content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता कपिलवस्तु प्रहरीले विभिन्न हातहतियार सहित पाँच जनालाई पक्राउ गरेको छ।, प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पेस्तोल, म्याग्जिन, गोली, भरुवा बन्दुक र बारुदसहित पाँच जनालाई पक्राउ गरेको जानकारी गराएको हो।, प्रहरीले हतियारसहित कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदीका ३६ वर्षीय कोमन्नु भन्ने मातेश्वरप्रसा...
सेतोपाटी संवाददाता अछाममा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउद छन्।, आइतबार मंगलसेन नगरपालिका–१४ कालागाउँमा जेसीबी दुर्घटना भएको थियो।, कालागाउँस्थित ठाँटीबाट खाँटतर्फ गइरहेको अन्टेस्ट जेसीबी सडकभन्दा ७० मीटर तल खसेको थियो। घटनापछि चालक फरार रहेको ...
रासस देश कै एक मात्र बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण र सर्टिफिकेशन गर्ने कार्य सम्पन्न गरिएको छ।, जयनगरबाट आएको भारतीय रेल्वेले जनकपुरधामको कुर्थास्थित मुख्य स्टेशनसम्म स्पिड परीक्षण र सर्टिफिकेशन गर्ने कार्य गरेको हो।, भारतीय कोकर्ण कम्पनीका प्रतिनिधि र नेपालका महाप्रबन्धक गुरु भट्टराईद्वारा सं...
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले एकीकृत नागरिक सेवा शुभारम्भ गरेको छ।, जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरूलाई सबै किसिमको प्रहरी सेवा प्रदान गर्न नागरिक सेवा सञ्चालनमा ल्याइएको हो।, सेवाग्राहीलाई सहज र सरल होस् भन्ने उद्देश्यले प्रविधिसहितको प्रणाली विकास गरेर नागरिक सेवा कार्यक्रम ल्याइएको प्रहरी उपरीक्ष...
सेतोपाटी संवाददाता कोरोना भाइरस विरूद्धको अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको (जानसन कोभिड-१९ भ्याक्सिन) खोप आजदेखि लगाउन सुरू भएको छ।, प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान काठमाडौंको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको खोप केन्द्रको अनुगमन गरेका थिए। उनले त्यहाँ आयोजित एक कार्यक्रममा स्वास्थ्यकर्मीहरूलाई ...
सेतोपाटी संवाददाता गत असार २० गते मृत अवस्थामा भेटिएकी चितवनकी सुजिता भण्डारीको शव परिवारले बुझेका छन्।, सुजिताको हत्या भएको भन्दै परिवारले आरोपित सार्वजनिक नहुँदासम्म शव नबुझ्ने अडान लिँदै आएका थिए।, पोस्टमार्टमका लागि काठमाढडौंस्थित शिक्षण अस्पतालमा लगिएको सुजिताको शव उनका बुवाले सोमबार बुझेको चितवन प्रहरीका प्रवक्त...
निर्मला घिमिरे लीला लिम्बू (नाम परिवर्तन) लाई एकदिन अपरिचित पुरुषबाट फेसबुकमा 'फ्रेन्ड रिक्वेस्ट' आयो। उनले 'एसेप्ट' गरिन्। उनीहरूबीच कुराकानी चल्न थाल्यो। फेसबुकबाटै एकअर्कालाई साथी मान्न थाले।, ती व्यक्ति धनकुटाका किसान राई रहेछन्। म्यासेन्जरमै चिनजान भइसकेपछि लीलाले आफ्ना सुखदुःखका सबै कुरा किसानलाई सुनाउन थालिन्। ...
सविता बुढा दुई दिन अघि श्रीमानले कान काटिदिएपछि जानकी कानको टुक्रा लिएर जिल्ला अस्पताल बझाङ पुगेकी थिइन्।, घटना भएकै दिन उनी अस्पताल पुग्न सकिनन्। कसैको सहयोग नपाएपछि उनी असहाय पीडामै बसिन्। माइतीलाई पनि खबर गर्न सकिनन्। शुक्रबारमात्रै एक जना महिलाले उनलाई अस्पताल पुर्‍याइदिइन्। पछि खबर सुनेर उनका आमा-बुवा पनि आए।, बझ...
सेतोपाटी मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरूवाले कुटपिट गरेका छन्। उनलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन्।, श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा कपुरीमाथि अनावश्यक विवाद ...
सेतोपाटी सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।, यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत् सार्वजनिक गरेको थियो।, साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको ...
सेतोपाटी संवाददाता भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । , कोरोनाका कारण मन्दिर बन्द गरिए पनि भक्तजनहरुको उल्लेख्य उपस्थिति छ। बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरु शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर पशुपतिनाथ पुगेका थिए। मूल मन्दिर बन्द भएक...
निशा भण्डारी अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिन (जानसेन कोभिड-१९ भ्याक्सिन) लगाउन सुरू गरिएको छ।, नेपालमा पहिलो पटक प्रयोग भएको खोप अभियानलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरे।, अमेरिकाले नेपाललाई ...
ध्रुवसागर शर्मा एकदशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रका बजारमा ढुवानीको प्रमुख माध्यम बनेका खच्चड सडकको पहुँच पुगेर यातायातका साधन चल्न थालेपछि हिउँदमा कामविहीन बने पनि बर्खामा भने मालसामान ढुवानीको भरपर्दो साधन बन्ने गरेका छन्।, वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिराले यातायातका साधन सञ्चालन हुन नसकेपछि अहिले...
दिपकजंग शाही कालीकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) आफ्नो कार्यकक्षमा नआएको २१ महिना वित्यो। उनी न मेयरको सम्पर्कमा छिन्, न त कार्यसम्बद्ध अरु कुनै पदाधिकारीसँग।, उपमेयर नेपाली २०७६ कात्तिक १ गते इन्टरनेसनल सिटी म्यानेजर एसोसिएसन (आइसिएमए)ले आयोजना गरेको गोष्ठीमा सहभागी हुन नेपालका तर्फबाट अमेरिका...
सेतोपाटी संवाददाता झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।, मोरङ रंगेली नगरपालिका वडा नम्बर ९ सखुवाथान घर भई गौरादह नगरपालिका वडा नम्बर १ शितल चोक बस्ने उनका ३९ वर्षीय श्रीमान सजिलाल रिख्यासनलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको हो।, उनलाई सोमबार बिहान प्रहरीले मोरङ प्रहरी कार्यालयको स...
सेतोपाटी संवाददाता दाङ प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित सोमबार सल्यानका एक युवकलाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. १ दमाचौरका ३२ वर्षीय लोकमान सुनारलाई सोमबार मध्यान्ह १२ बजेतिर घोराहीबाट पक्राउ गरेको जानकारी दिए। , गोप्य सूचनाका आधा...
सेतोपाटी काठमाडौं महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ।  ,  , महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिक सत्र २०७७ ...
सेतोपाटी संवाददाता बिपी प्रतिष्ठानका आन्दोलनकारीले दैनिक दुई घण्टा ठप्प पारेको ओपिडी सेवा मंगलबारदेखि खुल्ने भएको छ।, प्रधानमन्त्री कार्यालयले छानबिन टोली बनाएर धरान पठाएपछि आन्दोलनकारीले ओपिडी सेवा रोक्ने निर्णय फिर्ता लिएका हुन्।, दैनिक प्रदर्शन गर्दै आएका चिकित्सक विद्यार्थीले साउन १ गतेदेखि दैनिक दुई घण्टा ओपिडी स...
सेतोपाटी संवाददाता सरकारले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, साउन ६ गते सार्वजनिक बिदा दिइने निर्णय भएको हो।, आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।, नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्य...
सेतोपाटी टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ।, लमजुङ राइनास नगरपालिका–७ सालफेदी बस्ने राकेश पाण्डेको आठ वर्षीय छोरी सृष्टि पाण्डेको घरभित्र कोठामा आज बिहान साढे आठ बजेको समयमा करेन्ट लागेर  मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए।, प्...
सह-प्राध्यापक डा. एलिज अर्याल बजारमा धेरै खालका स्यानिटाइजर पाइन्छ। तर हामीले अल्कोहल 'बेस' मा भएको स्यानिटाइजर प्रयोग गर्नुपर्छ। यसले ७० देखि ८० प्रतिशतसम्म भाइरस मार्नसक्छ। , बच्चाको हकमा अल्कोहल फ्रि स्यानिटाइजर प्रयोग गर्नुपर्छ। घरभित्रै बस्ने बच्चाको लागि अल्कोहल फ्रि स्यानिटाइजर लगाउनु राम्रो हो। तर बच्चा बाहिर ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।, शुक्रबार घरनजिकै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ कृष्णपुर नगरपालिका–९का विष्णु रानालाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई जिल्ला अदालत कञ्चनपुरले २०७७ मंसिर २४ गते १ वर्ष कैद र एक लाख जरिवानाको सजाय सुनाएको थियो। , त्...
सेतोपाटी संवाददाता अछाममा महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ।, करिब ३० वर्षकी महिलाको शव शनिबार चौरपाटी गाउँपालिका-४ बुढीगंगा नदी किनार चित्रेमा फेला परेको हो।, दुई बालकलदे नदी किनारमा खेल्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो।, जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराले शव कसको हो भन्नेबा...
सेतोपाटी संवाददाता सामाजिक सुरक्षा भत्ताको ३९ लाख रकम चोरी भएपछि बझाङमा वडासचिव र प्राविधिक सहायक पक्राउ परेका छन्।, बुंगल नगरपालिका–११ का वडासचिव ओपेन्द्रकुमार महतोले पुतलीलेकको आफ्नो बस्ने कोठामा राखेको ३९ लाख रूपैयाँ गएको मंगलबार राती हराएको बताएका थिए।, यसबारे अनुसन्धान गर्न प्रहरीले उनीसहित वडा कार्यालयका प्राविध...
सेतोपाटी संवाददाता कञ्चनपुरमा ७५ वर्षीय बृद्धको शव फेला परेको छ।, शनिवार बिहान बेदकोट नगरपालिका-४ को शिव लिङ्गेश्वर नजिकै आश्रममा बस्दै आएका किशन नाथको सोही ठाउँमा शव फेला परेको प्रहरीले जनाएको छ।, उनको शव पल्टेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।, उनी...
सेतोपाटी संवाददाता तिनाउ गाउँपालिकाको डुम्रेनजिकै शुक्रबार राति पहिराले एस्काभेटर पुरिँदा एक व्यक्तिको मृत्यु भएको छ।, पहिराले पुरिएर मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–३ घर भई हाल डुम्रेमा बसोबास गर्ने २७ वर्षीय महेन्द्र पुन रहेका छन्।, पुनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा गए राति नै मृत्यु भएको ...
सेतोपाटी संवाददाता डोटीमा जंगली च्याउको तरकारी खाँदा तीन बालक बिरामी परेका छन्।, शुक्रबार शिखर नगरपालिका-५ तिजालीमा जङ्गलबाट ल्याएको च्याउको तरकारी खाएर सोही ठाउँका १० वर्षीय रमेश साउद, ६ वर्षीय महेश साउद र ७ वर्षीय आदित्य ताम्राकार बिरामी परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए...
सेतोपाटी संवाददाता दार्चुलामा वैशाख २५ गतेदेखि जारी निषेधाज्ञा हटेको छ। शुक्रबार जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञा खुला गर्ने निर्णय गरेको हो।, स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गरेर जनजीवन सामान्य बनाउन निषेधाज्ञा खुला गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।, उनका अनुसार...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४२८ जनामा संक्रमण पुष्टि भएको छ।, काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा संक्रमण पुष्टि भएको हो।, अहिले काठमाडौं उपत्यकामा ७३९९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५५४०, भक्तपुरमा ९०८ र ललितपुरमा ९५१ जना सक्रिय संक्रमित छन्।, कोरोना संक्रमणबाट पछिल्लो २४ ...
सेतोपाटी संवाददाता जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ।, ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो। , सनातन गोरक्ष राष्ट्र नेपालले आज गोदामचौरमा आयोजना गरेको कार्...
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ६६ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ६८५८ जनाको पिसिआर परीक्षणबाट १३१० जनामा संक्रमण पुष्टि भएको छ भ...
सेतोपाटी संवाददाता विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको उपचार गरी बचेको रकम विभिन्न संस्थालाई वितरण गरिएको छ।, शनिबार उनको निजी आवासमा परिवारले एक कार्यक्रम गरी उक्त रकम हस्तान्तरण गरेको हो।, उनको उपचार गर्नको लागि संसारभरबाट करिब २,८०० व्यक्तिहरूबाट रु ६७ लाख ८३ हजार ४ सय ८५ संकलन भएको परिवारले बताएको छ। त्यसमध्...
सेतोपाटी संवाददाता कपिलवस्तुबाट पेस्तोल र गोलीसहित एक युवा पक्राउ परेका छन्।, कपिलवस्तु नगरपालिका-११ जहदी चोकबाट ‘मेड इन युएसए’ लेखिएको लोडेड पेस्तोल १ थान र गोली ४ राउण्डसहित सोही ठाउँका ३६ वर्षीय माथेश्वर प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो।, युपी५५डब्लु ८३२४ नम्बरको मोटरसाइकलमा सवार यादवलाई शुक्रबार राति इलाका ...
सेतोपाटी संवाददाता साउने झरीबीच वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । महाअभियानको ४२७ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा.माला खरेलको नेतृत्वमा काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी र अभ...
पूर्णप्रसाद मिश्र यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत असार ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अ...
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघले लुम्बिनी सञ्चार डटकमका प्रधानसम्पादक तथा महासंघ सदस्य गजेन्द्र बुढाथोकीलाई धम्की दिनेलाई कारबाही गर्न माग गरेको छ।, केही दिनयता नचिनेको नम्बरबाट फोन गरी ज्यानलाई असुरक्षित हुने किसिमका धम्की आएकाले ज्यानको असुरक्षा भएको पत्रकार बुढाथोकीले महासंघलाई जानकारी गराएका थिए।, बुढाथोक...
सेतोपाटी संवाददाता गत असार १ गते आएको लेदोसहितको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार डुबायो।, मेलम्ची र ईन्द्रवतीमा आएको बाढीले स्थानीय बासिन्दाका घर पुरेको थियो।, यो पनि पढ्नुस्: ,किन बारम्बार सताउँछ सिन्धुपाल्चोकलाई पहिरोको प्रकोपले?, बाढी गएको यतिका समय हुँदासम्म सरकारले यस क्षेत्रका बासिन्दालाई सहयोग नगरेकोमा गुन...
सेतोपाटी संवाददाता अविरल वर्षापछि बूढीगण्डकी नदीले यारूबगरलगायत विभिन्न ठाउँमा बाटो भत्काएपछि उत्तरी गोरखामा हेलिकप्टरबाट कोरोनाविरूद्धको खोप ढुवानी गरिएको छ।, जिल्ला स्वास्थ्य कार्यालय गोरखाले चुमनुब्री गाउँपालिकाका विभिन्न वडामा हेलिकप्टरबाट खोप ढुवानी गरेको हो।, खोप ढुवानीका लागि सिम्रिक एयरको हेलिकप्टरलगायत जोहो ग...
रासस बहुप्रतिक्षित जनकपुर-जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ। रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए।, उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ। उनले भारतको इ...
सेतोपाटी संवाददाता चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ।, भरतपुर-५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालक सन्दिप मगरको मृत्यु भएको हो।, आइतबार बिहान ८ बजे खेत जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका ३४ वर्षीय मगरको भरतपुर अस्प...
एजेन्सी अफ्रिकी मुलुक मालीमा सडक बनाउन गएका तीन चिनियाँ नागरिकसहित पाँच जना पक्राउ परेका छन्।, मालीको सेनाले दिएको जानकारीअनुसार शनिबार दक्षिण पश्चिम मालीमा सडक बनाइरहेका दुई मौरिटेनियाका नागरिकसहित उनीहरूलाई अपहरण गरिएको हो।, अपहरणकारीले चिनियाँ निर्माण कम्पनी कोभेक र मौरिटानियन कम्पनी एटिटिएमका क्रेन, डम्प ट्रकलगायत...
सेतोपाटी संवाददाता दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ। जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि  खोप लगाउन लागिएको हो।, जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मात्रा प्राप्त भएको जनाएको छ। ‘एउटा स्थानीय तहमा २० बढी खोप केन्द्र छुट्याइएको ...
सेतोपाटी संवाददाता बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुर बस्ने ७० वर्षीय गोरे थापामाथि बाघले आक्रमण गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।, उनको शव आइतबार बिहान ८ बजे वडा नम्बर ६ स्थित ओरही पुलदेखि करिब ५ सय मिटर तल फेला परेको हो। उनी शनिबारदेखि बेपत्ता थ...
एजेन्सी भारतको मध्यप्रदेशमा एउटा सानो जहाज दुर्घटनामा परेको छ।, शनिबार दिउँसो मध्यप्रदेशको सागर जिल्लास्थित धानामा रहेको चिम्स एभिएसन एकेडेमीमा जहाज दुर्घटना भएको हो। दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।, जहाजमा प्रशिक्षक र प्रक्षिक्षार्थी थिए। जहाज उडाउने क्रममा धावनमार्ग छाडेर झाडीतिर पसेको हिन्दुस्तान टाइम्सले जन...
एजेन्सी अफगानिस्तानमा भारतीय फोटो पत्रकार दानिश सिद्दिकी मारिएका छन्।, बिहीबार अफगानिस्तानको कान्दहर प्रान्तको स्पिन बोल्डाकमा सुरक्षाकर्मी र  तालिवान विद्रोहीको भिडन्तमा मारिएको टाइम्स अफ इन्डियाले जनाएको छ। उनी त्यहाँ सुरक्षाकर्मीहरूसँग पुगेका थिए। उनी पुलित्जर पुरस्कारका विजेतासमेत हुन्।, उनको हत्याको जानकारी इस्ला...
सेतोपाटी संवाददाता प्रदेश नं १ प्रादेशिक सञ्चार प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमित भई गम्भीर अवस्थामा पुगेका बिरामी र मृत्यु भएका नौ पत्रकारका परिवारलाई दुई लाख ७५ हजार सहयोग प्रदान गरेको छ।    , प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माका अनुसार सङ्क्रमित भई गम्भीर अवस्थामा अस्पताल भर्ना भई अक्सिजनको सहयोग लिई वा स...
युनिक श्रेष्ठ असार २७ गते आइतबार। रुकुमकी १९ वर्षीया इशारा (नाम परिवर्तन) लाई बुटवल जानु थियो। केही समयअघि इशारा बुटवलभन्दा राम्रो काम पाइने आशामा काठमाडौं आएकी थिइन्। सानैमा विवाह भएको, पछि त्यही विवाह नटिकेको अवस्थाबाट गुज्रिएकी इशारासँग दुई वर्षका छोरा थिए। काठमाडौं आएर आमा-छोराको पेट पाल्न उनले सुरूमा मजदुरी काम ग...
सेतोपाटी संवाददाता कोरोना भाइरसविरूद्धको भेरोसेलको खोप मात्रा सकिएपछि काठमाडौंमा खोप लगाउने अभियान स्थगित भएको छ।, शुक्रबार काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले सूचना जारी गर्दै भेरोसेल खोप अभियान स्थगित भएको जानकारी गराएका हुन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत मंगलबारदेखि शनिबारसम्मको लागि...
नवीन लामिछाने मनाङमा गत जेठ अन्तिममा ठूलो वर्षा भयो। वर्षापछि जिल्लावासी एकै ठाउँमा कोचिएर बस्नुपर्ने बाध्यता आयो। एउटै कोठामा ४५ जनासम्म। बाढी र पहिरामा परेपछि घरबाट जे–जति खानेकुरा ल्याउन भ्याएका छन्, त्यही बाँडीचुँडी खान बाध्य छन्, उनीहरू।, कोभिड–१९ को जोखिमको समयमा यी ४५ जनाको एउटै मेसमा बस्नुपर्ने बाध्यता छ, जहाँ...
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार १ सय ८२ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ९६१३ जनाको पिसिआर परीक्षणबाट २००६ जनामा संक्रमण पुष्टि भ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५४१ जनामा संक्रमण पुष्टि भएको छ।, काठमाडौंमा ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ गरी ५५३ जनामा संक्रमण पुष्टि भएको हो।, अहिले काठमाडौं उपत्यकामा ७६१९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५४४३, भक्तपुरमा १०४५ र ललितपुरमा ११३१ जना सक्रिय संक्रमित छन्।, कोरोना संक्रमणबाट पछिल्लो ...
राजेश घिमिरे ‘पार्थेनियम’ झट्ट हेर्दा पातीजस्तै हुन्छ।  , पातीलाई हितकारी बुटी मान्ने गरिन्छ। गाउँ घरमा यसको प्रयोग औषधोपचारमासमेत हुने गरेको छ। हिन्दु संस्कारमा पातीको छुट्टै धार्मिक महत्व पनि छ। पार्थेनियम पातीजस्तै देखिने विपरीत गुण भएको झार हो। यो कृषि, वन्यजन्तुदेखि मानव स्वास्थ्यका लागिसमेत घातक देखिएको छ।, केही...
सेतोपाटी संवाददाता पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले जातीय छुवाछुतको विषयमा उनीविरूद्धको जाहेरी लिन सर्वोच्च अदालतले प्रहरीलाई दिएको आदेशबारे कुनै चासो नभएको बताएका छन्।, शुक्रबार बिहान सेतोपाटीसँग कुरा गर्दै उनले त्यतातिर आफ्नो ध्यान नगएको बताए।, सञ्चारकर्मी रूपा सुनारले जातको आधारमा आफूलाई कोठा दिन इन्कार गर्...
सेतोपाटी संवाददाता कैलालीमा र कञ्चनपुरमा निषेधाज्ञा थप गरिएको छ।, दुवै जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप भएको सूचना जारी गरेका छन्।, जसअन्तर्गत निषेधाज्ञालाई थप खुकुलो पार्दै कैलालीमा साउन ११ गतेसम्मलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।, यस अवधिमा मनरोञ्जन, शिक्षण...
सेतोपाटी संवाददाता कैलालीमा भैँसी बाँध्ने गोठमा एक जना पुरुष मृत फेला परेका छन्।, घोडाघोडी नगरपालिका वडा नम्बर ४ सिमथरिका ४३ वर्षीय धनबहादुर रतोकी मृत अवस्थामा फेला परेका हुन्।, उनी बुधबार राति भैँसी बाँध्ने गोठमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानक...
शर्मिला पाठक काठमाडौं महानगरको न्यायिक समितिमा सबैभन्दा धेरै डेराभाडाका उजुरी परेका छन् । अघिल्ला वर्षमा घरेलु मुद्दाको उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय घरकोठा खाली गराउने विषयमा उजुरी पर्ने गरेको हो ।  , कोरोना महामारीका कारण धेरैको रोजगारी गुमेको र केहीले अनेक समस्याका कारण कोठामा सामग्री राख्ने ढोका लगाएर लामो स...
सेतोपाटी संवाददाता झापाको भित्री सडकमा सवारी दुर्घटना हुँदा शुक्रबार दिउँसो दुई जनाको मृत्यु भएको छ।, भद्रपुरबाट बनियानीतर्फ जाँदै गरेको मे १ त २८२१ नम्बरको ट्याक्टर र बनियानीबाट भद्रपुरतर्फ यात्रु लिएर आउँदै गरेको अटो रिक्सा (टेम्पो) आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो। दुर्घटनाबाट एक जना घाइते भएका छन्।, भद्र...
सेतोपाटी संवाददाता डोटीको शिखर नगरपालिका- २ मुडेगाउँको कालागाडमा आँप प्रदर्शनी भएको छ।  मुडेगाउँमा उत्पादन भएका करिब १५ देखि २० जातका आँप प्रदर्शनीमा राखिएको थियो।, रैका टुर्स एण्ड ट्राभल्सका प्रवन्ध निर्देशक तथा आँप किसान अमर बहादुर शाहीको एकल प्रयासबाट आँप प्रदर्शनी-२०७८ को आयोजना भएको हो। , प्रदर्शनीमा करिब २० जना ...
सेतोपाटी संवाददाता विषालु सर्पले डस्दा सर्लाहीमा पाँच वर्षीय बालकको ज्यान गएको छ।, प्रहरीका अनुसार विषालु सर्पले डस्दा हरिवन नगरपालिका-१ भोक्टेनीकी रीता ठाकुरका पाँच वर्षीय छोरा शिवम् ठाकुरको मृत्यु भएको हो।, करेत सर्पले डस्दा उनी गम्भीर घाइते भएका थिए। बुधबार राति आमासँगै सुतेका बालकलाई राति १ बजेतिर ओछ्यानमै सर्पले ...
सेतोपाटी संवाददाता ब्राउनसुगरसहित कैलालीमा दुई जना पक्राउ परेका छन्। लागुऔषध प्रयोग, कारोबार तथा ओसारपसारविरूद्ध कारबाही अभियान सुरू गरेको प्रहरीले १४.९७ ग्राम ब्राउनसुगरसहित बिहीबार साँझ दुई जनालाई पक्राउ गरेको हो।, प्रहरीका अनुसार पक्राउ पर्नेमा टिकापुर नगरपालिका-७ बैदीका ३६ वर्षीय लोकेन्द्र साउद र २८ वर्षीय धनसिंह ...
सेतोपाटी संवाददाता ७७ किलो गाँजासहित प्रहरीले सर्लाहीबाट एक युवालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ का ३० वर्षीय अशोककुमार लामा छन्।, हरिवन नगरपालिका-२ बाट बिहीबार साँझ लामालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढथोकीले बताए।, हरिवन-२ अत्रौली खोलामा बा५२प १९...
सेतोपाटी संवाददाता दमकबाट ९ जना जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकको टोलीले वडा नम्बर ७ हाटखोलास्थित कर्णबहादुर राईको घरबाट शुक्रबार साँझ ९ जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा राईसहित, दिनेश अधिकारी, इन्दुकुमार राजवंशी, विक्रम गुरुङ, निर्मल थापा, रामबहादुर धिमाल. राजन दाहाल, अंकित कार्की, जंगा पाठक...
विनोद सापकोटा झापासहित प्रदेश नम्बर १ मा हत्याका घटना बढेका छन्। असार महिनामा मात्रै आठ वटा हत्याका घटना भएको प्रहरीले पुष्टि गरेको छ।, झापाको विर्तामोड-५ मा असार २७ गते मृत अवस्थामा फेला परेकी सृजना बस्नेतको हत्या वा आत्महत्या भन्ने विषयको प्रहरीले अहिलेसम्म निर्क्यौल निकालेको छैन।, विर्तामोडकी युवती मृत्यु प्रकरणको ...
सेतोपाटी संवाददाता दाङको घोराहीबाट एक लाख बढी रकमसहित दश जुवाडे पक्राउ परेका छन्। , पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ का ५२ वर्षीय कमान पुन, ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा, २२ वर्षीय निमबहादुर रोका, २६ वर्षीय त्रिपन बुढा, ३३ वर्षीय ढोका...
सेतोपाटी संवाददाता धनुषा र महोत्तरीमा पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषामा एकै परिवारका दुई बालक रहेका छन्।, धान रोप्न आमाबुवासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर दुबै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, धनौजी गाउँपालिका–५ बहुअर्बाका श्रीकि...
सेतोपाटी संवाददाता लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ । , सडक खुलाउनका लागि जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहे पनि व...
पूर्णप्रसाद मिश्र/रासस काठमाडौंको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित सहर निर्माण गरिने भएको छ।, विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित सहर निर्माण गर्ने यो आयोजना पहिलो हुने पूर्वी काठमाडौं नयाँ सहरी...
सेतोपाटी संवाददाता कपिलवस्तु प्रहरीले ब्राउनसुगरसहित एकै घरका तीन जना सदस्यलाई पक्राउ गरेको छ।, कवपिलवस्तु-२ बर्दहवास्थित सडकमा सवारीसाधन चेकजाँच गर्ने क्रममा भारतीय नम्बरको मोटरसाइकलबाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, पक्राउ पर्नेमा कपिलवस्तु-१ नयाँटोलका २७ वर्षीय राकेश गुप्ता, उनकी श्रीमती २४ वर्षीया प्...
सेतोपाटी संवाददाता आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, आज (शनिबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , सुदूरपश्चिम, लुम...
सेतोपाटी म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ।, गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिएपछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो।, गाउँमा रहेका २८ वटा धारामा पानी नआए...
सेतोपाटी संवाददाता सर्ट मेसिन गन (एसएमजी) राइफल देखाएर मोरङको एउटा सुनचाँदी पसल लुट्ने प्रयास भएको छ।, सुरक्षाकर्मीसँग सीमित मात्रामा हुने राइफलको प्रयोग गरी एक समूहले सुन्दरहरैंचा नगरपालिकाको सुनचाँदी पसलमा लुटपाट गर्न खोजेको हो।, प्रहरीका अनुसार सुन्दरहरैंचा-१० त्रिवेणी चोकको शिव पाञ्चायन ज्वेलर्समा शुक्रबार दिउँसो ...
सेतोपाटी संवाददाता कैलालीको टीकापुरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निर्माणाधीन एक भवनमा आगलागी भएको छ।, बिहीबार बिहान टीकापुर नगरपालिका–८ खक्रौलास्थित निर्माणाधीन  बिओपीको तीन कोठे भवनमा आगलाी भएको प्रहरीले जनाएको छ।, निर्माण सकिन लागेको भवनमा कसरी आगो लाग्यो? भन्ने खुलेको छैन।, कैलालीका प्रहरी प्रवक्ता प्रहरी ...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दारसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।, अख्तियारले प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसहित तीन जनाविरूद्ध बिहीबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जा...
नारायण खड्का बिनाभिसा गैरकानुनी रूपमा अमेरिका जान खोज्ने सात नेपाली डुंगा दुर्घटनामा बेपत्ता भएपछि प्रहरीले उनीहरूलाई पठाउने एजेन्टको खोजी अभियान तीव्र पारेको छ।, बिहीबार बिहान दाङको घोराही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने गोमा जिसीलाई पक्राउ गरिएको उच्च प्रहरी अधिकारीले बताए।, ‘गोमाजीको नाममा केन्द्रबाटै वारेन्ट जारी...
सेतोपाटी संवाददाता अब ट्राफिक प्रहरी कारबाहीमा परेपछि आफ्नो कागजातबारे एसएमएस सेवाबाट लिन सकिने भएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि ‘डकुमेन्ट ट्र्याकिङ सिस्टम’ को सुरूवात गरेको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।, यो सँगै ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई ट्राफिक प्रहरीले कार...
सेतोपाटी संवाददाता कञ्चनपुरमा भान्जाको लठ्ठी प्रहारबाट मामाको मृत्यु भएको छ।  , गएराति आपसी विवाद हुँदा भीमदत्त नगरपलिका-१० का ४२ वर्षीय वीरराम लुहारको उनकै २२ वर्षीय भान्जा गिरधारी लुहारले कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवत्ता तथा प्रहरी नायब उपरीक्षक सिद्धराज...
सेतोपाटी संवाददाता दाङमा बिहीबार दिउँसो घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ शिवशक्ति टोलका ३३ वर्षीय मंगलसिंह रावतको दिउँसो २ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए। , घरको पानी तान्ने मोटरले काम नगरेपछि मोटर चेक गर्ने क्रम...
राजेश घिमिरे गत पुस १८ गते बिहान हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको कारले बाघलाई ठक्कर दियो। पूर्व-पश्चिम राजमार्गको हेटौंडा-पथलैया खण्डअन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका-१ को आधारभार जंगलमा कारको ठक्कर खाएको पोथी पाटेबाघको घटनास्थलमै मृत्यु भयो।, यो राजमार्गको दायाँ-बायाँ दुबैतर्फ पर्सा राष्ट्रिय निकुञ्जको जंगल छ। ...
एजेन्सी जर्मनीमा बाढीले जनजीवन अस्तव्यस्त बनाइदिएको छ।, पश्चिम जर्मनीमा बुधबारदेखि भएको भारी वर्षाले कम्तिमा ६ वटा घर भत्किएका छन्। अहिलेसम्म १९ जनाको मृत्यु भएको छ भने दर्जनौं मानिसहरू बेपत्ता भएका छन्।, हजारौं घर बिजुली बत्ती काटिएको छ भने पिउने पानीको लाइनमा पनि क्षति भएको छ।, मौसमविद्हरूले शुक्रबारसम्म भारी वर्षा ...
सेतोपाटी संवाददाता कैलालीमा बुधबार रातिको भारी वर्षापछि ६१ घर डुबानमा परेका छन्।, गोदावरी नगरपालिका– ५ श्रीलंकाका २५, वडा नम्बर ४ र १ का ३६ वटा गरी ६१ घर डुबानमा परेका हुन्।, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले घरभित्र पानी पसेपछि सामान्य क्षति भएको बताए।, डिएसपी  विष्टले भ...
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ७ सय ६८ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ८२५६ जनाको पिसिआर परीक्षणबाट १७८२ जनामा संक्रमण पुष्टि भए...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५५३ जनामा संक्रमण पुष्टि भएको छ।, काठमाडौंमा ३३९,  भक्तपुरमा ८० र ललितपुरमा  १३४ गरी ५५३ जनामा संक्रमण पुष्टि भएको हो।, अहिले काठमाडौं उपत्यकामा ७६९३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५४५८, भक्तपुरमा १०६२ र ललितपुरमा ११७३ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घन्टाम...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइएको छ।, बिहीबार काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले भोलिदेखि १० गते सम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।, काठमाडौं जिल्ला प्रशासनको आदेश अनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै सयमा पनि सञ्...
सेतोपाटी संवाददाता अति आवश्यक काम परि  काठमाडौं उपत्यका प्रवेश गर्नेलाई भोलि साउन १ गतेबाट सवारी पास नचाहिने भएको छ।, बिहीबार काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले भोलिदेखि अति आवश्यक कामका कारण उपत्यका प्रवेश गर्नेहरूलाई पास नचाहिने निर्णय गरेको हो।, यद्यपी लामो दुरीका सार्वजनिक यातायातह...
सेतोपाटी बागलुङको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ।, मृत्यु हुनेमा स्थानीयबासी ३३ वर्षीय अशोक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।, उनका अनुसार घाँस काट्न जाने क्रममा लडेर मुत्यु भएको अवस्थामा ...
सेतोपाटी संवाददाता कैलालीमा खोलामा बगेर एक किशोरीको मृत्यु भएको छ।, बिहीबार गोदावरी नगरपालिका ६ की १८ वर्षीया आरती घर्ती मगरको सोही ठाउँको गौरीदेवी खोलामा नुहाउने क्रममा बगेर मृत्यु भएको हो। , प्रहरीले उनी बगेको स्थानबाट केही तल शव फेला परेको जनाएको छ।, कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्र...
सेतोपाटी संवाददाता झापाको मेचीनगरमा विद्युतीय करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, बिहीबार दिउँसो मेचीनगर नगरपालिका ३ सिर्जना बस्ती बस्ने वर्ष ३१ का सरोज किसानको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।,  सोही वडामा रहेको गंगटे खोल्सामा बिधुतको हाईटेन्सन लाइनबाट तार जोडी माछ...
सेतोपाटी संवाददाता दार्चुलामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। , बिहीबार ब्यास गाउँपालिका ३ तुसारपानीमा पहिरो आउँदा पुरिएर सोही पालिकाको वडा नम्बर २ राप्लाकी ५० वर्षीया बेलमती बुढाथोकीको मृत्यु भएको हो। , पहिरोमा परेर उनी वेपत्ता भएपछि सेना, प्रहरी र स्थानीयले  खोजी गरेका थिए। , केही बेरमै उनको शव फेला परेको ज...
सेतोपाटी संवाददाता संरक्षणका क्षेत्रमा कार्यरत संस्थाहरुले वन्यजन्तुको तस्कारीमा संलग्नलाई धरौटीमा छाडिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन्।, चितवनको रत्ननगर नगरपालिका अन्तर्गत मृगकुञ्ज उपभोक्ता समितिको क्षेत्रभित्र रहेका संरक्षणका साझेदार संस्थाहरुले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै अथक प्रयासबाट पक्राउ गरिएका तस्क...
सेतोपाटी संवाददाता नेपाल मुश्लिम संघले इदुल अजहा (बकर इद) मा सार्वजनिक बिदा दिन माग गरेको छ।, गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर मुश्लिम समुदायको चाडमा सार्वजनिक बिदा घोषणाको व्यवस्था मिलाइदिन ज्ञापन पत्र बुझाइएको मुश्चिम संघका अध्यक्ष अब्दुल सतारले सेतोपाटीलाई बताए।, मुश्लिम संघले बिहीबार गृहमन्त्री खाँणलाई भेटेर ज्ञा...
सेतोपाटी संवाददाता पर्साबाट सात जना जुवाडे पक्राउ परेका छन्।, बिहीबार अपरान्ह जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले १ लाख ५८ हजार रूपैयाँ नगदसहित जुवाडेहरूलाई पक्राउ गरेको हो।, प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार नेशनल मेडिकल छेउमा निर्माणाधीन भवनको माथिल्लो तलामा जुवा खेलिरहेका व्यक्तिहरू पक्राउ परेका...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिस्थित गुर्जुधारामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।, चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ मा बिहीबार साँझ साढे ५ बजे यातायात व्यवस्था कार्यालयनजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।, ना८ख १९८९ नम्बरको ट्रक सतुङ्गलबाट...
सेतोपाटी संवाददाता पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ। जिसीलाई शुक्रबार बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए। मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो।, सामान्य प्रकारका मस्तिष्कघात भएका कारण जिसीको स...
सेतोपाटी संवाददाता साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ ।, सरकारले यही साउन १० गतेसम्म कोरोनाबाट बच्न जारी निषेधाज्ञा थप गरेकाले पशुपतिनाथ मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास...
सेतोपाटी संवाददाता कोभिडको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झण्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । रु २३ लाख प्रदेशबा...
सेतोपाटी संवाददाता दाङमा दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित दुई व्यक्ति पक्राउ परेका छन्। , पक्राउ पर्नेमा सुर्खेत जिल्लाको भेरीगंगा नपरपालिका वडा नं. ८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका वडा नं. ७ का ४८ वर्षीय डिलबहादुर रावत छन्। , उनीहरूको साथबाट २ फिट १० इञ्चको  रेड पाण्डको छाल...
सेतोपाटी कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन १५ गतेसम्मका लागि थप गरिएको छ।, जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो।, निषेधाज्ञाको उल्लंघन गर्ने, औष...
सेतोपाटी संवाददाता मोटरसाइकलले ठक्करबाट गम्भीर घाइते ५ वर्षीय बालकको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ। , शान्तिनगर गाउँपालिका वडा नं.१ खिलतपुर चोक नजिकै असार २६ गते बेलुका  साढे ७ बजेतिर रा ४ प १०२४ नम्बरको  मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५ वर्षीय पारस लामिछाने गम्भीर घाइते भएका थिए। , दुर्घटनापछि सोही मोटरसाइकलम...
सुदीप श्रेष्ठ यो लेख म एक खास व्यक्तिलाई सम्बोधन गरेर लेख्न चाहन्छु।, त्यसैले सधैंजस्तो माइक्रोसफ्ट वर्डमा लेखिरहेको छैन। सिधै जीमेलमा टाइप गर्दैछु, ताकि जसै लेख पूरा होला, म सेन्ड बटन क्लिक गरेर पठाउन सकूँ।, यसरी लेख्दा मलाई ती खास व्यक्तिसँग भावनात्मक तार जोडिएको महशुस हुँदैछ।, ..., आदरणीय बन्धुदत्त आचार्य,, तपाईं अ...
शोभा शर्मा सर्वोच्च अदालतले कालिगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश दिएको छ।, प्रकाशमणि शर्माको रिटमा सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले उक्त आदेश दिएका हुन्।, ‘कालिगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको देखिएकोले प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त नदीको प्राकृतिक वह...