content
stringlengths 20
64.1k
⌀ |
|---|
सेतोपाटी संवाददाता कपिलवस्तु प्रहरीले विभिन्न हातहतियार सहित पाँच जनालाई पक्राउ गरेको छ।, प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पेस्तोल, म्याग्जिन, गोली, भरुवा बन्दुक र बारुदसहित पाँच जनालाई पक्राउ गरेको जानकारी गराएको हो।, प्रहरीले हतियारसहित कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदीका ३६ वर्षीय कोमन्नु भन्ने मातेश्वरप्रसाद यादवलाई पक्राउ गरेको जनाएको छ। यादवलाई गत साउन १ गते साँझ जहदीचोकबाट पक्राउ गरेको थियो।, तौलिहवा जितपुर सडकखण्डमा चेकजाँचको क्रममा भारतीय नम्बर प्लेट युपी ५५ डब्लु ८३२४ नम्बरको मोटरसाइकलमा सवार यादवले एकथान म्याग्जिन लोड गरिएको मेड ईन युएसए लेखिएको पेस्तोल बरामद गरेको हो।, यादवबाट ७६५ एमडी लेखिएको ४ राउण्ड गोली पनि बरामद गरेको छ। चोरी र हातहतियार खरखजना मुद्धामा २०७५ साल असार १६ गते पक्राउ परेका यादव २०७७ फागुन १७ गते धरौटीमा छुटेपनि अदालतमा फैसला हुन भने बाँकी छ।, यस्तै प्रहरीले चार वटा भरुवा बन्दुकसहित कपिलवस्तुको वाणगंगाबाट चारजनालाई पक्राउ गरेको छ। साउन १ गते वाणगंगा ८ मुर्मीबाट उनीहरूलाई पक्राउ गरेको हो।, २५ वर्षीय गुनबहादुर राना, ४१ वर्षीय गोपाल थापा मगर, ४७ वर्षीय मिनबहादुर सेन र ५१ वर्षीय टिकाबहादुर थापा पक्राउ परेका हुन्।, प्रहरीले गोपालको घरबाट एउटा, टिकाबहादुरको घरबाट दुई वटा भरुवा बन्दुक, दुई बट्टा बारुद, छर्रा तथा फलामले बनेको डोरी जडित पासो समेत फेला पारेको जनाएको छ।, गुनबहादुर रानाको घरबाट एउटा भरुवा बन्दुक र २ बट्टा बारूद बरामद गरेको प्रहरीले जनाएको छ।, त्यस्तै प्रहरीले चोरीको मोटरसाइकलसहित कपिलवस्तु यशोधरा गाउँपालिका वडा नम्बर ५ लोहरौली बस्ने २१ वर्षीय तौफिक पठानलाई पनि पक्राउ गरेको छ। पठानलाई साउन १ गते नै कपिलवस्तु २ बर्दहवाबाट चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो। गत जेठ २४ गते कपिलवस्तु १ नयाँटोल बस्ने मोहम्मद वाजीह अरसदको बा ७२ प ६३११ नम्बरको मोटरसाइकल हराएकोमा सोही मोटरसाइकल सहित पठानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।, यस्तै प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेका पाँच वटा ल्यापटपसहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ८ हरिवंशापुरबाट पाँच थान ल्यापटप र त्यसका चार्जरसहित उनीहरूलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेहरुमा काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ थानकोटका २२ वर्षीय कृष्ण शाही र सप्तरीको महादेव गाउँपालिका वडा नम्बर ५ भगवानपुरको २० वर्षीय नवनारायण मण्डल छन्।, उनीहरूलाई थप कारबाहीको लागि भन्सार कार्यालय सुठौली पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए।,
कपिलवस्तुमा हातहतियारसहित पाँच जना पक्राउ
|
सेतोपाटी संवाददाता अछाममा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउद छन्।, आइतबार मंगलसेन नगरपालिका–१४ कालागाउँमा जेसीबी दुर्घटना भएको थियो।, कालागाउँस्थित ठाँटीबाट खाँटतर्फ गइरहेको अन्टेस्ट जेसीबी सडकभन्दा ७० मीटर तल खसेको थियो। घटनापछि चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराले जानकारी दिए।, दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। उनीहरूको मंगलसेनमा उपचार भइरहेको छ ।,
अछाममा जेसीबी दुर्घटना, एकको मृत्यु
|
रासस देश कै एक मात्र बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण र सर्टिफिकेशन गर्ने कार्य सम्पन्न गरिएको छ।, जयनगरबाट आएको भारतीय रेल्वेले जनकपुरधामको कुर्थास्थित मुख्य स्टेशनसम्म स्पिड परीक्षण र सर्टिफिकेशन गर्ने कार्य गरेको हो।, भारतीय कोकर्ण कम्पनीका प्रतिनिधि र नेपालका महाप्रबन्धक गुरु भट्टराईद्वारा संयुक्त रुपमा निरीक्षण पश्चात जनकपुरधामको कुर्था रेल्वे स्टेशनमा आइतबार पूजा गरिएको थियो।, स्पिड परीक्षणसम्बन्धी जानकारी दिँदै महाप्रबन्धक भट्टराईले भारतीय डव्लु डि एम थ्रीडी नामको इञ्जिन तथा दुई मालवाहक डब्बासहित आएको ट्रेन आउने बेलामा ६० प्रतिकिलो मिटरको स्पिडमा आएको र फर्कने बेलामा १२० को स्पिडमा फर्किएको बताए।, उनले स्पिड चेकका क्रममा भारतीय रेल्वेका ड्राइभरलाई नेपालको रेल्वे ट्रयाकसम्बन्धी ज्ञान नभएका कारण आउने समयमा ६० को स्पिडमा ल्याइएको र फर्किने बेलामा १२० को स्पिडमा फर्केको जनाए।, महाप्रबन्धक भट्टराईले आइतबार गरिएको परीक्षण सफल भएको बताए। उनले रेल ट्रयाकमा कही कतै कुनै समस्या नदेखिएको जनाए। उनले लिकको समय समयमा मर्मत तथा पुलको पनि सबै काम भइसकेकाले समस्या नरहेको बताए।, ट्रयाक परीक्षण सफल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खजुरीदेखि कुर्थासम्म रेल आइपुग्दा कुनै पनि स्थानमा क्षति नभएको जिप्रकााले जनाएको छ।, परीक्षणका क्रममा ट्रयाक तथा स्टेशनमा पर्याप्त सुरक्षाकर्मी तथा कर्मचारी खटाइएको थियो। पूर्वाधार र जनशक्ति तयारी अवस्थामा सरकारले पटकपटक नेपालमा रेल चल्ने भनेर मिति तोके पनि रेल्वे सञ्चालनमा आउन सकेको छैन।, भारत सरकारको सहयोगमा रु पाँच अर्ब ४८ करोड लगानीमा पूर्वाधार निर्माण भइसकेको छ।, सरकारले जिटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) प्रक्रियामार्फत रु ८४ करोड ६५ लाख ९५ हजारमा भारतसँग खरिद गरेका दुई रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेका थिए।, अगाडि र पछाडि गुड्न सक्ने सो रेल अहिले जनकपुरको इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ।, भिडिओ:,
यसरी गरियो जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण (भिडिओ)
|
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले एकीकृत नागरिक सेवा शुभारम्भ गरेको छ।, जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरूलाई सबै किसिमको प्रहरी सेवा प्रदान गर्न नागरिक सेवा सञ्चालनमा ल्याइएको हो।, सेवाग्राहीलाई सहज र सरल होस् भन्ने उद्देश्यले प्रविधिसहितको प्रणाली विकास गरेर नागरिक सेवा कार्यक्रम ल्याइएको प्रहरी उपरीक्षक मनोज केसीले बताए।, एकीकृत नागरिक सेवा अन्तर्गत सफ्टवेयर सञ्चालनमा ल्याइएको छ। यो सेवाको आइतबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यले उद्घाटन गरेका थिए।, अब सेवाग्राहीले प्रहरी गेटबाट प्राप्त गर्ने सेवा र सम्बन्धित शाखामा पुग्नुअगावै सेवा सम्बन्धी जानकारी प्रहरी कर्मचारीले सफ्टवेयरमार्फत अभिलेख हुने छ। यसबाट सेवाग्राहीको प्रतिक्रिया पनि अनलाइनमार्फतै प्राप्त हुने भएकाले प्रहरी सेवामा तत्कालै सुधार आउने र गुणस्तरमा वृद्धि हुने अपेक्षा राखिएको केसीले बताए।, ‘यसबाट नागरिकलाई प्रदान गरिने सेवाको गुणस्तरमा वृद्धि हुने अपेक्षा गरिएको छ,’ केसीले भने।, यस्तै, सिद्धार्थनगर नगरपालिका-१ मा प्रहरी कर्मचारीलाई डिउटीमा सहजताका लागि प्रविधियुक्त आधुनिक प्रहरी चेक प्लाइन्टको पनि उद्घाटन गरिएको छ।,
रूपन्देहीमा प्रहरी सेवा अब सफ्टवेयरबाटै
|
सेतोपाटी संवाददाता कोरोना भाइरस विरूद्धको अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको (जानसन कोभिड-१९ भ्याक्सिन) खोप आजदेखि लगाउन सुरू भएको छ।, प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान काठमाडौंको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको खोप केन्द्रको अनुगमन गरेका थिए। उनले त्यहाँ आयोजित एक कार्यक्रममा स्वास्थ्यकर्मीहरूलाई खोप हस्तान्तरण गर्दै खोप अभियानको सुरूआत गरेका हुन्।, सो कार्यक्रममा काठमाडौंका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सहभागी भएका थिए।, प्रधानमन्त्री देउवाले खोप सहज रूपमा लगाउने प्रबन्ध मिलाउन निर्देशन गरेको ट्विटरमार्फत् जानकारी दिएका छन्।, 'मेरो सरकारको प्राथमिकता सबैलाई कोरोनाविरूद्धको खोप हो। नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेको छु। खोप सहज रूपमा लगाउने प्रबन्ध गर्न निर्देशन पनि गरेको छु,' उनले भनेका छन्।, यो खोप आजदेखि ६ गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न केन्द्रबाट दिइनेछ।, अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप अनुदानमा दिएको थियो।, एक मात्रामात्रै लगाए पुग्ने खोप आजदेखि ५० देखि ५४ वर्ष उमेर समूहका, अपांगताको 'क' र 'ख' वर्षको परिचयपत्र पाएका, शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरूलाई दिन थालेको हो।, जोन्सन एण्ड जोन्सनको खोप नेपालमा पहिलो पटक लगाइएको हो।,
अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन खोप आजदेखि लगाउन सुरू
|
सेतोपाटी संवाददाता गत असार २० गते मृत अवस्थामा भेटिएकी चितवनकी सुजिता भण्डारीको शव परिवारले बुझेका छन्।, सुजिताको हत्या भएको भन्दै परिवारले आरोपित सार्वजनिक नहुँदासम्म शव नबुझ्ने अडान लिँदै आएका थिए।, पोस्टमार्टमका लागि काठमाढडौंस्थित शिक्षण अस्पतालमा लगिएको सुजिताको शव उनका बुवाले सोमबार बुझेको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।, असार ११ गतेबाट हराएकी सुजिताको शव ९ दिन पछि जंगलमा भेटिएको थियो। प्रहरीले शवसँगै पतेरा मार्न प्रयोग हुने तरल पदार्थ आशंका गरिएको बोतल र झोला फेला पारेको थियो।, शव भएको स्थान नजिकैबाट उनले प्रयोग गर्ने गरेको मोबाइल सेट पनि प्रहरीले फेला पारेको थियो।, प्राप्त प्रमाण, काठमाडौंमा गरिएको पोष्टमार्टमको रिपोर्टको आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, पोस्टमार्टम रिपोर्टमा उनको शरीरमा चोटपटक नदेखिएकाले हत्या नभएकोतर्फ प्रहरी अनुसन्धान छ।, अनुसन्धानका लागि प्रहरीले पर्खिराखेको भिसेराको परीक्षणको रिपोर्ट भने आउन बाँकी छ।, कुनै विषाक्त पदार्थको सेवनबाट उनको मृत्यु भएको हो होइन भन्ने यकिन गर्न प्रहरीले भिसेरा रिपोर्ट पर्खिरहेको छ। , सुजिताले असार ११ गते आफू अपहरणमा परेको भनेर आफूलाई फोन गरेको भन्दै दिदी कविताले खोजी गरिदिन प्रहरीमा मौखिक जानकारी दिएकी थिइन्।, सम्बन्धित समाचार :, पोस्टमार्टमबाट खुलेन सुजिता भण्डारीको मृत्युको कारण, अब भिसेरा परीक्षण गरिँदै,
सुजिता भण्डारीको शव बुझे परिवारले, भिसेरा रिपोर्ट कुर्दै प्रहरी
|
निर्मला घिमिरे लीला लिम्बू (नाम परिवर्तन) लाई एकदिन अपरिचित पुरुषबाट फेसबुकमा 'फ्रेन्ड रिक्वेस्ट' आयो। उनले 'एसेप्ट' गरिन्। उनीहरूबीच कुराकानी चल्न थाल्यो। फेसबुकबाटै एकअर्कालाई साथी मान्न थाले।, ती व्यक्ति धनकुटाका किसान राई रहेछन्। म्यासेन्जरमै चिनजान भइसकेपछि लीलाले आफ्ना सुखदुःखका सबै कुरा किसानलाई सुनाउन थालिन्। ३८ वर्षीया लीलाको गाउँमै बंगुर फार्म थियो। उनले किसानलाई आफ्नो कामबारे पनि सबै बताइन्।, 'उसले मलाई तपाईं जस्तो मान्छे सानोतिनो काम गरेर किन बस्ने? बरू विदेश जानु राम्रो कमाइ हुन्छ। म साथीहरूसँग मिलेर मानिसहरूलाई कम्बोडिया पठाउने काम गर्छु, धेरैलाई पठाइसकेँ। राम्रो कमाइ गरिराखेका छन् भनेर सुनाए,' किसानका भनाइ उद्धृत गर्दै लीलाले प्रहरीसँगको बयानमा भनेकी छन्। , किसानले लीलालाई निर्माण तथा व्यापारमा राम्रो रोजगार अवसर भएको बताए। स्टोर-किपरको काममा अवसर भएकाले त्यहाँ लगाइदिने आश्वासन दिए। आफूले कम्बोडिया पठाएकाहरूले महिनामा तीन लाखसम्म बचाएर घर पठाइरहेको भन्दै लीलालाई प्रलोभन देखाए।, धेरै मेहनत गर्दा लीलाले फार्मबाट पनि राम्रै आम्दानी गरिरहेकी थिइन्। तर कम्बोडियामा सजिलो कामबाटै टन्न कमाइ हुने सुनेपछि लोभिइन्। अनि जान तयार भइन्।, लीलाका अनुसार त्यहाँ जान भिसा तथा टिकट शुल्क चार लाख पचास हजार लाग्ने भनियो। किसान र उनका अर्का साथीले लीलालाई भिसा लगाइ सबै प्रक्रिया पूरा गरी पठाउने भने। कम्बोडियामा साथीहरूले 'रिसिभ' गरी सबै व्यवस्था मिलाउने, अप्ठ्यारो परे आफैंले कम्बोडिया पुर्याउने आश्वासन दिए। त्यस्तै खाने-बस्ने व्यवस्था गरी कामसमेत उनीहरूले नै लगाइदिने भएपछि लीला ढुक्क भइन्। पठाउन नसके वा भनेअनुसार काम नपाएर फर्किनु परे ब्याजसहित सबै रकम फिर्ता गर्ने बाचा गर्दै लीलाको विश्वास जिते।, लीलालाई विश्वासमा पारेपछि किसानले २०७६ चैतमा भिसा प्रक्रियाका लागि छिटो रकम बुझाउन सुझाए। , 'जति चाँडो रकम जम्मा हुन्छ त्यति नै छिटो काम हुन्छ, राहदानी र फोटो लिएर गोंगबुको गेस्ट हाउस आउनु भनेपछि म गएँ। अनि किसानलाई दुई लाख पचास हजार नगदै बुझाएँ,' लीलाले प्रहरीसँग भनेकी छन्। , थप दुई लाख रूपैयाँ केही दिनपछि गाउँ फर्किएर किसान राईका नाममा आइएमइ गरिदिइन्। , रकम बुझाइसकेपछि किसानले उनका कम्बोडियामा रहेका भनिएका साथीसँग इमो र मेसेन्जरमा जोडिदिए। लीलाले उनीहरूसँग थप कुरा गरिन्। उनीहरूले राम्रो कमाइ हुने काम मिलाइदिने बताए। , उनीहरूले सबै बन्दोबस्त मिलाइ दिने भनेपछि लीला ढुक्कले कम्बोडिया हिँडिन्। भारत हुँदै कम्बोडिया पुर्याइने बताइएको थियो। नेपालबाट भारतसम्म छाड्न किसानका अर्का साथी थिए। काकडभिट्टा, आसाम, नागाल्यान्ड, ग्वाटी हुँदै मनिपुर पुगे। मनिपुरबाट पैदल हिँडेर भारत-म्यानमारको नाका हुँदै म्यानमार पुर्याइयो। त्यसपछि उनी थाइल्यान्डबाट कम्बोडिया उडिन्। , कम्बोडियाको एयरपोर्टमा किसानले चिनेका एक व्यक्ति लीलालाई लिन आएका थिए। ती व्यक्तिले नोमपेन भन्ने ठाउँको एउटा घरमा पुर्याए। स्टोर-किपरको काम भनेर लगिए थियो, उनले त्यो घरको काम गर्नुपर्ने भयो।, लीलालाई राम्रो काम दिलाइदिने आश्वासन दिएका किसानका साथीहरू त्यही घर छेउ बस्थे। लीलाको उनीहरूसँग भेटघाट भइरहन्थ्यो। जे भए पनि उनले काम गरिरहिन्। तर चार महिनासम्म तलब नपाएपछि त्यो समस्या किसानका तिनै साथीहरूलाई सुनाइन्। , उनीहरूले त्यहाँको तलब दिलाइदिने भन्दै लीलालाई अर्को घरमा सारे।, 'घरकै काम हो। यहाँभन्दा तलब राम्रो छ र समयमै दिन्छ भनेर उनीहरूले मलाई चाइनिजको घरमा काम गर्न पठाए,' उनले जाहेरीमा उल्लेख गरेकी छन्। , लीलाका अनुसार त्यो घरमा चार जना पुरुष मात्रै थिए। लीलालाई उनीहरू घरको सबै काम लगाउँथे। त्यसपछि सबैले पालैपालो यौन दुर्व्यवहार गर्थे। , 'मैले पटक पटक रोइकराइ गरेर घर फर्काइदिनू भन्दा पनि कसैले मेरो कुरा सुनेनन्। यौन सम्पर्क गर्न नमान्दा तिनीहरू मलाई जबजर्स्ती गर्थे,' लीलाले प्रहरीसँगको बयानमा भनेकी छन्, 'मैले १५ दिनसम्म त्यो घरमा मानसिक र शारीरिक यातना खेप्नुपर्यो।', लीला घरबाट बाहिर निस्किन पाउँथिनन्। ती चार पुरुषले उनलाई बन्धक बनाएर यौन शोषण गरिरहे। किसानका साथीलाई फोन गरेर आफूमाथि दुर्व्यवहार भएको जानकारी गराउँदा उनीहरूले बेवास्ता गरेको लीलाले बताइन्।, फेसबुकमा चिनजान भएको मान्छेको विश्वास गर्दा लीला नारकीय जीवन बिताउन बाध्य थिइन्। उनलाई पछुतो भइरहेको थियो।, उनी काम गर्ने घरमा एकदिन एक जना पुरुष मात्रै थिए। लीलाले त्यही मौका पारेर ढोका बाहिरबाट चुकुल लगाइदिइन्। त्यहाँबाट भागेर किसानका साथीहरू भएको ठाउँमा पुगिन्। उनले आफूलाई राम्रो कामको प्रलोभन देखाएर 'बिक्री' गरेकाले प्रहरीमा उजुरी गर्ने सुनाइन्। ती व्यक्तिहरूले कम्बोडिया जाँदा लिएको सबै रकम तिर्ने र काम गरेको पैसा पनि दिलाउने आश्वासन दिलाए। प्रहरीमा खबर नगर्न आग्रह गरे। तर केही समयपछि उनीहरू सम्पर्कबिहिन भए। , लीलाले न कम्बोडिया जाँदा तिरेको रकम पाइन् न तलब। त्यसपछि अलपत्र परेकी उनी गैरआवासीय संघ (एनआरएनए) को सहयोगमा नेपाल फर्किइन् र मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएकी हुन्।, 'चिनियाँ नागरिकहरूको घरको काम भनी झुक्याएर आफूलाई यौन दासीका रूपमा बिक्री गरेको' भन्दै लीलाले दिएको जाहेरीका आधारमा धनकुटा, सहिदभूमि गाउँपालिका-२ का ३७ वर्षीय किसान राईलाई प्रहरीले पक्राउ गरिसकेको छ। ब्युरो टोलीले असार १२ गते उनको घरबाटै पक्राउ गरेको हो। यसबारे जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। , पछिल्लो समय रोजगारी प्रलोभनमा पारी मानव बेचबिखन तथा ओसारपसारका घटना बढेको पाइएकाले सबै सचेत हुनुपर्ने ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले बताइन्।, 'नेपालमा बेरोजगारी समस्या बढेका कारण पनि राम्रो काम र कमाइको लोभमा युवाहरू बेचिने क्रम बढेको छ। बेचबिखन रोक्न तथा अपराधमा संलग्न व्यक्तिलाई कानुनी कठघरामा ल्याउन हामी सक्दो पहल गरिरहेका छौं,' उनले सेतोपाटीसँग भनिन्। ,
'स्टोर-किपरको काम भनेर कम्बोडिया लगे, घरको काम लगाएर यौन शोषण गरे'
|
सविता बुढा दुई दिन अघि श्रीमानले कान काटिदिएपछि जानकी कानको टुक्रा लिएर जिल्ला अस्पताल बझाङ पुगेकी थिइन्।, घटना भएकै दिन उनी अस्पताल पुग्न सकिनन्। कसैको सहयोग नपाएपछि उनी असहाय पीडामै बसिन्। माइतीलाई पनि खबर गर्न सकिनन्। शुक्रबारमात्रै एक जना महिलाले उनलाई अस्पताल पुर्याइदिइन्। पछि खबर सुनेर उनका आमा-बुवा पनि आए।, बझाङ जयपृथ्वी नगरपालिका वडा नम्बर-१ भण्डार गाउँकी २१ वर्षीया जानकी नेपालीको बायाँ कान उनका २५ वर्षीय श्रीमान मनोजले काटिदिएका थिए। मनोजले जानकीमाथि कुटपिट गरी चक्कुले कान काटेका थिए।, अस्पतालकी एक नर्सका अनुसार उनको कानको बीचको भागको चोक्टो नै थिएन।, मनोज प्राय: घरमा मदिरा सेवन गरेर आउँथे। गत बुधबार पनि मदिरा सेवन गरेर आएका मनोजले जानकीमाथि कुटपिट गरेका थिए। उनले बुधबार दिउँसो एक जना आफन्तसँग हाँसेको निहुँमा कुटेका थिए।, ‘पहिला हातले कुट्यो, पछि जे हात लाग्यो त्यसैले हान्यो। म ढलेँ अनि चक्कुले कान काट्यो,’ उनले भनिन्, 'त्यही कान भोलि मेडिकल गएर जोड्नु भनेर हातमा दिए।', कान काटेपछि निकै असह्य भएर दुखेपछि आफू उठ्न नसकेको उनले बताइन्। कानबाट रगत निरन्तर बग्न थालेपछि श्रीमान त्यहाँबाट भागे।, उनीमाथि यस्तो पहिलो पटक भने भएको थिएन। पहिले पनि उनको शरीरमा चक्कुले काटेका दागहरू भएको बताइन्। शरीरको रगत बगेर कमजोर भएकी उनी दुब्ली देखिन्छन्। १५ वर्षको उमेरमा कक्षा ९ पढ्दा नै उनको विवाह भएको थियो। २१ वर्ष मात्रै भएकी उनका अहिले तीन छोराछोरी छन्।, सानै उमेरमा विवाह गरेकी जानकीलाई श्रीमानले बेलाबेला दिइरहने हिंसा र यातनाले आफू पीडामा रहेको बताउँछिन्।, बिहे गरेकै दिनदेखि उनलाई श्रीमानले गालीगलौज र कुटपिट गर्न थालेका थिए। तर उनी चुपचाप सहेर बस्थिन्। अहिले कान नै काटिदिएपछि श्रीमानको यातनाबारे सुनाउन बाध्य भएको बताउँछिन्। उनी आफ्ना श्रीमान र छोराछोरीसँग बस्छन्। उनका सासू-ससुरा र अरू परिवार भारतको बैंगलोरमा छन्।, जानकीलाई पनि मनोजले दुई वर्षअघि भारत लगेका थिए। त्यहाँ पनि श्रीमानले टाउकोमा ग्यास सिलिन्डरले हिर्काएको बताइन्। त्यो बेला उनी दुई महिनासम्म बेहोस भएकी थिइन्।, त्यसपछि पनि उनी एक वर्ष अस्पतालमै बसिन्। भारतमै मनोजविरूद्ध प्रहरीमा उजुरी दिने तयारी गरे पनि त्यतिबेला सासूले रोकिन्।, भारतमा दुःख सहेर बझाङ फर्के पनि उनले सुखको सास फेर्न पाइनन्। उनीहरू बस्ने घर एकान्त ठाउँ हुँदा चिच्याएर गुहार माग्दा सम्म कसैले सुन्न सक्थेनन्।, ‘कुटपिट गरेपछि चिच्याएर बोले पनि अरुले सजिलै सुन्दैनन्। कहिल्यै बलेको चुरोटले शरीरमा पोल्थ्यो, कहिले अगुल्टाले हान्थ्यो, कति दिन त बेहास भएँ,’ उनले भनिन्।, चुरोटले पोल्ने, चक्कुले घाउ बनाएर यातना दिने गरेको जानकीले बताइन्। यातना सहन नसकेर कति पटक त उनले आत्महत्या नै गर्ने भन्दै निस्किइन्। तर छोराछोरीको मायाले उनी फर्किन बाध्य हुन्थिन्।, अस्पतालमा कानको उपचार गरेपछि जानकी आइतबार डेढ वर्षे बच्चासहित अल्पकालीन महिला सुरक्षित आवास गृहमा पुगेकी छन्। कानको पट्टी फेरिरहनु पर्ने भएकाले उनले चैनपुरमै बस्नुपर्ने छ। डेरा गरी बस्न उनको आर्थिक क्षमताले नभ्याएपछि आफन्तले केही दिन बास दिन अनुरोध गरेको आवास गृहकी प्रमुख गीता शाहीले बताइन्।, ‘अहिले उहाँको अवस्था केही सुधारोन्मुख छ। हामीले परामर्श र न्यायका लागि सहयोग गर्नेछौं,’ उनले भनिन्।, हिंसा र यातना दिनेलाई कडा सजाय पाउनुपर्ने जानकीका आमाबुबाको भनाइ छ।, जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकीका आफन्तले घटनाबारे जाहेरी दिएको बताए। उजुरी प्राप्त भएपछि जानकीका श्रीमान मनोज पक्राउ परेका छन्। उनलाई आइतबार दिउँसो पक्राउ गरिएको खड्काले बताए।, ‘पीडित पक्षबाट प्राप्त जाहेरीका आधारमा आरोपीलाई पक्राउ गरिएको छ। यसपछि मुद्दा दर्ताको प्रकृया अगाडि बढाइनेछ,’ उनले भने।,
श्रीमतीको कान काटेपछि श्रीमान पक्राउ
|
सेतोपाटी मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरूवाले कुटपिट गरेका छन्। उनलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन्।, श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा कपुरीमाथि अनावश्यक विवाद गरी कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा टङ्कप्रसाद बाह्रकोटीले बताए। , ‘हामीले असुरक्षा महसुस गरिरहेका छौं’, उनले भने,‘बिरामीको उपचार गर्नु हाम्रो कर्तव्य हो, हामी कर्तव्यबाट च्यूत हुँदैनौं, तर उपचार गर्ने डाक्टरमाथि बिना कारण अस्पतालमै कुटपिट गर्ने जुनसुकै दोषीमाथि कडा कारबाही हुनुपर्छ।’, डा. कपुरीले घटनाका दोषीमाथि कारबाही गरिपाउँ भनी आजै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्। , जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले उजुरीका आधारमा घटनाको छानबिन गरी दोषी देखिए कारबाही गर्ने जानकारी दिए।, घटनाको छानबिन भएर दोषीलाई कारबाही नभएसम्म स्वास्थ्यकर्मीले अस्पतालका सम्पूर्ण आकस्मिक सेवा बन्द गरेका छन्।रासस,
मेची अस्पतालमा बिरामीका कुरूवाले गरे डाक्टरमाथि कुटपिट
|
सेतोपाटी सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।, यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत् सार्वजनिक गरेको थियो।, साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौं उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरी भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारबाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिए। ,
,
महाशाखाले शुक्रबारदेखि शनिबार बिहानसम्म बढी भाडा लिने १६० सवारीलाई कारबाही गरेको थियो।, शनिबारदेखि आइतबार दिउँसो ४ बजेसम्म बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको हो।, बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन महाशाखाले आह्वान गरेको छ। बढी भाडा लिने सवारीलाई रु ५०० देखि रु एक हजार ५०० सम्म कारबाही भइरहेको छ।,
,
एउटै सवारीले पटक-पटक बढी भाडा लिएको पाइएमा रु पाँच हजार जरिवानासहित सवारी ‘सिज’ गर्नेसम्मका कारबाही गरिने तयारी भएको प्रवक्ता शर्मा दासले बताए।, शुक्रबार कारबाही गरिएपछि शनिबारदेखि बढी भाडा लिने क्रम घट्दै गएको महाशाखाले जनाएको छ।रासस,
बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारबाहीमा
|
सेतोपाटी संवाददाता भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । , कोरोनाका कारण मन्दिर बन्द गरिए पनि भक्तजनहरुको उल्लेख्य उपस्थिति छ। बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरु शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर पशुपतिनाथ पुगेका थिए। मूल मन्दिर बन्द भएका कारण भक्तजनहरुले पूजा गर्न पाएनन्। तर भक्तजनहरुले वरपरका मन्दिर परिक्रमा र मूर्ति पूजा गर्दै शिवलिङ्गमा जल चढाएर महादेवको पूजा गरेका छन्।, मन्दिर परिसरमा पुगेका मानिसहरुले भने कोरोनाको महामारीलाई बेवास्ता गरिएको दृश्यमा देख्न सकिन्छ। त्यहाँ उपस्थित भक्तजनहरुले भौतिक दूरी पालन गरेका थिएनन्। कतिपयले त मास्क समेत नलगाएको देख्न सकिन्छ।, सूर्य मिथुन राशि भएर कर्कट राशीमा प्रवेश गरेको र दक्षिणायन शुरु भएको यो महिनामा भक्तजनहरु महादेवका मन्दिरमा गएर पूजा आराधना गर्दछन् । यसो गरेमा सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास रहेको छ।,
कोरोना महामारी बीच साउने सोमबार (तस्बिरहरू)
|
निशा भण्डारी अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिन (जानसेन कोभिड-१९ भ्याक्सिन) लगाउन सुरू गरिएको छ।, नेपालमा पहिलो पटक प्रयोग भएको खोप अभियानलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरे।, अमेरिकाले नेपाललाई उपहार स्वरूप उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आजदेखि काठमाडौं उपत्यकाका विभिन्न खोप केन्द्रहरूबाट ६ गतेसम्म लगाईंदैछ। , कोभ्याक्समार्फत् उपलब्ध गराएको यो खोपको एउटा डोज मात्रै लगाए पुग्छ। ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने यो खोप सो उमेर समूह बाहेक शारीरिक अशक्तताको क र ख वर्गको परिचय पत्र पाएका, सरसफाइकर्मी, खोप नपाएका स्वास्थ्यकर्मी र नेपालमा बसिरहेका शरणार्थीलाई लगाइनेछ। , हेर्नुहोस् जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा लगाएका खोपका तस्बिरहरू:,
नेपालमा जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरू (तस्बिरहरू)
|
ध्रुवसागर शर्मा एकदशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रका बजारमा ढुवानीको प्रमुख माध्यम बनेका खच्चड सडकको पहुँच पुगेर यातायातका साधन चल्न थालेपछि हिउँदमा कामविहीन बने पनि बर्खामा भने मालसामान ढुवानीको भरपर्दो साधन बन्ने गरेका छन्।, वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिराले यातायातका साधन सञ्चालन हुन नसकेपछि अहिले खाद्यान्नलगायतका मालसामान ढुवानीका लागि खच्चड व्यस्त बनेका छन् भने खच्चड व्यवसायीलाई भ्याइनभ्याइ छ ।, ग्रामीण क्षेत्रमा मोटरबाटाले नजोडिँदा खच्चडमार्फत आयआर्जन गर्ने व्यवसायी हिउँदमा कामविहीन बन्छन् भने बर्खामा भ्याइनभ्याइ हुने गरेको बताउँछन्। जिल्लाका सबै गाउँ सडक सञ्जालले जोडिएपछि विगत छ वर्षयता घोडा तथा खच्चडको प्रयोगमा कमी हुँदै आएको मल्काबाङका खच्चड व्यवसायी टेकबहादुर विकले बताए। घोडा खच्चडको प्रयोग घटेसँगै खच्चड व्यवसायी समस्यामा परेको उनको भनाइ छ । , ‘बर्खामा भ्याइनभ्याइ भएर के गर्नु, हिउँदका दिन काम कहाँपाइ हुन्छ’, मालिका गाउँपालिका– ५ देविस्थानका खच्चड व्यवसायी तिलक फगामी भन्नुहुन्छ, ‘बर्खाका तीन महिना हो काम पाइने, हिउँद लागेपछि त सुख्खा हो।’ सडक सञ्जालसँग ग्रामीण क्षेत्र नजोडिएको समयमा गुर्जा, मुदी, मुना, लुलाङ, ताकम, देविस्थान, मल्काबाङ, तिमखोला, पाखापानी, ठाडाखानीलगायतका विकट गाउँमा देखिने खच्चड अहिले कम हुँदै गएका छन् । , ग्रामीण क्षेत्रमा सडकको पहुँच नपुगुञ्जेलसम्म खच्चडबाहेक अरुमा सामान ढुवानी गर्ने विकल्प थिएन । जिल्लाका विभिन्न बजारमा पनि खच्चडले नै सामान ढुवानी गर्ने गर्थे । जब सडकले बजार र गाउँ जोडिए, त्यसपछि घोडा खच्चडको प्रयोग कम हुँदै गएको ठाडाखानीका खच्चड व्यवसायी छकबहादुर छन्त्यालले बताए।, खच्चड व्यवसायीले हिउँदको समयमा काम नपाए पनि वर्षाको समयमा भने काम पाउँछन् । वर्षात्को समयमा बाढी, पहिराका कारण सडक अवरुद्ध हुने हुँदा सामान ढुवानीका लागि भ्याइनभ्याइ हुने गरेको व्यवसायी बताउँछन् । गाडीको पहुुँच नहुँदा यात्रा गर्न, खाद्यान्न सामान, फेन्सी सामान तथा अन्य सामग्रीको ढुवानीका निम्ति घोडा तथा खच्चडको प्रयोग गर्ने गरेको मालिका गाउँपालिका– ३ रुमका एकवीर घर्तीले बताउनुभयो । उहाँले अहिले खच्चडको काम नहुँदा पाल्नसमेत गाह्रो हुन थालेको गुनासो गरे।, पहिले त घोडा खच्चड हुने मान्छे निकै धनी मानिन्थे, अहिले तीभन्दा गरीब अरु छैनन् होला, घोडा खच्चडको कामै छैन अहिले, काम नभएपछि पाल्न पनि गाह्रो भएको छ’, उनले भने। सात वर्षअघिसम्म १८ खच्चड पालेर ढुवानीको काम गर्ने गरेका घर्तीले अहिले पाँच मात्र खच्चड पाल्नुभएको छ । उहाँले सडकले धेरै सजिलो भए पनि आफूहरुको गरी खाने माध्यम बन्द हुने अवस्थामा आएको दुखेसो गरे।, ‘गाउँगाउँमा मोटरबाटो आयो, धेरै सुविधा पनि भएको छ, दुःख बिमारी हुँदा सजिलै अस्पताल पुगिन्छ, तर हामी जस्ता खच्चड व्यवसायी त निकै ठूलो मारमा पर्यौं’, घर्तीले भने, ‘बाटो आए पनि दुई/तीन वर्ष अगाडिसम्म त अलिअलि काम त हुन्थ्यो, अहिले त काम पाउनै गाह्रो छ, कहिलेकाहीँ पायो भने पनि पहिलाको जस्तो पैसा दिँदैनन्।’ ,रासस,
खच्चड व्यवसायीको व्यथा : हिउँदमा कामविहीन, बर्खामा भ्याइनभ्याइ
|
दिपकजंग शाही कालीकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) आफ्नो कार्यकक्षमा नआएको २१ महिना वित्यो। उनी न मेयरको सम्पर्कमा छिन्, न त कार्यसम्बद्ध अरु कुनै पदाधिकारीसँग।, उपमेयर नेपाली २०७६ कात्तिक १ गते इन्टरनेसनल सिटी म्यानेजर एसोसिएसन (आइसिएमए)ले आयोजना गरेको गोष्ठीमा सहभागी हुन नेपालका तर्फबाट अमेरिका गएकी थिइन्। असोज २६ गते नगरकार्यपालिकाले नै उनलाई गोष्ठीमा जानेगरी सिफारिस गरेको थियो।, चार दिनसम्म चल्ने गोष्ठीमा सहभागी हुन भन्दै गएकी उपमेयर ३ महिनासम्म उतै बस्दासम्म खोजी भएको थिएन। २०७६ माघ ९ गते सुर्खेतमा भएको राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न नआएपछि उनी अमेरिकाबाट नफर्किएकोबारे हल्ला चल्यो।, विभिन्न सञ्चारमाध्यममा समाचार आए। उनीबारे धेरैले आलोचना पनि गरे। नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटले नगरकार्यपालिकालाई फिर्ता बोलाउन अल्टिमेटम पनि दियो। तर उनी अहिलेसम्म पनि आफू ‘काममा फर्किने वा राजीनामा दिने’ भन्ने बारेमा केही बोलेकी छैनन्।, ‘उहाँ यहाँबाट अमेरिका जान्छु भनेर गएदेखि नै सम्पर्कमा हुनुहुन्न, सुरुसुरुमा परिवारसँग बिरामी भएर थलिएकी छु भन्ने खबर आएको सुनिन्थ्यो,’ तिलागुफा नगरपालिकाका मेयर रत्न बहादुर शाहीले भने, ‘त्यसयता भने उनको अवस्था के छ, जिम्मेवारीमा फर्किनुहुन्छ या फर्किनुहुन्न भन्ने कुनै जानकारी नै छैन।’, स्थानीय सरकारको उपप्रमुखजस्तो जिम्मेवार पदमा जननिर्वाचित व्यक्ति यसरी दुई बर्षसम्म सम्पर्कविहीन हुँदा समेत बर्खास्त गर्न मिल्दैन। यस्तो विषयमा कानूनी अड्चन नै छ। संविधानमा स्थानीय तहको उपप्रमुखले राजीनामा दिएमा वा मृत्यु भएमा मात्र पदमुक्त भएको मानिने व्यवस्था छ।, ‘कानूनी रुपमा त उहाँको मृत्यु भएको वा राजीनामा दिएको भए विकल्पमा जान मिल्ने व्यवस्था छ, नगरसभाबाट पनि बर्खास्तको निर्णय गर्न मिल्दैन,’ मेयर शाहीले भने, ‘पदमुक्तको कुरा मात्र होइन, यत्तिको जिम्मेवार व्यक्तिले आफै जानेर फर्किनुपर्ने हो। जनमतको अवहेलना गर्नु राम्रो होइन।’, उपमेयर नेपाली २१ महिनादेखि गायब भए पनि तोकिएको तलब भने गइरहेको छ। उनले पाउने बैठक र अन्य केही भत्ताबाहेकको सेवासुविधा गइरहेको मेयर शाहीले बताए। ‘उहाँ आफैंले लामो समयसम्म जिम्मेवारीमा नहुँदा सेवासुविधा लिन्न भन्नुपर्ने हो, उहाँले नभनेसम्म त हामीले तलब रोक्न मिल्ने कुरा पनि त भएन’ उनले भने।, अहिले उपमेयरले गर्ने कामको जिम्मेवारी वडा नम्बर ८ का वडा अध्यक्ष तिलक न्यौपानेलाई दिइएको छ। २०७७ फागुन २७ को कार्यपालिका बैठकले उनलाई जिम्मेवारी दिएको छ। न्यायिक समिति, योजना अनुगमन समिति लगायतका विभिन्न सिमितिहरुमा संयोजक उपमेयर वा उपाध्यक्ष हुन्छन्। , आफैले धेरैतिर काम गर्नुपर्ने भएकाले चाप धेरै हुने न्यौपानेले बताए। ‘धेरैजसो समितिहरुमा उपमेयर संयोजक हुने व्यवस्था रहेछ, मलाई अहिले उपमेयर गर्नुपर्ने कामको जिम्मेवारी छ,’ उनले भने, ‘वडाको काम गर्ने कि उपमेयरको जिम्मेवारी पूरा गर्ने, चाप नै बढी छ।’, न्यौपाने यसअघि पनि न्यायिक समितिको सदस्य थिए। आफू न्यायिक समितिको संयोजक भएयता उजुरी दर्ता नभएको उनले बताए। न्यौपानेले भने, ‘उपमेयर हुँदा त उजुरी थिए होला, म आएदेखि उजुरीहरु पनि आएका छैनन। मेलमिलाप समितिबाटै समाधान भएर गएका छन्।’, न्यौपानेका अनुसार जिम्मेवारी छोडेर गायब भएकी उपमेयरको परिवारसँग भने सम्पर्क भइरहेको छ। ‘हामीसँग सम्पर्क नभएपनि परिवारसँग कुरा भइरहेको भन्ने छ, फर्किन्छु भनेर भन्नुभएको परिवारका सदस्यले भन्छन्’ उनले भने।, कामको जिम्मेवारी अर्को व्यक्तिलाई दिएपछि कामकाजमा भने खासै असर नपरेको मेयर शाहीले बताए। उपमेयर गायब भएपनि उनलाई कारबाही गर्ने वा फिर्ता बोलाउने विषयमा मेयर र सम्बन्धित पार्टी नै नाजवाफ रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटका सहसचिव दमन शाहीले बताए। बारम्बार यसको लागि कांग्रेसले ध्यानाकर्षण गराए पनि पार्टी र मेयरको ध्यानाकर्षण नभएको आरोप उनले लगाए।, ‘हामी नगरपालिकामा प्रतिपक्षी दल हो, हामीले आफ्नो तर्फबाट नगर कार्यपालिका र निर्वाचन कार्यालयमा ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘निर्वाचन कार्यालयले सम्बन्धित पार्टीले नै कारबाही गर्नुपर्छ भन्छ, उहाँ सम्बद्ध पार्टी माओवादी केन्द्र भने यसमा ध्यान दिन चाहँदैन।’, जननिर्वाचित व्यक्ति जनताको अवहेलना हुनेगरी जिम्मेवारी छोडेर गायब हुनु भनेको नैतिक रुपमा गलत भएको अधिवक्ता दुर्गा सापकोटा बताउँछन्। ‘कानूनले गायब हुन मिल्ने वा नहुने भनेको छैन, तर जनताले प्रत्यक्ष रुपमा जिताएका जनप्रतिनिधि जिम्मेवारी छोडेर गायब हुनु भनेको नैतिकता हराउनु हो,’ उनले भने।, अधिवक्ता सापकोटाले गायब भएकी उपमेयरको सेवासुविधा रोक्ने निर्णय नगरसभाले गर्न मिल्ने बताए। नेपालीसँगै धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गाना पनि गोष्ठीमा सहभागी हुन गएका थिए। चार दिने कार्यक्रममा सहभागी हुन पुगेका नेपाली र ढुङ्गानाको गोष्ठीसहित २१/२२ दिन बस्ने कार्यक्रम थियो।, सोही योजनाअनुरुप दुबै जनाको फर्किने तालिका २०७६ कात्तिक २१ गते थियो। ढुंगाना भने सोही तालिकामा फर्किएका थिए।, दन्ता पहिला नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठनमा थिइन्। उनका बुवा २०५४ सालमा नेमकिपाबाट कालीकोटमा वडाध्यक्ष बनेका थिए।, माओवादी शान्ति प्रक्रियामा आएपछि उच्च शिक्षा अध्ययनका लागि दन्ता काठमाडौं गएकी थिइन्। बागबजारको पद्माकन्या क्याम्पसमा बिबिएस पढेकी उनले माओवादीको विद्यार्थी संगठनबाट राजनीति गरेकी थिइन्। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उनले माओवादी केन्द्रबाट टिकट पाएर निर्वाचित भएकी थिइन्।,
अमेरिका गएको २१ महिनासम्म सम्पर्कविहीन उपमेयर, पदमुक्त गर्न कानुनी अड्चन
|
सेतोपाटी संवाददाता झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।, मोरङ रंगेली नगरपालिका वडा नम्बर ९ सखुवाथान घर भई गौरादह नगरपालिका वडा नम्बर १ शितल चोक बस्ने उनका ३९ वर्षीय श्रीमान सजिलाल रिख्यासनलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको हो।, उनलाई सोमबार बिहान प्रहरीले मोरङ प्रहरी कार्यालयको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।, उनीमाथि आफ्नी ३४ वर्षीया श्रीमती संगीता टुडुको हत्या गरेको आरोप छ।, गत बिहीबार बिहान सजिलाल रिख्यासनले आफ्नी श्रीमती संगीतालाई खेत नजिकैको टहरामा लगेर निर्मम तरिकाले कुटपिट गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। हत्या गरी उनी फरार भएका थिए।, उनलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
|
सेतोपाटी संवाददाता दाङ प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित सोमबार सल्यानका एक युवकलाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. १ दमाचौरका ३२ वर्षीय लोकमान सुनारलाई सोमबार मध्यान्ह १२ बजेतिर घोराहीबाट पक्राउ गरेको जानकारी दिए। , गोप्य सूचनाका आधारमा रा ४ प ९८५० नम्बरको मोटरसाइकलमा सवार सुनारलाई घोराही उपमहानगरपालिका वडा नं. ११ खैराबाट पक्राउ गरिएको डिएसपी रिजालले बताए। , जिल्ला प्रहरी कार्यालयबाट खटिएको साधा पोशाकका प्रहरीले सुनारलाई पक्राउ गरेका थिए। , बरामद भएको रेडपाण्डाको छालाको लम्बाइ पुच्छरदेखि टाउकोसम्म ३ फिट ३ इञ्च र छातीको भागको चौडाइ ८ इञ्चको रहेको छ। , छाला नङ्ग्रासहितको रहेको पनि प्रहरीले जनाएको छ। , सुनारबारे थप अनुसन्धान भइरहेको डिएसपी रिजालले बताए। , ,
दाङमा रेडपाण्डाको छालासहित एक पक्राउ
|
सेतोपाटी काठमाडौं महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ। ,
,
महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिक सत्र २०७७ को एसइईको परीक्षा नतिजा प्रकाशन नहुँदै कक्षा ११ को भर्ना नलिन सबै मावि कलेजलाई आग्रह गरेको हो। , शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको सूचनामा भनिएको छ, ‘कक्षा ११ मा भर्ना गर्दाको समयमा नै ११ र १२ मा विद्यार्थीसँग लिने शुल्क तोक्नुपर्ने, विद्यार्थीसँग रजिस्ट्रेसन दस्तुर, परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्कमात्र लिनुपर्ने, विद्यार्थीलाई किताब, कापी, पोशाक र शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा किन्नका लागि बाध्य नबनाउनू।’ ,
,
त्यसैगरी कक्षा ११ र १२ मा विद्यार्थीलाई दिइने सेवा र उनीहरूबाट लिइने शुल्क के-कति हो यही साउन १५ गतेभित्र विभागलाई बुझाउनुपर्ने र कलेजले तोकेबमोजिम छात्रावृत्ति अनिवार्यरूपमा प्रदान गराउने तथा उक्त सुविधा पाउने विद्यार्थीको विवरण शैक्षिकसत्र सुरू भएको दुई महिनाभित्र विभागमा बुझाउन भनिएको छ।रासस,
एसइईको नतिजाअगावै ११ को भर्ना नलिन आग्रह
|
सेतोपाटी संवाददाता बिपी प्रतिष्ठानका आन्दोलनकारीले दैनिक दुई घण्टा ठप्प पारेको ओपिडी सेवा मंगलबारदेखि खुल्ने भएको छ।, प्रधानमन्त्री कार्यालयले छानबिन टोली बनाएर धरान पठाएपछि आन्दोलनकारीले ओपिडी सेवा रोक्ने निर्णय फिर्ता लिएका हुन्।, दैनिक प्रदर्शन गर्दै आएका चिकित्सक विद्यार्थीले साउन १ गतेदेखि दैनिक दुई घण्टा ओपिडी सेवा बन्द गरेका थिए।, प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल नेतृत्वको नौ सदस्यीय छानबिन टोलीसँग सोमबार छलफल गरेको संयुक्त संघर्ष समितिले विश्वासको वातावरण तयार पार्न आग्रह गरेको थियो।, ‘हामीले मुख्य रूपमा तीन वटा माग तत्कालै पूरा गर्न भनेका छौं। जसले विश्वासको वातावरण निर्माण गर्नेछ,’ संयुक्त संघर्ष समितिका डा. अमृत जैसीले सेतोपाटीसँग भने, ‘नेपाल मेडिकल काउन्सिलले तोकेको शैक्षिक मापदण्ड प्रतिष्ठानमा जाँच गर्न, उपकुलपतिको मदिरा काण्ड र प्राध्यापक पदवीको छानबिन गर्न माग गरेका छौं। यो तत्कालै पूरा भए विश्वासको वातावरण बन्नेछ। त्यसपछि वार्ताको वातावरण हुनेछ।’, यसअघि समस्या समाधानका लागि गुहारेका आन्दोलनकारीलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महत्व दिएका थिएनन्। शेरबहादुर देउवाले छानबिन समिति बनाएर पठाएका कारण ओपिडी सेवा खुलाउने निर्णय गरेको समितिको ठहर छ।, ‘तर हाम्रो माग यथावत छन्। आन्दोलन पनि जारी छ,’ डा. जैसीले भने, ‘तर, वार्ता समिति बनाउने र माग पूरा नभएसम्म आन्दोलन जारी छ। हामी दिनहुँ प्रदर्शनमा हुनेछौं।’, संयुक्त संघर्ष समितिले बिपी प्रतिष्ठानका चारै जना पदाधिकारीको पदमुक्तिको माग गर्दै उनीहरूको कार्यकक्षमा ताला लगाएको छ। , यसबाहेक शैक्षिक प्राज्ञिक संस्थामा हुने दलीय हस्तक्षेप बन्द गर्न तथा प्रतिष्ठानभित्रका अनियमितता छानबिन गर्न पनि समितिले माग गर्दै आएको छ।, प्रधानमन्त्री कार्यालयले गठन गरेको समितिले सोमबार धरान आएर बहुपक्षीय भेटघाट थालेको छ।, सुरूमा आन्दोलनकारीसँग छलफल गरेको टोली अहिले उपकुलपति डा. ज्ञानेन्द्र गिरीसँग छलफलमा छ।, समितिमा शिक्षा, स्वास्थ्य मन्त्रालय तथा खरिद महाशाखालगायत विभिन्न मन्त्रालयका प्रतिनिधि सहभागी छन्।,
बिपी प्रतिष्ठान आन्दोलनः ओपिडी सेवा भोलिदेखि खुल्ने
|
सेतोपाटी संवाददाता सरकारले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, साउन ६ गते सार्वजनिक बिदा दिइने निर्णय भएको हो।, आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।, नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेको थियो।, नेपाल मुश्लिम संघका अध्यक्ष अब्दुल सतारलगायतले गृहमन्त्री खाँणलाई बकर इदमा बिदा दिनका लागि पहल गरिदिन आग्रह गरेका थिए। , पहिले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बकर इदमा बिदा थियो। पछि केपी शर्मा ओली प्रधानमन्त्री भएपछि बिदा काटिएको थियो।,
बकर इदमा दियो सरकारले सार्वजनिक बिदा
|
सेतोपाटी टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ।, लमजुङ राइनास नगरपालिका–७ सालफेदी बस्ने राकेश पाण्डेको आठ वर्षीय छोरी सृष्टि पाण्डेको घरभित्र कोठामा आज बिहान साढे आठ बजेको समयमा करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए।, प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएकी पाण्डेको लमजुङस्थित सहोदर अस्पताल धमिलिकुवामा उपचारका क्रममा मृत्यु भएको हो।, घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ। रासस,
टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु
|
सह-प्राध्यापक डा. एलिज अर्याल बजारमा धेरै खालका स्यानिटाइजर पाइन्छ। तर हामीले अल्कोहल 'बेस' मा भएको स्यानिटाइजर प्रयोग गर्नुपर्छ। यसले ७० देखि ८० प्रतिशतसम्म भाइरस मार्नसक्छ। , बच्चाको हकमा अल्कोहल फ्रि स्यानिटाइजर प्रयोग गर्नुपर्छ। घरभित्रै बस्ने बच्चाको लागि अल्कोहल फ्रि स्यानिटाइजर लगाउनु राम्रो हो। तर बच्चा बाहिर जान्छ भने खाना खानुअघि अल्कोहल 'बेस' स्यानिटाइजर लगाउनुपर्छ।, घरमै बस्ने सबै उमेर समूहका व्यक्तिले अल्कोहल फ्रि प्रयोग गरेमा त्यसले एलर्जी हुनबाट रोक्नसक्छ। घरबाहिर निस्किनेले अल्कोहल 'बेस' स्यानिटाइजरनै प्रयोग गर्नुपर्छ।, स्यानिटाइजर जेल, फर्म र लिक्वीडमा पाइन्छ। सकेसम्म जेल भएको स्यानिटाइजर लगाएको राम्रो हो। यसले हात नरम बनाउँछ। स्यानिटाइजर लगाउनेले क्रिम लगाउनुपर्छ। सकेसम्म हातले शरीरका अन्य भागमा छुन हुँदैन। मास्क चलाउने, नाक, मुख र आँखामा चलाउने गर्नु हुँदैन।, स्यानिटाइजरले ८० देखि ९५ प्रतिशत भाइरस मर्ने कुरा विश्व स्वास्थ्य संगठनलेसमेत भनेको छ। खाना खानुभन्दा पहिला मिल्छ भने साबुन पानीले हात धोएको राम्रो हो। यदि त्यो सम्भव भएन भने स्यानीटाइजर लगाएर खाना खाएको राम्रो हो। त्यस्तो अवस्थामा आफूले लगाएको स्यानिटाइजर सुक्नुपर्छ।, एक दिनमा कति पटक स्यानिटाइजर लगाउने भन्ने कुरा व्यक्तिको 'एक्सपोजर' मा भर पर्छ। कतिपयले घरमै बस्दा पनि पटक पटक स्यानिटाइजर लगाएका हुन्छन्। यस्तो गर्न जरूरी छैन। अफिस जाने हो भने अफिस जानुभन्दा पहिला र गएपछि लगाउनुपर्छ। , नाकबाट मास्क झिक्नुभन्दा पहिला र मास्क चलाइयो भने स्यानिटाइजर लगाउन जरुरी छ।, मान्छे अहिले बस्नुभन्दा पहिला पनि स्यानिटाइजर लगाउने गर्छन् त्यो जरूरी छैन। बारम्बार स्यानिटाइजर लागाउनुको अर्थ छैन।, स्यानिटाइजरले गर्दा हात सुख्खा हुने, फुट्ने, घाउ हुने हुन्छ। पानी निक्लिने, चिलाउने हुन्छ अर्कोतिर मुख, नाक अनि आँखामा चलाउने भएकाले इरिटेशनसमेत गराउँछ।, सकेसम्म आफ्नो अलग्गै स्यानिटाइजर प्रयोग गरेको राम्रो हो। धेरैथरि स्यानिटाइजर नलगाएकै राम्रो हो। सम्भव भएसम्म अरूले छोएको स्यानिटाइजर नलगाउनु होला किनकि, यो १० जनाले चलाएका हुन्छन्। जसले गर्दा संक्रमण हुने खतरा हुन्छ।, केएमसी शिक्षण अस्पतालमा कार्यरत छालारोग विशेषज्ञ सह-प्राध्यापक डा.एलिज अर्यालसँग हामीले यस विषयमा भिडिओ कुराकानी गरेका छौं। हेर्नुहोस् भिडिओ,
जेल भएको स्यानिटाइजर लगाउनु राम्रो हो (भिडिओ)
|
सेतोपाटी संवाददाता कञ्चनपुरमा जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।, शुक्रबार घरनजिकै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ कृष्णपुर नगरपालिका–९का विष्णु रानालाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई जिल्ला अदालत कञ्चनपुरले २०७७ मंसिर २४ गते १ वर्ष कैद र एक लाख जरिवानाको सजाय सुनाएको थियो। , त्यसपश्चात् उनी फरार थिए। फरार सूचीमा रहेका उनलाई पक्राउ गरी अदालतमा पेश गरेकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।,
कञ्चनपुरमा जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्त पक्राउ
|
सेतोपाटी संवाददाता अछाममा महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ।, करिब ३० वर्षकी महिलाको शव शनिबार चौरपाटी गाउँपालिका-४ बुढीगंगा नदी किनार चित्रेमा फेला परेको हो।, दुई बालकलदे नदी किनारमा खेल्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो।, जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराले शव कसको हो भन्नेबारे पत्ता नलागेको बताए।, ‘हराएको भनेर पनि कोही आएको छैन, महिलाको शव फेला परेकाले कसैको आफन्तको भए सम्पर्कमा आउन सूचना गरेका छौं,’ उनले भने।, शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल अछाममा राखिएको छ। बाजुराबाट शव बगेर अछाम पुगेको हुनसक्ने अनुमान गरिएको छ।, महिलाको बेवारिसे शव सुरक्षित राख्ने प्रविधि अस्पतालमा नभएकाले समस्या भएको प्रहरीले जनाएको छ। त्यहाँ एक मात्रै शवगृह रहेकाले अरु शवको पोष्टमार्टमा गर्न समस्या भएको हो।,
नदी किनारमा महिलाको शव फेला
|
सेतोपाटी संवाददाता सामाजिक सुरक्षा भत्ताको ३९ लाख रकम चोरी भएपछि बझाङमा वडासचिव र प्राविधिक सहायक पक्राउ परेका छन्।, बुंगल नगरपालिका–११ का वडासचिव ओपेन्द्रकुमार महतोले पुतलीलेकको आफ्नो बस्ने कोठामा राखेको ३९ लाख रूपैयाँ गएको मंगलबार राती हराएको बताएका थिए।, यसबारे अनुसन्धान गर्न प्रहरीले उनीसहित वडा कार्यालयका प्राविधिक सहायक खडकबहादुर सिंहलाई नियन्त्रणमा लिएको हो।, जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले रकम चोरी भएको दिन सँगै रहेका दुबै जनालाई अनुसानधानका लागि नियन्त्रणमा लिइएको बताए।, सचिव महतोले गत महिना बैंकबाट झिकेर २१ र २२ गते भत्ता बाँडेका थिए। बाँकी रहेको रकम उनले आफ्नो कोठामा राखेर ताला लगाई वडा कार्यालय गएका बेला २९ गतेको राति ९ बजेतिर चोरी भएको दाबी गरेका थिए।,
सामाजिक सुरक्षा भत्ताको ३९ लाख चोरी भएपछि वडासचिव र प्राविधिक सहायक पक्राउ
|
सेतोपाटी संवाददाता कञ्चनपुरमा ७५ वर्षीय बृद्धको शव फेला परेको छ।, शनिवार बिहान बेदकोट नगरपालिका-४ को शिव लिङ्गेश्वर नजिकै आश्रममा बस्दै आएका किशन नाथको सोही ठाउँमा शव फेला परेको प्रहरीले जनाएको छ।, उनको शव पल्टेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।, उनी उक्त क्षेत्रमा रहेको आश्रममा चार वर्षदेखि बस्दै आएका थिए।, न्यौपानेका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि मात्रै मृत्युको कारण खुल्ने छ।,
आश्रममा बस्दै आएका ७५ वर्षीय वृद्ध मृत फेला
|
सेतोपाटी संवाददाता तिनाउ गाउँपालिकाको डुम्रेनजिकै शुक्रबार राति पहिराले एस्काभेटर पुरिँदा एक व्यक्तिको मृत्यु भएको छ।, पहिराले पुरिएर मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–३ घर भई हाल डुम्रेमा बसोबास गर्ने २७ वर्षीय महेन्द्र पुन रहेका छन्।, पुनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए।, हिलोमा फसेको लु४त ६६२९ नंको ट्र्याक्टर निकाल्ने क्रममा माथिबाट पहिरो खस्दा ट्र्याक्टर र दुई एस्काभेटर पुरिएका थिए।, पहिराले पुरिएर लु१क २४९६ नम्मरका एस्काभेटर चालक पाल्पा रैनादेवी–छहरा गापा–१ बस्ने २० वर्षीय सरोज बुढा घाइते भएको सूचना अधिकारी त्वातीले बताए। बुढाको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।, यस्तै, अर्को लु१क २४९७ नम्बरको एस्काभेटर चालक र सहचालक पहिराबाट जोगिएका छन्।, तिनाउँ गापा–६ डुम्रेस्थित भित्र कच्ची सडकखण्डमा डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको ट्याक्टर हिलोमा फसेपछि दुई एस्काभेटरले निकाल्न खोज्दा पहिराले पुरिएको सूचना अधिकारी त्वातीले बताए। रासस,
पहिराले स्काभेटर पुरिँदा पाल्पामा एकको मृत्यु
|
सेतोपाटी संवाददाता डोटीमा जंगली च्याउको तरकारी खाँदा तीन बालक बिरामी परेका छन्।, शुक्रबार शिखर नगरपालिका-५ तिजालीमा जङ्गलबाट ल्याएको च्याउको तरकारी खाएर सोही ठाउँका १० वर्षीय रमेश साउद, ६ वर्षीय महेश साउद र ७ वर्षीय आदित्य ताम्राकार बिरामी परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए।, उनीहरूले गोठालोजादो च्याउ टिपेर ल्याएका थिए। बेलुकी घर फर्केपछि त्यही च्याउको तरकारी खाएलगत्तै उनीहरू एकाएक बिरामी पर्न थालेका थिए।, बिरामी तिनै जनाको अहिले दीपायल सिलगढी नगरपालिका राजपुरमा रहेको सुजङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।,
डोटीमा जंगली च्याउको तरकारी खाँदा तीन बालक बिरामी
|
सेतोपाटी संवाददाता दार्चुलामा वैशाख २५ गतेदेखि जारी निषेधाज्ञा हटेको छ। शुक्रबार जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञा खुला गर्ने निर्णय गरेको हो।, स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गरेर जनजीवन सामान्य बनाउन निषेधाज्ञा खुला गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।, उनका अनुसार संक्रमण देखिएका स्थानीय तहमा सोही स्थानीय तहले निषेधाज्ञा लगाउन सक्नेछन्।, स्थानीय तहले ठाउँ विशेष निषेधाज्ञा लगाउन सिफारिस आए प्रशासनले सोही ठाउँमा निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।,
दार्चुलामा निषेधाज्ञा खुल्यो
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४२८ जनामा संक्रमण पुष्टि भएको छ।, काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा संक्रमण पुष्टि भएको हो।, अहिले काठमाडौं उपत्यकामा ७३९९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५५४०, भक्तपुरमा ९०८ र ललितपुरमा ९५१ जना सक्रिय संक्रमित छन्।, कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ६६ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ६८५८ जनाको पिसिआर परीक्षणबाट १३१० जनामा संक्रमण पुष्टि भएको छ भने ३२०८ जनाको एन्टिजेन परीक्षणबाट ५६५ जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २१६४ जना संक्रमणमुक्त भएका छन्। , यस्तै २१ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९५२७ पुगेको छ।,
काठमाडौंमा थपिए ४२८ संक्रमित, सक्रिय ७३९९
|
सेतोपाटी संवाददाता जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ।, ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो। , सनातन गोरक्ष राष्ट्र नेपालले आज गोदामचौरमा आयोजना गरेको कार्यक्रममा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले रम्तेललाई कर्मकाण्ड सिकाएर मुख्य पुजारी बनाउने घोषणा गरेका हुन्। , सो अवसरमा पण्डित पोखरेलले शासकले आफू अनुकूल शासन गर्नका लागि व्यक्तिलाई विभाजन गरेको भन्दै मानव जातलाई एउटै जात बनाउनका लागि दलितको छोरालाई पुजारी बनाइएको बताए।,
पण्डित पोखरेलद्वारा दलित समुदायबाट मूल पुजारी घोषणा
|
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ६६ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ६८५८ जनाको पिसिआर परीक्षणबाट १३१० जनामा संक्रमण पुष्टि भएको छ भने ३२०८ जनाको एन्टिजेन परीक्षणबाट ५६५ जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २१६४ जना संक्रमणमुक्त भएका छन्। , यस्तै २१ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९५२७ पुगेको छ। ,
१० हजार ६६ मा कोरोना परीक्षण गर्दा १८७५ लाई संक्रमण, निको भए २१६४
|
सेतोपाटी संवाददाता विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको उपचार गरी बचेको रकम विभिन्न संस्थालाई वितरण गरिएको छ।, शनिबार उनको निजी आवासमा परिवारले एक कार्यक्रम गरी उक्त रकम हस्तान्तरण गरेको हो।, उनको उपचार गर्नको लागि संसारभरबाट करिब २,८०० व्यक्तिहरूबाट रु ६७ लाख ८३ हजार ४ सय ८५ संकलन भएको परिवारले बताएको छ। त्यसमध्ये २४ लाख २० हजार ३ सय ४९ रूपैयाँ उपचारको लागि खर्च भएको र बैंक तथा रकम स्थानान्तरण गर्नको लागि १ लाख १० हजार ९ सय ३४ रूपैयाँ पैसा खर्च भएको परिवारले बताएको छ। , उपचार गरी बाँकी ४२ लाख ५२ हजार २ सय रूपैयाँ सात संस्थालाई बाँडिएको हो।, कोभिडको महामारीमा चिकित्सकीय तथा जीविकोपार्जन समस्या भोगिरहेकाहरूलाई सहयोग गरिरहेका संस्थाहरूलाई उक्त रकम प्रदान गरिएको परिवारले बताएको छ।, ती संस्थाहरूमा भोरे नेपाल, सर्लाही (रु २,५०,०००); हार्टबिट, काठमाडौं (रु २,००,०००); मधेश ह्युमन राइट्स होम, कपिलवस्तु (रु २,०२,२०१.७२); नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, काठमाडौँ (रु ५,००,०००); राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौँ (रु १५,००,०००); ओडा फाउन्डेसन, कालिकोट (रु १०,००,०००); तथा सानो पाइला, वीरगन्ज (रु ६,००,०००) रहेका छन्।, यी संस्थाहरूले बढीमा छ महिनामा आफ्नो काम सकाउनेछन् र उनीहरूको कामको अनुगमन गर्नलाई तोकिएका सम्पर्क व्यक्तिहरूले उक्त समयभित्र एउटा अनुगमन प्रतिवेदन पनि सार्वजनिक गर्ने बताइएको छ। , कार्यक्रममा उज्वल थापाकी श्रीमती एरिका अधिकारीले उपस्थित सबैलाई धन्यवाद दिँदै प्रदान गरिएको सहयोग रकमले समस्यामा रहेका व्यक्तिहरूलाई मद्दत पुग्ने आशा व्यक्त गरिन्।, गत जेठ १८ गते थापाको उपचारको क्रममा निधन भएको थियो। थापालाई कोरोना र निमोनिया देखिएको थियो।,
उज्वल थापाको उपचार गरी बचेको ४२ लाख सात संस्थालाई
|
सेतोपाटी संवाददाता कपिलवस्तुबाट पेस्तोल र गोलीसहित एक युवा पक्राउ परेका छन्।, कपिलवस्तु नगरपालिका-११ जहदी चोकबाट ‘मेड इन युएसए’ लेखिएको लोडेड पेस्तोल १ थान र गोली ४ राउण्डसहित सोही ठाउँका ३६ वर्षीय माथेश्वर प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो।, युपी५५डब्लु ८३२४ नम्बरको मोटरसाइकलमा सवार यादवलाई शुक्रबार राति इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।, यसैगरी, बाणगंगा नगरपालिका-८ मोर्मीबाट ४ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद दा त्रयत्न गर्नु जारसहित तीन जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेहरूमा सोही ठाउँका ५१ वर्षीय टिकाराम थापा, २५ वर्षीय गुमबहादुर राना र ४१ वर्षीय गोपाल थापा रहेका छन्।, उनीहरूको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त भएपछि पिपराबाट प्रहरी खटिएको थियो।, टिकारामको घरबाट दुई थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा, बारुद, गुमबहादुरको घरबाट १ थान भरुवा बन्दुक तथा गोपालको घरबाट १ थान भरुवा बन्दुक बरामद भएको भण्डारीले बताए।, उनीहरूलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए।, यसैबीच, सुनसरीको कोसी गाउँपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, कोसी गाउँपालिका-५ का ५० वर्षीय विद्यानन्द यादव र उनका भाइ इन्द्रदेव यादव छन्।, प्रहरीका अनुसार उनीहरूबीच जग्गाको सिमानाबारे विवाद भएको थियो।, विवादका क्रममा शनिबार विद्यानन्दले पेस्तोल देखाएपछि इन्द्रदेवले प्रहरीमा फोन गरेर सुनाएका थिए।, प्रहरी पुग्दा विद्यानन्दको घरभन्दा तीन सय मिटर पूर्व आँपको फेदमा कालो प्लाष्टिकले बेरेर राखेको कटुवा पेस्तोल र एक राउन्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, उनीहरू दुबैलाई प्रहरीले अनुसन्धान गरिरहेको छ।,
कपिलवस्तुबाट पेस्तोल र भरूवा बन्दुकसहित चार जना समातिए
|
सेतोपाटी संवाददाता साउने झरीबीच वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । महाअभियानको ४२७ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा.माला खरेलको नेतृत्वमा काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी र अभियानकर्मी दुर्गा रावलले सफाइ गरेका छन् । , पशुपति क्षेत्रको नदीमा वर्षातमा आएको बाढी केही सफा देखिए पनि किनारको भागमा फोहोर भेटिएको अभियानकर्मी खरेलले सुनाइन् । शव जलाउँदा दाउरा, बाँस, फूलपातीलगायत किनारबाट राम्रोसँग सफाइ नभएको भेटिने गरेको छ । ,
यसैगरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा.लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ भएको छ । सफाइमा स्थानीय टोल सुधार समितिका पदाधिकारी एवं सदस्यको सहभागिता थियो । सफाइपछि महानगरपालिका–११ स्थित थापाथली क्षेत्रमा वृक्षरोपण गरिएको छ । वडाध्यक्ष हीरालाल तण्डुकारको सक्रियतामा नदी किनारको खाली जग्गामा वृक्षरोपण गरिएको हो ।, कपुर, धुपी, गुर्जोलगायत विभिन्न जातका करीब १०० वृक्षरोपण गरिएको जनाइएको छ । यसैगरी उपत्यकाका अन्य नदी, चक्रपथमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ सफाइ अभियान जारी छ । वर्षात, गर्मी, जाडो, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ अभियानले निरन्तरता पाएको छ ।, महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान भइरहेको छ । काठमाडौँ उपत्यकाबाहिर मुख्य नदी, शहर एवं सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । रासस,
साउने झरीसँगै वाग्मती सफाइ ४२७ औँ हप्तामा
|
पूर्णप्रसाद मिश्र यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत असार ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ । यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमीभन्दा कम दूरी यात्रा गरेको भाडा रु २० असुलेको बताए । बढी भाडा लिने बा २ ख ६८०५ नंको बसका बारेमा प्रहरीलाई जानकारी गराए पनि कारबाही भएन ।, ट्राफिक प्रहरीको नं १०३ मा फोन गरी तोकिएको भन्दा रु छ बढी भाडा लिएको जानकारी गराए पनि कारवाही नभएको उहाँको दुःखेसो छ । फोन उठाएका ट्राफिक प्रहरी चन्द्र केसीले कारवाही गराएर पछि जानकारी गराउँछौँ भनेको यात्रु सिम्खडाले बताए । त्यो सवारीपछि पनि दादागिरी देखाउँदै सडकमा कुदेकाले कारवाही नभएको उनको ठम्याइ छ । साउन लागेसँगै भाडा बढेको छ भनी ठगिनेमा सिंखडा प्रतिनिधि पात्र मात्र हुन् ।, यही साउन १ गते शुक्रबार नै रत्नपार्कबाट गौशालासम्म सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रु रमा भट्टराईले तोकिएभन्दा रु छ नै बढी भाडा तिरिन् । असार ३१ गतेदेखि भाडा बढेको छ । अब चढेपछि न्यूनतम रु २० भाडा भएको छ भन्दै बा ५ ख २७६४ नंको बसका परिचालकले भट्टराईसँग बढी भाडा असुलेका हुन् ।, छोटो दूरीमा रु छ र लामो दूरीमा दोब्बरसम्म बढी भाडा असुली भइरहेको भएपनि अनुगमन गर्नुपर्ने निकाय मौन छन् । विभागको वेबसाइटमा राखिएको ल्याण्डलाइन फोन सम्पर्क गरेर जानकारी गराउन खोज्दा फोन नउठ्ने गरेको यात्रुको गुनासो छ । वेबसाइटमा विभागका सूचना अधिकारी डा.लोकनाथ भुसालको मोबाइल नम्बरसमेत राखिएको छ । भुसालको ९८५१२५३१३५ मोबाइल नंमा पटकपटक फोन गर्दासमेत उठ्दैन । महानिर्देशक नमराज घिमिरेको मोबाइल नम्बरसमेत पत्ता लगाएर फोन गरे पनि नउठेको यात्रु बताउँछन् ।, पटक–पटकको मोबाइल सम्पर्कपछि फोन उठाएका सूचना अधिकारी भुसालले विभागले अन्तर प्रदेशमा मात्र भाडा बढाउन पाउने व्यवस्थाअनुसार एक प्रदेशबाट अर्को प्रदेशमा जाँदा बढी लिन पाइने गरी बिहीबारदेखि भाडा बढाइएको बताए । प्रदेशभित्र र स्थानीय तहको क्षेत्रमा चल्ने सवारीको भाडा बढाउने अधिकार प्रदेश र स्थानीय सरकारलाई नै दिइएको उनले जानकारी गराए ।, विभागले गत वैशाख १७ गते भाडा बढाउने सम्बन्धमा पठाएको फाइलको निर्णयानुसार गत असार २७ गते भाडा बढाएको हो । सवा दुई महिनासम्म फाइल थन्क्याएर सरकार परिवर्तन हुने बेलामा भाडा बढाइएको भन्दै पाँच विद्यार्थी सङ्गठनलगायत नागरिकस्तरबाट पनि यसको विरोध भइरहेको छ ।, विभागको अनुगमन सुस्त, ट्राफिक प्रहरी केही सक्रिय, यातायात अनुगमनका लागि विभागबाट विशेष जिम्मेवारी पाएका नायब सुब्बा केशवराज जमरकट्टेल र चार जना ट्राफिक प्रहरी अनुगमनमा खटिने गरेको सूचना अधिकारी भुसालले जानकारी दिए । विभागले यातायात अनुगमनका लागि छुट्टै सवारीको व्यवस्था गरे पनि त्यसको सदुपयोग नभएको यात्रुको गुनासो छ ।, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथका प्रवक्ता सञ्जीव शर्मादासले शुक्रबार तोकिएभन्दा बढी भाडा लिने १६० सवारीलाई कारवाही गरिएको जानकारी दिए । बढी भाडा लिने सवारीलाई पहिलोपटक रु ५०० देखि रु एक हजार ५०० सम्म कारवाही गरिएको महाशाखाले जनाएको छ । बढी भाडा लिने क्रम दोहोर्याउने सवारीलाई रु पाँच हजार कारवाही गरी सवारी सिज गर्नेसम्मको तयारी भएको प्रवक्ता शर्मादासले बताए ।, प्रत्येक दिन धुम्बाराही चोकबाट रानीपोखरीसम्म म पनि सार्वजनिक यातायातमा यात्रा गर्छु, सार्वजनिक यातायातका समस्या राम्रोसँग थाहा पाएकाले समस्या समाधानमा लागिपरेको छु”, उनले भने । शनिबार पनि बिहानैदेखि बढी भाडा लिएको गुनासो आइरहेकाले कार्यालयबाट धेरै जनशक्ति सार्वजनिक यातायात अनुगमनमै खटाइएको महाशाखाले जनाएको छ । यात्रुलाई तोकिए भन्दा बढी भाडा नतिर्न र बढी भाडा लिनेको जानकारी महाशाखाको निःशुल्क फोन नं १०३ मा खबर गर्न प्रवक्ता शर्मादासले आह्वान गरेका छन् । ,रासस,
सार्वजनिक यातायातमा राजधानीमै मनपरी भाडा, अनुगमन सुस्त
|
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघले लुम्बिनी सञ्चार डटकमका प्रधानसम्पादक तथा महासंघ सदस्य गजेन्द्र बुढाथोकीलाई धम्की दिनेलाई कारबाही गर्न माग गरेको छ।, केही दिनयता नचिनेको नम्बरबाट फोन गरी ज्यानलाई असुरक्षित हुने किसिमका धम्की आएकाले ज्यानको असुरक्षा भएको पत्रकार बुढाथोकीले महासंघलाई जानकारी गराएका थिए।, बुढाथोकीमाथि कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालको व्यवस्थापनको तर्फबाट नाम तोकेर छानबिन गर्न र तह लगाउन निर्देशन दिँदै माइन्युट गराएको भन्दै महासंघले आपत्ति पनि जनाएको छ। उक्त घटनाबारे महासंघको ध्यानाकर्षण भएको महासचिव रोशन पुरीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।, ‘बोटलर्स नेपालको ७३ प्रतिशत सेयर नेपाललाई थाहै नदिई नेपाल बाहिरै किनबेच गरिएको सन्दर्भमा २०७७ मंसिरदेखि राजश्व अनुसन्धान विभागले छानबिन गरिरहेको विषयमा पत्रकार बुढाथोकीले फलोअपसहित समाचार लेखेपछि बोटलर्स नेपालको व्यवस्थापनले ट्रेड युनियनका प्रतिनिधिलाई धम्की दिई पत्रकार बुढाथोकीको नाम नै तोकेर बैठकमा तह लगाउन ट्रेड युनियनका केही पदाधिकारीलाई निर्देशन दिएर माइन्युट गराउनुका साथै केही दिनयता नचिनेको नम्बरबाट फोन गरी ज्यानलाई असुरक्षित हुने किसिमका धम्की आएकाले ज्यानको असुरक्षा भएको पत्रकार बुढाथोकीले महासंघलाई जानकारी गराएका थिए,’ महासंघले निकालेको विज्ञप्तिमा उल्लेख छ।, प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनु पर्नेमा पत्रकार बुढाथोकीका विषयमा यस किसिमको निर्णय र निर्देशन गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघको भनाइ छ।, ‘महासंघ घटनाको छानबिन गरी पत्रकारलाई असुरक्षित बनाउने र पत्रकारविरुद्धमा यस्ता निर्णय र निर्देशन गर्ने बोटलर्स नेपालको व्यवस्थापनमाथि कानुनी कारबाही गर्न सम्बन्धित पक्षसँग माग गर्दछ,’ महासचिव पुरीले निकालेको विज्ञप्तिमा उल्लेख छ।, यस्तो छ विज्ञप्ति:,
पत्रकार बुढाथोकीलाई धम्की दिनेलाई कारबाही गर्न महासंघको माग
|
सेतोपाटी संवाददाता गत असार १ गते आएको लेदोसहितको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार डुबायो।, मेलम्ची र ईन्द्रवतीमा आएको बाढीले स्थानीय बासिन्दाका घर पुरेको थियो।, यो पनि पढ्नुस्: ,किन बारम्बार सताउँछ सिन्धुपाल्चोकलाई पहिरोको प्रकोपले?, बाढी गएको यतिका समय हुँदासम्म सरकारले यस क्षेत्रका बासिन्दालाई सहयोग नगरेकोमा गुनासो सुनिएका छन्।, मेलम्चीका स्थानीयहरू घरभित्र बाढीले थुपारेका माटो, बालुवालगायत आफ्नै मेहनतमा निकाल्दैछन्।, उनीहरूले सरकारले प्राथमिकताका साथ सहयोग नगरेको भन्दै ५० सदस्यीय सरोकार समिति बनाएर आफैँ काममा जुटेका हुन्।, मेलम्चीका एक सय ७६ घरधुरी बाढीबाट प्रभावित छन्।, ,
आफ्नै मेहनतले उठ्दैछ मेलम्ची (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता अविरल वर्षापछि बूढीगण्डकी नदीले यारूबगरलगायत विभिन्न ठाउँमा बाटो भत्काएपछि उत्तरी गोरखामा हेलिकप्टरबाट कोरोनाविरूद्धको खोप ढुवानी गरिएको छ।, जिल्ला स्वास्थ्य कार्यालय गोरखाले चुमनुब्री गाउँपालिकाका विभिन्न वडामा हेलिकप्टरबाट खोप ढुवानी गरेको हो।, खोप ढुवानीका लागि सिम्रिक एयरको हेलिकप्टरलगायत जोहो गर्न माउन्टेन चाइल्डले सहयोग गरेको थियो।, यो गाउँपालिकाभित्र बसोबास गर्ने सबै नागरिकलाई खोप लगाउने तयारी छ। १८ वर्षदेखि माथि उमेरका सबैलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।, भेरोसेलको ३ हजार डोज खोप शनिबार सिर्दिवासलगायत क्षेत्रमा पुर्याइएको हो। चुमनुब्रीका केही मानिसले पहिले नै खोप लगाएका थिए।, स्वास्थ्य कार्यालयअन्तर्गत खोप शाखाका प्रमुख ऋषिराम खत्रीका अनुसार गाउँपालिकाभित्रका १८ वर्षमाथिका नागरिकलाई खोप लगाइन्छ।, गत शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल हेलिकप्टरमार्फत् उत्तरी गोरखा अवलोकन गरेर फर्केका थिए।, बाटो भत्केको र मौसम खराब भएकोले खोप ढुवानी गर्न यसअघि सकिएको थिएन।,
उत्तरी गोरखामा लगियो हेलिकप्टरबाट खोप
|
रासस बहुप्रतिक्षित जनकपुर-जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ। रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए।, उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ। उनले भारतको इस्ट-सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्रयाक स्पिड’ परीक्षण गरिने जानकारी दिए। उनले भने, ‘ट्रयाक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नुपूर्वको महत्वपूर्ण प्रक्रिया हो। स्पिड परीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने भएकाले रेल्वे ट्रयाकमा सुरक्षा महत्वपूर्ण हुन्छ।’, महाप्रबन्धक भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आज रेल्वे ट्र्याक वरपरका आम नागरिकलाई ट्र्याकमा मान्छे, गाई, भैंसी चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछाड्न र ट्रयाकबाट दूरी कायम गरिदिन अनुरोध गरेका छन्। उनले परीक्षणका क्रममा ट्रयाक तथा स्टेसनहरूमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने बताए।, उनले भने, ‘परीक्षणका क्रममा रेल जयनगरबाट जनकपुर आउँदा-जाँदा रेल्वे ट्रयाकमा कुनै समस्या नआएको अवस्थामा उक्त भारतीय रेल्वे कम्पनीले जनकपुर-जयनगर रेल्वे ट्रयाक रेल सेवा सञ्चालनका लागि उपयुक्त र सुरक्षित रहेको भन्दै नेपाल रेल्वे कम्पनी लिमिटेडलाई प्रमाणपत्र हस्तान्तरण गर्नेछ।’, परीक्षणका विषयमा सूचना जारी भइसकेको र अवज्ञा गरी कुनै दुर्घटना भएमा व्यक्ति स्वयं जिम्मेवार हुने र कानूनअनुसार कारवाहीसमेत गरिने महाप्रबन्धक भट्टराईले बताएका छन्। उनले जयनगर-जनकपुर-कुर्था खण्डका नागरिकलाई जिम्मेवार भइदिन अनुरोध गरेका छन्। अहिले जनकपुरबाट भारतको सिमानासम्मको रेल्वे लिकको वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको छ।, सरकारले जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियामार्फत् ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँमा भारतसँग खरिद गरेका दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेको थिए। अगाडि र पछाडि गुड्न सक्ने ती रेल अहिले पालले छोपेर राखिएको छ।,
जनकपुर-जयनगर रेलको ट्रयाकको गति आज परीक्षण गरिने
|
सेतोपाटी संवाददाता चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ।, भरतपुर-५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालक सन्दिप मगरको मृत्यु भएको हो।, आइतबार बिहान ८ बजे खेत जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका ३४ वर्षीय मगरको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।,
खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर चालकको मृत्यु
|
एजेन्सी अफ्रिकी मुलुक मालीमा सडक बनाउन गएका तीन चिनियाँ नागरिकसहित पाँच जना पक्राउ परेका छन्।, मालीको सेनाले दिएको जानकारीअनुसार शनिबार दक्षिण पश्चिम मालीमा सडक बनाइरहेका दुई मौरिटेनियाका नागरिकसहित उनीहरूलाई अपहरण गरिएको हो।, अपहरणकारीले चिनियाँ निर्माण कम्पनी कोभेक र मौरिटानियन कम्पनी एटिटिएमका क्रेन, डम्प ट्रकलगायतका सामग्रीमा पनि क्षति पुर्याइदिएका छन्।, अपहरणमा परेकाहरू सबै उक्त क्षेत्रमा सडक निर्माणको काममा लागेका थिए।, ‘अब उनीहरूको रिहाइ नै हाम्रो प्रमुख प्राथमिकता हो,’ एक जना सैनिक अधिकारीले भनेका छन्।, मौरिटेनियाको अल-अखबर न्युज एजेन्सीका अनुसार बन्दुकधारीहरू मोटरसाइकलमा आएका थिए र निर्माणस्थलमा आक्रमण गरेका थिए। उनीहरूले इन्धन ट्यांक र निर्माण सामग्री जलाएर कामदारलाई अपहरण गरेर लगेका थिए। , मालीमा सन् २०१२ यता इस्लामिस्ट विद्रोहीहरूले प्रभाव बढाएका छन्। उनीहरू छिमेकी बुर्किना फासो र निजरमा पनि पुगेका छन्।, हिंसात्मक घटनामा अहिलेसम्म हजारौं मानिस मारिएका छन् भने लाखौं विस्थापित भएका छन्।, विद्रोहीहरूले बेलाबेलामा विदेशी र मालीका नागरिकको अपहरण गरिरहन्छन्।, चार दिनअघि पाकिस्तानमा बसमा बम बिस्फोट हुँदा ९ जना चिनियाँसहित १२ जनाको मृत्यु भएको थियो।, बुधबार खाइबर पख्तुनख्वा प्रान्तको दसु हाइड्रो पावर प्लान्टनजिकै भएको बिस्फोटमा परी ९ जना चिनियाँ इन्जिनियरसहित १२ जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ।,
मालीमा सडक बनाइरहेका तीन चिनियाँसहित पाँच जना अपहरणमा
|
सेतोपाटी संवाददाता दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ। जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि खोप लगाउन लागिएको हो।, जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मात्रा प्राप्त भएको जनाएको छ। ‘एउटा स्थानीय तहमा २० बढी खोप केन्द्र छुट्याइएको छ,’ कार्यालायका कोरोना फोकल पर्सन कमल चन्दले भने, ‘स्थानीय तहका १०० बढी स्वास्थ्यचौकी एवं स्वास्थ्य एकाइबाट खोप लगाइने छ ।’, अहिलेसम्म कोभिशिल्ड खोप २८ हजार ३११ लाई लगाइएको छ । तीमध्ये दोस्रो मात्राको आठ हजार बढीले लगाएका छन् भने २० हजार बढीलाई भने दोस्रो मात्रा लगाउन बाँकी छ।, त्यसैगरी जिल्लाभर आठ हजार बढीलाई भेरोसेल खोप लगाइएको छ । जोन्सन एण्ड जोन्सन खोप प्राप्त भएलगत्तै सो उमेर समूह र पूर्ण अपाङ्गता भएका नागरिकलाई खोप लगाइने जनाइएको छ । ,
दाङमा भेरोेसेल खोप आजदेखि लगाइँदै
|
सेतोपाटी संवाददाता बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुर बस्ने ७० वर्षीय गोरे थापामाथि बाघले आक्रमण गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।, उनको शव आइतबार बिहान ८ बजे वडा नम्बर ६ स्थित ओरही पुलदेखि करिब ५ सय मिटर तल फेला परेको हो। उनी शनिबारदेखि बेपत्ता थिए।, शनिबार उनी शिवपुरफाँटा सामुदायिक वनमा भैंसी चराउन गएका थिए। उनीसँगै गएका व्यक्तिहरू फर्किएपनि गोरे रातिसम्म फर्किएका थिएनन्।, फेला नपरेपछि राति आठ बजे अस्थाई प्रहरी पोष्ट बकुवामा प्रहरीलाई खबर भएको थियो। सो खबरसँगै बर्दिया राष्ट्रिय निकुञ्जबाट जम्दार जयबहादुर चन्दको कमाण्डमा ८ जना र तीन वटा हात्तीसहितको टोली खटिएको थियो।, खोजी गर्ने क्रममा उनको बिहान शव फेला परेको प्रहरी उपरीक्षक कार्कीले बताए। बाघको आक्रमणले थापाको टाउको र शरीर छुट्टिएको थियो। दाहिने खुट्टा पनि छुट्टिएको थियो।, 'रातिदेखि हात्तीसहितको टोलीले खोजी गरेपछि आज बिहान शव फेला पर्यो। बाघले नै आक्रमण गरेको हो भन्ने निश्चित भयो,' उनले भने, 'शव भेटिएको ठाउँमा बाघको पैतालाको छाप देखिएको छ।',
बर्दियामा बाघको आक्रमणबाट गोठालो गएका व्यक्तिको मृत्यु
|
एजेन्सी भारतको मध्यप्रदेशमा एउटा सानो जहाज दुर्घटनामा परेको छ।, शनिबार दिउँसो मध्यप्रदेशको सागर जिल्लास्थित धानामा रहेको चिम्स एभिएसन एकेडेमीमा जहाज दुर्घटना भएको हो। दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।, जहाजमा प्रशिक्षक र प्रक्षिक्षार्थी थिए। जहाज उडाउने क्रममा धावनमार्ग छाडेर झाडीतिर पसेको हिन्दुस्तान टाइम्सले जनाएको छ।, #WATCH, | Madhya Pradesh: A Cessna aircraft strayed off the runway at around 3 pm at Chimes Aviation Academy situated in the Dhana area of Sagar ,pic.twitter.com/vAQcBZZkSs,
— ANI (@ANI) ,July 17, 2021, यसअघि गत शुक्रबार मात्रै महाराष्ट्रमा जहाज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो। शुक्रबार दुई सिटको प्रशिक्षण लिने जहाज जलगाउँमा दुर्घटना भएको थियो। दुर्घटनामा परी फ्लाइट इन्स्ट्रक्टर क्याप्टेनको मृत्यु भएको थियो भने विद्यार्थी घाइते भएका थिए। जहाजमा २८ वर्षीय क्याप्टेन नुरुल अमेन र २२ वर्षीया प्रशिक्षार्थी अंशिका गुर्जार थिए।, दुर्घटनामा परेको जहाज धुले जिल्लामा रहेको एकेडेमी अफ एभिएसन श्रीपुरको हो।, क्याप्टेन अमेनले शुक्रबार करिब ३ बजे उडाएको सो जहाज पौने ४ बने वार्डी गाउँमा दुर्घटना भएको एकेडेमीका निर्देशक एयर कमोडोर हितेश पाटेलले बताए।, क्याप्टेन नुरुल अमेनको घटनास्थलमै मृत्यु भएको थियो भने अंशिका घाइते भएकी थिइन्। उनको उपचारको लागि मुम्बईस्थित नानाभाती अस्पताल लगिएको थियो।, एयर कमान्डर पाटेलका अनुसार प्रशिक्षणमा रहेको जहाज साढे दुई घन्टापछि फर्किनुपर्थ्यो। श्रीपुर र शेगाउँबीचको करिब दुई सय नौटिकल माइल्सको दुरी पार गरेर जहाज फर्किने तालिका थियो।, दुर्घटनाको कारण अहिलेसम्म खुलिसकेको छैन। केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले दुर्घटनाको अनुसन्धान भइरहेको बताएका छन्। उनले ट्विट गर्दै अनुसन्धानको टोलीलाई घटनास्थल पुर्याइएको बताएका थिए। ,
भारतमा धावन मार्गबाट चिप्लिएर झाडीमा पस्यो सानो जहाज
|
एजेन्सी अफगानिस्तानमा भारतीय फोटो पत्रकार दानिश सिद्दिकी मारिएका छन्।, बिहीबार अफगानिस्तानको कान्दहर प्रान्तको स्पिन बोल्डाकमा सुरक्षाकर्मी र तालिवान विद्रोहीको भिडन्तमा मारिएको टाइम्स अफ इन्डियाले जनाएको छ। उनी त्यहाँ सुरक्षाकर्मीहरूसँग पुगेका थिए। उनी पुलित्जर पुरस्कारका विजेतासमेत हुन्।, उनको हत्याको जानकारी इस्लामावादस्थित भारतीय राजदूत फरिद मामुन्दजईले शुक्रबार ट्विटरमार्फत् दिएका हुन्।, 'हिजो राति कान्दहरमा एक साथी दानिश सिद्दीकीको हत्याको दु:खद् खबरले गहिरो दु:ख लागेको छ। भारतीय पत्रकार तथा पुलित्जर पुरस्कार विजेता अफगान सुरक्षा बलका साथ थिए, त्यही बेलाआतंकवादीहरूले उनीमाथि हमला गरे,' उनले लेखेका छन,'मैले उनलाई दुई हप्ता अघिमात्रै काबुल जानुअघि भेटेको थिएँ।', अन्दाजी ४० वर्षका सिद्दिकीसमाचार संस्था रोयटर्सका लागि काम गर्थे। उनी केही दिनदेखि कान्दहरमा भइरहेको अवस्थालाई रिपोर्टिङ गर्दै थिए। उनले आफ्नो करिअर टेलिभिजन समाचार संवाददाताका रूपमा सुरू गरेका थिए। त्यसपछि उनले सन् २०१० मा प्रशिक्षार्थी फोटो पत्रकारको रूपमा रोयटर्समा काम गर्न थालेका थिए।, केही दिनअघि पनि उनीहरूमाथि आक्रमण भएको थियो। उनले आफूमाथि भएको आक्रमणको छोटो भिडिओ राखेर ट्विटमा आफू सुरक्षित हुनुमा भाग्यमानी भएको भनेका थिए।, The Humvee in which I was travelling with other special forces was also targeted by at least 3 RPG rounds and other weapons. I was lucky to be safe and capture the visual of one of the rockets hitting the armour plate overhead. ,pic.twitter.com/wipJmmtupp,
— Danish Siddiqui (@dansiddiqui) ,July 13, 2021, यो हप्तामात्रै तालिबानले कान्दहर स्पिन बोल्डाक क्षेत्रलाई नियन्त्रणमा लिएको थियो। अहिले त्यहाँ तालिबान र सुरक्षाकर्मीहरूबीच द्वन्द्व चर्किएको छ। सन् २०१८ मा बंगलादेशबाट म्यानमार पुगेकी थकित रोहिंग्या महिलाले माटो छोइरहेको उनको तस्वीरले पुलित्जर पुरस्कार पाएको थियो। ,
अफगानिस्तानको भिडन्तमा मारिए रोयटर्सका फोटो पत्रकार
|
सेतोपाटी संवाददाता प्रदेश नं १ प्रादेशिक सञ्चार प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमित भई गम्भीर अवस्थामा पुगेका बिरामी र मृत्यु भएका नौ पत्रकारका परिवारलाई दुई लाख ७५ हजार सहयोग प्रदान गरेको छ। , प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माका अनुसार सङ्क्रमित भई गम्भीर अवस्थामा अस्पताल भर्ना भई अक्सिजनको सहयोग लिई वा सघन उपचार कक्षमा उपचार गराएका पत्रकार वा उपचारको क्रममा मृत्यु भएका पत्रकारको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णयबमोजिम उक्त सहयोग रकम उपलब्ध गराइएको हो।, प्रतिष्ठानले पाँचथरका मृतक पत्रकार एकराज भण्डारीको परिवार र सुनसरीका मृतक पत्रकार चन्द्र न्यौपानेको परिवारलाई रु ५०/५० हजारका दरले हस्तान्तरण गरेको छ । , यसैगरी सङ्क्रमित भई अस्पतालमा अक्सिजनको सहायतामा उपचार गराएका पत्रकार ओखलढुङ्गाका दीपेन्द्र रुम्दाली र जुद्धबहादुर राई, भोजपुरका सुरेन्द्र राई, झापाका पर्वत पोर्तेल, इलामका बुद्धवीर राई, खोटाङका लोकमणि रिजाल र उदयपुरका हरिकुमार राईलाई जनही रु २५/२५ हजार सहयोग रकम उपलब्ध गराइएको शर्माले बताए।,
कोरोनाबाट मृत्यु एवं उपचार गराएका पत्रकारलाई सहयोग
|
युनिक श्रेष्ठ असार २७ गते आइतबार। रुकुमकी १९ वर्षीया इशारा (नाम परिवर्तन) लाई बुटवल जानु थियो। केही समयअघि इशारा बुटवलभन्दा राम्रो काम पाइने आशामा काठमाडौं आएकी थिइन्। सानैमा विवाह भएको, पछि त्यही विवाह नटिकेको अवस्थाबाट गुज्रिएकी इशारासँग दुई वर्षका छोरा थिए। काठमाडौं आएर आमा-छोराको पेट पाल्न उनले सुरूमा मजदुरी काम गरिन्। कुनै दिन राम्रो काम पाउँला भन्ने आशैआशमा दिन बितिरहेका बेला कोरोना बढ्यो, निषेधाज्ञा भयो।, उनले मजदुरीको काम पाउन छोडिन्। योभन्दा त बरू बुटवलको पानी फ्याक्ट्रीकै काम ठिक थियो भन्ने ठानेर उनी काठमाडौं छोड्ने निर्णयमा पुगिन्। बुटवल त जाने तर कसरी! लामो दुरीका बस अझै खुलिसकेका छैनन्। , केही जुगाड भइजाला भनेर उनी कंलकी पुगेकी थिइन्। कलंकी चोकमा ट्रक र अरू गाडी आउ-जाउ गरिरहेका थिए। उनले थानकोटतिर जाने ट्रकलाई हात दिएर आफूलाई लिफ्ट दिन आग्रह गरिन्। , केहीबेरमा एउटा ट्रक रोकियो। ना ५ ख २८७० नम्बरको ट्रकका चालक सुनिल महतोले उनलाई लिफ्ट दिन्छु भने। उनी त्यसैमा चढिन्। सुनिलले किशोरीलाई नारायणघाटसम्म छाड्ने बताएका थिए।, 'निषेधाज्ञाको समयमा बस पाइएन। बस नपाएपछि उनी ट्रकमै चढेर जान बाध्य भइन्,' पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले भने,'त्यसपछि चालकहरूले अपराध गरे।', मुग्लिन-नारायणघाट सडकमा पहिरोका कारण उनीहरू जाममै फसे। जाममा फसेपछि सुनिलले किशोरीलाई आइतबार र सोमबार आफूसँगै राखे। धम्क्याएर ट्रकको क्याबिनमा लगेर राति बलात्कार गरे।, जाम खुलेपछि सुनिलले मंगलबार दिउँसो १ बजे चितवनको रामनगर पुर्याए। त्यहाँबाट सुनिलले ना ६ ख ३३६९ नम्बरको ट्रकमा चढाएर पठाए। त्यो ट्रक शिववालक महतोले चलाएका थिए।, सुनिलले शिववालकलाई पनि आफूहरूबीच यौनसम्पर्क भएको जानकारी दिइसकेका थिए। शिववालकले ती किशोरीलाई बुटवल लग्ने भनेर झुक्याएर वीरगञ्जतर्फ लगे। त्यसैबीच फेरि ती किशोरीमाथि चालक शिववालकले बाराको जंगल क्षेत्रमा पुर्याएर ट्रकभित्र बलात्कार गरेको प्रहरी उपरीक्षक पाण्डेले बताए। , शिववालकसँगै रहेका २७ वर्षीय सहचालक इन्दल चौहानलाई उनले ड्राइपोर्टसम्म पुर्याउन भनेका थिए। सहचालक चौहान र त्यसमा सवार अर्का ४० वर्षीय भोला भन्ने व्यक्तिले पनि ड्राइपोर्ट-परवानीपुर सडक खण्ड बीच बाटोमा पटक-पटक बलात्कार गरेको प्रहरीले जनाएको छ।, त्यसपछि उनीहरूले ती किशोरीलाई बुधबार साँझ ५ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ स्थित ड्राइपोर्टमा ओराले। किशोरी अलपत्र परिन्।, त्यसैबीच प्रहरी चौकी सिर्सियाबाट खटिएको गस्तीको प्रहरीले ती किशोरीलाई देखेपछि उनको उद्धार भएको हो। उनलाई प्रहरीले सोधपुछ गरेर दुई जना चालकलाई ट्रकसहित पक्राउ गरेको हो।, सहचालक चौहान र भोलाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले जानकारी दिए।, खनालका अनुसार किशोरीको स्वास्थ्य अवस्था सामान्य छ। उनको स्वास्थ्य परीक्षण गरी अहिले उनलाई एक संस्थाको संरक्षणमा राखिएको छ। उनका छोरा पनि सँगै रहेको खनालले बताए।, 'अहिले उनलाई संस्थाको संरक्षणमा राखिएको छ। स्वास्थ्य अवस्था पनि सामान्य छ,' खनालले भने,'उनको राहतको लागि जिल्लास्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समितिले उपलब्ध गराएको छ। पछि आफन्त आएर बकपत्र भएपछि हामीले जिम्मा लगाइदिन्छौं।', उनीहरूमाथि जबरजस्ती करणी गरेको कसुरअन्तर्गत प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
मुग्लिन-नारायणगढ सडकमा जाम पर्यो, लिफ्ट मागेकी उनको ट्रकभित्र बलात्कार
|
सेतोपाटी संवाददाता कोरोना भाइरसविरूद्धको भेरोसेलको खोप मात्रा सकिएपछि काठमाडौंमा खोप लगाउने अभियान स्थगित भएको छ।, शुक्रबार काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले सूचना जारी गर्दै भेरोसेल खोप अभियान स्थगित भएको जानकारी गराएका हुन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत मंगलबारदेखि शनिबारसम्मको लागि भेरोसेल खोप अभियान सञ्चालन गरिएको थियो।, तर स्वास्थ्य कार्यालय, काठमाडौंमा मौजुदा रहेको खोप सकिएपछि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको जनाएको छ।, ,
काठमाडौंमा खोप लगाउने अभियान स्थगित
|
नवीन लामिछाने मनाङमा गत जेठ अन्तिममा ठूलो वर्षा भयो। वर्षापछि जिल्लावासी एकै ठाउँमा कोचिएर बस्नुपर्ने बाध्यता आयो। एउटै कोठामा ४५ जनासम्म। बाढी र पहिरामा परेपछि घरबाट जे–जति खानेकुरा ल्याउन भ्याएका छन्, त्यही बाँडीचुँडी खान बाध्य छन्, उनीहरू।, कोभिड–१९ को जोखिमको समयमा यी ४५ जनाको एउटै मेसमा बस्नुपर्ने बाध्यता छ, जहाँ सबैका लागि एकैचोटी खाना पाक्छ। घरबाट ल्याएको खानेकुरा सकिँदैछ। फेरि घर गएर ल्याउने अवस्था छैन, गइहाल्यो भने पनि फर्केर आउने केही टुङ्गो नै छैन। मनाङका बाढी प्रभावितलाई बस्ने र खानेकुराभन्दा बढी समस्या अहिले खानेपानीको छ। ‘मनाङवासी आकाशे पानीको भरमा जीवनयापन गरिरहेका छन्’, सदरमुकाम चामेस्थित नवनिर्मित कारागार भवनमा बसेकी मालती घलेले भने, ‘खानेपानीको समस्या छ, तिर्खा लाग्यो भने आकाशको पानी भरेर खान्छौँ, खानेकुरा पनि सकिँदैछ। अब के खाने, कसरी जोहो गर्ने केही थाहा छैन।’, लगातार चार दिन परेको पानीले जेठ दोस्रो साता तिमाङ छहराको पुल बगायो, जसले मनाङमा आवतजावत बन्द भयो। ठेकेदारले भर्खरै निर्माण सम्पन्न भएको यो भवन हस्तान्तरण गर्न बाँकी भएकाले सञ्चालनमा आएको थिएन। यही भवन अहिले चामेका बाढी पीडितलाई राख्नमा सदुपयोग भएको छ। यस भवनमा करिब ३०० जना बसेका छन्, भवनको एउटा कोठामा ४५ जनासँगै कोच्चिएर मालती पनि बस्न बाध्य भएका छन्।, चामेको घट्टेखोला र च्याट्टेखोलाको बाढीले १० घर पूर्णरूपमा क्षति भएको छ। त्यस क्षेत्रका कयौँ मानिस विस्थापित भइसकेका छन्। अरु बेला सानो कुलोजस्तो देखिने यी दुई खोलाले अहिले चामे बजारलाई तहसनहस बनाएको छ। कारागारमा बसेका केही स्थानीयवासी घर जान चाहन्छन् तर उनीहरु गइहाले पनि फेरि फर्किन सक्ने अवस्था छैन।, बाढीले मनाङमा मात्रै एक हजार बढी मानिस विस्थापित भएका छन्। चामेको कारागार भवनमा नअटाएका विस्थापितलाई त्यही वरिपरि टेन्ट टाँगेर राखिएको छ। सेनाको हेलिकप्टरबाट उद्धार गरिएका जोखिम क्षेत्रका प्रभावितलाई पनि चामेमै राखिएको छ। कोही आफन्तको घरतिर लागेका छन् भने कोही जङ्गल छेउछाउमा टेन्टमै बस्न बाध्य छन्। टेन्टमा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला पनि रहेका छन्। जिल्लाको चिसोमा उनीहरूको जीवनयापन थप कष्टकर बन्दै गएको छ। उनीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने देखिएको मालतीले बताइन्। ‘नियमित औषधि खानुपर्ने बाबाआमाको औषधि पनि सकिन लागेको छ, दीर्घरोगीका लागि राहतसँगै औषधि ल्याइदिए अझै उपयुक्त हुने थियो’, उनले भनिन्।, सरकारले बाढी प्रभावितका लागि राहत र उद्धारमा पर्याप्त काम नगरेको उनको गुनासो छ। सेनाको हेलिकप्टरबाट बाढी पीडितको उद्धार भए पनि खानेकुराको समस्या भएको उनको भनाइ छ। हेलिकप्टरबाट कम राहत आउँदा अभाव खड्किएको उनले बताइन्। कारागार भवनमै बसेका चामेका बाढीपीडित पासाङ गुरुङले जीवनमै सबैभन्दा अप्ठ्यारो परिस्थिति आएको बताए। ‘यस्तो होला भनेर हामीले कल्पना पनि गरेका थिएनौँ’, उनले भने।, गाउँ नै पूरै डुबेको मनाङ प्रवेशद्वार तालका बाढीपीडितको अवस्था पनि उस्तै छ। गाउँमा रहेका ६५ घर पुरै डुबेका छन् भने स्थानीयवासी रातारात मस्र्याङ्दी वारी तालडाँडा र घेराङ गाउँको शरणमा पुगेका छन्। ताल गाउँका विस्थापितलाई पनि खाद्यान्न अभाव भएको छ। तालका ३०० विस्थापित भएका छन्। मीनकाशी गुरुङले भने, ‘हाम्रो गाउँका सबै घरका सामान बाढीले बगायो, अहिले पनि घर सबै मस्र्याङ्दीले डुबाएको छ।’ असार १ गते नै राति घरघरमा पानी आएपछि उनीहरू भागेर तालडाँडा पुगेका थिए। तालडाँडामा एउटा मात्रै रेष्टुराँ छ, त्यहीँ बसेर उनीहरूले पहिलो रात काटेका थिए।, बाढीले पूरै डुबान भएपछि जङ्गल, डाँडा र ओडारमा बास बसेर ज्यान जोगाएको तालकी स्थानीय सीता गुरुङले बताए। ‘गाउँतिर फर्केर हेर्दा मन भकानिन्छ, माथिबाट यति ठूलो बाढी आउँछ भनेर कल्पनासमेत गरेका थिएनौँ, एक्कासि बाढीले घर डुबायो र घरबारविहीन बनायो, जेनतेन ज्यान बचाउन सकियो, कहिले मस्र्याङ्दीमा पानी घट्ला र घर गएर केही सामान खोजेर ल्याउँजस्तो हुन्छ, नदीमा हे¥यो, पानी घटेकै देखिँदैन’, उनले भने।, तालका बाढीपीडितलाई पनि खान र बस्नको समस्यामा छन्। घरबाट धेरैजसोले खानेकुरा र कपडासमेत निकाल्न सकेनन्। भएका खानेकुरा पनि सकिनै लागेको उनले बताए। निरन्तर पानी परेकाले जाडो बढे पनि उनीहरुसँग ओढ्ने, ओच्छ्याउने कपडाको समेत अभाव देखिएको छ। ‘सरकार छ जस्तो लाग्दैन, मनाङ अर्कै देश होजस्तो व्यवहार भएको छ, अहिलेसम्म सरकारले केही पनि राहत ल्याएको छैन’, उनले भने।, बाढी आउँदा सदरमुकाम चामेका केही स्थानीयवासी सामान्य घाइते समेत भएका थिए। तालगाउँका पनि केही मानिस घाइते भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए। अपाङ्गता भएका र ज्येष्ठ नागरिक घाइते भएकाले उनीहरूको उद्धार गरी अन्यत्र लैजानुपर्ने अवस्था रहेको सीताले बताइन्। तालडाँडामा विस्थापित भएका ताल गाउँवासीले उक्त ठाउँबाट अन्यत्र लगेर राखीदिन सरकारसँग आग्रह गरेका छन्। ‘हामीलाई यहाँबाट अलि सजिलो ठाउँमा टेन्ट लगाएर बस्ने व्यवस्था गरिदिए हुन्थ्यो, यत्रो दिन भइसक्यो, न निदाउन पाएका छौँ, न राम्ररी खाना नै पाएका छौँ, दिनरात नै जागा बस्नुपरेको छ’, उनले भने।, बाढी र पहिरोका कारण मनाङको चामे, धारापानी, ताल, हुम्डे, पिसाङ, नार्पाभूमिलगायत स्थानका बासिन्दा सबैभन्दा धेरै जोखिममा छन्। झोलुङ्गे पुल बगाइएका छन् भने मोटरेबल पुल उच्च जोखिममा छन्। गोरेटो बाटोमा पनि पहिरोले निशाना मेटिएको छ। चामेबाट तल बेसीशहरतर्फ झर्ने त्यही एउटा मात्रै बाटो हो, यसबाहेक उनीहरूसँग अर्को विकल्प नै छैन।, मनाङमा आठ वटा झोलुङ्गे पुल, तीनवटा काठे पुल र एउटा मोटरेबल पुल बगिसकेको छ भने तिमाङ र चामेको लघु जलविद्युत् आयोजना बाढीले बगाएको छ। राष्ट्रिय प्रसारण लाइन लगेको बिजुलीका पोलसमेत ढलेका छन्। जसले गर्दा मनाङ अन्धकार भएको छ। बिजुली नहुँदा चामेबाहेक अन्य गाउँमा टेलिफोनको टावरसमेत सञ्चालनमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। त्यस कारण गाउँसँगको सम्पर्क टुटेको छ, स्थलमार्गबाट आवतजावत अवरुद्ध भएको प्रजिअ लामिछानेले बताए।, बाढीपीडितलाई खाद्यान्न वितरण भइरहेको भन्दै उनले खाद्यान्न अभाव नरहेको बताए। खानेपानीको समस्या भने मनाङमा उच्च रहेको उनको भनाइ छ। ‘सहयोगदाताबाट प्राप्त खाद्यान्न बाडिरहेका छौँ, जिल्लामा खाद्यान्न अभाव हुन दिदैनौँ’, प्रजिअ लामिछानेले भने, ‘खानेपानीको मुहान नै देखिएको छैन, खानेपानी आपूर्तिको प्रक्रिया नै देखिँदैन।’ जिल्लामा पानीका मुहान देखिए पनि सफा पिउने पानी पाउन मुस्किल छ।,
मर्स्याङ्दी घट्ने आशमा मनाङवासीको दिन कट्दै
|
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार १ सय ८२ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ९६१३ जनाको पिसिआर परीक्षणबाट २००६ जनामा संक्रमण पुष्टि भएको छ भने ४५६९ जनाको एन्टिजेन परीक्षणबाट ९३० जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७७५ जना संक्रमणमुक्त भएका छन्। , यस्तै ४३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९५०६ पुगेको छ। ,
१४ हजार १८२ मा कोरोना परीक्षण गर्दा २९३६ लाई संक्रमण, ४३ को मृत्यु
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५४१ जनामा संक्रमण पुष्टि भएको छ।, काठमाडौंमा ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ गरी ५५३ जनामा संक्रमण पुष्टि भएको हो।, अहिले काठमाडौं उपत्यकामा ७६१९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५४४३, भक्तपुरमा १०४५ र ललितपुरमा ११३१ जना सक्रिय संक्रमित छन्।, कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, मन्त्रालयका अनुसार मुलुकभरमा ९६१३ जनाको पिसिआर परीक्षणबाट २००६ जनामा संक्रमण पुष्टि भएको छ भने ४५६९ जनाको एन्टिजेन परीक्षणबाट ९३० जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७७५ जना संक्रमणमुक्त भएका छन्। , यस्तै ४३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९५०६ पुगेको छ। ,
काठमाडौं उपत्यकामा थप ५४१ मा संक्रमण
|
राजेश घिमिरे ‘पार्थेनियम’ झट्ट हेर्दा पातीजस्तै हुन्छ। , पातीलाई हितकारी बुटी मान्ने गरिन्छ। गाउँ घरमा यसको प्रयोग औषधोपचारमासमेत हुने गरेको छ। हिन्दु संस्कारमा पातीको छुट्टै धार्मिक महत्व पनि छ। पार्थेनियम पातीजस्तै देखिने विपरीत गुण भएको झार हो। यो कृषि, वन्यजन्तुदेखि मानव स्वास्थ्यका लागिसमेत घातक देखिएको छ।, केही वर्षयता वन क्षेत्रमा भुसको आगोसरी फैलँदै गरेको पार्थेनियम संरक्षणकर्मीका लागि टाउको दुखाइको विषय बनेको छ।, चितवन राष्ट्रिय निकुञ्जले गएको चैतमा गैंडा गणना क्रममा संकलन गरेको तथ्यांककाअनुसार गैंडाको बासस्थानको ६ प्रतिशत क्षेत्र यो झारले ओगटेको छ।, सन् २०१५ मा संकलन गरिएको तथ्यांकमा गैंडाको बासस्थानमा यो झार करिब २ प्रतिशत क्षेत्रमा देखिएको थियो।, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र सौराहाका प्रमुख डाक्टर बाबुराम लामिछानेका अनुसार गैंडाको बासस्थान बाहेकका क्षेत्रमा पनि यसको फैलावट देखिन्छ।, ‘चैतमा गैंडा गणना गर्दा पालुवा पलाउने समय भएका कारण हात्ती चढेर हेर्दा नयाँ पालुवा झट्ट देखिएन। अहिले त्यतिखेर भन्दा निकै धेरै क्षेत्रमा फैलिएको देखिन्छ,’ डा.लामिछानेले भने, ‘यो मिचाहा झारले टाउको दुखाएको छ।’, लामिछानेले गैंडा लगायतका वन्यजन्तु चर्नका लागि तयार पारिएको घाँसे मैदानमा यो झार फैलनेक्रम निकै बढेको बताए।, उनकाअनुसार पार्थेनियम वन्यजन्तुले खाँदैनन्, मिचाहा प्रवृत्तिको यो झार भने वन्यजन्तुले रूचाउने अन्य घाँसलाई मिचेर फैलिँदैछ।, यसका कारण वन्यजन्तुका लागि लाभवर्द्धक मानिने रैथाने वनस्पती लोप हुने खतरा देखिएको छ।, फागुनतिर पलाउन सुरू हुने यो झार भदौसम्म रहन्छ। करिब ६ महिनामा यसमा फूल फुलेर बिउ निस्कन्छ।, एउटै बोटमा ३० हजार वटासम्म बिउ तयार हुने र उक्त बिउको माध्यमबाट द्रुत गतिमा फैलने देखिएको लामिछानेले बताए। उनका अनुसार यसको फैलावट वन क्षेत्रमा मात्रै नभएर कृषि क्षेत्रमा पनि बढेको छ।, ‘सडक सञ्जालको विस्तारसँगै पार्थेनियमको बिउ पनि धेरै ठाउँमा पुगेको पाइन्छ,’ उनले भने, ‘वन क्षेत्रमा मात्रै नभएर खेत र ग्रामीण क्षेत्रमा पनि फैलन थालेको छ। मुस्ताङसम्म पुगिसकेको रहेछ।’, नेपालमा सन् १९६७ तिर त्रिशूली भ्यालीतिर यो झार देखिएको थियो। करिब एक दशकदेखि भने धेरै ठाउँमा देखिन थालेको छ।, भारत हुँदै नेपाल आएको मानिने पार्थेनियम चितवन निकुञ्जमा सन् २०१२ तिर पहिचान गरिएको हो।, भारतमा भने सन् १९५७ मा रेकर्ड भएको थियो। भारतमा मेक्सिकोबाट गहुँ आयातकोक्रममा पाथ्रेनियमको बिउ पनि भित्रिएको अनुमान गरिन्छ। नेपालमा भने भारतबाट आउने गाडी तथा कृषि सामग्रीसँगै यो भित्रिएको पाइएको छ। , करिब दश वर्ष अघि सौराहा नजिकैको खोरसोर क्षेत्रमा अध्ययनका क्रममा विज्ञहरूले पार्थेनियम झारको पहिचान गरेका थिए। उनीहरूले त्यतिखेरै त्यो झारलाई नष्ट गर्न सचेत गराएका थिए। तर विज्ञका कुरालाई सरोकारवाला निकाय तथा स्थानीयले महत्व दिएनन्।, नेपालमा मिचाहा प्रवृत्तिका वनस्पतिको विषयमा लामो समयदेखि अनुसन्धान गर्दै आएका त्रिभुवन विश्वविद्यालयको वनस्पतिशास्त्र केन्द्रीय विभागका सह-प्राध्यापक डा. भरतबाबु श्रेष्ठ भन्छन्, ‘त्यतिखेर हाम्रो कुरा सुनेको भए यति ठूलो क्षेत्रमा फैलनै पाउने थिएन। अब त यो नियन्त्रणभन्दा बाहिर गइसकेको छ।’, त्यसयता यसको फैलावट भित्री मधेश र मध्य पहाडका वन क्षेत्रमा निकै बढ्दै गएको पाइएको छ।, सूर्यको प्रकाश पर्ने र खुकुलो माटो भएको ठाउँमा यो सजिलै हुर्कन्छ। वन्यजन्तुका लागि आवश्यक पर्ने वनस्पति र घाँसका लागि पनि यस्तै ठाउँ अनुकूल हुन्छ।, श्रेष्ठका अनुसार सुरूआतमा नेपालमा यो झार सडकको छेउतिर मात्र देखिन्थ्यो।, ‘सडकमा गुड्ने गाडीमार्फत यसको बिउ सडक सञ्चाल पुगेका क्षेत्रहरूमा विस्तार हुँदै गयो, सन् २०१३ मा हामीले करिब ५० वटा जिल्लामा यसको अध्ययन गरेका थियौं,’ उनले भने, ‘त्यो अध्ययनले भारतबाट भित्रिएको झार चीनसँगको सीमा क्षेत्रसम्मै पुगेको देखायो। अहिले सडक पुगेको ठाउँमा केही न केही त देखिएकै छ।’, उनले सडक आसपास र सहरी क्षेत्रमा देखिने बेलै नष्ट नगरेका कारण यसले प्राकृतिक र कृषि क्षेत्रमा प्रवेश गर्ने अवसर पाएको बताए।, वन्यजन्तुको मात्रै नभएर घरपालुवा जनावरको चरन क्षेत्रमा पनि यसको असर बढ्दै गएको उनको भनाइ छ।, श्रेष्ठका अनुसार पार्थेनियमले मानव स्वास्थ्यमासमेत असर गर्छ।, ‘यसको फूलको पराग कणले श्वासप्रश्वासमा समस्या हुने, डाँठमा हुने झुसले छालामा समस्या ल्याउने गरेको अनुसन्धानले देखाएको छ,’ वनस्पति विज्ञ श्रेष्ठले भने,‘पार्थेनियमको पराग कणकै असरले भारतमा धेरै मान्छेको मृत्यु भएको छ। झुसबाट छालामा देखिएको समस्याले पनि मान्छे मरेको पुष्टि भएको छ।’, यो धेरै फैलिएपछि अनुसन्धानबाट मानव स्वास्थ्यमा असर पर्ने देखेर भारतमा यसबाट सतर्क रहन मान्छेहरूलाई सचेत नै गराइएको छ।, नेपालमै पनि पार्थेनियम झारसँग नजिक भएर अनुसन्धान गरेका व्यक्तिलाई नै एलर्जी हुने, श्वासप्रश्वासमा समस्या देखिएको उनले बताए।, श्रेष्ठका अनुसार पार्थेनियम वन्यजन्तुले नखाने भए पनि वन्यजन्तुले खाने वनस्पतिमा यसको परागकण टाँसिने गरेको र त्यो खाँदा उनीहरूलाई असर गरेको पाइएको छ।, ‘धेरै किसानले यस्तो गुनासो सुनाउन थालेका छन्, यसको परागकणको असर गाई, भैंसीले दिने दूधमा पर्ने रहेछ, दूध नै तीतो हुने र किसानले मूल्य नपाउने समस्या देखियो,’ उनले भने।, कृषि क्षेत्रमा तोरी, मकै, आलु र उखु बारीमा यसको असर देखिएको छ। पानी जमेको क्षेत्रमा भने यो हुर्कन सक्दैन तर बिउ माटोमा १५ वर्षसम्म पनि नबिग्रने भएकाले यसको असर दीर्घकालीन हुन्छ।, ‘अफ्रिकामा त यसको कारण भोकमरीकै अवस्था आयो,’ श्रेष्ठले भने, ‘नेपालमा पनि बेलैमा सचेत नभए त्यस्तै अवस्था आउन सक्छ।’, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)ले तयार पार्ने विश्वका सबभन्दा आक्रामक १०० मिचाहा प्रजातिमा यो पर्दैन। तर पार्थेनियमको फैलावट र असर बढ्दोक्रममा देखिएको श्रेष्ठले बताए।, उनकाअनुसार मध्य र दक्षिण अमेरिकाको रैथाने झार मानव गतिविधिसँगै अस्ट्रेलिया, अफ्रिका, एसियामा फैलिएको हो। यसले कृषि र पशु उत्पादनमा ठूलो असर पारेको अध्ययनले देखाएको छ।, पार्थेनियमको असर अस्ट्रेलियामा असाध्यै धेरै देखियो। यसले त्यहाँ हरेक वर्ष लाखौं डलर मूल्यका उपजमा नोक्सान गर्ने गरेको छ। यो झारका कारण अस्ट्रेलियाको मासु व्यवसायमा वर्षेनी १६.५ मिलियन डलरले नोक्सान हुने गरेको छ।, ‘अस्ट्रेलियामा अमेरिकाबाट घाँसको बिउ मगाउने क्रममा बिउमा मिसिएर पार्थेनियम पुगेको भन्छन्,’ लामिछानेले भने,‘त्यहाँ यसलाई नियन्त्रण गर्न ठूलो समस्या भइरहेको छ।’, अमेरिकाको कृषि विभागका अनुसार मिचाहा झारले त्यहाँका विभिन्न प्रजाति लोपोन्मुख हुनमा ४२ प्रतिशत योगदान दिएका छन्। १८ प्रतिशत लोपोन्मुख प्रजाति हराउनमा मिचाहा झार कारण बनेका छन्। , नेपालको वन क्षेत्रमा समस्याका रूपमा देखापरेका मिचाहा वनमारा झारमा पार्थेनियम १० औं नम्बरमा पर्ने लामिछाने बताउँछन्।, यस्तै, मिचाहा अर्को झार हो ‘माइकेनिया मिक्रान्था’।, यो वनमारा झार नेपालको वन क्षेत्रका लागि सबभन्दा ठूलो समस्याका रूपमा देखिन्छ। यद्यपी पछिल्ला वर्ष यसको फैलावट घट्दोक्रममा छ।, यो झारले वन क्षेत्रमा ठूलो समस्या निम्त्याउने देखिएपछि सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले चितवन निकुञ्ज पुगेर यो झार नियन्त्रणको अभियान थालेका थिए।, निकुञ्जले पनि निरन्तर प्रयास गरेपछि अहिले करिब ३५ प्रतिशत क्षेत्रमा मात्रै देखिन थालेको छ। सन् २०१५ मा गैंडाको बासस्थानमा गरिएको अध्ययनमा ४६ प्रतिशत क्षेत्रमा माइकेनिया मिक्रान्था देखिएको थियो। , सन् १९६३ मा इलाममा देखिएको यो वनमारा झार सन् २००० मा चितवनमा देखिएको थियो। पछि लुम्बिनी क्षेत्र हुँदै दाङसम्म पनि ठूलो परिमाणमा यो फैलियो।, ठूलो झाङ हुने भएकाले दोस्रो विश्वयुद्धताका बर्मा क्षेत्रमा यसलाई सैनिकले ‘क्याम्प कम्पाउण्ड’ का लागि प्रयोग गर्थे।, नेपालको इलाम क्षेत्रमा पनि सुरूमा यसको प्रयोग चिया बगानको कम्पाउण्डका लागि प्रयोग भएको पाइन्छ। बिस्तारै वन क्षेत्रमा फैलिएको यो झार वन्यजन्तुको वासस्थानमै असर पर्नेगरी समस्याका रूपमा देखिएको लामिछानेले बताए।, ‘सुरूमा फैलने क्षमता बढी भए पनि बिस्तारै त्यो क्षमता घट्दै जान्छ, माइकेनियाको पनि त्यस्तै अवस्था देखिन्छ,’ लामिछाने भन्छन्, ‘पार्थेनियम पनि केही वर्ष माइकेनियाझैं द्रुत गतिमा फैलन सक्छ।’, माइकेनिया मिक्रान्था भित्रिएकै समयतिर नेपाल भित्रिएको पार्थेनियम लामो समयपछि ठूलो परिमाणमा देखिएको उनले बताए। , नियन्त्रण कसरी गर्ने?, वनस्पति विज्ञ श्रेष्ठकाअनुसार यो झारलाई नियन्त्रण गर्ने मुख्य उपाय फैलन नपाउँदै नष्ट गर्ने हो। तर नेपालमा धेरै क्षेत्रमा यो फैलिसकेका कारण त्यो उपायले मात्रै अब काम गर्दैन।, श्रेष्ठ अस्ट्रेलिया, अफ्रिका, भारततिर जैविक विधिको प्रयोग गरेर यसलाई नियन्त्रणमा लिने काम भइरहेको बताउँछन्। जाइगोग्राम(खपटे कीरा) र ढुसी पार्थेनियम झारका लागि बाधक बन्ने अध्ययनले देखाएको छ।, खपटे कीराले पात खाइदिने र फूल फुल्न नदिने गरेको देखिन्छ भने ढुसीले बोट मर्ने गरेको भेटिएको छ।, ‘पार्थेनियमको असर बढेपछि भारतमा सन् १९८० बाट तीन वर्ष लगाएर खपटे कीराको विषयमा अनुसन्धान गरियो। त्यो अनुसन्धानले यो कीराको उत्पादन बढाउन सक्ने हो भने पार्थेनियमलाई नियन्त्रण गर्न सक्ने देखायो,’ उनले भने, ‘त्यसैको आधारमा ल्याबबाट कीरा उत्पादन गर्दै असर भएको ठाउँमा छाडियो।’, तर केही वर्षपछि यो कीराले सूर्यमुखी फूललाई पनि असर पारेको गुनासो अयो। तर पछि अनुसन्धान गर्दा पार्थेनियमकै परागकण सूर्यमुखी फूलमा पुगेका कारण खपटे कीरा त्यता पनि पुगेको देखियो।, ‘यो कीराले पार्थेनियमबाहेक अन्य वनस्पतिलाई असर नगर्ने प्रमाणित भएपछि थप सतर्कता अपनाउँदै कीराको उत्पादन बढाउने र राज्य-राज्यमा पठाउने काम भयो’, उनले भने, ‘त्यतैका कीरा अहिले नेपालमा पनि देखिन्छन्।’, उनकाअनुसार नेपालका विभिन्न ठाउँमा खपटे कीरा देखिए पनि पर्याप्त छैनन्।, अस्ट्रेलियामा पनि ९ जातका कीरा र २ जातका ढुसीलाई ल्याबबाट उत्पादन गरेर असर भएको ठाउँमा पुर्याई नियन्त्रण गर्ने काम गरिरहेको छ। अफ्रिकामा पनि दुई किसिमका कीरा उत्पादन गरेर छाडिएका छन्।, त्यसो त नेपालमा पनि कृषिसम्बन्धी अनुसन्धान गर्ने संस्था नार्क र विश्वविद्यालयमा अध्ययनरत केही विद्यार्थीले यो कीरा र ढुसीको विषयमा अनुसन्धान गरिरहेका छन्।, ‘तराई, काठमाडौंदेखि ताप्लेजुङसम्म देखिएको पार्थेनियम, यसमा ढुसी र कीराले पार्ने असरको विषयमा केही अनुसन्धान भएका छन्, तर सरकारी निकायबाट यसमा खासै चासो पुगेको छैन,’ श्रेष्ठले भने, ‘सरकारी कागजमा पार्थेनियम लगायतका मिचाहा झार प्राकृतिक बासस्थानका लागि बाधक रहेकाले नियन्त्रण गर्नुपर्ने उल्लेख छ तर ती कागज यसै थन्किएका छन्, कार्यान्वयनमा कसैले चासो दिएका छैनन्।’ , चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पार्थेनियमकै लागि भनेर छुट्टै योजना नबनाइएको भए पनि समय-समयमा हुने घाँसे मैदान व्यवस्थापनका क्रममा यसलाई फूल नफुल्दै काटेर नष्ट गर्ने गरिएको बताए।, ‘यसको फैलावट बढ्दै जानु दुखद विषय हो,’ उनले भने, ‘निकुञ्जले यसलाई नियन्त्रण गर्न सक्दो प्रयास गर्छ।’, अरू पनि छन् मिचाहा झार, पार्थेनियम र माइकेनिया मिक्रान्थाजस्तै मिचाहा प्रवृत्तिका झारहरू ठूलो लज्जावती, सेतो वनमारा र काँडे वनमारा पनि वन र वन्यजन्तु संरक्षणमा चुनौती बनेका छन्।, गैंडाको बासस्थानमा सेतो वनमाराले २२ र काँडे वनमाराले १० प्रतिशत क्षेत्र ओगटेका छन्। लज्जावती झारको जस्तै देखिने तर ठूलो आकारको ठूलो लज्जावती पूर्वी नेपालमा ठूलो समस्या बन्दै गएको छ। उल्टो काँडा हुने यसको झाडीभित्र पसेपछि मुसा पनि बाहिर निस्कन नसक्ने स्थानीयले बताउने गरेको श्रेष्ठले सुनाए।, केही दिन अघिमात्रै काभ्रेमा ‘सिंगापुर डेइजी’ नामको मिचाहा वनस्पति रेकर्ड गरिएको छ।, यो विश्वकै मिचाहा वनस्पतिमा १०० वटा भित्रमा पर्छ। श्रेष्ठले नेपालमा त्यसको रेकर्ड सरकारी निकायमा पनि भएको तर नियन्त्रणका लागि कुनै काम सुरू नभएको बताए।, १०० मिचाहा वनस्पतिको सूचीमा रहेका फूल फुल्ने ३४ प्रजातिका वनस्पतिमध्ये ६ वटा नेपालमा फैलिँदोक्रममा छन्। तीमध्ये नेपाली पशुपालकले घाँसका लागि प्रयोग गर्दै आएको ‘इपिललिपिल’ पनि एक हो।, ‘घाँसका लागि घर, फार्म वरपर लगाइएको भए पनि यसको बिउ प्राकृतिक क्षेत्रमा पनि फैलन थालेको छ,’ श्रेष्ठ भन्छन्, ‘विदेशबाट भित्र्याइएको इपिललिपिलले रैथाने वनस्पतिलाई असर गर्छ।’ ,
भुसको आगोसरी फैलिँदैछ मिचाहा झार 'पार्थेनियम'
|
सेतोपाटी संवाददाता पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले जातीय छुवाछुतको विषयमा उनीविरूद्धको जाहेरी लिन सर्वोच्च अदालतले प्रहरीलाई दिएको आदेशबारे कुनै चासो नभएको बताएका छन्।, शुक्रबार बिहान सेतोपाटीसँग कुरा गर्दै उनले त्यतातिर आफ्नो ध्यान नगएको बताए।, सञ्चारकर्मी रूपा सुनारले जातको आधारमा आफूलाई कोठा दिन इन्कार गर्ने घरबेटीलाई छुटाउन मन्त्री श्रेष्ठ प्रहरी चौकीमा गएको र आफूले उनीविरूद्ध जाहेरी दिँदा प्रहरीले लिन नमानेको भन्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।, न्यायाधीशहरू प्रकाश सिंह राउत र नहकुल सुवेदीको इजलासले बिहीबार सुनारले दिएको रिटमा सुनुवाइ गर्दै श्रेष्ठविरूद्धको जाहेरी दर्ता गर्न आदेश दिएको हो।, ‘निवेदिकाले सरस्वती श्रेष्ठविरूद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र उनी हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी श्रेष्ठ उपस्थित भइ हिरासतबाट निजलाई मन्त्रीको सवारी साधनमा लगी गएको भन्ने मिसिलबाट देखिएको,’ आदेशमा भनिएको छ, ‘र उक्त कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी यिनै निवेदिकाले कृष्णगोपाल श्रेष्ठ विरूद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकाले दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नू गराउनू।’, श्रेष्ठले भने आफूले अहिलेसम्म जातीय छुवाछुतविरूद्ध लडेको दाबी गरे।, ‘जिन्दगीभर दलित र छुवाछुतविरूद्ध आन्दोलन गर्दागर्दा आज यो उमेर भइसक्यो,’ उनले भने,‘किन त्यस्तो खालको गर्छन् त्यो पनि बुझ्दिनँ। ती मान्छे पनि चिन्दिनँ। म कसैलाई अन्याय भएको हेर्न सक्दिनँ। जसलाई अन्याय हुन्छ त्यसलाई माया गर्ने मेरो क्यारेक्टर हो। यत्ति हो।’, उनले आफूले भेदभाव गरेको कसैलाई लाग्छ भने थुनिदिए पनि हुने बताए। , ‘लगेर थुन्न मन लागेको छ भने थुनिदिए पनि भैगौ। कृष्णगोपालले छुवाछुतको अन्याय गर्यो, दलितलाई अन्याय गर्छ भनेर राख्छ भने लगेर राखिदिए भैगौ नि!’ उनले भने।, यस्ता विषयमा बहस गर्नु समयको बर्बादी गर्नुमात्र हुने पनि श्रेष्ठको तर्क छ। , ‘यस्तो कुरामा समय बर्बाद गर्ने हो। बरू चार जना खोलामा बाढी आएको ठाउँमा सहयोग गर्न जाउँ न,’ श्रेष्ठले भने,‘दु:ख पाएको मानिसलाई राहत बाँड्न इनर्जी खर्च गरौं न बरू। दिक्क लाग्छ, कहिलेकाहीँ त तनाव हुन्छ। राम्रो सोच्ने मान्छेहरूको कल्याण हुँदो रहेनछ।’, श्रेष्ठविरूद्ध रूपाले जेठ १७ गते नै प्रहरीमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरी प्रहरीले दर्ता गर्न मानेको थिएन। , ‘सर्वोच्चको आदेशपछि अब त्यही दर्ता गर्छ होला नि,’ रूपाले भनिन्। ,
कृष्णगोपाल श्रेष्ठ भन्छन्- मलाई थुन्न मन लागेको छ भने लगेर थुनिदिए भैगो नि!
|
सेतोपाटी संवाददाता कैलालीमा र कञ्चनपुरमा निषेधाज्ञा थप गरिएको छ।, दुवै जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप भएको सूचना जारी गरेका छन्।, जसअन्तर्गत निषेधाज्ञालाई थप खुकुलो पार्दै कैलालीमा साउन ११ गतेसम्मलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।, यस अवधिमा मनरोञ्जन, शिक्षण संस्था, खेलकुद लगायतका पसलहरूबाहेक सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, जिमखाना, पुस्तकालय, संग्रहालय, शिक्षणसंस्था, समूहमा खेलिने दर्शकसहितका खेलकुदबाहेक अन्य व्यापार व्यवसाय बिहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ। सार्वजनिक सवारी साधन र निजी सवारी साधन यथावत रूपमा सञ्चालन हुनेछन्।, यस्तै, कञ्चनपुरमा पनि केन्द्रको सिफारिसका आधारमा साउन ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो।, जारी निषेधाज्ञालाई साउन ७ गतेसम्म निरन्तरता दिने आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए।, थप गरिएको निषेधाज्ञा अवधिभर बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी सञ्चालन गर्न पाइनेछ।, मानिसहरूको बढी भीडभाड हुने सभा सम्मेलन तथा गोष्ठी आयोजना गर्न पाइने छैन भने पार्टी प्यालेस, रेष्टुरेन्ट, जिमखाना, खेलकुद स्थल, शैक्षिक संस्था बन्द नै रहनेछन्।, तर अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै पसल दैनिक बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ।,
कैलाली र कञ्चनपुरमा निषेधाज्ञा थप
|
सेतोपाटी संवाददाता कैलालीमा भैँसी बाँध्ने गोठमा एक जना पुरुष मृत फेला परेका छन्।, घोडाघोडी नगरपालिका वडा नम्बर ४ सिमथरिका ४३ वर्षीय धनबहादुर रतोकी मृत अवस्थामा फेला परेका हुन्।, उनी बुधबार राति भैँसी बाँध्ने गोठमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए। , शव बुधबार राति फेला परेको भएपनि घटनाबारे प्रहरीलाई शुक्रबार मात्रै खबर भएको हो। मृतकको शव पोष्टमार्टमका लागि धनगढी ल्याइएको छ। घटना बारे थप कुरा पोष्टमार्टमपछि खुल्ने बिष्टले बताए। , घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
कैलालीमा गोठभित्र एक पुरुष मृत फेला
|
शर्मिला पाठक काठमाडौं महानगरको न्यायिक समितिमा सबैभन्दा धेरै डेराभाडाका उजुरी परेका छन् । अघिल्ला वर्षमा घरेलु मुद्दाको उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय घरकोठा खाली गराउने विषयमा उजुरी पर्ने गरेको हो । , कोरोना महामारीका कारण धेरैको रोजगारी गुमेको र केहीले अनेक समस्याका कारण कोठामा सामग्री राख्ने ढोका लगाएर लामो समयसम्म सम्पर्कमा नआउने समस्या बढेको छ । घरधनीले घर भाडा पनि नपाउने र कोठा खाली पनि नहुने हुँदा खाली गर्नका लागि उजुरी बढी पर्ने गरेको कामपाले जनाएको छ । , विसं २०७८ असार २० गतेसम्म समितिमा २८३ वटा उजुरी परेको थियो । यीमध्ये १२८ वटा आव ०७६/०७७ बाट दायित्व सरेर आएको हो भने १५५ वटा आव ०७७/०७८ मा दर्ता भएका हुन् । , जम्मा उजुरीमध्ये १०६ वटा उजुरी फर्छौट भइसकेका छन् । एक सय ४७ वटा विचाराधीन अवस्थामा छन् । बाह्र १२ वटा कार्यान्वयन भएका छन् भने नौ मेलमिलापका माध्यमबाट टुङ्गिएका छन् । विचाराधीन अवस्थामा रहेका १४७ मुद्दा पनि सक्दो छिटो किनारा लगाउने तयारीमा कामपा रहेको न्यायिक समितिका सदस्य सरोज ढकालले जानकारी दिए।, ‘एउटा मुद्दा फैसला गर्न ९० दिनको समय हुन्छ, कोरोनाका कारण धेरै मुद्दा किनारा लगाउन बाँकी छ, तिनलाई पनि सक्दो छिटो फछ्र्यौट गर्न समिति सक्रिय छ,’ उनले भने। त्यसैगरी अन्य दर्ता हुने उजुरीमा बाटो खुलाई पाऊँ, बहाल रकम फिर्ता गराइदिने सम्बन्धमा, जग्गा खाली गराइदिने, सार्वजनिक बाटो खोलिदिनेबारे तथा बाटो विस्तार रोक्ने विषयमा बढी उजुरी पर्ने गरेका छन्।, कामपाका अनुसार समितिमा घर निर्माण रोक्का, बाटो खुलाई पाउन, क्षतिपूर्ति पाउन, बहाल रकम दिलाई पाउन, इज्जत आमदअनुसार खान लाउन सहयोग गरी पाउन, मेलमिलाप गराई पाउन, माना चामल भराउन, मेलम्ची धाराका लागि बाटोको बिवाद मिलाउन तथा टहरा खाली गराई पाउन जस्ता विषयमा उजुरी परेका थिए । , यसैगरी बहाल बुझाई मालसामान फिर्ता पाउन, अन्तरिम संरक्षणात्मक आदेश दिलाई पाउन, पालन पोषण र स्याहार सुसार गराई पाउन, घर भाडा सम्झौता गराई पाउन, ध्वनी प्रदूषण रोकी पाउन, घर बहाल रोक्का गरिपाउन, सम्पत्ति संरक्षण गरी पाउनजस्ता विषयमा उजुरी परेका थिए । , नेपालको संविधानको धारा २१७ मा न्यायिक समितिसम्बन्धी व्यवस्था गरिएको छ । समितिको कार्यसम्बन्धी व्यवस्था, कर्तव्य र क्षेत्राधिकार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ मा व्यवस्था छ । यसै व्यवस्थाबमोजिम कामपामा गठन भएको न्यायिक समितिले २०७४ कात्तिक २८ गते पहिलो बैठक बसेर काम थालनी गरेको थियो ।, पहिलो इजलास भने २०७४ मङ्सिर १० गते सञ्चालन गरिएको थियो । समितिले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ अनुसार न्यायिक समितिको क्षेत्राधिकार, दफा ४८ अनुसार अधिकार क्षेत्रको प्रयोग, दफा ४९ अनुसार न्याय सम्पादनका प्रक्रिया सञ्चालन गर्छ ।, त्यस्तै न्याय सम्पादन गर्दा कानूनका सर्वमान्य सिद्धान्त, नजिरको सिद्धान्तका साथै प्रचलित ऐन कानूनको मूल्य मान्यताबमोजिम न्याय सम्पादन गर्छ । न्यायिक समितिका अतिरिक्त भवन निर्माणको मापदण्डका विषय प्रमुखको इजलासबाट हेरिन्छ भने भवन निर्माण इजाजतसम्बन्धी विषय प्रमुख प्रशासकीय अधिकृतको इजलासबाट हेरिन्छ । , कर्मचारीको अभाव र कोरोना महामारीका कारण देखाउँदै कामपाले हुनुपर्ने जति मुद्दाको समयमै किनारा लगाउन नसकेको भनिरहँदा नागरिकले भने मुद्दाको फछ्र्यौटमा तदारुकता दिँदै आएका छन् । ,रासस,
महानगरको न्यायिक समितिमा डेराभाडाका उजुरीको चाङ
|
सेतोपाटी संवाददाता झापाको भित्री सडकमा सवारी दुर्घटना हुँदा शुक्रबार दिउँसो दुई जनाको मृत्यु भएको छ।, भद्रपुरबाट बनियानीतर्फ जाँदै गरेको मे १ त २८२१ नम्बरको ट्याक्टर र बनियानीबाट भद्रपुरतर्फ यात्रु लिएर आउँदै गरेको अटो रिक्सा (टेम्पो) आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो। दुर्घटनाबाट एक जना घाइते भएका छन्।, भद्रपुर-१ सगरमाथा चोकको ओरालोमा दिउँसो साढे २ बजे भएको दुर्घटनामा भद्रपुर १ केन्द्रमोड बस्ने ३६ वर्षीया नानी भनिने छविमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।, टेम्पोमा सवार सोही ठाउँका करिब ४० वर्षीय अर्का डम्बरबहादुर लिम्बूको ओमसाई अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक भट्टराईले सेतोपाटीलाई बताए।, टेम्पो चालक सोही ठाउँका ४२ वर्षीय नरबहादुर लिम्बूको उपचार भइरहेको छ। उनको टाउको, खट्टामा चोट लागेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनको पनि अवस्था गम्भीर छ। , दुवै सवारी साधन प्रहरी चौकी पृथ्वीनगरको नियन्त्रणमा छन्। दुर्घटनापछि ट्याक्टर चालक कचनकवल ३ बस्ने ३३ वर्षीय सागरसिंह राजवंशीलाई नियन्त्रणमा लिएको जनाइएको छ।, दुर्घटनाको कारण खुलेको छैन।,
झापामा दुर्घटना हुँदा दुई जनाको मृत्यु
|
सेतोपाटी संवाददाता डोटीको शिखर नगरपालिका- २ मुडेगाउँको कालागाडमा आँप प्रदर्शनी भएको छ। मुडेगाउँमा उत्पादन भएका करिब १५ देखि २० जातका आँप प्रदर्शनीमा राखिएको थियो।, रैका टुर्स एण्ड ट्राभल्सका प्रवन्ध निर्देशक तथा आँप किसान अमर बहादुर शाहीको एकल प्रयासबाट आँप प्रदर्शनी-२०७८ को आयोजना भएको हो। , प्रदर्शनीमा करिब २० जना किसानले उत्पादन गरेका आँप राखिएका थिए। ‘नेपालमा सबैभन्दा महङ्गो र सबैभन्दा मिठो आँप मुडेगाउँमा रहेको छ', शाहीले भने, ‘मुडेगाउँ म्याङ्गो’ को ब्राण्डले हामी चिनाइरहेका छौं।’ , यसैपालि उत्पादन भएका आँप करिब ६/७ क्वीन्टल काठमाडौंका बजारमा पठाइसकेको र अझै १/२ दिनमा एक हजार केजी पठाइने शाहीले बताए। , काठमाडौंका भाटभटेनी सुपरमार्केटसहित अन्य बजारमा मुडेगाउँका आँपहरू पाउने उनले दाबी गरे। , 'प्राविधिक सहयोगको आवश्यकता परे सधै तयार छौं', जिल्ला ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरूले भने, ‘आँप नेपालमा महत्त्वपूर्ण फलका रूपमा लिने गरिन्छ, यसको बजारिकरणका लागि समस्या भए पनि स्थानीय ब्राण्डको रूपमा स्थापित गरेर लग्यो भने सुदूरपश्चिमका धनगढीलगायत महेन्द्रनगरमा समेत राम्रै बजार पाउनेछ।’ , सुदूरपश्चिम कृषि विकास निर्देशनालय राजपुरका निर्देशक यज्ञराज जोशीले विषादीमुक्त आँप रहेकाले स्वास्थ्यको लागि उपयुक्त रहेको बताए। , बाहिरबाट आउने अधिकांश आँपहरू बिषादी हालेकाले मानव स्वास्थ्यका लागि हानिकारक भए पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने जोशीले बताए। उनले यो क्षेत्रलाई आँप उत्पादन गर्न पकेट क्षेत्रको रूपमा लैजानुपर्ने बताउँदै किसानलाई सम्बन्धित जस्तोसुकै सहयोगका लागि आफूहरू तत्पर रहेको बताए। , किसानने आर्थिक उन्नतिका लागि फलफूल र तरकारी खेतीनै आवश्यक रहेको जोशीले बताए। किसानहरूले इच्छा शक्ति देखाउनुपर्ने र सहयोगको लागि नगरपालिका समेत पछि नपर्ने नगर प्रमुख सिताराम जोशीले बताए।,
‘मुडेगाउँ म्याङ्गो’
|
सेतोपाटी संवाददाता विषालु सर्पले डस्दा सर्लाहीमा पाँच वर्षीय बालकको ज्यान गएको छ।, प्रहरीका अनुसार विषालु सर्पले डस्दा हरिवन नगरपालिका-१ भोक्टेनीकी रीता ठाकुरका पाँच वर्षीय छोरा शिवम् ठाकुरको मृत्यु भएको हो।, करेत सर्पले डस्दा उनी गम्भीर घाइते भएका थिए। बुधबार राति आमासँगै सुतेका बालकलाई राति १ बजेतिर ओछ्यानमै सर्पले डसेको प्रहरीले जनाएको छ।, बालकलाई उपचारको लागि लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सर्पदंश उपचार केन्द्र लगिएको थियो।, अवस्था गम्भीर भएपछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।,
विषालु सर्पले डस्दा सर्लाहीमा बालकको ज्यान गयो
|
सेतोपाटी संवाददाता ब्राउनसुगरसहित कैलालीमा दुई जना पक्राउ परेका छन्। लागुऔषध प्रयोग, कारोबार तथा ओसारपसारविरूद्ध कारबाही अभियान सुरू गरेको प्रहरीले १४.९७ ग्राम ब्राउनसुगरसहित बिहीबार साँझ दुई जनालाई पक्राउ गरेको हो।, प्रहरीका अनुसार पक्राउ पर्नेमा टिकापुर नगरपालिका-७ बैदीका ३६ वर्षीय लोकेन्द्र साउद र २८ वर्षीय धनसिंह सुनार रहेका छन्।, उनीहरूलाई इलाका प्रहरी कार्यालय टिकापुरको टोलीले वडा नम्बर ५ नारायणपुर शिविरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।, साउदले बोकेको झोलाबाट ब्राउनसुगर फेला परेको थियो। कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी खटिएको थियो।, दुबैलाई हिरासतमा राखेर लागुऔषध ऐन अन्तर्गत कारबाही थालिएको छ।,
ब्राउनसुगरसहित टिकापुरबाट दुई जना पक्राउ
|
सेतोपाटी संवाददाता ७७ किलो गाँजासहित प्रहरीले सर्लाहीबाट एक युवालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ का ३० वर्षीय अशोककुमार लामा छन्।, हरिवन नगरपालिका-२ बाट बिहीबार साँझ लामालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढथोकीले बताए।, हरिवन-२ अत्रौली खोलामा बा५२प १९३२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्लाष्टिकको बोराममा गाँजा फेला परेको बुढाथोकीले जानकारी दिए। लामासँगै रहेका अन्य तीन जना भने फरार भएको बुढाथोकीले बताएका छन्।, सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको उत्तरी चुरे क्षेत्रमा उत्पादन भएको गाँजा तस्करहरूले सर्लाहीको बाँके, लालबन्दी, नवलपुर, हरिवन र बागमती हुँदै भारत लैजाने गरेको प्रहरीले जनाएको छ।,
७७ किलो गाँजासहित सर्लाहीमा एक पक्राउ, तीन जना फरार
|
सेतोपाटी संवाददाता दमकबाट ९ जना जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकको टोलीले वडा नम्बर ७ हाटखोलास्थित कर्णबहादुर राईको घरबाट शुक्रबार साँझ ९ जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा राईसहित, दिनेश अधिकारी, इन्दुकुमार राजवंशी, विक्रम गुरुङ, निर्मल थापा, रामबहादुर धिमाल. राजन दाहाल, अंकित कार्की, जंगा पाठक, मिलन राई र विजय सिंह छन्।, उनीहरूलाई दुई लाख ८ हजार ९५ रूपैयाँ नगद र १६ थान कौडासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।, पक्राउ परेकालाई शुक्रबार साँझबाटै हिरासतमा राखेर कारबाही थालिएको छ। ,
दमकबाट दुई लाख र कौडासहित ९ जुवाडे पक्राउ
|
विनोद सापकोटा झापासहित प्रदेश नम्बर १ मा हत्याका घटना बढेका छन्। असार महिनामा मात्रै आठ वटा हत्याका घटना भएको प्रहरीले पुष्टि गरेको छ।, झापाको विर्तामोड-५ मा असार २७ गते मृत अवस्थामा फेला परेकी सृजना बस्नेतको हत्या वा आत्महत्या भन्ने विषयको प्रहरीले अहिलेसम्म निर्क्यौल निकालेको छैन।, विर्तामोडकी युवती मृत्यु प्रकरणको टुङ्गो नलाग्दै बिहीबार झापाको गौरादह–१ गेउरियामा महिलाको शव फेला परेको छ।, गेउरिया चोकनजिकै ३९ वर्षीया संगीता टुडू मृत फेला परेकी हुन्। श्रीमानसँग बुधबार बेलुका झगडा भएको र श्रीमान् फरार रहेकाले उनैले हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।, विर्तामोडकी बस्नेत मृत्यु प्रकरणमा प्रहरीले कसैलाई पक्राउ नगर्नु र तीन दिनकै अवधिमा अर्को हत्याको घटनाले सुरक्षा व्यवस्थामा प्रश्न खडा गरेको छ। असार महिनामा मात्रै भएका हत्याका घटनामा आफन्तको नै संलग्नता बढिरहेको प्रहरीले जनाएको छ।, गत असार ३ गते मेचीनगर-५ का ४० वर्षीय भीमराज लिम्बुको हत्या भएको थियो। उनलाई सोही ठाउँका ५६ वर्षीय सुकराज लिम्बुले कपडाको क्र्याक ब्याण्डेजले घाँटीमा बाँधेर हत्या गरेका थिए।, हत्यामा संलग्न सुकराजलाई प्रहरीले पक्राउ गरेको छ। असार १३ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका २८ वर्षीय सुवर्ण राईले आफ्नै बुवाको हत्या गरे। घरायसी विवादमा सुवर्णले ७२ वर्षीय बुवा चन्द्रबहादुरको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका थिए।, असार १९ गते मोरङको बेलबारी नगरपालिका-७ का ५६ वर्षीय अम्बिका घिमिरेले ४८ वर्षीया श्रीमती सीता घिमिरेको मुंग्रो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवनगरेका अम्बिकाले आफ्नो बुवाको श्राद्धको दिन नै श्रीमतीको हत्या गरेको प्रदेश प्रहरीले जनाएको छ।, असार २३ गते इलाम नगरपालिका-१२ साङ्ग्रुम्ब पिप्ले भन्ज्याङका ४५ वर्षीय यामबहादुर साँवाले सोही ठाउँका ५८ वर्षीय धनबहादुर राईको हत्या गरे। राई र साँवाबीच झगडा हुँदा साँवाले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।, असार २५ गते संखुवासभा खाँदबारी नगरपालिका-१ का २४ वर्षीय मुकेश तामाङले २६ वर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गरी उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।, असार २६ गते मोरङको विराटनगरमा आफ्नै भाइले दाजुको हत्या गरेका छन्। गुप्तचर विभागमा कार्यरत हवल्दार ४२ वर्षीय भोला सिंहका ३१ वर्षीय भाइ साजन सिंहले छुरा प्रहार गरी दाजुको हत्या गरेका हुन्।, लागुऔषध दुर्व्यसनमा फसेका साजनले दाजु घर आएको समयमा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। त्यस्तै, उच्च अदालत विराटनगर इलाम इजलासको परिसरमा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा प्रहरीका असईको संलग्नता रहेको खुलेको छ।, अदालतकी कर्मचारी ४८ वर्षीया विमलादेवी निरौला पराजुलीको ३५ वर्षीय युवराज बानियाँले हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जनाएका छन्।, उनीहरूबीच सम्बन्धमा खटपट आएपछि घटना भएको रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उता, असार ३० गते मोरङमा नवजात शिशुको हत्या भएको छ। रंगेली-५ आँपगाछीमा नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो।, पक्राउ पर्नेमा २५ वर्षीया खुश्बु मण्डल, ५० वर्षीय नागेश्वर मण्डल, ४८ वर्षीया उर्मिला मण्डल र २८ वर्षीय अरुण मण्डल रहेका छन्। खुश्बुले ब्लाङ्केटले घाँटी थिचेर हत्या गरी खाल्डो खनेर पुरेको अवस्थामा नवजात शिशुको शव प्रहरीले फेला पारेको थियो।, त्यस्तै, असार ३१ गते मोरङको विराटनगरस्थित बसपार्क चोकमा सञ्चालित चिया पसलभित्र एक महिलाको शव फेला परेको थियो। चिया पसलभित्र घोप्टो परेको अवस्थामा ४० वर्षीया सीता राजवंशीको शव फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।, राजवंशीको हत्या भएको आशंका भए पनि प्रहरीले पुष्टि गरेको छैन। प्रहरीले पुष्टि नगरेका तीन घटनासँगै असार महिनामा मात्रै ११ जनाले ज्यान गुमाएका छन्। हत्याका घटनामा प्रहरीले कुकुरको सहायता लिए पनि झापाको घटनामा भने प्रहरीले कुनै प्रमाण फेला नपार्दा अन्योल सिर्जना भएको छ।, विर्तामोडको सुरक्षा व्यवस्थालाई लिएर नगरपालिकाले विज्ञप्ति नै निकालेर चिन्ता व्यक्त गरेको छ। पछिल्लो समय विर्तामोडमा हत्याका घटना बढेको भन्दै सुरक्षा व्यवस्था चुस्त राख्न नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले प्रहरीलाई आग्रह गरेका छन्।, इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हालेका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले सुरक्षा व्यवस्था मिलाउन नसकेको गुनासो स्थानीयले गर्न थालेका छन्।, २५ वर्षीय बस्नेतको शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइए पनि उक्त रिपोर्ट चार दिन बितिसक्दा समेत आएको छैन।, प्रहरीले मृतक बस्नेतको मोबाइलसमेत चेकजाँचका लागि काठमाडौं पठाएको बताइएको छ। प्रहरीले हालसम्म हत्या वा आत्महत्या केही भन्न सकेको छैन।, माथिका केही घटनामा के देखाउँछ भने हत्यामा अधिकांश संलग्न आफन्त देखिएका छन्।, लेनदेन, अनैतिक सम्बन्ध र मदिरा सेवनबाट हुने आवेगको झगडाले हत्यासम्मका घटना पूर्वमा हुन थालेका छन्।, प्रहरीले घटनास्थललाई सुरक्षित राखेर त्यससँग सम्बन्धित प्रमाण संकलन गर्दा घटनाका प्रत्यक्षदर्शीले पाएको सूचना लुकाउने गर्दा कतिपय अपराधी फरार हुन पाएका छन्।, झापामा भएका हत्याका घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए।, तत्काल फरार रहे पनि कुनै पनि अवस्थामा उनीहरू पक्राउ पर्ने उनले बताए। ‘हामीले खोजी गरिरहेका छौं। केही घटनाका फरारसँग प्रहरी नजिक पुगेको छ। उनीहरू पक्राउ नपर्नुको कुनै कारण प्रहरीसँग छैन,’ डिएसपी थापाले भने।,
आर्थिक लेनदेन, अनैतिक सम्बन्ध र मदिराले प्रदेश १ मा हत्या बढ्दो, एक महिनामा ११ जनाको हत्या
|
सेतोपाटी संवाददाता दाङको घोराहीबाट एक लाख बढी रकमसहित दश जुवाडे पक्राउ परेका छन्। , पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ का ५२ वर्षीय कमान पुन, ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा, २२ वर्षीय निमबहादुर रोका, २६ वर्षीय त्रिपन बुढा, ३३ वर्षीय ढोका घर्ती, ४० वर्षीय तेजलाल पुन र ६८ वर्षीय गनबहादुर घर्ती छन्। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालका अनुसार घोराही १३ डुमरगाउँस्थित गनबहादुर घर्तीको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो। , उनीहरुको साथबाट १ लाख २२ हजार ५ सय १० रुपैंया नगद र ६ गड्डी तास बरामद भएको डिएसपी रिजाले बताए।, उनीहरुलाई शुक्रबार बेलुका साढे ६ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ।,
घोराहीबाट दश जुवाडे पक्राउ
|
सेतोपाटी संवाददाता धनुषा र महोत्तरीमा पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषामा एकै परिवारका दुई बालक रहेका छन्।, धान रोप्न आमाबुवासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर दुबै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, धनौजी गाउँपालिका–५ बहुअर्बाका श्रीकिशुन कापरका आठ वर्षीय छोरा राकेश कापर र दिपु कापरका छ वर्षीय छोरा आशिकको मृत्यु भएको हो । दुबै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।, त्यसैगरी, महोत्तरीको जलेश्वरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर–५ बस्ने चार वर्षीय आरुष कापर आफ्नै घरदेखि एक किमि पश्चिममा रहेको पोखरीमा डुबेर मृत्यु भएको हो।, बालक डुबेको खबर प्राप्त भएपछि तत्काल प्रहरी चौकी पर्सापतैली र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी गएर बालकको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल जलेश्वर पठाइएको थियो। उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।, एक महिनाअघि धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा खाल्डोमा डुबेर एकै पटक पाँच बालिकाको मृत्यु भएको थियो। रासस,
बुवाआमासँगै खेतमा गएका दुई बालकको पानीमा डुबेर मृत्यु
|
सेतोपाटी संवाददाता लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ । , सडक खुलाउनका लागि जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहे पनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए।, सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन मालढुङ्गामा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन अर्मादीमा अलपत्र बनेको प्रहरीले जनाएको छ । वर्षा रोकिएलगत्तै खुलाउनका लागि प्रयास गरिने प्रहरीले जनाएको छ । ,रासस,
मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध
|
पूर्णप्रसाद मिश्र/रासस काठमाडौंको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित सहर निर्माण गरिने भएको छ।, विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित सहर निर्माण गर्ने यो आयोजना पहिलो हुने पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजनाका इञ्जिनियर परासर घिमिरेले जानकारी दिए। प्राकृतिक प्रकोपबाट बच्न पर्याप्तमात्रामा खुला क्षेत्र र नदी किनारमा बाढी नआउने गरी तयार सहरका रुपमा स्थापित गर्ने गरी काम अघि बढेको छ।, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १, २ र ४ एवम् शङ्खरापुर नगरपालिकाको वडा नम्बर ९ भित्रको करिब २६ हजार रोपनी जग्गामध्ये २० हजार रोपनी जग्गा एकीकरण गरेर नयाँ सहर बनाउन लागिएको हो। यसका लागि पूर्वी काठमाडौँ नयाँ सहरी आयोजना गत वर्ष स्थापना गरी सञ्चालन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताए।, ‘आयोजना सञ्चालन गर्न तीनवटै नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, आयोजना सञ्चालन हुने वडाका वडाध्यक्ष, तीनवटै नगरपालिकाका कानूनी सल्लाहकार, जग्गा धनी, मोही र सरोकार भएका सरकारी कार्यालयका प्रतिनिधि सदस्य रहने गरी ४० सदस्यीय समिति गठन गरिएको छ,’ उनले भने। समितिको अध्यक्षमा कागेश्वरी मनोहराका नगर प्रमुख थापा तोकिएको छ।, यसैगरी, सहअध्यक्षमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे र शङ्खरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठ रहेका छन्। आयोजना सञ्चालनका लागि उपभोक्ता समिति, आवश्यकता अनुसार उपसमिति, आयोजना क्षेत्रभित्रका सबै कित्ता जग्गालाई एकीकरण गर्ने, आयोजना क्षेत्रमा विकसित घडेरी निर्माण गर्न प्रचलित कानुन बमोजिम ठेक्कामा दिने काम अघि बढाउन लागिएको हो।, आयोजना सम्पन्न गरी विकसित घडेरी वितरण गर्ने, आयोजना हस्तान्तरण गर्ने र सम्पन्न भएपछि सो को प्रतिवेदन नगर कार्यपालिकासमक्ष पेश गरिने भएको छ। आयोजना व्यवस्थापन समितिको बैठकले आयोजना कार्यान्वयन व्यवस्थापन कार्यविधि-२०७६ स्वीकृत गरेको छ। गोकर्णेश्वर नगरपालिका-८ मा आयोजना कार्यालय स्थापना गरी सम्भाव्यता अध्ययनको काम पूरा गरिएको छ।, आयोजना सञ्चालन गर्न आवश्यक पर्ने बजेटको ५० प्रतिशत कागेश्वरी मनोहरा, ३५ प्रतिशत गोकर्णेश्वर र १५ प्रतिशत शङ्खरापुर नगरपालिकाले व्यहोर्ने निर्णय पनि बैठकले गरेको छ। सो रकमलाई तीन नगरपालिकाको सभाबाट सम्बोधन गरी विनियोजन ऐन २०७७/२०७८ मा उल्लेख गरेपछि गत आर्थिक वर्षदेखि नै काम अघि बढेको हो। बाग्मती र मनोहरा नदी किनारका फाँट रहेको आयोजनास्थलका बहाव क्षेत्रको दायाँ-बायाँ २०-२० मिटरमा सडकसमेत बनाउन नदिने गरी काम अघि बढाइएको इञ्जिनियर घिमिरेले बताए। यसले गर्दा नदीमा बाढी आउँदा घर र व्यवसायी नडुबाउने गरी शहर निर्माण गरिँदैछ। राजधानीमा आवासीय क्षेत्रको माग पूरा गर्न काम सुरू गरिएको आयोजना प्रमुख इञ्जिनियर दीपक श्रेष्ठले बताए।, आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि जग्गाधनी तथा मोहीलाई जानकारी दिन अन्तरक्रिया सञ्चालन गरिएको छ। आयोजना अन्तर्गत नै गोकर्णेश्वर महादेव मन्दिर परिसरबाट सुन्दरीजलसम्मको बाग्मती कोरिडोरसमेत निर्माण गर्ने गरी योजना बनाइएको छ। यसका लागि अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिसँग पनि समन्वय गरिने आयोजनाले जनाएको छ।, अन्तक्रियामार्फत आयोजनामा सहभागी हुन निवेदन आह्वान गर्ने निर्णय पनि बैठकले गरेको गोकर्णेश्वरका नगर प्रमुख सन्तोष चालिसेले जानकारी दिए। सम्भाव्यता अध्ययनको काम सम्पन्न गरी हाल विस्तृत परियोजना प्रस्ताव (डिपिआर) निर्माणको काम भइरहेको छ। असोजसम्ममा प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा पारितका लागि पेश गरिने छ। मन्त्रिपरिषदबाट प्रस्ताव पारित भएपछि मात्र आयोजनाले वैधानिकता पाउनेछ। वैधानिकता दिएर तिहारपछि स्थलगत रुपमै जग्गा एकीकरणको काम सुरू गर्ने आयोजनाको लक्ष्य छ।, एकीकरण गरिने जग्गामध्ये १६ हजार रोपनी व्यक्तिको पर्ने प्रारम्भिक अनुमान समितिले गरेको छ। दुई हजार रोपनी जग्गा भने सार्वजनिक, पर्ती, नदी, वन क्षेत्रको पर्ने जनाइएको छ। जग्गा एकीकरण गर्दा जग्गाधनीको ३५ प्रतिशत जग्गा काटिने भएको छ।, त्यसमध्ये २० प्रतिशत सडक, पाँच प्रतिशत खुला स्थानका लागि र १० प्रतिशत जग्गा बेचेर आयोजनालाई व्यवस्थित गर्ने सोच अघि सारिएको छ। हाल सडक नपर्ने जग्गाधनीबाट बढी जग्गा लिएर व्यवस्थित गर्ने सिद्धान्त पनि आयोजनाले अघि सारेको छ। यसै महिनादेखि आयोजनाका लागि जग्गा रोक्का गर्ने तयारी पनि आयोजनाले गरेको छ। रासस,
कागेश्वरी, गोकर्णेश्वर र शंखरापुरमा तार भूमिगत गरेर नयाँ सहर बनाइँदै
|
सेतोपाटी संवाददाता कपिलवस्तु प्रहरीले ब्राउनसुगरसहित एकै घरका तीन जना सदस्यलाई पक्राउ गरेको छ।, कवपिलवस्तु-२ बर्दहवास्थित सडकमा सवारीसाधन चेकजाँच गर्ने क्रममा भारतीय नम्बरको मोटरसाइकलबाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, पक्राउ पर्नेमा कपिलवस्तु-१ नयाँटोलका २७ वर्षीय राकेश गुप्ता, उनकी श्रीमती २४ वर्षीया प्रभावती गुप्ता र उनका देवर २२ वर्षीय बैजुकुमार गुप्ता छन्। , युपी५५बी ९४३६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा प्रभावतीले आफ्नो ब्लाउजबाट लागुऔषधको पोको निकालेकी थिइन्। उनले सो पोको श्रीमान राकेशलाई दिएकी थिइन्। , पोको खोलेर हेर्दा लागुऔषध ब्राउनसुगर फेला परेको थियो। तौल गर्दा २९ ग्राम ७९० मिलिग्राम परिमाण फेला परेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।, यस्तै, उनीहरूको साथबाट १० ट्याब्लेट र १२४ क्याप्सुल लागुऔषध पनि फेला परेको भण्डारीले बताए।, तीन जना एउटै मोटरसाइकलमा सवार थिए। उनीहरूले भारतबाट ब्राउनसुगर ल्याएको आशंका गरिएको छ।, उनीहरू सबैलाई हिरासतमा लिएर अनुसन्धान थालिएको भण्डारीले बताए।,
ब्लाउजभित्र लुकाएर ल्याएको ब्राउनसुगरसहित कपिलवस्तुबाट श्रीमान-श्रीमती र देवर पक्राउ
|
सेतोपाटी संवाददाता आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, आज (शनिबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । , सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।, पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ, २०७८ साउन ३ गते ( आइतबार), दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।, राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश , लुम्बिनी प्रदेश र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, २०७८ साउन ४ गते ( सोमबार), दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, राती: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।,
देशभर मनसुनी वायुको प्रभाव, आजदेखि ३ दिनसम्म व्यापक वर्षाको सम्भावना
|
सेतोपाटी म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ।, गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिएपछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो।, गाउँमा रहेका २८ वटा धारामा पानी नआए पछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटका टेकबहादुर कार्कीले बताए।, दुई सय १४ घरधुरी रहेको बगरफाँटमा १५ दिनदेखि खानेपानीको समस्या हुँदासमेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका बासिन्दा ठूलो समस्यामा परेका स्थानीयले बताएका छन्।, वि.सं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ वटा धारामा वितरण गरिएको थियो।, रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो। त्यसपछि बर्सेनि बर्खाको समयमा बाढी र पहिरोले पाइप लाइनलाई क्षति पुर्याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकोमा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत कार्य गर्न नसकिएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए।, अध्यक्ष कार्कीका अनुसार अझै केही दिनसम्म समस्या यथावत रहने र वर्षा रोकिएपछि मर्मत कार्य अघि बढाइने छ। खानेपानीको समस्याका कारण बगरफाँटको २१४ घरधुरीका एक हजार २०० भन्दा बढी जनता प्रत्यक्षरूपमा प्रभावित भएका छन्।रासस ,
बगरफाँटमा १५ दिनदेखि खानेपानीको हाहाकार
|
सेतोपाटी संवाददाता सर्ट मेसिन गन (एसएमजी) राइफल देखाएर मोरङको एउटा सुनचाँदी पसल लुट्ने प्रयास भएको छ।, सुरक्षाकर्मीसँग सीमित मात्रामा हुने राइफलको प्रयोग गरी एक समूहले सुन्दरहरैंचा नगरपालिकाको सुनचाँदी पसलमा लुटपाट गर्न खोजेको हो।, प्रहरीका अनुसार सुन्दरहरैंचा-१० त्रिवेणी चोकको शिव पाञ्चायन ज्वेलर्समा शुक्रबार दिउँसो तीन जनाको समूह प्रवेश गरेको थियो।, ‘एक जना गेटमा बसे भने दुई जना भित्र पसेर हतियार देखाएर लुटपाट गर्ने प्रयास गरे,’ मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले भने।, तर, स्थानीयको भिड जम्मा भएपछि लुट्ने योजना विफल भएको जिसीले बताए। ती व्यक्तिहरू हतियार देखाउँदै भागेको जिसीले बताए।, प्रहरीले सुन पसलको सिसिटिभी फुटेज अनुसन्धान गरेको छ। अनुसन्धान गर्दा हतियार देखिएको छ।, ‘त्यो सक्कली हो वा नक्कली हो भन्ने चाहिँ यकिन गर्न सकिएको छैन,’ जिसीले भने।, उनीहरूसँग एउटा पेस्तोल पनि थियो। एक जना पेस्तोल र अर्का जनाले एलएमजी हतियार देखाएको पसलका सञ्चालक खगेन्द्र थापालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय मोरङले सो समूहको खोजी भइरहेको जनाएको छ।, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालका अनुसार उनीहरू मोटरसाइकलमा आएका थिए। नम्बरप्लेट छोपेर मोटरसाइकलमा आएको देखिएको छ।, ‘उनीहरू लुटपाटकै लागि आएका थिए, आउनेवित्तिकै उनीहरूले हतियार देखाएर प्रयास गरेका थिए,’ खनालले भने, ‘तर, स्थानीयको भिड जम्मा भएपछि हतियार देखाएर भागेको देखिन्छ।’, हतियार कुन किसिमको हो भन्ने पूरै यकिन नभएसकेको उनले बताए।,
मोरङमा ‘एसएमजी राइफल’ देखाएर सुनचाँदी पसल लुट्ने प्रयास
|
सेतोपाटी संवाददाता कैलालीको टीकापुरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निर्माणाधीन एक भवनमा आगलागी भएको छ।, बिहीबार बिहान टीकापुर नगरपालिका–८ खक्रौलास्थित निर्माणाधीन बिओपीको तीन कोठे भवनमा आगलाी भएको प्रहरीले जनाएको छ।, निर्माण सकिन लागेको भवनमा कसरी आगो लाग्यो? भन्ने खुलेको छैन।, कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले आगलागीबाट भएको क्षतिको यकिन विवरण र कारण अहिले नखुलेको बताए। , ‘यसबारे सोधपुछ भइरहेको छ’, उनले भने।, भन्सार कार्यालय सत्तीको जमिनमा अस्थायी रूपमा राखिएको बिओपीलाई सीमा नजिकै सार्ने उद्देश्यले मोहना नदीपारि सो भवन निर्माण भइरहेको थियो।,
कैलालीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निर्माणाधीन भवनमा आगलागी
|
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दारसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।, अख्तियारले प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसहित तीन जनाविरूद्ध बिहीबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।, प्रहरी हवल्दार श्रेष्ठले हिरासतमा रहेका एक व्यक्तिलाई धरौटीमा छुटाइदिने भन्दै घुस माग गरेकी थिइन्।, उनले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरी प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भनी घुस मागेकी थिइन्।, सो सूचना पाएपछि गत फागुन २३ गते अख्तियार टंगालबाट खटिएको टोलीले श्रेष्ठलाई चाबहिलस्थित ओल्ड टाउन क्याफे एन्ड पब रेष्टुरेन्टबाट ६० हजार घुस लिएको अवस्थामा पक्राउ गरेको थियो।, अख्तियारले होटलका सञ्चालक अनिश जोशीलाई समेत नियन्त्रणमा लिएको प्रवक्ता रिसालले बताए।, उनका अनुसार श्रेष्ठले सो घुस रकम जोशीलाई लिन लगाएका थिए।, साथै थुनामा रहेको व्यक्ति छुटाउन भनी विमानस्थल भन्सार कार्यालयका करारमा कार्यरत कार्यालय सहयोगी राम खड्काले पनि प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठबाट ३० हजार रूपैयाँ लिएको अख्तियारले जनाएको छ।, सो कुरा पुष्टि भएसँगै प्रहरीले खड्कालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।, भ्रष्टाचार गरेको भन्दै अख्तियारले प्रहरी हवल्दार श्रेष्ठ र होटल सञ्चालक जोशीविरूद्ध ६० हजार बिगो कायम गरी चार महिनादेखि ६ महिनासम्म कैद सजायको मागदाबी गरेको छ।, त्यस्तै, खड्काविरूद्ध ३० हजार बिगो कायम गरी तीन महिनादेखि चार महिनासम्म कैद सजायको मागदाबी गरेको अख्तियार प्रवक्ता रिसालले बताए। ,
बानेश्वर वृत्तकी प्रहरी हवल्दारसहित तीन जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा
|
नारायण खड्का बिनाभिसा गैरकानुनी रूपमा अमेरिका जान खोज्ने सात नेपाली डुंगा दुर्घटनामा बेपत्ता भएपछि प्रहरीले उनीहरूलाई पठाउने एजेन्टको खोजी अभियान तीव्र पारेको छ।, बिहीबार बिहान दाङको घोराही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने गोमा जिसीलाई पक्राउ गरिएको उच्च प्रहरी अधिकारीले बताए।, ‘गोमाजीको नाममा केन्द्रबाटै वारेन्ट जारी गरी जिल्लामा पठाइएको हुँदा हामीले पक्राउ गरेर उहाँलाई काठमाडौं पठाइसक्यौं,’ ती प्रहरी अधिकारीले भने। , गोमाका श्रीमान् टोपबहादुर जिसी यसअघि पनि संगठित मानव तस्कर गरेको अभियोगमा अदालतमा मुद्दा परेपछि १५ लाख धरौटीमा छुटेका थिए। , बिनाभिसा गैरकानुनी रूपमा युवालाई अमेरिका पठाएको अभियोग खेपेका टोपबहादुर अहिले युक्रेनमा रहेको स्रोतले बताएको छ।, असार ७ गते बिहान नेपालका ८ जना र १० बंगलादेशी नागरिक सवार डुँगा कोलम्बियाको समुद्रमा दुर्घटनामा परेको थियो। त्यसमध्ये एक नेपाली र पाँच बंगाली नागरिक पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए। पौडी खेलिरहेका उनीहरूको सशुकल उद्धार भएको थियो।, डुंगा दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका-१२ का २८ वर्षीय हेमराज अधिकारी, बबई गाउँपालिका-५ का २७ वर्षीय रेशम बैंगा मगर र घोराही उपमहानगरपालिका-१२ का २१ वर्षीय एन्जल बुढा मगर बेपत्ता रहेको भनेर आफन्तले प्रहरीमा जाहेरी दिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन्।, जसमध्ये घोराहीका बुढाको परिवारले उनको मृत्यु कर्मसमेत गरिसकेको छ। आफन्त गुमाएका अन्य परिवार भने अन्यौलमा छन्। उनीहरूले अमेरिका पठाउने एजेन्टलाई हालसम्म २७ देखि ३५ लाखसम्म रकम बुझाएको बताएका छन्।, दुर्घटनामा परी पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा अझै बेपत्ता छन्।, दाङ, पर्वत, म्याग्दी र स्याङ्जाका युवालाई संगठित मानव तस्करहरूले चोर बाटोमार्फत अमेरिका प्रवेश गराउन खोज्दा डुंगा दुर्घटनामा परेको थियो।, मानव तस्करीको यो घटनामा गोमाको संलग्नता के थियो भन्ने प्रहरीले सार्वजनिक गरेको छैन।, मानव बेचबिखन तथा अनुसन्धान ब्युरोकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दुर्गा सिंहले काठमाडौं ल्याएर उनीमाथि थप अनुसन्धान गरिने बताइन्।, ‘हामीले उहाँलाई पुर्जी नै जारी गरेर पक्राउ गरेका छौं। उहाँलाई काठमाडौं ल्याइँदैछ। हाम्रो टोली पनि गएको छ,' सिंहले भनिन्,'उहाँलाई पनि त्यही घटनासँग सम्बन्धित भएर हामीले नियन्त्रणमा लिएका हौं। यहाँ ल्याएर हामीले अनुसन्धान गर्छौं। विस्तृत अनुसन्धानपछि उहाँ एजेन्टकै श्रीमतीमात्रै हो वा एजेन्ट नै हो भन्ने थाहा हुन्छ। अरू अनुसन्धानपछि खुल्ला।',
डुंगा दुर्घटना हुँदा अमेरिका जान खोज्ने सात नेपाली बेपत्ता, दाङबाट एक जना पक्राउ
|
सेतोपाटी संवाददाता अब ट्राफिक प्रहरी कारबाहीमा परेपछि आफ्नो कागजातबारे एसएमएस सेवाबाट लिन सकिने भएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि ‘डकुमेन्ट ट्र्याकिङ सिस्टम’ को सुरूवात गरेको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।, यो सँगै ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेपछि नियन्त्रणमा लिएका कागजपत्रहरूको बारेमा एसएमएसबाटै जानकारी लिन सकिने भएको हो।, कारबाहीमा परेपछि कागज पत्रहरू लिन कहाँ जाने र कसरी लिने भन्ने जानकारी एसएमएसबाट लिन सकिने महाशाखाले जनाएको छ।, जानकारी लिन सेवाग्राहीले आफ्नो फोनको मेसेज बक्समा गएर अंग्रेजीमा Echalan स्पेस आर्थिक वर्ष स्पेस चिट नम्बर टाइप गरी ३४००१ मा मेसेज पठाउनु पर्नेछ। मेसेज पठाएपछि तुरुन्तै जानकारी प्राप्त गर्न सकिने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ।, काठमाडौं उपत्यकाको ४५ वटा ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघनकर्ताको कागजपत्र नियन्त्रणमा लिने गरे तापनि १७ ट्राफिक कार्यालयबाट मात्र कागज पत्र लिन सकिन्छ। ,
अब ट्राफिक कारबाहीमा परेपछि आफ्नो कागजात बारे एसएमएसबाटै जानकारी लिन सकिने
|
सेतोपाटी संवाददाता कञ्चनपुरमा भान्जाको लठ्ठी प्रहारबाट मामाको मृत्यु भएको छ। , गएराति आपसी विवाद हुँदा भीमदत्त नगरपलिका-१० का ४२ वर्षीय वीरराम लुहारको उनकै २२ वर्षीय भान्जा गिरधारी लुहारले कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवत्ता तथा प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले मामा-भान्जाबीच आपसी विवाद हुदाँ गिरधारीले लठ्ठी प्रहार गर्दा वीरराम गम्भीर घाइते भएको बताए।, घाइते लुहारलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक न्यौपानले बताए।, घटनापछि मृतकका भान्जा गिरधारी लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।,
कञ्चनपुरमा भान्जाको लठ्ठी प्रहारबाट मामाको मृत्यु
|
सेतोपाटी संवाददाता दाङमा बिहीबार दिउँसो घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ शिवशक्ति टोलका ३३ वर्षीय मंगलसिंह रावतको दिउँसो २ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए। , घरको पानी तान्ने मोटरले काम नगरेपछि मोटर चेक गर्ने क्रममा करेन्ट लागेर रावत गम्भीर घाइते भएका थिए। , उपचारका लागि राप्ती लाइफ केयर हस्पिटलमा पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।,
,
पानी तान्ने मोटरबाट करेन्ट लागेर दाङमा एकको मृत्यु
|
राजेश घिमिरे गत पुस १८ गते बिहान हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको कारले बाघलाई ठक्कर दियो। पूर्व-पश्चिम राजमार्गको हेटौंडा-पथलैया खण्डअन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका-१ को आधारभार जंगलमा कारको ठक्कर खाएको पोथी पाटेबाघको घटनास्थलमै मृत्यु भयो।, यो राजमार्गको दायाँ-बायाँ दुबैतर्फ पर्सा राष्ट्रिय निकुञ्जको जंगल छ। यो जंगल बाघको बासस्थान मानिन्छ। आफ्नै क्षेत्रमा एकतर्फबाट सडक ‘क्रस’ गर्दै अर्को तर्फको जंगल जान लागेको बाघलाई कारले ठक्कर दिएको थियो। त्यसो त नेपालमा सडकमा दुर्घटनामा परेर वन्यजन्तुको मृत्यु भइरहेकै छ। आर्थिक वर्ष २०७५/०७६ मा निकुञ्ज र आरक्ष क्षेत्रमा ४ सय ९५ वटा वन्यजन्तु मरेकोमा १ सय १९ वटा गाडीको ठक्करबाट मरेको तथ्यांक छ। यो कूल मृत्युको २४ प्रतिशत हो। त्यसअघिका दुई वर्षमा कूल मृत्युको ४१ र ३१ प्रतिशत वन्यजन्तु सवारी साधनको ठक्करबाट मरेका थिए।, पूर्व-पश्चिम राजमार्ग र हुलाकी राजमार्गको ठूलो हिस्सा वन क्षेत्रमा पर्छ। यी राजमार्गमा वन्यजन्तुको आवतजावतका लागि आवश्यक संरचना नबनाइँदा दुर्घटनामा परेर धेरै वन्यजन्तुको मृत्यु हुँदै आएको छ। सडकमा बढ्दो चहलपहलले वन्यजन्तु माथिको जोखिम पनि बढेको छ। , राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले ‘स्याटेलाइट जिपिएस कलर’ लगाएर निगरानी गरिरहेको पर्सा राष्ट्रिय निकुञ्जको एउटा पाटेबाघको गतिविधिलाई नियाल्ने हो भने जंगलको बीचमा रहेका व्यस्त सडकबाट वन्यजन्तुले कतिसम्म सास्ती पाउँछन् भन्ने अनुमान गर्न सकिन्छ।, गत फेब्रुबरी १४ तारिखमा विभागले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) र अमेरिकाको युनिभर्सिटी अफ मिचिगनको आर्थिक तथा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को प्राविधिक सहयोगमा ‘प्रारम्भ’ नामको बाघमा ‘स्याटेलाइट जिपिएस कलर’ जोडेको थियो। अन्दाजी ८ वर्षको भाले पाटेबाघको आनीबानी, आहार, बाटो, हिँडडुल गर्ने समयलगायतका गतिविधि निगरानी गर्ने उद्देश्यले उसको घाँटीमा स्याटेलाइट कलर जोडिएको थियो।, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख डाक्टर बाबुराम लामिछानेले त्यसयताका ५ महिना उक्त पाटेबाघको गतिविधिबारे नियमित रूपमा अनुगमन भइरहेको बताए। उनकाअनुसार स्याटेलाइट कलर जोडिएको तीन महिनापछि मात्रै त्यो बाघ राजमार्ग क्रस गर्न सफल भयो।, ‘राजमार्गबाट पूर्वतर्फ रहेको त्यो बाघले पश्चिम आउन धेरै कोसिस गर्यो तर सडक क्रस गर्ने आँट गर्न सकेन,’ उनले भने, ‘सडकको नजिक-नजिक भएर धेरै किलोमिटरको यात्रा गर्यो तर क्रस गरेर पश्चिम जान सकेन।’, स्याटेलाइट कलरको संकेत हेर्दा राजमार्गमा सवारी साधनको चाप अत्याधिक भएका कारण बाघले चाहेर पनि क्रस गर्न नसकेको देखिन्छ।, कोरोनाभाइरसको दोस्रो लहरको संक्रमण बढेको भन्दै अप्रिलको अन्त्यतिर देशका विभिन्न क्षेत्रमा निषेधाज्ञा घोषणा हुन थाले। निषेधाज्ञाको आदेशसँगै राजमार्गमा चहलपहल पातलियो। त्यसपछि भने यो बाघले राजमार्ग क्रस गर्ने आँट गरेको स्याटेलाइट कलरले देखाउँछ।, डाक्टर लामिछानेका अनुसार स्याटेलाइट कलर जोडेको तीन महिनापछि गत मेको २० तारिखमा प्रारम्भले पहिलो पटक राजमार्ग क्रस गर्यो। त्यतिखेर निषेधाज्ञाले गर्दा राजमार्गमा असाध्यै कम सवारी साधन चलेका थिए।, ‘अप्रिलको अन्त्यबाटै निषेधाज्ञाको प्रभाव देखिए पनि बाघले झट्टै सडक क्रस गरेर पश्चिमतर्फ जाने आँट गरेन,’ उनले भने, ‘पटक-पटक सडकनजिक आउने छेउ-छेउ हिँड्ने गरिरह्यो। केही हप्ता सवारी आवागमन पातलो भएपछि उसले क्रस गर्ने आँट गर्यो।’, प्रारम्भ त्यसयता पटक-पटक राजमार्ग क्रस गरेर कहिले पूर्व, कहिले पश्चिम गरिरह्यो। तर जब निषेधाज्ञा खुकुलो भयो र सडकमा सवारी साधनको चाप बाक्लो बन्यो त्यसपछि उसले क्रस गर्ने आँट गरेको छैन। अहिले यो बाघ राजमार्गको पश्चिम क्षेत्रमा छ। जुन क्षेत्र ऊ लामो समयदेखि बस्दै आएको क्षेत्र होइन। बाघले पटक-पटक सडक क्रस गरेको ठाउँ गत पुसमा गाडीको ठक्करबाट बाघको मृत्यु भएकोबाट नजिकै पर्छ। , पर्सा राष्ट्रिय निकुञ्जको यो क्षेत्रमा २ भाले, २ पोथी र एउटा लिंग पहिचान नभएका बाघ छन्। गत नोभेम्बरसम्म एउटा बच्चा पनि भेटिए पनि पछिल्ला दिनमा त्यो देखिएको छैन।, बाघको विषयमा लामो समयदेखि अध्ययन गरिरहेका डाक्टर लामिछाने व्यस्त सडकमा वन्यजन्तुलाई आवातजावत गर्न मिल्नेगरी अन्डरपास वा ओभर ब्रिज बनाउन सके दुर्घटनाको क्रम घट्ने बताउँछन्।, ‘लामो दूरीको यात्रा गर्ने बाघले बासस्थान परिवर्तन गरिरहन्छ, पर्साको दुबै क्षेत्र बाघको बासस्थान हो तर सडक काट्ने अवस्था नहुँदा ऊमाथि खतरा बढेको देखिन्छ,’ उनले भने, ‘स्याटेलाइट कलरमार्फत् निगरानी गर्दा देखिएको तथ्यलाई आधार मानेर संरचना निर्माण गर्नुपर्ने देखिन्छ।’, उनले स्याटेलाइट जिपिएस कलरको मध्यमबाट निगरानी गर्दा बाघको समग्र गतिविधिको बारेमा जानकारी भएको र यसले संरक्षणका लागि आवश्यक योजना बनाउन सहयोग गर्ने बताए।, ‘यो प्रविधिको प्रयोग गर्दा बाघको संरक्षणका साथै बाघबाट हुने क्षति न्यूनीकरणमा पनि सहयोग पुग्छ,’ उनले भने।, लामिछानेले केही महिना अघि पूर्व-पश्चिम राजमार्गको चितवनस्थित टिकौली जंगलमा क्यामेरा राखेर वन्यजन्तुको निगरानी गरिएको थियो। क्यामेरामा गैंडा, भाले बाघ, चितुवालगायतका वन्यजन्तुले राजमार्ग क्रस गरेको रेकर्ड भएको थियो। पोथी बाघ भने डराएर क्रस नगर्ने गरेको देखिन्छ। बरण्डाभार जंगल क्षेत्रमा पर्ने यो सडकमा सवारी साधनको चाप अत्याधिक भए पनि वन्यजन्तुको आवागमनका लागि संरचना छैन। यो खण्डमा सडक क्रस गर्ने क्रममा चित्तल, हरिणलगायतका वन्यजन्तुको मृत्यु हुनु सामान्य विषय बन्न थालेको छ। बरण्डाभार क्षेत्रमा मात्रै १० भन्दा बढी बाघ रहेको तथ्यांक छ। तर पछिल्ला दिनमा ८ वटा मात्रै देखिने गरेका छन्। , भरतपुरबाट माडी, पर्साको ठोरी पुग्न चितवन निकुञ्जको हेडक्वाटर कसराको छेवैबाट निकुञ्जको कोर क्षेत्र हुँदै यात्रा गर्नुपर्छ। यी क्षेत्रमा वन्यजन्तु सडकमै भेटिन्छन्। , नेपालमा जंगलकै बीचबाट र जंगललाई छोएर बनेका सडक धेरै भए पनि त्यहाँ वन्यजन्तु संरक्षणलाई ध्यानमा राखेर बनेका संरचना असाध्यै कम छन्।, बन्दै गरेको नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने पूर्वको भागमा चारवटा अन्डरपास र एउटा ओभरपास राखिँदैछ। यस क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्छ। निजगढ-काठमाडौं द्रुतमार्गमा पनि वन्यजन्तुका लागि अन्डरपास बनाइँदै छ। नारायणघाट-मुग्लिङको ३३ किमी सडक खण्डमा चारवटा अन्डरपास छन्। त्यसबाट वन्यजन्तुहरू सहज रूपमा आवातजावत गर्ने गरेका छन्।, सन् २०१८ को गणनाअनुसार नेपालमा बाघको संख्या २ सय ३५ रहेकोमा ९३ वटा चितवन निकुञ्जमा छन्। पर्सामा १८ वटा बाघ छन्। बाँकी बाघ बर्दिया, बाँके र शुक्लाफाँटा निकुञ्जमा छन्।, सरकारले बाघका अलावा हिउँचितुवा, हाब्रे, गैंडा र हात्तीलगायत जन्तुसँगै गिद्ध र खरमुजुरलगायत पन्छीमा पनि स्याटेलाइट कलर जोडेर अनुसन्धान गरिरहेको छ।,
बाटो काट्न निषेधाज्ञा कुर्यो एउटा बाघले!
|
एजेन्सी जर्मनीमा बाढीले जनजीवन अस्तव्यस्त बनाइदिएको छ।, पश्चिम जर्मनीमा बुधबारदेखि भएको भारी वर्षाले कम्तिमा ६ वटा घर भत्किएका छन्। अहिलेसम्म १९ जनाको मृत्यु भएको छ भने दर्जनौं मानिसहरू बेपत्ता भएका छन्।, हजारौं घर बिजुली बत्ती काटिएको छ भने पिउने पानीको लाइनमा पनि क्षति भएको छ।, मौसमविद्हरूले शुक्रबारसम्म भारी वर्षा हुने सम्भावना रहेको बताएका छ।, ,
जर्मनीमा बाढी: १९ जनाको मृत्यु, दर्जनौं बेपत्ता (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता कैलालीमा बुधबार रातिको भारी वर्षापछि ६१ घर डुबानमा परेका छन्।, गोदावरी नगरपालिका– ५ श्रीलंकाका २५, वडा नम्बर ४ र १ का ३६ वटा गरी ६१ घर डुबानमा परेका हुन्।, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले घरभित्र पानी पसेपछि सामान्य क्षति भएको बताए।, डिएसपी विष्टले भारी वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको बाढी घरभित्र पसेको बताए।, उनले भारी वर्षा पर्ने सम्भावना अझै रहेकोले डुबानमा पर्ने जोखिम ठाउँका स्थानीयहरूलाई सतर्क रहन आग्रह गरे।,
कैलालीमा ६१ घर डुबानमा
|
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ७ सय ६८ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ८२५६ जनाको पिसिआर परीक्षणबाट १७८२ जनामा संक्रमण पुष्टि भएको छ भने ४५१२ जनाको एन्टिजेन परीक्षणबाट ८९४ जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७५७ जना संक्रमणमुक्त भएका छन्। , यस्तै ३३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९४६३ पुगेको छ। ,
थपिए २६७६ संक्रमित, ३३ को मृत्यु
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५५३ जनामा संक्रमण पुष्टि भएको छ।, काठमाडौंमा ३३९, भक्तपुरमा ८० र ललितपुरमा १३४ गरी ५५३ जनामा संक्रमण पुष्टि भएको हो।, अहिले काठमाडौं उपत्यकामा ७६९३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५४५८, भक्तपुरमा १०६२ र ललितपुरमा ११७३ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घन्टामा १२ हजार ७ सय ६८ परीक्षणबाट २६७६ जनामा संक्रमण पुष्टि भएको छ।, मन्त्रालयका अनुसार मुलुकभरमा ८२५६ जनाको पिसिआर परीक्षणबाट १७८२ जनामा संक्रमण पुष्टि भएको छ भने ४५१२ जनाको एन्टिजेन परीक्षणबाट ८९४ जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७५७ जना संक्रमणमुक्त भएका छन्। , यस्तै ३३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९४६३ पुगेको छ।,
काठमाडौं उपत्यकामा थपिए ५५३ संक्रमित, ७६९३ सक्रिय
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइएको छ।, बिहीबार काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले भोलिदेखि १० गते सम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।, काठमाडौं जिल्ला प्रशासनको आदेश अनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै सयमा पनि सञ्चालन गर्न पाउनेछन्। त्यसबाहेकका पसलहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन्। तर सबैले अनिवार्य रूपमा स्वास्थ्य मापदण्डहरूको पालना गर्नुपर्ने आदेशमा भनिएको छ।, रेष्टुरेन्ट तथा फास्टफुडको हकमा टेक अवे र होम डेलिभरी सेवा मात्रै सञ्चालन गर्न अनुमति दिएको छ। सो सेवा साँझ सात बजे सम्ममात्रै सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सेतोपाटीलाई जानकारी दिए।, काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधनहरूले स्वीकृत सिट क्षमता भन्दा बढी नहुनेगरी सञ्चालन गर्न पाइनेछन्।, अत्यावश्यक काम विशेषले उपत्यका भित्र प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई चल्न दिने अनुमति प्रशासनले गरेको छ। निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउनेछन्। , यद्यपी उपत्यकाबाट बाहिरिने र भित्रने लामो दुरीका सवारीसाधान चलाउन नपाइने भएको छ।,
काठमाडौं उपत्यकामा दश दिन थपियो निषेधाज्ञा, लामो दूरीका सवारी अझै खुलेनन्
|
सेतोपाटी संवाददाता अति आवश्यक काम परि काठमाडौं उपत्यका प्रवेश गर्नेलाई भोलि साउन १ गतेबाट सवारी पास नचाहिने भएको छ।, बिहीबार काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले भोलिदेखि अति आवश्यक कामका कारण उपत्यका प्रवेश गर्नेहरूलाई पास नचाहिने निर्णय गरेको हो।, यद्यपी लामो दुरीका सार्वजनिक यातायातहरू भने अझै १० दिनसम्म नखुल्ने काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सेतोपाटीलाई जानकारी दिइन्। , प्रजिअहरूको बैठकले भोलिदेखि लागू हुनेगरी १० गते सम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। अतिआवश्यक काम विशेषले काठमाडौंमा पास बिना नै प्रवेश गर्न पाउने निर्णय बाहेक अरू सबै पुरानै आदेश यथावत रहेको नेपालले बताइन्।, काठमाडौं जिल्ला प्रशासनको आदेश अनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै सयमा पनि सञ्चालन गर्न पाउनेछन्।, त्यसबाहेकका पसलहरू साँझ ७ बजे सम्म मात्रै सञ्चालन गर्न पाइनेछन्। तर सबैले अनिवार्यरूपमा स्वास्थ्य मापदण्डहरूको पालना गर्नुपर्ने आदेशमा भनिएको छ। रेष्टुरेन्ट तथा फास्टफुडको हकमा टेक अवे र होम डेलिभरी सेवामात्रै सञ्चालन गर्न अनुमति दिएको छ। सो सेवा साँझ सात बजे सम्ममात्रै सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।, काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधनहरूले स्वीकृत सिट क्षमता भन्दा बढी नहुनेगरी सञ्चालन गर्न पाइनेछन्।, अत्यावश्यक काम विशेषले उपत्यका भित्र प्रवेश गर्ने सार्वजनिक तथा निजि सवारीसाधनहरूलाई चल्न दिने अनुमति प्रशासनले गरेको छ। निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउनेछन्। ,
अतिआवश्यक कामले काठमाडौं प्रवेश गर्नेलाई अब पास नचाहिने
|
सेतोपाटी बागलुङको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ।, मृत्यु हुनेमा स्थानीयबासी ३३ वर्षीय अशोक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।, उनका अनुसार घाँस काट्न जाने क्रममा लडेर मुत्यु भएको अवस्थामा आज उनको शव फेला परेको छ। , कँडेल बुधबार दिउँसो १२ बजे पचुवाकै कुभिन्डो भन्ने ठाउँमा घाँस काट्न भनेर गएको र बेलुकासम्म नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो।, खोजतलासका क्रममा उनी मृत फेला परेको र घटनाका सम्बन्धमा थप अनुसन्धान सुरू गरिएको प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिए। शव परीक्षणका लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पठाइएको छ।रासस,
घाँस काट्न जाने क्रममा लडेर मृत्यु
|
सेतोपाटी संवाददाता कैलालीमा खोलामा बगेर एक किशोरीको मृत्यु भएको छ।, बिहीबार गोदावरी नगरपालिका ६ की १८ वर्षीया आरती घर्ती मगरको सोही ठाउँको गौरीदेवी खोलामा नुहाउने क्रममा बगेर मृत्यु भएको हो। , प्रहरीले उनी बगेको स्थानबाट केही तल शव फेला परेको जनाएको छ।, कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले किशोरी बगेर बेपत्ता भएको सूचना पाउनासाथ खटिएको प्रहरी टोलीले खोजी गर्दा किशोरी मृत अवस्थामा फेला परेको बताए।,
नुहाउने क्रममा बगेर किशोरीको मृत्यु
|
सेतोपाटी संवाददाता झापाको मेचीनगरमा विद्युतीय करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, बिहीबार दिउँसो मेचीनगर नगरपालिका ३ सिर्जना बस्ती बस्ने वर्ष ३१ का सरोज किसानको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, सोही वडामा रहेको गंगटे खोल्सामा बिधुतको हाईटेन्सन लाइनबाट तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।, घटनासम्बन्धी प्रहरीले थप विवरण संकलन गरिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।,
माछा मार्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु
|
सेतोपाटी संवाददाता दार्चुलामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। , बिहीबार ब्यास गाउँपालिका ३ तुसारपानीमा पहिरो आउँदा पुरिएर सोही पालिकाको वडा नम्बर २ राप्लाकी ५० वर्षीया बेलमती बुढाथोकीको मृत्यु भएको हो। , पहिरोमा परेर उनी वेपत्ता भएपछि सेना, प्रहरी र स्थानीयले खोजी गरेका थिए। , केही बेरमै उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।,
दार्चुलामा पहिरोमा पुरिएर महिलाको मृत्यु
|
सेतोपाटी संवाददाता संरक्षणका क्षेत्रमा कार्यरत संस्थाहरुले वन्यजन्तुको तस्कारीमा संलग्नलाई धरौटीमा छाडिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन्।, चितवनको रत्ननगर नगरपालिका अन्तर्गत मृगकुञ्ज उपभोक्ता समितिको क्षेत्रभित्र रहेका संरक्षणका साझेदार संस्थाहरुले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै अथक प्रयासबाट पक्राउ गरिएका तस्कारलाई अदालतले धरौटीमा छाड्दा संरक्षणमा चुनौती थपिएको उल्लेख गरेका छन्।, ‘संरक्षित रामसार सूची र विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका विश्वकै दुर्लभ वन्यजन्तुको चारी सिकारीमा संलग्न तस्कारहरूलाई निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेको सहयोगमा पक्राउ गरिरहने तर अदालतबाट धरौटीमा छुटिराख्ने प्रक्रियाले संरक्षणमा चुनौती थपिएको छ,’ वक्तव्यमा उल्लेख छ।, एक सिंगे गैंडा, पाटेबाघलगायतका वन्यजन्तुको चौरी सिकारी गर्ने तस्करहरू पूरा कारबाहीको भागिदार भई छुट्दासमेत पुनः सोही कार्यमा संलग्न रहेको तथ्य सार्वजनिक भइरहँदा प्रमाणसहित पक्राउ परेका पनि धरौटीमा छाडिँदा खतरा बढेको उनीहरूले बताएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार तोकिएको कारबाहीमा परेकाहरूलाई धारौटीमा छाड्ने कामले सिकारीको मनोबल बढाएको र संरक्षणकर्मीको मनोबल गिरेको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितबहादुर तामाङले बताए। उनले वन्यजन्तुको चोरी सिकारीमा संलग्न हुनेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए।, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समतिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितबहादुर तामाङ, चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुष्पराज श्रेष्ठ, जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण महतोलगायतले वक्तव्य जारी गरेका हुन्।, चितवन निकुञ्जमा गत वर्ष चार वटा गैंडा मारेर खाग बेचेको आरोपमा पक्राउ परेका १२ जनामध्ये हालसम्म ६ जना धरौटीमा छुटेका छन्। चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्नू भनेर गरेको आदेश चित्त नबुझेर नवीन पौडेल भनिने मेखबहादुर नेपाली, कैलाशबाबु आले मगर र सोमबहादुर गुरुङले उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएका थिए। उच्च अदालतले गत बिहीबार तीनै जनालाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।, गत फागुन १८ मा चितवन जिल्ला अदालतमा मात्रै गैंडा तस्कारीमा संलग्न भएको आरोपमा २४ जनाविरुद्ध मुद्दा दायर भएकोमा १२ जना पक्राउ परेका थिए। अदालतले थुनछेक आदेश गर्दा नै ३ जनालाई पाँच-पाँच लाख रुपैयाँ धरौटीमा छाडेको थियो।, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्ज कर्मचारी र सुरक्षाकर्मीले ठूलो मेहनत गरेर पक्राउ गरेका व्यक्तिलाई धमाधम धरौटीमा छाडिँदा समस्या भइरहेको उल्लेख गरे।,
वन्यजन्तुको तस्करीमा संलग्नलाई धरौटीमा नछाड्न संरक्षणकर्मीको माग
|
सेतोपाटी संवाददाता नेपाल मुश्लिम संघले इदुल अजहा (बकर इद) मा सार्वजनिक बिदा दिन माग गरेको छ।, गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर मुश्लिम समुदायको चाडमा सार्वजनिक बिदा घोषणाको व्यवस्था मिलाइदिन ज्ञापन पत्र बुझाइएको मुश्चिम संघका अध्यक्ष अब्दुल सतारले सेतोपाटीलाई बताए।, मुश्लिम संघले बिहीबार गृहमन्त्री खाँणलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए। संघका महासचिव मोख्तार अहमदले बुझाएको ज्ञापत्र पत्रमा पहिले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दिन सुरू गरिएको सार्वजनिक बिदा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि स्थगित गरिएको उल्लेख छ।, बकर इद यसपालि साउन ६ गते पर्ने र त्यस दिन सार्वजनिक बिदा दिन मुश्लिम संघले माग गरेको हो।, यस्तै मुश्लिम संघले बिदा कटौती गरिएका सबै समुदायका महत्वपूर्ण चाडपर्वमा बिदा दिइनुपर्ने मागसमेत गरेको छ।,
मुश्लिम संघले गृहमन्त्री खाँणलाई भेटेर भन्यो- बकर इदमा सार्वजनिक बिदा दिनुपर्छ
|
सेतोपाटी संवाददाता पर्साबाट सात जना जुवाडे पक्राउ परेका छन्।, बिहीबार अपरान्ह जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले १ लाख ५८ हजार रूपैयाँ नगदसहित जुवाडेहरूलाई पक्राउ गरेको हो।, प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार नेशनल मेडिकल छेउमा निर्माणाधीन भवनको माथिल्लो तलामा जुवा खेलिरहेका व्यक्तिहरू पक्राउ परेका हुन्।, पक्राउ पर्नेमा श्यामबाबु सोनार, अलि असगर अन्सारी, धीरेन्द्रप्रसाद जैसवाल, रमेश चौधरी, सुनिल सर्राफ, भगवानप्रसाद महतो र रामबाबुप्रसाद सोनार रहेका छन्।, पक्राउ परेकालाई हिरासतमा रखनेर सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा तथा नैतिकताविरूद्धको कसुर (जुवा) अन्तर्गत कारबाही अगाडि बढाइएको खनालले बताए।,
पर्साबाट सात जुवाडे नगदसहित पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिस्थित गुर्जुधारामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।, चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ मा बिहीबार साँझ साढे ५ बजे यातायात व्यवस्था कार्यालयनजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।, ना८ख १९८९ नम्बरको ट्रक सतुङ्गलबाट थानकोट जाँदै गर्दा प्रदेश नम्बर ३ को ०२-००७ प ८४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।, प्रहरीका अनुसार मृत्यु हुनेमा धादिङ ज्वालामुखी गाउँपालिका वडा नम्बर २ घर भई बलम्बु १२ हरियाली बस्ने ३१ वर्षीया जमुना कार्की छlन्। उनको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको थियो।, प्रहरीले ट्रक चालक सुनसरीका युकलाल उराउलाई नियन्त्रणमा लिएको छ।,
गुर्जुधारामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
|
सेतोपाटी संवाददाता पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ। जिसीलाई शुक्रबार बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए। मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो।, सामान्य प्रकारका मस्तिष्कघात भएका कारण जिसीको स्वास्थ्य खतरामुक्त रहेको बरालले बताए।, ‘सामान्य मस्ष्तिस्कघात हो, उहाँ खतरामुक्त हुनुहुन्छ’, बरालले भने, ‘डाक्टरले दाहिने साइडको एउटा नसा ब्लक भएको भनेका छन्, देब्रे हर चलाउन गाह्रो भएको छ।’, मेयर जिसीलाइ थप उपचारका लागि काठमाडौंस्थित न्युरो अस्पताल लैजाने तयारी गरिएको छ। काठमाडौं लैजान हेलिकप्टर मगाएको बरालले बताए। उच्च रक्तचापका कारण उनलाई मस्तिष्कघात भएको चिकित्सकले बताएका छन्।,
पोखराका मेयर जिसीलाई मस्तिष्कघात, हेलिकप्टरमा काठमाडौं पठाइने
|
सेतोपाटी संवाददाता साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ ।, सरकारले यही साउन १० गतेसम्म कोरोनाबाट बच्न जारी निषेधाज्ञा थप गरेकाले पशुपतिनाथ मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए। मूल मन्दिर क्षेत्रमा भक्तजनलाई जान दिइएको छैन । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररूपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो ।, वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो । असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन । मन्दिर क्षेत्रमा मुख्य ढोकामा तालाबन्दी गरिएको छ । धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको सदस्यसचिव ढकालले बताए। साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शका लागि आउने गर्छन् । , गत वर्ष पनि साउन महिनामा कोरोनाका कारण मन्दिर खुल्न सकेको थिएन । गत वर्ष साउनमा भक्तजनले पशुपति क्षेत्रमा आएर बाहिरबाटै पशुपतिनाथको दर्शन गरेका थिए । बाहिरबाट दर्शन गर्नसमेत भक्तजनको भीड लागेको थियो । साउन १ गते भएकाले आज बिहान पशुपति क्षेत्रको बाहिरी परिसरमा भने गत दिनहरूमा भन्दा बढी चहलपहल देखिएको कोषले जनाएको छ।, विसं २०७६ चैत पहिलो सातादेखि मङ्सिर मसान्तसम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरूपमा बन्द गरिएको थियो । पुस १ गतेदेखि बिहान छ बजेदेखि मध्याह्नसम्म खुला गरिएको थियो । महाशिवरात्रिदेखि भने पशुपतिनाथ मन्दिर साविकअनुसार नै खोल्न थालिएको थियो । वैशाख लागेपछि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि पुनः बन्द गरिएको हो । सदस्यसचिव डा ढकाल वातावरण सामान्य बन्दै गएमा तीजमा भने मन्दिर खोल्न सकिने बताए।, भक्तजनका लागि बन्द गरिए पनि पशुपतिनाथ मन्दिरमा नित्य पूजालगायत कर्म भने जारी छ । पशुपति क्षेत्रको घाट सेवा पनि सञ्चालन भइरहेको छ । यस कोरोनाका कारण निधन हुनेको सङ्ख्या बढेपछि आर्यघाट, भष्मेश्वरघाट, विद्युतीय शवदाह गृहलगायत स्थानमा शव जलाउने क्रम पनि वृद्धि भएको छ । कोरानो उच्च विन्दुमा पुगेका बेला वैशाख अन्तिम र जेठ दोस्रो सातासम्म दैनिक २०० सम्म शव आएको कोषले जनाएको छ । विद्युतीय शवदाह गृहको क्षमताले नधानेपछि वाग्मती किनारमै पनि कोरोनाबाट निधन भएकाको शव जलाइएको थियो । पशुपति क्षेत्रमा विद्युतीयसमेत १५ वटा घाट सेवा उपलब्ध छ ।, साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । राजधानीका अन्य शिवालयमा भने भक्तजनको चहलपहल देखिएको छ । ,रासस,
पशुपतिनाथ मूल मन्दिर क्षेत्र सुनसान, बाहिर भक्तजनको चहलपहल
|
सेतोपाटी संवाददाता कोभिडको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झण्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । रु २३ लाख प्रदेशबाट प्राप्त रकमलाई दामासाही तलबभत्ता उपलब्ध गराएपछि केही स्वास्थ्यकर्मीले तहगतरूपमा सो भत्ता पाउनुपर्ने भन्दै उपलब्ध गराएको तलबभत्ता फिर्ता गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैशीले बताए । , तलब, भत्ता वितरण गर्दा न्याय समानताभन्दा पनि सबैको चित बुझाउने खालको भएका कारण आफूहरुले सो रकम फिर्ता गरेको एक स्वास्थ्यकर्मीले बताए । लामो समयदेखि तलबभत्ता नपाएका स्वास्थ्यaकर्मीले धेरै सङ्र्घषपछि पाएको रकमसमेत असमानता भएको भन्दै आक्रोश पोखेका हुन् । त्यस्तै स्वास्थ्य सेवा कार्यालयका कर्मचारीबीचमा द्वन्द्वका कारण काम गर्न मुस्किल भएको कर्मचारी बताउँछन् ।, रासस ,
जाजरकोटका स्वास्थ्यकर्मीले फिर्ता गरे तलबभत्ता
|
सेतोपाटी संवाददाता दाङमा दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित दुई व्यक्ति पक्राउ परेका छन्। , पक्राउ पर्नेमा सुर्खेत जिल्लाको भेरीगंगा नपरपालिका वडा नं. ८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका वडा नं. ७ का ४८ वर्षीय डिलबहादुर रावत छन्। , उनीहरूको साथबाट २ फिट १० इञ्चको रेड पाण्डको छाला र काइनेटिक (टल्कने ढुंगा) सानो ठूलो गरी ३२ वटा बरामद भएको प्रहरीले सार्वजनिक गरेको छ। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जारी गरेको प्रेस वक्तव्यमा बुधबार बिहान ८ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १६ गरुवा गाउँबाट उनीहरूलाई पक्राउ गरिएको हो। , प्रतिबन्धित रेड पाण्डाको छाला विक्री-वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता रिजालले उल्लेख गरेका छन्। , तर, उच्च स्रोतले दिएको सूचना अनुसार उनीहरूलाई घोराहीभन्दा करिब ४८ किलोमिटर पश्चिमको बबई गाउँपालिकास्थित हापुरे जंगल क्षेत्रबाट पक्राउ गरिएको हो। , सीमाना क्षेत्र सुर्खेत हुँदै पश्चिम दाङ प्रवेश गरेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको साधा पोशाकको प्रहरीले बिहान करिब साढे ६ बजेतिर हापुरेस्थित ट्वाङखोला क्षेत्रबाट नियन्त्रणमा लिएको स्रोतले जानकारी दियो।, ‘मैले मेरै आँखाले उनीहरूलाई पश्चिम दाङको बबई गाउँपालिकाबाट नियन्त्रणमा लिएको देखेको हुँ,’ स्रोतले भन्यो, ‘बबईबाट नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई घोराहीबाट नियन्त्रणमा लिएको भनेर प्रहरीले यसरी झूटो सूचना सर्वाजनिक गर्नु रहस्यमय हो।’, जिल्ला प्रहरीको सक्रियता देखाउन घोराही क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको देखाइएको हुन सक्ने अनुमान गरिएको छ।, तर, पक्राउ परेको ठाउँ र समय समेत प्रहरी कार्यालयबाटै तोडमोड गरी झूटो विवरण सार्वजनिक गर्नुले प्रहरीको विश्वसनीयता कमजोर बन्दै गएको देखिएको छ। , पछिल्लो समय जिल्लाका विभिन्न प्रहरी इकाई क्षेत्रमा भएका घटनाबारेको सूचना जिल्ला प्रहरी कार्यालयमार्फत सार्वजनिक गर्दै आइएको छ।, पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।,
दाङमा रेड पाण्डाको छाला र टल्कने ढुंगासहित दुई पक्राउ
|
सेतोपाटी कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन १५ गतेसम्मका लागि थप गरिएको छ।, जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो।, निषेधाज्ञाको उल्लंघन गर्ने, औषधि, औषधिजन्य सामग्री, अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने जस्ता कार्य गर्नेलाई कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए।, जिल्लामा गएको वैशाख महिनादेखि गरिएको निषेधाज्ञाको समयावधि थप गरिएको यो आठौं पटक हो।, जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जिल्ला भित्रका आन्तरिक सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने, पसलहररू बिहान ६ देखि राति ८ बजेसम्म खोल्नका लागि अनुमतिसमेत दिइएको छ भने बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० देखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ।, विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाउने भएका छन्।, निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, जिम हल र अन्तर जिल्ला सार्वजनिक यातायात सञ्चालन गर्न भने नपाइने निर्णय भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जनाएको छ। , भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, खेलकुद गतिविधिलगायत कार्यक्रम गर्न नपाइने कोभिड सङ्कट व्यवस्थापन समितिको सूचनामा उल्लेख गरिएको छ।, जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३०० भन्दा बढी पुगेको छ।, कोरोनाकै कारण जिल्लामा ११ जनाले ज्यान गुमाइसकेका छन्। जसमा चार जनाको जिल्लाबाहिर उपचारका लागि लगिएकामा ज्यान गएको जनाइएको छ। जिल्लामा केही समययता भीडभाड बढेका कारण कोरोना जोखिम बढ्न सक्ने स्थानीयबासीको अनुमान छ।रासस,
साउन १५ गतेसम्म डोटीमा निषेधाज्ञा
|
सेतोपाटी संवाददाता मोटरसाइकलले ठक्करबाट गम्भीर घाइते ५ वर्षीय बालकको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ। , शान्तिनगर गाउँपालिका वडा नं.१ खिलतपुर चोक नजिकै असार २६ गते बेलुका साढे ७ बजेतिर रा ४ प १०२४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५ वर्षीय पारस लामिछाने गम्भीर घाइते भएका थिए। , दुर्घटनापछि सोही मोटरसाइकलमा राखेर लामिछानेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो। तुलसीपुरमा उपचार सम्भव नभएपछि सोही दिन बेलुका साढे ८ बजेतिर लामिछानेलाई थप उपचारका लागि बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको थियो। , लामिछानेको उपचारका क्रममा मंगलबार राति १० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द्र रिजालले जानकारी दिए।, प्रहरीले मोटरसाइकल चालक बबई गाउँपालिका ७ का २८ वर्षीय दीपक थापालाई नियन्त्रणमा लिएको छ।,
बाँकेमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको उपचार क्रममा मृत्यु
|
सुदीप श्रेष्ठ यो लेख म एक खास व्यक्तिलाई सम्बोधन गरेर लेख्न चाहन्छु।, त्यसैले सधैंजस्तो माइक्रोसफ्ट वर्डमा लेखिरहेको छैन। सिधै जीमेलमा टाइप गर्दैछु, ताकि जसै लेख पूरा होला, म सेन्ड बटन क्लिक गरेर पठाउन सकूँ।, यसरी लेख्दा मलाई ती खास व्यक्तिसँग भावनात्मक तार जोडिएको महशुस हुँदैछ।,
..., आदरणीय बन्धुदत्त आचार्य,, तपाईं अहिले जहाँ हुनुहुन्छ, त्यहाँ दिन, हप्ता, महिना र वर्षको गन्ती कसरी हुन्छ मलाई थाहा छैन।, मैले धेरैअघि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ‘यमलोक’ भन्ने प्रहसन क्यासेटमा सुनेको थिएँ। उनीहरूले ‘यमलोकको हिजो यहाँ पोहोर, यमलोकको अस्ति यहाँ परार’ भनेका थिए। यस हिसाबले त्यहाँको एक दिन हाम्रो यहाँ पृथ्वीमा एक वर्ष हुने भयो र त्यहाँ एक वर्ष बित्दा यहाँ पृथ्वीमा ३६५ वर्ष बित्ने भयो।, यसको अर्थ, तपाईं पृथ्वीबाट विदा भएर यमलोक जानुभएको तपाईंका लागि करिब चार वर्ष मात्र भएछ, हाम्रो यहाँ त चौध सय वर्ष बितिसक्यो।, हुन त तपाईं पृथ्वीमा बाँचेको र पृथ्वीबाट विदा भएको ठ्याक्कै कति वर्ष भयो कसलाई थाहा छ र! तपाईंसँग जोडिएका केही किस्सा–कहानीका आधारमा म मोटामोटी अनुमान चाहिँ लगाउन सक्छु। मेरो अनुमान मिल्यो कि मिलेन पछि आफ्नो जवाफमा भन्नू है!, लिच्छवि राजा नरेन्द्रदेव, पाटनका रथचक्र भन्ने व्यक्ति, टौदहका कर्कोटक नागराज र तपाईंसमेत मिलेर भारतको आसामबाट रातो मच्छिन्द्रनाथ लिएर आएको कथा हामीले सुन्दै आएका छौं। नेपालको इतिहास हेर्ने हो भने नरेन्द्रदेवले बिक्रम सम्बत ७०० आसपासबाट यहाँ शासन गरेको देखिन्छ। उनले ३६ वर्ष राजकाज सम्हाले भन्ने इतिहासकारहरू बताउँछन्।, यसबाट नरेन्द्रदेवले लगभग ७०० देखि ७३६ सालसम्म शासन गरेको मान्नुपर्यो र तपाईंहरू रातो मच्छिन्द्रनाथ लिन आसाम गएको पनि त्यही ७०० देखि ७३६ कै बीचमा हुनुपर्यो। होइन त आचार्य?, हाम्रो पृथ्वीलोकको निम्ति चौध सय वर्ष भनेको निकै, निकै, निकै नै लामो समय हो। यसबीच देशका राजनीतिक नक्साहरू कयौंचोटि उलटफेर भइसक्छन्। शासनसत्तामा एउटा वंशलाई पाखा लगाएर थुप्रै नयाँ वंश उदाइसक्छन्। कयौंले कयौंको रगत बगाइसक्छन् र कयौं पुस्ता यो धर्तीमा आएर विदा भइसक्छन्। हाम्रै नेपालको इतिहास यसको साक्षी हो जहाँ यसबीच लिच्छविहरूले शासन गरे, मल्ल, शाह र राणाहरूले शासन गरे। हामीले पञ्चायत देख्यौं, प्रजातन्त्र देख्यौं। अहिले गणतन्त्र नेपालमा छौं।, यति लामो कालखण्ड बितिसक्दा पनि केही घटना यस्ता हुन्छन् जसलाई समयको घामछायाले धूमिल पार्न सक्दैन। त्यसैमध्ये एउटा घटनाबारे जानकारी दिन म यो इमेल लेख्दैछु जसको सम्बन्ध तपाईंसँग छ।, आदरणीय आचार्य, तपाईंको नजरबाट यो घटना लुकेको छैन भन्ने मलाई राम्ररी थाहा छ। जसले आसाम गएर आफ्नो तन्त्रविद्याको शक्तिले रातो मच्छिन्द्रनाथलाई बाँधेर काठमाडौं उपत्यका ल्याउनुभयो, त्यस्तो महान् तान्त्रिकका लागि स्वर्गमा बसी–बसी मर्त्यलोकको खबर राख्नु ठूलो कुरा पक्कै होइन।, हामी जसरी यहाँ सेतो पर्दामा हिरो–हिरोइन नाचेको सिनेमा हेर्छौं, तपाईंहरू त्यहाँ त्यसैगरी मर्त्यलोकमा हामी रोएको, हाँसेको, मरेको, बाँचेको एक–एक घटना सिनेमाजस्तै हेर्नुहुन्छ होला! अझ हामी त सिनेमा हेर्दा पर्दामा जे चल्दैछ, त्यही मात्र देख्छौं। तपाईंहरू त पर्दामा जे भइरहेको छ, त्यसको अगाडि र पछाडिका घटना पनि रिवाइन्ड र फरवार्ड गरेर हेर्न सक्नुहुन्छ होला है!, खैर, जे भए पनि आजभन्दा चौध सय वर्षअघि लिच्छवि राजा नरेन्द्रदेवका पालामा नेपाल उपत्यकाको प्रतिष्ठित तान्त्रिक रहनुभएका तपाईं आचार्य बन्धुदत्तलाई यो खबर आफ्नै हातले लेखीपठाउनु मैले आफ्नो कर्तव्य ठानेँ।, अब चाहिँ म घटनाक्रम एक औंश तलमाथि नगरी जे भएको हो, जस्ताको तस्तै तपाईंलाई सुनाउँछु।, तेह्र दिनअघिको कुरा हो। शुक्रबार, असार १८ गते। अघिल्लो रातिदेखि परेको पानी बिहानसम्म थामिएको थिएन। मौसम रिमरिम चिसो थियो। पानी पर्दा काठमाडौंको तापक्रम कसरी सेलाउँछ भन्ने तपाईंलाई थाहा छँदैछ नि!, त्यो दिन मैले बिहानको पहिलो चिया नखाँदै, मेरो मुखबाट कोल्गेट टूथपेस्टको रमरम गुलियो पनि नहराउँदै, दिनको पहिलो फोनकल नै कसैको मृत्यु र शवयात्राको सूचना लिएर आयो। सामान्यतया यस्तो खबर सुन्दा मन विरक्त हुन्छ। त्यो दिन चाहिँ मलाई त्यस्तो केही भएन। उल्टो उत्साहित पो भएँ।, यसको अर्थ म मृत्युको खबर सुन्न लालायित भएर पर्खिरहेको थिएँ भन्ने होइन। मृत्युको खबर सुन्न लालायित भएर बस्नलाई त ढुंगाजस्तो कठोर मुटुले पनि सक्दैन। तर त्यो शवयात्राको खबरले मलाई कुनै चिरपरिचित व्यक्तिबाट बिहेको निम्तो पाएझैं व्यग्र बनायो। किनकि जसको मृत्यु भएको थियो र जसको शवयात्रा निकालिँदै थियो, ऊ यो धर्तीमा बाँचेकै र यो धर्तीबाट विदा भएकै कम्तिमा चौध सय वर्ष बितिसकेको रहेछ। त्यति बेलादेखि चल्न थालेको शवयात्रा अहिले पनि जारी नै रहेछ। कति त उसको मलामी पनि गइसके होलान्। मलाई भने यसबारे कुनै जानकारी थिएन।, आचार्य, अब त तपाईंलाई अनुमान भइसक्यो होला, म तपाईंलाई कसको मृत्यु र कसको शवयात्राको खबर दिन यो इमेल लेख्दैछु भनेर। तै पनि क्रमभंग नगरी विस्तारमै लेख्छु।, एकाबिहानै फोन गरेर शवयात्राको सूचना दिने व्यक्तिले सुरूमा मलाई आफ्नो परिचय दिँदै भनेका थिए, ‘म जगदिशलाल श्रेष्ठ, कुपण्डोलमा बस्छु। काठमाडौंको संस्कृति र इतिहासबारे खोजबिन र अनुसन्धान गर्छु।’, उनी छिटोछिटो बोल्थे र एकै सासमा सबै कुरा खर्रर भनी भ्याउँथे। स्वर सुन्दा उनी त्यस्तै ५५–६० वर्षको हुनुपर्छ भन्ने मैले अड्कल काटेँ। उनले फोन गर्नुको कारण सबै बेलीबिस्तार लगाइसकेर अन्तिममा भने, ‘दिउँसो ३ बजेतिर जयबागेश्वरी मन्दिर आउनू है, हामी त्यहीँ भेटेर सँगसँगै शवयात्रामा जाउँला।’, मैले ‘हुन्छ’ भनेर फोन राखेँ।, दिउँसो बाह्र–एक बजेतिर पानी थामियो तर आकाशमा कालो बादलको लिहाफ हटेको थिएन। कालोपत्रे सडक चिसो र भिजेको थियो। सडकछेउ कतैबाट ओसिलो माटोको मतमताउँदो बासना आउँदै थियो। , ठिक तीन बजे म गौशालाको जयबागेश्वरी मन्दिर पुगेँ। जगदिशलाललाई फोन गरेँ। उनले तीन घन्टीमा फोन उठाए। मैले ‘हेलो’ नभन्दै उनले सोधे, ‘खोइ कहाँ हुनुहुन्छ? म त पुगिसकेँ।’, मैले दायाँबायाँ आँखा घुमाएँ। जयबागेश्वरी मन्दिरको ठिकअगाडि पशुपति जाने ओरालो छेउ एक जना मोबाइलमा कुरा गरिरहेको देखेँ। उनले गाढा निलो क्याप लगाएका थिए। खरानी रङको कोट, निलो सर्ट र फिक्का पहेँलो पाइन्ट लगाएका थिए। आकाशे रङको सर्जिकल मास्कले मुख ढाकेका थिए। हातमा कालो रङको सानो झोला पनि बोकेका थिए। मलाई शवयात्राको सूचना दिने संस्कृति अध्येता जगदिशलाल श्रेष्ठ उनै रहेछन्।, बिहानदेखि कम्तिमा चारचोटि फोनमा कुराकानी भइसकेको जगदिशलाललाई सशरीर सामुन्ने देखेर मेरा आँखा चम्के। , म मास्कपछाडि मुसुमुसु हाँस्दै सडक नाघेर उनीतिर बढेँ। मानौं कुनै अन्जान, अन्धकार जंगलमा हिँडिरहेको म पर उज्यालो प्रकाश देखेर खुसी–खुसी त्यता लम्किँदैछु।, ‘नमस्कार,’ मैले भनेँ।, उनले मुखले केही भनेनन्, हात जोडेर ‘नमस्कार’ चाहिँ फर्काए।, हामीले आ–आफ्नो मास्क तल सार्यौं र पहिलोचोटि एकअर्कालाई हेर्यौं। उनी मैले अड्कल गरेजस्तै ५५ देखि ६० वर्षकै हुनुपर्छ, न त्योभन्दा बढी न कम। मैले उनलाई यसअघि कहिल्यै देखेको थिइनँ। सायद उनले पनि मलाई देखेका थिएनन्।, आफूलाई चिनाएपछि मैले मास्क पुरानै ठाउँमा फर्काएँ। उनले चाहिँ निकै बेरसम्म चिउँडोमै झुन्ड्याइरहे।, हामी जयबागेश्वरी मन्दिर अगाडिको ओरालो बाटो पशुपतितिर झर्यौं। दुइटा साना गाडी मुश्किलले आरपार हुने योे ओरालो बाटो पशुपतिको खुला परिसरमा खुल्छ र जुन मोहोडामा पुगेर खुल्छ, त्यहीँ देब्रेतिर भुवनेश्वरी मन्दिर छ।, यो हिजोअस्तिको मन्दिर होइन, निकै पुरानो हो– लिच्छविकालीन।, पशुपतिको भुवनेश्वरी मन्दिर।, भुवनेश्वरी मन्दिरका पुजारीबाट फूल-टीका ग्रहण गर्दै जगदिशलाल श्रेष्ठ (बायाँ)।, भुवनेश्वरी मन्दिरको नाउँ सुनेर तपाईंको आङ जिरिंग भएन आचार्य? पुराना घटना रोटेपिङझैं तपाईंका आँखाअगाडि नाच्न थालेनन् आचार्य?, हाम्रो यहाँको चौध सय वर्ष र त्यहाँ तपाईंको चार वर्षअगाडि यो मन्दिरमा के भएको थियो, तपाईंले सम्झिनुभयो नि?, मलाई थाहा छ, त्यति बेला जे भयो, त्यो तपाईंबाट जानाजान भएको थिएन। त्यो घटनापछि तपाईंको मन कति ठूलो शोकको आहालमा डुबेको थियो होला भन्ने म कल्पना गर्न सक्छु। त्यसको परिणाम बदल्न तपाईंले हरसम्भव कोशिस गर्नुभएको पनि मैले थाहा पाएँ। तर परिबन्धले तपाईं सफल हुनुभएन र सायद त्यही शोकले यो धर्तीबाट विदा लिनुभयो।, आज यो इमेलमा ती सबै घटनाक्रम सम्झाएर तपाईंलाई फेरि पुरानै शोकको आहालमा डुबाउने वा तपाईंको चित्त दुखाउने मेरो मनसाय होइन। त्यस्तो हुन गएमा म सुरूमै क्षमा चाहन्छु।, हामी भुवनेश्वरी मन्दिर पुग्दा खासै चहलपहल थिएन। कलेजी रङको टिसर्ट र गाढा रातो सुरुवाल लगाएका र काँधमा फिक्का रातो गम्छा भिरेका पुजारी मन्दिरभित्र एक्लै पूजा गर्दै थिए। सुरूमा जगदिशलाल श्रेष्ठ र त्यसपछि उनलाई पछ्याउँदै मैले पनि पुजारीको हातबाट फूल–टीका ग्रहण गरेँ। बाहिर प्रांगणमा चार जना लश्करै बसेर कुराकानी गर्दै थिए। हामी उनीहरूको समूहमा मिसियौं। उनीहरूले शवयात्रा सुरू हुन अझै दुई–अढाई घन्टा लाग्ने बताए। यही मौकामा मैले त्यसको नालीबेली सुन्न चाहेँ।, चार जनामध्ये पशुपति, ग्वल क्षेत्रकै स्थानीय हृदयमान श्रेष्ठ र अरूण श्रेष्ठ मेरा जिज्ञासाहरू मेट्न तयार भए।, उनीहरू पशुपति परिसरका संरचनाहरूको निगरानी राख्न नियुक्त गरिएका दस जना ‘विशत’ मध्ये रहेछन्। दुवैलाई शवयात्राको नालीबेली थाहा थियो। अरूण चाहिँ अलि कम बोल्दा रहेछन्। धेरैजसो जवाफ हृदयमानले नै दिए। उनलाई थाहा नभएको कुरा बीच–बीचमा जोडेर कथा पूरा गर्न अरूणले मद्दत गरे।, उनीहरूका अनुसार शुक्रबार भलभलअष्टमीको दिन यहाँ दुईवटा उत्सव हुँदो रहेछ — एउटा त्रिशूल जात्रा र अर्को यही शवयात्रा।, यी दुईबीच कुनै सम्बन्ध छैन तर मानिसहरू एउटै उत्सवजस्तो सँगसँगै मनाउँछन्। हृदयमान र अरूणले पनि दुवैको कथा सँगसँगै सुनाए।, सुरूमा उनीहरूले त्रिशूल जात्राबारे विस्तार लगाए।, धेरै, धेरै, धेरै नै वर्षअघि, सायद तपाईं पृथ्वीलोकमा बाँचेको चौध सय वर्षभन्दा पनि अगाडिको कुरा होला, होइन त आचार्य? त्यति बेला स्वयम्भू पछाडिको हल्चोक जंगलमा एउटा भयंकर डरलाग्दो राक्षस बस्दो रहेछ जो काठमाडौंका केटाकेटी मारेर खाइदिन्थ्यो, यहाँका अन्नबाली लुटेर लैजान्थ्यो र काठमाडौंका जनतालाई खुब दिन्थ्यो। , एकदिन यहाँका स्थानीयले त्रिशूल, भाला लगायत विभिन्न घरेलु हातहतियारसहित राक्षस बस्ने ठाउँमा धावा बोलेछन्। राक्षस चलाख रहेछ। मान्छेहरू मार्न आए भन्ने थाहा पाएर ऊ पहिल्यै आफ्नो बासस्थानबाट सुइँकुच्चा ठोकिसकेछ।, रिसले तम्तमाएका मान्छेहरूले राक्षस नभेटेपछि उसको घर लडाइदिएछन्, सारा सामान तहसनहस पारिदिएछन् र उसका भुराभुरीलाई बन्दी बनाएर ल्याएछन्। बच्चाहरूको मायाले राक्षस फर्केर आउला भन्ने यहाँका बासिन्दाको आश रहेछ। तर निर्दयी राक्षस कहाँ पाएर आउनू!, आखिरमा मान्छेहरूले राक्षसको रिसमा उसका भुराभुरीलाई त्रिशूल रोपेर मारेछन्। राक्षस जहाँ भए पनि आफ्नो बच्चा मारिएको थाहा पाओस् र डरले कहिल्यै नआओस् भन्ने उनीहरूको मनसुबा थियो। त्यही भएर उनीहरूले त्रिशूल रोपिएका राक्षसका बच्चालाई सिफलको डाँडाबाट प्रदर्शनसमेत गरेछन्।, आज पनि भलभलअष्टमीको दिन राक्षसका बच्चाको प्रतिरूपलाई त्रिशूलमा घोपेर जात्रा निकालिँदै आएको छ। पशुपतिको वत्सलेश्वरी, जयबागेश्वरी र बज्रघरबाट एक–एक बालकलाई त्रिशूल घोपेर जात्रामा सामेल गराइन्छ। ती बालकहरू पशुपति क्षेत्रकै महर्जन समुदायको हुनुपर्ने नियम छ।, हृदयमान श्रेष्ठ (बीच) शवयात्रामा आएका अन्य व्यक्तिसँग।, अरूण श्रेष्ठ, आदरणीय आचार्य, त्रिशूल जात्राको कथापछि हृदयमान र अरूणले शवयात्राको वर्णन गरे जुन तपाईंको जीवनसँग प्रत्यक्ष जोडिन्छ।, ‘त्यो समय भुवनेश्वरी मन्दिरका पुजारी बन्धुदत्त आचार्य थिए...’ उनीहरूले कथा भन्न सुरू गरे।, त्योभन्दा अगाडि म तपाईंलाई सोधिहालुँ, यी बन्धुदत्त भनेका तपाईं नै हो नि, होइन त आचार्य?, उनी आफ्नो तन्त्रशक्तिको मद्दतले देवीसँग प्रत्यक्ष कुराकानी गर्थे रे, राज्यमा आइपरेका संकटबारे सरसल्लाह लिन्थे रे र देवीसँग दिनकै पासा पनि खेल्थे रे।, एकदिन आचार्य बन्धुदत्त र भुवनेश्वरी देवी मन्दिरभित्र पासा खेल्दै रहेछन्। बन्धुदत्त खेलमा यति मग्न थिए, उनले पछाडि ढोकाबाट आफ्नो छोरा प्रवेश गरेको पनि चालै पाएनछन्।, यही मौकामा भुवनेश्वरीले बन्धुदत्तको श्रद्धा र निष्ठा जाँच्ने विचार गरिछन् र भनिछन्, ‘बन्धुदत्त, तिमी सधैं मसँग केही न केही माग्छौ। आफ्नो राज्यमा संकट पर्दा त्यो संकट टार्ने उपाय पनि मैसँग सोध्छौ। आज म तिमीसँग केही माग्न चाहन्छु। तिमी दिन्छौ?’, अचानक देवीबाट यस्तो कुरा सुनेपछि बन्धुदत्तले खेल्दाखेल्दैको पासा भुइँमा छाडेर हात जोड्दै भनेछन्, ‘प्रभु, हजुरलाई दिन सक्ने मसँग के नै पो छ र! तै पनि हजुर बिन्ती गर्नुस्, म आफूले सक्नेजति टक्र्याउँछु।’, ‘म जे माग्छु त्यो दिन्छु भनेर बचन दिन्छौ त?’ भुवनेश्वरीले भनिन्।, ‘म बचन दिन्छु प्रभु,’ बन्धुदत्तले भने, ‘हजुर आज्ञा हवस्, म हजुरलाई निराश बनाउँदिनँ।’, ‘उसो भए अहिले तिम्रो पछाडि जे छ, तिमी त्यसको आलो रगत मलाई चढाऊ।’, बन्धुदत्तले दुवै हात जोडेर ‘हवस् प्रभु’ भन्दै फरक्क फर्केर हेरे।, पछाडि उनका छोरा पासा खेल्दै गरेका बाबुलाई ‘ध्याउ’ भनेर तर्साउन बिरालोको चालमा आउँदै थिए।, जसै बन्धुदत्तका आँखा आफ्नो छोरामा गयो, उनलाई आफू तीन भुवनको भारमुनि थिचिएझैं अनुभव भयो। तै पनि देवीलाई दिएको बचनप्रति उनी कटिबद्ध थिए। उनले आफ्नो मनलाई अलिकति पनि धर्मरिन दिएनन्। छोरा बलि चढाउनुपरेको पीडाको सानो शिकन पनि उनले अनुहारमा आउन दिएनन्। , उनले देवीको पाउमा शिर निहुराए र आसनबाट जुरूक्क उठे। , मन्दिरमा एउटा चमचमाउँदो खुँडा थियो जसको तेजिलो धार आँखीझ्यालहरूबाट छिरेको सूर्यको प्रकाशमा टिलिक्क टल्किँदै थियो।, बन्धुदत्तले आफ्ना दुवै हातले खुँडाको बिँड चपक्क समाते र आकाशमा बिजुली चम्केझैं छोराको गर्दन छपक्क मार हाने।, सानो बच्चाको एकमुठी गर्दन एकै मारमा छिनियो।, मन्दिरको भुइँमा तातो रगतको आहाल बन्यो। रगतका छिटा उछिट्टिएर बन्धुदत्तका लुगा लाल भए।, उनले त्यही रगत अञ्जुलीमा लिएर भुवनेश्वरीलाई चढाए।, उनको यस्तो श्रद्धा र निष्ठा देखेर देवी प्रसन्न भइन् र भनिन्, ‘बन्धुदत्त, म तिम्रो निष्ठा जाँच्दै थिएँ। तिमी उत्तीर्ण भयौ।’, बन्धुदत्त छोराको रगत लतपतिएका हात जोडेर देवीसामु घुँडा धसेर बसिरहे, निःशब्द।, छेउमा छोराको शव थियो, निस्प्राण।, देवीले भनिन्, ‘म तिम्रो श्रद्धा र निष्ठा देखेर प्रसन्न छु। आफ्नो पुत्रको प्राण गयो भनेर चिन्ता लिनुपर्दैन। म तिमीलाई उसको प्राण फर्काउने उपाय बताइदिन्छु। तिमी पुत्रको शवलाई यहीँ मन्दिरभित्र छाडेर काठमाडौं उपत्यकाबाट सरासर दक्षिण लाग। तिमी तबसम्म अगाडि बढिराख, जबसम्म बाटोमा अमृतको कलश भेट्दैनौ। त्यही अमृत छर्केर तिमी आफ्नो पुत्रको शवमा नयाँ प्राण भर्न सक्छौ।’, ‘तर याद राख,’ भुवनेश्वरीले बन्धुदत्तलाई सतर्क गराउँदै र चेतावनी दिँदै भनिन्, ‘तिमी फर्केर नआउञ्जेल यो मन्दिरको ढोका बन्द गरेर राख्नू। यहाँभित्र कसैलाई छिर्न नदिनू। तिमी फर्केर आउनुभन्दा अगाडि नै कसैले तिम्रो पुत्रको शिर र धड आपसमा जोडेर अन्त्येष्टि गरे भने फेरि उसको शवमा प्राण भर्न असम्भव हुनेछ। त्यसपछि म पनि तिम्रो मद्दत गर्न असमर्थ हुने छु।’, यति भनेर भुवनेश्वरी अलप भइन्।, भुवनेश्वरी मन्दिरका पुजारी शवयात्राको तयारी गर्दै।, बन्धुदत्तले हतारहतार मन्दिरको ढोकामा ताल्चा मारे र श्रीमतीलाई भने, ‘म एउटा विशेष कामले दक्षिणी प्रदेशतिर जाँदैछु। म फर्केर नआउञ्जेल तिमी कसैगरी पनि मन्दिरभित्र नछिर्नू, अरूलाई पनि छिर्न नदिनू।’, श्रीमती सायद ‘कहाँ जाने? कसरी जाने? कहिले आउने?’ लगायत प्रश्न सोध्न खोज्दै थिइन्, बन्धुदत्त भने उनको कुरा सुन्दै नसुनी फटाफट बाटो लागे।, दक्षिण जाने बाटो बन्धुदत्तका लागि नयाँ थिएन। उनी यसअघि नै राजा नरेन्द्रदेव, कर्कोटक नागराज र रथचक्रको साथमा यही बाटो भारतको आसामसम्म पुगेका थिए र रातो मच्छिन्द्रनाथलाई आफ्नो तन्त्रविद्याको सहाराले वशमा पारेर सँगै लिएर आएका थिए। त्यही मच्छिन्द्रनाथको कृपाले काठमाडौं उपत्यकामा वर्षा भएको थियो र लामो समयदेखिको अनिकाल अन्त्य भएको थियो।, बन्धुदत्त त्यति बेला हिँडेकै बाटो सरासर दक्षिणतिर लागे। उनी यसपालि पनि आसाम नै पुगे कि अन्तै कुनै ठाउँ गए यकिन थाहा छैन। तर भुवनेश्वरी देवीले भनेझैं त्यति बेलासम्म उनका पाइला रोकिएनन्, जबसम्म उनले अमृत भरिएको चाँदीको कलश भेटेनन्।, कयौं दिन, कयौं महिना हिँडेपछि जसै अमृतको कलशमा बन्धुदत्तका दिव्य आँखा परे, उनले सबभन्दा पहिला आफ्ना दुवै आँखा चिम्ले र दुवै हात जोडेर आकाशतिर मुन्टो उठाउँदै भुवनेश्वरी देवीलाई धन्यवाद दिए।, नजिकै गंगा वा ब्रह्मपुत्र नदी बगिरहेको थियो। उनी त्यही नदीमा नुहाइधुवाइ गरेर चोखो भए। नदीको जल ल्याएर अमृतको कलशमा चढाए र पूजाविधि सम्पन्न गरे। त्यसपछि अमृत भरिएको चाँदीको कलश दुई हातले जुरुक्क उचालेर त्यही बाटो फरक्क फर्के, जुन बाटो हिँडेर उनी त्यहाँसम्म पुगेका थिए।, उता बन्धुदत्त आचार्यकी श्रीमती आफ्ना पतिको बाटो हेर्दाहेर्दा चिन्ताले गलिसकेकी थिइन्। कुनै खबरबिना मन्दिरमा ताल्चा मारेर बेपत्ता भएका श्रीमान नफर्केपछि उनको मुटु डरले बरफझैं जम्न थालेको थियो। आफ्नो श्रीमानलाई के विपत् पर्यो होला भन्ने सुर्ताले उनी लाटोकोसेराझैं रात–रातभर जागा रहन थालेकी थिइन्। घरिघरि श्रीमानले ‘कसैगरी पनि मन्दिरभित्र नछिर्नू’ भनेको सम्झन्थिन्।, आखिर उनले किन त्यसो भने? मन्दिरभित्र के छ? यस्तै प्रश्नले उनलाई दिनरात घोच्न थाल्यो।, जे भए पनि श्रीमान नफर्किनुको कारण त्यही मन्दिरको बन्द ढोकाभित्र थुनिएको छ भन्ने निधो गरेर उनले एकदिन श्रीमानको आदेशविपरीत मन्दिरको ताल्चा फोडिन्।, भित्र जे देखिन्, त्यसले उनलाई आफ्नै मुटु उफ्रेर तालुसम्म पुगेझैं भयो। मुटु यस्तरी धड्किन थाल्यो, मानौं कसैले जोडजोडले मन्दिरको घन्टी बजाउँदैछ।, भुइँमा आफ्नै छोराको शिर छेदन गरिएको शव र रगतको आहाल देखेर उनको ज्यान यस्तरी चिसो भयो, मानौं शरीरको रगत बग्दाबग्दै नसाभित्रै जमेको छ। , उनका हातगोडा यस्तरी लुगलुग काम्न थाले, मानौं हावाहुन्डरीले बाँसको झ्यांग बेतोडले हल्लाउँदैछ।, आँशु पनि आँखाको जलाशयमै बरफ भएछन् क्यारे, त्यस्तो पीडाको घडीमा पनि एक थोपा बर्सिएन। , न रूनु न कराउनु, उनी धेरै बेर अवाक् भइन्। , एकछिनपछि शोकले मुर्छा परिन्। अलिबेरमा बौरिइन्। आँखाअगाडि छोराको शिर र धड अलग भएको शव र रगतको आहाल देखेर फेरि मुर्छा परिन्। फेरि बौरिइन्, फेरि मुर्छा परिन्।, यसरी मुर्छा पर्ने र बौरिने क्रम निकै बेर चल्यो।, जब उनको मन अवचेतन अवस्थाबाट चेतनातिर फर्कियो, उनी कपाल फिँजाएर, छाती पिट्दै विलाप गर्न थालिन्। आँखाको जलाशयबाट आँशुको भेलबाढी बाँध फुटेझैं बग्न थाल्यो।, उनको चित्कार सुनेर छरछिमेक, इष्टमित्र सबै भुवनेश्वरी मन्दिरमा जम्मा भए। त्यहाँको अवस्था देख्दा ढुंगाभन्दा कठोर मुटु भएका व्यक्ति पनि खुइय्य सुस्केरा हाल्न बाध्य हुन्थे। बन्धुदत्त आचार्य एकाएक मन्दिरको ढोका थुनेर हराउनुको कारण यस्तो पो रहेछ भन्दै सबैले कुरा काटे।, त्यसपछि बन्धुदत्तले मार हानेको पुत्रको शिर र धड जोडेर शवयात्रा निकाल्ने तयारी सुरू भयो।, उता आफ्नो पुत्रलाई जीवनदान दिन चाँदीको कलशमा अमृत बोकेर फर्किरहेका बन्धुदत्त कयौं दिन, कयौं हप्ता र कयौं महिनाको अविराम यात्रापछि अहिलेको नयाँबानेश्वर आइपुगेका थिए। लामो यात्राले उनी थाकेका थिए। केही बेर आराम गर्छु भनेर उनले अमृतको कलश भुइँमा बिसाए र चउरमा सुस्ताउन थाले।, त्यही बेला पशुपति क्षेत्रबाट हुलका हुल मान्छे आएको देखेर उनले सोधे, ‘तिमीहरू पशुपतिबाट आएजस्ता देखिन्छौ? के छ त्यताको खबर?’, हुल बाँधेर आएका कसैले पनि बन्धुदत्तलाई चिनेनन्। उनीहरूमध्ये एकले भने, ‘आज भलभलअष्टमीको दिन हामी पशुपतिमा त्रिशूल जात्रा हेर्न गएका थियौं, अर्कै जात्रा हेरेर फर्किर्यौं।’, बन्धुदत्तको छाती चिसो भएर आयो। हत्तपत्त सोधे, ‘तिमीहरू अर्को कुन जात्राको कुरा गर्दै छौ?’, ‘भुवनेश्वरी मन्दिरका पुजारी बन्धुदत्त आचार्यले आफ्नै छोराको हत्या गरेछन्। मन्दिरको ढोका ताल्चा मारेर श्रीमतीलाई दक्षिणतिर जान्छु भनेर गएका थिए रे, अहिलेसम्म फर्केका छैनन्। आज श्रीमतीले जेसुकै होस् भनेर मन्दिरको ढोका उघार्दा पो भित्र छोराको शिर र धड अलग भएको शव देखेछन्,’ ती व्यक्तिले बन्धुदत्तलाई पशुपतिको सबै विवरण विस्तार लगाएछन्, ‘गाउँलेहरूले बन्धुदत्तका छोराको शिर र धड जोडेर आज शवयात्रा निकाले र बाग्मती घाटमा अन्त्येष्टि गरे।’, ‘हामी त्यही मलामी सकेर आएका। तिमी पनि मलामी जान लागेको भए नगए हुन्छ, ढिलो भइसक्यो अब,’ उनले भने।, यति भनेर हुल बाटो लाग्यो, बन्धुदत्त भने ठाउँको ठाउँ मूर्ति भए।, भुवनेश्वरी देवीले भनेझैं अमृत छर्केर छोरालाई प्राणदान दिन नपाएकोमा उनलाई साह्रै पीडा भयो। आफ्नै हातबाट बालखा छोराको मृत्यु भएको ग्लानिले उनी हल न चल भए।, त्यसो त बन्धुदत्त जस्तोसुकै अवस्थामा स्थिर रहनसक्ने उच्च मनोबल भएका सिद्ध व्यक्ति नै हुन् तर पुत्र वियोगले उनको सिद्धि र उनको मनोबल बाफ बनेर हावामा उडेर गए।, बन्धुदत्त आचार्य त्यसपछि कहिल्यै उठ्न सकेनन्। चाँदीको कलश भुइँमै ढल्यो। अमृत भुइँभरि पोखियो।, त्यही बेला एउटा काग काँ काँ गर्दै बन्धुदत्तको नजिक आएछ। बन्धुदत्तको ज्यानमा कुनै प्रतिक्रिया थिएन। कागले पोखिएको अमृतमा केही बेर आफ्नो चञ्चु चोब्यो र स्वाद लिँदै अमृत पिएर भुर्रर उड्यो। अमृत पिएको भएर नै काग अमर भयो भन्ने भनाइ छ। त्यो कागले अलि पर गएर दुबोमा आफ्नो चञ्चु पुछेको हुँदा दुबो पनि कहिल्यै नमर्ने गरी अमर भएछ। धानको बालामा पुछेको भए सायद धान पनि कहिल्यै मर्ने थिएन। हाम्रो खेतमा बाह्रै महिना धानका बाला लहलह झुलिरहने थिए।, नयाँबानेश्वरको त्यो ठाउँ जहाँ बन्धुदत्त आचार्यको प्राण गयो र उनले दक्षिणबाट ल्याएको अमृत पोखियो, त्यसलाई ‘छकूबकू’ भनिन्छ। ,(नेपाल भाषामा 'छकू' भनेको एक र 'बाकू' भनेको आधा हो। बन्धुदत्तले एक भाँडो अमृत बिसाएको र पछि त्यो भाँडो भुइँमा ढलेर अमृत आधा बचेको हुँदा 'छकूबकू' नाउँ रहेको भनाइ छ),।, भलभलअष्टमीको दिन बन्धुदत्तले बलि चढाएका पुत्रको शवयात्रा भुवनेश्वरी मन्दिरबाट पशुपति क्षेत्र परिक्रमा गर्दै सिफल पुग्छ र त्यहाँबाट फर्केर बाग्मती नदीमा विसर्जन गरिन्छ। यसको चौथो दिन नयाँबानेश्वरको त्यही छकूबकूमा गएर बन्धुदत्त आचार्यलाई पूजा चढाउने चलन छ।, यसपालिको पूजा तपाईंले पाउनुभयो होला नि होइन, आचार्य बन्धुदत्त?, बन्धुदत्त आचार्यका छोराको शवयात्रा निकालिँदै।, भुवनेश्वरी मन्दिर परिसरबाट शवयात्रा बाहिर निकालिँदै।, हृदयमान र अरूणको मुखबाट यी कथा सुन्दासुन्दै अढाई घन्टा बितेको पत्तै भएन।, अँ, यही अढाई घन्टाको बीचमा जगदिशलाल श्रेष्ठ, उनको एक जना साथी र म चिया खाने पसल खोज्दै जयबागेश्वरी मन्दिरसम्म पुगेका थियौं। तर यहाँ त्यसको व्याख्या जरूरी छैन।, हामी चिया खाईवरी फर्किंदा करिब साढे पाँच बजेतिर रातो वस्त्रधारी पुजारीले आफ्नो पूजाविधि सम्पन्न गरिसकेका थिए। हामीलाई कथा सुनाइरहेका हृदयमान, अरूणसहित बाँकी दुई जना नजिकै ढुंगेधारामा हातगोडा धुँदै थिए। उनीहरूले मुख पनि कुल्ला गरे। अनुहार मज्जाले पखाले। अञ्जुलीमा पानी भरेर केही थोपा आफ्नो शिर र केही थोपा आकाशतिर छर्के।, सफा र चोखो भएर उनीहरू मन्दिरको ढोकानजिकै पुगे। शवयात्रा सुरू हुनै आँटेको थियो।, मन्दिर भित्रबाट पुजारी र उनका एक जना सहयोगीले सानो, होचो पलङजस्तो देखिने चारकुने वस्तु बाहिर निकाले। दुई जनाले आफ्नो दाहिने काँधमा र दुई जनाले देब्रे काँधमा बोके र शवयात्रा अघि बढ्यो।, त्यो वस्तु के हो मैले चिन्न सकिनँ। अरूलाई भन्न पनि हुँदैन रे। टाढाबाट हेर्दा पलङको खुट्टाजस्तो भाग मात्र देखिन्थ्यो। माथिबाट रंगीन चादर ओढाइएको थियो। त्यसैलाई स्थानीयहरू पुजारी बन्धुदत्त आचार्यका छोराको शव भन्दा रहेछन्।, शवयात्रा मन्दिरको प्रांगण बाहिर निस्क्यो। पुजारी घन्टी बजाउँदै पछि लागे। त्यसको पछिपछि पुजारीलाई रंगीन छतरी ओढाउने व्यक्ति थिए।, जगदिशलाल श्रेष्ठ र मैले शवयात्रा पछ्याउँदै पशुपति परिसर परिक्रमा गर्यौं। त्यहाँबाट हामी त्यही साँघुरो बाटो जयबागेश्वरीतिर उक्लियौं, जुन बाटो हुँदै अढाई घन्टाअघि भुवनेश्वरी मन्दिर आएका थियौं।, बाटोमा पसल–पसलबाट, घरका झ्याल–झ्यालबाट मान्छेहरू शवयात्रा हेर्दै थिए र हाहु हल्ला गर्दै थिए।, आदरणीय बन्धुदत्त आचार्य, यी सबै विवरण म तपाईंलाई यस कारण लेख्दैछु, किनभने आजभन्दा चौध सय वर्षअघि तपाईंले जुन घटनाक्रमको सुरूआत गरेर जानुभयो, त्यसले पशुपतिको भुवनेश्वरी मन्दिरमा आजसम्म निरन्तरता पाउँदै आएको छ। तपाईंले भुवनेश्वरी देवीलाई बलि चढाउनुभएको पुत्रको शवयात्रा काठमाडौंको एक लिच्छविकालीन अमूर्त सम्पदाका रूपमा जीवित छ।, भलै तपाईंले अमृत खुवाएर आफ्नो पुत्रलाई नयाँ जीवन दिन पाउनुभएन तर तपाईंको पुत्र मरेका छैनन्, उनी यो शवयात्रामा जीवित छन्। तपाईं आफ्नो छोराको शवमा प्राण भर्न पाइनँ भनेर मन सानो नपार्नुस् आचार्य, किनभने तपाईंको छोरा अमृत खान नपाए पनि अमर भएका छन्।, पशुपति परिक्रमापछि शवयात्रा सिफलतिर जाँदै।, शवयात्रालाई काँध दिइरहेका हृदयमान श्रेष्ठ (बायाँ) र अरूण श्रेष्ठ (दायाँ)।, आदरणीय आचार्य, कथा-किम्बदन्ती यसै बन्दैन। मलाई त यो अचेलको 'क्यूआर कोड' जस्तै लाग्छ वा गुप्तचर संस्थाहरूले आपसमा सम्प्रेषण गर्ने 'कोड' भाषा जसमा कुनै महत्वपूर्ण सूचना लुकेको हुन्छ। जसरी गुप्तचर संस्थाहरूले आफ्ना एजेन्टबाट प्राप्त 'कोड' भाषा 'डिकोड' गरेर अर्थ खुलाउँछन्, हामी पनि माथिको कथा 'डिकोड' गरेर हेरौं है त!, यो कथा 'डिकोड' गर्दा मलाई आजभन्दा चौध सय वर्षअघि भुवनेश्वरी मन्दिरमा यस्तो भएको थियो कि भन्ने लाग्छ:, त्यो समयकालमा तान्त्रिक पूजापाठ गर्दा देवीलाई नरबलि चढाउने चलन हुनसक्छ। नरबलिको प्रथा अन्य ठाउँमा पनि थियो भन्ने केही प्रमाण हामीसँग छँदैछ। यस आधारमा आचार्य, कतै तपाईंले आफ्नो कुनै भाकल पूरा गर्न वा कुनै विशेष खालको सिद्धि प्राप्त गर्न भुवनेश्वरी देवीलाई आफ्नै पुत्रको बलि चढाउनुभएको त होइन?, र, पछि पुत्रको शोकमा विह्वल आमाको पीडा देख्न नसकेर र आफूलाई पनि पश्चातापको पहाडले थिचेर तपाईं पशुपति क्षेत्रबाट टाढा नयाँबानेश्वरकाे सुनसान ठाउँमा गएर एकान्तबास बस्नुभएको र त्यहीँ तपाईंले प्राण त्याग्नुभएको त होइन?, यो कुरा हो कि होइन भन्न तपाईंबाहेक अरू कसले सक्छ? त्यसैले मलाई जवाफ पठाउँदा यसको पनि सत्यतथ्य खुलाइदिनू है!, म यही इमेलमार्फत् एउटा अर्को महत्वपूर्ण कुरा पनि तपाईंलाई सुनाउन चाहन्छु।, त्यस दिन जुन पुजारीले भुवनेश्वरीमा पूजा गरेका थिए, मैले उनका बुवा पुजारी रवि कर्माचार्यसँग टेलिफोनमा कुरा गरेको थिएँ। उनी आफूलाई गर्वसाथ तपाईंकै खलकको सदस्यका रूपमा चिनाउँछन्।, उनले मलाई भनेका थिए, ‘बन्धुदत्त आचार्य यही मन्दिरका पुजारी हुनुहुन्थ्यो। उहाँ र उहाँको पुत्रको मृत्युपछि सायद पुजारीको अभिभारा उहाँकै खलकको कुनै सदस्यमा हस्तान्तरण भएको हुनुपर्छ। यस्तो हस्तान्तरण पछि पनि धेरैचोटि भयो होला। तर जो जो यहाँका पुजारी भए, सबै कुनै न कुनै रूपले बन्धुदत्तकै खलक हुन्। मलाई थाहा भएसम्म हामी पाँच पुस्तादेखि भुवनेश्वरीको सेवा गर्दै आएका छौं।’, देख्नुभयो त आचार्य, काठमाडौंले चौध सय वर्षपछि पनि तपाईंलाई श्रद्धापूर्वक सम्झिरहेको छ। तपाईंले रातो मच्छिन्द्रनाथ ल्याएर काठमाडौं उपत्यकामाथि जुन गुन लगाउनुभयो, काठमाडौंबासीले त्यसैको बदलामा आजसम्म तपाईंको छोराको शवयात्रा निकाल्न छाडेका छैनन्।, यत्रो कोरोना कालमा नरोकिएको शवयात्रा अझै युग–युगसम्म चलिरहनेछ, समयको घामछायाले यसलाई कसैगरी धूमिल पार्न सक्ने छैन, तपाईं ढुक्क भए हुन्छ।, अन्त्यमा, यमलोकको आफ्नो व्यस्तताबाट फुर्सत निकालेर मेरो यो लामो इमेल पढिदिनुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद आचार्य।, स्वर्गको नियम-कानुनले मिल्छ भने जवाफ पठाउनुहोला। म प्रतीक्षा गर्नेछु।, आजलाई विदा।,
..., इमेल टाइप गरिसकेपछि मैले खर्रर पढेँ। भाषा र शुद्धाशुद्धि सच्याएँ। केही लामा वाक्य छोट्टयाएँ। फेरि दोहोर्याएर पढेँ। चित्त बुझेपछि सेन्ड बटन क्लिक गरेँ। , इन्टरनेट स्लो भएर हो वा स्वर्गको दुरी यहाँबाट धेरै टाढा भएर हो, निकै बेर कुइँकुइँ गर्दै कनेपछि बल्लतल्ल इमेल गयो। , अनि मैले लामो सास फेरेँ। , के बन्धुदत्त आचार्यले मलाई जवाफ पठाउलान् त! हँ!, सबै तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी,
चौध सय वर्षअघिका महान् तान्त्रिकलाई मेरो इमेल
|
शोभा शर्मा सर्वोच्च अदालतले कालिगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश दिएको छ।, प्रकाशमणि शर्माको रिटमा सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले उक्त आदेश दिएका हुन्।, ‘कालिगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको देखिएकोले प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त नदीको प्राकृतिक वहावलाई पथान्तरण गरि रिजर्भवालयल बनाउने, प्रदुषण गर्ने, नदीजन्य पदार्थहरू निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनास गर्ने लगायतका अन्य प्राकृतिक बहाव र पर्यावरण प्रतिकुल हुने गरी कुनैपनि कार्यहरू नगर्नू/नगराउनू यथास्थितिमा राख्नु भनी विपक्षीका नाउँमा अन्तरिम आदेश जारी गरी दिएको छ,' सर्वोच्चको आदेशमा उल्लेख छ।, रिट निवेदक बरिष्ठ अधिवक्ता शर्मासहितले कालिगण्डकी नदी विश्वकै पवित्र नदी भएकोले यसको सौन्दर्यलाई नै असर गर्ने गरी नदीको प्राकृतिक बहावलाई परिवर्तन गर्ने ड्याम बनाउने, शालिग्राम एवं गिट्टी, बालुवा चोरी निकारी गर्ने उद्देश्यले भएका निर्णय तथा कार्यहरू रोकी पाउँ भन्दै असार २५ गते रिट दायर गरेका थिए।, सोही रिटको पहिलो सुनुवाइमा प्रधानन्यायाधीश जबराको इजलासले अन्तरिम आदेश जारी गरेको हो।, कालिगण्डकी डाइभर्सन निवर्तमान अर्थमन्त्री विष्णु पौडेलको महत्वाकांक्षी आयोजना हो। उनले कालीगण्डकीको पानी स्याङ्जाको राम्दीदेखि साढे २ किलोमिटर तल बाँध लगाएर २७ किलोमिटर सुरूङमार्फत् तिनाउ नदीमा खसाल्ने योजना बनाएका थिए। जसबाट १२७ मेगावाट बिजुली उत्पादन र १ लाख ७ हजार हेक्टर जमिन सिँचाइ गर्ने पौडेलको दाबी छ।, यो कार्यक्रम बजेटमा पनि उल्लेख गरेका थिए। असार १२ गते पौडेलले आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको बुटवलमा कालिगण्डकी डाइभर्सन आयोजनाको कार्यालय उद्घाटन गरेपछि फेरि कालिगण्डकी डाइभर्सनको बहस चलेको थियो।, तर यो आयोजनाको गण्डकी प्रदेश, त्यहाँका राजनीतिक दलका नेता र सर्वसाधारणले समेत विरोध जनाउँदै आएका छन्। पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ र बहालवाला मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले समेत यसको विरोध गरेका थिए।, यो पनि हेर्नुहोस्,, गण्डकी मात्र होइन लुम्बिनीकै स्थानीय तहले किन गर्छन् कालीगण्डकी डाइर्भसनको विरोध?,
कालिगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.