content
stringlengths 20
64.1k
⌀ |
|---|
एजेन्सी महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा दक्षिण कोरियाली सैनिक जनरल पक्राउ परेका छन्।, यौन दुर्व्यवहार गरेको आरोपमा दुई तारे ब्रिगेडियर जनरल मंगलबार पक्राउ परेको समाचार संस्था एएफपीले जनाएको छ।, गत महिनामात्रै यौन दुर्व्यवहारमा परेकी एक महिला सैनिकले आत्महत्या गरेको घटनापछि वायु सेना प्रमुखले राजीनामा दिएका थिए। ती महिलाले आफूमाथि दुर्व्यवहार गर्ने कमाण्डरविरूद्ध उजुरी गर्दा अधिकारीहरूले बेवास्ता गरेपछि आत्महत्या गरेकी थिइन्।, पक्राउ परेका ब्रिगेडियर जनरलले अरू सैनिकसँग बेलुकी 'डिनर' गरेपछि ती महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेका थिए।, उनीमाथि विस्तृत रूपमा अनुसन्धान गरिने रक्षा मन्त्रालयका प्रवक्ता बु सिउङ-च्यानले बताए। सेनाले पीडित महिला सैनिकलाई कानुनी तथा संस्थागत सहयोग दिने उनले बताए।, छोटो समयको अन्तरालमा सेनाका दुई वटा यौन दुर्व्यवहारका घटना बाहिरिएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ।, 'यो समयमा महिला सैनिकको प्रमुख दुश्मन उत्तर कोरिया होइन, तर पुरूष हुन्,' एक व्यक्तिले सामाजिक सञ्जालमा लेखेका छन्।, दक्षिण कोरियाली समाजमा पितृसत्ता हावी छ। त्यहाँ हरेक सक्षम पुरूषले झन्डै २ वर्ष सेनामा काम गर्नैपर्छ। महिलाहरूका लागि भने सैनिक सेवा रोजाइको विषय हो।, यसअघि पनि ट्रेनिङका बेला हुने बुलिङ र अन्य दुर्व्यवहारले कति जनाले आत्महत्या गरेका घटना हुन्थे।,
महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परे दक्षिण कोरियाली सेनाका जनरल
|
सेतोपाटी संवाददाता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको कम्पनीसहित १५ लाई सरकारले कालोसूचीमा राखेको छ। , कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले अधिकारीको कम्पनीलाई दुई वर्ष कालोसूचीमा राखेको हो। , समयमा रसायनिक मल नल्याएको भन्दै लिमिटेडले अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज प्रा.लिलाई दुई वर्ष कालोसूचीमा राखेको हो। , शैलुङ इन्टरप्राइजेजका मुख्य व्यक्ति भने निकेश अधिकारी हुन्। शैलुङ कन्स्ट्रक्सन र शैलुङ इन्टरप्राइजेज दुबै शारदाप्रसादका हुन्। , यस्तै, प्रहरी प्रधान कार्यालयको सिफारसमा पूजा ट्रेडिङ एन्ड अर्डर सप्लायर्सलाई दुई वर्ष कालोसूचीमा राखिएको छ। , यस्तै, हिमालयन कन्स्ट्रक्सन, निर्माण सेवा, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, डिएमएस बुट इन्डस्ट्रिज प्रालिलगायत छन्। डिएमएसलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा दुई वर्ष कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ। , डिएमएस सशस्त्र र नेपाल प्रहरीलाई बुट सप्लाई गर्ने कम्पनी हो।,
प्रचण्डका घरबेटीको शैलुङ इन्टरप्राइजेजसहित १५ कम्पनी कालोसूचीमा
|
सेतोपाटी संवाददाता प्रहरीले ठमेल क्षेत्रबाट चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।, जुवा खेलिरहेका बेला सोमबार राति चार जना चिनियाँलाई सोह्रखुट्टे वृत्तको टोलीले पक्राउ गरेको हो।, महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूको साथबाट ९ लाख रूपैयाँ, बाघको छाला, कस्तुरीको बिना २० थान, बुद्धचित्त एक बोरा फेला पारेको छ।, प्रहरीले चारै जना चिनियाँ नागरिकलाई परिसरमा ल्याएर सार्वजनिक गर्ने तयारी गरिरहेको छ।,
ठमेलको होटलमा जुवा खेलिरहेका चार जना चिनियाँ नागरिक पक्राउ
|
युवराज श्रेष्ठ 'सुनारले कमाउँदै नकमाउने। दमैले सिउँदै नसिउने। सार्कीले जुत्ता लाउनै नदिने। हामीले गरेको कामले तिम्लाई सजिलो हुने, हामीलाई तिम्ले पल्लो छेउ बार्ने?', नेपालको पहिलो दलित विद्रोहमा उठेका एजेन्डा हुन् यी।, घटना विक्रम सम्बत् २००३ सालको हो। देशमा राणा शासनविरोधी आन्दोलन सुरू भएको थियो। आन्दोलनको प्रभाव दलित समुदायमा पनि देखिन थाल्यो। उनीहरू युगौं युगदेखिको दलनविरूद्ध संगठित हुँदै जुर्मुराउन थाले।, त्यही क्रममा दलितहरूको पहिलो संगठित आन्दोलन बाग्लुङमा भयो, जसको नेतृत्व भगत सर्वजीत विश्वकर्माले गरेका थिए।, भगत सर्वजीतको जन्म १९५० चैत ११ गते अहिलेको बाग्लुङ नगरपालिका-७, गैरागाउँ (ठाडास्वाँरा) मा भएको थियो। उनी सानै उमेरमा काम खोज्दै भारतको वनारस पुगे। त्यहाँ रहँदाबस्दा उनलाई पढ्न मन लाग्यो। त्यति बेला धेरै नेपाली पढ्न वनारस नै जान्थे।, वनारस पढ्न जानेहरू अधिकांश ब्राह्मण परिवारका हुन्थे। दलितलाई पढ्न दिने कुरै थिएन।, जब भगत वनारसमा पढ्न थाले, उनलाई नेपाली समाजको अनुहार झलझली याद आयो, जहाँ धर्म र शास्त्रका नाममा विभेदको महासागर थियो। राज्यको विभेदकारी नीतिले नै दलितलाई अछुत बनाएर राखेको थियो।, वनारसमा हिन्दू धर्मका ग्रन्थहरू कण्ठस्थ पारेका भगत नेपाल फर्केर केही गर्नुपर्छ भन्नेमा कटिबद्ध थिए। यो १९९७ सालतिरको कुरा हो। बागलुङको मूलपानी फर्केर उनले गाउँका पण्डितहरूसँग मुकाबिला गर्न चाहे। गाउँका सारा विश्वकर्मालाई हिन्दु धर्मका कुनै पनि ग्रन्थमा छुवाछुत नभएको भन्दै प्रशिक्षित गरे।, ,त्यति बेला भगवत सर्वजीतसँगै दलित विद्रोहमा होमिएका रामशरण विश्वकर्मा अहिले ९८ वर्षका छन्। उनका अनुसार त्यो विद्रोह क्रममा उपल्लो जातका व्यक्तिले भगतलाई कुटपिट गर्नेदेखि प्रशासन लगाएर जेल हाल्ने घटना कयौंपटक भए। , भगत सर्वजीतले भने हार मानेनन्, समानताको आवाज जीवनपर्यन्त उठाइरहे।, भगवत सर्वजीत विश्वकर्माका साथी रामशरण विश्वकर्मा (दायाँ) र उनका छोरा मनकाजी। मनकाजी भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानका उपाध्यक्ष हुन्। तस्बिर सौजन्य: मनकाजी विश्वकर्मा, 'भगत सर्वजीत छोरा जन्मिएपछि आफैं पण्डित बने। आफैं छोराको न्वारन गर्न लागे। आँगनमा जग्गिया बनाइयो। वैदिक न्वारन गरेर भगतले शंख फुके। दलितको घरमा शंखको धुन सुन्दा गैरदलितलाई सह्य भएन। उनीहरू उर्लिएर सर्वजीतको घर पुगे। छोराको न्वारन गर्न बनाइएका जग्गिया भत्काइदिए। दलित भएर शंख बजाउने? हाम्रो मानहानी गर्ने? भन्दै उनीहरू तोडफोडमा ओर्लिए,' रामशरण सम्झन्छन्।, 'यही घटनापछि विश्वकर्माले आरन भाँच्ने, परियारले कपडा सिलाउने मेसिनको सियो भाँच्ने र सार्कीले जुत्ता सिलाउने सियो भाँच्ने आन्दोलन चर्कियो। गैरदलितहरूले हाम्रो प्रतिरोध देखी सहेनन्। उनीहरूले प्रहरी र राणाकालीन प्रशासनिक अड्डा लगाएर भगत सर्वजीतलाई दण्ड दिए।', सर्वजीत दण्डित भए पनि उनले सल्काएको आगो दलित समुदायमा प्रतिरोधको ज्वाला बनेर दन्किन थालिसकेको थियो।, 'सर्वजीतले घरमै शंख पुगेर उद्घोष गरेको विद्रोहको छिटा छिमेकी जिल्लासम्म पुग्यो। बाग्लुङसहित पर्वत, म्याग्दीका चार हजार दलितहरू आन्दोलनमा साथ दिन जागरूक बने। बागलुङकै भालुमारे भन्ने ठाउँमा एउटा ठूलो चउर छ, त्यहाँ पहिलोपटक छिमेकी जिल्लासहितका दलित अगुवाहरू भेला भए। चार थुमका मान्छेले आन्दोलन अघि बढाए।', अरू मानिसजस्तै समान रूपमा बाँच्न पाउनुपर्ने एजेन्डा बोकेर भगत सर्वजीतले त्यो भेलाबाट विश्व सर्वजन संघ नामक संगठन खोले। संगठनको मुख्य उद्देश्य नै छुवाछुत र विभेदविरूद्ध आन्दोलन गर्नु थियो। राणाकालीन दबदबामा पनि संगठनले आन्दोलन अघि बढाइछाड्यो।, यही आन्दोलनबीच भगत सर्वजीत पक्राउ परे। बाग्लुङबाट उनलाई थुन्न रातारात हिँडाएर पाल्पा गौंडा पठाइयो। प्रहरीले मुखमा बुट बजार्थ्यो, तै सर्वजीतले आवाज उठाउन छाडेनन्।, पाल्पा पुर्याएपछि भगत सर्वजीतलाई सोधियो, 'तँ को होस्?', उनले जवाफ दिए, 'म भगत सर्वजीत विश्वकर्मा।' , त्यसपछि प्रहरीले 'तँ कामी होस्' भनेर मुखमा बुटले हिर्काए। उनको मुखबाट रगत बग्न थाल्यो। उनका हात बाँधिएका थिए। खुट्टामा ठेड्का लगाइएको थियो। प्रहरीको बुटले भगतको दाँत झर्यो। तै पनि उनी यातनाबाट विचलित भएनन्।, ‘कामी भनेर कुन गीतामा, कुन वेदमा, कुन उपनिषदमा लेखिएको छ?' उनले प्रहरी अधिकारी र राणा शासकका स्थानीय प्रतिनिधिलाई ठाडै चुनौती दिए, ‘छुवाछुत कहाँ छ? सानो जात र ठूलो जात भनेर हिन्दु धर्मको कुन ग्रन्थमा लेखिएको छ? यसबारे नेपालका पण्डितसँग शास्त्रार्थ गर्न सकिन भने म यहीँ आत्महत्या गर्छु।’, त्यसपछि प्रहरी अधिकारी र स्थानीय प्रतिनिधिले पाल्पाबाटै राणा शासकलाई खबर पुर्याए, ‘ल हजुर सकिएन, शास्त्रार्थ गर्नुपर्ने भयो।’, तत्कालीन श्री ३ सरकारले भगत सर्वजीतसँग शास्त्रार्थ गर्न काठमाडौंबाट पण्डित पठाए।, खुट्टामा ठेड्का र हातमा हतकडी लगाएका र मुखबाट रगत बगाउँदै गरेका भगत शास्त्रार्थका लागि तयार भए।, ‘मलाई कामी भन्न पाइँदैन। म ‘ब्रेन्ची’ उपाध्याय हुँ। तिमीहरूजस्तै म पनि ब्राह्मण हुँ। हामीले तीनसुते जनै लगाउन पाउनुपर्छ,' उनले भने, 'विश्वकर्मा भनेको विश्वको पूजा गर्ने मान्छे हो। तल्लो जात भनेर कुन पुराणमा लेखेको छ, देखाउनुपर्छ।’, भगत सर्वजीतका प्रश्नसामु राणाका पण्डित टिक्न सकेनन्। हार खाएर भगतलाई हिरासतमुक्त गरिदिए।, पाल्पाबाट छुटकारा पाउने भएपछि भगतलाई 'बाग्लुङ जाने कि भारत' भनेर सोधियो। उनले भारत भने। जेलबाट छुटेर उनी फेरि वनारस लागे।, नेपालको पहिलो दलित आन्दोलनका नेता भगवत सर्वजीत विश्वकर्मा।, सत्र महिना जेल जीवन बिताएर वनारस पुगेका सर्वजीतले फेरि आफ्नो अध्ययनलाई निरन्तरता दिए र आचार्य गरे। उनी भारतबाटै गाउँमा पर्चा बनाएर पठाउँथे। गाउँमा दलित आन्दोलन उठेकै थियो। वनारसबाटै नेतृत्व दिइरहेका भगत केही समयपछि फेरि गाउँ फर्किए।, भगतलाई फर्किन नदिन स्थानीय गैरदलितले अनेक मुद्दा हालेका थिए। कुटपिट गर्ने र यातना दिने घटना त दिनहुँ भइरहन्थे। भगतले ती सबैको डटेर मुकाबिला गरे। गाउँमा हारेका मुद्दा काठमाडौं पुगेर जिते। श्री ३ सरकारसँग पनि आफूहरूले तीनसुते जनै लगाउन पाउनुपर्छ भनेर माग राखे। आखिरमा सरकारले लालमोहर लगाएर माग पूरा गरिदियो।, गाउँमा धुँवाखोला पोखरीमा जनै मन्त्रने गरिन्थ्यो। भगत सर्वजीतले आफूलाई पनि जनै मन्त्रन दिनुपर्छ भने। उनलाई मन्त्र पनि आउँथ्यो। स्थानीय पण्डितहरूले उनको कुरा मानेनन्। फेरि झगडा सुरू भयो। पण्डितले नमानेपछि सर्वजीतले अहिले विश्वकर्मा माध्यमिक विद्यालय भएको ठाउँभन्दा तलतिर खेतमा पोखरी बनाए। त्यहीँ जनै मन्त्रे।, यसरी बाग्लुङका दलितले जनै लगाउन सुरू गरे, जुन अहिले पनि जारी रहेको रामशरणका छोरा मनकाजी विश्वकर्मा बताउँछन्।, 'दलितका बेहुला–बेहुली डोली चढ्न पाउँथेनन्। सोली बोक्न पाउँथेनन्। सर्वजीतको आन्दोलनले नै सबै सराबरी भन्दै पानीको छोइछितो हाल्न नपाउने व्यवस्था गरे। सोली बोक्न नपाउने, डोली चढ्न नपाउने व्यवस्था खारेज गरिदिए,' मनकाजीले भने।, यति मात्र होइन, बाग्लुङका दलितले त्यति बेला जंगलमा कोइला बनाउनुपर्थ्यो। कोइला बोकेर गुल्मीको टक्सार पुर्याउनुपर्थ्यो। राणा शासकले नै उनीहरूलाई यस्तो उर्दी गरेका थिए। गुल्मीको टक्सारमा भाँडा बनाउन त्यही कोइला प्रयोग हुन्थ्यो। भगत सर्वजीतले नि:शुल्क कोइला बनाउन र बोक्न बन्द गरिदिएको मनकाजीको भनाइ छ।, 'अहिले दलित समुदायले लेख्ने थर छ नि- जस्तो दमाईले परियार, कामीले विश्वकर्मा वा सुनार, सार्कीले किसान- यस्ता थर लेख्न पनि भगत सर्वजीतले नै सुरू गराएका हुन्,' उनले भने, 'यसका लागि मुद्दा नै लड्नुपरेको थियो।', यसैबीच दलितलाई तल्लो जातमा राखेर अमानवीय व्यवहार भइरहेको बुझाउन बालबालिकाहरूलाई पढाउनुपर्छ भन्ने भगतलाई लाग्यो। गाउँभरिका दलित छोराछोरीलाई शिक्षित बनाउन उनले आन्दोलनकै कार्यक्रमका रूपमा स्कुल खोल्ने निर्णय लिए। दलितले नपढ्दासम्म कुनै किसिमको शास्त्रार्थ गर्न सकिँदैन भन्ने कुरा उनले गाउँलेहरूलाई सम्झाए। गाउँलेहरू उनको कुरामा सहमत भए।, स्कुल चलाउन त्यति बेला भवन थिएन। दलितलाई पढाउने सरकारी नीति पनि थिएन। गाउँनजिकै हिलियापानीमा एउटा चौतारो थियो। चौतारोनजिकै पोखरी थियो। त्यही चौतारोमा दलित केटाकेटी जम्मा गरेर भगत सर्वजीतले पढाउन थाले। स्कुलको नाम राखे, विश्वकर्मा प्राथमिक विद्यालय।, 'दलितले पढ्न थालेको देखेर गैरदलित इर्ष्याले जले,' सर्वजीतका समकालीन रामशरणले भने, 'यो खबर भुसको आगोझैं फैलियो। चारैतिर खैलाबैला भयो। गैरदलितहरूले जिल्लाका प्रमुखलाई खबर गरिदिए। जिल्ला प्रमुख चौतारीमै आए।' , चौतारीमा पठनपाठन भइरहेको देखेर जिल्ला प्रमुखले 'के हो यो?' भनेर सोधेछन्।, भगत सर्वजीतले 'केही होइन, चौतारो हो, यहाँ हामी स्कुल खोल्ने हो' भन्ने जवाफ दिए।, रामशरणका अनुसार, जिल्ला प्रमुखले त्यही चौतारोमा बसेर भनेछन्, 'त्यसो भए तिमेरू आओ, म स्वीकृत गर्दिन्छु।', जिल्ला प्रमुखको यस्तो कुरा सुनेर भगत सर्वजीत र उनका साथीहरू खुसी भए। दलित आन्दोलनबाट जन्मेको देशकै पहिलो दलित विद्यालयले स्वीकृति पायो।, तत्कालीन जिल्ला प्रमुखले भगत सर्वजीतको समूहलाई स्कुल खोल्न स्वीकृति मात्र दिएनन्, आर्थिक सहायता भनेर पाँच सय रूपैयाँ पनि दिए। थप पैसाका लागि दलितहरूले घरघरै पैसा उठाउन थाले। कसैले पाँच रूपैयाँ चन्दा दिए त कसैले ३० रुपैयाँ। रामशरण आफूले पाँच सय रूपैयाँ चन्दा दिएको सम्झन्छन्।, स्कुल खोल्न स्वीकृति पाएपछि उनीहरूले चौतारो भएकै ठाउँमा भवन बनाउन थाले। भगत सर्वजीतले स्कुल निर्माण समिति बनाए। त्यसको कोषाध्यक्ष थिए, रामशरण।, 'भगत सर्वजीतले नै मलाई कोषाध्यक्ष बस्नू भनेका थिए,' उनले भने।, दुईकोठे स्कुल भवन बनाउन दलित गाउँलेहरूले चन्दा मात्र दिएनन्, श्रमदान पनि गरे। यसरी दलितहरूले स्कुल बनाउँदै गरेको गैरदलितलाई सह्य भएन।, 'स्थानीय डोलिन्द्र नाम गरेका व्यक्तिले दलित समुदायकै अर्को तप्कालाई उकासे। उनले चार-पाँच जना मान्छे लिएर आए र हामीले बनाएको चौतारो र पोखरी मास्न पाउँन्नौ भनेर स्कुलको गारो भत्काइदिए,’ रामशरणले भने, ‘हामीले एक हात मात्र गारो लगाएका थियौं, उनीहरूले सार्की समुदायलाई उचालेर ल्याएर गारो भत्काइदिए।’, दलितविरूद्ध दलितलाई उक्साउने यस्तो तिकडम धेरै समय चलेन।, भगत सर्वजीतले स्थानीय सार्की समुदायलाई पनि आह्वान गरे– ‘यो स्कुल हाम्रो लागि मात्र होइन, तिमीहरूका लागि पनि हो। तिमीहरू र हामी सबैको एउटै समस्या हो, जातीय विभेद र छुवाछुत।’, त्यसपछि सार्की समुदायले पनि स्कुल बनाउन सहयोग गरे। स्कुल भत्काएका डोलिन्द्रविरूद्ध मुद्दा पर्यो। उनलाई पाँच सय रूपैयाँ जरिवाना तिराइयो।, स्कुललाई कसैले रोक्न नसक्ने भएपछि गैरदलितहरू त्यसको नाम परिवर्तन गर्ने खेलमा लागे। उनीहरूले विश्वकर्मा प्राथमिक विद्यालय होइन, विश्व प्राथमिक स्कुल भनौं भनेर प्रस्ताव गरे। दलितहरूले मानेनन्।, स्कुलमा पढाउने शिक्षक पनि उनीहरूले दलित समुदायबाटै खोजे। त्यति बेला भारतीय सेनामा कार्यरत हिक्मत सिंह अवकाश लिएर घर आएका थिए। उनी रामशरणका ज्वाइँ थिए। पञ्जाबमा कार्यरत रहँदा उनी शिख धर्मप्रति आकर्षित भएका थिए। सेनामै रहँदा उनले पञ्जाबबाट मेट्रिक पास गरेका थिए।, उनै हिक्मत विश्वकर्मा प्राथमिक विद्यालयका पहिलो प्रध्यानाध्यापक भए।, गैरदलितहरूले भने हिक्मतलाई गाउँमा टिक्नबस्न दिएनन्। पञ्जाबमा रहँदा शिख धर्मसँग नजिकिएका हिक्मतलाई पञ्जाबी लुगा लगाएर फोटो खिचेको आरोप लगाइयो। त्यही आरोपमा उनलाई गाउँबाट निकालियो।, हिक्मत वीरगन्ज चिनी मिलमा काम गर्न गए। पछि रामशरण लगायतले नै उनलाई फर्काएर स्कुलमा पढाउन निरन्तरता दिन लगाए।, दलित समुदायले खोलेको स्कुलको आरिस गर्दै गैरदलितहरूले दुई किलोमिटर पर मूलपानीमा अर्को स्कुल खोले– कालीमाटी प्राथमिक विद्यालय। ब्राह्मण लगायत गैरदलितका छोराछोरी त्यहीँ पढ्न थाले।, २००७ सालमा प्रजातन्त्र स्थापनापछि सरकारले विश्वकर्मा प्राथमिक विद्यालयलाई स्थायी स्वीकृति दियो। २००९ सालमा आएर दलित र गैरदलितले खोलेका दुवै विद्यालय गाभ्ने निर्णय भयो। दुई किलोमिटर फरकमा छुट्टाछुट्टै सरकारी स्कुल आवश्यक छैन भन्ने सरकारी पक्षको तर्क थियो।, यो निर्णयपछि एकीकृत विद्यालयको नाम के राख्ने भन्ने विवाद भयो। दुवै समुदाय आ-आफ्नो नाम कायम रहनुपर्नेमा अडिग थिए।, आखिरमा गैरदलितले खोलेको ठाउँ कालीमाटीमै स्कुल रहने भयो, नाम भने विश्वकर्मा माध्यमिक विद्यालय रह्यो। यो स्कुल अहिले पनि त्यही नाममा चलिरहेको छ। यहाँ कक्षा १२ सम्म पढाइ हुन्छ।, स्कुलको स्थापना मिति २००९ साल राखिएकोमा भने दलितहरूलाई चित्त बुझेको छैन। यसले त्योभन्दा अगाडि स्कुल स्थापना गर्न दलित समुदायले गरेको संघर्ष मेटिएको उनीहरू बताउँछन्।, विश्वकर्मा माविको नाम परिवर्तन गर्न गैरदलितले पञ्चायत कालमा पनि विभिन्न हतकन्डा अपनाएका थिए। २०४५ सालतिर स्कुलका प्रधानाध्यापक डम्मरसिंह विश्वकर्मा थिए। ओमबहादुर विश्वकर्मा व्यवस्थापन समितिका अध्यक्ष थिए। त्यही बेला स्कुलको नाम परिवर्तन गर्न स्थानीय गैरदलितहरू लागिपरे।, ‘हामी रगत बगाउन तयार छौं, तर स्कुलको नाम परिवर्तन गर्न दिन्नौं भनेपछि उनीहरू हच्किए,' मनकाजीले भने।, उनका अनुसार, २०४५ सालमा नाम परिवर्तन गर्न नदिन स्थानीय दलित समुदायले घरघरै पैसा उठाएर स्कुललाई चन्दा दिनुपरेको थियो। कसैले ५ हजार त कसैले १० हजार चन्दा उठाएका थिए। स्कुलको नाम विश्वकर्मा यथावत् राख्न दलित समुदायले निरन्तर आन्दोलन र पैसा लगानी गर्नुपरेको मनकाजीको भनाइ छ।, गाउँमा समानताको आन्दोलन उठाएका र नेपालमै पहिलो संगठित दलित आन्दोलनको नेतृत्व गरेका भगत सर्वजीतको ६० वर्ष उमेरमा भारतको वनारसमा निधन भयो। भगतका एक जना छोरा थिए। उनलाई पनि भगतले भारत लगेका थिए। उनको छोरासँग गाउँमा कसैको सम्पर्क नरहेको मनकाजीले बताए।, गाउँमा आन्दोलनको आगो बालेर शिक्षाको उज्यालो छरेका भगतको परिवारका कोही पनि अहिले गाउँमा छैनन्। छन् त उनका अनुयायी मात्र। तिनै अनुयायीमध्ये डम्मरसिंह र मनकाजीले २०४६ सालतिर भगत सर्वजीत प्रतिष्ठान बनाउने निर्णय लिए। यसका लागि पोखरा, नारायणगढ, बुटवल, भैरहवा, दाङ लगायत जिल्ला पुगे।, भैरहवामा छविलाल विश्वकर्माले प्रतिष्ठान खोल्न उल्लेख्य सहयोग गरे। उनकै सहयोगमा बुटवलमा भगत सर्वजीत पार्क बनेको छ। भैरहवामा उनको शालिक स्थापना गरिएको छ। बागलुङमा पनि विश्वकर्मा माविको प्रांगणमा भगत सर्वजीतको शालिक स्थापना गरिएको छ। पार्क बनाउन सरकारसँग माग राखे पनि सुनुवाइ नभएको मनकाजीले बताए।, विश्वकर्मा माविमा रहेको भगत सर्वजीत विश्वकर्माको शालिक।, भगत सर्वजीतले पहिलोपटक दलित आन्दोलन उठाएको ७५ वर्ष नाघ्यो, मनकाजीले भने, 'राणाकालमा उठेको आन्दोलन अहिले लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा पनि हाम्रो मुद्दा परिवर्तन भएको छैन। अहिले पनि भित्रभित्रै भाँडा मजाउने र छोइछितो गर्ने चलन हटेको छैन।', उनका अनुसार, गाउँमा विवाह भोज हुँदा दलितलाई सबभन्दा तल बारीको पाटामा भोज खान दिने चलन थियो। त्यहाँ पनि छुवाछुत हुन्थ्यो। २५ वर्षअघि उनीहरूले सामूहिक रूपमा यस्ता भोजमा नजाने निर्णय गरे। तत्कालीन गाविस अध्यक्ष खगराज पाण्डेलाई पत्र नै लेखेर 'हामीलाई बार्दलीमा राखेर खाना खुवाउने भए आउँछौं, नत्र आउँदैनौं' भनिदिए।, त्यसपछि गाविस अध्यक्ष पाण्डेले 'आउनुस्, हामी स–सम्मान राख्छौं' भनेपछि मात्र दलितहरू गाउँका गैरदलितको विवाह भोजमा गएका थिए।, भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानले हरेक वर्ष उनको जन्मजयन्ती मनाउँछ। प्रतिष्ठानका उपाध्यक्षसमेत रहेका मनकाजी अहिलेका नेताले भोटका लागि मात्र दलित मुक्तिको कुरा उठाउने गरेको बताउँछन्।, ‘दलित आन्दोलनका लागि भगत सर्वजीतले जति योगदान अहिलेसम्म कसैले गरेका छैनन्,' उनले भने, 'भगत सर्वजीतले राणाकालमा उठाएको छुवाछुतविरूद्धको मुद्दा गणतन्त्रमा पनि सम्बोधन भएन।’,
सर्वजीतको नेतृत्वमा दलितहरूले विद्रोह गरेर ७५ वर्षअघि खोलेको विश्वकर्मा स्कुल
|
सेतोपाटी संवाददाता बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले बुढानिलकण्ठ नगरपालिका-३ का ५९ वर्षीय लाक्पा लामालाई पक्राउ गरेको हो।, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार उनलाई चक्रपथ क्षेत्रबाट पक्राउ गरेको हो।, ब्युरोका अनुसार लामालाई २०७७ माघ ९ गते उच्च अदालत पाटनले सात दिन कैद र १५ लाख रूपैयाँ जरिवानाको फैसला गरेको थियो।, त्यसयता उनी फरार रहेका थिए। २०७५ सालमा व्यापार गर्न भनी उनले ऋण लिएर पीडितलाई पर्याप्त मौज्दात नभएको चेक दिएका थिए।, पीडित चेक बाउन्समा गई प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान सुरू भएको थियो।, उनलाई मंगलबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ। ,
बैंकिङ कसुरमा फरार अर्का एक व्यक्ति चक्रपथबाट पक्राउ
|
सेतोपाटी संवाददाता सङ्खुवासभाको भोटखोला जाने सडक अवरूद्ध भएको छ।, लगातारको वर्षासँगै आएको पहिराका कारण उत्तर दक्षिण सडक खण्ड तीन दिनदेखि अवरूद्ध भएको हो।, उत्तर दक्षिण सडकखण्डको मकालु गाउँपालिका-३ को हेनाङनामा पहिरो खसेपछि सडक अवरूद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर गौतमकुमार श्रेष्ठले जानकारी दिए। , पहिराका कारण शनिबारदेखि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सो सडकखण्ड अवरूद्ध भएको थियो। अवरूद्ध सडक खुलाउन सोमबार एउटा स्काभेटरबाट काम भइरहेको इञ्जिनियर गौतमकुमार श्रेष्ठले बताए। थप पहिरो नआए अवरूद्ध सडक बुधबार पुनः सञ्चालन हुने उनको भनाइ छ।, सडक अवरूद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ।, अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको नुमसम्म मात्रै चलेका छन्।, सडकखण्ड अवरूद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ। रासस ,
सङ्खुवासभाको भोटखोला जाने सडक तीनदेखि अवरूद्ध
|
सेतोपाटी कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको माम्लिङ–पिलुवा खोला सडकमा ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरूद्ध बनेको छ।, सोमबार धर्मदेवी नगरपालिकाको छुमाङ भिरबाट पहिरो खसेपछि सडक अवरूद्ध भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ।, एक साता लामो झरीपछि गएको पहिराले सडकमा ठूल्ठूला ढुङ्गासहितको माटो खसेको डिभिजन प्रमुख गौतमकुमार श्रेष्ठले बताए। उक्त सडकखण्डमा यातायातका साधन एकतर्फी खुलाउने प्रयास भइरहेको छ।, श्रेष्ठका अनुसार ढुङ्गा खसेको सडकभन्दा केही तल बाक्लो गाउँ भएकाले हटाउन समस्या भइरहेको छ। पहिरो हटाउन प्रहरी र सशस्त्र प्रहरी खटाइएका छन्।, यस्तै, पहिराले खाँदबारी किमाथाङ्का सडकअन्तर्गत मकालु गाउँपालिकाको दोभान खण्डमा पनि पहिराले सडक अवरूद्ध पारेको छ। दोभानबाट हेदांनातर्फ जाने सडकमा पहिरो खसेको हो।, उता सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलाको तेन्छोङमा पहिराबाट एक घर पुरिएको छ।, आइतबार राति अविरल वर्षासँगै आएको पहिराले घरमा क्षति पुग्नाका साथै ८० वर्षीय छत्तीसकुमार राई घाइते भएको वडाध्यक्ष अलक्षकुमार राईले जानकारी दिए।, आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिराले उक्त घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ।, घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। पहिराबाट छत्तीसकुमारकी श्रीमती सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले बताए। त्यस क्षेत्रमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ। रासस ,
कोशी राजमार्ग: पहिरोले माम्लिङ–पिलुवा खोला सडक अवरूद्ध
|
राजेश घिमिरे असार १८ गते साँझ जयश्वर सापकोटाले फेसबुकमा एउटा स्टाटस पोस्ट गरे। शीर्षक थियो- छोरी हराएको सूचना।, फोटोसहित राखिएको सूचनामा असार १४ गते अपरान्ह साढे ४ बजे यही पोशाकमा घरबाट निस्किएकी विना सापकोटा अहिलेसम्म पनि कसैसँग सम्पर्कमा नआएकाले देख्ने/भेट्नेले नजिकैको प्रहरी कार्यालय वा आफ्नो मोवाइल नम्बरमा सम्पर्कगरी जानकारी दिन आग्रह गरिएको थियो। जयश्वरको घर नवलपुरको गैंडाकोट नगरपालिकाको झपर्दीमा हो।, फोटोमा विना नारायणी नदीको पुलमा उभिएर मुस्कुराएको देखिन्छन्। तर यो फोटो उनी हराउनुभन्दा केही दिन अघिको हो। हराएको दिन त्यही कपडा लगाएर निस्किएकाले जयश्वरले छोरीको फेसबुकबाट निकालेर त्यो फोटो पोष्ट गरेका थिए।, बाबुले छोरी हराइन् भनेर सामाजिक सञ्जालमा राखेको सूचनालाई आधार मानेर धेरैले विनाको विषयमा चासो राखे। जयश्वरले छोरी हराएको विषयमा सुरूमा इलाका प्रहरी कार्यालय गैंडाकोटमा मौखिक र पछि जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी दिए। तर घरबाट निस्किएको ८ दिनसम्ममा पनि छोरीको अवस्थाको विषयमा कुनै पनि जानकारी प्राप्त नभएको बाबु जयश्वरले बताए।, २१ वर्षीया विना गैंडाकोटमै रहेको जनक कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन्।, प्रहरीले विनाका प्रेमी भरतपुर महानगरपालिका-४ का प्रवेश कँडेललाई नियन्त्रणमा लिएको छ।, जयश्वरका अनुसार सो दिन कँडेलले विनालाई गैंडाकोटस्थित घरैबाट मोटरसाइकलमा राखेर लगेका थिए।, विनाले फेसबुकमा देखिने ‘रिलेशनसिप स्टाटस’ मा ‘रिलेशन विथ प्रवेश कँडेल’ उल्लेख गरेकी छन्। प्रवेशले पनि फसबुकमा ‘रिलेशन विथ विना सापकोटा’ उल्लेख गरेका छन्।, बेलायतमा रहँदै आएका प्रवेश वैशाखमा नेपाल आएका थिए। अहिले उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनको साथबाट प्रहरीले विनाले चलाउँदै आएको मोबाइल फुटेको अवस्थामा भेटाएको छ।, प्रवेश र विनाको प्रेम सम्बन्धको कुरा दुबै परिवारलाई थाहा थियो। प्रवेश विनाको घरमा बेलाबेलामा पुगिरहन्थे।, असार १४ गते अपरान्ह स्कुटर चढेर उनी विनाको घरमा पुगे। प्रवेशलाई विनाले नै घरमा बोलाएकी थिइन्।, ‘उनीहरूका बीचमा प्रेम सम्बन्ध थियो। हामीले पनि स्वीकार गरेका थियौं,’ बाबु जयश्वरले भने, ‘त्यसदिन छोरीले प्रवेश अर्की केटीसँग सम्बन्ध रहेको मेसो पाइछन्। त्यही कुरा गर्न बोलाएकी रहिछन्।’, विनाले अर्की एक केटीको विषयमा सोधपुछ गरेपछि प्रवेश तीन जना सँगै बसेर कुरा गर्न तयार भए। विना प्रवेशको स्कुटर चढेर भरतपुरतर्फ लागिन्।, ‘आधा घन्टा मा फर्कन्छु भनेर हिँडेकी छोरी आठ दिन हुँदा पनि आइनन्,’ जयश्वरले भने, ‘यतिका दिनसम्म छोरी कहाँ छन्, के गर्दै छिन् अत्तोपत्तो छैन।’, जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवेशले दिएको बयानमा भरतपुरस्थित ती अर्की यूवतीको घर नजिकै एक चौरमा बसेर तीन जनाबीच कुरा भएको थियो।, सुरूमा ती युवतीले प्रवेशसँग आफ्नो सामान्य कुराकानीमात्रै हुने गरेको बताएकी थिइन्।, ‘कुरा बढ्दै गएपछि प्रवेशले विना र कुशुमलाई मात्रै कुरा गरून् भनेर चुप बसेछन्। त्यतिखेर दुई जनाका बीचमा बाझाबाझ भएछ,’ प्रवेशको बयानलाई उद्धृत गर्दै जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापा भन्छन्, ‘विना बेहास भइछन्। त्यसपछि विनालाई ती युवतीको घरमा लगेछन्। त्यहीँबाट प्रवेशले बाबु जयश्वरलाई फोन गरेर जानकारी गराएछन्।’, साढे साँझ ६ बजेतिर छोरी बेहोस भएको खबर सुनेपछि जयश्वर आत्तिए। उनले मोबाइल छोरीलाई दिन भने, तर विना राम्रोसँग बोल्न सकिनन्।, ‘तिमीहरू कता छौ म आउँछु भन्दा प्रवेश र विना दुबैले उनीहरू भएको ठाउँ बताएनन्,’ जयश्वरले भने, ‘प्रवेशलाई मेरी छोरीलाई घर ल्याइदिइहाल भनें।’, उनले प्रवेशसँग सवारी साधन नभएको भए गाडी रिजर्भ गरेर ल्याउन वा भाडाका लागि चाहिने पैसा दिएर दिएर अटोरिक्सामा पठाइदिन आग्रह गरे।, प्रवेशले बयानमा त्यो दिन आफूले साथीको स्कुटर प्रयोग गरेको बताएका छन्।, ती युवतीको घरबाट गैंडाकोट पुर्याउन स्कुटर निकाले पनि विना त्यसमा बस्न नमानेको उनले बताएका छन्। उनका अनुसार विना पैदल नै अघि बढेकी थिइन,उनी विनाको पछिपछि लागेर चौबीसकोठीसम्म पुगेछन्। त्यहाँ आफू पैसा निकाल्नका लागि एटिएममा पसेको प्रवेशको बयानमा उल्लेख छ।, ‘उनको एटिएमबाट पैसा निस्किएनछ, बाहिर निस्कँदा विनालाई पनि देखिनँ भनेका छन्,’ डिएसपी थापाले भने।, विनाका परिवार भने छोरीको प्रतिक्षामा थिए।, ‘हामी छोरी आउलिन् भनेर बाटो हेरिरह्यौं तर धेरै समय भइसक्दा पनि आएनन्,’ उनले भने।, छोरी नआएपछि फोन गर्दा प्रवेशले आफू चौबीसकोठीमा रहेको तर विना आफूसँग नरहेको बताए। आत्तिएका जयश्वर हतार-हतार भरतपुर निस्किए, त्यतिखेर रातिको ८ बजिसकेको थियो।, जयश्वर र प्रवेशले राती २ बजेसम्म भरतपुरका विभिन्न ठाउँमा विनालाई खोजे।, नभेटेपछि प्रवेशलाई पनि लिएर गैंडाकोटस्थित घर पुगे, घटनाको विषयमा प्रहरीलाई मौखिक जानकारी गराए।, जयश्वरले १५, १६ र १७ गते पनि छोरीलाई खोजिरहे तर भेटाएनन्।, १८ गते उनले प्रवेश कँडेलले घरैबाट लिएर गएकी आफ्नी छोरी भरतपुरबाट हराएकाले खोजिदन आग्रह गरेर जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिए। त्यही दिनको साँझ उनले फेसबुकमा छोरी हराएको सूचना पोष्ट गरेका थिए।, प्रवेशले आफू चढेर आएको स्कुटर चौबीसकोठीबाट साथीलाई फोन गरेर जिम्मा लगाएको बताएका छन्।, फोन गरेर बोलाएपछि दुई जना साथी आएर स्कुटर लगेको उनले बताएका छन्। प्रहरीले ती प्रवेशसँगै दुई युवा, ती युवती र प्रवेशको परिवारका सदस्यहरूसँग पनि सोधपुछ गरी अनुसन्धान चलाइरहेको बताएको छ।, डिएसपी थापाले चौबीसकोठी क्षेत्रमा सिसिटिभी क्यामरा नभएका कारण बयानमा भनिएका कुराहरूको परीक्षण गर्न असजिलो भइरहेको बताए।, ‘एटिएम पसेको कुरा त हामीले सिसिटिभीको फुटेजमा देख्यौं तर बाहिरका क्यामेराले काम नगर्ने भएकाले विना, स्कुटर र अन्य दुई युवाको गतिविधि देख्न पाइएन,’ उनले भने, ‘यद्यपी प्राप्त प्रमाणका आधारमा अनुसन्धान अघि बढिरहेको छ। हामीसँग विनाको मोबाइल छ, उनको खोजीको काम पनि भइरहेको छ।’, उनले प्रवेश र विनाका बीचमा प्रेम सम्बन्ध रहेको विनाको परिवारले पनि स्वीकार गरेको बताए।, जयश्वर विना र प्रवेशको प्रेम ५ वर्ष पुरानो रहेको बताउँछन्। उनकाअनुसार प्रेम सम्बन्ध सुरू भएको केही दिनमै उनीहरू घरबाट भागेका थिए।, ‘छोरीको उमेर कम रहेको भनेर सम्झाइबुझाइ गरियो, बिस्तारै सबै कुरा ठीक हुँदै गयो,’ उनले भने, ‘मेरो सामुन्ने सँगै बाच्ने, सँगै मर्ने कसम खाएका थिए।’, पछि प्रवेश बेलायत गएका थिए। उनी वैशाखको दोस्रो हप्ता नेपाल फर्किएका थिए।, घर फर्किपछिका धेरै दिन प्रवेशले विनाको घरमा बिताएका छन्।, ‘असारमै ज्वरो आयो भनेर हाम्रो घरमा आए, लगातार ४ दिन यहीँ बसेर आराम गरेपछि निको भएर घर गएका थिए,’ जयश्वर भन्छन्, ‘उनीहरूको प्रेम सम्बन्ध माथि त हामीलाई कुनै शंका थिएन।’, उनकाअनुसार विवाहका लागि कुरा राख्दा जयश्वरले २ वर्ष कुर्न भनेका थिए। प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट छ।, ‘मलाई त मेरो बुबाले भन्दा पनि माया गर्नुहुन्छ भन्थ्यो तर उसको परिवारले भने यो सम्बन्धलाई स्वीकार गरेको थिएन,’ जयश्वर भन्छन्, ‘आफ्नो परिवारले स्वीकार नगर्दाको पीडा मैले उसमा देखेको थिएँ।’, विना जयश्वरकी कान्छी छोरी हुन्। जेठी छोरीको विवाह भइसकेको छ। उनका एक छोरा छन्। जयश्वर पहिले साइकल पसल चलाउँथे। अचेल पसल छाडेर घरको काममा व्यस्त रहँदै आएका छन्।,
आधा घन्टामा फर्कन्छु भनेर हिँडेकी छोरी आठ दिन हुँदा पनि आइनन् घर
|
सेतोपाटी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिराका कारण सडक पुलमा पुगेको क्षतिबारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ।, सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ।, सो समितिलाई आगामी साउन ७ गतेभित्र सिफारिस पेश गर्न भनिएको छ।, समितिले अविरल वर्षाका कारण निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन पुलहरूमा भएको क्षतिको विश्लेषण गर्न भनिएको छ। , कार्यदलले आगामी दिनमा यस्ता क्षति न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायका विषयमा समेत प्रतिवेदन पेश गर्न भनिएको छ। अहिले भएका क्षतिसँगै आगामी दिनमा पुल निर्माण गर्दा अपनाउनुपर्ने सावधानीका विषयसमेत समेट्नुपर्ने मन्त्रालयले जनाएको छ।रासस ,
बाढीपहिराका कारण पुलमा पुगेको क्षति अध्ययनका लागि कार्यदल गठन
|
निशा भण्डारी काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोर-विजोर प्रणाली हटाइए पनि सडकमा सोमबारभन्दा बढी चहलपहल देखिएको छैन। , सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौं उपत्यका बाहिर गएकाले धेरै सवारी आजदेखि नै सञ्चालन हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।, हाल काठमाडौं उपत्यकाभित्र मात्र सवारी साधन चलाउन दिएर उपत्यका बाहिर जान दिने निर्णय नभएकाले चहलपहल बढ्न अझै केही दिन लाग्ने महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए।, गत वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघि दुई दिनसम्म उपत्यका बाहिर जानेका लागि समय दिइएकाले चालक, परिचालकलगायत धेरै घरतिर लागेका थिए।, विसं २०७६ चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी गरिएको बन्दाबन्दीका क्रममा बाहिर जाने समय नदिँदा धेरै मानिस अलपत्र बनेका थिए। काठमाडौं उपत्यकामा मजदूरलाई जीवन धान्न पनि धौधौ परेको थियो।,
,
आन्तरिक उडान खुला भइसक्दा पनि काठमाडौं उपत्यका बाहिर जाने लामो दूरीका सार्वजनिक यातायात नखोल्नु ठीक नभएको बताउँदै महासङ्घले आपत्ति जनाउँदै आएको छ।, लामो दूरीका सवारी नखोल्दा यात्रु महँगो भाडा तिरेर नाकानाकासम्म ओहोरदोहोर गर्ने गरेका छन्। यसरी यात्रा गर्न बाध्य बनाउँदा कोरोना सङ्क्रमण अझ बढ्ने महासङ्घको ठम्याइ छ। , सरकारले सार्वजनिक यातायातले मात्र कोरोना सार्छ भन्ने जस्तो व्यवहार गरेको अध्यक्ष कर्माचार्य बताउँछन्।, सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले मानिसले डराएर सवारी साधन नचलाएको हुन सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।, महाशाखाका प्रवक्ता सञ्जीव सर्वदास बिहान अनुगमन गर्दा निकै कम सार्वजनिक सवारी सञ्चालन भएको पाइएको बताउँछन्।, सार्वजनिक यातायातका तुलनामा निजी सवारी अझै कम चलेका छन्। आज सञ्चालन भएका सवारी साधनको वास्तविक तथ्याङ्क भने बुधबार बिहान १० बजेपछि मात्र सार्वजनिक हुने महाशाखाले जनाएको छ।, तस्बिरहरू:, , ,
जोर-विजोर प्रणाली हटाइए पनि सडकमा बढेन सवारी चाप (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता मंगलबार कोरोना संक्रमणबाट २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरमा ७५०३ जनाको पिसिआर परीक्षणबाट १७१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५०८२ जनाको एन्टिजेन परीक्षणबाट ९१६ जनामा पुष्टि भएको छ।, पछिल्लो २४ घन्टामा १२ हजार ५ सय ८५ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५६५ जना संक्रमणमुक्त भएका छन्। , यस्तै, १५ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै हालसम्म ९२६३ जनाको मृत्यु भइसकेको छ।, अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.६ प्रतिशत छ।,
१२ हजार ५ सय ८५ मा कोरोना परीक्षण गर्दा २६३४ लाई कोरोना, निको भए १५६५
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ४ सय ९९ जना संक्रमित थपिएका हुन्।, जसमध्ये काठमाडौंमा ३ सय ६५, ललितपुरमा १०५ जना र भक्तपुरमा २९ जना संक्रमित थपिएका हुन्।, हाल काठमाडौं उपत्यकामा ७८२८ सक्रिय संक्रमित छन्।, यसैगरी, काठमाडौंमा ५३३०, भक्तपुरमा ९७३ र ललितपुरमा १५२५ सक्रिय संक्रमित छन्।, यस्तै, कोरोना संक्रमणबाट २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, मुलुकभरमा ७५०३ जनाको पिसिआर परीक्षणबाट १७१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५०८२ जनाको एन्टिजेन परीक्षणबाट ९१६ जनामा पुष्टि भएको छ।, पछिल्लो २४ घन्टामा १२ हजार ५ सय ८५ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५६५ जना संक्रमणमुक्त भएका छन्। , यस्तै, १५ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै हालसम्म ९२६३ जनाको मृत्यु भइसकेको छ।,
काठमाडौं उपत्यकामा थप ४ सय ९९ लाई कोरोना संक्रमण
|
युनिक श्रेष्ठ प्रहरीले काठमाडौंबाट चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका वडा नम्बर १७ ज्याठा क्वाबाहालबाट चार जना चिनियाँलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।, उनीहरूलाई प्रहरीले सोमबार राति पक्राउ गरेको थियो। मंगलबार दिउँसो परिसरमा पत्रकार सम्मलेन गरी चिनियाँ नागरिकलाई सार्वजनिक गरिएको हो।, सिंहका अनुसार ज्याठामा चिनियाँ नागरिकले जुवातास तथा सट्टेबाजी खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।, सोही सूचनाका आधारमा सोमबार राति करिब साढे १० बजे परिसर र महानगरीय प्रहरी वृत्त लैनचौरको विशेष टोली परिचालन भयो। प्रहरीले राति नै ज्याठा क्षेत्रमा चिनियाँ नागरिकहरू बसोबास गरेका होटलको तलासी लियो।, त्यही क्रममा ज्याठाको एक गल्लीभित्र होटल खुलिरहेको भइरहेको प्रहरीले पायो। 'जियानघु खाजन' नामक उक्त होटल चिनियाँ नागरिक वेनलोङ सीले सञ्चालन गरेका थिए। , प्रहरीले त्यहाँ चिनियाँ नागरिकहरूले 'माझोङ' खेलिरहेको फेला पार्यो। माझोङ चिनियाँ खेल हो। त्यसमा उनीहरूले हार-जित हुनेगरी खेलिरहेको फेला परेपछि प्रहरीले चार जना चिनियाँलाई पक्राउ गरेको हो। तर सञ्चालक सी फेला परेनन्।, चीनको युनान प्रान्तका ३१ वर्षीय झाओ पेनुछेङ, हुबेइका ३४ वर्षीय मा जीङविन, हेनानका ३१ वर्षीय नुइ युलियाङ र गुआङडोङका २८ वर्षीय पेन हुइ पक्राउ परेका हुन्। उनीहरू होटलका सहसञ्चालक हुन्।, प्रमुख व्यक्ति मानिएका सी अहिले चीनमा छन्। उनले ज्याठामा सो होटल पाँच वर्षदेखि सञ्चालन गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए।, प्रहरीले उनीहरूबाट ८ लाख ८९ हजार १५५ रुपैयाँसमेत बरामद गरेको छ। साथै प्रहरीले माझोङ खेल्न प्रयोग हुने दुइटा विद्युतीय टेबल, माझोङका ४१० वटा गोटी पनि बरामद गरेको थियो।, यी सामानसँगै प्रहरीले उनीहरूबाट अरू अवैध सामग्री पनि फेला पारेको छ।, प्रहरीले उनीहरूबाट वन्यजन्तुका अखेटोपहार, बुद्धचित्त, हतियारलगायत पनि बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए।, जुवाडेहरूको खोजी गर्न भनी खटिएको टोलीले अरू अवैध सामग्री पनि बरामद गरेको हो।, उनीहरूबाट एउटा बाघको छाला, बाघको दाँत, गाईको जस्तो देखिने छाला, २० वटा कस्तुरीको बिनाजस्तो देखिने सामग्री बरामद गरेको छ।, त्यसैगरी दुई वटा खुकुरी, तरबार, ९ सय बुद्धचित्त, २० किलो रुद्राक्ष, ३५ वटा एटिएम, भौचरलगायत सामान पनि प्रहरीले उनीहरूबाट बरामद गरेको हो।, 'जुवा खेलिरहेको भनेर खोज्दै गयौं। पछि सर्च गर्दा दुर्लभ वन्यजन्तुका अखेटोपहारलगायत अवैध सामग्री पनि फेला पारेका हौं,' सिंहले भने,'ती सामान कहाँबाट कतिमा ल्याएको हो भन्ने पनि हामीले अनुसन्धान अघि बढाएका छौं।', उनीहरूले ती सामग्रीहरू चीनलगायत अन्य देशमा तस्करी गरेर लैजान गरेको हुनुपर्ने सिंहले बताए।, 'चीनलगायत विभिन्न देशमा पठाउने गर्छन्। उनीहरूले बेच्नेभन्दा पनि सप्लाई गर्ने हुन्,' उनले थपे, 'यी सामग्री नेपालमा त यति दुर्लभ छ भने चीनमा झन् त्यसको धेरै महत्व हुन्छ।', प्रहरीले ती अवैध सामानहरू कहाँबाट आएका हुन् भन्ने पनि अनुसन्धान भइरहेको बताएको छ।, प्रहरीले पक्राउ परेका चिनियाँहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।,
जुवाडे खोज्न हिँडेको थियो प्रहरी, होटलमा भेटिए वन्यजन्तुका अंग र हतियार राखेका चार चिनियाँ
|
निशा भण्डारी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा जारी आन्दोलनबारे ऐक्यवद्धता जनाउँदै वृहत नागरिक समाजले काठमाडौंमा गर्दै आएको प्रदर्शनलाई निरन्तरता दिएको छ।, बिपीमा जारी भ्रष्टाचार, अनियमितताबारे त्यहाँका डाक्टरहरू तीन सातादेखि आन्दोलनरत् छन्। उनीहरूले शीर्ष चार पदाधिकारीको बर्खास्ती माग गरेका छन्। , नागरिक अगुवाहरूले माइतीघरमा निस्केर बिपीको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन्। , बिपीको आन्दोलनको समर्थनमा माइतीघरमा नारा लखिएको थियो- फुटबलमा झेली गरे रेड कार्ड, राजनीतिमा नियुक्ति!, कर तिर्ने नागरिक अनि कमिसन खाने भिसी र अन्य पदाधिकारी?, हाम्रो प्रतिष्ठान हामी जोगाउँछौं, स्पष्ट हुनुहोस् भन्दा स्पष्टिकरण काट्न पाइँदैनलगायतका नारासहितका प्ले कार्ड प्रदर्शन गरिएको थियो। , हेर्नुहोस् तस्बिरहरूः,
बिपीको आन्दोलनको समर्थनमा माइतीघरमा लगातार प्रदर्शन
|
सेतोपाटी संवाददाता बैंकिङ कसुरका फरार प्रतिवादीलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७का ५९ वर्षीय लाक्पा लामालाई पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार चक्रपथबाट पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनीविरूद्ध बैंकिङ कसुरको मुद्दामा ७ दिन कैद र १५ लाख जरिवाना सजाय तोकिएको छ।, उच्च अदालत पाटनले गत माघ ९ गते सो सजाय सुनाएको थियो। सजाय ठहर भए पनि बेरुजु भई फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।, सजाय कार्यान्वयनको लागि उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।, लाक्पा लामाले २०७५ सालमा व्यापार गर्ने भनी विकास थापा भन्ने व्यक्तिसँग १५ लाख रूपैयाँ लिएका थिए। तर फिर्ता गर्नेबेलामा आफूसँग खातामा पैसा नभएको थाहा पाएर पनि चेक काटेर थापालाई दिएका थिए।, त्यसपछि उनीविरूद्ध उजुरी परेको थियो।,
चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ
|
सेतोपाटी संवाददाता बाढी-पहिरोले गरेको क्षति पुनर्निर्माण हुन समय लाग्ने भएकाले मेलम्ची खानेपानी आयोजना अब काठमाडौंमा आउन निकै ढिलो हुने भएको छ।, इञ्जिनियरहरूका अनुसार मेलम्चीको पानी आउन पहिला पुनर्निर्माणको काम सकेर मात्रै हुने देखिन्न। मेलम्ची नदी पनि सङ्लिनु पर्छ।, ‘बर्खायाम भर्खरै सुरू भएकाले अझै कहिलेसम्म बाढी आउने हो र क्षति के गर्ने हो, यो समयमा पुनर्निर्माण गर्ने कुरा निकै गाह्रो देखिन्छ,’ डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले सेतोपाटीसँग भने।, उनका अनुसार बाढी आउन छोडेपछि भत्केको बाटो र मोटरेबल पुल बनाइन्छ।, तर, मोटरेबल पुल अस्थायी बन्छन्। स्थायी बनाउन ठेक्का प्रक्रियामा जानुपर्ने र त्यसका लागि कम्तीमा तीन वर्ष लाग्ने भएकाले अहिले अस्थायी पुल नै बनाउनु पर्ने देखिएको पन्तले बताए।, यसका लागि खानेपानी मन्त्रालय र प्रधानमन्त्री कार्यालयसमेतमा छलफल भएको छ।, ‘मेलम्चीको अवस्था प्रधानमन्त्री कार्यालयमा अवगत भइसकेको छ, प्रधानमन्त्री कार्यालयको ठूला आयोजना हेर्ने निकायले जति चाँडो चासो देखाउँछ, त्यति नै छिटो बन्न सक्छ,’ पन्तले भने।, मेलम्चीको बाढीले चार वटा मोटरेबल पुल भत्काएको थियो। त्यस्ता मोटरेबल पुल सबैभन्दा चाँडो नेपाली सेनाले मात्र बनाउन सक्छ। प्रधानमन्त्री कार्यालयले सेनासँग समन्वय गरे मोटरेबल पुल निर्माणको प्रक्रिया अघि बढ्ने पन्तले बताए।, हेडवर्क्ससम्म पुग्ने २१ मध्ये पाँच किलोमिटर बाटो भत्केको छ। त्यो पनि निर्माण गर्नुपर्ने छ।, ‘अहिले मेलम्ची खानेपानी आयोजनासँग भएको स्रोतसाधनले बाढीको क्षति पूर्ति गर्न सम्भव छैन,’ पन्तले भने।, यी सबै काम गरेर पनि पानी सङ्लिएपछि मात्र सुरूङमा पठाउन सकिन्छ।, आयोजनाले अस्थायी कफरड्याम बनाएर पानी पठाइरहेको थियो। त्यो कफरड्यामलाई पनि बाढीले क्षति पुर्याएको छ।, असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति गरेको थियो। परीक्षणका लागि त्यही दिन पानी बन्द गरेकाले सुरूङमा बाढी भने पसेन।, मेलम्चीमा हाल भएको क्षति पुनर्निर्माण र सङ्लिएपछि पानी पठाउनुपर्ने भएकाले समय तोकेर भन्न नसकिने पन्तले बताए।, ‘बर्खा सकिएर हिउँदसम्म कुर्नुपर्ने अवस्था आउन सक्छ, तर ठ्याक्कै समय भन्न सकिन्न,’ उनले भने, ‘अझै बाढी आएर क्षति थपिन पनि सक्छ।’, पन्तका अनुसार अहिले अस्थायी संरचना कफरड्यामबाट पानी सुरूङमा हालिएको छ। अस्थायी कफरड्याममा पानी थिग्राउने प्रविधि छैन। , ‘त्यसैले बर्खा लागेपछि पानी धमिलो वा कम गुणस्तरको आउन सक्छ भनेर पानी बन्द गरिएको हो,’ पन्तले भने।, जब हेवर्क्स तयार हुन्छ, त्यहाँ पानी थिग्राउने प्रविधि हुने भएकाले बर्खाको बेला पनि पानी सुरूङमा हाल्न सकिने पन्तले बताए।,
आयोजनालाई नै थाहा छैन अब कहिले आउँछ काठमाडौंमा मेलम्चीको पानी
|
सेतोपाटी संवाददाता सप्तरीमा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ।, मंगलबार दिउँसो पूर्व-पश्चिम राजमार्गमा स १ क २८० नम्बरको टिपरले बाटो काट्ने क्रममा ठक्कर दिँदा साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको हो।, मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका वडा नं. ११ डेङ्ग्रीकी ४० वर्षीया कौशल्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। , ठक्कर दिने टिपर र चालक सप्तरीकै रूपनी गाउँपालिका वडा नं ५ का ४५ वर्षीय श्रवण यादवलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ।, घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ।,
सप्तरीमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु
|
सेतोपाटी संवाददाता सवारी ज्यान मुद्दामा २०३९ सालदेखि फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका-६ का ६५ वर्षीय मोतिप्रसाद गुरूङ छन्।, सवारी दुर्घटनामा पीडितको ज्यान गएयता उनी फरार थिए।, स्याङ्जा प्रहरीले फरार अभियुक्त खोजीका क्रममा उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।, यस्तै, प्रहरीले २०७० सालमा नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा फरार रहेका अर्का अभियुक्तलाई पनि पक्राउ गरेको छ।, पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका-२ का ७१ वर्षीय मनबहादुर रोकाहा छन्। दुबैलाई स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए। दुई हप्तायता फरार अभियुक्तको खोजी सिलसिलामा २० जनालाई पक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ।,
सवारी ज्यान मुद्दामा २०३९ सालदेखि फरार भएका व्यक्ति पक्राउ
|
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले स्रोत नखुलेको झण्डै ३२ लाख रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।, मंगलबार दिउँसो करिब पौने दुई बजे सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बाइपासबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।, ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सोही स्थानका २१ वर्षीय विनय कलवारले चलाएको लु २१ प २२१२ नम्बरको स्कुटर चेक गरेको थियो।, उनले बोकेको कालो झोलाबाट ३१ लाख ९० हजार रूपैयाँ फेला परेको प्रहरी उपरीक्षक केसीले बताए।, प्रहरीले सोही स्कुटरमा सवार भारत उत्तरप्रदेश नौतनवाका ३५ वर्षीय सुरन गौणलाई पनि पक्राउ गरेको छ।, उनीहरूमाथि थप अनुसन्धान गर्न स्कुटरसहित राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।,
स्रोत नखुलेको झण्डै ३२ लाखसहित दुई पक्राउ
|
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। , सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भीड जम्मा गरी हुलहुज्जत, ढुंगामुडा, सरकारी गाडी तोडफोड तथा निजी सम्पत्ति र संरचना तोडफोड गर्ने, आगजनी तथा हुलदंगा गर्न सक्ने देखिएकाले कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ। , प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मंगलबार साँझ साढे ७ बजे देखि बुधबार साँझ साढे ७ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको बताए। यो आदेश पूर्व–पश्चिम राजमार्गको लोथर पुलदेखि राप्ती–४ को डडुवासम्मको राजमार्ग तथा दायाँ, बायाँको ५०० मिटर क्षेत्रका लागि रहेको छ। , कर्फ्यूको समयमा लामो दूरीका सवारी साधनबाहेक कुनैपनि व्यक्तिले आवातजावत गर्न, भेला हुन पाइने छैन। स्थानीय प्रशासनको स्वीकृतिबेगर घर बाहिर निस्कन पनि पाइने छैन। , स्थानीय प्रशासन ऐन २०२८ को दफा ६८ क (१) बमोजिम गरिएको आदेश अवज्ञा गर्ने व्यक्तिलाई तत्काल गिरफ्तार गरी एक महिना कैद वा जरिवाना वा दुवै सजाय हुने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए। , भण्डारीको शव फेला परेपछि भरतपुर ल्याउने क्रममा सोमबार स्थानीयबासीले दिनभर राजमार्ग अवरुद्ध पारेका थिए। मंगलबार पनि दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए।,
सुजिता मृत्यु प्रकरणः चितवनको राप्ती राजमार्ग क्षेत्रमा कर्फ्यू आदेश
|
नारायण खड्का कबाडमा ४० हजारमा कार बिक्रि गर्न गएका एक किशोर पक्राउ परेका छन्।, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ न्युरोडका १७ वर्षीय नवीन सार्की मंगलबार तुलसीपुरकै एक कबाड उद्योगमा बा १६ च ८७३५ नम्बरको कार बिक्री गर्न भनेर जाँदै गर्दा प्रक्राउ परेका हुन्। , सबै कन्डिसन ठिक अवस्थामा रहेको र हालको बजार मुल्य झन्डै ३० लाख जति पर्ने कार कवाडमा बेच्न खोजेको सूचना पाएपछि प्रहरीले सार्कीलाई नियन्त्रणमा लिएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार कार आफैं चलाएर कबाड उद्योगमा बिक्रीका लागि जाँदै गरेका सार्कीलाई दिउँसो प्रहरीले तुलसीपुरबाटै पक्राउ गरेको हो।, ‘३० लाख पर्ने राम्रै कन्डिसनको कार ४० हजारमा कबाडमा बिक्रि गर्न खोज्नुको पछाडि पक्कै केही रहस्य छ भन्ने मलाई लाग्यो,’ डिएसपी अर्यालले भने, ‘अनि सूचना मिल्नासाथ मैले कबाड उद्योगतर्फ जाने बाँटोमा तत्कालै सवारी चेक जाँचका लागि प्रहरी खटाएँ,’ उनले भने।, जिल्ला र जिल्ला बाहिरबाट मोटरसाईकललगाएत गाडीसमेत चोरीका घटना भइरहेको हुँदा प्रहरीले मोटर गाडीका वर्कसप, कबाड पसल सञ्चालकलगायतलाई कुनै ब्यक्तिमाथि आशंका लागे सूचना दिन यसअघिनै आग्रह गरेको थियो।, यसैबीच सार्कीले ४० हजारमा कबाडमा कार बेच्न खोजेको सूचना प्रहरीले पाएको थियो। त्यही सूचनाका आधारमा प्रहरीले सार्कीलाई पक्राउ गरेको डिएसपी अर्यालले सेतोपाटीलाई जानकारी दिए।, डिएसपी अर्यालका अनुसार चेक जाँचमा खटिएको प्रहरी टोली देख्नासाथ कार चलाईरहेका सार्की आत्तिएका थिए।, प्रहरीले मागेपछि सार्कीले हड्बडाउँदै गाडीका कागतपत्र पनि देखाए। त्यसपछि प्रहरीले उनीसँग सवारी चालक अनुमति पत्र मागेको थियो। तर हालसम्म लाइसेन्स नलिएका सार्की देखाउन सकेनन्।, त्यसैले प्रहरीले कारसहित सार्कीलाई नियन्त्रणमा लिएर इप्रका तुलसीपुरमा पुर्याएको डिएसपी अर्यालले जानकारी दिए। सोधपुछका क्रममा सार्कीले उक्त कार आफूले धादिङबाट चोरेर ल्याएको स्वीकार गरेको डिएसपी अर्यालले बताए।, सार्की तुलसीपुर–घोराही सडक खण्डमा सञ्चालन हुने बसमा सह-चालक भएको डिएसपी अर्यालले जानकारी दिए। , प्रहरीका अनुसार सार्की लकडाउनकै बीचमा साथीसँग काठमाडौं पुगेका थिए। काठमाडौंको थानकोटमा प्रहरीलाई आग्रह गरि एउटा ट्रकमा चढेर धादिङसम्म आइपुगे। तर, ट्रक त्यहीँ रोकियो। त्यही समयमा सार्कीले सडक किनारमै रोकिराखेको कार नियाले। त्यसभित्र मानिस कोही थिएन। ढोका ताने खुल्यो। चाँबी पनि गाडीमै थियो। तेल हेरे, दाङ आउन पुग्ने तेल देखे।, त्यसपछि सार्कीले त्यही कार चलाएर दाङतर्फ लागे। गाडीले कतै धोका दिएन। रातको समयमा कतै पनि चेकजाँच भएन। मागेको ठाउँमा गाडीको काजपत्र देखाउँदै तुलसीपुरसम्म आइपुगे।, डिएसपी अर्यालका अनुसार सार्कीले यसअघि पनि चोरी गर्ने गरेका थिए। उनी बिरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा दुई वटा चोरी सम्बन्धि मुद्दा छ। एउटा मोटरसाईकल र अर्को कार चोरी सम्बन्धि मुद्दा सार्कीका बिरुद्ध चलेको अभिलेख प्रहरीसँग छ।, सार्की यसअघि दुई पटक गरि ६ महिना सुधार गृहमा बसेको खुल्न आएको डिएसपी अर्यालले सेतोपाटीलाई बताए ।, मेरो घर अगाडि पार्किङको कार चोरी भएको हो – गाडी मालिक रूपाखेती, कार मालिक दिनेश रूपाखेतीका अनुसार बा १६ च ८७३५ नम्बरको उनको कार असार १५ गते राति चोरी भएको हो।, ‘मैले राजमार्ग छेउमै घर अगाडि धादिङको महादेबबेसीमा पार्किङमा राखेको कार राति चोरी भएको हो,’ रूपाखेतीले सेतोपाटीसँग भने, ‘आज चोरी भएको कार तुलसीपुरमा फेला परेको खबरले निकै खुसी लागेको छ।’, रूपाखेतीका अनुसार उनले उक्त दिन कार पार्किङमा राख्दा गाडी लक गर्न भुलेका थिए। ‘मैले सँधै गाडीका कागजपत्र गाडिमै राख्थेँ,’ उनले भने, ‘तेल पनि फूल थियो।’, सिसी क्यामेरा फूटेजमा कार रातको ११ बजे चोरी भएको देखिएको उनले बताए। उनले उक्त कार आफूले ३ वर्ष अगाडि २० लाखमा किनेको बताए। तर, अहिले नयाँ किन्दा उक्त कारको मूल्य ३० लाख जति पर्ने उनले बताए।,
कबाडीमा ४० हजारमा बेच्न खोज्दा समातिए कार चोर
|
सेतोपाटी संवाददाता नेपाली सेनाले बाढीका कारण सडक र पुलमा क्षति भई सडक सञ्जाल विच्छेद भएका सिन्धुपाल्चोकका विभिन्न ठाउँहरुमा राहत सामाग्री ढुवानी गरेको छ।, सिन्धुपाल्चकको हेलम्बु, पाँचपोखरी, थाङग्पाल र जुगल गाउँपालिकाका विकट इलाकाहरुमा हेलिकप्टरबाट सामाग्री ढुवानी गरेको सेनाले जनाएको छ।, राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिद्वारा स्थानीय जनप्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ।, सेनाका अनुसार पाँचपोखरी, थाङ्गपाल गाउँपालिका वडा नं ३, सुनचौरमा ५२ बण्डल जस्तापाता, मेलम्ची घ्याङ्गमा खाद्यान्न २८०० केजी र ३५० लिटर जेनेरेटर इन्धन पुर्याइएको छ। त्यस्तै तेम्बाथानमा १६०० के।जी खाद्यान्न लगायत औषधि तथा मेडिकल सामान पुर्याइएको सेनाले जनाएको छ।,
सिन्धुपाल्चोकका सडक विच्छेद भेगमा सेनाको हेलिकप्टरद्वारा राहत ढुवानी
|
खिलानाथ ढकाल चिवतनको एक सामुदायिक वनमा फेला परेको सुजिता भण्डारीको शवको पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण खुल्न सकेको छैन।, प्रारम्भिक रिपोर्टअनुसार भण्डारीको हत्या वा आत्महत्या प्रमाणित गर्ने कुनै चिह्न फेला नपरेको पोस्टमार्टममा संलग्न त्रिवि शिक्षण अस्पतालका डाक्टर गोपाल चौधरीले बताए।, ‘शव चिरफार गरेर हेर्दा बाहिरी-भित्री कुनै चोटपटक छैन,’ डा. चौधरीले मंगलबार सेतोपाटीसँग भने, 'चोटपटक नदेखिएपछि हत्या नै हो भनेर भन्न सकिँदैन। आत्महत्या हो कि भनेर शंका पनि गरेका थियौं तर त्यसलाई साबित गर्ने प्रमाण अहिलेसम्म भेटेका छैनौं।', उनका अनुसार आत्महत्याका लागि घाँटी कस्सिएको हुनुपर्छ, जसको चिह्न पोस्टमार्टममा देखिएको छैन। 'विष सेवन गरेको पनि हुन सक्छ तर अहिले त्यसको निर्क्यौल गर्न सकिएन,' उनले भने।, भण्डारीको शवनजिकै सिसाको बोतलमा पतेरो मार्न प्रयोग गर्ने विष भेटिएको प्रहरीले जनाएको छ।, त्यस्तै, भण्डारीको बलात्कार भएको हुनसक्ने शंका पनि पोस्टमार्टमको प्रारम्भिक रिपोर्टबाट पुष्टि नभएको उनले बताए। ‘उहाँको योनीमा बलात्कार भएको कुनै संकेत देखिँदैन,’ चौधरीले भने।, हत्या वा आत्महत्या दुवै पुष्टि नभएपछि भिसेरा (मुटु, कलेजो र फोक्सो) परीक्षण गर्न नमूना संकलन गरिएको उनले बताए। ‘त्यो नमूना हामीले प्रहरीलाई दिएका छौं, उहाँहरूले कहाँ परीक्षण गर्नुहुन्छ त्यो म भन्न सक्दिनँ,’ चौधरीले भने, 'भिसेरा रिपोर्ट आएपछि भण्डारीको मृत्युको कारण प्रस्ट हुन्छ।', त्रिवि शिक्षण अस्पतालले भण्डारीको शव पोस्टमार्टम गर्न तीन सदस्यीय टोली गठन गरेको थियो। टोलीमा डा. चौधरीसहित डा. मणिराज महर्जन र डा. युजिन डोल्मा छन्।, डा. चौधरीका अनुसार भण्डारीको देब्रे हात, देब्रे खुट्टा र दाहिने खुट्टामा घाउहरू देखिएका छन्। डिप्रेसनको औषधि खाइरहेका व्यक्तिमा त्यस्ता घाउ देखिनसक्ने हुँदा त्यही आधारमा कुनै निर्क्यौलमा पुग्न नसकिने उनले बताए।, 'हातखुट्टामा देखिएको घाउ मृत्युको कारण होइन,' उनले भने, 'यसको पनि यकिन कुरा भिसेरा रिपोर्टबाट थाहा हुनेछ।', पोस्टमार्टम रिपोर्टबाट भण्डारीको पाठेघर 'खाली देखिएको' जानकारी पनि उनले दिए।, चिवतन राप्ती नगरपालिका-३ की भण्डारी असार ११ गतेदेखि हराइरहेकी थिइन्। उनको शव राप्ती नगरपालिका-३ को ब्रह्मस्थली सामुदायिक वनमा आइतबार साँझ फेला परेको थियो। निगुरो र च्याउ टिप्न गएका स्थानीयले भण्डारीको शव देखेका थिए। नचिनिने खालले सडेको शव देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।, भण्डारीको घरबाट ३० मिनेट गाडी चढेपछि ३० मिटरजति पैदल हिँडेर शव भेटिएको जंगल पुगिन्छ।, खबर पाएपछि आइतबार नै प्रहरी टोली घटनास्थल पुगेको थियो। सोमबार मुचुल्का उठाएर जिल्ला प्रहरी कार्यालय चितवनको टोली राजमार्गसम्म आइपुगेको थियो। तर स्थानीयले अवरोध गरी प्रहरी टोलीलाई राजमार्गमै छेके। प्रहरीले घटनाको सत्य-तथ्य सार्वजनिक गर्ने सर्तमा स्थानीयलाई सहमतिमा ल्याएर शव परीक्षण गर्न काठमाडौं पठाउने निर्णय गर्यो। भण्डारीको शव मंगलबार बिहान ११ बजे शिक्षण अस्पताल ल्याइएको थियो।, प्रहरीले सुजिताको शव भेटिएको स्थानबाट करिब ५० मिटर तल उनको मोबाइल सेट फेला पारेको छ।, चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले शव प्राप्त भएको स्थानमा मंगलबार खोजी गर्दा सिमकार्ड नभएको मोबाइल सेट फेला परेको बताए।, ‘भिरको खोल्सोमा शव भेटिएको थियो, त्यो खोल्सोबाट तल-तल माटो, ढुंगा, गिट्टी पन्छाउँदै खोजी गर्दा पुरिन लागेको अवस्थामा मोबाइल भेटियो,’ उनले भने, ‘यसले पनि हामीलाई अनुसन्धानमा सघाउने छ।’, एसपी अधिकारीले सुजिताले आफू अपहरणमा परेको जानकारी परिवारका सदस्यलाई गराएको कुरा मिडियामा आएको र आफूहरूलाई पनि जानकारी गराएको भए पनि अहिलेसम्म पुष्टि हुन नसकेको बताए।, ‘अपहरण नै रहेछ भने पनि त्यो सामान्य रूपमा देखिने खालको अपहरण नहुन सक्छ तर हामीले अहिलेसम्म उनले परिवारका सदस्यलाई अपहरणबारे जानकारी गराएको ठोस प्रमाण पाएका छैनौं,’ उनले भने, ‘अनुसन्धान चलिरहेकाले कुरा के हो अहिल्यै भन्न सकिन्नँ।’, असार ११ गते बिहानै घरबाट निस्किएकी सुजिताले दिउँसो दिदी कवितालाई आफू अपहरणमा परेकाले बचाउन आग्रह गरेको परिवारका सदस्यहरूले बताउँदै आएका छन्।, भण्डारीको शव भेटिएपछि स्थानीयले राजमार्गमा अवरोध गरेर शवलाई पोस्टमार्टममा लैजान दिएका थिएनन्।, सोमबार ८ घन्टाभन्दा लामो अवरोधपछि प्रहरीले शवलाई काठमाडौं पठाएको थियो। मंगलबार पनि स्थानीयले राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा प्रदर्शन गरेका थिए।, प्रदर्शनले उग्र रूप लिने देखेपछि जिल्ला प्रशासनले राप्ती नगरपालिकाको लोथरपुलदेखि डडुवासम्मको राजमार्ग क्षेत्रमा २४ घन्टाका लागि लामो दुरीका यातायातका साधन मात्रै चल्ने गरी ‘कर्फ्यू’ आदेश जारी गरेको छ।,
पोस्टमार्टमबाट खुलेन सुजिता भण्डारीको मृत्युको कारण, अब भिसेरा परीक्षण गरिँदै
|
रासस वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले झापाको कचनकवल गाउँपालिका—३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा स्थानीयवासी ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु रहेका छन्।, पक्राउ परेका दुबैसहित आठ जनाले सोमबार अभिमुक्तेश्वर सामुदायिक वनमा रहेको हरिण मारेर खाएको प्रहरीले जनाएको छ।, हरिण मारेर घरमा छाला सुकाइरहेको खबर पाएपछि पथरिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर हास्दा र टुडुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए।, सो घटनामा संलग्न अन्य व्यक्ति फरार रहेको र उनीहरुको खोजतलास भइरहेको उनले बताए। पक्राउ परेका दुबै जनालाई डिभिजन वन कार्यालय झापामा बुझाइने प्रहरीले जनाएको छ।, झापाको जलथल र निचाझोडा जङ्गलमा हरिण, बँदेललगायत वन्यजन्तुको अवैध शिकार हुने गरेको स्थानीयवासी बताउँछन्।, वन्यजन्तुको मासु शहरका होटल र उच्च घरानाका व्यक्तिले महँगो मूल्यमा खरिद गर्ने भएकाले चोरी शिकारीमा लागेकाहरु सक्रिय हुने गरेका छन्।,
हरिण मारेर खाएको आरोपमा झापाबाट दुई जना पक्राउ
|
सेतोपाटी संवाददाता म्याद सकिएको डेबिट कार्डबाट पैसा निकाल्ने दुई जना पक्राउ परेका छन्।, महानगरीय प्रहरी परिसर काठमाडौंले दुई जनालाई काठमाडौं महानगरपालिका वडा नम्बर ५ स्थित भत्केको पुलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, सोलुखुम्बु घर भई भत्केको पुलमा कोठामा बस्ने ५७ वर्षीय जगतबहादुर गुरूङ र पर्साकी ३० वर्षीया सावित्री गुरूङ पक्राउ परेका हुन्।, उनीहरूले विभिन्न स्थानमा रहेको सिद्धार्थ बैंकको एटिएम मेसिनबाट पैसा झिकेको प्रहरी उपरीक्षक बस्नेतले बताए।, उनीहरूले म्याद सकिसकेको डेबिट कार्डको प्रयोग गरेका थिए।, त्यसरी पैसा निकालिरहेको भन्ने खबरपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।, 'एक्पाइरी भएकै डेबिट कार्डबाट कसरी पैसा निस्कियो भन्नेबारेमा हामीले अनुसन्धान गर्दैछौं। प्रारम्भिक रूपमा त्यही देखिएको छ,' उनले भने,'अनुसन्धान गर्दैछौं।', यसबारेमा बैंकसँग पनि सोधपुछ गरेर अनुसन्धान अघि बढाएको उनले बताए।, बैंकका प्राविधिक टोली समेतसँग सोधपुछ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।, पक्राउ परेका गुरूङद्वयबाट प्रहरीले लोइड्स भिसा डेबिट कार्ड लन्डन र २१ लाख रूपैयाँ बरामद गरेको छ।, सोही म्याद सकिएको डेबिट कार्डबाट उनीहरूले चाबहिल, कालोपुल, हात्तीसार, भाटभटेनी क्षेत्रका एटिएमबाट रकम निकालेका थिए। उनीहरूले अहिलेसम्म ३४ लाख ३५ हजार रूपैयाँ निकालेको खुलेको छ।, त्यसको १० लाख ५० हजार रूपैयाँ रकम भने सहकारीमा राखेको प्रहरीलाई बताएका छन्।,
म्याद सकिएको डेबिट कार्डबाट पैसा निकाल्ने दुई जना पक्राउ
|
नारायण खड्का ४७ वर्षीय झुपलाल खड्काले तुलसीपुरमा पसल सुरू गर्दा धेरै तरकारी नजिकैको भारतबाट आउँथ्यो। तरकारी पसले पनि धेरैजसो भारतीय नै थिए।, ‘नेपालमा व्यापार गर्थे जम्मै पैसा उतै जान्थ्यो,’ उनले भने।, स्थानीयसँग चिनजान भएका कारण उनकैमा भिड लाग्न थालेको थियो।, ‘बसपार्क जाने पश्चिमकै रोडछेउ रोजेर मैले उखितेर तरकारी पसल सुरू गरेको थिएँ,’ उनले भने, ‘सुरूदेखि नै पसल चल्यो।’, त्यो समयमा तुलसीपुरमा अहिलेजस्तो सब्जीमण्डी थिएन।, नगरपालिका नजिकको खाली जग्गामा झुपलालले त्यतिखेर दैनिक एक-दुई सयको साग, धनियाँ राखेर व्यापार गर्ने गरेको बताए।, व्यापारीले घचघच्याएपछि दुई वर्षपछि नगरपालिकाले आफ्नो कार्यालय नजिकैको जग्गामा सब्जीमण्डी राख्न दियो।, टहरा व्यापारीहरू आफैंले बनाए। झुपलाल सब्जीमण्डी व्यवस्थापन समितिका सचिव भए। अहिले पनि उनी तुलसीपुर तरकारी तथा फलफूल कृषि उपज बजारको सचिव पदमै छन्।, २०५७ साल कात्तिक २२ गते झुपलाल पनि नयाँ सब्जीमण्डीमा सरे। त्यहाँ व्यापार झन् राम्रो हुँदै गयो।, त्यो समयमा तुलसीपुर क्षेत्रमा व्यावसायिक रूपमा तरकारी खेती गर्ने किसान थिएनन्। घरायसी खपतका लागि तरकारी उत्पादन हुन्थ्यो।, झुपलालका अनुसार उतिखेर बजारमा लगेर तरकारी बिक्री गर्नु लाजको विषय मान्ने गलत प्रचलन थियो।, ‘फलानो त आज बारीको तरकारीसमेत लगेर बजार बेच्न गयो नि, घरमा खाने पनि छैन कि, भनेर कुरा काट्ने गलत प्रचलन थियो,’ झुपलालले भने, ‘कहिलेकाहीँ कोही कसैले डोकोमा तरकारी बेच्ने ल्याए पनि फुटकरमा बेच्दथे, मण्डीका व्यापारीलाई दिँदैनथे।', पहाडी जिल्लाबाट बसाइ सरेर धेरै मानिस दाङ झर्न थाले। तुलसीपुरमा जनसंख्या थपिँदै गयो। तरकारीको माग धेरै बढ्न थाल्यो। माग बढेपछि झुपलाल तरकारी लिन घोराही पुग्थे।, देउखुरी राप्तीको फाँटमा भने त्यतिखेर व्यावसायिक तरकारी खेती सुरू भएको थियो।, घोराहीको सिमल बोटमा हाट बजार लाग्थ्यो। तर, उतिखेर तरकारी लोड अनलोड गर्ने अहिलेजस्ता श्रमिकहरू पाइँदैनथे। व्यापारीले आफैं बोक्नु पर्थ्यो।, ‘म जुटका बोराभरि तरकारी आफैं बोकेर बसमा लोड गर्थें,’ उनले सम्झिए।, उनले श्रम गर्न कहिलै सरम मानेनन्। कहिलेकाँही सँगै पढेका साथीहरू भारी बोकेको देखेर फर्किफर्की हेर्दा लाज लागेजस्तो भने हुन्थ्यो रे।, उनको व्यापार फस्टाउँदै थियो, गाउँसहरमा तरकारी खेती बढ्दै थियो।, सल्यानको कपुरकोट अर्को तरकारी बजार थियो।, ४/५ सयको तरकारी ल्याए, एक-दुई दिनलाई व्यापार गर्न पुग्थ्यो। गाउँमा सस्तो पाइन्थ्यो। त्यसबाट शतप्रतिशत नाफा निकाल्न सकिन्थ्यो।, ‘पच्चीस पैसामा धनियाँ र सागको मुठा आउँथ्यो। एक दुई रूपैयाँमा एक किलो टमाटर पाइन्थ्यो,’ उनले भने।, झुपलाल शान्तिनगर गाउँपालिका-६ का बासिन्दा हुन्। उनले त्यहाँकै श्री गाउँ माविबाट २०५९ सालमा एसएलसी पास गरेका थिए। त्यतिखेर गाउँमा एसएलसी पास एक दुई जना मात्रै हुन्थे। त्यसैले उनीहरूको ठूलो सम्मान हुन्थ्यो।, एसएलसी पास पनि उनले सानो दु:खले गरेका थिएनन्। स्कुल आउजाउ गर्न दैनिक २२ किलोमिटर पैदल हिँड्थे। यातायातको सहज पुहँच थिएन। हुनेखानेहरू मात्रै साइकल, मोटरसाइकल र गाडी चढ्थे चढ्थे। झुपलालको आर्थिक अवस्था कमजोर थियो। जग्गा जमिन धेरै थिएन।, २०५२ सालतिर साना किसान परियोजनाले व्यावसायिक तरकारी खेती कसरी गर्ने? भनेर किसानलाई तालिम दियो।, त्यो तालिमपछि झुपलालका बुवा कुशलरामले आफ्नै ५/७ कठ्ठा जमिनमा व्यावसायिक खेती सुरू गरे।, झुपलालका सात भाइबहिनी थिए। उनीहरूको पढाइदेखि घर खर्चको जोहो त्यसैबाट जुटाउनु पर्थ्यो। परिवारको जेठो सन्तान झुपलालले स्कुलबाहेकको समयमा आमाबुवासँगै खेत बारीमा काम गर्दै विद्यालय शिक्षा पूरा गरे।, एसएलसीपछि झुपलाल घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस पढ्न गए। त्यहीँबाट कमर्स विषयबाट आइकम पूरा गरे।, झुपलाललाई आफूसँगै भाइबहिनीलाई पढाउनुपर्ने दायित्व थियो उनको बिहे पनि भइसकेको थियो। छोरा जन्मिएका थिए।, त्यही रनाहामा उनी देवीपुरबाट २४ किलोमिटर टाढा तुलसीपुरमा डोकोभरी टमाटर आफैंले बोकेर बेच्न आउने गर्दथे।, ‘श्रीमतीका लागि चुरा टिका किन्ने पैसा बुवासँग माग्न सरम हुन्थ्यो,’ झुपलालले भने, ‘भर्खरै छोरो जन्मेको हुँदा उसको भविष्यको लागि समेत केही गर्नुपर्छ भन्ने मनमा थियो।’, हुन त उनको भित्री चाहना शिक्षक बन्ने थियो। उनी शिक्षा आयोगको परीक्षा दिएर उत्तीर्ण भएका पनि थिए। तर, पछि आयोगले नै नतिजा निकाल्दै निकालेन।, त्यसपछि झुपलालले फरक बाटो रोजे- तरकारीको व्यापार।, उनीसँग आफैंले उत्पादन गरेको तरकारी आँफै बजारमा लगेर बेचेको अनुभव छँदै थियो।, बुवासँग पाँच सय रूपैयाँ मागेर तरकारीको पसल गर्न तुलसीपुर आए।, एक डोको तरकारी बेच्दा एक दुई सय नाफा कमाए। त्यसैबाट केही पैसा श्रीमती र छोराछोरीको खुसी पूरा गर्न सकिन्छ भन्ने उनलाई विश्वास भयो।, त्यही विश्वासले उनलाई तरकारी व्यापारी बनायो।, झुपलाल आज दैनिक कम्तीमा ५० देखि ६० हजारको तरकारी बेच्छन्। मासिक १५ देखि २० लाखसम्मको व्यापार गर्छन्। त्यसबाट कम्तीमा पनि मासिक दुई लाख रूपैयाँ बचत हुन्छ।, २३ वर्षको अवधिमा उनले तुलसीपुरको मुख्य बजारको मेन रोडमा घरघडेरी, गाडीसहित करोडौंको सम्पत्ति जोडिसकेका छन्।, आज फोनको भरमा किसान उनलई जति पनि तरकारी दिन्छन्।, ‘यति वर्षसम्म व्यापार गरेपछि अब हामीलाई नचिन्ने किसान कमै होलान्,’ उनले भने, ‘एक फोनको भरमा अब जति पनि तरकारी पसलमै आइपुग्छ।’, किसानले उधारोमा दिने तरकारी बेचेरै आज आफूले आम्दानी गरिरहेको उनले बताए।, २५ क्विन्टल जति तरकारी पसलबाटै बिक्री गर्छन्। त्यो बाहेक बाहिरी जिल्लाहरूमा होलसेलमा दैनिक ५०/६० क्विन्टल तरकारी पठाउने गरेको उनले बताए।, झुपलालको व्यापार अन्य सहरसम्म फैलिएको छ। सल्यानदेखि दाङ हुँदै, चितवन, बुटवल, पोखरा, बाँके, काठमाडौंसम्म उनी दिनहुँ तरकारी पठाउने गर्छन्।, झुपलाल आफू र परिवार दिन रात खटेर आजको अवस्थामा आइपुगेको बताउँछन्। आज पनि आफू र श्रीमती दिन रात खट्ने गरेको उनले बताए। ‘अझै पनि म राति ११ बजेसम्म तरकारी बेचिरहेको हुन्छु र बिहान ४ बजे उठेर पसल गइसक्छु,’ झुपलालले भने, ‘तरकारी व्यापारीले दुःख र मेहनत त गर्नैपर्छ।’, तरकारीको व्यापार सुरू गरेपछि झुपलाललाई कहिलै पछाडि फकर्नुपर्ने परेको छैन।, ‘तरकारीको पसल सुरू गरेपछि फेरि मलाई अर्को बाटो खोज्नु परेन,’ उनले भने, ‘मेरो दिमागमा विदेश जाने सोच कहिलै पलाएन।’, अधिकांश समय झुपलाल आफैं पसलमा बस्छन्। उनलाई श्रीमतीले पनि उत्तिकै सघाउँछिन्।, पहिलेभन्दा अचेल दाल चामलजस्तै गरी तरकारीको खपत हुन थालेको उनको अनुभव छ।, ‘आज तुलसीपुर बजारमा मैले नसोचेकै तरकारीको खपत भइरहेको ठान्छु,’ उनले भने, ‘आज मानिसहरू धेरै बुझ्ने भएजस्तो लाग्छ, भात, रोटीभन्दा तरकारी धेरै खान थालेका छन्।’, व्यापारमा लागेपछि थप पढ्न नपाएका भने उनलाई थकथकी छ। त्यसैले, छोराछोरीले चाहेजति पढुन् भन्ने उनलाई लाग्छ।, पढ्न नपाए पनि तरकारी व्यापारका कारण आफूले धेरै कुरा सिक्न र बुझ्न पाएको उनले बताए।, ‘यो २३ वर्षको अवधिमा मैले थुप्रै मानिसहरू पढ्न पाएको छु,’ उनले भने, ‘व्यवहारिक रूपमा मान्छे पढ्नु पनि ठूलो शिक्षा हो भन्ने मलाई लागेको छ।’, आफूहरूले स्थानीय किसानलाई व्यावसायिक खेतीमा लाग्न उत्प्रेरित गर्दै आएको उनले बताए।, पछिल्लो समय तुलसीपुर र आसपासका क्षेत्रमा थुप्रै व्यावसायिक रूपमा तरकारी खेती गर्ने किसानको संख्या थपिँदै गएकोमा झुपलाल खुसी छन्।, धेरै पढेलेखेका युवाहरू पनि व्यावसायिक तरकारी तथा फलफूल खेतीमा लाग्न थालेको देख्दा झनै खुसी छन्।, ‘स्मार्ट र पढे लेखेका युवा कृषिमा आकर्षित हुनु खुसीको कुरा हो,’ उनले भने, ‘त्यस्ता युवाको प्रवेशले कृषि सम्भव हुनसक्छ र बिचौलियाको भूमिका थप कमजोर हुने छ।’, उनलाई चिन्ता पनि किसानहरूकै छ। भारतबाट सस्तोमा तरकारी आउँछ।, यहाँका किसानले सस्तोमा बेच्न सक्दैनन्। कम्तीमा लगानी उठाउँदा पनि भारतबाट आउने तरकारीभन्दा महंगोमा बेच्नुपर्छ। भारतबाट सस्तो मूल्यमा आउने तरकारी तथा फलफूलले नेपाली किसान मर्कामा परेको हुँदा त्यसबारे राज्यले स्पष्ट नीति बनाउन जरूरी रहेको उनको भनाइ छ।,
पाँच सयमा तरकारी पसल सुरू गरे, अहिले बचाउँछन् महिनाको २ लाख
|
सेतोपाटी संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक र साँस्कृतिक संगठन (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने भएको छ।, ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्वसम्पदामा सूचीकृत हुने जनाइएको छ। , सूचीकृतको कामले यो वर्ष तीव्रता पाएकोसमेत नगरले जनाएको छ।, सूचीकृतको अन्तिम प्रक्रिया मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा रहेको नगरपालिका प्रमुख भीमप्रसाद न्यौपानेले बताए।, उनले भने, ‘मन्त्रिपरिषद् बैठकको निर्णयलगत्तै पनौतीलाई युनेस्कोले सूचीकृत गर्नेछ।’, पनौती नगरलाई विश्वसम्पदामा सूचीकृत गर्ने कार्य गत साल अघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गरेका थिए। , अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्वसम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले प्रक्रियाका लागि बजेटसमेत विनियोजन गरेको छ।, ‘हामी बाह्र वर्षे मकर मेला अर्थात् आउँदो माघ महिना अगावै विश्वसम्पदा सूचीमा सूचीकृत हुने तयारीमा छौं, चालू आर्थिक वर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेर काम अघि बढाइएको छ’, न्यौपानेले भने।, उनका अनुसार नगरले चालू आर्थिक वर्षमा विश्वसम्पदामा सूचीकृत गराउन एक करोड बजेट छुट्याएको छ। , पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ।, सूचीकृतको मन्त्रालयगत प्रक्रिया सकिएको र मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको न्यौपानेले जानकारी दिए।, उनले भने, ‘मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि सो निर्णयका आधारमा युनेस्कोले पनौतीलाई विश्वसम्पदामा सूचीकृत गर्नेछ।’ त्यसपछि युनेस्कोको फ्रान्सको पुरातत्व विज्ञ टिमले पुनःपनौतीको अनुगमन निरीक्षण गर्नेछ। , हाल मन्त्रिपरिषद्को कार्यसूचीमा प्राथमिकतामा नपरेका कारण प्रक्रिया लम्बिनसक्ने बताइन्छ।, सूचीकृतको यस प्रक्रियामा पनौतीमा ७२ वटा मौलिक नेपाली घर निर्माणको काम धमाधम भइरहेको छ।, नगर कार्यालयद्वारा साँस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टे (घरबास) सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ। , पनौती विश्वसम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्वसम्पदा क्षेत्र’ भनिनेछ।, युनेस्कोले कुनै पनि राष्ट्रको विशेष साँस्कृतिक महत्व राख्ने (जस्तै: वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरहरूलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ जुन विश्वसम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ। सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ। , युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्वसम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो। त्यसयता सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्योलमा रहँदै आएको नगरप्रमुख न्यौपानले बताए। , पुरातत्व विभागद्वारा हाल पनौती नगरका ऐतिहासिक मठमन्दिर तथा पुराना कलात्मक शैलीका घरको पुनःनिर्माण भइरहेको छ। पनौती नपाको वडा नं ५, ६ र ७ नम्बरमा १०० भन्दाबढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन्। फ्रान्स सरकारको सहयोगमा २०४८ सालदेखि २०५५ सालसम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्धार गरिएको थियो। , पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको छ।, काठमाडौं उपत्यका (उपत्यकाका सात क्षेत्र : काठमाडौं दरबार, पाटन दरबार, भक्तपुर दरबार, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्। , नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ। यसमध्ये पनौती विश्वसम्पदामा सूचीकृत पहिलो हुने देखिएको छ। , राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन्। तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्ममावती नदी गुप्तरुपमा बहिरहेको मान्यता रहेको छ। , भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैं पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यणमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्ममावती मानिँदै आइएको छ। पनौती संघीय राजधानी काठमाडौंबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ। रासस,
पनौतीलाई ‘विश्वसम्पदा’मा सूचीकृत गराइँँदै
|
सञ्चिता घिमिरे निर्माण सुरू भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक विस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन।, पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्ने गरी सरकारले विस्तार सुरूआत गरे पनि पहिले निर्माणस्थलमा रहेका संरचना हटाउन नसकेर र अहिले कोभिडका कारणले ढिला भइरहेको छ।, यही असारको १ गतेदेखि नियमित भइरहेको वर्षाका कारण निर्माण सुस्त भएको नारायणगढ-बुटवल सडक योजनाले जनाएको छ। , सडकमा कहिले डाइभर्सन लगायतका सडकका संरचना बगाउने, कहिले पहिरोले सडक अवरूद्ध भएकाले त्यसैलाई खुलाउन योजना केन्द्रित भएको प्रमुख रमेशकुमार दृष्टिले बताए।, उनले भने, ‘अहिले कतिपय कामदारको गाउँमा रोपाइँ भएकाले होला फर्किएका छैनन्।’ , सामान्य अवस्थामा झण्डै चारदेखि पाँच सयसम्म कामदार हुने गरेकामा अहिले आयोजनामा झण्डै ५०/६० जना मात्रै कामदार कार्यरत छन्।, कोभिडको त्रासका कारणले फर्किएका कामदार अझै निर्माणस्थल नफर्किएको उनले बताए।, गत वैशाख महिनामा देशभरमा सङ्क्रमितको सङ्ख्या बढेसँगै धेरै कामदार घर फर्किएका थिए।, कामदारले डरले गर्दा वा परिवारका सदस्यलाई कोभिड हुँदा घर फर्किएको उनले बताए।, उनले भने, ‘वैशाखमा फर्किएका अझै फर्किएका छैनन्।’, अहिले दैनिक वर्षात भइरहेकाले निर्माणको काम गर्न नसकिएको प्रमुख दृष्टिले बताए।, निर्माणका लागि असार/साउन उपयुक्त समय नभएकाले आपतकालीन मर्मतबाहेक अरू काम कम हुन्छ। मौसमले साथ दिए र सङ्क्रमण घटेमा भदौबाट मात्र काम गर्न सकिने उनले बताए।, विस्तारको काम तालिकाभन्दा धेरै पछाडि रहेको आयोजनाले जनाएको छ।, ठेक्का अवधि झण्डै ६० प्रतिशत सकिँदा निर्माणको काम झण्डै छ/सात प्रतिशत मात्रै सकिएको हो।, निर्माणस्थलमा पहिले रूख कटान र खम्बा सार्न लामो समय लागेको प्रमुख दृष्टिले बताए।, कोभिडले गर्दा गत वर्ष र चालू वर्ष गरी दुई वर्ष अवरोध भएको छ।, अझै पनि बिजुलीको खम्बा हटाउन सकिएको छैन।, उनले भने, ‘पोल हटाउनका लागि सम्झौता भइसकेकाले त्यो सकिएपछि कामले गति लिनेछ।’ , सामान्यतया निर्माणस्थल खाली नहुँदै ठेक्का सम्झौता भएको ठेक्कामा सुरूका वर्षमा प्रगति कम नै हुन्छ।, सुरूआती समयलाई तयारीको समयका रूपमा लिने गरिन्छ। पछिल्लो वर्षमा द्रुत प्रगति हुने अपेक्षा गरिएको प्रमुख दृष्टिले बताए।, निर्माण अघि बढाउन उपकरण र सामग्रीको पनि आवश्यकता पर्छ।, निर्माणको काम गरिरहेको चिनियाँ कम्पनीसँग अहिले उपकरण कमी छैन।, उनले भने, ‘अझै पनि कोभिडको त्रास नहटेकाले र कामदार कति आउँछन् त्यसमा निर्भर हुन्छ।’, ठेक्का सम्झौताका आधारमा झण्डै एक वर्ष अवधि बाँकी रहेको छ। अझै पनि समयमा सकाउनेमा शङ्का रहेको प्रमुख दृष्टिले बताए।, गत वर्ष छ महिना अवधि थप भएको थियो भने चालू आवमा पनि अवधि थपिन सक्ने देखिएको छ।, उनले भने, ‘थपिएको समयमा निर्माण सकिएमा पनि उपलब्धि मान्न सकिन्छ।’ , गत आवमा सरकारले जारी गरेको बन्दाबन्दीका कारण निर्माणमा बाधा पुगेको थियो।, चालू आवमा भने प्रशासनले समन्वय गरेकाले आवश्यकमात्रामा आवतजावत गर्न समस्या नभएको उनले बताए।, चालू आवमा कामदार आफैं मानसिकरूपमा डराएका कारणले काममा लगाउन नसकिएको उनले बताए।, निर्माण व्यवसायीले चाहेर पनि काम लगाउन सकेका छैनन्। , अहिले निर्माणस्थलमा हटाउनुपर्ने धेरै कुरा हटिसकेको प्रमुख दृष्टिले बताए।, वन क्षेत्रमा रूख हटाउने काम ९० प्रतिशत प्रगति भइसकेको छ। तत्कालका लागि रूखका कारण निर्माण नै रोकिने अवस्था नभएको आयोजनाले जनाएको छ।, अहिले कतिपय स्थानमा विद्युतको लाइन हटाउन बाँकी छ।, उनले भने, ‘त्यसका लागि सम्झौता भइसकेकाले चाँडो अघि बढाउन सकिनेछ।’ , अहिले काम गर्नका लागि आवश्यकपर्ने जनशक्ति पर्याप्त हुँदा बाँकी समयमा धेरै प्रगति हुनसक्ने देखिएको आयोजनाले जनाएको छ।, सडकको अधिकार क्षेत्र (राइट अफ वे) को समस्या कम भइरहेको छ। खानेपानीको केही पाइप मात्र हटाउन बाँकी रहेको प्रमुख दृष्टिले बताए। उनले भने, ‘त्यो हटाउन कुरा भइरहेको छ।’ , गत आवमा व्यवसायी र कामदारबीच समस्या आउँदा पनि निर्माणमा ढिलाइ भएको थियो। गत वर्ष कम्पनीले कामदारलाई भुक्तानी नदिँदा पनि समस्या भएको थियो। अहिले भने त्यो समस्या हटिसकेको छ। , विसं २०७५ चैतमा सो सडकको विस्तार सुरू भएको थियो। दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पाेरेसनलाई दिइएको छ।, चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग सहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ।, सडक विभागले गत वर्ष नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नागढुङ्गा–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ।रासस ,
नारायणगढ–बुटवल सडक विस्तार: दुई वर्षमा १० प्रतिशतभन्दा कम काम
|
सेतोपाटी संवाददाता केही समयअघि एमाले प्रवेश गरेका पूर्वमन्त्री प्रभु साहले विदेश पठाइदिने भन्दै लिएको पैसा नतिरेको भन्दै एक महिला प्रहरी कार्यालय पुगेकी छिन्।, काठमाडौं बाँसबारीकी दीपा कुँवर महानगरीय प्रहरी वृत्त बानेश्वरमा निवेदन लिएर पुगेकी हुन्।, उनले नेता साहले २० लाख रुपैयाँ तिर्न बाँकी रहेको उल्लेख गरेकी छिन्। ३० लाख रुपैयाँ लिएकोमा १० लाख फिर्ता लिएको तर अरू पैसा नतिरेपछि कुँवर साहको बानेश्वरस्थित घर नै पुगेकी थिइन्।, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालका अनुसार साहको घरमा आइतबार बिहान कुँवर केही महिला अधिकारकर्मीहरू लिएरै पुगेकी थिइन्।, ‘घरमा घेरा हालेपछि प्रहरीले घटना के हो अनुसन्धान थालेको छ,’ पालले भने।, प्रहरीकहाँ ती महिलाले अहिले ठाडो निवेदन दिएकी छिन्। निवेदन अनुसन्धानकै क्रममा रहेकाले यसलाई दर्ता भने प्रहरीले गरिनसकेको वृत्त स्रोतले बतायो।, ‘निवेदनको सत्यता के-कति हो, आउनेबित्तिकै हामी दर्ता गर्दैछौं, निवेदनमा उल्लेख भएका केही कुरा पुष्टि गर्न बाँकी छ,’ वृत्त स्रोतले भन्यो।, कुँवरले क्यानडा पठाइदिने भनेर साहले आफूसँग पैसा लिएको आरोप लगाएकी छिन्।, चेक बाउन्सबाहेक लेनदेन मुद्दा प्रहरीले हेर्दैन। तर, ठगी आकर्षित हुने परिस्थितिमा भने प्रहरीले उजुरी अनुसन्धान गर्छ।, नेता साहले भने ती महिलालाई आफूले नचिनेको बताए। आफूलाई फसाउन योजनावद्ध ढंगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो योजना बनाएको साहले दाबी गरे।, ‘उहाँ मेरोविरूद्धमा लाग्नुभएको छ, मैले चिन्दै नचिनेको मान्छेलाई उभ्याएर मलाई ह्यारेसमेन्ट गर्ने प्रचण्डजीको गुरूयोजनाअन्तर्गत यो भएको हो,’ साहले सेतोपाटीसँग भने।,
पूर्वमन्त्री प्रभु साहले क्यानडा पठाइदिन्छु भनी लिएको २० लाख रुपैयाँ फिर्ता नगरेको भन्दै प्रहरीमा निवेदन
|
सेतोपाटी संवाददाता बर्दियामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ६८ वर्षीय चिबबहादुर केसी छन्। , मधुवन-३ सम्झना सामुदायिक वनभित्र उनलाई बाघले आक्रमण गरेको हो। उनी सोही ठाउँका स्थानीय हुन्। उनी सामुदायिक वनभित्र आइतबार दाउरा खोज्न गएका थिए। , बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार उनी घर नफर्केपछि खोजी थालिएको थियो। , खोजीको सिलसिलामा सोमबार उनको शव वनमा भेटिएको कार्कीले बताए।,
दाउरा खोज्न वन पसेका वृद्धको बाघको आक्रमणबाट मृत्यु
|
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय २७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ७४९९ जनाको पिसिआर परीक्षणबाट १७४५ जनामा संक्रमण पुष्टि भएको छ भने ४०२८ जनाको एन्टिजेन परीक्षणबाट ८७७ जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२११ जना संक्रमणमुक्त भएका छन्। , यस्तै २३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म ९२४८ जनाको मृत्यु भइसकेको छ।, अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.६ प्रतिशत छ।,
थपिए २६२२ संक्रमित, निको भए २२११
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ५ सय ६२ जना संक्रमित थपिएका हुन्।, जसमध्ये काठमाडौंमा ३ सय ७८, ललितपुरमा १२४ जना र भक्तपुरमा ६० जना संक्रमित थपिएका हुन्।, हाल काठमाडौं उपत्यकामा ७७२३ सक्रिय संक्रमित छन्।, यसैगरी, काठमाडौंमा ५०९१, भक्तपुरमा १०४५ र ललितपुरमा १५८७ सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घन्टामा २६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घन्टामा ११ हजार ५ सय २७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ७४९९ जनाको पिसिआर परीक्षणबाट १७४५ जनामा संक्रमण पुष्टि भएको छ भने ४०२८ जनाको एन्टिजेन परीक्षणबाट ८७७ जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२११ जना संक्रमणमुक्त भएका छन्। , यस्तै २३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म ९२४८ जनाको मृत्यु भइसकेको छ।, अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.६ प्रतिशत छ।,
काठमाडौं उपत्यकामा थपिए ५ सय ६२ संक्रमित, सक्रिय ७७२३
|
दिपकजंग शाही बाजुराको जगन्नाथ गाउँपालिका–४ नाराकोटकी कमला भण्डारीलाई सुत्केरी व्यथा सुरु भएको तीन दिनसम्म पनि बच्चा जन्मिएन। लामो समयसम्म बच्चा नजन्मिएपछि आमा र बच्चा दुवैलाई जोखिम भयो।, परिवारका अरू सदस्यले गाउँपालिकामा खबर गरे। गाउँपालिकाले सम्बन्धित निकायसँग समन्वय गरेर हेलिकप्टर मगायो।, राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गमका जोखिममा रहेका सुत्केरी तथा गर्भवतीलाई अस्पतालसम्म पुर्याउन ‘एअर लिफ्टिङ’ सेवा सञ्चालनमा छ।, हेलिकप्टरले उनलाई असार ७ गते बेलुका कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्यायो। राती एक बजे शल्यक्रिया गरी बच्चा जन्माईयो।, घर फर्किँदा प्रदेश अस्पतालले उनलाई २० हजार रूपैयाँ यातायात खर्च दियो। ‘पैसा त हामीले यताबाट जाँदा पनि खर्च पुग्नेगरी लिएका थियौं, तर फर्किंदासम्म लगभग सकिईसकेको थियो,’ कमलाका श्रीमान आर्क बहादुर भण्डारीले भने, ‘हामीलाई अस्पतालले त्यति खर्च दिन्छ भन्ने थाह थिएन, जे होस् अस्पतालले दिएको पैसाले हामीलाई घर आउन झन् सजिलो भयो।’, असार ५ गतेदेखि सुत्केरी व्यथा लागेकी रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी भूमिका पुनलाई पनि एअर लिफ्टिङ सेवाबाट उद्दार गरी कर्णाली प्रदेश अस्पतालमा ल्याईयो। ८ गते बच्चा जन्मियो।, हेलिकप्टरको लागि गाउँपालिका र प्रमुख जिल्ला अधिकारीलाई गुहार्न व्यस्त भएका भूमिकाका श्रीमान–परिवारले पैसाको जोहो गर्ने भेउ पाएनन्। अस्पतालबाट फर्किंदा उनीहरुले पनि २० हजार रुपैयाँ यातायात खर्च पाए। त्यसैले एम्बुलेन्सको भाडा तिरेर रुकुम जान उनीहरुलाई सहज भयो।, ‘हेलिकप्टरको पैसा त सरकारले तिरीहाल्ने रहेछ, हामीले फर्किनका लागि चाहिने जति पैसा जुटाउनै सकेका थिएनौं,’ भूमिकाका श्रीमान वसन्त पुनले भने, ‘डिस्चार्ज भएपछि अस्पतालले २० हजार दिएको थियो, त्यो एम्बुलेन्सलाई दिएर रुकुमकोटसम्म आयौं।’, एअर लिफ्टिङ सेवा कर्णाली प्रदेश सरकारले पनि सञ्चालन गर्ने गरेको छ। प्रत्येक बर्ष यो सेवाको लागि बजेट विनियोजन गर्ने गरिएको छ।, यो आर्थिक बर्ष (०७७/७८) देखि भने सामाजिक विकास मन्त्रालयले हवाई उद्दार गरी सुत्केरी भएकाहरुलाई २० हजार रुपैयाँ फर्किंदाको यातायात खर्च भनेर छुट्याउने गरेको छ।, ‘प्राय हाम्रो भेगमा गरिब अवस्थाका नागरिकहरुले एअरलिफ्टिङ सेवा लिनुभएको हुन्छ, अचानक हेलिकप्टरमा आउनुपर्दा उहाँहरुले पैसा नै नल्याउनु भएको पनि हुन सक्छ,’ कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्मर खड्काले भने, ‘उहाँहरुलाई डिस्चार्ज भएर जानेबेलामा सहज होस् भनेर यो रकम दिने गरिएको हो।’, प्रदेश अस्पतालकै आग्रहमा मन्त्रालयले यो रकम छुट्याउने गरेको हो। प्रदेश अस्पताल व्यवस्थापन निरीक्षक कल्पना थापाका अनुसार अहिलेसम्म ८ जनाले यो सुविधा पाएका छन्।, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख वृष बहादुर शाहीका अनुसार यो आर्थिक बर्षमा भने मन्त्रालयको बजेटबाट जोखिममा भएका गर्भवती तथा सुत्केरीको उद्दार गरिएको छैन।, भनेको समयमा हेलिकप्टर नपाईएकाले राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नै यो आर्थिक बर्षमा यस्ता जोखिममा भएका महिलाको उद्दार गरी अस्पताल पु¥याउने गरिएको उनले बताए।, अस्पतालले यसरी सुत्केरी हुन आएका महिलाहरुलाई डिस्चार्ज गर्दा दिने उक्त रकम मन्त्रालयमा दाखिला गरी भुक्तानी लिने गरेको डा. खड्काले बताए।,
हेलिकप्टरमा सुत्केरी हुन आएकालाई कर्णाली प्रदेश अस्पतालले फर्किंदा दिन्छ २० हजार रुपैयाँ
|
रासस यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। , नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रूपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो।, वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो।, असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन। मन्दिर क्षेत्रमा मुख्य ढोकामा ताला लगाइएको छ।, कोषका सदस्य सचिव डा प्रदीप ढकाले धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको बताए।, साउन भगवान् शिवको प्रिय महिना मानिन्छ। साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शका लागि आउने गर्छन्। , गत वर्ष पनि साउन महिनामा कोरोनाका कारण वर्षभर मन्दिर खुल्न सकेको थिएन।, गत वर्ष साउनमा भक्तजनले पशुपति क्षेत्रमा आएर बाहिरबाटै पशुपतिनाथको दर्शन गरेका थिए।, बाहिरबाट दर्शन गर्नसमेत भक्तजनको भीड लागेको थियो। विसं २०७६ चैत पहिलो सातादेखि मङ्सिर मसान्तसम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरूपमा बन्द गरिएको थियो।, गत पुस १ गतेदेखि बिहान छ बजेदेखि मध्यान्हसम्म खुला गरिएको थियो। महाशिवरात्रिदेखि भने पशुपतिनाथ मन्दिर साविकअनुसार नै खोल्न थालिएको थियो। , वैशाख लागेपछि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि पुनः बन्द गरिएको हो।, सदस्य सचिव डा ढकाल वातावरण सामान्य बन्दै गएमा तीजमा भने मन्दिर खोल्न सकिने बताउँछन्।, कोरानाका कारण पशुपति क्षेत्र सुनसान छ।, भक्तजनका लागि बन्द गरिए पनि पशुपतिनाथ मन्दिरमा नित्य पूजालगायत कर्म भने जारी छ।, पशुपति क्षेत्रको घाट सेवा पनि सञ्चालन भइरहेको छ। कोरोनाका कारण निधन हुनेको सङ्ख्या बढेपछि आर्यघाट, भष्मेश्वरघाट, विद्युतीय शवदाह गृहलगायत स्थानमा शव जलाउने क्रम पनि वृद्धि भएको छ।, कोरानो उच्च बिन्दुमा पुगेका बेला वैशाख अन्तिम र जेठ दोस्रो सातासम्म दैनिक २०० सम्म शव आएको कोषले जनाएको छ। विद्युतीय शवदाह गृहको क्षमताले नधानेपछि वाग्मती किनारमै पनि कोरोनाबाट निधन भएकाको शव जलाइएको थियो। पशुपति क्षेत्रमा विद्युतीयसमेत १५ घाट सेवा उपलब्ध छ। ,
यस वर्ष साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने
|
युनिक श्रेष्ठ म्याद सकिएको डेबिट कार्डबाट पैसा निकालेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका वडा नम्बर ५ स्थित भत्केको पुलबाट दुई जनालाई आइतबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, त्यसरी पैसा निकालेको आरोपमा प्रहरीले सोलुखुम्बु घर भइ भत्केको पुलमा कोठामा बस्ने ५७ वर्षीय जगतबहादुर गुरुङ र पर्साकी ३० वर्षीया सावित्री गुरुङलाई पक्राउ गरेको हो।, गुरुङ पूर्व ब्रिटिस लाहुरे हुन्। जगतबहादुर र सावित्री सँगै बस्थे।, उनीहरूले काठमाडौंका चाबाहिल, कालोपुल, हात्तिसार भाटभटेनी क्षेत्रका रहेको सिदार्थ बैंकको एटिएम मेसिनबाट पैसा झिकेका थिए। पैसा निकाल्न बेलायतको लोइज बैंकको भिसा डेबिट कार्ड प्रयोग गरेका थिए।, पक्राउ परेका उनीहरू दुबै जना सिदार्थ बैंकको एटिएम प्रयोग गरेका थिए।, बैंकका अनुसार उनीहरूले सुरूमा गत बुधबार पैसा झिकेका थिए। सुरूमा उनीहरूले ३० हजार रकम निकालेका थिए।, 'आफ्नो डेबिट कार्डको मिति सकिएको थाहा पाउँदा-पाउँदै पनि उनीहरूले गत बुधबार पैसा झिकेका थिए,' परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भने।, उनीहरूले पटक-पटक गरी ३४ लाख ३५ हजार रुपैयाँ झिकेका थिए। त्यसको करिब २ लाख रकम त उनीहरूले खर्चसमेत गरिसकेका छन्। , त्यसरी म्याद नै गुज्रिएको कार्डबाट पैसा झिकेको थाहा पाएपछि बैंकले प्रहरीलाई कार्यालयमा जाहेरी दिएको हो।, उनीहरूले ह्याक नै गरेर पैसा झिकेका भने थिएनन्।, 'कार्ड हालेपछि यत्तिकै पैसा निस्किएको रहेछ,' सिंहले भने,'सिस्टमको खराबीका कारण त्यस्तो भएको भनेका छन्।', उनीहरूले नै बिगारेका हुन् कि भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए।, यता सिदार्थ बैंकका कार्ड डिभिजन प्रमुख सुरेश महर्जनले भने सिस्टममा आएको एकखाले दुर्लभ समस्याका कारण भएको बताउँछन्।, 'बेलायतको लोइज बैंकबाट इस्यू गरिएको कार्ड हो। त्यसको वास्तविक होल्डरले नै पैसा झिकेको हो। तर उहाँले म्याद गुज्रिसकेको कार्डबाट पैसा झिक्ने प्रयास गर्नुभयो,' महर्जनले भने, 'हाम्रो बैंकले एटिएमको व्यवस्थापन गर्ने संस्था नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड- नेप्सबाट सेवा लिएको छ। त्यहाँको एउटा दुर्लभ प्राविधिक समस्याले गर्दा यस्तो भएको हो। कुनै एक खाले परिवेशमा सिस्टमले ह्यान्डल गर्न नसकेको हुनाले त्यस्तो भएको रहेछ।', त्यसरी समस्या आएको थाहा पाएपछि सिस्टमको 'बग'को पहिचान गरेर सुरक्षित बनाइसकेको उनले बताए।, 'खातामा भएको भन्दा बढी पैसा निकालेर लानुभयो। हामीले प्रहरीलाई सिसिटिभी फुटेजसहितको सूचना दियौं त्यसपछि प्रहरीले ट्र्याक गरेर उहाँहरूलाई पक्राउ गर्नुभयो,' उनले भने।, उनीहरूले त्यसरी झिकेका पैसाहरू अधिकांश प्रहरीले बरामद गरिसकेको छ। प्रहरीले एउटा डेबिट कार्ड र २१ लाख बरामद गरेको छ। झिकेको मध्ये १० लाख ५० हजार रकम भने सहकारी जम्मा गराएको समेत खुलेको प्रहरीले जनाएको छ।, सामान्यत: म्याद सकिएको डेबिट कार्डबाट पैसा निस्किँदैन। तर कहिलेकँही केही एकदमै दुर्लभ प्राविधिक समस्याका कारण त्यस्तो भएको प्रमुख महर्जनको भनाइ छ।, 'जुन तरिकाले डाटाहरू आयो। त्यसको पनि विश्लेषण भइरहेको छ। यो एकदमै पृथक र कहिले पनि नभएको परिवेश हो,' उनले भने, 'एटिएमको फाइलहरू चेक गर्नेबेलामा त्यसरी कारोबार भइरहेको भेट्यौं। यस्तो कहिले नभएको भएर हामीले सुरूमा थाहै पाएनौं।', उनीहरूमाथि प्रहरीले बैंकिङ कसुरको मुद्दामा अनुसन्धान अघि बढाएको छ। उनीहरूमाथि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति माग गरेको छ।,
म्याद सकिएको बेलायती बैंकको डेबिट कार्डबाट काठमाडौंमा कसरी निस्कियो ३४ लाख ३५ हजार रुपैयाँ?
|
राजेश घिमिरे यसपालि असारको सुरूआत नै वर्षाबाट भयो। लगत्तै किसानहरूमा धान रोप्ने माचो सुरू भयो। राप्ती-३ स्थित सुजिता भण्डारीको परिवारले पनि असार १२ गतेका लागि रोपाइँको तयारी गरेको थियो। यो परिवारको घरदेखि करिब एक किलोमिटर पर चार कठ्ठा खेत छ। नजिकैको थप पाँच कठ्ठा खेत पनि उनीहरूले अधियाँमा कमाएका छन्। त्यहाँ जोत्नका लागि स्थानीय राजु सेढाईंको ट्याक्टर र अन्य खेतालाको चाँजो पनि मिल्यो।, तर ११ गते नै ट्याक्टर खाली बस्ने भएपछि रोपाइँ एक दिनअघि नै हुनेभयो। बिहानीको समयमा रोपाइँ गर्ने तय भएपछि भण्डारी परिवार तयारीमा थियो। सुजिता भने त्यो दिन सबेरै जितपुरस्थित साथीले तरकारी लिन बोलाएको भनेर घरबाट निस्किइन्।, सुजिताको घर पूर्व-पश्चिम राजमार्गको गड्यौलीबाट करिब ३०० मिटर दक्षिणतर्फ पर्छ। जितपुर पनि सुजिताको घरभन्दा पनि दक्षिणतर्फ।, सुजिता घरबाट निस्किएको केही समयपछि उनको परिवार भने रोपाइँमा व्यस्त भयो। जब रोपाइँ सकेर उनीहरू घर फर्किए, परिवारकी साइँली छोरी कविताले मोबाइलमा बहिनीको ‘मिस्ड कल’ देखिन्। लगत्तै कविताले सुजितालाई फोन गरिन्। कविताकाअनुसार सुजिताले उनलाई आफू अपहरणमा परेको जानकारी दिँदै बचाउन आग्रह गरेकी थिइन्। सुजिताले स्थानीय राजु सेढाईंको नाम पनि लिएर आफू अपहरणमा परेको जानकारी उनलाई गराइहाल्न भनेकी थिइन्।, सुजिताको घरबाट करिब ५० मिटर पर कृष्णप्रसाद गैरेको घर छ। गैरे घर नजिकैको खेतमा आली बनाउँदै थिए।, ‘कविता एक्कासि रुँदै-चिच्याउँदै बाहिर निस्की। ऊ बहिनी अपहरणमा परी, अब के गर्ने, कसो गर्ने भन्दै थिई,’ कृष्णप्रसादले सुनाए, ‘त्यसरी कराउँदै आएपछि नजिक आएर कुरा बुझ्दा सुजिताले आफू अपहरणमा परेको, अपहरण गर्नेले कुन ठाउँमा राखेका छन् थाहा नभएको जानकारी गराएको कविताले बताइन्।’, उनका अनुसार त्यसको केहीबेरमा यो विषयमा गाउँमा हल्लीखल्ली भइसकेको थियो। भण्डारी परिवारले प्रहरीदेखि सञ्चारकर्मीसम्म यो कुरा पुर्याए।, सुजिता जितपुर जान्छु भनेर हिँडेका कारण स्थानीयवासी खोजीका लागि त्यतै गए। जितपुर पर चितवन राष्ट्रिय निकुञ्ज छ। उनीहरूले असार ११ यता त्यस क्षेत्रमा हरेक दिन सुजिताको खोजी गरे।, छिमेकी कृष्णप्रसाद पनि एकदिन सुजितालाई खोज्न भनेर जंगल पुगे।, ‘दिनभर खोज्दै हिँडियो, केही मेसो पाइएन,’ उनले भने, ‘म त्यही एक दिन गएँ, अन्य छिमेकीले पालैपालो गरेर खोजी गरिरहेका थिए।’, कविताले बहिनी सुजिताले फोनमा बताएका कुरा जानकारी गराएपछि प्रहरी पनि यसबारे बुझ्न उनीहरूको घर आइपुग्यो। प्रहरीहरूले पनि राजमार्गबाट दक्षिणतर्फ खोजी गर्न थाल्यो। प्रहरीले सुजिताको परिवारलाई उनको मोबाइलको अन्तिम लोकेसन दक्षिणतर्फ रहेको जानकारी गराएको थियो।, हराएको ९ दिन पछि भेटियो शव, यहाँ पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ करिब ५०० मिटरमा मात्रै बस्ती छ। त्यसभन्दा माथि जंगल छ। राजमार्गको झुरझुरेदेखि करिब ४ किलोमिटर परसम्म कच्ची सडक छ। धमिले भन्ने ठाउँबाट करिब आधा घन्टा उकालो उक्लिएपछि पुगिने भिरको एउटा खोल्सामा आइतबार सुजिताको शव भेटिएको थियो।, निउरो, च्याउ खोज्न जंगल पुगेका व्यक्तिले ब्रम्हस्थानी सामुदायिक वनको त्यो भिरालो जमिनमा मान्छेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर सुनेपछि प्रहरीको टोली आइतबार अपरान्ह त्यहाँ पुगेको थियो। परिवारका सदस्यले उक्त शव सुजिताको रहेको पहिचान आइतबार नै गरेका थिए।, शव खोल्सामा लहरोमा अड्किएको अवस्थामा भेटिएको चितवनका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। अनुसन्धानमा प्रहरीले तामिलप्राप्त कुकुरको पनि प्रयोग गरेको छ।, उक्त वन राप्तीको वडा नम्बर ३ का स्थानीय घाँस, दाउरा काट्न जाने क्षेत्र हो। सुजिताकै परिवार पनि घाँस, दाउराका लागि यही वन जाने गर्दथ्यो।, ‘तर त्यति माथि त गइन्थेन, तलैबाट घाँस काटेर फर्किन्थ्यौं,’ छिमेकी कृष्णप्रसादले भने, ‘शव देखिएको ठाउँ त धेरै माथि हो।’ , शवसँगै भेटियो पतेरो मार्ने विष, शव भएको स्थानमा आइतबार पुगेको प्रहरी त्यो रात त्यहीँ बस्यो। केही स्थानीयवासी पनि राति त्यहीँ बसेका थिए। सोमबार बिहान मुचुल्का उठाएर प्रहरीले शव उठाएको थियो। शव भेटिएको ठाउँमा सोमबार राप्ती नगरपालिकाका मेयर प्रभा बराल, उपमेयर इमानसिंह लामालगायतका जनप्रतिनिधि तथा सयौं स्थानीय पुगेका थिए। , प्रहरीले शवसँगै एउटा बोत्तल, तीन सय रुपैयाँ नगद र एउटा च्यातिएको झोला भेटेको छ।, ‘यो बोतलमा भएको तरल पदार्थ पतेरो मार्न प्रयोग गर्ने विष हो भन्ने कुरा मृतकका बुबाले पहिचान गर्नुभएको छ, हामी यस विषयमा अनुसन्धान गर्दैछौं,’ चितवनका एसपी ओम अधिकारीले भने, ‘घटनास्थलमा भेटिएका सबै प्रमाणको विषयमा अनुसन्धान सुरू भएको छ।’, त्यो स्प्राइटको बोतलमा भेटिएको त्यो तरल पदार्थ धानमा लागेको पतेरो मार्न प्रयोग गरिन्छ। सुजिताको परिवारले त्यहाँ भेटिएको झोला पनि आफ्नै भएको पहिचान गरेको थियो। , केही दिनदेखि केन्द्रीय अनुसन्धान ब्यूरोको टोली पनि चितवनमै बसेर यो घटनाको विषयमा अनुसन्धान गरिरहेको छ। एसपी अधिकारीले शवलाई सकेसम्म काठमाडौं लगेर पोष्टमार्टम गर्ने तयारी भइरहेको बताए।, ‘केही समयअघि हामीले यस्तै जटिल विषय भएकाले शवलाई काठमाडौं लगेर पोष्टमार्टम गरेका थियौं, अहिले पनि त्यही गर्न खोजेका छौं,’ उनले भने।, उनले सुजिताको अपहरण भएको भन्ने उजुरी पनि प्रहरीमा आएको र त्यो पाटोबाट पनि अनुसन्धान चलिरहेको बताए।, ‘हामीलाई अनुसन्धान अघि बढाउन लिखित उजुरी नै आउनुपर्छ भन्ने छैन, मौखिक उजुरी, मिडियामा आएका कुराहरूलाई पनि हामी हेर्छौं,’ उनले भने, ‘ती सबै कुराहरुलाई हेरेर सबै कोणबाट अनुसन्धान भइरहेको छ।’, स्थानीय भन्छन्: हत्या नै हो, अनुसन्धानमा प्रहरीले बेवास्ता गर्यो, प्रहरीले आधा बाटो स्टेचरमा अनि एम्बुलेन्समा शव राखेर पूर्व-पश्चिम राजमार्गमा झारेको थियो। शव आइपुग्दा राजमार्गमा स्थानीयबासीको ठूलो भीड जम्मा भइसकेको थियो। उनीहरूले अपहरणमा परेको जानकारी समयमै दिँदा पनि सुजितालाई बचाउन नसकेको भन्दै नाराबाजी गरेका थिए।, ‘हामीले सबै कुरा प्रहरीलाई बेलैमा भनेका थियौं तर प्रहरीले यस विषयमा राम्ररी अनुसन्धान नै गरेन’, मृतककी दिदी कविताले भनिन्, ‘उनीहरूले समयमै काम गरिदिएको भए यो दिन आउने थिएन।’, मृतकको परिवारलाई शवसँगै भेटिएको बोतललाई देखाएर प्रहरीले आत्महत्या प्रमाणित गर्न खोजेको आशंका छ।, ‘मेरी छोरीले त्यसरी आत्महत्या गरेकी होइन। उसलाई कसैले हत्या गरेकै हुनुपर्छ,’ मृतककी आमा अम्बिका भण्डारीले भनिन्, ‘मलाई बचाउनु भन्थी छोरी, बचाउन सकिएन।’, स्थानीयबासीले राप्तीको झुरझुरेस्थित पूर्व-पश्चिम राजमार्गमा यातायातका साधन तेर्स्याएर दिनभर एम्बुलेन्स रोकेका थिए। उनीहरूले सुजिताको मृत्युको घटनालाई पनि निर्मला पन्तको जस्तैगरी ढिसमिस पार्ने कोसिस भइरहेको आरोप लगाएका थिए। पछि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मेयर, वडाध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनिधि र परिवारका सदस्यको छलफलपछि शवलाई भरतपुरतर्फ ल्याउन दिने सहमति भयो तर स्थानीयबासीले त्यसलाई मानेनन्।, प्रहरीले जतिसक्दो छिटो घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने सहमति भएपछि अहिले सडक खुलेको छ। । स्थानीयले ८ घण्टाभन्दा बढी समय राजमार्ग अवरूद्ध पारेका थिए ।, जागिर खोज्दै थिइन् सुजिता, भण्डारी परिवारको टिनले छाएको पुरानो घर छ। घरसँगै जोडिएको गोठमा केही बाख्रा र गाई बाँधिएका छन्। यसबाहेक त्यही चार कठ्ठा जमिन उनीहरूको सम्पत्ती हो।, कृतिका चौलागाईं सुजताकी मिल्ने साथी हुन्। उनकाअनुसार सुजिता पछिल्लो समय जागिरको खोजीमा थिइन्। जागिरको खोजीमा उनी निषेधाज्ञा अघिका तीन महिना काठमाडौं बसेकी थिइन्। तर उनी जागिर नखाई घर फर्किइन्।, सुजिताले स्थानीय बुद्धशान्ति माविमा प्लस टु र बुद्धशान्ति क्याम्पसमै स्नातक गरेकी थिइन्। किसान बुबा, आमाको आर्थिक अवस्था कमजोर भएका कारण उनीमाथि जागिर गर्नेपर्ने दबाब थियो।, ‘ऋण लिएर छोरा, छोरी पढाउँदै आएका थिए, सुजिताको पढाइ राम्रो थियो,’ उनले भनिन्, ‘परिवारले उनीबाट धेरै अपेक्षा राखेको थियो।’, सुजिताका तीन दिदी र एक भाइ छन्।, आमा अम्बिकाले स्थानीय खानेपानी संस्थामा छोरीलाई जागिर लगाउन आग्रह पनि गरेकी थिइन्। उक्त संस्थाका अध्यक्ष राजकुमार भट्टले आर्थिक अवस्था कमजोर भएका कारण परिवारका एक जनालाई जागिर लगाइदिन पाए हुन्थ्यो भन्दाभन्दै मृत्यु भएको बताए। उनले सुजिता हराएको थाहा पाएबाटै आफूले पनि खोजीमा सहयोग गर्दै आएको बताए।, ‘असाध्यै सरल र सोझी छिन् भन्ने सुनेको थिएँ,’ उनले भने, ‘जीवितै होला, परिवारलाई भन्न नसकेरै कतै बसेको होला भन्ने थियो हामीलाई।’, सुजितालाई कक्षा ९ देखि ११ सम्म अर्थशास्त्र विषय पढाएका बुद्धशान्ति विद्यालयका विश्वराम सेढाईं उनी जेहेन्दार विद्यार्थी रहेको बताउँछन्।, ‘पढाइमा टाठी, स्कुलमा कहिल्यै गल्ती नगर्ने, कहिल्यै नराम्रो काम नगर्ने विद्यार्थी थिइन्। उनको अपहरण भएको सुन्दा अचम्मै लाग्यो,’ उनले भने, ‘शव भेटियो भन्ने सुनेर आएँ, शव पनि देखें, अझै पनि उनको होइन की झैं लागेको छ।’,
‘छोरीले मलाई बचाउनु भनेकी थिई, …सकिएन’
|
सेतोपाटी काठमाडौंको बौद्धमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ। , काठमाडौं महानगरपालिका–६ बौद्ध हायत गेट नजिक सडकमा बा ६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा ६८ प ४२७५ नम्बरको स्कुटर आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार नुवाकोटकी १८ वर्षीया बिजा तामाङको मृत्यु भएको हो। , दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारका क्रममा आइतबार साँझ ओम अस्पताल चाबहिलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, दुर्घटनामा घाइते मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। ,
बौद्धमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एकको मृत्यु
|
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा ललितपुर-१ कुपण्डोलका ४८ वर्षीय शिशिर शमशेर जबरा रहेका छन्।, उनलाई सोमबार बिजुलीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।, राणालाई अदालतले बैंकिङ कसुरमा उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते दस दिन कैद र ४५ लाख रूपैयाँ जरिवाना फैसला सुनाएको थियो।, २०७६ सालमा उनले व्यवसायमा लगानी गर्न एक व्यक्तिबाट उक्त बराबरको रकम लिएका थिए। फैसा फिर्ताका लागि उनले चेक दिएकोमा पर्याप्त मौज्दात नभएपछि पीडित प्रहरीमा अपुगेका थिए।, प्रहरीले जबरालाई जिल्ला अदालत ललितपुरमा पेश गरेको छ।,
बैंकिङ कसुरमा ४५ लाख जरिवानाको फैसला सुनाइएका फरार व्यक्ति पक्राउ
|
रासस बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको शव स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको छ।, घाँसपात र दाउरा गर्न सामुदायिक वनभित्र गएका खत्रीमाथि बाघले आक्रमण गरेको थियो।, खत्रीको शव सोमबार फेला परेको भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन थापा मगरले बताए।, योसँगै चालू आर्थिक वर्षमा बर्दियामा बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको बताइएको छ।,
घाँस लिन जंगल गएका वृद्धको बाघको आक्रमणबाट मृत्यु
|
सेतोपाटी संवाददाता यसअघि भेरोसेलको पहिलो मात्रा खोप लगाएकालाई काठमाडौंमा आजदेखि दोस्रो मात्राको खोप दिइने भएको छ।, गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले आज असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन्।, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना निकालेर काठमाडौं महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र शंखरापुर नगरपालिकाका विभिन्न स्थानका खोप केन्द्रबाट खोप दिइने बताएको छ।, काठमाडौं महानगरका १३ अस्पताल र स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ भने अन्यत्र पनि स्वास्थ्य केन्द्रबाट खोप दिइने भएको छ। , भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जानुपर्नेछ। पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर आउन महानगरले आग्रह गरेको छ।, हेर्नुस् कहाँ छ खोपकेन्द्र:,
आजदेखि काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा खोप दिइने, कहाँ-कहाँ छ खोप केन्द्र?
|
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले भन्सार छलेका विभिन्न प्रकारका सामग्री बरामद गरेको छ।, इलाका प्रहरी कार्यालय मझगावा, इलाका प्रहरी कार्यालय बेलहिया र वडा प्रहरी कार्यालय रूपन्देहीको टोलीले भन्सार छलेका सामानहरू सोमबार बरामद गरको हो।, भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन लाख ४९ हजार रूपैयाँ बराबरका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।, बरामद भएका सामग्रीमा चिनी, गहुँ, चामल, रेडबुल, नुन, मैदा, लत्ताकपडालगायत छन्।, बरामद सामग्री भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरीले जनाएको छ।, ,
भन्सार छलेर ल्याइएको साढे तीन लाखको सामग्री बरामद
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा आजेदेखि जोर-बिजोर प्रणाली हटाइएको छ।, माइक्रो, टेम्पोलगायत सवारी पनि चल्न दिइएको छ।, आजदेखि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पाइन्छ। तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ।, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।, सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ। यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।, माइक्रोको तेस्रो सिटमा चार-चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन।, सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ।, यसका साथै पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन गर्न पाइनेछ। परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ।, निर्माण सामग्री ढुवानी गर्न पनि पाइने भएको छ। बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री गर्न पाइनेछ।, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा भने असार ३१ गतेसम्मलाई थप गरेका छन्। विद्यालयहरू भने खुल्न पाउँदैनन्। सभा तथा सम्मेलन गर्न पनि रोक लगाइएको छ।,
आजदेखि काठमाडौंमा हट्यो जोर-बिजोर प्रणाली, निषेधाज्ञा थप खुकुलो
|
सेतोपाटी संवाददाता कालिकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, रास्कोट नगरपालिका वडा नम्बर ६ सन्नीघाटमा मंगलबार बिहान जिप दुर्घटना हुँदा ३६ वर्षीय पम्फा फडेराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, रास्कोटबाट क १ ज २३ नम्बरको उक्त जिप जितेगढा बजार आउँदै गर्दा दुर्घटनामा परेको थियो।, प्रहरीका अनुसार दुर्घटनामा चार जना घाइते छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ।, जिपमा चालकसहित १२ जना सवार थिए। ओरालो सडकमा अनियन्त्रित भएर जिप दुर्घटनामा परेको प्रहरीको भनाइ छ।,
कालिकोटमा जिप दुर्घटना: एकको मृत्यु, ४ जना घाइते
|
रासस सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ।, अग्निसाइर–१ की २२ वर्षीया महाकुमारी साहको मृत्यु भएको हो।, आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका लागि जङ्गल पुगेका बेला तामा लिएर सोमबार साँझ घर फर्किने क्रममा महुली खोलामा आएको बाढीले महाकुमारीलाई बगाएको थियो।, इलाका प्रहरी कार्यालय महुली र कञ्चनपुरको प्रहरी टोली तथा स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा बगाएको ठाउँबाट करिब २०० मिटर पर शव भेटिएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।,
बाँसको तामा लिन गएकी युवतीको खोलाले बगाएर मृत्यु
|
एजेन्सी बेलायतको क्यान्टबरी सहरको एक चिडियाखानामा रहेका १३ वटा हात्तीलाई अफ्रिकी मुलुक केन्याको जंगलमा पठाइने भएको छ।, समाचार पत्र द गार्डियनका अनुसार चिडियाखानामै जन्मे/हुर्केका सुभ्याना हात्तीको बथानलाई फेरि जंगली जीवनमा फर्काउन केन्या पठाउन लागिएको हो।, उनीहरूलाई ठूलो जहाजमा राखेर ७ हजार किलोमिटर टाढाको केन्या पुर्याइनेछ।, लोपोन्मुख प्रजातिको यो हात्तीलाई अस्पिनल फाउन्डेसन, द केन्या वाइल्ड सर्भिस र सेल्ड्रिक वाइल्डलाइफ ट्रस्टले स्थानान्तरण गर्न लागेका हुन्।, उनीहरूलाई ठ्याक्कै कहिले जहाज राखेर केन्या लगिनेछ भन्ने मिति तोक्न बाँकी छ। अधिकारीहरूले यस कार्यका लागि दक्षिण अफ्रिकी विशेषज्ञको सहायता लिने जनाएका छन्।, जहाजमा चढाउनुअघि हात्तीलाई ठूलो क्यारेटमा राखिनेछ। यात्राका क्रममा अप्ठेरो नहोस् र बानी लागोस् भनेर केही समय त्यसरी क्यारेटमा राख्न लागिएको हो। पछि त्यही क्यारेटसहित हात्तीलाई जहाज चढाइनेछ। यात्राका क्रममा विज्ञहरूले हात्तीको अवस्था निरन्तर अवलोकन गर्नेछन्।, केन्या पुर्याइसकेपछि पनि संरक्षणकर्मीहरूले ६ महिनासम्म हात्तीको निगरानी गर्नेछन् र उनीहरूलाई निश्चित ठाउँमा राखिनेछ। त्यतिञ्जेलसम्म हात्तीले नयाँ स्थानमा आफूलाई सहज बनाएपछि उनीहरूलाई जंगलमा छोडिनेछ।, केन्ट चिडियाखाना चलाइरहेको अस्पिनल फाउन्डेसनले यसअघि गुरिल्ला, गैंडालगायत अन्य प्रजातिका जनावरहरूलाई चिडियाखानाबाट जंगलमा स्थानान्तरण गरिसकेको छ।,
जहाज चढेर सात हजार किलोमिटर टाढा जाँदैछन् यी हात्ती
|
एजेन्सी श्रीलंकाले अमेरिकी कम्पनी फाइजरसँग कोरोनाभाइरसविरूद्धको खोप किनेको छ। सोमबार फाइजरले श्रीलंकालाई पहिलो चरणमा २६ हजार डोज खोप उपलब्ध गराएको छ।, श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले अमेरिकी खोप किन्ने दक्षिण एसियाली मुलुकमा आफ्नो देश पहिलो भएको बताएका छन्।, Great news this morning as ,#SriLanka, becomes the first country in South Asia to purchase a contingent of ,#Pfizer, vaccines. I am proud of the work that is being done by my government to ensure vaccines for all Sri Lankans. Vaccination continues throughout the country 🇱🇰,
— Gotabaya Rajapaksa (@GotabayaR) ,July 5, 2021, श्रीलंकामा अबको केही सातामै फाइजरले ८ लाख डोज खोप उपलब्ध गराउने छ। यो वर्षको अन्त्यसम्ममा फाइजरबाट श्रीलंकाले ५० लाख डोज खोप ल्याउने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।, विश्व बैंकको श्रीलंका कोभिड-१९ इमरजेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयर्डनेस प्रोजेक्टको आर्थिक सहायतामा श्रीलंकाले अमेरिकी खोप किनेको हो।, विश्व बैंकले यो प्रोजेक्टअन्तर्गत श्रीलंकालाई २९८.०७ मिलियन र खोप किन्नका लागि अतिरिक्त ८०.५ मिलियन डलर रकम ऋण दिने भएको छ।, श्रीलंकामा अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड/अष्ट्राजेनेका, चिनियाँ कम्पनी सिनोफार्म र रूसको स्पुतनिक ५ भ्याक्सिन प्रयोग भइरहेको थियो।, २ करोड जनसंख्या भएको श्रीलंकामा सोमबारसम्म झन्डै २९ लाख मानिसले पहिलो डोज खोप लगाएका छन् भने दुबै डोज खोप लगाउनेहरू १२ लाख ३० हजार छन्। , श्रीलंकामा अहिलेसम्म २ लाख ६५ हजार मानिस कोरोना संक्रमित भएका छन् भने ३ हजार २ सयले ज्यान गुमाएका छन्।, ,
श्रीलंकाले किन्यो अमेरिकाबाट खोप, आइपुग्यो फाइजरको २६ हजार डोज
|
विवेक राई उदयपुरको चौदण्डीगढी नगरपालिका-५ स्थित सिवाई र बेलाहा बस्ती जोड्ने त्रियुगा नदीको पक्की पुल हिजो (शनिबार) भत्किएको छ।, असारभित्र निर्माण सम्पन्न गरी उद्घाटन गर्न लागिएको पुल बाढीले भत्काएको हो।, पुल भत्किँदा ४८ वर्षीय स्थानीय अख्तर मियाँ घाइते भएका छन्। पुल भाँच्चिएर बीचमा फसेका मियाँको स्थानीयले उद्धार गरेका थिए। स्थानीय भास्कर चौधरीले सेतोपाटीसँग भने, 'उहाँ आफ्नो व्यापारको काम सकेर घर फर्किनु हुँदै थियो। पुल भत्किएपछि उहाँ पनि स्ल्याबसँगै तल खस्नुभयो। धन्न स्ल्याब बाढीमा डुब्न पाएन। पछि स्थानीय युवाले उहाँको उद्धार गरे।', पुल भत्किएपछि स्थानीयहरूमा निराशा छाएको छ। अहिलेसम्म डुंगाको सहायताले नदी वारपार गर्दै आएको भन्दै भास्करले फेरि दुःख जस्ताको त्यस्तै भएको बताए।, 'प्रतिव्यक्ति २० रुपैयाँ तिरेर डुंगाबाट आवत-जावत गरिन्थ्यो। पुल सञ्चालनमा आउने भएपछि गाउँबासी नै खुसी थिए। पुलको उद्घाटन भएको थिएन तर मानिसहरू साँझ पुलमाथि झुम्मिन्थे,' उनले भने, 'अब फेरि उही दुःख भयो। अब फेरि बन्छ/बन्दैन थाहा छैन।', पुलको निर्माण काठमाडौंस्थित महालक्ष्मी लोकप्रिय जेभी कम्पनीले गरेको हो। कम्पनीले २०६७ सालमा तीन वर्षभित्र निर्माण सक्ने गरी उक्त पुलको ठेक्का पाएको थियो। तर कम्पनीले प्राविधिक कारण देखाउँदै तोकिएको समयमा निर्माण सम्पन्न गरेन। त्यसपछि २०७७ साल चैत मसान्तसम्म निर्माण सक्ने गरी दोस्रो पटक म्याद थपियो। तर उक्त समयभित्र पनि निर्माण सकिएन।, थप गरिएको म्यादमा पनि निर्माण नसकिएपछि कम्पनीले जरिवाना तिरेर यही असारभित्र निर्माण सम्पन्न गर्ने भन्यो। गाईघाट-दिक्तेल सडक योजना प्रमुख गोपाल खकुरेलले सेतोपाटीसँग भने, 'बीचमा अलिकति कोभिडले पनि काममा असर गर्यो। पछि कम्पनीले जरिवाना तिरेर यहीँ असारभित्र निर्माण सक्ने गरी गत मंसिरबाट कम्पनीले काम सुरू गरेको थियो। तर लगातार आएको बाढीका कारण पुल भत्कियो।', उनले प्रारम्भिक बुझाइअनुसार बाढी फिजिएर बग्नु पर्नेमा एकै ठाउँतिर बग्दा पुलमा क्षति पुगेको देखिए पनि थप कारण बुझ्न छानबिन समिति गठन गरिने जनाए।, 'अहिलेलाई हेर्दा नदीमा आएको बाढी फिजिएर बग्नु पर्नेमा एकै ठाउँबाट बगेर पुल भत्किएको भन्ने देखिन्छ। तर थप कारण बुझ्न छानबिन समिति गठन हुन्छ,' खकुरेलले भने।, ११ करोड २६ लाख लागतमा निर्माण थालिएको पुलको लम्बाई २ सय ८५ मिटर र चौढाई साढे पाँच मिटर छ।, चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले ठेकेदार कम्पनीले असारभित्र पुल हस्तान्तरण गर्ने कुरा गरेको भन्दै पुलको उद्घाटन गर्न नपाइ भत्किएको जनाए।, 'बल्लबल्ल ११ वर्ष लगाएर यसपालि असारमा बुझाउने कुरा थियो। काम त सकिनै लागेको थियो। मोटरसाइकल र मानिसहरू आवतजावत गर्न थालेका थिए। अन्तिम स्ल्याबको ढलानमात्र खोल्न बाँकी थियो,' उनले भने।, मेयर राईले केही दिनदेखि आएको लगातार बाढीले पुलमा क्षति पुर्याएको बताए। उनले बाढी कोल्टिएर एउटै पिल्लरलाई हान्दा पहिलो पिल्लर बाङ्गिएको र त्यसका कारण दोस्रो स्ल्याब झरेको जनाए।,
तीन पटक म्याद थपेर ११ वर्षमा बनाएको पुल उद्घाटन नगर्दै भत्कायो बाढीले
|
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले आजबाट उपत्यकामा जोरविजोर प्रणाली हटेसँगै लगनखेलको प्रयागपोखरी इति टोलहुँदै कुमारीपाटी जाने सडक एकतर्फी बनाएको छ।, बढ्दो सवारी चापलाई ध्यानमा राखेर महानगरले बिहान ८ बजेदेखि साँझ ८ प्रयाग पोखरीबाट इतिटोल हुँदै कुमारीपाटी, जावलाखेल आउने बाटो एकतर्फी बनाएको छ।, ग्वार्कोबाट कृष्ण मन्दिर आउने एकतर्फी भएसँगै गाडीहरू प्रयाग पोखरीबाट इति टोलहुँदै कुमारीपाटी आउने गरेका थिए।, पछिल्लो समय बढेको सवारी चापलाई यो सडकले धान्न नसक्ने निष्कर्ष निकाल्दै महानगरले ट्राफिक प्रहरीसँगको समन्वयमा यो सडक एकतर्फी बनाएको हो।, अत्याधिक जाम हुने यो क्षेत्रमा बिहान ८ बजेदेखि राति ८ बजेसम्म सबै सवारीसाधन वान वे गरिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।, ‘महानगर भित्रको सवारी चाप र साँघुरो बाटोका कारण सवारी आवागमनमा उत्पन्न समस्या न्यूनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौं र ललितपुर महानगरपालिकाबीच भएको समन्वयका आधारमा प्रयाग पोखरीचोकबाट इतिटोलहुँदै कुमारीपाटीतर्फ जाने सबै सवारी साधनहरू असार २२ गते सोमबाट लागू हुने गरी बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म प्रवेश निषेध गरेका छौ,’ महानगर प्रमुख महर्जनले भने।, ललितपुरको प्रयागपोखरीबाट निलो धर्का भएको बाट भएर जानुपर्ने। रातो धर्को भएको बाटो जान नपाइने।, उनले पैदल यात्रीलाई अवरोध हुने गरी सडक पेटीमा पार्किङ गरिएका सवारी साधनलाई कारवाही स्वरुप जरीवाना प्रकृयासमेत चाडै सुरू गरिने जानकारी दिए।, यो क्षेत्रमा पिक आवरमा एक मिनेटमा ५६ वटा मोटरसाइकल र ७ वटा चार पाङ्ग्रे चल्ने, इतिटोलतर्फको बाटो पनि अति नै साँघुरो, पैदल हिँड्ने यात्रुका लागि पेटी नभएकाले सडकबाटै हिड्नुपर्ने, दुई वटा गाडी पनि पास नहुनेलगायतका समस्या भएकाले वान वान वे गर्नुपरेको महानगरले जनाएको छ।, प्रयागपोखरीबाट कुमारीपाटी आउने सवारीले अब लगनखेल बसपार्क भएर जानुपर्ने नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।, यसअघि ललितपुर महानगरपालिकाले पाटन मंगलबजार क्षेत्रको महापाल चोकबाट इखालखु (मछिन्द्र बहाल, लगनखेल) तर्फ जाने सबै किसिमका सवारी साधन वान वे बनाइसकेको छ।, महानगर भित्रको सवारी चाप र साँघुरो बाटोका कारण सवारी आवागमनमा उत्पन्न समस्या न्यूनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौं र ललितपुर महानगरपालिकाबीच भएको समन्वयका आधारमा महापालचोकबाट ईखालखुतर्फ जाने सबै सवारी साधनहरू गत फागुन १८ गतेबाट बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म प्रवेश निषेध गरेको थियो।, त्यसअघि महानगरले पाटन ढोका क्षेत्र वान वे गरेर ट्राफिक जाम हटाइसकेको छ।, ललितपुरका विभिन्न पुरातात्विक महत्वका मठ मन्दिर भएका स्थानलाई क्रमशः वान वे गरेर सवारी साधन व्यवस्थित पारिने महानगरले योजना रहेको हाछेथुले जानकारी दिए।, महानगरको यस्तो निर्णयले हजारौं मान्छेलाई समयमै गन्तब्यमा पुर्याउन सघाउने हाछेथुले दाबी गरे।, यसअघि नगर प्रहरी प्रमुख हाछेथु आफू ललितपुर ट्राफिक प्रहरी प्रमुख भएको बेला ग्वार्कोदेखि मंगलबजार क्षेत्र वान बनाएका थिए। ग्वार्कोबाट मंगलबजार हुँदै पुल्चोक जाने बाटोमा ‘वान वे’ लागू भएसँगै यस क्षेत्रमा सवारी व्यवस्थापन भई पैदल यात्रुलाई सहज भएको छ।, यसैबीच महानगर प्रमुख चिरिबाबु महर्जनले महानगरभित्र सयौंको संख्यामा सडकहरु रहेको भन्दै कुन–कुन सडकलाई वान वे बनाउने भनेर अध्ययन गर्न ट्राफिक प्रहरीसमेतको संलग्नतामा एउटा कमिटि बनाइएको जानकारी दिए।, उनले बढ्दो सवारी चापका कारण भित्रि र बिजी सडकलाई क्रमशः वान वे घोषणा गर्दै लैजाने बताए।, महानगरपालिकाले यसअघि नै महनगरका भित्री सडकमा स्पिड ब्रेकर हटाइसकेको छ। सवारीको गति नियन्त्रण गर्न बनाइएको भए पनि स्पिड ब्रेकरका कारण दुर्घटना बढेको भन्ने जनगुनासो आएपछि महानगरले स्पिड ब्रेकर हटाएको हो।, महानगरले पुराना स्पिड ब्रेकर हटाइसकेको र नयाँ बन्ने र मर्मत हुने सडकमा स्पिड ब्रेकर नराखिने बताएको छ।, त्यस बाहेक सडकमा बत्ति राख्ने, ट्राफिक संकेतहरु राख्ने लगायतका काम पनि गर्न लागिएको उनले बताए।, मेयर महर्जनले आफूहरू जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधि भएकाले जनताको दुःखलाई सम्बोधन गर्दै जाने बताए। ‘आफूले निर्वाचनकै बेला महनगरलाई नमूना बनाउने प्रतिवद्धता व्यक्त गरेको थिएँ। त्यसैले महानगरका सडक व्यवस्थित नहुँदा जनताले दुःख पाएको गुनासो गरेपछि क्रमशः हामी सडक व्यवस्थित गर्न लागि परेका हौं।’, उनले महानगरपालिकालाई स्वच्छ शहर बनाउन उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिए। ‘सुन्दर र सभ्य समाज निर्माण गर्न सचेतना अभियानले सहयोग गर्नेछ । महानगरपालिकाका सम्पदा तथा सार्वजनिक क्षेत्रमा फोहर गर्नु भनेको असभ्यताको पराकाष्ठा हो । यस्ता स्थानमा फोहर नगर्न पटक–पटक आग्रह गरिएको छ।’, नगरप्रहरी प्रमुख सीताराम हाछेथुले महानगरपालिकाभित्र फुटपाथ अतिक्रमण र अव्यवस्थिततार सुधारका काम आफूहरुले गरिरहेको जानकारी दिए।,
ललितपुरको प्रयागपोखरी-कुमारीपाटी सडक आजबाट ‘वान वे’
|
एजेन्सी युक्रेनको रक्षा मन्त्रालयले एउटा विवादास्पद निर्णय गरेको छ।, जसकारण अहिले मन्त्रालयको आलोचना भइरहेको छ। अगष्टको २४ तारिखमा युक्रेनले ३०औं स्वतन्त्रता दिवस मनाउँदैछ। त्यसका लागि युक्रेनी सेनाले परेडको तयारी गरिरहेको छ। अहिले त्यसको अभ्यास जारी नै छ।, त्यसैबीच रक्षा मन्त्रालयले महिला सैनिकहरूलाई हाई हिल्स लगाएर परेडमा उतार्ने निर्णय गरेको हो। मन्त्रालयले अभ्यासका केही तस्वीरहरू सार्वजनिक गरेको छ।, जसमा महिला सैनिकहरूले कालो हाई हिल्स लगाएर परेड गरिरहेको देखिन्छ।, तस्वीरहरू सार्वजनिक भएपछि युक्रेनमा तरंग आएको छ। सासंदहरूले मन्त्रालयको निर्णयमा आपत्ति जनाएका छन्। विपक्षी दलका सांसदहरूले यसलाई लैंगिक विभेद भएको बताएका छन्।, 'सुरूमा पूर्वअभ्यासमा महिला सैनिकले सेनाको कपडामा हाई हिल्स लगाएको तस्वीर अफवाह मात्रै भएको सोचेको थिएँ,' सांसद इरिना गेराशचेले भनिन्।, पूर्वमहिला सैनिकहरूले पनि यस निर्णयमा आपत्ति जनाएका छन्।, पूर्वसैनिक मारिया बर्लिंस्काले भनिन्,'परेडमा सेनाको वीरताको प्रदर्शन हुनपर्छ, तर यो दर्शकको सिटमा बस्ने वरिष्ठ सैन्य अधिकारीहरूलाई खुसी बनाउनमात्रै गरिएको हो।',
युक्रेनमा महिला सैनिकले हिल्स लगाएर परेड खेलेको तस्बिरले तरंग
|
सेतोपाटी संवाददाता कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने सम्झौता गरेको विराटनगरस्थित विराट मेडिकल कलेजले संक्रमितबाटै पैसा असुलेपछि जिल्ला प्रशासन कार्यालय मोरङले अस्पतालले पाउने सोधभर्ना निकासा नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ।, सम्झौता अनुसार संक्रमितको नि:शुल्क उपचार गर्नुपर्नेमा अस्पतालले सो विपरित कार्य गरेको भन्दै सोधभर्ना नदिन प्रशासन कार्यालयले आग्रह गरेको हो। यसअघि संक्रमितको आफन्तले नियमविपरित शुल्क लिएको भन्दै अस्पतालविरूद्ध उजुरी दिएका थिए।, उजुरीपछि जिल्ला प्रशासन कार्यालयले विराट मेडिकल कलेजलाई स्पष्टीकरण सोधेको थियो। तर प्राप्त जवाफ चित्तबुझ्दो नभएपछि कार्यालयले दोस्रोपटक अस्पतालसँग स्पष्टीकरण सोधेको थियो। दोस्रोपटक भने अस्पतालले कुनै जवाफ दिएन। त्यसपछि भने कार्यालयले अस्पतालले पाउने सोधभर्ना नदिन स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ।, अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भनेर मन्त्रालयसँग सम्झौता गरेको हो। सुरूमा कुल ८३ वटा अस्पताल, मेडिकल कलेजसँग सम्झौता गरेको सूचीमा विराट मेडिकल कलेज पहिलो नम्बरमै छ। तर अस्पतालले भने विरामीबाटै शुल्क असुल्दै आएको छ।, यसअघि कोरोनाका कारण मृत्यु भएका सुनसरी इनरुवा-२ का रामजी महतोको परिवारसँग अस्पतालले चार लाख रुपैयाँ असुलेको थियो। पछि मृतक महतोका छोरा नितेशले अस्पतालविरूद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए। पछि अस्पतालाई असुलेको बढी रकम फिर्ता गर्न निर्देशन पनि दिइयो तर अस्पतालले महतो परिवारलाई एक रुपैयाँ पनि फिर्ता गरेको छैन।,
नियमविपरित संक्रमितबाट पैसा असुल्ने विराट मेडिकल कलेजलाई शोधभर्ना नदिन स्वास्थ्य मन्त्रालयलाई सिडिओको पत्र
|
राजेश घिमिरे अविरल वर्षापछि झरेको पहिरोले मुग्लिन-नारायणगढ सडक छिनछिनमा अवरूद्ध भइरहेको छ।, पहिरो पन्छाउने काम सडक डिभिजन कार्यालय भरतपुरले जारी राखे पनि पहिरो खस्ने क्रम रोकिएको छैन। पहिरोले सडक अवरूद्ध हुँदा हजारौं यात्रुले सास्ती खेप्नुपरेको छ।, गत बुधबारदेखि यो सडकखण्डमा साना-ठूला पहिरो खसिरहेको छ। पहिरो खस्ने क्रम आइतबार दिउँसोसम्म पनि जारी छ।, भरतपुर महानगरपालिका वडा नम्बर २९ सेतीदोभानमा पहिरो झरिरहे पनि चालकहरूले जोखिम मोलेरै मोटरसाइकल पार गरेका छन्।, यहाँ गए राति १० बजे ठूलो पहिरो झरेको थियो। आज बिहानैदेखि दुइटा जेसिबी लगाएर पहिरो हटाउने काम गरिएको छ तर माथिबाट पहिरो खसिरहेकोले सडक सुचारू हुन सकेको छैन।, (हेर्नुस् भिडिओ),
पहिरो खस्दै, चालक बाइक कुदाउँदै (भिडिओ)
|
सेतोपाटी संवाददाता बर्दियामा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।, मधुबन नगरपालिका वडा नम्बर ९ मा ३६ वर्षीय कमल शर्मालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।, उनलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।, मधुबन-९ चोक नम्बर १२ सिर्जनशील टोलको हुलाकी सडक खण्डमा बस्ने शर्माबाट १० ग्राम ४२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।, ब्राउन सुगरको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा खटिएको टोलीले शर्मालाई पक्राउ गरेको हो।, शर्मामाथि लागु औषध मुद्दामा आवश्यक अनुसन्धान अघि बढाएको छ।, बर्दियामा अहिलेसम्म यो आर्थिक वर्षमा २६ वटा लागुऔषधको मुद्दा दर्ता भएको छ।, यसैक्रममा ४ किलो १५३ ग्राम गाँजा, ५ किलो ६९६ ग्राम चरेस, २६ किलो५०० ग्राम अफिम, ५६ ग्राम ९१०मि.ग्रा ब्राउन सुगर, ७४८ गोटा ट्याब्लेट सहित ३८ जनालाई पक्राउ गरेको छ।, उनीहरूलाई कारबाही समेत गरीसकेको प्रहरीले जनाएको छ।,
ब्राउन सुगरसहित बर्दियाबाट एक पक्राउ
|
सेतोपाटी संवाददाता आफ्नै छोरीमाथि पटक-पटक बलात्कारको प्रयास गर्ने बुवा पक्राउ परेका छन्।, घरमा एक्लै सुतिरहेकी छोरीलाई बलात्कार गर्न खोजेको भन्ने खबरपछि बर्दिया प्रहरीले बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।, ती आरोपित बुवाले गत शुक्रबार बलात्कारको प्रयास गरेका थिए।, पीडित बालिकाले सो जानकारी प्रहरी कार्यालयमा गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।, बुवामाथि प्रहरीले जबरजस्ती करणी उद्योगमा थप अनुसन्धान अघि बढाएको छ।, प्रहरी उपरीक्षक कार्कीका अनुसार बुवाले छोरीमाथि पहिले पनि यौन दुर्व्यवहार तथा करणीको प्रयास गरेका थिए। तर आफ्नै बुवा भएको र इज्जत जाने डरका कारण कसैलाई भनेकी थिइनन्।, प्रहरीले जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान अघि बढाएको छ।,
छोरीमाथि पटक-पटक बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौंको रत्नपार्कस्थित आकाशेपुलको भित्तामा बनाइएको चित्र पुनः कोर्न कलाकारहरूले आह्वान गरेका छन्। कोरोना महामारीमा अग्रपंक्तिमा खटिनेहरूको सम्झनामा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले गत साता मेटाएको थियो।, कलाकारहरूले आइतबार महानगरपालिकालाई पत्र बुझाउँदै पुनः चित्र कोरी पाऊँ भन्दै आग्रह गरेका हुन्।, कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका चिकित्सक, प्रहरी, स्वयंसेवी, शव व्यवस्थापक, सफाइकर्मी लगायतको सम्मानमा करिब एक साता लगाएर उक्त चित्र बनाइएको थियो। दुजाङ शेर्पाको नेतृत्वमा उक्त चित्र कलाकारहरू सांगे थिन्ले लामा, किपा शेर्पा, सुमिना श्रेष्ठ लगायतले कोरेका थिए।, काठमाडौं महानगरपालिका वडा नं २८ ले लिखित अनुमति दिएपछि नै उक्त चित्र कोरिएको थियो। तर एकाएक महानगरपालिकाले चित्र मेटाउँदा अग्रपंक्तिमा खटिने र कलाकर्मीको चित्त दुखेको उनीहरूले बताए।, सभाहल अगाडि उभिएर उनीहरूले ‘कलाको सहरमा कलाकै हत्या’, ‘सोल्टीमा बसेजस्तो सजिलो हुन्न’, ‘पुनः स्थापना गर’ लगायत ब्यानर बोकेर विरोध पनि गरेका छन्।, ‘काठमाडौं त कलाको सहर हो तर यहाँ कलाकै अपमान भयो,’ कलाको नेतृत्व गरेका दुजाङ शेर्पाले भने, ‘यो चित्र न राजनैतिक थियो न अश्लील। तर पनि उहाँहरूले हटाउनुभयो। हामीले साता दिन आफ्नो मेहनत खर्चेर चित्र बनाउँदा कसैले रोकतोक गर्न आएनन्। अहिले २०–२२ दिनपछि छापामार शैलीमा हाम्रो चित्र मेटाउँदा निकै दुःखी छौं।’ , उनीहरूले विरोधक्रममा महानगरलाई बुझाएको ज्ञापन पत्र प्रशासन प्रमुख रामजी ज्ञवालीले बुझेका थिए। उनले महानगरपालिकाले यो विषयमा ध्यानाकर्षण गर्ने बताउँदै भने, ‘उहाँहरूले चित्र बनाएको दुई–तीन साता भइसकेको थियो। उहाँहरूको सन्देश पनि पूरा भयो होला। यो घटनाले यति ठूलो रूप लिन्छ भन्ने हामीले सोचेका पनि थिएनौं। उहाँहरूले केन्द्रको अनुमति लिनुभएको भए सायद यो परिस्थिति आउने थिएन। हामी के गर्न सक्छौं, हेर्नेछौं।’ , गत बुधबार यो चित्र हटाएपछि धेरैले महानगरपालिकाको विरोध गर्दै आएका छन्।,
महानगरले मेटाएको चित्र पुनः बनाउन आह्वान
|
प्रशन्न पोखरेल पृथ्वी राजमार्गमा दुई सयभन्दा बढी साना-ठूला पहिरा गएका छन्।, गत बुधबारदेखि परेको पानीले पहिरो झर्दा ठाउँ-ठाउँमा सडक अवरूद्ध भइरहेको छ भने हजारौं यात्रुले सास्ती पाएका छन्।, पृथ्वी राजमार्गकै बेनीघाट-रोलाङ गाउँपालिका वडा नम्बर १० मा पहिरोले ना ८ ख ४५४० नम्बरको ट्रक पुर्दा शनिबार सहचालक चितवन भण्डाराका वीरबल प्रजाको मृत्यु भयो। अर्का एक घाइते छन्।, पहिरोले ५ सवारी साधनमा क्षति पुगेको थियो। पहिरो र विभिन्न ठाउँमा सडक भासिँदा पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडकमा यात्रुले केही दिनयता दु:ख पाएका छन्।, पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङमा सडक भासिएको छ। करिब ३० मिटर लम्बाइ सडक भासिँदा सवारी साधन आवागमनमा समस्या भएको छ।, सडक डिभिजन भरतपुरका अनुसार केही वर्षदेखि फिस्लिङ खण्डको सडक भासिएको थियो। इञ्जिनियर शिव खनालले सडक भासिएकोले त्यहाँ ग्राभेल राख्ने काम आइतबार सुरू गरिएको जानकारी दिए।, ‘अहिले माटो, ग्राभेल र ढुंगा राखेर भासिएको सडक मर्मत थालेका छौं,’ उनले भने, ‘फेरि सडक भासियो भने दीर्घकालीन रूपमा नै मर्मत गर्नुपर्ने हुन्छ।’, सडक भासिँदै गएमा पछि मुग्लिन-मलेखु आयोजनाले मर्मत गर्ने उनले बताए।, ‘सडकको दबेको भागमा ग्राभेल थप गर्दै तत्काल सडक सुचारू गर्न लागेका हौं,’ उनले भने।, सडक भासिनुको कारण भने त्रिशूलीको भेलले कटान गर्नु रहेको उनी बताउँछन्। ‘त्रिशूली नदीले बेश कटान गरिराखेको छ, त्यसैले सडक भासिएको हो,’ उनले भने, ‘कटानले नै सडकको भाग विस्तारै विस्तारै तल झरिरहेको छ।’, सानो प्रयासबाट सडक भासिने काम रोक्न नसकिने उनले बताए। तत्काल सडकमा सवारी साधन चलाउन माथिबाट माटो थप गर्न लागेको उनको भनाइ छ।, यस्तो समस्या यसअघि कुरिनटार र मुग्लिन-नारायणगढ सडकमा पनि देखा परेको थियो। ‘यस्तो समस्या समाधान गर्न त्रिशूलीको किनारमै गएर उपचार गर्नुपर्ने हुन्छ,’ उनले भने। सडक भासिएकोले फिस्लिङ क्षेत्रमा मालबहाक सवारी साधन नचलाउन आग्रह गरिएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनले पनि फिस्लिङ क्षेत्रमा ठूला मालबहाक सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। तर यहाँ वैकल्पिक मार्ग नभएकोले जोखिम मोलेरै भासिएको सडकबाट सवारी साधन चलिरहेका छन्।, सबै तस्बिर: दानबहादुर गुरूङ,
त्रिशूली कटानको असर: पृथ्वी राजमार्गको फिस्लिङ खण्ड ३० मिटर भासियो (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार उपत्यकामा थप ४ सय ६१ जना संक्रमित थपिएका हुन्।, जसमध्ये काठमाडौंमा ३ सय ४२, ललितपुरमा ८८ जना र भक्तपुरमा ३१ जना संक्रमित थपिएका हुन्।, नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।, आठ हजार १३२ जनाको कोरोना भाइरसको परीक्षण गराउँदा जम्मा सो संख्यामा संक्रमित थपिएका हुन्।, प्रवक्ता पौडेलका अनुसार पिसिआर विधिबाट जम्मा चार हजार ८७६ जनाको पिसिआर र तीन हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन्। नेपालमा दुई हजार ५५२ जना कोरोनाबाट निको भएका छन्।,
काठमाडौं उपत्यकामा थपिए ४ सय ६१ कोरोना संक्रमित
|
सेतोपाटी संवाददाता नेपालमा थप १ हजार ६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले दिएको जानकारीका अनुसार थप एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो।, आठ हजार १ सय ३२ जनाको कोरोना भाइरसको परीक्षण गराउँदा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, प्रवक्ता पौडेलका अनुसार पिसिआर विधिबाट ४८७६ जनाको परीक्षण गरिएको थियो। एन्टिनेजबाट ३२५६ जनाको परीक्षण गरिएको थियो।, त्यस्तै, काठमाडौं उपत्यकामा थप चार सय ६१ जना संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा ३ सय ४२, ललितपुरमा ८८ जना र भक्तपुरमा ३१ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन्। नेपालमा २ हजार ५५२ जना कोरोनाबाट निको भएका छन् ,
कोरोना अपडेटः थप १६०३ जनामा कोरोना संक्रमण, २५५२ संक्रमणमुक्त
|
राजेश घिमिरे गम्भीर खान असार १६ गते बुधबार बिहान बुटवलबाट एक ट्रक आँप बोकेर काठमाडौंका लागि निस्किए। दस टन काँचो आँपले भरिएको उनको ट्रक दाउन्नेमा रोकियो। अविरल वर्षाका कारण सडक बिग्रिएपछि उनी ‘ट्राफिक जाम’मा परे। उनको त्यो रात दाउन्नेको सडकमै बित्यो।, भोलिपल्ट नवलपरासीको दाउन्नेमा रोकिएका गाडी चल्न थाले। गम्भीर खानले पनि आँप बोकेको ट्रक चलाए। नवलपुरको थुम्सी नजिकैको खोलाको डाइभर्सन भत्किएपछि बाटो बन्द भयो। बिहीबारको उनको बास थुम्सीपारि नै भयो।, शुक्रबार डाइभर्सन तयार भयो, लाम लागेका गाडी अघि बढ्न थाले। , पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध भएकाले प्रहरीले उक्त सडक भएर जान लागेका गाडीलाई गैंडाकोटमा रोकिदियो। गम्भीर खानको त्यो दिनको यात्रामा करिब दस किलोमिटर पछि नै पूर्णविराम लाग्यो।, शनिबार ११ बजेतिर नारायणगढ-मुग्लिन सडक खण्डको पहिरो पन्छाएर सञ्चालनमा आउन थालेको खबरले उनी उत्साहित थिए। करिब एक घन्टामा नारायणगढ, रामनगर, दासढुंगा हुँदै चौधकिलो पुग्दा उनको उत्साह हराउन थाल्यो। त्यतिखेर चारकिलो भन्ने ठाउँमा पुनः पहिरो खसेर ट्राफिक जाम सुरू भइसकेको थियो। साँझसम्ममा त्यो पहिरो त हट्यो तर अन्य ठाउँमा पहिरो खस्न सुरू भयो।, शनिबार मध्यान्न १२ बजे चौधकिलो भन्ने ठाउँमा रोकिएको उनको ट्रक २६ घन्टासम्म एक इन्च पनि अघि बढ्न पाएन। सेती र त्रिशूली नदी मिसिएको सेतीदोभान भन्ने ठाउँमा झरेको पहिरो पन्छाएपछि दिउँसो ३ बजेतिर गाडी चल्न थालेका छन्।, ‘बिक्रीका लागि काठमाडौं लैजान लागेका आँप बाटैमा पाकेर कुहिन थाले तर पुग्ने कहिले हो कहिले निश्चित भएन,’ उनले भने, ‘यो बाटोले सधैंभरि दुःख दिने भयो।’ , सेतीदोभानको पहिरो झर्न अझै रोकिएको छैन। बडेमानका ढुंगा सडकमा झर्न ठिक्क परेका देखिन्छन्। साना, ठूला ढुंगा झरिराख्दा पनि यात्रुहरू जोखिम मोल्दै गन्तव्यतर्फ लागिराखेका छन्। बेला-बेलामा डोजरले बाटो सफा गर्ने गरेको छ। , पहिरो झर्न छाड्ला र गन्तव्यतर्फ लाग्न पाइएला भनेर सयौं यात्रु पहिरो हेर्दै आइतबार दिनभरजसो कुरेका थिए। बाराको निजगढबाट मकैको पिठोले भरिएको ना ६ ख ७६४७ नम्बरको ट्रक चलाएर आएका गोविन्दलाल श्रेष्ठले मुग्लिन-नारायणगढ सडक बिस्तार हुन थालेपछि हरेक सालको वर्षायाममा यस्तै दुःख भोग्नु परेको बताए।, ‘काभ्रेको बनेपाका लागि शुक्रबार निजगढबाट निस्किएको अझैं यहीँ छु। कहिले पुगिएला खोई,’ गोविन्दले भने, ‘पछिसम्मलाई हेरेर, जनतालाई दुःख नदिने सडक बने पो सजिलो हुन्थ्यो।’, नारायणगढ-मुग्लिन सडकको पहिरोका कारण शुक्रबार चितवन र मकवानपुरको सीमा क्षेत्रमै रोकिएको गोविन्दको गाडी शनिबार दिउँसोदेखि दासढुंगामा छ। उनी भने करिब ३ किलोमिटरको बाटो पैदल हिँड्दै पहिरो हेर्न पुगेका थिए। , ठाउँ-ठाउँमा पहिरो झरेर सडक अवरूद्ध भएपछि हजारौं यात्रु प्रभावित भएका छन्। बिरामी बोकेर अस्पताल जान लागेका दर्जनौं एम्बुलेन्स घन्टौंसम्म सडकमा रोकिएका छन्।, विवाहका गाडी, तरकारी, दूध, फलफूल, पोल्ट्रीजन्य वस्तु, पशु चौपाय बोकेका गाडीदेखि यात्रुवाहक बस, निर्माण सामग्री बोकेका गाडीका लामा लाइन ठाउँ-ठाउँमा देखिन्छन्। कतिपयले त बाटैमा खाना पकाएर खाएका थिए। , बुधबारदेखि परेको अविरल वर्षापछि नारायणगढ-मुग्लिन सडक खण्डमा दर्जन बढी पहिरो झरेका छन्। एकै ठाउँमा पनि पटक-पटक पहिरो झर्ने गरेको छ। चौधकिलोमा झरेको ढुंगो फुटाउने काम आइतबार बिहानबाट सुरू भए पनि सक्न केही दिन लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। कार्यालयका इन्जिनियर शिव खनालले उक्त ढुंगोले यातायात सञ्चालनमा अवरोध भने नगरेको बताए।, ‘झट्ट हेर्दा कमजोर जस्तो देखिए पनि ढुंगा बहुतै बलियो रहेछ, फुटाउन असाध्यै गाह्रो भइरहेको छ,’ रक ब्रेकरका चालक प्रकाश घर्तीले भने, ‘सुरूमा त धेरै समय नलाग्लाजस्तो लागेको थियो तर २-३ दिन लाग्लाजस्तो छ।’, पृथ्वी राजमार्गअन्तर्गत चितवनकै फिस्लिङमा त्रिशूली नदीले कटान गरेर राजमार्ग नै भासिएको छ। इन्जिनियर खनालले तत्कालका लागि पहिरो पन्छाएर यातायात सञ्चालनमा आएपनि पानी परिहाले पुनः पहिरो खस्न सक्ने सम्भावना रहेको बताए। , , , , ,
बुटवलबाट चार दिनमा आइपुगे चितवन, काठमाडौं पुग्ने त कहिले हो कहिले!
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ।, आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्पको सानो धक्का महशुस गरिएको हो।, भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। केन्द्रका अनुसार ३.२ म्याग्नेच्युडको भूकम्प गएको हो। ,
कुलेश्वर केन्द्रबिन्दु बनाएर गयो ३.२ म्याग्नेच्युडको भूकम्प
|
सेतोपाटी संवाददाता महिनौंसम्म चेक अनादरको जाहेरी लिएर जाँदा पनि जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता गर्न अस्वीकार गरेको छ।, पर्सा प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २३ का ३७ वर्षीय महमद आरिफ देवानले विघटित प्रतिनिधिसभाका समानुपातिक सांसद चाँद तारा कुमारीविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। , सांसद चाँद कुमारी ताराले आफ्नो छोरालाई क्यानडा पढाउन पठाउनको लागि रकमको आवश्यकता परेको भन्दै देवानको १२ लाख रूपैयाँ लिएको आरोप छ। एक महिनाभित्र रकम फर्काउने भने पनि पछि आफ्नो खातामा पैंसा नभएको थाहा पाएर पनि चेक काटेर दिएकी थिइन्।, त्यसरी बैंकिङ कसुर गरेको भन्दै देवान गत माघ मै जाहेरी लिएर कार्यालयमा पुगेका थिए। तर प्रहरीले सांसदविरूद्ध जाहेरी लिन नमानेको र आलटाल मात्रै गरेको देवानले ,सेतोपाटी,लाई बताए।, ‘५ महिना अघि नै प्रहरी कार्यालयमा गएको थिएँ। तर उहाँहरूले विभिन्न बहाना दिएर दर्ता गर्न मान्नु भएन। २० दिन पछि आउनुस्, १० दिन पछि आउनुस् भनेर भन्नुभयो,’ देवानले भने, ‘शुक्रबार पनि गएर मैले एसपी साबसँग भेटेँ। उहाँले तोक लगाइदिनुभयो। तर पछि मुद्दा फाँटमा लिएर जाँदा म्याद गुज्रियो भनेर जाहेरी फाड्नुभयो।', बैंकिङ कसुरको मुद्दामा कसुर भएको थाहा पाएको मितिले एक वर्षभित्रमा जाहेरी दिन सक्नेछ। तर प्रहरीले सुरूमा आलटाल गरी मुद्दा दायर नगरेको र पछि हदम्याद नै गुज्राएको देवानले बताए। , पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाले भने निषेधाज्ञाको कारण दर्ता गराउन नसकेको जिकिर गरे। , 'पाँच-छ महिना अगाडि नै आउनुभएको थियो। दुबैतर्फको जाहेरी आएको छ। उताबाट पनि चेक चोरी भएको भन्ने थियो। पिए र सांसद हुन्,' उनले भने, 'हामीले के रहेछ भने बोलाएका थियौं। तर उपस्थित नभएपछि बैंकिङ कसुरमा सिधै अदालत जान मिल्ने भएकोले त्यहाँ जान सुझाव दियौं। एउटै विषयमा दुई वटा दाबी आएपछि भेरिफाइ गर्नुपर्ने हुन्छ। तै पनि बैंकिङ कसूरको मुद्दा अदालतमै दर्ता गर्ने भन्ने हिसाबमा आयो बीचमा लकडाउनहरू भएको हुनाले अदालत पनि बन्द थियो। त्यही कारणले भएन।', सोही मुद्दा आइतबार पर्सा जिल्ला अदालतमा दर्ता भएको छ।, देवान र सांसद ताराबीच पहिले देखिनै चिनजान थियो। देवान १२ महिनाको लागि सांसदकी पिएसमेत भएका थिए।,
पूर्वसांसद विरूद्ध चेक अनदारको जाहेरी प्रहरीले नलिएपछि अदालतमा मुद्दा
|
रासस राष्ट्रिय सूचना आयोगले सूचना नदिने बुद्धनगर आधारभूत विद्यालय बानेश्वरका प्रधानाध्यापकलाई रु पाँच हजार जरिवानाको फैसला गरेको छ।, पाल्पाको बगनासकाली–१ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने जीवन खनालले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो।, खनालले बुद्धनगर आधारभूत विद्यालयको २०६६ देखि २०७७ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, २०६९ को शैक्षिक शत्रदेखि पाठ्यपुस्तक तथा छात्रवृत्ति विवरणको भपाई र विदेशी तथा स्वदेशी सङ्घसंस्थाले २०६९ देखि हालसम्म के कस्ता सामग्री कुन–कुन मितिमा सहयोग गरेका छन् भन्ने विषयमा सूचना माग गर्दै २०७७ भदौ १ गते निवेदन दर्ता गरेका थिए।, विद्यालयको सूचना अधिकारी र कार्यालय प्रमुखबाट पनि सूचना नपाएपछि खनालले राष्ट्रिय सूचना आयोगमा २०७७ पुस २६ गते पुनरावेदन दर्ता गरेका थिए।, पुनरावेदन दर्ता पछि सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक भएको आदेशको पालना नगरी सूचना उपलब्ध नगराएकाले संविधान प्रदत्त नागरिक अधिकार र कानूनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगको गत बिहीबार बसेको इजलासले रु पाँच हजार जरिवाना हुने ठहर गरेको हो।, सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम अक्षरेपी पाँच हजार जरिवाना हुने फैसला गरेको आयुक्त रत्नप्रसाद मैनालीले बताए।, आयोगबाट भएका आदेश बुझाउन जाँदा प्रधानाध्यापकले पत्र बुझ्न आनाकानी गरी विभिन्न बहाना र भाका राखी पत्र बुझ्न नमानेको, पुनरावेदकले मागेको सूचनासमेत उपलब्ध नगराएको, आयोगबाट भएका आदेश र पत्राचारको समेत पटक–पटक उल्लङ्घन गरेको साथै, गैरजिम्मेवार चरित्र प्रदर्शन गरेकाले संविधान प्रद्धत्त नागरिकको मौलिक हकको प्रचलनका लागि विद्यालयका पदाधिकारीलाई दण्डित गर्नुपर्ने देखिएको आयोगको निर्णयमा उल्लेख छ।,
सूचना नदिने काठमाडौंका प्रधानाध्यापकलाई पाँच हजार जरिवाना
|
रमेश लम्साल राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ। कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो। , आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। , उनकाअनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ। प्रणालीको मागअनुसार विजुली उत्पादन हुने प्रवक्ता न्यौपानेले बताए।, आयोजनाले आइतबार विद्युत गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ। आयोजनाले शनिबार ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो। , जिआइएससमेत चार्ज भएको छ। सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ। आइतबारसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो भने अब सोमबारदेखि ती उपकरणलाई लोडमा चलाइने छ। , आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ। प्रवक्ता न्यौपानेका अनुसार ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ। उद्घाटनको आवश्यक तयारी पूरा भएको जानकारी दिँदै न्यौपानेले नेपाली जनताले विगत १० वर्षदेखि देखेको सपना पूरा भएको प्रतिक्रिया दिए। स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना सम्पन्न भएको हो। , यस्तै असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ। प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो।, आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गरिएको थियो। त्यसमा विशेषगरी प्रसारण लाइन व्यवस्थापनको काम गरिएको डा न्यौपानेले बताए।, माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ।, नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभागले असार १२ गते एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी दिएको थियो। , सो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबारदेखि कोहरपुरसम्मका सवस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् कटौती भएको थियो।, त्यस समयमा प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथाशक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरेको थियो। यसअघि आयोजनाको सुरुङमा पानी हालेर हाल पनि परीक्षणलगायतका काम नियमित गरिएको थियो। , आयोजनामा कूल छ युनिट रहेका छन्। स्वदेशी लगानीको ठूलो आयोजना निर्माण सम्पन्न हुन लामो समय लाग्दा अनेकन आशङ्का पैदा भएका थिए। सरकारले सबै खालका साधन र स्रोत उपलब्ध गराएको भए पनि प्राकृतिक विपत्ति, कोरोनालगायत कारण पछाडि धकेलिँदै आएको थियो। , आयोजना अन्तिम चरणमा पुगेपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वाससमेत पैदा गरेको छ। शुरुआती लागत रु ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै रु ८० अर्बको हाराहारी पुगेको छ। , पछिल्लोपटक प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आयोजनास्थल पुगेर आवश्यक निर्देशन र बिजुली उत्पादनको तयारीका बारेमा जानकारी लिएका थिए। पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर समस्या समाधानमा सहजीकरण गरेका थिए। , सबैको साथ र सहयोगका कारण माथिल्लो तामाकोशी निर्माणको अन्तिम चरणमा पुगेको भन्दै आयोजनाले प्रसन्नता व्यक्त गरेको छ। तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सो आयोजनाको शिलान्यास गरेका थिए।, (रासस),
आजबाट तामाकोशीमा ७६ मेगावाट बिजुली उत्पादन, प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गर्ने
|
सेतोपाटी संवाददाता बैतडीमा दुर्घटनापछि फरार भएका जीप चालक र साहु पक्राउ परेका छन्। , सिगास गाउँपालिका–३ मा आइतबार बिहान जीप दुर्घटना हुने बित्तिकै फरार रहेका साहु सोही ठाउँका ४४ वर्षीय हरिभान साउँद र चालक १९ वर्षीय खगेन्द्र साउद पक्राउ परेका हुन्।, उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक दर्शन खड्काले बताए।, दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने अरू ११ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनालाई थप उपचारका लागि धनगढी ल्याइएको छ।, दुई जनाको डडल्धुरा अस्पतालमा उपचार भइरहेको छ। बाँकी ७ जनाको अवस्था सामान्य छ ।,
दुर्घटनापछि फरार जीप चालक र साहु पक्राउ
|
एजेन्सी अमेरिकाको फ्लोरिडा राज्यस्थित सर्फसाइड सहरमा १० दिनअघि अचानक भत्किएको एउटा १२ तले भवनको बाँकी भाग अधिकारीहरूले बिस्फोट गरेर भत्काएका छन्।, न्युयोर्क टाइम्सका अनुसार कमजोर भएको उक्त भवनले हावाहुरी थेग्न नसक्ने ठानेर अधिकारीहरूले भत्काएका हुन्।, आइतबार राति भवनको बाँकी भाग भत्काइएको हो। जुन २४ को राति उक्त भवनको आधा भाग अचानक भत्किएको थियो। भवन भत्किँदा मृत्यु भएका २४ जनाको शव फेला परेको छ भने १२१ जना अझै बेपत्ता छन्।, भवनबाट बाहिर निस्केका मानिसहरूले भूकम्प आएजस्तो लागेर आफूहरू भागेको बताएका थिए। कतिले त भवनमा मिसाइल हानेजस्तो लागेको भनेका थिए।, सन् १९८१ मा बनेको उक्त भवन अचानक किन भत्कियो भन्ने कारण खुलिसकेको छैन। स्थानीयहरूले भवनको पुन:प्रमाणिकरणका लागि केही समयदेखि अनुसन्धान भइरहेको र छेउमै अर्को भवन बनिरहेको बताएका छन्।,
बिस्फोट गरेर भत्काइयो फ्लोरिडाको १२ तले भवनको बाँकी भाग
|
सेतोपाटी संवाददाता निमित्त उपकुलपतिले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर शिक्षक तथा कर्मचारीको स्थायी नियुक्ति प्रक्रिया रोकेको भन्दै नेपाल खुला विश्वविद्यालयका शिक्षक–कर्मचारी आन्दोलित भएका छन्।, चार वर्षदेखि सञ्चालनमा रहेको खुला विश्वविद्यालयका शिक्षक कर्मचारीलाई स्थायी गर्ने विज्ञापनमा रोक लगाउने कुलपति र उपकुलपतिको निर्णयको विरोधमा आन्दोलनकारीले आइतबारदेखि शैक्षिक प्रशासनिक काम ठप्प पारेका छन्।, आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनकारी शिक्षक तथा कर्मचारीहरुले भनेका छन् ‘तत्काललाई विश्वविद्यालयका सम्पूर्ण शैक्षिक, प्रशासनिक तथा प्राविधिक कार्यहरू यो हप्ताभर (असार २५ सम्म) लाई स्थगित गर्न शिक्षक तथा कर्मचारीहरू बाध्य बनेका छौँ।’ , विश्वविद्यालयमा कोभिड महामारीको समयमा निरन्तर रूपमा कक्षा सञ्चालन, नियमित परीक्षा र प्रवेश परीक्षा सञ्चालन, शोधप्रबन्ध प्रतिरक्षा, कार्यक्रम अभिमूखीकरण एवम् अन्य प्रशासनिक र प्राज्ञिक गतिविधि जारी थियो। , आन्दोलनकारीले विश्वविद्यालयको जीवन र गरिमा बचाउने उद्देश्यका साथ गरिएको आन्दोलनमा ऐक्यबद्धता जनाउन र समस्या समाधानका लागि आवश्यक सहयोग गरिदिन पनि आग्रह गरेका छन्। , आन्दोलनकारी शिक्षक कर्मचारीले विश्वविद्यालयका जिम्मेवार तहमा रहेका पदाधिकारीको गैरजिम्मेवार र विश्वविद्यालय प्रतिकूल व्यवहार तथा अभ्यासले विश्वविद्यालयमा समस्या सिर्जना भएको आरोप पनि लगाएका छन्। , हाल विश्वविद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरू तत्कालीन पदपूर्ति समितिले खुला प्रतिष्पर्धामार्फत स्थायी नियुक्तिका सबै प्रकृया र मापदण्ड पूरा गरी सिफारिस भएर करार सेवामा कार्यरत छन्। , विश्वविद्यालयको स्थापनाकालदेखि अहिलेसम्म एक जना पनि शिक्षक तथा कर्मचारीको स्थायी नियुक्ति भएको छैन। , विश्वविद्यालय सिनेट सभाको २०७७ भदौ ९ को निर्णयका आधारमा विश्वविद्यालय कार्यकारी परिषदले मिति २०७८ वैशाख २४ मा गरेको निर्णयबमोजिम विश्वविद्यालय सेवा आयोगद्वारा असार १५ मा शिक्षक तथा कर्मचारीहरूको स्थायी पदपूर्तिका निम्ति गोरखापत्रमा खुला तथा आन्तरिक प्रतिष्पर्धामार्फत नियुक्तिका लागि विज्ञापन प्रकाशित गरेको थियो। , उक्त विज्ञापनलाई रोक्ने मनसायले विश्वविद्यालयको वेवसाईटमा सूचना प्रकाशन गर्ने पूर्ववत् अभ्यासलाई निमित्तलाई नभएको अधिकार प्रयोग गरेर निमित्त उपकुलपति प्रा डा इन्द्रबहादुर कार्कीद्वारा अधिकार आफूमा केन्द्रित गर्ने निर्णय गरिएको भन्दै आन्दोलनकारीले निमित्त उपकुलपतिकै तत्परतामा कुलपतिद्वारा उक्त विज्ञापन स्थगन गर्न ठाडो आदेश जारी गरिएको बताएका छन्। , ‘हाललाई विज्ञापन रोक्ने घटना पनि विगतका स्थायी शिक्षक तथा कर्मचारी नियुक्ति गर्न नचाहने नियतको निरन्तरता हो’, विज्ञप्तिमा भनिएको छ ‘विश्वविद्यालय सिनेट सभाको निर्णय विपरीत कुलपतिको उक्त कार्य नेपाल खुला विश्वविद्यालय ऐन विपरीत हुनुका साथै विश्वविद्यालय स्वयत्ततासम्बन्धी मान्यता र परम्पराको ठाडो उल्लङ्घन हो।’ , हाल सिर्जित समस्याको समाधानका निमित्त उपकुलपतिसँग तीन पटकसम्म संवाद गर्दा पनि उपयुक्त निष्कर्ष निस्कन नसकेको बताउँदै आन्दोलनकारीले विश्वविद्यालयको विकासलाई अवरुद्ध गर्ने वर्तमान नेतृत्वको गैरजिम्मेवारीपनले आन्दोलन बाध्यकारी बनेको दाबी गरेका छन्।,
खुला विश्वविद्यालयका शिक्षक-कर्मचारीले एक साता काम रोक्ने
|
नारायण खड्का दाङका एक जना व्यक्तिले ज्वाइँलाई छोरा भन्दै नागरिकता दिलाएको खुलेको छ।, राजपुर गाउँपालिका वडा नम्बर ७ का भीमबहादुर कामीले ज्वाइँ अर्जुन विकलाई छोरा बनाएर नागरिकता दिलाएका छन्।, इलाका प्रशासन कार्यालय लमहीले अर्जुनको नाममा २०७५ असोज ४ गते नागरिकता जारी गरेको थियो। नागरिकता जारी गर्ने इलाका प्रशासन प्रमुख प्रेम खवास हुन्। नागरिकतामा उनकै हस्ताक्षर छ।, भीमबहादुरले आफ्ना छोरा लिलाराम विकको नामबाट ज्वाइँलाई नागरिकता दिलाएको अनुसन्धानबाट खुलेको छ। लिलारामको मृत्यु भइसकेको छ। लिलाराम भीमबहादुरका माइली श्रीमतीबाट जन्मेका छोरा थिए। उनको १५ वर्षको उमेरमै मृत्यु भएको थियो।, अभिलेखअनुसार लिलारामको जन्म २०५० सालमा भएको देखिन्छ। जन्मदर्तामा यही मिति छ। मृत्यु भइसकेका लिलारामको जन्मदर्ता प्रयोग गरेर भीमबहादुरले ज्वाइँ अर्जुनलाई नागरिकता दिलाएको खुलेको छ।, कीर्ते काजगात तयार पारेर मृत्यु भइसकेका व्यक्तिका नाममा नागरिकता दिलाउन सिफारिस गरेको भन्दै राजुपर गाउँपालिका वडा नम्बर ७ का ७२ वर्षीय वडाध्यक्ष भीमबहादुर खड्का पनि अनुसन्धानका लागि तानिए। वडाध्यक्ष खड्कासहित भीमबहादुर, उनकी छोरी सुशीलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।, भीमबहादुर र उनकी छोरी सुशीला वडा प्रहरी कार्यालय लमहीको थुनुवा कक्षमा छन् भने वडाध्यक्ष खड्का भने अस्वस्थ्य भएको भन्दै सोमबार हाजिर हुने सर्तमा घर गएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले बताए।, ‘वडाध्यक्षको स्वास्थ्य अवस्था र उमेरलाई पनि ख्याल गर्दै सोमबार हाजिर हुन आउने सर्तमा परिवारको जिम्मा लगाइएको थियो,’ उनले भने. ‘वडाध्यक्षमाथि मृत्यु भइसकेका व्यक्तिका नाममा नागरिकताका लागि सिफारिस गरेको आरोप छ।’, स्थानीयको उजुरीपछि भीमबहादुरले छोराका नाममा ज्वाइँलाई नागरिकता दिएको रहस्य बाहिरिएको थियो। , प्रहरीका अनुसार मृत्यु भइसकेका व्यक्तिको नाममा नागरिकता लिएका अर्जुन साउदी अरबमा छन्। छोरीको आग्रहमा बाबु भीमबहादुरले मृत्यु भइसकेका छोराको जन्मदर्ताका आधारमा ज्वाइँलाई नागरिकता दिलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी बताउँछ।, अर्जुनको वास्तविक घर कहाँ भन्ने पनि खुलेको छैन। तर श्रीमती सुशीलाले चितवन भन्ने गरेकी छन्। तर उनी हालसम्म अर्जुनको घरमा भने नगएको बताउँछिन्। अर्जुन नेपाली नागरिक हुन् कि होइनन् भन्ने पनि अनुसन्धानकै क्रममा रहेको प्रहरी बताउँछ।,
मृत्यु भइसकेका छोराको जन्मदर्ता देखाएर ज्वाइँलाई नागरिकता दिलाएपछि...
|
सेतोपाटी संवाददाता चितवनको राप्ती नगरपालिकामा ९ दिन देखि हराइरहेकी एक युवतीको शव फेला परेको छ।, आइतबार साँझ राप्तीकै ब्रम्हस्थानी सामुदायिक बनमा युवतीको शव फेला परेको हो।, उक्त शव राप्ती नगरपालिका ३ की २२ बर्षीया सुजिता भण्डारीको रहेको परिवारका सदस्यले बताएका छन्।, शव घटनास्थलमै रहेको र पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ।, जंगलमा च्याउ टिप्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको प्रहरीले बतायो।, वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।, ११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन्।, एक सातादेखि केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।,
चितवनमा ९ दिनदेखि हराइरहेकी युवतीको शव जंगलमा भेटियो
|
सेतोपाटी संवाददाता लागुऔषधसहित कञ्चनपुरबाट दुई जना युवा पक्राउ परेका छन्।, पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-९ का २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका-६ ऐठपुरका राम साउद छन्।, आइतबार उनीहरूलाई भीमदत्त नगरपालिका-६ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।, म२प ९८६६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा दुबैको साथबाट २३.२५ ग्राम ब्राउनसुगर बरामद भएको छ।, यस्तै, इटहरीबाट तीन जना युवालाई २१ ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा इटहरी-६ का २३ वर्षीय दिपेश तामाङ, इटहरी-८ का २५ वर्षीय शम्भु कार्की र इटहरी-५ का २० वर्षीय सुजन श्रेष्ठ छन्।,
कञ्चनपुर र सुनसरीबाट ब्राउनसुगरसहित पाँच युवा पक्राउ
|
सेतोपाटी बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन्।, गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। , नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति बुझ्नका लागि जाँदै गरेका बेला अपरान्ह ४ः३० बजे सिगास–२ कुर्चेनेटा भन्ने स्थानमा मृत भेटिएका हुन्। , उनले भने, ‘नयाँ नियुक्ति लिनका लागि गाउँपालिका जाँदै गर्दा पेट दुख्यो भनेर एक्कासि ढलेको भन्ने बुझिएको छ।’, गाउँपालिका केन्द्र गर्जे जाँदै गरेका भट्ट अचानक पेट दुख्यो भनेर अस्पताल जान्छु भनी बाटोबाटै फर्किएको र फर्केको ठाउँबाट ५०० मिटर वर आउँदा एक्कासि ढलेको बताइएको छ।, भट्टको मृत्युको कारण भने खुल्न सकेको छैन।, शव परीक्षण आजमात्रै गरिने इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ।, घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। रासस,
सिगास गाउँपालिकाका कर्मचारी मृत फेला
|
सेतोपाटी पाँचथरको हिलिहाङ गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यकर्मीहरूको मनोबल बढाउने कार्यक्रम ल्याएको छ।, कोभिड–१९ सङ्क्रमणको महामारीविरूद्ध अग्रभागमा खटिएका स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्दै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन हौसला बढाउने उद्देश्यसहित गाउँपालिकाले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सुविधा बढाएको छ। , गाउँपालिकाले करार सेवामा काम गर्दै आएका स्वास्थ्यकर्मीहरूको तलब एकैसाथ रु सात हजारका दरले वृद्धि गरेको छ।, सामुदायिक स्वास्थ्य एकाइहरूमा कार्यरत करार सेवाका स्वास्थ्यकर्मीहरूले हाल मासिक रु १८ हजार तलब पाउँदै आएकामा गाउँपालिकाले उक्त तलब वृद्धि गरी रु २५ हजार पुर्याएको छ।, यस्तै, स्वास्थ्य संस्थाहरूमा करारमा कार्यरत कार्यालय सहयोगीहरूको तलब रु नौ हजार ६०० बाट वृद्धि गरी मासिक रु १५ हजार पुर्याइएको छ।,
,
गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई समुदायमा परिचालित हुन उत्प्रेरित गर्न खाजा तथा पोशाक खर्चका रूपमा वार्षिक रु २४ हजार दरले सुविधा उपलब्ध गराउने विषयलाई समेत नीति तथा कार्यक्रममा समेटेको छ।, हिलिहाङले गत वर्षदेखि नै महिला स्वास्थ्य स्वयंसेविकालाई बढी सुविधा दिई उत्प्रेरित गरेको भनी प्रशंसा हुने गरेको छ। , गाउँपालिकाले अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीलाई भने विगतदेखि नै दिइँदै आएको प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ। गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रमको पहुँच विस्तारका लागि रु तीन लाख बजेट छुट्याएको छ।, स्वास्थ्य बीमा कार्यक्रममा सामेल हुन चाहने तर दर्ता शुल्क बुझाउन नसक्ने गाउँपालिकाबासीका लागि उक्त बजेट छुट्याइएको हो। , हिलिहाङले आगामी वर्ष आवश्यकतानुसार वडाहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्नसमेत बजेट विनियोजन गरेको छ।, सङ्क्रमितको पहिचान, कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार र यस्तै प्रकारका महामारीविरूद्ध लड्न गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु ८५ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले जानकारी दिए।, यस्तै, यस गाउँपालिकाले महामारीका समयमा दीर्घरोगीहरुलाई अत्यावश्यक औषधिहरूको निःशुल्क वितरणका लागि समेत बजेटको प्रबन्ध गरेको छ।रासस,
स्वास्थ्यकर्मीको मनोबल बढाउँदै हिलिहाङ
|
सेतोपाटी संवाददाता देवयानी राणा बहुराष्ट्रिय कम्पनी कोकाकोला भारतकी उपाध्यक्ष नियुक्त भएकी छन्।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोकाकोलाले केही दिनअघि देवयानीलाई भारत र दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार र दीगोपना मामिलामा काम गर्ने गरी उपाध्यक्ष नियुक्त गरेको हो। देवयानी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी छोरी हुन्।, देवयानीले सरकार र कर्पोरेट सम्बन्ध, रणनीतिक व्यापार, जोखिम व्यवस्थापन र सञ्चारमा झन्डै साढे २ दशकसम्म काम गरेकी छन्।, यसअघि उनी कार्टरपिलर इन्डियामा भारत, नेपाल र भुटानका लागि जनसम्पर्क निर्देशक थिइन्। त्योभन्दा अघि उनले संयुक्त राष्ट्र संघीय विकास नियोग (युएनडिपी) लगायत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गरेकी थिइन्।, नेपालमा दरबार हत्याकाण्ड हुँदा देवयानीको नाम चर्चित थियो। पशुपतिशमशेरकी कान्छी छोरी देवयानीको तत्कालीन युवराज दीपेन्द्रसँग प्रेम सम्बन्ध रहेको भनिन्छ। उनको देवयानीसँगको सम्बन्ध दरबारले नकारेको थियो। त्यही कारणले आमाबुवासँग मनमुटाव भएपछि दीपेन्द्रले २०५८ जेठ १९ गते दरबारमा गोली चलाएको दरबार हत्याकाण्ड छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।, दरबार हत्याकाण्डको पाँच वर्षपछि १० फागुन २०६३ मा देवयानीले भारत मध्यप्रदेशका राजपरिवार सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन्।, देवयानी पछिल्लो समय नेपालको राजनीतिमा पनि देखिएकी थिइन्। चार वर्षअघि उनी दोलखाबाट राप्रपाको महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनेकी थिइन्। , *शीर्षक सम्पादन गरिएको। -सम्पादक,
देवयानी राणा कोकाकोला इन्डियाकी उपाध्यक्ष*
|
सेतोपाटी संवाददाता धनुषा प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका-२१ कुर्थाका ३५ वर्षीय सन्तोष महासेठ छन्।, शुक्रबार राति प्रहरीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ।, उनको घरबाट २४ किलो २८० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।, उनी यसअघि पनि गाँजासहित पक्राउ परेका थिए। अदालतले उनलाई १५ हजार रूपैयाँ धरौटीमा मुक्त गरेको थियो।,
२४ किलो गाँजासहित जनकपुरबाट एक पक्राउ
|
सेतोपाटी संवाददाता प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन, सरकार आफैंले सञ्चालन गर्न वा सधैंका लागि बन्द गर्ने विषयमा ठोस निर्णय लिन प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन्।, शनिबार पत्रकार सम्मेलन गर्दै पटक-पटक आफ्नो मेडिकल कलेजलाई सम्बन्धनका लागि प्रयास भए पनि अवरोध सिर्जना भइरहेको भन्दै प्रसाईंले यस्तो माग गरेका हुन्।, ‘सम्पूर्ण मापदण्ड पूरा गरेको, विश्वविद्यालयले सम्बन्धनको सहमति प्रदान गरी सिट संख्या निर्धारणको अनुरोध गरेको, सम्बन्धनको सिफारिस शुल्क समेत बुझाइसकेको अवस्थामा समेत विभिन्न बहानाबाजी गरी आलटाल गर्ने, झुक्याउने, धम्की दिने र काम पन्छाउने परिपाटी भइरहेको छ,’ प्रसाईंले पत्रकार सम्मेलनमा भने, ‘अनन्त समयसम्म यस्तो व्यवहार राज्यका तर्फबाट हुनु भनेको नागरिकमाथि घोर अन्याय हो।’, प्रसाईंले मेची अञ्चलबासीको धरोहर रहेको आफ्नो संस्थालाई ध्वस्त र तहस नहस पार्न खोजिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन आफूले पत्रकार सम्मेलन गरेको जनाएका छन्।, ‘प्रत्येक वर्ष नेपालमा एमबिबिएसमा नयाँ भर्नाको समय सुरू हुन्छ तथाकथित अभियन्ता समूहको धाकधम्की, आन्दोलन, अनसन सुरू हुन्छ, सबै अस्तव्यस्त हुन्छ र सम्पूर्ण विद्यार्थी विदेशिएपछि आन्दोलन वर्षात्, बाढीपहिरो, दसैं-तिहार आयो भनी बहाना देखाएर स्थगित हुन्छ,’ प्रसाईंले भनेका छन्।, प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कारबाही गर्नसमेत प्रधानमन्त्रीसँग माग गरेका छन्।, ‘सम्माननीय प्रधानमन्त्री तथा माननीय शिक्षा मन्त्रीलाई अनावश्यक आरोप र आक्षेप लगाई आफू बालुवाटारमा ६ घण्टासम्म बन्धक बनाइएको, जिउ ज्यान नै जोखिममा परेको, धाकधम्की दिएको, बल्ल तल्ल बाँचेर आएको भन्दै हिँड्ने उहाँले राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को कार्यान्वयनमा अवरोध खडा गर्ने कार्य निरन्तर गरिरहनुभएको छ,’ उनले भनेका छन्, ‘उहाँलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा २२ को ४ अनुसार स्पष्टीकरण सोधी कारबाही अगाडि बढाउन प्रधानमन्त्रीसमक्ष अनुरोध गर्दछु।’ , चिकित्सा शिक्षा आयोगको बैठकबाट जेठ २८ गतेको बैठकले डा. प्रकाशराज पाण्डे संयोजक र सदस्यमा डा.भोजराज अधिकारी, प्राडा. रमेशप्रसाद आचार्य र सेमन्तराज कोइराला भएको निरीक्षण तथा अनुगमन टोली पठाए पनि चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले आजको मितिसम्म रिपोर्ट पेश गरी सम्बन्धन अगाडि नबढाएको भन्दै उनले आपत्ति जनाएका छन्।, आफ्नो मेडिकल कलेजको अध्ययन टोलीमा गिरीले उनकै मुद्दामा साक्षी बनाएका व्यक्ति पठाएको भन्दै प्रसाईंले सम्बन्धनमा बाधा पार्नका लागि गिरीले अनेक तानाबाना बनाएको आरोप लगाए। , ‘चिकित्सा शिक्षा आयोगको मिति जेठ २८ मा भएको निर्णयको कार्यान्वयन नगर्ने नगराउने बदनियतले उपाध्यक्ष श्रीकृष्ण गिरीले तोकिएको समय सीमाभित्र प्रतिवेदन पेश नगर्ने नगराउने कार्य गरिरहनुभएको तथ्य स्पष्ट भएको छ,’ प्रसाईंले भने।, त्यो बैठकमा सात दिनभित्र बिएण्डसी मेडिकल कलेजको समग्र अवस्थाको प्रतिवेदन पेश गरी सम्बन्धनबारे निर्णय गर्नुपर्ने भए पनि गिरीले आलटाल गरेको प्रसाईंले बताएका छन्।,
बिएण्डसीलाई सम्बन्धन दिन, सरकार आफैं चलाउन वा बन्द गर्न प्रधानमन्त्रीसँग दुर्गा प्रसाईंको माग
|
सेतोपाटी मेची प्रादेशिक अस्पतालमा अक्सिजन उत्पादन सुरू हुने भएको छ। यसका लागि अस्पतालमा दैनिक ३५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ। , अबको दुई दिनभित्र प्लान्ट जडान गर्ने कार्य सम्पन्न हुने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको र त्यसलगत्तै अक्सिजन उत्पादन सुरू गरिने अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए।, उनका अनुसार प्रदेश नं. १ सरकारको रु. एक करोडको सहयोगमा सो प्लान्ट निर्माण भएको हो।, प्लान्ट खरिदमा रु. ५५ लाख खर्च भएको र बाँकी रकम त्यसका लागि कोठा निर्माण तथा सिलिन्डर खरिदलगायतमा खर्च गरिने छ।, झापामा निजी क्षेत्रका ठूला अस्पताल सञ्चालनमा रहे पनि त्यसले अक्सिजन प्लान्ट बनाएका छैनन्।, अक्सिजन प्लान्ट बनाउनेमा मेची अस्पताल पहिलो स्वास्थ्य संस्था हो।, अस्पतालले असार मसान्तभित्र सिटी स्क्यान मेसिन समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ।, सिटी स्क्यान सञ्चालनका लागि सरकारले रु. ६ करोड सहयोग गरेको छ।, हाल पाँच वटा मिर्गौाला डायलासिस मेसिन रहेको अस्पतालले चालू आर्थिक वर्षभित्रै थपेर १५ वटा पुर्याउने र छुट्टै भवनमा सञ्चालन गर्ने अध्यक्ष पोर्तेलको भनाइ छ। , साविक मेची अञ्चलको सबभन्दा ठूलो सरकारी अस्पतालको रूपमा रहेको भद्रपुरको मेची अस्पतालले झापा, इलाम, पाँचथर र ताप्लेजुङका बिरामीलाई उपचार सेवा पुर्याउँदै आएको छ।, नयाँ भवनमा सञ्चालन हुन थालेपछि एकैपटकमा ४५ जना मिर्गौला रोगीलाई डायलासिस सेवा पुर्याउन सकिने उनको भनाइ छ।रासस,
मेची अस्पतालमा अक्सिजन प्लान्ट जडान, यसै सातादेखि उत्पादन हुने
|
सेतोपाटी संवाददाता मुंग्रो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका-७ का ५६ वर्षीय अम्बिका घिमिरे रहेका छन्।, ४८ वर्षीया श्रीमती सीता घिमिरेको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।, शनिबार बिहान सीताको सुतेकै स्थानमा शव फेला परेको थियो। उनको टाउकोबाट अत्यधिक रगत बगेको थियो।, अनुसन्धान गर्दै जाँदा घरभित्र मुंग्रो फेला परेको थियो। त्यसमा रगतका छिटा थिए।, त्यसपछि प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो।, उनले मादक पदार्थ सेवन गरेर घर जाँदा श्रीमतीसँग वादविवाद भएको बताएका छन्। वादविवादपछि सुतेका घिमिरेले बिहान साढे २ बजे उठेर श्रीमतीको टाउकोमा मुंग्रो प्रहार गरेको बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बताए।, श्रीमतीलाई प्रहार गरेपछि घिमिरे घरदेखि दुई किलोमिटर दक्षिणको गोठमा लुकेर बसिरहेका थिए।,
मुंग्रो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ
|
सेतोपाटी संवाददाता ॐ अस्पतालमा उपचाररत नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति (तिल विक्रम नेम्वाङ) वैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ।, एकसाताअघि मस्तिष्कघात भई काठमाडौंको ॐ अस्पतालमा उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।, स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनलाई हाल सघन उपचार कक्षबाट वार्डमा सारिएको अस्पताल प्रशासनले जानकारी दिएको छ। , शरीरको दायाँ भाग सुरूमा चल्न नसकेको र बोली राम्ररी खुल्न नसकेको अवस्थामा ॐ अस्पताल भर्ना भएकोमा उनको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आई अहिले सामान्यतः शरीर र हात चल्न थालेको तथा बोली पनि स्पष्ट भएको उनकी छोरी नामोती नेम्वाङले जानकारी दिइन्।, काइँलाको उपचारमा ॐ अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सघन उपचार विशेषज्ञ डा.प्रमेश सुन्दर श्रेष्ठ, न्यूरोलोजिष्ट डा.कृष्ण ढुङ्गाना लगायतका चिकित्सकसहितको टोली संलग्न रहेको अस्पतालले जनाएको छ।, ,
,
वैरागी काइँलाको स्वास्थ्यमा सुधार, वार्डमा सारियो
|
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार १ सय ३३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ५८३७ जनाको पिसिआर परीक्षणबाट १५२७ जनामा संक्रमण पुष्टि भएको छ भने ४२९६ जनाको एन्टिजेन परीक्षणबाट ८०१ जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३०६६ जना संक्रमणमुक्त भएका छन्। , यस्तै १९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म ९१९८ जनाको मृत्यु भइसकेको छ।, अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.३ प्रतिशत छ।,
२३२८ संक्रमित थपिए, ३०६६ जना संक्रमणमुक्त
|
सेतोपाटी संवाददाता शनिबार काठमाडौं उपत्यकामा ३७६ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४६, ललितपुरमा ८१ र भक्तपुरमा ४९ संक्रमित थपिएका हुन्। , काठमाडौं उपत्यकामा कुल ७ हजार ९ सय ५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। , हाल काठमाडौं जिल्लामा ५ हजार ५१, ललितपुरमा १ हजार ६९४ र भक्तपुरमा १ हजार २१० सक्रिय संक्रमित छन्। , कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, मन्त्रालयका अनुसार मुलुकभरमा ५८३७ जनाको पिसिआर परीक्षणबाट १५२७ जनामा संक्रमण पुष्टि भएको छ भने ४२९६ जनाको एन्टिजेन परीक्षणबाट ८०१ जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३०६६ जना संक्रमणमुक्त भएका छन्। , यस्तै १९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म ९१९८ जनाको मृत्यु भइसकेको छ।,
काठमाडौं उपत्यकामा थपिए ३७६ संक्रमित, सक्रिय ७९५५
|
सेतोपाटी संवाददाता विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ।, बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार ५१५ क्युसेक पानीको बहाव छ। यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ।, बिहान मापन गरिएको बहाव यो वर्षकै उच्च हो।, नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खुला गरी पानीलाई निकास दिइएको छ। नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ। पानीको बहाव बढ्दो क्रममा रहेकाले ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको छ।, उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण कोशीमा मिसिने सहायक नदी तथा खोलामा समेत बाढी आउँदा यस नदीको पानी बहाव शुक्रबार रातभरमा २४ हजार नौ सय ९५ क्यूसेकले बढेको हो। वर्षा हुने क्रम अझै जारी रहेकाले जलस्तर अरु बढ्ने अनुमान गरिएको छ।, पाँच सय घर डुबानमा, लगातारको वर्षा भएपछि सप्तरीको विभिन्न पालिकाका ५ सयभन्दा बढी घर डुबानमा परेका छन्। हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ३ सयभन्दा बढी घर डुबानमा परेको छ।, उक्त नगरपालिकाको वडा नम्बर ९, १०, ११ र १२ का करिब ३ सय घर डुबानमा परेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिनुभयो। त्यस्तै त्रियुगा, अमहा, टेंग्रा, गङ्गाजली र सतरापतरा नदीको पानी बस्तीमा पस्दा सप्तरीको सप्तकोसी नगरपालिकाको वडा नं १, २, ३ र ४ का करिब २ सय घर डुबानमा परेको नगरप्रमुख उत्तम गौतमले जानकारी दिए। उहाँका अनुसार त्रियुगा नदीले वडा नं २ को सिद्धिपुर र वडा नं ३ को सखुवानीमा तटबन्ध कटान गरिरहेको छ।, केही दिनदेखि लगातार वर्षा भएपछि आएको बाढीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन्।, बाढीका कारण तिलाठी कोइलाडी, लोनीयाँ, सकरपुरा, रम्पुरामल्हनीयासहित आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा रहेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए। चुरे क्षेत्र हुँदै बग्ने खाँडो नदीको बाढीले प्रत्येक वर्ष सप्तरीको दक्षिण भेगका अधिकांश गाउँ डुबान र कटानमा पर्ने गरेको उहाँले बताउनुभयो। नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि उनले आग्रह गरे।, खाँडो नदी तटबन्धको काम केही ठाउँमा अधुरो रहेकाले कुनै पनि बेला बाढी तिलाठी कोइलाडीमा आउन सक्ने र गाउँपालिकाका अधिकांश घर डुबानमा पर्न सक्ने जोखिम रहेको स्थानीयवासीको भनाइ छ। २०७३ सालको बाढीले तिलाठी कोइलाडी गाउँपालिका-४ का एक बालकको ज्यान लिएको थियो भने हजारौं घरमा क्षति पुर्याएको थियो।, त्यस्तै महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरीलगायत दर्जनौं खोलामा आउने बाढीले हरेक वर्ष सप्तरीको अधिकांश गाउँ डुवानमा पर्दा ठूलो धनजानको क्षति हुने गरेको पाइएको छ। यस्तै सप्तरीको सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कंकालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाईर कृष्णासवरण, महेदवा, तिरहुत, रुपनी गाउँपालिकाका दर्जनौं गाउँबस्ती प्रत्येक वर्ष वर्षाको समयमा बाढी आउँदा डुबानमा पर्ने गरेको पाइएको छ। रासस,
कोसी ब्यारेजमा पानीको बहाव यो वर्षकै उच्च, सप्तरीका पाँच सय घर डुबानमा
|
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनबारे ऐक्यवद्धता जनाउँदै काठमाडौंमा पनि प्रदर्शन गरिएको छ। , बिपीमा जारी भ्रष्टाचार, अनियमितताबारे त्यहाँका डाक्टरहरू १९ दिनदेखि आन्दोलनरत् छन्। उनीहरूले शीर्ष चार पदाधिकारीको बर्खास्ती माग गरेका छन्। , नागरिक अगुवाहरूले माइतीघरमा निस्केर बिपीको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन्। , बिपीको आन्दोलनको समर्थनमा माइतीघरमा नारा लखिएको थियो- फुटबलमा झेली गरे रेड कार्ड, राजनीतिमा नियुक्ति!,
बिपीको आन्दोलनको समर्थनमा माइतीघरमा नारा- फुटबलमा झेली गरे रेड कार्ड, राजनीतिमा नियुक्ति!
|
सेतोपाटी लगातारको वर्षा भएपछि उदयपुरको विभिन्न पालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन्। , वेलका नगरपालिकामा स्थानीय खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा तपेस्वरी, आम्बासी र भागलपुरका पाँच सयभन्दा बढी घर डुबानमा परेको छ।, बाढीपीडितको उद्धारका लागि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। , तपेस्वरीको बगाहा र आम्बासीका खहरे खोलामा गएराति आएको बाढी गाउँबस्तीमा प्रवेश गर्दा अहिले सो क्षेत्रमा तीन फिटसम्म पानी जमेको तपेस्वरीका जसबहादुर श्रेष्ठले बताए।, त्यस्तै, स्थानीयबासी राजकुमार भुजेलका अनुसार ती खोलामा आएको बाढीले तपेस्वरी क्षेत्र डुबानमा पर्नुका साथै जग्गा कटान गर्न थालेको छ।, स्थानीय खोलाहरूमा आएको बाढी गाउँघरमा प्रवेश गर्न थालेपछि स्थानीयबासीलाई सर्तकता अपनाउन आग्रह गरिएको र बाढीपीडितको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोक्सीलाका प्रमुख तेजबहादुर कटुवालले बताए।, निरन्तर वर्षाले बेलकाको गिदेरी खोलामा आएको बाढीका कारण निर्माण सम्पन्न हुन लागेको गिदेरी पुलमा समेत क्षति पुगेको छ।, त्यस्तै त्रियुगा नगरपालिका—११ गाइघाटस्थित बरुवा खोलामा आएको बाढीले कच्ची बाँध भत्किन सक्ने र गाइघाट बजारसमेत डुबानमा पर्न सक्ने जोखिम बढेको त्रियुगा नगरपालिका—११ ढिम्कीका शिव कार्कीले बताए।, बाढीले बगाउँदा ६५ वर्षीय वृद्धको मृत्यु, उदयपुरको चौदण्डी गढी नगरपालिकाको सातधारेस्थित हवार खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।,
मृत्यु हुनेमा बेल्टार मदनचौकका ६५ वर्षीय गुमसेर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। अर्का गाउँ जानका लागि खोला तर्ने क्रममा उनलाई आज बिहान १० बजेतिर बाढीले बगाएको थियो। , बाढीले बगाएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी बेल्टारबाट खटिएको प्रहरी र स्थानीयबासीले उनलाई व्यापक खोजी गरिएको थियो।, खोजीका क्रममा बगाएको स्थानभन्दा दुई सय मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।, पोष्टमार्टमका लागि शवलाई बेल्टार अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।रासस,
उदयपुरका ५ सय घर डुबानमाः बाढीले बगाउँदा एकको मृत्यु
|
रासस गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ।, आरुघाट गाउँपालिकाको वडा नम्बर ३ स्थित फुङ्गीखोला तर्ने क्रममा चिप्लिएपछि खोलाले बगाएका २६ वर्षीय किरण लामाको उपचारका क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए।, खोलाले बगाएर करिब २० मिटर तल पुर्याएको र पानीको भेलले लामालाई किनारामा फालेपछि स्थानीयवासी देखेर उद्धार गरेको उनले बताए।, अचेत अवस्था उद्धार गरिएका लामालाई उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए।, लगतारको वर्षाका कारण उर्लिएर आएको फुङ्गीखोला लामालाई बगाएको हो। , ,
खोलाले बगाएर गोरखामा एक युवकको मृत्यु
|
रासस प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका –५ गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका –३ खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने माइला गुरुङ र धार्चे– ७, लापु घर भइ हाल खितिपुरमा बस्दै आएका ३८ वर्षीय जितबहादुर गुरुङ रहेका छन्।, जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुवास खड्काले उनीहरुलाई करिव ३० किलो प्रतिबन्धित वन लसुन सहित पक्राउ गरेको जानकारी दिए।, सो लसुन ६ लाख रुपैयाँ बराबरको भएको बताइएको छ।, उनीहरुले नार्पाभूमिको नार गाउँका कृषकहरुबाट प्रतिकेजी चार हजारको दरले किनेर ल्याएको उनले बताए। बरामद गरिएको वन लसुन नासों गाउँपालिका –५ थोंचे हुँदै मनास्लु पदमार्गमा पर्ने तिल्चे, भीमथाङ हुँदै लार्के पास गरेर गोरखाका ४६ वर्षीय छिरिङ बुन्जो लामालाई बिक्री गर्ने तयारी गरेकोे प्रहरीले जनाएको छ।, उच्च पहाडी क्षेत्रको २ हजार ५०० देखि ५ हजार उचाइसम्म पाइने वन लसुन यार्सागुम्बा सङ्ंकलन सकिएपछि जेठ असारमा सङ्कलन गरिन्छ।, लेकमा पाइने वन लसुन घाउ चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा दिइने बताइएको छ।,
वन लसुनसहित गोरखाका दुई जना मनाङमा पक्राउ
|
रासस निरन्तरको वर्षाका कारण मर्स्याङ्दीमा आएको बाढीले भासिएको झोलुङ्गे पुलको लठ्ठा काटिएको छ।, तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको थियो।, पुलमा थप जोखिम हुन नदिन शनिबार लठ्ठा काटिएको तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।, बाढीले तनहुँतर्फको पुलको भाग भासिएर नदीमा पुगेको थियो।, ‘पुल मर्मत नभइञ्जेल थप जोखिम हुन नदिन पुलको लठ्ठा काटिएको छ’, बरालले भने। पुलबाट दैनिक सयौँ सर्वसाधारण वारपार गर्दथे।, गोरखास्थित अकला मन्दिर जाने बाटो पनि यही पुल थियो। पुल भत्किएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ।, ,
मर्स्याङ्दीले क्षति पुर्याएको झोलुंगे पुलको लठ्ठा काटियो
|
सेतोपाटी संवाददाता देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले केही दिनयता देशका अघिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, उक्त मौसमी प्रणालीको प्रभावले विगत तीन दिनदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै सबैजसो भूभागमा हल्कादेखि मध्यम तथा केही क्षेत्रमा भारी वर्षा भएको छ।, मनसुनी वायुको प्रभाव कहिलेसम्म रहन्छ भन्ने यकिन जवाफ मौसमविदसँग पनि छैन। केही दिनदेखिको निरन्तर वर्षा र बदलीले देशका कतिपय क्षेत्रमा प्राकृतिक विपत्ति तथा मानवीय क्षतिका दुःखद् घटना पनि भए। पछिल्लो तीन दिन लगातार बदली र वर्षा भयो कतिपय क्षेत्रमा भारी वर्षासमेत भएको छ।, यसै सन्दर्भमा मनसुनी प्रभाव र मौसम सुधारका सवालमा राखिएको जिज्ञासामा जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलले अघिल्ला दिनको तुलनामा मनसुनी वायुको कम प्रभाव रहने तर मनसुनी वायुको प्रभाव कमजोर मात्रामा भए पनि केही दिन रहिरहने बताए।, उनले भने, ‘मनसुनी वायुको सक्रिय प्रभावले तीन दिनयता निरन्तर वर्षा र कतिपय स्थानभा भारी वर्षासमेत भएको छ, अबका दिनमा पनि मौसममा कहिले सुधार आउँछ भनेर यकिन भन्न सकिने अवस्था नरहेको र अघिल्ला दिनको तुलनामा मनसुनको कम प्रभाव हुने विश्लेषण गरिएको छ।’, मौसमविद् पोखरेलले मनसुनको कम प्रभाव रहे पनि अझै देशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताउनुभयो। अबका दिनमा दिउँसो र साँझपख मौसम खुले पनि खण्डितरूपमा पुनः बदली र वर्षाको सम्भावन रहिरहन्छ।, काठमाडौँ उपत्यकाको हकमा विगत तीन दिनदेखि आंशिकदेखि पूर्ण बदली र हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाको विवरणअनुसार आज काठमाडौँमा ६६ मिलिमिटर वर्षा भएको छ। हिजो शुक्रबार ४६ मिलीमिटर वर्षा भएको थियो। सबैभन्दा धेरै सिमरामा १५३, विराटनगरमा १०७, जनकपुरमा ८५, ताप्लेजुङमा ५८, भैरहवामा ५३ र पोखरामा ५५ मिलिमिटर वर्षा भएको छ।, आज काठमाडौंको अधिकतम २३ दशमलव चार र न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्रि सेल्सियस रहेको छ। अहिले प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा वर्षा भइरहेको छ।, दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहिरहनुका साथै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ। रासस,
मौसममा कहिले सुधार आउँछ? यस्तो त प्रक्ष्येपण
|
रासस/एएनआई अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको २५ लाख खोप पाकिस्तान आइपुगेको छ।, अमेरिकाले पाकिस्तानलाई मोडेर्ना खोप उपलब्ध गराएको हो। यो खोपले पाकिस्तानमा फैलिएको कोरोनाभाइरसको महामारी न्युनिकरणमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ।, महामारीले अफ्ठ्यारोमा परेका बेला अमेरिकाले खोप उपलब्ध गराएपछि पाकिस्तानलाई ठूलो राहत भएको छ।, पाकिस्तानको संघीय राजधानी इस्लामावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको खोप पाकिस्तानस्थित अमेरिकी राजदूत एंगेला पि एग्गेलेरले शुक्रबार हस्तान्तरण गरिन्।, अमेरिकाले विश्वभरि वितरण गर्नेगरी छुट्याएको आठ करोड खोप मध्येबाट अहिले २५ लाख खोप पाकिस्तानलाई उपलब्ध गराएको हो।, पाकिस्तानमा अहिलेसम्म चीनले तीन प्रकारका खोप उपलब्ध गराएको छ। चीनले पाकिस्तानलाई सिनोफार्म, क्यानसिनोबायो र सिनोभ्याक खोप उपलब्ध गराएको हो।, सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पाकिस्तानमा अहिले कुल जनसङ्ख्याको पाँच प्रतिशत मानिसले मात्रै खोप लगाउन पाएका छन्।, पाकिस्तानमा कोभ्याक्समार्फत् १२ लाख मानिसले अष्ट्रजेनिका खोप लगाएका छन्। अरू खोप आउने क्रममा रहेको जनाइएको छ।,
अमेरिकाले पाकिस्तानलाई दियो मोडेर्नाको २५ लाख डोज खोप
|
सेतोपाटी संवाददाता गोरखाको बारपाक जोड्ने पक्की पुल दरौंदी नदीमा आएको बाढीले कटान गरी क्षति पुर्याएपछि जीर्ण झोलुंगे पुलबाटै स्थानीय आवतजावत गर्न बाध्य छन्।, बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका बालुवा जोड्ने पुल शनिबार आएको बाढीले एकापट्टी भागमा क्षति पुर्याएको थियो।, पुलको बालुवातर्फ भागमा क्षति पुगेपछि आवतजावतमा समस्या भएको थियो।, पक्की पुल बनेपछि नजिकैको झोलुंगे पुल प्रयोगविहीन थियो।, पाँच/सात वर्षदेखि मर्मत नगरिएको र पुलमा विच्छाइएको फलेकसमेत कुहिइसकेको जोखिमयुक्त उक्त पुलबाटै स्थानीय बासिन्दा नदी तरेका छन्।, यसैबीच स्थानीय प्रदीप घलेका अनुसार बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टको सहयोगमा स्थानीयले झोलुंगे पुलमा रहेको पुराना मक्किएका काठ निकालेर नयाँ काठ राखेका छन्। नयाँ दाउरा र फलेक राखेपछि केही जोखिम कम भएको छ।, करिब पाँ वर्ष अगाडि बनेको बालुवास्थित दरौंदी नदीमाथिको पक्की पुलको एकातर्फ भाग दरौंदीको भेलले कटान गरेपछि यहाँ समस्या थियो।, पुल भत्केपछि बारपाक, लाप्राक सडकखण्ड अवरूद्ध छ। साथै पुलसम्म पुग्ने सडकका विभिन्न ठाउँमा सानाठूला पहिरो झरेका छन्।,
पक्की पुल भत्केपछि दरौंदी तर्न जीर्ण झोलुंगे पुलकै भर!
|
सेतोपाटी संवाददाता नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ।, भरतपुर महानगरपालिका वडा नम्बर २९ सेती दोभानमा पहिरो खसेर सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।, दुइटा जेसीबी लगाएर पहिरो फाल्ने काम भइरहेको छ। गए राति पहिरो खसेको थियो। सडकमा लेदोसहित पहिरो आएकोले हटाउन समस्या भइरहेको छ। , सडक सुचारू हुन केही समय लाग्ने प्रहरीले जनाएको छ। आफ्नो लेनमा अनुशासित र सुरक्षित बसिदिन पनि प्रहरीको आग्रह छ।,
नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध
|
सेतोपाटी संवाददाता थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राख्ने तयारी गरिएको छ।, पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबारसम्म छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त रूपमा बैठक बसेर निषेधाज्ञाबारे निर्णय गर्ने तयारी गरेका छन्।, सम्भवत आज बेलुकीसम्म बैठक बस्नेछ। सार्वजनिक यातायात जोर-बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन्। पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ।, थप क्षेत्र खुला गर्ने गरी निषेधाज्ञालाई एक साता बढाउने पक्षमा प्रजिअहरू छन्।, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आज बेलुकी वा भोलिसम्म बैठक गरेर निर्णयमा पुगिने बताए। , ‘आज अरू पनि बैठक छ। अरू सिडिओसाबहरूसँग सल्लाह गरेर बैठक बस्छौं,’ उनले भने, ‘कोरोना संक्रमण कम भएको छैन।’, गत वैशाखदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको थियो।,
काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप गर्ने तयारी
|
एजेन्सी युरोप जान लागेका विभिन्न मुलुकका आप्रवासी बसेको एउटा डुंगा शनिबार भूमध्यसागरमा डुबेको छ।, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लिवियाको उत्तर पश्चिमी तट जुवाराबाट इटाली जान भनेर हिँडेको डुंगा ट्युनिसियाको सीमानजिक डुबेको हो।, इन्जिन बिग्रिएर डुंगा डुब्दा ४३ जनाको मृत्यु भएको छ भने ८४ जनालाई ट्युनिसियाको नौसेनाले उद्धार गरेको छ।, डुंगामा इजिप्ट, सुडान, बंगलादेशलगायत मुलुकका नागरिकहरू सवार रहेको बताइएको छ।, पछिल्लो समयमा इटाली हुँदै युरोप छिर्न खोज्ने आप्रवासी चढेका डुंगा दुर्घटना भएर धेरैले ज्यान गुमाएका छन्।, मध्यपूर्व र अफ्रिकामा द्वन्द्वग्रस्त र गरिब मुलुकका नागरिकहरू ज्यानको बाजी लगाएर भूमध्यसागरबाट युरोप जान खोज्छन्।, पछिल्लो समय यसरी इटाली पुग्नेहरूको संख्या केही घटेको थियो तर सन् २०२१ को सुरूदेखि त्यो संख्या फेरि बढेको छ।, यो वर्ष अहिलेसम्म १९ हजार ८ सय मानिसहरू इटाली पुगेका छन् गत वर्ष यही समयमा त्यो संख्या ६ हजार ७ सय मात्र थियो।,
युरोप जान लागेका आप्रवासी बोकेको डुंगा भूमध्यसागरमा डुब्यो, ४३ जनाको मृत्यु
|
सेतोपाटी संवाददाता ललितपुरको सानेपामा एक पुरूषको शव फेला परेको छ।, सानेपास्थित गुसी टोलमा आइतबार बिहान एक पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ।, ती पुरूष भारतीय नागरिक भएको प्रहरीको भनाइ छ। मृतक राजस्थानका ५९ वर्षीय सत्यनारायण परित भएको खुलेको छ।, महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ।, ‘भारतीय नागरिकको शंकास्पद मृत्यु भएको देखिन्छ। दराज तोडफोड गरेको भेटिएको छ भने ओछ्यानमा रगत भेटिएको छ,’ उनले भनिन्, ‘घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ।’, घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताइन्।,
सानेपामा भारतीय नागरिकको शंकास्पद मृत्यु
|
सेतोपाटी संवाददाता फोटो पत्रकार निमेषजंग राईमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न फोटो पत्रकार क्लब नेपाल (पिजेक्लव) ले माग गरेको छ।, विपक्षी गठबन्धनका विद्यार्थीले शनिबार गरेको प्रदर्शनका क्रममा फोटो खिच्न पुगेका राईलाई पत्रकार भएको प्रमाण देखाउँदा देखाउँदै पनि प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको पिजे क्लवले उल्लेख गरेको छ।, लाठी प्रहारबाट नेपाल लाइभ अनलाइनमा कार्यरत पत्रकार राई घाइते छन्। उनको घुँडामा चोट लागेको पिजे क्लबका प्रवक्ता दिपेश श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख छ।, ‘फोटो पत्रकारहरूलाई पटकपटक नियोजित रूपमै नेपाल प्रहरीबाट आक्रमण हुने गरेकोप्रति पिजे क्लवको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।, राईमाथि आक्रमण गर्ने प्रहरीमाथि कारवाही गर्न पनि माग गरिएको छ।,
फोटो पत्रकार राईमाथि लाठी हान्ने प्रहरीलाई कारबाही गर्न पिजे क्लबको माग
|
राजेश घिमिरे चितवनस्थित नारायणघाट-मुग्लिन सडक खण्डमा खसेको भीमकाय ढुंगो फोर्न थालिएको छ।, हेटौंडाबाट ल्याइएको रक ब्रेकरले आइतबारदेखि ढुंगो फोर्न थालेको हो।, सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर शिव खनालका अनुसार साँझसम्ममा ढुंगो फोरिसक्ने योजना छ।, यसअघि मुग्लिनबाट रक ब्रेकर लैजाने भनिए पनि पहिरोका कारण सम्भव नभएपछि हेटौंडाबाट ल्याइएको थियो।, रक ब्रेकरले ढुंगा फोर्दा बाटो एकतर्फी रूपमा चलिरहेको छ।, गत बिहीबार दासढुंगाबाट केही अगाडि १४ किलो भन्ने ठाउँमा ठूलो ढुंगो माथि पहाडबाट सडकमा खसेको थियो।,
फोर्न थालियो नारायणघाट-मुग्लिन सडकमा खसेको भीमकाय ढुंगो
|
एजेन्सी पूर्वी एसियाली मुलुक फिलिपिन्समा आइतबार हवाई दुर्घटना भएको छ।, समाचार संस्था एएफपीका अनुसार आइतबार ८५ जना मानिस बोकेको फिलिपिनी सेनाको जहाज दुर्घटनामा परेको छ।, सी-१३० हर्कुलस जहाज दक्षिणी सुलु प्रान्तको जोलो टापुमा अवतरण हुन खोज्दा दुर्घटनामा परेको फिलिपिन्सका अधिकारीहरूले जनाएका छन्।, दुर्घटनामा परेपछि जहाजमा आगो लागेको थियो। अहिलेसम्म ४० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई अस्पताल लगिएको छ। , जहाजमा सबै सैनिकहरू सवार थिए। , दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। , ,
फिलिपिन्समा ८५ जना चढेको सैनिक जहाज दुर्घटना
|
सेतोपाटी संवाददाता बैतडीमा आइतबार जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। १० जना घाइते छन्।, डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जिप सिगास गाउँपालिका वडा नम्बर ३ मा सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय मानसिंह साउदको मृत्यु भएको हो।, सिगास–३ का ४५ वर्षीय जयसिंह धामी, १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४० वर्षीय गौमती साउद र २९ वर्षीय करन धामी घाइते छन्।, यस्तै सोही ठाउँका ४५ वर्षीय दलबीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बासमती धामी, १९ वर्षीय खगेन्द्र साउद, ४४ वर्षीय हरीभान साउद पनि घाइते छन्।, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालकले घाइतेमध्ये ४ जनाका अवस्था चिन्ताजनक रहेको बताए।,
बैतडीमा जिप दुर्घटना: २ को मृत्यु १० जना घाइते
|
सेतोपाटी संवाददाता तुलसीपुरको दमारगाउँबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का २७ वर्षीय रमेश पन्त ९ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित शनिबार बेलुका ८ बजे पक्राउ परेका हुन्। , नेपालगञ्जबाट ट्याक्सी बुक गरि एक्लै आउँदै गरेका पन्तलाई शंका लागेर तुलसीपुर १३ दमारगाउँस्थित प्रहरी चेकप्वान्टमा चेकजाँच गर्ने क्रममा उक्त परिमानमा ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए । , पक्राउ परेका पन्तलाई म्याद थपका लागि दाङ जिल्ला अदालत घोराहीमा लगिएको शर्माले बताए । पक्राउ परेका युवक बिरुद्ध लागूऔषध सम्बन्धि मुद्दा चलाइ आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । , भाडाको ट्याक्सी र चालकपनि नियन्त्रणमा रहेको हुँदा चालकको सम्लग्नता भए नभएको बारे अनुसन्धान जारी रहेको शर्माले बताए।,
ब्राउन सुगरसहित युवक पक्राउ
|
एजेन्सी पूर्वी एसियाली मुलुक फिलिपिन्समा आइतबार हवाई दुर्घटनामा परेका ४० जनाको उद्धार गरिएको छ।, आइतबार फिलिपिनी सेनाको सी-१३० हर्कुलस जहाज दक्षिणी सुलु प्रान्तको जोलो टापुमा अवतरणका क्रममा दुर्घटनामा परेको एपीले जनाएको छ। द न्यू योर्क टाइम्सले स्थानीय अधिकारीलाई उद्धृत गर्दै लेखेको समाचारअनुसार १७ जना सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ। , अहिलेसम्म ४० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई अस्पताल लगिएको छ। , दुर्घटनामा परेपछि जहाजमा आगो लागेको थियो।, जहाजमा सबै सैनिकहरू सवार थिए। बाँकी भएका सैनिकहरूको पनि उद्धार गर्ने प्रयास भइरहेको छ।, फिलिपिन्सका सुरक्षा मन्त्री डेल्फिन लोरेन्जानाले उक्त जहाजमा तीन पाइलट र पाँच अन्य चालक दलसहित ९२ जना सवार रहेको समाचार संस्था रोयटर्सलाई बताएका छन्। यसअघि जहाजमा ८५ जना रहेको बताइएको थियो। , ,
दुर्घटनामा परेको फिलिपिनी सैनिक जहाजबाट ४० जनाको उद्धार, १७ को मृत्यु
|
सेतोपाटी संवाददाता बैतडीमा जीप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो सिगास गाउँपालिका-३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएको हो। योसँगै आइतबार बिहान भएको उक्त दुर्घटनामा मृत्युको संख्या ३ पुगेको छ।, बैतडीबाट डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जीपमा सवार १६ मध्ये ११ जना घाइते छन्।, जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी दर्शन खड्काले जीप साहु र चालक भने अहिले फरार रहेको बताए। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।, घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइँदै छ।,
बैतडीमा जीप दुर्घटना: थप एकको मृत्यु, चालक र साहु फरार
|
सेतोपाटी संवाददाता भन्सार छलेर ल्याइएका विभिन्न सवारी साधानका पाटपूर्जाहरु बरामद भएका छन्। , मोटरसाइकल तथा गाडीका आठ लाख मूल्य बराबरको विभिन्न पाटपूर्जा बरामद भएको जिल्ला प्रहरी कार्याय बाँकेले जानकारी दिएको छ। , नेपालगञ्ज उपमहागरपालिका वडा नं. ७ मा कोठा भाडामा लिएर बस्दै आएका नेपालगञ्ज १५ का ३२ वर्षीय मोनु कबडियाको कोठा तलासी गर्दा आठ लाख बराबरको भन्सार छलीका पार्टपूर्जा बरामद भएको प्रहरीले जनाएको छ। , कबडियाले भन्सार छलीका सामानहरु राखेर बिक्री बितरण गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा खान तलासी गर्दा बिभिन्न सवारी साधनका पाटपूर्जा बरामद भएका थिए।, प्रहरीका अनुसार कबडियालाई आवश्यक कानुनी कारबाहीका लागि आइतबार भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको छ।,
भन्सार छलेर ल्याइएको ८ लाख बराबरको पाटपूर्जा बरामद
|
सेतोपाटी संवाददाता भक्तपुरमा तेस्रो तलाको भर्याङबाट खस्दा एक जनाको मृत्यु भएको छ।, मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ लोकन्थली रमाइलो चोकस्थित एक घरको तेस्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।, राजु श्रेष्ठको निर्माणाधीन घरमा काम गर्न बसेकी सिन्धुली दुधौलीकी ३० वर्षीया लीला सदाको शनिबार राति सवा १० बजे मृत्यु भएको हो।, राजु श्रेष्ठको घरमा काम गर्न श्रीमान् रामकुमार सदा, श्रीमती लिला सदा र छोरी बस्थे।, शनिबार बेलुकी खाना खाएर लीला छतमा सुत्न भनेर गएकी थिइन्।, त्यही क्रममा निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भर्याङबाट अचानक भुइँतलामा खसेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।, उनको घटनास्थलमै मृत्यु भएको थियो।, शवको पोष्टमार्टमका लागि आइतबार केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको छ।, प्रहरीले थप अनुसन्धान गरिरहेको छ। ,
भक्तपुरमा तीन तलाबाट खसेर महिलाको मृत्यु
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.