content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता वर्किङ भिसामा अमेरिका पठाउने भन्दै ७४ लाख ९५ हजार ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा-४ का २४ वर्षीय विनोद भुसाल, पोखरा महानगरपालिका-२ मिरूवाका ३१ वर्षीय पुकार गुरुङ र पोखरा-१२ रानीपौवाका ३० वर्षीय प्रकाश गुरुङ रहेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरको हो।, विगत दुई वर्षदेखि उनीहरूले पटक-पटक गरेर ठगी गरेको भन्दै पीडितले साउन १ गते ब्युरोमा उजुरी दिएका थिए।, ब्युरोबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरूलाई पोखराका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहले बताए।, पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको ब्युरोले जनाएको छ।, पक्राउ परेकामध्ये भुसाल यसअघि पनि पक्राउ परेका थिए। अमेरिकामा थुनामा रहेको व्यक्ति छुटाइदिने भनी २५ लाख ठगी गरेको आरोपमा उनलाई दाङ प्रहरीले यसअघि पक्राउ गरेको थियो।, त्यसबेला ठगी मुद्दामा उनलाई कारबाही भएको थियो।, भुसालसँग अमेरिकामा रहेकी दिव्या राणा जोडिएकी छिन्। उनले कृषि फर्ममा भिसा दिने भनी भुसाललाई भन्ने गरेको र उनले विभिन्न व्यक्तिहरूको खातामा जम्मा गर्न लगाएर रकम ठग्ने गरेको खुलेको ब्युरोले जनाएको छ।, पक्राउ परेका तीन जनाले अमेरिकी दूतावास काठमाडौंको नक्कली कागजात बनाएर झुक्यानमा पारी ठगी गर्ने गरेको पाइएको छ।, अमेरिका पठाउँछु भन्दै ७४ लाख ठगी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ
भगवती पाण्डे गाउँपालिकाका कार्यालय कहाँ हुन्छन्?, यो प्रश्नको जवाफ सबैले सजिलैसँग दिन सक्छन्- उक्त गाउँपालिकाको सिमानाभित्र। तर रूपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा कार्यालय भने १५ किलोमिटर टाढा मासिक १६ हजार भाडा तिर्ने गरी फ्ल्याट लिएर सञ्चालन हुँदै आएको छ। , मायादेवी गाउँपालिका-८ (भैरहवा) स्थित एउटा भवनको तल्लो तला भाडामा लिएर तीन महिना यता कर्मचारीले छुट्टै कार्यालय चलाउँदै आएका छन्।, जबकी कोटहीमाई गाउँपालिकाले वडा- ५ मझगावाँमा झन्डै चार करोड रुपैयाँ खर्चिएर गत वर्ष नै सुविधासम्पन्न कार्यालय भवन निर्माण गरिसकेको छ।, पालिकाका सम्पूर्ण सेवा तथा गतिविधि यही भवनबाटै सञ्चालन हुनुपर्ने हो। तर यो 'गोप्य' कार्यालयबाट तीन महिनायता गाउँपालिकाका गतिविधि र ठेक्कापट्टाको भुक्तानी हुँदै आएको छ।, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार गौड, लेखा अधिकृत निरन्जन ज्ञवाली र इन्जिनियर नवराज भण्डारीलगायत प्राविधिक सिमानाबाहिर खोलेको त्यही 'गोप्य' कार्यालयमा बसेर काम गर्ने गर्छन्।, यो कार्यालयबाट भैपरी खर्चमात्रै होइन टेन्डरको योजना बनाउने, ठेक्कापट्टाको भुक्तानी दिने र बिलभौचर मिलाउनेसम्मका काम गर्दै आएका छन्। गाउँपालिकाले सञ्चालन गरेका निर्माणका कामहरूको फाइल गोप्य कार्यालयमै राखिएको एक कर्मचारीले बताए।, करोडौं रकम खर्चिएर गाउँपालिकाले सुविधासम्पन्न कार्यालय भवन निर्माण गरे पनि आफ्नो क्षेत्रभन्दा बाहिर घर  भाडामा घर लिएर गोप्य कार्यालय सञ्चालन गर्नु कानुनविपरीत रहेको स्थानीय बताउँछन्।, स्थानीय गुरूवचन यादवले गाउँपालिकाले सेवाग्राहीलाई सहज सेवा दिने भन्दा पनि कमिसनको काम सजिलो पार्न कर्मचारीले यस्तो काम गरेको आरोप लगाए।, कोटहीमाई गाउँपालिकाका कर्मचारीले फ्ल्याट भाडामा लिएको घर।, 'करोडौं खर्चिएर बनाएको गाउँपालिकाको आफ्नै भवन हुँदाहुँदै आफ्नो क्षेत्रभन्दा बाहिर गएर गोप्य कार्यालय सञ्चालन गर्नु सरासर भ्रष्टाचार हो,' उनले भने, 'कर्मचारीकै कारण गाउँपालिकामा बेलाबेला तालाबन्दी गर्न सेवाग्राही बाध्य हुने गरेका छन्।', गाउँपालिकाका उपाध्यक्ष भानमती बानियाँले गाउँपालिका भवन हुँदाहुँदै अन्यत्र कार्यालय सञ्चालन भएको भन्ने थाहा पाए पनि किन सञ्चालन गरिएको हो भन्ने आफूलाई जानकारी नगराइएको बताइन्।, 'कर्मचारीहरूले ठेक्कापट्टाको काम यहाँबाट गर्न अप्ठेरो भयो भनेर बाहिरै बसेको भन्ने सुनेको छु,' उनले भनिन्, 'यति ठूलो भवन आफ्नै हुँदाहुँदै बाहिर गएर किन भाडामा लिनु परेको हो मलाई थाहा छैन।', गाउँपालिका प्रमुख चन्द्रभुषण यादव भने यसमा प्रमुख प्रशासकीय अधिकृत गौडलाई दोष दिन्छन्।, उनको जबरजस्तीले एक-दुई महिनाको लागि मायादेवीमा कार्यालय सञ्चालन गरिएको गाउँपालिका प्रमुख यादवले स्वीकार गरे। अहिले भने उक्त कार्यालय बन्द गर्न गौडले आलटाल गरेको उनको आरोप छ।, 'कोरोना महामारीका कारण कर्मचारीहरू गाउँपालिकामा जान नमानेपछि एक-दुई महिनाको लागि मायादेवीमा कार्यालय सञ्चालन गरिएको हो,' उनले भने,'अहिले बन्द गरौं भन्दा प्रमुख प्रशासकिय अधिकृत गौडले आलटाल गर्दै आएका छन्।', अध्यक्ष यादवले प्रमुख प्रशासकिय अधिकृत गौडसँग गाउँपालिकाको सेवाको विषयमा पटक-पटक विवाद हुँदै आएको गुनासो गरे।, 'मैले कार्यालय बन्द गरौं भन्दै आएको छु, प्रमख प्रशासकीय अधिकृतले विवाद गर्दै आउनुभएको छ। चर्काचर्की भइरहन्छ, हातपात हुनमात्र बाँकी हो' यादवले भने।, प्रमुख प्रशासकिय अधिकृत गौड पछिल्लो तीन-चार दिन यता विदामा बसेको भन्दै कार्यालयमा उपस्थित भएका छैनन्। यही विषयमा जानकारी लिन खोज्दा गौडले फोन नउठाएपछि सम्पर्क हुन सकेन।, इन्जिनियर नवराज भण्डारीले भने गोप्य कार्यालय नभई आफूले निवासको रूपमा प्रयोग गरेको बताए।, 'गोप्य कार्यालय सञ्चालन गरेको भन्दा पनि निवासको रूपमा भाडामा लिइएको हो, कोरोना संक्रमणको जोखिमको बेला केही दिन यहीँबाट काम गरे पनि अहिले म गाउँपालिका कार्यालयमै जाने गरेको छु,' उनले भने।, भण्डारीले निवासको लागि भाडामा फ्लाट लिइएको बताए पनि गाउँपालिकाका सम्पन्न विभिन्न योजनाको भुक्तानी, फाइल सदर, सिफारिस, तोकआदेश लगायतको कामको लागि यही 'गोप्य' कार्यालयमा आउनु परेको सेवाग्राही बताउँछन्।, कोटहीमाई ५ मझगावांका अर्जुन बनियाले नयाँ कामको सिफारिस लिन वा कुनै कामको भुक्तानी लिन पर्‍यो भने मायादेवी नै पुग्न परेको बताए।, 'यस्ता काम प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतले मात्र गर्न मिल्छ। विकास निर्माणका योजनादेखि उपभोक्ता समितिमार्फत् गरेका कामको भुक्तानी लिन पनि भैरहवा पुग्नुपरेको छ,' उनले गुनासो गरे।, उनले आफ्नै भवन हुँदाहुँदै भाडामा लिएर अन्यत्र कार्यालय राखिनु जनप्रतिनिधिको लाचारी भएको बताए।, गाउँपालिकाका कार्यालय सहयोगीसहित प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, इन्जिनियरलगायत ६/७ जना कर्मचारी तीन महिनादेखि यही गोप्य कार्यालयमै आउने गरेको गाउँपालिकाका एक कर्मचारीले जानकारी दिए।, 'वैशाखदेखि नै गाउँपालिकामा हाजिर गरेर उहाँहरू भैरहवामै जाने गर्नुहुन्छ, लकडाउनको कारण गाउँपालिकामा आउन नसकेको हो भने हाजिर गर्नको लागि त आउन सक्नुभएको छ त,' उनले भने।, गाउँपालिकाबाट दिइने सिफारिस, तोक आदेश, फाइल सदर, भुक्तानीलगायतको काम यही भाडाको कार्यालयबाट गरिँदा गाउँपालिकाको कार्यालयका अधिकांश शाखा भने बन्द छन्।, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामनेवास यादवले भने भैरहवामा अर्को कार्यालय छ भन्ने जानकारी नभएको बताए।, कार्यालयको आफ्नै भवन हुँदाहुँदै भाडामा लिएर छुट्टै कार्यालय राख्न नपाइने उनको भनाइ छ।, चार करोड खर्चेर पोहोर बन्यो गाउँपालिका कार्यालय, ‘ठेक्कापट्टाको काम गर्न’ यसपालि कर्मचारीले भैरहवामा लिए फ्ल्याट भाडामा
सेतोपाटी कञ्चनपुरमा मुक्तकमैया पुनर्स्थापनाको कार्य पूरा भएको डेढ दशक बित्न लाग्यो। मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा भने छैन। हातमा भएको लालपूर्जाबमोजिमको जग्गाको पहिचान अहिलेसम्म हुन नसक्दा पूर्वकमैया अन्योलमा छन्। , लालपूर्जामा भएको जग्गा अरुले नै कमाउँदै आएको पूर्वकमैयाको भनाइ छ। लालपूर्जा पाएर पनि जग्गा पाउन नसकेपछि उनीहरू मजदूरी गरी जीविका चलाउँदै आएका छन्।  ,   , सम्बन्धित बस्तीमा लालपूर्जासहित पुगेर जग्गा खोज्दै हिँडे पनि धेरै परिवारले आफ्नो जग्गा पहिचान गर्न नसक्दा कष्टकर जीवन बिताउनु परेको मुक्तकमैया समाज जिल्ला समिति कञ्चनपुरका अध्यक्ष घासीराम रानाले बताए।,   , ‘लालपूर्जामा ठेगाना र बस्ती किटान गरी लेखिएको छ’, उनले भने, ‘कित्ता नम्बर र जग्गाको क्षेत्रफलसमेत उल्लेख छ। जग्गामा अरुले खेती गरेका छन्। जग्गा चिनाउनका लागि अमिनको व्यवस्था गर्न नसक्दा धेरै परिवार पुनःस्थापना हुनबाट बञ्चित रहेका छन्।’ , उनका अनुसार लालपूर्जा भएर पनि जग्गा चिन्न नसकेका परिवारको सङ्ख्या १५० को हाराहारीमा छ।, लालपूर्जा पाएका मुक्त कमैयालाई नक्सा र कित्ता नम्बरका आधारमा जग्गा चिनाइ पुनःस्थापनामा सघाउनुपर्ने दायित्व सम्बन्धित स्थानीय तहको भए पनि कुनै चासो नदिइएको उनको गुनासो छ। ,  , ‘लगतमा समावेश भएका तर जग्गा पाउनबाट बञ्चित रहेका २५० मुक्त कमैया परिवारको पुनःस्थापनका लागिसमेत कार्य अगाडि बढाउनुपर्छ’, मुक्त कमैया अगुवा संविधानसभाका पूर्वसदस्य दुर्गादेवी खुनाले भनिन्, ‘लगतमा समावेश भएर पनि रोजगारीको खोजीमा बाहिर गएर पुनःस्थापित हुन नसकेको पनि पुनःस्थापना हुनुपर्छ।’,   , कमैया मुक्तिको घोषणा भएको २१ वर्ष बित्नै लागेको छ।, अझै पनि मुक्त कमैयाले रोजागरीसँगै घर निर्माणका लागि सरकारले उपलब्ध गराउने भनेको ३५ क्युविक फुट काठसमेत पाउन सकेका छैनन्।, काठ उपलब्ध गराउन नसकेपछि एक लाख रूपैयाँका दरले उपलब्ध गराउने भनेको रकमसमेत सबै मुक्त कमैयाको हातमा पर्न सकेको छैन।,   , पुनःस्थापना भएका चार हजार ५०५ मुक्त कमैया परिवारमध्ये ८८२ परिवारले मात्रै सरकारले काठबापत उपलब्ध गराउने भनेको एक लाख रूपैयाँ रकम बुझेका छन्।, विसं २०५७ मा मुक्तिको घोषणासँगै मुक्त कमैयालाई जग्गा र काठ उपलब्ध गराउने सरकारले निर्णय गरेको थियो। घोषणाअनुरूप घर निर्माणका लागि काठ एक हजार परिवारलाई मात्रै उपलब्ध गराइएको थियो। अझै पनि दुई हजार ६२३ परिवार घर निर्माणबापतको रकम र काठ पाउनबाट बञ्चित छन्। ,   , घरको छाना राख्नका लागि प्रतिपरिवार ५५ हजार रूपैयाँका दरले रकम दिने सरकारको योजनासमेत कागजमै सीमित रहेको मुक्तकमैया अगुवा बिनादेवी चौधरी बताउँछिन्।, ‘घर निर्माणका लागि काठ र रकम पाउनबाट धेरै परिवार बञ्चित छन्’, उनले भनिन्, ‘छाना राख्नका लागि दिने भनेको रकमसमेत हालसम्म उपलब्ध गराइएको छैन।’ ,  , रोजगारीका लागि धेरै परिवारका सदस्यले सीपमूलक तालिम लिएका भए पनि आर्थिक अभावले सीपअनुसारको व्यवसाय सञ्चालन गर्न सकेका छैनन्।  , ‘व्यवसाय सञ्चालनका लागि प्रत्येक बस्तीमा रु १० लाखको घुम्ती कोषको व्यवस्था हुनुपर्‍यो। त्यो नभए पुनःस्थापन गराउँदा पाइएको जग्गा धितोका रूपमा बैंकमा राखेर कर्जा लिनका लागि व्यवस्था गरिदिनुपर्छ’, चौधरीले भनिन्,‘तालिम पाएर व्यवसायिक बन्न नक्दा अधिकांश मुक्तकमैया परिवारले मजदूरी गरेरै परिवारको पेट पाल्नुपर्ने अवस्था छ।’,   , मुक्तकमैयालाई अर्को समस्या नदी कटानको छ। नदीको तटीय क्षेत्रमा पुनःस्थापन गरिएका मुक्तकमैया परिवार प्रतिवर्ष कटान र डुबानको समस्याले विस्थापनमा पर्दै गएका छन्। नदीले जग्गा कटान गरी बगाएर लैजाँदा कतिपय परिवार घरवारविहीनताको अवस्थामा पुग्न थालेको छ।,   , बाढीले भूक्षय गरी घरजग्गा बगाएका केही परिवारलाई सरकारले पुनःस्थापन गरे पनि अझै १०० भन्दाबढी परिवारको पुनःस्थापन हुन नसक्दा सामुदायिक वन र सडक छेउमा झुपडी बनाई बस्न बाध्य भएका छन्। नदीका कारण विस्थापनमा परेका परिवारलाई पुनःस्थापन गरिनुपर्ने जगनीदेवी डगौरा बताउँछिन्। ,   , उनका अनुसार मुक्तकमैयाका बालबालिकालाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिने भनिए पनि अझैसम्म छात्रवृत्तिको रकम पाउन नसक्दा आर्थिक अभावले बालबालिकाले बिचमै पढाइ छाडेर परिवारका सदस्यसँगै मजदूरीमा जानुपर्ने बाध्यता छ। ,   , मुक्तकमैया अगुवा भन्छिन्, ‘मुक्तकमैया बस्तीमा शुद्ध खानेपानी, सिँचाइ, विद्युतको व्यवस्थासँगै एक कमैया, एक रोजगार तथा सीपमूलक तालिमको व्यवस्था गरी विनाधितो ऋणको व्यवस्था गरिनुपर्छ। योसँगै राज्यको निर्णायक तहमा मुक्तकमैयाको प्रतिनिधित्वसँगै मुक्तकमैया मजदूरको उचित ज्याला निर्धारण र निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्छ।’,  , विसं २०५७ साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कमैया मुक्तिको घोषणा थिए। संयोगले आज पनि मुलुकको प्रधानमन्त्रीमा देउवा नै हुन्।, मुक्तिको घोषणा गर्दा गरिएका वाचा दुई दशक बिते पनि पूरा हुन नसकेकाले यस क्षेत्रका नागरिकले उनीप्रति आशा राखेका छन्। , ‘उतिबेला गरिएका वाचा पूरा गर्नका लागि माग गर्छौं’, मुक्त कमैया अगुवा भन्छिन्,‘मुक्तिको घोषणा भएको दिनलाई मुक्त कमैया दिवसका रूपमा घोषणा गरी बिदा दिने व्यवस्था गरियोस्।’,   , कञ्चनपुर जिल्लामा पुनःस्थापन गरिएका चार हजार ५०५ मुक्तकमैया परिवारलाई कम्तीमा पाँच धुर र बढीमा पाँच कट्ठाका दरले एक हजार १६ बिघा जग्गा उपलब्ध गराइएको छ।, विसं २०६६ मा कञ्चनपुरमा मुक्तकमैया पुनःस्थापनाको कार्य सकिएको घोषणा गरिएको थियो।, मुक्तकमैयासँग लालपूर्जा छ, जग्गा छैन
झलनाथ खनाल अहिले सहर बजारमा अटोरिक्सा सञ्चालनमा आएपछि नागरिकलाई आवागमनमा धेरै सहज भएको छ।, छोटो दूरीको यात्रामा अटोरिक्सा निकै लोकप्रियसमेत बनेको छ। कैयौंले आफ्नै क्षेत्रमा रोजगारसमेत पाएका छन्।, कैयौं युवा विदेशका लागि बुनेको सपना अहिले आफ्नै ठाउँमा साकार बनाउने पक्षमा देखिए पनि पछिल्लो समय सोचेजस्तो अटोरिक्सा व्यवसायीलाई पक्कै पनि छैन।  ,     , कैलालीको टीकापुर नगरपालिका-१ का बलबहादुर टमटाले पाँच वर्षदेखि पेट्रोलियम अटोरिक्सा चलाउँदै आएका छन्। जति सहज उनलाई रिक्सा किन्दा थियो त्यो सहजता आज छैन।, ‘हिजोका दिनमा व्यवसाय राम्रै हुन्थ्यो, दैनिक दुई हजारभन्दा बढी आम्दानी हुन्थ्यो’, बलबहादुरले भने, ‘अहिले त यात्रुभन्दा बढी रिक्सा भएका छन्, तेल खर्च निकाल्न पनि गाह्रो हुन्छ।’  ,   , अटोरिक्सा व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई छ। स्थानीय सरकारले त्यसमा ध्यान दिन सकेको छैन। स्थानीय सरकारको मातहतमा अटोरिक्सा व्यवसाय आएपछि ट्राफिक प्रहरीको निगरानी पनि कम भएको छ।, अहिले केही व्यवसायीले त्यसको फाइदा उठाउनसमेत थालेका छन्। जथाभावी हुने पार्किङका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ।,      , जानकी गाउँपालिका– ६ का लक्ष्मीप्रसाद खनाल बसपार्कमा बसको टिकट लिन पुगे। त्यत्तिकैमा वर्षात् सुरू भयो। वर्षातमा नभिज्ने मनसायका साथ खनाल खडक चोकदेखि सामुदायिक एफएम चोकसम्म इलेक्ट्रिक रिक्सामा चढे।, करिब ५०० मिटर पनि रिक्सामा नबसेका उनलाई रिक्सा चालकले २० रूपैयाँ लियो।, चालकले समितिले नयाँ आर्थिक वर्षदेखि रिक्सामा चढेमात्रै पनि न्यूनतम २० रूपैयाँ लिने निर्णय भएको सुनाए पनि समितिले कुनै भाडादर नबढाएको बताएको छ।,  , सुपर कर्णाली डिलक्स यातायात प्रालिका संयोजक लोकबहादुर बुढाक्षेत्रीले अहिलेसम्म भाडा दरका विषयमा कुनै छलफल नै नभएको जनाउँदै त्यति छोटो दूरीमा महँगो भाडा लिनु गलत भएको बताए।, ‘भाडादर बढेका विषयमा हाम्रो समितिमा कुनै पनि छलफल भएको छैन र समितिलाई जानकारी पनि छैन’, संयोजक बुढाक्षेत्रीले भने, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण मूल्य बढाउन स्वभाविक भए पनि इलेक्ट्रिक रिक्साले अहिले भाडा बढाउनु उचित हुँदैन।’,     , सिद्धिविनायक यातायात प्रालिका महासचिव रामशरण रेग्मीले समितिमा इलेक्ट्रिक रिक्सा नभएको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि लामो दूरीका लागि भाडा वृद्धि गरिएको  बताए।, ‘हामीले भाडा दर कायम गरे पनि त्यसको कार्यान्वयन गर्ने कोही छैन, समितिमाभन्दा बढी रिक्सा बाहिर छन्, जतिले रिक्सा चलाउँछन्, ती आफ्नै मनमर्जीले काम गर्दै आएका छन्’, महासचिव रेग्मीले भने, ‘अहिलेसम्म टीकापुरका सन्दर्भमा रिक्सा चालकका लागि कुनै नियम कानून नै छैन।’, उनले नगरपालिकासँग पटक-पटक समन्वय गरे पनि नगरपालिकाले चासो नदिएकै कारण रिक्सा व्यवसायमा बेथिति मौलाएको बताए। ,     , ‘आज बुवाले भोलि आमाले त पर्सी त्यही छोरोले रिक्सा चलाउँछन्, तिनीहरूलाई न लाइसेन्स चाहिन्छ न त ब्लुबुक’, रेग्मीले भने, ‘यस्तो अवस्थामा स्थानीय सरकार गम्भीर भएको भए व्यवसायिकरूपमै लागेका रिक्सा चालकलाई राहत हुन्थ्यो, अर्कोतिर दुर्घटना भएको अवस्थामा त्यसको जिम्मेवारी स्थानीय सरकारले लिने कि, प्रहरीले ?’,     , अहिले यातायात व्यवस्था कार्यालयले अटोरिक्साको दर्ता नवीकरणलगायत आवश्यकपर्ने सबै प्रक्रिया स्थानीय सरकारबाटै गर्ने गरी जिम्मेवारी दिइसकेपछि आफूहरूलाई पनि अटोरिक्साको व्यवस्थापनमा निकै सकस भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट टीकापुरका इञ्चार्ज नमराज शाही बताउँछन्।, ‘अटोरिक्साको निगरानी ट्राफिक प्रहरीले नभई नगर प्रहरीले गर्नुपर्ने हो तर पनि ट्राफिक नियमको उल्लंघन गर्ने चालकलाई नियन्त्रणमा लिइ कारबाही गर्दै आएका छौं’, ट्राफिक इञ्चार्ज शाहीले भने, ‘हामीलाई अधिकार धेरै छैन, त्यो नगरपालिकाले गरिदिएको भए हामीलाई पनि सहज हुन्थ्यो।’,     , यातायात व्यवस्था कार्यालय मातहतमा नभई स्थानीय तहलाई अटोरिक्स व्यवस्थापनको जिम्मा दिइसकेपश्चात् गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकाले प्रक्रिया अगाडि बढाएका छन्।, अहिले टीकापुर क्षेत्रमा इलेक्ट्रिक र पेट्रोलियम गरी करिब २०० भन्दाबढी अटोरिक्सा सञ्चालनमा छन्।, केही अटोरिक्सा समितिमा दर्ता भएर सञ्चालनमा छन् भने केहीले यातायात कार्यालयमा पनि दर्ता गराएका छन्। कैयौं अटोरिक्सा अहिले पनि दर्ताविनै सञ्चालनमा छन्।रासस , 'यात्रुभन्दा बढी रिक्सा हुन थाले, तेल खर्च निकाल्न पनि गाह्रो हुन्छ'
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ।, शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो।, ‘मन्त्रिपरिषद्को निर्णय अनुहार गृह मन्त्रालयबाट हामीलाई परिपत्र भएको थियो। त्यही अनुसार हामीले आज सूचना जारी गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने।, त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन लागेको हो।, ‘परीक्षार्थी तथा सर्वसाधरणहरूको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण व्यवसायीहरूले नेपाल सरकारले तोकेको स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ,’ प्रशासकिय अधिकृत लक्ष्मीकुमारी शाहीले जारी गरेको सूचनामा भनिएको छ।, यात्रु गर्नेहरूलाई टिकट काटेर मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।,  , लामो दुरीको सवारीसाधन सञ्चालन गर्न दिने काठमाडौं प्रशासनको निर्णय
सेतोपाटी ताप्लेजुङको मैवाखोला गाउँपालिका सुकुम्बासीविहीन बन्ने भएको छ। , सुकुम्बासीलाई जग्गा खरिद गरी दिने प्रक्रिया सुरू भएसँगै अब मैवाखोला गाउँपालिका सकुम्बासीविहीन बन्ने भएको हो।, यसका लागि चालू आर्थिक वर्षमा एक करोड रूपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। सुकुम्बासीका लागि जग्गा खरिद गर्न गत आर्थिक वर्षमा गाउँपालिकाले ३० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। , गाउँपालिकाले गत हप्ता मात्र सोही गाउँपालिका-४ का निङ्मा फूर्वा शेर्पालाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराएको थियो। गाउँपालिकाले आफ्नो नाममा दुई रोपनी जग्गा पास गरिदिएपछि अब उनी सुकुम्बासी रहेनन्।, जग्गा पास गरिदिन वडाध्यक्ष पूर्णाहाङ लिम्बूसहित जिल्ला मालपोत कार्यालय फुङ्लिङमा आएका थिए। निङ्माका श्रीमान पेम्बा बेपत्ता भएको २२ वर्षपछि बल्ल उनले आफ्नै नाममा जग्गा प्राप्त गरेका छन्। , श्रीमानका नाममासमेत जग्गा नभएपछि ४० वर्षदेखि साहुको जमिन अधियाँ कमाएर गुजारा चलाइरहेका उनको दुई छोरीको विवाह गरेपछि घरमा एक्लै भएकी छन्।  , उनको आफ्नो कमाइले जमिन जोड्न कल्पना बाहिरको कुरा थियो।, सुकुम्बासीमुक्त पालिका बनाउने अभियानअन्तर्गत गाउँपालिकाले उनलाई जग्गा खरिद गरेर जग्गाधनी पूर्जा उपलब्ध गराइदिएपछि उनी अहिले दङ्ग परेकी छिन्। आगामी आर्थिक वर्षमा घरसमेत बनाइदिने कार्यक्रम रहेको गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङवाङले बताए। , गाउँपालिकाभित्र जमिनविहीन परिवारको तथ्यांक वडा कार्यालयमार्फत संकलन कार्य भइरहेको चोङपाङले बताए।, आफ्नो नाममा जमिन नभएका स्थानीयबासीको पहिचान गर्ने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ।, गत आर्थिक वर्षमा जग्गा खरिद गरिदिने र चालू आर्थिक वर्षमा घरसमेत बनाइदिने गाउँपालिकाको योजना भएको मैवाखोला गाउँपालिकाका सूचना अधिकारी मदन तिवारीले बताए। त्यसका लागि गाउँपालिकाले आवश्यक बजेट समेत विनियोजन गरेको उनले बताए। , सुकुम्बासीका लागि अहिले जग्गा खरिद कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले बताइन्।, सुकुम्बासी भनेर समाजले लगाइदिएको ट्याङ अब हटेको अर्का स्थानीयबासी फूर्वा ग्याल्जेन शेर्पाले बताए। उनलाई पनि गाउँपालिकाले दुई रोपनी जग्गा खरिद गरिदिएको छ।, ‘तेरो नाममा जग्गा घर केही छैन भनेर समाजले फरक व्यवहार देखाउने गरेको थियो’, उनले भने, ‘अब त मेरो नाममा पनि जग्गा छ।’, बाजेले जमिन बेचेर खाएपछि उनको परिवार रैथाने भएर पनि दुई पुस्तादेखि गाउँमै सुकुम्बासी बनेको थियो। साहुको चार रोपनी अधियाँ कमाएर उनले छ जनाको परिवार पालिरहेका थिए। , बाबु र बाजेका नाममा समेत घरजग्गा भएका परिवारलाई सुकुम्बासी भनेर पहिचान गरिएको गाउँपालिकाले जनाएको छ। जिल्लामा पहिलो पटक मैवाखोलाले यस्तो योजना ल्याएको हो।, वडा नं ५ र ६ का सुकुम्बासीले चार/चार रोपनी र अन्य वडाकालाई दुई/दुई रोपनीका दरले जग्गा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ।, सुकुम्बासीका लागि यसअघि सार्वजनिक तथा सरकारी जग्गाको उपयोग गर्ने गरिएको थियो। (रासस), सुकुम्बासीविहीन बन्दै मैवाखोला गाउँपालिका
सेतोपाटी नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीको रोकिएको तलबभत्ता दिने भएको छ।, आन्दोलनमा उत्रिएको सातौं दिनमा व्यवस्थापन समितिबाट कर्मचारीको माग पूरा गर्ने भन्दै लिखित सहमति भएपछि कर्मचारीले व्यवस्थापन तथा प्रशासनमा लगाएको ताला खोलेका छन्।, विगत लामो समयदेखि तलब भत्ता नपाएपछि आन्दोलनमा उत्रिएका शिक्षण अस्पताल नेपालगञ्जका कर्मचारीको माग व्यवस्थापन पक्षले सम्बोधन गरेको छ।, व्यवस्थापन पक्षका तर्फबाट लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिडेटका उपनिर्देशक श्यामकुमार शर्मा तथा आन्दोलित कर्मचारीका तर्फबाट मुनिर खान, अशोककुमार दीक्षित र विजयकुमार त्रिपाठीले उक्त लिखित सहमतिमा हस्ताक्षर गरेका छन्।, वैशाख महिनाको तलब साउन १० गतेभित्र, जेठ महिनाको तलब साउन २० गतेभित्र र असार महिनाको तलब भदौ ७ गतेभित्र उपलब्ध गराउने साथै फरक तलब, बीमा, सामाजिक सुरक्षा कोषबापतको रकम साउन मसान्तसम्म दिने र उपदानबापतको रकम असोज महिनासम्म प्रत्येक कर्मचारीको व्यक्तिगत खातामा राखिदिने सहमति भएको खानले बताए। , उनका अनुसार हटाइएका कर्मचारीका बारेमा शनिबार बसेर छलफलका माध्यमबाट टुंगो लगाइने भएको छ।, कलेजले तलबभत्ता समयमा उपलब्ध नगराएको भन्दै तीन युनियनले गत असार ९ गते व्यवस्थापन पक्षसँग सातबुँदे मागपत्रमा ५१ बुँदे सहायक माग राखेर आन्दोलन गरेका थिए।रासस, शिक्षण अस्पताल नेपालगञ्जका डाक्टर-कर्मचारीले रोकिएको तलब, भत्ता पाउने
सेतोपाटी संवाददाता रामेछाप प्रहरीले जबरजस्ती करणीको मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका वडा नम्बर १ घर भइ रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ भलुवाजोर बस्ने २७ वर्षीय टसी विकलाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई सर्वोच्च अदालतले २०७२ साल मंसिर ६ गते १० वर्ष कैद सजाय तोकेको थियो।, उनलाई प्रहरीले शुक्रबार बिहान ११ बजे भलुवाजोरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।, उनले सिन्धुपाल्चोककी एक महिलामाथि जबरजस्ती करणी गरेका थिए। कैद सजाय भएका टसी विकले आफ्नो नाम परिवर्तन गरेर राज विक राखेका थिए।, नाम परिवर्तन गरेर बसेका विक रामेछापमा एक ग्रिल उद्योगमा काम गर्थे। , जबरजस्ती करणीको मुद्दामा फरार व्यक्ति पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६१३ जनामा संक्रमण भएको हो।, जसमध्ये काठमाडौंका ४१०, भक्तपुरका ६९ जना र ललितपुरका १३४ जना छन्।, योसँगै शुक्रबारसम्म काठमाडौं उपत्यकामा ७ हजार ८४५ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५७८२, भक्तपुरमा ९४७ जना र ललितपुरमा १११६ जना सक्रिय संक्रमित छन्।, काठमाडौं उपत्यकामा थपिए ६१३ संक्रमित
सेतोपाटी संवाददाता शुक्रबार थप २ हजार ९७७ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६९८ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९८२ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ६१०  गर्दा ९९५ मा संक्रमण देखिएको छ।, कुल १७ हजार ३०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , थप १८ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा १ हजार ६७८ जना कोरोनाबाट मुक्त भएका छन्। , थपिए २९७७ संक्रमित, निको भए १६७८
राजेश घिमिरे चितवनको शारदानगरस्थित घोलमा बिहीबार बिहान मृत भेटिएका नेपाली सेनाका हुद्दा भरत गुरूङलाई सेनाकै सिपाहीले गोली हानी मारेको पुष्टि भएको छ।, काठमाडौंबाट सँगै चितवन आएका सिपाही गंगाधर ढकालले भरतको गोली हानी हत्या गरेको भेटिएको चितवन प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गरायो। , जिल्ला प्रहरीका प्रमुख एसपी ओमप्रसाद अधिकारीले चितवनमा बैना गरिएको जग्गा पासका लागि आएका भरतको उनकै विश्वासिला साथी ढकालले हत्या गरेको बताए। , एसपी अधिकारीका अनुसार भरतपुर-२१ का गंगाधरलाई गुरूङले विश्वास गरेर बैंकको चेक नै दिएका थिए। भरतको चेक प्रायजसो गंगाधारसँगै हुन्थ्यो।, साउन २ गते भरतको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाताबाट गंगाधर आफैंले भरतको हस्ताक्षर गरी ९ लाख रूपैयाँ निकालेका थिए। यसबारे भरतलाई भने थाहा थिएन।, एसपी अधिकारीकाअनुसार गंगाधरले बयानमा भरतको हस्ताक्षर सजिलो भएकाले आफैंले उनको हस्ताक्षर गरेर पैसा निकालेको बताएका छन्।, भरतले जग्गा किन्नका लागि भनेर राखेको रकम गंगाधरले आफ्नो घरमा लगेर ६ लाख रूपैयाँ श्रीमती र २ लाख रूपैयाँ बुवालाई दिए। बाँकी एक लाख रूपैयाँ आफैंले राखे। , काठमाडौंस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको महेन्द्रदल गणमा कार्यरत भरतले साउन ५ गते चितवन आउनका लागि बिदा लिए। साथी गंगाधरलाई चितवन जानका लागि लिन आउन बोलाए। गंगाधरकै मोटरसाइकलमा आएका उनीहरू सो दिनको राति चितवनको एक होटलमा बास बसे। , ६ गते भरत गुरूङ भरतपुर-१९ शारदानगरस्थित माइला बुवाको छोरा रविन गुरूङको घरमा पुगेर झोला राखे। त्यसपछि गंगाधरकै मोटरसाइकल चढेर बजारतिर निक्लिए। , सो दिन राति उनीहरूले एक होटलमा बसेर अत्यधिक मदिरा सेवन गरेको एसपी अधिकारी बताउँछन्।, ‘भरत सोझो रहेछ, रक्सी पनि अत्यधिक खाने रहेछ,’ अधिकारीले भने, ‘रातभर रक्सी खाएर गंगाधरले भरतलाई मोटरसाइकलमा राखेर डुलाउँदा बिहानै भएछ।’, अधिकारीले दिएको जानकारीमा बिहान करिब ६ बजेतिर शारदानगरको सिमलडाँडामा पुगेपछि गंगाधरले पिसाब फेर्ने भनेर मोटरसाइकल रोकेका थिए।, ‘भरत फर्किएर मोटरसाइकलमा आड लगाएर बसे। गंगाधरले झोलामा रहेको हतियार ‘एसएमजी’ झिकेर भरतको टाउकोमा एक राउण्ड गोली हानेछन्,’ एसपी अधिकारीले भने, ‘त्यसपछि मृतकलाई तानेर घोलमा फालेर हिँडेछन्।’, गंगाधरले आफ्नो कपडा, जुत्ता र मोटरसाइकलमा लागेको रगत केही पर गई कुलोको पानीमा पखालेका थिए।, उनी भरतपुर–८ स्थित गरुवा कामक्ष मन्दिर क्षेत्रमा पुगेर सडकको किनारामा रहेको झाडीमा हतियार फालेर पूर्वी चितवनको सौराहचोकस्थित फुपूको घरमा पुगेका थिए। फुपूको घरमा कपडा पुनः पखालेपछि उनी दिउँसो भरतपुर–१० मा रहेको हुण्डाई कारको शोरूममा कार्यरत काकाका छोरासँग मोटरसाइकल साटेर निस्किएका थिए। , गंगाधरलाई प्रहरीले बिहीबार अपरान्ह भरतपुर–२० चनौलीबाट पक्राउ गरेको थियो।, एसपी अधिकारीले प्रहरीको ज्ञान, सीप, प्रविधिको पूर्ण प्रयोग गरी घटना भएको केही घण्टामै आरोपितलाई पक्राउ गर्न सफल भएको बताए।, प्रहरीले गंगाधरलाई पक्राउ गर्नुका साथै एक थान गोलीको खोका, एसएमजी हतियार एक थान, नगद ८ लाख रूपैयाँ, मोटरसाइकल लगायत घटनामा प्रयोग भएका सामग्री बरामद गरेको जनाएको छ।  , भरतका आफन्तहरूले हत्यामा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न प्रहरीसमक्ष माग गरेका छन्।, धादिङको निलकण्ठ नगरपालिका–१३ का ३६ वर्षीय भरत गत पुसमा मात्रै शान्ति सेनाको मिसनमा लेवनान पुगेर फर्किएका थिए।, चितवनमा मृत भेटिएका सेनाका हुद्दालाई सेनाकै सिपाहीले गोली हानेको पुष्टि
राजेश घिमिरे चितवनकी सुजिता भण्डारीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  , प्रहरीले शुक्रबार पत्रकार सम्मलेन गरी झापाको झापा गाउँपालिका-६ का २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीलाई सार्वजनिक गरेको हो। उनलाई प्रहरीले काठमाडौंबाट बिहीबार पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार उनी सुजिताका काकाका छोरा हुन्।  , 'हाम्रो अनुसन्धानले उनीहरू दाजु-बहिनी (काकाको छोरा र छोरी) पर्छन्। उनीहरूको सम्बन्ध दाजुबहिनीको मात्रै सीमित नरही शंकास्पद देखिएको भनेर परिवारकै सदस्यहरूले चेतावनी दिएको अनुसन्धानबाट खुलेको छ,' इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी ईन्द्रबहादुर रानाले भने।, उनीहरू दुबै काठमाडौं गएर एकैसाथ बस्ने भनेर योजनासमेत बनाएको थापाले बताए। दिदीकोमा बस्ने भन्दै सुजिता काठमाडौंमा आएको र सचिनलाई कोठा खोज्न दबाब दिएको अनुसन्धानमा खुलेको छ।, 'कोठा खोज्न दबाब दिएपछि उनीहरूसँगै बसेको देखिन्छ। र लामो समयको एकअर्का प्रतिको आकर्षणपश्चात सुजिताले सचिनलाई विवाह गर्न दबाब दिएको र सामाजिक तथा नैतिक कठिनाइले गर्दा सम्भव भएसम्म विदेश जाने र सम्भव नभए एकआपसको अपहरणको बहाना बनाएर कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएको खुलेको छ,' रानाले भने।, गत असार ९ गते सुजिताले सचिनलाई विवाहको प्रस्ताव गर्दा विवाद भएको थियो। सुजिताले 'विवाह नगर्ने भए म मर्छु' भनेको प्रहरी नायब उपरीक्षक रानाले बताए। त्यसपछि उनीहरूबीच कुनै संवाद भएको थिएन।, सुजिताको पोष्टमार्टम पछि प्रहरीले भिसेरा गर्न राष्ट्रिय विधि विज्ञान प्रतिष्ठानमा पठाएको थियो।, त्यस्तै प्रहरीले बरामद गरेको सचिनको फोन र सुजिताको फोनमा भएको मेमोरी कार्ड पनि सामाखुसीस्थित ल्याबमा पठाएको र त्यसबाट डिलिट गरिएका तस्वीरहरू समेत पाइएको प्रहरीले जनाएको छ।, प्रहरीले घटनामा थप अनुसन्धान अघि बढाएको छ।, असार ११ गते एक्कासि हराएकी सुजिताको असार २० गते चितवनको जंगलमा शव फेला परेको थियो।  , * शीर्षक सम्पादन गरिएको, ‘प्रेमी’ले विवाह गर्न अस्वीकार गरेपछि सुजिताले आत्महत्या गरेको दाबी, दुरूत्साहन आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले एक महिनाअघि अनिवार्य अवकाश भएका सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक (डिआइजी) प्रवीण श्रेष्ठलाई सेवामै राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।, न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले शुक्रबार डिआइजी श्रेष्ठलाई सेवामै राख्न उक्त आदेश जारी गरेको हो।, सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार डिआइजीको चार वर्षे कार्यकाल पूरा गरेर उनले गत असार ८ गते अनिवार्य अवकाश लिएका थिए।, डिआइजीको कार्यकाल चार वर्ष पूरा भए पनि सशस्त्र प्रहरी मुख्यालयको सिफारिसमा थप एक वर्ष कार्यकाल थप्न सकिने कानूनी प्रावधान नियमावली भएको र सोहीअनुसार श्रेष्ठको पदावधि थप्न सकिने व्यवस्था थियो।, कार्यकाल थप नगरिएको विरुद्ध श्रेष्ठले यही साउन ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। रासस, सशस्त्रका डिआइजी श्रेष्ठलाई सेवामै राख्न सर्वोच्चको आदेश
सेतोपाटी संवाददाता नक्कली 'नो अब्जेक्सन लेटर' प्रयोग गरी विदेश जान खोज्ने एक जना पक्राउ परेका छन्।, झापा भद्रपुर नगरपालिका वडा नम्बर १५ का २४ वर्षीय सुमन राजवंशीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको नो अब्जेक्सन लेटरमा विवरण किर्ते गरी आफ्नो नाम राखेको पाइएको महतोले बताए।, उनी सो नो अब्जेक्सन लेटर बोकेर युक्रेन जान लागेको भन्ने सूचना ब्युरोले पाएको थियो। खबरपछि खटिएको प्रहरीको टोलीले उनलाई काठमाडौं महानगरपालिका वडा नम्बर ९ सिनामंगलबाट पक्राउ गरेको हो।, उनीमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ।,  , अर्कैको 'नो अब्जेक्सन लेटर'मा आफ्नो नाम राखेर विदेश जान खोजेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता झापामा हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, गौरादह नगरपालिका वडा नम्बर ७ दुधाली बस्ने २५  वर्षीय सितकुमार ऋषिदेवलाई प्रहरीले हत्या गरेको आरोपमा शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।, उनीमाथि सोही नगरको वडा ४ र १ बीचमा पर्ने गेउरिया खोलामा मृत फेला परेका पुरूषको हत्या गरेको आरोप छ।, मृतक इटहरी उपमहानगरपालिकाका अन्दाजी ५५ वर्षीय टुनटुन ऋषिदेव थिए। उनी सो गाउँमा मागेर खाने र डुलेर हिँड्ने गरेको थापाले बताए।, स्थानीयले उनको शव शुक्रबार बिहान १० बजे खोलामा फेला परेका थिए।, खबरपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको थियो। शव पोष्टमार्टमको लागि दमक अस्पतालको शव गृहमा राखिएको छ।, प्रारम्भिक अनुसन्धान गर्दा बिहान करिब ९ बजे टुनटुन र सितकुमारबीच सामान्य विवाद भएको थियो। सोही विवादको क्रममा सितकुमारले टुनटुनलाई खोलाको डिलबाट धकेलेको प्रहरी नायब उपरीक्षक थापाले बताए।, सो कुरा पत्ता लागेपछि प्रहरीले सितकुमारलाई लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।, उनले सामान्य विवाद हुँदा धकेलेको र खोलामा खसेर ननिस्किएपछि भागेको प्रहरी समक्ष बयान दिएका छन्।, उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,  , खोलामा धकेलेर हत्या गरेको आरोपमा एक पक्राउ
राजेश घिमिरे २०५० साल, माघ महिनाको कुरा हो।, चितवनको माडी (साविकको बघौडा गाविसको बसन्तपुर नजिकैको रमाइलो डाँडा) मा कोटी होम महायज्ञ चल्दै थियो। कोटी होमका हर्ताकर्ता थिए योगी नरहरिनाथ।, वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराणका ज्ञाता मानिने नरहरिनाथ विश्व हिन्दु महासंघका अध्यक्ष थिए। नरहरिनाथको दरबारसँग निकट सम्बन्ध रहेकाले कोटी होममा तत्कालीन राजा वीरेन्द्र शाह पनि सहभागी हुने चर्चा थियो।, आफ्नै प्रस्तावमा हुन लागेको कोटी होममा जातीय आधारमा कसैलाई विभेद नगरिने घोषणा नरहरिनाथले गरेका थिए। नरहरिनाथको यो घोषणाबाट माडी क्षेत्रको दलित समुदाय उत्साहित भयो। सार्वजनिक धारो, मन्दिरसमेत प्रवेश नपाएका उनीहरू कोटी होममै सहभागी हुन पाउँदा खुसी नहुने कुरै भएन। , 'नरहरिनाथले कोटी होमस्थलको माइकबाटै एउटै धर्म मान्नेहरू सबै बराबरी हुन्, सानो र ठूलो जात छैन भनेर सबैलाई सहभागी हुन आह्वान गरेका थिए,' राजनकुमार परियारले एउटा लेखमा लेखेका छन्।, 'माडीको कोटी होम संघर्षः योगी नरहरिनाथको द्विविधा' शीर्षकको उक्त लेख 'दलनविरूद्धको प्रतिरोध' नामक किताबमा संकलित छ। यो किताब राजेन्द्र महर्जन र डा. यामबहादुर किसानले सम्पादन गरेका हुन्।, परियारले आफ्नो लेख स्थानीय दलित अगुवाहरूसँगको कुराकानीका आधारमा लेखेका थिए।, 'यसै क्रममा योगी नरहरिनाथले म लिंगभेद र जातभेद गर्दिनँ भनेका थिए। दलितले गायत्री मन्त्र सुन्नु हुँदैन भन्ने मान्यता नेपाली रूढिग्रस्त समाजमा व्याप्त थियो। त्यस्तो मान्यतालाई चुनौती दिँदै उनी माइकबाट साँझ–बिहान गायत्री मन्त्र वाचन गर्थे,' परियारले लेखेका छन्, 'यस्ता गतिविधि पचाउन नसकेका ब्राह्मण र क्षत्रीहरूले मन अमिलो पार्दै नरहरिनाथ बौलाए, दलितहरूले गायत्री मन्त्र सुने, अब धर्म नासिने भो भनेर कुरा काट्थे।', जब कोटी होममा दलित समुदायका महिला पूजा सामग्री लिएर पुगे, अवस्था फरक देखियो।, माघ १४ गते उनीहरूले लिएर गएका तरल सामग्री कोटी होम आयोजकले लिन मानेनन्। ठोस वस्तुहरू जेनतेन पूजा सामग्रीका रूपमा ग्रहण गरेको आयोजकले दूध, घिउ, तेल लगायत सामग्री छोइन्छ भन्दै लिएनन्।, नरहरिनाथको विश्वासमा उत्साहित भएर आएको दलित समुदायलाई यो घटनाले निराश मात्रै गराएन, आक्रोशित बनायो। उनीहरूले कोटी होम भएको स्थलबाटै विद्रोहको आवाज उठाउन थाले। प्रतिरोध गर्ने निर्णय गरे।, तत्कालै एउटा निवेदन लेखेर दलितहरूको ठूलो समूह कोटी होमस्थल पुग्यो। नेपाल उत्पीडित दलित जातीय मुक्ति समाजका क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर विक र डिलबहादुर विकको नेतृत्वमा गएको समूहले नरहरिनाथलाई निवेदन दियो। उनले ठूलो जमातसँग कुरा गर्न नसक्ने भएकाले आधिकारिक वार्ता गर्न सानो टोली बनाएर आउन आग्रह गर्दै निवेदन फर्काइदिए।, निराश दलितहरूले संस्थागत रूपमै विरोध गर्ने मनसाय बनाए। त्यसै दिन माडीमा क्षेत्रीय भेला गरे। भेलाले दलित भक्तजनले चढाएको ठोस वस्तु लिइनु र तरल वस्तु नलिइनुको कारणबारे कोटी होम व्यवस्थापन समितिलाई पत्राचार गरेर जवाफ माग्ने निर्णय गर्‍यो। साथै, कोटी होमका मूल पुजारी योगी नरहरिनाथसँग पनि प्रष्टीकरण माग्ने निर्णय गर्‍यो।, माघ २० गते माडीका चारै गाविसका दलितको भेला बस्यो। भेलाले २१ गते कोटी होममा ठोस र तरल पूजा सामग्री चढाउने निर्णय गर्‍यो। वार्ताका लागि लालबहादुर विकको नेतृत्वमा तीन सदस्यीय समिति पनि बनायो।, २१ गते बिहान करिब ५०० जना दलितहरू पूजा सामग्री लिएर कोटी होम स्थल पुगे। आफ्ना कुरा राखे। तर आयोजकले तरल पूजा सामग्री ग्रहण नगर्ने अडान दोहोर्‍यायो। दलितहरूसँग वार्ता गर्न नरहरिनाथ आइपुगे।, 'हिन्दु धर्मको वेद–पुराणले सबैलाई समान व्यवहार गर्न भन्छन्। तर समाजका टाठाबाठाले आफ्नो फाइदाका लागि जातको आधारमा उँचनीचको व्यवहार गरेका हुन् भन्ने आशयको कुरा नरहरिनाथले राखेको वार्ताटोलीमा सहभागी भिमसेन विकले बताए,' राजनकुमार आफ्नो लेखमा लेख्छन्, 'त्यसपछि वार्ता टोलीका अर्का सदस्य लालबहादुर विकले हामी पनि यी कुरा जान्दछौं, हामीलाई योगी नरहरिनाथले आँखा देखाउनुपर्दैन भनेपछि वार्तास्थल सनसनीपूर्ण भएको थियो।', पछि कोटी होममा चढाउन ल्याइएको दुई लोटा दूध र दुई लोटा घिउ प्रयोग गर्न हुने/नहुनेबारे माघ २५ गते मूल समिति र धर्मसभामा प्रस्तुत गर्ने सहमति भयो। माडीका दलित समुदायका अगुवाले यो कुरा नेपाल उत्पीडित दलित जातीय मुक्ति समाजको जिल्ला केन्द्रीय समितिसमक्ष पुर्‍याए।, 'फलफूल पनि चिसो छ, छोइन्छ भनेछन्। दूध, घिउ, तेल त उनीहरूले देख्नै सकेनन्,' समाजका तत्कालीन केन्द्रीय कोषाध्यक्ष रणेन्द्र बरालीले सेतोपाटीसँग भने, 'माडीका साथीहरूको गुनासो हामीकहाँ आइपुग्यो।', त्यतिखेरसम्म नरहरिनाथ माडी छाडेर देवघाट आइसकेका थिए। बराली उनलाई भेट्न देवघाट पुगे, माडीमा के भएको हो भनेर सोधे।, 'उहाँले विभेद हुनु हुँदैन, अब त्यस्तो हुँदैन भन्नुभयो। त्यो कुराले हामी फेरि उत्साहित भयौं,' उनले सुनाए।, माडी घटना केही दिनमा छिमेकी जिल्लामा फैलिसकेको थियो। माघ २५ गते बरालीको नेतृत्वमा भरतपुरबाट सयौं दलितको र्‍याली माडीतर्फ हिँड्यो।, 'र्‍यालीमा चितवनका मात्रै नभएर छिमेकी जिल्लाका साथीहरूको पनि सहभागिता थियो। हामी विजय र्‍यालीको भावमा अघि बढ्यौं,' उनले भने, 'तर जब कोटी होम स्थल पुग्यौं, आयोजकले पुरानै कुरा दोहोर्‍यायो।', उनका अनुसार देवघाटमा हिन्दु शास्त्रअनुसार दलितमाथि विभेद हुँदैन भनेर आश्वस्त बनाएका नरहरिनाथ माडी फर्किएनन्।, 'हामीलाई विश्वस्त बनाएपछि उहाँ किन माडी जानुभएन थाहा भएन। तर कोटी होमको आयोजक आफ्नो अडानबाट पछि हट्न मानेनन्,' बरालीले भने, 'दलित समुदायको ठूलो आक्रोश देखियो त्यो दिन।', आयोजकले राजा वीरेन्द्र आउने कार्यक्रम रहेकाले नरहरिनाथ स्वागतको तयारीमा देवघाट गएको जानकारी गराएका थिए। उनी सोही दिन फर्किने भनिए पनि आइपुगेनन्।, 'हामीले त्यहाँका आयोजक, पण्डितहरूसँग धर्मको विषयमा शास्त्रार्थ गर्‍यौं। कुन शास्त्रले दलितको भेटी, प्रसाद बुझ्दैन भनेर प्रश्न गर्‍यौं। तर कसैले चित्तबुझ्दो जवाफ दिएनन्। दलितलाई समावेश गर्न पनि तयार भएनन्,' उनले भने, 'दलितहरू उत्तेजित हुन थाले। ठूलो द्वन्द्वको अवस्था पैदा भयो। जनमोर्चा नेपालका चितवन अध्यक्ष दिवाकर भुषाल नेतृत्वको गैरदलित समुदायले पनि दलितको विद्रोहमा साथ दियो।', सयौं संख्यामा रहेका दलितले कोटी होम गरिएको क्षेत्रमा प्रवेश गरेर पूजा सामग्री ओइर्‍याए।, 'पण्डितहरू लौ सत्यनास भयो, प्रलय भयो भन्दै यज्ञस्थल छाडेर पछाडिको बाटो खेतखेतै भागे,' बरालीले सम्झिए, 'कोटी होम लथालिंग भयो। जनमोर्चा नेपालको नेतृत्वमा गैरदलितको समेत साथ नभएको भए रक्तपातै हुन सक्थ्यो। दुर्घटना हुन पाएन।', नरहरिनाथ दलितमाथि विभेद गर्न हुँदैन भन्ने पक्षमा रहँदा रहँदै पनि चेपुवामा परेर कोटी होम छाड्न बाध्य भएका थिए। दलितको विद्रोहले ठूलो रूप लिने देखेपछि प्रशासनले त्यस क्षेत्रमा प्रहरी परिचालन गरेको थियो। प्रहरीले कोटी होम स्थललाई घेरेर सुरक्षा दिए।, 'हामीलाई प्रशासनले पनि दलितमाथि विभेद गर्‍यो भन्ने लाग्यो। दलितहरू प्रशासनकै विरूद्ध उत्रन थाले,' बरालीले भने, 'प्रशासन, कानुनले पनि दलितमाथि भएको विभेद नदेख्नु त अन्धकारै भयो भनेर हामीले रमाइलोडाँडादेखि बसन्तपुरसम्म दिउँसै लालटिन बालेर जुलुस निकाल्यौं।', बसन्तपुरमा ठूलो आमसभा भयो। वक्ताहरूले दलितको संघर्षले ऐतिहासिक सफलता पाएको बताए। , कोटी होम भने दलितले छोएको भन्दै सप्ताह पूरा नगरी बन्द गरियो। मुक्ति समाजका केन्द्रीय प्रतिनिधिहरू बराली, ऋषिबाबु परियार लगायतले कोटी होममा दलितविरूद्ध जातीय विभेद भएको भन्दै फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराए।, जिल्ला अदालतमा पनि उक्त घटनाविरूद्ध मुद्दा दायर भयो। केही महिनापछि अदालतले दलितको पक्षमा फैसला सुनायो। दोषीलाई कैद र जरिवाना तोक्यो।, 'फैसला कार्यान्वयन नभए पनि यसले विभेदकारीलाई कानुनी धक्का दियो। दलितले मुद्दा जितेको खबर पत्रपत्रिकामा छापिए,' भिमसेन विकले २०७० कात्तिक १० गते भनेका कुरा राजनकुमार परियारले उक्त लेखमा उल्लेख गरेका छन्।, बरालीले यो संघर्षले कोटी होममा दलितको सहभागिता हुन नसके पनि त्यसपछिका धार्मिक गतिविधिमा समान व्यवहारको अनुभूति गर्न थालेको बताए।, उनका अनुसार नरहरिनाथको प्रस्तावमा कोटी होम भएको करिब दुई वर्षपछि सोही क्षेत्रमा धनधान्याचल महायज्ञ भएको थियो। त्यो महायज्ञमा माडीका दलित सामुदायले पनि समान सहभागिताको अवसर पाए। महायज्ञमा जातीय आधारमा पक्षपात नगरी सबैले ल्याएका सामग्री एक व्यक्तिले बुझेर संकलन गर्ने परिपाटी बसाइएको बरालीले जानकारी दिए।, 'त्यसपछिका प्राय: धार्मिक कार्यक्रम यसैगरी हुँदै आए। त्यो कोटी होमले दलित समुदायलाई विभेदविरूद्ध संघर्ष गर्न सिकायो,' उनले भने, 'माडीका कम्युनिस्टको सहयोगमा दलितको त्यो विद्रोहले सार्थकता पाएको थियो।', माडीमा त्योभन्दा निकैअघि २०२८ र २०३२ सालमा दलितले चिया पसलमा खाएपछि भाँडा पखाल्नुपर्ने चलनविरूद्ध दलित र गैरदलितबीच झडप भएको अगुवाहरू बताउँछन्।, २०२८ सालमा विवाहमा जन्ती गएका दलितले चिया खाएर गिलास नपखालेपछि झडप भएको थियो।, २०३२ सालमा तीजको दिन दलित युवाले चिया खाएर गिलास नपखाली हिँडेपछि पसलेले बजारमै हातपात गरेका थिए। घटनाको उजुरी दिइए पनि त्यति बेलाको प्रशासनले चासो देखाएन।, दलित अगुवाहरू कोटी होमको संघर्षले दलितलाई मन्दिर र सार्वजनिक क्षेत्रमा प्रवेशका साथै समानताका लागि लड्न ठूलो सहयोग गरेको बताउँछन्। माडी क्षेत्रमा दलितले होटलमा चिया खाएपछि गिलास पखाल्नुपर्ने चलन यो घटनापछि स्वतः हट्यो। दलितलाई गैरदलितको घरमा प्रवेश गर्न सहज भयो। दलितको अधिकारका लागि सहयोग गरेपछि माडीमा जनमोर्चा नेपालको पकड थप बलियो बनेको थियो।, उक्त पार्टीका कार्यकर्ता पदम क्षेत्रीले आफ्नो घरमा दलित र गैरदलितबीच सहभोज गरे। दलित भान्से रहेको सहभोजमा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाले भने असहयोग गरे। एक हजार जनाभन्दा बढी मान्छे सहभोजमा आए।, त्यसअघि २०३८ सालमा पनि माडीको कान्तिपुर गाउँमा जातीय विभेद अन्त्य गर्न भन्दै कम्युनिस्ट नेता रूपलाल विश्वकर्माको सल्लाहअनुसार दलित र गैरदलितबीच सहभोज गरिएको थियो। जनमोर्चाका नेता दिवाकर भुषालले सहभोज संयोजन गरेका थिए। कान्तिपुर गाउँमा अहिले पनि गन्धर्व जातिको बाहुल्य छ।, २०५५ सालमा बघौडा–८ मा कोटघर मन्दिर दलित प्रवेशको विषयमा पनि तत्कालीन संयुक्त जनमोर्चाले ठूलो भूमिका खेलेको थियो। दलितहरूले धार्मिक किताब पढेर कोटघर मन्दिर प्रवेश गरेपछि प्रतिकार गर्न नसकेका गैरदलितले नयाँ कोटघर मन्दिर बनाएर पूजा गर्न थालेका थिए।, दलित समुदायको त्यो विद्रोहको साक्षी आफू पनि भएको माडी नगरपालिकाका मेयर ठाकुर ढकाल बताउँछन्।, 'ईश्वर छन् भने हामी सबैका साझा हुन्, हामीले पनि समान रूपमा पूजा गर्न पाउनुपर्छ' भन्दै दलितले सुरू गरेको आन्दोलनमा गैरदलितको पनि सहयोग रहेको उनले बताए।, 'त्यतिखेर म संयुक्त जनमोर्चामा थिएँ। सार्वजनिक जमिनमा कोटी होम गरिएको थियो। त्यसमा सबैको सहभागिता हुनुपर्छ भन्ने आन्दोलनमा हाम्रो पार्टीले महत्वपूर्ण सहयोग गर्‍यो,' उनले भने, 'दलितमाथि भएको अपमानविरूद्ध त्यो ठूलो विद्रोह थियो। मुख्य कुरो यहाँको विद्रोहले गर्दा अन्त पनि आन्दोलन चलाउन सहज भयो।', नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियारको बसोबास पनि पहिले माडी नै थियो। उनी कोटी होम विद्रोहपछि मन्दिर प्रवेशदेखि दूध बिक्रीको आन्दोलन सफल भएको बताउँछन्।, २०६१ सालमा भरतपुरको हरिकीर्तन चोकस्थित लक्ष्मीनारायण बैंकटेस मन्दिरमा दलितहरू प्रवेश गर्न खोज्दा ठूलो भिडन्त भएको थियो। दलित र स्थानीय गैरदलितको झडपमा दर्जनौं व्यक्ति घाइते भए।, घाइते दलितको पक्षमा उभिएका गैरदलित अधिकारकर्मीदेखि राजनीतिक दलका नेताहरू पनि थिए। स्थिति नियन्त्रणमा लिन सेना परिचालन गर्नुपरेको थियो। मंसिर १९ गते विशाल विरोध प्रदर्शन गर्दै दलितहरू त्यस मन्दिरमा प्रवेश गर्न सफल भएका थिए।, दलितलाई पूजा गर्न नरोक्नू भन्ने पुनरावेदन अदालत हेटौंडाको आदेश अवज्ञा गर्ने मन्दिर व्यवस्थापनलाई झुकाउन दलित समुदायले महिनौं संघर्ष गर्नुपरेको थियो। माओवादीका जिल्ला अध्यक्ष परियार मन्दिर प्रवेशका लागि मात्रै नभएर दलितले उत्पादन गरेको दूध बिक्री गर्न पनि ठूलो संघर्ष गर्नुपरेको सम्झिन्छन्।, २०५५ साल, असार २४ गते दूध बिक्रीका लागि नवलपरासीको गैंडाकोटस्थित गैंडाकोट बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय पुगेका हरिबहादुर विकसहितका व्यक्तिलाई सहकारीले किन्न नसक्ने जानकारी गरायो।, दलितहरूले यसविरूद्ध संघर्ष सुरू गरे।, जिल्ला अदालतले सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकले जातीय छुवाछुत गरेको ठहर गर्दै जरिवानाको फैसला गर्‍यो। तर पनि सहकारीले दलितको दूध किनेन।, दलितहरूले सहकारीको डेरीमा लगेर दूध पोख्नेदेखि सरकारी संस्थाले बिक्रीका लागि पठाउन लागेका ट्यांकर नियन्त्रणमा लिनेसम्मका आन्दोलन गरे। त्यसपछि बल्ल सहकारी संस्था झुक्न तयार भयो।, 'गाईभैंसी पालेर दूध उत्पादन गर्‍यो, डेरीले दलितको भनेर नकिनिदिने,' अध्यक्ष परियारले भने, 'चितवन र नवलपुरमा दलितले आन्दोलन नै गर्नुपर्‍यो। पछि डेरी सञ्चालकले दलितको दूध पनि किन्न थाले।', आन्दोलनपछि दलितले उत्पादन गरेको दूध बिक्री हुन थाल्यो। त्यसयता डेरीमा दूध किन्दा दलित र गैरदलित भन्ने विभेद कम सुनिन थालेको परियार बताउँछन्। चितवनका ग्रामीण क्षेत्रमा पनि यस्ता घटना सुनिन्थे तर गैंडाकोटको सहमतिपछि समस्या हट्दै गयो। , दलितमाथि विभेद नहुने गरी संविधान, कानुन निर्माण क्रममा देशका विभिन्न ठाउँमा भएका यस्तै विद्रोहले भूमिका खेलेको परियार बताउँछन्। भन्छन्, 'अझै पनि दलितमाथिको विभेद छँदैछ, संघर्ष त चलिराख्छ।', योगी नरहरिनाथले कोटी होममा दलितलाई बोलाएपछि उठेको विद्रोह
सेतोपाटी संवाददाता आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।, ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा रामचन्द्र गौतमले बताए ।, अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपसमेतमा मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ ।, गुरुर्ब्रह्मा  गुरुर्विष्णु  गुरुर्देवो  महेश्वर: ।, गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम: ।।, माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।, गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम कमै गरिए पनि मानसिकरुपमा श्रद्धाभाव प्रकट गरिने जनाइएको छ ।, व्यास जयन्ती, आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।, आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजेका छन् –, ‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।, परोपकार पुण्याय, पापाय परपीडनम्’  ।।, अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन् ।, यस वर्ष गुरुपूर्णिमा र व्यास जयन्तीका कार्यक्रम मनाउन नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाइँदैछ ।, कतिपय विद्यालय एवं संस्थाले जुम प्रविधिका माध्यमबाट गुरुपूर्णिमा र व्यास जयन्तीका कार्यक्रम मनाउन लागिएको जनाइएको छ । ,रासस, गुरूप्रति सम्मान भाव प्रकट गरी आज गुरू पूर्णिमा मनाइँदै
सेतोपाटी संवाददाता आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरू सञ्चालन हुने भएका छन्। लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो।, यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौं उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो।, तर सरकारको पछिल्लो निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइनेछन्।, नेपाल सरकार (मन्त्रिपरिषद)को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले यातायात व्यवसायीलाई अनुरोध गरेको छ।, काठमाडौँ प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गरी मन्त्रीपरिषद्को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न अनुरोध गरिएको हो।, प्रशासन कार्यालयले अनिवार्यरूपमा टिकट काटेर मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ। विज्ञप्तिमा नेपाल सरकारले जारी गरेको मापदण्डको पूर्ण कार्यान्वयन गर्न भनिएको छ।, आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधन पनि चल्ने
सेतोपाटी संवाददाता आज र भोलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन्।, पानी पार्ने न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। , उनका अनुसार दिउँसो घाम लागेर गर्मी हुने भएकाले बेलुकातिर स्थानीय वायुको प्रभावका कारण मेघगर्जन र चट्याङ्गसहित देशका केही ठाउँमा सामान्य पानी भने पर्न सक्छ। तर ठूलो वा लगातार झरी पर्ने सम्भावना भने छैन।, आउने सोमबार बेलुकादेखि भने मनसुन थप सक्रिय हुँदै जाने उनले बताए। सोमबार बेलुकादेखि विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ। , शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।, महाशाखाकाअनुसार आइतबार प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, सोमबार प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, शनिबार बागमती, गण्डकी, मस्याङ्दी नदीको बहाव बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
गोपालप्रसाद बराल बर्खाकालको साउन महिना मिथिलानी (मिथिलाका नारी) का लागि विशेष हुन्छ।, मैथिल हिन्दू परम्परामा साउन भगवान् शिवको प्रिय महिना मानिने विश्वासले मिथिलानीका लागि विशेष बन्दै आएको हो।, साउनमै पनि सोमबारको त अझ विशिष्ट महत्व छ।, साउने सोमबारका दिन भगवान् शिवलाई पुकारा गरी पूजाआराधना गरेर व्रत बसे इच्छित कामना पूरा हुने हिन्दू मैथिल जनविश्वास छ।, साउनमा सोमबार परेको दिन मिथिलानी विभिन्न वस्त्र परिधानमा सजिएर शिवभक्तिका गीत गाउँदै शिवालयमा देखिन्छन्। मिथिलानीको यो परिधानभित्र हरियो चुराको विशिष्ट महत्वले गर्दा अहिले महोत्तरीसहितका मिथिला क्षेत्रमा जताततै बस्ती/बस्तीमा हरियो चुराको बजार जमेको देखिन्छ।, हरियो चुरा अटल सौभाग्यको सौन्दर्य प्रसाधन मानिने हुँदा साउने सोमबारी व्रतमा महिलाले यो रोज्ने गरेका हुन्।, हरियो चुरासहितको प्रसाधनमा सजिएर भगवान् शिवको गरिने आराधना र व्रतले अटल सौभाग्य प्राप्त हुने विश्वास रहेको हातभरि हरियो चुराले नाडी छोपेकी बर्दिवास नगरपालिका–९ की शैल महतो बताउँछिन्।, ‘साउन महिना प्रकृति पूजाका लागि विशिष्ट मानिन्छ, हरियो रङलाई प्रकृतिको प्रतीक मानिन्छ’, महोत्तरीकै भङ्गाहा नगरपालिका–५ सिद्धपुरकी रुवी झा भन्छिन्, ‘हाम्रा तीर्थ व्रत र चाडबाड धेरैजसो प्रकृतिसम्बद्ध छन्, त्यसैले साउनमा हरियो चुराले महत्व पाएको हो।’, विवाहित मिथिलानी अटल सौभाग्य र अविवाहित युवती सुन्दर वर (दुलाहा) को कामनाले साउने सोमबारी व्रत बस्छन्। नवविवाहिता मिथिलानी त साउनमै पतिपत्नीबीच पिरती गाढा हुने विश्वास गर्छन्।, भगवान् शिवको आराधना होस् कि अन्य धार्मिक अवसर, सौभाग्य प्रसाधनको चयनमा हरियो चुरा मिथिलानीको प्राथमिकतामै पर्छ।, साउने यो पर्वका अवसरमा हरियो चुरामात्र नभएर हरियो पोते, हरियो सारी र अन्य शृङ्गार प्रसाधनका पसल साउन लागिकन जताततै सजिएका छन्।, कोभिड–१९ महाव्याधिको सन्त्रास हटिसकेको नहुँदा जिल्ला प्रशासनले मेला, उत्सव र शिवालयमा बाक्लो जमघटमा रोक लगाएको छ तर लामो समय निषेधाज्ञाले जकडिएका सर्वसाधारण महाव्याधि अलि कम भएको बेला अहिले शिवालयमा पुगेको देखिन्छन्।, मिथिलानी त अहिले लामो कारागार बसाइबाट छुटेजस्तै भएका छन्। सधैं घरगृहस्थीमा रुमलिने मिथिलानी साउन लागेपछि सहेलीहरूको झुण्डमा मन फुकाएर हाँस्दै शिवालयमा देखिन्छन्।, यस्तो जमघटमा आफ्ना वस्त्र परिधान विशिष्ट देखिऊन् भन्ने अन्तरनिहित चाहना हुने गरेको भङ्गाहा–४ रामनगरकी रसिया थारु बताउँछिन्।  , साउन महिनाले खेतबारी र कान्लापाखामात्र नभएर परिवेश नै हरियो बनाएको देखिन्छ।, हाट बजारमा यतिखेर जताततै हरिया शृङ्गार साधनका पसल सजिएका छन्।, यस्ता शृङ्गार प्रसाधनका पसलमा युवा उमेरका मिथिलानीको उपस्थिति सघन देखिन्छ।, महाव्याधि सन्त्रासबीच कारोबार सबै बन्द भएर जिङग्राएका व्यापारी साउन लागिकन परिस्थिति सहज बन्दै गएको आकलन गरेर पर्व केन्द्रित व्यापारमा लागेका छन्।, महाव्याधि सन्त्रास घटेको हुँदा धेरथोर व्यापार चल्न थालेको व्यापारीहरूको भनाइ छ।, अहिले महिलाले हरियो रङका जरी भरेको चुरा तथा हरिया बुट्टेचुरा बढी खोज्ने गरेको भङ्गाहा–५ सीतापुर बजारका शृङ्गार भण्डारका सञ्चालक रामभगत साह बताउँछन्।, चुरासँगै अहिले मेहन्दीको व्यापार पनि फस्टाएको छ।, साउनमा हरियो चुराजस्तै हत्केला, नाडी र नङमा मेहन्दी लगाउने मिथिलानीको चलन छ।, साउनमा हत्केला, नङ, औंला र नाडीसम्म कलात्मक ढङ्गले लगाइने मेहन्दीले पतिपत्नीबीच प्रेममा प्रगाढता हुने र सर्पको भय नहुने विश्वास गरिन्छ।  , हरियो रङलाई समृद्धिको प्रतीक पनि मानिन्छ। साउने सोमबारी पर्वका बर्तालु विवाहित मिथिलानीले पतिको समृद्धिको कामना गर्दै हरियो चुरा, पोते, हरियो लुगा र हत्केलामा मेहन्दी लगाउने प्रचलन छ।, त्यसैगरी अविवाहित नवयौवना मिथिलानी सुन्दर वर (दुलहा) को कामना गर्दै साउने व्रत बस्छन्।, साउनमा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडी एकले अर्कालाई उपहार दिने चलन पनि बाक्लै भएको हुँदा यो महिनामा यस्ता सामानको बजार निकै जम्ने गरेका छन्।रासस, साउने रमझममा हरियो चुराको बजार
शर्मिला पाठक वैकल्पिक बाटो निर्माण नहुँदासम्म निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र बन्चरेडाँडामा तत्काल फोहर विसर्जन गर्न नसकिने भएको छ। काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने भन्दै केन्द्र सरकाले दुई वर्ष अघिदेखि धादिङ र नुवाकोट जिल्लाको सिमाना बन्चरेडाँडामा फोहर विसर्जनस्थल निर्माण कार्य गरिरहेको छ। , अहिले निर्माण कार्यअन्तर्गत पहिलो चरणको काम अन्तिम अवस्थामा पुगेको छ। अबको १० दिनपछि उक्त स्थानमा फोहर राख्न सकिने छ। हाल फोहर व्यवस्थापन गरिरहेको स्थान स्यानिटरी ल्याण्डफिल साइट सिसडोलबाट बन्चरेडाँडामा जानका लागि बाटोको समस्या हुँदा तत्काल उक्त स्थानमा फोहर राख्न नसकिने शहरी विकास तथा भवन निर्माण विभागले जानकारी गराएको छ। , विभागका उपमहानिर्देशक कुमार घिमिरेका अनुसार उपत्यकाबाट फोहर बोकेर गाडीले सिसडोल पार नगरी दीर्घकालीन फोहर व्यवस्थापनस्थलसम्म पुग्नका लागि वैकल्पिक बाटो छैन। अहिले सिसडोलमा अत्यधिक फोहरको थुप्रो छ, उक्त थुप्रो लोड भएको गाडीले पार गर्दा जतिबेला पनि पहिरो जाने वा भासिने डरका कारण तत्कालै बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्न कठिन भएको हो।   , अन्यत्र बाटो खोज्ने र तत्काल दीर्घकालीनरूपमा फोहर व्यवस्थापनस्थलसम्म कसरी जान सकिन्छ भनी सम्बद्ध निकायसँग छलफल भइरहेको पनि विभागले जानकरी दिएको छ। सिसडोलदेखि दीर्घकालीन फोहर निर्माणाधीन व्यवस्थापनस्थलसम्म जाने करिब दुई किलोमिटर सडक भने यसअघिनै निर्माण सम्पन्न भइसकेको छ। , सेल वान र सेल टु गरी दुई भागमा विभाजन गरी निर्माणको काम भइरहेको छ। सेल वान निर्माण सम्पन्न अन्तिम चरणमा रहेकाले बाटोको व्यवस्था भए तत्कालै  फोहर व्यवस्थापन  गर्न सकिने छ। उक्त स्थानमा करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण भइरहेको छ।, बन्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो। शुरुमा सम्झौता गरिएको समयसीमा सकिई २०७७ वैशाखमा पुनः एक वर्षका लागि समय थपिएको थियो। निर्माणका लागि रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ मा सम्झौता भएको थियो। ,रासस, वैकल्पिक बाटो नहुँदा बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्न समस्या
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटमा जडा गरिएको नयाँ ट्राफिक लाइट आजबाट सञ्चालनमा आएको छ। , ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्रा.ली.सँग सहकार्य गरेर जडान गरिएको ट्राफिक लाइट आजबाट सञ्चालनमा आएको जनाएको छ।, लाइट जडान कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई काठमाडौँ चोक चोकमा ट्राफिक लाइट जडानलाई तीव्रता दिएको बताए। , उनले ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लग्न प्रयासरत रहेको उल्लेख गरे। , कार्यक्रममा एयरलाइन्सका तर्फबाट प्रशासन निर्देशक अञ्जन बडगामीले आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाइटले सहयोगी भूमिका खेल्ने बताए। , काठमाडौँ महानगरपालिका ९ का वडा सदस्य टेकराज अधिकारीले ट्राफिक लाइटको जडान र प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।, विमानस्थलको गोल्डेन गेटमा बल्यो ट्राफिक लाइट
सेतोपाटी संवाददाता नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई बिस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ। , पब्लिक कम्पनीको रूपमा रुपान्तरण भएपछि बनेको नयाँ संचालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इण्डक्सन प्रोग्राम (परिचयात्मक कार्यक्रम) आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय बिस्तार रणनीति सार्वजनिक गरेको हो । , ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रमबीच नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले ५ वर्षे रणनीति सार्वजनिक गरिन् । , उनले अबको पाँच वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा बिस्तार गर्ने योजनाको बिषयमा जानकारी दिइन्।, सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ बिस्तार गर्ने भएको छ।, ‘थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई बिस्तार गरिनेछ। सेवा बिस्तारसँगै नर्भिक अस्पताल ‘सुपर स्पेसियालिटी अस्पताल’को रुपमा रुपान्तरण हुनेछ । थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय शैयाको भव्य अस्पतालबाट सेवा सञ्चालन गर्नेछ’, चौधरीले भनिन्। , यस्तै, आगामी पाँच वर्षपभित्र नर्भिकले भैरहवामा १०० शैय्या तथा सुनसरीको दुहबीमा पनि १०० शैयाको दुई वटा स्याटेलाइट अस्पताल निर्माण गरी संचालनमा ल्याउनेछ । यी दुवै अस्पताल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुनेछ । , यो अवधिमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिस समेत बन्ने कार्ययोजनामा उल्लेख छ । , पाँच वर्षे योजनामा नर्भिकले आफ्नो सेवा बिस्तारका लागि ६ अर्ब बढी लगानी थप्ने र २ हजारभन्दा बढीका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिइन् । , नर्भिक अस्पतालका निवर्तमान चेयरम्यान तथा संरक्षक बसन्त चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरुले अस्पतालको स्तरीय सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजना बनाएको उल्लेख गरे । उनले भने–‘संभवत हामी देशका विभिन्न क्षेत्रमा स्याटेलाइट अस्पताल निर्माण गर्ने पहिलो कम्पनी बन्नेछौं ।’ , उनले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन, पारदर्शी सोंच र कार्यशैलीका साथ अगाडि बढ्न, अहिलेभन्दा धेरै काम गर्ने उद्देश्यले हालै नर्भिकलाई प्राइभेट लिमीटेड कम्पनीबाट पब्लिकमा रुपान्तरण गरिएको प्रष्ट पारे। ‘मेरो सपना अझ ठूलो हुँदैछ,’ उनले थपे, ‘अब हामीसँग पब्लिक डाइरेक्टर हुनेछन्। हामीसँग विभिन्न क्षेत्रका विज्ञ हुनेछन्। हिजोको दिनमा एक जनाको भिजन मात्र हुन्थ्यो भने अब हामीसँग एउटा टिमको भिजन हुनेछ।’ , सो अवसरमा नर्भिक अस्पतालका नवनियुक्त अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले समेत बोलेका थिए। , नर्भिकले ६ अर्ब लगानी थप्दै, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने
सुभानु आचार्य बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणमा २० फिट गारो लगाउने काम सम्पन्न भएको छ। मन्दिरमा प्रयोग गरिने काठ तथा इँटा समयमै पाउन नसक्दा र मुलुकमा कोरोना महामारी पनि बढ्दा पुनःनिर्माणमा ढिलाइ भइरहेको बताइएको छ। , मन्दिर पूरै पुनःनिर्माण सम्पन्न गर्न ६४ फिट चार इन्चको गारो लगाउनुपर्छ। सो मन्दिरमाथि छ फिटको गजुरसमेत हाल्दा भगवान् राखिने स्थानबाट ७० फिट चार इन्चसम्मको काम गर्नुपर्ने मच्छिन्द्रनाथ मन्दिर उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले बताए।, ‘मन्दिर पुनःनिर्माणमा २६ फिट अग्लो काठ ठड्याउने कामसमेत सम्पन्न हुँदा गरिनुपर्ने खतरा खालका कामको हिसाबमा भने लगभग ७० देखि ८० प्रतिशत सक्यौँ, जसमा १६ बाइ १६ का २० ढुङ्गाको खम्बा र १४ बाइ १४ को ३४ फिट चार इन्चका चार निदाल पनि हालियो,’ उनले भने। सो २० फिटमाथि लगाउने गारोमा ११ थरिका इँटा आएपछि मन्दिर पुनःनिर्माणको काम निरन्तर अघि बढाउन पाइने उनको भनाइ छ ।, विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पमा क्षति भएको सो मन्दिरको बाँकी भाग मानिस यात्रा गर्ने क्रममा ढलेर लाग्ने डरका कारण पछि निर्माण गर्नुपर्छ भन्ने सामान्य सोचविचारबिना भत्काउँदा समस्या हुने बताइन्छ । हाल पुनःनिर्माणमा प्रयोग हुने १३ प्रकारका इँटा अभावले ११ थरिका नयाँ निर्माण गर्न दिइरहेका दुई प्रकारका अझै बनाउन दिनुपर्ने भएको शाक्यले जानकारी गराए।, सो मन्दिर पुनःनिर्माणमा लागेका समितिले जनसहभागिताअन्तर्गत हाल्नुपर्ने १० प्रतिशत रकम कहाँबाट कसरी जुटाउने भन्ने चिन्ता भइरहेको शाक्यले गुनासो गरे। ६ वर्षअघिको भूकम्पमा मन्दिर पर्दा श्रीलङ्का सरकारले पाँच करोड आर्थिक सहयोगमा पुनःनिर्माण गर्ने भनिएको थियो। मन्दिर पुनःनिर्माणमा कसैबाट चासो नदिइएपछि गत वर्ष असार २० गते क्षमापूजा गरी २२ गतेबाट समिति र पुरातत्व विभागबीच  तीन करोड २१ लाखमा सम्झौता भई काम अघि बढेको छ।, लगभग एक हजार ५०० वर्षअघि शिखरशैलीमा निर्माण भएको रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम २०७८ असार मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौता हुँदा सोमा प्रयोग गरिने सामग्री अभावका साथै मुलुकमा फैलिरहेको कोभिड महामारीले अझै कति समय मन्दिर निर्माणमा खर्च हुने हो भन्ने त्यसको कुनै टुङ्गो लागेको छैन ।, मन्दिर पुनःनिर्माणमा १३ देखि १४ सय वर्ष पुराना मेथ, कार्नेेशलगायतका वस्तु प्रयोग भइरहेको समितिले जनाएको छ। पाटनको ठूलो उत्सवका रुपमा हिन्दूलगायत बौद्ध धर्मावलम्बी दुवैले मनाउने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो पर्व मानिन्छ।, लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा अन्न अनि वर्षा तथा सहकाल अनेकौँ नामले पुकारिने रातो मच्छिन्द्रनाथको मुलुक प्रवेशले सहकाल भएको स्थानीय मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए।, मुलुकमा रातो मच्छिन्द्रनाथले सबै जगतको लोककल्याण गरेको स्मरणमा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वरको रथजात्रा गर्ने परम्परा रहिआएको छ। हाल मन्दिर निर्माणाधीन अवस्थामा रहँदा ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मतीको एक पाटीमा राखिएर दैनिक पूजाआजा अनि रेखदेख गरिरहेको पुजारी हेम बज्राचार्यले बताए।, रातो मच्छिन्द्रनाथलाई लोकथान वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बँगद्यः, आर्याबलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकारिने गरिएको मच्छिन्द्रनाथ गुठीका मुल पुजारी कमलराज बज्राचार्यले बताए। रासस, रातो मच्छिन्द्रनाथ मन्दिरमा २० फिट गारो लगाउने काम सम्पन्न
सेतोपाटी संवाददाता युरोपेली मुलुक जर्मनीको पश्चिमतिरको सीमा बेल्जियम, लक्जेम्बर्ग र नेदरल्यान्ड्ससँग जोडिन्छ। गत जुलाई ११ मा यी चार मुलुकको सीमामा एउटा न्यून चापीय क्षेत्र बन्यो। त्यो न्यून चापीय क्षेत्रमा मध्य युरोपका ताल, नदी र माटोबाट वाष्प केन्द्रीकृत भयो। वायुमण्डलमा जम्मा भएको त्यो वाष्प केही समय आकाशै रह्यो। केही दिनमै त्यो यसरी बर्सियो कि युरोपका यी विकसित मुलुकले बनाएका संरचना र बाढी नियन्त्रण प्रणालीले कामै गर्न सकेनन्।, मुसलधारे पानी परेपछि स-साना खोला उर्लिए। बाढी बस्तीमा पस्यो। सधैँ शान्त भएर बग्ने साना खोलाले आसपासका घर भत्काए, गाडी बगाए। बिजुलीको प्रसारणमा समस्या भयो। केही घन्टामै दर्जनौं मानिसले ज्यान गुमाए। सयौं जना सम्पर्कविहीन भए। यी चार मुलुकमा बाढी र डुबानमा परी कम्तीमा १८० जनाले ज्यान गुमाएमा छन्।, जर्मन मौसमविद्हरूले यसपालि हजार वर्षमा एकचोटी पर्ने पानी परेको बताएका छन्।, स्थानीयहरूले सम्झनामा भएसम्म कहिल्यै पनि यति ठूलो पानी परेको नदेखेको बताएका छन्। अधिकारीहरूले पनि केही घन्टामै जताततै जलमग्न भएकाले केही गर्न समय नै नपाएको बताएका छन्। ती  साना-साना खोला केही घन्टामै बढेर त्यत्रा होलान् भन्ने सायद उनीहरूले कल्पना पनि गरेका थिएनन्।,  ,  , अघिल्लो साता पश्चिम युरोपमा जे भयो त्यस्तै घटना यो साता मध्य चीनमा दोहोरियो।, चीनको हुनान प्रान्तको राजधानी झेङझाउमा शुक्रबारदेखि पर्न थालेको पानी मंगलबारसम्म थामिएन।, मंगलबार त यति धेरै पानी पर्‍यो कि सहरको मेट्रो रेल नै डुबानमा पर्‍यो। रेलभित्र पानी पसेर मानिसहरूको छातीसम्म पानी पुगेको भिडिओ सार्वजनिक भएका छन्।, रेलभित्रै पानीले डुब्न थालेपछि कति यात्रु बेहोस भए, कतिलाई वान्ता भयो। कतिले जिन्दगीको अन्तिम दिन यही रहेछ ठाने।, ‘मेरो छातीसम्म पानी पुगेपछि म निकै डराएकी थिएँ। धेरै जनालाई सास फेर्न समस्या भइरहेको थियो। त्यही बेला मैले छेउमा उभिएकी यात्रुले फोनमा परिवारलाई आफ्नो बैंक खाताबारे जानकारी दिइरहेको सुनें, त्यतिबेला मलाई पनि अब बाँचिन्न त्यसै गर्नुपर्छ भन्ने लाग्यो,’ उद्धार गरिएकी एक जना यात्रुले भनेकी छन्। उनीजसरी झन्डै पाँच सय मानिसहरू मेट्रोमा फसेका थिए।, मौसमविद्हरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले गत शनिबारदेखि मंगलबारसम्म झेङझाउमा ६ सय १७ मिलिमिटर पानी परेको जनाएका छन्। औसतमा उक्त सहरमा वार्षिक ६ सय ४० मिलिमिटर पानी पर्ने गरेको थियो।, चिनियाँ मौसमविद्हरूले हेनानमा यति धेरै वर्षा एक हजार वर्षमा एक चोटी हुने घटना भनेका छन्।, लगातार परेको पानीले ड्यामको सतह बढेर फुट्ने खतरा भएपछि चिनिया जनमुक्ति सेनाले केही ड्याममा बिस्फोट गरेको छ। अहिले पनि सयौं मानिसहरू विद्यालय, घर, कार्यालयमा अड्किएका छन्।, ग्लोबल टाइम्सका अनुसार बिहीबार बिहान ३३ जनाको मृत्यु भएको छ भने ८ जना हराइरहेका छन्। १ करोड २० लाख जनसंख्या भएको झेङझाङमा मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ।, विज्ञहरूले जर्मनीदेखि चीनसम्म अप्रत्यासित रूपमा अत्याधिक पानी पर्नु जलवायु परिवर्तनको असर भएको बताएका छन्। ग्रिनहाउस ग्यास उत्सर्जनका कारण पश्चिम युरोपमा धेरै वर्षा भएको उनीहरूको भनाइ छ। यसअघि हजार वर्षमा हुने यस्ता घटना आउने दिनमा बारम्बार हुन सक्ने उनीहरूले चेतावनी दिएका छन्।, अमेरिकाको पश्चिम क्षेत्रमा भइरहेको आगलागी, क्यारेबियन क्षेत्रमा शक्तिशाली  बनिरहेका आँधीहरूले पनि अप्रत्यासित घटनाहरू अझै धेरै हुँदै जाने देखाएको उनीहरूको भनाइ छ।, (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका विवरणमा आधारित।), युरोपदेखि चीनसम्म पर्‍यो हजार वर्षमा कहिल्यै नपरेको पानी
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ । विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो । सेवा शुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ ।, अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार अब कलेजमा नियमित शल्यक्रिया हुनेछ । यस विभागको नेतृत्व प्रा डा अनिल आचार्यले गरेका छन्। दश वर्ष काठमाडौंको गङ्गालाल हृदयरोग केन्द्र र तीन वर्ष मेडिसिटी हस्पिटलमा काम गरिसकेका आचार्यको नेतृत्वमा यस कलेजमा सेवा शुरु गरिएको हो ।,  , आचार्यसँगै कार्डियक सर्जन डा अल्का सिंहसहितको टोली रहेको छ । टोलीले सोही अस्पतालमा कार्यरत स्टाफ नर्सको मुटुको शल्यक्रिया गरेको हो । आचार्यले भने, ‘मुटुको चार कोठामध्ये माथिको दुई कोठाको बीचमा प्वाल परेको थियो।’ जन्मजात यो समस्या भएकी २४ वर्षीया युवतीको सफल शल्यक्रिया गरिएको हो। अस्पतालमा शल्यक्रियाका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण र पर्याप्त जनशक्ति भएकाले नियमित यो सेवा दिन सकिने उनको भनाइ छ। ‘हामी यहाँ गङ्गालालमा हुने खर्चमा मुटुका सबै खाले शल्यक्रिया गर्न सक्छौं,’ उनले भने।,  , यो सेवा राजधानी केन्द्रित भएपछि मोफसलमा सेवा दिनका लागि आफूले राजधानी छाडेको भन्दै उनले अब मुटुको शल्यक्रियाका लागि राजधानी पुगेर पालो कुर्न नपर्ने बताए।  ‘सरकारी अस्पतालमा हुने खर्चमा त्यही सरहको सेवा पालो कुर्न नपरी दिन सक्छौं।’ मोफसलमा यस विषयमा बुझाउन केही समय लाग्ने भन्दै उनले सरकारले दिने एक लाखको असहाय उपचार सहयोग र स्वास्थ्य बीमाको सेवा पनि यहाँ पाइने जानकारी दिए।, सरकारले काठमाडौंको गङ्गालाल र मनमोहन अस्पतालमा १४ वर्ष मुनि र ७५ वर्ष माथिकालाई मुटुको बाथरोगको शल्यक्रिया गर्दा निःशुल्क गरेको भन्दै प्राडा आचार्यले भने, ‘यो सुविधा मोफसलका अस्पताललाई पनि दिनुपर्छ।’ मुटुको उपचार राजधानीमा मात्रै केन्द्रीत रहेको बताउँदै उनले भने, ‘म सेवा विकेन्द्रित गर्न चितवन आएको हुँ।’, काठमाडौँंका स्थायी बासिन्दा डा आचार्यले आफ्नो श्रीमतीको जागिर छुटाएर त्यहाँको भन्दा कम सुविधा लिएर यहाँ आएको बताए। ‘मैले मुटु रोगको सेवा मोफसलमा पनि विस्तार गर्नुपर्छ भन्ने सोचले यहाँ आएको हुँ,’ राजधानीमा मुटुको शल्यक्रियाका लागि लामो पालो कुर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले भने, ‘चितवनमा यो सेवा नियमित पाउँदा धेरै बिरामीले कम खर्चमा आफ्नै घर नजिकै उपचार पाउँछन्।’,  , प्राडा आचार्यको समूहले गङ्गालालमा तीन हजारभन्दा बढी मुटुको शल्यक्रिया गरिसकेको छ। यसैगरी मेडिसिटी अस्पतालमा प्रमुख कन्सल्टेन्टको रुपमा उनले तीन वर्ष काम गरेका थिए। उनले बङ्गलादेशबाट एमबिबिएस र एमडिपछि सिङ्गापुरबाट फेलोसिप गरेका छन्।,  , अस्पतालका अध्यक्ष न्यौपानेले यहाँ मुटुसम्बन्धी सबै खालको उपचार हुने बताए। अस्पतालमा कार्डियोलोजिसम्बन्धी प्रा डा श्यामराज रेग्मीसहितको टोलीले उपचार गर्ने उनले जानकारी दिए। उन भने, ‘मुटुसम्बन्धी उपचारका लागि अब राजधानी र विदेश जानु पर्दैन।’, राजधानी गएर पनि उपचार गर्ने चिकित्सक र आवश्यक उपकरण यही व्यवस्थापन भएकाले राजधानी जान नपर्ने उनको भनाइ छ । अध्यक्ष न्यौपानेले भने, ‘काठमाडौँबाट पनि हामीकहाँ बिरामी आउन थालेका छन्। बाहिरबाट काठमाडौँ गएकाले पनि भरतपुर ठीक छ भनेर आउने गरेका छन्।’ , अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अस्पतालले सेवा विस्तार गर्दै आएको बताए। मुटुसँगै कलेजो प्रत्यारोपण, न्यूरो सर्जरीजस्ता जटिल उपचार सेवा पनि अस्पतालबाट दिइँदै आएको उनले बताए। छिट्टै मिर्गाैला प्रत्यारोपण सेवा पनि शुरु गर्न लागिएको उनले जानकारी दिए। राजधानीका अस्पतालमा लामो अनुभव लिएका विज्ञ चिकित्सक यहाँ आएसँगै जटिल किसिमका उपचार सहज बनेको उनको भनाइ छ। ,रासस, चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः शुरु
सेतोपाटी संवाददाता प्रहरीले झण्डै १० केजी चरेससहित दुई जनालाई पक्राउ गरेको छ।, बाग्लुङ निसिखोला गाउँपालिका–९ का २१ वर्षीय सुदीप सिंजाली मगर र बाग्लुङ बडिगाड गाँउपालिका-२ का ३० वर्षीय रेम बहादुर भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए।, आरोपीले दाङको गढुवा गाउँपालिका १ धानखोलामा लागुऔषध चरेसको खरिद विक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा छापा मार्दा ९ केजी ९३० ग्राम चरेससहित  उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ।, पक्राउ परेका दुईलाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।, झण्डै १० केजी चरेससहित दाङबाट दुई पक्राउ
सेतोपाटी संवाददाता चितवनमा मृत फेला परेका व्यक्ति नेपाली सेनाका हुद्दा रहेको पुष्टि भएको छ।, चितवनको शारदानगरस्थित घोलमा बिहीबार बिहान पुरुषको शव भेटिएको थियो। भरतपुर-१७ सिमलडाँडा घोलको पानीभित्र भेटिएको शव शिवपुरी राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत् नेपाली सेनाको महेन्द्र दल गणका हुद्दा भरत गुरुङको रहेको पुष्टि भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।, धादिङको निलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय गुरुङ मृत्युको विषयमा थप अनुसन्धान भइरहेको थापाले बताए। , थापाका अनुसार शवको नजिकै एक थान गोलीको खोका भेटिएको थियो। ‘मृतकको टाउकोमा गोली लागेको जस्तो देखिन्छ। थप अनुसन्धान भइरहेको छ,’ डिएसपी थापाले भने।, बस्तीदेखि केही पर कालोपत्रे सडक नजिकै रहेको घोलमा शव भेटिएको थियो।, चितवनको घोलमा मृत भेटिएका व्यक्ति नेपाली सेनाका हुद्दा रहेको पुष्टि
सेतोपाटी संवाददाता मास्कभित्र लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई किशोर पक्राउ परेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. १ पैंयाखोरेका १८ वर्षीय प्रकाश विक र तुलसीपुर ५ का १४ वर्षीय किरण विक पक्राउ परेका हुन्। , बाँकेको नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ८५१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरू चेक जाँचका क्रममा तुलसीपुर १३ दमारगाउँबाट बुधबार बेलुका पक्राउ परेका हुन्। , प्रकाशले चलाएको मोटरसाइकलको पछाडि सवार किरणले आफूले लगाएको मास्कभित्र लुकाई छिपाई राखेको अवस्थामा ३ पुरियाको २ ग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। , जिल्ला प्रहरी कार्यालय घोराही र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको सादा पोशाकका प्रहरीले उनीहरूलाई बेलुका साढे ६ बजेतिर पक्राउ गरेका थिए। ,  , मास्कभित्र लुकाएर ब्राउन सुगरको कारोबार !
सेतोपाटी वालिङका एक पुरूष बेपत्ता भएको १७ वर्षमा घर आइपुगेका छन्। नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता भएका वालिङ नगरपालिका-६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किएका हुन्।, जनयुद्धका समयमा त्रासका कारण २०५९ असार १ गते घरबाट हिँडेका अर्याललाई दाङको लमहीमा भएको भन्ने परिवारले थाहा पाएपछि घर फिर्ता ल्याएको पत्नी बलीकुमारी अर्यालले बताइन्।, ‘यहीँको विद्यालयबाट भ्रमणमा गएका विद्यार्थी तथा शिक्षकले देखेपछि हामीलाई सुनाउनुभयो’, पत्नी बलीकुमारीले भनिन्, ‘उहाँहरूले भनेको ठाउँमा गएर हेर्दा त होइछ, अनि फर्काएर लिएर आएका हौं।’, घरको मुली मान्छे अभिभावक नै बेपत्ता भएपछि चार जनाको परिवार पीडामा र सधैं त्रासमा रहेको उनले सुनाइन्।, दश वर्षे द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको उजुरी आयोगमा परेपछि छानबिन आयोगले पीडित परिवारलाई भेट्ने क्रममा अर्याललाई घरमै परिवारसँग फेला पारेको थियो। , त्यस्तै, उता स्याङ्जाको पुतलीबजार नगरपालिका– २ का ५१ वर्षीय टुकबहादुर पौडेलको पनि उजुरी आयोगमा परेकामा उनी पनि परिवारसँगै रहेको पाइएको थियो।, पौडेल २०५८ सालपछि बेपत्ता भएका र करिब १३ वर्ष घर नआएपछि परिवारका व्यक्तिले बेपत्ता भएको भनी आयोगमा उजुरी दिएका थिए।रासस, १० वर्षे जनयुद्धमा बेपत्ता भएका गोपालप्रसाद फर्किए घर
सेतोपाटी मेलका रूखमा नास्पाती फल्न थालेको कुरा सुन्दा पनि अचम्म लाग्ला तर जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँमा यस्तै वस्तुस्थिति देखिन्छ।, सानागाउँमा केही वर्ष पहिले कलमी गरेको मेलका रूखमा लटरम्म नास्पाती फल्न थालेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ।, अहिले कलमी गरिएका रूखमा फलेका नास्पातीका दाना हेर्न लायकका बनेका छन्। दश वर्ष पहिले तत्कालीन जिल्ला कृषि विकास कार्यालयले मेलका बोटमा नास्पातीको हाँगा जोडी कलमी गरेको थियो।, पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले भने, ‘केही काम नलाग्ने मेलका रूख काटेर किसानले फाल्ने गरेका थिए, कृषि कार्यालयको सहयोगमा कलमी गरी नास्पाती लगाएपछि अहिले फलेर लटरम्म भएको छ, किसान खुसी भएका छन्।’, खाना पकाउने दाउरासमेत नहुने उक्त रूखलाई केही वर्ष पहिले यहाँका किसानले जरैदेखि उखेलेर फाल्ने गरेका थिए।, तत्कालीन जिल्ला कृषि विकास कार्यालयका प्रमुख यज्ञराज जोशीको पहलमा उक्त क्षेत्रमा मेलका रूखमा कलमी गरी नास्पाती लगाइएको थियो।, यसरी नास्पाती फल्न थालकाले त्यहाँका किसानको आयआर्जनमा निकै वृद्धि हुने हाल दिपायल राजपुरस्थित सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक बनेका उनले भने, ‘बिनाकामका खेर गएका रूखलाई मेरै योजनामा कलमी गरी नास्पाती बनाएका थियौं, अहिले मेहनतको फल फल्न सुरू भएको छ, अब किसानका आयआर्जन बढ्नेछ।’, अहिले अन्य वडाका किसानले पनि भएका मेलमा रूखमा कलमी गरी नास्पातीका बिरूवा लगाइदिन आग्रह गर्दै आएको उक्त  निर्देशनालयले जनाएको छ।, सानागाउँमा फलेका नास्पाती बिक्री-वितरणका लागि केही दिनमै यहाँका साँझघाट, दिपायल, राजपुर, सिलगढी तथा पिपल्ला बजारमा लैजाने तयारी भइरहेको पूर्वीचौकी गाउँपालिकाका कृषि सेवा केन्द्र प्रमुख उदयराम साउदले बताए। , ‘हामीले जिल्लाका सानागाउँ र बुडरमा मेलका रूखलाई कलमी गरी नास्पाती बनाएका थियौं, सानागाउँमा नास्पाती फल्न सुरू भएको छ, बुडरमा पनि फल्ने तयारीमा छ, अब जिल्लाका अन्य क्षेत्रमा पनि यो प्रविधिको विकास गर्ने तयारीमा छौं,’ निर्देशक जोशीले भने। रासस, मेलका रूखमा नास्पाती फलेपछि ...
सेतोपाटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ।, मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताएका हुन्।, तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य संघसंस्थालाई अक्सिजन, शय्यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ।, मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताए।, ‘सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौं’, उनले भने, ‘तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचार कक्ष (आइसियू) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौं।’, नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण छ। नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा संक्रमण पुष्टि भएको छ।, यस्तै, छ लाख ३६ हजार ४०२ व्यक्ति स्वास्थ्य लाभ गरी घर फर्किएका र नौ हजार ६३७ को संक्रमणबाट निधन भइसकेको छ।रासस, संक्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौं : स्वास्थ्य मन्त्रालय
सेतोपाटी संवाददाता बिहीबार थप २ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १२ हजार ८२९ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , थप २४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ। , पछिल्लो २४ घण्टामा १ हजार २८८ जना कोरोनाबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ९४.५ प्रतिशत रहेको छ।, १२ हजार ८२९ मा कोरोना परीक्षण गर्दा २७१४ लाई संक्रमण, निको भए १२८८
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ७५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७५१ जनामा संक्रमण भएको हो।, जसमध्ये काठमाडौंका ५३६, भक्तपुरका ८५ जना र ललितपुरका १३० जना छन्।, योसँगै बिहीबारसम्म काठमाडौं उपत्यकामा ७ हजार ९१२ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५९१६, भक्तपुरमा ९३५ जना र ललितपुरमा १०६१ जना सक्रिय संक्रमित छन्।, काठमाडौं उपत्यकामा थपिए ७५१ संक्रमित, सक्रिय ७९१२
विवेक राई र रविन न्यौपाने बर्दियाका निमराज आचार्य बिहीबार राति २ बजे टेकु अस्पतालमा कोरोनाविरूद्धको खोप लगाएको प्रमाणपत्र लिन लाइन लाग्न गए। अस्पताल पुगेर उनी गेट छेउमा बसे। तर त्यहाँका सुरक्षाकर्मीले आचार्यलाई गेट छेउमा बस्न नमिल्ने बताए। त्यसपछि उनी अस्पताल आँगनकै एक कुनामा गएर बसे।, तर बिहीबार दिउँसो साढे २ बजे अस्पताल पुग्दा पनि आचार्यले खोप लगाएको प्रमाणपत्र पाएका थिएनन्। उनी ठेलमठेल भीडको लाइनमा आफ्नो पालो कुरिरहेका थिए। , साउदी जान तरखरमा रहेका आचार्यले सेतोपाटीसँग भने, '२ बजे राति आएर गेटमा सुत्दा यहाँ सुत्न मिल्दैन उता जानुस् भन्नुभो। २ बजेदेखि न खाना खाइएको छ। ३ गते खोप लगाएको मान्छेलाई यति सानो कामले अड्काइराख्नु त भएन नि। दुई-चार पैसा कमाउन विदेश जान लागेको मान्छेलाई होटलमा बस्न, खान समस्या हुन्छ नि।', आचार्यजस्तै त्यहाँ सयौंको संख्यामा मानिसहरू खोप लगाएको प्रमाणपत्र लिन लाइनमा बसिरहेका थिए।, अस्पतालभित्र त्यतिकै लाइन हुँदा गेट बाहिर पनि त्यति नै संख्यामा मानिसहरू उभिरहेका थिए। प्रमाणपत्र लिने मानिसहरूको अत्यधिक भीड भएपछि गेट बाहिर रहेकाहरूलाई भने सुरक्षाकर्मीले छिर्न दिएका थिएनन्। , झापाका लोकबहादुर गुरूङ पनि बिहानदेखि लाइन बस्दा आफ्नो पालो नआएकोमा सरकारसँग रोष पोखिरहेका थिए।, 'हामी कामदारहरूले देशको लागि कति रेमिट्यान्स भित्र्याइयो होला। अनि सरकारले हामीले पाउने सेवाको लागि पनि त केही सोच्दिनुपर्यो नि तर अहिलेसम्म त्यसमा ध्यान गएको देखिँदैन।' , उनले यो प्रमाणपत्रले विदेश पुग्दा त्यहाँ क्वारेन्टिन बस्नु नपर्ने भन्दै झन्डै एक लाख रूपैयाँ पैसा जोगिने बताए।, 'यो प्रमाणपत्र भयो भने हाम्रो क्वारेन्टिन बस्दा लाग्ने खर्च बच्छ। झन्डै एक लाख रूपैयाँ पैसा बच्छ। त्यो भनेको हाम्रो लागि धेरै ठूलो रकम हो। त्यो पैसा मैले साहुबाट ऋण काटेर ल्याएको छु,' गुरूङले भने।, गुरूङका जस्तै भीडमा रहेका सबै मानिसहरूको आक्रोश उस्तै थियो। सबै जना प्रमाणपत्र लिनका लागि रातिदेखि नै लाइनमा बसेका थिए। , टेकु अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले सरकारले खोप लगाएको प्रमाणपत्र लिने ठाउँ टेकु अस्पताललाई मात्र तोकिदिँदा यस्तो समस्या आएको बताए।, 'पहिले प्रमाणपत्र लिनेको संख्या थोरै हुन्थ्यो। त्यसैले टेकु अस्पतालले धान्न सक्थ्यो। अहिले त लाखौं मानिसले खोप लगाएका छन्। लाखौं मानिस वैदेशिक रोजगारीमा जाँदैछन्। त्यसैले अब कामदार बस्ने जिल्ला वा ठाउँमा प्रमाणपत्र लिने सुविधा भयो भने यो सहज बन्छ।', आज प्रमाणपत्र लिने मानिसहरूको ठेलमठेल भीड भएपछि भोलिदेखि भने अस्पतालले ४८ घण्टाभित्र उडान भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ। त्यसो गर्दा अहिलेको भीड धेरै कम हुने निर्देशक बाँस्तोला बताउँछन्। त्यसबाहेक अत्यावश्यक परेका व्यक्तिहरूलाई पनि प्रमाणपत्र दिइने उनले बताए। , तर अस्पतालले दिएको प्रमाणपत्रले विदेशमा मान्यता पाउँछ/पाउँदैन भन्ने टुंगो छैन। किनभने अस्पतालले दिएको प्रमाणपत्रमा कुनै डिजिटल रिड गर्न मिल्ने कोट राखिएको छैन। मात्र एउटा कागजमा अस्पताल र नेपाल सरकारको छाप लगाएर अंग्रेजीमा खोप लगाएको हो भनेर उल्लेख गरिएको छ। , अहिले धेरै देशहरूले बाहिरबाट आउने खोप नलगाएका कामदारहरूलाई अनिवार्य दुई साता क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ र क्वारेन्टिनमा बस्दा लागेको खर्च स्वयं कामदारले व्यहोर्ने भनिएको छ। तर खोप लगाएको अवस्थामा भने क्वारेन्टिन बस्नु नपर्ने भनिएको छ। सोही अनुसार अहिले विदेश जाने कामदारहरू खोप लगाएको प्रमाणपत्र लिनलाई तोकिएको ठाउँमा पुग्ने गरेका छन्। , तर सरकारले प्रमाणपत्र लिनका लागि एउटा मात्र ठाउँ तोक्दा कामदारहरूले सास्ती खेपेका छन्।, रातिदेखि नै लाइनमा बस्दा पनि उनीहरूले पालो पाएका छैनन्। त्योभन्दा पनि जनस्वास्थ्यको मापदण्ड पालना गरिएको छैन। जसले गर्दा संक्रमण त्यहीँबाट पनि फैलिन सक्ने जोखिम छ। , टेकु अस्पतालकै निर्देशक डा. अनुप बाँस्तोलाले अहिले कोरोनाका बिरामीमध्ये धेरै जनामा खोप लगाउन लाइनमा बसेको पाँच दिनपछि लक्षण देखिएको बताए। तर उनी कार्यरत अस्पतालमै बिहीबार खोप लगाएको प्रमाणपत्र लिने मानिसहरूको ठेलमठेल भीड थियो।, डा. बाँस्तोलाले त्यो हुनुको प्रमुख कारण प्रमाणपत्र लिने ठाउँ एउटा मात्र हुनु, अस्पतालको क्षेत्र नै सानो हुनु र स्वयं सर्वसाधारणले नियम पालना गर्न अटेर गर्नु औंल्याएका छन्।, कोरोनाको खोप लगाएको प्रमाणपत्र लिन राति २ बजेदेखि टेकु अस्पतालमा (भिडिओ)
खिलानाथ ढकाल सिन्धुपाल्चोकको मुडेदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ३० किलोमिटर बाटो अहिलेसम्म पिच भइसकेको हुनुपर्थ्यो।, दुई लेन सडक विस्तार गरेर पिच गर्ने योजनाअनुसार सडक विभाग अन्तर्गतको सडक सुधार आयोजनाले ७९ करोड रुपैयाँमा पाँच वर्षअघि ठेक्का लगाएको थियो।, भारतीय एक्जिम बैंकको ऋण सहयोगमा यो सडक निर्माण थालिएको थियो। सडक निर्माणका लागि भारतीय ठेकेदार कम्पनी सकिलहेइदर, नेपाली शंकरमाली र सुनौलो निर्माण सेवा छानिएका थिए।, यी तीनैको ‘ज्वाइन्ट भेञ्चर’ ठेक्काको मुख्य ठेकेदार कम्पनी काठमाडौंको शंकरमाली र त्यसका सञ्चालक दीपक सापकोटा थिए।, आयोजनाले यो सडक पूरा गर्न चार पटकसम्म म्याद थपेर ठेकेदारलाई काममा लगाएको थियो। अन्तिम म्याद गत असार २४ गते सकिँदै थियो।, भर्खर बाटो पिच गर्न थाल्दै गरेका सापकोटा गत फागुन महिनाबाट ‘भूमिगत’ भए। उनी ‘भूमिगत’ नभएको भए असारसम्ममा तीस किलोमिटर बाटो पिच भइसक्थ्यो।, ‘दुई-तीन महिनामा काम सकिने थियो, तर अचानक ठेकेदार भूमिगत भए, हाम्रो सम्पर्कमा आएनन्,’ आयोजनाका डिभिजनल इञ्जिनियर दीप बाराही भन्छन्।, सडक विभाग, सुधार आयोजनाले सापकोटालाई निकै पटक खोजी गर्‍यो। सडक विभागका महानिर्देशक अर्जुनजंग थापा पनि ठेकेदारलाई भयंकरै खोजिएको बताउँछन्।, केही उपाय नलागेपछि आयोजना कार्यालयले शंकरमालीसँग ठेक्का-सम्झौता भंग गर्ने सूचना जारी गर्‍यो।, यसपछि शंकरमालीकै अर्का सञ्चालक डिबी कार्की काम सम्हाल्ने भन्दै आएका छन्।, शंकरमालीलाई म्याद सकिएपछिको पेनाल्टीस्वरूप १० प्रतिशत जरिवाना तिराएर आयोजनाले काम लगाइरहेको छ। कार्कीले अहिले बाटोको काम धमाधम गरिरहेको बाराहीले बताए।, बाराहीका अनुसार सापकोटा ‘भूमिगत’ हुनुको कारण चेक अनादर मुद्दा हो।, ‘के-कति चेक अनादर गरेको मुद्दा हो थाहा भएन, तर उहाँ भूमिगत हुनुको कारण आर्थिक कारोबार बिग्रिएर भएको बुझिएको छ,’ उनले भने।, सापकोटाविरूद्ध चेक अनादर मुद्दा हाल्नेमध्ये मुख्य व्यक्ति हुन्- मिटरब्याजी गणेश उप्रेती, जो अहिले केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्।, उप्रेतीसँग मिटरब्याजमा पैसा चलाएका सापकोटा टाट पल्टिएपछि ‘भूमिगत’ भएको ब्युरोका अधिकारीहरूले सेतोपाटीसँग बताएका छन्।, ब्युरोले पनि ठेकेदार भूमिगत हुनुको कारण उप्रेती रहेको बुझेपछि त्यसबारे अनुसन्धान भइरहेको जनाएको छ।, सापकोटा आफैंले आएर विस्तृतमा नबताउञ्जेल मिटरब्याज कारोबारको आयतनबारे यकिन गर्न नसकिने ब्युरोका एक अनुसन्धान अधिकृत बताउँछन्।, दोलखा-सिन्धुपाल्चोक जोड्ने ‘लाइफलाइन’ सडक निर्माण रोकिएको कारण उप्रेती नै रहेको  एक स्थानीयले दाबी गरे।, ‘तिर्नै नसक्ने गरी मिटरब्याजको पैसा बढेपछि सापकोटा मात्रै होइन, दोलखाका धेरै व्यापारी उप्रेतीबाट पीडित छन्,’ उनले भने।, उप्रेती दोलखाबासी नै हुन्। मेलुङ गाउँपालिका-१ घर भएका ३३ वर्षीय उप्रेती हाल मित्रपार्कमा गाडीको रिकन्डिसन शोरूम चलाउँथे।, उनलालाई केन्द्रीय अनुसन्धान ब्युरोले साउन १ गते पक्राउ गरेको थियो।, उनको साथबाट १९ करोड ४३ लाख ६१ हजार ८६० रूपैयाँको चेक प्रहरीले बरामद गरेको थियो।, ब्युरोका अनुसार उनीविरूद्ध दुई जनाले उजुरी दिएका थिए। उजुरी दिने दोलखाकै प्रकाश कार्की र काठमाडौं कोटेश्वरका हेमराज गुभाजु हुन्।, मिटरब्याजको पैसामा कार्कीसँग ४ करोड १६ लाख र गुभाजुसँग ४ करोड १४ लाखको चेक लिएर उप्रेतीले सताउँदै आएका थिए। गुभाजुले सेतोपाटीसँग मिटरब्याजको पैसाबाट संक्षिप्त जानकारी दिए।, एक व्यापारीले अनुरोध गरेपछि गुभाजुले उप्रेतीसँग पैसाको कुरा गरे। ती व्यापारी साथीले वीरगञ्जका नीर मोहम्मदलाई १ करोड ५४ लाख रूपैयाँ तुरून्तै चाहिएको बताएका थिए।, आफू ‘बीच’मा बसेर गुभाजुले मोहम्मदलाई उप्रेतीबाट एक करोड ५४ लाख रूपैयाँ दिलाए। तीन-चार दिनमै पैसा फिर्ता गर्ने कुरा थियो। आकस्मिक आवश्यकता टारेबापत् पैसाको ब्याज पाँच लाख बढाएर बुझाउनु पर्ने सर्त उप्रेतीले राखेका थिए।, यो कारोबार भएको गत मंसिर महिनामा हो। तर, मोहम्मद बीचमा फरार भएपछि गुभाजु चेपुवामा परे।, उप्रेतीले ब्याज बढाउँदै लगेर एक पटक हिसाब गर्दा दुई करोड ४ लाख पुर्‍याए। गुभाजुले चेक दिए। अर्कोपटक हिसाब गर्दा २ करोड १० लाख हिसाब पुर्‍याए। त्यसको पनि चेक दिए। तर, पछिल्लो चेक दिँदा अगाडिको फिर्ता गर्नुपर्ने सर्त राखिएको थियो।, उप्रेतीले किन फिर्ता गर्थे, बरू गुभाजुलाई कुज्याउन थाले। सात-आठ महिनामै लिएको पैसाको ब्याज बढेर तीन गुणा भएपछि गुभाजुको कारोबार उल्टो दिशातिर जाने भयो।, उप्रेती दुबै चेकको मिति गुजारेर गुभाजुलाई चेक अनादर मुद्दा हाल्न चाहन्थे। , ‘अगाडिको चेक मागेको दिँदै नदिने, एकदमै समस्यामा पारिदिएपछि म प्रहरीमा गएको हुँ, अगाडिको चेक फिर्ता नगरेको भनेर मैले उनलाई अदालतमा मुद्दा पनि हालेको छु,’ गुभाजु भन्छन्, ‘कारोबार बिगार्न एकदमै सिपालु हुनुहुँदो रहेछ, साथीभाइको समस्या टार्न खोज्दा यतिबेला म आफैं जञ्जालमा फसेको छु।’, गुभाजु पनि शंकरमाली निर्माण सेवाका ठेकेदार हुन्। शंकरमालीसँगै जोडिएका ठेकेदार सापकोटा ‘भूमिगत’ र अर्का गुभाजु प्रहरीकहाँ पुगेपछि उप्रेतीको मिटरब्याज धन्दाको अनुसन्धानमा प्रहरी लागेको छ।, गुभाजुले सापकोटा आफ्नो सम्पर्कमा नरहेको र उनीसँगको कारोबारबारे भने आफूले भन्न नसक्ने बताए।, ‘मचाहिँ उहाँले कारोबार गरेको एकदमै सानो क्लाइन्ट रहेछु,’ गुभाजुले भने, ‘८ करोड, १२ करोडसम्म कारोबार गर्ने मानिसहरू रहेछन्।’, ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंह पनि उप्रेतीको मिटरब्याज अपराध लामो रहेको बताउँछन्।, ‘दोलखादेखि काठमाडौंसम्मका मानिस उनीबाट पीडित छन्, कतिपयले त आत्महत्या समेत गर्न खोजेका छन्,’ सिंहले सेतोपाटीसँग भने, ‘हामी पीडितहरूको खोजी गरिरहेका छौं।’, पर्शुरामलाई दुई वटा टक्सन गाडी सित्तैमा, सिंहका अनुसार उप्रेतीको आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूसँग सम्पर्क जोडिएको छ। दोलखाकै पर्शुराम बस्नेत (हाल विराटनगर)सँग उनको सम्पर्क स्थापित भएको देखिएको छ।, पर्शुराम आपराधिक गतिविधिमा एकताका पूर्वक्षेत्रमा चलेका व्यक्ति थिए। अहिले पनि उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा धाइरहेका छन्।, २०६७ सालमा पर्शुराम आफ्नो गाडी अघिपछि दुई सयजति पल्सर मोटरसाइकल लिएर हिँड्थे। पर्शुरामसँग दुई वटा हुण्डाई कम्पनीका टक्सन गाडी थिए। तीमध्ये एउटा उनी र अर्को उनकी श्रीमती चढ्थिन्।, ब्युरोका अनुसार करिब दुई करोड मूल्यका ती गाडी उप्रेतीले पर्शुरामलाई सित्तैमा दिएको खुलेको छ।, ‘ती दुबै गाडी उनले पर्शुरामलाई सित्तैमा दिनुको पछाडि उनीहरूबीच कारोबार राम्रै रहेको बुझ्न सकिन्छ,’ तीन अनुसन्धान अधिकृतले भने, ‘हामी खोजी गरिरहेका छौं।’, को हुन् उप्रेती?, साबिक पवती गाविस हाल मेलुङ गाउँपालिका-१ घर भएका ३३ वर्षीय उप्रेती ललितपुर भैंसेपाटी बस्दै आएका थिए।, काठमाडौं-७ चाबहिल मित्रपार्कमा उनी द्रिशान्त अटोमोबाइल प्रा.लि. चलाइरहेका थिए।, उप्रेतीलाई प्रहरीले १९ करोड ४३ लाख ६१ हजार ८६० रुपैयाँ बराबरको चेकसहित पक्राउ गरेको थियो।, उप्रेतीले दोलखा मेलुङ गाउँपालिका-७ नै घर भई हाल मध्यपुर ठिमी-२ बस्ने ४० वर्षीय प्रकाश कार्की र रामेछाप गोकुलगंगा गाउँपालिका-१ चुचुरे घर भई काठमाडौं-३२ कोटेश्वर बस्ने ६० वर्षीय हेमरा गुभाजुलाई पीडित बनाएका थिए।, चिन्नेहरूका अनुसार उप्रेती मेलुङ-१ पवतीबाट एसएलसी पास गरेपछि २०६२ सालमा चरिकोट आएका थिए। उनले त्यहाँको भीम उच्च माविबाट प्लस टु पास गरे।, उनी सामान्य परिवारका मानिस थिए। चरिकोटमा डेरा लिएर बस्थे।, प्लस टु पास गरेपछि उनी काठमाडौं हिँडे। ज्ञानेश्वरमा उनले कोठा लिएका थिए।, पुरानो बानेश्वरमा आफन्तमार्फत् लगानी जुटाएर मोटरसाइकलको रिकन्डिसन शोरूम खोलेका थिए।, रिकन्डिसन मोटरसाइकलको कारोबार गर्दै गरेका उनी २०६६ सालतिर एकैपटक गाडीको रिकन्डिसन शो रूम खोल्ने भइसकेका थिए।, जतिबेला उनको, पर्शुराम बस्नेतसँग उठबस चल्न थालिसकेको थियो। र, त्यतिबेला उप्रेतीले पर्शुरामलाई दुई वटा गाडी दिलाएका थिए। उनीहरूको चिनजान भने जिल्लाबासीबाट सुरू भएको हो। राजनीतिक रूपमा पर्शुराम एमालेमा युवा संघमा आवद्ध हुन् भने उप्रेती पनि युवा संघ निकट नै हुन्।, ‘पर्शुरामसँग जोडिएपछि भने उप्रेतीको कारोबार करोडौंमा देखिन्छ, २०-२२ करोडका चेक हातहातै फेला परेका छन्,’ ती अनुसन्धान अधिकृतले भने।, उप्रेतीको शोरूमबाट दोलखाका धेरै व्यापारीले चर्को मिटरब्याजमा गाडी किनेको र मिटरब्याज पैसाको ब्याज थेग्न नसक्ने गरी रहेको त्यहाँका स्थानीय बताउँछन्।, उप्रेतीसँग मिटरब्याज कारोबार गरेका चरिकोटकै रिजाल थरका एक सुन व्यापारी अहिले लापत्ता छन्। पैसा तिर्न नसकेपछि उनले उप्रेतीलाई घरै पास गरेर उनले तीन वर्षदेखि चरिकोट छोडेको स्थानीय बताउँछन्।, चार महिनाअगाडि उप्रेतीले चरिकोटको चरिघ्याङमा पाँच करोड रूपैयाँ लगानीमा घर किनेका थिए।  , उप्रेतीले ठेकेदारलाई पैसा लगाउने गरेको, गुण्डा लगाएर पेस्तोल तेर्स्याएर चेक काट्न लगाउने गरेको बताउनेहरू पनि छन्। ब्युरोले भने उप्रेतीले रकम नदिएमा डर त्रास देखाउने गरेको, मानिसहरूलाई बाहिर हिँडडुलमा बन्देज लगाउने गरेको, आपराधिक गिरोध प्रयोग गरी ज्यान मार्ने धम्की दिने गरेको बताएको छ।, उप्रेतीसँग कारोबार गरेका गुभाजु आफूलाई त्यस्तो धाकधम्की भने नदिएको बताउँछन्। ‘मलाई त्यस्तो धाकधम्की आएको होइन, प्रहरीले धाकधम्की दिएको भनेछ,’ गुभाजुले भने।, ब्युरोले उप्रेतीमाथि विस्तृत अनुसन्धान गरी संगठित अपराधमा मुद्दा अगाडि बढाउने तयारी गरिरहेको छ। मुद्दा दर्तापछि सम्पत्ति शुद्धीकरण प्रयोजनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा फाइल पठाइने ब्युरोले जनाएको छ।, मिटरब्याजी उप्रेतीका कारण ‘भूमिगत’ भए मुडे-चरिकोट सडकका ठेकेदार, अर्कैलाई दिइयो ठेक्का
सेतोपाटी जुम्लाको तिला गाउँपालिका र जाजरकोट जोड्ने तिला नदीमा पक्की पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन्। , पुल निर्माणले कर्णाली राजमार्ग हुँदै यहाँको भेरीखोला र जाजरकोटसम्म यात्रा गर्नका लागि सजिलो हुने भएकाले स्थानीयबासी खुसी भएका हुन्।, हिउँदको समयमा नदी सुके पनि वर्षायाममा निकै ठूलो हुने गरेको स्थानीयबासी वसन्ती रावलको भनाइ छ।, ‘हिउँदमा सामान्य भए पनि वर्षायाममा खोला बढेर तर्न एकदमै सकस हुन्छ’, उनले भनिन्, ‘तिला नदीमा पक्की पुल निर्माण भएपछि स्थानीयबासीलाई अब सहज हुने भएको छ।’ , तिला नदीको त्रिवेणीमा ५२.१५ मिटरको पक्की पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रूपबहादुर रावलले बताए।, चार करोड १२ लाख रूपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएपछि जुम्लाको तातोपानी गाउँपालिका–७ र ८ का नागरिकलाई सदरमुकाम खलङ्गा आवतजावत गर्न सजिलो भएको छ भने जाजरकोट जाने यात्रुलाई समेत सहज भएको स्थानीयबासीको भनाइ छ। , पुल निर्माणका लागि विसं २०७३ असार ५ सम्झौता भएको थियो। तत्कालीन प्राविधिक कार्यालयबाट सुरू भएको सो पुलको निर्माण कार्य विसं २०७५ जेठ ३१ गते सम्पन्न हुनुपर्ने थियो।, लामो समयसम्म अलपत्र अवस्थामा रहेको सो पुलको निर्माण संघीय सरकारको आर्थिक सहयोगबाट भएको हो। , पूर्वाधार विकास कार्यालयका प्रमुख रावलका अनुसार कर्णाली प्रदेशकै पहिलो हाइरिक्स तरिकाले यसको निर्माण भएको छ। जाजरकोटबाट जुम्ला भित्रन सबभन्दा सजिलो मार्गका रूपमा यसलाई विकास गर्न लागिएको छ।, अहिले जुम्ला र सीमाना इमिल्चा हुँदै जाजरकोटसम्म पुग्नका लागि दुई करोड १९ लाख रूपैयाँको लागतमा कच्ची बाटो निर्माण भइरहेको कार्यालयले जनाएको छ। , तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले पुल निर्माण भएपछि यस क्षेत्रको विकासमा कोशेढुङ्गा सावित हुने बताए। साविक कर्णालीको मुकाम जुम्लाको तिला नदीमा पुल नहुँदा जाजरकोटमा गाडी सञ्चालन हुन ढिलाइ भइरहेको थियो, पुल निर्माण भएपछि अब सजिलो हुने उनको विश्वास छ। रासस, तिला नदीमा पुल बनेपछि स्थानीयबासीमा छायो खुसी
सेतोपाटी संवाददाता सरकारले चर्चित लोकगायक प्रकाश सपुत र लोकगायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ। , नेपाल सरकार गृह मन्त्रालय अन्तरगतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी चर्चित लोकगायक सपुत र गायिका दुलाललाई गीत संगीतको माध्यमबाट समुदायमा विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरिएको जानकारी गराएको हो। , गीत संगीतको माध्यमबाट समुदायका विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्न उनीहरूलाई सोसम्बन्धी सद्भावना दूत नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए।, उनले भने, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्रियाकलापहरू प्रभावकारी रूपमा कार्यान्वयनका लागि जनचेतना अभिवृद्धि गर्न अति आवश्यक हुन्छ। यसै सन्दर्भमा गीत संगीतको माध्यमबाट समुदायमा जनचेतना अभिवृद्धि गर्ने मुख्य अभिप्रायबाट बाग्लुङ र सिन्धुपाल्चोक जिल्लाका स्थायी बासिन्दा तथा लोकप्रिय गायक, गायिका सपुत र दुलाललाई विपद जोखिम न्यूनीकरण  सद्भावना दूत घोषणा गरिएको छ।’, प्राधिकरणले यस वर्षको मनसुनबाट सिन्धुपाल्चोक, मनाङ, बाजुरालगायतका ४८ जिल्ला बाढी, पहिरोबाट बढी प्रभावित रहेको उल्लेख गर्दै त्यसको क्षतिको मूल्यांकन गर्ने काम भइरहेको पनि जनाएको छ। , सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको आवश्यक व्यवस्था मिलाइसकेको बताएको छ।, प्रकाश सपुत र सुनिता दुलाल 'विपद् जोखिम न्यूनीकरण सद्भावना दूत' नियुक्त
सेतोपाटी संवाददाता गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणालाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति गर्न सिफारिस गरेको छ। , गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले एसएसपी राणालाई बढुवा गर्न बिहीबार सिफारिस गरेको हो। , हाल रिक्त रहेको एक जना डिआइजीको दरबन्दीमा एसएसपी राणालाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।, हालै, प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुलबहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएपछि एक डिआइजीको दरबन्दी रिक्त थियो। , रिक्त दरबन्दी परिपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेसँगै उनको नाम बढुवा सूचीमा आएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो। , प्रधान कार्यालयका एआइजी तथा बढुवा समितिका सदस्य सचिव निरजबहादुर शाहीले राणालाई बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको बताए।, राणा हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका  प्रहरी अधिकारी हुन्। , उनीसँगै बढुवा प्रतिस्पर्धामा क्षेत्रीकै ब्याचमेटहरू पनि थिए। राणा हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा कार्यरत् छन्। , एसएसपी राणालाई डिआइजी बढुवा गर्न गृह मन्त्रालयको सिफारिस
सेतोपाटी संवाददाता बुधबारदेखि हराएका माडी नगरपालिका- १ पाण्डवनगरका राजकुमार बोट चितवन राष्ट्रिय निकुञ्जभित्र मृत अवस्थामा भेटिएका छन्। , मध्यवर्ती क्षेत्रमा घर भएका ४६ वर्षीय बोट बिहीबार बिहान निकुञ्जको कोर इलाका परशुराम कुण्ड नजिक मृत अवस्थामा भेटिएका हुन्। उनको  जंगली भालुको आक्रमणबाट मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए। , आर्थिक वर्ष २०७८/०७९ चितवन राष्ट्रिय निकुञ्जमा मृत्यु भएको यो पहिलो  घटना हो।, माडीबाट हराएका बोट चितवन निकुञ्जभित्र मृत भेटिए
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको दुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५-३० वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको छ।, उक्त भाले गैंडा अर्को भालेसँग जुधेर घाइते भई मरेको अनुमान गरिएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।, यस आर्थिक वर्षको पहिलो हप्तामै चितवन निकुञ्जमा तीन वटा भाले गैंडाको मृत्यु भएको छ।, गत आइतबार निकुञ्जको हेटक्वाटर कसरानजिकै एउटा बच्चा र अमलटारी क्षेत्रमा अन्दाजी ३० वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएका थिए। अन्दाजी दुई महिनाको भाले बच्चा गैंडाको बाघको आक्रमणबाट मृत्यु भएको थियो।, अमलटारी क्षेत्रको रतनपुरीघाट पारी नारायणी नदी किनारमा अर्को गैंडा मृत भेटिएको थियो। खाग र खुर सुरक्षित रहेको उक्त गैंडाको मृत्युको कारण खुलेको छैन।, आर्थिक वर्षको पहिलो हप्तामै चितवन राष्ट्रिय निकुञ्जमा मरे तीन भाले गैंडा
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले विभिन्न अपराधमा संलग्न रहेका पाँच जना फरार अभियुक्त पक्राउ गरेको छ।, फरार अभियुक्त पक्राउ गर्ने अपरेसन ‘फप’ अन्तर्गत तीन दिनमा पाँच जना फरार अभियुक्तलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक डा. मनोज केसीले बताए।, पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-४ घर भई नवलपुर मन्यविन्दु नगरपालिका-१४ बस्ने ५८ वर्षीय पूर्णबहादुर पाण्डे छन्। उनलाई जबरजस्ती करणी मुद्दामा अदालतले १० वर्ष कैद फैसला गरेको थियो।, यसैगरी, बैंकिङ कसुरमा १२ लाख जरिवाना र पाँच दिन कैद सजाय तोकिएका पर्वत कार्कीनेटा घर भई हाल बुटवल-८ बस्ने अशोककुमार शर्मा छन्।, बैंकिङ कसुरमै १५ दिन कैद र १४ लाख जरिवाना तोकिएका तिलोत्तमा नगरपालिका-५ का ४२ वर्षीय एकनारायण अर्याल, बैंकिङ कसुरमै ३६ लाख जरिवाना र १० दिन कैद तोकिएका बुटवल-१३ का शिवकुमार रण र लागुऔषध ब्राउनसुगर मुद्दामा पाँच वर्ष कैद र पाँच हजार जरिवानाको फैसला भएका बुटवल-१३ का विशन रानालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।, रूपन्देही प्रहरीले केही समययता फरार अभियुक्त पक्राउ गर्नका लागि अभियान सञ्चालन गरेको छ। सो अभियान अन्तर्गत विभिन्न मुद्दामा फरार रही अदालतमा सजाय भुक्तानी गर्न बाँकी रहेका व्यक्तिहरूलाई पक्राउ गरिने गरिएको केसीले बताए।   , रूपन्देही प्रहरीको अपरेसन ‘फप’मा समातिए फरार अभियुक्त, ६२ लाख राजश्व संकलन
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त कालिमाटी काठमाडौंले सात जना जुवाडेलाई पक्राउ गरेको छ। , काठमाडौं-८ का रविन बिडारीले कलंकीमा सञ्चालन गरेको बिडारी ल फर्मभित्रबाट प्रहरीले ७१ हजार ७ सय नगदसहित बिहीबार सात जनालाई पक्राउ गरेको हो। , अपराह्न पाँच बजे ल फर्मभित्र तास खेलिरहेका उनीहरूलाई ६ बुक तास, तास खेल्न प्रयोग गरिने उपकरण र नगदसहित पक्राउ गरिएको महानगरी प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताए। , बोहराका अनुसार पक्राउ पर्नेमा बिडारीसहित श्याम अधिकारी, प्रकाश श्रेष्ठ, गणेश कोइराला, विजय केसी, नारायण ठकुरी र राजेन्द्र दाहाल रहेका छन्। , ल फर्म सञ्चालक चन्द्रागिरी नगरपालिका-८ का ५० वर्षीय बिडारी रहेको बोहराले बताए। , पक्राउ परेका सबैलाई हिरासतमा लिएर जुवा ऐन अन्तर्गत कारबाही थालिएको बोहराले बताए। ,  , कलंकीमा ल फर्मभित्र तास खेलिरहेका सात जुवाडे पक्राउ
सेतोपाटी संवाददाता नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेलाई गोली हानी हत्या गरेको आरोप लागेका ११ जना सबै पुर्पक्षको लागि कारागार चलान भएका छन्।, बिहीबार जिल्ला अदालत कपिलवस्तुले हत्यामा संलग्न मुख्य अभियुक्त पाण्डेकी श्रीमती महिमा र ओमप्रकाश यादवसहित ११ जनालाई पुर्पक्षको लागि कारागार चलान गरेको हो।, कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार घटनामा महिमा, उनका ब्वाईफ्रेण्ड ओमप्रकाश यादव लगायतको संलग्नता थियो।, प्रहरीले अनुसन्धानपछि पाण्डेकी श्रीमती, योजनाकार ओमप्रकाशसहितका ११ जनालाई पक्राउ गरी सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।, पुर्पक्षमा जेल जानेमा रमजान साह मुसलमान, साकिर अलि पखिया छन्।, यस्तै, कारागार चलान भएका अन्यमा पूर्णवीर पाल्पाली, सद्दाम हुसेन खान, ज्ञानेन्द्रकुमार पाण्डेय, राधेश्याम चौधरी, श्रीराम कुर्मी, नरसत अलि र प्रविण गुप्ता रहेका छन्।, प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार महिमाले आफ्ना श्रीमानको हत्याका लागि विभिन्न समयमा यी व्यक्तिहरूलाई प्रयोग गरेकी थिइन्। गत जेठ ५ गते ओमप्रकाश यादवसहित तीन जनालाई उनले श्रीमानको हत्याका लागि ‘सुपारी’ दिएकी थिइन्।, यादवसहित तीन जनाको समूहले पाण्डेलाई दुई गोली हानेका थिए। गोली लागेर घाइते भएका पाण्डेको भैरहवास्थित मेडिकल कलेजमा उपचार हुन नसकेपछि हेलिकप्टरमा काठमाडौं ल्याउने क्रममा मृत्यु भएको थियो।, के थियो घटना? तलको लिंकमा हेर्नुहोस्, कपिलवस्तुका माओवादी नेतालाई गोली हानी हत्या गर्न उनकै श्रीमतीले दिएकी थिइन् ‘सुपारी’, कपिलवस्तुका माओवादी नेता पाण्डेको हत्या आरोपमा उनकी श्रीमतीसहित ११ जना जेल चलान
सेतोपाटी संवाददाता निरन्तरको वर्षातका कारण बागलुङ जिल्लाका दुई राष्ट्रिय गौरवको आयोजनाका सडक अवरुद्ध भएको छ ।, मध्यपहाडी राजमार्गको बागलुङ नगरपालिका–३ बोक्से र कालिगण्डकी करिडोरको बागलुङ नगरपालिका – १३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जनाएको छ । आज बिहानैदेखि दुईवटै सडक अवरुद्ध भएको हो । कालिगण्डकी करिडोर १८ दिन अवरुद्ध भएपछि तीन दिनअघि मात्रै सञ्चालनमा आएको थियो।, वर्षासँगै आएको लेदोले मध्यपहाडीको बोक्सेमा सडक अवरुद्ध हुँदा सिगाना जाने वैकल्पिक सडक प्रयोग गरेर यात्रुलाई गन्तव्यमा पठाइएको छ ।, लोकमार्ग एकतर्फी खुलाउने प्रयास भइरहेपनि सडकमा लेदो खस्ने काम रोकिएको छैन । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्जल शर्माले अवरुद्ध सडक खुलाउन बिहानैदेखि औजार खटाइएको जानकारी दिए । उनले तत्कालै एकतर्फी सडक खुलाउने गरी काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।, मध्यपहाडी राजमार्ग र कालिगण्डकी करिडोर अवरुद्ध
रासस यसपालिको मनसुनजन्य विपद्का कारण अतिप्रभावित भएको मनाङमा हेलिकप्टरबाट औषधि र खाद्यान्न पुर्‍याइने भएको छ।, बाढी र पहिरोबाट प्रभावित भएको सदरमुकाम चामेलगायत आसपासका क्षेत्र विपद्का घटना भएको लामो समय बितिसक्दा पनि सडक सञ्जाल जोडिन नसकेपछि सरकारले खाद्यान्न पुर्‍याउन हेलिकप्टरको प्रयोग गर्न लागेको हो।, शुरुआती चरणमा यहाँ राहतस्वरुप हेलिकप्टरबाट राहत पुर्‍याइएको तर सडक खुल्न नसक्दा मानिसको जीवन नै जोखिममा पर्ने अवस्था आएकाले हवाइमार्गबाट तत्काल खाद्यान्न र औषधि आपूर्ति गर्ने तयारी गरिएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए।, प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा समितिका सदस्यले उठाएका जिज्ञासाको जवाफमा मन्त्री खाँणले सरकारको पहिलो प्राथमिकता नै मानिसको जीउज्यानको सुरक्षा रहेको स्पष्ट पारेका थिए।, उनले जोखिममा परेका मानिसको जनजीवन सहज पार्न मन्त्रालय लागि परेको पनि बताए। ‘मनाङ जिल्ला सदरमुकाम जाने बाटो बन्द छ, प्राविधिकसमेत मोटरबाट जानसक्ने अवस्थामा छैन, मनाङमा नागरिकको जीवन नै जोखिममा छ, सप्लाई सिष्टम नै बन्द भयो। अब हेलिकप्टरबाट सामान पुर्‍याइने छ,’ उनले भने।, यस विषयसमा सरोकारवाला निकायबीच समन्वय भइसकेको पनि उनले बताए। लत्ताकपडालगायत सामग्री ढुवानी भने महँगो पर्ने भएकाले तत्काल खाद्यान्न र औषधि पुर्‍याउने गरी योजना निर्माण भएको समितिलाई जानकारी दिए। मनाङमा बाढीपहिराका कारण ५४ किलोमिटर सडकमा क्षति पुगेको छ।, मन्त्री खाँणले अध्ययनका लागि विज्ञ टोलीलाई पनि हेलिकप्टरबाटै लैजाने जानकारी दिए। मन्त्री खाँणले मनाङ र सिन्धुपाल्चोकको जनजीवन सहज पार्ने विषयमा सरकार गम्भीरताका साथ लागेको समितिका सदस्यलाई आश्वस्त पारेका थिए।, दुवै जिल्लालाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुका कारण नै उच्च प्राथमिकतामा राखिएकाले हो भन्दै उनले त्यस क्षेत्रमा विशेष प्याकेज लैजानुपर्ने आवश्यकता औँल्याए।, गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा कसरी गर्ने भन्नेमा नै सरकारको ध्यान रहेको र राज्य प्रणालीको शुरुआत नै त्यसैका लागि भएको बताए। उनले यसपालि विपद् परिकल्पना गरेभन्दा फरकरुपमा आइरहेकोतर्फ सचेत हुन आग्रह गरेका थिए।, बाढीपहिरोले मनाङमा ५४ किमी सडकमा क्षति, हेलिकप्टरबाट लगिँदै खाद्यान्न र औषधि
रासस उदयपुरको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ।, जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने वृद्ध उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरी रहेका छन् भने हत्यामा संलग्न त्रियुगा–१३ का ४५ वर्षीय किसन सदा रहेका छन्।, प्रहरीका अनुसार सदा केही समययतादेखि चौधरीको घरमा कामदारका रूपमा बस्दै आएका थिए।, आज बिहानै केही कुरामा चौधरी र सदाबीच विवाद भएपछि सदाले चौधरीकै घरको खुकुरी झिकेर चौधरीको टाउकामा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।, घटना हुनासाथ स्थानीयवासीले प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेर अहिले शवको मुचुल्का सर्जमिन गर्ने कार्य शुरु गरेको छ।, चौधरीको हत्यामा संलग्न खुुकरी प्रहार गर्ने सदा र खुकुरी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए।, उदयपुरमा बिहानै खुकुरी प्रहारबाट वृद्धको हत्या
सेतोपाटी संवाददाता प्रहरीले मकवानपुरबाट गाँजासहित एउटा ट्रक र त्यसका चालकलाई पक्राउ गरेको छ।, बुधबार बिहान प्रहरीले ८१ किलो ३५० ग्राम गाँजासहित ना८ख ८२८४ नम्बरको ट्रक र चालकलाई पक्राउ गरेको हो।, पक्राउ पर्ने चालकमा राक्सिराङ गाउँपालिका-४ का ४२ वर्षीय बाबुराम नेगी छन्।, मनहरी गाउँपालिका-८ सिमपानीमा रोकिराखेको उक्त ट्रकमा चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, मकवानपुरमा ८१ किलो गाँजासहित ट्रक र चालक पक्राउ
सेतोपाटी संवाददाता नेपाल-भारत सीमा नजिकै नेपाली पक्षले बनाउँदै गरेको नाला र कल्भर्टमा भारतीय पक्षले अवरोध गरेको छ। , विराटनगर-१७ इस्लामपुरस्थित नेपाली भूमिमा बन्न लागेको नाला भारतीय सुरक्षाकर्मीले रोक लगाएको हो।, पानी निकासका लागि विराटनगरको सीमावर्ती क्षेत्रमा बन्न सुरू भएको नाला भारतीय पक्षको अवरोधको कारण अहिले रोकिएको छ।, भारतीय बजार जोगबनीबाट बगेर आएको पानी जलमग्न भएर इस्लामपुर क्षेत्र डुबानमा पर्ने भएकोले जमेको पानी निकासको लागि बन्दै गरेको नाला भारतले रोक लगाएको स्थानीय बताउँछन्।, भारत विहार राज्यको अररिया जिल्लाको जोगबनी बजारसँग सीमा जोडिएको विराटनगर–१७ मा पर्ने इस्लामपुरमा नेपाली भूमिभित्रै पानी निकास गराउन निर्माण भइरहेको पक्की नाला निर्माणमा भारतीय सीमा सुरक्षा बलले धाकधम्की दिँदै रोक लगाएको वडाअध्यक्ष समीर कमरले जानकारी दिए।, इस्लामपुरमा दशगजा नजिकै रहेको सडकमा पक्की नाला बनाउन सुरू गरेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको उनले बताए।, एसएसबीले अवरोध गरेपछि अहिले काम रोकिएको छ।, वर्षाको समयमा भारतीय बजार जोगबनीबाट नेपालतर्फ दशगजामा नाला निर्माण गरेर भारतले पठाएको पानीको डुबानबाट जोगिन विराटनगर महानगरपालिकाले इस्लामपुर बस्तीमा नाला निर्माण थालेको थियो।, वर्षा सुरू भए पनि इस्लामपुरका एक सय घरपरिवारले पाउँदै आएको सास्तीबाट मुक्त गर्न नेपाली भूमिकै पैनीमा पानी बग्नेगरी नाला निर्माण गरिएको भए पनि भारतीय सीमा सुरक्षा बल र प्रशासनका अधिकारीहरूले धाकधम्की दिँदै नाला निर्माणमा रोक लगाएको वडाअध्यक्ष कमरले बताए।, ‘नेपाली भूमिमा जलमग्न भएको पानी निकास गरेर भारतीय भूमि र बस्ती डुबानमा पार्न खोजेको भन्दै भारतीय एसएसबीले गालीगलौज गर्दै हाम्रो भूमि भित्रै बन्दुक तेर्स्याएर नाला निर्माण गर्न अहिलेसम्म दिएको छैन,’ स्थानीय कैलाशप्रसाद साहले भने, ‘हप्ता दिनअगाडि नाला बनाएर अहिले इँटाको गाह्रो उठाउन सुरू गरिएको थियो। भारतीय पक्षको एसएसबी आएर अहिले निर्माण कार्यमा रोक लगाएको छ। अहिले उक्त काम आधाकल्चो बनाएर छोडिएको छ।’, एक सय भन्दा बढी घरपरिवार बसोबास गर्दै आएको इस्लामपुर बस्तीमा नेपालीहरूले निकासका लागि निर्माण गरेको नालाको पानी दशगजा क्षेत्रसँग जोडिएको नेपाली भूमिको पैनीमा पुग्ने गरेको छ। , विराटनगर १७ र १८ नम्बर वडामा पर्ने जोगबनी बजारसँग जोडिएको सीमावर्ती बस्तीहरू इस्लामपुर, राईसमिल र रामसेवी टोलमा तीन सय बढी घरपरिवार बसोबास गर्दै आएका छन्।, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले समस्या आएपछि  दुई दिनअगाडि सो क्षेत्रका निरीक्षण गरेको बताए।, निरौलाले भारतीय पक्षसँग वार्ताको तयारी भइरहेको जानकारी दिएका छन्।, सीमानजिकै नेपाली पक्षले बनाउँदै गरेको नाला र कल्भर्टमा भारतीय पक्षको अवरोध
सेतोपाटी मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ।, जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ। , गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मर्स्याङ्दी नदीमा आएको बाढीपहिराले सडक सञ्जाल बगाएर विच्छेद भएको थियो। हिजो रातिदेखि परेको अविरल वर्षाका कारण आज चामेको झोलुङ्गे पुल पनि बगाएपछि यात्रा झन सकस बनेको हो।,  , माथिल्लो मनाङ जोड्ने उक्त पुल बिहान आएको बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।, ‘सडक सञ्जाल विच्छेद भए पनि झोलुङ्गे पुलले सहज बनाएकोमा त्यो पनि बगाएपछि अझ सकस भयो,’ उनले भने, ‘अन्यत्र केही ठाउँमा बनाएको काठका गोरेटो बाटोसमेत मर्स्याङ्दी नदीमा आएको बाढीले बगाएको छ। वर्षात् कम हुँदा सहज हुन्छ कि भन्ने आश लागे पनि पुनःवर्षा हुँदा समस्या जटिल बन्दै गएको छ।’, बाढीपहिरा प्रभावितलाई खाद्यान्नलगायत अत्यावश्यक वस्तु पुर्‍याउन सहज भएको स्थानमा पनि समस्या थपिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए।, ‘यस पटक प्राकृतिक विपत्तिले पनि मनाङलाई धेरै कष्ट दिएको छ, अब विस्तारै कम होला भन्यो, फेरि समस्या आउँछ, त्यसै त सडक सञ्जाल सहज नहुँदा खाद्यान्न अभाव हुने अवस्थामा छ,’ उनले भने। , चामेको मोटरेवल पुलमा भने हालसम्म समस्या रहेको छैन।, पुलमा बाढीले ल्याएको बालुवा, ढुङ्गा र काठले पानी जाने बाटो थुनेर बस्तीतर्फ जाँदा त्यहाँस्थित विद्यालयमा क्षति पुगिरहेको छ। यसअघि नै आएको बाढीपहिराले मनाङको सरकारी, गैरसरकारी तथा व्यक्तिगत भौतिक संरचनामा धेरै क्षति पुगिसकेको छ। रासस , चामेको झोलुङ्गे पुल बगायो, आवतजावतमा सकस
सेतोपाटी सडक निर्माण गरिएको वर्षौंपछि डोटीका शाखा सडक धमाधम कालोपत्र हुन थालेका छन्।, सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा यहाँका पाँच शाखा सडक कालोपत्र गर्ने तयारीमा रहेका हुन्।, पूर्वाधार विकास कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कम्तीमा पनि ८६ किलोमिटर शाखा सडक कालोपत्र गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै अहिले ती सडकमा धमाधम काम भइरहेको छ। , कालोपत्रको तयारीमा रहेका सडकमा सुदूरपश्चिमको प्रमुख पर्यटकीय तथा प्रसिद्ध धार्मिक क्षेत्र खप्तड जोड्ने पहुँच मार्गका रूपमा रहेको सिलगढी–झिग्राना सडक, कालिका मन्दिरदेखि झिग्रानासम्मको आठ किलोमिटर सडक, सिलगढीदेखि कालिका मन्दिरसम्मको साढे सात किलोमिटर सडक, जिल्ला सदरमुकाम सिलगढीदेखि कलेना, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक र राजपुर–फलेडी–धिर्कामाडौँ सडक तथा बुडर–जोरायल–गड्सेरा सडक छन्।, जिल्लामा गाउँ घरदेखि पर्यटकीय क्षेत्र जोड्ने शाखा सडक कालोपत्र हुने तयारीमा रहेपछि यहाँका नागरिकमा पनि खुसीयाली छाएको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए।, उनले भने, ‘हाम्रा जिल्लामा पाँच वटा शाखा सडक कालोपत्रका लागि तयारी अवस्थामा छन्, सडक कालोपत्र हुन थालेकामा यहाँ नागरिक खुसी भएका छन्।’, भौतिक पूर्वाधार कार्यालयका प्रमुख रामचन्द्र खत्रीका अनुसार प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तडको पहुँच मार्गका रूपमा रहेको सिलगढीदेखि झिग्रानासम्मको १५ दशमलव पाँच किलोमिटर सडक स्तरोन्नति गरी कालोपत्र गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।, आर्थिक वर्ष २०७५/७६ को योजनाअनुसार सिलगढीबाट कालिका मन्दिरसम्मको साढे सात किलोमिटर सडक कालोपत्रका लागि विसं २०७६ असार ३० गते सम्झौता भएको थियो।, रु १५ करोड ९७ लाख १२ हजार ५४२ मा ३० महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने गरी सिएबी कन्स्ट्रक्सन प्रालिसँग भएको सम्झौतानुसार उक्त सडकको कम्तीमा पनि ८० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ।, कालिका मन्दिरबाट झिग्रानासम्मको आठ किलोमिटर सडक कालोपत्रका लागि पनि विसं २०७६ असार ३० गते सम्झौता भएको थियो।, रु २२ करोड ५० हजार ४४ मा सम्झौता भएको उक्त सडकखण्डमा ५५ प्रतिशत काम सम्पन्न भइसकेको भौतिक पूर्वाधार कार्यालयले जनाएको छ।, जिल्ला सदरमुकाम सिलगढीबाट कलेना, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक पनि सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कालोपत्रको काम भइरहेको छ।, पूर्वाधार विकास कार्यालयका अनुसार सिलगढीबाट साढे सात किलोमिटर सडक कालोपत्रका लागि राजेन्द्र पिएस जेभीसँग विसं २०७६ असार महिनामा रु १६ करोड १५ लाख ७० हजार ३१० मा सम्झौता भएको थियो।, कम्तीमा पनि ३० महिनाभित्र सम्पन्न गर्नुपर्ने उक्त सडकमा ५० प्रतिशतको हाराहारीमा काम भएको कार्यालयको दाबी छ।, आव २०७५/७६ कै योजनाअनुसार राजपुर–फलेडी–धिर्कामाडौँं सडकमा साढे नौ किलोमिटर कालोपत्रको काम सञ्चालन भइरहेको छ।, उक्त सडक स्तरोन्नतिसहित कालोपत्रका लागि रु २२ करोड ९१ लाख ४९ हजार ४९५ विनियोजन गरिएको छ।, उक्त सडकको काम ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । उक्त सडक कालोपत्रको जिम्मेवारी केएस कन्स्ट्रक्शनले पाएको छ।, यसैगरी बुडर–जोरायल–गड्सेरा सडक कालोपत्रका लागि तीन खण्डमा काम भइरहेको जोरायल गाउँपालिका–२ का वडाध्यक्ष मानबहादुर मल्लले जानकारी दिए।, सङ्घीय सरकारले हस्तान्तरण गरेको १० किलोमिटर कालोपत्रको योजनामा ८० प्रतिशत काम सम्पन्न भइसकेको उनको दाबी छ। यही असार मसान्तमा सम्पन्न हुनुपर्ने उक्त काम कोरोना महामारीका कारण भने केही प्रभावित भएको बताइएको छ।, रु ३० करोडको हाराहारीमा उक्त सडक कालोपत्रको कार्य लुम्बिनी राजेन्द्र जेभीले पाएको थियो। उक्त कार्य सङ्घीय सरकारले ठेक्का सम्झौता गरी प्रदेश सरकारलाई कार्यान्वयनका लागि हस्तान्तरण गरेको थियो।, बुडर–जोरायल–गड्सेरा सडकमै प्रदेश सरकारको योजनाअन्तर्गत थप १७ किलोमिटर कालोपत्र काम पनि सञ्चालन भइरहेको छ।, विसं २०७७ असार ३० गते शर्मा राजेन्द्र जेभीसंँग रु ३२ करोड ७१ लाख ४७ हजार ५६५ मा लागत सम्झौता भएको उक्त कार्य तीन वर्षसम्म सक्नुपर्ने शर्त जारी गरिएको छ।, उक्त योजनामा कम्तीमा पनि २५ प्रतिशतमात्रै प्रगति भएको बताइएको छ।, बुडर–जोरायल सडकखण्डमा थप साढे सात किलोमिटर कालोपत्रका लागि चालु आवमा पनि बजेट विनियोजन भएको छ।, गत असार १५ गते रु १२ करोड ५३ लाखमा केएस कन्स्ट्रक्सनसँग भएको सम्झौतानुसार उक्त कार्य दुई वर्षमा सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ।, पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरबाट रानागाउँसम्मको कम्तीमा पनि साढे नौ किलोमिटर सडक कालोपत्र गर्ने कार्य सम्पन्न भइसकेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले जानकारी दिए।, सङ्घीय सरकारले केएस कन्स्ट्रक्सनसँग रु ३० करोडको ठेक्का सम्झौता गरी कार्यान्वयन गर्न उक्त कार्य प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो।, उक्त सडकमा रानागाउँबाट वायलसम्म १० किलोमिटर कालोपत्रको निर्माण सञ्चालनमा रहेको छ।, दुई वर्षमा काम सम्पन्न गर्ने गरी विसं २०७७ असार ३० गते राजेन्द्र निर्णाण सेवासँग सम्झौता भएको छ।, प्रदेश सरकारको बजेटअन्तर्गत रु १७ करोड ६३ लाख तीन हजार ७८७ मा निर्माण सम्झौता भएको बताइएको छ। उक्त सडकमा कम्तीमा पनि २५ प्रतिशत कार्यप्रगति भएको भौतिक पूर्वाधार कार्यालयको दाबी छ।, उता जिल्लाको सबैभन्दा पुरानो सहजपुर–बोगटान दिपायल सडकअन्तर्गत सहजपुरबाट अत्तरकाँडासम्म कम्तीमा पनि ५२ किलोमिटर सडक सङ्घीय सरकारको लगानीमा कालोपत्रको काम हुँदैछ।, यसअघि डोटी जिल्लामा कुनै पनि शाखा सडक कालोपत्र भएका थिएनन्।, शाखा सडक स्तरोन्नतिसँगै कालोपत्र भए आफूले फलाएका तरकारीदेखि अन्य चिज वस्तुहरु बजारसम्म पुर्‍याउन सहज हुने भन्दै यहाँका किसान खुसी भएको बडिकेदार गाउँपालिका–१ का रोजबहादुर कलेलले जानकारी दिए।, कारोना महामारीको समयमा पनि यहाँका सडक कालोपत्रका लागि निर्माणकार्य तीव्ररूपमा सञ्चालन भइरहेका छन्।रासस, धमाधम कालोपत्र हुँदै डोटीका शाखा सडक
एजेन्सी चीनको हेनान प्रान्तमा अविरल वर्षासँगै आएको बाढी र डुबानले जनजीवन अस्तव्यस्त भएको छ।, शुक्रबारदेखि मंगलबारसम्म लगातार परेको पानीले अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।, पीडितको उद्धारका लागि तीन हजारभन्दा जनमुक्ति सेना खटाइएको छ।, रेल, सडक र विमानस्थल बन्द गरिएका छन्।, वर्षाले सबैभन्दा धेरै प्रान्तको राजधानी झेङझाउ प्रभावित भएको छ। धेरै मानिसहरू झेङझाउको सब वेमा बाढी आउँदा फसेका थिए।  झेङझाउ सहर एलो रिभरको छेउमा छ।  अत्याधिक वर्षा भएपछि नदी बढेको छ भने बाँधिएका ड्याम जुनसुकै बेला फुट्ने खतरामा पुगेका छन्।, Massive flash floods caused by heavy rain in Zhengzhou, central Chinese province of Henan, severe damage reported. ,pic.twitter.com/F6VQ5vRZjn, — Tong Bingxue 仝冰雪 (@tongbingxue) ,July 20, 2021, मौसमविद्हरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले गत शनिबारदेखि मंगलबारसम्म झेङझाउमा  ६ सय १७ मिलिमिटर पानी परेको जनाएका छन्। औसतमा उक्त सहरमा वार्षिक ६ सय ४० मिलिमिटर पानी पर्ने गरेको थियो।, मौसमविद्हरूले हेनानमा यति धेरै वर्षा एक हजार  वर्षमा एक चोटी हुने घटना भनेका छन्।, बुधबार पनि उक्त प्रान्तमा भारी वर्षा हुने अनुमान गरिएको छ भने सामान्य वर्षा अझै केही दिन जारी हुनेछ।, चीनको हुनानमा पर्‍यो ‘हजार वर्षकै बढी’ पानी, १३ जनाको मृत्यु (तस्बिरहरू)
सेतोपाटी संवाददाता नेपालमा प्रतिबन्धित इनर्जी ड्रिङ्स खुलेआम बिक्री-वितरण भइरहेको पाइएको छ।, प्रहरीले नेपालमा प्रतिबन्ध गरिएको इनर्जी ड्रिङ्स ठूलो परिमाणमा बरामद गरेको छ।, क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थको बिक्री-वितरण तथा कारोबार रोक लगाइएकोमा खुलेआम बिक्री भइरहेको पाइएपछि प्रहरीले बजारबाट बरामद गरेको हो।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले मंगलबार न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायत क्षेत्रबाट २०२ कार्टुन रेडबुल बरामद गरेको हो।, अपराध अनुसन्धान कार्यालयका अनुसार कारोबारमा संलग्न चार जना व्यक्तिहरू पक्राउ परेका छन्।, पक्राउ पर्नेमा प्रणव स्टोर न्युरोडका सञ्चालक रविनराज श्रेष्ठ, बाँके कोहलपुर घर भई गोंगबु बस्ने राजु पौडेल, शक्तिमाता स्टोर कपनका सञ्चालक धनबहादुर श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका-१ घर भई हाल गोठाटार बसिरहेका वीरेन्द्र चौधरी छन्।, प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार चौधरी रेडबुल ओसारपसारमा संलग्न छन्। उनलाई बा२१च १२५ नम्बरको भ्यानसहित पक्राउ गरिएको कोइरालाले बताए।, २०७६ असार २ मा प्रकाशित राजपत्रमा क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ बिक्री-वितरणमा रोक लगाइएको छ।, तर, काठमाडौंमा रहेका होलसेल सप्लायर्स तथा मार्टहरूमा त्यस्तो रेडबुल बिक्री भइरहेको पाइएको अनुसन्धान कार्यालयले जनाएको छ।, ‘हामीले खाद्य तथा गुण नियन्त्रण विभागसँग परामर्श गरेका थियौं, सरकारले आयात प्रतिबन्ध गरिएको वस्तु भएकाले कारबाही गर्न मिल्ने सुझाव आएपछि रेडबुल बरामद गरेका हौं,’ कोइरालाले भने।, प्रारम्भिक अनुसन्धान अनुसार उक्त रेडबुल भारतबाट ल्याइने गरेको पाइएको छ। तराईका विभिन्न जिल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउने र भ्यान तथा रात्रि बसबाट काठमाडौंसम्म ल्याउने गरेको पाइएको प्रवक्ता कोइरालाले बताए।, यस्तो रेडबुलको कारोबार अन्य धेरै स्थानमा भइरहेको हुनसक्ने आशंकामा खोजी गरिरहेको छ।, पक्राउ परेका व्यक्तिहरूबारे अनुसन्धान भइरहेको अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले बताए।, राजधानीका विभिन्न ठाउँबाट ठूलो परिमाणमा प्रतिबन्धित रेडबुल बरामद
सेतोपाटी रामपुरको इलाका प्रशासन कार्यालय प्रमुखविहीन हुँदा नागरिक मर्कामा परेका छन्।, कार्यालय प्रमुख नहुँदा नागरिकता, द्रुत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन्।, यहाँ २०७७ साल चैत २७ गते कार्यालय प्रमुख ईश्वरचन्द्र अर्याल सरूवा भएर जिल्ला प्रशासन कार्यालय कपिलवस्तु गएपछि त्यसयता यो कार्यालयमा प्रमुखविहीन भएको छ। , यस कार्यालयमा सेवा प्राप्त गर्न नसकेपछि नागरिकहरू सदरमुकाम तानसेन नै पुग्नुपरेको छ।, सडकको समस्याका साथै टाढा भएकाले खर्चिलो हुँदा यहाँका स्थानीयबासीले सास्ती बेहोर्नु परेको रामपुरकी शिवकुमारी वाग्ले बताउँछिन्।, ‘सिंहदरबारको अधिकार गाउँ-गाउँ भने पनि बेलाबेलामा कर्मचारी समस्याले हामी गाउँका नागरिकले समस्या भोग्नु परेको छ, वर्षायामको समय सदरमुकाम आउनजान सडक भत्किने, पहिराको समस्या, अर्कोतर्फ सदरमुकामसम्म आवतजावतको खर्चले नागरिक मारमा परेका छन्’, उनले भनिन्।, गृह मन्त्रालयको २०७७ साल चैत १६ को निर्णयानुसार यस इलाका प्रशासन कार्यालय रामपुरमा प्रमुख तोकिएको भनिए पनि अहिलेसम्म आइपुगेका छैनन्।, कार्यालय प्रमुख कहिले आउने भन्ने बारेमा जानकारी केही नभएको कार्यालयका खरिदार आशिष श्रेष्ठ बताउँछन्।, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले पटक-पटक इलाका प्रशासनमा कर्मचारी पठाउन खोजिएको तर सरूवा भएका कर्मचारी जान नमानेपछि समस्या भएको बताउँछन्।, कर्मचारी समस्याका सम्बन्धमा सामान्य प्रशासन मन्त्रालय तथा गृह मन्त्रालयमा पनि जानकारी गराइसकिएको पाण्डेयले बताएका छन्।,     , ‘कार्यालय प्रमुखमा हाल निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालको दरबन्दी परेको छ, अर्याल आफैंले पहिला रामपुरमा सरूवाको माग गर्नुभयो तर अहिले उहाँले जान नमानेपछि कार्यालय प्रमुखको समस्या परेको छ, अब हामी हप्तामा एकपटक कार्यालयबाट सेवा दिने प्रयासमा लाग्नेछौं’, प्रजिअ पाण्डेयले भने।, आर्थिक वर्षको अन्तिम समयमा गत असार १० गते जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रशासकीय अधिकृत रमा श्रेष्ठलाई आर्थिक कारोबार सञ्चालन गर्ने गरी कार्यभार तोकेर काम गरेको छ। , पूर्वी पाल्पाबासीलाई सहज सेवा उपलब्ध दिने उद्देश्यले स्थापना गरिएको प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ। , यसभन्दा अघि यहाँको प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा मङ्गलबार र बुधबार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट खटिएर नागरिकता, द्रुत राहदानी सेवा, जनजाति प्रमाणित, नाबालक परिचयपत्र, संस्था नवीकरणलगायतका सेवा दिने गरिएको थियो। अहिले भने यी सेवासम्बन्धी व्यवस्था नहुँदा सदरमुकाम तानसेन नै जानुपर्ने समस्या हट्न सकेको छैन। , यस कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिका–१, २, ३, ४, ५, ६ र पूर्वखोला गाउँपालिकाको वडा नं १ सिलुवाका स्थानीयबासीले सेवा लिइरहेका छन्।  , यहाँको प्रशासन कार्यालयमा हाल कार्यालय सहयोगीसहित आठजना स्थायी कर्मचारीको दरबन्दी छ।, शाखा अधिकृत कार्यालय प्रमुख एक, नायब सुब्बा एक, खरिदार दुई, कम्प्युटर अपरेटर एक, सहलेखापाल एक, कार्यालय सहयोगी दुईजनाको दरबन्दी छ। , हाल यस कार्यालयमा स्थायी दरबन्दीमा एक खरिदार कर्मचारी, करारमा एक कम्प्युटर अपरेटर र दुई जना कार्यालय सहयोगी रहेका छन्। सह-लेखापाल श्रीकृष्ण न्यौपाने गत फागुन ७ गते सरूवा भएर काठमाडौं गएपछि मालपोत कार्यालयका कर्मचारी सुरेशप्रसाद गैरेले मालपोत र इलाका प्रशासन कार्यालयमा सेवा दिँदै आएका छन्। , जिल्ला सदरमुकाम तानसेनदेखि झण्डै ६५ किलोमिटर पूर्वका नागरिकलाई सेवा दिने उद्देश्यले विसं २०६३ असार १० गते तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले सो कार्यालयको उद्घाटन गरेका थिए।रासस, रामपुरको इलाका प्रशासन कार्यालय तीन महिनादेखि प्रमुखविहीन, सेवाग्राही मर्कामा
सेतोपाटी संवाददाता सर्लाहीमा एक पुरूषको पोखरीमा डुबेर मृत्यु भएको छ।, हरिपुर नगरपालिका वडा नम्बर ४ हरैया बस्ने ३० वर्षीय भरकुर माझीको सार्वजनिक पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।, उनी मंगलबार राति ८ बजेदेखि नै बेपत्ता थिए। पोखरीमा डुबेर बेपत्ता भएको भन्ने खबर पाएपछि प्रहरीको टोली खटिएको थियो।, खबरपछि ईलाका प्रहरी कार्यालय हरिपुर र अगर्वा गणबाट टोली खटिएको हो। सो टोलीले बुधबार बिहान साढे १० बजे शव फेला पारेको हो।, 'घर परिवारहरूले उहाँको मानसिक सन्तुलन पहिलेदेखि नै ठिक नभएको भनेका छन्,' प्रहरी निरीक्षक गिरीले भने,'त्यहाँ बेलुकी के गर्दा पस्नुभयो। पछि बेपत्ता नै हुनुभएपछि खबर भयो।', सर्लाहीमा पोखरीमा डुबेर एकको मृत्यु
सेतोपाटी संवाददाता गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरमा वन क्षेत्र अतिक्रमण गरी लगाइएको मकै खेतीमा डोजर लगाएर नष्ट गरिएको छ।, मालिका-७ घमिरको सिलादीमा डेढ दसकभन्दा पहिलेदेखि बस्दै आएका सुकुम्बासी परिवारले लगाएको मकै खेतीमा डोजर चलाइएको हो।, सिलादीमा दलित समुदायका १२ परिवार विगत १७ वर्षदेखि सुकुम्बासीको रूपमा बसोबास गर्दै आएका छन्। त्यहाँ बसोबास गरेका ९ परिवारले वन क्षेत्र भित्र पर्ने सिलादी चौरमा मकै लगाएको थिए।, वन क्षेत्रभित्र लगाएको मकै फल्ने समयमा डिभिजन वन कार्यालय गुल्मीले डोजर चलाएको हो।, डिभिजन वन कार्यालय तम्घासका सहायक वन अधिकृत रामकुमार चौधरीले सुकुम्बासी बस्ती वन क्षेत्रभित्र परेको र हरेक वर्ष विभिन्न बहानामा अतिक्रमण बढिरहेकाले डोजर लगाएर मकै खेती नष्ट गरिएको बताए।, डिभिजन वन कार्यालयले खाली रहेको वन क्षेत्रमा वृक्षरोपण गर्ने तयारी गर्दा स्थानीयले अतिक्रमण गरी खेती गर्न सुरू गरिसकेकोले अतिक्रमण हटाउन मकै खेती नष्ट गर्नुपरेको चौधरीले बताए।, यसअघि पनि वन क्षेत्र अतिक्रमण गरी घर-टहरा निर्माण गरिसकेपनि स्थानीयसँगको सहमतिमा हटाइएको उनले जानकारी दिए।, १२ दलित परिवार बसोबास गर्दै आएको घर टहरा नभत्काउने र खेती गरिएको क्षेत्रको अतिक्रमण भने हटाउने सहमति भएको उनले बताए।, स्थानीयले लगाएको मकै खेती हटाएर कार्यालयले वृक्षारोपणका लागि स्थान तयार गर्ने सहमति भएको छ। डिभिजन वन कार्यालयले सो स्थानमा जिल्लाकै ठूलो नर्सरी बनाउने योजना अघि सारेको छ।, वन कार्यालयले वनक्षेत्रमा रहेको बस्तीलाई अन्यत्र स्थानान्तरण गरी उक्त स्थानमा हाइटेक नर्सरी बनाउने योजना बनाएको हो। मकै खेती हटाइएको क्षेत्रमा पनि फलफूल तथा विभिन्न वनस्पतीका ३५ हजार बिरुवाहरू उत्पादन गरिने सहायक वन चौधरीले बताए।, अहिले त्यहाँ मदाने मालिका सब-डिभिजन कार्यालयले नर्सरी स्थापना गरिसकेको छ। नर्सरीमा फलफूल, डाले घाँस र छिटो आम्दानी दिने खालका फलफूल तथा वनस्पति उत्पादन हुँदै आएका छन्।, गाउँपालिका अध्यक्ष रितबहादुर थापाले वनक्षेत्रमा रहेको दलित बस्तीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरिएको र वनक्षेत्रमा थप अतिक्रमण हुन नदिन मकै खेती समेत नष्ट गर्नुपरेको बताए।, गाउँपालिकाले अघिल्लो वर्ष नै बस्तीलाई अन्यन्त्र स्थानान्तरण गर्न खोजे पनि उपयुक्त जग्गा पहिचान हुन नसक्दा ढिलाई भएको बताए। गाउँपालिकाभित्र आधा दर्जन बढी स्थानमा बस्ती स्थानान्तरणको सम्भावना देखिए पनि कुन स्थान बढी उपयुक्त हुन्छ भन्ने तय गरिएपछि एकीकृत बस्ती बनाएर स्थानान्तरण गरिने उनको भनाइ छ।, सुकुम्बासी परिवारले लगाएको मकै खेतीमा चलाइयो डोजर
सेतोपाटी संवाददाता कोरोना भाइरसविरूद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ।, एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले १० लाख डोज खोप लिन जहाज राति ११ बजे बेइजिङ जाने जानकारी दिए।, उनले खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने बताए।, लगत्तै अर्को १० लाख डोज खोप लिन भोलि साँझ नै जहाज बेइजिङ जाने पौडेलले जनाए।, त्यसपछि पनि जहाज शनिबार फेरि अर्को १० लाख डोज खोप लिन बेइजिङ जाने तालिका छ।, सरकारले चीनबाट ४० लाख डोज खोप खरिद गरेको हो। यसअघि नै एयरलाइन्सले ८ लाख डोज खोप ल्याएको थियो।, सरकारले चीनबाट ल्याएका खोप अहिले नागरिकलाई लगाइरहेको छ। अब आउने खोप भने कसलाई लगाउनेबारे टुंगो भने भइसकेको छैन।, यद्यपि सरकारले अब कम उमेर समूहमा खोप लगाउँदै जाने जनाएको छ।, १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ जाँदै
सेतोपाटी संवाददाता काठमाडौंमा आज (बुधबार) देखि १८ वर्ष माथि उमेर समूहका मानिसलाई पनि कोरोना भाइरसविरूद्धको जोनसन एण्ड जोनसनको खोप दिन थालिएको छ।, काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्राप्त भएको १ लाख ४० हजार डोज तोकिएका व्यक्तिलाई लगाइएको र केही खोप बाँकी रहेकाले आजदेखि १८ वर्ष माथिका उमेर समूहका मानिसलाई खोप दिन थालिएको जानकारी दिए।, सरकारले जोनसन एण्ड जोनसनको खोप ५० देखि ५४ वर्षका मानिस, अपांगता भएका व्यक्ति, जोनसन खोप अनिवार्य गरिएका मुलुक जाने व्यक्ति र शरणार्थीलाई लगाउन सुरू गरेको हो।, प्रमुख पराजुलीले अब बाँकी रहेको खोप १८ वर्ष माथिका उमेर समूहका व्यक्तिले साविककै खोप केन्द्रहरूबाट लगाउन सक्ने बताए।, अहिले देशभर धमाधम खोप अभियान चलिरहेको छ। आजै राति मात्र नेपाल एयरलाइन्सको जहाज थप १० लाख डोज खोप लिन चीनको बेइजिङ जाँदैछ।, खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने तालिका छ। लगत्तै भोलि साँझ अर्को १० लाख डोज खोप लिन जहाज बेइजिङ नै जाँदैछ।, काठमाडौंमा आजदेखि १८ वर्ष माथिकालाई जोनसन एण्ड जोनसनको खोप दिइँदै
सेतोपाटी संवाददाता चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।, जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ९ का ३२ वर्षीय रामबहादुर दमाई र रुकुम-पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० चौखाबाङका ४५ वर्षीय पूर्णसिंह सुनार पक्राउ परेका हुन्।, उनीहरूलाई प्रहरीले बुधबार बिहान घोराही उपमहानगरपालिका वडा नम्बर ३ गोग्लीबाट उनीहरूलाई पक्राउ गरेको दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।, सिमेन्टको बोराभित्र संरक्षित वन्यजन्तु चितुवाको छालासहित दुई जना हिँडिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी खटिएको थियो।, प्रहरीले उनीहरूमाथि चेक गर्दा छाला फेला पारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिजालले बताए। प्रहरीले ५ फिट २ इञ्च लम्बाई र छातीको भागको चौडाई १ फिट ४ इञ्चको चितुवाको छाला बरामद गरेको हो।, यद्यपी स्रोतले उनीहरूलाई मंगलबार राति बाँकेको राप्ती सोनारी गाउँपालिकाको रिक्टा क्षेत्रबाट पक्राउ गरेको हो। , पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। , चितुवाको छालासहित दुई जना पक्राउ
सेतोपाटी संवाददाता बुधबार थप २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७१५ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९१८ मा संक्रमण देखिएको  छ भने एन्टिजेन विधिबाट ३ हजार ९०१  गर्दा ९२० मा संक्रमण देखिएको छ।, कुल १२ हजार ६१६ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , थप ३० जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना कोरोनाबाट मुक्त भएका छन्। , पछिल्लो समय संक्रमण बढ्दै गइरहेको मन्त्रालयले जनाएको छ।, थपिए २८३८ संक्रमित, निको भए १४७५
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ६९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६९७ जनामा संक्रमण भएको हो।, जसमध्ये काठमाडौंका ४९०, भक्तपुरका ७९  जना र ललितपुरका १२८ जना छन्।, पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७१५ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९१८ मा संक्रमण देखिएको  छ भने एन्टिजेन विधिबाट ३ हजार ९०१  गर्दा ९२० मा संक्रमण देखिएको छ।, कुल १२ हजार ६१६ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , थप ३० जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। , पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना कोरोनाबाट मुक्त भएका छन्। , काठमाडौं उपत्यकामा थप ६९७ जनामा संक्रमण
सेतोपाटी दार्चुलाका व्याँसबासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नुपरेको छ। , वर्षौंदेखि स्थानीयबासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीबासीले नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको हो। , नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापन गर्ने निर्णय गरेका थिए।घोषणाअनुसार २०७४ असोजभित्रै तुइन विस्थापन हुनुपर्नेमा दार्चुलाको महाकाली नदीमाथि लगाइएका आधा दर्जन तुइन अहिले पनि सञ्चालनमा छन्। बर्खाको उर्लंदो महाकालीमा स्थानीयबासीले ज्यानकै बाजी थापेर आवतजावत गर्नुपरेको छ।, यहाँका बासिन्दालाई किनमेल तथा गाउँमा उत्पादित कृषि उपज बिक्रीवितरण मात्रै होइन, औषधि उपचारका लागि अस्पताल जानसमेत तुइनको मात्रै भर छ।, पुल नबन्दा सबभन्दा बढी सकस स्कुले बालबालिका र ज्येष्ठ नागरिकलाई परेको छ।, बालबालिका र ज्येष्ठ नागरिकले तुइन तान्न नसक्ने हुँदा उनीहरूलाई तार्न सहयोगी आउनैपर्ने बाध्यता छ।, ‘तुइनको डोरीलाई तान्ने बल सबैलाई नपुगेर र आत्तिँदा धेरै जना लड्ने गरेका छन्’, व्याँस गाउँपालिका-२ का मुकेश बुढाथोकीले भने, ‘तुइन बन्छ भनेर सुनेको वर्षौं भएको छ यहाँका नागरिकले। तर पुल बन्ने सपनाजस्तै लाग्न थालेको छ, दार्चुलाका व्याँसबासीलाई।’ , उनका अनुसार डोरी चुँडियो भने सामान डुब्यो मान्छेको ज्यान पनि गयो। कैयौं महाकालीमा बेपत्ता पनि भएका छन्। फलामे तार खोलावारिपारि लगाइएको हुन्छ। फलामे तारमाथि रसी अर्थात् स्थानीय भाषामा ताङ्लोको प्रयोग गरिएको हुन्छ। कैयौंले यही तुइनमा अड्क्याएको ताङ्लो चुँडिएर ज्यान गुमाउँछन्। , यस क्षेत्रमा हरेकको घरघरमा व्यक्तिगत रूपमा ताङ्लो बनाइएको हुन्छ। खलङ्गा आउँदा झोलामा लिएर आउनुपर्छ। आउँदा जाँदा नदीवारपार गर्ने साधन नै ताङ्लो हो। व्यासको दुम्लिङमा नेपाल-भारत गर्न दुई वर्षअघिसम्म काठेपुल थियो। तर जब कोरोना कहर सुरू भयो, भारतले काठेपुल भत्काइदियो। त्यसयता यहाँका नागरिकले तुइनकै सहारामा वारपार गर्नुपरेको छ।, ‘पटक-पटक नेताका आश्वासन आए, पञ्चायती बहुदल हुँदै गणतन्त्रमा देश पुग्यो, नेताका भाषण परिवर्तन भएका छैनन्, पुल बनाउँछौं भनेकै छन् तर पुल कहिले बन्ने हो थाहा छैन’, स्थानीयबासी कल्यानसिंह धामीले भने।, उनले घरमा चाहिने नून, चामल, साबुन तेलदेखि घर निर्माणमा प्रयोग गरिने जस्तापाता सरिया सिमेन्ट यही तुइनको सहारामा ल्याउनुपरेको बताए।, ‘मैले यही तुइनमार्फत मान्छे र समान ओसारपसार गरेको पनि वर्षौं भइसक्यो’, उनले भने। , उनले बर्खाको समयमा नदीवारपार गर्न निकै डर छ। ज्यानकै बाजी राखेर वारपार गर्नुपर्ने बाध्यता छ। तुइन नभए खानलाई अन्न हुँदैन। चामल त्यहीँ भारत गएर ल्याउने बताए। , दुम्लिङका बुढाथोकीले भने, ‘नेपालतिरबाट खच्चड आउने बाटोसमेत भत्किसक्यो। व्यासको सुनसेराको तुसरपानीमा पहिराले बाटो अवरूद्ध भएको छ। गाउँमा चामल पाउँदैन। तुइन लगाएर पारिपट्टिबाट ल्याउन पनि निकै समस्या छ।’, उनका अनुसार भारतीय एसएसबीले देख्नेबित्तिकै समातिहाल्छन्। उनीहरूको आँखा छलेरै ओसारपसार गर्नुपर्ने बाध्यता छ। अहिले बर्खाको समयमा त निकै सास्ती खेप्नुपरेको उनले बताए। , अहिले पनि व्याँस गाउँपालिका–२ को दुम्लिङ, रिठान मालघाट, बर्ती, डोकट लगायतका ठाउँमा तुइन सञ्चालनमा छ । यहाँका झोलुङ्गे पुल निर्माण हुन नसक्दा नागरिकले तुइनको सहारामा वारपार गर्नुपरेको हो। , झोलुङ्गे पुल निर्माणमा ढिलाइ, महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने उद्देश्यले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको सस्पेन्शन ब्रिज डिभिजनले दार्चुलाका चार ठाउँमा झोलुङ्गे पुल निर्माण गरिरहेको छ।, मालिकार्जुन गाउँपालिकाको बाकु, व्याँस गाउँपालिकाको बडुगाउँ, बर्तिघाट र मालघाटमा झोलुङ्गे पुल निर्माण भइरहेको हो। , चार वटै ठाउँमा तुइन तथा ट्युब विस्थापनअन्तर्गत अहिले पुल निर्माणको काम भइरहेको छ। ब्याँस गाउँपालिका–२ को माल र ३ र ४ को बर्तिघाटमा झोलुङ्गे पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ। गत वर्ष कोरोनाका कारण अघि बढ्न नसकेको निर्माण कार्य अहिले पनि अघि बढेको छैन। , यी दुवै ठाउँमा खम्पाचे रुविना जेभी काठमाडौंले झोलुङ्गे पुल निर्माणका लागि कूल दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो।, यस्तै बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको छ। दुवै ठाउँको पुल निर्माण गर्न कूल रु दुई करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको थियो।, ब्याँस गाउँपालिकाका मुख्य तुइन रहेका ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको ढिलाइले स्थानीयवासीले हिउँद र बर्खायाम दुवै समय महाकाली नदीमाथि जोखिम मोलेर हिँड्नु परेको व्यास–२ का रवीन्द्रसिंह धामीले बताए।, मुख्य नाकामा झोलुङ्गे पुलका लागि फाउन्डेशन खनियो तर त्योभन्दा अघि काम बढेको देखिएन।, ‘नेपालकै बाटो भएर जान पनि गाउँसम्म सडक पुगेको छैन’, उनले भने, ‘निषेधाज्ञा होस् जे भए पनि त्यही भारतीय बाटो भएर हिँड्नुपर्छ। नेपालतिर हिँडेरै जान एक दिनमा मुस्किलले गाउँ पुगिन्छ।’, नदी तरेर जाने हो भने एक घण्टामै सदरमुकाम खलङ्गा पुगिने भएपछि सबैको सहारा त्यही तुइन बनेको उनको भनाइ छ। , अहिले बाकू र बडुगाउँमा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सस्पेन्शन ब्रिज डिभिजनका इन्जिनियर अजय यादवले भने, ‘निषेधाज्ञाका कारण निर्माणमा केही ढिलाइ भएको छ। समयमै समान पाउन नसक्दा निर्माण केही ढिला भएको हो।’, माल र बर्तिघाटमा भने पुल निर्माणमा ढिलाइ भएको छ। निर्माणमा चाहिने लट्ठा, ग्रिपलगायत सामग्री सस्पेन्शन ब्रिजले नै उपलब्ध गराउनुपर्ने हुन्छ।, निर्माण व्यवसायी धनबहादुर कुँवरले ब्रिज डिभिजनले नै निर्माण सामग्री उपलब्ध गराउन नसक्दा निर्माण कार्य रोकिएको बताए।उनले भने, ‘हामीले ०७६ मङ्सिर ६ र पछिल्लो समय ०७८ वैशाख १५ गते समान उपलब्ध गराउन आयोजना प्रमुखलाई निवेदन दिएका छौं। तर अहिलेसम्म सामान नै नदिँदा तीनचार महिनामा सकिने काम अघि बढेको छैन।’, व्यवसायी कुँवरका अनुसार नेपाल भारत दुवैतर्फ पुल निर्माणका लागि चाहिने सामग्री जम्मा गरेको हराउन थालिसकेको छ। फाउन्डेशन पनि पुरिन थालेको छ। तर अझै समान नआउँदा काम गर्न समस्या भएको छ। बाकु र बडुगाउँमा भने असोजभित्रै निर्माण सक्ने गरी काम भइरहेको निर्माण व्यवसायी दीपक साउँदको भनाइ छ।, कोरोनाका कारण समयमै सामान नआउँदा केही काम रोकिएको उनले बताए।, ‘धेरैजसो काम सकिएर आवतजावत गर्न मिल्ने भएको छ’, उनले भने, ‘पूरै पुल हस्तान्तरण गर्ने गरी असोजभित्र सकिन्छ।’,     ,  यसअघि दार्चुलाकै व्यास गाउँपालिकाको तिगरम, लेकम गाउँपालिकाको लाली र मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा झोलुङ्गे पुल निर्माण भइसकेको छ। (रासस), अझै बनेन झोलुङ्गे पुल, महाकालीमा तुइनकै भर
सेतोपाटी संवाददाता झापाको शिवसताक्षी नगरपालिकामा एक जना वृद्धाको शव बेवारिसे अवस्थामा फेला परेको छ।, स्थानीय वडा नं १० माई खोलाको बगरमा बुधबार दिउँसो नाम थर वतन नखुलेकी वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ।, स्थानीयबासीले खोलाको बगरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।, ईलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठ नेतृत्वको प्रहरी टोली शव फेला परेको स्थानमा पुगिसकेको छ।, पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई पुलको १ किलोमिटर दक्षिणमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।, उनको शव अर्धनग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।, कम्मर मुनिको भागमा साया लगाएको, मास्क लगाएको, नाकमा फुली, कपाल फुलेको र घाँटीमा बुटी लगाएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।, उनले कुन समुदायकी महिला हुन् भन्ने कुरा खुलेको छैन। , झापाको माइखोलामा बेवारिसे अवस्थामा वृद्धाको शव भेटियो
सेतोपाटी संवाददाता बाँकेमा नुहाउन भनी खोलामा पसेका तीन किशोरको डुबेर मृत्यु भएको छ।, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ श्रृष्टी टोलका अन्दाजी १६ वर्षीय अरिब जसगढ, १७ वर्षीय अरमान जसगढ र सोही वडाको सदरलाइनका रासिद जसगढको मृत्यु भएको छ।, बुधबार बेलुका ५ बजेतिर कोहलपुर नगरपालिका १० चटारस्थित डुडुवा खोलाको बाँधको नहरमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए।, इलाका प्रहरी कार्यालय कोहपुरका प्रमुख डिएसपी रविन्द्र खनालले खबर पाएपछि खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको सेतोपाटीलाई बताए। ‘थप दुई जनालाई हामीले सकुशल उद्धार गर्न सफल भयौं,’ खनालले भने, ‘उनीहरूको अवस्था अहिले सामान्य बन्दै गएको छ।’, बिदाको दिनमा एकै उमेर समूहका युवाहरू कपाल काटेपछि घुम्दै जाने क्रममा खोलामा नुहाउन भनेर पसेको खुल्न आएको उनले बताए।, सबैको शव पोष्टमार्टमको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको छ।, नुहाउन खोलामा पसेका तीन किशोरको डुबेर मृत्यु, दुईको सकुशल उद्धार
सेतोपाटी संवाददाता काठमाडौं-११ भोटेबहालस्थित एक घरबाट १२ जुवाडे पक्राउ परेका छन्। बुधबार दिउँसो दिनेशकुमार शेरचनको घरमा जुवा खेलिरहेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नगदसहित पक्राउ गरेको हो।, जुवा अखडाबाट २ लाख ९१ हजार रूपैयाँ, तीन लाख ७० हजार रूपैयाँ बराबरको पाँच थान चेक, तास बुक लगायत बरामद भएको वृत्तले जनाएको छ।, पक्राउ पर्नेमा ५० वर्षीय शेरचनसहित हरिशरण थापा, राहुल गुप्ता, सुमन अधिकारी, क्षेत्रबहादुर मोक्तान, प्रकाश श्रेष्ठ, रञ्जना प्रधान, सिर्जना खत्री, सरिता मल्ल,  लक्ष्मी बानियाँ, चिना नेम्वाङ र भारत गुजरातकी पुष्पा अली छिन्।, उनीहरूलाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत कारबाही थालिएको वृत्तले जनाएको छ।, भोटेबहालबाट १२ जना जुवाडे समातिए
सेतोपाटी संवाददाता नहरमा डुबेर चितवनमा दुई बालकको मृत्यु भएको छ।, भरतपुर महानगरपालिका-२ क्षेत्रपुरमा रहेको खुला चौरनजिकै रहेको नहरमा डुबेर बुधबार दिउँसो बालकको मृत्यु भएको हो।, प्रहरीका अनुसार मृत्यु हुनेमा १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्मा रहेका छन्।, चौरमा क्रिकेट खेलेर हातखुट्टा धुने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए।, प्रहरीका अनुसार उनीहरूलाई दुई सय मिटर परबाट उद्धार गरी अस्पताल पठाइएकोमा मृत्यु भएको थियो।, क्रिकेट खेलेर हातखुट्टा धुन नहर गएका दुई बालकको डुबेर मृत्यु
सेतोपाटी संवाददाता टेकु अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले पछिल्लो सातायता कोरोनाका बिरामी अस्पताल आउने संख्या बढेर गएको बताएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै डा. बाँस्तोलाले एक सातादेखि अस्पतालमा कोरोनाका बिरामी आउने क्रम बढेर गएको जानकारी गराएका हुन्। , 'टेकु अस्पतालमा प्रत्येक दिन १५ देखि २० जना संक्रमितहरू लक्षण लिएर इमर्जेन्सीमा आउनुहुन्छ। तीमध्ये ७ देखि १० जना बिरामीहरू भर्ना हुनुहुन्छ,' उनले भने। , निर्देशक बाँस्तोलाले पछिल्लो समय निषेधाज्ञा खुकुलो हुँदै गएको र मानिसहरूले सुरक्षाका मापदण्ड पालना नगरेका कारण बिरामीहरूको संख्या बढ्दै गएको बताए।, उनले टेकु अस्पतालमा अहिले पनि २४ वटा आइसियू बेडमध्ये २१ वटा बेडमा सिकिस्त संक्रमितको उपचार भइरहेको भन्दै जोखिम नहटिसकेको जनाए। , भारतमा देखिएको 'डेल्टा' र 'डेल्टा प्लस' भेरियन्ट नेपालमा पनि व्यापक फैलिएको भन्दै सबैले सतर्कता अपाउनुपर्ने उनको सुझाव छ।, अहिले धेरै बिरामीहरू खोप लगाउन खोप केन्द्र गएको बेला संक्रमण बोकेर आउने भन्दै डा. बाँस्तोलाले भने, 'अहिले खोप लगाउन गएका व्यक्तिहरूलाई पाँच/छ दिनपछि ज्वरो आउने, खोकी लागेर आइरहेको अवस्था छ। ती ठाउँमा सुरक्षाका मापदण्ड नअपनाएका कारण खोप लगाए पनि पाँच दिन पछाडि लक्षण देखिएर अस्पताल आउने क्रम बढिरहेको छ। त्यसैले खोप लगाउन जाँदा सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ।', पछिल्लो सातायता कोरोनाका बिरामी अस्पताल आउने संख्या बढेको छः डा. अनुप बाँस्तोला
जुना श्रेष्ठ नविना ज्ञवालीलाई वर्षौंदेखि दृष्टिविहीन समूहका लागि खाना खाने वा पकाउने कामबारे छुट्टै बहसको खाँचो छ भन्ने लाग्थ्यो। करिब तीन हप्ताअघि उनले यसै विषयमा अनलाइन कार्यशाला चलाइन्।, पचासभन्दा बढीले सहभागिता जनाएको कार्यशालामा आधा सहभागी दृष्टिविहीन थिए। ३० वर्षीया नविना पनि दृष्टिविहिन हुन्।, जुममा आयोजित कार्यक्रममा नविनाले पहिलो दिन भान्सा कोठालाई दृष्टिविहीन मैत्री कसरी बनाउने, रेस्टुरेन्टमा खाना कसरी खाने, प्लेटमा भएको अन्तिम गाँस कसरी खानेजस्ता कुरा सिकाइन्। दोस्रो दिन उनले बिहानको खाजा, खाना, दिउँसोको खाजा र बेलुकीको खाना बनाउने तरिकाहरू सिकाइन्।, 'दृष्टिविहीनहरूले खाना पकाउन र खान अरूको सहयोग लिँदा हामी अरूभन्दा कमजोर छौं भन्ने लाग्न सक्छ। त्यसैले खानासम्बन्धी सबै काम आफैं कसरी गर्ने भनेर सिकाउन यो तालिम सुरू गरेकी हुँ,' नविनाले सेतोपाटीसँग भनिन्।, नविना साथ (सपोर्टिभ एक्सन टुवार्ड ह्युम्यानिटी) की अध्यक्ष हुन्। २०७५ सालको अन्त्यदेखि सञ्चालनमा आएको यो संस्थाको उद्देश्य समाजमा दृष्टिविहीन मैत्री वातावरण सिर्जना गर्नु हो। नविनाले यही संस्थामार्फत् कार्यशाला सञ्चालन गरेकी हुन्।, नवलपरासीकी नविना बुटवलबाट प्रमाणपत्र तह पास गरेपछि काठमाडौं आएकी हुन्। २०७१ सालमा पद्मकन्या क्याम्पसबाट स्नातक सकिन्। लगत्तै शिक्षा आयोगबाट प्राथमिक शिक्षकमा नाम निकालिन्। त्यही बेला उनले अमेरिकाको 'फुलब्राइट' छात्रवृत्ति पनि पाइन्।, पढ्न अमेरिका जाने वा महिनाको २२ हजार तलबमा सरकारी जागिर खाने भनेर दुबिधामा परेकी थिइन् उनी। 'धेरैले जागिर खान सुझाएका थिए। तर परिवारले आफूलाई जेमा इच्छा छ गर भनेपछि पढाइ नै रोजेँ,' उनले भनिन्। , अमेरिकामा करिब एक वर्ष इन्टर्न र कम्युनिटी वर्कसपमा बिताइन्। उनलाई अमेरिका बसाइ नेपालभन्दा सहज लाग्यो। दृष्टिविहीनलाई त्यहाँ नेपालमा जसरी 'विचरा'को नजरले नहेरिने कुरा उनलाई मनपर्‍यो।, पढाइलाई महत्व दिने उनले नेपाल फर्केपछि रत्नराज्यलक्ष्मी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरिन्। त्यसको केही समयपछि नविना डा. वीरेन्द्रराज पोखरेलको सल्लाहमा भारतको कान्थारी इन्स्टिच्युट, केरला पुगिन्। उनले २०७५ वैशाखदेखि मंसिरसम्म त्यही कान्थारी इन्स्टिच्युटमा उद्यमशीलता तालिम लिइन्। , अमेरिका बसाइ र कान्थारी इन्स्टिच्युटको तामिलपछि नविनाको ध्यान दृष्टिविहीन समुदायलाई आत्मनिर्भर बनाउन केन्द्रित भयो।, 'यो तालिम पनि दृष्टिविहीन त्यसैको एउटा प्रयास हो,' उनले भनिन्। , उनको यो योजना केही वर्ष पुरानो हो। यसपालि भर्चुअल माध्यमबाटै पहिलो चरणको तालिम सकेपछि उत्साहित छिन्।, 'हामी नदेख्नेहरूले देख्नेसँग अन्तर्क्रिया र सहकार्य गर्दै अघि बढ्न सुरूमा आफैंमा आत्मविश्वासको खाँचो छ,' उनले भनिन्, 'यस पटकको कार्यशाला यस कारणले पनि महत्वपूर्ण रह्यो।', कार्यशालाको दौरान दृष्टिविहीन सहभागीसँगै उनीहरूका अभिभावकसँग पनि अन्तर्क्रिया भएको थियो। खाना बनाउने र खाने काममा परिवारका सदस्यको साथ महत्वपूर्ण भएकाले यसलाई पनि उनी उपलब्धि मान्छिन्।, हाल अरूलाई खाना बनाउन सिकाइरहेकी नविना आफैं भने सुरूमा खाना बनाउन रूचाउने व्यक्ति थिइनन्। घरमा अभिभावकको माया र साथ पाएर हुर्केकी उनलाई कतिपय काम सिक्न परेन। तर बिस्तारै उनले आत्मनिर्भर हुनुपर्ने कुरामा जोड दिइन्।, उनलाई दृष्टिविहीन भएकै कारण मात्र अरूभन्दा कमजोर हुनु थिएन। त्यसैले आफूलाई चाहिने आधारभूत सबै कुरा आफैं गर्नुपर्छ भन्ने मान्यता राख्छिन्। नविनाले भनिन्, 'खाना हाम्रो दिनचर्याको सदावहार काम हो। हाम्रा लागि आत्मनिर्भर बन्ने धेरै कुरा खाना बनाउने र खाने कामसँग पनि जोडिन्छ।', त्यसैले होला, नविनाले युट्युब र सामाजिक सञ्जाल चहार्दै विभिन्न परिकार पकाउन सिकिन्। उनले यो सीप आफ्नो श्रीमान अर्जुन पौडेललाई सिकाएकी छन्। अर्जुन पनि दृष्टिविहीन हुन्। केही समय अघिसम्म अर्जुनलाई खाना बनाउन आउँथेन। सिकाउँदा सिकाउँदै अहिले उनी धेरै मिठो खाना बनाउन सक्ने भइसकेको नविनाले बताइन्। , अचेल नविना माइत जाँदा पनि बहिनीहरूले 'दिदीले पकाउनु हुन्छ' भन्छन् रे!, 'उनीहरूले यसो भनेको सुन्दा खुसी लाग्छ,' उनले भनिन्।, खाना बनाउने कामलाई उनी भित्रदेखिको रूचि नभइ बनाइएको रूचि बताउँछिन्। यो कामबाट अरूलाई पनि सिकाउन पाएकामा उनलाई सन्तुष्टि मिल्छ। आफूजस्तै दृष्टिविहीन साथीहरूले खाना पकाउन र आफ्ना सबै काम आफैं गर्न सक्षम होऊन् भन्ने चाहना छ उनको। यसका लागि प्रयासरत पनि छन्।, उनीसँग यसभन्दा ठूलो सपना पनि छ- आफ्नै रेस्टुरेन्ट सञ्चालन गर्ने।, उनको रेस्टुरेन्टमा कुकदेखि वेटरसम्म सबै दृष्टिविहीन हुनेछन्। यसका लागि चाहिने तयारी भइरहेको उनले बताइन्।, नविनाले रेस्टुरेन्टको नाम पनि सोचिसकेकी छन्, 'टिकटिक बाइटस्'। , 'हामीले टेकेर हिँड्ने सेतो छडीको टिकटिक आवाज आउँछ। त्यसैबाट प्रभावित भएर यो नाम सोचेकी हुँ,' उनले भनिन्, 'मलाई हामी पनि आँखा देख्नेहरूले जस्तै सबै काम गर्न सक्षम छौं भनेर प्रमाणित गर्नुछ।', दृष्टिविहीनलाई खान र पकाउन सिकाउँदै नविना
सेतोपाटी संवाददाता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्ने निर्णय भएको हो।, त्यसअनुसार धेरै जिल्लाका नदी तथा खोलाहरूमा रहेका तुइन विस्थापन पनि गरिए। ओली दोस्रोपटक प्रधानमन्त्री भएर पनि बाहिरिसकेका छन्।, तर दुई वर्षभित्र देशभरका तुइन विस्थापन गरी झोलुंगे पुल राख्ने योजना भने केही ठाउँमा अलपत्र नै छ।, २०७२/०७३ को बजेटमा तुइन विस्थापन गर्ने कार्यक्रम नै राखिएको थियो।, अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन्। प्रधानमन्त्री बदलिए पनि दार्चुलाका जनताका दु:ख हटेका छैनन्।, उनीहरू तुइनबाटै महाकाली नदी तर्नुपर्ने बाध्यता छ। दार्चुलाका उत्तरी भेगका बासिन्दा तुइनबाटै महाकाली नदी पार गर्दै आएका छन्।, अझै तुइनमा झुण्डिएर तर्नुपर्छ महाकाली
एजेन्सी इस्लाम धर्मालम्बीहरूको पवित्र स्थल साउदी अरबको मक्काको सुरक्षामा पहिलो पटक साउदी महिलाहरू खटेका छन्।, साउदी सैनिकमा रहेका महिलाहरूलाई हजका लागि आउने श्रद्धालुहरूको सुरक्षाको लागि केही दिनअघि मक्कामा खटाइएको समाचार संस्था रोयटर्सले जनाएको छ।, गत अप्रिलदेखि दर्जनौं साउदी महिला सैनिकहरूलाई मक्का र मदिनाको सुरक्षामा खटाउन थालिएको हो।, मक्काको सुरक्षामा खटिएकी महिला सैनिक मोनाले आफ्ना दिवंगत बुवाको यात्रा पूरा गर्न सैनिकमा भर्ना भएको बताइन्।, ‘पवित्र ठाउँ, यो विशाल मक्कामा उभिएर म मेरा स्वर्गीय बुवाको यात्रा पूरा गर्न उहाँका पदचाप पछ्याइरहेकी छु। श्रद्धालुहरूलाई सेवा गर्न पाउनु सबैभन्दा ठूल सम्मानको काम हो,’ उनले भनिन्।, साउदीका युवराज मोहम्मद बिन सलमानले परम्परागत मुस्लिम राज्य साउदी अरबलाई आधुनिकीकरण गर्न विभिन्न सामाजिक परिवर्तन गरिरहेका छन्। भिजन २०३० अनुसार केही समयअघि उनले महिलाहरूलाई सवारी चलाउन लाइसेन्स लिन अनुमति दिएका थिए भने अभिभावकको  अनुमति बिना नै वयस्क महिलाले विदेश जान पाइने व्यवस्था लागु गरेका थिए।, कोरोनाभाइरसका कारण साउदी अरबले लगातार दुई वर्ष आफ्ना नागरिकलाई हज यात्रामा प्रतिबन्ध लगाएको छ भने विदेशबाट सीमित मानिसलाई मात्र यात्र अनुमति दिएको छ।, मक्काको सुरक्षामा पहिलो पटक खटिए साउदी महिला सैनिक
सेतोपाटी संवाददाता कोसी राजमार्ग अन्तर्गत विराटनगर भृकुटी चोकनजिक एक वृद्धको शव फेला परेको छ।, प्रहरीका अनुसार को४प २३१६ नम्बरको मोटरसाइकलमा वृद्धको शव फेला परेको हो।, ती वृद्ध विराटनगर-५ मुनापथका ६५ वर्षीय सुदर्शन न्यौपाने रहेको वडाध्यक्ष मीनकुमार आचार्यले बताए।, सोमबार बेलुका मोटरसाइकलमा चढेकै अवस्थामा उनको शव फेला परेको प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।, उनी मोटरसाइकलमा चढेकै अवस्थामा घोप्टो परेर ढलेका छन्। जुत्ता पनि लगाएकै अवस्थामा भुइँमा टेकिएको देखिएको छ।, ‘मोटरसाइकलमा चढेकै पोजिसनमा शव फेला परेको छ, एउटा खुट्टा टेकेको र मोटरसाइकलको स्टेन्ड पनि लागिरहेको अवस्थामा शव फेला परेको छ,’ जिसीले भने, ‘दुर्घटना हो वा अरू केही हो अनुसन्धान भइरहेको छ।’, वडाध्यक्ष आचार्यका अनुसार न्यौपानेको शव बेलुका ८ बजे फेला परेको हो। उनको शरीरमा चोटपटक छ भने लुगा च्यातिएका छन्।, ‘घटना रहस्यमय देखिन्छ,  दुर्घटनापछि कसैले लगेर मोटरसाइकलमै राखिदिएको हो कि भन्ने आशंका छ,’ उनले भने।, वृद्धको शवको मुचुल्का उठाएर पोस्टमार्टमा लैजाने तयारी प्रहरीले गरिरहेको छ।, मोटरसाइकलमा चढेकै अवस्थामा विराटनगरमा वृद्धको शव फेला
सेतोपाटी संवाददाता दाङमा ९ हजार बाँसका विरूवा रोपण गरिएको छ।, घोराही उपमहानगरपालिकाका ६, तुलसीपुर उपमहानगरपालिकाका, बबई गाउँपालिकाका ३ र दंगिशरणका गाउँपालिकाका एउटा सामुदायिक वन क्षेत्रमा बाँस रोपिएको छ।, प्रति दुई मिटरको दुरीमा बाँस रोपिएको छ। एक किलोमिटरमा करिब पाँच सय बाँस रोपिएको छ।, तारबारसहित यो वर्ष ९ हजार बाँस रोपिएको हो। जस्का लागि खरिद, संकलन र ढुवानी खर्च वापत प्रति राइजोम (बाँसको गाना)  बापत दुई सय रुपैयाँ कार्यालयले बाँस रोप्ने सामुदायिक वन समूहलाई प्रदान गरेको छ ।, डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले बढ्दो वन क्षेत्र अतिक्रमण नियन्त्रण गर्दै वन क्षेत्रको नजिकमा हुने मानव वन्यजन्तु द्वन्द्व कम गर्न बाँस रोप्ने अभियान चलाइएको बताए।, दाङका १२ वटा सामुदायिक वन क्षेत्रको करिब १९ किलोमिटर क्षेत्रमा बाँस रोपिएको उनले जानकारी दिए। लुम्विनी प्रदेश सरकारको प्राथमिकता प्राप्त कार्यक्रम अन्तगत दाङको उच्च जोखिम क्षेत्रमा बाँस रोपिएको हो।, बस्ती नजिकको वन क्षेत्र बर्षेनी अतिक्रमण हुने, बन्यजन्तु मानव बस्तिमा आएर मानवीय र धनजनको क्षती पुर्‍याउन थालेपछि त्यसको रोकथाममा सहयोग पुगोस् भनेर बाँस रोपिएको कार्यालयले जनाएको छ।, बाँस चाँडै हुर्कने हुँदा वन र बस्तीबीचको स्थायी सीमाको काम गर्ने गर्छ। त्यस्तै बाँस बहुउपयोगी भएकाले किसानहरुले त्यसमार्फत् आयआर्जन गर्न सक्ने, वन क्षेत्रको वरिपरिका बस्तीले बर्षेनी आफ्नो सीमा बढाउँदै वन क्षेत्र अतिक्रमण गर्ने कार्य न्यूनिकरण हुने आशा गरिएको छ।, दाङमा रोपियो ९ हजार बाँस
रासस बागलुङमा एक खानेपानी आयोजनामा काम गर्दै आएका चार जना मजदुरको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको छ।, गलकोट नगरपालिका वडा नम्बर ७ मल्मको एक खानेपानी आयोजनामा काम गर्ने मजदुर २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो।, मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको  धौलागिरि अस्पालमा उपचार भइरहेको छ।, सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर बिरामी परेका थिए।  ,  , विषाक्त मदिरा सेवनबाट बागलुङमा ४ मजदुरको मृत्यु
एजेन्सी इराकको राजधानी बग्दादमा मुस्लिम धर्मालम्वीहरूको चाड इदका लागि मानिसहरूले किनमेल गरिरहेको एक बजारमा आत्मघाती बिस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।, सोमबार भएको बम बिस्फोटमा परी दर्जनौं मानिसहरू घाइते भएका छन्।, अलजजिरा टेलिभिजनका अनुसार बिस्फोटमा परेका इदका लागि सामान किन्न गएका मानिसहरूको शव बजारमा छरपस्ट भएका थिए। मृत्यु हुने धेरैजसो महिला र बालबालिका थिए।, इराकमा पछिल्ला ६ महिनामा भएको यो सबैभन्दा ठूलो बिस्फोट हो। आतंकवादी समूह आइएसले बिस्फोटको जिम्मा लिएको छ। उसले डिभाइस जडान गरेर बिस्फोट गरिएको र बिस्फोटमा आफ्ना एक सदस्यले पनि ज्यान गुमाएको उल्लेख गरेको छ।, इराक सरकारले सन् २०१७ मा सुन्नी मुस्लिम जिहादी समूहमाथि जित हासिल गरेको घोषणा गरेको थियो। तैपनि स-साना समूहहरू देशका विभिन्न भागमा सक्रिय थिए।,  , इदका लागि किनमेल भइरहेको इराकको बजारमा आत्मघाती बिस्फोट, कम्तीमा ३५ को मृत्यु
सेतोपाटी म्याग्दीको बेनी-दरवाङ सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीका सञ्चालकको तस्वीर सार्वजनिक गरेर विरोध गरिएको छ।, बेनी नगरपालिका–६ डम्मरास्थित हिलाम्मे सडकको छेउमा लामा–समानान्तर जेभीका सञ्चालक जिपछिरिङ लामाको तस्वीर कालो पोतेर सडक छेउमा झुण्डयाइएको छ। दोलखाका लामा निर्माण कम्पनीका सञ्चालक हुन्।, समानान्तर निर्माण कम्पनीका सञ्चालक अच्युत खरेल हुन्। यो सडक आयोजनाको आधिकारिक प्रतिनिधि दयाराम थापा हुन्। फ्लेक्समा प्रिन्ट गरेर तस्वीर राखिएको छ। तस्वीर कसले राखेको हो भन्ने खुलाइएको छैन।, दुईपटक थपिएको सम्झौताको म्याद गत चैत महिनामा सकिएको बेनी–दरवाङ सडक आयोजनाको बेनीबाट सिमसम्मको पहिलो प्याकेजको भौतिक प्रगति ५५ प्रतिशत छ। गत वैशाखमा निषेधाज्ञा सुरू भएपछि निर्माण व्यवसायीले काम रोकेका थिए।, वर्षातसँगै पहिरो खसेर सडक हिलाम्मे भएको छ। आवतजावतमा समस्या भएको छ। नागरिकलाई सास्ती भएको छ। वि.सं २०७४ असोज ४ गते १२ दशमलव पाँच किलोमिटर सडक कालोपत्र गर्न रु ४५ करोड ५३ लाख ७२ हजारमा ठेक्का लिएको लामा–समानान्तर जेभीसँग भएको ठेक्काको पछिल्लो म्याद २०७७ चैत २३ गते सकिएको थियो।, अठार महिनामा सकिनुपर्ने सडकको करिब चार वर्षको अवधिमा फराकिलो बनाउने, नाली, पर्खाल निर्माण सकिएको ठाउँमा कालोपत्र गर्न सबबेस राख्ने काम भएको छ।, पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार बेनी–दरवाङ सडकको पहिलो प्याकेजको कोरोनाको छ महिना र सार्वजनिक खरिद ऐनको दशौं संशोधनबाट थपिएको नौ महिनाको म्याद सकिएपछि थप गर्ने सबै आधार सकिएको छ।, कार्यालयले हालसम्म ५५ प्रतिशतमात्र भौतिक प्रगति गरेको निर्माण व्यवसायीले जतिसक्दो छिटो काम गर्न नसके धरौटी जफत, जरिवाना र कालोसूचीमा राख्न कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिए पनि निर्माण व्यवसायीले दोस्रो लहरको कोरोना भाइरसको जोखिम र निषेधाज्ञाको कारण देखाएर निर्माणकार्यलाई झन् सुस्त बनाएका छन्।, सोह्र वर्षअघि मार्ग खुलेको म्याग्दीको ‘लाइफ लाइन’ मानिएको २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकको दोस्रो प्याकेजमा पर्ने सिमबाट लाम्पाटा खण्डको तीन दशमलव छ किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रस्ताव आह्वान गरिएको छ।, विसं २०७८ जेठसम्म सक्ने गरी २०७६ साउनदेखि लाम्पाटाबाट दरवाङसम्मको आठ किलोमिटर सडक विस्तार र कालोपत्र गर्न ठेक्का लिएको बिरुवा–क्याराभान जेभीले ५० प्रतिशत मात्र काम गरेको कार्यालय प्रमुख नवराज पौडेलले बताए।, बेनी–दरवाङ सडक आयोजनामा भएको ढिलासुस्तीले म्याग्दीको मङ्गला, मालिका र धवलागिरिका बासिन्दालाई असुविधा मात्र होइन समग्र विकासमै असर पुगेको छ।रासस, सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारको फोटो सार्वजनिक गर्दै विरोध
सेतोपाटी अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्किएको छ।, अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका-४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पुर्‍याएको छ।  , नगरप्रमुख उत्तम गौतमले सो क्षेत्रका ५० मिटरसम्म नहर भत्किएको जानकारी दिए। उनका अनुसार नहर भत्किएपछि सप्तकोसी – १, २, ४ र ११ वडाका करिब ३००  घरसमेत डुबानमा परेको छ। ती घरमा तीन फिटसम्म पानी जमेको बताइएको छ।, यस्तै, जिता नदीको बाढीले तिलाठी– कोइलाडी गाउँपालिका–७ मन्सापुर र वडा नं ५ बरसाइनका केही घर  डुबानमा परेका छन्।, तिलाठी कोइलाडी –७ को मन्सापुर र वडा नं– ५ को बरसाइनका करिब २०० भन्दा बढी घर डुबेको  गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिए।, चन्द्रनहरमा क्षमता भन्दा बढी पानी प्रवाह भएकाले महादेवा गाउँपालिका–४ मनियार प्रसाही क्षेत्र पनि जोखिममा  परेको जनाइएको छ।  रासस, अविरल वर्षाले भत्कियो देशकै पुरानो चन्द्रनहर
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा अदालतबाट दोषी ठहर भएका तीन जनालाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ।, सोमबार एकै दिन प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा काठमाडौं-९ पुरानो बानेश्वरकी ४४ वर्षीया पवित्रा श्रेष्ठ छिन्। उनलाई उच्च अदालत पाटनले तीन दिन कैद र १४ लाख रूपैयाँ जरिवानाको फैसला गरेको थियो।, पीडितलाई खातामा पर्याप्त मौज्दात नभएको चेक दिएर झुक्यानमा पारेको अपराध कसुरमा अदालतले उनलाई २०७७ चैत १ गते कैद र जरिवाना फैसला गरेको थियो।, यस्तै, ब्युरोको टोलीले सात दिन कैद र १५ लाख जरिवानाको फैसला भएका दुई जनालाई सोमबार नै पक्राउ गरेको छ।, पक्राउ पर्नेमा टोखा नगरपालिका-२ का ४८ वर्षीय मिलन डंगोल र काठमाडौं-१३ का ६३ वर्षीय देवनारायण महर्जन रहेका छन्।, डंगोललाई टोखा र महर्जनलाई कलंकीबाट पक्राउ गरिएको ब्युरो निर्देशक धिरजप्रताप सिंहले बताए।, डंगोललाई सात र महर्जनलाई ५ दिन कैद हुने फैसला अदालतले गरेको थियो।, ‘फरार अभियुक्त खोजीको सिलसिलामा केन्द्रीय अनुसन्धान ब्युरोको टोलील सक्रिय छ,’ सिंहले भने, ‘अदालतबाट दोषी भएका तथा खोजी भएका व्यक्तिहरूलाई हामी प्राथमिकतामा राखेर खोजिरहेका छौं।’, धमाधम पक्राउ पर्दै बैंकिङ कसुरका फरार प्रतिवादी
सेतोपाटी पौडी खेल्ने क्रममा प्युठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन्। , बेपत्ता हुनेमा जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा (मर्साङी मगर)की सात वर्षीया छोरी सर्मिला थापा मगर रहेकी जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए।, सोमबार अपरान्ह ३ बजे पौडी खेल्ने क्रममा दुबै बालिका नदीमा बगेको प्रहरीले जनाएको छ।, स्थानीयबासीका अनुसार दुबै जना बाख्रा चराउन गएका थिए। घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्ने क्रममा बगेर दुबै बेपत्ता भएको स्थानीयबासीले जनाएका छन्।, स्थानीय बासिन्दा र प्रहरीको टोलीले बेपत्ता बालिकाको खोजी कार्य जारी राखेको सूचना अधिकारी गैरेले बताए।रासस, नदीमा बगेर दुई बालिका बेपत्ता
सेतोपाटी काठेखोला गाउँपालिका–५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ।, घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न जानुभएका पुनको आज बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए।, स्थानीयबासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।रासस , घाँस काट्दा भिरबाट लडेर मृत्यु
सेतोपाटी संवाददाता बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङले ‘बाँदर धपाऔं बालिनाली बचाऔँ’ अभियान शुरुआत गर्ने भएको छ । यसका हरेक घरधुरीबाट एक जना सहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ ।  , वडा कार्यलयले आज एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोगगर्न आग्रह समेत गरेको छ । वडाका विभिन्न टोलबाट बाँदरले बालिनाली पूर्ण रुपमा नष्ट गरेको भन्ने गुनासो आएकोले अभियान शुरु गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिए।, बाँदर नियन्त्रणका लागि एकपटक अभ्यास गर्न लागिएको उनले जानकारी दिए। बाँदर धपाउन केन्द्र तथा प्रदेश सरकारले दीर्घकालीन उपाय खोज्नुपर्नेमा उनले जोड दिए।, ‘बाँदर धपाउन कुकुर लिएर आउनू ’
राजेश घिमिरे सौराहाको नजिकै जन्कौलीका उदयचन्द्र अर्यालले जंगलमा पर्यटक घुमाउन थालेको ३० वर्ष भयो। बागलुङबाट बसाइ सरेर चितवन आएका उनले पेशाका रूपमा अँगालेको पहिलो काम नै यही थियो।, ‘नेचर गाइड’ भनिने यो पेशामार्फत् उनले सयौं विदेशीको संगत गरे। उनीहरूलाई नेपालको वन र यहाँ पाइने वन्यजन्तुको विषयमा जानकारी गराए।, २०४८ सालमा उनले काम सुरू गर्दा सौराहामा पर्यटकीय चहलपहल खासै थिएन। डेढ दर्जन होटल थिए, दैनिक १५-२० जना विदेशी पाहुना आउँथे। उनीजस्ता नेचर गाइडको संख्या दुई दर्जन थियो। अर्यालले नेचर गाइडको संस्था बनाएर व्यवस्थित बनाउनेदेखि नेतृत्व गरेर उनीहरूको सेवा, सुविधा र अधिकारका लागि संघर्ष गर्ने काम गरे। २०५२ सालमा दर्ता भएको नेचर गाइड एसोसिएसन सौराहामा अहिले ७०० भन्दा बढी व्यक्ति आवद्ध छन्। नेचर गाइडसम्बन्धी संस्था ३३ वटा छन्।, ‘काम सुरू गर्दा कमाइ कम भए पनि हामीले संघर्ष गरेपछि बिस्तारै बढेको थियो। पछिल्लो समय यो पेसामा लाग्नेको कमाइ राम्रो भएको थियो,’ अर्यालले भने, ‘कतिपयले त महिनामा एक लाख रुपैयाँसम्म पनि कमाई गर्थे।’, जिप, डुंगा, सफारी, जंगल वाकमा जाने पर्यटकको गाइड बनेर उनले मासिक ५० हजार रुपैयाँसम्म कमाए।, यही पेशाबाट भएको कमाइले उनले घर चलाए। छोरा, छोरीलाई पढाए। छोराले वन विज्ञान नै पढे। छोरीहरूलाई माइक्रो बायलोजी र व्यवस्थापन पढाए।, ‘पर्यटन के हो भन्ने जानें, धेरै विदेशीलाई हाम्रो पहिचानको बारेमा सुनाएर गर्व गरें,’ उनले भने, ‘मेरो जीवनमा यो पेसाले आमूल परिवर्तन ल्याएको अनुभूति हुन्थ्यो। त्यही अनुभवले गर्दा अरू पेसातिर आँखा लगाउने सोच कहिल्यै आएन।’, केही वर्षयता भने अर्याल कामविहीन बनेका छन्। गतवर्ष कोरोनाभाइरसको महामारीका कारण पर्यटकीय गतिविधि प्रभावित बनेसँगै अर्यालजस्ता सयौं नेचर गाइड कामविहीन बनेका छन्।, ‘यही काम गर्दागर्दै तीन दशक बित्यो। अब अन्त जाने ठाउँ नै छैन,’ उनले भने, ‘यही पेशा जीवनको साहरा थियो, त्यो गुमेपछि विजोगै भएको छ।’, उनले पैतृक सम्पत्ति तीन कट्ठा जमिनमा अन्न उब्जाएर खान पुगे पनि अन्य घरायसी गर्जो धान्न हम्मे हुने गरेको सुनाए।, दुई दशक अघिदेखि नेचर गाइडको काम गर्दै आएका प्रकाश बस्नेतको अवस्था पनि उस्तै छ। केही वर्षदेखि छोरी आकृतिलाई समेत यही पेसामा सहभागी गराएका उनलाई लकडाउनले ठूलो असर गरेको छ।, ‘लामो समय यो पेसामा रहेर काम गर्दा भविष्य राम्रो देखेपछि छोरीलाई पनि सिकाएर प्रोत्साहन गरें,’ उनले भने, ‘काम सिक्दै गर्दा पर्यटक आउनै बन्द भयो। कमाइको बाटो पनि बन्द भयो।’, यद्यपी उनी हरेस खाने पक्षमा छैनन्।, ‘बाबु, छोरी यही पेसामा जम्ने हो, सधैँ यस्तो अवस्था त नहोला नि,’ उनले आशा व्यक्त गरे।, नेचर गाइड एसोसिएसन सौराहाका अध्यक्ष राजेन्द्र धामीले पर्यटन क्षेत्र धरासयी बन्दा यसमा आधारित सयौं मान्छेहरू समस्यामा परिरहेको बताए। पुराना र यही पेसालाई भविष्य ठानेर लागेका केही व्यक्ति अनुकूल समयको पखाईमा रहे पनि धेरैले पेसा छाड्न थालेको उनले सुनाए। ७०० बढी गाइडमा अहिले करिब १०० जनामात्रै सम्पर्कमा रहेको उनले बताए। , ‘नेचर गाइड पेसामा राम्रो गर्दै आएका कतिपय अब गाह्रो भयो भनेर अन्य पेसामा जान थालेका छन्, केही विदेश जाने तयारीमा छन्,’ उनले भने, ‘अवस्था सामान्य भयो र पर्यटकहरू बढ्न थाले भने अनुभवी मान्छेको खडेरी लाग्ने हो कि भन्ने चिन्ता छ।’, सौराहा नजिकैको गाउँ बछौली घर भएका धामीले नेचर गाइडको काम गर्न थालेको ८ वर्ष भयो। काम सुरू गर्दै गर्दा उनमा ठूलो उत्साह र जाँगर थियो। कोरोनाभाइरसको महामारी सुरू हुँदै गर्दा पनि उनलाई पर्यटन क्षेत्र लामो समय प्रभावित होलाजस्तो लागेको थिएन।, ‘देशको अर्थतन्त्र विकासको मेरूदण्डका रूपमा रहेको पर्यटन क्षेत्रमा यत्रो असर पर्ला, वर्षौं बन्द होला भन्ने सोचेको थिइनँ,’ उनले भने, ‘यही पेसामा भविष्य छ भनेर लागेका धेरै साथीलाई अहिलेको अवस्थाले निरास बनाएको छ। धेरैले पेसा छाडेका छन्।’, उनले आफू भने अनुकूल समयको पखाईमा रहेको बताए। पर्यटन क्षेत्रसँग सम्बन्धित अन्य काम पनि गर्दै नेचर गाइडको पेसालाई निरन्तरता दिने सोचाइमा उनी छन्। अवस्थामा सुधार आएर पर्यटन क्षेत्रमा विगतमा भन्दा पनि सक्रिय हुनेगरी तयारी गरिरहेको उनले बताए। , ‘केही समयमा नेपाल भित्रिने पर्यटकको संख्या बढ्ने र जनशक्तिको अभावमा पर्यटन क्षेत्र धानिनसक्नुको हुने हो कि भन्ने चिन्ता छ,’ उनले भने, ‘पर्यटन क्षेत्रमा रहेका जनशक्तिलाई पलायन हुन नदिने गरी सरकारको भूमिका आवश्यक देख्छु।’, उनले नेपाल आउन चाहने विदेशी पर्यटकले सुरक्षाको महसुस गर्नुपर्ने भएकाले पर्यटन क्षेत्रमा काम गर्नेलाई कोरोनाविरूद्धको खोप दिइनुपर्ने बताए। साथै नवीकरण शुल्क मिनाहा गरेर काम गर्ने वातावरण बनाइदिनुपर्ने धामीले बताए।, नेचर गाइड बन्न अहिले ७ देखि १५ दिनसम्मको तालिम लिनुपर्ने व्यवस्था छ। त्यो तालिमपछि चितवन राष्ट्रिय निकुञ्जले दिने प्रमाणपत्र र परिचयपत्रका आधारमा पर्यटकको गाइड बन्न पाउने व्यवस्था छ। मध्यवर्ती क्षेत्र र चितवन निकुञ्जमा प्रवेश गर्न चाहने पर्यटकको साथमा नेचर गाइड अनिवार्य हुनुपर्छ। नेचर गाइड होटल, गाइडकै संस्थामार्फत् वा व्यक्तिगत रूपमा पर्यटकको भ्रमणमा सहभागी हुन्छन्। यसरी पर्यटक घुमाउने गाइडले घुमाएको अवधि अनुसारको ज्याला पाउँछन्। चितवनको सौराहा क्षेत्रमा पूर्णकालीन काम गर्ने नेचर गाइड ४०० बढी छन्। मेघौली, पटिहानीलगायतका क्षेत्रमा १०० नेचर गाइड छन्। चितवन निकुञ्जसँग जोडिएका पर्यटकीय क्षेत्रमा २०० बढी नेचर गाइडले आंशिक रूपमा नेचर गाइडको काम गर्छन्।, चरा विज्ञको परिचय बनाएका सौराहाका व्यवसायी टीकाराम गिरी नेचर गाइडको पेशालाई थप व्यवस्थित बनाउँदै दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताउँछन्।, ‘पर्यटनको अवस्था सुध्रिएको अवस्थामा नेचर गाइडले राम्रो आम्दानी लिन सक्छन् तर हाम्रासामू दक्ष गाइड उत्पादनको चुनौती छ,’ गिरी भन्छन्। , होटल, रेष्टुरेन्ट, जंगल सफारीलगायतका क्षेत्र बन्द हुँदा सौराहा, मेघौली, पटिहानीलगायतका क्षेत्रको पर्यटनमा आश्रित हजारौं मजदुरले रोजगारी गुमाएका छन्।, कामविहीन बन्दैछन् नेचर गाइड
कृष्ण अधिकारी बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु–२ गणेशबगरकी राम्री लामाका आँखा अझै ओभाएका छैनन् । गत असार १ गते साँझ मेलम्ची खोलामा आएको बाढीले उनको घर बगाएर लग्यो भने भएको थोरै खेत पनि बगरमा परिणत गरिदिएपछि उनको परिवार सुकुम्बासी बनेको छ ।  , ‘दिनभरि मेलापात गरी साँझ घर फर्केर खाना तयार गर्दै थिएँ, एक्कासी बम पड्किएजस्तो ठूलो आवाजसँगै मेलम्ची उर्लियो। वरपरको जमीन हल्लिँदा भूकम्प गएजस्तो लाग्यो । हत्तपत्त श्रीमानलाई  नागरिकता र जग्गाधनी पूर्जा ढाडमा बाँधेर दौडिन भनेँ। हामी भागेर माथि डाँडामा पुग्दानपुग्दै मेलम्चीले उग्ररुप लिइसकेको थियो । हेर्दाहेर्दै हाम्रो बस्ती बगरमा परिणत भयो’, उक्त दिनको घटना सुनाउँदै उनले भनिन्, ‘घरभित्रका कुनै सामान निकाल्न सकिएन, गोठमा बाँधेको भैँसी पनि बगायो।’, असारे धान काट्ने र नयाँ धान रोप्ने तयारीमा रहेका यहाँका बासिन्दा भएको जमीन पनि बाढीले सखाप पारिदिएपछि भोकमरीमा पर्ने चिन्तामा छन् । गणेशबगरका घरबारविहीन बनेका १६ परिवारलाई गाउँपालिका र अन्य सङ्घसंस्थाको सहयोगमा माथि डाँडामा पालमा राखिएको छ । घरमा खासै क्षति नपुगेको भए पनि सम्भावित क्षतिको त्रासका कारण अन्य २४ परिवार पनि अझै सोही स्थानमा पालमै बस्दै आएका छन् । , एकातिर भएको चलअचल सम्पत्ति गुमाउनुपर्दा र अर्कातिर पालमा अर्काले दिएको राहतले छाक टारेर दिन काट्नुपर्दाको पीडा त छँदैछ, त्यसमा पनि यतिबेला पालमा बसेका अधिकांशमा ज्वरो आउने, रुघाखोकीको समस्याले गर्दा कोरोना सङ्क्रमणको जोखिम पनि उत्तिकै रहेको स्थानीय बाढी पीडितहरुको गुनासो छ। ‘गाउँपालिकासँग कोरोना परीक्षण गरिदिन आग्रह गर्दा पनि कुनै सुनुवाइ भएन’, स्थानीयवासी केवाङ लामाले भने । पालमा बस्दा दिउँसोको समयमा गर्मी र राति चिसो हुने गरेको, एकै ठाउँमा झण्डै डेढ सय मानिस बस्दा अन्य समस्याहरु पनि आउने गरेको उनले बताए।, घरबाट झण्डै आधा घण्टाको दूरीमा बग्ने मेलम्ची खोला अहिले आफ्नो घर भएको ठाउँबाट बगेको देख्दा उनी अत्यन्त दुःखी छन्। ‘अब कहाँ बस्ने? जग्गाको बन्दोबस्त गरे घर बनाउन सहयोग गर्ने बताउँछ गाउँपालिका । आफूसँग अर्को जमीन छैन। खोला घटेपछि पहिलेकै ठाउँमा बनाउँ भने फेरि यस्तै बाढी आउनसक्छ’, उनले भने, ‘हामी भूमिहीनलाई सरकारले यही गणेशबगरको पाखोमा घर बनाई दिनुपर्छ।’ , आफूले केही दिनअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीग्रस्त क्षेत्रको अवलोकन भ्रमण गर्दा पनि यही गुनासो राखेको उनको भनाइ छ। जिल्लाकै घ्याङफेदीमा रहेको घर २०७२ सालको भूकम्पले भत्काएपछि उनले गणेशबगरको छेउमा चार लाखमा चार आना जग्गा किनेर पक्की घर बनाएका थिए।, स्थानीय केवाङ लामाको पीडा पनि उस्तै छ । मेरो घरमाथि अर्को छिमेकीको घर लड्यो। बस्नै नहुने गरी घर क्षति भएको छ। अहिले घरको करेसाबाट खोला हिँडेको छ। ‘भूकम्पपछि ऋणधन गरेर घर बनाइयो, आज बाढीले फेरि बगरको बास गरायो’, आँखाभरि आँसु पार्दै उनले भने, ‘गरीबलाई प्रकृति पनि निष्ठुरी हुने रहेछ।’ , यसपटकको बाढीमा परी हेलम्बुमा १६ जनाको अकालमै मृत्यु भएको छ। यस क्षेत्रको मुख्य व्यापारिक केन्द्र चनौटेका अधिकांश घर बस्न योग्य छैनन्। तीन सय ५० हेक्टरभन्दा बढी खेतीयोग्य जमीन बगरमा परिणत भएको छ । , बाढी आएको एक महिना बितिसक्दा पनि पीडितको पुनर्स्थापना गर्नेतर्फ कुनै ठोस पहल नहुँदा उनीहरु अझै कतिञ्जेल यसरी पालमै बस्नुपर्ने हो भन्ने अनिश्चयले पनि चिन्तित छन् । आकाशमा कालो बादल मडारिएको देख्नासाथ उनीहरु कतिबेला अर्को अनिष्ट हुने हो भन्ने भयले त्रसित हुने गर्दछन् । पटकपटक विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित बन्दै आएका स्थानीयवासीका लागि यसपटकको बाढी पुस्तौँसम्मका लागि अपूरणीय क्षतिको घटना बनेको छ ।, मेलम्ची खोलामा यस्तो बाढी आउला भन्ने कसैले सोचेको पनि थिएन । मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्दा निस्केको ठूलो परिणामको मग बगरमै मिल्काएको र यसपटकको बाढीले त्यसलाई मसते बगाएर ल्याउँदा तल्लोतटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको स्थानीय बासिन्दाको भनाइ छ। , समयमै त्यसको उचित व्यवस्थापन नगर्दा आज बाढीको प्रवाह बढ्न गई ठूलो जनधनको क्षति भयो, यस विषयमा आयोजनाले कुनै चासो र जिम्मेवारी लिएको देखिएन, स्थानीय समाजसेवी हस्त पण्डितले बताए।, यसपटकको बाढीले खोलाको सतह झण्डै १५ देखि २५ फिटसम्म माथि बढेकाले आगामी दिनमा सामान्य बाढी पनि बजार र बस्ती क्षेत्रमा पस्न सक्ने भएकाले यसको समयमै व्यवस्थापन गर्ने र हिमाली क्षेत्रमा भएको परिवर्तनको उच्चस्तरीय अध्ययन हुनु आवश्यक रहेको उनको तर्क छ । , बाढीले असर पुर्‍याएको मेलम्ची बजारका बासिन्दा भत्किएका घरबाट काम लाग्ने कुनै सामान भए निकाल्न र बालुवा, ढुङ्गा पन्छाउन शुरु गरेका छन् । माथिबाट खोलामा बाढी आउँदै गरेको केही समयअघि सूचना पाएका कारण यहाँ मानवीय क्षति हुन पाएन। केही व्यक्तिले मात्र घरभित्रका महत्वपूर्ण कागजात र बहुमूल्य सामान निकाल्न भ्याएका थिए। यस्ता प्राकृतिक विपद्मा पूर्वसूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव यस घटनाले सिकाएको मेलम्ची–६ का वडाध्यक्ष जीतराज थापाले बताए। , खोलाको अतिक्रमण गरी घरलगायत अन्य संरचना निर्माण गर्ने, खेती लगाउने गरेका कारण पनि यसपटक बढी क्षति भएको उनको भनाइ छ। ‘अहिले क्षति भएका घर, झोलुङ्गे तथा पक्की पुललगायतका संरचनाहरु ९० प्रतिशत मापदण्ड विपरीतका छन्। खोला किनारबाट १०० मिटर राख्नुपर्नेमा कतिपय ठाउँमा त २५ मिटर पनि थिएन’, उनले भने।, यतिबेला बाढी प्रभावित क्षेत्रमा स्काभेटर लगाएर नदीलाई केही गहिराउने र ढुङ्गालाई किनारा लगाउन काम भइरहेको छ। ‘वर्षायाम भएकाले नदी किनारमा दिगो संरचना बनाउन सकेका छैनौँ, दशैँलगत्तै यसतर्फ काम शुरु हुनेछ’, वडाध्यक्ष थापाले भने, ‘नगरपालिकाले ५० लाखको कोष खडा गरेको र यसमा विभिन्न निकायबाट सहयोग गरी झण्डै ६ करोड रकम जम्मा भएकाले त्यसबाट जमीनको पुनस्र्थापनादेखि भत्किएका संरचनाको पुनर्निर्माण गर्ने योजना बनाइका छौँ।’, प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्का बारेमा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीहरुको व्यवस्था भए पनि यति ठूलो बाढीको कल्पनासम्म नभएको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले बताइन्।, बाढीलगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा पीडितको उद्धार तथा पुनर्थापना गर्न सकिएको भए पनि विपद्प्रति समुदायमा अझै सचेतना हुन नसक्दा क्षति न्यूनीकरण गर्न नसकिएको उनको अनुभव छ। ‘विपद्लगत्तै विभिन्न निकाय र व्यक्तिगत रूपमा प्राप्त भएको राहत सामग्रीहरुको उचित ढङ्गबाट वितरण गर्न एकद्वार प्रणाली लागू गरिएकाले खासै गुनासो आउन पाएन’, उनले भनिन्, ‘विपद्को अवस्थामा गरिने मानवीय संवेदनशीलताका बारेमा भने अझै धेरैमा बुझाइको कमी हुँदा उद्धार, राहत र पुनस्र्थापनामा विभिन्न कठिनाइ रहेको छ ।’, एशियाली विपद् पूर्वतयारी केन्द्रको सहयोगमा सञ्चालित एशियाली पूर्वतयारी साझेदारी कार्यक्रमअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण केन्द्रले विश्वका विभिन्न देशको अनुभवका आधारमा तयार पारेको आधारभूत मानवीय मापदण्डमा विपद्मा मानवीय पीडा हुनबाट बचाउन र कम गर्न संस्था र व्यक्तिहरुले मानवीय प्रतिकार्यको गुणस्तर एवं प्रभावकारिताको सुधारका लागि विभिन्न नौवटा प्रतिबद्धतामा जोड दिएको छ । विपद्को समयमा पीडितको मानव अधिकार र मानवीय मूल्यलाई ख्याल गरी यस मापदण्डअनुसार सहायतालाई अझ प्रभावकारी र व्यवस्थित गर्न सकेमा तीनै तहका सरकार, गैरसरकारी सङ्घसंस्था र अन्य सरोकारवाला निकायहरु अझ जिम्मेवार र उत्तरदायी रहेको पुष्टि हुन्छ। ,रासस, ‘गरिबलाई प्रकृति पनि निष्ठुरी हुने रहेछ’
भगवती पाण्डे दुर्घटना न्यूनीकरण तथा सुरक्षा निगरानीका लागि भन्दै बुटवलमा दुई वर्ष पहिले सिसिटिभी क्यामरा जडान गरिएको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले निगरानी गर्ने गरी बुटवलका विभिन्न १२ स्थानमा सिसिटिभी क्यामरा जडान गरिएको थियो।, २०७६ भदौ २ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कन्ट्रोल रूम उद्घाटन गर्दै जोडिएका सिसिटिभी क्यामरा दुई वर्ष नपुग्दै बिग्रिएका छन्।, सवारी चाप बढ्दै गए पनि जनशक्ति वृद्धि हुन नसक्दा दुर्घटना न्यूनीकरण तथा सुरक्षा निगरानीमा कठिनाइ भएको भन्दै ट्राफिक प्रहरीको आग्रहमा प्रदेश सरकारले सिसिटीभी क्यामरा जडान गरेको थियो।, बुटवलको गोलपार्क, विद्युतचोक, अस्पताल लाइन, भुड्कीचोक, मिलनचोक, राजमार्ग चौराहा, नेपालगन्ज रोड, तिनाउ पुल पारिसम्मको करिब ३ किलोमिटर क्षेत्रका मुख्य राजमार्गको दृश्य कैद हुने गरी सिसिटिभी क्यामरा जडान गरिएको थियो। तर जडान गरिएका अधिकांश सिसिटिभी बिग्रिएर बन्द भएको महिनौं बितिसक्दा पनि मर्मत हुन सकेका छैनन्।, सिसिटिभी जडानपछि ट्राफिक प्रहरीको ड्युटी निगरानी, सडक जाम, दुर्घटनाको जानकारी, दुर्घटनापछिको उद्धार, भिआइपीको आवतजावत तथा अपराधपछि भाग्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको थियो।, तर जडान गरिएको छोटो समयमै सिसिटिभी क्यामरा बिग्रिएपछि ट्राफिक प्रहरीको ड्युटी निगरानीसँगै सुरक्षा जोखिम समेत बढेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए।, ‘ट्राफिक व्यवस्थापन, दुर्घटनाको जानकारी, हिट एण्ड रनको निगरानी र अपराधी पत्ता लगाउन सिसिटिभी सहयोगी बनेका थिए, तर सडक निर्माणको क्रममा बुटवलमा जडान गरिएका सिसिटिभी बिग्रिएपछि मर्मत हुन नसक्दा सुरक्षा चुनौती थपिएको छ,’ थापाले भने।, लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मै रोल्पाबाहेक प्रदेशका ११ वटा जिल्लामा सिसिटिभी जडानका लागि ३ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो।, सोही बजेटमध्ये दुई करोड ६० लाख रूपैयाँको लागतमा सुरक्षाको हिसाबले संवेदनशील मानिएका प्रदेशका विभिन्न स्थानमा १ सय ४० वटा सिसिटिभी जडान गरिएको थियो।, विनियोजन गरिएको ४० लाख रूपैयाँ भने खर्च नभएको भन्दै मन्त्रालयमै फिर्ता पठाइएको थियो।, प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार बुटवलमा बिग्रिएका सिसिटिभी मर्मत गरी पुनः सञ्चालन गर्न ५ लाख रूपैयाँ आवश्यक पर्छ। तर प्रदेश सरकारको मुकाम रहेको बुटवलमै जडान गरिएका सिसिटिभी मर्मत गरी सञ्चालनमा ल्याउने तर्फ भने प्रदेश सरकारले चासो दिएको छैन।, जथाभावी सवारी पार्किङले ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त, सवारी साधनसँगै व्यापार व्यवसाय थपिँदै जाँदा बुटवलमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएको छ।, बुटवलको सबभन्दा व्यस्त बजार क्षेत्र ट्राफिक चोक, बिपी चोक, अमरपथ, जेसिज चोक, राम मन्दिर लाइन, हाटबजार, अस्पताल लाइन लगायतको क्षेत्र अति व्यस्त हुने बजार क्षेत्र हुन्।, बजार बन्द हुने सोमबारबाहेक अन्य दिन यी क्षेत्रमा चारपांग्रे सवारी साधन लिएर पुग्न मुस्किल पर्छ।, सडकको दायाँ र बायाँ दुवैतर्फ अस्तव्यस्त रूपमा पार्किङ गरेर राखिएका गाडी र मोटरसाइकलले अत्यावश्यक कामको लागि हिँड्ने व्यक्तिहरूलाई पनि सास्ती हुने गरेको छ।, बुटवल उपमहानगरपालिकाले हालसम्म पार्किङको लागि कुनै पनि स्थान छुट्याउन नसक्दा पसल व्यवसाय सञ्चालन गर्ने व्यवसायीसँगै किनमेलको लागि जाने उपभोक्ताहरूले समेत सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ। जसले गर्दा सर्वसाधारणलाई आवतजावतमा समस्या हुने मात्र होइन पार्किङकै झमेलाको कारण उपभोक्ताहरू अन्यत्र जान बाध्य भएको व्यवसायी बताउँछन्।, वर्षौंदेखि बिपी चोकमा प्लाष्टिकका सामग्री विक्री गर्दै आएका रुपन्देही व्यापार संघका कोषाध्यक्ष एवं अमरबुद्ध टोल विकास संस्थाका अध्यक्ष दीपक अधिकारी पार्किङ अभावकै कारण उपभोक्ताले बुटवलको विकल्प खोज्न थालेको बताउँछन्।, मुख्य बजार क्षेत्रमा सडकको बीच भाग र पैदलयात्री हिँड्ने पेटी समेत गाडी र मोटरसाइकल पार्किङ गरेर ढाकिएको हुन्छ। त्यसैमाथि सडकमै कोचाकोच हुने गरी सञ्चालन हुँदै आएका अटोरिक्सा र ठेलाहरूले बजार क्षेत्र झनै अस्तव्यस्त हुने गरेको छ।, पसलको मुखै ढाकिने गरी अव्यवस्थित राखिने सवारी साधन पन्छाउँदै किनमेलको लागि जाने उपभोक्ताले आफ्नो सवारी साधन पार्किङ गर्न नपाएपछि फर्किने गरेको अधिकारीले बताए।, पार्किङ व्यवस्थापनको लागि बुटवल उपमहानगरपालिकाले चासो नदिएपछि अमरपथ, दुर्गामन्दिर, राममन्दिर लाइनलगायत क्षेत्रका व्यवसायी आफैंले आलोपालो गरी एकातर्फमात्र पार्किङ गर्न थाले पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन।, यातायातको केन्द्र बन्दै गएको बुटवलमा लुम्बिनी प्रदेश सरकारको अस्थायी मुकाम भएसँगै सवारी साधनको चाप अत्यधिक बढेको छ।, फुटपाथमा राखिने ठेला तथा नाङ्ले पसलहरूले साँघुरिँदै गएका सडकको दायाँबायाँ नै सवारी साधन पार्किङ गर्दा घण्टौंसम्म ट्राफिक जाम सुरू भइसकेको छ।, ट्राफिक व्यवस्थापनको लागि बुटवल उपमहानगरपालिकालाई पार्किङ क्षेत्र तोक्न  पटक-पटक आग्रह गर्दै आए पनि खाली स्थान नहुँदा उपमहानगरले अहिलेसम्म पार्किङस्थल छुट्याउन सकेको छैन।, मुख्य सडकको अस्पताल लाइनको पुष्पलालपार्कदेखि भुड्की चोकसम्म नै सवारी साधनले खचाखच भरिँदा कतिपय समयमा उपचारको लागि अस्पतालमा आउने बिरामी तथा एम्बुलेन्स र आपतकालीन सवारी साधनको आउजाउ समेत रोकिने गरेको छ।,  , व्यवसायीसँग चन्दा उठाएर ट्राफिक संकेत बोर्ड राखियो,  , प्रदेशको मुकाममै रहेको ट्राफिक प्रहरी नै स्रोत साधनको अभावमा चन्दा उठाउँदै ट्राफिक संकेत बोर्ड राख्न बाध्य छ।, बुटवलको मुख्य बजार क्षेत्रको अव्यवस्थित पार्किङको व्यवस्थापनको लागि ट्राफिक प्रहरीले व्यवसायिक संघसंस्था र स्थानीय टोल विकास संस्थाहरूको सहयोगमा ट्राफिक संकेत बोर्डको जोहो गरेको हो।, बुटवलका विभिन्न संघसंस्थाहरूले ट्राफिक संकेत लेखिएका १०३ वटा बोर्ड आइतबार ट्राफिक प्रहरीलाई प्रदान गरेका हुन्। सवारी साधन र किनमेलको लागि आउने ग्राहकको बढी भीडभाड हुने क्षेत्रमा ती बोर्ड राख्न थालिएको छ।, बुटवलका अमरबुद्ध टोल विकास संस्था, बिपी चोक टोल विकास संस्था, अमर तिनाउ टोल विकास संस्था, राम मन्दिर टोल विकास संस्था तथा विभिन्न व्यवसायीहरूले समेत व्यक्तिगत रूपमै ट्राफिक संकेत बोर्ड उपलब्ध गराएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।, ट्राफिक व्यवस्थापनको लागि स्थानीय तहले चासो नदिँदा सानो सहयोगको लागि समेत व्यवसायीहरूको सहयोग लिन बाध्य भएको पाण्डेको भनाइ छ।, दुई वर्षमै बिग्रिए सिसिटिभी क्यामरा, व्यवसायीसँग चन्दा उठाएर संकेत राख्दै ट्राफिक
सेतोपाटी विषाक्त मदिरा पिएर चार जना मजदूरको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ । , बागलुङमा सोमबार साँझ विषाक्त मदिरा पिएका ६ मध्ये चार जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्ती रहेका छन्।, उनीहरूको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।, त्यस्तै, उनीहरूसँगै मदिरा खाएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर रहेको र धौलागिरि अस्पतालमा उपचार सम्भव नभएपछि दुबै जनालाई गण्डकी अस्पताल पोखरा पठाइएको छ । , जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक हवारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको प्रहरीले जनाएको छ।, बागलुङमा पहिलोपटक चार जनाको विषाक्त रक्सी सेवनका कारण ज्यान गएपछि प्रहरी गम्भीर भएर अनुसन्धानमा लागेको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले बताए।, ‘सात दिनको समय दिएर डिएसपी सापको नेतृत्वमा टोली पठाएको छु’, उनले भने, ‘अहिलेसम्म दुई जना पक्राउ परेका छन्, मजदूरले खाएका चाउचाउ, दालमोठ र मदिराका भाँडाहरूसमेत बरामद गरेका छौं।’, पक्राउ पर्नेमा पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीयबासी भक्तबहादुर बलाल रहेका छन्।, उनीहरूसँग अहिले सोधपुछ चलिरहेको र शव परीक्षणको रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने उनले बताए।रासस, विषाक्त मदिराले चार जना मजदूरको मृत्यु भएपछि डिएसपी नेतृत्वमा अनुसन्धान समिति गठन
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको छ।, आज बसेको बोर्डको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा लिने निर्णय गरेको हो।, परीक्षा विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा हुने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सेतोपाटीलाई बताए।, ‘साउन ३१ गतेदेखि परीक्षा लिने बोर्डले निर्णय गरेको छ,’ उनले भने, ‘१०० पूर्णांककै लिखित परीक्षा लिन्छौं।’ परीक्षा भदौ ९ गतेसम्म चल्नेछ।, कोरोना भाइरस महामारीका कारण कक्षा १२ को परीक्षा यसअघि रोकिएको थियो। जेठ अन्तिम सातादेखि गर्ने तय भएको परीक्षा दुई महिनापछि लिन लागिएको हो।, कक्षा १२ मा परीक्षाका लागि झन्डै चार लाख विद्यार्थीले परीक्षा फारम भरेका थिए।, कक्षा १२ को परीक्षा साउन ३१ देखि गर्ने बोर्डको निर्णय
सेतोपाटी काठमाडौं उपत्यकामा थप ७१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७१९ जनामा संक्रमण भएको हो।, जसमध्ये काठमाडौंका ५३१, भक्तपुरका ४१ जना र ललितपुरका १४७ जना छन्।, योसँगै मंगलबारसम्म काठमाडौं उपत्यकामा ७ हजार २४१ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५५३७, भक्तपुरमा ८२९ जना र ललितपुरमा ८७५ जना सक्रिय संक्रमित छन्।, यस्तै, देशभर ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन्।, पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १३ हजार १३५ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , थप २५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ।, पछिल्लो २४ घण्टामा १ हजार ५९५ जना कोरोनाबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ९४.६ प्रतिशत रहेको छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ। , काठमाडौं उपत्यकामा थपिए ७१९ संक्रमित
सेतोपाटी संवाददाता मंगलबार थप ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १३ हजार १३५ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , थप २५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ। , पछिल्लो २४ घण्टामा १ हजार ५९५ जना कोरोनाबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ९४.६ प्रतिशत रहेको छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ। , मंगलबार थपिए ३ हजार १०८ संक्रमित, निको भए १५९५
सेतोपाटी संवाददाता वन मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ परेका छन्। , पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नं. ७ राताकासका ४५ वर्षीय निमप्रसाद विक, ६३ वर्षीय धनबहादुर विक, ६२ वर्षीया राधा विक र ३४ वर्षीया ताराकुमारी पुन पक्राउ परेका हुन्।  , दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालका अनुसार उनीहरूविरूद्ध दाङ देउखुरी जिल्ला अदालतको २०७५/१०/१६ गतेको फैसलाले ७१ हजार पाँच सय २१ रूपैयाँ जरिवाना तोकेको थियो। , डिएसपी रिजालका अनुसार उनीहरूलाई राताकास गाउँबाट सोमबार बेलुका पक्राउ गरिएको हो। प्रहरीले मंगलबार उनीहरूलाई अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।, वन मुद्दाका चार फरार प्रतिवादी पक्राउ
सेतोपाटी संवाददाता कैलालीमा साढे ३ वर्षको बालकको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपीसहित ९ जना प्रहरी पुरस्कृत भएका छन्।, घटनाको तोकिएको जिम्मेवारी इमानदारी तथा त्रुटीरहित ढंगबाट सम्पादन गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पुरूषोत्तम कँडेलले एसपी विश्व अधिकारीलाई पुरस्कृत गरेका हुन्।, अनुसन्धानमा खटिएका अन्य ८ जनालाई एसपी अधिकारीले आफैं पुरस्कृत गरेका छन्।, पुरस्कृत हुनेमा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा, प्रहरी निरीक्षक लालबहादुर ऐर, प्रहरी सहायक निरीक्षक अनिल शाह, कृष्ण मल्ल, प्रहरी हवल्दार गणेश बहादुर सेठ्ठी छन्।, यस्तै, प्रहरी जवान जयराम चुनारा, शिशिर शर्मा र नन्दराज भट्ट छन्।, गत असार २० गते टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ स्थित मनुवा रोड बस्ने साढे ३ वर्षीय विवेक विष्ट बेपत्तापछि मृत फेला परेका थिए।, सोही प्रकरणमा प्रहरीले घटनाको केही समयपछि सफल अनुसन्धान गरेको थियो।, कैलालीमा साढे ३ वर्षको बालकको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपीसहित ९ जना प्रहरी पुरस्कृत
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पुगेका छन्।, प्रधानमन्त्री देउवाले खुमलटारमा प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत फोटो सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले सीताको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।, प्रधानमन्त्री भएपछि देउवा पहिलो पटक सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा पुगेका हुन्।, पछिल्लो समय सीताको शारीरिक अवस्था कमजोर बन्दै गएको छ। निको नहुने पिएसपी रोगले ग्रसित उनी सहाराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छन्। , प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगे प्रधानमन्त्री देउवा
सेतोपाटी संवाददाता बाँकेबाट दुई ग्राम एक सय मिलीग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ का ६१ वर्षीय गुन्नु कबडिया र १८ बर्षीय राहुल कबडिया मंगलबार बेलुका सवा ४ बजेतिर पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए। , डिएसपी न्यौपानेका अनुसार उनीहरुलाई नेपालगञ्ज ११ स्थित ठटेरियन टोलबाट पक्राउ गरिएको हो। , लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र लागु औषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। , पक्राउ परेकाहरुको साथबाट नगद पाँच लाख, १५ हजार पाँँच सय नगद पनि बरामद भएको डिएसपी न्यौपानेले बताए।  , पक्राउ परेकाहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, बाँकेबाट ब्राउन सुगरसहित दुई पक्राउ
सेतोपाटी संवाददाता सुर्खेतको एक विद्यालयको स्तरोन्नतिको लागि व्यक्तिगत रूपमा सहयोग गरिएको छ।, विद्यालयमा फिल्ड निर्माण तथा विद्युत जडानका लागि नेपाल लोकतान्त्रिक खेलुकद संघ कर्णाली प्रदेशका अध्यक्ष हरि विष्टले मंगलबार एक लाख रूपैयाँ नगद सहयोग गरेका हुन्।, भवनबाहेक भौतिक पूर्वाधारमा कमजोर वीरेन्द्रनगर-१ धारापानीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न व्यक्तिगत रुपमा सहयोग गरिएको विष्टले बताए।, तत्कालका लागि दिइएको एक लाख रुपैयाँले बालबालिकाका लागि खेल्ने फिल्ड निर्माण गरिने छ।, फिल्ड निर्माणको काम भइरहेको उनले बताए। ‘सहयोग गर्ने प्रतिबद्धता अनुसार नै विद्यालयमा फिल्ड निर्माणको काम यसअघि नै भइसकेको छ, यसपछिका अरु पूर्वाधार तयार गर्न पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छु,’ उनले भने।, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमराज विक र विद्यालयका प्रधानाध्यापक प्रकाश ढुंगानालाई संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको थियो।, विद्यालयको फिल्ड राम्रो नहुँदा बालबालिकालाई खेलकुदका लागि समस्या हुने गरेको देखेपछि आफूले सहयोग गर्ने मनस्थिति बनाएको विष्टले बताए।, उक्त विद्यालयमा अध्ययनरत बालवालिकामध्ये ९० प्रतिशत बालबालिका ज्याला मजदुरी गरी परिवार पाल्ने दलित समुदायका रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकले बताए।, अध्यक्ष विष्टले यसपछि विद्यालयमा विद्युत जडान गर्न पनि आफूले व्यक्तिगत रूपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। उक्त विद्यालयमा अहिलेसम्म विद्युत जडान गरिएको छैन।, विद्यालयको स्तरोन्नति गर्न सुर्खेतमा व्यक्तिले गरे सहयोग
सेतोपाटी संवाददाता सोमबार थप २ हजार ४४५ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल ११ हजार ६६४ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , थप ३२ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ। , पछिल्लो २४ घण्टामा १ हजार २५८ जना कोरोनाबाट मुक्त भएका छन्।, ११ हजार ६६४ मा कोरोना परीक्षण गर्दा २४४५ लाई संक्रमण, निको भए १२५८
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४७४ जनामा संक्रमण भएको हो।, जसमध्ये काठमाडौंका ३३०, भक्तपुरका ८८ जना र ललितपुरका ५६ जना छन्।, योसँगै सोमबारसम्म काठमाडौं उपत्यकामा ७ हजार ९५ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५३११, भक्तपुरमा ८७७ जना र ललितपुरमा ९०७ जना सक्रिय संक्रमित छन्।, काठमाडौं उपत्यकामा थप ४७४ लाई कोरोना, सक्रिय संक्रमित ७०९५
सेतोपाटी संवाददाता फोटो पत्रकार क्लब, नेपालले अफगानिस्तानको कान्दाहारमा भएको भिडन्तमा मारिएका रोयटर्सका फोटो पत्रकार दानिश सिद्दीकीको सम्झना सँगै आत्माको चिर शान्तिको कामना गदै १०८ दिप प्रज्ज्वलन गरेका छ।, काठमाडौंको स्वयम्भुनाथ परिसरमा मंगलबार आयोजित श्रद्धान्जली तथा दिप प्रज्वलन कार्यक्रममा नेपाली फोटोपत्रकारहरुले मैनवत्ती तथा दिप बाल्दै सिद्दीकीको सम्झनामा १ मिनेट मौनधारण गरेको थिए।, आफ्नो कर्तव्य निर्वाहको शिलशिलामा अफगानिस्तानको कान्दाहारमा तालिवान र अफगान स्पेसल फोर्सेसबीच भिडन्तको तस्बिर संकलन तथा सम्प्रेषण गर्दागदै गत शुक्रबार मारिएका थिए।, उनी अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका लागि भारतको रोयटर्स पिक्चर्स मल्टिमिडिया प्रमुख थिए। सिद्दीकी पछिल्लो दशकका युद्व, संकट र मानवीय संघर्षका उल्लेखनीय फोटो खिचेका थिए भने नेपालमा २०७२ सालमा गएको भूकम्पको समेत उनले कभर गरेका थिए।, सन् २०१८ मा रोयटर्सको टोलीले प्रतिष्ठित पुलिट्जर पुरस्कार जित्दा सिद्दीकी त्यसको एक सदस्य थिए।, ‘शाहसी, निडर ,उर्जावान र सधै आफ्नो कर्तब्यप्रति कर्मठ सिद्दीकी दक्षिण एसियाको फोटोपत्रकरिता जगतको एक उदीयमान नक्षत्र थिए। उनको निधनले दक्षिण एशियाली फोटोपत्रकरिताको क्षेत्रमा एक अपुरणीय क्षति पुगेको छ’, फोटो पत्रकार क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एक कर्मठ शाहसी फोटोपत्रकार सिद्दीकी नेपाली फोटोपत्रकारहरुको सधै प्रेरणाको प्रतिक रहनेछन। सिद्दीकीको निधनले शोकमा रहेका परिवारजनप्रति सम्पूर्ण नेपाली फोटोपत्रकारहरुको तर्फबाट फोटो पत्रकार क्लब, नेपाल हर्दिक समबेदना ब्यक्त्त गर्दछ।’  , अफगानिस्तानमा मारिएका रोयटर्सका फोटो पत्रकार सिद्दीकीको सम्झनामा काठमाडौैमा १०८ दिप प्रज्ज्वलन
सेतोपाटी संवाददाता सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।, आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त क्षेत्र कायम राख्ने घोषणा गरेको हो।, ‘विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक र मनाङलाई असोज मसान्तसम्म लागू हुने गरी विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने।, सिन्धुपाल्चोक र मनाङ विपद संकटग्रस्त क्षेत्र घोषणा
सेतोपाटी संवाददाता जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार ९९६ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपमा मकवानपुरकी ३७ वर्षीय शुभद्रा परियार, इलामकी ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरकी २१ वर्षीय दीपिका केसीलाई सोमबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।, सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’को नामबाट फेसबुकको प्रयोग गरी आफू जापानको अध्यागमनमा काम गर्ने नागरिक हो भन्दै ‘वर्किङ भिसा’ प्रक्रियाका लागि रकम पठाउनुपर्छ भनी ठगी गरेको अपराध महाशाखाले जनाएको छ।, उनीहरूले पीडितलाई पैसा आफ्नो खातामा राख्न लगाएर जापान नपठाई ठगी गरेको प्रहरीको भनाइ छ।, पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ। रासस, जापान पठाइदिने भन्दै ४० लाख ठगेको आरोपमा चार पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप तीन सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप तीन सय ३४ जनामा संक्रमण भएको हो।, जसमध्ये काठमाडौंका दुई सय ३४, भक्तपुरका ३६ जना र ललितपुरका ६४ जना छन्।, योसँगै आइतबारसम्म काठमाडौं उपत्यकामा ६ हजार ९८० सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै पाँच हजार २५२, भक्तपुरमा ८५५ जना र ललितपुरमा ८७३ जना सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन्।, पिसिआर र एन्टिजेन विधिबाट कुल ९ हजार ६२८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।, थप २३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ।, पछिल्लो २४ घण्टामा १ हजार ६६७ जना कोरोनाबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ९४.७ प्रतिशत छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ।, काठमाडौं उपत्यकामा थपिए ३३४ कोरोना संक्रमित
सेतोपाटी संवाददाता ओखलढुंगामा चार वर्षीया बालिकाको जलेर मृत्यु भएको छ।, सिन्धुली फिक्कल गाउँपालिका वडा नम्बर ५ बस्ने समिता राई खड्काकी ४ वर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयले जनाएको छ।, धनकुमारी खड्का ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ स्थित मामा घरमा आएकी थिइन्। त्यहाँको गाइ गोठमा आइतबार दिउँसो १ बजे हातमा लाइटर बोकेर खेल्दै गर्दा अचानक लाइटर सल्केर गोठमा आगलागी भएको थियो।, सोही आगोमा जलेर बालिका धनकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। यसैगरी गोठमा रहेका दुई वटा गाई र चार वटा बाख्रा मरेका छन्।, घटनास्थलमा प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको छ। , ओखलढुंगामा चार वर्षीया बालिकाको जलेर मृत्यु
सेतोपाटी संवाददाता पर्सा पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अमेरिका सहनीसहित तीन जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ।, आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले ५५ वर्षीय सहनीसहित तीन जनालाई ७९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।, पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ पर्ने अन्य दुई जना ४० वर्षीय बलिष्टर सहनी र ५२ वर्षीय रामआदेश सहनी रहेका छन्।, खनालका अनुसार ना१ब ३५९५ नम्बरको पल्सर मोटरसाइकलमा वडाध्यक्ष अमेरिका र रामआदेश सवार थिए।, प्रहरीले सोही मोटरसाइकलको फिल्टर बक्सबाट ब्राउनसुगर फेला पारेको थियो।, ना६२प १९४२ नम्बरको मोटरसाइकलमा वडा सदस्य बलिष्टर सवार थिए।, ‘वीरगञ्जबाट आफ्नो गाउँपालिकातर्फ गइरहेका दुबै मोटरसाइकल रोकेर चेकजाँच गर्दा ब्राउनसुगर फेला परेपछि पक्राउ गरिएको हो,’ खनालले भने।, उनीहरू तिनै जनालाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको खनालले बताए।, सरकारी मोटरसाइकलमा सवार वडाध्यक्ष ब्राउनसुगरसहित पक्राउ