content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता वर्किङ भिसामा अमेरिका पठाउने भन्दै ७४ लाख ९५ हजार ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा-४ का २४ वर्षीय विनोद भुसाल, पोखरा महानगरपालिका-२ मिरूवाका ३१ वर्षीय पुकार गुरुङ र पोखरा-१२ रानीपौवाका ३० वर्षीय प्रकाश गुरुङ रहेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरो...
भगवती पाण्डे गाउँपालिकाका कार्यालय कहाँ हुन्छन्?, यो प्रश्नको जवाफ सबैले सजिलैसँग दिन सक्छन्- उक्त गाउँपालिकाको सिमानाभित्र। तर रूपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा कार्यालय भने १५ किलोमिटर टाढा मासिक १६ हजार भाडा तिर्ने गरी फ्ल्याट लिएर सञ्चालन हुँदै आएको छ। , मायादेवी गाउँपालिका-८ (भैरहवा) स्थित एउटा भवनको तल्लो त...
सेतोपाटी कञ्चनपुरमा मुक्तकमैया पुनर्स्थापनाको कार्य पूरा भएको डेढ दशक बित्न लाग्यो। मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा भने छैन। हातमा भएको लालपूर्जाबमोजिमको जग्गाको पहिचान अहिलेसम्म हुन नसक्दा पूर्वकमैया अन्योलमा छन्। , लालपूर्जामा भएको जग्गा अरुले नै कमाउँदै आएको पूर्वकमैयाको भनाइ छ। लालपूर्जा प...
झलनाथ खनाल अहिले सहर बजारमा अटोरिक्सा सञ्चालनमा आएपछि नागरिकलाई आवागमनमा धेरै सहज भएको छ।, छोटो दूरीको यात्रामा अटोरिक्सा निकै लोकप्रियसमेत बनेको छ। कैयौंले आफ्नै क्षेत्रमा रोजगारसमेत पाएका छन्।, कैयौं युवा विदेशका लागि बुनेको सपना अहिले आफ्नै ठाउँमा साकार बनाउने पक्षमा देखिए पनि पछिल्लो समय सोचेजस्तो अटोरिक्सा व्यवसा...
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ।, शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो।, ‘मन्त्रिपरिषद्को निर्णय अनुहार गृह मन्त्रालयबाट हामीलाई परिपत्र भएको थियो। त्यही अनुसार हामीले आज सूचना जारी ग...
सेतोपाटी ताप्लेजुङको मैवाखोला गाउँपालिका सुकुम्बासीविहीन बन्ने भएको छ। , सुकुम्बासीलाई जग्गा खरिद गरी दिने प्रक्रिया सुरू भएसँगै अब मैवाखोला गाउँपालिका सकुम्बासीविहीन बन्ने भएको हो।, यसका लागि चालू आर्थिक वर्षमा एक करोड रूपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। सुकुम्बासीका लागि जग्गा खरिद गर्न गत आर्थिक वर्ष...
सेतोपाटी नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीको रोकिएको तलबभत्ता दिने भएको छ।, आन्दोलनमा उत्रिएको सातौं दिनमा व्यवस्थापन समितिबाट कर्मचारीको माग पूरा गर्ने भन्दै लिखित सहमति भएपछि कर्मचारीले व्यवस्थापन तथा प्रशासनमा लगाएको ताला खोलेका छन्।, विगत लामो समयदेखि तलब भत्ता नपाएपछि आन्दोलनमा ...
सेतोपाटी संवाददाता रामेछाप प्रहरीले जबरजस्ती करणीको मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका वडा नम्बर १ घर भइ रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ भलुवाजोर बस्ने २७ वर्षीय टसी विकलाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई सर्वोच्च अदालतले २०७२ साल मंसिर ६ गते १० वर्ष ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६१३ जनामा संक्रमण भएको हो।, जसमध्ये काठमाडौंका ४१०, भक्तपुरका ६९ जना र ललितपुरका १३४ जना छन्।, योसँगै शुक्रबारसम्म काठमाडौं उपत्यकाम...
सेतोपाटी संवाददाता शुक्रबार थप २ हजार ९७७ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६९८ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९८२ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ६१०  गर्दा ९९५ मा संक्रमण देखिएको छ।, कुल १७ हजार ३०८ जनाको नमूना परीक्षण गर्दा सो स...
राजेश घिमिरे चितवनको शारदानगरस्थित घोलमा बिहीबार बिहान मृत भेटिएका नेपाली सेनाका हुद्दा भरत गुरूङलाई सेनाकै सिपाहीले गोली हानी मारेको पुष्टि भएको छ।, काठमाडौंबाट सँगै चितवन आएका सिपाही गंगाधर ढकालले भरतको गोली हानी हत्या गरेको भेटिएको चितवन प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गरायो। , जिल्ला प्रहरीका प्रमुख ...
राजेश घिमिरे चितवनकी सुजिता भण्डारीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  , प्रहरीले शुक्रबार पत्रकार सम्मलेन गरी झापाको झापा गाउँपालिका-६ का २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीलाई सार्वजनिक गरेको हो। उनलाई प्रहरीले काठमाडौंबाट बिहीबार पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ।, प्रह...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले एक महिनाअघि अनिवार्य अवकाश भएका सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक (डिआइजी) प्रवीण श्रेष्ठलाई सेवामै राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।, न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले शुक्रबार डिआइजी श्रेष्ठलाई सेवामै राख्न उक्त आदेश जारी गरेको हो।, सशस्त्र प्रहरी नियमावली...
सेतोपाटी संवाददाता नक्कली 'नो अब्जेक्सन लेटर' प्रयोग गरी विदेश जान खोज्ने एक जना पक्राउ परेका छन्।, झापा भद्रपुर नगरपालिका वडा नम्बर १५ का २४ वर्षीय सुमन राजवंशीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको ना...
सेतोपाटी संवाददाता झापामा हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, गौरादह नगरपालिका वडा नम्बर ७ दुधाली बस्ने २५  वर्षीय सितकुमार ऋषिदेवलाई प्रहरीले हत्या गरेको आरोपमा शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।, उनीमाथि सोही नगरको वडा ४ र १ बीचमा पर्ने गे...
राजेश घिमिरे २०५० साल, माघ महिनाको कुरा हो।, चितवनको माडी (साविकको बघौडा गाविसको बसन्तपुर नजिकैको रमाइलो डाँडा) मा कोटी होम महायज्ञ चल्दै थियो। कोटी होमका हर्ताकर्ता थिए योगी नरहरिनाथ।, वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराणका ज्ञाता मानिने नरहरिनाथ विश्व हिन्दु महासंघका अध्यक्ष थिए। नरहरिनाथको दरबारसँग निकट सम्बन्ध ...
सेतोपाटी संवाददाता आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।, ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पु...
सेतोपाटी संवाददाता आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरू सञ्चालन हुने भएका छन्। लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो।, यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौं उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो।, तर सरकारको पछिल्लो निर्णयसँ...
सेतोपाटी संवाददाता आज र भोलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन्।, पानी पार्ने न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। , उनका अनुसार दिउँसो घाम लागेर गर्मी हुने भएकाले बेलुकातिर स्थानीय वायुको प्रभावका कारण मेघगर्जन र चट...
गोपालप्रसाद बराल बर्खाकालको साउन महिना मिथिलानी (मिथिलाका नारी) का लागि विशेष हुन्छ।, मैथिल हिन्दू परम्परामा साउन भगवान् शिवको प्रिय महिना मानिने विश्वासले मिथिलानीका लागि विशेष बन्दै आएको हो।, साउनमै पनि सोमबारको त अझ विशिष्ट महत्व छ।, साउने सोमबारका दिन भगवान् शिवलाई पुकारा गरी पूजाआराधना गरेर व्रत बसे इच्छित कामना ...
शर्मिला पाठक वैकल्पिक बाटो निर्माण नहुँदासम्म निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र बन्चरेडाँडामा तत्काल फोहर विसर्जन गर्न नसकिने भएको छ। काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने भन्दै केन्द्र सरकाले दुई वर्ष अघिदेखि धादिङ र नुवाकोट जिल्लाको सिमाना बन्चरेडाँडामा फोहर विसर्जनस्थल न...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटमा जडा गरिएको नयाँ ट्राफिक लाइट आजबाट सञ्चालनमा आएको छ। , ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्रा.ली.सँग सहकार्य गरेर जडान गरिएको ट्राफिक लाइट आजबाट सञ्चालनमा आएको जनाएको छ।, लाइट जडान कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक...
सेतोपाटी संवाददाता नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई बिस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ। , पब्लिक कम्पनीको रूपमा रुपान्तरण भएपछि बनेको नयाँ संचालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इण्डक्सन प्रोग्राम (परिचयात्मक कार्यक्रम) आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय बिस्तार ...
सुभानु आचार्य बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणमा २० फिट गारो लगाउने काम सम्पन्न भएको छ। मन्दिरमा प्रयोग गरिने काठ तथा इँटा समयमै पाउन नसक्दा र मुलुकमा कोरोना महामारी पनि बढ्दा पुनःनिर्माणमा ढिलाइ भइरहेको बताइएको छ। , मन्दिर पूरै पुनःनिर्माण सम्पन्न गर्न ६४ फिट चार इन्चको गारो लगाउनुपर्छ। सो मन्दिरमाथ...
सेतोपाटी संवाददाता युरोपेली मुलुक जर्मनीको पश्चिमतिरको सीमा बेल्जियम, लक्जेम्बर्ग र नेदरल्यान्ड्ससँग जोडिन्छ। गत जुलाई ११ मा यी चार मुलुकको सीमामा एउटा न्यून चापीय क्षेत्र बन्यो। त्यो न्यून चापीय क्षेत्रमा मध्य युरोपका ताल, नदी र माटोबाट वाष्प केन्द्रीकृत भयो। वायुमण्डलमा जम्मा भएको त्यो वाष्प केही समय आकाशै रह्यो। के...
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ । विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो । सेवा शुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ ।, अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार अब कलेजमा नियमित शल्यक्रिया ...
सेतोपाटी संवाददाता प्रहरीले झण्डै १० केजी चरेससहित दुई जनालाई पक्राउ गरेको छ।, बाग्लुङ निसिखोला गाउँपालिका–९ का २१ वर्षीय सुदीप सिंजाली मगर र बाग्लुङ बडिगाड गाँउपालिका-२ का ३० वर्षीय रेम बहादुर भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए।, आरोपीले दाङको गढुवा गाउँपालिका १ धानखो...
सेतोपाटी संवाददाता चितवनमा मृत फेला परेका व्यक्ति नेपाली सेनाका हुद्दा रहेको पुष्टि भएको छ।, चितवनको शारदानगरस्थित घोलमा बिहीबार बिहान पुरुषको शव भेटिएको थियो। भरतपुर-१७ सिमलडाँडा घोलको पानीभित्र भेटिएको शव शिवपुरी राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत् नेपाली सेनाको महेन्द्र दल गणका हुद्दा भरत गुरुङको रहेको पुष्टि भएको चि...
सेतोपाटी संवाददाता मास्कभित्र लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई किशोर पक्राउ परेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. १ पैंयाखोरेका १८ वर्षीय प्रकाश विक र तुलसीपुर ५ का १४ वर्षीय किरण विक पक्राउ परेका हुन्। , बाँकेको नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ८५१५ नम्बरको मोटरसाइकलमा ...
सेतोपाटी वालिङका एक पुरूष बेपत्ता भएको १७ वर्षमा घर आइपुगेका छन्। नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता भएका वालिङ नगरपालिका-६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किएका हुन्।, जनयुद्धका समयमा त्रासका कारण २०५९ असार १ गते घरबाट हिँडेका अर्याललाई दाङको लमहीमा भएको भन्ने परिवारले थाहा पाएपछि घर फिर्ता ल्याएक...
सेतोपाटी मेलका रूखमा नास्पाती फल्न थालेको कुरा सुन्दा पनि अचम्म लाग्ला तर जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँमा यस्तै वस्तुस्थिति देखिन्छ।, सानागाउँमा केही वर्ष पहिले कलमी गरेको मेलका रूखमा लटरम्म नास्पाती फल्न थालेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ।, अहिले कलमी गरिएका रूखमा फलेका नास्पातीका दाना हेर्न लायकका बनेक...
सेतोपाटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ।, मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताएका हुन्।, तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य संघ...
सेतोपाटी संवाददाता बिहीबार थप २ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १२ हजार ८२९ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , थप २४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरो...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ७५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७५१ जनामा संक्रमण भएको हो।, जसमध्ये काठमाडौंका ५३६, भक्तपुरका ८५ जना र ललितपुरका १३० जना छन्।, योसँगै बिहीबारसम्म काठमाडौं उपत्यकामा ...
विवेक राई र रविन न्यौपाने बर्दियाका निमराज आचार्य बिहीबार राति २ बजे टेकु अस्पतालमा कोरोनाविरूद्धको खोप लगाएको प्रमाणपत्र लिन लाइन लाग्न गए। अस्पताल पुगेर उनी गेट छेउमा बसे। तर त्यहाँका सुरक्षाकर्मीले आचार्यलाई गेट छेउमा बस्न नमिल्ने बताए। त्यसपछि उनी अस्पताल आँगनकै एक कुनामा गएर बसे।, तर बिहीबार दिउँसो साढे २ बजे अस्...
खिलानाथ ढकाल सिन्धुपाल्चोकको मुडेदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ३० किलोमिटर बाटो अहिलेसम्म पिच भइसकेको हुनुपर्थ्यो।, दुई लेन सडक विस्तार गरेर पिच गर्ने योजनाअनुसार सडक विभाग अन्तर्गतको सडक सुधार आयोजनाले ७९ करोड रुपैयाँमा पाँच वर्षअघि ठेक्का लगाएको थियो।, भारतीय एक्जिम बैंकको ऋण सहयोगमा यो सडक निर्माण थालिएको थियो। ...
सेतोपाटी जुम्लाको तिला गाउँपालिका र जाजरकोट जोड्ने तिला नदीमा पक्की पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन्। , पुल निर्माणले कर्णाली राजमार्ग हुँदै यहाँको भेरीखोला र जाजरकोटसम्म यात्रा गर्नका लागि सजिलो हुने भएकाले स्थानीयबासी खुसी भएका हुन्।, हिउँदको समयमा नदी सुके पनि वर्षायाममा निकै ठूलो हुने गरेको स्थानीयबासी ...
सेतोपाटी संवाददाता सरकारले चर्चित लोकगायक प्रकाश सपुत र लोकगायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ। , नेपाल सरकार गृह मन्त्रालय अन्तरगतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी चर्चित लोकगायक सपुत र गायिका दुलाललाई गीत संगीतको माध्यम...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणालाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति गर्न सिफारिस गरेको छ। , गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले एसएसपी राणालाई बढुवा गर्न बिहीबार सिफारिस गरेको हो। , हाल रिक्त रहेको एक जना डिआइजीको दरबन्दीमा एसएसपी ...
सेतोपाटी संवाददाता बुधबारदेखि हराएका माडी नगरपालिका- १ पाण्डवनगरका राजकुमार बोट चितवन राष्ट्रिय निकुञ्जभित्र मृत अवस्थामा भेटिएका छन्। , मध्यवर्ती क्षेत्रमा घर भएका ४६ वर्षीय बोट बिहीबार बिहान निकुञ्जको कोर इलाका परशुराम कुण्ड नजिक मृत अवस्थामा भेटिएका हुन्। उनको  जंगली भालुको आक्रमणबाट मृत्यु भएको अनुमान गरिएको निकुञ...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको दुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५-३० वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको छ।, उक्त भाले गैंडा अर्को भालेसँग जुधेर घाइते भई मरेको अनुमान गरिएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।, यस आर्थिक वर्षको पहिलो हप्तामै चितवन निकुञ्जमा तीन वटा भाले गैंडाको मृत्यु भएको छ।,...
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले विभिन्न अपराधमा संलग्न रहेका पाँच जना फरार अभियुक्त पक्राउ गरेको छ।, फरार अभियुक्त पक्राउ गर्ने अपरेसन ‘फप’ अन्तर्गत तीन दिनमा पाँच जना फरार अभियुक्तलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक डा. मनोज केसीले बताए।, पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-४ घर भई नवलपुर मन्यविन्दु नगरपालिका-१४ ...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त कालिमाटी काठमाडौंले सात जना जुवाडेलाई पक्राउ गरेको छ। , काठमाडौं-८ का रविन बिडारीले कलंकीमा सञ्चालन गरेको बिडारी ल फर्मभित्रबाट प्रहरीले ७१ हजार ७ सय नगदसहित बिहीबार सात जनालाई पक्राउ गरेको हो। , अपराह्न पाँच बजे ल फर्मभित्र तास खेलिरहेका उनीहरूलाई ६ बुक तास, तास खेल्न प्रयोग ग...
सेतोपाटी संवाददाता नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेलाई गोली हानी हत्या गरेको आरोप लागेका ११ जना सबै पुर्पक्षको लागि कारागार चलान भएका छन्।, बिहीबार जिल्ला अदालत कपिलवस्तुले हत्यामा संलग्न मुख्य अभियुक्त पाण्डेकी श्रीमती महिमा र ओमप्रकाश यादवसहित ११ जनालाई पुर्पक्षको लागि कारागार चलान गरेको हो...
सेतोपाटी संवाददाता निरन्तरको वर्षातका कारण बागलुङ जिल्लाका दुई राष्ट्रिय गौरवको आयोजनाका सडक अवरुद्ध भएको छ ।, मध्यपहाडी राजमार्गको बागलुङ नगरपालिका–३ बोक्से र कालिगण्डकी करिडोरको बागलुङ नगरपालिका – १३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जनाएको ...
रासस यसपालिको मनसुनजन्य विपद्का कारण अतिप्रभावित भएको मनाङमा हेलिकप्टरबाट औषधि र खाद्यान्न पुर्‍याइने भएको छ।, बाढी र पहिरोबाट प्रभावित भएको सदरमुकाम चामेलगायत आसपासका क्षेत्र विपद्का घटना भएको लामो समय बितिसक्दा पनि सडक सञ्जाल जोडिन नसकेपछि सरकारले खाद्यान्न पुर्‍याउन हेलिकप्टरको प्रयोग गर्न लागेको हो।, शुरुआती चरणमा...
रासस उदयपुरको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ।, जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने वृद्ध उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरी रहेका छन् भने हत्यामा संलग्न त्रियुगा–१३ का ४५ वर्षीय किसन सदा रहेका छन्।, प्रहरीका अनुसार सदा केही समय...
सेतोपाटी संवाददाता प्रहरीले मकवानपुरबाट गाँजासहित एउटा ट्रक र त्यसका चालकलाई पक्राउ गरेको छ।, बुधबार बिहान प्रहरीले ८१ किलो ३५० ग्राम गाँजासहित ना८ख ८२८४ नम्बरको ट्रक र चालकलाई पक्राउ गरेको हो।, पक्राउ पर्ने चालकमा राक्सिराङ गाउँपालिका-४ का ४२ वर्षीय बाबुराम नेगी छन्।, मनहरी गाउँपालिका-८ सिमपानीमा रोकिराखेको उक्त ट्रक...
सेतोपाटी संवाददाता नेपाल-भारत सीमा नजिकै नेपाली पक्षले बनाउँदै गरेको नाला र कल्भर्टमा भारतीय पक्षले अवरोध गरेको छ। , विराटनगर-१७ इस्लामपुरस्थित नेपाली भूमिमा बन्न लागेको नाला भारतीय सुरक्षाकर्मीले रोक लगाएको हो।, पानी निकासका लागि विराटनगरको सीमावर्ती क्षेत्रमा बन्न सुरू भएको नाला भारतीय पक्षको अवरोधको कारण अहिले रोकि...
सेतोपाटी मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ।, जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ। , गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मर्स्याङ्दी नदीमा आएको बाढीपह...
सेतोपाटी सडक निर्माण गरिएको वर्षौंपछि डोटीका शाखा सडक धमाधम कालोपत्र हुन थालेका छन्।, सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा यहाँका पाँच शाखा सडक कालोपत्र गर्ने तयारीमा रहेका हुन्।, पूर्वाधार विकास कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कम्तीमा पनि ८६ किलोमिटर शाखा सडक कालोपत्र गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै अहिल...
एजेन्सी चीनको हेनान प्रान्तमा अविरल वर्षासँगै आएको बाढी र डुबानले जनजीवन अस्तव्यस्त भएको छ।, शुक्रबारदेखि मंगलबारसम्म लगातार परेको पानीले अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।, पीडितको उद्धारका लागि तीन हजारभन्दा जनमुक्ति सेना खटाइएको छ।, रेल, सडक र विमानस्थल बन्द गरिएका ...
सेतोपाटी संवाददाता नेपालमा प्रतिबन्धित इनर्जी ड्रिङ्स खुलेआम बिक्री-वितरण भइरहेको पाइएको छ।, प्रहरीले नेपालमा प्रतिबन्ध गरिएको इनर्जी ड्रिङ्स ठूलो परिमाणमा बरामद गरेको छ।, क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थको बिक्री-वितरण तथा कारोबार रोक लगाइएकोमा खुलेआम बिक्री भइरहेको पाइएपछि प्रहरीले बजारबाट बरामद गरेको हो।, काठमा...
सेतोपाटी रामपुरको इलाका प्रशासन कार्यालय प्रमुखविहीन हुँदा नागरिक मर्कामा परेका छन्।, कार्यालय प्रमुख नहुँदा नागरिकता, द्रुत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन्।, यहाँ २०७७ साल चैत २७ गते कार्यालय प्रमुख ईश्वरचन्द्र अर्याल सरूवा भएर जिल्ला प्रशासन कार्यालय कपिलवस्तु गएपछि त्यसयता यो कार्यालय...
सेतोपाटी संवाददाता सर्लाहीमा एक पुरूषको पोखरीमा डुबेर मृत्यु भएको छ।, हरिपुर नगरपालिका वडा नम्बर ४ हरैया बस्ने ३० वर्षीय भरकुर माझीको सार्वजनिक पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।, उनी मंगलबार राति ८ बजेदेखि नै बेपत्ता थिए। पोखरीमा डुबेर बेपत्ता भएको भन्ने खबर प...
सेतोपाटी संवाददाता गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरमा वन क्षेत्र अतिक्रमण गरी लगाइएको मकै खेतीमा डोजर लगाएर नष्ट गरिएको छ।, मालिका-७ घमिरको सिलादीमा डेढ दसकभन्दा पहिलेदेखि बस्दै आएका सुकुम्बासी परिवारले लगाएको मकै खेतीमा डोजर चलाइएको हो।, सिलादीमा दलित समुदायका १२ परिवार विगत १७ वर्षदेखि सुकुम्बासीको रूपमा ...
सेतोपाटी संवाददाता कोरोना भाइरसविरूद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ।, एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले १० लाख डोज खोप लिन जहाज राति ११ बजे बेइजिङ जाने जानकारी दिए।, उनले खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने बताए।, लगत्तै अर्को १० लाख डोज खोप लिन भोलि साँझ नै जहाज बेइजिङ...
सेतोपाटी संवाददाता काठमाडौंमा आज (बुधबार) देखि १८ वर्ष माथि उमेर समूहका मानिसलाई पनि कोरोना भाइरसविरूद्धको जोनसन एण्ड जोनसनको खोप दिन थालिएको छ।, काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्राप्त भएको १ लाख ४० हजार डोज तोकिएका व्यक्तिलाई लगाइएको र केही खोप बाँकी रहेकाले आजदेखि १८ वर्ष माथिका उमेर समूहका मानि...
सेतोपाटी संवाददाता चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।, जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ९ का ३२ वर्षीय रामबहादुर दमाई र रुकुम-पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० चौखाबाङका ४५ वर्षीय पूर्णसिंह सुनार पक्राउ परेका हुन्।, उनीहरूलाई प्रहरीले बुधबार बिहान घोराही उपमहानगरपालिका वडा नम्बर ३ गोग्लीबाट उनीहरूलाई ...
सेतोपाटी संवाददाता बुधबार थप २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७१५ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९१८ मा संक्रमण देखिएको  छ भने एन्टिजेन विधिबाट ३ हजार ९०१  गर्दा ९२० मा संक्रमण देखिएको छ।, कुल १२ हजार ६१६ जनाको नमूना परीक्षण गर्दा सो संख...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ६९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६९७ जनामा संक्रमण भएको हो।, जसमध्ये काठमाडौंका ४९०, भक्तपुरका ७९  जना र ललितपुरका १२८ जना छन्।, पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जना क...
सेतोपाटी दार्चुलाका व्याँसबासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नुपरेको छ। , वर्षौंदेखि स्थानीयबासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीबासीले नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको हो। , नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधान...
सेतोपाटी संवाददाता झापाको शिवसताक्षी नगरपालिकामा एक जना वृद्धाको शव बेवारिसे अवस्थामा फेला परेको छ।, स्थानीय वडा नं १० माई खोलाको बगरमा बुधबार दिउँसो नाम थर वतन नखुलेकी वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ।, स्थानीयबासीले खोलाको बगरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।, ईलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्...
सेतोपाटी संवाददाता बाँकेमा नुहाउन भनी खोलामा पसेका तीन किशोरको डुबेर मृत्यु भएको छ।, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ श्रृष्टी टोलका अन्दाजी १६ वर्षीय अरिब जसगढ, १७ वर्षीय अरमान जसगढ र सोही वडाको सदरलाइनका रासिद जसगढको मृत्यु भएको छ।, बुधबार बेलुका ५ बजेतिर कोहलपुर नगरपालिका १० चटारस्थित डुडुवा खोलाको बाँधको नहरमा ...
सेतोपाटी संवाददाता काठमाडौं-११ भोटेबहालस्थित एक घरबाट १२ जुवाडे पक्राउ परेका छन्। बुधबार दिउँसो दिनेशकुमार शेरचनको घरमा जुवा खेलिरहेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नगदसहित पक्राउ गरेको हो।, जुवा अखडाबाट २ लाख ९१ हजार रूपैयाँ, तीन लाख ७० हजार रूपैयाँ बराबरको पाँच थान चेक, तास बुक लगा...
सेतोपाटी संवाददाता नहरमा डुबेर चितवनमा दुई बालकको मृत्यु भएको छ।, भरतपुर महानगरपालिका-२ क्षेत्रपुरमा रहेको खुला चौरनजिकै रहेको नहरमा डुबेर बुधबार दिउँसो बालकको मृत्यु भएको हो।, प्रहरीका अनुसार मृत्यु हुनेमा १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्मा रहेका छन्।, चौरमा क्रिकेट खेलेर हातखुट्टा धुने क्रममा उनीहरू डुबेर ...
सेतोपाटी संवाददाता टेकु अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले पछिल्लो सातायता कोरोनाका बिरामी अस्पताल आउने संख्या बढेर गएको बताएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै डा. बाँस्तोलाले एक सातादेखि अस्पतालमा कोरोनाका बिरामी आउने क्रम बढेर गएको जानकारी गराएका हुन्। , 'टेकु अस्पतालमा प्रत्येक ...
जुना श्रेष्ठ नविना ज्ञवालीलाई वर्षौंदेखि दृष्टिविहीन समूहका लागि खाना खाने वा पकाउने कामबारे छुट्टै बहसको खाँचो छ भन्ने लाग्थ्यो। करिब तीन हप्ताअघि उनले यसै विषयमा अनलाइन कार्यशाला चलाइन्।, पचासभन्दा बढीले सहभागिता जनाएको कार्यशालामा आधा सहभागी दृष्टिविहीन थिए। ३० वर्षीया नविना पनि दृष्टिविहिन हुन्।, जुममा आयोजित कार्...
सेतोपाटी संवाददाता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्ने निर्णय भएको हो।, त्यसअनुसार धेरै जिल्लाका नदी तथा खोलाहरूमा रहेका तुइन विस्थापन पनि गरिए। ओली दोस्रोपटक प्रधानमन्त्री भएर पनि बाहिरिसकेका छन्।, तर दुई वर्षभित्र देशभरका तुइन विस्थापन गरी झोलुंगे पुल राख्ने योजना भन...
एजेन्सी इस्लाम धर्मालम्बीहरूको पवित्र स्थल साउदी अरबको मक्काको सुरक्षामा पहिलो पटक साउदी महिलाहरू खटेका छन्।, साउदी सैनिकमा रहेका महिलाहरूलाई हजका लागि आउने श्रद्धालुहरूको सुरक्षाको लागि केही दिनअघि मक्कामा खटाइएको समाचार संस्था रोयटर्सले जनाएको छ।, गत अप्रिलदेखि दर्जनौं साउदी महिला सैनिकहरूलाई मक्का र मदिनाको सुरक्षा...
सेतोपाटी संवाददाता कोसी राजमार्ग अन्तर्गत विराटनगर भृकुटी चोकनजिक एक वृद्धको शव फेला परेको छ।, प्रहरीका अनुसार को४प २३१६ नम्बरको मोटरसाइकलमा वृद्धको शव फेला परेको हो।, ती वृद्ध विराटनगर-५ मुनापथका ६५ वर्षीय सुदर्शन न्यौपाने रहेको वडाध्यक्ष मीनकुमार आचार्यले बताए।, सोमबार बेलुका मोटरसाइकलमा चढेकै अवस्थामा उनको शव फेला ...
सेतोपाटी संवाददाता दाङमा ९ हजार बाँसका विरूवा रोपण गरिएको छ।, घोराही उपमहानगरपालिकाका ६, तुलसीपुर उपमहानगरपालिकाका, बबई गाउँपालिकाका ३ र दंगिशरणका गाउँपालिकाका एउटा सामुदायिक वन क्षेत्रमा बाँस रोपिएको छ।, प्रति दुई मिटरको दुरीमा बाँस रोपिएको छ। एक किलोमिटरमा करिब पाँच सय बाँस रोपिएको छ।, तारबारसहित यो वर्ष ९ हजार बाँस...
रासस बागलुङमा एक खानेपानी आयोजनामा काम गर्दै आएका चार जना मजदुरको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको छ।, गलकोट नगरपालिका वडा नम्बर ७ मल्मको एक खानेपानी आयोजनामा काम गर्ने मजदुर २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो।,...
एजेन्सी इराकको राजधानी बग्दादमा मुस्लिम धर्मालम्वीहरूको चाड इदका लागि मानिसहरूले किनमेल गरिरहेको एक बजारमा आत्मघाती बिस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।, सोमबार भएको बम बिस्फोटमा परी दर्जनौं मानिसहरू घाइते भएका छन्।, अलजजिरा टेलिभिजनका अनुसार बिस्फोटमा परेका इदका लागि सामान किन्न गएका मानिसहरूको शव बजारमा छरप...
सेतोपाटी म्याग्दीको बेनी-दरवाङ सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीका सञ्चालकको तस्वीर सार्वजनिक गरेर विरोध गरिएको छ।, बेनी नगरपालिका–६ डम्मरास्थित हिलाम्मे सडकको छेउमा लामा–समानान्तर जेभीका सञ्चालक जिपछिरिङ लामाको तस्वीर कालो पोतेर सडक छेउमा झुण्डयाइएको छ। दोलखाका लामा निर्माण कम्पनीका सञ्चालक हुन्।, समानान्...
सेतोपाटी अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्किएको छ।, अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका-४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पुर्‍याएको छ।  , नगरप्रमुख उत्तम गौतमले सो क्षेत्रका ५० मिटरसम्म नहर भत्किएको जानकारी दिए। उनका अनुसार नहर भत्किएपछि सप्तकोसी – १, २, ४ र ११ वडाका करिब ३०...
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा अदालतबाट दोषी ठहर भएका तीन जनालाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ।, सोमबार एकै दिन प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा काठमाडौं-९ पुरानो बानेश्वरकी ४४ वर्षीया पवित्रा श्रेष्ठ छिन्। उनलाई उच्च अदालत पाटनले तीन दिन कैद र १४ लाख रूपैयाँ जरिवानाको फैसला ...
सेतोपाटी पौडी खेल्ने क्रममा प्युठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन्। , बेपत्ता हुनेमा जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा (मर्साङी मगर)की सात वर्षीया छोरी सर्मिला थापा मगर रहेकी जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिका...
सेतोपाटी काठेखोला गाउँपालिका–५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ।, घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न जानुभएका पुनको आज बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए।, स्थानीयबासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्फ गएको ...
सेतोपाटी संवाददाता बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङले ‘बाँदर धपाऔं बालिनाली बचाऔँ’ अभियान शुरुआत गर्ने भएको छ । यसका हरेक घरधुरीबाट एक जना सहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ ।  , वडा कार्यलयले आज एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोगगर्न आग्रह समेत गरेको छ । वडाका विभिन्न टोलबाट...
राजेश घिमिरे सौराहाको नजिकै जन्कौलीका उदयचन्द्र अर्यालले जंगलमा पर्यटक घुमाउन थालेको ३० वर्ष भयो। बागलुङबाट बसाइ सरेर चितवन आएका उनले पेशाका रूपमा अँगालेको पहिलो काम नै यही थियो।, ‘नेचर गाइड’ भनिने यो पेशामार्फत् उनले सयौं विदेशीको संगत गरे। उनीहरूलाई नेपालको वन र यहाँ पाइने वन्यजन्तुको विषयमा जानकारी गराए।, २०४८ सालम...
कृष्ण अधिकारी बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु–२ गणेशबगरकी राम्री लामाका आँखा अझै ओभाएका छैनन् । गत असार १ गते साँझ मेलम्ची खोलामा आएको बाढीले उनको घर बगाएर लग्यो भने भएको थोरै खेत पनि बगरमा परिणत गरिदिएपछि उनको परिवार सुकुम्बासी बनेको छ ।  , ‘दिनभरि मेलापात गरी साँझ घर फर्केर खाना तयार गर्दै थिएँ, एक्कासी बम ...
भगवती पाण्डे दुर्घटना न्यूनीकरण तथा सुरक्षा निगरानीका लागि भन्दै बुटवलमा दुई वर्ष पहिले सिसिटिभी क्यामरा जडान गरिएको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले निगरानी गर्ने गरी बुटवलका विभिन्न १२ स्थानमा सिसिटिभी क्यामरा जडान गरिएको थियो।, २०७६ भदौ २ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कन्ट्रोल रूम उद्...
सेतोपाटी विषाक्त मदिरा पिएर चार जना मजदूरको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ । , बागलुङमा सोमबार साँझ विषाक्त मदिरा पिएका ६ मध्ये चार जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र प...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको छ।, आज बसेको बोर्डको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा लिने निर्णय गरेको हो।, परीक्षा विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा हुने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सेतोपाटीलाई बताए।, ‘साउन ३१ गतेदे...
सेतोपाटी काठमाडौं उपत्यकामा थप ७१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७१९ जनामा संक्रमण भएको हो।, जसमध्ये काठमाडौंका ५३१, भक्तपुरका ४१ जना र ललितपुरका १४७ जना छन्।, योसँगै मंगलबारसम्म काठमाडौं उपत्यकामा ७ हजार २४१...
सेतोपाटी संवाददाता मंगलबार थप ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १३ हजार १३५ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , थप २५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरो...
सेतोपाटी संवाददाता वन मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ परेका छन्। , पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नं. ७ राताकासका ४५ वर्षीय निमप्रसाद विक, ६३ वर्षीय धनबहादुर विक, ६२ वर्षीया राधा विक र ३४ वर्षीया ताराकुमारी पुन पक्राउ परेका हुन्।  , दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालका अनुसार उनीहरूविरूद्ध दा...
सेतोपाटी संवाददाता कैलालीमा साढे ३ वर्षको बालकको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपीसहित ९ जना प्रहरी पुरस्कृत भएका छन्।, घटनाको तोकिएको जिम्मेवारी इमानदारी तथा त्रुटीरहित ढंगबाट सम्पादन गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पुरूषोत्तम कँडेलले एसपी विश्व अध...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पुगेका छन्।, प्रधानमन्त्री देउवाले खुमलटारमा प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत फोटो सार्वजनिक गर्दै प्...
सेतोपाटी संवाददाता बाँकेबाट दुई ग्राम एक सय मिलीग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ का ६१ वर्षीय गुन्नु कबडिया र १८ बर्षीय राहुल कबडिया मंगलबार बेलुका सवा ४ बजेतिर पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए। , डिएस...
सेतोपाटी संवाददाता सुर्खेतको एक विद्यालयको स्तरोन्नतिको लागि व्यक्तिगत रूपमा सहयोग गरिएको छ।, विद्यालयमा फिल्ड निर्माण तथा विद्युत जडानका लागि नेपाल लोकतान्त्रिक खेलुकद संघ कर्णाली प्रदेशका अध्यक्ष हरि विष्टले मंगलबार एक लाख रूपैयाँ नगद सहयोग गरेका हुन्।, भवनबाहेक भौतिक पूर्वाधारमा कमजोर वीरेन्द्रनगर-१ धारापानीमा रहेक...
सेतोपाटी संवाददाता सोमबार थप २ हजार ४४५ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल ११ हजार ६६४ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , थप ३२ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरोन...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४७४ जनामा संक्रमण भएको हो।, जसमध्ये काठमाडौंका ३३०, भक्तपुरका ८८ जना र ललितपुरका ५६ जना छन्।, योसँगै सोमबारसम्म काठमाडौं उपत्यकामा ७ ह...
सेतोपाटी संवाददाता फोटो पत्रकार क्लब, नेपालले अफगानिस्तानको कान्दाहारमा भएको भिडन्तमा मारिएका रोयटर्सका फोटो पत्रकार दानिश सिद्दीकीको सम्झना सँगै आत्माको चिर शान्तिको कामना गदै १०८ दिप प्रज्ज्वलन गरेका छ।, काठमाडौंको स्वयम्भुनाथ परिसरमा मंगलबार आयोजित श्रद्धान्जली तथा दिप प्रज्वलन कार्यक्रममा नेपाली फोटोपत्रकारहरुले म...
सेतोपाटी संवाददाता सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।, आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त क्षेत्र कायम राख्ने घोषणा गरेको हो।, ‘विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक र मनाङलाई असोज...
सेतोपाटी संवाददाता जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार ९९६ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपमा मकवानपुरकी ३७ वर्षीय शुभद्रा परियार, इलामकी ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोक...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप तीन सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप तीन सय ३४ जनामा संक्रमण भएको हो।, जसमध्ये काठमाडौंका दुई सय ३४, भक्तपुरका ३६ जना र ललितपुरका ६४ जना छन्।, योसँगै आइतबारसम्म काठम...
सेतोपाटी संवाददाता ओखलढुंगामा चार वर्षीया बालिकाको जलेर मृत्यु भएको छ।, सिन्धुली फिक्कल गाउँपालिका वडा नम्बर ५ बस्ने समिता राई खड्काकी ४ वर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयले जनाएको छ।, धनकुमारी खड्का ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ स्थित मामा घरमा आएकी थिइन्। त्य...
सेतोपाटी संवाददाता पर्सा पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अमेरिका सहनीसहित तीन जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ।, आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले ५५ वर्षीय सहनीसहित तीन जनालाई ७९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।, पर्सा प्रहरी प्रवक्ता ...