content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता पोखराबाट एउटा यात्रुबाहक बस बिहीबार सिद्धार्थ राजमार्ग हुँदै बुटबलतर्फ लाग्यो।, सिद्धार्थ राजमार्गबाट पोखरा भित्रने र बाहिरिने सवारी चेक गर्न पोखरा–१७ छोरेपाटनमा प्रहरी चेकप्वान्ट छ। उक्त बस चेकका लागि रोकियो । , कोरोना भाइरसको दोस्रो लहर रोक्न जारी निषेधाज्ञा केही खुकुलो भएको छ।, प्रशासनले जोर-विजोर प्रणालीमा सार्वजनिक तथा निजी सवारी चल्न दिएको छ। जिल्ला बाहिर जाने बसका हकमा प्रशासनको अनुमति अनिवार्य छ।, कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार उक्त बसले यात्रु बोकेर जिल्लाबाहिर जाने अनुमति लिएको थिएन, त्यसमाथि जोर नम्बरको बस विजोर गते चलाएका थिए। , लु २ ख २९३ नम्बरको बस असार २४ गते चलेको थियो। चेकिङमा प्रहरीले बस जिल्ला बाहिर लैजाने अनुमति पत्र खोजे। त्यसमाथि जोर गते विजोर नम्बरको बस किन चलाएको भनरे सोधे। बसका सहचालयक मुक्तिराम पौडेल बसबाट ओर्लिए। प्रहरीलाई सुटुक्क ५ सय रूपैयाँ घुसको अफर गरे। , ‘यात्रुबाहक बस छाड्दिनुस्, हामी मिलौं भनेर बसका सहचालकले प्रहरीलाई घुस दिन खोजेछन्’, डिएसपी हमालले भने, ‘प्रहरीले घुस अस्वीकार गर्दा उल्टै अभद्र व्यवहार गरे।’, बसका सहचालक पौडेलको हर्कत देखेपछि उनलाई प्रहरीले नियन्त्रणमा लियो।, सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरूद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट ७ दिन म्याद थपियो। अहिले पौडेल प्रहरी हिरासतमै रहेको र थप अनुसन्धान अघि बढाएको डिएसपी हमालले बताए। , प्रहरीलाई घुस अफर गरेका बसका सहचालक पौडेल प्रहरी फन्दामा परे पनि बसलाई भने छाडिएको छ।, ‘यात्रु बोकेको बस थियो, व्यवहारिकता पनि हेर्नुपर्‍यो’, डिएसपी हमालले भने, ‘बसका कागजपत्र नियन्त्रणमा लिएका छौं, यात्रुलाई गन्तव्यमा पुर्‍याएपछि बस पनि हाम्रो नियन्त्रणमा आउँछ।’, स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का सहचालक पौडेलले प्रहरीलाई घुसको अफर गर्थेनन् भने हिरासतमा बस्नुपर्ने थिएन। यात्रु बोकेको बस प्रहरीले रोक्ने कुरा हुन्थेन, अनुमति लिन लगाउँथे वा जरिवाना तिरेर जान सक्थे। तर सहचालक पौडेलले घुसको अफर गरेको र अस्वीकार गर्दा उल्टै प्रहरीमाथि अभद्र व्यवहार गरेकाले नियन्त्रणमा लिएर कारबाही चलाउनु परेको डिएसपी हमालले बताए।, प्रहरीलाई ५ सय घुस दिन खोज्दा फन्दामा परे बसका सहचालक
सेतोपाटी संवाददाता अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख डोज कोरोनाविरूद्धको खोप नेपाललाई  पठाउने भएको छ।, बेलायती समाचार संस्था रोयटर्सले ,अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीलाई उद्धृत गर्दै आज (शुक्रबार) अमेरिकाले, नेपाललाई १५ लाख र भुटानलाई मोडेर्ना कम्पनीले बनाएको ५ लाख डोज खोप पठाउन लागेको समाचार प्रकाशन गरेको छ।, यसअघि अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत् खोप दिने मुलुकहरूको सूचीमा राखेको थियो। अहिले पठाउन लागिएको खोप कोभ्याक्समार्फत् आउन लागेको हो कि सोझै आउने हो भन्ने खुलिसकेको छैन।, काठमाडौंस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता एना रिचे एलेनले अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई १५ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप दिन लागेको बताइन्। , 'नेपालीप्रति अमेरिकाको दशकौं लामो प्रतिवद्धता र कोभिड-१९ महामारीमा हामीले गरिरहेको सहयोगको हिस्साका रूपमा नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप अनुदान दिँदैछौं,'एलेनले भनिन्।, प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले आफूले खोप आउनेबारे थाहा पाएको भए पनि कहिले र कसरी आउँछ भन्नेबारे जानकारी नभएको बताए।, रोयटर्सले उद्धृत गरेका ती अधिकारीले वैज्ञानिक, कानुनी र नियामक निकायका अधिकारीले नेपाल र भुटानमा सुरक्षित र प्रभावकारी खोप पठाउने सुनिश्चितता गर्न काम गरेको उल्लेख गरेका छन्।, एक महिनाअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकले संसारभरिका विभिन्न देशलाई ८ करोड डोज खोप दिने घोषणा गरेका थिए।, स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पनि कोभ्याक्समार्फत् अमेरिकी खोप आउनेबारे कुराकानी भइरहेको भए पनि कुन समयमा कति डोज आउँछ भन्नेबारे टुंगो नभएको बताएका छन्। , जोन्सन एन्ड जोन्सनले बनाएको खोप एक डोज लगाए पुग्छ। ,  , अमेरिकाले शुक्रबार नेपाललाई १५ लाख डोज भ्याक्सिन पठाउँदै: रोयटर्स
सेतोपाटी संवाददाता सत्तारूढ दल नेकपा एमाले निकट अनेरास्ववियू रूपन्देहीले शिक्षक र विद्यार्थीहरूलाई खोपको व्यवस्था गर्न, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न लगायतका माग राख्दै बुटवलमा प्रदर्शन गरेको छ।, बुटवल बहुमुखी क्याम्पस अगाडि भेला भएका विद्यार्थी नेताहरूले सरकारले तत्काल विद्यार्थी शिक्षकहरूलाई कोभिडविरूद्धको खोपको व्यवस्था गरी बाँकी रहेका परीक्षा सञ्चालन गर्न आग्रह गरेका छन्।, उनीहरूले शैक्षिक क्षेत्र महत्वपूर्ण हुँदाहुँदै पनि सरकारले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा नपारी शिक्षक र विद्यार्थीहरूलाई खोप लगाउनबाट अहिलेसम्म बञ्चित गरेको भन्दै तत्काल खोपको व्यवस्था गरेर शैक्षिक क्रियाकलाप अगाडि बढाउनुपर्ने बताएका हुन्।, कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य सरोज पोखरेलले अनेरास्ववियूले जहिले पनि विद्यार्थीको हक हितका निम्ति काम गर्दै आएको उल्लेख गर्दै विद्यार्थी र शिक्षकलाई खोपको व्यवस्था नगरिए र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाइ फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने बताए।, अनेरास्ववियूका अर्का केन्द्रीय सचिवालय बालकृष्ण पाण्डेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको सबभन्दा बढी मारमा विद्यार्थी वर्ग पर्ने भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन आग्रह गरे।, उनीहरूले अनेरास्ववियू सधैं राजनीतिक अस्थिरता निर्दलीय सोच र प्रवृत्तिविरूद्ध एकजुट बन्दै आएको भन्दै अहिले ताजा जनादेशको पक्षमा जनमत सिर्जना गर्न लागिरहेको बताए।, कार्यक्रममा अनेरास्ववियू रूपन्देहीका अध्यक्ष साजन भण्डारी र सह-संयोजक शेषकान्त पोखरेलले सांसदलाई दलविहीन करार गरेर बहुदलीय व्यवस्था जोगिन नसक्ने भन्दै संवैधानिक सर्वाेच्चता कायम गरी सार्वभौम जनताको अधिकार सुनिश्चित गर्न पनि ताजा जनादेशमा जानुको विकल्प नभएको बताए।, शिक्षक र विद्यार्थीलाई खोपको व्यवस्था गर्न माग राख्दै बुटवलमा अनेरास्ववियूको प्रदर्शन
सेतोपाटी संवाददाता विद्युतीय करेन्ट लागेर झापाको अर्जुनधारा ६ मा एक जना मजदूरको मृत्यु भएको छ।, साँझ ५:१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरूङको एकतले घरको छत ढलान सकेर ढलानको भाइब्रेटर मेसिनको तार फुस्काउने क्रममा अचानक करेन्ट लाग्दा ३८ वर्षीय आयुष राईको मृत्यु भएको हो।, इलाम सन्दकपुर २ घर भएका राई विर्तामोड १ बस्ने मा बस्दै आएका थिए। करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो।, मृतकको शव अस्पतालमा रहेको र अनुसन्धानको लागि इप्रका विर्तामोडबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताएका छन्।, करेन्ट लागेर झापामा एकको मृत्यु
सेतोपाटी संवाददाता संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई जना पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध पिपलबोटबाट पक्राउ गरेको हो।, उनीहरूलाई प्रहरीले दुइटा संरक्षित वन्यजन्तुको छालासहित शुक्रबार पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, प्रहरीले काठमाडौं महानगर-६ गोठाटार बस्ने २८ वर्षीय सबिन तामाङ र रामेछाप लिखु गाउँपालिका-५ नागदह घर भई भक्तपुरको पुरानो ठिमी बस्ने २६ वर्षीय हितबहादुर मगरलाई पक्राउ गरेको हो।, उनीहरूबाट एउटा सालकको छाला र अर्को चरी बाघको जस्तो देखिने छाला बरामद गरेको हो। यद्यपी छाला चरी बाघकै हो वा होइन भन्नेबारेमा बुझ्ने काम भइरहेको प्रहरी उपरीक्षक महतोले बताए।, संरक्षित वन्यजन्तुको छाला बेच्न लागेको भन्ने सूचना प्रहरीलाई लामो समयदेखि आएको उनले बताए।, सोही सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरूलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो।, थप अनुसन्धान गर्न प्रहरीले उनीहरूलाई डिभिजन वन कार्यालय, हात्तीसारमा पेश गरिएको छ।, संरक्षित वन्यजन्तुको छालासहित दुई जना बौद्धबाट पक्राउ
सेतोपाटी संवाददाता सरकारले पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरूवा गरेको छ। , बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा गृह मन्त्रालयले यससम्बन्धी प्रस्ताव लगेको थियो। , स्रोतका अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षणका एआइजी प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा सरूवा भएको छ। , मेट्रोका एआइजी हरिबहादुर पाललाई कार्य विभागमा सरूवा गरिएको छ। , यस्तै, प्रशासन विभागका एआइजी निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागमा सरूवा गरिएको छ। , अपराध अनुसन्धान विभागका एआइजी विश्वराज पोखरेललाई एकेडेमी सरूवा गरिएको छ। , हालै बढुवा भएका एआइजी सहकुलबहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागमा सरूवा गरिएको छ। , कार्य विभागमा सरूवा भएका मेट्रोका एआइजी पाल र एकेडेमी सरूवा भएका अपराध अनुसन्धान विभागका एआइजी पोखरेल सरूवा भएको सात महिना मात्रै भएको थियो। , कार्की र शाही सरूवा भएको ११ महिना पुगेको थियो। साधारणतया, एक वर्षको कार्यसम्पादन सम्झौता अनुसार विभागीय प्रमुखहरूलाई एक वर्ष सरूवा भएको ठाउँमा काम गर्न दिनुपर्ने मान्यता छ।, तर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सातै महिनामा एआइजी सरूवाका लागि गृहमा प्रस्ताव पठाएका थिए।, यो पनि, आइजिपीले अवधि नपुग्दै पठाएको एआइजीहरूको सरुवा प्रस्ताव मन्त्रिपरिषदमा, पाँचै एआइजीको सरूवा, मेट्रोमा प्रद्युम्न कार्की
सेतोपाटी संवाददाता आर्थिक वर्ष २०७८/७९ को काठमाडौं महानगरको बजेट तथा कार्यक्रम केही संशोधनसहित सर्वसम्मतिमा पारित भएको भएको छ। नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिमा पारित गरेको हो। , असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका आर्थिक विधेयक, २०७८ पेस गरेका थिए। सोही  बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट पेस गरेकी थिइन्। , उनले कुल १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट पेस गरेकी थिइन्। कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोर–मैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन, विद्युतीय शासनमार्फत् सुशासन प्रवद्र्धन, उद्यमशिलता प्रवद्र्धनजस्ता उद्देश्य हासिल गर्ने लक्ष्यसहित प्रस्तुत बजेट संशोधनसहित सर्वसम्मतिले पारित भएको मेयर शाक्यले जानकारी दिए। , कुल बजेट मध्ये सामाजिक सुरक्षाभत्ता, नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमहरु र आयोजनाको खर्च वापत २ अर्ब ८७ करोड ७ लाख रहेको महानगरपालिकाले जानकारी दिएको छ। १६ अर्ब ८ करोड ७० लाख १२ हजार काठमाडौँ महानगरपालिकाको संचितकोष मार्फत हुने खर्च हो।  महानगरपालिकाले नै दिएको जानकारी अनुसार नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त शसर्त योजना (शिक्षक तलब, स्वास्थ्य, कृषि आदि) मा १ अर्ब ३२ करोड १४ लाख १० हजार रहेको छ। निशर्त बजेट भने १४ अर्ब ७६ करोड ५६ लाख २ हजार रहेको छ।,   , आज पारित बजेटमा सबै करदातालाई ०७८ पुस मसान्तसम्म १० प्रतिशत छुट दिइएको छ भने होटललाई थप ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ। ‘व्यवसाय करमा होटल मनोरञ्जन प्रदायक र पर्यटनसँग सम्बन्धित व्यवसायमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ,’ काठमाडौँ महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले भने, ‘अन्य व्यवसायहरुलाई २० प्रतिशत र शैलुन, व्युटिपार्रलर जस्ता व्यवसायलाई ९० प्रतिशत छुटको व्यवस्था गरेका छौँ।’ , आजको बैठकले न्यायिक समितिको प्रतिवेदन, सुशासन समितिको प्रतिवेदन, सहरी योजना आयोगको प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ।  बजेटमा ज्येष्ठ नागरिक विशिष्टीकृत सेवा सहितको महानगर विशेष अस्पताल सञ्चालन गर्ने, मेयर उज्यालो कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनिक शौचालय जस्ता विषय समावेश गरिएको छ।, त्यसैगरी प्रत्येक वडामा एक नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधाहरू, ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण जस्ता विषय पनि समावेश गरिएको छ। त्यस्तै मानवअधिकार प्रवद्र्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, आधारभूत शहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय भाषाको संरक्षण र प्रवद्र्धन,उद्यमशिलता प्रवद्र्धन, विद्युतीय शासनको प्रवद्र्धन, युवासँग मेयर, पौरखी मेला, खेलकूदको विकास, जीवन निर्वाहका लागि पारिश्रमिकलगायतका कार्यक्रमहरू पनि बजेटमा समावेश गरिएको छ।, काठमाडौं महानगरपालिकाको बजेट पारित
सेतोपाटी संवाददाता मित्र राष्ट्र अमेरिकाले नेपाललाई कोरोनाभाइरसविरूद्धको १५ लाख डोज खोप अनुदानमा दिने भएको छ।, काठमाडौंस्थित अमेरिकी राजदूतावासले उक्त खोप नेपाली जनतालाई अमेरिकी जनताका तर्फबाट उपहार भएको जनाएको छ।, राजदूतावासकी प्रवक्ता एना रिचे एलेनले अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई उपहारस्वरूप जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको  १५ लाख डोज खोप दिन लागेको बताइन्।, 'नेपालीप्रति अमेरिकाको दशकौं लामो प्रतिवद्धता र कोभिड-१९ महामारीमा हामीले गरिरहेको सहयोगको हिस्साका रूपमा नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप अनुदान दिँदैछौं,' एलेनले भनिन्, 'यो जीवन जोगाउने एकमात्र उद्देश्यका साथ अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई उपहार हो। हामी छिट्टै खोपबारे विस्तृत जानकारी दिनेछौं।', परराष्ट्र मन्त्रालयले पनि अमेरिकाबाट खोप ल्याउने तयारी भइरहेको बताएको छ। यद्यपी खोप कहिले आइपुग्छ भन्ने ठ्याक्कै टुंगो लाग्न बाँकी छ।, 'हामी कुरा गरिरहेका छौं। आउने हप्ता अमेरिकाबाट खोप आइपुग्छ होला,' परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सेतोपाटीसँग भनिन्।, आजै बेलायती समाचार संस्था रोयटर्सले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीलाई उद्धृत गर्दै आज (शुक्रबार) अमेरिकाले नेपाललाई १५ लाख र भुटानलाई मोडेर्ना कम्पनीले बनाएको ५ लाख डोज खोप पठाउन लागेको समाचार प्रकाशन गरेको थियो।, यसअघि अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत् खोप दिने मुलुकहरूको सूचीमा राखेको थियो। अहिले पठाउन लागिएको खोप कोभ्याक्समार्फत् आउन लागेको हो कि सोझै आउने हो भन्ने खुलिसकेको छैन।, स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पनि कोभ्याक्समार्फत् अमेरिकी खोप आउनेबारे कुराकानी भइरहेको भए पनि कुन समयमा कति डोज आउँछ भन्नेबारे टुंगो नभएको बताएका छन्।, जोन्सन एन्ड जोन्सनले बनाएको खोप एक डोज लगाए पुग्छ।, १५ लाख डोज खोप नेपाली जनतालाई अमेरिकी जनताको उपहार हो: अमेरिकी राजदूतावास
सेतोपाटी संवाददाता धादिङ नीलकण्ठ सव-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेलविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस मागेको आरोपमा उनीविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।, पौडेलविरूद्ध ४० हजार बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।, सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि लगेको काठको अनुसन्धान गर्ने भनी कागजात तयार पारेर वन कार्यालयमा लगेपछि मुद्दा मिलाउने भनी उनले ४० हजार घुस लिएको आरोप लागेको थियो।, अख्तियारको टोलीले रंगेहात पक्राउ गरेपछि पौडेलविरूद्ध अनुसन्धान थालिएको थियो।, सहायक वन अधिकृतविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
महासेनानी डा. मुन थापा कोरोनाको तेस्रो लहर आउनेसक्ने सम्भावना रहेको विश्व स्वास्थ्य संगठनलेसमेत भनिसकेको छ।, यसमा विशेष गरी बालबच्चा संक्रमण हुने भनिएको छ। जहाँ १८ वर्षभन्दा माथिको उमेर समूहलाई खोप दिएको छ त्यस्ता ठाउँमा बालबालिकालाई संक्रमण हुनसक्ने भनिएको हो। तर नेपालमा बयष्कलेसमेत कोरोना खोप नलगाएकाले सबै उमेर समूहलाई हुनसक्छ। साथसाथै बालबालिकामा समेत संक्रमण धेरै देखिन सक्छ। यो संक्रमण कसरी फैलिन्छ भनेर अहिलेनै भन्न सकिदैन। स्पेनिसफ्लूको तेस्रो लहरमा मृत्युदर थोरै थियो।, यदि नेपालमा तेस्रो लहर आएमा बालबालिका मात्रै होइन अरूलाई त्यसको असर देखिनसक्छ। कोरोना भएकामध्ये अहिलेसम्म ९० प्रतिशत बालबालिकालाई सामान्य लक्षण देखिएको छ।, तेस्रो लहरमा कस्तो देखिन्छ भनेर अहिलेनै भन्न सकिँदैन। त्यसैले हामी तयारीका साथ बस्नुपर्छ।, यो भन्दा अगाडि पहिलो लहरमा बालबालिका धेरै प्रभावित भएका थिएनन्। सन् २०२१ मार्चसम्म २४ हजार ५ सय ४ सय बालबालिकालाई संक्रमण भएको थियो। एक महिनामा २ सयदेखि ७ सयसम्म बालबालिका संक्रमित भएका थिए।, जब दोस्रो लहर सुरू भयो, अप्रिल २०२१ मा ४ हजार ४ सय ३७ जनामा कोरोना संक्रमण देखियो। मे मा जब पिक थियो, २२ हजार ४ सय ४३ बच्चामा संक्रमण देखियो। त्यो बेलामा बयष्कमासमेत कोरोना भाइरसको संक्रमण धेरै देखिएको थियो। जुन महिनामा ९ हजार ३ सय ३० बालबालिकालाई कोरोना भाइरस देखिएको थियो। यो घटेको बेलामा हो। जुनबेला बयष्कमा बढी संक्रमण देखिन्छ बालबालिकामा पनि धेरै देखिन्छ।, बालबालिकालाई संक्रमणबाट जोगाउन घर परिवारका अरू पनि जोगिनुपर्छ। भ्याक्सिन लगाएको छ भन्दैमा कोरोना संक्रमण हुँदैन भन्ने होइन। यसले खतरा निम्त्याउने सम्भावना कम हुने हो। तर बालबालिकालाई सार्ने खतरा भने हुन्छ। त्यसैले घरपरिवारका अरूले पनि होसियारी अपनाउनुपर्छ।, यसको तेस्रो लहर यहीँ समयमा आउँछ भनेर भन्न सकिँदैन। भारतको महाराष्ट्रमा २ देखि ३ हप्तामा आउँछ भनिएको छ। हामीले सावधानी अपनाउन सकेनौं भने तेस्रो लहर छिट्टै आउनसक्छ।, लकडाउन खुल्यो भन्दैमा बालबालिकालाई अनावश्यक रूपमा लैजान हुँदैन। रेष्ट्रुरेण्ट खुलेको छ भन्दैमा जान हुँदैन। घरमा पुग्नासाथ बालबालिकालाई छुन हुँदैन। हात धोएर अथवा नुहाएर मात्र बालबालिकालाई छुनुपर्छ।, बालबालिकालाई ज्वरोसँगै पखाला लाग्ने, वान्ता हुने, जिउ दुख्ने भयो भने पिसिआर गराइहाल्नुपर्छ।, अहिले बालबालिकालाई मानसिक तनावसमेत देखिएको छ। त्यसैले बालबालिकालाई अभिभावकले अलि धेरै समय दिनुपर्छ। बालबालिका इन्टरनेटमा भुलिरहेका छन् भन्ने हुन्छ। तर उनीहरू त्यसकै कारण आत्तिएका हुनसक्छन्। बालबालिका विद्यालय नगएकाले उनीहरू तनावमा छन्। बच्चालाई गाह्रो भएको छ भने अझै धेरै समय दिनुपर्छ। सबै मिलेर रमाइलो गर्नुपर्छ।, कोरोना संक्रमणको तेस्रो लहर र बालबालिकालाई पार्नसक्ने असरबारे हामीले वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ महासेनानी डा मुन थापासँग भिडिओ कुराकानी गरेका छौ। हेर्नुहोस् भिडिओ, कोरोनाको तेस्रो लहरले बालबालिकालाई कस्तो असर गर्छ? (भिडिओ)
सेतोपाटी संवाददाता भन्सार छलेर फलफूल ओसारिरहेका १५ वटा भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।, रूपन्देही प्रहरीले बिहीबार अपराह्न फलफूल ओसार्ने गाडीहरू नियन्त्रणमा लिएको हो।, बुटवल महानगरपालिका-२ जितगढीस्थित पश्चिमबाट पूर्वतर्फ जान लागेका गाडी नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मनोज केसीले बताए।, राजश्व छलेको सूचनाको आधारमा प्रहरी टोलीले जितगढीमा गाडी रोकेर चेकजाँच गरेको हो।, ती गाडी, बिल भर्पाई, धर्मकाँटाको रसिद, सवारी दर्ता किताब र चालकहरूलाई आन्तरिक राजश्व कार्यालय बुटवलमा पठाइएको केसीले बताए।, ती गाडीहरू अधिकांश उत्तरप्रदेशबाट आएका थिए।, रूपन्देही प्रहरीले केही समयअघि अभियानकै रूपमा खोलानाला दोहनमा संलग्न टिपर नियन्त्रणमा सक्रिय थियो।, अब भन्सार छलीमा कारबाही अभियान थालिएको केसीले बताए।, भन्सार छलीमा रूपन्देही प्रहरीको कारबाही, पन्ध्र वटा भारतीय गाडी नियन्त्रणमा
सबिना श्रेष्ठ चितवनका यमलाल भण्डारीले सर्प समात्न थालेको करिब पाँच वर्ष भयो।, ४४ वर्षीय यमलालका तीन छोरी छन्। दुई वर्षयता बाबुसँगै पाइला मिलाइरहेकी छन् उनकी ठूली छोरी खुश्बु। बुवाको काम देखिरहेकाले खुश्बुलाई सर्पको संसारबारे चासो बढेको हो। , अहिले १८ वर्षकी उनी 'सर्प उद्धारको काम गर्छु' भन्दा जम्मा १६ वर्षकी थिइन्। उमेरको कुरा एक ठाउँमा थियो, यमलालले अर्को पनि कारण देखाउँदै उनलाई हप्काउन थाले, 'कहाँ छोरीहरूले सर्प समात्ने? हुँदैन। यो त निकै गाह्रो र जोखिमपूर्ण काम हो।', खुश्बुले प्रतिकार गरिन्, 'किन नहुने छोरीहरूले?', छोरीको प्रश्नले यमलाल नाजवाफ भए। उनैले त 'छोरीहरूले गर्न नसक्ने केही छैन, आफूलाई कहिल्यै कम नआँक्नु' भन्दै आफ्ना तीन छोरी हुर्काएका थिए। , 'छोराछोरी जे भने पनि, उनीहरू नै हुन्' भन्ने मान्यता लिएर हिँडेका यमलालले कहिल्यै उनीहरूलाई भेदभाव महशुस हुन दिएनन्। अनि सर्प समात्ने कुराले चाहिँ किन हच्किए? सर्पको डर थियो वा समाजको?, यमलाललाई लाग्थ्यो– सर्प मात्र होइन, मान्छे पनि विषालु हुन्छन्। र हाम्रै समाजमा छन्। , तर खुश्बुको प्रश्नले यमलाललाई यी दुवैथरि विषको पर्वाह नगरी सर्प समात्न सिकाउन कर लगायो। , उनले बुझे, 'आज उसलाई यता नजाऊ, उता नबस भन्न थाले भनेपछि उनीहरूले अह्राएको काम मात्र गर्न सक्छन्। आँट, साहस र हौसलाको पहिलो स्कुल त घरै हो।', यसपछि खुश्बु सर्प उद्धार कसरी गर्ने भनेर बुवासँगै हेर्न जान थालिन्। सर्पबारे ज्ञान पनि लिँदै गइन्। डेढ वर्ष यसरी नै बित्यो। छ महिना अघिदेखि भने खुश्बु आफैं सर्प समात्न थालेकी छन्। त्योबेला घर नजिकैको तोरी मिलमा धामन सर्प पसेको थियो। उद्धार गर्न यमलाल गए। खुश्बु सधैंझैं पछि लागेर हेर्न पुगिन्। तर अचानक यमलालले छोरीलाई भने, 'ल यसको उद्धार गर।', खुश्बुलाई डर त लागेको थियो। तर बुवा साथै भएकाले आफैंलाई सम्झाइन्, 'बाबा सँगै हुन्जेल मलाई केही हुँदैन।', उनले त्यस दिनयता सात वटा अविषालु सर्प र दुइटा अजिंगर समातिसकेकी छन्। हरेक पटक उनले सर्प समात्दा यमलाल दंग पर्छन्, 'ओहो, मेरी छोरी त निडर भइछन्।', सर्प उद्धार गर्न जाँदा बाबुछोरी सँगै हुन्छन्। यमलालले अहिले खुश्बुलाई एक्लै सर्प समात्न दिँदैनन्। भनिरहेका पनि हुन्छन्, 'म नभएको समयमा जथाभावी सर्प समात्दै नहिँड्नू नि!', उनी पनि ठान्छन्- म हुन्जेल छोरीलाई केही पनि हुँदैन।, बुवाको साथ त छँदैछ, आजकाल सामाजिक सञ्जालमार्फत पनि धेरैले खुश्बुलाई चिन्न थालेका छन्। कहिलेकाहीँ सर्प उद्धार गर्नेक्रममा उनलाई चिन्नेहरूले हौसला पनि थपिदिन्छन्, 'तिमीलाई त मैले युट्युबमा देखेको थिएँ नि! छोरी मान्छे भएर पनि कति साहसिली।', भर्खर १२ कक्षाको पढाइ सकेर स्नातकको तयारी गरिरहेकी छिन् खुश्बु। फुर्सदमा सर्पबारे जानकारी लिँदै चेतनामूलक भिडिओ बनाएर सामाजिक सञ्जालमा हाल्छिन्। बुवाजस्तै समाजसेवाका रूपमा सर्प उद्धार काम अघि बढाउन चाहने उनले यसैलाई करिअर बनाउने भने सोचेकी छैनन्।, 'सायद स्नातकमा फुड-टेक्नोलोजी पढ्छु होला,' उनले भविष्यको योजना सुनाइन्।, यमलालले छोरीलाई सर्प उद्धार गर्न सिकाउनु त छँदैछ, छोरीले पनि उनलाई सिकाइरहेकी छन्। अंग्रेजी र सामाजिक सञ्जालको राम्रो ज्ञान, गुगलबाट जानकारी लिन सक्ने भएकाले खुश्बुबाट धेरै कुरा थाहा पाएको उनी बताउँछन्।, पुर्ख्यौली थलो गुल्मीबाट १८ वर्षअघि चितवन बसाइ सरेका हुन् यमलाल। त्यहीँ उनका तीन छोरी जन्मे–हुर्के। सर्पको काम गर्नुअघि १३ वर्षसम्म गाडी चालक थिए। त्यसपछि पार्टी प्यालेस खोले, सर्पको काम पनि थाले।, सर्प उद्धारमा लाग्नुको कारण सुनाउँछन् उनी, 'गाउँकी एकजना दिदीलाई सर्पले टोकेको थियो। कति दिनसम्म झारफुक मात्र गर्नु भएछ। उपचार नपाएर बित्नुभयो। त्यही भएर जनचेतना फैलाउने र समाजसेवा पनि गर्ने हिसाबमा उद्धार काम थालेको हुँ।', करिब नौ सय सर्प उद्धार गरिसकेका यमलालसँग सुरूआती दिनमा यसबारे ज्ञानै थिएन। परोपकारी भावना मात्र बोकेर उनी जथाभावी सर्प समात्दै हिँड्थे। केही सर्प विज्ञले उनीबारे थाहा पाएपछि उनको ठेगाना खोजे। अनि भेट्ने बित्तिकै गाली गरेछन्, 'बाँच्न मन छैन? जथाभावी सर्प समात्दा मरिन्छ भन्ने थाहा छ कि छैन?', त्यसरी उनको ज्यानको ख्याल राख्दै हप्काउने सर्प विज्ञहरू थिए, डाक्टर देव पाण्डे र सुनिल सापकोटा। उनीहरूबाटै यमलालले सर्पबारे धेरै ज्ञान पाए। आजकल पनि सर्प समात्दा केही अप्ठ्यारो आइपर्‍यो वा जानकारी चाहिए यमलाल उनीहरूलाई नै सम्झिन्छन्। , यिनै अनुभवका कारण उनले अहिले बुझिसकेका छन्- सबै सर्प विषालु हुँदैनन्। नेपालमा भेटिएका करिब ८० प्रजाति सर्पमध्ये २२ प्रजाति मात्र विषालु छन्। त्यसमा पनि १८ प्रजातिले टोक्दा मात्र मृत्यु हुने सम्भावना धेरै भएको यमलाल बताउँछन्। , कयौं मानिस सर्पले टोकेरभन्दा डरले भाग्दा पोलमा ठोक्किएर, तर्सेर र उपचार नपाएर मरेका उदाहरण धेरै भएको बताउँदै उनले भने, 'एक पटक ७३ वर्षे आमालाई पानी सर्पले टोक्दा बेहोस हुनुभयो। यो सर्प विषालु छैन, केही पनि हुँदैन भन्ने विश्वास दिलाउन हामीले सर्प ल्याएर आफूलाई टोकाएरै देखाउन पर्‍यो। अनि उहाँ बिना कुनै उपचार डिस्चार्ज हुनुभयो।', अधिकांश मान्छे विषालु र अविषालु सर्प खुट्याउन पनि सक्दैनन्। यमलालका चिनजानको एकजना सर्पै समात्ने साथीको निधन सर्प गोमन (विषालु) कि धामन (अविषालु) भन्ने नचिनेकै कारण भएछ। त्यसैले ज्ञान नभई त्यसको नजिक जान नहुने उनी बताउँछन्।, विषालु सर्पले टोक्यो भने उद्धारकताहरू आफैं त्यसको भागिदार हुनुपर्छ। नेपालमा बीमा नभएको र उपचार निम्ति झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने यमलालको भनाइ छ। त्यही भएर उनले छोरी खुश्बुलाई विषालु सर्पबाट टाढै राखेका हुन्। आफू पनि हातले नभई पञ्जा वा लठ्ठीले मात्र त्यस्ता सर्प समात्छन्।, सुरूआती दिनमा आफन्तले पनि उनलाई गाली गर्थे, 'तँ पागल होस्। न बीमा छ, न ज्यानलाई सुरक्षा! यस्तो जोखिमपूर्ण काम नगर्।', उनकी आमा त अहिले पनि सर्प समात्न जाने भन्दा आत्तिन्छिन्, 'कस्तो मुटु नै चिसो हुन्छ मलाई त।', यमलाल पनि भन्छन्, 'अलिकति चुक्यो कि ज्यानलाई नै जोखिम हुन्छ। त्यसैले म मान्छेलाई सर्पसँग डराउनुस् नै भन्छु। कस्तो सर्प हो भन्ने जानकारी नभएसम्म नजिक नजानुहोस्।', तर सर्पले त्यत्तिकै मान्छेलाई टोक्दैन। घरवरिपरि सफा राख्ने, प्वालहरू टाल्ने, अँध्यारोमा टर्च बालेर हिँड्ने हो भने हामी धेरै हदसम्म बच्न सक्छौं। सर्पहरूले पर्यावरणलाई सन्तुलित राख्छन्। बाली नष्ट गर्ने मुसा खाइदिने, कीराफट्यांग्रा खाइदिएर किसानलाई मद्दत पुर्‍याउँछन्। त्यसैले जति विषालु भए पनि नमार्न सर्प विज्ञहरू सुझाव दिन्छन्।, जोखिम मोल्दै सर्प उद्धार गरेबापत यमलालले जति प्रशंसा बटुलेका छन्, त्यति नै अपजस पनि खान्छन्। आफ्नो घर वा वन नजिकै उद्धार गरिएका सर्प नमारी यसै छाड्यो भनेर मान्छेहरू उनलाई गाली गर्छन्।, विषालु सर्प वा अजिंगर भेटिए उद्धारकर्ताहरू वन कार्यालयको गाडी बोलाउँछन्। जहाँ मान्छेलाई जान निषेध छ, ती वनमा लगेर छाडिन्छन्। अविषालु सर्प भने भेटिएको ठाउँबाट ५–६ मिटर पर झाडीतिर पठाइन्छ।, 'त्यो सर्प त्यही समाजको पर्यावरण सन्तुलित राख्न चाहिने भएकाले नजिकै छाड्छौं। तर मान्छेले नबुझेर तिमीहरूलाई मुद्दा हालिदिऊँ भनेर धम्कीसमेत दिन्छन्,' यमलालले गुनासो पोखे।, त्यसमाथि सरकारी निकायले उनीहरूको कामलाई सम्मान गर्नु त पर, के–कस्तो समस्या छ भनेर चासो पनि नदेखाउँदा उनलाई उदेक लाग्छ।, सर्पको काममै महिनामा आठ–दस हजार रूपैयाँ सकिने पनि उनले बताए। कहिले लौरो भाँचिएर नयाँ किन्नुपर्छ त सर्प राख्ने भाँडा, झोला, बाल्टिन लगायतमा खर्च हुन्छ। त्यसमाथि उनले सर्पसँगै अन्य प्राणीलाई उद्धार गर्ने संस्था पनि खोलेका छन्। त्यसबाट केही आम्दानी छैन, प्रत्येक वर्ष १५ हजार तिरेर संस्था नवीकरण भने गर्नुपर्छ।, पहिले त पार्टी प्यालेसले यताको खर्च धानिन्थ्यो। लकडाउनयता आम्दानीमा खडेरी लागेको छ। उनी गुनासो पोख्छन्, 'यमलालले राम्रो काम गरेको छ भनेर सबैले भन्छन्। तर उसलाई के–कस्तो समस्या छ भनेर कसैले सोध्दैनन्।', तर खर्चिलो र जोखिमपूर्ण भए पनि समाजका लागि यो काम गरिरहने बताउँदै उनी भन्छन्, 'कतिपय मान्छेले मलाई मूर्ख भन्छन्। तर म एउटा मूर्ख भएर हजारौंलाई सहयोग हुन्छ भने किन नहुने?', अहिले यमलालले आफ्नो संस्थामार्फत नजिकैका जिल्लामा सर्प उद्धार तालिम दिने योजना बनाएका छन्। उनी ठान्छन्- हरेक जिल्लामा यमलाल र खुश्बु भइदिए मान्छेहरू सर्पको डरले मर्नुपर्ने थिएन।, सर्प समात्ने बाबुछोरी
सेतोपाटी संवाददाता शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको कार्यालयमा गुलेली प्रहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेमा गुलरिया नगरपालिका-५ का ३० वर्षीय रमेश थारू रहेका छन्।, उनले बिहीबार कार्यालयमा गुलेली प्रहार गरी झ्याल ढोका फुटाएको प्रहरीले जनाएको छ।, थारूलाई गुलेली र गुलेली हान्न प्रयोग गरिने ढुंगासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।, थारूविरूद्ध सार्वजनिक हित तथा नैतिकताविरूद्धको कसुर अन्तर्गत कारबाही थालिएको प्रहरीले जनाएको छ।, शिक्षा विकासको कार्यालयमा गुलेली हान्ने युवा पक्राउ
सेतोपाटी संवाददाता आज देशका विभिन्न स्थानमा मौसम सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। शनिबार देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली छ।, प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको र भारी वर्षा हुन सक्ने विभागले बताएको छ ।, यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, ‘देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ,’ विभाज्ञले बुलेटिन जारी गर्दै भनेको छ, ‘त्यसैले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक शतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’, २०७८ असार २७ गते (आईतबार), दिउँसो: ,देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ।, राती:, देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ।, २०७८ असार २८ गते( सोमबार), दिउँसो:, देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।, राती:, देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।, चार प्रदेशमा भारी वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सतर्क रहन आग्रह
सेतोपाटी संवाददाता लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पन्ध्र महिना पहिले अस्पतालदेखि झण्डै ३ किलोमीटर टाढा रहेको बुटवल धागो कारखानामा कोभिड आईसियु सञ्चाचालन गरेको थियो ।, अस्पतालमा प्रयाप्त भौतिक संरचनाको अभावमा वर्षौदेखि बन्द रहेको धागो कारखानामा आईसियुसहितको कोभिड अस्पताल सञ्चालन गर्दा स्रोत साधन जुटाउन मात्र होइन जनशक्ति व्यवस्थापनको लागि पनि अस्पताललाई कठिन थियो।तर अहिले भने अस्पतालले आफ्नै परिसरमा सुविधासम्पन्न २० शैय्याको आईसियु थप गरेको छ।, कोभिडको संक्रमण नेपालमा फैलनुअघि ६ वटा मात्र आईसियु रहेको यो अस्पतालमा अहिले भने २० बेड थपेर २६ पुर्‍याइएको छ । त्यतिबेला ३ वटा रहेको भेन्टिलेटर संख्यालाइ २४ पुर्‍याइएको छ।, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले कोभिडको दोस्रो लहरसम्म धागो कारखानामा चलाईएको कोभिड आईसियु शुक्रबारदेखि अस्पतालको आफ्नै भवनमा सारिएको बताए। आईसियु मात्र होईन कोभिड बिरामीको संख्या कम हुँदै गएपछि कोभिड एचडियु पनि अस्पतालकै भवनमा सारिएको खनालले बताए।, कोभिड वार्ड र आईसियुको अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले उद्घाटन गरेका छन्। उनले अस्पताल परिसरमै कोभिड आइसीयु वार्ड ल्याएपछि बिरामिहरुलाई सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई सहज हुने बताए।  , यसअघि अस्पतालमा संरचनाको अभाव भएकाले धागो कारखानामा काेभिड वार्ड सञ्चालन गरिए पनि अब भने अस्पताल परिसरमै संचालन हुँदा बिरामीहरुको उपचारमा समेत छिटो र सहज हुने उनले बताए ।, अस्पतालमा अहिले संचालन गरिएको कोभिड आईसियु र वार्डलाई अस्पतालको नयाँ स्थायी संरचना निर्माणपछि इमर्जेन्सी विभागको रूपमा प्रयोग गरिने डा. खनालले बताए।, धागो कारखानाको कोभिड आईसियु अस्पतालमै सारियो
सेतोपाटी संवाददाता कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को  (शुक्रबार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरे। २०७६ पुस १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ्गले शिलान्यास गरेको सो पुलको श्रेष्ठले रिबन काटी उद्घाटन गरेका हुन्।, पुल उद्घाटन पश्चात भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले यस दीखु तां (पुल)को महत्वको बारेमा बताउँदै आफू भुमिगतकालमा पार्टीको काममा खट्दा काठमाडौंको दक्षिण–पश्चिम इलाका जोड्ने प्रमुख पुल यस दीगु पुल प्रयोग हुने गरेको बताए।, जननेता मदन भण्डारीलाई थानकोटबाट कीर्तिपुरको कार्यक्रममा भाग लिन ल्याउँदा यस पुलमा बसेर काठमाडौंको उत्तरी भागमा अवस्थित रमणीय बल्खु खोलाको अवलोकन गरेको र भावी योजनाहरू बनाएको स्मरण गरे।, पुल शिलान्यास लगत्तै कोभिडको महामारी फैलिएकोले केही ढिला भए पनि निर्धारित समयमै सम्पन्न भएकोले निर्माणको जिम्मालिएको वाइवा र लामा कन्ष्ट्रक्सनलाई धन्यवाद् दिँदै मन्त्री श्रेष्ठले कन्स्ट्रक्सनले पुल मात्र बनाउने जिम्मा लिएको र पुलको अघि र पछिको बाटो अझै फिनिसिङ हुन बाँकी रहेकोले पुनः त्यस बाटोको लागि नेपाल सरकारले बजेट राखिदिएको बताए।, स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री श्रेष्ठले नेपाल सरकारको पहिलो प्राथमिकता नै जनातको स्वास्थ्य र जनताको जीवन भएको उल्लेख गर्दै (शुक्रबार) बिहान चीनबाट ८ लाख भ्याक्सिन नेपाल आएको र एक हप्तापछि १२ लाख फेरि अर्को हप्तामा १२ लाख गरी यसै महिनामा ४० लाख भ्याक्सिन आउने त्यसैगरी अमेरिकोको जोनसन एड जोनसन भ्याक्सिन यही २८ गते १५ लाख डोज आउने बताए।, प्रत्येक नेपालीले खोप लाउन पाउने भएकोले खोप केन्द्रमा भिडभाड गर्नु नपर्ने मन्त्री श्रेष्ठको भनाइ रहेको छ ।, कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले यस दीखु तां (पुल) ऐतिहासिक र भावनासँग जोडिएको उल्लेख गर्नुहुँदै कीर्तिपुर र तिनथानाको ऐतिहासिक सम्बन्ध रहेकोमा पुल बिग्रेको कारण भावनाहरू पनि टाढिरहेको बताए।, कीर्तिपुरको विकासका लागि सडल विभागले पनि महत्वपूर्ण सहयोग गरिरहेको उल्लेख गर्दै नगर प्रमुख महर्जनले नेपाल सरकारको रातो कितावमा नभए तापनि कीर्तिपुरको विभिन्न सडकहरू बनाउनको लागि सहयोग गरिरहेकोले सडक विभागलाई धयन्वाद् दिए।, कीर्तिपुर र चन्द्रागिरि जोड्ने दीखु पुल उद्घाटन
सेतोपाटी संवाददाता डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले छाउ (महिनाबारी रजस्वला) नबार्ने १४ महिलालाई सम्मान गरेको छ। उसले आफ्ना हरेक वडाबाट दुई जना छानेर जनही ५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरेको हो। , गाउँपालिकाका सूचना अधिकारी हरिभक्त साउदकाअनुसार महिनाबारी नबारी नियमित घरव्यवहारका काम गर्दै आएका महिलालाई सम्मान गरिएको हो। उनीहरूलाई गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी र उपाध्यक्ष निर्मला देवी साउदले नगद रकम र प्रशंसापत्र हस्तान्तरण गरेका हुन्। , ‘पोहोर हामीले कार्यविधि बनायौं। यसपालिदेखि सम्मान कार्यक्रम गर्‍यौं’, अध्यक्ष बोगटीले भने, ‘गाउँपालिकाले बर्सेनी यसैगरि सम्मान गर्दै जानेछ।’ , सम्मानित हुनेहरू गदगद् छन्। ‘मैले विगत १२ वर्षदेखि छाउ नबारी घरका सबै काम गर्दै आएकी थिएँ। यसरी सम्मान पाउँदा खुसी लाग्यो’, काडामाण्डौकी कृष्णा भट्ट जोशीले भनिन्।  , त्यसैगरि बगलेककी सुनिता ठकुल्लाले ‘छाउ बार्नु हुँदैन’ भनेर जनचेतनामुलक कार्यक्रम चलाउनुपर्नेमा जोड दिएकी थिइन्। , बिहीबार आयोजित कार्यक्रममा १४ ज्येष्ठ नागरिकलाई पनि नगदसहित सम्मान गरिएको थियो। , छाउ नबार्ने सुदूरपश्चिमका १४ महिला पुरष्कृत
सेतोपाटी संवाददाता कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो ।  , नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताए। नगरपालिकाले नयाँ कार्यक्रमका रुपमा देउमाइलाई अपाङ्ता मैत्री घोषणा गरेर अपाङ्ता भएका पहेलो कार्ड भएका व्यक्तिलाई मासिक रु ५०० दिने निर्णय गरेको छ। सो नगरपालिकाले एकल पुरुषलाई समेत भत्ता दिँदै आएको छ। साथै ४५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ। यौनिक अल्पसङ्ख्यकलाई पनि मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ। , अन्य स्थानीय तहभन्दा फरक कार्यक्रमका रुपमा शुरुबाट नै यस नगरपालिकाले नगरपालिका भित्र बसोबास गर्ने नगरवासीले बच्चा जन्माउँदा पोषण सुविधा उपलब्ध गराउँदै आएको छ। त्यस्तै मृत्यु हुँदा दाहाससस्कार खर्च भनेर पनि नगद उपलब्ध गराउँदै आएको छ। जन्म र मृत्युमा नगरबासीलाई नगद ५ हजार उपलब्ध गराउँदै आएको छ । सो कार्यक्रमलाई समेत निरन्तरता दिइएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमप्रसाद दाहालले बताए।, शिक्षा, सडक मर्मत तथा निर्माण, विजुलीवत्ती, खानेपानी, कृषि तथा पशु लगायतका पुराना कार्यक्रमलाई निरन्तरता दिइएको नगरपालिकाका सूचना अधिकारी गोविन्द प्रसाद बास्तोला (गोपाल) ले बताए।, इलाममा कोभिडका कारण मृत्यु भएका परिवारलाई ५० हजार
सेतोपाटी संवाददाता कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शनिबार कैलारी गाउँपालिका-१ मा से१त ३४३४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर हुँदा दुर्घटना चालक सोही ठाउँका ३५ वर्षीय अनिश कठरियाको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले ट्याक्टर चालक चौधरीको  घटनास्थलमै मृत्यु भएको जानकारी दिए।, कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सेतोपाटी संवाददाता एक जना अटो चालकले आफ्नो अटोमा छुटेको नगद र सुनको गरगहना फिर्ता गरेका छन्।, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ७ का ३० वर्षीया मतिकला बुढाको ३७ हजार नगद र एक तोला सुनको सिक्री अटो चालक रामप्रशाद झाँर्की मगरले फिर्ता गरेका हुन्।, दाङको घोराही उपमहानगरपालिका वडा नं. १३ का २९ वर्षीय मगरले आफ्नो ग१ह २१५३ नम्बरको अटोमा बुढाले झोलासहित छोडेको नगद र सुनको सिक्री जिल्ला प्रहरी कार्यालयमा लगेर बुझाएका थिए।, बुढाले शुक्रबार घोराही-१३ बसपार्क जाने क्रममा अटोमै उक्त रकम छोडेकी थिइन्।, त्यसपछि अटो चालक मगरले बुढालाई फेला पार्न नसकेपछि उक्त रकम र सुनको सिक्री लगेर प्रहरीमा बुझाएका थिए। त्यसपछि प्रहरीले बुढाको पहिचान गरी नगद र गहनासहितको उनको झोला हस्तान्तरण गरेको थियो।, अटो चालक बुढाको इमान्दारिता देखेर प्रहरी अधिकारीले उनलाई धन्यवाद दिएका थिए।, उनले अटोमा छुटेको यात्रुको पैसा र सुनको सिक्री फिर्ता गरे
सेतोपाटी संवाददाता विराटनगरमा मदिरा सेवन गरेका भाइले आफ्नै दाजुको हत्या गरेका छन्।, मोरङको विराटनगर महानगरपालिका-५ पृथ्वी चोकका ३१ वर्षीय साजन सिंहले ४२ वर्षीय दाजु भोला सिंहको घारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।, शुक्रबार राति साढे १० बजे मादक पदार्थ सेवन गरी भाइले एक्कासी दाजुलाई घारिलो हतियारले प्रहार गरेका थिए।  गम्भीर घाइते भएका भोलाको उपचारको क्रममा विराट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।, घटनामा संलग्न भाइलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।, मदिरा सेवन गरेका भाइले धारिलो हतियार प्रहार गरी दाजुको हत्या गरे
सेतोपाटी संवाददाता पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ।, म्याग्दे गाउँपालिका–१ बरचौरमा आज बिहान ४ बजे पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको थियो।, पहिरोसँगै राजमार्गको बीचमा ठूलो ढुङ्गा समेत खसेको छ। , पहिरो हटाएर राजमार्ग एकतर्फी सुचारू गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।, शुक्रबार र आज वर्षा नभए पनि केही दिनदेखि परेको वर्षाले माटो कमजोर भएर पहिरो खसेको बताइएको छ।, ठूला ठूला ढुङ्गा खसेकाले दुईतर्फी राजमार्ग सञ्चालन गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ। रासस , पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
सेतोपाटी संवाददाता १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।, मोरङ पथरी शनिश्चरे नगरपालिका-१ दृष्टि चश्मा घरमा कार्यरत् राजेश साहलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो।, साह सप्तरीका हुन्। साहविरूद्ध जबरजस्ती करणी मुद्दामा पीडित पक्षले किटानी जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।, साह र पीडित बालिकाको परिवार एउटै घरमा भाडामा बस्दै आएका थिए।, साहले आफूलाई आँखाको डाक्टर भन्ने गरेका छन्। तर, उनी डाक्टर हुन् होइनन् भन्ने पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, घरमा नभएको बेला साहले ती बालिकालाई अश्लिल भिडियोह देखाउँदै जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।, बालिकाले परिवारलाई सुनाएपछि अभिभावकको उजुरीको आधारमा मंगलबार इलाका प्रहरी कार्यालय पथरीले डाक्टरलाई पक्राउ गरेको थियो। बालिकाको स्वास्थ्य परीक्षणपछि साहलाई जबरजस्ती करणीमा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले बताए।, १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चश्माघरमा कार्यरत् स्वास्थ्यकर्मी पक्राउ
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन्।, लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका-१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन्।, प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।, यसैबीच, सिराहा प्रहरीले विगत दुई साताको अवधिमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका नौ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ।, कैद र जरिवानाको फैसला सुनाएका फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए। रासस, इलाका प्रहरी कार्यालय लहानको हिरासतबाटै थुनुवा फरार
राजकुमार पराजुली पाँचखाल नगरपालिका-७ जोरपीपल मिर्गौला बेच्नेको दैनिक जमघटस्थल हो।, छदेखि १० सम्म समूहमा रहने उनीहरू प्रायः मदिरा सेवन गरी अस्वभाविक अवस्थामा रहने गरेको देखिन्छ।, कुनै बेला ‘बैंक अफ किड्नी’का रूपमा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको यस क्षेत्रमा मिर्गाैला विक्रीबारे समाचार संकलन तथा अनुसन्धान गर्न गएकामाथि हातपात गर्नसमेत पछि पर्दैनन् उनीहरू।, होस–बेहोसमा हुने उनीहरू ‘हाम्रो फोटो र भिडिओ लिएर जाने र पैसा कमाउने हामीलाई केही नदिने ?’ भन्दै आक्रमणमा उत्रिएका थुप्रै घटना छन्।, जानेर-नजानेर आफ्नो शरीरको महत्वपूर्ण अंग मिर्गाैला बेचेका उनीहरूको जीवनशैली दिनानुदिन कारूणिक बन्दै गएको देखिन्छ।, विशेषगरी शारीरिक र आर्थिक अवस्था निकै कमजोर भइसकेकाले आयआर्जनका वैकल्पिक काम गर्नसमेत सकेका छैनन्। उन्नाइस वर्षअघि मिर्गाैला बेचेका मण्डनदेउपुर नगरपालिका–२ ज्याम्दीका नवराज मिजार खुलेरै आफूले मिर्गाैला बेचेपछि दुखाइ कम गर्न रक्सी खाने गरेको र मिर्गाैला बेचेर आएको पैसा पनि सकेर जमिन विक्री गरेको बताउँछन्।, ‘अहिले त मैले रक्सी छाडिसकें, अब हामी मिर्गाैला बेचेका केही मिलेर शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्ने कि भनी सोच्दैछौं’, उनले भने।, उनका अनुसार ज्याम्दी तथा पाँचखालको जोरपिपल र होक्सेका मिर्गाैला बेच्ने अधिकांश मदिरा सेवन गरी आफ्नो शरीर थप कमजोर बनाउँदै घृणाका पात्र बनिरहेका छन्।, ‘मदिरा सेवनले शरीर पनि कमजोर बन्दैछ, केहीले त भएको रुखोपाखो पनि बेचेर सकिसके, आयआर्जनका काम गर्न सकिएको छैन, अनि यो भन्दा दुःखदायी के हुन्छ अब ?’  मिजारले दुखेसो पोखे।, अझ उनी जिल्लामा हुने मानव बेचबिखनसम्बन्धी सार्वजनिक कार्यक्रममा आफूले भोगेको पीडा पोख्दै लुगा खोलेर मिर्गाैला बेच्दा पेटको बायाँतर्फ शल्यक्रिया गरेको आठ इन्चको खतसमेत देखाउने गर्छन्।, उनलाई ‘दलाल’ले भारतस्थित दिल्लीमा जागिर लगाइदिने प्रलोभनमा झुक्याएर मिर्गाैला बेच्न बाध्य पारेको थियो।, दलालले गरिबीको फाइदा उठाएर झुक्यानमा पारी शरीरको महत्वपूर्ण अङ्गमध्येको एक मिर्गाैला विक्री गराउँदा पाँचखाल र ज्याम्दीको दर्जन समुदायको जीवनशैली दयनीय बन्दै गएको हो।, स्वेच्छाले मिर्गाैला बेच्नेलाई पनि भनेको रकम नदिने पीडित बताउँछन्।, एक पीडितका अनुसार मिर्गाैला बेच्ने थुपैलाई दुई चरणमा कोरोनाले थलायो। , यी समुदायमा कुनै पनि निकायले दीर्घकालीन आयआर्जनका कार्यक्रम लगेको पाइँदैन। नेपाल नाजेरत सोसाइटी नामक संस्थाले हालै जोरपीपल क्षेत्रमा निःशुल्क बाख्रा वितरण गरेको सयमध्ये ३० मिर्गाैला बेच्ने परिवारले पाए।, वडाध्यक्ष पुष्कर ढकालले विभिन्न निकायबाट चालु आर्थिक वर्षको सुरूमा पाँचखाल नगरमा आएको लक्षित समुदाय विकास कार्यक्रमअन्तर्गत करिब ८० मिर्गाैला पीडितलाई प्रदान गरिने निर्णय गरे पनि आवको अन्त्यमा अन्यत्रै लगिएको बताए।, उनका अनुसार वडामार्फत गत वर्ष भने मिर्गाैला बेचेका ८४ परिवारलाई मौरीघार वितरण गरिएको थियो।, काभ्रेबाट केही वर्षदेखि मिर्गाैला तस्करी रोकिएको अनुमान गरिए पनि २०७५ जेठ १० गते तस्करले  बनेपा नपा–२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय कुमार गिरीलाई झुक्याएर उनको एउटा मिर्गाैला भक्तपुर नपा–१ सल्लाघारीका ५१ वर्षका थर्कबहादुर बस्नेतलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराएका थिए।, केही वर्षअघि होक्से र ज्याम्दीमा चेतनामूलक कार्यक्रम गरेको जनअधिकार संरक्षण मञ्च (पिपीआर)को प्रतिवेदनमा पाँचखाल नगरका होक्से तथा जोरपिपलका ११२, पाँचखालका १०२ तथा ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गाैला बेचेको उल्लेख गरेको छ। यसमध्ये पुरूषभन्दा महिलाको सङ्ख्या तेब्बर देखिन्छ।, काभ्रेको तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २४ वर्ष अघिदेखि मिर्गाैला तस्करी हुने गरेको थियो।  , होक्से गाविस–१ स्थित एक ठकुरी परिवारका सात जनाले मिर्गाैला बेचेपछि उनीहरूले विसं २०६८ मा गाउँ नै छाडेर हिँडेका थिए। काभ्रे प्रहरीले ज्याम्दी र होक्सेमा मिर्गाैला तस्करी गर्ने सात जनालाई विसं २०७० वैशाखमा कानूनी कारबाही गरेको थियो।, मानव बेचविखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गत १० वर्ष कैद र रु दुई लाखदेखि पाँच लाखसम्म जरिवाना सजाय हुनेछ। पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानूनी व्यवस्था छ। रासस, दयनीय बन्दैछ मिर्गाैला बेच्नेको दिनचर्या
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ५ सय ४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ५३७४ जनाको पिसिआर परीक्षणबाट १२१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५१३० जनाको एन्टिजेन परीक्षणबाट ६५७ जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२८६ जना संक्रमणमुक्त भएका छन्। , यस्तै २९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ।  योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९३२० पुगेको छ।, १० हजार ५ सयमा कोरोना परीक्षण गर्दा १८७५ लाई संक्रमण, निको भए १२८६
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ४ सय २७ जना संक्रमित थपिएका हुन्।, जसमध्ये काठमाडौंमा २ सय ८७, ललितपुरमा ८२ जना र भक्तपुरमा ५८ जना संक्रमित थपिएका हुन्।, कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घन्टामा १० हजार ५ सय ४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ५३७४ जनाको पिसिआर परीक्षणबाट १२१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५१३० जनाको एन्टिजेन परीक्षणबाट ६५७ जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२८६ जना संक्रमणमुक्त भएका छन्। , यस्तै २९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ।  योसहित कोरोनाबाट निको हुनेको संख्या ९३२० पुगेको छ।,  , काठमाडौं उपत्यकामा थपिए ४ सय २७ संक्रमित
सेतोपाटी बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी बर्दघाट–सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन्। , वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको छ।, सोही वडाकै कोलियाका केही टोलमा समेत पानी पसेको छ।, स्थानीय बासिन्दाको घर गोठको भुइँतलामा पानी पसे पनि धेरै क्षति हुन भने नपाएको हुप्सेकोट–३ का वडाध्यक्ष छविलाल मिथुनले जानकारी दिए। , यस्तै, वडा नम्बर नं ३ बेलहानी र गिरुबारीबीच भागबाट गिरूवारी खोला पसेको छ।, विसं २०५७ मा जापान सरकार र नेपाल सरकारको प्रयासमा जाइकाले निर्माण गरेको तटबन्ध नै पार गरेर खोला गिरुबारीको बस्ती तथा खेतमा पसेको हो।, खेतमा बाढी पसेपछि करिब २० बिगाह क्षेत्रफलमा लगाइएको धान नष्ट भएको जनाइएको छ। , त्यहाँ करिब १०० बिगाहको खेती प्रभावित बनेको स्थानीयबासी विश्वराज लामिछानेले बताए।, यो तटबन्धलाई तत्काल व्यवस्थित गर्न नसकिए थप क्षति व्यहोर्नुपर्ने उनको भनाइ छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले नवलरासीको पूर्वी क्षेत्रमा शुक्रबारसम्म उच्च सर्तकता अपनाउन आग्रह गरेको छ। , विभागले आज नागरिकको मोबाइलमा सन्देश पठाउँदै थप वर्षा हुनसक्ने भएकाले उच्च सर्तकता अपनाउन आग्रह गरेको हो। पछिल्लो १२ घण्टामा यसक्षेत्रमा १६७.८ मिलिमिटरसम्म पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , विभागका अनुसार पछिल्लो १२ घण्टामा गिरुबारी क्षेत्रमा १२७.४ मिलिमिटर तथा जिल्लाको पहाडी क्षेत्र डेढगाउँमा १६७.८ मिलिमिटर वर्षा भएको छ।, यस क्षेत्रमा अहिले पनि पानी परिरहेकाले विनयी खोला, आरुणखोला, गिरुबारी खोला, केरुङ्गे खोला, बौलाहा खोलालगायत यस क्षेत्रका स–साना खोलामा आकस्मिक रूपमा थप बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा शुक्रबारसम्म उच्च सर्तकता अपनाउन विभागले अनुरोध गरेको छ।, मनसुन सुरू भएपछि हरेक वर्ष यस क्षेत्रमा बाढी तथा पहिरोले दुःख दिने गरेको छ।रासस, हुप्सेकोटका १५० घर डुबानमा
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन सुरू गरेको छ।, मानवअधिकारमैत्री सहरका रूपमा पाँच वर्षे रणनीतिक योजना बनाएर काम गरिरहेको बुटवल उपमहानगरपालिकाले अपाङ्गता लक्षित घरदैलो स्वास्थ्य सेवा भने पहिलो पटक सुरू गरेको हो।, शारिरीक रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई सामान्य स्वास्थ्य समस्या देखिए पनि अस्पतालसम्म लैजान गाह्रो हुने भएपछि परिवारले उनीहरूको स्वास्थ्यप्रति वेवास्ता गर्ने गर्छन्।, यही समस्यालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले उनीहरूको स्वास्थ्य अवस्थाबारे  जानकारी लिने र प्राथमिक तहको स्वास्थ्य सेवा एवं औषधि उपलब्ध गराउने भन्दै घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरू गरेको हो।, उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी र मनोपरामर्शदाता सहितको टोलीले घरदैलोमै पुगेर उनीहरूको स्वास्थ्य परीक्षण गर्न सुरू गरेको हो।, उपमहानगरका १९ वटै वडामा रहेका अपाङ्गता भएकाहरूको लगत संकलन गरी उनीहरूको अवस्थाको विश्लेषण गरेर प्राथमिकताका आधारमा घरदैलो अभियान सुरू गरिएको उपप्रमुख आचार्यले बताइन्।, बुटवलमा विभिन्न १० प्रकारका करिब १ हजार ३ सय ६५ जना अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्यांक संकलन भएको छ। अहिले सुरू गरिएको घरदैलो स्वास्थ्य सेवा भने शारिरीक रूपमा अति अशक्त अवस्थाका क र ख वर्गका अपाङ्गता भएकाहरूलाई उपलब्ध गराइने सामाजिक महाशाखा प्रमुख तुलसा अर्यालले जानकारी दिइन्।, उपमहानगर क्षेत्रमा क र ख वर्गका ३ सय २३ जना अपाङ्गता भएका व्यक्ति रहेको तथ्यांक छ। क र ख वर्गका व्यक्तिहरूलाई सेवा उपलब्ध गराएपछि ग र घ वर्गका लागि पनि सेवा उपलब्ध गराइने अर्यालको भनाइ छ।, बुटवलले अपाङ्गता भएकाहरूको अवस्था र रुचिको आधारमा विभिन्न सीपमूलक तालिम समेत उपलब्ध गराउँदै आएको उपप्रमुख आचार्यले जानकारी दिइन्।, नगर अपाङ्गता समन्वय समितिका सदस्य सावित्रा घिमिरेका अनुसार लक्षित वर्गका लागि सहायता सामग्री, उपचार, सीपमूलक तालिम, अभिभावकमा सचेतना तथा छात्रवृत्तिका कार्यक्रम सञ्चालन गरिएको छ।, त्यस्तै, उपमहानगरभित्र रहेका तीन वटा आश्रमलाई अझ व्यवस्थित बनाउने काम पनि सुरू गरिएको छ।, बुटवलको उजेलापुर, तामनगर र देवीनगरमा रहेका तीन वटा आश्रममा एक सय बढी अपाङ्गता भएका व्यक्तिहरूले आश्रय लिएका छन्।, सुस्त मनस्थिति बालविद्या मन्दिरका अध्यक्ष लोकनाथ भुसालले बुटवलले अपाङ्गता लक्षित घरदैलो स्वास्थ्य सेवा सञ्चालन गरेर नमूना काम गरेको बताए।, बिहीबारदेखि सुरू गरिएको यो अभियानको पहिलो दिन बुटवल १२ नयाँगाउँ भैरहवा टोलका दिदीबहिनी ३६ वर्षीया शीला र २७ वर्षीया सीमा मल्ल, बुटवल १६ मधैयाका १५ वर्षीया कमला पोखरेल तथा बुटवल १६ का दाजुबहिनी ३५ वर्षीय हरि र २८ वर्षीया मिना गौतमको स्वास्थ्य अवस्थाको जाँच गरी आवश्यक औषधी उपलब्ध गराएको सामाजिक महाशाखा प्रमुख अर्यालले जानकारी दिइन्।, घरदैलो अभियानमा जनस्वास्थ्य अधिकृत उमा थापा, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बुटवलका मेडिकल अफिसर आशीर्वाद अर्याल र शिक्षक सकुन्तला न्यौपानेले सहजीकरण गरेका छन्।,  , अपांगता भएका व्यक्तिलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिँदै बुटवल उपमहानगर
सेतोपाटी संवाददाता कैलालीमा तीन वर्षीय बालकको हत्या गरेको आरोपमा प्रहरीले दुई जना किशोरीलाई पक्राउ गरेको छ।, टीकापुर नगरपालिका वडा नम्बर १ स्थित मुनुवा रोडका दीलिप विष्टका तीन वर्षीय छोरा गोलु भन्ने विवेक विष्टको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।, प्रहरीले विवेककी दिदी नाता पर्ने १५ वर्षकी किशोरी र लम्कीचुहा नगरपालिका घर भई टीकापुरमा डेरा गरी बस्ने उनकी १४ वर्षकी साथीलाई नियन्त्रणमा लिएको हो। मृतक विवेक र पक्राउ परेका दिदीका हजुरबुवाहरू दाजुभाइ हुन्।, उनीहरू एकै ठाउँमा जोडिएको घरमा बस्छन्।, विवेकको शव मंगलबार साँझ साढे ५ बजे टीकापुर-४ घोयली उपभोक्ता वनस्थित कुलो किनारमा फेला परेको थियो। शव घोप्टो परेको अवस्थामा फेला परेको हो।, प्रहरीले शवको पोष्टमार्टमको लागि टीकापुर अस्पताल पठाएको थियो।, विवेक गत सोमबार ती दिदीसँग जामुन खान भनी घरबाट निस्किएका थिए। तर पछि बालक सम्पर्कविहीन भएपछि उनका बुवाले इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिएका थिए।, प्रारम्भिक रूपमा विवेककी दिदीसँग सोधपुछ गर्दा आफू घरबाट करिब १३० पर गएको तर रूखमा जामुन नभएको हुँदा विवेकलाई फर्किन भनेको बताएकी थिइन्।, तर विवेक घर नगई आफन्तको घरमा जाने भन्दै जिद्दी गरेपछि आफूले आफन्तको घर नजिकै छाडेर साथीको घरमा किताब लिन गएको बताएकी थिइन्।, विवेक फेला नपरेपछि प्रहरीले अनुसन्धानको क्रममा तालिमप्राप्त कुकुरसहितको टोली खटाएको थियो।, अनुसन्धानको क्रममा विवेकको शव ती किशोरीको घरबाट करिब ५ सय मिटर उत्तरमा रहेको जमरा कुलोको आसपास हुनसक्ने आशंकासहित प्रहरीको टोली खटिएको थियो।, खोजी गर्नेक्रममा प्रहरीले मंगलबार साँझ शव फेला पारेको हो।, अनुसन्धानकै क्रममा किशोरीले दिएको बयान तथ्यसँग गलत भएको भन्दै शंका गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो। , 'हामीले ती किशोरीको बयानअनुसार मानिसहरूलाई भेटेर सोधपुछ गर्‍यौं तर भनेअनुसार केही नभएको पाएपछि शंका भयो,' प्रहरी उपरीक्षक अधिकारीले भने।  , किशोरीले आफ्नी साथीलाई घटना भएकै दिन दुइटा चाँदीको बाला राख्न दिएको खुलेको थियो। प्रहरीले बाला परिवारसँग सनाखत गराउँदा विवेकको भएको खुलेको थियो।, प्रहरीले अनुसन्धान गर्दा पछि ती किशोरीले नै बालकको हत्या गरेको खुलेको हो।, अधिकारीका अनुसार दिदीले पारिवारिक रिसइबीका कारण मार्ने योजना बनाएकी थिइन्।, 'उनीहरूको हजुरबुवाका दाजुभाइका खलकहरू हुन्। बालिकाको मनोवैज्ञानिक रूपमै आफ्ना अंकल मन नपराउने प्रकारको रहेछ,' प्रहरी उपरीक्षक अधिकारीले भने,' हामीलाई अंकलले सहयोग नपर्ने, पीडामा हुँदा पनि वास्ता नगर्ने खालको व्यवहारका कारण भएको भनेकी छन्। हामीले अझै यसको विस्तृत कुरा निकाल्न बाँकी नै छ।', ती किशोरीले पनि जामुन खाने बहानामा बनाएर आफूले जमराको कुलोमा लगेर खसालेको कुरा स्वीकार गरिसकेको उनले बताए। खसाल्नु अघि उनले बालकको खुट्टामा लगाइएको बाला निकालेर आफ्नी साथीलाई दिएकी थिइन्।, उनीहरूले साथीसँगै बजार गएर बाला बेच्नेसमेत प्रयास गरेका थिए। प्रहरीले बाला मृतककी दिदीकी साथीसँग भेटेपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। , प्रहरीले ती किशोरीहरूलाई बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान अघि बढाउने तयारी थालेको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न धनगढी लगिँदै गरेको प्रहरीले जनाएको छ।, तीन वर्षीय बालकको हत्या आरोपमा दुई किशोरी पक्राउ
सेतोपाटी संवाददाता झापाको मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ताराकान्त झाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।, भद्रपुर नगरपालिका–८, किरातस्थित कोलोनीको भित्री सडकखण्डमा बुधबार राति साढे ११ बजे भद्रपुरबाट चन्द्रगढीतर्फ जाँदै गरेको मे २ प २५२५ नम्बरको मोटरसाइकलले ना ३ ख ८५४२ नम्बरको सडकमा रोकिराखेको ट्रकका चालकलाई ठक्कर दिएका थिए।, झाले ट्रकमा सामान लोड गर्दै गरेका ट्रकका चालक बुद्धशान्ति गाउँपालिका–१ स्थित होक्सेका ३५ वर्षीय कमल ढुंगेललाई ठक्कर दिएका थिए।, दुर्घटनामा परी मोटरसाइकल चालक झाको टाउकोमा गम्भीर चोट लागेको र ट्रक चालक ढुंगेललाई टाउको र खुट्टामा चोट लागेपछि दुवै जनालाई उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल पठाइएको थियो।, ओमसाईमा उपचार सम्भव नभएपछि झालाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको थियो।, उनको उपचारको क्रममा सोही अस्पतालमा बिहीबार बिहान साढे २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक ढुंगेलको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।, भद्रपुरका ५० वर्षीय झा मेची बहुमुखी क्याम्पसका रसायन शास्त्र विभागका उपप्राध्यापक थिए।, मोटरसाइकल दुर्घटना हुँदा उपप्राध्यापक ताराकान्त झाको मृत्यु
सेतोपाटी संवाददाता दाङको दंगिशरण गाउँपालिकाबाट एक जना व्यक्ति भरुवा बन्दुकसहित पक्राउ परेका छन्। , गाउँपालिकाको वडा नं. ३ ड्वाङड्वाँङेका २४ वर्षीय मेघराज पुन मगर भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।, बुधबार राति १० बजेतिर स्थानीय तिलकन्या सामुदायिक वनमा वन्यजन्तुको सिकार खेल्न भनेर भरुवा बन्दुक बोकेर जाँदै गरेका पुनलाई प्रहरीले सुराकका आधारमा पक्राउ गरेको हो। , स्थानीय सामुदायिक वनको ड्वाङड्वाङे चौरमा पुनलाई भरुवा बन्दुकसहित हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। , मगरबारे आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।, भरुवा बन्दुकसहित एक युवक पक्राउ
सेतोपाटी संवाददाता बिहिबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका पाल्पाका एक बालकको दिउँसो शव फेला परेको छ।, बुधबार रातिदेखी परेको अविरल वर्षाको कारण गएको पहिरोमा परी तिनाउ गाउँपालिका वडा नंं ५ गिट्टीखानीका ४ वर्षीय बालक आरोप परियार बिहिबार बिहानैदेखि बेपत्ता थिए। ४५ वर्षीय वीरबहादुर गुरूङको भने बिहानै शव भेटिएको थियो।, उक्त पहिरोमा परी पाँच वटा घर पुरिएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले पहिरो पन्छाउने क्रममा गुरूङको शव बिहीबार बिहानै फेला परे पनि बालकको भने दिउँसोमात्र फेला पारिएको बताए।  , उक्त पहिरोमा परी स्थानीय ७५ वर्षीया सुन्दरी गुरूङ, २६ वर्षीय रमेश परियार, २४ वर्षीय पूजा परियार, ७५ वर्षीय बल बहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिलबहादुर राना र १५ वर्षीय दिपेश पुन घाइते भएका छन्।, घाइतेमध्ये ७५ वर्षीया सुन्दरी गुरूङको अवस्था गम्भीर रहेको त्वातीले जानकारी दिए।, उनीहरू सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।, अविरल वर्षपछि गएको पहिरोले घरसँगै सडक समेत बगाएको छ।, पहिरोले वीरबहादुर गुरूङ, रमेश परियार, नरबहादुर राना, हरी दर्लामी र बलबहादुर पुनको घर पुरिएको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिए।, उनीहरूलाई स्थानीय कल्याणी आधारभूत विद्यालयमा राखिएको घर्तीमगरले बताए।, घर्तीका अनुसार सडकदेखि माथि रहेको चुनढुङ्गा उत्खनन् क्षेत्रबाट झरेको पहिरोले घरबस्तीे बगाएको हो।, पहिरो झरेका कारण बुधवार रातीदेखि अवरूद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्ड अझै सञ्चालन हुन सकेको छैन।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार वर्षापछि गएको पहिरोका कारण सिद्धबाबा, झुम्सा, पानी मिल, हिउँदे खोला, लामेदमार लगायतका आधा दर्जन बढी स्थानमा सडक अवरूद्ध भएको छ।, डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले सडकमा खसेको पहिरो हटाएर सडक सञ्चालन गर्ने काम भइरहेको बताए।, पाल्पा पहिरो: बेपत्ता बालकको शव फेला
सेतोपाटी संवाददाता सल्यानको कपुरकोट गाउँपालिकाले गर्भवती तथा दुई वर्षसम्मका बच्चाका लागि पोषिलो खानेकुरा किन्न आर्थिक सहयोग प्रदान गरेको छ। , गाउँपालिकाले एक हजार तीन सय ९८ जना गर्भवती महिला र दुई वर्षसम्मका बालबालिकाको लागि पौने १७ लाख बढी रकम वितरण गरेको छ। , सुनौलो हजार दिन कार्यक्रम अन्तरगत पोषिलो खानेकुरा किनेर खानका लागि १६ लाख ७७ हजार ६०० रूपैयाँ वितरण गरिएको छ।, उसले पौष्टिक खाद्य तत्वसहितको झोला पनि वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए। ,  , बच्चाको ८० प्रतिशत वृद्धि विकास गर्भावस्थादेखि दुई वर्षका बीचमा हुने हुँदा त्यस्ता महिला तथा बालबालिकाको सन्तुलित भोजनका लागि रकम वितरण गरिएको खड्काले बताए। , खड्काले भने,‘गाउँपालिकाका  ६ वटै वडामा कर्मचारी खटाएर अण्डा तथा माछामासु किनेर खानका लागि जनही एक हजार र गेडागुडी किनेर खानका लागि जनही दुई सय रूपैयाँ वितरण गरिएको हो।’  , यसैबीच कपुरकोट ३ मा बिहीबार पोषिलो झोला वितरण गर्दै गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले घरमै उत्पादन हुने पौष्टिक तत्व चिन्न र त्यसको अधिकतम प्रयोग गर्न आग्रह गरे।, गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले सुनौलो हजार दिन अन्तर्गत खास गरेर बच्चामा कुनै पनि किसिमको कुपोषण नदेखियोस् भन्ने हेतुले गाउँपालिकाले पोषण क्षेत्रमा लगानी गरिरहेको बताइन्।,  , कपुरकोटका ६ वटै वडाका सुनौलो हजार दिनका महिलाहरूलाई २ किलोको पौष्टिक खाद्यतत्वको झोला वितरण गरिएको उनले बताइन्। ,  , कपुरकोटले बाँड्यो गर्भवती महिला र दुई वर्षसम्मका बच्चाको पोषणका लागि पौने १७ लाख
सेतोपाटी संवाददाता भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ।, बुधबार राति १० बजेदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक शुक्रबार बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्।, सो स्थानमा वर्षा शुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ।, एक साताभन्दा बढी समयदेखि सो ठाउँमा पटक–पटक पहिरो खसेर दुःख दिइरहेको छ। पानी परे लगत्तै पहिरो खस्ने समस्या छ।, नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
रासस कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ।, माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो।, श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको अपरान्ह साढे ३ बजे निधन भएको हो।, लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो। एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ।, स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस सङ्क्रमणका कारण होमआइसोलेशनमा छन्। छ दिनअघि उनीहरुलाई सङ्क्रमण पुष्टि भएको थियो।, सङ्क्रमित सबै होमआइसोलेशनमा थिए। मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित रहेको बताइएको छ। स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ।, इलाममा बिहीबार थप २२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ। सङ्क्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो।, जिल्लाभर ३७१ सङ्क्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। दश स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ सङ्क्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र सङ्क्रमित रहेका छन्।, हाल गाउँगाउँमा सङ्क्रमण बढ्दै गएपछि जिल्लावासी त्रसित बन्दै गएका छन्। सवारी सञ्चालन र लकडाउन खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि सङ्क्रमण बढ्न थालेको हो।, कोरोनाले श्रीमान्–श्रीमतीको एकैदिन मृत्यु
रासस अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोल पम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।, बिहीबार साँझ काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प ९६५२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको बाँयापट्टिको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका भट्टराईको मध्यपुर अस्पताल थिमिमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।, काठमाडौंबाट भक्तपुर आउँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु
एजेन्सी अमेरिकी खोप निर्माता कम्पनी फाइजर इन्कले आफूले बनाएको कोरोनाभाइरसविरूद्धको खोप लगाएकाहरूले बुस्टर डोज पनि लगाउनु पुर्ने बताएको छ। बुस्टर डोज नलगाए फाइजरका दुबै डोज लगाएकाहरूलाई पनि ६ महिनापछि संक्रमण दर बढ्ने उसको भनाइ छ। , बुस्टर डोजलाई अनुमति दिन उसले अर्को महिना अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) मा निवेदन दिने भएको छ।, फाइजरले दुबै डोज खोप लगाएको ६ महिनापछि फेरि संक्रमण हुन सक्ने सम्भावना र निकै संक्रामक डेल्टा भेरियन्टको फैलावटका कारण बुस्टर डोज लगाउनु पर्ने देखिएको बताएको छ।, एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले भने संयुक्त विज्ञप्ति जारी गर्दै कोरोनाविरूद्ध पूर्ण खोप लगाइसकेका अमेरिकीहरूलाई तत्काल बुस्टर डोज नचाहिने बताएका छन्। केही अरू वैज्ञानिकहरूले पनि बुस्टर डोजको आवश्यकतामाथि प्रश्न उठाएका छन्।, फाइजरका चिफ साइन्टिफिक अफिसर माइकल डोल्स्टेनले पछिल्लो समय इजरायलमा फाइजर खोपको प्रभावकारिता घट्नुको कारण उनीहरूले गत जनवरी वा फेब्रुअरीमा खोप लगाउनु भएको बताए। अर्थात् उनीहरूले खोप लगाएको ६ महिना बितेकाले प्रभावकारिता कम भएको उनको भनाइ छ। इजरायलको स्वास्थ्य मन्त्रालयले गत महिना फाइजर खोपको प्रभावकारिता ६४ प्रतिशतसम्म झरेको बताएको थियो। सुरूमा फाइजरको खोपको प्रभावकारिता ९५ प्रतिशत थियो।  , ‘डेल्टा भेरियन्टविरूद्ध पनि फाइजर भ्याक्सिन निकै सक्रिय हुन्छ,’ एक अन्तर्वार्तामा डोल्स्टेनले भनेका छन्,‘तर छ महिनापछि फेरि संक्रमण हुने सम्भावना बढी हुन्छ किनभने एन्टिबडी घट्दै जान्छ।’, इजरायलमा के भएको हो भन्नेबारे फाइजरले विस्तृत तथ्यांक सार्वजनिक गरेको छैन।, ‘त्यो सानो तथ्यांक हो तर मलाई लाग्छ जे देखिएको छ त्यो सही हो: खोप लगाएको छ महिनापछि डेल्टाजस्तो निकै संक्रामक भेरियन्ट फैलिएपछि फेरि संक्रमण हुनसक्छ,’ डोल्स्टेनले भनेका छन्।, एफडिए र सिडिसीले भने वैज्ञानिकहरूको सल्लाहका आधारमा कहिले बुस्टर डोज लगाउने भन्नेबारे आफूहरूले निर्णय गर्न बताएका छन्।, अमेरिकामै पनि ८० वर्षमा थिका व्यक्तिहरूमा छ महिनापछि खोपको प्रभावकारिता घटेको फाइजरकै तथ्यांकले देखाएको डोल्स्टेनले बताएका छन्।, उनका अनुसार बुस्टर डोज लगायो भने शरिरमा एन्टिबडीको मात्रा ५ देखि १० गुणासम्म बढ्ने देखिएको छ। केही युरोपियन मुलुकहरूले फाइजरको बुस्टर डोजका लागि कुरा गरिसकेको र अमेरिकामा स्वीकृति पाउनुअघि नै उनीहरूले बुस्टर डोज लगाउन थाल्ने डोल्स्टेनले बताए।, फाइजरले भन्यो- बुस्टर डोज नलगाए खोप लगाएकाहरूमा पनि संक्रमण दर बढ्ने
सेतोपाटी साँझमा धिपधिप बल्ने सोलार बत्ती। कहिलेकाहीँ बदली हुँदा सोलार नबलेपछि फुफु गर्दै झरो बाल्नुपर्ने बाध्यता। साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ। सुनसान, एकान्त अनकन्टार। न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन्, न त गृहिणीले उज्यालोमा घरधन्दा नै गर्न पाउँछन्। यसरी नै कैयौं पुस्ताले जीवन बिताएको पिमी गाउँ भनेर चिनिने कैलाशका ३५० घरधुरीमा अहिले केन्द्रीय प्रसारणबाट विद्युतीकरण भएको छ।, जयपृथ्वी नगरपालिकाको दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीयबासी खुसी भएका छन्।, नगरपालिका भएको भए पनि वर्षौंदेखि झरो र सोलार बालेर दैनिकी चलाउँदै आएका वडा नं १ कैलाश गाउँका प्रत्येक घरमा बिजुली बलेपछि उनीहरू खुसी भएका हुन्। , जयपृथ्वी नगरपालिका–१, कैलाशका रवीन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताए।, विकले भने, ‘गाउँमा बत्ती नभएर मोबाइल चार्ज नहुँदा सम्पर्कविहीन हुनुपर्थ्यो, अब त्यो समस्या हटेको छ। अहिले घरघरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सजिलो भएको छ।’, बल्लतल्ल सडक पुर्‍याए पनि यहाँ केन्द्रीय प्रसारण लाइन पुग्न सकेको थिएन।, नगरपालिकाका अरू वडा र अन्य क्षेत्रमा बलेको बिजुली हेर्दै रात काट्ने यहाँका बासिन्दा आफ्नै गाउँघरमा बिजुली बल्न थालेपछि आफूलाई भाग्यमानी सम्झन्छन्।, स्थानीयबासी ६२ वर्षीय केशवबहादुर सिंहले भने, ‘गाउँमा बिजुली बत्ती आउला र झलमल्ल उज्यालोमा बसौंला भन्ने आशाको त्यान्द्रो बनेको थियो। धेरैले हामीलाई आशा देखाउँथे, बत्ती वर्षौंसम्म आएन, हाम्रै पालामा बिजुली बालौंला भन्ने आशा पनि मर्न लागिसकेको थियो। आज गाउँमा बत्ती पुग्यो, साँच्चै खुसी लागेको छ।’, प्रसारण लाइन गत वैशाखमै पुर्‍याएर जेठदेखि बाल्ने योजना भए पनि पोल गाड्न र तार तान्न ढिलाइ भएको वडाध्यक्ष गगनबहादुर सिंहले बताए।, गाउँमा बिजुली पुगेपछि घरधन्दा गर्नेदेखि विद्यार्थीलाई अनलाइन कक्षा लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न तथा कम्प्युटर चलाउन सजिलो भएको छ।रासस, राष्ट्रिय प्रसारण लाइन पुगेपछि कैलासबासी खुसी
सेतोपाटी संवाददाता असार २३ भित्र अधिकार सम्पन्न वार्ता टोली गठन नगरे सामूहिक राजीनामा दिएर प्रधानमन्त्री कार्यालय घेर्ने चेतावनी दिएका बिपी प्रतिष्ठान धरानका आन्दोलनकारी त्यसबाट पछि हटेका छन्। , कोभिड महामारीका बेला प्रतिष्ठानमा सयौं बिरामी उपचाररत रहेको र तिनको स्वास्थ्य अधिकार कुण्ठित गर्ने गरी राजीनामा दिनु उपयुक्त नभएको ठहर गर्दै सामूहिक राजीनामाको निर्णय स्थगन गरिएको संयुक्त संघर्ष समितिले जनाएको छ। , प्रधानमन्त्री केपी शर्मा ओली सहितको राजनीतिक नेतृत्व गैरजिम्मेवार बनेको आरोप आन्दोलनकारीले लगाउँदै आएका छन्।, आन्दोलनरत चिकित्सक–विद्यार्थीले ‘प्रतिष्ठानमा उपचाररत सयौं बिरामीको स्वास्थ्य अवस्था र महामारीको विषम अवस्थामा सामूहिक राजीनामाले समस्या ल्याउने ठहर गरेको बताएका छन्। , ‘विपी प्रतिष्ठानमा देखिएको प्रणालीगत असफलता र त्यसले निम्त्याएको बेथिति विरुद्धको हाम्रो अभियान आन्दोलनका रुपमा जारी छ’, संयुक्त संघर्ष समितिका संयोजक डा एसपी रिमालले सेतोपाटीसँग भने ‘तर यो बेला हामी नै राजीनामा दिएर हिँड्दा ती बिरामीहरुको अवस्था झनै समस्या हुने भयो। मौसमी प्रतिकूलताले विरामी थपिने क्रम पनि जारी रहेका बेला हामीले जनताको स्वास्थ्य अधिकारको सम्मान गर्दै राजीनामा स्थगन गरेका हौं। आन्दोलन भने  जारी राखेका छौं।’, असार १५ को उपकुलपतिको मदिरा काण्डपछि आन्दोलनकारीले प्रतिष्ठानका पदाधिकारीसँग वार्ता नगर्ने बरु सात दिनभित्र उच्चस्तरीय वार्ता टोली गठन गर्न माग गरेका थिए। अन्यथा सामूहिक राजीनामा दिएर प्रधानमन्त्री कार्यालय घेर्ने घोषणा उनीहरुको थियो।, प्रतिष्ठानको  संयुक्त संघर्ष समितिले उपकुलपति सहितका चार जना पदाधिकारीसँग वार्ता नगर्ने बरु उनीहरुको बहिर्गमनलाई आन्दोलनको न्यूनतम मुद्दा बनाउँदै आन्दोलन चर्काएका छन्। आन्दोलनकारीको माग स्वास्थ्य मन्त्रालयले भने अस्वीकार गरिरहेको छ।, स्वास्थ्य मन्त्रालय अथवा प्रधानमन्त्री कार्यालयले गठन गर्ने अधिकार सम्पन्न टोलीसित मात्रै वार्ता गर्ने अडानसहित आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीलाई मन्त्रालयले प्रतिष्ठानकै पदाधिकारीसँग वार्ता गर्न दबाब दिँदै आएको छ।, मन्त्रालयले डा रोशन पोखरेल र डा मदन उपाध्यायलाई ‘समन्वय’ गर्न भन्दै धरान पठाएपछि आन्दोलनकारीले स्वास्थ्य मन्त्रालयले आफ्नो माग अस्वीकार गरेको ठहर गरेका थिए।, ‘हामी आफ्नो मागमा अडिग छौं’, संयुक्त संघर्ष समितिले भनेको छ ‘अब आन्दोलनका थप कार्यक्रम तय हुनेछन्।’, सामूहिक राजीनामाबाट पछि हटे बिपी प्रतिष्ठानका आन्दोलनकारी
सेतोपाटी संवाददाता काभ्रेको बनेपास्थित पुल बजारको सडक डुबानमा परेको छ।, गए रातिदेखि परेको वर्षाका कारण सडकमा पानी जम्मा भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा पानी जम्मा भएकोले निकास दिने काम सुरू गरिएको छ।, जेसिबी प्रयोग गरेर सडकमा जम्मा भएको पानी निकास दिइने प्रहरीको भनाइ छ। खोलामा आएको भेल बजारमा पसेपछि आज बिहानदेखि सडक अवरूद्ध छ।, प्रहरीले साना सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। बर्खा लागेसँगै वर्षेनी बनेपाको पुल बजार क्षेत्रमा पानी जम्मा भएर सडक अवरूद्ध हुने गरेको छ।, हेर्नुस् तस्बिरहरू:, सबै तस्बिरहरू: देवराज केसीको फेसबुकबाट।, बनेपाको पुलबजार सडक डुबानमा (तस्बिरहरू)
सेतोपाटी संवाददाता सरकारले चीनबाट किनेको कोरोनाविरूद्ध दिइने ८ लाख डोज खोप नेपाल आइपुगेको छ।, शुक्रबार बिहान नेपाल बायुसेवा निगमको जहाजले खोप काठमाडौं ल्याइपुर्‍याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ।, सरकारले भेरोसेल खोप ल्याएको हो। खोप लिन बिहीबार निगमको जहाज चीन गएको थियो।, ६० वर्ष उमेर समूहकालाई लगाउन सरकारले खोप ल्याएको हो। , खोप लिनका लागि निगमको जहाज अब दुईपटक चीन जाँदैछ। असार ३१ र साउन ७ मा निगमको जहाज चीन जानेछ। खोप लिएर साउन १ र असार ८ मा जहाज नेपाल तालिका छ।, सरकारले करिब ४० लाख खोप चीनबाट ल्याउन लागेको छ।, आइपुग्यो सरकारले चीनबाट किनेको कोरोनाविरूद्धको खोप
नारायण खड्का ५७ वर्षीय यज्ञबहादुर बस्नेत नजिकैको जलासय हेरेर दंग परिरहेका थिए। आफ्नो गाउँमा यति धेरै पानी जम्मा भएको उनले कहिल्यै देखेका रहेनछन्। तुलसीपुर उपमहानगरपालिका-१८ का बस्नेतलाई केही दिनअघि  हामीले दूध गेजेरी सोताको जलासय नजिक भेटेका थियौं।, उनी किसान हुन्।, दिउँसो १ बजेको टन्टलापुर घाममा भेटिएका बस्नेतले पहिले आफ्नो पीर सुनाए। यतिखेर उनको पीर एउटै थियो, धानको बिउ रोप्ने भइसकेको छ तर  खेतमा पानी छैन। दूध गजेरी तुलसीपुरको अग्लो तथा पहाडी भू-भाग हो। पानी परे पनि एकै छिनमा तर्किएर बगिहाल्छ। सिँचाइ कुलोको प्रबन्ध छैन। आकासे पानीको भरमा दूध गजेरी क्षेत्रमा वर्षामा धान रोपिन्छ।, आफ्नो दु:ख सुनाएपछि बस्नेतले सुखको कुरा पनि सुनाए।, 'यो दु:ख अब यही वर्षमात्र हो,' उनले नजिकैको जलासय हेर्दै भने।, पानीले भरिभराउ दूध गजेरीको जलासय हेरेर उनीमात्र होइन अरू स्थानीय किसान पनि खुसी छन्।  किनभने अर्को सालदेखि चाहेको समयमा खेतीपाती गर्न पाउने छन्।, ‘सरहरूले, अब दूधे गजेरी सोता (जलासय)बाट आसपासका गाउँमा बाह्रैमास सिँचाइका लागि पानी उपलब्ध हुन्छ भन्नुभएको छ,’ बस्नेतले भने, ‘सायद अर्कौ वर्ष मैले धान रोप्न यसरी पानीको अभावमा तड्पिनु पर्ने छैन।’, यो जलासय देखेर उनका सपनाले पनि हाँगा हालिसकेका छन्।, भनिए जस्तै पानी बाह्रैमास उपलब्ध भए मौसमअनुसार तरकारी तथा फूलफूल खेती गर्ने उनले बताए।, ‘अब त यो ठाउँ मालामाल हुन्छ नि, यो ठूलो पोखरीमा हामी मिलेर माछा पाल्ने सल्लाह भइरहेको छ,’ बस्नेतले भने, ‘हाम्रा खेतबारी अब पक्कै पनि बाह्रैमास हराभरा हुने छन्।’, उनले आफ्नो ठाउँमा विकास आउने र काँचुली फेर्ने सम्झेर आफूहरू दंग रहेको बताए।, उनले भने, ‘अब त पिछडिएको हाम्रो गाउँ-ठाउँ पनि चम्किने भयो, मानिसहरू तलाउ हेर्न र रमाउन आउन थाले भने यहाँ होटेल तथा पसलहरू पनि खुल्ने छन्।’, यो जलासय निर्माणको काम यसै वर्षदेखि सुरू भएको हो। ५० प्रतिशत पनि काम भएको छैन। अझै पनि ड्याम निर्माणले पूर्णता पाइसकेको छैन। बढी भएको पानी निकासको लागि नहर निर्माण गर्नुछ। सिँचाइ प्रणालीका लागि नहर र पानी तान्न लिफ्ट निर्माण गर्नु छ।, दूध गजेरी सोता जलासय निर्माण उपभोक्ता समितिका अध्यक्ष शेषमनि कुँवरले जलासयबाट झन्डै चार सय किसानको खेतबारीमा बाह्रैमास प्रत्यक्ष सिँचाइ सुविधा पुग्ने बताए।, ‘यो सोतामा सानो पानीको मूल भए पनि हालसम्म त्यो भण्डारण गर्न नजान्दा त्यसै बगेर जाने गरेको थियो। किसानलाई बालीमा पानी पुग्दैनथ्यो,’ कुँवरले भने, ‘जलासय बनाएर सकेपछि बाह्रैमास सिँचाइ हुन्छ।', जलासय निर्माण पूरा भएमा किसान मात्र नभई त्यहाँको जैविक विवधता संरक्षण गर्नसमेत सहज हुने उनको भनाइ छ।, अध्यक्ष कँवरले जलासयनजिकै पार्क निर्माण लगायतका संरचना बनाइने जानकारी दिए। एउटा रबरबोट सञ्चालन गर्ने  र किसानका समूह बनाएर माछा पालेर आम्दानीको स्रोत पहिल्याउने योजना उनले सुनाए। , यो जलासय बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले निर्माण थालेको हो। आयोजना प्रमुख राजु आचार्यले तुलसीपुर वडा नम्बर १८ र १९ को सीमानामा पर्ने उक्त जलासय डिपिआर अनुसार दुई लाख घनमिटर क्षमताको छ। जसबाट आसपासको ६० हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य राखिएको छ।, दुई वर्ष अघिदेखि जलासय निर्माणका लागि सर्भे लगायतका काम भए पनि यसै वर्षमात्रै काम सुरू भएको हो। ड्याम निर्माणको काम भइरहेको हुँदा त्यसपछि मात्रै सिँचाइका लागि थप संरचना निर्माण सुरू गरिने आचार्यले बताए।, उनका अनुसार जलासयबाट लिफ्टिङ प्राणालीमार्फत् खेतबारीमा सिँचाइको प्रबन्ध मिलाइने छ। डिपिआरअनुसार लिफ्टसहित एक करोड ८३ लाख लागतमा जलासय निर्माणको काम भइहेको छ। यही आर्थिक वर्ष भित्र जलासयको निर्माण कार्य सक्ने लक्ष्य छ।, बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले धमाधम जलासय निर्माणको अभियान चलाएको छ। आयोजनाका सूचना अधिकारी शान्तराज गौतमले हाल जिल्लाका विभिन्न १४ स्थानमा यस्ता जलासय निर्माण भइरहेको जानकारी दिए।, त्यहीमध्ये अर्को जलासय तुलसीपुर १८ को दूधरासस्थित पृर्थली कुईरेसोतामा पनि निर्माण गरिएको छ। पृर्थली कुईरेसोता जलासय जल उपभोक्ता समितिका कोषाध्यक्ष बिष्णुप्रसाद खुलालले साढे ३ बिगाहा क्षेत्रफलमा खाडल बनाई १ करोडको लागतमा उपभोक्तामार्फत् जलासय निर्माणको काम भइरहेको जानकारी दिए।, अहिले त्यहाँ झन्डै ६/७ मिटरभन्दा बढी गहिरो पानी भण्डारण भइसकेको छ। यो जलासयबाट १२७ हेक्टर जमिनमा बाह्रैमास सिँचाइको सुविधा पुर्‍याउने लक्ष्य लिइएको छ।, ड्याम निर्माणको काम पुरा भइसकेको हुँदा हाल त्यहाँ आउटलेट निर्माणको काम भइरहेका छ।, दूधरास निकै सुख्खा ठाउँ भएको हुँदा किसानको खेताबारीमा सिँचाइको प्रबन्ध गर्ने विकल्पको रूपमा जलासय निर्माण भइरहेको खुलालले बताए। यहाँ पनि लिफ्ट सिष्टमबाट पानी किसानको खेतबारीमा पुर्‍याइने छ।, खुलालले उक्त जलासयमा झन्डै दुई लाख जति माछाको भुरा राख्ने तयारी गरिएको बताए। त्यहाँ पिकनिक स्पट, रबरबोट सञ्चालन, पार्क निर्माण लगाएका संरचना निर्माण गरिने भएको छ। , त्यस्तै घोराही उपमहानगरपालिका-२ र ४ को सीमानामा सेरेसोतामा पनि जलासय सिँचाइ आयोजना निर्माण गरिएको छ। ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने उदेश्यका साथ यो जलासय निर्माण गरिएको हो। अहिलेसम्म ८० लाख जति लागत भइसकेको भए पनि डिपिआरसहितको स्टिमेट झन्डै दुई करोडको रहेको सेरेसोता जल उपभोक्ता समितिका अध्यक्ष गोविन्दबहादुर भण्डारीले बाताए।, उनका अनुसार उक्त जलासयको क्षमता हाल ३ लाख घनमिटरको छ। झन्डै १४ मिटर बढी पानी भण्डार रहेको अनुमान गरिएको छ। अझैं यसको ड्याम दुई मिटरमाथि उठाउने योजना बनाइएको छ। त्यसपछि उक्त जलासयमा ६ लाख घनमिटरसम्म पानी भण्डारण हुने अनुमान छ।, जलासय निर्माण भएपछि स्थानीय किसान खुसी भएको र कतिपयले त अहिलैदेखि बाह्रैमास खेतीपाती गर्न थालेको भण्डारीले जानकारी दिए।, घोराहीको रामपुरस्थित चेपेदहमा घोराही उपमहानगरपालिकाले आफैं निर्माण गरेको अर्को जलासय छ। उक्त जलासयमा सिँचाइ प्रणालीको विकास र विस्तारको काम भने बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले गरिरहेको छ। जलासयको चारैतर्फ गरी ५ वटा लिफ्ट निर्माण गरिएको छ। जसका लागि आयोजनाले ८४ लाख रुपैयाँ खर्च गरिसकेको छ।, किसानको खेतबारीमा पानी पुर्‍याउन नहर निर्माणको काम पनि त्यसैबाट हुनेछ। ती लिफ्टहरूमा विद्युत जडानका लागि आयोजनाले टेन्डरको आह्वान गरिसकेको आयोजनाका सूचना अधिकारी शान्तराज गौतमले जानकारी दिए।, त्यस्तै, तुलसीपुर उपमहानगरपालिका-१४ भोजपुरमा बबईको पानी किसानको खेतबारीमा पुर्‍याउन सोलार लिफ्ट आयोजना निर्माण पूरा भएको छ। ८९ लाखको लागतमा भोजपुरको गनारीमा बबईको पानी लिफ्टिङमार्फत तानेर सिँचाइको प्रबन्ध गरिएको छ‍।, त्यसको लागि बबई नदीबाट पाइप लाइन, इन्टेक, त्यो पानी तान्न सोलारको प्यानल बोर्डको स्थापना, पानी भण्डारण गर्नका लागि ओभरहेड ट्याङ्की, किसानको खेतबारीमा पानी डोर्‍याउन पक्की नहरहरू निर्माण गरिएको लिफ्ट सिँचाइ आयोजनाका अध्यक्ष आनन्दकुमार नेपालीले बताए। ९४ लाख ५६ हजार बढीको लागतमा लिफ्ट सिँचाइ योजना निर्माण भएको उनले जानकारी दिए।, त्यसबाट ३० बिगाहा जति जमिनमा सिँचाइ गर्न सकिन्छ।, बर्षातको बगेर खेर जाने पानीलाई भण्डारण गरी राख्ने र हिउँद तथा सुख्खा मौसममा सिँचाइको प्रबन्ध मिलाउने उद्देश्यका साथ दाङमा अहिले बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले धमाधम जलासय निर्माणको अभियान चलाइएको छ।  , आयोजनाका सूचना अधिकारी गौतमले हाल जिल्लाका विभिन्न १४ स्थानमा यस्तै जलासय र २६ स्थानमा सिँचाइका लागि लिफ्ट निर्माणको काम भइरहेको जानकारी दिए। त्यसैगरी जिल्लाका थप ३३ स्थानमा पोखरी निर्माणको योजना तय गरिएको गौतमले बताए। जसका लागि आर्थिक वर्ष २०७७/०७८ मा बिनियोजित बजेट २ अर्ब ९३ करोड ७० लाखमध्ये शतप्रतिसत खर्च भएको छ। , जिल्लाको ५६ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ पुर्‍याउने उदेश्यका साथ २०७३ असार १२को मन्त्रिपरिषदको निर्णयबाट बृहत दाङ सिँचाइ आयोजना लागु भई कार्यान्वयमा आएको हो। जसको मुख्य कार्यालय तुलसीपुरमा छ।, यो सिँचाइ आयोजनाको उद्देश्य सल्यान र रोल्पा नदीहरूबाट जल स्थान्तरण गर्ने तथा जिल्लाकै आन्तरिक जलस्रोतको उचित व्यवस्थापन गरी दाङ उपत्यकामा बाह्रै महिना भरपर्दो सिँचाइ सुविधा पुर्‍याउने छ। दाङ उपत्यकामा यो आयोजना २०८३/०८४ सम्म रहने अनुमान गरिएको छ। योजनाअनुसार काम गर्न झन्डै ४० अर्ब लागत चाहिने अनुमान गरिएको छ।, दाङ उपत्यका मरूभूमिकरण भइरहेको भन्दै सर्वत्र चिन्ता जाहेर भइरहँदा बृहत सिँचाइ परियोजनाले थालेको प्रयासले यो उपत्यका जलासयमय बन्ने आशा गरिएको छ। यसअघि घोराही क्षेत्रमा घोराही नगरले झन्डै २ दर्जन जति यस्ता जलासय बनाइसकेको छ।, दाङ उपत्यकामा लिफ्टबाट सिँचाइ गर्ने योजना, धमाधम बन्दैछन् जलासय
सेतोपाटी संवाददाता झापाको चारआली चन्द्रगढी भित्री सडकमा कार अनियन्त्रित भई दुर्घटना हुँदा शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ।, भद्रपुर न.पा. ९ चारआली चन्द्रगढी सडकखण्डको देवकोटा चौकस्थितमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको बा १६ च ८१८२ नं. को कार आफैं अनियन्त्रित भई देवकोटाको शालिक कम्पाउण्डको वालमा ठोक्किँदा कार चालक विर्तामोड न.पा. १ बस्ने  ४६ वर्षीय  ज्ञानुराम प्रसाइँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, दुर्घटनाबाट बायाँ खुट्टा र भित्री चोट लागेर गम्भीर घाइते भएका उनको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।, कारको अगाडिको भाग पूर्ण रूपमा क्षति भएको छ।, घटनास्थल जिल्ला प्रहरी कार्यालय झापाबाट ३ किलोमिटर उत्तरपश्चिम रहेको प्रहरीले जनाएको छ।, मृतक ज्ञानुराम नेकपा एमाले झापाका नेता तथा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंका श्रीमान हुन्। उनी नेकपा एमालेका विर्तामोड नगर कमिटीका पूर्वअध्यक्ष समेत हुन्।, झापामा कार दुर्घटना हुँदा एकको मृत्यु
सेतोपाटी संवाददाता रौतहटको चन्द्रपुरमा दुई पक्षबीच झडप भएको छ।, चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्तीपुरमा राति करिब पौने ११ बजे दुई पक्षबीच झडप भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज कोइरालाले जानकारी दिए।, दुई पक्षबीच झडप हुँदा १० जना सामान्य घाइते भएको उनले बताए।, झडप हुँदा ६ वटा मोटरसाइकल र एउटा स्कुटर समेत जलाइएको थियो।, झडप हुँदा स्थानीय श्रीराम चौधरीको कच्ची घरमा समेत क्षति पुगेको प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिए।, उनका अनुसार जग्गा सम्बन्धी पुरानो विवादका कारण उनीहरूबीच झडप भएको थियो।, झडप भएपछि राति प्रहरीको टोली खटिएर स्थितिलाई नियन्त्रणमा लिएको थियो।, रौतहटको चन्द्रपुरमा दुई पक्षबीच झडप, १० घाइते
सेतोपाटी बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो। धनुषाकी एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ।, अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्याहारसुसार र सहजरूपमा आमाको न्यानो काखमा हुर्कन पाउन समस्या उत्पन्न भएको छ। , जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि बन्धक बनेकी हुन्।, ब्यथा लागेपछि यही असार १७ गते बेगम खातुन अस्पताल भर्ना भएकी थिइन्। शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी बेगमलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो तर उपचार खर्चबापत रु एक लाख १० हजार बुझाउन नसक्दा उनी चार दिनदेखि बन्धक बनेकी छिन्। , अस्पताल प्रशासनले उनलाई जनरल वार्डमा राखेर घर जानबाट बञ्चित गरेको छ।, बेगमकी ३१ वर्षीय श्रीमान मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न सकेको छैन।, लकडाउनका कारण देखाएर ऋण नपाउँदा उनी अस्पतालमा चार दिनदेखि घेरिएको समीर नदाफले बताए। , दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका समीरको न आफ्नो घर छ, न त काम।, उनले भने, ‘दैनिक ज्याला मजदूरी गरी हातमुख जोर्ने गरेको हामी, लामो समयसम्म भएको लकडाउनका कारण काम नपाएर छाक टार्न नै मुस्किल भएको बेला अस्पतालको उपचार खर्च कसरी जुटाऊँ ?’, उनले उपचार खर्च तिर्न नसक्दा आफ्नो श्रीमती र नवजात शिशु घर ल्याउनको लागि भनी चार पाँच दिनदेखि गाउँमा चारैतिर चन्दा संकलन गरिरहेको बताए।, उनले भने, ‘सबैतिर गाउँमा डुलेर श्रीमती र नवजात शिशुलाई अस्पतालको खर्च जुटाउनका लागि चन्दा मागे, अहिले रु ५० हजार जति संकलन भयो तर अझ रु ६० हजार घटेको छ।’, उता अस्पताललाई तिर्नुपर्ने बिल बढेकोबढ्यै छ। यता बेगमको श्रीमान समीर भने पैसाको खोजीमा गाउँमा भौंतारिइरहेका छन्।, ‘एउटा झोला र कापी लिएर हिँडेको छु’, दुःख सुनाउँदै उनले भने, ‘कोरोनाको बेला घर नआउनुस् भन्दै कसैले चाहिँ टाढैबाट झोलामा पैसा हाल्दिनुहुन्छ। सबैको नाम र दिएको पैसा कापीमा टिपेको छु।’, समीरले बसोबास गर्ने बस्तीमा पनि प्रायः सबै गरिब नै छन्  तर, सकेको सबैले सहयोग गरेका छन्। प्रतिघर रु २० देखि ५०० सम्म सहयोग प्राप्त भएको उनले बताए।, ‘यसरी कहिलेसम्म उपचार खर्च तिर्ने पैसा जम्मा हुने हो, पत्तो छैन’, मलिन अनुहारमा उनले दुखेसो पोखे।, शल्यक्रिया र औषधिको लागि ऋण खोजेर उनले करिब-करिब रु ५० हजार उपचारमा सकिसकेका छन्।, उनले भने, ‘अब दुई रूपैयाँ पनि तिर्न सक्ने अवस्थामा छैन।’, यसरी श्रीमती अस्पतालमा छन्, श्रीमान् पैसाको खोजीमा गाउँ टोलमा भौंतारिँदै छन्।, समीरले कुनै मनकारी मनले उपचार खर्चका लागि सहयोग गर्न चाहे ९८१८०२६४४० मा सम्पर्क गर्न आग्रह गरेका छन्। , बच्चा र आमाको स्वास्थ्य अवस्था अहिलेसम्म ठिक छ। तर उपचार खर्च चाँडो जुटाउन नसके गाह्रो हुनसक्ने उनको दुःखेसो छ। , अस्पताल प्रशासनले बिरामीको आर्थिक अवस्था हेरेर केही छुट गर्न सक्ने तर सबै उपचार खर्च मिनाहा गर्न नसकिने बताएको छ। अस्पताल प्रशासनकाअनुसार दुवै बच्चालाई आइसियूमा राखेर उपचार गर्नुपरेकाले खर्च बढेको हो।, अस्पतालले गर्नसक्ने जति सक्दो छुट गर्ने बताएको छ। , सुत्केरी अस्पतालमा 'बन्धक': श्रीमान पैसाको खोजीमा भौंतारिँदै
नरेन्द्रसिंह कार्की गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका- १ छांगरु तथा तिंकरका बासिन्दा र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्‍यो।, सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत् खाद्यान्न ढुवानी गरियो। व्यासमा बस्ने नागरिक र सुरक्षाकर्मी पनि खुसी भए। , छ महिना पुग्ने खाद्यान्न ढुवानी गरिएपछि खुसी नहुने कुरो पनि भएन। हाल आएर अहिलेसम्म सरकारले दोस्रोपटक यहाँका नागरिक र सुरक्षाकर्मीका लागि खाद्यान्न ढुवानी गरेको छैन।, सर्वसाधारणले गत वैशाखमा बसाइँसराइ (स्थानीय सौका समुदायको भाषामा कुञ्चा) सर्ने बेला थोरै-थोरै खाद्यान्न घोडा र खच्चरमा लगेर जीविका चलाउँदैछन्। , सौका समुदायले भारतीय बाटो हुँदै खाद्यान्न ढुवानी गरेका थिए। भारतीय एसएसबीसँग हारगुहार गरेर खाद्यान्न गाउँ पुर्‍याइएको थियो। अहिले पछिल्लो समय व्यास- १ छांगरुको गागास्थित सशस्त्र प्रहरीले भारतीय समकक्षीसँग अनुरोध गरेर खाद्यान्न ढुवानी गर्नु परेको छ। , मित्रवत् व्यवहार भएका कारण खाद्यान्न, तरकारीलगायत सामग्री ढुवानी गरेर जोहो चलेको बताइएको छ।, समकक्षीसँग सम्बन्धका कारण छांगरुमा रहेका सशस्त्र प्रहरीले आवश्यक सामग्री ढुवानी गर्ने गरेका छन्। नेपालको बजारबाट खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन। बाटोघाटो छैन। गाडी त परै जाओस्, मान्छे हिँड्नसमेत बाटो छैन। , सशस्त्र प्रहरीलाई खाद्यान्न किन्न पूरै भारतीय बजारमै निर्भर हुनु परेको छ। धार्चुला बजारबाट गाडीमा सीतापुलसम्म खाद्यान्न ढुवानी गरेर छांगरु पुर्‍याउनुपर्ने बाध्यता सशस्त्र प्रहरीलाई छ।, अहिले पनि धार्चुलाबाट खाद्यान्न ढुवानीको तयारी थालिएको छ। गत मङ्गलबार भारतको गर्वाधार क्षेत्रमा पहिराले सडक अवरूद्ध भएपछि खाद्यान्न ढुवानी गर्न सकेको छैन। भारतयतर्फको पहिराले नेपालतिरको कल्जु क्षेत्रमा बाटो भत्काएको छ।, सशस्त्र प्रहरीको क्वाटर मास्टर (खाद्यान्न व्यवस्थापन गर्ने व्यक्ति) ले नै धार्चुला बजारमा खरिद गरेर पठाउनुपर्ने बाध्यता छ। सबैभन्दा सजिलो उपाय भनेको हेलिकप्टर नै हो।, सरकारले हेलिकप्टरमार्फत ढुवानी गर्नमा चासो नदेखाएपछि सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले भारतीय सडक र भारतीय बजारबाटै खाद्यान्नको जोहो गर्नुपरेको छ।, बिओपी स्थापना गर्दा २०७७ वैशाखमा छ महिनाका लागि सैनिक हेलिकप्टरबाट खाद्यान्न व्यवस्थापन गरियो। त्यसपछि भने खाद्यान्न व्यवस्थापनलगायत न सेनाको हेलिकप्टर प्रयोग भयो, न वैकल्पिक व्यवस्थापनको पहल भयो। , सुरूमा खाद्यान्न लगायतका सामग्री सबै हेलिकप्टरमार्फत् ढुवानी गरियो। कात्तिकपछि हेलिकप्टर आउनै छाडेको छ।, ‘गत जेठमा नेपाल प्रहरीको खाद्यान्न र बन्दोबस्ती हेलिकप्टरमार्फत् ढुवानी भयो, हाम्रा लागि अझै सरकारले हेरेको छैन’, सशस्त्र प्रहरीको गुनासो छ। , सीमावर्ती बजारमा राशनकार्डवाहक भारतीयले चामल प्रतिकिलो भारु तीनदेखि पाँचमा पाउँछन्।, भारतीय सुरक्षाकर्मीका लागि नियमित हेलिकप्टरमार्फत राशन, पोषणयुक्त सामग्री सबै ढुवानी हुन्छ।, उनीहरूले खानुपर्ने सबै प्रकारका राशन सहजरूपमा पाइरहेका छन्। अण्डा र मासु पनि नियमित उनीहरूले पाइरहेका छन्। नेपालतिरका सुरक्षाकर्मीले पाउनुपर्ने राशन सुविधासमेत पाउन सकेका छैनन्। , सदरमुकाम खलङ्गाबाट व्यासको छांगरु तिङ्कर पुग्न चारदेखि पाँच दिन समय लाग्छ। सडक पुगेको छैन। बाटो घाटो राम्रो छैन। सबै ठाउँमा जोखिम मोलेरै आवतजावत गर्नुपर्ने यहाँको बाध्यता छ। त्रिदेशीय सीमा जोड्ने गरी निर्माण भइरहेको खलंगा–तिकर सडक खण्डको १२ वर्षमा ४३ किलोमिटर मात्रै ट्रयाक खुलेको छ। गाडी ४० किलोमिटरसम्म मुस्किलले मात्रै सञ्चालन छ। त्यो पनि हिउँदयाममा मात्रै। बर्खामा यो सडक पनि बन्द रहन्छ। रासस , व्यासमा खाद्यान्न ढुवानी गर्न सशस्त्र प्रहरीलाई सास्ती
सेतोपाटी संवाददाता खुकुरी प्रहार गरी साथीको हत्या आरोपमा संखुवासभामा एक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-१ तिलार नयाँबस्तीका २४ वर्षीय मुकेश तामाङ छन्।, चिचिला गाउँपालिका-२ घर भई दिदीको घरमा बस्दै आएका २६ वर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, शुक्रबार बिहान घरदेखि करिब ५ सय मिटर दक्षिण खोल्सामा उनको शव फेला परेको थियो।, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट गएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको थियो।, तामाङले पुरानो रिसिइबीको कारण बिहान राति २ बजे पेमालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।, संखुवासभामा खुकुरी प्रहार गरी साथीको हत्या
सेतोपाटी संवाददाता विदेशमा राम्रो काम नपाएको भन्दै पैसा फिर्ता माग्न गएका आफन्त र ‘एजेन्ट’का परिवारबीच झडप हुँदा सप्तरीमा एक जनाको मृत्यु भएको छ। , मृत्यु हुनेमा खडक नगरपालिका-९ लालपट्टीका ५८ वर्षीय मोहम्मद दाउद मियाँ छन्।, झडप हुँदा टाउकोमा चोट लागेका उनको छिन्नमस्ता अस्पताल राजविराजमा मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।, टोलमा बिहीबार राति साढे ११ बजे दुई पक्षबीच झडप भएको थियो।, झडप हुँदा अर्को पक्षले चिर्पट र बाँसको भाटाले मियाँको टाउकोमा प्रहार गरेका थिए।, गम्भीर घाइते भएका मियाँलाई अस्पतालमा लगिएकोमा मृत्यु भएको थियो। डिएसपी काफ्लेका अनुसार मृतकको शव परिवारले बुझिसकेका छन्।, झडपमा संलग्न अर्को पक्षका मानिस भने फरार छन्। उनीहरूको खोजी भइरहेको छ।, काफ्लेका अनुसार इरारुल मियाँ र आजिब मियाँलाई मृतकका नाति मोहम्मद तनाबुलले विदेश पठाएका थिए। आफ्नो मेनपावर कम्पनी नभएका उनले ‘एजेन्ट’को भूमिका खेलेका थिए।, सात महिनाअघि दुबई गएका मियाँ दाजुभाइले राम्रो काम नपाएको भन्दै परिवारलाई गुनासो गरिरहेका थिए।, ‘कि राम्रो काम दिलाउनुपरो कि पैसा फिर्ता दिनुपरो भनी मियाँ दाजुभाइका आफन्त गएका थिए, यसक्रममा वादविवाद हुँदै झडप भएको थियो,’ काफ्लेले भने।, तर, उनीहरूले के कति पैसा फिर्ता मागेको भन्ने विषय खुलिनसकेको उनले बताए।, ‘मृत्यु भएको परिवार शोकमा रहेकाले के कसो हो भनेर तत्काल बुझ्न सकिएको छैन,’ काफ्लेले भने।, घटनासम्बन्धी जाहेरी आइनसकेको र अहिले ठाडो निवेदनमात्रै आएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए।, जाहेरी आएपछि घटनाको अनुसन्धान थालिने काफ्लेले बताए।, विदेशमा राम्रो काम नपाएको भन्दै पैसा फिर्ता माग्न जाँदा सप्तरीमा झडप, ‘एजेन्ट’का हजुरबुवाको मृत्यु
सेतोपाटी संवाददाता बंगलादेशको एक खाद्यान्न उद्योगमा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ।, पूर्वी ढाकाको रूपगन्जस्थित औद्योगिक क्षेत्रको एक खाद्यान्न प्रशोधन गर्ने उद्योगमा बिहीबार साँझदेखि आगलागी भएको थियो। झन्डै २४ घन्टादेखि आगलागी हुँदा कम्तीमा पनि ५२ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ।, आगलागी भएपछि केही कामदार भाग्न सफल भए पनि त्यहाँ अड्किएका ५२ जनाले ज्यान गुमाएका हुन्।   , प्रहरी तथा प्रत्यक्षदर्शीहरूका अनुसार हशेम फुड एन्ड बेभेरेज फ्याक्ट्रीमा आगलागी सुरू भएको थियो।, 'आगलागी नियन्त्रणमा आएपछि हामी भित्र गएर खोजी तथा उद्धारको अपरेसन सुरू गर्छौं। त्यसपछि कोही मृत थपिएको भए त्यसको जानकारी दिन सक्छौं,' अग्नि नियन्त्रण संस्थाका प्रवक्ता देवाशिस वर्धनले भने।, आगलागीमा परी अन्दाजी झन्डै ३० जना मानिस घाइते भएका छन्। सुरूमा प्रहरीले तीन जनाको मात्रै मृत्यु भएको जानकारी गराएको थियो। तर पछि अग्नि नियन्त्रकहरू भवनका माथिल्ला तलामा जाँदै गर्दा मृतकको संख्या ह्वात्तै बढेको हो।, ढाकाका फायर डिपार्टमेन्टका प्रमुख दिनुमोनी शर्माका अनुसार भवनमा जम्मा गरी राखेको विभिन्न  रसायन तथा प्लास्टिकहरूका कारण ठूलो आगोलागी भएको हो।, भित्र कति जना फसेका थिए भन्ने कुरा अहिले खुलिनसकेको प्रहरीले जनाएको छ।, बंगलादेशको एक खाद्यान्न उद्योगमा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु
सेतोपाटी संवाददाता रत्नपार्कस्थित आकाशेपुलको भित्तामा बनाएको चित्रको फोटो अग्रपंक्तिमा खटिनेहरू आबद्ध भएका विभिन्न संघ–संस्थालाई दिइएको छ। काठमाडौं महानगरपालिकाले हटाएको चित्र पुनः बनाउने स्वीकृति नदिएपछि शुक्रबार कलाकारहरूले पत्रकार महासंघ र चिकित्सक महासंघलाई फोटो उपहार दिएका हुन्।, उनीहरू प्रहरी प्रधान कार्यालयमा समेत आजै चित्र दिने योजनामा छन्। यो चित्र कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका चिकित्सक, प्रहरी, स्वयंसेवी, पत्रकार, शव व्यवस्थापक, सफाइकर्मी लगायतको सम्मानमा करिब एक साता लगाएर बनाइएको थियो। दुजाङ शेर्पाको नेतृत्वमा उक्त चित्र कलाकारहरू सांगे थिन्ले लामा, किपा शेर्पा, सुमिना श्रेष्ठ लगायतले कोरेका थिए।, अब यो चित्र फोटोमा मात्र सीमित भइसक्यो। उनीहरूले दिन खोजेको सन्देश भने सधैं रहोस् भन्ने हिसाबमा यसरी फोटो हस्तान्तरण गरिएको कलाको नेतृत्व गरिरहेका दुजाङ शेर्पाले बताए।, 'त्यो फोटो भित्ताबाट हटे पनि मन-मस्तिष्कबाट हटेको छैन। हामीले गर्न खोजेको कामको मर्म र फ्रन्टलाइनरहरूप्रतिको सम्मान सधैं कायम होस् भन्ने हामी चाहन्छौं,' उनले भने, 'त्यो फोटो देख्दा उहाँहरूको मनोबल बढोस् र आफूले गरेको काममा खुसी पनि मिलोस् भन्ने हाम्रो चाहना हो।', महानगरपालिकाले भित्तामा चित्र कोर्नु नियम विपरित भएको भन्दै हटाएको थियो। तर धेरैले यसको विरोध जनाएका थिए। पछिल्लो पटक कलाकारहरूले पुनः भित्ते चित्र बनाउन अनुरोध गर्दै महानगरपालिकालाई ज्ञापन पत्र पनि बुझाएको थियो। तर महानगरले प्रस्ताव अस्वीकार गर्‍यो।, 'हामी एकपटक फेरि महानगरपालिकालाई पहल गर्छौं,' दुजाङले भने, 'उहाँहरूले दिनुभएन भने पनि ठीकै छ। हामी कतै न कतै त्यो चित्र पुनः बनाउने योजनामा छौं। हामीले व्यक्तिगत ठाउँमा पनि चित्र बनाउने प्रस्ताव राखिरहेका छौं।', महानगरपालिकाले मेटाएको चित्रको फोटो 'फ्रन्टलाइनर' हरूको संस्थालाई उपहार
सेतोपाटी संवाददाता झापा गाउँपालिकाको सानो माइखोलामा डुबेर एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा झापा गाउँपालिका वडा २ सडकबाडी बस्ने ५१ वर्षीय विष्णुबहादुर लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनी गाउँमा ‘कलकत्ते’ नामले परिचित थिए।, तीन दिनदेखि बेपता भएका उनी बुधबार सानो माइखोलामा बनेको हुलाकी राजमार्गको पक्की पुलको दुई सय मिटर दक्षिण मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।,  ‘दिउँसो १२ बजे उनका परिवारजनले कुमरखोद इलाका प्रहरी कार्यालयमा मानिस हराएको निवेदन दर्ता गराएका थिए। निवेदन दर्ता भएपछि कुमरखोदका प्रहरी नायब निरीक्षक नारायण प्रधान नेतृत्वको टोलीले शव फेला पारेको हो,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले भने।, लिम्बु खोजीका लागि सशस्त्र प्रहरी बल टाघनडुब्बाका बिओपी प्रमुख सचिन प्रधानसहितको टोली पनि परिचालन गरिएको थियो।, संयुक्त प्रहरी टोलीले सानो माइखोलामा खोज्ने क्रममा खोलाको बीच भागबाट बुधबार दिउँसो २ बजे शव फेला पारेको थियो।, घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, तीन दिनदेखि माइखोलामा हराएका व्यक्तिको शव भेटियो
सेतोपाटी संवाददाता पन्ध्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, इटहरीकी ती किशोरीलाई बलात्कार गरेको आरोपमा सुन्दर हरैंचा नगरपालिका-६ का २१ वर्षीय दिलीप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।, जेठ २० गते ती किशोरीमाथि बलात्कार भएको थियो। इलाका प्रहरी कार्यालयको टोलीले एक महिनापछि श्रेष्ठलाई लुकिछिपी बसिरहेको अवस्थामा घरबाटै पक्राउ गरेको हो।, उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ। जबरजस्ती करणी मुद्दामा उनीमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकमसहित जुवाको खालबाट पाँच जुवाडे पक्राउ परेका छन्। , पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३७ वर्षीय खड्गबहादुर वली, तुलसीपुर ५ का ३७ वर्षीय शरन श्रेष्ठ, तुलसीपुर ६ का ४१ वर्षीय मिन केतन गिरी, घोराही उपमहानगरपालिका वडा नं. ७ का ४१ वर्षीय बिनोद खाती र घोराही १५ का ३१ वर्षीय छबि गिरी छन्। , दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले तुलसीपुर १० स्थित झग्गुप्रसाद बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बेलुका साढे ६ बजे पक्राउ गरिएको सेतोपाटीलाई जानकारी दिए।, उनीहरूमाथि जुवा ऐन अन्तरगत मुद्दा चलाएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।, तुलसीपुरबाट झन्डै डेढ लाख रकमसहित ५ जुवाडे पक्राउ
रासस कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि आजदेखि तीन उडान हुने भएको छ।, नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि जहाज त्यसतर्फ जाने बताए।, सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो। उनकाअनुसार आज साँझ निगमको विमान खोप लिनका लागि चीन जाँदै छ। जहाजले असार २५ गते खोप ल्याउने छ।, यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ।, “आजदेखि तीनपटक जहाज खोप लिनका लागि चीन जाने छ। परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने एकिन छैन,’ उनले भने।, उनले पहिलोपटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको एकिन थाहा हुने बताए। चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो।, खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्रथामिकताका आधारमा लगाउने उनको भनाइ रहेको छ।, यस्तै सरकारलाई कोभ्याक्स सुविधामार्फत समेत छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ।, मन्त्रालयका प्रवक्ता डा. पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिवद्धता अनुसार बाँकी खोप दिने तयारी गरिरहेको जानकारी दिए।, यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो। नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ। नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ।, अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ।, खोप लिन आज चीन जाँदै निगमको जहाज, असार ३१ र साउन ७ मा फेरि जाने
रासस युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले पक्राउ गरेको छ।, गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन (भाइबर, ह्वाट्सएप) मार्फत सट्टेबाजी गराइरहेको अवस्थामा पोखरा महानगरपालिका–६ लेकसाइडस्थित एक होटलबाट पोखरा–२७ तालचोकका १८ वर्षीय सुलभ सुवेदीलाई पक्राउ गरेको हो।, सुवेदीलाई मंगलबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।, उनलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत सट्टेबाजी गर्न नहुने कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।, युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकमसहित पाँच जना जुवाडे पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का ३७ वर्षीय खड्गबहादुर वली, तुलसीपुर ५ का ३७ वर्षीय शरन श्रेष्ठ, तुलसीपुर ६ का ४१ वर्षीय मीनकेतन गिरी, घोराही उपमहानगरपालिका वडा नम्बर ७ का ४१ वर्षीय बिनोद खाती र घोराही १५ का ३१ वर्षीय छवि गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले तुलसीपुर १० मा रहेको झग्गुप्रसाद बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको बताए।, उनीहरूलाई बुधबार बेलुकी नियन्त्रणमा लिइएको थियो। उनीहरूविरूद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।, झन्डै डेढ लाख रकमसहित तुलसीपुरबाट ५ जुवाडे पक्राउ
सेतोपाटी संवाददाता अविरल वर्षापछि खसेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरूद्ध छ।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिरो हटाउने काम सुरू गरिएको छ।, सेतीदोभानमा पहिरो खसेको छ। उक्त पहिरो हटाउन आज बिहान ६ बजेदेखि दुइटा जेसिबी प्रयोग गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले बताए।, एक सातादेखि यो सडकखण्डमा पहिरो खस्ने क्रम बढेको छ। पहिरोका कारण यात्रुले दु:ख पाएका छन्। ढुंगासहित खसेको पहिरोले सवारी साधनमा क्षतिसमेत पुर्‍याउने गरेको छ।, प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दै आएको छ। सेतीदोभानमा पहिरो खसेपछि दुबैतर्फ सडक अवरूद्ध छ भने खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। , पृथ्वी राजमार्ग पनि अवरूद्ध, पृथ्वी राजमार्गको तनहुँ खण्ड पनि अवरुद्ध भएको छ।, म्याग्दे गाउँपालिका वडा नम्बर ४ मा बाढीको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।, पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए।, पहिरोले बिहानैदेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध
सेतोपाटी संवाददाता मनसुनी वायुको प्रभावले बिहीबार बिहानैदेखि देशका विभिन्न स्थानमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महशाखाले आज देशभरि मनसुनी वायुको प्रभाव रहेको बताएको छ।  त्यही कारणले अहिले प्रदेश नं १, गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशका केही भू-भागमा साथै कर्णालीको थोरै भागमा भारी वर्षा भएको छ भने र अझै भारी वर्षा हुन सक्ने देखिएको छ।, ‘आसपासका क्षेत्रमा रहेका खोला नाला बढ्न सक्ने, पहिरो जान सक्ने र बाटोहरू बन्द हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनुहोला,’ महाशाखाले भनेको छ।, महाशाखाका अनुसार मनसुनी वायु अझै केही दिन सक्रिय रहनेछ।, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान, २०७८ असार २४ गते (बिहिबार), दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २,  बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा  मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।, राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।, २०७८ असार २५गते (शुक्रबार), दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।, राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, २०७८ असार २६ गते (शनिबार), दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा  मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।, राती: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा  मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।, मनसुन फेरि सक्रिय, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
नारायण खड्का अविरल वर्षापछि घर भत्किँदा दाङमा तीन महिनाकी शिशुको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान ३ बजेतिर घर भत्किँदा शिशुको मृत्यु र उनकी आमा र दिदी घाइते रहेको प्रहरीले जनाएको छ।, घरको भित्ता भत्कँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मनिषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरी घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले सेतोपाटीलाई बताए।, घाइते आमा-छोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। घटनास्थलबाट शिशुको शव निकालिएको छ। घर नजिकैको गोठ भत्किँदा घरमा क्षति पुगेको थियो।, घर भत्किँदा तीन महिनाकी शिशुको मृत्यु, आमा र दिदी घाइते
रासस तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन्। , ऋषिङ ८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।, श्रेष्ठका अनुसार आज बिहान ५:३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरा खस्दा पुरेको हो। बेपत्ताको स्थानीयले खोजी कार्य गरिरहेका छन्।, डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध, पहिरो हटाएर सञ्चालनमा आएको डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ।, बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो।, बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुर सडकखण्ड अवरुद्ध भएको बताए।, गत मङ्गलबार पहिराले अवरुद्ध भएको उक्त सडकखण्ड चार दिनपछि आंशिक सञ्चालनमा आएको थियो।, पहिरोमा पुरिएर तनहुँमा एक बेपत्ता
सेतोपाटी संवाददाता झापामा सडक छेउमा जमेको पानीमा डुबेर एक जना वृद्धको मृत्यु भएको छ।, शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का ७५ वर्षीय नराध्वज लिम्बुको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार सडक किनारमा जमेको पानीमा डुबेर बुधबार बेलुकी लिम्बुको मृत्यु भएको हो। उनी हिँडिरहेका बेला चिप्लेर पानीमा डुबेका थिए।, उनी छिमेकी एक व्यक्तिको दाहसंस्कारमा गएर फर्कंदै गर्दा लडेका थिए। उनले मादक पदार्थ सेवन गरेको प्रहरीको भनाइ छ। पानीमा उनको टाउको डुबेको थियो।, प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।, सडक छेउमा जमेको पानीमा डुबेर झापामा वृद्धको मृत्यु
रासस नेपाल टेलिकमको टावर निर्माण गर्दा ज्याला नपाएको भन्दै मजदुरले नलगाड नगरपालिका–८ गराइलाको टावर बन्द गरेका छन्।, डोल्पा, रुकुम पश्चिमको गोतामकोटको टावरलाई लिङ्क दिनका लागि यो टावर निर्माण गरिएको थियो।, टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताए।, हप्ता दिनदेखि टावर बन्द गरिँदा जाजरकोटको नलगाड नगरपालिका, रुकुम पश्चिमको आठबीसकोट र डोल्पाको मुड्केचुलामा रहेका टावर बन्द भएका छन्।, मजदुरले रकम नपाएसम्म टावर नखोल्ने अडान लिएका कारण समस्या भएको नेपाल टेलिकम जाजरकोटले बताएको छ।, झण्डै रु दुई लाख ठेकेदारले मजदुरलाई दिन बाँकी रहेको पीडितले बताएका छन्। करिब दुई वर्ष लगाएर निर्माण गरिएको टावर सञ्चालनमा आएको तीन महिना नबित्दै मजदुर आन्दोलित भएका थिए।, टावर नहुँदा आर्थिक वर्षको अन्तिममा समस्या भएको डोल्पा मुड्केचुला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले बताए।, मजदुरलाई पटकपटक आग्रह गर्दा पनि टावर नखोल्दा समस्या भएको जाजरकोट नेपाल टेलिकमका प्रमुख गोविन्द्र अधिकारीले बताए। ठेकेदारको बदमासीले गर्दा मजदुर मर्कामा परेको उनले बताए।, पारिश्रमिक नपाएपछि मजदुरले बन्द गरे नेपाल टेलिकमको टावर, तीन जिल्लामा फोन सेवा अवरुद्ध
सेतोपाटी संवाददाता चितवनको माडीमा रिउ र अन्य खहरेमा आएको बाढीले जनजीवन प्रभावित बनेको छ।  बुधबार रातिदेखि परेको अविरल वर्षासँगै बाढी आउँदा नजिकका बस्तीमा डुबान पर्न थालेका छन्।, बाढीका कारण माडीका १५ घर डुवानमा परेरका छन्। बाढीको डुवानमा परेका र जोखिममा रहेकाहरू इलाका प्रहरी कार्यालयमा आश्रय लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो।, रिउ नदीमा पानीको सतह बढ्दै जाँदा गर्दी र सेरुवा गाउँ उच्च जोखिममा परेको छन्। खोलामा पानीको सतह बढेर कटान गर्दा जिल्ला सदरमुकाम भरतपुरसँग यातायात सम्पर्कसमेत टुटेको छ।, इलाका प्रहरी कार्यालय माडीका अनुसार बाढीले रतनी खोला छेउको ड्याम कटान गरी माडी-३ मलाहीटोल डुबानमा पारेको छ। त्यहाँका घरहरूमा पानी पस्न थालेको छ।, माडीकै डांग्रेखोलामा आएको बाढीले माडीको बरुवा बजारस्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ। माडी नगरपालिका-७ को परुई खोलामा बाढी आउँदा चेपाङ बस्ती डुबानमा परेको छ। मगइ खोलाले बिजुलीका पोलहरू बगाउँदा विद्युत सेवा अवरूद्ध बनेको प्रहरीले जनाएको छ।, बाढीले माडीको जनजीवन प्रभावित
दिपकजंग शाही जुम्लाको सिंजा गाउँपालिका-६ का वडा अध्यक्षका छोराले स्थानीय युवामाथी कुटपिट गरेका छन्। यातायात, खानेपानी लगायतका विषयमा वडाअध्यक्ष कालीबहादुर बुढाले विभिन्न सञ्चारमाध्यममा दिएको अन्तवार्ताको टिप्पणी गरेको विषयमा उनका छोरा नवीन बुढाले उनीमाथि कुटपिट गरेका छन्।, ‘मैंले उहाँले दिएको अन्तवार्तामा केही झुटा कुरा पनि सुनिएकाले ती झुटा कुरालाई औंल्याएर टिप्पणी गरेको हुँ, यही विषयमा वडा अध्यक्षले मलाई फोनमा गालीगलौज र धम्की पनि दिनुभएको थियो,’ पीडित विवेन्द्र नेपालीले भने, ‘यसै विषयमा छलफल गर्न आउनू पनि भन्नुभयो, म कार्यकक्षमा गएर कुरा गरिरहेका बेला उहाँको छोरा आएर मलाई पिट्नुभयो।’, वडा‍ध्यक्ष बुढाले आफ्नो अन्तर्वातामा गरिएको टिप्पणीको बारेमा छलफल गर्न असार ८ गते दिउँसो ४ बजे आफ्नो कार्यकक्षमा बोलाएका थिए। कार्यकक्षमा पुग्दा पनि वडाअध्यक्षले आफूलाई होच्याएर कुरा गरिरहेको पीडित नेपालीले बताए।, छलफल चलिरहेकै बेलामा वडाअध्यक्षका छोरा नवीन आएर विभेदजन्य गालीगलौज गर्दै गालामा थप्पड हानेको उनले बताए।, उनले त्यसक्रममा आफूमाथि ‘डूम’ शब्द प्रयोग गरेको विवेन्द्रले जाहेरीमा उल्लेख गरेका छन्। ‘सरोकारसमेत नरहेको व्यक्ति आएर ‘तँ सार्की हलुडा बेची खाने डुम, तँ को होस्? जे गर्छस् गर्’ भन्दै एक्कासी म बसिरहेको ठाउँमा आएर आफ्नो हातले दुई चोटि मेरो गालामा हानी गर्धन निमोठी गर्धनमा समेत दुई चोटि हानेका हुन्,’ उनले प्रहरीमा दर्ता गर्न तयार पारेको जाहेरीमा उल्लेख गरेका छन्।, आफूमाथि भएको जातीय विभेदजन्य व्यवहार र कुटपिटको विषयमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन खोज्दा प्रहरीले दर्ता गर्न नमानेको पीडित विवेन्द्रले बताए।, ‘म प्रहरीमा जाहेरी लिएर गएँ, प्रहरीले पहिले हामी छलफल गराउँछौं। त्यसपछि दर्ता गराउने/नगराउने विषयमा हेरौंला भन्नुभयो,’ उनले सेतोपाटीसँग भने, ‘मैंले जाहेरी दर्ता नगर्नुको कारण सोधेपछि उहाँहरुले जुन निकायमा जानुहुन्छ जानुस् भन्नुभयो, त्यसपछि मैंले राष्ट्रिय दलित आयोगमा निवेदन दिएको छु।’, उनले बुधवार जिल्ला प्रहरीमा जाहेरी लिएर गएका थिए। प्रहरीले दर्ता नगरेपछि बुधवार नै उनले दलित आयोगमा निवेदन गरेका हुन्।, जिल्ला प्रहरी कार्यालय जुम्लाले पनि पहिले आधिकारिकता बुझेर मात्र जाहेरी दर्ता गर्ने बताएको छ। ‘हामीले वडा अध्यक्षलाई पनि बोलाएका छौं, सिंजाबाट पनि आधिकारिक कुरा बुझ्नुपर्‍यो,’ कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक युवनकुमार चौधरीले भने, ‘त्यसपछि उहाँको जाहेरी दर्ता गर्छौं।’, बुवाको अन्तर्वार्तामा टिप्पणी गर्दा वडा अध्यक्षका छोराले गरे युवामाथि कुटपिट
सेतोपाटी संवाददाता प्रहरीले मकवानपुरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।, बुधबार र बिहीबार बिहान प्रहरीले मकवानपुरबाट गाँजा बरामद गरेको हो।, हेटौडा उपमहानगरपालिका-५ बाट प्रहरीले १२० किलो ९ सय ग्राम गाँजा बिहीबार बिहान बरामद गरेको छ।, मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार प्रदेश३-०१-०२२च ७२३६ नम्बरको बोलेरो गाडीबाट उक्त परिमाणको गाँजा बरामद भएको हो।, यस्तै, बुधबार अपराह्न हेटौडा-१५ पीपल चौताराबाट प्रहरीले बोलेरोबाट नै ५७ किलो ९ सय ग्राम गाँजा बरामद गरेको छ। ना४च ५०१५ नम्बरको बोलेरोबाट गाँजा बरामद गरेको हो।, बोलेरोका चालक चितवन राप्ती नगरपालिका-६ का २६ वर्षीय सञ्जय चौधरी र सोही ठाउँका ४८ वर्षीय लालजी साहलाई प्रहरीले पक्राउ गरेको छ।, १७८ किलो गाँजासहित मकवानपुरबाट दुई वटा गाडी बरामद, दुई व्यक्ति पक्राउ
प्रशन्न पोखरेल बूढीगण्डकीको बाढीले गोरखाको केरौंजास्थित यारूबगर कटान गर्दा चुमनुब्री गाउँपालिका आवतजावत गर्ने एकमात्र बाटो बगाइदिएको छ।, भूकम्पपछि बेलायती सहयोग नियोग युकेएडले पहरा खोपेर बनाएको एक सय १५ मिटर लम्बाइको क्यान्टिलिभर पुल बूढीगण्डकी कटानले जोखिममा पारेको स्थानीय बासिन्दा बताउँछन्।, ‘क्यान्टिलिभर पुल नबगाए पनि जोखिममा छ। पुलसम्म पुग्ने बाटो नै बूढीगण्डकीको भेलले बगाइदिएको छ,’ सिर्दिवासको फिलिमका सुजन गुरूङले सेतोपाटीसँग भने, ‘सदरमुकाम गोरखा बजारबाट घर आउने त्यही एउटा बाटो थियो, त्यो पनि बूढीगण्डकीले लग्यो।’ , बूढीगण्डकीको भेलले बाटो बगाउनुअगाडिको फोटो। तस्बिर स्रोत : छाङ लामा, उनकाअनुसार यसपालि बूढीगण्डकीले यारू बगरमा धेरै कटान गरेको छ। यारू बगरको चौर नै कटान गर्दा बाटो बगाइदिएको उनले जानकारी दिए।, ‘मंगलबारदेखि यारू बगर कटान भइरहेको थियो। बुधबार त झन् बाटो नै सिध्याउने गरी बूढीगण्डकीले कटान गरिदियो,’ उनले भने, ‘त्यो बाटोमा पाइला राख्ने ठाउँ पनि बाँकी छैन। पहरासम्म नै भेल पुगेको छ।’, बाटो अवरूद्ध भएपछि सिर्दिवास, प्रोक, ल्हो, सामागाउँ, छेकम्पार र चुम्चेत आउजाउ गर्न समस्या भएको छ।, ‘मान्छे आउजाउ गर्न सकिँदैन, खच्चडबाट खाद्यान्न ढुवानी रोकिएको छ,’ उनले भने।, खाद्यान्न अभाव नहोस् भनेर हेलिकप्टरबाट ढुवानी गरिएको छ। हेलिकप्टरबाट बुधबार चार टिप चामल ढुवानी गरिएको उनले बताए। नेपाली सेनाको हेलिकप्टरमार्फत् खाद्य संस्थान सिर्दिवास डिपोमा करिब दुई हजार आठ सय बोरा चामल लगिएको छ।, यो बाटो भएर चुमनुब्री गाउँपालिकाभित्र आउजाउ गर्ने भए पनि बूढीगण्डकीले कटान गरेको क्षेत्र छिमेकी गाउँपालिका धार्चेस्थित वडा नम्बर १ मा पर्छ।, बाटो तत्काल मर्मत हुन सक्ने अवस्था नरहेकाले गाउँलेहरूले दु:ख पाएको सिर्दिवासका अर्का स्थानीय वीरबल घलेले जानकारी दिए।, उनकाअनुसार वैकल्पिक बाटो उहिया हुँदै जाने भए पनि त्यो भिरको बाटो छ भने बिरामी, बुढाबुढी र केटाकेटी त्यो बाटो हिँड्न सक्दैनन्।, ‘योजना फर्स्यौट गर्दै भुक्तानी लिनलगायत विभिन्न कामले सदरमुकाम झरेकाहरू गाउँ फर्कन पाएनन्,’ घलेले भने, ‘जहिलेसम्म बूढीगण्डकीले धार परिवर्तन गरेर अर्को किनारा भएर बग्दैन त्यो बेलासम्म बाटो मर्मत गर्न सक्ने अवस्था छैन। सदरमुकाम झरेका गाउँलेहरू ऋणधन गरेर हेलिकप्टर चार्टड गरेर गाउँ फर्कने भनिरहेका छन्।’, बाटो मर्मत गर्न धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरूङसँग समन्वय गर्दै प्रदेश र केन्द्र सरकारलाई पनि जानकारी गराइसकेको चुमनुब्री गाउँपालिका प्रमुख धनबहादुर गुरूङले सेतोपाटीलाई बताए।, ‘त्यो बाटो मर्मतका लागि पहल गरिरहेका छौं,’ उनले भने, ‘खच्चड हिँड्न नसक्ने भएकोले खाद्यान्नकै अभाव हुने देखिएपछि हेलिकप्टरबाट ढुवानी गरियो। बूढीगण्डकी कटान रोक्न तारजाली पनि हेलीबाटै ढुवानी गर्नुपरेको छ, यसो गर्दा ढुवानी खर्च नै महंगो परेको छ।’, भिर खोपेर बनाएको पुलसम्म पुग्ने बाटो बगायो बूढीगण्डकीले
सेतोपाटी संवाददाता ठमेलस्थित एक होटलबाट प्रहरीले जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले चिनियाँ नागरिक हे सिआओलङले सञ्चालन गरेको होटल सिआओ सियाङ होटलबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।, बुधबार राति करिब १० बजेट प्रहरी टोली ठमेलको जेपी मोडस्थित होटलमा पुगेको थियो।, प्रहरीले जुवा खेलिरहेको बेला सञ्चालकसहितलाई  पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद दाहालले बताए।, उनका अनुसार पक्राउ पर्नेमा हे सिआओलङ, पी च्वाङछी, हु वाङबिन, हे फुयु र लि सिआओ टङ रहेका छन्।, उनीहरूको साथबाट १ लाख २३ हजार रूपैयाँ नगद, जुवातास खेल्न प्रयोग हुने विद्युतीय टेबुल, तास, प्लाष्टिकको गोटी लगायत बरामद गरिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए।, उनीहरूलाई जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरीले जनाएको छ।, ठमेलबाट पाँच जना चिनियाँ जुवाडे पक्राउ
टेकराज पोखरेल चितवन राष्ट्रिय निकुञ्जले भरिएको माडी नगरपालिका। निकुञ्जले चारैतिरबाट घेरिएको चितवनको क्षेत्र नं ३ मा पर्ने माडी नगरपालिकामा बर्सेनि खहरे खोलाले दुःख दिइरहन्छ।, यस नगरपालिकाको परुई खोला किनारमा रहेको चेपाङ बस्ती राहतकै भरमै बाँचिरहेको छ।, करिब ५५ घरपरिवार रहेको यो गाउँको अवस्था निकै दयनीय छ।, विभिन्न सामाजिक संघसंस्था तथा व्यक्तिले दिएको राहतको भरमा यहाँका अधिकांश चेपाङ परिवारको गुजारा चलिरहेको छ। केही परिवारका सदस्यले मात्र मौसमी मजदुरी गर्दै आएका छन्। , गरिबीको परिभाषा परुई खोला किनारको चेपाङ बस्तीमा पुग्दा थाहा हुन्छ। गाउँका ५५ परिवारकै स–साना छाप्रा छन्, जहाँ उनीहरूले घाम र पानीबाट आफूलाई जोगाउनुपर्ने बाध्यता छ।, एउटा सानो झुपडीमा पाँच/सात जना बसिरहेका हुन्छन्। यो गाउँमा न बिजुली बत्ती छ न अन्य कुनै भौतिक पूर्वाधारको विकास। न खेती गर्ने जग्गा/जमिन, न त किनेर खाने आम्दानी नै। सङ्घसंस्थाले गरेको सहयोगकै भरमै यो बस्तीका मानिस बाँचिरहेका छन्। , विभिन्न सामाजिक सङ्घसंस्था तथा दाताहरूबाट प्राप्त खाद्यान्नकै भरमा गुजारा चलेको छ परुई खोला किनारका चेपाङ समुदायको।, राहत पाउँदा यहाँका चेपाङको अनुहारमा खुसी देख्न सकिन्छ, अघिपछि फेरि अवस्था उस्तै हो।, खाद्यान्न वितरणका दिन चेपाङ बालबालिकाहरू ‘आज त टन्न चामलको भात खान पाइने भयो’, भन्दै एक अर्कासँग भलाकुसारी गर्दै खुसी साटिरहेका देख्न सकिन्छ। , खोलाले विस्थापित गरेपछि खोला किनारमै, दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको कुसुम खोलाबाट विस्थापित भएर आएकाहरू यो बस्तीमा छन्।, निकुञ्जले वन क्षेत्रको जग्गामा बस्ती नराख्न भनेको थियो। त्यसपछि माडी नगरपालिकासँगको समन्वयमा बस्ती विस्थापित गराउने निर्णय भयो।, विसं २०७६ मा निकुञ्ज, नगरपालिका र राष्ट्रपति तराई चुरे कार्यक्रमबीच सहमति भई उनीहरूलाई विस्थापित गराउने निर्णय भएको थियो। , उनीहरूलाई दुई कोठाको घर बनाइदिने र जीविकोपार्जन गर्न पनि सहयोग गर्ने आश्वासनसहित माडी नगरपालिकाले विस्थापित गराएको थियो।, कुसुम खोलाबाट विस्थापित हुन केही चेपाङ परिवारले सहजै स्वीकार गरेका थिए भने केहीले अटेर गरेका थिए।, त्यतिबेला अटेर गर्ने परिवारलाई निकुञ्जले विस्थापित गराउन निकै जोडबल गर्नुपरेको थियो। चेपाङ परिवारले बस्न बनाएका टहराहरू निकुञ्जले हात्ती लगाएरसमेत भत्काएको थियो। , विस्थापित गराएर नगरपालिकाले परुई खोला, राई डाँडा, स्कूल डाँडा, खरिकुना, इन्द्रबस्तीलगायतका क्षेत्रमा एक कट्ठा जमिनमा एउटा परिवार राख्यो।, चेपाङलाई निकुञ्जको जग्गाबाट विस्थापित गराएर नगरपालिकाले पुनः निकुञ्जकै जग्गामा ल्याएर राखेको थियो।, कुसुम खोलामा दुई दशकदेखि चेपाङहरू बस्दै आएका थिए। दुई दशकपछि उनीहरूलाई विस्थापित गराइएको हो। , विस्थापित गराउने भनेपछि केही चेपाङ परिवार आफैं सुरूमै परुई खोलामा आएर बसेका माडी नगरपालिकाले जनाएको छ। त्यसपछि अरू परिवालाई पनि त्यहाँ ल्याइएको नगरपालिकाको भनाइ छ।, बस्ती विस्थापित गरिएपछि नगरपालिकाले दुई कोठासहितको घर बनाउन लागि पर्‍यो। , निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्ती बसाउन लागिएको र घर बनाउन रूखहरू काटेर अपचलन गरिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरीसमेत पर्‍यो।, ‘राष्ट्रप्रेमी जनसमुदाय माडी नगरपालिका’ को नाममा परेको उजुरीमा चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाका प्रमुखसमेत आर्थिक प्रलोभनमा परेर वन फडानीमा सहभागी भएको आरोप लगाइएको छ। , उजुरी परेपछि निकुञ्जले बस्ती निर्माणमा रोक लगाएको छ। निकुञ्जलाई थाहै नदिई फेरि निकुञ्जकै जग्गामा बस्ती बसाउन लागिएको भन्दै निकुञ्जले मध्यवर्ती क्षेत्रमा घर बनाउन र पूर्वाधार विकास गर्न नदिने भनेको छ। , विस्थापितलाई खानाकै समस्या , विस्थापित भएर आएदेखि नै चेपाङ गाउँमा खानाको समस्या परेको छ।, कुसुम खोलामा वर्षभरि पुग्ने गरी अन्नबाली उब्जाउने गरिएको भए पनि परुई खोलामा खेती गर्ने ठाउँ नभएको चेपाङले बताएका छन्।, परुई खोलाकी कल्पना चेपाङले खेती लगाउने जग्गा नहुँदा निकै समस्या भएको बताइन्।, ‘कुसुम खोलामा बस्दा घाँसपानीको सहजता थियो’, उनले भनिन्, ‘उता मकै, धान तथा अरू बाली पनि खेती गर्न पाइन्थ्यो खान समस्या थिएन। यता आएपछि खान समस्या भएको छ। खेती किसानी लगाउने जग्गा जमिन छैन।’ , धानको खेती हुने समयमा मेलापात गर्न हिँड्दाबाहेक अरू बेला केही काम नभएको उनले बताइन्।, यस्तै कहिलेकाहीँ खोलामा तटबन्ध गर्न ल्याइएको जाली बुन्ने काम गरेर अलिअलि आम्दानी गर्ने र त्यसैले किनेर खाने गरेको उनले बताइन्।, ‘कहिलेकाहीँ काम पाउँदा त किनेर खान पुग्छ’, उनले भनिन्, ‘हामीलाई धेरै सङ्घसंस्थाले सहयोग गर्छन्। अरूबेला हामी त्यही खाएर जीवन निर्वाह गरिरहेका छौं।’ , यस्तै, सोही गाउँकी साइँलीमाया चेपाङको व्यथा पनि कल्पनाको भन्दा फरक छैन।, ‘माथि कुसुम खोलामा बस्दा आफ्नै खेतमा कोदो, धान लगाइन्थ्यो। खानाको समस्या थिएन’, उनले भनिन्, ‘अहिले यहाँ परुई खोलामा चाहिँ बालबालिका पढाउन र उपचार गर्न सजिलो हो तर खाना पाउन गाह्रो भइरहेको छ।’, एक कोठे झुप्रोमा चार जनाको परिवार बस्दै आएको उल्लेख गर्दै उनले अहिले एउटा संस्थाले दिएको बाख्रा पालेर बसेको बताइन्।, यस्तै एक कोठे झुप्रोमा पाँच जनाको परिवार बस्दै आएका चन्द्रबहादुर प्रजाले पनि उस्तै कुरा सुनाए।, उनले भने, ‘कुसुम खोला अन्नपानीको लागि धेरै ठिक थियो। बिरामी हुँदा अस्पताल आउन गाह्रो हुन्थ्यो। जे भए पनि अब हामी परुई खोलामै बस्न चाहन्छौं। नेताहरूले जुन वाचा गरेर हामीलाई यहाँ ल्याएका थिए त्यो पूरा गरिदिनुपर्छ।’, उनले कहिलेकाहीँ मेला गएको दिनमा कमाएको पैसाले किनेर खाने गरेको र अरू बेला सहयोगी संस्थाकै भर पर्नुपरेको बताए।, 'उहाँहरू परजीवी जस्तो बन्नुभयो', माडी–७ का वडाध्यक्ष बालकृष्ण सापकोटाले निकुञ्जका कारण चेपाङको बिजोग अवस्था देख्दा पनि केही गर्न नसकेको बताए।  उनले भने, ‘अति विपन्न चेपाङ परिवार खोला किनारमा छ। उब्जनी गर्न जग्गा छैन। एउटा समान्य झुपडीमा बसिरहेका छन्। हामीले यस गाउँलाई केही गर्नुपर्छ भनेर नगरपालिकामार्फत पोल ल्याएर घर बनाउन लाग्यौं। तटबन्ध गर्न जाली ल्यायौं तर उहाँहरूलाई घर बनाइदिन निकुञ्जले दिएको छैन।’  , ‘नगरपालिकाले यहाँ रहेका ५५ घर नै बनाइदिने भनेको थियो। हामीले भनेअनुसारको काम सुरू गर्दा निकुञ्जका कारण उनीहरूको बनाउन पाइएको छैन’, वडाध्यक्ष सापकोटाले भने।, गतवर्ष तटबन्ध गर्न निकुञ्जले रोकेको भए पनि यस वर्ष भने तटबन्ध गर्न अनुमति पाइएको भन्दै उनले खोलामा तटबन्धको काम जारी रहेको बताए।, ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र निकुञ्जसँग धेरै हारगुहार गर्‍यौं। घर नबनाए पनि खोलामा तटबन्ध त गर्न दिनुस्। खोलाले चेपाङ गाउँलाई नै बगाउन दिन त भएन नि’, उनले भने, ‘धेरै आग्रह गरेपछि तटबन्धन गर्न अनुमति पाएपछि काम सुरू गरेका हौं।’ खोलाको छेउमै रहेको बस्ती बाढीको उच्च जोखिममा छ। , ‘विपन्न बस्ती भएकाले पटक-पटक चेपाङलाई राहत दिन सामाजिक सङ्घसंस्था आइरहेका छन्। सबैको आँखा परेको छ’, वडाध्यक्ष सापकोटाले भने, ‘तर हामीले सोचेका छौं। उहाँहरूलाई जीविकोपार्जन गर्ने स्थायी स्रोत हुनुपर्छ। उहाँहरूलाई जग्गा किनिदिएर वा भाडामा दिएर व्यवसायिक कृषिमा लगाउने कि, बाख्रापालन गर्न लगाउने भन्ने सोच छ।’ , ‘पन्ध्र दिनमा एउटा संस्था आयो केही दियो खायो। फेरि अर्काे आउँछ। उहाँहरू परजीवीजस्तो बनिरहनुभएको छ’, वडाध्यक्ष सापकोटाले भने, ‘यो बस्ती राख्न यहाँ सकिन्छ कि सकिन्न निकुञ्जले के गर्छ भनेर हामीले कुरा उठाएका छौं। बस्ती स्थायीरूपमा यहीँ बस्छ भन्न सकिने अवस्था छैन। त्यसैले  यहीँ राख्ने कि अन्त लगेर स्थायीरूपमा राख्ने भनेर हामी लागेका छौं।’, निकुञ्ज भन्छ- खाली जमिन वनक्षेत्र हो , कुसुम खोलाबाट बस्ती विस्थापित गराउनुपर्छ भन्नेमा माडी नगरपालिका पनि रहेको नगरपालिकाका उपप्रमुख ताराकाजी महतोले बताए। उनका अनुसार जङ्गलबीचको कुुसुम खोलामा हुँदा शिक्षा, स्वास्थ्य सुविधा दिन नसकिने भएकाले नगरपालिकाले पनि विस्थापित गराउन खोजेको थियो। विस्थापित गराउने तयारी गर्दैगर्दा निकुञ्जले अनावश्यक दबाब दिएर बिना योजना बस्ती विस्थापित गराउन बाध्य पारेको महतोले बताए। , ‘चेपाङहरू बस्ती नजिकको खाली जग्गामा बसेका छन् तर निुकञ्जले जता खाली छ उतै वनक्षेत्र हो भन्न थालेको छ’, उनले भने, ‘जङ्लगभित्र पनि निकुञ्जकै जग्गामा थिए। अहिले बस्ती नजिकको खाली जग्गामा बसाउन खोज्दा पनि निकुञ्जले मानिरहेको छैन।’ , जङ्गलभित्र भन्दा बाहिर बस्दा चेपाङले जङ्गलमा धेरै कम क्षति पुर्‍याएको बताउँदै उनले यसलाई निकुञ्जले बुझ्नुपर्ने बताए।, उनले मध्यवर्ती क्षेत्रमा बसेका चेपाङ बस्तीका लागि कुनै पनि विकास निर्माणका काम गर्न निकुञ्जले नदिएको बताए। , उनीहरूको खाद्यान्न समस्या समाधान गर्न नगरपालिका गम्भीर रहेको महतोको भनाइ छ।, 'ऐलानी जग्गा टाठाबाठालाई तर चेपाङलाई खोला किनार' , चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले माडीमा चेपाङका नाममा राजनीति गरेर सबै दोष निकुञ्जलाई लगाउने गरिएको बताए।, ‘माडीमै सयौं हेक्टर ऐलानी जग्गा छ। त्यो केही टाठाबाठाले खाएका छन्। अनि गरिब चेपाङलाई लगेर खोलाको छेउमा राख्ने ?’, उनले भने, ‘निकुञ्ज हो भन्ने थाहा छ। यहाँ राख्न पाइन्न भन्ने पनि थाहा छ। खोलाको छेउमा बस्न हुन्न बाढी आउँछ भन्ने पनि थाहा छ। अनि त्यस्तो ठाउँमा जानीजानी जनता लगेर किन राख्ने ?’ ,  चेपाङका नाममा राजनीति हुने गरेकाले चेपाङको समस्या समाधान हुन नसकेको प्रमुख संरक्षण अधिकृत बरालले बताए।, ‘फेरि बाढीले लैजाला अनि फेरि चेपाङका नाममा राजनीति गर्न पाइएला भन्ने सोच देखियो। जनता भुलाउने मानसिकता देखियो’, उनले भने, ‘हाम्रो विकासको नमूना भनेको बाढी आउने ठाउँमा बस्ती राख्नु हो ? कि वन क्षेत्रको विनाश गर्नु हो ?’ , राज्यले निकुञ्जको संरक्षण गर्नका लागि बनाएको ऐनमा टेकेर आफूहरूले काम गरेको बताउँदै उनले वनमा ल्याएर बस्ती बसाउन, घर बनाउन कानूनले पनि नदिने बताए।, बस्ती बसाउने काम निकुञ्जको नभएको भन्दै बरालले यदि चेपाङलाई सुरक्षित स्थानमा राख्न निकुञ्जलाई जिम्मा दिएको भए निकुञ्जले ऐलानी जग्गामा लगेर राख्ने बताए।, निकुञ्जको काम निकुञ्जभित्र रहेका वन्यजन्तुको संरक्षण गर्नु र मानव वन्यजन्तु न्यूनीकरण गर्नुभएकाले निकुञ्जको जमिनमा बस्ती बस्न नदिइने उनको भनाइ छ।रासस , दाताकै भरमा चेपाङ : न रोजगारी छ, न खेती गर्ने जमिन
सेतोपाटी चितवन स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ।, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो। निषेधाज्ञा असार ३१ गते राति १२ बजेसम्म जारी रहनेछ।, निषेधाज्ञा थप भए पनि केही क्षेत्र खुकुलो पारिएको छ।, आदेशानुसार शुक्रबारदेखि होटल तथा खाजाघर टेक अवे र होमडेलिभरी सेवा दिने गरी बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।, होटल तथा लज स्वास्थ्य मापदण्ड पालना गरी कूल कोठाको एक तिहाइ सङ्ख्या नबढ्ने गरी सञ्चालन गर्न पाइने भएको छ। कोठा प्रत्येक दिन अनिवार्यरूपमा निसङ्क्रमण गर्नुपर्नेछ।, यस्तै, अब बजार दैनिक आठ घण्टा खोल्न पाइने भएको छ।, आदेशमा भनिएको छ, ‘शुक्रबारदेखि इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसल, भाँडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्ट्स, जुत्ता चप्पल, टेलरिङ, प्रेस तथा फोटोकपी पसल बिहान ११ देखि साँझ ७ बजेसम्म खोल्न पाइनेछ।’, यसअघि साताको तीन दिन दिउँसो १२ देखि ६ बजेसम्म छ घण्टा मात्रै खोल्न पाइने व्यवस्था थियो।, प्रशासनले शुक्रबारदेखि बारअनुसार खुल्ने व्यवस्था हटाएको हो। यसबाहेक अत्यावश्यक सेवा दिने खाद्यान्न, तरकारी तथा फलफूल, दूध, माछा मासु, औषधि, ग्यास, निर्माण सामग्रीसम्बन्धी पसल तथा पुस्तक पसलमा पनि लगाइएको समय सीमा हटाइएको छ। अब यी पसल दैनिक खोल्न पाइनेछ।,  , प्रशासनले यसअघिको अदेशमा नै सेवाग्राहीको बढी भीडभाड हुने सरकारी कार्यालयले बारअनुसार सेवा प्रवाह गर्न पाइने निर्णय गरेको थियो।, प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय तथा यातायात कार्यालयले बारअनुसार सेवा दिइरहेका छन्। अन्य सबै सरकारी कार्यालयले पनि स्वास्थ्य मापदण्ड पालना गरेर सेवा प्रवाह गरिरहेका छन्।, कार्यालयले जारी गरेको आदेशमा स्थानीय रुटमा चल्ने सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीअनुसार सञ्चालन गरिने जनाइएको छ।, सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, मास्क अनिवार्य गर्नुपर्ने, मास्क नलगाउने यात्रुलाई प्रवेश निषेध गर्ने गरी जोर बिजोर प्रणाली लागू गरिएको हो। रासस, चितवनमा असार ३१ सम्म निषेधाज्ञा थपिए पनि यी क्षेत्र खुकुलो
राजेश घिमिरे सुजिता भण्डारीको मृत्युको विषयमा अनुसन्धान गरिरहेको चितवन प्रहरीले भण्डारीको परिवारसम्म पुग्नै सकस भइरहेको बताएको छ।, बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरीका प्रमुख एसपी ओमप्रसाद अधिकारीले न्याय प्राप्तिको प्रक्रिया चलिरहँदा त्यसलाई पूरा गर्नमा अवरोध खडा गरिएको बताए। , ‘अपराध अनुसन्धानको कुरालाई लिएर सडकमा आवागमन बन्द गराइदिने काम भएको छ,’ उनले भने, ‘हामीलाई सूचना दिएर सहयोग गर्नुपर्ने समाज नै यसमा लगेपछि अनुसन्धानमै बाधा परिरहेको छ।’, उनले प्रहरीले तथ्यमा आधारित भएर अनुसन्धानको निष्कर्ष निकाल्नुपर्नेमा प्रक्रियामा जानै नदिइएको गुनासो गरे।, ‘दुःखको साथ भन्नुपर्छ हामी प्रक्रियामा जानै नपाएको अवस्था हो। फेरि पनि न्यायको कुरा उठिरहेको छ,’ उनले भने, ‘भनाइ र गराइमा तालमेल मिलेको छैन।’, उनले प्रहरीले पीडित परिवारलाई जसरी भेटन पाउनुपर्दथ्यो त्यो नपाइएको बताए।, प्रहरीलाई मृतकको परिवारसम्म पुग्न जिल्ला बाहिरका मान्छेहरू आएर अवरोध गरिरहेको उनले बताए।, ती मान्छे को हुन् भन्ने नखुलाइ उनले भने, ‘काठमाडौंमा फ्लेक्स प्रिन्ट गरेर पोको पारेर, यहाँ बास बसी समूह तयार पारेर अनुसन्धानमा अवरोध गरिएको छ।’ , एसपी अधिकारीले अनुसन्धानमा खट्नुपर्ने प्रहरी कर्फ्यू व्यवस्थापनमा खट्नुपरेको बताए।, ‘म अनुसन्धानमा ध्यान दिनुपर्ने मान्छे कर्फ्यू व्यवस्थापनमा खट्नुपरेको छ, अनि फेरि अनुसन्धानमा प्रगति के भयो भनेर तुरून्तै जवाफ पनि दिनुपर्ने छ,’ एसपी अधिकारीले भने, ‘असाध्यै अप्ठ्यारो अवस्था छ।’, उनले मृतकका परिवार प्रहरीलाई सहयोग तयार रहे पनि अन्यले माहोल भड्काउने काम गरेको बताए।, ‘हामीले सुजितालाई बचाउन त सकेनौं तै पनि अनुसन्धानमा परिवारका सदस्य सन्तुष्ट छन्, बाहिर कसले के गरिरहेको छ उनीहरूलाई राम्ररी थाहासमेत छैन’ उनले भने, ‘तर प्रहरी र परिवारका बीचमा राम्ररी कुरा हुने माहोल अझै बनेको छैन। आज पनि हामी जाँदैछौं।’, पत्रकार सम्मेलनमा एसपी अधिकारीले असार ११ गते सुजिता र परिवारका सदस्यबीच मोबाइलमा पटक–पटक कुराकानी भएको पाइएको बताए।, सुजिताले मोबाइलमा ‘डाटा प्याक’ समेत लिएको अनुसन्धानमा भेटिएको छ।, जिल्ला प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको र पोस्टमार्टमको भिसेरा रिपोर्ट आएपछि थप कुरा आउने उनले बताए। पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा सुजिताको हत्या भएको देखिएको थिएन।  , सुजिताको शव फेला परेपछि उनको गाउँ राप्ती–३ मा राजमार्ग अवरोध गरी स्थानीयबासी आन्दोलनमा उत्रिएका थिए।, उनको हत्या भएको भन्दै आन्दोलन गर्न विभिन्न ठाउँबाट महिला अधिकारकर्मीहरू यहाँ आइपुगेका थिए।, उनीहरूको उपस्थितिपछि माहोल उत्तेजित बनेको थियो। स्थिति नियन्त्रण बाहिर जाने अवस्था देखेपछि जिल्ला प्रशासनले त्यस क्षेत्रमा मंगलबार रातिदेखि कर्फ्यू आदेश जारी गरेको छ। बिहीबार पनि कर्फ्यू जारी छ।, चितवन प्रहरी भन्छ-सुजिताको परिवारसँग भेट्नै सकस भयो, अनुसन्धान गर्नै गाह्रो भयो
सेतोपाटी संवाददाता पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।, बुधबार रातिदेखि परेको अविरल वर्षाको कारण झरेको पहिरोमा पुरिएर तिनाउँ गाउँपालिका वडा नंं ५ गिट्टी खानीका ४५ वर्षीय वीरबहादुर गुरूङको मृत्यु भएको हो।, हिउँदे खोला क्षेत्रमा माथिबाट झरेको पहिरोले घर बगाउँदा गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। , सोही पहिरोले घर बगाउँदा सोही ठाउँका रमेश परियारको ४ वर्षीय छोरा आरोप परियार बेपत्ता भएका छन्।  , तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीका अनुसार पहिरोले स्थानीय नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरूङ र रमेश परियारको घर पुरिएको छ। , बिहान ३ बजेतिर झरेको पहिरोले  विस्थापित भएकाहरूलाई स्थानीय कल्याणी आधारभूत विद्यालयमा राखिएको छ। , पहिरोको कारण सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड अवरूद्ध  भएको छ।, सिद्धबाबा, झुम्सा, पानीमिल, हिउँदे खोला, कालीमाटी क्षेत्र, लामेदमार लगायत आधा दर्जन बढी स्थानमा पहिरो जाँदा सडक अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।, त्यस्तै, सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको राम्दीमा पनि पहिरो झरी सडक अवरूद्ध भएको छ।, पाल्पामा पहिरो: एकको मृत्यु, एक बेपत्ता
युवराज श्रेष्ठ जबजब कालीगण्डकी नदी डाइभर्सनको चर्चा चल्छ, तब गण्डकीवासी झस्कन्छन्।, अर्थमन्त्री विष्णु पौडेलले १२ असारमा आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको बुटवलमा कालीगण्डकी डाइभर्सन आयोजनाको कार्यालय उद्घाटन गरेपछि गण्डकीवासी फेरि झस्किएका छन्।, अर्थमन्त्री पौडेलको उक्त कदमको प्रतिवाद गर्न गण्डकीका सर्वपक्ष एकजुट भए।, कालीगण्डकी डाइभर्सन रोक्न प्रभावित क्षेत्रका जनप्रतिनिधि र गण्डकीका राजनीतिक दलदेखि नागरिक अगुवासम्मले छुट्टाछुट्टै बैठक बोलाए।, अनि एकै मतको निर्णय गरेका छन्, 'कालीगण्डकी कुनै हालतमा डाइर्भसन गर्न नदिने।', अर्थमन्त्री पौडेलले कालीगण्डकीको पानी स्याङ्जाको राम्दीदेखि साढे २ किलोमिटर तल बाँध लगाएर २७ किलोमिटर सुरूङमार्फत् तिनाउ नदीमा खसाल्ने योजना बुनाएका छन्। जसबाट १२७ मेगावाट बिजुली उत्पादन र १ लाख ७ हजार हेक्टर जमिन सिँचाइ गर्ने पौडेलको दाबी छ।, यो आयोजनाको प्रारम्भिक लागत १ अर्ब ३८ करोड रुपैयाँ छ।, गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल लुम्बिनीलाई सिँचाइका लागि कालीगण्डकीको पानी आवश्यक नपर्ने दाबी गर्छन्।, ‘सिँचाइ गर्न लुम्बिनीमा प्रशस्त पानी छ, तिनाउ खोला छ, राप्ती नदी छ,' उनले भने, 'त्यहींको पानी संरक्षण र सदुपयोग गर्न सक्नुपर्छ, हाम्रो आस्थाको धरोहरलाई खण्डित गर्न पाइँदैन।’, लुम्बिनीलाई आवश्यक बिजुली गण्डकी प्रदेशले उपलब्ध गराउनेसमेत मुख्यमन्त्री पोखरेलले बताए।, ‘हाम्रो बूढिगण्डकी आयोजना बनाउँदा पुरै देशले बिजुली पाउँछ, लुम्बिनीले नपाउने कुरै छैन,' उनले थपे, ‘कालीगण्डकी डाइभर्सन कुनै पनि कोणबाट उपयुक्त छैन।’, मुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदी अरू नदीजस्तो सामान्य नरहेको बताए।, उनका अनुसार मुक्तिनाथदेखि भारतको त्रिवेणीसम्म धार्मिक पर्यटनको विकास गर्न प्रदेश सरकारले चाहेको उल्लेख गर्दै उनले डाइर्भसनले यसको सम्भावना समाप्त पारिदिने बताए।, ‘विश्वका सनातन हिन्दु र बौद्ध धर्मावलम्बीका आस्थाको धरोहर कालीगण्डकी गण्डकीको मौलिक सभ्यता हो,' उनले भने, ‘हाम्रो समृद्धिको पहिलो आधार नै पर्यटन हो, कालीगण्डकी डाइर्भसनले धार्मिक पर्यटनको विकास गर्न दिँदैन।’, मुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदी गण्डकी प्रदेशको ‘लाइफ लाइन’ भएको बताए। गजेन्द्र मोक्षधामदेखि गलेश्वर हुँदै देवघाटसम्मको पर्यटन डाइभर्सनले खत्तम पार्ने उनले दाबी गरे।, अर्थमन्त्री पौडेलको कालीगण्डकी डाइभर्सन योजना संविधान र संघीयताको खिलापमा भएको पनि।, ‘प्रदेश सरकार सहमत हुन्थ्यो वा हुन्थेन। त्यो आफ्नै ठाउँमा छ। एकात्मक शासन प्रणाली जसरी जुन निर्णय भयो, त्यो आपत्तिजनक छ,' पोखरेलले सेतोपाटीलाई भने, 'हाम्रो सम्पदा प्रयोग गर्ने निर्णय गर्नुअघि कम्तिका सल्लाह सुझाव लिनुपर्थ्यो। तैपनि हामी कालीगण्डकीलाई समाप्त हुन दिँदैनौं, यसको डाइभर्सनको खिलापमा छौं।’, कालीगण्डकी डाइभर्सनले गण्डकीका कृषि र पर्यटनका योजनालाई आघात पार्ने यहाँका मानिसको चिन्ता छ।, नीति तथा योजना आयोग गण्डकीका पूर्व उपाध्यक्ष डाक्टर गिरीधारी शर्मा पौडेलले पनि डाइभर्सनले गण्डकीका कृषि र पर्यटन ध्वस्त बनाउने बताए।, कालीगण्डकी किनारमा रहेको चापाकोट र पुँडीटारमा १० हजार हेक्टर र नवलपुरमा १० हजार हेक्टर सिँचाइ गर्ने योजना छ। तनहुँको कुटारमा पनि कालीगण्डकीकै पानीले सिँचाइ गर्ने योजना रहेको शर्माले बताए।, ‘सय मिटर तल कालीगण्डकी बगेको छ, माथि टारमा धुलो उड्छ,' पौडेलले भने, ‘कालीगण्डकीको पानी लिफ्टिङमार्फत् सिँचाइ गर्नु पर्नेछ।’, कालीगण्डकी डाइर्भसन हुँदा खेतीयोग्य यी फाँटहरू सधैँका लागि सुख्खा हुने उनले बताए।, गण्डकी प्रदेशले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर शालिग्राम करिडोर साँस्कृतिक पर्यटनको विकास गर्ने योजना बनाएको छ। उक्त योजना त्रिवेणीधामबाट सुरू भएर भएर देवघाट हुँदै मुक्तिनाथ, पोखरा, लमजुङको करापुटार र गोरखाको मनकामना समेटिएको छ। हिन्दु धर्मावलम्बीलाई आकर्षित गर्ने उक्त योजना कालीगण्डकी डाइभर्सन हुँदा स्याङ्जाको राम्दीदेखि तल देवघाट, केलालीघाट हुँदै रुद्रवेणीसम्म सुख्खा लाग्छ। यसले साँस्कृतिक करिडोरको सम्भावना समाप्त पारिदिने पौडेलले बताए।, कालीगण्डकी डाइभर्सन हुँदा गण्डकीका सबैभन्दा खेतीयोग्य जमिन सुख्खा हुने उनले बताए।, ‘स्याङ्जाको चापाकोट अहिले त सुख्खा छ, कालीगण्डकी सुकेपछि के होला?’ उनले भने, ‘पहाडमा खेतीयोग्य जमिन छैन, अन्न उत्पादनको सबैभन्दा सम्भाव्य क्षेत्रको संरक्षण नगरे प्रदेशले के गर्ने?’, कालीगण्डकी डाइर्भसनबाट प्रत्यक्ष प्रभावित हुने ११ वटा स्थानीय तहले आयोजना कुनै हालतमा बन्न नदिने बताएका छन्।, गण्डकीमात्र हैन लुम्बिनीकै तीन पालिकाले डाइभर्सनको विरोध गरेका छन्।, पाल्पाको रामपुर नगरपालिका, रम्बा गाउँपालिका र मिस्दी गाउँपालिका कालीगण्डकी डाइभर्सनको सबैभन्दा प्रभावित क्षेत्र हुन्। उनीहरूले पनि डाइभर्सन रोक्नुपर्छ भनिरहेका छन्।, कालीगण्डकी डाइर्भसनपश्चात तल्लो तटीय क्षेत्रमा पर्ने यी पालिकाका स्थानीयवासी नै विस्थापित हुनुपर्ने अवस्था आउने रम्बा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।, अहिले पनि रम्बा गाउँपालिकाले सिँचाइ र खानेपानीका लागि लिफ्टिङ प्रविधिमार्फत् कालीगण्डकीको पानी उपयोग गरिरहेको अध्यक्ष भण्डारीले बताए।, अहिले खानेपानी र सिँचाइका ५ वटा योजना चलेको भन्दै आगामी दिनमा अन्य योजनाहरू पनि कार्यान्वयनमा लैजान लागेको उनले बताए।, गाउँपालिकाले कालीगण्डकी डाइर्भसन हुन नदिन गाउँ सभाबाटै प्रस्ताव पारित गरिसकेको छ।, शालिग्राम पाइने विश्वका एकमात्र नदीका रूपमा विख्यात कालीगण्डकीको राम्दीदेखि देवघाटसम्म सबैभन्दा धेरै शालिग्राम पाइन्छ।, ‘कालीगण्डकी डाइभर्सन हुँदा राम्दीदेखि देवघाटसम्म्म मरूभूमि बन्छ, युगौंदेखिको परम्परा नष्ट हुन्छ,' अध्यक्ष भण्डारीले भने, ‘हामी कुनै हालतमा डाइभर्सन हुन दिन्नौं।’, यता, रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले पनि कालीगण्डकी डाइभर्सनका विषयमा पालिकास्तरमा विज्ञ र विभिन्न राजनीतिक दलसँग दुई चरण छलफल गरेको बताए।, दुबै छलफलले कालीगण्डकी डाइर्भसन हुन नदिने साझा निष्कर्ष निकालेको उनले बताए।, कालीगण्डकीमा बनाउने भनिएको बाँधभन्दा तल पर्ने रामपुरले कालीगण्डकी डाइभर्सन हुँदा तल्लो तटीय क्षेत्रको वातावरणीय विनाश हुने उनले बताए।, उनले भने, ‘कालीगण्डकी डाइर्भसन हुँदा हाम्रो क्षेत्रका सम्पूर्ण वन विनाश हुन्छ। जलचरको त विनाश हुने नै भयो, नदीबाट जमिनमा रिचार्ज हुन छाड्यो भने जंगल र जनजीवन सबै ध्वस्त हुन्छ। त्यही भएर हामी कालीगण्डकी डाइभर्सन हुन दिन्नौं।’, अर्थमन्त्री पौडेलले तटीय क्षेत्रका नागरिकको भावना नै नबुझी राजनीतिक स्वार्थ पूरा गर्न एकलौटी रूपमा कालीगण्डकी डाइर्भसन गर्न खोजेको आरोप लगाए।, राप्ती नदीमा बाँध बनाएर सिँचाइ गर्न उनले सुझाव दिए।, रामपुर नगरपालिकाले पनि खानेपानी र सिँचाइका लागि कालीगण्डकी नदीको पानीमा भर परेको उनले बताए।, यसका अलवा पर्यटन प्रवर्द्धन गर्न स्याङजाको राम्दीदेखि रामपुरसम्म ६० किलोमिटर र्‍याफ्टिङ सञ्चालन गरेको मेयर थापाले बताए। यसका अलवा कालीगण्डकी डाइभर्सन भए तल्लो तटीय क्षेत्रका बोटे, कुमाललगायत नदीमा आश्रित मानिसको जीवनपद्धति नै समाप्त हुने उनको तर्क छ।, ‘कालीगण्डकी डाइभर्सनविरूद्ध राजनीतिक, वैचारिक, सैद्धान्तिक सबै लडाइँ लड्न हामी तयार छौं,' मेयर थापाले भने, ‘सिंगो गण्डकी प्रदेशसँग मिलेर हामी लुम्बिनीका प्रभावित जनता यसका विरूद्ध लड्छौं।’, गण्डकी मात्र होइन लुम्बिनीकै स्थानीय तहले किन गर्छन् कालीगण्डकी डाइर्भसनको विरोध?
सेतोपाटी संवाददाता नेपाली महिलालाई भारत हुँदै कम्बोडिया लगेर बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका-२ का ३७ वर्षीय किसान राई छन्। राईलाई अन्य ४५ जना महिला तथा पुरूषलाई कम्बोडिया पुर्‍याएको आरोप छ।, राईलाई पक्रन मानव बेचबिखन ब्युरोको प्रहरी केही दिनअघि धनकुटा पुगेको थियो।, ब्युरोका अनुसार एक महिलालाई उनले फेसबुकबाट चिनजान गरी रोजगारीका लागि कम्बोडिया लैजाने आश्वासनमा हिँडाएका थिए।, चार लाख पचास हजार रूपैयाँ पैसा लिएर ती महिलालाई उनले सुरूमा काठमाडौंबाट काँकडभिट्टा लगे।, त्यहाँबाट आसाम, नागाल्याण्ड, गुहावटी, मणिपुर पुर्‍याए। मणिपुरबाट पैदल हिँडाएर उनले म्यानमार पुर्‍याएका थिए।, म्यानमारबाट थाइल्याण्ड हुँदै कम्बोडिया लगेर चिनियाँ नागरिक बस्ने गरेको घरमा पुर्‍याएका थिए।, त्यहाँ मासिक एक लाख कमाई हुने लोभ महिलालाई देखाइएको थियो।, खाना बनाइदिने र घर सफा गर्ने काममा लगाइदिने भनिए पनि त्यहाँ यौन दासीको रूपमा काम गराइएको पाइएको ब्युरोको दाबी छ।, महिलालाई २०७६ फागुन १८ गते नेपालबाट हिँडाइएको थियो। उनी २०७७ कात्तिक ४ गते नेपाल फर्केकी थिइन्।, आफन्तले नेपालबाट पैसा पठाएपछि उनी टिकट काटेर नेपाल आएकी थिइन्।, राईले अन्य ४५ जना नेपाल महिला तथा पुरूषलाई विभिन्न बाटो हुँदै कम्बोडिया लगेर अलपत्र पारेको उजुरी वैदेशिक रोजगार विभागमा छ। विभाग र ब्युरो प्रहरीले ती उजुरीको अनुसन्धान गरिरहेको बुझिएको छ।, त्यसमा कोही म्यानमारको बाटो हुँदै कम्बोडिया पुर्‍याइएका छन् भने कसैलाई भिजिट भिसामा त्रिभुवन विमानस्थल हुँदै उडाइएको पाइएको ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले बताइन्।, सिंहका अनुसार राईसँगै काम गर्ने ६/७ जनाको गिरोह कम्बोडियामा बस्छ। जसले नेपालबाट मानिसहरू अवैध तरिकाले लगेर होटल तथा रेस्टुरेन्टमा काम लगाउने गर्छ। , ‘झन्डै २० जनाले उनीहरूविरूद्ध वैदेशिक रोजगार विभाग र ब्युरोमा उजुरी दिएका छन्, दुबै निकायले छानविन तथा अनुसन्धान गरिरहेको छ,’ सिंहले भनिन्।, फेसबुकबाट चिनजान गरी महिलालाई भारत, म्यानमार हुँदै कम्बोडिया लगेर बेच्ने पक्राउ
सेतोपाटी रैथाने माछा जोगाउन  विभिन्न ठाउँमा जलचर समूह गठन गरिएको छ।, पानी परियोजनाले लकडाउनका समयमा स्थानीयबासीले जाल, पासा र  करेन्ट छाडेर माछा मार्न थालेपछि यसलाई अन्त्य गर्न समूह गठन गरी जलचरलाई संरक्षण गर्ने थालिएको हो।, तलकोट गाउँपालिका र जयपृथ्वी नगरपालिकाका आठ वटा वडामा कार्यरत सो परियोजनाले पाँच समूह गठन गरी माछापालन व्यवसायका किसानलाई आकर्षण गरेको हो।, परियोजनाका कार्यक्रम संयोजक शिवराज जोशीका अनुसार यसरी गठन भएका समूहमा जयपृथ्वी–३ को डुङ्ग्री र सिमलतोला, तलकोट गाउँपालिका र जयपृथ्वी –११ को बीचमा पर्ने सुनिगार्ड, जयपृथ्वी–७ कचाली खोलामा, जयपृथ्वी–५ को कोटेली र जयपृथ्वी–१० को चैनपुर र दमधुर रहेका छन्। , उनले भने, ‘कोभिडका कारणले माछा मार्नेको सङ्ख्यामा वृद्धि भएको छ। यसले गर्दा रैथाने माछा लोप हुन थालेका छन्। यसलाई बचाइराख्न तथा कोभिड प्रभावित विपन्न परिवारका लागि राहत हुने भएकाले परियोजनाले माछापालनमा कृषकलाई आर्थिक सहयोग गरेको छ।  एक पोखरीमा एक हजार २०० माछाका भुरा, प्रतिपोखरी २० केजीका दरले माछाको चारो, ८६ हजार बराबरको पोखरी, कुखुराको खोर निर्माणका लागि रु २६ हजार बराबरको सामान, रु ५०० का दरले ५० वटा कुखुराका चल्ला, रु दुई हजार बराबरको चारो ख्वाउने भाँडालगायत सामान जलचर संरक्षण समूहलाई सहयोग गरेको छ।’, बाह्र वर्षदेखि भारतमा रोजगारी गर्दै आएका जयपृथ्वी–७ कचालीखोला घर भएका तथा कचालीखोला जलचर संरक्षण समूहका अध्यक्ष दीपक चदाराले भने, ‘उपलब्धि केही भएको छैन। भारतमा कोरोनाले रोजगारी गुमेर घर आएको थिएँ। परियोजनाले जलचर संरक्षणको अभियान तथा परियोजनाले गरेका थुपै कार्यक्रममा बस्ने तथा सहभागी हुने मौका पाएको थिए। त्यसपछि परियोजनाले जलचर संरक्षणका लागि माछापालनका लागि परियोजनाले समूह गठन गरिदिएपछि हामीले परियोजनाको आर्थिक सहयोगमा पोखरी बनाएर माछापालन गरेका छौं,’ उनले भने, ‘पहिलोपटक माछापालन गर्न लागेका छौं। खै के हुने हो ? संस्थाले माछापालन गर्नका लागि समूह नबनाउनुभन्दा पहिला भारतबाट आएर तरकारी खेती गर्थे, उपलब्धि त केही भएको छैन। त्यही पनि संस्थाले माछापालन गर्नका लागि हाम्रो समूहलाई दिएको छ। घरआँगनमै काम गर्न पाउँदा खुसी लागेको छ। परियोजनाले एक हजार २०० माछाका भुराहरू राखेको पोखरीमा १०० भुरा जति मरिसकेका छन्।’, परियोजनाले माछाका चारोको म्याद दुई महिना मात्र हुने भएकाले आगामी असोज महिनासम्मको चारोको पैसा बुझाइसकेकाले हाल समूहले आफैं गएर ल्याउने गरेको छ।, माछापालन गर्नेहरूको प्रशंसा गर्दै जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्रीले कचाली जलचर संरक्षण समूहलाई नगरपालिकाले पनि सहयोग गर्ने बताइन्।, अघिल्ला वर्षमा पनि केही ठाउँमा परीक्षणका लागि माछापालन गर्न नगरपालिकाले सहयोग गरेको भए पनि परीक्षण सफल नभएको उनले जानकारी दिइन्। रासस, सेतीका माछा जोगाउन जलचर समूह गठन
रासस नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको छ। यद्यपि पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन।, सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ। पहिराको कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ।, पछिल्लो पटक सोमबार रातिदेखि अवरुद्ध हुँदै आएकामा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन।, आज बिहान ५ः३० बजेदेखि सेतीदोभान लगायतका ठाउँको पहिरो पन्छाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।, पहिराले सयौँ सवारी साधन रोकिएका छन्। सवारी साधनको लाइन भरतपुरको बाइपास सडकसम्म आइपुगेको छ।, पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
रासस बागलुङको ताराखोलामा आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन्।, मङ्गबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो।, खोला छेउमा रहेको बाख्राफार्म बाढीबाट जोगाउने प्रयास गर्दागर्दै उनलाई खोलाले बगाएको स्थानीयवासीले बताएका छन्।, ‘रातको समयमा बाख्रा जोगाउन खोला छेउमा पुगेका रहेछन्, त्यत्तिकैमा बाढी आएर खोरसँगै उसलाई बगाएको छ”, ताराखोलाका पुराना पत्रकार महेन्द्र घर्तीले भने, ‘राताखोलाका सबै ठाउँमा पहिराले वितण्डा मच्चाएको छ।’, पहिरामा परी सम्पर्कविहीन रहेका कार्कीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिए।, बाढीले स्थानीयवासी चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ।, वर्षाका कारण ताराखोला–१ हिलको इदिटोलमा केही परिवार विस्थापित छन्। वडा नम्बर २ अर्गलमा एक घर पुरिएको छ।, मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। बाढीसँगै खोलामा पानीको बहाव बढेर घुस्मेली बजार क्षेत्रमा पस्न थालेपछि स्थानीय त्रसित छन्।, बजार क्षेत्रका २५ परिवारलाई गए राति नै सुरक्षित स्थानमा सारिएको छ।, उद्धारका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको थप टोली घटनास्थलमा पुग्दै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, खोरमा रहेका बाख्रा बचाउन खोज्दै थिए, बाढीले उनलाई नै बगायो
सेतोपाटी संवाददाता पाल्पाको चरचरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ५ चरचरे कालिमाटीमा बुधबार बिहान चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटनामा परेको थियो।, टिपर सडकबाट करिब एक सय ५० मिटर तल तिनाउ नदीमा खसेको छ।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार दुर्घटनामा परेर चालक पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर ५ विरकोटका ३६ वर्षिय सुदीप गैरेको मृत्यु भएको छ।, गैरेलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि लगिएको थियो।, टिपर तिनाउ नदीमा खसेर डुबेको अवस्थामा भेटिएकोले सहचालक वा अरू कोही उक्त टिपरमा भए नभएकोबारे खोजी भइरहेको प्रहरीले जनाएको छ।, तिनाउमा टिपर खस्दा चालकको मृत्यु
राजेश घिमिरे घर नजिकैबाट मोटर चल्नुलाई धेरै मान्छे खुसीको विषय ठान्छन्। घरको अगाडिबाट मोटर बाटो निकाल्न मरिहत्ते गर्छन्। तर मोटर बाटोका कारण भइराखेकै घर, जमिन गुमाउनु पर्दाको पीडा कस्तो होला?,  , धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १०, लैताक (जोगीमारा) का कुमार चेपाङलाई घर नजिकैबाट लगिएको मोटर बाटोले धरधरी रुवाएको छ।, कुमार चेपाङको परिवार यो ठाउँमा बस्न थालेको २२ वर्ष भयो। उनको घरमुनिबाट ग्रामीण सडक खनिएको एक दशक भयो।, पृथ्वी राजमार्गको हुग्दीखोलाबाट चितवनको हात्तीबाङसम्म जोडिने ग्रामीण सडक खन्दै गर्दा नै कुमारको मनमा चस्को पसेको थियो। उनले त्यतिखेरै बाटोले आफ्नो घर खेतलाई असर पार्नसक्ने भन्दै सचेत गराउन खोजेका थिए। तर त्यतिखेर उनको कुराको सुनुवाइ भएन।, त्यतिखेर बाटो माथि थुम्कोमा उनको चार रोपनी जग्गामा घर थियो। २०७२ सालको भूकम्पले क्षति गरेपछि पुरानो घरको आडैमा अनुदानको घर तयार पारे। घरअगाडि सानो आँगन अनि आँगनको अगाडि बारी थियो।, गत वर्षको माघमा बाटो बिस्तारका लागि भन्दै गाउँपालिकाले एक्साभेटर चलायो। असारको पहिलो हप्तामा परेको पानीले डेढ रोपनी बारी गर्लम्मै झर्‍यो।, ‘चार रोपनी जग्गामध्ये अब एक-डेढ रोपनीमात्रै बाँकी छ,’ कुमारले सेतोपाटीसँग भने, ‘बाँकी रहेको घर र थोरै बारी पनि कुन दिन लैजान्छ भन्ने पीर छ।’, पहिरोको जोखिममा रहेको कुमार चेपाङको घर।, हुग्दीखोलाबाट उकालो चढ्ने सडकको नाम बुद्धमार्ग राखिएको छ। केही दिनअघिको ठूलो झरीमा यो सडक छिया–छिया भएको छ। धेरै ठाउँमा पहिरोले बाटो ध्वस्त पारेको छ। कतै माथिबाट पहिरो झरेको छ भने कतै सडकको छेउ भासिएको छ।, सडकको पहिरो कुमारको आँगनसम्मै पुगेको छ। केही दिनअघि अविरल हुँदा उनको परिवार घरमा सुत्न पनि सकेन। कैयौं रात अनिदै कटाए। गाउँका गन्यमान्यदेखि वडाअध्यक्ष हुँदै गाउँपालिकासम्म कुरा पुर्‍याए तर कसैले उनको कुराको वास्ता गरेनन्।, जोखिम बढेपछि उनी केही दिन सडकमै पुगे। खामो, डाडाभाटा जुटाएर पाँच दिनसम्म सडकमै टहरो बनाएर बसे।, ‘सडकले गर्दा मेरो गरिखाने जग्गा नै गयो, घर पनि जाने अवस्थामा पुग्यो,’ उनले भने, ‘अब यहीँ बस्ने हो भनेर बाटैमा टहरो बनाएँ।’, कुमारले सडकमै टहरो ठडाएपछि बल्ल गाउँलेको टाउको दुख्न थाल्यो। स्थानीय जनप्रतिनिधिलाई पनि तनाव भयो। उनीहरू सबैले टहरो हटाउन अनुरोध गरे। पहिले आफू जोखिममा परें भन्दा बेवास्ता गरेका जनप्रतिनिधिले कुमारलाई फोन गरेर ‘खुरुक्क टहरो हटा’ भने। तैपनि कुमार मानेनन्। सडकको बसाइ उनको बाध्यता थियो। कुमारको माग सडकको कुनामा पर्खाल लगाएर आफ्नो घर खेतको सुरक्षा गरिदिनुपर्‍यो भन्ने थियो।, ‘सोमबारबाट घाम लाग्न थाल्यो। पानी नपर्दा त जोखिम नहोला कि भनेर घरमा उक्लिएको छु, सबैको टोकसो सुन्नु परेपछि अहिलेलाई टहरो पनि हटाएको छु,’ उनले भने,  ‘तर, मेरो समस्या कसले सुनिदिने हो थाहा छैन।’, कुमारको यो ठाउँबाहेक पखेरो र खोरिया गरेर थप ६ रोपनी जग्गा छ। त्यहाँ खासै राम्रो उब्जाउ हुँदैन। घरसँगै जोडिएको जग्गामा खेती गरेर उब्जिएको तरकारी बेचेर उनले वर्षौंदेखि परिवार चलाएका थिए।, ‘पिँडालु, तने बोडी हुर्किएको थियो पहिरोले बारी नै लग्यो,’ उनले भने। कुमारले आफ्नो समस्या देखाएर वडा कार्यालय र गाउँपालिकामा पटक-पटक निवेदन दिए पनि केही समाधान ननिस्किएको बताए।,  , बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष अमर गुरुङले यसपालि मात्रै नभएर हरेक वर्ष ग्रामीण सडकमा क्षति हुने गरेको बताए।, यसपालि पहिलेभन्दा अझ बढी क्षति भएको उनले बताए।, ‘मर्का त परेकै हो, प्रकोपले गरेको हो,’ वडाध्यक्ष गुरुङले भने,  ‘तर, त्यसो भनेर सडकमै टहरो बनाउन त भएन नि।’, उनले प्राविधिक पठाएर क्षति मूल्यांकन गर्ने बताए। तर कुमारले भनेजस्तो पर्खाल लाउने तयारी स्थानीय तहको छैन।  , गत वर्ष यो वडाका जवाङखोला र मोवाखोलामा ठाडोखोलाको बाढीले ठूलो क्षति गरेको थियो। मोवाखोलाका ३ र जवाङखोलाका ६ घरमा पूर्ण क्षति भएको थियो। तिनीहरूलाई क्षतिपूर्तिका लागि लेखेर पठाएको उनले बताए।, ‘तर, त्यसको केही जवाफ आएको छैन,’ वडाध्यक्ष गुरुङले भने,  ‘हामीले गर्न सक्ने त्यत्ति हो, उहाँ (कुमार)को मात्रै होइन, उहाँको नजिकै अरू २ घर त भत्किसकेका छन्, तिनहरूको पनि समस्या आएको छ।’, बुद्धमार्ग सञ्चालक समिति अध्यक्ष कुमारी डल्लाकोटीले त्यहाँका चेपाङ समुदायका २ घरलाई धेरै नै असर परेको बताइन्।, ‘घरगोठ नै पहिरोले तान्ने अवस्थामा छ,’ उनले भनिन्, ‘कंक्रिट पर्खाल वा ग्याबिन भरेर पहिरो रोकिहाल्नुपर्ने अवस्था छ।’, कुमारले मागेको पनि त्यही हो।, ‘बाटो त सबैलाई चाहिन्छ नै,’ उनले भने, ‘हाम्रो घरगोठ पनि जोगिनुपर्‍यो होला नि! बाटोको माथिबाट माटो नबग्ने उपाय लगाइदिए हुन्थ्यो।’, अध्यक्ष डल्लाकोटीका अनुसार बुद्धमार्गमा पर्ने कम्तीमा ६ घरलाई तत्कालै सार्नुपर्ने देखिएको छ। करिब ८ किलोमिटर लामो यो सडकको कोटगाउँका ४ घर पनि जोखिममा छन्। त्यहाँका स्थानीय अक्कल मगरले सडकले घर र शौचालय पहिरोमा पर्ने जोखिम भएको बताए।, बुद्धमार्ग सञ्चालक समितिका पूर्वअध्यक्ष रामकृष्ण डल्लाकोटीका अनुसार यो सडक स्तरोन्नतिका लागि यसअघि २ करोड बजेट आएको थियो। सबै काम गर्न भ्याइएन। यसपालि फेरि करिब पौने ३ करोड बजेटमा काम हुँदै छ।, ‘जोखिममा रहेका घरगोठ र जग्गा जोगाउनु पर्ने छ,’ उनले भने ।, स्थानीय राष्ट्रिय माध्यमिक विद्यालय खोरभञ्ज्याङका प्रधानाध्यापक दीपक रिजाल गाउँ–गाउँमा सडक खन्दा अति ध्यान दिनुपर्ने अवस्था आएको बताउँछन्।, ‘विकासको पहिलो सर्त त सडक नै हो, सडक सबैलाई चाहिन्छ,’ उनले भने,  ‘तर, विकाससँगै आउन सक्ने विनास रोक्नतिर पनि ध्यान दिनुपर्ने अवस्था आएको छ।’, आँगनअघि डोजरले खनेको सडकले धरधरी रुवाएको छ कुमार चेपाङलाई
सेतोपाटी चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ।, मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते उक्त कार्यक्रम गर्न लागिएको हो।, पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य साथमा लिई आफूलाई पायक पर्ने केन्द्रमा जान अनुरोध गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले सूचनामार्फत जानकारी गराएका छन्।, गोदावरीमा शुक्रबार खोप लगाइने, गोदावरी नगरपालिकाका १४ वडाबाटै उक्त खोप शुक्रबार लगाइने भएको छ।, खोपका लागि गोदावरीका सम्बन्धित वडाका स्वास्थ्यचौकीका साथै टौखेलस्थित किटिनी र वडा नम्बर १२ मा रहेको सरस्वती माध्यमिक विद्यालय र आनन्दवन अस्पताल, वडा नम्बर ११ कार्यालयबाट समेत सेवा दिइने नगरपालिकाले जनाएको छ।, (रासस), असार २५ र २६ गते ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने
सेतोपाटी संवाददाता सिमरा प्रहरीले ३० लाख बराबरको मोबाइल बरामद गरेको छ।, जितपुर सिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगञ्ज सडकमा प्रहरीले एउटा बोलेरोबाट भन्सार छलेर ल्याइएका मोबाइल बरामद गरेको हो।, प्रदेश २-०३0००१ च १४३ नम्बरको बोलेरोबाट प्रहरीले विभिन्न कम्पनीका १५ सय २० थान मोबाइल बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।, गाडी र मोबाइलसहित चालक बारा कोल्वी नगरपालिका-४ का पदमबहादुर घिमिरेलाई पक्राउ गरिएको सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।, ‘आवश्यक बिल बिजक नभएकोले बरामद गरी भन्सार कार्यालय बुझाइएको छ,’ कुँवरले भने।, बरामद भएका मोबाइलमा माइक्रोम्याक्स कम्पनीका बढी छन्।, अमलेखगञ्जबाट ३० लाख बराबरको मोबाइल बरामद
सेतोपाटी संवाददाता मंगलबार राति बौद्धबाट २८ जना जुवाडे पक्राउ परेका छन्।, काठमाडौं-६ बौद्ध सिमलटारका वाङ्चु शेर्पाको घरबाट प्रहरीले १४ लाख ५९ हजार ९ सय नगदसहित जुवाडे पक्राउ गरेको हो।, जुवा खालबाट प्रहरीले ३० थान कौडा, २१ बुक तास, भारू ११ हजार ४ सयलगायत बरामद गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।, जुवा अखडा सञ्चालन गर्ने ४० वर्षीय लालबहादुर विकसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  , बौद्धबाट १४ लाख नगदसहित २८ जुवाडे पक्राउ
सेतोपाटी संवाददाता इलाम नगरपालिका–१२, साङरुम्बामा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ।, स्थानीय ४५ वर्षीय यामबहादुर साँवाले ५८ वर्षे धनबहादुर राईको बुधबार बिहान पौने ८ बजेतिर हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।, स्थानीय सुमन्त साँवाको घरमा धनबहादुरले खुकुरी भिरेको देखेपछि यामबहादुरले उनीसँग खुकुरी मागेका थिए। तर, दिन नमानेपछि धनबहादुरबाटै खुकुरी खोसेर यामबहादुरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले सेतोपाटीलाई बताए।, खुकुरी प्रहारबाट धनबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, यामबहादुरले किन हत्या गरे भन्ने कारण खुल्न नसकेको एसपी श्रेष्ठले बताए। यामबहादुरलाई गाउँबाटै पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।, इलाममा खुकुरी प्रहार गरी हत्या
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष काराबास तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्। , जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुरका फरार प्रतिवादी ४१ वर्षीय वीरबहादुर चौधरी मंगलबार पक्राउ परेका हुन्। , दाङ देउखुरी जिल्ला अदालतले २०७५ साल माघ २९ गते चौधरीलाई पाँच वर्ष कैद सजाएको फैसला सुनाएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।  , चौधरीलाई बुधबार अदालतमा पेश गरिएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारगार चलान गरिएको प्रहरीले जनाएको छ।, ज्यान मुद्दामा पाँच वर्ष जेल सजाय तोकिएका व्यक्ति पक्राउ
सेतोपाटी संवाददाता सर्लाहीमा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ।, ईश्वरपुर नगरपालिका-४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्णबहादुर स्यङ्बोको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।, प्रहरीले सोही ठाउँका ५८ वर्षीय पाल दोर्जे स्याङ्तानलाई मंगलबार राति पक्राउ गरेको हो।, पुरानो रिसिइबीको कारण विवाद हुँदा दोर्जेले कृष्णबहादुरमाथि चक्कु प्रहार गरेका थिए।, चक्कु प्रहारबाट गम्भीर घाइते भएका कृष्णबहादुरलाई उपचारको लागि लालबन्दीस्थित मोडेल अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि जनकपुर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, हत्या आरोपित स्याङ्तानलाई प्रहरी चौकी फुल्जोर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।, प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।, सर्लाहीमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एक पक्राउ
सेतोपाटी म्याग्दीमा पछिल्लो एक वर्षमा ७६२ उद्योग र व्यवसायिक फर्म थपिएका छन्।, घरेलु तथा साना उद्योग कार्यालयमा ५०० उद्योग र २६२ वटा वाणिज्य फर्म दर्ता भएका हुन्।, विसं २०७७ साउनदेखि २०७८ असार अन्तिम हप्तासम्म दर्ता भएका उद्योग र वाणिज्य फर्मबाट रु २६ लाख आठ हजार १२३ राजश्व सङ्कलन भएको कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए। , ‘पहिले देखिनै सञ्चालन भएका उद्योग तथा फर्महरू कानूनी दायरामा आउनुका साथै उद्यम व्यवसायतर्फको आकर्षणका कारणले दर्ता सङ्ख्या बढेको हो’, उनले भने, ‘नयाँ फर्म तथा उद्योग दर्ता गर्नेमा धेरैजसो युवा छन्।’, उद्योग दर्ताबाट रु १४ लाख ३४ हजार १२३ र वाणिज्य फर्म दर्ताबाट रु ११ लाख ७४ हजार राजश्व सङ्कलन भएको हो।, नयाँ दर्ता भएका ५०० वटामध्ये ३६८ वटा कृषि तथा वन पैदावारमा आधारित छन्। यसअघि दर्ता भएका २९८ उद्योग र ३९८ वटा वाणिज्य फर्म नवीकरण भएका छन्।, यसैगरी चालू आर्थिक वर्षमा कूल रु एक करोड १६ लाख २८ हजार बजेट विनियोजन भएको घरेलु कार्यालयले भौतिकतर्फ ९९ र वित्तीयतर्फ ७६ प्रतिशत प्रगति गरेको जनाएको छ। दुई ८५ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ । , एक सय ५१ जनालाई उद्यमशीलता विकास, ३८ जनालाई युवा उद्यमशीलता सीप विकास, २७ जना उद्यमी सिर्जना, १६ जनालाई उद्योग प्रर्वद्धन, कोरोनाका कारणले श्रम छाडी घर फर्केका ३५ जनालाई सीप विकास, १८ जनालाई परम्परागत सीपमा आधारित व्यवसाय प्रर्वद्धन तालिम प्रदान गरेको छ। , अल्लो तथा ढाकाको झोला, पर्स डिजाइन, हलुका सवारी चालक, सिलाईकटाई, ब्युटी पार्लर, कम्प्युटर, हावस वायरीङसम्बन्धी तालिम दिएको हो।, एघार पटक ११८ वटा पसल तथा फर्मको बजार अनुगमन गरेको छ। सोह्र जना उद्यमीलाई रु १३ लाख ७६ हजार मूल्य बराबरको उपकरण वितरण गरेको छ। , कार्यालयले बुधबार बेनीमा समक्षा कार्यक्रमको आयोजना गरेर वार्षिक गतिविधी सार्वजनिक गरेको हो।, कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले सीपमूलक तालिम र बजार अनुगमनलाई प्रभावकारी बनाउन सुझाव दिए।रासस , म्याग्दीमा एक वर्षमा थपिए ७६२ व्यवसायिक फर्म
सेतोपाटी संवाददाता विद्यार्थी रामजी रामसहित चारै जना विद्यार्थीलाई नेसनल मेडिकल कलेजले परीक्षा फारम भर्नबाट बञ्चित गराएको छ।, एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत् रामजी राम र पंकज राम, चौथो वर्षमा अध्ययनरत् रूकेशकुमार राम र प्रमोदकुमार रामलाई नेसनल मेडिकल कलेजले परीक्षा फारम भर्न नदिएको हो।, गैरकानुनी शुल्क माग्दै कलेजले फारम भर्न नदिएको विद्यार्थीले बताए।, चिकित्सा शिक्षा आयोगको दबाबपछि मंगलबार फारम भर्न भन्दै कलेजले चारै जनालाई बोलाएको थियो।, चारै जना विद्यार्थीलाई कलेजले होस्टल, त्रिविले तोकेको परीक्षा दस्तुर, रजिष्ट्रेसन, ल्याब, लाइब्रेरी, इन्टरनेटको पैसा मागेको छ।, रामजी रामलाई १ लाख ८५ हजार ९ सय ८३ रूपैयाँ पैसा मागेको छ। उक्त रकम होस्टल खर्च, त्रिवि परीक्षा शुल्क, रजिष्ट्रेसन, ल्याब, लाइब्रेरीलगायतको हो।, उनी होस्टल बस्दैनन्। यस्तै, पंकज रामलाई २४ हजार रूपैयाँ अतिरिक्त शुल्क मागेको छ।, रामजी र पंकज रामको परीक्षा यही साउन १० गतेदेखि हुन्छ। उनीहरूको फारम भर्ने अन्तिम मिति हिजो मंगलबार थियो।, रूकेश र प्रमोदको परीक्षा रूटिन भने सार्वजनिक भइसकेको छैन। चारै जनालाई विभिन्न शीर्षकमा शुल्क माग्दै नेसनल मेडिकल कलेजले उक्त रकम नबुझाएसम्म परीक्षा फारम भर्न नदिएको हो।, सरकारी छात्रवृत्तिमा अध्ययनरत् चारै जनाले चिकित्सा शिक्षा आयोग र चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) गुहारेका थिए।, कलेजले रामजी र पंकजलाई परीक्षा फारम भर्नुअघि स्पष्टीकरणसमेत सोधेको थियो।, ‘हामी चारै जनालाई परीक्षा फारम भर्न दिइएको छैन, मंगलबार बोलाइएको थियो, फेरि बुधबार बिहान आउनू भनियो,’ रामजीले सेतोपाटीसँग भने, ‘जाँदा शुल्क नबुझाएसम्म फारम भर्न नदिने भनेर कलेजले अडान राख्यो।’  , परीक्षा फारम भर्नुअघि कलेजले वार्षिक शुल्कबापत् मात्र रामलाई ५ लाख ९८ हजार ५० रुपैयाँ मागेको थियो, त्यो उनले तिर्न नपर्ने शुल्क हो। त्यो पैसा भने कलेजले छोडिदिएको छ।, त्यसबाहेक होस्टल चार्ज भनेर ५५ हजार ४२१, मेस चार्ज भनेर २१ हजार ३९ र इन्टरनेटको भनेर ९ हजार ८ सय रुपैयाँ मागेको थियो।, उनले हालसम्म कलेजलाई तिर्नुपर्ने शीर्षकमा ८ लाख ६४ हजार रुपैयाँ बुझाइसकेका छन्।, रामलाई गत साल एउटा परीक्षा दिनबाट कलेजले बञ्चित गराएको थियो।, पंकजसँग वार्षिक शुल्क भनेर ५ लाख ९८ हजार ५० रुपैयाँ मागेको थियो। यो तिर्नु नपर्ने शुल्क हो।, होस्टल खर्च १५ हजार ८३४ रुपैयाँ, मेस खर्च ३० हजार २५८ र इन्टरनेट खर्च भनेर ७४ हजार रुपैयाँ मागेको थियो।, तर, पंकजले यसअघि नै बुझाएको पैसाबाट कटौती गरी बाँकी २४ हजार रूपैयाँ मागेको रामले बताए।, रूकेशकुमारलाई कलेजले वार्षिक शुल्कबापत् २ लाख ४८ हजार ५०, होस्टल खर्च ३ लाख ४२ हजार ५९३ र इन्टरनेट खर्चबापत् ८ हजार ४ सय मागेको थियो।, प्रमोदकुमारलाई कलेजले वार्षिक शुल्क भनेर ७ लाख ४० हजार, होस्टलको २ लाख ४६ हजार २६१ र इन्टरनेटको ७९ हजार ८ सय मागेको थियो।, यसअघि कलेज सञ्चालक बसरूद्दिन अन्सारीले विद्यार्थीलाई परीक्षा फारम भर्न दिने बताएका थिए।, मिति सकियो, रामजीसहित चारै जनालाई नेसनल मेडिकलले परीक्षा फारम भर्न दिएन
राजेश घिमिरे गत जेठ पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा सम्बोधनका क्रममा नेपालका सडकको अवस्थाबारे भनेका थिए-बाटा त खुल्दै गएका छन् तर अचम्म लाग्छ त्यस बाटाबाट गाडी बहादुर गोर्खालीले बाहेक अरू कसैले हिँडाउनै सक्दैन।, प्रधानमन्त्री ओलीले त्यतिबेला त्यो कुन बाटो हो जसमा ‘बहादुर गोर्खाली’ मात्र गाडी चलाउन सक्छन् भन्ने खुलाएका थिएनन्। तर पछिल्लो समय देशकै प्रमुख राजमार्गमा पर्ने नारायणगढ-मुग्लिन सडकमा चालकहरूले देखाएको ‘गोर्खाली पारा’ले सायद ओलीले भनेको त्यो बाटो यही थियो भन्ने लाग्छ। जहाँ चालकहरू पहिरो खस्दाखस्दै ज्यान जोखिममा राखेर भगवान् भरोसामा सवारी हुँइकाइरहेका छन्।, भरतपुरका रमेश सेढाईलाई मंगलबार काठमाडौं पुग्नु थियो। मोटरसाइकलमा निस्किएका उनी लामो ट्राफिक जामलाई छिचोल्दै सेतीदोभानसम्म पुगे। त्यहाँ सवारी साधन रोकिएका थिए। सेती र त्रिशूली नदीको दोभानको ठीक माथि नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो झर्दै थियो। करिब एक घन्टापछि सडकमा झरेको पहिरो डोजरले सफा गर्‍यो।, ‘बाटो त खुल्यो तर माथिबाट झर्न ठीक्क परेका ढुंगा देख्दा आङ सिरिङ्ङ भएको थियो,’ उनले भने, ‘तैपनि मलाई काठमाडौं नपुगी नहुने थियो। भगवानलाई सम्झँदै बाइक कुदाएँ।’, मंगलबार दिउँसै त्यही पहिरोबाट झरेको ढुंगो एउटा स्कार्पियोमा बजारिएको थियो। सडक खुल्ला देखेर अघि बढेको स्कार्पियोमा अकस्मात ढुंगा बजारिएको हो।, ‘स्कार्पियोको अघिल्लो भागमा केही क्षति पुर्‍याएर ढुंगो त्रिशूली नदीमा खस्यो,’ उक्त घटनाका प्रत्यक्षदर्शीसमेत रहेका बागमती ट्रफिक प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले भने, ‘धन्न ठूलो क्षति हुन पाएन।’, त्यो घटनामा स्कार्पियोमा सवार चितवनको केराबारीका हरिबहादुर राना घाइते भएका थिए।, आइतबार दिउँसो पनि यो सडकमा यस्तै आङै सिरिङ्ङै हुने घटना भएको थियो। पहिरो खसिरहेको सडकमा मोटरसाइकल कुदाएका एक जना चालक माथिबाट आएको ढुंगाले धन्नै छोएको थियो।, मिडियामा आएका यी भिडिओहरू हेर्दा लाग्छ- नारायणगढ-मुग्लिन सडक खण्डमा चालकहरूले ज्यानलाई जोखिममा राखेर ‘बहादुर गोर्खाली’ पाराले चलाइरहेका छन्। उनीहरूको यस्तो दुस्साहसलाई प्रशासनले रोक्न सकेको छैन।, एसपी कोइरालाले प्रहरीले दिन-रात खटिएर सवारी साधनलाई सुरक्षित तवरले बाटो कटाउने प्रयास गरिरहेको छ।, ‘पहिरो झर्न लागेपछि रोक्ने र सुरक्षित देख्दामात्रै सवारी साधन चलाउन दिने गरिएको छ। पहिरो झरिहाले सडक डिभिजन कार्यालयको डोजरले पन्छाएर पुनः यातायात सुरू गर्ने काम गरिएको छ,’ उनले भने, ‘हामीले गरेर हुनेजति प्रयास गरेकै छौं।’, उनले प्रहरीले प्रयास गर्दागर्दै पनि कतिपय चालकहरुले अटेरी गर्दा दुर्घटनाको खतरा बढेको बताए।, ‘अलि टाठा चालकहरू अवस्थालाई विचार गरेर कटिहाल्छन्, मंगलबार नयाँ चालक परेकाले सामान्य सडकमा झैं अघि बढ्न खोज्दा दुर्घटना भयो,’ उनले भने, ‘ट्राफिक प्रहरीले सडकको दुवैतर्फ बसेर सिग्नल दिइरहे पनि त्यसलाई नटेर्ने, नबुझ्नेहरू समस्यामा पर्ने देखियो।’, दुर्घटनाका घाइते रानाले पनि चालकलाई रोक भन्दा पनि नमानेर कुदाएको बताएका थिए। , एसपी कोइरालाले सेतीदोभानको पहिरोमा अझै पनि केही ठूला ढुंगाहरू झर्न ठीक्क परेकाले जोखिम उस्तै रहेको बताए।, ‘ठूलो पानी पर्‍यो भने त ती ढुंगाहरू खसिहाल्छन्, जोखिम धेरै छ,’ उनले भने, ‘तैपनि जोखिम छ भनेर हामीले बाटै बन्द गरेर राख्न त मिलेन। अवस्था हेरेर सुरक्षित रूपमा कटाउने काम गर्ने हो।’, उनले पहिरोमा रहेका ठूला ढुंगाहरू विपद् व्यवस्थापनको संयन्त्र, सडक डिभिजन कार्यालयले हटाउन सके यात्रा सुरक्षित हुन सक्थ्यो भनेर कुरा भए पनि सम्भव हुन नसकेको बताए।, चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले नारायणगढ-मुग्लिन सडकको पहिरोले रातको निद्रा र दिनको भोक सबै हराएको बताए।, ‘अप्रिय घटना नहोस् भनेर प्रहरी चौबीसै घन्टा खटिएको छ। कसरी पहिरो पन्छाएर बाटो फेरि चलाउने भन्ने चिन्ता छ,’ उनले भने।, लामिछानेले सवारी साधन रोकेर पहिरो पन्छाउन सकिन्छ कि भनेर सडक डिभिजन कार्यालयका इन्जिनियरलाई हेर्न लगाएको भए पनि त्यो सम्भव नभएको बताए।, ‘तैपनि हामी सुरक्षित तवरले सवारी साधन कटाउने कोशिश गरिरहेका छौं, प्रहरी र सडक डिभिजनका कर्मचारीलाई जबर्जस्ती गरेर अघि बढ्न खोज्ने हो भने जे पनि हुन सक्ने भयो,’ उनले भने, ‘अत्यावश्यक वस्तु बाटैमा रोकिएका छन्। अत्यावश्यक रूपमा यात्रा गर्नुपर्नेहरू अलपत्र परेका छन्, उनीहरूलाई सुरक्षित रूपले गन्तव्यमा पठाउन हाम्रो प्रयास जारी छ।’, जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि शुक्रबारसम्म यस क्षेत्रमा वर्षा हुने उल्लेख गरेको छ।, ‘हाम्रो चिन्ता अब पानी पर्‍यो भने कसरी व्यवस्थापन गर्ने भन्ने छ,’ लामिछानेले भने, ‘आशा गरौं विपद्बाट जोगिन अधिकतम प्रयास गर्ने हो। त्यो गर्दैछौं।’, गत बुधबारदेखि यता नारायणगढ-मुग्लिन सडक खण्डमा दर्जन बढी पहिरोहरू झरेका छन्। केही दिन अघिसम्म चारकिलो र पाँचकिलो भन्ने ठाउँमा झरेको पहिरोले दुःख दिएको थियो भने अहिले सेतीदोभानको पहिरोले यात्रुले सास्ती व्यहोर्दै आएका छन्।, बागमती ट्राफिक प्रहरीका प्रमुख कोइरालाकाअनुसार मंगलबार नारायणगढदेखि मुग्लिन हुँदै धादिङको समेत सडकमा गरी करिब १० हजार वटा सवारी साधन रोकिएका थिए। बुधबार बिहानबाट सेतीदोभानको पहिरो पन्छाएपछि सडक एकतर्फी रूपमा चलेका छन्।, ‘तीन-चार दिनदेखि रोकिएका गाडीहरू पनि जाममा थिए, जाममा परेका गाडी आज अघि बढिरहेका छन्,’ उनले भने, ‘लामो समयदेखि रोकिएका गाडीहरू साँझसम्ममा कटिसक्छन् भन्ने अपेक्षा छ।’   , नारायणगढ-मुग्लिन सडकमा ‘बहादुर गोर्खाली पारा’ (भिडिओ)
सेतोपाटी संवाददाता झापामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।, विर्तामोड नगरपालिका वडा नम्बर ४ जात्रुबाडी बस्ने ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, बुधबार बिहान साढे ७ बजे सोही नगरपालिका वडा ८ स्थित रामकुमारी दर्जीको घरमा उनी मिटर जडान गर्न बिजुलीको पोलमा चडेका थिए। त्यसै क्रममा उनलाई करेन्ट लागेर खसेका थिए।, भुइँमा लडेपछि उनको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयले जनाएको छ।, गम्भीर घाइते भएका भट्टराईको उपचारको लागी बिएन्डसी अस्पताल विर्तामोड पुर्‍याउँदा मृत्यु भएको थियो। उनी अनारमनी वितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी थिए।, बिजुली जडान गर्न गएका विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु
सेतोपाटी संवाददाता दाङको राप्ती नदीमा निर्मित नेपालकै दोस्रो लामो पुलको 'एप्रोच'मा बाढीले क्षति पुर्‍याएपछि यातायात ठप्प बनेको  छ।, अविरल वर्षातपछि आएको बाढीका कारण पुलको 'एप्रोच'मा क्षति पुगेपछि यातायातका साधन सञ्चालनमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।  , लुम्बिनी प्रदेशको राजधानीको केन्द्र तोकिएको राप्ती र गढवा गाउँपालिका जोड्ने राप्ती नदीमा निर्मित सिसहनियाँ पुल जोड्ने हुलाकी मार्गको एप्रोच बाढीले भत्काएको कुरुम्बाङले बताए।  , उक्त  पुलको लम्बाइ ८६० मिटर र चौढाइ साढे १० मिटर रहेको छ। यो पुल अनक निर्माण सेवाले निर्माण गरेको हो। , आर्थिक वर्ष २०७२/०७३ देखि निर्माण सुरू गरेको कम्पनीले सम्झौताभन्दा अगाडि नै काम सकेको हुँदा निकै प्रशंसा बटुलेको थियो। , नेपालकै दोस्रो लामो पुलको 'एप्रोज' बाढीले बगाएपछि ...
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ८ सय ९८ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ७८३५ जनाको पिसिआर परीक्षणबाट २०७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४०६३ जनाको एन्टिजेन परीक्षणबाट ९०२ जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३३३ जना संक्रमणमुक्त भएका छन्। , यस्तै २८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। , अहिले देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ७ सय ५६ छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा २ हजार ७ सय ८८ छन्।  ५ सय ७१ आइसियू र १६१ भेन्टिलेटरमा उपचाररत् छन्।, थपिए २ हजार ९७९ संक्रमित, निको भए १३३३
सेतोपाटी संवाददाता भन्सार चोरी पैठारी गरी राजश्व छलेको अभियोगमा चितवन रत्ननगर-७ को शिवशक्ति खाद्य उद्योगका सञ्चालकसहित तीन जनाविरूद्ध अदालतमा मुद्दा दायर भएको छ। , राजश्व अनुसन्धान विभागले उद्योगका सञ्चालक दिनेशकुमार अग्रवाल, सीमा अग्रवाल र थपलिया ट्रेड सप्लायर्सका प्रोप्राइटर रामप्रसाद थपलियाविरूद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। , उनीहरूलाई ९ करोड २७ लाख ३७ हजार ५६० रूपैयाँ बिगो माग गरिएको विभागले जनाएको छ। तीनै जनालाई बिगो, बिगो जरिवाना र कैद सजाय माग गरिएको छ। , उनीहरूले वास्तविक खरिद-विक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश र आयकर छलेको देखिएको विभागले जनाएको छ। , उनीहरूले मूल्य अभिवृद्धि कर ६ करोड ८६ लाख ७ हजार २५३ रूपैयाँ र आयकर २ करोड ४१ लाख ३० हजार ३०७ रूपैयाँ छलेको विभागले जनाएको छ।, ९ करोड बिगो माग्दै तीन खाद्य उद्यमीविरूद्ध मुद्दा
सेतोपाटी संवाददाता एकान्तकुनास्थित चक्रपथ सडक मर्मत गर्नुपर्ने भएको छ।, सडक विभागका अनुसार नाली र पिच अकस्मात् छुट्टिन थालेपछि चक्रपथ सुधार आयोजनाले मर्मत थालेको हो।, भत्किन थालेको सडकमा अहिले खनेर मर्मत थालिएको छ। सडक भत्किनुको कारण भने कमजोर भू-बनोट हो वा अन्य केही हो भन्ने यकिन भएको छैन।, सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार सडकको केही भाग छुट्टिन थालेपछि मर्मत गर्न थालिएको बताए।, ‘त्यहाँको नाली जाम भएको पनि भन्ने कुरा आएको छ, नाली र पिचमा केही समस्या भएर छुट्टिन थालेपछि मर्मत गर्न थालिएको हो,’ थापाले भने।, चिनियाँ सरकारले चक्रपथ सडक निर्माण गरेको हो। , आठ लेन सडक भन्दाबाहिर दुबैतर्फ एक-एक लेनको सर्भिस ट्रयाक (सेवा सडक) निर्माण भने नेपाल सरकारले गरेको हो। , यो सडक २०७५ मंसिर महिनामा सम्पन्न भएको थियो। , सबै तस्बिरहरू: निशा भण्डारी/सेतोपाटी।,  , एकान्तकुनाको चक्रपथमा पिचबाट छुट्टियो नाली
सेतोपाटी संवाददाता लमजुङमा बुधबार दिउँसो भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको काप्रेचौर आसपास केन्द्रविन्दु बनाएर दिउँसो ३ बजेर ५७ मिनेटमा ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो।, भूकम्पबाट क्षति भएको विवरण आएको छैन।, यसअघि सोमबार बिहान काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु बनाएर ३.२ म्याग्नेच्युडको भूकम्प गएको थियो।, लमजुङमा केन्द्रविन्दु बनाएर ४.२ म्याग्नेच्युडको भूकम्प
सबिना श्रेष्ठ मनसुन हाम्रा निम्ति जोखिमपूर्ण ऋतु हो। बाढी-पहिरोका खबर अनि हिलाम्मे सडकले हरेक पटक मान्छेलाई सताइरहन्छ।, भक्तपुर, लिबालीका स्थानीयलाई भने हरेक मनसुनले औधी खुसी दिन्छ। किनभने यहाँ यही समय हो जब उनीहरू आकाशे पानी संकलन गर्न पाउँछन्।, लिबालीको भूकम्प शिविर र स्थानीयले आकाशको पानी उपभोग गर्न थालेको करिब चार वर्ष भयो। लिबाली गणेश खानेपानी वितरण समिति बनाएर २०७४ साल मंसिरदेखि उनीहरूले लाभ लिइरहेका छन्।, 'भूकम्प शिविरको छतबाट हाम्रो समितिमा आकाशे पानीको प्रणाली सञ्चालन गरिएको छ,' समिति अगाडिका पाँच टिनका छानाले बनाइएका घर देखाउँदै समिति अध्यक्ष नारायण खाइतूले भने, 'त्यही पानी हामीले फिल्टर गरेर धारामार्फत स्थानीय र शिविरका मान्छेलाई बाँड्छौं।', यहाँ कसरी आकाशे पानीको समिति नै गठन भयो जान्न हामी ०७२ सालको भुइँचालोको समयमा फर्किनुपर्छ।, त्यो दिन खाइतू घरमा खाना खाइरहेका थिए। भुइँचालोले सिंगो घर नै थरर्र थर्काउन थालेपछि उनको खाना अधुरै रह्यो। बाहिर निस्केपछि उनले पूरा गर्नुपर्ने धेरै काम थपिए। उनी टोल सुधार समितिका अध्यक्ष थिए।, नारायण खाइतू, भक्तपुरमा सबभन्दा बढी जेँला टोल प्रभावित भएको थियो। भत्किएका घर अनि भग्नावशेष समेट्नु थियो नै, कति मृत्यु भएका र भग्नावशेषमा पुरिएका मान्छेलाई समेत खाइतूले आफ्नै हातले बाहिर निकाले। , त्यो दिन सम्झिँदै खाइतू भन्छन्, 'ती मान्छेका पीडा एक ठाउँमा थिए, घरबार बिहीन भएपछि कता बस्ने भन्ने चिन्ता पनि उनीहरूमा थियो। हामीले तुरून्तै केही गर्नुपर्ने भयो।', लिबालीमा २०५४ सालमा जग्गा 'प्लानिङ' गरिएको थियो। नियमअनुसार जग्गा प्लानिङ गर्दा ठाउँ–ठाउँमा चउर/बगैंचाका लागि खुला ठाउँ छाड्नुपर्छ। त्यही छाडिएको करिब दुई रोपनी सार्वजनिक चउरमा मान्छे भेला हुन थाले। टेन्ट हालेर भुइँचालो पीडितहरू बसे।, उनीहरूकै लागि भनेर लिबाली गणेश भूकम्पपीडित पुनः स्थापना केन्द्र भन्ने समिति गठन भयो। त्यसबाट शिविर बनाउन पहल गरियो। शिविर त बन्यो तर बत्ती थिएन। खाइतू आफैं अघि सरे। घरअगाडि बत्ती मिलाउन पोलमा चढेका मात्र थिए, फेरि भुइँचालोको झट्काले जमिन हल्लाउन थाल्यो। उनी त्यही पोल च्याप्प समाएर बसिरहे। बिस्तारै जमिन लयमा फर्किएपछि बत्तीको काम अघि बढ्यो। , 'बत्तीपछि हामी टहरा बनाउने काममा लाग्यौं,' उनले भने, 'टेन्ट मात्र हुँदा हावाले उडाउने, पानी पर्दा समस्या हुन थालेको थियो। त्यही भएर हामीले साथीहरूसँग सहयोग जुटाएर जस्ताको टहरा बनायौं।', चउरमा भुँइचालोले घरबिहीन भएका मात्र होइन, डरले घर छाडेर आएका मान्छे पनि भएकाले करिब एक सय ६९ परिवार थिए। टहरामा पुग्दा भने ६४ परिवार भए। त्यही पनि एउटै टहरामा तीन परिवार बस्नुपर्ने बाध्यता थियो। 'रुनु न हाँस्नु' त्यो समय बदलिने समय पर्खिनुबाहेक उनीहरूसँग उपाय थिएन।, बस्ने थलो र रासन व्यवस्था भए पनि त्यहाँका मानिस पानी लिन करिब १५ मिनेट हिँडेर पुरानै ठाउँ जेँला पुग्थे। त्यहाँ लामो लाइन बसेर पानी भर्नुपर्थ्यो। अनि पानीको भारी बोकेर फर्किँदा सास्ती उस्तै।, खाइतूले उनीहरूलाई सजिलै पानी उपलब्ध गराउने तयारी थाले। सहयोगका निम्ति रोजे, 'गुथि' नामक गैरसरकारी संस्था।, गुथिबाट केही मानिस भूकम्पका बेला लिबालीमा सहयोग गर्न आएका थिए। उनीहरूले शिविरका मान्छेलाई पानीको अस्थायी ट्यांकी बनाइदिएका थिए। त्यही संस्थासँग चिनजान बढ्दै गएपछि खाइतूले एकदिन प्रस्ताव राखे, 'यहाँ पानीको निकै समस्या छ। दीर्घकालीन व्यवस्थापन गर्न सहयोग गर्दिन पर्‍यो।', गुथिले पनि सहयोग गर्ने वचन दियो।, स्विट्जरल्यान्डस्थित इन्टरनेसनल रेनवाटर हार्भेस्टिङ एलायन्ससँग सहयोगका लागि कुराकानी भएपछि उनीहरू यो ठाउँमा निरीक्षण गर्न आए। त्यसपछि करिब २५ हजार लिटरको पानी ट्यांकी बनाउने सहमतिमा लिबाली गणेश खानेपानी वितरण समिति गठन भयो। खाइतूकै अध्यक्षतामा गठन भएको उक्त समितिलाई गुथिले करिब १७ लाख रूपैयाँ हस्तान्तरण गर्‍यो।, 'भूकम्पका बेला हामीले भक्तपुरका विभिन्न शिविरमा अस्थायी ट्यांकी बनाइदिएका थियौं। लिबालीका मान्छेले भने स्थायी ट्यांकी नै बनाउने योजना बनाएपछि हामीले पहल गरिदिएका हौं,' गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले भने।, गुथिले त्यसअघि भक्तपुरकै पदम स्कुलमा पनि आकाशे पानी संकलन गर्ने ट्यांकी बनाएको थियो। भक्तपुर नगरपालिकाले पनि नगरपालिकाभित्र करिब दुई लाख लिटरको र ख्वप इञ्जिनियरिङ कलेजमा पाँच लाख लिटरको टंयाकी बनाएको छ। , लिबालीमा भने सहयोग आएअनुसार २५ हजार लिटरको ट्यांकी बनेन। ट्यांकी बनाउने काममा स्थानीयले श्रमदान दिएका थिए। काम गरिरहँदा उनीहरूलाई २५ हजार लिटरभन्दा ठूलो बनाउने मन भयो। ठूलो ट्यांकीले शिविरका मान्छेलाई मात्र होइन, अन्य बासिन्दालाई पनि सहयोग पुग्थ्यो। त्यही भएर उनीहरूले तीन गुणा ठूलो, ११ फिट गहिरो खाडल खने र एक लाख छ हजार लिटरको ट्यांकी बनाए। , बाँकी रकम फेरि आफ्नै र साथीहरूसँग संकलन गरेर जुटाए। प्लम्बिङ, तारजाली हाल्ने, ट्यांकी बनाउने ज्याला सबै श्रमदानमा गरिएकाले जम्माजम्मी ४३ लाख खर्चमा सबै काम सकियो। , '१५ लाख पर्ने फिल्टर प्लान्ट काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग पनि सहयोग मागेका थियौं,' खाइतूले भने, 'लुमन्ती संस्थाले दुइटा ट्यांकी दियो।', त्यसरी निर्माण भएको लिबाली गणेश खानेपानी वितरण समिति २०७४ साल मंसिर ८ गते मेयर सुनिल प्रजापति, काठमाडौं खानेपानी व्यवस्थापन बोर्डका निर्देशक, गुथि सबै मिलेर उद्घाटन गरे। त्यस दिनदेखि टोलबासीले स्वच्छ खानेपानी खान अन्त जान परेको छैन। तर यहाँबाट खानेपानी मात्र दिइने भएकाले लुगा धुने, भाँडा माझ्ने लगायतमा चाहिने पानी भने उनीहरू आफैंले जुटाउनु पर्छ।, 'बिहान साढे छ बजेदेखि पानी वितरण सुरू गर्छौं। प्रत्येक परिवारलाई हामीले दिनको ४० लिटर दिन्छौं। करिब ८५ परिवारले यहाँबाट लाभ लिइरहेका छन्,' खाइतूले भने, 'अहिले त पानी धेरै भएर ओभरफ्लो नै छ। तर सुख्खा याममा अभाव भएर गाह्रो हुने भएकाले ४० लिटरभन्दा धेरै दिएका छैनौं।', मनसुन पानी जम्मा गर्ने विशेष महिना भए पनि फागुनदेखि जेठसम्म आक्कल-झुक्कलबाहेक पानी पर्दैन। यहाँ जोहो गरेको पानी कम हुँदै जान्छ। गत फागुनतिर त्यस्तै समस्या भएको थियो। पानी अभाव भएपछि नजिकैको सार्वजनिक र खाइतूको घरैको इनारको पानी फिल्टर गरेर वितरण गरियो।, सधैं आकाशे पानी खाइरहेकाले इनारको पानी टोलबासीलाई त्यति मिठो नलागेको खाइतूले बताए। , 'आकाशे पानीको स्वाद बसेकाले उनीहरूले जार किन्न पनि छाडिसकेका थिए। इनारको पानी खानुपर्दा त्यति मिठो नभएको भनेर टोलबासीले भनेका थिए,' खाइतूले सुनाए।, आकाशे पानी सफा नहुने लगायत मानसिकता धेरैमा हुन्छ। त्यही भएर सुरूमा पानीबारे योजना ल्याउँदै यहाँका स्थानीयलाई खानेपानीका इञ्जिनियर, कर्मचारी आएर 'रेन वाटर हार्भेस्टिङ' बारे जानकारी गराएका थिए। खाइतूलाई भने आकाशे पानी सम्बन्धी ज्ञान पहिल्यै भएकाले उनलाई यो कस्तो हुन्छ भनेर डरभन्दा उत्साह थियो। स्थानीयलाई पनि बुझाएपछि र फिल्टर प्लान्ट नै जोडेर ढुक्क गरेपछि उनी पनि निर्धक्क भए।, यो भूकम्प शिविरका धेरै मानिस घर बनाएर सरिसके। अहिले पाँच परिवार मात्र बस्छन्। पहिले बनेका सबै टहरा उनीहरू यहाँबाट गएसँगै भत्काइयो। तर आकाशे पानीका लागि बनाएको सात हजार चार सय वर्ग फिट 'क्याचमेन' अझै छ। त्यहाँबाटै पानी टयांकीमा जम्मा हुन्छ। गटरबाट प्लास्टिक र धूलो नजाओस् भनेर प्लम्बिङ गर्दा पाइपको बीचमा चिरेर पानी बग्ने ठाउँ बनाइएको छ। चारैतर्फ जडान भएको पाइपबाट पानी एकै ठाउँमा जम्मा हुन्छ। , त्यो पानी सडकमुनि 'अन्डरग्राउन्ड' पाइप बिछ्याएर समितिसम्म पुर्‍याइएको छ। त्यहाँबाट पानी सुरूमा बालुवाको फिल्टरमा पुग्छ। त्यसपछि एक लाख छ हजार लिटरको टयांकीमा। , पानी आवश्यक भएपछि मेसिन खोलिन्छ र प्रेसर फिल्टरमा पुग्छ। त्यहाँ फिल्टर भएको पानी बाहिर रहेका तीनवटा परम्परागत शैलीमा निर्मित हिति (ढुंगेधारा) बाट वितरण हुन्छ। , 'यी धारा खानेपानी व्यवस्थापन बोर्डले राखिदिएको हो। धारा राख्ने कुरा हुँदा मैले नै हिति राम्रो होला भनेको थिएँ,' खाइतूले भने।, चार महिने खडेरीमा पानी अभाव आपूर्ति गर्न पनि खाइतू यताउता धाइरहेका छन्। नगरपालिकाले पाइपबाट पनि घरघरमा पानी वितरण गरिरहेको छ। लिबालीमा पनि दुई इन्च पाइपलाइन जडान छ, तर अहिलेसम्म पानी वितरण भएको छैन।  , त्यो जडान गर्न पाए खडेरीमा ट्यांकीमा पानी जम्मा गरेर वितरण गर्न सकिने उनीहरूको आशा छ। , 'भक्तपुरमा पानीको हाहाकार नै छ। त्यस्तो बिडम्बना हामीले भोग्न नपरोस् भनेर पानीको सदुपयोग गरिरहेका छौं,' खाइतूले भने।, लिबालीको समुदायस्तरको यो आकाशे पानीको समिति साँच्चै प्रेरणादायी भएको गुथि पनि बताउँछ।, 'एउटा समुदाय जुट्यो भने कति धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण हो लिबाली टोल,' गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले भने, 'हामीले २५ हजार लिटरको ट्यांकी मात्र बनाउने भन्दा उहाँहरूले आफ्नै बलबुतामा एक लाख लिटरको बनाएर उदाहरणीय काम गर्नुभएको छ।', त्यस्तै उदाहरणीय काम तपाईंहरूले पनि आफ्नो टोल वा घरमा गर्न सक्नुहुन्छ।, यदि घरमा आकाशे पानीको ट्यांकी बनाउने हो भने एक लिटर बराबर करिब ४० रूपैयाँ लाग्ने अमात्य बताउँछन्। तर काठमाडौं उपत्यकामा प्रायः ट्यांकरबाट पानी भरिने भएकाले घर बनाउँदै धेरैले १०–१५ हजार लिटरको ट्यांकी बनाएका हुन्छन्। त्यसैले आकाशे पानीका निम्ति धेरै खर्च नपर्ने उनी बताउँछन्।, त्यसमाथि घरमा कौसी छ भने त्यसको पानी पाइपमार्फत बाहिर पठाउनेहरू धेरै हुन्छन्। त्यसैले पाइपमा खर्च हुने लागत पनि बच्यो।, 'खेर गइरहेको पानी ट्यांकीमा जोडेर उपयोग गर्न सकिन्छ,' आमात्यले भने, 'सुरूको फोहोर पानी बाहिर फाल्न फल्स मात्र राखे हुन्छ। त्यसलाई खानेपानीकै रूपमा प्रयोग गर्ने भए फिल्टर राख्नुपर्छ। बालुवाको फिल्टर राख्दा धेरै लागत पर्दैन।', दस हजारभन्दा कम खर्चमा आफ्नै घरमा आकाशे पानी प्रविधि सञ्चालन गर्न मिल्ने रहेछ। सूक्ष्म जीवविज्ञान पढेका अमात्यले आकाशे पानीको अनुसन्धान गर्दा त्यसको प्रयोगशाला नतिजा राम्रो आएको दाबी गरे।, घरमा सिमेन्ट ट्यांकी बनाउनु त छँदैछ, रिचार्जका निम्ति 'पिट' पनि बनाए त्यसले नजिकैका स्रोतको पानीको गुणस्तर र मात्रा पनि राम्रो बनाउने उनी बताउँछन्।, गुथि अहिले आकाशे पानी प्रवर्द्धन गर्दै काठमाडौं महानगरपालिकाको 'रिचार्ज काठमाडौं' आयोजनामा आबद्ध छ। आकाशे पानी सदुपयोग गर्ने हो भने पानीका स्रोत रिचार्ज हुने, घरायसी प्रयोजनका लागि सहज हुने र उपत्यकामा बढ्दै गएको डुबान जोखिम पनि कम गर्न सकिने अमात्य बताउँछन्।, 'पानी निकास नभएर चोकचोकमा डुबान भएको देखिरहेकै छौं। रिचार्ज इनार बनाएर जमिनमा पठाउने हो भने त्यो समस्या कम हुन्छ,' उनले भने।, त्यसका लागि पालिकाहरूले नियम बनाउनेसँगै कार्यान्वयन पनि गर्नुपर्ने उनी बताउँछन्, 'घरको नक्सा पास गर्दै आकाशे पानी प्रणाली हुनुपर्ने नियम ल्याउनुपर्छ। अनि बल्ल खेर गइरहेको पानी उपयोगी बनाउने योजना कार्यन्वयन गर्नै पर्ने बाध्यता हुन्छ।', भक्तपुर, लिबालीले त समुदायस्तरबाटै त्यो काम गरिसक्यो। हामी पनि अर्को उदाहरण बन्ने कि?, चार वर्षदेखि यसरी आकाशको पानी खाइरहेका छन् लिबालीका बासिन्दा
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ५ सय ४३ जना संक्रमित थपिएका हुन्।, जसमध्ये काठमाडौंमा ३ सय ९०, ललितपुरमा ८६ जना र भक्तपुरमा ६७ जना संक्रमित थपिएका हुन्।, यस्तै, पछिल्लो २४ घन्टामा २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, मन्त्रालयका अनुसार मुलुकभरमा ७८३५ जनाको पिसिआर परीक्षणबाट २०७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४०६३ जनाको एन्टिजेन परीक्षणबाट ९०२ जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३३३ जना संक्रमणमुक्त भएका छन्। , यस्तै २८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। , काठमाडौं उपत्यकामा थप ५ सय ४३ लाई कोरोना
निर्मला घिमिरे नवलपरासीका बाबुराम कुमालले स्वास्थ्य मन्त्रालयले जारी गरेको एक सूचना पढेका थिए- विदेश जानेको हकमा सरकारी पिसिआर प्रयोगशाला र न्यूनतम सय बेड क्षमता भएका अस्पतालमा आधारित 'ए' वर्गका निजी प्रयोगशालामा कोभिड–१९ पिसिआर परीक्षण गर्न सकिने।, यो सूचना पढेपछि दक्षिण कोरिया रोजगारीमा जाने तयारीमा रहेका उनले कीर्तिपुरस्थित टियु बायोटेक कोरोना प्रयोगशालामा पिसिआर परीक्षण गराए। रिपोर्ट नेगेटिभ आयो।, बाबुरामको कोरिया जाने टिकट सोमबारको थियो। पिसिआर रिपोर्ट लिएर उनी त्रिभुवन विमानस्थल पुगे। विमानस्थलले उनको रिपोर्ट हेरेर भित्र पठायो।, उनले बोर्डिङ पास भने पाएनन्।, कतार एयरलाइन्समार्फत कोरिया जान लागेका उनलाई नेपालका लागि कोरियाली राजदूतावासले मान्यता दिएका चार ल्याबबाट पिसिआर गराए मात्रै प्रवेश पाइने भन्दै फर्काइयो। , 'मैले कीर्तिपुर ल्याबमा पिसिआर गर्नु अगाडि नै म कोरिया जाने हो, यहाँ पिसिआर गर्दा जान पाउँछु कि पाउँदिनँ भनेर सोधेको थिएँ। उहाँहरूले मिल्छ भन्नुभयो। तर मलाई एयरपोर्टबाट फिर्ता पठायो,' बाबुरामले सेतोपाटीसँग भने। , कोरियामा कुक काम गर्दै आएका उनी बिदामा फर्किएका थिए। कोभिड रोकथामका लागि सरकारले गरेको निषेधाज्ञाका कारण लामो समय रोकिएका उनी कोरियाली रोजगारदाताले टिकट पठाइदिएपछि उड्न काठमाडौं आएका थिए। , नेपालका लागि कोरियाली दूतावासले कोरिया प्रवेश गर्नेले ललितपुरस्थित पाटन अस्पताल, कोरिया-नेपालमैत्री अस्पताल मध्यपुर थिमि, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकु र स्टार हस्पिटल, सानेपामा गरिएको पिसिआर परीक्षणलाई मात्रै मान्यता दिने उल्लेख गरेको छ।, तर यो व्यवस्थाबारे सरकारले विदेश जानेका लागि जारी गरेको सूचनामा उल्लेख नगर्दा कोरिया जाने युवाहरू विमानस्थलसम्म पुगेर फर्काइने घटना बढेको पाइएको छ। , कीर्तिपुरस्थित टियु बायोटेक कोरोना प्रयोगशालाले भने सरकारले जारी गरेको सूचनाका आधारमा सबै विदेश जानेको पिसिआर परीक्षण गरिरहेको जनाएको छ। , 'सरकारले विदेश जानेको पिसिआर सबै सरकारी प्रयोगशालाले गर्न सक्ने भनेर सूचना जारी गरेको छ। हामीले समाचारमा पनि त्यही पढ्यौं। म विदेश जाने हो, यहाँ पिसिआर गर्न मिल्छ कि मिल्दैन भन्नेलाई हामीले यहाँ मिल्दैन भन्न मिलेन। तर पछिल्लो समय धेरै मानिस विमानस्थल पुगेर फर्कनु परेको छ। यो सिन्डिकेट हो कि के हो? यसबाट त धेरै मानिसले दुःख पाए नि,' टियु बायोटेकका बायोटेक्नोलोजिस्ट गणेश अधिकारीले सेतोपाटीसँग भने।, देशगत रूपमा छुट्टाछुट्टै व्यवस्था छ भने सरकारले त्यो पनि सार्वजनिक रूपमा खुलाउनुपर्ने उनले बताए। योभन्दा अगाडि पनि केही एयरलाइन्सहरूले निश्चित ल्याब तोकेर यात्रुलाई दुःख दिएको उनको भनाइ छ। , त्रिभुवन विमानस्थलस्थित हेल्थ-डेस्कले भने विदेश जानेको हकमा सरकारले जारी गरेको सूचनाअनुसार सरकारी ल्याब तथा न्यूनतम सय बेड क्षमता भएका सय अस्पतालमा आधारित 'ए' वर्गका निजी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको रिपोर्टलाई मान्यता दिएको जनाएको छ। , 'हामीले तोकिएका प्रयोगशालामा गरिएको ७२ घन्टाभित्रको नेगेटिभ रिपोटलाई मान्यता दिएका छौं। तर कतिपय गन्तव्य मुलुकले आ–आफ्नै शर्त राखेका छन्,' डेस्कका एक अधिकारीले सेतोपाटीसँग भने, 'शर्तअनुसार नभएकालाई बोर्डिङ पास दिइएको छैन। त्यो उनीहरूको देशको अधिकारको कुरा हो। यसमा जाने व्यक्तिहरूले पनि ध्यान दिनुपर्छ।', राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुणा झाले अरू देशभन्दा कोरिया जानेको हकमा समस्या देखिएको बताइन्। , 'कोरियाको नेपालस्थित दूतावासले नै चार वटा ल्याब तोकेको रहेछ। त्यसरी तोक्न त नमिल्ने हो। यसमा हामीले दूतावाससँग सिधै कुरा गर्न मिल्दैन। यो समस्या समाधानका लागि हामीले मन्त्रालयमा कुरा राखेका छौं। सहजीकरण होला,' उनले भनिन्। , स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले विदेश जानेको हकमा सरकारी पिसिआर प्रयोगशाला र न्यूनतम सय बेड क्षमता भएका अस्पतालमा आधारित 'ए' वर्गका निजी प्रयोगशालाको रिपोर्ट मान्यता दिएको बताए। अरू थप विषयमा आफूलाई जानकारी नभएको उनले उल्लेख गरे। , 'हामीले रिपोर्टमा प्रयोगशालाको बारकोड र फोटो अनिवार्य राख्न भनेका छौं। प्रयोगशालाहरूले यसमा पनि ध्यान दिनुपर्ने देखिएको छ। त्यो नभएको खण्डमा गन्तव्य मुलुकमा पुगेर फर्किनुपर्‍यो भने त नेपालीहरूलाई दुःख हुन्छ,' उनले भने।, सरकारले तोकेको प्रयोगशालाको पिसिआर देखाउँदा पनि विमानस्थलबाटै फर्काइए कुमाल
सेतोपाटी संवाददाता सरकारले चार महिना बितिसक्दा पनि कोरोना भाइरसविरूद्ध लगाइने 'कोभिसिल्ड' खोपको दोस्रो मात्रा नगारिकलाई लगाउन सकेको छैन।, स्वास्थ्य सेवा विभागको खोप शाखाका अनुसार झन्डै १३ लाख नागरिकले 'कोभिसिल्ड' को दोस्रो मात्रा लगाउन बाँकी छ। , सरकारले गत फागुन २३ गते ६५ वर्ष माथिका उमेर समूहलाई सो खोप दिएको थियो। सुरूमा चार सातापछि खोपको दोस्रो मात्रा लगाउने भनिए पनि समयभित्र खोप नआउँदा सरकारले दोस्रो मात्रा लगाउने अवधिलाई १२ साता पुर्याएको थियो। तर अहिले चार महिना पुगिसक्दा पनि खोप ल्याउन सकिएको छैन। , कोभिसिल्ड खोप बेलायतको अक्सफोर्ड विश्व विद्यालय र एन्ट्रेजेनकाले विकास गरेको हो।, सोही खोप भारतको 'सेरम इन्स्टिच्युट' ले उत्पादन गरिरहेको छ। नेपालमा आएको खोप पनि सेरमले नै दिएको हो।, सुरूमा भारतले अनुदानस्वरूप १० लाख डोज खोप दिएको थियो। पछि भने नेपालले २० लाख डोज खरिद गर्ने भनेर सम्झौता गर्यो। , तर पहिलो चरणमा १० लाख डोज सेरमले पठाए पनि बाँकी १० लाख डोज भने अझै पठाएको छैन।, भारतमा पनि खोपको माग बढिरहेको र उत्पादनले अहिले नै खोप पुर्याउन नसक्ने भन्दै सेरमले नेपाललाई दिन बाँकी १० लाख डोज खोप दिन नसक्ने जनाइसकेको छ। , सेरमबाट खोप नआउने पक्कापक्की भएपछि सरकारले कोभिसिल्ड खोपसँग मिल्दोजुल्दो फर्मुलाबाट बनेको अरू खोप खरिद गर्ने प्रयत्न गरिरहेको छ। तर त्यसमा पनि ठोस उपलब्धि देखिएको छैन।, सरकारले भारतबाट खोप नआउने देखिएपछि चीनबाट ४० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको हो। जसमध्ये १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज भोलि चीनको बेइजिङ जाने भएको छ।, बाँकी खोप भने निगमले चरण चरणमा ल्याउने भनेको छ। , सरकारले कोभिसिल्ड खोपको थप मात्रा कहिले ल्याउनेबारे भन्न सकेको छैन। जसले गर्दा खोपको दोस्रो मात्रा कहिले पाउने भन्नेबारे नागरिकमा अन्यौलता छ।, चिकित्सकहरूका अनुसार कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा पनि कोभिसिल्ड नै लगाउनुपर्ने हुन्छ। अथवा सोही फर्मुलाबाट बनेको अरू खोप लगाउन पनि सकिन्छ। तर नेपालमा अहिले आउन लागेको चिनियाँ खोप भने भेरोसेल हो।, ४ महिना बितिसक्दा पनि झन्डै १३ लाखले लगाउन पाएनन् 'कोभिसिल्ड'को दोस्रो डोज
खिलानाथ ढकाल दलितले पाउने सरकारी छात्रवृत्तिमा वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा पढिरहेका विद्यार्थी रामजी राम र पंकज रामले एमबिबिएस अन्तिम वर्षको परीक्षाका लागि फारम भर्ने आज अन्तिम दिन हो।, कलेजले भने उनीहरूलाई अहिलेसम्म परीक्षाका लागि फारम भर्न दिएको छैन। उल्टै कलेजले सोमबार दुबै जनालाई स्पष्टीकरण सोधेको थियो।, दुबैले चार पेज लामो स्पष्टीकरण बुझाएका छन्। स्पष्टीकरण चित्तबुझ्दो लागेमा मात्रै फारम दिने भन्दै कलेजले तनाव दिने काम जारी राखेको विद्यार्थीले बताए।, कलेजले उनीहरूसँग मागेको थप शुल्क अवैध हो भन्ने रामजी र पंकजको जिकिर छ। यो अवैध शुल्कबारे शिक्षा आयोग र चिकित्सा शिक्षा अध्ययन संस्था (आइओएम) डिन कार्यालयलाई उनीहरूले चिठी लेखेका थिए।, चिकित्सा शिक्षा आयोगले आफ्नो कार्यकारी समिति बैठकबाट आइओएम डिन कार्यालयलाई समस्या समाधान गर्न निर्देशन दिएको छ। उसले कलेजलाई पनि चिठी लेखेर विद्यार्थीलाई परीक्षामा सामेल गराउन निर्देशन दिएको छ।, ‘हामीले डिन कार्यालयलाई लेख्यौं, कलेजलाई लेख्यौं, चिकित्सा शिक्षा आयोगको सदस्य भएका नाताले कलेज सञ्चालकलाई पनि मौखिक रूपमा भन्यौं,’ चिकित्सा शिक्षा आयोगका सदस्यसचिव डिल्ली लुइँटेलले भने, ‘परीक्षासम्बन्धी सबै गतिविधि आइओएमले हेर्ने हो। हामीले कार्यकारी समितिबाट निर्णय गरी चिठी लेखिसकेका छौं। बाँकी उसले हेर्नुपर्छ।’, आयोगबाट पत्र पुगेपछि दुई विद्यार्थीलाई परीक्षामा सामेल गर्ने प्रक्रिया अघि बढाउनुको सट्टा नेसनल मेडिकल कलेजले सम्बन्धित विद्यार्थीसँग स्पष्टीकरण मागेको हो।, ‘हामीलाई सरासर फारम भर्न दिने कुरा गर्दै गर्नुहुन्न, केरकार गर्ने, हप्काउने, बाहिर किन कुरा गरेको भनी धेरै कुरा सोधेर स्पष्टीकरण लिनुभयो,’ रामजीले भने, ‘हामीलाई चित्त बुझ्यो भने फारम भर्न दिन्छौं भन्नुहुन्छ।’, आफूले सम्बन्धन दिएको मेडिकल कलेज र विद्यार्थीहरू बीच शुल्कको विषयमा विवाद भएमा त्यसबारे मध्यस्थ गर्ने, निर्देशन दिने वा गल्ती गर्नेलाई कारबाही गर्ने जिम्मेवारी आइओएम डिन कार्यालयको हो।, डिन कार्यालय भने विद्यार्थीको फारम भर्ने अन्तिम दिन आइपुग्दासम्म चुप लागेर बसेको छ। यो समाचार लेखुन्जेलसम्म विद्यार्थीको समस्याबारे नेसनल मेडिकल कलेजसँग सोधपुछ गरेको छैन। आइओएमकी डिन दिव्या सिंह विद्यार्थीको समस्याबारे जानकार हुँदाहुँदै पनि नेसनल मेडिकल कलेजलाई निर्देशन दिन वा कारबाही गर्न आनाकानी गरिरहेकी छिन्।, मंगलबार सेतोपाटीले उनीसँग कुरा गर्न पटक-पटक प्रयास गरे पनि उनी सम्पर्कमा आउन चाहिनन्।, केही दिनअघि कुरा गर्दै उनले भनेकी थिइन्- म कलेजको एकेडेमिक र परीक्षासम्बन्धी विषयमात्र हेर्ने अधिकारभित्र छु। विद्यार्थीको शुल्कबारे हेर्ने अधिकार मेरो छैन।, आफूले सम्बन्धन दिएका मेडिकल कलेजलाई नियमन गर्ने जिम्मा आइओएमको हो। डिन दिव्या सिंह र आइओएम त्यो जिम्मेवारीबाट पन्छिन खोजेको छ। छानविन गरेर रामजी राम र पंकज रामले थप शुल्क तिर्नुपर्ने हो भने उसले कलेजले मागेको शुल्क जायज हो भन्न सक्छ। त्यसपछि शुल्क तिर्न उनीहरूलाई करै लाग्छ। कलेजले मागेको शुल्क अवैधानिक हो भने आइओएमले विद्यार्थीसँग अतिरिक्त शुल्क नमागी परीक्षा फारम भर्न निर्देशन दिन सक्छ। नमाने कारबाही गर्न सक्छ। कलेजको परीक्षा रोक्नेदेखि सम्बन्धन खारेज गर्नेसम्मको अधिकार आइओएमलाई छ। डिन कार्यालय भने यो विषयमा आफ्नो जिम्मेवारी ननिभाएर पन्छिन खोजेको छ।   , ‘आइओएम डिन कार्यालयले छानविन गरेर हामीले शुल्क तिर्न पर्ने जायज कारण सम्झाए, त्यसलाई हामी मान्छौं,' रामले भने, ‘कलेजले हामीलाई यसरी मर्कामा पर्दा डिन कार्यालय पन्छिन भने पाउँदैन।' , रामजी र पंकजको पाँचौ वर्षको एमबिबिएस परीक्षा साउन १० गतेदेखि सुरू हुँदैछ। परीक्षा आउनु एक महिनाअघि फारम खुलेको थियो।, परीक्षा फारम भर्नुअघि कलेजले वार्षिक शुल्कबापत् मात्र रामलाई ५ लाख ९८ हजार ५० रुपैयाँ मागेको छ, त्यो उनले तिर्न नपर्ने शुल्क हो। त्यसबाहेक होस्टल चार्ज भनेर ५५ हजार ४२१, मेस चार्ज भनेर २१ हजार ३९ र इन्टरनेटको भनेर ९ हजार ८ सय रुपैयाँ मागेको छ।, जति वटा शीर्षकमा मागिएको रकम उनले तिर्न पर्दैन, उनले ती सेवा उपयोग गरेकै छैनन्। उनी होस्टल बस्दैनन्।, उनले हालसम्म कलेजलाई तिर्नुपर्ने शीर्षकमा ८ लाख ६४ हजार रुपैयाँ बुझाइसकेका छन्। तर, कलेजले शुल्कको ताकेता भने वर्षेनी गर्ने गरेको छ।, ‘तर, कलेजले काट्नु पर्ने शीर्षकमा पैसा काट्दैन, त्यो पैसा बाँकी देखाएर राख्छ, अनि जब परीक्षा फारम आउँछ त्यो बेला त्यही पैसा तिर्नुपरो भनी फारम भर्न दिँदैन,’ रामले भने, ‘वर्षेनी यसरी दु:ख दिएको पाँच वर्ष भइसक्यो।’, रामलाई गत साल एउटा परीक्षा दिनबाट कलेजले बञ्चित गराएको थियो। , पंकजसँग वार्षिक शुल्क भनेर ५ लाख ९८ हजार ५० रुपैयाँ मागेको छ। यो तिर्नु नपर्ने शुल्क हो।, होस्टल खर्च १५ हजार ८३४ रुपैयाँ, मेस खर्च ३० हजार २५८ र इन्टरनेट खर्च भनेर ७४ हजार रुपैयाँ मागेको छ।, उनी होस्टल बस्ने र खाना खाने भएकाले त्यो पैसा तिर्नुपर्ने हुन्छ। तर, नतिर्नु पर्ने शुल्क पनि त्यसमै राखेर बिल थमाइएको छ।, रूकेशकुमार एमबिबिएस चौंथो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्कबापत् २ लाख ४८ हजार ५०, होस्टल खर्च ३ लाख ४२ हजार ५९३ र इन्टरनेट खर्चबापत् ८ हजार ४ सय मागेको छ।, प्रमोदकुमार राम एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्क भनेर ७ लाख ४० हजार, होस्टलको २ लाख ४६ हजार २६१ र इन्टरनेटको ७९ हजार ८ सय मागेको छ।, उनीहरू दुबैले होस्टल र मेस खर्च तिर्नुपरे पनि अरू शुल्क अवैध हुन्।, शुल्क अनुगमन समिति, अनुदान आयोगको टोली आउँदा उनीहरू यही शुल्कको कुरा उठाउने गर्छन्। तर, ती निकाय उनीहरूलाई नै हप्काउँदै हिँड्छन्।, नेसनल मेडिकल कलेजका सञ्चालक बसरूद्दिन अन्सारी हुन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मेडिकल व्यवसायी हुन्।, अन्सारीले दुबै विद्यार्थीको परीक्षा फारम भरिने बताए।, ‘उनीहरू खासै सम्पर्कमा आउँदैनन्, उनीहरू मिडियातिर बढी जान्छन्,’ उनले भने, ‘आज उनीहरूले फारम भर्छन्।’, आइओएमले भनोस्- नेसनल मेडिकल कलेज गलत हो कि छात्रवृत्तिमा पढिरहेका रामजी र पंकज राम?
सेतोपाटी संवाददाता प्रहरीले १५० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका-८ शुक्रबारेका २२ वर्षीय भूपेन राय र सुनसरी रामधुनी-७ का २५ वर्षीय अमिर लिम्बु रहेका छन् ।, सुनसरी बराहक्षेत्र नगरपालिका-८ चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो।, मंगलबार बिहान राति १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले चतराबाट आइरहेको को२च ११२ नम्बरको मारुती भेन र को२प ३५०२ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएको थियो।, चेकजाँचको क्रममा भेनबाट गाँजा, सिटमा राखिएको अवस्था १ थान नक्कली पेस्तोल पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए।, प्रहरीलाई देख्नासाथ दुई जना भागेको र उनीहरूको खोजी भइरहेको थापाले बताए।, एक सय पचास किलो गाँजासहित सुनसरीबाट दुई पक्राउ