content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दैआएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। स्थानीय स्वास्थ्य शाखामार्फत दुई शिविरका १८ वर्ष माथिका करीब तीन हजार शरणार्थीलाई जोन्सन खोप दिइएको हो। , नेपाल सरकार र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (यूएनएच... |
सेतोपाटी संवाददाता काठमाडौंको चौमतीमा एक महिलाको हत्या भएको छ।, खोटाङ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १६ चौमती बस्ने २८ वर्षीया बबिता राईको मध्यराति हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।, हत्या गरेको आरोपमा प्रहरीले नुवाकोट तादी गाउँपालिका वडा नम्बर २ सातबिसे... |
राजु अधिकारी सरकारी वार्ता टोली र संयुक्त संघर्ष समितिबीच छ बुँदे सहमति भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम आन्दोलनकारीले फिर्ता लिएका छन्।, प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई आफ्ना माग पूरा गर्न ७२ घन्टे अल्टिमेटम प्रतिष्ठानका आन्दोलनकारीले... |
राजकुमार पराजुली/ रासस पाँच महिनापछि ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा एक महिना मकर मेला लाग्छ। हरेक बाह्र वर्षमा हुने ‘मकर मेला’को तयारीस्वरुप धमाधम भौतिक पूर्वाधारका काम भइरहेका छन् भने सँगसँगै प्रवद्र्धनका कार्यक्रम थालिएको छ।, नगरपालिकाले वर्ष दिनअघिदेखि नै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीत... |
सेतोपाटी संवाददाता मकवानपुरमा १२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना पक्राउ परेका छन्।, बुधबार बिहान ७ बजे मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीस्थित पूर्व-पश्चिम लोकमार्गबाट तीन जनालाई १२७ किलो गाँजासहित पक्राउ गरेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।, बिआरई २८३९ नम्बरको भारतीय ट्रकलाई प्रहरीले रोकेर चेक गरे... |
सेतोपाटी संवाददाता काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार बिहान सो पार्टीको पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन्।, २०७९ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न हुने गरी शिलान्यास गरिएको सो पार्टीको निर्माण कार्यको जि... |
खिलानाथ ढकाल उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम यादव लगायत पाँच-छ जना सदस्य गत सोमबार काठमाडौं आए। काठमाडौं आएर उनीहरूले पत्रकार सम्मेलन गरे र उखु किसानले भुक्तानी नपाएको गुनासो सुनाए।, यसपालि गुनासो राख्दा कांग्रेस नेतृत्वको सरकारले भुक्तानी दिलाइदेला भन्ने उनीहरूलाई आश थियो। किनभने, २०७६ ... |
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा पढ्न जाने विद्यार्थीका लागि दिइँदै आएको अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) सेवाको प्रभावकारिताबारे छानबिन समिति गठन गरेको छ।, मन्त्रालयका उपसचिव लक्ष्मीकुमार खड्काको संयोजकत्वमा १५ दिनको कार्यादेशसहित गठित तीन सदस्यीय समितिले मङ्गलबारदेखि कार्यारम... |
सेतोपाटी संवाददाता विसं २०७२ को गोरखा भूकम्पले सर्वाधिक क्षति पुर्याएको जिल्लामा भूकम्पपछिको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ।, गुनासो सम्बोधनसमेत गरेर कूल ९१ ह्जार सात लाभग्राहीमध्ये ८९ हजार ३५३ ले सम्झौता गरेर पहिलो किस्ता लिएको पुनःनिमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का निमित्त आयोजना प्रमुख स... |
सेतोपाटी संवाददाता चीनको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ।, विश्वभर कूल सङ्क्रमितको संख्या २० करोड हाराहारी छ। विश्वभर १९ करोड ९५ लाख ६६ हजार ४९ जना कोरोना भाइरस सङ्क्रमित भइसकेका छन्। कोरोना भाइरसको सङ्क्रमितको यो संख्या विश्व... |
सेतोपाटी संवाददाता सप्तरीमा एक पुरूष मृत फेला परेका छन्।, बुधबार बिहान पौने ७ बजे खडक नगरपालिका वडा नम्बर ३ गरुराहा बस्ने ३० वर्षीय श्यामसुन्दर राम मृत फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।, उनी कुलोमा घोप्टो परेको अवस्थामा भेटिएका थिए। खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो।, काफ्लेका अन... |
सेतोपाटी संवाददाता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूसँग राजीनामा नमागिएको दाबी गरेका छन्।, बरू अन्यत्र गएर काम गर्न भनिएको उनी बताउँछन्।, प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा मन्त्री पम्फा भुसालको उपस्थितिमा शाक्यलाई राजीनामा दिन आग्रह गर्दै कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाउ... |
सेतोपाटी संवाददाता कैलालीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।, १४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जनाकारी दिए।, जानकी गाउँपालिका वडा नम्बर ६ का ४२ वर्षीय धरमविर चौधरी पक्राउ परेका हुन्।, चौधरीले किशोरी... |
सेतोपाटी संवाददाता बुधबार काठमाडौं उपत्यकामा थप १ हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना संक्रमित थपिएका हुन्। , थप ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्।, २४ घण्टामा ११ हजार ३ सय ५४ नमू... |
सेतोपाटी संवाददाता सुनसरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।, धरान उपमहानगरपालिका वडा नम्बर ८ तीनकुने जंगलस्थित कोशी राजमार्गमा भएको दुर्घटनाबाट मोटरसाइकल पछाडि सवार यात्रीको मृत्यु भएको हो।, मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० वर्षीया मिरादेवी साह छिन्।, बुधबार बिहान साढे ९ बजे धरानबाट इटहरीतर्... |
सेतोपाटी संवाददाता बुधबार थप ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५४ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९४४ मा परीक्षण गर्दा ११३२ मा संक्रमण देखिएको छ।, कुल १६ हजार २९८ जनाको नमूना परीक... |
सेतोपाटी संवाददाता गड्डाचौकी नाका हुँदै कोरोना महामारीमा भारतबाट स्वदेश फर्किनेहरूलाई लक्षित गर्दै कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको काम सुरू भएको छ।, गड्डचौकी नाकाबाट ७ किलोमिटर टाढा भीमदत्त नगरपालिका-१८ भगतपुरको सालघारीमा उक्त होल्डिङ सेन्टर निर्माणको काम सुरू गरिएको हो।, व्यवस्थित रूपले नाकामा कोरोना परीक्षण गरी ... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षकहरू (आइजिपी) ले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।, पूर्व-आइजिपीहरूले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) लाई काभ्रेमा सार्ने निर्णय खारेज गर्न आग्रह गरेका हुन्।, तत्काली... |
सेतोपाटी संवाददाता बर्दघाट नगरपालिका-१२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रूपैयाँ र १८ लाख ५० हजार नेपाली रूपैयाँसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका-२ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय ... |
सेतोपाटी संवाददाता तीन लाखमा बिक्री गर्न खोजेको अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक दाङको देउखुरी क्षेत्रबाट पक्राउ परेका छन्।, भारतको उत्तर प्रदेश सिद्धार्थनगर नगरपञ्चायत बढनी वडा नम्बर ३ का २२ वर्षीय करमुल्लाह आमिर र वडा नम्बर ८ का १९ वर्षीय राजा खान चाइनिज टाइप ५४ नाइन-९ एमएमको अटोमेटिक पेस्तोलसहित पक्राउ परेका ... |
सेतोपाटी चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। , सोमबार साँझ करिब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ।, चट्या... |
सेतोपाटी संवाददाता काठमाडौंमा नक्कली पेस्तोल देखाएर धम्की दिएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, कागेश्वरी मनोहरा नगरपालिका-७ मूलपानी भैरवचौरस्थित भैरव बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धम्की दिएको आरोपमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।, कागेश्वरी मनोहरा-८ बस्ने २५ वर्षीय अलबहादु... |
सेतोपाटी संवाददाता सुनचाँदी, किराना तथा ल्यापटप र मोबाइल पसलमा चोरी गर्ने ६ जनाको एक समूहलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ।, पछिल्ला केही महिनायता अर्घाखाँचीको सन्धिखर्कमा चोरीका घटना बढ्दै गएपछि चोरी नियन्त्रणमा सक्रिय बनेको प्रहरीले विभिन्न मितिमा भएका चार वटा चोरीका घटनामा संलग्न व्यक्ति तथा चोरी भएका सामग्री ... |
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–३ बासुदेवमा पश्चिमबाट पूर्वतर्फ गइरहेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु भएको हो। , मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१५ का ४१ वर्षीय ला... |
देवराज सुवेदी/रासस असार १७ गतेदेखिको निरन्तरको बाढीले पहिरोसमेत आउँदा मेलम्ची र हेलम्बुका झण्डै एक सय घर र टहरा बगाएको छ। यसअघि असार १ को बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीका ४५० घरपरिवार विस्थापित भएका र सयौँ रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको थियो। लगातारको बाढीले हेलम्बुको माथिल्लो भेगदेखि मेलम्ची,दोलालघाटसम्... |
नारायण अधिकारी कोभिड– १९ का सङ्क्रमित बढेसँगै जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। निषेधाज्ञासँगै न्यून हुँदै आएको दोस्रो लहरको सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो। यहाँको भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिडका बिरामीको उपचार हुँद... |
सेतोपाटी संवाददाता धनुषाको बटेश्वर गाउँपालिका-२ स्थित विद्यालयको ३२ वटा कम्प्युटर चोरी भएको छ।, जनप्रिय माध्यमिक विद्यालयको ढोका फोडेर गएराति ३२ वटा कम्प्युटर चोरी भएको प्रहरीले जनाएको छ।, विभिन्न संघ संस्थाले विद्यार्थीलाई अध्ययनका लागि दिएको दुइटा ल्यापटपसहित ३२ वटा कम्प्युटर चोरी भएको ईलाका प्रहरी कार्यालय महेन्द्र... |
सेतोपाटी संवाददाता कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर जागेश्वर गौतमलाई सरुवा गरेको भनिए पनि उनी आज पनि युनिफाइड अस्पतालमै हाजिर भएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गौतमलाई युनिफाइड अस्पतालबाट थापाथलीस्थित प्रसुती गृहमा सरुवा गरेको थियो। सोबारे गौतमलाई स्वास्थ्य सचिव डाक्टर र... |
दिपकजंग शाही आर्थिक वर्ष ०७७/०७८ मा जाजरकोटको जुनीचाँदे गाउँपालिकाले कृषकलाई उन्नत जातका बाख्रा वितरण गर्ने प्रस्ताव अघि सार्यो। गाउँपालिकाको प्रस्तावअनुसार कर्णाली प्रदेश सरकारले यसका लागि २० लाख रुपैयाँ पशु सेवा कार्यालय जाजरकोटमा पठायो।, ‘साझेदारीमा आधारित एक स्थानीय तह, एक बाली वस्तु उत्पादन’ कार्यक्रमका लागि प्र... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरेको छ।, मंगलबार प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सूचना जारी गर्दै निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।, 'कोभिड-१९ को संक... |
सेतोपाटी संवाददाता चेक बाउन्सको मुद्दामा झण्डै ४० लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ पन्चकन्या मार्गका ६२ वर्षीय ठाकुरप्रताप थापालाई पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार चक्रपथबाट पक्राउ गरेको प्रहरी उपरीक्षक... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएका पल्टु रविदासको शव बुझ्न पीडित परिवार र स्थानीय प्रशासनबीच दुई बुँदे सहमति भएको छ।, जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो पीडित परिवार, दलित अगुवा तथा अधिकारकर्मी र प्रहरी तथा स्थानीय प्रशासनबीच भएको वार्तामा दुई बुँदे सहमतिपछि पीडित परिवारले शव बुझ्न... |
सेतोपाटी संवाददाता उपचारका लागि आएका एक जना बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले विराटनगरको गोल्डेन अस्पताल तोडफोड गरेका छन्। , पिलोको शल्यक्रिया गरिएका बिरामी मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्यु भएपछि आक्रोसित आफन्तले सोमबार राति अस्पताल तोडफोड गरेका हुन्। , मलद्वारमा रहेको पिलोको शल... |
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले भन्सार छलेको आरोपमा रुपन्देहीको एभरेष्ट मोबाइल सेन्टरका प्रोप्राइटरविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ।, सिद्धार्थनगर-९ को उक्त मोबाइल सेन्टरका प्रोप्राइटर विष्णु ज्ञवालीविरूद्ध सात करोड ५० लाख ८६ हजार १०३ रुपैयाँ बिगो माग्दै विभागले सोमबार उच्च अदालत बुटवलमा मुद्दा दायर गरे... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा लम्ब्याइएको छ।, काठमाडौंका तीन जिल्ला प्रमुखको मंगलबार बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। पछिल्लो समय जारी निषेधाज्ञा बुधबार सकिँदैछ।, सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अध... |
रोहित महतो प्रहरी हिरासतभित्रै पल्टु रविदासको मृत्यु भएपछि अहिले धनुषा प्रहरीविरूद्ध दिनहुँ प्रदर्शन भइरहेका छन्। घटनाको छानबिन, दोषीलाई कडा कारबाही र क्षतिपूर्ति माग्दै दलित अगुवा तथा विभिन्न संगठन आन्दोलनमा उत्रिएका छन्।, साउन १५ गते बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्र शौचालयमा झुन्डिएको अवस्थामा ... |
मनोज सत्याल दुई वटा फरक-फरक अध्ययनले मेलम्चीको विनाश बहुप्रकोप (मल्टी हाजार्डस्) ले निम्त्याएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेका छन्। , अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनले मलेम्ची विनाशको श्रृंखला मेलम्ची र इन्द्रावती खोलाको सिरानमा रहेको हिमालबाटै सुरूआत भएको देखाएको छ। , इसिमोडको अध्... |
सेतोपाटी काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको छ।, गत असार १६ गते कामपाले विगत २८ वर्षदेखि कर तिर्नका लागि आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो। , अहिले सम्पर्कमा आउनेमध्ये केहीले पहिलो किस्तास्वरूप केही रकम बुझ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६३८ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ४४८ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ६ हजार ८० परीक्षण गर्दा ९३५ मा संक्रमण देखिएको छ।, कुल १६ हजार ७१८ जनाको नमूना पर... |
सेतोपाटी संवाददाता मंगलबार काठमाडौं उपत्यकामा थप ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जना संक्रमित थपिएका हुन्। , मन्त्रालयका अनुसार हाल उपत्यकामा ९ हजार ११५ संक्रमित सक्रिय छन्। जसमा काठमाडौं जिल्लामा... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर जागेश्वर गौतमको सरूवा कायम रहेको जनाएको छ। , मन्त्रालयका एक अधिकारीले डा. गौतमलाई थापाथलीस्थित प्रसूति गृहमा पठाउने भनेर गरिएको निर्णय यथावत् रहेको जानकारी दिए।, उनले सरूवा पत्र नरोकिएको भन्दै डा.... |
सेतोपाटी संवाददाता कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डाक्टर जागेश्वर गौतमको सरूवा भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर गौतमलाई सोमबार थापाथलीस्थित प्रसुति तथा स्त्री रोग अस्पताल सरूवा गरेको हो। गौतमको ठाउँमा ट्रमा सेन्टरका डाक्टर रूद्र मरासिनीलाई पठाइएको छ।, गत जेठ १० डाक्टर ग... |
सेतोपाटी लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ।, राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरूद्ध भएको हो। , सडक भाँसिएर भत्किएकोले बिहानदेखि राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। , आइतबार बेलुकादेखि आ... |
सेतोपाटी संवाददाता कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डाक्टर जागेश्वर गौतमको सरूवा भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर गौतमलाई थापाथलीस्थित प्रसूति तथा स्त्री रोग अस्पताल सरूवा गरेको हो। गौतमको ठाउँमा ट्रमा सेन्टरका डाक्टर रूद्र मरासिनीलाई पठाइएको छ।, गत जेठ १० गते डाक्टर गौतम... |
रोहित महतो महोत्तरीको लोहरपट्टी नगरपालिका-७ की सुजिता ठाकुर हत्या प्रकरणमा सुजिताका बुवा, नन्दसहित तीन जना पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सुजिताको हत्यामा पिपरा गाउँपालिका–६ रतौली बस्ने उनका ५० वर्षीय बुवा कामेश्वर पाण्डेय, भंगहा नगरपालिका–१ कविलासा बस्ने ३५ वर्षीया नन्द अंजु ठाकुर र जनकप... |
सेतोपाटी संवाददाता सोमबार थप ३ हजार १२५ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६१३ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २७९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार १९८ गर्दा ८४६ मा संक्रमण देखिएको छ।, कुल १३ हजार ८११ जनाको नमूना परीक्षण गर्दा सो संख... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप सात सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप सात सय ७० जनामा संक्रमण पुष्टि भएको हो।, जसमध्ये काठमाडौंका पाँच सय ५६, ललितपुरका एक सय १५ र भक्तपुरका ९९ जना संक्रमित छन्।, योसँगै उपत्यकामा थप आठ हजार आठ स... |
सेतोपाटी संवाददाता खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्ने मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन भौगर्भिक अवस्था अध्ययन गरी प्रतिवेदन पेस गर्न एसियाली विकास बैंक (एडिबी) लाई पत्राचार गरेको छ।, सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रको पहिरोले मेलम्ची आयोजनाको भविष्य अनिश्चित बन्दै गएको विज्ञहरूको प्रतिक्रि... |
सेतोपाटी संवाददाता ठगी गरेको आरोपमा आफूलाई पत्रकार बताउने अछामका खेमराज खनाललाई प्रहरीले पक्राउ गरेको छ।, उनलाई प्रहरीले काठमाडौंको बालाजुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।, उनलाई सोमबार परिसरको टोलीले पक्राउ गरेको हो।, 'उनले अहिले एक-दुई जनालाई ठगी गरेको ... |
एजेन्सी बेइजिङमा स्थानीयस्तरमा नै एक व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्थानीय प्रशासनले सोमबार जनाएको छ । स्थानीय अधिकारीहरूले बेइजिङमा समुदायबाटै सङ्क्रमित बिरामी भेटिएपछि सङ्क्रमित क्षेत्रमा नागरिकहरूलाई साबधानी अपनाउन निर्देशन दिइसकेको छ । , सोमबार सङ्क्रमण पुष्टि भएका व्यक्ति गत बुधबार सङ्क्रमण भेटिएका एक व... |
सेतोपाटी संवाददाता दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी साढे दुई लाख धरौटी बुझाएर तारेखमा छुटेका छन्। , जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले गाउँपालिकाका अध्यक्ष अदालतले तोकेको धरौटी बुझाएर रिहा भएको सेतोपाटीलाई बताए। , सोमबार आफैं घोराहीस्थित जिल्ला अदालतमा उपस्थित भएका गाउँपालिकाका अध्यक्षसँग अदाल... |
सेतोपाटी संवाददाता सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पान सडक खण्डको सिद्धबाबा नजिक पहिरोले जिप पुर्दा एक जनाको मृत्यु भएको छ ।, स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको जिप पाल्पाको तिनाउ गाउँपालिका दोभान नजिकै सोमबार साँझ ७ बजेतिर हेडवर्क्समा माथिबाट खसेको पहिरोले पुरिँदा चालकको मृत्यु भएको प्रहरीले जनाए... |
सेतोपाटी संवाददाता दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि त्यहाँ अध्ययन गर्न जाने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिइएको छ।, पछिल्लो समय कोरियामा सङ्क्रमण दर उच्च देखिएपछि त्यहाँको सरकारले उक्त सुझाव दिएको हो।, दक्षिण कोरियामा आगामी सेप्टेम्बरबाट कलेजहरूमा दोस... |
सेतोपाटी संवाददाता सप्तरीमा सोमबार साँझ मोटरसाइकल दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।, अन्य दुई जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका-४ अमाहामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।, मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका-१७ का २८ वर्षीय रामश... |
सेतोपाटी संवाददाता गण्डकी प्रदेशमा पहिलो पटक म्याग्दीमा कोभिडविरुद्ध खोपको विवरण विद्युतीय बनाउने नमूना परियोजना शुरु भएको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागको अगुवाइमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को आर्थिक तथा प्राविधिक सहयोगमा बेनी नगरप... |
रासस जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ।, कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए। , प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।, ब... |
एजेन्सी जापानले सोमबार कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ हजार ३९३ पुगेको जनाएको छ। यो अघिल्ला हप्तामा सोही दिन सङ्क्रमण पुष्टि भएको सङ्ख्याको झन्डै दोब्बर हो।, ओलम्पिक आयोजना भइरहेको टोकियो र वरिपरि संक्रमण बढ्दै गइरहेका समय जापानका स्थानीय सञ्चारमाध्यमले सङ्क्रमण वृद्धिको समाचारलाई विशेष महत्व दिएर सम्प्रेषण... |
सेतोपाटी संवाददाता साउनको सोमबार पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला नगरिए पनि पशुपति क्षेत्रमा गत हप्ताभन्दा पनि बढी भक्तजनको भीड लागेको छ। निषेधाज्ञाका कारण लामो समय घरमा बसेका भक्तजन शान्तिका लागि पनि पशुपति क्षेत्रमा आएको देखिन्छ। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले मूल मन्दिरको गजुरको दर्शन... |
एजेन्सी भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या स्थिर रहेको छ। पछिल्ला केही दिनदेखि निरन्तर दैनिक औसत ४० हजार जनाका दरले नयाँ सङ्क्रमितहरु थपिएको देखिएको छ।, त्यसैगरी ३६ दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन्।, कोरोना भाइरसविरुद्धको सतर्कता, खोप अभियानलगायतका कारणल... |
रासस दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन्।, बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन्।, खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर... |
रासस मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का सात घर बगाएको छ।, यसअघि नै बाढीले कटान गरेका घरहरू सोमबार राति बगाएको हो।, मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए।, शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ।, ... |
एजेन्सी सुडानका अधिकारीहरूले कास्साला प्रान्तको एक नदीमा दर्जनौं शव बग्दै गरेको भेटिएको बताएका छन्।, ती शवहरू छिमेकी इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्र टिगरेबाट आएको उनीहरूको दाबी छ।, अहिलेसम्म झन्डै ५० वटा शव फेला परेका छन्। नदीको वहाव तीव्र भएकाले धेरै शव बगरे गएको उनीहरूको भनाइ छ।, समाचार संस्था एसोसियट प्रेससँग कु... |
रासस पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर जिपका सहचालकको मृत्यु भएको छ।, पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ७३८७ नंको पिकअप जिपमा सोमबार बेलुकी ८ बजे माथिबाट एक्कासि खसेको ढुङ्गा लागेर सहचालक स्याङ्जा वालिङ नगरपालिका–११ बस्ने २३ वर्षीय आशिष खाँणको मृत्यु भएको हो।, घा... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ कार्यदलको बैठक बसेको छ।, गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम निर्माण गरी जारी गर्नेबारे तयारी गर्न मंगलबार बिहान बैठक बसेको छ। कार्यदलले न्युनतम साझा कार्यक्रमबारे मस्यौदा बनाइरहेको छ।, उक्त कार्यक्रममा के-के विषय राख्ने भन्नेबारे सोमबार गठबन्धनका शीर्ष... |
सेतोपाटी संवाददाता लामो समयदेखि सडक सञ्जालबाट विच्छेद बनेको मनाङलाई जोड्न सडक डिभिजन कार्यालय लमजुङले काम थालेको छ। गत असार १ गते आएको बाढीपहिराले डुम्रे–बेँसीशहर–खाङ्सार सडकको करिब ८० प्रतिशत खण्डमा क्षति पुगेको छ। , क्षति पुगेको सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउनका लागि स्थानीय तह, प्रदेश र सङ्घ सरकारसँग पहल गर्दै मना... |
सेतोपाटी संवाददाता कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो। अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ।, पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र... |
सेतोपाटी संवाददाता कोभिड–१९ का शङ्कास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ। सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक्तपुर अस्पताललाई पठाएको भन... |
रासस मजदुरहरुको ज्यालाको रकम लुटेर फरार रहेका एक व्यक्ति नौ वर्षपछि पक्राउ परेका छन्।, विसं २०६९ मा सडक कामदारको रु आठ लाख ५१ हजार ५०० ज्यालाको रकम लुटेर भागेका ३१ वर्षीय सुुवास विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो।, कामदारलाई वितरणका लागि निर्माण समितिका अध्यक्ष धनबहादुर राईले लगेको रकम भोजपु... |
सेतोपाटी संवाददाता धनुषामा गएराति लुटपाट भएको छ। धनुषाधाम नगरपालिका– ८ स्थित कुम्हारास्थित विजय यादवको घरमा राति पौने दुई बजे ५/६ जनाको समूहमा आएका लुटेरा समूहले लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ। , विजयका १६ वर्षीय कान्छो छोरा अनिल यादव, ३० वर्षीय ज्वाइँ मञ्जय यादव र उनकी २५ वर्षीया श्रीमती कामनी यादवलाई रडले क... |
सेतोपाटी संवाददाता कर्णाली नदीमा डुंगा पल्टिँदा घाइते भएकी एक जनाको मृत्यु भएको छ।, सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा डुंगा पल्टिँदा घाइते भएकी महिलाको मृत्यु भएको हो।, कैलाली मोहन्याल गाउँपालिका वडा ३ की १९ वर्षीय धनसरा सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप आठ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीका अनुसार उपत्यकामा आठ सय ५१ जना संक्रमित थपिएका हुन्।, काठमाडौंमा मात्रै पाँच सय ९४ जना नयाँ संक्रमित थपिएका हुन्। ललितपुरमा एक सय ६६ र भक्तपुरमा ९१ जना संक्रमित थपिएको... |
विवेक राई नेपालले अहिलेसम्म कोरोनाविरूद्धको झन्डै एक करोड डोज खोप प्राप्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भएको छ। , प्राप्त भएको जम्मा खोपमध्ये सरकारले खरिद गरेको खोप ५० लाख डोज हो भने बाँकी विभिन्न देशले अनुदानमा दिएको हो। झन्डै एक करोड डोज खोप प्र... |
सेतोपाटी संवाददाता नेपालमा थप दुई हजार पाँच सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप उक्त संख्यामा कोरोना पुष्टि भएको हो। १२ हजार छ सय ३६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको हो।, आठ हजार चार सय २ जनाको प... |
सेतोपाटी संवाददाता बिरामीको मृत्यु भएपछि आफन्तहरूले वीरगन्जको भवानी अस्पतालमा तोडफोड गरेका छन्।, आइतबार अस्पतालमा तोडफोड गरेको र चिकित्सकहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।, वीरगन्ज महानगरपालिका वडा नम्बर २० मनियारी बस्ने ३८ वर्षीया रमिता दे... |
सेतोपाटी संवाददाता इजाजतविनै बिरामीको उपचार गरेको आरोपमा एक विदेशी नागरिकसहित तीन जना पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोले भारतको विहार घर भइ काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिल बस्ने ३१ वर्षीय सौरभ कुमार, महोत्तरीका ४० वर्षीय डा. रावेत रञ्जनकुमार ठाकुर र दोलखाका ४६ वर्षीय राधाकृष्ण तामाङलाई पक्राउ गरे... |
सेतोपाटी संवाददाता अबदेखि कन्सुलर सेवा विभागमा खोप लगाएको भनेर प्रमाणिकरण गर्नु नपर्ने भएको छ।, आइतबार विभागले प्रेस विज्ञप्ति जारी गरी विदेशस्थित सम्पूर्ण नेपाली नियोगहरूलाई समेत सोबारे जानकारी गराइएको भन्दै अब कन्सुलरमा गएर थप प्रमाणिकरण गर्नु नपर्ने जनाएको छ।, आइतबार सिसिएमसीले पत्रमार्फत स्वास्थ्य मन्त्रालयले तोके... |
सविता बुढा दार्चुलामा तुइनबाट तर्ने क्रममा महाकालीमा खसेर शुक्रबार एक पुरुष बेपत्ता भएपछि भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नताबारे छानबिन भइरहेको छ।, व्याँस गाउँपालिका-२ मालका ३३ वर्षीय जयसिंह धामी एसएसबीले तुइन काटेपछि महाकालीमा खसेको स्थानीय र प्रत्यक्षदर्शीले बताएका छन्।, उनको खोजी कार्य भइरहेको छ। तीन दिनसम्म ... |
सेतोपाटी संवाददाता दार्चुलामा तुइनबाट तर्ने क्रममा महाकालीमा एक व्यक्ति खसेको घटनाको छानविन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ।, गत शुक्रबार व्याँस गाउँपालिका-२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि महाकालीमा खसेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। सो कुरा ... |
सेतोपाटी संवाददाता म्याद गुज्रेका कस्मेटिक सामानमा नयाँ मिति राखेर बेचेको आरोपमा प्रहरीले आइतबार दुई जनालाई पक्राउ गर्यो। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौं महानगरपालिका वडा नम्बर १५ सानोभर्याङ र वडा नम्बर २२ भोटेबहालस्थित गोदाममा छापा मारेको थियो।, त्यो गोदाममा बडी स्प्रे, एयर फ्रेसनर, स्... |
मनोज सत्याल काठमाडौं उपत्यकामा पानी ल्याउने मेलम्ची खानेपानी आयोजनाको भविष्य सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रको पहिरोले जोखिममा पारेको छ।, विज्ञहरूले आयोजनाको भविष्य भ्रेमाथाङको पहिरोले अनिश्चित पारेको बताएका छन्। भ्रेमाथाङ क्षेत्रमा शनिबार राति पहिरो गएपछि मेलम्चीमा बाढी आएको थियो। मेलम्चीबाट माथिल्लो क्षेत्रको रेकी... |
सेतोपाटी संवाददाता दुई विद्यार्थी घटक नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीले शनिबार विर्तामोड नगरपालिकाको मूल गेटमा लगाएको ताला सात बुँदे सहमतिपछि आइतबार खोलिएको छ।, नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता र इलाका प्रहरी कार्यालय अनारमनीको संयोजनमा विर्तामोडमा बसेको सर्वपक्षीय बैठकपछि ताला खोलिएको हो हो।, बैठकम... |
विनोद सापकोटा कोभिड-१९ विरुद्धको खोप लगाउन आइतबार बिहानैदेखि लाइनमा बसेका लक्षित उमेर समूहका बृद्धबृद्धाले अस्तव्यस्तका कारण खोप लगाउन नपाएको बताएका छन्।, शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को सतासीधाम स्वास्थ्य चौकी, ६ को प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज, वडा नम्बर ४ को स्वास्थ्यचौकी पाँचगाछी र धरमपुर स्वास्थ्य चौकी... |
सेतोपाटी संवाददाता उच्च अदालत र जिल्ला अदालतहरूमा मंसिरदेखि गोलाप्रथाद्वारा पेशी तोकिने भएको छ।, सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले विज्ञप्ति जारी गर्दै त्यसका लागि सबै उच्च अदालत र जिल्ला अदालतहरूलाई आवश्यक तयारी गर्न भनिएको जानकारी गराएका छन्।, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गएको वर्ष न्यायापालिकामा ह... |
रासस सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) चोरी भएको छ।, आइतबार साँझ करिब ७ः३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ।, पुजारी पोखरीतिर सरसफाइमा व्यस्त रहेको सम... |
रासस काठमाडौंको टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ।, साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिने भएको हो।, खोप आज बिहान १० बजेदेखि उपलब्ध गराउने नगर... |
सेतोपाटी संवाददाता रूपन्देहीमा प्रहरीले आत्महत्या न्यूनीकरणका लागि ‘थ्री सर्कल’ अवधारणा सुरू गरेको छ। बढी आत्महत्या गर्ने जिल्लामा काठमाडौं र झापापछि तेस्रो नम्बरमा रहेको रूपन्देहीमा आर्थिक वर्ष २०७६/७७ मा २२३ जनाले आत्महत्या गरेका थिए।, रूपन्देहीका तीन नगरपालिमामा आत्महत्या उच्च देखिएको प्रहरीले जनाएको छ।, बुटवल उपमह... |
सेतोपाटी संवाददाता प्रसिद्ध शक्तिपिठ सप्तरीको छिन्नमस्ता भगवतीको चोरी भएको मुकुटसहित एक जना पक्राउ परेका छन्।, विष्णुपुर गाउँपालिका वडा नम्बर ५ का राजेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ।, आइतबार साँझ करिब ७ बजे छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता (शखरेश्वरी) भगवतीको चाँदीको मुकुट, नथिया र टीका चोरी भएको थियो।, खो... |
रासस भैंसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति गएको ठूलो पहिरो झरेको छ। पहिरोका कारण आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ।, भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी पनि भैंसेदेखि पान्द्राङसम्म लाइनबद्ध भ... |
सेतोपाटी संवाददाता रौतहटको माधवनारायण नगरपालिका-४ स्थित विसुनपूर्वामा दुई समूहबीच भएको झडपमा १९ जना घाइते भएका छन्।, स्थानीय श्री माध्यमिक विद्यालयमा विद्यार्थी भर्नाको विषयलाई विद्यालय पक्ष र भर्ना गराउन आएका अभिभावक पक्षबीच आइतबार दिउँसो विवाद हुँदा भएको झडपमा १९ जना घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ... |
रासस शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ।, हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा ५५ र तालामाराङ तथा मेलम्चीमा ५ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।, उनकाअनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गए रातिको बाढीले बगाएको हो। ती घर... |
रोहित महतो धनुषाको सबैला नगरपालिका-१३ स्थित ५० विघा बढी खेतमा अहिले कमला नदी बग्छ।, साउन ४ र ५ गते मुसलधारे वर्षासँगै आएको बाढीले बाँध भत्काएपछि कमला खेततिर पसेको हो। सबैला नगरपालिका-१३ किरतपुर र ढोलबाजाको बीचमा पर्ने बाँध भत्काएर डेढ सय मिटर पूर्व बग्ने कमलाले धार परिवर्तन गरेपछि स्थानीय किसान चिन्तित छन्।, ढोलबाजा ... |
सेतोपाटी डोटीमा कोरोनाभाइरस कोभिड-१९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ।, यहाँका नागरिक कामका लागि प्राय: छिमेकी मुलुक भारतका विभिन्न सहर जाने र फर्किने क्रममा संक्रमण फैलने गरेकाले जोखिम कायमै रहेको स्वास्थ्यकर्मीको सुझाउअनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले गत... |
सेतोपाटी गत असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बुमा ९० र मेलम्चीमा ८६ घरपरिवार विस्थापित भएका थिए। , पाँच जनाको मृत्यु भयो भने अझै २० जना बेपत्ता छन्। शनिबारदेखि मेलम्चीमा पुनः बाढी आएको छ। बाढीले हेलम्बु र मेलम्चीमा ६० वटा टहरा बगाएको छ। , त्यस्तै, यी दुई पालिकाका विभिन्न वडा जोड्ने पुल पनि बगाएको छ। पुल बगा... |
कृष्ण दवाडी पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका जोड्ने प्रमुख सडक डेढ महिनादेखि पहिराले अवरूद्ध बनेको छ। , महानगरभित्रकै महत्वपूर्ण सडक अवरूद्ध बनेको लामो समय व्यतित हुँदासमेत सञ्चालनमा नआउँदा आवतजावतमा समस्या छ।, लामाचौर–माछापुच्छ्रे सडकको पक्की कालोपत्र सडक पोखरा महानगरपालिका–१९ बेंसीचोकमा गत असार १ गते रात... |
सेतोपाटी संवाददाता निषेधज्ञाको समयमा लुकिछिपी होटलभित्र तास खेलिरहेका ६ जनालाई झापाको दमक प्रहरीले नगदसहित पक्राउ गरेको छ।, दमक नगरपालिका वडा नं.८ स्थित पदम लिम्बूले सञ्चालन गरेको पेरुङ्गो होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मार्दा नगदसहित उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, पक्राउ पर्... |
विनोद सापकोटा झापाको विर्तामोडस्थित टाइमलेस होटलमा खोपसहित नगरका कोभिड फोकल पर्सन ओमबहादुर खड्का शंकास्पद अवस्थामा फेला परेको घटनाको छानबिन गर्न शनिबार समिति गठन भएको छ।, जिल्ला कोभिड खोप व्यवस्थापन समितिको शनिबार चन्द्रगढीमा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समि... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइन काटिदिएकाले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको भनी प्रकाशन भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।, प्रशासनले शनिबार विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा त्यस्तो सूचना र समाचार प्रकाशित भएक... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप सात सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ५१७, ललितपुरका १६४ र भक्तपुरका ९४ जना छन्। त्यस्तै, अहि... |
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीले मंगलबार साँझसम्म उच्चस्तरीय वार्ता टोली गठन गरेर सरकारले समस्या समाधानको पहल नथाले बुधबारदेखि काममा नजाने घोषणा गरेका छन्। , प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, नर्स, कर्मचारीहरूको संयुक्त संघर्ष समितिले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा आगाम... |
सेतोपाटी संवाददाता विनाशकारी बाढी आएको डेढ महिनापछि मेलम्चीमा शनिबार राति पुनः त्यस्तै बाढी आएको छ। राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो। , सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार राति पौने ९ बजेबाट मेलम्ची नदीमा भीषण बाढी आएको हो। बाढी चनौटै, ग्याल्थुङ बज... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.