content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोज मसान्तभित्र ३३ प्रतिशत जनतालाई खोप लगाउने गरी कार्यक्रम अगाडि बढेको बताएका छन्। , बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै राज्यमन्त्री श्रेष्ठले असोज मसान्तसम्म कुल एक करोड ८ लाख डोज खोप आउने सुनिश्चित भएको भन्दै उक्त अवधिभित्र कम्तिमा ३३ प्रतिशत जनतालाई खोप लगाइने बताएका हुन्। , स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आजसम्म ४५ लाख जनालाई पहिलो डोज खोप लगाइएको छ। त्यो भनेको कुल जनसंख्याको झन्डै १५ प्रतिशत हो। , राज्यमन्त्री श्रेष्ठले अहिले दैनिक डेढदेखि दुई लाख जनाले खोप लगाउने गरेको जनाए। उनले अब आउने खोपहरू बढी संक्रमण भएका जिल्लाहरूमा केन्द्रित गरिने बताए। अहिले १० देखि १५ वटा जिल्लाहरूमा संक्रमण बढी रहेको भन्दै अब आउने खोपलाई त्यस्ता ठाउँहरूमा प्राथमिकता दिइने श्रेष्ठले जनाए।, ‘किशोर किशोरीका लागि फाइजर र मोर्डेनाको खोप ल्याउने गृहकार्य अघि बढेको छ’, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले किशोर किशोरीलाई लक्षित गरी फाइजर र मोर्डेनाका कोरोना खोप ल्याउने गरी गृहकार्य अघि बढाइएको बताएका छन्। , बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै राज्यमन्त्री श्रेष्ठले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनका लागि विद्यार्थीहरूलाई खोप उपलब्ध गराउने तयारी रहेको जनाएका हुन्।, अहिले लगाइराखिएको खोप १८ वर्ष उमेर मुनिका किशोर किशोरी र बालबालिकालाई लगाउन नमिल्ने भन्दै ती उमेर समूहका लागि उपयुक्त खोप ल्याइने श्रेष्ठले बताए। , असोज मसान्तसम्म ३३ प्रतिशत जनतालाई खोप दिइन्छ: राज्यमन्त्री श्रेष्ठ
सेतोपाटी वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएका दिक्तेलवासीको दुःख अझै टरेको छैन। पानी खोज्दै घण्टौं धाउनुपर्ने बाध्यता उस्तै छ। , समग्र दिक्तेल क्षेत्रलाई खानेपानी पुर्‍याउन दुई वर्षअघि बृहत् खानेपानी आयोजना सुरू गरिएको थियो। तर, आयोजना पूरा हुनुको साटो निर्माणाधीन ट्यांकीको जग नै भासिएपछि अलपत्र पर्ने जोखिम बढेको छ।, निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण निर्माणाधीन ट्यांकीको जग भासिएको स्थानीयबासी बताउँछन्।, जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलगायत आसपासका क्षेत्रमा विस्तार गर्न लागिएको सहरी खानेपानी तथा सरसफाइ आयोजनाको निर्माणाधीन ट्यांकी सञ्चालनमा नआउँदै जग भासिएको हो। , नेपाल सरकारको ७० र उपभोक्ता समितिको ३० प्रतिशत गरी रु २२ करोड ५५ लाख ५८ हजार लगानीमा सुरू गरिएको खानेपानी आयोजना अन्तर्गत सोल्मास्थित तीनबोटेमा निर्माण गरिएको प्रशोधन केन्द्र ( ट्रिटमेन्ट प्लान्ट) सहितको ट्याङ्की सञ्चालनमा नआउँदै पूर्वी उत्तरपट्टीको जग भासिएको छ।, ठेकेदार कम्पनीले ट्याङ्की निर्माण गर्न जग सम्याउँदा फालेका माटोमाथि प्रशोधन ट्याङ्की निर्माण गरेकाले जग भासिएको सोल्माका स्थानीयबासी एवं जनता समाजवादी पार्टी नेपाल खोटाङका युवा नेता धनीराम नछुङले बताए।, ‘खानेपानी आयोजनाको काममा ठेकेदार कम्पनीको चरम लापरबाही देखिएको छ।’ , उनले भने, ‘ठेकेदारको लापरबाहीकै कारण निर्माणाधीन ट्याङ्कीको पूर्वी उत्तरपट्टिपर्ने जगको पर्खाल भत्किएपछि ट्याङ्कीसमेत बग्ने सम्भावना देखिएको छ।’ , जग भासिएपछि ट्रिटमेन्ट प्लान्ट ट्याङ्कीभन्दा अझ पूर्वी उत्तरपट्टी निर्माण गरिएको आवासगृह उच्च जोखिममा परेको छ। ट्रिटमेन्ट प्लान्ट ट्याङ्कीको जग भासिएर करिब ५० मिटर फराकिलो ठाउँ ओगटेर पहिरो झरेपछि खानेपानी आयोजनाको प्राविधिक तथा सुरक्षाकर्मी बस्न निर्माण गरिएको आवासगृह उच्च जोखिममा परेको हो।    , सोल्मास्थित तीनबोटेमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्ट ट्याङ्की तथा प्राविधिक आवास गृहमुनिको पर्खाल वर्षाको कारण भत्किएको भन्ने जानकारी आएको र उक्त पर्खाल तत्काल पुनर्निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइसकिएको नगरप्रमुख दीपनारायण रिजालले बताए।, ‘पर्खाल भत्किएको विषयमा ठेकेदार कम्पनीसँग कुरो भइसकेको छ’, उनले भने, ‘कुराकानीको क्रममा भोलिबाटै ठेकेदार कम्पनीले उक्त पर्खाल पुनर्निर्माण गर्ने बताएको छ। यदि नबनाएको खण्डमा नगरपालिकाको तर्फबाट कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ।’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको माथिल्लो भेगमा मुहान रहेको रम्बाखोला–माझखोलाको पानी तानेर वितरण गर्ने लक्ष्य राखिएको खानेपानी आयोजनाको प्रशोधन केन्द्रकै ट्याङ्की जोखिममा परेपछि ठेकेदार कम्पनीको चर्को आलोचना सुरू भएको छ।, दिक्तेल, सोल्मा र बाम्राङका एक हजार ४९ घर स्थानीयबासीलाई प्रशोधन गरिएको स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यकासाथ सहरी खानेपानी आयोजनाको काम सुरू गरिएको हो। , लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका दिक्तेल बजारबासीका लागि लक्षित गरेर प्रशोधनसहितको स्वच्छ पानी वितरण गर्नेगरी खानेपानी आयोजनाको काम सुरू भएपछि स्थानीय बासिन्दा हर्षित बनेका थिए।, नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजारमा हिउँद/वर्षा बाह्रै महिना खानेपानीको समस्या देखिएपछि दीर्घकालीन रूपमा समस्या समाधान गर्न उक्त खानेपानी आयोजनाको काम सुरू गरिएको हो।  , सम्झौता गरेको अठार महिनाभित्र पूरा गर्ने लक्ष्यकासाथ गत विसं २०७६ चैत १४ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गरेको उक्त खानेपानी आयोजनाको काम अहिलेसम्म सम्पन्न भएको छैन।, मुहान विवाद र विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण तोकिएको समयमा खानेपानी आयोजनाको काम सम्पन्न नभएको केठेदार कम्पनीले जनाएको छ। , आशिष निर्माण सेवा कम्पनीमार्फत पिइए–बिएन निर्माण कम्पनी जेभीले निर्माणको काम जिम्मा लिएको खानेपानी आयोजनामा ट्याङ्की निर्माण, पाइपलाइन विस्तारलगायत भौतिक पूर्वाधार निर्माणको सम्पूर्ण काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताए।, ‘वर्षातका कारण केही ठाउँमा समस्या देखिएका छन्’, उनले भने,‘समस्या देखिएका ठाउँमा ठेकेदार कम्पनीलाई पुनः निर्माणको काम गराएर आगामी दसैं अगाडि सञ्चालनमा ल्याउने तयारी गरेका छौं।’  , जिल्लाकै नमूना खानेपानी आयोजनाबाट दिक्तेल बजारको विभिन्न २० ठाउँमा फायरिङ गेटसमेत जडान गरिएको छ। जस्तापाताको छाना तथा ढुङ्गा र माटो प्रयोग गरेर बनाइएका पुरानो संरचनाका घर भएको दिक्तेल बजारलाई आगलागीबाट जोगाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शहरी खानेपानी आयोजनाको संयुक्त लगानीमा १०० मिटरको फरकमा २० वटा फायरिङ गेट जडान गरिएको हो।, दिक्तेल बजारमा विस्तार गरिएको पुरानो खानेपानी आयोजनाको धारामा कहिले पानी नै नआउने, आइहाले पनि फोहर तथा दूषित पानी आउनेलगायत विभिन्न प्रकारका समस्या  वर्षौदेखि रहेको उपभोक्ताको  गुनासो छ।, यति मात्र नभइ उपभोक्ता  समितिका केही पदाधिकारीले आफ्ना नजिकका  व्यक्तिको घरमा तीन÷चारवटासम्म धारा जडान गरेको र उनीहरूका धारामा चौबिसैघण्टा पानी आउने बनाएकाले आफूहरुलाई थप समस्या भएको उपभोक्ताले आरोप लगाउँदै आएका छन्। , जिल्लाको सदरमुकामसमेत रहेको दिक्तेल बजारमा सञ्चालित पुरानो खानेपानी आयोजनाबाट करिब ८०० वटा धारा वितरण गरिएको छ।, पुरानो खानेपानी आयोजनाको धारामा पानी नआएपछि दिक्तेल बजारबासी आसपासको गाउँमा पुगेर धारा तथा कुवाको  बोकेर ल्याएको पानी  उपभोग गर्न बाध्य छन्। (रासस), निर्माणाधीन पानी ट्यांकीको जग भासिएपछि खानेपानी आयोजना अलपत्र
सेतोपाटी संवाददाता लामो समयदेखि आर्थिक अनियमितताको आरोप खेपिरहेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । , अख्तियारको काठमाडौं  र इटहरीस्थित  कार्यालयको संयुक्त टोलीले प्रतिष्ठानमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ। खरीद सम्बन्धि कागजातहरु नियन्त्रणमा लिएको अख्तियार स्रोतको भनाइ छ । , प्रतिष्ठानमा पदाधिकारीहरुकै मिलेमतोमा आर्थिक अनियमितता भइरहेको आरोप लगाउँदै चिकित्सक तथा विद्यार्थीहरुले छानबिनको माग गर्दै आएका छन् । यही विषयमा लामो समयदेखि आन्दोलन पनि जारी छ। प्रतिष्ठानमा भएका अनियमितताबारे अख्तियारमा उजुरीका चाङ नै छ। , खासगरी स्वास्थ्य उपकरणदेखि प्रतिष्ठानमा चाहिने सामग्रीहरु खरीदमा अनियमितता भएको आरोप आन्दोलनकारीले लगाउँदै आएका छन्। त्यसो त विभिन्न समयमा गठित छानबिन समितिले पनि अनियमितता भएको ठहर गरेका थिए। तर, ती प्रतिवेदनहरु थन्केको थन्क्यै भएका छन्।, बिपी प्रतिष्ठानमा अख्तियारको छापा, खरिद सम्बन्धी कागजात नियन्त्रणमा
सेतोपाटी संवाददाता एकैदिन  ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २१७ नमूना पिसिआर परीक्षण गर्दा ३ हजार १९४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ९०६ मा परीक्षण गर्दा १७१० मा संक्रमण देखिएको छ।, कुल १९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ।, पछिल्लो २४ घण्टामा २ हजार ११५ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ७३ हजार १ सय ९८  पुगेको छ।, हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको छ।, एकैदिन थपिए ४ हजार ९ सय ४ संक्रमित
सेतोपाटी संवाददाता मंगलबार काठमाडौं उपत्यकामा १ हजार १ सय ८६ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ संक्रमित थपिएका हुन्।, हाल काठमाडौं उपत्यकामा १० हजार ९१० सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौं जिल्लामा सबैभन्दा धेरै ७ हजार ६७७, ललितपुरमा १ हजार ८८३ र भक्तपुरमा १ हजार ३५० सक्रिय संक्रमित छन्। , यसैगरी काठमाडौंमा निको हुनेको संख्या २ लाख १३ हजार ८ सय २४ पुगेको छ भने भक्तपुरमा २३ हजार ७ सय ५० पुगेको छ। त्यस्तै ललितपुरमा ४० हजार २ सय ३० पुगेको छ।, काठमाडौं उपत्यकामा थपिए १ हजार १ सय ८६ कोरोना संक्रमित
सेतोपाटी संवाददाता उच्च अदालत पाटनले काठमाडौं उपत्यकाका तीन कारागारका कैदीबन्दीका लागि पुस्तक उपलब्ध गराएको छ।, कैदीबन्दीलाई न्यायको पहुँच पुर्‍याउन उच्च अदालत पाटनले किताब उपलब्ध गराएको हो।, मंगलबार ललितपुरस्थित नख्खु कारागारमा भएको एक कार्यक्रमबीच पाटनका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले कारागार व्यवस्था विभागका महानिर्देशक जनकराज दहाललाई किताब हस्तान्तरण गरेका हुन्।, कारागारमा किताब वितरण अभियान अन्तर्गत अदालतका कार्यालय सहयोगीदेखि न्यायाधीशसम्मले कैदीहरूका लागि रकम संकलन गरी किताब उपलब्ध गराएको रजिष्ट्रार सिंहले बताए।, 'सामान्य कार्यालय सहयोगीदेखि न्यायाधीशहरूले कैदीबन्दीहरूलाई किताब उपलब्ध गराउन पर्छ भनेर रकम उठाएर किनेका हौं,' सिंहले भने।, अदालतका कर्मचारीहरूले झण्डै १० लाख रकमको किताब किनेको छ। त्यसबाट किनेका ती किताबहरू काठमाडौंका तीन वटा कारागारमा उपलब्ध गराउन लागेको हो।, सुन्धारास्थित केन्द्रीय कारागार, डिल्लीबजार कारागार र नख्खु कारागारको लागि किताब उपलब्ध भएको हो।  , उप-रजिष्ट्रार तथा प्रवक्ता अमृताकुमारी शर्माका अनुसार सुन्धाराको लागि ६५३, नख्खुको लागि ६४८ र डिल्लीबजारको लागि ४१२ वटा किताब दिइएको हो।, साथै किताब किन्दा बाँकी भएका रकमले कैदीबन्दीहरूको माग बमोजिम किताब किनेर उपलब्ध गराउन सकिने रजिष्ट्रार सिंहले बताए। किताबसँगै अदालतका रजिष्ट्रारहरूको नम्बर पनि उपलब्ध गराइएको हो।  , 'कैदीबन्दीहरूले आफ्नो मुद्दाको फैसला के भयो, पेसी थियो के भयो भनेर बुझ्न चाहनुहुन्छ भने तपाईंले सिधै रजिष्ट्रारहरूलाई फोन गरी बुझ्न सक्नुहुन्छ। न्यायमा पहुँच भन्ने उद्देश्यले यस्तो गरेका हौं,' सिंहले भने।, कैदीबन्दीहरूले नेपालको संविधान, मुलुकी अपराध संहिता, साहित्यिक, मनोरञ्जन लगायतका किताबहरू उपलब्ध गराइएको हो। यस्ता किताबले कैदीबन्दीहरूमा सकारात्मक सोचको भाव उत्पन्न हुने उद्देश्यले उपलब्ध गराइएको हो।, यो कामले न्यायालय र कैदीबन्दीबीच पुल निर्माण हुने रजिष्ट्रार सिंहले बताए।, यसअघि पनि महान्यायाधीवक्ता कार्यालयले किताब सहयोग गरेको थियो।, तीन कारागारलाई उच्च अदालत पाटनको झण्डै १० लाख बराबरको किताब सहयोग
सेतोपाटी संवाददाता हुण्डीको कारोबार गरेको आरोपमा चार जनालाई प्रहरीले ९१ लाख ९६ हजार रूपैयाँ नगदसहित पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंले चार जनालाई ९१ लाख ९६ हजार रूपैयाँ नगदसहित पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, उनीहरूलाई सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर २२ गणबहाल क्षेत्रबाट पक्राउ गरेको हो।, काठमाडौं-१३ ताहाचाल बस्ने ५३ वर्षीय तरुण अग्रवाल, तनहुँ घर भई काठमाडौंको गोंगबु बस्ने २५ वर्षीय नितेश श्रेष्ठ, रामेछाप घर भई भक्तपुर सल्लाघारी बस्ने २९ वर्षीय नरबहादुर खड्का र जोरपाटी बस्ने ३४ वर्षीय अर्जुन चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो।, गणबहाल क्षेत्रमा हुण्डी कारोबार भइरहेको भन्ने प्रहरीले विशेष सूचना पाएको थियो। सोही सूचनाको आधारमा खटिएको विशेष टोलीले तनुज इन्टरप्राइजेज प्रालि गणबहालमा चेक गरेको थियो।, त्यहाँ हुण्डी कारोबार भइरहेको खुलेपछि सञ्चालक तरुण अग्रवालसहित चार जनालाई पक्राउ गरेको हो।, उनीहरूबाट ९१ लाख ९६ हजार रुपैयाँ, ८० लाख ४३ हजार ३ सय १९ बराबरको डिपोजिट स्लिप र ३६ लाख ८३ हजार ४ सय ४८ रुपैयाँ बराबरको चेक बरामद गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए।, उनीहरूमाथि प्रारम्भिक अनुसन्धान गरी थप कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ।, झण्डै ९२ लाखसहित चार जना हुण्डी कारोबार गरेको आरोपमा काठमाडौंबाट पक्राउ
विवेक राई सरकारले आगामी बिहीबारदेखि काठमाडौं उपत्यकामा राति ८ बजेपछि अत्यावश्यकबाहेक सबै सवारी साधन चलाउन नपाइने निर्णय गरेको छ।, मंगलबार उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो निर्णय गरेको हो। , तर विज्ञहरूले भने सरकारको उक्त निर्णय अव्यवहारिक भएको बताएका छन्।, संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुनले सरकारले संक्रमण के कारणले बढी फैलिन्छ भनेर आकलन नगरी सो निर्णय गरेको जनाए।, 'संक्रमण बढी सर्ने भनेको मानिसहरूको धेरै भिडभाड हुँदा हो। राति त झन् तुलानात्मक रूपमा कम भिडभाड हुन्छ। त्यो चाहिँ अलिक व्यवहारिक भएन,' उनले भने। , सरकारले संक्रमणको 'चेन ब्रेक' गराउने उद्धेश्यले उक्त निर्णय गरिएको भए पनि यसले 'चेन ब्रेक' नगराउने डा. पुन बताउँछन्।, उनले राति यसै पनि कम मानिसहरू हिँडडुल गर्ने भन्दै दिउँसो हुने भिडभाडकै कारण अहिले संक्रमण बढिरहेको जनाए।, यो निर्णयले सर्वसाधारणलाई अनावश्यक दुःख दिने भन्दै उनले भने, 'एउटा मान्छे गाडी लिएर दिउँसो काममा जान पाउने अनि फर्किंदा चाहिँ समातिने भन्ने त भएन नि!', डा. पुनका अनुसार संक्रमण भिडभाडबाटै सर्ने हुँदा अहिले कहाँ बढी भिडभाड भएको यकिन गरी त्यसलाई कडाइ गर्नुपर्छ। नत्र संक्रमण जोखिमको विश्लेषण नगरी गरिएको निर्णयले खासै अर्थ नराख्ने उनी बताउँछन्।, 'हामीले संक्रमण कस्तो बेलामा बढी फैलिन्छ भनेर बुझ्नुपर्‍यो नत्र कुनै कुराको मतलब हुँदैन,' पुनले उदाहरण दिँदै भने, 'दिउँसो चाहिँ जुलुस, सभा, मिटिङका मिटिङ हुने अनि राति त धेरै मान्छे यसै पनि घरमै हुन्छन् नि! संक्रमण फैलाउने भनेको त भिडभाडले हो। त्यसैले यसरी सोचेर एकपछि अर्को नियम बनाउँदै जाने हो।', इपिडियोमोलोजी तथा रोग नियण्त्रण महाशाखाका पूर्वनिर्देशक एवं भाइरोलोजिष्ट डा. वासुदेव पाण्डेले पनि राति ८ बजेपछि सवारीलाई रोक लगाउँदैमा त्यसले संक्रमणको 'चेन ब्रेक' नगराउने बताए।, 'उहाँहरूले कुन उद्धेश्यले यो निर्णय गर्नुभयो भन्ने मलाई थाहा भएन। अहिले संक्रमणको 'चेन ब्रेक' गराउने भनेको खोप नै हो। जुन उहाँहरूले गरिरहनु भइरहेकै छ। उहाँहरूले जुन समयमा सवारीलाई रोक गर्ने भन्नुभएको छ, त्यो नै अलिक मिलेन।', डा. पाण्डले नेपालमा यसै पनि राति आठ नौ बजेपछि पसल बन्द हुने भन्दै त्यसले स्वतः मानिसहरूको भिडभाड कम हुने बताए।, 'नेपालमा विदेश जस्तो हुँदैन। विदेशमा त राति भएपछि भिडभाड हुने हो। तर यहाँ त आठ नौ बजेपछि धेरै पसल यसै पनि बन्द हुन्छन्। त्यसैले यसले चेन ब्रेक गराउन खासै अर्थ राख्छ जस्तो लाग्दैन,' उनले भने।, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले राति हुने भिडभाडलाई लक्षित गरी सवारीलाई रोक लगाउने निर्णय गरेको बताए।, उनले बिहीबारदेखि अत्यावश्यकबाहेकका सवारीलाई राति ८ बजेपछि रोक लगाइने जनाए। , 'बेलुका, होटल, रेष्टुरेन्टमा बाइक, सवारी लिएर खान जाने र राति अबेरसम्म भिडभाड गर्ने भइरहेको छ। त्यसलाई कडाइ गर्न खोजिएको हो,' उनले भने। , उनले पछिल्लो समय अस्पतालमा बेडहरूको चाप बढिरहेको भन्दै संक्रमणको 'चेन ब्रेक' गराउन सो निर्णय गरिएको बताए। तर कुनै समस्या परेर राति हिँड्नुपर्ने मान्छेलाई भने व्यवहारिक रूपमा हेरेर छाडिने पराजुलीले जनाए।, 'अब कम्तीमा मान्छेले समयमै घर पुग्नुपर्छ भन्ने मनस्थिति बनाउनुपर्‍यो। तर समस्या परेकालाई हामी व्यवहारिक रूपमा हेरेर छोड्छौं,' उनले भने। , तर कुनै निश्चित क्षेत्रमा भएको समस्यालाई लिएर आम मान्छेलाई दुःख दिन मिल्छ? भन्ने प्रश्नमा पराजुलीले अब होटल, रेष्टुरेन्टमा राति हुने भिडभाड रोक्न निगरानी बढाइने बताए। , मंगलबार उपत्यकाका तीन जनै सिडिओहरूको बैठकले उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ। जारी निषेधाज्ञामा रेष्टुरेन्ट, होटलहरूलाई 'टेक अवे' सेवामार्फत् मात्र व्यवसाय सञ्चालन गर्न भनिए पनि रेष्टुरेन्ट, होटलहरूमा मानिसहरूको भिडभाड सदाझैं हुन थालेको छ।, सरकारले त्यही कारण औंल्याउँदै आगामी बिहीबार राति ८ बजेपछि अत्यावश्यक सवारीबाहेक अन्यलाई रोक लगाउने भनेको हो। तर यो कुरालाई विज्ञहरूले अव्यवहारिक भन्दै यसले संक्रमण घटाउन मद्दत नगर्ने जनाएका छन्।, विज्ञ भन्छन्- उपत्यकामा राति ८ बजेपछि सवारी चलाउन नपाइने सरकारको निर्णय अव्यवहारिक
युवराज श्रेष्ठ न्वाङ चोएयुनकी आमा ८० वर्ष नाघिन्। न्वाङले आमाको मुख देख्न नपाएको २२ वर्ष बित्यो। अहिले न्वाङ ४८ वर्षका भए। उनी २६ वर्षकै उमेरमा तिब्बतस्थित घरमा आमालाई छाडेर भारततर्फ भागेका थिए। नेपालको सोलुखुम्बु नाका हुँदै उनी कर्नाटकको शरणार्थी शिविरमा शरण लिन पुगे।, कर्नाटकको शरणार्थी शिविरमा न्वाङले लामा पढे। त्यहीँ लामा काम गरेर २२ वर्ष विताए। घरमा आमालाई छाडेर हिँडेको याद उनलाई जति दिन बित्दै गयो, उति पिरोल्दै गयो। बुढ्यौलीले ढाकेकी आमालाई भेट्ने चाहना बढ्दै गयो। जुनसुकै हालतमा तिब्बत फर्कने योजना बनाए। आमाको मुख हेरेर फेरि भारत फर्कनु त छँदै थियो।, कर्नाटकबाट २ महिनाअघि न्वाङ काठमाडौं आए। तिब्बत जाने हुटहुटी यो २ महिनामा झनै बढ्यो। उपयुक्त बाटोबाट तिब्बत छिर्न चाहे। उनले यसका लागि मुस्ताङको कोरला नाका रोजे।, जब उनी कोरला पुगे। नेपाल र चीनका सुरक्षाकर्मीले थाहा नपाउने गरी तिब्बत छिर्न बाटो खोजे। औपचारिक रूपमा कोरोला नाकाबाट नेपाली र तिब्बती आउजाउ गर्ने औपचारिक बाटो २४ नम्बर पिलरको बाटो थियो। यो बाटोबाट नेपाली र चिनियाँ प्रशासन तथा सुरक्षाकर्मीको अनुमतिमा आउजाउ गर्न सकिन्थ्यो। यसबाहेक अरू बाटोबाट तिब्बत छिर्नु वा नेपाल छिर्नु अवैध मानिन्छ।, न्वाङले वैधानिक बाटो हिँड्न चाहेनन्। तिब्बत छिर्ने हुटहुटीले उनले ३१ नम्बर पिलरको बाटोबाट नेपाली भूमि पार गरे। आफू जन्मिएको तिब्बती भूमिमा पाइला राखे। सिमानामा दुबैतर्फ सुरक्षाकर्मी परिचालित थिए। उनको तिब्बत प्रवेश चिनियाँ सुरक्षाकर्मीको आँखाबाट छिप्न सकेन। घर पुग्न नपाउँदै न्वाङ पक्राउ परे।, मुस्ताङको कोरोला नाकाबाट लुकिछिपी तिब्बत छिर्न खोजेका न्वाङ चोएयुन। तस्बिर सौजन्य: सुन्दरकुमार थकाली।, चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरेर न्वाङलाई केरकार गरे। चिनियाँ सुरक्षाकर्मीसँग उनले आमालाई भेट्न जान लागेको बताए। आमालाई भेटेर फर्कने भन्दै बिन्ती बिसाए। तैपनि सुरक्षाकर्मीले दिएनन्, उल्टै नेपाली सुरक्षाकर्मीको जिम्मा लगाइदिए।, न्वाङसँग आफ्नै देशको पासपोर्ट थिएन। तिब्बती शरणार्थी आफ्नो देश फर्कन चीन सरकारको कडा सर्त स्वीकार्नु पर्ने शरणार्थी शिविरका अगुवाहरू बताउँछन्। उनीहरूका अनुसार स्वदेश फर्कन धेरै लामो प्रक्रिया पार गर्नुपर्छ, देश गएर फेरि फर्किन नपाइन पनि सक्छ।, यसका लागि जुन देशमा शरणार्थी भएर बसेको हो, त्यही देशस्थित चिनियाँ दूतावासमार्फत् उनीहरूले पहिला पासपोर्ट बनाउनु पर्छ। सरकारले दिएको समयसीमा र सर्त पालना गरे घर पुगेर फर्कन पाउँछन्। न्वाङले यति लामो प्रक्रिया र सर्त पूरा नगरी लुकीछिपी घर जान खोजेका थिए।, मुस्ताङस्थित नेपाल प्रहरीलाई दिएको बयानमा न्वाङले सरकारी प्रक्रिया झन्झटिलो हुने भएकाले लुकिछिपी तिब्बतस्थित घर जान लागेको बताएका छन्।, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रवक्ता प्रहरी निरीक्षक प्रताप पौडेलले अनुसन्धानका क्रममा न्वाङ तिब्बत फर्कन खोज्नुमा आमालाई भेट्नुबाहेक अरू उद्देश्य नदेखिएको बताए। नेपाली र चिनियाँ सुरक्षाकर्मीले लिएको बयान र खानतलासी गर्दा उनका साथमा १ जोर कपडाबाहेक केही नभेटिएको पौडेलले बताए।, भारतको कर्नाटकबाट आमा भेट्न हिँडेका न्वाङ आमालाई नभेटी फेरि भारत फर्कन बाध्य छन्। प्रहरीले न्वाङलाई मुस्ताङको घरपझोङ गाउँपालिका-२ छैरोस्थित तिब्बती शरणार्थी शिविरमा छाडेका थिए। मुस्ताङ प्रहरीले न्वाङलाई शिविरका मुखिया छिरिङ वाङ्डुको जिम्मामा लगाएको थियो।, प्रहरीले न्वाङलाई नेपाल मानव अधिकार संगठन मुस्ताङकी संयोजक पुष्पा शेचन, पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली र छैरो तिब्बती शरणार्थी शिविरका नोर्बु फिन्छोकको रोहबरमा छाडेको थियो। शिविरबाट न्वाङलाई सोमबार पोखराको हेम्जास्थित शरणार्थी शिविरमा ल्याएको छ। अब उनलाई काठमाडौं पठाउने तयारी भएको बताइएको छ।, छैरो तिब्बती शरणार्थी शिविरका मुखिया छिरिङ वाङ्डुका अनुसार यसअघि पनि घर जान हिँडेका तिब्बतीलाई चिनियाँ सेनाले बाटोबाटै समातेर फिर्ता गरिदिएको थियो।, सन् १९५९ मा बौद्ध धर्मगुरु दलाई लामासहित उनका अनुयायीले तिब्बत छोडेका थिए। उनीहरू नेपाल, भारतलगायत देशहरूमा शरण लिएर बसेका छन्। दलाई लामाका अनुयायी रहेका तिब्बती नागरिक अझै पनि तिब्बत छाडेर भाग्ने गरेका छन्। उनीहरू अधिकांश नेपालको बाटो भएर भारत र अन्य देशमा शरण लिन पुग्छन्।, यसरी शरणार्थी जीवन बिताएका तिब्बती नागरिक घर जान चाहे पनि चीन सरकारले जान नदिएको छैरो शरणार्थी शिविरका मुखिया छिरिङ वाङ्डुले बताए।, शरणार्थी जीवन बिताएका धेरै नागरिक आफ्नो स्वदेश फर्कन लालायित हुने गरेको उनले बताए। न्वाङले झैं ४/५ वर्षअघि ३ जना तिब्बती घर जान खोज्दा चिनियाँ सेनाले बाटोमै नियन्त्रणमा लिएर फर्काइदिएको उनले बताए।, ‘आफ्नो भूमि देख्न त हामीलाई पनि मन लाग्छ नि,’ उनले भने, ‘उता हेर्न पाउँजस्तो लाग्छ, खुला तरिकाले जान र आउन पाउने भए पो। जान पाइएन भने बिचमै यता न उता हुन्छ।’, आमा हेर्न लुकिछिपी तिब्बत छिरेका थिए, सुरक्षाकर्मीले बाटोबाटै फर्काइदिए
सेतोपाटी संवाददाता जलवायु परिवर्तनबारे अन्तरसरकारी समूह (आइपिसिसी) ले एक दशक (सन् २०११-२०२०) मा पृथ्वीको तापमान १ दशमलव ०९ प्रतिशतले बढेको जनाएको छ।, रिपोर्टले यदि आगामी पाँच वर्षभित्रमा कार्वनउत्सर्जन घटाउन नसकिए सन् २०४० सम्ममा पृथ्वीको तापमान १ दशमलव ५ प्रतिशतले बढ्ने प्रक्षेपण समेत गरेको छ। , आइपिसिसीले अध्ययनपछि सार्वजनिक गरेको नयाँ रिपोर्टमा पछिल्लो पाँच वर्ष पृथ्वी सन् १८५० पछिकै तातो रहेको उल्लेख गरेको छ।, त्यस्तै, पृथ्वीको तापमान वृद्धिमा मानवीय कारण प्रमुख रहेको रिपोर्टमा उल्लेख गरिएको छ। , आइपिसिसीले उच्च हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै गएको र बरफ जम्ने क्षेत्र समेत माथि सर्दै गएको उल्लेख गरेको छ।, '२१ औं शताब्दीमा हिउँले ढाकेका क्षेत्र र हिउँको मात्राहरू घट्दै जानेछ। त्यस्तै हिमनदीसमेत पग्लदै जानेछन्', रिपोर्टमा भनिएको छ, 'उच्च तापक्रम वृद्धिले हिमनदी फुट्ने र बाढी आउने तथा पहिला हिमनदी भएका क्षेत्रहरूमा पहिरो जाने सम्भावना छ।', रिपोर्टमा हिन्दु कुश क्षेत्रका हिमालका हिउँ घट्दै गएको उल्लेख गरिएको छ।, त्यस्तै, हिमाली क्षेत्रमा वर्षा हुने क्रम यो शताब्दीमा बढ्ने जनाइएको छ।  , रिपोर्टमा उल्लेख भएजस्तै सिन्धुपाल्चोकको मेलम्ची जलाधार क्षेत्रको माथिल्लो भेग र मनाङमा केही समय अघि भेलबाढी गएको थियो। रिपोर्टमा एसिया क्षेत्रमा उच्च गर्मी हुने दर बढ्ने तर उच्च चिसो हुने दरमा कमी हुने औंल्याइएको छ।, 'आउँदो दशकमा यस्तो प्रक्रियामा वृद्धि भएर जानेछ', रिपोर्टमा भनिएको छ, 'तातो हावा बहने र आद्रता अझै उच्च रहनेछ।', त्यस्तै एसियाली क्षेत्रमा आगलागी दर बढ्ने तथा वर्षा हुने दरमा वृद्धि हुने उल्लेख गरिएको छ। त्यस्तै एसियाली क्षेत्रका नदीहरूमा पछिल्ला वर्षहरूमा बहाव बढेको रिपोर्टमा जनाइएको छ।, जलवायु परिवर्तनबारे नयाँ रिपोर्ट: हिमालमा हिउँ घट्छ, गर्मी बढ्छ
सेतोपाटी संवाददाता धनुषामा पूजा आरधना गर्ने क्रममा करेन्ट लागेर दुई जनाको करेन्छ मृत्यु भएको छ।, क्षिरेश्वरनाथ नगरपालिका–३ स्थित पर्सा टोलका पुरन यादवको घरमा आयोजित हनुमान आरधना कार्यक्रममा मंगलबार साँझ करेन्ट लागेर दुई जना भजन मण्डलीको मृत्यु भएको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षका मनिराम यादव रहेका छन्। आरधनाको क्रममा पानी परेको बेला माइकमा करेन्ट प्रवाह भएर गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक तिलक सुनारले जानकारी दिए।, उनीहरूको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले बताए।, धनुषामा पूजा गर्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु
रासस धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ।, क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मंगलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।, मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको प्रहरीले जनाएको छ।, दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।, भजनकीर्तन चलिरहेका बेला माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु
रासस भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ।, बेलायती कानूनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको हो।, प्रहरीले त्रिपाल हटाउन खोज्दा अनशनरत समूहले रोक्न खोजेको थियो तर प्रहरीले त्यसको बास्ता नगरी हटाइदिएको थियो।, त्रिपाल हटाउने क्रममा अनशनरत एक सदस्य ज्ञानराज राईले दुई शताब्दीदेखि बेलायतका लागि लड्दै आएका गोर्खाहरूलाई यसरी हस्तक्षेप गरेर पुरस्कार दिएको हो भनेर प्रशासनसमक्ष प्रश्न गरेका थिए।, कानूनको बहाना बनाएर अनशनलाई कमजोर बनाउन खोजेको गोर्खा सत्याग्रह सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए।, भोक हड्ताल गरिरहेका गोर्खाहरूका सम्बन्धमा सङ्घीय प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उच्चस्तरीय समिति गठन गर्न मङ्गलबार नै निर्देशन दिएको छ।, बेलायत सरकारले समय तोकेर आधिकारिक जवाफ नदिएसम्म आन्दोलन नटुङ्गिने सत्याग्रह समितिले जनाएको छ। पछिल्लो चार दिनदेखि भूपू गोर्खाहरू ज्ञानराज, धनमाया गुरुङ र पुष्पा राना घले भोक हड्तालमा छन्।, भूपू गोर्खाहरूको आमरण अनसनमा बेलायती प्रहरीको हस्तक्षेप
रासस कालीगण्डकीले बनाएको गहिरो गल्छी र त्यही गल्छीमा उभिएको छ ठूलो पहाड।, छेउछाउमा जाँदा आङ नै सिरिङ्ग हुने भीर छ।, वारि बागलुङको बलेवास्थित नारायणस्थान गाउँ र पारी छ पर्वतको सदरमुकाम कुश्मा बजार। यी दुईको बीचमा पर्छ कहालीलाग्दो पहाड।, यही भीर भएर कालीगण्डकीको दक्षिण पश्चिमतर्फ पाखो र कालीतिरमा अहिले मानव विचरण बढ्दो छ। लाग्थ्यो, भीर कहिलै कसैको रोजाइँ पर्दैन।, पहिले घाँस दाउराका लागिसमेत नजिक पर्न नसकिने भीर अहिले साहसिक घुमघामको थलो बनेको छ। बाँदर दौडिन पनि नसक्ने भीरमा धमाधम संरचना बनेका छन्।, तिनै संरचनाले आन्तरिक पर्यटक लोभ्याइरहेका छन्।, कहालीलाग्दो पहाड बन्दैछ पर्यटकीय केन्द्र
सेतोपाटी संवाददाता केही दिनदेखि अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ।, मेलम्ची जिरोकिलो सडकखण्डको सिपाघाट नजिकैको रातो पहिरामा बाटो मर्मत गरेपछि उक्त राजमार्ग सञ्चालनमा आएको हो।, इन्द्रावती खोलाले बाटो कटान गरी उक्त सडक केही दिनदेखि अवरुद्ध भएको थियो। पहिरोको कारणले सडकमाथिको बस्ती नै जोखिम भएको भन्दै स्थानीयवासीले पहिरो सफा गर्न रोकेका थिए।, आज बिहान स्थानीयवासी र नगरपालिकाबीच छलफल गरी सडक खुलाउने सहमति भएको र बेलुकीबाट सडक सञ्चालनमा आएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताए। यो सडक बन्द हुँदा साँखु हुँदै यात्रा गर्न स्थानीयवासी बाध्य थिए। ,रासस, अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा
सेतोपाटी संवाददाता सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।, जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर ४ चम्बुताराबाट मिक्चर बोकेर कालिमाटी आउँदै गरेकोे रा १ त ४०४२ नम्बरको ट्याक्टर मंगलबार राति साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।, दुर्घटनामा परी ट्याक्टर चालक साेही गाउँपालिका वडा नम्बर ३ का १९ वर्षीय खुम बहादुर ओली र मिक्चर हेल्पर शोही ठाउँ बस्ने २० वर्षीय यज्ञ बहादुर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।, यस्तै ट्रयाक्टर दुर्घटना हुँदा मिक्चर चालक कालिमाटी गाउँपालिका ३ कालिमाटीका जंग बहादुर सिरिष मगर, ट्याक्टर सहचालक शोही ठाउँ बस्ने वर्ष १७ को कमल विक र मिक्चर हेल्पर कालिमाटी गाउँपालिका ४ का २० वर्षीय खुम बहादुर बस्नेत छन् ।, घाइते मगर र विकको अवस्था गम्भीर रहेको सूचना अधिकारी पौडेलले बताए। घाइते तीनै जनाको उपचारको लागि तुलसीपुर पठाइएको छ ।, ट्याक्टर अनियन्त्रित हुँदा सडकबाट ६० मिटरसम्म तल खसेको छ। अहिले घटननास्थलमा स्थानीय प्रहरी रहेकाे र थप अनुसन्धानका लागि इप्रका लुहामबाट प्रहरी निरीक्षक स्याम प्रकाश यादवकाे टाेली घटनास्थल तर्फ लागेकाे छ।, सल्यानमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु तीन घाइते
रासस उयदपुरको त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ।, साउन १३ गतेदेखि बेपत्ता भएकी कृशलाको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा विभत्स अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ।, कृशलाको हत्या रहस्यमय रहेको र अनुसन्धान निकै जटिल भएका कारण अहिले प्रहरीले विभिन्न कोणबाट कडाइका साथ अनुसन्धान सुरु गरेको छ।, कृशला हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए।, कृशलाका बुबा प्रेम चौधरीका अनुसार छोरी १३ गते जङ्गलमा घाँसदाउरा गर्न गएकी र सोही समयदेखि अचानक हराएकी थिइन्।, खोजी गर्ने क्रममा साउन १९ गते स्थानीय राजदेवी सामुदायिक वनमा उनको बिभत्स अवस्थामा शव फेला परेको हो।, जङ्गलमा घाँसदाउरा गर्न गएका बेला केही समूहले जबर्जस्ती करणी गरेर उनको विभत्स ढङ्गले हत्या गरेको हुन सक्ने मोहनपुरका स्थानीय खगेन्द्र कटुवाल बताउँछन्।, प्रहरीका अनुसार कृशलाको यौनाङ्ग क्षतविक्षत भएर डढेको, शरीरका धेरै भाग डढेर कालो भएको, दाँत भाँच्चिएको चिन्न नसक्ने अवस्थामा भेटिएको थियो।, हत्याका विषयमा अहिले प्रहरीले गम्भीर ढङ्गबाट अनुसन्धान सुरु गरेका कारण केही समयभित्रै सत्यतथ्य बाहिर ल्याउन लागेको उदयपुर प्रहरीले बताएको छ। अहिलेसम्म अनुसन्धानका क्रममा तीन जनालाई पक्राउ गरिएको र आवश्यकतानुसार अन्य सबैको अनुसन्धान हुँदै जाने पनि प्रहरीले बताएको छ।, कृशलाको हत्या विषयमा तथ्य कुरा र हत्यारा पत्ता लगाउन शव र शरीरका अन्य भागको समेत फोरेन्सिक परीक्षणका लागि स्वास्थ्य प्रयोगशाला पठाइएको प्रहरीले बताएको छ।, हत्यामा संलग्न अरु चाँडै पक्राउ पर्ने र केही व्यक्तिलाई अनुसन्धान दायरामा ल्याइएका कारण हत्यारालाई पत्ता लगाएर कारवाही गरिछाड्ने उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले प्रतिबद्धता गरेका छन्।, जंगलमा भेटियो किशोरीको शव, हत्या आशंकामा तीन जना पक्राउ
सेतोपाटी पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग गरेका छन्।, कोरोनाले थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि मङ्गलबार साँझ पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी यथाशीघ्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराई विश्व पर्यटन क्षेत्रमा विश्वसनीय वातावरणका लागि पहल गरी सम्पूर्ण पर्यटकीय क्षेत्र खुला गर्न माग गरेका हुन्।, आर्थिक वर्ष २०७८/७९ को बजेटमा घोषणा गरिएको पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रमलाई यथाशीघ्र लागू गर्नुपर्ने, कोभिडविरुद्धको खोपको मात्रा पूरा गरी नेपाल आउने पर्यटकलाई क्वारिन्टनमा बस्न नपर्ने तथा विमानस्थल र अन्य प्रवेश विन्दुमा पिसिआर परीक्षणको व्यवस्था मिलाउनुपर्ने नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज् (नारा)का महासचिव शिशिर खनालले बताए।, पर्यटकको यात्रा सहजीकरण तथा नेपाल घुम्न प्रेरित गर्नका लागि अनलाइन भिसा सेवा प्रणालीमार्फत सहजरूपमा ‘भिसा अन–अराइभल’ व्यवस्था लागू गर्नका लागि फ्रि भिसाको कार्यान्वयन अविलम्ब सुरु गरी पर्यटकीय सेवा प्रदायक होटल/एजेन्टमार्फत मात्र भ्रमण गर्न पाउने व्यवस्था गर्न माग गरिएको छ।, स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन प्रभावकारी बनाउन देशव्यापी तालिम तथा अनुगमन संयन्त्रको व्यवस्था गर्नुपर्ने, सिसीएमसीमा पर्यटनसम्बद्ध मुख्य छाता सङ्गठनका अध्यक्षबाट प्रतिनिधित्व हुनुपर्ने, पर्यटक सवारी साधनमा छुट्टै किसिमको इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ।, ट्रेकिङ, टूर, र्‍याफ्टिङलगायतको व्यवसायलाई बचाइराख्नका लागि न्यूनतम अधिकृत पूँजी रु २५ लाख बराबर बिनाधितो शून्य प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले बताए।, कोभिडका कारण पर्यटन यातायात सञ्चालन नभएको अवस्थामा सवारी कर पूर्णरूपमा छुट गर्नुका साथै आव २०७६/७७ र २०७७/७८ को जरिवना पूर्ण छुट गर्न माग गरिएको छ।, पर्यटकीय यातायात व्यवसायीका लागि तीन प्रतिशतमा कर्जा उपलब्ध गराउनुपर्ने साथै सवारी साधन जाँचपास तथा प्रदूषण परीक्षण शीर्षकमा लाग्ने कर तथा जरिवना एक वर्षका लागि मिनाहा गर्नुपर्ने टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)का अध्यक्ष ईश्वर शर्माले बताए।, संयुक्त विज्ञप्ति जारी गर्नेमा टान, टिवान, नारा, नेपाल एसोशिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा), होटल सङ्घ नेपाल (हान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), नेपाल एशोसिएशन अफ टुर अप्रेटर (नाटो, हिमालय उद्धार सङ्घ (एचआरए)लगायतका पर्यटकीय सङ्घसंस्था रहेका छन्।, (रासस), एक महिनाभित्र कोरोना खोप दिन पर्यटन व्यवसायीहरूको माग
सेतोपाटी संवाददाता कागजात किर्ते गरी नेपाली नागरिकता बनाउन खोजेको आरोपमा पक्राउ परेका तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।, भारत घर भएका ज्वाइँलाई छोरा भन्दै कागजात किर्ते गरी नेपाली नागरिकता बनाउन खोज्ने ज्वाइँ-ससुरासहित तीन जना कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।, राजविराज नगरपालिका वडा नम्बर १५ बस्ने देवन यादव, उनका ज्वाइँ पर्ने भारतीय नागरिक शिवनन्दन र कागजात किर्ते गरिदिने सञ्जीवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।, ससुरा देवनले आफ्नो ज्वाइँ शिवनन्दनलाई छोरा बनाई नेपाली नागरिकता लिन खोजेका थिए। सञ्जीवकुमारले वडा १५ का वडाध्यक्षको हस्ताक्षर, कार्यालयको छाप, लेटर प्याड समेत किर्ते गरेको प्रहरीले जनाएको छ।, त्यसरी कागजातसहित जिल्ला प्रशासन कार्यालय सप्तरीमा जाँदा उनीहरू पक्राउ परेका थिए।, अनुसन्धानपछि अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।, किर्ते गरी नेपाली नागरिकता बनाउन खोजेको आरोपमा पक्राउ परेका तीन जना जेल चलान
खिलानाथ ढकाल ढोलाहिटी-सुनाकोठी सडकबारे कुरा उठाउँदा ललितपुर महानगरपालिका-२७ स्थित बालकुमारी माध्यमिक विद्यालयका शिक्षक रत्नबहादुर महर्जन ‘फिस्स’ हासे।, ‘खै, कस्तो बाटो बनेछ भनेर बयान गर्ने? घरबाट भित्र-बाहिर गर्दा म दिनहुँ यही बाटो देख्छु,’ महर्जनले भने, ‘कसलाई के दोष लगाउने?’, मंगलबार स्कुलमा पुग्दा उनी अनलाइन कक्षा चलाइरहेका थिए। सडकको अवस्थाबारे बताइदिनुपर्‍यो भनेपछि उनी दुई मिनेट बाहिर निस्किए।, ‘यो बाटो पिच गर्दा ठेकेदारको जति दोष छ, त्यो भन्दा धेरै दोष सरकारी निकायका इञ्जिनियरको देख्छु म,’ उनले भने। हिजोआज उनी ढोलाहिटी-सुनाकोठी सडक पिच गर्न स्थानीयले ठेकेदारलाई गत साल कति दबाब दिएका थिए, कति हैरानी खपेका थिए भन्ने सम्झन्छन्।, ‘यो बाटो पिच गर्नुपर्‍यो भनेर कतिसम्म मेहनत गरियो होला हामी र यहाँका बासिन्दाले,’ उनी सम्झिन्छन्, ‘कस्तो अल्पज्ञानले बाटो बनाइँदो रहेछ भन्ने देख्न छ महिना नै काफी भयो।’, ६ महिना अगाडि पिच गरिएको ढोलाहिटी-सुनाकोठी सडक, ढोलाहिटी-सुनाकोठी सडकको विगत र वर्तमान देख्ने प्राय: सबै स्थानीय उनको प्रतिक्रियासँग सहमत देखिन्छन्।, वडाध्यक्ष बाबुराजा महर्जन भन्छन्, ‘मेरा मतदाता पहिले बाटो बनाउन दबाब दिन्थे, अहिले मलाई नै ठेकेदारसँग मिलेमतो गरेर कमसल बाटो बनाइदिइस् भन्छन्, के भनेर सम्झाउनु म हत्तु छु।’, उनका अनुसार गत साल असारमा वडा कार्यालयअगाडि स्थानीयले रोपाइँ गरेपछि यो बाटो पिच गर्नका लागि सर्वपक्षीय छलफल भएको थियो।, ठेकेदारलाई बोलाएर छलफल गरेपछि उनले असोजमा सडक पिच गर्छु भने। ठेकेदारले बचन दिएपछि दुई-चार महिना स्थानीय चुप लागेर बसे।, तर सडक असोजमा पिच हुने लक्षण देखा परेन। कात्तिकमा पनि पिच नभएपछि स्थानीय कहिले वडा कार्यालय गए, कहिले सडक विभाग, तैपनि भएन।, पुसमा त बाटो नै बन्द गरेर सडक पिच गर्नका लागि दबाब दिनुपरेको थियो। यति दबाब दिएपछि बल्ल ठेकेदारले बाटो पिच सुरू गरेका थिए।, माघसम्ममा पिच भएको सडकको कतिपय भाग अहिले साउन महिना आइपुग्दा माटोमा बिलाएको छ। ढोलाहिटी-सुनाकोठी सडकको झन्डै पच्चीस प्रतिशत भागमा कहीँ ठूल्ठूला खाल्डा बनेका छन्, कतै पिच नै हराएको छ।, यो सडक पिच गर्ने कम्पनी शैलुङ कन्स्ट्रक्सन हो। शैलुङका प्रोप्राइटर शारदाप्रसाद अधिकारी हुन्। उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरवेटी पनि हुन्।, स्थानीयले धेरै दबाब दिएपछि अधिकारीको कम्पनी शैलुङले बाटो पिच गरेको थियो। अधिकारीका अनुसार यो सडकको मुख्य ठेकेदार कम्पनी दिवा कन्स्ट्रकसन थियो, शैलुङ ज्वाइन्ट भेन्चर कम्पनी थियो।, ‘दिवाले काम नगरेपछि सबै काम मैले नै गरेको थिएँ,’ अधिकारीले भने, ‘यो बाटो भत्किनुमा ठेकेदारको मात्र दोष छैन, अन्य धेरै कारण छन्।’, म आफैं बनाउँछु, यो अन्तिम सरकारी काम हो : अधिकारी, शैलुङ कन्स्ट्रक्सनका प्रोप्राइटर शारदाप्रसाद अधिकारी। तस्बिरः सेतोपाटी, अधिकारीले ढोलाहिटी-सुनाकोठीको बाटो आफूले पिच गरेको र अहिले भत्केको सबै सडक आफैं बनाउने बताए। उनले यो बाटो बिग्रिनुमा मेलम्चीको पाइपलाइन मुख्य जिम्मेवार रहेको बताए।, ‘मसँग रहेको कम्पनीले काम नगरेपछि मैले जिम्मा लिएँ, सडक पिच पनि गरेँ, अहिले सडक हस्तान्तरण भइसकेको छैन, भत्केको बाटोमा मैले सामान झारेर काम थालेको छु,’ अधिकारीले भने, ‘बाटो पिच गर्नु/बनाउनु मेरै जिम्मेवारी हो।’, शैलुङ कम्पनीका इञ्जिनियर अरविन्द महासेठले पनि यो बाटो आफूहरूले नै बनाउने बचन दिएका छन्। उनले पनि मेलम्चीको पाइपलाइन रसाएका कारण पिच बिग्रेको बताए।, महासेठका अनुसार सडकको मुख्य र सहायक भागमा ढुंगा-गिट्टी हालेर रोलरले मिलाइएको थियो। पछि मेलम्चीको पाइपलाइन बनाउँदा त्यो भाग खोतलियो।, ‘खोतलेपछि हामीले पुन: रोलर हालेर मिलाउन खोज्यौं, तर स्थानीयले एकदमै छिटो बाटो पिच गर्नुपर्‍यो भनेर दबाब दिए,’ उनले भने, ‘हामीले रोलरले पेलेर काम त गर्‍यौं, तर चैतमा मेलम्चीको पानी आउँदा पाइपलाइन चुहियो, चुहिएपछि पानीले सडक बिगार्न थाल्यो।’, बिग्रिएकोबारे सडक विभागसँग पनि कुराकानी गरेर काम अगाडि बढाउन सुरू गरिएको उनले बताए। तर, हाल वर्षायाम भइरहेकोले तुरुन्तै बाटो पिच गर्न नसकिने उनको तर्क छ।, ‘अहिले बाटो पिच गर्ने काम सुरू गर्न सकिँदैन, जब वर्षा रोकिन्छ त्यसपछि यो बाटो पिच गर्छौं, अहिले डोजर लगाएर बाटो सम्याउने काम सुरू भएको छ,’ उनले भने, ‘जति घाटा व्यहोरेर भए पनि यो बाटो पिच गर्ने काम हाम्रै हो, हामी गर्छौं।’, सडक विभाग यो बाटोको पिच भत्किएकोबारे जानकार छ। सडक विभागका महानिर्देशक अर्जुनजंग थापा पनि मेलम्चीको पाइपलाइन चुहिएका कारण यो सडकमा समस्या आएको स्विकार्छन्।, ‘मेलम्चीको पानी आएपछि चुहावट सुरू भयो, चुहावट नियन्त्रण गर्न खोज्दाखोज्दै बाटो भत्कियो, सबै बाटो भत्किएको छैन,’ उनले भने, ‘जति भत्किएको छ, त्यो बाटो ठेकेदार कम्पनीले आफैं बनाउँछ, यसमा इञ्जिनियरिङ केही पनि गल्ती होइन।’, ६ महिना अगाडि पिच गरिएको ढोलाहिटी-सुनाकोठी सडक, उनले ढोलाहिटी-सुनाकोठी सडकको आफूले स्थलगत अध्ययन गरेको पनि बताए। थापाले मेलम्चीको पाइपलाइनमा अहिले पानी नआए पनि त्यसको मर्मत-सम्भार गरेर मात्र सडक पिच गर्न लगाइने बताए।, ‘त्यहाँ नयाँ र पुरानो खानेपानीको पाइपलाइन छ,’ उनले भने, ‘चुहिएका ठाउँजति मर्मत गर्न हामीले भनिसकेका छौं, ती ठाउँ बनेपछि ठेकेदारले सडक पिच गर्छ।’, शैलुङ र उसको कम्पनीले जिम्मा लिए पनि सडक पिच समयमा नगरेपछि गत पुसमा स्थानीयले आन्दोलन गरेका थिए। बाटो पिच भएपछि ढुक्क भएका स्थानीय छ महिनामै पिच माटोमा बिलाएपछि आक्रोशित छन्।, उनीहरू भन्छन् – दुई महिनासम्म लकडाउन हुँदा सडकमा गाडी नै चलेका थिएनन्। पिचपछि लगातार गाडी चलेका भए त यो बाटोमा पिचको नामोनिशान नदेखिने रहेछ।, ‘बाटो पिच भएपछि दुई महिना पनि राम्रोसँग गाडी चल्न नपाउँदै भत्किन थाल्यो, लकडाउन खुलेको एक महिनामा कतिपय ठाउँमा पिच देखिँदैन,’ स्थानीय विजय महर्जन भन्छन्।, उनको भनाइअनुसार छ महिनामध्ये यो बाटोमा तीन महिनाजति गाडी राम्रोसँग चले। ‘जब तीन महिनामै पिच भत्किएर माटो माथि आउँछ भने कस्तो गुणस्तरको काम गरिएछ?,’ विजय प्रश्न गर्छन्।, वडाध्यक्ष बाबुराजाका अनुसार अहिले सडक विभाग र ठेकेदार कम्पनीका इञ्जिनियर खुब धाइरहेका छन् यहाँ। यतिचाँडो पिच भत्किएपछि उनीहरूलाई ढोलाहिटी-सुनाकोठी सडकले ‘लज्जाशरणम्’ बनाइदिएको छ।, ‘ठेकेदारले दुई वटा एक्साभेटर ल्याएर राखेका छन्, सायद यो बाटो पुन: खोतलेर पिच गर्ने योजना उनीहरूको छ,’ बाबुराजाले भने। अहिले वर्षायाम छ, पानी परिरहन्छ। यस्तो बेला यो बाटो फेरि भत्काएर पिच गर्दा दु:ख स्थानीयले नै पाउने छन्।, ‘तुरुन्त बाटो नबनाए स्थानीयले दबाब सिर्जना गर्छन्, नबनाउँदा लाज कसरी ढाक्ने चिन्ता उनीहरूलाई छ,’ बाबुराजा भन्छन्, ‘भदौको पहिलो सातासम्म नभत्काए हुन्थ्यो, यहाँ सांस्कृतिक जात्रा पनि निस्किने बेला भएको छ, त्यसबेला जनताले दु:ख पाउँछन् भनेर म चाहिँ अहिले नै भत्काउन नदिने पक्षमा छु।’, महर्जनका अनुसार यो बाटो कान्ति लोकपथ अन्तर्गत हो। ललितपुर महानगरपालिका-२७ को सुनाकोठीमा मात्र पर्ने बिग्रिएको बाटोको क्षेत्रफल करिब दुई किलोमिटर छ। यो बाटोले ललितपुर महानगरपालिका २६, २७ र गोदावरी नगरपालिका-१२ छुन्छ।  , ठेकेदार कम्पनी र सडक विभागबीच यो बाटो २२ मिटर चौडा पार्ने सम्झौता थियो। अहिले उक्त बाटो ८ मिटर चौडाको छ। बाटो विस्तार गर्न मुआब्जा विवाद छ। साथसाथै यहाँ पुराना सम्पदाहरू छन्। ती सम्पदा जोगाउने ग्यारेन्टी नभएपछि र र मुआब्जा विवाद नटुंगिएकाले आठ मिटर बाटोमै पिच गरिएको वडाध्यक्ष बाबुराजा बताउँछन्।, वडाध्यक्षका अनुसार कान्ति लोकपथ अन्तर्गतको यो बाटो जनप्रतिनिधि निर्वाचित हुनुपूर्व नै ठेक्का लागेको थियो। यो क्षेत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल मात्रै होइन, उनकी बुहारी बिना मगर पनि बस्छिन्।, अहिलेकी ऊर्जा मन्त्री पम्फा भुसाल निर्वाचित भएको क्षेत्र पनि हो यो। यो बाटो दिनहुँ हिँड्ने प्रदेशसभा ‘क’ का निर्वाचित सांसद राजकाजी महर्जन र समानुपातिक सांसद दीपेश महर्जन छन्।, ‘के उनीहरूले यो बाटोको अवस्था नदेखेका होलान् र?,’ वडाध्यक्ष महर्जन भन्छन्, ‘उनीहरूलाई यो बाटोको अवस्थाले पिरोल्दैन होला?’, शैलुङका प्रोप्राइटर अधिकारीले यो बाटो नै आफूले लिएको अन्तिम सरकारी काम भएको दाबी गरे।, ‘यो बाटोबाहेक अहिले म सँग कुनै सरकारी काम छैनन्, यो बाटो बनाइदिएपछि म सरकारी कामबाट मुक्त हुन्छु,’ उनले भने, ‘आइन्दा अरू सरकारी काम लिँदा पनि लिन्न, सरकारी काममा धेरै अपजस र दु:ख पाएँ।’, ढोलाहिटी-सुनाकोठी सडक पिच भएको छ महिनामै क्षतविक्षत
सेतोपाटी मनसुनी वायुका कारण बुधबार देशको केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।, मनसुनी न्यूनचापीय रेखा नेपालको तराई नजिक आइपुगेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सविना शाक्यले बताइन्।, अबको दुई-तीन दिनसम्म देशमा मनसुन सक्रिय हुने भएकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने र एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना देखिएको उनको भनाइ थियो।, वर्षाका कारण पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रमा समेत असर पर्नसक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ।, आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ।, पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव छ डिग्री सेल्सियस रहेको छ।, त्यस्तै आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव दुई डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। रासस,  , मनसुनी वायुका कारण केही स्थानमा भारी वर्षा हुने सम्भावना
सेतोपाटी संवाददाता ओखलढुंगामा दुई जनाबीच कुटाकुट हुँदा एकको मृत्यु भएको छ।, सिद्धचरण नगरपालिका वडा नम्बर ५ चित्रेका ४२ वर्षीय पासाङ तेन्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए।, उनीसँग झगडा गर्ने सोही स्थान वर्णालुका ६३ वर्षीय आङ्गुबु शेर्पा गम्भीर घाइते छन्।, प्रहरी निरीक्षक पोखरेलका अनुसार उनीहरू दुई जनाबीच गएराति बाटोमै कुटाकुट भएको हो।, दुबै जनाले ढुंगाले हानेर एकअर्कासँग झगडा गरेको उनले बताए।, 'दुबै जनाको टाउको, हात खुट्टामा चोट लागेको छ। एकअर्कालाई ढुंगाले हिर्काएर झगडा गरेका थिए,' प्रहरी निरीक्षक पोखरेलले भने।, झगडापछि गम्भीर घाइते बनेका दुबै जनालाई  राति नै सामुदायिक मिसन अस्पताल ओखलढुंगा पुर्‍याइएको थियो। त्यहाँ पासाङको उपचारको क्रममा मृत्यु भएको थियो।, आङ्गुबु शेर्पा पनि अहिले सोही अस्पतालमा उपचाररत छन्।, 'उनी अहिले गम्भीर घाइते छन्। बोल्न सक्ने अवस्थामा छैनन्। रिफर गरेर अन्त लग्ने कुरा भइरहेको छ,' उनले भने।, उनका अनुसार उनीहरू दुबै जनाले मादक पदार्थ सेवन गरेका थिए। एकै गाउँका उनीहरूबीच किन झगडा भयो भन्ने कारण भने अझै नखुलेको प्रहरीले जनाएको छ।, अहिले प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताइएको छ।,  , ओखलढुंगामा दुई जनाबीच कुटाकुट हुँदा एकको मृत्यु, अर्का गम्भीर घाइते
सेतोपाटी संवाददाता ओखलढुङगा सिद्धिचरण नगरपालिका-५ चित्रेस्थित बाटोमा आपसी झगडा भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ।, ४२ वर्षीय पासाङ तेन्जी शेर्पा र ६३ वर्षीय आङगुबु शेर्पाबीच झगडा भई कुटपिट भएको हो।, मंगलबार राति दुई जनाबीच कुटाकुट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ।, झगडामा दुबै जना गम्भीर घाइते भएकाना गम्भि द्धचरण नगरपालिका  थिए। सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु पासाङको मृत्यु भएको हो।, आङगुबु शेर्पाको सोही अस्पतालमा नै उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले घटनाबारे अनुसन्धान गरिरहेको छ।, मदिरा सेवनपछि आपसी झगडा हुँदा दुबैले एकले अर्कोमाथि ढुंगा प्रहार गरेका थिए।, ओखलढुंगामा दुई व्यक्तिबीच कुटाकुट हुँदा एक जनाको मृत्यु, अर्का गम्भीर
सेतोपाटी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजनालाई अघि सारेको छ।, संगठनले त्यसका लागि कार्ययोजना निर्माण गरिने बताएको छ।, डब्लुएचओले गर्दै आएको कामका बारेमा जानकारी दिन मंगलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत् डब्लुएचओका नेपाल प्रमुख डा राजेश पाण्डवले स्वास्थ्य अवस्थामा देखिएको कमजोरीलाई सुधार गर्न डब्लुएचओले विशेष गृहकार्य गरिरहेको बताए।, यसका लागि कर्णालीको कार्ययोजना अनुरूप अघि बढ्ने जनाउँदै नेपाल प्रमुख डा पाण्डवले अन्य प्रदेशको तुलनामा कर्णालीको स्वास्थ्य अवस्था कमजोर रहेकाले अहिले यो प्रदेशमा कोरोना खोप, स्वास्थ्य सामग्रीलगायतको उपलब्धता र आगामी दिनमा थाल्नुपर्ने रणनीतिका विषयमा जानकारी लिन सुर्खेत आएको जनाए।, ‘हरेक वर्गका नागरिकको स्वास्थ्य राम्रो हुनुपर्दछ भन्ने मान्यता विश्व स्वास्थ्य संगठनले राख्दछ। यहाँका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन हामी हातेमालो गर्न तयार छौं’, प्रमुख डा पाण्डवले भने, ‘यसका लागि संघ  र प्रदेश सरकारबाट यहाँको स्वास्थ्य अवस्था र कस्तो ठाउँमा सहयोग गर्दा प्रभावकारी हुन्छ भन्ने तथ्याङ्कसहितको प्रतिवेदन हामीले पाउँदा काम गर्न सहज हुनेछ।’, कर्णालीका नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउनका लागि नजिकबाट त्यो अवस्था नियालिरहेको र आउने दिनमा संगठनले स्वास्थ्य क्षेत्रको प्रगतिका निम्ति सहयोग गर्ने भन्दै उनले कोरोना महामारीको जोखिम कायमै रहेकाले यसबाट बच्न सबै पक्ष गम्भीर भएर लाग्न अनुरोध गरे।, डब्लुएचओले सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई १७५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको थियो।रासस, कर्णालीमा स्वास्थ्य सुधार्न कार्ययोजना बनाउँदै डब्लुएचओ
सेतोपाटी संवाददाता मेलम्ची तथा इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउन मेलम्ची नगरपालिकाले पाँच वटा मेसिन प्रयोगमा ल्याएको छ। , कुनै समस्या र बाधा अवरोध नआए १० दिनभित्रमा मेलम्ची बजार आसपासको  खोलालाई पुरानै धारमा फर्काउन सकिने विश्वास नगरपालिकाले लिएको नगरप्रमुख डम्बर अर्यालले बताए।, गत असार १ र त्यसपछि लगातार रूपमा आएको बाढीले मेलम्चीमा मात्र १९७ घरमा क्षति पुगेको छ भने एक हजार २८२ रोपनी खेतीयोग्य जमिनमा नोक्सानी पुगेको बताइएको छ। बाढीका कारण विस्थापित भएकामध्ये कोही टेन्टमा त कोही भाडाको घरमा बस्दै आएका छन् ।, मेलम्ची र हेलम्बुमा बाढीपहिरोमा परेर २० जना हराइरहेका र ६ जना घाइते भएका छन् भने पाँच जनाको मृत्यु भएको छ। बाढीपहिराका कारण मेलम्चीसहित हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा घर, सडक, पुल, खेती र व्यवसाय गरि करोडौं रूपैयाँको क्षति भएको बताइएको छ।, मेलम्ची र इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउने गृहकार्य शुरु
सञ्चिता घिमिरे र हुम्लाबाट दाने बोहरा/रासस केही समय पहिले सिमकोट–१ का पूर्ण भण्डारीले आफ्ना आफन्तलाई स्वाँस्वाँ आउने समस्याको उपचारका लागि झण्डै तीन घण्टा पिठ्यूँमा बोकेर सिमकोट जिल्ला अस्पताल पुर्‍याए। पहिले गाउँकै स्वास्थ्यचौकीमा उपचार गर्दा त्यहाँबाट जिल्लामा ‘पठाइएको’ उनले बताए।, गाउँमा रहेका स्वास्थ्यचौकीमा सामान्य किसिमका समस्याको  उपचार भए पनि जटिल समस्या हुँदा सिमकोट र त्यहाँबाट पनि ठिक नहुँदा अन्यत्र लैजानुपर्छ। सिमकोटका मात्रै होइन  लाली, पिउस, राया, थालीलगायतका स्थानका नागरिकको दैनिकी सडक नपुग्दा कष्टकर भएको छ। उनीहरुले झण्डै सात घण्टासम्म पैदलमा हिँडेर सिमकोटमा पुग्नुपर्ने बाध्यता रहेको छ।, सडक यातायात नहुँदा धेरै किसिमको समस्या भोग्नुपरेको यहाँका स्थानीयवासी सुनाउँछन्। सबैभन्दा बढी उपचार र खाद्यन्न आपूर्तिमा समस्या रहेको स्थानीयवासी बताउँछन्। गाउँघरका स्वास्थ्यचौकीमा भने जस्तो उपकरण र स्वास्थ्यकर्मी नभेटिने भण्डारीले बताए। एकातिर जिल्ला अस्पताल पुग्नै कठीन छ भने अर्कातिर जिल्लाबाट बाहिर जानुपर्दा अझै गारो रहेको उनले बताए।  उनले भने, ‘सक्नेले त जिल्लामा उपचार नहुँदा महङ्गो हवाई भाडा तिरेर जिल्ला बाहिर लान्छन् नसक्नेले उपचार नपाउने अवस्था छ।’ , सदरमुकाम भन्दा टाढा रहेका र त्यस आसपासका गाउँका नागरिकले परिवारका सदस्य वा आफन्त बिरामी हुँदा पिठ्यूँमा बोकेर लैजानुपर्ने बाध्यता छ। गाडी नहुँदा बिरामीको उपचार मात्रै नभएर जिल्लामा दैनिक उपभोग्य वस्तु तेल, चामल, चिनीलगायतको मूल्यसमेत महङ्गो तिरेर खानुपरेको छ। खाने तेलको मूल्य आधा लिटरको दुई सय रुपैयाँसम्म छ।, सडक यातायातसँग जोडिन बाँकी एक मात्रै जिल्ला सदरमुकाम सिमकोटमा नागरिकले गाउँमा जटिल बिरामीलाई स्टेचर तथा पिठ्यूँमा बोकेर उपचारका लागि सदरमुकाम ल्याउनुपर्ने बाध्यता छ। सरकारले वर्षेनि सिमकोटसम्म सडक पुर्‍याउने लक्ष्य राख्दै आएको धेरै वर्ष भयो तर त्यो अहिलेसम्म पूरा भएको छैन। वर्षेनी रेडियोबाट यही कुरा सुन्दै आएका जुम्ली भन्छन्, ‘अब त कुरा पत्यार लाग्न नि छाड्यो।’, हुम्लाको दक्षिणी क्षेत्रमा रहेका अदानचुली, चङ्खेली, ताँजाकोट र सर्केगाड गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । सडक सञ्जालले सिमकोटलाई नछुदा आसपासका गाउँपालिकालाई खाद्यन्न ढुवानीदेखि जटिल खालका बिरामीलाई जिल्ला अस्पतालसम्म पुग्नै गाह्रो भएको छ। जिल्लामा सडकले नछुँदा छिमेकी जिल्ला मुगु, बाजुराबाट चामल, तेल, साबुन र लत्ताकपडा घोडा खच्चडबाट ढुवानी हुने गरेको छ । सिमकोटमा व्यवसाय गरिरहेका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुदेखि अन्य सामाग्री पैदल मार्ग घोडा, खच्चरबाट ढुवानी गरेर ल्याउने गरेका छन्। , नेपालगञ्ज, सुर्खेतबाट हवाई मार्गबाट ढुवानी गरेर ल्याएको सामान महँगोमा खरिद गर्नुपर्ने भएकाले आफैं छिमेकी जिल्ला बाजुराको कोल्टी, मुगुको गमगडीलगायतका क्षेत्रमा पुगेर खाद्ययन्नदेखि अन्य सामग्री खरिद गरेर ल्याउने गरेको सिमकोट–२ का शङ्कर रावलले बताए। सडक नपुगेकै कारण आफू जानआउन गरी झण्डै एक साता हिँडेर सामान ल्याउनुपरेको उनले बताए। उनले भने, ‘सरकारले बजेट भाषणमा सडक पुर्‍याउने भनेपनि खोइ हामी दुर्गमका नागरिकले कहिले सिमकोटसम्म गाडीमा सामान ल्याउन पाउने हो?’, कुनै पनि सामान जुनसुकै माध्यमबाट भए पनि सिमकोट ल्याउँदासम्म महँगो हुने भएकाले सस्तो मोलमा बेच्न नसकिने रावलले बताए। एक पोका चाउचाउको मूल्य झण्डै ५० रूपैया पर्ने गरेको छ। चामल खच्चडले पैदल मार्गबाट ढुवानी गरेर ल्याउँदा तीन हजारदेखि पाँच हजार रूपैयाँ सम्मपर्छ। उनले भने, ‘हुम्लीको दुःख कहिले हट्ला, पिठ्यूँको भारी बोक्न छुटकरा कहिले हटेर हामीले पनि गाडी चड्न पाउँला।’, सिमकोटसँगै जोडिएको खार्पुनाथ गाउँपालिका–३ का सालिबाने टमटा अझै पनि आफूहरुले दैनिक ५/६ घण्टासम्म पैदल बिरामी बोकेर सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको गुनासो गरे। गाउँमा रहेका स्वास्थ्य संस्थामा सदरमुकामको जिल्ला अस्पताल जस्तो सबै सुविधा नहुँदा कि महङ्गो हवाई भाडा तिरेर हेलिकोप्टरमा जिल्ला बाहिर जानुपर्छ कि दिनभर पिठ्यूँमा बोकेर सिमकोट पुग्नुपर्ने हुन्छ । , ‘गाडी पुगेको भए सजिलो सेवा पाउथ्यौँ होला तर त्यसो नहुँदा हामी हुम्लाका भारी बोकेर दैनिकी चलाउन परेको छ’, टमाटाले गुनासो पोखे, ‘गाउँमै गाडी चलेर हाम्रा सुखका दिन कहिले आउने हो कुन्नी?’ खार्पुनाथ गाउँपालिकामा रहेको छारेभीरसहित गरेर सलिसल्लादेखि सदरमुकाम सिमकोटमा ट्र्याक खोल्न अब १० किलोमिटर मात्रै बाँकी रहेको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख विसुनदास लामाले बताए।, बाँकी रहेको खण्डमा अहिले निर्माणको काम अघि बढिरहेको उनले बताए। चट्टानी भीर भएकाले ट्र्याक खोल्ने काम सजिलो नभए पनि थोरै लम्बाई मात्रै बाँकी रहेको योजनाले जनाएको छ। सदरमुकाम सिमकोटलाई छुन अब १० किलोमिटर रहेकाले फागुन/चैतसम्म सिमकोटसम्म ट्र्याक खोलेर गाडी पुर्‍याउने लक्ष्यसहित काम भइरहेको उनले बताए।, सलिसल्लाबाट अगाडिको १० किमीमध्ये दुई किमी चट्टानी क्षेत्र रहेकाले सडक योजनाले मात्रै ट्र्याक खोल्नसक्ने अवस्था नभएको उत्तर–दक्षिण करिडोर निर्देशनालयले जनाएको छ । सो क्षेत्रमा अहिले पनि ठेक्का सम्झौता भएर निर्माणको काम भइरहेको छ । निर्माण व्यवसायीले खोल्न सकिने अवस्था नभएकाले बाँकी ट्र्याक खोल्न नेपाली सेना नै चाहिने निर्देशनालयका प्रमुख डा विजय जैसीले बताए। सडक विभागले ठेक्कामार्फत गरेको सडकमा पनि विस्फोटन सेनाले नै गर्नुपर्छ। उनले भने, ‘बढी चट्टानको क्षेत्रमा सेनालाई नै जिम्मेवारी दिँदा सिमकोट चाँडो सडक पुर्‍याउन सकिन्छ।’ , सिमकोटसम्म बाँकी १० किमी ट्र्याक खोल्न सात किमी सेनाले र तीन किमी विभागले नै गर्ने गरी छलफल भइरहेको छ । अहिले १० किमी ठेक्का चालू भएकाले निर्माण व्यवसायीलाई त्यही सडकका अरु काममा लगाउन सकिने प्रमुख डा जैसीले बताउनुभयो । अहिले निर्माण गरिरहेको व्यवसायीमार्फत खुलाउदा लामो समय लाग्ने देखिएकाले सात किमी सेनालाई दिन लागिएको हो । , सो खण्डमा ट्र्याक खुलाउन सेना पनि सकारात्मक रहेको छ । उहाँका अनुसार निर्माण व्यवसायीलाई विस्तारको काममा लगाउन सकिन्छ। अहिले बाँकी १० किमीमध्ये आठ किमीमा समस्या नभएको र दुई किमीमा ट्र्याक खुलिहालेमा सिमकोट सडक सञ्जालमा जोडिनेछ । उनले भने, ‘जुनजुन निकायले खुलाए पनि चाँडो सिमकोटसम्म सडक पुग्नुपर्छ भनेर नै लागिएको छ।’, कर्णाली करिडोरमा कतैकतै ट्र्याक खोल्ने काम भइरहँदा यसअघि खुलेका सडकमा भने सवारीसाधन चल्न थालेर स्थानीयवासीको जनजीवन सजिलो बन्दै गएको छ । सडक विभागले केही वर्ष पहिले नयाँ निर्माण हुने सबै सडक कम्तीमा पनि दुई लेनको बनाइने निर्णय गरेको थियो । सोही आधारमा पहिले ट्र्याक खुलिसकेका सडक अहिले विस्तार र स्तरोन्नति भइरहेको छ।, यसअघि सेनाले बुझाएको सडक अब ग्राभेलस्तरमा स्तरोन्नति हुने प्रमुख डा जैसीले बताए। आयोजनाले सो सडकमा विस्तृत अध्ययन प्रतिबेदन (डिपिआर) गरेर कालोपत्र गर्ने योजना बनाएको छ। उनले भने, ‘ट्र्याक खुलेका ठाउँमा पहिले दुई लेन बनाएर कालोपत्र हुनेछ।’, कुरैमा सीमित ‘सिमकोटमा सडक’
सेतोपाटी संवाददाता चेक बाउन्सको मुद्दामा ५० लाख जरिवाना पाएका व्यक्ति पक्राउ परेका छन्।, अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर ५ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षीय कासीराम भुसाललाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बुधबार चन्द्रागिरिबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक श्याम महतोले जानकारी दिए।, उनले आफ्नो खातामा रकम नभएको थाहा हुँदाहुँदै झुक्याएर चेक काटेर दिएका थिए। चेक बाउन्स भएपछि पीडितले अदालतमा मुद्दा हालेका थिए।, उच्च अदालत पाटनले गत माघ ४ गते १५ दिन कैद र ५० लाख जरिवाना सजाय सुनाएको थियो। सोही कारबाही कार्यान्वयन गराउन खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।, उनलाई ललितपुर जिल्ला अदालतमा हाजिर गराइएको छ।, चेक बाउन्सको मुद्दामा ५० लाख जरिवाना पाएका व्यक्ति चन्द्रागिरिबाट पक्राउ
खिलानाथ ढकाल युएन प्रश्नपत्र प्रकरण:, नेपाल प्रहरीको युएन मिसन परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा गठित छानबिन समितिले तीन जना प्रहरीलाई बर्खास्त गर्न सिफारिस गरेको छ। , बर्खास्तमा परेका प्रहरी कर्मचारीमा प्रहरी नायब निरीक्षक जनक थापा, प्रहरी हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बम छन्। , थापा परीक्षा शाखामा कार्यरत् थिए। शाह केही महिनाअघि मात्रै युएन शाखाबाट साइबर ब्युरो सरूवा भएका थिए भने बम युएन शाखामा कार्यरत् थिए। , शाह परीक्षार्थी पनि थिए। सुरूमा उनीकहाँ नै प्रश्नपत्र पुगेको थियो। , समितिले युएन शान्ति मिसन शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर राणा, परीक्षा सञ्चालन समितिका प्रहरी उपरीक्षक वेद विष्ट, प्रहरी नायब उपरीक्षक रुपेश खड्का, सुगन्ध श्रेष्ठसहित ११ जनालाई विभागीय कारबाहीको सिफारिस पनि गरेको छ। , कारबाहीको सिफारिस गरिएकाहरूमा प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक, हवल्दार, जवानसमेत छन्। , गत साउन १४ गते प्रहरी प्रधान कार्यालयमा लिइएको युएन परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएको थियो। सो प्रकरणमा प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक वसन्त लामाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।, समितिले बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको हो।, प्रतिवेदनमा तीन जना प्रहरीलाई बर्खास्तसहित ११ जनालाई विभागीय कारबाहीको सिफारिस गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। , साढे पाँच सयभन्दा लामो प्रतिवेदनमा युएन शाखाबाट ‘अक्षम्य गल्ती’ भएको औंल्याइएको समितिका एक सदस्यले सेतोपाटीलाई बताए। , छानबिन प्रतिवेदन अनुसार साउन १२ गते राति कार्यालय सहयोगी बमले प्रहरी उपरीक्षक राणाको टेबुलबाट प्रश्नपत्र निकालेका थिए। जुन कुरा परीक्षा शाखाका सई थापा र प्रहरी नायब उपरीक्षक खड्कालाई थाहा थियो। , डिएसपी खड्का परीक्षार्थी थिए। परीक्षा हुनुअगावै प्रश्नपत्र उनको हातमा पुगेको थियो। , ‘आपसी मिलेमतोमा उनीहरूले प्रश्नपत्र सार्वजनिक गरेको पाइएको छ,’ प्रतिवेदन औंल्याउँदै समितिका ती सदस्यले भने। , उनका अनुसार यो प्रश्नपत्र ११९ जना परीक्षार्थीकहाँ पुगेको पत्ता लागेको छ। , बमले अर्को चाबी छिराएर एसपी राणाको टेबलबाट प्रश्नपत्र निकालेको पाइएको छ। डिएसपी आफैंले सो प्रश्नपत्र प्रयोग गरेका कारण उनले माथिल्लो निकायमा खबर गरेनन्। , जब परीक्षा सुरू भयो, त्यसपछि अपराध अनुसन्धान विभागले थाहा पाएर रोकेको थियो। नयाँ प्रश्नपत्र बनाएर परीक्षा लिएको थियो। , छानबिन प्रतिवेदनमा हालसम्म लिइएका युएनका सबै जाँच रद्द गरी नयाँ लिन सिफारिस गरेको छ। , एसएसपी कुँवरले परीक्षार्थी भएकालाई युएन शाखामा काम गर्न रोक लगाउने, दुई वर्षभन्दा बढी समयसम्म युएन शाखामा कुनै पनि कर्मचारीलाई नराख्ने लगायत सिफारिस भएको बताए।  , ‘आइन्दा युएन शाखाबाट यस्तो गल्ती हुन नदिनका लागि आवश्यक प्रबन्ध मिलाउने पनि सिफारिस गरिएको छ,’ उनले भने।   , नेपाल प्रहरीको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको युएनपरीक्षामा वरिष्ठ प्रहरी उपरीक्षकदेखि जवानसम्म पदका २४ सय परीक्षार्थी सहभागी थिए।, तीन जना प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस
एजेन्सी विश्वभर चर्चामा आएका १४ चिनियाँ जंगली हात्ती पुन: आफ्नो बासस्थान फर्किन थालेका छन्।, कयौं दिनसम्म आफ्नो बासस्थान छाडेर सहर, वन-जंगल हिँडेका ती हात्तीको बथान अहिले फेरि फर्किंदै गरेको सिजिटिएनले जनाएको छ। हात्तीको बथान त्यसरी हिँडेपछि संसारभर नै चर्चित बनेको थियो।, उनीहरू अब आफ्नै बासस्थान युनानको दक्षिण-पश्चिमी क्षेत्रतिर जाँदैछन्।, हात्तीहरूले पछिल्ला पाँच दिन युनानस्थित युक्सी सहरको युआनजियाङमा बिताएका थिए। ती समयमा उनीहरूले त्यहाँ घुम्दै र खाना खोज्दै बिताए।, वन्यजन्तु संरक्षकका अनुसार ती १४ हात्तीले १३ सय किलोमिटरको यात्रा गरिसकेका छन्। सोमबार भएको प्रेस ब्रिफिङमा हात्तीहरूले युआन नदीको ब्रिज काटिसकेको अधिकारीले बताएका थिए।   , ती हात्तीका कारण हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न स्थानीय सरकारले आपतकालीन कमिटी बनाएको थियो। सो कमिटीले हात्तीहरूलाई आफ्नो बासस्थान फर्किन मद्दत गर्दैछ। बाटो नबिराउन तारहरूमा करेन्ट छाडेर र कृत्रिम सडक बनाएर उनीहरूलाई आफ्नो रूट देखाइरहेको रोयटर्सले जनाएको छ।   , हात्ती सहर पसेदेखि नै स्थानीय अधिकारीहरूले ड्रोनले ट्रयाक गरिरहेका छन्। , कमिटीका सदस्य याङ यिङयोङका अनुसार उनीहरूको रूट तय गर्न वैज्ञानिक रूपमै योजना बनाइएको थियो।, युनान प्रान्तले २५ हजार प्रहरी र कर्मचारी खटाएको थियो। साथै हात्तीलाई ट्रयाक गर्न, खुवाउन र मानिसको सुरक्षाका लागि १५ सय आपतकालीन सवारीसाधन समेत खटाइएको थियो।, उनीहरूले यात्रा गर्ने रूटमा रहेका एक लाख ५० हजार मानिसहरूलाई स्थानान्तरण समेत गरिएको थियो। त्यस्तै, हात्तीका कारण ५ मिलियन युयानको क्षति समेत भएको छ।, गत वर्ष मार्चमा युनानको सिसुवाङबन्ना स्वशासित क्षेत्रस्थित जंगल छाडेर १६ वटा हात्ती निस्किएका थिए।, जंगल छाड्दा १६ वटा हात्ती थिए। तर एउटा हात्ती बासस्थानतर्फ फर्किएको थियो।, त्यसपछि बीच बाटोमै दुइटा हात्ती जन्मिएको नेसनल फोरेस्ट्री एन्ड ग्रासल्यान्ड एड्मिनिस्ट्रेसनले बताएको थियो। गत अप्रिलमा ती हात्ती उत्तरी युआनजियाङ्ग काउन्टी पसेपछि अधिकारीहरू सतर्क भएका थिए। त्यहाँ पुगेपछि फेरि दुइटा हात्ती पहिला आएको जंगलतिर फर्किएका थिए।, फेरि गत जुनमा अर्को एउटा हात्तीले बथान छाडेर फर्केको थियो।, यो पनि: ,चिनियाँ हात्तीको बथानबाट छुट्यो एउटा हात्ती, खेतबारी हुँदै अघि बढे अरू (तस्बिरहरू), चीनमा बासस्थान छोडेर हिँडेका हात्ती जंगलमा सुस्ताए, सामाजिक सञ्जालमा चर्चा (तस्बिरहरू), तस्वीरहरू:, आफ्नै बासस्थान फर्किन थाले संसारभर चर्चित बनेका चिनियाँ जंगली हात्ती
सेतोपाटी संवाददाता पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट अवैधरुपमा उत्खनन गरी निकालिएको बालुवा र गिट्टी लिलाम गर्ने भएको छ । , सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत कालीगण्डकी नदीको बगरबाट अवैधरूपमा उत्खनन भएको बालुवा सो गाउँपालिकाले जफत गरी लिलाम गर्ने भएको हो।, गाउँपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले बर्खायाममा कालीगण्डकी नदीको बगरबाट उत्खनन भएको बालुवा प्राविधिक टोलीबाट नापजाँच र मूल्यांकन गरी प्रतिस्पर्धाबाट बढीबढाउमा लिलामी गर्ने निर्णय गरेको हो।, यसअघि गत असार ५ गतेको कार्यपालिका बैठकले ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय कार्यान्वयनका क्रममा सर्वोच्च अदालतले फैसला नहुँदासम्मका लागि कालीगण्डकीको बगर उत्खनन रोक्न तीनै तहका सरकार र तिनका निकायलाई अन्तरिम आदेश जारी गरेपछि रोकिएको थियो।, संघीय, प्रदेश र स्थानीय सरकारको निर्णय अटेर गरी व्यवसायीले नदी उत्खनन गरेर भण्डारण गरेको बालुवालगायत नदीजन्य सामग्री जफत गरी सार्वजनिक खरिद ऐनअनुसार लिलाम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए।, ‘यसअघि पटक-पटक बन्द गराए पनि अटेरी गरेर मिलनचोकमा सञ्चालन गरेको अवैध क्रसर बन्द गराउन, उत्खनन रोक्न र त्यहाँका सामग्री जफत गर्न प्रहरी प्रशासनलाई पत्राचार गर्ने निर्णय गरेका छौं’, उनले भने, ‘त्यस्ता अवैध क्रसर उद्योगको विद्युत् लाइन काट्न पनि पत्राचार गर्छौं।’, जलजलाको लामाखेत, मिलनचोक, केराबारी, लस्ती, फर्सेलगायतका ठाउँमा एक्साभेटरको प्रयोग गरी कालीगण्डकीबाट ठूलो परिणाममा बालुवा निकालेका छन्।, बर्खायामको तीन महिनामा बगेर खेर जाने बालुवालाई आयस्रोतका रूपमा रूपान्तरण गर्ने, चोरी निकासी रोक्ने उद्देश्यले न्यूनतम रु तीन करोड बराबरको नदीजन्य वस्तु उत्खनन र निकासी गर्न गाउँपालिकाले अघि बढाएको ठेक्का प्रक्रिया सर्वोच्चको अन्तरिम आदेशपछि रोकिएको थियो।, कार्यपालिका बैठकले जलजलाको हालका ५, ६, ७ र ८ नं वडालाई दुई/दुई वटामा विभाजन गर्ने र नगरपालिकामा स्तरोन्नति गर्ने गाउँसभाको निर्णय कार्यान्वयनका लागि प्रदेश र संघीय सरकारलाई सिफारिस गर्ने, गाउँपालिकाका सबै कर्मचारीलाई दिवाकालीन खाजाको व्यवस्था गर्ने निर्णय गरेको छ।, गाउँपालिकाका प्रवक्ता देविन्द्र भण्डारीले लामाखेतमा इलाका प्रहरी कार्यालय बनौ र मल्लाजमा प्रहरी चौकी स्थापना गर्न गृह मन्त्रालयमा माग गर्ने, वडा नं ८ नाग्लीबाङका वडाध्यक्ष हरिविकास जिसीको नेतृत्वमा नाग्लीवाङ स्वास्थ्य चौकीअन्तर्गत सञ्चालन हुने गरी समुदायस्तरबाट संकलित रकमसहित तथा लेकफाँट र शालीजाका लागि गाउँपालिकामार्फत खरिद हुन लागेका दुइटा एम्बुलेन्सको भन्सार छुटको व्यवस्था मिलाउन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको उनले बताए।, यसैगरी, बैठकले फर्से र डाँडाखोरको स्वास्थ्य एकाइमा स्थायी दरबन्दी सिर्जना गराउन, लुप्राङ, पूर्णगाउँको ओरखरबोट, बारीबेनी र मिलनचोकमा थप स्वास्थ्य एकाइ स्थापनाका लागि दरबन्दी व्यवस्था मिलाउन प्रदेश र सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गर्ने निर्णय गरेको छ।, धाइरिङको कीराखोरका पहिरापिडीतलाई भुरुङजा र डडुवाको चौरमा स्थानान्तरण गर्न जग्गा प्राप्ति प्रक्रिया अघि बढाउने र अन्य ठाउँका पहिरापिडीतलाई सामुदायिक भवन तथा सार्वजनिक जग्गामा अस्थायी टहरा बनाएर बसोबासको व्यवस्था मिलाउने निर्णय पनि कार्यपालिकाको बैठकले गरेको बताइएको छ।रासस,  , अवैधरूपमा उत्खनन गरी निकालिएको बालुवा लिलाम गरिने
सेतोपाटी संवाददाता काठमाडौंको गुहेश्वरीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।, बुधबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ८ स्थित गुहेश्वरीको एक घरमा हत्या भएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।, उदयपुर वेलका नगरपालिका वडा नम्बर ४ माइती भएकी २३ वर्षीया रन्जु तामाङको हत्या भएको हो। उनी गर्भवती थिइन्।, हत्या आरोपमा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ३९ वर्षीय राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले गुह्यश्वरीस्थित बागमती प्लान्ट नजिकै फ्ल्याट डेरामा लिएर बसेका थिए।, एसएसपी सिंहका अनुसार राम श्रेष्ठले श्रीमतीको घाँटी र मुख थिचेर हत्या गरेका हुन्। श्रीमती ओछ्यानमा मृत भेटिएकी थिइन्। उनको शरीरमा अन्य चोटपटक भने देखिएको छैन।, 'उनीहरूबीच बिहान विवाद भएको रहेछ। त्यसैक्रममा श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका हुन्,' एसएसपी सिंहले भने।, घटनाबारे राम श्रेष्ठ आफैंले प्रहरीलाई खबर गरेका थिए। उनले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरी आफूले श्रीमतीको हत्या गरेको जानकारी गराएका थिए।, हत्याको खबरपछि महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थल पुगेको थियो।  प्रहरी पुग्दा राम श्रेष्ठ कोठामै चुकुल लगाएर बसिरहेका थिए। प्रहरी पुगेपछि मात्रै उनले कोठाको चुकुल खोलेका थिए।, प्रहरीका अनुसार राम श्रेष्ठ आफैंले पनि छुरीले हात काटेका थिए। उनको काठमाडौंको केएमसी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ। अहिले उनी प्रहरी नियन्त्रणमा छन्।, पारिवारिक स्रोतका अनुसार उनीहरूले करिब दुई वर्षअघि भागी विवाह गरेका थिए। पक्राउ परेका राम श्रेष्ठले प्रहरीलाई दिएको बयान अनुसार उनीहरूबीच केही दिन अघिदेखि नै विवाद भएको थियो।, 'हाम्रो केही दिनअघि विवाद भएको थियो। विवादकै क्रममा श्रीमतीले तिमी आजदेखि मेरो लागि मर्‍यौ भनेर चुरा फुटाइन्,' प्रहरीलाई दिएको बयानमा रामले भनेका छन्, 'त्यही कुरामा आज बिहान पनि विवाद भयो। अनि हत्या गरेँ।', प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा पठाएको छ।, प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।, काठमाडौंमा श्रीमतीको हत्या गरी श्रीमान आफैंले गरे प्रहरीलाई फोन
सेतोपाटी संवाददाता कपिलवस्तु प्रहरीले विभिन्न अपराधमा संलग्न भई फरार रहेका ८१ जनालाई एकैदिन पक्राउ गरेको छ।, जिल्लाभित्र भएका विभिन्न अपराधमा संलग्न रही फरार रहेका ८१ जनालाई मंगलबार एकदिनमै पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको हो।, जिल्लामा विभिन्न मिति र समयमा भएका लागुऔषध दुर्व्यसन, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवाजस्ता कसुरमा संलग्न भई जिल्ला अदालतले कसुरदार ठहर्‍याए पनि फरार रहेका ८१ जनालाई एकैदिनमा पक्राउ गर्न सफल भएको हो।, यति धेरै फरार अभियुक्तहरूलाई एकैदिनमा पक्राउ गर्न सफल भएको यो पहिलो घटना भएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए।, उनले आफू कपिलवस्तु प्रहरी प्रमुखको रूपमा आएदेखि नै फरार अभियुक्तहरुको  सूचना संकलन एवं प्रहरी कार्यमा सक्रियता दिएसँगै एकैदिनमा सफलता हासिल हुन सकेको बताए।, ‘अपराध गरेर समाजलाई दुषित पारेर विभिन्न आवरणमा त्यही समाजमा लुकेर बसिरहेकाहरूलाई प्रहरीले टुलुटुलु हेरेर बस्दैन, बरु अपराध गर्नेहरू एक दिन अवश्य कानूनको दायरामा आउनैपर्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तीव्रता दिएका हौं’, एसपी कार्कीले भने।, कार्कीका अनुसार जिल्लाका कृष्णनगर, गणेशपुर, चन्द्रौटा, पिपरा, गोरुसिङगे, र पकडीस्थित इलाका प्रहरी कार्यालयहरूले सबभन्दा धेरै फरार अभियुक्त पक्राउ गरेका छन्।, पक्राउ गरिएका फरार प्रतिवादीहरूलाई फैसला बमोजिमको सजाय भुक्तानको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।, कपिलवस्तुमा एकैदिन ८१ फरार प्रतिवादी पक्राउ
सेतोपाटी संवाददाता आइतबार काठमाडौं उपत्यकामा ९५९ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६२४, ललितपुरमा १६५ र भक्तपुरमा १७० संक्रमित थपिएका हुन्।, हाल काठमाडौं उपत्यकामा १० हजार ६९५ सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौं जिल्लामा ७ हजार ५७५, ललितपुरमा १ हजार ७५५ र भक्तपुरमा १ हजार ३६५ सक्रिय संक्रमित छन्। ,  , काठमाडौं उपत्यकामा थपिए ९५९ संक्रमित, सक्रिय १० हजार बढी
रोहित महतो जनकपुरकी आरती साहमाथि एसिड आक्रमण गर्ने उनका श्रीमान् सन्जिव साहलाई धनुषा जिल्ला अदालतले दोषी ठहर गरेको छ। तर अनाधिकृत रूपमा एसिड बेचेका किराना पसल सञ्चालक नागेन्द्र साहलाई भने सफाइ दिएको छ। सोमबार धनुषा जिल्ला अदालत न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले उक्त फैसला गरेको हो।, सरकारले अध्यादेशमार्फत् फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्दै एसिड आक्रमणविरूद्ध कडा कानुन बनाएपछिको यो पहिलो फैसला हो। सरकारीसहित वादी र प्रतिवादी दुबै तर्फका वकिलहरूको प्रतिवेदन माग गरिएको र प्रतिवेदनमाथि बहसपश्चात सजाय तोकिने धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगा मिश्रले जानकारी दिए।, पीडित आरतीका भाइ सञ्जय साहले दिएको जाहेरीको आधारमा गत मंसिर ४ गते जनकपुरधाम उपमहानगरपालिका-२० बस्ने श्रीमान् सञ्जिव साहलाई पक्राउ गरेको थियो। सञ्जयले घटनामा मतियार बनेको भन्दै जनकपुरधाम उपमहानगरपालिका-४का नागेन्द्र साहविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।, साहद्वयमाथि रसायनिक पदार्थ एसिड प्रहार गरी ज्यान मार्ने उद्योग र अंगभंगसम्बन्धी मुद्दा दर्ता भएको थियो।, सो मुद्दामा सोमबार सरकारी वकिलको कार्यालयबाट जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल, जाहेरीवालाको तर्फबाट रिंकुकुमारी यादव र अच्युतम आचार्यले बहस गरेका थिए। त्यस्तै प्रतिवादी नागेन्द्रको तर्फबाट अधिवक्ता सुदीप कोइराला र सञ्जिवको तर्फबाट अरूणकुमार यादवले बहस गरेका थिए।, गत कात्तिक २९ गते दीपावलीका दिन आरतीमाथि उनका श्रीमान सञ्जिवले एसिड छयापेका थिए। एसिड आक्रमणबाट उनको टाउको, अनुहार, छाती र पेटसम्म जलेको थियो। घटनामा आरतीकी ४ वर्षीया छोरी रियासमेत घाइते भएकी थिइन्। दीपावलीको तयारी सकेर पूजा गर्न लागेका बेला आरतीलाई जनकपुरधाम उपमहानगरपालिका-७ स्थित डेरामै पुगेर सञ्जिवले एसिड आक्रमण गरेका थिए। एसिड लागेर उनको शरीरको करिब २५ प्रतिशत भाग जलेको थियो भने त्यसको बछिटाले छोरी रियाको शरीरमा पनि घाउ भएको थियो।, करिब ८ वर्षअघि सञ्जिवसँग आरतीको विवाह भएको थियो। तर, वर्ष दिन नबित्दै उनीहरूको सम्बन्ध बिग्रिएको थियो। धनुषा जिल्ला अदालतमा उनीहरूबीचको सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा छ। सञ्जिव सुनचाँदी बनाउने कालीगढ हुन् भने श्रीमानसँग छुट्टिएर बस्दै आएकी आरती बुवासँगै मिलेर बजारमा तरकारी व्यापार गर्दै आएकी थिइन्।, सञ्जिवले जनकपुरधाम उपमहानगरपालिका-४ स्थित स्थानीय नागेन्द्र साहले सञ्चालन गरेको निखिल स्टोर्स किराना पसलबाट एसिड खरिद गरेको र नागेन्द्रले उनलाई बिक्री गरेको भनी दुबै जनाले बयान दिएका थिए। लाइसेन्स र अनुमतिबिनै गैरकानुनी ढंगले नागेन्द्रले एसिड भण्डारण तथा बेचबिखन गरेको प्रहरी अनुसन्धानमा पाइएको थियो। छापा मार्दा उनको पसलबाट बियरको बोतलमा राखेर कार्टुनमा प्याक गरिएको ४८ बोतल र खोलिएको काटुर्नबाट १० वटा गरी ५८ बोतलमा साढे ४३ लिटर एसिड बरामद भएको थियो।, आरतीमाथि एसिड प्रहार गर्ने श्रीमान् दोषी ठहर, एसिड बेच्नेलाई उन्मुक्ति
सेतोपाटी संवाददाता दाङको ग्वारखोलामा आएको बाढीले बगाएर आमा-छोराको मृत्यु भएको छ। किनारमै छोडिएका अर्का ६ वर्षका छोराको भने ज्यान जोगिएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिस्नेरीकी ३६ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्तीको ग्वार खोलामा आएको बाढीले बगाएर सोमबार मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार तीन आमा-छोरा अघिल्लो दिन बेचेको कुखुराको पैसा लिन भनेर तुलसीपुर-१९ पतेनी गएका थिए। त्यसक्रममा क्रममा अमृता र रुद्र खोलामा बगेका थिए।, बाढी आइरहेको बेला तर्न खोज्दा खोलाले आमा-छोरालाई बगाएको थियो। आमाको शव घटनास्थल भन्दा दुई किलोमिटर दक्षिणमा र छोराको शव एक किलोमिटर दक्षिणमा फेला परेको थियो। , इप्रका तुलसीपुरका प्रमुख अर्यालका अनुसार घर्तीले आफ्नो जेठो छोरो ६ वर्षीय हर्क घर्तीलाई भने खोलाको किनारमा धकेलेर जोगाएकी थिइन्।, ‘तीन आमा छोरा कुखुराको पैसा लिन खोला तरेर जाने क्रममा आमाले ६ वर्षीय छोरा हर्कलाई भने खोलामा बाढी आएको हुँदा आफूले बोक्न नसक्ने भन्दै खोला किनारमै छोडेर खोला तर्न खोजेकोले उनी बाँच्न सफल भएको रुद्रले बताएका छन्,’ डिएसपी अर्यालले भने।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार आमा-छोरा बाढीमा बढेको सूचनापछि सोमबार दिउँसो तुलसीपुरस्थित प्रहरी चौकी बिजौरीका प्रहरी नायब निरीक्षक माधव श्रेष्ठसहित पाँच सदस्यीय प्रहरी टोलीले छुट्टाछुट्टै स्थानबाट आमा-छोराको शव फेला पारेको थियो।, सोमबार दिउँसोदेखि बेलुकासम्म दाङ जिल्ला र आसपाका क्षेत्रमा ठूलो वर्षा भइरहेको छ।, बाढीले बगाएर दाङमा आमा-छोराको मृत्यु, बगरमै छोडिएका अर्का छोरा जोगिए
सेतोपाटी संवाददाता प्रहरीले रौतहटबाट तीन जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ।, एक हजार दरका ९ लाख ९३ हजार रूपैयाँसहित प्रहरीले आइतबार राति तीन जनालाई पक्राउ गरेको हो।, प्रहरीका अनुसार पक्राउ पर्नेमा धनुषा बट्टेश्वर गाउँपालिका-४ का ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका-९ का ३० वर्षीय रञ्जित महतो र महोत्तरी भंगाहा नगरपालिका-४ का २५ वर्षीय दीपेन्द्रकुमार महतो छन्।, उनीहरूलाई रौतहटको इशनाथ नगरपालिका-४ कालिमन्दिर नजिकैबाट पक्राउ गरिएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले बताए।, ‘उनीहरू भारतबाट नेपाल पैदल आउँदै थिए,’ चिमरियाले भने, ‘उनीहरूले कहाँबाट यतिका नक्कली नोट ल्याए भन्ने विषय अनुसन्धान भइरहेको छ।’, चिमरियाका अनुसार यी नोट भारतमै छपाइएका हुन्। प्रारम्भिक अनुसन्धानमा उनीहरूले भारतबाटै ल्याएको बताए पनि थप उल्लेख गरेका छैनन्।, उनीहरू भरिया वा कारोबारी हुन् भन्ने यकिन भइसकेको छैन। प्रहरीले उनीहरूसँग सोधपुछ गरिरहेको छ।, एक हजार दरका झन्डै दस लाख नक्कली नेपाली नोटसहित रौतहटबाट तीन पक्राउ
सेतोपाटी संवाददाता नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ।, नेपालमा फास्टफूड चेन रेष्टुराँ शुरूवात गर्ने व्यवसायी कक्षपति केही वर्षयता प्रतिकूल स्वास्थ्य अवस्थासँग संघर्षरत रहँदै आएका थिए। थाइल्याण्डमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।  , मुखसम्बन्धी क्यान्सरको समस्याबाट पीडित कक्षपतिको झण्डै दुई महिनादेखि थाइल्याण्डमा नै उपचाररत थिए।, उनले नाङ्लो रेष्टुराँ सञ्चालनमा ल्याएका थिए। नाङ्लोले सुस्त मनस्थितिका व्यक्तिहरूलाई समेत रोजगारी प्रदान गर्ने गर्दै आएको छ।, काठमाडौं उपत्यकामा फास्टफूड चेनको शुरुवात नाङ्लो रेष्टुराँमार्फत् गरेका थिए। , कुरिनटारमा रिभरसाइड स्प्रीङ रिसोर्ट लगायत पर्यटन व्यवसायमा पनि उनको लगानी छ । उनले होटल संघ नेपाललाई पनि नेतृत्व प्रदान गरेका थिए। कक्षपति शुभतारा स्कुलका संस्थापक पनि हुन्।, कक्षपतिका पत्नीसहित १ छोरा र १ छोरी छन्।, नाङ्लोका संस्थापक कक्षपतिको निधन
सेतोपाटी संवाददाता नवलपरासीको बर्दघाटमा केहीबेर अगाडि भएको सडक दुर्घटनामा प्रहरी निरीक्षक गम्भीर घाइते भएका भएका छन्।, इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत कपिल वाग्लेलाई सोमबार साँझ मोटरसाइकलले ठक्कर दिएको थियो।, पैदल हिँडिरहेका प्रहरी निरीक्षक वाग्लेलाई लु१४प ८७५८ नम्बरको मोटरसाइकलले राति ८ बजेतिर ठक्कर दिएको थियो।, मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते भएका वाग्लेलाई उपचारको लागि भैरहवा मेडिकल कलेज लगिएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ।, मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नं. १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।, बर्दघाटमा मोटरसाइकलले ठक्कर दिँदा प्रहरी निरीक्षक गम्भीर घाइते
सेतोपाटी संवाददाता अवैध चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन्।, ईलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट दुई जनालाई ५११ ग्राम ९५० मिलिग्राम चाँदीका गरगहनासहित पक्राउ गरेको हो।, चालक चितवन माडी नगरपालिका वडा नम्बर ६का २३ वर्षीय सागर सुनार र मोटरसाइकलमा सवार हेटौडा-३का ३५ वर्षीय शम्भु घतानेलाई प्रहरीले पक्राउ गरेको छ।, प्रदेश २-०३-००४ प २५६ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर चेक गर्दा सो गरगहना बरामद गरेको हो।  उनीहरूले सो चाँदी भन्सार छलेर ल्याएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।, चाँदीका तयारी बाला ८० थान, गणेश बाला १६ थान, बागमुखे बालाको टुक्रा ८ थान, पञ्चरत्न बाला ३७ थान गरी जम्मा ५११ ग्राम ९५० मिलि ग्राम चाँदी बरामद गरेको हो।  , आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको प्रहरीले जनाएको छ।,  , चाँदीका गरगहनासहित दुई जना पक्राउ
सेतोपाटी संवाददाता मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते भएका प्रहरी निरीक्षकको मृत्यु भएको छ।, नवलपरासीको बर्दघाटमा सोमबार बेलुकी मोटरसाइकलले ठक्कर दिएपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते भएका थिए। हिनिरहेका बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो।, वाग्ले काठमाडौं बसुन्धाराका हुन्। उनी इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए।, वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले सोमबार बेलुकी ८ बजेतिर ठक्कर दिएको नवलपरासी प्रहरीले जनाएको छ।, वाग्लेको उपचारको क्रममा सोमबार राति ११ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो। मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।, मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु
मनोज सत्याल तिर्खाएको काठमाडौं उपत्यकाका लागि मेलम्ची खानेपानी आयोजना ‘भरपर्दो’ विकल्प नबन्ने देखिएको छ।, निर्माण सुरू गर्नुअघिका अध्ययनहरूले जुगल हिम श्रृंखला नै पानीको मुख्य स्रोत भएकाले मेलम्ची आयोजना बाह्रैमास काठमाडौंमा पानी ल्याउन मिल्ने आयोजनाका रुपमा पहिचान गरेको थियो।, दैनिक २१ करोड लिटर पानी काठमाडौं ल्याउने सक्ने भनिएको आयोजना निर्माण सम्पन्न हुनै लाग्दा बाढीले अनिश्चयमा धकेलेको छ।, असार १ र साउन १६ गते जुगल हिम श्रृंखलाबाटै सुरू भएको बहुप्रकोपले आयोजना तहसनहस पारेको छ। आयोजनाको अम्बाथानस्थित सुरुङभित्र पानी पठाउन निर्माण भइरहेको ‘हेडवर्क्स’का संरचना भेलबाढीले पुरिएका छन्। गत चैतमा काठमाडौंमा पानी पठाउन प्रयोग गरिएको अस्थायी सुरुङमा बाढी पसेको छ। अम्बाथानस्थित मर्मत-सम्भार र चेकजाँचमा प्रयोग हुने अडिट सुरुङको नामनिशानै हराएको छ।, अडिट टनेलको नामनिशान हराएपछि मेलम्चीको सुरुङमा १७ दिन लगाएर हालिएको पानी बाहिर निकाल्ने काम प्रभावित भएको छ। गत असार १ गते मेलम्चीको सुरुङ मर्मत-सम्भारका लागि बन्द गरिएको थियो। सुरुङ बन्द भएसँगै मेलम्ची सुरुङभित्र रहेको पानी बाहिर निकाल्ने काम भएको थियो।, अहिलेसम्म काठमाडौंको सुन्दरीजल र सिन्धुपाल्चोकका सिन्धुखोला र ग्याल्थुम खोलाबाट सुरुङभित्रको पानी बाहिर पठाइएको छ। तर गेगरानसहितको भेलबाढीपछि पानी बाहिर निकाल्नुपर्ने अम्बाथानमै रहेको ‘अडिट टनेल’ क्षेत्र पुरिएको छ। अम्बाथान पुगेका मेलम्ची खानेपानी आयोजनाका प्राविधिकहरूका अनुसार त्यो सुरुङ कुन ठाउँ थियो भन्ने पत्ता लगाउन जिपिएस लोकसेन नै हेर्नुपर्ने अवस्था छ।, मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार आयोजनाको मुहानमा पुग्ने ६ वटा पुल बगेका छन्। तर आयोजनाका लागि सबैभन्दा ठूलो चुनौती भने मेलम्ची जलाधार क्षेत्रमा जारी गेगरानसहितको भेलबाढी रोकिन्छ कि रोकिँदैन भन्ने हो।, असार १ गते गेगरानसहितको भेलबाढीले मेलम्ची आयोजनाको हेडवर्क्स ९ मिटर पुरेको थियो। त्यसपछि साउनको १६ गतेको भेलबाढीले थप ६ मिटर पुरेको छ। मेलम्ची आयोजनाका लागि बाढीभन्दा धेरै बगेर आएको गेगरान चिन्ताको विषय हो।, मेलम्ची क्षेत्रमा कति गेगरान आएको थियो भन्ने हेर्न पुल बगेको भिडिओ उदाहरण हुने भौगर्भिक प्रकोप विज्ञ श्रीकमल द्विवेदी बताउँछन्।, ‘सामान्यतया बाढीले पुल जस्ता संरचना बगाउँदा डुब्छ। तर यसपटक चनौटे पुल बगाउँदा त्यो रेल जसरी सलल बगेको छ,’ द्विवेदी भन्छन्, ‘त्यहाँ बाढी थिएन। गेगरान (सेडिमेन्ट) थियो।’, मेलम्चीको मुहानमाथि भ्रेमाथाङ क्षेत्रमा ठूलो मात्रामा गेगरान जम्मा भएको छ। त्यो गेगरान खस्ने क्रम अहिलेसम्म रोकिएको छैन। त्यो गेगरान कति छ र खस्ने सम्भावना कति छ भन्ने अध्ययन नभएसम्म मेलम्ची आयोजनाको काम अगाडि बढाउन नसकिने आयोजनाका प्रवक्ता पन्तले बताए।, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल असार १ गतेको बाढीपछि भ्रेमाथाङ क्षेत्रमा गेगरान थुप्रिएको बताउँछन्। स्याटलाइटबाट लिइएका तस्बिरहरूले उक्त क्षेत्रमा असार १६ गते त्यहाँ ठूलो मात्रामा गेगरान थुप्रिएको देखिएको पोखरेलले बताए।, ‘गेगरान सहितको भेलबाढी (डेब्री फ्लो)को स्रोत र त्यहाँबाट कति छिटो झर्न सक्छ भन्ने पत्ता नलगाएसम्म हामी तल्लो क्षेत्रको जोखिमबारे केही बताउन सक्दैनौं,’ पोखरेल भन्छन्, ‘स्याटलाइट इमेजबाट त्यो क्षेत्र कति चर्किएको छ भन्ने अनुगमन गरिराखेका छौं। अध्ययनपछि मात्र मेलम्चीको हेडवर्क्समा कसरी काम गर्न सकिन्छ भन्ने टुङ्गोमा पुग्न सकिन्छ।’, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका हाइड्रोलोजिस्ट प्राध्यापक विष्णु पाण्डेले मेलम्ची आयोजना सुरू गर्नुअघि माथिल्लो क्षेत्रको भौगर्भिक अध्ययन हुनुपर्ने बताउँछन्।, ‘त्यहाँको भूगर्भ कमसल खालको छ। भ्रेमाथाङमा डेढदेखि दुई किलोमिटर क्षेत्रको पटांगिनी छ। त्यहाँ गेगरान (सेडिमेन्ट) कति थुप्रिएको छ अध्ययन गर्नुपर्छ,’ पाण्डे भन्छन्, ‘अहिले हेर्दा त त्यो ठाउँ उच्च जोखिममा छ। त्यो खतरा उच्च रहिरहने हो र १० देखि १५ वर्षसम्म लगातार त्यो थुप्रिएको गेगराइन झरिरहने हो भने मेलम्चीको हेडवर्क्सलाई दु:ख दिइरहन्छ।’, उनले माथिल्लो क्षेत्रको गेगरानका कारण मेलम्ची खानेपानी काठमाडौंका लागि भरपर्दो हुन नसक्ने बताए।, ‘मानौं, अहिले मेलम्ची आयोजना सुरू गर्न नै सकियो भने पनि वर्षको १२ महिना नै खान मिल्ने हुने पानी आउँछ जस्तो देखिँदैन,’ पाण्डे भन्छन्, ‘निर्माण सम्पन्न भएको आयोजनाले अब त सञ्चालन खर्चसम्म उठाउन सके पनि राम्रै हुन्छ भन्ने मलाई लाग्छ।’, मेलम्ची जलाधारको माथिल्लो भाग भ्रेमाथाङ क्षेत्र । तस्बिर : बाबु लामा । , पाण्डे मेलम्ची आयोजना पुन: सञ्चालन गर्दा समेत मर्मत-सम्भारको खर्च धान्न कठिन हुने बताउँछन्। ‘मेलम्ची आयोजना नै पुन: सञ्चालन गर्नु ठिक कि बेठिक भन्ने प्रश्न खडा भएको छ,’ पाण्डे भन्छन्, ‘मलाई त सञ्चालन खर्च पनि धान्न सक्छ जस्तो लाग्दैन तर अहिले ठ्याक्कै सञ्चालन गर्न हुन्न भन्न सकिन्नँ।’, मेलम्ची मुहान क्षेत्रको माथिबाट आउने गेगरान बगाउने विधिलाई रोक्ने उपाय भने गर्न सकिने उनले बताए। भेलबाढीले बगाएर ल्याउने ढुंगा, बालुवा र माटोसहितको लेदोलाई रोक्न ठाउँ-ठाउँमा बाँध बाँध्न सकिने उनले बताए। तर त्यस्तो बाँध बाधेर पनि समस्या समाधान हुने नहुने विषयमा नमूना परीक्षण (मोडलिङ) आवश्यक रहेको उनले बताए।, ‘खोलामा बाँध बाँधेर विभिन्न ठाउँमा केही हदसम्म गेगरान (सेडिमेन्ट) रोक्दै लैजाने हो भने तल जोखिम कम गर्न सकिन्छ। विदेशमा यस्ता काम भएका छन्,’ पाण्डेले भने, ‘तर मेलाम्ची खोलामा यसले काम गर्छ कि गर्दैन भन्दा एउटा परीक्षण (मोडलिङ) गरेर हेर्नुपर्छ।’, मेलम्ची क्षेत्र धेरै भिरालो भएकाले त्यहाँबाट आउने गेगरानलाई एकै ठाउँमा रोक्न नसकिने उनले बताए। मेलम्ची क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गरेर फर्किएका पाण्डेले कतिपय ठाडो-भिरालो ठाउँबाट पानी झर्ने भएकाले त्यस्तो ठाउँमा बाँध (क्याच ड्याम) बनाउनुपर्ने बताए।, पाण्डेसँगै मेलम्ची क्षेत्र अध्ययनमा गएका इन्जिनियरिङ अध्ययन संस्थानका उपप्राध्यापक वसन्तराज अधिकारीले भेलबाढी र गेगरान रोक्न सकिने भए पनि माथिल्लो क्षेत्रको जोखिम अध्ययन पूर्वसर्त रहेको बताए।, ‘माथिल्लो भेगमा के छ भन्ने नै थाहा छैन। कति जोखिम छ भन्ने थाहा छैन। कहिलेसम्म बग्छ भन्ने थाहा छैन,’ अधिकारी भन्छन्, ‘त्यसलाई भ्रेमथाङमै रोक्न सकिन्न। त्यो बग्छ नै। त्यसलाई रोक्ने इन्जिनियरिङ विधि छन्। तर कस्तो प्रकारको बाँध (चेकड्याम) बनाउने, कहाँ राख्ने भन्ने पनि अध्ययन गर्नुपर्छ। किनभने हामीले बनाएका पुलहरू बगाएका छन्। त्यसैले प्राविधिक रुपमा पनि सम्भव छन् वा छैनन् हेर्नुपर्छ।’, अधिकारी त्यस्तो बाँधले मात्र समस्या समाधान हुनेमा समेत ढुक्क छैनन्।, ‘अहिले बाँधले (चेकड्याम) रोक्न सकिन्छ भन्ने लागेको हो। तर भोलि त्यस्तो बाँधले थाम्छ कि थाम्दैन भन्ने अध्ययन गर्नुपर्छ,’ अधिकारी भन्छन्, ‘यो घटना बहुप्रकोपले निम्त्याएकाले फेरि पनि पहिरो आउने अनि नदी थुनिएर फुट्ने जस्ता जोखिम छन् वा छैनन् नक्सांकन गर्नुपर्छ।’, मेलम्ची क्षेत्रको अध्ययन नगरी यो खानेपानी आयोजना बचाउन कति पैसा लाग्न सक्छ भन्ने यकिन गर्न सकिन्न। अहिले नै पैसाको विषयमा ‘तर्सन’ आवश्यक नभएको पनि उनी बताउँछन्। ‘यदि पाँच अर्ब खर्च गरेर मेलम्ची बचाउन सकिने हो भने गर्नुपर्छ,’ अधिकारी भन्छन्, ‘इन्जिनियरिङमार्फत् अरु देशमा पनि पहिरो रोकिएको छ।’, अधिकारी मेलम्ची आयोजना निर्माणअघि माथिल्लो क्षेत्रको आकलन सही ढंगले नगरिएको बताउँछन्।, ‘यस्तोसम्म अवस्था आउन सक्छ भनेर आकलन गरेको भए उनीहरूले आयोजनाको इन्टेक (पानी छिराउने मुख) कसरी बचाउने भन्ने उपचार सोच्थे। तर त्यस्तो गरेको देखिएन,’ अधिकारीले बताए।, आयोजनाका लागि अर्बौं खर्च गर्ने तर थोरै पैसा दिएर राम्रो अध्ययन नगराउने समस्या रहेको उनले बताए।, ‘अध्ययन भएको भए सायद यो योजना त्यहाँ बन्ने थिएन कि, वा हामीले अर्कै ठाउँबाट इन्टेक बनाउने थियौं कि,’ उनले भने।, साउन १६ गतेको गेगरान सहितको भेलबाढीपछि पुरिएको मेलम्चीको हेडवर्क्सको हेलिकप्टरबाट देखिएको दृश्य । तस्बिर : बाबु लामा ।, मेलम्ची आयोजनाका लागि अत्यावश्यक मानिएको माथिल्लो जलाधार क्षेत्रको अध्ययन गर्न अहिले खानी तथा भूगर्भ विभागको टोली भ्रेमाथाङ पुगेको छ। भूगर्भशास्त्री शिव बाँस्कोटाका अनुसार अहिले मेलम्ची जलाधारमा आएको भेलबाढी भ्रेमाथाङ भन्दा निकै माथिबाट सुरू भएको हो। ४ हजार ३ सय मिटरसम्म पुगेका बाँस्कोटाका अनुसार त्यहाँ बाक्लो पहिरो गएको छ।, ‘मेलम्ची माथिको पेम्दिङ खोलामा पटक पटक बाढी आएको देखिन्छ। पेम्दाङले भ्रेमाथाङमा ठूलो मात्रामा सेडिमेन्ट जम्मा गरेको छ,’ बाँस्कोटाले भ्रेमाथाङबाट विपद जोखिम न्यूनीकरण प्राधिकरणलाई गराएको जानकारीमा भनेका छन्, ‘पेम्दाङले खोला अझै धमिलो छ। अझै कटान गरिराखेको छ। मेलम्चीमा पनि सानो बाढी आएको देखिन्छ।’, बाँस्कोटाका टोली भ्रेमाथाङबाट फर्किएपछि मात्र त्यहाँको अवस्थाबारे निर्क्यौलमा पुग्न सकिने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए। बाँस्कोटाको टोली चार दिन बसेर सोमबार अबेर अथवा मंगलबार काठमाडौं आइपुग्नेछ।, मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता पन्त अध्ययनका निष्कर्ष आएपछि हिउँदबाट बल्ल मेलम्ची क्षेत्रमा केही काम गर्न सकिने बताउँछन्।  , ‘माथि धेरै ठूलो गेगरान जम्मा हुनुको कारण खोजेर यसको रोकथामको उपाय के हुन्छ भन्ने थाहा नहुँदासम्म यो आयोजना अनिश्चित नै भयो,’ पन्तले भने, ‘वर्षायाममा दुई पटक बाढी आयो। सुख्खा मौसममा नआउला भन्न अवस्था छैन।’, मेलम्ची आयोजनाले तत्कालै त्यहाँ स्थायी संरचना नबनाउने पन्तले बताए। ‘तत्कालै स्थायी संरचना बनाउन नहुने विज्ञहरूले भनेका छन्,’ पन्तले भने, ‘अस्थायी रुपमा पानी चलाउन सकिन्छ कि भनेर हामीले केही प्रयास गरिरहेका छौं।’, तर त्यसका लागि अम्बाथानको अडिट टनेल खोस्रनुपर्ने र पानी सफा गर्नुपर्ने चुनौती रहेको उनले बताए।, ‘अम्बाथानको अडिट सुरुङ सफा गर्नुपर्‍यो। हेडवर्क्सको डाइभर्सन सुरुङ पुरिएको छ। सफा गर्नुपर्‍यो,’ पन्तले भने, ‘वर्षायामको समय कट्नुपर्छ। नदीमा सफा पानी बग्नुपर्छ। त्यसपछि हो वैकल्पिक प्रणाली अपनाउने हो। वर्षायाममा पानी हाल्ने हो भने ढुंगाहरू पसेर अवरुद्ध हुने देखियो।’, खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले मेलम्चीको जोखिमसँग जुध्न अध्ययन र योजना निर्माणको काम अघि बढेको बताए।, ‘हामीले फेरि पहिलेको अवस्थामा फर्कने अवस्था छ, छैन अध्ययन गरिरहेका छौं,’ न्यौपानेले भने, ‘मेलम्चीमा जोखिम सधैं रहने भयो। दातृ निकायहरूसँग भौगर्भिक अवस्था अध्ययन गर्ने र योजना बनाउने कुरा भइराखेको छ।’, उनले मेलम्ची अब पहिलाका अवस्थामा फर्कन धेरै लगानी लाग्ने र समय लाग्ने देखिएको बताए।, ‘पहिला मेलम्चीको पुनर्निर्माण गर्नुपर्छ,’ न्यौपानेले भने, ‘मेलम्चीको पानी फेरि पनि अवरोध हुँदा नियमित अभाव पूर्ति गर्न र नियमित पानी वितरण गर्न विकल्प सोच्नुपर्ने भएको छ। अहिले हामी विकल्पबारे अध्ययन गरिरहेका छौं।’, तिर्खाएको काठमाडौंले अब मेलम्चीको विकल्प खोज्नुपर्ने
रासस ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले प्रस्तुत गरेको छ।, अहिले नगरपालिकाले जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप घरघरमा पुगेर लगाएको छ।, नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएपछि भने, ‘म खुशी छु। नगरपालिकालाई धन्यवाद।’, उनलाई नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले घरमै पुगेर खोप लगाइदिएको थियो। सोही अवसरमा नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले उनलाई खोप कार्ड प्रदान गर्दै ६५ वर्षदेखि १०२ वर्षसम्मका नागरिकलाई घरमै पुगे खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिए।, नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घरघरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन छन्।, नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका शुरुआत गरेको थियो। नगरपालिकामा ६५ वर्षमाथि एक हजार ७०७ नागरिक रहेका बताइएको छ।, नगरका ११ वटै वडामा खोप केन्द्र तोकिएको छ। ‘कोही नागरिक खोपबाट बञ्चित हुन नपरोस् भनेर अभियान चलाइरहेका छौँ,’ उनले भने।, नगरपालिकाले ज्येष्ठ नागरिकलाई खोपसँगै मास्क, स्यानिटाइजर र च्यावनप्रास लगायतका वितरण गरेको छ।, ज्येष्ठ नागरिकलाई घरमै पुगेर लगाइयो कोरोना खोप
नारायण अधिकारी चिकित्सा शिक्षाको स्नातक तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको संख्या कम भएको छ।चिकित्सा शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन्।, विद्यार्थी कम भएपछि निजी शिक्षण संस्था सञ्चालक अन्योलमा परेका छन्। विभिन्न विश्वविद्यालका आङ्गिक र सम्बन्धन पाएका गरी स्वास्थ्य स्नातक पढाउने ७६ क्याम्पस छन्। आयोगले हालै सार्वजानिक गरेको नतिजा अनुसार धेरै स्नातक कार्यक्रममा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन्।, आयोगले यही साउन ९ देखि १३ गतेसम्म लिएको स्नातक तहको विभिन्न विषयको प्रवेश परीक्षामा छ विषयमा सिट सङ्ख्याभन्दा उत्तीर्ण हुनेको सङ्ख्या कम भएको पाइएको छ। आयोगको नतिजा अनुसार एक हजार ४२० बिपिएच सिट संख्यामा ५६५, ९०२ बी फर्मामा ५४७, १५० बिपिटीमा ११४ , ७१ बिएससी एमआइटीमा ३५ मात्रै उत्तीर्ण भएका छन्।, यसैगरी ४२५ बिएससी एमएलटीमा ११८, एक हजार १०० बिएससी नर्सिङमा ५०४ उत्तीर्ण भएका छन्। पूर्वाञ्चल विश्वविद्यालयका स्वास्थ्यसँग सम्बन्धित निजी प्राविधिक क्याम्पसका सञ्चालकको संस्था एलाइड साइन्स इन्स्टिच्युसनल एशोसिएशन नेपाल (एसिया)का अध्यक्ष यमप्रसाद अधिकारीले सरकारी क्याम्पसलाई मात्रै पुग्ने गरी विद्यार्थी उत्तीर्ण गराइएको बताए।, ‘कतिपय विषयमा त छात्रवृत्ति कोटाका लागि पनि विद्यार्थी पुग्दैन,’ उनले भने। राष्ट्रिय–अन्तर्राष्ट्रिय गिरोह सक्रिय भएर नेपालका निजी क्याम्पस प्रभावित बनाउने काम भएको उनको आरोप छ। यहाँका विद्यार्थी विदेश पठाउनका लागि गिरोहले काम गरिरहेको जनाउँदै उनले भने, ‘स्वास्थ्य शिक्षामा आकर्षण छ, ती विद्यार्थी बाहिर पठाउने गिरोह सक्रिय भएको छ।’, नेपालका निजी क्याम्पसहरुमा एउटामा अस्पतालसहित रु एक अर्ब ५० करोड हाराहारी लगानी भएको जनाउँदै उनले सो लगानी धारासायी बनाउन लागिएको गुनासो गरे। ती क्याम्पस बैंकको ऋणमा रहेकाले धारासायी हुँदै गर्दा बैंकसहित आम नागरिक प्रभावित हुने बताइएको छ।, पूर्वाञ्चलका मात्रै स्वास्थ्य स्नातक पढाउने ३७ क्याम्पस छन्। सरकारको नीतिका कारण सिटिइभिटीबाट सम्बन्धन प्राप्त ९३ नर्सिङ कलेज बन्द हुन लागेका र १९ बिएससी नर्सिङ र बिएन कार्यक्रम रोकिएको उनको भनाइ छ।, चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले विद्यार्थी विदेश पठाउन षड्यन्त्र गरिएको आरोप लगाए। ‘बङ्गलादेश, भारतको बैङ्गलोर र देहरादुन विद्यार्थी पढाउने गिरोह सक्रिय भएको छ,’ उनले भने।, सरकारले समयमै बुझ्न नसकेमा नेपालको शिक्षा क्षेत्र प्रभावित हुने उनको भनाइ छ। अहिले उत्तीर्ण भएका विद्यार्थीले केही क्याम्पसबाहेक अन्यत्र विद्यार्थी नपुग्ने उनले बताए। दक्ष जनशक्ति बाहिर पठाउने गरी चलखेल भएको उनको आरोप छ।, नेपाल पोलिटेक्निक इन्स्टिच्युटका प्रिन्सिपल बाबुराम उपाध्यायले नेपाल प्राविधिक शिक्षामा अग्रणी भएको भन्दै राज्यले समयमै ध्यान दिनुपर्ने बताए।, श्री मेडिकल एण्ड टेक्निकल कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले पुनः प्रवेश परीक्षा वा (पर्सेन्टायल) विद्यार्थीले प्राप्त गरेको अङ्कको आधारमा पढ्ने अवसर दिनुपर्ने बताए।, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले उत्तीर्ण भएका विद्यार्थीले मात्रै पढ्न पाउने र नीति–नियमअनुसार आयोगले काम गरेको बताए। उनले कोटा भएर पनि पढ्ने अवसर नपाउनेहरुका लागि के गर्ने भन्ने विषयमा आयोगले सोचेको छैन भनेका छन्।, निजी क्याम्पस सञ्चालकले विदेश विद्यार्थी शैक्षिक माफियाको साँठगाँठमा आयोगले विद्यार्थी अनुत्तीर्ण गराएको आरोप लगाउँदै आएका छन्।, (रासस), चिकित्सा शिक्षा परीक्षामा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण
सेतोपाटी संवाददाता हिमालय एयरलाइन्सको जहाजमार्फत् संयुक्त अरब इमिरेट्सको  दुबई जानका लागि सोमबार साँझ केही यात्रुहरू त्रिभुवन विमानस्थल पुगेका थिए।, विमानस्थल पुगेका उनीहरू जहाज चढ्न भने पाएनन् बरू अन्तिम समयमा सूचना आयो- एयरलाइन्सको उडान नम्बर ९५६५ मा कुनै यात्रु पनि स्वीकार गर्न सकिन्न।, यात्रुहरू केहीबेर अलमलमा परे। कोही आक्रोशित भए। अन्तिम समयमा जहाज चढ्न नपाएपछि उनीहरू घर फर्किए।, यात्रु नलिइकन हिमालय एयरलाइन्सको जहाज राति साढे ११ बजे दुबईका लागि उड्यो। उताबाट यात्रु ल्याउनका लागि जहाज काठमाडौंबाट खाली गएको हो।, संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो देशमा प्रवेश गर्नेहरूका लागि तोकेका मापदण्ड पूरा गर्न नसक्दा यात्रुहरू विमानस्थलबाट फर्किनु परेको हो।, युएईले आवासीय भिसा भएका र कर्मचारीहरूका लागिमात्रै आफ्नो देशमा प्रवेश अनुमति दिएको छ। त्यसका लागि उडान समयभन्दा चार घन्टाअघि एन्टीजेन परीक्षण, ४८ घन्टा अघिको पिसिआर परीक्षण रिपोर्ट चाहिन्छ।, त्रिभुवन विमानस्थलमा एन्टीजेन परीक्षणको व्यवस्था छैन। विमानस्थलका प्रमुख प्रताप तिवारीले युएईको दूतावासले हप्ता दिनअघि आफ्नो देश प्रवेश गर्न चाहनेका लागि विमानस्थलमा एन्टीजेन परीक्षण गर्नुपर्ने जानकारी गराएको बताए।, ‘उहाँहरूले ८-१० दिनअघि एन्टीजेन परीक्षण गर्नुपर्छ भन्नुभएको थियो। हाम्रो विमानस्थलमा एन्टीजेन परीक्षणको व्यवस्था गर्न ठाउँ छैन,’ विमानस्थल प्रमुख तिवारीले भने,‘एन्टीजेन परीक्षण कहाँ गर्ने भन्नेबारे हामी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहेका छौं।’, चार घन्टाअघि यात्रुको एन्टीजेन परीक्षण गर्न नसक्ने भएपछि सोमबार राति राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको जहाज पनि खाली नै दुबई उडेको विमानस्थल स्रोतले जानकारी दियो।, विमानस्थल प्रमुख तिवारी गन्तव्य मुलुकमा मापदण्डबारे एयरलाइन्सहरूले यात्रुहरूलाई समयमै जानकारी नदिँदा समस्या हुने गरेको बताए।,  ,  , विमानस्थलमा पुगेका यात्रु नलिई दुबई उड्यो हिमालय एयरलाइन्सको जहाज
सेतोपाटी संवाददाता दुबै मिर्गौलाले काम नगरेपछि उपचाररत गोरखाकी अनिता विकलाई अमेरिका बस्ने नेपालीहरूबाट आर्थिक सहयोग उपलब्ध भएको छ।, गोरखाको सुलिकोट गाउँपालिका वडा नम्बर ५ की अनितालाई उपचार गर्न अमेरिकाबाट प्राप्त भएको आठ लाख ८६ हजार आठ सय आठ रूपैयाँ उनको परिवारका सदस्यलाई हस्तान्तरण गरिएको छ।, नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले अमेरिकाबाट प्राप्त भएको संकलित आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन्। , गोरखा घर भई अमेरिका रहेकाहरू कृष्ण लामिछाने, अर्जुन देवकोटा, अञ्जान श्रेष्ठ, बिनोद भट्ट, हेमराज भट्ट, खाम भट्ट, विश्व भट्ट र जीवन गुरूङलगायतले आर्थिक सहयोग संकलन गरी पठाएका थिए।, गोरखाकी अनितालाई उपचार गर्न अमेरिकाबाट पठाएको सहयोग हस्तान्तरण
सेतोपाटी संवाददाता नेविसंघ र अखिल क्रान्तिकारीले बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड गरेका छन्।, आज बिहान मोटरसाइकलमा आएका नेविसंघ र अखिलका नेता/कार्यकर्ताले क्याम्पस तोडफोड गरेका छन्।, नेविसंघ र अखिल क्रान्तिकारीले क्याम्पस भवनको झ्लायमा रहेका सीसा फुटाउनुका साथै विभिन्न सामग्री तोडफोड गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ।, उनीहरूले लेखा शाखा, परीक्षा शाखालगायतमा तोडफोड गरेको क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले जानकारी दिए। नेविसंघ र अखिल क्रान्तिकारीले कम्प्युटर, कुर्सी र महत्वपूर्ण कागजातहरूसमेत भुइँमा फालिदिएका छन्।, गत साउन ८ मा अनेरास्ववियुबाहेक अन्य चार विद्यार्थी संगठनले क्याम्पस प्रमुखकको कार्यकक्षमा तालाबन्दी गरेका थिए। नेविसंघ र अखिल क्रान्तिकारीले त्रिविका पुराना पाठ्यक्रम चलाउन र नयाँ थप गरेका पाठ्यक्रम बन्द गर्न दवाव दिइरहेका छन्।, विद्यार्थी संगठनहरुले क्याम्पसमा यसअघि सञ्चालन भइरहेका बिबिएस र एमबिएसका पठनपाठन चलाउन र एमबिए, बिबिए, एमबिएम लगायतका पाठ्यक्रम बन्द गर्न माग गरेका छन्।, क्याम्पसमा अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल (छैठौं) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन्।, नेविसंघ र अखिल क्रान्तिकारीले गरे लुम्बिनी बाणिज्य क्याम्पस तोडफोड
नरेन्द्रसिंह कार्की/रासस महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति आठदिन पछि यहाँबाट फर्किएको छ। यही साउन १५ गते तुइनबाट सो नदी तर्नेक्रममा धामी बेपत्ता भएका थिए।, गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य मंगलबार घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका छन्। समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने र महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।, धामीको शव खोज्न ड्रोन क्यामेरा प्रयोग गरिँदै छ्। यसका लागि नेपाल प्रहरीको प्राविधिक टोली जिल्लामै छ। भारतीय पक्षले सोमबारसम्म महाकालीमा ड्रोन प्रयोगको लागि अनुमति दिने/नदिनेबारे जवाफ पठाएको छैन । स्वदेशी भू–भागबाट ड्रोन  प्रयोग गर्ने तयारी छ । सीमा क्षेत्रमा ड्रोन  उडाउन दुवै देशको सहमति आवश्यक हुन्छ। ड्रोन क्यामेरा लिएर टोली आइतबार दार्चुला आइपुगेको हो । व्यास गाउँपालिका–२ मालघाटबाट सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोनको प्रयोग गरिने जनाइएको छ। , सरकारले छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको छ। गत साउन १७ गते गठित छानबिन समितिले बुधबारसम्म सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने छ। समितिले अझै काम सकेको छैन। छानबिन समिति बैतडी महेन्द्रनगर हुँदै काठमाडौँ फर्किने समितिका सदस्य एवं दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिए।, सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी भट्ट छन्। छानबिन समितिले जिल्लामा रहँदा नेपाल–भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो ।, दार्चुला तुइन घटनाः छानबिन समिति ८ दिन पछि फर्कियो
सेतोपाटी संवाददाता बुटवल-तानसेन सडकखण्डको सिद्धबाबामा गाडी दुर्घटना भएको छ।, मंगलबार बिहान ११ बजेतिर तिनाउ गाउँपालिकाको हेडबक्स नजिकै माथिबाट खसेको ढुङ्गाले लागि गाडी दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।, दोभान तर्फबाट बुटवल आउँदै गरेको बा १८ च ७३३६ नम्बरको स्कार्पियो गाडीमाथि ढुंगा खसेपछि गाडी नै तिनाउ खोलामा खसेको प्रहरीले जनाएको छ।, ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले गाडी दुर्घटनामा परी चार जना घाइते भएको जानकारी दिए।, घाइतेहरूलाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको पाण्डेले जानकारी दिए।, दुर्घटनामा परी पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्साका ५४ वर्षीय बाबुराम पाण्डे, २२ वर्षीय विनोद पाण्डे, १८ वर्षीय अमित बस्याल र ४२ वर्षीय गङ्गा दराई घाइते छन्।, बाबुरामको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ, सिद्धबाबामा गाडी दुर्घटना, चार घाइते
सेतोपाटी संवाददाता विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाएर मात्रै परीक्षा लिन माग गर्दै विद्यार्थीले काठमाडौंको पद्मकन्या क्याम्पसमा प्रदर्शन गरेका छन्।, परीक्षा दिन गएका विद्यार्थीले मंगलबार बिहान क्याम्पसको गेटबाहिर प्रदर्शन गरेका हुन्। उनीहरूले केहीबेर गेटबाहिर सडकमा धर्ना पनि दिएका थिए।, प्रदर्शनमा उत्रिएका विद्यार्थीहरू र प्रहरीबीच धकेलाधकेल पनि भएको छ। केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ।, आज बिबिए, बिआइएमलगायत स्नातक तहका छैटौं सेमेस्टरका विद्यार्थीको परीक्षा छ। परीक्षा मध्यान्ह १२ बजेदेखि सुरु हुँदैछ। , उनीहरूले ‘नो भ्याक्सिन नो एक्जाम’ भन्दै प्रदर्शन गरेका छन्। प्रहरीले प्रदर्शन गरेकाहरूलाई हटाएको छ।, विद्यार्थीले भौतिक उपस्थितिमा परीक्षा गर्दा कोरोना सर्ने जोखिम भएकोले परीक्षा सार्न माग गरिरहेका छन्। तर त्रिविले भदौ ५ सम्मका परीक्षा नसर्ने बताइसकेको छ।, सरकारले कक्षा १२ को परीक्षा भने स्थगित गरेको थियो।, कोरोना संक्रमण बढेको कारण देखाएर साउन ३१ देखि भदौ ९ सम्म हुने भनेको कक्षा १२ को परीक्षा स्थगित भए पनि कक्षा ११ र त्रिविलगायत विभिन्न विश्वविद्यालयले भने परीक्षा भौतिक रूपमै विद्यार्थीलाई उपस्थित गराएर सञ्चालन गरिरहेका छन्।, नो भ्याक्सिन, नो एक्जाम भन्दै पिके क्याम्पसमा विद्यार्थीको प्रदर्शन
ध्रुवसागर शर्मा म्याग्दीको बेनी नगरपालिका- ७ का दिपेन पुन निद्राबाट बिउझिँने बित्तिकै टेबुलमाथिको मोबाइल हातमा लिन्छन्। मोबाइलको स्क्रिन हेरेर उनको दैनिकी सुरू हुन्छ।, कक्षा ६ मा पढ्ने १२ वर्षीय पुनले मोबाइलमा के हेर्छन् त्यो त परिवारलाई पत्तो हुँदैन। उनले मोबाइल नपाउञ्जेलसम्म रिसाउने, झर्किने र खानै नखाइदिने गर्छन्। जसले गर्दा उनको परिवार पनि तनावमा रहनुपर्छ। , अनलाइन क्लासको बहानामा बालबालिका एक्लिँदै गएका र उनीहरूको आनिबानीमा नकारात्मक परिवर्तन देखा पर्न थालेपछि अभिभावक चिन्तित बनेका छन्। , ‘अहिले अनलाइन क्लासका नाममा मोबाइल, ल्यापटप र कम्प्युटरमा बालबालिका व्यस्त हुने गरेका छन्, न बोलाएको सुन्छन्, न समयमा खाना खान्छन्, अनलाइन क्लासमा पनि ज्वाइन नभएको भनेर विद्यालयबाट अभिभावकलाई फोन आइरहन्छ’, बेनी मङ्गलाघाटका अभिभावक तिलबहादुर पुनले भने।, ‘बिहान उठ्नसाथ मोबाइल नहेरी अरू कुनै काम गर्न मान्दैनन्’, बेनी नगरपालिका-४ सिगाका अभिभावक  मोहन पौडेलले भने, ‘न बाबाआमा, न साथी सङ्गती, मोबाइल पाएपछि अरु कोही पनि चाहिँदैन, यस्तो पाराले त कसरी बनाउँछन् खै आजभोलिका बालबालिकाले राम्रो भविष्य ?’, पौडेलले चिन्ता व्यक्त गरे।, पौडेलको जस्तै चिन्ताले अहिले अधिकांश अभिभावक पिरोलिएका छन्। अनलाइन कक्षाको नाममा बिहान उठेदेखि राति ११/१२ बजेसम्म बालबालिका मोबाइल र ल्यापटपमा घोप्टिने गर्न थालेपछि अभिभावकले आ–आफ्ना बालबालिकाप्रति निगरानी त बढाउन थालेका छन् तर परिणाम भने झन् विपरीत प्राप्त भइरहेको अभिभावकको गुनासो रहने गरेको छ।, ‘बिहानदेखि रातिसम्म नै मोबाइलमा व्यस्त हुन थालेपछि मैले तीन दिनसम्म बच्चाको निगरानी गरें, अनलाइन क्लासमा ज्वाइन नै नभइ, पब्जी र अरू नानाभाँतिका खेल पो हेर्दोरहेछ’, बेनीका अभिभावक सुमन सापकोटाले भने, ‘त्यसपछि सम्झाइबुझाइ गर्दा उल्टै खानै खान मानेन, रिसाउने,झर्किने पो गर्न थाल्यो।’, म्याग्दीका प्रायः सबै अभिभावक मोबाइल फोन र इन्टरनेटले आफ्ना छोराछोरी कस्तो बाटोमा लाग्ने हुन् भन्ने कुराले चिन्तित छन्।कोरोना सङ्क्रमणका कारण भौतिकरूपमा उपस्थित भई विद्यालयमा पठनपाठन गर्ने वातावरण नभएपछि विद्यालयले अनलाइन क्लास सञ्चालन गर्ने गरेका छन्। तर, अधिकांश बालबालिकालाई अनलाइन क्लास मोबाइल खेलाउन पाइने गतिलो बहाना बनेको छ। , सुरू सुरूमा बालबालिकालाई भुलाउन मोबाइल दिने गरेका अभिभावक पनि मोबाइलबिना अहिले बस्नै नसक्ने भएपछि तनावमा छन्।, पछिल्लो समय अभिभावकको मनमा एउटै मात्रै प्रश्न उठ्न थालेको छ–बच्चालाई मोबाइलको लतबाट कसरी छुटकारा दिलाउने?, ज्यामरुककोटकी लक्ष्मी सुवेदीले  छोरी सानो छँदा घरधन्दा भ्याउनुपर्ने अवस्था भएकाले मोबाइल खेलाउन दिएर भुलाउने गर्नुहुन्थ्यो।, विस्तारै विस्तारै छोरीलाई मोबाइल खेलाउने बानी भयो। अहिले मोबाइल भएपछि आमाबुबा, साथीभाई नै भुल्ने र कोठाबाट बाहिर निस्कन नमान्ने जस्ता क्रियाकलाप गर्न थालेपछि आफू आजित बनेको लक्ष्मीले सुनाइन्।, बालबालिकामा विकसित हुँदै गएको एकलकाँटे प्रवृत्तिको असर दीर्घकालसम्म पर्ने भएकोले यसतर्फ अभिभावक सचेत रहनुपर्ने समाजशास्त्री तथा बाल मनोविज्ञानका जानकारको राय रहेको छ।, पछिल्लो समय अभिभावकको व्यस्त जीवनशैली र प्रविधि प्रयोगका कारण बालबालिका समाजमा घुलमिल हुन नचाहने, एकान्तमा बस्न रुचाउने जस्ता आनीबानी बढ्न थालेको बालरोग चिकित्सक  डा मीना शाक्यले बताइन्।, मोबाइल फोन भेटेपछि घण्टौंसम्म एक्लै बस्ने, कोसँग कस्तो व्यवहार गर्ने, कसरी बोल्ने जस्ता संस्कार बालबालिकामा हराउँदै गएको अभिभावकको गुनासो छ । ,(रासस), बच्चालाई मोबाइलको लतबाट कसरी छुटकारा दिलाउने?
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौं प्रवेश गर्ने नाका नागढुंगाबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।, चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुंगाको चेक पोइन्टबाट तीन जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले सोमबार चेकपोइन्टमा काठमाडौं प्रवेश गर्ने सवारीसाधनहरूलाई जाँच गरेको थियो। त्यसैक्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ४१३२ नम्बरको यात्रुबहाक बसमा लागु औषध फेला परेको बस्नेतले बताए।, पर्सा पकाहा मैनपुर गाउँपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय नितेश पटेलले बसको सिटमुनि कार्टुनमा १५ सय एम्पुल लागु औषध लुकाएर ल्याएका थिए। उनीबाट प्रहरीले डाइजेपाम ५ सय, नुफिन ५ सय र  फेनेरागन ५ सय एम्पुल बरामद गरेको हो।, उनलाई प्रहरीले पक्राउ गरी प्रारम्भिक सोधपुछ गर्दा सो लागुऔषध कसले मगाएको भन्ने खुलेको छ।, बारा कलैया उपमहानगरपालिका वडा नम्बर २३ का १९ वर्षीय रविन्द्रप्रसाद कुर्मी र पर्सा सखुवापर्सौनी गाउँपालिका वडा नम्बर ३ का २० वर्षीय फैयाज अन्सारीले मगाएको भन्ने जानकारी प्रहरीले पाएको थियो।, उनीहरू कीर्तिपुर क्षेत्रमा बसोबास गर्दै थिए। सो सूचनाको आधारमा खटिएको टोलीले कीर्तिपुरको ट्याङ्लाफाँटबाट २ जनालाई पक्राउ गरेको हो।, उनीहरू दुबै जना लागुऔषध लिन कुरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए।, उनीहरूमाथि महानगरीय प्रहरी वृत्त थानकोटबाट लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान अघि बढाएको छ। , वीरगन्जबाट बसकाे सिटमुनि लागु औषध ल्याउँदै गर्दा नागढुंगामा पक्राउ
सेतोपाटी कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ। यही महिनामा उनीहरूको मृत्यु भएको हो।, एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए।, सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए। दुबैको मृत्यु भएपछि परम्पराअनुसार दाहासंस्कार पनि गरिएको थियो।, परम्पराअनुसार मान्छे मर्दा ठाउँ सर्ने राउटे सोही गाउँपालिकाको काल्चेखोला नजिक सारेका हुन्। यसअघि गुर्भाकोट गाउँपालिकाको आँपसोतीमा रहँदा एक बालिकाको मृत्यु भएको थियो। तीनै जनको मृत्युपछि अहिले उनीहरूको संख्या १४० रहेको प्रहरी नायब उपरीक्षक थापाले उल्लेख गरे। , मृत्युको खबर पाएपछि सुर्खेतस्थित जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेसहितको टोलीले सोमबार बस्तीमै पुगेर ५० जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो तर अन्य कतिपय भने जचाउन आएका थिएनन्।, ‘बस्तीमा पुग्दा धेरै बालबालिका कुपोषित भएको पाइयो। त्यो समुदायमा घाउचोट लागेका बिरामी धेरै रहेछन्’, उनले भने, ‘बालबालिकालाई जुकाको औषधि खुवायौं। मदिरा, छाला र उच्च रक्तचापसम्बन्धी रोगी बढी थिए।’, जनस्वास्थ्य प्रमुख वाग्लेका अनुसार राउटेलाई सहयोग गर्दै आएको गैरसरकारी संस्था सोसेकको सहयोगमा केही औषधि उपलब्ध गराइएको र थप औषधि पछि पठाइनेछ। ,रासस, एकै महिनामा राउटे बस्तीमा तीनको मृत्यु
सेतोपाटी आगामी बिहीबारदेखि मनसुन सक्रिय हुने भएको छ।, बिहीबारदेखि विस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई सोही दिनदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद् राजु प्रधानाङ्गले बताए।, बिहीबार प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा शुक्रबार, शनिबार प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।, हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।, दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  रहनुका साथै प्रदेश नं १, वाग्मती र लुम्बिनी  प्रदेशको एक– दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ । , मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ। त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव दुई डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ। रासस, बिहीबारदेखि मनसुन सक्रिय हुने
भगवती पाण्डे निश्चित समयमा काम सक्ने भनेर सुरू भएका विकास आयोजनाले समय समयमा आफ्ना प्रगति विवरण सार्वजनिक गर्छन्। काम रोकिएको छैन भने केही न केही प्रतिशत प्रगति थपिएकै हुन्छ।, लुम्बिनी विकास गुरूयोजनाको निर्माण प्रगति भने सात वर्षपछि एउटै प्रतिशतमा अड्किएको छ।, लुम्बिनी विकास कोषले सात वर्षदेखि वर्षेनी यो गुरूयोजनाको प्रगति विवरण सार्वजनिक गर्दा ८० प्रतिशत सम्पन्न भइसकेको विवरण दिन्छ।, २०७१ साल बुद्ध जयन्तीको अवसरमा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका तत्कालीन उपाध्यक्ष आचार्य कर्मा स्याङ्बोले लुम्बिनी विकास गुरूयोजनाको काम ८० प्रतिशत पूरा भएको प्रतिवेदन सार्वजनिक गरेका थिए।, कार्यक्रममै १५ वर्षमा पूरा गर्ने गरी लुम्बिनी विकास गुरूयोजना तयार भएको ३५ वर्ष सम्म पनि जम्मा ८० प्रतिशत काममात्रै भएको धेरैले गुनासो गरे।, उपाध्यक्ष स्याङ्बोले बाँकी काम घुँडा टेकेरै भए पनि ३ वर्षभित्र पूरा गर्ने प्रतिवद्धता गरेका थिए।, स्याङ्बोले प्रतिवद्धता गरेको सात वर्ष बित्यो। स्याङ्बोपछि लुम्बिनीकै बासिन्दा अवधेश त्रिपाठी (भिक्षु मेत्तेय) उपाध्यक्षको जिम्मेवारीमा आए। ५ वर्षे कार्यकालका लागि आएका उनको पनि चार वर्ष पूरा हुँदैछ।, तर लुम्बिनी विकास गुरूयोजनाको प्रगति भने ८० बाट ८१ प्रतिशत हुन सकेको छैन।, संयुक्त राष्ट्रसंघका तेस्रो महासचिव ऊ थान्त सन् १९६७ अप्रिल १३ मा लुम्बिनी पुग्दा त्यहाँको अस्तव्यस्त र लथालिंग अवस्था देखेपछि यो गुरूयोजनाको थालनी भएको थियो। लुम्बिनीको विकासका लागि गुरूयोजना बनाएर सोहीअनुसार अघि बढ्न नेपाल सरकारसमक्ष उनले  प्रस्ताव गरेका थिए।, त्यसपछि जापनी वास्तुविद् प्राध्यापक केन्जियो टांगेलाई लुम्बिनी गुरूयोजना बनाउने जिम्मा दिइएको थियो।, टांगेले सन् १९७२ मा सुरू गरेको लुम्बिनी गुरूयोजना बनाउने काम १९७८ मा पूरा गरे। उनले सरकारलाई गुरूयोजना  हस्तान्तरण गर्दा १५ वर्षमा काम पूरा गर्ने लक्ष्य लिइएको थियो।, ४४ वर्ष बितिसक्दा पनि गुरूयोजनाको काम पूरा हुन सकेको छैन। सात-आठ वर्षयता यसको प्रगति ८० प्रतिशतमै अड्किएको विकास कोषको प्रतिवेदनमा देखिन्छ।, २०७५ सालमा कोषका तत्कालीन निमित्त सदस्य सचिव सरोज भट्टराईले गुरूयोजनाको ८२ प्रतिशत काम पूरा भएको जानकारी दिएका थिए। अहिले फेरि ८० प्रतिशतमै झारिएको छ।, लुम्बिनीलाई नजिकबाट बुझ्नेहरू लुम्बिनीको विकासमा सन्तोषजनक प्रगति नहुनुमा राजनीतिक भागबन्डाको आधारमा हुने पदाधिकारी नियुक्ति र कामप्रति उनीहरूको जिम्मेवारीबोध नहुनु नै प्रमुख कारण मान्छन्।, लुम्बिनी विकास कोष ऐन २०४२ अनुसार उपाध्यक्ष, सदस्य सचिव र कोषाध्यक्ष तीन जना कार्यकारी रहने व्यवस्था रहेको छ। कोषका तिनै जना कार्यकारी पदाधिकारी राजनीतिक आधारमा नियुक्त हुँदै आएका छन्। पर्यटन तथा संस्कृति मन्त्री अध्यक्ष रहने लुम्बिनी विकास कोषमा अहिलेसम्म ३७ जना अध्यक्ष भइसकेका छन्। अहिलेका उपाध्यक्ष त्रिपाठी पनि कोषको १६ औं उपाध्यक्ष हुन्।, वर्षैपिच्छे सरकार फेरिन्छ। अनि सरकार फेरिएपिच्छे कोषका पदाधिकारी फेरिने श्रृंखलाले लुम्बिनी गुरूयोजनाको काम प्रभावित बन्दै आएको लुम्बिनी क्षेत्रका अनुसन्धानकर्ता एवं संस्कृतिविद् प्राध्यापक डाक्टर गितु गिरी बताउँछन्।, गिरीको भनाइमा सो क्षेत्रका सांसदहरू पनि सहमति जनाउँछन्।, लुम्बिनी क्षेत्रबाट राष्ट्रियसभा सदस्य बनेका खिमलाल भट्टराईले एउटा सरकारले नियुक्त गरेका पदाधिकारी अर्को सरकार परिवर्तनसँगै हटाउने प्रवृत्तिले गुरूयोजना निर्माणमा ढिलाइ भएको बताए। गुरूयोजना पूरा गर्ने गरी बजेट छुट्याउनेतर्फ ध्यान नदिएकाले पनि साढे चार दशकसम्म काम पूरा हुन नसकेको उनको भनाइ छ।, 'विगतका सरकारहरूले लुम्बिनीलाई प्राथमिकतामा राखेर बजेट नै छुट्याउन सकेनन्, केपी ओली नेतृत्वको सरकारले प्राथमिकता दिएर बजेट विनियोजन गरेपछि अहिले केही काम भइरहेका छन्,' उनले भने।, सोही क्षेत्रबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका फकरूद्धिन खान पनि लुम्बिनीमा उचित लगानी गर्न राज्यले वेवास्ता गर्दै आएको बताए।, 'लुम्बिनी राज्य सञ्चालकहरूको नजरमा कहिल्यै परेन, राज्यलाई झक्झकाउँदा हामी त थाकिसक्यौं,' खानले भने,'लुम्बिनीमा गरिएको लगानी खेर जाँदैनथ्यो। अहिले कुनै सरकारले पनि ध्यान दिन सकेका छैनन्।', लुम्बिनी विकास कोषका आयोजना प्रमुख इन्जिनियर सरोजकुमार भट्टराई भने गुरूयोजना तयार गर्दा नसमेटिएका कतिपय योजनाहरू समयानुकूल परिमार्जित र थप हुँदै गएकाले काम भइरहे पनि प्रगति प्रतिशत बढ्न नसकेको बताउँछन्।, 'पछिल्ला चार-पाँच वर्षयता लुम्बिनीमा धेरै काम भएका छन्,' उनले दाबी गरे।, गुरूयोजनाअन्तर्गत भएका कामको विवरण उनले औंलामै गने, सभाहल सुरू गरेर पनि सम्पन्न हुने तयारीमा छ, कोषको कार्यालयदेखि उत्तरतर्फको पोखरी निर्माण गरिएको छ, ३८ हेक्टर जमिनमा करिब २५ हजार फलफूलका बिरूवा रोपेर फलफूल बगैंचा बनाउन सुरू गरिएको छ।, 'तर यी योजनाहरू गुरूयोजनामा पछि थपिएकाले प्रगति प्रतिशत नबढेको हो,' उनले भने।, भट्टराईका अनुसार गुरूयोजनाअनुरूप वरिपरिको जमिन अधिग्रहण गर्दा लुम्बिनी उजाड थियो। उजाड लुम्बिनीलाई हरियाली बनाउन तराईमा छिटो हुर्किने सिसौका बिरूवा रोपेर जंगल बनाइएको थियो। तर विकास कोषभित्रको जंगलमा हरेक वर्ष काठ तस्करीका लागि डढेलो लगाउँदै जाँदा हरियाली नासिन थालेको छ। त्यसैले बरू फलफूल बगैंचा बनाउने नयाँ योजना अगाडि सारिएको छ। जुन योजनालाई पनि समेटिएको छ।, अहिले १२ हजारभन्दा बढी फलफूलका बिरूवा रोपिसकिएको छ। १६ हेक्टर क्षेत्रमा आँप, १३ हेक्टरमा कागती, अनार, अम्बा र ९ हेक्टरमा कटहर, जामुन र लिच्ची गरी २५ हजार फलफूलका बिरूवा रोप्ने योजना लुम्बिनी विकास कोषको छ।, कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार फलफूलका बिरूवा लगाउन दया निर्माण सेवालाई २ करोड ६४ लाख २१ हजार रुपैयाँमा ठेक्का दिई काम भइरहेको छ।, त्यस्तै करिब ५९ करोड लगानीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा ध्यानगृह निर्माण भइरहेको छ। उक्त सम्मेलन केन्द्रलाई पनि गुरूयोजना तयार गर्दा समेटिएको थिएन।, एक हजार एक सय ५५ बिघा क्षेत्रफल जमिन ओगटेको लुम्बिनी विकास गुरूयोजनालाई तीन भागमा विभाजन गरिएको छ।, उत्तर-दक्षिण फैलिएको कोषको तीन वर्ग माइल जमिनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र र नयाँ लुम्बिनी ग्रामको रूपमा  विभाजन गरिएको हो।, युनेस्कोको विश्व सांस्कृतिक सम्पदामा सन् १९९७ मा सूचीकृत गरिएको उद्यान क्षेत्र सबैभन्दा महत्वपूर्ण क्षेत्र हो।, उद्यान क्षेत्रमा मायादेवी मन्दिर, अशोक स्तम्भ, पुष्करिणी पोखरी, अशोककाल भन्दा अगाडिका इँटाका संरचना, बुद्धकालका संरचनासहितका महत्वपूर्ण पुरातात्विक वस्तु छन्।, मध्य भाग, अन्तर्राष्ट्रिय बौद्ध विहारहरू निर्माणको लागि विहार क्षेत्रको रूपमा छुट्याइएको छ।, विहार क्षेत्रमा विभिन्न अन्तर्राष्ट्रिय बौद्ध संस्था र राष्ट्रहरूले सांस्कृतिक संरचना निर्माण गरेका छन्।, अहिलेसम्म २८ वटा विहार निर्माण भइसकेका छन्। श्रीलंका, बर्मा, थाइल्यान्ड, क्यानडा, कम्बोडिया, चीन, सिंगापुर, फ्रान्स, जर्मनी, जापान, भियतनाम, भारत र नेपालले समेत विहार निर्माण गरेका छन्।, त्यस्तै विकास कोषको उत्तरतर्फको क्षेत्रलाई बौद्ध स्तुपासहित लुम्बिनी गाउँका रूपमा विभाजन गरिएको छ। यो क्षेत्रमा प्रशासनिक भवन, आवास, खानेपानी व्यवस्थापनका संरचनाहरू निर्माण भइरहेका छन्।, इन्जिनियर भट्टराईका अनुसार गुरूयोजनाभित्र अझै ७ अर्ब रुपैयाँ बढीका संरचना निर्माण गर्न बाँकी छ। हालैमात्र लुम्बिनी भित्रको १४ किलोमिटर मुख्य सडक, २२ किलोमिटर भित्री सडक, ५२ किलोमिटर ढल निर्माण, १२ वटा गेट निर्माण, पुल, कल्भर्ट निर्माण तथा हरियाली र विद्युतीकरणका लागि ४ अर्बको ग्लोबल टेण्डर आह्वान भइसकेको छ।, कोषले केही महिना अघि नै ग्लोबल टेण्डर आह्वान गरेपनि निर्माण व्यवसायी महासंघले नै विरोध गर्दै अदालतमा मुद्दा दर्ता गरेपछि रोकिएको थियो।, महासंघले विकास कोषले आफू अनुकूलका ठेकेदारलाई ठेक्का दिन चलखेल गरेर अनावश्यक मापदण्ड राखिएको भन्दै अदालतमा मुद्दा दर्ता गरेको थियो।, अदालतले भने कोषले आह्वान गरेको टेण्डर सही भएको आदेश दिएपछि टेण्डरको बाटो खुला भएको छ।, इन्जिनियर भट्टराई अहिले आह्वान गरिएको बोलपत्र स्वीकृत भएको २ वर्षभित्र काम पूरा गर्नुपर्ने बताउँछन्।, त्यस्तै बाँकी ३ अर्ब बराबरको संरचना निर्माणको लागि पनि टेण्डर आह्वान गर्ने कोषको तयारी छ।, 'अब आह्वान गरिने टेन्डरअन्तर्गत लुम्बिनी संग्रहालयमा विभिन्न भवन र फोहोरमैला व्यवस्थापनको काम हुने छन्, बीचमा केही अवरोध नआए साढे दुई वर्षभित्र लुम्बिनी गुरूयोजनाका सबै काम सकिनेछन्,' भट्टराईले दाबी गरे।, टांगेले तयार गरेको लुम्बिनी गुरूयोजना दातृ निकायको सहयोगमा पूरा गर्ने योजना सरकारले बनाएको थियो। दातृ निकायको सहयोग जुटाउन नसकेपछि सुरूवाती वर्षमा सरकारले विनियोजन गर्ने ४०/५० लाख रुपैयाँ लुम्बिनीका लागि त्यसै हराएर जान्थ्यो।, लुम्बिनी विकासका लागि पहिलो पटक २००८ सालमा एउटा समिति बनेको थियो। भैरहवाका बडाहाकिम शेरबहादुर शाहीको अध्यक्षतामा लुम्बिनी प्रबन्धक समिति बनेको थियो। २०२७ सालमा उक्त समिति खारेज भएपछि लुम्बिनी विकास परियोजना बन्यो। लुम्बिनी विकास परियोजना पनि २०३२ सालमा खारेज भएपछि लुम्बिनी विकास समिति बनेको थियो।, सोही समितिले गुरूयोजना निर्माणको काम गरे पनि २०४२ सालमा लुम्बिनी विकास कोष बनेको थियो।, कोष बने पनि अत्यन्त न्यून बजेट विनियोजन गर्दा देखिने गरी कुनै पनि प्रगति हुन सकेन। आर्थिक वर्ष ०७०/०७१ देखि सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखेर बजेट छुट्ट्याउन थालेपछि मात्रै गुरूयोजनाको कामले तीव्रता पाएको हो।, ४४ वर्षअघि सुरू भएको लुम्बिनी विकास गुरूयोजनाको काम ठप्प भयो ८० प्रतिशतमै
रोहित महतो अवैध रूपमा एसिड बेच्ने व्यापारीलाई अदालतले सफाई दिएको भन्दै अदातल परिसरमा आक्रोश पोख्न पुगेकी एसिड पीडित आरती साहलाई प्रहरीले पक्राउ गरेको छ।, अनुमती बिनै किराना पसलमा राखेर एसिड बेच्ने नागेन्द्र साहलाई उन्मुक्ति दिएर अदालतले आफूमाथि अन्याय गरेको भन्दै मंगलबार दिउँसो उनी धनुषा जिल्ला अदालत पुगेकी थिइन्।, त्यहाँ उनले वकिल तथा न्यायाधीसविरुद्ध बोल्दै हो–हल्ला गरेपछि उनी र उनका भाइ राजालाई प्रहरीले पक्राउ गरेको हो। न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सोमबार आरतीका श्रीमान् जनकपुरधाम उपमहानगरपालिका–२० बस्ने सञ्जिब साहलाई कसुर गरेको ठहर गरेको थियो। तर एसिड बिक्रेता निखिल स्टोर्स किराना पसलका संचालक नागेन्द्रलाई सफाइ दिएको थियो।, ‘अदालतमा भएको फैसलामा चित्त नबुझे पुनरावेदन जानुपर्यो नि तर श्रीमान् (न्यायाधीश) लाई गाली-बेज्जती गरेपछि सोधपुछका लागि ल्याएका छौँ,’ धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले भने। अहिले दुबैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।, एसिड बेच्ने अनुमतीपत्र नहुँदा समेत नागेन्द्रलाई न्यायधीश र वकिलले आर्थिक लेनदेन गरि सफाई दिएको आरतीको आरोप छ।, ‘करिब तीन महिना पहिले नागेन्द्रले मकहाँ आफ्नो मान्छेलाई पठाएर ५ लाख लिन्छौँ कि १० लाख, म दिन्छु तर तिमी मेरो नाम अदालतमा नलिनु भनेका थिए। तर मैले मानिन्,’ आरतीले आक्रोश पोख्दै सुनाइन्, ‘पैसा हुँदैमा दोषी छुटिहाल्छ? उसलाई सजाय भएको भए अरु कसैले यसरी एसिड किनेर छ्याप्ने हिम्मत गर्दैनथे।’, नागेन्द्र समेत दोषी रहेको दाबी गर्दै आरतीले लडाइँ जारी राख्ने सेतोपाटीलाई बताइन्। फैसला सुनाउने दिन बहसमा आफूलाई जानकारी नगराइएको आरतीको भनाइ छ।, ‘आज बिहान १० बजे रेडियोमा समाचार सुनेर मैले फैसला आएको थाहा पाएँ। मलाई कसैले किन बोलाएन?,’ उनले प्रश्न गरिन् ।, यद्दपी अधिवक्ता रिंकु कुमारी यादवले आरतीको बुवाको मोबाइलमा फोन गर्दा सम्पर्क हुन नसकेको बताइन्। , सञ्जिबले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित स्थानीय नागेन्द्रले सञ्चालन गरेको निखिल स्टोर्सबाट एसिड खरिद गरेको  दुबै जनाले बयान दिएका थिए।, प्रहरीले छापा मार्दा उनको पसलबाट बियरको बोतलमा राखेर कार्टुनमा प्याक गरिएको ४८ बोतल र खोलिएको काटुर्नबाट १० वटा गरी ५८ बोतलमा साढे ४३ लिटर एसिड बरामद भएको थियो।, तैपनि अदालतले एसिड व्यापारी नागेन्द्रलाई सफाइ दिएको छ। कसुर ठहर गरिएका सञ्जिबलाई तोकिने कैद सजाय र क्षतिपूर्तिका लागि वादी र प्रतिवादी दुबैतर्फका वकिलले प्रस्तुत गर्ने प्रतिवेदनमाथि बहसपछि फैसला हुनेछ। , एसिड बेच्ने व्यापारीले सफाई पाएपछि अदालत पुगेकी आरती पक्राउ
सेतोपाटी संवाददाता आइतबार थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , थप ५५ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म १० हजार ९३ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेको दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। , थप २ हजार २९ जना कोरोनाबाट मुक्त भएका छन्। निको हुनेको दर ९३.६ प्रतिशत रहेको मन्त्रालयको तथ्यांक छ।, हाल देशभर ३५ हजार ४८५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। ,  , आइतबार थप २ हजार ५४८ मा कोरोना संक्रमण
प्रकाश अधिकारी/रासस सुदूरपश्चिममा देउकी र काठमाडौं उपत्यकामा जीवित देवीकुमारीको चर्चा भइरहन्छ। त्यहाँ मन्दिरमा पूजारीको रूपमा कुमारी छन् भने दैलेखको एक मन्दिरमा कुमार। कर्णाली राजमार्गमा पर्ने दैलेखको तल्लो डुङ्गेश्वरस्थित पञ्चेश्वर शिव महादेव मन्दिरमा पुर्खौँदेखि नाबालकले पूजापाठ गर्ने प्रचलन रहेको छ। हाल यस मन्दिरमा सात वर्षीय सुवासदेव गिरी पूजारी (देउकेटा) छन्।, सुवास गत वर्ष मङ्सिरदेखि पूजारी नियुक्त भएका हुन्त्य सअघि उनका साहिला दाजु जीवनदेव पूजारी थिए। जीवनदेवको उमेर १६ वर्ष पुगेपछि उत्तराधिकारीको रूपमा पूजारीमा सुवास मन्दिर प्रवेश गरेका हुन्। सुवासले मन्दिरमा दैनिक पूजापाठ गर्ने, दर्शनार्थीलाई टीका र आर्शिवाद दिँदै आएको बताए। ‘पूजापाठका सबै काम सिक्दैछु,बुवा दाईले सिकाउनुहुन्छ’, उनले भने।, शिव महादेव मन्दिरमा कुमार केटालाई मन्दिरमा चढाएर मात्र पुजारीको मान्यता दिने चलन छ। जसलाई स्थानीय भाषामा ‘देउकेटा’ अर्थात् ‘देउतालाई चढाएको केटा’ भनिन्छ। देउतालाई चढाएको केटाले पूजापाठ मात्र होइन मन्दिरमै बास बस्छन्।, पूर्व ‘देउकेटा’ जीवनदेवले वर्षौंदेखि चलिआएको संस्कार भएकाले आफूहरूले निरन्तरता दिँदै आएको बताए। ‘आफैंले पकाएको खानुपर्छ, अरू जस्तो मन लागि हिँडडुल गर्न पाइँदैन’, उनले भने, ‘स्कूलमा गएर पनि अलग्गै बस्नुपर्छ, महिनावारी भएकालाई छुन हुँदैन।’, सुवास हाल महादेव मावि कक्षा तीनमा अध्ययनरत छन्। सुवास सानै भएकाले पूजापाठमा जीवनदेवले सघाउने गरेका छन्। उनी २०६८ जेठदेखि गत वर्ष मङ्सिरसम्म ‘देउकेटा’ का रुपमा मन्दिरमा बसेका छन्।, मन्दिर दुल्लू नगरपालिका–१ तल्लो डुङ्गेश्वर बजार छेवैमा छ। जुन कर्णाली नदी र लोहोरे खोलाको सङ्गमस्थल हो। यहाँ दैलेख, अछाम, सुर्खेतका साथै राजमार्ग हुँदै आउजाउ गर्ने मन्दिर प्रवेश गरेर ‘देउकेटा’ बाट टीका थाप्नुका साथै आर्शिवाद लिई गन्तव्यतर्फ लाग्दछन् । मङ्गलबार र शनिबार श्रद्धालु भक्तजनको बढी भीड लाग्दछ ।, खड्गदेवका छोरा पे्रमदेव, चन्द्रदेव र जीवनदेवपछि सुवासदेव ‘देउकेटा’ का रूपमा भित्रिएका हुन्। खड्गेव पनि ११ वर्ष देउकेटा थिए। पूजापाठबाट सङ्कलित दान दक्षिनाबाटै परिवारको खर्च धानेको बताउँदै खड्गदेवले भने, ‍‘पूजापाठबाटै सात जनाको परिवार पाल्नुपर्ने बाध्यता छ, जग्गा जमीन छैन, गुठीको आम्दानीबाटै गुजारा चलाउनुपर्छ ।’, उनका अनुसार ‘देउकेटा’ ले १६ वर्ष पार नगरुञ्जेलसम्म पुजारी बन्नुपर्छ। त्यसअघि नै बिहे भयो भने पनि मन्दिरबाट बाहिरिनुपर्छ। यदि पूजारीमा कुनै समस्या आइपरेमा सन्तानको रोल क्रमअनुसार नियुक्त गर्ने चलन छ। त्यसरी नियुक्त ‘देउकेटा’ लाई विधिपूर्वक व्रतबन्ध गरी भ्यियाइन्छ। विवाहितालाई ‘देउकेटा’ बनाए अनिष्ट हुने विश्वास छ।, प्रसिद्ध पञ्चकोशी तीर्थस्थलमध्ये शिव मन्दिरमा गिरी, शिरस्थानमा नाथ, कोटिलामा योगी, धुलेश्वरमा सन्यासीले पूजाआजा गर्ने संस्कार छ । नाबालकले पूजा गर्ने भने यही यो मन्दिर मात्र हो । यहाँका अन्य मन्दिरमा यस्तो चलन छैन।, दैलेखमा सात वर्षीय सुवास नयाँ ‘देउकेटा’
सेतोपाटी संवाददाता विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आफूहरुले पाउँदै आएको सुविधा राष्ट्रिय चिकित्सा शिक्षा आयोगले हटाएको भन्दै प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरुले विरोध गरेका छन्।, प्रतिष्ठानका शिक्षक कर्मचारीका सन्तानलाई हरेक वर्ष एउटा निःशुल्क अध्ययन गर्न पाउने कोटा र एउटा शुल्क कोटा रहेको थियो। तर त्यो कोटा खारेज गरेकोमा प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरुले विरोध गरेका हुन्।, आयोगको निर्णयले आफूहरुमाथि अन्याय भएको प्रतिष्ठानका चिकित्सक डा‍. विष्णु पोखरेलले बताए।, ‘२८ वर्ष अगाडि खुलेको प्रतिष्ठानका शिक्षक एवं कर्मचारीका लागि फ्याकल्टी रिटेर्न गर्न छुट्याइएको विशेष सुविधा हठात् कटौती गरिन्छ तर केही वर्ष अगाडि मात्रै खोलिएको नेपाल आर्मीको कलेजलाई ४९ प्रतिशतसम्म आरक्षण छुट्टाइन्छ, यो गलत छ’ उनले भने ‘जबसम्म यो विभेद रोकिँदैन तबसम्म हामी भर्ना लिन असमर्थ छौं भन्न सक्नुपर्दछ। यही सुविधाको आशमा कैयन हाम्रा शिक्षक एवं कर्मचारीहरु वर्षौंदेखि प्रतिष्ठानमा कार्यरत छन्। यसरी हठात् रुपमा हटाइनु उहाँहरुप्रति गरिएको अन्याय नै हो।’,  , विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,आइओएम र पाटन विज्ञान प्रतिष्ठान सँगै हुनुपर्ने पोखरेलले बताए।, सन्तानलाई छुट्टाइएको कोटा हटाएकोमा विपी प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको विरोध
सेतोपाटी संवाददाता आइतबार काठमाडौं उपत्यकामा ९५१ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ७४०, ललितपुरमा १५५ र भक्तपुरमा ५६ संक्रमित थपिएका हुन्। , हाल काठमाडौं उपत्यकामा १० हजार ३८३ सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौं जिल्लामा सबैभन्दा धेरै ७ हजार ३७६, ललितपुरमा १ हजार ७३४ र भक्तपुरमा १ हजार २७३ सक्रिय संक्रमित छन्। , हालसम्म काठमाडौं जिल्लामा कोरोनाबाट १ हजार ९८३ जनाले ज्यान गुमाएका छन्। त्यस्तै ललितपुरमा ६०७ र भक्तपुरमा ३९७ जनाको मृत्यु भएको छ। , आइतबार देशभर  १२ हजार ३७८ जनाको नमुना परीक्षण गर्दा २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, थप ५५ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म १० हजार ९३ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। ,  , काठमाडौं उपत्यकामा थपिए ९५१ संक्रमित
प्रशन्न पोखरेल त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको छ।, स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरू हाल सञ्चालनमा छन्। केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुँदैछ।, त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय भएको सेतोपाटीलाई बताए।, कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला परीक्षाहरू निरन्तर सञ्चालन गर्ने कि के गर्ने भन्नेबारे आज त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद बैठक बसेको थियो। , उक्त बैठकले पहिले नै 'रूटिन' निकालिसकेका र परीक्षा चलिरहेका सबै संकायका परीक्षा यथावत् सञ्चालन गर्ने निर्णय गरेको हो।, ‘वार्षिक प्रणालीका परीक्षा साउन २९ गते सकिन्छ। सेमेस्टर प्रणालीका परीक्षा भदौ ५ गतेसम्म चल्छन्। यी कुनै पनि परीक्षा रोकिँदैन,’ परीक्षा नियन्त्रक जोशीले भने।, परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न भनिएको पनि उनले बताए।, ‘सेमेस्टर प्रणालीमा थोरै विद्यार्थी छन् त्यसैले स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर परीक्षा सञ्चालन गर्न अनुरोधसमेत गरिएको छ,’ उनले भने, ‘परीक्षा रोकेर नयाँ प्रणालीमा जाँदा झन् विद्यार्थीहरूलाई नै समस्या हुने देखिन्छ।’ , अहिले सञ्चालन भई आएका परीक्षाहरू यथावत् सञ्चालन गरिने पनि उनले जानकारी दिए। भदौ ५ पछि कोरोना संक्रमण थप बढ्यो र सरकारले निषेधाज्ञा लगायो भने त्यसपछिका परीक्षा के गर्ने भन्नेबारे पछि नै बैठक गरेर निर्णय गर्ने त्रिविले जनाएको छ।, यो पनि: ,१२ को परीक्षा रोकियो, त्रिविको के हुन्छ?, भदौ ५ सम्मका परीक्षा नरोक्ने त्रिविको निर्णय
सेतोपाटी संवाददाता माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली न्यू खिम्ती सवस्टेशनमा चार्ज गरिएको छ। स्वदेशी लगानीमा निर्मित देशको हालसम्मकै ठूलो आयोजनाको बिजुली काठमाडौं उपत्यका भित्र्याउन महत्वपूर्ण मानिएको उक्त सवस्टेशन सफलतापूर्वक चार्ज भएको माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए।, रामेछापको फुलासीमा निर्माण गरिएको उक्त सवस्टेशनको क्षमता २२०/१३२ केभीको छ। ‘सवस्टशेन आज चार्ज भई काठमाडौंसम्म  बिजुली जोडिएको छ। यो आयोजनाका लागि अर्को महत्वपूर्ण सफलता हो’, श्रेष्ठले भने। उनका अनुसार ढल्केबरपछि यो सवस्टेशन अर्को ठूलो हो। ढल्केबर ४०० केभी र न्यू खिम्ती २२० केभी क्षमताको हो। प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लामोसाँघु–काठमाडौँ प्रसारण लाइनमार्फत तत्काल ९० मेगावाट बिजुली प्रवाह गरिएको बताए।, कूल ४५६ मेगावाट क्षमताको तामाकोशीका हाल चार युनिट सञ्चालनमा आएका छन्। एउटा युनिटको क्षमता ७६ मेगावाटको छ भने हाल त्यहाँबाट ३०४ मेगावाट बिजुली उत्पादन गरिएको छ। अन्य दुई युनिट पनि छिट्टै सञ्चालनमा ल्याइने तयारीे छ।, उक्त सवस्टेशनमा १०० केभी  क्षमताको चार वटा पावर ट्रान्सफर्मर जडान गरिएको छ।  जडान गरिएका ट्रान्सर्फरमध्ये तीन वटा नियमित सञ्चालनमा ल्याइने र एउटा जगेडामा राखिनेछ। माथिल्लो तामाकोशीको बिजुली हाल खिम्ती– ढल्केबर प्रसारण लाइनमार्फत ढल्केबर पुगेपछि देशभर वितरण हुन्छ । आयोजना झण्डै ११ वर्षपछि  सम्पन्न भएको हो।, शुरुआती लागत ३५ अर्ब भए पनि प्राकृतिक विपत्ति, भारतको सीमानाकामा अवरोध तथा डिजाइनमा भएको परिवर्तन, अमेरिकी डलरमा भएको मूल्यवृद्धि तथा ठेकेदारको बदमासीका कारण लागत बढेर ८४ अर्बको हाराहारीमा पुगेको छ।, यो आयोजनाले  स्वदेशी लगानीमै ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने विश्वास दिलाएको छ । , सञ्चालनमा आयो न्यू खिम्ती सवस्टेशन, माथिल्लो तामाकोशीको बिजुली काठमाडौँ ल्याउन सहज
सेतोपाटी संवाददाता कर्णाली नदीमा एक जना महिलाको शव फेला परेको छ।, कैलालीको चिसापानी बजारबाट करिब ५ किलोमिटर तल महिलाको शव फेला परेको हो। , प्रहरीका अनुसार नदीको बीचमा रुखको कापमा अडिएको शव आइतबार बिहान देखा परेको थियो। उक्त शव बेलुका ६ बजे नदी बाहिर निकालिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।, शव पोष्टमार्टमका लागि टिकापुर अस्पताल लगिएको छ।, अहिलेसम्म कर्णाली नदीमा पाँच जना बेपत्ता भएका छन्। उनीहरुमध्ये कसैको शव हुन सक्ने प्रहरीको अनुमान छ।, शवको पहिचान अहिले खुल्न सकेको छैन।, साउन १७ गते मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका बीचमा पर्ने कर्णाली नदीमा डुंगा तर्ने क्रममा पल्टेर दुर्घटना हुँदा तीन जना बेपत्ता भएका थिए।, जसमा कैलाली मोहन्याल गाउँपालिका–३ का २० वर्षीया उर्मिला सलामी मगर, उनकी १० दिनकी छोरी प्राप्ति सलामी मगर र २० वर्षीया गर्भवती महिला पार्वती थापा मगर थिए।, यस्तै साउन १५ गते चिसापानी पितमारी नजिकैबाट गाडी कर्णाली नदीमा खसेपछि डोटी आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी पनि बेपत्ता भएका थिए।, ‘दुई घटनामध्ये कसैको शव हुनसक्ने भनेर आफन्तसँग समन्वय गरी पहिचान गराउने प्रयास भइरहेको छ,’ पन्तले भने।, कर्णाली नदीमा एक महिलाको शव फेला
सेतोपाटी संवाददाता सिन्धुपाल्चोक प्रहरी हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएको घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको संयोजकत्वमा समिति बनेको छ।, प्रहरी हिरासतमा रहेका बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय खड्गबहादुर तामाङको मृत्यु भएको थियो।  छानबिन समितिमा दुई जना प्रहरी नायब उपरीक्षक र एक जना जिल्ला बार एशोसियसनका अध्यक्ष  पनि रहेको सिडिओ अरूण पोखरेलले जानकारी दिए।, 'अहिले चार सदस्यको समिति बनेको छ। तर हामीले अरू दुई जना थपिन सक्ने पनि भनेका छौं,' उनले भने।, उनका अनुसार समितिमा पीडित पक्ष र पत्रकार समेतलाई राख्न लागिएको हो। यद्यपी उनीहरूको प्रतिनिधित्व कसले गर्छन् भन्ने खुलिसकेको छैन।, 'हामीले जिल्ला पत्रकार महासंघबाट एक जना र पीडित पक्षबाट एक जनालाई नाम पठाउन भनेका छौं। तर अहिलेसम्म प्राप्त भएको छैन। भोलि आयो भने समितिमा जोडिन सक्नुहुन्छ,' पोखरेलले भने।, तामाङको मृत्यु प्रहरीकाे कुटपिटबाट भएको भन्दै पीडित पक्षले आइतबार बाह्रबिसे बजारमा प्रदर्शन समेत गरेको थियो। उनीहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए।, मृतक तामाङको शरीरमा चोटपटक देखिएको भन्दै पीडित पक्षले उनको कुटपिटबाटै मृत्यु भएको दाबी गरेका छन्। तर प्रहरीले उनीमाथि कुटपिट नभएको बताएका छन्।, 'उनीमाथि कुटपिट भएको छैन। प्रहरीले उनलाई कुटपिट गर्नु जरूरी नै थिएन। किनकि उनी आफैँले चोरी गरेको भनेर स्वीकारेका छन्,' प्रहरी उपरीक्षक राजन अधिकारीले भने।  , तामाङलाई गत शुक्रबार बिहान धुलिखेल अस्पताल लगिएको थियो। अस्पतालमा लग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।, प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार तामाङलाई चोरीको मुद्दामा प्रहरीले गत १८ गते नियन्त्रणमा लिएको थियो।, उनीमाथि एक जनाको एक लाख, सहकारीमा फुटाएर ८१ हजार ७२५ रुपैयाँ चोरी गरेको आरोप थियो।, प्रहरीका अनुसार उनी सुरूकै दिनदेखि बिरामी थिए।, 'पक्राउ गरेकै दिन देखि बिरामी हुनुभयो। पक्राउ गर्दा नाकबाट रगत बगेको थियो। त्यो दिन स्वास्थ्य चौकीमै राख्यौं। त्यसपछि प्रत्येक दिन उहाँलाई अस्पताल लगिएको थियो,' प्रहरी नायब उपरीक्षक बस्नेतले भने, 'एकदमै धेरै रक्सी चुरोट खाने कारण बिरामी हुनुभएको रहेछ। रक्सी खान नपाएपछि गाह्रो हुने भनिएको छ।', त्यसरी बिरामी हुँदा उनलाई पटकपटक उपचार गराउन लग्ने-ल्याउने भइरहेको बस्नेतले बताए। तर २२ गते बिहान भने उनलाई प्रहरीले छटपटाइरहेको अवस्थामा फेला पारेको बस्नेतले बताए।, 'बिहान छटपटाइरहेको अवस्थामा फेला पर्‍यौं। त्यहाँबाट स्वास्थ्य चौकीमा लग्यौं। चौकीले अस्पताल लग्नु पर्छ भनेको हुँदा हामीले धुलिखेल अस्पताल लगेका थियौं,' बस्नेतले भने,'तर त्यहाँ पुगेपछि तुरून्तै मृत्यु भयो।', अहिले शव पोष्टमार्टम गर्न काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको छ।, प्रहरी हिरासतमा हुँदा पनि मृतक तामाङले अस्वभाविक व्यवहार देखाउने गरेको प्रहरीले जनाएको छ।, 'रक्सी नभएपछि उहाँले अस्वभाविक व्यवहारहरू देखाउने गरेको भन्ने छ,' बस्नेतले भने,'कुटपिट पनि भए, नभएको भन्ने पोष्टमार्टम नभएको हुँदा भन्न सकिन्न। त्यसैले हामीले बोल्न पनि मिलेन। उहाँले आफ्नाे टाउको, हात ठोक्काउने, लगायत गतिविधि दैनिकजस्तो गर्नुहुन्थ्यो। उहाँको दिमागी हालत नै त्यस्तो भएको देखियो।', बिरामी भएको भन्ने जानकारी परिवार समेतलाई पनि दिइएको प्रहरीको भनाइ छ। प्रहरीले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। , बाह्रबिसे प्रहरी हिरासतमा रहेका तामाङको मृत्युपछि बन्यो चार सदस्यीय छानबिन समिति
सेतोपाटी संवाददाता सरकारले आजदेखि कोरोनाविरूद्ध अस्ट्राजेनिका खोप लगाउने भएको छ।, पहिलो मात्रामा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको खोपको पर्खाइमा रहेका १४ लाख जना नागरिकलाई सोमबारदेखि यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले बताएको छ।, दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेरका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनिका खोप दिइने भएको छ।, साउन २५ गतेबाट अस्ट्राजेनिका खोप लगाउने अभियान सुरू भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेलले जनाएका छन्।, दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने विभागले जनाएको छ।, काठमाडौं महानगरमा ३२ वटै वडाबाट खोप लगाउन सकिन्छ।, भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको अस्ट्राजेनिका खोप बिरामी र वैदेशिक रोजगारीमा जानेहरूलाई पनि लगाइने भएको छ।, वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मृगौलाले काम नगरी डायलाईसिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जानकारी दिएको छ।, मन्त्रालयले प्रदेश र सबै जिल्लामा खोप लगाउने व्यवस्था गर्न आग्रह गरेको छ।, हेर्नुस् सूचना:, आजदेखि १४ लाख नागरिकलाई अस्ट्राजेनिका खोप दिइने, क-कसले लगाउन पाउँछन्?
सेतोपाटी संवाददाता तनहुँको ब्यास नगरपालिकाले २७ औं विश्व आदिवासी दिवसमा आज सार्वजनिक बिदा दिएको छ।, गत साउन २२ मा बसेको कार्यपालिका बैठकले साउन २५ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।, ब्यासका सबै वडा कार्यालय, शैक्षिक संस्था र अत्यावश्यकबाहेक स्वास्थ्य संस्थामा पनि बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जारी गरेको सूचनामा उल्लेख छ।, तर सार्वजनिक बिदामा पनि कोरोनाविरूद्ध खोप लगाउने काम भने निरन्तर चल्ने नगरपालिकाले जानकारी दिएको छ।, यस्तो छ सूचना:, विश्व आदिवासी दिवसमा ब्यास नगरपालिकाले दियो सार्वजनिक बिदा
रासस उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई उद्धार गरेर नेपाल ल्याइएको छ।, उनलाई आइतबार उद्धार गरिएको हो। आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट अस्पतालमा लगिएको थियो।, शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको खर्च १५ दिनभित्र तिर्ने कागजमा सही गरेपछि अस्पतालले सुहानकी आमा शर्मिला चौधरीलाई शिशु फिर्ता दिएको थियो।, अक्सिजन सपोर्टसहित एम्बुलेन्समा नेपाल ल्याइएको शिशुलाई आइतबार राति नै थप उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पतालमा भर्ना गरिएको छ।, बिर्तामोडका केही निजी अस्पतालले बच्चालाई राख्ने आइसियु कक्षा नभएको भन्दै शिशुलाई फर्काइदिएपछि बिएन्डसी अस्पताल लगिएको थियो। सिलिगुडीको अस्पतालले उपचारमा लागेको रु छ लाख ८०० भुक्तानी नगरेसम्म बच्चा लैजान नदिने भन्दै शिशुलाई बन्धक बनाउँदै आएको थियो।, अस्पतालले उपचारमा रु चार लाख ६८ हजार र औषधितर्फ रु एक लाख ३२ हजार ८०० बिल देखाएको छ। शिशुकी आमा शर्मिलाले पारामाउन्ट अस्पतालमा अहिलेसम्म रु दुई लाख ८८ हजार बुझाइसकेको बताइन्।, अब सो अस्पताललाई रु तीन लाख १२ हजार बुझाउन बाँकी छ। ‘चौधरी परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा छुट गरेर बच्चा फिर्ता दिन धेरै आग्रह गर्‍यौं। तर अस्पतालले मानेन,’ शिशु फिर्ता गराउन रकम तिर्ने कागजमा सही गरेका पत्रकार काजीले भने, ‘अरु केही उपाय नलागेपछि १५ दिनभित्र रकम बुझाउने कबुलियतनामामा सही गरेर शिशुको उद्धार गरेका छौँ।’, उपचारको रकम असुल्न आमाबुबालाई घर पठाएर चार महिनाको शिशुलाई बन्धक बनाएर दैनिक बिल बढाउने अमानवीय कार्य सो अस्पतालले गरेको पत्रकार काजीले बताए।, अस्पतालका वरिष्ठ व्यवस्थापक पिन्टु रुस्तागीले तोकिएको समयमै बक्यौता नबुझाएमा घरसम्मै रकम असुल्न आउने चेतावनी दिँदै नागरिकता प्रमाणपत्रको प्रतिलिपिसमेत राखेको उनले बताए।, अस्पतालले बच्चा फिर्ता दिँदा अक्सिजन सपोर्टमै राखिएको थियो। शल्यक्रिया गरेपछि पेट तथा पिसाब नलीमा लगाइएको पाइप नखुस्काइएका कारण बच्चाको अवस्था अझै पनि गम्भीर छ।, गरिबीले नेपालमा भइरहेको उपचारको खर्चसमेत बेहोर्न सक्ने चौधरी परिवारसँग आर्थिक क्षमता छैन। शर्मिलाले उपचारमा आर्थिक सहयोग गरेर आफ्नो शिशुको जीवनरक्षा गरिदिन दातासँग अपिल गरेकी छन्।, भारत जानुअघि नेपालका विभिन्न अस्पतालमा शिशुको उपचार गराउँदा रु ५० हजार खर्च भएको उनले बताए। अस्पतालमा अहिलेसम्म परिवारले बुझाएको रु दुई लाख ८८ हजारमध्ये रु ५४ हजार चन्दा सङ्कलनबाट जुटेको र बाँकी रकम परिवारले ऋण काढेर ल्याएको हो।, भारतीय अस्पतालमा बन्धक बनाइएका झापाका शिशुको उद्धार
सबिना श्रेष्ठ लक्ष्मण रम्तेलले जातीय छुवाछुतका थुप्रै नमीठा अनुभव संगालेका छन्। एकचोटि दारी काट्न जाँदा आफ्नै साथीले 'दलित र बाहुन-क्षत्रीले एउटै ठाउँमा दारी काट्न हुँदैन' भनेको सम्झँदा आज पनि उनको मन भारी हुन्छ। त्यस दिन उनी घर फर्केर कोठामा एक्लै रोएका थिए।, ललितपुरको गोदावरी नगरपालिका-१, गोदामचौरका उनै रम्तेल अहिले स्थानीय गणेश मन्दिरमा पुजारी भएका छन्। पण्डित दिनबन्धु पोखरेलले गत साउन २ गते उनलाई मन्दिरको पुजारी घोषणा गरेका हुन्।, ‘मैले भगवानप्रति देखाएको आस्थाकै कारण पुजारी छनौट गरिएको होला,' रम्तेलले सेतोपाटीसँग भने, 'आज दलित समुदायबाटै मन्दिरको पुजारी बन्न पाउँदा म अत्यन्तै खुसी छु। यो जातीय विभेदविरूद्ध ठूलो फड्को हो भन्ने लाग्छ।', आइतबार रम्तेलको हातबाट टीका थाप्न डाक्टर गोविन्द केसी, अधिवक्ता ओमप्रकाश अर्याल, सुजना महर्जन, प्रकृति भट्टराई लगायतको टोली गोदामचौरको गणेश मन्दिर पुगेको थियो। हामी पनि सँगै थियौं।, त्यहाँ मन्दिरको संरचना भन्नु तीनवटा सल्लाको रूखको बीचमा ढुंगाका मूर्तिहरू मात्र रहेछन्। त्यो देखेर डाक्टर केसीले भनेका थिए, ‘हामी त यहाँ मन्दिर बनिसक्यो अनि तपाईं पुजारी नियुक्त हुनुभयो भन्ठानेर आएको!’, जवाफमा रम्तेलले भने, ‘२०७२ सालको भुइँचालोभन्दा अगाडि यहाँ मन्दिर नै थियो। भुइँचालोमा भत्किएदेखि पुनर्निर्माण गरिएको छैन। अब बनाउने कुरा भइरहेको छ।', यसबीच मन्दिर निर्माणको प्रयास भए पनि विभिन्न कारणवश काम हुन नसकेको उनले बताए। मन्दिर निर्माणको निम्ति गुठीले चन्दा संकलन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।, हाउस वायरिङको काम गर्ने ४० वर्षीय लक्ष्मणको घर मन्दिरभन्दा करिब सय मिटर तल पर्छ। उनी आफ्ना बुवा, श्रीमती र छोराछोरीसँग बस्दै आएका छन्। उनकाे जन्म नै यही ठाउँमा भएको हो।, सानैदेखि देख्दै आएको मन्दिर भुइँचालोपछि लथालिंग भएपछि लक्ष्मणसहित केही स्थानीयले पुनर्निर्माणको पहल गरेका थिए। त्यही क्रममा पण्डित दिनबन्धु पोखरेलले साउन २ गते उनलाई पुजारी घोषणा गरेका हुन्। , रम्तेललाई पुजारी बनाउँदै पोखरेलले भनेका थिए, ‘मानिस भनेको सबै एउटै जात हो। यही कुरा समाजलाई बुझाउन दलितको छोरालाई पुजारी बनाएको हुँ। पछिल्लो समय नेपालमा जात र धर्मबीच द्वन्द्व फैलाउन खोजिएको छ। यसप्रति हामी सबै सजग हुनुपर्छ।’, यो मन्दिरमा यसअघि कोही पुजारी थिएनन्। रम्तेल नै यहाँका पहिलो पुजारी हुन्। दलित समुदायको भए पनि आफूले पूजा गर्न थालेपछि गैरदलितहरू पनि आउलान् भन्ने उनलाई विश्वास छ। डाक्टर गोविन्द केसी आफ्नो हातबाट टीका थाप्न आएपछि यो विश्वास अझै बढेको उनी बताउँछन्।, 'आज मेरो जिन्दगीकै सबभन्दा खुसीको दिन हो,' उनले भने।, रम्तेलको हातबाट टीका र प्रसाद ग्रहण गरेपछि डाक्टर केसीले यसलाई परिवर्तनको कोशेढुंगा बताएका छन्।, ‘यो एकदमै सकारात्मक पहल हो। यसलाई हामी सबैले हौसला दिनुपर्छ। हाम्रो समाजमा शताब्दीऔंदेखि छुवाछुत छ। समाजमा छुवाछुत रहेसम्म देश अगाडि बढ्न सक्दैन। समाजमा भएका सबै मानिसलाई सम्मान गर्न सके मात्र देश अगाडि बढ्छ,’ डाक्टर केसीले भने।, उनले अगाडि भने, ‘परिवर्तनको यो कोशेढुंगालाई यहाँ मात्र होइन, अन्य ठाउँमा पनि विस्तार गर्दै लैजानुपर्छ।’, डाक्टर केसीपछि कार्यक्रममा उपस्थित सबैले पालैपालो रम्तेलको हातबाट टीका लगाएका थिए।, रम्तेलले आफू पुजारी पृष्ठभूमिको नभएकाले नित्यपूजा र अन्य विशेष पूजा सञ्चालन गर्न कर्मकाण्डहरू विस्तारै सिक्दै जाने बताए। आफूले कर्मकाण्ड सिकुन्जेलमा मन्दिरको नक्सा तयार भएर पुनर्निर्माण सुरू हुनेमा उनी आशावादी छन्।, हिँड्ने बेला डाक्टर केसीले उनलाई भने, ‘योपटक आउँदा मन्दिरको अवशेष मात्र बाँकी रहेछ। तपाईंहरुले चाँडै मन्दिर निर्माण गर्नुहुनेछ भन्ने विश्वास छ।', तस्बिर र भिडिओ: सबिना श्रेष्ठ/सेतोपाटी, गौदामचौरको गणेश मन्दिरमा दलित पुजारी, टीका लगाउन गए डा. गोविन्द केसी (भिडिओ)
सन्जिब बगाले सैनिक सेवामा चार दशक बिताएर प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबारदेखि अवकास लिएका छन्। उनको सेवा अवधि अझै एक महिना बाँकी भए पनि नेपाली सेनाको नियमअनुसार उनी हिजैदेखि बिदामा बस्न लागेका हुन्।, थापाको अवकाससँगै नेपालकै इतिहासमा कुनै एक परिवारको सम्भवत: सबभन्दा लामो सैनिक सेवाको विरासतको पनि अन्त्य हुँदैछ।   , डेढ वर्षअघि प्रधानसेनापति थापाले भनेका थिए, ‘हाम्रो परिवार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिलादेखि नै सेनामा छ।', नेपाल एकीकरणअघि उनका पुर्खा तत्कालीन लमजुङ राज्यको सेनामा थिए। नेपालको एकीकरणसँगै उनीहरू पनि काठमाडौंमा आए। त्यसपछि पनि थापा परिवारका सदस्य निरन्तर सैनिक सेवामा लागे।, प्रधानसेनापति थापा परिवारको १८औं पुस्ताका सैनिक हुन्। बुबा फणेन्द्रबहादुर थापा पनि नेपाली सेनाका अवकासप्राप्त प्रमुख सेनानी हुन्। उनका दाजु रोहित थापा सशस्त्र प्रहरीका अवकासप्राप्त अतिरिक्त महानिरीक्षक हुन्। उनका दुई छोरा र एक छोरी कोही पनि सैनिक सेवामा छैनन्। , थापाको अवकाससँगै यो विरासतको क्रमभंग हुँदैछ। उनका एक छोरा र छोरी छन्। दुवै नेपाली सेनामा छैनन्। बहिनी जयन्तीका दुबै छोरी पनि सेनामा गएनन्। जयन्तीले सैनिक विद्यालयमा पढाएर अवकास लिएकी हुन्। , थापाको परिवार सेनामा नरहे पनि उनले सुरू गरेको सुधारको ‘लिगेसी’ भने नेपाली सेनामा लामो समयसम्म रहनेछ।, उनले नेपाली सेनामा केही यस्ता सुधार गरे जुन यसअघि कसैले सोचेका पनि थिएनन्। अनि केही यस्ता सुधार गरे जुन सेनामा सुशासनका लागि महत्वपूर्ण हुनेछन्।, नेपाली सेनाका प्रधानसेनापतिले सम्पत्ति सार्वजनिक गर्ने कुरा यसअघि अकल्पनीयजस्तै थियो। सेनाको इतिहासमा कसैले त्यसो गरेका थिएनन्। कुनै प्रधानसेनापतिले गर्लान् भन्ने पनि कसैलाई लागेको थिएन। सेनापति बनेको एक वर्षको अवसरमा थापाले आफ्नो सम्पत्ति सार्वजनिक गरे।, सेनाका धेरै जर्नेलहरूले सेवाकालमै अथाह सम्पत्ति जोडेको भनेर आलोचना हुने गरेको छ। आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा थापाले त्यो प्रंसग पनि उप्काएका थिए।, उनले पत्रकार सम्मेलनमा भनेका थिए, 'सेनाभित्र भ्रष्टाचार छानबिन हुँदैन। त्यसैले अनियमितता छ भन्ने आरोप छ, म यसलाई सुधार गर्न चाहन्छु। सेनाभित्रको अनियमितता र भ्रष्टाचार छानबिन हुन्छ।', गलत प्रवृत्ति भत्काउन ढिला गर्न नहुने पनि उनले भनेका थिए।, ‘गलत प्रवृत्तिलाई भत्काउन ढिला गर्नु हुँदैन। राम्रा संस्कारलाई जोगाउन ढिला नगरौं। जो भए पनि उस्तै हो भन्ने भावना भत्काउन खोज्दैछु,' उनले भनेका थिए।, प्रधानसेनापति भएलगत्तै थापाले सेनाभित्र आफूले गर्न चाहेको र गर्न सक्ने कामहरू पत्रकार सम्मेलन गरेरै बताएका थिए। सम्भवत: उनी पहिलो प्रधानसेनापति हुन्, जसले पत्रकार सम्मेलन गरेरै आफ्ना योजना सुनाए।, उनको कार्यकालमा अनियमितता गरेको आरोपमा धेरै सैनिक अधिकृत र जवानमाथि कारबाही भयो। , त्यसमध्ये भर्ना छनौटमा अनियमितता गरेको आरोपमा २०७५ को कात्तिकमा ठूलो संख्यामा कारबाही भएको थियो। २०७३ साल र २०७५ सालको भर्नामा अनियमितता गरेको आरोपमा सो कारबाही भएको थियो। छनोटमा अनियमितता गरेको पुष्टि भएपछि एक सय ८७ जना कारबाहीमा परेका थिए। त्यसमा अधिकृत र अधिकृतभन्दा माथिका २३ जना थिए। भर्ना छनोटका क्रममा ३ करोड २२ लाख ७५ हजार रूपैयाँ अनियमितता भएको र दोषीबाट सो रकम भराउने फैसला सैनिक अदालतले गरेको थियो। दोषी ठहरिएका दुई जनालाई ६ वर्ष कैद तोकियो। तीन अधिकृतसहित ११ जना बर्खास्त भए।, थापाले भ्रष्टाचारको अभियोगमा समेत पदिकदेखि उच्च अधिकृतसम्मलाई कारबाही गरे।, थापा आफैं पनि सेनाभित्र आर्थिक अनुशासन र असल आचरण भएका अधिकृतका रूपमा चिनिन्छन्। उनको परिवार लामो समयसम्म सैनिक सेवामा रहे पनि उपरथी हुँदासम्म उनको घरमा गाडी पार्किङ गर्ने ठाउँसमेत नभएको चर्चा सेनाभित्र चल्ने गरेको छ। फोर्स कमाण्डरका रूपमा सिरियामा राष्ट्र संघीय शान्ति सेनाको नेतृत्व गरेसँगै उनको आर्थिक अवस्था उकासिएको हो।, थापाले सेनामा सुशासनका लागि पनि धेरै सुधारका काम सुरू गरेका छन्। , थापाले आफैं चासो लिएर जंगी अड्डामा 'डिजिटाइजेसन' को काम अघि बढाए। डिजिटाइजेसनले पारदर्शिता बढाउँछ भने ढिलासुस्ती घटाउँछ। संसारभरि नै सुशासन बढाउन सरकारहरूले डिजिटाइजेसनलाई बढाउँदै लगेका छन्।, नेपाली सेनामा इन्धनको अनियमितता रोक्न पनि उनले प्रविधिको प्रयोग गरे। इन्धनको खर्चमा पारदर्शिता थिएन। व्यवस्थित पनि थिएन। त्यसले गर्दा इन्धनको दुरूपयोग हुने गरेको थियो। इन्धन बचाएर त्यसको पैसा लिने प्रवृत्ति थियो।, उनले गाडीमा जिपिएस प्रणाली र गाडीको इन्धन नाप्ने सफ्टवेयर जडान गर्न लगाए। त्यसले गाडी कहाँ गयो, कति किलोमिटर गुड्यो र त्यसमा कति इन्धन खपत भयो भन्ने पारदर्शी रूपले देखाउन थाल्यो। गाडी नगुडेसम्म इन्धनको खपत नमानिने भएपछि बिग्रिएर थन्किएका गाडीमा पनि इन्धनका नाममा पैसा लिने क्रम रोकियो। इन्धनको प्रयोगमा भएको सुधारले मात्रै नेपाली सेनाको वार्षिक छ करोड रुपैयाँभन्दा बढी बचत हुन थालेको छ।, सैनिक गाडीमा जिपिएस प्रणाली जोडिएपछि कुन गाडी कहाँ गुडेको छ भन्ने थाहा हुने भयो। त्यसले गाडीको दुरूपयोग पनि कम भयो। अहिले एक सय ५० गाडीमा जिपिएस जोडिएको छ। सेनाका अधिकृतले प्रयोग गर्ने गाडीमा मात्र हैन, सेनाले प्रयोग गर्ने ट्रक, पानी ट्यांकर, एम्बुलेन्स लगायतमा यो प्रविधि जडान गरिएको छ। जहाजमा पनि जिपिएस जडान गरिएको छ। यसबाट पाइलटले आफूखुसी उडान भर्न गाह्रो भयो।, सैनिक स्रोतका अनुसार अर्थ मन्त्रालयले पनि नेपाली सेनाले प्रयोग गरेको यो सफ्टवेयर प्रयोग गर्न तयारी गरेको छ। यो सफ्टवेयर सबै सरकारी कार्यालय र अन्य सुरक्षा निकायले पनि प्रयोग गरे इन्धनमा हुने ठूलो आर्थिक अनियमितता रोक्न मद्दत गर्नेछ।, प्रधानसेनापति थापाले सेनाभित्र गरेको अर्को सुधार शान्ति सेनामा जाने प्रक्रिया व्यवस्थित बनाउने हो। , सुरूमा सैनिक सेवामा प्रवेश गरेको ६ वर्षमा शान्ति सेनामा जान पाउने प्रावधान थियो। यस्तो प्रावधान हुँदा पँहुच भएकाहरूले चाँडो अवसर पाउँथे। सहायक रथीदेखि अवकासप्राप्त प्रधान सेनापतिका नाममा कोटा थियो। जसले गर्दा सैनिक उच्च अधिकारीका नाताका वा घरमा बस्नेहरू अवसर पाउँथे। तर पहुँच नहुनेहरूले वर्षौंसम्म अवसर पाउँथेनन्। थापाभन्दा अघिका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले ६ वर्षलाई ९ वर्ष पुर्‍याएका थिए।, थापाले भने माथिल्ला अधिकृतका नाममा भएका शान्ति सेनामा जान पाउने कोटा प्रणाली नै खारेज गरिदिए। रोल क्रमअनुसार जेष्ठताको आधारमा मिसनमा जान पाउने नियम बनाए। यसले सेनाभित्र पँहुचका आधारमा कोही शान्ति सेनामा चाँडै वा पटक- पटक जाने र कसैले भने लामो समयसम्म अवसर नपाउने अवस्थाको अन्त्य भएको छ।, प्रधान सेनापति थापाले सैनिक जवानको गुनासो प्रत्यक्ष रूपमा आफैंले सुन्ने प्रक्रिया पनि थालनी गरे। रोल कल कार्यक्रमअन्तर्गत प्रधान सेनापतिले सिपाहीको गुनासो सुन्ने र त्यसलाई सम्बोधन गर्ने व्यवस्था मिलाए। आफूलाई मर्का परेको कुरा खुलस्त भन्न सिपाहीहरूलाई हौस्याए।, उनीहरूकै गुनासोको आधारमा नेपाली सेनाले काठमाडौं बाहिर पनि पेन्सन पट्टा पठाउन सुरू गरेको छ। यसअघि पेन्सन पट्टाका लागि काठमाडौं आउनुपर्थ्यो। त्यस्तै सिपाहीकै गुनासोको आधारमा बिरामीको कार्ड काठमाडौंबाहिर बनाउन पनि सुरू भएको छ। व्यक्तिगतमात्र नभई संस्थागत गुनासोको पनि थापाले सम्बोधन गरे। सधैं दुर्गममा बसिरहेका गण गुल्मलाई सिपाहीको गुनासोको आधारमा सुगम क्षेत्रमा सार्न लगाए।, उनको कार्यकालमा काठमाडौं-तराई/मधेश द्रुत मार्ग(फास्ट ट्रयाक)को काममा भने अपेक्षा गरिए अनुसारको प्रगति नभएको आरोप छ।, नेपाली सेनाले अपेक्षा नै नगरेको र उसको अनुभव नै नभएको फास्ट ट्र्याकको काम सरकारले सेनालाई जिम्मा लगाएको थियो। जतिखेर यो काम सेनालाई जिम्मा लगाइयो, त्यो बेलासम्म सेनासँग पक्की सडक एक किलोमिटर पनि बनाएको अनुभव थिएन। सुरूमा यो काममा हात हाल्ने वा नहाल्ने भनेर सेनाभित्रै पनि छलफल भएको थियो। अन्त्यमा सरकारले जिम्मा दिएको काम लिनुपर्छ भनेर सेनाले फास्ट ट्र्याकको काम जिम्मा लियो। त्यो बेला राजेन्द्र क्षेत्री प्रधान सेनापति थिए।, फास्ट ट्र्याकको काममा कतिपय सैनिक अधिकृतहरूले अनियमितता गरेको आरोप छ। थापाले सेनापति भएपछि आन्तरिक छानबिन गराए। फास्ट ट्र्याक निर्माणको नेतृत्व गरेर नेपाली सेनाबाट सेवा निवृत्त भैसकेका केही सैनिक अधिकृतलाई जंगी अड्डाले सचेत गरायो।, कोरोनाले थप पछि धकेलिएको फास्ट ट्र्याकको कामले पछिल्लो समयमा भने गति समातेको छ। सुरूङको ठेक्का लागेको छ। पुल र सडक कालोपत्रे लगायतका काम प्रक्रियामा छन्। अर्को वर्षदेखि ११ ठाउँमा द्रुत गतिमा काम हुने प्रक्रिया मिलाइएको छ।, 'अहिलेसम्म काम गर्नका लागि पूर्ण रूपमा आधार तयार भएको छ र अब कामले गति लिनेछ,’ सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेल भन्छन्।, पूर्वप्रधान सेनापति गौरवशमशेर जबराका नजरमा थापाले सफल कमाण्ड सम्हाले।, 'बाहिरबाट हेरेर टीका-टिप्पणी गर्न सजिलो छ। तर त्यहाँभित्र काम गर्न कति अप्ठ्यारो छ भन्ने थोरैले मात्रै बुझेका हुन्छन्। सेनाले गर्ने भनेको राष्ट्रलाई समस्या भएको बेलामा एक ढिक्का भएर काम गर्ने हो,' उनले भने, 'कोभिडको समयमा तुलनात्मक रूपमा सेनाले धेरै काम गरेको हो। स्रोत, साधन र क्षमता हेरेर अरू निकायभन्दा सेना अब्बल देखिएको छ।', कसैले व्यक्तिगत रूपमा मन नपराए पनि समष्टिगत रूपमा हेर्दा थापाको कार्यकाल सन्तोषजनक रहेको पूर्वप्रधान सेनापति राणाको तर्क छ। थापाले व्यक्तिगत भन्दा पनि सेना र राष्ट्रको स्वार्थको लागि परिस्थितिअनुसार काम गरेको राणाले बताए।, प्रधान सेनापति थापाले आफ्नो कार्यकालको सुरूमै पत्रकार सम्मेलन गरेका थिए। बीचमा सम्पत्ति सार्वजनिक गर्दा पनि पत्रकार सम्मेलन गरे। आफ्नो कार्यकालको एक हजार दिन पुगेको अवसरमा पनि आफूमाथि उठेका प्रश्नहरूको सामना गर्न उनी तयार देखिए। तर उनीमाथि आरोपका प्रश्न खासै कसैले उठाएन।, धेरैजसो प्रधान सेनपातिहरूमाथि अनियमितता वा नराम्रो काम गरेको भनेर उनीहरू सेवा निवृत्त भएपछि मात्र आरोप लाग्ने गरेको छ।, थापाको कार्यकालमा भएका कामहरू राम्रा वा नराम्रा थिए भनेर मूल्यांकन गर्ने समय नआइसकेको सेनाका एक पूर्वउच्च अधिकारीले तर्क गरे।, 'हरेक सेनापतिले अवकास लिने बेलामा मैले यस्तो गरेँ, उस्तो गरेँ भनेर प्रचार-प्रसार गर्छन्। अहिले नै सेनापति थापाको कामबारे टिप्पणी गर्दा हतार हुन्छ,' उनले भने, 'अब आउने प्रधान सेतापतिले विगतका निर्णयलाई कार्यान्वयन गर्छन् कि गर्दैनन् भन्ने ठूलो कुरा हो। अघिल्ला प्रधान सेनापतिका कतिपय महत्वकांक्षी योजनालाई पछिल्ला सेनापतिले खारेज गरेका थुप्रै उदाहरण छन्।', अब एक महिनामा थापा सैनिक सेवाबाट पूर्ण रूपमा अलग हुनेछन्। त्यसपछि उनका कतिपय कामको आलोचना होला वा प्रशंसा तर एउटा कुरा भने पक्का छ:  नेपाली सेनामा उनले गरेको सुधारको 'लिगेसी' भने मेटाउन अब सजिलो छैन।, नयाँ आउने प्रधान सेनापतिहरूले सम्पति विवरण सार्वजनिक नगरिकन अब सुख पाउने छैनन्।, अर्कोतिर अब आउने प्रधान सेनापतिले थापाले सुरू गरेका सुधारलाई अघि बढाए भने अर्को तीन वर्षमा नेपाली सेनाभित्र सुधारको काम संस्थागत बन्नेछ। त्यसको सुरूवात गरेको श्रेय थापालाई जानेछ।, जंगी अड्डामा सुधार सुरू गरेर बिदा भएका प्रधान सेनापति थापा
सेतोपाटी संवाददाता करिब दुई किलो चाँदीका गरगहनासहित प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले पर्सा जगन्नाथपुर गाउँपालिका-२ बाट एक किलो ९७० ग्राम गहनासहित एक जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा जगन्नाथपुर-२ का १९ वर्षीय सोनुकुमार सोनार रहेका छन्।, शंकास्पद रुपमा हिँडिरहेका उनले बोकेको ब्यागभित्र चाँदीका गहना फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, सोनारलाई आश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको खनाले बताए।, झण्डै दुई किलो चाँदीका गहनासहित एक पक्राउ
नानीमैया कटवाल/रासस सप्तरी जिल्लाको झण्डै मध्यमा रहेको राजविराज बजारको मुख्य स्थान गजेन्द्र चोकमा साढे एक महिनादेखि एउटा टेबुल लाग्ने गरेको छ। ब्यानरले छोपेको टेबुल वरिपरि कुर्सी र बेन्चमा केही महिला र पुरुष बसेका छन् भने कोही उभिएका छन्। टेबुलमा एउटा कार्टुनमा ‘हुनेले दिएर जाऔँ, नहुनेले मास्क लगाएर जाऔँ’ लेखिएको छ।, कार्टुनसँगै छेउमा स्यानिटाइजरको बोतल र दुईवटा बट्टा सजाएर राखिएको छ। एउटा बट्टामा ठूला मानिसले र अर्को बट्टामा साना बालबालिकाले लगाउने आकारका मास्क छन्। मास्क नहुने आउँछन् र बट्टाबाट एउटा मास्क निकालेर लगाउँछन्। कतिपयले अभियानको प्रशंसा गर्दै मास्कको पोका वा पैसा नै दिएर जान्छन्।, निषेधाज्ञा खुलेसँगै बजारमा भीडभाड बढेपछि केही गैरसरकारी संस्था मिलेर राजविराजमा मास्क बैंक स्थापना गरेका हुन्। मास्क नलगाएर बजार हिँड्नेको सङ्ख्या बढेपछि सचेतना अभिवृद्धिका साथै मास्क वितरण गर्ने उद्देश्यले मास्क बैंक स्थापना गरिएको हो। गत असार १० गतेदेखि सुरु भएको उक्त अभियानअन्तर्गत मास्क वितरण कार्य निरन्तर जारी छ। , बजार निस्कँदा अनिवार्यरूपमा मास्क प्रयोग गर्ने वातावरण बनाउनका लागि पैदलयात्री, सवारी साधनका यात्रुसँगै चालक र व्यवसायीलाई सचेत बनाउने उद्देश्यले दैनिकरूपमा ‘मास्क लगाएर जाऔँ’ अभियान सुरु गरिएको समग्र जनउत्थान केन्द्रका सुष्मा गुप्ताले बताइन्। ‘सबैलाई मास्क लगाएर हिँड्न आग्रह गर्छौँ, मास्कको अभाव भए लगाएर जान भन्छौँ’, गुप्ता भन्छन्, ‘कोही मान्छन्, कोही मान्दैनन्। कसैले चिउँडोबाट मुखमा सार्छन् त कोही गोजीबाट हत्तपत्त निकालेर मुखमा लगाउँछन्।’, जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीको गत असार ७ गतेको बैठकले कोरोनाको सङ्क्रमण दर घट्दो क्रममा रहेको ठहर गरेको थियो। सोही बैठकले सरकारी कार्यालय, सार्वजनिक संस्थानलगायतका कार्यालयले भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पालना गर्दै असार १३ गतेदेखि सबै कार्यालयलाई सेवा सञ्चालन गर्न सूचना जारी गर्यो। सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएपछि कोरोनाको त्रास कम भयो। मानिस प्रशस्त मात्रामा सडकमा हिँड्न लागे। विस्तारै मास्क लगाउन छाड्दै गए। स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा लापर्वाही हुने सङ्केत देखा पर्नासाथ मास्क बैंक स्थापना गरिएको एकल महिला समूहको प्रदेश २ अध्यक्ष अनिता देवकोटाले जानकारी दिइन्।, कोरोना सङ्क्रमण दर घट्दो क्रममा रहेको भनी खुला गरिएको निषेध आदेशमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा अहिले पुनः सङ्क्रमण दर बढेको देवकोटाको भनाइ छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा पिसिआर मेसिन बिग्रिएकाले परीक्षण बन्द छ। एन्टिजेन परीक्षणको तथ्याङ्कले कोरोना सङ्क्रमण दिनदिनै बढ्दै गएको देखाएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।, जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि थप सतर्कता अपनाई स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गरी जिल्लाभरि लागू गरिएको निषेधाज्ञा अवधि थप गर्दै लगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए। उनका अनुसार औषधोपचार एवं अत्यावश्यक कामबाहेक सकभर घर बाहिर ननिस्किन, निस्कनै पर्दा अनिवार्य मास्क लगाउन, समूहमा नहिँड्न, भौतिक दूरी कायम गर्न निर्देशन जारी गरिएको छ तर पनि मानिस बेवास्ता गरिरहेका छन्।, सबैभन्दा बढी सडकमा बिना काम हिँडिरहनेले लापरर्वाही गरिरहेका छन्। ‘मास्क लगाएर हिँड्न भन्दा लगाए पनि नलगाए पनि हाम्रो खुशी हो भन्दै हिँड्छन्’, मास्क वितरण गरिरहेका इन्सेक प्रतिनिधि मनोहर पोखरेलले भने, ‘कोही त धन्यवाद फर्काउँछन्, कोही झर्कोफर्को मान्छन्।’ कतिपय ज्येष्ठ नागरिक र बालबालिका पैसा नभएकै कारण मास्क प्रयोग नगरेको बताउने गरेकाले निःशुल्करूपमा मास्क प्रदान गर्न थालिएको उनले बताए। दैनिक पसिना बगाउने र कोरोनाविरुद्धको सुई लगाएकाले मास्कको आवश्यक्ता नभएको बताउने पनि भेटिन्छन्। मास्क लगाउने पैसाले चिया खानु जरुरी रहेको भन्ने पनि भेटिन्छन्। पोखरेलले भने, ‘उहाँहरुलाई ‘मास्क एक महत्व अनेक’ भनेर सम्झाइबुझाइ गर्ने गरेका छौँ।’, सार्वजनिक स्थान तथा बजारमा भीडभाड हुन नदिन सरकारको निर्देशन र घरबाहिर निस्कनु पर्दा अनिवार्य मास्क लगाएर मात्र निस्कनु भन्ने जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार नै राजविराजमा सचेतनामूलक मास्क वितरणको अभियानलाई निरन्तरता दिइएको महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीका प्रिया सिंह थारूले बताए।, ‘मास्क वितरणका साथै जनतालाई सचेत गराउने उद्देश्यले अभियान थालेका हौँ, ब्यानरमा पनि ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भनेर लेखेका छौँ’, सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष ललिता कर्णले भने, ‘कोही खुशी भएर मास्क किन्नका लागि पैसा दिएर जान्छन्, अधिकांशले निःशुल्क लिएर जान्छन्।’ उनका अनुसार अभियानको उद्देश्य हरेक नागरिकले कोरोनाबाट बच्नका लागि सुरक्षा सतर्कता अपनाउनुपर्छ भन्ने बुझून् भन्ने हो। , चोकमै रहेका न्यू विशाल टेलर्सका सञ्चालक मोहम्मद परवानाका अनुसार बजार आएका कतिपय ग्राहकले मास्कसमेत लगाउँदैनन्। दूरीमा बसेर कुरा गर्न आग्रह गर्दा ‘छिटो देऊ, गइहाल्छु’, भन्छन्। ‘न मास्क लगाउँछन्, न दूरी कायम गरेर बस्छन्, उल्टै नकराउनू भन्छन् बरु अर्को पसलमा जाने गरी धम्क्याउँछन्’, परवानाले भने, ‘सबैका लागि भनेको हो तर उनीहरू उपदेश नदेऊ आफ्नो काममा ध्यान देऊ भनेपछि चुप लागेर बस्छु।’, कोरोना भाइरसबाट जोगिनका लागि उत्तम विकल्प सामाजिक दूरी कायम गरेर भेटघाट गर्ने र अनिवार्यरूपमा मास्क प्रयोग गर्ने भएकाले त्यसमा ध्यान दिन सबैलाई आयोजकले अनुरोध गर्ने गरेका छन्। कोरोनाविरुद्धको सचेतना अभियानलाई जिल्लाभरि नै चलाउनुपर्ने आवश्यक्ता रहेको महिला मानव अधिकार रक्षक सञ्जालका सचिव माधवी शाहले बताइन्।, लकडाउन खुकुलो भए पनि कोरोना जोखिम नहटेकाले बजारमा भीडभाड हुन नदिने, अनिवार्य मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गराउनेलगायतका स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गराउनुपर्ने शाहले बताए। , हुनेले दिन्छन्, नहुनेले लैजान्छन् मास्क
नरेन्द्रसिह कार्की/रासस सुरक्षा निकायले  महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको खोजी जारी राखेका छन्। नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन्।, यही साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उनी बेपत्ता भएका थिए। सुरक्षाकर्मीले व्यास गाउँपालिका–२ मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर खोजी जारी राखेका छन्। सो घटनाका बारेमा सरकारद्वारा गठित छानबिन समितिले एक पटक ड्रोन क्यामरामार्फत् खोजी गर्ने जनाएको छ।, साउन १९ गते खलङ्गा पुगेको छानबिन समिति अहिले पनि दार्चुलामै छ।, समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोनमार्फत् धामीको खोजी गरिने बताए।, सशस्त्र प्रहरीले बाइनाकुलरलगायतका सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा खोज्ने काम गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ४४ का  गणपति प्रहरी उपरीक्षक नरेन्द्र बमले जानकारी दिए।, ड्रोन क्यामरा लिएर टोली दार्चुला आइपुगेको छ। छानबिन समिति संयोजक गौतमले भने, ‘नदीमा  बेपत्ता धामीको खोजी जारी राखेका छौं।’, समितिले अहिले  बयान लिने र सोधपुछ गर्ने कार्य जारी राखेको छ। , गत शुक्रबार पीडितको परिवारसँग र नेपालतर्फको घटनास्थल निरीक्षण गरी फर्किएको टोली निरन्तर प्रतिवेदन लेख्न र सोधपुछ कार्यमा व्यस्त छ।, ‘हाम्रो अनुसन्धान जारी छ, अहिले सुरक्षा समितिका सदस्य, घटनास्थल नजिकैका सुरक्षाकर्मी लगायतसँग सोधपुछ चलेको छ,’ उनले भने। , साउन १७ गते गठित समितिलाई १० दिनभित्र सरकारले प्रतिवेदन बुझाउन भनेको छ। भनेकै समयमा प्रतिवेदन नहुन पनि सक्छ, उनले भने, ‘ड्रोन क्यामराले खोजी गरेपछि हामी यहाँबाट फर्किन्छौं।’ , व्यास २ मालघाटदेखि सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्ने भारतीय पक्षसँग समन्वय भइरहेको समितिका सदस्य एवं निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिइन्।, सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र निमित्त प्रजिअ भट्ट छन्।, एकसातादेखि दार्चुलामै बसेको समितिले नेपाल भारत दुवैतर्फबाट स्थलगत निरीक्षण गरेको छ।, यस्तै, जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानव अधिकारकर्मी, स्थानीयबासी, घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरिरहेको छ। रासस, महाकालीमा बेपत्ता जयसिंह धामीलाई ड्रोनको सहायताले खोज्ने तयारी
सेतोपाटी कोभिड-१९ संक्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ।, यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन। , सरकारको ‘नेपाल मास्क अभियान’ घोषणासँगै प्रहरीले पनि आफ्नो अभियानलाई तीव्रता दिएको हो। सरकारले सहीरूपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न शनिबारमात्रै उक्त अभियान घोषणा गरेको थियो।, कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ?’ कार्यक्रमअन्तर्गत आइतबारमात्रै १० हजार ७६ लाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।, उनका अनुसार प्रहरीले गत वैशाख ६ गतेदेखि हालसम्म पाँच लाख ३७ हजार ७४९ लाई मास्क वितरण गरिसकेको छ।, नयाँ भेरियन्टसहितको कोभिड-१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौं र अरूलाई पनि बचाऔं’ भन्ने नारासहित उक्त अभियान थालेको थियो। , यस्तै, कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने १६१ लाई कारवाही गरी रु १६ हजार जरिवानासमेत गरिएको जनाइएको छ।, सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने तीन हजार ७१७ लाई रोकी सम्झाइबुझाई छाडिएको छ।, साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चा पम्प्लेटसहितको १४६ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत १४ हजारभन्दा बढीलाई सचेत गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। , आइतबार काठमाडौं उपत्यकामा ९५१ जनामा कोभिड–१९ संक्रमण भएको छ। मुलुकभर गरेर दुई हजार ५४५ मा सङ्क्रमण भएको छ। आइतबारको २४ घण्टामा केही साताकै उच्च ५५ जना सङ्क्रमितको निधन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।, यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ।, नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३ दशमलव छ प्रतिशत छ। हालसम्म छ लाख ६९ हजार २९९ जनाले कोरोना जितेका छन्। रासस, प्रहरीले फेरि सुरू गर्‍यो 'तपाईंको मास्क खोइ ?' अभियान
सेतोपाटी संवाददाता संरक्षित वन्यजन्तु जीवित भैंसे गोहोरोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले तीन जनालाई आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।  , धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ५ नौबिसे दामिचौरका ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ३ भैंसेका १९ वर्षीय सुरेश विक र तामाकोसी गाउँपालिका वडा नम्बर ५ गोगनटारका २३ वर्षीय सुमन विक पक्राउ परेका हुन्।, उनीहरूबाट प्रहरीले जीवित भैंसे गोहोरो बरामद गरेको छ।, वन्यजन्तुको अवैध रूपमा ओसारपसार तथा बेचबिखन भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।, थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय,गोदावरीमा बुझाइएको छ।, उनीहरूमाथि राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ विरूद्धको अपराध अनुसार अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।, ललितपुरको इमाडोलबाट जीवित भैंसे गोहोरोसहित तीन पक्राउ
सेतोपाटी संवाददाता बिरामीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनकुटाबाट एक जना चिकित्सकलाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय धनकुटाले सोमबार बिहान विराटनगरका ४८ वर्षीय डा. राज शर्मालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए।, उनी धनकुटा नगरपालिका वडा नम्बर ७ स्थित सुवास मेडिकल एण्ड डाइग्नोसिस सेन्टरमा काम गर्छन्।, ५३ वर्षीय पुरूषले आफूमाथि गएराति ती चिकित्सकले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई मौखिक उजुरी दिएका थिए। उनले राति मापसे गरेर बिरामीको उपचार गर्न जाँदा दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ।, 'मौखिक उजुरीपछि हामीले चिकित्सकलाई पक्राउ गरेका छौं। पीडितले जाहेरी दिएपछि थप अनुसन्धानको प्रक्रिया अघि बढ्छ,' प्रहरी उपरीक्षक रायले भने,'बिरामीको पिसाबसम्बन्धी समस्या थियो। त्यही भएर उपचार गराउन जाँदा दुर्व्यवहार गरेको भन्ने छ।', बिरामी सो सेन्टरमा तीन दिनअघि भर्ना भएका थिए। उनी सोमबार डिस्चार्ज हुँदै थिए।, अहिले चिकित्सकमाथि प्रहरीले सोधपुछ गरिरहेको छ।,  , मापसे गरी बिरामीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा धनकुटाबाट एक चिकित्सक पक्राउ
सेतोपाटी संवाददाता ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको कोभिशिल्डको दोस्रो मात्रा लगाउन सुरू गरिएको छ।, सोमबारबाट सरकारले कोभिड शिल्डको भ्याक्सिन लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई दोस्रो मात्राको खोप लगाउन शुरू गरेको हो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप महाशाखाले भुटानबाट र जापानबाट आएका खोप ज्येष्ठ नागरिकहरुलाई लगाउन लागिएको हो। कोरोनाविरुद्धको खोप लगाउन पुगेकी समाजसेवी भद्रकुमारी घलेले सरकारले बोलाइ–बोलाइ कोरोनाविरुद्धको खोप लगाउने अवसर प्रदान गरेकोमा आशिर्वाद दिनुपर्ने बताइन्।, ‘हामी नसक्ने बुढाबुढीलाई बोलाइबोलाइ लाउन आइज भनेको छ, यस्तो सरकार आयो भने आशिर्वाद दिनुपर्छ, वास्तै गर्दैन भने के गर्नु ?’, त्यसैगरी कोरोनाविरूद्धको खोप लगाउन पुगेका हरिकृष्ण पन्तले वृद्धवृद्धालाई कोरोनाविरुद्धको खोप दिने व्यवस्था एकदमै राम्रो भएको बताए। उनले ढिलै भए पनि दोस्रो मात्राको खोप लगाउन पाएकोमा खुशी प्रकट गरे।, ‘यो व्यवस्था असाध्यै राम्रो छ, ७५ वर्ष भन्दा माथिकालाई विशेष गरेर खोप लगाउने व्यवस्था असाध्यै राम्रो छ, ढिलै भए पनि दोस्रो खोप लगाएकोमा सरकारलाई धेरै धेरै धन्यवाद,’ उनले भनेर।, काठमाडौं जिल्लाका १४४ खोप केन्द्रमार्फत् कोरोनाविरुद्धको खोप लगाइरहेको छ। , सरकारले आजदेखि कोरोनाविरूद्ध अस्ट्राजेनिका खोप लगाउन सुरू गरेको हो।, पहिलो मात्रामा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको खोपको पर्खाइमा रहेका १४ लाख जना नागरिकलाई सोमबारदेखि यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले बताएको छ।, दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेरका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनिका खोप दिइने भएको छ।, साउन २५ गतेबाट अस्ट्राजेनिका खोप लगाउने अभियान सुरू भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेलले जनाएका छन्।,  ,  , दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने विभागले जनाएको छ।, काठमाडौं महानगरमा ३२ वटै वडाबाट खोप लगाउन सकिन्छ।, भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको अस्ट्राजेनिका खोप बिरामी र वैदेशिक रोजगारीमा जानेहरूलाई पनि लगाइने भएको छ।, वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मृगौलाले काम नगरी डायलाईसिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जानकारी दिएको छ।, मन्त्रालयले प्रदेश र सबै जिल्लामा खोप लगाउने व्यवस्था गर्न आग्रह गरेको छ।, हेर्नुस् सूचना:,  , ज्येष्ठ नागरिकलाई कोभिड शिल्डको दोस्रो डोज लगाउन सुरू
सेतोपाटी संवाददाता गोरखामा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आफ्नै बुवा र काकालाई पक्राउ गरेको छ।, पालुङटार नगरपालिकाकी ११ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार भएको खबरपछि प्रहरीले दुई जनालाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।, उनका अनुसार बालिकामाथि डेढ वर्षदेखि पटक-पटक बलात्कार भएको थियो। बालिकामाथि बलात्कार भए पनि उनले घटनाबारे खुलाएकी थिइनन्।, बालिकाकी आमाले पहिले श्रीमानलाई छाडेर गएकी थिइन्। आमाले घर छाडेपछि बुवा नै बालिकाको संरक्षक भएका थिए।, पछिल्लो समय बालिकाको स्वास्थ्यमा समस्या आएपछि आफ्नी फुपूलाई खबर गरेकी थिइन्।, 'आमाले पहिले नै छोडिसकेकी थिइन्। उनका भाइ र बहिनी पनि छन्,' प्रहरी उपरीक्षक खनालले भने,'पछि स्वास्थ्यमा समस्या देखियो। समस्या आएपछि बालिकालाई फुपूलाई खबर गरिन्। तर घटनाबारे जानकारी नगराइ समस्याबारे मात्रै भनिन्। अनि सुरूमा चितवनमा उपचार गराउन लगियो।', चितवन हुँदै उनीहरू काठमाडौंको थापाथलीस्थित प्रसूति गृह पुगेका थिए। चिकित्सकले बालिकामाथि बलात्कार भएको छ भन्ने जानकारी गराएका थिए।, 'चिकित्सकहरूले बालिकामाथि बलात्कार भएको थियो भन्ने कुरा गरेपछि फुपूले बालिकामाथि सोधपुछ गर्‍यो। पछि बुवा र काकाले नै बलात्कार गरेको थाहा भएपछि हामीलाई शुक्रबार जानकारी आयो,'उनले भने,'हामीले त्यही दिन दुबै जनालाई पक्राउ गर्‍यौं।', प्रहरीले बालिकाकी बुवालाई घरबाटै र काकालाई तनहुँबाट पक्राउ गरेको हो। प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गरी अघि बढाएको छ।, त्यस्तै, बालिकाको स्वास्थ्य अवस्था पनि सामान्य भएको प्रहरीले जनाएको छ। बालिका फुपूको संरक्षणमा छिन्।, ११ वर्षीया छोरीमाथि पटक-पटक बलात्कार गरेको आरोपमा बुवा र काका पक्राउ
दुर्गा देवकोटा कैलाली भजनीकी रुप्सा विक रातभर ढुक्कले सुत्न सक्दिनन्। उनी हरेक रात बाढी आएको सपना देख्छिन्।, गत वर्षको बाढीपछि उनमा यस्तो समस्या देखिएको छ। सुत्केरी अवस्थामा रहेकी विक नवजात शिशुसँगै गत वर्षको साउन १४ गते आराम गरिरहेकी थिइन्। आमा-छोरा मस्त निन्द्रामा थिए। एक्कासि छिमेकीले हल्ला गरेको सुनिन् र निन्द्राबाट ब्यूँझिइन् उनी। यतिबेला सुतेको खाट पानीले डुब्नमात्र बाँकी थियो। , ‘छिमेकीले सुतेको शिशु उठाएर दौडिए, म पनि एकसरो लुगामा भागेर ज्यान जोगियो’, विक सम्झिन्छन्, ‘घरमा भएका केही सामान लिन सकिएन, बच्चा र आफ्ना लागि चाहिने लुगाफाटा पनि बोक्न सकिएन। सुत्केरी अवस्थाकी म शिशु बोकेर एक सातासम्म सडकमा बस्नुपर्‍यो।’, उनको निन्द्रा अहिले पनि उस्तै छ। यसपछिका दिनमा उनी कहिल्यै राम्ररी नसुतेको बताउँछिन्।, ‘अहिले छोरा १ वर्षको भयो, सुत्केरी अवस्थामा आराम गर्नुपर्ने, पोषिलो खानुपर्ने समयमा निकै तनाव र दुःख पाइयो’, उनी भन्छिन्, ‘वर्षात् सुरू भएदेखि बाढी आउने त्रासले सताउँछ। आकाशमा बादल लागेको दिन बाढीको पीडा सम्झन्छु, म त निन्द्रामै झस्कने गर्छु।’, कैलाली बाढीको उच्च जोखिममा रहेको जिल्ला हो। यहाँका नदी कर्णाली, मोहना, पथरिया, कन्द्रा र काँडामा पानीको बहाव बढेमा भजनी र टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका बाढीको जोखिममा रहन्छन्। , गत वर्षको बाढीमा एक साता विस्थापित भएका टीकापुरका ज्येष्ठ नागरिक मोतिसिंह साउदमा पनि रुप्साको जस्तै समस्या छ। , साउन महिनामा आएको बाढी बस्तीमा पसेपछि गाउँमा रहेको उद्धार समितिले मोतिसिंहलाई उद्धार गरी गाउँमै रहेको एउटा विद्यालयमा राख्यो। राम्ररी हिँडडुल गर्न नसक्ने मोतिसिंहलाई विद्यालयमा बस्दा धेरै कठिन भयो।, ‘विद्यालयमा शौचालय जान, गर्मी छल्न, लामखुट्टेको टोकाइले सतायो’, उनी सम्झन्छन्, ‘एक सातापछि घर फर्कंदा घरमा माटो र हिलोमात्र भरिएको थियो। अन्नपात सबै बगेर नष्ट भएको थियो।’, मोतिसिंहलाई पनि गत वर्षको बाढीपछि विभिन्न खाले समस्या सुरू भएको छ। , निदाउन नसक्ने, डराउने, निन्द्रामा छट्पटिने जस्ता समस्या भइरहेका छन्। , ‘गत वर्षको बाढीको भोगाइपछि यस्तै हुन्छ, बुढेसकालमा यस्तै हुन्छ होला सोच्छु’, विक भन्छन्, ‘अरूलाई पनि सोध्छु, बाढीको पीडा भोगेका अरूलाई पनि यस्तै त्रास हुनेरहेछ। छिमेकीहरू हामीलाई नि डर लाग्छ भन्छन्।’, यसरी स्वास्थ्यमा समस्या देखिए पनि उनीहरूको उपचारमा कसैको ध्यान जान सकेको छैन। प्रभावित क्षेत्रका नागरिकले यसलाई स्वास्थ्य समस्या हो भन्ने बुझेका छन्। टीकापुर-७ का स्थानीयबासी भोजराज ढुङ्गाना प्रभावित क्षेत्रका नागरिक मनोत्रासमा रहेकाले उनीहरूको उपचार, स्वास्थ्य परीक्षणजस्ता कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउँछन्।, ‘डरले यस्ता समस्या देखिएका छन् तर यसले भविष्यमा मनोसमस्या निम्त्याउने देखिन्छ’, उनी भन्छन्, ‘सरकारले उपचार तथा सान्त्वना दिने काम गर्नुपर्छ।’, टीकापुर जनस्वास्थ्य प्रवर्द्धन उपशाखाका संयोजक बलबहादुर रावल यस्ता खाले समस्याले भविष्यमा मनोरोगी बनाउने भएकाले समयमै उपचारमा जान सुझाव दिन्छन्।, ‘हाम्रो पालिकामासमेत मनोपरामर्शदाता छन्, समस्या भएका स्वास्थ्य संस्थामा आए हामी चिकित्सकसम्म पुगाउन सघाउनेछौं’, उनी भन्छन्, ‘शरीरमा आउने परिवर्तन, आनीबानीमा हुने फरक व्यवहारलाई सामान्यरूपमा नलिऔं, उपचारमा आए समस्याको केही समाधान हुन्छ।’, बाढीले गत वर्ष यी पालिकामा हजारौँ नागरिक प्रभावित भएका थिए सयौं विघा खेतीयोग्य जमिन बगर भएको थियो। प्रभावित क्षेत्रका नागरिक यसवर्ष पनि वर्षात् सुरू भएदेखि रातिको समयमा निदाउन सकेका छैनन्। , कर्णाली नदीले टीकापुर, भुराखानी, शाहीपुर र श्रीलङ्का क्षेत्रमा कटान तीव्र पारेपछि त्यहाँका नागरिकमा समेत यस्तै त्रास छ ।, शाहीपुरमा तटबन्ध भत्किएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, कुला समितिका उपभोक्ता, रानी जमरा कुलरिया सिँचाइ आयोजना र टीकापुरले जैविक तटबन्ध निर्माण गरिरहेका छन्। रासस, 'आकाशमा बादल लागेको दिन बाढीको पीडा सम्झन्छु, निन्द्रामै झस्कने गर्छु'
सेतोपाटी संवाददाता काठमाडौंमा सुनको सिक्री लुटपाट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका वडा नम्बर २ तातोपानीका २२ वर्षीय अन्जित सुवेदीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।, उनले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कपन आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको सिक्री लुटपाट गरी भागेका थिए।, सानुले आफू बस्ने घरको गेट बन्द गर्ने क्रममा घाँटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीय मानिसहरूको सहयोगमा अन्जितलाई पक्राउ गरेको हो ।, यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।, सुनको सिक्री लुटेर भाग्दै गर्दा काठमाडौंबाट एक पक्राउ
पूर्णप्रसाद मिश्र पहिरो आएकोे एक वर्षपछि बल्ल फलाम गाडेर जस्ताले घेरिएको अस्थायी आवासमा बस्न पाउँदा निशामाई तामाङ खुसी भएकी छन्।, लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्रस्थित जुगल हिमालको काखमा रहेको मञ्जु देउराली सामुदायिक वनको चिसो आश्रयस्थलमा एक वर्षपछि न्यानो घर पाउँदा खुसी भएको उनको अनुहारबाटै बुझ्न सकिन्छ।  , पहिरोले श्रीमान, छोरा, नाति, नातिनासहित परिवारका आठ सदस्य गुमाएकी तामाङको आलो  घाउमा अस्थायी आवासले केही न केही मल्हमपट्टिको काम गरेको छ।, जुगल गाउँपालिका-२ गोल्चेको लिदीमा २०७७ साउन ३० गते बिहान ६ः३० बजे खसेको पहिरोमा घरबास गुमाएका ३१ परिवारलाई एक वर्षपछि अस्थायी आवासमा सारिएको हो।, अस्थायी आवासका लागि गाउँपालिकाले आह्वान गरेको बोलपत्र (टेण्डर) मा निर्माण व्यवसायीले रुचि नदेखाएकाले नेपाली सेनाको सहयोगमा एक महिनामै फलाम गाडेर जस्ताको टहरोमा पीडितलाई गत आइतबार हस्तान्तरण गरिएको हो।, पहिरो पीडित एक वर्षसम्म पालमै जीवन बिताउन बाध्य हुनाका साथै अनेकौं हण्डर पनि खपे। गत वैशाख महिनामा आएको हावाहुरीले त पाल नै उडाएर लगेको थियो।, चौतारास्थित गोरख बक्स गणका गणपति निर्मल श्रेष्ठ बारामा हावाहुरी पीडित ६०० परिवारलाई २६ नंं बाहिनी, गोरखबक्स र कालीसिद्धि गणका सेनाको सक्रियतामा आफूहरूले अस्थायी आवास बनाएर हस्तान्तरण गरेको सुनाउँछन्।, यस्तै, कामको निरन्तरतास्वरूप यहाँ पनि ३१ घर पहिरो पीडितलाई नमूनाका रूपमा अस्थायी आवास बनाएर हस्तान्तरण गरिएको उनी बताउँछन्।, भवन हस्तान्तरण गर्दै २६ नं बाहिनी भकुण्डबेंसीका बाहिनीपति विष्णु राउतले हेलम्बु र मेलम्चीका बाढी पीडितका लागि पनि सेनाले अस्थायी आवास निर्माणलगायतमा सहयोग गरिरहेको बताए।, लिदीमा डाँडो नै पहिरोले बगाएकाले पूर्णरूपमा घरबास गुमाएका पीडितलाई  सोही गाउँपालिकाको वडा नं १ स्थित सेलाङको बाँसखर्कस्थित सामुदायिक वन नजिक सारिएको थियो।, पुरानो बस्तीबाट १० घण्टा परको सार्वजनिकस्थलमा बस्न बाध्य ३१ परिवार दाताले दिने राहतको भरमा जीवन यापन गर्दै आएका छन्। ,  , एक वर्षअघिको पहिराले लिदीका २०९ घर विस्थापित भएको तथ्याङ्क गाउँपालिकासँग छ। अरु पीडित भने गाउँकै सुरक्षित स्थानमा बसेका छन् । पहिरोमा २९ घर पूर्णरुपमा क्षति भएका थिए। पाँच घर भने आंशिक क्षतिमा परेको थियो। पहिराले २२९ मुरी धान चामल, ४५१ मुरी कोदो, २८५ मुरी आलु, १९९ गाई, भैँसीलगायत चौपाया, ३२७ हाँस कुखुरा क्षति गरेको तथ्याङ्क सर्वेक्षणका क्रममा सङ्कलन गरिएको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपाल बताउँछन्। , जिल्ला विपद् व्यवस्थापन समितिले अस्थायी आश्रयस्थल निर्माण गर्ने निर्णय गरेर बोलपत्र आह्वान गरेकामा ठेकेदारले चासो नदेखाएपछि  गत  जेठ ३१ गते नेपाली सेनालाई अनुरोध गरेको थियो।, सेनाले  जनशक्तिबाहेक रु ७८ लाख २८ हजार ७५३ को लागतमा निर्माण गरेको आश्रयस्थलका लागि विभिन्न सङ्घसंस्था तथा दाताबाट रु २० लाख २६ हजार ६८६ सहयोग प्राप्त भएको र गाउँपालिकाले रु ५८ लाख दुई हजार ४९ प्रकोप व्यवस्थापन कोषबाट खर्च गरेको थियो। प्रतिघर लागत दुई लाख ५२ हजार ५३९ परेको छ।, पीडितका लागि ३१ आश्रयस्थल, सात शौचालय, एक सामुदायिक स्वास्थ्य एकाइ भवन, दुई स्नानगृह भवन र एक चमेनागृह एक महिनामै निर्माण भएको हो।, सो कार्यका लागि गाउँपालिकालगायत अन्य सहयोगी संस्थाको आर्थिक, प्राविधिक एव निर्माण सामग्री सहयोगस्वरूप उपलब्ध गराइएको थियो।, प्रमुख जिल्ला अधिकारी पोखरेल विपद्मा अस्थायी आवास निर्माणको यो नमूना हालै बाढी, पहिरोले धेरै क्षति गरेको जिल्लाको हेलम्बु र मेलम्चीलगायत स्थानमा पनि उपयोग गरिने बताउँछन्।, लिदीका पीडित स्थायी बासस्थानमा सरेपछि अस्थायी आवास अन्य पीडितलाई  उपयोगमा ल्याउने गरी संरक्षण गरिने जिल्ला विपद् व्यवस्थापन समितिको संयोजकसमेत रहेका उनको भनाइ छ।, सामुदायिक वनको यही जग्गामा पीडितलाई स्थायी आवास बनाएर राख्न नसकिने भएकाले अन्यत्र स्थान खोजी गर्न समितिले सुझाउँदै आएको छ। रासस, पहिरोले श्रीमानसहित आठ सदस्य गुमाएकी निशामाईलाई अस्थायी आवासको मल्हमपट्टि
सेतोपाटी नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१० का २७ वर्षीय रञ्जन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, नदीमा डुबेर स्वास्थ्य अवस्था गम्भीर भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज साँझ ४ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। रासस, पौडी खेल्ने क्रममा एकको मृत्यु
सेतोपाटी संवाददाता शनिबार काठमाडौं उपत्यकामा थप ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना संक्रमित थपिएका हुन्। , यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन्।, जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८६६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण देखिएको छ।, कुल १३ हजार ५७३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।, थप १९ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।, पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७०  पुगेको छ।,  , काठमाडौं उपत्यकामा थपिए ९ सय १० संक्रमित
सेतोपाटी संवाददाता शनिबार थप ३ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८६६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण देखिएको छ।, कुल १३ हजार ५७३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , थप १९ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।, पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७०  पुगेको छ।, हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ रहेको छ।, थपिए ३ हजार २१८ संक्रमित, निको भए १ हजार ७२२
सेतोपाटी संवाददाता खानेपानीको चरम अभावमा रहेको पाथीभरा मन्दिर क्षेत्रका लागि सञ्चालित ताप्लेजुङ सहलगानी खानेपानी आयोजनाको निर्माणकार्यमा अवरोध सिर्जना भएको छ।, आयोजना निर्माणको करिब ८० प्रतिशत बढी काम सकिनै लाग्दा ट्याङ्कीसहित मुख्य संरचना रहने क्षेत्रको जग्गामा विवाद उत्पन्न भएपछि निर्माण नियमित हुन सकिरहेको छैन।, करिब चार किलोमिटर तल रहेको मुहानबाट लिफ्टिङ गरी मन्दिरसहित आसपासका बस्तीमा खानेपानी पुर्‍याउने लक्ष्यसहित नेपाल सरकारको ७० र उपभोक्ता संस्थाको ३० प्रतिशत लागत रहने गरी गत वर्षको कात्तिकदेखि आयोजनाको काम भइरहेको छ।, तर खानेपानीको संरचना तयार भइसकेको जग्गा नै आफ्नो भागमा पर्ने भन्दै उक्त संरचना हटाउन पाथीभरा देवी दर्शन केवलकार प्रालिले निवेदन गरेको छ।, प्रालिले गत असार २८ गते सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय इलामलाई संरचना हटाइदिन लिखित निवेदन गरेको हो। , पाथीभरा देवी दर्शन केवलकार प्रालिले आफ्नो निजी जग्गा पर्ने भनिएको क्षेत्रमा ५० हजार लिटर क्षमताको एउटा ट्याङ्की र पम्प हाउस निर्माण भएका छन्।, पटक–पटक उक्त ठाउँमा संरचना नबनाउन निर्माण पक्षलाई मौखिक जानकारी गराउँदा बेवास्ता गरेको प्रालिको निवेदनमा उल्लेख छ।, यता निर्माण पक्षका अनुसार आयोजना सम्झौता भई ट्याङकी निर्माणको काम सुरू भएको केही दिनमै पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा भएको मौखिक जानकारीपछि करिब एक महिना काम रोकिएको थियो। , यस्तै एक महिनापछि उपभोक्ता समिति र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इञ्जीनियर पुगेर संरचना बनाउन अर्कै ठाउँ यकिन गरेर देखाएका थिए।, उनीहरूले देखाएको ठाउँमा संरचना निर्माणको ५० प्रतिशत काम सकिनै लाग्दा फेरि उपभोक्ता समिति र केवलकार प्रालिका प्रतिनिधि पुगेर काम अघि नबढाउन भनिएको र फागुन १ गतेदेखि जेठ १९ सम्म काम स्थगन गर्नुपरेको निर्माण कम्पनी, प्रेरा विष्णु जेभी इलामका प्रतिनिधि नन्दकुमार ओझाले बताए। , उनका अनुसार पुनः समितिको निर्देशनअनुसार नै ट्याङ्की बनिसकेको छ।, जग्गा विवाद आदिले पटक–पटक स्थगन गर्दै लैजाँदा आयोजनामा अवरोध सिर्जना भएको ओझाले बताए।, उनका अनुसार मुहान रहने ठाउँ र त्यसपछि एउटा ट्यांकी र पम्प हाउस बनेको ठाउँमा विवाद उत्पन्न भएको छ।, अन्य ठाउँको काम सकिनै लाग्दा मुहान क्षेत्र र मुख्य ट्यांकी रहने क्षेत्रको जग्गा विवादले आयोजनाको काममा अवरोध सिर्जना भएको आझाले बताए।, यता उपभोक्ता समितिले भने साउन १० गते बैठक बसी मुहान र कलेक्शन ट्यांकी निर्माण हुने ठाउँको जग्गा पाथीभरा दर्शन केवलकार प्रालिको नाममा रहेकाले उक्त क्षेत्रभित्र कुनै पनि संरचना निर्माण नगर्ने र नगराउने निर्णय गरेको छ।, समितिका तर्फबाट जग्गा उपलब्धताका बारेमा नियमित परामर्श तथा पहल भइरहेको तर केवलकार प्रालिका तर्फबाट भने कुनै जानकारी नआएको बैठकको निर्णयमा उल्लेख छ।, केवलकार प्रालिले खानेपानी आयोजनाको संरचना हटाइदिन गरेको निवेदनपछि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जग्गा व्यवस्थापनसहित समस्या समाधान गरेर काम अघि बढाउन उपभोक्ता समितिलाई साउन ४ गते गरेको पत्राचारपश्चात समितिले उक्त निर्णय गरेको हो।, खानेपानी आयोजनाको संरचना बन्ने क्षेत्र केवलकार प्रालिको जग्गा परेकाले र केवलकारको समेत मुख्य संरचना त्यही ठाउँमा रहने भएकाले केवलकार प्रालिसँग समन्वय गरी काम अघि बढाउने तयारीमा रहेको उपभोक्ता समितिका अध्यक्ष गोपाल न्यौपानेले बताए।, खानेपानीको संरचना अन्यत्रै बनाउने वा सोही ठाउँमै कायम राख्ने भन्ने विषयमा छलफल भइरहेकाले तत्काललाई आयोजनाको अन्य कामबाहेक त्यहाँको काम नगर्ने÷नगराउने निर्णय भएको उनको भनाइ छ।, जग्गाको विषयमा समस्या हुने अवस्था आएपछि नै समितिले निर्माण पक्षलाई अन्य काम नियमित गर्न तर केवलकार प्रालिसँग समन्वय नहुँदासम्म विवादित ठाउँको काम स्थगन गर्न अनुरोध गरेको उहाँको भनाइ छ।, यता खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले भने खानेपानी आयोजनाका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि उपभोक्ता समितिले जग्गा उपलब्ध गराउने शर्तअनुसार निर्माणका लागि ठेक्का सम्झौता भई उपभोक्ता समितिले नै उपलब्ध गराएको जग्गामा संरचना बनिरहेको जनाएको छ।, काम हुँदै गर्दा पाथीभरा दर्शन केवलकार प्रालिले आफ्नो क्षेत्रभित्र खानेपानीको संरचना बनेको र हटाउन गरेको अनुरोधपछि समस्या समाधानका लागि उपभोक्ता समितिलाई अनुरोध गरिएको खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इञ्जीनियर रुपक पराजुलीले बताए।, समस्या समाधानका लागि केवलकार प्रालिलाई आफ्नो जग्गाको कति नम्बर कित्तामा ट्याङ्की र टहरा पर्छ यकिन गर्न र हटाउनुपर्ने कारण खुलाउन लिखित अनुरोध गरिएको उनको भनाइ छ।, वर्षौंदेखि खानेपानीको चरम अभावमा परेको पाथीभरा क्षेत्रका बासिन्दा र मन्दिरमा पुग्ने दर्शनार्थी लाभान्वित हुने गरी चालू आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघिल्लो आर्थिक वर्षबाट खानेपानी आयोजनाको काम सुरू भएको थियो।, कूल लागत रु आठ करोड २२ लाख १६ हजार ३६० मध्ये उपभोक्ता संस्थाले ३० प्रतिशत अर्थात् रु दुई करोड ४६ लाख ६४ हजार ९०८ व्यहोर्ने सम्झौतामा उल्लेख छ।, उक्त सम्झौता गत वर्षको असार १० मा उपभोक्ता संस्था र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामबीच भएको थियो।, आयोजनाको मुहान फुङलिङ नगरपालिका–१० स्थित डढेले खोल्सीमा पर्छ।, मुहानबाट काफ्लेपाटीसम्म ६५ एमएमको जिआइ पाइप र मुहानबाट नै मन्दिरसम्म ८० एमएमको अर्को पाइप जडान हुने आयोजनाले जनाएको छ। मुहानबाट मन्दिरसम्मको दूरी झण्डै चार किलोमिटर पर्छ।, आयोजनाका लागि ५० हजार लिटरका दुईवटा र ३० हजार लिटरका गरी छ वटा ट्याङ्की निर्माण भइसकेका छन् भने हाल पाइप जडानको कार्य भइरहेको छ। पाइप जडान सकिएलगत्तै पम्प र ट्रान्सफर्मर जडानको काम थालिने र केन्द्रीय प्रसारण लाइनको विद्युतसमेत लैजाने कार्य अघि बढ्ने निर्माण पक्षले जनाएको छ। रासस, पाथीभरा क्षेत्रको खानेपानी आयोजना निर्माणमा अवरोध
सेतोपाटी संवाददाता झापा प्रहरीले भारतबाट आउँदै गरेका एक जना भारतीय नागरिकलाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ।, शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय र सीमा प्रहरी चौकी पृथ्वीनगरको टोलीले २१.२६० ग्राम ब्राउनसुगरसहित भारत किसनगञ्जका २८ वर्षीय श्रवण राय छन्।, भद्रपुर-३ स्थित किचकबधमा प7रहरीले उनलाई पक्राउ गरेको थियो।, यसैगरी, भद्रपुर-३ हातिमाराबाट सोही ठाउँका २४ वर्षीय खेमराज कुँवरलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।, उनको साथबाट एसकुफ तीन बोतल र नाइट्रोजन ट्याब्लेट एक पत्ता बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, ब्राउनसुगरसहित झापामा भारतीय नागरिक पक्राउ
सेतोपाटी संवाददाता उदयपुरगढी गाउँपालिका-७ मा शनिबार दिउँसो ३ बजे जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन्।, मृत्यु हुनेमा कटारी नगरपालिका-४ का २८ वर्षीया निशा मगर दनुवार रहेकी छन्। त्यस्तै, घाइते हुनेमा कटारी-४ का २७ वर्षीया मीना दनुवार, ४० वर्षीय श्याम दनुवार र कटारी-५ का २८ वर्षीय कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।, मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी-७ को जङ्गलमा पर्ने अँधेरी झर्ना हेर्नका लागि मृतक महिला र अन्य तीन जना मोटरसाइकलमा सवार भएर कटारीबाट उदयपुरगढी आएको प्रहरीले जनाएको छ।, दिउँसो बढी गर्मी भएका कारण मृतक महिला उदयपुरगढीको अँधेरी झर्ना घुम्न आउने व्यक्तिले रोकिराखेको प्रदेश नम्बर २-०१०-१ त०५६० नम्बरको अटोको सिटमा केही समयका लागि बसिरहेकी थिइन्।, अन्य व्यक्ति सडकभन्दा केही पर बसिरहेका बेला रुख अचानक ढल्दा किचेर अटोमा बसेकी महिलाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।, घटनालगत्तै इलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली घटनास्थल पुगेर सर्जिमिन मुचुल्का गरेपछि अहिले आफन्तले शव कटारी लगेका छन् भने गम्भीर घाइते भएकालाई उपचारका लागि विराटनगरतर्फ पठाइएको प्रहरीले जनाएको छ।, रुख ढलेर किच्दा उदयपुरमा महिलाको मृत्यु, तीन गम्भीर घाइते
रासस आफ्ना बुवासँग उपचारका क्रममा दिल्ली पुगेका वालिङ–५ पित्लेकका एक पुरुष ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका छन्।, पिसाबमा समस्या देखिएपछि दिल्लीमै उपचार गर्ने र उतै अध्ययन गर्ने सोचसहित बुवासँग गएका शोभाकान्त लामिछाने (शुकुन्त शर्मा) लाई सामाजिक सञ्जालमार्फत काभ्रे बनेपास्थित एक होटलमा काम गरिरहेको रहस्य खुलेपछि शुक्रबार परिवारले सम्पर्क गरेका हुन्।, करिब ७ वर्षको उमेरमा बुवासँगै दिल्ली गएको बेला चिनेकै मान्छेले काममा लगाइदिन्छु भनेर लगेको र त्यही बेलादेखि नै सम्पर्कमा नभएको आमा हिमादेवी लामिछानेले बताइन्।, ‘बुवा–छोरा दुवै जना अलि सोझो खालको र काम लगाइदिएको ठाउँको ठेगाना, सम्पर्क नम्बर पनि नराखेकाले यस्तो समस्या आइपर्‍यो’, आमा हिमादेवीले भनिन्,‘आफ्नै कोखबाट जन्मेको जेठो छोरो बेपत्ता भएपछि कति पीडा भयो, कति रोएँ, कराएँ सीमा नै भएन।’, सानै उमेरमा बेपत्ता भएकाले पनि उसले यहाँको ठाउँको नाम भन्न नजानेको उनले बताइन्। ‘छोरो बेपत्ता भएपछि खोजबिनका लागि धेरै कसरत गर्‍यौँ, धेरै उपायहरु लगायौँ तर अत्तोपत्तो लागेन’ उनले भनिन्,‘साँझ बिहान भगवानलाई दियो बाल्दा पनि त्यही छोरालाई सम्झिन्थेँ, आज भगवानले  पुकार सुन्नुभयो।’, भीम उपाध्यायको फेसबुक पेज र काभ्रेको बनेपाबाट प्रकाशित हुने तपाईँ हाम्रो साप्ताहिक पत्रिका तथा पत्रकार साथीहरुको सहयोगमा भाइलाई फेला पार्न सफल भएको दाजु पूर्णचन्द्र लामिछानेले बताए।, काठमाडौंमा रहेका आफन्तसहित पुगेर भाइलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएर फर्किएको र आइतबार स्याङ्जा वालिङबाट आमा र भाइहरु आएपछि प्रक्रिया पूरा गरी घर लैजाने तयारीमा रहेको दाजु पूर्णचन्द्रले बताए।, ‘म नजिन्मिँदै धेरै पहिला बुवासित दाजु उपचारका लागि दिल्ली जानुभएको रहेछ’ भाइ रमेश लामिछानेले भने,‘दिल्लीबाट हराउनुभएको हो भन्ने सुनेको हुँ, अहिले काभ्रेको बनेपास्थित एक होटलमा काम गर्दै हुनुहुन्छ भन्ने सामाजिक सञ्जालमा देखेपछि र दाजुले भनेका कुरा र हुलिया मिलेपछि पहिचान भएको हो।’, काठमाडौंमा रहेका गाउँका आफन्तले दाजुलाई भेटिसकेको र यताबाट लिनका लागि आइतबार (भोलि) जाने तयारी भएको भाइ रमेशले बताए। झण्डै ४६ वर्ष पुगेका दाजुलाई अब घरमा ल्याएर परिवारसँगै राख्ने र उनले पनि अब परिवारसँगै रहने इच्छा जनाएको भाइ रमेशको भनाइ छ।, हराएको र करिब भेटिने आश मरेको छोरा भेटिएको खबरले वालिङ– ५ पित्लेकमा रहेका परिवारसँगै आफन्त, इष्टमित्र, छरछिमेकीमा खुशी छाएको छ।, भारतमा हराएका शाेभाकान्त ३५ वर्षपछि परिवारको सम्पर्कमा
जनक श्रेष्ठ/रासस लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकअन्तर्गत लमजुङतर्फको खण्ड करिब दुई महिनापछि पूर्णरूपमा खुलेको छ । अविरल वर्षासँगै आएको बाढीपहिराले गत असार १ गतेदेखि सो सडक अवरुद्ध भएको थियो । सडकको विभिन्न स्थानको ढुङ्गा माटा तथा पहिरा हटाउनुका साथै सडक मर्मत सम्पन्न गरेपछि आजदेखि लमजुङ खण्डमा पूर्णरूपमा सवारी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । , कार्यालय प्रमुख अमित श्रेष्ठले भने, “यस सडकमा असार १ गतेयता विभिन्न ठाउँमा सडकको माथिबाट पहिरा आउने र कुनै कुनै स्थानमा सडक बगाएको थियो । हामीले सोही दिनबाट सडक खुलाउने प्रयास गर्न खोजे पनि निरन्तर वर्षाका कारण काम अघि बढाउन सकेका थिएनौं । यही साउन ५÷६ गतेदेखि शुरु गरेर विभिन्न ठाउँमा सडक खुलाउँदै जाने क्रममा रामबजार नजिकको सडकखण्ड पनि खुलाउन सफल भएसँगै लमजुङतर्फ पूर्णरूपमा सडक खुलेको हो ।” , रामबजार नजिक मस्र्याङ्दी नदीमा पानीको बहाव बढेका कारण सडक दलदल हुने, भासिने भएकाले सवारी सञ्चालन हुन सकेको थिएन । पानीको बहाव केही कम भएपछि यही साउन १९ गतेदेखि काम शुरु गरेर सडक ट्र्याक बनाई सवारी सञ्चालन गरेको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।  , रामबजार नजिकको सडक खुलेपछि लमजुङतर्फ मात्र होइन, मनाङको सिरानतालसम्म अर्थात् बेँसीशहरबाट ३८ किलोमिटरसम्मको सडक खुलेको छ । यो सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर गरी कूल ६५ किलोमिटरको लामो छ । लमजुङतर्फ बेँसीशहर नगरपालिका–६ स्थित खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकास्थित अरखलेबेँसी, घोप्टेभिर, स्यागे, सिरीचौर, म्यार्दीभिरमा सडक अवरुद्ध भएको थियो ।, यी सबै ठाउँका पहिरा खुलाउनका लागि यतिका समय लागेको सडक डिभिजन कार्यालय दमौली तनहुँले जनाएको छ । खरखरे भिरलगायत स्थानमा पटक–पटक सडक खुलाउँदै बन्द हुँदै गरेको थियो । सडक सञ्चालनमा आएपछि सवारी आवतजावत हुँदा यात्रु हर्षित बनेका छन् । यस सडक पूर्णरूपमा बन्दा हुँदा मनाङवासी अन्यत्र जिल्ला जानुपर्दा वा आउनुपर्दा पनि हेलिकोप्टर चढ्नु पर्ने बाध्यता थियो । अब केही सहज भएको स्थानीयवासीको भनाइ छ । , लमजुङतर्फबाट सो क्षेत्रसम्म सवारी सञ्चालन भए तापनि मनाङतर्फ खोत्रो, धारापानी, धाना क्यू, तिमाङलगायतका पाँच÷छ ठाउँमा सडक अवरुद्ध भइरहेको छ । तीमध्ये सबैभन्दा बढी यस सडकको ३८ किलोमिटर सिरानतालबाट ५० किलोमिटर तिमाङसम्मको बीच भागमा क्षति पुगेको र त्यसको निर्माणमा धेरै समय लाग्ने प्रमुख श्रेष्ठले बताए । , विशेषगरी खोत्रोमा १५० मिटर र धारापानीमा १४० मिटर सडक नै मस्र्याङ्दी नदीले बगाएकाले यी दुई ठाउँमा सडक खुलाउन बढी समय लाग्ने छ । यी ठाउँमा काम गर्नका लागि ठेक्कासमेत खुलाएको र भोलि आइतबार ठेक्का सार्वजनिक हुने सो कार्यालयले जनाएको छ । यो सडक आगामी असोज २० गतेसम्ममा पूर्णरूपमा खुलाउने बताइएको छ । यस वर्षको बर्खायाममा आएको बाढीपहिराले दर्जनौँ स्थानमा क्षति पुगेको छ ।  सडकमा करिब रु १५ करोड बराबरको क्षति पुगेको अनुमान सो कार्यालयको छ ।, हिमाली जिल्ला मनाङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरूप विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले निर्माण शुरु गरेको थियो । योजना कार्यान्वयन भएसँगै माओवादी सशस्त्र द्वन्द्व शुरु भयो । योसँगै अन्य विविध कारणले अवरुद्ध भएको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । विसं २०५७ मा सेनाले सडक निर्माणको जिम्मा पाएर काम अघि बढाएर विसं २०६९ मा सम्पन्न गरेर सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो ।, सवारी चढ्ने मनाङवासीको सपना सडक निर्माण शुरु भएको १८ वर्षपछि मात्रै बेँसीशहर–चामे सडकखण्ड निर्माण पूरा भएको थियो । नेपाली सेनाले बाँदरसमेत लड्लाजस्तो जोखिमपूर्ण भिरमा ज्यानको बाजी राखेर सडक निमार्ण गर्न सफल भएको थियो । , मस्र्याङ्दी नदीबाट ३०० देखि एक हजार ६०० फिट माथि हुँदै सडक निर्माण भएको छ । यस सडकमा वर्षेनी बाढी पहिराले विषेशगरी बर्खायाममा सडक अवरुद्ध बनाउँदै आएको छ । सडकका लागि करौँडौ रुपैयाँ सरकारले वर्षेनी खर्च गर्दै आएपनि दिगोरूपमा गुणस्तरीय सडक हुन नसक्दा सवारी चालकदेखि यात्रु तथा स्थानीयवासीलाई बढी समस्या हुँदै आएको छ । रासस, पहिरोले अवरुद्ध भएको दुई महिनापछि खुल्यो बेँसीशहर-चामे सडक
सेतोपाटी संवाददाता उदयपुरगढी गाउँपालिका–७ मा जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् ।, मृत्यु हुनेमा कटारी नगरपालिका–४ का २८ वर्षीया निशा मगर दनुवार रहेकी छन् । त्यस्तै घाइते हुनेमा कटारी–४ का २७ वर्षीया मीना दनुवार, ४० वर्षीय श्याम दनुवार र कटारी–५ का २८ वर्षीय कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । , मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी–७ को जङ्गलमा पर्ने अँधेरी झर्ना हेर्नका लागि मृतक महिला र अन्य तीनजना मोटरसाइकलमा सवार भएर कटारीबाट आज उदयपुरगढी आएको प्रहरीले जनाएको छ । , दिउँसो बढी गर्मी भएका कारण मृतक महिला उदयपुरगढीको अँधेरी झर्ना घुम्न आउने व्यक्तिले रोकिराखेको प्रदेश नं २–०१०–१त०५६० नम्बरको अटोको सिटमा केही समयका लागि बसिरहेकी थिइन् । , अन्य व्यक्ति सडकभन्दा केही पर बसिरहेका बेला रुख अचानक ढल्दा किचेर अटोमा बसेकी महिलाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।  , घटनालगत्तै इलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली घटनास्थल पुगेर सर्जिमिन मुचुल्का गरेपछि अहिले आफन्तले शव कटारी लगेका छन् भने गम्भीर घाइते भएकालाई उपचारका लागि विराटनगरतर्फ पठाइएको प्रहरीले जनाएको छ ।, रासस , रुख ढलेर किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते
सेतोपाटी संवाददाता झापाको मेचीनगर-७ सतिघट्टास्थित पालिया खोलामा डुबेको अवस्थामा शनिबार एक वृद्धको शव भेटिएको छ।, मेचीनगर नगरपालिका वडा नम्बर ७ सतिघट्टा निवासी ७८ वर्षीय तुलाराम खनाल घरबाट करिब पाँच सय मिटर उत्तर स्थानीय पालिया खोलाको पानीमा डुबेको अवस्थामा भेटिएका हुन्।, पारिवारिक स्रोतका अनुसार मध्यान्ह १२ बजे उनी चरनमा रहेको गाई सार्न भनेर घरबाट निस्किएका थिए।, अपरान्ह ४ बजेसम्म घर नआएपछि परिवारका सदस्यले खोजी गर्दा उनका छोरा तथा छिमेकीले खनाललाई पालिया खोला किनारमा घोप्टो परेर पानीमा डुबेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, खोलामा डुबेर वृद्धको मृत्यु
सेतोपाटी संवाददाता नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी राखी परीक्षा दिन लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । , पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका–३ का २० वर्षीय करन बिसी छन्। प्रदेश प्रहरी तालीम केन्द्र दिपायलमा भइरहेको अन्तर्वार्तामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गरिँदा बिसीले नक्कली परीक्षार्थी खडा गरी लिखित परीक्षा दिन लगाएको खुलेपछि उनलाई पक्राउ गरीआवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको हो।, पक्राउ परेका बिसीलाई आवश्यक अनुसन्धानसहित कारवाहीका जिल्ला प्रहरी कार्यालय ल्याइएको र उनलाई किर्ते गर्न नहुने कसुरअन्तर्गत मुद्दा चलाउन हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।, यसअघि पनि प्रहरी जवानको अन्तर्वार्तामासुदिपकुमार रोकाया, सुन्दर चौधरी, दीपेन्द्र जप्रेल तथा रामनरेश चौधरी गरी चार जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए।, उनीहरुलाई पनि किर्ते गर्न नहुने कसुरअन्तर्गत मुद्दा चलाइ हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए। , प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी राख्ने पक्राउ
सेतोपाटी संवाददाता मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ । उपकुलपति प्राडा सिंहविरुद्ध आज सुर्खेतमा एक समूहले विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर किर्ते गरी ‘उपकुलपतिको मृत्यु सम्बन्धमा’ भनेर निकालिएको विज्ञप्तिमाथि यति बेला सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राममा निन्दा, घृणा र टिप्पणी भइरहेको छ ।, विश्वविद्यालयकै लेटरप्याड प्रयोग गरी निकालिएको विज्ञप्तिमा भनिएको छ, “विश्वविद्यालयमा कार्यरत उपकुलपति प्राडा सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लग्ने क्रममा मृत्यु भएको छ । हामी विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौँ । उपकुलपतिको दाहसंस्कार उहाँकै जन्मस्थल कालीकोट नै गरिने छ ।” यस कार्यले सिङ्गो विश्वविद्यालयको मानमर्दन मात्र नभई आफ्नो चरित्र हत्या गर्ने काम भएको उपकुलपति प्राडा सिंहले बताए । , “यस घटनामा को–को संलग्न छन् भन्ने बारेमा अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन सुर्खेत र साइबर अपराध अनुसन्धान केन्द्रीय ब्यूरो काठमाडौँलाई जानकारी गराइसकेका छौँ” उनले भने, “विश्वविद्यालय र मेरो पछि कुन समूह कसरी लागेको रहेछ भन्ने पर्दाफास अब बिस्तारै हुँदै जान्छ । म गलत छैन र यसमा आतिएको पनि छैन ।” , जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले यसबारे जानकारी लिइसकिएको बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न विद्यार्थी सङ्गठनले १८ बुँदे माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । त्यसमा प्रध्यापकहरुले पनि आन्दोलनको समर्थन जनाएका छन् । आन्दोलनरत विद्यार्थीसँग विश्वविद्यालयले वार्ता गर्दै आएपनि सफल हुन सकेको छैन । वार्ता गर्ने भन्दै एक साताअघि उपकुलपति प्राडा सिंहको निवास र गाडीमा समेत तोडफोड गरिएको थियो । , उपकुलपतिविरुद्ध गलत विज्ञप्ति निकाल्नेमाथि साइबर अपराध मुद्दा
सेतोपाटी संवाददाता कक्षा १२ को साउन ३१ गतेदेखि हुने भनिएको परीक्षा स्थगित गरिएको छ।, अब कहिले परीक्षा हुन्छ भन्ने तालिका प्रकाशित गरिएको छैन।, राष्ट्रिय परीक्षा बोर्डका अनुसार अब परीक्षा गर्दा १५ दिन अगाडि नै सूचना दिइनेछ।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोरोना संकट व्यवस्थापन केन्द्रको समन्वयमा कम्तिमा १५ दिनको सूचना दिई परीक्षाको नयाँ समय तालिका प्रकाशन गरिने बोर्डले जानकारी दिएको छ।, बोर्डको शनिबारको बैठकले कक्षा १२ को परीक्षा हाललाई स्थगित गरेको थियो। साथै बोर्डले कोरोनाले गर्दा तोकिएको समयमा परीक्षा सञ्चालन गर्न सकेकोमा दु:ख व्यक्तसमेत गरेको छ।, कक्षा १२ को परीक्षा गर्दा अब १५ दिनअगाडि नै सूचना दिइने
सेतोपाटी संवाददाता सरकारले सोमबारदेखि अस्ट्राजेनिका खोप दिने भएको छ।, विशेषगरी पहिलो मात्रामा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको खोपको पर्खाइमा रहेका १४ लाख जना नागरिकलाई यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले जानकारी दिएको छ। , दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेर समूहका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनिकाको खोप दिन लागिएको हो।, साउन २५ गतेदेखि अस्ट्राजेनिका खोप अभियान सुरू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेलले जनाएका छन्।, कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेकालाई अस्ट्राजेनिका खोपको दोस्रो मात्रा दिने तयारी छ।, दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने विभागले जनाएको छ।, भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको अस्ट्राजेनिका खोप बिरामी र वैदेशिक रोजगारीमा जानेहरूलाई पनि लगाइने भएको छ।, वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मृगौलाले काम नगरी डायलाईसिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जानकारी दिएको छ।, सोमबारदेखि १४ लाख नागरिकलाई अस्ट्राजेनिका खोप दिइँदै, विदेश जाने र बिरामी प्राथमिकतामा
प्रशन्न पोखरेल कोरोना महामारी संक्रमण बढ्दै गएपछि सरकारले कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।, साउन ३१ देखि भदौ ९ गतेसम्म गर्ने तय भएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डको शनिबारको बैठकले अर्को सूचना नआउन्जेलका लागि रोकेको हो।, बोर्डले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिँदै थियो। विद्यार्थीलाई होम सेन्टरबाटै परीक्षा दिनसक्ने व्यवस्था मिलाइएको थियो। यसपटक तीन लाख ७२ हजार विद्यार्थी सहभागी हुँदै थिए।, एक कक्षा कोठामा २५ जनामात्रै विद्यार्थी राख्ने गरी परीक्षा लिने व्यवस्था मिलाइँदै थियो।, यति धेरै संवेदनशील भई परीक्षा लिने व्यवस्थापन मिलाइए पनि कक्षा १२ को परीक्षा स्थगित गरिएको छ। तर त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा पूर्वनिर्धारित परीक्षाहरू जारी छन्- त्यो पनि भौतिक उपस्थितिमै, होम सेन्टर नदिई।, एकै कक्षामा ५० देखि एक सय जनासम्म विद्यार्थी राखेर परीक्षा लिएकोमा गत शुक्रबार पाटन बहुमुखी क्याम्पसमा विद्यार्थीले प्रदर्शन गरेका थिए। परीक्षा हुनुअगाडि विद्यार्थीले सामाजिक दूरी पालना नभएको र विद्यार्थीलाई खोप लगाउनुपर्ने माग राख्दै प्रदर्शन नै गरेका थिए। तैपनि परीक्षा सञ्चालन भइरहेका छन्।, कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिसिएमसी र राष्ट्रिय परीक्षा बोर्डलगायतले चासो राखे पनि त्रिविका परीक्षा कसरी सञ्चालन भइरहेका छन् भन्ने खासै चासो र चिन्ता पनि देखिएको छैन।, कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला विद्यार्थी थप चिन्तामा छन्। कोरोनाविरूद्ध खोप कहिले लगाउन पाउने हो निश्चित छैन।, मंगलबारदेखि 'ब्याचलर इन इनफरमेसन म्यानेजमेन्ट' को सातौं सेमेस्टरको परीक्षा सुरू हुँदैछ।, उपत्यकाभित्रका १५ वटा क्याम्पसका परीक्षार्थीलाई एकै केन्द्रमा राखेर परीक्षा लिने तयारी त्रिविको छ। परीक्षा केन्द्र काठमाडौंको पद्यकन्या क्याम्पस (पिके) मा राखिएको छ।, ‘हामीलाई अनलाइनबाटै पठनपाठनको व्यवस्था मिलाइएको छ। तर परीक्षा किन भौतिक रूपमा गर्ने हो? अनलाइनबाट परीक्षा लिन किन त्रिविले सक्दैन?,’ नेपाल कमर्स क्याम्पसकी छात्रा श्वेता शिवाकोटीले भनिन्, ‘कोरोना संक्रमण बढ्दो छ। तेस्रो लहर आउने चेतावनी आइरहेका छन्। यस्तो बेला होम सेन्टर पनि नदिई १५ क्याम्पसका विद्यार्थीलाई पिकेमा राखेर परीक्षा लिइँदैछ।’, परीक्षा केन्द्रमा सामाजिक दूरी कायम भएका छैनन्। मास्क नलगाई विद्यार्थी नै पुग्ने गरेका छन्।, ‘सरकारले विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिन सकेन, त्रिविले पनि हेलचक्य्राइँ गरेको छ,’ मंगलबारदेखि परीक्षा दिने तयारीमा रहेकी शिवाकोटीले भनिन्, ‘विद्यार्थीलाई कोरोनाविरूद्धको खोप दिनेबारे सरकार के सोच्दैछ?’, परीक्षा दिन आउने विद्यार्थीलाई पिसीआर परीक्षण अनिवार्य छैन। कसलाई कोरोना लागेको छ वा छैन भन्ने पनि थाहा हुँदैन। उनकाअनुसार गत वर्ष भने होमसेन्टरमै परीक्षा लिने व्यवस्था गरिएको थियो।, साउन २६ गतेदेखि बिबिए, बिआईएम, बिबिएम, बिएचएम, बिटिटिएम, बिबिए-एफ का परीक्षाहरू हुँदैछन्। यी संकायका परीक्षा ३ देखि ६ वटासम्म क्याम्पसका विद्यार्थीलाई एकै परीक्षा केन्द्रमा राख्ने तयारी छ।, आफूले स्वास्थ्य मापदण्ड लागू गरे पनि भिडभाडका कारण कोरोना संक्रमण सर्ने र फैलने चिन्ता धेरै विद्यार्थीको छ। तर त्रिविले पहिले नै तय भइसकेका परीक्षाहरू सञ्चालन हुने जानकारी दिएको छ। अब हुने परीक्षाबारे भने आइतबार छलफल गरेर निर्णय लिने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।, परीक्षा रोकिन्न: परीक्षा नियन्त्रक जोशी, त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले पहिले नै तय भई तालिका प्रकाशित भएका स्नातकोत्तर तह र स्नातक तहका परीक्षा नरोकिने बताएका छन्।, ‘साउन ३० गतेसम्म सञ्चालन गर्ने भनेका पूर्वनिर्धारित परीक्षाहरू रोकिँदैनन्, निरन्तर चल्छ,’ परीक्षा नियन्त्रक जोशीले सेतोपाटीसँग भने, ‘पूर्वनिर्धारित परीक्षाहरू गर्ने र अब नयाँ गर्ने परीक्षाबारे के गर्ने भन्ने आज बैठक गरेर निर्णयमा पुग्छौं।’, कोरोना संक्रमण जोखिमलगायत विषय अध्ययन गरेर परीक्षाबारे निर्णय गरिने उनले बताए। परीक्षा केन्द्रमा भिडभाड भएका गुनासोबारे आएका प्रश्नमा जोशीले भने, ‘जुलुस, बसमा भिडभाड हुन्छ भने त्यो बारेमा ब्याचलर पढ्ने विद्यार्थीले सोच्नुपर्‍यो नि! मास्क लगाउने कोरोनाबाट बच्ने हो।’, परीक्षा केन्द्रमा धेरै भिड नहुने गरी परीक्षार्थी राख्न भनिएको उनले बताए। ‘कहीँकहीँ धेरै परीक्षार्थी एकै कक्षामा राखियो भन्ने गुनासा छन्, ती ठाउँमा अब कडाइ गरिसकिएको छ,’ उनले भने।, अनलाइनबाट किन परीक्षा लिइएन?, त्रिविले अनलाइनबाट पठनपाठनको व्यवस्था मिलाए पनि परीक्षा भने भौतिक उपस्थितिमै लिइरहेको छ। तत्काल अनलाइनबाट सबै संकायका सबै विद्यार्थीको परीक्षा लिन सक्ने अवस्था नरहेको र यसबारे काम भइरहेकोले भविष्यमा यस्तो व्यवस्था त्रिविले लागू गर्न सक्ने परीक्षा नियन्त्रक जोशी बताउँछन्।, ‘अनलाइनबाटै पढाइ गर्दा पनि विद्यार्थीको उपस्थिति छैन। ३०/३५ प्रतिशत विद्यार्थीले मात्रै निरन्तर रूपमा अनलाइन कक्षा लिइरहेका छन्,’ उनले भने, ‘भौतिक रूपमै परीक्षा लिँदा त शतप्रतिशत विद्यार्थी आएनन्, ९५ प्रतिशत मात्रै उपस्थिति छ।’, अनलाइन पढ्ने विद्यार्थी संख्या वृद्धि हुँदै गए स्वत: अनलाइनबाट परीक्षा लिने व्यवस्थातर्फ त्रिवि जान सक्ने उनले बताए। ‘सेमेस्टर प्रणालीको पठनपाठनमा अनलाइनबाट पढ्ने विद्यार्थी बढ्दै गएका छन्। तर वार्षिक परीक्षा हुने संकायमा थोरैमात्र विद्यार्थी अनलाइनबाट पढ्छन्,’ उनले भने, ‘विद्यार्थीको उपस्थिति नै थोरै हुने हो कि भनेर अनलाइनबाट परीक्षा लिन गाह्रो भइरहेको हो।’, आइसिटीको अनलाइनबाटै परीक्षा, त्रिविले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) मा भने अनलाइनबाटै परीक्षा लिएको छ।, ‘आइसिटीको अनलाइनबाटै परीक्षा लिइएको छ,’ उनले भने, ‘यसमा जम्मा तीन सय ५० जना परीक्षार्थी छन्। हामीले यहीँबाट अनुगमन गर्ने व्यवस्था गरिएको छ। तीन सय ५० जनाको अनलाइनबाट परीक्षा लिने व्यवस्था मिलाइए पनि त्रिविका साढे दुई लाखको के गर्ने भन्ने हो। कोरोना जोखिम र लकडाउन जारी नै रहने अवस्था भयो भने छिट्टै अनलाइनबाट पनि परीक्षा दिन सकिने व्यवस्था मिल्छ होला।’, १२ को परीक्षा रोकियो, त्रिविको के हुन्छ?
दिपकजंग शाही मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्ने विरूद्ध मुद्दा दर्ता गर्न लागिएको छ।, विश्वविद्यालयको लेटरप्याडमा कुनै व्यक्तिले उपकुलपतिको मृत्यु भएको भनेर विज्ञप्ति निकालेका छन्।, शनिबार उक्त विज्ञप्ति सार्वजनिक भएको थियो। विज्ञप्तिमा ‘विश्विद्यालयका उपकुलपति सिंहको उपचारका लागि प्रदेश अस्पताल लैजाने क्रममा मृत्यु भएको र विश्वविद्यालय प्रशासन चिन्तित भएको’ लेखिएको छ।, उपकुलपति सिंहको मानहानी गर्नेगरी विश्विद्यालयको छाप र अधिकृतको हस्ताक्षरको दुरुपयोग गरी विज्ञप्ति सार्वजनिक गरिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विज्ञप्ति कुनै अन्य प्रयोजनका लागि बनाईएको पत्र मेटाएर फोटोसपबाट ईडिट गरिएको देखिएको छ।, उक्त पत्रमा विश्वविद्यालयका प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर समेत छ।, आफ्नो अपमान हुनेगरी सामाजिक सञ्जालमा राखिएको उक्त नक्कली पत्र बनाउनेविरुद्ध उजुरी दर्ता गर्न लागिएको उपकुलपति प्रा. डा. सिंहले जानकारी दिए।, ‘प्रजातन्त्रको अवमुल्यन गर्दै यस्तो घृणित कार्य गर्नेविरुद्ध हामीले उजुरी दिन थालेका छौं,’ उपकुलपति सिंहले भने, ‘जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन र साईबर ब्युरोमा उजुरी जान्छ।’, उनले व्यक्ति वा संस्थाको विरोध गर्ने शैली गलत अपनाईएको बताए। ‘विरोध गर्ने विभिन्न सभ्य तरिका पनि छन्, तर यस्तो असभ्य रुपमा प्रस्तुत हुनु मेरो मात्र नभएर सिंगो विश्वविद्यालयको चरित्र हत्या गर्नु हो।’, उपकुलपतिको मृत्युबारे विज्ञप्ति निकाल्ने विरूद्ध मुद्दा दर्ता गरिँदै
रासस म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ।, अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो।, मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा स्थानीयसँग सहमति गरेर सडक मर्मत गरी शनिबार साँझदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।, सडक विस्तारका क्रममा पहिराले क्षति पुर्‍याएको जग्गा जमिनको क्षतिपूर्ति र जोखिममा परेका बस्ती संरक्षण माग गर्दै काभ्रेका बासिन्दाले सडक मर्मत र निर्माणमा अवरोध गरेका थिए।, म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले आयोजनाले सडक विस्तारका क्रममा क्षति पुगेको जग्गाको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउने र जोखिममा परेका बस्ती संरक्षण गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको बताए।, मुस्ताङका प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकाली, चन्द्रमोहन गौचन, प्रजिअ श्रीनाथ पौडेल, म्याग्दीका प्रजिअ गणेशबहादुर अधिकारी, सेनानी केशव सिलवाल, प्रनाउ राई, सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ, राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत महेश गुरुङसहितको उपस्थितिमा शुक्रबार काभ्रेमा छलफल भएको थियो।, पहिराले काभ्रेमा करिब १५ मिटर सडक भासिएको, स्थानीयको खेतीयोग्य जमिन बगेको र १५ घर जोखिममा परेका स्थानीयवासी खड्क खत्रीले बताए। जग्गाको क्षतिपूर्तिका लागि तत्कालै प्रक्रिया अघि बढाउने र बर्खालगत्तै संरक्षणको काम गर्ने सडक आयोजनाले प्रतिबद्धता जनाएको छ।, बेनी–जोमसोम सडक अवरुद्ध हुँदै म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लाका स्थानीयवासी समस्यामा परेका थिए। आवतआवतका लागि गाडी परिवर्तन गर्नुपर्ने झन्झट थियो। ढुवानी र निकासी ठप्प बनेको थियो।, बिरामीलाई अस्पताल लैजान समस्या भएको थियो। मर्मतपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम सडक पहिराका कारण पटक–पटक अवरुद्ध हुँदा सास्ती भएको छ। म्याग्दीको राहुघाट, बेगखोला, रुप्सेखोला र काभ्रेभिरमा सडक अवरुद्ध हुने गरेको छ।, ६ दिनपछि खुल्यो बेनी–जोमसोम सडक
सुदीप श्रेष्ठ आज शुक्रबार, २०७८ साउन २२ गते। दिउँसो साढे ११ बजेतिरको कुरा हो। म घरबाट लुइँलुइँ हिँडेर अफिस आउँदै थिएँ। कालिमाटी, टंकेश्वरको चौबाटो चोकमा एउटा अजीब घटना भयो।, मैले उसलाई टाढैबाट देखेको थिएँ तर को हो ठम्याउन सकिनँ। ऊ मान्छेजस्तै देखिन्थ्यो तर ठ्याक्कै मान्छेजस्तो थिएन।, मान्छे होइन भनुँ भने ऊ मान्छेजस्तै ठिंग उभिएको थियो। ट्राफिकले झैं दुई हातले दायाँबायाँ इसारा गर्दै थियो।, मान्छे हो भनुँ भने उसले मान्छेजस्तो सास फेरिरहेको थिएन। हलचल केही थिएन। मरेजस्तै निस्प्राण थियो।, मरेको मान्छे पनि ऊ होइन। किनभने ऊ जसरी ठिंग उभिएको थियो, मरेको मान्छे त्यसरी उभिँदै उभिँदैन।, म आश्चर्यचकित थिएँ। आखिर ऊ को हो?, म जति नजिक गएँ, उसको आकृति उति प्रस्ट हुँदै आयो।, ऊ मान्छेजस्तो हाडछालाले बनेको थिएन। नर्कटको घारीले बनेको थियो। घारी पनि के भनुँ र, नर्कटको मुठोले बनेको थियो।, नर्कटका तीनवटा मुठा तीनतिर बाँधेर उसका तीनवटा खुट्टा उभ्याइएका थिए। त्यही खुट्टामाथि नर्कटको झ्याङ थुपारेर जीउ बनाइएको थियो र जीउमाथि नर्कटकै गोलो टाउको झुन्ड्याइएको थियो। , मैले अझै घोरिएर हेरेँ। , जहाँ जीउ र टाउको छुट्टिन्छ, त्यहीँनिर नर्कटका दुइटा मुठा दायाँबायाँ बाँधेर हात बनाइएको थियो।, जहाँ जीउ र खुट्टा छुट्टिन्छ, त्यहीँनिर एउटा बलियो काठ बाँधिएको थियो।, त्यो काठ भुइँतिर लत्रेको थिएन। सिधा अगाडि तिनिक्क तन्केको थियो। त्यसको ठ्याक्कै मुनि दुइटा सुन्तलाका डल्ला झुन्ड्याइएका थिए। , यति मात्र कहाँ हो र, तिनिक्क तन्केको काठको टुप्पोमा सेतो रूई टाँसिएको थियो। केही रूई दायाँबायाँ छरिएका पनि थिए।, त्यो बलिष्ठ काठ र त्यसमुनि झुन्डिएको सुन्तलाका दुइटा डल्ला र काठको टुप्पोमा छरिएका सेता रूई के हुन् भन्ने तपाईंहरूले बुझ्नुभयो नि! , मलाई कामवासनाले ओतप्रोत उसको उत्तेजित रूप देखेर एक मनले त खितखित हाँसो पनि उठ्यो। तर हाँसोभन्दा बढ्ता मलाई डर लाग्दै थियो। किनभने यति नजिक आएर उसलाई तलदेखि माथिसम्म नियालिसकेपछि मैले ऊ को हो भन्ने चिनिसकेको थिएँ।, तै पनि हो कि होइन यकिन गर्न मैले खल्तीबाट मोबाइल झिकेर 'हाम्रो पात्रो' एप खोलेँ। मेरो शंका दूर भयो। , आज गथांमुगः चह्रे ,(बोलीचालीको भाषामा गठेमंगल), रहेछ। म जसको अगाडि उभिएको थिएँ, ऊ अरू कोही होइन, नर्कटले बनेको तीनखुट्टे गथांमुगः ख्याक थियो।, ख्याक, यानिकी भूत!, तस्बिर स्रोत: सन्दीप महर्जन (फ्रयांकी फ्रेन्ज) को फेसबुकबाट, तपाईंहरू भूतप्रेतमा विश्वास गर्नुहुन्छ? भूतप्रेतसँग तपाईंहरूको जम्काभेट भएको छ? के तपाईंहरूले भूतसँग बात् मार्नुभएको छ?, मैले चाहिँ यसपालि भूत देखेँ पनि र ऊसँग बात् पनि मारेँ। यो स्टोरी मैले भूतसँगको कुराकानीकै आधारमा लेखेको हुँ। , काठमाडौं यस्तो सहर हो जहाँ देवी–देउता मात्र पुजिँदैन। यहाँ भूतप्रेतको पनि उत्सव मनाइन्छ। गथांमुगः चह्रे त्यस्तै उत्सव हो।, यो दिन सहरको दोबाटो वा चौबाटो चोकमा गथांमुगः ख्याकको प्रतिरूप ठड्याइन्छ र बेलुकी त्यही प्रतिरूपलाई भुइँमा लछारपछार पार्दै, घिसार्दै विष्णुमती लगेर विसर्जन गरिन्छ। भक्तपुर लगायत अन्य केही ठाउँमा भने आगोले पोल्ने चलन पनि छ।, यो उत्सव कहिलेबाट मनाउन थालियो भन्ने यकिन इतिहास कसैलाई थाहा छैन। त्यसै पनि संस्कृतिको इतिहास कुनै लिखित दस्तावेज वा शिलालेखमा भन्दा रैथाने बूढापाकाहरूले सुनाउने कथा–किम्बदन्तीमा बढ्ता भेटिन्छ। म त अझ कति भाग्यमानी भने, बूढापाकाहरूलाई भेटेर कथा–किम्बदन्ती सुन्ने दरकार पनि परेन। खुद गथांमुगः ख्याक मेरोसामु उपस्थित भएर आफ्नो उत्पत्ति कथादेखि यो उत्सव कसरी मनाइन्छ भन्नेसम्म बेलीबिस्तार लगाउँदै थिए।, भाग्यमानीको भूतै कमारो!, भूतसँग यसरी कुराकानी गर्न कति साहस जुटाउनुपर्‍यो भन्ने मैलाई थाहा छ। मुटु ढुकढुक हल्लिँदै थियो। ज्यानबाट चिटचिट पसिना छुट्दै थियो। खुट्टा लुगलुग काम्दै थिए। तै पनि मैले हिम्मत हारिनँ। , ऊ जसरी मेरो अगाडि ठिंग उभिएको थियो, म उसैगरी उसको सामु ठिंग उभिएँ। यस्तो अदम्य साहस कहाँबाट पलायो मैलाई थाहा छैन। सायद यो मैले लगाएको औंठीको कमाल हो।, आज घरबाट निस्किने बेला मैले दाहिने हातको साहिँली औंलामा फलामको औंठी लगाएको थिएँ। यो पोहोरकै औंठी हो, त्यसैले थोरै खिया लागेको थियो। तर गथांमुगःलाई खिया–सियाको छु मतलब! औंठी लगाउने मान्छेलाई उसले कसैगरी पनि छोप्न सक्दैन भन्ने मैले सुनेको थिएँ।, त्यसैले आज उसको अगाडि शिर ठाडो पारेर, उसको आँखामा आँखा जुधाउँदै म ढुक्क उभिएको थिएँ र सोधेको थिएँ, 'ए गथांमुगः ख्याक तिम्रो उत्पत्तिको रहस्य के हो? कसरी आयौ तिमी यो धर्तीमा?', मैले जसै प्रश्न सोधेँ, टंकेश्वरको चौबाटो चोकमा गाडीको घम्साघम्सी सुरू भयो। उसको आवाज मेरो कानसम्म पुग्नुभन्दा अगाडि नै हावामा बिलाएर गयो। , गथांमुगः ख्याक सानो स्वरमा बोल्दो रहेछ। चराको जस्तै सुमधुर थियो उसको आवाज। नर्कटको मुठोले बनेको उसको हात पनि निकै नरम। त्यही नरम हातले मलाई च्याप्प समातेर उसले विष्णुमती किनारतिर लिएर गयो। त्यहाँ भर्खर भर्खरै बनेको हरियाली पार्कमा एकअर्काको आमनेसामने टुक्रुक्क बसेपछि उसले भन्यो, 'माथि सडकमा धेरै हाहु छ। यहाँ आरामले गफिन पाइन्छ। भन त तिमी मलाई के सोध्दै थियौ?', मैले आफ्नो प्रश्न दोहोर्‍याएँ, 'तिम्रो उत्पत्तिको रहस्य के हो हँ? कसरी आयौ यो धर्तीमा?', गथांमुगःले लामो सास तान्यो। उसको लामो सास तनाइबाटै मैले बुझेँ कथा लामो छ।, 'मेरो उत्पत्ति कसरी भयो भन्ने त मैलाई थाहा छैन। तिमीहरूको मानव जगतमा जस्तो हाम्रो भुताहा संसारमा इतिहास लेख्ने चलन छैन। हामी शिलालेख पनि राख्दैनौं। हामीसँग जे छ, बूढापाकाले सुनाएको कथा मात्र छ। कथा कतिले पत्याउँछन्, कतिले पत्याउँदैनन्। त्यसैले भनूँ कि नभनूँ दोधारमा छु,' गथांमुगः यति भनेर चुप्प लाग्यो।, उसलाई मौन देखेपछि मैले भनेँ, 'होइन होइन गथांम्वा, म पत्याउँछु नि, तिमी भन न।', मैले एकाएक 'गथांम्वा' भनेपछि उसले झस्केर मतिर हेर्‍यो। यो उसको माया गरेर बोलाउने नाउँ हो। भूताहा जगतमा उसलाई आमाबा र साथीभाइहरू यही नाउँले बोलाउँछन्। अचेल मान्छेले पनि यही भन्न थालेका छन्। मेरो मुखबाट पनि त्यही सुनेपछि उसका आँखा भावविभोर देखिए।, 'तिमीले मलाई यति मायाले 'गथांम्वा' भन्यौ, म तिमीलाई आफूले सुनेको, जानेको सबै कुरा भन्छु,' यति भनेर गथांम्वाले कोइलीजस्तै कर्णप्रिय स्वरमा आफ्नो उत्पत्ति कथा सुनायो।, गथांमुग:को उत्पत्ति किराँतकालमै भएको रहेछ। उत्सव मनाउने विधि हेर्दा पनि किराँतकालबाटै सुरू भएको आभाष हुन्छ।, यो यस्तो उत्सव हो जसमा देवी–देउताको पूजा हुँदैन। यो उत्सव प्रकृति र खासगरी खेतीपातीसँग सम्बन्धित छ। जुन संस्कृति खेतीपातीसँग जोडिन्छ, त्यसको इतिहास निकै पुरानो हुन्छ भन्ने मान्यता भुताहा संसारमा मात्र होइन, तपाईं–हाम्रो मानव जगतमा पनि प्रचलित छ। हाम्रा मानवशास्त्री र समाजशास्त्रीहरू पनि यसै भन्छन्।, 'त्यो समय काठमाडौं खाल्डोका मानिसहरू खेतीपाती गरेर जीविका चलाउँथे,' गथांम्वाले भन्यो, 'धान रोप्ने बेला सबै निकै व्यस्त हुन्थे। एकबाली फलाएर वर्षभरि भात खानुपर्ने हुँदा हावाहुरी, असिनापानी जे भए पनि उनीहरू खेतीपातीमै दत्तचित्त भएर लाग्थे। कसैबाट चुक भयो भने सिंगो राज्यले अनिकाल सहनुपर्थ्यो। त्यसैले रोपाइँ नसकिएसम्म परिवारमा जस्तोसुकै विपद परे पनि खेतीपाती छाडेर हिँड्ने छुट कसैलाई थिएन। रोपाइँको बीचमा परिवारका कुनै सदस्यको मृत्यु नै भए पनि त्यसको सदगद र काजकिरिया थाती राखिन्थ्यो।', 'हो र?' मैले सोधेँ, 'त्यस्तो बेला के गर्ने त?', उसले भन्यो, 'त्यस्तो बेला मरेको मान्छेको लाशलाई सुकुलमा बेरेर घरकै कुनै एकान्त भागमा लुकाएर राख्ने। अनि रोपाइँ सकिएपछि अन्त्येष्टि गरेर काजकिरिया बस्ने। यसरी मरिमेटेर काम गर्ने भएकैले अहिले पनि यहाँका रैथानेहरू रोपाइँलाई 'सिन्हां ज्याः' भन्छन्। नेपाल भाषामा 'सिन्हां ज्याः' भनेको मरिमेटेर गर्ने काम हो।', 'यो त मान्छेको कुरा पो भयो, यसमा तिम्रो उत्पत्ति कथा कसरी जोडियो?' मैले बीचैमा प्वाक्क सोधेँ।, मेरो यस्तो प्रश्नमा नरम स्वरले बोल्ने गथांम्वा पनि झर्कियो र उँचो स्वरमा भन्यो, 'भन्दैछु त, बीचैमा डिस्टर्ब नगर न।', म रातो मुख लाएर चुप्प भएँ।, 'मरिमेटेर गर्नुपर्ने खेतीपातीको कामलाई टुंगोमा पुर्‍याउनु सबैको वशको कुरा थिएन। निकै मिहिनेत पो गर्नुपर्थ्यो त हौ! खेत खन्यो, पानी लगायो, रोप्यो, दिनरात रखवारी गर्‍यो, लरतरो काम कहाँ हो र!' उसले भन्यो, 'त्यही भएर मान्छेहरू यो कामलाई पूर्णता दिन शक्ति प्राप्त होस् भनेर भूत जगाउँथे।', 'ए अब पो आयो भूतको कुरा!' मैले भनेँ।, 'त्यसैले बीचमा प्वाक्क नबोल्नू भनेको,' उसले आफ्नो बेलीबिस्तार जारी राख्यो, 'मान्छेले रोपाइँ गर्दागर्दै आफ्नो शक्ति कमजोर नहोस् भनेर भूत जगाउँथे। त्यो भूत शरीरमा प्रवेश गरेपछि मान्छेको शक्ति सय गुना बढ्थ्यो। एक जनाको शक्ति सय गुना बढेपछि काठमाडौंभरिका मान्छेले कति काम गर्थे होलान्! एकछिन कल्पना गर त!', 'काठमाडौंका मान्छेले यसरी खेतीपातीमा सहयोग पुगोस् भनेर आह्वान गरेको भूत नै हाम्रो पुर्खा हो। गथांमुगः ख्याकको पुर्खा। बुझ्यौ?', 'बल्ल बुझेँ,' मैले भनेँ, 'त्यो भूत आह्वान गर्ने दिन चाहिँ कहिले पर्छ त?', 'यो चाहिँ तिमीले ठिक प्रश्न सोध्यौ,' उसले भन्यो, 'भूत आह्वान गर्ने भनेको रोपाइँ सुरू हुनुभन्दा अगाडि अक्षय तृतीयाको एक दिनअघि हो। तिमीलाई सिथिनखः भन्ने थाहा छ नि?', 'त्यही इनार, हिति र कुवाहरू सफा गर्ने दिन होइन?', 'हो, सिथिनखःपछि आउने पहिलो पूर्णिमाकै दिन गथांमुगः भूत आह्वान गरिन्छ,' उसले भन्यो, 'तिमी यो सिलसिलालाई क्रमैसँग राम्ररी बुझ है। यी सबै खेतीपातीसँग जोडिएका उत्सव हुन्।', 'कसरी?', 'मनसुन सुरू भएपछि रोपाइँको चटारो हुन्छ। रोपाइँको चटारोमा घरव्यवहारका अरू काम गर्न भ्याइन्न। त्यसैले यो बेला इनार, हिति र कुवा फोहोर भएर रोगव्याधि नफैलियोस् भनेर अगाडि नै खानेपानीका स्रोतहरू सफा गरिन्छ। त्यसपछि गथांमुगः आह्वान गरेर शरीरमा भूत जगाइसकेपछि मान्छेहरू सय गुना बढी बलले खेतीपातीमा होमिन्छन्। जब खेतीपाती सकिन्छ, त्यही भूतलाई सहरबाट विदा गर्छन्।', उसले अगाडि भन्यो, 'सुरूमा यसरी भूतलाई विदा गर्ने चलन थिएन रे। हाम्रो पहिलो पुर्खा त लामै समय यही सहरमा बसेका थिए रे। तर तिमीलाई थाहै छ, हामी भूतहरू काम पनि धेरै गर्छौं, खान पनि धेरै खान्छौं। सय गुना बढी काम गर्नेले सय गुना बढी त खाने भइहाले! हामीले नै सय गुना बढी खाइदिएपछि मान्छेहरूले के खानू! उनीहरूलाई त मरीमरी काम गर्दा पनि खानै नपुग्ला कि भन्ने डर भयो। त्यही भएर चलाख मान्छेहरूले जुक्ति फुराए। उनीहरूले तान्त्रिक विधिबाट भूत पन्छाउने निर्णय लिए र यसका लागि साउन कृष्ण चतुर्दशीको तिथि जुराए। त्यो आजकै दिन हो।', 'अघि सडकमा नर्कटको जुन आकृति तिमीले देख्यौ, त्यो भूत पन्छाउन भनेर बनाइएको हो,' गथांम्वाले यसो भनेपछि पो मैले थाहा पाएँ, अहिले मेरो अगाडि बोलिरहेको आकृति भूतको आत्मा मात्र हो, वास्तविक स्वरूप त माथि सडकमा छँदैछ।, भूतको आत्मा भन्दै थियो, 'मान्छेहरूले सहरका विभिन्न ठाउँबाट नर्कट ओसारेर ल्याउँछन् र त्यसलाई मुठो-मुठो पारेर मेरो आकृति बनाउँछन्। म त्यसैभित्र बस्ने आत्मा हुँ। कहीँ कहीँ पराल मुठाे पारेर पनि मेरो आकृति बनाउने चलन छ।', यस्तो आकृति पुलिंगी वा स्त्रीलिंगी वा उभयलिंगी जुनसुकै हुनसक्छ। मैले टंकेश्वरमा देखेको गथांम्वा पुलिंगी थियो जसमा काठको लिंग, सुन्तलाको अण्डकोष र सेतो रूईबाट वीर्य बनाइएको थियो।, कतै कतै लिंगको सट्टा नर्कटको मुठोमा सानो खोबिल्टो पारेर योनीको रूप दिइएको हुन्छ। त्यो केटी गथांम्वा हो। कुनै कुनै गथांम्वामा भने अगाडि काठको लिंग हुन्छ, पछाडि योनी। त्यो उभयलिंगी हो।, 'भूतहरू पनि टाइप टाइपको हुन्छ नि,' गथांम्वाले हाँस्दै भन्यो। , म पनि ऊसँगै हाँसे।, तपाईंहरूले यसरी भूतसँगै बसेर हाँस्ने मौका पाउनुभएको छ?, 'भूत पन्छाउने' उत्सव सामाजिक वा व्यक्तिगत सरसफाइसँग पनि जोडिँदो रहेछ। यो कुरा मलाई गथांम्वा ख्याकले नै सुनायो।, 'रोपाइँमा हिलो र माटोसँग लडिबुडी गर्दा मान्छेहरू फोहोरी भएका हुन्छन्। त्यसमाथि घरव्यवहारमा उतिसाह्रो ध्यान पुगेको हुँदैन। सरसफाइ गर्न भ्याइँदैन। बिहान एकसरो कुचो त लगाउँछन् तर कोठा कुनाकाप्चाका फोहोर यसै रहन्छन्। ती सबै फोहोर र घरका ओसिला भुइँ र भित्तामा कति धेरै ढुसी पर्छन् होला! ब्याक्टेरियाको संक्रमण पनि हुन्छ होला! यी सबैबाट त्राण पाउन आजको दिन बिहानैदेखि मान्छेहरू घर लिपपोत गर्छन्। नुहाइधुवाइ गर्छन्। माटोले कट्कटिएको नङ काट्छन्। माटो टाँसिएर लट्टा परेका वा जुम्रा परेका कपाल काट्छन्। घरका भित्ताहरूमा चुना लगाएर सरसफाइ गर्छन्।', 'यति मात्र होइन, छ्वालीको आगो बालेर त्यसको धुवाँलाई घरको कुनाकाप्चासम्म पुर्‍याउँछन्। त्यो धुवाँले ओसिलो भित्ता र भुइँमा जमेका ढुसी र ब्याक्टेरिया नाश गर्छ। त्यसपछि आगोको मकल घरबाट बाहिर निकालेर म र मेरा साथीहरू ,(गथांमुगः ख्याक), लाई बाँधेको ठाउँमै लगेर राखिन्छ। तिमीलाई एउटा कुरा थाहा छ कि छैन, जुन परिवारमा रोपाइँको काम सकिएको हुँदैन, उनीहरूले आजको दिन भूत पन्छाउनु पर्दैन। रोपाइँ सकिएको दिन मात्र उनीहरू भूत पन्छाउँछन्। यसले पनि यो उत्सव र खेतीपातीको प्रत्यक्ष सम्बन्ध देखाउँछ।', 'यसपछिको मुख्य विधि भनेको माटोको सानो भाँडोमा कोइला, धूलो, नङ, कपाल, ,नुगसेँ, (रांगोको फोक्सो, कलेजो र मुटुका टुक्राटुक्री) र ,बौ स्वाँ, (एक किसिमको वनस्पति) राखेर, त्यसमाथि बत्ती बालेर घर नजिकको दोबाटो वा चौबाटोमा लगेर राख्नु हो। घर–घरबाट भूत पन्छाउने यो विधिलाई 'बौ तयेगू' भनिन्छ।', गथांम्वाको वर्णन जारी थियो।, 'आजकै रात मान्छेहरू नर्कटले बनेको मेरो प्रतिरूपलाई घिसारेर विष्णुमतीमा सेलाउन लैजान्छन्। कहीँ कहीँ आगो बाल्ने चलन पनि छ। यसरी सेलाउन लैजाँदा तन्त्रविद्याले तान्नुपर्छ। तन्त्रविद्याको शक्ति नभएसम्म हामीलाई कसैले डेग हल्लाउन सक्छ र! काठमाडौंका अन्य ठाउँको भन्दा नरदेवीको गथांमुगः ख्याकलाई एकदमै शक्तिशाली मानिन्छ। त्यसैले यसलाई तानेर लैजाँदा कसैले हेर्न हुँदैन र हल्ला पनि गर्न हुँदैन।', 'भूत पन्छाएपछि घरको मूलढोकामा फलामको तीनखुट्टे किल्ला ठोक्ने र ,गथांमुगः स्वाँ, (एक प्रकारको फूल) चढाएर पूजा गर्ने चलन छ। पन्छाइसकेको भूत फेरि घरमा नछिरोस् भनेर यसो गरिएको हो। यसबाट नकारात्मक ऊर्जाले घरमा प्रवेश पाउँदैन भन्ने विश्वास गरिन्छ।', 'फलामको तीनखुट्टे किल्ला ठोकेपछि मान्छेहरू घरको झ्यालढोका थुनेर बस्छन्, कोही पनि बाहिर निस्कँदैनन्।', 'त्यही बेला भैँचालो आयो भने नि!' मैले गथांम्वालाई जिस्क्याएँ।, 'भैँचालो आए त निस्के भइहाल्यो नि,' उसले हाँस्दै भन्यो, 'भैँचालोमा त हामी भूतहरूको पनि भागाभाग हुन्छ क्यारे, घरको झ्यालढोका खुल्लै भए पनि भित्र छिर्ने होश कल्लाई होस्!', यो उत्सवमा एउटा यस्तो दृश्य पनि देखिन्छ, जुन हामी 'हरर' फिल्महरूमा देख्छौं।, तपाईंहरूले 'हरर' फिल्म हेर्दा स–साना पुतलीहरूमा भूतको आत्मा प्रवेश गरेको देख्नुभएको छ? हो, यहाँ पनि त्यस्तै पुतलीहरू गथांमुग: ख्याकमा बाँधेर राखिन्छ। मैले यो चलनबारे उसैलाई सोधेको थिएँ।, जवाफमा उसले भन्यो, 'तिमीले ठिक सम्झ्यौ, त्यसलाई ,कतामरी, भनिन्छ। यो पनि भूत पन्छाउने विधि हो। मान्छेहरूले एकचोटि भूत आह्वान गरेपछि त्यसको आत्मा जहाँसुकै बसेको हुनसक्छ। घरका पुतलीहरूमा पनि त्यसको बास हुन्छ। त्यसैले पुतलीलाई जहाँ पायो त्यहाँ फाल्न हुन्न। बाटोमा जहाँ पायो त्यहाँ फेला परेको पुतली टिपेर ल्याउन पनि हुन्न।', आजभोलि गथांमुगःलाई धेरैले 'गठेमंगल' वा 'घन्टाकर्ण' भनेको पनि हामी सुन्छौं। मैले यसबारे खुद गथांमुग:कै मुखबाट सुन्न चाहेँ।, 'गथांमुगःलाई गठेमंगल वा घन्टाकर्ण भन्नु कुनै हिसाबले सही होइन,' उसले भन्यो, 'मान्छेले नजानेर त्यसो भनेका हुन्। गथांमुगः भनेको दोबाटो वा चौबाटो चोक हो। काठमाडौंमा यस्ता चोकहरू थुप्रै छन्। चिकंमुगः, नौमुगः, प्यंगथां, चाग:, त्याग:, सौग: जस्ता सबै ठाउँका नामहरू चौबाटो वा दोबाटोकै आधारमा बनेका हुन्। गथांमुगःबाट अपभ्रंश भएर गठेमंगल भनिएको हो। यसले कुनै अर्थ दिँदैन।', 'अनि घन्टाकर्ण नि?', 'घन्टाकर्ण भन्नु चाहिँ काठमाडौंको प्राचीन संस्कृतिमा हिन्दुकरण हाबी हुनु हो,' उसले यति भनेर मलाई घन्टाकर्णको कथा सुनायो।, धेरै धेरै, धेरै नै समय पहिले भारतको काशीमा घन्टाकर्ण भन्ने नरभक्षी राक्षस थियो। उसको घन्टीजत्रै ठूल्ठूलो कान थियो। ऊ मान्छेहरू मारेर आलो रगत घटघट पिउँथ्यो।, राक्षसको आतंकबाट मुक्ति दिलाउन काशीका एक सिद्ध तान्त्रिकले जुक्ति निकालेछन्। उनले घन्टाकर्ण राक्षसको वध गर्न भ्यागुतोको रूप धारण गरेछन्।, तिनै तान्त्रिकको योजनाअनुसार आजकै दिन काशीका सबै मान्छे आ–आफ्ना घरमा लुकेर बसे। सबै जना लुकेपछि घन्टाकर्ण राक्षस मान्छेको रगत खान नपाएर भोकले आकुलव्याकुल र रिसले चुर भएछ। त्यही बेला भ्यागुतोको रूप धारण गरेका तान्त्रिक उसको नजिक गएछ।, भ्यागुतोलाई देखेर घन्टाकर्णले सोध्यो, 'ए भ्यागुतो, यहाँका मान्छेहरू कता गए हँ?', भ्यागुतोले तुरून्तै जवाफ दिएछ, 'तिमीलाई भनूँ कि नभनूँ, भनेँ भने मान्छेहरूले मलाई मार्छन्।', 'भनिनस् भने म तँलाई अहिले नै मार्छु,' घन्टाकर्ण जंगियो।, भ्यागुताले डराएको अभिनय गर्दै भन्यो, 'मलाई नमार, बरू म तिमीलाई मान्छेहरू लुकेको ठाउँ देखाइदिन्छु।', यति भनेर भ्यागुताले नजिकको एउटा सुनसान ठाउँतिर इसारा गर्‍यो। घन्टाकर्ण राक्षस रिसले मुर्मुरिँदै भ्यागुताले इसारा गरेको ठाउँतिर दौडियो।, त्यहाँ तान्त्रिकले आफ्नो तन्त्रविद्याको मद्दतले पहिले नै एउटा ठूलो खाडल खनेर राखेको रहेछ।, जसै त्यो राक्षस खाडलनजिक पुग्यो, ऊ हिलोमा चिप्लिएर तल खस्यो। उसले आफ्नो भीमकाय शरीर खाडलबाट बाहिर निकाल्न सकेन। ऊ त्यहीँ अड्कियो। लगत्तै सबै मान्छे आ–आफ्नो घरबाट निस्के र खाडललाई परालले छोपेर दन्दन्ती आगो बालिदिए।, आगोको रापमा चिच्याउँदै, छट्पटिँदै घन्टाकर्ण राक्षसले प्राण त्याग्यो। तान्त्रिकको बुद्धि र शक्तिका कारण मान्छेहरूले घन्टाकर्णको त्रासबाट त्राण पाए।, यसरी नरभक्षी घन्टाकर्ण राक्षसको संहार गरिएको सम्झनामा घन्टाकर्ण जात्रा मनाउने चलन चलेको मानिन्छ। धेरैले गथांमुग:को प्रसंग उठ्दा यही कथा सुनाउने गर्छन्।, गथांम्वा ख्याकले भने घन्टाकर्णको फरक कथालाई जबर्जस्ती काठमाडौं संस्कृतिसँग जोडिएकोमा रिस पोख्यो।, उसले भन्यो, 'यहाँको जात्रासँग घन्टाकर्ण राक्षसको कुनै साइनो छैन। यो काठमाडौंकै माटोमा जन्मेको प्राचीन उत्सव हो। यहाँका कृषकहरूको खेतीपातीसँग जोडिएको संस्कृति हो। तिमी आफ्नो स्टोरीबाट मान्छेहरूको भ्रम हटाइदेऊ है।', करिब डेढ घन्टा मसँग बात् मारेपछि गथांम्वा ख्याक बसिरहेको ठाउँबाट जुरूक्क उठ्यो, 'मलाई हतार भयो, तिमीले सबै कुरा बुझ्यौ होला, मिलाएर लेख्नू। तिमीले कसरी लेख्यौ भनेर म सेतोपाटीमा पढ्छु नि!', मसँग अन्तिम प्रश्न बाँकी नै थियो। ऊ हिँड्ने तर्खर गरिरहेका बेला हतारहतार सोधिहालेँ, 'अनि आजको रात तान्त्रिकहरू भूतप्रेतलाई वशमा पार्न नदी किनारतिर जान्छन् भनिन्छ, के यो सत्य हो?', उसले के भनुँ, कसो भनुँ जस्तो गरेर मुख बिगार्‍यो र अप्ठ्यारो मान्दै भन्यो, 'मान्छेहरू साह्रै धूर्त र चलाख हुन्छन्। हामी भूतप्रेतहरूको सोझोपनको फाइदा उठाउँछन्।', 'कसरी?', 'मान्छेले सहरबाट पन्छाइसकेपछि हामीलाई कहाँ जाने, के खाने चिन्ता हुन्छ। हामी भूतहरू साह्रै बुद्धु हुन्छौं। हाम्रो स्मरण शक्ति कमजोर हुन्छ। अर्को वर्ष फेरि खेतीपाती गर्नलाई मान्छेले आह्वान गर्छन् र हामी फेरि यहाँ आउन पाउँछौं भन्ने नै बिर्सन्छौं। यही मौकामा केही तान्त्रिक र भुताहा शक्ति आर्जन गर्न चाहने व्यक्तिहरू हामीलाई खानेकुराको लोभ देखाएर वशमा पार्न खोज्छन्। केही केही साथीहरू लोभलालचमा फस्छन् र कैद हुन्छन्। तर अचेल हामी पनि चलाख भइसक्यौं। मान्छेहरू कति धूर्त छन् भन्ने हामीले बुझिसक्यौं। त्यही भएर सहरबाट पन्छाउनेबित्तिकै हामी कसैले नदेखून् भनेर सुटुक्क विलुप्त हुन्छौं।', यसो भन्दाभन्दै उसको आकृति धमिलो हुँदै गयो। ऊ पनि मलाई भन्दै नभनी सुटुक्क हावामा विलुप्त भयो। , मैले मनमनै सोचेँ, 'मान्छेहरू बित्थामा भूतसँग डराउँछन्। डराउनुपर्ने त खासमा मान्छेसँग पो हो!', म गथांमुग: ख्याकसँग अन्तर्वार्ता लिएर विष्णुमती किनारको पार्कबाट टंकेश्वरको चौबाटो चोकमा उक्लेँ। मेरो कानमा उसको कर्णप्रिय स्वर गुञ्जिँदै थियो। म अझै पनि उसको नरम हातको स्पर्श महशुस गर्दै थिएँ।, चोकमा नर्कटको गथांमुगः ख्याक उसैगरी ठिंग उभिएको थियो। जीउमा हलचल केही थिएन।, मलाई भने कता कता उसले पुलुक्क मैतिर हेर्दै आँखा सन्काइरहेझैं लाग्यो।, सायद ऊ भन्दै थियो, 'यो मेरो जिन्दगीकै पहिलो अन्तर्वार्ता हो। तलमाथि नपार्नू है। तिमीले कसरी लेख्यौ भनेर म सेतोपाटीमा पढ्छु नि!', के त्यो मेरो भ्रम थियो! के मेरो यो स्टोरी यति बेला गथांमुग: ख्याक उर्फ गथांम्वाले पढ्दै होला!, के बेर!, (लेखकीय नोटः मैले यो स्टोरी काठमाडौंको संस्कृति र सम्पदाबारे खोजबिन गर्ने सन्दीप महर्जनसँगको कुराकानीका आधारमा तयार पारेको हुँ। काठमाडौंका चोक, गल्ली, मन्दिर र चैत्यहरू घुमेर यहाँका लोककथा संकलन गर्ने २४ वर्षीय सन्दीप फेसबुकमा 'फ्रयांकी फ्रेन्ज' नाउँले सम्पदा र संस्कृतिबारे ब्लग लेख्छन्, तस्बिरहरू सेयर गर्छन्।), सन्दीप महर्जन (फ्रयांकी फ्रेन्ज),  , भूतसँग जम्काभेट
राजु विश्वकर्मा/रासस सिरहाको गोलबजार नगरपालिकाले छोटो समयमै विकास पूर्वाधारमा फड्को मारेको छ । , बढ्दो अतिक्रमण र अव्यवस्थित बजारका कारण विगतमा कुरुप बन्दै गएका नगरक्षेत्रमा यतिबेला परिवर्तनको आभास हुन थालेको छ। नगरपालिकाले सडक पूर्वाधारको विकास, बिस्तारसँगै व्यवस्थित बजार निर्माणलाई प्राथमिकता दिएर काम अघि बढाएपछि नगरक्षेत्रको स्वरुप फेरिन लागेको हो । ग्रामीण क्षेत्रलाई शहरसम्म जोड्ने सडकलाई कालोपत्र र  ढलान गरी सडक पक्की बनाउने योजनालाई नगरपालिकाले प्राथमिकता दिएको छ । ,     , नगरपालिकाले गत आव ०७६÷०७७ देखि सडकलाई पक्की र कालोपत्र गर्ने योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको छ । सडक सञ्जाल निर्माण गरेर ग्रामीण क्षेत्रबाट शहरसम्म पुग्न घण्टौँ लाग्ने नगरवासीको समस्यालाई दीर्घकालीन समाधानमा ध्यान दिएको छ ।  आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्र र पक्की बनाउने योजनालाई प्राथमिकता दिएको गोलबजार नगर प्रमुख देवनाथ साहले जानकारी दिए।, हालसम्म नगरक्षेत्रका करिब २६ किलोमिटर सडकमा कालोपत्र र १४ किमी आरसिसी ढलान सकिएको नगरपालिकाले जनाएको छ । यस्तै नगरपपालिकाको विभिन्न वडाका २०० किमी सडकमा ग्राभेल सकिएको छ। , ‘चुनावका समयमा जनतासँग गरेको वाचाअनुरुप ग्रामीण क्षेत्रबाट बजारसम्म पुग्ने सडक कालोपत्र गर्ने कामलाई प्राथमिकता दिएका छौ’, उनले भने, ‘नगरक्षेत्रका अधिकांश सडकलाई ढलान गरी पक्की बनाउने काम गरिरहेका छौँ।’ यसका साथै बजार क्षेत्र र बाक्लो बस्ती भएको ठाउँमा नाला निर्माणको कामलाई समेत प्राथमिकता दिएको उनको भनाइ छ। , सडक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई समेत उच्च प्राथमिकतामा राखेर योजना अघि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले जानकारी दिए। उनका अनुसार आव २०७७/०७८ मा मात्र नगरपालिकाले छ किलोमिटर सडकमा नयाँ ट्रयाक खोलिएको छ । यसका साथै नगरक्षेत्रभित्रका प्रमुख पर्यटकीय क्षेत्र कुम्भी खाँडी तालको शिव गुफा निर्माणको कामलाई प्राथमकिता दिएको छ । , विगतमा पुल नहुँदा शहरसम्म आउन जोखिम भोग्दै आएका वडा नम्बर १ मुक्सार र वडा नं १० अरमपुरमा झोलुङ्गे पुलसमेत निर्माण गरिएको उनले जानकारी दिए। विद्यालय सुधार गरी शैक्षिक गुणस्तरीयता ल्याउन नगरपालिकाका विभिन्न वडामा रहेका छ विद्यालयमा कक्षा कोठा निर्माणसँगै शैक्षिक गतिविधि बढाउन अन्य भौतिक पूर्वाधार उपलब्ध गराएको जनाएको छ। , कूल १३  वडामा फैलिएको नगरपालिका ४७ हजार ७६३ जनसङ्ख्या छ । नगरपालिकाले जनघनत्व र आवश्यकताका आधारमा १३ वटै वडामा समानुपातिक बजेट उपलब्ध गराउँदै आएको छ । , बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना गर्न नगरस्तरीय र वडास्तरीय बजेटबाट विभिन्न सिपमूलक तालिम वर्षेनी सञ्चालन गर्दै आएको नगरपालिकाले जनाएको छ । यसरी स्थानीय तहले सडक सञ्जाल बिस्तारसँगै सडक कालोपत्र तथा ढलानलगायतका ठोस योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाएपछि स्थानीयसमेत उत्साहित बनेका छन् । , पछिल्लो एक वर्षदेखि कालोपत्र तथा ढलानलाई प्राथमिकता दिएकाले छिट्टै नगरक्षेत्रको विकासका गतिविधिले तीव्रता लिएको गोलबजार– ५ का श्रवण महतोले बताए। ‘बिगतमा सडकमा माटो र ग्राभेल हालेर बजेट सकिदै आएको थियो’, उनले भने, ‘अहिले नगरपालिकाले सडकलाई कालोपत्र र ढलानलाई अघि बढाएकाले सडक हिलो र धुलोमुक्त हुँदै गएको छ।’ यसबाट वर्षेनी माटो र ग्राभेलका नाममा भ्रष्टाचार गर्ने गरेको आरोपबाट समेत जनप्रतिनिधि केही हदसम्म मुक्त हुने उहाँको कथन छ।, कोल्टो फेर्दै गोलबजार नगरपालिका
सेतोपाटी संवाददाता हुम्लामा पहिलोपटक शव जलाउने पक्की घाट बनेको छ। खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलोपटक घाट निर्माण गरिएको हो। नदीको तीरमा शव जलाउँदा नदीको बहावबाट बच्न र व्यवस्थित शव जलाउनका लागि घाट निर्माण गरिएको हो।, कर्णाली नदीको तीरमा शव जलाउने घाट निर्माण भएपछि मलामीलाई सहज भएको सिमकोट गाउँपालिका–५ का पुसे रोकायाले बताए। ठेहे, सिमकोटलगायत गाउँबाट शव बोकेर घाटसम्म पुग्न दुई/तीन घण्टा लाग्ने गरेको भए पनि पानीको बहाव बढ्दा नदी किनारमा जलाउन कठिन भइरहेका बेला घाट निर्माणले सजिलो बनाएको उनले बताए।, गत वर्ष घाट नहुँदा एक मलामीको अस्थायी ढुङ्गाको घाट बनाउने क्रममा झण्डै ज्यान जोखिममा परेको उनले बताए। पक्की शव जलाउने घाट बनेपछि मलामीलाई शव जलाउन सहज भएको छ। , वर्षामा नदीमा पानीको बहाव बढ्दा शव जलाउन कठिन हुने देखिएकै कारण नयाँ घाटको निर्माण गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए। खार्पुमा तीनवटा पक्की घाट निर्माण गरिएका कारण अब मलामीलाई सजिलो हुने अध्यक्ष रावलले बताए। यी घाट सिमकोट र खार्पुनाथ गाउँपालिका–११ वटा गाउँबाट लगिने शव जलाउन सहज भएको छ। , नदी किनारमै अस्थायी घाट बनाएर शव जलाउँदा मलामीलाई जोखिम देखिएको र शवलाई व्यवस्थित गरेर जलाउन नयाँ पक्की घाट निर्माण गरिएको बताइएको छ।, घाट निर्माण गरेर प्रयोगमा आएसँगै यसअघि नदीको तीरमा हावा लाग्ने तथा शव राम्रोसँग नजलेरै नदीमा फाल्नुपर्ने बाध्यताबाट अब मलामीले मुक्ति पाउने विश्वास गरिएको छ। घाट निर्माण र नदीमा तटबन्धन गर्नका लागि कर्णाली प्रदेशसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने (ख) नम्बर क्षेत्रका सदस्य जीवनबहादुर शाहीले प्रदेश पूर्वाधार विशेष कार्यक्रमबाट रु ५० लाख बजेट विनियोजन गरेर खर्च गरिएको हो। यसका लागि खार्पुनाथ गाउँपालिकाले समन्वय गरेको थियो। रासस, हुम्लामा पहिलोपटक बन्यो शव जलाउने पक्की घाट
देवराज सुवेदी/रासस सिन्धुपाल्चोकमा सात वर्षअघि साउन १७ गते जुरे माथिबाट पहाड खस्दा जुरेका सिङगो बस्ती पुरियो भने १४५ जनाको ज्यान गयो। सयौँ विस्थापित भए। जुरे पहिरोपीडितले अहिलेसम्म पनि न्याय र राहत पाएका छैनन्। पीडा भुल्न नै सकेका छैनन् उनीहरूले।, पहिरोपीडितका लागि देश विदेशबाट दाताले दिएको दुई करोड २४ लाख राहत रकम सात वर्षसम्म सरकारी खातामा रोक्का भएर बस्यो। पहिरोपीडितको राहत रकमका लागि पटक-पटक पहिरोपीडित जिल्ला प्रशासन कार्यालय धाए, गृह मन्त्रालयसम्म पनि धाइरहे। सात वर्षसम्म पनि जसका नाममा पैसा संकलन भयो उनीहरूले नै पाएनन्। न त उनीहरूका लागि पुनर्वासको योजनाले नै मूर्तरूप लिन सक्यो।, सात वर्ष बित्दासमेत आफूहरुको समस्या समाधानका लागि सरकारी तवरबाट केही प्रयास नभएकाप्रति जुरे पहिरोपीडित बलेफीका रामबहादुर तामाङले आक्रोश पोखे। पीडितको राहत रकम वितरणका लागि गृह मन्त्रालयदेखि जिल्लाका समितिले समेत अध्ययन समिति गठन गर्‍यो। तत्कालीन जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिका प्रतिनिधिसमेत रहेका गैरसरकारी संस्थाका अध्यक्ष सोम सापकोटा, पत्रकार महासङ्घका अध्यक्ष युवराज पुरी र नापी कार्यालय प्रमुख शरद् मैनालीको अध्ययन समितिले तत्काल राहत वितरण गर्न प्रतिवेदन पेश गरेको समितिका सदस्य सापकोटाले बताए। त्यसपछि गृह मन्त्रालयको सहसचिवस्तरीय टोलीले समेत स्थलगत अध्ययन गरेको बलेफी-८ का अध्यक्ष चरीबहादुर तामाङले बताए।, निर्वाचित प्रतिनिधिले राहत उपलब्ध गराउन प्रयत्न पनि गरे तर सार्थक हुन सकेन। “हामीले पीडितको नाममा रहेको राहत वितरण गर्न जिल्ला प्रशासनलाई आग्रह गर्‍यौँ, दबाब दियौँ, ज्ञापनपत्र बुझायौँ तर पनि पीडितको सहयोग वितरण भएको छैन”, बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले भने। , विसं २०७१ साउन १७ गते बिहान ३ बजे बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सिमानामा ठूलो पहिरो गएको हो। तीनैवटा स्थानीय तहमा ठूलो मानवीय र भैतिक क्षति भयो। अरनिको राजमार्ग पूर्णरूपमा लामो समय बन्द रह्यो। भोटेकोशी र सुनकोशी नदीको सङ्गमस्थलबाट लगभग चार किलोमिटर दूरीमा पर्ने जुरेमा पहिरोले १८ घण्टा नदी थुनिँदा जुरे आसपासमा आक्रान्त थियो। सबैको मनमा त्रास थियो। सुनकोशी नदी तटीय क्षेत्रका लामोसाँघु, खाडीचौर, बलेफी, सुकुटेबाट काभ्रेपलाञ्चोक र सिन्धुलीसम्मका नागरिक लामो समय त्रासमा रहे। बाह्रबिसे बजारसम्म थुनिएको नदीले डुबाउने सम्भावना बढेपछि बजार र बस्ती पूरै खाली गरिएको थियो। सानीमा जलविद्युत् आयोजना र सुनकोशी जलविद्युत् आयोजनाको बाँधसहित विद्युत्गृहसम्म क्षति पुग्यो।,  , पहिरोपीडितको खाता फुकुवा भए पनि सङ्कलित रकम वितरण गर्ने वा पहिरोपीडितलाई घर नै बनाइदिने भन्ने टुङ्गोमा पुग्न नसकेपछि दैवी प्रकोप उद्धार समितिले सरोकारवाला तथा पीडितसँग पटक-पटक छलफल चलायो। पटक-पटकका छलफल सार्थक हुन सकेनन्।, सात वर्षसम्म सरकारी खातामा जम्मा भएर बसेको रकमको आशमा बाँचेका अधिकांश पहिरोपीडितले दैवी प्रकोप उद्धार समितिसँग घर घडेरीकै माग गरेका छन्। केही पहिरोपीडितले भने रकम नै वितरण गर्नुपर्ने बताउँदै आएका छन्। सङ्कलित राहत रकम सबै पीडितलाई वितरण गर्दा थोरै रकम हात पर्ने भएपछि कतिपय पहिरोपीडितले सरकारले घरघडेरीको व्यवस्था गर्नुपर्ने आवाज उठाएका हुन्। पहिरोपीडितका पीडा राजनीतिक नारा मात्र बनिरह्यो। , आफ्ना सरकार आए पीडितलाई रकम दिलाउने नारा बनाएका कम्युनिष्ट र कांग्रेस दुवैले जुरेपीडितलाई रकम दिलाउन भने सकेनन्। तत्कालीन सांसद मोहनबहादुर बस्नेतदेखि हालका सभामुख अग्निप्रसाद सापकोटासम्म आइपुग्दा जुरेपीडितको सम्बोधन गर्नमा सबै चुकेका छन्।, विसं २०७६ मङ्सिर १४ गतेको मन्त्रिपरिषद्को निर्णयले पहिरोपीडितलाई भूकम्पपीडितसरह रकम मात्रै उपलब्ध गराउने निर्णय गर्‍यो। त्यसपछि सरकारले गरेको निर्णय स्वीकार नभएपछि फेरि स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकायले मन्त्रिपरिषद्को निर्णय मान्य नहुने जानकारी पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। (रासस), जुरे पहिरोपीडितले सात वर्षमा पनि पाएनन् राहत