लान्ट जडानका लागि सम्झौता गर्यो। उक्त सम्झौताअनुसार सप्लायर्सले ३० दिनभित्र अक्सिजन प्लान्ट जडान गरिसक्नुपर्ने थियो। त्यो समयसम्म सप्लायर्स नै सम्पर्कमा आउन सकेन। त्यसपश्चात् अस्पतालले थप चार दिन म्याद थप गर्यो। त्यहाँसम्म पनि अक्सिजन प्लान्ट जडानका लागि जिम्मा पाएको हेल्थ केयर सप्लायर्स बेखबर नै भयो। , अस्पतालले कुनै पनि विकल्पले काम नगरेपछि सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई सम्झौताको म्याद सकिएको र त्यसपश्चात् के गर्ने? भन्ने विषयमा पत्राचार गरेको टीकापुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रेमकुमार राईले बताए।, उनका अनुसार संघीय सरकारले अक्सिजन प्लान्ट जडानका लागि गतवर्ष नै विनियोजन भएको रकम भदौ मसान्तसम्म खर्च गर्नुपर्ने व्यवस्था मिलाए पनि ठेकेदार कम्पनीले साउन मसान्तसम्म अक्सिजन प्लान्ट जडान गरिसक्ने आश्वासन दिएको थियो।, अब साउन महिना सकिन पनि केही दिनमात्रै बाँकी रहँदा अहिलेसम्म प्लान्ट जडानका लागि चाहिने आवश्यक सामग्री नै अस्पताल पुगेको छैन।, मेडिकल सुपरिटेण्डेन्ट डा राईले अस्पतालमा अक्सिजन प्लान्ट जडान नभए बर्बाद भइने बताए।, उनले ठेकेदार कम्पनीसँग म्याद थप गरेको भए पनि काम कहिले हुन्छ त्यसको कुनै निश्चित नभएको बताए।, ‘हामीले ठेक्का सम्झौता गरी एकपटक म्यादसमेत थप गरिसकेका छौं। त्यो ठेक्का रद्द गरी अर्कोलाई दिँदा झन धेरै समय लाग्छ। मन्त्रालयसँग कुरा गर्दा टीकापुर अस्पतालमा मात्रै नभइ देशभरको समस्या यस्तै हो भनेर टार्छ’, उनले भने, ‘सरकारले भदौ मसान्तसम्म बजेटको म्याद थपेको छ। हामीले मात्रै ताकेता गरेर केही हुँदैन। मन्त्रालय अक्सिजन प्लान्ट जडानलाई खासै प्राथमिकता नदिएको हो कि?’,
,
अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले ठेकेदारको धरौटी जफत गर्ने र कालोसूचीमा राख्नेसम्मको काम गर्न सकिने भए पनि मन्त्रालयको आदेश नभएपछि त्यो पनि गर्ने अधिकार नरहेको बताए। , अस्पतालले ८९ लाख २७ हजारमा अक्सिजन प्लान्ट जडानको सम्झौता गरेको छ। त्यसको क्षमता २४ घण्टामा ४० अक्सिजन सिलिण्डर रिफिल गर्न सक्ने रहेको अस्पतालले जनाएको छ। ,
,
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रबहादुर कार्मीले त्यसको बारेमा आफूहरु जानकार नै नभएको बताए।, ‘पहिले अक्सिजन जडानका लागि हामीले बजेट दिँदा अस्पतालले जारी गरेको टेण्डर रद्द गरी ठूलो प्लान्ट जडान गर्ने गरी सूचना जारी गरेसम्म हामीलाई थाहा छ’, उनले भने, ‘त्यसभन्दा पछिको काम कारबाहीबारे हामीलाई कुनै जानकारी भएको छैन। भदौसम्मको म्याद छ। निर्माण सम्पन्न भए रकम भुक्तानी हामीले गर्ने हो, तर, भदौपछि गए के गर्ने? भन्ने अहिल्यै नै कुनै टुंगो लागिसकेको छैन।’,
,
अस्पतालमा जडान हुने भनिएको अक्सिजन प्लान्टको क्षमता बढाउने भन्दै स्थानीय तहले पनि रकम विनियोजन गरेपछि अस्पतालले पहिलो पटक जारी गरेको सूचना रद्द गरी अर्को सूचना जारी गरेको अध्यक्ष रावलले बताए।, अक्सिजनको माग धान्न कठिन, अस्पतालमा अहिले नै अक्सिजनको अभाव हुन थालेको छ। संक्रमणको जोखिम बढ्दै गएपछि अस्पतालले धान्न सक्ने अवस्था हुँदैन। जुनसुकै बेला हात उठाउनुपर्ने बेला आउँदैछ। , संक्रमितलाई अक्सिजन आवश्यक पर्ने हुँदा तेस्रो लहर आउनुभन्दा अघि नै प्लान्ट जडान गरिनुपर्ने चिकित्सकहरूको भनाइ छ। रासस,
अक्सिजन अभावमा टीकापुर अस्पतालः सम्झौता सकिँदा पनि निर्माण भएन प्लान्ट
|
नारायण अधिकारी/रासस पर्यटकलाई वनजङ्गल घुमाउने हात्ती आफैंले वन र वन्यजन्तुको संरक्षणमा भूमिका खेल्दै आएको छ। जङ्गलको जनावर भएर पनि वनपाखा, खोला जङ्घारमा सहज पुग्नसक्ने क्षमताका कारण संरक्षणमा यसको प्रयोग हुँदै आएको हो। , त्यसो त यसलाई राणाहरुले सिकार खेल्नसमेत प्रयोग गरे। नेपालका तराई क्षेत्रका निकुञ्ज र संरक्षित क्षेत्रको संरक्षणमा यसको प्रयोग हुँदै आएको छ। राजा, राणा र साहुमाहाजनले तत्कालीन समयमा शोख र सिकारका लागि प्रयोग गर्ने हात्ती पछिल्ला वर्षमा वन र वन्यजन्तु संरक्षणमा उपयोग गरिँदै आएको छ। , नेपालको तराई क्षेत्रमा रहेका ६ वटा राष्ट्रिय निकुञ्ज र आरक्ष संरक्षणमा हात्तीको प्रयोग गरिँदै आएको छ। देशकै पहिलो चितवन राष्ट्रिय निकुञ्ज स्थापनाको तयारीकै बेलादेखि निरन्तर २७ वर्ष काम गरेका रामप्रित यादव हात्तीको महत्वको बारेमा चर्चा गरेरै नसकिने बताउँछन्। यो निकुञ्ज विसं २०३० मा विधिवत् रुपमा स्थापना भएको हो। , यसै निकुञ्जमा तीन पटकसम्म प्रमुखको भूमिकामा रहेका यादव संरक्षणमा मात्रै नभएर हात्तीको ऐतिहासिक र धार्मिक महत्वसमेत रहेको बताउँछन्। पर्साको चारकोशे झाडीमा जङ्गबहादुर राणाले हात्ती समाउने गरेको चर्चा गर्दै उनले भने, ‘रामायण र महाभारत जस्ता ग्रन्थहरुमा युद्व गर्न हात्तीको प्रयोग गरिएको चर्चा पाइन्छ।’ हिन्दू धर्ममा महत्वपूर्ण मानिएको हात्ती सिकार हुँदै अहिले संरक्षणमा लगाइँदै आएको छ। , यादवको भनाइमा चोरीसिकार नियन्त्रण, गस्तीदेखि सडक नपुगेका निकुञ्जका भित्री भागमा कर्मचारी र रासनपानी ओसार्न हात्तीको प्रयोग गरिन्छ। पहिले पहिले भारतको आसाम क्षेत्रमा हात्ती समाउन पाउने भए पनि पछिल्ला वर्षमा भारत सरकारले रोकेसँगै नेपालमा हात्ती किन्नुपर्दा महँगो भएको यादवले बताए।, यादवले भने, ‘हाम्रो बेलामा पाँच ६ हजारमा हात्ती पाइन्थ्यो, अहिले ८० लाखभन्दा बढी पर्छ रे।’ निकुञ्जमा ५६ वटा सुरक्षा पोष्ट रहेका छन्। तीमध्ये १६ वटामा हात्ती रहेका छन्। प्रमुख संरक्षण अधिकृत अणनाथ बराल निकुञ्ज सुरक्षामा हात्तीको भूमिका महत्वपूर्ण रहेको बताए। वर्षातको समयमा निकुञ्जका भित्री भागमा रहेका पोष्टलगायतका क्षेत्रमा गस्तीको माध्यम हात्ती मात्रै हुने गर्दछ। अहिले निकुञ्जमा भएका पोष्टमध्ये २० वटा बाहेक अन्यत्र कर्मचारी ओहोरदोहोर, रासनपानी ओसारपसार लगायतकाकार्य हात्तीले गर्दै आएका छन्। , वर्षा होस् वा हिउँद वन्यजन्तु घाइते हुँदा होस् वा नियन्त्रण गर्नुपर्दा हात्तीकै साहारा लिनुपर्ने बरालको भनाइ छ। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार यस निकुञ्जमा २३ पोथीसहित ५६ हात्ती छन्। तीमध्ये नौ वटा बच्चा बाहेक अधिकांश संरक्षणमा जुट्ने गर्दछन्। यस निकुञ्जको मध्यवर्ती क्षेत्रमा ६८ वटा निजी हात्ती पर्यटक घुमाउन प्रयोग हुँदै आएका छन्। हात्ती बिनाको संरक्षण कल्पना गर्न नसकिने अधिकारीको भनाइ छ। , राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य नेपालका तराईका सबै निकुञ्ज सुरक्षामा हात्तीको प्रयोग हुँदै आएको बताउनुहुन्छ। निजीसहित २०० हाराहारी हात्ती नेपालमा रहेका छन्। सबैभन्दा बढी चितवनमा रहेका छन् भने त्यसपछि बर्दियामा १५ वटा छन्। कोशीटप्प वन्यजन्तु आरक्ष, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १०/१० वटा हात्ती रहेका छन्। , सरकारी हात्तीमध्ये ११५ हाराहारी सुरक्षामा सुरक्षामा परिचालन गर्ने गरिएको छ। सौराहा नजिकै हात्ती प्रजनन केन्द्र रहेको छ। सोही केन्द्रमा हात्तीका बच्चा हुर्काउने र तालिम दिने गरिँदै आइएको छ। निकुञ्ज स्थापना हुनुअघि पनि वन क्षेत्रमा गस्तीका लागि हात्ती नै प्रयोग गर्ने गरेको आचार्य बताउनुहुन्छ। , हात्ती गस्ती, पेट्रोलिङ, वन्यजन्तु अनुगमन, उद्धार, अनुसन्धानसँगै पर्यटनमा हात्तीको प्रयोग हुने गरेको उनको भनाइ छ। चितवन राष्ट्रिय निकुञ्जले गैँडा र बर्दियाले बाघ संरक्षणका लागि जोड दिँदै आएको छ भने पर्सा राष्ट्रिय निकुञ्जले हात्ती संरक्षणमा काम गर्दै आएको छ। , वन्यजन्तुमा हात्ती सबैभन्दा ठूलो र बुद्धिमान जनावर हो। यो जनावर आफू सुरक्षित हुँदै अरुको सुरक्षा गर्न खटिँदै आएको छ। ,
विश्व हात्ती दिवस : वन र वयन्जन्तुको संरक्षण गर्दैछ हात्ती
|
युवराज श्रेष्ठ लमजुङ, सुन्दरबजार नगरपालिकाकी रिमा (नाम परिवर्तन) मर्स्याङ्दी किनारमा बालुवा बोक्थिन्। त्यहीँ काम गर्ने हरि (नाम परिवर्तन) सँग उनको भेट भयो। उनीहरू एकअर्काको 'प्रेममा' परे। लगत्तै 'बिहे' पनि गरे।, तीन वर्षअघि बिहे गरेका उनीहरूको अहिले पहिलो सन्तान जन्मिएको छ।, उनीहरूको बिहे र सन्तान जन्माउनु भने सामान्य होइन, न उमेरले न कानुनले। बिहे गर्दा रिमा जम्मा दस वर्ष लागेकी थिइन्, हरि १६ वर्षका।, पढौं, खेलौं, कुदौं भन्ने कलिलो उमेरमा १३ वर्षे रिमा छोरीकी आमा बनेकी छन्। बुवा हरि २० वर्ष लागे। काम, बास र के खाने केही टुंगो नभएको अवस्थामा उनीहरू अभिभावक बनेका हुन्।, सडक बालकका रूपमा हुर्किएका हरि मर्स्याङ्दी किनारमा बालुवा बोक्न पुगेका थिए। आमाले छाडेर गएपछि बुबाले आफूलाई सडकमा छाडेको उनी बताउँछन्। उनले अहिलेसम्म आफ्नो घर पनि देख्न पाएका छैनन्।, रिमा पनि परिवारमा उचित रेखदेख नपाएकै कारण जीवन धान्ने बाटो खोज्दै बालुवा बोक्न पुगेकी थिइन्। उनका बुबा अर्काको घरमा बसेर काम गर्छन्। स्थानीयका अनुसार एकातिर नाजुक आर्थिक अवस्था, अर्कातिर मानसिक समस्या भएकाले उनले छोराछोरी हेर्न सक्ने अवस्था छैन। , परिवारको माया, रेखदेख, शिक्षा, स्वास्थ्य पाउनुपर्ने बेला रिमा र हरि बालुवा बोकेर जिविका चलाउँथेँ। यत्तिकैमा एक दिन हरिले रिमालाई बिहेको प्रस्ताव गरे। आफूहरूबीच 'लभ' परेको र बिहे गरेको रिमा बताउँछिन्।, रिमाले कलिलैमा बिहे गर्दा परिवारले पटक पटक छुटाउने प्रयास गरेका थिए। उनकी फुपूले दुईपटकसम्म छुटाएर लगिन्। घर लगे पनि रिमालाई उचित शिक्षा र पुनर्स्थापना हुने मौका दिन सक्ने अवस्था भएन। रिमा फुपू र परिवारको आँखा छलेर हरिसँग बसिन्।, हरिसँग बसेको भएको तीन वर्षपछि रिमा गर्भवती भइन्। त्यो बेला उनी आफ्नो परिवारसँगै बस्थिन्। सुत्केरी व्यथा लागेपछि हरिले जिल्ला अस्पताल, बेसीसहर लगे।, रिमाका अनुसार उनले साढे दुई किलोकी छोरी जन्माइन्। बच्चा जन्माएर फर्किएपछि सुत्केरी रिमालाई उनका दाजुले घरभित्र पस्न दिएनन्। गोठमा लगेर राखिदिए। , गोठमा सुत्केरीको बिजोग देखेपछि रिमाकी फुपूले उनलाई आफ्नो घर लगेर राखेकी छन्। सानी रिमालाई बच्चा स्याहार्न निकै समस्या परेकी फुपू बताउँछिन्। , 'गोठमा एउटा तन्नामा सुत्केरीलाई सुताएको देखेँ। बच्चाको दिसा–पिसाब स्याहार्न पनि सकेकी थिइन। जति सक्छु सम्हाल्छु भनेर लिएर आएँ,' रिमाकी फुपूले भनिन्, 'यिनीहरू आफैं बच्चा छन्। बच्चाले बच्चा जन्माएपछि कसरी हुर्काउने? भाँडाकुटी खेले झैं बच्चा जन्माए। बच्चाको हालत के हुने हो थाहा छैन।', बच्चा स्याहार्न त रिमाले फुपूसँग सिकिरहेकी छन्। तर फुपूकै घरको अवस्था राम्रो नभएकाले पोसिला खाना र बस्न समस्या छ। अर्कातिर बुवा हरिको परिवार सम्हाल्ने कुनै आधार छैन। , स्कुल गएर पढ्ने उमेरका केटाकेटी आमाबुवा बन्दा न उनीहरूलाई परिवारले हेरेको छ, न जिम्मेवार स्थानीय प्रशासनले नै उनीहरूको अवस्था देख्यो।, संविधानले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुने भनेको छ। अभिभावकबाट संरक्षण पाउन नसकेकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुन्छ। त्यस्तै बालबालिकालाई जोखिमपूर्ण काम-श्रममा लगाउन पाइँदैन।, तर रिमा र हरिले यी कुनै हक पाएनन्। उनीहरूका लागि बनेका कुनै हक लागू नभएकै कारण उनीहरू कलिलैमा आमाबुवा बन्नुपर्ने अवस्था आएको लमजुङका बालअधिकार अभियन्ता नवीनचन्द्र घिमिरे बताउँछन्। , 'संविधानको मौलिक हक र बालबालिकाको संरक्षणका लागि बनेका सबै कानुन यस घटनामा उल्लंघन भएको छ,' बाल कल्याण समितिमा समेत काम गरिसकेका घिमिरे भन्छन्।, बालबालिकालाई बालुवा निकाल्ने र बोक्नेजस्ता जोखिमपूर्ण काममा लगाउँदा पनि प्रशासनले आँखा चिम्लेको छ। राज्यका अरू कुनै निकायले यसमा ध्यान नदिएको उनी बताउँछन्।, 'रिमाको पुनर्स्थापना, संरक्षण र स्याहार गर्न तत्काल स्थानीय सरकारले अग्रसरता लिनुपर्छ,' घिमिरेले भने।, तर सुन्दरबजारका मेयर जनकराज मिश्र बालिका सुत्केरी हुनुअघिसम्म यसबारे कुनै जानकारी नै नभएको बताउँछन्।, 'उनीहरू विवाह दर्ता गर्न पनि आएका थिएनन्। हाम्रो नगरपालिकाका स्थायी बासिन्दा पनि होइन रहेछन्,' मिश्रले भने, 'अब कसरी व्यवस्थापन गर्ने भनेर सल्लाह गर्दैछौं।', अहिले रिमालाई विभिन्न संस्था र युवा क्लबले सहयोग गरिरहेको भन्दै आवश्यकता अनुसार नगरपालिकाले पनि सहयोग गर्ने उनले बताए। , मिश्रका अनुसार कानुनी प्रक्रियामा जाँदा बालिकाले श्रीमान भनेका हरिलाई बलात्कार मुद्दा लाग्ने र विवाह स्वीकार गर्ने परिवार समेत मुद्दामा जोडिन सक्छ। यस्ता घटना हुन नदिन नगरपालिकाले आफ्नो क्षेत्रका बालबालिकाको अवस्था मूल्यांकन गर्ने पनि उनको भनाइ छ। , बीस वर्ष नपुगेकाले रिमा र हरिको बिहे बदरयोग्य, दर्ता हुन नसक्ने र बालविवाह गराउने कसुर गरेकालाई ३ वर्ष कैद र ३० हजार रूपैयाँ जरिवाना हुन सक्ने अभियन्ता घिमिरे बताउँछन्। हरेक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक दिएकाले जन्मिएको शिशुको जन्मदर्ता भने हुन सक्छ।, लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुँइटेलले घटनाबारे आफूले जानकारी लिइरहेको बताए। यो विवाह गैरकानुनी भएको भन्दै उनले कानुनी कारबाहीमा जाँदा सुत्केरी बालिकालाई झनै समस्या आउनेतर्फ सचेत हुनुपर्ने बताए। , 'सुत्केरी हुनुअघि नै बालविवाहको सूचना आएको भए कुरै अर्को हुन्थ्यो,' सिडिओ लुइँटेलले भने, 'सरसल्लाह गरेर यो घटनाको सम्बोधन गर्छौं।', हरि र रिमाको घटना उदाहरण मात्रै भएको भन्दै अभियन्ता घिमिरे अन्य ठाउँमा पनि यस्तो भएको हुन सक्ने बताउँछन्। तीनै तहका सरकार बालबालिकाको मुद्दामा चासो नदिएका कारण यस्ता घटना बढ्न सक्ने उनले चिन्ता जनाए। बाल अधिकार स्थापित गराउन बाल अदालतको व्यवस्था भए पनि अहिलेसम्म गठन हुन सकेको छैन। उजुरी नआउँदासम्म प्रहरीले छानबिन नै नगर्नु पनि यस्ता घटना हुनुको अर्को कारण भएको उनको भनाइ छ। , 'स्थानीय सरकारले आफ्नो पालिकाका बालबालिकाको तथ्यांक समेत अद्यावधिक गर्दैनन्,' उनले भने, 'जोखिममा रहेका बालबालिका पहिचान गरेर राज्यले संरक्षण गर्नुपर्छ। स्थानीय सरकारले विवरण लिएर संरक्षणका लागि विभिन्न संस्थासँग सहकार्य गर्न सक्छ। बाल अधिकार भोगचलन गराउन सबभन्दा जिम्मेवार स्थानीय सरकार हुनुपर्छ।', बालबालिका सम्बन्धी ऐन २०७५ ले प्रदेश स्तरमा सामाजिक विकास मन्त्रीको संयोजकत्वमा बालअधिकार परिषद व्यवस्था गरेको छ। स्थानीय तहमा उपप्रमुख वा उसले तोकेका व्यक्तिको संयोजकत्वमा स्थानीय बालअधिकार समिति गठन गर्नुपर्ने उल्लेख छ। उक्त ऐन जारी भए पनि अहिलेसम्म यस्ता परिषद र समिति प्रदेश र स्थानीय तहले बनाएका छैनन्। यस कारण प्रदेश र स्थानीय तहमा बालबालिकालाई हेर्ने आधिकारिक संरचना नै छैन।,
१३ वर्षमा आमा बनेकी बालिकालाई न परिवारले हेर्यो न प्रशासनले देख्यो
|
सेतोपाटी संवाददाता एक महिलालाई आगो लगाएर फरार भएका एक जना आरोपितलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रामेछाप घर भई ललितपुर बस्ने ४६ वर्षीय शिवजी भन्ने गबहादुर खत्रीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनलाई टोलीले बुधबार ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीबाट पक्राउ गरेको हो।, २०६२ साल पुस ६ गते राति साढे ७ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकी लामपाटीस्थित डेरा बस्ने भगवती लामालाई सोही घरमा बस्ने मानिसहरूले जलिरहेको देखेका थिए।, ती महिला बन्द कोठाभित्र जलिरहेकी थिइन्। घरका अन्य मानिसहरूले ढोका फोडेर लामालाई वीर अस्पताल लगेको थियो। तर उनको उपचारको क्रममा २०६२ पुस ७ गते मृत्यु भएको थियो।, घटना भएपछि देखि नै उनी फरार थिए। सोही आरोपमा प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त कालीमाटीमा पठाएको छ। ,
कलंकीमा महिलालाई जलाएर फरार व्यक्ति १६ वर्षपछि पक्राउ
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.