content
stringlengths 20
64.1k
⌀ |
|---|
विवेक राई मंगलबार डेढ महिनायताकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गएको २४ घण्टामा ३ हजार ८९९ जनामा संक्रमण देखिएको छ। , गत असारको पहिलो सातादेखि साउनको दोस्रो सातासम्म स्थिर रहेको संक्रमण फेरि बढ्न थालेको हो। उक्त अवधिबीच दैनिक २ देखि ३ हजार जनामा मात्र संक्रमण देखिएको थियो। तर असार ११ गतेदेखि भने दैनिक संक्रमित ३ हजार नाघ्न थालेको छ।, हिजो (सोमबार) मात्र ३ हजार ४२१ जना संक्रमित थपिएका थिए। आज फेरि त्यो संख्या बढेर ३ हजार ८९९ पुगेको छ। अझैं यो संख्या बढेर जाने विज्ञहरू बताउँछन्। जनस्वास्थ्यविद् डा. सरद वन्तले सेतोपाटीसँग भने, ‘अहिले निषेधाज्ञा खुकुलो भएपछि सबै क्षेत्र चलायमान भएको छ। जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना भएको छैन। जति जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना हुन्छ, त्यति नै संक्रमण खुम्चिदै जान्छ र जति पालना कम हुन्छ, संक्रमण त्यति नै बढ्दै जान्छ।’, सरकारले पनि पछिल्लो समय संक्रण बढेको संकेत गरेको छ। स्वास्थ्य मन्त्रालयले फेरि संक्रमण बढ्न थालेको र तेस्रो लहरको जोखिम रहेको भन्दै सातै वटा प्रदेशलाई अक्सिजन सिलिण्डर भरेर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। हिजो (सोमबार) सूचना जारी गर्दै मन्त्रालयले सातै प्रदेशलाई कम्तिमा एक हजार वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न भनेको छ। , जनस्वास्थ्यविद् वन्तले अहिले संक्रमण फेरि बढ्नुमा मुख्यत जनस्वास्थ्यका मापदण्ड पालना नै नहुनु रहेको बताए। उनले अहिले पनि संक्रमणको स्रोत समुदायमा चलायमान रहेको भन्दै ती स्रोतहरूबाट संक्रमण फैलिरहेको जनाए। , ‘अहिले देखिएका मात्र पनि २५ देखि ३० हजार जना सक्रिय संक्रमित समुदायभित्र छन्। ती भनेका संक्रमणका स्रोत हुन्। अझ पहिचान नभएका त्यस्ता संक्रमितहरू समुदायमा कति छन्- छन्। त्यसैले जनस्वास्थ्यको मापदण्ड पालना नहुँदा ती स्रोतबाट संक्रमण फैलिरहेको छ,’ उनले भने।,
,
सरकारले अहिले निषेधाज्ञालाई जारी राखेपनि अधिकांश क्षेत्रहरू खुला गरेको छ। यद्यपि यी क्षेत्र खुला हुँदा त्यहाँ जनस्वास्थ्यको मापदण्ड भने कडाइका साथ पालना नभएको डा. वन्त बताउँछन्। उनले अहिले बजार लगायत भिडभाड हुने क्षेत्रमा सर्वसाधारणले कडाइका साथ जनस्वास्थ्यको मापदण्ड पालना नगरेको सुनाए। , ‘बजार खुल्यो भन्दैमा भीड गर्नु जरुरी छैन। सरकारी कार्यालयहरूमा त्यस्तै भिडभाड छ,’ डा. वन्त भन्छन्, ‘हो सधै लकडाउनमा बाँधिएर बस्न सकिँदैन। तर सामान्य अवस्थामा फर्किनुको मतलब विगतकै जस्तो गर्नु भन्ने हैन नि।’, स्वास्थ्य मन्त्रालयले समेत पटकपटक संक्रमणको तेस्रो लहर आउन सक्ने बताउँदै आएको छ। तर यसपटक संक्रमणको नयाँ लहर आएपनि त्यसबाट विगतको जस्तो क्षति हुन नसक्ने डा. वन्तको बुझाइ छ। उनले भने, ‘दोस्रो लहरका बेला हाम्रो तयारी साह्रै कमजोर थियो। पहिलो लहरमा हामी त्यति भयवित हुनु नपरेकाले पनि दोस्रो लहरले त्यति धेरै प्रभाव पार्छ भन्ने आँकलन गरिएन। तर दोस्रो लहरपछि भने धेरै तयारीहरू भएका छन्।’, डा. वन्तले तेस्रो लहर आइहाले त्यसले दोस्रो लहर जस्तो क्षति नगर्ने थप केही कारणहरू औंल्याएका छन्। जसमध्ये पहिलो कारण भनेको यदि तेस्रो लहरमा पुराना भेरियन्टलाई ‘बाइपास’ गर्ने कुनै नयाँ भेरियन्ट नआए दोस्रो लहरमा जस्तो संक्रमण ह्वात्तै बढ्दैन। उनले धेरै मुलुकहरूमा दोस्रोपछि तेस्रो लहर आउँदा त्यो तहको क्षति नभएको बताए। उनले धेरै मानिसहरू संक्रमित भइसकेको र खोप लगाइसकेकाले पनि त्यो तहको क्षति नहुने उल्लेख गरे। , ‘धेरैमा त संक्रमण भएर पनि प्राकृतिक ‘एन्डिबडी’ बनिसकेको छ। जसले भाइरसविरूद्ध लड्न काम गर्छ। साथै कतिले खोप पनि लगाएका छन्। त्यसले गर्दा पनि तेस्रो लहरमा त्यो तहको क्षति नहोला कि’ उनले भने। , तर त्यसो भन्दैमा तेस्रो लहरलाई कम आँकलन गरेर जनस्वास्थ्यको मापदण्ड पालना गर्ने कुरामा कति पनि हेलचेक्राइ गर्न नहुने डा. वन्तको सुझाव छ। उनले अहिले नै संक्रमण बढिरहेकाले थप सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने भन्दै अहिले नै सतर्क रहनसके संक्रमणको जोखिम कम हुने बताए। , संक्रमण फेरि बढ्न थालेपछि लकडाउन कडाइ हुन्छ भन्ने आम जिज्ञासाबारे भने डा. वन्तले अहिले नै लकडाउनलाई कडाइ गर्ने बेला नभएको जनाए। ‘अहिले पनि लकडाउन नै छ। लकडाउन भनेको अन्तिम र बाध्यकारी विधि हो। तर त्यो भन्दैमा फेरि लकडाउनलाई कडाइ गर्दै जानुपर्ने स्थिति नआउला भन्न सकिन्न। त्यो भनेको हामीले जनस्वास्थ्यको पालना कति गर्छौं भन्ने कुराले तय गर्छ।’,
फेरि बढ्न थाल्यो कोरोना, विज्ञ भन्छन्- कडाइ नगरे अझै बढ्छ
|
सेतोपाटी संवाददाता पर्सा प्रहरीले २७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय टोलीले मंगलबार दिउँसो पटेर्वासुगौलीको गाउँपालिका वडा नम्बर ४ बाट गाँजासहित एक जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा सोही गाउँपालिका-४ का ६५ वर्षीय वासुदेव माझी छन्। उनी गाँजाको बोरा बोकेर हिँडिरहेका थिए।, बिहान झिसमिसै गाँजाको बोरा बोकेर उनी भारततर्फ जान लागेको आशंका गरिएको छ। माझीलाई हिरासतमा लिएर लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान थालिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।,
२७ किलो गाँजासहित पर्साबाट एक पक्राउ
|
सेतोपाटी संवाददाता कोरोनाभाइरस नियन्त्रणका लागि बुधबार राति १२ बजेबाट मेचीनगर नगरपालिका एक हप्ता सिल गरिने भएको छ।, मंगलबार बसेको नगर कार्यपालिका बैठकबाट साउन १३ गते राति १२ बजेदेखि साउन १९ गते मध्यराति १२ बजेसम्म मेचीनगर नगरपालिका क्षेत्र सिल गर्ने निर्णय भएको हो।, कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै नगरपालिकामा सोमबार बसेको कोभिड-१९ संक्रमण नियन्त्रण समितिको बैठकले कम्तीमा एक हप्ताका नगर सिल गर्ने प्रस्ताव गरेको थियो।, कार्यपालिकाको बैठकले समितिको सोही प्रस्तावको कार्यान्वयन गर्दै नगरपालिका अत्यावश्यक केही सेवाबाहेक सम्पूर्ण क्षेत्र बन्दाबन्दी गर्ने निर्णय गरेको मेचीनगर कार्यबाहक प्रमुख मीना उप्रेतीले जानकारी दिइन्।, सिल अवधिमा अस्पताल, स्वास्थ्य चौकी, एम्बुलेन्स, वारुणयन्त्र, औषधी पसल, खोप सेवा, फोहोरमैला व्यवस्थापन, विद्युत तथा सञ्चारसम्बन्धी सेवामात्र सञ्चालनमा आउने छन्।, त्यस्तै, दूध, अण्डा, फलफूल, तरकारी पसल बिहान ६ बजेदेखि ८ बजेसम्म खुला गर्न दिने निर्णय भएको छ।, नगरभित्र सञ्चालनमा आउने कक्षा ११ को परीक्षा स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने छ। अन्य पसल, व्यवसाय, होटल, बैंक तथा बित्तीय संस्था समेत पूर्णरूपमा बन्द रहने छन्।, कार्यपालिकाको बैठकले कोभिड-१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै पिसिआर तथा एन्टिजेन परीक्षणको दायरा बढाइने कार्यपालिको बैठकपछि आयोजित पत्रकार भेटघाटको अवसरमा जानकारी गराइएको छ।, साथै नगरपालिका तथा वडा कार्यालयहरूबाट प्रदान अत्यावश्यक बाहेकका अन्य सेवा समेत बन्द रहनेछन्। झापामा हालसम्म ७ पालिकाले सिल गर्ने निर्णय गरिसकेका छन्। , झापाका बुद्धशान्ति, अर्जुनधाराको शनिश्चरे बजार, कनकाई, दमक र शिवसताक्षी यसअघिनै सिल गरिएका छन्।, त्यस्तै, संक्रमण नियन्त्रणका लागि भन्दै गौरादह नगरपालिकाले मंगलबारदेखि विर्तामोड नगरपालिकाले समेत साउन १३ गते बुधबार राति १२ बजेदेखि नगरपालिका सिल गर्ने निर्णय गरेको छ।,
कोरोना नियन्त्रणका लागि झापाका पालिका धमाधम सिल गरिँदै
|
सेतोपाटी संवाददाता दुबईबाट काठमाडौं आएका एक व्यक्तिलाई प्रहरीले सुनजस्तै देखिने एक किलो पहेंलाे धातुसहित पक्राउ गरेको छ।, मंगलबार हिमालय एयरको विमानबाट काठमाडौं आएका गोरखाका पदम परियारलाई प्रहरीले पक्राउ गरेको त्रिभुवन विमानस्थल प्रहरी कार्यालयले जनाएको छ।, परियारको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। विमानस्थलको आगमनतर्फको भन्सार जाँचको क्षेत्रमा एक्सरे गर्दा उनले ल्याएको 'कफी मेकर' प्रहरीले जाँच गरेको थियो।, सो कफी मेकर खोलेर हेर्दा भित्र सुनजस्तै देखिने एक किलो र १६५ ग्राम पहेंलाे धातु फेला परेको हो।, प्रहरीले उनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालयमा बुझाएको छ। , (शिर्षक सच्याइएको),
कफी 'मेकर'भित्र १ किलाे पहेंलाे धातु लुकाएर ल्याएका व्यक्ति विमानस्थलबाट पक्राउ
|
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ डेल्टा भेरिएन्ट फेला परेको जनाएको छ।, मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी नयाँ भेरिएन्ट फेला परेको जनाएको हो।, साथै मन्त्रालयले तीन भेटिएन्टको चुनौती थपिएको पनि जनाएको हो। मन्त्रालयका प्रवक्ता डा. समिर कुमार अधिकारीले विज्ञप्ति जारी गरी सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील हुनुपर्ने जनाएका छन्।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ४७ वटा नमूना संकलन गरी गत असार ३० गते विश्व स्वास्थ्य संगठनको दिल्लीस्थित प्रयोगशालामा पठाएको थियो। प्रयोगशालामा परीक्षण गर्दा तीनमा डेल्टा भेरिएन्ट पुष्टि भएको अधिकारीले बताएका छन्।, साथै कोरोनाका अन्य तीन वटा अल्फा भेरिएन्ट, डेल्टा भेरिएन्ट र कप्पा भेरिएन्टका उत्परिवर्तन फेला परेको उनले जनाएका छन्। मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न र आगामी दिनमा चुनौती आइपरेको तेस्रो लहरको भेरिएन्टको तयारीमा जुट्न अनुरोध गरेको छ।,
नेपालमा कोरोनाको डेल्टा भेरिएन्ट फेला, अन्य तीन भेरिएन्टको चुनौती
|
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले १४ लाख ४४ हजार रूपैयाँ बराबरको भन्सार छलीको सामग्री बरामद गरेको छ।, भारतबाट नेपाल ल्याइँदै गरेको चिनी, केराउ, लत्ताकपडालगायत सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।, लु२ख १२९९ नम्बरको बलेरोबाट ती सामग्री बरामद भएको र बरामद भएको सामान भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरी नायब उपरीक्ष सत्यनारायण थापाले बताए।, यस्तै, बारामा प्रहरीले भन्सार छलेर ल्याइएको सामग्री बरामद गरेको छ।, मंगलबार इलाका प्रहरी कार्यालय सिमरा, इलाका प्रहरी अमलेखगञ्ज र प्रहरी चौकी पथलैयाको टोलीले ६ लाख ३९ हजार मूल्य बराबरको भन्सार छलीको सामग्री बरामद गरेको हो।, बरामद वस्तुमा कुर्ता-सुरुवाल, थान कपडा, एलइडी बल्ब, ब्याट्री, सूर्ति, मेसिनरी सामान, कुकर, नौनी घ्यूलगायत रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।, बरामद वस्तु राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।, उता कैलाली प्रहरीले धनगढी उप-महानगरपालिका-३ बाट १ लाख ८० हजार रूपैयाँ बराबरको कम्पयुटरको सिपियु बरामद गरेको छ।,
रूपन्देहीमा साढे १४ लाख बराबरको भन्सार छलीको सामान बरामद
|
सेतोपाटी संवाददाता कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको एस मोडमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, कालिकोटको शुभकालिका गाउँपालिका-१ मा पर्ने राजमार्ग अन्तर्गतको एस मोडमा मिनी ट्रक दुर्घटनामा परेको हो।, मंगलबार अपराह्न ४ बजेतिर ना७ख ९५१६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।, उनका अनुसार चालक दीपक साउद र सहचालक रमेशबहादुर शाहीको मृत्यु भएको हो। सहचालक बाजुराको जुकोट गाउँपालिकाका हुन् भने चालकको ठेगाना खुलिनसकेको उनले जानकारी दिए।, उक्त मिनी ट्रक नेपालगञ्जबाट अक्सिजन सिलिन्डर र ग्याभिङ जाली बोकेर जुम्ला जाँदै गरेको उनले बताए।, प्रहरीका अनुसार ट्रकमा चालक र सहचालक मात्र सवार थिए।,
अक्सिजन सिलिण्डर बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु
|
रासस भरुवा बन्दुकसहित खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, घरमा अवैधरूपमा हातहतियार (भरुवा बन्दुक) सहित खरखजना लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित तीन जनालाई प्रहरीले सोमबार राति उनीहरुको घरैबाट पक्राउ गरेको हो।, पक्राउ पर्ने अन्यमा वडा सदस्य परशुरामका छिमेकी ६९ वर्षीय मदनबहादुर बानियाँ तथा ३३ वर्षीय मिलन बानियाँ रहेका प्रहरीले जनाएको छ।, पक्राउ परेका वडा सदस्यसहित तीनै जनाविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरी हिरासतमा राखेर कारवाहीको प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताए।, पक्राउ परेका वडा सदस्य परशुरामको घरबाट लोड नगरेको एक थान भरुवा बन्दुक तथा मदनबहादुरको घरबाट छर्रा र बारुदसमेत लोड गरेको एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने १५० ग्राम बारुद, ४०० ग्राम धातुका छर्रा र सलाई तथा मिलनको घरबाट छर्रा, बारुद लोड गरेको एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।, एउटै गाउँका तीन जनाको घरबाट अवैधरुपमा राखिएको भरुवा बन्दुकसहित खरखजना बरामद गरिएपछि उक्त घटनाका बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए।, वडा सदस्य परशुरामको घरबाट बरामद गरिएको भरुवा बन्दुकको जिल्ला प्रशासन कार्यालय खोटाङले प्रदान गरेको अनुमतिपत्र रहेको जनाइएको छ। अन्य दुई जनाको भरुवा बन्दुकको भने अनुमतिपत्रसमेत नरहेको स्थानीय बासिन्दाले जनाएका छन्।, वडा सदस्यको भरुवा बन्दुकको अनुमतिपत्र विसं २०७२ सालसम्म नवीकरण गरेको स्रोतले जनाएको छ। जिल्लामा अधिकांश स्थानीय बासिन्दाले प्रयोग गर्ने भरुवा बन्दुक बिना अनुमतिका रहेको स्रोतको दाबी छ।, यसअघि गत जेठ १ गते भरुवा बन्दुक र वन्यजन्तुको अङ्गसहित खोटाङका चार जनालाई प्रहरीले पक्राउ गरेको थियो।, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रवीन्द्र कार्की र ७४ वर्षीय कृष्ण विश्वकर्मालाई भरुवा बन्दुक, वन्यजन्तुको अङ्ग र बन्दुकमा प्रयोग हुने विष्फोटक पदार्थसहित उनीहरुको घरबाटै पक्राउ गरेको हो।, दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय भरुवा बन्दुक प्रयोग गरी चोरी शिकारी गर्नेको सङ्ख्या बढेको प्रहरीले जनाएको छ।, पर्याप्त वन्यजन्तु पाइने यस जिल्लामा अधिकांश स्थानीयले मनोरञ्जनका लागि मृग, थार, घोरल, खरायो, कालिज लगायतको शिकार गर्ने गरेका छन्।, जिल्लाका अधिकांश लेकाली क्षेत्रमा पर्ने जङ्गलमा शिकारी बास बस्दै शिकार गर्ने गरेको जनाइएको छ।, पछिल्लो समय जिल्लामा अवैधरूपमा चोरी शिकारी गर्ने क्रम बढेपछि लोपोन्मुख जीवजन्तु भने सङ्कटमा पर्दै गएको छ। चोरी शिकारीको गतिविधि बढ्दै गएपछि नियन्त्रण गर्न प्रहरीले अवैध भरुवा बन्दुक नियन्त्रण अभियान शुरु गरेको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए।, अवैध भरुवा बन्दुक नियन्त्रण गर्न जिल्लाका हरेक प्रहरी एकाइलाई निर्देशन दिइएको प्रजिअ शर्माले बताए।,
भरूवा बन्दुकसहित वडा सदस्य पक्राउ
|
एजेन्सी भारतको उत्तर प्रदेशमा मंगलबार राति रोकिराखेको यात्रुवाहक बसलाई ट्रकले ठक्कर दिँदा १८ यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।, टाइम्स अफ इन्डियाका अनुसार लखनऊ-अयोध्या हाइवेअन्तर्गत बाराबांकी जिल्लाको कल्याणी पुलमा रोकिएको यात्रुवाहक बसलाई तीव्र गतिमा आएको ट्रकले राति साढे २ बजेतिर पछाडिबाट ठक्कर दिएको थियो।, बस बिग्रिएकाले रोकिएको थियो। केही यात्रुहरू बसभित्र सुतेका थिए भने केही बाहिर निस्किएका थिए।, उक्त बस हरियाणाबाट अर्को भारतीय राज्य विहार जान लागेको थियो।, रातिको समय भएकाले दुर्घटनाको केही समयपछि मात्रै प्रहरी र स्थानीय पुगेका थिए। ट्रक यति तीव्र गतिमा आएको थियो कि ठक्करपछि बसभित्र सुतेका यात्रु पनि सडकमा पछारिएका थिए।, ठक्कर दिने ट्रकका चालक फरार रहेको उत्तर प्रदेश प्रहरीका अधिकारीले जनाएका छन्।,
उत्तर प्रदेशमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा १८ यात्रुको मृत्यु
|
एजेन्सी श्रीलंकाका अधिकारीहरूले संसारकै सबैभन्दा ठूलो नीलमणि आफ्नो देशमा फेला परेको बताएका छन्।, बिबिसीका अनुसार रत्नहरू प्रशस्त पाइने श्रीलंकाको रत्नपुरा क्षेत्रमा केही कामदारले इनार खन्दा उक्त नीलमणि फेला पारेका हुन्। एक जना रत्न व्यापारीले आफ्नो घरको छेउमा इनार खन्न लगाएका थिए।, विज्ञहरूले ५१० किलोग्रामको उक्त नीलमणिको अन्तर्राष्ट्रिय बजार मूल्य अहिले १० करोड डलर (११ अर्ब ८८ करोड रुपैयाँ) रहेको बताएका छन्।, ‘इनार खनिरहेको मान्छेले मलाई अनौठा ढुंगाहरू भेटिएको भनेर जानकारी गराएका थिए, पछि त यति ठूलो नीलमणि भेटियो,’ गामागे नाम गरेका ती रत्न व्यापारीले भने। सुरक्षाका कारण उनले आफ्नो पूरा नाम बताउन चाहेनन्।, गामागेको परिवार तीन पुस्तादेखि रत्न व्यापार गरिरहेको छ। ठूलो ढुंगो भेटिएपछि उनले यो नीलमणि हो कि होइन भनेर जाँच्न अधिकारीहरूलाई खबर गरेका थिए। त्यसमा लागेको हिलो र अन्य कुरा हटाएर त्यसलाई शुद्ध नीलमणि प्रमाणित गर्न झन्डै एक वर्ष लागेको थियो।, रत्नपुरामा अरू प्रकारमा बहुमूल्य रत्न पनि पाइन्छन्। श्रीलंका अन्तर्राष्ट्रिय बजारमा रत्न निर्यात गर्ने प्रमुख मुलुक हो। गत वर्षमात्रै श्रीलंकाले रत्न बेचेर झन्डै आधा अर्ब अमेरिकी डलर कमाएको थियो।, अहिले भेटिएको नीलमणि ४० करोड वर्ष पहिले बनेको हुनसक्ने विज्ञहरूको भनाइ छ।, ‘मैले यति ठूलो नीलमणि यसअघि कहिल्यै देखेको थिइनँ। यो लगभग ४० करोड वर्ष पहिला बनेको हुनुपर्छ,’ रत्नविज्ञ डाक्टर गामिनी जोइसाले भने।,
इनार खन्दा श्रीलंकामा भेटियो झन्डै १२ अर्बको नीलमणि
|
एजेन्सी जापानको टोकियोमा अहिले ग्रिष्मकालीन ओलम्पिक हुँदैछ। संसारभरिका खेलाडीको उक्त कुम्भमेलामा पदकका लागि खेलाडीबीच प्रतिष्पर्धा त हुन्छ नै अरू थुप्रै विषयले पनि चर्चा पाउँछन्।, केहीदिन अघि चिनियाँहरूले आफ्ना भारोत्तोलन खेलाडीले स्वर्ण जित्दा बेलायती समाचार संस्था रोयटर्सले नराम्रो फोटो छापेको भन्दै आलोचना गरेका थिए।, अहिले भने जापानी समाजमा जर्मनीका खेलाडीले लगाएको पहिरनको चर्चा भइरहेको छ। जर्मनीका महिला जिम्नास्टिक खेलाडी शरीर ढाकिने लुगा लगाएर स्पर्धामा उत्रिएका थिए।, उनीहरूले खेलमा महिलाको शरीरलाई ‘सेक्सुअलाइजेसन’ गर्ने प्रवृत्तिको विरोध र महिला खेलाडीले आफूले चाहेको पहिरन लगाउन सक्छन् भन्ने सन्देश दिन फुल बडी सुट्स लगाएको बताएका छन्।, जर्मन खेलाडीको उक्त कदमको निकै पितृसत्तात्मक रहेको जापानी समाजमा चर्चा भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जर्मन खेलाडीको तारिफ गरेका छन्।, जापानका केही पूर्वखेलाडीले महिला भएकै कारण पहिरनका विषयमा आफूले भोग्नु परेको दुर्व्यवहार पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।, ‘म रिदमिक जिम्नास्टिकमा स्पर्धा गर्थें, त्यहाँ दुई जना अधवैंशे पुरुष हुन्थे। हामीले आफ्ना खुट्टा उचालेपछि उनीहरू फोटो खिच्न आउँथे,’ युको नामकी प्रयोगकर्ताले ट्वीटरमा लेखेकी छन्। , जापानमा अहिले पनि स्कुल जाँदा छात्राहरूले स्कर्ट लगाउनु पर्ने र कार्यालयमा महिला हाई हिल लगाउनै पर्ने चलन छ।, यसको विरोधमा केही समयअघि महिलाहरूले अनलाइनमार्फत् अभियान चलाएका थिए। तर उनीहरूको कुराको सुनुवाइ भएन।, अहिले आफ्नै देशमा भइरहेको खेलमा जर्मन महिला खेलाडीले पहिरनको स्वतन्त्रताबारे मुद्दा उठाएपछि जापानमा फेरि यसको चर्चा भएको हो।,
जापानमा हुँदैछ ओलम्पिकमा जर्मन जिम्नास्टिक खेलाडीले लगाएको ड्रेसको चर्चा
|
सेतोपाटी संवाददाता सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ।, स्थानीयबासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीय सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी-३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए।, मंगलबार राति करिब १२ बजे घरबाट निस्किेकी रिकेवादेवीको शव बुधबार बिहान स्थानीयले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिए। महिलाको मानसिक सन्तुलन ठिक नभएको उनले जानकारी दिए।, राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ। उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।, तीनै जनाको शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवामा ल्याउने काम भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। आत्महत्या हो वा हत्या भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए।, रासस,
सर्लाहीको पोखरीमा भेटियो आमा र छोरा-छोरीको शव
|
सेतोपाटी संवाददाता प्रहरीले बनेपाबाट ११ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ। बनेपा नगरपालिका-१४ खालचौरस्थित थोप्चन तामाङको घरमा जुवा खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा काभ्रेका कृष्ण केसी, खड्गसिंह लामा, सुमन अधिकारी, गणेश थापा, अनिल मुस्याजु, हिरा लामा, चन्द्र लामा, थर्कमान लामा, किशोर अधिकारी, छिरिङ लामा र भक्तपुरका दीपब बस्नेत छन्।, मंगलबार अपराह्न साढे ५ बजे प्रहरी टोली जुवा खेलिरहेको ठाउँमा पुगेको थियो। जुवा खालबाट सात लाख १५ हजार ३५ रूपैयाँ फेला परेको काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।, तामाङको घरको अन्डरग्राउन्डमा उनीहरू जुवा खेलिरहेका थिए। उनीहरूलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान थालिएको छ।,
बनेपाबाट ११ जना जुवाडे पक्राउ
|
सेतोपाटी संवाददाता झापाको दमकमा ट्रकको ठक्करबाट मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ।, दुर्घटनामा सुरुङ्गाका हेवन होटलका सञ्चालक दम्पतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, मंगलबार राति साढे १० बजे दमक चिया बगानमा दुर्घटना हुँदा सञ्चालक ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया हिमा विष्टको घटनास्थलमै मृत्यु भएको हो।, उनीहरू प्र २-०३-०१३ प ४७८७ नम्बरको मोटसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै थिए। विपरीत दिशाबाट आएको ना४ख ८७३० नम्बरको ट्रकले उनीहरूलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, दुर्घटनाबाट गम्भीर घाइते भएका दम्पतीलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।, उनीहरूको स्थायी बसोबास मोरङको भाउन्ने भए पनि भए पनि सुरुङ्गामा होटल सञ्चालन गर्दै आएका थिए।,
ट्रकको ठक्करबाट दमकमा श्रीमान-श्रीमतीको मृत्यु
|
सेतोपाटी संवाददाता बागमती युनेस्को क्लबका अध्यक्ष निश्चल बानियाँ, सोही क्लबका वातावरण विभागका उपप्रमुख शुभाशिस भट्टराई र पोखराकी उरुषा लम्सालले काजकिस्तानमा हुने अन्तर्राष्ट्रिय युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। , युनेस्को क्लब र एसोसिएसनहरूको एसियन प्यासिफिक फेडरेसनको सहयोगमा काजकिस्तान फेडरेसन अफ क्लब फर युनेस्कोले आयोजनामा 'अन्तर्राष्ट्रिय युवा फोरम' जुलाई ३० र ३१ गते रहेको युनेस्को क्लब र एसोसिएसनका लागि नेपाल राष्ट्रिय महासंघका अध्यक्ष श्री आनन्द राज त्रिपाठीले जानकारी दिए।, 'युवा नेतृत्वमा शान्ति' नारा रहेको सम्मेलन आणविक हतियार र आणविक परीक्षणको विषयमा आधारित हुनेछ। , नेपाली प्रतिनिधिहरूले यस फोरममा नेपालको आणविक हतियार र आणविक परीक्षणको स्थिति व्याख्या गर्नुको साथै, नीति नियम, कार्यक्रमसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने अवसर प्राप्त गर्ने छन्। , साथै, आणविक हतियार र आणविक परीक्षण विषयका विज्ञहरूसँग बहस गरी विश्वभरिका आणविक हतियार र आणविक परीक्षण विषयमा ज्ञान हासिल गरी युवा नेतृत्वमा शान्ति स्थापना गर्नका निमित्त मस्यौदा तयार गरी सम्झौता र हस्ताक्षर गर्ने अवसर पनि प्राप्त गर्ने छन्।,
बागमती युनेस्को क्लबले काजकिस्तानमा नेपालको प्रतिनिधित्व गर्ने
|
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय सिरहाका 'मस्ट वान्टेड' सर्वाधिक खोजीको सूचीमा रहेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, सिरहा प्रहरीले डाँका मुद्दामा खोजी गरिरहेका धनुषा विदेह नगरपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षीय चन्दन पासवानलाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई प्रहरीले मंगलबार धनुषाको घर क्षेत्रबाट पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।, उनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गर्न सिरहाको इलाका प्रहरी कार्यालय लहानमा बुझाएको छ।, 'उनी डकैती गरेको मुद्दामा मस्ट वान्टेड सूचीमा थिए। हिजो हामीले उनलाई घर क्षेत्रबाट पक्राउ गरी बुझाएका छौं,' मिश्रले भने।, उनी गत चैत ३० गते लहान नगरपालिका वडा नम्बर ७ का सुन-चाँदी व्यवसायी राजेश शारदाको घरमा डकैती गरेको घटनामा संलग्न रहेको सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।, 'उनीहरूले त्यतिबेला सुनचाँदीको व्यापारी राजेशको घरमा डकैती गरेका थिए,'उनले भने,'त्यहाँ भएका गरगहनाहरू लुटपाट गरेर राजेशको गाडी थियो त्यसैमा उनीहरू भागेका थिए।', सोही रात करिब १२ बजे प्रहरीले चेक गर्ने क्रममा गाडी फेला परेको थियो। त्यहाँबाट लुटपाट गरिएका गरगहना पनि प्रहरीले फेला पारेको थियो।, 'हामीले एक तोला सुनको ब्रासलेटसहित चाँदीका गरगहनाहरू त्यही रात फेला पार्यौं,' बुढाथोकीले भने,'तर मान्छे फेला पर्न सकेका थिएनन्। त्यसैको अनुसन्धान गर्दै जाँदा हिजो पक्राउ गर्यौं।', उनीहरूले एक तोलाको सुनको ब्रासलेट, ७७ थान हसुरी, कल्ली ६० थान, पाउजु ८२ थान, चुरी २६ थान, सिक्का २९ थान गरी जम्मा २७४ थान चाँदीका गरगहना लुटपाट गरेका थिए।, यसमा संलग्न अरूको पनि प्रहरीले खोजी गरिरहेको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।, उनको अरू घटनामा पनि संलग्नता हुनसक्ने प्रहरीले जनाएको छ।,
सिरहाका 'मस्ट वान्टेड' व्यक्ति पक्राउ
|
सेतोपाटी संवाददाता गुल्मीमा जीप दुर्घटना भएको छ।, बुधबार बिहान करिब पौने १२ बजे मुसिकोट नगरपालिका वडा नम्बर ४ स्थित सडकबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।, उनका अनुसार तीन जनाको मृत्यु भएको आशंका गरिएको छ। शान्तिपुरबाट आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो, 'कति जना सवार, घाइते र मृत्यु भएको भन्ने यकिन आइसकेको छैन,' भट्टराईले भने, 'तीन जनाको मृत्युको सम्भावना छ। घाइतेहरूले हामीलाई खबर गरे अनुसार तीन जनाको मृत्यु भएको छ।', अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ।,
गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु भएको आशंका
|
सेतोपाटी हिलिहाङ गाउँपालिका–३ गोपेटारको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी भएका चिकित्सक अध्ययन बिदामा गएको दुई वर्ष नाघ्यो।, दरबन्दीका चिकित्सक अध्ययन बिदामा गएपछि दुई वर्षसम्म न त उनी फर्के न अर्को चिकित्सक उक्त दरबन्दी खटाइए। चिकित्सकविहीन अवस्थामै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्थायी कोभिड-१९ अस्पताल बनाइयो। , कोरोना भाइरस सङ्क्रमणको पहिलो लहरको अन्त्यतिर संघीय सरकारको निर्देशनबमोजिम गाउँपालिकाले चिकित्सकको भर्ना लिई प्राथमिक स्वास्थ्य केन्द्रमा खटायो।, तीन महिनापछि गाउँपालिकाको स्रोतले चिकित्सकलाई टिकाउन सकेन। यहाँ कार्यरत डा मनोज नेपाली बिदा भएपछि प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार चिकित्सकविहीन छ।, अर्को प्राथमिक स्वास्थ्य केन्द्र रबीमा पनि दरबन्दीका चिकित्सक बिदामै छन्। दरबन्दीका चिकित्सक अध्ययन बिदामा गएपछि गाउँपालिकाले कोभिड अस्पतालका लागि एक चिकित्सकको भर्ना लिई सेवामा राखेको छ।, सुरूआतका तीन महिनाका लागि तलब आए पनि त्यसपछि गाउँपालिकाले नै तलब र जोखिम भत्ता दिई एक जना चिकित्सक राखेको हो। , कच्ची सडकको लामो यात्रा गर्नुपर्ने हुनाले यहाँबाट कोभिड-१९ का जटिल बिरामीलाई समयमा अस्पताल पुर्याउन सकिने अवस्था छैन।, यही कारण गाउँपालिका आफैंले तलब र जोखिम भत्ता दिई चिकित्सक राखेको छ।, ‘हामीकहाँ कोभिड-१९ का धेरै बिरामी पनि आउनुहुन्छ’, मिक्लाजुङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख अग्नि चम्लागाईंले भने, ‘अहिलेसम्म त गाउँपालिका आफैंले एक चिकित्सक र दुई जना स्टाफ नर्सलाई तलब, भत्ता दिएर राखिरहेको छ तर संघीय सरकारबाट दिने भनिएको तलब, भत्ताको बजेट नआउँदा व्यवस्थापनमा कठिन पर्ने अवस्था छ।’, संघीय सरकारको निर्देशनबमोजिम तुम्बेवा गाउँपालिकाले अस्थायी कोभिड अस्पताल स्थापना गरी एक चिकित्सकलाई सेवामा राखेको थियो।, तलबमा अतिरिक्त शतप्रतिशत भत्ताको व्यवस्था गरी गत असारसम्म ती चिकित्सकले तुम्बेवा–३ मौवाबाट सेवा दिएका थिए। गाउँपालिकाको महामारीसम्बन्धी कोषबाट चिकित्सकले तलब र भत्ता पाउँदै आएका थिए। तर स्रोतको अभावमा अहिले गाउँपालिका चिकित्सक राख्न नसक्ने अवस्थामा पुगेको छ। , ‘जनताको मागलाई पूरा गर्ने क्रममा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा बजेट सीमित हुन्छ। स्वास्थ्यमा पर्याप्त बजेट राख्नुपर्छ भन्नेमा अब मात्रै सबैको ध्यान पुग्दैछ’, तुम्बेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले भने, ‘संघ सरकारले कोभिड अस्पतालका स्वास्थ्यकर्मीलाई दिने भनेको तलब, भत्ता प्राप्त नहुँदा सबै खर्च गाउँपालिकाले नै गर्नुपर्यो।’, याङवरक गाउँपालिकाले अस्थायी कोभिड अस्पतालमा चिकित्सक राख्नका लागि आवदेन आह्वान गर्यो।, एक चिकित्सकको दर्खास्त परे पनि उनी अन्तर्वार्तामा आएनन्। चिकित्सक राखेर सेवा दिन चाहे पनि चिकित्सक नै नपाउँदा सामान्य समस्यामा पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता छ।, ‘चिकित्सक बाहेकका स्वास्थ्यकर्मी राखेर कोभिड अस्पतालबाट सेवा दिइरहेका छौं’, याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले भनिन्, ‘तर अहिलेसम्म कोभिड अस्पताल बिरामी आएका छैनन्।’, जटिल समस्या भएका कोभिड–१९ का संक्रमितहरू सिधै चिकित्सक भएका अस्पताल जाने गरेका छन्। , याङवरक मात्रै होइन अस्थायी कोभिड अस्पतालका लागि जिल्लाका फाल्गुनन्द, कुम्मायक र फालेलुङ गाउँपालिकाले समेत चिकित्सक पाएका थिएनन् तर चिकित्सक पाएकाहरुले समेत अहिले आएर टिकाउन सकेका छैनन्।, ‘चिकित्सक भएपछि हरेक बिरामीको मनोबल उच्च हुने रहेछ’, तुम्बेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले अनुभव सुनाउँदै भने, ‘हाम्रो जस्तो दुर्गम ठाउँमा चिकित्सक राखेर सेवा दिनुपर्ने हो तर चिकित्सकले चाहेजस्तो सुविधा दिन नसक्दा समस्या हुने रहेछ।’, कोभिड-१९ संक्रमणको लहर चलिरहेकाले समस्या पर्दै गए चिकित्सक राख्ने मनस्थितिमा गाउँपालिका रहेको दाहालको भनाइ छ। , चिकित्सक सहितका स्वास्थ्यकर्मीका लागि संघीय सरकारले तलब, भत्ता नपठाएको विषयमा सरोकारवालाहरूले पटक/पटक आवाज उठाइरहे पनि सुनुवाइ भएको छैन।, ‘हामीले राखेका स्वास्थ्यकर्मीका लागि तलब, भत्ता माथि (संघीय सरकार)बाट पठाइनुपर्थ्यो, नभए दरबन्दीमा चिकित्सक पठाइनुपर्थ्यो’, हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले सरोकारवालासँगको एक अन्तर्क्रियामा भने। हिलिहाङले प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक राख्ने भनी हालै गाउँ कार्यपालिकाको बैठकबाट निर्णय भने गरेको छ।, ‘तर अझै पनि चिकित्सक राख्न कठिन नै छ’, हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेले भने, ‘भनेजस्तो सुविधा दिन गाउँपालिकाले सक्दैन। थोरै तलब, भत्तामा चिकित्सक आएर बस्ने कुरा भएन।’ , उसो त चिकित्सकको अभाव जिल्ला अस्पतालमै हुन लागेको छ। अहिले प्रशिक्षार्थी चिकित्सकसहित पाँच जना चिकित्सक सेवामा छन् तर सेवामा रहेकामध्ये दुई जना प्रशिक्षार्थी चिकित्सक फिर्ता हुन लागेको जिल्ला अस्पतालका तथ्यांक अधिकृत नारायण जोशीको भनाइ छ।, ‘कम्तीमा तीन मेडिकल अफिसर र एक जना डेन्टल चिकित्सक आवश्यक छ’, जोशीले भने। , चिकित्सकको अभाव भएको संघीय सरकारले दिने भनी तलब भत्ताको बजेट नपठाएको विषयमा सरकोरवालाले निरन्तर आवाज उठाइरहेका छन्।, साउन १ गते पाँचथरमा स्वास्थ्य क्षेत्रको अवस्थाबारे बुझ्न आएकी प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईसमक्ष पनि सरोकारवालाले यही माग गरे।, ‘हाम्रोजस्तो ठाउँमा गाउँमा बसेर चिकित्सकले अतिरिक्त सेवा दिएर कमाउन सक्दैनन्’, स्वास्थ्य कार्यालय पाँचथरका निमित्त प्रमुख नारदमुनि सुवेदीले भने, ‘त्यसैले चिकित्सकलाई दूरदराजका गाउँमा टिकाउन आकर्षक तलब भत्ता दिनुको विकल्प छैन।’रासस,
दुर्गममा चिकित्सक पाउनै गाह्रो, पाए टिकाउन साह्रो
|
सेतोपाटी संवाददाता नेपाल-चीन सीमा क्षेत्रमा बाढी-पहिरोले क्षतिग्रस्त बनेको सडक लामो समयदेखि नबन्दा तातोपानी नाकाबाट आयात प्रभावित भएको छ।, तातोपानी भन्सार क्षेत्रभित्र प्रवेश पाए पनि बाटो बिग्रेका कारण सवारीसाधन रोकिएका छन्।, असार २ गते बाढी-पहिरोले क्षतिग्रस्त बनाएको बाटो र पुल नबन्दा झन्डै डेढ महिनादेखि भन्सार संकलन प्रभावित भएको हो।, चीनबाट नेपाल प्रवेश भइसकेको ठूलो मात्रामा मेडिकल सामग्री, अक्सिजन प्लान्ट, हाइड्रो मेसिनरीलगायत बाटोमै रोकिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।, भन्सार प्रमुख नारद गौतमका अनुसार कोदारीमा पहिरोले सडक क्षतिग्रस्त बनाएको छ। लिपिङ पुल बाढीले क्षतिग्रस्त बनाए पनि बनिसकेको छैन।, कोदारीमा सडकको ट्रयाक खोलिए पनि मालवाहक गाडी पास हुन सकेका छैनन्। यसैगरी, लिपिङमा त क्रेनको सहायताले सामग्री ल्याउनु परिरहेको छ।, ‘अक्सिजन प्लान्ट चीनबाट आएर रोकिएका छन्, प्लान्ट क्रेनबाट यता ल्याउन सम्भव पनि छैन,’ गौतमले भने।, चीनले रसुवातर्फबाट ‘डाइभर्ट’ गरी सामान पठाइरहेकोमा अहिले भने तातोपानी नाकातर्फ पठाइदिएको छ।, ‘चीनबाट हाम्रो भन्सार क्षेत्रभित्र प्रवेश गरे पनि बाटो र पुल नबन्दा भन्सारसम्म आइपुगेर जाँचपास दिन सकिएको छैन,’ गौतमले सेतोपाटीसँग भने।, कोरोनाको तेस्रो लहर आउने जोखिम बढिरहेका बेला मेडिकल सामग्री र अक्सिजन प्लान्ट रोकिने अवस्था आएको छ। तातोपानी छिरिसकेका गाडी उता फर्काउन पनि नसकिने भएकाले बाटो र पुल तुरुन्तै मर्मत नभए सामग्री त्यहीँ रोकिइरहने सम्भावना बढी छ।, चीनबाट भन्सार जाँचपास भएको सात कन्टेनर स्याउ कुहिएको छ। ती कन्टेनरमा आएको ६१ हजार किलो स्याउ भन्सारले बुधबार नष्ट गर्दैछ। तर, सडक विभाग समस्या देखाएर बाटो बनाउन नसकेको तर्क गरिरहेको छ।, सडक विभागले पहिरो गएको ठाउँ जोखिमपूर्ण रहेकाले हेभी मेसिन लगाएर काम गर्न नसकेको बताउँदै आएको छ।, ‘ठूलो जनशक्ति पनि खटाउन सकिएको छैन, हामीले काम गरिरहेका छौं,’ विभागका महानिर्देशक अर्जुनजंग थापा भन्छन्, ‘हाम्रो जनशक्तिले काम गरिरहेको छ, कहिलेसम्म सकिन्छ भनेर भन्न सकिँदैन।’, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले सडक विभागले एक महिनादेखि बाटो र पुल बनाइरहेको बताए। पानी परिरहेकाले र जोखिमपूर्ण ठाउँ भएकाले बाटो बनाउन कठिन भएको विभागले बताइरहेको पोखरेलले जनाए।, ‘लामो समयदेखि सडक नबन्दा मेडिकल सामग्री, अक्सिजन प्लान्ट, हाइड्रो मेसिनरी, स्याउलगायतको आयात रोकिएको छ। बाटो बन्ने आशमा छौं,’ भन्सार प्रमुख गौतमले भने।, कोदारीमा करिब ५० मिटर बाटो पहिरोले बगाएको थियो। लिपिङको पुलमा करिब १० मिटर क्षति भएको छ।,
पहिरोले क्षति भएको सडक नबन्दा तातोपानी भन्सारले नष्ट गर्दैछ चीनबाट आएको ६१ हजार किलो स्याउ
|
सेतोपाटी संवाददाता जीवित कछुवासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले तीन जनालाई दक्षिणकाली नगरपालिका वडा नम्बर ६ फर्पिङबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनीहरूलाई प्रहरीले मंगलबार फर्पिङबाट पक्राउ गरेको हो।, मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय विशाल सुनार, ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय भुवन राईलाई प्रहरीले पक्राउ गरेको हो।, प्रहरीले अवैधरूपमा संरक्षित वन्यजन्तु अवैध रूपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचना पाएको थियो।, सोही सूचनाको आधारमा खटिएको टोलीले उनीहरूबाट सरिसृप पहेंलो रंगको जीवित कछुवा बरामद गरेको हो।, उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाएको छ।,
फर्पिङबाट जीवित कछुवासहित तीन जना पक्राउ
|
सेतोपाटी संवाददाता बाजुरामा बुढीगंगा नदी आंशिक रुपमा थुनिएको छ। गौमुल गाउँपालिका–२ कुहुडामा ताल फुटेर आएको पहिरोले थुनिएको नदी आंशिक रुपमा बग्न थालेको वडा कार्यालयले जनाएको छ।, वडा सदस्य गीता रोकायाले नदीमाथिबाट गौमुल ताल फुटेर पहिरो जादा नदी थुनिएको बताइन् ।, ‘अहिले नदीमा केहि मात्रामा माटो–लेतो बगेको छ,’ उनले सेतोपाटीसँग भनिन्, ‘नदी थुनिएर जोखिम बढेपछि तटीय क्षेत्रमा स्थानीयलाई सचेत पारिएको छ।’, बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले नदी थुनिएको खबर आएपछि प्रहरीको टोली पठाइएको बताए।, ‘जनप्रतिनिधिसँग बुझ्दा थुनिएको नदी आंशिक रूपमा बग्न थालेको भनिएको छ, प्रहरी टोली पुग्न ५ घण्टा लाग्छ, त्यसपछि के भएको हो थाहा होला,’ उनले भने ।, वडा सदस्य रोकायाका अनुसार त्यहाँ एक सातादेखि परिरहेका पानीले बुढीगंगामा वहाव बढेको हो।, सोही ठाउँमा तुसारी गाडका २ वटा झलुंगे पुल बगाएको उनले जानकारी दिइन् । वडा नम्बर ३ गर्ज्याङ र वडा नम्बर २ दहकोटमा एउटा झुलंगे पुल बगेको उनले बताइन् ।, अजयटोट्की टोल जोखिममा परेपछि १६ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । उनीहरु लेकमा त्रिपालमा बसेका छन् ।,
बाजुरामा बुढीगंगा नदी आंशिक थुनियो, सतर्क रहन आग्रह
|
सेतोपाटी संवाददाता तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ पर्सेनीस्थित तुलसीपुर–घोराही सडकखण्डमा ह्युमपाइप राख्नका लागि खनिएको खाडल बुधबार बिहान पुरिएको छ। , मोटरसाइकलमा सवार तुलसीपुर १० राईखनियानका ३५ वर्षीय चुडामणि भण्डारीको मंगलबार राति सोही खाडलमा परेर मृत्यु भएको थियो। , फोरलेन सडक निर्माण परियोजनाले गत चैततिरै ह्युमपाइप बिच्छाउन भनेर सडकको बीच भागमा वारपार खाडल खनेको थियो। , निर्माण कम्पनीले त्यस्ता खाडलमा महिनौं पहिले ह्युमपाइप झारे पनि, खाडलमा राखे पनि खाडल भने पुरेको थिएन। निर्माण कम्पनीले स्पष्ट संकेत वा चिन्ह समेत त्यसरी खनिएका ठाउँमा राखेको थिएन। , त्यही भएर त्यस्ता खाडलमा परी कैयौं मोटरसाइकल चालक दुर्घटनामा पर्ने गरेका थिए। , मंगलबार रातिको दुर्घटनाको खबर सार्वजनिक भएपछि दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले फोरलेन सडक परियोजनाको कामको जिम्मा लिएका द्रोर्ण दुलाललाई साथ लिएर दुर्घटनास्थल पुगेका थिए। , तुलसीपुर–घोराही–लमही सडकखण्डको साढे २८ किलोमिटर जति सडक विस्तारमा भारतको एक्जिम बैंकको लगानी छ। भ्याटबाहेक करिब १ अर्ब २५ करोड रूपैयाँ लागतमा निर्माण सडक विस्तार गर्ने कामको जिम्मा भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले पाएको छ।, तर, तथ्यले आधिकारिक प्रतिनिधिका रूपमा नेपालका अनुप पाण्डेलाई काम सुम्पेको छ। पेटी ठेकेदारका रूपमा सडक विस्तारको काम पाण्डेले नै गर्दै आएका थिए। पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोरा हुन्।, सडक निर्माणको कामले गति लिन नसकेपछि पाण्डेले व्यापक आलोचना खेप्नु पर्यो।त्यही भएर अहिले आएर पाण्डे कामबाट 'ब्याक' भएर दुलाललाई काम सुम्पिएको जानकारहरू बताउँछन्। , दुलालले पनि अबदेखि काम आफूले नै लिएको र काम सुरू गर्ने सेतोपाटीलाई बताए। , घटनास्थल पुगेका प्रजिअ कुरुम्बाङले हालसालै काम जिम्मा लिएका दुलाललाई तत्काल ती खाडल पुर्नका लागि आग्रह गरेका थिए। , दुलालले घटनास्थलमा सर्वसाधारणसमक्ष तत्कालै भएका सडक खण्ड ह्युमपाइप बिच्छाएर पुरिने बताएका थिए। त्यसपछि बुधबारदेखि सडकखण्डमा भएका खाडल पुर्ने काम सुरू भएको छ। , यी पनि :, ह्युमपाइप राख्न खनेको खाल्डोमा परेर दाङमा मोटरसाइकल चालकको मृत्यु, तुलसीपुर-घोराही सडक विस्तार : २ वर्षमा ७ प्रतिशतमात्रै काम ,
,
तुलसीपुर–घोराही सडकखण्ड : ह्युमपाइप राख्नका लागि खनिएको खाडल पुरियो
|
सेतोपाटी संवाददाता मोरङको सुन्दरहरैंचा नगरपालिका १० विराट चोकस्थित खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट प्रयास गर्ने पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।, शिव पञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास गर्ने समूहलाई प्रहरीले मंगलबार राति अत्याधुनिक हतियारसहित पक्राउ गरेको हो।, पक्राउ पर्नेमा सुन्दरहरैचाका सन्तोष राईसहित ५ जना छन्। अहिले अनुसन्धानको क्रममा रहेकोले प्रहरीले पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ।, ‘घटनामा संलग्न भएकालाई प्रक्राउ गरिएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्द्धन जिसीले भने, ‘अहिले अनुसन्धानको क्रममा रहेका छौं। प्राविधिकसहितको सबै पक्षदेखि अनुसन्धान गर्दै आएका छौं।’, मोरङ प्रहरीले पक्राउ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजानिक गर्ने तयारी गरेको छ। थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा मास्क लगाएर आएको समूहले गत साउन १ गते दिउँसो लुटपाटको प्रयास गरेको थियो।, पक्राउ परेकाको साथबाट अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी मेसिनगन एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल तथा ७० राउन्ड विभिन्न हतियारका गोली बरामद भएको प्रहरीले जनाएको छ।, लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीय बासिन्दालाई हतियार देखाएर आतङ्कित एवं त्रसित बनाउँदै उक्त समूह उत्तर–पश्चिमतर्फ लागेको थियो। प्रहरीको विशेष टोली घटना भएको १२ दिनपछि उक्त गिरोहसम्म पुग्न सफल भएको हो।, लुटपाट गर्न खोजिएको दृष्य सुनचाँदी पसलमा रहेको सिसी क्यामेरा फुटेजमा पनि कैद थियो। पक्राउ परेकाको साथबाट बरामद भएको एसएमजी नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको विशेष टोलीले मात्रै बोक्न पाउने हतियार हो।,
मेसिनगन बोकेर लुट्न आउने गिरोह प्रहरी फन्दामा
|
सेतोपाटी संवाददाता २४ घण्टामा पैसा दोब्बर बनाउने भन्दै ठगी गरेको आरोपमा एक पक्राउ परेका छन्।, मोरङमा एक जनाले '२४ घण्टामा पैसा दोब्बर गराइदिन्छु' भन्दै ठगी गरेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।, प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर ८ अशोक चोक बस्ने ३५ वर्षीय चन्दनकुमार मुखियालाई सोमबार पक्राउ गरेको हो।, उनले सोही ठाउँ बस्ने ३१ वर्षीय राजकुमार रायबाट दुई लाख २० हजार रूपैयाँ ठगी गरेका थिए।, मुखिया र राय एउटै गाउँका मान्छे हुन्।, घटना गत चैत २७ गते दिउँसोको हो। मुखियाले रायको पैसा दोब्बर बनाइदिने भन्दै पैसा मागेका थिए।, 'पैसा ल्याएपछि उनले ल अब एक बाल्टिनमा चोखो पानी पनि लिएर आउनू भनेर पठाएछन्,' प्रहरी उपरीक्षक जनार्दन जिसीले भने।, राय पानी लिन गएको मौका छोपी मुखियाले पोकामा राखिएको पैसा झिकेर कागजले भरिसकेका थिए। सो पोका उनले सुन रंगको प्लास्टिकले बेरिदिएका थिए। साथै, दुइटा केमिकल र सिरिन्ज निकालेर मुखियाले रायलाई दिए।, 'उनले रायलाई यो पोका राति खोल्न हुन्न अब भोलिमात्रै खोल्नु है भनेछन्,'प्रहरी उपरीक्षक जिसीले भने,'भोलिपल्ट त्यो सिरिन्ज हान्नु पैसा दोब्बर हुन्छ भनेका रैछन्।', त्यसरी उनी पैसा लिएर घटनास्थलबाट भागिसकेका थिए। २४ घण्टा भएपछि रायले पोका खोलेर हेर्दा भित्र कागजमात्रै भेटिएको प्रहरीले जनाएको छ।, त्यसरी आफू ठगिएको थाहा पाएर प्रहरी कार्यालयमा सम्पर्क गरेका थिए।, उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। उनले अरूलाई पनि यसरी नै ठगेको हुनसक्ने प्रहरीको भनाइ छ।,
'२४ घण्टामा पैसा दोब्बर गराइदिन्छु' भन्दै ठगी गर्ने एक पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने पुनः प्रतिवद्धता व्यक्त गरेका छन्।, वडा–२१ को वडा भवनको आज शिलान्यास गर्ने सिलसिलामा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। , ‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौ भनेर घोषणा गरेका थियौं,’ शाक्यले भने, ‘वडा–२१ को वडा भवनको आज शिलान्यास गरेका छौं। यो हाम्रो घोषणा अनुसारकै कार्य हो।’, शाक्यले यस अघि वडा–३, ४, ९, १४, १८, २६ लगायतका वडा कार्यालयका भवनबाट सेवा सुरू भैरहेको जानकारी दिए।, ‘केही कार्यालय भवनको निर्माण कार्य जारी छ। केही वडा कार्यालयको खरिद प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘वडा–१२ को पनि हामी केही दिनमै शिलान्यास गर्दै छौं।’, उनले केही वडा कार्यालय भवन भने कानूनी र प्राविधिक समस्याका कारण प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिए। , ‘मुद्दा परेका कारण हामीले महानगरपालिकाको केन्द्रीय कार्यालय भवन अहिलेसम्म निर्माण गर्न सकेनौं,’ उनले भने, ‘हामीले निर्वाचनका बेला प्रतिवद्धता व्यक्त गरेका धेरै काम सम्पन्न गरेका छौं। केही काम भने कानूनी र प्राविधिक कारणले समस्या भएको छ।’ , काठमाडौं महानगरपालिकामा फरक–फरक विचारधारा राख्ने जनप्रतिनिधि निर्वाचित भएर आएका भए पनि आफ्नो कार्यकालमा कार्यपालिका र नगरसभाका सबै निर्णय सर्वसम्मतिमा अघि बढाउन सफल भएको भन्दै उनले खुसी व्यक्त गरे।,
काठमाडौं महानगरका ६ वटा वडा भवन निर्माण प्रक्रियामा
|
सेतोपाटी संवाददाता फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङको उर्लाबारी नगरपालिका-८ राजघाटमा सोमबार दिउँसो एक किशोरको हत्या भएको छ।, छुरा प्रहार गरेर उर्लाबारी-८ का १७ वर्षे अभिषेक चौधरीको हत्या गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।, उनका अनुसार दिउँसो १ः१५ बजेतिर भएको छुरा प्रहारबाट अभिषेक गम्भीर घाइते भएका थिए।, उनलाई उपचारका लागि झापाको विर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेको श्रेष्ठको भनाइ छ।, ‘स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला छ/सात जनाको समूहमा रहेका युवाहरूले अभिषेकमाथि छुरा हानेका हुन्,’ उनले भने ।, छुरा प्रहार र आक्रमणबाट अभिषेकसँगै रहेका २१ वर्षीय सुसन धामी पनि घाइते भएका छन्।, छुरा प्रहारबाट सुसनको पनि शरीरका विभिन्न भागमा चोट लागेको डिएसपी श्रेष्ठले बताए। सामान्य अवस्थामा रहेका उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ।, घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले घटनामा संलग्न भएको आशंकामा दुई युवालाई नियन्त्रणमा लिएको छ।, प्रहरीले १८ वर्षे निशान राई र पवन कार्कीलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ।, घटनामा संलग्न अरु युवाहरू फरार रहेका कारण खोजी भइरहेको जानकारी डिएसपी श्रेष्ठले दिए। युवाहरूबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद एवम् झगडा भएको प्रहरीले बताएको छ।, विवाद त्यतिबेलै मिलाइएको भए पनि ‘रिसिइबी’ साँधेर बसेको समूहले भने भोलिपल्ट अर्को पक्षका किशोरको हत्या नै गरिदिएको प्रहरीले बताएको छ।,
मोरङमा फुटबल खेल्दाको विवादपछि एक किशोरको हत्या
|
सेतोपाटी संवाददाता झापाको शिवसताक्षी नगरपालिकामा हात्तीले बितण्डा मच्चाउन थालेको छ।, सोमबार बिहान हात्तीले वडा नम्बर ११ का ८ वटा घर भत्काएको छ। सँगै किसानको धान र मकै बालीसमेत नष्ट गरेको छ।, हात्तीले भत्काएका घरहरू रतुवामाई वृक्षारोपण आयोजनाको जंगलसँग जोडिएका छन्।, जंगल क्षेत्रबाट गाउँ पसेको हात्तीको बथानले स्थानीयको घर भत्काएको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष भैरवकुमार श्रेष्ठले बताए। एक सातादेखि हात्तीले स्थानीयको घर भत्काएर हैरान पार्न थालेको स्थानीय दीपक चौहानले जानकारी दिए।, हात्तीले वडा नम्बर ११ का चन्द्रबहादुर थेबे, बलबहादुर राई, भीमकुमार राई, अनिल लिम्बु, रत्न राई, टेकबहादुर राई, नरप्रसाद लक्सम र रोशन थेबेको घर भत्काउनुका साथै भित्र रहेको अन्नबाली समेत तानेर खाइदिएको छ। अधिकांशको भण्डारण गरिएको खाद्यान्नको बार भत्काएर हात्तीले खाएको चौहानले बताए।, बिहान २ बजेदेखि गाउँ पसेको हात्तीले बितण्डा मच्चाएको थियो। ज्यान जोगाउन कतिपय स्थानीय लत्ताकपडा खाद्यान्न र बालबालिकासहित भागेका थिए। हात्तीले सबै पीडितको गरेर पाँच लाख बराबरको क्षति भएको स्थानीयले बताए।, ‘उज्यालो हुने बेलामा १० वटाको समूहमा रहेको हात्ती जंगलबाट आएर घर भत्काउन थाल्यो,’ पीडित चन्द्रप्रसाद थेबेले भने, ‘हात्ती आएको थाहा पाएर आफ्नो र बालबच्चाको ज्यान जोगाउन सक्यौं।’ आफ्नो घरसँगै रहेका अन्य दुई घर हात्तीले भत्काउन थालेपछि आफूहरू भागेको उनले बताए।, हात्ती गाउँमा पसेपछि स्थानीयहरूले सुरक्षाका लागि प्रहरी समेतलाई खबर गरेका थिए। तर, हात्तीले घर भत्काएर भण्डारण गरेको खाद्यान्य खाएर जंगल फर्किसकेपछि प्रहरी घटनास्थल पुगेको स्थानीयले बताए।, बिहान शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल र वडाध्यक्ष भैरबकुमार श्रेष्ठले घटनाको स्थलगत निरीक्षण गरेका थिए। उनीहरूले हात्ती धपाउन प्रयोग हुने साइरन पीडितलाई उपलब्ध गराउने बताए। प्रहरीले सर्जमिन गरेपछि पीडितले क्षतिपूर्तिसमेत पाउने वडाध्यक्ष श्रेष्ठले बताए।, जंगल क्षेत्र मानिसले अतिक्रमण गरेर उनीहरूको आहारा नामेट बनाएपछि जंगली जनावर आहारका लागि मानवबस्तीमा पसेको वातावरणविदहरूले बताउँदै आएका छन्।,
सताक्षीधाममा हात्तीको बितण्डा, घर भत्काउन थालेपछि स्थानीय आतंकित
|
सेतोपाटी संवाददाता कोरोना संक्रमण बढेपछि इटहरी उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द (लकडाउन)को घोषणा गरेको छ।, उपमहानगरले सोमबार सूचना निकालेर अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको जनाएको हो।, उपमहानगरपालिकाले मंगलबारदेखि एक साताका लागि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको जनाएको छ।, उपमहानगरका कर्मचारीहरूमा समेत कोरोना संक्रमण देखिएपछि उपमहानगर यो निर्णयमा पुगेको बताइएको छ।, इटहरीका २० वटै वडा कार्यालयबाट प्रवाह हुँदै आएको सेवा १८ गतेसम्म बन्द रहने छ।, यो अवधिमा अस्पताल तथा स्वास्थ्य सेवा, एम्बुलेन्स, सरसफाइ तथा फोहोरमैला, दमकल, भेटरीनगरीबाहेक सबै सेवा बन्द हुने प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए।,
इटहरी उपमहानगरद्वारा एक साता ‘लकडाउन’ घोषणा
|
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात वटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ। , सङ्क्रमण दर बढ्दै गएकाले तेस्रो लहर आउन सक्ने भन्दै सबै सामाजिक विकास मन्त्रालयलाई एक हजार दरले अक्सिजनका सिलिण्डर तयारी अवस्थामा निर्देशन दिइएको मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले जानकारी दिए।, ‘जनस्वास्थ्यको मापदण्डको पालना र निषेधाज्ञाका बाबजुद पनि कोभिड–१९ को सङ्क्रमण दरमा कमी आएको देखिँदैन। विगतका दिनमा जस्तै सङ्क्रमणको दर तीव्र रुपमा बढ्न गई कोभिड–१९ को पुनः अर्को लहर नआउला भन्न सकिदैन’, उनले भने, ‘भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न एक हजार वटा अक्सिजनका सिलिण्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न हुन अनुरोध गरिन्छ ।’ , मन्त्रालयले आजै प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा भएको कार्यक्रममा असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउन सक्ने जानकारी दिएको हो । साथै मन्त्रालयले सिलिण्डर पनि खाली नराख्न र अक्सिजन प्लान्ट, अक्सिजन ट्याङ्क, अक्सिजन कन्सट्रेटर पनि चालू र चुस्त अवस्थामा राख्न निर्देशन दिएको छ ।,
सातवटै प्रदेशलाई अक्सिजन भरेर राख्न मन्त्रालयको निर्देशन
|
सेतोपाटी संवाददाता आज बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।, भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो । , उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। ,
दार्चुलामा भूकम्पको धक्का
|
एजेन्सी संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिमी राज्य युटामा आइतबार एउटा भयानक दुर्घटना भएको छ। द न्युयोर्क टाइम्सका अनुसार धुलो र बालुवा मिसिएर आएको आँधीका कारण गत आइतबार उक्त दुर्घटना भएको हो।, आँधीका कारण चालकहरूले अगाडिको बाटो नदेखेपछि कानोस सहर नजिकैको इन्टरसेक्सन १५ मा ती सवारी साधनहरू दुर्घटनामा परेका हुन्। सुरूमा एक जना चालकले गाडी रोकेपछि तीव्र गतिमा रहेका अरू सवारी साधनहरू पनि एकअर्कासँग ठोक्किएका हुन्।, मृत्यु हुनेमा बालबालिका पनि छन्। मृत्यु भएका आठ जनामध्ये पाँच जना एउटै कारमा रहेको अधिकारीहरूले जनाएका छन्।, दुर्घटनामा परी अरू १० जना मानिस घाइते भएका छन्। उनीहरूले एम्बुलेन्स र एयर एम्बुलेन्सबाट अस्पताल लगिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।,
अमेरिकामा एकैसाथ दुर्घटनामा परे २२ सवारी साधन, आठ जनाको मृत्य
|
रासस बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, नियन्त्रणमा लिइएकामध्ये ४ जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन्।, दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन्।, गणेश नेपाल सुन चाँदी व्यवसायी सङ्घ बैतडीका अध्यक्षसमेत हुन्। दुवै जनाले गोठलापानीमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन्।, यस्तै सुन खरिद गरेको आरोपमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए।, गत पुसमा दोगडाकेदार–१ रीमकै धनबहादुर कार्की, लालबहादुर कार्की, केशव सार्की र हरिकृष्ण सार्कीले योजना बनाएर मन्दिरको सुन लुटेको पुष्टि भएको थियो। उनीहरु चारै जनामाथि चोरी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ।, मन्दिरको सुन पुसमा चोरिएको भए पनि चैतमा मात्रै थाहा भएको थियो। चैतपछि गाउँमा स्थानीयवासीले सुन चोर्नेको सोधीखोजी गरेका थिए।, उनीहरुले असार अन्तिम साता मात्रै मन्दिरको सुन चोरी भएको विषयमा प्रहरीलाई जानकारी गराएका थिए। लटिनाथ मन्दिरमा नौ तोला सुन रहेकामा पौने चारतोला प्रहरीले बरामद गरिसकेको छ भने बाँकी सुन बिक्री भएको खुलेको छ।, बिनाबिलको सुन खरिद गर्नु गैरकानूनी कार्य भएकाले मन्दिरबाट लुटिएको सुन खरिद गर्नेमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताए।, यसैबीच लटिनाथ मन्दिरको सुन भण्डार घरको ताला फोडेर चोरेको पुष्टि भएको छ।, गत पुसमा धनबहादुर, लालबहादुर, केशव र हरिकृष्णले योजना बनाएर सुन लुटेको पुष्टि भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक शाहीले जानकारी दिए।, मन्दिरका पुजारी नैनराम सार्कीले गत चैतमा मात्रै मन्दिरको सुन लुटिएको बारेमा थाहा पाएका थिए। मन्दिरमा नौ तोला सुन रहेकामा र उनीहरुले भण्डार घरको ढोका फोडेर सुन लुटेका हुन्।,
मन्दिरको सुन चोरी गर्ने र किन्ने पक्राउ
|
रासस काभ्रेको पाँचखाल नगरपालिका–६ का ३६ वर्षीय सुमन ढुङ्गाना १३ दिनदेखि बेपत्ता छन्।, असार ३१ गतेदेखि सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको परिवारले जनाएको छ।, सुमनकी श्रीमती सम्झनाले घरमा कसैलाई नभनी सम्पर्कविहीन भएको जनाउँदै खोजबिन गरिदिन पाँचखाल प्रहरी चौकीमा निवेदन दिएकी छिन्।, पाँच फिट उचाइका सुमन गहुँगोरो वर्ण र पातलो जीउडाल रहेको निवेदनमा उल्लेख गरिएको छ। ‘सबै आफन्तको घरमा नभएको जानकारी पाएपछि साउन ३ गते प्रहरीमा निवेदन दिएको छु’, उनले भनिन्।, खेती–किसानी गर्दै आएका सुमन हराएको दिन दिउँसो काभ्रेपलाञ्चोकको बनेपाबाट ‘पोखरा जागिर खान जान्छु’ भनेर काठमाडौँको गाडी चढेको र सोही गाडीका सहचालकलाई आफ्नो मोबाइल दिएकोसम्म पत्ता लागेको दाजु भुवनले बताए।, उनले पनि भाइ सुमनको खोजीमा सहयोग गरिदिन सरोकारवाला निकायमा अपिल गरेका छन्। ,
पाँचखालका सुमन १३ दिनदेखि बेपत्ता
|
सेतोपाटी संवाददाता ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ । गत महिना नाउर गणनाको तथ्याङ्कले यसको सङ्ख्या बढ्दो देखाएको हो । गत महिमा विश्व वन्यजन्तु कोष र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा नाउरको गणना भएको थियो । गणनामा कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र १ हजार ४ सय २१ सङ्ख्यामा नाउर रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यालय प्रमुख गणेशप्रसाद तिवारीले बताए। यो विगतका वर्षको तुलनामा बढ्दो सङ्ख्या हो।, कञ्चनजङ्घा संरक्षण क्षेत्रको समुद्र सतहदेखि तीन हजार ५०० मिटरदेखि माथिका स्थानमा नाउर पाइने गरेको छ। नाउरको बासस्थान र चरन क्षेत्रलाई आधार मानिएर चार वटा ब्लक क्षेत्र विभाजन गरी नाउरको गणना गरिएको थियो । तीन ब्लक क्षेत्रमा नाउर गणना गर्दा १ हजार ४ सय २१ रहेको संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी तथा रेन्जर धर्मेन्द्र थापाले बताए। कोभिड–१९को कारणले ओलाङचुङगोला ब्लक क्षेत्रमा गणना हुन बाँकी छ । अझ ओलाङचुङगोला ब्लक क्षेत्रमा गणना गर्दा यो सङ्ख्या बढ्न जाने थापाले बताए।, घुन्सा खम्बाछेन ब्लक क्षेत्रमा ६४२ नाउर रहेको गणना तथ्याङ्कमा आएको छ । याङमा ब्लक क्षेत्रमा ५३२ र रामजेल ब्लक क्षेत्रमा २४७ वटा नाउर रहेको संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ । पोथी नाउरभन्दा भाले नाउरको सङ्ख्या दोब्बर बढी रहेको कार्यालयले जनाएको छ ।, चार सय ९५ पोथी, ८१६ वटा भाले र ८० बच्चा नाउर रहेको गणनाको तथ्याङ्कले जनाएको छ । सत्ताइस वटा भालेपोथी नछुट्टिएका नाउर रहेका छन् । दुई सय आठ नाउर बयस्क भाले, २०७ नाउर तरुण भाले रहेको र २०६ नाउर किशोरावस्थाको रहेको तथ्याङकमा उल्लेख छ । एक सय ९८ वटा अर्धवयस्क उमेरका नाउर रहेको संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ । , संरक्षण क्षेत्रमा चारवटा हिउँ चितुवा उपसमिति गठन गरिएको छ । उपसमितिलाई हिउँ चितुवाको अवलोकन गर्ने मुख्य जिम्मेवारी दिइएको छ । त्यही उपसमितिले हिउँ चितुवाको आहाराका रूपमा मानिने नाउरको पनि आवलोकन गर्दै आएको याङ्मा हिउँ चितुवा उपसमितिका अध्यक्ष फिन्सो शेर्पाले बताए। हिउँ चितुवाका उपसमितिका पदाधिकारी र संरक्षण क्षेत्रले तोकिएको प्राविधिकहरुमार्फत नाउरको गणना हुने गरेको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुले बताए।, कञ्चनजङ्घा क्षेत्रमा घुन्साबाट पाङ्पेमा बेसक्याम्पसम्मको क्षेत्रलाई घुन्सा–खम्बाछेन, याम्फुदिनको रामजेल, चेइरामबाट कञ्चनजङ्घा हिमालको पूर्वी बेसक्याम्पको क्षेत्रलाई राम्जेर, ओलाङचुङगोलाको याङ्मा क्षेत्रलाई याङ्मा र ओलाङचुङगोलाबाट मौवाटार हुँदै चीनको तिब्बतसँगको सिमानालाई गोला मौवाटार ब्लक क्षेत्रमा विभाजन गरेर संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले विगतदेखि नै नाउरको गणना गर्दै आएको फेम्बुले बताए।, समुद्र सतहदेखि तीन हजार ८०० मिटरको उच्च हिमाली क्षेत्रमा नाउरको चरन क्षेत्रमा टेलिस्कोपबाट हेरेर नाउरको गणना गर्ने गरिएको छ । अझ पानी पिउन खोलामा झरेको र चरनको मौका छोपेर गणना गरिन्छ । सामान्यतया मौसम सफा भए १५ देखि २० दिनको अवधिमा गणना सकिने कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ। रासस,
,
कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या बढ्दो
|
सेतोपाटी संवाददाता दाङमा सडक बिस्तार गर्ने क्रममा ह्युमपाइप राख्न खनेको खाल्डोमा परेर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० राईखनियानका ३५ वर्षीय चुडामणि भण्डारीको खाल्डोमा परेर मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल तुलसीपुर ७ पर्सेनीमा खाडलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।, उक्त खाडल तुलसीपुर–घोराही सडक खण्ड चार लेनमा बिस्तार गर्न भन्दै खनिएको थियो। सडक बिस्तार गर्ने क्रममा सडकको बीचमा ह्युमपाइप राख्न खनेको खाडल समयमै नपुर्दा त्यसैमा परेर भण्डारीको मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले मोटरसाइकल उक्त खाल्डोमा परेर दुर्घटना भएको खबर आज बिहान ५ बजे मात्रै आएको बताए।, ‘दुर्घटनामा परेर अचेत भएका उनलाई उद्धार गरेर तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गर्नुभयो, शवको पोस्टमार्टम गर्ने तयारी छ,’ उनले भने।, तुलसीपुर–घोराही चार लेन सडक बिस्तार गर्न ठाउँ-ठाउँमा ह्युमपाइप राख्न गत वर्ष नै सडक खने पनि निर्माण कम्पनीको लापरबाहीले खाडल नपुरेर त्यसै छाडिएको छ।, ह्युमपाइप राखे पनि सडकका खाडल पुरिएका छैनन्।,
ह्युमपाइप राख्न खनेको खाल्डोमा परेर दाङमा मोटरसाइकल चालकको मृत्यु
|
सेतोपाटी पहिराका कारण अवरूद्ध बेनी–जोमसोम सडक चार दिनपछि सोमबार साँझदेखि सञ्चालन भएको छ।, हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएपछि गत शुक्रबारदेखि अवरूद्ध भएको थियो।, वर्षाका कारण ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर बन्द भएको सडकको अवरोधलाई हटाएपछि सोमबार साँझदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।, सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभिर लगायतका स्थानमा पहिरो गएकाले शुक्रबार बिहानैदेखि सडक अवरूद्ध भएको थियो।, सडक अवरूद्ध हुँदा मुस्ताङ र उत्तरी म्याग्दीका गाउँमा जान हिँडेका यात्रु समस्यामा परेका थिए। सडक खुलेसँगै बीच बाटोमा अलपत्र परेका यात्रु र सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।, बन्द सडक खुले पनि पहिराको जोखिम भने कायमै रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरूङले बताए।, वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ-ठाउँमा पहिरो जाने क्रम भने रोकिएको छैन।, यात्रु तथा सवारी साधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक गुरूङले बताए। रासस,
चार दिनदेखि अवरूद्ध बेनी–जोमसोम सडक सञ्चालन
|
तारानाथ आचार्य बलेवा, साउन १२ ,
बलेवाली मायाको चिनो !,
चिनो हेरे हुन्छ मन मलिनो ,
मेरो माया जन्मेको घर,
बलेवामा हवाई जहाज सर,
जाम्ला माया बलेवा तिर ,
कुश्मा, बेनी, बागलुङ घुमफिर , करिब २६ वर्षअघि उडान बन्द भएको बागलुङको बलेवा विमानस्थलमा तारा एयरले विसं २०७४ मा परीक्षण उडान गरेपछि जिल्लाका प्रसिद्ध लोकगायक पूर्ण परियार र सीता परियारले त्यसलगत्तै यो गीत बजारमा ल्याएका थिए। विमानस्थलको धावनमार्गमै छायाङ्कन गरिएको यो गीतमा बलेवा क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विशेषता समावेश गर्दै विमानस्थलको उपयोगिताको चर्चा पनि छ। , गीतमा भनिएजस्तै विमानस्थल विसं २०७४ चैत ९ गतेदेखि पुनः एक वर्ष सञ्चालनमा आयो। यसअघि धवलागिरि अञ्चलको सदरमुकाम बागलुङबाट पश्चिमको प्रमुख शहर एवं पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरा तथा राजधानी काठमाडौंलाई जोड्न हवाईजहाजबाहेकको अर्को विकल्प नरहेकामा विसं २०४८ मा पोखराबाट बागलुङ बजार सडक सञ्जालले जोडिएपछि विमानस्थल बन्द भएको थियो। विसं २०७४/७५ मा बलेवामा हप्तामा दुईदिन हवाईजहाज सरर उडे। बागलुङ नगरपालिकाले एयरलायन्स कम्पनीहरुको क्षति बेहोर्ने गरी सम्झौता गरेरसमेत एक वर्षमा जहाज सञ्चालन गर्यो। , जहाज चढी बलेवा झर्नी हो ,
देवी थानको दर्शन गर्नी हो ,
एशियाकै अग्लो पुल तरौँला ,
भैरव थानको दर्शन नि गरौँला, प्रायः पहाडी बाटो रहेको पोखरा पश्चिमको भेगलाई पोखरा र अन्य शहरसँग जोड्न आवश्यक त छँदैछ त्यसबाहेक पनि यहाँ हवाईयात्राको आवश्यकता यस क्षेत्रको पर्यटकीय विकासका लागि देखिन्छ। पूर्ण परियारले गीतमा भनेजस्तै पश्चिमका प्रसिद्ध धामहरु बलेवा भैरवस्थान र बागलुङ कालिका, पञ्चकोट, जैमिनी ऋषिको धाम पुग्न पनि यहाँ विमान अवतरण भए सजिलो हुन्छ। मुक्तिनाथ जान पनि जोमसोम एक मात्र विमानस्थल छ र कहिलेकाहीँ मौसमको खराबी या अन्य कारण उडान नभएमा बलेवाबाटै जानुपर्छ।, त्यस्तै पछिल्ला वर्षहरुमा यहाँ बञ्जीजम्प, स्काई साइक्लिङ, नेपालका सबैभन्दा लामा र अग्ला झोलुङ्गे पुल, यान्त्रिकपुल, भकुण्डे भ्यूटावर आदि सञ्चालनमा छन्। यी पर्यटकीय संरचना र स्थलको अवलोकन पनि बलेवामा विमानस्थल सञ्चालनमा आउँदा सहज हुनेछ। , साविकको धवलागिरि अञ्चलमा मुस्ताङको जोमसोम विमानस्थलमात्रै सञ्चालनमा छ। मौसमको खराबीका कारण पटक–पटक उडान अवरुद्ध हुँदा विकल्पका रूपमा बलेवा विमानस्थल प्रयोग गर्न सकिने नागरिक उड्डयनका जानकारहरु बताउँछन्। बागलुङ, पर्वत र म्याग्दीको सदरमुकामदेखि नजिकै रहेकाले पनि यो विमानस्थलमा यात्रुको खाँचो नहुने बलेवाका स्थानीय भरत पौडेलले बताए।, विसं २०१९ देखि यहाँ उडान शुरु भई नियमित रहेकामा विसं २०४८ मा पोखरा–बागलुङ भूपी शेरचन राजमार्ग सञ्चालनमा आएपछि बन्द भयो। त्यतिबेला यहाँबाट पोखरा, भैरहवा, काठमाडौँ र जोमसोमको उडान हुन्थ्यो। सडक पुगेपछि जिल्लाबाट पोखरा र काठमाडौँको यात्रा सडकबाटै सम्भव भएपछि विमान बन्द भएको हो। त्यसबीचमा बन्द विमानस्थल सञ्चालन गर्न धेरै पटक पहल भयो तर सम्भव भएन। चार वर्ष पहिले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि फेरि विमानस्थलको चर्चा भयो, जहाज आयो र सरकारले विमानस्थल सुधारका लागि लगानी पनि गरेको छ। , जहाजमा बलेवाबाट पोखरा १३ मिनेटमा नै पुग्न सकिन्छ भने काठमाडौं २५ मिनेट। बलेवा विमानस्थल पहाडी उडानका लागि किन महत्वपूर्ण गन्तव्य मानिन्छ भने यहीँबाट ढोरपाटन, म्याग्दी, मुस्ताङ र पश्चिमका रोल्पा रुकुम, प्यूठान, गुल्मीसमेत पुग्न सकिन्छ। पर्यटनका जानकारहरु मुस्ताङको ‘गेटवे’ पनि यसैलाई मान्ने गरेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई यो विमानस्थल सहयोगी बन्नसक्छ।, बेरूजुको भारी बोकेर नगरले सम्झौता बढाउन सकेन र विमानस्थल फेरि बन्द भयो। बन्द भएको विमानस्थलले अहिले भने स्वरूप फेर्ने काम गरिरहेको छ। ‘हामीले रू २० लाख खर्चेर एक वर्ष जहाज चलायौँ, त्यसैको उपलब्धि अहिले धावनमार्ग कालोपत्रको काम चलिरहेको छ’, बागलुङ नगरपालिकाका प्रमुख जनकाराज पौडेलले भने, ‘पक्की विमानस्थलमा सबैखाले जहाज चल्छन्, जहाज उडानको सम्भावना अहिले नै टरेको होइन बढेर गएको छ।’, कच्ची धावनमार्ग भएका कारण यसअघि नेपाल एयरलायन्स र तारा एयरलायन्सले मात्रै यहाँ उडान गरेका थिए। अन्य कम्पनीका जहाज कच्ची धावनमार्गमा चल्न मानेनन्। हरेक उडानमा नपुग यात्रुको भाडा नगरपालिकाले तिर्ने गरेको थियो। कयौँपटक खाली जहाज चल्दासमेत नगरले भाडा तिरेर नियमित गर्यो। फलस्वरूप धावनमार्ग कालोपत्रका लागि नागरिक उड्डयन प्राधिकरण बाध्य भएको पौडेलले बताए।, विसं २०७६ मा एक वर्षमा सक्ने गरी धावनमार्ग कालोपत्रको काम शुरू भयो तर बलेवा विमानस्थल यो वर्षको असार मसान्तसम्म पनि कालोपत्र हुन सकेन। कहिले काम गरिरहेका मजदुरहरु एकाएक लकडाउनको कारण देखाउँदै घर हिँड्ने त कहिले कालोपत्र बोकेर ल्याउने बाटो अवरुद्ध भएका कारण समयमा काम हुन नसकेको निर्माण कम्पनीले जनाएको छ। विमानस्थलको धावनमार्ग ग्रेडिङको काम सकिएको छ। बेस, सवबेस हाल्ने काम पनि सकियो। अब कालोपत्रको काम मात्रै बाँकी रहेको निर्माण कम्पनी बताउँछ। असारको पहिलो साताकै पानीले बाटो बिगारेको र सामग्री बाहिरबाट ल्याउन टिपर नचलेका कारण र बाहिरबाटै कालोपत्र पकाएर ल्याउनुपर्ने भएकाले समय लागेको सो कम्पनी बताउँछ। , पछिल्लोपटक थप भएको म्याद असार मसान्तमा सकिएको र छ महिना थपिएको म्यादसमेत सकिएपछि प्राधिकरणले पुनः तीन महिना म्याद थपको तयारी थालेको छ। ‘असोजसम्ममा कालोपत्र काम सक्ने गरी म्याद थपको तयारी छ’, बलेवा विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले भने, ‘अवरोधहरु धेरै भएकाले निर्माण कम्पनीले समयमा काम सक्न पाएन, अब धेरै काम छैन।’ अहिलेसम्म बलेवा विमानस्थलमा सानो ट्वीनअटर जहाज मात्रै चल्न सक्ने अवस्था थियो। धावनमार्ग कालोपत्र भएपछि आइकाओको मापदण्डअनुसारका जहाज चल्ने संरचना तयार हुने ओझाले बताए। , ‘हामीले गर्ने पूर्वाधार निर्माणको काम हो, जहाज चलाउने कम्पनीले हो’, ओझाले भने, ‘एनएस–२४ आइकाओको मान्यताअनुसारको दुर्गमको विमानस्थलको मापदण्डमा बलेवा विमानस्थल तयार हुन्छ।’, नागरिक उड्डयन प्राधिकरणले आठ करोड विनियोजन गरी निर्माण अगाडि बढाएको हो। विमानस्थलको ७०० मिटर लम्बाइ ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र हुने निर्माण कम्पनीले जनाएको छ। धावनमार्गकै कारण जहाजले नियमित उडान गर्न नसक्ने भएकाले कालोपत्र गरेर नियमित उडान गर्ने योजनाअनुसार काम थालिएको बागलुङ नगरपालिकाका प्रमुख पौडेलले बताए।, विमानस्थलसम्म पुग्ने सडक कालोपत्र नहुँदा समस्या हुनसक्ने भएकाले बागलुङ बजारबाट विमानस्थलसम्मको सडक कालोपत्रका लागि सडक विभागलाई अनुरोध गरिएको बागलुङ–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए। विमानस्थल कालोपत्रको काम सकिँदा बागलुङ–कुश्मीशेरा सडक कालोपत्रको काम पनि सकिने भएकाले विमानस्थल सञ्चालनमा आउने स्थानीयवासीको विश्वास छ।, त्यसयता विमानस्थल खेलमैदान र गौचरन थियो। अहिले कालोपत्रको काम चलिरहेको देख्दा बलेवामा फेरि जहाज आउने आशा पलाएको स्थानीयवासी लालप्रसाद शर्माले बताए। ‘हाम्रा बाउबाजेले कुटो कोदालोले बनाएको मैदान, बाँझो पल्टेको देख्दा कम दुःख लागेको थिएन’, शर्माले भने, ‘अहिले मेसिन चलेका छन्, धमाधम काम भइरहेको देख्दा खुशी लागेको छ।’, ‘रनवे’ धावनमार्ग कालोपत्र गर्ने तयारी हुँदै गर्दा विसं २०४८ अघिको जस्तै उत्साह स्थानीयवासीमा छ। ‘अब जहाज चलाउनैपर्छ, वारिपारिका शहर बढ्दैछन्, बस्ती विकास हुँदा बलेवामा यात्रुको समस्या नहोला’, स्थानीयवासी उमानाथ सिग्देलले भने, ‘सरकारले पहल गरोस्, हामी स्थानीयवासी उत्साहित छौँ।’ बलेवा विमानस्थलले धेरै क्षेत्रमा प्रभाव राख्न सक्छ। विमानस्थलको भौतिक प्रगति ९० प्रतिशत रहेको विमानस्थल निर्माण कम्पनीका इञ्जीनियर चिरञ्जीवी खड्काले जानकारी दिए।, राष्ट्रिय गौरवको सडक आयोजना कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल बागलुङ बजारबाट १३ किलोमिटरको दूरीमा छ। हवाईसेवा नियमित भएमा बागलुङका साथै छिमेकी पर्वत, म्याग्दीका जनतालाई सुविधा पुग्नेछ। ‘वर्षामा बाटो बिग्रिन्छ, बिरामी अस्पताल लैजानसमेत कठिन’, जैमिनी नगरपालिका–८ छिस्तीका राजेन्द्र पौडेलले भने, ‘जहाज चले सिधै काठमाडौं, पोखरा जान सकिन्थ्यो।’ बलेवा विमानस्थल बागलुङको चर्चित ठाउँ बलेवाको पहिचान हो। पोखरा विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास भइरहेकाले आन्तरिक उडानका लागि गण्डकी प्रदेशको वैकल्पिक विमानस्थलका रूपमा विकास गर्नुपर्ने स्थानीयवासीको माग छ। रासस,
‘बलेवामा हवाईजहाज सरर...’
|
सेतोपाटी संवाददाता रूकुम पश्चिममा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन्। जिल्लाको त्रिवेणी गाउँपालिका–४ छहरे गाउँकी २६ वर्षीया युवती मनकला खड्का मृत भेटिएकी हुन्।, सोमबार बेलुका ६ बजेतिर भैंसीलाई घाँस हाल्न गोठमा गएकी उनी मृत भेटिएकी हुन्। रातीसम्म पनि नफर्किएपछि परिवार र आफन्तले खोज्ने क्रममा मकै बारीको कान्लामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुबकुमार श्रेष्ठले जानकारी दिए।, उनका अनुसार मृतक खड्काका नाकबाट रगत बगेको भेटिएको छ। भैंसी भएको गोठ घरभन्दा १० मिनेटको दूरीमा रहेको डिएसपी श्रेष्ठले बताए ।, ‘मृत भेटिनुभएको उहाँको हत्या हो वा अरु कुनै कारण हो भन्ने खुल्न सकेको छैन, हामी अनुसन्धानमै छौं,’ घटनास्थलमा पुगेका प्रहरी प्रमुख श्रेष्ठले भने, ‘हामीले कुकुर पनि मगाएका छौं, कुकुर नआउँदासम्म परिवारसँग कुराकानी गर्दैछौं।’,
रुकुम पश्चिममा भैंसीलाई घाँस हाल्न गएकी युवती मृत फेला, हत्या भएको आशंका
|
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरमा अहिले एउटा सडक भाइरल बनेको छ। सडकमा दैनिक मानिसको भिड हुन्छ। यो सकडमा आवतजावत गर्ने सवारी साधन भनेको त्यहाँ घुमफिरका लागि पुग्नेहरूका मात्र भेटिन्छन्। अन्य अत्यावश्यक सवारी साधन यो बाटोमा चल्दैनन्।, वीरेन्द्रनगर-१० स्थित काँक्रेबिहारको पूर्वी छेउदेखि चौखेढुंगासम्म जोड्ने करिब दुई किलोमिटर सडक पिच भएको धेरै भएको छैन। यातायातमा सहजताका लागि बाटोलाई पिच गरिए पनि पर्यटकीयस्थल बनेको छ।, ‘करिब दुई किलोमिटर सडक अत्यावश्यक सवारी साधन चल्नका लागि छोटो बनोस् भनेर खेतको बीचमा भएको सडक कालोपत्र गरिएको हो, मानिसहरूको पर्यटकीय गन्तव्य पो बन्यो त,’ वडा नम्बर १० का अध्यक्ष रत्नबहादुर बुढाले भने, ‘यो सडक बनेदेखि दिनहुँ मानिस आएर तस्बिर खिचाउने, नाच्ने गर्छन्। अलिकति दुर्घटना होला भन्ने पनि डर छ।’, बाटोमा मानिसको भिड धेरै हुने भएकाले सवारी साधनले ठक्कर दिन सक्ने जोखिम भएको उनले बताए। ‘त्यहाँ आउनेहरू फोटो खिच्दा, टिकटक बनाउँदा गाडीहरू हिँडेको मतलबै गर्नु हुँदैन, यस्तो बेलामा कतै ठोक्कियो भने त समस्या भइहाल्यो नि,’ बुढाले भने।, यो सडक खेतको बीचमा बनेको छ। खेतमा हुर्किँदै गरेको धानबाली र दुबै छेउमा जंगलको हरियालीका कारण यो सडक आकर्षक देखिने गरेको छ। बेलुकाको समयमा अझ आकर्षक देखिन्छ।, त्यहाँ पुगेका मानिसहरूले सडकमा खिचिएका तस्बिर, भिडिओहरू सामाजिक सञ्जालमा राख्न थालेपछि त्यहाँ पुग्ने मानिसको भिड लाग्न थालेको हो।, वीरेन्द्रनगर-२ की राजकुमारी पाण्डेले टिकटक चलाउँदै गर्दा उक्त सडकमा बनेका भिडिओहरू देखिन्। भिडिओ हेरेपछि उनी शनिबार पहिलोपटक त्यहाँ पुगिन्। राजकुमारीले सोचेभन्दा धेरै मानिसको भिड भएको पाइन्।, शनिबार उनी र उनका साथीहरू पनि टिकटकको लागि भिडिओ बनाउन र तस्बिर खिच्न व्यस्त देखिन्थे।, ‘मैले टिकटकमा देखेर यो सडकको बारेमा थाह पाएकी हुँ, म आज पहिलोपट यहाँ आएँ,’ उनले भनिन्, ‘यहाँ आउँदा सोचेभन्दा धेरै मानिस पाएँ, पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य पनि थपिएको महसुस भएको छ।’, डेढ हप्ताअघि टिकटक हेर्ने क्रममै भाइरल सडकको बारेमा थाहा पाएका अजय सोनी पनि शनिबार पहिलोपटक उक्त सडकमा पुगे। यो सडक पर्यटकीय गन्तव्यकै रुपमा कायम हुनेमा भने उनलाई शंका छ।, ‘म आफ्नो व्यवसायमा व्यस्त हुन्छु, १५ दिनअघि यहाँको बारेमा थाहा पाए पनि आज पहिलोपटक साथीहरूसँग आएको छु,’ अजयले भने, ‘ठाउँ त सधैं आइरहुँ जस्तो लाग्ने सुन्दर छ, तर सडक हो, भोलि व्यस्त हुँदा घुम्ने ठाउँका रुपमा कायम नरहन पनि सक्छ।’, यो भाइरल बनेको सडकमा वीरेन्द्रनगर उपत्यकाकै मानिसहरू घुमफिरका लागि आउने गरेको वडा अध्यक्ष बुढाले बताए।, उनका अनुसार एक करोडको लागतमा सडकको स्तरोन्नति गरिएको हो। सडकका केही संरचना भने बन्न बाँकी छ। नाली नबन्दा सडक भत्किने सम्भावना भएपछि यो आर्थिक वर्ष नाला बनाउन थप एक करोड रकम विनियोजन गरिएको उनले बताए।, सडकमा मानिसको भिड बढ्न थालेपछि रेखदेखका लागि प्रहरीलाई आग्रह गरिएको उनले बताए। ‘मानिसको घुइँचो लाग्छ, भोलि झै-झगडा पनि हुन सक्छ,’ अध्यक्ष बुढाले भने, ‘यसका लागि ट्राफिक तथा अन्य सुरक्षाका लागि हामीले सुब्बाकुना प्रहरी चौकीलाई आग्रह गरेका छौं।’,
भाइरल भयो हरियो खेत बीचको चिल्लो सडक (भिडिओ/तस्बिरहरू)
|
राजेश घिमिरे बाघको आक्रमणबाट जागेश्वर महतोको मृत्यु हुँदा छोरी अस्मिता २ वर्षकी थिइन्।, यो २० वर्ष अघिको घटना हो।, पर्यटकीय क्षेत्र सौराह नजिकैको बछौलीका जागेश्वर चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा काम गर्थे।, हात्तीको स्याहार गर्ने हात्तीसारे उनी एकपटक नवलपरासीको जंगलमा जानु पर्ने भयो। उनी कामकै सिलसिलामा जंगल पसेका थिए, बाघले आक्रमण गर्यो। उनको मृत्यु भयो।, बाबुको मृत्यु भएको केही समयमा आमाले अर्को बिहे गरिन्। अस्मिताको सहारा कोही भएन।, भरतपुरको गौंरीगञ्जमा द मुर्रे फाउन्डेशन नामको संस्थाले सञ्चालन गरेको अनाथलयमा हुर्किइन्। त्यहीँ उनको कक्षा ८ सम्म पढिन्।, घर नजिकैको बछौली माविबाट १२ कक्षा पास गरिन्।, ‘१० कक्षासम्म सौराहाका होटलहरू सेभेन स्टार र पार्क साइटले सहयोग गरे ११ र १२ कक्षा विद्यालयले नि:शुल्क पढाइदियो,’ अस्मिताले सुनाइन्। अहिले उनी स्नातक तह चौंथो वर्षमा पढ्दैछिन्।, २० वर्षअघि जुन जंगलमा जाँदा उनका बुवाको बाघको आक्रमणमा परी मृत्यु भयो त्यही जंगलको सहारामा अहिले उनले जिन्दगी काट्ने सोचिरहेकी छन्।, करिब ३ वर्ष अघिदेखि उनले वन र वन्यजन्तुको अवलोकनका लागि सौराहा आउने पर्यटकलाई घुमाउने ‘नेचर गाइड’को काम थालेकी थिइन्।, ‘मध्यवर्ती वन, राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको गाइड बनेर पढाइ खर्च जुटाउन थालें,’ उनले भनिन्, ‘जुन बनले बुबालाई लग्यो त्यसैको संरक्षणमा लागेको छु।’, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र जंगलबाट करिब १५ मिनेटको दूरीमा बसोबास भएकी अस्मिताले यसैमा आफ्नो भविष्य देख्न थालेकी छन्।, जब अस्मिताले आफ्नो बुबाको मृत्यु बाघको आक्रमणबाट भएको थाहा पाइन्, उनलाई जंगल देख्दा पनि डर लाग्थ्यो। जनावरको त कल्पना पनि गर्न चाहँदैन थिइन्।, ‘गाउँका मान्छे साग टिप्न भनेर जंगल जान्थे, तर मलाई जान मन लाग्थेन,’ उनी सम्झन्छिन्,‘बरू सागै खान्न, जंगल त जाँदै जान्न भन्थें।’, पछि पढ्दै, बुझ्दै जाँदा वन र वन्यजन्तुको महत्वबारे थाहा पाइन्। सौराहामा नेचर गाइडको तालिम चल्दैछ भन्ने जानकारी पाएपछि उनी साथीहरूसँग तालिममा सहभागी भइन्।, ‘बाघले बुबालाई खोज्दै घरमा आएर खाएको होइन, उसको क्षेत्रमा जाँदा होसियार भइएन भने मान्छेलाई पनि छोड्दो रहेनछ भन्ने बुझें,’ उनले भनिन्, ‘वन र बाघलाई शत्रु मान्ने ममा विस्तारै परिवर्तन आउन थाल्यो।’, अन्ततः उनी गाइड बनेर स्वदेशी, विदेशी पर्यटकलाई जंगल घुमाउन सक्ने बनिन्। वन्यजन्तुका विशेषता, आनिबानीबारे बुझाउन सक्ने भइन्।, पर्यटक लिएर घुम्न जाँदा उनले कयौं पटक बाघ देखेकी छन्। सुरूमा बाघ देख्दा बुबालाई सम्झिएर नरमाइलो लागे पनि अचेल उनलाई यो सामान्यजस्तो लाग्न थालेको छ।, ‘अहिले त आफू र आफूसँग गएका पर्यटकलाई कसरी जोगाउने, उनीहरूको यात्रालाई रोमाञ्चक बनाउन कसरी सघाउने भन्नेमा ध्यान जान्छ,’ उनी भन्छिन्।, लकडाउनका कारण पर्यटन क्षेत्र राम्रोसँग नचल्दा केही महिनायता उनले काम पाउन छाडेकी छन्। तर अवस्थामा सुधार आउने र पुनः पहिलेजस्तै काम पाउने आशा उनमा छ।, ‘अहिले नेचर गाइड छु, सरकारी जागिर खुल्दा गेम स्काउटमा आवेदन दिने सोच छ,’ उनले भनिन्, ‘बाँचुञ्जेल संरक्षणमै लाग्ने हो।’, सौराहानजिकै लौखानी घर भएकी अस्मिता गोदार पनि सानैदेखि वन क्षेत्रसँग नजिक थिइन्। पर्यटक पनि उनका लागि नौला थिएनन्।, पर्यटकहरू वन घुमेर रमाएको देख्ने गरेकी उनलाई अन्ततः यही क्षेत्रमा काम गर्ने अवसर मिल्यो।, करिब तीन वर्षअघि नेचर गाइडको तालिम लिएकी गोदार पर्यटकलाई जंगल घुमाएर मासिक ३० हजार रुपैयाँभन्दा बढी कमाउँछिन्।, जीप सफारीमा जाँदा ६०० र जंगल वाकमा जाँदा १ हजार ६०० रुपैयाँसम्म बुझ्ने गरेकी छन् उनले।, यसैबाट आएको कमाइले उनी अहिले स्नातक तह पढ्दैछिन्।, ‘कमाइसँगै बोल्ने कलाको पनि विकास भएको छ, केही मान्छेको अगाडि उभिएर नडराई स्पष्ट बोल्न सक्छु,’ उनले भनिन्, ‘वन्यजन्तु, चराचुरूङ्गीहरू चिन्ने भएकी छु, उनीहरूलाई नयाँ साथीको रूपमा पाएको छु।’, २३ वर्षीया गोदार कोरोना महामारीको समयमा कमाइ घटे पनि विस्तारै चहलपहल बढ्ने छाँट देखिएकाले पुनः राम्रो दिन आउने विश्वास गर्छिन्।, २३ वर्षीया आकृति बस्नेतको त पारिवारिक वातावरण नै उस्तै छ।, उनका बुबा प्रकाश बस्नेतले नेचर गाइडको काम गर्न थालेको दुई दशक बढी भयो। सानोमा कहिलेकाहीँ बुबासँग जंगल जाने गरेकी आकृति अन्ततः बुबाकै पेशामा आवद्ध भइन्।, ‘बुबा सधैँ वन जानुहुन्थ्यो, पछि मैले पनि कुरा बुझ्न थालें,’ उनले भनिन्, ‘त्यो कामले मलाई पनि तान्यो, बुबाले पनि प्रोत्साहन गर्नुभयो।’, वनमा काम गर्दा वन्यजन्तुको डर हुने भएकाले आमाले त्यति नरूचाए पनि उनलाई अब नेचर गाइडको कामबाट पछाडि फर्कन मन छैन।, ‘कतिपयले केटी मान्छे भएर पनि मान्छे डुलाउँदै हिँडेको भनेर नराम्रो कुरा गर्ने रहेछन्। तर मलाई त्यस्ता कुराले कुनै असर गर्दैन,’ आकृति भन्छिन्, ‘अहिलेको जमानामा त्यस्तो सोच राखेर हुन्न, महिलाले पनि पुरूषसरह काम गर्न सक्छन् भनेर देखाउनु पनि छ।’, सुरूआतका दिनमा वन्यजन्तु देख्दा डराउने आकृतीको डर अचेल हराएको छ। उनलाई वन्यजन्तु देख्दा माया लाग्छ।, भन्छिन्, ‘माया गर्यो भने उनीहरूले हामीलाई केही हानी पुर्याउँदैनन्।’, आकृतिले नेचर गाइडको काम गरेर महिनामै ५० हजार रूपैयाँसम्म कमाएकी छन्।, ‘अब भविष्य नै यही हो भनेर लागियो, केही समय बन्द भएकोमा ठूलो चिन्ता छैन,’ उनले भनिन्, ‘कहिले पर्यटक आउलान् र काम सुरू होला भन्ने भएको छ।’, नेचर गाइड एसोसिएसन सौराहाका अध्यक्ष राजेन्द्र धामीका अनुसार सौराहामा अहिले २ दर्जन बढी महिला नेचर गाइडहरू छन्। तीमध्ये एक दर्जन सक्रिय रूपमा लागेका छन्।, ‘उनीहरूलाई कामको विषयमा धेरैभन्दा धेरै बुझाउने, अध्ययन गरेर बुझेर काममा लाग्न प्रोत्साहन गर्ने कामहरू हामीले गरिरहेका छौं,’ धामीले भने, ‘नयाँ पुस्ताको पनि राम्रो आकर्षण भएको पेशा हो यो। पढेका, बुझेका युवाहरूको संख्या बढे पर्यटकमार्फत देशका राम्रा कुराहरू प्रवाह हुने थिए।’, उनले चितवनमा रहेका ७०० भन्दा बढी नेचर गाइडहरू लकडाउनका कारण कामविहीन बनेको बताए।, ‘नयाँ भाइ, बहिनीहरू निरास बन्ने हुन कि भन्ने डर छ,’ अध्यक्ष धामी भन्छन्, ‘उनीहरूलाई प्रोत्साहन गर्न, तालिम तथा सुविधा वृद्धि गर्न सरकारी निकायको सहयोग आवश्यक देखिन्छ।’ ,
पर्यटकलाई जंगल घुमाउने केटीहरू
|
सुभानु आचार्य पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर जीर्णोद्धारको काम अझै अघि बढ्न सकेको छैन। विभिन्न आकारका नयाँ इँटाको प्रयोग गर्नुपर्ने भएकाले काम रोकिएको बताइएको छ। , जीर्णोद्धारका लागि ४७ देखि ४९ प्रकारका नयाँ इँटा राख्नुपर्ने मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले जानकारी दिए।, उनले भने, ‘विभिन्न प्रकारका नयाँ इँटा बनाउन नयाँ साँचो पनि बनाउनुपर्छ। आधा जति साँचो बनाउने काम सम्पन्न भई इँटा पनि बन्ने काम भएको छ। बाँकी आधा नयाँ साँचो बनाएर इँटा बन्ने काम भने कहिले सम्पन्न हुने हो भन्न सकिएको छैन।’ ,
,
जीर्णोद्धारका लागि आवश्यक इँटा केही महिनाअघि बनाउन दिएको थियो। समयसँगै इँटाको भाउ र कामदारको पनि ज्याला बढेकाले काम सुस्त गतिमा बढेको उनले गुनासो गरे।, मन्दिरको भुइँतला निर्माण गर्न ५ बाई ५ को एक लट इँटा मात्रै तयारी भएर आए पनि जीर्णोद्धारको काम अघि बढाउन थालिने काठमाडौं भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी)का देशीय निर्देशक डा रोहितकुमार रञ्जितकारले जानकारी दिए।, उनले भने, ‘बजारभाउको कारणले हो या के भएर हो आवश्यक इँटा बनाउन दिँदा पनि अझै तयारी भइसकेको छैन।’, मन्दिर वरिपरिका चार बुर्जा भत्किएकाले इँटा बनेर नआउँदासम्म कतै पनि नछुने निधो गरेको उनले जानकारी गराए। , मन्दिरमा कूल १०८ थरीका इँटा प्रयोग भएको जनाइएको छ। नयाँ बनाउनुपर्नेको एक/एक नमूना झिकी गत माघमा बनाउन दिइसकेको इञ्जिनियर प्रणाम होराले जानकारी दिए।, उनले भने, ‘यी इँटा घरायसी प्रयोजनमा प्रयोग गर्नेभन्दा भिन्न र सानो हुने भएकाले बन्न केही समय लाग्ने भयो। मन्दिरको चार कुना भत्काउनुपर्ने र एउटा कुनामा तीन थरीको इँटा रहेकाले बाहिरपट्टि बिम लेभलको २५ प्रतिशत इँटा पुनः प्रयोग गर्न मिल्दैन।’ , मन्दिरमा प्रयोग भएका इँटा कोहीमा सिंह, कोहीमा नाग, कुनैमा फूलको गुच्छा आदि विभिन्न प्रकारका आकृति रहँदा त्यस्तै बनाएर प्रयोग गरिने भएकाले ढिलो भइरहेको उनले जानकारी गराए। , सो मन्दिर जीर्णोद्धारका लागि वरिपरि फलामको बार लगाउने काम सकियो। सङ्घलगायत सम्बन्धित निकायले पुरातत्व विभागसँग समन्वय गरी मुचुल्का बनाएर पुराना इँटा झिकी नयाँ बनाउन नमूना पठाएको थियो।, सो मन्दिर निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रूपैयाँ सहयोग गरिसकेको छ। , वि.सं २०७२ को गोरखा भूकम्पमा परेको सो मन्दिरलाई बाहिरबाट सरसर्ती हेर्दा हालसम्म बीच भाग मात्र प्रबलीकरण गर्नुपर्ने देखिएको निर्देशक रञ्जितकारको भनाइ छ। , ज्वाला नरसिंह मन्दिरलाई केभिपिटीको प्राविधिक सहयोगमा शिखरशैलीमा उपभोक्ता समितिमार्फत् निर्माण गर्ने भएकाले गत पुस २९ गते क्षमापूजा गरिएको थियो। , सो नरसिंह मन्दिरको महिमा हरेक वर्ष कार्तिक शुक्लपक्ष त्रयोदशीका दिन पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा नृसिंह नृत्य मञ्चन गरी प्रदर्शन गर्ने गरिन्छ।, विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा १६९७ मा पाटनका राजा सिद्धिनसिंह मल्लले देश र जनताको कल्याणार्थ नृसिंहका साथै अन्य २६ नृत्यसमेत चलाएका थिए। ,
,
ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्यमान्यता बोकेको नृसिंह नाट्य महोत्सवमा कथामार्फत अत्याचारी दानव हिरण्यकश्यपुको बध गरी जनतालाई सत्कर्मको पालना गर्नुपर्ने सन्देश छर्ने गरिन्छ।, भगवान् विष्णुले मानव कल्याण र धर्म रक्षाका लागि मत्स्य, बराह र नृसिंह अवतार धारण गर्नुभएको कुरा विष्णुपुराणमा आधारित छ। रासस,
अझै जीर्णोद्धार हुन सकेन नरसिंह मन्दिर
|
सेतोपाटी संवाददाता तुलसीपुर–घोराही सडकखण्डमा पार्किङ गरिराखेको बस आगलागीबारे बस धनीले प्रहरीमा निवेदन दिएकी छन्। , बस धनी हसिना मियाँले ब्याट्री सर्ट भएर एकाएक मध्यरातमा बसमा आगलागी भएको निवेदनमा दाबी गरेकी छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ रानीघाट नजिकै चार दिनदेखि सडक किनारमा पार्किङ गरिराखेको रा १ ख १८९२ नम्बरको बसमा सोमबार मध्यरातमा आगजनी भएको थियो। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी स्यामु अर्यालले प्रहरीलाई सवा १ बजे खबर आएपछि आफू पनि मध्यरातमा घटनास्थल पुगेको र बसमा लागेको आगो निभाएको सेतोपाटीलाई बताएका थिए। , डिएसपी अर्यालका अनुसार तुलसीपुर–घोराही सडकखण्डमा सञ्चालन हुँदै आएको उक्त बस चार दिनअघि यात्रु बोकेर घोराहीबाट तुलसीपुर आउँदै गर्दा कालाखोलाको उकालोमा ब्याक भएपछि नजिकै सडक छेउमै पार्किङ गरेर राखिएको थियो। , आगजनी भएकै दिन सोमबार बस धनी मियाँले इप्रका तुलसीपुरमा पुगी ब्याट्रीको तार सर्ट भई त्यसैबाट आगो सल्किएर आगलागी भएको भनेर निवेदन दिएको स्रोतले बताएको छ। , जिल्ला प्रहरी कार्यालय घोराहीका एक प्रहरी अधिकारीले बस धनीले नै बीमाको लोभले बसमा आगजनी गरे कि ? भन्ने आशंका पैदा भएको बताए। , ‘हामीले बीमाको लोभले तपाईंले आफैं आगो लगाउन पठाएको हो भनेर सोध्यौं,’ ती प्रहरी अधिकारीले भने, ‘ तर, उहाँहरूले आफ्नो कमाइ खाने भाँडोलाई कसरी हामीले आगो लगाउन सक्छौं भनेर बचाउ गर्नुभयो।’, कोभिड–१९को महामारीका कारण लामो समय यातायात ठप्प हुनु र सञ्चालन भएलगत्तै बस बिग्रिएपछि त्यो मर्मत तथा बैंकको किस्ता तिर्न नसकेर बस धनी आफैंले गलत बाटो रोजेको हुन सक्ने आशंका भएको ती प्रहरी अधिकारीले बताए। , ‘के मध्यरातिमा मात्रै ब्याट्री सर्ट भई आगो लाग्ने हो र?,’ उनले प्रश्न गरे, ‘दिउँसै पनि त त्यस्तो हुन सक्थ्यो नि, हैन र ?’, घटनाबारे थप अनुसन्धान भइरहेको ती प्रहरी अधिकारीले बताए।, यो पनि:, पार्किङ गरेको बसमा मध्यरातमा आगजनी,
मध्यरातमा बसमा आगलागी, बस धनीको दाबी- ब्याट्री सर्ट भएर आगो लाग्यो
|
नारायण खड्का अमेरिका उड्ने सपनामा मस्त थिए यज्ञबहादुर बस्नेत। मानौं उनका पखेटा उम्रिरहेका छन् र भुर्र उडेर पुग्नेछन्!, उनका पखेटा त उम्रेनन् तर अमेरिका उड्ने सपना पूरा हुने भयो। २०७५ साल वैशाख ३ गते आमाबुवासँग आर्शीवाद थापी उनी अमेरिका जान हिँडे।, तुलसीपुर उपमहानगरपालिका-१० गौरीगाउँका यज्ञसँगै तुलसीपुर-८ अश्वार र घोराहीका दुई युवा पनि थिए। चिनजानका नेपाली एजेन्टमार्फत भारत हुँदै अमेरिका जाने तरखर थियो। यज्ञले एजेन्टलाई ३२ लाख रूपैयाँ बुझाउने मौखिक सहमति गरेका थिए। एजेन्ट खोज्ने, रकम छिनोफानो गर्ने लगायत सबै काम आफैं गरे। , उनका आमाबुवा खेतीपाती गर्छन्। दाजु पारस आर्युवेदिक डाक्टर हुन्। यज्ञलाई सकभर विदेश नजान, यहीँ काम गर्न सबैले सम्झाउन खोजे। तर यज्ञले अमेरिका जाने सपना किशोर उमेरदेखि नै देखेका थिए। यही सपनाका भरमा १२ कक्षाभन्दा थप पढ्न चासो पनि दिएनन्।, कान्छा छोराको जिद्दी अगाडि परिवारको जोर चलेन। उनलाई अमेरिका पठाउन परिवारले सात/आठ कठ्ठा जग्गा बेच्यो। यज्ञलाई चिन्ता थिएन, लागेको थियो- अमेरिका पुगेपछि लाखौं, करोडौं कमाएर पठाइहाल्छु। अहिले बेच्नु परेकोभन्दा दोब्बर धान, गहुँ, मुसुरो उब्जिने खेत किन्छु।, यस्तै खयाल बुन्दै उनी र साथीहरू दाङबाट भारत जाने गाडी चढे। एक दिन बसको यात्रापछि दिल्ली पुगे र एक रात त्यहीँ बसे। दिल्लीमा अरू नेपाली पनि भेटिए। वैशाख ५ गते अमेरिका जाने भन्दै दाङका तीन जना, रूकुमका तीन र भारतीय नागरिकहरू गरी १२ जना एकै साथ उडे।, तर उनीहरूको जहाज अमेरिका जान्थेन, न उनीहरूको यात्रा वैध थियो। वैध भएको भए भारत घुम्दै जानै पर्थेन। संगठित मानव तस्करले पैसाका लागि अवैध बाटो भएर तेस्रो मुलुक मार्फत अमेरिका पठाउँदै आएका छन्। यज्ञ र उनका साथीको अमेरिका उड्ने सपनाले उनीहरूलाई यही जालोमा फसाएको थियो।, पहिलो उडान दिल्लीबाट रसियासम्म थियो। रसियामा एक-दुई घन्टा ट्रान्जिटपछि उनीहरू स्पेन पुगे। त्यहाँबाट आइसल्यान्ड हुँदै सूर्यनाम। ठाउँठाउँमा दुई-तीन घन्टा ट्रान्जिटबाहेक उनीहरू लगातार तीन दिन आकाशमा उडे। सूर्यनाम उनीहरूको 'एक्जिट' थियो। एजेन्टहरू एयरपोर्ट बाहिर उनीहरूका फोटा भएका कार्ड बोकेर कुरिरहेका थिए।, यज्ञहरू आफ्ना फोटो देखाउने मानिसका पछि लागे। सबैलाई एउटै गाडीमा राखेर होटल पुर्याइयो। एक दिन होटल बसेर अर्को दिन उनीहरू गाडीबाटै ब्राजिल पुगे। ब्राजिलमा भने उनीहरूको यात्राले केही विश्राम पायो। त्यहाँ पाकिस्तानीले चलाएको होटलमा उनीहरू झन्डै एक महिना बसे।, होटल सञ्चालकले हिन्दीमा कुरा गर्ने भएकाले संवादमा सहज भयो। होटल सञ्चालक पनि उनीहरूसँग खुलेर गफिन्थे। यज्ञको नियास्रो मेटिन्थ्यो।, उनीहरू जस्तै अवैध बाटो हुँदै अमेरिका जान हिँडेका अरू छ जना नेपाली, त्यो पनि दाङकै युवा ब्राजिलमा भेटिए। बाह्र जना नेपालीले आपसमा सुखदुःख, अमेरिका जान खोज्नुका रहर वा बाध्यताका कुरा गरेर दिन काटे। एजेन्टले बेलाबेला फुटबल खेलाउन लैजाने भएकाले मन बहलिन्थ्यो।, यज्ञहरू सबैले घर परिवार र आफन्तलाई फोन गरी आफू सकुशल र यात्रामै रहेको जानकारी दिइरहन्थे।, एक महिना लामो प्रतीक्षापछि ब्राजिल छोड्ने दिन आयो। उनीहरू जहाज चढेर कोलम्बिया गए। त्यहाँका एजेन्टले टर्बो भन्ने ठाउँमा दुई दिन बसाए। ठाउँपिच्छे स्थानीय एजेन्ट हुन्थे। भाषा नबुझे पनि इसाराले काम चल्थ्यो। धेरै समस्या भए ह्वाट्सएप, भाइबरमा नेपाली एजेन्टसँग कुरा हुन्थ्यो। पुगेको ठाउँको फोटो आदानप्रदान पनि गर्थे।, यज्ञबहादुर बस्नेत, एजेन्टले टर्बोदेखि उनीहरूलाई मोटरसाइकलमा राखेर एक विशाल समुद्र नजिक पुर्याए। अबको यात्रा डुंगा मार्फत कपुरगानासम्म थियो। समूह विभाजन गरेर आलोपालो एजेन्टले मानिस लैजान्थे। डुंगाको अगाडितिर बस्दा बढी डर लाग्छ भन्ने यज्ञहरूले सुनेका थिए। त्यसैले अगाडि नबस्ने सल्लाह गरे।, डुंगा भएको ठाउँमा सबभन्दा पहिले यज्ञ नै पुगे। उनले सोचेका थिए- पानी जहाज वा ठूलो डुंगा होला, यात्रा आरामदायी हुने भयो!, भयो ठीक विपरीत। नेपालका नदी-खोलामा चल्नेजस्तै साना डुंगामा सानो मोटर जोडिएको थियो। , सबभन्दा पहिला पुगेकाले यज्ञ अगाडि बस्नुपर्यो। डुंगामा तीन नेपाली, तीन भारतीय, एक चालक र एक जना समुद्री गाइड थिए। प्रहरीले चाल पाउँछन् भनेर टर्च लाइट नबाल्न र नबोल्न भनियो।, बेलुकी सात बजेतिर डुंगा चल्यो। चालकले मोटर डुंगा २०/३० किलोमिटर प्रतिघन्टाको गतिमा चलाए। त्यो देखेर यज्ञलाई अलि राहत भयो। फेरि सोचे- आरामै हुने भयो।, एक-डेढ घन्टाको यात्रापछि यज्ञको आशाले फेरि उल्टी खेलिदियो। चालकले एकाएक डुंगा सक्दो रफ्तारमा हुँइक्याउन थाले। कम्तीमा एक सय बढीको स्पिड।, चुक घोप्टेजस्तो अन्धकार! बेलाबेला पानीका छालमा डुंगा हराएझैं हुन थाल्यो। त्यो अँध्यारोमा पनि यज्ञ समुद्रबीच काला ढिस्काहरू देख्थे। डुंगामा राम्ररी समात्ने ठाउँ पनि थिएन।, यज्ञले सोचे- बाँच्ने अब यत्ति रहेछ। यही समुद्रमा जीवनलीला सक्किने भयो!, 'अब बाँचिन्न होला भन्ने लाग्यो,' यज्ञले सेतोपाटीसँग त्यो अनुभव सुनाए, 'गाउँघरको खुबै याद आयो। उज्यालोको अंश कतै थिएन। जताततै पानी पानी। कालैकालो। सातो उडेको थियो। भगवान पुकार्नेबाहेक विकल्प थिएन।', डुंगाको गतिसँगै मुटु कामिरहेका बेला एकाएक बीच समुद्रमा डुंगा रोकियो। अब त हंशले नै ठाउँ छाड्यो।, 'यसले हामीलाई लुटेर मार्छ होला। लास यहीँ समुद्रमा फाल्छ होला,' यज्ञले साथीसँग साउती गरे।, आधा घन्टाजति रोकिएर डुंगा चल्यो, फेरि उही रफ्तारमा। यज्ञहरूले लामो सास ताने।, बेलुका सात बजे डुंगा चढेका उनीहरूले अर्को दिन बिहान ६ बजे सकुशल समुद्र पार गरे। कपुरगाना पुगेपछि अंकमाल गरे। बाँचियो भन्दै खुसी साटे।, स्थानीय एजेन्टले उनीहरू छ जनालाई कपुरगानाकै एक व्यक्तिको घर लगेर राखे। एक-दुई दिनपछि ब्राजिलमा भेटिएका अरू नेपाली युवा पनि आइपुगे। एजेन्टहरूले झन्डै ५०/६० जना मानिस भेला पारे- नेपाली, भारतीय, बंगाली, पाकिस्तानीहरू।, झन्डै एक साता कपुरगाना बसेपछि फेरि समूह छुट्याइयो। यज्ञको टोलीमा सिन्धुपाल्चोकका दुई महिला पनि थिए। अब राति हिँड्दै पनामा जाने कुरा भयो, जंगलैजंगल पैदल यात्रा। आफ्ना लागि आवश्यक खाना (चाउचाउ, बिस्कुट), पानी र बाटामा बस्न टेन्टको भारी आफैं बोक्नुपर्ने भनियो। यात्राअगाडि हरेकलाई १५० डलर एजेन्टले नै दिए।, स्थानीय एजेन्ट लगभग आधा बाटो पार गराउन आफैं गए। एउटा खोला आएपछि 'यो खोला नछोडी जानू' भन्ने निर्देशन दिएर फर्किए।, यज्ञहरू खोला किनारैकिनार जंगलको बाटो हिँड्न थाले। थकाइ मार्न टेन्ट टाँगेर सुत्थे। दुई दिन हिँडेपछि उनीहरूका खुट्टा सुन्निएर पाउरोटी जस्तै भए। महिलाहरूका खुट्टाको छालाको एक तह नै गयो। हिँड्न नसक्ने भएपछि हात समाएर डोर्याउँदै लैजानु परेको यज्ञ सम्झिन्छन्।, 'दिदी-भाइ-बिहनीको भावनाले एकअर्कालाई सहयोग गर्दै यात्रा गर्यौं,' यज्ञले भने, 'उहाँहरू रूँदा हामीले ढाडस दिन्थ्यौं। मरे सँगै मरौंला, बाँचे सँगै बाँचौंला भनेर सम्झायौं। आपसमा हौसला र खाने कुराहरू बाँडेर अगाडि बढेका थियौं।', खुट्टाको सास्ती एकातिर, अर्कातिर टाउको दुख्ने, वान्ता हुने, बेहोस हुने जस्ता समस्या धेरैलाई देखियो। एक जना बंगाली बेहोस भएपछि आफूले लगाएको टिसर्ट फुकालेर दिए यज्ञले। बेलाबखत दिक्क भए पनि अमेरिका पुग्ने जोसले ऊर्जा थपेको यज्ञले बताए।, यात्रा क्रममा एक दिन गुन्डाहरूसँग उनीहरूको जम्काभेट भयो। भाषा नबुझे पनि गुन्डाहरूले हतियार देखाएर पैसा माग्न थाले। चार/पाँच जनाले भरूवा बन्दुक र तरवार बोकेका थिए। यज्ञसहित १२ जनासँग भएको सबै पैसा, मोबाइल लगायत सामान लुटे।, विरानो देश, जंगलको बीच र रित्तो खल्ती। तर पनि अमेरिका सपनाले उनीहरूलाई छाडेन। अगाडि बढिरहे। चार दिन र चार रातको जंगल यात्रापछि उनीहरू पनामा पुगे।, पनामामा सेनाको शिविरमा उनीहरूलाई शरण दिइयो। पनामा सरकारले शरणार्थीका लागि शिविरहरू बनाएको छ। बस्न, खान राम्रै व्यवस्था थियो। तीन दिन शरणार्थी बनेपछि सेनाले गाडीमा राखेर कोस्टारिकाको अर्को शिविर पुर्याइदियो। कोस्टारिकामा पनि शरणार्थीले शरण लिन पाउने सुविधा छ।, 'कोस्टारिका सेनाले हामीलाई यहीँ शरणार्थी भएर बस, उता जानु पर्दैन भनेका थिए। हामीले मानेनौं,' यज्ञले सुनाए।, तर यो उनीहरूको निर्णय थिएन। कोस्टारिका शिविरमा तीन दिनभन्दा बढी नबस्नू भनेर एजेन्टले पहिल्यै सम्झाएका थिए। शिविरमा मानव तस्करीको मिलेमतो भएको यज्ञ अनुमान गर्छन्। शिविरबाट निस्किँदै गर्दा बाहिर उनीहरूको तस्बिर बोकेका एजेन्ट गाडीसहित तयार थिए।, गाडीमा बसेपछि ती एजेन्टले भाइबरमार्फत ब्राजिलमा बस्ने प्रमुख नेपाली एजेन्टसँग कुरा गराए। उनीहरूको फोटो खिचेर पठाए। जहाँ/जहाँ उनीहरू पुग्थे, त्यस्तै गरिन्थ्यो। , यज्ञबहादुर बस्नेत आफ्नो खेतीमा, कोस्टारिकाबाट गाडीमा एक रात हिँडेपछि उनीहरू निकारागुवा भन्ने देश पुगे। त्यहाँ पुग्दासम्म सिन्धुपाल्चोकका महिला अर्कै समूहमा परिसकेका थिए। १२ जना नेपाली र चार भारतीय गरी १६ पुरुषको समूह भयो। उनीहरूलाई परिवारसहितको 'पब्लिक' घरमा एक रात बसाइयो। पैसा छैन भनेपछि एजेन्टले सबैलाई जनही एक सय डलर दिए।, अब उनीहरूको गन्तव्य ग्वाटेमाला थियो। निकारागुवादेखि फेरि एक दिन जंगलको पैदल यात्रा गर्नुपर्ने। एक किलोमिटर पनि हिँडेका थिएनन्, फेरि लुटेराहरू अत्याधुनिक हतियारसहित आए। सबै पैसा लुटे। एक जोर कपडा र जुत्तामोजा बाहेक सबै लगे।, 'ब्रस र मञ्जन समेत लुटे,' यज्ञले सुनाए।, दोस्रो पटक रित्तिएका उनीहरू खोलाको पानी पिउँदै हिँडेको १२ घन्टापछि, बेलुका चार बजेतिर ग्वाटेमाला पुगे। त्यहाँ पनि स्थानीय एजेन्ट उनीहरूलाई कुरिरहेका थिए। आठ जना अटाउने गाडीमा उनीहरू १६ जनालाई खाँदियो।, यज्ञले सुनाए, 'चढ्दिनँ भन्न पनि नहुने। मान्छेमाथि मान्छे राखे नि।', एक घन्टापछि उनीहरूलाई गाडीबाट ओरालियो। यज्ञ अनुमान गर्छन्, प्रहरी जाँच छल्न एजेन्टले त्यसो गर्थे।, 'हामीलाई मुख्य सडकबाट खेतैखेत हिँडाएर फेरि सडकमै ल्याउँथे,' यज्ञले भने, 'केही अप्ठ्यारो पर्दा एजेन्टको मोबाइलबाट ब्राजिलका नेपाली एजेन्टसँग कुरा गर्थ्यौं। उनैले यो बाटो, यसरी जाऊ भनेर फोनमै गाइड गर्थे।', यज्ञका अनुसार चार/पाँच ठाउँमा एक-डेढ घन्टा गाडी चढ्ने, फेरि खेतको बाटो हिँड्ने र सडक भेट्ने कुरा रातभर गर्नुपर्यो। पानी परिरहेको थियो, न बत्ती न गाइड। भनेको बाटो छामछुम गर्दै हिँड्नुको विकल्प थिएन।, एउटा सानो खोला तरेपछि थोरै अगाडि बढ्नासाथ फेरि चार/पाँच जना हतियारधारी लुटेराले उनीहरूलाई घेरे। सबैलाई मुन्टो तल पारेर बस्न लगाए।, बिहानको करिब तीन बजेको थियो। मदिराले मातेका लुटेराले सबैलाई घोप्टो पर्न भने। अनि एक नेपालीको कञ्चटमा पेस्तोल ताके। पैसा मागे। उनीहरूसँग केही बचेको थिएन। तर एक जनाले ट्राउजरको इजारमा सय डलर राखेका रहेछन्। साथीलाई जोगाउन झिकेर दिए।, एक्कासि लुटेराले कञ्चटमा ताकेको पेस्तोल पड्काए।, यज्ञबहादुर बस्नेत आफ्ना साथीसँग, 'हामी सबै घोप्टो परेका थियौं। कसलाई लाग्यो भन्ने थाहा भएन, तर हामीमध्ये कसैलाई त हाने भनेर साह्रै आत्तियौं,' यज्ञले भने।, अब पालो यज्ञको थियो। लुटेराले उनको हातको बाला दिन इशारा गरे। यज्ञले खुरूक्क खोलेर दिए।, 'मनकामना मन्दिर जाँदा किनेको पित्तलको बाला थियो, सुन भन्ठानेर मागेका होलान्,' उनले सुनाए।, त्यसपछि लुटेराले सबैलाई जुत्ता, ज्याकेट र राम्रा टिसर्टहरू पनि खोल्न भने। ज्यानको मायाले सबैले जुत्ता, टिसर्ट दिए। कसैले पाइन्ट नै बुझाए।, सबै रित्तिँदा उनीहरूको मन भारी भयो। तर अघि लुटेराले गोली आकाशमा पड्काएका रहेछन्। सबै सकुशल देख्दा तै बिसेक भयो।, यसपछि उनीहरू खाली खुट्टा पैदल हिँड्नुपर्यो। घोराहीका युवकको पाइन्ट समेत लुटिएको थियो। उनी भित्री वस्त्र मात्र लगाएर हिँडे।, 'सबै लुटिए पनि बाँच्यौं भनेर खुसी थियौं,' यज्ञले भने।, अन्धकार, अनकन्टार र अनजान बाटोमा चिप्लिँदै, हिलोमा गाडिँदै उनीहरू हिँडिरहे। खुट्टामा काँडा र ढुंगा बिझ्थे। एक घन्टा यसरी नै हिँडेपछि एक एजेन्ट भेटिए। उनले सबैलाई आफ्नो घर लगे। १६ जनाकै लागि एक-एक जोर चप्पल र कपडा किनिदिए।, त्यही दिन बिहान ११ बजेतिर उनीहरू होन्डुरस जान गाढी चढे। एकदिन जति गाडीमा यात्रा गरे। कति ठाउँमा मोटरसाइकल, कहीँ रिक्सा जस्तो साधन चढे। त्यस्तै गर्दै उनीहरू ग्वाटेमाला पुगे। त्यहाँबाट मेक्सिको जान एउटा सानो खोला तर्नुपर्थ्यो। एजेन्टले ट्याक्टरको ट्युबबाट पार गराए।, मेक्सिकोमा त अंग्रेजी भाषा बोल्छन्। यहाँ बल्ल यज्ञ र उनका साथीलाई सजिलो भयो। किजवाना भन्ने ठाउँको होटलमा उनीहरू पाँच दिन बसे।, मेक्सिकोमा पनि शिविर थियो जहाँबाट शरणार्थीका लागि कागजात तयार हुन्थ्यो। त्यो कागज लिएपछि बिना पासपोर्ट एक ठाउँबाट अर्कौ ठाउँ घुम्न पाउने, बस र जहाजको टिकट काट्न पाउने व्यवस्था छ। कागजात बनेपछि उनीहरू थप पाँच दिन मेक्सिको शिविरमा बसे।, त्यसपछि उनीहरूलाई सुरक्षाकर्मीले गाडी चढाएर मेक्सिको सिटी पुर्याइदिए। यज्ञहरूलाई पठाउने नेपाली एजेन्टले त्यहाँ एउटा भवनको पूरै फ्ल्याट लिएका रहेछन्। त्यहाँ यज्ञसहित १६ जना पुग्नुअगावै थप १५/१६ जना अमेरिका जान खोज्ने नेपाली बसिरहेका थिए। अरू देशका पनि थिए। अवैध मार्गबाट अमेरिका जान हिँडेका लगभग ४५ जनाको जमघट भयो।, यज्ञले त्यहाँ एउटा अचम्मको कुरा पत्ता लगाए।, आफूलाई पठाउने एजेन्टले भारतीय एक नागरिकलाई नेपाली नागरिकता र पासपोर्ट बनाइदिएका रहेछन्। चेन्नईका ती व्यक्ति स्टुडेन्ट भिसामा अमेरिका बस्दा 'डिपोर्ट' भएका थिए। फेरि भारतीय बनेर अमेरिका प्रवेश पाउँथेनन्। त्यसैले विजय थापा नामको नेपाली नागरिकता र पासपोर्ट बनाएका रहेछन्।, 'कुराकानीका क्रममा ती भारतीयले मलाई नेपाली नागरिकता र पासपोर्ट देखाए,' उनले भने, 'मानव तस्करको सञ्जालबारे थाहा पाएर रिगंटा छुटेझैं भयो। तर मैले कसैसँग शंकास्पद कुरा गरिनँ। मलाई जसरी नि अमेरिका पुग्नु थियो। थुप्रै खर्च र दुःख खेपिसकेको थिएँ। त्यो दुरी धेरै टाढा पनि थिएन।', यज्ञबहादुर बस्नेत आफ्नो खेतीमा, उनीहरू दस दिन जति मेक्सिको सिटीमै बसे। त्यसपछि एजेन्टले पालैपालो समूह बनाएर ट्याक्सीमा राख्नै मेक्सिको पर्खाल नघाउन लिएर गए। चोरझैं सुटुक्क त्यो पर्खाल चढेर अर्कोपट्टी हाम फालेपछि अमेरिकी भूमि टेकिन्थ्यो। , पर्खाल झन्डै दुई मानिस बराबर अग्लो। तर टिनको पाता जस्तो वस्तुको खुट्किलो लगाइएकाले नाघ्न गाह्रो थिएन। बेलुका आठ/नौ बजेतिर अँध्यारोमा एजेन्टले उनीहरूलाई पर्खालबाट सुटुक्क अमेरिका छिराइदिए।, नेपाली भनिने भारतीय नागरिकले अमेरिका छिर्दै गरेको भिडिओ बनाए। त्यहाँका एजेन्टले मुख्य नेपाली एजेन्टलाई उक्त भिडिओ पठाएपछि उनको जिम्मेवारी पूरा हुन्थ्यो।, यज्ञहरू दंग थिए, अमेरिका टेकियो!, पर्खाल नाघेर दस मिनेट जति हिँडेका मात्र थिए, यज्ञसहित ११ जना अमेरिकी बोर्डर पेट्रोल (सीमा सुरक्षाकर्मी) को घेरामा परे। सुरक्षाकर्मीले उभ्याएर सोधपुछ थाले। नाम, ठेगाना टिपे। तत्काल गाडी आयो र सबैलाई लगे। ११ जनामध्ये रूकुमका दुई जना १८ वर्षभन्दा कम उमेरका थिए। पछि उनीहरूलाई अलग्गै राखियो।, त्यहाँ नेपाली दोभाषेको सहयोगमा कुरा भयो। कहाँबाट, कुन बाटो भएर आएको, एजेन्ट को हो? भन्ने जस्ता सामान्य सोधपुछ गरे। त्यसपछि ११ दिन जति एउटा प्रहरी चौकीको हिरासत जस्तोमा राखे। यसपछि क्यालिफोर्नियास्थित कुनै एक ठाउँमा सारियो।, त्यहाँ पाँच दिन राखेपछि १७/१८ जना नेपालीसहित विभिन्न देशका कुल दुई सय मानिसलाई एउटै जहाजमा चढाएर जर्जिया पुर्याइयो। जर्जियामा धेरै कोठा भएका ठाउँमा उनीहरू सबै बसे। यज्ञले त्यहाँ पनि पहिल्यै पुगेका अरू नेपाली भेटे। उनीहरू ६ महिनादेखि १६ महिनासम्म बस्दै आएकाहरू थिए। तीमध्ये कसैको धरौटीको प्रक्रिया भइरहेको, कतिको धरौटी काटिइसकेको, कोही भने ग्रिनकार्ड पाउन मुद्दा लडिरहेकाहरू र कोही मुद्दा हारेकाहरू थिए।, यज्ञले बुझे- अब वर्षदिन उनले पनि शरणार्थी शिविरमै बिताउनु पर्नेछ।, तर सास रहुन्जेलको आश बटुलेर सोचे- वकिल लिएर मुद्दा लडेँ भने अमेरिकामै बस्न पाउँला!, नेपालमा खतरा भएकाले बस्न नसकेको र बाँच्नका लागि लुकिछिपी अमेरिका छिर्न थालेको दलिल वकिलले यज्ञको तर्फबाट पेश गरिदिए। वकिलमार्फत धरौटीका लागि मिति पनि लिए।, यज्ञ थुनामा परेको झन्डै १६ महिना जति भइसकेको थियो। मन नआत्तिने कुरै भएन। आफन्त र घर परिवार पनि चिन्तित थिए। छोरा जेलमा बसेर मुद्दा लडिरहेको छ भन्ने थाहा पाएर परिवारले यता जग्गा मात्रै बेचेनन्, बैंक तथा गाउँघरबाट ऋण लिन पनि बाध्य भए।, तर त्यहाँको सरकारले नेपालमा कुनै खतरा नभएको भन्दै यज्ञलाई धरौटीमा छोड्न मानेन। उनले त्यहाँको उच्च अदालतमा अपिल गरे। अदालतले मुद्दा छिन्न छ महिना लगायो। धरौटीमा छोड्न फेरि पनि मानेन।, त्यसपछि भने यज्ञ अमेरिका सपनाबाट ब्युँझिएँ। उनलाई यो सपना देख्न चुकाउनु परेको मूल्यले पोल्यो।, अधिकारीहरू आएर उनलाई अझै माथिल्लो अदालतमा मुद्दा लड्छस् कि के गर्छस् भनेर सोधे।, यज्ञले भने- आफ्नै देश फर्किन्छु।, उनको चाहना बमोजिम फिर्ता आउन जहाजको टिकट तयार भयो। जर्जियाबाट न्यूजर्सी आए र एक रात त्यहीँ बसे। अमेरिका जाँदा थुप्रै नेपाली भेटेका उनले यो यात्रामा कोही साथी पाएनन्।, अर्कोदिन त्यहाँबाट न्यूयोर्क अनि कोरिया हुँदै यज्ञ नेपाल आइपुगे। , यति गर्दा यज्ञको ७५ लाख रूपैयाँ जति पैसा झ्वाम भयो। , करोडौं कमाउने सपना बोकेर संगठित मानव तस्करको पछि लागेका यज्ञले उल्टै पुर्ख्यौली पौने करोड रकम हावामा उडाएका थिए। तथ्य नबुझी लहडमा अमेरिका सपना पच्छ्याउँदै हिँडेका यज्ञको मनमा घर फर्किँदा पश्चातापको आगो मात्र रह्यो।, घर कसरी जाने, के होला, परिवारले अस्वीकार गर्ने हुन् कि, गाउँमा कसरी मुख देखाउने, समाजले के भन्ने होला? यस्तै अनेकन प्रश्नले घेरिँदा उनलाई पनामाको जंगलमा खेपेभन्दा बढी सास्ती भयो।, जसै उनी घर पुगे, सारा बोझ उत्रियो। यज्ञको परिवारले उनी सकुशल फिर्ता आएकोमा खुसी मनाए। नआत्तिन भन्दै ढाडस दिए। सुरूका केही दिन गाउँघर जान संकोच भए पनि विस्तारै समय सहज हुँदै गयो। कति साथीहरू घरै भेट्न आए।, साथीहरूले यतै केही गर्नुपर्छ भनेर हौस्याउन थाले। साथ, सहयोग र हौसला पाएपछि उनलाई व्यवसाय गर्ने आँट आयो। उनले पुर्ख्यौली जग्गा सदुपयोग गर्ने सोचे। एक विघा जमिनमा टमाटर, भेडे खुर्सानी, पिरो खुर्सानी लगाए। अहिले उनले व्यवसायिक तरकारी खेती थालेका छन्। लकडाउनका कारण पहिलो प्रयासमा अपेक्षाकृत लाभ मिलेन तर उत्साहित भएको बताए।, यज्ञलाई अमेरिका लैजाने एजेन्टले पैसा फिर्ता दिन्छु भनेका छन्। वर्षदिन पुगिसके पनि एजेन्टको आश्वासन पत्याएर मुद्दा भने हालेका छैनन्।, अचेल यज्ञ विगतको अमेरिका, दुःखकष्ट र उडाएको लाखौं रकमलाई एउटा नराम्रो सपना ठान्छन्। अमेरिका जान सजिलो छ भनेर एजेन्टले भनेकै भरमा पत्याउँदा पाएको दुःख सबैलाई बाँड्न चाहन्छन्। विशेषगरी तिनलाई जो जसरी पनि अमेरिका उड्न तयार छन्।, 'अमेरिका जाने अवैध बाटो एजेन्टले भनेजस्तो सजिलो छैन,' यज्ञले भने, 'त्यो बाटो एकदमै छ। ज्यान जोखिममा पारेर लाखौं खर्चेर अमेरिका छिर्न खोज्नु मूर्खता रहेछ भन्ने मैले बुझेँ। तर यति बुझ्न मैले त्यत्रो मूल्य चुकाउनुपर्यो।', यज्ञले अब पैसा कमाउन कहिल्यै विदेश नजाने प्रण गरेका छन्।, 'मेरो श्रम र सिर्जना यहीँ खन्याउने उद्देश्य बनाएको छु,' उनले भने।,
अमेरिका जाँदा ७५ लाख झ्वाम, मेक्सिको पुग्दा नांगै (भिडिओ)
|
सेतोपाटी संवाददाता बारा प्रहरीले हात्तीको दाह्रासहित तीन जनालाई पक्राउ गरेको छ।, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगन्ज बजारबाट चार फिट लम्बाई १२ इन्च मोटाई भएको एक थान हात्तीको दाह्रासहित सोमबार साँझ तीन जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा निजगढ नगरपालिका-११ बस्ने २९ वर्षीय सूर्यप्रताप तामाङ लगायत छन्।, हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना५०प १२२७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको उक्त दाह्रा फेला पारेको प्रहरीले जनाएको छ।,
हात्तीको दाह्रासहित बाराबाट तीन जना पक्राउ
|
सेतोपाटी संवाददाता कैलाली प्रहरीले साढै पाँच किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ।, सुदूरपश्चिम प्रदेश प्ररहरी र इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले सोमबार राति गौरीगंगा नगरपालिका-११ का ४० वर्षीय गोरे धामी र गोदावरी नगरपालिका-६ का ३५ वर्षीय धनबहादुर धामी छन्।, प्रहरीले सुरूमा गोरेलाई गौरीगंगा नगरपालिका-८ बाट पक्राउ गरेको थियो। उनले धनबहादुरले चरेस दिएको भनेपछि उनलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, शंका लागेर गोरेले बोकेको झोला चेकजाँच गर्दा साढे पाँच किलो चरेस फेला परेको थियो। प्रहरीले दुबैलाई लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान थालेको छ।,
साढे पाँच किलो चरेससहित कैलालीबाट दुई पक्राउ
|
सेतोपाटी संवाददाता पश्चिम नेपालको पशुपति भनेर चिनिने रूपन्देहीको सैनामैनास्थित पर्रोहा परमेश्वर धामको पुनर्निर्माण सुरू भएको छ।, धामको पुनर्निर्माणको कामको पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन्। , सो अवसरमा बोल्दै पौडेलले धाम पुनर्निर्माणले सैनामैनाको विकासमा महत्वपूर्ण आयाम थपिने विश्वास ब्यक्त गर्दै गुरूयोजना अनुसारको काम गर्न स्रोत सुनिश्चितताको कमी नहुने प्रतिवद्धता जनाए।, सैनामैना नगरपालिकाले यो धामलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीयस्थल बनाउने लक्ष्यसहित पुनः निर्माणको काम सुरु गरेको जनाएको छ।, दुई वर्षमा सम्पन्न गर्ने गरी पुनर्निर्माण सुरू गरिएको उक्त मन्दिर प्यागोडा शैलीमा बनाउने योजना सैनामैना नगरपालिकाको छ।, सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले प्यागोडा शैलीमा कलात्मक अग्निशाला, दक्षिणको सहायक प्रवेशद्वारलाई प्राचीन कलात्मक शैलीमा बनाउने गुरुयोजना तयार गरी निर्माण शुरू गरिएको बताए।, नगर प्रमुख कार्कीले हिन्दू धर्मावलम्बीको मुख्य गन्तव्यको रुपमा विकास गर्न गुरूयोजना बनाएर काम थालिएको जानकारी दिए । , गुरूयोजना अनुसार मूल मन्दिरसहितका संरचनाहरू निर्माण गर्न १४ करोड बढी लागत लाग्ने अनुमान नगरपालिकाले गरेको छ। मन्दिर बनाउन नगरपालिकाको ३० प्रतिशत लागत सहभागितामा संघीय सरकारको सशर्त अनुदानको रकम खर्च हुनेछ।, पहिलो चरणमा चार वटा ढोकासहितको मूल मन्दिर प्यागोडा शैलीमा तामाको छानोसहित बनाईने छ। पहिलो चरण अन्तर्गत दुई तले ५१ फिट लम्बाईको मूल मन्दिर बनाउन ६ करोड ५७ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको छ।, मन्दिरको तल्लो तलामा २८ वटा र माथिल्लो तलामा २० वटा कलात्मक काठका टुँडाल रहनेछन्। करिब ५०० किलोको मूल घण्ट, ५१ फिट अग्लो धातुको खम्बा बनाई त्रिशूल र डमरु रहने मन्दिरमा साढे ५ फिटको मूल गजुर रहने छ । , मूल मन्दिर निर्माणको पहिलो चरणको काम २०७९ मंसिर मसान्तमा पूरा गर्ने लक्ष्य लिईएको छ। पहिलो चरणको कामपछि दोस्रो चरणमा ८ करोड बढीको पूर्वाधारहरु बनाइने छ। , नेपालमै पहिलोपटक श्रावणी मेला तथा जलार्पण शुरु भएको पर्रोहा परमेश्वर बोलबम धाममा स्वयंउत्पत्तिमान शिव ज्योतिर्लिङ्गका रुपमा मानि पूजा गरिदै आएको छ। , धामका अध्यक्ष रामवली चौधरी श्रीमद भागवतको दशम् स्कन्दको ३४ औं अध्यायको प्रथम श्लोकमा यहाँ स्वयंउत्पत्ति ज्योतिर्लिङ्गको भगवान श्रीकृष्णले पनि पूजा गरेको उल्लेख गरिएको दाबी गर्छन्। ,
१४ करोडको गुरूयोजनासहित रूपन्देहीमा ‘बोलबम धाम’ को पुनर्निर्माण शुरू
|
एजेन्सी भारतीय राज्य हिमाञ्चलमा आइतबार आएको पहिरोमा परी कम्तीमा ९ जना पर्यटकको मृत्यु भएको छ।, भारतीय सञ्चारमाध्यमहरूका, अनुसार किन्नापुर जिल्लाको सांगलामा आएको सुख्खा पहिरोमा खसेका ढुंगाले गाडीमा क्षति पुर्याएका छन्।, सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा माथिबाट खसेको एउटा ढुंगा पुलको बीचमा बजरिन्छ। ढुंगाले लागेपछि पुल भत्किन्छ।, #LandSliding, in Himachal Pradesh’s Sangla Vally of Kinnaur Distt. Reportedly 8 died and 4 are critically injured. ,pic.twitter.com/LegMW4QyIh,
— Jitender Sharma (@capt_ivane) ,July 25, 2021, घटनामा परी ९ जनाको मृत्यु भएको र केही घाइते भएको हिमाञ्चलका प्रमुख सचिव अनिल खाचीले जानकारी दिएका छन्।, पहिरो खसेको ठाउँ हिमाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्र हो। घटनापछि चिकित्सकहरूको टोली घटनास्थलमा पुगेको अधिकारीहरूले जनाएका छन्। ,
भारतको हिमाञ्चलमा पहिरो खस्दा आएको ढुंगाले भत्कायो पुल, ९ जनाको मृत्यु
|
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको निजीकरणसम्बन्धी कार्य यथास्थितिमा राख्न आदेश दिएको छ।, न्यायाधीश कुमार रेग्मीको इजलासले आइतबार वायुसेवा निगमलाई निजीकरण गर्ने सम्बन्धी कार्य जे-जस्तो अवस्थामा छ सोही अवस्थामा राख्न सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो। साथै अदाललते अन्तरिम आदेशको विषयमा छलफलका लागि दुबै पक्षलाई बोलाएको छ।, अधिवक्ता आतिश कार्कीले वायुसेवा निगम निजीकरण गर्ने सरकारको तयारी रोक्न सर्वोच्चमा रिट दायर गरेका थिए।, पछिल्लो पटक सुशील घिमिरे अध्यक्ष रहेको कार्यदलले सरकारलाई वायुसेवा निगम निजीकरण गर्न सुझाव सहितको प्रतिवेदन दिएको सार्वजनिक भएको थियो। सरकारले उक्त कार्यदल २०७६ असोज १ गते गठन गरेको थियो। उक्त कार्यदलको सुझाव प्रतिवेदनमा निगमलाई कम्पनीमा परिणत गर्न र सरकारको सेयर ५१ प्रतिशत कायम राख्न सुझाइएको थियो।, उक्त प्रतिवेदन सार्वजनिक भएपछि वायुसेवा निगमका कर्मचारी आन्दोलनमा छन्। सर्वोच्चको आदेशसँगै वायुसेवा निगम निजीकरणका लागि कार्यदलको प्रतिवेदन अगाडि बढाउने कार्य तत्काल अघि नबढ्ने भएको छ।,
वायुसेवा निगम निजीकरण गर्ने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६ सय २४ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये काठमाडौं जिल्लाका ४६८, ललितपुरका ८९ र भक्तपुरका ६७ जना छन्।, योसँगै काठमाडौं उपत्यकामा ७ हजार ६१५ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५ हजार ६१५, भक्तपुरमा ९१० र ललितपुरमा १ हजार ८९ जना सक्रिय संक्रमित छन्।, नेपालमा पछिल्लो २४ घण्टामा कुल १३ हजार ८३४ जनाको परीक्षण गर्दा २ हजार २३७ जना संक्रमित थपिएका छन्।, यस अवधिमा २ हजार ५० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ। हालसम्म ९ हजार ७१३ जनाको कोरोनाबाट मृत्यु भएको छ।, मन्त्रालयका अनुसार हालसम्म संक्रमित भएकामध्ये देशभर निको भएको दर ९४.६ प्रतिशत छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ।,
काठमाडौं उपत्यकामा थपिए ६२४ संक्रमित, सक्रिय संख्या ७ हजार ६१५
|
सेतोपाटी संवाददाता आइतबार देशभर थप २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार ८३४ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।, त्यस्तै यस अवधिमा २ हजार ५० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ। हालसम्म ९ हजार ७१३ जनाको कोरोनाबाट मृत्यु भएको छ। , मन्त्रालयका अनुसार हालसम्म संक्रमित भएकामध्ये देशभर निको भएको दर ९४.६ प्रतिशत छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ। ,
,
थप २ हजार २३७ जनामा कोरोना संक्रमण
|
भगवती पाण्डे कमाउन र घुम्न भन्दै भारत पुगेका बाँके र बैतडीका तीन बालक र एक बालिकालाई उद्धार गरि आफन्तको जिम्मा लगाएको छ।, ‘प्रवासी मित्र मञ्च नेपाल-भारत’ र मानव कल्याण मित्र मञ्च नेपालले भारतबाट उद्वार गरी ल्याएका उनीलाई जिल्ला प्रशासन कार्यालय रूपन्देहीको रोहवरमा आइतबार आफन्तको जिम्मा लगाएको हो।, प्रवासी नेपाली मित्र मञ्च दिल्लीका महासचिव रघुनाथ पाण्डेले कमाउन भन्दै भारत पुगेका उनीरूरुबारे थाहा पाएपछि उद्धार गरेर नेपाल ल्याइएको जानकारी दिए।, उद्धार गरि ल्याईएका तीन जनालाई वडाध्यक्षमार्फत् आफन्तको जिम्मा लगाइएको छ भने एक जनालाई केही दिनका लागि कोटिहवास्थित बालगृह राखिएको छ।, उद्धार गरिएका बालिबालिकामा बाँकेको कोहलपुरका ९ वर्षीय रोशन बढई, ७ वर्षीय बिशाल बढई र ५ वर्षीया पूजा बढई छन्। त्यस्तै बैतडीका १५ वर्षीय प्रकाश सिंह महरालाई पनि उद्धार गरिएको छ। , रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अलपत्र बालबालिकाको उद्धार गरेर नेपाल ल्याएर मित्र मञ्चले राम्रो काम गरेको बताए।, उद्धार गरिएका बालबालिकाले आफूहरू ६ महिनाअघि कोहलपुर नाकाबाट भारत पुगेको बताएका छन्। , भारत घुम्न पनि हुने र कमाउन पनि सकिने भएकोले घरदेखि हिँडेको उनीहरूले बताएका थिए। तर उनीहरूलाई भारत उत्तर प्रदेशको बरेलीबाट नै उद्वार गरिएको थियो।, मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद आचार्यले विगतदेखि परिवारको बेवास्ता, गरिबी र रोजगारीका लोभले ८/९ वर्षका बालबालिकासमेत भारतमा पुगेर जोखिमपूर्ण काम गर्न बाध्य भएको बताउँछन्।, यी बालबालिकालाई पनि घरदेखि भागेर भारत पुगेको आशंकामा सोधपुछ गरि उद्धार गरिएको थियो। , बालबालिकाहरुलाई नेपाली राजदूतावास दिल्लीबाट अनुमति पत्र प्राप्त गरी उत्तर प्रदेशको बरेली न्यायपीठ बाल कल्याण समितिको आदेशबाट आर्य समाज अनाथलायको संरक्षणमा उद्वार गरिएको आचार्यले सेतोपाटीलाई जानकारी दिए।,
भारत पुगेका बाँके र बैतडीका चार बालबालिकालाई उद्धार गरि आफन्तको जिम्मा
|
सेतोपाटी संवाददाता सप्तरी अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ स्थित अग्निसाइर मन्दिर निर्माण गर्न जग खन्ने क्रममा २९ वटा कलात्मक मूर्ति भेटिएका छन् । मन्दिरका अध्यक्ष सुरेश चौधरीले मन्दिर परिसरमा आज आयोजित एक कार्यक्रममा ती मूर्ति अग्निसाइर मन्दिरका पुजारीलाई ती मूर्ति हस्तान्तरण गरेका हुन् । , मन्दिर बनाउन जग खन्ने क्रममा ढुङ्गामा कुदिएका कलात्मक मूर्ति भेटिएका र तिनलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न वडा कार्यालयलाई जिम्मा दिने निर्णय भएको मन्दिरका पुजारी चौधरीले बताए । , मूर्ति हस्तान्तरण गर्नुअघि सर्वसाधारण र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा तिनलाई सार्वजनिक गरिएको थियो । कार्यक्रममा अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का वडाध्यक्ष पशुपति चौधरी, साविक सीतापुर गाविसका पूर्वअध्यक्ष सहवीर चौधरी, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्रीनारायण चौधरी, राजनैतिक दलका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारीको उपस्थिति थियोे । ,रासस,
मन्दिर बनाउन जग खन्दा २९ वटा कलात्मक मूर्ति भेटिए
|
सेतोपाटी संवाददाता जाजरकोटको बारेकोट गाउँपालिका–८ बाट नलगाड नगरपालिका–५ को सिमाना खारातर्फ आउँदै गरेको ग१ज ४९५५ नम्बरको जिप लैखममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने चार जना घाइते भएका छन्।, बारेकोट गाउँपालिका–८ की ५५ वर्षीया लक्ष्मी सिंहको घटनास्थलमै मृत्यु भएको छ। घाइते हुनेमा बारेकोट गाउँपालिका–८ की २५ वर्षीया समीक्षा सिंह, २३ वर्षीय दीपक खत्री, २६ वर्षीय बलबहादुर खत्री र नलगाड नगरपालिका–५ का १८ वर्षीय मिलन शाही छन्।, घाइतेको उपचारका लागि स्वास्थ्य संस्था दल्ली ल्याइएको छ। चालक बारेकोट–८ का राजु सिंह फरार रहेको प्रहरीले जनाएको छ ।,
जाजरकोटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते
|
एजेन्सी कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतले छिमेकी देश बंगलादेशमा अक्सिजन पठाएको छ। , बंगलादेशमा दिनहुँ १० हजारको हारहारीमा कोरोना संक्रमित भेटिरहेका छन्। इदको समयमा लकडाउन खुकुलो गरेको कारण बंगलादेशमा थप कोरोना संक्रमित बढ्ने बताइएको छ। , बंगलादेशमा पछिल्लो २४ घण्टामा ११ हजार २९१ जना संक्रमित फेला परेका थिए। यस्तै,२२८ जनाको मृत्यु भएको थियो ।, भारतका विदेशमन्त्री एस जयशंकरले ‘छिमेकीलाई पहिला’ भन्ने नीति अनुसार अक्सिजन सहयोग गरिएको जानकारी दिए।, ‘छिमेकीलाई पहिला भन्ने हाम्रो नीतिलाई हामीले फेरि प्रमाणित गरेका छौं, त्यही नीतिअनुसार भारतले अक्सिजन उपलब्ध गराएको छ,’उनले ट्वीटरमा लेखेका छन्।, भारतीय रेल सेवा मार्फत २०० मेट्रिकटन तरल मेडिकल अक्सिजन ९एलएमओ० आइतबार ढाका पुगेको उनले जानकारी दिएका छन्। ,एएनआई/रासस,
भारतले छिमेकी देश बंगलादेशमा अक्सिजन पठायो
|
रासस बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ।, प्रहरी चौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए।, तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले भरुवा बन्दुक १२ थान र तमानखोला–३ मार्के खोलाको ओढारमा एकनाले १० थान बन्दुक आइतबार फेला परेको उनले बताए।, प्रहरीले भरुवा बन्दुकसहित स्थानीयलाई विभिन्न समयमा पक्राउ गर्दै आएपछि डराएर ओढारमा लगेर भरुवा बन्दुक लुकाउन थालेको प्रहरीको भनाइ छ।, ‘बागलुङको पश्चिम क्षेत्रमा भरुवा बन्दुक लुकाउने र शिकार खेल्ने परिपाटी रहेछ, हामी निस्तेज पार्ने अभियानमा छौँ। प्रहरीले भरुवा बन्दुक पक्राउमा सक्रियता देखाएपछि आफू फस्ने डरले केहीले ओढारमा त केहीले जङ्गलमा लुकाउन थालेका हुन्,’ उनले भने।, ओढारमा भरुवा बन्दुक लुकाइछिपाई राख्नेका बारेमा थप अनुसन्धान र खोजतलास भइरहेको प्रहरीको भनाइ छ।,
ओढारमा भेटियो २२ नाल भरुवा बन्दुक
|
एजेन्सी पाकिस्तानले कोरोनाभाइरस विरूद्धको खोप नलगाएकाहरूलाई देशभित्र हवाई यात्रा गर्न प्रतिबन्ध लगाएको छ।, पाकिस्तानी समाचार पत्र द डनका अनुसार नेसनल कमाण्ड एन्ड अपरेशन सेन्टरले खोप नलगाएका १८ वर्षमाथिका पाकिस्तानीलाई अगस्ट १ देखि आन्तरिक हवाई यात्रामा प्रतिबन्ध लगाएको हो।, हवाई यात्राबाट विदेश जाने र विदेशबाट आएकाहरूका लागि भने यो प्रतिबन्ध लागु हुने छैन।, पाकिस्तानमा चीन र अमेरिकाले अनुदानमा खोप दिएका छन् भने कोभ्याक्समार्फत् पनि खोप आएको छ। तर अहिलेसम्म पूर्ण खोप लगाउने पाकिस्तानीको संख्या ५ प्रतिशतभन्दा कम छ।, पाकिस्तानमा १२ करोड ५० लाख मानिस खोप लगाउन योग्य छन्। खोप उपलब्ध भए पनि मानिसहरूले विभिन्न कारणले खोप लगाउन आनाकानी गरेको अध्ययनहरूले देखाएका छन्।, पाकिस्तानमा अहिलेसम्म १० लाख मानिसमा कोरोना संक्रमण भएको छ भने २३ हजारले ज्यान गुमाएका छन्।,
कोरोना खोप नलगाएका पाकिस्तानीले देशभित्र जहाज चढ्न नपाउने
|
रासस कोरोना कहरले हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ।, हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो।, नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा विद्यालय खुल्न सकेका छैनन् नै, विद्यार्थीका हातमा पाठ्यपुस्तकसमेत पुगेको छैन।, कोरोना सङ्क्रमण फैलने डरले निषेधाज्ञामा घरमै सीमित भएका विद्यार्थीले शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ।, अठार वटा निजी प्रकाशन गृहले हुम्लामा दिँदै आएको पाठ्यपुस्तकको ढुवानी रकम घटाएपछि जिल्लामा पाठ्यपुस्तक आउन नसकेको हो।, प्रकाशन गृहले पाठ्यपुस्तक ढुवानीमा दिँदै आएको ९० प्रतिशत रकमलाई घटाएर ३० प्रतिशतमा झारेको छ। ढुवानी रकम घटेपछि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक उठाउन नसकिएको रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकायाले बताए।, ‘कक्षा ५ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक नेपालगञ्जसम्म आइपुगेको छ तर ढुवानीका कारणले रोकिएको छ,’ उनले भने।उनले अबको एक दुईदिनमा समन्वय गरेर जिल्लामा ल्याउने बताए।, उनले सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका लागि पाठ्यपुस्तक लैजाने जिम्मा लिएका छन्। यी तीनवटा गाउँपालिकामा ५८ वटा विद्यालय रहेका छन्। त्यहाँका लागि हवाईमार्गबाट ढुवानी भएर पाठ्यपुस्तक जिल्लामा पुग्ने गर्दछ।, खार्पुनाथ गाउँपालिकामा भने कोरोना सङ्क्रमणको डरका कारण विद्यालय सञ्चालन गर्न नसके पनि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउन पुस्तक एजेन्ट र सम्बन्धित निकायलाई ताकेता गर्ने गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए।, जिल्लाका कुनै पनि विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको गुनासो आउन थालेको छ।, बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा मनिषा रावतले लामो समय कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द हुँदा आफूहरुको पठनपाठनमा निकै घाटा भएको गुनासो गरिन्।, विद्यालय सञ्चालन नभए पनि पाठ्यपुस्तक समयमै ल्याइदिएको भए घरमै बसेर अध्ययन गर्न सकिने उनको भनाइ छ।,
हुम्लामा अझै पुगेन पाठ्यपुस्तक
|
शोभा शर्मा अभिनेत्री प्रियंका कार्की गर्भवती छन्। सामाजिक सञ्जालमा सक्रिय उनले आफ्ना फोटा र भिडिओ पोस्ट गरिरहेकी हुन्छिन्। , उनी आफूले गर्भावस्था 'सेलेब्रेट' गरिरहेको बताउँछिन्। , तर पछिल्लो समय सामाजिक सञ्जालमा राखेका फोटाकै कारण प्रियंका र उनका श्रीमान आयुष्मान देशराज जोशीले आलोचना पनि खेप्नुपरेको छ। कतिपयले गर्भ रहेको पेट देखाएर 'अंग प्रदर्शन' गरेको भन्दै टिप्पणी गरेका छन्। अरू धेरैले उनको समर्थन गर्दै शुभकामना दिएका छन्।, प्रियंका भने यी सबै कुराले आफूलाई प्रभाव नपार्ने बताउँछिन्।, भन्छिन्, 'आमा बन्नु एकदम खुसीको कुरा हो। म आफ्नो खुसी बाँड्न मन पराउँछु। म जस्तो छु, त्यस्तै देखाउन पनि चाहन्छु। मैले त्यही खुसी सामाजिक सञ्जालमा सेयर गरेकी हुँ। मलाई नराम्रो भन्नुमा मेरो केही दोष छैन। दोष देख्नेको मलाई वास्ता पनि छैन। राम्रो भन्नेहरू पनि धरै हुनु हुन्छ। उहाँहरूको प्रतिक्रिया देखेर मलाई अझ खुसी लाग्छ।', विदेशतिर, अझ विशेषगरी कलाकार र सेलेब्रेटीहरूले गर्भावस्थाको फोटो-भिडिओ खिच्नु, सामाजिक सञ्जालमा राख्नु, गर्भावस्थाबारे कुराकानी गर्नु सामान्य मानिन्छ। हामीकहाँ भने गर्भावस्था अझै पनि छलफल र कुराकानीको विषय होइन भन्ने मान्यता छ।, प्रियंका भन्छिन्, 'कति धेरै दिदीबहिनीहरूले मलाई गर्भावस्थाबारे सोध्नुहुन्छ। यसबारे जानकारी होस्, अनुभवहरू बाँडियोस् भनेर पनि म कुरा गरिरहेकी हुन्छ। म गर्भवती हुनुअघि जसरी फोटा राख्थेँ, अहिले त्यसरी नै राखिरहेकी छु। पहिले तारिफ र प्रशंसा गर्नेहरूलाई अहिले किन आपत्ति? गर्भ रहेको पेट किन समस्या भएको हो?', प्रियंकाको गर्भावस्था अनुभव र सामाजिक सञ्जालमा आएका प्रतिक्रिया वरपर रहेर हामीले उनीसँग कुराकानी गरेका छौं।, हेर्नुहोस् उनीसँगको पूरा कुराकानी भिडिओमाः , भिडिओः निशा भण्डारी,
अभिनेत्री प्रियंका कार्कीसँग गर्भावस्थाबारे कुराकानी (भिडिओ)
|
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा पार्किङ गरिराखेको एउटा बसमा अपरिचित समूहले आगजनी गरेको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ रानीघाट खोलानजिकै चार दिनदेखि सडक किनारमा पार्किङ गरिराखेको रा १ ख १८९२ नम्बरको बसमा सोमबार बिहान १ बजेतिर आगजनी भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी स्यामु अर्यालले प्रहरीलाई सवा १ बजे खबर आएपछि आफू पनि मध्यरातमा घटनास्थल पुगेको र बसमा लागेको आगो निभाएको सेतोपाटीलाई बताए।, ‘मेरो कमाण्डमा खटिएको दश जनाको प्रहरी टोलीले बिहान दुई बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भयौं,’ अर्यालले भने ‘आगजनीबाट झन्डै ७५/८० प्रतिशत जति बस जलेको छ।’, डिएसपी अर्यालका अनुसार उक्त बस तुलसीपुर-घोराही सडक खण्डमा सञ्चालन हुँदै आएको थियो।, ‘चार दिन पहिलेमात्रै त्यो बस यात्रु लिएर घोराहीबाट तुलसीपुर आउँदै गर्दा कालाखोलाको उकालोमा ब्याक भएको रहेछ,’ उनले भने, ‘त्यसपछि बसलाई नजिकै सडक छेउमै पार्किङ गरेर राखेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।’, गाडी धनी र चालकलाई आफूले कार्यालयमा बोलाएको डिएसपी अर्यालले बताए।, ‘मैले गाडी धनी र चालकलाई बोलाएको छु,’ उनले भने ‘उहाँहरूका कुरा हामी सुन्छौं र त्यसपछि निचोड निकाल्न सहज हुनेछ।’,
पार्किङ गरेको बसमा मध्यरातमा आगजनी
|
सेतोपाटी मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ।, आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन्। , उनका अनुसार सो प्रणालीका कारण आज सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, मङ्गलबार राति प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।, साथै, प्रदेश नं १ र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ। , बुधबार देशैभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।, हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानका हल्कादेखि मध्यम वर्षा भइरहेको छ। , मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ।, त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र सबभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।रासस ,
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
|
सेतोपाटी संवाददाता प्रहरीले चितवनबाट झन्डै एक किलो कोकिनसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा गोरखा नगरपालिका-५ का सुरज गुरुङ छन्।, लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले गुरुङलाई चितवनबाट आइतबार पक्राउ गरेको हो।, गत बिहीबार मात्रै काठमाडौंको एक होटलबाट प्रहरी जवानसहित पाँच जना कारोबारी समातिएका थिए।, पक्राउ परेका सुरज कारोबारीका मुख्य व्यक्ति रहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।, एक किलो कोकिनको झन्डै तीन करोड रूपैयाँ नेपाल बजार हुन आउँछ। ब्युरोले भने औपचारिक रूपमा गुरुङ पक्राउबारे सार्वजनिक गरेको छैन।, आइतबार गुरुङलाई समात्न ब्युरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी खटिएको थियो। हेडौडाबाट अन्य केही व्यक्तिहरू पनि पक्राउ परेको ब्युरो स्रोतले जनाएको छ।, गुरुङ लागुऔषध कारोबारमा नाम चलेका व्यक्ति हुन्।, कोकिन दक्षिण अमेरिकन मुलुकबाट नेपाल तस्करी हुँदै आएको छ। कोकिन निकै महंगो लागुऔषध मानिन्छ। , सम्बन्धित समाचार, लागुऔषध कोकिनका ग्राहक खोज्दै होटल पुगेका प्रहरी जवानसहित चार जना कारोबारी समातिए, ,
चितवनबाट झन्डै एक किलो कोकिनसहित कारोबारी पक्राउ
|
सेतोपाटी संवाददाता इलाममा बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।, देउमाई नगरपालिका वडा नम्बर २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोरा ३४ वर्षीय गिर्जमानको कुटपिटबाट मृत्यु भएको हो।, गिर्जमानले बुवा टेकबहादुरलाई गत बिहीबार कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए।, घरायसी विवाद हुँदा बुवामाथि गिर्जमानले कुटपिट गरेका थिए।, घाइते भएका टेकबहादुरलाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। त्यहाँ उपचार नहुने भएपछि घर फर्काउने क्रममा आइतबार राति ९ बजे मृत्यु भएको हो।, मृत्यु भएपछि प्रहरीले कुटपिट गरेको आरोपमा गिर्जमानलाई पक्राउ गरेको कार्यालयले जनाएको छ।, उनीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाएको छ।,
बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ
|
सेतोपाटी संवाददाता दाङ तुलसीपुरका एक युवक ब्राउन सुगरसहित पक्राउ परेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ घर भई हाल तुलसीपुर ६ मा डेरा गरी बस्ने २७ वर्षीय राजकुमार वली आइतबार बेलुका पक्राउ परेका हुन्। , दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार वली आइतबार बेलुका ७ बजेतिर तुलसीपुर १३ दमारगाउँबाट पक्राउ परेका हुन्। , नेपालगञ्जदेखि तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १७१८ नम्बरको सार्वजनिक बस चेकिङ गर्ने क्रममा ७ ग्राम ६६ मिलिग्राम ब्राउन सुगर वलीको साथबाट बरामद भएको डिएसपी रिजालले बताए। , जिल्ला प्रहरी कार्यालय घोराही र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको साधा पोशाकको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा वलीलाई पक्राउ गरेको थियो।,
दाङका युवक ब्राउन सुगरसहित पक्राउ
|
सेतोपाटी कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताएका छन्।, कोरोनाको अवस्था र तयारीका विषयमा संवाद समूह सुर्खेतद्वारा आयोजित अन्तर्क्रियामा मन्त्री बुढाक्षेत्रीले पहिलो र दोस्रो भेरियन्टपश्चात् विश्वमा देखिएको तेस्रो भेरियन्टसहितको कोरोना महामारीको प्रभावबाट कर्णालीका जनतालाई बचाउन प्रदेश सरकार तयारीमा जुटेको बताएका हुन्। , ‘नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको प्रदेश सरकार कोरोना महामारीको दुवै चरण पार गरिसकेपछि तेस्रो भेरियन्टको आवश्यक तयारी जनशक्ति तथा उपकरणको व्यवस्थापनमा प्रदेश सरकार निरन्तर लागिरहेको छ’, मन्त्री बुढाक्षेत्रीले भने, ‘नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौं, त्यसैले पनि अहिलेको अवस्थामा पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखेका छौं।’, कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीका सबै स्थानीय तहसँग समेत सहकार्य गरेको बताउँदै उनले सामाजिक विकास मन्त्रालयले चौधरी फाउण्डेसनसँगको सहकार्यमा वीरेन्द्रनगर नगर अस्पताल र युएनडिपीको सहकार्यमा मेहेलकुना अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम अन्तिम चरणमा पुगेको बताए।, कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका मन्त्री बुढाक्षेत्रीले औषधि र जनशक्तिको अभावमा नागरिकले सेवाबाट बञ्चित नहुने भन्दै प्रदेशका विभिन्न नाकामा हेल्प डेस्कसहित आवश्यक जनशक्तिको व्यवस्थापन गरिसकेको बताए।रासस,
कोरोनाको तेस्रो भेरियन्टको रोकथाम तयारीमा कर्णाली प्रदेश सरकार
|
सेतोपाटी राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको कामले तीव्रता पाउन सकेको छैन।, कोभिड–१९ का कारण सडक विस्तारमा ढिलाइ भइरहेको अवस्थामा मनसुन सुरू भएसँगै सडक विस्तारमा थप जटिलता आएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ। ,
,
नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले वर्षातको समयमा पुल निर्माणको काम मात्रै भइरहेको जानकारी दिए।, ‘नारायणगढबाट पाँच किलोमिटरदेखि १२ किलोमिटरसम्ममा माइनर ब्रिज निर्माणको काम भइरहेको छ’, अचार्यले भने, ‘यहाँ सात वटा माइनर ब्रिज निर्माणका क्रममा रहेकाले राजमार्गमा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिरहेका छौं।’, सात वटा साना पक्की पुलमध्ये तीन स्थानको पुलको ढलान सकिएको आचार्यले जानकारी दिए।,
,
‘ढलान सकिएका पुलको साइडको वाल र रेलिङ बनाउने काम बाँकी छ, त्यो निर्माण भएपछि पुलबाटै सवारी साधन सञ्चालन गर्न सकिन्छ’, आचार्यले भने, ‘त्यस्तै दुई वटा पुलको सुपर स्ट्रक्चर (ढलान गर्नुपूर्व) को काम भइरहेको छ, भने अन्य दुई वटामा पनि तीव्ररूपमा काम हुँदैछ।’, अहिले बर्खाको समय भएकाले कामदार थपेर कामको गति बढाउन सक्ने अवस्था नरहेको उनले बताए।, ‘बर्खामा पुलको कामबाहेक अन्य ठाउँको काम गर्न सम्भव छैन, अन्य काम गर्नै नमिल्ने भएपछि मजदुर बढाएर मात्रै काम चाँडो हुँदैन’, आचार्यले भने। , नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ प्रमुख रमेशकुमार दिष्टीले दिनहुँजस्तो पानी परिरहेकाले पुल निर्माणबाहेक अन्य काम गर्न नसकिएको बताए।, ‘मनसुनका कारण आवश्यकतानुसार सडक विस्तारमा मजदुर परिचालन गर्न सकिएको छैन’, दिष्टीले भने, ‘दैनिकजसो पानी परिरहेको कारण मजदुरले पनि काम गर्न नपाउने र ठेकेदारले पनि काम दिन नसक्ने अवस्था छ।’, पानी पर्न रोकिने बित्तिकै सडक विस्तारका लागि रुख काट्न पनि जनशक्ति परिचालन गरिने उनले बताए। , ‘आयोजना विस्तारका लागि कटान हुनुपर्नेमध्ये ९० प्रतिशत रुख काटेर सकिएको छ’, दिष्टीले भने, ‘दाउन्ने क्षेत्र र दुम्किबास क्षेत्रमा केही रुख काट्न बाँकी रहेका छन् तर पानी परिरहेको अवस्थामा रुख काट्न नमिल्ने भएर त्यो काम त्यसै रोकिएको हो।’, आयोजनाअन्तर्गत झण्डै ११ हजार रुख काटिने भन्दै दिष्टीले रुख काटेर सकिएलगत्तै विद्युतको पोल सार्ने काम पनि सुरू गरिने बताए।, ‘बिजुलीको पोल हटाउन विद्युत् प्राधिकरण, ठेकेदार र हामी सबै तयार छौं’, उनले भने, ‘पानी रोकिएपछि सडक विस्तारको काम द्रुत गतिमा हुने हामीले अपेक्षा गरेका छौं।’ , सडक विस्तारको कामको प्रगति आठ प्रतिशत भएको भन्दै दिष्टीले बर्खापछि कामले तीव्रता पाउने बताए।, पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामलाई गैँडाकोट दाउन्ने (६५ किमी) सडकलाई ‘खण्ड १’ तथा दाउन्ने बुटवल (४९ किमी) सडकलाई ‘खण्ड २’ मा विभाजन गरेर निर्माणको काम भइरहेको छ।, ग्लोबल टेन्डरमार्फत रु १६ अर्ब ९९ करोड ५२ लाखमा दुवै खण्डको निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पाएर निर्माणको काम अगाडि बढाएको हो। , चार लेनमा विस्तार हुने सो सडकको शहरी क्षेत्रमा छ/छ मिटरका अतिरिक्त सर्भिस लेन हुनेछ भने बीचमा हरियालीसहितको डिभाइडर रहने जनाइएको छ।, नवलपरासी पूर्व र पश्चिम तथा रुपन्देही गरी तीन जिल्ला छुने यस सडकमा साना ठूला गरी २१ वटा पक्की पुल निर्माण हुनेछन् भने जङ्गलमा चार वटा वन्यजन्तुमैत्री पुल निर्माण गरिनेछ।, निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गरेको सडक तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्नेगरी ठेक्का सम्झौता भएको थियो। (रासस),
वर्षातका कारण नारायणगढ–बुटवल सडक विस्तार सुस्त
|
सेतोपाटी संवाददाता सर्लाहीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, सोमबार बिहान करिब सवा २ बजे हरिवन नगरपालिका वडा नम्बर ४ गणेश चोक बस्ने ६२ वर्षीया तेतरी खातुनमाथि हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।, हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई नमूना अस्पताल हरिवनमा लगिएको थियो।, उनको दायाँ खुट्टा र पेटमा चोट लागेको थियो। नमूना अस्पतालमा सामान्य उपचारपछि नेसनल मेडिकल कलेज वीरगञ्ज लगिएको थियो।, उनको त्यहाँ साढे ६ बजे मृत्यु भएको थियो।, त्यस्तै, सोमबार बिहान साढे ५ बजे बागमती नगरपालिका वडा नम्बर ४ रेल्वे नजिकै ३५ वर्षीय पुरूषमाथि आक्रमण भएको थियो। उनको आक्रमणबाट बायाँ खुट्टा भाँचिएको र बायाँ कानमा चोट लागेको छ।, उनको नारायणी उप-क्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।,
सर्लाहीमा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते
|
सेतोपाटी संवाददाता सरकारले विदेश जाने कामदार र विद्यार्थीको हकमा कोरोना भाइरसविरूद्धको खोप लगाउन दुइटा अस्पताल तोकेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचाना जारी गर्दै अब विदेश जानेहरूले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने जनाएको छ। , तर खोप लगाउन जाँदा पासपोर्ट र भिसा भने देखाउनुपर्ने भनिएको छ। यसअघि भने सबै केन्द्रबाट विदेश जानेहरूका लागि खोप दिइराखिएको थियो। , यसअघि सञ्चालन भइरहेको खोप केन्द्रमा खोप लगाउने कार्य सकिएकाले विदेश जानेहरूका लागि खोप उपलब्ध गराउन अस्पताल तोकिएको हो।, अब विदेश जाने कामदार वा विद्यार्थीले आफूलाई पायक परेको समयमा यी अस्पतालमा गएर खोप लगाउन सक्नेछन्। , पछिल्लो समय विभिन्न देशहरूले बाहिरबाट आउने कामदार र विद्यार्थीलाई खोप अनिवार्य गरेकाले अहिले खोप लगाउनेको संख्या बढेको छ।, साथै, खोप लगाउँदा विदेशमा क्वारेन्टिनमा बस्नु नपर्ने भएकाले पनि अहिले सबै कामदारहरूले खोप लगाएका छन्।,
अब विदेश जानेले यी अस्पतालमा लगाउन सक्छन् कोरोना खोप
|
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा आजदेखि कोरोनाविरूद्धको अर्को खोप अभियान सुरू भएको छ। , संघबाट कर्णाली प्रदेशका लागि खोप पठाएपछि आजदेखि लगाउन सुरू गरिएको हो।, अहिले कर्णाली प्रदेशका लागि सरकारले ७६ हजार ३२० डोज कोरोनाविरूद्धको खोप पठाएको छ। जसमा ५९ हजार डोज भेरोसेल छ भने १७ हजार ३२० डोज जोन्सन एण्ड जोन्सन खोप रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ।, कर्णाली प्रदेशको अभियानअन्तर्गत आज सुर्खेत जिल्लामा मात्र खोप लगाउन सुरू गरिएको छ। बाँकी जिल्लामा एक/दुई दिनभित्र खोप कार्यक्रम सुरू हुने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी नोदनारायण चौधरीले बताए।, ‘आज सुर्खेतमा मात्र कार्यक्रम सुरू भएको छ, बाँकी जिल्लामा अनुकुलता अनुसार छिट्टै सुरू हुन्छ,’ चौधरीले भने, ‘जिल्लाहरूमा जहाँ पायक पर्छ, त्यहाँ खोप केन्द्र बनाएर खोप लगाउने कार्यक्रम हुन्छ।’, अहिले सरकारले पठाएको खोप हिमाली जिल्लाबाहेक अरू जिल्लामा पुगिसकेको उनले बताए। , डोल्पा र हुम्लामा भने जहाजमार्फत खोप पठाउनुपर्ने भएकाले एक/दुई दिनभित्र पुग्ने उनले जानकारी दिए।, निर्देशनालयका अनुसार कर्णाली प्रदेशका १ लाख ७ हजार ३३० जनाले खोप लगाइसकेका छन्। २८ हजार ८ सय ४८ जनाले सुरूमा लगाइएको कोभिसिल्डको दोस्रो डोज पनि लगाइसकेका छन्।, यस्तै, भेरोसेल खोप लगाएको २२ हजार ५ सय ७० जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका छन्। उनीहरूले दोस्रो डोज पनि पाइसकेको चौधरीले बताए।, भेरोसेल खोप लगाउन उमेर खुल्ने कागजात अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ।, कर्णाली प्रदेशको १८ लाख जनसंख्या छ। यो चरणमा ७६ हजार जनालाई खोप लगाउने लक्ष्य छ। यो चरण पूरा भएसँगै कर्णालीमा खोप पाउनेको संख्या करिब पौने २ लाख पुग्नेछ।,
,
कर्णाली प्रदेशमा आजदेखि कोरोना खोपको अर्को चरण सुरू, ७६ हजारलाई खोप दिइने
|
सेतोपाटी संवाददाता लागुऔषध कोकिनका कारोबारी खोज्दै जाँदा प्रहरीले आफ्नै संगठनका सदस्यलाई पक्राउ गरेको छ।, लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौं-१६ पकनाजोलस्थित एक होटलबाट शुक्रबार चार जनालाई समात्दा प्रहरी जवान फेला परेका हुन्।, ब्युरोका अनुसार पक्राउ पर्नेमा प्रहरी जवान एकराज गुरुङ रहेका छन्। गोरखा आरुघाट गाउँपालिका-६ घर ३२ वर्षीय जवान गुरुङ काठमाडौं टोखा नगरपालिका-११ मा बस्दै आएका थिए।, उनको दरबन्दी भने हुम्ला जिल्लामा थियो। उनी कार्यालयमा विदा लिएर हिँडेका थिए।, लागुऔषध कारोबारीहरूसँग रहेका जवान गुरुङसहित अन्य चार जना पक्राउ परेका व्यक्ति पनि गोरखाकै छन्। उनीहरूबीच चिना परिचय रहेको पत्ता लागेको छ।, ब्युरोका अनुसार उनीहरूको साथबाट पाँच सय ग्राम कोकिन बरामद भएको छ। उक्त कोकिनको बजार मूल्य करिब डेढ करोड रहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीषक हृदय थापाले जानकारी दिए।, पक्राउ पर्नेमा गोरखा-६ का २९ वर्षीय मुकुन्द खड्का, गोरखा गण्डकी गाउँपालिका-४ फुजेलका ३१ वर्षीय मन गुरुङ, गोरखा-८ का ४० वर्षीय रेशमबहादुर राना छन्।, थापाका अनुसार लामो समयको निगरानीपछि उनीहरूलाई पक्राउ गरिएको थियो। ‘लागुऔषधको कारोबार भइरहेको छ भन्ने थाहा पाएपछि हाम्रो टोली गएको थियो,’ थापाले भने।, पक्राउ परेका यी चार जना भने ग्राहक खोज्दै त्यहाँ पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। कोकिनका मुख्य कारोबारी भने अर्कै छन्। ‘ती कारोबारीको पहिचान भइसकेको छ,’ थापाले भने।, उनीहरूसँगै सुर्खेत गर्भाकोट नगरपालिका-२ का २८ वर्षीय नन्दलाल मान्त पनि पक्राउ परेका छन्। उनी भने नक्कली सुनका कारोबारी रहेको थाहा भएको छ।, पक्राउ परेका व्यक्तिहरूले नक्कली सुनको कारोबार समेत गर्ने गरेको पाइएको एसएसपी थापाले बताए। ,
लागुऔषध कोकिनका ग्राहक खोज्दै होटल पुगेका प्रहरी जवानसहित चार जना कारोबारी समातिए
|
खिलानाथ ढकाल दुई दिनअघि प्रहरीले एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल समात्यो। ती मोटरसाइकल एउटा बुलेट र अर्को डुक थियो।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार दुबै मोटरसाइकलमा प्रदेश-२-१९ प ७५३७ नम्बर प्लेट थिए। बजारमा निकै महंगो मूल्य पर्ने यी दुबै मोटरसाइकल चोरीका थिए।, यी सँगै प्रहरीले अर्को प्रदेश २-१८प ९६२ नम्बरको चोरीको बुलेट मोटरसाइकल पनि बरामद गरेको छ।, शनिबार र शुक्रबार दुई दिनमा प्रहरीले तीन वटा चोरीका मोटरसाइकल राजधानीका विभिन्न ठाउँबाट समातेको थियो।, प्रहरीले प्रदेश-३-००२३-७६२३ नम्बरको एउटा कार पनि बरामद गरेको छ। हुण्डाई कम्पनीको त्यो सेन्ट्रो कार करिब २८ लाख रूपैयाँ मूल्यको हो।, डुक मोटरसाइकल करिब ८ लाख रूपैयाँ मूल्यको हो। बुलेट भने ६ लाख रूपैयाँसम्म पर्छन्।, महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार काठमाडौंमा चोरीका सवारीसाधनको बिगबिगी रहेको सूचना आएपछि प्रहरी खोजीमा लागेको थियो। त्यही सिलसिलामा प्रहरीले सुरूमा प्रदेश २-१८प ९६२ नम्बरको बुलेट मोटरसाइकल पक्राउ गरेको थियो।, त्यो मोटरसाइकल कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ घर भई हाल काठमाडौं-४ चण्डोल बस्ने ३२ वर्षीय अर्जुन कठायतले बेच्न राखेका थिए।, प्रहरीले शिक्षण अस्पतालभित्र पार्किङमा राखेको त्यो बुलेट मोटरसाइकल पक्राउ गरेको थियो। कठायत त्रिवि शिक्षण अस्पतालअगाडि तरकारी पसल गर्थे। उनलाई प्रहरीले बसुन्धरामा पक्राउ गरेको थियो।, ‘चोरीको मोटरसाइकल खोज्ने सिलसिलामा उनी पक्राउ परेपछि हामीले सोधपुछ गर्यौं,’ पंगेनीले भने, ‘उनले आफूले कारोबार गर्ने ठाउँ मात्र नभएर अर्का व्यक्ति पनि देखाए।’, पंगेनीका अनुसार तरकारी पसल चोरीका गाडी बेचबिखनका लागि कारोबारको ‘डिल गर्न’ खोलिएको बुझिएको छ। उनी त्यो मोटरसाइकलका ग्राहक खोज्ने सिलसिलामा बसुन्धरा पुगेका थिए।, कठायतले भनेका अर्का व्यक्ति कञ्चनपुर कृष्णपुर नगरपालिका-२ का ३३ वर्षीय कृष्णबहादुर रोकाय थिए।, उनी नेपाली सेनाका जवान हुन्। उनी नगरकोटस्थित सैनिक वार कलेजमा कार्यरत् थिए। उनलाई बानेश्वरबाट प्रहरीले पक्राउ गरेको थियो।, पक्राउ गरी सोधपुछ गरेपछि अर्को बुलेट र डुक मोटरसाइकल फेला परेका थिए, एउटा बसुन्धरा र अर्को मूलपानीमा।, ‘उनीहरूले कैलालीको गौरीफन्टा नाकाबाट भन्सार छलेर मोटरसाइकल राजधानी ल्याउने गरेको बताएका छन्, यसमा अन्य व्यक्तिहरू पनि रहेको बुझिएको छ,’ पंगेनीले भने।, एसपी पंगेनीका अनुसार भारतबाट मोटरसाइकल चोरीमा ल्याउने कार्यमा जवान रोकायको मुख्य हात छ। उनले ल्याएर कठायतलाई जिम्मा लगाउँथे। उनले यस्ता मोटरसाइकलका नक्कली ब्लुबुकसमेत बनाएर मानिसहरूलाई बेच्ने गर्छन्।, ‘यातायात कार्यालयबाट यी मोटरसाइकलको आधिकारिकता खोजिएको थियो,’ पंगेनीले भने, ‘त्यसपछि ब्लुबुक नक्कली भएको पत्ता लाग्यो।’, उनीहरूले त्यही ब्लुबुकका आधारमा फाइनान्सको सुविधासमेत दिलाउने गरेको पंगेनीले बताए। ‘फाइनान्सको पाटो के कसो हो भन्नेबारे हामीले विस्तृत कागजात मगाएका छौं,’ उनले भने।, चोरीका कारको कारोबारमा पनि कठायत र रोकायको संलग्नता देखिएको छ। प्रहरीले उक्त कार मूलपानीबाट बरामद गरेको थियो। , कार कसले प्रयोग गरिरहेको थियो भन्ने खुलिसकेको छ। तर ती व्यक्ति पक्राउ परेका छैनन्।, ‘गणेश विकको नाममा बनाइएको नक्कली ब्लुबुक फेला परेको छ, हामी मान्छे खोजिरहेका छौं,’ पंगेनीले भने।, त्यो कार गणेशले पनि अर्कै व्यक्तिलाई दिन १५ लाख बैना लिइसकेका थिए। एक जना सुन पसलेलाई दिनको लागि भनेर गणेश र कठायतले मूलपानीमा गाडी राखेको पाइएको छ।, पंगेनीका अनुसार चोरीका गाडी तथा मोटरसाइकल भन्सार नाकाबाटै ल्याउने गरेको रोकायले बताएका छन्। उनले ‘सेटिङ’मा गाडी र मोटरसाइकल आउने गरेको बताएका छन्।, ‘त्यो सेटिङ के हो र को-को संलग्न छन् भन्ने अनुसन्धान भइरहेको छ,’ पंगेनीले भने, ‘बिनाभन्सार, बिना कागजात भित्र्याएर राजधानीसम्म ल्याएर नकक्ली कागजात बनाउने गरेका रहेछन्।’ , बुधबार मात्र महाशाखाले बा१९च २०३६ र अर्को नम्बर प्लेट नटाँसिसकेको क्रेटा कारसहित दुई जनालाई पक्राउ गरेको थियो।, बौद्धबाट प्रहरीले कारसहित मुस्ताङ लो-घेकर दामोदरकुण्ड गाउँपालिका घर भई हाल काठमाडौं-६ बौद्ध बस्ने ३८ वर्षीय आग्या गुरुङ र भारत पश्चिम बंगाल दार्जिलिङ घर भई हाल बौद्ध बसिरहेका ४३ वर्षीय सोनाम टासी योल्मोलाई पक्राउ गरेको थियो।, यसअघि असार १५ गते प्रहरीले ग३च १४६२ र प्रदेश ३-०१-०२४ च ०२५३ नम्बरको क्रेटा गाडीसहित चार जना व्यक्तिहरूलाई समातेको थियो। ती व्यक्तिहरू खोजी गर्दा प्रहरीले नक्कली सर्टिफिकेट, लाइसेन्स, ब्लुबुक बनाउने कारखाना फेला पारेको थियो।, अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङ प्रहरी सक्रियतामा चोरीका गाडी समातिएका यी केही उदाहरण मात्र रहेको बताउँछन्। यी महंगा गाडी र मोटरसाइकल एक महिनाको अवधिमा समातिएका थिए।, यी केही घटनाबाट चोरीका गाडीको काठमाडौंमा बिगबिगी रहेको बुझिने खापुङ बताउँछन्।, ‘हामीलाई आएका सूचनाको पुष्ट्याईं गर्दै जाँदा चोरीका गाडी र कारोबारमा संलग्न पक्राउ परेका यी केही प्रतिनिधिमूलक घटना हुन्,’ खापुङले आशंका गरे, ‘तर, हाम्रो सूचनामा नआएका यस्ता कति होलान्, होलान्।’, कतिपय सूचना प्रहरीकहाँ नपुग्ने भएकाले यो शंका बलियो रहेको तर्क उनको छ। तर, अन्य सरोकारवालाहरू पनि चोरीका गाडीको विषयमा सचेत बन्नुपर्ने खापुङ बताउँछन्।, यी केही व्यक्तिले चोरीका गाडी ल्याएर नक्कली कागजात बनाई ग्राहकलाई केही सस्तो मूल्यमै बिक्री गर्ने गरेका छन्। त्यसरी गाडी किन्ने उपभोक्तालाई आकस्मिक रूपमा लाभ भए पनि कालान्तरमा चोरीका गाडीले समस्या पार्ने गर्छ।, चोरीका गाडीको समस्या भने जब दुर्घटना हुन्छ, त्यसपछि प्रहरीले कागजात खोज्ने र ती कागजातको आधिकारिकता पहिचान गर्ने सन्दर्भमा हुन्छ।, ‘त्यसबेलासम्म बेच्ने मान्छे कहाँ पुगिसकेको हुन्छ, किन्ने मान्छे चोरीको गाडी फन्दामा पर्न सक्छ,’ खापुङले भने, ‘त्यस्ता नक्कली कागजातको आधारमा बिमा र फाइनान्स कम्पनी पनि झुक्किएर गलत कारोबारमा प्रयोग भइरहेका हुन्छन्।’, त्यसैले गाडी वा मोटरसाइकल किन्दा आधिकारिक निकायमा पुगेर यकिन नभएसम्म कारोबार गर्न जोखिम हुने खापुङ बताउँछन्।, पक्राउ परेका मोटरसाइकल, दुई वटा क्रेटा कार र सेन्ट्रो कारसहित यी सबैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बुझाइएको छ।,
चोरीका गाडी-मोटरसाइकल कारोबारमा सैनिक जवान, तरकारी पसल खोलेर अर्कैले गर्थे ‘डिल’
|
सेतोपाटी राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेसियाबाट २४ नेपालीको शव नेपाल ल्याएको छ।,
,
निगमको वाइडबडी ए३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ शव र तीन अस्तु नेपाल ल्याएको हो।, वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत् नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ।, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ।रासस,
,
,
वाइडबडी जहाजमार्फत् मलेसियाबाट ल्याइयो २४ शव
|
सेतोपाटी संवाददाता पशुपतिनाथ मन्दिर अगाडि बाग्मती नदीमा हिन्दुधर्मालम्वीले एकसाथ एक सय लिटर दुध चढाएका छन्। तिथी अनुसार श्रावण महिनाको पहिलो सोमबारको अवसरमा पशुपतिनाथलाई दुध अपर्ण गरिएको उनीहरुले बताएका छन्।, दुध अपर्ण कार्यक्रममा नेपाल फाउण्डेसनका अध्यक्ष विकासकुमार ठाकुर, पूर्व पर्यटनमन्त्री उमाशंकर अरगरिया, राजनीतिक विश्लेषक देवेश झालगायत सहभागी थिए।, सनातन धर्म संस्कृतिमा श्रावण महिनालाई शिवको महिना भनिने र यो महिनामा शिव महिमा गाइने प्रचलन छ ।, शिवपूजा, रुद्राभिषेक, शिवसाधना, शिवदर्शन, शिवालय आदि तीर्थहरूको तीर्थयात्रा, शिवभक्ति लगायतका व्रत, अनुष्ठान आदि गरी यो महिनालाई साधनामय बनाउने गरिन्छ। यस सन्दर्भमा शिवपूजा विशेषतः रुद्राभिषेक बढी गरिने र दुग्धधारा अर्पण गरिने गरिन्छ।, दुध अर्पण गर्दा शिव भक्ति पनि बढ्ने, सो भक्तिबाट प्राप्त हुने करुणाबाट आत्मोन्नतिको साथमा सम्भावित दुष्परिणामको पनि भय नहुने हुँदा यो महिनामा शिवाराधना गर्दा शिवलाई अत्यधिक मात्रामा दुध अर्पण गरिन्छ।, यसअघि जनता समाजवादी पार्टी जसपाका नेता डा.बाबुराम भट्टराईले एक ट्विट सेयर गरेका थिए । सो ट्विटमा गंगा नदीमा दुध अपर्ण गरिरहेका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो रहेको थियो । फोटो माथि ‘आस्था खतरनाक चिज हो यसले तपाईँलाई दुध फालेर पिसाब पीउन भन्छ’ लेखिएको थियो ।, नेता भट्टराईको सोही ट्विटलाई लिएर नेपाल मात्रै नभई भारतमा समेत हिन्दु आस्थाका व्यक्तिहरुले चर्को आलोचना गरेका थिए। दुध अर्पण गर्नुका पछाडि धार्मिक आस्थासँगै वैज्ञानिक कारणसमेत रहेको नेपाल फाउण्डेसनका अध्यक्ष ठाकुरको भनाइ छ । नेता भट्टराईले झण्डै ८३ प्रतिशत हिन्दु नेपालीमाथि ठेस पुर्याएको फाउण्डेसनका अध्यक्ष ठाकुरको भनाइ छ ।, ठाकुरका अनुसार अब जनकपुरमा पनि दूध चढाउने योजना छ। ‘सम्भवतः अर्को सोमबार प्रदेश २ का प्रदेश प्रमुखको उपस्थितिमा गंगासागरमा दूध अर्पण गर्नेछौं’, ठाकुरले भने। ,
पूर्वमन्त्रीको उपस्थितिमा पशुपति मन्दिर अगाडि बाग्मतीमा एक सय लिटर दुध चढाइयो
|
सेतोपाटी संवाददाता अमेरिकी डलर र भारतीय नोटसहित विराटनगरबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।, विराटगनर १७ स्थित मटेरुवा चोकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।, केही अमेरिकी डलर तथा केही भारतीय नोटसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले भारत उत्तर प्रदेशस्थित लखनउका ३४ वर्षे अतुलकुमार र ३५ वर्षे सन्दीप सिंह रोयलाई पक्राउ गरेको हो।, उनीहरूको साथबाट २ लाख ८ हजार ५०० रुपैया भारतीय मुद्रा र २ हजार १ सय १४ अमेरिकी डलर बरामद गरेको मोरङ प्रहरीले जनाएको छ।, पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाएको मोरङ प्रहरीले जनाएको छ।, शुक्रबार दिउँसो १ बजे भारतबाट नेपालतर्फ आउदै गरेको बेला चेकजाँच गर्दा अतुलको साथबाट ५०० दरका भारतीय नोट २०० थान र रोयको साथबाट ५०० को २१७ थान, अमेरिकी डलर १०० को २१ थान, २० को ५ थान, १० को एक थान र एकको चार थान प्रहरीले बरामद गरेको प्रहरीको भनाइ छ।,
अमेरिकी डलरसहित दुई जना भारतीय पक्राउ
|
सेतोपाटी संवाददाता शनिबार थप ३ हजार ११४ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६२५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३०९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार २८५ गर्दा ८०५ मा संक्रमण देखिएको छ।, कुल १४ हजार ९१० जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , थप १६ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा २ हजार १९७ जना कोरोनाबाट मुक्त भएका छन्।,
१४ हजार ९ सयमा कोरोना परीक्षण गर्दा ३११४ संक्रमित, २१९७ निको भए
|
सेतोपाटी संवाददाता 'स्वार्थभन्दा माथि सेवा' भन्ने भावले स्थापित रोटरी इन्टरनेसनलको डिस्ट्रिक ३२९२, नेपाल-भुटान अन्तर्गत गत वर्ष स्थापना भएको रोटरी क्लब अफ न्यातपोलको वर्ष २०२१/२२ को अध्यक्षमा रोशन शाह नियुक्त भएका छन्।, शनिबार एभरेस्ट होटलमा आयोजित पदस्थापना कार्यक्रममा संस्थापक अध्यक्ष विजय शर्माले नवनियुक्त अध्यक्ष शाहलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेका हुन्। , नयाँ कार्यसमितिको उपाध्यक्ष मिना शेर्पा, सचिव अनिशा जोशी, सह सचिव सुनैना श्रेष्ठ, कोषाध्यक्ष कृष्ण कुँवर, सह-कोषाध्यक्ष श्रृष्टी राधा श्रेष्ठ रहेका छन्।, क्लब एडमिन कमिटी अध्यक्ष बिष्णुकान्त घिमिरे, टिआरेफ कमिटी अध्यक्ष राकेश श्रेष्ठ, सर्भिस प्रोजेक्ट कमिटी अध्यक्ष प्रविन महर्जन, मेम्बरसिप कमिटी अध्यक्ष आशिष थापा, इन्टरनेशनल सर्भिस कमिटी अध्यक्ष सागर लोहनी, पब्लिक इमेज कमिटी अध्यक्ष अजय अर्याल रहेका छन् । , संस्थापक अध्यक्ष बिजय शर्मा र आगामी अध्यक्ष उत्सव सिंह अधिकारी नयाँ कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था छ।, पदस्थापना कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् आर.आइ. डिस्ट्रिक ३२९२ का पूर्वगभर्नर चितामणि भट्टराईले औसत ३३ वर्ष उमेर भएका युवाहरूको क्लब भएकाले रोटरी न्यातपोलबाट अझ जुझारु गतिविधिको अपेक्षा गरेको बताए।, कार्यक्रममा पूर्व गभर्नरहरू तीर्थमान शाक्य, योगेन्द्रमान प्रधान, असिस्टेन्ट गभर्नर लक्ष्मी खनाल, डिस्ट्रिक सेक्रेटरी प्रभात योन्जन र क्लब सल्लाहकार राजेन्द्र शाक्यको उपस्थिति रहेको थियो।, रोट्र्याक्ट क्लबको विभिन्न ओहोदामा रही सेवाको क्षेत्रमा होमिएका शर्माले दर्जन बढी पेशागत विधाका तीन दर्जन व्यक्तिहरूलाई एकत्रित गरी गत वर्ष साउनमा क्लबको स्थापना गरेका थिए ।,
रोटरी क्लब अफ न्यातपोलको अध्यक्षमा रोशन शाह
|
सेतोपाटी संवाददाता बैतडीमा मन्दिरको सुन चोरेको र किनेको पाँच जना पक्राउ परेका छन्।, दोगडाकेदार गाउँपालिका–१ रीमको लटिनाथ मन्दिरमा देउताका नाममा चढाइएको ९ तोला सुन चोरेको आरोपमा ,
सोही ठाउँका धनबहादुर कार्की, केशब सार्की, लालबहादुर कार्की र हरिकृष्ण सार्की पक्राउ परेका हुन्। , यस्तै बिलबिना उनीहरूबाट सुन खरिद गरेको आरोपमा दार्चुला गोकुलेश्वरका भुवनसिंह साहु पनि पक्राउ परेका छन्। , पुजारी नैनराम सार्कीले गाउँको मन्दिरमा देउतालाई चढाएको उक्त सुन आफ्नो घरमा राखेको अवस्थामा ढोका फुटाइ चोरी भएको बताएका छन् । , इलाका प्रहरी कार्यालय पाटनका अनुसार गएको पुसमा उक्त सुन चोरी भएको थियो। , पुजारी सार्कीले गएको चैतमा सुन चोरी थाहा पाएको प्रहरीसमक्ष बताएका छन्।, इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार गाउँलेले सुनसहित २ जनालाई पक्राउ गरेर प्रहरीकहाँ बुझाएको बताए। उनीहरूविरूद्ध गएको असार २४ गते सुन चोरेको भन्दै जाहेरी प्राप्त भएको शाहीले बताए। , जाहेरीका आधारमा दुबै जनालाई नियन्त्रणमा लिई मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उनले बताए।, पक्राउ पर्नेहरूको बयानका आधारमा थप ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। , पौने चार तोला सुन उनीबाट बरामद गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानको फायलसँग सुन अदालतमा पेश गरिने इन्स्पेक्टर शाहीले बताए।, ‘बाँकी सुन आधा विक्री गरेको भन्ने आएको छ,’ उनले भने।, बिनाबिलको अरू सुन खरिद गर्नेहरूको खोजी भइरहेको उनले बताए।,
मन्दिरमा चढाइएको ९ तोला सुन चोरेको आरोपमा पाँच जना पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६१५ जनामा संक्रमण भएको हो।, जसमध्ये काठमाडौंका ४२१, भक्तपुरका ८६ जना र ललितपुरका १०८ जना छन्।, योसँगै शुक्रबारसम्म काठमाडौं उपत्यकामा ७ हजार ६१९ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५५७४, भक्तपुरमा ९३२ जना र ललितपुरमा १११३ जना सक्रिय संक्रमित छन्।,
काठमाडौं उपत्यकामा थपिए ६१५ संक्रमित
|
सेतोपाटी संवाददाता झापा प्रहरीले स्रोत नखुलेको ४० लाख बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ। , शनिबार मध्यान्ह प्रहरीले झापा गाउँपालिका-२ का ५० वर्षीय गौरी मण्डललाई पक्राउ गरेको हो। , प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार मण्डललाई ४० लाख ३७ हजार ६७० रूपैयाँसहित झापा गाउँपालिका-२ बेलाइतिवारीबाट पक्राउ गरिएको हो। , भारतबाट नेपाल आउँदै गरेका मण्डललाई इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए। , प्रहरीले उनी चढेको मोटरसाइकललाई रोकेर चेकिङ गरेको थियो। , स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। प्रहरीले सो रकम हुण्डीमा प्रयोग हुनसक्ने आशंकामा अनुसन्धान सुरू गरेको छ। , ‘जिल्लाबाट प्रहरी अधिकृतसहितको अनुसन्धान अधिकृतको टोली खटिएको छ, मण्डललाई रकमसहित आवश्यक कारबाहीको लागि आइतबार भद्रपुर भन्सार कार्यालयमा बुझाइने छ,’ थापाले सेतोपाटीसँग भने।,
स्रोत नखुलेको ४० लाख बढी रकमसहित झापामा एक पक्राउ
|
सेतोपाटी संवाददाता प्रहरीले भन्सार छलेर ल्याइएका दुई वटा क्रेटा गाडीसहित दुई जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोली बौद्धबाट दुई जनालाई गाडीसहित पक्राउ गरेको हो, पक्राउ पर्नेमा मुस्ताङ लोधोगार दामोदर कण्ड गाउँपालिका घर भई हाल काठमाडौं-६ बौद्ध बस्ने ३८ वर्षीय आग्या गुरुङ र भारत पश्चिम बंगाल दार्जिलिङ घर भई हाल बौद्ध बसिरहेका ४३ वर्षीय सोनाम टासी योल्मो रहेका छन्।, महाशाखाले बा१९च २०३६ र अर्को नम्बर प्लेट नटाँसिसकेको क्रेटा कारसहित उनीहरूलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।, बरामद गाडीसहित दुबैलाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पठाइएको कोइरालाले जानकारी दिए।,
चोरीका क्रेटा कारसहित बौद्धबाट दुई पक्राउ
|
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसी शनिबार माइतीघर मण्डलामा पुगेका थिए। त्यहाँ उनी सडकको फोहोर उठाउँदै थिए। , केसी शनिबार आफ्नै रहरले सडकमा निस्केका थिए। उनी विवेकशील समूहले माइतीघर मण्डलामा आयोजना गरेको प्रदर्शनमा पुगेका थिए।, उनी दिउँसो ३ बजे माइतीघर मण्डलामा पुगेका थिए। विवेकशील समूहले अपराह्न ४ बजे प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो।, विवेकशीलले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार र अनियमितताबारे खबरदारीका लागि प्रदर्शन गरेको थियो।, चिकित्सा क्षेत्रको विकृतिमाथि कार्यक्रम आयोजना भएकाले आफू त्यहाँ पुगेको केसीले बताए। उनी सो समूहसँग नजिक थिए।, कार्यक्रम सकिएपछि सडकमा फोहोर देख्दा आफूलाई एकदमै नराम्रो लागेको केसीले बताए।, ‘सडकमा पानी खाँदै बोत्तल फालिएका थिए, खैनी खाएर थुकिएको थियो,’ केसीले भने, ‘सडक फोहोर देख्दा सफा नगरी हिँड्न मन लागेन।’, विवेकशील समूहको कार्यक्रम सुरू हुनुअघि काठमाडौंमा भर्खरै सत्ताच्यूत भएको नेकपा एमालेका कार्यकर्ताले सडकमा शक्ति प्रदर्शन गरेका थिए। एमालेनिकट युथफोर्सका कार्यकर्ताहरू सडकमा निस्किँदा फोहोर भएको थियो।, युथफोर्सले आफ्नो उपत्यका कमाण्ड फोर्स गठन गरेको थियो। युथफोर्सले आफ्नो ११०१ जनाको उपत्यका कमाण्ड गठन गरेको थियो।, गठनअघि विभिन्न ठाउँमा भेला भएका युथफोर्स कार्यकर्ता नयाँ बानेश्वरबाट माइतीघर हुँदै कार्की ब्यांकेट पुगेका थिए, विवेकशीलको कार्यक्रम सकिएपछि सडकमा जताजतै पानीका बोत्तलहरू देखेपछि केसी फोहोर टिप्न थालेका थिए।, सो समूहका अभियन्ता पनि कार्यकर्ताले पनि केसीलाई सहयोग गरेका थिए।, ‘सयौंको संख्यामा जुलुस निस्केर फोहोर फालिएको रहेछ, उदण्डपूर्वक निस्केका मानिसले गरेको फोहोर उनीहरू आफैंले त टिप्दैनन्, कसैले त सफा गर्नुपरो,’ उनले भने, ‘हामीले पनि प्लेकार्ड बोक्दा फोहोर भएको थियो, मैले फोहोर टिप्दा के नौलो भयो र?’ , युथफोर्सको जुलुसलाई लक्षित गर्दै केसीले त्यो भूतपूर्व प्रधानमन्त्री केपी ओलीले आफ्नो शक्ति देखाउनका लागि यत्रो मिहेनत किन गरेको होला भनी आफूलाई लागेको बताए। तर, ओलीले अब शक्ति देखाउन छोडेर राजनीतिक अभिभावकको रूपमा काम गर्दा उयुक्त हुने सुझाव केसीले दिए।, ‘अब तपाईं औषधी उपचार गरेर घरमै बस्नुहोस्, तपाईंले जति गर्नुभयो, राजनीतिको गुण्डाराज चलाउनुभयो। अब सडकमा यस्तो उदण्डता नदेखाउनुस्, अभिभावकको रुपमा काम गरेर बस्नुहोस्,’ केसीको सुझाव छ, ‘अब तपाईंको राजनीतिक काम सकियो। गुण्डालाई पढाएर, परिचालन गरेर राजनीति गर्ने दिन सकिएका छन्।’, ओलीलाई यो सुझाव दिइरहँदा केसी आफूलाई चिकित्सा शिक्षा सुधारका लागि मात्र नभएर अन्य विकृतिका विरूद्धमा पनि आफ्नो सदैव योगदान रहने बताउँछन्।, ‘म चिकित्सक पेशाबाट रिटायर्ड भए पनि चिकित्सा शिक्षा क्षेत्रमा खबरदारी गरिरहेको छु, मेरो अभियान सीमित क्षेत्रमा मात्र हुँदैन,’ केसीले भने, ‘मैले सडक सरसफाइ गर्न नहुने पनि होइन।’, केसी केही समयअघि मात्रै नेपाल फर्किएका थिए। उनी द्वन्द्वग्रस्त मुलुक *यमनमा तीन महिना बिताएर नेपाल आएका थिए।, केसीले त्यहाँ रहँदा द्वन्द्वबाट पीडित तथा प्रभावित जनताको उपचार गरेका थिए।, सच्याइएको : डाक्टर केसी यमनमा तीन महिना बिताएर आएको हुनुपर्नेमा यसअघि ‘सिरिया’ उल्लेख हुन गएकोमा क्षमाप्रार्थी छौं। - सम्पादक,
युथफोर्सका कार्यकर्ताले शक्ति प्रदर्शन गर्दा गरेको फोहोर उठाए डाक्टर केसीले
|
विनोद सापकोटा कोरोना संक्रमणको दोस्रो लहरमा जिल्लाको शिवसताक्षी नगरपालिका अति प्रभावित बनेको छ।, नगरका ११ वटै वडामा दिनहुँ सक्रमणको दर फैलँदो अवस्थामा छ। दुधे, झिलझिले, धरमपुर, शिवगञ्ज, माइधार, मंगलबारे जस्ता बजार कोरोनाका कारण प्रभावित बनेका छन्। सरकारले निशेधाज्ञा खुकुलो बनाएपछि संक्रमण दर उच्च भएको तथ्यांकले देखाएको छ।, कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा सर्वसाधरण बढी प्रभावित भएका छन्। पहिलो लहरमा तीन तहकै सरकार कठोर रुपमा प्रस्तुत हुँदा संक्रमण न्यून थियो। दोस्रो लहरमा तिनै सरकार लचिलो बन्दा संक्रमण फैलिएको बताँउछन् स्थानीय।, शिवसताक्षी नगरका केही मानव बस्तीमा घरैपिच्छे संक्रमण छ। एक साता अघिमात्र ३३ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको थियो। यो भनेको कुल परिक्षणको संक्रमण दर ५१ प्रतिशत माथि हो।, शिवसताक्षी नगरको स्वास्थ्य शाखाका निरीक्षक सञ्जय ठकुरीका अनुसार पहिलो लहरको यो अवधिमा शिवसताक्षीमा ३४ जना मात्र संक्रमित थिए। पहिलो लहरमा सरकारले २०७७ चैत्र ११ गते लकडाउन गरेको थियो। दोस्रो लहरमा झापा प्रशासनले वैशाख १४ देखि निषेधाज्ञा जारी गरेको थियो। दोस्रो लहरको निषेधाज्ञा साउन ७ देखि प्रशासनले खुकुलो पारेको थियो।, पछिल्लो एक सातायता शिवसताक्षीमा मात्रै दैनिक २५ जनाको हाराहारीमा कोरोना भाइरस कोभिड-१९ संक्रमित भेटिन थालेका छन्। पहिलो लहरको यो अवधिकमा नगरमा दुई जनाको संक्रमणका कारण मृत्यु भएको थियो।, दोस्रो लहरको यो अवधिमा अर्थात् वैशाख १४ यता शिवासताक्षी नगरमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। यी सबै कारणले पनि शिवसताक्षी नगरपालिका कोरोना संक्रमणको ‘हट स्पट’ बन्न थालेको स्थानीयले बताए। नगरमा हालसम्म सक्रिय संक्रमितको संख्या १२७ रहेको छ। सबैभन्दा धेरै वडा नम्बर १ मा ४० जना र संक्रमण नभएको वडा नम्बर ३ र ६ रहेको जनस्वास्थ्य निरीक्षक ठकुरीले बताए।, वडा नम्बर ११ को एउटा सिंगै बस्तीमा संक्रमण उच्च तहमा पुगेको छ। पटक-पटक भिडभाडमा, बजार, मलामी, जन्ती, भोज भतेरमा सकेसम्म सहभागी नहुन गरेको आग्रहलाई अटेर गरेकाले कोरोना संक्रमणको भयावह स्थिति आएको शिवसताक्षी नगरको स्वास्थ्य शाखाले जनाएको छ। कोभिडका फोकल पर्सन रोशन अधिकारीले भने, ‘गाँउमा तास, लुँडो, क्याराम बोर्डजस्ता समूहमा खेलिने खेलले संक्रमण फैलाएको हो।’, गत वर्ष कोरोनाको सुरुवात विदेशबाट काठमाडौं हुँदै गन्तव्यमा आएकाबाट फैलिएको थियो। त्यसको केही महिनापछि मात्रै शिवसताक्षीमा संक्रमणको ग्राफ उकालो लागेको थियो। यसपटक भने सुरूमै अतिप्रभावित पालिकाका रुपमा शिवसताक्षी परेको र संक्रमणको गति तीव्र रुपमा बढिरहेको अधिकारीले बताए।, कोरोना महामारीको पहिलो लहरमा विशेष गरेर स्थलमार्ग हुँदै विभिन्न नाकाबाट नगर प्रवेश गर्नेहरूले बढी संक्रमण भित्र्याएका थिए। यसपटक भने समुदायभित्रै नजानिँदो पाराले संक्रमण फैलिएको र ह्वात्तै बढेको अधिकारीले बताएका छन्।, कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दा झापाका अस्पतालहरूमा बिरामीले हत्तपत्त भर्ना पाउने अवस्था छैन। झापाका अस्पतालहरूमा इलाम, पाँचथर, ताप्लेजुँङ्गका संक्रमितहरू उपचारका लागि आउने र कतिपय ठूला सहरबाट पनि उपचारका लागि आउने कारणले अस्पतालका बेड खाली नभएका हुन्। पछिल्ला दिनमा अस्पतालको आइसोलेसनमा बस्ने भन्दा पनि होम आइसोलेसनमा बस्नेको संख्या बढ्न थालेको छ।, शिवसताक्षीका स्थानीयले नगरलाई तत्काल सिल गर्न अधिकार प्राप्त कार्यपालिकासँग माग गरेका छन्। संक्रमणका कारण दिनहुँजसो मानवीय क्षति हुन थालेपछि नगरबासी आत्तिन थालेको शिवसताक्षी ११ का केशव नेपालले बताए। उनले भने, ‘कोरोनाविरूद्धको पूर्ण खोप घोषणा नहुञ्जेलसम्मका लागि अति आवश्यक काम कारबाहीबाहेक नगर ठप्प भए मात्र बाँच्न सकिन्छ।’, तर, स्थानीय तहलाई कानुनले यो अधिकार दिएको छैन। कार्यपालिकाको बोर्ड बैठक वा नगर समन्वय समितिको बैठकले गरेको निर्णय सिफारिस गरेर गृह मन्त्रालय मातहतको प्रशासनलाई पठाएपछि मात्र प्रमुख जिल्ला अधिकारीले तोकेको क्षेत्रमा निषेधाज्ञा जारी गर्न सक्ने व्यवस्था छ।, शिवसताक्षी नगरको स्वास्थ्य शाखाका अनुसार लाखौं मुल्यको यातायातका साधनमा यात्रा गर्नेले पाँच रूपैयाँ पर्ने मास्क पनि लगाउँदैनन्। खुला बजारमा निर्वाध हिँडडुल गर्दा उनीहरू स्वयम् स्वास्थ्य सुरक्षाको भरपर्दो माध्यम मास्कबिनै हुन्छन्। जनस्वास्थ्य निरीक्षक ठकुरी भन्छन्, ‘परिवारका सदस्यबीच पनि सामाजिक दुरी र न्यूनतम् स्वास्थ्यको मापदण्ड अपनाउने हो भने कोरोना संक्रमण नियन्त्रण हुन्छ।’,
कोरोनाको ‘हट स्पट’ बन्दै शिवसताक्षी, स्थानीय भन्छन्- नगर सिल गरौं
|
सेतोपाटी संवाददाता हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई राहत वितरण गरिएको छ । हेलम्बुका १२२ घरधुरी र बाढीबाट मृत्यु तथा बेपत्ता भएका १४ परिवारलाई राहत वितरण गरिएको हो । त्यस्तै आज नै मेलम्ची बजार पुनःनिर्माण सरोकार समिति, रेडियो मेलम्ची र नमूना बङ्गुर फार्मलाई रु पाँच लाख ५६ हजार ९७५ रकम हस्तान्तरण गरिएको छ ।, इराकबाट नोर्की शेर्पा, हङ्कङबाट माया आङबुहाङ, स्मार्ट टिमका राम अधिकारी र उषा तामाङ, मलेशियाबाट बुद्ध लामा योञ्जन, नागरिक आवाजकी मेरी राई तामाङ, जुहारी कलाकार सङ्घ भोटेकोशी–१ का अध्यक्ष मुके शेर्पा र कतारबाट सोम तामाङको पहलमा सङ्कलन भएको रकम आज हस्तान्तरण गरिएको नेपाल प्रतिनिधि एवं अभियानकर्मी कृष्ण तामाङले जानकारी दिए ।, हेलम्बुमा १४ मृतक र बेपत्ता परिवारलाइ रु १० हजारका दरले र अन्य प्रभावितलाई रु तीन हजार ५०० का दरले राहत वितरण गरिएको तामाङले बताउनुभयो । त्यस्तै रेडियो मेलम्ची र मेलम्ची बजार पुनःनिर्माण सरोकार समितिलाई रु १५/१५ हजार र नमूना बङ्गुर फार्मलाई रु आठ हजार प्रदान गरिएको तामाङले बताए । , पाँच लाख ८० हजार नगद , याङ्ग्री र सुनचौर बरुवाका बाढी प्रभावितलाई रु पाँच लाख ८० हजार नगद राहत वितरण गरिएको छ । पाँचपोखरी थाङपाल–२ घर भई हाल अमेरिका रहनुहुने सुरेन्द्र तामाङ र बुद्धिमान तामाङको समन्वयमा सङ्कलन गरिएको सो रकम शुक्रबार ११० घर विस्थापितमध्ये ३२ घरपरिवारलाई वितरण गरिएको हो । , सात घरलाई रु २५ हजार, छ घरलाई रु २० हजार र बाँकीलाई रु १५ हजारका दरले रकम वितरण गरिएको वडाध्यक्ष पासाङ स्याङबाले जानकारी दिए । साथै १३२ जनालाई कोभिडविरुद्धको भेरोसेल खोप दिइएको पनि स्याङबाले जानकारी दिए ।, प्रभावितलाई खाद्यान्न , मेलम्ची बाढी प्रभावितलाई नेपाल सेफ सोसाइटी युएईले खाद्यान्न सहयोग गरेको छ । आज मेलम्चीमा एक कार्यक्रमका बीच खाद्यान्न सामग्री वितरण गरिएको हो । मेलम्ची क्षेत्रका बाढी प्रभावित २० घरलाई चामल एक बोरा, तेल दुई लिटर, दुई किलो नुन, दुई किलो चिनीलगायत खाद्यान्न सहयोग गरिएको नेपाल सेफ सोसाइटीका विशेष सल्लाहकार वसन्त राईले जानकारी दिए । , मेलम्चीका समाजसेवी एवं नेपाली काङ्ग्रेसका नेता सागर श्रेष्ठमार्फत मेलम्चीपारिका प्रभावितलाई सामग्री हस्तान्तरण गरिएको हो । युएई बस्ने नेपाली सेफहरूले सङ्कलन गरेको रकमले प्रभावितलाई केही राहत होस् भनेर सो सामग्री वितरण गरेको राईले जानकारी दिए । ,रासस,
हेलम्बु, पाँचपोखरी र मेलम्चीका बाढी प्रभावितलाई सहयोग
|
रासस पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ।, गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।, ‘तलाउ भरिएर माथिबाट बग्न थालेको हो। थप जोखिमको अवस्था अध्ययनका लागि आज बिहानै पहिरो गएको ठाउँतर्फ हिँडेका छौं,’ उनले भने।, तलाउ एकैपटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने भएकाले सतर्कता अपनाइएको छ।, गुर्जा हिमालको फेदीमा मुहान भएको गुर्जाखोला म्याग्दी नदीको सहायक खोला हो। धवलागिरि–४ मुदीमा गुर्जाखोला म्याग्दी नदीमा मिसिन्छ।, सदरमुकाम बेनीमा आएर म्याग्दी खोला कालीगण्डकीमा मिसिन्छ।, पहिरो खसेर खोला थुनिएको ठाउँमा पुग्न गुर्जाबाट दुई घण्टा पैदल हिँड्नुपर्छ। दुवै किनारमा भिर भएको साँघुरो खोँचमा पहिरो खसेर खोला थुनिएको खेतमा काम गर्न गएका किसानले देखेपछि खबर गरेका थिए।, पहिरो गएको र तलाउ बनेको ठाउँसम्म पुग्ने बाटो छैन। किसानले टाढैबाट देखेर खबर गरेका हुन्। केही समय खोला सुकेको थियो।, धवलागिरि, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिका भएर म्याग्दी नदी बग्छ। चारवटै स्थानीय तहको तटीय क्षेत्रका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए।,
पहिराले थुनिएको गुर्जाखोला तलाउ भरिएर बग्न थाल्यो
|
रासस नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ।, देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँच महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेका थिए।, पिँढीमा फालिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको गिरीले बताए।, घटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको गिरीले बताए।,
पाँच महिने बालिकाको हत्या
|
रासस फुकोट कर्णाली जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा निर्धारणमा असन्तुष्टि जनाएका छन्। जिल्लाको दरभन्दा प्रभावित क्षेत्रका जग्गा धनीहरुले मुआब्जा कम भएको भन्दै असन्तुष्टि जनाएका हुन्।, जिल्ला दररेट निर्धारण समितिले हचुवाका भरमा निर्णय गरेको रास्कोट–८ का अनन्त बरालले बताए।, ‘ग्रामीण सडक आसपासका जग्गा प्रतिवर्गमिटर रु तीन हजार ६०० देखि पाँच हजार ७०० कायम गरिएको छ। कर्णाली करिडोर आसपास प्रतिवर्गमिटर रु एक हजार ५० तोकिएको छ,’ उनले भने।, मुआब्जा निर्धारण गर्दा ग्रामीण सडक र कर्णाली करिडोर क्षेत्रको जग्गा कसरी फरक मूल्य निर्धारण गरियो यसमा सच्याउने आशा गरेको बरालको भनाइ थियो।, ‘पुनः मूल्याङ्कन गर्नका लागि हामीले जिल्ला दररेट निर्धारण समितिलाई आग्रह गरेका छौँ। यो पूर्णरूपमा सच्चिने आशा गरेका छौँ,’ उनले भने।, कर्णाली नदीको पानीलाई टनेलमार्फत सान्नीत्रिवेणी–३ सिस्नेगडामा बाँध बनाएर सुरुङमार्फत भौरेकुनामा झार्ने आयोजनाको योजना छ। आयोजनाले रास्कोट, सान्नीत्रिवेणी र पचालझरनाको एक हजार २९४ कित्ता जग्गा अधिग्रहण गर्न लागेको हो।, जिल्ला दररेट समितिले निर्धारण गरेको मुआब्जाका दिन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीयवासी र सरोकारवाला निकायको समन्वयमा जग्गाको मुआब्जा निर्धारण गरिएको आयोजना प्रमुख हीरामान वाइवाले बताए।, ‘प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जग्गाको मूल्य निर्धारण गरिएको हो। यसमा कसैलाई अन्याय गरिएको छैन,’ उनले भने।, जग्गाको मुआब्जाका लागि यस वर्ष रु ३६ करोड बजेट छुट्याइएको र नपुग बजेट पुनः माग गरी वितरण गरिने आयोजना प्रमुख वाइवाले बताए।, झण्डै रु एक खर्ब लागत अनुमान गरिएको आयोजनाले साढे एक किमी लामो र ११ मिटर व्यासको डाइभर्सन टनेलमार्फत कर्णाली नदीको पानी फर्काएर मुख्य बाँध निर्माण गर्नेछ।, त्यसका लागि रास्कोटको शान्तिघाट, नडी, भात्तडी, पचाल झरनाको भुराबगर, घाटज्युला, शान्नित्रिवेणीको कोट, रेगिङ्ल र जाइकोटको जग्गा अधिग्रहण गरिनेछ आयोजना जनाएको छ।, स्वदेशी लगानीमा निर्माण हुने आयोजनाका लागि ४९ प्रतिशत स्थानीय जनताको र ५१ प्रतिशत नेपाल सरकारको लगानी रहने आयोजना प्रमुख वाइवाले बताए।, त्यसमध्ये आयोजना क्षेत्रका बासिन्दालाई १० प्रतिशत शेयर दिने र प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारी दिने आयोजनाको उद्देश्य रहेको उनको भनाइ छ।, जिल्लामा बन्न लागेको आयोजनाका विषयमा कसैले विवाद गर्न आवश्यक नरहेको भन्दै जिल्ला मालपोत कार्यालय कालिकोटका प्रमुख नेत्रबहादुर शाहीले खेती उत्पादन हुने जग्गा, बाँझो जग्गा, पाखो जग्गा गरेर मुआब्जाको मूल्य निर्धारण गरिएको बताए।, ‘जिल्लामा बन्न लागेको आयोजनाको कसैले विवाद गर्न जरुरी छैन। जिल्लाको दररेट जग्गाको मूल्याङ्कन गरेर नै मुआब्जाका लागि जग्गाको मूल्य तोकिएको हो,’ उनले भने।,
फुकोट कर्णाली जलविद्युत् आयोजनाको मुआब्जाप्रति स्थानीय असन्तुष्ट
|
एजेन्सी पश्चिम अफ्रिकी मुलुक सिरालियोनको संसदले देशमा भएको मृत्युदण्डको व्यवस्था हटाएको छ। शुक्रबार सिरालियोनको संसदले सर्वसम्मत रूपमा मृत्युदण्डको व्यवस्था हटाएको द गार्डियनले जनाएको छ।, योसँगै अफ्रिका महादेशमा मृत्युदण्डको सजाय नहुने मुलुकको संख्या २३ पुगेको छ। गत अप्रिलमा मालावीले मृत्युदण्डलाई असंवैधानिक भनेको थियो भने गत वर्ष चाडले मृत्युदण्ड हटाएको थियो।, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुतेरेसले सिरालियोनको संसदले गरेको निर्णयको प्रशंसा गरेका छन्।, ‘मृत्युदण्ड हटाउने विषयमा सिरालियोनको संसदले एकमतले गरेको निर्णयको म प्रंशसा गर्दछु। २१ औं शताब्दीमा मृत्युदण्डलाई कहिँ पनि ठाउँ छैन,’ गुतेरेसले सामाजिक सञ्जालमार्फत् भनेका छन्।, यसअघि सन् १९९१ मा बनेको सिरालियोनको संविधानमा हत्या, लुटपाट र सैनिक विद्रोह र राज्यद्रोहको मुद्दामा मृत्युदण्ड दिन सकिने व्यवस्था थियो।,
सिरालियोनको संसदले हटायो मृत्युदण्डको व्यवस्था
|
सेतोपाटी संवाददाता मनाङमा भएको क्षतिबारे अध्ययन गर्न सेनासहित नेताहरुको टोली सदरमुकाम चामे पुगेर काम शुरु गरेको छ।, नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ सहित नेपाली सेनाका महासेनानी इञ्जिनियर इन्दीवर गुरुङ, अन्य प्राविधिक, मनाङका प्रदेशसभा सदस्य चिन्ताबहादुर घले, सांसद यशोदा सुवेदी गुरुङ, मनाङका प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछाने, जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्का र समाजसेवी खामसुङ गुरुङका साथ नेपाली सेनाको हेलिकप्टरबाट त्यहाँ पुगेका हुन। , पूर्वमन्त्री समेत रहेका गुरुङको साथमा मनाङ सदरमुकाम पुगेको प्राविधिक टोलीमा नेपाली सेनाको इञ्जिनियर शाखा एवं प्राविधिक प्रमुख महासेनानी इन्दीबर गुरुङ, १४ नम्बर बाहिनी अड्डाका विस्फोटक एडभाइजर अधिकृत, चामेको ट्रसबृज बाधार पार आयोजनाका सहसेनानी कमल बोगटी, विस्फोटक पदार्थ प्लान्ट तथा इक्यूमेन्ट सम्बन्धि विश्लेषक विनोद श्रेष्ठ छन् ।, नेपाली सेनाको विशेष हेलिकप्टरबाट चामेको ट्रसबृजको रेकी समेत गरेको छ । १० गते आइतबार चामेबाट पैदल भ्राताङ्ग पुगेर नदीबाट क्षतिग्रस्त सडक क्षेत्रको रेकी गर्नेछ। ११ गते सोमबार चामेबाट पैदल तिमाङ पुगेर पुल, कल्भर्ट र सडकको रेकी गर्ने सभापति गुरुङले बताए।, साउन १२ गते बिहान तिमाङ्गबाट दानक्यू, बगरछाप, धारापानी हुंदै टोली पैदल ताल पुग्ने छ । ताल क्षेत्रमा पुगेर मस्र्याङदी नदीले पुर्याएको क्षतिका साथै नदीको धार परिर्वतनबारे रेकी गर्ने छ । त्यसैगरी १३ गते बुधबार बिहान सेनाको प्राविधिक टोली तालबाट लमजुङको बेसीशहरका लागि प्रस्थान गर्ने छ ।, १४ गते बिहिबार टोली बेसीशहरबाट काठमाडौंका लागि प्रस्थान गर्ने छ । प्राविधिक टोलीले शेसीशहर–चामे सडक सञ्चालनका लागि सम्पूर्ण प्रतिवेदन तयार गर्ने छ । , प्राविधिक टोलीको नेतृत्व गरेका नेपाली सेनाका मिलिटेरी इञ्जिनियर सेवाका प्रमुख महासेनानी इन्दीवर गुरुङकै नेतृत्वमा बेसीशहर–चामे मोटोरेवल सडकको ट्रयाक खोल्नेकाम सम्पन्न भएको थियो ।,
,
मनाङमा भएको क्षतिबारे अध्ययन गर्न सेनासहित चामे पुगेको नेताहरुको टोलीले काम शुरु गर्यो
|
सेतोपाटी संवाददाता जिल्लाका एक हजार बढीले सुरक्षित प्रसूति सेवा लिएका छन्। बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७७/७८ को एक वर्ष अवधिमा एक हजार १७१ ले सुरक्षित प्रसूति सेवा लिएका हुन् ।, सुरक्षित प्रसूति सेवा लिनेमध्ये सामान्य प्रसूति सेवा ८८८, शल्यक्रिया १९३ तथा ९० ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए।, अस्पतालमा नियमित सेवा, महिला रोगसम्बन्धी चिकित्सक उपलब्ध, अस्पतालमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) र महिलामा अस्पताल गएर सुरक्षित प्रसूति सेवा लिनुपर्छ भन्ने चेतनाको वृद्धिले अस्पतालमा सुरक्षित प्रसूति सेवा लिने सङ्ख्या वृद्धि भएको उनको भनाइ छ ।, त्यस्तै जिल्ला अस्पतालमा आव २०७६/७७ मा एक हजार १२३ ले प्रसूति सेवा लिएका थिए । यीमध्ये ८६६ सामान्य, १६८ शल्यक्रिया र ८९ ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालका अनुसार आव २०७५/७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार ११ रहेको थियो । सोमध्ये ८२९ सामान्य, १२४ शल्यक्रिया र ५८ ले जटिल किसिमको प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ ।, त्यस्तै आव २०७४/७५ मा एक हजार ३२२ ले प्रसूति सेवा लिएका थिए । यीमध्ये एक हजार ५२ सामान्य, १६९ शल्यक्रिया र १०१ ले जटिल प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । जिल्ला अस्पतालमा आव २०७४/७५ देखि २०७७/७८ सम्म चार हजार ६२७ ले सो सेवा लिएका छन् । यीमध्ये सामान्य प्रसूति सेवा तीन हजार ६३५, शल्यक्रिया गर्नुपर्ने ६५४ र जटिल किसिमको प्रसूति सेवा ३३८ जनाले लिएको अस्पतालका प्रमुख श्रेष्ठको भनाइ छ । , विंस २०५८ देखि अस्पतालले सुरक्षित प्रसूति सेवा प्रवाह गर्दै आएको छ । यस जिल्ला अस्पतालको प्रसूतिगृहमा १५ शय्या रहेका छन् । अस्पतालमा ग्रामीण भेगका महिलासमेत सुरक्षित प्रसूति सेवाका लागि आउन थालेको अस्पतालले जनाएको छ । जिल्लाका अधिकांश ग्रामीण भेगका महिलामा समेत सुरक्षित प्रसूति सेवाका लागि अस्पताल जानुपर्छ भन्ने भावनाका साथ जिल्लाको अतिविकट गाउँका महिला पनि आउने गरेका छन् । ,रासस,
लमजुङमा एक हजार बढीले लिए सुरक्षित प्रसूति सेवा
|
सेतोपाटी संवाददाता रोल्पामा एक महिलामाथि बलात्कार भएको घटना गाउँमै मिलापत्र गरेको आरोपमा वडा सदस्यसहित ६ जना पक्राउ परेका छन्।, प्रहरीले २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा जेठाजु नाता पर्ने ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेश सुवेदीले जानकारी दिए।, साथै घटना मिलापत्र गराएको आरोपमा लुङ्ग्री गाउँपालिकाका वडासदस्यसहित ६ जनालाई पक्राउ गरेको छ। , मिलापत्र गराएको आरोपमा वडासदस्य हिमबहादुर बिष्ट, दुर्गे बिष्ट, नविन बिष्ट, पुस्त बिष्ट, पुस्ते खड्का र पीडितका ससुरालाई प्रहरीले पक्राउ गरेको छ।, घटना गत साउन २ गते बिहान ३ बजेको हो। घटना हुँदा पीडित महिला चिच्याएपछि ससुराले सुनेका थिए।, ससुराले घटनाबारे थाहा पाएर वडासदस्य हिमबहादुर बिष्टलाई खबर गरी छलफल गरिदिन भनेका थिए।, घटनाबारे छलफल गर्न उनले गाउँको एक ठाउँमा मान्छे जम्मा गराएका थिए। सो छलफलमा आरोपित जेठाजुले जबरजस्ती करणी गरेकोसमेत स्वीकारेका थिए।, छलफलपछि उनीहरूले जेठाजुलाई २० हजार रुपैयाँ जरिवानासमेत तोकेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए। तर त्यसमध्येको केही रकममात्रै पीडितलाई दिएर बाँकी रकम कोष खडा गरी त्यहाँ राख्ने निर्णयसमेत गरिएको थियो।, 'घटना साउन २ गते भयो, ३ गते मिलापत्र भयो। ४ गते पीडित प्रहरी कार्यालयमा आउनुभयो,' प्रहरी नायब उपरीक्षक सुबेदीले भने,'घटनाको खबर भएकै दिन हामीले मुख्य पीडकलाई पक्राउ गर्यौं।', प्रहरीले त्यसको केही दिनमै अरूलाई पनि पक्राउ गरेको थियो।, पीडित महिलाले त्यहाँबाट न्याय नपाएको महसुस गरेपछि प्रहरी कार्यालयको सम्पर्कमा आएको उनले बताए।, 'हामीले मिलापत्र गराउनेहरूलाई मतियारको रूपमा कानुनअनुसार कारबाही गर्न पाउने प्रावधान छ। त्यहीअनुसार अनुसन्धान अघि बढाएका छौं,' उनले भने,'मिलापत्रमा चित्त नबुझेको कारणले पीडित महिला प्रहरी कार्यालयमा सम्पर्कमा आउनुभयो।', उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।,
बलात्कार घटना गाउँमै मिलापत्र गराएको आरोपमा रोल्पाका वडा सदस्यसहित ६ जना पक्राउ
|
सेतोपाटी संवाददाता कोराना भाइरसको जोखिम नियन्त्रणका लागि झापाको शिवसताक्षी नगरमा सोमबार रातिदेखि ‘लक-डाउन’ गरिने भएको छ। , आइतबार नगर प्रमुख चन्द्र कुमार शेर्पाको अध्यक्षतामा बसेको सर्वदलीय तथा सिसिएमसीको पूर्ण बैठकले ७ दिनको अवधिका लागि आवतजावतमा पूर्ण रोक लगाउने गरी ‘लकडाउन’ गर्ने निर्णय गरेको हो। , साउन ११ गते अर्थात सोमबार राति १२ बजेदेखि १८ गते राति १२ बजेसम्म हाइवे बाहेकका सबै सडकमा आवत जावत रोक्ने निर्णय गरिएको नगर प्रमुख शेर्माले बताए। , नगरस्तरीय कोरोना रोकथाम तथा समन्वय समितिले गरेको निर्णय जिल्ला प्रशासन कार्यालय झापामा सिफारिस हुनेछ, प्रमुख जिल्ला अधिकारीले लागू गर्ने छन्। नगर तथा वडा कार्यालयका अत्यावश्यक कामबाहेक सबै बन्द हुने छन्। नगर प्रमुख शेर्माले सात दिनका लागि निर्माण आयोजना पनि बन्द गर्ने निर्णय गरिएको बताए। , औषधि पसल बाहेक सबै पसल व्यवसाय अर्को सूचना नआउँदासम्म पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ। पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन्। खाद्यान्न, ग्यास, तेल, फलफूल पसल, विद्यालय पनि बन्द हुनेछन्। , निषेधाज्ञा अवधिभर दूध डेरी, सागसब्जी समेत बन्द हुने छन्। निर्माणको काम पनि रोकिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ।, निषेधाज्ञाको अटेर गर्ने व्यक्ति वा फर्मलाई कानुन अनुसार कारबाही गर्ने निर्णय गरिने भएको छ। नगरमा १४४ सक्रिय संक्रमित छन्। कोरोनाको दोस्रो लहरमा १४ जनाको मृत्यु भएको नगरको स्वास्थ्य शाखाले जनाएको छ।,
शिवसताक्षी नगरपालिकामा लकडाउन, औषधि पसलबाहेक सबै बन्द
|
सेतोपाटी संवाददाता दाङमा मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका युवकको पहिचान खुलेको छ। , मृतक प्यूठान जिल्लाको सरुमा रानी गाउँपालिका वडा नं. ६ का अन्दाजी ३४ वर्षीय युवराज राना रहेको प्रहरीले जानकारी दिएको छ। , रानाको आइतबार बिहान मोटरसाइल दुर्घटनामा मृत्यु भएपनि पहिचान खुल्न सकेको थिएन। दिउँसो मात्रै उनको पहिचान खुलेको दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए। , पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेका राना सवार लु १५ प ६३२१ नम्बरको मोटरसाइकल बिहान सात बजेतिर लमही नगरपालिका वडा नं ४ अर्नवा भन्ने ठाउँमा द्ुर्घटनामा परेका थिए। , तीब्र गतिको मोटरसाइकल अनियन्त्रित भइ सडकदेखि झन्डै ६५ मिटर तल खसेको डिसपी रिजालले बताए। घाइते रानालाई लमही अस्पताल पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए। , प्रहरीका अनुसार पछिल्लो समय राना दाङ घोराहीस्थित ससुरालीमा बस्दै आएका थिए।,
मोटरसाइकल दुर्घटनामा दाङमा एकको मृत्यु
|
सेतोपाटी संवाददाता एम्बुलेन्सबाट संरक्षित वन्य जन्तु जारायोको दुई थान सिङसहित तीन युवा पक्राउ परेका छन्। , पक्राउ पर्नेमा जिल्लाको बबई गाउँपालिका वडा नं १ गंगटेका २२ वर्षीय जीवन घर्ती, बबई ४ हापुरेका ३९ वर्षीय इन्द्रबहादुर केसी र सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ४ साइलाकाम्दाका २२ वर्षीय विनोद वली छन्। , पश्चिम बबईको हापुरेबाट पूर्व तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ४९७ नम्बरको एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ गहते खोला नजिक जाँच गर्ने क्रममा उनीहरुको साथबाट जरायोको सिङ बरामद भएको एक प्रहरी अधिकारीले बताए। , ‘एम्बुलेन्समा राखेर संरक्षित वन्यजन्तुको ओखेटोपहार तुलसीपुरमा बिक्रीका लागि लगिँदै छ भन्ने गोप्य सूचनाका आधारमा हामीले राति १ बजे एम्बुलेन्स जाँच गर्ने क्रममा तीन ब्यक्ति, जरायोको टाउकोको छालासहितको दुई वटा सिङ बरामद गरेका हौं,’ ती प्रहरी अधिकारीले भने। , पक्राउ परेकामध्ये केसी एम्बुलेन्स चालक हुन्। पक्राउ परेकाहरुको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रवक्ता, डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए।,
एम्बुलेन्समा जरायोको सिङ ल्याउँदै गर्दा दाङबाट तीन पक्राउ
|
सेतोपाटी संवाददाता धादिङमा १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ।, आइतबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ८स्थित जंगलमा अन्दाजी २० वर्षीया सम्झना रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।, उनी गत साउन १ गते बेपत्ता भएकी थिइन्।, '१० दिनदेखि हराइरहेकी थिइन्। आज घर नजिकैको जंगलमा फेला परेको भन्ने खबर छ,' प्रहरी उपरीक्षक खड्काले भने।, घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक सहितको टोली घटनास्थल पुगेको थियो। , आइतबार आफन्तले उनको शव फेला परेको प्रहरीलाई खबर गरेका थिए।, अनुसन्धान अधिकृतसहितको प्रहरीको टोली घटनास्थल पुगेपछि मात्रै थप कुरा खुल्ने खड्काले बताए।,
घरनजिकै जंगलमा फेला पर्यो १० दिनदेखि हराइरहेकी सम्झनाको शव
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने/नथप्नेबारे निर्णय गर्न बैठक बस्ने भएको छ।, यसबारे निर्णय गर्न उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरू आइतबार अपराह्न ४ बजे बैठक बस्न लागेका हुन्।, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौंमा निषेधाज्ञा थप्ने गरी छलफल गर्ने तयारी छ।, साबिकका केही निर्णयहरू परिवर्तन गरी निषेधाज्ञा लम्ब्याउन लागेको उनले बताए।, '४ बजे बैठक बस्ने तयारी छ। निषेधाज्ञा थप्ने भन्ने नै छ। अब केही निर्णयहरू परिवर्तन होला अरू प्राय: साबिककै निर्णयहरू हुन्छन्,' पराजुलीले भने।, साउन १ गतेबाट थपिएको निषेधाज्ञा आज सकिँदैछ। अहिले जारी निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन अनुमति दिएको छैन।, त्यस्तै खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न पाइन्न। शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन। ,
काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न सिडिओहरूको बैठक बस्दै
|
सेतोपाटी संवाददाता चेक बाउन्सको मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले चेक बाउन्सको मुद्दामा १० लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजाय पाएकी एक महिलालाई पक्राउ गरेको हो।, प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ हात्तिगौडाकी ४५ वर्षीया निता भण्डारीलाई आइतबार पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनीविरूद्ध उच्च अदालत पाटनले गत बैशाख ६ गते चार दिन कैद र १० लाख जरिवाना सुनाएको थियो। , आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी-जानी झुक्याएर चेक काटेर दिएपछि अदालतमा मुद्दा परेको थियो।, ,
चेक बाउन्सको मुद्दामा फरार प्रतिवादी पक्राउ
|
सेतोपाटी संवाददाता कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।, भीमदत्त नगरपालिका -२ स्थित जङ्गलमा सडेगलेकाे अबस्थामा शव फेला परेकाे प्रहरीले जनाएको हाे।, शवकाे पहिचान भएको छैन।, बिहीबार साँझ स्थानीयले जङ्गलमा शव देखेपछि प्रहरीलाई जानकारी गरेका थिए।, प्रहरीका अनुसार शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। साथै शवकाे सनाखत गर्ने कार्य भइरहेको छ।,
कञ्चनपुरमा जंगलभित्र भेटियो शव
|
सेतोपाटी संवाददाता बैतडीमा सडक नजिकै पल्टिएको अवस्थामा महिलाको शव फेला परेको छ।, मेलौली नगरपालिका-७ ल्वाथलीमा शुक्रबार बिहान शव फेला परेको हो।, जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी दर्शन खड्काले बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान नखुलेको बताए।, उनले प्रहरी टोली घटनास्थल गएको जानकारी दिए। डिएसपीको नेतृत्वमा घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।,
बैतडीमा महिलाको शव फेला
|
सेतोपाटी शुक्लाफाँटा नगरपालिका-१२ तिलकी पट्टिमा दोदा नदीले जग्गा कटान तीव्र पारेको छ।, लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै जग्गा कटान तीव्र बनाएको हो। स्थानीय किसानले लगाएका उखु र धानबालीमा नदीले क्षति पुर्याउन थालेको स्थानीयबासी मङ्गलप्रसाद चौधरीले बताए।, ‘दुई दिनको अवधिमै नदीले जग्गा कटान गरी एक बिघाभन्दा बढी जग्गामा लगाएको धान र उखु बाली बगाएर लगेको छ’, उनले भने, ‘जग्गा कटान रोक्नका लागि पहल नगरिए बस्ती नै जोखिमा पर्ने देखिएको छ।’, उनका अनुसार नदीले चुन्नु चौधरीको पाँच, रामदास रानाको पाँच, फिर्ता रानाको पाँच, पदम रानाको तीन र जन्न्नु रानाको तीन गरी २१ कठ्ठा जग्गा बगाएर बगरमा परिणत गरेको छ।, दोदा र वनहरा नदीको दोभान रहेको क्षेत्रमा नदीले बढी क्षति पुर्याएको छ।, विगतमा नेपाल रेडक्रसको सहयोगमा इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिले साझेदारी गरी जैविक तटबन्ध निर्माण गरेको थियो।, नदीको धार परिवर्तन भई जैविक तटबन्ध निर्माण गरेको क्षेत्रमै बग्न थालेपछि जग्गा कटान अधिक हुन थालेको छ।, ‘विपद् व्यवस्थापन समितिमा आबद्ध समुदायका व्यक्तिहरूले संरक्षण गरेको बगर बनेको छ’, स्थानीयबासी रामदास रानाले भने, ‘बगर नदीले कटान गरी बगाएपछि स्थानीय बासिन्दाले उखु र धानखेती गरेको उब्जाउ जग्गासमेत बगाउन थालेको छ।’ , नदीले उब्जाउ जग्गा कटान गर्न थालेपछि निकै चिन्तित भएको उनले बताए।, नदीमा भरपर्दो तटबन्धको तत्काल व्यवस्था नभए बस्ती नै बग्ने खतरा बढेको छ।, बस्तीका ३५ परिवार नदीको उच्च जोखिममा छन्। तटबन्ध निर्माणका लागि जल उत्पन्न तथा सिँचाइ डिभिजन कार्यालयमार्फत् पटक-पटक अनुरोध गरे पनि लकडाउनको कारण देखाउँदै तटबन्ध निर्माण अगाडि नबढाइएको स्थानीय बासिन्दाको गुनासो छ।, ‘बर्षात् हुने दिन अझै बाँकी नै छन्’ स्थानीयबासी बालसुग्रिब रानाले भने, ‘खेती गरेको जग्गा नदीले कटान गरी बगाउन थालेपछि भोकमरीको समस्या खेप्नुपर्ने बाध्यता त छ नै, नदी नियन्त्रणका लागि पहल नभए बस्ती नै विस्थापनमा पर्ने भएको छ। परिवार लगेर कुन ठाउँमा गएर बस्ने अर्को पिरलो छ।’, वि.सं २०६४ मा नदीको बाढीले यस क्षेत्रमा बसोबास गर्ने २५ परिवार विस्थापनमा परेका थिए।, नदी नियन्त्रणका लागि स्थानीय बासिन्दाले रेडक्रससँग मिलेर जैविक तटबन्ध निर्माण गरी बगर संरक्षणमा जोड दिएका थिए। नदीको जोखिम रहेका क्षेत्रमा बाँसको तटबन्ध निर्माण गरी बगरमा घाँस रोपेर जग्गा कटानी हुने कार्य रोकेका थिए।, हाल त्यही क्षेत्रमा नदी बहाव बढ्दा कटान हुन थालेको छ। स्थानीय बासिन्दाले तारजाली र ढुङ्गाको स्थायी प्रकृतिको तटबन्ध निर्माण गरी बस्ती जोगाउन सम्बन्धित निकायसँग माग गरेका छन्। रासस,
दोदा नदीले उखु र धान रोपेको जग्गा बगाउन थालेपछि स्थानीयबासी चिन्तित
|
सेतोपाटी संवाददाता मुटु रोग विशेषज्ञ डा. ऋषि खत्रीलाई एक वर्षसम्म मुटु रोगको उपचार गर्न रोक लगाइएको छ।, उपचारमा लापरबाही गरेको आरोपमा नेपाल मेडिकल काउन्सिलले खत्रीलाई एक वर्षसम्म मुटु रोगको उपचारबाट बञ्चित गराएको हो।, उनलाई एक वर्ष तालिम र थप सिकाई गरेको प्रमाण पत्र पेश गरेपछि मात्र मुटु रोगको उपचार गर्न गराउन अनुमति दिने निर्णय भएको काउन्सिलले जनाएको छ।, खत्रीविरूद्ध वरिष्ठ पाइलट राकेश राणाका श्रीमती पुष्पा शाहले उजुरी दिएकी थिइन्। उजुरीमाथि छानविन गर्दा राणाले चिकित्सकीय लापरबाही गरेको देखिएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए।, काउन्सिलले विमान चालकहरूको स्वास्थ्य परीक्षण गराउँदा सम्बन्धित विषयको दर्तावाला विज्ञ चिकित्सक चाहिने र चालीस वर्ष उमेर पुगेका पाइलटको स्वास्थ्य परीक्षणलाई थप कडाइ गरी विषय विज्ञको राय बमोजिम गराउन पनि सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय गरेको छ। ,
मुटु रोग विशेषज्ञ खत्रीलाई एक वर्षसम्म मेडिकल काउन्सिलले लगायो रोक
|
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, बिहीबार से १ प ७४६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का ७३ वर्षीय राम खुनाको मृत्यु भएको छ।, उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।, दुर्घटनामा घाइते भएकी खनाकी श्रीमती विष्णु खुनाको उपचार भइरहेको छ।, ठक्कर दिने मोटरसाइकल चालक वेदकोट नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय धनबहादुर ओखेडालाई प्रहरीले नियन्त्रणमा लिएको छ।,
मोटरसाइकलको ठक्करले कञ्चनपुरमा श्रीमानको मृत्यु, श्रीमती घाइते
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.