content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता पोखराबाट एउटा यात्रुबाहक बस बिहीबार सिद्धार्थ राजमार्ग हुँदै बुटबलतर्फ लाग्यो।, सिद्धार्थ राजमार्गबाट पोखरा भित्रने र बाहिरिने सवारी चेक गर्न पोखरा–१७ छोरेपाटनमा प्रहरी चेकप्वान्ट छ। उक्त बस चेकका लागि रोकियो । , कोरोना भाइरसको दोस्रो लहर रोक्न जारी निषेधाज्ञा केही खुकुलो भएको छ।, प्रशासनले जोर-विजो...
सेतोपाटी संवाददाता अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख डोज कोरोनाविरूद्धको खोप नेपाललाई  पठाउने भएको छ।, बेलायती समाचार संस्था रोयटर्सले ,अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीलाई उद्धृत गर्दै आज (शुक्रबार) अमेरिकाले, नेपाललाई १५ लाख र भुटानलाई मोडेर्ना कम्पनीले बनाएको ५ लाख डोज खोप पठाउन लागेको समा...
सेतोपाटी संवाददाता सत्तारूढ दल नेकपा एमाले निकट अनेरास्ववियू रूपन्देहीले शिक्षक र विद्यार्थीहरूलाई खोपको व्यवस्था गर्न, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न लगायतका माग राख्दै बुटवलमा प्रदर्शन गरेको छ।, बुटवल बहुमुखी क्याम्पस अगाडि भेला भएका विद्यार्थी नेताहरूले सरकारले तत्काल विद्यार्थी शिक्षकहरूलाई कोभिड...
सेतोपाटी संवाददाता विद्युतीय करेन्ट लागेर झापाको अर्जुनधारा ६ मा एक जना मजदूरको मृत्यु भएको छ।, साँझ ५:१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरूङको एकतले घरको छत ढलान सकेर ढलानको भाइब्रेटर मेसिनको तार फुस्काउने क्रममा अचानक करेन्ट लाग्दा ३८ वर्षीय आयुष राईको मृत्यु भएको हो।, इलाम सन्दकपुर २ घर भएका राई व...
सेतोपाटी संवाददाता संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई जना पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध पिपलबोटबाट पक्राउ गरेको हो।, उनीहरूलाई प्रहरीले दुइटा संरक्षित वन्यजन्तुको छालासहित शुक्रबार पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले ...
सेतोपाटी संवाददाता सरकारले पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरूवा गरेको छ। , बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा गृह मन्त्रालयले यससम्बन्धी प्रस्ताव लगेको थियो। , स्रोतका अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षणका एआइजी प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा सरूवा भएको छ। , मेट्रोका एआइ...
सेतोपाटी संवाददाता आर्थिक वर्ष २०७८/७९ को काठमाडौं महानगरको बजेट तथा कार्यक्रम केही संशोधनसहित सर्वसम्मतिमा पारित भएको भएको छ। नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिमा पारित गरेको हो। , असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मह...
सेतोपाटी संवाददाता मित्र राष्ट्र अमेरिकाले नेपाललाई कोरोनाभाइरसविरूद्धको १५ लाख डोज खोप अनुदानमा दिने भएको छ।, काठमाडौंस्थित अमेरिकी राजदूतावासले उक्त खोप नेपाली जनतालाई अमेरिकी जनताका तर्फबाट उपहार भएको जनाएको छ।, राजदूतावासकी प्रवक्ता एना रिचे एलेनले अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई उपहारस्वरूप जोन्सन एन्ड जोन्...
सेतोपाटी संवाददाता धादिङ नीलकण्ठ सव-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेलविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस मागेको आरोपमा उनीविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।, पौडेलविरूद्ध ४० हजार बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।, सेव...
महासेनानी डा. मुन थापा कोरोनाको तेस्रो लहर आउनेसक्ने सम्भावना रहेको विश्व स्वास्थ्य संगठनलेसमेत भनिसकेको छ।, यसमा विशेष गरी बालबच्चा संक्रमण हुने भनिएको छ। जहाँ १८ वर्षभन्दा माथिको उमेर समूहलाई खोप दिएको छ त्यस्ता ठाउँमा बालबालिकालाई संक्रमण हुनसक्ने भनिएको हो। तर नेपालमा बयष्कलेसमेत कोरोना खोप नलगाएकाले सबै उमेर समूह...
सेतोपाटी संवाददाता भन्सार छलेर फलफूल ओसारिरहेका १५ वटा भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।, रूपन्देही प्रहरीले बिहीबार अपराह्न फलफूल ओसार्ने गाडीहरू नियन्त्रणमा लिएको हो।, बुटवल महानगरपालिका-२ जितगढीस्थित पश्चिमबाट पूर्वतर्फ जान लागेका गाडी नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मनोज केसीले बताए।, राजश्व छलेको सूचनाक...
सबिना श्रेष्ठ चितवनका यमलाल भण्डारीले सर्प समात्न थालेको करिब पाँच वर्ष भयो।, ४४ वर्षीय यमलालका तीन छोरी छन्। दुई वर्षयता बाबुसँगै पाइला मिलाइरहेकी छन् उनकी ठूली छोरी खुश्बु। बुवाको काम देखिरहेकाले खुश्बुलाई सर्पको संसारबारे चासो बढेको हो। , अहिले १८ वर्षकी उनी 'सर्प उद्धारको काम गर्छु' भन्दा जम्मा १६ वर्षकी थिइन्। उम...
सेतोपाटी संवाददाता शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको कार्यालयमा गुलेली प्रहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेमा गुलरिया नगरपालिका-५ का ३० वर्षीय रमेश थारू रहेका छन्।, उनले बिहीबार कार्यालयमा गुलेली प्रहार गरी झ्याल ढोका फुटाएको प्रहरीले जनाएको छ।, थारूलाई गुलेली र गुलेली हान्न प्रयोग गरिने...
सेतोपाटी संवाददाता आज देशका विभिन्न स्थानमा मौसम सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। शनिबार देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली छ।, प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेक...
सेतोपाटी संवाददाता लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पन्ध्र महिना पहिले अस्पतालदेखि झण्डै ३ किलोमीटर टाढा रहेको बुटवल धागो कारखानामा कोभिड आईसियु सञ्चाचालन गरेको थियो ।, अस्पतालमा प्रयाप्त भौतिक संरचनाको अभावमा वर्षौदेखि बन्द रहेको धागो कारखानामा आईसियुसहितको कोभिड अस्पताल सञ्चालन गर्दा स्रोत साधन जुटाउन मात्र होइन ज...
सेतोपाटी संवाददाता कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को  (शुक्रबार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरे। २०७६ पुस १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ्गले शिलान्यास गरेको सो पुलको श्रेष्ठले रिबन काटी उद्घाटन गरेका हुन्।, पुल उद्घ...
सेतोपाटी संवाददाता डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले छाउ (महिनाबारी रजस्वला) नबार्ने १४ महिलालाई सम्मान गरेको छ। उसले आफ्ना हरेक वडाबाट दुई जना छानेर जनही ५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरेको हो। , गाउँपालिकाका सूचना अधिकारी हरिभक्त साउदकाअनुसार महिनाबारी नबारी नियमित घरव्यवहारका काम गर्दै आएका महिलालाई सम्मान...
सेतोपाटी संवाददाता कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो ।  , नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्र...
सेतोपाटी संवाददाता कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शनिबार कैलारी गाउँपालिका-१ मा से१त ३४३४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर हुँदा दुर्घटना चालक सोही ठाउँका ३५ वर्षीय अनिश कठरियाको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले ट्याक्टर चालक च...
सेतोपाटी संवाददाता एक जना अटो चालकले आफ्नो अटोमा छुटेको नगद र सुनको गरगहना फिर्ता गरेका छन्।, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ७ का ३० वर्षीया मतिकला बुढाको ३७ हजार नगद र एक तोला सुनको सिक्री अटो चालक रामप्रशाद झाँर्की मगरले फिर्ता गरेका हुन्।, दाङको घोराही उपमहानगरपालिका वडा नं. १३ का २९ वर्षीय मगरले आफ्नो ग१ह २...
सेतोपाटी संवाददाता विराटनगरमा मदिरा सेवन गरेका भाइले आफ्नै दाजुको हत्या गरेका छन्।, मोरङको विराटनगर महानगरपालिका-५ पृथ्वी चोकका ३१ वर्षीय साजन सिंहले ४२ वर्षीय दाजु भोला सिंहको घारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।, शुक्रबार राति साढे १० बजे मादक पदार्थ सेवन गरी भाइले एक्कासी दाजुलाई घारिलो हतियारले प्रहार गरेका ...
सेतोपाटी संवाददाता पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ।, म्याग्दे गाउँपालिका–१ बरचौरमा आज बिहान ४ बजे पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको थियो।, पहिरोसँगै राजमार्गको बीचमा ठूलो ढुङ्गा समेत खसेको छ। , पहिरो हटाएर राजमार्ग एकतर्फी सुचारू गरिएको प्रहरी नायब उपरीक्षक युवर...
सेतोपाटी संवाददाता १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।, मोरङ पथरी शनिश्चरे नगरपालिका-१ दृष्टि चश्मा घरमा कार्यरत् राजेश साहलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो।, साह सप्तरीका हुन्। साहविरूद्ध जबरजस्ती करणी मुद्दामा पीडित पक्षले किटानी जाहेरी दिएप...
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन्।, लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका-१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन्।, प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको ज...
राजकुमार पराजुली पाँचखाल नगरपालिका-७ जोरपीपल मिर्गौला बेच्नेको दैनिक जमघटस्थल हो।, छदेखि १० सम्म समूहमा रहने उनीहरू प्रायः मदिरा सेवन गरी अस्वभाविक अवस्थामा रहने गरेको देखिन्छ।, कुनै बेला ‘बैंक अफ किड्नी’का रूपमा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको यस क्षेत्रमा मिर्गाैला विक्रीबारे समाचार संकलन तथा अनुसन्धान ...
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ५ सय ४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ५३७४ जनाको पिसिआर परीक्षणबाट १२१८ जनामा संक्रमण पुष्टि भएक...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ४ सय २७ जना संक्रमित थपिएका हुन्।, जसमध्ये काठमाडौंमा २ सय ८७, ललितपुरमा ८२ जना र भक्तपुरमा ५८ जना संक्रमित थपिएका हुन्।, कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घन्टामा १० हजार ५ सय ४ परीक्षणबाट...
सेतोपाटी बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी बर्दघाट–सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन्। , वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको छ।, सोही वडाकै कोलियाका केही टोलमा समेत पानी पसेको छ।, स्थानीय बासिन्दाको घर गोठको भुइँतलामा ...
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन सुरू गरेको छ।, मानवअधिकारमैत्री सहरका रूपमा पाँच वर्षे रणनीतिक योजना बनाएर काम गरिरहेको बुटवल उपमहानगरपालिकाले अपाङ्गता लक्षित घरदैलो स्वास्थ्य सेवा भने पहिलो पटक सुरू गरेको हो।, शारिरीक रूपमा अपाङ्गता भएका...
सेतोपाटी संवाददाता कैलालीमा तीन वर्षीय बालकको हत्या गरेको आरोपमा प्रहरीले दुई जना किशोरीलाई पक्राउ गरेको छ।, टीकापुर नगरपालिका वडा नम्बर १ स्थित मुनुवा रोडका दीलिप विष्टका तीन वर्षीय छोरा गोलु भन्ने विवेक विष्टको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी...
सेतोपाटी संवाददाता झापाको मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ताराकान्त झाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।, भद्रपुर नगरपालिका–८, किरातस्थित कोलोनीको भित्री सडकखण्डमा बुधबार राति साढे ११ बजे भद्रपुरबाट चन्द्रगढीतर्फ जाँदै गरेको मे २ प २५२५ नम्बरको मोटरसाइकलले ना ३ ख ८५४२ नम्बरको सडकमा रोकिराखेको ट्रकका च...
सेतोपाटी संवाददाता दाङको दंगिशरण गाउँपालिकाबाट एक जना व्यक्ति भरुवा बन्दुकसहित पक्राउ परेका छन्। , गाउँपालिकाको वडा नं. ३ ड्वाङड्वाँङेका २४ वर्षीय मेघराज पुन मगर भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।, बुधबार राति १० बजेतिर स्थानीय तिलकन्या सामुदायिक वनमा वन्यजन्तुको सिकार खेल्न भनेर भरुवा बन्दुक बोकेर जाँदै गरेका पुनलाई...
सेतोपाटी संवाददाता बिहिबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका पाल्पाका एक बालकको दिउँसो शव फेला परेको छ।, बुधबार रातिदेखी परेको अविरल वर्षाको कारण गएको पहिरोमा परी तिनाउ गाउँपालिका वडा नंं ५ गिट्टीखानीका ४ वर्षीय बालक आरोप परियार बिहिबार बिहानैदेखि बेपत्ता थिए। ४५ वर्षीय वीरबहादुर गुरूङको भने बिहानै शव भेटिएको थियो।,...
सेतोपाटी संवाददाता सल्यानको कपुरकोट गाउँपालिकाले गर्भवती तथा दुई वर्षसम्मका बच्चाका लागि पोषिलो खानेकुरा किन्न आर्थिक सहयोग प्रदान गरेको छ। , गाउँपालिकाले एक हजार तीन सय ९८ जना गर्भवती महिला र दुई वर्षसम्मका बालबालिकाको लागि पौने १७ लाख बढी रकम वितरण गरेको छ। , सुनौलो हजार दिन कार्यक्रम अन्तरगत पोषिलो खानेकुरा किनेर ख...
सेतोपाटी संवाददाता भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ।, बुधबार राति १० बजेदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक शुक्रबार बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेक...
रासस कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ।, माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो।, श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको अपरान्ह साढे ३ बजे निधन भएको हो।, लावती परिवारका सात जनामा कोरोना सङ्क...
रासस अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोल पम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक ...
एजेन्सी अमेरिकी खोप निर्माता कम्पनी फाइजर इन्कले आफूले बनाएको कोरोनाभाइरसविरूद्धको खोप लगाएकाहरूले बुस्टर डोज पनि लगाउनु पुर्ने बताएको छ। बुस्टर डोज नलगाए फाइजरका दुबै डोज लगाएकाहरूलाई पनि ६ महिनापछि संक्रमण दर बढ्ने उसको भनाइ छ। , बुस्टर डोजलाई अनुमति दिन उसले अर्को महिना अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए...
सेतोपाटी साँझमा धिपधिप बल्ने सोलार बत्ती। कहिलेकाहीँ बदली हुँदा सोलार नबलेपछि फुफु गर्दै झरो बाल्नुपर्ने बाध्यता। साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ। सुनसान, एकान्त अनकन्टार। न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन्, न त गृहिणीले उज्यालोमा घरधन्दा नै गर्न पाउँछन्। यसरी नै कैयौं पुस्ताले जीवन बिताएको पिमी गाउँ भनेर चि...
सेतोपाटी संवाददाता असार २३ भित्र अधिकार सम्पन्न वार्ता टोली गठन नगरे सामूहिक राजीनामा दिएर प्रधानमन्त्री कार्यालय घेर्ने चेतावनी दिएका बिपी प्रतिष्ठान धरानका आन्दोलनकारी त्यसबाट पछि हटेका छन्। , कोभिड महामारीका बेला प्रतिष्ठानमा सयौं बिरामी उपचाररत रहेको र तिनको स्वास्थ्य अधिकार कुण्ठित गर्ने गरी राजीनामा दिनु उपयुक्त...
सेतोपाटी संवाददाता काभ्रेको बनेपास्थित पुल बजारको सडक डुबानमा परेको छ।, गए रातिदेखि परेको वर्षाका कारण सडकमा पानी जम्मा भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा पानी जम्मा भएकोले निकास दिने काम सुरू गरिएको छ।, जेसिबी प्रयोग गरेर सडकमा जम्मा भएको पानी निकास दिइने प्रहरीको भनाइ छ। खोलामा आएको भेल बजारमा पसेप...
सेतोपाटी संवाददाता सरकारले चीनबाट किनेको कोरोनाविरूद्ध दिइने ८ लाख डोज खोप नेपाल आइपुगेको छ।, शुक्रबार बिहान नेपाल बायुसेवा निगमको जहाजले खोप काठमाडौं ल्याइपुर्‍याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ।, सरकारले भेरोसेल खोप ल्याएको हो। खोप लिन बिहीबार निगमको जहाज चीन गएको थियो।, ६० वर्ष उमेर सम...
नारायण खड्का ५७ वर्षीय यज्ञबहादुर बस्नेत नजिकैको जलासय हेरेर दंग परिरहेका थिए। आफ्नो गाउँमा यति धेरै पानी जम्मा भएको उनले कहिल्यै देखेका रहेनछन्। तुलसीपुर उपमहानगरपालिका-१८ का बस्नेतलाई केही दिनअघि  हामीले दूध गेजेरी सोताको जलासय नजिक भेटेका थियौं।, उनी किसान हुन्।, दिउँसो १ बजेको टन्टलापुर घाममा भेटिएका बस्नेतले पहिल...
सेतोपाटी संवाददाता झापाको चारआली चन्द्रगढी भित्री सडकमा कार अनियन्त्रित भई दुर्घटना हुँदा शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ।, भद्रपुर न.पा. ९ चारआली चन्द्रगढी सडकखण्डको देवकोटा चौकस्थितमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको बा १६ च ८१८२ नं. को कार आफैं अनियन्त्रित भई देवकोटाको शालिक कम्पाउण्डको वालमा ठोक्किँदा कार...
सेतोपाटी संवाददाता रौतहटको चन्द्रपुरमा दुई पक्षबीच झडप भएको छ।, चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्तीपुरमा राति करिब पौने ११ बजे दुई पक्षबीच झडप भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज कोइरालाले जानकारी दिए।, दुई पक्षबीच झडप हुँदा १० जना सामान्य घाइते भएको उनले बताए।, झडप हुँदा ६ वटा मोटरसाइकल र एउटा...
सेतोपाटी बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो। धनुषाकी एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ।, अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्याहारसुसार र सहजरूपमा आमाको न्यानो काखमा हुर्कन पाउन समस्या उत्पन्न भएको छ। ...
नरेन्द्रसिंह कार्की गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका- १ छांगरु तथा तिंकरका बासिन्दा र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्‍यो।, सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत् खाद्यान्न ढुवानी गरियो। व्यासमा बस्ने नागरिक र सुरक्षाकर्मी पनि खुसी भए। , छ महिना पुग्ने खाद्यान्न ढुवानी गर...
सेतोपाटी संवाददाता खुकुरी प्रहार गरी साथीको हत्या आरोपमा संखुवासभामा एक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-१ तिलार नयाँबस्तीका २४ वर्षीय मुकेश तामाङ छन्।, चिचिला गाउँपालिका-२ घर भई दिदीको घरमा बस्दै आएका २६ वर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको प्रहरीले जना...
सेतोपाटी संवाददाता विदेशमा राम्रो काम नपाएको भन्दै पैसा फिर्ता माग्न गएका आफन्त र ‘एजेन्ट’का परिवारबीच झडप हुँदा सप्तरीमा एक जनाको मृत्यु भएको छ। , मृत्यु हुनेमा खडक नगरपालिका-९ लालपट्टीका ५८ वर्षीय मोहम्मद दाउद मियाँ छन्।, झडप हुँदा टाउकोमा चोट लागेका उनको छिन्नमस्ता अस्पताल राजविराजमा मृत्यु भएको सप्तरी प्रहरी प्रवक...
सेतोपाटी संवाददाता बंगलादेशको एक खाद्यान्न उद्योगमा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ।, पूर्वी ढाकाको रूपगन्जस्थित औद्योगिक क्षेत्रको एक खाद्यान्न प्रशोधन गर्ने उद्योगमा बिहीबार साँझदेखि आगलागी भएको थियो। झन्डै २४ घन्टादेखि आगलागी हुँदा कम्तीमा पनि ५२ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ।, आगलागी...
सेतोपाटी संवाददाता रत्नपार्कस्थित आकाशेपुलको भित्तामा बनाएको चित्रको फोटो अग्रपंक्तिमा खटिनेहरू आबद्ध भएका विभिन्न संघ–संस्थालाई दिइएको छ। काठमाडौं महानगरपालिकाले हटाएको चित्र पुनः बनाउने स्वीकृति नदिएपछि शुक्रबार कलाकारहरूले पत्रकार महासंघ र चिकित्सक महासंघलाई फोटो उपहार दिएका हुन्।, उनीहरू प्रहरी प्रधान कार्यालयमा स...
सेतोपाटी संवाददाता झापा गाउँपालिकाको सानो माइखोलामा डुबेर एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा झापा गाउँपालिका वडा २ सडकबाडी बस्ने ५१ वर्षीय विष्णुबहादुर लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनी गाउँमा ‘कलकत्ते’ नामले परिचित थिए।, तीन दिनदेखि बेपता भएका उनी बुधबार सानो माइखोलामा बनेको हुलाकी राजमार्ग...
सेतोपाटी संवाददाता पन्ध्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, इटहरीकी ती किशोरीलाई बलात्कार गरेको आरोपमा सुन्दर हरैंचा नगरपालिका-६ का २१ वर्षीय दिलीप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।, जेठ २० गते ती किशोरीमाथि बलात्कार भएको थियो। इलाका प्रहरी कार्यालयको टोलीले एक महिनापछि श्र...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकमसहित जुवाको खालबाट पाँच जुवाडे पक्राउ परेका छन्। , पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३७ वर्षीय खड्गबहादुर वली, तुलसीपुर ५ का ३७ वर्षीय शरन श्रेष्ठ, तुलसीपुर ६ का ४१ वर्षीय मिन केतन गिरी, घोराही उपमहानगरपालिका वडा नं. ७ का ४१ वर्षीय बिनोद खाती र घो...
रासस कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि आजदेखि तीन उडान हुने भएको छ।, नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि जहाज त्यसतर्फ जान...
रासस युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले पक्राउ गरेको छ।, गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन (भाइबर, ह्वाट्सएप) मार्फत सट्टेबाजी गराइरहेको अवस्थामा पोखरा महानगरपालिका–६ लेकसाइडस्थित एक होटलबाट पोखरा–२७...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकमसहित पाँच जना जुवाडे पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का ३७ वर्षीय खड्गबहादुर वली, तुलसीपुर ५ का ३७ वर्षीय शरन श्रेष्ठ, तुलसीपुर ६ का ४१ वर्षीय मीनकेतन गिरी, घोराही उपमहानगरपालिका वडा नम्बर ७ का ४१ वर्षीय बिनोद खाती र घोराही १५ का ३१ वर्षीय छव...
सेतोपाटी संवाददाता अविरल वर्षापछि खसेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरूद्ध छ।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिरो हटाउने काम सुरू गरिएको छ।, सेतीदोभानमा पहिरो खसेको छ। उक्त पहिरो हटाउन आज बिहान ६ बजेदेखि दुइटा जेसिबी प्रयोग गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले बताए।, एक सातादेख...
सेतोपाटी संवाददाता मनसुनी वायुको प्रभावले बिहीबार बिहानैदेखि देशका विभिन्न स्थानमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महशाखाले आज देशभरि मनसुनी वायुको प्रभाव रहेको बताएको छ।  त्यही कारणले अहिले प्रदेश नं १, गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशका केही भू-भागमा साथै कर्णालीको थोरै भागमा भारी वर्षा भएको छ भने र अझै भारी वर्ष...
नारायण खड्का अविरल वर्षापछि घर भत्किँदा दाङमा तीन महिनाकी शिशुको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान ३ बजेतिर घर भत्किँदा शिशुको मृत्यु र उनकी आमा र दिदी घाइते रहेको प्रहरीले जनाएको छ।, घरको भित्ता भत्कँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जा...
रासस तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन्। , ऋषिङ ८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।, श्रेष्ठका अनुसार आज बिहान ५:३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरा खस्दा पुरेको हो। बेपत्ताको स्थानीयले खोजी कार्य गरिरहेका छन्।...
सेतोपाटी संवाददाता झापामा सडक छेउमा जमेको पानीमा डुबेर एक जना वृद्धको मृत्यु भएको छ।, शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का ७५ वर्षीय नराध्वज लिम्बुको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार सडक किनारमा जमेको पानीमा डुबेर बुधबार बेलुकी लिम्बुको मृत्यु भएको हो। उनी हिँडि...
रासस नेपाल टेलिकमको टावर निर्माण गर्दा ज्याला नपाएको भन्दै मजदुरले नलगाड नगरपालिका–८ गराइलाको टावर बन्द गरेका छन्।, डोल्पा, रुकुम पश्चिमको गोतामकोटको टावरलाई लिङ्क दिनका लागि यो टावर निर्माण गरिएको थियो।, टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताए...
सेतोपाटी संवाददाता चितवनको माडीमा रिउ र अन्य खहरेमा आएको बाढीले जनजीवन प्रभावित बनेको छ।  बुधबार रातिदेखि परेको अविरल वर्षासँगै बाढी आउँदा नजिकका बस्तीमा डुबान पर्न थालेका छन्।, बाढीका कारण माडीका १५ घर डुवानमा परेरका छन्। बाढीको डुवानमा परेका र जोखिममा रहेकाहरू इलाका प्रहरी कार्यालयमा आश्रय लिएको जिल्ला प्रहरी कार्या...
दिपकजंग शाही जुम्लाको सिंजा गाउँपालिका-६ का वडा अध्यक्षका छोराले स्थानीय युवामाथी कुटपिट गरेका छन्। यातायात, खानेपानी लगायतका विषयमा वडाअध्यक्ष कालीबहादुर बुढाले विभिन्न सञ्चारमाध्यममा दिएको अन्तवार्ताको टिप्पणी गरेको विषयमा उनका छोरा नवीन बुढाले उनीमाथि कुटपिट गरेका छन्।, ‘मैंले उहाँले दिएको अन्तवार्तामा केही झुटा कु...
सेतोपाटी संवाददाता प्रहरीले मकवानपुरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।, बुधबार र बिहीबार बिहान प्रहरीले मकवानपुरबाट गाँजा बरामद गरेको हो।, हेटौडा उपमहानगरपालिका-५ बाट प्रहरीले १२० किलो ९ सय ग्राम गाँजा बिहीबार बिहान बरामद गरेको छ।, मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार प्रदेश३-०१-०२२च ७२३६ नम्बरक...
प्रशन्न पोखरेल बूढीगण्डकीको बाढीले गोरखाको केरौंजास्थित यारूबगर कटान गर्दा चुमनुब्री गाउँपालिका आवतजावत गर्ने एकमात्र बाटो बगाइदिएको छ।, भूकम्पपछि बेलायती सहयोग नियोग युकेएडले पहरा खोपेर बनाएको एक सय १५ मिटर लम्बाइको क्यान्टिलिभर पुल बूढीगण्डकी कटानले जोखिममा पारेको स्थानीय बासिन्दा बताउँछन्।, ‘क्यान्टिलिभर पुल नबगाए ...
सेतोपाटी संवाददाता ठमेलस्थित एक होटलबाट प्रहरीले जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले चिनियाँ नागरिक हे सिआओलङले सञ्चालन गरेको होटल सिआओ सियाङ होटलबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।, बुधबार राति करिब १० बजेट प्रहरी टोली ठमेलको जेपी मोडस्थित होटलमा पुगेको ...
टेकराज पोखरेल चितवन राष्ट्रिय निकुञ्जले भरिएको माडी नगरपालिका। निकुञ्जले चारैतिरबाट घेरिएको चितवनको क्षेत्र नं ३ मा पर्ने माडी नगरपालिकामा बर्सेनि खहरे खोलाले दुःख दिइरहन्छ।, यस नगरपालिकाको परुई खोला किनारमा रहेको चेपाङ बस्ती राहतकै भरमै बाँचिरहेको छ।, करिब ५५ घरपरिवार रहेको यो गाउँको अवस्था निकै दयनीय छ।, विभिन्न साम...
सेतोपाटी चितवन स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ।, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो। निषेधाज्ञा असार ३१ गते राति १२ बजेसम्म जारी रहनेछ।, निषेधाज्ञा थप भए पनि केही क्षेत्र खुकु...
राजेश घिमिरे सुजिता भण्डारीको मृत्युको विषयमा अनुसन्धान गरिरहेको चितवन प्रहरीले भण्डारीको परिवारसम्म पुग्नै सकस भइरहेको बताएको छ।, बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरीका प्रमुख एसपी ओमप्रसाद अधिकारीले न्याय प्राप्तिको प्रक्रिया चलिरहँदा त्यसलाई पूरा गर्नमा अवरोध खडा गरिएको बताए। , ‘अपराध अनुसन्धानको कुरालाई लिए...
सेतोपाटी संवाददाता पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।, बुधबार रातिदेखि परेको अविरल वर्षाको कारण झरेको पहिरोमा पुरिएर तिनाउँ गाउँपालिका वडा नंं ५ गिट्टी खानीका ४५ वर्षीय वीरबहादुर गुरूङको मृत्यु भएको हो।, हिउँदे खोला क्षेत्रमा माथिबाट झरेको पहिरोले घर बगाउँदा गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्...
युवराज श्रेष्ठ जबजब कालीगण्डकी नदी डाइभर्सनको चर्चा चल्छ, तब गण्डकीवासी झस्कन्छन्।, अर्थमन्त्री विष्णु पौडेलले १२ असारमा आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको बुटवलमा कालीगण्डकी डाइभर्सन आयोजनाको कार्यालय उद्घाटन गरेपछि गण्डकीवासी फेरि झस्किएका छन्।, अर्थमन्त्री पौडेलको उक्त कदमको प्रतिवाद गर्न गण्डकीका सर्वपक्ष एकजुट भए।,...
सेतोपाटी संवाददाता नेपाली महिलालाई भारत हुँदै कम्बोडिया लगेर बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका-२ का ३७ वर्षीय किसान राई छन्। राईलाई अन्य ४५ जना महिला तथा पुरूषलाई कम्बोडिया पुर्‍याएको आरोप छ।, राईलाई पक्रन मानव बेचबिखन ब्युरोको प्रहरी केही दिनअघि धनकुटा ...
सेतोपाटी रैथाने माछा जोगाउन  विभिन्न ठाउँमा जलचर समूह गठन गरिएको छ।, पानी परियोजनाले लकडाउनका समयमा स्थानीयबासीले जाल, पासा र  करेन्ट छाडेर माछा मार्न थालेपछि यसलाई अन्त्य गर्न समूह गठन गरी जलचरलाई संरक्षण गर्ने थालिएको हो।, तलकोट गाउँपालिका र जयपृथ्वी नगरपालिकाका आठ वटा वडामा कार्यरत सो परियोजनाले पाँच समूह गठन गरी म...
रासस नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको छ। यद्यपि पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन।, सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ। पहिराको कारण स...
रासस बागलुङको ताराखोलामा आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन्।, मङ्गबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो।, खोला छेउमा रहेको बाख्राफार्म बाढीबाट जोगाउने प्रयास गर्दागर्दै उनलाई खोलाले बगाएको स्थानीयवासीले बत...
सेतोपाटी संवाददाता पाल्पाको चरचरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ५ चरचरे कालिमाटीमा बुधबार बिहान चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटनामा परेको थियो।, टिपर सडकबाट करिब एक सय ५० मिटर तल तिनाउ नदीमा...
राजेश घिमिरे घर नजिकैबाट मोटर चल्नुलाई धेरै मान्छे खुसीको विषय ठान्छन्। घरको अगाडिबाट मोटर बाटो निकाल्न मरिहत्ते गर्छन्। तर मोटर बाटोका कारण भइराखेकै घर, जमिन गुमाउनु पर्दाको पीडा कस्तो होला?,  , धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १०, लैताक (जोगीमारा) का कुमार चेपाङलाई घर नजिकैबाट लगिएको मोटर बाटोले धरधरी रुवा...
सेतोपाटी चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ।, मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते उक्त कार्यक्रम गर्न लागिएको हो।, पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकाला...
सेतोपाटी संवाददाता सिमरा प्रहरीले ३० लाख बराबरको मोबाइल बरामद गरेको छ।, जितपुर सिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगञ्ज सडकमा प्रहरीले एउटा बोलेरोबाट भन्सार छलेर ल्याइएका मोबाइल बरामद गरेको हो।, प्रदेश २-०३0००१ च १४३ नम्बरको बोलेरोबाट प्रहरीले विभिन्न कम्पनीका १५ सय २० थान मोबाइल बरामद गरेको इलाका प्रहरी कार्यालय सिमरा...
सेतोपाटी संवाददाता मंगलबार राति बौद्धबाट २८ जना जुवाडे पक्राउ परेका छन्।, काठमाडौं-६ बौद्ध सिमलटारका वाङ्चु शेर्पाको घरबाट प्रहरीले १४ लाख ५९ हजार ९ सय नगदसहित जुवाडे पक्राउ गरेको हो।, जुवा खालबाट प्रहरीले ३० थान कौडा, २१ बुक तास, भारू ११ हजार ४ सयलगायत बरामद गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।, जुवा अखडा सञ...
सेतोपाटी संवाददाता इलाम नगरपालिका–१२, साङरुम्बामा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ।, स्थानीय ४५ वर्षीय यामबहादुर साँवाले ५८ वर्षे धनबहादुर राईको बुधबार बिहान पौने ८ बजेतिर हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।, स्थानीय सुमन्त साँवाको घरमा धनबहादुरले खुकुरी भिरेको देखेपछि यामबहादुरले उनीसँग खुकुरी ...
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष काराबास तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्। , जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुरका फरार प्रतिवादी ४१ वर्षीय वीरबहादुर चौधरी मंगलबार पक्राउ परेका हुन्। , दाङ देउखुरी जिल्ला अदालतले २०७५ साल माघ २९ गते चौधरीलाई पाँच वर्ष कैद सजाएको फैसला सुनाएको जिल्...
सेतोपाटी संवाददाता सर्लाहीमा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ।, ईश्वरपुर नगरपालिका-४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्णबहादुर स्यङ्बोको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।, प्रहरीले सोही ठाउँका ५८ वर्षीय पाल दोर्जे स्याङ्तानलाई मंगलबार राति पक्राउ गरेको हो।, पुरानो रिसिइ...
सेतोपाटी म्याग्दीमा पछिल्लो एक वर्षमा ७६२ उद्योग र व्यवसायिक फर्म थपिएका छन्।, घरेलु तथा साना उद्योग कार्यालयमा ५०० उद्योग र २६२ वटा वाणिज्य फर्म दर्ता भएका हुन्।, विसं २०७७ साउनदेखि २०७८ असार अन्तिम हप्तासम्म दर्ता भएका उद्योग र वाणिज्य फर्मबाट रु २६ लाख आठ हजार १२३ राजश्व सङ्कलन भएको कार्यालयका प्रमुख नन्दलाल पौडेलल...
सेतोपाटी संवाददाता विद्यार्थी रामजी रामसहित चारै जना विद्यार्थीलाई नेसनल मेडिकल कलेजले परीक्षा फारम भर्नबाट बञ्चित गराएको छ।, एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत् रामजी राम र पंकज राम, चौथो वर्षमा अध्ययनरत् रूकेशकुमार राम र प्रमोदकुमार रामलाई नेसनल मेडिकल कलेजले परीक्षा फारम भर्न नदिएको हो।, गैरकानुनी शुल्क माग्दै कलेजले ...
राजेश घिमिरे गत जेठ पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा सम्बोधनका क्रममा नेपालका सडकको अवस्थाबारे भनेका थिए-बाटा त खुल्दै गएका छन् तर अचम्म लाग्छ त्यस बाटाबाट गाडी बहादुर गोर्खालीले बाहेक अरू कसैले हिँडाउनै सक्दैन।, प्रधानमन्त्री ओलीले त्यतिबेला त्यो कुन बाटो हो जसमा ‘बहादुर गोर्खाली’ मात्र गाडी चलाउन सक्छन...
सेतोपाटी संवाददाता झापामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।, विर्तामोड नगरपालिका वडा नम्बर ४ जात्रुबाडी बस्ने ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, बुधबार बिहान साढे ७ बजे सोही नगरपालिका वडा ८ स्थित रामकुमारी दर्जीको घरमा उनी मिटर जडान गर्न बिजुलीको पोलमा चडेका थ...
सेतोपाटी संवाददाता दाङको राप्ती नदीमा निर्मित नेपालकै दोस्रो लामो पुलको 'एप्रोच'मा बाढीले क्षति पुर्‍याएपछि यातायात ठप्प बनेको  छ।, अविरल वर्षातपछि आएको बाढीका कारण पुलको 'एप्रोच'मा क्षति पुगेपछि यातायातका साधन सञ्चालनमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।  , लुम्बिनी प्रदेशको राजधानीको...
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ८ सय ९८ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ७८३५ जनाको पिसिआर परीक्षणबाट २०७७ जनामा संक्रमण पुष्टि भएक...
सेतोपाटी संवाददाता भन्सार चोरी पैठारी गरी राजश्व छलेको अभियोगमा चितवन रत्ननगर-७ को शिवशक्ति खाद्य उद्योगका सञ्चालकसहित तीन जनाविरूद्ध अदालतमा मुद्दा दायर भएको छ। , राजश्व अनुसन्धान विभागले उद्योगका सञ्चालक दिनेशकुमार अग्रवाल, सीमा अग्रवाल र थपलिया ट्रेड सप्लायर्सका प्रोप्राइटर रामप्रसाद थपलियाविरूद्ध बुधबार उच्च अदालत...
सेतोपाटी संवाददाता एकान्तकुनास्थित चक्रपथ सडक मर्मत गर्नुपर्ने भएको छ।, सडक विभागका अनुसार नाली र पिच अकस्मात् छुट्टिन थालेपछि चक्रपथ सुधार आयोजनाले मर्मत थालेको हो।, भत्किन थालेको सडकमा अहिले खनेर मर्मत थालिएको छ। सडक भत्किनुको कारण भने कमजोर भू-बनोट हो वा अन्य केही हो भन्ने यकिन भएको छैन।, सडक विभागका महानिर्देशक अर...
सेतोपाटी संवाददाता लमजुङमा बुधबार दिउँसो भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको काप्रेचौर आसपास केन्द्रविन्दु बनाएर दिउँसो ३ बजेर ५७ मिनेटमा ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो।, भूकम्पबाट क्षति भएको विवरण आएको छैन।, यसअघि सोमबार बिहान काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु बनाएर ३.२ म्याग्नेच्युडक...
सबिना श्रेष्ठ मनसुन हाम्रा निम्ति जोखिमपूर्ण ऋतु हो। बाढी-पहिरोका खबर अनि हिलाम्मे सडकले हरेक पटक मान्छेलाई सताइरहन्छ।, भक्तपुर, लिबालीका स्थानीयलाई भने हरेक मनसुनले औधी खुसी दिन्छ। किनभने यहाँ यही समय हो जब उनीहरू आकाशे पानी संकलन गर्न पाउँछन्।, लिबालीको भूकम्प शिविर र स्थानीयले आकाशको पानी उपभोग गर्न थालेको करिब चार...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ५ सय ४३ जना संक्रमित थपिएका हुन्।, जसमध्ये काठमाडौंमा ३ सय ९०, ललितपुरमा ८६ जना र भक्तपुरमा ६७ जना संक्रमित थपिएका हुन्।, यस्तै, पछिल्लो २४ घन्टामा २९७९ जनामा कोरोना संक्रमण ...
निर्मला घिमिरे नवलपरासीका बाबुराम कुमालले स्वास्थ्य मन्त्रालयले जारी गरेको एक सूचना पढेका थिए- विदेश जानेको हकमा सरकारी पिसिआर प्रयोगशाला र न्यूनतम सय बेड क्षमता भएका अस्पतालमा आधारित 'ए' वर्गका निजी प्रयोगशालामा कोभिड–१९ पिसिआर परीक्षण गर्न सकिने।, यो सूचना पढेपछि दक्षिण कोरिया रोजगारीमा जाने तयारीमा रहेका उनले कीर्त...
सेतोपाटी संवाददाता सरकारले चार महिना बितिसक्दा पनि कोरोना भाइरसविरूद्ध लगाइने 'कोभिसिल्ड' खोपको दोस्रो मात्रा नगारिकलाई लगाउन सकेको छैन।, स्वास्थ्य सेवा विभागको खोप शाखाका अनुसार झन्डै १३ लाख नागरिकले 'कोभिसिल्ड' को दोस्रो मात्रा लगाउन बाँकी छ। , सरकारले गत फागुन २३ गते ६५ वर्ष माथिका उमेर समूहलाई सो खोप दिएको थियो। स...
खिलानाथ ढकाल दलितले पाउने सरकारी छात्रवृत्तिमा वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा पढिरहेका विद्यार्थी रामजी राम र पंकज रामले एमबिबिएस अन्तिम वर्षको परीक्षाका लागि फारम भर्ने आज अन्तिम दिन हो।, कलेजले भने उनीहरूलाई अहिलेसम्म परीक्षाका लागि फारम भर्न दिएको छैन। उल्टै कलेजले सोमबार दुबै जनालाई स्पष्टीकरण सोधेको थियो।, दुबै...
सेतोपाटी संवाददाता प्रहरीले १५० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका-८ शुक्रबारेका २२ वर्षीय भूपेन राय र सुनसरी रामधुनी-७ का २५ वर्षीय अमिर लिम्बु रहेका छन् ।, सुनसरी बराहक्षेत्र नगरपालिका-८ चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो।, मंगलब...