content
stringlengths
20
64.1k
विवेक राई मंगलबार डेढ महिनायताकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गएको २४ घण्टामा ३ हजार ८९९ जनामा संक्रमण देखिएको छ। , गत असारको पहिलो सातादेखि साउनको दोस्रो सातासम्म स्थिर रहेको संक्रमण फेरि बढ्न थालेको हो। उक्त अवधिबीच दैनिक २ देखि ३ हजार जनामा मात्र संक...
सेतोपाटी संवाददाता पर्सा प्रहरीले २७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय टोलीले मंगलबार दिउँसो पटेर्वासुगौलीको गाउँपालिका वडा नम्बर ४ बाट गाँजासहित एक जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा सोही गाउँपालिका-४ का ६५ वर्षीय वासुदेव माझी छन्। उनी गाँजाको बोरा बोकेर हिँडिरहेका थिए।, बिहान झिसमि...
सेतोपाटी संवाददाता कोरोनाभाइरस नियन्त्रणका लागि बुधबार राति १२ बजेबाट मेचीनगर नगरपालिका एक हप्ता सिल गरिने भएको छ।, मंगलबार बसेको नगर कार्यपालिका बैठकबाट साउन १३ गते राति १२ बजेदेखि साउन १९ गते मध्यराति १२ बजेसम्म मेचीनगर नगरपालिका क्षेत्र सिल गर्ने निर्णय भएको हो।, कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै नगरपालिकामा सोमबा...
सेतोपाटी संवाददाता दुबईबाट काठमाडौं आएका एक व्यक्तिलाई प्रहरीले सुनजस्तै देखिने एक किलो पहेंलाे धातुसहित पक्राउ गरेको छ।, मंगलबार हिमालय एयरको विमानबाट काठमाडौं आएका गोरखाका पदम परियारलाई प्रहरीले पक्राउ गरेको त्रिभुवन विमानस्थल प्रहरी कार्यालयले जनाएको छ।, परियारको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनीमाथि निगरानी ब...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ डेल्टा भेरिएन्ट फेला परेको जनाएको छ।, मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी नयाँ भेरिएन्ट फेला परेको जनाएको हो।, साथै मन्त्रालयले तीन भेटिएन्टको चुनौती थपिएको पनि जनाएको हो। मन्त्रालयका प्रवक्ता डा. समिर कुमार अधिकारीले विज्ञप्ति जारी गरी  सङ्...
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले १४ लाख ४४ हजार रूपैयाँ बराबरको भन्सार छलीको सामग्री बरामद गरेको छ।, भारतबाट नेपाल ल्याइँदै गरेको चिनी, केराउ, लत्ताकपडालगायत सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।, लु२ख १२९९ नम्बरको बलेरोबाट ती सामग्री बरामद भएको र बरामद भएको सामान भन्सार कार्यालय बेलहि...
सेतोपाटी संवाददाता कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको एस मोडमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, कालिकोटको शुभकालिका गाउँपालिका-१ मा पर्ने राजमार्ग अन्तर्गतको एस मोडमा मिनी ट्रक दुर्घटनामा परेको हो।, मंगलबार अपराह्न ४ बजेतिर ना७ख ९५१६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटल...
रासस भरुवा बन्दुकसहित खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, घरमा अवैधरूपमा हातहतियार (भरुवा बन्दुक) सहित खरखजना लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित तीन जनालाई प्रहरीले सोमबार राति उनीहरुको घरैब...
एजेन्सी भारतको उत्तर प्रदेशमा मंगलबार राति रोकिराखेको यात्रुवाहक बसलाई ट्रकले ठक्कर दिँदा  १८ यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।, टाइम्स अफ इन्डियाका अनुसार लखनऊ-अयोध्या हाइवेअन्तर्गत बाराबांकी जिल्लाको कल्याणी पुलमा रोकिएको यात्रुवाहक बसलाई तीव्र गतिमा आएको ट्रकले राति साढे २ बजेतिर पछाडिबाट ठक्कर दिए...
एजेन्सी श्रीलंकाका अधिकारीहरूले संसारकै सबैभन्दा ठूलो नीलमणि आफ्नो देशमा फेला परेको बताएका छन्।, बिबिसीका अनुसार रत्नहरू प्रशस्त पाइने श्रीलंकाको रत्नपुरा क्षेत्रमा केही कामदारले इनार खन्दा उक्त नीलमणि फेला पारेका हुन्। एक जना रत्न व्यापारीले आफ्नो घरको छेउमा इनार खन्न लगाएका थिए।, विज्ञहरूले ५१० किलोग्रामको उक्त नीलम...
एजेन्सी जापानको टोकियोमा अहिले ग्रिष्मकालीन ओलम्पिक हुँदैछ। संसारभरिका खेलाडीको उक्त कुम्भमेलामा पदकका लागि खेलाडीबीच प्रतिष्पर्धा त हुन्छ नै अरू थुप्रै विषयले पनि चर्चा पाउँछन्।, केहीदिन अघि चिनियाँहरूले आफ्ना भारोत्तोलन खेलाडीले स्वर्ण जित्दा बेलायती समाचार संस्था रोयटर्सले नराम्रो फोटो छापेको भन्दै आलोचना गरेका थिए...
सेतोपाटी संवाददाता सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ।, स्थानीयबासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीय सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला...
सेतोपाटी संवाददाता प्रहरीले बनेपाबाट ११ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ। बनेपा नगरपालिका-१४ खालचौरस्थित थोप्चन तामाङको घरमा जुवा खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा काभ्रेका कृष्ण केसी, खड्गसिंह लामा, सुमन अधिकारी, गणेश थापा, अनिल मुस्याजु, हिरा लामा, चन्द्र लामा, थर्कमान लामा, किशोर अधिकारी...
सेतोपाटी संवाददाता झापाको दमकमा ट्रकको ठक्करबाट मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ।, दुर्घटनामा सुरुङ्गाका हेवन होटलका सञ्चालक दम्पतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, मंगलबार राति साढे १० बजे दमक चिया बगानमा दुर्घटना हुँदा सञ्चालक ४३ वर्षीय पूर्णबहादुर विष्ट  र उनकी श्रीमती ३६ वर्षीया हिमा विष्...
सेतोपाटी संवाददाता बागमती युनेस्को क्लबका अध्यक्ष निश्चल बानियाँ, सोही क्लबका वातावरण विभागका उपप्रमुख शुभाशिस भट्टराई र पोखराकी उरुषा लम्सालले काजकिस्तानमा हुने अन्तर्राष्ट्रिय युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। , युनेस्को क्लब र एसोसिएसनहरूको एसियन प्यासिफिक फेडरेसनको सहयोगमा काजकिस्तान फेडरेसन अफ क...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय सिरहाका 'मस्ट वान्टेड' सर्वाधिक खोजीको सूचीमा रहेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, सिरहा प्रहरीले डाँका मुद्दामा खोजी गरिरहेका धनुषा विदेह नगरपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षीय चन्दन पासवानलाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई प्रहरीले मंगलबार धनुषाको घर क्षेत्रबाट...
सेतोपाटी संवाददाता गुल्मीमा जीप दुर्घटना भएको छ।, बुधबार बिहान करिब पौने १२ बजे मुसिकोट नगरपालिका वडा नम्बर ४ स्थित सडकबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।, उनका अनुसार तीन जनाको मृत्यु भएको आशंका गरिएको छ। शान्तिपुरबाट आउँदै गरेको लु १ ज ४५५९ नम्बरक...
सेतोपाटी हिलिहाङ गाउँपालिका–३ गोपेटारको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी भएका चिकित्सक अध्ययन बिदामा गएको दुई वर्ष नाघ्यो।, दरबन्दीका चिकित्सक अध्ययन बिदामा गएपछि दुई वर्षसम्म न त उनी फर्के न अर्को चिकित्सक उक्त दरबन्दी खटाइए। चिकित्सकविहीन अवस्थामै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्थायी कोभिड-१९ अस्पताल बनाइयो। , ...
सेतोपाटी संवाददाता नेपाल-चीन सीमा क्षेत्रमा बाढी-पहिरोले क्षतिग्रस्त बनेको सडक लामो समयदेखि नबन्दा तातोपानी नाकाबाट आयात प्रभावित भएको छ।, तातोपानी भन्सार क्षेत्रभित्र प्रवेश पाए पनि बाटो बिग्रेका कारण सवारीसाधन रोकिएका छन्।, असार २ गते बाढी-पहिरोले क्षतिग्रस्त बनाएको बाटो र पुल नबन्दा झन्डै डेढ महिनादेखि भन्सार संकलन...
सेतोपाटी संवाददाता जीवित कछुवासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले तीन जनालाई दक्षिणकाली नगरपालिका वडा नम्बर ६ फर्पिङबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनीहरूलाई प्रहरीले मंगलबार फर्पिङबाट पक्राउ गरेको हो।, मकवानपुर ईन्द्रसरोवर गाउँपालिका व...
सेतोपाटी संवाददाता बाजुरामा बुढीगंगा नदी आंशिक रुपमा थुनिएको छ। गौमुल गाउँपालिका–२ कुहुडामा ताल फुटेर आएको पहिरोले थुनिएको नदी आंशिक रुपमा बग्न थालेको वडा कार्यालयले जनाएको छ।, वडा सदस्य गीता रोकायाले नदीमाथिबाट गौमुल ताल फुटेर पहिरो जादा नदी थुनिएको बताइन् ।, ‘अहिले नदीमा केहि मात्रामा माटो–लेतो बगेको छ,’ उनले सेतोपा...
सेतोपाटी संवाददाता तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ पर्सेनीस्थित तुलसीपुर–घोराही सडकखण्डमा ह्युमपाइप राख्नका लागि खनिएको खाडल बुधबार बिहान पुरिएको छ। , मोटरसाइकलमा सवार तुलसीपुर १० राईखनियानका ३५ वर्षीय चुडामणि भण्डारीको मंगलबार राति सोही खाडलमा परेर मृत्यु भएको थियो। , फोरलेन सडक निर्माण परियोजनाले गत चैततिरै ह्युमप...
सेतोपाटी संवाददाता मोरङको सुन्दरहरैंचा नगरपालिका १० विराट चोकस्थित खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट  प्रयास गर्ने पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।, शिव पञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास गर्ने समूहलाई प्रहरीले मंगलबार राति अत्याधुनिक हतियारसहित पक्राउ गरेको हो।, पक्राउ पर्नेमा...
सेतोपाटी संवाददाता २४ घण्टामा पैसा दोब्बर बनाउने भन्दै ठगी गरेको आरोपमा एक पक्राउ परेका छन्।, मोरङमा एक जनाले '२४ घण्टामा पैसा दोब्बर गराइदिन्छु' भन्दै ठगी गरेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।, प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर ८ अशोक चोक बस्ने ३५ वर्ष...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको  पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने पुनः प्रतिवद्धता व्यक्त गरेका छन्।, वडा–२१ को वडा भवनको आज शिलान्यास गर्ने सिलसिलामा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। , ‘हामी निर्वाचित भएर आएपछिको प...
सेतोपाटी संवाददाता फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङको उर्लाबारी नगरपालिका-८ राजघाटमा सोमबार दिउँसो एक किशोरको हत्या भएको छ।, छुरा प्रहार गरेर उर्लाबारी-८ का १७ वर्षे अभिषेक चौधरीको हत्या गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।, उनका अनुसार दिउँसो १ः१५ बजेतिर भएको छुरा प्रहारबाट अभिषेक गम्भ...
सेतोपाटी संवाददाता झापाको शिवसताक्षी नगरपालिकामा हात्तीले बितण्डा मच्चाउन थालेको छ।, सोमबार बिहान हात्तीले वडा नम्बर ११ का ८ वटा घर भत्काएको छ। सँगै किसानको धान र मकै बालीसमेत नष्ट गरेको छ।, हात्तीले भत्काएका घरहरू रतुवामाई वृक्षारोपण आयोजनाको जंगलसँग जोडिएका छन्।, जंगल क्षेत्रबाट गाउँ पसेको हात्तीको बथानले स्थानीयको ...
सेतोपाटी संवाददाता कोरोना संक्रमण बढेपछि इटहरी उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द (लकडाउन)को घोषणा गरेको छ।, उपमहानगरले सोमबार सूचना निकालेर अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको जनाएको हो।, उपमहानगरपालिकाले मंगलबारदेखि एक साताका लागि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको जनाएको छ।, उपमहानगरका कर्मचारीहरूमा ...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात वटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ। , सङ्क्रमण दर बढ्दै गएकाले तेस्रो लहर आउन सक्ने भन्दै सबै सामाजिक विकास मन्त्रालयलाई एक हजार दरले अक्सिजनका सिलिण्डर तयारी अवस्थामा निर...
सेतोपाटी संवाददाता आज बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।, भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।  , उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे कुनै जा...
एजेन्सी संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिमी  राज्य युटामा  आइतबार एउटा भयानक दुर्घटना भएको छ। द न्युयोर्क टाइम्सका अनुसार धुलो र बालुवा मिसिएर आएको आँधीका कारण गत आइतबार उक्त दुर्घटना भएको हो।, आँधीका कारण चालकहरूले अगाडिको बाटो नदेखेपछि कानोस सहर नजिकैको इन्टरसेक्सन १५ मा ती सवारी साधनहरू दुर्घटनामा परेका हुन्।  स...
रासस बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, नियन्त्रणमा लिइएकामध्ये ४ जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन्।, दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३ वर्ष...
रासस काभ्रेको पाँचखाल नगरपालिका–६ का ३६ वर्षीय सुमन ढुङ्गाना १३ दिनदेखि बेपत्ता छन्।, असार ३१ गतेदेखि सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको परिवारले जनाएको छ।, सुमनकी श्रीमती सम्झनाले घरमा कसैलाई नभनी सम्पर्कविहीन भएको जनाउँदै खोजबिन गरिदिन पाँचखाल प्रहरी चौकीमा निवेदन दिएकी छिन्।, पाँच फिट उचाइका सुमन गहुँगोरो वर्ण र...
सेतोपाटी संवाददाता ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ । गत महिना नाउर गणनाको तथ्याङ्कले यसको सङ्ख्या बढ्दो देखाएको हो । गत महिमा विश्व वन्यजन्तु कोष र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा नाउरको गणना भएको थियो । गणनामा कञ्चनजङ्घा संरक्षण क्षेत्र...
सेतोपाटी संवाददाता दाङमा सडक बिस्तार गर्ने क्रममा ह्युमपाइप राख्न खनेको खाल्डोमा परेर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० राईखनियानका ३५ वर्षीय चुडामणि भण्डारीको खाल्डोमा परेर मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार तुलसीपुरबाट घोर...
सेतोपाटी पहिराका कारण अवरूद्ध बेनी–जोमसोम सडक चार दिनपछि सोमबार साँझदेखि सञ्चालन भएको छ।, हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएपछि गत शुक्रबारदेखि अवरूद्ध भएको थियो।, वर्षाका कारण ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर बन्द भएको सडकको अवरोधलाई हटाएप...
तारानाथ आचार्य बलेवा, साउन १२ , बलेवाली मायाको चिनो !, चिनो हेरे हुन्छ मन मलिनो , मेरो माया जन्मेको घर, बलेवामा हवाई जहाज सर, जाम्ला माया बलेवा तिर , कुश्मा, बेनी, बागलुङ घुमफिर , करिब २६ वर्षअघि उडान बन्द भएको बागलुङको बलेवा विमानस्थलमा तारा एयरले विसं २०७४ मा परीक्षण उडान गरेपछि जिल्लाका प्रसिद्ध लोकगायक पूर्ण परिया...
सेतोपाटी संवाददाता रूकुम पश्चिममा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन्। जिल्लाको त्रिवेणी गाउँपालिका–४ छहरे गाउँकी २६ वर्षीया युवती मनकला खड्का मृत भेटिएकी हुन्।, सोमबार बेलुका ६ बजेतिर भैंसीलाई घाँस हाल्न गोठमा गएकी उनी मृत भेटिएकी हुन्। रातीसम्म पनि नफर्किएपछि परिवार र आफन्तले खोज्ने क्रममा मकै बारीको कान्लामा उनी ...
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरमा अहिले एउटा सडक भाइरल बनेको छ। सडकमा दैनिक मानिसको भिड हुन्छ। यो सकडमा आवतजावत गर्ने सवारी साधन भनेको त्यहाँ घुमफिरका लागि पुग्नेहरूका मात्र भेटिन्छन्। अन्य अत्यावश्यक सवारी साधन यो बाटोमा चल्दैनन्।, वीरेन्द्रनगर-१० स्थित काँक्रेबिहारको पूर्वी छेउदेखि चौखेढुंगासम्म जोड्ने करिब दुई ...
राजेश घिमिरे बाघको आक्रमणबाट जागेश्वर महतोको मृत्यु हुँदा छोरी अस्मिता २ वर्षकी थिइन्।, यो २० वर्ष अघिको घटना हो।, पर्यटकीय क्षेत्र सौराह नजिकैको बछौलीका जागेश्वर चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा काम गर्थे।, हात्तीको स्याहार गर्ने हात्तीसारे उनी एकपटक नवलपरासीको जंगलमा जानु पर्ने भयो। उनी कामकै सिलसिलामा जंगल पसे...
सुभानु आचार्य पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर जीर्णोद्धारको काम अझै अघि बढ्न सकेको छैन। विभिन्न आकारका नयाँ इँटाको प्रयोग गर्नुपर्ने भएकाले काम रोकिएको बताइएको छ। , जीर्णोद्धारका लागि ४७ देखि ४९ प्रकारका नयाँ इँटा राख्नुपर्ने मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले जानकारी दिए।, उनले भने, ‘विभिन्...
सेतोपाटी संवाददाता तुलसीपुर–घोराही सडकखण्डमा पार्किङ गरिराखेको बस आगलागीबारे बस धनीले प्रहरीमा निवेदन दिएकी छन्। , बस धनी हसिना मियाँले ब्याट्री सर्ट भएर एकाएक मध्यरातमा बसमा आगलागी भएको निवेदनमा दाबी गरेकी छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ रानीघाट नजिकै चार दिनदेखि सडक किनारमा पार्किङ गरिराखेको रा १ ख १८९२ नम्...
नारायण खड्का अमेरिका उड्ने सपनामा मस्त थिए यज्ञबहादुर बस्नेत। मानौं उनका पखेटा उम्रिरहेका छन् र भुर्र उडेर पुग्नेछन्!, उनका पखेटा त उम्रेनन् तर अमेरिका उड्ने सपना पूरा हुने भयो। २०७५ साल वैशाख ३ गते आमाबुवासँग आर्शीवाद थापी उनी अमेरिका जान हिँडे।, तुलसीपुर उपमहानगरपालिका-१० गौरीगाउँका यज्ञसँगै तुलसीपुर-८ अश्वार र घोरा...
सेतोपाटी संवाददाता बारा प्रहरीले हात्तीको दाह्रासहित तीन जनालाई पक्राउ गरेको छ।, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगन्ज बजारबाट चार फिट लम्बाई १२ इन्च मोटाई भएको एक थान हात्तीको दाह्रासहित सोमबार साँझ तीन जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा निजगढ नगरपालिका-११ बस्ने २९ वर्षीय सूर्यप्रताप तामाङ लगायत छन्।, हे...
सेतोपाटी संवाददाता कैलाली प्रहरीले साढै पाँच किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ।, सुदूरपश्चिम प्रदेश प्ररहरी र इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले सोमबार राति गौरीगंगा नगरपालिका-११ का ४० वर्षीय गोरे धामी र गोदावरी नगरपालिका-६ का ३५ वर्षीय धनबहादुर धामी छन्।, प्रहरीले सुरूमा गोरेलाई गौरीगंगा नगरपालिका-८ बाट पक्...
सेतोपाटी संवाददाता पश्चिम नेपालको पशुपति भनेर चिनिने रूपन्देहीको सैनामैनास्थित पर्रोहा परमेश्वर धामको पुनर्निर्माण सुरू भएको छ।, धामको पुनर्निर्माणको कामको पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन्। , सो अवसरमा बोल्दै पौडेलले धाम पुनर्निर्माणले सैना...
एजेन्सी भारतीय राज्य हिमाञ्चलमा आइतबार आएको पहिरोमा परी कम्तीमा ९ जना पर्यटकको मृत्यु भएको छ।, भारतीय सञ्चारमाध्यमहरूका, अनुसार किन्नापुर जिल्लाको सांगलामा आएको सुख्खा पहिरोमा खसेका ढुंगाले गाडीमा क्षति पुर्‍याएका छन्।, सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा माथिबाट खसेको एउटा ढुंगा पुलको बीचमा बजरिन्छ। ढुंगाले लागेपछि प...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको निजीकरणसम्बन्धी कार्य यथास्थितिमा राख्न आदेश दिएको छ।, न्यायाधीश कुमार रेग्मीको इजलासले आइतबार वायुसेवा निगमलाई निजीकरण गर्ने सम्बन्धी कार्य जे-जस्तो अवस्थामा छ सोही अवस्थामा राख्न सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो। साथै अदाललते अन्तरिम आदेशको विषयमा छलफ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६ सय २४ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये काठमाडौं जिल्लाका ४६८, ललितपुरका ८९ र भक्तपुरका ६७ जना छन्।, योसँगै काठमाडौं उपत्यकामा ७ हजा...
सेतोपाटी संवाददाता आइतबार देशभर थप २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार ८३४ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।, त्यस्तै यस अवधिमा २ हजार ५० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ। हालसम्म ९ हजार ७१३ जनाको कोरोनाबाट...
भगवती पाण्डे कमाउन र घुम्न भन्दै भारत पुगेका बाँके र बैतडीका तीन बालक र एक बालिकालाई उद्धार गरि आफन्तको जिम्मा लगाएको छ।, ‘प्रवासी मित्र मञ्च नेपाल-भारत’ र मानव कल्याण मित्र मञ्च नेपालले भारतबाट उद्वार गरी ल्याएका उनीलाई जिल्ला प्रशासन कार्यालय रूपन्देहीको रोहवरमा आइतबार आफन्तको जिम्मा लगाएको हो।, प्रवासी नेपाली मित्र...
सेतोपाटी संवाददाता सप्तरी अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ स्थित अग्निसाइर मन्दिर निर्माण गर्न जग खन्ने क्रममा २९ वटा कलात्मक मूर्ति भेटिएका छन् । मन्दिरका अध्यक्ष सुरेश चौधरीले मन्दिर परिसरमा आज आयोजित एक कार्यक्रममा ती मूर्ति अग्निसाइर मन्दिरका पुजारीलाई  ती मूर्ति  हस्तान्तरण गरेका हुन् । , मन्दिर बनाउन जग खन्ने क्...
सेतोपाटी संवाददाता जाजरकोटको बारेकोट गाउँपालिका–८ बाट नलगाड नगरपालिका–५ को सिमाना खारातर्फ आउँदै गरेको ग१ज ४९५५ नम्बरको जिप लैखममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने चार जना घाइते भएका छन्।, बारेकोट गाउँपालिका–८ की ५५ वर्षीया लक्ष्मी सिंहको घटनास्थलमै मृत्यु भएको छ। घाइते हुनेमा बारेकोट गाउँपालिका–८ की २५ वर्षीया...
एजेन्सी कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतले छिमेकी देश बंगलादेशमा अक्सिजन पठाएको छ। , बंगलादेशमा दिनहुँ १० हजारको हारहारीमा कोरोना संक्रमित भेटिरहेका छन्। इदको समयमा लकडाउन खुकुलो गरेको कारण बंगलादेशमा थप कोरोना संक्रमित बढ्ने बताइएको छ। , बंगलादेशमा पछिल्लो २४ घण्टामा ११ हजार २९१ जना संक्रमित फेला परेका थिए। ...
रासस बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ।, प्रहरी चौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए।, तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले...
एजेन्सी पाकिस्तानले कोरोनाभाइरस विरूद्धको खोप नलगाएकाहरूलाई देशभित्र हवाई यात्रा गर्न प्रतिबन्ध लगाएको छ।, पाकिस्तानी समाचार पत्र द डनका अनुसार नेसनल कमाण्ड एन्ड अपरेशन सेन्टरले  खोप नलगाएका १८ वर्षमाथिका पाकिस्तानीलाई अगस्ट १ देखि आन्तरिक हवाई यात्रामा प्रतिबन्ध लगाएको हो।, हवाई यात्राबाट विदेश जाने र विदेशबाट आएकाहर...
रासस कोरोना कहरले हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ।, हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो।, नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा विद्यालय खुल्न सकेका छैनन् नै, विद्यार्थीका हातमा पाठ्यपुस्तकसमेत पुगेको छैन।, क...
शोभा शर्मा अभिनेत्री प्रियंका कार्की गर्भवती छन्। सामाजिक सञ्जालमा सक्रिय उनले आफ्ना फोटा र भिडिओ पोस्ट गरिरहेकी हुन्छिन्। , उनी आफूले गर्भावस्था 'सेलेब्रेट' गरिरहेको बताउँछिन्। , तर पछिल्लो समय सामाजिक सञ्जालमा राखेका फोटाकै कारण प्रियंका र उनका श्रीमान आयुष्मान देशराज जोशीले आलोचना पनि खेप्नुपरेको छ। कतिपयले गर्भ रह...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा पार्किङ गरिराखेको एउटा बसमा अपरिचित समूहले आगजनी गरेको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ रानीघाट खोलानजिकै चार दिनदेखि सडक किनारमा पार्किङ गरिराखेको रा १ ख १८९२ नम्बरको बसमा सोमबार बिहान १ बजेतिर आगजनी भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी स्यामु अर्यालले प्रह...
सेतोपाटी मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ।, आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन्। , उनका अनुसार सो प्रणालीका क...
सेतोपाटी संवाददाता प्रहरीले चितवनबाट झन्डै एक किलो कोकिनसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा गोरखा नगरपालिका-५ का सुरज गुरुङ छन्।, लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले गुरुङलाई चितवनबाट आइतबार पक्राउ गरेको हो।, गत बिहीबार मात्रै काठमाडौंको एक होटलबाट प्रहरी जवानसहित पाँच जना कारोबारी समातिएका थिए।, पक्र...
सेतोपाटी संवाददाता इलाममा बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।, देउमाई नगरपालिका वडा नम्बर २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै  छोरा ३४ वर्षीय गिर्जमानको कुटपिटबाट मृत्यु भएको हो।, गिर्जमानले बुवा टेकबहादुरलाई गत बिहीबार ‍कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। कुटपिटबाट ...
सेतोपाटी संवाददाता दाङ तुलसीपुरका एक युवक ब्राउन सुगरसहित पक्राउ परेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ घर भई हाल तुलसीपुर ६ मा डेरा गरी बस्ने २७ वर्षीय राजकुमार वली आइतबार बेलुका पक्राउ परेका हुन्। , दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार वली आइतबार बेलुका ७ बजेतिर तुलसीपुर १३ दमारगाउ...
सेतोपाटी कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताएका छन्।, कोरोनाको अवस्था र तयारीका विषयमा संवाद समूह सुर्खेतद्वारा आयोजित अन्तर्क्रियामा मन्त्री बुढाक्षेत्रीले पहिलो र दोस्रो भेरियन्टपश्चात् विश्वमा देखिएको तेस्रो ...
सेतोपाटी राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको कामले तीव्रता पाउन सकेको छैन।, कोभिड–१९ का कारण सडक विस्तारमा ढिलाइ भइरहेको अवस्थामा मनसुन सुरू भएसँगै सडक विस्तारमा थप जटिलता आएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ। ,  , नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ...
सेतोपाटी संवाददाता सर्लाहीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, सोमबार बिहान करिब सवा २ बजे हरिवन नगरपालिका वडा नम्बर ४ गणेश चोक बस्ने ६२ वर्षीया तेतरी खातुनमाथि हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।, हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका...
सेतोपाटी संवाददाता सरकारले विदेश जाने कामदार र विद्यार्थीको हकमा कोरोना भाइरसविरूद्धको खोप लगाउन दुइटा अस्पताल तोकेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचाना जारी गर्दै अब विदेश जानेहरूले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने जनाएको छ। , तर खोप लगाउन जाँदा पासपोर्ट र भिसा भने देखाउनुपर्न...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा आजदेखि कोरोनाविरूद्धको अर्को खोप अभियान सुरू भएको छ। , संघबाट कर्णाली प्रदेशका लागि खोप पठाएपछि आजदेखि लगाउन सुरू गरिएको हो।, अहिले कर्णाली प्रदेशका लागि सरकारले ७६ हजार ३२० डोज कोरोनाविरूद्धको खोप पठाएको छ। जसमा ५९ हजार डोज भेरोसेल छ भने १७ हजार ३२० डोज जोन्सन एण्ड जोन्सन खोप रहेको...
सेतोपाटी संवाददाता लागुऔषध कोकिनका कारोबारी खोज्दै जाँदा प्रहरीले आफ्नै संगठनका सदस्यलाई पक्राउ गरेको छ।, लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौं-१६ पकनाजोलस्थित एक होटलबाट शुक्रबार चार जनालाई समात्दा प्रहरी जवान फेला परेका हुन्।, ब्युरोका अनुसार पक्राउ पर्नेमा प्रहरी जवान एकराज गुरुङ रहेका छन्। गोरखा आरुघाट गाउँपा...
खिलानाथ ढकाल दुई दिनअघि प्रहरीले एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल समात्यो। ती मोटरसाइकल एउटा बुलेट र अर्को डुक थियो।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार दुबै मोटरसाइकलमा प्रदेश-२-१९ प ७५३७ नम्बर प्लेट थिए। बजारमा निकै महंगो मूल्य पर्ने यी दुबै मोटरसाइकल चोरीका थिए।, यी सँगै प्रहरीले अर्को प्रदेश...
सेतोपाटी राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेसियाबाट २४ नेपालीको शव नेपाल ल्याएको छ।,     , निगमको वाइडबडी ए३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ शव र तीन अस्तु नेपाल ल्याएको हो।, वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइड...
सेतोपाटी संवाददाता पशुपतिनाथ मन्दिर अगाडि बाग्मती नदीमा हिन्दुधर्मालम्वीले एकसाथ एक सय लिटर दुध चढाएका छन्। तिथी अनुसार श्रावण महिनाको पहिलो सोमबारको अवसरमा पशुपतिनाथलाई दुध अपर्ण गरिएको उनीहरुले बताएका छन्।, दुध अपर्ण कार्यक्रममा नेपाल फाउण्डेसनका अध्यक्ष विकासकुमार ठाकुर, पूर्व पर्यटनमन्त्री उमाशंकर अरगरिया, राजनीति...
सेतोपाटी संवाददाता अमेरिकी डलर र भारतीय नोटसहित विराटनगरबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।, विराटगनर १७ स्थित मटेरुवा चोकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।, केही अमेरिकी डलर तथा केही भारतीय नोटसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले भारत उत्तर प्रदे...
सेतोपाटी संवाददाता शनिबार थप ३ हजार ११४ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६२५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३०९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार २८५  गर्दा ८०५ मा संक्रमण देखिएको छ।, कुल १४ हजार ९१० जनाको नमूना परीक्षण गर्दा सो संख...
सेतोपाटी संवाददाता 'स्वार्थभन्दा माथि सेवा' भन्ने भावले स्थापित रोटरी इन्टरनेसनलको डिस्ट्रिक ३२९२, नेपाल-भुटान अन्तर्गत गत वर्ष स्थापना भएको रोटरी क्लब अफ न्यातपोलको वर्ष २०२१/२२ को अध्यक्षमा रोशन शाह नियुक्त भएका छन्।, शनिबार एभरेस्ट होटलमा आयोजित पदस्थापना कार्यक्रममा संस्थापक अध्यक्ष विजय शर्माले नवनियुक्त अध्यक्ष ...
सेतोपाटी संवाददाता बैतडीमा मन्दिरको सुन चोरेको र किनेको पाँच जना पक्राउ परेका छन्।, दोगडाकेदार गाउँपालिका–१ रीमको लटिनाथ मन्दिरमा देउताका नाममा चढाइएको ९ तोला सुन चोरेको आरोपमा , सोही ठाउँका धनबहादुर कार्की, केशब सार्की, लालबहादुर कार्की र हरिकृष्ण सार्की पक्राउ परेका हुन्। , यस्तै बिलबिना उनीहरूबाट सुन खरिद गरेको आरो...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६१५ जनामा संक्रमण भएको हो।, जसमध्ये काठमाडौंका ४२१, भक्तपुरका ८६ जना र ललितपुरका १०८ जना छन्।, योसँगै शुक्रबारसम्म काठमाडौं उपत्यकामा ...
सेतोपाटी संवाददाता झापा प्रहरीले स्रोत नखुलेको ४० लाख बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ। , शनिबार मध्यान्ह प्रहरीले झापा गाउँपालिका-२ का ५० वर्षीय गौरी मण्डललाई पक्राउ गरेको हो। , प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार मण्डललाई ४० लाख ३७ हजार ६७० रूपैयाँसहित झापा गाउँपालिका-२ बेलाइतिवारीबाट पक्राउ गरिएको हो। , भा...
सेतोपाटी संवाददाता प्रहरीले भन्सार छलेर ल्याइएका दुई वटा क्रेटा गाडीसहित दुई जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोली बौद्धबाट दुई जनालाई गाडीसहित पक्राउ गरेको हो, पक्राउ पर्नेमा मुस्ताङ लोधोगार दामोदर कण्ड गाउँपालिका घर भई हाल काठमाडौं-६ बौद्ध बस्ने ३८ वर्षीय आग्या गुरुङ र भारत पश्चिम बंगाल दार्जिलिङ घर ...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसी शनिबार माइतीघर मण्डलामा पुगेका थिए। त्यहाँ उनी सडकको फोहोर उठाउँदै थिए। , केसी शनिबार आफ्नै रहरले सडकमा निस्केका थिए। उनी विवेकशील समूहले माइतीघर मण्डलामा आयोजना गरेको प्रदर्शनमा पुगेका थिए।, उनी दिउँसो ३ बजे माइतीघर मण्डलामा पुगेका थिए। विवेकशील समूहले अप...
विनोद सापकोटा कोरोना संक्रमणको दोस्रो लहरमा जिल्लाको शिवसताक्षी नगरपालिका अति प्रभावित बनेको छ।, नगरका ११ वटै वडामा दिनहुँ सक्रमणको दर फैलँदो अवस्थामा छ। दुधे, झिलझिले, धरमपुर, शिवगञ्ज, माइधार, मंगलबारे जस्ता बजार कोरोनाका कारण प्रभावित बनेका छन्। सरकारले निशेधाज्ञा खुकुलो बनाएपछि संक्रमण दर उच्च भएको तथ्यांकले देखाएक...
सेतोपाटी संवाददाता हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई राहत वितरण गरिएको छ । हेलम्बुका १२२ घरधुरी र बाढीबाट मृत्यु तथा बेपत्ता भएका १४ परिवारलाई राहत वितरण गरिएको हो । त्यस्तै आज नै मेलम्ची बजार पुनःनिर्माण सरोकार समिति, रेडियो मेलम्ची र नमूना बङ्गुर फार्मलाई रु पाँच लाख ५६ हजार ९७५ रकम हस्तान्तरण गरिएको छ ।, इराकबाट...
रासस पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ।, गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।, ‘तलाउ भरिएर माथिबाट बग्न थालेको हो। थप जोखिम...
रासस नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ।, देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुल...
रासस फुकोट कर्णाली जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा निर्धारणमा असन्तुष्टि जनाएका छन्। जिल्लाको दरभन्दा प्रभावित क्षेत्रका जग्गा धनीहरुले मुआब्जा कम भएको भन्दै असन्तुष्टि जनाएका हुन्।, जिल्ला दररेट निर्धारण समितिले हचुवाका भरमा निर्णय गरेको रास्कोट–८ का अनन्त बरालले बताए।, ‘ग्रामीण सडक आसपासका ज...
एजेन्सी पश्चिम अफ्रिकी मुलुक सिरालियोनको संसदले देशमा भएको मृत्युदण्डको व्यवस्था हटाएको छ। शुक्रबार  सिरालियोनको संसदले सर्वसम्मत रूपमा मृत्युदण्डको व्यवस्था हटाएको द गार्डियनले जनाएको छ।, योसँगै अफ्रिका महादेशमा मृत्युदण्डको सजाय नहुने मुलुकको संख्या २३ पुगेको छ। गत अप्रिलमा मालावीले मृत्युदण्डलाई असंवैधानिक भनेको थि...
सेतोपाटी संवाददाता मनाङमा भएको क्षतिबारे अध्ययन गर्न सेनासहित नेताहरुको टोली सदरमुकाम चामे पुगेर काम शुरु गरेको छ।,  नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ सहित नेपाली सेनाका महासेनानी इञ्जिनियर इन्दीवर गुरुङ, अन्य प्राविधिक, मनाङका प्रदेशसभा सदस्य चिन्ताबहादुर घले, सांसद यशोदा सुवेदी गुरुङ, मनाङका प्रमुख जिल्ल...
सेतोपाटी संवाददाता ‍जिल्लाका एक हजार बढीले सुरक्षित प्रसूति सेवा लिएका छन्। बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७७/७८ को एक वर्ष अवधिमा एक हजार १७१ ले सुरक्षित प्रसूति सेवा लिएका हुन् ।, सुरक्षित प्रसूति सेवा लिनेमध्ये सामान्य प्रसूति सेवा ८८८, शल्यक्रिया १९३ तथा ९० ले जटिल किसिमको प्रसूति सेवा ल...
सेतोपाटी संवाददाता रोल्पामा एक महिलामाथि बलात्कार भएको घटना गाउँमै मिलापत्र गरेको आरोपमा वडा सदस्यसहित ६ जना पक्राउ परेका छन्।, प्रहरीले २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा जेठाजु नाता पर्ने ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेश सुवेदीले जानकारी दिए।, साथै घटना ...
सेतोपाटी संवाददाता कोराना भाइरसको जोखिम नियन्त्रणका लागि झापाको शिवसताक्षी नगरमा सोमबार रातिदेखि  ‘लक-डाउन’ गरिने भएको छ। , आइतबार नगर प्रमुख चन्द्र कुमार शेर्पाको अध्यक्षतामा बसेको सर्वदलीय तथा सिसिएमसीको पूर्ण बैठकले ७ दिनको अवधिका लागि आवतजावतमा पूर्ण रोक लगाउने गरी  ‘लकडाउन’ गर्ने निर्णय गरेको हो। , साउन ११ गते अर...
सेतोपाटी संवाददाता दाङमा मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका  युवकको पहिचान खुलेको छ। , मृतक प्यूठान जिल्लाको सरुमा रानी गाउँपालिका वडा नं. ६ का अन्दाजी ३४ वर्षीय युवराज राना रहेको प्रहरीले जानकारी दिएको छ। , रानाको आइतबार बिहान मोटरसाइल दुर्घटनामा मृत्यु भएपनि पहिचान खुल्न सकेको थिएन। दिउँसो मात्रै उनको पहिचान खु...
सेतोपाटी संवाददाता एम्बुलेन्सबाट संरक्षित वन्य जन्तु जारायोको दुई थान सिङसहित तीन युवा पक्राउ परेका छन्। , पक्राउ पर्नेमा जिल्लाको बबई गाउँपालिका वडा नं १ गंगटेका २२ वर्षीय जीवन घर्ती, बबई ४ हापुरेका ३९ वर्षीय इन्द्रबहादुर केसी र सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ४ साइलाकाम्दाका २२ वर्षीय विनोद वली छन्। , पश्चिम...
सेतोपाटी संवाददाता धादिङमा १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ।, आइतबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ८स्थित जंगलमा अन्दाजी २० वर्षीया सम्झना रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।, उनी गत साउन १ गते बेपत्ता भएकी थिइन्।, '१० दिनदेखि हराइरहेकी थिइन्। आज घ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने/नथप्नेबारे निर्णय गर्न बैठक बस्ने भएको छ।, यसबारे निर्णय गर्न उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरू आइतबार अपराह्न ४ बजे बैठक बस्न लागेका हुन्।, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौंमा निषेधाज्ञा थप्ने गरी छलफल गर्ने तयारी छ।, ...
सेतोपाटी संवाददाता चेक बाउन्सको मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले चेक बाउन्सको मुद्दामा १० लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजाय पाएकी एक महिलालाई पक्राउ गरेको हो।, प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ हात्तिगौडाकी ४५ वर्षीया निता भण्डारीलाई आइतबार प...
सेतोपाटी संवाददाता कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।, भीमदत्त नगरपालिका -२ स्थित जङ्गलमा सडेगलेकाे अबस्थामा शव फेला परेकाे प्रहरीले जनाएको हाे।, शवकाे पहिचान भएको छैन।, बिहीबार साँझ स्थानीयले जङ्गलमा शव देखेपछि प्रहरीलाई जानकारी गरेका थिए।, प्रहरीका अनुसार शव परीक्षणका लागि महाकाली अस्पतालमा राख...
सेतोपाटी संवाददाता बैतडीमा सडक नजिकै पल्टिएको अवस्थामा महिलाको शव फेला परेको छ।, मेलौली नगरपालिका-७ ल्वाथलीमा शुक्रबार बिहान शव फेला परेको हो।, जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी दर्शन खड्काले बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान नखुलेको बताए।, उनले प्रहरी टोली घटनास्थल गएको जानकारी दिए। डिएसपीको नेतृत्व...
सेतोपाटी शुक्लाफाँटा नगरपालिका-१२ तिलकी पट्टिमा दोदा नदीले जग्गा कटान तीव्र पारेको छ।, लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै जग्गा कटान तीव्र बनाएको हो। स्थानीय किसानले लगाएका उखु र धानबालीमा नदीले क्षति पुर्‍याउन थालेको स्थानीयबासी मङ्गलप्रसाद चौधरीले बताए।, ‘दुई दिनको अवधिमै नदीले जग्गा कटान गरी एक बिघाभन्...
सेतोपाटी संवाददाता मुटु रोग विशेषज्ञ डा. ऋषि खत्रीलाई एक वर्षसम्म मुटु रोगको उपचार गर्न रोक लगाइएको छ।, उपचारमा लापरबाही गरेको आरोपमा नेपाल मेडिकल काउन्सिलले खत्रीलाई एक वर्षसम्म मुटु रोगको उपचारबाट बञ्चित गराएको हो।, उनलाई एक वर्ष तालिम र थप सिकाई गरेको प्रमाण पत्र पेश गरेपछि मात्र मुटु रोगको उपचार गर्न गराउन अनुमति ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, बिहीबार से १ प ७४६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का ७३ वर्षीय राम खुनाको मृत्यु भएको छ।, उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानक...