content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दैआएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। स्थानीय स्वास्थ्य शाखामार्फत दुई शिविरका १८ वर्ष माथिका करीब तीन हजार शरणार्थीलाई जोन्सन खोप दिइएको हो। , नेपाल सरकार र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (यूएनएचसिआर) को समन्वय तथा त्यहाँका शरणार्थी व्यवस्थापन समितिको व्यवस्थापनमा एकैसाथ खोप लगाइएको शनिश्चरेस्थित शिविर व्यवस्थापन समितिका सचिव चम्पासिंह राईले जानकारी दिए।, उनका अनुसार पथरी शिविरमा कूल एक हजार ५०० भुटानी शरणार्थीमध्ये ८५६ र दमकको बेलडाँगीस्थित शिविरका दुई हजार ३०७ शरणार्थीलाई खोप लगाइएको हो। खोपकार्यको अनुगमनमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, दातृ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।, चार महिनाअघि निकालिएको तथ्याङ्कअनुसार झापा र मोरङमा कूल ६ हजार ५०० भुटानी शरणार्थी बसोबास गरिरहेका बेलडाँगी शिविर व्यवस्थान समितिका सहसचिव टिबी राईले बताए।, तीन हजार शरणार्थीलाई खोप
सेतोपाटी संवाददाता काठमाडौंको चौमतीमा एक महिलाको हत्या भएको छ।, खोटाङ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १६ चौमती बस्ने २८ वर्षीया बबिता राईको मध्यराति हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।, हत्या गरेको आरोपमा प्रहरीले नुवाकोट तादी गाउँपालिका वडा नम्बर २ सातबिसेका ३८ वर्षीय उनका श्रीमान रामेश्वर गोतामेलाई बुधबार बिहान पक्राउ गरेको हो।, रामेश्वरले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने स्थानीयबाट खबर पाएपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई घटनास्थलबाट पक्राउ गरेको हो।, उनीहरू ५ महिनादेखि चौमतीका राजेन्द्र देवकोटाको घरमा बस्दै आएका थिए। सिंहका अनुसार हत्या गर्न उनले कुनै हतियार प्रयोग गरेका थिएनन्।, 'घाँटी थिचेर हत्या गरेको छ। हामीले श्रीमानलाई पक्राउ गरेका छौं,' उनले भने।, श्रीमान-श्रीमती दुबै जना बालाजुको औद्योगिक क्षेत्र भित्रको चप्पल कारखानामा काम गर्थे।, बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका अनुसार उनीहरूको पाँच वर्षअघि मात्रै विवाह भएको थियो। मृतक बबिता रामेश्वरकी दोस्रो श्रीमती हुन्। उनीहरूका बालबच्चा थिएनन्।, पहिलो श्रीमतीसँग रामेश्वर छुटिसकेका छन्। पहिलो श्रीमतीबाट उनीहरूका करिब २० वर्षीय छोरा छन्।, 'उनीहरूको पहिलेदेखि नै सम्बन्ध राम्रो थिएन। त्यसैबीच हिजो राति १२ बजेदेखि साढे १२ बजेको बीचमा घाँटी थिचेर हत्या गरेको देखिन्छ,' बुढाथोकीले भने,'श्रीमतीले रक्सी खाएर सधैं चक्कु देखाउने गर्थी। सधैं त्यसो गरेपछि मलाई सधैं तनाव भयो मारिदिन्छु बरू जेल बस्छु भनेर मारेको देखियो। अहिले पनि कुनै पश्चाताप गरेको छैन भनेर उनले बयान दिएका छन्।', प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ। , काठमाडौंमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
राजु अधिकारी सरकारी वार्ता टोली र संयुक्त संघर्ष समितिबीच छ बुँदे सहमति भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम आन्दोलनकारीले फिर्ता लिएका छन्।, प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई आफ्ना माग पूरा गर्न ७२ घन्टे अल्टिमेटम प्रतिष्ठानका आन्दोलनकारीले दिएका थिए।  चिकित्सक, विद्यार्थी तथा कर्मचारीले माग पूरा नभए बुधबारबाट स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका थिए।, सरकारले खटाएको  डाक्टर कृष्णप्रसाद पौडेल नेतृत्वको वार्ता टोली र आन्दोलनकारीबीच मंगलबारदेखि चलेको म्याराथन वार्ता श्रृखंलाले अहिले बिहान निष्कर्ष पाएको थियो।, ‘हामीले अघि सारेका माग पूरा गर्न सरकारी टोलीले प्रतिवद्धता जनाएपछि आजदेखि काम छाड्ने निर्णय फिर्ता लिएका छौं’, संयुक्त संघर्ष समितिका डाक्टर अमृत जैसीले सेतोपाटीसँग भने ‘हामीबीच छ बुँदे सहमति भएको छ। अब काम सुचारू हुन्छ।’, सहमतिका बुँदा यस्तो छ:, यद्यपि माग कार्यान्वयन नभएसम्म प्रतिष्ठान सुधारको दबाब अभियान निरन्तर रहने उनले बताए।, मंगलबार राति १२ बजेसम्म चलेको र बुधबार बिहान ६ बजे सुरू भएको वार्ता केहीबेर अघि छ बुँदे सहमति गर्दै टुंगिएको छ।, सरकारी वार्ता टोली र आन्दोलनकारीबीच प्रतिष्ठानका पदाधिकारीमाथि कारबाही थाल्न तत्काल सिनेट बैठक बोलाउने र त्यसले कुलपति सामु सिफारिस गर्ने उल्लेख छ। २५ प्रतिशत सिनेट सदस्यले हस्ताक्षर गरेर सिनेट बोलाउन आजै पहल थाल्ने सहमति दुई पक्षबीच भएको छ। आन्दोलनकारीले उपकुलपतिसहितका चार जनै पदाधिकारीको पदमुक्तिको माग गर्दै आएका छन्। , सहमतिको दोस्रो बुँदामा  प्रतिष्ठानको पदाधिकारी नियुक्तिको सम्बन्धमा यसअघि बुझाइएका प्रतिवेदन र ऐन नियमहरुलाई आधार मानेर मापदण्ड तय गर्ने उल्लेख छ।, यसअघि गठित परसार कोइराला, हरि लम्साल र रमेशकान्त अधिकारी नेतृत्वको प्रतिवेदनहरूलाई आधार मानेर पदाधिकारी नियुक्ति मापदण्ड तय गर्ने सहमति भएको हो। दलीय निकटता र आर्थिक चलखेलको आधारमा पदाधिकारी नियुक्त हुने गरेको भन्दै आन्दोलनकारीले यस्तो चलन अन्त्य गर्न माग गरेका थिए। ५० दिनदेखि जारी आन्दोलनको मुख्य माग पनि यही थियो।, यस्तै प्रतिष्ठानमा भएका अनियमितता र त्यसबारे अख्तियारमा परेको उजुरीको छानबनिको विषय पनि समेटिएको छ। ‘अख्तियारमा उजुरीसम्बन्धी फाइल छिटो फर्स्यौट गर्न स्वास्थ्य मन्त्रालयले अख्तियारसँग समन्वय गरेर आह्वान गर्ने’ सहमतिमा उल्लेख छ।, प्रतिष्ठानमा भएका अनियमितता अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति सिनेटमार्फत् गठन गर्ने सहमति भएको छ। आन्दोलनकारीले प्रतिष्ठानमा भएका अनियमितता छानबिन गरेर दोषीमाथि कारबाहीको माग गर्दै आएका थिए।, अब नियमित काममा चिकित्सकहरू सहभागी हुने र यसअघिका विरोधका कार्यक्रम फिर्ता लिने उल्लेख छ। सरकारी वार्ता टोली र आन्दोलनकारीबीचको सहमति पत्रमा हस्ताक्षर गरेका छन्।, यसअघि सरकारले गठन गरेको बैकुण्ठ अर्याल नेतृत्वको छानबिन समितिले प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीसँग उनी प्राध्यापक रहेको प्रमाण ७ दिनभित्र माग्न सरकारलाई सुझाव दिएको छ।, मंगलबार प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा उनको प्राध्यापक पदवी विवादमा आएको र त्यसले विश्वासमा ह्रास ल्याएको भन्दै समितिले गिरीसँग प्रमाण माग्न सरकारलाई सुझाव दिएको हो।, यस्तो छ सरकार र विपी प्रतिष्ठानका आन्दोलनकारीबीच भएको सहमतिका बुँदा
राजकुमार पराजुली/ रासस पाँच महिनापछि ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा एक महिना मकर मेला लाग्छ। हरेक बाह्र वर्षमा हुने ‘मकर मेला’को तयारीस्वरुप धमाधम भौतिक पूर्वाधारका काम भइरहेका छन् भने सँगसँगै प्रवद्र्धनका कार्यक्रम थालिएको छ।, नगरपालिकाले वर्ष दिनअघिदेखि नै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतीर्थ–त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको थियो। हाल रोटरी क्लब अफ पनौतीले मेला प्रवद्र्धनार्थ मेलाको लोगोयुक्त मग सार्वजनिक गरेको छ भने मकर मेला–२०७८ र रोटरीको  इन्टरनेशनल लोगो एकैसाथ प्रयोग गर्दै मेलाको प्रचार गर्ने जनाएको छ। मकर सङ्क्रान्तिबाट पनौतीमा शुरु हुने मेला आगामी माघ महिनाभर लाग्नेछ। मेलामा नेपालमा मात्र नभई उत्तर भारत प्रयागबाट समेत तीर्थालु आउने गरेका छन्। मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो।, त्रिवेणीघाटमा थप भौतिक संरचनासहित मेला व्यवस्थित बनाउन नगरपालिकाले थुप्रै योजना सञ्चालन भइरहेका छन्। उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरीमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक विश्वास छ। एक महिनासम्म लाग्ने उक्त मेलालाई थप व्यवस्थित बनाउन ढाँडाचौर–सूर्यविनायक–मानेदोभान तथा रानीकोट–सूर्यविनायक–जाकीडोल र पनौतीबाट बिपी राजमार्ग जोड्ने सडक पूर्णरूपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नति भइरहेको नगरपालिकाले जनाएको छ।, निर्माणाधीन पनौती–बाँसडोल, पनौती–खोपासी, पनौती–कुशादेवी, पनौती–बनेपा र पनौती–आशापुरी सडकलाई स्तरोन्नति (पक्की) गरी मेलाअघि नै सञ्चालनमा ल्याइने नगरप्रमुख भीम न्यौपानेले बताए। उनका अनुसार स्तरोन्नति भइरहेको बनेपा–पनौती सडकमा मेला अवधिभर ट्राफिक जाम कम गर्न निर्माणाधीन पनौती–बनेपा (पुण्डमाता करिडोर)ले पनि निकै राहत दिलाउनेछ।, ‘पनौती बजार जोड्ने विभिन्न सडकलाई मर्मतसम्भार एवं स्तरोन्नति गर्दा धर्मावलम्बीलाई सजिलो हुन्छ’, न्यौपानेले भने। मेला सम्पन्न गर्न एक दर्जन उपभोक्ता समिति गठन भइसकेका छन्। ती समितिले आगामी पुसको अन्त्यसम्ममा त्रिवेणीघाट मात्र नभई सिङ्गो पनौतीलाई ‘दुलही’ झैँ सिङ्गार्नुपर्ने जिम्मेवारी दिइएको छ। त्यसमध्ये पनौतीभित्रका मठमन्दिर तथा पाटीमा रङरोगन तथा झल्लर–तोरणले झिलीमिली बनाइने मुख्य काम हो। साथै पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वार निर्माण गर्नुपर्नेछ। पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटर र बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ।, यीसहित भौतिक निर्माणका लागि गत आर्थिक वर्षमै नगरपालिकाले रु तीन करोडभन्दा बढी बजेट छुट्याएको छ। मेलालाई व्यवस्थित गर्न हाल श्रद्धालुलाई स्नानका लागि त्रिवेणीघाट वरिपरि बेलीब्रिज र मानेश्वरी बसपार्कदेखि त्रिवेणीघाटसम्म पुण्यमाता खोलाको दायँबायाँ पैदलमार्ग, विश्रामस्थललगायतका भौतिक संरचना द्रुतगतिमा अघि बढाइएको छ। नगरपालिकाले ढुङ्गेधारा मर्मत, थप धाराको व्यवस्था, फुटपाट मर्मत, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिङ्गटीले छाउने, रथको आवश्यक मर्मत गरी तयारी अवस्थामा राख्ने, सडक बत्तीको पर्याप्त व्यवस्था गर्ने नगरपालिकाको योजनामा उल्लेख गरिएको छ। साथै पनौतीबाट चल्ने सबै प्रकारका सवारी साधनमा ‘भिजिट मकर मेला–२०७८, पनौती’ लेखिएका स्टिकर तथा फ्लेक्स टाँगिनेछ।, नगरपालिकाको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशी खोलातर्फ सिँढी तथा रोशी खोलामा चार ड्याम र सोही क्षेत्रमा शौचालय मर्मत–सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निर्माण तथा आवश्यकीय क्षेत्रमा अस्थायी शौचालय बनाइनेछ। मेला अवधभिर मल्पी ड्यामबाट नियमितरूपले रोशी खोला तथा मल्पी–लिलावती बाँसडोल खोलामा स्वच्छ पानी बहाइनेछ। यसका लागि मकर मेला शुरु हुनु एक हप्ता पहिले खानी तथा खानीजन्य उत्खनन, पैठारी बन्द गरिनेछ।, सयौँ वर्षअघि पाटन र पनौतीमा ठूलो खडेरीपछि अनिकाल हुँदा दुवै ठाउँका तान्त्रिक फुल्चोकी माईकहाँ पूजापाठ गरी पानी माग्थे। दुई क्षेत्रबीच पानी लैजाने होडबाजी चलिरहेपछि फुल्चोकी माताले जसले पहिला चाँदी र सुनको फूल चढाउँछ उसलाई वरदान दिने भन्नुभएको किंवदन्ती छ। यसपछि सुन र चाँदीवाला पाटनका तान्त्रिकले सोहीका फूल बनाउन दिए, यता पनौतीका तान्त्रिकले आफूसँग जान्ने कालीगढ नभएको जनाउँदै तोरी र मुलाको फूल (सुन र चाँदीजस्तो देखिने) चढाएपछि सुन–चाँदीका निम्ति प्रख्यात पाटनलाई भन्दा मुला, तोरी र सागखेती गर्नेलाई पानीको अभाव छ भन्दै खुशी हुँदै फुल्चोकी माताले पनौतीतर्फ पानी पठाइदिनुभएको विश्वास गरिन्छ।, छ वर्षपछि सुन र चाँदीको फूल बनाएर फुल्चोकी मातालाई चढाएर आफूहरुलाई पनि बरदान मिल्नुपर्ने बताएपछि माताले उक्त पानी आधा गोदावरी पठाएकी थिइन्। यसपछि छ/छ वर्षको अन्तरमा गोदावरी मेला र १२/१२ वर्षमा मकर मेला लाग्ने गरेको जनविश्वास छ। जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप हुने पनौतीको उक्त त्रिवेणीसँगमा हरेक वर्षको माघमा साँखु र भक्तपुरमा माधवनारायण देवतालाई यहाँ ल्याइए दुई दिनसम्म राखिने गरिन्छ।, अर्को किंवदन्तीअनुसार राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन्। तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्तरूपमा बहिरहेको मान्यता छ। भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरूपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरूपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आइएको छ।, पनौतीमा बाह्रवर्षे ‘मकर मेला’को तयारी
सेतोपाटी संवाददाता मकवानपुरमा १२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना पक्राउ परेका छन्।, बुधबार बिहान ७ बजे मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीस्थित पूर्व-पश्चिम लोकमार्गबाट तीन जनालाई १२७ किलो गाँजासहित पक्राउ गरेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।, बिआरई २८३९ नम्बरको भारतीय ट्रकलाई प्रहरीले रोकेर चेक गरेको थियो। चेक गर्नेक्रममा ट्रक पछाडी फल्स बटम बनाएर लुकाइएको अवस्थामा गाँजा थियो। त्यहाँबाट १२७ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।  , भारत वैशाल जिल्लाका ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारतको समस्तिपुर १८ वर्षीय राहुलकुमार सहनी र विरगंज महानगरपालिका वडा ९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारीलाई प्रहरीले पक्राउ गरेको छ।, उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।, १२७ किलो गाँजा बोकेको ट्रकसहित तीन पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार बिहान सो पार्टीको पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन्।, २०७९ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न हुने गरी शिलान्यास गरिएको सो पार्टीको निर्माण कार्यको जिम्मेवारी नमोबुद्ध विल्डर्स प्रालिलाई दिइएको छ।, ८९ लाख ५५ हजार लागत अनुमान गरिएको सो पुनर्निर्माणको काम काठमाडौं महानगरपालिका भित्र रहेका सबै सम्पदाहरुको संरक्षण, सम्वद्र्धन गरी पर्यटनसँग जोड्ने अभियान अन्तर्गत सो पार्टीको पनि पुनर्निर्माणको काम सुरु गरिएको महानगरपालिकाका मेयर शाक्यले बताए।, उनले महानगरपालिकाको सम्पदा संरक्षणमा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र गुठीहरुको भूमिका पनि महत्वपूर्ण रहेको स्मरण गराए।, मेयर शाक्यले काठमाडौं महानगरपालिका भित्र विश्व सम्पदा सूचिमा सूचिकृत ४ वटा विश्व सम्पदा रहेको उल्लेख गर्दै त्यसको संरक्षणमा ध्यान केन्द्रित गर्न सम्बन्धित सबै पक्षलाई आह्वान पनि गरे। विश्वको सम्पदा हेर्न विभिन्न देशका पर्यटकहरु आउने भएकाले त्यसको संरक्षणमा स्थानीयले विशेष ध्यान दिनुपर्ने उनको जोड छ ।, काठमाडौं महानगरपालिकाले भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिँदै आएको छ। त्यसलाई सहयोग पुर्‍याउन चालू आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले पनि ३ करोड बजेटको व्यवस्था गरेको छ। स्थानीय र तीन वटै तहको सरकारको सहयोगमा काठमाडौं भित्रको सम्पदाहरुको संरक्षणको कामलाई अघि बढाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।, काठमाडौंस्थित पचली भैरव मन्दिरमा पाटी पुनर्निर्माणको काम सुरू
खिलानाथ ढकाल उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम यादव लगायत पाँच-छ जना सदस्य गत सोमबार काठमाडौं आए। काठमाडौं आएर उनीहरूले पत्रकार सम्मेलन गरे र उखु किसानले भुक्तानी नपाएको गुनासो सुनाए।, यसपालि गुनासो राख्दा कांग्रेस नेतृत्वको सरकारले भुक्तानी दिलाइदेला भन्ने उनीहरूलाई आश थियो। किनभने, २०७६ पुसमा उखु बेचेको पैसा भुक्तानी माग्दै राजधानीमा भोकैतिर्खै आन्दोलन गर्दा उनीहरूले कांग्रेसको साथ र समर्थन पाएका थिए।, त्यतिबेला नेपाली कांग्रेस सत्ताबाहिर प्रमुख प्रतिपक्षी दल थियो। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति निकालेर उखु बिक्री गरेबापत् किसानले भुक्तानी नपाएकोमा ध्यानाकर्षण भएको जनाए। उनले समयमै रकम भुक्तानी नपाउनुले किसानमाथि अन्याय भएको विज्ञप्तिमा लेखे।, पुरानो र नयाँ भुक्तानी उपलब्ध गराउने विषयमा पटक-पटक सरकारी निकायको रोहबरमा किसान र उद्योगीबीच सहमति हुने तर कार्यान्वयन नहुने भन्दै कांग्रेसले दु:ख पनि जनायो। आन्दोलनमा उठाइएका मागप्रति पूर्ण समर्थन पनि गर्‍यो।, त्यो बेला उखु किसानको पक्षमा समर्थन र सहानुभूति देखाउने कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्री छन् भने विज्ञप्ति जारी गर्ने प्रमुख सचेतक खाण गृहमन्त्री छन्। यही बेला किसानलाई भुक्तानी नदिएको आरोप पनि कांग्रेसकै सांसदलाई लागेको छ।, लुम्बिनी प्रदेशसभाका कांग्रेस सांसद वीरेन्द्र कनौडिया चिनी उद्योगी हुन्। कनौडियाको सर्लाहीस्थित महालक्ष्मी सुगर मिलले नयाँ र पुरानो गरी झन्डै २५ करोड रूपैयाँ तिर्न बाँकी भएको किसानहरूले बताएका छन्।, कनौडियासहितका उद्योगीले भुक्तानी नदिएको भन्दै किसान तर्फबाट गठित संघर्ष समितिले केही दिनअघि राजधानी आएर पत्रकार सम्मेलन गरेको थियो। संघर्ष समितिले भदौ ५ गतेसम्म भुक्तानी गराइदिन सरकारलाई अल्टिमेटम दिएको छ।, ‘भदौ ५ सम्म भुक्तानी दिइएन भने हामी फेरि राजधानीमा आन्दोलन गर्न आउँदैछौं,’ उखु किसान संघर्ष समिति सचिव हरिश्याम रायले भने, ‘सबभन्दा बढी रकम दिन बाँकी महालक्ष्मी सुगर मिलकै छ।’, उनका अनुसार महालक्ष्मीले पहिलेको १० करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ। आर्थिक वर्ष २०७७/७८ को नयाँ भुक्तानी करिब १५ करोड बाँकी छ।, रायका अनुसार उनीकहाँ पटक-पटक भुक्तानी माग्न गइयो। उनले पहिले चिनी बेचेर दिन्छु भने। चिनी बजारमा बेचे। तर भुक्तानी आएन। त्यसपछि फेरि किसान उनीकहाँ पुगे। कनौडियाले भने- अब सखर बेचेर दिन्छु। तर सखर बेचेर पनि दिएनन्।, ‘यस्तै-यस्तै बहानामा बनाएर हामीलाई झुक्याइरहनुहुन्छ,’ राय भन्छन्, ‘उहाँको बोलीको ठेगान नै हुँदैन।’, कनौडिया नेपाली कांग्रेस प्रदेश नम्बर ५ को संसदीय दलका उपनेतासमेत हुन्।, २०७६ सालमा किसानले आन्दोलन गरेपछि नेपाली कांग्रेसले औपचारिक रूपमै उनलाई भुक्तानी गर्न निर्देशन दिएको थियो।, पसिना बगाएर फलाएको फसल बेचेर सरकारले तोकेको न्यूनतम पैसा माग्न पनि सडक आन्दोलनको सहारा लिनुपर्ने किसानको त्यो बाध्यतामा ‘सहानुभूति’ दिएको दल अहिले सरकारमा पुग्दा के गर्ला भन्ने चासो किसानलाई छ।, ‘त्यति बेला हामी पनि साथमा छौं भनेको थियो कांग्रेसले, सरकारले बोलाउला, पैसा दिलाउला कि भन्ने आश त गरेका छौं,’ राय भन्छन्।, पहिले विज्ञप्ति जारी गर्ने संसदीय दलका उपनेता हाल गृहमन्त्री खाणलाई हामीले सोध्यौं- अब किसानको भुक्तानी के हुन्छ?, गृहमन्त्री खाणले जवाफमा भने, ‘उहाँ (कनौडिया) सहित सबै चिनी कारखानालाई भुक्तानी गर्न भन्छौं, सरकारका सम्बन्धित विभागले उनीहरूलाई पत्राचार गर्छन्।’, महालक्ष्मी चिनी मिलले २०७६/७७ को पैसा चाहिँ दिएको थियो। तर सरकारले तोकेकोभन्दा ३६ रूपैयाँ प्रतिक्विन्टल कम दिएको सर्लाहीका किसान राजेश यादव बताउँछन्।, उनका अनुसार त्यो वर्ष सरकारले ५२८ रूपैयाँ प्रतिक्विन्टल उखुको मूल्य तोकेको थियो। त्यसमा ६५ रूपैयाँ किसानलाई सरकारले अनुदान र बाँकी ४७१ रूपैयाँ उद्योगीले दिनुपर्थ्यो।, २०७६ सालअघि किसानलाई आउने अनुदान पनि उद्योगीले नै झ्वाम पार्थे। २०७६ पछि भने सरकारले अनुदान रकम किसानकै खातामा हाल्ने गरेको छ।, यादवका अनुसार लुम्बिनी सुगर मिल, श्रीराम सुगर मिल, इन्दिरा सुगर मिल, अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई भुक्तानी नदिएर हैरान पार्ने गरेका छन्। २०७६ साल आन्दोलन गरेपछि उनीहरूले केही रकम भुक्तानी गरे।, आर्थिक वर्ष २०७१/७२ सालदेखि २०७५/७६ सालसम्मको भुक्तानी चिनी उद्योगीले दिए। तर अपुरो पैसा दिए।, ‘२०७५/७६ को पनि ३६ रूपैयाँ प्रतिक्विन्टल कम पैसा भुक्तानी दिए,’ यादव भन्छन्, 'महालक्ष्मीले त ठग्नु ठग्यो।’, आर्थिक वर्ष २०७७/७८ मा सरकारले ५४४ रूपैयाँ प्रतिक्विन्टल उखुको मूल्य तोकिएको थियो। त्यसमा ४७९ रूपैयाँ उद्योगीले किसानलाई भुक्तानी गर्नुपर्थ्यो। अनुदान रकमको ६५ रूपैयाँ सरकारले किसानलाई दियो।, रायका अनुसार श्रीराम चिनी मिल रौतहटले तीन करोड १४ लाख भुक्तानी गर्न बाँकी छ। लुम्बिनी सुगर मिलले ३ करोड, अन्नपूर्ण चिनी मिलले १२ करोड, इन्दिरा चिनी मिलले ३ करोड रूपैयाँ भुक्तानी दिन बाँकी छ।, नवलपरासीको बागमती खाङसारी चिनी मिलले आर्थिक वर्ष २०७७/७८ सालको भुक्तानी दिएको छ। तर, प्रतिक्विन्टल ८ रूपैयाँ भुक्तानी रोकेको छ। ‘त्यही आठ रूपैयाँ भुक्तानी माग्न दबाब दिनुपरेको छ तर उद्योगीले दिँदै दिँदैनन्,’ रायले भने।, कनौडियामाथि किसानलाई ठगी गरेको आरोप पनि लागेको छ। महालक्ष्मी चिनी मिल पहिले कपिलवस्तु जिल्लामा थियो। २०७४ सालमा सर्लाहीमा सरेको थियो।, त्यतिबेला सरकारले चिनी उद्योगलाई नै किसानको अनुदान रकम पठाउँथ्यो। कनौडियाले अनुदानको दुई करोड ५० लाख रूपैयाँ किसानलाई नदिइकन सर्लाही सरेको आरोप छ।, ‘किसानले पाउने अनुदान पचाएको भनेर कपिलवस्तुमा पनि किसानको गुनासो छ,’ राय भन्छन्, ‘यता आएपछि पनि महालक्ष्मीले धेरै सताउने गरेको छ।’, यतिसम्म कि उनले उखु जोख्दा सय किलोमा २० किलोसम्म कम देखाएर ठगेको आरोप कनौडियालाई किसानले लगाउने गरेका छन्।, कतिपय चिनी मिलले त सबै पैसा भुक्तानी गरिसकेको छ भनेर हिसाब देखाउने गरेको किसानहरू बताउँछन्।, ‘सरकारले सोध्दा अन्नपूर्णले चार-पाँच वर्षदेखि पैसा दिइरहेको छु भन्छ, तर हाम्रो हातमा त पुरानो बाँकी पैसा आएको छैन,’ राय भन्छन्, ‘कतिपय उखु किसानलाई त जानकारी पनि छैन मैले कति पाउनु छ भन्ने कुरा।’, यी सबै विषयबारे सेतोपाटीले सोध्दा कनौडियाले भने आफूले किसानलाई रकम भुक्तानी गर्न बाँकी नै नरहेको जिकिर गरे। , उनले उखु किसान संघर्ष समितिका व्यक्तिलाई लक्षित गर्दै भने, ‘उखु किसानका नाममा केही व्यक्तिले आधारहीन, तथ्यहीन कुरा गरिरहेका छन्, मुखले भन्न सबैलाई छुट छ, मैले पैसा दिन बाँकी छैन।’ , उनले आन्दोलनको नेतृत्व गर्नेहरूले बिचौलिया र दलालसँग पैसा खाएर यस्ता कुरा गरेको आरोप लगाए। ‘संविधानले आन्दोलन गर्ने अधिकार दिएको छ नि,’ कनौडियाले भने, ‘किसानको नाममा नेता बन्न खोज्ने केहीले पत्रकारलाई पनि मिलाएर उचाल्न खोजेका छन्।’   , कांग्रेसकै सरकार हुँदा उसैका सांसद-उद्योगी कनौडियाले उखु किसानको २५ करोड तिर्न बाँकी
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा पढ्न जाने विद्यार्थीका लागि दिइँदै आएको अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) सेवाको प्रभावकारिताबारे छानबिन समिति गठन गरेको छ।, मन्त्रालयका उपसचिव लक्ष्मीकुमार खड्काको संयोजकत्वमा १५ दिनको कार्यादेशसहित गठित तीन सदस्यीय समितिले मङ्गलबारदेखि कार्यारम्भ गरेको छ।, मन्त्रालयका सचिव रामप्रसाद थपलियाको निर्णयबाट गठित सो समितिले उक्त सेवालाई चुस्त, दुरुस्त र छिटो छरितो बनाउने विषयमा सुझाव दिने संयोजक खड्काले बताए।, केशरमहलस्थित छात्रवृत्ति शाखाबाट हुने उक्त सेवा प्रभावकारी नभएको तथा सेवाग्राहीले अनावश्यक झमेला व्येहोर्नुपरेको गुनासो आएपछि मन्त्रालयले शाखामा कार्यरत दुई कर्मचारीलाई काज फिर्ता गरेर नयाँ कर्मचारी पठाउने तयारी गरेको छ।, सो शाखाका प्रमुख नारायण नेपालले हाल अनलाइन माध्यमबाट पनि अध्ययन स्वीकृतिका लागि आवेदन दिन सकिने भएकाले सेवा क्रमशः सुधार हुँदै गएको र अनलाइन सेवालाई पूर्णरूपमा सञ्चालन गराउन पहल भइरहेको बताए। उनले विद्यमान कार्यविधिमा संशोधन भएमा आवेदन दिने विद्यार्थीले घरमै बसेर अध्ययन स्वीकृतिको प्रमाणपत्र प्रिन्ट दिन सकिने जनाए।, प्रमुख नेपालका अनुसार मङ्गलबार २३८ जनाले उक्त स्वीकृति लिएका थिए भने आज मध्याह्नसम्म ८० जनाले लिएका छन् । उनले कागजात पूरा भएमा सोही दिन र आवेदनको चाप भएमा एक/दुई दिनमा स्वीकृतिपत्र उपलब्ध हुनेछ। , विदेशमा अध्ययन स्वीकृति सेवाबारे छानबिन गर्न समिति
सेतोपाटी संवाददाता विसं २०७२ को गोरखा भूकम्पले सर्वाधिक क्षति पुर्‍याएको जिल्लामा भूकम्पपछिको  पुनःनिर्माण  अन्तिम चरणमा पुगेको छ।, गुनासो सम्बोधनसमेत गरेर कूल ९१ ह्जार सात लाभग्राहीमध्ये ८९ हजार ३५३ ले सम्झौता गरेर पहिलो किस्ता लिएको पुनःनिमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का निमित्त आयोजना प्रमुख सन्तोष निरौलाले जानकारी दिए।  , सम्झौता गरेकामध्ये घर निर्माण शुरु गरेर  ८५ हजार ९०८ अर्थात् करीब ९८ प्रतिशतले दोस्रो  किस्ता लिएर डिबिसी गरिसकेको र ९४ प्रतिशतले तेस्रो किस्ता लिएका उनले बताए। अब ६ प्रतिशतले तेस्रो किस्ता लिन बाँकी रहेको प्राधिकरणले जनाएको छ। मापदण्ड भन्दा बाहिर गएर घर बनाएका लाभग्राहीले इञ्जिनीयरले भने बमोजिम घर बनाउने कबुलियतनामा गरेमा अनुदान दिइने निरौलाले जानकारी दिए।, त्यस्तै पहिलो एकीकृत बस्ती शुरु गरेको जिल्लामा २१ एकीकृत बस्तीमध्ये चारको मात्र केही काम बाँकी छ। सबै बस्तीमा सामुदायिक भवन, सडक, बिजुली, खानेपानीलगायत काममा सहयोग गरिएको उनको भनाइ छ।, जिल्लाका सरकारी भवन १७ वटा नै निर्माण सम्पन्न भइसकेका छन्। वैशाखमा जिल्ला हुलाक कार्यालय हस्तानतरण गरिएसँगै सरकारी भवन निर्माण सम्पन्न भएको उनले बताए। पैतीस स्वास्थ्य संस्थामध्ये केही निर्माण सम्पन्न भएका र अधिकांश निर्माणधीन रहेका छन्। बरुवा, साने सिरुवारीको स्वास्थ्य संस्था हस्तान्तरण भइसकेको र बाँसबारी अन्तिम चरणमा छ।, जिल्लामा बन्ने पुरातात्विक सम्पदा गुम्बा  सातमध्ये  ६ को डिपिआर भइसकेको छ। मेलम्चीमा एक, हेलम्बुमा चार, ईन्द्रावतीमा एक र लिस्तीकोटमा एक गरी निर्माण गरिने सात गुम्बामध्ये छको डिपिआर भएको हो। लिस्तीकोट गुम्बाको पनि चाँडै काम शुरु गरिने उनले जानकारी दिए। निजी आवस निर्माणको समय सीमा २०७८ पुस ९ गतेसम्म भए पनि स्वास्थ भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेर मात्र  बिदा हुने निरौलाले जानकारी दिए। ,रासस, भूकम्पपछिको पुनर्निर्माणको काम अन्तिम चरणमा
सेतोपाटी संवाददाता चीनको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ।, विश्वभर कूल सङ्क्रमितको संख्या २० करोड हाराहारी छ। विश्वभर १९ करोड ९५ लाख ६६ हजार ४९ जना कोरोना भाइरस सङ्क्रमित भइसकेका छन्। कोरोना भाइरसको सङ्क्रमितको यो संख्या विश्वको जनसंख्याको २.५ प्रतिशतभन्दा बढी हो। , जति समय बित्यो त्यति नै यो भाइरसको प्रकोप कम हुँदै जाने आँकलन शुरुमा गरिएको थियो। पहिलो लहरकै समयमा गत वर्ष नै विश्वका वैज्ञानिक तथा जनस्वास्थ्यविद्ले दोस्रो या तेस्रो लहरको कल्पना पनि गरेका थिएनन्। तर परिस्थिति त्यस्तो रहेन। अहिले दक्षिण कोरियामा चौथो लहर आएको बताइएको छ भने बेलायतमा तेस्रो लहरको कष्ट पुनःशुरु भएको छ।, अनि अमेरिका गएको महिनासम्म कोरोनाबाट लगभग मुक्त हुने हो कि भन्ने दिशातिर गएकोमा अहिले फेरि सङ्क्रमित बढ्न थालेका छन्। केही समयअघि अमेरिकीलाई मास्क नलगाए पनि हुने भनिएकामा अहिले फेरि विभिन्न राज्यमा मास्क अनिवार्य गर्ने काम भइरहेका छन्। , यसरी पछिल्ला केही महिनामा फेरि बढ्दोरुपमा देखिन थालेको यो महामारीको कहरले विश्वको अर्थतन्त्रलगायत मानवीय जीवनशैलीलाई नै नराम्ररी परिवर्तन गरिदिएको छ। विश्वका देशले उडान प्रतिबन्ध लगाएका छन्। जसका कारण विश्व पर्यटन नराम्ररी प्रभावित छ। त्यस्तै होटल, एयरलाइन्स तथा अरु पर्यटकीय संरचनाको अवस्था कल्पनाभन्दा बाहिर पुगेको छ। विश्वका मानिस पर्यटकका रुपमा घर बाहिर या विदेशमा निस्किन नपाएपछि यसबाट असर त पर्ने ने भयो। , अहिलेसम्मको अनुसन्धानले देखाएअनुसार यस भाइरसको एउटा मात्र विकल्प खोप हो। हाल विश्वको जनसंख्या सात अर्ब ८७ करोडभन्दा बढी छ। चार अर्ब १५ करोड आठ लाख १५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। अरु बाँकी अर्थात् आधा विश्वले त अझै खोप लगाउनै बाँकी छ। खोपको समानुपातिक वितरण हुनसकेको छैन। यसले गर्दा विश्वमा खोपको कतै धेरै मात्रा थुप्रिएको सुनिन्छ भने कतैका नागरिकले पहिलो मात्रा लगाइसकेका तर दोस्रो मात्रा नपाएर पर्खिबसेका छन्। यतिमात्र होइन कि धेरैले त पहिलो मात्रा नै पाएका छैनन्। , जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख ४६ हजार २०२ जनाको कोरोनाजन्य जटिलताबाट मात्र मृत्यु भएको छ। यसबाट मानिसको मृत्यु हुने क्रम रोकिएको छैन। महामारी नै अझै कहिले रोकिने भन्ने पत्तो छैन र एकपछि अर्काेगरी विभिन्न भेरिएन्ट दिनानुदिन थपिँदै गएका बताइन्छ। यस्तो अवस्थामा कुनै एक या दुई देशमात्र होइन कि विश्व नै यो महामारीबाट कसरी बाहिर निस्किने हो भन्ने विषय नै झन्भन्दा झन् अन्यौलमा पर्दैछ।  , विश्वमा यस्ता महामारीजन्य रोग यसअघि पनि नआएको भने होइन। सन् १९१८ मा शुरु भएको इन्फ्लुएन्जा माहामारीलाई इतिहासकै गम्भीर माहामारीको रुपमा लिइएको छ। यो माहामारी ‘एच १ एन १’ भाइरस् नाम दिइएको इन्फ्लुएन्जा फ्लुबाट ५० करोड व्यक्ति सङ्क्रमित भएका थिए भने यस रोगको सङ्क्रमणको कारण पाँच करोड व्यक्तिको मृत्यु भएको थियो। सो सङ्क्रमित संख्या उक्त समयको विश्वको जनसंख्याको एक तिहाइ थियो। यस फ्लुले अमेरिकामा मात्र छ लाख ७५ हजार भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो। सन् १९१८ मा शुरु भएको यो प्रकोप सन् १९२० मा मात्र अन्त्य भएको थियो। यो भाइरसको उत्पत्ति कहाँ भएको हो भने प्रष्ट हुन सकेन। सन् १९१८ को बसन्त ऋतुमा पहिलो पटक एक अमेरिकी सैनिकमा उक्त भाइरस फेला परेको थियो।  , यस्तै सन् २००९ मा स्वाइन फ्लु नामक माहामारी शुरु भएको थियो। स्वाइन फ्लु सन् २००९ जनवरीबाट शुरु भई सन् २०१० को अगस्तमा अन्त्य भएको थियो। यस फ्लुको शुरुवात उत्तरी अमेरिकी देश मेक्सिको र भेराक्रुज भएको थियो। यस फ्लुबाट चार लाख ९१ हजार सङ्क्रमण पुष्टि भएको थियो भने दुई लाख ८४ हजारको मृत्यु भएको थियो। सन् १६६५ मा द ग्रेट प्लेग माहामारी शुरु भएको यो सन् १६६५ बाट १६६६ सम्म माहामारीको रुपमा रहेको थियो यसको शुरुवात संयुक्त अधिराज्य लण्डनबाट शुरु भएको थियो। यस प्रकोपबाट ७५ हजार व्यक्तिको मृत्यु भएको थियो।, त्यसैगरी पश्चिम अफ्रिकी देशमा भने अर्को एक खतरनाक भाइरस इबोलाको महामारी शुरु भएको थियो। यस भाइरसको शुरुवात सन् २०१३ को डिसेम्बर २६ बाट भएको थियो। यो माहामारी सन् २०१६ को जनवरी ९ सम्म रहयो। यस प्रकोपबाट ११ हजार ३२३ व्यक्तिको मृत्यु भएको थियो।, जोन्स हप्किन्स विश्वविद्यालयले अगस्त ३ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित २० देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकको संख्या यहाँ ग्राफिक्समा प्रस्तुत गरिएको छ। यो तथ्याङ्क नेपाली समयानुसार मंगलबार बिहान १०ः३० बजेको हो। ,  बिभिन्न अध्ययनले हाल विश्वमा कोभिड–१९ विरुद्ध खोप लगाएका व्यक्तिको मृत्यु दर कम भएको देखाएको छ। एक डोज मात्र खोप लगाएका व्यक्ति पनि खोप नलगाएका व्यक्तिको तुलनामा मृत्युको मुखबाट बचेका छन्। हाल विश्वका चार अर्ब १५ करोड आठ लाख १५ हजार ७१६ डोज खोप लगाइएको छ। विश्वमा कोरोना प्रभावित दश देशले कतिकति डोप खोप लगाएका दश देशको तथ्याङ् हेर्दा सबैभन्दा माथि चीन नै देखिन्छ। चीनले अहिलेसम्म एक अर्व ६८ करोड ८६ लाख ८३ हजार डोज खोप लगाएको देखिएको छ। , त्यसैगरी भारतले ४८ करोड ५२ लाख ८६ हजार ८६ डोज, अमेरिकाले ३४ करोड ६१ लाख ९१ हजार ११७ डोज, ब्राजिल १३ करोड ५८ लाख तीन हजार ३३० डोज, जर्मनी नौ करोड २७ लाख ६६८ हजार ७८७ डोज, बेलायत आठ करोड ६० लाख ६२ हजार १३५ डोज, जापान आठ करोड ९१ लाख ११ हजार ९८९ डोज, फ्रान्स सात करोड ४८ लाख ५४ हजार ८३४ डोज, टर्की सात करोड ४० लाख ८९ हजार ८३४ डोज र इटालीले छ करोड ९६ लाख ६३ हजार २४३  डोज कोरोनाविरुद्ध खोप लगाएका छन्।, (बिभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमको आधारमा राससले तयार पारेको समाचार।) ,  , विश्वमा झन् बढ्यो कोरोना, कतै तेस्रो, कतै चौथो लहरको त्रास
सेतोपाटी संवाददाता सप्तरीमा एक पुरूष मृत फेला परेका छन्।, बुधबार बिहान पौने ७ बजे खडक नगरपालिका वडा नम्बर ३ गरुराहा बस्ने ३० वर्षीय श्यामसुन्दर राम मृत फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।, उनी कुलोमा घोप्टो परेको अवस्थामा भेटिएका थिए। खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो।, काफ्लेका अनुसार उनी धेरै मादक पदार्थ सेवन गर्ने गर्थे।, 'घटना अहिलेसम्म शंकास्पद देखिएको छैन। हामीले अनुसन्धान गर्दैछौं,' उनले भने,'जाडरक्सी धेरै खाने गरेको भन्ने छ। त्यही कारणले मृत्यु भएको हुनसक्ने भन्नेछ।', शव पोष्टमार्टमको लागि अस्पतालमा लगिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। , सप्तरीमा एक पुरूष मृत फेला
सेतोपाटी संवाददाता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूसँग राजीनामा नमागिएको दाबी गरेका छन्।, बरू अन्यत्र गएर काम गर्न भनिएको उनी बताउँछन्।, प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा मन्त्री पम्फा भुसालको उपस्थितिमा शाक्यलाई राजीनामा दिन आग्रह गर्दै कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाउने प्रक्रिया अगाडि थाल्न निर्देशन दिएका थिए। यसबारे प्रधानमन्त्री देउवाको सचिवालयले मंगलबार पुष्टिसमेत गरेको थियो।, आफूसँग प्रधानमन्त्रीले राजीनामा नमागेको शाक्यले आज काठमाडौंमा पत्रकारहरूसँग बताए।, पत्रकारहरूसँगको भेटघाटमा शाक्यले भने, ‘मसँग कुनै राजीनामा मागिएको छैन, बरू अन्यत्र जानु भन्नेछ। मलाई सरकारले जे जिम्मेवारी दिन्छ एउटा कर्मचारीको हिसावले लिन तयार छु।’, तर अन्यत्र काम गर्न पठाउने हो भने दण्डित गरेर नभई आवश्यकता देखाएर लैजानुपर्ने उनी बताउँछन्।, ‘दण्डित गरेर होइन आवश्यकता देखाएर लैजानुपर्‍यो। काम गर्ने ठाउँ अन्यत्र पनि छ,’ उनले भने, ‘पहिले पनि मैले धेरै जिम्मेवारी लिएर काम गरेको हुँ।’, उनले लकडाउनलगायत केही कारणले चुहावट कम गर्न भने सोचेजति नसकिएको बताए।, प्रशारण लाइन जोड्नेजस्ता विभिन्न कार्य गरिएको उनले बताए। भारतलाई विद्युत् विक्री गर्नेबारे पनि एक तहमा कुरा भइसकेको तर भारतीय विदेश मन्त्रालयले स्वीकृति लिन बाँकी नै रहेको उनले बताए।, प्राधिकरणका कार्यकारी निर्देशक शाक्य भन्छन्- दण्डित भएर होइन, आवश्यकता देखिए अन्यत्र पनि जान सक्छु
सेतोपाटी संवाददाता कैलालीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।, १४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जनाकारी दिए।, जानकी गाउँपालिका वडा नम्बर ६ का ४२ वर्षीय धरमविर चौधरी पक्राउ परेका हुन्।, चौधरीले किशोरीलाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने पीडित पक्षको आरोप रहेको बिष्ट बताए।, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।, कैलालीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
सेतोपाटी संवाददाता बुधबार काठमाडौं उपत्यकामा थप १ हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना संक्रमित थपिएका हुन्। , थप ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्।, २४ घण्टामा ११ हजार ३ सय ५४ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९४४  मा परीक्षण गर्दा ११३२ मा संक्रमण देखिएको छ।, कुल १६ हजार २९८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।, पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना कोरोनाबाट मुक्त भएका छन्। ,  , काठमाडौं उपत्यकामा थपिए १ हजार २ सय ७९ संक्रमित
सेतोपाटी संवाददाता सुनसरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।, धरान उपमहानगरपालिका वडा नम्बर ८ तीनकुने जंगलस्थित कोशी राजमार्गमा भएको दुर्घटनाबाट मोटरसाइकल पछाडि सवार यात्रीको मृत्यु भएको हो।, मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० वर्षीया मिरादेवी साह छिन्।, बुधबार बिहान साढे ९ बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको को १ ख ५४३० नम्बरको बसले ठक्कर दिएको थियो। त्यसैबेला बसले विपरीत दिशा जाँदै गरेको प्रदेश-१ -०२-०४० प ६४०५ नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो।, सो दुर्घटनाबाट मोटरसाइकल चालक मृतककै छोरा २५ वर्षीय विमल साहसमेत दुई जना घाइते भएका छन्।, मृतक मिरादेवीको घोपा धरानमा उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको थियो। छोरा विमलको सोही अस्पतालमा उपचार भइरहेको छ।, दुर्घटनामा संलग्न तीन वटै सवारी साधन र बस चालक धरान-१५ का ४२ वर्षीय प्रभु खड्का ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छ।, उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , बसको ठक्करबाट मोटरसाइकलमा सवार आमाको मृत्यु, छोरा घाइते
सेतोपाटी संवाददाता बुधबार थप ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५४ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९४४  मा परीक्षण गर्दा ११३२ मा संक्रमण देखिएको छ।, कुल १६ हजार २९८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना कोरोनाबाट मुक्त भएका छन्। , एकैदिन ४ हजार १ सय ७ लाई संक्रमण पुष्टि
सेतोपाटी संवाददाता गड्डाचौकी नाका हुँदै कोरोना महामारीमा भारतबाट स्वदेश फर्किनेहरूलाई लक्षित गर्दै कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको काम सुरू भएको छ।, गड्डचौकी नाकाबाट ७ किलोमिटर टाढा भीमदत्त नगरपालिका-१८ भगतपुरको सालघारीमा उक्त होल्डिङ सेन्टर निर्माणको काम सुरू गरिएको हो।, व्यवस्थित रूपले नाकामा कोरोना परीक्षण गरी पोजेटिभ देखिएकाहरूलाई त्यहाँ राखिने छ।, कोरोना संक्रमणको पहिलो र दोस्रो चरणमा रोजगारी छुटेपछि भारतबाट लाखौं नेपाली स्वदेश फर्किएका थिए। यतिबेला नाकामा व्यवस्थितरूपले कोरोना परीक्षण र होल्डिङ सेन्टर नभएर भारतबाट फर्कनेहरूलाई राख्न समस्या भएको थियो।, अहिले तेस्रो चरणको कोरोनाको संक्रमणको जोखिम बढेपछि यस्तो समस्यालाई रोकथाम तथा नियन्त्रण गर्ने उद्धेश्यले होल्डिङ सेन्टर निर्माण भइरहेको भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले बताए।, होल्डिङ सेन्टरका लागि संघ सरकारले बजेट दिएको छ भने हनुमान कन्स्ट्रक्सनले निर्मााण गरिरहेको छ। , २०७८ असार ३ गते सम्झौता गरी असार १५ बाट निर्माण कार्य सुरू भएको हो।, भदौ महिनामा सम्पन्न गर्नुपर्ने भए पनि त्यसबेलासम्म ८० प्रतिशत काम सकिने हनुमान कन्स्ट्रक्सनका प्रतिनिधि लक्ष्मण सापकोटाले बताए। , भारत आउने/जानेहरूलाई लक्षित गर्दै सो होल्डिङ सेन्टर निर्माण गरिनु राम्रो कार्य मानिएकोले यसको सही सदुपयोग गर्नुपर्ने स्थानीयको भनाइ छ। , नाकाबाट स्वदेश भित्रिनेहरूलाई लक्षित गरी बनाइएको होल्डिङ सेन्टरमा खाना, बस्न र आवश्यक स्वास्थ्य जाँचको प्रबन्ध समेत मिलाइने बताइएको छ।, गड्डाचौकी नाका हुँदै फर्किनेलाई राख्नका लागि होल्डिङ सेन्टर बनाइँदै
सेतोपाटी संवाददाता नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षकहरू (आइजिपी) ले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।, पूर्व-आइजिपीहरूले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) लाई काभ्रेमा सार्ने निर्णय खारेज गर्न आग्रह गरेका हुन्।, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानलाई त्यहाँबाट हटाउने निर्णय गरेको थियो।, राष्ट्रपति कार्यालयलाई विस्तार गर्नका लागि एकेडेमी हटाउने निर्णय गरिएको थियो। तर नेपाल प्रहरीका पूर्वआइजिपीहरूले विरोध गर्दै आएका छन्। त्यही निर्णयलाई खारेज गरिदिन भन्दै प्रधानमन्त्री देउवालाई भेट्न पूर्वआइजिपीहरू गएका हुन्।, पूर्वआइजिपी मोतिलाल बोहराको संयोजकत्वमा १४ जना पूर्वआइजिपीहरूको हस्ताक्षरसहित  ज्ञापनपत्र बुझाएका छन्।, 'त्यो निर्णय गलत भयो भन्ने लाग्यो। हामी लाखौं पूर्वप्रहरीहरू छौं। यो ऐतिहासिक ठाउँ जससँग हाम्रो भावनात्मक सम्बन्ध छ। त्यसमाथि प्रहार गर्‍यो,' पूर्वआइजिपी मोतिलाल बोहराले भने,' नेपाल प्रहरीको उत्पत्ति भएको ठाउँ नै त्यो हो। २०१३ सालमा सदर पुलिस तालिम केन्द्रको नामबाट संस्था स्थापना भएको थियो।', कृष्ण शमशेरको घोडा तबेलामा स्थापना भएको नेपाल पुलिस एकेडेमीमा आफ्नो भावनाहरूसँग गाँसिएको भन्दै त्यहाँबाट हटाउने निर्णयलाई खारेज गर्न माग गरेको उनले बताए।, 'लामो समयसम्म घोडा तबेलामा गोबर सोरेर तालिम लिने गरिन्थ्यो। पछिसम्म पनि त्यसरी सञ्चालन भएको थियो। एकेडेमी बनाउन एक जनाले ५०-६० रोपनी जग्गा सस्तोमा तालिम केन्द्रलाई दिएको हो। यसरी जोडेर मेहेनत गरेर बनाएको एकेडेमी र आर्जेको सम्पत्तिलाई राष्ट्रपतिको सुविधा बढाउन भनेर हडप्न त भएन नि! धेरै नै भावनात्मक सम्बन्ध गाँसिएको छ। मरुञ्जेल हामी यो निर्णयको विरोध गर्छौं,' उनले भने।, यस विषयमा प्रधानमन्त्री देउवा पनि सकारात्मक नै देखिएको उनले बताए।, 'उहाँले यसमा के भएको छ विचार गर्छु। म राष्ट्रपति ज्यूसँग कुरा गर्छु भन्नुभएको छ,' बोहराले भने।, यो पनि: ,राष्ट्रपतिका लागि नारायणहिटी ताकेको सरकार किन प्रहरी एकेडेमी हटाउने निर्णयमा?, प्रहरीका पूर्वआइजिपीले प्रधानमन्त्री देउवालाई भने- पुलिस एकेडेमी महाराजगञ्जबाट हटाउने निर्णय खारेज गरिदिनुस्
सेतोपाटी संवाददाता बर्दघाट नगरपालिका-१२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रूपैयाँ र १८ लाख ५० हजार नेपाली रूपैयाँसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका-२ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय समिर खान रहेका छन्।, लु१६ प ३७२९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त रकम फेला पारेको हो।, उनीहरूलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम)ले जनाएको छ।, स्रोत नखुलेको २७ लाख रूपैयाँसहित दुई पक्राउ
सेतोपाटी संवाददाता तीन लाखमा बिक्री गर्न खोजेको अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक दाङको देउखुरी क्षेत्रबाट पक्राउ परेका छन्।, भारतको उत्तर प्रदेश सिद्धार्थनगर नगरपञ्चायत बढनी वडा नम्बर ३ का २२ वर्षीय करमुल्लाह आमिर र वडा नम्बर ८ का १९ वर्षीय राजा खान चाइनिज टाइप ५४ नाइन-९ एमएमको अटोमेटिक पेस्तोलसहित पक्राउ परेका छन्।, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बरामद पेस्तोल नयाँ रहेको र त्यसबाट फाइरिङ भएको नदेखिएको सेतोपाटीलाई बताए।, ‘बरामद पेस्तोल बिल्कुल नयाँ हो र त्यसबाट एक फायर पनि भएको देखिएन,’ एसपी काफ्लेले भने।, दाङका एक मानिसलाई ती भारतीय नागरिकहरूले तीन लाखमा अन्तिम डिल गरेर बिक्री गर्न आउँदै गर्दा दाङ र कपिलवस्तुको सीमाना क्षेत्र कालाकाटे भन्ने ठाउँबाट उनीहरूलाई सोमबार बेलुका पक्राउ गरिएको एसपी काफ्लेले बताए।, ‘पक्राउ परेका व्यक्तिहरूले यसअघि पनि जिल्लामा ल्याएर हतियार बिक्री गरेको देखिन आएको छ,’ एसपी काफ्लेले भने, ‘यसपटक हतियार किन्न खोज्ने पनि अनपेक्षित व्यक्ति छन्।’, ती व्यक्ति हाल फरार रहेको र प्रहरीले पिछा गरिरहेको एसपी काफ्लेले जानकमारी दिए।, ‘हतिरयार किन्न खोज्ने व्यक्ति फरार छन्,’ उनले भने, ‘तर, जहाँ भागे पनि जोगिने अवस्था छैन।’, हतियारको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाको गढवा गाउँपालिका-१ जुलौरी/कालाकाँटे क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय घोराही र अस्थायी प्रहरी पोष्ट कालाकाँटे संयुक्त प्रहरी टोलीले सोमबार बेलुका पाँच बजेतिर दुई भारतीय नागरिकलाई स्वचालित पेस्तोलसहित पक्राउ गरेको थियो।, गोप्य सूचनाको आधारमा सादा पोसाकका प्रहरीले उनीहरूलाई पक्राउ गरेका थिए। एसपी काफ्लेका अनुसार तीन लाखमा अन्तिम डिलपछि  दाङमा हतियार बिक्री गर्न आउन थालेका दुई भारतीय नागरिक सुरूमा निजी गाडीमा कालाकाँटे क्षेत्रमा आएका थिए।, त्यो गाडी फर्केपछि उनीहरूका लागि अर्को गाडी आएको थियो। त्यही क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।, खानतलासीको क्रममा करमुल्लाह आमिरको साथबाट एउटा स्वचालित पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने दुई थान गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ।, प्रहरीले पक्राउ परेका व्यक्तिसँग भएको फोन सम्पर्कका आधारमा थप व्यक्तिहरू पनि पक्राउ पर्न सक्ने बताएको छ।, पक्राउ परेका व्यक्तिहरू उपर हातहतियार तथा खरखजना ऐनअन्तर्गत मुद्दा चलाएर आवश्यक अनुसन्धान भइरहेको एसपी काफ्लेले बताए।, नेपालमा पेस्तोल बेच्न हिँडेका दुई भारतीय दाङबाट पक्राउ
सेतोपाटी चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। , सोमबार साँझ करिब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ।, चट्याङ लागेका बालकको घटनास्थलमै मृत्यु भएको हो। उनीसँगै पानी भर्न गएका एक अर्का बालिका भने सकुशल छन्। घटनास्थलमै रहेको शवको परीक्षण आज गरिने प्रहरीले जनाएको छ।  रासस, चट्याङ लागेर बालकको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंमा नक्कली पेस्तोल देखाएर धम्की दिएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, कागेश्‍वरी मनोहरा नगरपालिका-७ मूलपानी भैरवचौरस्थित भैरव बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धम्की दिएको आरोपमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।, कागेश्‍वरी मनोहरा-८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका-१ का १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो।, गत आइतबार दिउँसो बा६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरूले पेस्तोल देखाएर धम्की दिएर भागेपछि प्रहरीलाई खबर भएको थियो। जानकारीपछि महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूको खोजी थालेको थियो।, खोजी गरी उनीहरूलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, साथै, उनीहरूले प्रयोग गरेको एउटा खेलौना पेस्तोल एउटा बरामद गरेको छ। उनीहरूले प्रयोग गरेको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ।, प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ। ‍, नक्कली पेस्तोल देखाएर धम्क्याएको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ
सेतोपाटी संवाददाता सुनचाँदी, किराना तथा ल्यापटप र मोबाइल पसलमा चोरी गर्ने ६ जनाको एक समूहलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ।, पछिल्ला केही महिनायता अर्घाखाँचीको सन्धिखर्कमा चोरीका घटना बढ्दै गएपछि चोरी नियन्त्रणमा सक्रिय बनेको प्रहरीले विभिन्न मितिमा भएका चार वटा चोरीका घटनामा संलग्न व्यक्ति तथा चोरी भएका सामग्री समेत नियन्त्रणमा लिएको हो।, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्मर थापाका अनुसार सामग्री चोरीमा संलग्न चार जना १७ वर्षमुनिका बालक रहेका छन्। त्यस्तै, चोरी गरिएका सामग्री लुकाएर रान्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।, थापाका अनुसार पक्राउ पर्नेहरूमा सन्धिर्खक ११ बस्ने २६ वर्षीय किशन नेपाली, १८ वर्षीय रोसन नेपाली रहेका छन् भने अरू चार जना नाबालक रहेको कारण पहिचान खुलाइएको छैन। पक्राउ परेका १७ वर्ष, १५ वर्ष, १३ वर्ष र १२ वर्षका एक/एक जना रहेका छन्।, थापाले चोरी गरिएका सामग्री किसन नेपाली र रोसन नेपालीको घरबाट बरामद गरिएको जानकारी दिए।, बरामद गरिएका सामग्रीमा २५ तोला चाँदी, दुइटा ल्यापटप, २५ वटा पुरानो मोबाइल, रिचार्ज कार्ड तथा किराना पसलबाट चोरी भएका विभिन्न ५० प्रकारका सामग्री छन्।, उनीहरूलाई चोरी मुद्दामा जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरू गरिएको थापाले जानकारी दिए।, उक्त समूहले गत साउन ३ गते सन्धिखर्क नगरपालिका ११ जोगिमारे बस्ने राजकुमार सुनारको सुनचाँदी पसलबाट २५ तोला चाँदी र १ वटा ल्यापटप चोरी गरेको थियो।, उक्त समूहले साउन ५ गते सोही स्थानका हिम बहादुर सेजवाल र साउन ८ गते बुद्धिबहादुर सेजवालको किराना पसल तथा साउन १३ गते जोगिमारे घर भई हाल वडा नं. वडा नं. १ बैंकरोडमा ल्यापटप र मोबाइल पसल चोरी गरेको प्रहरीले जनाएको छ।, पसलमा चोरी गरेको आरोपमा ६ जना पक्राउ
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–३ बासुदेवमा पश्चिमबाट पूर्वतर्फ गइरहेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु भएको हो। , मृत्यु हुनेमा  धनगढी उपमहानगरपालिका–१५ का ४१ वर्षीय लालबहादुर चौधरी छन्।, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले चौधरीको घटनास्थलमै मृत्यु भएको बताए।, कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
देवराज सुवेदी/रासस असार १७ गतेदेखिको निरन्तरको बाढीले पहिरोसमेत आउँदा मेलम्ची र हेलम्बुका झण्डै एक सय घर र टहरा बगाएको छ। यसअघि असार १ को बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीका ४५० घरपरिवार विस्थापित भएका र  सयौँ रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको थियो। लगातारको बाढीले हेलम्बुको माथिल्लो भेगदेखि मेलम्ची,दोलालघाटसम्म जोखिम बढाएको छ।, खोला भन्दामाथि हेलम्बु चुरेटारमा बसोबास गर्दै आउनुभएकी  सुप्रभा गिरीले भनिन्, ‘खेत त सबै लग्यो, घर पनि जोखिममा छ बाढीले ढुङ्गा बगाएर ल्याउदा भूकम्प जसरी थर्काउछ निन्द्रा लाग्दैन।’ उनले जतिसक्दो चाँडो भ्रेमाथानको पहिरो अनुगमन गरी पीडितलाई उचित ठाउँमा व्यवस्थापन गर्न माग गरिन्।, लगातारको बाढीले सोमबार राति मेलम्ची बजारका सात घर बगाएको छ भने बजारका धेरै घर जोखिममा छन्। त्यस्तै हेलम्बु र मेलम्चीको सिमानामा रहेको ग्याता गुम्बा, हेलम्बु किउलका धनपति भण्डारीलगायतको घर र टहरा, तालामाराङ तेर्से स्कूल छेउका दुई घर र नेपानेका केही घर पनि बगाएको छ भने अन्य धरै घर जोखिममा छन्।, यसैगरी एघार पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ घर र पुरानो बजारको एक घर बगाएको छ। हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा धैरै घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। क्षतिको अन्य विवरण आउने क्रममा रहेको उनको भनाइ थियो।, प्रहरी उपरीक्षक अधिकारीका अनुसार चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, नेपाने, तालामाराङ, मेलम्ची र बाहुनेपाटीका अधिकांश तटीय क्षेत्रमा रहेका घर, विद्यालय, सामुदायिक भवन, खेत, बाटो र बिजुलीका पोल जोखिममा छन्। बाढीले मेलम्ची–१२ मा रहेकामध्ये पहाडी लोकमार्ग तथा मेलम्ची, ईन्द्रावती, चौतारा र पाँच पोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी  पुल पनि जोखिममा परेको छ।, मेलम्ची, चनौटे, तालामाराङका बस्ती जोगाउन लागेको स्थानीयवासीको प्रयास सबै असफल भएको छ। हिँउदमा त्यही घरमा गएर बस्ने पीडितहरूको सपना अधुरै भएको छ। ‘नदीको धार परिवर्तन भएपछि त्यही घरमा बस्ने सोचले निरन्तर खोला छेक्नका लागि हामीले पहल गरिरहेका थियौं तर आज घर खोलामै मिल्यो’,  पीडित हरिशरण श्रेष्ठले गुनासो गरे।, अहिले पनि मेलम्ची नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मेलम्ची बजार जोगाउन लागि परेका छन्। अहिलेसम्मका तटबन्ध सबै खोलाले बगाएको छ। हेलम्बु गाउँपालिकाको चनौटे बजारबाटै अहिले खोला बगिरहेको स्थानीय हस्त पण्डितले जानकारी दिए। , तत्काल सुरक्षित स्थानको खोजीमा पीडित लागिपरेका छन्। सडक सञ्जाल र विद्युतबाट वञ्चित पीडितको अवस्था निकै कष्टकर छ। एक जना बिरामी भए पनि उपचारका लागि अस्पताल पुर्‍याउन हेलिकप्टरभन्दा अरु विकल्प नभएको र खाद्य सङ्कट हुनसक्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।, उनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरण गर्नुपर्नेमा जोड दिए। पक्की पुल सबै खोलाले लगिसक्यो बाँकी झोलुङ्गे पुल पनि केही ठाउँमा  मात्र छन्। पैदल हिँड्ने बाटोसमेत नपाएका पीडितले निकै कष्ट भोग्नुपरेको छ। असार १ गते राति बाढी आएपछि सबैभन्दा धेरै क्षति भएका पीडितले अहिलेसम्म राहत र उद्धारका काम नगरिएकाले  सरकार मुकदर्शक बनेको आरोप लगाएका छन्।, बाढी आएपछि सांसद, मन्त्री, उपप्रधानमन्त्रीका साथै तत्कालीन प्रधानमन्त्री केपी ओलीसमेतले स्थलगत निरीक्षण गरे। सरकारका तर्फबाट आफूहरूका  लागि पाँच लाख वितरण गर्ने घोषणा गरेको सरकारले त्यो रकम कहिले पाउने अहिलेसम्म अत्तोपत्तो छैन। बाढी आएको ५०  दिन भइसक्दा पनि सरकारबाट पहल नहुँदा आफूहरू झनै पीडित भएको उनीहरूको गुनासो थियो।, प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले बाढी आएको मुहान क्षेत्र भ्रेमाथानको अध्ययन नगरी तल्लो भेगमा कुनै पनि काम थाल्ने अवस्था नभएको बताए। तारजाली राखेर बस्ती जोगाउने प्रयास गरिए पनि हिमाली क्षेत्रलाई व्यवस्थित नगरी तटीय क्षेत्रमा गरेको कामको प्रभावकारीता नहुने उनको भनाइ थियो।, विभिन्न सङ्घ संस्थाको पहलमा सुरक्षित मानिएको स्थानमा निमार्णाधीन अस्थायी आवास अनिश्चित देखिएको छ। सडक सञ्जाल र पुल–पुलेसा ध्वस्त भएकाले सामान ओेसार पसार गर्ने  वैकल्पिक बाटो छैन। घर निमार्णमा आवश्यक ट्रस, जस्तापाता, सिमेन्ट, अन्य आवश्यक सामग्री नहुँदा खल्तीमा पैसा बोकेर पनि अहिलेसम्म चुहिने पालमुनि बस्न बाध्य छन् पीडितहरू। ,रासस, बाढी पीडित भन्छन्- बाढीले ढुङ्गा बगाउदा भूकम्प जसरी थर्काउछ निन्द्रा लाग्दैन
नारायण अधिकारी कोभिड– १९ का सङ्क्रमित बढेसँगै जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको  छ। निषेधाज्ञासँगै न्यून हुँदै आएको दोस्रो लहरको सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो। यहाँको भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिडका बिरामीको उपचार हुँदै आएको छ। निजी क्षेत्रको पुष्पाञ्जलि अस्पतालमा पनि कोभिडका बिरामीको उपचार भइरहेको छ।  ,  , भरतपुर अस्पतालमा कोभिडका लागि छुट्याइएको श्यया भरिएका छन्। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्याइएका ११० श्ययामा आज दिउँसोसम्म १०६ बिरामी  पुगेका छन््। आज मात्रै नयाँ १३ बिरामी थपिएका र   १२ जना निको भएर घर गएका छन्।,  , अस्पतालको सघन उपचार कक्ष र  दुई भेन्टिलेटरमा २२ बिरामी छन् भने एचडियुमा २३  र अन्यमा ६१ जना छन्। सरकारी अस्पताल भएकाले यहाँ बाँकी रहेका चार श्यया कुनै पनि बेला भरिनसक्ने हुँदा  श्यया थप गर्न  छलफल भइरहेको पौडेलको भनाइ थियो। सरकारले सरकारी अस्पतालमा उपचार निःशुल्क गर्दै आएकोे छ।,  , चितवन मेडिकल कलेजमा कोभिडका बिरामी ७१ पुगेका छन्। त्यहाँको सघन उपचार कक्षमा ३४, भेन्टिलेटरमा १७ र एचडियुमा ३७ बिरामी छन्। अस्पतालका व्यवस्थापक पारस अधिकारीले क्रमशः बिरामी बढ्दै गएको बताए। अस्पतालले कोभिड बिरामीका लागि २४२ श्यया छुट्याएको थियो तर सङ्क्रमित बढ्दै गएपछि अन्य बिरामीलाई श्यया छुट्याइएकामा पुनः कोभिडका बिरामी राख्न थालिएको हो।, उण्डाइस बिरामी रहेकामा चार जनालाई  भेन्टिलेटरमा राखेर उपचार गरिरहेको कलेज अफ मेडिकल साइन्सेजले  पनि दुईसय शैय्या कोभिडका लागि छुट्याइएको जनाएको छ।,  , बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पाँच र अन्य अस्पतालमा ११ बिरामी उपचाररत छन् भने भरतपुर महानगरपालिकाको आइसोलेशनमा सात र कालिका नगरपालिकाको आइसोलेशनमा छ जना छन्।,  , स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जलि ढकालका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर एक हजार १४ मा झरेकामा आजसम्म आइपुग्दा बढेर दुई हजार १९२ पुगेको छ।,  , भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोराज अधिकारीले सरकारी अस्पताल बिरामीले भरिएकाले जिल्लामा कोरोनाको खतरा बढ्न थालेको बताए। कोभिड– १९ का लक्षणसहितका समस्या र सहयोगका लागि आग्रह गर्दै  ठूलो सङ्ख्यामा फोन र एसएमएस आउन थालेको उनले जानकारी दिए।,  , ‘बेड खाली छ कि भनेर भौतारिएकाको आवाज फेरि बढ्यो। ज्वरो र खोकीले परिवार नै सोत्तर छ, परीक्षण कसरी गर्ने ?’ भन्ने प्रश्न बढी देखिएको छ’, अध्यक्ष अधिकारीले भने, ‘लक्षणसहित स्वाब परीक्षण गराउनेको भीड एक्कासि बढेको छ।’ सामान्य लक्षणमा निमोनिया देखिने, छिट्टै अवस्था खस्किने, अस्पताल बसाइँ लामो हुने, कोभिड नेगेटिभ भएर पनि पहिल्यैको खराब असरले दीर्घ अक्सिजनमा भर पर्नुपर्ने र मृत्युसमेत हुने हुँदा ओपिडीमा बिरामीको चाप बढ्न थालेको उनको भनाइ थियो।, निषेधाज्ञा शुरु हुँदा कोरोना आएजस्तो गरी केही सावधानी अपनाउने र निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना भागे जस्तो गरी काम सक्न हतारिएजस्तो गरी भीड बढ्ने गरेको छ भन्दै डा अधिकारीले भने, ‘भ्याक्सिन लगाएको छु भन्दैमा कोरोना विरुद्धको स्वास्थ्य मापदण्ड पालना नगर्ने बढेका छन््। गतवर्ष घरेलु उपचार गरेर निको भएका पनि यसवर्ष सख्त बिरामी परेका छन्।’ , स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले बिरामीको चाप बढ्दै गएकाले भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा श्यया थप्नका लागि छलफल अघि बढाइएको र अक्सिजन अभाव हुन नदिन उत्पादक कम्पनी र सप्लायर्सका प्रतिनिधिसँग पनि छलफल गरिएको जानकारी दिए। , अहिले अक्सिजन अभाव नभए पनि भदौको पहिलो सातासम्ममा अक्सिजनको अभाव हुनसक्ने भएकाले  पूर्वतयारी थालिएको हो। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अस्पताल र अक्सिजन सप्लायर्ससँग छलफलपछि आज नगर प्रमुखसहित सरोकारवालासँग छलफल गर्न लागिएको बताउनुभयो। पूर्ण निषेधाज्ञाको समयमा सङ्क्रमितको सङ्ख्या घटे पनि अहिले बढ्न थालेकाले सावधानी अपनाउनुपर्ने भन्दै उनले निषेधाज्ञालाई केही कडाइ गर्नुपर्ने हो कि भन्ने विषयमा पनि छलफल भएको बताए।, जिल्लामा हालसम्म २० हजार ७६९ सङ्क्रमित भएकामा १८ हजार २४२ जना निको भएका छन्। सङ्क्रमणबाट हालसम्म ३३५ जनाको मृत्यु भएको छ। जिल्लामा दोस्रो लहर उच्च हुँदा सक्रिय सङ्क्रमित चार हजार ७०० नाघेको थियो। त्यतिबेला अस्पतालका श्यया नभरिए पनि सघन उपचार कक्ष र अक्सिजनको अभाव भने भएको थियो।, कोभिडका बिरामीले भरिन थाल्यो अस्पताल
सेतोपाटी संवाददाता धनुषाको बटेश्वर गाउँपालिका-२ स्थित विद्यालयको ३२ वटा कम्प्युटर चोरी भएको छ।, जनप्रिय माध्यमिक विद्यालयको ढोका फोडेर गएराति ३२ वटा कम्प्युटर चोरी भएको प्रहरीले जनाएको छ।, विभिन्न संघ संस्थाले विद्यार्थीलाई अध्ययनका लागि दिएको दुइटा ल्यापटपसहित ३२ वटा कम्प्युटर चोरी भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।, प्रहरीका अनुसार चोरले एउटा प्रिन्टर र प्रोजेक्टर समेत कक्षाकोठाको ढोका फोडेर लगेका छन्। दुई वर्षअघि विद्यार्थीलाई कम्प्युटर शिक्षा दिन भन्दै आफन्त नेपालले १६ वटा कम्प्युटर प्रदान गरेको थियो।, त्यसैगरी पछि अन्य दुइटा संस्थाले थप १६ वटा कम्प्युटर विद्यालयलाई उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक राजकुमार राउतले बताए।, उनका अनुसार मंगलबार बिहान १० बजे शिक्षकहरू पुगेपछि कम्प्युटर चोरी भएको थाहा पाएका थिए। कक्षा ६,७ र ८ का विद्यार्थीहरूलाई कम्प्युटर कक्षा दिने गरिएको थियो।, थप अनुसन्धान गर्न आफू लगायतका प्रहरी टोली घटनास्थल प्रस्थान गरेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले बताए। , विद्यालयको ३२ वटा कम्प्युटर चोरी
सेतोपाटी संवाददाता कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर जागेश्वर गौतमलाई सरुवा गरेको भनिए पनि उनी आज पनि युनिफाइड अस्पतालमै हाजिर भएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गौतमलाई युनिफाइड अस्पतालबाट थापाथलीस्थित प्रसुती गृहमा सरुवा गरेको थियो। सोबारे गौतमलाई स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेलले मौखिक जानकारी गराएका थिए। तर अहिलेसम्म पत्र नपाएको भन्दै आफू युनिफाइड अस्पतालकै कार्यकक्षमा रहेको गौतमले सेतोपाटीलाई बताए।, ‘मैले सचिव ज्यूलाई फोन गर्दा तपाईंको सरुवा भयो भनेर भन्नुभएको थियो। तर खोइ अहिलेसम्म चिठी पाएको छैन। म अहिले कार्यकक्षमै छु। मेरो ठाउँमा अरू कोही आयो भने उहाँलाई बुझाएर म हिँड्ने हो,’ उनले भने।, स्वास्थ्य मन्त्रालयले भने गौतमको सरुवा अलमल भएको बारे बोल्न चाहेको छैन। मन्त्रालयका एक उच्च अधिकारीले अहिलेलाई सरुवा पत्र रोकिएको भन्ने मात्र कुरा आएको भन्दै धेरै कुरा बाहिर नआइसकेको बताए।, ‘अहिले पत्र होल्ड भएको भन्ने छ। धेरै कुरा सार्वजनिक भएको छैन,’ उनले भने। मन्त्रालयले गौतमलाई प्रसुती गृहमा सरुवा गर्दै उनको ठाउँमा ट्रमा सेन्टरका रुद्र मरासिनीलाई ल्याउने भनेको छ। , गत जेठ १० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले डाक्टर गौतमलाई अध्यादेशमार्फत कोभिड युनिफाइड केन्द्रीय अस्पतालको नेतृत्व दिएको थियो।, त्यसअघि वीर अस्पताल ‘न्याम्स’ को स्वामित्वमा थियो। जसले गर्दा कानुनबिना अस्पतालको नेतृत्व सरकारले तोक्न निमिल्ने अवस्था थियो। त्यसैले सरकारले कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गर्दै वीर अस्पताललाई कोभिड १९ केन्द्रीय अस्पताल घोषणा गरेर त्यसको नेतृत्व डा गौतमलाई दिएको थियो। त्यसअघि गौतम स्वास्थ्य मन्त्रालयका प्रवक्ता थिए।, वीर अस्पताललाई कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल घोषणा गरिएपछि देशभरका कोभिड डेडिकेटेड अस्पतालको कमाण्ड युनिफाइड अस्पतालले नै गर्ने भनिएको थियो। त्यसले गर्दा पनि उक्त अस्पतालमा अलिक हक्की नेतृत्व चाहिने भन्दै सरकारले डाक्टर गौतमलाई त्यसको जिम्मेवारी दिएको थियो। , तर तत्कालिन सरकारले गौतमलाई अध्यादेशमार्फत युनिफाइड अस्पतालको नेतृत्व दिएका कारण वर्तमान सरकारले उक्त अध्यादेशलाई नै निरन्तरता दिन्छ वा वीर अस्पताललाई न्याम्सकै स्वमित्वमा ल्याउँछ भन्ने टुंगो भएको छैन। जसले गर्दा युनिफाइड अस्पतालको अस्तित्व नै के हुन्छ भन्ने अन्यौल छ। किनकी वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई नै कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल बनाइएको छ।, डाक्टर जागेश्वर गौतमको सरूवा अन्योलमा
दिपकजंग शाही आर्थिक वर्ष ०७७/०७८ मा जाजरकोटको जुनीचाँदे गाउँपालिकाले कृषकलाई उन्नत जातका बाख्रा वितरण गर्ने प्रस्ताव अघि सार्‍यो। गाउँपालिकाको प्रस्तावअनुसार कर्णाली प्रदेश सरकारले यसका लागि २० लाख रुपैयाँ पशु सेवा कार्यालय जाजरकोटमा पठायो।, ‘साझेदारीमा आधारित एक स्थानीय तह, एक बाली वस्तु उत्पादन’ कार्यक्रमका लागि प्रदेश सरकारबाट पठाइएको २० लाख रुपैयाँमा स्थानीय तहले थप ३० प्रतिशत रकम छुट्यायो।, कर्णाली प्रदेश सरकार र जुनीचाँदे गाउँपालिकाले कृषिमा आधारित उक्त कार्यक्रमका लागि छुट्याएको बजेट कार्यान्वयनबारे भने अहिले प्रश्न उठिरहेका छन्। कार्यक्रम कार्यान्वयनको लागि सम्झौता भएको संस्थाले ६५ वटा बाख्रा स्थानीयस्तरमै किनेर २६ लाख रुपैयाँ खर्च गरेको आरोप लागेको छ।, २६ लाख रुपैयाँले ६५ वटा बाख्रा खरिद गर्दा एउटा बाख्रालाई ४० हजार रुपैयाँ पर्न जान्छ। जुनीचाँदे गाउँपालिका-११ मेसुमा रहेको मेसु बाख्रापालन तथा सहकारी संस्थामार्फत् उक्त कार्यक्रम कार्यान्वयनको लागि सम्झौता भएको थियो।, गाउँपालिकाका केही जनप्रतिनिधिले भने वितरण गरिएका भनिएका बाख्रा स्थानीय कृषकका घरमा पालिएका बाख्रा भएको बताएका छन्। खरिद गरिएको भनेर ती बाख्रा देखाउने र रकम भुक्तानी गर्ने गरिएको आरोप जनप्रतिनिधिको  छ।, ‘गाउँमा जुन कृषकहरूलाई बाख्रा दिने भनेर छानिएको हो, उनीहरूको घरमै भएको बाख्रा देखाएर खरिद गरिएको भनी भुक्तानी भएको देखिन्छ,’ जुनीचाँदे गाउँपालिकाका एक वडाध्यक्षले भने, ‘ती बाख्राको हाम्रो क्षेत्रमा चलेको मूल्य भन्ने हो भने बढीमा ६ हजार हुन आउँछ।’, पशु सेवा कार्यालय जाजरकोटले भने केही बाख्रा खरिद गर्न बाँकी रहेको जनाएको छ। उक्त रकममा बाख्रा खरिदमात्र नभएर खोर सुधार, बाख्रा पालनबारे तालिम पनि सञ्चालन गरिने कार्यालयले जनाएको छ।, ती वडाध्यक्षले भने घरमै भएका बाख्रा देखाएर रकम दिनेबाहेक अरू तालिम र खोर सुधारका काम नभएको बताए।, ‘गाउँपालिकाका ५० जना कृषकलाई बाख्रा वितरण गर्ने गरी उक्त कार्यक्रम सुरू भएको हो, तर कतै छुटाउन नमिल्ने पनि हुन सक्छन् भनेर ६० जना सहकारीमा आवद्ध कृषकलाई बाँड्ने भनिएको थियो,’ पशुसेवा कार्यालय जाजरकोटका सूचना अधिकारी तिलक रानाले भने, ‘६५ वटा बाख्रा खरिद गरी वितरण भइसकेका रहेछन्, बाँकी बाख्रा किन्ने प्रक्रिया चलिरहेको भन्ने सहकारीबाट हामीलाई खबर छ।’, पशुसेवा कार्यालयले सहकारीलाई गरेको रकम भुक्तानीमा समेत अनियमितता भएको छ।, कार्यक्रम सम्पन्न भई सम्बन्धित निकायले अनुगमन गरेर कार्यक्रम कार्यान्वयन सही ढंगले भएको भन्ने सिफारिसका आधारमा रकम भुक्तानी गर्नु पर्ने भए पनि पशु सेवा कार्यालयले पहिले नै भुक्तानी गरिदिएको छ।, कोभिड-१९ का कारण भएको बन्दाबन्दीको बहानामा पशुसेवा कार्यालयबाट कार्यक्रम सम्पन्न नहुँदै २०७७ असार मसान्तमा उक्त रकम भुक्तानी भएको हो।, ‘खासमा १५५ वटा बाख्रा ६० जना कृषकलाई वितरण गर्नुपर्ने थियो, तर सुरूको चरणमा ६५ वटा बाख्रा किनेर वितरण गर्दा हामीले पनि अनुगमन गरेका थियौं,’ रानाले भने, ‘भुक्तानी गर्नुपर्ने त काम सम्पन्न भएको सिफारिस भएपछि मात्र हो, तर लकडाउनका कारण अरू बाख्रा खरिद गर्दै गर्छौं भनेपछि यहाँबाट भुक्तानी भएको हो।’, मेसु बाख्रापालन तथा कृषि सहकारी संस्थाका अध्यक्ष हरि बस्नेतले भने पहिलो चरणमा ६९ वटा बाख्रा र ५ वटा बोका खरिद गरी वितरण गरिएको बताएका छन्। ती बाख्रा जाजरकोटको भेरी नगरपालिकामा रहेको एउटा फार्मबाट खरिद गरिएको उनले बताए।, १५० मध्ये अरू बाख्रा स्थानीय स्तरमै खरिद गरिएको र वितरण गर्न बाँकी रहेको बस्नेतले बताए।, ‘फार्मबाट बाख्रा खरिद गरिएको भनिए पनि गाउँमै जुन घरमा पायो त्यो घरबाट उठाएर लोकल जातको सस्तो मूल्यका बाख्रा कृषकलाई वितरण गर्ने गरिएको छ,’ एक स्थानीयले भने, ‘पहिलो चरणमा बाख्रा बाँडिएपछि, पछिल्लो चरणमा घरमा भएका बाख्रा देखाएर पैसा कृषकलाई दिन खोजिएको थियो, तर यसबारेमा उजुरी परेपछि रोकिएको छ।’, यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरी परेको छ। यो उजुरीमाथि छानविनको प्रक्रिया चलिरहेको अख्तियार सुर्खेतले जनाएको छ।, अध्यक्ष बस्नेतका अनुसार तालिमको लागि भनेर २ लाख ५८ हजार रुपैयाँ छुट्याइएको छ भने बाख्रा खरिद गर्न १७  लाख ६५ हजार, २ लाख ५० हजार बोका खरिदका लागि छुट्याइएको छ। बाँकी रकम खोर सुधारतर्फ छुट्याइएको उनले बताए।, यो रकमअनुसार बाख्रा खरिद गर्न एउटा बाख्रालाई करिब साढे १३ हजार रुपैयाँ पर्न जान्छ।  बाख्रा खरिद नगरी स्थानीयलाई नगद १० हजारका दरले मात्र बाँड्न थालिएको थियो।, आर्थिक वर्ष सकिनै लाग्दासमेत बाख्रा वितरणको कार्यक्रम सम्पन्न नभएपछि गाउँपालिकाले पनि आफ्नो तर्फबाट यो कार्यक्रमका लागि दिनु पर्ने ३० प्रतिशत रकम (६ लाख रुपैयाँ) सहकारीलाई भुक्तानी गरिसकेको छ।, गाउँपालिकाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष शिवा आचार्यले भने केही व्यक्तिले नबुझेर यो विषयलाई विवादित बनाउन खोजेको बताएकी छन्। सम्बन्धित कार्यक्रमका लागि तोकिएको रकम कार्यान्वयनको चरणमा रहेको उनले बताइन्।, ‘यो कार्यक्रमअन्तर्गत फार्मबाट सम्बन्धित सहकारीले बाख्रा खरिद गरेको छ, तर यसलाई गाउँमै तलमाथि भएको भनेर केही व्यक्तिहरूले गलत प्रचार गर्नुभएको छ। त्यो सत्य होइन,’ उपाध्यक्ष आचार्यले भनिन्।, किसानलाई बाख्रा वितरण गर्दा अनियमितता, कोभिडको बहानामा काम नसकिँदै पूरा भुक्तानी!
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरेको छ।, मंगलबार प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सूचना जारी गर्दै निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।, 'कोभिड-१९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्डविपरीत यस्ता गतिविधि नगर्न/नगराउन सबै पक्षलाई सूचित गरिन्छ,'जारी सूचनामा भनिएको छ,' जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ।', कार्यालयले पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यका लगायतका जिल्लामा कोरोनाको संक्रमण दर उच्च भएको हुँदा अस्पतालका भेन्टिलेटर, आइसियू र आकस्मिक सेवाका बेडमा बिरामीको चाप बढ्दै गएको प्रशासनले जनाएको छ।, पछिल्लो समय थपिएको निषेधाज्ञा बुधबार सकिँदैछ। तर निषेधाज्ञा जारी अवधिमै भीडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍यालीलगायत हुने गरेको छ।,  , काठमाडौं प्रशासनले भन्यो: निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरे कारबाही हुन्छ
सेतोपाटी संवाददाता चेक बाउन्सको मुद्दामा झण्डै ४० लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ पन्चकन्या मार्गका ६२ वर्षीय ठाकुरप्रताप थापालाई पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार चक्रपथबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, आफ्नो खातामा पर्याप्त रकम नभएको जानीजानी देव विकास बैंकको चेक काटेर दिएका थिए। त्यसरी बैंकिङ कसुर गरेको भन्दै पीडितले जाहेरी दिएका थिए।, उच्च अदालत पाटनले बैंकिङ कसुर (चेक बाउन्स)को मुद्दामा २०७६ साल भदौ ३ गते ३९ लाख ९६ हजार ४ सय रुपैयाँ जरिवाना तोकेको थियो।, सो आदेश कार्यान्वयन गराउन उनलाई प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ। , चेक बाउन्स मुद्दामा झण्डै ४० लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएका पल्टु रविदासको शव बुझ्न पीडित परिवार र स्थानीय प्रशासनबीच दुई बुँदे सहमति भएको छ।, जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो पीडित परिवार, दलित अगुवा तथा अधिकारकर्मी र प्रहरी तथा स्थानीय प्रशासनबीच भएको वार्तामा दुई बुँदे सहमतिपछि पीडित परिवारले शव बुझ्न तयार भएका हुन्। , घटना अनुसन्धानका लागि उच्चस्तरीय छानबिन टोली गठन र पीडित परिवारलाई राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए।, ज्यान मार्ने उद्योग र अंगभंगसम्बन्धी मुद्दामा थुनामा रहेका लक्ष्मीनियाँ गाउँपालिका-२ का ४० वर्षीय पल्टु गएको साउन १५ गते हिरासत कक्षमा रहेको शौचालयभित्र आफ्नै गन्जीले पासो झुण्डिएको अवस्थामा भेटिएका थिए।, सोही दिन मुचुल्का गरी उनको शव पोष्टमार्टम भइसके पनि पल्टुको हत्या भएको भन्दै उनका परिवारले घटना निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र क्षतिपूर्तिको माग गर्दै शव बुझ्न मानेका थिएनन्।, उनीहरू घटना भएकै दिनदेखि प्रदर्शन गर्दै आन्दोलनमा उत्रिएका थिए।, त्यसैगरी, मृतककी श्रीमतीलाई गाउँपालिकामा जागिरका लागि जिल्ला प्रशासन कार्यालयले आग्रह गर्ने समेत निर्णय भएको वार्तामा सहभागी दलित पत्रकार महासंघ प्रदेश २ का संयोजक कैलाश दासले बताए।  , प्रदेश सरकारको तर्फबाट ५ लाख रूपैयाँ र संघीय सरकारले १० लाख क्षतिपूर्ति दिनुपर्ने पीडित परिवार तथा दलित अगुवाहरूको माग छ।, त्यसैगरी, घटनाको बखत जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा सेन्ट्री खटेका प्रहरी जवान जय प्रकाश यादवलाई ६ महिनाका लागि निलम्बन समेत गरिएको छ।, प्रहरी हिरासतमा पल्टु रविदासको मृत्यु-प्रकरण: ड्युटीमा खटिएका प्रहरी निलम्बित
सेतोपाटी संवाददाता उपचारका लागि आएका एक जना बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले विराटनगरको गोल्डेन अस्पताल तोडफोड गरेका छन्। , पिलोको शल्यक्रिया गरिएका बिरामी मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्यु भएपछि आक्रोसित आफन्तले सोमबार राति अस्पताल तोडफोड गरेका हुन्। , मलद्वारमा रहेको पिलोको शल्यक्रिया गरिएका हुसेनको मृत्यु भएपछि आक्रोसित परिवारका सदस्य र आफन्तले राति १०ः१५ बजेतिर तोडफोडमा उत्रिएको अस्पतालले जनाएको छ।, हुसेनलाई उपचारका लागि सोमबार बिहान भर्ना गरिएको थियो। अस्पताल र चिकित्सकले लापरबाहीपूर्ण तरिकाले उपचार गरेको आरोप  मृतकका आफन्तको छ। , आफन्तले पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने र ‘शल्यक्रियामा कमजोरी गर्ने’ चिकित्सकलाई कारबाही हुनुपर्ने माग राख्दै नाराबाजी पनि गरेका थिए।, हुसेनको अस्पतालका सर्जन डा. सरोज राजवंशी नेतृत्वको  टोलीले सोमबार साँझ शल्यक्रिया गरेको थियो।,  शल्यक्रियापछि बिरामीको अवस्था गम्भीर बनेको कारणले अस्पतालले उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राखेको थियो। स्वास्थ्य अवस्था थप खराब बनेर हुसेनको भेन्टिलेटेरमै राति १० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ।, अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताका अनुसार शरीरका धेरै अंगले काम गर्न छाडिसकेका कारण भर्ना गर्दा नै बिरामीको अवस्था गम्भीर थियो।, ‘मिर्गौला र मुटुले काम गर्न छाडिसकेको थियो। न्यून रक्तचाप र मधुमेहको पुरानै समस्या पनि रहेछ,’ अस्पतालका प्रशासकीय अधिकृत मेहताले भने, ‘त्यहाँमाथि मलद्वारमा पिलो आएको रहेछ। त्यही घाउका कारण संक्रमण फैलिएर शरीरका अरू अंगले काम गर्न छाडेको जानकारी चिकित्सकले दिएका छन्।’, उनको मृत्युपछि  परिवारका सदस्य र आफन्तले अस्पताल तोडफोड गरिदिएका हुन् ।, २५/३० जनाको संख्यामा भेला भएका मृतकका आफन्त र परिवारका सदस्यले तोडफोड गर्दा अस्पतालको काउण्टरको दुइटा झ्यालमा क्षति पुगेको अस्पतालका प्रशासकीय अधिकृत मेहताले जानकारी दिए।, उनका अनुसार आक्रोसित भीड कर्मचारी र सुरक्षागार्डलाई समेत कुटपिट गर्दै तोडफोडमा उत्रिएपछि अस्पतालको अवस्था निकैबेर तनावग्रस्त बन्यो।, अस्पताल तोडफोड भएपछि मोरङ प्रहरीले सात जनालाई पक्राउ गरेको छ। तोडफोड र कुटपिटमा संलग्न भएका आरोपमा सात जनालाई सोमबार राति प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको हो।, उपचार क्रममा बिरामीको मृत्युपछि अस्पताल तोडफोड गर्ने सात पक्राउ
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले भन्सार छलेको आरोपमा रुपन्देहीको एभरेष्ट मोबाइल सेन्टरका प्रोप्राइटरविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ।, सिद्धार्थनगर-९ को उक्त मोबाइल सेन्टरका प्रोप्राइटर विष्णु ज्ञवालीविरूद्ध सात करोड ५० लाख ८६ हजार १०३ रुपैयाँ बिगो माग्दै विभागले सोमबार उच्च अदालत बुटवलमा मुद्दा दायर गरेको हो।, विभागका अनुसार ज्ञवालीले भन्सार छलेर मोबाइल ल्याई बेचेको कसुरमा अनुसन्धान थालिएको थियो। त्यसरी ज्ञवालीले ५ करोड ५ लाख ७२ हजार ७९२ रुपैयाँका मोबाइल बेचेको आरोप विभागको छ।, यस्तै,  झन्डै दुई करोड रुपैयाँका मोबाइल मौज्दात थिए।, फर्ममा रहेका मोबाइलहरू गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको अनुसन्धानबाट पत्ता लागेको विभागको दाबी छ। ज्ञवालीले पेस गरेको वित्तीय विवरणमा आय लुकाएको, मोबाइल बिक्री गर्दा बिल बिजक नै प्रयोग नगरेको, भन्सार चोरी पैठारी गरी अधिक मात्रामा मौज्दात देखाएर अवैध बिल बिजक जारी गरेको पाइएको विभागको दाबी छ।, विभागले बिगो बराबरको जरिवाना र तीन वर्ष सजाय माग गरी मुद्दा दायर गरेको छ।, सात करोड बिगो माग्दै रुपन्देहीको एभरेष्ट मोबाइल सेन्टरका प्रोप्राइटरविरूद्ध मुद्दा
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा लम्ब्याइएको छ।, काठमाडौंका तीन जिल्ला प्रमुखको मंगलबार बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। पछिल्लो समय जारी निषेधाज्ञा बुधबार सकिँदैछ।, सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।, 'पहिलेकै निर्णयहरूलाई कडाइका साथ पालना गर्ने गरी एक हप्ता निषेधाज्ञा थपेका छौं,' उनले भने।, मंगलबारमात्रै प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लंघन गर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको थियो। , अहिलेको निषेधाज्ञाले सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरीलगायत भीडभाड हुने ठाउँ खोल्न प्रतिबन्ध लगाएको छ। , शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन।, औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अरू पसल तथा व्यवसायहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन्। रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवाहरू पनि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।, कोरोना संक्रमितको सम्पर्कमा परेका व्यक्तिहरूले पिसिआर तथा एन्टिजेन परीक्षणको लागि स्थानीय तह, जिल्ला अस्पतालहरूसँग सम्पर्क गरी निशुल्क रूपमा परीक्षण गराउन प्रशासनले भनेको छ।, काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा
रोहित महतो प्रहरी हिरासतभित्रै पल्टु रविदासको मृत्यु भएपछि अहिले धनुषा प्रहरीविरूद्ध दिनहुँ प्रदर्शन भइरहेका छन्। घटनाको छानबिन, दोषीलाई कडा कारबाही र क्षतिपूर्ति माग्दै दलित अगुवा तथा विभिन्न संगठन आन्दोलनमा उत्रिएका छन्।, साउन १५ गते बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्र शौचालयमा झुन्डिएको अवस्थामा भेटिएका लक्ष्मीनियाँ गाउँपालिका-२ का ४० वर्षीय पल्टुको शव परिवारले अझै बुझ्न मानेका छैनन्। आर्थिक अभाव र जेल बस्नुपर्ने डरले तनावमा आएर पल्टुले आत्महत्या गरेको प्रहरीले दाबी गरे पनि उनको परिवार तथा दलित अगुवा तथा संगठनले हत्या गरिएको आरोप लगाउँदै आन्दोलन गरिरहेका छन्।, आफूहरूको माग सम्बोधन नभए प्रदेशभर अझै सशक्त आन्दोलन चर्काउने उनीहरूको चेतावनी छ।, प्रहरीले भने पल्टुले आत्महत्या नै गरेको दाबी गरिरहेको छ। छानबिन गर्न समिति बनाएको छ।, पीडितलाई भने प्रहरीको दाबी पत्याउन मुस्किल छ किनभने प्रदेश २ का प्रहरी हिरासतमा ज्यान गुमाउने पल्टु पहिलो व्यक्ति होइनन्।, उनको समुदायका तीन जना युवकले एक वर्षमा प्रदेश २ का विभिन्न प्रहरी हिरासतमा ज्यान गुमाएका छन्। उनीहरू सबैका परिवारलाई हिरासतभित्रै भएको मृत्यु कसरी भयो भन्ने आशंका छ।, २८ जेठ २०७७ मा धनुषाको सबैला नगरपालिका-१२ का २४ वर्षीय शम्भु सदा मुसहर इलाका प्रहरी कार्यालय सबैलाको हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए।, राति २ बजे आफूले लगाएको गञ्जी सहितका लुगाले पासो लगाएर उनले आत्महत्या गरेको प्रहरीले दाबी गरे पनि पीडित परिवार, दलित अगुवा तथा विभिन्न संघसंगठनले षड्यन्त्रपूर्वक उनलाई मारिएको बताउँदै आएका छन्।, जेठ १२ गते साँझ शम्भुले चलाएको ट्रयाक्टरले ठक्कर दिँदा धनुषाधामकी ४२ वर्षीया सुमिन्द्रीदेवी साहको मृत्यु भएको घटनामा उनी प्रहरी हिरासतमा थिए। घटनाको निष्पक्ष छानबिन तथा उनको हत्यामा संलग्न भनी दाबी गरिएका व्यक्तिविरूद्ध जाहेरी दर्ता भएपछि करिब एक सातापछि परिवारले उनको शव बुझेका थिए।, त्यतिखेरसमेत आरोपी प्रहरीसहित स्थानीयविरूद्ध कारबाही र क्षतिपूर्ति नदिँदा एक सातासम्म धनुषासहित प्रदेशका विभिन्न ठाउँमा प्रहरी तथा सरकारविरूद्ध प्रदर्शन भएको थियो।, पोष्टमार्टममा ढिलाई भएर उनको शव गलिसकेका कारण उनको मृत्युको कारण रिपोर्टमा आउन नसकेको मानव अधिकार आयोग प्रदेश २ का प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए। शम्भुकी आमा सियालीदेवीले इलाका प्रहरी कार्यालय सबैलाका तत्कालीन प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादव, पूर्वउद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवका भाइ कारी यादव, २ नम्बरका वडाध्यक्ष पारस साह, ३ नम्बरका वडाध्यक्ष सन्तोष साह, वडा नम्बर ४ बस्ने राजकुमार यादव र सञ्जय साह तथा वडा नम्बर ३ बस्ने कालीप्रसाद साहविरूद्ध सरकारी वकिल कार्यालय धनुषामार्फत् ज्यान मुद्दामा उजुरी दर्ता गराएकी थिइन्।, प्रहरीको निगरानीमा रहेको व्यक्तिले आत्महत्या गर्न नसक्ने भन्दै हत्या गरेर आत्महत्या जस्तो देखाइएको जाहेरीमा जिकिर गरिएको छ। सो मुद्दा अहिले धनुषा जिल्ला अदालतमा विचारधीन छ।, १० भदौ २०७७ मा रौतहटस्थित इलाका प्रहरी कार्यालय गरूडाको हिरासतमा रहेका गरूडा नगरपालिका-८ का १९ वर्षीय विजय रामको उपचारको क्रममा मृत्यु भएको थियो। साउन ३१ गते राति स्थानीय १७ वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएको घटना अनुसन्धानको क्रममा पक्राउ परेका रामको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। उनलाई कसुर स्वीकार गर्न हिरासतमा चरम यातना दिइएको भन्दै रौतहटसहित देशका विभिन्न ठाउँमा केही दिन प्रदर्शन भएको थियो।, उच्चस्तरीय छानबिन समितिले हिरासतमा रामलाई यातना दिइएको पाएपछि तत्लीन इलाका प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोलाई त्यहाँबाट प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएको थियो भने प्रहरी निरीक्षक नवीन सिंह र हवल्दारद्वय हिरोज मियाँ धुनिया र मत्रुकुमार सिंहलाई निलम्बन गरिएको थियो।, रामको मृत्यु भएको एक वर्ष नबित्दै पल्टुको हिरासतभित्रै मृत्यु भएको घटनाले दलित अगुवा तथा मानवअधिकारकर्मीले सशंकित छन्।, ‘थुनामा सबै जातजातिका मान्छे हुन्छन् तर दुई वर्षको डाटामा दलितको मात्रै किन मृत्यु भएको छ? के यो शंकाको विषय होइन,’ मुसहर संघका अध्यक्ष चन्ददेश्वर सदा भन्छन्।, संविधानत: पूर्ण सुरक्षाको जिम्मा लिएर प्रहरीले आफ्नो दायित्व पूरा नगर्दा हिरासतभित्रै थुनुवाको मृत्यु हुने घटना बढेको उनको बुझाइ छ।, ‘दलितको न प्रहरी-प्रशासनमा पहुँच हुन्छ न न्यायलयमै। अरू मुद्दामा सबै राजनीतिक दल पनि बोल्छन् तर दलितको घटनामा कहिल्यै बोल्दैन्। यिनीहरू कोही दलितको हक अधिकारको पक्षमा छैनन्,’ सदाले थपे।, अन्य समुदायका भन्दा थुनामा रहेका दलितलाई प्रहरीले फरक र निच व्यवहार गर्ने गरेको उनको आरोप छ।, प्रहरी हिरासतभित्र थुनुवाको मृत्युका घटनालाई आफूहरूले गम्भीरतापूर्वक लिएको प्रदेश २ दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाले बताए।, ‘एक वर्षको प्रदेशको डाटा हेर्दा तीन जनाको हिरासतमै मृत्यु भएको छ। ती घटनाहरूले प्रहरीमाथि प्रश्न उठेको छ। शम्भु सदाको घटना र गरूडाको घटनामा हत्या नै भएको छ। दोषीलाई कारबाही पनि भएको छ/हुने क्रममा पनि छ,’ बैठाले भने।, सुरक्षा दिने निकायमै थुनुवाको मृत्यु हुनु वा आत्महत्या गर्नु गम्भीर विषय रहेकाले यसलाई आफूहरूले गम्भीरतापूर्वक लिएको मानवअधिकार आयोग प्रदेश २ का प्रमुख बुढामगरले बताउँछन्।, ‘हरेक घटनामा फरक-फरक कुरा आउँछ। कतिपय घटनामा यातना दिएर पनि मरेको छ भने आत्महत्या गरेको घटना पनि छ। जतिसुकै सावधानी अपनाउँदा पनि कुनै घटना भइहाल्छ तर यो गम्भीर विषय हो,’ उनले भने।, पछिल्लो समय प्रहरी हिरासतभित्र तीन जना दलित युवककै मृत्यु हुनु संयोग नै हुन सक्ने उनको बुझाइ छ। समाजिक र आर्थिक कारणले थुनुवाले हिरासतभित्र आत्महत्या गर्ने परिस्थिति निर्माण भएको हुनसक्ने उनले बताए।, ‘दलित समुदायमा अधिकांश मानिस आर्थिक रूपमा कमजोर हुन्छन्। त्यसबाट विभिन्न समस्या आउँछ। अभावले तनाव आउँछ। उपाय नभएपछि गलत निर्णयमा पुगिन्छ,’ बुढामगरले थपे, ‘कतिपय अवस्थामा कानुन जटिल विषय भएर पनि गाह्रो हुन्छ। कानुन नजानेर पनि कतिपय मानिस त्यतिकै आत्तिन्छ। गल्ती नगरे पनि पक्राउ पर्ने विषय आयो भने आत्तिएर गलत निर्णय लिन्छ।’, प्रदेश २ मा प्रहरी हिरासतमा तीन जना दलित युवकको मृत्यु हुनु संयोग रहेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी उमेश रन्जितकार बताउँछन्। पल्टु विपन्न परिवारका रहेकाले अदालतबाट २ लाख धरौटी मागेपछि तनावमा आएर आत्महत्या गरेको हुनसक्ने उनको भनाइ छ। यो घटना अनुसन्धान क्रममा रहेको र पहिलाका घटनामा दोषीलाई कारबाही भएको डिआइजी रन्जितकारले उल्लेख गरे।, ‘गरूडामा भएको घटनामा दोषीलाई कारबाही भएको छ। सबैलाका घटनामा फौजदारी मुद्दा नै चलेको छ। पल्टुको केसमा हामी छानबिन गरी सत्यतथ्य के छ बाहिर ल्याउँछौं। छानबिन समितिको प्रतिवेदन आएपछि कोही दोषी देखियो भने कारबाही हुन्छ,’ उनले भने।, प्रदेश २ का प्रहरी हिरासतभित्र किन जान्छ दलित समुदायका थुनुवाको ज्यान?
मनोज सत्याल दुई वटा फरक-फरक अध्ययनले मेलम्चीको विनाश बहुप्रकोप (मल्टी हाजार्डस्) ले निम्त्याएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेका छन्। , अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनले मलेम्ची विनाशको श्रृंखला मेलम्ची र इन्द्रावती खोलाको सिरानमा रहेको हिमालबाटै सुरूआत भएको देखाएको छ। , इसिमोडको अध्ययनले मेलम्ची र इन्द्रावतीको सिरानमा रहेको जुगल हिमालको हिउँ असार १ गते अघि धेरै मात्रा पग्लिएको देखाएको छ।, इसिमोडको रिपोर्ट :, इसिमोडले माथिल्लो याङ्ग्री खोलाको सिरानमा रहेको मापन केन्द्रमा मेलम्ची बाढीको चार दिनअघि तापक्रममा वृद्धि देखिएको जनाएको छ। लगत्तै परेको पानीले (रेन अन स्नो) हिउँ पगाल्न सहयोग पुर्‍याएको इसिमोडको रिपोर्टमा उल्लेख छ।, मेलम्चीको बाढीको केही दिनअघि जेठको २८ गतेदेखि उक्त क्षेत्रमा ठूलो पानी परेको थियो।  इसिमोडले स्याटेलाइटबाट पनि पानी परेको पुष्टि गरेको छ।, जल तथा मौसम विभागले पनि मेलम्ची बाढी अघि त्यहाँ पानी परेको उल्लेख गरेको थियो। , इसिमोडको अध्ययनले वर्षा र हिउँ पग्लिएपछि ग्लेसियरले जम्मा गरेको बालुवा सहितको गेग्रिन बग्न (इरोजन) थालेको उल्लेख गरेको छ।, इसिमोडले पेम्दिङ खोलाको झण्डै ७० हजार मिटर स्क्वायर क्षेत्रफलमा त्यस्तो बग्ने काम भएको जनाएको छ। , इसिमोडले यसरी पेम्दिङ खोला क्षेत्रमा भएको हिउँ पग्लने, वर्षासँगै गेग्रिन बग्दा त्यहाँ रहेको सानो आकारको हिमताल समेत फुटेको उल्लेख गरेको छ।, इसिमोडले वैशाख २९ गतेको स्याटेलाइट इमेजमा त्यहाँ रहेको सानो हिमताल वरिपरि हिउँले ढाकेको देखिएको र असार १ गतेको घटनापछि असार ९ गते लिइएको स्याटेलाइट इमेजमा त्यो ताल नदेखिएको जनाएको छ।, उक्त तालसँग ताल बनाउने ढुङ्गा बालुवा (मोरान) बगेको इसिमोडको रिपोर्टमा उल्लेख छ। इसिमोडले २७ सय ६१ मिटर स्क्वायरको हिमताल पेम्दाङ खोलाको सिरानमा देखिएको जनाएको छ। , तस्बिर : इसिमोडको रिपोर्ट ।, 'वर्षासँगै सुरू भएको भेलबाढीले हिमतालको लेकमा जम्मा भएको पानी बाहिर निकालेको र त्यो ताल नै भत्काएको देखिन्छ', इसिमोडको रिपोर्टमा भनिएको छ, 'अथवा त्यो तालमा पानी धेरै जम्मा भएकाले फुटेको हुनसक्छ। त्यसका लागि अझै गुणस्तरका फोटोको अध्ययनबाट मात्र यकिन गर्न सकिन्छ।' , इसिमोडको अध्ययन टोलीको नेतृत्व गरेका अरुणभक्त श्रेष्ठले मेलम्चीको विनाशको कारण पानी, हिउँ र त्यसले सृजना गरेको पहिरोले भएको देखिएको बताए।, 'यो जेलिएको छ। हिउँ पग्लिएको छ। पानी परेको छ। सानो लेक पनि फुटेको छ', श्रेष्ठले भने, 'श्रृंखलाबद्ध घटनाको संयुक्त असर हो।', उनले मेलम्चीको सिरानमा रहेको भ्रेमाथाङ क्षेत्रमा गएको पहिरोले पनि तल्लो तटीय क्षेत्रमा असर पारेको बताए।, 'यहाँ एकमा एक जोडेर दुई भएन बरु तीन अथवा चार भयो', श्रेष्ठले भने, 'भ्रेमाथाङमा पुराना ग्लेसियरहरूले जम्मा गरेको बालुवा मिश्रित लेदोहरू बगेको छ। त्यसपछि खोला थुनिने र फुट्ने अनि त्यसले त्यहाँका भिरहरूको (टो कटिङ) तल्लो भाग काटिएको छ। जसले विकराल अवस्था बन्यो।', इसिमोडले भ्रेमाथाङ क्षेत्रबाट साढे ५ किलोमटर तल र ताल फुटेको ठाउँभन्दा झण्डै २ किलोमिटर तल पहिलादेखि नै पहिरोले बनाएको ताल रहेको उल्लेख गरेको छ।, मेलम्ची जलाधार क्षेत्रमा रहेको सानो आकारको हिमताल । तस्बिर : गुगल म्याप, झण्डै ९ सय ५० मिटर लामो त्यस्तो तालमा माथिबाट आएको भेलबाढी मिसिएको र त्यसले गर्दा नदीको छेउछाउमा कटान र पहिरो गएको रिपोर्टमा उल्लेख गरिएको छ। त्यसले उत्पन्न गरेको उच्च गतिले नदी किनारामा पहिरोहरू खस्दै गएको अध्ययनमा देखिएको छ। जसले नयाँ नयाँ पहिरो गएको र तल्लो तहसम्म असर पारेको श्रेष्ठले बताए।, अध्ययनले भूकम्पको कारण पनि हिमाली क्षेत्रमा अहिलेको असर देखिएको हुनसक्ने सम्भावना नकारेको छैन। मेलम्चीको सिरानमा ग्लेसियरले निर्माण गरेको थुप्रै गेग्रिन रहेको रिपोर्टमा उल्लेख छ। , 'टिपरले गिट्टी खन्याए जस्तो सामग्री त्यहाँ छ। जुन ग्लेसियरका कारण बनेको हो', श्रेष्ठले भने, 'यसपटक त्यहाँ मुसलधारे वर्षा परेपछि बग्न थालेको देखिन्छ। हिउँ पर्दा त्यो अडिएको हुन्थ्यो। यसपटकको मुसलधारे वर्षालाई हामीले हिमाली क्षेत्रको बदलिँदो आयामका रूपमा लिएका छौं।', इसिमोडले जस्तै नेपाल इन्जिनियर्स एसोसिएसनले गरेको अध्ययनले पनि मेलम्चीको विनाशको कारणलाई बहुप्रकोपीय (मल्टी हाजार्डस्) भनेको छ।, नेपाल इन्जिनियर्सको रिपोर्ट :, बाइस जना इन्जिनियरको टोलीको नेतृत्व गरेका इन्जनियरिङ अध्ययन संस्थानका प्राध्यापक विष्णु पाण्डेले कुनै एउटा कारणले मात्र मेलम्चीको विनाश निम्त्याउन नसक्ने अध्ययनको निष्कर्ष रहेको बताए। , 'हामीले गोर्खा भूकम्प, वर्षा, हिमताल, पहिरोले ताल बन्ने घटना सहितका ६ वटा कारणबारे अध्ययन गरेका छौं', पाण्डेले भने, 'वर्षाका कारण त्यो घटनाको सुरूआत भएको देखिन्छ। तर पानी नै सबै कारण होइन।' , असार १ गते अघि लगातारको वर्षाले त्यस क्षेत्रको जमिन गह्रुंगो भएको र खसेको देखिन्छ', पाण्डेले भने, 'हिमताल फुटेर भएको भन्ने हामीलाई लाग्दैन। त्यो क्षेत्रमा साना आकारका ४ वटा हिमताल देखिन्छन्। तर त्यो विनाशकारी हुने खालका थिएनन्।', पहिरोले नदी थुनिएर ताल बन्दामात्र पनि यत्रो घटना हुने नदेखिएको पाण्डेले बताए।, 'आधा वा एक घण्टा नदी थुनिएर यत्रो विनाश हुने अवस्था हैन, आधादेखि एक घण्टा नदी थुनिएर जम्मा हुने पानीले विनाश निम्त्याउन सक्दैन', पाण्डेले भने, ' तर यो पनि मुख्य कारण लाग्दैन।', उनले मेलम्ची बजारसम्म विनाश ल्याउन सक्ने घटनाका लागि यी सबै घटनाको जोड आवश्यक हुने बताए।, मेलम्ची जलाधार क्षेत्रको सिरानमा असार १ गते अघि देखिएको हिउँ । तस्बिर : इसिमोड । , 'पानी पर्दा जमिनको माटो र बालुवाको ओजन बढेर पहिरो गयो, त्यसपछि पहिरोले नदी थुनियो। जमेको पानी खुल्दा गति बढ्यो। भिरालो ठाउँ भएकाले त्यो पानीको ऊर्जा उत्पन्न भयो', पाण्डेले भने, 'तलतिर आउँदा खोला किनारा (बेड र ब्याङ्क) लाई कोपर्दै(स्काउरिङ) खोतल्यो। त्यसपछि मात्र मेलम्ची पुरिन सक्ने लेदोसहितको भेलबाढी आएको हाम्रो बुझाइ हो।', इन्जिनियर्स एसोसिएसनले विभिन्न क्षेत्रका विज्ञ सम्मिलित टोलीको रिपोर्टले उक्त क्षेत्रमा क्लाउड ब्रस्ट नभएको ठहर गरको छ।, 'मेलम्ची खोलाको विनाशकारी घटना बहुप्रकोपीय देखिन्छ। यस्ता घटना नेपालको हिमाली क्षेत्रमा लगातार भइरहेका छन्', एसोसिएसनले तयार गरेको रिपोर्टमा भनिएको छ, 'सिन्धुपाल्चोकका जलाधार क्षेत्रमा सन् २०१४ यता यस्ता घटना भएका छन्। यस्ता घटनामा सन् २०१५ मा आएको भूकम्पले गर्दा उत्पन्न भएका पहिरोहरूले सघाउ पुर्‍याएका छन्।', मेलम्चीमा असार १ गतेको भेलबाढीले ११ जनाको ज्यान गएको थियो। उक्त घटनामा २५ जना बेपत्ता छन्। घटनामा परी पुल, स्कुल, होटल लगायतका संरचना गरी अर्बौंको क्षति भएको छ।, सम्बन्धित समाचार :, विज्ञ भन्छन्- मेलम्ची खानेपानी आयोजनाको भविष्य जोखिममा, *यसअघि समाचारमा प्रयोग गरिएको इन्जनियर्स एशोसिएशनको रिपोर्टमा रहेको तस्बिर हटाइएको छ। तस्बिर प्रयोग गरिएकोमा क्षमा चाहान्छौँ।  -सम्पादक , मेलम्ची विनाशको कारण बहुप्रकोप भएको दुई अध्ययनको निष्कर्ष
सेतोपाटी काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको छ।, गत असार १६ गते कामपाले विगत २८ वर्षदेखि कर तिर्नका लागि आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो। , अहिले सम्पर्कमा आउनेमध्ये केहीले पहिलो किस्तास्वरूप केही रकम बुझाएका छन्, केहीले विवरण पेस मात्र गरेका छन्। , केहीले विवरण पेश गर्ने समय माग गरेका छन्। कतिपयलाई समय तोकी बोलाइएको छ भने कतिपयले अझै सम्पर्क गरेका छैनन्। , सम्पर्कमा आएकामध्ये चार वटा व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा आजसम्ममा एक करोड ५३ लाख रूपैयाँ राजस्व बुझाएका छन्। यसरी कर बुझाउनेमध्ये सबभन्दा धेरै युनाइटेड विल्डर्स एण्ड इञ्जिनियरिङ (वर्ल्ड ट्रेड सेन्टर)ले एक करोड रूपैयाँ बुझाएको छ। यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले आउँदो १९ दिनभित्र सम्पत्तिको मूल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजस्व विभागमा निवेदन दिएका छन्।, वडा १४ को नेसनल हस्पिटलले रु २४ लाख, वडा १४ कै शहीद मेमोरियल हस्पिटलले रु १९ लाख २० हजार दाखिला गरेका छन्। नाम सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लबले रु १० लाख दाखिला गरेर बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ।, वडा नं ३० को स्टार मलले सम्पत्तिको विवरण पेस गरेको छ भने वडा नं १३ को काठमाडौं इञ्जिनियरिङ कलेजले १० दिनभित्र विवरण पेस गर्ने समय माग गरेको छ। कामपाले पहिलो चरणमा गएको असार १६ गते सम्पत्ति कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गरेको थियो। , ३० दिनभित्र सम्पर्क गर्न आउन आग्रह गर्दै सूचना सार्वजनिक भएको अन्तिम सातासम्म पनि करदाताहरूले सम्पर्क नगरेपछि अन्तिममा करदाताको कार्यस्थलमा गएर ‘सम्पर्कमा नआए सिलबन्दी गर्ने’ सूचनासहित महानगरले माइकिङ गरेको थियो।, कामपाको सक्रियतापछि लामो समयदेखि असुल हुन नसकेको रकम उठ्न थालेको छ भने केहीले विवरण बुझाएर रकम असुल गर्ने मिति तय गरेका कामपा राजस्व विभाग प्रमुख डा शिवराज अघिकारीले जानकारी दिए।, ४० ठूला करदाताको नाम सार्वजनिक गरिँदै, कामपाले अबको दुई दिनभित्र लामो समयदेखि कर तिर्न बाँकी रहेका र सम्पर्कमा नआएका ४० ठूला करदाताको नाम सर्वजनिक गर्ने तयारी गरेको छ। , ‘अझै पनि धेरै करदाताले आफ्नो विवरणसमेत दिन मानेका छैनन्। विवरण दिएपछि कानूनीरूपमा करको दायरामा आउन पर्छ भन्ने डरले ठूला करदाता सम्पर्कमा नै आउन मान्दैनन्’, प्रमुख डा अधिकारीले भने।, समयमा नै कर तिरेन भने प्रत्येक वर्ष दश प्रतिशतका दरले जरिवानास्वरूप रकम  वृद्धि हुँदै जान्छ तर कामपाले विगतको दुई वर्षमा भने कोरोनाका कारण करदातामा समस्या परेको भन्दै जरिवाना करमा छुट दिएको छ। यसो हुँदा पनि करदाता सम्पर्कमा नआएपछि कामपाले  ताकेता गर्न थालेको हो।, धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन्, तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ७० करोड असुल गर्ने तयारीस्वरूप अहिले अभियानको रूपमा नै कर संकलन गरिरहेको छ।, सम्पर्कमा आउनेहरूले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ। नआउनेहरूलाई विभागले कडाइका साथ कानूनी कारबाही अगाडि बढाउने तयारी गरेको छ। , डा अधिकारी भन्छन्, ‘सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजश्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौं।’, सम्पर्कमा आएकाबाहेक वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स, वडा नं १३ को नेपाल रेडक्रस सोसाइटीले अहिलेसम्म कहिल्यै सम्पत्ति तथा घरजग्गासम्बन्धी विवरण नै बुझाएका छैनन्। , घरजग्गासम्बन्धी विवरण नबुझाउने अन्य ठूला करदातामा वडा नं १४ का आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान र एलआरआइ स्कुल, वडा नं १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा नं ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा नं ४ का देवेन्द्र श्रेष्ठ छन्।, यसैगरी वडा नं २२ को आरबी कम्प्लेक्स, वडा नं २४ को सुरज आर्केट, वडा नं २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा नं २८ को काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट र वडा नं ३० को गोपालजी प्रपर्टिज प्रालि छन्। , कामपाले यस वर्ष रु १० अर्ब २३ करोड असुल गर्ने लक्ष्य लिएको छ। गत असोज १ गतेदेखि कामपाले अनलाइन प्राणलीमार्फत् राजस्व संकलन गरिरहेको छ।  , हाल कामपामा अनलाइनमा १६० करदाता जोडिएका कामपाले जानकारी दिएको छ।, २८ वर्षदेखिको बक्यौता असुल गर्दै कामपा
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६३८ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ४४८ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ६ हजार ८० परीक्षण गर्दा ९३५ मा संक्रमण देखिएको छ।, कुल १६ हजार ७१८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , थप २४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ पुगेको छ।, पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ६० हजार १ सय १६  पुगेको छ।, हालसम्म सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ रहेको छ।, १६ हजार ७ सय १८ मा कोरोना परीक्षण गर्दा ३ हजार ३८३ लाई संक्रमण, २४ को मृत्यु
सेतोपाटी संवाददाता मंगलबार काठमाडौं उपत्यकामा थप ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जना संक्रमित थपिएका हुन्। , मन्त्रालयका अनुसार हाल उपत्यकामा ९ हजार ११५ संक्रमित सक्रिय छन्। जसमा काठमाडौं जिल्लामा ६ हजार ४२३, भक्तपुरमा १ हजार १४८ र ललितपुरमा १ हजार ५४४ जना सक्रिय संक्रमित छन्। , हालसम्म काठमाडौं जिल्लामा कोरोनाबाट १ हजार ९७२ जनाले ज्यान गुमाएका छन्। त्यस्तै भक्तपुरमा ३९१ र ललितपुरमा ५९७ जनाको मृत्यु पुष्टि भएको छ। , मुलुकभर पछिल्लो २४ घण्टामा १० हजार ६३८ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ४४८ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ६ हजार ८० परीक्षण गर्दा ९३५ मा संक्रमण देखिएको छ।,  , काठमाडौं उपत्यकामा थपिए ९०४ संक्रमित
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर जागेश्वर गौतमको सरूवा कायम रहेको जनाएको छ। , मन्त्रालयका एक अधिकारीले डा. गौतमलाई थापाथलीस्थित प्रसूति गृहमा पठाउने भनेर गरिएको निर्णय यथावत् रहेको जानकारी दिए।, उनले सरूवा पत्र नरोकिएको भन्दै डा. गौतमको नाममा पत्र गइसकेको बताए। , 'पत्र रोकिएको हैन। सरूवाको निर्णय भएको हो। यहाँबाट पत्र पनि गएको छ। सायद उहाँले नबुझ्नु भएको होला,' ती अधिकारीले भने। , मन्त्रालयले डा. गौतमका ठाउँमा डा. भूपेन्द्र बस्नेतलाई पठाउने निर्णय गरेको छ। तर डा.गौतमको सरूवाको विषय आज दिनभर अन्यौल भएको थियो।, डा. गौतमले पनि आफूले सरूवाबारे मौखिक जानकारी पाए पनि पत्र भने नपाएको बताएका थिए। सोही कारण उनी आज पनि युनिफाइड अस्पतालमै हाजिर भएका थिए। , गत माघ १० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशबाट डा. गौतमलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको नेतृत्व दिएको थियो। त्यसअघि उनी स्वास्थ्य मन्त्रालयमा प्रवक्ता थिए।, मन्त्रालयमा प्रवक्ता हुनुअघि उनी प्रसूति गृहमै निर्देशकको रूपमा कार्यरत थिए।, स्वास्थ्य मन्त्रालयले भन्यो- डा. जागेश्वर गौतमको सरूवा भएकै हो
सेतोपाटी संवाददाता कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डाक्टर जागेश्वर गौतमको सरूवा भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर गौतमलाई सोमबार थापाथलीस्थित प्रसुति तथा स्त्री रोग अस्पताल सरूवा गरेको हो। गौतमको ठाउँमा ट्रमा सेन्टरका डाक्टर रूद्र मरासिनीलाई पठाइएको छ।, गत जेठ १० डाक्टर गौतमलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत बनाइएको थियो।, डाक्टर गौतमले आफूलाई काठमाडौंका निजी अस्पतालका बिचौलिया र अस्पतालकै अल्छी डाक्टर र कर्मचारीले सरूवा गरेको बताए।, सेतोपाटीसँग कुरा गर्दै उनले आफूले वीर अस्पताललाई राम्रो बनाउन लाग्दा धेरैको आँखामा परेको बताए।, 'वीर अस्पतालमा २ सय आइसियू बेड थप्दा नै मेरो सरूवा हुन्छ भन्ने मलाई थाहा थियो।  किनकी काठमाडौंमा निजी मेडिकल चलाएर बसेकाहरू वीर अस्पताल राम्रो होस् भन्ने चाहँदैनन्,’ उनले भने।, अस्पतालकै अल्छी डाक्टर र कर्मचारीले पनि आफूलाई मन नपराएको उनको तर्क छ।, 'समयमा नआउने, गर्नुपर्ने काम नगर्नेहरूलाई मैले नियमित काममा आउनै पर्ने बनाएको थिएँ। जागिरमात्र खाइरहेकाहरूलाई काम गर्नुपर्दा गाह्रो भएको थियो। बिचौलिया र तिनै अल्छीहरूको स्वार्थ मिल्यो अनि मेरो सरूवा भयो,’ डाक्टर गौतमले भने।, गौतमलाई १४ महिनाअघि प्रसुति तथा स्त्री रोग अस्पतालबाट मन्त्रालय सरूवा गरिएको थियो। मन्त्रालयमा उनले प्रवक्ताको भूमिका पनि निर्वाह गरेका थिए।, ‘प्रसुति अस्पतालमा राम्रो काम गरेको भनेर मलाई मन्त्रालय लगिएको थियो। त्यहाँ पनि मैले राम्रो काम गरें। युनिफाइड अस्पताल चलाउनु पनि कठिन थियो। यसले सक्छ भनेर नै मलाई पठाइएको थियो। त्यहाँ पनि मैले राम्रो काम गरिरहेको थिएँ,’ डाक्टर गौतमले भने,‘काम गर्दागर्दै सरूवा भयो। यहाँ काम नगर्नेले जागिर खाइरहन्छन्। काम गर्नेको सरूवा हुन्छ। यसमा मेरो भन्नु केही छैन।’, उनले दुई महिना युनिफाइड अस्पतालमा आफूले गरेको कामको आफैंलाई मूल्यांकन गर्दा डिस्टिङ्सन आउने काम गरेको बताए।, ‘अब सरकारले मलाई प्रशासनिक काम नगर अपरेशन गर भनेर फेरि प्रसुति अस्पतालमा पठाएको छ,’ डाक्टर गौतमले भने,‘म गाइनोको डाक्टर हो। अब दिदीबहिनीहरूको उपचार गर्छु।’, युनिफाइड अस्पतालमा यस्ता थिए डाक्टर गौतमका योजना  , बिचौलिया र अस्पतालका अल्छी डाक्टर-नर्सले मेरो सरूवा गरे: डाक्टर गौतम
सेतोपाटी लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ।, राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरूद्ध भएको हो।  , सडक भाँसिएर भत्किएकोले बिहानदेखि राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। , आइतबार बेलुकादेखि आंशिक रूपमा बन्द रहेको राजमार्ग आज बिहानदेखि पूर्ण रूपमा बन्द रहेको छ। , भाँसिएको सडक भत्काएर किनारबाट पर्खाल लगाउने कार्य भइरहेको प्रवक्ता ओझाले जानकारी दिए।, उनले भने,‘पर्खाल निर्माण गर्न दुई/तीन दिन लाग्ने देखिएको छ, त्यसपछि मात्रै राजमार्ग सञ्चालनमा आउँछ।’, राजमार्ग अवरूद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडी लगायतका स्थानका लागि छुटेका एक सयभन्दा बढी सवारीसाधन रोकिएपछि यात्रु अलपत्र परेका छन्।  , वर्षातको समयमा पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेला अवरूद्ध हुने गरेको छ।  रासस, जयपृथ्वी राजमार्ग अवरूद्ध
सेतोपाटी संवाददाता कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डाक्टर जागेश्वर गौतमको सरूवा भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर गौतमलाई थापाथलीस्थित प्रसूति तथा स्त्री रोग अस्पताल सरूवा गरेको हो। गौतमको ठाउँमा ट्रमा सेन्टरका डाक्टर रूद्र मरासिनीलाई पठाइएको छ।, गत जेठ १० गते डाक्टर गौतमलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत बनाइएको थियो।, कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालबाट डाक्टर गौतमको सरूवा
रोहित महतो महोत्तरीको लोहरपट्टी नगरपालिका-७ की सुजिता ठाकुर हत्या प्रकरणमा सुजिताका बुवा, नन्दसहित तीन जना पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सुजिताको हत्यामा पिपरा गाउँपालिका–६ रतौली बस्ने उनका ५० वर्षीय बुवा कामेश्वर पाण्डेय, भंगहा नगरपालिका–१ कविलासा बस्ने ३५ वर्षीया नन्द अंजु ठाकुर र जनकपुरधाम उपमहानगरपालिका–२४ बसहिया बस्ने ५५ वर्षीय प्रमोद भन्ने विनोद मण्डललाई पक्राउ गरिएको हो। , प्रतिष्ठामा आँच पर्ने देखेर दुबै परिवारले मिलेर उनको हत्या गरेको महोत्तरीका एसपी दिनेश आचार्यले बताए।, ‘सुजिता दिनभर नचाहिने बेलामा पनि अरुसित घुम्ने गर्ने गर्थिन्। अरूसँग सम्बन्ध भएकाले परिवारको इज्जत, प्रतिष्ठा गुम्ने भएकाले हत्या गरेको कामेश्वरले बयान दिएका छन्,’ उनले भने।, महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार कामेश्वरले समेत छोरी सुजितालाई मार्न उनको देवर रुपेशलाई पटक- पटक भनेको कुरा अनुसन्धानको क्रममा प्राप्त अडिओ रेकर्डबाट खुलेको छ।, देवर रुपेशसहितका परिवारका व्यक्तिहरू सुजिताको हत्यामा संलग्न रहेको समबन्धमा गएको जेठ २५ गते कामेश्वरलाई जानकारी भएपश्चात् उनले सो समबन्धमा रुपेशसँग घटना लुकाउन बार्गेनिङ समेत गरेको डिएसपी विष्टले बताए।, त्यसैगरी गएको जेठ २० गते बिहान रुपेश समेतले सुजिताको हत्या गरेको कुरा नन्द अन्जुलाई सोही दिन फोन गरेर जानकारी गराइएको भए पनि उनले कहीँकतै जानकारी नगराई घटना लुकाउने भूमिका निर्वाह गरेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, हत्या गरिएकै दिन सुजिताको शव जेठ २९ गते उत्खनन गरी शव बोकेर ससुरा पतिराम ठाकुरको घरदेखि करिब ५ सय मिटर पूर्वमा रहेको निर्माणाधीन सेप्टिक ट्याङकीभित्र शव दबाउन संलग्न रहेको अनुसन्धानबाट खुलेको डिएसपी विष्टले बताए।, गएको जेठ २० गते बिहान २६ वर्षीया सुजिताको देवर रूपेश ठाकुर, ससुरा पतिराम ठाकुर, सासू र देवरानीसहितले मिलेर हत्या गरेको प्रहरीको भनाइ छ।, हत्या भएको ३९ औं दिनमा शौचालयको सेप्टिक ट्यांकीभित्र गाडेर माथिबाट ढलान गरिएको अवस्थामा शव बरामद भएको थियो।, हत्यापछि सुजिताको शव लुकाउन तथा सेप्टिक ट्याङ्कीभित्र गाडेको आरोपमा प्रहरीले स्थानीय ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनि मण्डललाई पक्राउ गरी मुद्दा अघि बढिसकेको छ।, सुजिताकी पति मुकेश ठाकुरलाई समेत पक्राउ गरिए पनि घटनामा उनको संलग्नता नदेखिएपछि प्रहरीले उनलाई छोडेको थियो। घटनामा संलग्न सुजिताकी सासू र देवरानी अझै फरार छन्। उनीहरूको खोजी कार्य जारी रहेको डिएसपी विष्टको भनाइ छ।, सुजिता हत्या-प्रकरण:  घटनामा संलग्न आरोपमा बुवा, नन्दसहित तीन जना पक्राउ
सेतोपाटी संवाददाता सोमबार थप ३ हजार १२५ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६१३ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २७९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार १९८  गर्दा ८४६ मा संक्रमण देखिएको छ।, कुल १३ हजार ८११ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , थप २३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ पुगेको छ।, पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ५८ हजार १ सय २२  पुगेको छ।, हालसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको छ।, थपिए ३ हजार १२५ संक्रमित, निको भए १ हजार ९२५
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप सात सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप सात सय ७० जनामा संक्रमण पुष्टि भएको हो।, जसमध्ये काठमाडौंका पाँच सय ५६, ललितपुरका एक सय १५ र भक्तपुरका ९९ जना संक्रमित छन्।, योसँगै उपत्यकामा थप आठ हजार आठ सय ९५ जना सक्रिय संक्रमित छन्।, काठमाडौंमा छ हजार दुई सय ४, ललितपुरका एक हजार पाँच सय ४६ र भक्तपुरका एक हजार एक सय ४५ जना सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार एक सय २५ जनामा संक्रमण पुष्टि भएको छ। १३ हजार आठ सय ११ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, अहिले नेपालमा तीन हजार १६ सय २९ जना सक्रिय संक्रमित छन्।, त्यस्तै, थप २३ जनाको मृत्यु भएको छ।,  , काठमाडौं उपत्यकामा थपिए सात सय ७० कोरोना संक्रमित
सेतोपाटी संवाददाता खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्ने मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन भौगर्भिक अवस्था अध्ययन गरी प्रतिवेदन पेस गर्न एसियाली विकास बैंक (एडिबी) लाई पत्राचार गरेको छ।, सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रको पहिरोले मेलम्ची आयोजनाको भविष्य अनिश्चित बन्दै गएको विज्ञहरूको प्रतिक्रियापछि खानेपानी मन्त्रालयले सोमबार दातृ निकाय एडिबीसँग पत्राचार गरेको हो। एडिबी मेलम्चीको मुख्य लगानीकर्ता बैंक हो।, खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी सिंह बज्राचार्यले मेलम्चीको भौगर्भिक, जलविज्ञान, नदीको आकारप्रकार र कटानबारे अध्ययन गर्न एडिबीलाई पत्राचार गरिएको जानकारी दिइन्।, ‘हामीले सकेसम्म चाँडो अध्ययन गरी प्रतिवेदन दिन एडिबीलाई अनुरोध गरेका छौं,’ उनले सेतोपाटीसँग भनिन्, ‘मेलम्चीको माथिल्लो भू-भागबाट निरन्तर पहिरो गइरहेको र यसले आयोजनालाई क्षति पुर्‍याइरहेको छ। यसले यहाँको समग्र भौगर्भिक अवस्था र दीर्घकालनमा मेलम्ची आयोजनामा पार्न सक्ने प्रभावबारे छिटोभन्दा छिटो अध्ययन आवश्यक परेको छ।’, सोमबारै गृह मन्त्रालयमा सरोकारवाला मन्त्रालयका पदाधिकारीको बैठक पनि बसेको थियो। उक्त बैठकले मेलम्चीको मुहानमा उत्पन्न जोखिम अध्ययन गर्न विज्ञ टोली पठाउने निर्णय गरेको छ।, सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रमा शनिबार राति पहिरो गएपछि मेलम्चीमा बाढी आएको थियो। मेलम्चीभन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टरबाट रेकी गर्न गएका विज्ञहरूले भ्रेमाथाङमा वर्षौं पहिला आएर बसेको थेग्रिनी बग्न थालेकाले मेलम्ची खानेपानी आयोजना संकटमा परेको बताएका छन्।, हामीले यसबारे खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेसँग पनि कुरा गर्‍यौं। उनले अहिले दुई तरिकाबाट मेलम्ची खानेपानी आयोजनाको काम भइरहेको बताएका छन्।, पहिलो, बाढीले क्षति पुगेको आयोजनालाई मर्मत गरी पहिलेको अवस्थामा ल्याउने। दोस्रो, त्यहाँको भौगर्भिक अध्ययन गर्ने। ‘पहिलो काम जारी छ। सँगसँगै दोस्रो काम सुरू गर्न मन्त्रालयमा छलफल भइरहेको छ। चाँडै काम अघि बढ्छ,’ न्यौपानेले भने।, मेलम्ची क्षेत्रको भौगर्भिक अवस्था कमजोर रहेको विज्ञहरूको विश्लेषण रहे पनि यसबारे सरोकारवाला निकायसँग छलफल भने भएको छैन। ‘हामी छलफल गरिरहेका छौं, भौगर्भिक अवस्था के छ, सुधार गरेर जोगाउने उपाय के छन्, यो छलफलकै क्रममा छ,’ उनले भने, ‘त्यहीँ पुगेर अध्ययन नगरीकन अहिले नै मेलम्चीको भविष्य अनिश्चित छ भनेर भन्न सकिन्न।’, आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्र पन्त पनि मेलम्चीको माथिल्लो भू-भागबारे अध्ययन भइरहेको र त्यसबाट ठोस तथ्यांक आएपछि मात्र बोल्न सकिने बताउँछन्।, आयोजना स्थलभन्दा माथिल्लो भू-भाग आफ्नो कार्यक्षेत्रमा नपर्ने हुँदा खानेपानी मन्त्रालयले नै यसमा कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ।, ‘अहिले पहिरो गइरहेको ठाउँ संरक्षित क्षेत्रभित्र छ, यो हाम्रो कार्यक्षेत्रमा पर्दैन। खानेपानी मन्त्रालयले नै सबै सरोकारवालालाई एक ठाउँ ल्याएर अध्ययन गराउनुपर्छ,’ पन्तले भने।, मेलम्चीभन्दा माथिल्लो भागको भौगर्भिक अवस्थाबारे धेरै वर्षअघि अध्ययन भएको र त्यही अध्ययनका आधारमा खानेपानी आयोजनाको जग बसालिएको उनी बताउँछन्। ‘अहिले किन त्यहाँ त्यस्तरी पहिरो गइरहेको छ भन्ने त अध्ययनपछि मात्रै भन्न सकिन्छ,’ उनले भने।, मेलम्ची क्षेत्रमा हेलिकप्टरबाट रेकी गर्न गएका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले भ्रेमाथाङमा वर्षौं पहिला आएर बसेको थेग्रिनी बग्न थालेकाले आयोजना संकटमा परेको बताएका छन्।, उनका अनुसार मेलम्ची आयोजनाभन्दा माथि रहेको भ्रेमाथाङ चउर वर्षौंअघि हिमनदीले बगाएर ल्याएको थेग्रिनीबाट बनेको हो। २०७२ को भूकम्पपछि उक्त चउर कमजोर भएको छ।, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार भ्रेमाथाङमा झन्डै एयरपोर्ट आकारको चउर छ। यसपटक मेलम्चीमा आएको भेलबाढी क्रममा उक्त चउर कटान सुरू भएको हो।, रेकी टोलीमा गएका पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक वसन्त अधिकारी पनि मेलम्ची आयोजना निर्माण गर्दा भएको अध्ययन एकपटक फेरि हेर्नुपर्ने अवस्था आएको बताउँछन्।, ‘मेलम्चीजस्ता आयोजना निर्माण गर्दा त्यसभन्दा माथि कति प्राकृतिक प्रकोप छन् भन्ने रिपोर्ट हुन्छ,’ अधिकारी भन्छन्, ‘मेलम्ची आयोजना निर्माण गर्दा यो लेभलको विपद् आकलन नगरेजस्तो देखिन्छ।’, रेकी टोलीमा रहेका इन्जिनियरिङ अध्ययन संस्थानका अर्का प्राध्यापक विष्णु पाण्डे पहिरोले केही हदसम्म पानी जमेको र त्यसले रफ्तार ल्याएकाले छेउछेउमा कोपरेर बाढीको रूप लिएको बताउँछन्।, यो पनि हेर्नुहोस्:, विज्ञ भन्छन्- मेलम्ची खानेपानी आयोजनाको भविष्य जोखिममा, मेलम्चीको भौगर्भिक अवस्था अध्ययन गर्न खानेपानी मन्त्रालयले गुहार्‍यो एडिबी
सेतोपाटी संवाददाता ठगी गरेको आरोपमा आफूलाई पत्रकार बताउने अछामका खेमराज खनाललाई प्रहरीले पक्राउ गरेको छ।, उनलाई प्रहरीले काठमाडौंको बालाजुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।, उनलाई सोमबार परिसरको टोलीले पक्राउ गरेको हो।, 'उनले अहिले एक-दुई जनालाई ठगी गरेको भन्ने जाहेरी आएको छ,' सिंहले भने,'करिब एक-डेढ लाख ठगी गरेको भन्ने छ। अरू कसैलाई ठगी गरेको छ कि भन्ने बारेमा बुझ्दैछौं।', उनी पत्रकार नै हुन् वा होइनन् भन्नेबारेमा पनि बुझ्ने काम भइरहेको उनले बताए। , ठगी आरोपमा 'पत्रकार' बताउने बालाजुबाट पक्राउ
एजेन्सी बेइजिङमा स्थानीयस्तरमा नै एक व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्थानीय प्रशासनले सोमबार जनाएको छ । स्थानीय अधिकारीहरूले बेइजिङमा समुदायबाटै सङ्क्रमित बिरामी भेटिएपछि सङ्क्रमित क्षेत्रमा नागरिकहरूलाई साबधानी अपनाउन निर्देशन दिइसकेको छ । , सोमबार सङ्क्रमण पुष्टि भएका व्यक्ति गत बुधबार सङ्क्रमण भेटिएका एक व्यक्तिको निकट सम्पर्कमा रहेको बताइएको छ । नयाँ सङ्क्रमित व्यक्ति र सङ्क्रमण क्षेत्रलाई स्वास्थ्यकर्मीले निकट अवलोकनमा राखेका छन् । , बेइजिङका अधिकारीहरूले सरुवा रोग नियन्त्रण तथा रोकथाम महाशाखाको अगुवाईमा सङ्क्रमित भेटिएको स्थानमा अनुसन्धान र वृहत् न्युक्लियक एसिड परीक्षण सुरु गरेको बताएका छन् । , चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको थियो । ती व्यक्तिहरू चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ ।, जियाङ्सु, हुनान, लियानिङ लगायतका क्षेत्रमा समुदायभित्रैबाट सङ्क्रमित भेटिन थालेपछि आयोगले सतर्कता अपनाउन सम्बन्धित सबैलाई भनेको छ ।, ती क्षेत्रहरूमा विगतका केही दिनदेखि निरन्तर रूपमा नयाँनयाँ संक्रमितहरू देखिने गरेका छन् । चीनभित्रै सङ्क्रमणका नयाँ सूचनाहरू आइरहेका ती अधिकारीहरूले जनाएका छन् । ,सिन्ह्वा, बेइजिङमा स्थानीयस्तरमा नै एक व्यक्तिमा काेराेना संक्रमण
सेतोपाटी संवाददाता दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी साढे दुई लाख धरौटी बुझाएर तारेखमा छुटेका छन्। , जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले गाउँपालिकाका अध्यक्ष अदालतले तोकेको धरौटी बुझाएर रिहा भएको सेतोपाटीलाई बताए। , सोमबार आफैं घोराहीस्थित जिल्ला अदालतमा उपस्थित भएका गाउँपालिकाका अध्यक्षसँग अदालतले साढे दुई लाख धरौटी मागेको थियो। , राप्ती गाउँपालिका वडा नं. ८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूले पाँच करोड बढी रकम हिनामिना गरेको आरोपसहित गाउँपालिकाका अध्यक्ष सुवेदीसहित २५ जनाविरूद्ध मुद्दा हालेका थिए। , जिल्ला अदालत दाङले गाउँपालिकाका अध्यक्षसहित २० जनाविरूद्ध ३५ दिने म्यादसहित पक्राउ पुर्जी जारी गरेको थियो। , सहकारीको पाँच करोड हिनामिनाका प्रकरणमा जिल्ला अदालत २५ प्रतिवादीमध्ये सोमबार गरेको यो पहिलो कारबाही हो। , उक्त घटनामा सहकारी संस्थाका सह–लेखापाल २९ वर्षीय विक्रम राना, उनकी २७ वर्षीया श्रीमती उषा राना थापा, ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास न्यौपाने पक्राउ परेका थिए। , अन्य सबै हालसम्म पुर्पक्षका लागि थुनामा रहे पनि उषा राना थापालाई भने अदालतले साधारण तारेखमा रिहा गर्न यसअघि नै आदेश दिइसकेको थियो। , सुवेदी सहकारी मर्ज हुनुभन्दा पहिलेदेखि २०७१ सालदेखि सुपरीवेक्षण समितिमा रहँदै आएका थिए। मर्जपछि आफ्नो सहकारीमा कुनै पनि प्रकारको संलग्नता नरहेको दाबी अध्यक्ष सुवेदीले गर्दै आएका थिए। , रकम हिनामिनाको आरोपितमध्ये कमला पौडेल, युवराज भुसाल, राम पोखरेललगायत सहकारी संस्थाका पदाधिकारी, लेखा परीक्षक, सञ्चालक समितिका पदाधिकारीसहित १९ जना अझै अदालतमा उपस्थित भएका छैनन्। , गाउँपालिका अध्यक्ष सुवेदीसहित २० जनालाई प्रहरीले फरारको सूचीमा  राखेको थियो। ,  , सहकारीको पाँच करोड हिनामिना प्रकरण: साढे दुई लाख धरौटी बुझाएर छुटे राप्ती गाउँपालिका अध्यक्ष
सेतोपाटी संवाददाता सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पान सडक खण्डको सिद्धबाबा नजिक पहिरोले जिप पुर्दा एक जनाको मृत्यु भएको छ ।, स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको जिप पाल्पाको तिनाउ गाउँपालिका दोभान नजिकै सोमबार साँझ ७ बजेतिर हेडवर्क्समा माथिबाट खसेको पहिरोले पुरिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।, घटनामा परि अन्दाजी २२ बर्षका चालक स्याङ्जा वालिङका आशिष खाँण ठकुरीको मृत्यु भएको प्रहरीले बताएको छ। अन्य दुई जना सामान्य घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।, घाइते र शबलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ। पहिरो खसेपछि केहीबेर अवरूद्ध भएको सडक पुनः सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ ।,  , बुटवल-तानसेन सडकखण्डको सिद्धबाबानजिक पहिरोले बोलेरो जिप पुर्दा एक जनाको मृत्यु, २ घाइते
सेतोपाटी संवाददाता दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि त्यहाँ अध्ययन गर्न जाने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिइएको छ।, पछिल्लो समय कोरियामा सङ्क्रमण दर उच्च देखिएपछि त्यहाँको सरकारले उक्त सुझाव दिएको हो।, दक्षिण कोरियामा आगामी सेप्टेम्बरबाट कलेजहरूमा दोस्रो सेमेस्टर सुरू हुँदैछ। सुरू हुने भए तापनि यहाँको शिक्षा मन्त्रालयले डेल्टा भेरियन्टसहित कोभिड-१९ सङ्क्रमणको दर उच्च रहेका २६ देशबाट कोरिया प्रवेश नगर्न सुझाव दिएको हो।, मन्त्रालयका अनुसार कम्तीमा पनि ७० प्रतिशत कोरियाली जनताले खोप नलगाएसम्म विदेशी विधार्थी हाललाई स्वीकार्य हुने छैन।, दक्षिण कोरियाले हालसम्म ३४.९ प्रतिशत पहिलो र १३.५ प्रतिशत दोस्रो डोजको खोप लगाएको छ। आगामी सेक्टेम्बरको अन्त्यसम्म ७० प्रतिशत खोप लगाउने लक्ष्य पूरा हुने मन्त्रालयले बताएको छ।, नेपालसहित तत्काल प्रवेशमा रोक लगाएका देशहरूमा भारत, दक्षिण अफ्रिका, मलावी, बोत्सवाना, मोजाम्बिक, इस्वातिनी, जिम्बाब्वे, बङ्गलादेश, ब्राजिल, सुरिनाम, पाराग्वे, चिली, उरुग्वे, फिलिपिन्स, इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स, उज्बेकिस्तान, भियतनाम, रुस, लेबनान, मलेसिया, हाइटी, अंगोला, कुवेत र त्रिनिदाद र टोबागो छन्।, मन्त्रालयका अनुसार पहिलो सेमेस्टरका लागि ३३ हजार ८२६ विदेशी विद्यार्थी कोरिया प्रवेश गरेका छन्। यो २०१९ को तुलनामा ८२ प्रतिशत कम हो। प्रवेश गरेकामध्ये हालसम्म २५५ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ। रासस, विद्यार्थीलाई नेपालसहित २६ देशबाट कोरिया नजान शिक्षा मन्त्रालयको सुझाव
सेतोपाटी संवाददाता सप्तरीमा सोमबार साँझ मोटरसाइकल दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।, अन्य दुई जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका-४ अमाहामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।, मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका-१७ का २८ वर्षीय रामशङ्कर यादव र सप्तरीको शम्भुनाथ नगरपालिका-५ का २९ वर्षीय बुधसागर चौधरी रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।, यादव प्रदेश नम्बर २-०१-००१ प ९५५६ नम्बरको मोटरसाइकल र चौधरी स११प ४०३८ नम्बरको मोटरसाइकलमा सवार थिए।, बसलाई ओभरटेक गर्ने क्रममा दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ।, चौधरीले चलाएको मोटरसाइकल पछाडि सवार सप्तरीको शम्भुनाथ-७ का २८ वर्षीय आनन्द चौधरी र यादवले चलाएको मोटरसाइकल पछाडि सवार सिरहाको लहान-२० की २३ वर्षीय सोनम चौधरी घाइते भएका छन्। उनीहरूको उपचार लहानमा भइरहेको छ।, मृतकको शव लहान नगरपालिकास्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।, बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा दुई मोटरसाइकल जुधे, दुई जनाको घटनास्थलमै मृत्यु
सेतोपाटी संवाददाता गण्डकी प्रदेशमा पहिलो पटक म्याग्दीमा कोभिडविरुद्ध खोपको विवरण विद्युतीय बनाउने नमूना परियोजना शुरु भएको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागको अगुवाइमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को आर्थिक तथा प्राविधिक सहयोगमा बेनी नगरपालिकामा सो परियोजना शुरु भएको हो। , परियोजनाका कारण खोप केन्द्रमा हुने भीडभाड कम भएर सङ्क्रमणको जोखिम न्यूनीकरण गर्ने तथा खोप लगाएका व्यक्तिको अभिलेखीकरणमा पनि सहज हुने बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए।, खोपलाई विद्युतीय बनाउने अभियानको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा बिभाग व्यवस्थापन महाशाखा, एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका तथ्याङ्क अधिकृत दिवाकर सापकोटाले नविनतम प्रविधिको प्रयोगले नगरवासीलाई निक्कै सहयोग पुग्ने विश्वास व्यक्त गरे। , युएनडिपीका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले कोभिडविरुद्धको खोपको अभियानलाई सार्थक र सफल बनाउन अभियान शुरु गरिएको जानकारी दिँदै सात वटै प्रदेशका एक÷एक पालिकामा यो अभियान शुरु भएको जानकारी दिए।, लुम्बिनीको बुटवल उपमहानगरपालिकामा यसअघि नै यो अभियान शुरु भइसकेको जानकारी गराउँदै उनले गण्डकी प्रदेशमा पनि यो अभियान सफल हुने विश्वास व्यक्त गरे। , कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, डब्लुएचओका डाक्टर रामु शर्मा, स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत बिजया पराजुलीलगायतले कार्यक्रमको प्रभावकारिता तथा कार्यक्रममार्फत कोभिडविरुद्धको खोप सञ्चालन गर्दा हुने सहजता तथा फाइदाका बारेमा प्रकाश पारेका थिए। ,रासस, कोभिडविरुद्ध खोपको नमूना विद्युतीय परियोजना शुरु
रासस जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ।, कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए। , प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।, बैठकमा प्याब्सन, एनप्याब्सन, व्यास नगरपालिकाका शिक्षा प्रमुख लगायतको सहभागिता थियो। सहायक प्रमुख जिल्ला अधिकारी बरालले सिसिएमसीले निर्णय नगरेसम्म विद्यालय सञ्चालन गर्न नपाइने बताए।, ‘विद्यालय सञ्चालनका लागि प्रशासनले अनुमति दिएको छैन, कोरोना जोखिम कायमै रहेको अवस्थामा विद्यालय बन्द गर्न निर्देशन दिएका छौँ’, उनले भने।, व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले विद्यालय खोल्ने अनुमति नभए पनि कतिपय विद्यालयले आफूखुशी विद्यालय सञ्चालन गरेको बताए।, ‘विद्यालय खोल्यौँ भनेर कतिपय विद्यालय सञ्चालकहरुले जानकारी गराउनुभएको छ तर हामीले खोल्ने अनुमति दिएका थिएनौँ। कोभिड जोखिम कायमै रहेकाले अहिले विद्यालय नखोल्नुस् भनेका थियौँ,’ उनले भने।, तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा कायमै छ तर विद्यालयले सबै विद्यार्थीलाई विद्यालयमै बोलाएर भौतिकरूपमा कक्षा सञ्चालन गरिरहेका थिए।, जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमण थप वृद्धि भइरहेको छ। जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका थिए।, निषेधाज्ञामा खुलेका विद्यालय बन्द
एजेन्सी जापानले सोमबार कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ हजार ३९३ पुगेको जनाएको छ। यो अघिल्ला हप्तामा सोही दिन सङ्क्रमण पुष्टि भएको सङ्ख्याको झन्डै दोब्बर हो।, ओलम्पिक आयोजना भइरहेको टोकियो र वरिपरि संक्रमण बढ्दै गइरहेका समय जापानका स्थानीय सञ्चारमाध्यमले सङ्क्रमण वृद्धिको समाचारलाई विशेष महत्व दिएर सम्प्रेषण गरेका छन्।, टोकियोमा लगातार पाँच दिनसम्म तीन हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका छन्।, सोमबार टोकियोमा दुई हजार १९५ जनामा सङ्क्रमण पुष्टि भएको थियो। राजधानी वरपरका प्रिफेक्चरहरू कनगावा, चिबा र साइतामा क्रमशः एक हजार ६८६, ७८७ र ७६२ सङ्क्रमित भेटिएका छन्। , टोकियोमा पछिल्लो समय सङ्क्रमितमध्ये अधिकांश २०–३० वर्षका मानिसहरू रहेका पनि बताइएको छ।, जापानको प्रधानमन्त्री कार्यालयका अनुसार ५० करोडभन्दा बढी अर्थात् जापानको करिब ४० प्रतिशत जनसंख्याले कोभिड–१९ खोपको कम्तीमा एक मात्रा लिएका छन्।  जुलाई १२ मा टोकियो महामारीका कारण चौथोपटक सङ्कटकालीन अवस्थामा प्रवेश गरेको थियो। , टोकियोको शहरका क्षेत्रहरूमा पैदल यात्रुहरूको चाप  अलिकति कम भए तापनि कोभिड–१९ को अत्यधिक सङ्क्रामक डेल्टा फैलिएपछि सङ्क्रमण सङ्ख्यामा व्यापक वृद्धि भएको बताइएको छद।, जापानमा २४ घण्टामा आठ हजार ३९३ जनामा कोरोना संक्रमण
सेतोपाटी संवाददाता साउनको सोमबार पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला नगरिए पनि पशुपति क्षेत्रमा गत हप्ताभन्दा पनि बढी भक्तजनको भीड लागेको छ।  निषेधाज्ञाका कारण लामो समय घरमा बसेका भक्तजन शान्तिका लागि पनि पशुपति क्षेत्रमा आएको देखिन्छ। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले मूल मन्दिरको गजुरको दर्शन गर्नु पनि पशुपतिनाथको दर्शन गरे बराबरको फल मिल्ने मान्यताले पनि भीड बढेको बताए। , नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले मन्दिर बन्द गरिएको छ। वैशाख पहिलो हप्तादेखि बन्द गरिएको मन्दिर खोल्न निश्चित नभए पनि भक्तजन पशुपति क्षेत्रमा जम्मा भएका छन्। बाहिरबाटै दर्शन गर्न भए पनि पशुपति क्षेत्र आएको दोलखाबाट आएका श्याम उप्रेतीले सुनाए।  साउनको सोमबार पशुपतिनाथ नखुले पनि बाहिरी क्षेत्रबाटै दर्शन गर्ने उद्देश्यले आएको उनले बताए।, शास्त्रीय मान्यताअनुसार मानसिक रुपमा पनि भगवान्को दर्शन गर्न सकिन्छ। यसै विश्वासका आधारमा पनि पशुपति क्षेत्रमा साउनको सोमबार भक्तजनको भीड बढ्ने गरेको छ। पशुपति क्षेत्रमा पाइला टेक्दैमा आनन्दानुभूति हुने अनुभवले आएको बताउने भक्तजनको भीड पनि पशुपति क्षेत्रमा भेटिन्छ। , पशुपति क्षेत्रमा आएका कतिपय मानिसले भने मास्क लगाएको देखिँदैन। समूह समूहमा मानिस आएका देखिन्छ। यसले गर्दा फेरि मन्दिर क्षेत्रमा जम्मा भएका मानिसकै कारण कोरोना बढ्ने जोखिम त बढ्ने होइन भन्ने त्रास फैलिएको छ। कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले मास्क नलगाएकालाई लगाउन भन्ने र भौतिक दूरी कायम गरेर व्यवस्थित गरिएको बताए।, पशुपतिनाथ मन्दिरसँगै उत्तरपूर्वी भेगको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र पेप्सीकोला टाउन प्लानिङमा रहेको नागेश्वर मन्दिर क्षेत्रमा पनि भक्तजनको भीड लागेको छ। यी मन्दिरमा पनि भक्तजनले बाहिरबाटै दर्शन गरेका छन्। यस बाहेकका शहरका भित्री भागमा रहेका मन्दिरमा भने भक्तजनले दूरी कायम गरी पूजा आराधना गरेका छन्।, मन्दिरमा विशेषगरी साउने सोमबारको व्रत बसेका महिला भक्तजनको भीड लागेको थियो। साउनको सोमबार व्रत गरेमा अटल सौभाग्य एवं पारिवारिक सुख प्राप्त हुने, मनोकामना पूर्ण हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए। ,रासस, भक्तजनद्वारा पशुपतिनाथको गजुर बाहिरैबाट दर्शन
एजेन्सी भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या स्थिर रहेको छ। पछिल्ला केही दिनदेखि निरन्तर दैनिक औसत ४० हजार जनाका दरले नयाँ सङ्क्रमितहरु थपिएको देखिएको छ।, त्यसैगरी ३६ दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन्।, कोरोना भाइरसविरुद्धको सतर्कता, खोप अभियानलगायतका कारणले अहिले दैनिक सङ्क्रमितहरुको सङ्ख्या ४० हजारको आसपासमा सीमित भएको विश्लेषण गरिएको छ। अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार १३४ जना नयाँ सङ्क्रमित भएका छन्।, सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा ४२२ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।, भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको कूल सङ्ख्या तीन करोड १६ लाख ९४ हजार ९५८ पुगेको छ।, त्यसैगरी कोरोनाका कारण कूल मृतकको सङ्ख्या चार लाख २४ हजार ७७३ पुगेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।, भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख १३ हजार ७१८ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ९४६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। एकै दिनमा नयाँ थपिएका सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने बढेको छ।, भारतमा कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड आठ लाख ५७ हजार ४६७ रहेको छ।, सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार कूल सङ्क्रमितमध्ये ९७.३५ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भइसकेका छन्।, भारतमा अहिलेसम्म ४७ करोड २२ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ भने अहिलेसम्म ४७ करोड २२ लाख २३ हजार ६३९ जनाको कोरोना परीक्षण गरिएको छ।, पछिल्लो २४ घण्टामा १७ लाख छ हजार ५९८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ। , भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या स्थिर, ४० हजार थपिए
रासस दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन्।, बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन्।, खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर सोमबार हत्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए।, छिमेकीहरुका अनुसार उनीहरुले सोमबार बिहान घरमा सँगै रक्सी खाएका थिए।, खेतमा काम छ भनेर गएपछि बाटोमा आपसी विवादका कारण श्रीमतीको हत्या गरेको छिमेकीहरूले बताएका छन्।, घटनाको विस्तृत अनुसन्धान गरिने जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले दुवै शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताए।, श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
रासस मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का सात घर बगाएको छ।, यसअघि नै बाढीले कटान गरेका घरहरू सोमबार राति बगाएको हो।, मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए।, शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ।, हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।, बाढीले चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, मेलम्ची–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँच पोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा पारेको छ।, गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार पनि अहिले जोखिममा रहेको छ।, मेलम्चीको बाढीले गए राति ७ घर बगायो
एजेन्सी सुडानका अधिकारीहरूले कास्साला प्रान्तको एक नदीमा दर्जनौं शव बग्दै गरेको भेटिएको बताएका छन्।, ती शवहरू छिमेकी इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्र टिगरेबाट आएको उनीहरूको दाबी छ।, अहिलेसम्म झन्डै ५० वटा शव फेला परेका छन्। नदीको वहाव तीव्र भएकाले धेरै शव बगरे गएको उनीहरूको भनाइ छ।, समाचार संस्था एसोसियट प्रेससँग कुरा गर्दै अधिकारीहरूले केही शवमा गोली लागेको र केहीको हात बाँधिएको अवस्थामा फेला परेको बताएका छन्। शव भेटिएका मानिसहरूको मृत्यु के कारण भएको भन्ने पत्ता लगाउन फरेन्सिक जाँच गर्नुपर्ने उनीहरूको भनाइ छ।, सुडानको सीमामा काम गर्ने दुई जना इथियोपियाका स्वास्थ्यकर्मीले पनि शव फेला परेको पुष्टि गरेका छन्।  सुडानमा सेटित र इथियोपियामा टेकेजे भनिने नदीमा शव भेटिएका हुन्।, यो नदी नौ महिनादेखि लडाइँ भइरहेको टिगरे क्षेत्र भएर बग्छ।  टिगरेमा आदिवासी टिगरेयनहरूले इथियोपियाका सैनिकले बर्बरता मच्चाएको बताएका थिए।, टिगरेमा भएको भीडन्तमा हजारौं मानिसको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्। केही समयअघि इथियोपियाको सैनिक टिगरेबाट फिर्ता भएको छ।, गत नोभेम्बरमा इथियोपियाका संघीय सुरक्षाकर्मी र टिगरे क्षेत्रमा शासन गरिरहेको टिगरे पिपुल्स लिबरेसन फ्रन्टबीच लडाइँ सुरू भएको थियो।, सुडानको नदीमा भेटिए बगिरहेका दर्जनौं शव
रासस पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर जिपका सहचालकको मृत्यु भएको छ।, पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ७३८७ नंको पिकअप जिपमा सोमबार बेलुकी ८ बजे माथिबाट एक्कासि खसेको ढुङ्गा लागेर सहचालक स्याङ्जा वालिङ नगरपालिका–११ बस्ने २३ वर्षीय आशिष खाँणको मृत्यु भएको हो।, घाइते सहचालक खाँणलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकामा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।, जिप चालक चापाकोट नगरपालिका–५ बस्ने डिलु थापा घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको बुझिएको छ।, सिद्धबाबामा ढुङ्गा लागेर सहचालकको मृत्यु
सेतोपाटी संवाददाता प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ कार्यदलको बैठक बसेको छ।, गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम निर्माण गरी जारी गर्नेबारे तयारी गर्न मंगलबार बिहान बैठक बसेको छ। कार्यदलले न्युनतम साझा कार्यक्रमबारे मस्यौदा बनाइरहेको छ।, उक्त कार्यक्रममा के-के विषय राख्ने भन्नेबारे सोमबार गठबन्धनका शीर्ष नेताबीच पनि कुराकानी भएको थियो।, न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरिएको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा सात सदस्यीय कार्यदल छ, जसमा कांग्रेसबाट २, माओवादी केन्द्रबाट २ र जसपाबाट २ सदस्य छन्।, संयोजक खड्काले बैठक जारी रहेको बताए। गठबन्धनलाई दीगो बनाउने, पूरा कार्यकाल संसद चलाउने वातावरण तयार गर्ने, मन्त्री छान्न मापदण्ड बनाउनेलगायत विषयमा पनि कार्यदलमा छलफल भएका छन्।, बालुवाटारमा सत्तारूढ कार्यदलको बैठक
सेतोपाटी संवाददाता लामो समयदेखि सडक सञ्जालबाट विच्छेद बनेको मनाङलाई जोड्न सडक डिभिजन कार्यालय लमजुङले काम थालेको छ। गत असार १ गते आएको बाढीपहिराले डुम्रे–बेँसीशहर–खाङ्सार सडकको करिब ८० प्रतिशत खण्डमा क्षति पुगेको छ। , क्षति पुगेको सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउनका लागि स्थानीय तह, प्रदेश र सङ्घ सरकारसँग पहल गर्दै मनाङका जनप्रतिनिधिले मर्मतको काम गरिरहेका छन्। सम्बन्धित निकायबीच समन्वय गरी मनाङलाई सडक सञ्जालसँग जोड्न लागिपरेको प्रतिनिधिसभा सदस्य पाल्देन छोपाङ गुरुङले बताए।, उनका अनुसार जनप्रतिनिधि विपद्मा परेका स्थानीयवासीको उद्धारसँगै सडक सञ्जालसँग जोड्न लागिपरिरहेका छन्। ‘मैले सडक नै प्रमुख आवश्यकता मानेको छु, स्थानीय तहदेखि केन्द्रसम्म गरेको प्रयासले सार्थकता पाउँदै आएको छ, केही ठाउँमा सडक पुनः सञ्चालन गर्न सकिएको छ, अब एकदम अप्ठ्यारो ठाउँमा कसरी बाटो खुलाउने र बाटोलाई कसरी दिगो बनाउने भनेर सडक विभागलगायतका सम्बन्धित निकायहरुसँग समन्वय गरिरहेको छु’, सांसद गुरूङले भने। , जिल्लाकै ‘लाइफलाइन’का रूपमा रहेको सडकखण्ड अवरुद्ध हुँदा मनाङवासीलाई दैनिकी चलाउन धौ–धौ भएको छ। बाढीपहिराका कारण घरवारविहीन बनेका यहाँका बासिन्दालाई एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न समेत कठिनाइ छ। साथै जिल्लामा आवतजावत गर्न सहज वातावरण तयार गर्नुपर्ने अवस्था छ । यसका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरकारको सहकार्यमा काठे पुल, फड्के र गोरेटो बाटो निर्माण गरी मानिसको आवागमन केही हदसम्म सहज बनाइएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए।, उनका अनुसार सदरमुकाम चामेको पक्की पुल थुनिँदा बाढीको कटानले सामुदायिक तथा व्यक्तिगत संरचनामा क्षति पुगेको थियो । हाल नदीको धार पहिलाकै अवस्थामा फर्काइएपछि दुई गाउँपालिकाबीच आवतजावत भएको छ। ‘बाढीपहिराका कारण जनतासँगै म पनि त्रिपालमुनि बसेर सहयोग गरिरहेको छु, दुःखसुखमा स्थानीय सरकार अभिभावकका रूपमा रहेको आभास गराउने प्रयासमा लागिपरेको छु’, अध्यक्ष घलेले भने।, यस्तै मनाङका अधिकांश जनप्रतिनिधिले नै डेढ महिनादेखि त्रिपालमुनि बसेर सहयोग र साथ दिँदै आएका छन्। बाढीपहिराले चारवटै गाउँपालिका जोड्ने सडकमा क्षति पुगेपछि जनजीवन प्रभावित हुनाका साथै कठिनाइ भइरहेको छ। बाढीले माथिल्लो मनाङको वडा नं १ पिसाङदेखि चामे गाउँपालिकाको पाँचवटै वडा र नासों गाउँपालिकाका सबै वडा पूर्णरूपमा प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।, उनका अनुसार मनसुनको प्रभाव निरन्तर परिरहेकाले समयमा काम गर्न कठिनाइ भएको छ। हाल मौसम अनुकूल भएसँगै सडक प्राथमिकतामा राखेर काम अगाडि बढाइएको उनले बताए। कम क्षति पुगेको ठाउँका सडक स्थानीय तहको सहकार्यमा प्राविधिक टोलीले मर्मतको काम गरिरहेको सडक डिभिजन लमजुङका इन्जिनीयर सुमन अधिकारीले जानकारी दिए। ‘सडक स्तरोन्नतिको काम गरिरहेको अवस्थामा बाढीपहिराले क्षति पुर्‍याएको थियो, बाढीपहिराको जोखिम कम हुने बित्तिकै कामलाई निरन्तरता दिएका छौं’, अधिकारीले भने। , सडक सञ्जाललाई पूर्णरूपमा सञ्चालनका लागि नेपाली सेनाका इन्जिनीयर ईन्दिवर गुरूङको प्राविधिक टोली र सडक डिभिजन कार्यालयका प्राविधिकले अनुगमन तथा निरीक्षणपश्चात् प्रतिवेदन सम्बन्धित निकायलाई बुझाइसकेका छन्। जिल्लाभित्रका केही ठाउँमा सवारी आवगमन पुनः सञ्चालन भएका छन्। मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङदेखि खाङ्सारसम्म, चामे गाउँपालिकाको तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिकाको सिमानासम्म र लमजुङको सदरमुकाम बेँसीशहरदेखि मनाङ जिल्लाको सिमानासम्म हाल यातायात सञ्चालन भएको सडक डिभिजन कार्यालय लमजुङले जनाएको छ । , यस सडकखण्डको १०७ किलोमिटरमध्ये लमजुङतर्फको ३५ किलोमिटर अस्थायीरूपमा सञ्चालन भएको छ भने मनाङतर्फको करिब १२ किलोमिटर सञ्चालनमा आए पनि अझै ६० किलोमिटर सडक मर्मत गर्न बाँकी रहेको छ। ,रासस, , मनाङलाई स्थलमार्गसँग जोड्न सडक डिभिजनले थाल्यो काम
सेतोपाटी संवाददाता कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो। अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ।, पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना कहरले बढी प्रभावित भएको छ। विसं २०७७ कात्तिक १५ देखि सञ्चालनमा आएको बन्जी केही समयमै कोरोनाका कारण बन्द भएको थियो। कोरोनाको दोस्रो लहरअघि पर्यटकले भरिभराउ भइरहेको समयमा पुनः बन्द हुन पुगेको बन्जी र स्विङ पुल अहिले फेरि साहसिक पर्यटकको पखाइमा छ। , झण्डै रु २० करोडको लगानीमा सञ्चालनमा आएको बन्जी निषेधाज्ञा खुकुलो भएसँगै पुनः सञ्चालनमा आएको बन्जी र स्विङ सञ्चालन गर्ने द क्लिफ प्रालिले जनाएको छ। दोस्रो लहरपछि बन्द भएको उक्त साहसिक परियोजना निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य मापदण्ड अपनाएर एक हप्तादेखि सञ्चालनमा आएको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए। , द क्लिफ प्रालिअन्तर्गत बन्जी, स्विङ, स्काई साइक्लिङ र बागलुङ नगरपलिका–१४ नारायणस्थानमा द क्लिफ रिसोर्टसमेत सञ्चालनमा छ। निषेधाज्ञामा स्काई चियर, प्रार्थना हात लगायतमा अन्य संरचना थपिएका छन्। उक्त संरचना बागलुङको बलेवामा छन्। ‘अहिले २०/२५ जना पुल र रिसोर्ट अवलोकन गर्ने र आठ/दस जनाले बन्जी र स्विङ गर्न थालेका छन्, स्वास्थ्य मापदण्ड अपनाएर एक हप्तादेखि शुरु गरेका छौँ’, अध्यक्ष कार्कीले भने, ‘दुई महिना ठप्प भयो, अहिले त कर्मचारीलाई तलब खुवाउन पुग्ला, पूर्णरूपमा कोरोना साम्य नभएसम्म लक्ष्यअनुरूपको साहसिक पर्यटक आउन समस्या छ, म्याग्दी, मुस्ताङलगायतका पदमार्ग खुल्ला भएमा बल्ल साहसिक पर्यटक आउनेछन्, अहिले साहसिक पर्यटकको पखाइमा छौँ भन्दा हुन्छ।’ उक्त प्रालिअन्तर्गतका साहसिक खेल र रिसोर्टमा ७० जना कर्मचारीले रोजगारी पाएका छन्। पचास प्रतिशत बाह्य पर्यटकको अपेक्षा गरेको बन्जी र स्विङमा अहिले आन्तरिक पर्यटक मात्र छिटफुट आउन थालेको जनाइएको छ। ,  , कालीगण्डकीको खोँचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्विङ र स्काई साइक्लिङलगायत सहासिक खेल पर्यटकको प्रमुख आकर्षण बन्दै गए पनि कोरोनाका कारण पहिलो गाँसमै ढुङ्गा जस्तो भएको छ। विसं २०७३ देखि पुलको निर्माण शुरु गरिएको थियो भने पुलसँगै रिसोर्टको निर्माण २०७६ मा सकिएको थियो। पाँच सय २५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि बन्जी र स्विङका लागि जम्प गर्ने प्लाटफर्म छ।  खोलादेखि पुलको उचाइ २२८ मिटर छ। कम्पनीले विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ। नेपालका अन्य स्थानभन्दा अग्लो र फरक भौगोलिक वातावरणका कारण यहाँको बन्जी र स्विङप्रति धेरैको आकर्षण छ। , बन्जी र स्विङ दुवैको मूल्य रु सात हजार तोकिएको छ भने जोडी स्विङको रु १२ हजार शुल्क तोकिएको छ। प्रालिको अर्को आकर्षण गुलेली पिङसमेत छ। कालीगण्डकी खोँचको स्काई साइक्लिङ २२८ मिटर अग्लो रहेको प्रालिको भनाइ छ। प्रालिमा कार्कीसहित अन्य पाँच जनाको लगानी छ।  ,रासस, साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल
सेतोपाटी संवाददाता कोभिड–१९ का शङ्कास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ। सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक्तपुर अस्पताललाई पठाएको भन्दै अस्पतालले कार्यालयलाई किट फिर्ता पठाएको छ। , कोरोना बिरामीको उपचार गर्दै आएको यहाँको सरकारी ‘भक्तपुर अस्पताल’ लाई सरकारले उपलब्ध गराउनुपर्ने किटलगायत विभिन्न स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयले नदिएपछि अस्पतालले वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग ल्याएर थेग्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताइन्।, जनस्वास्थ्यले अस्पताललाई एन्टिजेन परीक्षणका लागि आवश्यक किट नदिँदा कतिपय अवस्थामा बाध्य भएर अस्पतालले किट खरिद गरेर ल्याउनुपरेको उनको भनाइ छ। उनले दुई हजार पर्ने किट अस्पतालले लक्षण नभएका र निजी प्रयोजनका लागि आउनेसँग एक हजार शुल्कमा एन्टिजेन परीक्षण गर्दै आएको बताइन्। अस्पतालले अहिलेसम्म पीसीआर किट वाग्मती प्रदेश सरकारको सहयोगमा र आकस्मिक अवस्थाको प्रयोजनका लागि एन्टिजेन परीक्षणका लागि किट खरिद गरेर ल्याउने गरेको छ। , अस्पताललाई स्वास्थ्य कार्यालयले किट नै नदिने गरेको अस्पतालको गुनासो छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालका अनुसार अस्पतालाई स्वास्थ्य कार्यालयले निःशुल्क किट उपलब्ध गराउनुपर्ने भए पनि विगतमा पटकपटक माग गर्दा नदिएपछि बाध्य भएर अस्पतालले किन्नु परेको हो। , स्वास्थ्य कार्यालयले अस्पताललाई केही दिनअघि म्याद सकिन लागेको एन्टिजेन किट पठाएपछि अस्पतालले त्यस्ता किट फिर्ता गरिदिएको उनले बताए। अस्पतालका मेसु डा गौतमले कार्यालयले अत्यावश्यक यस्ता किट म्याद नै सकिने गरी डम्पिङ गरेर राख्न नहुने भन्दै स्वास्थ्य कार्यालयले अस्पतालसँग सरोकार नै नराख्ने गरेको गुनासो गरे।, कार्यालयले अस्पतालमा सञ्चालनमा रहेको खोप केन्द्रका लागि पठाउनुपर्ने स्वास्थ्यकर्मीसमेत नपठाउँदा खोप केन्द्र नै प्रभावित भएको अस्पतालको गुनासो छ। आएका स्वास्थ्यकर्मी पनि १० देखि १२ बजेसम्म मात्रै खोप केन्द्रमा बसेर जाने गर्दा केन्द्रका लागि अस्पतालले अन्य सेवामा कार्यरतलाई खटाउनुपर्ने बाध्यता आएको अस्पतालको भनाइ छ।, स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले कोरोनाको शङ्का लागेको व्यक्तिको वडा तहका हेल्थ पोस्टसम्ममा एन्टिजेन परीक्षण निःशुल्क गरिने बताउँदै निजी तथा सरकारी अस्पतालले पनि एन्टिजेन परीक्षण निःशुल्क गर्नुपर्ने बताए। मिजारले भने, ‘भक्तपुर अस्पताललाई किट पठाएका हौँ, मिति सकिन लागेको भनेर फिर्ता पठायो, त्यो मिति रहेसम्म कार्यालयले पठाएको किटको प्रयोग गरेको भए हुन्थ्यो,’ अस्पतालले माग गरेर पठाए आवश्यक सामग्री पठाउने उनको भनाइ थियो। , अस्पतालले कोरोना भाइरसका लक्षण देखिएका बिरामीको निःशुल्क र लक्षण नदेखिएका तथा विदेश जाने वा अन्य निजी प्रयोजनका लागि पीसीआर तथा एन्टिजेन परीक्षणमा आउने व्यक्तिहरुसँग भने सरकारले नै निर्धारण गरेको शुल्क लिने गरेको मेसु गौतमले बताइन्। अस्पतालले यहाँ आएका १४ हजार ८७६ को पीसीआर परीक्षण गरिसकेको छ। ,रासस,    , म्याद नाघेको किट अस्पतालद्वारा फिर्ता, अस्पताल भन्छ : स्वास्थ्य कार्यालयले सामान नै दिँदैन
रासस मजदुरहरुको ज्यालाको रकम लुटेर फरार रहेका एक व्यक्ति नौ वर्षपछि पक्राउ परेका छन्।, विसं २०६९ मा सडक कामदारको रु आठ लाख ५१ हजार ५०० ज्यालाको रकम लुटेर भागेका ३१ वर्षीय सुुवास विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो।, कामदारलाई वितरणका लागि निर्माण समितिका अध्यक्ष धनबहादुर राईले लगेको रकम भोजपुर नगरपालिका–२ हेलौँछाको जङ्गलबाट लुटेर विश्वकर्मा फरार भएको प्रहरीले जनाएको छ।, विसं २०७३ मा जिल्ला अदालत भोजपुरले विश्वकर्मालाई छ वर्ष कैद र रु १२ लाख ७७ हजार २५० जरिवानाको फैसला गरेको थियो।, फैसला तोकिएका विश्वकर्मालाई झापाको बेलडाँगीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए।, विश्वकर्मालाई कैद भुक्तानका लागि आइतबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ।, मजदुरको ज्याला लुटेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ
सेतोपाटी संवाददाता धनुषामा गएराति लुटपाट भएको छ। धनुषाधाम नगरपालिका– ८ स्थित कुम्हारास्थित विजय यादवको घरमा राति पौने दुई बजे ५/६ जनाको समूहमा आएका लुटेरा समूहले लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ। , विजयका १६ वर्षीय कान्छो छोरा अनिल यादव,  ३० वर्षीय ज्वाइँ मञ्जय यादव र उनकी २५ वर्षीया श्रीमती कामनी यादवलाई रडले कुटपिट गर्दै उनीहरूले गरगहना र मोबाइल लुटेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए। , उनका अनुसार मञ्जयले लगाएको ८ तोलाको सुनको औंठी, कामनीको ८ तोलाको मंगलसुत्र र घरधनी विजय यादवकी श्रीमतीले लगाएको ४० तोला चाँदीको कारा र तीन वटा मोबाइल लुटपाट भएको हो। झण्डे १ लाख ८ हजार रूपैयाँ बराबरको सामान लुटपाट भएको प्रहरी निरीक्षक सुवेदीले बताए। , ‘चक्कु र रड लिएर उनीहरू आएका थिए। नजिकैका बदमास केटाहरूले लुटपाट गरेको हाम्रो आशंका छ,’ उनले भने। , लुटेरा समूहको खोजी गर्दै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, धनुषामा रडले कुटपिट गरी लुटपाट
सेतोपाटी संवाददाता कर्णाली नदीमा डुंगा पल्टिँदा घाइते भएकी एक जनाको मृत्यु भएको छ।, सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा डुंगा पल्टिँदा घाइते भएकी महिलाको मृत्यु भएको हो।, कैलाली मोहन्याल गाउँपालिका वडा ३ की १९ वर्षीय धनसरा सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।, घाइते भएका डेढ वर्षीय बालकको कैलालीको सोल्टामा स्वास्थ्य चौकीमा र चार महिने शिशुको बिजौरा स्वास्थ्य चौकी सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ। डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका थिए। , बेपत्ता भएकाहरूमा कैलाली मोहन्याल गाउँपालिका-३ बस्ने २० वर्षीया उर्मिला सलामी मगर, उनकी १० दिनकी छोरी प्राप्ती सलामी मगर र सोही ठाउँकी २० वर्षीया गर्भवती पार्वती थापा मगर छन्। , आइतबार मध्यान्ह १२ बजे मोहन्याल गाउँपालिका वडा नम्बर ३ राँगा मलेखाबाट सुर्खेत जान कर्णाली नदी तर्ने बेला १० जना चढेको डुंगा पल्टिएको थियो।, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले डुंगामा सवार ४ जना सकुशल रहेका बताए। डुंगामा सवार दिपेन्द्र आलेमगर, उनकी श्रीमती हर्सना आलेमगर, २६ वर्षीय दिनेश सिजाली मगर र २६ वर्षीया पम्फा आले मगर सकुशल छन्।, राँगा मलेखा मोहन्याल गाउँपालिकाको विकट क्षेत्र हो। त्यहाँ एउटा खोप  केन्द्र नहुँदा स्थानीयहरू सुर्खेतको बिजौरामा रहेको स्वास्थ्य चौकीमा खोप लगाउन पुग्छन्। यहाँ पुल नहुँदा स्थानीयले समस्या भोग्दै आएका छन्।, कर्णालीमा डुंगा पल्टिँदा घाइते भएकी महिलाको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप आठ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीका अनुसार उपत्यकामा आठ सय ५१ जना संक्रमित थपिएका हुन्।, काठमाडौंमा मात्रै पाँच सय ९४ जना नयाँ संक्रमित थपिएका हुन्। ललितपुरमा एक सय ६६ र भक्तपुरमा ९१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।, त्यस्तै उपत्यकामा आठ हजार सात सय ८७ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा छ हजार ९८, ललितपुरमा एक हजार पाँच सय ६४ र भक्तपुरमा एक हजार एक सय २५ जना सक्रिय संक्रमित छन्।    , पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार पाँच सय ६८ जनामा कोरोना पुष्टि भएको हो। १२ हजार छ सय ३६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको हो।, यसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट नौ हजार आठ सय ७५ पुगेको छ। त्यस्तै  दुई हजार २० जना निको भएका छन्।,  , काठमाडौं उपत्यकामा थप आठ सय ५१ जनामा कोरोना संक्रमण
विवेक राई नेपालले अहिलेसम्म कोरोनाविरूद्धको झन्डै एक करोड डोज खोप प्राप्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भएको छ। , प्राप्त भएको जम्मा खोपमध्ये सरकारले खरिद गरेको खोप ५० लाख डोज हो भने बाँकी विभिन्न देशले अनुदानमा दिएको हो। झन्डै एक करोड डोज खोप प्राप्त भएपनि आज (आइतबार) सम्म जम्मा ५८ लाख ७७ हजार ७५९ डोज खोप लगाइएको छ। अझै ३८ लाख डोज खोप लगाउन बाँकी छ। , यस्तै पहिलो डोज लगाउने ४० लाख ६४ हजार २८८ जना छन् भने १८ लाख १३ हजार ४७१ जनाले दोस्रो डोज लगाएका छन्। अमेरिकी सरकारले अनुदानमा दिएको जोनसन एन्ड जोनसनको खोप एक डोज मात्र लगाउनुपर्ने भएकोलाई उक्त खोप लगाउनेलाई पनि दोस्रो डोज लगाइएको संख्यामा समावेश गरिएको छ। , स्वास्थ्य सेवा विभाग अन्तर्गको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत डा. बडेबाबु थापाले प्राप्त भएको सबै खोपहरू सम्बन्धित प्रदेशहरूमा पठाइसकिएको जानकारी दिए। अहिले केन्द्रको ‘कोल्ड चेन’मा भेरोसेल खोप मात्र झन्डै ५ लाख डोज रहेको र बाँकी खोपहरू भने सबै पठाइसकिएको उनले जानकारी दिए। , ‘हामीले सबै खोप प्रदेशहरूमा वितरण गरिसकेका छौं। केही जिल्लाहरूमा खोप लगाउन सुरु भइसक्यो होला र केहीमा अझै बाँकी होला। प्रदेशहरूले कसरी खोप वितरण गर्छन् भन्ने सबै विवरण केन्द्रलाई थाहा हुँदैन,’ उनले भने। , डा. थापाले सात वटा प्रदेश रहेपनि खोप वितरण गर्दा ८ वटा प्रदेशको हिसाब गरिने बताए। उनले बागमतीको हकमा काठमाडौंको १० वटा स्थानीय तहका लागि भनेर छुट्टै खोप वितरण गरिने जनाए। तर मन्त्रालयले काठमाडौंको खोप विवरणलाई बागमतीकै सूचीमा समावेश गरेको छ। , उनले केन्द्रमा खोप ‘स्टक’ नभएपनि प्रदेशहरूमा भने खोप ‘स्टक’ रहेको हुनसक्ने बताए। उनले प्रदेशहरूले आफ्नो अनुकूलता हेरेर जिल्लाहरूमा खोप पठाउने हुँदा सबै जिल्लाहरूले एकसाथ खोप लगाउन सुरु गर्न नसकेको जनाए। अहिले पनि देशभर खोप अभियान चलिरहेको भएपनि सबै जिल्लाहरूमा भने सुरु नभएको थापा बताउँछन्। , थप कति खोप आउँदैछ? , झन्डै एक करोड डोज खोप प्राप्त भइसकेको अवस्थामा यसै साता थप ३२ लाख डोज खोप आउने भएको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार गृह मन्त्रालयमा भएको छलफलमा यहीँ साताभित्र चीन र जापानबाट थप ३२ लाख डोज खोप आउने जानकारी गराएका छन्। , चीन र जापानले नेपाललाई १६–१६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो। चीनले भने यसअघि पनि नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ। राज्यमन्त्री श्रेष्ठले फाइजरको ४० लाख डोज खोप खरिद गर्नका लागि आवश्यक प्रवन्धको तयारी पनि भइरहेको जनाए। , यसबाहेक स्वास्थ्य मन्त्रालयले चीनको सिनोफार्म कम्पनीसँग थप ६० लाख खोप खरिद गर्ने सम्झौता अगाडि बढिसकेको जनाएको छ। योसँगै भारतबाट खरिद गरिएकोमध्ये आउन बाँकी १० लाख डोजसहित गरेर आगामी असोज मसान्तभित्र कुल १ करोड ८३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त हुने मन्त्रालयको अनुमान छ। , अनुदानमा कुन देशले कति दिए खोप ? , नेपालले झन्डै एक करोड डोज खोप प्राप्त गरेपनि ५० लाख डोजबाहेक बाँकी खोप भने विभिन्न देशले अनुदानमा दिएको हो। अर्थात प्राप्त खोपमध्ये झन्डै आधा खोप नेपालले अनुदानमा पाएको हो।, नेपाललाई सुरुमा भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो। पछि नेपाली सेनालाई थप एक लाख डोजसहित गरेर भारतले जम्मा ११ लाख डोज खोप अनुदानमा दिएको छ। , सबैभन्दा धेरै खोप अनुदानमा दिनेमा भने चीन छ। चीनले अहिलेसम्म १८ लाख डोज खोप दिइसकेको छ। त्यसबाहेक अनुदानकै थप १६ लाख डोज खोप यसै साता चीनबाट आउने भनिएको छ। , यस्तै अमेरिकाले पनि १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई दिएको छ। जोनसन एन्ड जोनसनको उक्त खोप अहिले विभिन्न ठाउँमा लगाइराखिएको छ। त्यस्तै जापानले पनि नेपाललाई १६ लाख डोज खोप दिने घोषणा गरिसकेको छ। ‘एन्ट्रेजेनेका’ को उक्त खोप यसै साता नेपाल आउने भनिएको छ।, नेपालमा अहिलेसम्म प्राप्त खोप झन्डै १ करोड डोज, लगाइयो ५९ लाख
सेतोपाटी संवाददाता नेपालमा थप दुई हजार पाँच सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप उक्त संख्यामा कोरोना पुष्टि भएको हो। १२ हजार छ सय ३६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको हो।, आठ हजार चार सय २ जनाको पिसिआर परीक्षण गर्दा एक हजार नौ सय ८१ जना र चार हजार दुई सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ८७ जनामा संक्रमण देखिएको हो। , पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट नौ हजार आठ सय ७५ जनाको मृत्यु भएको छ।, त्यस्तै यस अवधिमा दुई हजार २० जना निको भएका छन्।, नेपालमा थप दुई हजार पाँच सय ६८ जनामा कोरोना संक्रमण
सेतोपाटी संवाददाता बिरामीको मृत्यु भएपछि आफन्तहरूले वीरगन्जको भवानी अस्पतालमा तोडफोड गरेका छन्।, आइतबार अस्पतालमा तोडफोड गरेको र चिकित्सकहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।, वीरगन्ज महानगरपालिका वडा नम्बर २० मनियारी बस्ने ३८ वर्षीया रमिता देवीको मुटुको समस्या भएपछि उपचारको लागि वडा १५ मा रहेको भवानी अस्पतालमा ल्याइएको थियो।, त्यहाँ ल्याएपछि आइतबार बिहान साढे ११ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।, 'चिकित्सकले मृत घोषणा गरेपछि आफन्तहरूले लिएर गएका थिए। तर घाटमा लगेपछि मुख खोल्यो भनेर आफन्तहरूले फेरि अस्पताल ल्याएका थिए,' पाण्डेले भने।, त्यसपछि आफन्तले मानिस ज्युँदै रहेको भन्दै साढे १ बजे पुन: अस्पताल लगेका थिए।, 'फेरि चेक गरेर पनि चिकित्सकले मृत्यु भइसकेको भनेपछि आफन्तहरूले आक्रोशमा आएर तोडफोड गरेका थिए,' उनले भने।, त्यहाँ करिब १५-२० जनाको टोलीले तोडफोड गरेको प्रहरीले जनाएको छ। उनीहरूले अस्पतालमा विवाद गरी कार्यरत डाक्टर र नर्ससँग हातपात गरेका थिए। अस्पतालको ग्यालरीको एउटा शिशा र टेलिफोन सेट क्षति भएको प्रहरीले जनाएको छ।, त्यसपछि प्रहरीको टोली खटिएर चार जनालाई नियन्त्रणमा लिएको छ। विरगञ्ज महानगर-१६ बस्ने ३२ वर्षीय राकेश राम, ५४ वर्षीय सुरेश राम, २२ वर्षीय अच्छेकुमार राम र  बारा परवानीपुर गाउँपालिका वडा ४ बस्ने २८ वर्षीय भिम राम पक्राउ परेका छन्।, घाटबाट शव ल्याएर आफन्तले गरे वीरगञ्जको भवानी अस्पतालमा तोडफोड
सेतोपाटी संवाददाता इजाजतविनै बिरामीको उपचार गरेको आरोपमा एक विदेशी नागरिकसहित तीन जना पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोले भारतको विहार घर भइ काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिल बस्ने ३१ वर्षीय सौरभ कुमार, महोत्तरीका ४० वर्षीय डा. रावेत रञ्जनकुमार ठाकुर र दोलखाका ४६ वर्षीय राधाकृष्ण तामाङलाई पक्राउ गरेको हो।, उनीहरूलाई प्रहरीले शनिबार चाबहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल होमबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, हेल्दी स्माइल ओमकार डेण्टलमा चिकित्सा सम्बन्धी पेशा गर्न इजाजत प्राप्त नगरेका भारतीय नागरिकले चिकित्सकको रूपमा काम गर्ने गरेको भन्ने सूचना ब्युरोले पाएको थियो।, बिरामीहरूको जाँच गर्ने, अपरेशन तथा सर्जरी समेत गर्ने गरेको भन्ने सूचना आएको थियो। सो सूचनापछि ब्युरो र नेपाल मेडिकल काउन्सिल समेतको टोली शनिबार खटिएको थियो।, टोलीले अनुसन्धान गर्दै जाँदा सौरभले इजाजत पत्र बिनै दाँतका बिरामीको जाँच गर्ने गरेको खुलेको प्रहरी उपरीक्षक महतोले बताए।, साथै उक्त डेन्टल  कम्पनीका सञ्चालक राधाकृष्ण तामाङ र डा. रावेतरञ्जन कुमार ठाकुरले सहजीकरण गरेको आरोपमा  प्रहरीले पक्राउ गरेको हो।, उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ अन्तर्गतको ईलाज सम्बन्धी कसूर तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गर्न प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। , इजाजतविनै उपचार गरेको आरोमा भारतीय नागरिकसहित तीन पक्राउ
सेतोपाटी संवाददाता अबदेखि कन्सुलर सेवा विभागमा खोप लगाएको भनेर प्रमाणिकरण गर्नु नपर्ने भएको छ।, आइतबार विभागले प्रेस विज्ञप्ति जारी गरी विदेशस्थित सम्पूर्ण नेपाली नियोगहरूलाई समेत सोबारे जानकारी गराइएको भन्दै अब कन्सुलरमा गएर थप प्रमाणिकरण गर्नु नपर्ने जनाएको छ।, आइतबार सिसिएमसीले पत्रमार्फत स्वास्थ्य मन्त्रालयले तोकेका ४ अस्पतालहरूबाट जारी भएका खोप प्रमाणपत्रहरू कन्सुलर विभागमा थप प्रमाणीकरण गर्नु नपर्ने बनाइदिन भनेको हो।, यसअघि विदेश जाने कामदार र विद्यार्थीहरूले खोप लगाएको प्रमाणपत्र अस्पतालबाट लिएपनि त्यसलाई पुनः कन्सुलर विभागबाट पनि प्रमाणीकरण गर्दै आएका थिए।, पछिल्लो समय विभिन्न देशहरूले बाहिरबाट आउने कामदार र नागरिकलाई खोप अनिवार्य गरेपछि अहिले खोप लगाएको प्रमाण पत्र लिनेको संख्या बढेको छ।, खोप लगाएपछि विदेशमा जाँदा क्वारेन्टिन बस्नुनपर्ने भएपछि अहिले सबै कामदारहरूले खोप लगाएको प्रमाण पत्र लिने गरेका हुन्।, अब कन्सुलर विभागमा खोप प्रमाणिकरण गर्नु नपर्ने
सविता बुढा दार्चुलामा तुइनबाट तर्ने क्रममा महाकालीमा खसेर शुक्रबार एक पुरुष बेपत्ता भएपछि भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नताबारे छानबिन भइरहेको छ।, व्याँस गाउँपालिका-२ मालका ३३ वर्षीय जयसिंह धामी एसएसबीले तुइन काटेपछि महाकालीमा खसेको स्थानीय र प्रत्यक्षदर्शीले बताएका छन्।, उनको खोजी कार्य भइरहेको छ। तीन दिनसम्म पनि उनी फेला नपरेको प्रहरीको भनाइ छ।, जिल्ला प्रशासन कार्यालय दार्चुला र गृह मन्त्रालयले भने भारतीय सुरक्षाकर्मीको यस घटनामा संलग्नता रहेकोबारे पुष्टि नभएको बताइरहेका छन्। , शनिबार भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई दिएको जवाफमा यस घटनामा एसएसबीको संलग्नता नरहेको बताएका छन्।, स्थानीय बहादुरसिंह धामीले घटना एसएसबीले तुइन काटेपछि भएको भन्दै छानबिन गर्न माग गरेर भारतीय प्रहरी चौकी पाङलामा निवेदन समेत दिएका थिए।, घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक वीरसिंह धामीको नेतृत्वको टोली खटिएको छ। टोलीमा नेपाल प्रहरी र अनुसन्धान समूह पनि सहभागी छन्।, शनिबार बेलुका सात बजेतिर टोली सदरमुकाम खलंगाबाट माल पुगेको थियो।, आइतबार घटनास्थल हेरिएको र स्थानीयसंग सोधपुछको काम गरिएको टोलीमा खटिएका एक प्रहरी अधिकृतले बताए।, ‘मान्छे बेपत्ता भएको तीन दिन भइसेकेकोले पीडितलाई धेरै सोधपुछ गर्न सकिएन, प्रत्यक्षदर्शीलाई सदरमुकाम आउन भनिएको छ। भोलि उनीहरू आउनेछन्,’ उनले भने।, शुक्रबार बिहान सवा ८ बजेतिर तुइन तर्ने क्रममा घटना हुदा जयसिंहपछि पालो कुरेर बसेका दुई जना र तुइन सञ्चालक कल्याणसिंह धामीलाई सोमबार जिल्ला प्रहरी कार्यालय बोलाइएको छ।, ‘प्रत्यक्षदर्शीले जे बयान दिन्छन् त्यसैलाई आधार मानेर अनुसन्धान अघि बढ्छ, उनीहरूले भनेपछि कुरा छर्लंगै होला,’ ती प्रहरी अधिकृतले भने।, त्यसदिन घटना हुनुअघि तुइन तरेर पारि भारत पुगेका चार जनाको बयान प्रहरीले लिइसेकेको छ।, उनीहरूले एसएसबीका दुई जना जवान तुइन भएको स्थानमा पुगेको देखेको प्रहरीसमक्ष बताएका छन्। ती मध्येका एक बहादुरसिंह धामी पनि हुन्।, उनीहरूले जयसिंह तर्ने बेलामा झोला वारि नै छोडेर गएको बताएका छन्।, ‘काटेकै त देखिएन तर रुखनेर एसएसबी थिए। तुइन खोल्न लागेका थिए वा के गरे उनीहरूले प्रष्ट देखेको बताएनन्,’ ती प्रहरी अधिकृतले भने।, तुइनमा प्रयोग गरिएको बिजुलीको फलामे तार थियो। त्यो तार अनुसन्धानका लागि गएको टोलीले फेला पारेको छैन।, ‘तुइन लाउनेवालाले तार तानेर फालेको रहेछ, तार भेटिए पनि काटेको हो कि होइन थाहा हुन्थ्यो,’ उनले भने।, उनका अनुसार तुइन सञ्चालक कल्याणसिंह धामीले वर्षौं पुरानो तार काम नलाग्ने ठानेर महाकालीमै बगाइदिएका छन्।, घटनास्थल पुगेको प्रहरीले प्रष्ट प्रमाण फेला पार्न नसकेर सोमबार जिल्ला फर्किँदैछ। प्रत्यक्षदर्शीको बयान नै घटनाको अनुसन्धान सहयोगी हुने देखिएको छ।, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दार्चुला घटनामा आफू नबोल्ने बताएको छ। घटनाको अनुसन्धानको पाटो प्रमुख जिल्ला अधिकारीले हेरिरहेकाले यस विषयमा उनीहरूले नै जवाफ दिने प्रदेश प्रहरी प्रमुख डिआइजी पुरुषोत्तम कँडेलले सेतोपाटीलाई बताए।, अनुसन्धानमा खटिएको टोलीले जयसिंह धामी तुइनबाट खसेको प्रष्ट प्रमाण ‘फेला पारेन’
सेतोपाटी संवाददाता दार्चुलामा तुइनबाट तर्ने क्रममा महाकालीमा एक व्यक्ति खसेको घटनाको छानविन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ।, गत शुक्रबार व्याँस गाउँपालिका-२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि महाकालीमा खसेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। सो कुरा बाहिरिएपछि मन्त्रालयले आइतबार छानविन गर्न पाँच सदस्यीय समिति गठन गरेको मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए।, गृहमन्त्री बालकृष्ण खाँणले छानविन समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन समेत दिएको प्रवक्ता पोखरेलले बताए।, गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट समेत पाँच सदस्यीय छानविन समिति गठन भएको हो।, बेपत्ता रहेका धामीको प्रहरीले खोजी गरिरहेको छ। तर उनी फेला पर्न सकेका छैनन्।, शनिबार भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई दिएको जवाफमा यस घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेका छन्।, स्थानीय बहादुरसिंह धामीले घटना एसएसबीले तुइन काटेपछि भएको भन्दै छानबिन गर्न माग गरेर भारतीय प्रहरी चौकी पाङलामा निवेदन समेत दिएका थिए।, घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक वीरसिंह धामीको नेतृत्वको टोली खटिएको छ। टोलीमा नेपाल प्रहरी र अनुसन्धान समूह पनि सहभागी छ।, शनिबार बेलुका सात बजेतिर टोली सदरमुकाम खलंगाबाट माल पुगेको थियो।,  ,  , दार्चुलामा तुइनबाट खसेको घटनाको छानविन गर्न गृह मन्त्रालयले बनायो समिति
सेतोपाटी संवाददाता म्याद गुज्रेका कस्मेटिक सामानमा नयाँ मिति राखेर बेचेको आरोपमा प्रहरीले आइतबार दुई जनालाई पक्राउ गर्‍यो। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौं महानगरपालिका वडा नम्बर १५ सानोभर्‍याङ र वडा नम्बर २२ भोटेबहालस्थित गोदाममा छापा मारेको थियो।, त्यो गोदाममा बडी स्प्रे, एयर फ्रेसनर, स्याम्पू तथा कार वास लगायतका म्याद गुज्रेका कस्मेटिक सामानहरू भेटिएका थिए। ती सामानमा नयाँ मिति राख्ने काम गोदाममा हुन्थ्यो। , प्रहरीले गोदामका सञ्चालक पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ घर भई काठमाडौंको छाउनी बस्ने ३१ वर्षीय अविनाश अग्रवाल र म्यानेजर भारतको राजस्थान घर भई काठमाडौं सानोभर्‍याङ बस्ने ४१ वर्षीय महावीर गजुरलाई  पक्राउ गरेको थियो।, अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार अग्रवाल यो कामका मुख्य व्यक्ति हुन्। उनका एक व्यापारिक साझेदार छन्, उनी अहिले फरार छन्।, अग्रवालको समिट इन्टरप्राइजेज नामक कम्पनी छ। समिट कम्पनीबाट सामान आयात-निर्यात गर्न थालेको चार वर्ष पुगेको छ।, ‘उनले म्याद गुज्रेका सामानमा नयाँ स्टिकर टाँसेको कति भयो भन्ने चाहिँ खुलेको छैन, तर त्यतिकै समय भएको हुनुपर्छ,’ पंगेनीले भने।, पंगेनीका अनुसार प्रहरीले  गोदामबाट दुई करोड बराबरको सामानहरू बरामद गरेको छ। ती सामान कहाँ-कहाँ जान्थे भन्ने अनुसन्धान भइरहेको पंगेनीले बताए।, वाणिज्य  तथा  उपभोक्ता हित संरक्षण विभाग बबहरमहल काठमाडौंको समन्वयमा गोदाममा सिलबन्धी गरी थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।, पक्राउ परेकाहरूलाई कारबाहीको लागि विभागमा बुझाइएको छ।, कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङका अनुसार केही समयअघिदेखि म्याद गुज्रेका कस्मेटिक सामानहरू बजारमा पठाइरहेको गुनासो आएको थियो। , अग्रवालले भारत तथा तेस्रो मुलुकबाट कस्मेटिक सामान ल्याउने गर्थे। त्यहाँबाट ल्याइएका सामग्री म्याद गुज्रेका हुन्थे भन्ने सूचना प्रहरीलाई छ। , ‘म्याद गुज्रेका सामानमा नयाँ स्टिकर टाँस्ने गरेको पाइएको छ,’ खापुङले भने, ‘ठूलो परिमाणमा हामीले स्टिकर बरामद गरेका छौं।’, उनका अनुसार गोदाममा भाटभटेनी सुपरमार्केट र बिगमार्टको लोगो भएका सामान पनि फेला परेका छन्। म्याद गुज्रेपछि भाटभटेनी र बिगमार्टका सामान यी व्यापारीको गोदाममा पुगेको देखिएको छ। , ‘ती सामानमा अग्रवालले नयाँ स्टिकर टाँस्ने गर्थे, म्याद गुज्रेको मिति मेट्ने गर्थे,’ खापुङले भने, ‘ती सुपरमार्केटका सामान उनीहरूको गोदाममा पुग्नुको पछाडि मिलेमतोको आशंका गर्न सकिन्छ।’ , अग्रवालले चीन र दुबईबाट म्याद गुज्रेका सामान सित्तैमा ल्याउँथे र भन्सार जाँचपास गराएर गोदाममा ल्याउँथे भन्ने सूचना प्रहरीलाई रहेको खापुङले बताए। , तर, यसको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको र अनुसन्धान भइरहेको खापुङले बताए। , भन्सार जाँचपास भएको कागजात, प्रज्ञापन पत्र लगायतको अध्ययन भइरहेको र यसबारे चाँडै केही थाहा लाग्ने खापुङ बताउँछन्।  , म्याद सकिएका भाटभटेनी र बिगमार्टका सामान अग्रवालको गोदाममा, तिनै सामानमा नयाँ स्टिकर टाँसेर बजार पठाउँथे
मनोज सत्याल काठमाडौं उपत्यकामा पानी ल्याउने मेलम्ची खानेपानी आयोजनाको भविष्य सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रको पहिरोले जोखिममा पारेको छ।, विज्ञहरूले आयोजनाको भविष्य भ्रेमाथाङको पहिरोले अनिश्चित पारेको बताएका छन्। भ्रेमाथाङ क्षेत्रमा शनिबार राति पहिरो गएपछि मेलम्चीमा बाढी आएको थियो। मेलम्चीबाट माथिल्लो क्षेत्रको रेकी र भ्रेमाथाङ क्षेत्रको पहिरोको भिडिओ हेरेपछि विज्ञहरूले मेलम्ची खानेपानी आयोजनाको भविष्य ‘अनिश्चित’ रहेको बताएका हुन्।, मेलम्ची क्षेत्रको हेलिकप्टरबाट रेकी गर्न गएका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले भ्रेमाथाङमा वर्षौं पहिला आएर बसेको थेग्रिनी बग्न थालेकाले आयोजना संकटमा परेको बताएका हुन्।, ‘भ्रेमाथाङमा जुन थ्रेगिनी छ। त्यो पछि झर्ने नै हो। अहिले पो टनेल बन्द थियो र जान सकेन। पछि झर्ने नै हो। मेलम्चीको भविष्य अध्ययन गर्नुपर्ने हुन्छ,’ शर्माले भने, ‘यस्तो हो भने मेलम्ची त छँदैछ अर्को स्रोतबाट पानी ल्याउनुपर्ने हो कि जस्तो देखिन्छ।’, शर्माका अनुसार मेलम्ची आयोजनाको माथि रहेको भ्रेमाथाङ चौर वर्षौंअघि हिमनदीले बगाएर ल्याएको थेग्रिनीबाट बनेको छ। २०७२ सालको भूकम्पपछि उक्त चौर कमजोर बनेको छ।, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा विपद प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार भ्रेमाथाङमा झण्डै एयरपोर्टको आकारको चौर रहेको छ। यसपटक मेलम्चीमा आएको भेलबाढीका क्रममा उक्त चौर कटान सुरू भएको हो।, हाइड्रोलोजिस्ट शर्मा मेलम्चीको मुहानमाथि हिमनदीले थुपारेको थेग्रिनी रहेको र त्यस्तो ग्रेगिनको उचाइ बढेको गुगल इमेजरीबाट देखिने बताउँछन्। ‘मेलम्चीको अपस्ट्रिममा टारहरू देखिन्छ। भ्रेमथाङ कटानले जोखिम सुरू भएको देखिन्छ,’ शर्माले भने।, प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल पानी पर्दा भ्रेमाथाङमा भएको थ्रेगिनी बग्ने बताउँछन्। , ‘पानी नपर्दा त्यस्तो थेग्रिनी जमेर सिमेन्टेड जस्तो हुन्छ। अलिकति पानी परेपछि सक्रिय हुन्छ र बग्न थाल्छ,’ पोखरेल भन्छन्, ‘त्यहाँ क्याल्सिएड अर्थात् चुनको मात्रा धेरै भएकाले पानी पर्दा लेदो हुन्छ।’, रेकी टोलीमा गएका पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक वसन्त अधिकारी पनि मेलम्ची आयोजना निर्माण गर्दा भएको अध्ययन एक पटक पुन: हेर्नुपर्ने अवस्था आएको बताउँछन्।, ‘मेलम्ची जस्ता आयोजना निर्माण गर्दा त्यस भन्दामाथि कति प्राकृतिक प्रकोप छन् भन्ने रिपोर्ट हुन्छ,’ अधिकारी भन्छन्, ‘अहिले हेर्दा मेलम्ची आयोजना निर्माण गर्दा यो लेभलको विपद् आँकलन नगरेको जस्तो देखिन्छ। हामी समष्टिगत रुपमा चुकेको हुन सक्छ।’, मेलम्ची बाढीपछि उक्त क्षेत्र भ्रमण गरेको विज्ञ टोली अझै किन मेलम्चीमा बाढी आयो भन्ने निष्कर्षमा पुग्न सकेको छैन।, रेकी टोलीमा रहेका इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका प्राध्यापक विष्णु पाण्डेले पहिरोले केही हदसम्म पानी जमेको र त्यसले रफ्तार ल्याएकाले छेउछेउमा कोपरिएर बाढीको स्वरुप लिएको बताउँछन्। , ‘सम्भवत केही हदसम्म पहिरोले खोला थुनियो । सानो ताल  जस्तो भयो। मेलम्चीको माथिल्लो क्षेत्र भिरालो छ। त्यहाँ १० देखि १४ ड्रिग्री भिरालो छ। यसरी त्यहाँ बनेको ताल फुट्दा भिरालो ठाउँमा पानीको ऊर्जा बढ्यो। पहाडको दायाँ बायाँ कोपरियो (स्काउरिङ) भयो। त्यसले गर्दा भेलबाढीले समस्या थप्दै गयो।,’ पाण्डेले भने।, तर मेलम्ची बाढिको कारण पत्ता लगाउन अझै अध्ययन आवश्यक रहेको बताए। पाण्डेको तर्कसँग अर्का प्राध्यापक वसन्त अधिकारी सहमत छन्।, हिउँको थुप्रोहरु पग्लिएर माटोसँग मिलेर थुप्रिएर बसेको ठाउँ त्यहाँ रहेको अधिकारी बताउँछन्। हिमतालहरुको बाँध बनाउने ढुङ्गा माटो जस्तो 'मोरान' जस्ता चिजहरु देखिएको उनले बताए। ‘ग्लेसियरले डिपोजिट गरेको मोरान भेरियन्ट देखिन्छ। वर्षौँ देखि थुप्रिएका त्यस्ता ग्रेगिनी र मोरान बग्न थालेको देखिन्छ,’ अधिकारी भन्छन्, ‘कुनै समय भ्रेमाथाङ क्षेत्र भन्दा माथि नै मेलम्ची खोला थुनिएको हुनसक्छ। त्यो अध्ययन गर्नुपर्छ। अहिले त्यहाँ माटो र ग्रेगिनी विस्तारै खोलेपछि पानीको इनर्जी बढ्यो। साइडबाट ‘टो कटिङ’ गरेर मेलम्ची घ्याङ र तल आएको देखिन्छ।’, पहिरोको खुट्टा र पहाडका भिरालो क्षेत्रको तल्लो तट कटानलाई विज्ञहरु 'टो कटिङ' भन्छन्। त्यसरी कटान हुदाँ पहिरो जाने गर्छ।, रेकीका लागि मेलम्चीको अपस्ट्रिम हेर्न पुगेका खानी तथा भूगर्भ विभागका शिवकुमार बाँस्कोटा मेलम्चीमाथिको भ्रेमथाङ कटानले तल्लो तटीय क्षेत्रमा जोखिम बढेको बताउँछन्। ‘भ्रेमथाङ कटानले जोखिम सुरू भएको देखिन्छ। मेलम्ची क्षेत्र अहिलेका लागि रहस्यम नै छ,’ बाँस्कोटाले भने।,  , विज्ञ भन्छन्- मेलम्ची खानेपानी आयोजनाको भविष्य जोखिममा
सेतोपाटी संवाददाता दुई विद्यार्थी घटक नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीले शनिबार विर्तामोड नगरपालिकाको मूल गेटमा लगाएको ताला सात बुँदे सहमतिपछि आइतबार खोलिएको छ।, नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता र इलाका प्रहरी कार्यालय अनारमनीको संयोजनमा विर्तामोडमा बसेको सर्वपक्षीय बैठकपछि ताला खोलिएको हो हो।, बैठकमा १०३ भायल भेरोसिल खोपसहित शंकास्पद अवस्थामा होटलमा भेटिएका नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का दोषी ठहरिए कारबाही गरिने सहमति भएपछि लगाइएको ताला खोलिएको हो।, उनलाई तत्काल काममा नफर्काउन नगरपालिकालाई अनुरोध गर्ने पनि निर्णय भएको छ।, सर्वपक्षीय बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिलाई निष्पक्ष छानविनका लागि सहयोग गर्ने, अब उप्रान्त खोप व्यवस्थापन गर्दा सर्वदलीय संयन्त्रमार्फत् गर्ने सहमति भएको छ।, तोकिएको उमेर समूह तथा पेशा व्यवसायका मानिसलाई मात्र खोप लगाउने, नगरपालिकामा हालसम्म प्राप्त कोरोनाविरुद्धको खोप संख्या तथा खोप लगाएको तथ्याङ्क सार्वजनिक गर्ने लगायत सहमति भएको शिवाकोटीले बताए।, खोपसहित होटलमा भेटिएका फोकल पर्सनलाई कारबाहीको सहमतिपछि खुल्यो विर्तामोड नगरपालिकाको तालाबन्दी
विनोद सापकोटा कोभिड-१९ विरुद्धको खोप लगाउन आइतबार बिहानैदेखि लाइनमा बसेका लक्षित उमेर समूहका बृद्धबृद्धाले अस्तव्यस्तका कारण खोप लगाउन नपाएको बताएका छन्।, शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को सतासीधाम स्वास्थ्य चौकी, ६ को प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज, वडा नम्बर ४ को स्वास्थ्यचौकी पाँचगाछी र धरमपुर स्वास्थ्य चौकीमा खोप लगाउन गएका सयौं बृद्धबृद्धा खोपबिना रित्तो हात फर्किएका थिए।, सतासीधाम स्वास्थ्य चौकीमा आइतबार बिहान १० बजेदेखि खोप लगाउने कार्यक्रम थियो।, बिहान ८ बजे नै ७ सय खोप लगाउने लाभग्राहीको नागरिकता संकलन भएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सञ्जय ठकुरीले बताए। ‘करिब ४०० जना खोप लगाउन आएर पनि पाउनुभएन,’ उनले भने। उनका अनुसार अत्यधिक भिडका कारण समयमै खोप लगाउन आएर पनि छुटेकालाई सोमबार बिहान १० बजे बोलाइएको छ।, सरकारले यसअघि भेरोसेलको खोप लगाउन छुटेकालाई आइतबार खोप लगाउन सूचना जारी गरेको थियो। शिवसताक्षी नगरपालिकाले पनि सोही अनुरुप खोपका लागि साविककै खोप केन्द्रमा खोप लगाउन ५५ वर्ष उमेर समूहका नागरिकलाई खबर गरेको थियो।, तर, लाइन बस्न पुगेका वृद्धवृद्धाहरू कैयौंले खोप लगाउन नपाई फर्कनु परेको स्थानीयले बताए। खोप लगाउन बिहानैदेखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसोसम्म खोप लगाउन नपाएपछि नगरको व्यस्थापनदेखि आक्रोशित बने। उनीहरूले व्यवस्थापन फितलो भएका कारण आफूहरूले दुःख पाएको गुनासो गरे। तर, नगरले भने वडा कार्यपालिका र स्वास्थ्य शाखालाई खोप लगाउने कार्यक्रम व्यवस्थापनको जिम्मा दिएर उसले अनुगमन गर्ने निर्णय गरेको थियो।, शिवसताक्षी-११ की होमकुमारी अधिकारीले बिहान ६ बजेदेखि लाइन बसेर २ बजे सम्मपनि खोप लगाउन पाइनन्। उनले भनिन्, ‘बेसरी गाह्रो भयो। प्रेसर, सुगर भएका मान्छेहरू सबैको स्थिति बेहाल थियो। तातो घाम त्यसमा पनि भुइँबाहेक बस्ने ठाउँ नै थिएन। योभन्दा मानिसको बिजोग अरु के हुन्छ।’, कतिपय वृद्धवृद्धाले बिहानको खाना पनि नखाई खोप लगाउन आएका थिए। ‘छिट्टै होला भनेर खाना खानु त के कुरा पकाउन पनि नपकाई आएँ। बिहानको ११ बज्यो। ८ बजे लाइनमा दिएको नागरिकताको फोटोकपीको पालो अहिलेसम्म पनि आएन,’ उनले लाइन छोडेर विरक्त मान्दै भनिन्, ‘बरुपछि रोगले मारोस्। आजै यस्तो खप्नु न खानु भएर चाहिँ नमरियोस्। भो चाहिँदैन सरकारको भ्याक्सिन।’, प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज बाट ६ सय ५१, स्वास्थ्य चौकी सतासीधामको खोप केन्द्रबाट ६ सय ३९, स्वास्थ्य चौकी धरमपुरको खोप केन्द्रबाट ५ सय २० र स्वास्थ्य चौकी पाँचगाछी खोप केन्द्रबाट ५ सय ९ जना गरेर कुल २ हजार ३ सय १९ जनाले खोप लगाएका थिए। यस्तै, दोस्रो डोज भने १८ जनाले लगाएका थिए।, तीन दिनको खोप कार्यतालिका सार्वजनिक गरेको नगरको पहिलो दिननै ४९.०९ प्रतिशत खोप खर्च भइसकेको स्वास्थय संयोजक हरि बिमलीले बताए। नगरमा जम्मा ४ हजार ७ सय ६० खोप उपलब्ध भएको स्वास्थ्य शाखाले जनाएको छ।, प्रत्येक खोप केन्द्रमा दुई जना खोप लगाउने प्राविधिक थिए। एउटा केन्द्रमा स्वास्थ्यकर्मीसहित ८ जनाको टोलीले खोपका लाभग्राहीको नाम, थर र ठेगाना लेख्थे। बिहान १० बजे देखी सुरु भएको खोप अपरान्ह ४ बजेसम्म सञ्चालन हुँदा प्रति २ मिनेटमा १३ जनाले खोप पाएका थिए।, शिवसताक्षीका प्रमुख चन्द्रकुमार शेर्माले भने, ‘स्वास्थ्यकर्मीको आजको काम देखेर म आफैं अचम्बित बनेको छु। थोरै समयमा धेरै लाभग्राहीले खोप पाए।’ उनका अनुसार नगरपालिकाले स्वास्थ्यकर्मीको हौसला बढाउन नयाँ कार्यक्रम तर्जुमा गर्ने छ।, सतासीधाम स्वास्थ्य केन्द्रमा खोप लगाउनको संख्या धेरै भएकोले भिड थाम्न वडा कार्यपालिकाले सकेन। वडा नम्बर ८,९,१० र ११ का वडा अध्यक्ष खोप केन्द्रमा समय अवधिभर नरहदाँ खोपका लाभग्राहीले समस्या भोग्नु परेको अनुगमन समितिले जनाएको छ। अनुगमन समितिका एक सदस्यले भने, ‘वडा अध्यक्ष जिम्मेवार नबन्दा बुढाबुढीले सतासीधाम खोप केन्द्रको तातो घाममा दु:ख पाए।’, अन्य खोप केन्द्र धरमपुर, शिवगञ्ज र पाँचगाछीमा स्थानीय जनप्रतिनिधि खोप केन्द्रमै भेटिएका थिए। खोप कार्यक्रम सुरू हुनुअगावै वडा कार्यपालिकाले सर्वदलीय बैठकको आयोजना गरेर केन्द्रलाई व्यवस्थित गरेको थियो। प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जका अध्यक्ष मनोज खुलाल कार्कीले बिना झन्झट लाभग्राहीले खोप पाएकोमा सन्तोष व्यक्त गरे।, कोभिडविरुद्धको खोप लगाउन बिहानको खाना खाएर खोप केन्द्र पुगेका सयौंले खोप लगाउन पाएनन्। सयौंको लाइन छिचोलेर खोप लगाउन आँट उनीहरूले गर्न नसक्दा घर फर्कनु परेको थियो। बिहान ८ बजे नै लामो लाइन देखेका कतिपय वृद्धवद्धा खोप केन्द्रनजिकै आएर फर्किएका थिए।, बिहान १० बजे सम्म स्वास्थ्यकर्मीलाई आवश्यक कागजात दिएकाले भने बेलुका ४ बजेतिर खोप पाएको सतासीधाम स्वास्थ्य केन्द्रका जग्गा दातासमेत रहेका स्वयंसेवक दाताराम विष्टले बताए।, खोप लगाउन गएका बृद्धबृद्धालाई तातोघाममा सास्ती, त्यसै फर्किए धेरैजसो
सेतोपाटी संवाददाता उच्च अदालत र जिल्ला अदालतहरूमा मंसिरदेखि गोलाप्रथाद्वारा पेशी तोकिने भएको छ।, सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले विज्ञप्ति जारी गर्दै त्यसका लागि सबै उच्च अदालत र जिल्ला अदालतहरूलाई आवश्यक तयारी गर्न भनिएको जानकारी गराएका छन्।, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गएको वर्ष न्यायापालिकामा हुने विकृति विसंगति अनियमिता भ्रष्टाचार र बिचौलियाको चलखेल रोकथामका उपाय पत्ता लगाउन भन्दै न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा एउटा समिति गठन गरेका थिए।, सोही समितिले जिल्लामा सुरूदेखि अन्तिमसम्म एउटै न्यायाधीशलाई मुद्दा तोक्ने प्रणाली, उच्च र सर्वोच्च अदालतसम्मको पेशी व्यवस्थापनलाई फेर्न सुझाएको थियो। अदालतहरूलाई स्वचालित पेशी सूची प्रणालीमा लैजान र त्यस्तो व्यवस्था नहुन्जेल गोलाप्रथाबाट पेशी तोक्न समितिले सुझाव दिएको थियो।, त्यही सुझाव अनुसार उच्च अदालत र जिल्ला अदालतहरूमा गोलाप्रथाबाट पेशी तोक्ने तयारी थालेको प्रवक्ता दाहालले विज्ञप्तिमा उल्लेख गरेका छन्।, ‘समितिले पेश गरेको प्रतिवेदनको पेसी सूची प्रणाली सम्बन्धी सुझाव कार्यान्वयनका लागि अदालत सम्बन्धी नियमावलीहरूमा संसोधन भई स्वचालित पेशी प्रणाली लागू नहुँदासम्म,’ दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘उच्च तथा जिल्ला अदालतहरूमा गोलाप्रथाद्वारा पेशी सूची प्रकाशन गर्नुपर्ने अवस्था हुँदा मंसिरदेखि उक्त प्रणाली लागू गर्न आवश्यक तयारी र व्यवस्था गर्नु भनेर पत्राचार गरिएको छ।', समितिले सर्वोच्चमा पनि अटोमेसनमा नजाउञ्जेल गोलाप्रथाबाट पेशी तोक्न सुझाव दिएको थियो। सर्वोच्चमा के हुने भन्नेबारे विज्ञप्तिमा कुनै सूचना छैन।, सर्वोच्चमा प्रधानन्यायाधीश, उच्चमा मुख्य न्यायाधीश र जिल्ला अदालतमा वरिष्ठतम् न्यायाधीशले पेशी तोक्छन्।, मंसिरदेखि जिल्ला र उच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने तयारी
रासस सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) चोरी भएको छ।, आइतबार साँझ करिब ७ः३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ।, पुजारी पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ।, मुकुटसहित चोरी गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।, साथै चोरी भएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, छिन्नमस्ता मन्दिरको मुकुट चोरी
रासस काठमाडौंको टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ।, साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिने भएको हो।, खोप आज बिहान १० बजेदेखि उपलब्ध गराउने नगरपालिकाले जनाएको छ।, नगरप्रमुख प्रकाश अधिकारीले स्वास्थ्यकर्मी कुटपिट गर्ने स्थानीय रामकाजी थापालगायतको समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र गल्ती गर्ने समूहले पिटाइ खाने स्वास्थ्यकर्मी तथा प्रहरीसँग माफि मागिसकेकाले खोप कार्यक्रमलाई आजदेखि पुनः निरन्तरता दिइएको बताए।, नगरपालिकाले ५० वर्षमाथिका व्यक्ति, शिक्षक, प्राध्यापक, कर्मचारी, सार्वजनिक सवारी साधनका चालक एवं सहचालकलाई भेरोसेल खोप उपलब्ध गराउने जनाएको छ।, नगरपालिकाभित्रका मापदण्ड पुगेका व्यक्तिलाई खोप उपलब्ध गराउनका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र मनोहर माध्यमिक विद्यालय सामाखुशीलाई खोप केन्द्र तोकिएको छ।, टोखामा आजदेखि कोरोना खोप लगाइँदै
सेतोपाटी संवाददाता रूपन्देहीमा प्रहरीले आत्महत्या न्यूनीकरणका लागि ‘थ्री सर्कल’ अवधारणा सुरू गरेको छ। बढी आत्महत्या गर्ने जिल्लामा काठमाडौं र झापापछि तेस्रो नम्बरमा रहेको रूपन्देहीमा आर्थिक वर्ष २०७६/७७ मा २२३ जनाले आत्महत्या गरेका थिए।, रूपन्देहीका तीन नगरपालिमामा आत्महत्या उच्च देखिएको प्रहरीले जनाएको छ।, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका आत्महत्याको बढी जोखिमयुक्त क्षेत्र छन्।, आइतबार प्रहरीले ‘थ्री सर्कल’ अवधारणा ल्याएको छ। प्रहरी उपरीक्षक मनोज केसीका अनुसार यो अवधारणा अन्तर्गत तीव वटा वृत्तमा आत्महत्या हुने क्षेत्रलाई विभाजन गरिनेछ।  , ‘सबैभन्दा बढी आत्महत्या हुने ठाउँलाई रातो वृत्तमा राखिन्छ। कम हुने ठाउँलाई पहेँलो र आत्महत्या नहुने क्षेत्रलाई हरियो वृत्तमा राखिन्छ,’ उनले भने।, प्रहरी उपरीक्षक केसीका अनुसार समुदायमा प्रहरी पुग्‍ने भएकाले पहिले उनीहरूलाई यो अवधारणा बुझाउन जरुरी छ। त्यसैले ती ठाउँका प्रहरीलाई तीन वृत्त कार्यनीतिको अनुशिक्षण सञ्चालन गरिने उनले बताए।, प्राथमिकताको आधारमा इलाका प्रहरी कार्यालय अन्तर्गतका वडाहरूमा आत्महत्या जोखिम मापन गरिन्छ। त्यसपछि मानसिक स्वास्थ्य विशेषज्ञ भएका अस्पतालमा आत्महत्या प्रयासको छुट्टै विवरण राख्ने काम सुरू हुने केसी बताउँछन्।, सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेहरू छन्। त्यसरी आत्महत्या गर्ने ठाउँमा मनोवैज्ञानिक अनुशिक्षण सञ्चालन गर्नुपर्ने आवश्यकता प्रहरीले देखेको छ।, ‘तत्काल कुनै आवेगमा आएर मानिसहरू आत्महत्या गर्न पुग्छन्, कुनै समस्याको निष्कर्षमा नपुग्ने, समाधान नदेखेपछि जीवनको अन्त्य ठान्छन्,’ केसी भन्छन्, ‘मानिसलाई जीवनको महत्व र मूल्यबारे नै सबैभन्दा पहिले विशेष प्रशिक्षण दिन जरुरी देखिएको छ।’, बजारमा सहज रूपमा पाइने कीटनाशक औषधी पनि आत्महत्याको अर्को कारण रहेको अनुसन्धानबाट पत्ता लागेको छ।, यो अवधारणा अन्तर्गत कीटनाशक विषादीको बिक्री अभिलेख राखिने केसीले बताए। किटनाशक औषधीको बिक्री वितरण सम्बन्धित निकायको सिफारिसमा मात्र गर्न पहल गरिने उनले बताए।, यसरी वृत्त निर्माणपछि पालिका प्रमुख, उप-प्रमुख र इलाका प्रहरी कार्यालयका प्रमुखसहितको समिति निर्माण गरिने उनले बताए।, कार्यक्रम सञ्चालन हुने सम्बन्धित वडाहरूमा स्थानीय पालिका तथा अन्य सरोकारवालासहितको वडा समिति निर्माण हुन्छ। त्यसपछि पालिका, मानसिक स्वास्थसँग सम्बन्धित विशेषज्ञ तथा अन्य सरोकारवालासँग परामर्श तथा छलफल गरिन्छ।, रातो वृत्त भएको ठाउँमा मानसिक स्वास्थसँग सम्बन्धित विशेषज्ञ र प्रहरीसहितको टोलीबाट मासिक परामर्श सेवा सञ्चालन गर्ने योजना छ।, कम जोखिम रहेको पहेंलो सर्कलभित्र प्रहरी र अन्य सरोकारवाला टोलीबाट मासिक अन्तरक्रिया हुन्छ।, यो अभियान सञ्चालन गर्नुअघि प्रहरीले आत्महत्या प्रभावित क्षेत्रमा अनुसन्धान गरेको थियो। अनुसन्धानबाट देखिएका तथ्यलाई आधार बनाएर कार्यक्रम चलाउने निष्कर्षमा प्रहरी पुगेको केसीले बताए।, ‘पहिले जसले प्रयास गरेको थियो, उसले फेरि पनि दोहोर्‍याएको देखियो, जसको परिवारमा घटना भएको थियो, फेरि त्यही परिवारमा पनि दोहोरिएको देखिएको छ,’ प्रहरी उपरीक्षक मनोज केसी भन्छन्।, उनका अनुसार मानसिक समस्या भएका व्यक्तिमा पनि यो समस्या छ। घरेलु हिंसा भएको क्षेत्रमा पनि छ।, यस्तै, दीर्घरोगीले पनि आत्महत्या गरेका छन्। ‘त्यस्ता ठाउँमा घर-घरमा पुगेर हामी अनुशिक्षण कार्यक्रम चलाउँछौं,’ उनले भने।, केसीका अनुसार दुई महिनाभित्र सबभन्दा बढी हुने ठाउँ र सबभन्दा कम हुने ठाउँको वृत्त निर्माण गरिसकिने र त्यसपछि अनुशिक्षण चलाइने बताए।, आत्महत्या न्यूनीकरण गर्न रुपन्देही प्रहरीको ‘थ्री सर्कल’ अवधारणा
सेतोपाटी संवाददाता प्रसिद्ध शक्तिपिठ सप्तरीको छिन्नमस्ता भगवतीको चोरी भएको मुकुटसहित एक जना पक्राउ परेका छन्।, विष्णुपुर गाउँपालिका वडा नम्बर ५ का राजेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ।, आइतबार साँझ करिब ७ बजे छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता (शखरेश्वरी) भगवतीको चाँदीको मुकुट, नथिया र टीका चोरी भएको थियो।, खोजतलास गर्ने क्रममा गाउँमा लुकेर बसेको अवस्थामा चोरी गरेको ७ सय ५० ग्राम २ आना चाँदीको मुकुट, २ आना सुनको नथिया र ३ आना सुनको टीकासहित मण्डललाई पक्राउ गरिएको सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताए।, घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।,  ,  , छिन्नमस्ता मन्दिरबाट चोरेको चाँदीको मुकुटसहित एक पक्राउ
रासस भैंसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति गएको ठूलो पहिरो झरेको छ। पहिरोका कारण आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ।, भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी पनि भैंसेदेखि पान्द्राङसम्म लाइनबद्ध भएर प्रतीक्षामा रहेका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए।, उनले धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो पन्छाउने कार्य गरिरहेका र पहिरो पन्छाउन अझै तीन/चार घण्टा लाग्ने भएकाले काठमाडौँ जाने यात्रुलाई निकै कष्ट भोग्नुपर्ने बाध्यता भएको बताए।, पहिरोले भैँसे–भीमफेदी सडक अवरुद्ध, काठमाडौं आइरहेका सवारीसाधन रोकिए
सेतोपाटी संवाददाता रौतहटको माधवनारायण नगरपालिका-४ स्थित विसुनपूर्वामा दुई समूहबीच भएको झडपमा १९ जना घाइते भएका छन्।, स्थानीय श्री माध्यमिक विद्यालयमा विद्यार्थी भर्नाको विषयलाई विद्यालय पक्ष र भर्ना गराउन आएका अभिभावक पक्षबीच आइतबार दिउँसो विवाद हुँदा भएको झडपमा १९ जना घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।, विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका सदस्य पक्षका ८ र अभिभावक पक्षका ११ जना घाइते भएका हुन्।, घाइतेमध्ये एक जनालाई काठमाडौं रिफर गरिएको छ भने दुई जनाको वीरगञ्जस्थित तराई हस्पिटलमा उपचार भइरहेको छ। बाँकी घाइतेहरूको अवस्था समान्य रहेको गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए।, उनका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मृत्यु भएपछि नयाँ समिति चयन गर्नुअघि विद्यार्थी भर्ना गर्न पुगेका अभिभावक रामकलेश्वर मुखिया र प्रधानाध्यपक राजेश राय यादवबीच विवाद भएको थियो।, रौतहट जिल्लाको माधवनारायन न.पा.मा रहेको श्री माध्यमिक विद्यालयमा भएको यस्तो क्रुर घट्नाको धोर भत्सर्ना गर्दै विद्यालय जस्तो शान्ती क्षेत्र भित्र यस्तो हिंसात्मक क्रियाकलापमा संलग्न सम्पूर्णलाई तत्काल कडा कारवाही गरियोस । ,@NepalPoliceHQ, ,pic.twitter.com/jX7X0RlU3b, — govind giri (@girirochak) ,August 1, 2021, ‘विद्यालय सञ्चालान नगरे पनि खोल्ने, विद्यार्थी भर्ना गर्ने निर्णय भएको थियो। त्यसैबीचमा केही अभिभावकले आफ्नो बच्चालाई भर्ना गराउन फर्म भरेर लिएर आएका थिए,’ उनले भने, ‘तर कुनै फारममा फोटो नमिलेको, अभिभावकको सही नभएको भनेर प्रधानाध्यापकले भर्ना लिन नमानेपछि विवाद भएको थियो।’, झगडा गर्ने दुबै पक्षका मुख्य एक-एक जनालाई नियन्त्रणमा लिइएको डिएसपी भण्डारीले बताए। झडप भएका दुबै पक्षबीच अहिले इलाका प्रहरी कार्यालय गरुडामा छलफल चलिरहेको छ।, विद्यार्थी भर्नाबारे विवाद हुँदा रौतहटको विद्यालयभित्र लाठी हानाहान, १९ जना घाइते
रासस शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ।, हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा ५५ र तालामाराङ तथा मेलम्चीमा ५ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।, उनकाअनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गए रातिको बाढीले बगाएको हो। ती घर खाली थिए।, चनौटे ग्याल्थुम र ढुङ्गेर बजार जोखिममा छन्। हेलम्बु गाउँपालिका–४ को ढुङ्गे्र बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानीयवासीका घरबाट सामान सार्न सहयोग गरिरहेका अधिकारीले बताए।, जोखिम कायमै रहेकाले सजग रहन सम्पूर्णमा उनले आग्रह गरेका छन्। बाढी चनौटे बजार भएर बगिरहेको छ। यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो। खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो।, बाढीले मेलम्ची नगरपालिका–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एकमात्र बाहुनेपाटी पुल जोखिममा परेको छ।, यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा छ।, त्यस्तै बाढीले चार गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ। एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ।, बाढीले हेलम्बुका दुई पक्की पुल र दुई घरमा पनि क्षति पुर्‍याएको अनुमान छ। हेलम्बु–२ को कात्तिके खोलामा रहेको पक्की पुल, हेलम्बुका वडा नम्बर १ र २ जोड्ने घट्टे खोलामाथिको पक्की पुलको अवस्था कस्तो छ यकिन भइसकेको छैन।, मेलम्ची बाढी अपडेट: ६० घर-टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा
रोहित महतो धनुषाको सबैला नगरपालिका-१३ स्थित ५० विघा बढी खेतमा अहिले कमला नदी बग्छ।, साउन ४ र ५ गते मुसलधारे वर्षासँगै आएको बाढीले बाँध भत्काएपछि कमला खेततिर पसेको हो। सबैला नगरपालिका-१३ किरतपुर र ढोलबाजाको बीचमा पर्ने बाँध भत्काएर डेढ सय मिटर पूर्व बग्ने कमलाले धार परिवर्तन गरेपछि स्थानीय किसान  चिन्तित छन्।, ढोलबाजा र किरतपुर बीचमा ४ सय, सोही नगरपालिकाको वडा नम्बर १२ पटेर्वामा तीन सय मिटर बाँध भत्किएको छ।, कमला सिँचाइ आयोजनाका प्रमुख एकराज भट्टराईका अनुसार बाढीले करिब ५० विघा जग्गा कटान गरेको छ।, बाढीले बाँध भत्काएपछि अरू बेला बिरलै देखिने नेताहरू स्थानीयलाई भेट्न आउन थाले।, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, पूर्वमन्त्री मातृकाप्रसाद यादव, रामचन्द्र झालगायत दर्जनौं नेता तथा उच्च पदस्थ अधिकारी भत्किएको बाँध निरीक्षणमा पुगेका बेला बिहीबार नदी किनारमा बसेका पीडितहरू आक्रोशित थिए।, ‘नेताहरू हामीलाई मुर्ख बनाउनमात्र आएका हुन्। बाँध भत्किने अवस्थामा छ भन्ने कसलाई थाहा थिएन? समयमा कसैले सुनेन, कानमा तेल हालेर सुते। अहिले बाँध टुटिसकेपछि खल्ती गर्माउन, आफन्त पाल्न बाढीमै काम गर्दैछन्,’ ढोलबाजाका बिन्दे साफीले भने, ‘एकातिर काम भइरहेको छ अर्कोतिर बाढीले बगाउँदैछ। केटाकेटीले खेलेजस्तो काम भइरहेको छ। सुख्खा मौसममा राम्ररी काम गर्नुपर्थ्यो।’, पछिल्लो समय मन्त्री भुसालसहितका नेताको टोलीमात्रै होइन कांग्रेस उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरूले आफूहरूलाई झुठो आश्वासन दिएको स्थानीय शम्भु राउतले बताए।, ‘काम गर्न/गराउन कोही आएका होइन सबै राजनीति गर्नमात्र आउँछन्। यतिका दिनसम्म बाँधको अवस्थाबारे कसलाई थाहा थिएन र? यिनीहरू कहिल्यै यहाँ आएनन्,’ उनले भने।, स्थानीय साहुसँग बटैयामा १६ कठ्ठा जमिन लिएर धान रोपेका किरतपुरका रामस्नेही यादवको अनुहार मलिन देखिन्थ्यो। उनले बटैया लिएर खेती गर्दै आएका छन्। अहिले बाढीले ९ कठ्ठा खेत कटान गरिसकेको छ। पसिना बगाएर रोपेको धान बगेपछि भावुक हुँदै उनले आफ्ना समस्या सुनाए।, ‘नदी परके चास आ गरिबके बासके कोनो ठेगान नहीँ (खोला किनारको खेती र गरिबको बसोबासको कुनै ठेगान हुँदैन)। सरकारले कार्यकर्ता पाल्नमात्र काम गरेको छ। किसान र जनतासँग कसैलाई मतलब छैन। दीर्घकालीन योजना ल्याउनुपर्थ्यो,’ उनले भने।, भत्किएको बाँध टालटुल पार्न लागिएको तर यो दीर्घकालीन समाधान नभएको स्थानीय बताउँछन्। , मनपर्दी उत्खननले भत्कियो बाँध, प्राविधिकका अनुसार पछिल्लो समय गिट्टी, बालुवा र ढुंगा ओसार्न लस्करै लागेर एक्साभेटर, टिपर र ट्याक्टर गुड्न थालेपछि सिँचाइका लागि बनाइएको बाँध कमजोर हुँदै गएको थियो।, बाँध सडकको पारवहन क्षमता ६ देखि १० टनसम्ममात्रै भए पनि केही वर्षयता बाँधको बाटो भएर १६ टनसम्मका ठूला गाडी गुड्ने गरेका थिए।, त्यसमाथि ढुंगा गिटी झिक्न कमलाको दोहन पनि जारी थियो। जसले बाँध टिकाउन मुस्किल हुँदै गयो।, ‘नदीमा १६ वटासम्म एक्साभेटरको लाइन लागेको हुन्थ्यो। दिनभर बालुवा गिट्टी बोक्ने टिपर, टयाक्टरको ताँती हुन्थ्यो। यहाँ उत्खनन गरेर जिल्लाको धेरैजसो ठाउँमा सडक, भवन निर्माण भएको छ,’ स्थानीय विन्दे साफीले सुनाए।, नदीको दोहन गरेकोमा भने जिम्मेवार निकायका पदाधिकारी नै एक अर्कालाई दोष लगाउँछन्।, सिँचाइ आयोजनाका प्रमुख भट्टराईले नदीमा मापदण्डविपरित मनपर्दी उत्खनन भएको संकेत गरे।, ‘उत्खननका सम्बन्धमा स्थानीय जनप्रतिनिध, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा अधिकार निहित छ। हामीले पत्र लेख्ने र भन्नबाहेक केही गर्न सक्दैनौ,’ भट्टराइले भने।, नगरपालिकाका प्रमुख विजयशंकर साह लगायतका जनप्रतिनिधि तथा प्रहरीको मिलिमतोमा दिनहुँ दर्जनौं एक्साभेटर, टिपर तथा ट्याक्टरले कमलामा मनपर्दी उत्खनन हुने गरेको स्थानीयको आरोप छ।, नदीमा मनपर्दी दोहन भएको र त्यसले बाँध भत्किएको सबैला नगरपालिकाका प्रमुख विजयशंकर साहको पनि भनाइ छ।, उत्खननमा आफ्नो संलग्नता नभएको दाबी गर्दै उनी अरू जनप्रतिनिधिको संलग्नता भने भएको बताउँछन्।, उनले आफ्नै नगरपालिका र छिमेकी नगरपालिकाका जनप्रतिनिधि तथा ठेकदारहरूले कमला नदी दोहन गरेको आरोप लगाए।, सिँचाइ आयोजना प्रमुख भट्टराईलाई पनि नदी दोहनमा संलग्न रहेको उनको आरोप छ।, २०७६ सालमा आएको बाढीले कमला नगरपालिकामा २/३ ठाउँमा बाँध भत्काएको थियो। त्यो ठाउँमा समेत मर्मतसम्भार तथा निर्माण कार्यका लागि सिँचाइ आयोजना प्रमुख भट्टराईले आफूहरूलाई सोधखोज नगरी मनपर्दी उत्खनन गर्न लगाएको नगर प्रमुख साहको दाबी छ।, ‘राति-राति पनि उत्खनन हुन्थ्यो। सहिदनगरका मेयर र उनका भाइ विजय यादवले बालुवा गिट्टी खनाउँदै गर्दा १० वटा ट्याक्टर र जेसिबी मैले आफैं पक्रेको थिएँ। तर वडाध्यक्षहरूको पहलमा ३५/४० हजार रुपैयाँ राजश्व तिराएर छोडदिए। प्रहरीले पनि पैसा खाएर उनीहरूलाई खन्न छोडिदिन्थे। हामीलाई पनि निकै राजनीतिक दबाब आउँथ्यो,’ उनले थपे।, बाँधको माथिबाट रहेको बाटो हुँदै ट्याक्टर, टिपर, जेसिबीलगायतका भारी गाडी आउजाउ गर्दा बाँध कमजोर भइरहेकाले केही दिनभित्रै ६ फिट बाटो छोडेर तारजालीले घेरा लगाउने योजना रहेको उनले सुनाए।, टालटुलमै ११ करोड खर्च, मर्मत गरिएको बाँधको आयु मुस्किलले ७ महिना, २०१९ सालमा भारतको आर्थिक सहयोगमा कमला नदीका दुबै किनारमा ६८.८२ किलोमिटर माटाको बाँध निर्माण गरिएको थियो। मनपर्दी दोहन, भुक्षय लगायतका कारण वर्षेनी ठाउँ-ठाउँमा बाँध कटान हुँदै आएको छ। नदी कटानले धनुषाको सबैला, कमला, सहिदनगर नगरपालिका, जनकनन्दनी गाउँपालिकाका दर्जनौं बस्ती र सिरहाका पनि धेरै बस्ती उच्च जोखिममा परेका छन्।, बाँध मर्मत सम्भारका लागि सरकारले दीर्घकालीन प्रयास गरेको छैन।, तत्काल बाँध मर्मत-सम्भारका लागि सरकारले ५० लाख रुपैयाँको परिधिभित्र रहेर काम गर्न पत्र दिएको र सोहीअनुसार काम भइरहेको आयोजनाका प्रमुख भट्टराईले बताए।, उनका अनुसार तत्काल सिमेन्ट बोरामा माटो भरेर ड्याम बनाउने, नाइलनका जालीमा ढुंगा राखेर बाँध बनाउने र स्टिलको पाइप गाड्ने लगायतका काम हुँदैछ।, त्यसैगरी कटान भएको ठाउँमा सतह अग्लो बनाउन ७ वटा टिपर २ एक्साभेटर प्रयोग गरी काम भइरहेको उनले बताए।, बाँध भत्किएको स्थानमा तीन करोडभन्दा माथिको काम भइसकेको उनको भनाइ छ।, ‘अहिले १३ सय ५० मिटरमा पानी डाइभर्ट गर्ने र ११ सय मिटरमा निर्माण कार्य भइरेको छ। हप्ता दिनमा पानी डाइभर्ट गर्ने गरी काम हुँदैछ,’ उनले भने।, नगरप्रमुख साहले भने त्यसलाई थुक लगाएर चिप्पी टाँस्ने काम भएको टिप्पणी गरे।, ‘ठूलो बाढी आयो भने तुरन्तै बगाएर लान्छ। सरकारलाई दीर्घकालीन योजना बनाएर काम गर्न दुई वर्षदेखि पटक-पटक मन्त्रालय पुगेर आग्रह गर्दै आएको छु। तर सुनेको छैन,' नगर प्रमुख साहले भने, ‘मधेसमा श्रमदान गर्दैन। पैसा पठाउँदा खाइदिन्छ भनेर डिजी र सचिवले जवाफ दिँदै पन्छिनन्। जनताले हामीलाई गाली गर्छन्। प्रदेश र स्थानीय सरकारबाट दीर्घकालीन रूपमा तटबन्ध मर्मत सम्भवै छैन।’, धनुषाको पटेर्वा, किरतपुर, ढोलबाजा, हथमुन्डा, सिरहाको चिकना, सारसर क्षेत्रलगायतका क्षेत्रमा बाँध भत्किएर बस्ती तथा खेत डुबानको उच्च जोखिम रहेको भनी २०७७ माघ १० गते मन्त्रालयलाई प्रतिवेदन पठाउँदासमेत सरकारले गम्भीरतापूर्वक नलिएको कमला सिँचाइ आयोजना प्रमुख भट्टराईले दाबी गरे।, ‘तत्काल ४४ करोड रुपैयाँ स्टिमेट गरी माग गर्दै जलस्रोत तथा सिँचाइ विभागमा हामीले प्रतिवेदन पठाएका थियौं। त्यहाँबाट निर्णय भएर माघ २८ गते प्रस्ताव अर्थ मन्त्रालयमा लगिएको थियो,’ उनले भने, ‘तर वैशाख १० गते ८ करोडसम्मको परिधिभित्र रहेर काम गराउनु भनेर सम्झौता पत्र थमाइयो। बाँकी स्रोत अगामी आर्थिक वर्षमा क्रमश: उपलब्ध गराउने भन्ने थियो।', त्यो ८ करोडमा रुपैयाँबाट पोहोर साल हथमुन्डा क्षेत्रमा ४ वटा, हनुमान मन्दिर क्षेत्रमा ३ वटा, बल्टिया क्षेत्रमा ४ वटा र सिरहाको सारसर क्षेत्रमा एउटा, चिकना क्षेत्रमा ४ वटा र स्पर बनाइएको र ४ वटा निर्माणको क्रममा रहेको उनले बताए।, त्यसैगरी, सिन्धुलीको दुधौली बजार क्षेत्रमा स्पर निर्माण गरी बजार बग्नबाट जोगाइएको उनले दाबी गरे। यद्यपि, अहिले गरिएको सबै काम तत्कालीन जोगिने उपाय रहेको र धनुषामा मर्मत सम्भार भइरहेको बाँधको आयु बढीमा ७ महिनासम्म मात्र रहेको सिँचाइ आयोजना प्रमुख भट्टराईले उल्लेख गरे।, ‘त्यो टेम्पोररी काम हो। पानी पर्छ। पानीले ठेल्छ। पानी र माटो भरिएको बोरा धुजाधुजा भएपछि बोराहरू फाट्छ। बगेर जान्छ। यो बढीमा ५/७ महिना टिक्ने हो,’ उनले थपे।, उनका अनुसार तटबन्ध भत्किएको स्थानमा अहिले पानी डाइभर्ट गर्न तीन वटा जेसिबी दिनरात खटाइएको छ। मन्त्री भुसाल निरीक्षणमा आउँदा डिपिआर तयार भइसकेको र तीव्र गतिमा प्रक्रियामा गई काम थाल्ने प्रयास गर्ने आश्वासन दिएको उनले सुनाए।, बाँध भत्काएर ५० बिघा खेतमा बग्यो कमला, टालटुलमै करोडौं खर्च गर्दैछ सरकार
सेतोपाटी डोटीमा कोरोनाभाइरस कोभिड-१९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ।, यहाँका नागरिक कामका लागि प्राय: छिमेकी मुलुक भारतका विभिन्न सहर जाने र  फर्किने क्रममा संक्रमण फैलने गरेकाले जोखिम कायमै रहेको स्वास्थ्यकर्मीको सुझाउअनुसार  जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले गत वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि यहि साउन २४ गते सम्मका लागि बढाउने निर्णय गरेको हो।    , अत्यावश्यक कामबाहेक निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कानूनबमोजिम कारबाही गरिने निमत्तप्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए। जिल्लामा निषेधाज्ञाको समयमावधि थप गरिएको यो नवौं पटक हो। , केन्द्रले आन्तरिक सार्वजनिक सवारी साधन सञ्चालन गर्न, बिहान ६ बजेदेखि राति ८ बजेसम्म पसल खोल्न र बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ।, विकास निर्माणका काम र त्यसमा प्रयोग हुने  यातायातका साधन मापदण्डअनुसार सञ्चालन गर्न पाउने भएका छन्।, निषेधाज्ञाको अवधिमा होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, जीम हल सञ्चालन गर्न र भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम पनि गर्न नपाइने जारी  सूचनामा उल्लेख छ। , जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४०० भन्दा बढी पुगेको र यसबाट हालसम्म ११ जनाले ज्यान गुमाइ सकेका छन्। रासस, डोटीमा फेरि एक हप्ता निषेधाज्ञा थप
सेतोपाटी गत असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बुमा ९० र मेलम्चीमा ८६ घरपरिवार विस्थापित भएका थिए। , पाँच जनाको मृत्यु भयो भने अझै २० जना बेपत्ता छन्। शनिबारदेखि मेलम्चीमा पुनः बाढी आएको छ। बाढीले हेलम्बु र मेलम्चीमा ६० वटा टहरा बगाएको छ। , त्यस्तै, यी दुई पालिकाका विभिन्न वडा जोड्ने पुल पनि बगाएको छ। पुल बगाउँदा  मेलम्ची–७, ८, ९ र १०, हेलम्बु–१, २ र ३, पाँचपोखरी थाङ्पाल तथा इन्द्रावतीका सबै वडासँगको सडक सञ्जाल टुटेको छ। , नदीको धार परिवर्तनमा सरकारले सहयोग गरे पुरिएका घरमा बस्न सकिने स्थानीयबासी बताउँछन्। , उनीहरूको कुरा सरकारले नसुनेको गुनासो छ। असार १ गते र असार १६ गते आएको बाढीले करोडौंको क्षति पुर्‍याएको तर विस्थापित भएको ४९ दिन बितिसक्दासमेत जोगाउन सक्ने बस्ती पनि जोगाउन सरकारले कुनै पहल नगरेको मेलम्चीका होटल व्यवसायी चन्द्रबहादुर तामाङको गुनासो छ। , उनले राहतभन्दा पनि बस्ती संरक्षण गरिदिन तीनै तहका सरकारसँग आग्रह गरे।  , करोडौं लगानी गरेर बनाएका घर, फार्म तथा खेतीयोग्य जमिन बगर बनेपछि बाढी प्रभावितको मन अझै विचलित छ। सम्पत्तिका नाममा बचेको चार आना जग्गा पनि खोलाले कटान गरिरहेको मेलम्चीकै लक्ष्मी श्रेष्ठ बताउँछिन्। , टाढाको सरकार त के कुरा स्थानीय सरकारले पनि बाढी प्रभावितको कुरा नसुनेकामा श्रेष्ठले दुखेसो पोखिन्। अहिले बाढीले बगाउन नसकेका कतिपय घर जोगाउन सकिने अवस्था रहेको तर सरकारले नदी नियन्त्रणमा कुनै पहल नगरेको प्रभावितको गुनासो छ।, स्थायी वा अस्थायी आवास निर्माणको पहल नथालेको भन्दै प्रभावित आक्रोशित छन्। बस्ती जोगाउन स्थानीय सरकारले चाहेको भए एक हप्तामा जोगाउनसक्ने तर बेवास्ता गरेको बाढी प्रभावित एवं मेलम्ची पुनःनिर्माण सरोकार समितिका अगुवा सागर श्रेष्ठले बताए। , बाढी प्रभावित आफैंले पैसा उठाएर आफ्नो बस्ती आफैं बचाउने अभियान चलाइरहेका छन्। , सरकारले आफूहरूलाई बेवास्ता गरेको उनीहरूको गुनासो छ। , प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले बाढी आएको मुहान क्षेत्र भ्रेमाथानको अध्ययन नगरी तल्लो भेगमा कुनै पनि काम थाल्ने अवस्था नभएको बताए। तारजाली राखेर जोगाउन प्रयास गरे पनि हिमाली क्षेत्रमा व्यवस्थित नगरी तटीय क्षेत्रमा गरेको काम प्रभावकारी नहुने उनको भनाइ छ। रासस,  , बस्ती जोगाउन सरकारले सहयोग नगरेको बाढी प्रभावितको गुनासो
कृष्ण दवाडी पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका जोड्ने प्रमुख सडक डेढ महिनादेखि पहिराले अवरूद्ध बनेको छ। , महानगरभित्रकै महत्वपूर्ण सडक अवरूद्ध बनेको लामो समय व्यतित हुँदासमेत सञ्चालनमा नआउँदा आवतजावतमा समस्या छ।, लामाचौर–माछापुच्छ्रे सडकको पक्की कालोपत्र सडक पोखरा महानगरपालिका–१९ बेंसीचोकमा गत असार १ गते रातिको पहिराले अवरूद्धपछि हालसम्म सञ्चालन नहुँदा सर्वसाधारणले सास्ती पाएका छन्।, पक्की सडक लामो समय अवरूद्ध हुँदा उत्तरी भेगका नागरिक समस्यामा परेका छन्।, अहिले माछापुच्छ्रे गाउँपालिका र महानगरको वडा नं १९ साविक पुरुनचौर गाविसका नागरिकले घुमाउरो बाटो हुँदै यात्रा गर्न बाध्य छन्।, माछापुच्छ्रे गाउँपालिकाका आधाभन्दा बढी नागरिक यही सडक हुँदै पोखरा आवतजावत गर्ने गरेका थिए। , माछापुच्छ्रे-२ सार्दिखोलाका गणेश आचार्य दैनिक सयौं सवारी र नागरिक आवतजावत गर्ने र माछापुच्छ्रे गाउँपालिकालाई जोड्ने महत्वपूर्ण महानगरभित्रको मुख्य सडक लामो समय अवरूद्ध हुँदा आफूहरूले ठूलो दुःख र सास्ती पाएको बताए।, उनले पहिराले बन्द सडक डेढ महिना व्यतित हुँदासमेत खुलाउने प्रयास नभएकामा आक्रोश व्यक्त गरे।, उनले भने, ‘बाटो अवरूद्ध हुँदा बिरामीलाई अस्पताल लैजानसमेत समस्या भएको छ। छोटो र सिधा बाटो छाडेर हेमजा वा घार्मीको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यतामा हामी छौं। अहिलेसम्म पनि सडक खुलाउने पहल नहुनु दुःखद् र लाजमर्दो भएको छ।’, बेंसीचोकमा सडकमाथिबाट खसेको पहिराले बाटो अवरूद्ध बनेको हो। यसैगरी सडकको तल्लो भागसमेत पहिराले बगाएको छ।, गत वर्ष पनि सोही स्थानमा पहिरो खसेको थियो। त्यस बेला पनि लामो समय सडक अवरूद्ध बनेको थियो। पूर्वाधार विकास कार्यालय कास्कीले रु ४० लाख लगानीमा मर्मत गरेको सडक एक वर्ष नपुग्दै पहिराले पुनःबगाएको हो। , पूर्वाधार कार्यालय कास्कीका इञ्जिनियर गुरुदत्त अधिकारीले सडक खुलाउने जिम्मेवारी महानगरपालिकाको भएको बताए। गत वर्ष पूर्वाधार कार्यालयले बजेट विनियोजन गरेर काम गरेकामा यस वर्ष पुनः क्षति पुगेको बताउँदै उनले तत्काल महानगरले बाटो खुलाउने काम अघि बढाउने र पूर्वाधार कार्यालयले बर्खा सकिएपछि विज्ञको परामर्शमा अन्य पहिरो रोक्ने खालका पूर्वाधार बनाउने निर्णय भएको जानकारी दिए। , पोखरा-१९ का वडाध्यक्ष शोभामोहन पौडेलले आगामी १५ दिनभित्रमा सडक खुलाइसकिने बताए।, महानगरको अग्रसरतामा पाँच दिनदेखि जेसिबी र टिपरले पहिरो पन्छाउने काम गरिरहेको बताउँदै उनले पहिरो पन्छाउने र फाउण्डेसनमा जाली भर्ने काम भइरहेको जानकारी दिए। , दिनहुँ पानी परेकालेसमेत सडक खुलाउने काम तीव्रताका साथ अघि बढाउन समस्या भएको उनी बताउँछन्।, ‘छिटो कसरी सडक खुलाउने भनेर अहिले हामीले काम सुरू गरेका छौं’, वडाध्यक्ष पौडेलले भने, ‘पहिरोभन्दा तल सिँचाइ नहर र खानेपानीको पाइप रहेकालेसमेत काममा केही कठिनाइ छ। तत्कालका गाडी वारपार कसरी गर्न मिल्ने बनाउन सकिन्छ,त्यसतर्फ केन्द्रित छौं।’, पटक/पटक सोही ठाउँमा पहिराले दुःख दिएकाले बर्खा रोकिएपछि पहिराको समस्या दीर्घकालीन समाधानका लागि प्रदेश सरकार तथा सङ्घीय सरकारसँगसमेत सहकार्य गरेर काम अघि बढाइने महानगरले जनाएको छ। रासस , महानगरकै सडक डेढ महिनादेखि पहिराले अवरूद्ध
सेतोपाटी संवाददाता निषेधज्ञाको समयमा लुकिछिपी होटलभित्र तास खेलिरहेका ६ जनालाई झापाको दमक प्रहरीले नगदसहित पक्राउ गरेको छ।, दमक नगरपालिका वडा नं.८ स्थित पदम लिम्बूले सञ्चालन गरेको पेरुङ्गो होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मार्दा नगदसहित उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, पक्राउ पर्नेमा होटल संचालक पदम सुब्बासहित दमक ५ का कैलाश लिम्बू, सोही ठाउँका मोहन ढुङ्गाना, दमक ६ बस्ने द्रोणचार्य कार्की, प्रेम सुब्बा र भिम सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।  , प्रहरीले  उनीहरूको साथबाट १ लाख ६० हजार रूपैयाँ नगद पनि बरामद गरेको छ।, दमकबाट ६ जुवाडे पक्राउ
विनोद सापकोटा झापाको विर्तामोडस्थित टाइमलेस होटलमा खोपसहित नगरका कोभिड फोकल पर्सन ओमबहादुर खड्का शंकास्पद अवस्थामा फेला परेको घटनाको छानबिन गर्न शनिबार समिति गठन भएको छ।, जिल्ला कोभिड खोप व्यवस्थापन समितिको शनिबार चन्द्रगढीमा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।, समितिको सदस्यहरूमा जिल्ला समन्वय समितिका अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा, सशस्त्र प्रहरी वल २ नं. हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रसाई र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन्।, बैठक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको थियो।, समितिले सो घटनाको यथार्थ छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए।, समितिले जिल्लास्थित कोरोना नियन्त्रण तथा प्रकोप व्यवस्थापन समितिलाई प्रतिवेदन बुझाउने छ।, होटलमा खोप भेटिएपछि छानबिन गर्न समिति गठन
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइन काटिदिएकाले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको भनी प्रकाशन भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।, प्रशासनले शनिबार विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा त्यस्तो सूचना र समाचार प्रकाशित भएको भन्दै ध्यानाकर्षण गराएको हो।, सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले विज्ञप्ति जारी गरी घटनाको वास्तविकता छानविन भइरहेको जनाएकी छिन्।, उनले सत्य तथ्य पुष्टि भइनसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पार्ने कुनै पनि किसिमका तथ्यहीन, भ्रामक समाचार र सूचना प्रकाशन नगरी दिन अनुरोध गरेकी छिन्।, घटनास्थलमा सशस्त्र प्रहरी, जिल्ला प्रहरी दार्चुला र राष्ट्रिय अनुसन्धान कार्यालयको टोली खटेर गएको र हालसम्म कुनै औपचारिक जानकारी आइनसकेको उनले बताएकी छिन्।, ‘अनुसन्धानपश्चात घटनाको सत्य तथ्य जानकारी गराइने छ,’ विज्ञप्तिमा भनिएको छ।, विज्ञप्तिमा घटना सम्बन्धमा वास्तविक सत्य-तथ्य जानकारी गराई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिसकिएको र सो घटना अनुसन्धान, छानविनको क्रममा रहेको उल्लेख छ।, खलंगा आउने क्रममा व्याँस गाउँपालिका-२ मालका ३३ वर्षीय धामी तुइनबाट तर्दै गर्दा शुक्रबार महाकाली नदीमा खसेर बेपत्ता छन्। उनको अवस्था अज्ञात छ।, दार्चुला प्रशासनले भन्यो - जयसिंहको विषय छानविन भइरहेको छ, दुई देशको सम्बन्धमा खलल पुग्ने गरी समाचार नलेखौं
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप सात सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ५१७, ललितपुरका १६४ र भक्तपुरका ९४ जना छन्। त्यस्तै, अहिले उपत्यकामा ८ हजार ६६९ जना सक्रिय संक्रमित छन्।, काठमाडौंमा ५९९५, ललितपुरमा १५४० र भक्तपुरमा ११३४ जना सक्रिय संक्रमित छन्।, काठमाडौं उपत्यकामा थपिए सात सय ७५ संक्रमित
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीले मंगलबार साँझसम्म उच्चस्तरीय वार्ता टोली गठन गरेर सरकारले समस्या समाधानको पहल नथाले बुधबारदेखि काममा नजाने घोषणा गरेका छन्। , प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, नर्स, कर्मचारीहरूको संयुक्त संघर्ष समितिले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा आगामी ७२ घण्टाभित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिइएको छ।, आन्दोलनको ४७ औं दिनसम्म सरकारले आन्दोलनको माग पूरा गर्न र यसका मुद्दा सम्बोधन गर्न चासो नदेखाएको भन्दै संयुक्त संघर्ष समितिले ७२ घण्टे अल्टिमेटम दिएको जनाएको छ। , समितिका अनुसार शनिबारदेखि कालोपट्टी बाँधेर काममा जाने, आइतबार डिन अफिसहरूमा तालाबन्दी गर्ने र ७२ घण्टाभित्र उच्चस्तरीय वार्ता टोली गठन गरेर समाधान पहल नथाले स्वास्थ्य सेवामा सहभागी नहुने आन्दोलनकारीको घोषणा छ। , कोभिड उपचार, आकस्मिक उपचार र पूर्वनिर्धारित परीक्षा बाहेकका सबै सेवामा स्वास्थ्यकर्मीको सहभागिता नहुने आन्दोलनकारीको घोषणा छ। , संयुक्त संघर्ष समितिले प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ।, शेरबहादुर देउवा प्रधानमन्त्री हुनासाथ समिति गठन भएको थियो। आन्दोलनकारीले बिपीका पदाधिकारीहरूको पदमुक्ति, शैक्षिक र स्वास्थ्य संस्थामा दलीय हस्तक्षेप रोक्न माग गर्दै आएका छन्।, बिपीका आन्दोलनकारीद्वारा ७२ घण्टे अल्टिमेटम, बेवास्ता गरे स्वास्थ्य सेवा छाड्ने चेतावनी
सेतोपाटी संवाददाता विनाशकारी बाढी आएको डेढ महिनापछि मेलम्चीमा शनिबार राति पुनः त्यस्तै बाढी आएको छ। राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो। , सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार राति पौने ९ बजेबाट मेलम्ची नदीमा भीषण बाढी आएको हो। बाढी चनौटै, ग्याल्थुङ बजारमा बगिरहेको छ।, ‘असार १ गतेजस्तै बाढी आइरहेको छ, बाढीले के कति क्षति गरिरहेको छ भन्ने आउन बाँकी छ,’ पोखरेलले सेतोपाटीसँग भने।, सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बाढी चनौटे बजारको बीच भागबाट बगिरहेको छ। तर, त्यहाँका जनतालाई पहिल्यै अन्यत्र सार्ने प्रबन्ध गरिएका कारण मानवीय क्षति भने भएको छैन।, ‘पहिले जुन ठाउँबाट बाढी आएको थियो। मुहानबाट फेरि आकस्मिक रुपमा बाढी आएको छ। बाढी आएपछि सर्वसाधारणलाई जानकारी दिइएको छ, मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन,’ अधिकारीले भने।, अधिकारीका अनुसार हेलम्बु, मेलम्ची, चौतारा अन्तर्गतका सबै ठाउँमा सुरक्षा निकाय परिचालित गरी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा राखिएको छ। प्रहरीले यसअघि नै दुई ठाउँमा बाढी आउने आकलन गरी साइरन जडान गरेको थियो।, ‘त्यो साइरनका कारण पनि अहिले मानिसहरूलाई सजिलो भएको छ,’ उनले भने। उनका अनुसार मेलम्ची नदीले स्वरुप परिवर्तन गरेको छ। नदीको आवाज पनि परिवर्तन भएर आएको छ।, ‘पानीको सतह दुई गुणाले बढेको छ, यो भनेको असार १ गतेजस्तै हो,’ अधिकारीले भने।, यसअघि क्षति पुर्‍याएका सबै स्थानमा शनिबारको बाढीले थप क्षति पुर्‍याएको छ। बाढी हेलम्बु– २ को गणेशेबगर, मेलम्ची बजार, चनौटे, ग्याल्थुम, पुरानो बजार, पुलबजार, आमा ह्याल्मो यातायात बसपार्क लगायत क्षेत्रमा पसेको छ। ती स्थानमा बाढीले बगाएर ल्याएका ढुंगा, काठ र लेदो थप जम्मा भएको स्थानीयले बताएका छन्। , शनिबारको बाढीले मानवीय क्षति भने पुर्‍याएको छैन। हेलम्बु गाउँपालिका– १ का अध्यक्ष मिङमार लामाले बेलुकी ८ बजेतिर टेलिफोन गरी यसअघि पहिरो गएको स्थानमा पुनः ठूलो पानी परेको तथा काठ, ढुंगा र लेदोसहितको बाढी आउन थालेको खबर गरेका थिए।, ‘ठूलो–ठूलो आवाज गरेर गडगडाएर बाढी आएपछि मैले तलतलका क्षेत्रमा खबर गरेको थिएँ,’ वडाध्यक्ष लामाले  भने, ‘हेलम्बु गाउँपालिका नाकोते खोलामा फेरि बाढी आएको छ। खोला असार १ गते जितिकै  आवाजमा आएको छ। मेलम्ची खोला तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन अनुरोध गर्छु।’, उनले खबर गरेको करिब एक घन्टापछि करिब ९ बजेतिर बाढी मेलम्ची बजार क्षेत्रमा आइपुगेको थियो। , मेलम्चीमा फेरि बाढी