content
stringlengths
20
64.1k
नारायण खड्का प्रहरी प्रशासनले मंगलबार एकैदिन दाङ जिल्लाका विभिन्न स्थानबाट एक सय १७ वटा टिपर नियन्त्रणमा लियो।, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सामाजिक सञ्जालमै जानकारी दिए।, दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले मंगलबार मात्रै टिपर कारबाहीबाट एक लाख ४० हजार राजश्व संकलन भएको सेतोपाटीलाई बताए। समातिएकामध्ये थप केहीले बुधबार तोकिएको जरिवाना तिरेर टिपर लैजाने क्रम जारी छ।, त्यस्तै, बुधबार बिहानै पनि प्रहरीले जिल्लाका विभिन्न स्थानबाट थप ३० देखि ३५ वटा टिपर नियन्त्रणमा लिइसकेको एसपी काफ्लेले बताए।, मंगलबार बिहानैदेखि प्रहरीले ओभर लोड बोक्ने टिपरलाई नियन्त्रणमा लिएको थियो। बुधबार बिहानैदेखि नै कागजात नभएका टिपरलाई प्रहरी प्रशासनले नियन्त्रणमा लिन सुरू गरेको छ। , एकैदिन एक सय १७ वटा टिपर नियन्त्रणमा लिएपछि प्रहरी प्रशासनले टिपर व्यवसायीलाई घोराहीमा बोलाएर छलफल गर्‍यो।, प्रजिअ कुरुम्बाङको अध्यक्षतामा भएको छलफलले ओभर लोड नबोक्ने, तीव गतिमा नकुदाउनेलगायत पाँच बुँदे सहमति गर्‍यो।, बढी भार बोक्ने टिपरको ढाला काट्ने तथा घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाले एक–एक वटा धर्मकाँटा निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउने निर्णय उक्त बैठकमा भएका थिए।, टिपर व्यवसायी, उद्योगी व्यवसायी, बंगलाचुलीका जनप्रतिनिधि, आन्दोलन समितिको संयुक्त  बैठकको निर्णय अनुसार टिपरलाई बिहान ८ बजेदेखि साढे १० बजेसम्म, दिउँसो ३ बजेदेखि बेलुकी ५ बजेसम्म र राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न नपाउने निर्णय पनि भयो।, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार बंगलाचुली गाउँपालिकाका स्थानीयले सयौं टिपर एकैपटक गुड्दा बाटो जाम हुने गरेको, बालबालिका विद्यालय जाँदा समेत धुलो, धुँवाले सास्ती खेप्नु परेको, सडक जीर्ण भएको हुँदा अन्य सवारी साधन सञ्चालन गर्न सक्ने अवस्था नरहेको, तीव्र गतिले दुर्घटना बढेको जस्ता गुनासोसहितको निवेदन आएपछि टिपरलाई नियन्त्रणमा लिनु परेको हो।, जिल्लामा रहेका घोराहीस्थित सगरमाथा सिमेन्ट, तुलसीपुरस्थित सोना सिमेन्ट, लमहीस्थित सर्माट सिमेन्ट उद्योगका लागि बंगलाचुली, रोल्पाको सीमाना क्षेत्र, सल्यान कपुरकोट हुँदै रोल्पा सिमेन्ट उद्योगबाट समेत चुनढुंगा ल्याउने गरिन्छ। , प्रहरीका अनुसार दैनिक सयौंको संख्यामा गुड्ने ती टिपरले क्षमताभन्दा दोब्बर बढीसम्म लोड बोकेका हुन्छन्।  , एसपी काफ्लेका अनुसार ६ चक्के टिपरले १६ टनसम्म, १० चक्केले २५ टनसम्म बोक्न पाउने नियम छ। तर, १६ चक्केले २५ टन र १० चक्केले ३५ टन बाकेको पाइएको उनले बताए। , कम्पनीले निर्माण गरेको ढाला भन्दा थप १ फिटमाथि आफैं ढाला थपेर समेत बढी भार बोक्ने गरेको पाइएपछि टिपर नियन्त्रणमा लिनुपरेको एसपी काफ्लेले तर्क गरे।, व्यवसायी पनि ओभर लोड बोकेको स्वीकार गर्छन्।  तर, उनीहरू त्यो रहर नभई बाध्यता भएको बताउँछन्। , सिमेन्ट उद्योगहरूले फाइदाका लागि आफूहरूलाई ओभरलोड बोक्न बाध्य पार्ने गरेको तर्क टिपर व्यवसायीको छ। , ‘हामी हाम्रा गाडीलाई जति हुन्छ कम लोड बोकाउन खोज्छौं,’ एक व्यवसायीले भने, ‘तर, प्रतिस्पर्धाका कारण उद्योगहरूले हामीलाई बढी लोड बोक्न बाध्य पारेका छन्।’, टिपर व्यवसायीले आफूहरूलाई डर त्रास पैदा गरेर महिनाबारी असुल्ने नाटक मात्रै भएको आरोप लगाए। , ‘अहिलेसम्म हामीले प्रहरी प्रशासनका उच्च अधिकारीहरूलाई महिनावारी तिर्दै आएका छौं,’ ती व्यवसायीले भने, ‘नयाँ/नयाँ अधिकारीहरू सरूवा भएका आएका छन् र उनीहरूले सोझै पैसा माग्न नसकेर त्यसकै लागि लाइन मिलाउन हामीलाई तर्साइरहेका हुन् भन्ने मैले बुझेको छु।’, टिपरलाई प्रहरी प्रशासनले दुहुनो गाईजस्तै बनाउने खोजेको ती व्यवसायीले आरोप लगाए। , ‘कार चढ्नेहरू, प्राइभेट गाडी चढ्नेहरूलाई कहीँनेर चेकजाँच हुँदैन,’ उनले भने, ‘तुलसीपुर–घोराही रोडमा मात्रै हाम्रा टिपरहरू चेकजाँचको नाममा सात ठाउँ रोकिन्छन् र पैसा असुलिन्छ।’, दुई जना प्रहरी आएर मनपरी गाडी रोक्ने, कागज पत्र माग्ने र त्यसपछि साहुलाई फोन गराएर खुलेयाम रकम माग्ने गरेको ती व्यवसायीले बताए। , ‘उनीहरूले हामीसँगको फोनमा खुलेयाम उच्च प्रहरी र प्रशासन अधिकारीको नाम लिँदै किन, महिनावारी नबुझाएको भनेर प्रश्न गर्छन्,’ ती  व्यवसायीले भने, ‘यसअघि सम्म हामीबाट त्यसैगरी असुल्दै आइएको छ र अहिले पनि त्यसैको लागि लाइन मिलाउन खोजिएको हो भन्ने मलाई लाग्छ।’, पछिल्लो समय बाहिरका टिपर पनि सञ्चालन हुने गरेको हुँदा स्वर्गद्वारी टिपर यातायात प्रालिले महिनावारी बुझाउन नगएको र त्यही भएर आफूहरूलाई तर्साएर  फेरि महिनावारी असुल्न नाटक मञ्चन भइरहेको उनको आरोप छ।, दाङमा स्वर्गद्वारी टिपर यातायात प्रालि मार्फत टिपर सञ्चालन हुँदै आएका छन्। जसमा साढे दुई सय जति टिपर दर्ता छन्। तर, टिपर व्यवसायीले निजी समेत गरी झन्डै चार सयको हाराहारीमा जिल्लामा टिपर सञ्चालनमा रहेको बताउँछन्।, प्रहरी भने कम्पनीबाहेक निजी समेत गरी जिल्लामा ६/७ सयको संख्यामा टिपर सञ्चालन हुँदै आएको बताउँछ।, दाङमा एकैदिन १ सय १७ टिपर नियन्त्रणमा
सेतोपाटी संवाददाता प्रहरीले कन्टेनर र एउटा भारतीय ट्रकबाट २०८ किलो गाँजा बरामद गरेको छ।, मकवानपुर प्रहरीले हेटौडाका दुई अलग स्थानबाट गाँजा, ट्रक, कन्टेनर र त्यसका चालक, सहचालकलाई पक्राउ गरेको हो।, प्रहरीका अनुसार बुधबार हेटौडा-१५ रातोमाटेस्थित पूर्व-पश्‍चिम लोकमार्ग सडक खण्डमा बारा जाँदै गरेको बिआर०१जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १६९ किलो गाँजा बरामद गरिएको छ।, विशेष सूचनाको आधारमा प्रहरीले ट्रक रोकेर चेकजाँच गरेको थियो।, ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक ३१ को मुक्तार सैफिकलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।, यस्तै, हेटौडा-१९ नेवारपानीस्थित पूर्व पश्‍चिम लोकमार्ग सडक खण्डमा ना६ख ३७४१ नं. को कन्टेनरबाट ४० किलो गाँजा बरामद भएको छ। गाँजासहित सहचालक जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका- ४ का १९ वर्षीय दीपक गुरुङलाई पक्राउ गरिएको राठौरले बताए।, पक्राउ परेकाहरूलाई लागुऔषध नियन्त्रण ऐनअनुसार थुनामा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।, मकवानपुरमा कन्टेनर र ट्रकबाट २०८ किलो गाँजा बरामद
प्रभाकर गौतम खाली बोतल, प्लास्टिक, कागज, फलाम...!, बुद्धनगरका बस्तीबाट यी सामग्री संकलन गर्दै हिँड्नेलाई म चिन्दिनँ। तर आफ्नै दिनचर्याको हिस्साजस्तो भइसकेको उनीहरूको आवाज परिचित लाग्छ।, उस्तै समयमा, एउटै बाटो आउजाउ गर्ने उनीहरूले पुराना चिजवस्तु व्यवस्थापन गरिदिन्छन् नै, तिनको थोरै भए पनि भाउ छ भन्ने सन्देश हामीलाई दिन्छन्। उनीहरूसँग लामो कुराकानी गर्ने मेसो हत्तपत्त मिल्दैन। रौतहटका बलिराम यादवसँग भने गत साता केहीबेर गफिने मौका जुर्‍यो।, म सधैं दूध लिन जाने पसलमा उनी अन्डाको खाली क्रेट लिन आएका रहेछन्। कुन्नि के सन्दर्भमा, बलिराम पसले अंकललाई भन्दै थिए, 'अब बबरमहल जानु छ। खाली सिसी र पत्रिका लिन बोलावा आएको छ।', उनका कुराले मेरा कान चनाखो भए।, ओहो, फोनबाटै मानिसहरूले सम्पर्क गरेर बोलाउने उनलाई। धेरै वर्ष काम गरिसकेका संकलक भएको अड्कल काट्दै सोधेँ, 'काठमाडौं आएको धेरै वर्ष भइसकेछ है दाइ?', 'आउँदा जुँगाको रेखा बसेको थिएन, अहिले दाह्री फुल्न थालिसक्यो। पुरानै भन्नुपर्‍यो,' फिस्स हाँस्दै उनले भने।, जुँगामा आएको हेरफेरबाट समयको हिसाब निकाल्ने उनले काठमाडौं सहरमा ठ्याक्कै कति वर्ष बिताए, यकिन छैन। हाल ४३ वर्षमा हिँडिरहेका बलिरामले यसरी हिसाब मिलाए, 'आधा जीवन काठमाडौंमा बित्यो।', कहिल्यै स्कुलको आँगन टेक्न नपाएका उनलाई तिथिमिति सम्झिन गाह्रो लाग्छ। यत्ति याद छ, काठमाडौं आएको वर्ष मलेखूको पुल भत्केको थियो।, अनुमान गर्दा, उनी काठमाडौं छिरेको दुई दशक बढी भइसकेछ।, गाउँका ठेकेदारले राम्रो कमाइ हुने आश्वासन दिएका भरमा उनले रौतहट छाडेका थिए। यसअघि गाउँबाट टाढा नगएका उनलाई सहरमा श्रम बेच्नेको दुःख थाहै थिएन। यहाँ आएर मिलनचोक, मध्यबानेश्वरमा गाउँकै तीन जना साथीसँग बस्न थाले। घर बनाउने ठाउँमा मजदुरी गरे। भारी बोकाएर लखतरान हुन्जेल काम लगाउने ठेकेदारले श्रम शोषण गरिरहेका थिए।, 'एक वर्ष काम गर्दा जम्मा पाँच हजार पाएँ। ठेकेदारसँग झगडा गर्दा पनि पैसा उठाउन सकिनँ। त्यसपछि त्यो काम छाडेँ,' उनले भने, 'गाउँकै साथी कवाडी उठाउने काम गर्थ्यो। उसैबाट यो काम सिकेँ।', ठेकेदारबाट ठगिएका बलिरामलाई पहिलाको तुलनामा नयाँ काम बढी 'स्वतन्त्र' लाग्यो। पहिलाजस्तो अरूको भरमा बस्नु नपर्ने र पैसा पनि चाँडै पाइने भएकाले उनी रमाए। यसमै बीस वर्षभन्दा धेरै अनुभव समेटिसके।, हाल युएन पार्क नजिकैको कारखाना बलिरामको घर र अफिस दुवै हो। रौतहटकै प्रमोद यादवले चलाउने यो कारखानामा बलिराम, उनका भाइ र थप छ जना बस्छन्। कवाडी बटुलेर कारखानामा जम्मा गरेवापत उनीहरूले नगद पाउँछन्। बलिरामका अनुसार संकलित धेरै सामग्री रिसाइकल हुन्छन्। फलाम भने बेलाबेला जीतपुर र वीरगञ्जसमेत लगिन्छ।, अक्सर बिहान चिया पिएर सात बजेतिर निस्किने उनी खाना खान १०/११ बजे कारखाना फर्किन्छन्। यहाँ बस्नेहरूको आ-आफ्नै चुलो र कोठा छ। त्यहीँ खाना बनाउँछन्। केहीबेर आराम गरेर निस्किहाल्छन्। सामान भेटेका बेला भारी घटाउन फेरि कारखाना आउँछन्। बढीमा तीन-चार खेप कारखाना आउजाउ हुन्छ।, बुद्धनगर, तीनकुने, अनामनगर, कालिकास्थान, थापाथली सेरोफेरो उनको डुल्ने क्षेत्र हो। धेरै वर्ष पैदल डुलेका उनले १२ वर्षअघि साइकल किने। त्यतिबेला साहुसँग ऋण मागेर पन्ध्र सय रूपैयाँमा साइकल लिएको उनी बताउँछन्। गाउँमा साइकल नचलाएका बलिरामले यही कामका लागि साइकल सिके।, 'साइकल नहुँदा काम गर्न धेरै गाह्रो भयो। भारी बोकेर दिनभर पैदल हिँड्नुपर्थ्यो,' उनले सुनाए। पैदल होस् वा साइकल, बलिरामले घाम, पानी, धूलो झल्दै काठमाडौंको बाटा नापेका छन्। यी बाटामा कतिपय मधेसी मूलका मानिसले दुर्व्यवहार र अपमान भोगेका घटना अहिले पनि बेलाबखत सुनिन्छन्, देखिन्छन्। उबेला त झन् बलिराम यसबाट अलग रहेनन्। , 'पहिला पहिला खुबै विभेद भोग्नुपर्‍यो नि। सडकमा डुलेर काम गर्ने हामीलाई धेरै हेपिन्थ्यो। पैसा लुटिन्थ्यो,' उनले भने, 'अचेल भने यस्तो समस्या भोग्नु परेको छैन। मधेसीलाई काठमाडौंले गर्ने व्यवहार सुध्रिँदैछ।', कवाडी बटुलेरै काठमाडौंमा बस्न, खान र घरमा पैसा पठाउन सकेकामा उनी सन्तुष्ट छन्। तर आम्दानी निश्चित नहुँदा ढुक्क हुने अवस्था छैन, 'काम हुँदा पाँच-सात सय, नहुँदा दुई सयमा चित्त बुझाउनु पर्छ।', कोठा भाडा तिर्न नपर्ने भएकाले बलिराम राम्रो कमाइ हुँदा महिनामा १५ हजारसम्म घर पठाउने बताउँछन्। नहुँदा पाँच हजार कममा चित्त बुझाउनुपर्छ।, कोरोनाले धेरै मजदुरको काम खोसियो। बलिराम आफैं पनि पटकपटकको लकडाउनमा कारखानामा थुनिएर बसे। तर यो काममा जति मेहनत गर्न सक्यो उति आम्दानी हुने भएकाले स्थिति सामान्य बनेपछि पहिलाजस्तै कमाउने उनको विश्वास छ।, लकडाउन खुकुलो भएपछि काम गर्न पाएर खुसी देखिएका उनको एउटै कामना छ, फेरि लकडाउन नहोस्।, बलिरामले जीवनका धेरै वर्ष काठमाडौंका ठूला-साना बाटा र गल्लीमा खर्चेका छन्। शंखमूल, बानेश्वर र बुद्धनगर आसपास लामो समय बिताएकाले उनलाई धेरैले चिन्छन्। उनी पनि चिनेका मानिस बाटामा भेटिए हाँस्दै, बोल्दै हिँड्छन्।, उनी बस्ने ठाउँमा सबैजसो रौतहटका भएकाले पनि उनी आफ्नो जन्मथलोसँग जोडिएका छन्। यसरी हिँड्दा हुने बोलचालले उनको घरपरिवार र आफन्तसँग टाढा बस्नुको पीडा एकैछिन भए पनि बिर्साउँछ।, तर यत्तिले जहान परिवारसँग अलग बस्नुको न्यास्रो कहाँ मेटिन्थ्यो!, अक्सर चाडपर्व, धान, गहुँ रोप्ने याममा उनी घर जान्थे। पछिल्लो समय भने एक वर्ष बढी भयो नगएको। एक सन्तानका बुबा बलिरामलाई छोरा र श्रीमतीको याद आएका बेला बतासिएर घर पुगौंजस्तो हुन्छ। तर लामो समय कमाइमा असर परेकाले अलिअलि पैसा नभई के जानू भनेर आफैंलाई सम्झाउँछन्।  , यस्तो बेला उनलाई श्रीमती र छोरालाई काठमाडौंमै बोलाएर सँगै बस्ने रहर पनि पलाउँछ। फेरि यहाँको महँगी सम्झेर मन मार्छन्। परिवारसँग बसे कोठाभाडा र खाने खर्च पुर्‍याउन धौधौ हुन्छ। , 'घर-परिवारसँग टाढा भए पनि पैसा पठाउन पाएको छु,' उनले भने, 'गरिब मान्छेले यति सम्झौता त गर्नैपर्‍यो नि, हैन र?', 'गरिब मान्छेले यति सम्झौता गर्नैपर्‍यो नि, हैन र?'
सेतोपाटी सरकारी तथा निजी अस्पतालमा कोरोना संक्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ।, विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढे पनि पछिल्लो समय भने सरकारी तथा निजी अस्पतालमा कोरोनाका बिरामी घट्दै गएका हुन्। , कूल ८०३ शय्यासहित बिरामीको विभिन्न रोगको उपचार गराइरहेको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले कोरोना उच्च बिन्दुमा पुग्दा ३७० शय्यामार्फत कोभिड–१९ बिरामीको उपचार गरेको थियो।, कोरोना बिरामीको लागि कूल ४०० शय्या छुट्याइएको सो अस्पतालले कोरोना उच्च बिन्दुमा हुँदा ५७ सघन उपचार केन्द्र र ३९ भेन्टिलेटरमार्फत बिरामीको उपचार गरेको अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए। , कोरोना सङ्क्रमित बिरामी घट्दै गएपछि उक्त अस्पतालले हाल कोरोना बिरामीका लागि १६० शय्या छुट्याएको छ। जसमध्ये कोरोनाका ९४ बिरामी भर्ना भएर उपचार गराइरहेको डा दासले बताए। भर्ना भएका ९४ बिरामीमध्ये ३० बिरामीको सघन उपचार केन्द्र एवं भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ। गत वर्षको कोरोना सङ्क्रमणको समयमा टिचिङ अस्पतालले कोभिड–१९ का बिरामीको उपचारका लागि जम्मा १०० शय्या छुट्याइएको थियो। , निजी लगानीमा सञ्चालित अस्पतालमा पनि कोरोना सङ्क्रमित बिरामीको सङख्यामा कमी आएको छ।, कूल २०० शय्यासहित बिरामीको विभिन्न रोगको उपचार गराउँदै आएको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कोरोना उच्च बिन्दुमा पुग्दा दैनिक ७५ देखि ८० बिरामीको उपचार गरेको थियो।, कोरोना बिरामीको लागि ८४ भन्दा बढी शय्या छुट्याइएको सो अस्पतालले कोरोना उच्च बिन्दुमा हुँदा १८ सघन उपचार एवं भेन्टिलेटरमार्फत् बिरामीको उपचार गरेको थियो। , कोरोना सङ्क्रमित बिरामी घट्दै गएपछि उक्त अस्पतालले हाल कोरोना बिरामीका लागि  छुट्याइएको शय्यामा पनि कटौती गरेको छ।, अस्पतालका प्रशासक हरि खड्काले हाल दैनिक ८ देखि १० जना कोरोना सङ्क्रमित बिरामी भर्ना भएर उपचार गरेको जानकारी दिए। उक्त अस्पतालमा अहिले भेन्टिलेटरमा राखेर उपचार गर्ने बिरामी पनि घटेको छ। , ग्राण्डीले गत वर्ष कोरोना बिरामीका लागि ५४ शय्या छुट्याएर भेन्टिलेटर, सघन उपचार कक्षसहितको कोभिड–१९ को बिरामीको उपचार गरेको थियो।, दोस्रो चरणको कोरोना सङ्क्रण सुरू हुनुपूर्व दैनिक ५०० भन्दा बढी बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएको सो अस्पतालले अहिले दैनिक जम्मा २०० देखि ३०० बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ। , कोभिडको समयमा स्वास्थ्य सामग्रीको अभाव र पाएका सामग्री पनि महँगो शुल्कमा खरिद गर्नुपर्ने भएकाले उपचारमा केही समस्या भएको प्रशासक खड्काको भनाइ छ।, सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ का बिरामी घटेपछि अस्पतालमा माग हुँदै आएको कोरोना उपचार सामग्रीको विक्रीवितरण समेत घटेको छ। , दुई वर्षदेखि काठमाडौंको सामाखुसीमा स्वास्थ्य सामग्री विक्री गर्दै आएको ग्लोबल हस्पिटलको प्रालिका निर्देशक बद्रीनाथ घिमिरेले कोरोनाका बिरामी घटेसँगै अस्पतालबाट कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको मागमा कमी आएको जानकारी दिए। , ‘कोरोना बिरामी घटेसँगै कोरोना उपचारका लागि आवश्यक पिपिई, मास्क, सेनिटाइजर, पल्स अक्सिमिटरलगायतका स्वास्थ्य सामग्रीको मागमा कमी आएको छ’, उनले भने।, सरकारी तथ्याङ्कअनुसार पछिल्लो पटक असार २९ गते देशभर २४ घण्टामा दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण १२ जनाले ज्यान गुमाएका थिए। रासस, सरकारी तथा निजी अस्पतालमा घटे कोरोना संक्रमित बिरामी
सेतोपाटी पहिराले खाल्डै खाल्डा बनाएको नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिसँगै धेरैले सहज यात्राको अपेक्षा गरेका थिए।, यो लामो समय बित्न नपाउँदै सडक ठाउँ-ठाउँमा भत्किएका छन् भने पहिरो रोक्नका लागि गरिएको प्रयास सफल हुनसकेको छैन।, धेरै ठाउँ सुरक्षित भए पनि पछिल्ला वर्षमा नयाँ ठाउँमा पहिरो खस्न थालेपछि यात्रा जोखिमपूर्ण बनेको छ।, यसवर्ष सो सडकका चार ठाउँमा घाम र पानी दुबैमा पहिरो खसेर दुःख दिएको छ।, वर्षासँगै सेती दोभान र कालीखोलामा  नयाँ पहिरो झरेका हुन भने चार किलो र पाँच किलोमा पुरानै स्थानमा पहिरो खसेका छन्।, सेतीदोभान भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्दछ भने अन्य इच्छाकामना गाउँपालिकामा पर्दछ।, विगत ६ वर्षदेखि सो सडक हेर्दै आएका डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सेती दोभानमा ८० मिटरमाथिसम्म पहाड छ। सोही पहाडबाट पहिरो झर्ने गरेको छ। , माथिल्लो ६ मिटर लगभग ६ मिटर भागमा माटो छ भने अन्य भागमा गेग्र्यान र चट्टान रहेको छ। बीचमा पानीको मुहान भएको उनले जानकारी दिए।, चार किलोमा माथि १५० मिटरसम्म जाली लगाएर पहिरो रोक्ने काम गरिएको छ। त्यो भन्दा माथिबाट पहिरो झरेको उनले जानकारी दिए। त्यहाँ फुटेका चट्टान रहेका छन्। पाँच किलोमा माथिबाट खोलिएको शाखा सडकसँगै लेदो झरेर दुःख दिइरहेको छ।, कालीखोला नजिकै पहिलो पटक पहिरो खसेको हो। पहिरो रोकिएका सामग्रीसहित रूख विरूवा पहिरोसँगै झरेका हुन्। त्यहाँ पनि चार किलोको जस्तै फुटेका चट्टानसहितको पहिरो झर्ने गरेको छ।, नयाँ पहिरो झरेका दुबै ठाउँ अझै पहिरो झरेर भिरालो नबनेसम्म पहिरो नरोकिने देखिएको छ।, पानी पर्दा लेदोसहितको पहिरो र घाम लाग्दा सुख्खा पहिरो झर्ने गरेको छ।, खनालका अनुसार पानी पर्दा भित्र छिर्ने र घाम लागेसँगै सुकेर माटो खुम्चिँदा पहिरो खस्ने गरेको छ।, जसले गर्दा सडक वर्षात्को सबै समय जोखिमपूर्ण बनेको हो। यो सडक हुँदै १० हजार हाराहारी सवारी साधन दैनिक गुड्ने गर्दछन्। राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य सडकका रूपमा यसलाई लिइन्छ। रासस, घामपानीमा नारायणगढ–मुग्लिन सडक जोखिममा
सेतोपाटी संवाददाता यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ।, हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो।, विभागका अनुसार यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ।, यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरिएको छ।, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले बढाइएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए।, सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च समबन्धमा विभागले गरेको बजार अध्ययन, विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्शका आधारमा भाडा समायोजन गरिएको विभागको दाबी छ।, श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिको आधारमा भाडामा समायोजन गरिएको विभागको भनाइ छ।, असार २७ गते यससम्बन्धी प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमति दिएको प्रवक्ता भुसालले बताए।,  , सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा बढायो
एजेन्सी पाकिस्तानमा बम बिस्फोट हुँदा ९ जना चिनियाँसहित १२ जनाको मृत्यु भएको छ।, बुधबार खाइबर पख्तुनख्वा प्रान्तको दसु हाइड्रो पावर प्लान्टनजिकै भएको बिस्फोटमा परी ९ जना चिनियाँ इन्जिनियरसहित १२ जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ।, प्रान्तका डेपुटी कमिसनर अरिफ खान युसाफजाइका अनुसार बुधबार बिहान साढे ७ बजे बिस्फोट भएको थियो। जब चिनियाँ इन्जिनियरसहित ३० जना कामदार बस चढेर बरसिन क्यामबाट प्लान्ट साइट जाँदै थिए।, उनले बसमा इन्जिनियरबाहेक दुई फ्रन्टियर कोर्प्स पर्सनल र स्थानीय कामदारहरू पनि थिए। बिस्फोटमा घाइते भएकाहरूलाई दस्सु ग्रामीण स्वास्थ्य केन्द्रमा लगिएको थियो।, बिस्फोट के कारणले भएको भन्ने बारेमा अहिलेसम्म खुलिनसकेको एक प्रहरी अधिकृतले बताए।, चीनले पनि घटनाको विस्तृत रूपमा अनुसन्धान गर्न अनुरोध गरेको छ। घटनाको खेद जनाउँदै विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले अपराधीहरूलाई कडा कारबाही गर्न पाकिस्तानलाई अनुरोध गरेको छ।, अहिलेसम्म बिस्फोटको जिम्मा कसैले लिएका छैनन्। ,  , पाकिस्तानमा चिनियाँ इन्जिनियरसहित कामदार चढेको बसमा बम बिस्फोट, १२को मृत्यु
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार २४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ८१०८ जनाको पिसिआर परीक्षणबाट २०१० जनामा संक्रमण पुष्टि भएको छ भने ४९१६ जनाको एन्टिजेन परीक्षणबाट ८९५ जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६०६ जना संक्रमणमुक्त भएका छन्। , यस्तै १८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९४३० पुगेको छ। , १३ हजार २४ मा कोरोना परीक्षण गर्दा २९०५ लाई कोरोना, निको भए १६०६
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४२५ जनामा संक्रमण पुष्टि भएको छ।, काठमाडौंमा २९४,  भक्तपुरमा ६९ र ललितपुरमा  ६२ गरी ४२५ जनामा संक्रमण पुष्टि भएको हो।, यस्तै,कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, मन्त्रालयका  अनुसार पछिल्लो २४ घन्टामा १३ हजार २४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ८१०८ जनाको पिसिआर परीक्षणबाट २०१० जनामा संक्रमण पुष्टि भएको छ भने ४९१६ जनाको एन्टिजेन परीक्षणबाट ८९५ जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६०६ जना संक्रमणमुक्त भएका छन्। , यस्तै १८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९४३० पुगेको छ। , काठमाडौं उपत्यकामा थपिए ४२५ संक्रमित
सेतोपाटी संवाददाता बैतडीमा एक जना मृत फेला परेका छन्।, बुधबार सिगास गाउँपालिका–५ का ३६ वर्षीय नैनसिंह रोकाया मृत फेला परेको प्रहरीले जनाएको छ।, सोमबार घरबाट गाउँपालिकाको कार्यालय जाने भनेर हिँडेका उनी सोही गाउँपालिकाको महादेव डाँडाबाट ३ सय मिटर तल रुखमुनि पल्टेको अवस्थामा मृत फेला परेका हुन्।, जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक दर्शन खड्काले स्थानीयले शव फेला परेको खबर गरेपछि अहिले  प्रहरी टोली घटनास्थलमा गइरहेको बताए।, उनका अनुसार घटनास्थल कार्य सकिएपछि थप विवरण आउने छ।, बैतडीमा एक जना मृत फेला
सबिना श्रेष्ठ महोत्तरीको लक्ष्मी नारायण मन्दिर परिसरमा खैरो ज्यानमा सेता थोप्ला भएका चित्तलहरू बस्छन्। खासमा यी जनावर बस्नुपर्ने जंगलमा हो। तर विगत १२ वर्षदेखि यिनीहरू सामान्य टहरामा दुःखसाथ बाँचिरहेका छन्।, जस्ताले ओताएको सानो टहरोमा अहिले साना-ठूला गरी १३ वटा चित्तल छन्। एक त यिनीहरू आफ्नो प्राकृतिक वासस्थानमा छैनन्, अर्को यिनीहरूको हेरचाह गर्ने कोही छैन। यिनले यहाँ न घाँस खान पाउँछन्, न सफा पानी।, घाँसपात खाएर जंगलमा कुद्दै, उफ्रिँदै बाँच्नुपर्ने चित्तल चारघेरामा थुनिएर माटो र हिलो खाएर बसेका छन्।, लामो समय चित्तलहरूको यो बिजोग देखेपछि केही स्थानीयले जनावर उद्धार एवं संरक्षण गर्ने मिथिला वाइल्डलाइफ ट्रस्टलाई सम्पर्क गरे। अहिले ट्रस्टले उद्धारका निम्ति काम गरिरहेको ट्रस्टका अध्यक्ष देव नारायण मण्डलले बताए।, 'खासमा चित्तललाई यसरी खोरमा राख्नु नै अनैतिक हो। मन्दिरका सरोकारवाला यही डरका कारण यसबारे कुरा गर्दा पन्छिन खोज्छन्,' मण्डलले सेतोपाटीसँग भने।, छ महिनाअघि ट्रस्टबाट यी जनावरबारे बुझ्न आएका थिए। सरोकारवालाबाट कुनै जानकारी नपाएपछि उनीहरूले केही स्थानीयसँग खोजिनिती गरे।, 'धेरै पहिले यहाँ भक्तजनहरूले दुइटा भाले र पोथी चित्तल छाडेका रहेछन्। तिनीहरूबाट जन्मिएका बच्चासमेत गरेर अहिले १३ वटा छन्,' मण्डलले भने, 'अघिल्लो साता दुइटा चित्तल जन्मिएका थिए। तर एउटा मर्‍यो।', उचित संरक्षण नहुँदा यहाँ जन्मिएका प्रायः चित्तल मर्ने गरेका छन्। जो बाँच्छन्, तिनीहरूको जीवन पनि निकै कष्टकर तरिकाले बित्छ।, मन्दिरका बाबा–पुजारीहरूका अनुसार करिब १२ वर्षअघि सिन्धुपाल्चोकका एक भक्तले यहाँ एउटा पोथी चित्तल उपहार दिएका थिए। त्योबेला यहाँ ठूलो कम्पाउन्ड थियो। शीतल र घाँसे मैदान हुने भन्दै ती भक्तजनले चित्तल छाडेका थिए। त्यसलाई साथी भन्दै अर्को भाले चित्तल सिराहाबाट ल्याइयो। , 'यसको ठ्याक्क तथ्यांक र अभिलेख भने कसैसँग छैन,' मण्डलले भने, 'तर चित्तलहरू यहाँ बस्न थालेको धेरै भइसकेछ।', सुरूआती दिनमा यहाँ चित्तललाई चाहिने घाँस प्रशस्त थियो। स्याहार गर्ने मान्छे पनि थिए। त्यही भएर राम्रोसँग हुर्किन पाए। बच्चा जन्मे, हुर्के। विस्तारै मन्दिर घेरेर बस्ती बस्न थाल्यो। मन्दिर व्यवस्थापन पनि बिग्रियो। जनावर एक्ला भए। मान्छेका बीचमा बाँच्ने संघर्ष चित्तलहरू आफैंले गर्नुपर्‍यो।, गोठजस्तो टहरोमा पानी पर्दा चित्तलहरू ओत लाग्छन्। भोक लागे त्यहीँ जमेको हिलो खान्छन्। उनीहरूको जीवन यत्ति हो!, 'सुरूमा त हामीलाई अचम्म लागेको थियो। पछि आफ्नै आँखाले देख्यौं,' मण्डलले भने, 'यिनीहरू कहिलेदेखि यसरी हिलो, माटो खाएर बसेका होलान्!', ट्रस्ट यहाँ पुगेपछि उनीहरूले केही घाँस ल्याइदिएका थिए। तर आफ्नो कार्यथलो जनकपुर र यहाँको दुरी टाढा भएकाले सधैं आउन उनीहरूलाई सम्भव भएन। मिथिला वाइल्डलाइफ ट्रस्ट यी जनावरलाई अर्को ठाउँमा स्थानान्तरण गर्ने प्रयास गरिरहेको छ। त्यति बेलासम्म यहाँ कोही हेरचाह गर्ने मान्छे राख्ने कि भन्ने उनीहरूले सोचेका छन्।, 'हामी यहाँ धेरै पटक आइसक्यौं तर चित्तलहरू हामीसँग डराएनन्। वरिपरि मान्छे देखिरहेकाले होला, उनीहरूको स्वभाव जंगली जनावरभन्दा केही फरक छ,' मण्डलले भने।, चित्तल बस्ने जंगलमै हो। तर यिनीहरू घर पालुवाजस्ता भइसकेकाले कसरी स्थानान्तरण गर्ने भन्ने अर्को दुबिधा छ। कहिले जंगलमा नबसेका यिनीहरू खुला वातावरणमा कसरी बाँच्लान्?, यही अलमलका कारण ट्रस्टले यिनीहरूलाई अहिले 'धनुषा संरक्षित वन' मा राख्ने तयारी गरिरहेको छ। त्यहाँ एकजना जनावर संरक्षक पनि छन्। उनैले चित्तलहरूको रेखदेख गर्न सक्छन्।, साथै 'एनिमल नेपाल' नामक संस्थाले यो विषयमा चासो देखाएको छ। माटो खाइरहेका जनावरको स्वास्थ्य स्थिति जान्न त्यहीँका पशुचिकित्सकले हेर्ने भएका छन्। , 'यी जनावरको मामिला एकदमै जटिल छ। त्यही भएर करिब छ महिनासम्म त हामीले तिनीहरूलाई राम्ररी नियाल्नुपर्छ,' मण्डलले भने, 'अब जन्मिने नयाँ चित्तललाई भने मान्छेदेखि टाढा जंगलमै छाड्छौं। पुरानालाई भने केही समय लाग्ला।', डिभिजन वन कार्यालय, महोत्तरीले पनि यो विषयलाई चासोका साथ हेरेको छ। केही दिनअघि कार्यालयका केही मान्छे यो ठाउँ निरीक्षणका लागि गएका थिए।, चित्तल संरक्षणमा पहल गर्ने बताउँदै कार्यालय प्रमुख विनोद सिंहले भने, 'यहाँ धेरै समयअघिदेखि चित्तललाई घरपालुवा जसरी राखिएको रहेछ। खानपिन रहेनछ। हामी उनीहरूबारे अनुगमन गरिरहेका छौं। चाँडै कसरी अन्त सार्ने भनेर छलफल गरिरहेका छौं।', सबै तस्बिर/भिडिओ सौजन्यः मिथिला वाइल्डलाइफ ट्रस्ट , हिलो-माटो खाएर बाँचिरहेका चित्तलहरू (भिडिओ)
सेतोपाटी संवाददाता बैतडीमा निषेधाज्ञा साउन १५ गतेसम्मका लागि थप गरिएको छ।, बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।, जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जारी निषेधाज्ञालाई साउन १५ गतेसम्म कायम गरिएको जानकारी दिए।, बैतडीमा निषेधाज्ञा साउन १५ गतेसम्म
सेतोपाटी संवाददाता नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागले एक व्यापारिक फर्मसँग ४१ करोड ५१ लाख ३१ हजार ८५४ रूपैयाँ बिगो माग्दै अदालतमा मुद्दा दायर गरेको छ।, सर्लाही ब्रह्मपुरीको मनिराज सप्लायर्स, त्यसका प्रोप्राइटर राज देवी र फर्मका मुख्य कारोबारी राजाराम महतोसँग उक्त बराबरको बिगो, जरिवाना र जेल सजायसमेत माग दाबी लिई बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो।, विभागका महानिर्देशक रामप्रसाद आचार्यका अनुसार राजदेवी र महतोले मालवस्तु स्थानीय खरिद तथा आयात नगरी, झुटा रसिद देखाएर फर्महरूलाई बिक्री बिजक मात्र जारी गरी भुक्तानी लिएर राजश्व छली गरेको पाइएको छ। उनीहरूले अन्य व्यापारिक फर्महरूबाट असुल गरे पनि सरकारी कोषमा मूल्य अभिवृद्धि कर नगरेको र आयकरसमेत चुहावट गरेको अनुसन्धानले देखाएको उनले बताए।, प्रतिवादीले १५ करोड ८४ लाख १७ हजार ३०७ रूपैयाँ मूल्य अभिवृद्धि कर र २५ करोड ६७ लाख १४ हजार ५४७ रूपैयाँ आयकर छलेको पाइएको विभागले जनाएको छ।, यसैगरी, विभागले रौतहटको शिव ट्रेडर्सका प्रोप्राइटर तथा अल्का सप्लायर्सका मुख्य कारोबारी ओमप्रकाश सैह भूमिहारसँग २५ करोड ३५ लाख ४१ हजार ५८४ रूपैयाँ बिगो मागी मुद्दा दायर गरेको छ।, भूमिहारले मालवस्तु स्थानीय खरिद तथा आयात नगरी विभिन्न फर्महरूबाट झुटा तथा नक्कली कर बिजक लिएर मूल्य अभिवृद्धि कर र आयकर छलेको पाइएको छ।, उनले मूल्य अभिवृद्धि कर ७ करोड ४५ लाख ८६ हजार ४९० र आयकर १७ करोड ८९ लाख ५५ हजार ९४ रूपैयाँ आयकर छली गरेको अनुसन्धानबाट खुलेपछि बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको महानिर्देशक आचार्यले बताए।, नक्कली भ्याट बिल प्रकरणमा दुई व्यापारिक फर्मविरूद्ध ६७ करोडको मुद्दा
सेतोपाटी संवाददाता १७ वर्षीया बालिकाको विवाह गरेको आरोपमा पर्सामा दुलाहा, उनका बुवा र ससुरा पक्राउ परेका छन्।, पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका-१ धोरेका २४ वर्षीय विशाल सहनी, उनका बुवा ६५ वर्षीय ठग सहनी र   बारा प्रसौनी गाउँपालिका-५ का ४८ वर्षीय महेश सहनी रहेका छन्।, उनीहरू तीनै जनालाई बुधबार पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, आपसी मिलेमतोमा उनीहरूले पर्सा पकाहामैनपुर गाउँपालिका-१ को भुटनदेवी मन्दिरमा बाल विवाह गराएको खनालले बताए।, असार १७ गते उमेर नपुगी किशोरीको विवाह गराएको थाहा भएपछि प्रहरीले पक्राउ गरेको हो। उनीहरू सबैलाई बाल विवाह सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।, पर्साका विभिन्न ठाउँमा २० वर्ष नपुगी विवाह गर्ने तथा गराउने थाहा हुन आएको भन्दै प्रहरीले तत्काल खबर गर्न पनि अनुरोध गरेको छ।, बाल विवाह गरेको आरोपमा पर्सामा दुलाहासहित तीन पक्राउ
सेतोपाटी संवाददाता  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साबाट एक युवालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-२ पिपरा टोलका २५ वर्षीय धर्मराज साह कानू रहेका छन्।, प्रहरीले कानुलाई बुधबार पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, बालिकाको घरमै गएर उनले विवाह गर्ने, जागिर लगाइदिने प्रलोभन पारेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।, गत असार १४ गते उनी बालिकाको घरमा पुगेका थिए। प्रलोभन देखाएर उनले सखुवाप्रसौनी गाउँपालिका-४ को बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।, नियन्त्रणमा राखेर पटक-पटक करणी गरेको भनी बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए।, १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरू आज संयुक्त रूपमा निषेधाज्ञाबारे छलफल गर्न बैठक बस्न लागेका छन्।, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार आज अपरान्ह ५ बजेपछि बैठक बस्ने तयारी छ।, ‘यसअघि थप गरिएको निषेधाज्ञा आज सकिँदैछ। आज बैठक गरेर निषेधाज्ञा थप गर्न के गर्ने भन्ने निर्णयमा पुग्छौं,’ उनले सेतोपाटीसँग भने, ‘लामो दूरीका बस पनि चलाउन दिने कि भन्ने छ। बढी भाडा लिएर यात्रुहरूले दु:ख पाएको गुनासो आएका छन्।’, काठमाडौं बाहिरका जिल्लाबाट पनि उपत्यकाभित्र बस आवतजावत गर्न दिनेबारे छलफल गरिने उनको भनाइ छ। , बस सञ्चालन गर्दा जोर-बिजोरमा गर्ने विकल्पबारे पनि छलफल भइरहेको छ। कोरोना जोखिम कम नभएकोले भिडभाड गरिहाल्न नहुनेमा सचेत हुनुपर्ने प्रजिअहरू बताउँछन्।, उपत्यकाका सिडिओहरू बैठक बस्दै, बाहिरबाट लामो दुरीका बस आउन दिने तयारी
एजेन्सी अफागानिस्तानमा मुस्लिम कट्टरपन्थी विद्रोही समूह तालिवानले आफ्नो नियन्त्रण क्षेत्र बढाउँदै गएको छ।, अमेरिका र अन्य नाटो मुलुकका सैनिकहरू फर्किने अन्तिम तयारीमा रहेका बेला तालिवानले प्रभाव बढाउँदै लगेको हो। बुधबारमात्रै तालिवानहरूले पाकिस्तानसँग आउजाउ हुने महत्वपूर्ण नाका कब्जामा लिएको दाबी गरेका छन्।, योसँगै तालिवानहरूले आफूले कब्जामा लिएका क्षेत्रमा सर्वसाधारणका लागि फर्मान जारी गर्न थालेका छन्।, केही समयअघि तालिवानले नियन्त्रणमा लिएको उत्तरी अफगानिस्तानको कालाफगान जिल्लामा उनीहरूले महिलाहरूलाई पुरुष आफन्तबिना बजार नजान र पुरुषहरूलाई दाह्री नकाट्न फर्मान जारी गरेका छन्।, स्थानीय इमामहरूलाई पत्र पठाएर यो नियमको पालना नगर्नेले कडा सजाय भोग्नु पर्ने चेतावनी दिएको समाचार संस्था एएफपीले जनाएको छ। तालिवानहरूले मानिसहरूलाई धुमपान पनि निषेध गरेका छन्।, गत महिना तालिवानहरूले ताजिकिस्तानसँग जोड्ने भन्सार कब्जामा लिएका थिए। त्यसपछि उनीहरूले महिलालाई घरबाट बाहिर ननिस्कन आदेश दिएका थिए।  , तालिवानहरूले सन् १९९६ देखि २००१ सम्म कुरानको ब्याख्याअनुसार अफगानिस्तानमा शासन गरेका थिए।, उनीहरूको शासनकालमा पुरुष आफन्तबिना महिलालाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको थियो, बालिकाहरू स्कुल जान पाउँदैन थिए। अनैतिक क्रियाकलापमा दोषी ठहर भएकालाई ढुंगाले हानेर मारिन्थ्यो।, पुरुषहरूलाई केही स्वतन्त्रता भए पनि उनीहरूलाई दाह्री काट्न बन्देज थियो भने परम्परागत पहिरन लगाउनु पर्थ्यो। प्रार्थनामा सहभागी नभए कारबाही हुन्थ्यो।, अफगानिस्तानका झन्डै एक तिहाइ बढी जिल्ला कब्जा गरेका तालिवानहरूले सरकारी सैनिकहरूलाई आत्मसमर्पण गर्न भनेका छन्। आफूहरूले सहरी क्षेत्रमा लडाइँ नचाहेकाले सैनिकहरूलाई आत्मसमर्पण गर्न भनिएको उनीहरूले बताएका छन्।, अमेरिकाले दोभाषेको उद्धार गर्ने, यसैबीच संयुक्त राज्य अमेरिकाले सन् २००१ देखि अहिलेसम्म आफूलाई सहयोग गर्ने अफगानी दोभाषेहरूको उद्धार गर्ने भएको छ। हजारौंको संख्यामा रहेका उनीहरूलाई जुलाई अन्तिमदेखि हवाई उद्धार गरी भिसा प्रक्रिया पूरा नभएसम्म अमेरिकाका सैनिक क्याम्पमा राख्ने तयारी भइरहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।, यो पनि पढ्नुस्:, तालिवानविरूद्ध हतियार बोकेर सडकमा निस्किए अफगान महिला,  , आफूले कब्जा गरेको क्षेत्रमा तालिवानको फर्मान- महिलाहरू पुरुषबिना बजार नजानू, पुरुषले दाह्री नकाट्नू
राजु अधिकारी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विभिन्न अतिरिक्त पदमा रहेका ९३ जना चिकित्सक र उच्च पदस्थ  कर्मचारीहरुले उपकुलपति सहितका पदाधिकारीहरुलाई बहिष्कार गर्ने घोषणा गरेका छन्।, चारै जना पदाधिकारीलाई बहिष्कार गर्ने र उनीहरुको मातहतमा रहेर काम नगर्ने भन्दै हस्ताक्षर संकलनमा जुटेका उनीहरुले बिहीबार बिहान सम्ममा ९३ जनाको हस्ताक्षर संकलन गरिसकेका छन्। यो संख्या करिब १ सय ५० हुने हस्ताक्षरकर्ताहरुको भनाइ छ।, ‘हामीले नवनियुक्त प्रधानमन्त्री एवम् प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई ४८ घण्टाको अल्टिमेटम दिएका छौं’, बिपीको संयुक्त संघर्ष समितिले भनेको छ, ‘आज साँझसम्मको त्यो समयमा कुनै रेस्पोन्स नभए दैनिक दुई घण्टा ओपिडी बन्द गरिनेछ। र अहिलेका पदाधिकारीलाई शुक्रबारदेखि पूर्ण रुपमा अवज्ञा गरिनेछ।’, उपकुलपतिसहित चारै जना पदाधिकारीको पदमुक्तिको माग गर्दै आन्दोलनमा रहेको संयुक्त संघर्ष समितिको मागमा समर्थन जनाउँदै उनीहरुले उपकुलपति डा ज्ञानेन्द्र गिरीसहितका पदाधिकारी बहिष्कार गर्ने घोषणा गर्दै मातहतमा रहेर काम नगर्ने चेतावनी पनि दिएका हुन्। सबै पदाधिकारी नैतिक रुपमा स्खलित भइसकेको आरोप लगाउँदै उनीहरुले यस्तो चेतावनी दिएका हुन्।, यसरी घोषणा गर्नेमा उपकुलपतिले गठन गरेको सल्लाहकार बोर्डका वरिष्ठ चिकित्सकहरुसमेत छन्। दुई जना सहायक डिन डेपुटी अस्पताल निर्देशक १ जना, सहायक अस्पताल निर्देशक १ जना, विभिन्न विभागीय प्रमुखहरु त्था सामान्य प्रशासनका उच्च पदस्थ कर्मचारीहरु छन्।, यसरी पदाधिकारी बहिष्कार अभियानमा हस्ताक्षर गर्नेहरुमा उपकुलपतिको सल्लाहकार बोर्डमा रहेका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा. बालकृष्ण भट्टराई, प्रा.डा. वीरेन्दप्रसाद साह, प्रा.डा. आशिष घिमिरे, प्रा.डा. पशुपति चौधरी, प्रा.डा. प्रल्हाद कार्की, प्रा.डा. निलाम्बर झा सहितका वरिष्ठ चिकित्सकहरु छन्।, यसबाहेक उपकुलपति सहितका पदाधिकारीले नियुक्त गरेका विभिन्न जिम्मेवारीमा रहेका उनीहरुका विश्वास पात्रले नै पदाधिकारीलाई असहयोग गर्ने घोषणा गरेका हुन्। जसमा अधिकांश विभागीय प्रमुख एचओडीहरु छन्।, ‘हाम्रो आस्थाको धरोहर र नेपालको  स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानमा अग्रणी एवम् मानक संस्थान रहेको हाम्रो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उत्थानको लागि भइरहेको यो “बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुद्धिकरण अभियान २०७८ मा हाम्रो पूर्ण समर्थन छ’, हस्ताक्षर अभियानको भूमिकामा भनिएको छ, ‘आजैको मितिदेखि यो ब्यबस्थापनमा रहेर काम गर्न नसक्ने र यो व्यवस्थापनलाई बहिस्कार गरेको घोषणा गर्दछौं।’, उनीहरुले ‘आन्दोलनले निकास नपाउन्जेल यो व्यवस्थापन एवम् पदाधिकारीहरुले दिएको कुनै पनि जिम्मेवारी पूरा नगर्ने कुरा पूर्ण होस्हवासमा यस पत्रमा हस्ताक्षर गरी जानकारी गराउन चाहन्छौ’ पनि भनेका छन्।, उच्च तहका चिकित्सक तथा कर्मचारीको यो घोषणाले बिपी प्रतिष्ठानको आन्दोलन पेचिलो बन्ने दिशा उन्मुख भएको छ। पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सबै पदाधिकारीको निरन्तरता ओली सरकारले चाहेपछि प्रतिष्ठानमा आन्दोलन चर्केको थियो।, बिपीको आन्दोलनलाई प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले वेवास्ता गरेको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएका थिए।, ‘अब उहाँहरुकै नेतृत्वको सरकार छ, यस्तोमा उहाँको कदम के हुन्छ हामी हेरिरहेका छौं’, संयुक्त संघर्ष समितिले भनेको छ।, प्रतिष्ठानको शुद्धिकरण अभियानको ३० औं दिन बुधबार मात्रै आन्दोलनकारीले  नवनियुक्त प्रधानमन्त्रीलाई ४८ घण्टे अल्टिमेटम दिएका थिए। आन्दोलनकारीको समर्थनमा  प्रा डा गोविन्द केसी पनि धरान आएर ऐक्यबद्धता जनाएका छन्।, भ्रष्टाचारविरुद्ध लेख्दै बोल्दै आएका चिकित्सकलाई उपकुलपतिले प्रष्टीकरण सोधेपछि धरानमा आन्दोलन चर्केको थियो।, त्यसबेला प्रष्टीकरण फिर्ताको माग मात्रै रहेको आन्दोलनलाई वेवास्ता गर्दा अहिले चारै जना पदाधिकारीको राजीनामा न्यूनतम माग बन्न पुगेको छ।, बिपीका चारै पदाधिकारीलाई बहिष्कार गर्न चिकित्सकलगायत ९३ जनाको हस्ताक्षर
सेतोपाटी संवाददाता मोटरसाइकल दुर्घटनामा परी इलामको माङसेबुङ गाउँपालिका-४ का वडा सदस्य धनबहादुर राईको ज्यान गएको छ।, बुधबार दिउँसो ४ बजे मे८प ६०४ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका माङसेबुङ गाउँपालिका-४ का वडा सदस्य ३६ वर्षीय राईको झापाको बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए।, मोटरसाइकलबाट घरतर्फ आउँदै गरेका राई दमक-रवि सडक खण्ड अन्तर्गत रतुवा पुलनजिक अनियन्त्रित भई सेतेभीरबाट अन्दाजी एक सय मिटर तल झर्दा टाउकोमा चोट लागेको थियो।, उनलाई उपचारका लागि बिएण्डसी अस्पतालमा लगिएकोमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।, मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा जनप्रतिनिधिको मृत्यु
सेतोपाटी संवाददाता जन्म कैदको फैसला भइ फरार भएका एक ब्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।, धनुषा सबैला गाविस बडा नम्बर ४ का विकरु यादवलाई पक्राउ गरिएको एसपी प्रकाश रानाभाटले जानकारी दिए। , उनलाई कर्तब्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०४३ सालमा जन्मकैदको फैसला गरेको थियो।, उनलाई औरहीस्थित खेतमा काम गरिरहेका बेला सादा पोशाकमा खटेको प्रहरीले पक्राउ गरेको छ।, अदालतको आदेश अनुसार उनलाई धनुषा प्रहरीले सुनसरीको झुम्का कारागारमा बुझाइएको छ।,  , जन्म कैदको फैसला भइ फरार भएका ब्यक्ति पक्राउ
राजेश घिमिरे चितवन मेडिकल कलेजमा एक महिलाले श्रीमानलाई कलेजो दान गरेकी छन्।, जाजरकोटको कुशे गाउँपालिका-९ की ४८ वर्षीया कमलादेवी शाहीले ४७ वर्षीय श्रीमान भरतविक्रम शाहीलाई कलेजो दिएकी हुन्। असार १८ गते श्रीमतीको ६० प्रतिशत कलेजो काटेर श्रीमानको शरीरमा प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।, एक दर्जन बढी चिकित्सक, स्वास्थ्यकर्मीको समूहले करिब १५ घन्टा लगाएर कलेजो प्रत्यारोपण गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए।, चितवन मेडिकल कलेजले दोस्रो पटक कलेजो प्रत्यारोपण गरेको हो। यसअघि गत चैत ८ गते धनकुमारी लामालाई उनकी छोरी उषा तामाङले कलेजो दिएकी थिइन्। आमालाई कलेजो दिने उषा नियमित काममा फर्किसकेकी छन् भने धनकुमारी स्वास्थ्यलाभ गर्दैछिन्। , पछिल्लो प्रत्यारोपणमा श्रीमानलाई कलेजो दान गरेकी कमलादेवी असार २७ गते अस्पतालबाट डिस्चार्ज भइसकेकी छन्।, ‘भरतविक्रमको अवस्थामा पनि सुधार भइरहेको छ, अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई पनि डिस्चार्ज गर्न सकिन्छ,’ प्रत्यारोपणमा सहभागी प्रमुख कलेजो प्रत्यारोपण शल्य चिकित्सक डाक्टर सञ्जयकुमार यादवले भने।, उनका अनुसार कलेजो दिने र लिने दुबै जनाको कलेजो २ देखि ३ महिनासम्ममा ९० देखि ९५ प्रतिशतसम्म पलाउँछ।, ‘त्यसपछि त उहाँहरू सामान्य रूपमै जीवन बिताउन सकिहाल्नुहुन्छ,’ उनले भने।, डाक्टर यादवका अनुसार भरतविक्रम अस्पताल आइपुग्दा उनको अवस्था गम्भीर थियो। सिरोसिस अफ लिभर (कलजोको अवस्थाको ए, बी, सी तीन चरण हुनेमा) सी चरणमा थियो।, ‘गत फागुनमै कलेजोको अवस्था सी चरणमा पुगेका कारण प्रत्यारोपण गर्नुपर्ने थियो,’ डाक्टर यादवले भने, ‘पेटमा पानी भरिएर ठूलो भएको थियो, अल्कोहलका कारण कलेजो बिग्रिएको थियो, हेपटाइटिस बी पनि थियो।’, शाहीको कलेजोमा रगत पास हुनै नसक्नेगरी नसामा ‘ब्लकेज’ थियो। नसाबाट कलेजोमा रगत पास हुन बन्द हुने समस्यालाई चिकित्सकीय भाषामा पिभिटी भनिन्छ। डाक्टर यादवले यस्तो अवस्थाका बिरामीको सफल प्रत्यारोपण नेपालमै पहिलो पटक भएको दाबी गरे।, ‘कलेजोको अन्य समस्या भएपछि गरिने प्रत्यारोपणमा भन्दा यस्तो समस्यामा प्रत्यारोपण गराउनु निकै जटिल हुन्छ,’ यादवले भने, ‘नेपालमा नै पहिलो पटक चितवन मेडिकल कलेजमा पिभिटी भएको बिरामीमा कलेजो प्रत्यारोपण गरियो।’, प्रत्यारोपणका क्रममा झन्डै १३ युनिट रगत खर्च भएको थियो। अघिल्लो प्रत्यारोपणमा १/२ युनिट रगतले नै पुगेको थियो।, जाजरकोटका भरतविक्रम शाहीको स्वस्थ्यमा समस्या आएको एक दशक बढी भयो। केही वर्ष अघि कलेजोमा समस्या रहेको पत्ता लागेपछि शाहीलाई उपचारका लागि काठामाडौंदेखि भारतसम्म लगियो। काठमाडौंका विभिन्न अस्पताल चहारेपछि उनी राम्रो उपचारको खोजीमा लखनऊको चरक अस्पतालसम्म पुगेका थिए। त्यहाँका चिकित्सकले शाहीलाई औषधी दिएर पठाए। तर त्यसले उनलाई निको भएन।, ‘दुई महिना अघि स्वास्थ्यमा थप समस्या आएपछि नेपालगञ्जमा उपचार गर्दा बुबाको कलेजो प्रत्यारोपण नै गर्नुपर्ने जानकारी डाक्टरले गराउनुभयो,’ छोरा गणेश शाहीले भने, ‘त्यसपछि हामी तयारीमा लाग्यौं।’, नेपालमा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र र चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने जानकारी पाएपछि उनीहरू सुरुमा काठमाडौं नै पुगे।, ‘तर कोरोनाका कारण हो कि काठमाडौंमा उपचार हुनेजस्तो देखिएन, बुबालाई लिएर चितवन आइपुग्यौं,’ उनले भने, ‘अहिले कलेजो प्रत्यारोपण भएर बुबा आमा आराम गरिरहनुभएको छ।’, कलेजो प्रत्यारोपणमा मेदान्त अस्पतालमा वर्षौं काम गरेका कलेजो प्रत्यारोपण विशेषज्ञहरु डाक्टर सञ्जयकुमार यादव, डाक्टर जयन्तकुमार साह, एनेस्थेसियोलोजिष्ट डाक्टर किरण अधिकारी, हेपाटोलोजिष्ट डाक्टर सागर पौडेल, एपोलो अस्पतालमा काम गरेको अनुभव भएका डाक्टर एकानन्द सिंहका साथै नेपालकै अनुभवी चिकित्सकहरू एनेस्थेसियोलोजिष्ट सुरेश गौतम, नविन यादव, वीरेन्द्र राउत, हेपाटोलोजिष्ट वरूण श्रेष्ठ, रेडियोलोजिष्ट दिपक अधिकारी, सुवास ओझाको सहभागी थिए। साथै नयाँ दिल्लीस्थित अपोलो अस्पतालका डाक्टर निरभ गोयलसहितको समूह पनि उपचारमा सहभागी रहेको देवकोटाले बताए।, हेपाटोलोजिष्ट डाक्टर सागर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा दैनिक १५ देखि २० जना बिरामीहरू कलेजोको समस्या लिएर आउँछन्। उनीहरूमध्ये करिब २५ प्रतिशतमा गम्भीर समस्या देखिने गरेको छ। कलेजो प्रत्यारोपणका लागि वर्षमा करिब ६० जना बिरामी विदेश जाने गरेको तथ्यांक रहेको उनले बताए। नेपालमा वार्षिक १ हजार बढीको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने गरेको छ।, ‘तर कानुनी जटिलता र खर्चका कारण सबैले प्रत्यारोपण गर्न सकेका छैनन्,’ उनले भने।, कलेजो प्रत्यारोपणका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने अस्पतालले जनायो। भरतविक्रमको उपचारमा अहिलेसम्म करिब ३० लाख रुपैयाँ खर्च भएको छोरा गणेश शाहीले बताए।, भारतको मेदान्त अस्पतालमा ५०० जना बढीको कलेजो प्रत्यारोपणको नेतृत्व गरेका विशेषज्ञ डाक्टर सञ्जयकुमार यादवले चितवनमा सुरू भएको सेवाले बिरामीलाई यसको उपचारका लागि विदेशिनु पर्ने बाध्यता हटेको बताए। उनले अंग प्रत्यारोपणसम्बन्धी कानुनको जटिलताका कारण धेरैले प्रत्यारोपण गर्न नसकेको बताए।, ‘हामी चितवनमा महिनामा ४ जनासम्मको कलेजो प्रत्यारोपण गर्न सक्छौं,’ उनले भने, ‘तर कानुनी जटिलता र दान गर्ने व्यक्ति सहजै नपाउने गरेका कारण धेरै काम हुन सकेको छैन।’ , अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले कलेजो दुषित पानी र खानाका कारण बिग्रने बताए। साथै हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण पनि कलेजोमा समस्या आउँछ। नेपालमा ६० प्रतिशत कलेजोको समस्या मदिरा सेवन र हेपाटाइटिस ‘बी’ र ‘सी’ कै कारण देखिएको डाक्टर लम्सालले बताए। साथै मधुमेहका कारण कलेजोमा बोसो जमेर पनि समस्या आउने उनले बताए।, कलेजो ५० देखि ६० प्रतिशत बिग्रिएपछि मात्र यसको लक्षण देखिन्छ। त्यतिबेला कलेजोलाई जोगाउन निकै मुस्किल पर्ने उनले बताए।, ‘त्यसैले कम्तीमा पनि वर्षमा एक पटक कलेजोको अवस्था के छ भनेर जाँच गराउन हामी आग्रह गर्छौं’, डाक्टर लम्सालले भने।, चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कलेजो र मिर्गौलाको सफल प्रत्यारोपण गर्दै उक्त अस्पताललाई ‘ट्रान्सप्लान्ट सेन्टर’का रूपमा विकास गर्ने लक्ष्य राखेको अध्यक्ष डाक्टर हरिशचन्द्र न्यौपानेले बताए।   , कलेजो काटेर श्रीमानलाई जीवन दान
सेतोपाटी बझाङको बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्ताबापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ।, सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ३९ लाख मंगलबार राति चोरी भएको बताइएको छ।, सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आएको र पैसा पनि त्यहीँबाट चोरी भएको प्रहरीले जनाएको छ।, घटनाको प्रकृति हेर्दा चोरी भएको भनिए पनि कोठामा तोडफोडलगायत कुनै पनि क्रियाकलाप नभएको पाइएको छ।, पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीयबासी खड्क बोहराले बताए।, वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको बताए।, उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ।, करिब रु २१ लाख ९१ हजार वितरण गरिसकिएको र रु ३९ लाख वितरण गर्नका लागि राखिएको जनाइएको छ।रासस , सामाजिक सुरक्षा भत्ताको ३९ लाख वडा सचिवको कोठाबाट चोरी!
सेतोपाटी संवाददाता तनहुँ प्रहरीले पाँच जना फरार अभियुक्त पक्राउ गरेको छ।, विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।, पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका-१ का ४० वर्षीय पपेन्द्र राना छन्। उनी ज्यान मार्ने उद्योग कसुरमा १८ वर्षदेखि फरार थिए।, उनलाई तनहुँ जिल्ला अदालतले ८ वर्ष कैद र ५२ हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।, यस्तै, लागुऔषध मुद्दामा फरार रहेका अभियुक्त सुशील पोखरेल पक्राउ परेका छन्। लागुऔषध मुद्दाकै कृष्णबहादुर धिमाल, सन्तोष कार्की र लक्ष्मण दनुवारलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए।, विभिन्न मितिमा मुद्दा दर्ता भई फरार भएका उनीहरूलाई प्रहरीले पक्राउपछि अदालत बुझाएको छ।, तनहुँ प्रहरीले अहिले फरार व्यक्तिहरूको सूची तयार पारी खोजी सुरू गरेको मैनालीले बताए।, तनहुँबाट पाँच जना फरार अभियुक्त पक्राउ
सेतोपाटी हिमाली जिल्ला मनाङमा लामो समयदेखि सरकारबाट कुनै किसिमका राहत प्राप्त नभएको बाढीपीडितले गुनासो गरेका छन्। गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिराले जिल्लाको अधिकांश क्षेत्रमा क्षति पुगेको छ।, बाढीपहिरो आएको लामो समय बित्दा पनि सरकारको तर्फबाट कुनै सहयोग नपाएको उनीहरूको गुनासो छ।, अहिलेसम्म सरकारको तर्फबाट कुनै राहतको व्यवस्था नभएको र व्यक्तिगतरूपमा मात्रै राहत प्राप्त भएको चामे गाउँपालिका–४ का स्थानीय बासिन्दा पल्साङ लामाले बताए।, ‘बाढीपहिरापछि कष्टकर र दयनीय अवस्थामा बस्न बाध्य भएका छौं, घर बाढीपहिराले बगाएपछि अहिले टेण्ट र त्रिपालको बास भएको छ। गाउँबस्तीलाई हेर्दा मन भक्कानिन्छ। यस वर्ष मनाङमा सोच्दै नसोचेको कुरा भयो। एक्कासि बाढीपहिरो आएर घर बस्ती सबै लग्यो’, उनले भने, ‘यो समयमा सरकारी पक्षबाट सहयोग भएको छैन। राहत आएको छ त केवल विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीबाट व्यक्तिगतरूपमै भए पनि राहत सामग्री लिएर आएका छन्।’,  , उनले पुनः थप्दै भने, ‘न प्रदेश सरकारले सहयोग गरेको छ, न केन्द्र सरकारले। अहिलेसम्म जसोतसो चलिरहेको छ। बस्न र खानका लागि धौधौ भएको बेलामा सरकारले कुनै चासो देखाएन। सरकार नै नभएको महसुस भएको छ।’, आफैंले खाद्यान्न ढुवानी गरेर ल्याउन सडक सञ्जाल पूर्णरूपमा टुटेको छ।, यहाँका बाढीपीडित केही सामुदायिक भवनतिर र केही त्रिपाल टाँगेर बस्ने गरेका छन्। सरकारको सहयोग नपाएपछि यहाँका नागरिक निराश हुन पुगेका छन्।, यता प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीपहिरापीडितलाई सरकारीस्तरबाट सक्दो सहयोग गरेको बताएका छन्। बाढीपहिरा पीडितका लागि व्यक्तिगत र सरकारी निकायसँग समन्वय गरेर राहत प्रदान गरिएको प्रजिअ लामिछानेले बताए।, उनले भने, ‘हामीले कुनै पनि बाढीपहिरा पीडितलाई छुट्याएका छैनौं। व्यक्तिगत र सरकारी निकायसँग समन्वय गरेर राहत प्रदान गर्दै आएका छौं। जिल्लामा खाद्यान्न सङ्कटको सम्भावना देखिएको छ। व्यक्तिगत र सरकारबाट पनि दोहोरो हुने गरेर कसैलाई पनि राहत प्रदान गरिएको छैन। सबैलाई समानरूपले राहतको व्यवस्था मिलाएर प्रदान गरेका छौं।’, गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिराले अर्बौंको भौतिक क्षति पुर्‍याएपछि यतिबेला मनाङबासी पीडामा छन्।, मर्स्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ।, जिल्लाको चार स्थानीय तह नै बाढीपहिराबाट पूर्णरूपमा प्रभावित भएको छ। नासों, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरो दुवैबाट क्षतिग्रस्त भएको छ भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ। रासस, मनाङका बाढीपहिरो पीडितलाई सरकारबाट आएन राहत
सेतोपाटी संवाददाता सिरहा गोलबजारबाट प्रहरीले इटालियन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।, गोलबजार नगरपालिका-९ स्थित आँपको बगैंचाबाट मेडइन इटाली लेखिएको एक थान अटोमेटिक पेस्तोल, त्यसको एक थान म्याग्जिन, २ राउण्ड गोलीसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-१० पिपरा टोल बस्ने २६ वर्षीय रामकुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय रूपेश यादव रहेका छन्।, बगैंचामा हातहतियारसहित मानिस बसिरहेको भन्ने सूचनाको आधारमा दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई हतियारसहित पक्राउ गरेको हो।, पक्राउ परेकालाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।, आँपको बगैंचाबाट इटालियन पेस्तोलसहित दुई जना पक्राउ
सेतोपाटी सिद्धिचरण राजमार्गअन्तर्गत सोलुखुम्बुको साल्मे–फाप्लु सडक मर्मत कार्य सम्पन्न नहुँदै भत्किएको छ।, साल्मे–फाप्लु १५ किलोमिटर सडक मर्मत कार्य सम्पन्न नहुँदै भत्किन थालेको प्रत्यक्षदर्शीले बताएका छन्।, वैशाख सुरू हुनै लाग्दा काम थालिए पनि असारको मध्य नहुँदै भत्कन थालेको सवारी चालक दावा ग्याल्जेन शेर्पाले बताए।, सडक डिभिजन कार्यालय हर्कपुरले सिद्धिचरण राजमार्गको हर्कपुरदेखि फाप्लुसम्मको सडक मर्मत गर्ने गरी विभिन्न निर्माण कम्पनीसँग सम्झौता गरी योजना सञ्चालन गरेको भए पनि गुणस्तरीय नभएको यात्रुको दाबी छ। , कार्यालयका अनुसार ओखलढुङ्गाको हर्कपुरदेखि सोलुखुम्बुको फाप्लुसम्मको सडक मर्मतको कार्य अहिले ६० प्रतिशत सकिएको छ।, तर असारमा बजेट सिध्याउने बहानामा  गुणस्तरीय काम नभएको चालक तथा यात्रु बताउँछन्।, बर्खाको समयमा बजेट खर्च गर्नकै लागि निर्माण गरेको जस्तो देखिने विकास निर्माणमा अनुगमन फितलो हुनु र ठेकेदार कम्पनीले समेत गुणस्तरीयतामा ध्यान दिनुपर्ने दायित्व नबुझ्दा समस्या हुने गरेको सोलु दूधकुण्ड नगरपालिका–४ का फुरी लामाको भनाइ छ। , सडक मर्मत कार्य सम्पन्न नभई  भत्किनुले समग्र जिल्लामा हुने विकासको गुणस्तरीयतामा प्रश्न गर्ने प्रशस्त आधार खडा भएको स्थानीयवासीको भनाइ छ।, नगरपालिकाका जनप्रतिनिधिदेखि जिल्लाका उच्च ओहोदाका अधिकारीले दैनिकरूपमा अनुगमन गर्न सक्ने भए पनि त्यो नहुनु र निर्माण कम्पनीले योजना सम्पन्न गर्नेतर्फ मात्र ध्यान दिँदा मर्मत गरिएको सडक भत्किएको थुलुङ दूधकोशी गाउँपालिका–५ का तेजबहादुर बस्नेतले बताए।, सडक डिभिजन कार्यालय  हर्कपुर ओखलढुङ्गाको रु पाँच करोड ९६ लाखको लागतमा गत वैशाखबाट साल्मे–फाप्लु खण्डमा मर्मतको काम भइरहेको छ।, महालक्ष्मी भुजेल जेभीले कालोपत्र सडक टालटुल गर्ने, ड्रेन, कज वे र पर्खाल निर्माण तथा मर्मत लगायतको कामको जिम्मा लिएको छ।  , यता सडक मर्मतको काममा कमजोरी भएको स्वयम् निर्माण कम्पनीले पनि स्वीकार गरेको छ।, कम्पनीका प्रतिनिधि सुदीप सुनुवारले भत्किएको  सडक पुनः मर्मत गर्ने प्रतिबद्धता व्यक्त गरे।, बर्खायाममा काम सुरू भएकाले कालोपत्र उप्किएको र ठाउँ-ठाउँमा पहिरोसमेत खसेको उनको भनाइ छ।, मर्मत कार्य सम्पन्न नहुँदै भत्किएको सडकको विषयमा जिल्ला प्रशासन कार्यालयमा समेत गुनासो आएको भन्दै प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले तत्काल त्यसको अनुगमन गरी कमजोरी पाएको खण्डमा पुनः काम गर्न कम्पनीलाई निर्देशन दिने बताए। रासस, मर्मत नसकिँदै भत्कियो साल्मे–फाप्लु सडक
सेतोपाटी संवाददाता जापानले नेपालसहितका मुलुकहरूलाई कोरोनाभाइरसविरूद्ध अक्सफोर्ड/अष्ट्राजेनेका भ्याक्सिन अनुदानमा दिने भएको छ।, मंगलबार  जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने बताएका छन्।, उनले दिएको जानकारीअनुसार बंगलादेश, कम्बोडिया, इरान, लाओस, नेपाल र श्रीलंकासहित अरू प्यासेफिक आइल्यान्ड मुलुकलाई दिइनेछ।, जापानले दिएको खोपबाट नेपालले कति डोज पाउँछ भन्ने टुंगो छैन।, समाचार संस्था रोयटर्सका अनुसार विदेश मन्त्री मोतेगी यही साता खोप पठाउने बताएका छन्।, उनले इन्डोनेसिया, ताइवान  र भियतनामलाई १०/१० लाख डोज खोप दिइने जानकारी दिएका छन्।, जापानले कोभ्याक्सलाई १ अर्ब डलर र ३ करोड डोज खोप दिने प्रतिवद्धता व्यक्त गरेको छ।, जापानले नेपाल सहितका मुलुकलाई अष्ट्राजेनेका खोप दिने
सेतोपाटी सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने सम्भावानाका आधारमा सुदूरपश्चिम प्रदेशका स्वास्थ्य सेवा सुधारमा अग्रसरता लिएको छ।, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले यहाँका नौ वटै जिल्लामा बालमैत्री कोभिड शय्या थप गर्नुका साथै सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको तयारी अघि बढाएको छ।, प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले प्रदेश सरकारले पहाडका प्रत्येक जिल्ला अस्पतालमा १० शय्या र तराईको धनगढी, महेन्द्रनगर र टीकापुरमा ४० देखि ५० शय्याको बालमैत्री शय्या थप गर्न लागेको जानकारी दिए।, ‘तेस्रो भेरियन्टमा बालबालिका सङ्क्रमणको जोखिममा पर्नसक्ने भएकाले सोहीको पूर्व तयारीमा जुटेका छौं’, प्रवक्ता कार्कीले भने,‘अन्य संरचना निर्माण र जनशक्ति थप गर्न पनि लागिएको छ।’, उनले डडेल्धुराबाहेक ६ पहाडी जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको काम अघि बढेको जानकारी दिए।, ‘सबै अस्पतालमा हामीले रु ८० लाखका दरले रकम अक्सिजन प्लान्टका लागि पठाइसकेका छौं’, उनले भने, ‘डडेल्धुरा, कञ्चनपुर र कैलालीमा संघीय सरकारबाट प्लान्ट स्थापना गर्न सहयोग हुने भनिएको छ।’, उनले धनगढीमा दातृ निकायको सहयोगमा पनि प्लान्ट निर्माण हुने बताइएको जानकारी दिए।, ‘पहाडतिर अहिले प्लान्ट निर्माण बोलपत्र प्रक्रियामा गएर सम्झौताको चरणमा छ’, कार्कीले भने,‘लकडाउनका कारण सामान सप्लाइ हुन सकेको छैन।’रासस, सुदूरका अस्पतालमा बालमैत्री कोभिड शय्या राखिँदै
सेतोपाटी संवाददाता बझाङमा बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन्।, जयपृथ्वी नगरपालिका वडा नम्बर ७ की ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका जगदीश जोशीलाई प्रहरीले पक्राउ गरेको हो। , आइतबार पीडित बालिकाका परिवारले जोशीविरूद्ध जाहेरी दर्ता गरेपछि सोही दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए। , ती पुरूषले गत असार १८ गते बालिकालाई मिठाइ दिने भन्दै फकाएर आफ्नो कोठामा लगेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ।, बालिकाको मेडिकल परिक्षण गरिएको भए पनि रिपोर्ट आएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए।, मिठाइ दिएर पाँच वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता मित्र राष्ट्र जापानले नेपाललाई कोरोनाभाइरसविरूद्धको १६ लाख डोज खोप दिने भएको छ।, काठमाडौंस्थित जापानी राजदूतावासले आउने केही साताभित्र अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको भ्याक्सिन नेपाल आउने जानकारी दिएको छ।, जापानले उक्त खोप कोभ्याक्समार्फत् दिन लागेको हो।, जापानमा नै बनेको यो खोप कहिले नेपालमा आउँछ भन्ने मिति टुंगो लाग्न बाँकी छ।, नेपालका लागि जापानका राजदूत किकुता युताका जापानले दिन लागेको खोपले नेपाल-जापान लामो सम्बन्धलाई दर्शाउने बताएका छन्।, जापानले दिएको खोपले यसअघि भारतमा उत्पादित  कोभिसिल्ड खोपको पहिलो डोज लगाएका वृद्धवृद्धालाई दोस्रो डोज लगाउन पुग्नेछ।, यसअघि  मंगलबार जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने बताएका थिए।, उनले दिएको जानकारीअनुसार बंगलादेश, कम्बोडिया, इरान, लाओस, नेपाल र श्रीलंकासहित अरू प्यासेफिक आइल्यान्ड मुलुकलाई दिइनेछ।, जापानले कोभ्याक्सलाई १ अर्ब डलर र ३ करोड डोज खोप दिने प्रतिवद्धता व्यक्त गरेको छ।, जापानले नेपाललाई दिने भयो आफ्नो देशमा उत्पादन भएको १६ लाख डोज अष्ट्राजेनेका खोप
नारायण खड्का जिल्ला प्रहरी कार्यलय दाङले तीन जना घुमुवा प्रहरीलाई निलम्बन गरेको छ। , सवारी साधन चोरी र लागुऔषध कोरोबारीसँग साँठगाँठ देखिएपछि तीन जना घुमुवा प्रहरीलाई निलम्बन गरी थुनामा राखेर अनुसन्धान भइरहेको छ। , एक प्रहरी अधिकारीका अनुसार इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विक मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बन गरिएको हो। , प्रहरी स्रोतका अनुसार केसी र विकलाई झन्डै दुई हप्तादेखि जिल्ला प्रहरी कार्यालय घोराही दाङको थुनामा राखेर अनुसन्धान भइरहेको छ। , त्यस्तै, अस्थायी प्रहरी पोष्ट कालेकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुन लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बन गरी थुनामा राखेर अनुसन्धान भइरहेको छ। , संगठनको आचरणविपरीत मोटरसाइकल चोरी र लागुऔषध कारोबारीसँग मिलेमतो भएको अनुसन्धानबाट खुल्न आएपछि तीन जना घुमुवा प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको ती प्रहरी अधिकारीले बताए।, ‘प्रहरीले नै चोर्ने र लागुऔषधको कारोबार गर्ने हो भने प्रहरी संगठनको प्रतिष्ठा कहाँ पुग्छ,’ ती प्रहरी अधिकारीले भने, ‘गल्ती गर्ने जोसुकै होस् कसुर अनुसार कारबाही हुनेछ।’, पक्राउपछि सेवाबाट निलम्बनमा परेका तीन प्रहरी जवानबारे मुद्दा विचाराधीन रहेको हुँदा थप के कस्तो कारबाही हुन्छ ? त्यसबारे पछि भन्न मिल्ने ती अधिकारीले बताए। , केही दिन पहिलेमात्रै प्रहरीले मोटरसाइकल चोरी गरी रोल्पा, प्युठानजस्ता पहाडी जिल्लाहरूमा पुर्‍याएर स्वरूप परिवर्तन गरी विक्री वितरण गर्दै आएका वर्कसप सञ्चालकहरूको समूह पक्राउ गरेको थियो। त्यस्तै जिल्लाबाट लागुऔषध कारोबारीहरू धमाधम पक्राउ पर्न थालेका छन्। ,  , प्रहरी नै मोटरसाइकल चोर र लागुऔषध कारोबारी !
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले आइतबार दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ घर भई काठमाडौंको थापागाउँ बस्ने ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौंको शान्तिनगर बस्ने ६३ वर्षीय महेन्द्रप्रसाद मिश्रलाई प्रहरीले पक्राउ गरेको हो।, उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा श्रेष्ठलाई १५ दिन कैद सजाय, ५५ लाख जरिवाना र मिश्रलाई ७ दिन कैद, ५५ लाख जरिवाना सजाय सुनाएको थियो।, श्रेष्ठविरूद्ध सहारा राणाले जाहेरी दिएपछि अदालतले गत फागुन ४ गते सजाय सुनाएको प्रहरी उपरीक्षक महतोले बताए।, त्यस्तै, मिश्रविरूद्ध डोमा याङ्छेनको जाहेरपछि अदालतले २०७६ मंसिर २२ गते सजाय सुनाएको थियो।, त्यसदिनदेखि फरार रहेका उनीहरूको सजाय कार्यान्वयनको लागि ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।, प्रहरीले उनीहरूलाई फैसला कार्यान्वयनको लागि पठाएको छ। , बैंकिङ कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा मंगलबार ५८७ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ४१०, भक्तपुरमा ८० र ललितपुरमा ९७ संक्रमित थपिएका छन्। , हिजो उपत्यकामा ४३३ संक्रमित थपिएका थिए। , यस्तै उपत्यकामा ७ हजार ७४९ संक्रमित सक्रिय रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये काठमाडौं जिल्लामा ५ हजार ४६४, ललितपुरमा १२७१ र भक्तपुरमा १०१४ सक्रिय संक्रमित छन्। , यस दिन देशभर ११ हजार १२ मा परीक्षण गरिएको हो। यो परीक्षणमा देशभर २ हजार ३९८ मा संक्रमण देखिएको छ। , संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १२ जनाको मृत्यु भएको छ। यीसहित मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ। , २ हजार ७८ जना कोरोनाबाट मुक्त भएका छन्। ,  , उपत्यकामा थपिए ५८७ संक्रमित
सेतोपाटी संवाददाता उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत् कार्यालय सहयोगी महिलाको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ।, ४८ वर्षीया विमलादेवी निरौला पराजुली सोमबार अदालत परिसरमा मृत फेला परेकी थिइन्।, उनको हत्यामा सोही अदालतमा कार्यरत् सुरक्षागार्ड ३५ वर्षीय युवराज बानियाँको संलग्नता रहेको पुष्टि भएको प्रहरीले दाबी गरेको छ।, जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बानियाँको संलग्नता देखिएसँगै उनलाई पक्राउ गरिएको बताए।, बानियाँ र उनीबीच एउटै कार्यालयमा काम गरेकोदेखि लिएर व्यक्तिगत अन्य सम्बन्ध रहेको र त्यसैकारण बानियाँले हत्या गरेको श्रेष्ठले बताए।, ‘उनले घाँटी थिचेर हत्या गरेको भनी स्वीकार गरेका छन्,’ श्रेष्ठले भने, ‘पोष्टमार्टम रिपोर्ट आइनसकेकाले मृत्युको कारण पुष्टि भइसकेको छैन।’, हत्याको समय यकिन भइनसकेको उनले बताए। सोमबार बिहान पराजुली अदालत परिसरमा मृत फेला परेकी थिइन्।, मुख्य न्यायाधीशको निवास र अदालतबीचको पानी बग्ने ठाउँमा उनको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो।, घटना अनुसन्धानको लागि संघीय प्रहरी इकाई धरानबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली गएको थियो। सो टोलीले सुरक्षा गार्ड बानियाँको संग्लग्नता रहेको देखिएसँगै उनलाई पक्राउ गरी अनुसन्धान थालिएको श्रेष्ठले बताए।, कार्यालय सहयोगी महिलाको हत्या आरोपमा उच्च अदालत इलामका सुरक्षागार्ड पक्राउ
सेतोपाटी संवाददाता मंगलबार देशभर २ हजार ३९८ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १२ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , जसमध्ये ७ हजार ५८ को पिसिआर परीक्षण गर्दा १ हजार ६३९ जनामा पोजेटिभ देखिएको हो भने ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षणका क्रममा ७५९ जनामा पोजेटिभ देखिएको हो। , संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। यीसहित मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ। , २ हजार ७८ जना कोरोनाबाट मुक्त भएका छन्। ,  , ११ हजार १२ मा परीक्षण गर्दा २ हजार ३९८ मा संक्रमण पुष्टि
सेतोपाटी मकवानपुरको सबभन्दा अग्लो स्थान सीमभञ्ज्याङमा सात वटा ताल निर्माण गरिने भएको छ।, बहुवर्षीय योजनाअन्तर्गत सो ताल निर्माण गर्न बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा रु ३३ लाख बजेट विनियोजन गरेको छ। , प्रदेश भौतिक पूवार्धार विकासमन्त्री रामेश्वर फुयाँलले थाहा नगरपालिका–४ सीमभञ्ज्याङ क्षेत्रको सौन्दर्यीकरण र सीमसार क्षेत्र संरक्षणसहित सडक किनारामा ताल निर्माण गर्न लागिएको बताए।, सीमभञ्ज्याङको करिब दुई हजार ५०० मिटरको उच्च क्षेत्रबाट अटुटरूपमा बगिरहने पानीलाई बाँध बनाएर  ताल निर्माण गर्नेगरी प्रदेश सरकारले प्रतिवेदन तयार पारिसकेको छ। , गत २९ कात्तिकमा मन्त्रालयका सचिव सञ्जीव बराल, भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरूङमार्ग निर्माण आयोजनाका प्रमुख नवीन सिंह, जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजाल, खानेपानी तथा सरसफाइ डिभिजन–१ का प्रमुख बालमुकुन्द श्रेष्ठलगायत प्राविधिक टोलीसहित  मन्त्री फुयाँलले स्थलगत अवलोकन गरेका थिए। , सोही क्रममा उनले डिभिजनका प्रमुख रिजाललाई सीमभन्ज्याङमा पर्वतीय कृत्रिम ताल निर्माण गर्न वैज्ञानिक अध्ययन गर्न आग्रह गरे। , नेकपा (एमाले) थाहानगर कमिटीले सीमभञ्ज्याङ, दामन, त्रिवेणीधाम, राष्ट्रिय विभूति उद्यान, महाकवि मार्ग, ढुङ्गेधारा, राजकुलो पुनःनिर्माण लगायतका पर्यटकीय पूर्वाधारको विकासका लागि आवश्यक बजेट विनियोजन गर्न संघ तथा प्रदेश मन्त्रालयमा पहल गर्दै आएको थियो। , अहिले स्थानीयबासी उत्साहित भएका छन्। हालसम्म सीमभञ्ज्याङमा पर्वतीय तालका लागि तत्कालीन स्थानीय विकास मन्त्रालयबाट रु सात लाख, सहरी विकास मन्त्रालयबाट रु तीन लाख र थाहाबाट रु तीन लाख गरी रु १३ लाख खर्च भइसकेको छ।, हाल दुई कृत्रिम ताल रहेकामा सो समेतलाई पुनर्संरचना गरी सात ताल निर्माण गर्न लागिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजालले जानकारी दिए। , समुद्र सतहबाट करिब दुई हजार ५०० मिटरको उचाइमा रहेको सीमभञ्ज्याङमा पर्वतीय सात ताल निर्माणसँगै ‘घुम्न जाउँ सीमभञ्ज्याङ’ कार्यक्रम सञ्चालन गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले तयारी गरेको छ। ताल निर्माणस्थल त्रिभुवन राजपथसँगै नाङ्गेचुली र ब्योमकुट पर्वतको खोंचस्थित सीमसार क्षेत्रमा रहेको छ।, यस वरपर सयौं वर्षदेखिका पुराना खस्रुका रूख रहेका छन्, भने लोक्ता, लौठसल्ला, पाषाणभेद, अलमले झार, रङ्गीविरङ्गी गुराँसका साथै बहुमूल्य जडीबुटी रहेका छन्।रासस, सीमभञ्ज्याङमा सात ताल बन्ने
खिलानाथ ढकाल उच्च अदालत विराटनगरको इलाम इजलासका मुख्य न्यायाधीश शिवनारायण यादव बिदामा थिए। प्रहरीले उनी कहिलेदेखि बिदामा थिए भन्ने खुलाएको छैन।, यादव बिदामा भएको बेला सोमबार बिहान उनको निवासनजिकै अदालतमै कार्यालय सहयोगीको रूपमा कार्यरत् ४८ वर्षीया महिला बिमला पराजुलीको शव भेटिएको थियो।, प्रहरीका अनुसार पराजुलीको शव न्यायाधीश यादवको निवासनजिकै पानी बग्ने ठाउँमा घोप्टो परेको अवस्थामा फेला परेको थियो।, कार्यालय पोशाकमै पराजुलीको शव फेला परेपछि प्रहरीले अन्दाज लगायो - यो पक्कै पनि कार्यालय समयभित्रै भएको घटना हुनुपर्छ।, त्यसपछि प्रहरीले घटनास्थल, त्यसको नजिकै रहेको अदालत र न्यायाधीशको निवासतर्फ अनुसन्धान थालेको थियो।, अनुसन्धान गर्दै जाँदा निवासको स्थिति अवलोकन गर्न प्रहरीले जरूरी ठान्यो। किनकि, घटनास्थल वरपर न्यायाधीशको निवाससम्म केही संकेत देखिन्थ्यो।, यसपछि न्यायाधीश नभएका कारण निवास कसको निगरानीमा थियो भन्ने मुख्य प्रश्न उठ्यो।, उक्त प्रश्नको उत्तर खोज्ने सिलसिलामा न्यायाधीशका को बडिगार्ड को थिए भन्ने पत्ता लगाउन प्रहरीले आवश्यक थियो।, न्यायाधीशको बडिगार्ड आफ्नै कार्यालयबाट खटाइएका प्रहरी सहायक निरीक्षक (असई) युवराज बानियाँ रहेको खुल्यो।, यतिबेलासम्म घटनास्थलमा संघीय इकाइ प्रहरी कार्यालय धरानबाट कुकुरसहितको विशेषज्ञ टोलीले काम थालिसकेको थियो।, शंकाको घेरामा असई रहेपछि उनलाई प्रहरीले सोमबारै नियन्त्रणमा लियो।, इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार ३५ वर्षीय असई बानियाँको साथमा न्यायाधीशको निवासको ताला थियो।, प्रहरीले असई बानियाँकै हातबाट न्यायाधीश यादवको निवासको ढोका खोल्यो। निवासको ढोकामा कार्यालय सहयोगी पराजुलीको कानको एउटा टप फेला परेपछि असई बानियाँ नै घटनामा संलग्न हुनसक्ने सम्भावना बलियो देखियो।, ‘श्रीमान् (न्यायाधीश) नभएको बेला उहाँको निवासभित्र महिलाले लगाएको टप फेला परेपछि घटना निकै संवेदनशील थियो भन्ने हामीलाई लागेपछि असईलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्यौं,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘असईको कोठाबाट महिलाले लगाएको सुनको सिक्री पनि बरामद भयो।’, निवासभित्रै घाँटी थिचेर हत्या, हत्यापछि घर फर्केका असई फेरि पुगे निवास, प्रहरीले असईमाथि अनुसन्धान सुरू गर्दा घटनामा उनीविरूद्ध प्रशस्तै प्रमाण देखिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।, यसरी आफूविरूद्ध प्रमाण भेटिन थालेपछि अनुसन्धानको २४ घन्टा नबित्दै असई बानियाँले हत्या स्वीकार गरेपछि प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको श्रेष्ठले बताए। , प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार घटना आइतबार कार्यालय समयपछि भएको खुलेको छ।, कार्यालय छुट्टी भएपछि असई बानियाँ इलाम बजारको आफ्नो कोठामा पुगेका थिए। त्यसैबेला बिमलाको फोन आयो।, बिमला अदालत परिसरमै रहेको करेसाबारीमा तरकारी टिपिरहेकी थिइन्। फोन गरेर बोलाएपछि अदालतको पछाडिबाट पर्खाल नाघेर असई बानियाँ करेसाबारी पुगेका थिए।, करेसाबारीमा के-कति गफ भयो, त्यसपछि उनीहरू दुबै न्यायाधीशको निवास छिरे। चाबी असई बानियाँसँगै भएकाले उनले न्यायाधीशको निवास खोलेर दुबै भित्र पसेका थिए।, ‘निवासभित्र छिरेपछि दुबै बीच वादविवाद भएको र त्यसैबेला असई बानियाँले पराजुलीको घाँटी थिचेर हत्या गरेको खुलेको छ,’ पत्रकार सम्मेलनमा एसपी श्रेष्ठले भने।, श्रेष्ठका अनुसार पराजुलीको हत्यापछि असई बानियाँ निवासभित्र शव छोडी ताला लगाएर आफ्नो कोठा निस्किए।, तर, जब कोठामा पुगे, न्यायाधीशको निवासभित्र छोडेको शव व्यवस्थापन गर्नुपर्ने निष्कर्षमा बानियाँ पुगे।, ‘तालाचाबी आफूसँग रहेकाले उनले पोल खुल्ने डरले राति नै शव व्यवस्थापन गर्नुपर्छ भन्ने लागेर राति श्रीमानको निवास पुगेको पत्ता लागेको छ,’ श्रेष्ठले भने।, निवास पुगेर राति नै उनले पराजुलीको शव निकालेर नजिकै रहेको पानी बग्ने ठाउँमा घोप्टो पारेर छोडिदिए।, ‘ताकि आफैं लडेर पराजुलीको मृत्यु भयो भन्ने होस् भन्ने उनको बुझाइ रहेको हुनुपर्छ,’ प्रहरी उपरीक्षक श्रेष्ठ भन्छन्।, यसरी शव व्यवस्थापनपछि हिँडेका असई बानियाँ सोमबार पराजुलीको शव अनुसन्धान सुरू भएपछि पनि अदालत पुगेका थिए। तर, न्यायाधीशको निवासतर्फ प्रहरीको अनुसन्धान केन्द्रित भएपछि उनी नै पक्राउ परे।, निकटता र आर्थिक लेनदेन, प्रहरीका अनुसार मृतक कार्यालय सहयोगी पराजुली संखुवासभा जिल्लाकी हुन्। उनी कामको सिलसिलामा चार वर्ष पहिले इलाम पुगेकी थिइन्।, असई बानियाँ धनकुटाका हुन्। उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय इलाम मातहत हो। बानियाँ दुई वर्षयता न्यायाधीश यादवको बडिगार्ड खटाइएका थिए।, ‘श्रीमानकै अनुरोधमा जिल्ला प्रहरी कार्यालय मातहत रहेको प्रहरी चौकीमा कार्यरत् बानियाँलाई बडिगार्ड खटाइएको थियो,’ अनुसन्धानमा संलग्न एक अधिकृतले सेतोपाटीसँग भने।, न्यायाधीशको बडिगार्ड भएपछि बानियाँ र पराजुलीको सम्बन्ध जोडिएको देखिएको ती अधिकृतले बताए।, ‘जान-पहिचान, चिनजानको सम्बन्धनपछि उनीहरूबीच आर्थिक लेनदेन भएको बुझिएको छ,’ ती अधिकृतले भने।, एसपी श्रेष्ठले पनि उनीहरूबीच सम्बन्ध र लेनदेनको विषय हत्यासम्म पुगेको बताउँछन्।, ‘के-कस्तो आर्थिक लेनदेन सम्बन्ध हो भन्नेबारे अनुसन्धान जारी रहेको छ,’ एसपी श्रेष्ठले, ‘हत्याको अन्य कारण हामी खोजिरहका छौं।’, प्रारम्भिक बयानमा स्वीकार गरेकाले असई बानियाँ नै यो घटनाका एक मात्र प्रतिवादी रहेको प्रहरीको निर्क्यौल छ।, इलाममा न्यायाधीशको निवासमै अदालतकी कर्मचारीको हत्या, पक्राउ परे प्रहरीका असई
सेतोपाटी संवाददाता संरक्षित वन्यजन्तु कस्तुरीको विणासहित दुई जना पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले सोमबार दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, मकवानपुर गढी गाउँपालिका वडा नम्बर ४ बस्ने ४८ वर्षीय लालबहादुर घलान र झापा गौरीगंज गाउँपालिका वडा नम्बर ३ बस्ने ३५ वर्षीय उदयकुमार कोइरालालाई प्रहरीले पक्राउ गरेको हो।, प्रहरीले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ ठैबमा कस्तुरीको विणाको बेचबिखन हुन लागेको भन्ने सूचना पाएको थियो।, सोही सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई २५ ग्रामको एउटा कस्तुरीको विणासहित पक्राउ गरेको हो।, उनीहरूमाथि थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय, गोदावरीमा बुझाइएको छ।, उनीहरूमाथि प्रहरीले राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ विरूद्धको अपराधअन्तर्गत अनुसन्धान अघि बढाएको छ।, त्यस कसुर अनुसार पाँच लाख रूपैयाँदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी प्रावधान छ।, कस्तुरीको विणासहित दुई जना ललितपुरबाट पक्राउ
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दारसहित दुई जनाविरूद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ।, अख्तियारले मंगलबार काठमाडौंको विशेष अदालतमा प्रहरी हवल्दार बाबुराम घिमिरेसहित दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।, उनका अनुसार हवल्दार घिमिरेले केन्द्रीय अनुसन्धान ब्युरोमा भएको सुन व्यवसायको मुद्दा मिलाइदिने भन्दै ३ लाख ९९ हजार ५ सय रूपैयाँ घुस रकम लिएका थिए।, उनले अर्का सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिलेर घुस लिएको अख्तियारले जनाएको छ।, घिमिरेले ब्युरोमा भएको सुन तस्करको मुद्दाको नक्कली फाइल खडा गरेका थिए।  त्यसरी खडा गरी रकम नदिएमा पक्राउ गरी मुद्दा चलाउने धम्की दिई व्यवसायी राजकुमार स्वर्णकारसँग मिलेर घुस लिएको पुष्टि भएको प्रवक्ता रिसालले बताए।, पुष्टि भएसँगै अख्तियारले हवल्दार घिमिरे र स्वर्णकारसँग तीन लाख ९९ हजार ५ सय रूपैयाँ बिगो कायम गरी छ महिनादेखि एक वर्ष छ महिनासम्म कैद सजाय दिन माग गरेको छ।, प्रहरी हवल्दारसहित दुई जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा
सेतोपाटी संवाददाता अछाममा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका एक जना फेला परेका छैनन्। , सोमबार खोला तर्ने क्रममा बगेका रामारोशन गाउँपालिका-६ भटाकाटीयाका चन्द्र साउदलाई प्रहरी र स्थानीयले खोजी जारी राखे पनि फेला नपारेका हुन्।, जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जनकबहादुर बोहराले साउदको खोजीका लागि जिल्ला र स्थानीय इकाईबाट प्रहरी युनिट परिचालित भएको बताए।, अछाममा खोला तर्ने क्रममा बगेर एक जना बेपत्ता
सेतोपाटी संवाददाता अछाममा गएरातिदेखि परेको भारी वर्षातपछि आएको बाढीले निर्माण सकिन लागेको मोटरेवल पुल भत्काएको छ।, साँफेबगर नगरपालिकाको वडा नम्बर १ र २ जोड्ने लुंग्रा नदीमाथिको वैद्यनाथ हुँदै चौमाला जाने बाटोमा पर्ने मोटरेवल पक्की पुल पानीको बहाव बढेपछि भत्किएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जनकबहादुर बोहराले मंगलबार बिहान पुल भत्केको बताए। , सेती लोकमार्ग अन्तरगत निर्माण भइरहेको उक्त पुल २०७५ असारमा सम्झौता भई गएको चैतमा सक्ने लक्ष्य थियो। कोरोना महामारीका कारण निर्माण समयमै नसकिएको निर्माण कम्पनीको भनाइ छ। , स्वाँर कन्ट्रक्सन प्रालिले ४ करोड १६ लाख ७४ हजार ५ सय ७२ मूल्य अभिवृद्धि करसहितको लागतमा पुल निर्माणको जिम्मा पाएको थियो।, बाढीले भत्कायो निर्माण सकिन लागेको मोटरेवल पुल
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको दुई करोड बढी डोज खोपको खरिद प्रकृया टुंगो लागेको बताएका छन्।, मंगलबार राष्ट्रको नाममा विदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई करोड बढी डोज खोपको खरिद प्रकृया टुंगो लागेको भन्दै केही महिनामै सबै नेपालीले खोप पाउने आधार तयार भएको बताए।, ‘हामी खोपको उत्पादन होइनौं तर छोटो समयमै नागरिकलाई खोपको व्यवस्था गरेका छौं। २०२१ भित्र ठूलो जनसंख्यालाई खोप लगाइसक्ने छौं। केही बाँकी रहला र त्यसलाई पनि लगाउँदै जाने छौं,’ ओलीले भने। , उनले जोनसन एण्ड जोनसनको ५० लाख, मोर्डेनाको ४० लाख, फाइजरको ४० लाख र कोभिसिल्ड ऐस्ट्रेजेनेकाको २० लाख गरी १ करोड ५० लाख डोज खोप सुविधा मूल्यमा प्राप्त भएको जनाए। त्यस्तै बालबालिकालाई लगाउन मिल्ने फाइजरको थप ६० लाख खोप खरिद प्रकृया अगाडि बढेको ओलीले बताए। , स्वास्थ्य मन्त्रालयले पनि डेढ करोड खोप आउन लागेको जानकारी दिएको छ। मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले भनेको अनुसार नै एक करोड ५० लाख खोप आउने मार्ग तयार भएको सेतोपाटीलाई बताए।, ‘एक करोड ५० लाख डोज खोपको खरिद प्रक्रियया सम्झौता भएको छ। बाँकी बच्चाहरूलाई लगाउन ६० लाख डोज खोप खरिदका लागि प्रस्ताव गरिएको छ,’ ती अधिकारीले भने।, आजै मात्र जापानले एस्ट्रेजेनेकाको १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ। सो खोप यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी रहेकाहरूले लगाउन मिल्ने भनिएको छ। झन्डै १३ लाख मानिसले कोभिसिल्डको दोस्रो डोज लगाउन बाँकी छ। , प्रधानमन्त्री ओलीले चीनले हालसम्म १८ लाख खोप अनुदानमा दिएको भन्दै थप चीनले १६ लाख डोज अनुदानमा दिन लागेको जनाए।, दुई करोड डोज खोप किन्ने टुंगो लागेको छः प्रधानमन्त्री ओली
सेतोपाटी संवाददाता महोत्तरीकी सुजिता ठाकुरको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ।, लोहारपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २७ वर्षीया ठाकुरका हत्या आरोपित चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो। , प्रहरीले सुजिताकै देवर रुपेश ठाकुरलाई मुख्य आरोपीको रूपमा खडा गरेको छ। त्यस्तै, अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। , सोही ठाउँ बस्ने बण्ठा भनिने किशोरी मण्डल, मुल्ला भनिने आदम राईन र नथुनि मण्डललाई पनि प्रहरीले सार्वजनिक गरेको हो।, यसअघि प्रहरीले सुजिताका श्रीमान मुकेश ठाकुरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। , तर उनको कुनै संलग्नता नदेखिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए। , जेठ २० गतेदेखि हराइरहेकी सुजिताको शव गत आइतबार बिहान करिब १० बजे फेला परेको थियो।, प्रहरीले शव ससुराको जग्गामा बनाइएको सेफ्टिक ट्याङ्की भित्र गाडिएको अवस्थामा फेला पारेको थियो। ट्याङ्कीभित्र पनि करिब ४ फिट खनेर बोराभित्र राखेर गाडिएको र माथिबाट ढलान गरिएको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक विष्टले बताएका थिए। , सो स्थान सुजिता बस्ने घरबाट करिब आधा किलोमिटर टाढा रहेको जग्गामा शव फेला परेको हो।, प्रहरीले घटनास्थल पहिचान गरेपछि ढलान फोडेर शव निकालेको थियो। , जेठ २० गते सुजिता हराएको केही दिनसम्म पनि सम्पर्कमा नआएपछि उनका आमा-बुवाले प्रहरीलाई खबर गरेका थिए। , आइतबार शव निकालेपछि मृतकका आमा-बुवाबाटै सनाखत गराइएको थियो।, प्रहरी उपरीक्षक विष्टका अनुसार जेठ २० गते बिहान देवर रुपेश ठाकुरले सुजिताको कोठाभित्र घित्रोमा मुक्काले प्रहार गरी भित्तामा टाउको ठोक्काएका थिए। त्यसपछि उनले घाँटी थिचेर हत्या गरेका थिए।, हत्यापछि रुपेशले दिनभर कोठामै ताल्चा लगाएर राति घरबाट करिब एक किलोमिटर दक्षिणमा रहेको खेतमा गाड्न लगेका थिए। राति उनले ट्याक्टरमा राखेर खाल्डो खनेर गाडेको प्रहरीले जनाएको छ। , खाल्डोमा पुरेपछि वरिपरि पानी भरेर ट्याक्टरले सम्याएर धानको बिउ समेत छरेर गएको थिए।, त्यसपछि उनले जेठ २९ गते फेरि सो ठाउँबाट शव निकालेर सेप्टिक ट्याङ्कीभित्र गाड्न लगेका थिए।, पहिले शव गाडेको ठाउँबाट प्रहरीले कपाल, तन्ना पर्दाका केही टुक्रा र नुन फेला परेको थियो। त्यहाँबाट फेला परेको कपाल र सुजिताका बुवा कामेश्वर पाण्डे र आमा सुनिता देवी पाण्डेको रगत संकलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौं सामाखुशी पठाइएको थियो। , प्रहरीले बण्ठा, आदम राईन र नथुनि मण्डल मृतकको शव ओसार पसार गरी शव गाड्न तथा शवलाई स्थानान्तरण गर्ने कार्यमा सहयोग पुर्‍याएको आरोपमा पक्राउ परेका हुन्।, रुपेशले घरायसी विवादका कारण हत्या गरेको प्रारम्भिक रूपमा खुले पनि हत्याको पूर्ण कारण अहिले नै बताउन नसकिने प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए। , 'अनुसन्धानमा प्रभाव पर्ने हुँदा हामीले अहिल्यै नै कारण खुलाउन मिल्दैन,' उनले भने,'केही दिनमा फेरि सबै विवरण दिने सोचेका छौं। श्रीमान सुस्त मनस्थितिका व्यक्ति हुन्। घरायसी कारण नै हो तर थोरै पुष्टि हुन बाँकी भएर हो।', प्रहरीले शवको पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थियो। , सो स्थान फेला पारेपछि नै प्रहरीले सुजिताका श्रीमान र देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।, उनको कसरी हत्या गरियो भन्नेबारे अहिले खुलिनसकेको प्रहरीले बताएको छ।, प्रहरीले यस घटनामा संलग्न थप केहीको पनि खोजी गरिरहेको छ। यसमा थप विस्तृत रूपमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।, मृतक सुजिताका १० वर्षीया छोरी र ५ वर्षीय छोरा छन्। , महोत्तरीकी सुजिता ठाकुरको हत्या आरोपित देवरसहित ४ सार्वजनिक
सेतोपाटी संवाददाता शिशुको जन्म भएपछि मोरङमा घाँटी थिचेर हत्या गरी मदिरा पसलभित्र खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको छ।, प्रहरीका अनुसार नवजात शिशुलाई घाँटी थिचेर हत्यापछि खाल्डो खनेर पुरेको आरोपमा जन्म दिने महिला, उनकी आमा, बुवा र लोग्ने पक्राउ परेका छन्।, प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार पक्राउ पर्नेमध्ये शिशुकी आमा रंगेली नगरपालिका-५ को आँपगाछी टोल बस्ने २५ वर्षीया खुश्बु मण्डल हुन्।, जिसीका अनुसार मण्डलले आइतबार राति साढे ८ बजे छोरीलाई जन्म दिएकी थिइन्। छोरी जन्मिएपछि उनले आफ्ना आमाबुवाले सञ्चालन गर्दै आएको रंगेली-५ स्थित चाँदनी चोकमा रहेको पसलभित्र खाल्डो खनेर गाडेकी थिइन्।, यो सबै काम भने खुश्बुले आफ्नो परिवारको सहमति र मिलेमतोमा गरेको देखिएको एसपी जिसीले सेतोपाटीलाई बताए। , जिसीका अनुसार उनको कोखबाट छोरी जन्मिएकी थिइन्। जन्मिनेवित्तिकै उनले ब्लांकेटले घाँटी थिचेर हत्या गरेकी थिइन्।, हत्यापछि आफ्ना बुवाआमाले सञ्चालन गर्दै आएको मदिरा पसलभित्र खाल्डो खनेर गाडेकी थिइन्। सो कार्यमा उनका श्रीमान् र आमाबुवाले सहयोग गरेका थिए।, घटना थाहा पाएलगत्तै प्रहरी टोली सोमबार घटनास्थल पुगेर शिशुको शव खाल्डोबाट उधिनेर निकालेको थियो।, घटनामा संलग्न रहेकी खुश्बु, उनका ५० वर्षीय बुवा नागेश्वर मण्डल, उनकी ४८ वर्षीया आमा उर्मिला मण्डल र श्रीमान् २८ वर्षीय अरुण मण्डललाई पक्राउ गरिएको जिसीले बताए।, जिसीका अनुसार खुश्बुले गैरकानुनी रूपमा गर्भधारण गरेको र शिशु जन्मिएपछि परिवारको योजनामा हत्या गरी खाल्डो खनेर गाडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, खुश्बुका श्रीमान् अरुण वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए। तीन वर्षदेखि विदेशमा रहेका उनी गत चैतमा घर फर्किएका थिए।, उनी घर फर्किँदा खुश्बुको पेट बढेको थियो। अरुणले श्रीमती गर्भवती भएको शंका गरी केरकार पनि गरेका थिए।, ‘तर, श्रीमतीले पेटमा बोसो लागेको, केही होइन भन्दै टार्दै आएकी थिइन्, उनका श्रीमानले पनि त्यो कुरा पत्याइरहेका रहेछन्,’ प्रहरी उपरीक्षक जिसीले भने, ‘तर, खुश्बुले शिशु जन्माएपछि आकस्मिक रूपमा परिवारै मिलेर हत्या गरेको खुलेको छ।’, पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यानमुद्दा दर्ता गरी अदालतबाट थुनामा राख्ने अनुमतिसाथ अनुसन्धान थालिएको एसपी जिसीले बताए।, शिशु जन्मिएपछि घाँटी थिचेर हत्या, मदिरा पसलभित्र ‘खाल्डो खनेर गाडेपछि’ आमासहित परिवारै पक्राउ
एजेन्सी भनिन्छ- आमाबुवाका लागि संसार छोराछोरीकै वरिपरि घुम्छ। छोराछोरीको खुसीका लागि उनीहरूले जस्तोसुकै त्याग गर्न सक्छन्। यो कुरा सबै आमाबुवाका हकमा लागु हुन्छ कि हुन्न तर चीनका गुओ ग्याङताङले आफ्नो हराएका छोरो खोज्न सकेजति सबै गरेका छन्।, सन् १९९७ सेप्टेम्बरको कुरा हो। पूर्वी चीनको सान्डोङ प्रान्तका ग्याङताङका छोरा २ वर्षका थिए।  उनी घरको आँगनमा खेलिरहेका थिए। आमाबुवा अरू नै काममा व्यस्त थिए। त्यही बेला उनको अपरहण भयो।, त्यतिबेला चीनमा सरकारले दम्पतीले एकमात्र बच्चा जन्माउन पाउने कडा नीति लगाएको थियो। एकमात्र सन्तान जन्माउने पाउने भएकाले पितृसत्तात्मक चिनियाँ समाजमा छोराको महत्व निकै बढेको थियो। त्यही भएर बच्चाको अपहरण पनि बढेको थियो।, सरकारले नियमअनुसार जन्माउन पाउने एउटामात्रै छोरा आँगनबाटै अपहरणमा परेपछि ग्याङताङ बेचैन भए। उनले छोरालाई जसरी पनि खोजेर छाड्ने अठोट लिए। छोराको खोजीका लागि उनी मोटरसाइकल चढेर दर्जनौं सहर र गाउँ पुगे। मोटरसाइकलमा उनले आफ्नो छोराका दुई तस्बिर राखेका थिए।, उनी चीनका २० वटा प्रान्तमा पुगे। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार उनले झन्डै ५ लाख किलोमिटर  यात्रा गरे। कहिले सडकमा लुटेरासँग लडे। कहिले दुर्घटनामा परे। कहिले पुलमुनि सुते। अनि पैसा सकिएपछि कहिले सडकमै बसेर मागे।, ग्याङताङले छोरा खोजिरहेको यो यात्रा यति कठिन थियो कि सन् २०१५ मा उनकै कथामा आधारित भएर फिल्म ‘लस्ट एन्ड लभ’ बन्यो। फिल्मलाई चिनियाँहरूले निकै मन पराए।, उनले पछि हराएका छोराछोरी खोज्न सहयोग होस् भनेर वेबसाइट  बनाए।, आफ्नो छोरो नभेटाए पनि ग्याङताङले आफूजस्तै छोराछोरी हराएका अरू आमाबुवालाई सहयोग गरे। यो बीचमा उनले सात जना आमाबुवालाई उनीहरूका हराएका छोराछोरीसँग मिलन गराए।, ग्याङताङको झन्डै साढे २ दशक लामो खोजले केही दिनअघि पूरा भयो। सरकारी अधिकारीहरूले डिएनए परीक्षणबाट उनका छोरा भेटिएको खबर गरे।, अपहरणकारीले ग्याङताङ छोरालाई हेनान प्रान्तमा एक परिवारलाई बेचेका रहेछन्। उक्त परिवारले उनलाई हुर्काएछ। अहिले २६ वर्ष पुगेका उनी शिक्षक भएका रहेछन्।  , २४ वर्षपछि मंगलबार ग्याङताङले आफ्ना छोरालाई अँगालो हाल्न पाए। चिनियाँ सञ्चारमाध्यमले प्रसारण गरेको भिडिओमा उनले भनेका छन्- मेरो छोरो भेटिएको छ। अबदेखि सबैथोक खुसीमात्रै हुनेछ।, आमाबुवा र छोराको यो पुनर्मिलनले अहिले चिनियाँ सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ। धेरैले ग्याङताङको यो खोजको प्रशंसा गरेका छन्।, चिनियाँ अधिकारीहरू अपरहणमा परेका वा हराएकाहरूको खोजी गर्न डिएनए डाटाबेस बनाएको बताएका छन्। जसको सहयोगमा सन् २०१६ देखि अहिलेसम्म २ हजार ६ सय जना आमाबुवा-छोराछोरीको पुनर्मिलन भएको छ।,  , यी बा जसले अपरहणमा परेको छोरो खोज्न ५ लाख किलोमिटर यात्रा गरे, २४ वर्षपछि भेट्टाए
सेतोपाटी संवाददाता अछाममा पहिरोले सुर्खेत जोड्ने सडक अवरूद्ध भएको छ।, मध्यपहाडी लोकमार्ग अन्तर्गत कमलबजार नगरपालिका कीर्तिपुरमा पहिरो जाँदा सो सडक अवरुद्ध भएको प्रहरीले जनाएको हो।, अछामबाट सुर्खेत जाने सडक मंगलबार दिउँसो तीन बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराले जानकारी दिए।, उनले  लगातार परेको पानीले पहिरो खस्दा सडक अवरुद्ध भएको बताए।अहिले  पहिरो हटाउने  काम भइरहेको उनको भनाइ छ।, पहिरोले अछाम-सुर्खेत जोड्ने सडक अवरुद्ध
रासस बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी छात्रा (महिला) लाई रु ५१ हजार भत्ता दिने भएको छ। , नगर सभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण  महिलालाई रु ५१ हजार भत्ता दिने उल्लेख छ।, छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७८/०७९ देखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको नगरप्रमुख रमेश यादवले जानकारी दिए।, नगरपालिकाको यो अभियानलाई पचरौताको महिला समूहले स्वागत गरेको छ। महिलाको स्वाभिमानलाई अगाडि बढाउनका लागि बजेटमा नै स्नातक पास गर्ने महिलालाई नगद रु ५१ हजार दिने प्रस्ताव निकै नै सराहनीय रहेको महिला अधिकारकर्मी सावित्री शर्माले बताइन्।, प्रमुख यादवले पचरौता नगरपालिकामा जनतामुखी रचनात्मक बजेट ल्याई नागरिकलाई सबल एवं सक्षम बनाउनका लागि कृषि मिटरमा शुल्क फ्रि तथा गरिब, दलित, असहाय, विपन्न वर्गका लागि निःशुल्क रुपमा खाना पकाउने ग्यास सिलिण्डरसहित चुलो प्रदान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए।, गुणस्तरीय स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउनका लागि नगरभित्र १५ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण र ज्येष्ठ नागरिकको हकमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गराउनका लागि बजेट विनियोजन गरिएको बताए।, त्यस्तै नागरिकलाई सहजरुपमा स्वास्थ्यचौकीसम्म पुर्‍याउनका लागि नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने भएको छ।, यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरिएको उनले बताए। नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि रु ४५ करोड ८४ लाख २७ हजार बजेट ल्याएको छ।, स्नातक पास गर्ने छात्रालाई बाराको पचरौता नगरपालिकाले ५१ हजार दिने
सेतोपाटी संवाददाता चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा खसेको सुक्खा पहिरोका कारण यातायात अवरुद्ध भएको छ।, इच्छाकामना–६ मा पर्ने कालीखोलामा सोमबार बिहान करिब साढे ४ बजेतिर सडकमा पहिरो खसेको थियो।, अहिले पनि सुक्खा पहिरो खस्नेक्रम चलिरहेकाले सवारी साधन चल्न सकेका छैनन्।, पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।, कालीखोलामा झरेको सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
सेतोपाटी संवाददाता तनहुँकी रूपा सुनारविरूद्ध जातीय विभेद गरेको आरोप लागेकी घरबेटी सरस्वती प्रधानले नै जाहेरी दिएपछि जात व्यवस्था उन्मूलन मोर्चाले विरोध जनाएको छ। , मोर्चाले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै सुनारमाथि नै जाहेरी पर्नुले यो विषयलाई थप अन्यायको बाटोतिर लगेको उल्लेख गरेको छ।, आइतबार घरबेटी प्रधानले सुनारविरूद्ध बेइज्जती गरेको, झुटो अफवाह फैलाएको, वैयक्तिक गोपनीयता भंग गरेको र प्रतिलिपी अधिकार उल्लंघन गरेको भन्दै महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन्। , 'पीडितले न्याय मागिरहेको अवस्थामा उल्टै पीडितविरूद्ध जाहेरी लिन राज्य कसरी तयार भयो?,' विज्ञप्तिमा लेखिएको छ, 'देशको संविधान र कानुनमाथि आशा राखेर न्यायिक प्रक्रियामा अगाडि बढेको पीडितलाई राज्यबाटै हुने यस्तो व्यवहारले यो राज्य जातीय विभेदको घटनामा पीडितलाई झनै पीडा दिन कुन हदसम्म तयार हुने रहेछ भन्ने प्रमाणित भएको छ।', राज्यको यो कदमले रूपा सुनारले न्याय पाउने सम्भावना कम भएको भन्दै पीडितलाई नै फसाउने प्रपन्च रचिएको मोर्चाले जनाएको छ।,  , रूपाविरूद्ध जाहेरी परेपछि मोर्चाले भन्यो- अन्यायको बाटोतिर लगिँदैछ
रासस ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतजल विद्युत् निगमले नै तल्लो अरुण निर्माण गर्ने भएको छ। कूल ६७९ मेगावाट क्षमताको सो आयोजनाको विस्तृत सम्भाव्यता प्रतिवेदन तयार पार्नका लागि आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएसँगै आयोजनाको काम अगाडि बढ्ने भएको हो। समझदारीपत्रका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र सतलज विद्युत् निगमका अध्यक्ष नन्दलाल शर्माले हस्ताक्षर गरे।, अर्धजलाशयुक्त प्रकृतिको आयोजनाबाट वार्षिक रूपमा दुई हजार ६२५ गिगावाट घन्टा ऊर्जा उत्पादन हुन्छ। संखुवासभामा आयोजनास्थल रहेको सो आयोजना आकर्षकमध्येको एक हो। लगानी बोर्डको यही असार ८ गते बसेको ४७औं बैठकले विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता सतलज विद्युत् निगमसँग गरिने समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो।, यसअघि २०७७ माघ १६ गतेको बोर्ड बैठकले बुट ढाँचामा आयोजना निर्माणका लागि सतलजलाई चयन गरेको थियो। आयोजनाको कूल १३०० मिलियन अमेरिकी डलर हुनेछ। समझदारीअनुसार दुई वर्षभित्रमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुनेछ। अरुण नदीमा पत्ता लागेका केही महत्वपूर्ण आयोजनामध्ये तल्लो अरुण पनि एक हो। सो आयोजनाको हाल भौतिक प्रगति झण्डै ५० प्रतिशतको हाराहारीमा पुगेको छ।, ब्राजिलको कम्पनी ‘ब्रास पावर’ ले उत्पादन अनुमतिपत्रमा राखिएको सर्तअनुसार काम गर्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार ऊर्जा मन्त्रालयले सो आयोजनाको अनुमतिपत्र खारेज गरेको थियो। ब्रास पावरले आयोजनाको अनुमतिपत्र करिब १५ वर्षसम्म राखेर पनि केही काम गर्न सकेको थिएन। अधिकतम् क्षमतामा स्रोतको उपयोग गरिँदा आयोजनाको क्षमता एक हजार मेगावाटको हाराहारीमा हुने ऊर्जा मन्त्रालयको अनुमान छ। यद्यपी समझदारीपत्र समारोहमा आयोजनाको क्षमता अभिवृद्धिका विषयमा डिपिआरबाटै नै पत्ता लाग्ने उल्लेख गरिएको छ। विद्युत् विकास विभागले यसअघि नै सो आयोजनाको सम्भाव्यता अध्ययन गरिरहेको छ।, २०७५ चैत १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा सरकारले सो आयोजनालाई समेत ‘शो केस’ मा राखेको थियो। सो आयोजनाभन्दा उपल्लो तटमा रहेको अरुण तेस्रो आयोजना सरकारले विश्वव्यापी प्रतिस्पर्धाका आधारमा सतलज विद्युत् निगमलाई जिम्मा दिएको थियो। आयोजना सतलजको पूर्ण स्वामित्वमा निर्माण भइरहेको छ।, आयोजनाबाट नेपालले २१.९ प्रतिशत (१९७.१ मेगावाट) विद्युत् निःशुल्क पाउनेछ भने बाँकी विद्युत् भारत निर्यात हुनेछ। लगानी बोर्ड र भारतीय कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पीडीए) अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा निर्माण हुने आयोजनाले व्यापारिक रूपमा विद्युत् उत्पादन गरेको २५ वर्षपछि चालू हालतमा निःशुल्क सरकारले पाउनेछ। आयोजनाको निर्माण अवधि पाँच वर्ष कायम गरिएको छ।, तल्लो अरुण पनि यही ढाँचामा नै अगाडि बढ्ने विश्वास गर्न सकिन्छ। ऊर्जा मन्त्रालयले १८ महिनाभित्र विस्तृत इञ्जिनियरिङ, वित्तीय व्यवस्थापन, विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) र वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी भौतिक रूपमा निर्माण सुरू गर्ने सर्त राखी ब्रास पावरलाई २०६९ मङ्सिर १ मा ३० वर्षका लागि तल्लो अरुणको उत्पादन अनुमतिपत्र दिएको थियो।, अख्तियारले सो कम्पनीले अनुमतिपत्र राखिएका सर्त पूरा गर्न नसकेको भनेर आयोजनाको अनुमतिपत्र खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो। भारतीय कम्पनी सतलज जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको अरुण तेस्रोको ‘टेलरेस’ को पानी सिधै प्रयोग गरी तल्लो अरुणको विद्युत् उत्पादन गर्न सकिने भएकाले आयोजना असाध्यै आकर्षक मानिएको छ। संखुवासभा र भोजपुरमा पर्ने आयोजनामा करिब १२.४ किलोमिटर लामो र १०.२ मिटर व्यास भएको सुरुङ निर्माण गर्नुपर्नेछ।, नेपाल सरकारको तर्फबाट सबै सहयोग रहन्छ : उपप्रधानमन्त्री मन्त्री पौडेल, कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले तल्लो अरुण आयोजनाको सन्दर्भमा महत्वपूर्ण पाइला चालिएको भन्दै नेपाल सरकारको तर्फबाट सबै प्रकारको साथ र सहयोग उपलब्ध गराउने बताए।, लामो गृहकार्यपछि प्रतिस्पर्धाका आधारमा भारतीय कम्पनी सतलज कम्पनी छानिएको उल्लेख गर्दै उनले सहज रूपमा आयोजनाको तयारी र कार्यान्वयन हुने बताए। उनले भने, ‘नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउनेछौं। आयोजना अगाडि बढाउन कुनै कमी हुन दिइने छैन।’, उनले तल्लो अरुण भौतिक पूर्वाधार र जलविद्युत् आयोजनाको रूपमा मात्रै नभई दुई देशबीचको सम्बन्धको रूपमा आफूले बुझेको उल्लेख गर्दै भने, ‘यस आयोजनाबाट दुई देशको सम्बन्ध थप उचाइमा पुग्नेछ र अझ प्रगाढ हुनेछ।’, बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले समयमै आयोजनाको तोकिएको काम पूरा हुने र बोर्डका तर्फबाट गर्नुपर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउने विश्वास व्यक्त गरे।, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले  भारत सरकारले नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्दै सन्दर्भमा सो परियोजनाले नेपाल र भारत दुवै देशको आर्थिक विकासमा सहयोग पुर्‍याउने बताए।, सतलजका अध्यक्ष शर्माले आफूले आयोजनाको सम्पूर्ण अध्ययनका लागि आफ्नो तर्फबाट प्राविधिकलाई आवश्यक निर्देशन दिइसकेको र उनीहरु परिचालित भइसकेको जानकारी दिए।, अरुण तेस्रो जलविद्युत् आयोजना बनाइरहेकाले पनि आफूहरूका लागि तल्लो अरुणको काम सहज हुने उनको भनाइ छ। तीन वर्षको अवधिमा अरुण तेस्रोले उल्लेखनीय प्रगति गरेको जानकारी दिँदै अध्यक्ष शर्माले कोरोना भाइरसका प्रभावका कारण केही समय आयोजनामा प्रभावित भएको भए पनि यसबीचको प्रगति राम्रो रहेको उल्लेख गरे। उनले अरुण तेस्रोबाट सन् २०२३ अप्रिलदेखि बिजुली उत्पादन हुने जानकारी दिए।, भारतको हिमाञ्चलमा नाथ्वा झाँक्रीजस्ता परियोजना बनाएको सतलजले नेपाल र भुटानमा जलविद्युत् परियोजना निर्माण गरिरहेको उल्लेख गर्दै उनले  सन् २०३० सम्ममा कम्पनीले थप १० हजार मेगावाट विद्युत् उतपादन गर्ने लक्ष्य राखेको बताए। डिपिआर तयार भएको बढीमा पाँच वर्षभित्र तल्लो अरुणको निर्माण सम्पन्न गर्ने उनको विश्वास छ।  , ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना : दुई वर्षमा डिपिआर, चार वर्षमा निर्माण
एजेन्सी बेलायती अर्बपति रिचार्ड ब्रान्सन आइतबार यात्रुसहितको जहाज लिएर पृथ्वीको सतहबाट ८८ किलोमिटर माथिसम्म पुगेका छन्।, समाचार संस्था रोयटर्सका अनुसार  उनले १७ वर्षअघि स्थापना गरेको कम्पनीले बनाएको भर्जिन गालाक्टिक रकेट प्लेनमा ६ जना मानिस सवार थिए।, अमेरिकाको न्यु मेक्सिको राज्यको मरूभूमिमा रहेको स्पेसपोर्टबाट ६ जना चढेको उक्त रकेट प्लेन उडेको थियो। उडानको केही समयपछि ब्रान्सनले ‘नयाँ युगको बिहानीमा स्वागत छ’ भनेर ट्वीट गरेका थिए।, अन्तरिक्षमा हुँदा पनि उनले लाइभ भिडिओ देखाएका थिए।, पृथ्वीको सतहभन्दा निकै माथि पुगेपछि जहाजमा रहेकाहरू झन्डै चार मिनेटसम्म तैरिएका थिए।  गुरूत्व बल नभएका कारण त्यहाँ उनीहरूले तैरिएको महशुस गरेका हुन्।, लामो प्रतीक्षा गरिएको यो उडान उक्त जहाजको यात्रुसहितको पहिलो उडान हो। यो उडान झन्डै एक घन्टाको थियो।, जहाजमा चढ्नुअघि उनी साइकल चढेर स्पेसपोर्टमा पुगेका थिए र त्यहाँ उपस्थितहरूलाई  हात हल्लाउँदै अभिवादन गरेका थिए। त्यहाँ उपस्थित भएकाहरू स्पेस इन्डस्ट्रीका अधिकारीहरू, भावी यात्रुहरू र शुभचिन्तक थिए। टेस्लाका सिइओ एलन मस्क पनि तीमध्ये एक थिए।, यसअघि ब्रान्सनले मस्कसँगको तस्बिर ट्वीट गरेका थिए।, मस्कको स्पेस एक्सले यात्रु बोकेर पहिलो पटक आउने सेप्टेम्बरमा अन्तरिक्षको उडान गर्ने तयारी छ।, अर्का अमेरिकी अर्बपति जेफ बेजोसको कम्पनीले बनाएको न्यु सेफर्ड रकेटले केही दिनमै अन्तरिक्षको उडान भर्दैछ।, ब्रान्सनको उडानअघि बेजोसले उनलाई सामाजिक सञ्जालमार्फत् सफल यात्राका लागि शुभकामना दिएका थिए।, जहाजमा पृथ्वीको सतहबाट ८८ किलोमिटर माथि पुगेर फर्कियो बेलायती अर्बपतिको टोली
सेतोपाटी संवाददाता प्रहरीले इटहरीस्थित एक होटलबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना कारोबारीलाई पक्राउ गरेको छ।, प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय इटहरीको टोलीले ८६ ग्राम ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा इटहरी-५ का २७ वर्षीय वीरेन्द्र राई, सोही ठाउँका १९ वर्षी विवेक बस्नेत, इटहरी-४ का २३ वर्षीय विवेक खड्का छन्।  , उनीहरूलाई इटहरी-५ को चमेना फाल्चा होटल एण्ड लजको ११२ नम्बर कोठाबाट ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। लागुऔषध किनबेच गरिरहेको बेला उनीहरूलाई समातिएको प्रहरीले जनाएको छ।, यस्तै, इटहरी-६ बाट १ ग्राम ३२९ मिलिग्राम ब्राउनसुगरसहित तीन जना समातिएका छन्। पक्राउ पर्नेमा इटहरी-९ का सुनिल तामाङ, इटहरी-१ का सन्दीप चौधरी र इटहरी-९ का प्रताप तामाङ छन्।, यस्तै, इटहरीबाटै कोसी गाउँपालिका-५ का २२ वर्षीय मनिर उदिम मियाँ र इनरूवा-३ का नारायणप्रसाद शिवाकोटी पक्राउ परेका छन्। एक हजार ट्याबलेट नाइट्रोजनसहित उनीहरूलाई महेन्द्र पेट्रोल पम्प नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।, यसैगरी, झापा प्रहरीले शिवसताक्षी नगरपालिका-६ का रियाज अन्सारी र सञ्जय प्रधानलाई ५ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।, इटहरीबाट लागुऔषध ब्राउनसुगरका कारोबारी पक्राउ
सेतोपाटी संवाददाता झापाको बिर्तामोडमा एक युवतीको शव फेला परेको छ।, पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्पभन्दा उत्तरतर्फ बसोबास गर्दै आएकी २५ वर्षीय सृजना बस्नेतको शव फेला परेको छ।, जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार उनी आमासहित आफन्तको घरमा भाडामा लिएर बसेकी थिइन्।, उनी घरकै आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको प्रहरीको भनाइ छ। , प्रहरी उपरीक्षक राकेश थापाका अनुसार उनी बिर्तामोडकै एक सहकारीमा काम गर्दै आएकी थिइन्।, घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।, झापामा युवतीको शव फेला
सेतोपाटी संवाददाता अमेरीकी सरकारले नेपाललाई दिएको १५ लाख ३० हजार खोप काठमाडौं आइपुगेको छ। जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप दुबईबाट कतार एयरवेजमार्फत सोमबार बिहान काठमाडौं आइपुगेको हो।, विमानस्थलमा पत्रकार सम्मलेन गर्दै नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले १५ लाख ३० हजार मात्रा खोप अमेरिकाले नेपाललाई उपहार दिएको बताए। उक्त खोप बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरे।, जोन्सन एण्ड जोन्सन कम्पनीको उक्त खोप एक मात्रा लगाए पुग्छ। कोभ्याक्समार्फत अमेरिकाबाट प्रारम्भिक सहयोग स्वरुप उक्त खोप प्राप्त भएको हो। यसले नेपालका १५ लाख मानिसको जीवन रक्षा गर्ने राजदूत बेरीले बताए।, ‘आज, जोन्सन एन्ड जोन्सन कोभिड १९ खोपको १५ लाख ३० हजार मात्रा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको घोषणा गर्न पाउँदा अमेरिकालाई गर्व छ। यस अनुदानले नेपाली जनताप्रति अमेरिकाको दशकौं पुरानो प्रतिबद्धता पुनः पुष्टि गर्छ र यो कोभिड १९ सङ्कटताका नेपालमा जारी हाम्रो सहयोगको निरन्तरता हो’, राजदूत बेरीले भने, ‘केवल एक मात्रा आवश्यक पर्ने यी खोप अमेरिकी जनताका तर्फबाट नेपाललाई उपहार हुन् र यिनको एकल उद्देश्य जीवन जोगाउनु हो।’,  ,  , अमेरिकाले अनुदान सहयोगमा दिएका खोप कोभ्याक्स विश्वव्यापी खोप पहल र युनिसेफसँगको साझेदारीमा आएको हो।, राजदूत बेरीले यी खोपले जीवन बचाउने र यस महामारीबाट बाहिर निस्कन नेपाललाई सहयोग गर्ने मात्र नभई आर्थिक नोक्सानीको पूर्ति गर्न र हाम्रा मित्र परिवारजन, तथा छिमेकीसँग सुरक्षित रूपमा भेट्ने अवसर पुनः प्राप्त गर्न मद्दत गर्ने बताए।, कोभिड महामारीको सुरुवातदेखि अमेरिकाले नेपाललाई सहयोग गरिरहेको राजदूत बेरीले बताए।, ‘यो अमेरिकी जनताका तर्फबाट उपहार हो। एक मात्रा लगाए पुत्रे यो खोप नेपालका १५ लाखभन्दा बढी मानिसहरूलाई कोभिड १९ को घातक प्रभावबाट जोगाउनका निम्ति पर्याप्त हुनेछ हामीले यो खोप कुनै काम लिन वा सुविधा पाउनका लागि दिएका होइनौं’, उनले भने, ‘हाम्रो खोपमा कुनै स्वार्थ लुकेको छैन। हाम्रा सर्तहरू खुला र पारदर्शी छन् जीवनरक्षाको एक मात्र उद्देश्यसहित हामीले यो काम गरेका हौं। यस खोपले नेपाललाई अहिलेको महामारीबाट बाहिर निस्कन सहयोग गर्नेछ।’, ६ लाख भन्दा बढी अमेरिकी नागरिकले यो रोगबाट ज्यान गुमासकेको भन्दै उनले आफूहरूलाई यस रोगको क्रूरताका बारेमा थाहा छ र यस भाइरसको कुनै सिमाना छैन भन्ने कुरा हामीले बुझेका बताए।, उनले कोभिङ-१९ जस्तो चुनौतीका निम्ति साझेदारी र समतामूलक, विश्वव्यापी प्रतिकार्य आवश्यक रहेको औल्याए। विश्वव्यापी स्वास्थ्यको क्षेत्रमा अमेरिका विश्वकै ठूलो दातृराष्ट्र पनि हो, जसले ग्लोबल फन्ड र विश्व स्वास्थ्य सङ्गठन जस्ता अन्तर्राष्ट्रिय प्रयत्नमार्फत अनुदान सहयोग गरेको छ।, अमेरिकाले दिएको १५ लाख ३० हजार डोज खोप आइपुग्यो
सेतोपाटी संवाददाता उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत् कार्यालय सहयोगी मृत फेला परेकी छिन्।, सोमबार बिहान ८ बजे प्रहरीले ४८ वर्षीय विमला पराजुलीलाई ‘शंकास्पद’ रूपमा मृत फेला पारिएको इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए।, उनी संखुवासभाकी हुन्। पराजुलीको शव मुख्य न्यायाधीशको निवास र कार्यालयबीचमा रहेको पानी बग्ने ठाउँमा घोप्टो परेको अवस्थामा फेला परेको हो।, पराजुली कार्यालयबाहिर रहेको अदालतको निवासमा बस्थिन्। तर, उनी कार्यालय समयअगाबै त्यही कसरी पुगिन् र मृत्यु के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको छ।, ‘हामीले घटनास्थल सुरक्षित गरेर अनुसन्धान गरिरहेका छौं, शव उठाइसकिएको छैन,’ श्रेष्ठले भने, ‘शव उठाइनसकेकाले चोटपटक के कसो हेर्न पाएको छैन।’, उच्च अदालत इलामकी कार्यालय सहयोगी मृत फेला
सेतोपाटी संवाददाता विर्तामोडको एउटा घर अगाडि महिलाको अर्धनग्न शव भेटिएको घटनामा झापा प्रहरीले तालिम प्राप्त 'ट्रयाकर डग'को सहायतामा अनुसन्धान प्रक्रिया अगाडि बढाउने भएको छ।, सुनसरीको धरानबाट 'लैला' नामको 'ट्रयाकर डग' ल्याएर अनुसन्धान गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , प्रहरीलाई शंकास्पद घटनामा तालिम प्राप्त ‘ट्रयाकर डग’ लैलाले सहयोग गर्दै आएको छ।, घटनास्थल र फेला परेका प्रमाण सुँगेर लैलाले अपराधी पत्ता लगाउने गरेको प्रहरीको दाबी छ।, झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले तालिम प्राप्त कुकुरको सहायतामा घटनाको प्रारम्भिक अनुसन्धान अगाडि बढाइने बताए।, पूर्व-पश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तर विर्तामोड-५ मा सोमबार बिहान घर अगाडि २५ वर्षीया सृजना बस्नेतको शव अर्धनग्न अवस्थामा भेटिएको थियो। घटनास्थलमा बिहानैदेखि प्रहरीले घेरा हालेर राखेको छ।, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले हात र पछाडिको भाग धसारिएको अवस्थामा मृतकको शव फेला परेको जानकारी दिए। , मृतक बस्नेत विर्तामोडको एउटा वित्तीय संस्थाकी कर्मचारी भएको खुलेको छ। उनलाई कसैले मारेर फालेको हुनसक्ने प्रहरीको आंशका छ।, घटनाको अनुसन्धानका लागि विज्ञ चिकित्सकसहितको प्राविधिक टोली पनि आउने झापा प्रहरीका प्रहरी प्रवक्ता थापाले जानकारी बताए।, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक जाँचका चिकित्सक टोली विर्तामोड आउने भएको हो।, झापामा शंकास्पद अवस्थामा युवतीको शव फेलापछि 'ट्रयाकर डग' को सहायताले अनुसन्धान गर्दै प्रहरी
विवेक राई गत वैशाख २० गते देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिइने घोषणा गरे। , तर संक्रमितको उपचारमा खटिने धेरैजसो स्वास्थ्यकर्मीले सो भत्ता पाएका छैनन्।, काठमाडौंको वीर अस्पतालमा नर्सको रूपमा कार्यरत मुना पोखरेलले आफूले जोखिम भत्ताको नाममा कुनै पनि रकम नपाएको जानकारी दिइन्।, 'भत्ताको नाममा एक रूपैयाँ पनि पाएको छैन। व्यवस्थापनसँग कुरा हुँदा माथिबाटै बजेट आएको छैन भन्नुहुन्छ,' उनले भनिन्। , पोखरेलका अनुसार उनीसँगै संक्रमितको उपचारमा खटिएका वीर अस्पतालका कुनै पनि स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन्।, भत्ता नपाउँदा काम गर्न समेत निरूत्साहित भइने भन्दै उनले भनिन्, 'कुरै भएको थिएन भने वास्तै हुन्न थियो तर दिन्छु भनेपछि त आश लाग्छ नि! कतिले योबेला घरै बसेर पनि तलब खाए तर हामी मरिमरि काम गर्दा पनि भत्ता नपाउँदा चाहिँ दुःख लाग्ने रैछ।', यस्तै,टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका स्वास्थ्यकर्मीले पनि जोखिम भत्ता पाएका छैनन्।, कोभिड आइसियूमा खटिएकी एक नर्सले सेतोपाटीसँग भनिन्, 'कहिले भत्ता आउँछ भन्नुहुन्छ, फेरि कहिले आउँदैन भन्नुहुन्छ। अस्ति कुरा गर्दा अस्पतालसँगै बजेट छैन, त्यसैले भत्ता नआउन सक्छ भन्नुभयो रे।', उनले महामारीमा घरपरिवार र आफूलाई नसोची काम गर्दा पनि भत्ता नपाउँदा भने खल्लो महसुस हुने बताइन्।, 'काठमाडौं आएदेखि घर गएको छैन। रातदिन बिरामीका लागि खटिरहेका छौं। तर यस्तो जोखिममा काम गर्दा पनि भत्ता नदिँदा चाहिँ खल्लो लाग्छ,' उनले भनिन्। , भत्ता नपाएको विषयबारे अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलासँग कुरा गर्दा उनले एकदुई साताभित्रै भत्ता दिने बताए।, सुरूमा उनले मन्त्रालयबाटै भत्ताका लागि रकम निकासा नभएको भन्दै आफूले त्यसका लागि मन्त्रालयसँग कुराकानी गरिरहेको जनाएका थिए।, तर फेरि उनले दुई साताभित्रै संक्रमितको उपचार गरेबापत सरकारले सोधभर्ना गरेको रकमबाट स्वास्थ्यकर्मीलाई भत्ता दिइने बताए। , नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले पनि भत्ता नपाएको भन्दै ठाउँ-ठाउँबाट स्वास्थ्यकर्मीहरूको गुनासो आइरहेको बताए।, 'भत्ता नपाएको भन्दै ठाउँ-ठाउँबाट गुनासो आइरहेको छ। यो असार मसान्तभित्र चुक्ता गर्ला कि भन्ने छ। तर त्यतिञ्जेल पनि भएन भने हामी बोल्छौं,' उनले भने। , उनले भत्ता नपाउने समस्या उपत्यकाभित्र र बाहिर दुबै क्षेत्रका अस्पतालमा रहेको जनाए। यद्यपि केही ठाउँमा भत्ता पाए पनि भत्ता नपाउने स्वास्थ्यकर्मीको संख्या भने बढी रहेको उनी बताउँछन्।, उनले स्वास्थ्यकर्मीले भत्ताका लागि काम नगरेको भन्दै तर दिने भनेको भत्ता नदिँदा स्वास्थ्यकर्मीको मनोबल घट्ने बताए। , स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जोखिम भत्ताका लागि अस्पतालहरूसँग उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूको सूची मागिएको बताए।, 'मन्त्रालयले अस्पतालसँग ड्युटी रोस्टरमा खटिएका स्वास्थ्यकर्मीहरूको विवरण मागेको छ। विवरण प्राप्त भएपछि नियम अनुसार जोखिम भत्ता पाउँछन्,' उनले भने। , प्रवक्ता पौडेलका अनुसार कति अस्पतालहरूले अहिले पनि सो विविरण पठाइरहेको भन्दै सोही अनुसार बजेट पनि पठाइरहेको जनाए।, उनले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिने सरकारको मनसाय नरहेको भन्दै केही निजी अस्पतालहरूले संक्रमितबाट पनि शुल्क असुलेको कुराहरू बाहिर आएपछि त्यसले अस्पतालहरूमा बजेट पठाउन समस्या भएको बताए। त्यसैले अहिले सबै अस्पतालहरूलाई विवरण पठाउन भनिएको र सोही आधारमा स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता पठाइने प्रवक्ता पौडेलले जनाए।, प्रधानमन्त्रीले घोषणा गरेको ५० प्रतिशत जोखिम भत्ता पाएनन् संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले
सञ्चिता घिमिरे राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पुर्‍याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ।, असार पहिलो साताको बाढीले के कति क्षति पुर्‍यायो भन्ने अनुमान गर्न अहिले नै कठिन भए पनि प्राविधिक आयोजनामा पुगेर र ड्रोन क्यामरामार्फत अध्ययन गरी क्षतिको अनुमान गर्न थालिएको हो। , धेरै संरचना नदीजन्य पदार्थले पुरिएको भए पनि कतिपय पदार्थ पुनः नदीले बगाएकाले क्षति बाहिर देखिन थालेको अध्ययनका क्रममा पाइएको छ।, प्राविधिक टोलीले घटनास्थल पुगेर र मेलम्ची खानेपानी विकास समितिले ड्रोनमार्फत गरेको सर्वेक्षणमा केही संरचनामा क्षति पुगेको देखिएको छ।, बाढीले ल्याएको ठूलो ढुङ्गा मुख्य बाँधको ‘इनटेक’को भागमा ठोकिएको र त्यसले क्षति पुर्‍याएको पाइएको छ।, मेलम्ची खानेपानी विकास समितिका इञ्जिनियरसहितको टोलीले यहाँ पुगेर यसको अध्ययन थालेको छ। यो अध्ययनबाट ठूलो ढुङ्गाले संरचनामा क्षति पुर्‍याएको देखिएका छन्। , ‘हेडवर्क’ को संरचना निरीक्षण गर्दा बाढी आउनासाथ मेलम्ची नदीले १० देखि २० मिटर नदीजन्य पदार्थ थुपारेर संरचना पुरेको पाइएको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।, उनका अनुसार अहिले नदीले नै लेदो बगाएकाले त्यहाँका संरचना केही देखिएको छ।, उनले भने, ‘निर्माणस्थलमा नदीले थुपारेको सबै नदीजन्य लेदोहरू उपकरण लगेर हटाएपछि सबै क्षति यकिन हुन्छ र हामीले थप काम गर्न सजिलो हुनेछ।’, मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको झण्डै एक महिनापछि इञ्जिनियरद्वय शेखर खनाल र निरज गुप्ता, परामर्शदाता कम्पनी र निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणस्थल पुगेका थिए। केही सातादेखि ‘हेडवर्क’ पुग्न प्रयास गरिएकामा यस पटक सम्भव भएको हो। , अहिलेसम्म हेर्दा सो आयाजनामा झण्डै रु एक अर्ब ८० करोडको क्षति भएको छ। अब त्यहाँ कति समयपछि काम गर्न सकिन्छ र कसलाई काम गराउने भन्ने निर्णय गर्न बाँकी रहेको प्रवक्ता पन्तले बताए।, यो काम कसरी गर्न सकिन्छ भन्ने छलफल भइरहेकोे छ। उनले भने, ‘तर सडक र पुल बनाउने काम पहिले हुनुपर्ने भएकाले कहिलेसम्म गर्न सकिन्छ भन्न सकिने अवस्था छैन।’ , पहिले निर्माणस्थलमा पुग्न सडक नै बन्नुपर्छ भने त्यसपछि मात्रै पुरिएका संरचना सफा गर्न सकिने समितिले जनाएको छ।, अहिले धेरै नदीजन्य पदार्थ थुपारिएकामा त्यो सफा गर्ने काम कति समयमा सकिन्छ भनी छलफल भइरहेको छ।, उनले भने, ‘अहिले त्यसको लेखाजोखा भइरहेकाले अन्तिम प्रतिवेदन एक दुई दिनमा आउनेछ।’ , आयोजनामा दुईपटक ड्रोनबाट सर्वेक्षण भइसकेको छ।, पहिलोपटक बाढी आएको भोलिपल्ट असार २ गते समितिले र पछिल्लो पटक परामर्शदाता कम्पनीले सर्वेक्षण गरेको हो। सामान्यतया अरू आयोजनामा त्यसको पूर्व सर्वेक्षणमा ड्रोन क्यामराको प्रयोग हुँदै आएको छ।, आयोजनामा तत्काल मान्छे जाने अवस्था नभएकाले र आयोजनाको क्षतिको विवरण जानकारी पाउन प्रविधिको प्रयोग गरिएको थियो। , सो स्थानमा लामो समयसम्म नदीले धार कहिले दायाँ र कहिले बायाँ गरेर जोखिम भएकाले प्राविधिक पठाएर परीक्षण गरिएको थियो।, पहिले समितिले ड्रोनलाई हेलिकप्टरबाट राखेर अपरेटरसहित निरीक्षण गरेको थियो।, पछिल्लोपटक परामर्शदाताबाट अर्काे चरणमा निरीक्षण भएको छ।, उनले भने, ‘अहिले क्षतिको यकिन गरेर त्यसअनुसार योजना बनाउन खोजिएको हो।’, निर्माणस्थलमा रहेका संरचना सफा गर्न धेरै उपकरण लैजानुुपर्ने अनुमान गरिएको छ। त्यसका लागि पहिले प्रवेशमार्गको निर्माण अघि बढ्नुपर्ने प्रवक्ता पन्तले बताए।, सडक र पुल बनाउनका लागि सडक विभागसँग समन्वय भइरहेको छ। , आयोजनामा पुगेको क्षति र सडक तथा पुलमा पुगेको क्षतिको स्थलगत अवलोकनका लागि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगै खानेपानी मन्त्रालय सम्हाल्दै आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ सो स्थानमा पुगेका थिए। उहाँहरूसँगै मन्त्रालय, विभाग, समितिका प्रतिनिधि पुगेर स्थलगत अध्ययन भएको थियो। , वर्षा सकिएपछि तत्काल अस्थायी वा स्थायी सडक र पुल सकेसम्म चाँडो निर्माण गरेर निर्माणस्थल पुगेमा आयोजनाको पुनःनिर्माण सुरू गर्न सकिनेछ।, अस्थायी संरचना बनाउँदा आयोजनामा आवश्यक उपकरण लैजान सकिने उनले बताए।, सडक विभागले विशेष महत्वका साथ स्थायी संरचना नै बनाउन चाहेमा आयोजना र स्थानीयबासी दुवैलाई सजिलो हुनेछ।, सडक तत्काल खुलाउने विषयमा स्थानीय सरकारको समेत सहयोग आवश्यक रहेको उनले बताए।, उनले भने, ‘उहाँहरूसँग भएका डोजर र तारजालीलगायत प्रयोग गर्न सकिनेछ।’, अहिले नदीमा बाढी आउनसक्ने र यसले दायाँबायाँ धार बदल्न सक्ने देखिएको छ।, वर्षा कम भएपछि आयोजना पुनःनिर्माण काम सुरू गर्न सकिन्छ।, सामान्यतया भदौ महिनासम्म वर्षा हुने भएकाले त्यसपछि काम सुरू गर्न सकिने समितिले जनाएको छ।, अहिले तत्काल स्थायीरूपमा सडक निर्माण गर्न नसकिने भए खोलाबाट सडकको ट्रयाक राखेर भए पनि हेडवर्कसम्म पुग्न सकिन्छ।, उनले भने, ‘असोजसम्ममा हेडवर्कमा पुग्न सकेमा के कति काम छन् त्यसको लेखाजोखा गरेर त्यसपछि काम सुरू हुन्छ।’  , अझै पनि कहिलेसम्ममा उपकरण लिएर निर्माणस्थल पुग्ने भनी टुंगो नभएको प्रवक्ता पन्तले बताए।, उनका अनुसार बाढी पहिरोका कारण अहिले भर्खर खोलामा गएर काम सुरू गर्ने अवस्था छैन।, अहिले सडक बनाउँदा नदीले बगाउने हुँदा अस्थायी बाटो बनाउन पनि वर्षा सकिनुपर्ने बाध्यता रहेको उनले बताए। कम्तीमा असोजमा काम सुरू गर्न सकिन्छ।, निर्माणस्थलसम्म पुग्ने करिब सात किमी सडक बगाएको छ। उनका अनुसार खोलाबाट ढुंगा हालेर पनि ट्रयाक बनाएर उपकरण लैजान सकियो भने हेडवर्क सफा गर्ने काम सुरू हुनेछ। , हेडवर्कमा क्षति कम भएमा र सुरूङ सफा गरे पुग्ने अवस्थामा काठमाडौंमा पुनः पानी ल्याउन लामो समय नलाग्ने अनुमान गरिएको छ।, 'हेडवर्क' भन्दा माथिल्लो भागमा रहेको ‘कफर ड्याम’ लाई अस्थायीरूपमा निर्माण गरेर पानी सञ्चालन गर्न सकिने अनुमान गरिएको प्रवक्ता पन्तले बताए।, ‘कफर ड्याम’ नभई डाइभर्सन नसकिने तर अहिले त्यो हेर्दा त्यो पूरै भत्किएको देखिएको छ।, तराईमा नदीमा काम गर्दा बोरामा बालुवा राखेर पनि अस्थायीरूपमा ‘कफर ड्याम’ बनाउने गरिए पनि पहाडमा बाढीको जोखिम भएकाले ध्यान दिनुपर्ने हुन्छ।, अस्थायीरूपमा बोरामा ढुङ्गा राखेर बनाउँदा बगाउन सक्ने भए पनि पुनः त्यसलाई बनाउन सकिन्छ।, उनले भने, ‘जोखिम अनुमान गरेर र खोलामा बाढी आउँदैन भन्ने भएपछि वर्षा पछि गर्न सकिन्छ।’ , हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी आएको दिनदेखि नै समितिले सुरूङको निरीक्षण सुरू गरेको थियो। त्यसले गर्दा सुरूङमा धेरै क्षति हुन पाएको छैन। त्यसको निरीक्षण भने अघि नबढेको प्रवक्ता पन्तले बताए।, सुन्दरीजल, सिन्धु, ग्यालथुम हुँदै अम्बाथानबाट ‘डिवाटरिङ’ गरेर खण्डखण्डमा हेर्नुपर्ने उनले बताए।, अहिले पहिरोले गर्दा अम्बाथान ‘अडिट’ को मुखबाट टालिएको छ। त्यसलाई खोलेर त्यो खण्डको पानी निकाल्न सकियो भने सुन्दरीजल सिन्धु ग्यालथुमबाट हेरेर सुधार गर्न सकिने उनले बताए। , नदीमा बाढी कम भएर पानी सफा भएपछि वैकल्पिक माध्यमबाट पानी पुनःकाठमाडौं ल्याउन सकिन्छ।, पानी पुनःसुन्दरीजल ल्याउन ‘हेडवर्क डाइभर्सन’ सुरूङ सफा हुनुपर्छ।, ‘कफर ड्याम’ को विकल्प भए पनि त्यहाँसम्म पुग्न कठिन दखिएको छ।, उनले भने, ‘हेडवर्कको संरचनाको दायाँबाट जान सकिँदैन त्यहाँ संरचना बनेका छन्, बायाँतर्फ पहिरो छिचोल्दै डोजर लगेर कफर ड्याम बनाउन सकिन्छ।’ , अहिले पनि ‘हेडवर्क’ को संरचना पुरिएको अवस्थामा रहेकाले ठ्याक्कै यति क्षति भयो भन्न सकिने अवस्था नभएको समितिका प्रमुख रामकुमार श्रेष्ठले बताए।, अहिले हेर्दा डाइभर्सन टनेल र अम्बाथानको अडिट पोर्टलको टनेलमा लेदो जमेको उनले बताए।, अम्बाथानमा निर्माण कम्पनीको र मेलम्ची पुलबजारस्थित समितिको क्याम्पमा क्षति पुगेको छ। त्यसको निर्माण र पुनःस्थापना पहिले गर्नुपर्ने उनले बताए।, उनले भने, ‘पहुँच मार्गका लागि दुईदेखि तीन बेलिब्रिज हुँदा आमनागरिक र आयोजना दुवैलाई माथिसम्म जान सजिलो हुन्छ।’ , भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलिब्रिज प्रदान गर्ने भने पनि आइनसकेको प्रमुख श्रेष्ठले बताए।, पहुँचमार्ग बनेपछि मात्रै आयोजनाको निर्माणस्थलसम्म पुग्न सकिने उनले बताए।, सुरूङ खाली गराएर परीक्षण गर्ने काम निरन्तर हुनेछ।, उनका अनुसार अहिले अम्बाथानको पोर्टलबाट पानी बाहिर पठाउन सकिएको छैन। त्यो पठाएपछि निरीक्षण सम्पन्न हुन्छ र त्यसपछि मात्रै क्षति भएका ड्याम र वैकल्पिक ‘डाइभर्सन टनेल’ सफा गरिनेछ।, उनले भने, ‘त्यो सबै काम भएपछि मात्रै पुनःकाठमाडौंमा पानी ल्याउन सकिनेछ।’, राज्यका सबै संयन्त्र परिचालन भएमा कम्तीमा माघभित्र पानी सुरुङभित्र पठाउन सकिन्छ भनेर कार्यतालिका बनाइएको प्रमुख श्रेष्ठले बताए।, आयोजनामा अल्पकालीन र दीर्घकालीन गरी दुवै किसिमका काम गर्न आवश्यक देखिएको छ।, पहुँचमार्ग निर्माण र क्षति भएका संरचनाको निर्माणको काम सबैभन्दा पहिले गर्न आवश्यक छ।, दीर्घकालीनरूपमा लाङटाङ क्षेत्रको एकीकृत जलाधार संरक्षण गर्नुपर्ने छ। स्थानीयबासी र आयोजना दुवैका लागि विपद्को पहिले नै सूचना दिने उपकरण जडान गर्न आवश्यक छ।, उनले भने, ‘स्थानीयबासीका लागि एकीकृत बस्ती विकासका लागि छुट्टै परियोजना आवश्यक छ भन्ने माग गरिएको छ।’ ,     , निर्माण सुरू भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गत फागुनमा परीक्षणका लागि सुरूङमा पठाइएको थियो। त्यसअघि गत वर्ष असारमा सुरूङको परीक्षण गरिएको भए पनि गेट निस्कँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो। पछिल्लो पटक काठमाडौं उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण सुरू भएको थियो।, कार्यतालिकाका आधारमा असार १ गतेदेखि सुरूङको निरीक्षण थालिएको थियो।, तीन महिनामा निरीक्षण सकेर असोजदेखि पुनः पानी सुन्दरीजल झारिने लक्ष्य लिइएको भए पनि अहिले भएको प्राकृतिक विपत्तिले अब काठमाडौंमा मेलम्चीको पानी कहिले झर्छ भन्न सकिने अवस्था भने छैन।रासस , मेलम्ची आयोजनाको क्षतिको अध्ययन सुरू, सुधारका काम चाँडै थालिने
नवीन लामिछाने निरन्तरको वर्षाले मर्स्याङ्दीको बहाव कायमै रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।, जिल्ला प्रशासन कार्यालय मनाङले आज सूचना जारी गर्दै नदी छेउछाउका बस्तीलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको हो। , सूचनामा भनिएको छ, ‘यस वर्षको मनसुन अवधि कायमै रहेको हुँदा जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सचेत र सतर्क रहनु हुन जिल्ला विपद् व्यवस्थापन समितिबाट सूचित तथा अनुरोध गरिन्छ।’ , चामे गाउँपालिका-४, ५ र नासो गाउँपालिका-१ को तालगाउँ नदीकै किनारमा रहेकाले विशेष सतर्कता अपनाउन भनिएको हो। प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने,‘नासो १ तालगाउँ मर्स्याङ्दी नदी किनारमै छ। यहाँ विशेष सावधानी अपनाउनुपर्छ। सिरान क्षेत्रमा भीषण वर्षा भएकाले खोलाको बहावको जोखिम रहेकाले तटीय क्षेत्रको तालगाउँका बासिन्दालाई सचेत हुन आग्रह गर्दछु।’ , जिल्लामा गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिराले सयौं घरपरिवार विस्थापन भएका छन्।, यहाँका सार्वजनिक र निजी संरचनामा बाढीपहिराले ठूलो क्षति पुर्‍याएको छ। जिल्ला अहिले सडक सञ्जालदेखि विद्युत् र इन्टरनेट सेवालगायतबाट बञ्चित छ।रासस, मर्स्याङ्दी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध
सेतोपाटी संवाददाता सोमबार काठमाडौं उपत्यकामा ४३३ कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर २३७० संक्रमित थपिँदा ४३३ जना उपत्यकामा थपिएका हुन्।, आज उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० छन्। , यसैगरी काठमाडौं उपत्यकामा ७६९० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५४१८, भक्तपुरमा ९५३ र ललितपुरमा १३१९ छन्।,  , काठमाडौं उपत्यकामा थपिए ४३३ संक्रमित, सक्रिय ७६९०
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ८४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ७६८९ जनाको पिसिआर परीक्षणबाट १६९० जनामा संक्रमण पुष्टि भएको छ भने ३८९५ जनाको एन्टिजेन परीक्षणबाट ६८० जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११३३ जना संक्रमणमुक्त भएका छन्। , यस्तै १८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९४०० पुगेको छ। , थपिए २३७० संक्रमित, ११३३ निको भए
सेतोपाटी संवाददाता पर्साबाट झण्डै २५० किलो गाँजासहित कन्टेनर ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, आइतबार दिउँसो करिब सवा १२ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ स्थित आइसिपीगेट नजिकबाट ट्रकसहित दुई सय ४७ किलो गाँजा बरामद गरेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।, 'हामीलाई सूचना आएको थियो। हेटौंडाबाट लोड गरेर भारततर्फ जाँदै गरेको ट्रकलाई हामीले नियन्त्रणमा लिएर छानबिन गर्दा ठूलो मात्राको गाँजा फेला पारेको हो,' उनले भने।, प्रहरीले एचआर ५५ एम २२०९ नम्बरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको हो।  , ट्रकलाई रोकेर चेक गर्न खोज्दा चालक फरार भएका थिए। पछि भित्र हेर्दा गाँजा फेला परेको हो।, प्रहरीले फरार भएका चालकको पहिचान गरिसकेको र खोजी भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताए।, प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ। , भारत जाँदै गरेको कन्टेनरबाट झण्डै २५० किलो गाँजा बरामद, चालक फरार
सेतोपाटी संवाददाता झापाको विर्तामोडमा शंकास्पद अवस्थामा भेटिएको युवतीको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ।, पूर्व-पश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तर विर्तामोड-५ मा सोमबार बिहान घर अगाडि २५ वर्षीया सृजना बस्नेतको शव अर्धनग्न अवस्थामा भेटिएको थियो। , युवतीको रहस्यमय मृत्युको घटना अनुसन्धानका लागि धरानबाट ल्याइएको तालिम प्राप्त कुकुर 'लैला' मृतक बस्ने घरभित्रै छिरेको छ। , युवतीको शवबारे थप अनुसन्धान गर्न ल्याइएको कुकुर युवती बस्ने घरमै छिरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले जानकारी दिए।, धरानबाट ल्याइएको तालिम प्राप्त कुकुरले शव सुँगेर घरभित्रै पसेपछि घटना थप रहस्यमय बनेको छ। , प्रहरीलाई अनुसन्धानमा सहायताका लागि ल्याइएको कुकुर घर छिरेपछि अनुसन्धान अब घरतर्फ मोडिएको छ। अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘कुकुर घरभित्र पसेपछि अनुसन्धान घरभित्रै थालिनेछ।’, परिवारका अनुसार उनी राति आफ्नो कोठामा सुतेकी थिइन्। चार तले घरको माथिल्लो तलामा बस्ने ती युवतीको शरीरमा भित्री कपडा मात्रै छ। बस्नेत सुतेको कोठाको बाहिरबाट चाबी लगाइएको छ, युवती त्यही कोठामुनिको आँगनमा मृत फेला परेकी थिइन्। , सो घरको चारै तलामा तलैपिच्छे चाबी लगाइएको र सबभन्दा मुनिको मुख्य गेटमा समेत भित्रैबाट चाबी लगाएको एक प्रहरी अधिकारीले सेतोपाटीलाई बताए।, शव उठाउन स्थानीयले केहीबेर अवरोध समेत गरेका थिए।, पोस्टमार्टमका लागि धरान पठाइयो झापामा शंकास्पद अवस्थामा भेटिएको युवतीको शव
सेतोपाटी संवाददाता कैलालीको भजनी नगरपालिकामा तालाबन्दी गरिएको छ।, सोमबार नगर–उपप्रमुख छाया देवकोटासहितका ११ जना जनप्रतिनिधिले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। , नगरप्रमुख शेरबहादुर चौधरीले योजना तर्जुमा नगरी बजेट पारित गर्न थालेपछि उनीहरूले आइतबार बसेको नगरसभा बहिष्कार गरेका थिए।, नगरप्रमुखले प्रक्रियारूपमा नगई एकलौटी निर्णय गर्न थालेपछि आफूहरूले तालाबन्दी गर्नुपरेको नगर उपप्रमुख देवकोटाले बताइन्।, ‘प्रक्रियागत रूपमा जानुपर्छ भन्ने हाम्रो माग हो। हाम्रो माग पूरा नभएसम्म कार्यालयमा लगाएको ताला हटाइँदैन’, उनले भनिन्।, भजनी नगरपालिकाको कार्यालयमा उपमेयरको टोलीले गरे तालाबन्दी
विवेक राई सरकारले अमेरिका र चीनबाट आएको कोरोनाविरूद्ध लगाइने खोप क-कसलाई दिने भनेर टुंगो लगाएको छ।, स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार आजै मात्र खोप पाउने समूहबारे टुंगो लागेको हो। , अमेरिकाबाट १५ लाख डोज खोप र चीनबाट ८ लाख डोज खोप नेपाल आएको छ। सोही खोप सरकारले क-कसलाई दिने भनेर निर्णय गरेको हो।, अमेरिकाले दिएको जोन्सन  एण्ड जोन्सनको खोप भने एक डोज लगाए हुनेछ। , डा. गौतमका अनुसार अमेरिकी खोप ५० देखि ५४ वर्ष उमेर समूहका मानिस तर पहिलो डोज लगाउन बाँकी भएकाहरूले पाउनेछन्।, त्यस्तै, 'क' र 'ख' वर्गका अपांगता भएका व्यक्तिहरूलाई पनि सरकारले जोन्सन एण्ड जोन्सनको खोप लगाउने भनेको छ। साथै हाल नेपालमा बसिरहेका शरणार्थीहरूलाई पनि अमेरिकी खोप नै लगाइने भएको छ। त्यसबाहेक यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरूले पनि यहीँ खोप लगाउन सक्नेछन्। , यस्तै, चीनबाट खरिदमार्फत ल्याइएको 'भेरोसेल' खोप भने ५५ वर्ष माथिका पहिलो डोज लगाउन बाँकी मानिसहरूलाई दिने भनिएको छ।, चिनियाँ खोप पाउने समूहमा विश्वविद्यालयका प्रध्यापक, शिक्षक र कर्मचारीहरू पनि छन्। , यीबाहेक सार्वजनिक यातायातमा कार्यरत चालक र सह-चालकहरूले पनि चिनियाँ खोप नै लगाउन सक्नेछन्।, साथै नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न रहेका तर खोप लगाउन बाँकी रहेका नागरिकहरूले पनि यही खोप लगाउन सक्ने भनिएको छ। , त्यस्तै, खोप अनिवार्य गरेका देशहरूमा जाने नागरिकहरूले पनि चिनियाँ खोप नै पाउने भएका छन्। यसअघि रोजगारीका लागि विदेश जाने कामदारहरूले खोप दिनुपर्ने माग गरेका थिए।, खोप नलगाइ जाँदा क्वारेन्टिन लगायत अन्य कुरामा धेरै खर्च हुने भन्दै रोजगार व्यवसायीहरूले कामदारका लागि खोप दिन सरकारसँग आग्रह गरेको थियो। , खोप शाखाले माथि तोकिएको प्राथमिकताभित्र रही जिल्ला कोभिड खोप समन्वय र अनुगमन समितिको निर्णय अनुसर खोप प्रदान गर्ने भनेको छ। त्यसबाहिर रहेर खोप दिएको जानकारीमा आए कानुनबमोजिम कारबाही हुने भनिएको छ। , डा. गौतमका अनुसार उमेर समूहमा पर्ने मानिसहरूले उमेर खुल्ने आधिकारिक प्रमाणपत्र (नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र र सो पनि नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात) देखाएर खोप लगाउन सक्नेछन्।, यस्तै, प्राथमिकताभित्र परेका अन्य क्षेत्र र पेशाका मानिसहरूले पनि सम्बन्धित क्षेत्रको आधिकारिक प्रमाण पत्र देखाएर खोप लगाउन सक्ने भनिएको छ। , तर चिनियाँ खोप अहिलेलाई तीन वटा प्रदेशका मानिसले मात्र लगाउन सक्नेछन्।, डा. गौतमका अनुसार चीनबाट ल्याइएको ८ लाख डोज खोप अहिलेलाई गण्डकी, लुम्बिनी र बागमती गरी तीन वटा प्रदेशमा मात्र वितरण गरिएको भन्दै अहिलेलाई त्यहाँका मानिसले मात्र खोप पाउनेछन्।, उनले बाँकी खोप पनि आउने क्रममा रहेकाले खोप आउनसाथ बाँकी प्रदेशहरूमा पठाइने बताए।, अहिले जम्मा ८ लाख डोज खोप रहेको र त्यो देशभरि एकैचोटि वितरण गर्न नपुग्ने भन्दै डा. गौतमले अहिले तीन वटा प्रदेशमा पठाइएको जनाए।, 'बाँकी प्रदेशहरूसँग हामी समन्वय गर्दैछौं। अर्को लटमा खोप आउनसाथ पठाउँछौं,' उनले भने। , सरकारले चीनबाट ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको छ। सोही अन्तर्गत पहिलो लटमा ८ लाख डोज खोप आएको हो। बाँकी खोप पनि चरणचरण गरेर छिट्टै आउने भनिएको छ। , अमेरिकी खोप पनि यही साताभित्र लगाउन सुरू गर्ने गरी देशका विभिन्न ठाउँमा पठाउने तयारी रहेको डा. गौतम बताउँछन्।, 'जोन्सन एण्ड जोन्सन खोप पनि यही साताभित्र सुरू हुन्छ। प्रदेश अनुसार खोप पठाउने मिति र कति खोप पठाउने भन्ने फरक हुनसक्छ तर यही साताभित्रै खोप लगाउने काम सुरू हुन्छ,' उनले भने।, यी समूहले पाउने भए अमेरिका र चीनबाट आएको खोप
सेतोपाटी संवाददाता पानामा पठाउँछु भनी ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार उदयपुर घर भई काठमाडौंको टोखा नगरपालिका वडा नम्बर १० बस्ने ३४ वर्षीय  गणेश राउत भन्ने लोकबहादुर राउतलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, राउतले वैदेशिक रोजगारीको लागि पानामा पठाउँछु भनी नक्कली भिसा बनाई १८ लाख ३५ हजार रूपैयाँ लिएर ठगी गरेको भन्ने ब्युरोमा जाहेरी परेको थियो।, जाहेरीको आधारमा खोजी गरी ब्युरोले उनलाई टोखा नगरपालिका वडा नम्बर १० सामाखुसीबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरीले वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ।,  , 'पानामा पठाउँछु' भन्दै १८ लाख ठगी गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता जबरजस्ती करणी मुद्दामा ९ वर्ष बढी सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन्। , बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ९ ढकेरीका २८ वर्षीय जितबहादुर थारु सोमबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानेले जानकारी दिए।  , जिल्ला अदालत बाँकेले २०७७ चैत २२ गते थारुलाई ९ वर्ष ८ महिना २२ दिन कैद सजाएको फैसला सुनाएको थियो। , थारुलाई अदालत उपस्थित गराइएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानीको लागि कारागार चलान गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।, करणी मुद्दामा ९ वर्ष बढी सजाय तोकिएका प्रतिवादी पक्राउ
सेतोपाटी संवाददाता रूपन्देहीबाट ११ जना जुवाडे पक्राउ परेका छन्। सोमबार जुवा खेलिरहेकाहरूलाई प्रहरीले कोटहीमाई नगरपालिकाबाट पक्राउ गरेको हो।, कोटहीमाई नगरपालिका-३ मर्यादपुरका  मोहम्मद लाडले अन्सारीको घरमा जुवा खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा अन्सारीसहित सोही ठाउँका कमलेशकुमार यादव, विशाल यादव, मोहम्मद सरिफ जोलहा, सुरज यादव, निरजकुमार यादव, सञ्जय जैसवाल, मायादेवी गाउँपालिका-५ का भगवानदास कुर्मी, सोनु मल्लाह, समिर धुनियाँ र घनश्याम यादव छन्।, उनीहरूको साथबाट १ लाख ६८ हजार ९०५ रूपैयाँ नगद, मोबाइल, तास, जुवा खेल्न प्रयोग गरिएको प्लाष्टिकको बोरा बरामद भएको छ।, पक्राउ परेका सबैलाई सोमबार नै जुवा ऐन अनुसार कारबाही थालिएको प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।, रूपन्देहीबाट ११ जुवाडे पक्राउ
सेतोपाटी संवाददाता सरकारले मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ।, चीनबाट आएको भेरोसेल र आजै अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप मंगलबारदेखि ७७ वटै जिल्लामा लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए।, विभागले भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपको लक्षित समूह छुट्याएको छ। उनका अनुसार भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका कोभिडविरुद्ध सबै नागरिकलाई लगाइने छ। , यस्तै, भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने छ। नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइने छ।, यसैगरी सोमबार नै आएको १५ लाख जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक र हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइने छ। जोनसन खोपको मात्रा एकपटक मात्र दिएपछि पुग्दछ।, मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी र यसअघिको अभियानहरुमा खोप लगाउन छुट भएका सबै जनालाई खोप लगाउने भएको उनले बताए। खोप लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ।, यस्तै, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुको हकमा आधिकारिक परिचयपत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप प्रदान गरिनेछ। विश्वविद्यालय र विद्यालयका शिक्षक एवं कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचयपत्रका आधारमा, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकको हकमा पासपोर्ट र भिसाका आधारमा तथा पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकको हकमा नेपाल सरकारले जारी गरेको प्रमाणपत्रका आधारमा खोप प्रदान गरिने मन्त्रालयले जनाएको छ।, अहिलेसम्म नेपालमा कूल जनसङ्ख्याको ८.८ प्रतिशत जनसङ्ख्या अर्थात् २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र ३.५ प्रतिशत अर्थात् १० लाख ४१ हजार ३६६ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन्। रासस, मंगलबारदेखि खोप अभियान, क-कसले लगाउन पाउँछन्?
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीको एक चप्पल उद्योगमा आगलागी भएको छ।, जिल्लाको रामग्राम नगरपालिकास्थित नदवामा रहेको मिलानो एक्सन पोलिमर्स नामक चप्पल उद्योगमा सोमबार साँझ आगलागी भएको हो।, साँझ ६ बजेदेखि लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए।, उद्योगमा वल्डिङको काम गर्ने क्रममा निस्केको झिल्को नजिकै रहेका केमिकलमा सल्केपछि आगलागी भएको उद्योगका कर्मचारीले बताएका छन्।, उद्योग परिसरमा रहेका केमिकलका ड्रमबाट सल्किएको  आगो नियन्त्रणबाहिर गएपछि सिङ्गो उद्योगमा नै फैलिएको हो।, उक्त आगोलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित रूपन्देही र नवलपरासीका चार वटा  दमकलले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए।, आगलागीबाट भएको क्षतिको विवरण भने आउन समय लाग्ने मिश्रले बताए।, पश्चिम नवलपरासीको चप्पल उद्योगमा आगलागी
सेतोपाटी संवाददाता चितवनको राप्ती-२ का राजकुमार चेपाङको मृत्यु भएको घटनामा चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाका चिरणकुमार बुढालाई दोषी ठहर गर्दै जिल्ला अदालत चितवनले नौ महिना कैद हुने फैसला सुनाएको छ।, न्यायाधीश गायत्री रेग्मीको इजलासले आंशिक अभियोग दावी पुग्ने भन्दै आरोपित बुढालाई नौ महिना कैद, ९ हजार जरिवाना र २ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो।, मृतक चेपाङ सहित सात जना स्थानीय निकुञ्ज क्षेत्रमा गत साउन १ गते निगुरो र घुँगी खोज्न गएको अवस्थामा निकुञ्जका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कुटपिट गरेका थिए।, सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिला बाहेक पाँच जना पुरुषहरूलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलाहरूलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको पीडितले बताएका थिए।, चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका बुढाको कुटपिट तथा यातनाका कारण राजकुमारको साउन ८ गते मृत्यु भएको थियो।, हुद्दा दर्जामा कार्यरत नेपाली सेनाका कर्मचारी चिरणकुमार बुढाविरुद्ध मृतक राजकुमारका बुवा विष्णुलाल चेपाङले गत भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।, साउन ८ गते पीडित परिवारले राजकुमारको मृत्यु निकुञ्ज सुरक्षाकर्मीको कुटपिट तथा यातनाबाट भएको भन्दै दिएको उजुरी जिल्ला प्रहरी कार्यालय चितवनले साउन ११ गते दर्ता गरेको थियो। मृतक राजकुमार चेपाङको बुवाले भदौ २५ गते भने नामै किटेर उजुरी दिएपछि प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको थियो।, मुद्दाका आरोपित बुढालाई प्रहरीले असोज १२ गते गिरफ्तार गरेको थियो।, मृतकको परिवारलाई चितवन राष्ट्रिय निकुञ्जले ७ लाख, राप्ती नगरपालिकाले ३ लाख रुपैयाँ राहत उपलब्ध गराएका थिए।, अति विपन्न सिमान्कृत समुदायका परिवारको लागि राप्ती नगरकै उपप्रमुख इमानसिह लामाले निजी खर्चबाट घरसमेत बनाइदिएका छन्।, सम्बन्धित समाचार :,  , रिपुमायाको प्रश्न-माछा मार्न खोज्दा सेनाले मान्छे नै मर्ने गरी कुट्नु पर्थ्यो र? , चितवन निकुञ्जभित्र राजकुमार चेपाङमाथि कुटपिट गर्ने सैनिकलाई ९ महिना कैद फैसला
रासस नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।, सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ। , पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए। , विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए।, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो। यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन्। कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ‘भोलि भोलि भन्दैमा सब घर बिति गो बक्सियोस् आज झोली।’ , नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ। भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ।, त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन्। यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरीअगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ।, यस वर्ष पनि विगत वर्ष जस्तै कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले भौतिक दूरी आयोजना गरेर मात्र कार्यक्रम गरिने जनाइएको छ। सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्नेले भने घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानुजयन्ती मनाउँछन्। यस अवसर भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले जुम विधिका माध्यमबाट पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्।, भानुभक्तभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन्। भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायण जस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँछन्। रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युग निर्माण गरेको मानिन्छ।, उनको निधन विसं १९२५ असोजमा भएको थियो। भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ।, आज भानु जयन्ती मनाइँदै
सेतोपाटी संवाददाता दाङमा जिम क्लबभित्र एक युवामाथि खुकुरी प्रहार भएको छ।, मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दोघरेस्थित केएम जिम क्लबमा खुकुरी प्रहार हुँदा तुलसीपुर ५ रानी जरुवाका २३ वर्षीय विशाल सुनार घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले पुरानो रिसिबीका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए।, आज बिहान साढे ६ बजे दंगिशरण गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय निर्मल बस्नेतले पुरानो रिसिबीका कारण सुनारमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ।, घाइते सुनारको तीघ्रामा चोट लागेको छ। उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलक शर्माको नेतृत्वमा प्रहरी घटनास्थल पुगेर अनुसन्धानलाई अगाड बढाएको छ। , खुकुरी प्रहार गर्ने बस्नेत फरार छन्। , यस्तै सोमबार बिहान घोराहीमा छुरा प्रहारबाट घोराही उपमहानगरपालिका वडा नम्बर १५ का  ६१ वर्षीय दामोदर पौडेल घाइते भएका थिए। , पौडेलमाथि मनिङवाकमा रहेका बेला अपरिचित ब्यक्तिले छुरा प्रहार गरेका थिए। उनलाई एक युवकले मोबाइल र पैसा मागेको र नदिएपछि आक्रमण गरेको प्रहरीको भनाइ छ।, घाइते पौडेलको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा शल्यक्रिया भएको प्रहरीले जनाएको छ। छुरा प्रहार गर्ने व्यक्तिको खोजी प्रहरीले जनाएको छ। उनीमाथि घोराही १४ झिगौंरामा आक्रमण भएको थियो।, दाङमा जिम क्लबभित्र युवकमाथि खुकुरी प्रहार
सविता बुढा गत सोमबार डडेल्धुराका तेजबहादुर सेठी आत्तिँदै गाङखेतको स्वास्थ्यचौकीमा स्टेचर लिन आइपुगेका थिए। उनका ६३ वर्षका दाजु मिर्गौलाको समस्या कारण निकै अस्वस्थ भएपछि गाउँलेले  बोकेर स्वास्थ्यचौकीसम्म ल्याउँदै थिए।, वडा एकै भए पनि गाङ्खेतबाट उनको टोल एक/डेढ घण्टा टाढा पर्छ। गाङखेत आलिताल गाउँपालिकाको वडा नम्बर २ को केन्द्र हो। वडा कार्यालय पनि यहीँ छ।, यहाँ गाउँका मान्छे दु:खी बिमारी पर्दा एकजुट भएर सहयोग गर्छन्। तेजबहादुर अरूलाई पनि समस्या पर्दा सक्दो सहयोग गर्ने भएकाले उनका दाजु बिमारी परेका बेला सबैजना आइदिए।, गाउँका युवाहरू बिमारी बोक्न तयार भए। महिलाहरूले बाटोमा खान पानी र बिस्कुट तयार पारिदिए। बिमारीलाई, बोकेर लग्दा डाँडाले नछेकेसम्म स्वास्थ्यलाभको कामना घर बस्नेहरूले गरेको उनले सुनाए।, तेजबहादुरले स्वास्थ्य चौकीमा भएको स्ट्रेचर आफ्ना बिमारी दाजुलाई पीच सडकसम्म बोक्नुपर्ने भएकाले मागे।, ‘हामीले गाउँबाट त स्याउला बोक्ने जालमा बेरेर बिमारी दाजुलाई यहाँ स्वास्थ्य चौकीसम्म पुर्‍यायौं, यहाँदेखि स्ट्रेचरमा लग्नुपर्ला,’ उनले भने।, केहीबेरमा बिमारीलाई बाँसका लठ्ठीमा बेरिएको जालमा सुताएर चार जना युवाले काँधमा बोकेर गाङ्खेत पुर्याए। गाउँका अरू १०/१२ जना मान्छे पनि साथमा आएका थिए।, तेजबहादुर स्वास्थ्य चौकीबाट मागेको स्ट्रेचर बोक्दै उकालो लागे।, ‘दाजुलाई यहाँ ठिक नहुने बिमार छ, धनगढी जानुपर्यो, गाडी नहुनाले यसो समस्या पर्यो,’ उनले भने।, गाउँमा एक जना अर्को पनि बिमारी भएर यसैगरी एकैदिन फेरि दौड्नुपर्ने भएको उनले बताए।, ‘यहाँको विकास कसले गर्छ, एम्बुलेन्स छ तर रोड छैन,’ उनले भने।, स्वास्थ्य चौकीको माथिपट्टिबाट काटिएको सडक असारको पहिलो साता परेको पानीले चिरा परेको छ। आधा दर्जन बढी ठाउँमा पहिरो गएर मोटरसाइकल पनि पार नहुने गरी भत्केको छ।, स्थानीय दीपक सेठीले बाटो नभएर समस्या हुने गरेको बताए। कच्ची बाटोमा बिमारी बोकेर ४ घण्टा पर पीच सडकसम्म पुग्नुपर्ने उनले बताए।, ‘रोडको समस्या छ, एम्बुलेन्स छ तर सुविधा लिन सकिएको छैन,’ उनले भने।, सिकिस्त बिरामीलाई यत्रो लामोबाट उकालो–ओरालो गरेर पिच सडकसम्म लग्दा धेरै गाह्रो हुने गरेको उनले सुनाए।, केही दिन अगाडि सोही ठाउँकी घाइते महिलालाई धनगढीसम्म यसरी नै लग्नु परेको उनले सुनाए।, सडक आएपछि सहज हुने आशा राखेका गाङखेतका स्थानीयले अहिले पनि पहिलेको समस्या भोग्नु परेको छ।, गाङ्खेत स्वास्थ्य चौकीमा एम्बुलेन्स थन्किएको छ। बाटो खराब भएकाले एम्बुलेन्स चलाउन नसकिएको एक महिना बढी भयो।, स्वास्थ्य चौकीका इन्चार्ज चेतराज जोशीले पानी परेर ठाउँठाउँमा पहिरोले क्षतिग्रस्त भएपछि एम्बुलेन्स चलाउन नसकिएको बताए।, ‘सडक बिग्रेको झण्डै एक महिना भयो। यहाँबाट रेफर गरेका बिरामीलाई अहिले स्टेचरमा बोकेर लग्नु पर्छ। सडक मर्मत गर्न त भनेका छौं, तर अहिलेसम्म जेसिबी आएको छैन, बर्खामा यस्तै समस्या हुन्छ। सिकिस्त बिरामीलाई त झनै समस्या भइरहेको छ’, उनले भने।, सडक राम्रो नभएकाले भएको एम्बुलेन्स पनि चल्न नसकेर तेजबहादुर र उनका आफन्तले बिमारीलाई बोकेर लैजानु परेको हो।, गाङ्खेतमा सडक काटिएको चार वर्ष पुग्यो।, आलिताल गाउँपालिका–२ का अध्यक्ष जनक मल्लले वडामा गाडी पुगेको चार वर्षको अवधिमा स्थानीयहरूलाई आवतजावतमा सहज भएको बताए।, उनले स्वास्थ्य चौकीमा एक वर्ष अगाडि एम्बुलेन्स किनिएको बताए।, ‘बाटो पुगेको चार वर्ष भयो, एम्बुलेन्स ल्याइएको झण्डै २ वर्ष भैसक्यो। वर्षामा पानी पर्‍यो कि सडक बन्द हुन्छ,’ उनले भने।, साविकको जिल्ला विकास समिति, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा त्यो ठाउँमा सडक निर्माण भएको हो।, निर्माण गतिलो नभएपछि थोरै पानी परे पनि पूरै सडक चिरा पर्ने समस्या हुने गरेको स्थानीयको भनाइ छ।, सडक बिग्रेको महिनौं पुगे पनि मर्मतमा अहिलेसम्म हुन सकेको छैन।, अहिले सडक बन्द भएकाले खुलाउन गाउँपालिकाबाट डोजर पठाइदिन आग्रह गरेको उनको भनाइ छ।, डोजरले वडा नम्बर १ सम्मको बाटो सम्याएर मोटरसाइकल हिँड्नेसम्मको बनाएको छ। तर त्यसमा गाडी नचलेका उनले बताए।, ‘यहाँ स्थानीय साहुका एक/दुई वटा बोलेरो गाडी चल्छन्, गैराबाट गाङखेत १५ किलोमिटरको एक जनाको २५० रूपैयाँ भाडा पर्छ,’ उनले भने।, गाङ्खेतबाट भीमदत्त राजमार्ग नपुगी आजभोलि गाडी पाइँदैन। उनीहरू गैरामा केहीबेर पर्खेर पहाडबाट आउने गाडी पुगेपछि त्यसैमा धनगढी पुग्छन्।, सुदूरपश्चिम प्रदेशका विभिन्न ग्रामीण विकट स्थानीय तहका नागरिकहरूको पनि अहिले गाङखेतका स्थानीयको जस्तै समस्या छ।, स्थानीय सरकार संचालनपश्चात् ठाउँ-ठाउँमा सडक खन्ने काम भए पनि त्यसले बर्खामा स्थानीयहरूलाई कुनै फाइदा गरेको छैन।, गाउँमा एम्बुलेन्स भएर के गर्नु! ४ घण्टा बिरामी बोकेर पिच सडकसम्म पुर्‍याउँछन् उनीहरू
सेतोपाटी संवाददाता अमेरिकी सरकारले अनुदानमा दिन लागेको १५ लाख डोज कोभिड भ्याक्सिन सोमबार बिहान नेपाल आइपुग्ने भएको छ।, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सोमबार बिहान खोप आउने जानकारी दिएका हुन्।, अमेरिकी सरकारले कोभ्याक्समार्फत् अनुदानमा भ्याक्सिन पठाउन लागेको हो।, जोन्सन एन्ड जोन्सनले बनाएको उक्त खोप एक डोज लगाए पुग्छ।, भट्टराईले थप भ्याक्सिन ल्याउने प्रयास जारी रहेको बताए।, अमेरिकाले दिएको १५ लाख डोज खोप सोमबार बिहान नेपाल आइपुग्ने
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २१६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४ सय १७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ६५३० जनाको पिसिआर परीक्षणबाट १३५३ जनामा संक्रमण पुष्टि भएको छ भने ३८८७ जनाको एन्टिजेन परीक्षणबाट ८१६ जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४३२ जना संक्रमणमुक्त भएका छन्। , यस्तै २२ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। , १० हजार ४१७ मा कोरोना परीक्षण गर्दा २१६९ मा संक्रमण, निको भए १४३२
सेतोपाटी संवाददाता पोखरा-२२ स्थित भुम्दीकोट माविका प्रध्यानाध्यापक विश्वराज बास्तोला आफ्नै विद्यालयका बालिकालाई यौन दुराचार गरेको आरोपमा पक्राउ परेका छन्।, बारम्बार यौन दुर्व्यवहार गरेको बालिकाको परिवारले थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए।, कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले उजुरी आएपछि प्रध्यानाध्यापक बास्तोलालाई बुधबार पक्राउ गरेर अनुसन्धानका लागि अदालतबाट ७ दिन म्याद थपेको बताए। , बास्तोलाले कक्षाकोठामै अरू विद्यार्थी नभएको मौका छोपेर बालिकालाई यौन दुर्व्यवहार गर्ने, फेसबुकमा अश्लिल मेसेज पठाउने, बजारतिर घुम्न जाने लगायतका प्रस्ताव राख्ने गरेको पीडित परिवारले प्रहरीलाई बताएका छन्।, प्रध्यानाध्यापकको यस्तो हर्कतले बालिका मानसिक तनावमा परेको भन्दै उनका परिवारले प्रअ बास्तोलालाई कुटपिट समेत गरेका थिए। , बास्तोलामाथि कुटपिट भएपछि पोखरास्थित गण्डकी मेडिकल कलेजमा उनको उपचार भएको थियो।, अदालतले दिएको समयभित्रै अनुसन्धान सकेर मुद्दा चलाउने तयारी गरेको डिएसपी हमालले बताए।, बालिकालाई यौन दुराचार गरेको आरोपमा पोखरामा प्रधानाध्यापक पक्राउ
भगवती पाण्डे गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन नगर कपिलवस्तुमा क्रकुछन्द र कनकमुनि बुद्धको प्रतिमा अनावरण गरिएको छ।, कपिलवस्तु नगरपालिका वडा नं. ५ गोटिहवामा क्रकुछन्द बुद्ध र वडा नम्बर ११ आरौराकोटमा कनकमुनि बुद्धको प्रतिमा अनावरण गरिएको हो।, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले शनिबार दुबै स्थानमा निर्माण गरिएका बुद्ध प्रतिमाको अनावरण गरेका हुन्।, कपिलवस्तु नगरपालिका वडा नं ६ मा पर्ने निग्लिहवा कनकमुनि बुद्धको जन्मस्थल हो भने वडा नंं ५ गोटिहवा क्रकुछन्द बुद्धको जन्मस्थल मानिन्छ।, यी दुवै ऐतिहासिक एवं प्राचिन स्थलहरूलाई लुम्बिनीसँगै जोडेर विकास गर्ने विभिन्न प्रयास सुरू गरिएका छन्।, बुद्धस्थल तीर्थाटनको लागि नेपाल आएका भारतीय सम्राट अशोकले लुम्बिनीपछि निग्लिहवा र गोटिहवाको पनि तीर्थाटन गरेका थिए। , गोटिहवा भगवान गौतम बुद्धभन्दा पहिलेका क्रकुछन्द बुद्धको जन्मस्थल र निर्वाण स्थल हो।, तीर्थाटनमा आएका सम्राट अशोकले नै आफूले भ्रमण गरेको चिनो स्वरूप लुम्बिनी र कपिलवस्तुमा स्तम्भ बनाएर ठड्याएका थिए। जुन स्तम्भलाई अशोक स्तम्भको नामले विश्वभरका बौद्ध अनुयायीहरूले चिन्ने गर्छन्।, तर गौतमबुद्ध भन्दा पनि पहिलेका बुद्धहरूले राज गरेका प्राचिन नगरहरूको प्रचारप्रसार र संरक्षण हुन नसक्दा यी स्थलको महत्व ओझेलमा परेको भन्दै बुद्धप्रतिमा निर्माण गरिएको हो।, बुद्ध प्रतिमाको अनावरण गर्दै मुख्यमन्त्री पोखरेलले बुद्ध प्रतिमाले कपिलवस्तु ऐतिहासिक सम्पदाले भरिएको ठाउँ हो भनेर चिनाउन थप सघाउ पुग्ने बताए।, मुख्यमन्त्री पोखरेलले लुम्बिनी विकास कोषसँगको समन्वयमा विभिन्न बुद्धहरूको आकृति पहिचान गरिएको बताए।, मुख्यमन्त्री पोखरेलले विश्वभरका पर्यटकलाई आकर्षित गर्ने गरी लुम्बिनीसँगै कपिलवस्तुमा रहेका शाक्यमुनि बुद्धभन्दा अघिका बुद्धको प्राचीन बासस्थानको खोजी गरी ती स्थानहरूको विकासमा प्रदेश सरकार लागेको बताए।, उनले कपिलवस्तुको तिलौराकोटसँगै निग्लिहवा र गोटिहवाको पनि थप उत्खनन् गर्न सके यी क्षेत्रहरूको महत्व र गरिमा बढ्न सक्ने बताए । सनिवार अनावरण गरिएको क्रकुछन्द बुद्धको प्रतिमा विश्वमै पहिलो र कनकमणीको भने दोश्रो भएको दावी गरिएको छ । कनकमणी बुद्धको प्रतिमा भने यसअघि बर्मामा स्थापना गरिएको बताइन्छ।, गोटिहवामा निर्मित क्रकुछन्द बुद्धको प्रतिमासहितका बगैंचा ६० लाख १७ हजार ८ सय ५६ रूपैयाँको लागतमा निर्माण गरिएको डिभिजन वन कार्यालय कपिलवस्तुले जनाएको छ।, त्यस्तै, आरौराकोटमा ९० लाख ६ हजार ७ सय ९९ रूपैयाँको लगतमा कनकमुनि बुद्धको प्रतिमा सहितको बगैंचा निर्माण गरिएको हो।, लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा डिभिजन वन कार्यालयले दुवै बुद्धप्रतिमा र बगैंचा निर्माण गरेको हो।, प्राचिन कपिलवस्तु नगरी शाक्यमुनी बुद्धले २९ वर्ष जीवन बिताएको स्थल हो। यहाँ बुद्धका पिता राजा शुद्धोधनले राज्य गरेको क्षेत्र रहेकोले कपिलवस्तुलाई पुरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वको क्षेत्रको रूपमा लिइन्छ।, कपिलवस्तुमा क्रकुछन्द र कनकमुनि बुद्धको प्रतिमा अनावरण
सेतोपाटी संवाददाता शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ४ सय १४ जना संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा ३ सय ३, ललितपुरमा ६० जना र भक्तपुरमा ५१ जना संक्रमित थपिएका हुन्।, काठमाडौंमा ५३३५, भक्तपुरमा १०२४ र ललितपुरमा १३२३ गरी ७६८२ सक्रिय संक्रमित छन्।  , पछिल्लो २४ घन्टामा २१६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घन्टामा १० हजार ४ सय १७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ६५३० जनाको पिसिआर परीक्षणबाट १३५३ जनामा संक्रमण पुष्टि भएको छ भने ३८८७ जनाको एन्टिजेन परीक्षणबाट ८१६ जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४३२ जना संक्रमणमुक्त भएका छन्। , यस्तै २२ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। , काठमाडौं उपत्यकामा थप ४१४ लाई कोरोना संक्रमण
भगवती पाण्डे फागुनको २३ गते बुद्धनगर हेल्थपोष्टमा कोरोनाविरूद्धको पहिलो डोजको खोप लगाउन जाँदा बुटवल ११ का ७६ वर्षीय खगप्रसाद पुन उत्साहित थिए। , कोरोनाको पहिलो लहरको संक्रमण केही सुस्त बने पनि छिमेकी मुलुक भारतमा फैलिँदै गरेको दोस्रो लहरको संक्रमण भारतसँग सीमा जोडिएको रूपन्देहीमा पनि फैलिन थालेको थियो।, यस्तो बेला सरकारले ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई प्राथमिकता दिँदै खोप अभियान सुरू गरेपछि उनी पनि ७५ वर्षीया श्रीमती भुमादेवी पुनसँगै खोप केन्द्रमा पुगेर खोप लगाएका थिए। , खोप लगाउँदा नै स्वास्थ्यकर्मीले पहिलो डोज लगाएको चार हप्तापछि दोस्रो डोज लगाउनुपर्छ भनेको पनि चार महिना पुग्यो। तर पुन दम्पतीले अझै दोस्रो डोज कोभिसिल्डको खोप लगाउन पाएका छैनन्।, बुटवल-११ कै जेष्ठ नागरिक मेघराज न्यौपानेले पनि पत्नी सविता न्यौपानेसहित फागुन २३ गते नै पहिलो डोज खोप लगाएका थिए। , महामारीबीचमा पनि जेष्ठताको आधारमा सरकारले खोप उपलब्ध गराउँदा उनलाई सरकार नागरिकहरूप्रति संवेदनशिल रहेछ भन्ने लागेको थियो। तर पहिलो डोज लगाएको महिनौं बितिसक्दा पनि दोस्रो डोज लगाउन नपाउँदा भने सरकारप्रति मन खिन्न भएको बताउँछन्।, आफूसँगै खोप लगाएका कतिपयले पहुँचको आधारमा अरू जिल्ला र पालिकामा गएर भए पनि खोप लगाए पनि आफूहरू भने सरकारकै भरोसामा बसेको न्यौपाने बताउँछन्। , ‘हाम्रै साथी कतिपयले त अरू जिल्लामा गएर भए पनि दोस्रो डोज लगाएको देखियो, हामी त सोर्सफोर्स लगाउन पनि जानिएन पहुँच पनि भएन, वडा कार्यालय र नगरपालिकाकै भरमा बस्दा चार महिना बितिसक्यो,’ न्यौपानेले भने।, उमेरले ७० नाघेका न्यौपाने दम्पतीले एकमात्र डोज खोप लगाए पनि परिवारका सबैजसो सदस्यलाई कोरोना संक्रमण हुँदा आफूहरूलाई भने संक्रमण हुन नपाएको बताउँछन्। , पहिलो लहरको कोरोना संक्रमणबाट जोगिएको न्यौपाने परिवार दोस्रो लहरको संक्रमणबाट भने जोगिन सकेन। , गत जेठ महिनामा छोराबुहारी र नातिनातिनी गरी ६ जनालाई संक्रमण हुँदा आफूहरू संक्रमणबाट जोगिनुमा एकमात्र डोज भए पनि खोप लगाएकै कारण भएको उनी बताउँछन्। , ‘एउटै भए पनि खोप लगाएर हो कि, सँगै घरमा बसेर पनि घरका अरू सदस्यलाई कोरोना हुँदा हामी बुढाबुढी जोगियौं, अझै दोस्रो डोज पनि लगाउन पाएको भए ढुक्क हुने थियौं,’ न्यौपाने भन्छन्।, पहिलो डोज लगाएका पुन दम्पतीलाई भने कतै दोस्रो डोज लगाउन नपाएर कोरोना संक्रमण हुन्छ कि भन्ने त्रास भइरहन्छ। , ‘हामी बुढाबुढी मान्छे, यसै पनि छरछिमेकमा जमघटमा जान मन लागिहाल्छ, दोस्रो डोज पनि खोप लगाउन पाए दु:ख विमार भएर अस्पताल जाँदा र हिँड्डुल गर्दा पनि कोरोना सर्ने थिएन कि भन्ने लाग्छ,’ पुन भन्छन्।, बुटवल ११ कै टिका खत्री पनि पहिलो डोज खोप लगाएर दोस्रो लगाउन नपाएका जेष्ठ नागरिक हुन्। , उनलाई पनि दोस्रो डोज खोप लगाउन नपाउँदै पहिलोको प्रभाव सकिने हो कि भन्ने चिन्ता लागिरहन्छ।, पुन, न्यौपाने र खत्री त प्रतिनिधि पात्र मात्र हुन्। उनीहरू जस्तै कोभिसिल्डको पहिलो डोजको खोप लगाएर दोस्रोको लागि चार महिनासम्म पर्खिनेहरूमा  जसुदा देवी भुसाल, बोमलाल भुसाल र  पदमबहादुर खाम्चालगायत बुटवल ११ का मात्रै ८ सय बढी जेष्ठ नागरिक छन्।, जेष्ठ नागरिक मञ्च बुटवलका अध्यक्ष ज्योति अर्यालका अनुसार बुटवल ११ मा १६ सय जेष्ठ नागरिक छन्। तीमध्ये ६५ वर्षभन्दा माथिका ८ सय बढीलाई पहिलो डोजको कोभिसिल्ड खोप लगाइएको थियो। तर उनीहरू सबैले दोस्रो डोजको खोप लगाउन पाएका छैनन्।, वडा अध्यक्ष रामचन्द्र क्षेत्रीलाई खोप कहिले आउला भनेर सोध्ने जेष्ठ नागरिकको फोनले दैनिक सताउने गर्छ।, आ-आफ्नो हातमा नभएको कुरा कहिले आउँछ भनेर जवाफ दिनु रुञ क्षेत्री भन्छन्। , बुटवलका अरू वडाभन्दा वडा नं. ११ को जनसंख्या धेरै भएकाले जेष्ठ नागरिकहरूको संख्या पनि स्वभाविक रूपमै धेरै छ। , पहुँच भएका र जनप्रतिनिधिका आफन्तलाई भने दोस्रो  डोज पनि दिएको एक जना जेष्ठ नागरिकले गुनासो गरे। , ‘हामीसँगै पहिलो डोज खोप लगाएका जनप्रतिनिधिका आफन्त केहीले भने खोप लगाइसके, हामी भने कहिले पाइएला भनेर पर्खिरहेका छौं’, उनको गुनासो छ।, पहिलो डोज लगाएर दोस्रो डोज कोभिसिल्ड लगाउन नपाउनेको संख्या रूपन्देहीमा मात्र ३३ हजारभन्दा बढी छ। , खोप लगाउन नपाउनेमा अधिकांश जेष्ठ नागरिक छन्।, जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी कोभिसिल्डको पहिलो डोज लगाएका ३७ हजारमध्ये मुस्किलले ३ देखि ४ हजारको संख्याले मात्रै दुइटै डोज खोप लगाएको बताउँछन्। , बाँकी ३३ देखि ३४ हजार नागरिक चार महिनादेखि दोस्रो डोजको खोपको पर्खाइमा रहेको गिरीले बताए।, रूपन्देहीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, पत्रकार र जेष्ठ नागरिक गरी १७ क्याटेगोरीका ३७ हजार बढीले गत फागुन २३ र २५ गते कोभिसिल्डको पहिलो डोज खोप लगाएका थिए। , तर अहिलेसम्म दोस्रो डोज कोभिसिल्ड नआउँदा भने जेष्ठ नागरिकमात्र होइन स्वास्थ्यकर्मी नै अन्योलमा छन्। , ‘वैशाख दोस्रो साता जिल्लाका १६ वटै पालिकाको लागि भन्दै दोस्रो डोजको १४ सय खोप आएको थियो, त्यसपछि पनि जेठ महिनामा १८ सय डोज आएको थियो, अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई दिँदैमा जेष्ठ नागरिकलाई दिन सकिएन’,गिरि भन्छन्।, बुटवलमा पनि १५० जना जेष्ठ नागरिकलाई मात्र दोस्रो डोजको खोप दिन सकिएको स्वास्थ्य शाखाले जनाएको छ। , कोरोनाको दोस्रो लहरको संक्रमण केही मथ्थर भए पनि नयाँ भेरियन्टको जोखिम उच्च छ। , जिल्ला स्वास्थ्य प्रमुख गिरि पहिलो डोजले शरीरमा एन्टिबडी उत्पादन गर्ने र त्यसको प्रभाव १६ हप्तासम्म कायम रहने भन्ने डब्लु एचओको अनुसन्धानले देखाएको बताउँछन्। गिरिले सरकारले दोस्रो डोजको कोभिसिल्डको लागि पहल गरिरहेकोले छिट्टै आउला भन्ने विश्वास रहेको बताए।, रुपन्देहीमा मात्र होइन कोभिसिल्डको दोस्रो डोज लगाउन नपाउनेहरू देशभर १४ लाख बढी छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशका सातै प्रदेशमा गरी १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्डको पहिलो खोप लगाएका थिए। तीमध्ये ४ लाख ६ हजार ३६ जनाले मात्र कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाएका छन्। बाँकी १४ लाख २२ हजार ४४८ जनाले खोप लगाउन पाएका छैनन्।, मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा मात्र एक लाख ९४ हजार ३१३ जनाले दोस्रो डोजको कोभिशिल्ड खोप लगाउन पाएका छैनन्।, प्रदेशका दुई लाख ७८ हजार ४७६ जनाले कोभिसिल्डको पहिलो डोज लगाएकोमा ८४ हजार १६३ जनाले मात्र दोस्रो डोज लगाएका छन्। , दोस्रो डोज खोप पर्खिंदै बित्यो चार महिना
सेतोपाटी संवाददाता अघिल्लो सातादेखि सक्रिय रहेको मनसुनको प्रभाव यो साता पनि जारी रहने भएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ।, मनसुनी वायुको सक्रियताले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा अहिले मेघ घर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ।, आगामी २४ घन्टामा देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, ‘प्रदेश १, बागमती , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यसैले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले भनेको छ।, आगामी तीन दिनको मौसम पूर्वानुमान, २०७८ असार २७, दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ।, राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ।, २०७८ असार २८, दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।, राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।, २०७८ असार २९, दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  प्रदेश २, र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।, राती: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको छ।, मनसुनको सक्रियता जारी, अझै केही दिन पानी पर्ने
दिपकजंग शाही कर्णाली प्रदेशमा कोरोना संक्रणको दर फेरि बढ्न थालेको छ। पछिल्लो दुई हप्तायता कोरोना संक्रमणको दर बढ्दै गएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। पछिल्ला हप्ताहरूमा कुल परीक्षणमा ३४ देखि ४१ प्रतिशत संक्रमण दर देखिएको निर्देशनालयले जनाएको छ।, कम हुँदै गएको संक्रमण दर फेरि बढ्नुमा रोपाइँ प्रमुख कारण भएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले बताए।, ‘वर्ष दिनको खाना उत्पादन गर्ने सिजनमा रोपाइँ नगर भन्नु पनि भएन, रोपाइँ गर्दा आफैं जानेर सामाजिक दुरी कायम गरिएन,’ उनले भने, ‘हाम्रोमा हिलो खेल्ने परम्परा छ, यसले गर्दा पनि सामाजिक दुरी कायम हुन सकेन।’, संक्रमण दर बढ्नुको अर्को कारण भनेको भारतबाट आउनेहरू हो। अहिले नाकाहरूमा खुकुलो भएकाले विशेषगरी भारतबाट आउनेहरूको दर बढेको छ।, कर्णाली प्रदेश भित्रिने प्रमुख आन्तरिक नाकाहरूमध्ये दुई वटा सुर्खेतमा छन्। एउटा सल्यानको कपुरकोट नाका हो। यी नाकाहरूमा अहिले चेकजाँच र परीक्षण पहिलेको भन्दा कम भएको छ।, ‘अहिले चेकजाँच त हुन्छ, तर संक्रमणदर धेरै हुँदाको बेलाको जस्तो छैन,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘लक्षण देखिएका मानिसलाई केही समय होल्ड गर्ने हो, लामो समय राख्यो भने त उनीहरूलाई पनि तनाव हुन्छ।’, संक्रमण दर कम भएको बीचको समयमा भन्दा अहिले एन्टिजेन परीक्षणलाई पनि बढाउन थालिएकोले संक्रमण दर पनि बढेको निर्देशनालयका सूचना अधिकारी चौधरीले बताए। अहिले पालिकाहरूमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको र बीचको तुलनामा अहिले कन्ट्याक्ट ट्रेसिङ पनि बढाइएको उनले बताए।, ‘अस्पताल बस्नुपर्छ भनेर बीचमा चेक गर्न पनि मान्थेनन्, अहिले चेक गर्नेहरूको दर पनि बढ्न थालेको छ,’ उनले भने। चौधरीका अनुसार संक्रमण दर बढ्दै गए पनि कर्णालीमा मृत्यु दर भने पहिलेको जस्तो छैन।, शुक्रबार र शनिबारको बीचको २४ घण्टाको तथ्याङ्क अनुसार कर्णालीमा ३४ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ। त्यो अवधिमा कुल ३०१ जनामा परीक्षण गरिएको थियो।, कोभिडको पहिलो लहर सुरू भएयता हालसम्म कर्णाली प्रदेशमा २८ हजार ९०२ जनामा संक्रमण भएको छ। जसमध्ये २६ हजार ४८८ जना निको भएका छन्। तथ्याङ्क अनुसार अझै २ हजार ४१४ जना सक्रिय संक्रमित कर्णालीमा छन्। हालसम्म ३३८ जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।, दुई हप्तादेखि कर्णाली प्रदेश अस्पतालमा भर्ना हुन आउने कोभिड संक्रमितको संख्या पनि स्थिर रहेको छ। ‘दुई हप्ता अघिसम्म यहाँ उपचार गर्न आउनेहरूको कम भइसकेको थियो, अहिले दुई हप्तायता जे होस् आइरहनुभएको छ। स्थिर भएको भन्न सकिन्छ,’ डा. केएन पौडेलले भने।, कस्तो छ तयारी?, कोरोना संक्रमणको दर फेरि बढ्न थालेसँगै केही तयारी पनि सुरू गरिएको छ। विशेषगरी तेस्रो लहर आएमा के गर्ने भन्नेबारेमा तयारी थालिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ। यसका लागि सामाजिक विकास मन्त्रालयले कार्ययोजना नै तयार पारेको उनले चौधरीले बताए।, हाल गरिएको अध्ययन अनुसार बालवालिकामा कोभिड संक्रमण धेरै हुने सम्भावना देखिएकाले जिल्लाहरूमा रहेको अस्पतालहरूलाई बालबालिकाका लागि मात्र भनेर २० वटा बेड आइसियूसहितका छुट्याउन परिपत्र गरिएको उनले जानकारी दिए।, ‘पहिला अक्सिजन सिलिन्डरको समस्या थियो, अहिले त दाताहरू र विभिन्न निकायबाट दिइएका सहयोगले गर्दाखेरी अक्सिजन सिलिन्डर पर्याप्त भएको भन्न सकिन्छ,’ चौधरीले भने, ‘कन्सन्ट्रेटर पनि जिल्लाहरूमा छन्, यदि डेल्टा भेरियन्ट आएन भने सहजै होला।’, पहिले नेपालगञ्जको प्लान्टबाट सिलिन्डर भर्न लाइन बस्नुपर्ने समस्याले गर्दा हुने अक्सिजनको अभाव टार्नेगरी तयारी गरिएको छ। अहिले युनिसेफसँगको सहकार्यमा १०५ वटा भरी सिलिन्डर नियमित सुर्खेतमा राखिने र जिल्लाबाट जति खाली सिलिन्डर आउँछन्, त्यसअनुसार भरी सिलिन्डर दिइने उनले बताए।, कोभिड-१९ को सम्भावित तेस्रो लहर रोकथाम तथा नियन्त्रण गर्नका लागि भनेर सुर्खेमा पनि विभिन्न निकायहरूले आ-आफ्ना कार्ययोजना बनाएका छन्। कोभिडको पहिलो र दोस्रो लहरले बढी क्षति पुर्‍याएपछि तेस्रो लहरलाई पहिले नै रोकथाम गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले कार्ययोजना बनाएका हुन्।, कार्ययोजनामा यदि कोभिडको तेस्रो लहर आएमा कुन कार्यालयले के काम गर्ने भन्ने जिम्मेवारी तोकिएको छ।, चार जना चिकित्सक, चार जना नर्स र चार जना पारामेडिक्सको टोली जतिसुकै बेला पनि तैनाथ हुने र त्यसको व्यवस्था स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयले गर्ने कार्य योजनामा समावेश गरिएको छ।, तेस्रो लहरबाट बालबालिकाहरू बढी जोखिम हुने भएकाले कर्णाली प्रदेश अस्पतालमा बालबालिकाका लागि चार वटा भेन्टिलेटर, १० वटा एचडियु बेडलगायत औषधी, उपकरणहरू तयारी अवस्थामा राख्ने र त्यसको व्यवस्था प्रदेश अस्पताल, स्वास्थ्य निर्देशनालय र प्रदेश सरकारले गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ।, अबको एक महिनाभित्रमा आवश्यक औषधीहरू खरिद गरिसक्नुपर्ने, रेम्डिसिभिर औषधीको कमी भएकोले एकैपटक कम्तीमा तीन सय जनालाई पुग्नेगरी व्यवस्था गर्नुपर्ने, प्लाज्मा थेरापीको व्यवस्था नभएकोले सुर्खेतमै गर्नुपर्ने, कम्तीमा छ सय अक्सिजन सिलिण्डर व्यवस्था गर्नुपर्ने, सुर्खेत भन्दाबाहिर एउटा अक्सिजन फिलिङ प्लान्ट स्थापना गर्नुपर्ने विषय पनि कार्य योजनामा समावेश गरिएको छ।, यो कार्यपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अहिले कार्ययोजना छलफलको क्रममा रहेको बताए। ‘कार्य योजना हेरेर थपघट गर्नुपर्ने केही विषय व्यवस्थापन गरेर पास गर्छौं,’ उनले भने।, कर्णालीमा रोपाइँले गर्दा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, कुल परीक्षणमा संक्रमण दर ४१ प्रतिशत
रासस सशस्त्र प्रहरीले भारतीय चोरहरूले कञ्चनपुरको बेलडाँँडी गाउँपालिका–५ बाट लुटेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैँसी आज फिर्ता ल्याएको छ।, नेपालको सीमाबाट आठ किलोमिटर टाढा भारतको जिल्ला पिलिभित टाटरगञ्ज, ग्राम पञ्चायत शारदा नदीको धुलिया पलियाघाटबाट भैँसी फिर्ता ल्याइएको हो।, भारतीय चोरले भैँसी चोरेर लगेको जानकारी पाउनासाथ बोर्डर आउटपोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमाण्डमा रहेको १० जनाको टोली, झिलमिलाबाट प्रहरी नायब निरीक्षक रामबहादुर बोहराको कमाण्डमा तीन र भैँसीवाला स्थानीयसहितको टोलीले भारतीय सुरक्षाकर्मीको सहयोगमा भैँसी फिर्ता ल्याएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए।, ‘चोरी गरिएकामध्ये १२ वटा भैँसी चोरहरुले लग्दै गरेको अवस्थामा फेला पारेका छौँ। एक भैँसी फेला पर्न सकेको छैन। चोरीमा संलग्न भने फरार भएका छन्,’ उनले भने।, भारतीय टाटरगञ्ज ग्राम पञ्चायतका प्रधान सतननाम सिंहले समेत भैँसी फिर्ता ल्याउन सहयोग गरेका छन्।, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै रहेको सीमास्तम्भ नम्बर ७८८७ बाट भारतीय पाँच जनाको समूहमा रहेका चोरले भैँसी चराइरहेका शिवराज उपाध्यायका छोरा १७ वर्षीय अरुण उपाध्यायलाई डर त्रास देखाई शुक्रबार १३ वटा भैँसी भारततर्फ लगेका थिए।, भारतबाट फिर्ता ल्याइएका भैँसीमा शङ्कर थापाका दुई, नवराज कठायतको एक, गोमा रावतको दुई, चन्दबहादुर रावतको पाँच र तेजबहादुर रावतका दुई रहेका छन्। शिव उपाध्यायको एक भैँसी फेला पर्न सकेको छैन। सम्बन्धित व्यक्तिलाई भैँसी बुझाइएको सशस्त्र प्रहरीको भनाइ छ।, भारतीय चोरले लुटेका भैँसी फिर्ता ल्यायो सशस्त्र प्रहरीले
रासस मुलुकमा कोभिड-१९ सङ्क्रमण जोखिम बढेसँगै दुई वटा लकडाउन भई कतिपय राष्ट्रिय गौरवका आयोजना पनि थला परिरहेका बेला नागढुङ्गा सुरुङमार्ग निर्माण प्रगति भने उत्साहजनक छ।, कोरोना महामारीका कारण देशभर नै बन्दाबन्दी रहेको अवस्थामा जोखिम न्यूनीकरणका हरसम्भव उपाय अवलम्बन गरी अत्याधुनिक उच्च प्रविधिमार्फत् आयोजनाले कामलाई तीव्रता प्रदान गरेसँगै कठिन समयमा पनि उपलब्धि हासिल गर्न सम्भव भएको हो।, निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउने सन्दर्भमा केही विदेशी तथा ५० नेपाली इञ्जिनियरसहित ६०० भन्दा बढी मजदुरको अहोरात्र परिचालनपछि हाल आयोजनाको समग्र भौतिक १५.९ र आर्थिक प्रगति २५.५५ प्रतिशत पुगेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए। काठमाडौंको बलम्बुस्थित तोतीपाखाबाट सुरू भई धादिङको सिस्नेरीखोलामा पुगेर अन्त्य हुने मुख्य सुरुङ २५८ मिटर र सहायक सुरुङको प्रगति ४९९ मिटर पुगिसकेको छ।, लकडाउनका कारण लक्ष्यमा पुग्न भएको ढिलाइ दुई महिनाभित्रै सम्बोधन हुने तथा विगतमा छ मिटर खनिँदै आएकामा अहिले दुई सिफ्टमा कर्मचारी खटाएर दैनिक १२ मिटरसम्म सुरुङ अघि बढेको आयोजनाले संसदीय समितिलाई जानकारी गराएको छ। जग्गाको मुआब्जा छ अर्ब रुपैयाँसहित करिब २२ अर्ब लगानी अनुमान गरिएको दुई दशमलव ६९ किलोमिटर लामो नागढुङ्गा सुरुङमार्ग  २०८० वैशाख १३ (सन् २०२३ अप्रिल २६) अघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य छ। कोरोना जोखिमलाई ध्यान दिँदै आयोजना परिसरमै ३२ शय्याको आइसोलेशन केन्द्र पनि बनाइएको छ। प्राविधिक तथा मजदुर गरी यसबीचमा आयोजनामा कार्यरत ८६ जनामा कोभिड-१९ देखिएपछि केही दिन काम प्रभावित भएको थियो।, आयोजनाको शिलान्याससँगै राज्यले नेपाल सुरुङ मार्गको युगमा प्रवेशको घोषणा गरेको सन्दर्भमा उक्त निर्माणको सफलताले आधुनिक सुरुङ मार्ग बनाउने दिशामा स्वदेशी प्राविधिकलाई ठूलो हौसला प्रदान गर्ने छ। अहिले नै मुलुकमा सम्भावना देखिएका १७ सुरुङ मार्गको पहिचान गरी भौगर्भिक अध्ययन गर्ने कार्य क्रमशः अघि बढिसकेको छ। हुन त आजभन्दा १०० वर्षअघि चन्द्रशम्शेर जबराकै पालामा थम्सन युनिभर्सिटीमा अध्ययन गरेर फर्किएका इञ्जिनियर डिल्लीजङ्ग थापाले हेटौंडा नजिक चुरियामा निर्माण गरेको ७६१ फिट लम्बाइको सुरुङलाई नेपालको ऐतिहासिक सुरुङ मानिन्छ। दक्षिण एसियामै सुरुङ नभएका बेला बेलायती ढाँचामा निर्माण गरिएको त्यो नेपालको पहिलो सडक यातायातका लागि बनाइएको सुरुङ १० फिट अग्लो थियो।, यद्यपि मुलुकमा सडकबाहेक खानेपानी, सिँचाइ र विद्युत् आयोजना समेतका लागि करिब २७५ किमी सुरुङ निर्माण भइसकेको छ तर सवारी साधन गुड्ने अत्याधुनिक सुरुङमार्गका रूपमा नागढुङ्गा रहने छ। नौबिसे-थानकोट सडक खण्डको पिपला घुम्ती उकाल्न र त्यहाँ सडक चौडा गर्न नमिल्ने धरातलीय अवस्थाले राज्यलाई नागढुङ्गा सुरुङ निर्माणका लागि बाध्य बनाएको हो।, गह्रौं भारवहन लिएर आउने ट्रकलगायतका सवारी साधन त्यस स्थानमा बिग्रिएर अघि बढ्न नसक्दा अत्याधिक जाम भई हजारौं यात्रुले दुःखकष्ट बेहोर्नु परिरहेको पृष्ठभूमिसँग नागढुङगा सुरुङ निर्माण सम्बन्ध गाँसिएको छ। सवारी जामबाट मुक्ति पाइने र हैरानी छल्ने विकल्पको सोचले अघि बढाइएको सुरुङ सञ्चालनमा आएसँगै यात्रामा समयका हिसाबले ४० मिनेट बचत र दूरीका हिसाबले साढे चार किमी कम हुनेछ।, अहिले जामले आक्रान्त भएर घन्टौं कुर्नुपर्ने सबै समस्या हट्नेछ। त्यस सडक खण्डमा दैनिक गुड्ने १४/१५ हजार सवारी साधनको ४० मिनेटका दरले समय बचत हुनेछ। मानिसलाई बचत भएको समयको मूल्य सदुपयोग गर्ने ठूलो अवसर प्रदान हुने छ। त्यहाँ भएको सवारी चापकै कारण विदेश यात्रामा रहने कयौंको हवाई उडान छुट्ने गरेको मात्र नभई एम्बुलेन्समा आएका गम्भीर प्रकृतिका बिरामीले सडकमै देहत्याग गर्नुपरेका घटना धेरै छन्।, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा भन्छन्, ‘सुरुङ निर्माणपछि बिरामी बोकेका एम्बुलेन्स रोकिने छैनन्। बिरामीले समयमै अस्पताल पुगी उपचार पाउने र सही उपचार पाएर बच्ने सम्भावना प्रबल रहन्छ। मानिसको ज्यान पैसासँग तुलना हुन सक्दैन।’ , सुरुङ निर्माणपछि समय, तेल, पार्टपुर्जाका आयुका कारण यातायात साधन सञ्चालन खर्चको कमीमात्र होइन दुर्घटना जोखिम सम्भावना पनि न्यून हुनेछ। साढे नौ मिटर चौडाइको दुई लेन रहने सुरुङको भित्री भाग यातायातका साधन बिग्रिएमा त्यसको दायाँ–बायाँबाट गाडी चलाउन मिल्ने छ। सुरुङभित्र १५ वटा पङ्खा जडान गरिनेछ। उक्त सुरुङको सफल निर्माणसँगै प्रविधि हस्तान्तरण र सीपयुक्त जनशक्ति तयार गर्न सिकाइका हिसाबले पनि कोसेढुङ्गा सावित हुने महानिर्देशक थापा बताउँछन्। अप्रत्यक्ष रूपमा नागढुङ्गा सुरुङ निर्माणका क्रममा रोडा, ढुङ्गा, गिट्टी, सिमेन्ट र फलाम उपलब्ध गराउने व्यवसायीलाई काम मिलेको छ।, यो आयोजना सफलतासँगै नेपालकोे यातायात क्षेत्रको पहिलो फ्लाइओभर बन्नेछ। सुरुङबाट बाहिरिने सवारी साधनको प्रयोगका लागि काठमाडौंको बलम्बु-थानकोट क्षेत्रमा निर्माण हुने फ्लाइओभर १३० मिटर लामो हुनेछ। सुरुङभित्र आगलागी वा अरु दुर्घटनामा उद्धार गर्न सजिलो होस् भन्नका लागि मूल सुरुङसँगै अर्को सुरुङ रहनेछ। त्यो पनि साना सवारी साधन नै चल्ने क्षमताको रहनेछ। सुरुङभित्रका गतिविधि अध्ययन र अवलोकनका लागि अत्याधुनिक सञ्चार, बत्तीसहित सुविधासम्पन्न नियन्त्रण तथा सूचनाकक्ष रहनेछ। प्रत्येक ३०० मिटरमा आपत्कालीन द्वारको व्यवस्था हुनेछ। सुरुङसँगै दुई अन्डरपास पुल बनाइनेछ। सुरुङ खन्दा निस्केको माटो, ढुङ्गा त्यही प्रयोग गर्न सञ्चयको व्यवस्था मिलाइएको आयोजनाले जानकारी दिएको छ।, उक्त आयोजनालाई नियमित रूपमा सञ्चालन गर्न कम्तीमा चार करोड ४१ लाख वार्षिक बजेट अनुमान गरिएको जानकारी दिइएको छ। त्यस रकममध्ये ५८ प्रतिशत विद्युत्, २८ प्रतिशत कर्मचारी तलबभत्ता र बाँकी अरू कामका लागि खर्च हुनेछ। सुरुङको मुखमा स्थानीयवासीका उत्पादन बिक्रीसमेत प्रयोजनका लागि अत्याधुनिक सेवा केन्द्र रहनेछ। समय र प्रगतिबीच तालमेल मिलाएर आयोजनाले योजनाबद्धरूपमा काम अघि बढाएको छ।, चुनौती, सडक सुरुङ निर्माणको अनुभवमा कमी, गलत ठाउँमा भएमा हुनसक्ने जोखिम, स्थानीयवासीबाट सम्बोधन गर्नै नसक्ने माग र आयोजनालाई हेर्ने गलत दृष्टिकोणलगायत केही आर्थिक, राजनीतिक र स्थानीय समस्या रहेको निर्देशक शाक्य बताउँछन्। , यसैबीच राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिले लक्ष्यअनुसारको काम समयमै सक्ने गरी आयोजनाको अद्यावधिक प्रगतिलगायत सम्पूर्ण विवरण विभागको वेबसाइटमा नियमित राख्न शुक्रबार निर्देशन दिएको छ।,  , कहाँ-कहाँ बनाइँदै छ सुरुङ, सुरुङसम्बन्धी कुनै मापदण्ड नभएको अवस्थामा नागढुङ्गा आयोजनाले अन्य सुरुङ अघि बढाउन उच्च प्रविधिको प्रयोग, आर्थिक विश्लेषण आकलन गर्ने योग्यता तथा क्षमता बढाउने छ। सामाजिक र वातावरणीय पक्षमा पनि सिक्ने मौका मिलेको छ। नेपाली कालिगढ र श्रमिकले पनि आयोजनाबाट धेरै महत्वपूर्ण ज्ञान आर्जन गर्नेछन्।, यसकै आधारमा सिद्धबाबा सुरुङ अघि बढ्ने छ। रुपन्देही र पाल्पा सीमा क्षेत्रमा निर्माण हुने सिद्धबाबा सुरुङमार्गको बोलपत्र आह्वान नै भइसकेको छ। बर्सेनि हुने पहिराका घटनामा धेरैको ज्यान गएकाले त्यसलाई रोक्न एक दशमलव एक किलोमिटर लामो सुरुङ निर्माण हुनेछ। त्यसका साथै चरिकोट-तामाकोशी-लामाबगर सुरुङ निर्माण हुँदैछ। काठमाडौ-तीनकुने-जडीबुटी खण्डमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमुनि सुरुङ निर्माण गर्न जाइकासँग कुराकानी गरिएकामा परामर्शदाता खटाएर अध्ययन भइरहेको छ।, खुर्कोट-चियाबारी सुरुङमार्ग विपी राजमार्गको मुनि-मुनि निर्माणका लागि अध्ययन सकिएको छ। नवलपरासीको दुम्किवास-दाउन्ने-बर्दघाट क्षेत्रको पनि प्रारम्भिक सम्भाव्य अध्ययन भएको छ। आगामी आर्थिक वर्षमा सडक विभागले थप सम्भाव्य अध्ययन गर्ने छ। पाल्पाको प्रभाष-जोर्ते क्षेत्रको पनि काम भइरहेको छ।,  सरकारको २०७८/०७९ को बजेटमा सिद्धबाबा, लामाबगर, धरान-लेउती सुरुङ सुरु गर्न रकम विनियोजन भएको छ। टोखा-छहरे-गुर्जेभन्ज्याङ सुरुङका लागि चिनियाँ सरकारसँग अनुरोध गरिएकामा प्रारम्भिक अध्ययन भएको छ। कुलेखानी-भीमफेदी चीन सरकारले अध्ययन गरेकामा उद्योगी कुशकुमार जोशीको टिमलाई नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडमार्फत पिपिपी ढाँचामा बनाउन जिम्मा दिएकामा अल्झेर बसेको छ।, मझिमटार-शक्तिखोर-जोगिमारा निस्कने अर्को सुरुङको पनि सोच अघि बढेको छ। स्वीस सरकारको अनुदानमा गणेशमान मार्गअन्तर्गत थानकोट-चित्लाङसम्म सुरुङको अध्ययन भइसकेको छ। प्रतिनिधि सभा भवन अघिल्लोतिर नयाँबानेश्वर चोकमा अन्डरपास बनाउन चीन र जापानसँग कुराकानी भइरहेको जानकारी दिइएको छ।, गौशाला-चावहिल अन्डरपासको पनि सोच अघि बढेको छ। भौगर्भिक अवस्थाका कारण पहिराबाट आक्रान्त रसुवागढी-बेत्रावती क्षेत्रमा स-साना सुरुङ निर्माण गर्न चीनले अध्ययन गरिरहेको छ। बबई-छिन्चु सुरुङ अर्को आर्थिक वर्षमा अध्ययन गर्ने सरकारको योजना छ। भक्तपुरको ताथली-काभ्रेरवीओ तथा विपीनगर-खुटिया सुरुङको पनि सोच छ। गोदावरी-काभ्रे-मानेचौरको अवधारणा अघि आएको छ। चेपाङमार्ग-मलेखु क्षेत्रको महाभारमा सुरुङ मार्गको माग छ। तीमध्ये नागढुङ्गा, सिद्धबाबा र लामाबगर पहिलो प्राथमिकता प्राप्त आयोजना हुन्।, कसलाई प्राथमिकता दिने, यातायातको चाप कुनमा छ, छिटो बनाउँदा केबाट फाइदा हुन्छ आदि विषयको अध्ययनपछि ढाँचा र रकम सुनिश्चित गरेर मात्र आयोजनालाई अघि बढाइने सडक विभागको भनाइ छ। मध्यपहाडी, मदन भण्डारी र सिद्धार्थ राजमार्गको यात्रालाई छिटो छरितो र सुरक्षित तुल्याउन स-साना सुरुङ बनाउनुपर्छ भन्ने सोच सरकारले अघि सारेको छ। नेपाल सुरुङ युगमा प्रवेश गरिरहँदा अध्ययन, विश्लेषण र अभ्यासका काम एकैसाथ अघि बढेको छ।, (नारायण न्यौपाने), नागढुङ्गा सुरुङ मार्गमा उत्साहजनक प्रगति, कहाँ-कहाँ बन्दैछन् गाडी चलाउन सुरुङ
रासस तनहुँको ऋषिङ गाउँपालिकामा कार्यरत सुरक्षागार्डको पहिरामा पुरिएर मृत्यु भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक दिनका लागि बन्द गरिएको छ।, ऋषिङ–८ माझकोटका ४२ वर्षीय खुमबहादुर थापाको निधनमा दुःख व्यक्त गर्दै गाउँपालिकाले असार २७ गते आज सेवा बन्द गर्ने निर्णय गरेको हो।, प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय एक दिन बन्द गर्ने निर्णय भएको जानकारी दिइन्।, थापाको बिहीबार गोठमा पानी तर्काउन जाने क्रममा घर माथिबाट खसेको पहिराले पुरिएर मृत्यु भएको थियो।, उनको शव पहिरामा पुरिएको ११ घण्टापछि निकालिएको थियो। , कर्मचारीको निधनमा ऋषिङ गाउँपालिकामा सेवा बन्द
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–जामुने खण्ड २४ घण्टादेखि एकतर्फीरूपमा सञ्चालन छ।, म्याग्दे गाउँपालिका–१ बरचौरमा शनिबार बिहान ४ बजे ठूलो ढुङ्गासहितको पहिरो खसेपछि २४ घण्टादेखि राजमार्ग एकतर्फी सञ्चालन भइरहेको हो।, शनिबार बिहान ८ बजेदेखि नै एकतर्फी सञ्चालनमा आएको राजमार्ग दुईतर्फी बनाउने प्रयास भए पनि सफल नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।, ‘ढुङ्गा फुटाउने काम भइरहेको छ, ठूलो भएकाले हिजो दिनभर पनि सकिएन’, उनले भने। राजमार्ग एकतर्फी हुँदा बेला–बेलामा सवारी साधन जाममा पर्ने गरेको छ।, २४ घण्टादेखि पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
निरा गौतम बुटवल उपमहानगरपालिका–१३ की रीना थापाको पाँच वर्षअघि विवाह भयो। स्थानीय बोर्डिङ स्कूलमा कक्षा–८ मा पढ्दै गर्दा १५ वर्षको उमेरमा उनको विवाह भयो र लगत्तै गर्भवती पनि भइन्। त्यसपछि पढाइ छाड्नुपर्‍यो। थापाका अहिले चार वर्षका छोरा छन्।, बुटवल–१३ कै श्रेया पुनको पनि चार वर्षअघि नर्सिङ पढ्दै गर्दा विवाह भयो। अहिले तीन वर्षीय छोराको आमा बनेकी श्रेयाको पनि विवाहपछि बीचैमा पढाइ रोकियो। उमेर नपुगी विवाह गरेका कारण पढाइ पूरा गर्न नपाएकी थापाको नर्स बन्ने धोको भने अधुरै रह्यो। उनले प्रेम विवाह गरेकी थिइन्।, नेपालको कानूनले बालविवाहलाई दण्डनीय अपराधका रूपमा उल्लेख गरेको छ। मुलुकी ऐनमा विवाहका लागि २० वर्ष उमेर तोकिएको छ तर बालविवाह भने अझै रोकिएको छैन। सरकारले ‘बिहेवारी २० वर्षपारि’ भनेर पहिले निकै प्रचार गर्‍यो र बालविवाहलाई निरुत्साहित गर्ने नीतिहरु पनि बनायो। अहिले धेरै नागरिक यस विषयमा जानकार छन् र बालविवाह कम पनि भएको छ तर रोकिएको भने छैन।, विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो। आफूले रोेजेको व्यक्तिसँग विवाह गर्न पाउने र आफ्नो भविष्यको मार्गचित्र तय गर्ने अधिकार प्रत्येक नागरिकलाई छ तर सानै उमेरमा विवाह गर्दा शारीरिक, मानसिक, आर्थिक, सामाजिक, शैक्षिक तथा विभिन्न समस्या हुने गरेको पाइन्छ। जसले गर्दा बालबालिकाले आफ्नो अधिकारको उपभोग गर्न पाइरहेका छैनन्।, संविधानले बालविवाहविरुद्धको अधिकारलाई मौलिक अधिकारका रूपमा संरक्षण गरेको छ। यसका साथै बालविवाहलाई कानूनीरूपमा बन्देज लगाइएको छ। नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय कानूनले बालविवाहको रोकथाम, उल्लङ्घनमा दोषीलाई कारवाही तथा पीडितलाई पर्याप्त परिपूरण प्रदान गर्ने दायित्व राज्यलाई दिएको छ तर अपर्याप्त र एकापसमा बाझिएका कानूनी व्यवस्था, भएको कानूनको फितलो कार्यान्वयन, जवाफदेहिताको अभाव र समाजमा बालविवाहसँग जोडिएर रहेका धार्मिक, सामाजिक एवं पारिवारिक प्रथा र मान्यताले गर्दा बालविवाहले निरन्तरता पाउने गरेको मानवअधिकारकर्मी इन्दिरा आचार्यले बताइन्।, बालविवाह हुने मुलुकमध्ये नेपाल दक्षिण एशियामा बङ्गलादेश र भारतपछि तेस्रो स्थानमा रहेको जनसङ्ख्या तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ। सर्वेक्षण प्रतिवेदनअनुसार ४१ प्रतिशत बालिका र ११ प्रतिशत बालकको विवाह हुने गरेको छ। नेपालका २५ देखि ४९ वर्षसम्मका विवाहित महिलामध्ये ७२ प्रतिशतको विवाह २० वर्ष नपुग्दै हुने गरेको छ। प्रत्येक एक हजार बालबालिकामध्ये ८८ जनाको जन्म किशोरी आमाबाट हुने गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।, नेपालमा बालविवाहको दर विकास क्षेत्र, बसोबास क्षेत्र, आर्थिक–सामाजिक अवस्था, जातजाति, धर्म, समुदाय तथा शैक्षिक अवस्थाको विविधता र अन्य भिन्नताहरूका आधारमा फरक–फरक रहेको पाइन्छ। शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रका महिलाको सामान्यतया कम उमेरमा विवाह हुने गरेको पाइएको छ। राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्नेमध्ये ४३ प्रतिशत र शहरमा बस्नेमध्ये २७ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै विवाह गर्छन्।, बालविवाहले बालबालिकालाई आधारभूत अधिकारबाट बञ्चित मात्र गराउँदैन उनीहरू आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रक्रियामा सहभागी हुने अवसरबाट पनि बञ्चित हुन्छन्। त्यसैले बालविवाहलाई कानूनीरूपमा प्रतिबन्ध लगाइएको छ। समाजमा यो प्रचलन रोकिएको भने छैन।, बालविवाहका कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिने, लैङ्गिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखनजस्ता थप हिंसाले बालिका र महिला थप प्रताडित हुन पुग्दछन। कालान्तरमा समाज विकास प्रक्रियामा महिलाको भूमिका र सहभागितालाई न्यून बनाई सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माण गर्न बालविवाह बाधक तत्व बन्न पुग्दछ।, नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७७/७८ को असार तेस्रो हप्तासम्ममा ७२ वटा बालविवाह भएका छन्। कोरोना महामारीका कारण यो वर्ष बालविवाहको सङ्ख्या कम देखिएको छ। यो वर्ष सबैभन्दा बढी कर्णाली प्रदेशमा १८ बालविवाहका घटना भएका छन्। त्यसपछि प्रदेश १ मा ११, प्रदेश २ मा १०, लुम्बिनी प्रदेशमा १०, वाग्मतीमा छ, गण्डकी प्रदेशमा छ, सुदूरपश्चिम प्रदेशमा सात र  काठमाडौँ उपत्यकामा चारवटा घटना भएका नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।, गत वर्ष प्रदेश १ मा सात, प्रदेश २ मा १३, वाग्मती प्रदेशमा नौ, गण्डकीमा पाँच, लुम्बिनीमा ११, कर्णालीमा नौ, सुदूरपश्चिममा पाँच र उपत्यकामा पाँच गरी ६४ वटा बालविवाहका मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ। लुम्बिनी प्रदेशमा यो आवको असार १५ सम्ममा बालविवाहसम्बन्धी १० वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये बाँकेमा तीन, दाङमा दुई, कपिलवस्तुमा एक, रुपन्देहीमा एक, पाल्पामा दुई र गुल्मीमा एक मुद्दा दर्ता भएको प्रदेश प्रहरी प्रवक्ता राजेन्द्रसिंह खड्काले जानकारी दिउ। उनका अनुसार बर्दिया, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम र नवलपरासीमा भने बालविवाहसम्बन्धी उजुरी परेको छैन। गत आवमा यो प्रदेशमा बालविवाहसम्बन्धी नौवटा मुद्दा दर्ता भएका थिए। तीमध्ये बाँकेमा दुई, बर्दियामा, एक, दाङमा तीन, कपिलवस्तुमा एक तथा अर्घाखाँची र प्युठानमा एक÷एक मुद्दा दर्ता भएका थिए।, प्रदेशका १२ जिल्लामै बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले प्रहरीसँगको समन्वयमा काम गरिरहेका छन्। यो प्रयासपछि पनि बालविवाह पूर्णरूपमा रोकिन सकेको भने छैन। लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्रालयले सामाजिक विकास डिभिजन कार्यालयमार्फत प्रदेशका सबै जिल्लामा सचेतनामूलक कार्यक्रम गरिरहेको मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख शारदा बेल्वासेले जानकारी दिए। सन् २०३० सम्म बालविवाहको अन्त्य गर्ने सरकारको नीतिअनुसार प्रदेशमा बालविवाहविरुद्ध रणनीति बनाएर काम अघि बढाएको उनले बताए। प्रदेशमा बालविवाहविरुद्धको मस्यौदा तयार गर्ने काम भइरहेकाले विधेयक पारित भएपछि स्थानीय तहसँग समन्वय गरी काम अघि बढाउने उनको भनाइ छ।, बालविवाह नियन्त्रणमा धर्मगुरूको भूमिका, हाम्रो समाजका रीतिरिवाज र संस्कृति धर्मसँग जोडिएका हुन्छन्। परिवारमा धार्मिक तथा कुनै नयाँ कार्य गर्नुपरेमा धर्मगुरुसँग परामर्श गर्ने प्रचलन छ। विवाहको तयारी शुरु नहुँदै ग्रहदशा हेराउने, विवाहको साइत जुराउने प्रचलन भएकाले धर्मगुरुलाई विवाह गर्ने युवक र युवतीको उमेरबारे थाहा हुन्छ। तसर्थ कम उमेरमै विवाह हुँदैछ भन्ने जानकारी पाउनासाथ धर्मगुरुले यस्तो विवाह रोक्नका लागि भूमिका खेल्नुपर्ने बौद्ध दर्शनका एक अध्येता वसन्त महर्जनले भने। ‘बालविवाहलाई कानूनी मान्यता छैन तर कानूनलाई छलेर पनि यो काम भइरहेको छ। यसलाई रोक्न घरपरिवारपछि प्रमुख भूमिका धर्मगुरुको हुन्छ। किनकि समाजमा धर्मगुरुको कुरा प्रायः मानिन्छ। उहाँहरु समाजको आदर्शको पात्र पनि हुनुहुन्छ,’ उनले भने।, बौद्ध धर्मले बालविवाह भनेर उल्लेख नगरे पनि अनमेल विवाहलाई मान्यता नदिएको उनको भनाइ छ। धर्मका नाममा आदर्शका कुरा गर्नेहरुबाटै बालविवाहलाई मान्यता दिने काम भइरहेकाले धर्मगुरूलाई विशेष जागरुक बनाउनुपर्ने अध्येता महर्जनले बताए। समाजमा धर्म र रीतिरिवाजका नाममा कतिपय गलत काम हुने गरेका छन्, तर अब त्यस्ता रीतिरिवाजलाई निरन्तरता दिनुनहुने इसाई धर्मगुरु नजरुल हसन फलाहीले भने। ‘समाजमा विवाहका लागि पुरुषभन्दा महिला कम उमेरको हुनुपर्ने भन्ने गलत मान्यता छ। यो मान्यताको अन्त्य गर्न चेतना जगाउन आवश्यक छ’, धर्मगुरु फलाहीले भने।, व्यक्तिको अधिकार हनन गर्ने कुरालाई धर्मले बढावा दिनु हुँदैन। समाज कल्याणका विरुद्ध धर्मगुरु जान नमिल्ने कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष प्रवचक चैतन्य कृष्णले बताए। ‘यदि कसैले धर्मको वेश धारण गरेर समाजमा गलत कामलाई बढावा दिनुभएको छ भने दण्ड मिल्छ, यसमा धर्मगुरुहरु पनि सचेत हुनुपर्छ,’ उनले भने। बालविवाह अन्त्य गरी बालबालिकाको अधिकार संरक्षणका लागि सबैले हातेमालो गर्नुपर्ने उनको धारणा छ। , नेपालको कानूनी व्यवस्था र अन्तर्राष्ट्रिय प्रतिबद्धता, मुलुकी अपराध संहिता, २०७४ ले विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनी व्यवस्था गरेको छ। उक्त ऐनमा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर हुने व्यवस्था गरिएको छ। अधिवक्ता हेमा न्यौपानेका अनुसार बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना र बालविवाह गर्ने गराउने कार्यलाई दण्डनीय हुने व्यवस्था गरेको छ। उमेर नपुगेका युवायुवतीको विवाह गर्ने गराउनेबाट लिइएको जरिवाना रकम पीडित बालबालिकालाई क्षतिपूर्तिवापत दिनुपर्ने व्यवस्थासमेत गरेको छ।, मुलुकी देवानी संहिता, २०७४ ले पनि विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरेको छ। उक्त ऐनमा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर तथा प्रारम्भदेखि नै अमान्य हुने व्यवस्था गरेको छ। ऐनले तोकेको उमेर नपुगी पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेको भए पनि सोही कारणले पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने छैन भनी व्यवस्था गरेको छ।, यस्तै दिगो विकासका लक्ष्यको कार्यसूचीमा बालविवाह अन्त्य गर्ने विषयलाई प्राथमिकताका साथ समावेश गरिएको छ। सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्यका साथ बालविवाह राष्ट्रिय रणनीति, २०७२ लागू गरिएको छ।, यसैगरी नेपालले बालअधिकारसम्बन्धी महासन्धि–१९८९, महिलामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गर्ने महासन्धि–१९७९, नागरिक तथा राजनीतिक अधिकारका लागि अन्तर्राष्ट्रिय आलेख–१९६६, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय आलेख–१९६६, यातनाविरुद्धको महासन्धि–१९८४, जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले पारित गरेको कार्ययोजना–१९९४, चौथो विश्व महिला सम्मेलनबाट पारित बेइजिङ घोषणा र सम्बद्ध कार्ययोजना र सार्कलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरमा बालअधिकारलाई प्रवद्र्धन गर्ने विभिन्न अन्तर्राष्ट्रिय महासन्धि तथा इच्छाधीन आलेखहरुमार्फत नागरिकका आधारभूत अधिकारहरु विषेशतः बालअधिकार संरक्षणमा प्रतिबद्धता जाहेर गरेको छ। बालविवाहजस्तो गम्भीर अपराध तथा मानवअधिकार हननलाई निरुत्साहित गर्र्न विद्यमान ऐन कानूनको प्रभावकारी कार्यान्वयन, अन्तर्राष्ट्रिय प्रतिबद्धताको पालना र सामाजिक जागरुकता आवश्यक छ। ,रासस, अझै रोकिएन बालविवाह
सेतोपाटी संवाददाता सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्‍याइएको छ। बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्ग समेत अबरुद्ध भएपछि ती क्षेत्रमा खाद्यन्न लगिइएको हो। खाद्य तथा ब्यापार कम्पनी लिमिटेडले नेपाली सेनाको हेलिकप्टर मार्फत् चामल ढुवानी गरेको लिमिटेडका सूचना अधिकारी शिव सुनारले जानकारी दिए। उनका अनुसार अनुदानका चामल  सिर्दिबास पुर्‍याइएको हो ।, प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलको समन्वयमा दुई दिन लगाएर शनिबार साँझसम्ममा चामल सिर्दिबास डिपोमा पुर्‍याइएको उनले बताए। जिल्लाको चुमनुव्री गाउँपालिका क्षेत्रमा पर्ने  सिर्दिबास डिपोबाट सर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक र ल्हो क्षेत्रका बासन्दिलाई सहुलियतमा चामल उपलब्ध गराउदै आएको छ।, ‘बाढीपहिरोले सडक मार्ग मात्र होइन खच्चड हिड्नसक्ने समेत बाटो नभएपछि जिल्ला प्रशासन कार्यालयका पहलमा सेनाको हेलिकप्टर मगाएर दुई दिन गरेर चामल पठाइएको छ’, सूचना अधिकारी सुनारले भने, ‘मौसम खराबीका कारण भनेको समयमा हेलिकप्टर आउन नसक्दा असार २३ गतेपछि दोस्रो पटक शनिबार थप चामल सिर्दिबास पुर्‍याउन सम्भव भएको हो।’, पहिलो पटक ८५ क्विन्टल र दोस्रो पटक ६५ क्विन्टल चामल डिपोमा पुर्‍याएर सुरक्षित भण्डारण गरिएको उनले बताए। कम्पनीले यस वर्ष सिर्दिबास डिपोमा ३ हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा गत जेठको अन्तिम सातादेखि नै अबिरल वर्षा शुरु भएपछि चामल लैजान सकेको थिएन्। हेलिकप्टरमार्फत डिपोमा पुर्‍याइएको  चामल अरुवा मन्सुलीप्रति किलो ५० रुपैयाँ ३० पैसामा बिक्री गर्ने सिर्दीबास डिपोले जनाएको छ। ,रासस, खच्चडबाटसमेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्‍याइयो
सेतोपाटी सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट एक सय ५० क्विन्टल चामल हेलिकप्टरबाट ढुवानी गरिएको छ।, बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्गसमेत अवरुद्ध भएपछि ती क्षेत्रमा खाद्यान्न लगिइएको हो।, खाद्य तथा व्यापार कम्पनी लिमिटेडले नेपाली सेनाको हेलिकप्टरमार्फत् चामल ढुवानी गरेको लिमिटेडका सूचना अधिकारी शिव सुनारले जानकारी दिए।, उनकाअनुसार अनुदानका चामल सिर्दिबास पुर्‍याइएको हो। प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले दुई दिन लगाएर चामल सिर्दिबास डिपोमा पुर्‍याइएको बताए।, चुमनुव्री गाउँपालिका क्षेत्रमा पर्ने सिर्दिबास डिपोबाट सर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक र ल्हो क्षेत्रका बासिन्दलाई सहुलियतमा चामल उपलब्ध गराइँदै आइएको छ।, ‘बाढीपहिरोले सडक मार्ग मात्र होइन खच्चड हिँड्न सक्ने समेत बाटो नभएपछि जिल्ला प्रशासन कार्यालयका पहलमा सेनाको हेलिकप्टर मगाइ दुई दिन गरेर चामल पठाइएको छ। मौसम खराबीका कारण भनेको समयमा हेलिकप्टर आउन नसक्दा असार २३ गतेपछि दोस्रो पटक शनिबार थप चामल सिर्दिबास पुर्‍याउन सम्भव भएको हो,’ उनले भने।, पहिलोपटक ८५ क्विन्टल र दोस्रो पटक ६५ क्विन्टल चामल डिपोमा पुर्‍याएर सुरक्षित भण्डारण गरिएको उनले बताए। कम्पनीले यस बर्ष सिर्दिबास डिपोमा तीन हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा गत जेठ अन्तिम सातादेखि नै अविरल वर्षा शुरु भएपछि चामल लैजान सकिइएको थिएन।, हेलिकप्टरमार्फत डिपोमा पुर्‍याएको चामल अरुवा मन्सुली प्रतिकिलो ५० रुपैयाँ ३० पैसामा बिक्री गरिने सिर्दीबास डिपोले जनाएको छ।, (रासस), बाटो अवरूद्ध भएपछि गोरखामा हेलिकप्टरबाट चामल ढुवानी
सेतोपाटी संवाददाता महोत्तरीमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ।, लोहारपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।, जेठ २० गते देखि हराइरहेकी सुजिताको शव आइतबार बिहान करिब १० बजे फेला परेको हो। प्रहरीले मध्यराति ती महिलालाई सो स्थानमा गाडिएको हुनसक्ने भन्ने सूचना पाएको थियो। हराएको केही दिनसम्म पनि सम्पर्कमा नआएपछि उनका आमा-बुवाले प्रहरीलाई खबर गरेका थिए।, सूचनापछि रातिदेखि नै खोजी गरी शव निकालिएको हो।, प्रहरीले हत्या आरोपमा उनका श्रीमान, देवरसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जनाकारी दिए।, उनका अनुसार सुजिताको शव मृतकका ससुराको जग्गामा फेला परेको हो। सुजिता बस्ने घरबाट करिब आधा किलोमिटर टाढा रहेको जग्गामा शव फेला परेको हो।  , त्यहाँ गाडेर ढलान गरिएको अवस्थामा फेला परेको उनले बताए।, 'यहाँ काठका मुढाहरू गोदाम जसरी राख्ने गरेको रहेछ। जग्गा लामो खालको छ। त्यहाँ करिब नौ फिट गहिरो सेप्टिक ट्याङ्की बनेको छ,' उनले भने, 'उनीहरूले ट्याङ्कीको भुइँमा थप चार फिट खाल्डो खनेका छन्। शवचाहिँ बोराभित्र राखेर त्यहाँ गाडिएको अवस्थामा फेला परेको हो।', शव माथिबाट पनि ढलान नै गरेको उनले बताए।, 'चार फिटमुनि शव राखेपछि माथिबाट फेरि ढलान गरिएको छ। ढलानमाथि पनि तीन फिट जति पानी जमेको थियो,' उनले भने।, घटनास्थल थप लुकाउन उनीहरूले बाहिरबाट पनि काठका मुढाहरू राखेका थिए।, प्रहरीले आइतबार शव निकालेपछि  मृतकका आमा-बुवाबाटै सनाखत गराइएको थियो।, प्रहरीले शवको पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल जनकपुर पठाउने तयारी गरेको छ।, प्रहरीका अनुसार सुजिताको शव यसअघि पनि अन्यत्रै गाडिएको थियो। तर त्यहाँ फेला पर्ने आशंका पछि आरोपित व्यक्तिहरूले सेफ्टिक ट्याङ्की मुनि गाडेका हुन्।, 'यो त दोस्रो स्थान हो। पहिले यहाँभन्दा एक किलोमिटर टाढा रहेको आफ्नै खेतमा गाडिएको थियो,' प्रहरी नायब उपरीक्षक विष्टले भने,'त्यहाँ थाहा पाउँछन् भनेर फेरि उनीहरूले यहाँ ल्याएर गाडेका हुन्। हामीले सूचनाको आधारमा शव भेट्टायौं। त्यसपछि ढलान फोडेर हेर्दा शव भेटियो।', पहिला शव गाडिएको स्थानमा प्रहरीले कपाल, तन्ना/पर्दाका केही टुक्रा र नुन फेला पारेको थियो।, सुजिताको हत्या घरायसी विवादकै कारण हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनको कसरी हत्या गरियो भन्ने बारेमा  अहिले खुलिनसकेको प्रहरीले बताएको छ। पोष्टमार्टम पछिमात्रै थप कुराहरू खुल्ने प्रहरीले बताएको छ।, प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।, सेप्टिक ट्यांकीको जगमा राखेर माथिबाट ढलान गरिएको अवस्थामा भेटियो सुजिता ठाकुरको शव
सेतोपाटी संवाददाता सनिबार राती सवा नौ बजेदेखि भैरहवाको एक गोदाममा लागेको आगो आठ घण्टापछि बिहान मात्र नियन्त्रणमा आएको छ।, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ नारायणपथस्थित सुन्दर ग्लास हाउसमा शनिबार राति सवा नौ बजेदेखि आगो लागेको थियो।, रातभर नियन्त्रणमा नआएको आगोलाई आइतबार बिहान ५ बजे मात्र नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।, आगो नियन्त्रणका लागि भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा बिमानस्थल, नेपाल आयल निगम तथा छिमेकी जिल्लाहरु नवलपरासी र कपिलवस्तुबाट समेत झण्डै डेढ दर्जन दमकललाई परिचालन गरिएको थियो। , डेढ दर्जन बढी दमकलको सहयोगमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरीको भनाइ छ। दुईतले घरमा रहेको प्लाइबोर्ड र फाईबर ग्लासको ठूलो गोदाममा आगलागी भएको हो। घरमा विद्युत सर्किट सर्ट भएर आगोलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थाहाले जानकारी दिए। , आगलागीबाट प्लाईबोर्ड र ग्लास हाउस पूर्ण रूपमा ध्वस्त हुँदा पाँच करोड बढीको क्षति भएको प्रहरीको भनाई छ। प्लाईबोर्ड गोदाम रहेको घरको माथिल्लो तल्लामा बसेका पसलधनी सुन्दर अग्रहरिको परिवारलाई भने सकुशल उद्धार गरिएको थियो।, भैरहवाको एक गोदाममा लागेको आगो आठ घण्टापछि नियन्त्रणमा
राजेश घिमिरे शिशिर पन्त, प्रशान्त भट्ट र निर्देश भट्टराईले इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन इन्जिनियरिङको अन्तिम परीक्षा गएको वैशाखमा सके।, पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी उनीहरूले जागिर भने परीक्षा सकिनुअघि नै थालेका थिए।, जब आफूहरूले बनाएको एउटा ‘सोच’ले सफलता पाउने सम्भावना बढेर गयो, उनीहरू जागिरको माया मारेर त्यो सोचलाई गन्तव्यमा पुर्‍याउन दत्तचित्त भएर लागे।, यो सोच उनीहरूले 'हल्ट प्राइज'को प्रतियोगितामा प्रस्तुत गरेका थिए।, सामाजिक व्यवसायका लागि आवश्यक योजना र प्रविधिको आवष्किार गर्न युवाहरूलाई हौस्याउने 'हल्ट प्राइज' विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मान्ने गरिन्छ। यो पुरस्कारका लागि हरेक वर्ष एक सय भन्दा बढी देशका लाखौं विद्यार्थीले प्रतिष्पर्धा गर्ने गर्छन्।, करिब एक वर्षअघि पुल्चोक क्याम्पसमा भएको ‘हल्ट प्राइज’को क्याम्पस स्तरीय प्रतिष्पर्धामा यी तीन युवासहित केमिकल इन्जिनियरिङ दोस्रो वर्षमा अध्ययनरत सोनी पाखरेलले तेस्रो स्थान प्राप्त गरे।, क्याम्पस स्तरका विजेता र उत्कृष्ट सहभागीले क्षेत्रीय सम्मेलनमा भाग लिन पाउँछन्। यस्तो सम्मेलन विश्वका ५० भन्दा बढी ठाउँमा हुने गर्छ।, ‘क्याम्पसमा तृतीय भए पनि हामीले क्षेत्रीय सम्मेलनमा सहभागी हुने अवसर पायौं। पहिलो पटक यस्तो सम्मेलन काठमाडौंमा भएको थियो,’ सहभागी शिशिर पन्तले भने, ‘त्यहाँ भएको प्रतिष्पर्धामा हामी प्रथम भयौं।’, वैशाखमा सम्पन्न ‘काठमाडौं इम्प्याक्ट समिट’ नाम दिइएको 'हल्ट प्राइज'को क्षेत्रीय सम्मेलनमा स्वदेशी, विदेशी गरी ७०० बढी प्रतिष्पर्धीलाई पछि पार्दै पन्तसहितको समूह प्रथम भएको थियो। नेपालका सहभागीले हल्ट प्राइजको क्षेत्रीय प्रतिष्पर्धा जितेको यो पहिलो पटक हो।, विश्वभरका क्षेत्रीय प्रतिष्पर्धामा विजयी ६९ प्रतिष्पर्धीमध्ये नेपालको यो समूह ४२ औं स्थानमा पुगेको छ। यसको छनोट आयोजकले अनलाइन तालिममार्फत् गरेको थियो। उनीहरूका लागि आगामी अगष्ट ८ देखि सेप्टेम्बर १२ सम्म लन्डनमा हुने अन्तिम प्रतिष्पर्धाको ढोका खुलेको छ।, यो पुरस्कारको आयोजना हल्ट इन्टरनेशनल बिजनेश स्कुल र युनाइटेड नेसन फाउन्डेसनले गर्छन्। यसको विजेताले १० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्छ।, सो समूहले च्याउ उत्पादन गर्ने मेसिन तयार पारेर त्यो मेसिनको माध्यमबाट मध्यम र निम्न वर्गीय परिवारको पोषण र आर्थिक अवस्थामा व्यापक परिवर्तन ल्याउन सकिने सोच अघि सारेको थियो।, प्रतिष्पर्धामा सामेल हुन उनीहरूले हावापानी, प्रकाशलाई आफैं नियन्त्रण गर्नसक्ने, बाह्रै महिना फलाउन सक्ने र मासिक ३६ किलोसम्म च्याउ उत्पादन दिने स्मार्ट प्रविधिको मेसिन तयार पारेका थिए।, ‘मशुर’ नाम दिइएको त्यो मेसिनबाट नेपालमा धेरैले मन पराउने गरेको डल्ले, पाते र सिकाते च्याउ उत्पादन गर्न सकिन्छ। यसले पाते र सिकातेभन्दा डल्ले च्याउ को उत्पादन राम्रो दिएको छ। अन्य जातका च्याउका लागि पनि काम यो समूहले काम गरिरहेको छ।, सानो र चिटिक्कको दराजजस्तो देखिने च्याउ उत्पादन गर्ने मेसिनले उत्पादन लागत र विषादीको प्रयोग घटाउने अर्का सहभागी प्रशान्त भट्टले बताए।, हल्ट प्राइजका लागि अघि सारिएको योजना कम्तिमा दश वर्षमा दश लाख जनालाई प्रभाव पार्नसक्ने हुनुपर्छ।, ‘हामीलाई लाग्छ नेपालका गृहणीहरूले यो प्रविधिको भरपुर उपयोग गर्न सक्छन्, उनीहरू र बालबच्चामा देखिएको पोषणको कमीलाई त यसले हटाउँछ, यसकाअलावा उत्पादन भएको च्याउ बिक्री गरेर आर्थिक अवस्थामा पनि सुधार आउने देखिन्छ,’ भट्ट भन्छन्। नेपालमा व्यवसायिक च्याउ खेती गरिएको भए पनि निकै खर्चिलो रूपमा भएका कारण निम्न वर्गको पहुँच त्यहाँ नपुग्ने गरेको बताए।, ‘महँगोमा घर तयार पारी, एसीमार्फत् तापक्रम व्यवस्थापन गरेर च्याउ उत्पादन गरिएको हामीले देख्दै आएका छौं, यति हुँदाहुँदै पनि यहाँको उत्पादनले नपुगेर दुई गुणा बढी च्याउ आयात गर्नुपर्ने अवस्था रहेछ,’ उनले भने, ‘कम लागतमा देशमै उत्पादन बढाउने र गृहिणी महिलाहरूलाई आत्मनिर्भर बनाउने हाम्रो सोच हो।’, किसानहरूसँग बुझ्दा बेमौसमी च्याउ उत्पादनमा समस्या देखिएको र मौसमी च्याउमा पनि रोग देखिन थालेपछि फैलिएर सबै सखाप हुने समस्या रहेको पाइएको भट्टले बताए।, ‘त्यसरी रोगका कारण धेरै परिमाणमा क्षति नहोस् भनेर पनि यो प्रविधि तयार पारिएको हो,’ उनले भने, ‘यो नयाँ प्रविधि त होइन चलिरहेकै प्रविधिलाई नयाँ रूप र सोचका साथ अघि बढाइएको हो।, उनीहरूले पहिलो पटक यो मेसिन तयार पार्न करिब ४५ हजार रुपैयाँ खर्च गरे। मेसिनको विषयमा जानकारी पाएका धेरैले सम्पर्कमा आएर बुझ्ने गरेको भट्ट बताउँछन्।, ‘पहिलो पटक बनाउँदा धेरै खर्च लागे पनि २५ देखि ३५ हजार रुपैयाँसम्ममा मेसिन तयार पारेर बिक्री गर्न सक्ने देखिन्छ,’ भट्टले भने, ‘त्यतिमा पनि व्यक्तिले खरिद गर्न नसके सहकारीमार्फत् मेसिन उपलब्ध गराउन सकिन्छ।’, ‘हल्ट प्राइजका लागि क्याम्पस र क्षेत्रीय प्रतिष्पर्धाबाट अघि बढेपछि हामीलाई नेपालको कृषि क्षेत्रको विकासमा अब केही गर्न सकिन्छ भन्ने भयो, अन्तिम प्रतिष्पर्धामा सहभागि हुनका लागि हामीले मेसिनको प्रभावकारिता, यसको माध्यमबाट लक्षित समुदायमा पर्ने सकरात्मक प्रभावबारे थप खोजी गर्‍यौं,’ भट्टले भने, ‘हामीले गरेको कामको विषयमा धेरै हौसला प्राप्त भइरहेको छ र यसले हामीलाई उत्साहित बनाएको छ।’, यो प्रविधि सफल भएपछि दोस्रो चरणमा कौशी खेतीका लागि आवश्यक प्रविधि र तेस्रो चरणमा व्यवसायिक किसानहरूका लागि आवश्यक प्रविधिको विकास गर्ने लक्ष्य रहेको भट्टले बताए।, उनीहरूले हल्ट प्राइजको आयोजकबाट आवश्यक अनलाइन कक्षा पाइसकेका छन्।, ‘अब लन्डनमा हुने कार्यक्रममा कसरी पुग्ने र त्यहाँको प्रस्तुतिलाई कसरी दमदार बनाउने भन्नेमा हामी केन्द्रित छौं,’ पन्तले भने, ‘चार जनाका लागि उत्पादन, व्यवस्थापन, बजारीकरणलगायतका क्षेत्र छुट्याएर तयारी गरिरहेका छौं।’, अन्तिम प्रतिष्पर्धामा सहभागी हुने निधो भइसक्दा अहिले उनीहरुको चिन्ता भने लन्डनसम्म पुग्न र त्यहाँको क्वारेन्टिनमा बस्नका लागि आर्थिक स्रोत जुटाउनेमा छ। यसका लागि ९ हजार पाउण्ड भन्दा बढी पैसा लाग्छ।, ‘तर हामी विद्यार्थीका लागि यो रकम ठूलो हो,’ पन्त भन्छन्, ‘भिसाको प्रकृया सुरू गरेका छौं, सहयोगको आह्वान पनि गरेका छौं। अन्तिम समयसम्ममा खर्च जुट्यो भने सहभागी हुन पाइन्छ।’, उनले ठूलो प्रतिष्पर्धाको लागि छनोट भएपनि खर्चको अभावमा सहभागी हुनै नपाइने हो कि भन्ने चिन्ताले सताएको बताए। पुल्चोक क्याम्पस एल्मुनाई, सोसाइटी अफ एक्स बुढानिलकण्ठ, हल्ट प्राइज म्यिुनिटी नेपाल, हल्ट प्राइज आइओई पुल्चोक क्याम्पस,  क्याम्पस प्रमुख, डिन, हेड अफ डिपार्टमेन्टलगायतलाई सहयोगका लागि आग्रह गरेको अन्तिम प्रतिष्पर्धामा छनोट भएका विद्यार्थीहरुले बताए। तर खासै सहयोग प्राप्त नभएको उनीहरूले बताए।, प्रतिष्पर्धामा विजयी भए पुरस्कार रकम आफ्नो सोचलाई व्यवहारमा बदल्न प्रयोग गर्ने तयारी उनीहरुको छ। उनीहरुको सोच कृषिसँगै स्वास्थ्य क्षेत्रका लागि पनि काम गर्ने छ।, ‘च्याउमा मात्रै नभएर कृषि क्षेत्रमा अन्य प्रविधि पनि तयार पार्ने र अनुसन्धानलाई निरन्तर अघि बढाउँदै स्वास्थ्य क्षेत्रमा पनि केही गर्ने भन्ने योजना हाम्रो छ,’ पन्तले भने।, भएको जागिर पनि छाडेर अन्तर्राष्ट्रिय प्रतिष्पर्धा जित्न दत्तचित्त भएर लागेका पन्त केही गरौं भनेर लागेका युवाहरू निरास हुने अवस्था अउन नहुने बताउँछन्। ‘नेपालमा इन्जिनियरिङ पढेका धेरै युवाहरुको रोजाई वैदेशिक रोजगारी बनिरहेको छ, हामी विदेशमा होइन नेपालमै केही गरौं भनेर लागेका छौं,’ उनी भन्छन्, ‘जागिरै छाडेर नयाँ गरौं भनेर हिँडेका हामीलाई यहाँ काम गर्ने वातावरण नभएर विदेश जाने अवस्था नआइदिए हुन्थ्यो झैं लाग्छ।’, दश लाख डलरको पुरस्कारका लागि प्रतिष्पर्धामा छनोट भए तर छैन लन्डन पुग्ने खर्च
सेतोपाटी संवाददाता वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा श्री वीरेन्द्र अस्पताल छाउनीमा यो सेवा सुरु भएको हो। , काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पूर्णचन्द्र थापाले आइतबार संयुक्तरूपमा  निःशुल्क हेमोडाइलाइसिस सेवाको शुभारम्भ गरे।, ‘काठमाडौं महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै अस्पताल सञ्चालन गर्ने उल्लेख गरेको छ। ‘तर, तत्कालका लागि त्यो सम्भव नभएपछि हामीले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य  गरेर महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास गरेका हौं,’ शुभारम्भपछि सम्वोधन गर्दै उनले भने, ‘हामीले यस अघि पनि नेपाली सेनासँगको सहकार्यमा सरसफाइ, वृक्षारोपणलगायतका काममा सहकार्य गर्दै आएका छौं। अहिले सञ्चालन गरेको यो सेवासँगै अस्पतालबाट महानगरवासीले हेमोडाइलाइसिसको सहज र स्तरीय सेवा प्राप्त गर्नेछन् भन्नेमा विश्वस्त छु।’, प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले मिर्गौला सम्बन्धी रोग लाग्नु भन्दा अगावै त्यसलाई रोक्न वा रोग लागिसकेको भए थप बिग्रन नदिन यसै वर्षदेखि ‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ कार्यक्रम पनि शुरु गरेको पनि जानकारी दिए।  ‘मिर्गौला बचाउ अभियान नामक संस्थासँग सहकार्य गरी महानगरपालिकाका ३२ वटै वडाहरूमा उक्त कार्यक्रम सञ्चालन गरिएको छ,’ उनले भने,’ ‘कोभिडका बेला धेरै नागरिकलाई बचाउनुपर्छ भनेर महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रि.वि. शिक्षण अस्पताललाई १०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, छत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौं मोडल अस्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरिसकेको छ।’, उनले त्योसँगै सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने सर्तसहित क्षत्रपाटीको निःशुल्क चिकित्सालयले ३५ शैयाको विशेष कोभिड अस्पतालमार्फत सेवा प्रदान गरिरहेको पनि जानकारी दिए।, एक सय वर्ष भन्दा पनि पुरानो अस्पताल नरदेवी आर्योवेदिक अस्पताललाई पनि आइसोलेसन सेन्टरका रुपमा विकास गरेको उनले जानकारी दिए।  शाक्यले काठमाडौं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित विदेशका विभिन्न नगरहरुले कोभिड नियन्त्रण र रोकथामका लागि उपलब्ध गराएको स्वास्थ्य सामाग्री विभिन्न अस्पताललाई वितरण गरेको पनि जानकारी दिए। ‘वीर अस्पताल, कान्तिवाल अस्पताल  र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरिसकेका छौँ,’ उनले भने, ‘महानरपालिकाकै सहयोगमा बसुन्धरामा निःशुल्क कोभिड आइसोलेशन वार्ड सञ्चालन गरेका छौँ।  त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी क्यान मिसिन खरीदका लागि आर्थिक अनुदान दिएको पनि स्मरण गराउन चाहन्छु ।’, काठमाडौं महानगरपालिकाले अनुदान स्वरूप दिएको ३ करोड रूपैयाँबाट हेमोडायलाइसिसका लागि आवश्यक भौतिक पूर्वाधार, आठ ओटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ। महानगरपालिका र अस्पतालबीच वि.सं. २०७६ पुस २ गते उक्त सेवा सञ्चालन गर्ने सम्बन्धमा पाँच वर्षका लागि सम्झौता भएको थियो ।, सम्झौता अनुसार जडान गरिएका आठ वटा हेमोडायलाइसिस मेसिनबाट रहेक हप्ता  दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिने अस्पतालले जानकारी दिएको छ ।  ‘तत्कालका लागि ४८ जना विरामीलाई साताको दुई पटक सेवा प्रदान सकिन्छ,’ अस्पतालका प्रमुख सहायक रथि डाक्टर अरुण शर्माले भने, ‘आजबाट शुरु भएको यो सेवा काठमाडौं महानगरवासीहरूले आफू सम्बद्ध वडा कार्यालयवाट विपन्नको सेरोनेगेटिभ दिर्घ चरणको मृगौला रोगी (क्रोनिक किड्नी डिजिज स्टेज-५ पुगिसकेको) लाई  सिफारपछि आजैदेखि प्राप्त गर्न सक्नुहुनेछ ।’, यो सेवा प्रदान गर्नका लागि अस्पतालमा छुट्टै युनिट निर्माण गरिएको पनि उनले जानकारी दिए। ‘यो सेवा सञ्चालनका लागि महानगरपालिकाले एक जना एमबीबीएस डाक्टर, तीन जना स्टाफ नर्स, एक जना हेमोडायलाइसिस प्राविधिक, एक जना अधिकारी र एक जना सफाई कर्मचारी गरी जम्मा सात जना जनशक्तिको लागि तलब खर्च व्यहोर्ने पनि सहमति भएको छ,’ उनले भने, ‘मिर्गौलाले काम नगरेको अवस्थामा शरीरमा जम्मा भएको दुषित पदार्थहरु शरीरबाट बाहिर निकाली स्वस्थ बनाउने विधिलाई डायलाईसिस भनिन्छ । अब यो सेवा सुरुसँगै त्यस्ता विरामीलाई उपचारमा सहज हुने अपेक्षा गरेका छौँ ।’, डाक्टर शर्माका अनुसार हाल देशभरिका ६५ वटा अस्पतालहरूमा चालु रहेका ४ सय ९८ वटा डायलासिस मेसिनबाट ३ हजार ५ सय १६ जना विपन्न वर्गका विरामीहरूले निःशुल्क हेमोडायलाइसिस सेवा प्राप्त गरिरहेका छन् । निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रति विरामी वार्षिक २ लाख ६० हजार रुपैयाँ खर्च व्यहोरिरहेको छ । नेपालमा हरेक वर्ष २ हजार ६ सय जना मिर्गौलाका नयाँ विरामीहरू थपिरहेको सरकारी तथ्यांक छ।, छाउनी अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरू
सेतोपाटी संवाददाता बाँकेमा रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ परेका छन्।, प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसबाट तीन जनालाई शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।, संरक्षित वन्यन्तुका अंगको कारोबार भइरहेको छ भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो।, सोही टोलीले राति पौने ९ बजे गेष्ट हाउसको कोठा नम्बर १०बाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो।, प्रहरीले दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका वडा १ का २९ वर्षीय रोबिन बुढालाई पक्राउ गरेको हो।, उनीहरूको कोठामा राखिएको कालो झोलाबाट एउटा रेडपाण्डाको छाला फेला परेको थियो। त्यस्तै सिरानी मुनीबाट चार वटा भालुको पित्त समेत फेला पारेको हो।, प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।, वन ऐन २०७६ को दफा ४९ को (त) को कसुरमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिमको  ५ लाख देखी १० लाख सम्म जरिवाना र ५ वर्ष देखी १५ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ।, बाँकेमा रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ
खेमराज गौतम बागलुङमा पछिल्लो दुई महिनामा ६६ घर पहिरोका उच्च जोखिममा परेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता  छन् । , बेपत्ता हुनेमा ताराखोला गाउँपालिका–२ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की रहेका प्रहरीले जनाएको छ  । वर्षात्को शुरुमै जिल्लाका विभिन्न स्थानमा एक दर्जन बढी घरपरिवार विस्थापित भएका थिए । उनीहरु छिमेकीकामा आश्रय लिएर बसेका छन् । काठेखोला ,बडीगाड, ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याएको छ । , पहिरोमा २५ घर र तीन गोठ पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । मानवीय क्षति हुने सम्भावना बढेपछि जोखिम क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ । बाढीपहिराबाट यस अवधीमा रु डेढ करोड भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।, यही असारको पहिलो साता नै बागलुङ नगरपालिका–७ पैराबारीमा घरमाथिबाट झरेको पहिरोले एक घर भत्काएको थियो भने एक घर उच्च जोखिममा पारेको थियो । पहिरोका कारण स्थानीयवासी रवीलाल गौतमको घर गोठ भत्काएको थियो भने गोठमा रहेको भैंसी पुरिएर मरेको छ । , सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परेपछि परिवार विस्थापित भएको जनाइएको छ । वर्षात्का कारण बागलुङ –४ स्थित नन्दलाल पौडेलको घर भत्केको र सोही स्थानका प्रदीप शेरचनको दुईतले पक्की घर, माया जिसीको कच्ची घर पहिरोका कारण उच्च जोखिममा परेपछि विस्थापित भएको थियो । , बागलुङ–१३ फर्सेडाँडा बस्ने पार्वती पौडेलको घरको अगाडि र पछाडिबाट पहिरो झरेपछि घर उच्च जोखिममा परेको थियो । बरेङ गाउँपालिका–१ भ्यूडाँडाका विशाल विकको घर पनि जोखिममा परेपछि उनको परिवार पनि विस्थापित बनेको छ ।, त्यसैगरी गलकोट –४ चमुवाकी स्थानीय चन्द्रकला क्षेत्रीको घर पछाडिबाट पहिरो झरेपछि दुई तले कच्ची घर उच्च जोखिम परेको छ । घर जोखिममा परेपछि उनको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । गलकोटकै डाँडाखेतमा पनि पहिरोले स्थानीय देवबहादुर खत्रीको घर उच्च जोखिममा परेपछि उनको परिवार विस्थापित भएको छ । विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको हवारीको भनाइ छ ।, जिल्लाको जिल्लाको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर पहिरोको उच्च जोखिममा परेका छन् । अविरल वर्षाको कारण जैमिनी –७ जैदीका ८ घर र काठेखोला–  ७ रेशका तीन घर पहिरोको उच्च जोखिममा परेका हुन् ।, वर्षाको कारण बस्ती तलबाट पहिरो जान थालेपछि जैमिनी जैदीका ८ घर पहिरोको उच्च जोखिममा परेको छ । पहिरोको कारण तीन घरपरिवारले आफन्तकोमा आश्रय लिएका छन् भने अन्य अन्य पाँच घरका व्यक्ति भने बसाइँ नै सरेको बताइएको छ । ,  पहिरोका कारण कालिदास शर्मा, लेखनाथ शर्मा र दीपक शर्माको परिवार आफन्तकोमा आश्रय लिएर बस्न बाध्य छन् । असारको पहिलो साता नै काठेखोला गाउँपालिका–७ रेशमा सडकमाथिबाट आएको पहिरोका कारण तीन घर विस्थापित भएका छन् । रेश हुँदै बागलुङ बजार जोड्ने सडकखण्ड अन्तर्गत जिरेदीको कालिका मन्दिरदेखि गगनपानीसम्मको सडकमा माथिबाट खसेको पहिरोको सडकमाथि र सडकमुनिका तीन घर विस्थापित भएको प्रहरीले जनाएको छ ।,  , विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।  जिल्लाको ढोरपाटन नगरपालिका–९ मा पनि दुई घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । पहिरोले स्थानीय मीनबहादुर विक र मनरमा विकको घर पहिरोको उच्च जोखिमा रहेकोले सुरक्षित स्थानमा सारिएको छ । जिल्लाको बरेङ गाउँपालिकामा पनि १८ घर पहिरोको उच्च जोखिममा परेका छन् । गाउँपालिकाको धुल्लुबाँस्कोटमा १४ घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।, धुल्लुबाँस्कोटको भीउँ डाँडामा तीन घर, लुगरुङमा चार घर, थापाथरमा तीन घरगोठ, उर्लेनिमा तीन घर र धुल्लुबाँस्कोट मिलन चोकमा एक घर पहिरोको उच्च जोखिममा छ । वडा नं २ को हुग्दीशिरमा तीन घर र वडा नं ५ सुखौरामा दुई घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासीको भनाइ छ ।  त्यस्तै जिल्लाको काठेखोला–८ लेखानीमा पनि नौ घर पहिरोको उच्च जोखिममा परेका छन् । ,रासस, बागलुङका ६६ घर पहिरोको उच्च जोखिममा
सेतोपाटी संवाददाता आइतबार देशभर १ हजार ८ सय ३१ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ९ हजार २१८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , पिसिआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।, थपिएकासहित देशभर २६ हजार १७३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १७५ जना भेन्टिलेटरको सहायतामा छन्। , पिसिआर परीक्षण गर्नेमध्ये २२ प्रतिशतमा पोजेटिभ देखिने गरेको तथ्यांक छ। तसर्थ कोरोनाको जोखिम रहेको जनाउँदै मन्त्रालयले स्वास्थ्यसम्वन्धी सम्पूर्ण मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ। , त्यस्तै पछिल्लाे २४ घण्टाको अवधिमा १ हजार ५३३ जना कोरोनाबाट निको भएका छन्।, पछिल्लो २४ घण्टामा मृतक २० जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ जनाको मृत्यु भएको छ। ,  , ९ हजार २१८ को परीक्षण गर्दा १ हजार ८३१ मा कोरोना पुष्टि
सेतोपाटी संवाददाता चितवनमा माछा मार्ने क्रममा ह्युम पाइप भित्र पसेका पुरूष मृत भेटिएका छन्।, आइतबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी कर्यालय चितवनले जनाएको छ।, माछा मार्न गएका श्रेष्ठ बिहान साढे ९ बजे नारायणी किनाराको ढल निकासको लागि जमिनमुनि गाडेको ह्युम पाइपभित्र पसेका थिए।, पाइपभित्र पसेका उनी बाहिर ननिस्किएपछि प्रहरीको टोली खटिएको थियो। प्रहरी निरीक्षकको कमाण्डमा खटिएको १० जनाको टोलीले श्रेष्ठको शव फेला पारेको हो।, सडक कार्यालयको डोजरको सहयोगले शव निकालिएको थियो।, उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भरतपुरमा पठाइएको छ।, माछा मार्न नारायणी छेउको ह्युम पाइप भित्र पसेका पुरूष मृत भेटिए
सेतोपाटी संवाददाता भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा इलाका प्रहरी कार्यालय गैंडाकोटले वडाध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ ।, भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका वडा नम्बर ६ बस्ने जमिर मियाँ भएको भन्दै नागरिकता बनाउन सिफारिस गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन्।, प्रहरीले ३३ वर्षीय भारतीय नागरिक देवन, नक्कली बुवा ५२ वर्षीय सफिअल्ला मियाँ, वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, वडा सदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरूलाई पक्राउ गरेको छ।, गैँडाकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सापकोटाले गत चैत १ गते पहिचान बिनै वंशजको आधारमा नागरिकता बनाउन झुठो विवरण पेश गरी सिफारिस बनाइदिएको आरोप छ।, प्रहरीले नक्कली बुवा बनेका ५२ वर्षीय सफिअल्ला मियाँको पनि नागरिकतामाथि अनुसन्धान अघि बढाएको छ। उनले अर्घाखाँचीबाट नागरिकता बनाएको खुलेको छ।, उनले देवन आफ्नै छोरा भएको र ममिता खातुन भन्ने आमाले सानैमा छाडेर गएको भन्दै झुठो विवरण पेश गरेका थिए।, नक्कली बुबा आमाको नाता कायम गरी वडाध्यक्ष सापकोटाले जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा गत चैत ८ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट पुस्ता पूर्वबाट नेपाली नागरिकताको प्रमाणपत्र बनाइदिएका थिए।, जन्मदर्ता बनाएको १५ दिन भित्रै नागरिकता बनेको देखिएको प्रहरी निरीक्षक खानलले बताइन्।, प्रहरीले पक्राउ परेका आरोपीहरुलाई नागरिकता सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ।, भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा वडाध्यक्षसहित ८ जना पक्राउ
सञ्चिता घिमिरे राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पुर्‍याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ। असारको पहिलो साता कति क्षति भयो भन्ने अनुमान गर्न अहिले नै कठीन भए पनि प्राविधिक आयोजनामा पुगेर र ड्रोन क्यामरामार्फत अध्ययन गरी क्षतिको अनुमान गर्न थालिएको हो। , अध्ययनका क्रममा धेरै संरचना नदीजन्य पदार्थले पुरिएको भए पनि कतिपय पदार्थ पुनः नदीले बगाएकाले क्षति बाहिर देखिन थालेको छ। प्राविधिक टोलीले घटनास्थल पुगेर र मेलम्ची खानेपानी विकास समितिले ड्रोनमार्फत गरेको सर्वेक्षणमा केही संरचनामा क्षति पुगेको देखिएको छ। बाढीले ल्याएको ठूलो ढुङ्गा मुख्य बाँधको इनटेकको भागमा ठोकिएको र त्यसले क्षति पुर्‍‍याएको पाइएको छ। मेलम्ची खानेपानी विकास समितिका इञ्जिनीयरसहितको टोली यहाँ पुग्दा ठूलो ढुङ्गाले संरचनामा क्षति पुर्‍याएको देखिएको बताएका छन्। , ‘हेडवर्क’ को संरचना निरीक्षण गर्दा बाढी आउनासाथ मेलम्ची नदीले १० देखि २० मिटर नदीजन्य पदार्थ थुपारेर संरचना पुरेको पाइएको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए। उनका अनुसार अहिले नदीले नै लेदो बगाएकाले त्यहाँका संरचना केही देखिएको छ। उनले भने, ‘निर्माणस्थलमा नदीले थुपारेको सबै नदीजन्य लेदोहरु उपकरण लगेर हटाएपछि सबै क्षति यकीन हुन्छ र हामीले थप काम गर्न सजिलो हुनेछ।’, मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको झण्डै एक महिनापछि इञ्जिनीयर शेखर खनाल र निरज गुप्ता, परामर्शदाता कम्पनी र निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणस्थल पुगेका थियो। केही सातादेखि ‘हेडवर्क’ पुग्न प्रयास गरिएकामा यस पटक सम्भव भएको हो। , अहिलेसम्म हेर्दा सो आयाजनामा झण्डै रु एक अर्ब ८० करोडको क्षति भएको छ। अब त्यहाँ कति समयपछि काम गर्न सकिन्छ र कसलाई काम गराउने भन्ने निर्णय गर्न बाँकी रहेको प्रवक्ता पन्तले बताए। यो काम कसरी गर्न सकिन्छ भन्ने छलफल भइरहेकोे छ। उनले भने, ‘तर सडक र पुल बनाउने काम पहिले हुनुपर्ने भएकाले कहिलेसम्म गर्न सकिन्छ भन्न सकिने अवस्था छैन।’ , पहिले निर्माणस्थलमा पुग्न सडक नै बन्नुपर्छ भने त्यसपछि मात्रै पुरिएका संरचना सफा गर्न सकिने समितिले जनाएको छ। अहिले धेरै नदीजन्य पदार्थ थुपारिएकोमा त्यो सफा गर्ने काम कति समयमा सकिन्छ भनी छलफल भइरहेको छ। उनले भने, ‘अहिले त्यसको लेखाजोखा भइरहेकाले अन्तिम प्रतिवेदन एकदुई दिनमा आउनेछ।’ , आयोजनामा दुई पटक ड्रोनबाट सर्वेक्षण भइसकेको छ। पहिलो पटक बाढी आएको भोलिपल्ट असार २ गते समितिले र पछिल्लो पटक परामर्शदाता कम्पनीले सर्वेक्षण गरेको हो। सामान्यतया अरू आयोजनामा त्यसको पूर्व सर्वेक्षणमा ड्रोन क्यामराको प्रयोग हुँदै आएको छ। आयोजनामा तत्काल मान्छे जाने अवस्था नभएकाले र आयोजनाको क्षतिको विवरण जानकारी पाउन प्रविधिको प्रयोग गरिएको थियो। , सो स्थानमा लामो समयसम्म नदीले धार कहिले दायाँ र कहिले बायाँ गरेर जोखिम भएकाले प्राविधि पठाएर परीक्षण गरिएको थियो। पहिले समितिले ड्रोनलाई हेलिकप्टरबाट राखेर अपरेटरसहित निरीक्षण गरेको थियो। पछिल्लो पटक परामर्शदाताबाट अर्काे चरणमा निरीक्षण भएको छ। उनले भने, ‘अहिले क्षतिको यकिन गरेर त्यसअनुसार योजना बनाउन खोजिएको हो।’, निर्माणस्थलमा रहेका संरचना सफा गर्न धेरै उपकरण लैजानुुपर्ने अनुमान गरिएको छ। त्यसका लागि पहिले प्रवेशमार्गको निर्माण अघि बढ्नुपर्ने प्रवक्ता पन्तले बताए। सडक र पुल बनाउनका लागि सडक विभागसँग समन्वय भइरहेको छ। , आयोजनामा पुगेको क्षति र सडक, पुलमा पुगेको क्षतिको स्थलगत अवलोकनका लागि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगै खानेपानी मन्त्रालय सम्हाल्दै आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ सो स्थानमा पुगेका थिए। उनीहरूसँगै मन्त्रालय, विभाग, समितिका प्रतिनिधि पुगेर स्थलगत अध्ययन गरेका थिए। , वर्षा सकिएपछि तत्काल अस्थायी वा स्थायी सडक र पुल सकेसम्म चाँडो निर्माण गरेर निर्माणस्थल पुगेमा आयोजनाको पुनःनिर्माण शुरु गर्न सकिनेछ। अस्थायी संरचना बनाउँदा आयोजनामा आवश्यक उपकरण लैजान सकिने उनले बताए। सडक विभागले विशेष महत्वका साथ स्थायी संरचना नै बनाउन चाहेमा आयोजना र स्थानीयवासी दुबैलाई सजिलो हुनेछ। सडक तत्काल खुलाउने विषयमा स्थानीय सरकारको समेत सहयोग आवश्यक रहेको उनले बताए। उनले भने, ‘उहाँहरुसँग भएका डोजर र तारजालीलगायतको प्रयोग गर्न सकिनेछ।’, अहिले नदीमा बाढी आउनसक्ने यसले दायाँबायाँ धार बदल्न सक्ने देखिएको छ। वर्षा कम भएपछि आयोजना पुनःनिर्माण काम शुरु गर्न सकिन्छ। सामान्यतया भदौ महिनासम्म वर्षा हुने भएकाले त्यसपछि काम शुरु गर्न सकिने समितिले जनाएको छ। अहिले तत्काल स्थायी रुपमा सडक निर्माण गर्न नसकिने भए खोलाबाट सडकको ट्रयाक राखेर भएपनि हेडवर्कसम्म पुग्न सकिन्छ। उनले भने, ‘असोजसम्ममा हेडवर्कमा पुग्न सकेमा के कति काम छन् त्यसको लेखाजोखा गरेर त्यसपछि काम शुरु हुन्छ।’, अझै पनि कहिलेसम्ममा उपकरण लिएर निर्माणस्थल पुग्ने भनी टुङ्गो नभएको प्रवक्ता पन्तले बताए। उनका अनुसार बाढी पहिरोका कारण अहिले भर्खर खोलामा गएर काम शुरु गर्ने अवस्था छैन। अहिले सडक बनाउदा नदीले बगाउने हुँदा अस्याथी बाटो बनाउन पनि वर्षा सकिनुपर्ने बाध्यता रहेको उनले बताए। कम्तीमा असोजमा काम शुरु गर्न सकिन्छ। निर्माणस्थलसम्म पुग्ने करिब सात किमी सडक बगाएको छ। उनका अनुसार खोलाबाट ढुङ्गा हालेर पनि ट्रयाक बनाएर उपकरण लैजान सकियो भने हेडवर्क सफा गर्ने काम शुरु हुनेछ। , हेडवर्कमा क्षति कम भएमा र सुरूङहरु सफा गरे पुग्ने अवस्थामा काठमाडौँमा पुनः पानी ल्याउन लामो समय नलाग्ने अनुमान गरिएको छ। ‘हेडवर्क’ भन्दा माथिल्लो भागमा रहेको ‘कफर ड्याम’ लाई अस्थायी रुपमा निर्माण गरेर पानी सञ्चालन गर्न सकिने अनुमान गरिएको प्रवक्ता पन्तले बताए। ‘कफर ड्याम’ नभई डाइभर्सन नसकिने तर अहिले त्यो हेर्दा त्यो पूरै भत्किएको देखिएको छ। तराईमा नदीमा काम गर्दा बोरामा बालुवा राखेर पनि अस्थायी रुपमा ‘कफर ड्याम’ बनाउने गरिए पनि पहाडमा बाढीको जोखिम भएकाले ध्यान दिनुपर्ने हुन्छ। अस्थायी रुपमा बोरामा ढुङ्गा राखेर बनाउँदा बगाउन सक्ने भए पनि पुनः त्यसलाई बनाउन सकिन्छ। उनले भने, ‘जोखिम अनुमान गरेर र त्यसले गर्दा खोलामा बाढी आउदैन भन्ने भएपछि वर्षा पछि गर्न सकिन्छ।’, हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी आएको दिनदेखि नै समितिले सुरुङको निरीक्षण शुरु गरेको थियो। त्यसले गर्दा सुरुङमा धेरै क्षति हुन पाएको छैन। त्यसको निरीक्षण भने अघि नबढेको प्रवक्ता पन्तले बताए। सुन्दरीजल, सिन्धु, ग्यालथुमहुँदै अम्बाथानबाट ‘डिवाटरिङ’ गरेर खण्डखण्डमा हेर्नुपर्ने उनले बताए। अहिले पहिरोले गर्दा अम्बाथान ‘अडिट’ को मुखबाट टालिएको छ। त्यसलाई खोलेर त्यो खण्डको पानी निकाल्न सकियो भने सुन्दरीजल सिन्धु ग्यालथुमबाट हेरेर सुधार गर्न सकिने उनले बताए।, नदीमा बाढी कम भएर पानी सफा भएपछि वैकल्पिक माध्यमबाट पानी पुनःकाठमाडौँ ल्याउन सकिन्छ। पानी पुनःसुन्दरीजल ल्याउन ‘डेडवर्क डाइभर्सन’ सुरुङ सफा हुनुपर्छ। ‘कफर ड्याम’ को विकल्प भए पनि त्यहाँसम्म पुग्न कठीन दखिएको छ। उनले भने, ‘हेडवर्कको संरचनाको दायाँबाट जान सकिँदैन त्यहाँ संरचना बनेका छन्, बायाँतर्फ पहिरो छिचोल्दै डोजर लगेर कफर ड्याम बनाउन सकिन्छ।’ , अहिले पनि ‘हेडवर्क’ को संरचना पुरिएको अवस्थामा रहेकाले ठ्याक्कै यति क्षति भयो भन्न सकिने अवस्था नभएको समितिका प्रमुख रामकुमार श्रेष्ठले बताए। अहिले हेर्दा डाइभर्सन टनेल र अम्बाथानको अडिट पोर्टलको टनेलमा लेदो जमेको उनले बताए। अम्बाथानमा निर्माण कम्पनीको र मेलम्ची पुलबजारस्थित समितिको क्याम्पमा क्षति पुगेको छ। त्यसको निर्माण र पुनःस्थापना पहिले गर्नुपर्ने उनले बताए। उनले भने, ‘पहुँचमार्गका लागि दुईदेखि तीन बेलिब्रिज हुँदा आमनागरिक र आयोजना दुबैलाई माथिसम्म जान सजिलो हुन्छ।’ , भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलीब्रिज प्रदान गर्ने भने पनि आइनसकेको प्रमुख श्रेष्ठले बताए। पहुँचमार्ग बनेपछि मात्रै आयोजनाको निर्माणस्थलसम्म पुग्न सकिने उनले बताए। सुरूङ खाली गराएर परीक्षण गर्ने काम निरन्तर हुनेछ। उनका अनुसार अहिले अम्बाथानको पोर्टलबाट पानी बाहिर पठाउन सकिएको छैन। त्यो पठाएपछि निरीक्षण सम्पन्न हुन्छ र त्यसपछि मात्रै क्षति भएका ड्याम र बैकल्पिक ‘डाइभर्सन टनेल’ सफा गरिनेछ। उनले भने, ‘त्यो सबै काम भएपछि मात्रै पुनः काठमाडौँमा पानी ल्याउन सकिनेछ।’, राज्यका सबै संयन्त्र परिचालन भएमा कम्तीमा माघभित्र पानी सुरूङभित्र पठाउन सकिन्छ भनेर कार्यतालिका बनाइएको प्रमुख श्रेष्ठले बताए। आयोजनामा अल्पकालीन र दीर्घकालीन गरी दुबै किसीमका काम गर्न आवश्यक देखिएको छ। पहुँचमार्ग निर्माण र क्षति भएका संरचनाको निर्माणको काम सबैभन्दा पहिले गर्न आवश्यक छ। दीर्घकालीन रुपमा लाङटाङ क्षेत्रको एकीकृत जलाधार संरक्षण गर्नुपर्ने छ। स्थानीयवासी र आयोजना दुबैका लागि विपद्को पहिले नै सूचना दिने उपकरण जडान गर्न आवश्यक छ। उनले भने, ‘स्थानीयवासीका लागि एकीकृत बस्ती विकासका लागि छुट्टै परियोजना आवश्यक छ भन्ने माग गरिएको छ।’, निर्माण शुरु भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गत फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो। त्यसअघि गत वर्ष असारमा सुरुङको परीक्षण गरिएको भएपनि गेट निस्कँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो। पछिल्लो पटक काठमाडौँ उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण शुरु भएको थियो। कार्यतालिकाको आधारमा असार १ देखि सुरुङको निरीक्षण थालिएको थियो। तीन महिनामा निरीक्षण सकेर असोजदेखि पुनः पानी सुन्दरीजल झारिने लक्ष्य लिइएको भएपनि अहिले भएको प्राकृतिक विपत्तिले अब काठमाडौँमा मेलम्चीको पानी कहिले झर्छ भन्न सकिने अवस्था भने छैन। ,रासस, मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको अध्ययन शुरु
सेतोपाटी संवाददाता बुवाको अन्तर्वार्तामा टिप्पणी गर्दा वडा अध्यक्षका छोराबाट कुटपिटमा परेको जुम्लाका युवाको उजुरी प्रहरीले दर्ता गरेको छ। , जुम्लाको सिंजा गाउँपालिका–६ का वडा अध्यक्ष कालीबहादुर बुढाले यातायात, खानेपानी लगायतका विषयमा सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताको टिप्पणी गरेको विषयमा उनका छोरा नवीन बुढाले स्थानीय दलित युवा विवेन्द्र नेपालीलाई कुटपिट गरेको जाहेरी प्रहरीमा गएको थियो।, बुधबार नेपालीले जिल्ला प्रहरी कार्यालयमा आफूमाथि भएको कुटपिटको जाहेरी लिएर गएका थिए। तर, प्रहरीले दर्ता गर्नुअघि आधिकारिक बुझ्ने भन्दै दर्ता गर्न मानेको थिएन। प्रहरीले उजुरी दर्ता नगरेपछि पीडितले राष्ट्रिय दलित आयोगमा पनि उजुरी दिएका थिए।, जिल्ला प्रहरी कार्यालय जुम्लाले शुक्रबार उजुरी दर्ता गरेको पीडित नेपालीले बताए। , ‘अस्ति प्रहरीले दर्ता गर्न मानेको थिएन, आज दर्ता भएको छ,’ उनले भने।, वडाध्यक्ष बुढाले आफ्नो अन्तर्वार्तामा गरिएको टिप्पणीको बारेमा छलफल गर्न असार ८ गते दिउँसो ४ बजे आफ्नो कार्यकक्षमा बोलाएका थिए। , कार्यकक्षमा पुग्दा पनि वडाअध्यक्षले आफूलाई होच्याएर कुरा गरेका पीडित नेपालीले बताए।, ‘मैले उहाँले दिएको अन्तर्वार्तामा केही झूटा कुरा पनि सुनिएकाले ती झूटा कुरालाई औंल्याएर टिप्पणी गरेको हुँ, यही विषयमा वडा अध्यक्षले मलाई फोनमा गालीगलौज र धम्की पनि दिनुभएको थियो,’ पीडित विवेन्द्र नेपालीले सेतोपाटीसँग भने, ‘यसै विषयमा छलफल गर्न आउनू पनि भन्नुभयो, म कार्यकक्षमा गएर कुरा गरिरहेका बेला उहाँको छोरा आएर मलाई पिट्नुभयो।’, छलफल चलिरहेकै बेलामा वडा अध्यक्षका छोरा नवीन आएर विभेदजन्य गालीगलौज गर्दै गालामा थप्पड हानेको उनले बताए।, उनले त्यसक्रममा आफूमाथि ‘डुम’ शब्द प्रयोग गरेको विवेन्द्रले जाहेरीमा उल्लेख गरेका छन्। , ‘सरोकारसमेत नरहेको व्यक्ति आएर ‘तँ सार्की हलुडा बेची खाने डुम, तँ को होस्, जे गर्छस् गर्’ भन्दै एक्कासि म बसिरहेको ठाउँमा आएर आफ्नो हातले दुईचोटि मेरो गालामा हानी, गर्धन निमोठी गर्धनमा समेत दुईचोटि हानेका हुन्,’ उनले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन्।, यो पनि:, बुवाको अन्तर्वार्तामा टिप्पणी गर्दा वडा अध्यक्षका छोराले गरे युवामाथि कुटपिट, प्रहरीले दर्ता गर्‍यो बुवाको अन्तर्वार्तामा टिप्पणी गर्दा कुटिएका जुम्लाका युवाको उजुरी