content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता मेलम्चीमा शनिबार बेलुकी फेरि लेदोसहित बाढी आएको छ। , लेदो, काठसहित बाढी आउने क्रम आइतबार बिहानसम्म पनि जारी छ। बाढीले चनौटेस्थित रातो पुल बगाएको छ। स्थानीय हस्त पण्डितका अनुसार आज बिहान करिब ७:४५ बजे पुल बगाएको हो।, भिडिओ:, मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो। पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ।, त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ। नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।, मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ।, यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए।, गत असार १ गते मेलम्चीमा पहिलोपटक ठूलो लेदोसहित बाढी आएको थियो। शनिबार फेरि बाढी आउँदा थप घरहरूमा क्षति पुर्‍याएको स्थानीय बासिन्दाले बताएका छन्। , साथै बाढी हेलम्बु– २ को गणेशेबगर, मेलम्ची बजार, चनौटे, ग्याल्थुम, पुरानो बजार, पुलबजार, आमा ह्याल्मो यातायात बसपार्क लगायत क्षेत्रमा पसेको छ। ती स्थानमा बाढीले बगाएर ल्याएका ढुंगा, काठ र लेदो थप जम्मा भएको स्थानीयले बताएका छन्। , ढल्यो रेडियो मेलम्चीको भवन, मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ। रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिए।, यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो। त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन।, बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो। पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताए। ,(राससको सहयोगमा), तस्बिरहरू:, सबै तस्बिरहरू: देवराज सुवेदी।, मेलम्चीमा फेरि आयो लेदोसहित बाढी, रातो पुल बगायो (तस्बिरहरू)
एजेन्सी अमेरिकाबाट क्यानडा गएका दुई जना यात्रुलाई क्यानडाका अधिकारीहरूले  झन्डै ४७ लाख रुपैयाँ जरिवाना तिराएका छन्।, पूर्ण रूपमा कोरोना खोप लगाइसकेको झुठो विवरण दिएका उनीहरूलाई १९ हजार ७ सय २० अमेरिकी डलर (२३ लाख ४४ हजार रुपैयाँ) का दरले जरिवाना तिराइएको हो।, द पब्लिक हेल्थ एजेन्सी अफ क्यानडाले जुलाई तेस्रो साता अमेरिकाबाट आएका ती यात्रुले तोकेका मापदण्ड पूरा नगरेकाले उनीहरूलाई जरिवाना तिराइएको जनाएको छ।, उनीहरूले  प्रस्थान गर्नुअघि गरिएको परीक्षण,  क्यानडा पुगेपछि गर्नुपर्ने परीक्षण र सरकारले तोकेका होटलमा क्वारेन्टिन बस्ने कुनै पनि मापदण्ड पूरा गरेका थिएनन्।, गत जुलाई ५ देखि क्यानडाले कोरोनाविरूद्ध पूर्ण खोप लगाएका विदेशी र स्वदेशी नागरिकलाई क्यानडा आउँदा क्वारेन्टिन बस्नु पर्ने नियम खुकुलो बनाएको छ।, अमेरिकामा लगाउन चाहनेहरूलाई खोप सहजै पाइन्छ।मानिसहरूले खोप लगाउन आनाकानी गरेपछि विभिन्न राज्यहरूले प्रोत्साहनस्वरूप पैसा दिन थालेका छन्। यसका बाबजुद् पनि अझै धेरै अमेरिकी खोप लगाएका छैनन्।, क्यानडाले आफ्नो देशमा प्रवेश गर्नेले कोरोना नियन्त्रणसम्बन्धी मापदण्ड उल्लंघन गरे गल्तीको गम्भीरता हेरी ६ महिनासम्म कैद वा ७ लाख ५० हजार डलरसम्म जरिवाना तिर्नु पर्ने  हुनसक्ने बताएको छ।,  , अमेरिकाबाट क्यानडा गएका दुई जनाले दिए कोरोना खोप लगाएको झुठो विवरण, तिर्नु पर्‍यो २३ लाख रुपैयाँ जरिवाना
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले भोलि साउन १८ गते जनसम्पर्क धेरै हुने पेसा र व्यवसायमा संलग्न रहेकालाई कोरोनाभाइरस विरूद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ।, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार महानगरभित्रका बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी, ललितपुर महानगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाका कर्मचारीले यो खोप पाउनेछन्।, साथै महानगरपालिकाभित्र चल्ने सार्वजनिक ठूला बस, माइक्रोबस र टेम्पोका चालक र सह-चालकलाई पनि यो खोप लगाइने छ।, उद्योग वाणिज्य संघ ललितपुरको सिफारिस पाएका खुद्रा व्यवसायी र विदेश जान टिकट र भिसा लिएकालाई पनि यो खोप दिने प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए।, महानगरले जोन्सन एन्ड जोन्सन खोप पाटनढोकास्थित पाटन मावि, जावलाखेल चोक (फुटबल मैदानसँगै) र सातदोबाटोमा रहेको महेन्द्र आर्दश माविको खोप केन्द्रबाट दिने व्यवस्था मिलाएको छ।, यी तीनवटा खोप केन्द्रमध्ये आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन सकिने महानगरले जनाएको छ। र्‍यापिड रेस्पोन्स टिमका संयोजक समेत रहेका अर्यालले भने, ‘प्राथमिकताको आधारमा खोपको व्यवस्था गरेका हौं।’, यी समूहको जनसम्पर्क धेरै हुने भएकाले यो पटक ती पेसा र व्यवसायमा रहेकालाई खोप लगाउन लागेको उनले स्पष्ट पारे। ललितपुर महानगरपालिकाले उमेर समूहसँगै व्यक्तिको अवस्था र पेशा, व्यवसायको प्रकृति हेरेर खोप कार्यक्रममा तयार पारेको छ।, ‘खोपको उपलब्धतासँगै अवस्था र पेसागत आवद्धतालाई प्राथमिकतामा राखेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने। , हाललाई उमेर समूहमा नपरेका महानगरवासीलाई धैर्य गर्न उनले आग्रह गरे। ललितपुर महानगरपालिकाले यसअघि नै अपागंता भएका, महानगरभित्र भएका सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई खोपको व्यवस्था गरिसकेको छ। विदेश जान टिकट र भिसा लिएकालाई यस अघि पनि महानगरले खोपको व्यवस्था गरेको थियो।, ललितपुर महानगरमा साउन १५ गतेदेखि १७ गतेसम्म ४५ वर्ष र त्यसभन्दा माथिकालाई भेरोसेल खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ। अन्यत्र खोप कार्यक्रम अव्यवस्थित भएको गुनासो आइरहँदा ललितपुर महानगरले यो कार्यक्रमलाई सकेसम्म व्यवस्थित बनाउन प्रयास गरेको छ।, व्यवस्थित हुनुका धेरै कारणमध्ये तीन वटा प्रमुख भएको अर्यालले बताए।, उनले भने, ‘उमेर समूहअनुसार तथ्यांक संकलन, प्रभावकारी अनुगमन, कर्मचारीलाई प्रशिक्षण गरिएकाले हालसम्म ठूलो समस्या बेहोर्नु परेको छैन।’, तथ्यांक संकलनले कहाँ कति खोप आवश्यक छ, कतिले खोप लिए लगायतका विवरण राख्न सजिलो हुनुका साथै खोप कार्यक्रम सुरू गरे लगत्तै स्थगित गर्नु नपरेको महानगरले जनाएको छ। महानगरका अनुसार महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकलाई महानगरले छिट्टै खोपको व्यवस्था गर्नेछ।, ललितपुरमा भोलि बैंक तथा वित्तिय संस्थाका कर्मचारी, यातायात मजदुर र विदेश जानेलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने
रासस सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन्।, गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालको भनाइ छ।, सबैलाई स्वास्थ्य चौकीमा ल्याउन सम्भव नभएकाले स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरिएको उनले बताइन्।, बिरामीमध्ये तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ।, अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। ‘फुडपोइजन’ का कारण झाडापखाला लागेकाले ४८ घण्टासम्म सबै जना ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ।, पूजाको प्रसाद खाँदा २८ जना बिरामी
सेतोपाटी संवाददाता तीन जना बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले दाङका बेग्लाबेग्लै स्थानबाट २ जनालाई पक्राउ गरेको छ।, साउन १३ गते दिउँसो घरमा कोही नभएको बेला पारेर ८ बर्षीया बालिकामाथि जवरजस्ती बलात्कारको प्रयास गर्ने बबई गाउँपालिका वडा नम्बर ५ हापुरेका ५४ वर्षीय किमे दमाई पक्राउ परेका छन्।, त्यस्तै राप्ती गाउँपालिका वडा नम्बर ८ स्थित शंकर माविका परिचर २८ वर्षीय सूर्य चेतन चौधरी दुई बालिकालाई जवरजस्ती बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका छन्।, स्थानीय १४ र १६ वर्षीया दुई बालिकालाई जवरजस्ती गर्न खोजको जाहेरीका आधारमा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए।, चौधरीले साउन १६ गते अपरान्ह करिब ५:३० बजे दुई बालिकालाई ललाइफकाइ एकान्त स्थानमा लगेर जबरजस्ती बलात्कारको प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ।, पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, तीन बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा २ पक्राउ
रासस शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ।, तीमध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए। उनकाअनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो। ती घरटहरा खाली थिए।, बाढीले चनौटेको रातो पुल बगाएको छ। स्थानीयवासी हस्त पण्डितले दिनुभएको जानकारी अनुसार वाढीले आज विहान पुल बगाएको हो।, मेलम्ची– ७ र ८, पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल रहेको थियो। पुल बगाएसँगै अब यो भेगमा सवारीआवतजावत बन्द छ।, त्यस्तै ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि वाढीले बगाएको छ।, बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ। मेलम्ची बजारदेखिमाथि पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बताए।, खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उनले बताए।, साथै हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु सवारीसाधन जान नसकेको मेलम्ची नगर प्रमुख डम्बर अर्यालले बताए।, मेलम्ची बाढी अपडेट: बगायो १७ घर-टहरा
रासस उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ।, वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट १५ दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो।, सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको छ।, १५ दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम शुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले सङ्क्रमित भएपछि शनिबार रातिदेखि साउन २४ गतेसम्मका लागि पूरै गाउँ सिल गरिएको वडाध्यक्ष खत्रीले बताए।, स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार जिल्लामा १० दिन अघिसम्म पनि कोरोना सङ्क्रमण घट्दो दरमा थियो। एक हप्तायता पुनः सङ्क्रमण बढ्न थालेको उनले बताए।, खैजनपुरमा सङ्क्रमण पुनः बढ्न थालेका कारण आज बिहानदेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सबै गाउँलेको पिसिआर र एन्टिजेन परीक्षण शुरु गर्न लागिएको स्वास्थ्य कार्यलयका प्रमुख सुवेदीले बताए।, सङ्क्रमण फैलन थालेपछि खैजनपुरका दक्षिण–पूर्वको भूभाग जोगीदहसम्म र पश्चिम भुल्केसम्म र उत्तर त्रियुगा नदी किनारसम्मको क्षेत्रमा सिल गरिएको छ।, गाउँ सिल गरेसँगै बिहान ७ देखि ९ बजेसम्म मात्र दैनिक उपभोग्य वस्तुका सामान्य पसल खोल्न अनुमति प्रदान गरिएको र सो समय बाहेकका समय पूर्णरूपमा लकडाउन गरिएको वडाध्यक्ष खत्रीले बताए।, कोरोनाले उदयपुरमा एकै परिवारका ३ जनाको मृत्यु, गाउँ सिल
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका–१९ ठगुटोलमा अवस्थित प्राचीन अग्निशालामा तामाको छानो हालिएको छ। पाँच हजार वर्ष पुरानो सो अग्निशालामा विसं १९९० को भूकम्पले छानो भत्काएपछि बेलायत सरकारबाट सहयोग प्राप्त जस्ताको छानो फेरिएको थियो।, विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न जस्ताको छानोले मान्यता नपाउने भएसँगै अग्निशालामा २४ गेज मोटाइ तामाको छानो हाल्ने काम सम्पन्न गरिएको अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले जानकारी दिए। उनले भने, ‘महानगरपालिकाले २६ गेज मोटाइ तामा प्रयोग गर्ने अनुमान गरे पनि जति सानो गेज मोटाइको तामा प्रयोग गरिन्छ त्यति नै बढी वर्षसम्म टिक्ने र बाक्लो पनि हुने भएकाले चाँडै नबिग्रियोस् भनी २४ गेज मोटाइको तामा हाल्यौं।’ उनका अनुसार अग्निशालामा छानो छाउन महानगरपालिकाले रु ४० लाख सहयोग गरेको थियो।, विसं १९९० को भूकम्पअघि सो अग्निशालामा झिङ्गटीको छाना छाइएको थियो। तामाको छानोले अब १०० वर्षसम्म पनि काम दिने विश्वासका साथ महानगरपालिकाले दिएको अनुमतिमा केही फेरबदल गरी काम गर्दा लगभग ५० लाख खर्च भएको शर्माको भनाइ छ।, अग्निशाला मर्मत तथा सुधार गर्न अपुग भएको १० लाख भने आन्तरिकरूपमा व्यवस्थापन गरिएको समितिले जानकारी गराएको छ। विसं २०७२ को गोरखा महाभूकम्पले अग्निशाला भवनमा त्यति क्षति पुर्‍याएको थिएन। अग्निशालाभित्र विष्णु, रुद्र, ब्रह्म, सभ्य, सूर्य र नाग गरी छ कुण्ड रहे पनि भने पाँच कुण्डको नामले मात्रै परिचित रहेको छ। सलाइ बन्नु पहिलेदेखि नै विष्णु, रुद्र, ब्रह्म र सूर्य कुण्डमा आगो बल्ने गरेको पुजारी रविश्याम शर्माले बताए।, ‘हरेक दिन यहाँ राष्ट्र शान्तिका लागि अग्निहोम र सम्पूर्ण पितृ उद्धारका लागि ‘पितृयज्ञ’ का रूपमा श्राद्ध गरिन्छ। प्राचीन समयमा १८ थरीका दाउरा बालिने यस अग्निशालामा हाल भने कीरा लागेका, ढुसी परेका, किला ठोकिएका, काँडा भएकाबाहेक अन्य दाउरा बालिने गरिन्छ। यहाँ कृष्ण वा शुक्लपक्ष प्रतिपदाका दिन लगभग वर्षको २४ वटा विशेष होम गरिन्छ,’ उनले भने। प्रतिपदाका दिन अग्निशालामा ‘पुरोदासा’ अर्थात् चामलको रोटी पकाइन्छ। सो रोटीको सेवन गरेपछि लामो समय सन्तान प्राप्त गर्न नसकेका परिवारले सन्तान सुख पाउने विश्वास रहेको शर्माले बताए।, अग्निशालामा काठ रगडेर निकालिएको काष्ठाग्नि, ढुङ्गा रगडेर निकालिएको पासाग्नि, सूर्यको प्रकाशबाट निकालिएको सूर्याग्नि, जलकुण्ड त्रिवेणीबाट निकालिएको जलाग्नि र अग्निहोत्री बज्यैको नाइटोबाट निकालिएको जठराग्नि नामका पाँच धुनि बल्छन्। पाँच अग्नि एकै ठाउँमा बल्ने सो अग्निशाला विश्वको एक मात्र स्थान पाटनमा रहेको अनुमान गर्न सकिने स्थानीयवासीको बुझाइ छ।, सम्पदा संरक्षणलाई प्राथमिकतामा राखी गौरवशाली योजनाअन्तर्गत अग्निशालामा तामाको छानो फेर्न स्थानीय सरकार सफल भएको भन्दै महानगर प्रमुख चिरीबाबु महर्जनले खुशी व्यक्त गरे।, पाटनको प्राचीन अग्निशालामा तामाको छानो हालियो
सेतोपाटी संवाददाता सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीले थुनिएको मोटरेवल पुल सञ्चालनमा आएको छ। चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मोटरेवल पुल सञ्चालन भएसँगै माथिल्लो मनाङबाट हने आवतजावत सहज हुने भएको छ ।, पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपथ प्रहरीसँगै एक्साभेटरको प्रयोगबाट हटाइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। पुलमा सहज भएपछि माथिल्लो मनाङको आवतजावत सञ्चालन भएको उनले बताए। नदीलाई पहिलाकै धारमा फर्काउन सकिएकाले आवतजावतमा सहज भएको उनले बताए।, गत असारको पहिलो साता आएको वर्षासँगै नदीमा आएको बाढीपहिराले चामेको उक्त पुल अवरुद्ध भएको थियो । पुल थुनिएसँगै नदीको बहावले चामेस्थित लोकप्रिय मावि र विद्यालय नजिकै रहेको झोलुङ्गे पुलमा नदीले कटान गरी क्षति पुर्‍याएको थियो । झण्डै डेढमहिना अवरुद्ध रहेको पुल खोल्नका निम्ती सशस्त्र प्रहरीको पर्वतीय उद्दार शिक्षालयको टोलीसमेत खटिएको थियो ।, अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरो र मर्स्याङ्दी नदीमा आएको बाढीका कारण लमजुङ–मनाङ सडकखण्डमध्ये सदरमुकाम चामेदेखि तिमाङसम्म मात्रै यातायात सञ्चालन भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए।, अवरूद्ध सडकमध्ये जिल्लाको कोतोमा पहिरो पन्छाइएपछि सडक सञ्चालन भएको उनले बताए। त्यसअघि क्षतिग्रस्त सडक खण्डको स्यार्कु खोलामा अस्थायी काठे पुल राखिएको र थानचोक खोलामा ग्याबिन पर्खाल लगाएर सवारीसाधन सञ्चालन गराइएको प्रजिअ लामिछानेले जानकारी दिए। सडक पुनःनिर्माणसँगै गाउँपालिकाअन्तर्गत तिमाङ गाउँदेखि सदरमुकाम चामेसम्म पुग्न सहज भएको छ ।, बेँसीशहर–चामे सडक ट्याक खोलेको नेपाली सेनाका तत्कालीन कमाण्डर इञ्जिनीयर इन्दिवर गुरुङसहितको टोलीले क्षतिग्रस्त सडकको स्थलगत निरीक्षण गरेको थियो । ,रासस, चामे–तिमाङ सडकमा सवारी आवतजावत
राजेश घिमिरे घर नजिकैको जंगल पसेका मेघौलीका मनिषकुमार लिम्बूलाई सर्पले खुट्टामा टोक्यो। खुट्टाबाट रगत बग्न थाल्यो, उनी आफूलाई टोक्ने त्यो पानी सर्प (पानी साँप भनिने यो सर्पले टोक्दा शरीरमा विषको असर हुँदैन) लाई समातेर गाउँ फर्किए। छिमेकीको अगाडि लाठीले हानेर त्यसलाई मारिदिए। अनि बल्ल आफ्नो घाउको उपचार गर्न थाले।, मनिषले आफूलाई टोक्ने सर्पसँग बदला लिएका थिए। जीवनमा कति वटा सर्प यसरी मारे भन्ने यकिन छैन उनलाई। यतिचाहिँ स्पष्ट भन्छन्, ‘सर्प देख्यो कि यसले बर्बादै पार्छ भन्ने लाग्थ्यो, मारिहाल्थें।’, उनै मनिष अचेल चितवन राष्ट्रिय निकुञ्ज नजिकका बस्तीमा सर्पको महत्व बुझाउँदै जोगाउन सिकाउँछन्। सर्पले पर्यावरणमा पार्ने सकरात्मक प्रभावबारे जनचेतना फैलाउँदै हिँड्छन्। सर्पको संहार गर्न उद्धत युवालाई उद्धार गर्न सिकाउँछन्। , चितवन राष्ट्रिय निकुञ्जबाट नजिकै भएकाले मेघौली क्षेत्रका बासिन्दाको सम्बन्ध वन, वन्यजन्तुसँग निकट छ। आहराको खोजीमा वन्यजन्तु गाउँ पस्नु, घाँस, दाउराको खोजीमा मान्छे वन पस्नु यहाँका लागि नौलो होइन। त्यही वन र वन्यजन्तु देखाउनका लागि देशी, विदेशी पर्यटकलाई लक्षित गरेर यहाँ करोडौंको लगानीमा होटल बनेका छन्।, ‘तर पनि मान्छेहरू आफ्नो स्वार्थका लागि वन्यजन्तुको ज्यान लिन पछि पर्दैनन्,’ मनिष भन्छन्, ‘महत्व नबुझ्दा म पनि उस्तै थिएँ, बुझ्दै गएपछि आफूलाई परिवर्तन गरेको छु।’, अचेल उनी सर्पमात्रै होइन, पुतली, चरादेखि ठूला वन्यजन्तुको संरक्षणमा दत्तचित्त भएर लाग्छन्। उनैको पहलमा गत वैशाखमा भरतपुर महानगरपालिकाका वडा नम्बर २७ र २८ लाई पिँजडामुक्त गाउँ घोषणा गरिएको थियो। यसका लागि उनले स्थानीय युवा र सरोकारवाला निकायलाई एकजुट बनाएर पिँजडामा कैद भएका वन्यजन्तु, चराचुरुङ्गीहरुलाई जंगलमा छाड्न महत्वपूर्ण भूमिका खेलेका थिए।, ‘मान्छेहरू रमाइलोका लागि वन्यजन्तुलाई पिँजडामा थुनेर राख्छन् तर उनीहरूको अधिकारको बारेमा सोच्दैनन्, घर वरपर कुनै वन्यजन्तु आइपुग्यो भने मार्न हतार गर्छन्,’ उनी भन्छन्, ‘जंगलनजिक घर बनाएपछि उनीहरूबाट क्षति त हुनसक्छ तर उनीहरूबाट हामीले फाइदा पनि लिनसक्छौं, नियन्त्रण गर्ने तरिका हुन्छन्।’, अचेल गाउँमा कुनै वन्यजन्तु आयो भने उद्धारका लागि मनिषलाई खबर आइहाल्छ। उनी सबै काम छाडेर वन्यजन्तुको उद्धारमा खट्छन्।, ‘मुसाको खोजीमा सर्पहरू खेत हुँदै मान्छेको घरभित्रै पस्छन्, उनीहरू पहिले घर वरपर देखिएका सर्पलाई तुरुन्तै मारिहाल्थे,’ उनले भने, ‘अचेल मलाई फोन गर्छन्, दैनिक एक-दुई वटा सर्प उद्धार गरेर जंगलमा लगेर छाड्ने गरेको छु।’, बस्ती बढ्दै गएको, खेतीयोग्य जमिन घट्दै गएको र भएको खेतमा पनि ट्याक्टरलगायतका मेसिनको प्रयोग हुन थालेका कारण सर्पहरू घर वरपर बढी देखिन थालेको मनिष बताउँछन्। खेतका मुसा खाएर निर्वाह गर्ने सर्प अचेल कुखुरा, हाँस खान घर, खोरतिर पस्ने गरेको उनले बताए। , मनिष नेचर गाइड एसोसिएसन सौरहाअन्तर्गतको मेघौली-घडगाईं उपसमितिका संयोजक हुन्। यो समितिले पर्यटकीय क्षेत्र पटिहानी र मेघौलीमा कार्यरत करिब २०० जना नेचर गाइडको नेतृत्व गर्छ।, ‘वन्यजन्तुको संरक्षण गर्नु नेचर गाइडको कर्तव्य नै भइहाल्यो,’ उनी भन्छन्, ‘नियमित कामसँगै संरक्षणबारे नयाँ पुस्तालाई सिकाउन पनि सकियो भने पर्यावरण जोगिन्छ, यसले हामी सबैलाई फाइदा पुग्छ।’, मनिषको बाल्यकाल नै चितवन निकुञ्जभित्र बित्यो। उनका बाबु निकुञ्ज भित्रको होटल टाइगर टप्समा काम गर्थे। पछि दाइले पनि त्यहीँ काम गरे। मनिष भने बाबु र दाइको संगतबाट प्रकृतिको विषयमा जाने। बाल्यकालमा परिवारसँग लुकिछिपी वन्यजन्तुको नोक्सान गर्न पछि नपर्ने उनी पछि विदेशीको संगतले नेचर गाइड बने।, ‘सानैदेखि निकुञ्जसँग नजिक भएँ, विदेशीहरूको अघिपछि हिँडियो। यसैले प्रकृतिको संरक्षण गर्नुपर्छ भन्ने सिकायो,’ उनले भने, ‘प्रकृतिको संरक्षण गर्न सक्यो भने हामीलाई यसैले पाल्ने रहेछ भन्ने ज्ञान भएपछि यसैमा लागेको छु।’, ४८ वर्षीय मनिषले वनमा पर्यटक घुमाउने काम गर्न थालेको २ दशक भयो। यो अवधिमा उनले सयौं वन्यजन्तु, चराचुरुङ्गी, पुतली, किरा फट्यांग्रा चिने। तिनका विशेषता बुझे। अचेल पर्यटकको गाइड बनेर तीनै जीवजन्तु चिनाउँछन्। पर्यटकमात्र होइन वन विज्ञान विषयमा अध्ययन गर्ने विद्यार्थी अनुसन्धानका लागि उनको सहयोग लिन्छन्। क्याम्पसमा व्यवस्थापन शास्त्र पढेका मनिषलाई प्राकृतिक क्षेत्रमा संगालेको लामो अनुभवले वन विज्ञान पढ्दै गरेका विद्यार्थीलाई जीवजन्तुको विषयमा सिकाउने बनाइदियो। नेचर गाइड बन्न चाहने पनि सिक्न आउँछन्। , मेघौली विमानस्थलको आडैमा उनको घर छ। घरको अघि-पछि आँप, अम्बा, लिचीलगायतका फलफूलका बोट छन्। ती बोटमा लटरम्बै फल फल्छन्। तर ती फल न उनी खान्छन् न त अरू मान्छेलाई खान दिन्छन्। रुखका फल चराचुरुङ्गीले खान्छन्, झरेका किराले खान्छन्।, आँगनमा रोपेका बिरुवामा उनले पुतलीको विषयमा अनुसन्धान गरिरहेका छन्। लकडाउनले अरू काम खोसेको समयमा उनी विभिन्न किसिमका पुतली, किरा, फट्यांग्राको जीवन चक्र हेरेर समय बिताउँछन्।, ‘चितवनमा २०० भन्दा बढी प्रजातिका पुतली पाइने रहेछन्, त्यसमा मैले १०० भन्दा बढी प्रजाति चिन्छु, सर्प, किरा फट्यांग्रा पनि धेरै चिन्छु,’ उनी भन्छन्, ‘यहाँ घुम्न आउने विदेशी पर्यटकलाई यिनका विषयमा विस्तारसँगै जानकारी गराइदिँदा असाध्यै खुसी हुन्छन्। उनीहरूले हाम्रो ठाउँको कुरा आफ्नो ठाउँमा लगेर सुनाउँछन्।’, उनी सर्पमात्रै होइन खोलामा गएर माछा मार्ने युवालाई पनि सम्झाइबुझाइ गर्छन्।, ‘माछा त मार तर हुर्कंदै गरेका, अण्डा पार्ने अवस्थाका माछा मार्नु हुँदैन भनेर सम्झाउने गरेको छु,’ उनी भन्छन्, ‘बिस्तारै मेरो कुरा बुझ्दै पनि छन्।’, गुलेली बोकेर चरा मार्न हिँड्ने युवालाई एक ठाउँमा ल्याएर उनले सचेतना अभियान नै चलाए। ५०० भन्दा बढी गुलेली आफ्नै खर्चमा किनेर नष्ट गरिदिए। अन्ततः गाउँका पसलमा गुलेलीको बिक्री नहुने अवस्था तयार भयो। , चार वर्षदेखि उनी सर्पको उद्धारमा कम्मर कसेर लागेका छन्। पानी साँप, धामन, अजिंगर, सिंगारे, बगाले, मायल भेनम, करेट, हरेउजस्ता सर्पको उद्धारमा उनी खट्छन्। लोपोन्मुख मानिएको किंग कोब्रा पनि बेला-बेलामा मेघौली क्षेत्रमा देखिन्छन्। असाध्यै विषालु मानिने यो सर्पलाई स्थानीयले मार्न खोज्दा उनीसहितका युवाले जोगाउने गरेका छन्। सर्पलाई नै आहारा बनाउने किङ कोब्रा आहारा प्रजातिको खोजीमा तराईबाट पहाड उक्लन थालेको सुनेको बताउँछन् उनी।, ‘हाम्रो लागि कुनै नोक्सान नगर्ने, बरू खेतमा भएका मुसा खोजी-खोजी खाएर बाली राम्रो बनाउन सघाउने धामन नामको सर्पबारे अहिले धेरै मान्छेले बुझेका छन्,’ उनी भन्छन्, ‘सबै विषालु हुँदैनन्, उनीहरूसँग सचेत त हुनुपर्छ तर हानी पुर्‍याउनु हुन्न भनेर सम्झाउँदा-सम्झाउँदा मान्छेको सोचाइमा परिवर्तन आउन थालेको छ।’, ‘अजिंगरको आहारा दैवले पुर्‍याउँछन्’ भन्ने नेपाली उखान नै छ। अजिंगर भनिने अजंगको सर्प बेला-बेलामा सहरी क्षेत्रमा पनि भेटिन्छन्। अजिंगरका लागि आहारा दैवले नभई पोल्ट्रीले जुटाइदिनु परेको बताउँछन्, स्थानीय युवा बद्री अर्याल।, आहाराको खोजीमा यो सर्प जंगल आसपासका पोल्ट्री, घरमा पुग्ने गरेको उनी बताउँछन्।, ‘तर देख्नेबित्तिकै डराएर मार्न खोज्ने चलन अहिले परिवर्तन भएर उद्धारका उपाय खोज्न थालिएका छन्,’ अर्यालले भने, ‘यस्तो सर्प देखियो भनेर फोन गरेपछि उहाँ उद्धारका सामग्री बोकेर आइहाल्नुहुन्छ।’   , गाउँलेहरू मनिषको कामबाट प्रभावित छ। प्रकतिसँग रमाउने युवाका लागि त उनी प्रेरणाको स्रोत नै हुन्। श्रीमती शान्तालाई भने अझै पनि उनको काम मन परेको छैन। जोखिम मोलेर वन्यजन्तुको उद्धार गर्ने र जंगलमा हिँड्नु पर्ने उनको काम श्रीमतीलाई मन परेको छैन।, ‘म यही हो मेरो भविष्य भनेर लागें, अरूलाई पनि यसमा भविष्य छ भनेर जागरुक गराएँ। अब फर्किने बाटो छैन,’ मनिष भन्छन्, ‘श्रीमतीलाई पनि बानी पर्न थालेको छ।’, मनिषले गरेका कामको सिको अन्य युवाले पनि गर्न थालेका छन्।, मनिष ७ वर्षअघि पर्यटकको गाइड बनेर जंगल जाँदा गैंडाको आक्रमणमा परेर घाइते भएका थिए। त्यसपछि केही समय उनी जंगल जान डराए।, ‘त्यो  डर धेरै समय रहेन, निको भएपछि जंगल जान थालें, अहिले पुनः पहिले जस्तैगरी हिँडिरहेको छु,’ उनी भन्छन्, ‘बाँचुञ्जेल वन र वन्यजन्तुको संरक्षणमा काम गर्ने हो।’, पहिले आफैं सर्प मार्थे, अचेल जोगाउन सिकाउँछन् (भिडिओ)
सेतोपाटी संवाददाता सिन्धुपाल्चोक हेलम्बुको भीमथाङमा मेलम्ची नदी थुनिएर बाढी आएको अनुमान गरिएको छ। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार भीमाथाङमा पहिरो गएर मेलम्ची थुनिएपछि बाढी आएको हुनसक्छ। , आइतबार बिहान हेलिकोप्टरबाट गरेको निरीक्षणपश्चात उनले यस्तो अनुमान लगाएका हुन्।, पहिरो कहिले गएको र कति समयसम्म मेलम्ची थुनियो भन्ने एकिन छैन। तर हेलिकोप्टरबाट लिइएका केही तस्बिरमा हेर्दा भीमाथाङमा पहिरो गएको दृश्य देखिएका छन्।, मेलम्ची थुनिएपछि पानीको बहाब बढेर फुट्दा एकैपटक तटीय क्षेत्रमा बाढी आएको हुनसक्छ। ठूलो वर्षा नहुनु, तर एकैपटक ठूलो बाढी आउनुले माथिल्लो भेगमा मेलम्ची थुनिएर एकैपटक पानीको बहाब आउँदा बाढी आएको अनुमान गरिएको ग्याल्जेनले बताए।, मेलम्चीमा आएको बाढीका कारण हेलम्बु, किउल र मेलम्ची बजारका केही घर बगाएको छ। अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।, सबै तस्बिरहरूः हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा फेसबुकबाट, हेलम्बुको भीमथाङमा मेलम्ची नदी थुनिएर बाढी आएको अनुमान (तस्बिरहरू)
सेतोपाटी संवाददाता अर्थ मन्त्रालयको नयाँ सचिवमा मधुकुमार मरासिनीको सरूवा भएको छ।, केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले मरासैनीलाई अर्थमा सरूवा गरेको हो। यसअघि मरासैनी महालेखा नियन्त्रक थिए।, अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरूवा गरिएको छ।, अर्थ मन्त्रालय स्रोतका अनुसार साउन १२ गतेको मन्त्रिपरिषद बैठकले मरासिनीलाई अर्थ सचिवमा सरूवा गरेको थियो।, अर्थ सचिवमा मधुकुमार मरासिनी
सेतोपाटी संवाददाता काठमाडौंको सानोभर्‍याङमा कस्मेटिकका सामान रिलेबलिङ गर्ने ठाउँमा प्रहरीले छापा मारेको छ।, आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।, म्याद गुज्रिसकेका सामानमा नयाँ मिति हालेर बेच्ने गरेको खुलेपछि प्रहरीले छापा मारेको उनले बताए।, 'भ्यास्लिनजस्ता कस्मेटिकका सामानका मिति सकिसकेको सामानमा रिलेबलिङ गरेको पाइयो,' उनले भने,‘त्यहाँ हाम्रो टोली पुगेको छ। अरू सामान पनि थुप्रै छ।', प्रहरी वाणिज्य विभागको टोलीसहित त्यहाँ पुगेको हो।, म्याद गुज्रेका कस्मेटिक सामान रिलेबलिङ गर्ने ठाउँमा प्रहरीको छापा
सेतोपाटी संवाददाता कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन्।, आइतबार दिउँसो १२ बजे कैलाली मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका-४ मा जाने क्रममा डुंगा दुर्घटना भएको हो। दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन्।, काठको डुंगामा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।, बच्चालाई सुर्खेतको स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार डुंगामा सवार १० जनामध्ये तीन जना बेपत्ता छन्। बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ राघका उर्मिला सलामी, धनी सलामी र धनी सलामीका डेढ वर्षका छोरा रहेको डिएसपी घर्तीले बताए।, डुंगा पल्टिँदा पाँच जनाको सकुशल उद्धार भएको छ। दुई जना घाइते भएको प्रहरीले कार्यालयले जनाएको छ।, १९ वर्षीया धनसरा सलामी मगर गम्भीर घाइते छन् भने एक महिनाका कर्ण सलामी सामान्य छन्।, इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेत र इलाका प्रहरी कार्यालय सुगरखाल कैलालीबाट प्रहरीको टोली घटनास्थल पुगेको छ।, राँगा मलेखा मोहन्याल गाउँपालिकाको विकट क्षेत्र हो। त्यहाँ एउटा खोप  केन्द्र नहुँदा स्थानीयहरू सुर्खेतको बिजौरामा रहेको स्वास्थ्य चौकीमा खोप लगाउन आउनु पर्छ।, कर्णाली नदीमाथि पुल नहुँदा दर्जनौं विद्यार्थी हरेक दिन डुंगामा चढेर बिजौराको विद्यालयमा पढ्न आउने गर्छन्। ,  ,  , कर्णालीमा डुंगा पल्टिँदा बच्चालाई खोप लगाउन हिँडेकी आमासहित तीन जना बेपत्ता
राजु अधिकारी लाखौं रुपैयाँ बराबरको राजस्व छली प्रकरणमा एजेन्टलाई कारबाही गरेको विराटनगर भन्सार प्रशासनले त्यसमा संलग्न आफ्ना कर्मचारीलाई भने उन्मुक्ति दिएको छ।, गएको साउन ३ गते राति राजश्व छलेर सामान भित्र्याएको आरोपमा राजस्व अनुसन्धान कार्यालयले दुई वटा ट्रयाक्टर नियन्त्रणमा लिएको थियो।, बजार मूल्यभन्दा सयौं गुणा कम मूल्यांकन गरेर १४ लाख र बाँकी चार लाख बराबरको भन्सार मूल्यांकन नगरी सामान भित्र्याएको पाइएको राजस्व अनुसन्धानले जनाएको थियो।, ‘हजारभन्दा बढी मूल्य पर्ने कपडाको मूल्यांकन एक सय रुपैयाँको मात्रै गरिएको थियो,’ राजस्व अनुसन्धान इटहरीका दीपक खड्काले भने, ‘यसरी कम मूल्यांकन गरेर १४ लाख राजस्व छलिएको पाइयो। त्यस्तै भन्सार नगरी ४ लाख बराबरको सामान ल्याएको भेटियो। यसरी एकै पटकमा १८ लाख राजस्व छलेको पाइएको थियो।’, घटनाको अनुसन्धान जारी रहेको खड्काले जानकारी दिए। तर, यो एउटै घटनामा संलग्नहरूमाथि कारबाही अघि बढाउने विषयमा भन्सार प्रशासनले दोहोरो मापदण्ड अख्तियार गरेको छ।, राजस्व अनुसन्धान विभागको ठहरमा भन्सार एजेन्टका प्रतिनिधिलाई दोषी करार गरेको भन्सारले आफ्ना कर्मचारीको हकमा भने ‘आधिकारिकता’ कुरिरहेको छ। व्यापारी, भन्सार कर्मचारी, भन्सार एजेन्टसहितको मिलेमतोमा एकै पटकमा १८ लाख रुपैयाँ राजस्व छली भएको राजस्व अनुसन्धान कार्यालय इटहरीले पुष्टि गरेको थियो।, लगत्तै भन्सार एजेन्टका प्रतिनिधि अकबर अलीलाई एक महिने निलम्बन घोषणा गरेको भन्सारले आफ्ना कर्मचारीलाई भने छानविनसम्म थालेको छैन। भन्सारले कर्मचारीमाथि छानविन गर्न भने आधिकारिकता कुरेको हो।, ‘राजस्व अनुसन्धान कार्यालयले हामीलाई आधिकारिक जानकारी गराएकै छैन,' विराटनगर भन्सारका सूचना अधिकारी सन्तोष यादवले भने, ‘अनुसन्धान कार्यालयले आधिकारिक जानकारी नदिएसम्म केही भन्न सकिने अवस्था भएन।’, विराटनगर भन्सारले भिसिटिएस नगरी आयात गरेको मालवस्तु भित्र्याएको कसुर पुष्टि भएपछि प्रारम्भिक चरणमा अलीलाई महिना दिनको लागि निलम्बन गरिएको जनाएको छ। तर, सोही घटनामा मिलेमतो गर्ने कर्मचारीको सवालमा भने भन्सार प्रशासन मौन रहेको छ। राजस्व अनुसन्धान कार्यालयको टोलीले फेला पारेपछि राजस्व छलेको खुलेको यो घटना पहिलो नभएको भन्सारका जानकारहरू बताउँछन्।, ‘यसरी राजस्वले सधैं छापा हान्ने हो भने यहाँ हरेक घन्टा यस्ता घटना भएको खुल्छ,' भन्सार स्रोतले भन्यो, ‘कम मूल्यांकन गर्ने र त्यही लटमा भन्सार नगरी सामान आयात गराउने गिरोह नै यहाँ परिचालित छ। जहाँ भन्सार कर्मचारीको मिलेमतो अनिवार्य हुन्छ।’, राजस्व छल्न व्यापारीसँग मिलेमतो गर्ने भन्सार कर्मचारीहरू अझै पनि सोही काम गरिरहेका छन्।, ‘उहाँहरू काममै हुनुहुन्छ,' भन्सार स्रोतले भन्यो, ‘चिफसाबले केही एक्सन लिनुभएको छैन।’, अनियमितताको आरोपसहित अख्तियारमा उजुरी खेपिरहेका भन्सार प्रमुख शिव भण्डारी यसबारे मौन छन्। सञ्चारमाध्यमको सम्पर्कमै आउन नचाहने उनी यो घटनालगत्तै बिदामा बसेका थिए। बिदा सकेर कार्यालयमा हाजिर भइसकेका उनले यसबारे बोल्न चाहेका छैनन्।, यसरी छलिएको थियो राजस्व, साउन ३ गते राति १० बजे तयारी कपडा, मेसिनरी समान बोकेका दुइटा ट्रयाक्टर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयले यो घटनाको छानविन गरेको थियो। राजस्व छली गरेको आशंकामा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काको नेतृत्वमा आएको टोलीले विराटनगरबाट ती ट्रयाक्टर नियन्त्रणमा लिएको थियो।, को २ त ६८११ र बीआर ५० जी ५०५३ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको कार्यालयले १८ लाख राजस्व छली भएको बताएको थियो। भन्सार एजेन्ट प्रतिनिधि अकबर अलीले आयात गरेको दुई ट्रक्याक्टर सामानमा १४ लाख मूल्य बराबरको कम मूल्यांकन गरिएको र बाँकी ४ लाख रूपैयाँ बराबरको सामान भन्सार नै नगरी ल्याइएको भेटिएको थियो। ‘आयात गरिएको मालवस्तुको मूल्यांकन कम गरिएको पाइयो भने न्यून बिल विजक बनाएर सामान भित्र्याएको पाइएको छ,’ उनले भने।, राजस्वले नियन्त्रणमा लिएको ट्रयाक्टरमा टिसर्ट, धागो, पर्स, मेसिनरी र हार्डवयेरका सामग्री थिए। राजस्वले नियन्त्रणमा लिएको सामग्रीको भिसिटिएस पनि नगरी पठाएको पाइएको थियो। सरकारले मालवस्तुको ढुवानीमा राजश्व चुवाहट रोक्न भिसीटिएस (भेहिकल, कन्साइमेन्ट ट्रयाकिङ्ग सिस्टम–मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली) कार्यान्वयनमा ल्याए पनि भन्सारसँगको ‘सेटिङ’मा सवारी तथा मालवस्तुको बिना प्रविष्टि नै भन्सार जाँचपास हुने गरेको पाइएको छ।, ‘ढुवानी व्यवसायलाई प्रणालीबाटै अनुगमन गरेर पारदर्शिता कायम गर्न भिसिटिएस लागु भएको हो,’ राजस्व अनुसन्धानका प्रमुख खड्काले भने, ‘तर, भन्सार हुँदै निस्किएर हामीले बरामद गरेको सामानको भिसिटिएस पनि गरेको भेटिएन।’, राजस्वले नियन्त्रणमा लिएको दुई ट्रयाक्टरको कपडा र मेसिनरी उपकरणको सामग्री एजेन्ट प्रतिनिधि विराटनगरका अकबर अलीको हो। उनी भन्सार एजेन्ट भरतराज भट्टराईका प्रतिनिधि हुन्। उनै अलीलाई कारवाही गरेको भन्सारले त्यसबेला भन्सार जाँचपासमा खटिएका कर्मचारीबारे सूचनासम्म दिन अस्वीकार गरेको छ।, विराटनगर भन्सारमा यसअघि पनि एउटै बिल विजकमा दोहोरो मालवस्तु भित्र्याउने र सामानको न्यून मूल्यांकन गर्ने गरिएको पनि फेला परेको थियो। तीन महिना अगाडि विराटनगर महानगरपालिका– १२ रोडशेष चोकबाट प्रहरीले वैशाख ११ गते साँझ ६:३० बजेतिर एउटा भारतीय नम्बर प्लेटको ट्रयाक्टर नियन्त्रणमा लिएको थियो।, बीआर ३८ सी २८९१ नम्बरको ट्याक्टर ‘फुड सप्लिमेन्ट’का सामग्री लोड गरेर गन्तव्यतिर लाग्दै थियो। राजस्व छलीको सामग्री लिएर गन्तव्यतिर हिँडेको सूचनाका आधारमा चालक भारतीय नागरिक विनोद यादवसहित ट्रयाक्टरलाई मोरङ प्रहरीले नियन्त्रणमा लियो। सोही दिन साँझ ७ बजेतिर विराटनगर-१६ रानीबाट प्रहरीले अर्को बीआर ३८ जे ८४५४ नम्बरको ट्याक्टर नियन्त्रणमा लियो।, हवनमा प्रयोग हुने भनेर उल्लेख गरिएका सातवटा व्यवसायिक फार्मको सामग्रीले भरिएको ट्याक्टरसहित चालक भारतीय नागरिक पप्पु यादव पक्राउ परे। हवनमा प्रयोग हुने सामग्रीका नाममा अरू नै वस्तु र प्रज्ञापन–पत्रमा उल्लेख भएभन्दा बढी सामान आयात गरिएको सूचना प्रहरीमा थियो। एकै दिन फरक–फरक स्थान र समयमा नियन्त्रणमा लिइएका ट्रयाक्टरलाई प्रहरीले कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो।, विराटनगर भन्सारमा राजस्व छली: भन्सार एजेन्टका प्रतिनिधिलाई कारबाही, कर्मचारीलाई उन्मुक्ति
रोहित महतो धनुषाको लक्ष्मीनियाँ गाउँपालिका- २ को सिनरजोडा टोलमा हिजोआज सन्नाटा छ। शोकमग्न स्थानीयमा आक्रोश पनि उत्तिकै छ।, जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमै मृत फेला परेका पल्टु रविदासकी श्रीमती रेणु पतिलाई सम्झँदै बरबराउँछिन् र घरिघरि मुर्छा पर्छिन्। आफन्तहरू जसोतसो उनलाई सम्हालिरहेका छन्।, बेला-बेला औषधी उपचार गर्दै सलाइन पानीसमेत चढाउनु परेको छ। घरमा दुई दिनदेखि चुल्हो बलेको छैन।, दुई दिनदेखि खाना निल्न नसकेकी रेणुले श्रीमानका ‘हत्यारा’ लाई त्यसैगरी झुन्ड्याइ देऊ भन्दै आक्रोश पोख्दैछिन्।, ‘मेरो श्रीमानले पुलिसको के बिगारेको थियो र मारदियो? हामीलाई न्याय गरिदिनुस,’ घरमा पुग्ने सबैलाई उनी हार-गुहार गर्दैछन्।, छोरा गुमाएकी ७३ वर्षीया दानादेवी पनि उस्तै शोकमा छिन्। उनका आँखामा पनि आँसु थामिएका छैनन्।, ‘मेरो छोरा कसरी फाँसी झुन्डिन सक्छ? निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले भनिन्।, पल्टुको घरमा स्थानीय नेता, दलित अगुवा तथा अधिकारकर्मीको समेत आउजाउ बाक्लो छ। उनीहरूले न्याय तथा क्षतिपूर्तिका लागि पहल गर्ने आश्वासन दिइरहेका छन्।, ४० वर्षीय पल्टु सदा शुक्रबार बिहानै ४ बजे जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए।, भेन्टिलेसनको तारजाली फिट गरिएको चेपमा रहेको रडमा आफ्नै गन्जीको पासोमा झुन्डिएको अवस्थामा उनी फेला परेको प्रहरीले जनाएको छ।, प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रका अनुसार आफ्नै भाइ अघुनु रविदासलाई कुटपिट गरी टाउकोसमेत फुटाइदिएको आरोपमा उनी हिरासतमा थिए।, ज्यान मार्ने उद्योग र अंगभंगसम्बन्धी जाहेरी हेरेर धनुषा जिल्ला अदालतले असार १४ गते पल्टुलाई पक्राउ पुर्जी जारी गरेको थियो।, कुटपिट गरी फरार रहेका उनलाई असार १७ गते पक्राउ गरिएको थियो। अदालतबाट म्याद थप गरी अनुसन्धान पूरा भएपछि गएको साउन ७ गते उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा पेश गरियो। र, साउन ११ गतेको अदालतको आदेशले २ लाख रुपैयाँ धरौटी माग गरिएको थियो।, सो रकम तिर्न नसक्दा पल्टुलाई थुनामा राख्न कारागार कार्यालय सिन्धुली पठाउने तयारी थियो।, उनको मृत्यु भएको अघिल्लो दिन पल्टुकी श्रीमती रेणुले जिल्ला प्रहरी पुगेर आजै भोलिमा धरौटी बुझाएर उनलाई घर लाने योजना प्रहरीलाई सुनाएकी थिइन्।, ‘आजैभोलिमा धरौटी बुझाएर निस्किने योजना थियो। तर २८ जना थुनुवासँग सुतेको बेला झुन्डिएको अवस्थामा उनको शव फेला पर्‍यो। पोष्टमार्टम भइसकेको छ। तर वहाँहरूले शव बुझ्न मान्नुभएको छैन्,’ डिएसपी मिश्रले भने।, पल्टुले झुन्डिएर आत्महत्या गरेको प्रहरी बताउँछ। पल्टुका परिवार, छिमेकी तथा दलित अगुवा प्रहरीले भनेझैं पल्टुले आत्महत्या गरेको मान्न तयार छैनन्।, ‘घटना भएको अघिल्लो दिन प्रहरीले मलाई वहाँ (पल्टु) सँग कुरा गर्न दिइएन। वहाँलाई कुटपिट गरेको थियो। र त्यसको भोलिपल्ट मर्नुभयो,’ पल्टुकी श्रीमती रेणुले भनिन्, ‘दुई लाख रुपैयाँ बुझाएर एक/दुई दिनमा वहाँलाई घर ल्याउने हामीले तयारी गर्दै थियौं। त्यो व्यक्तिले कसरी आत्महत्या गर्नसक्छ? मलाई थाहै नदिई प्रहरीले पोष्टमार्टममा पठाइदियो।’, पल्टुका छोरा उमेश रविदासका अनुसार शुक्रबार बिहानै प्रहरीले ‘तिम्रो बुवा झुन्डिएर मरिसके। मुचुल्का उठाउन घरपरिवारका मान्छे आउनुपर्छ,’ भन्दै खबर गरेका थिए। उनका दुई जना काकाहरू विल्टु र सघुनीलाई प्रहरीले बिहानै बोलाएर प्रहरी कार्यालय लग्यो।, ‘प्रक्रिया अघि बढाउन तिमीहरूले सही गर्नुपर्छ भनेर नमान्दा पनि प्रहरीले पटक-पटक भनेर हामीबाट सही गरायो। मेरो आमा पनि हुनुहुन्छ वहाँ पनि आउनुहुन्छ अनिमात्र सही गरौंला भन्दा प्रहरीले केही हुँदैन भनेर सही गराइहाले। अहिले सबैले मलाई तैंले किन सही गरेको भनेर टर्चर दिइरहेछन्,’ उनले भने।, फरेन्सिक डाक्टर, सरकारी वकिल, मानव अधिकार आयोगका सदस्य, जनप्रतिनिधलगायतका सबै पक्षलाई राखेर मुचुल्का उठाइएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले दाबी गरे।, प्रहरी हिरासतभित्र पल्टुलाई मारिएको दाबी गर्दै दलित अगुवाको नेतृत्वमा घटना भएकै दिनदेखि लगातर प्रदर्शन भइरहेको छ।, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्ति नदिए सशक्त आन्दोलनमा उत्रिने राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले बताए।, हिरासतभित्रै प्रहरीले कुनै हिसाबले उनको हत्या गरेको भन्दै सदाले धनुषाका एसपी प्रकाश रानाभाटलाई तत्काल निलम्बन गर्नसमेत माग गरे।, आर्थिक बोझ हुने र थुनामा बस्नुपर्ने तनावले उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ।, ‘जसको खानपिनमै समस्या छ। घर परिवार चलाउन धौ धौ पर्छ। त्यस्तो व्यक्तिलाई अदालतले दुई लाख रूपैयाँ धरौटी तोकेपछि तनाव हुनु स्वभाविक हो,' प्रहरी प्रवक्ता डिएसपी मिश्रले भने, 'कसरी थेग्ने, काहाँबाट ल्याउने भन्ने तनाव भइहाल्छ नि। डिप्रेस्ड भएर आत्महत्या गरेको हुनसक्छ।’ , सुरक्षा दिइने ठाउँमा मानिस मर्ने यस्तो घटना दु:खद भएको मानवअधिकारकर्मी विनोद महराले बताए।, ‘प्रहरी संवेदनशील हुनुपर्छ। घटना छानबिन गरी पीडितलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्छ। यो हत्या वा आत्महत्या हो भनी पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ,’ उनले भने।, घटना अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरले एसएसपी मसाद आलम खानको नेतृत्वमा ५ सदस्यीय विशेष छानबिन समिति गठन गरिएको डिआइजी रञ्जितकारले बताए।, कल सफा गर्ने विवादमा कुटपिट भएपछि थुना पुगेका पुल्टु, वर्षौंदेखि मनमुटाव रहेका पल्टु र उनका भाइ अघुनुबीच  केही दिनअघि झगडा परेको थियो। स्थानीयका अनुसार झगडा गर्नेबेला दुबै दाजुभाइ रक्सीले मातेका थिए।, पल्टुकी आमा दानादेवीका अनुसार झगडाको क्रममा पल्टुले बाँसको फटाले हिर्काउँदा अघुनुको टाउकोमा गहिरो चोट लागेको थियो। शरिरका विभिन्न भागमा चोटसँगै टाउको फुटेर ठूलै घाउ भएको थियो। उपचारका लागि उनलाई विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरियो।, स्थानीयका अनुसार अघुनु र पल्टुका परिवारबीच स-साना विषयलाई लिएर लामै समयदेखि विवाद हुँदै आएको थियो।, पल्टुका छोरा उमेशका अनुसार अघुनुले सार्वजनिक कल मर्मतमा लागेको खर्च माग्दा उनका बुवा र काकाबीच विवाद भएको थियो। पल्टुले कलको पानी पिउँदा पनि कहिल्यै सरसफाइ नगरेको र मर्मतमा लाग्ने खर्च नदिँदा आफूले पानी नै पिउन नदिने भनेपछि विवाद भएको अघुनुले बताए।, ‘दुई महिनादेखि कल बिग्रँदा हामीले नै मर्मत गराएका थियौं। तपाईं पनि सरसफाइ गर्नुस् र मर्मतमा लागेको खर्च दिनुस् भन्दा उहाँले मान्नुभएन। त्यहीँ विषयलाई लिएर झगडा पर्‍यो,’ उनले भने।, पल्टुकी श्रीमती रेणुले भने रक्सी खाएर आएका अघुनु घरमै पसेर कुटपिट गर्न थालेपछि श्रीमानले प्रतिवाद गरेको दाबी गरिन्।, ‘दिनभर काम गरेर वहाँ घर आउनु भएको थियो। तर सधैंजसो रक्सी खाने मेरो देवरले मातेर गालीगलौज गर्दै थिए। पछि घरमै पसेर वहाँलाई कुट्न थाले। छेउमै इँटा खसेको थियो। त्यसमै खसेर उनको टाउको फुट्यो,’ उनले भनिन्।, अघुनुको उपचारमामा झन्डै ६ लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ।, पल्टुका जेठा दाइ बिल्टुको जाहेरीले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो। रेणुलाई समेत प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो। करिब एक साता राखेर बालबच्चा सम्हाल्नु पर्ने भन्दै आफूलाई छोडिदिएको रेणुले सुनाइन्।, विपन्न परिवारका पल्टुको एक कोठे माटोको घर छ। वर्षायाममा घर चुहिने हुँदा माथिबाट प्लास्टिक टांगिएको छ। पल्टु र उनकी श्रीमती ज्याला-मजदुरी गरेर जिविका चलाउँदै आएका थिए।, भाइसँगको झगडाले थुनामा पुगेका थिए पल्टु, हिरासतमा हत्या भएको हो कि आत्महत्या?
केदार मगर आकस्मिक अवस्थामा बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन हेलिकप्टर नै चार्टर गर्नुपर्ने भएपछि खोटाङबासीलाई कम्तीमा दुई लाख सिरानीमै राखेर सुत्नुपर्ने बाध्यता भएको छ।, स्वास्थ्यमा जटिल किसिमका समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँलगायत अन्य सुबिधासम्पन्न अस्पताल लगेर उपचार गराउन परेकाले जिल्लाबासीमा यस्तो बाध्यता आइलागेको हो।, यही समस्याले खोटाङलाई ‘दुई लाख रुपैयाँ सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’का रूपमा चिनिन थालेकाले जिल्लाबासीले नेपाल सरकारसमक्ष निःशुल्क हेलिकप्टर सेवाको माग गर्दै आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए।, 'संक्रमितले हेलिकप्टर चार्टर गर्नुपर्यो भने कम्तीमा पनि तीन लाख ५० हजार रुपैयाँसम्म शुल्क तिरिरहनु परेको छ', उनले भने, 'सबैको हेलिकप्टर चार्टर गर्न सक्ने अवस्था छैन। जिल्लाबाट सिफारिस भएर पठाइइएका मध्ये र तत्काल उद्दार गर्नुपर्ने कोभिड संक्रमित र अन्य आकस्मिक घटनाका बिरामीका लागि निःशुल्क हेलिकप्टर व्यवस्था गर्न सरकार समक्ष माग गरिएको हो।', दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्माका एक कोरोना संक्रमितलाई शनिबार दुई लाख ८० हजार रुपैयाँमा हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ लगियो। सोही दिन बिहान वडा नम्बर १ याम्खास्थित अस्थायी कोभिड अस्पतालमा भर्ना भएर उपचार गराएका राई थरका उनलाई श्वासप्रश्वासमा समस्या देखिएकाले हेलिकप्टरबाट काठमाडौँ लगिएको हो।, संक्रमितको अहिले काठमाडौँस्थित अल्का अस्पतालमा भर्ना गरेर उपचार भइरहेको उनका आफन्तले जनाएका छन्। याम्खामा परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएपछि उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ। उपचारकै क्रममा श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले हेलिकप्टर चार्टर गरेर राजधानी पठाइएको गाउँ कार्यपालिका सदस्य अमृत गिरीले बताए।, यसअघि गत असार २० गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाकी ४४ वर्षीया संक्रमितलाई सोही मूल्यमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा बनाइएको आइसोलेसन सेन्टरमा भर्ना भएकी ती महिलामा अक्सिजन कम भएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको थियो।, दश स्थानीय तह रहेको जिल्लामा कोभिड-१९ को संक्रमण पुष्टि भएको अवस्थामा स्वास्थ्यमा जटिल समस्या देखिए तत्काल अस्पताल पुर्याउन लाखौँ रकम खर्चिएर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ।, बिरामी बोक्ने एम्बुलेन्स वा अनय सवारी साधनबाट छिटो पुग्न सम्भव नभएकाले संक्रमित महंगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य भएका हुन्।, केही दिनयता वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खसेकाले सडकबाट बिरामीलाई अस्पताल पुर्याउन सकस भएको छ। कतिपय तत्काल अस्पताल पुर्याउनु पर्ने अवस्थाका बिरामी बोक्न हेलिकप्टर चार्टर गर्नुको विकल्प नभएको स्थानीयबासी बताउँछन्।, गत जेठ ५ पछिमात्र कोरोना संक्रमितलाई अस्पताल लैजान नौ पटक हेलिकप्टर चार्टर भइसकेका छन्। गत असार ८ मा ऐँसेलुखर्क गाउँपालिका-३ का ६० वर्षीय संक्रमितलाई दुई लाख ९५ हजार रुपैयाँ तिरेर हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो।, यस्तै संक्रमण भएपछि आइसोलेसनमा राखिएकी हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानकी एक महिलालाई जेठ २७ गते तीन लाख र ऐँसेलुखर्क गाउँपालिका-३ कै अर्की संक्रमितलाई पनि जेठ १७ गते काठमाडौँ लैजान दुई लाख ९५ हजार रुपैयाँ खर्चिनु परेको थियो।, जेठ ५ गते ऐँसेलुखर्क गाउँपालिका-३ का एकै परिवारका तीन संक्रमितलाई तीन लाख २० हजार, १५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ का ७८ वर्षीया संक्रमितलाई तीन लाख ५० हजार, जेठ १० गते दिक्तेलका ६४ वर्षीय एकजनालाई तीन लाख ५० हजार रुपैयाँमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो।, जिल्लामा अन्य किसिमका रोग लागेका बिरामी वा दुर्घटनाका घाइतेलाई काठमाडौँ लैजाने क्रममा पनि कम्तीमा दुई लाख रुपैयाँ खर्चेर हेलिकप्टर चार्टर गर्नु बाध्यता नै भएको छ। आर्थिक अवस्था मजबुत भएका वा ऋणधन गर्न सक्ने बिरामी हेलिकप्टर चार्टर गरेर अस्पताल पुग्छन् तर विपन्न परिवार उपचारबाट वञ्चित भई ज्यान गुमाउन बाध्य भएको घटनासमेत सार्वजनिक भएका छन्।, उक्त नगरपालिकाले जेठ १६ गते तत्कालीन प्रधानमन्त्रीसमक्ष निःशुल्क हेलिकप्टर सेवाको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मामार्फत प्रधानमन्त्री ओलीलाई पत्र पठाइएको थियो।, रासस, खोटाङमा उपचारका लागि दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने बाध्यता
सेतोपाटी संवाददाता प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा एक जना पक्राउ परेका छन्।, प्रहरीले कृष्णपुर नगरपालिका वडा नम्बर ४ बस्ने २३ वर्षीय नरेन्द्रबहादुर धामीलाई शनिबार साँझ पक्राउ गरेको हो।, उनी सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको अन्तर्वाता परीक्षामा सहभागी भएका थिए। त्यहाँ उनीमाथि भर्ना छनोट समितिले सोधपुछ गरेको थियो।, सोधपुछको क्रममा धामीले लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको छ।, नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको आरोपमा पक्राउ
रासस महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिएका मोटरसाइककसहित तीन जनालाई पक्राउ गरेको छ।, उपत्यकाको विभिन्न स्थानबाट हुने मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरी कारबाही थालेको हो।, चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्ने महाशाखाले निगरानीका साथै सूचना संकलन तथा सादा पोशाकमा समेत टोली परिचालन गरी विशेष अभियान सञ्चालन गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।, सोही क्रममा शनिबार राति मोटरसाइकलसहित भक्तपुरबाट रामेछापका दीपेन्द्र भुजेल, ताप्लेजुङका विशेष लिम्बु र धनुषाका विकल थापालाई पक्राउ गरिएको उनले जानकारी दिए।, भक्तपुरका वासुदेव खड्काको आफ्नै घर अगाडिबाट २०७६ मा हराएको मोटरसाइकल उनीहरुले नम्बर परिवर्तन गरी चलाएको अवस्थामा फेला पारिएको थियो।, अर्को पशुपति क्षेत्रबाट हराएको कीर्तिपुर बस्ने प्रशान्त रावलको बा९६ प ८८३६ को मोटरसाइकल पनि नम्बर परिवर्तन गरेको अवस्थामा भेटिएको थियो। मोटरसाकलसहित तीनैलाई थप अनुसन्धान एवं कानूनी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमीमा बुझाइएको महाशाखाले जनाएको छ।, गत आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न ५१ व्यक्तिलाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी एकाइमा पठाइएको छ। सोही वर्ष हराएका ३९७ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ।, चोरिएको मोटरसाइकलसहित भक्तपुरबाट तीन पक्राउ
सेतोपाटी संवाददाता बैंकको एटिएम तोडफोड गरेको आरोपमा घोराहीका दुई युवक पक्राउ परेका छन्। , घोराही उपमहानगरपालिका वडा नम्बर १३ मंलेरीका १८ वर्षीय सुवास बिक र सुन्दर नगर टोलका प्रकाश भुसाल पक्राउ परेको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।, उनीहरूले गत मंगलबार राति घोराही-१५ सहिद गेट लाइनमा रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेको रिजालले बताए। एटिएम तोडफोड गरेपनि उनीहरूले पैसा झिक्न सकेका थिएनन्।, घटना पछि फरार भएका उनीहरूलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।, प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।, दाङमा एटिएम तोडफोड गरेको आरोपमा दुई पक्राउ
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति नियुक्त गरेकी छन्।, राष्ट्रपति भण्डारीले आज शर्मालाई कामु प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए।, अहिलेका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ मा सकिँदैछ। उनी अनिवार्य अवकाश पाउँदैछन्। , साथै थापा साउन २४ गतेदेखि घरबिदामा बस्ने भएकोले जेष्ठताक्रममा रहेका शर्मालाई कामु प्रधानसेनापति बनाइएको हो।, मन्त्रिपरिषदको साउन १२ को निर्णयअनुसार शर्मालाई कामु प्रधानसेनापतिमा सिफारिस गरिएको थियो।, प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त
ध्रुवसागर शर्मा आज साउन १५ अर्थात् ‘राष्ट्रिय खिर दिवस’, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खिर खाएर यो दिवस मनाइँदै छ।, राष्ट्रिय दुग्ध विकास बोर्डले पनि ‘पोषिलो खिर उपभोग गरौँ निरन्तर, हुन्छ स्वस्थ शरीर’ भन्ने नारासहित खिर दिवस आयोजना गरेको छ।  गाउँघरमा गाई भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खिरको मौलिक स्वाद पनि हराउँदै गएको छ। विगतका समय प्रत्येक घरमा गाई भैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एकदिनमात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खिर बनाएर  खाने चलन विकसित हुँदै गएको गाउँका बूढापाकाको गुनासो छ।, हिजोआज गाउँघरमा पनि रड, बालुवा, सिमेन्ट र इँटाका पक्की निर्माणको क्रम बढ्नाका साथै गाईभैँसी पाल्न बनाइने गोठ पनि हराउँदै गएको छ। भएका गोठमा पनि गाईभैँसी होइन मोटर, मोटरसाइकल र अन्य सवारी साधनको विश्रामस्थल बनेको छ। भान्छामा बजारबाट खरिद गरी ल्याइने डेरीको दूधले खिर पाक्न थालेकाले खिरको मौलिक स्वाद विस्थापित हुँदै गएको बेनी नगरपालिका–२ का पदमपाणि शर्माले बताए। ‘गाउँमा गाईभैँसी पाल्न छोडिसके, बजारबाट दूध ल्याएर प्रेसर कुकरमा सिठ्ठी लगाएर बनाइएको खिरमा पहिलाको जस्तो स्वाद कहाँ पाउँनु,’ ६८ वर्षीय शर्माले भने, ‘दूध, दही र मोहीको ठाउँ कोक, डिउ र फ्यान्टाले लिए। हिजोआजका केटाकेटीलाई खिर कस्तो हुन्छ र के बाट बन्छ भन्ने कुरा पनि थाहैै छैन।’, गाईभैँसीको दूधमा रोग प्रतिरोधात्मक क्षमता प्रशस्त हुने हुँदा खिर बनाइ सेवन गरेमा शरीरलाई पोषण तत्व प्राप्त हुने आर्युवेद शास्त्रमा उल्लेख छ। त्यस्तै वर्षा ऋतु, झरी–बादलका बेला र साउन महिनाको मध्यमा खिर खानाले शरीर स्वास्थ हुने भएकाले यस वर्षदेखि साउन १५ लाई खिर दिवसको रुपमा मनाउन थालिएको बताइन्छ।, वर्षेनी आजका दिन बेनी बजारका डेरी पसलमा साविकको भन्दा पाँच गुणा बढी दूध खपत हुने गर्छ  । कडेँल डेरीकी सञ्चालिका राधिका कडेँलका अनुसार साउन १५ मा खिर खानकै लागि अघिल्लो दिन नै साविकको भन्दा ६४ लिटर बढी दूध थपिए पनि सबैको माग पूरा गर्न सकिने अवस्था छैन  ।, चौधौँ शताब्दीदेखि छिमेकी मुलुक चीनबाट शुरु भएको खिर खाने प्रचलन हाल विश्वका प्रायजसो मुलुकमा फैलिएको छ। विशेषगरी सार्क क्षेत्र, पश्चिम एसिया, उत्तरी अफ्रिका र मध्यपूर्वका देशमा खिर खाने चलन बढिरहेको पाइएको छ।, सरकारी तथ्याङ्कअनुसार देश दूधमा आत्मनिर्भर उन्मुख भएको देखिन्छ। प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक पर्नेमा अहिले ७८ लिटर दूध प्राप्त हुने  देखिएको १३ लिटर दूध मात्र अभाव भएको राष्ट्रिय दुग्ध विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ। दुग्ध उत्पादनका लागि मात्रै देशमा करिब रु ३० अर्बको लगानी भएको कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क छ। कृषि क्षेत्रमध्ये दूधमा गरिएको लगानी दोस्रो स्थानमा रहेको छ। ,रासस, हराउँदै गयो पोषिलो खिरको मौलिक स्वाद
विवेक राई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) अस्पतालमा गत दुई सातायता कोरोनाका बिरामी भर्ना हुने क्रम बढेको छ।, अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार दुई साता अघि सयभन्दा कम बिरामी रहेकोमा आज (शुक्रबार) १ सय २९ जना बिरामी उपचाररत् छन्।, अहिले दैनिक भर्ना हुने कोरोनाका बिरामी लगातार बढेको भन्दै निर्देशक काफ्लेले भने,'दैनिक १५ देखि २९ जना बिरामीहरू भर्ना हुने गरेका छन्। हिजो रातिमात्र १६ जना बिरामी भर्ना भएका छन्। कोभिडका लागि छुट्याइएको ३० वटा आइसियू पूरै प्याक छ।', डा. काफ्लेले यही अवस्थामा कोरोनाका बिरामी भर्ना हुने क्रम बढे छिट्टै अन्य सेवा बन्द गरेर कोभिड सेवा मात्र सञ्चालन गर्नुपर्ने स्थिति आउनसक्ने बताए।, 'अहिले अस्पतालमा कोभिडबाहेक अन्य सेवा पनि पुन: सञ्चालन छ। तर फेरि अन्य सेवालाई बन्द गरेर कोभिड सेवामात्र सञ्चालन गर्नुपर्ने हुनसक्छ,' उनले भने, 'अझै सावधानी नअपनाउने हो भने एक-दुई सातामा कुन अवस्थामा जान्छ, आकलन गर्ने स्थिति छैन। स्थिति भयावह हुन्छ। हामी पनि अहिले 'प्रेसर' मा छौं।', केही दिनदेखि बढेको संक्रमितको चापले अहिले अस्पतालले थप बिरामीहरूको उपचार कसरी व्यवस्थापन गर्ने भनेर आन्तरिक तयारी गरिरहेको छ।, निर्देशक काफ्लेले यसअघि कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारी संक्रमण घटेपछि अन्य सेवामा खट्न थालेको भन्दै अब फेरि ती स्वास्थ्यकर्मीलाई ल्याउनलाई समय लाग्ने बताए।, उनले आजैमात्र मेडिकल अफिसरहरूको परीक्षा लिइएको र केही स्वास्थ्यकर्मी त्यसबाट पूर्ति गरिने जनाए। , त्यसबाहेक नर्सहरू पनि अभाव हुने देखिएको छ।, डा. काफ्ले भन्छन्,'आइसियूमा रहेका एक जना बिरामीका लागि एक जना नर्स चाहिन्छ। त्यसैले १२ वटा आइसियू हेर्नलाई लगभग ५४ जना त नर्स नै आवश्यक पर्छ। त्यसको पूर्ति कसरी गर्ने भनेर हामी तयारी गरिरहेका छौं।', स्वास्थ्य मन्त्रालयले समेत संक्रमणको तेस्रो लहर आउनसक्ने भन्दै बारम्बार सूचना निकालिरहेको छ।, केही दिनअघि मात्र मन्त्रालयले सातै वटा प्रदेशहरूलाई कम्तीमा एक हजार वटा अक्सिजन सिलिन्डर भरेर तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो।, दोस्रो लहरमा अक्सिजनको चरम अभाव देखिएकाले पनि मन्त्रालयले बेलैमा सो निर्देशन दिएको हो। , निर्देशक काफ्लेले भने यसपटक भने दोस्रो लहरमा जस्तो अक्सिजनको चरम अभाव नहुने बताए।, 'योभन्दा अगाडि अक्सिजनको अलिक गाह्रो थियो। यसपालि त्यो नहोला। हामीले अहिले लिक्विड ट्यांक पनि जोडिसकेको अवस्था छ। आन्तरिक उत्पादनलाई पनि बढाउन सकिने अवस्था छ,' उनले भने। , विज्ञहरूले समेत संक्रमणको तेस्रो लहर अघिल्लो लहरहरूजस्तो घातक नहुनसक्ने बताएका छन्। त्यसका पछाडि मुख्यत दुइटा कारणहरू छन्।, पहिलो भनेको धेरै मानिसहरू संक्रमित भइसकेका छन्। जसले गर्दा उनीहरूमा भाइरसविरूद्ध लड्ने प्राकृतिक 'एन्टिबडी' विकास भएको हुन्छ।, दोस्रो भनेको अहिले धेरै मानिसहरूले खोप लगाएका छन्। निर्देशक काफ्लेले पनि अहिले अस्पतालमा भर्ना हुने नयाँ बिरामीमध्ये धेरै जना खोप नलगाएकाहरू रहेको जनाए। , तर त्यसो भन्दैमा सावधानीका उपाय पालना गर्न हेलचेक्राइँ गर्न नहुने डा. काफ्लेको सुझाव छ।, उनले अहिले धेरै संक्रमण नै खोप लगाउन जाँदा त्यहाँ हुने भिडभाडबाट भएको भन्दै त्यस्ता ठाउँहरूमा जाँदा दूरी कायम गर्नुपर्ने जनाए।, गत साता स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा टेकु अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले अहिले धेरै मानिसहरू खोप लगाउन गएको पाँच दिनपछि कोरोनाका लक्षण बोकेर अस्पताल आउने क्रम बढेको बताएका थिए।, त्यसैले भिडभाड हुने ठाउँहरूमा भौतिक दूरी कायम गर्न चिकित्सकहरूको सुझाव छ।, अहिले निषेधाज्ञा खुकुलो भएकाले पनि यसबाट संक्रमण सर्ने जोखिम उच्च रहेको भन्दै झन् बढी सतर्कता अपाउनुपर्ने चिकित्सकहरू बताउँछन्। , स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पनि केही दिनदेखि संक्रमण बढेको पाइएको छ।, झन्डै डेढ माहिनासम्म दुई हजारदेखि ३ हजार जना संक्रमित थपिरहेको स्थितिमा गत सोमबारदेखि भने संक्रमित संख्या ३ हजार नाघेको छ। त्यसैले गर्दा पनि संक्रमण आगामी दिनमा अझै बढ्ने विज्ञहरूले चेतावनी दिएका छन्।, टिचिङका निर्देशक भन्छन्- संक्रमितको चाप बढिसक्यो, अझै सावधानी नअपनाए स्थिति भयावह हुन्छ
सेतोपाटी संवाददाता शुक्रबार बिहान काठमाडौंको ज्याँठास्थित आफ्नो डेराबाट सी झिवेइ निस्किए। उनले आफूसँग २० लिटरको पानी राख्ने जार बोकेका थिए। ती जार उनले एक रेष्टुरेन्टमा लगेर बेचे।, जारमा पानी थिएन, रक्सीले भरिएको थियो। उनले २० लिटरको रक्सी १५ हजार रुपैयाँमा बेचेका थिए।  , उनले त्यसरी बेचेको देखेपछि प्रहरीको टोली उनको पछि लाग्यो।, केही समय अघिदेखि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीको टोलीले उनीमाथि निगरानी राखिरहेको थियो। उनले अवैध रूपमा रक्सी बनाइरहेको छन् भन्ने सूचना पाएपछि प्रहरीले उनीमाथि निगरानी गर्न थालेको कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।, चीनको जियांङ्सु प्रान्तका ५६ वर्षीय झिवेइ काठमाडौं महानगरपालिका वडा नम्बर २६ को ज्याँठास्थित छिन्ता लामाको पाँच तले घरमा फ्ल्याट लिएर बसेका थिए। सोही घरमा उनले होम स्विट स्मेल होटल एन्ड रेष्टुरेन्ट चलाउँथे।  रेष्टुरेन्ट भने गत वैशाख १० गतेमात्रै दर्ता गरेको कार्यालयले जनाएको छ। घरबेटी लामा भने अमेरिकामा छन्।, बिहान प्रहरीको टोलीले उनलाई पछ्याउँदै जाँदा घरको पाँचौं तलामा रक्सीको कारखाना नै भेटायो।, 'घरेलु मदिरा ठूलो परिणाममा बनाइरहेको पायौं। यहाँ करिब एक सय बढी ड्रम रक्सीका कच्चा पदार्थ छन्,' प्रहरी उपरीक्षक कोइरालाले भने।, तत्कालै प्रहरीको टोलीले झिवेइलाई नियन्त्रणमा लियो। आन्तरिक राजश्व कार्यालय, महाराजगन्जको टोली पनि पुग्यो। प्रहरीका अनुसार त्यहाँ पाँच वटा कोठामा एक सय १३ ड्रम रक्सीका कच्चा पदार्थले भरिएका ड्रमहरू राखिएका पायो।, साथै रक्सी बनाउने चार वटा मेसिन प्रहरीले बरामद गरेको छ।  , सो मेसिनबाट रक्सी बनाएर तीन थरी बोतलमा उनले प्याकेजिङ गर्ने गरेको प्रहरीले जनाएको छ। ती बोतल बाहिर भने चिनियाँ अक्षरले लेखेर बजार पठाउने गर्थे। उनले त्यसरी रक्सी बनाउन अनुमति लिएका छैनन्।, 'उनले एक महिनादेखि रक्सी बनाउन थालेको भनेका छन्। विभिन्न खालको रक्सी बनाउने रहेछ,' कोइरालाले भने,'तीन थरीको रक्सी बेचेको पायौं। हामीले चिनियाँ भाषा बुझ्नेसँग बोतलमा लेखिएको अक्षरबारे सोधेका थियौं। कोदोको रक्सी, जडिबुटी राखेको रक्सी भनिएको रहेछ।', उनी गत अप्रिल २७ मा पर्यटक भिसा लिएर नेपाल आएको खुलेको छ। नेपाल आएर ज्याँठामा एक्लैले रक्सी बनाइरहेको प्रहरीसमक्ष बताएका छन्। यद्यपी प्रहरीले यसमा अरूको संलग्नताबारे थप अनुसन्धान गरिरहेको छ।, अहिले प्रहरीले सो फ्ल्याटलाई सिल गरेर थप अनुसन्धान अघि बढाएको छ। उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले राज्श्व कार्यालयलाई बुझाउने तयारी गरेको छ।, ठमेलमा कोदोको रक्सी बनाएर जारमा बेच्थे चिनियाँ नागरिक सी
सेतोपाटी संवाददाता कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।, भजनी नगरपालिका-९ को डोङपुरमा बाख्रा चराउन गएकी बालिका नुहाउने क्रममा कन्द्रा नदीमा डुबेका थिए। , ९ वर्षकी लक्ष्मी कुमारी सिंह र ७ वर्षकी जानुकुमारी चौधरीको शव फेला परेको छ भने ६ वर्षकी अनु कुमारी सिंह फेला परेकी छैनन्।, उनको खोजी भइरहेको भजनी नगरपालिका–९ की वडा सदस्य भगवतीदेवी चौधरीले बताइन्। , सँगै गएकी अर्की बालिकाले उनीहरू डुबेको देखेपछि गाउँमा खबर गरेकी थिइन्।, जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ। कैलालीका प्रहरी प्रवक्ता प्रतीक विष्टले बेपत्ता भएकी बालिकाको स्थानीय र प्रहरीले खोजी गरिरहेको बताए।, नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप आठ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय १९ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ५५६, ललितपुरका १८७ र भक्तपुरका ७६ जना छन्। त्यस्तै, अहिले उपत्यकामा ८ हजार ५०१ जना सक्रिय संक्रमित छन्।, काठमाडौंमा ५९०३, ललितपुरमा १४७८ र भक्तपुरमा ११२० जना सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घण्टामा नेपालभर १४ हजार ६६१ जनाको नमूना परीक्षण गर्दा ३६११ जना संख्याका संक्रमित थपिएका हुन्।, त्यस्तै, यस अवधिमा थप २७ जनाको मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ।, पछिल्लो २४ घण्टामा थप १ हजार ८१६ जना कोरोनाबाट मुक्त भएका छन्।, मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितमध्ये निको हुनेको दर ९४.१ प्रतिशत छ। ,  , काठमाडौं उपत्यकामा थप ८१९ जनामा कोरोना संक्रमण
सेतोपाटी संवाददाता शुक्रबार थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६६१ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।, त्यस्तै यस अवधिमा थप २७ जनाको मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ।, पछिल्लो २४ घण्टामा थप १ हजार ८१६ जना कोरोनाबाट मुक्त भएका छन्। , मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितमध्ये निको हुनेको दर ९४.१ प्रतिशत छ।  ,  , १४ हजार ६६१ को परीक्षण गर्दा ३ हजार ६११ मा संक्रमण
सेतोपाटी संवाददाता नेपाली सेनाले काठमाडौं तराई मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) को १६ प्रतिशत काम सकिएको जनाएको छ।, नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा फास्ट ट्रयाकका आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले  कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा १६.१० प्रतिशत प्रगति हासिल भएको बताए।, उनले आयोजनाको स्वीकृत डिपिआर अनुसार १७५ अर्ब लागत अनुमान रहेकोमा आयोजनाको सुरूबाट हालसम्म कुल बजेट खर्च २५ अर्ब ३९ करोड रूपैयाँ भएको उनले बताए।, फास्ट ट्रयाक सडकखण्ड आयोजनाको कूल लम्बाइ ७२.५ कि.मी. मध्ये ३ वटा सुरूङ मार्गको जम्मा लम्बाइ ६.४१ कि.मी., विभिन्न पुलको लम्बाइ १०.५९ कि.मी. र खुद सडक खण्डको लम्बाइ ५५.५ कि.मी. रहेको जानकारी दिँदै आयोजना प्रमुख पोखरेलले यसमध्ये आयोजनाको ४४.१ कि.मि. सडक खण्डको सब ग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने\पुर्ने कार्यहरू हालसम्म ९० प्रतिशत सम्पन्न भएको बताए।, आयोजनाको डिजाइन तथा कन्ट्रक्सन सुपरिभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता आयोजना अवधिभरका लागि छनौट भई विषय विज्ञहरूसहितको टोलीले फिल्ड सर्वे लगायतका कार्य सुचारु गर्न विभिन्न ठेक्का प्याकेजको टेन्डर डकुमेन्ट तयार गर्ने काम भइरहेको उनले जानकारी दिए।, आयोजनामा पर्ने ३ सुरूङ मार्ग महादेवटार, धेद्रे र लेनडाँडा सुरूङ खण्डमा प्रोजेक्ट म्यानेजर, विषय विज्ञहरूको डिजाइन टिम लगायतका समूहले कार्य प्रारम्भ गरेको पोखरेलको भनाइ छ।, पुल निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको समेत उनले बताए।, उनले पहुँच मार्ग एवं बेलिब्रिज निर्माण कार्य पनि भइरहेको बताए।, नेपाली सेनाले आयोजनाको आवश्यकता अनुरूप ५ हजार १ सय ७२ रोपनी जग्गा अधिग्रहणको लागि सूचना प्रकाशित गरिएकोमा ४ हजार ७ सय ४५ रोपनी जग्गा प्राप्ति भएको र हालसम्म ४२७ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको जनाएको छ।, खोकना बुङ्मती क्षेत्र समेतको स्थानीय विवादको कारण बाँकी जग्गा प्राप्तिमा बाधा परेकाले निर्माण कार्य समेत प्रभावित भएको नेपाली सेनाको भनाइ छ।, आयोजनास्थलमा १ हजार १३ वटा रूख कटान गरिएको रूख कटानको बदलामा चरणबद्ध रूपमा वृक्षारोपण कार्य पनि भइरहेको आयोजना प्रमुख पोखरेलले बताए।, उनले चालु आ.व. ०७८\७९ को लागि ८ अर्ब ९३ करोड १० लाख रूपैयाँ विनियोजन भई वार्षिक कार्यक्रम तय भएको पनि उल्लेख गरे।, चालु आवमा प्राथमिकताको आधारमा सडक तथा पुल खण्डसम्बन्धी बाँकी प्याकेजहरूको ठेक्का व्यवस्थापन गरी काम गर्ने योजना रहेको उनले आयोजना प्रमुख पोखरेलले स्पष्ट पारे।, फास्ट ट्रयाकको काम १६ प्रतिशत सकिएको छ: सेना
सेतोपाटी संवाददाता विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरणको माग राखेर ४६ दिनदेखि आन्दोलनरत चिकित्सक विद्यार्थी र कर्मचारीहरुले स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलन चर्काउने चेतावनी दिएका छन्। , ४६ दिनसम्मको शान्तिपूर्ण आन्दोलनलाई राज्यले नदेखेझैं गरेको आरोप लगाउँदै आन्दोलनकारीले तत्कालै स्वास्थ्य सेवा प्रभावित हुने गरी नयाँ आन्दोलन घोषणा गर्ने चेतावनी दिए। , प्रतिष्ठानको समस्या र आन्दोलनबारे राजनीतिक दलका नेताहरुसँग आयोजना गरिएको भर्चुअल छलफलमा सहभागी नेताहरुले स्वास्थ्य सेवा प्रभावित पारेर आन्दोलन नगर्न सुझाव दिएका थिए। एमाले नेता भीम आचार्य, माओवादी नेता गणेश साह लगायतले आन्दोलनकारीको माग जायज रहेको तर जनतालाई दुःख दिने गरी आन्दोलन नगर्न सुझाव दिए। , जवाफमा आन्दोलनकारीले धैर्यताको बाँध टुटेको बताएका थिए। ‘हामी ४६ दिनदेखि सत्याग्रहपूर्ण आन्दोलनमा छौं’, प्रतिष्ठानस्थित संयुक्त संघर्ष समितिका सह संयोजक डा. विष्णु पोखरेलले भने ‘हाम्रो यस्तो आन्दोलनलाई राज्यले देखेको नदेख्यै गरेको छ। अब हामी बाध्य भएर स्वास्थ्य सेवा रोकेरै आन्दोलनको तयारीमा लागेका छौं।’ , संयुक्त संघर्ष समितिले सरकारलाई आफ्ना माग पूरा गर्न ७२ घन्टे अल्टिमेटम दिने र उक्त समयमा माग पूरा नभए कोभिड उपचारबाहेकका सेवा ठप्प पार्ने तयारी गरेको चिकित्सक बताउँछन्। ‘आइतबार वा मंगलबार मध्ये एक दिन रोजेर यो आन्दोलनको घोषणा हुनेछ’, समिति स्रोतले भन्यो ‘शालिन आग्रहलाई सरकारले सुनेन भने अब स्वास्थ्य सेवा ठप्प नपारे हामीसँग अर्को विकल्प छैन।', आन्दोलनकारीले उपकुलपतिसहित प्रतिष्ठानका चारै जना पदाधिकारीको पदमुक्ति, विपी प्रतिष्ठानभित्रको अनियमितता छानविन, शैक्षिक र स्वास्थ्य प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा दलीय हस्तक्षेप रोक्न माग गर्दै आएका छन्।, यसबीचमा प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल नेतृत्वको छानबिन समिति धरान आएर  सर्वपषीय छलफल गरेर फर्केको थियो। समितिले तयार पारेको प्रतिवदेन अझै सार्वजनिक भएको भने छैन।, स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलन थाल्ने विपीका चिकित्सकको चेतावनी
सेतोपाटी संवाददाता काठमाडौंबाट वीरगन्ज पुगेका एक पुरूषको हत्या भएको छ।, हत्या आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। काठमाडौं गोंगबुका २९ वर्षीय सुजन पाख्रिनको हत्या भएको हो। , बिहीबार बिहान करिब ३ बजे वीरगन्ज महानगरपालिका वडा नम्बर ७ रामटोलमा उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले जानकारी दिए। शव फेला परेपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको थियो। , सुजन सर्लाही जाँदै थिए। उनीसँगै काठमाडौंबाट अरू दुई जना साथीहरू पनि गएका थिए।, राहुल महर्जनले सुजन आउँदै गरेको थाहा पाएपछि उनीहरूलाई वीरगन्ज बोलाए। सुजन जग्गाको काम र लाइसेन्स नवीकरण गर्न काठमाडौंबाट हिँडेका थिए।, राहुलले बोलाएपछि उनीहरू वीरगन्ज पुगे। राहुलका अरू साथीहरू पनि सँगै थिए। वीरगन्ज पुगेर अघिल्लो रात उनीहरू सबै जना बसेर बियर खाएका थिए।, तर त्यसको भोलिपल्ट बिहान करिब ३ बजे सुजनको शव भेटियो।, प्रहरीले हत्या आरोपमा राहुल, बिक्की भन्ने दीप लामा र धनजय रजकलाई पक्राउ गरेको छ। अर्का एक जना भने फरार छन्।, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार उनीहरूले योजना बनाएर लुटपाट गरी हत्या गरेका थिए। पक्राउ पर्नेहरू यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको उनले बताए।, 'अघिल्लो रात सँगै बसेर रक्सी खानुपर्छ भनेर राहुलले मृतकलाई बोलाएका रहेछन्। अनि राहुलले अब यतै बस, राति भनेर घरमा राखेछन्। अरू साथीहरू पनि चिनाएछन्,' पाण्डेले भने,' अबेरसम्म बियर खाए र सकेपछि करिब १२-१ बजे बियर किन्न भन्दै फरार रहेका व्यक्तिले सुजनलाई मोटरसाइकलमा लिएर बाहिर लगेछन्।', तर उनीहरू लामो समयसम्म फर्किएनन्। नफर्किएपछि सुजनसँग आएका अरू दुई जना साथीहरू ट्याक्सी लिएर घुम्न भनी निस्किए। , 'उनीहरू घुम्न निस्किएपछि सुजनको हत्या गरेको देखिन्छ,' पाण्डेले भने। , उनका अनुसार सुजनको घाँटी थिचेर हत्या भएको थियो।, उनीहरूले सुजनको सुनको औंठी र सिक्री लुटेर भागेका थिए। त्यस्तै सुजनसँग भएका केही नगद पनि उनीहरूले लुटेका थिए। अहिले प्रहरीले सुनको सिक्री बरामद गरेको छ।   , काठमाडौंबाट गएका सुजनका साथीहरूलाई पनि प्रहरीले अनुसन्धानको लागि सम्पर्कमै राखेको प्रहरी नायब उपरीक्षक खनालले बताए। , पोष्टमार्टमको लागि प्रहरीले शव नारायणी अस्पताल पठाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।, काठमाडौंबाट वीरगन्ज गएका पुरूषको हत्या, तीन पक्राउ
सेतोपाटी नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालयबीच आपसी सहकार्यसम्बन्धी सातबुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। , विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाको उपस्थितिमा शुक्रबार उक्त हस्ताक्षर भएको हो। समझदारी पत्रमा समूह तर्फबाट अध्यक्ष कसमस विश्वकर्मा र विश्वविद्यालय तर्फबाट रजिष्ट्रार प्राध्यापक डा. सुबोध शर्माले हस्ताक्षर गरेका थिए।, विश्वविद्यालय र यसअन्तर्गतका संकायमा कार्यरत प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले गर्दै आएका अध्ययन, अनुसन्धान तथा खोजलाई सञ्चार माध्यममार्फत् आमनागरिक र नीति निर्मातासम्म पुर्‍याउने लक्ष्यका साथ यो समझदारी भएको हो।, समझदारी पत्रअनुसार ती अनुसन्धान तथा अध्ययनका निचोड तथा सुझाव व्यवहारमा कार्यान्वयन गर्न समूहले आफ्ना सञ्चार माध्यम (श्रव्यदृश्य, रेडियो, अनलाइन र छापा) मार्फत् प्रवाह गर्न मद्दत गर्नेछ भने विश्वविद्यालयले पनि आफूले गरिरहेका अध्ययन, अनुसन्धान तथा खोजहरू समूहलाई उपलब्ध गराउनेछ।, हस्ताक्षर कार्यक्रममा उपस्थित विश्वविद्यालयका उपकुलपति थापाले समझदारी पत्रले दुई संस्थाबीच सहकार्यको बाटो खोलेको बताए।, वातावरण पत्रकार समूह ३५ वर्ष पहिले स्थापना भएको वातावरण पत्रकारहरूको संस्था हो भने काठमाडौं विश्वविद्यालय २९ वर्ष पहिले स्थापना भएको प्राज्ञिक संस्था हो।, समझदारी पत्रमा हस्ताक्षर गरेका प्राध्यापक शर्माले विश्वविद्यालयमा देशको आवश्यकताअनुसारका विषय अध्यापन गराउँदै आएको र ती विषयका अध्ययन तथा अनुसन्धानलाई पनि सँगै लगिरहेको बताए।, वातावरण पत्रकार समूहका अध्यक्ष विश्वकर्माले अध्ययन-अनुसन्धानलाई जनतासम्म पुर्‍याउने मुख्य लक्ष्यका साथ समझदारी गरिएको उल्लेख गरे।, वातावरण पत्रकार समूह र काठमाडौं विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर
सेतोपाटी संवाददाता सैनिक कल्याणकारी कोषको यथार्थ सम्पति ५९ अर्ब ९५ करोड  ८० लाख पुगेको छ।, कोषमा विसं २०७७ असार मसन्तसम्म नगद मौज्दात ४५ अर्ब ८६ करोड ८० लाख रहेकामा यस वर्ष १८ प्रतिशत अर्थात आठ अर्ब २५ करोड ९५ लाखले बढेर ५४ अर्ब १२ करोड ७५ लाख ८० हजार पुगेको छ।, सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा विभिन्न निकायमा गत असार मसन्तसम्म गरिएको पाँच अर्व ८३ करोड १४ लाख लगानीसमेत समावेश गर्दा यथार्थ सम्पति ५९ अर्ब ९५ करोड ८० लाख पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए।, नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा सहभागी  भएबापत प्राप्त एक करोड २४ लाख एक हजारबाट विस २०३२ मा सैनिक कल्याणकारी कोषको स्थापना भएको हो।, ‘बहुजन हितायः बहुजन सुखाय’ आदर्श वाक्य रहेको कोषबाट सेनाका बहालवाला, अवकासकाप्राप्त सैनिक तथा तिनका आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत र आवास, बीमा, सीप र स्वरोजगारका कार्यक्रम सञ्चालन हुँदै आएको छ।,  उक्त कोषबाट नौ लाख हिताधिकारी लाभान्वीत भइररहेको जानकारी दिइएको छ। कोषबाट सञ्चालित विभिन्न कार्यक्रममार्फत वार्षिकरुपमा सरकारलाई ४५ करोड राजश्व र १६ करोड विदेशी मुद्रा सञ्चितिमा योगदान पुगिरहेको जानकारी दिइयो। कोषको रकम मध्ये ९९.३५ प्रतिशत क वर्गका बाणिज्य र बाँकी ख वर्षका विकास र अन्य वित्त कम्पनिमा निक्षेप रहेको सो अवसरमा जानकारी दिइयो।, सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति ५९ अर्ब ९५ करोड
सेतोपाटी संवाददाता लागुऔषध ब्राउनसुगरसहित प्रहरीले कञ्चनपुरबाट तीन जनालाई पक्राउ गरेको छ।, कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको टोलीले १९.९७ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा भीमदत्तनगरपालिका-१ का ४२ वर्षीय रमेश दमाई, सोही ठाउँका ३७ वर्षीय तपेन्द्र स्वाँर र उत्तरप्रदेश भारतका २८ वर्षीय मोहम्मद आरिफ छन्।, मध्याह्न १२ बजे केदकोट नगरपालिका३ शंकर इँटाभट्टानजिकबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।, उनका अनुसार ब्राउसुगरसहित दुई थान मोटरसाइकल, लागुऔषध तौल गर्न प्रयोग गरिने डिजिटल तराजु पनि बरामद भएको छ।, यसैगरी, कैलालीबाट बिहीबार अपराह्न भारतीय नागरिक १२.६३० ग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्।, भजनी नगरपालिका-५ बाट उत्तरप्रदेशका २५ वर्षीय जितेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको हो।, युपी३१ एएफ ८१६७ नम्बरको मोटरसाइकलमा सवार रहेका उनलाई प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।, कैलाली र कञ्चनपुरबाट ब्राउनसुगरसहित चार जना पक्राउ
सेतोपाटी संवाददाता ३३ किलो सुन काण्डका फरार प्रतिवादी पक्राउ परेका छन्।, प्रहरीले गौरादह नगरपालिका वडा नम्बर ८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। उनलाई प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो।, 'हामीले फरार प्रतिवादीहरूलाई खोजीका क्रममा सुन काण्डमा संलग्न एक फरार प्रतिवादीलाई पक्राउ गरेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भने।, उनको भूमिका के कस्तो थियो भन्ने बारेमा अब अनुसन्धान अघि बढाइने सिंहले बताए।   , २०७४ फागुन ९ गते दुबई बाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो। त्योसँगै छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो।, यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको हत्या भएको थियो।, ३३ किलो सुन काण्डमा संलग्न फरार प्रतिवादी गौशालाबाट पक्राउ
डा. मेरिना श्रेष्ठ अटिजम भनेको बच्चामा देखिने मष्तिस्कको अवस्था हो। यस्ता बच्चाको बोलीमा समस्या देखिन्छ। उनीहरूलाई बुझ्न र बुझाउन गाह्रो हुन्छ। समाजमा कसरी मिलेर बस्ने भन्ने ज्ञान हुन्न । एक किसिमको अनौठो व्यवहार देखाउँछन्।, उमेर नपुगि छिटो जन्मिएको बच्चामा, जन्मिएपछि कुनै समस्या आयो भने र उमेर धेरै भएका आमा बाबुबाट जन्मिएका बच्चामा अटिजम देखिनसक्छ। , अहिलेको अवस्थामा वातावरण प्रदूषणलेसमेत यसको खतरा बढ्छ। तर अटिजम यही कारणले हुन्छ भनेर अहिलेसम्म पुष्टि हुन सकेको छैन।, यो जीन र वातावरणीय सम्बन्धसँग जोडिएको हुन्छ।, कुनै पनि बच्चाको हुर्किने क्रम आफ्नै किसिमको हुन्छ। ६ महिनामा बस्ने, बाबा, ममा (आमा) भन्ने, १ वर्ष पुग्दा समातेर हिँड्ने मामा, बाबा भन्ने बाइ गर भन्दा गर्ने नमस्कार गर भन्दा गर्ने हुन्छ। तर बोल्ने उमेरमा नबोल्ने, बोलाउँदा नबोल्ने भयो भने त्यो अटिजमको लक्षण हुनसक्छ।, यो रोग होइन। यो अवस्था हो। यसमा औषधि भन्दा पनि थेरापीबाट उपचार गरिन्छ। यो पूर्ण रूपमा ठीक हुन कठिन छ। हरेकमा देखिने अटिजमको लक्षण फरक हुनसक्छ। थेरापीबाट अटिजमको जटिलता कम गर्न सकिन्छ।, अटिजम भएको बच्चामा सोच्ने क्षमता नै कमजोर हुनसक्छ। तर अटिजम भएको बच्चालाई सिकाउन सकियो भने स्वतन्त्र जीवन जिउनसक्छन्। , न्युटनमा पनि अटिजम थियो। बिलगेटसमा पनि अटिजमको केही लक्षण छ। त्यस्तै एलन मस्कमा पनि अटिजमको लक्षण भएको उनी आफैंले भनेका छन्। त्यसैले अटिजम भएका बालबालिकाले आफ्नो भविष्य सुन्दर बनाउन सक्दैनन् भन्ने होइन। उनीहरुको बौद्धिक क्षमता कमजोर हुँदैन।, समयमा पहिचान गरेर थेरापी गर्न सकियो भने उनीहरूले धेरै गर्न सक्छन्। अटिजम भएका बच्चामा झट्ट हेर्दा शारीरिक रूपमा समस्या देखिदैन। तर बाहिरबाट नदेखिने समस्याले धेरै अफ्ठ्यारो पार्छ।, अटिजम भएका बालबालिकाको हेरचाहमा अभिभावको ठूलो भूमिका हुन्छ।, बालबालिकाले उमेरअनुसारको गतिविधि गरेका छैनन् वा असामान्य व्यवहार देखाउँछन् भने अटिजम भएको हुनसक्छ।, समयमै पहिचान गर्न सके त्यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सकिन्छ।, त्रिवी शिक्षण अस्पतालकी उप-प्राध्यापकसमेत रहेकी बालरोग विशेषज्ञ डा. मेरिना श्रेष्ठसँग अटिजमबारे हामीले भिडिओ कुराकानी गरेका छौ।,  , अटिजमका भाइ बहिनीले गुमाएको १ वर्ष, अटिजम भएका बालबालिकाको बौद्धिक क्षमता कमजोर हुँदैन
सेतोपाटी संवाददाता सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोज मसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी भएको विज्ञप्तिमा आगामी अशोज मसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कूल एक करोड ८३ लाख ८२ हजार ८५० खोप ल्याउने तयारी गरेको उल्लेख छ ।, उनका अनुसार चीनको सिनोफार्म कम्पनीबाट ६० लाख मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ । त्यस्तै कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनेका १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आउने छ ।, उनले कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि एक करोड ५० लाख मात्रा खोप ल्याउने गृहकार्य पनि अगाडि बढेको जानकारी दिए ।, मन्त्रालयले कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसङ्ख्याको लागि प्राप्त हुने एक करोड १३ लाख मात्रा खोप पनि क्रमशः प्राप्त हुँदै जाने र चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिलाउने योजना रहेको छ ।, सरकारले अहिलेसम्म ९७ लाख ८२ हजार ८५० खोप प्राप्त गरिसकेको जनाएको छ । तीमध्ये भारतबाट १० लाख मात्रा, नेपाली सेनालाई एक लाख अनुदानमा, कोभ्याक्सबाट तीन लाख ४८ हजार मात्रा, चीनबाट दुई पटक अनुदानमा १८ लाख मात्रा भेरोसेल खोप र चीनबाट खरिद गरेको ५८ लाख मात्रा भेरोसेल खोप, र अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन खोप १५ लाख ३४ हजार ८५० मात्रा रहेका छन् ।, मन्त्रालयले खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई पनि विश्व स्वास्थ्य सङ्गठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोपको उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशत मुनाफा लिएर खरिद गर्न दिइएको उनले जानकारी दिए ।, यस्तै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले अहिलेसम्म हाई डिपेन्डेन्सी युनिट (एचडियु) दुई हजार ७५ सरकारी र ७७८ निजीमा थपिएको छ । यस्तै एक हजार ४०० एचडियु थप्ने योजनामा रहेको मन्त्रालयले जनाएको छ । भेन्टिलेटर ९०४ रहेको र थप १८० थप्ने क्रममा रहेको छ । बालबालिकाका लागि १८० भेन्टिलेटरसहित २५० सघन उपचार कक्ष (आइसियु) शय्या थप्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।, सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरि कूल दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ । ती सबैलाई खोप लगाउनका लागि कूल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुनेछ ।, मन्त्रालयले कूल जनसङ्ख्याको ६० प्रतिशत मानिसलाई खोप लगाएमा रोग नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने जनाएको छ । ,रासस, असोजसम्म एक करोड ८३ लाख ८२ हजार मात्रा खोप ल्याउने योजना
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।, देशभर सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ। , शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।, शनिबार राति धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, पहाडी  भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।, यस्तो छ थप २ दिनको मौसम पूर्वानुमान, आईतबार, दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, राती:  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, सोमबार, दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, राती:  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।,  , शनिबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
सेतोपाटी संवाददाता विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरूपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् ।, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले होटलबाट खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर इप्रकामा राखिएको र कानून बमोजिम थप कार्वाहीका लागि स्वास्थ्य कार्यालयमा पठाइएको बताए ।, विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले उक्त खोप विर्तामोड नगरपालिकाको आग्रह बमोजिम स्वास्थ्य कार्यालय झापाले पठाएको जिकिर गर्दै होटलमा लुकाइएको आरोप अस्वीकार गरे ।, प्रहरी नियन्त्रणमा रहेका स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन खड्काले आफू आइसोलेसनका लागि टाइमलेस होटलमा रहेको बेला जिल्लाबाट पठाइएको खोप होटलमै बुझेको दाबी गरे ।, विर्तामोडको खोप कार्यक्रममा खटिएका केही स्वास्थ्यकर्मी होटल आइसोलेसनमा बस्ने गरेको र सोही क्रममा खोप भेटिएका कारण स्थानीयबासीले खोपमा अनियमितताको आशंका गरेका छन् । तर, स्वास्थ्य कार्यालय झापाले पठाएको खोप नगरपालिका कार्यालय, स्वास्थ्य शाखा, प्रहरी कार्यालयलगायतका निकायमा राखिनुको साटो होटलमा राखिनु गलत भएको विर्तामोड नगरपालिकाले स्वीकार गरेको छ ।,     , होटलमा खोपसहित नगरका स्वास्थ्य शाखाका फोकल पर्सन भेटिएको घटनापछि विर्तामोडका सामाजिक अभियन्ताले घटनाको निष्पक्ष छानविन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।, स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जिल्लाबाट विर्तामोडमा खोप गएको हो वा होइन भन्ने बारेमा आफू अनभिज्ञ भएको बताए । उनले घटना बारे सोधखोज भइरहेको जानकारी दिए । रासस, होटलबाट २२० डोज भेरोसिल खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
सेतोपाटी संवाददाता कैलालीमा नुहाउने क्रममा नदीमा बेपत्ता भएकी बालिकाको शव फेला परेको छ।, शुक्रबार नुहाउने क्रममा भजनी नगरपालिका-९ पचमुडियास्थित कान्द्रा नदीमा सोहि ठाउँकी ६ वर्षीया बालिका अनु सिंहको शव फेला परेको प्रहरीले जनाएको छ।, उनको शनिबार बिहान.७:३० बजेको समयमा डुबेको स्थान देखि ३/४ किलोमिटर दक्षिण नदीको बीच दोभानमा माटोको ढिस्कोमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।, उनीसँगै नदीमा बेपत्ता भएका ९ वर्षकी लक्ष्मी कुमारी सिंह र ७ वर्षकी जानुकुमारी चौधरीको शव शुक्रबार नै फेला परेको थियो।, कैलालीमा नुहाउने क्रममा नदीमा बेपत्ता भएकी बालिकाको शव फेला
सेतोपाटी संवाददाता सल्यानमा करेन्ट लागेर एक ट्रकका सहचालकको मृत्यु भएको छ। , सल्यानको शारदा नगरपालिका वडा नं. १४ का २५ वर्षीय बिमल भण्डारीको करेन्ट लागेर शुक्रबार बेलुका मृत्यु भएको छ।, सल्लानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले सल्यानबाट काठका गोलिया लोड गरि दाङ तर्फ आउँदै गरेको रा १ ख २४२७ नम्बरको ट्रकको माथि चढेर डोरीले बाँध्ने क्रममा सडक छेउमा बिस्तारित नाङ्गो बिद्युतको तारले उनलाई छुँदा करेन्ट लाग्न पुगेको हो। , जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ३ ठूलोचौर नेर सल्लाको गोलिया लोडेड ट्रकमाथि चढेर डोरी कस्ने क्रममा बेलुका ८ बजेतिर सडक किनारबाट बिस्तारित बिद्युतको नाङ्गो तारले छुँदा करेन्ट लागेर गम्भीर भण्डारीलाई कपुरकोट स्वास्थ्य चौकीमा पुर्‍याउना साथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए। , नाङ्गो तार र ट्रकमा रहेको फलामको रडबाट करेन्ट प्रवाह हुँदा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। , चालक र ट्रक प्रहरी नियन्त्रणमा छन् ।, करेन्ट लागेर ट्रक सहचालकको मृत्यु
सविता बुढा शुक्रबार बिहान ब्यास गाउँपालिका-२ का ७ जना स्थानीय दार्चुलाको सदरमुकाम खलंगा जान हिँडेका थिए।, राप्ला माल गाउँका उनीहरूलाई बर्खामा बाटो नभएर भारतको भूमिबाट हुँदै सदरमुकाम जानु परेको हो।, वडा नम्बर २ का वडा सदस्य वीरेन्द्र बुढाथोकीका अनुसार नेपालको भूमिबाट ठाउँ-ठाउँमा सडक भत्केर सदरमुकाम आउन सम्भव छैन। नदीपारि गएपछि भारतका गाडी प्रयोग गरेर खलंगा पुग्न सकिने भएकाले स्थानीयहरू तुइनबाट महाकाली तर्छन्। त्यहाँबाट भारतीय भूमि प्रयोग गरी सदरमुकामसम्म पुग्छन्।, नुन-तेल किन्नदेखि मालपोतमा कर तिर्न र नागरिकता बनाउन उनीहरूले यो बाटो हुँदै सदरमुकाम आउनुपर्छ। महाकाली नदीमा नेपालको माल गाउँ र भारतको गस्कु जोड्ने यो रज्जुमार्ग पुस्तौंदेखि छ।, शुक्रबार बिहान सवा ८ बजेतिर वृद्धभत्ता ल्याउन सदरमुकाम जान हिँडेका मनिरामसिंह धामी, गौरसिंह धामी र आमाको भत्ता लिन गएका अमरसिंह मालघाट पुगेका थिए।, विदेश जाने तयारीमा रहेका जयसिंह धामी, विक्रम रंकली र अमता धामी पनि तुइनसम्म पुगेका थिए।, स्थानीय बहादुरसिंह धामी र तुइन सञ्चालक कल्याण धामी त्यहीँ थिए।, एक-एक जना गरी उनीहरूले तुइन तर्न सुरू गरे। भत्ता लिन जाने ३ जना तरिसकेका थिए। काठमाडौं जानेवाला २ जना वारि नै थिए।, जयसिंहको तर्ने पालो आयो। ३३ वर्षका जयसिंहले ७ वर्ष जति नेपाली सेनामा काम गरेपछि जागिर छोडेका थिए। अहिले उनी विदेश जाने तयारीमा थिए।, ‘काठमाडौंमा भिसा आएको भन्ने खबर एक-दुई दिन अगाडि आएको थियो, त्यही कामका लागि काठमाडौं जान हिँडेका थिए,’ जयसिंहका भाइ नरेन्द्र धामीले भने।, तुइन सञ्चालक कल्याण धामीका अनुसार जयसिंह डेढ मिनेट जति तुइन तानेर पारी पुग्नै लागेका थिए। त्यही बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका जवान हतियारसहित पुगे।, ‘उनीहरूले रूखमा बाँधेको तार मोडेर खोले। तार फुत्केर आयो। झुलेर पानीमा छोयो। पानीले तार बगायो। तारसँग लड्पडिएर जयसिंह पनि खसे,’ उनले भने।, एसएसबीले तार खोलेको जयसिंहले थाहा नपाएको उनको अनुमान छ।, ‘हामीले एसएसबीलाई तार नखोल्नु भनेर सलाम गर्‍यौं, इसारा गर्‍यौं तर मानेनन्,’ उनले भने।, जयसिंह महाकालीको छेउबाट बगेको उनीहरूले देखेका थिए। उनलाई पौडी खेल्न आएन।, ‘तलसम्म बगेको देख्यौं, पौडी खेल भनेर सिटी मार्‍यौं, हल्ला गर्‍यौं, उनले पौडी खेल्न सकेनन्। लगभग २० मिटर तल पुगेपछि डुबे,’ उनले भने।, उनी डुबेपछि प्रत्यक्षदर्शीले गाउँमा खबर गरेका थिए।, घटनाबारे खबर पाएपछि गाउँलेहरू दौडिँदै पुगे। उनीहरूले खोजी सुरू गरे।, यस ठाउँमा नेपाल र भारतीय सीमावर्ती क्षेत्रमा बस्नेबीच रोटी-बेटीको सम्बन्ध रहेको स्थानीय एक विद्यालयका प्रधानाध्यापक सुकुन्दसिंह धामीले बताए।, ‘पारि भारतको गस्कुका मान्छे हाम्रा साथी, इस्टमित्र पनि छन्। पाङ्ला भन्ने ठाउँमा पनि स्टमित्र छन्,’ उनले भने।, त्यहाँबाट पनि आफन्तहरू आएर नदीमा बेपत्ता भएका जयसिंहको खोजी गर्न थाले।, पारि तरेका मान्छे एसएसबीको चौकी गएका छन्।, ‘अहिले स्थानीयले खोजी गरिरहेका छन्। भारतको प्युतोलासम्म पारिबाट गाडी लिएर त्यहीँका आफन्तहरू गएका छन्, नेपालबाट बाटो छैन,’ धामीले भने।, उनका अनुसार ६  दिनअघि सोही तुइनबाट एकजना झरेका थिए। पौडी खेलेर उनी महाकाली किनार आउन सकेको उनले बताए।, अहिले घटनास्थलमा प्रहरी पनि पुगेको छ। नदी बढेकाले खोजी कार्य गर्न समस्या देखिएको छ।, नेपाल सरकारका तर्फबाट २०७४/७५ मा तुइन भएको मालघाटमाथि पुल बनाउन सहमति भएको छ।, यसका लागि ठेक्का सम्झौता पनि भएको छ। पुलको शिलान्यास गर्न नेता लक्ष्मी जोशी र प्रदेश सांसद गेल्बुसिंह बोहोरालगायत पुगेका थिए।, शिलान्यासपछि पुल निर्माणको काम सुरू भएको तर ठेकदारले अझै बनाइ नसकेको वडा सदस्य बुढाथोकीले बताए।, तीन वर्ष बढी समयसम्म पनि पुल नबनेपछि स्थानीयहरू तुइनको प्रयोग गर्न बाध्य छन्।, सशस्त्र प्रहरी बल दार्चुलाका एसपी नरेन्द्र बमले भारतीय एसएसबीका कमाण्डरसँग घटनाबारे कुरा भएको बताए।, ‘तुइन गैरकानुनी हो। सहजताका लागि मानिसहरूले प्रयोग गरेका हुन्। एसएसबीले देखे काट्छ। मान्छे तर्दातर्दै काटेको हो कि होइन भनेर सोधें। उताबाट टोली पुग्दा मान्छे खसिसकेको भन्ने छ,’ उनले भने।, मान्छे देख्दादेख्दै काट्नु त गोली हानेसरह हो, त्यसो गरेको छैन भन्ने भारतीय पक्षको भनाइ छ।, जिल्ला प्रशासनले घटनाबारे गृह मन्त्रालयलाई पत्र काटेको  छ। घटनाबारे थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ।, विदेशबाट भिसा आएपछि काठमाडौं जान हिँडेका थिए जयसिंह, तुइन चुँडिएर महाकालीमा भए बेपत्ता
सेतोपाटी संवाददाता करिब दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकलाई भारतबाट उद्धार गरिएको छ।, विश्व सेवा विस्तार संस्थाको पहलमा आफ्नै घरबाट बेपत्ता भई भारत पुगेका पाँच बालकलाई दुई वर्षपछि कलकत्ताबाट उद्धार गरिएको हो।, सेवा समाजले शुक्रबार उसकै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उद्धार गरी ल्याइएका बालकहरूलाई सार्वजनिक गरेको हो।, २०७६ साल मंसिर २८ गते शनिबारदेखि अभिभावकको सम्पर्कविहीन अवस्थामा रहेका मेचीनगरका चार जना तथा दमकका एक जना बालकको उद्धार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।, उद्धार गरिएका बालकहरूमा मेचीनगर-१ गाडागल्लीका १६ वर्षीय अनिश विश्वकर्मा र १४ वर्षीय महेश विश्वकर्मा, मेचीनगर-५, अधेरीका १५ वर्षीय नवीन लिम्बू र १६ वर्षीय रोमन कटुवाल रहेका छन्।, त्यस्तै, अर्का बालकमा दमकका १४ वर्षीय खेम राजवंशी रहेका छन्। उनीहरूलाई शुक्रबार नै अभिभावकहरूको जिम्मा लगाइएको छ।, भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा विश्व सेवा विस्तार संस्थाले त्यहाँ रहेको बालगृहमा रहेका बालकहरुको उद्धार गरेको संस्थाका संयोजक कुमार बस्नेतले जानकारी दिए।, बस्नेतका अनुसार महावाणिज्य दूतावासका राजदूत शतिसकुमार थापाको सहयोगमा बालकहरूको उद्धार गरिएको हो।, पत्रकार सम्मेलनमा बालकहरूका अभिभावकहरुले झण्डै दुई वर्षदेखि हराइ रहेका आफ्ना छोराहरूको उद्धार गरेकोमा विश्व सेवा विस्तार समाजप्रति आभार प्रकट गरे।, सो अवसरमा उद्धार गरी ल्याइएका बालकहरुले आफूहरू घुम्नका लागि भारत गएका बेला नियन्त्रणमा लिएर भारतको पश्चिम बंगालस्थित जलपाइगुडी जिल्लाको एक बाल गृहमा लगिएको बताए।, १८ महिनाअघिदेखि हराइरहेको आफ्नो नातिलाई देख्न/भेट्न पाउँदा आफू अत्यन्तै हर्षित भएको मेचीनगर-१, गाडागल्लीका उद्धार गरिएका बालकका हजुरबुवा खड्गबहादुर विश्वकर्माले बताए।, ‘हामीहरू कुनै दिन नाति फर्केर आउँला भन्ने आशामा थियौं,’ आँखाभरि आँशु पार्दै विश्वकर्माले भने, ‘आज त्यो पर्खाइको समय सकिएको छ, यसमा विगत दुई महिनादेखि अहोरात्र खटिएर उद्धारमा लागिदिने विश्व सेवा विस्तार संस्थालाई हामी धन्यवाद दिन्छौं।’, विश्व सेवा विस्तारले विगत पाँच वर्षदेखि झापाको काँकरभिट्टा तथा भद्रपुरस्थित सीमा नाकामा रहेर चेलबेटी बेचविखन तथा बाल अधिकारको क्षेत्रमा रहेर गतिविधि सञ्चालन गर्दै आइरहेको छ।, दुई वर्षदेखि अभिभावकबाट सम्पर्कविहीन पाँच बालक भारतबाट उद्धार
सेतोपाटी संवाददाता पूर्वयुवराज पारस शाहले प्रहरीमाथि अभद्र व्यवहार गरेका छन्। शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाहले प्रहरीलाई अभद्र व्यवहार गरेका हुन्।, हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको थियो।, पारसले त्यसक्रममा प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ।, शाह समर्थकसहित देखिएका थिए। भिडिओमा एक जना प्रहरीले पारसको हात समातेर कतै लैजान खोजेको देखिन्छ। तर, उनले धकेल्दै र हात तान्दै ‘जान्न’ भनिरहेका थिए। , महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई एक पटकका लागि ‘सम्झाएर’ छोडिएको छ।, ‘ट्राफिक प्रहरीले समातेपछि वादविवाद भएको हो, उहाँलाई सम्झाएर पठाइएको छ,’ परिसर प्रमुख एसएसपी अशोक सिंहले भने।, पूर्वयुवराज शाह अधिकांश ठाउँमा उनले चलाउने गरेको मोटरसाइकलमा हेल्मेटबेगरै देखिने गरेका छन्।, उनले त्यहाँ पनि आफूले कहिल्यै हेल्मेट लगाएको देखेको छ? कहीँ रोकेको छ मलाई? भनेका थिए। , उनको हात अँठ्याएका प्रहरीले माथिल्लो निकायमा वाकीटकीमा खबर गरिरहेको भिडिओमा देख्न सकिन्छ। वाकीटकीमा कुरा गर्दा प्रहरीले नशामा रहेको व्यक्तिलाई नियन्त्रणमा लिनुपर्ने र गाडी पठाउन जाहेर गरिरहेका देखिन्छन्।, शाहले भने आफूले ‘ड्रिङ्स गरेको छैन’ भनिरहेका थिए।, तर, ट्राफिक प्रहरीको उपत्यका नेतृत्वलाई भने यो खबर जानकारीमा नै छैन। ‘खै यो खबर मलाई जानकारीमा छैन,’ महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी जनक भट्टराई भन्छन्।  , वादविवादकै क्रममा प्रहरीले छोडेपछि पारस मोटरसाइकलमा हेल्मेटबेगरै हुइँकिएका थिए।, यही व्यवहार सर्वसाधारणले गरेको भए लाइसेन्स बरामद गरी चिट काट्ने तथा अन्य ट्राफिक नियम उल्लंघनको कारबाही प्रहरीले चलाउँथ्यो। प्रहरीलाई हप्कीदप्की तथा अभद्र व्यवहार गर्दा कसुर अनुसार कारबाही पनि हुन्थ्यो। , संक्रामक रोग अन्तर्गत जारी भएको ऐन अनुसार आकर्षित गरेर पनि प्रहरीले उनलाई कारबाही गर्न सक्थ्यो। , भिडिओ सञ्चारकर्मी गणेश बुढाको फेसबुकबाट लिइएको हो।, हेल्मेट नलगाएका पूर्वयुवराज पारसले प्रहरीलाई थर्काए, ‘सम्झाएर’ छोड्यो प्रहरीले
सेतोपाटी संवाददाता सर्वसाधारणका लागि आएको खोप होटलमा भेटिएको घटनाको सत्यतथ्य छानबिनको माग गर्दै माओवादी र कांग्रेस निकट विद्यार्थीको समूहले शनिबार विर्तामोड नगरपालिकामा तालाबन्दी गरेको छ।, शुक्रबार विर्तामोड स्वास्थ्य शाखाका फोकल पर्सन ओमबहादुर खड्का १०३ भाइल खोपसहित होटल टाइमलेसमा भेटिएका थिए। उनीमाथि होटलमा खोप लुकाउन लगेको आरोप लागेको छ।, प्रहरीले खड्कालाई नियन्त्रणमा लिएर स्वास्थ्य कार्यालय झापामा कारबाहीका लागि बुझाएको थियो। तर, कार्यालयले खोप जिल्लाबाट वैधानिक रूपमा पठाइएको हुँदा लुकाइएको आरोप गलत भएको जनाउँदै खड्कालाई शुक्रबार नै घर पठाएको छ।, तर, विर्तामोडका युवा तथा विद्यार्थीले आज खड्कालाई कारबाहीको माग गर्दै नगरपालिकामा तालाबन्दी गरेका हुन्।, ताला लगाउनेहरू नेपाल विद्यार्थी संघ जिल्ला समिति झापा र अखिल क्रान्तिकारी झापाका कार्यकर्ता रहेका छन्।, विद्यार्थीहरूले खोपमा कालाबजारी भएको र त्यसमा खड्का संलग्न रहेको दोषारोपण गरेका छन्।, दोषी पहिचान गरेर कारबाही प्रक्रिया अघि नबढेसम्म ताला नखोलिने नेपाल विद्यार्थी संघ झापाका सचिव पोषराज कट्वालले पत्रकारहरूलाई बताएका छन्।, अखिल क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदीले खोपमा चरम अनियमितता भइरहेको देख्दादेख्दै टुलुटुलु हेरेर बस्न नसकिने बताए।, सर्वसाधारणका लागि आएको खोप होटलमा भेटिएपछि छानबिन माग गर्दै विर्तामोड नगरपालिकामा लगाइयो ताला
सेतोपाटी जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरूद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ।, विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा कुरा गर्दै कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको भन्ने आरोप गलत भएको बताए। , ‘विर्तामोडमा खोप अभाव भएको हुँदा स्वास्थ्य कार्यालयका खोप प्राविधिक बालकृष्ण भण्डारी र कर्मचारी विशाल घिमिरेलाई १०३ भाइल खोप पठाएका थियौं’, कार्यालय प्रमुख घिमिरेले भने,‘इएलएमआइएस प्रणालीमा दर्ता गरेर इमेलसमेत गरेर हामीले वैधानिकरूपमा खोप पठाएका हौं, तर खोप होटलमा लुकाइयो भनेर अफवाह फैलाइयो।’, उनले खोप अभियानमा संलग्न स्वास्थ्यकर्मी खाजा खान होटलमा रहेका बेला खोप पुगेको हुँदा स्वास्थ्य कार्यालयका कर्मचारीले विर्तामोडको टाइमलेस होटलमै नगरका फोकलपर्सन खड्कालाई खोप बुझाएको जानकारी दिए।, नगरपालिका कार्यालयको साटो होटलमा खोप बुझाउनु र बुझ्नु कमजोरी भएको स्वीकार गर्दै उनले अबदेखि यस्तो गल्ती दोहोरिन नदिइने प्रतिबद्धता व्यक्त गरे। , शुुक्रबार अपराह्न ४ः०० बजेतिर स्थानीय युवाले होटलमा खोप राखिएको विषयमा विवाद गरेपछि इलाका प्रहरी कार्यालय विर्तामोडले सो खोप र नगरका स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर जिल्ला स्वास्थ्य कार्यालयमा बुझाएको थियो। , फोकलपर्सन खड्कालाई आज जिल्ला प्रशासन कार्यालयमा छलफलमा उपस्थित हुने शर्तमा घर पठाइएको र प्रहरी नियन्त्रणमा रहेको सो खोपलाई स्वास्थ्य कार्यालयको स्टोरमा राखिएको कार्यालय प्रमुख घिमिरेले बताए।, उनका अनुसार जिल्लामा ६३ हजार ५०० भेरोसिल खोप आएको र सबै खोप स्थानीय तहमा पुर्‍याइएको छ।रासस, होटलमा खोप लुकाइएको होइन: स्वास्थ्य कार्यालय झापा
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ८ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौं उपत्यकामा थप ८ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, जसमध्ये काठमाडौंका ५९७ जना, ललितपुरका १५५ जना र भक्तपुरका १०८ जना छन्।, काठमाडौं उपत्यकामा अहिले आठ हजार ४४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।, काठमाडौंमा मात्रै ५ हजार ९३८, ललितपुरमा १ हजार ३९४ र भक्तपुरमा १ हजार १ सय ९ जना सक्रिय संक्रमित छन्।, काठमाडौं उपत्यकामा थपिए ८ सय ६० संक्रमित, सक्रिय आठ हजार ४४१
सेतोपाटी संवाददाता अवैधरूपमा भारततर्फ लैजान लागेको करिब १ करोड बराबरको हरियो केराउ नवलपरासीबाट बरामद गरिएको छ।, नवलपरासीको परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट प्रहरीले उक्त परिमाणको केराउ बरामद गरेको हो।, पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयले परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट ३ वटा ट्रक र ७ वटा पिकअप भ्यानमा लोड गरी लैजाँदै गरेको अवस्थामा केराउ बरामद गरिएको जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले छुट्टाछुट्टै स्थानबाट ७ सय ३० क्विण्टल केराउ बरामद गरिएको जानकारी दिए।, लामाले जिल्लाका भारतसँग सिमाना जोडिएका क्षेत्रबाट तस्करी बढ्न थालेपछि प्रहरीले बढाएको जाँचको क्रममा केराउ बरामद गरिएको बताए।, उनले बरामद गरिएको केराउको बिल भरपाई सक्कली हो कि नक्कली हो? भन्ने अनुसन्धान सुरू गरेको जानकारी दिए।, लामाका अनुसार प्रहरीले एक हप्ता पहिले पनि २२ लाख बराबरको केराउ बरामद गरेर लिलामका लागि महेशपुर भन्सार कार्यालय पठाएको थियो।, हरियो केराउ नेपालमा भन्दा भारतमा प्रति किलोग्राम ३० देखि ४० रूपैयाँ बढी मूल्यमा विक्री हुने भएपछि सीमावर्ती क्षेत्रबाट भारततर्फ केराउ तस्करी हुँदै आएको छ।, भारततर्फ लैजान लागेको करिब १ करोड बराबरको केराउ नवलपरासीबाट बरामद
एजेन्सी भारतमा अहिले सयौं हरिणले बाटो काटिरहेको भिडिओ भाइरल बनेको छ।, गुजरातको भावनगरस्थित भेलाभादार हरिण राष्ट्रिय निकुञ्जमा देखिएको दृश्यले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान खिचेको हो। गुजरातको सूचना विभागले राखेको भिडिओ प्रधानमन्त्री नरेन्द्र मोदी समेतले ट्विट गरेका थिए।, उनले 'एक्सिलेन्ट' लेखेर ट्विट गरेका थिए। मोदीले भिडिओ ट्विट गरेपछि भिडिओ भाइरल बनेको हो। यस्तो दृश्य विरलै देख्न पाइने भिडिओमा भनिएको छ।, ती हरिणले पीच गरेको बाटो काट्दा उफ्रिएर गएको देखिन्छ।, निकुञ्जका वन अधिकृत अंकुर पटेलका अनुसार हरिणहरू एकबाट अर्को ठाउँमा यात्रा गरिरहन्छन्। भिडिओ केही दिनअघि ग्राम रक्षक दलका एक जवानले खिचेका थिए। उनका अनुसार त्यहाँ करिब ७००-८०० कालो हरिण थिए।, 'सडक दायाँ-बायाँको जग्गा वन विभागको हो। रातिको ड्युटी सकेर बिहान घर फर्किने क्रममा जवानले हरिणले बाटो काटिरहेको दृश्य देखेका थिए। उनले गज्जबको त्यो दृश्य आफ्नो फोनमा कैद गरी सामाजिक सञ्जालमा सेयर गरेका थिए,' पटेलले भने,'भाइरल भएको भिडिओमा ७०० देखि ८०० वटा हरिण देखिन्छन्। त्यहाँ धेरैजसो पोथी र वयस्क हुन लागेका हरिण थिए, जो खैरा रङका थिए। वस्यक भालेहरूमात्रै काला थिए।', भारतमा कालो हरिण संरक्षित जनावर हो। सन् १९७२देखि नै त्यहाँ हरिण मार्न प्रतिबन्ध लगाइएको छ। शिकारीहरूले धेरै मार्न थालेपछि हरिणको संख्या घटेको थियो। त्यसपछि भारत सरकारले संरक्षण गर्न थालेको हो।, भेलाभादार राष्ट्रिय निकुञ्ज कालो हरिणको लागि चर्चित छ। त्यहाँ अहिले तीन हजार बढी कालो हरिण छन्।, Excellent! ,https://t.co/9xxNLllQtP, — Narendra Modi (@narendramodi) ,July 28, 2021,  , जब सयौं हरिणले एकै पटक बाटो काटे...
सेतोपाटी संवाददाता नेपाल रिपब्लिक मिडियाले कार्यरत् पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउने बचन दिएको छ।, बिहीबार वार्ता हुँदा मिडियाले एक महिनाभित्र सबै पारिश्रमिक दिने प्रतिवद्धता जनाएको हो।, तर, पत्रकारले यो प्रतिवद्धता लिखित रुपमै हुनुपर्ने अडान राखेका छन्।  , पत्रकार गिरिराज बाँस्कोटाका अनुसार व्यवस्थापनले तीन किस्तामा पारिश्रमिक उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।, ‘पहिलो किस्ता तत्कालै उपलब्ध गराउन थालेको पनि छ,’ बाँस्कोटाले भने, ‘एक महिनाभित्र सबै भुक्तानी गर्ने सहमति छ।’, लिखित प्रतिवद्धतापछि मात्रै आन्दोलन के गर्नेबारे निर्णय गरिने उनले बताए।, उनीसहित ६ जना पत्रकार बुधबारदेखि कार्यालयमा धर्ना बसिरहेका थिए। पत्रकारको धर्नापछि नेपाल पत्रकार महासंघले चेतावनीयुक्त पत्र रिपब्लिक मिडियामा पठाएको थियो।, धर्नामा अन्य १८ जना पत्रकारको ऐक्यवद्धता थियो। उनीहरूले दुईदेखि तीन वर्षयता पारिश्रमिक नपाएको बताउँदै आएका छन्।, बिहीबार प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीसँग पत्रकारहरू वार्तामा बसेका थिए।, प्रधान सम्पादक र मानव संशाधन विभागमा कुराकानी गरे पनि बेवास्ता गरेपछि पत्रकार धर्नामा बसेका थिए।, रिपब्लिक मिडियाले आफ्नो नेपाली संस्करण नागरिक र अंग्रेजी संस्करण रिपब्लिका दैनिक प्रकाशन गर्दै आएको छ।, पत्रकारलाई एक महिनाभित्र पारिश्रमिक दिने नागरिक दैनिकको बचन, पहिलो किस्ता आजैबाट
सबिना श्रेष्ठ अमेरिकी विश्वविद्यालयमा तीन दशक इतिहास पढाएका प्राध्यापक गौतमबज्र बज्राचार्य करिब दुई वर्षअघि नेपाल आएका थिए। एक कार्यक्रमका लागि नेपाल आएका उनीसँग हामीले अन्तर्वार्ता पनि लिएका थियौं।, त्यस भेटमा बज्राचार्यले एक महत्वपूर्ण मूर्ति फालिरहेको अवस्थामा रहेको बताएका थिए। चार दशकअघि अमेरिकी अनुसन्धाता मेरी स्लसरसँग हिँड्दा बज्राचार्यले त्यो मूर्ति फोहोरको डंगुरमाथि देखेका थिए। अहिले पनि त्यस्तै अवस्थामा देख्दा त्यसको संरक्षण नभएको त छँदै थियो, चोरीसमेत नहुँदा उनलाई अनौठो लाग्यो। , हामीले त्यस मूर्तिको रिपोर्टिङ गर्छौं भन्दा बज्राचार्यले हाँस्दै भनेका थिए, 'तपाईंहरूलाई त्यसबारे भन्नै मिल्दैन। मान्छेले त्यसको महत्व थाहा नपाएकै बेस, त्यो सुरक्षित त रहन्छ।', यस्ता जानकारी सार्वजनिक हुनेबित्तिकै सरकारले तत्काल सुरक्षा दिन नसके चोरीको डर बढ्ने उनको भनाइ थियो।, हाम्रा कति मूर्तिहरू यस्तै हेल्चेक्र्याइँका कारण चोरीको शिकार भए होलान्! कति त सुरक्षा घेरामा राख्दा राख्दै हराएका छन्। कति भने पहिलेका राजा–मन्त्रीले उपहारका रूपमा दिँदा विदेश पुगेका छन्।, विभिन्न कारणवश बिदेसिएका मूर्ति फिर्ता ल्याउन अहिले 'नेपाल हेरिटेज रिकभरी क्याम्पियन' नामक संस्था लागिपरेको छ। यो संस्थामा सांस्कृतिक सम्पदा संरक्षणमा काम गरिरहेका पत्रकार, अभियन्ता, पुरातत्वविद लगायत आबद्ध छन्।, पाटनस्थित पट्कोको लक्ष्मीनारायण मूर्ति अमेरिकाबाट फिर्ता आएपछि जुर्मुराएको यो संस्था केही साताअघि आधिकारिक रूपमा दर्ता भयो।, सन् १९८९ मा प्रकाशित लैनसिंह बाङ्देलको 'स्टोलन इमेजेज अफ नेपाल' मा समेत उल्लेख भएको उक्त मूर्ति सन् १९८४ मा चोरिएको हो। अमेरिकाको डल्लास म्युजियम अफ आर्टबाट ३६ वर्षपछि यसलाई फिर्ता ल्याइएको छ।, दायाँबाट क्रमशः रोशन मिश्र, रोहित रञ्जितकार, दिलेन्द्र श्रेष्ठ, कनकमणि दीक्षित, ऋद्धिबाबा प्रधान। र, सञ्जय अधिकारी (बायाँबाट पहिलो), यसरी मूर्ति खोज्ने अभियानको खाका कलाकार एवं लैनसिंहकी छोरी दिना बाङ्देल र पुरातत्व विभागमा लामो समय काम गरेका शुक्र सागर हुँदै सुरू भएको काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी) का निर्देशक रोहित रञ्जितकार बताउँछन्।, 'हामी सधैं यो विषयमा कुराकानी गर्थ्यौं,' रञ्जितकारले भने, 'तर औपचारिक रूपमा अगाडि बढेका थिएनौं। उहाँहरूको निधन भएपछि त्यो काम त्यसै रोकियो।', पाटनको मूलचोक निर्माण गर्दा त्यहाँको एउटा कोठा यही परियोजनाका लागि छुट्याउन पुरातत्वका पूर्वनिर्देशकसँग कुराकानीसमेत भएको रहेछ। त्यहाँ दुइटा मूर्ति पनि राखिएका छन्। तर अभियानकै रूपमा मूर्ति फर्काउने काम विभिन्न बहानामा अल्झियो।, अहिले लक्ष्मीनारायण मूर्ति फिर्ता आउँदा उस्तै धारणा भएका मान्छे एकीकृत भएर काम गर्न सम्भव भएको रञ्जितकार बताउँछन्।, यो अभियानमा जोडिएका अर्का व्यक्ति हुन् रोशन मिश्र। जोरपाटीस्थित तारागाउँ म्युजियमका निर्देशक उनी नेपालकै पहिलो अनलाइन संग्रहालय ',ग्लोबल नेपाली म्युजियम', पनि सञ्चालन गर्छन्।, यो अभियानले अनौपचारिक रूपमा छ महिनाअघिबाटै काम गरेको थियो। अहिलेसम्म करिब बीस मूर्ति फिर्ता ल्याउने पहल भइसकेको उनले बताए।, मूर्ति ल्याउन सुरूमा त पुरातत्व नै जानुपर्छ। त्यहाँबाट दूतावास, मूर्ति रहेको ठाउँ लगायत विभिन्न प्रक्रिया पूरा गर्दा मूर्ति आइपुग्न करिब २८ दिन लाग्छ। त्यही पनि फिर्ता आउने-नआउने टुंगो हुँदैन। , 'कमसेकम हामीले ल्याउने पहल गर्‍यौं र फिर्ता ल्याउन कानुनी प्रक्रिया त सुरू भयो,' मिश्रले भने, 'अहिलेसम्म यसरी हराएका मूर्ति कागजी रूपमा कतै दर्ता भएका छैनन्। ती मूर्ति आजभोलि नै नआए पनि हामीले वा अबको पुस्ताले भविष्यमा त्यसको खोजीनिती गर्न पाउने भए।', लक्ष्मीनारायणको हकमा युनेस्कोले पनि धेरै दबाब दिएको थियो। इन्टरपोलले त्यसमा धेरै काम गर्‍यो। कतार एयरलाइन्सले सित्तैमा ल्याइदियो। अरू मूर्ति त्यसरी नै आउँछन् भन्ने छैन। संग्रहालयले दूतावासलाई बुझाइदिन्छ। त्यसपछि ल्याउने खर्च सबै सरकारले बेहोर्नुपर्छ। त्यसमा सरकारी निकायले आफ्नो भूमिका राम्ररी निर्वाह गर्नुपर्छ।, यो अभियानको काम भने मूर्तिको अभिलेखीकरण गर्ने र कागजी प्रक्रियामा पहल गर्ने हो। सरकारले मूर्ति फिर्ता गर्न तत्कालै नसके पनि फलानो ठाउँमा छ भनेर पछिल्ला पुस्तालाई जानकारी पुग्छ।, केभिपिटीका रञ्जितकार काठमाडौं इतुम्बहालको तीन पौभाः चित्र अमेरिका पुगेकाले फिर्ता ल्याउने पहल गरिरहेका छन्। अमेरिकामा एक व्यक्तिको निजी संकलनमा छन् ती पौभाः। तर उनले चित्र फिर्ता नदिने भनेका छन्।, सरकारी निकायको स्वामित्वमा रहेकै सम्पदा फिर्ता गर्न मुश्किल रहेको समयमा यस्ता निजी संकलनका सम्पदा फिर्ता ल्याउन अर्को ठूलो चुनौती छ।, लक्ष्मीनारायणको मूर्ति। तस्बिरः निशा भण्डारी/सेतोपाटी, 'नेपाल र अमेरिका दुवैले निजी सम्पदाको सम्झौतामा हस्ताक्षर गरेका छैनन्। त्यही भएर निजी सम्पदा कसरी फिर्ता ल्याउने भनेर ठूलो चुनौती छ,' रञ्जितकारले भने, 'यसमा नागरिक समाज र सरकारी ओहोदामा बसेका मान्छेले बोलिदिने हो भने केही सजिलो हुन्थ्यो।', उनले अगाडि भने, 'कति अवस्थामा गैरसरकारी संस्थाले दबाब दिँदा सरकारले नचाहे पनि उसलाई बोल्नुपर्ने अवस्था आउँछ। हामीलाई मतलब छैन ल्याउँदिनँ भन्न मिलेन। उसलाई बाध्य बनाउनैपर्ने अवस्थामा एउटा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।', सम्पदा अभियन्ता एवं अधिवक्ता सञ्जय अधिकारी पनि रञ्जितकारसँग सहमत छन्। उनी पनि मूर्ति फर्काउने यो अभियानका हिस्सा हुन्। , 'संविधानको धारा ३२ ले नै भाषा र संस्कृति हाम्रो नैसर्गिक हक हो भनेको छ। हरेक समय आफ्नो संस्कृतिमा बाँच्न पाउनु तपाईंको अधिकार हो,' उनले भने, 'तर मन्दिरको मूर्ति नै चोरी भएपछि त्यो अधिकार तपाईंले गुमाउनुहुन्छ नि! त्यसको जिम्मेवार को हुने?', सरकारले प्राचीन स्मारक संरक्षण ऐनमा भनेजस्तो प्राचीन वस्तुका रूपमा मात्र मूर्तिलाई हेरिरहेको उनी बताउँछन्। यो त हाम्रो दैनिक जीवनको हिस्सा हो भनेर हेरिएकै छैन।, अधिकारीका अनुसार ०४७ सालको पुरातत्व नियमावलीमा हरेक असार मसान्तमा सबै सिडिओ कार्यालयबाट आफ्नो ठाउँमा भएका सम्पदाको फोटोसहितको 'इन्भेन्टरी' बनाउनुपर्ने प्रावधान छ। तर अहिलेसम्म त्यसअनुसार काम भएको छैन।, तारागाउँ संग्रहालय सञ्चालक मिश्र कुनै पनि मूर्ति फिर्ता ल्याउन सहयोग हुने पहिलो आधार त्यसको फोटोलाई मान्छन्। फोटो वा स्केच नभइ दर्ता गराउन पनि गाह्रो हुने उनले बताए।, कुन समयमा, कुन ठाउँको मूर्ति चोरी भयो भनेर त्यसको फोटो नभई उनीहरू कुनै प्रक्रिया सुरू गर्न सक्दैनन्। त्यसका लागि अहिले लैनसिंह बाङ्देलको किताब, उलरिकको किताब, पुराना स्केचलाई माध्यम बनाएका छन्। उनीहरूको काममा 'लस्ट हेरिटेज' भन्ने फेसबुक पेजले पनि धेरै सहयोग पुर्‍याएको छ। , 'कति मूर्ति त हामी आँखा चिम्लिएरै हाम्रो देशको हो कि होइन भन्न सक्छौं। तर हामीसँग केही प्रमाण छैन। अनि कसरी यो यहाँको र त्यो त्यहाँको भन्ने?' रञ्जितकारले यसमा थपे, 'कतिमा त हाम्रो हो भनेर चिन्न दरबार स्क्वायर वा यहाँका कुनै ठाउँको चिह्न पनि हुन्छ। तर हामीले आफ्नो भनेर दाबी गर्न नसक्ने अवस्था छ।', उनले फिलाडेल्फिया म्युजियममा रहेको नेपाली पौभाःको उदाहरण दिए।, त्यहाँ दस मिटर लम्बाइ र डेढ मिटर उचाइको एक पौभाः रहेछ। त्यसमा काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, गोसाइकुण्ड जाने रुट, नेपाल भाषामा लेखिएका ठाउँका नाम उल्लेख छन्। तर उक्त म्युजियमले त्यसको नक्कल गरिएको पौभाः मात्र नेपाललाई दिएको छ। उक्त नक्कल चित्र अहिले पाटन संग्रहालयमा प्रोजेक्टरमार्फत प्रदर्शन गरिन्छ।, 'सक्कली पौभाः फिलाडेल्फियाकै म्युजियमको स्टोरमा छ,' रञ्जितकारले भने, 'हामीले जे जति देख्यौं, त्यसलाई आफ्नो भन्न नसके पनि त्यसलाई अभिलेखीकरण गरियो भने पछि फलोअप गर्न सकिन्छ।', अधिकारी पनि भन्छन्, 'जुन सम्पदा विदेशमा छ, त्यसलाई अहिले नै हामीले आफ्नो भनेनौं भने आउने पुस्तासम्म त्यसको सबुत हराउँदै जान्छ। कुनै पनि अपराधमा तपाईंले ढिलो प्रक्रिया सुरू गर्नुभयो भने तपाईंसँग भएको कुरा गुमाउँदै जानुहुन्छ।' , मूर्तिहरू चोरी हुनुका विभिन्न कारण हुन्छन्। जोसँग छ उसले त्यसबापत प्राथमिकता नपाउनु पनि एक हो। जस्तो, काठमाडौंमा देशमा कतै नभएको झ्याल भनेर 'देशेमरू झ्याः' प्रख्यात छ। तर त्यो झ्याल हुँदा घरधनीलाई के फाइदा?, मान्छेहरू आएर फोटो खिच्छन्, उसले के पाउँछ? विभिन्न समयमा त्यो घरका मान्छेजस्तै यस्ता सम्पदाको स्वामित्व हुने मान्छेले पीडा मात्र सहनुपरेको हुन्छ। , अनि त्यो हरायो भने उक्त सम्पदाधनीलाई अपजस मात्र। भेटियो भने फेरि हराउने डरले उनीहरूले आफूसँग राख्न नचाहेका धेरै उदाहरण छन्।, केभिपिटीका रञ्जितकारले सन् २००७ मा पाटन सुन्दरीचोकको तुसा हिति (ढुंगेधारा) हराउँदा त्यस्तै अपजस सुन्नुपरेको थियो। पाटन वरिपरिका सम्पदा निर्माण गरिरहेको केभिपिटीले नै हिति लगेको भनेर स्थानीयले भनिदिए।, लक्ष्मी नारायणको मूर्ति पाटन म्युजियममा लगिँदै। तस्बिरः निशा भण्डारी/सेतोपाटी, दुई वर्ष लगाएर केभिपिटीले त्यसको 'रेप्लिका' बनाएर राख्यो। तर केही दिनमा पुरानो हिति फेला पर्‍यो।, 'तर हराएको बेला जति चर्चा भयो, भेटिँदा भएन,' रञ्जितकारले भने।, नयाँ हिति बनाइसकेकाले पुरानोलाई छाउनी संग्रहालयमा राखिएको थियो। पछि फिर्ता ल्याइयो। पहिलेकै ठाउँमा नराखे पनि खोजीनिती गर्नेले सजिलै हेर्न पाऊन् भनेर त्यहीँको पुरानो भवनमा राखिएको उनले जानकारी दिए।, सार्वजनिक स्थानका त भए नै, दरबारभित्रैका सम्पदा पनि चोरी भइरहेका हुन्छन्। पाटन दरबारमा अन्य दरबारझैं हरेक साँझ प्रहरीलाई अगाडि राखेर लाहा छाप लगाएरै ढोका लगाइन्छ। भोलिपल्ट प्रहरीलाई नै अगाडि राखेर खोलिन्छ। त्यसो हुँदा पनि त्यहाँभित्रका सम्पदा चोरी भएका उदाहरण धेरै भएको रञ्जितकारले बताए।, 'प्रहरी प्रशासन, पुरातत्व मात्र होइन, सम्पदा सुरक्षा गर्नु हामी सबैको जिम्मेवारी हो,' उनले भने, 'तर जसरी मूर्ति फिर्ता आउँदा सरकारी निकायले कामको श्रेय लिन खोज्छन्, त्यसरी नै हराउँदा पनि जिम्मेवार हुन जरूरी छ।', अधिकारीले पनि उनको कुरामा सहमति जनाउँदै भने, 'संविधानको धारा ४८ मा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने हामी सबैको दायित्व हो भनेर लेखिएको छ।' , पहिलेको तुलनामा अहिले चोरीको दर भने कम भएको रञ्जितकार बताउँछन्। साथै फोटो खिच्ने पहुँच पनि सबैसँग भएकाले आफ्नो भनेर दाबी गर्न सजिलो भएको बताए। , मन्दिरको मूर्ति फिर्ता ल्याउनु त छँदै छ, त्यसलाई पहिलेकै ठाउँमा स्थापित गर्न सकिन्छ कि सकिन्न भन्ने अर्को चुनौती छ। जबसम्म ती भगवान फिर्ता गर्न सकिन्न, संग्रहालयमा मरेतुल्य बस्छन्। तिनको न पूजा हुन्छ, न तिनलाई मान्ने स्थानीयसँग भेटघाट।, कुनै पनि मन्दिर त्यहाँको भगवानलाई सुरक्षित राख्न बनेको हुन्छ। मन्दिर नै खण्डहर भए पनि मान्छेहरू मूर्तिको नित्य पूजा गर्न गइरहेका हुन्छन्। तर भगवानको मूर्ति नै हराए त्यहाँका नित्यकार्य पनि हराउँदै जान्छन्।, यो अभियानको मुख्य उद्देश्य फिर्ता ल्याइएका मूर्ति पहिलेकै स्थानमा राख्नु हो।, 'खासमा सबैको चाहना यही हो,' मिश्रले भने, 'सम्बन्धित निकाय, प्रशासन र त्यहाँका मान्छेले त्यसको स्वामित्व लिने हो भने त्यो सम्भव छ।', अहिले फिर्ता आएको लक्ष्मीनारायण मूर्ति पुरानै ठाउँमा राख्ने तयारी भइरहेको छ। अरू मूर्ति त बल्ल प्रक्रियामा गएका छन्।, यो अभियान छ जनाले सुरू गरेका हुन्। हामीले कुराकानी गरेका तीन जनासँगै यो समूहमा पुरातत्व विभागमा लामो समय काम गरेका ऋद्धिबाबा प्रधान, पत्रकार कनकमणि दीक्षित र दिलेन्द्रराज श्रेष्ठ छन्।, भविष्यमा नेपालभर फैलिँदै दक्षिण एसियाकै मूर्ति फिर्ता ल्याउने प्रक्रियामा जाने उनीहरूको योजना छ। मूर्ति मुख्य प्राथमिकतामा रहे पनि सम्पदासँग जोडिएका विभिन्न काममा उनीहरू प्रत्यक्ष, अप्रत्यक्ष रूपमा संलग्न हुनेछन्।, 'यसअघि हामीले विभिन्न अभियान गर्‍यौं तर केही समयपछि त्यो सेलायो,' सम्पदा अभियन्ता अधिकारीले भने, 'एक जनाले मात्र चलाएको अभियान पछि ऊ सक्रिय भएन भने सेलाउँछ। संस्था नै बनाएर अघि बढ्नुको कारण पनि यही हो।एक जनामा अभियान अघि बढाउने शक्ति कम हुँदै गयो भने अर्कोले त्यसलाई घच्घचाइरहन्छ।', यताका भगवानलाई जोगाउन गाह्रो, चोरिएकालाई फर्काउन गाह्रो!
सेतोपाटी संवाददाता महोत्तरीमा एक बालकको शव फेला परेको छ।, बिहीबार रामगोपालपुर नगरपालिका वडा नम्बर ६ बस्ने ५ वर्षीय रितेशकुमार यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।, उनको शव घरभन्दा करिब ४० मिटर पश्चिममा रहेको चनु साह तेलीको बगैँचामा फेला परेको हो।  , स्थानीयले बालकको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी नायब उपरीक्षक विष्टका अनुसार घटना शंकास्पद छ। बालकको हत्या गरिएको हुनसक्ने उनको भनाई छ।, 'घटना शंकास्पद छ। बालकको घाँटीमा दाग देखिएको छ,' उनले भने, 'केको दाग हो भन्ने खुलिसकेको छैन त्यो पोष्टमार्टमपछि खुल्ला।', घटनापछि मृतकका बुवा चन्द्रकिशोर यादव र सौतेनी आमा फरार छन्। उनीहरू फरार भएको हुँदा हत्या गरी भागेको हुनसक्ने आधार बलियो भएको विष्टले बताए।, 'बालकको आमाले पहिले नै छाडेर गइसकेको रहेछ। अहिले घटनापछि बुवा र सौतेनी आमा फरार छन्,' उनले भने, 'हामीले खोजिरहेका छौं।', घटनाको खबरपछि ईलाका प्रहरी कार्यालय रामगोपालपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले प्रारम्भिक मुचुल्का सम्पन्न गरेको छ। शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।, प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। , महोत्तरीमा बालकको शव फेला, बुवा र सौतेनी आमा फरार
सेतोपाटी संवाददाता बौद्ध धर्मको पुरातात्विक धार्मिक महत्त्वको बहुमूल्य धर्मग्रन्थ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाले बुधबार दुई जनालाई काठमाडौं महानगरपालिका वडा नम्बर २२ न्यूरोडबाट पक्राउ गरेको हो।, प्रहरीले  सप्तरी राजविराज नगरपालिका वडा नम्बर ३ का ४७ वर्षीय प्रशान्तप्रताप सिंह र दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर ४का ६५ वर्षीय छन्त्याल भन्ने पूर्णबहादुर मगरलाई पक्राउ गरेको हो।, यसरी ठगीमा पाँच जनाको संलग्नता रहेको महाशाखाले जनाएको छ।, रोल्पा लिवाङ नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय बेगम रानामगर, रोल्पा नगरपालिका-८ का ३७ वर्षीय डम्मर पुनमगर र ३७ वर्षीय रामचन्द्र राना मगर फरार छन्।, उनीहरूले चार करोडको धार्मिक ग्रन्थ किन्न लागेको भन्दै पीडितहरूबाट झुक्याएर पैसा लिएका थिए।, उनीहरूले काठमाडौंको इचंगुनारायण बस्ने २८ वर्षीय भीमबहादुर डाँगीलाई चार करोडको पुस्तक किन्न लागेको र पैसा नपुगेको सुनाएका थिए। त्यसरी विश्वासमा लिएपछि डाँगीबाट उनीहरूले तीन लाख ५ हजार रूपैयाँ लिएका थिए।, त्यसरी नै उनीहरूले स्याङ्जा वालिङ नगरपालिका-६ घर भई काठमाडौं-७ सरस्वतीनगर बस्ने ४२ वर्षीय बिष्णुप्रसाद अर्यालबाट १२ लाख रूपैयाँ लिएका थिए।, त्यसरी आफूहरूलाई ठगी गरेको भन्ने जाहेरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।, उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर टेकु पठाएको छ। ‍, 'चार करोडको धार्मिक ग्रन्थ' भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
सेतोपाटी संवाददाता दस स्थानीय तह सिल भएको झापा आगामी शनिबारदेखि पूर्णरुपमा लकडाउन हुने भएको छ।, कोरोना महामारीका कारण संक्रमित र मृत्यु हुनेको संख्या नघटेपछि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लै सिल गर्ने भएको हो।, जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले शनिबार राति १२ बजेदेखि एक साताका लागि झापा जिल्ला पूर्णरुपमा सिल गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।, जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार भएको डिसिसिएमसी र पालिका प्रमुखहरूको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिम्सिनाले सेतोपाटीलाई बताए।, उनका अनुसार कोरोनाको पहिलो चरणकै जस्तो कडाइका साथ निर्णय कार्यान्वयन गरिने छ।, हाल झापाको मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोड सिल गरिएको छ।, अब कचनकवल, कमल, गौरीगञ्ज, हल्दीबारी र झापा गाउँपालिका पनि जिल्ला प्रशासन कार्यालय झापाली सिल गर्ने भएको हो।, कोरोना महामारी बढेपछि झापा जिल्ला लकडाउन गर्ने प्रशासनको निर्णय
एजेन्सी अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार देशका स्थानीय सरकारलाई खोप लगाउन आउनेहरूलाई पैसा दिन भनेका छन्।, अमेरिकामा पछिल्लो समय कोरोनाभाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिइरहेको छ। संक्रमित भएर अस्पताल भर्ना हुनेमध्ये ९० प्रतिशत बढी खोप नलगाएकाहरू छन्।, सित्तैमा खोप दिँदा पनि अमेरिकीहरूले खोप नलगाएपछि राष्ट्रपति बाइडेनले प्रोत्साहनस्वरूप खोप लगाउनेलाई पैसा दिन भनेका हुन्। कतिपय राज्यले यसअघि नै खोप लगाउनेलाई विभिन्न पुरस्कार योजना ल्याएका थिए।, प्रशस्त खोपको व्यवस्था भए पनि अमेरिकाको खोप कार्यक्रम अरू विकासशील मुलुकमा जस्तै सुस्त छ।, समाचार संस्था रोयटर्सका अनुसार अहिलेसम्म १६ करोड ३८ लाख मानिसहरूले मात्र खोप लगाएका छन्। अमेरिकाको जनसंख्या झन्डै ३३ करोड छ।, राष्ट्रपति बाइडेनले खोप लगाउने/नलगाउने कुरा व्यक्तिगत स्वतन्त्रता भए पनि खोप लगाउनु आफन्त र देशका निम्ति जिम्मेवारी भएको बताएका छन्।, ‘अहिले धेरै मानिसहरू मरिरहेका छन् वा आफ्ना प्रियजन मरेको हेरिरहेका छन्,’ ह्वाइट हाउसमा संवाददातासँग बाइडेनले भने,‘स्वतन्त्रतासँगै जिम्मेवारी पनि आउँछ। त्यही भएर जिम्मेवार निर्णय गर्नुस्।  आफ्ना लागि, प्रियजनका लागि र देशका लागि खोप लगाउनुस्।’, राष्ट्रपति बाइडेनले संघीय कर्मचारीहरूका लागि पनि खोपसम्बन्धी कडा नियम लागू गरेका छन्। अब अमेरिकाका संघीय कर्मचारीले कि आफूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ नत्र हप्तामै पटक-पटक कोरोना परीक्षण गर्नु पर्नेछ। खोप नलगाएका कर्मचारीलाई विदेश यात्रामा पनि रोक लगाइने छ।, अमेरिकामा झन्डै २२ लाख संघीय कर्मचारी छन्। कर्मचारीहरूले नै खोप लगाउन आनाकानी गरेपछि राष्ट्रपति बाइडेनले यस्तो नियम ल्याएका हुन्।, अमेरिकामा पछिल्लो समय दैनिक ८० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन्। बिहीबारमात्रै त्यहाँ ९२ हजार मानिसमा संक्रमण पुष्टि भएको थियो भने झन्डै ४ सयले ज्यान गुमाएका थिए। अमेरिका कोरोनाबाट सबैभन्दा धेरै मानवीय क्षति हुने मुलुक हो। अहिलेसम्म ६ लाख २८ हजार अमेरिकीको कोरोनाबाट मृत्यु भइसकेको छ।, खोप छ तर लगाउन मान्दैनन् अमेरिकीहरू
खिलानाथ ढकाल सप्तरी राजविराज नगरपालिका-३ का प्रशान्त प्रताप सिंह एक-दुई असफलतामा सम्हालिन सकेका भए आज डाक्टर भएर सेवारत् हुन्थे होला।, नेपालमा आइएस्सी सकेर एमबिबिएस पढ्न उनी पन्ध्र वर्षअघि रसिया हिँडेका थिए।, रसिया एमबिबिएस पढ्नको लागि उत्कृष्ट गन्तव्य भने थिएन। तर, जतिबेला उनी रसिया गएका थिए, नेपालमा एमबिबिएस पढ्न पैसाको ‘खोलो’ बगाउनुपर्थ्यो।, सरकारले एमबिबिएस शुल्क तोकेको थिएन। मेडिकल कलेजहरूले एमबिबिएसमा आफूखुसी चर्को शुल्क तोक्थे। एमबिबिएसमा चर्को शुल्क तिर्न नसक्दा उनी मात्र नभएर धेरै विद्यार्थीले डाक्टरी सपना विदेशमा देख्थे।, यसैकारण पनि सिंह सन् २००७ मा उनी रसिया पुगेका थिए। त्यहाँको एउटा मेडिकल कलेजमा भर्ना भए। एमबिबिएस तेस्रो वर्षसम्म पढे।, तर, वर्षेनी फेल भए। लगातार फेल हुन थालेपछि डाक्टर बन्ने सपनामा ‘ब्रेक’ लाग्न थाल्यो। सिंह त्यहाँ अडिन सकेनन्। उनलाई नेपाल फर्किन मन लाग्यो।, रसियामा आफूले पाएको असफलता देखाएर सिंहले घरमा अनुहार देखाउन सकेनन्। त्यसैले, उनी काठमाडौंमै कुनै काम गर्ने योजनामा पुगे।, तीन वर्ष रसिया बसेको हुनाले त्यहाँको भाषामा जान्ने भइसकेका थिए। अंग्रेजी पनि राम्रो नै भएकाले उनी काठमाडौंमै बसेर रसियाबाट नेपाल आउने व्यक्तिहरूसँग सम्पर्कमा रहेर ‘दोभाषे’को काम गर्न थाले।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ‘दोभाषे’को काम गरिरहेका उनै सिंह गत वर्ष काठमाडौंमा बौद्ध धर्मावलम्बीको धर्मग्रन्थ देखाएर ठगी धन्दा चलाइरहेको एउटा समूहसँग ठोक्किन पुगेका थिए।, सिंह त्यही समूहसँग निकट भएर ठगी धन्दा चलाएको आरोपमा बुधबार प्रहरीको फन्दामा परे।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई लाखौं ठगी गरेको आरोपमा पक्राउ गरेको छ। काठमाडौं-३० मैतीदेवी बस्दै आएका उनीमाथि तीन जनालाई ठगेको आरोप छ।, अपराध अनुसन्धान कार्यालयका अनुसार उनीसँगै दाङ शान्तिनगर गाउँपालिला-४ अधेरी घर भई काठमाडौं-८ मृगस्थली बस्ने ६५ वर्षीय पूर्णबहादुर मगर पनि समातिएका छन्।, ‘रसियामा एमबिबिएस पढ्न नसकेपछि नेपाल फर्केर दोभाषेको काम गरिरहेका सिंह बौद्ध धर्मग्रन्थ देखाएर ठगेको आरोपमा पक्राउ परेका छन्,’ अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पंगेनी भन्छन्, ‘यहाँसम्म आइपुग्नुमा उनले पढाइ पूरा गर्न नसकेको, वितृष्णाले घरसम्म नपुगेको र दोभाषेको काम गर्दागर्दै ठगीसम्म पुगेको देखिन्छ।’, पंगेनीका अनुसार पूर्णबहादुर बौद्ध धर्मगुरुले परिचित छन्। उनी ठमेलमा एउटा आश्रम चलाएर बस्थे।, सिंह एक वर्षअघि मगरको आश्रममा पुगेका थिए। उनलाई रोल्पा घर भएका बेगम रानामगरले पूर्णबहादुरको आश्रममा पुर्‍याएका थिए। ‘दोभाषे’ भएर काम गरिरहेका उनलाई बेगमले धर्मग्रन्थ देखाएर ठगी गर्ने आफ्नो पेशाका ‘सारथी’ बनाएका थिए।, ‘धर्मग्रन्थ असली भएको र त्यो धर्मग्रन्थ राख्दा व्यक्तिलाई सुख-शान्तिसाथै धेरै फाइदा हुने बताउँदै बेगमले ग्राहक खोज्न लगाउँदा रहेछन्,’ पंगेनी भन्छन्, ‘त्यो विश्वासमा परी ग्राहक खोजेर पूर्णबहादुर मगरकहाँ ग्राहक पुर्‍याउने काममा सिंहको संलग्नता देखियो।’, पंगेनीका अनुसार पूर्णबहादुरको विश्वासमा परी सिंह मानिसहरूलाई बौद्ध धर्मग्रन्थ देखाउने गर्थे। धर्मग्रन्थ असली हो भनी प्रमाणित गर्न पूर्णबहादुरको आश्रममा पुर्‍याउँथे।, धर्मग्रन्थलाई चार करोड रूपैयाँ पर्छ भनी ग्राहकलाई पूर्णबहादुरले लैजाने भए पेश्की रकम दिनुपर्ने सर्त राख्थे।, त्यही सर्तबन्दीमा काठमाडौं-७ चाबहिल सरस्वतीनगरका विष्णुप्रसाद अर्याललाई सिंहले पूर्णबहादुरको आश्रममा पुर्‍याएका।, पूर्णबहादुरले अर्याल आउँदा धर्मग्रन्थ देखाएका थिए। अर्याल १२ लाख रूपैयाँ पेश्की दिएर धर्मग्रन्थ लिन तयार भएका थिए।, ‘पैसा दिई पुस्तक लिएर अर्याल घर फर्किए,’ पंगेनी भन्छन्।, त्यसपछी अर्याल आफ्ना साथीभाइलाई धर्मग्रन्थको पुस्तक देखाउँथे। धर्मग्रन्थले ठूलो लाभ दिने बताउँथे।, ‘जब यो बेकारको कुरा हो भन्ने थाहा पाए, त्यसपछि निवेदन लिएर अनुसन्धान कार्यालयमा आए,’ पंगेनीले भने, ‘त्यसपछि हामीले टोली खटाउँदा रसियामा डाक्टरी पढाइ पूरा गर्न नसकेर नेपाल आएका सिंह र धर्मगुरु बताउने पूर्णबहादुर पक्राउ परे।’, अर्यालको निवेदन परेपछि अन्य तीन जना पनि ठगिएको पत्ता लागेको पंगेनीले बताए।, अन्य ठगिनेमा काठमाडौं इचञ्गुनारायण बस्ने रोल्पा परिवर्तन गाउँपालिका-२ का भीमबहादुर डाँगी छन्। डाँगीलाई धर्मग्रन्थ देखाएर सिंह र पूर्णबहादुरले तीन लाख ५ हजार ठगी गरेको आरोप छ।, अर्याल र डाँगीले अनुसन्धान कार्यालयमा जाहेरी दिएका छन्। जाहेरी आएपछि र आरोपी पक्राउ परेपछि रोल्पा नै घर भई हाल मित्रनगर बस्ने कुलराज घर्ती मगर पनि ठगिएको पत्ता लागेको छ।, घर्तीले भने काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी दिएका छन्। घर्तीले आफूलाई धर्मग्रन्थको पुस्तक दिएर सात लाख ३० हजार रूपैयाँ ठगी गरेको जाहेरीमा उल्लेख गरेका छन्।, अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुबेर खापुङ राजधानीमा ठगीका विभिन्नमध्ये धर्मग्रन्थको कहानी पनि सतहमा आएको बताउँछन्।, खापुङका अनुसार धर्मग्रन्थ देखाएर ठगी गर्ने समूहका मुख्य व्यक्ति भने बेगम हुन्। बेगमले नै सिंहलाई प्रयोग गरेर धर्मगुरु बताउने पूर्णबहादुरकहाँ ग्राहक पठाउने गरेको खुलेको छ। बेगम हाल फरार छन्।, उनीसँगै रोल्पाकै ३७ वर्षीय डम्बर पुन मगर र ३७ वर्षीय रामचन्द्र रानामगर पनि फरार रहेको खापुङले बताए।, ‘प्रारम्भमा उनीहरूले तीन जना व्यक्तिलाई ठगेको आरोप लागेको छ, अन्य व्यक्ति पनि ठगिएको गुनासो छ, हामी अनुसन्धान गरिरहेका छौं,’ खापुङ भन्छन्।, बौद्ध धर्मावलम्बीमा धर्मग्रन्थ राख्दा सुख-शान्तिसँगै समृद्धि मिल्ने विश्वास राखिन्छ। त्यही विश्वासमा मानिसहरू ठगिने गरेको पाइएको खापुङ बताउँछन्। ‘मानिसहरू धर्मग्रन्थलाई ठूलो सम्पत्ति ठानेर राख्ने गर्छन्, धर्मग्रन्थलाई सम्पत्ति ठानेर किन्न खोज्नेहरूलाई मानिसहरूले ठग्दा रहेछन्,’ खापुङले भने।, डाक्टर बन्न रसिया पुगेका सिंह फेल भएपछि काठमाडौं आए, धर्मग्रन्थ देखाएर ठगेको आरोपमा परे फन्दामा
सेतोपाटी संवाददाता भन्सार छलेर ल्याइएको झन्डै ६ लाख बराबरको चिनी प्रहरीले बरामद गरेको छ।, कञ्चनपुर प्रहरीले बिहीबार एउटा मिनी ट्रकसहित सो बराबरको चिनी बरामद गरेको हो।, प्रहरीले बिहीबार दिउँसो बेदकोट नगरपालिका-१० को सडक खण्डबाट सु.प.प्र.०१००१क१९०१ नम्बरको मिनी ट्रकसहित तीन लाख १८ हजार ५ सय रूपैयाँ बराबरको चिनी बरामद गरेको थियो।, यसैगरी, कञ्चनपुर भीमदत्त नगरपालिका-१ भासीबाट दुई लाख ७३ हजार रूपैयाँ बराबरको चिनी बरामद भएको प्रहरीले जनाएको छ।, भन्सार चोरी पैठारी भइरहेको सूचनाका आधारमा चिनी बरामद गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।, उनका अनुसार चिनीसहित भन्सार चोरी पैठारीमा संलग्न दुई जना व्यक्ति पक्राउ परेका छन्। उनीहरूलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको छ।, कञ्चनपुरबाट भन्सार छलेको छ लाख बराबरको चिनी बरामद
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा रहेको सोनापुर सिमेन्ट प्रालिले उद्योग परिसरमा अक्सिजन प्लान्ट स्थापना गरेको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ दुधरासस्थित उद्योग परिसरमा दैनिक चार सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट स्थापना भएको छ।, सोनापुर सिमेन्ट उद्योगका महाप्रबन्धक हरि पाठकले अब एक महिनाभित्र अक्सिजन उत्पादन सुरु गरिने जानकारी दिए।, हाल जिल्लामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले ७५, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले झन्डै २ सय, दाङ अक्सिजन उद्योगले एक सय ५० गरेर झन्डै ८ सय सिलिण्डर अक्सिजन दैनिक उत्पादन गर्न सकिने क्षमता छ।, तर तीमध्ये तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको अक्सिजन प्लान्ट स्थापना हुन बाँकी नै छ। यसैबीच उद्योगमा स्थापना भएको अक्सिजन प्लान्टको बिहीबार दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निरीक्षण गरेका छन्।, कोरोना भाइरसको दोस्रो लहरको क्रममा दाङमा अक्सिजन र सिलिन्डरको पनि अभाव भएको थियो। बाँकेबाट किनेर ल्याउनु पर्ने अक्सिजन प्राप्त नहुँदा बिरामीले समस्या भोगेका थिए।, अब भविष्यमा त्यस्तो समस्या नपरोस् भनेर जिल्लामा धमाधम अक्सिजन प्लान्ट स्थापना गर्न थालिएको प्रजिअ कुरुम्बाङले जानकारी दिए।, सोनापुर सिमेन्ट उद्योग परिसरमा अक्सिजन प्लान्ट स्थापना
सेतोपाटी संवाददाता महोत्तरीको लोहरपट्टी नगरपालिकाको गाडी धनुषामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, गाडीमा सवार पाँच जना गम्भीर घाइते छन्।, शुक्रबार बिहान करिब ५ बजे महोत्तरीको बर्दिबासबाट जनकपुरतर्फ जाँदै गरेको ज–२०–०२–०००१ झ ००३५ नम्बरको स्कार्पियो गाडी लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ सपहीमा दुर्घटनामा परेको हो।, तीब्र गतिका कारण गाडी डाइभर्सनबाट अनियन्त्रित भई पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय दीपक यादवको मृत्यु भएको सेतोपाटीलाई बताए।, गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो। यादव ग्राहन्ता समुदायिक वन बर्दिबासका अध्यक्ष थिए।, दुर्घटनामा यादवकी श्रीमती रिता यादव, भाइ गहेन्द्र यादव, नवीन यादव, उनकी श्रीमती अम्बिका यादव, मठिहानी नगरपालिका वडा नम्बर २ बस्ने त्रिलोकी यावद घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर छ।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, खाल्डोमा खस्यो नगरपालिकाको गाडी: एकको मृत्यु, पाँच गम्भीर घाइते
मनोज सत्याल ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वाटर निर्माण तीव्र गतिले बढिरहेको छ। मन्त्री क्वाटरका संरचनागत काम लगभग सक्किएका छन्। क्वाटरभित्र रङरोगन, झ्याल, ढोकादेखि विद्युतसम्मका काम बाँकी छन्।, भैंसेपाटीमा मन्त्रीहरूका लागि २४ वटा र राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि क्वाटर निर्माण भइरहेको छ। ठेक्का सम्झौताअनुसार मन्त्री निवास आउँदो कात्तिकसम्म तयार भइसक्नु पर्नेछ। सहरी विकास मन्त्रालयले कोभिड-१९का कारण समयमा काम सम्पन्न नहुने देखिएकाले चार महिना समय थप्ने तयारी गरिरहेको छ।, मन्त्री क्वाटरको निर्माण सम्पन्न छिट्टै हुने देखिए पनि मन्त्रीहरू तत्काल सर्न पाउने छैनन्। सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागले मन्त्री क्वाटरसँगै अन्य संरचना पनि तयार गर्दैछ। हेलिप्याड, स्विमिङ पुल, ग्रोसरी भवन, सुरक्षाका लागि बस्ने प्रहरीका लागि ३ वटा ब्लक भवन, फाउन्टेनसँगको बगैंचा बनाउने कामको अझै ठेक्का भएको छैन। दोस्रो चरणको कामको ठेक्कामा ढिलाइले मन्त्री क्वाटर निर्माण सम्पन्न भएपछि पनि प्रयोगविहीन हुने सम्भावना छ।, आयोजनाका प्रमुख इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले सेकेन्ड फेजको कामपछि मात्र भवन बस्न योग्य हुने बताए।, ९६ रोपनी १० आना जग्गामा बनिरहेको मन्त्री क्वाटरमा कम्युनिटी हलदेखि जिम हल र स्विमिङ पुलसम्म बनाउने योजना रहेको कर्माचार्यलेब ताए।  मन्त्री क्वाटरको काममा भने अब इन्टेरियरको काममात्र बाँकी भएको उनले उल्लेख गरे। सरकारले मन्त्री क्वाटरलाई सुविधासम्पन्न बनाउने गरी काम गरिरहेको छ।, 'प्रत्येक भवनमा ग्राउन्ड फ्लोरमा वेटिङ रूम, हल र सचिवालय राख्ने ठाउँ छ', कर्माचार्यले सेतोपाटीसँग भने, 'पहिलो तल्लामा मन्त्रीहरूका लागि सुत्ने ठाउँ र दोस्रोमा पाहुना बस्न मिल्ने गरी बनाइएको छ।', मन्त्री क्वाटर मल्लकालीन शैलीमा निर्माण भइरहेको छ। भवनको ढलानमाथि झिंगटी राखेर परम्परागत शैली दिइने कर्मचार्यले बताए। भवनको बाहिरी कम्पाउन्डसँगै ३ मिटरको हिँड्ने बाटो निर्माण हुनेछ। जहाँ मन्त्री र उनका परिवारका सदस्यले मर्निङ वाक गर्न सक्नेछन्। कर्मचार्यका अनुसार अहिले बनिरहेका सबै भवनबाट हिमाल देखिनेछ।, 'सकेजति हामीले वास्तु पनि मिलाएका छौं', कर्माचार्यले भने, 'एउटा घरभन्दा पनि हामीले २७ वटा बनाएकाले सबै मिलेको छैन। तर कतिपय भवनमा भर्‍याङ राख्ने ठाउँहरू फरक छन्।', १ अर्ब ३ करोडमा निर्माण भइरहेको मन्त्री क्वाटर निर्माणमा लकडाउनअघि ४ सयसम्म कामदारले काम गरेको कर्माचार्यले उल्लेख गरे।, 'कामदार भए पनि निर्माण सामग्री अभावले लकडाउनका बेला काम अघि बढेन', उनले भने, 'त्यसैले निर्माण सम्पन्न हुन थप समय लाग्न सक्छ।', हाल मन्त्रीहरू ललितपुरकै पुल्चोकमा बस्दै आएका छन्। २०२८ सालमा बनेको मन्त्री निवास पुरानो र जीर्ण अवस्थामा छ। पटक-पटक मर्मत गरेर भवनहरू प्रयोगमा ल्याइने गरेको छ। २०२८ सालमा पुल्चोकमा १४ वटा मन्त्री निवास बनाइएको थियो। पछि २०५४ सालमा सरकारले ५ वटा भवन थपेको थियो। हाल मन्त्री क्वाटर रहेको पुल्चोकमा विदेशी पाहुनाका लागि अतिथि गृह बनाउने सरकारको तयारी छ।, कर्माचार्य मन्त्रीहरूका लागि भैंसेपाटीको ठाउँ उपयुक्त रहेको बताउँछन्। सिंहदरबारदेखि मन्त्री निवासको दुरी ६ किलोमिटरमात्र रहेको छ। कर्माचार्य मन्त्रीहरूलाई सुविधा दिँदा राम्रो प्रतिफल आउने अपेक्षा गर्छन्।, 'मन्त्रीलाई सुविधासाथ राखे देशका लागि राम्रो सोच्लान् कि', कर्मचार्य भन्छन्,' अग्लो ठाउँ छ। वातावरण पनि राम्रो छ। हिमाल देखिन्छ। राम्रो हुन्छ भन्ने ठानौं न।', मन्त्री क्वाटरसँगै भैंसेपाटीमा मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि पनि आवास र सम्पर्क कार्यालय निर्माण पनि तीव्र गतिले भइरहेका छन्।, हेर्नुस् भिडिओ:, १ अर्ब लगानीमा मन्त्री क्वाटर लगभग तयार (भिडिओ)
सेतोपाटी संवाददाता दाङको तुलसीपुरस्थित सोनापुर सिमेन्ट प्रा.लि.ले आफ्नो उद्योग परिसरमा अक्सिजन प्लान्ट स्थापना गरेको छ। , तुलसीपुर उपमहानगरपालिका १८ दुधरासस्थित उद्योग परिसरमा दैनिक ४५० सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट स्थापना गरिएको हो। , सोनापुर सिमेन्ट उद्योगका महाप्रवन्धक हरि पाठकले एक महिना भित्रमा अक्सिजन उत्पादन सुरु हुने जानकारी दिए। , हाल जिल्लामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले ७५, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले झन्डै २ सय, दाङ अक्सिजन उद्योगले १५० गरि जम्मा झन्डै ८ सय सिलिण्डर अक्सिजन दैनक उत्पादन क्षमता राख्छन्। तर, ती मध्ये तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको अक्सिजन प्लान्ट स्थापना हुन बाँकी नै छ।  , यसैबीच उद्योगमा स्थापना भएको अक्सिजन प्लान्टको बिहीबार दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निरीक्षण गरेका छन्। , कोरोना भाइरसको दोस्रो लहरको क्रममा दाङमा अक्सिजन सिलिण्डरको ब्यापक अभाव भएको थियो। बाँकेबाट किनेर ल्याउनु पर्ने अक्सिजन प्राप्त नहुँदा बिरामीहरु तड्पिनुपर्ने अवस्था थियो। भविस्यमा त्यस्तो कहालीलाग्दो अवस्था आइनलागोस भनेर जिल्लामा धमाधम अक्सिजन प्लान्ट स्थापना गर्न थालिएको प्रजिअ कुरुम्बाङले बताए।, सोना सिमेन्टमा उद्योग अक्सिजन प्लान्ट स्थापना
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ।, शुक्रबार बिहान करिब सवा ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ अत्तरखेलमा ट्रकले पैदलयात्रुलाई ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय बौद्धका प्रहरी निरीक्षक सुरजबहादुर खड्काले बताए।, जोरपाटीबाट गोकर्णेश्वर जाँदै गरेको बा ४ ख १०२२ नम्बरको मिनी ट्रकले पैदल यात्रुलाई ठक्कर दिएको हो।, दुर्घटनामा रामेछाप घर भई गोकर्णेश्वर बस्दै आएका ३० वर्षीय राजन खड्काको मृत्यु भएको छ।, दुर्घटनालगत्तै उनलाई प्रहरीले उपचारका लागि एनएमसी अस्पताल पुर्‍याएको थियो। त्यहाँ पुर्‍याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।, प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ। चालकको नाम खुलेको छैन।, ‘पैदलयात्री सडक छेउबाट हिँडेको र चालकको लापरबाहीले दुर्घटना भएको देखिन्छ,' प्रहरी निरीक्षक खड्काले भने।, दुर्घटनापछि स्थानीयले ट्रकको सिसा फुटाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।, काठमाडौंको अत्तरखेलमा ट्रकको ठक्करले पैदल यात्रुको मृत्यु
सेतोपाटी मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजेटिभ पुष्टि भएको छ। , कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो संक्रमण देखिएको हो।, कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको कारागारका प्रमुख नारायण पाण्डेले जानकारी दिए।,  , कोरोना पोजिटिभ देखिएका कैदीलाई कारगारको माथिल्लो तल्लामा स्वास्थ्य सावधानी अपनाइ अलग राखिएको बताइएको छ। साथै कारोना नभएका कैदीलाई तल्लो तलामा व्यवस्थापन गरिएको पाण्डेले बताए।,  , कारागारमा रहेका अधिकांश कैदीलाई कोराना खोप कोभिशिल्ड लगाइसकिएको भए पनि  खोप लगाइएका र नलगाइएका दुवै समूहलाई कोरोना पोजिटिभ देखिएको छ।, भीमफेदी कारागारबाट कैदीलाई नख्खु कारागारमा सार्ने क्रममा कोरोना परीक्षण गर्दा छ जनामा कोरोना पोजेटिभ देखिएपछि बैठक बसी कारागारका कैदीको बुधबार र बिहीबार परीक्षण गराउँदा कोरोना पोजेटिभ भएको मकवानपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले बताए। रासस, भीमफेदीका ३५५ कैदीमा कोरोना पोजेटिभ
सविता बुढा कोरोना महामारी पहिले नै सरकारी स्कुल र निजी स्कुलका विद्यार्थी र उनीहरूको पढाइमा भिन्तता थियो।, निजी स्कुलको पढाइ सरकारीभन्दा राम्रो हुन्छ भन्ने धारणा समाजमा छ।, यो भिन्नतालाई अझै गहिर्‍याएको छ महामारीमा भएको स्कुल बन्दले। निजी स्कुल पढ्ने विद्यार्थीहरू ल्यापटप र मोबाइलमा भएन पनि अनलाइन क्लास लिइरहेका छन्। सरकारी स्कुलका विद्यार्थी के गरिरहेछन् त?, धनगढी उपमहानगरपालिका- १५ का १२ वर्षीय देवसिंह रानालाई हामीले यही प्रश्न सोधेका थियौं। उनी सरकारी स्कुलमा पढ्छन्।, ‘कोरोनाले हाम्रो स्कुल बन्द छ,’ उनले भने, 'हामी दिनभरि माछा मार्न जान्छम्।, उनी अहिले कक्षा ८ मा पुगे।  केही दिनअघि आएको रिजल्टमा उनी ७ कक्षाबाट पास भएका हुन्। , कोरोनाको दोस्रो लहर फैलिएपछि उनले परीक्षा भने दिन पाएका थिएनन्। परीक्षा दिन नपाए पनि उनी पास भए।, कैलालीमा जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको थियो। त्यसपछि उनको स्कुल बन्द भयो। स्कुल अझै खुलेको छैन।, लामो समय स्कुल बन्द भएपछि आजभोलि बल्छी उनको साथी बनेको छ। उनले २५ रुपैयाँ आमासँग मागेर बल्छी र धागो किनेका छन्। एक आफूलाई र अर्को भाइलाई दिएका छन्।, बिहान नास्ता खाएपछि उनी ओसिलो ठाउँमा फरूवाले खनेर माटोमा लुकेका गड्यौला निकाल्छन्। गड्यौला हाल्ने बोत्तल बनाएका छन्। अलिकति माटोसँगै गड्यौलालाई त्यही बोतलभित्र राख्छन्।, बल्छी र गड्यौला बोकेर उनी बिहानै निस्कन्छन्।, अहिले तराईमा गर्मी निकै बढेको छ। साउने झरी परिरहन्छ। आकाशे पानीले भर्खरै रोपाइँ गरिएका धानका गह्रा भरिएका छन्।  कुलो र  सडक किनारका नालामा पनि पानी बढेको छ।, देवसिंह र उनका भाइ दिनभरि यहीँ माछा मार्छन्।, ‘स्कुल बन्द भएपछि म माछा मार्छु, बाख्रा पनि चराउन जान्छु,’ उनले भने।, दिनभरिमा एक किलोसम्म माछा मार्न सक्ने उनी बताउँछन्।, बल्छीसँगै खेलेर उनी हरेक दिन धेरै समय बिताउँछन्। केही समय घरायसी काम गर्छन्। पछिल्लो दुई महिनायता किताब खासै नपल्टाएको उनले बताए।, ‘आजकाल स्कुल बन्द छ, घरमा पढ्दैन, काम गर्छु, खेल्छु,’ उनले भने।, उनका छिमेकी साथी बादल रानालाई भने बल्छी खेल्न आउँदैनन्। उनी स्कुल नगए पनि ममीको मोवाइलबाट अनलाइन कक्षा लिइरहेका छन्।, ‘मेरो साथी त बोर्डिङ स्कुलमा पढ्छ। उसको स्कुलले अनलाइनबाट पढाउने गरेको छ,’ देवसिङले भने।, साथीले घरमा अनलाइनबाट पढेको देख्दा आफूले पनि त्यसरी नै पढ्न पाए हुन्थ्यो भन्ने उनलाई लाग्छ।, उर्मा गाउँकै सुविता रानाले त पढाइ नै छोड्ने विचार गरेकी छन्। बेहडाबाबा माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्दै गरेकी उनको एसइई दिन नपाएरै छुट्यो।, ‘पोहर साल पढाइ पनि दुई महिनामात्र भयो, अनि एसइईको फर्म पनि छुट्यो,’ उनले भनिन्।, उनले घरमा घाँस काट्ने, सफाइ गर्नेजस्ता काम गरेर अभिभावकलाई सघाउने गरेकी छन्।, ‘अब फेरि पढ्न जाने कि नाइँ मलाई थाहा छैन,’ उनले भनिन्, 'जान्न होला।', धनगढी-१५ का अभिभावक कैलाश रानाले बोर्डिङमा जाने केटाकेटी केही घन्टा स्कुलसम्म जाने गरेका बताए।, ‘बोर्डिङका बच्चाहरू स्कुल पनि जान थालेका छन्। मोबाइलबाट धेरैले पढिरहेका छन्। सरकारीमा पढ्नेहरूले त पढाइ बिर्सिसके,’ उनले भने।, शिवगंगा माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने उनको छोराले पनि स्कुल बन्द भएपछि नयाँ किताब पढ्न नपाएको उनले बताए।, ‘नयाँ किताब छैन, आफैं के-के पढेजस्तो गर्छ, के पढ्छ के गर्छ हामीलाई आउँदैन,’ उनले भने।, स्कुल बन्द भएदेखि छोराले राँगा चराउने, खेतमा घाँस काट्नेजस्ता काम गरिदिने गरेको उनले बताए।, ‘सरकारी स्कुलले घरमै पढाउन सकेका छैनन्, बोर्डिङमा फी धेरै भएर पढाउन सकिँदैन,’ उनले भने।, उनका घरमा इन्टरनेट चल्ने मोबाइल पनि छैन।, सामुदायिक विद्यालयमा पठनपाठनको काम बन्द अवस्थामा रहेका बेला यता निजी विद्यालयले भने कुनै न कुनै विकल्प अपनाएर विद्यार्थीलाई कक्षा दिइरहेका छन्।, धनगढी-१ का रोशन भट्ट सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्छन्। उनको स्कुलले अनलाइन कक्षा पढाउने एउटा एप नै बनाएर सबै विद्यार्थीलाई अनिवार्य कक्षा लिने व्यवस्था गरेको छ।, ‘स्कुलमै गएर पढ्न नपाए पनि अनलाइन कक्षा लिदैछौं, रमाइलो हुन्छ। पढाइ पनि हुन्छ, साथीहरू, सरहरू सँग कुरा पनि हुन्छ,’ उनले भने।, उनको कक्षाका धेरै जना साथीहरू अनलाइन कक्षामा जोडिन्छन्। शिक्षकले त्यसै एपबाट गृहकार्य र अन्य गतिविधि गर्न अह्राउछन्।, धनगढीको सिद्धार्थ शिशु सदनका प्राचार्य सिबी चन्दले अनलाइन विधिबाट पढाइ गरिरहेका आफ्नो विद्यालयमा तल्लो कक्षाका विद्यार्थी निकै कम सहभागी हुने गरेको बताए।, ‘अहिले १ देखि १० कक्षासम्मै पढाइ भइरहेकोछ। केही अनलाइनको पहुँच नभएर, केही अभिभावकसँगै बस्नुपर्ने भएर कम उपस्थिति हुने गरेको छ,’ उनले भने।, उनका अनुसार यसबेला शैक्षिक गतिविधिसँगै अरू विधि प्रयोग गरेर विद्यार्थीलाई प्रेरित गर्ने, मनोवैज्ञानिक रूपमा सहयोग गर्नुपर्ने देखिन्छ।, ‘एकै घरमा वा छिमेकमा एकले अनलाइनबाट वा कुनै विधिबाट पढ्यो तर अर्काले पढ्न पाएन भन्ने यसले प्रभाव परिरहेको छ,’ उनले भने।, धनगढी-१५ का वडा अध्यक्ष फूलराम चौधरीले सामुदायिक स्कुलमा शैक्षिक गतिविधि बन्द अवस्थामा रहेको बताए।, उनले निजी विद्यालयहरूले भने विकल्प निकालेरै भए पनि पठनपाठन गरिरहेको बताए।, ‘एउटा बोर्डिङ छ। उसले बिहान केटाकेटी बोलाएर हाजिर गराएर होमवर्क दिएर पठाउने गरेको छ, अनलाइनबाट पनि पढाउने गरेको छ,' उनले भने।, सामुदायिक विद्यालयमा भने इच्छुकले पनि पढ्न नपाएको उनको भनाइ छ।, धनगढी उपमहानगरपालिका माध्यमिक शिक्षा शाखाका प्रमुख अकबर चन्दले सामुदायिक विद्यालयमा मोबाइलबाट फोन गरेर पढाउने तयारी भइरहेको बताए।, ‘प्रशासनले निषेधाज्ञा जारी गरेकाले कक्षा सञ्चालन गर्न सकिएको छैन, टेलिकम, विद्यालय र उपमहानगरपालिकाको सहकार्यमा सिम विद्यार्थीलाई दिने र फोन कलबाट पढाउने तयारी भइरहेको छ,’ उनले भने।, कोरोनाको कारण लामो समय पढाइमा छुट्दा विद्यार्थीहरूमा नकारात्मक प्रभाव परेको शिक्षाविद् डाक्टर हेमराज पन्त बताउँछन्।, ‘स्कुल बन्द हुँदा साथीभाइसँग घुलमिल गर्न पाएका छैनन्। उनीहरूमा मनोवैज्ञानिक असर परेको छ। मेहनत गर्ने बानी छुट्छ, अनलाइन कक्षा भौतिकजस्तो हुँदैन, ड्रप आउट हुने, कुलतमा फस्ने जोखिम बढेको छ,’ उनले भने।, उनले अहिलेको अवस्थामा विद्यार्थीलाई पढाउन अनलाइनबाहेक अरू विकल्प नभएको बताए।, ‘केही नहुनुभन्दा अनलाइन कक्षा सञ्चालन हुनु राम्रो हो। यो  गाह्रो पनि छ। सबैलाई समेट्न पनि सकिँदैन। अभिभावक र विद्यार्थीले ध्यान दिने हो भने अनलाइनबाट पनि धेरै राहत पुग्छ’, उनले भने।, अभ्यास नगरेका कारण सामुदायिक विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुन नसकेको उनको भनाइ छ।, ‘सामुदायिक विद्यालयमा अनलाइन कक्षा सजिलो नभए पनि  विद्यालय र स्थानीय सरकारले नेटवर्क सञ्चालन गरेर अभ्यास गरे गाह्रो पनि छैन, यसबारे विद्यार्थी र अभिभावकलाई तयार पनि गर्नुपर्‍यो,’ उनले भने।, बोर्डिङका विद्यार्थी अनलाइनमा पढ्दै, सरकारीकाले बिर्सिसके पढाइ
सेतोपाटी स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि तीनदिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ।, कोभिड-१९ विरूद्धको सो खोप ४५ वर्षमाथिका नागरिकले प्रत्येक वडाका खोप केन्द्रमा गएर लगाउन सक्ने छन्। , प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भने,‘आउँदो सोमबार अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप पनि लगाउने तयारी भइरहेको छ।’, यसैगरी गोदावरी नगरपालिकामा  ५० वर्षमाथिका नागरिकका साथै कलेज तथा विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक एवं  ‘क’ र ‘ख’ वर्गमा परेका अपाङ्गता भएकालाई खोप लगाइने नगरपालिकाले जनाएको छ। , महालक्ष्मी नगरपालिकामा भने सो उमेर समूहका कोभिडविरूद्धको पहिलो मात्राको भेरोसेल लगाउन छुटेका नागरिकलाई बिहीबारदेखि  आजसम्म खोप उपलब्ध गराइएको छ।, त्यसैगरी दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा भने आउँदो आइतबार र सोमबार खोप लगाइने भएको छ।रासस , आजदेखि ललितपुरमा ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइने
टेकराज पोखरेल चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ र सङ्कटापन्न प्रजातिका जीवजन्तुहरूका लागि महत्वपूर्ण बासस्थानका रूपमा रहेको छ।, निकुञ्जले चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लालाई छोएको छ।, विश्वमा नै दुर्लभ वन्यजन्तु एक सिङ्गे गैंडा, पाटेबाघ, गौरीगाई, घडियाल गोही, अर्ना, हात्ती, चराचुरुङ्गी, अजिङ्गर, मृग प्रजातिका जनावर निकुञ्जमा पाइने गरेको छ।, दुर्लभ र सङ्कटापन्न अवस्थाका जनावरलाई संरक्षण गर्ने उद्देश्यले विसं २०३० मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना गरिएको हो। निकुञ्ज स्थापनासँगै त्यहाँका वन्यजन्तुको संरक्षणमा समुदायले पनि चासो दिन थालेका छन्।, समुदायका केही व्यक्तिले निरन्तररूपमा वन र वन्यजन्तु संरक्षणको काममा आफूलाई समर्पित गरेका छन्।, पर्यटकलाई घुमाउने ‘नेचर गाइड’को कामसँगै संरक्षणका हरेक क्षेत्रमा अग्रसर रहँदै आएको नाम हो मनिष लिम्बू।, चितवन राष्ट्रिय निकुञ्जको मेघौली मध्यवर्ती क्षेत्रका बासिन्दा लिम्बू पछिल्लो समय अजिङ्गर तथा अन्य सर्पहरुको उद्धारका साथै चराचुरुङ्गीको संरक्षणमा लागिरहेका छन्।, मुख्य पेशा पर्यटकलाई निकुञ्ज तथा मध्यवर्तीको वनमा घुमाउने भए पनि कोरोना भाइरसका कारण सिर्जित समस्याले उनको यो पेशा ठप्पजस्तै भएको छ।, ‘पाहुना नभएपछि मुख्य काम हुँदैन, व्यक्तिगत रूपबाटै भए पनि संरक्षणको काम गरिरहेको छु’, लिम्बूले भने, ‘यो निषेधाज्ञाको समयमा अजिङ्गर तथा अन्य विषालु र मन्द विषालु सर्पहरूको उद्धार, पशुपक्षीको पिँजडामुक्त अभियान, चराचुरुङ्गी संरक्षण अभियानमा आफूलाई व्यस्त राखेको छु।’, उनले विश्व वातावरण दिवसको अवसर पारेर भरतपुर २७ र २८ मा पिँजडामुक्त अभियान सञ्चालन गरेका थिए।, चराहरूको संरक्षणका लागि मेघौली क्षेत्रका पसलबाट ५३० वटा गुलेलीहरू किनेर नष्ट गरेको लिम्बूले बताए।, आफ्नो यो अभियानमा गाउँका साथीहरूको समेत सहयोग मिलेको लिम्बू बताउँछन्।, ‘गो हर्न नेचरगाइड सर्भिस’ मार्फत् नै उनले अहिले बर्खाको समय भएकाले सर्प संरक्षणको काम गर्दै आएका छन्।, ‘चिनेका मान्छेहरूले आफ्नो घर, गोठमा सर्प पस्यो भनेर फोन गर्छन्’, लिम्बूले भने, ‘फोन आएपछि तत्काल गएर सर्प उद्धार गर्ने गरेको छु।’, यस वर्षमात्रै नौवटा अजिङ्गर तथा अन्य पाँचवटा मन्द विषालु प्रजातिका सर्पको उद्धार गरी चितवन निकुञ्जमा लगेर छाडेको लिम्बूले बताए। यस वर्ष आफूले हाइलिभेनम्स (कडा विषालु) सर्प कोब्रा र करेट नभेटेको बताए।, ‘गाउँमा आएको अजिङ्गरले कुखुरा र हाँस खाने गर्छ, अनि गाउँलेहरूले डराएर फोन गर्छन्’, लिम्बूले भने, ‘सर्पहरू मार्नु हुँदैन प्रकृतिका लागि यिनीहरूको आवश्यकता अपरिहार्य छ भनेर समुदायलाई बुझाउन पनि सर्प उद्धारमा खटिएको हो।’ , नेचर गाइडसँगै संरक्षणको काम सुरू गरेको २० वर्ष भइसकेको लिम्बू बताउँछन्।, ‘चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर टप्स रिसोर्टमा म हुर्किएको हो, बाबासहित परिवारका सदस्य त्यहाँ कर्मचारी हुनुहुन्थ्यो,’ लिम्बूले भने, ‘वाइल्डलाइफमा सबैले काम गर्ने गरेको तथा जङ्गलमा हुर्किएका कारण संरक्षणमा मेरो पनि रुचि बढेको हो।’, संरक्षणको काम गर्दा गर्दैको अवस्थामा लिम्बूलाई सन् २०१४ मा गैंडाले आक्रमण गरेको थियो।, गैंडाले आक्रमण गरेपछि उनी छ महिना ‘बेड रेस्ट’मा बस्नुपरेको थियो।, ‘संरक्षणको पाटोमा यो मेरा लागि अविस्मरणीय क्षण बन्न पुगेको छ’, लिम्बूले भने, ‘निकुञ्जभित्र विदेशी पर्यटक लिएर पदयात्रामा गएका थियौं, एक्कासि गैंडाले आक्रमण गर्‍यो, आफू घाइते भएर भए पनि पाहुनालाई सकुशल राख्न सफल भएँ।’, निको भएर पुनः पर्यटकका पथप्रदर्शक भएर निकुञ्ज प्रवेश गर्दा दुई/तीन महिनासम्म गैंडाको डर लाग्ने गरेको भए पनि पछि विस्तारै डर हराएको उनले बताए।, निकुञ्ज घुम्न जाने क्रममा बाघ देख्दा सबैभन्दा खुसी लागेको उनले बताए।, ‘हिँड्दै गरेको बेलामा बाघसँग जम्काभेट हुने घटना भनेको बिरलै हुने गर्दछ’, लिम्बूले भने, ‘बाघ लजालु प्राणी हो, मानिसको गन्ध थाहा पाए पनि बाघ लुक्छ, यसलाई हेर्नका लागि लामो समयसम्म कुरेर बस्नुपर्छ।’, बाघ विचरण गर्ने बेलामा छेउछाउमा रहेका चराचुङ्गी कराउँदै उड्ने, हरिण मृग दगुर्ने दृश्य निकै रोमाञ्चकारी हुने गरेको उनको भनाइ छ।, ‘बाघ नै हेर्छु भन्ने हो भने तीन दिनसम्म पर्खनुपर्छ, बाघको आफ्नो क्षेत्र हुन्छ त्यही बाटो भएर ऊ विचरण गर्छ’, लिम्बूले भने, ‘एउटै ठाउँबाट बिहान, बेलुका पानी खान निस्कने गर्छ। मानिस हिँडेपछि मानिसको शरीरबाट निस्कने गन्धले बाघ लुक्छ। तर, कुरेर बस्यो भने बाघ देख्न सकिन्छ।’, उनले आगामी दिनमा पनि संरक्षणको काममा आफूलाई निरन्तर अगाडि बढाउने बताए।, लिम्बू मेघौली घटगाईँ गाइड एसोसिएसनको संयोजकसमेत हुन्।, चितवन तथा नवलपुर क्षेत्रमा करिब २० वर्ष अगाडिदेखि निरन्तर पत्रकारितामार्फत वन र वन्यजन्तुको संरक्षणको पाटोमा आफूलाई उभ्याउँदै आएको नाम हो कोमलचन्द्र भगत।, उनलाई मोफसलको अब्बल वातावरण पत्रकारको रूपमा समेत लिने गरिएको छ।, नेपाल पत्रकार महासंघ चितवनका सदस्य एवं आभास टेलिभिजनका प्रबन्ध निर्देशक भगतले जर्नालिज्म फर कन्जरभेसन (संरक्षणका लागि पत्रकारिता) भन्ने नारासहित समाचारका विभिन्न बिटमध्ये संरक्षण र वातावरणीय पत्रकारितालाई रोजेको बताउँछन्।, विकास, संरक्षण, वातावरण र पर्यावरणलाई मुख्य बिट बनाएर पत्रकारिता क्षेत्रमा पेशागत धर्म निर्वाह गरिरहेका भगतले चितवनको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका छन्।  , मोफसलमा रहेर वातावरण पत्रकारिताको माध्यमबाट वातावरण, पर्यावरण र पर्यटन प्रवर्द्धन एवं संरक्षणमा टेवा पुर्‍याउँदै आएका भगतले विसं २०५६ मा आधिकारिकरूपमा भरतपुर वातावरणीय सामाजिक संस्थाको स्थापना गरी पत्रकारिता पेशा र वातावरणीय सरसफाइ एवं संरक्षण कार्यलाई सँगसँगै अघि बढाएको बताउँछन्।, गैरसरकारी संस्थाले गर्ने कार्यभन्दा सरसफाइका प्रचारमूलक सामग्री टेलिभिजनमार्फत प्रसारण गर्न सके समुदायमा थप प्रभावकारी हुने भगत बताउँछन्।, भगतले विसं २०५८ मा सामुदायिक टेलिभिजनको अवधारणा अघि सारी स्थानीय चितवन युनिक केबुलमार्फत् प्रसारण हुने गरी श्रव्यदृश्य सञ्चारमाध्यम बेसो टेलिभिजन सञ्चालन गरेका थिए।, टेलिभिजन सञ्चालनसँगै पेशागत हिसाबमा सुरू भएको भगतको वातावरणीय पत्रकारिताले हालसम्म पनि निरन्तरता पाइरहेको छ।, जिल्लामा छरिएका सबै विषयवस्तुलाई समाचार एवं कार्यक्रम निर्माण गरी प्रसारण गर्दै आएका भगतले विसं २०७० मा आभास टेलिभिजनको स्थापना गरेसँगै पर्यावरण र विकास कार्यक्रम सञ्चालन गर्दै आएका छन्।, पर्यावरण र विकास नामको टेलिभिजन कार्यक्रममार्फत् भगतले संरक्षणको पाटोलाई प्राथमिकता दिनुका साथै संरक्षणसम्बन्धी समुदायलाई चेतना दिने कामसमेत गरे।, उनले विभिन्न सङ्घसंस्था वा कार्यालयको सहयोगमा संरक्षणसम्बन्धी थुप्रै वृत्तचित्र पनि उत्पादन गरेको बताए। नेपालका विभिन्न स्थानमा रहेका राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, जिल्लाभित्र रहेका विभिन्न सामुदायिक वन, मध्यवर्ती क्षेत्र, डिभिजन वन कार्यालय चितवन, डिभिजन वन कार्यालय रसुवालगायतसँग समन्वय गरी धेरै वृत्तचित्र, कार्यक्रम निर्माण गरिसकेको भगतले बताए।, उनले निर्माण गरेका वृत्तचित्र तथा टेलिभिजन कार्यक्रमले वन र वन्यजन्तुका साथै संरक्षणको पाटोलाई नजिकबाट बुझ्न सकिने भगत बताउँछन्।, राष्ट्रिय निकुञ्जभित्र हुने पर्यटन प्रवर्द्धन हुने खालका कार्यक्रम, गैंडा गणना, सिमसार क्षेत्रमा हुने चरा गणनादेखि वन्यजन्तु र मानवबीचको द्वन्द्व, वन्यजन्तुको अवस्था, सामुदायिक वनमा हुने हरेक गतिविधिलाई भगतले आफ्ना विषयवस्तुको रूपमा पस्कँदै आएका छन्।, वातावरण पर्यावरण र संरक्षण क्षेत्रका साथै निकै संवेदनशील र सामाजिक सांस्कृतिक विषयमा पनि भगतले वृत्तचित्र निर्माण गरेका छन्।, पत्रकार भगत नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य एवं नेपाल फोटो पत्रकार महासंघ चितवनका संस्थापक अध्यक्षसमेत हुन्। , उनले खिचेको गोहीले माछा खाँदै गरेको तस्वीर चीनमा भएको ‘बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनी’मा उत्कृष्ट फोटोमा समेत छानिएको थियो।, विभिन्न सङ्घसंस्थाले उत्कृष्ट कार्य गरेको भन्दै उनलाई पुरस्कृत तथा सम्मानसमेत गरेका छन्।, वन, वातावरण, पर्यावरण संरक्षण, फोहर व्यवस्थापन, पर्यटन प्रवर्द्धनलगायत समाजका हरेक क्षेत्रलाई उजागर गर्नेजस्ता विषयलाई उठान गरी पत्रकारिता गर्दै आएका पत्रकार भगतसँग संरक्षण पत्रकारिताबारे २० वर्षभन्दा लामो समयको अनुभव छ। , सरस्वती सेढाईं जो आफू महिला भएर पनि आफूलाई संरक्षणको क्षेत्रमा स्थापित गरिन्। नियमित घरधन्दासँगै सेढाईं संरक्षणको क्षेत्रमा समेत अगाडि बढिन्।, सेढाईंले सन् २०१७ देखि २०१९ सम्म बर्ड एजुकेसन सोसाइटीको अध्यक्ष भएर चराचुरुङ्गी र संरक्षणको क्षेत्रमा काम गरेकी थिइन्।, समाजमा संरक्षण शिक्षा प्रदान गर्ने, चरा संरक्षणका लागि विभिन्न योजना तथा कामसमेत गरेको सेढाईंले बताइन्। नेपालमा पाइने चराको करिब ७० प्रतिशत प्रजाति चितवन राष्ट्रिय निकुञ्जमा पाइने भएकाले चरा संरक्षणका लागि आफूलाई अग्रसर गराएको सेढाईंको भनाइ छ।, नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये निकुञ्जमा ३३४ प्रजातिका चरा भेटिएका छन्। पछिल्ला दिनमा यो सङ्ख्या वृद्धि हँदै गइरहेको छ।, नेपालका ३७ प्रजातिका लोपोन्मुख चरामध्ये २४ प्रजातिका चरा यहाँ पाइने हुँदा पनि यिनीहरूको संरक्षण अहिलेको आवश्यकता भएको सेढाईं बताउँछिन्।, निकुञ्जमा पाइने चरामध्ये अति दुर्लभ चरामा खरमजुर, रागधनेश, डङ्गुरगिद्ध छन्। यस क्षेत्र चराको बासस्थान मात्र नभई बसाइसराइको गन्तव्य पनि हो।, गर्मीयाममा यहाँ ४७ प्रजातिका चरा बसाइँसराइ सरी आइपुग्छन् भने जाडोयाममा १४१ प्रजातिका चरा जाडो छल्न आइपुग्छन्।, निकुञ्ज क्षेत्रमा कात्तिकको अन्तिम सातादेखि माघ अन्त्यसम्मको अवधि चरा आउने मुख्य समय भएको सेढाईंले बताइन्।, नेपालको हिमाली क्षेत्रका साथै साइबेरिया, बर्मा, तिब्बतलगायतका जाडो प्रदेशबाट चिसो छल्न र आहाराको खोजीमा चरा यहाँ आउने सेढाईं बताउँछिन्।, पछिल्लो समयमा निकुञ्ज क्षेत्रभित्र बढेको मानवीय चहलपहल, ध्वनि प्रदूषण, वन फडानी, तालतलैया सुक्नु, नदी प्रदूषित हुनु, निकुञ्ज आसपासका क्षेत्रमा आवादी बढ्नु, बालीनालीमा कीटनाशक औषधिको प्रयोग हुनु, आहाराको कमी तथा विश्वव्यापी जलवायु परिवर्तनको असर आदि समस्याले चराको आगमन तथा वृद्धिमा ह्रास आएको उनको भनाइ छ।, निकुञ्ज र आसपासका क्षेत्रमा जनचेतना अभाव र फितलो कानूनको फाइदा उठाउँदै चराको शिकार बढी भएका कारण पनि यहाँ चराको अस्तित्व विस्तारै सङ्कटमा पर्दै गएको उनी बताउँछिन्।, आफ्नो कार्यकालमा सेढाईंले चराको सर्वेक्षण गर्ने, विद्यालयमा चरा संरक्षणसम्बन्धी प्रशिक्षण, विषादीरहित कृषि उपजमा जोड दिँदै कृषकलाई तालिमलगायतका विषयमा काम गरेको उनले बताइन्।  रासस,  , संरक्षण क्षेत्रमा खटिएकाहरू
सेतोपाटी म्याग्दीको धवलागिरी गाउँपालिका–७ बादिकामा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित आठ सामान्य घाइते भएका छन्।  , मृत्यु हुनेमा धौलागिरि गाउँपालिका-७ ताकमका २७ वर्षीय विकास सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए।, उनका अनुसार ताकमदेखि दरबाङ हुँदै बेनीतर्फ आउँदै गरेको ग१ज ६८०५ नम्बरको बोलेरो पिकअप जीप दरबाङ–धारापानी सडकअन्तर्गत बादिकाको भिरबाट खसेको थियो। , चालक आकाश रसाइलीको निधार र घाँटीमा चोट लागेको छ।, घाइतेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको  जनाइएको छ।, सडकबाट पल्टिएर सल्लाको रूखमा अड्किदासम्म जीपभित्रै रहेका यात्रु बाँचेका हुन्।, जीपबाट खसेका सुनारको केही तल शव भेटिएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए। , स्थानीयबासी, दरबाङ र ताकमको प्रहरी टोलीले घाइतेको उद्धार गरेर दरबाङ लगेका थिए।, दुर्घटना भएको ठाउँको सडक उकालो र साँघुरो छ। दुर्घटनाको बारेमा थप अनुसन्धान सुरू गरेको प्रहरी निरीक्षक पौडेलले बताए।रासस, म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते
सेतोपाटी व्यास गाउँपालिका-२ मालघाटमा महाकाली तर्ने क्रममा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएका छन्। सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन्। , महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीको दाबी छ। , ‘भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियोे, नदीको बीच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौं’, धामीले भने, ‘पाँच-छ जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिए, भारत पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन्।’, धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन्। , नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ। रासस, महाकाली तर्ने क्रममा तुइनबाट खसेर एक बेपत्ता
सेतोपाटी संवाददाता झापामा लागुऔषध ३४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले मेचीनगर नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय सरोज भुजेल र ३५ वर्षीय निर्मल भुजेल भन्ने झलकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।, उनीहरूलाई लागुऔषध ब्युरो र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो।, विशेष सूचनाको आधारमा खटिएको टोलीले मेचिनगर-९ स्थित लिलाचोकबाट उनीहरूलाई पक्राउ गरेको थियो।, उनीहरू सवार मे ४ प ४०९७ र मे ६ प ३२१३ नम्बरको मोटरसाइकल रोकेर प्रहरीले चेक गर्दा ३४ ग्राम ब्राउनसुगर बरामद गरेको हो।, प्रहरी नायब उपरीक्षक थापाका अनुसार उनीहरूले लागुऔषध किनबेच गर्दै थिए।, साथै, प्रहरीले सरोजबाट दुई लाख ४७ हजार ५ सय रूपैयाँ र झलकबाट तीन हजार ५ सय रूपैयाँ बरामद गरेको छ।, उनीहरूलाई हिरासतमा राख्न जिल्ला अदालत झापाबाट अनुमति लिई थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। , झापामा ब्राउनसुगर र साढे दुई लाखसहित दुई जना पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको ठमेलस्थित ज्याँठामा अवैध रूपमा मदिरा बनाउने कारखानामा प्रहरीले छापा मारेको छ।, शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित ज्याँठामा महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।, अनुमति नलिई अवैध रूपमा घरेलु मदिरा बनाइरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको हो।, 'घरेलु मदिरा कुनै अनुमति नलिई ठूलो परिणाममा बनाइरहेको छ भन्ने सूचना पाएपछि हामीले निगरानी गरेका थियौं,' उनले भने।, उक्त कारखाना एक चिनियाँ नागरिकले चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।, प्रहरीले ती चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।, त्यहाँ मेसिन नै राखेर रक्सी बनाउने गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। एक-डेढ सय ड्रम रक्सी पनि बरामद भएको प्रहरीले जनाएको छ। , प्रहरी टोलीले पक्राउ परेका चिनियाँ नागरिक थप अनुसन्धान गरिरहेको छ।, ज्याँठामा चिनियाँ नागरिकले चलाएको अवैध रक्सी कारखानामा प्रहरीको छापा
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा एक जना थुनुवा मृत फेला परेका छन्। , शुक्रबार बिहान करिब साढे ४ बजे हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा लक्ष्मीनियाँ गाउँपालिका-२ का ४० वर्षीय पल्टु रविदासको शव फेला परेको धनुषाका एसपी प्रकाश रानाभाटले बताए। , उनका अनुसार पल्टु आफ्नै भाइ विल्टु रविदाससँग घरायसी विवादमा परेर ज्यान मार्ने उद्योग र अंगभंग मुद्दामा पक्राउ परेका थिए। , धनुषा जिल्ला अदालतबाट दुई लाख धरौटी माग भएको र सो रकम उनले तिर्न नसक्दा कारागार कार्यालय सिन्धुली पठाउन आदेश दिएको थियो। , कारागार पठाउने तयारी गरिरहेकै बेला उनले आत्महत्या गरेको प्रहरीको दाबी छ। , आर्थिक रूपले विपन्न रहेको र जेल भयका कारण उनले आत्महत्या गरेको हुनसक्ने एसपी रानाभाटले बताए। , घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जनाए।, जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्रै झुण्डिएको अवस्थामा भेटिए थुनुवा
सेतोपाटी संवाददाता धनुषामा सोमबारदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ।, गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० स्थित बरमझिया बस्ने विरेन्द्र यादवकी ७ वर्षीया छोरी प्रिती यादवको शव शुक्रबार फेला परेको हो।, घरबाट करिब एक किलोमिटरको दुरीमा खेतको एउटा पुरानो इनारमा शव तैरिरहेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए।, सिग्देलका अनुसार उनका शव कुहिएको अवस्थामा भेटिएको छ।, सोमबार साँझ ५ बजेपछि आफ्नै घरबाटै बालिका बेपत्ता भएकी थिइन्। पसलबाट केही खानेकुरा किनेर ल्याएको १० मिनेटपछि उनी हराएको आफन्तले बताएका छन्।, हराएकै दिनदेखि खोजी गर्दै जाँदा शुक्रवार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयका अनुसार यसअघि दुई तीन दिन पहिलेसमेत सो इनारमा प्रहरी र स्थानीयले बालिकाको खोजी गरेका थिए। , ‘करिब १० वर्ष पहिले पनि एक जना युवतीको हत्या गरि लास त्यो इनारमा फालिएको थियो। फेरि पनि कसैले हत्या गरेर त्यहीँ लास फालिदिएको हुनसक्छ भनेर बाँसले चलाएर इनारमा शव खोजी गरिएको थियो तर भेटिएन। आज बिहानै इनार छेउमा जाँदा गन्ध आएपछि हेर्दा उनकै लास थियो,’ स्थानीय रमेश यादवले भने।, हत्या गरेर कसैले शव इनारमा फालेको हुनसक्ने स्थानीयको आशंका छ। यद्दपी अहिले घटना अनुसन्धानको क्रममा रहेको र शव पोष्मार्टमको रिपोर्ट आइसकेपछि मात्र हत्या भएको वा नभएको भन्न सकिने प्रहरी निरीक्षक सिग्देले सेतोपाटीलाई बताए।, शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।, धनुषामा ५ दिनदेखि हराइरहेकी ७ वर्षीया बालिकाको शव भेटियो, हत्याको आशंका
सेतोपाटी संवाददाता पुनर्स्थापना सुरू गर्नु पूर्व क्षमा माग्ने रिति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गरेका छन्। , काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार तथा इन्टाचका अधिकारीले उक्त पूजामा सहभागीता जनाएका थिए।, १८ करोड १ लाखको लागतमा उक्त महाविहारको पुनर्निर्माण हुन लागेको हो। , सुनौलो मन्दिरको रुपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ। , यो मन्दिर पाटनका बौद्घ मन्दिर विहारहरुमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो । , भूकम्पले क्षति पुर्‍याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनस्र्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाइसकेको छ। , यो परियोजना पनि ती २८ वटा परियोजना भित्रकै एक भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ। ललितपुर जिल्लामा सात वटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ जसमध्ये पाँच वटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको छ। ,  , ललितपुरस्थित हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गर्दै पुनर्निर्माण सुरू
सेतोपाटी संवाददाता गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको जीप मुसिकोट नगरपाालिका ४ दोभानमा बुधबार दुर्घटनामा परेको हो।, लु १ ज ४५५९ नम्बरको जीप दुर्घटनामा परी चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का तेजेन्द्र थापा, वडा नम्बर ५ हरेवाका रेशम कार्की र रेसुङ्गा नगरपालिका २ बाख्रेछेडाकी ६८ वर्षकी  सुशिला विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षकले पुरुषोत्तम पाण्डेले जानकारी दिए।, सोही दुर्घटनामा परी जीपका चालक गुल्मी चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय बमबहादुर विक, वडा नम्बर ६ बस्ने २० वर्षीय  विनिता परियार, शान्तिपुर बस्ने ३९ वर्षीय गगन क्षेत्री र २२ वर्षीय सुनिल विक गम्भीर घाइते छन्।, उनीहरूको अवस्था गम्भीर भएकाले थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको  छ।, बुधबार मध्यान्हतिर भएको दुर्घटनामा परी ३३ वर्षीय गोकुल भण्डारी, २३ वर्षीय मुना भण्डारी र  रेसुङ्गा २ की २३ वर्षीय रमिला भण्डारी पनि घाइते छन्।, उनीहरूको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल गुल्मीमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।, जीप सडकदेखि करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ।, गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।, बुधबार दिउँसो करिब ४ बजे आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए। बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो।, 'आगो निकै ठूलो छ। अहिले फ्याक्ट्री वरिपरिका घरहरूलाई सुरक्षित बनाइएको छ,' उनले भने,'आगोलाई नियन्त्रणमा लिने प्रयास गर्दैछौं।', आगलागी कसरी सुरू भएको खुलिसकेको छैन। चार वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्। त्यस्तै पानी ट्यांकरहरू पनि त्यहाँ लगिएको छ।, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेको बुढाथोकीले जानकारी दिए।, बालाजुको सोफा फ्याक्ट्रीमा भीषण आगलागी, चार वटा दमकलले निभाउँदै
शेरबहादुर सिंह शिरमा ढाका टोपी, निधारमा रातो टीका अनि मलिन अनुहार लिएर भारतको देहरादुन मजदूरीका लागि जान हिँडेका बझाङ थलाराका ५४ वर्षीय देवराज उपाध्याय मंगलबार दिउँसो कञ्चनपुरको गड्डाचौकीमा भेटिए।, कोरोना सङ्क्रमण बढ्दा दुई महिनाअघि मात्रै स्वदेश फर्किएका उपाध्यायको आर्थिक अवस्थाले पुनःभारत जाने बाध्यता आइलाग्यो।, ‘घरमा आयआर्जन केही छैन’, गड्डाचौकीबाट सीमावर्ती भारतीय बजार बनबासा जाँदै गरेका उपाध्यायले भने, ‘कोरोनाको डर मानी क्यार्नु, परानी कसरी पाल्नु घर बसी ?’, उनले परिवारका सदस्यको सहमतिमा कोरोना त्रासका बीच आफू रोजगारीका लागि भारत जान हिँडेको बताए।, ‘घरमा जीविका चलाउन गाह्रो भएपछि परिवारका सदस्यले नै यहाँ बसेर कसरी खर्च चल्छ भने’, उनले भने, ‘हामीलाई त कोरोना भन्दा भोकले मर्ने स्थिति आइलाग्यो।’, उपाध्यायसित देहरादुन जान हिँडेका गाउँका अन्य तीन युवा समेतसँगै थिए।, त्यसैगरी कक्षा ८ मा अध्ययनरत १५ वर्षीय छोरा उपेन्द्र बटालासहित ३६ वर्षीया गर्वा बटाला पनि भारतको सिमला जाँदै थिइन्। ‘कोरोनाले स्कुल बन्द भएपछि दुई/चार महिनाको कमाइले घरखर्च त चल्ला भनेर दुई छोरी छाडेर सिमला जाँदैछु’, यहाँको बेदकोट नगरपालिका–३ दैजीकी बटालाले भनिन्, ‘श्रीमान नौ वर्षअघि बित्नुभयो, छोराछोरीको छाक टार्न भारत जानु नियति नै हो।’ बटालाले गाउँका मान्छेसितको साथमा सिमला जान लागेको बताइन्।, ‘सिमलामा पनि सजिलो काम छ भनेर गाउँलेले बोलाएपछि त्यहाँ जान हिँडेका हौं’, उनले भनिन्, ‘कोरोनाको डर मानेर के गर्नु, खान त चाहियो नि!’ , उनले आफूसित दैजीमा घरबासका लागि आधा कठ्ठा जग्गा मात्रै भएको बताइन्। दैजीको शारदा माविमा अध्ययनरत उपेन्द्रले परिवारको आर्थिक समस्याले आफू पनि भारत जान लागेको बताए।, ‘हाम्रो गाउँका धेरै विद्यार्थी अहिले स्कुल बन्द हुँदा भारत मजदूरीका लागि गइरहेका छन्’, उनले भने,‘आमा यहाँ हुँदा अरुको घर, इँटाभट्टामा काम गरेर छाकको जोहो गर्नुहुथ्यो।’, गत चैतमा कोरोनाको दोस्रो लहरले भारत आक्रान्त भएपछि स्वदेश फर्किएका नेपाली पुनः रोजगारीका लागि भारत जान थालेका छन्।, सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य सदियौंंदेखि भारत हो। चाडपर्व र खेतीबारीका बेला स्वदेश फर्किने तथा अरुबेला भारतमा रोजगारी गर्ने यहाँका स्थानीयवासीको परम्पराको रूपमा विकास हुँदै गएको थियो। पछिल्लो समय कोरोना कहरमा सुदूरपश्चिमका मात्रै करिब दुई लाखभन्दा बढी नागरिक स्वदेश फर्किएको तथ्याङ्क छ।, त्यसैगरी दैजीकै १६ वर्षीय हिक्मत धामी कोरोनाको सङ्क्रमणका बीच भारतको सिमला हिँडेका छन्।, ‘बुवा सानैमा भारतको बैङ्लोरमै बित्नुभयो’, धामीले भने, ‘कोरोनाको अवस्था सामान्य बन्दै स्कुल खुलेपछि फर्किने योजनामा छु।’ धामी पनि कक्षा ८ मा अध्ययनरत विद्यार्थी हो ।, त्यस्तै, भारतको पिथौरागढ मजदूरीका लागि जान हिँडेका सुर्खेतका ५५ वर्षीय प्रेमबहादुर खत्रीको व्यथा पनि उस्तै छ।, एक दशकदेखि मजदूरीका लागि भारत आउने-जाने गरेका खत्री कोरोनाको दोस्रो लहरबीच गत वैशाखमा आफू घर फर्किए पनि पुनः त्रासकाबीच भारत जानु बाध्यता भएको बताउँछन्।, ‘उत्तराखण्डमा कोरोनाको सङ्क्रमण कम छ भन्छन्, त्यही भएर पिथौरागढमा सडक निर्माणको काममा जान हिँडेको’, उनले भने, ‘आफू र परिवारको भोक टार्न बाध्यताले जानै पर्‍यो।’, खत्रीसँगै भारत जान लागेका सूर्य गुरुङले आफूहरू दुःखले मुग्लान जान लागेको पीडा सुनाए।, ‘घरपरिवारसित बस्ने रहर त कस्लाई पो हुन्न र ?’, उनले भने, ‘सरकारले कोरोनाबाट प्रभावितलाई रोजगारी दिने आशा थियो, त्यो त गफ मात्रै रहेछ।’, कोरोना कहर पुनः बढिरहेका बेला यहाँका शैक्षिक संघ–संस्था बन्द हुँदा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी अभिभावकसित भारत जाने क्रम बढिरहेको छ।, ‘हाम्रो त सरकारी स्कुल अनलाइन कक्षा पनि पढाइ हुँदैन’, उपेन्द्रले भने, ‘दुई महिना पनि भारतमा काम गरे केही समय खानलाई त आउला भनेर जान लागेको हुँ।’, विद्यालयमा अध्ययन निःशुल्क भए पनि घरमा छाक टार्न आमाले गर्ने सङ्घर्ष सम्झिँदै भावुक बनेका उनले भने, ‘आमाले मजदूरी गरेनन् भने घरमा चुल्हो नै बल्दैन।’ , गड्डाचौकीस्थित थ्री एन्जल्स नेपालका संयोजक बेलु वादी लकडाउन सामान्य बन्दै गएपछि महिला र बालबालिका पनि भारत जाने क्रम बढेको बताउँछन्।, ‘असार १५ गतेयता मात्रै हामीले सात जना उमेर नपुगेका बालबालिकालाई नाकामा रोकेर परिवारसँग  पुनःमिलन गरायौं’, उनले भने, ‘महिला पनि पछिल्लो समय रोजगारीका लागि भारत जाने क्रम ह्वात्तै बढेको छ।’, उनले बन्दाबन्दीमा पनि महिला तथा बालबालिका बेचबिखनको जोखिम बढेको जानकारी दिए।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले कोरोनाको चरम अवस्थामा नेपाल–भारतमा आवागमन खुकुलो भएसँगै रोजगारीका लागि भारत जाने क्रम बढेको बताए।, सुदूरपश्चिमका सीमा नाकामा सबभन्दा बढी कञ्चनपुरको पूर्वी गौरीफन्टा नाकाबाट भारत जानेको चाप बढेको प्रहरीको भनाइ छ।, मंगलबार गड्डाचौकीबाट ४४३ र गौरीफन्टाबाट एक हजार ४२३ व्यक्ति भारत गएको प्रवक्तासमेत रहेका न्यौपानेले बताए।पछिल्लो समय गड्डाचौकी नाकाबाट भारत जानेका लागि भारतीय सुरक्षा निकायले पनि सहज बनाएको छ।, केही समयअघिसम्म यो नाकाबाट भारत जान कोरोना परीक्षण रिपोर्ट अनिर्वाय गरेपछि भारतीय पक्षले नागरिकता र आधार कार्डका आधारमा भारत जान दिएको छ। (रासस), महामारीमै भारत जानेहरू भन्छन्-रोगभन्दा भोकको चिन्ता भयो
एजेन्सी चिनियाँ अदालतले कृषि क्षेत्रका अर्बपतिलाई १८ वर्षको जेल सजाय सुनाएको छ।, समाज भड्काएको लगायतका आरोपमा सन दावूलाई बुधबार १८ वर्ष जेल सजाय सुनाएको एएफपीले जनाएको छ। हुबेइ प्रान्तको गाओबेइडियन पिपुल्स कोर्टले उनलाई सो सजाय सुनाएको हो।, अदालतले राज्यका अंगहरूमाथि आक्रमण गर्न भिड जम्मा गराएको, सरकारी प्रशासनलाई अवरोध पुर्‍याएको र झडप तथा समस्या उत्पन्न गर्न भड्काएको भन्दै उनलाई दोषी ठहर गरेको हो।, सनलाई अदालतले ४ लाख ७५ अमेरिकी डलर जरिवाना तिराएको छ।, गत नोभेम्बरमा सरकार समर्थित प्रतिष्पर्धीसँग जग्गा विवाद भएपछि १९ आफन्त र व्यापारी सहकर्मीसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।, उनले सन् १९८० मा आफ्नी श्रीमतीसँग मिलेर केही कुखुरा र सुँगुर पालेर कृषि कम्पनी खोलेका थिए। अहिले सो कम्पनी चीनकै सबैभन्दा ठूला कम्पनीहरूमध्येका एक हुन्।, यसअघि उनले सन् २०१९ मा स्वाइन फ्लूका कारण सुँगुर मरेको तस्वीरहरू सार्वजनिक गरेका थिए। अधिकारीहरूले स्वाइन फ्लूविरूद्ध ढिला काम गरेको भन्दै तस्वीर सार्वजनिक गरेका थिए।, सन् २००३ मा पनि अवैध रूपमा पैसा उठाएको आरोपमा सनलाई जेल सजाय तोकेको थियो। तर मानव अधिकारकर्मी तथा मानिसहरूको विरोध पछि सो निर्णय सच्याइएको थियो। , 'समाज भड्काएको' भन्दै चिनियाँ अर्बपतिलाई १८ वर्ष जेल सजाय
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय सुर्खेतले अपांगता भएका स्थानीयलाई घरमै पुगेर नागरिकता प्रदान गर्न थालेको छ।, हिँड्डुल गर्न नसक्ने खालको शारीरिक अपांगता भएका र नागरिकता नपाएकाहरुलाई घरमै पुगेर नागरिकता दिन थालिएको हो।, यसैक्रममा बुधबार वीरेन्द्रनगर–१० की रियाना बानुलाई नागरिकता दिइएको छ। उनी गत वर्ष घरको छतबाट खसेर घाइते भएकी थिइन्। त्यसयता उनको कम्मरमुनिको भाग चल्दैन।, ‘हामीले हिँड्डुल गर्न नमिल्ने अपांगता भएकाहरुलाई घरमै पुगेर नागरिकता दिने अभियानलाई निरन्तरता दिन खोजेका छौं,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘नागरिकता पाउने अधिकारबाट बञ्चित हुन नदिन यो अभियानको निरन्तरता जरुरी पनि छ।’, जिल्लामा यस्तो अपांगता भएका र तिमध्ये नागरिकता पाउन बाँकी कति जना छन् भन्ने तथ्याङ्क भने छैन। तर यस्तो अवस्था भएर कसैले प्रशासनलाई खबर गरेमा प्रशासनको टोली नागरिकता लिएर घरमै जाने प्रजिअ रिजालले बताए।, उनका अनुसार जिल्लाको पश्चिम क्षेत्रमा ईलाका प्रशासन कार्यालय भएकाले त्यो क्षेत्रका त्यस्ता नागरिकलाई घरमा गएर नागरिकता दिने कार्य ईलाका प्रशासनले गर्ने बताए।, ‘पश्चिममा इलाकाले यो काम गर्छ, हामीले निरन्तरता दिन पनि भनिसकेका छौं,’ रिजालले भने, ‘बाँकी भागमा जिल्लाबाटै टोली गएर नागरिकता दिन्छ, हामीलाई नजिकको कसैले खबर गरिदिनुपर्छ।’,  , अपांगता भएकालाई घरमै पुगेर नागरिकता दिँदै सुर्खेत प्रशासन
सेतोपाटी संवाददाता भारतको 'सर्कस'मा दुई किशोरीलाई बेच्न लगेको आरोपमा दुई जना पक्राउ परेका छन्।, पर्सा प्रहरीले दुई जनालाई मंगलबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले जानकारी दिए।, झापा विर्तामोड नगरपालिका वडा नम्बर ९ की २० वर्षीया लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १२ बस्ने १९ वर्षीया खुस्बु विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।, उनीहरूले झापाकी १६ र २० वर्षीया किशोरीलाई भारतको विहारस्थित छौडादानो भन्ने स्थानमा बेचेको आरोप छ। , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार उनीहरूलाई प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको हो।, पक्राउ परेका उनीहरू भारतको एक सर्कसमा काम गर्थे। ती दुई युवतीलाई पनि त्यहीँ बेच्न लगेको उनले बताए।, बालिका हराएको खबर पछि प्रहरीले उनीहरूको खोजतलास गरेको थियो। ती बालिकाहरूलाई  'पर्साको वीरगञ्ज सहरमा पुर्‍याई अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने' भनेर प्रलोभनमा पारेको प्रहरीको भनाइ छ।, त्यसरी प्रलोभनमा पारेर उनीहरूलाई भारत पुर्‍याएका थिए।, 'पक्राउ परेका उनीहरू पनि त्यहाँ सर्कसमा काम गर्ने रहेछन्। अनि ती बालिकाहरूलाई पनि लिएर गए,'पाण्डेले भने।, उनीहरूले भारतको छौंडादानो पुगेपछि पीडित बालिकाको फोन खोसेका थिए। त्यहाँबाट पनि उनीहरूलाई अन्य स्थानमा पठाउने तयारी भइरहेको भन्ने खुलेको हो।, 'उद्दार गरिएको ठाउँमा अरूलाई पनि त्यसरी नै ल्याएको बुझिएको छ। हामीले नेपाली युवतीहरूको उद्दार गर्‍यौं,'प्रहरी उपरीक्षक पाण्डेले भने।, प्रहरीले उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा थप अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न अन्य तीन जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।, पक्राउ परेकाहरूलाई पर्सा जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। , बालिका र किशोरीलाई 'सर्कस'मा बेच्न लगेको आरोपमा दुई पक्राउ
खिलानाथ ढकाल मोरङको सुन्दरहरैंचा-१० त्रिवेणी चोकस्थित शिव पाञ्चायन ज्वेलर्समा दिउँसै लुटपाट गर्न खोज्ने समूहका छ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको थियो।, प्रहरीले बुधबार बिहान ३ बजे मोरङको सलकपुर र सुनसरीको तरहरामा लुकिछिपी बसिरहेका छ जनालाई पक्राउ गरेको थियो।, गत साउन १ गते खगेन्द्र थापाले सञ्चालन गरेको ज्वेलर्समा दिउँसो सवा १ बजे मोटरसाइकलमा आएको समूहले एसएमजी राइफल र पेस्तोल देखाएर लुटपाट गर्न खोजेको थियो।, पक्राउ पर्नेहरूमध्ये यो लुटपाट योजनाका मुख्य व्यक्ति संखुवासभा सभापोखरी गाउँपालिका-४ घर भई हाल इटहरी उपमहानगरपालिका-२० तरहरा डेरा गरी बस्ने ३९ वर्षीय चन्द्रबहादुर राई र सुनसरी गढी गाउँपालिका-१ का ४५ वर्षीय प्रमोद चौधरी रहेको प्रहरीको भनाइ छ।, सुन पसल लुटेर रकम बाँडफाँट गर्ने योजना बनाएर उनीहरू असार ३१ गते नै पसलको निगरानीमा पुगेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसी बताउँछन्।  , तर, त्यसदिन नसकेपछि उनीहरू अपराह्न ४ बजे बुढी खोलाको बाटो हुँदै उनीहरू सुन्दरहरैंचा-५ कै नमूना सामुदायिक वन पुगे। त्यहाँ हतियार लुकाएर उनीहरू आ-आफ्नो ठाउँमा फर्केका थिए।, भोलिपल्ट उनीहरू सवा १ बजे फेरि सुन पसल पुगेका थिए। त्यसबेला उनीहरू ६ जना भइसकेका थिए।, तीमध्ये हतियारसहित दुई जना पसल छिरे। पसलमा छिर्दा चन्द्रबहादुर राईले एसएमजी राइफल र प्रमोद चौधरीले कटुवा पेस्तोल देखाएका थिए।, अन्य व्यक्तिहरू भने सुन पसलको वरिपरि निगरानीमा बसेका थिए।, तर, स्थानीय भेला भएपछि लुटपाट गर्न असमर्थ भई सो समूह हतियार देखाउँदै भागेको थियो।, दिउँसै एसएमजी हतियार देखाएर लुटपाट मच्याउने प्रयास गरेर सो समूहले प्रहरीलाई चुनौती दिएको थियो। त्यसपछि सो समूहको खोजीमा प्रहरी रातदिन खटिएका थिए।, जिसीका अनुसार घटनामा मुख्य भूमिका रहेका राईले एसएमजी हतियार आफूले छ महिनाअघि भेटेको बताएका छन्।, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सीमित संख्यामा रहने त्यो एसएमजी राइफल र त्यसका गोली उनले कहाँबाट ल्याए, यसको रहस्य खोज्ने क्रममा प्रहरी लागिपरेको जिसी बताउँछन्।, तर, बयानका क्रममा राईले आफूले दुई वर्षअघि नेपाली सेनाको जागिर छोडेको बताएका छन्। ‘पन्ध्र वर्ष जागिर खाएर २०७६ सालमा छोडेको बताउने गरेका छन्,’ जिसीले भने।, तर, उनको भनाइलाई प्रहरीले नेपाली सेनासँग समन्वय गरेर पुष्टि गर्ने प्रयास गरिरहेको छ। र, उक्त हतियारको नम्बर प्रमाणीकरण गरी कुनै फोर्सबाट हराएको हो होइन यकिन गरिने जिसीले बताए।, कटुवा पेस्तोल देखाएर उनीसँगै सुन पसल छिरेका चौधरीले आफू पूर्वमाओवादी लडाकु बताइरहेका छन्।, ‘अघिल्लो दिन उनीहरूले आएर रेकी गरी भोलिपल्ट पुन: लुटपाट गर्न आएको देखिन्छ,’ जिसीले भने, ‘प्रहरीको पहुँच जहाँ कमजोर छ, त्यहाँ लुटपाट गर्ने योजना बनाएको देखिन्छ।’, पक्राउ परेका अन्य संखुवासभा बारबिसे गाउँपालिका-६ घर भई हाल इटहरी उपमहानगरपालिका-२० तरहरा डेरा गरी बस्ने ३० वर्षीय चिरञ्जीवी राई, सुन्दरहरैंचा-५ का २२ वर्षीय मिशन राई, भोजपुर पौवादुम्बा गाउँपालिका-३ घर भई हाल इटहरी उपमहानगरपालिका-२० तरहरा डेरा गरी बस्ने ३० वर्षीय नगेन्द्र राई र सुन्दरहरैंचा-७ का ३१ वर्षीय सन्तोष राई छन्।, प्रहरीले उनीहरूले प्रयोग गरेको एसएमजी राइफलसहित त्यसको म्याग्जिन र ६२ राउन्ड गोली, अटोमेटिक पेस्तोल, त्यसको म्याग्जिन एक थान, गोली दुई राउन्ड, थ्रीनटथ्री राइफलको चार राउन्ड गोली, कटुवा पेस्तोल एक थान, एमआरपी लेखेको सञ्चार सेट दुई थान बरामद गरेको छ।, सो घटनामा प्रयोग भएको को२ह २७३६ नम्बरको अटो रिक्सा, प्रदेश १-०२-०४४ प ५९९५, को२०प १८६, को८प ६५८३ र को२१प ६७०३ नम्बरको मोटरसाइकल बरामद भएको जिसीले बताए।, घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै जिसीले उनीहरू सबैलाई अहिले हातहतियार तथा खरखजना मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिइएको बताए।, घटनामा प्रयोग गरिएका हतियार भने सुन्दरहरैंचा नगरपालिका वडा नम्बर-५ को नमूना सामुदायिक वनको करमको रूखको टोड्कोभित्र लुकाएर राखेको अवस्थामा फेला परेको जिसीले बताए।, जिसीका अनुसार सुन पसलमा जडान गरिएको सिसिटिभी फुटेजको आधारमा लुटपाट गर्ने समूहको पहिचान गर्न सहज भएको थियो। , सम्बन्धित समाचार:, मोरङमा ‘एसएमजी राइफल’ देखाएर सुनचाँदी पसल लुट्ने प्रयास, सेनाको ‘जागिर छोडेका’ र पूर्वलडाकुले बनाए एसएमजी राइफल देखाएर सुन पसल लुट्ने योजना
रासस महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ।, गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रु तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताए।, मणिकर्मीको घरमा डेरा गरी बस्ने २७ वर्षीय ओम तामाङले आफ्नै कोठामा जुवा खेलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले तामाङसहित ५ जनालाई पक्राउ गरेको हो।, बुधबार साँझ प्रहरी टोली जुवा खेलिरहेको ठाउँमा पुगेको थियो। जुवा खालबाट प्रहरीले नगदसहित तीन बुक तास बरामद गरेको हो।, पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरी म्याद थपको लागि लैजाने तयारी भएको प्रहरीले जानकारी दिएको छ।, काठमाडौंको नारायणटारबाट नगदसहित ५ जुवाडे पक्राउ
रासस अविरल वर्षाले नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ।, बुधबार परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै सडक पूर्णरूपमा ठप्प भएको छ।, पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र रसुवा जाने यातायातको सेवा बट्टारमा नै रोकिएका छन्।, बुधबार राति करिब ९ बजेतिर पुलको जगमा क्षति पुर्‍याएसँगै सडक पूर्णरूपमा अवरुद्ध हुँदा विदुरबाट मैथली ब्यारेक हुँदै बट्टारतर्फ जाने सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक ललिता ढकालले बताइन्।, उनकाअनुसार पुल भासिएसँगै सडकको दुवैतर्फ विच्छेद भएको छ। पैदलयात्रुलाई समेत आउजाउ गर्न कठिन भएको छ। पुल भासिएसँगै विदुर–बट्टारको यातायात अवरुद्ध भएर आपतकालीन सेवा दिने सवारी साधनसमेत आउजाउ हुन सकेका छैनन्।, उपयुक्त विकल्पको सडक नहुँदा मर्मतसम्भार गरेर पुनःसञ्चालन नभएसम्म सवारी साधन रोकिनुपर्ने बाध्यता छ। क्षति पुगेको पुल र अवरोध भएको सडक अहिले बिहानबाट खुलाउन प्रयास गरिने डिभिजन सडक कार्यालयका प्रमुखसमेत रहेका ‘गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए।, उनकाअनुसार सडक डिभिजन र योजना कार्यालयका उपकरण र जनशक्ति परिचालन गरेर जतिसक्दो छिटो अवरुद्ध सडक पुनः सञ्चालन गर्न प्रयास गरिने छ।, यसैबीच बुधबार साँझ परेको वर्षाले जिल्लाको अन्य स्थानमा पनि पहिरो गई घरमा क्षति पुगेका विवरण सङ्कलन हुने क्रममा रहेको नुवाकोट प्रहरीले जनाएको छ। चट्याङसहितको वर्षाले पानीको मुहानका स्रोत बढाएका छन् भने खोल्सा, खोला र नदीमा पानीको बहाव बढेको छ।, पुल भासिँदा नुवाकोटमा यातायात अवरुद्ध
रासस महोत्तरीको जलेश्वरमा रहेको रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शव फेला परेको छ।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रातो खोलाको पश्चिमी किनारमा प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक जनाको शव बरामद गरेको छ।, जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँमा बग्दै गरेको रातो नदीको किनारमा पानीमा तैरिहेको अवस्थामा सो आधा शव बुधबार फेला परेको थियो।, शवको टाउको, छाती नरहेको र पेटलगायतका आधा भाग पनि सडेगलेको अवस्थामा पानीमा तैरिरहेको फेला परेका कारण महिला पुरुष के रहेको कुरा पनि खुल्न नसकेको बताएको छ।, प्रहरीले सो शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ।, रातो खोलामा भेटियो शवको आधा भाग
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आज ५० वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ।, भेरोसेल खोपको पहिलो मात्रा आज बिहीबार उक्त उमेर समूहका नागरिकलाई लगाउने तयारी महानगरको छ।, आज ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रहरूबाट खोप लगाइन्छ।, महानगरका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका विभागीय प्रमुख हरिबहादुर कुँवरका अनुसार आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म भेरोसेलको पहिलो मात्राको खोप लगाउने कार्यक्रम छ।, नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा यी कुनै पनि कागजात नभए वडाबाट उमेर प्रमाणित हुने कागजात लिएर गएमा खोप लगाउन पाइन्छ।, ५० वर्ष माथिकालाई काठमाडौं महानगरले आज भेरोसेल खोप लगाउँदै
रासस हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ। नियमित गस्तीका क्रममा अदानचुली-३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो। तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट १९ जनालाई नगदसहित पक्राउ गरेको एक सातामै जिल्लाको अदानचुलीबाट यत्रो सङ्ख्यामा तास खेल्नेलाई पक्राउ गरिएको हो।, नियमित रूपमा खेल्ने गरेको सूचनासँगै नियमित गस्ती गएको अवस्थामा श्रीनगरका वर्ष रोकायाको पसलको माथिल्लो तलामा रहेको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको श्रीनगर प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बुढाले जानकारी दिए। उनका अनुसार गाउँपालिकाका जिम्मेवार व्यक्तिनै जुवा खेलिरहेको अवस्थामा फेला परेका हुन्।, दुई वडाध्यक्ष, एक शिक्षक, दुई ठेकेदार, एक मानव अधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जनाको टोलीलाई जुवाकै खालबाट पक्राउ गरिएको हो।, उनीहरूलाई केही समय नियन्त्रणमा लिएको भए पनि प्रहरीले सोधपुछ गरी अबका दिनमा यस्तो कार्य नगर्ने कागजसहित जरिवाना तिरेपछि घर पठाएको छ। पक्राउ परेका दुई वडाध्यक्षलाई अबदेखि तास नखेल्ने र नखेलाउने कागजसहित अदानचुली-३ का जनकबहादुर विष्टको जिम्मा लगाइएको छ। बरामद गरिएका तासलाई प्रहरीको टोलीले जलाए छ।  , दुई वडाध्यक्षसहित जुवा खालबाट १५ जना पक्राउ
सेतोपाटी संवाददाता गोरखामा सडक हिलो भएर यात्रुले दु:ख पाएपछि जनप्रतिनिधि नै विरोधमा उत्रेका छन्। उनीहरूले हिलो सडकमा कोदो रोपेर विरोध गरेका हुन्।, गोरखा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रामशरण अधिकारीसहित यातायात व्यवसायीहरू र स्थानीय बासिन्दा सडक मर्मत गर्न माग गर्दै विरोधमा उत्रेका छन्।, गोरखा बजारबाट आरूघाट जाने मुख्य सडकको ढुंगागाडे खण्ड हिलो हुँदा यात्रुबहाक बस फस्ने गरेको छ। मोटरसाइकलसमेत यो सडकखण्डमा फस्ने गर्छ।, सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले लापरवाही गरेको र समयमै काम नगर्दा सडक अलपत्र छ। सडक मर्मतको माग गर्दै स्थानीयले बिहीबार बिहान गोरखा-आरूघाट सडक अवरूद्ध गरेका छन्।, यो सडक कालोपत्र गर्न उनीहरूको माग छ।, हिलो सडकमा कोदो रोपेर विरोध, कालोपत्र गर्न माग
सेतोपाटी संवाददाता ढुवानी व्यवसायीले आफ्नो स्वार्थ पूर्तिका लागि नेपाल आयल निमगको निर्णय नै परिवर्तन गरिदिएका छन्।, भारतको बरौनीबाटभन्दा सिलिगुढीबाट सस्तो पर्ने भन्दै त्यहीँबाट आयात थालेको नेपाल आयल निगमले ढुवानी व्यवसायीको दबाब थेग्न नसकेपछि फेरि बरौनीबाट पनि इन्धन ल्याउन थालेको छ।, नजिकैबाट ढुवानी गर्दा वार्षिक करोडौं रुपैयाँ खर्च कटौती हुने भएकोले सिलिगुढीबाटै ढुवानी गर्ने निर्णय आयल निगमले गरेको थियो।  बरौनीबाट भन्दा सिलिगुढीबाट आयात गर्दा झन्डै ५ सय किलोमिटर दुरी छोटो हुन्छ। अर्कोतर्फ सिलिगुढीबाट इन्धन आयात गर्दा बीच बाटोमा ट्यांकर चालकले गर्ने बदमासी र चोरीजस्ता समस्या पनि कम हुने भएकाले निगमले सिलिगुढीबाट ढुवानी गर्ने विषयलाई प्राथमिकतामा राखेको निगम स्रोतको भनाइ छ।, निगमले खर्च कटौती गर्ने गरी गरेको यो निर्णयबाट ढुवानी व्यवसायी सन्तुष्ट थिएनन्।, ‘एकातिर दैनिक कम्ती संख्याका गाडीले मात्रै इन्धन ल्याउने र दुरी पनि छोटो भएपछि उनीहरूले दबाब दिन थालेका थिए’, निगम स्रोतले सेतोपाटीसँग भन्यो, ‘ढुवानी व्यवसायीको दबाबमा अहिले फेरि बरौनीबाट पनि आयात थालेका हौं।’, धेरै वटा गाडीमा ल्याउन पाइने, लामो दुरीजस्ता कारणले व्यवसायीको रोजाइ बरौनी नै हुने गरेको निगम स्रोतको भनाइ छ।, वार्षिक रूपमा ठूलो खर्च जोगिने भन्दै नेपाल आयल निगम विराटनगरले भारतको बरौनीबाट इन्धन आयात कटौती गरेको थियो। बरौनीबाट ल्याउनुभन्दा पश्चिम बंगालको सिलिगुढीबाट ढुवानी गर्दा दुरी छोटो हुने र त्यसबाट निगमको ढुवानी खर्च जोगिने भएकोले निगमले भारतको सिलिगुढीबाट इन्धन आयात गर्न थालेको थियो।, ढुवानी व्यवसायीको दबाबपछि निगमले बरौनीबाट पनि ल्याउन थालेको हो।, बरौनीबाट दैनिकजसो कम्तीमा ३० ट्यांकर इन्धन ल्याउने निगमले  असार १८ गतेदेखि बरौनीबाट आयात बन्द गरी सिलिगुढीका लागिमात्र पिडिओ जारी गर्न थालेको थियो।, सिलिगुढीमा ट्यांकर पार्किङको सुविधा नभएको, काँकडभिट्टामै पार्किङ गरेर राख्नु पर्ने र आवश्यकता अनुसार इन्धन आयात नहुँदा निगमलाई पनि माग र आपूर्तिको सन्तुलन मिलाउन गाह्रो परेको भन्दै व्यवसायीले दबाब दिएपछि निगमले बरौनीबाट पनि आयात जारी राखेको हो।, अहिले सिलिगुढीबाट दैनिक सरदर १५ ट्यांकर इन्धन आइरहेको र त्यसले बजारको दैनिक माग धान्न गाह्रो परेको निगम प्रमुख नकुल  भण्डारीले बताए।, ‘ढुवानी व्यवसायीको दबाबले होइन, बजारको माग र आपूर्तिको सन्तुलन मिलाउन बरौनीबाट आयात जारी राखेका हौं’, उनले दाबी गरे, ‘व्यवसायीले कुनै दबाब दिएका छैनन्।’, निगम सरकारी संस्थान भएका कारण उसले नाफाघाटा मात्रै हेर्न नमिल्ने, माग आपूर्तिको सनतुलन पनि मिलाउनु पर्ने दाबी गरे।, ‘बंगालको नियम अनुसार इन्धन ल्याउँदा माग नधान्ने भयो त्यसैले बरौनीबाट पनि ल्याउनै पर्ने भयो’, उनले भने।, निगमको विराटनगरस्थित प्रादेशिक कार्यालयले यसै साताबाट हप्तामा २० देखि २५ गाडी इन्धन बरौनीबाट ल्याउन थालेको छ।, ढुवानी व्यवसायीको दबाब र निगमको आपूर्ति व्यवस्थापन मिलाउने नाममा बरौनीका लागि हप्तामा एक दिन बढीमा २५ वटा गाडीलाई पीडिओ जारी गर्ने सहमति भएको ढुवानी व्यवसायीले बताएका छन्।, व्यवसायीको दबाबमा उल्टियो आयल निगमको निर्णय
सेतोपाटी संवाददाता भैंसीलाई घाँस हाल्न गोठमा गएको बेला मृत भेटिएकी रुकुम पश्चिमकी मनकला खड्काको मृत्यु प्रकरणमा उनकै परिवारभित्रका आफन्त पक्राउ परेका छन्। उनीहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।, त्रिवेणी गाउँपालिका–४ छहरे गाउँकी २६ वर्षीया युवती मनकला खड्का सोमबार राति मृत भेटिएकी थिइन्। , सोमबार बेलुका ६ बजेतिर भैंसीलाई घाँस हाल्न गोठमा गएकी उनी रातीसम्म पनि नफर्किएपछि परिवार र आफन्तले खोज्ने क्रममा मकै बारीको कान्लामा मृत भेटिएकी थिइन्।, उनको मृत्यु प्रकरणमा उनका परिवारभित्रका भतिजा नाता पर्ने एक जनासहित तीन जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, पक्राउ परेका तीन जनामध्ये पनि मनकलाको जेठाजुको छोरा (भतिजा) घटनाा संलग्न भएको देखिएको प्रहरीले जनायो। , उनको साथबाट मनकलाको गहना र अरू केही सामान पनि बरामद गरिएको छ।,  , रुकुम पश्चिमकी मनकलाको मृत्यु-प्रकरण: उनकै भतिजासहित तीन जना पक्राउ
सेतोपाटी संवाददाता राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड-१९ र बाढीपहिरोको प्रभावका बारेमा ध्यान दिने बताएका छन्।, बिहीबार बिहान भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन्।, उनले अब रेगुलर कामका साथै ओभरल प्लानिङको गुणस्तर बढाउने, अर्थ सहितका अन्य मन्त्रालयलाई छुट ब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको बताए।   , उपाध्यक्ष पौडेलले भने, ‘कोभिड र फ्ल्डको इम्प्याक्टको बारेमा हामीले हेर्नुपर्नेछ, त्यसपछि रेगुलर काम, ओभरल प्लानिङको गुणस्तर बढाउने र अर्थलगायत अरू मन्त्रालयहरूलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरू निकायहरूलाई बलियो बनाउने हाम्रो लक्ष्य छ, सरहरू र कर्मचारीबाट यही अपेक्षा छ।’, उनले आफ्नो बाँकी  कार्यकाल सरकारलाई  उपयोगी हुने काम गर्ने प्रतिज्ञा गरे।, कोभिड-१९ र बाढीपहिरोको प्रभावका बारेमा ध्यान दिन्छु : उपाध्यक्ष पौडेल
सेतोपाटी संवाददाता नेपाली सेनाले बख्तरबन्द गाडी (आर्मोर्ड भेहिकल)को सडकमा ड्राइभिङ अभ्यास गराउने भएको छ।, सेनाको मेकानाइज्ड युनिटहरूबाट सकल दर्जाहरूको ड्राइभिङ सीप अभिवृद्धि गर्न सडकमा बख्तरबन्दको अभ्यास गराउन लागेको नेपाली सेनाको मुख्यालय जंगी अड्डाले जनाएको छ।, आर्मोर्ड पर्सनल क्यारियर र माइन प्रोटेक्टिभ गाडीहरूको अभ्यास हुन लागेको हो। अभ्यासका लागि सेनाले स्थानीय प्रशासन र प्रहरीसँग समन्वय गर्ने बताएको छ।, बख्तरबन्दको अभ्यास हुने स्थान र मिति तालिका सेनाले सार्वजनिक गरेको छ।, काठमाडौंको सितापाइलामा तैनाथ गणले भदौ महिनादेखि चैतसम्म बख्तरबन्द गाडीको अभ्यास गर्न लागेको हो।, सो गणले भदौ १४ गते, असोज ११, कात्तिक १५, मंसिर १३, पुस १२, माघ १० गते, फागुन २३ र चैत १४ गते काठमाडौंमा बख्तरबन्दको अभ्यास गर्नेछ।, बख्तरबन्द ब्यारेकबाट स्वयम्भु-बालाजु-चक्रपथ-चाबहिल-गौशाला-कोटेश्वर-सातदोबाटो-कलंकी हुँदै ब्यारेक फिर्ता हुनेछ।, धनगढीको बोराडाँडी ब्यारेकले भने बिहीबार नै बख्तरबन्दको अभ्यास गर्नेछ भने अरू दिनको तालिका पनि सार्वजनिक गरेको छ।, त्यस्तै, इटहरीको ब्यारेकले पनि अभ्यास गर्न लागेको हो।,  ,  , सेनाले बख्तरबन्द गाडीको सडक अभ्यास गराउने
नारायण अधिकारी नेपालमा पाटेबाघ संरक्षणमा चुनौती रहे पनि सफलता मिलेको छ। नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या २५० पुर्‍याउने लक्ष्य नजिक पुगेको हो। नेपालका तराईसँगै पहाडी क्षेत्रमा समेत पाटे बाघ पाइन्छ।, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा दीपककुमार खराल बाघ संरक्षणमा नेपाललाई सफलता मिलेको बताउँछन्। , सफलतासँगै चुनौती रहेको भन्दै उनले रणनीतिक योजनामार्फत् संरक्षणमा जुटेको बताए। , उनले भने, ‘हामी लक्ष्यको नजिक छौं। यसै वर्ष बाघ गणना गर्छाैं।’ , सन् २०१८ को पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या २३५ रहेको छ। सबभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ रहेका छन्। , महानिर्देशक खराल सन् २०१८ यता बाघको सङ्ख्या बढेको दाबी गर्छन्। , उनले भने, ‘पछिल्ला वर्षहरूमा बाघको गतिविधि हेर्दा सङ्ख्या बढेको अनुमान गर्न सकिन्छ।’, बाघ संरक्षणमा विशेष कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ। , बाघको बासस्थानको पहिचान र सम्भाव्यता अध्ययन गरिँदै छ। बाघ पाइने ठाउँमा बासस्थान सुधार गर्ने भन्दै उनले भने, ‘आहारा प्रजाति बढाउन आवश्यक घाँसे मैदान, पानी पोखरी र सिमसार क्षेत्र सुधार कार्यक्रम अगाडि बढाउँछौं।’, बाघसम्बन्धी अध्ययन, अनुसन्धान, अनुगमन र प्रविधिको विकासको उपयोग गरिने उनको भनाइ छ। , मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि घटना भइसकेपछि राहत वितरणलाई सरलीकरण गर्ने, घाइते बाघका लागि उद्धार केन्द्र व्यवस्थित गर्ने, पहाडी क्षेत्रमा समेत बाघ देखिएकाले ती क्षेत्रमा बासस्थानको विकास गर्ने खराल बताउँछन्।, राष्ट्रिय प्रकृति संरक्षण कोषको सदर चिडियाखाना प्रमुखसमेत रहेका बाघ विशेषज्ञ डा चिरञ्जीवी पोखरेल चोरीशिकार रोक्नुपर्ने, मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउनुपर्ने तथा बासस्थान संरक्षण गर्नुपर्नेमा जोड दिन्छन्। , रणनीतिकरूपमा बाघ संरक्षणमा लाग्नुपर्ने उनको भनाइ छ। , उनले भने, ‘बाघ संरक्षणमा गरिएका प्रयासहरू अझै पर्याप्त छैनन्।’ , बाघको महत्वका बारेमा जनचेतना फैलाएर आम समुदायलाई संरक्षणमा केन्द्रित गर्नुपर्ने उनको भनाइ छ।, बाघले मानव आक्रमण गर्दैगर्दा रोगव्याधि लगायतका समस्याले कमजोर भएर आक्रमण गरेको हुनसक्ने भएकाले सूक्ष्म अध्ययन आवश्यक भएको पोखरेलको भनाइ छ। , उनले भने, ‘बाघ कमजोर भएर मानवलाई आक्रमण गर्छ।’ , बाघले मानवलाई कम क्षति गर्ने गरी संरक्षणका योजना बनाउनुपर्नेमा उनको जोड छ। , नेपालमै सबभन्दा बढी बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्नेमा जोड दिन्छन्। वनमा आश्रित हुन बाध्य समुदायलाई समयमै वैकल्पिक पेशामा लगाउन सकिएमा द्वन्द्व घट्ने उनको तर्क छ। , सन् २०१४ मा यहाँको वरण्डाभार क्षेत्रमा भेटिएको बाघ सन् २०१८ को गणनामा नभेटिएकोमा हालै मात्र तस्करहरूसँग उक्त बाघको छाला र हड्डी फेला परेको उल्लेख गर्दै उनले भने, ‘बाघको चोरीशिकार थाहा नहुने ढंगले भएको हुन सक्छ।’, दुर्लभ एकसिङ्गे गैंडा र बाघको संरक्षणमा केन्द्रित यस निकुञ्जका प्रमुख बराल गैंडाको चोरीशिकार भएको थाहा हुने भए पनि बाघको कतिपय घटना थाहा नहुने बताउँछन्।, तस्करले बाघ मारेर अवशेष नछोडी लान सक्ने भएकाले चोरीशिकारी नियन्त्रणमा फरक रणनीतिका साथ लाग्नुपर्ने उनको भनाइ छ। , भित्रभित्रै चोरीशिकार हुँदा भारतमा बाघ मासिएको थाहा नभएको उदाहरण दिँदै उनले भने, ‘बाघको चोरीशिकारी नियन्त्रणका लागि सबै लाग्नुपर्छ।’, सन् २०१० मा लागू गरिएको बाघ संरक्षण विशेष कार्यक्रम हाल नभएको भन्दै उनले विशेष योजना बनाएर संरक्षणमा जुट्नुपर्ने अवस्था आएको बताए।, उनले भने, ‘विशेष कार्यक्रम लागू भएमा बजेट हुने र सोहीअनुसारको कार्यक्रम लागू गर्न सकिन्छ।’ , हाल बाघ संरक्षणमा नारा भए पनि बजेट नभएको उनको गुनासो छ। बाघ प्रायः मानव बस्तीमा आउँदैन। आफ्नै आधार इलाका बनाएर बाघ बस्ने गर्दछ। , पाटेबाघ विश्वका १३ देशमा पाइन्छ। विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो। , सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पुर्‍याउने प्रतिबद्धता गरेको थियो। जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको छ। रासस, अन्तर्राष्ट्रिय बाघ दिवस : चुनौतीका बीच सफलता
सेतोपाटी संवाददाता स्थानीय भाषा, कला, संस्कृति, वेषभूषा र स्थानीय परिवेश समेटेर यहाँका दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् । , पाटन, मेलौली नगरपालिका, शिवनाथ र डिलाशैनी गाउँपालिकाले पाठ्यक्रम तयार गरेका हुन् । कक्षा १ देखि ३ सम्मको आधारभूत तहका लागि पाठ्यक्रम निर्माण गरिएको हो। ती पालिकाले चालू शैक्षिक सत्रबाटै पाठ्यक्रम लागू गर्ने डिलाशैनीका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताए।, विद्यार्थीलाई स्थानीय परिवेशका विषयमा जानकारी दिने उद्देश्यसहित ‘हाम्रो डिलाशैनी’ र ‘पाटन परिचय’ पाठ्यक्रम निर्माण गरिएको  हो। पाटनका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टका अनुसार पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, धार्मिक सम्पदालगायतका कुरा समेटिएका छन् । , यस्तै मेलौलीले पनि ,‘हाम्रो मेलौली’, नाम दिएर कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम तयार पारेको छ। नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टका अनुसार विद्यार्थीमा स्थानीय परिवेशको सिकाइ उपलब्धि हासिल गर्नका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको हो। जिल्लाको शिवनाथले पनि आफ्नै पाठ्यक्रम निर्माण गरेको छ। , स्थानीय पाठ्यक्रम निर्माण गर्ने शिवनाथ जिल्लामै पहिलो स्थानीय तह समेत हो। स्थानीय परिवेशका बारेमा जानकारी दिनका लागि पाठ्यक्रम निर्माण गर्नु राम्रो कार्य भएको अभिभावकको भनाइ छ। दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि पाठ्यक्रम निर्माण जारी रहेको जनाएका छन्। ,रासस, बैतडीका चार पालिकाले तयार पारे स्थानीय पाठ्यक्रम
सेतोपाटी त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ।, यसै आर्थिक वर्षबाट सो विषयको अध्यापन गराउन लागिएको हो।, विश्वविद्यालयले आउँदो भदौ १६ गतेदेखि सो विषयको प्रथम सेमेष्टरको पठनपाठन गर्ने तयारी गरेको कार्यक्रम संयोजक डा योगेश रञ्जितले जानकारी दिए। दुई वर्षे यो विषय पढ्नका लागि रु एक लाख ७३ हजार लाग्ने जनाइएको छ।, विश्वमा नभएको अन्तर्राष्ट्रियस्तरको पढाइलाई ध्यान दिएर अगाडि बढ्न आवश्यक  छ भन्दै संकाय डिन डा कुसुम शाक्यले नेपालमा यस विषयको पढाइले समाज परिवर्तनका लगि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। , नेपाल सरकारका विभिन्न निकायका साथै  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय र सहकार्य गरेर भ्रष्टाचार न्यूनीकरण गर्ने योजना रहेको बताएका सामाजिक अभियान्ता भरत जङ्गमले  पाँच दशकपछि आफ्नो सपना साकार भएकामा खुसी व्यक्त गरे।, भ्रष्टाचारविरूद्धको  विषयमा पढाइ हुने विश्वमै  नेपालको त्रिभुवन विश्वविद्यालय पहिलो भएको उनको जिकिर थियो। , अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख डा शिवलाल अधिकारीले सबै क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणका लागि विज्ञ व्यक्तिको आवश्यकता पर्ने भएकाले यो विषयको अध्ययनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा रोजगरीको अवसर मिल्ने विश्वास व्यक्त गरे।रासस, त्रिविमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय पढाइ हुने
सेतोपाटी संवाददाता नागरिक दैनिकमा कार्यरत् पत्रकार कार्यालय अगाडि धर्नामा बसेका छन्।, नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकसँग आवद्ध ती पत्रकारले तीन वर्षदेखि काम गरेको पारिश्रमिक नदिएपछि धर्नामा बस्नुपरेको बताएका छन्।, बुधबारबाट ती पत्रकारले कार्यालय समयबाट धर्ना दिइरहेका छन्। धर्नामा बस्ने पत्रकारमध्ये पाँचथरका नेपाल पत्रकार महासंघ अध्यक्ष गिरिराज बाँस्कोटा र सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्री पनि छन्।, उनका अनुसार धर्नाअघि इमेल, जिल्ला ब्युरो, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, रिपब्लिक मिडियाको मानव संशाधन शामा बोदार्थ गरिएको थियो। ध्यानाकर्षण पत्रमा साउन १० गतेभित्र सबै पारिश्रमिक भुक्तानी नगरिए ११ गतेबाट कार्यालयमा धर्ना एवम् तालाबन्दी लगायतको कार्यक्रम गर्ने जानकारी गराइएको थियो।, ‘तर, प्रधान सम्पादक गुणराज लुइँटेल र मानव संशाधनका कर्मचारीबाट कुनै सुनुवाइ भएन। त्यसपछि प्रवन्ध निर्देशक विनोदराज ज्ञवालीलाई भेट्न खोज्दा नदिइएपछि धर्नामा बस्यौं,‘ पाँचथर संवाददाता बाँस्कोटाले भने।, धर्नाका बसेका सबै पत्रकार स्ट्रिञ्जर पदमा कार्यरत् थिए। उनीहरूलाई लामो समयदेखि बढुवा पनि गरिएको छैन।, ‘कसैको दुई, कसैको अढाइ, कसैको तीन वर्षदेखि पारिश्रमिक दिइएको छैन,’ बाँस्कोटाले भने।, बाँस्कोटाका अनुसार धर्ना सुरू गर्नुअघि भेट्दा प्रधान सम्पादक लुइँटेलले किस्ताबन्दीमा पैसा दिने भनी आश्वस्त पार्न खोजेका थिए। ‘हामीले त्यस्तो आश्वासनमा विश्वास गरेनौं, कसैको समाचार छापिएको छैन, सेवाबाट हटाएको जानकारी पनि आएको छैन,’ बाँस्कोटा भन्छन्।, बाँस्कोटाले श्रमजीवी पत्रकार ऐन पनि रिपब्लिक मिडियामा लागू नभएको गुनासो। बाँस्कोटाका अनुसार अहिले छ जना धर्नामा बसिरहेका छन्। धर्नामा पारिश्रमिक नपाएका अन्य १८ जना पत्रकारले ऐक्यवद्धता जनाएका छन्।, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी धर्नामा बसेका पत्रकारहरूकहाँ बुधबार पुगेका थिए।, पत्रकार महासंघका महासचिव रोशन पुरीले व्यवस्थापनलाई बिहीबार लिखित रूपमा समस्या समाधान गर्न अल्टिमेटम दिइएको बताए।, ‘यसअघि पनि नागरिकमा धर्ना भएको थियो, हामीले पटक-पटक मौखिक रूपमा भन्यौं, कुरा सकारात्मक गर्ने तर काम नगर्ने भएकाले लिखित रूपमै चिठी काटेका छौं,’ पुरीले भने।, तत्काल समस्या समाधान नगरे पत्रकारहरूको सेवा सुविधा र हकहितका लागि दबाबमूलक संघर्षका कार्यक्रम गर्ने चेतावनी पनि महासंघले दिएको उनले बताए।, प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले पत्रकारहरूको मागबारे आफू छलफलमा रहेको बताए। ‘म धर्नामा बसेका साथीहरूको मागबारे छलफलमा छु,’ उनले भने।, प्रधान सम्पादक लुइँटेलले यो विषयबारे आफूलाई नसोध्न अनुरोध गरे। उनले पत्रकारहरूले पैसा पाइरहेको जानकारी आफूले पाएको बताए।  , तीन वर्षदेखि पैसा नदिएको भन्दै नागरिक दैनिकमा पत्रकारहरूको धर्ना
सेतोपाटी संवाददाता झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले झूटो विवरण पेश गरी नागरिकता बनाएको आरोपमा भारत घर भई पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीया कविता कुमारी भन्ने सीता पटेल र नक्कली बुवा बनेका ५१ वर्षीय धुरूपप्रसाद पटेललाई पक्राउ गरेको छ।, उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले जानकारी दिए।, सीता पटेलले जिल्ला प्रशासन कार्यालय पर्सामा झूटो विवरण पेश गरेर नेपाली नागरिकता बनाएकी थिइन्। नेपाली नागरिकता बनाएको सूचना पाएपछि वीरगञ्ज-१३ श्रीपुरबाट सीतालाई पक्राउ गरेको थियो।, प्रहरीले उनको ब्यागबाट २०७९ साल पुस ११ गते जारी भएको ना.प्र.नं.३४-०१-७०-१०३५२ नम्बरको नागरिकता फेला पारेको थियो। सो नागरिकता बनाउन धुरुपप्रसाद पटेल बुवा बनेका थिए।, सो कुरा खुलेसँगै नक्कली बुवा धुरुपप्रसादलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।, उनीहरू दुवै जनालाई नागरिकतासम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान अघि बढाएको छ।,  , झूटो विवरण बुझाएर नागरिकता बनाएको आरोपमा दुई पक्राउ
रामबहादुर थापा युद्धपछि उठेको थलो हो, ताराखोला। यससँग संघर्षको आफ्नै कथा छ। प्राकृतिक र सांस्कृतिक वैभवयुक्त ताराखोलालाई हिजोको चिनारीले मात्र अब पुग्दैन। अविकसित, गरिबी र पछौटेपनबाट मुक्त हुन ताराखोला सङ्घर्ष गरिरहेको छ। आफ्नै बलबुतोमा समृद्धितिर यात्रारत छ। , तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धको रापताप सबभन्दा बढी यसैले नै झेल्यो। मानव मुक्ति र व्यवस्था परिवर्तनका खातिर यहाँका कैयन व्यक्तिले प्राणको उत्सर्ग गरे। कोही बेपत्ता छन्। कुनैताका युद्धले थिलोथिलो भएको ताराखोला अहिले जुर्मुराएको छ।, परिवर्तित व्यवस्थाको जगलाई बलियो पार्दै जनतालाई विकास र सुशासनको अनुभूति दिलाउन तल्लीन छ। , मुलुकमा तीन तहको शासकीय प्रणाली लागू भएसँगै ताराखोला स्थानीय सरकारका रूपमा गाउँपालिकामा बदलियो। , यसलाई त्यसबेला ‘गाउँको सिंहदरबार’समेत भनेर नारा दिइयो। त्यो भनेको सिंहदरबारको अधिकार गाउँ-गाउँमा पुग्ने भन्ने नै थियो।, ‘गाउँको सिंहदरबार’का रूपमा ताराखोलाले निर्वाह गरेको भूमिकाको समयक्रममा लेखाजोखा त हुँदै जाला  तर पनि स्रोतको सीमितता, दक्ष मानव संशाधनको अभाव, भौगोलिक कठिनाइ र नागरिक सशक्तीकरणको कमीका बाबजुद पनि पूर्वाधार विकास तथा नागरिक सेवामा ताराखोलाले मारिरहेको फड्कोलाई स्वीकार्न कठिन छैन।, स्थानीय तह बनेर जनप्रतिनिधि आएको भर्खर चार वर्ष बितेको छ। , सुरूका दुई वर्ष त स्थानीय तहले प्रभावकारी ढङ्गले कामै गर्न सकेनन्। नयाँ व्यवस्था र संरचनामा काम गरेर छोटो अवधिमै नतिजा दिनु चुनौतीपूर्ण त छँदै थियो त्यहीँमाथि लामो समयसम्म कमर्चारी नपाउने, अधिकारको प्रत्यायोजन नहुने समस्या स्थानीय तहले व्यहोरे।, ऐन, कानूनहरूको प्रबन्ध पनि ढिलो गरी भयो। त्यस किसिमको स्थितिबीच पनि स्थानीय तहले जनताको विकासप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्न पछि परेनन्। आ–आफ्नो विशिष्ट परिस्थिति, विशेषता र शैलीअनुरूप जनताको सेवामा लागिरहे। ताराखोला पनि तिनैमध्येको एक हो जसले जनतालाई प्रत्यक्ष अनुभूति हुने तहमा ओर्लेर कर्तव्य निर्वाह गरिरहेको छ।, पूर्वाधारमा फड्को, ‘समृद्ध ताराखोला’को लक्ष्यसहित गाउँपालिकाले दुई वर्षअघि प्रथम पञ्चवर्षीय योजना तयार पार्‍यो। विज्ञ, परामर्शदाता लगायतको सहयोगमा बनेको उक्त आवधिक योजनाअनुसार विकास गतिविधि सञ्चालित छन्। , पाँच वर्षका लागि योजनावद्ध विकासको खाका कोरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए। ताराखोलाको सपना र भविष्यसँग जोडिएको पञ्चवर्षीय योजनाले ‘आत्मनिर्भर ताराखोला’को लक्ष्यसमेत किटान गरेको छ।, आवधिक योजनाले तोकेबमोजिम नै विकास योजनाले गति लिएका छन्। समृद्धि हासिल गर्ने पहिलो खुड्किलोका रूपमा पूर्वाधार र संरचना निर्माणलाई ताराखोलाले पनि ग्रहण गरेको छ। सोहीअनुरूप पूर्वाधारका क्षेत्रमा लगानी केन्द्रित छ। सडक, विद्युत्, खानेपानी, सिँचाइसहित शिक्षा र स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने गरी बजेट र कार्यक्रममा प्राथमिकता दिइएको छ। मानव विकास, सामाजिक उत्थान, सशक्तीकरण र संस्कृति संरक्षणका क्षेत्रमा पनि गाउँपालिका उत्तिकै अग्रसर छ।, सडकतर्फ चक्रपथ निर्माण, गाउँपालिका केन्द्रसम्मको सडक कालोपत्र, अन्य मुख्य सडकको स्तरोन्नति र कालोपत्र योजना अघि बढेको छ। , यस्तै गाउँपालिकालाई छिमेकी पालिका र जिल्लासँग जोड्ने सडकलाई पनि विशेष जोड दिइएको अध्यक्ष घर्तीले बताए। , सडक बोर्डले रणनीतिक सडकका रूपमा लिएको रिजालचोक–अमरभूमि–तारा–म्याग्दी शहीद मार्गलाई गाउँपालिकाले पनि रणनीतिक सडकमार्गका रूपमा स्वीकार गरेको छ। ३५ किमी दूरीको उक्त सडक कालोपत्रका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। गलकोट नगरपालिका, ताराखोला हुँदै म्याग्दीको रुम जोडिने सडक पनि अहिले धमाधम स्तरोन्नति भइरहेको छ।, यी दुई रणनीतिक सडकलाई ताराखोलाको ‘लाइफ लाइन’मा रूपमा हेरिएको छ।, गाउँपालिकाको आफ्नै लगानीमा पनि सडक विस्तारको काम भइरहेको छ। गाउँपालिकाले वडा नं १ को भुस्कात र अमरभूमि जोड्ने सडक बनाएपछि गाउँपालिका केन्द्र भातखाने डाँडा आउने दूरी छोटिएको छ। बस्ती जोड्ने र गाउँका भित्री सडकमा पनि गाउँपालिकाले काम गरिरहेको छ।, संघ र प्रदेश सरकारसँगको लागत साझेदारीमा वडा नं १ भुस्कातमा ‘औद्योगिक ग्राम’ निर्माणाधीन अवस्थामा छ। , ‘ग्राम सञ्चालनमा आउँदा स्थानीय स्रोत, सीप र प्रविधिको उपयोग हुनुका साथै गाउँमै उद्यमशीलता विकास र रोजगारी सिर्जना हुनेछ’, उनले भने। , यही वर्षको अन्त्यसम्ममा ग्राम सञ्चालनमा ल्याइने भएको छ। ताराखोलाको पहिचानका रूपमा चिनिने ‘स्लेट ढुङ्गा’, नेपाली हाते कागज, पेय पदार्थ, जडिबुटी तथा कृषि र पशुजन्य उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने गाउँपालिकाको योजना छ।, जिल्लामै पहिलो र सबभन्दा ठूलो सभागृह बनाएर ताराखोलाले अरू स्थानीय तहलाई उछिनेको छ। जबकि सदरमुकाम रहेको बागलुङ नगरपालिकामासमेत व्यवस्थित सभाकक्ष छैन। नगरसभासमेत ‘पार्टी प्यालेस’मा गर्नुपर्ने बाध्यता छ। ताराखोलाले वडा नं २ अर्गलमा ५०० जना क्षमताको सभागृह बनाएको छ। , रु दुई करोड ६७ लाखमा बनेको सभागृहमा गण्डकी प्रदेश सरकार र गाउँपालिकाको ६०/४० को लागत साझेदारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए। , मगर बाहुल्य रहेको ताराखोलाले बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणलाई पनि तीव्रता दिएको छ। परापूर्वकालीन समाज, संस्कृति र जीवनशैलीको झल्को दिने गरी बन्न लागेको सङ्ग्रहालयको ६० प्रतिशत काम पूरा भएको जनाइएको छ। , रु दुई करोड १६ लाख बजेटमा निर्माण भइरहेको सङ्ग्रहालयमा पर्यटन मन्त्रालय, सांसद विकास कोष र गाउँपालिकाको संयुक्त लगानी परेको छ।, ताराखोला जोड्ने मुख्य सडकको तरिम र साँघुबोटमा दुई पक्की पुल यही अवधिमा बनेका छन्। बाँकी पुल बन्ने चरणमा छन्। जिल्लाका अधिकांश स्थानीय तह भाडाका घरबाट चलिरहेका बेला ताराखोला भने आफ्नै भवनबाट सञ्चालित छ। , रु पाँच करोड ६० लाखको लागतमा नयाँ प्रशासनिक भवन बनिरहेको छ। प्रदेश सरकारसँगको साझेदारीमा निर्माणाधीन उक्त भवन आउँदो वैशाखसम्ममा सक्ने योजना छ।, यही वर्ष वडा नं ४ को भवन पनि बनेको छ। सोही वडाको दोगाडीमा गाउँपालिकास्तरीय रङ्गशाला निर्माणाधीन छ। वडा नं ५ को ठूलो हिलेमा पनि नयाँ खेलमैदान बनेको छ। , ‘पूर्वाधातर्फका योजना केही सम्पन्न भए, केही डिपिआर बनेर निर्माणको चरणमा छन्’, अध्यक्ष घर्तीले भने, ‘शहीद उद्यानसहित पर्यटकीय पूर्वाधारका काम पनि अघि बढाइएको छ।’, जनयुद्धताका तत्कालीन सरकारी सुरक्षा फौजले चार माओवादी कार्यकर्तालाई हत्या गरेको वडा नं. २ अर्गलको गयार भन्ने स्थानमा शहीद उद्यान बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ। , पर्यटन मन्त्रालयबाट बजेट ल्याएर उद्यान बनाउने तयारीमा गाउँपालिका छ। माओवादी आन्दोलनमा ताराखोलाका २१  शहीद बनेका थिए भने दुई अझै बेपत्ता छन्।, वडा नं. ५ को करिमेलालाई पनि ‘ढुङ्गेनी गाउँ’का रुपमा विकास गरी पर्यटक भित्राउने लक्ष्यअनुरुप पूर्वाधार निर्माणलाई अघि बढाइने भएको छ ।, वडा नं. १ मा अवस्थित पर्यटकीय गाईघाट क्षेत्रमा पनि पर्यटकीय पूर्वाधार थपिने गाउँपालिकाले जनाएको छ। सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार झरनाछेउ ‘रिसोर्ट’ पनि बन्दैछ । सय रोपनी जग्गामा आउँदो असोजदेखि ‘रिसोर्ट’को काम सुरू हुने जनाइएको छ। त्यसमा गाउँपालिकाको पनि लागत साझेदारी रहनेछ।, वडा नं. ५ हिले, वडा नं. १ को अमरभूमिलगायतका पर्यटकीय सम्भावनायुक्त स्थलमा पूर्वाधार खडा गरी पर्यटन प्रवद्र्धन गर्ने योजना गाउँपालिकाको छ। पर्यटकीय गतिविधि बढाउनकै लागि गाउँपालिको आर्थिक सहयोगमा वडा नं. २ मा ‘किकल्टा घरवास’ र ५ मा ‘हिले घरवास’ सञ्चालनमा ल्याइएको छ।, घरवास सञ्चालनका लागि पहिलो वर्ष रु. पाँच लाखका दरले अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए। , यीबाहेक प्रदेश सरकारको अनुदान लिएका दुई घरवास पनि ताराखोलामा सञ्चालित छन्। पर्यटक भित्राउन यसअघि घोषित ‘ताराखोला भ्रमण वर्ष’ भने कोभिड–१९ ले बिथोलिएको थियो। , व्यवस्थित सडक, पर्यटकीय पूर्वाधार र गन्त्व्यस्थल पहिचान गर्न सके पर्यटनमा पनि ताराखोलाको प्रचुर सम्भावना छ। शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा क्षेत्रमा पनि ताराखोला क्रमिक सुधारतर्फ अग्रसर छ। रासस, समृद्धिका यात्रामा लम्कँदै ताराखोला
सेतोपाटी संवाददाता बाघका लागि बर्दिया राष्ट्रिय निकुञ्ज संसारमै प्रख्यात छ। त्यहाँ ८५ वटा बयस्क बाघ छन्। स–साना डम्मरुको संख्या पनि उल्लेख्य छ। निकुञ्जमा चैतदेखि असारसम्म बाघ हेर्न सकिन्छ। गर्मीमा ती पानी खान र डुबुल्कि मार्न निकुञ्जका खोलामा आउँछन्। घन्टौं बस्छन्। त्यतिबेला टाढैबाट तिनका तस्बिर खिच्न सकिन्छ। धेरैले यस्ता तस्बिर खिचेका छन्।, पछिल्लो समय बर्दियाकै रैथाने दिपक राजवंशी बाघका आकर्षक तस्बिर खिचेर चर्चामा आएका छन्। ६ वर्षदेखि नेचर गाइडका रुपमा काम गर्दै आएका राजबंशीले बाघका विभिन्न तस्बिहरू खिचेका छन्।, बाघका धेरै खाले तस्बिर खिचेका छन् उनले। नजिकैबाट पनि खिचेका छन्। मन र मुटु दरो बनाएर खिच्छन्। बाघको मात्र होइन, जंगली हात्ती, गैंडा, चराचुरुङी लगायत थारु संस्कृति र जीवनशैलीका थुप्रै तस्बिर खिचेका छन् उनले।, नेपालमा पाटेबाघ संरक्षणमा चुनौती रहे पनि सफलता मिलेको छ। नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या २५० पुर्‍याउने लक्ष्य नजिक पुगेको हो। नेपालका तराईसँगै पहाडी क्षेत्रमा समेत पाटे बाघ पाइन्छ।, सन् २०१८ को पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या २३५ रहेको छ। सबभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ रहेका छन्।  पाटेबाघ विश्वका १३ देशमा पाइन्छ।, हेर्नुहोस् बाघका केही तस्बिरहरू, बाघका आकर्षक तस्बिरहरू
युवराज श्रेष्ठ त्रिभुवन विश्वविद्यालयअन्तर्गत पोखराको पृथ्वीनारायण क्याम्पस हातामा २ वटा यस्ता शौचालय छन्। जसलाई शौचालय मान्न विद्यार्थी तयार छैनन्। क्याम्पसको खुला ठाउँमा चारैतर्फ जस्ता पाताले बारिएका छन्। एउटा छेउबाट भित्र छिर्न ठाउँ राखिएको छ। तर ढोका राखिएको छैन।, यी दुई शौचालय एउटा क्याम्पस भवनसँगै जोडिएको छ भने अर्को खुला चौरमा छ। शौचालयभित्र हुनुपर्ने सामग्री केही पनि छैन। जस्तापाताले बारिएको शौचालयभित्र दुई वटा ब्लक राखिएको छ। तर खाल्डोसमेत छैन। त्यही ब्लकमा बसेर शौच गर्न बाध्य छन् देशकै ठूलो पृथ्वीनारायण क्याम्पसका विद्यार्थी।, शौचालयमा पानी र साबुन अनिवार्य हुनुपर्ने हो। कोरोना भाइरसको महामारीका बेला त झनै चाहिने हुन्। खाल्डोसमेत नभएको खुला चौरमा शौच गर्न जाँदा विद्यार्थीले साबुन लगाएर हात धुनसमेत पाउँदैनन्। शौच गर्नसमेत यस्तो अप्ठेरो अवस्था क्याम्पस प्रशासनले वर्षौंदेखि लादेको विद्यार्थीको भनाइ छ।, त्रिभुवन विश्वविद्यालयअन्तर्गत अहिले देशभर स्नातक पहिलो वर्षको परीक्षा चलिरहेको छ। साउन १० देखि सुरू भएको परीक्षा २४ गते सकिन्छ। पृथ्वीनारायण क्याम्पसले परीक्षा दिन आउने विद्यार्थीका लागि उक्त शौचालय बनाएको हो। पृथ्वीनारायण क्याम्पसमा अहिले ५ हजार बढी विद्यार्थीले स्नातक पहिलो वर्षको परीक्षा दिँदैछन्। परीक्षा दिने विद्यार्थीलाई क्याम्पसको पक्की शौचालय प्रयोग गर्न प्रशासनले रोकेको छ।, स्नातक पहिलो वर्षको परीक्षा दिन गएकी विद्यार्थी विनिता पौडेल क्याम्पसको शौचालय देखेर हैरानीमा छिन्।, ‘यस्तो शौचालय जान एकदमै अप्ठेरो लागेको छ,’ उनले भनिन्, ‘सकेसम्म यस्तो शौचालय जान नपरोस् भनेर जाँदैनौं।’, रजश्वला भएका विद्यार्थी त झनै यस्तो शौचालय प्रयोग गर्न नसक्ने उनले बताइन्।, विनिताका अनुसार शौचालय जाँदा पनि बाहिर अर्को साथी राख्नुपर्छ। शौचालयको ढोका छैन। अर्को साथीलाई बाहिर मान्छे हेर्न राखेरमात्रै भित्र शौच गर्नुपर्ने अवस्था रहेको विनिताले बताइन्। परीक्षा सुरू भएको पहिलो दिनमै ५/७ जना विद्यार्थी लाइनमा बसेर यस्तो शौचालयमा शौच गर्नु परेको उनको अनुभव छ।, अर्कोतर्फ पुरुष शौचालयको अवस्था झनै खराब छ। महिला शौचालयभित्र मान्छे नदेखिने गरी जस्तापाताले बारिएको  छ। पुरुष शौचालयमा त्यति पनि बारिएको छैन। जस्तापाताले शौचालयको बीच भागमात्र बारिएको छ। शौचालयको तल्लो भाग र माथिल्लो भाग ह्वाङ्ङै छ। जसका कारण शौचालय गएको विद्यार्थीलाई टाढैबाट मान्छे चिनिने गरी देख्न सकिने परीक्षा दिँदै गरेका अर्का विद्यार्थी सौगात तिमिल्सिनाले बताए।, ‘यस्तो शौचालय बनाउन नहुने हो, फोहोर पनि उस्तै छ,’ सौगातले भने, ‘म त सकेसम्म शौचालय नै जाँदिनँ।’, कोरोना महामारीका बेला स्वास्थ्य मापदण्ड पनि पूरा नगरी यस्तो शौचालय बनाएको सौगातले बताए। जहाँ पानी र साबुन छैन, शौच गर्न सामान्य खाल्डोसमेत छैन। त्रिभुवन विश्वविद्यालयकै सबैभन्दा ठूलो क्याम्पसमा विद्यार्थीलाई यस्तो शौचालयमा शौच गर्न पठाउनु क्याम्पस प्रशासनको मात्र नभई विश्वविद्यालयकै बदनाम भएको विद्यार्थीको भनाइ छ।, त्रिभुवन विश्वविद्यालयले जारी गरेको परीक्षासम्बन्धी मापदण्डमा एउटा कक्षामा बढीमा २५ जनामात्र विद्यार्थी राख्न भनेको छ। एउटा डेस्कमा एक जनामात्र विद्यार्थी राख्न भनेको छ। पृथ्वीनारायण क्याम्पसले उक्त मापदण्ड पनि पालना नगरेको विद्यार्थी सौगातले बताए। उनका अनुसार अहिले एउटा कक्षामा ४० जना विद्यार्थी राखेर परीक्षा चलाएको छ। एउटा डेस्कमा २ जना विद्यार्थी राखेको छ।, एमनेष्टी इन्टरनेशनल नेपाल, बाराही युथ नेटवर्कले बुधबार क्याम्पस प्रमुख डाक्टर सरोज कोइरालालाई ज्ञापन पत्र बुझाएर यस्ता शौचालय प्रयोग नगर्न आग्रह गरेको छ। सामान्य स्वास्थ्य मापदण्डसमेत ख्याल नगरी विद्यार्थीलाई यस्तो असुरक्षित शौचालय पठाउनु गलत भएको भन्दै नेटवर्कका संयोजक अश्विनकुमार कार्कीले विद्यार्थीको स्वास्थ्य सम्बन्धी मौलिक हक पालना गर्न र सुरक्षित शौचालय प्रयोग गर्न आग्रह गरेका छन्।, क्याम्पस प्रमुख कोइरालाले बीसौं वर्षदेखि परीक्षामा यस्तै शौचालय प्रयोग हुँदै आएको बताए।, ‘पहिले-पहिले झन् भकारीले बारेर अस्थायी शौचालय बनाइन्थ्यो’, उनले भने, ‘विद्यार्थीले चिट चोर्न नपाऊन् भनेर यस्तो शौचालय बनाएका हौं।’, विद्यार्थीका लागि नजिकै धारा भएको भन्दै उनले बिहीबारदेखि त्यही अस्थायी शौचालयमा पनि बाल्टिनमा पानी र साबुन राखिदिने बताए। बाहिर रहेको धारामा साबुन राख्दा विद्यार्थीले ५ मिनेटमै हराइदिने उनले बताए। क्याम्पसमा अहिले १४ हजार विद्यार्थी अध्ययनरत छन्।, पक्की शौचालय खोल्यो भने विद्यार्थीका चिट शौचालयको प्यानमा फाल्ने र सफा गर्नसमेत गाह्रो हुने उनले बताए।, ‘पक्की शौचालय खोल्दा विद्यार्थीले चिटिङ गर्छन्, चिट प्यानमै फाल्दिन्छन्,’ उनले भने, ‘यो समस्या गम्भीर छ, त्यही भएर पक्की शौचालय खोल्न सक्दैनौं।’, कोरोनाभाइरसका कारण परीक्षामा सहभागी विद्यार्थीलाई चेकजाँच गर्न नसकेको कोइरालाले बताए।, ‘कोरोना आउनुअघि गेटमै चेकजाँच गरेरमात्र परीक्षार्थी भित्र आउनुहुन्थ्यो,’ उनले भने, ‘अहिले त्यसरी चेकजाँच गर्न सकिँदैन।’, परीक्षा दिन आएका विद्यार्थी रजश्वला र दिसा बस्न जाने विद्यार्थीलाई भने पक्की शौचालय खुलाइदिएको उनले दाबी गरे।, ‘यस्ता विद्यार्थीले निरीक्षकलाई भनेर पक्की शौचालय जान सक्छन्,’ उनले भने, ‘अनावश्यक रूपमा यो विषय उप्काउन जरूरी छैन।’, चिट चोर्न नपाऊन् भनेर पृथ्वीनारायण क्याम्पसमा टिनले बारेको शौचालय
सेतोपाटी संवाददाता एक महिलामाथि बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन्।, इलाका प्रहरी कार्यालय इटहरीले सप्तरी बोदेबर्साइन नगरपालिकाका प्रहरी सहायक निरीक्षक जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको हो।, जाहेरीपछि उनी सोमबार आफैं प्रहरी कार्यालयमा हाजिर हुन आएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।, उनीविरूद्ध २३ वर्षीया महिलाले  गत साउन ९ गते प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। आफूमाथि गत चैत २८ गते बलात्कार भएको भन्दै ती युवतीले जाहेरी दिएकी छन्। मण्डल ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत थिए।, प्रहरीले उनीविरूद्ध थप अनुसन्धान अघि बढाएको छ।,  , महिलामाथि बलात्कार गरेको आरोपमा असई पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको जोरपाटीबाट जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।, मंगलबार दिउँसो प्रहरीले विशेष सूचनाको आधारमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका घर भई जोरपाटी डेरा गरी बस्ने ४६ वर्षीय प्रेम लामाको कोठाबाट १० जनालाई पक्राउ गरेको हो।, उनीहरूबाट एक लाख ९७ हजार ५ सय रूपैयाँ प्रहरीले बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, उनीहरूमाथि प्रहरीले थप अनुसन्धान र कारबाही गर्न महानगरीय प्रहरी वृत्त बौद्धमा बुझाएको छ।, जोरपाटीबाट झण्डै दुई लाख नगदसहित १० जुवाडे पक्राउ
सेतोपाटी संवाददाता खोटाङ प्रहरीले ३ वटा एकनाले भरूवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ।, प्रहरीले घरमा भरुवा बन्दुक लुकाइराखेको भन्ने सूचनाको आधारमा छापा हान्दा तीन नाल भरुवा बन्दुकसहित उनीहरूलाई पक्राउ गरेको खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए।, दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका-१० पाथेका बानियाँ गाउँको सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य ५९ वर्षीय पर्शुराम बानियाँ, ६९ वर्षीय मदनबहादुर बानियाँ र ३३ वर्षीय मिलन बानियाँलाई पक्राउ गरेको हो।, प्रहरीले खानतलासी गर्दा उनीहरूको घरबाट भरूवा बन्दुक तथा छर्रा बरामद गरेको हो।, पक्राउ गरिएका तीन जनाविरूद्ध हातहतियार खरखजनासम्बन्धी मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। , रुपाकोट मझुवागडी नगरपालिकाका वडा सदस्यसहित तीन जनाको घरमा बन्दुक फेला