content
stringlengths
20
64.1k
सेतोपाटी सूर्यविनायक नगरपालिका–१, सिरूटारस्थित चमेली वनमा शंकास्पद अवस्थामा पुरूषको शव फेला परेको छ। , बायाँ हातमा मेडिकलको ब्याण्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाइन जोड्न प्रयोग हुने खालको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा शव जंगलमा फेला परेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्...
सेतोपाटी संवाददाता तुलसीपुर– घोराही सडक खण्डमा पर्ने पत्रे खोलाको कचबे ढलान गरिएको छ ।  आइतबारदेखि सडक खण्डमा यातायात बन्द गरेर भत्किएको कचबे ढलान गरिएको हो। , कचबे निर्माणका लागि असार २० गतेदेखि २२ गते राति १० बजेसम्म सडक बन्द गरिएको छ । , प्रमुख जिल्ला अधिकारीको रुपमा रामबहादुर कुरुम्बाङ आएकै दिन पत्रे खोलाको निरीक्...
सेतोपाटी संवाददाता चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीया सुजिता भण्डारीको शव भिरमा फेला परेको छ।, राप्तीकै ब्रम्हस्थानी सामुदायिक वनको भिरालो जमिनमा भण्डारीको शव आइतबार फेला परेको थियो।, उक्त शव सोमबार प्रहरीले पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउँदैछ। सो क्रममा भण्डारीका परिवार र आफन्त तथा स्थानीय बास...
एजेन्सी पाकिस्तानको इस्लामावादस्थित भारतीय उच्च आयुक्तको कार्यालयको कम्पाउण्डमा ड्रोन देखिएको छ।, शुक्रबार कम्पाउण्डमाथि ड्रोन देखिएपछि सुरक्षाको उल्लंघन गरेको भन्दै भारतले कडा आपत्ति जनाएको एनडिटिभीले जनाएको छ।, गत आइतबार भारतको जम्मु-कास्मिरस्थित भारतीय वायु सेना बेस क्याम्पमा ड्रोन आक्रमण भएको थियो। त्यसको केही दिन...
विवेक राई आगामी साता नेपालले कोरोनाविरूद्धको १० लाख डोज खोप चीनबाट ल्याउँदैछ। उक्त खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाँदैछ। , खोप लिएर एयरलाइन्सको जहाज भोलिपल्टै नेपाल आइपुग्ने छ। खोप आइपुग्ने भएपछि सो खोप क-कसलाई लगाउने भनेर टुंगो गर्न अहिले खोप शाखा काम गरिरहेको छ। , खोप शाखाका प्रमुख डा. झलक ...
सेतोपाटी नेपाली सेनाले नेपाल प्रहरीलाई ३०० थान हतियार उपलब्ध गराएको छ।, प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापालाई सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उक्त परिमाणको इन्सास, एसएलआरलगायतका हतियार र सोको गोली एवं आवश्यक पार्टपुर्जा हस्तान्तरण गरेका हुन्। ,       , मन्त्रिपरिषद्को गत जेठ १७ को नि...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिको बैठकले विद्यार्थी रामजी रामसहित चार विद्यार्थीलाई एमबिबिएस परीक्षामा सामेल गराउन निर्देशन दिने निर्णय गरे पनि त्यो अघि बढेको छैन।, प्रमाणीकरण भइनसकेका कारण उक्त निर्णय आयोगबाट अगाडि बढ्न नसकेको आयोगका अधिकारीले बताए।, चिकित्सा शिक्षा आयोगका अनुसार तीन दिनअघि ...
महेन्द्रनगर, १८ असार चार वर्षअघि कञ्चनपुरको पूर्वी क्षेत्र डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको हुलाकी सडक निर्माण आरम्भ भयो।, यहाँको दक्षिण क्षेत्रका नागरिकको यातायात सुविधामा सहजता आउने आशासहित उक्त ६२ किलोमिटर हुलाकी सडकको निर्माण तोकिएको समय सकिँदा पनि ५० प्रतिशतमै सीमित छ।, रु एक अर्ब १२ करोड लागत रहेको सडक...
सेतोपाटी संवाददाता शुक्रबार थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यस दिन कुल १० हजार ५९६ जनाको नमूना परीक्षण गरिएको थियो।, ६ हजार ५ सय ६६ को पिसिआर विधिबाट परीक्षण गर्दा १३९१ लाई संक्रमण पुष्टि भएको थियो भने ४ ...
खिलानाथ ढकाल चिकित्सा शिक्षा ऐनको प्रावधान लागू गर्न नसक्दा सय बढी नर्सिङ कलेज बन्द हुने अवस्थामा पुगेका छन्।, व्यावसायिक शिक्षा तथा तालिम परिषद (सिटिइभिटी) र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नर्सिङ कलेजहरू बन्द हुने अवस्थामा पुगेका हुन्।, चिकित्सा शिक्षा ऐनमा दुई वर्षभित्र नर्सिङ कलेजले अनिवार्य सय शैयाको...
सेतोपाटी संवाददाता 'क्यानडा पठाइदिन्छु' भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, प्रहरीले ठगी गरेको आरोपमा काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर ७ घर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने २१ वर्षीय प्रजिन अधिकारीलाई पक्राउ गरेको हो।, उनलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको हो।, अधिकारीले सर...
सेतोपाटी संवाददाता शुक्रबार काठमाडौं उपत्यकामा ४२८ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६, ललितपुरमा ७८ र भक्तपुरमा ३४ संक्रमित थपिएका हुन्। , काठमाडौं उपत्यकामा कुल ८ हजार १ सय ४८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। , हाल काठमाडौं जिल्लामा ५ हजार ४०, ललितपुरमा १ ...
सेतोपाटी पहिरोका कारण अवरूद्ध भएको तनहुँको डुम्रे–बेंसीशहर सडकखण्ड आजदेखि पुनः सञ्चालनमा आएको छ।, निरन्तरको वर्षासँगै आएको पहिराको कारण बुधबार रातिदेखि सडक अवरूद्ध भएको थियो।  , भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड अवरूद्ध हुँदा सर्वसाधारण मर्कामा परेका थिए। बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चा...
सेतोपाटी तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा कलेस्तीखोलाले बगाएर आज एक वृद्ध बेपत्ता भएका छन्।, घरनजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन्। , खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए। ती वृद्धको खोजीकार्य...
नारायण खड्का दाङबाट महँगा मोटरसाइकल चोरी गरी रोल्पा र प्युठानमा लगेर स्वरूप परिवर्तन गरी बेच्ने गिरोह पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय घोराहीमा  शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दाङबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पा र प्युठान लगायतका जिल्लामा लगेर स्वरूप परिवर्तन गरी विक्री-वितरण कार्यमा संलग्न आठ ज...
सेतोपाटी पनौती नगरपालिका–८ पाल्पाली गाउँमा विश्वमा दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक भेटिएको छ।, बुधबार राति ९ बजे एक स्थानीयबासीको घर आँगनमा सो सालक भेटिएको धुलिखेलस्थित डिभिजन वन कार्यालयले जनाएको छ। , नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने उक्त सालक बिहीबार पनौती प्रहरी र वन कार्या...
सेतोपाटी अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ३४ जनाको मृत्यु भएको छ। अन्य २४ बेपत्ता रहेका र ४४ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, मृत्यु हुनेमा १९ पुरूष, नौ महिला र छ बालबालिका छन्। तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पामा तीन, चितवन, तनहुँ, ...
सेतोपाटी संवाददाता भक्तपुरमा ६४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ।, शुक्रबार महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजित एक कार्यक्रममार्फत् जडान गरिएका ६४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो।, सो सिसिटिभी क्यामेराको उद्घाटन महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले उद्घाटन गरेका ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको नीति विपरीत रहेको भन्दै रत्नपार्कको आकाशे पुलको पर्खालमा लेखिएको ‘नारा’ मेटिएको छ।, कांग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले लेखेको ‘नारा’ महानगरपालिकाले शुक्रबार मेटेको हो।, ‘विसं २०५८ देखि हामीले कामपा क्षेत्रभित्र भित्तेलेखन, पोष्टर-पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन...
सेतोपाटी संवाददाता जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा पानी पर्नेछ।, महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुनसक्नेछ। त्यस्तै प्रदेश २ र बागमती  प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको ...
सेतोपाटी संवाददाता रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रमसहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिएको हो ।, नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि रु एक अर्ब २६ करोडको ...
डा. लक्ष्मण भुसाल सरकारले जारी निषेधाज्ञा खुकुलो बनाउने कदम लिएको छ। यसको पछाडि हेर्ने हो भने पछिल्लो ६ महिना हामीले निकै गाह्रो अवस्था भोगेका छौं। हिजो आजको दिनमा काठमाडौंमा संक्रमितको संख्या थोरै घटेको छ। तर बाहिरी जिल्लामा २५ देखि ४० प्रतिशतसम्म पोजेटिभ देखिइरहेको छ। , हरेक टोल र घरमा एउटा-एउटा केस बाँकी थियो। विस्...
सेतोपाटी संवाददाता देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै...
सेतोपाटी संवाददाता अविरल वर्षापछि दरौंदी नदिमा आएको बाढीले गोरखाको बारपाक जोड्ने पक्की पुलको एकापट्टी भाग बगाएको छ। , गए राति आएको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने बालुवास्थित पुलको एक भाग बगाएको हो।, अजिरकोट गाउँपालिका बालुवातर्फ पुलको एक भाग बाढीले बगाएको स्थानीय प्रदीप घलेले सेतोपाटीलाई ...
सेतोपाटी संवाददाता काठमाडौँको गोकर्ण रिसोर्ट नजिक थली ओरालोमा बालुवा बोकेको टिपर एक अस्थायी टहरामा पल्टिँदा दुई जनाको ज्यान गएको छ।, महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बा ५ ख २५११ नम्बरको टिपर शनिबार बिहान सवा ४ बजे साँखु-चाबहिल सडक खण्डको थलीमा पल्टिँदा टहरामा सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो।...
सेतोपाटी अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ।, उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर-घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ।, ढलमा पानी निकास अवरूद्ध हुँदा  भानु, कदम , रामानन्द चोक, सरकारी कार्यालय क्षेत्र तथा प्रादेशिक अस्पताल क्षेत्रका सडक जलमग्न भएको छ।, बगिरहेको सडकका प...
विनोद सापकोटा कन्काई नदीमा आएको बाढीले झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ५ को एउटा सिङ्गो बस्ती डुबानको जोखिममा परेको छ। सो क्षेत्रका कम्तीमा ५० घर रहेका छन्।, हात्तिसार दक्षिणको भेलामुनि र बाल कल्याण आधारभूत विद्यालय पूर्वको मानव बस्ती बाढीको कटानका कारण उच्च जोखिममा परेको वडाध्यक्ष सत्यनारायण राजवंशीले बताए।, बा...
सेतोपाटी संवाददाता गोरखाको सिरानचोकमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका वडा नम्बर ७ मा पहिरोले घर भत्काउँदा एक दम्पतीको मृत्यु भएको हो।, गएराति स्थानीय ८६ वर्षका रमण पाण्डे र उनको पत्नी नन्दकुमारी पान्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।, यसैगरी, धादिङमा गुडिरहेको ट्रक माथि...
सेतोपाटी संवाददाता काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१२ स्थित माम्दी खोलामा बाढी आएपछि सो क्षेत्र भएर सञ्चालन भएको बिपी राजमार्ग अवरुद्ध भएको छ।, शुक्रबारदेखि परेको अविरल वर्षाका कारण खोलाको माथिबाट लेदोसहितको बाढी आएर सडकमा थुप्रेपछि राजमार्ग अवरुद्ध भएको हो।, राति १-२ बजेदेखि लेदो थुप्रिएका कारण नै सडक अवरुद्ध भएपछि ...
सेतोपाटी निरन्तरको वर्षातसँगै झरेको पहिरोका कारण अवरूद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। ,     , विभिन्न स्थानमा खसेको पहिरो पन्छाएसँगै आज बिहान ९ः१० बजेदेखि एकतर्फी रूपमा सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, कार्यालयका अनुसार पहिरोका कारण रोकिएका सवारी साधनलाई पालैपाल...
सेतोपाटी संवाददाता झन्डै दुई महिनापछि आज आन्तरिक हवाइ उडान सुरू भएको छ।, कोभिड-१९ महामारीको संक्रमणलाई ध्यान दिँदै सरकारले वैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो। बिहीबारदेखि आन्तरिक उडान फेरि सुरू भएको हो।, आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसहरूलाई काठमाडौं आउ...
सेतोपाटी संवाददाता काठमाडौंकी अनुषा महर्जन 'द डायना अवार्ड' बाट सम्मानित भएकी छन्। सोमबार भर्चुअल कार्यक्रममा बेलायत र विश्वभरका देशहरूबाट झन्डै तीन सयभन्दा बढी युवालाई यो अवार्डबाट सम्मान गरिएको हो। , २३ वर्षीया अनुषालाई सोही दिन डायना अवार्डबाट सम्मान गरिएको हो। यस वर्ष डायना अवार्ड पाउने उनी एक मात्रै नेपाली हुन्।,...
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा ४८ लाख रूपैयाँ सजाय पाएका व्यक्ति पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ जोरपाटी बस्ने ४६ वर्षीय सानुकाजी महतलाई पक्राउ गरेको हो।, उनलाई बिहीबार जोरपाटीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।, उनीविरूद्ध रजनी मिश...
सेतोपाटी संवाददाता बाँकेमा पाटे बाघको छालासहित दुई जना पक्राउ परेका छन्।, बिहीबार बाँके बेजनाथ गाउँपालिका वडा नम्बर ४ तिलकपुरस्थित भित्री सडकबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अछाम मेललेख गाउँपालिका वडा नम्बर ३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढ...
सेतोपाटी संवाददाता बिहीबार थप २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ जनामा कोरोना परीक्षण गरिएको थियो।, ७१३० जनामा पिसिआर परीक्षण गरिएकोमा १८५७ र  ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९...
सेतोपाटी संवाददाता बिहीबार काठमाडौं उपत्यकामा ५७२ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६, ललितपुरमा ७४ र भक्तपुरमा २९ संक्रमित थपिएका हुन्। , काठमाडौं उपत्यकामा कुल ८ हजार ३ सय ५४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। , हाल काठमाडौं जिल्लामा ५ हजार ११, ललितपुरमा १ ह...
विवेक राई सरकारले उदयपुरको वेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रलाई कबुलियत वन बनाई व्यक्तिलाई ३० वर्ष लिजमा दिने निर्णय गरेपछि त्यहाँका स्थानीय आन्दोलित छन्।  , गत जेठ ६ गते मन्त्रिपरिषद्को बैठकले नगरपालिकाको वडा नम्बर ३ स्थित पौरखी सामुदायिक वन क्षेत्रसँग जोडिएको कोशी नदीको उकास रहेको राष्ट्रिय वन समेत समेटेर १७५....
सेतोपाटी संवाददाता चितवनको राप्ती नगरपालिका-१२ पर्खालमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। अन्य तीन जना बेपत्ता भएका छन्। , पहिरोले २ वटा घर र ती घरमा रहेका ४ जना मानिसलाई बगाएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।, बेपत्ता भएकामध्ये एक पुरूषको शव घटनास्थलभन्दा ५० मिटर तल फेला परेको उनले ...
सेतोपाटी संवाददाता कालीगण्डकी डाइभर्सन योजना तत्काल रोक्न कालीगण्डकी बचाउ अभियानले माग गरेको छ। गण्डकी सभ्यताको जैविक विविधता र मानवीय सभ्यतामा संकट निम्त्याउने भन्दै ‘कालीगण्डकी डाइभर्सन’ परियोजना सधैंका लागि रोक्न जनस्तरबाट माग गरिएको हो ।, नागरिकस्तरबाट स्वतःस्फूर्त रुपमा अगाडि बढिहरेको कालीगण्डकी बचाउ अभियानले बिह...
सेतोपाटी संवाददाता बारा प्रहरीले अवैध रूपमा सञ्चालित जिल्लाका १७ वटा मदिरा भट्टीमा छापा मारेको छ।, महागढीमाई नगरपालिका, बारागढी गाउँपालिका, आदर्श कोतवाल गाउँपालिकाका भट्टीहरूमा प्रहरीले बिहीबार छापा मारेको हो।, छापा मार्दा घरेलु मदिरा निर्माणमा प्रयोग हुने ९ हजार लिटर कच्चापदार्थ बरामद गरिएको बारा प्रहरी प्रवक्ता गौतम...
सेतोपाटी संवाददाता २०७४ साउनमा आएको बाढीले बगाएको मोरङ बेलबारी-५ र ग्रामथान जोड्ने पुल अझै निर्माण भएको छैन।, जसका कारण बाढीको समयमा सर्वसाधरण वारिपारि गर्न बञ्चित बनिरहेको बेला त्यसको विकल्पको रुपमा ग्रामथान-४ मोतिपुरमा ८ करोडबढीको लगानीमा अर्को पुल निर्माण भएको छ।, पूर्वमा बेलबारी-५ र पश्चिममा ग्रामथान-४ मा पर्ने उक...
सेतोपाटी संवाददाता कास्कीको मादी गाउँपालिका–९ मुग्रीबेंसीका ८३ वर्षीया गोमा अधिकारी बिहीबार सिकिस्त बिरामी परिन्।, उनका घरका अन्य सदस्य कोरोना संक्रमित भएकाले उनलाई पनि कोरोनाको आशंका गरियो। बिरामी अधिकारीलाई उपचार गर्न एम्बुलेन्समा राखेर पोखरा ल्याइँदै थियो। , बिहानैदेखि पानी परिरहेको थियो, बाटोमा खहरे खोला उर्लिएपछि...
राजेश घिमिरे सौराहाको पल्लो छेउ राप्ती नदीको नजिकै रहेको होटल नेचर हेरिटेजका सञ्चालक दामोदर रेग्मी वल्लो छेउको चित्रसारी पुलमा दिनभर रोकिए। खोलो बढेमानको भएपछि तरेर पारि जान उनलाई अपरान्हसम्मै कुर्नुपर्‍यो।, चित्रसारीबाट सौराहा प्रवेश गर्ने पुल कटेपछिको सडकमा बिहानैदेखि खोलो बगिरहेकाे छ। लगातारको वर्षाले चितवनको पहाडी...
सेतोपाटी संवाददाता चौँरीगोठमा सुत्केरी व्यथा लागेकी एक जना महिलालाई नेपाली सेनाले आज उद्धार गरेको छ।, गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङ्पाटीस्थित गोठबाट गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ ठूलोस्याफ्रुकी ३२ वर्षीया बिबिरानी तामाङलाई लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णु दल गणले  स्ट्रेचरम...
एजेन्सी बेलायती राजकुमारहरू विलियम र ह्यारी बिहीबार सँगै थिए। पछिल्लो समय उनीहरूको सम्बन्धमा तिक्तता आएको भनिएका बेला यी दाजुभाइ आफ्नी दिवंगत आमाको सालिक अनावरण गर्न मध्य लन्डनको केन्सिंगटन दरबारमा पुगेका थिए।  , उनीहरूकी आमा युवराज्ञी डायनाको सन् १९९७ अगस्ट ३१ मा फ्रान्सको पेरिसमा कार दुर्घटनामा परी निधन भएको थियो। त...
राजेश घिमिरे चितवनस्थित नारायणघाट-मुग्लिन सडकखण्डमा ठूलो ढुंगो खसेको छ।, अविरल वर्षापछि पहिरोसँगै ठूलो ढुंगो सडकमा खसेपछि दुई घण्टा सडक नै अवरूद्ध भएको थियो। बिहीबार अपरान्ह खसेको ढुंगो अहिलेसम्म हटाउन सकिएको छैन।, दासढुंगाबाट केही अगाडि १४ किलो भन्ने ठाउँमा ठूलो ढुंगो माथि पहाडबाट सडकमा खसेको थियो। सडकको बीचमा ढुंगो ...
सेतोपाटी संवाददाता बालिका बलात्कार आरोपमा रोल्पाका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।, रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर २ का १९ वर्षिय पोखराज वलीले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ।, तुलसीपुर उपमहानगर वडा नम्बर ५ बसपार्कस्थित एक होटलमा बालिकालाई प्रलोभनमा पारेर वलीले बलात्कार गरेको उजुरीपछि पक्राउ...
एजेन्सी स्क्यान्डिभियन मुलुक डेनमार्कले भुटानलाई साढे दुई लाख डोज कोरोनाविरूद्धको खोप अनुदानमा दिने भएको छ।, बिहीबार एक विज्ञप्ति जारी गर्दै डेनिस विदेश मन्त्रालयले अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको भ्याक्सिन जति सक्यो छिटो भुटानलाई दिने जानकारी गराएको छ।, भुटानमा पनि नेपालमा जस्तै पहिलो डोज लगाएका धेरै मानिसले कोरोनाक...
एजेन्सी श्रीलंकाको राजधानी कोलोम्बोको समुद्री तटमा सयौं कछुवा मृत फेला परेका छन्।, गत जुन २ मा कोलोम्बो बन्दरगाहनजिकै पानीजहाजमा आगलागी भएको थियो। पछि उक्त जहाज समुद्रमै डुबेको थियो।  जहाजले बोकेको रसायनिक पदार्थ र तेल समुद्रमा खसेको थियो। त्यही कारणले समुद्रमा भएका जनावहरू मरेको हुन सक्ने रोयटर्सले जनाएको छ।, वातावरण...
सेतोपाटी संवाददाता सुर्खेतमा जारी निषेधाज्ञालाई थप खुकुलो बनाइएको छ। , कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि वैशाख १४ गतेदेखि जिल्लाभर जारी निषेधाज्ञा खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए।, आजदेखि जिल्लाभित्र चल्ने सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमार्फत् चल्ने उनले जानकारी दिए। , ‘हामीले अहिले ...
सेतोपाटी संवाददाता अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने मर्स्याङ्दी नदीस्थित पुलमा क्षति पुगेको छ।, गोरखा नगरपालिका वडा नम्बर १२ र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ एक्लेफाँट जोड्ने झोलुंगे पुलको एकातर्फ क्षति पुगेको छ।, गोरखा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष रामबहादुर खड्काले पु...
सेतोपाटी गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ।, तनहुँको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीसहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन्।, बिहान अन्दाजी पाँ...
सेतोपाटी गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौंडा–भैंसे सडक खण्ड अवरूद्ध भएको छ।, भीमफेदी गाउँपालिका–१ मा पर्ने बागझोरामा आएको बाढीले गर्दा हेटौंडाबाट जाने र भैंसे हुँदै हेटौंडा आउने यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक निमित्त प्रहरी निरीक्षक देवे...
सेतोपाटी पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरूद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।, सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१ घण्टापछि आज बिहान ९ बजेदेखि सवारी साधन एकतर्फी सञ्चालनमा ल्याइएको हो। , बुधबार रातिदेखि परेको अविरल वर्षाका का...
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दामा दस बर्ष कैद सजाए तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।, घोराही उपमहानगगरपालिका वडा नं. ३ लक्ष्मीपुरका ३८ वर्षीय राजेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरी बुधबार दाङ जिल्ला अदालतमा पेश गरेको छ।, जिल्ला प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार चौधरीलाई २०७३ साल असार २८ गते द...
सेतोपाटी संवाददाता झापाबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१५ का २० वर्षीय सुवास मेचे र मेचीनगर-१० का २५ वर्षीय सुरज लामिछाने रहेका छन्।, दुबैलाई झापा कमल गाउँपालिका-३ पूर्वपश्चिम राजमार्गस्थित केरखाबाट बुधबार पक्राउ गरिएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले ब...
सेतोपाटी हुम्लाको कोभिड-१९ संकट व्यवस्थापन समितिले वैशाख २२ गतेबाट लगाइएको निषेधाज्ञा बिहीबार राति १२ बजेदेखि खुला भएको छ।, असार १० गतेदेखि थप भएर बिहीबार राति १२ बजेसम्म लगाइएको निषेधाज्ञाको समय सकिएको हुँदा जिल्लाका सम्पूर्ण नागरिकले स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर निषेधाज्ञा खुला गरिने भएको प्रमुख जिल्ला अध...
सेतोपाटी संवाददाता दिदी-बहिनीलाई बन्धक बनाएर सामूहिक बलात्कारको अभियोग खेपेकामध्ये थप एक जना युवक पक्राउ परेका छन्।, असार ६ गते राति लमही नगरपालिका वडा नं. ७ स्थित कमानपुरको जंगलमा दिदी-बहिनीलाई बन्धक बनाई सामूहिक बलात्कारको अभियोग खेपेका लमही-६ देउपुरका २० वर्षीय अरबिन चौधरी बुधबार बेलुका पक्राउ परेका हुन्।, वडा प्रह...
रासस नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ।, एक साताअघि मस्तिष्काघात भई ओम अस्पतालमा उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको हो।, नेपाली साहित्यमा आयामेली आन्दोलनका एक हस्ती, वरिष्ठ कवि एवं मुन्धुम दर्शनका आधिकारिक व्याख्याता काईँलाको स्वास्थ्योवस्था बुझ्न प्रतिष्...
राजेश घिमिरे चितवन सदरमुकाम भरतपुरबाट नजिकै भएर पनि ठिमुरा ओझेलमा छ। यो त्यही ठाउँ हो जहाँ केही महिनाअघि मात्रै त्रिशूली नदी माथिबाट तनहुँसँग जोड्ने पक्की पुल एकै महिनामा दुई पटक भाँचिएको थियो। निर्माण सकिनुपर्ने समय आइपुग्न केही महिनामात्रै बाँकी हुँदा पुल भाँचिएपछि ठिमुरा बदनाम भयो।, यही पुलभन्दा केही मिटर पर बनेको ...
रासस उदयपुरको बेलका नगरपालिका परिसर क्षेत्रमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ।, झडप हुँदा ४ जना प्रहरी सामान्य घाइते भएका छन्। प्रहरीले झडप नियन्त्रणको लागि छ राउण्ड हवाई फायर र बीस राउण्ड अश्रुग्यास प्रहार गरेको छ।, यो बुधबारको घटना हो। जिल्ला प्रहरी कार्यालयका अनुसार नगरपालिका क्षेत्रसहित नगरको वडा नम्बर ३ क...
रासस नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ।, इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ।, पह...
रासस म्याग्दीको मङ्गला गाउँपालिका–२ मिठौलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।, प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले गए राति भएको दुर्घटनामा मङ्गला–१ पूर्णगाउँकी १९ व...
एजेन्सी उत्तर अमेरिकी मुलुक क्यानडामा अहिलेसम्मकै अत्याधिक गर्मी भएको छ। मंगलबार त्यहाँ ४९.६ डिग्री तापक्रम पुगेको थियो, जुन अहिलेसम्मकै बढी हो।, बिबिसीका अनुसार क्यानडाको ब्रिटिस कोलम्बियास्थित लिट्टनमा लगातार तीन दिनसम्म ४५ डिग्रीभन्दा बढी तापक्रमको गर्मी भएको हो।, गर्मी हुँदा क्यानडामा मात्रै शुक्रबारयता एक सय ३० ज...
सेतोपाटी निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ।, केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ।, बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।, मौसम पूर्वानुमान म...
गोपालप्रसाद बराल झम्केर पानी पर्नासाथ महोत्तरी कारागारका कैदीबन्दीको बिजोग हुने गरेको छ। पछिल्लो दुई दिनदेखि लगातार परेको पानीसँगै कारागार परिसरमा फोहर थुप्रिएर दुर्गन्ध बढेपछि कैदीबन्दीको बिजोग भएको हो। कारागारको कैदीथुनुवाकक्ष, सुरक्षाकक्षसहितको कारागार परिसरमा बर्खाको भेलले ल्याएको दुर्गन्धित फोहर जताततै देखिन्छ। ,...
रासस तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ।, पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ।, पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए।, सरस्वतीका ससुरा ...
सेतोपाटी संवाददाता अविरल वर्षापछि आएको पहिरोले पृथ्वीराजमार्गका विभिन्न ठाउँ अवरूद्ध छ।, राजमार्गको तनहुँ, धादिङ र चितवनका विभिन्न ठाउँमा लेदोसहित बाढीले सडकखण्ड अवरूद्ध छ।, पृथ्वी राजमार्गको तनहुँ-पोखरा सडकखण्ड पनि अवरूद्ध छ। शुक्लागण्डकी वडा नम्बर ५ स्थित कुम्ले खोलामा पहिरो झरेको छ।, यस्तो व्यास नगरपालिका वडा नम्बर...
सेतोपाटी संवाददाता ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा निवासी टासी फिम्जो शेर्पा गत हप्ता याकहरु जम्मा गर्दै थिए। उनको मात्र होइन याङ्माका  १० घर परिवारको याक जम्मा गरिँदै थियो । चीनले राहतस्वरूप उपलब्ध गराएको खाद्यान्न गाउँमा ल्याउन ढुवानीका लागि याक जम्मा गरिएको हो । , गत हप्ता मात्र चीन र नेपालको सीमा क्षेत्...
सेतोपाटी संवाददाता लगातारको वर्षासँगै आएको बाढी र पहिरोले चितवनमा क्षति पुर्‍याउन थालेको छ। यहाँका राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित बन्न थालेको छ।, पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले धुसरी पुल भत्काइदिएको छ। पूर्व-पश्चिम रा...
सेतोपाटी संवाददाता महिलालाई सार्वजनिक ठाउँमा अभद्र व्यवहार गर्ने एक पुरूष पक्राउ परेका छन्।, प्रहरीले रामेछाप सुनापति गाउँपालिका वडा नम्बर ५ रुपाकोट घर भई भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले भक्तपुरको भत्केकोपाटीबाट मंगलबार पक्राउ गरेको महानगरीय प...
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली सङ्घले निर्वाचन समिति गठन गरेको छ । , सङ्घका अध्यक्ष कुमार पन्तले आगामी अक्टोवरमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारीको निवार्चन सम्पन्न गर्नका लागि विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गरेका हुन्।, समितिको प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ अधिवक्ता ल...
सेतोपाटी अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मर्स्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ। मंगलबारदेखि परेको वर्षाका कारण आज मर्स्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो। , पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाए...
सेतोपाटी प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन लोभलाग्दा नीति तथा योजना अघि सारिएको छ।, नगरको वर्तमान जनप्रतिनिधिको कार्यकालको अन्तिम बजेट भएको हुँदा यसअघिका सबै अधुरा विकासे परियोजना नयाँ आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ विकास नि...
सेतोपाटी पूर्वी चितवनको कयरखोलाले बगाएका दुई जनाको सकुशल उद्धार गरिएको छ।, भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको स्कुटर कयरखोलाको बाढीले बगाउँदा स्कुटरमा सवार एक पुरूष र एक महिलालाई पनि बगाएको थियो। खोलाले स्कुटरसहित मान्छे बगाएपछि इलाका प्रहरी कार्यालय टाँडीको टोलीले उद्धार गरेको हो।, स्कुटर भने खोलाले बगाएको इलाका प्र...
सेतोपाटी संवाददाता काठमाडौंबाट हेटौंडा जाने सडकहरू अवरूद्ध भएका छन्।, विभिन्न ठाउँमा पहिरो आएको हुनाले सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।, कान्तिपथ राजमार्गबाट मकवानपुर जाने बाटो भिमफेदी गाउँपालिका वडा नम्बर ८ गंगटे भन्ने ठाउँमा पहिरोका कारण अवरूद्ध ...
सेतोपाटी वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु-मुग्लिन क्षेत्रमा बिहीबार राति पहिरो गएर सडकमा अवरोध पुगेपछि राजमार्गमा यातायात साधन गुड्न पाएका छैनन्।, धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङखोला र तिकराङमा सडक माथिबाट पहिरो खसेर राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए।, रा...
सेतोपाटी मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुबानमा परेका छन्।, असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरूबाट पानीको सहज निकास नहुँदा ती बस्ती डुबानमा परेका हुन्।, वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरूमा पनि पानी छिरेको छ।, प्लाष्टिकजन्य फोहोरहरू सडक र ...
सेतोपाटी संवाददाता सरकारले यसअघि भेरोसेलको पहिलो मात्रा खोप लगाएकालाई असार २२ देखि दोस्रो मात्राको खोप दिने भएको छ।, गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन्।, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना नि...
भगवती पाण्डे ७२ वर्षीया तुल्सा पाण्डे घरभित्र र बाहिर गर्दा दलानमा टांगिएको स्मृति पात्रोमा नजर परिहाल्छ।, इँटाको गारोमाथि जस्ताले छाएको घरमा पाली जोडेर तुल्साले भान्साकोठा बनाएकी छन्। भान्साको ढोकामाथि रातो र सेतो धागोले बुनेको लेससँगै झुण्ड्याइएको छ स्मृति पात्रो।, त्यही पात्रोमा जोडिएका अनेक तस्बिरको बीचमा मुसुक्क ...
सेतोपाटी संवाददाता खैरहनी नगरपालिका वडा नम्बर-१ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्‍याएको छ । कयर खोलाले उद्योगमा क्षति पुर्‍याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन् ।, उनले भने, ‘यहाँका सिलिण्डर बगाएर सौराहा सम्म पुगेका छन् । बाढीले उद्योगको संरचनामा नोक...
सेतोपाटी संवाददाता विद्यालय तहका पाठ्यपुस्तकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश नगरेपछि प्रकाशकलाई स्पष्टीकरण सोधिएको छ।, पाठ्यक्रम विकास केन्द्रले असार १ को निर्देशनअनुसार नयाँ नक्सा भएको पुस्तक मात्रै विक्रीवितरण गर्न भनेको थियो।, उक्त निर्देशनको अवज्ञ गरेर पुरानै नक्सा समावेश गरिएका पुस्तक बजा...
सेतोपाटी संवाददाता आन्दोलन गरिरहेकाहरूलाई वार्ता गर्न बोलाएर असान्य गतिविधि देखाएका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी छ घन्टा प्रतिष्ठानबाट बाहिरिएका छन्।, आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीले मापसले गरेर उपकुलपति गिरीले असमान्य गतिविधि देखाएको भन्दै मंगलबार वार्तास...
सेतोपाटी संवाददाता मेचीनगर नगरपालिकाले नगरसभाबाट मेचे समुदायलाई ‘पहिलो जाति’ घोषणा गरेकोप्रति धिमाल र राजवंशी समुदायले आपत्ति जनाएका छन्। धिमाल र राजवंशी समुदायले कुनै खोज र अनुसन्धान नगरी मेचीनगर नगरपालिकाले मेचे समुदायलाई प्रथम जाति घोषणा गरेको आरोप लगाएका छन्।, धिमाल समुदायको साझा प्रतिनिधित्व गर्दै आएको धिमाल जाती...
सेतोपाटी संवाददाता नेपाली शान्ति सैनिकले कङ्गोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ। कङ्गोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो।, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पुल मर्मतपछि स्थानीयवासी र ...
सेतोपाटी संवाददाता बुधबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ । , मकवानपुरको भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि सो सडकखण्ड अवरुद्ध बनेको हो। सडक अवरुद्धका कारण भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर...
मनोज सत्याल २०७२ को भुइँचालोपछि १४ जिल्लामा पहिरोको जोखिमबारे अध्ययन गरिएको थियो। उक्त अध्ययनले सिन्धुपाल्चोकमा पहिरोका कारण सबभन्दा धेरै घर असुरक्षित रहेको देखायो।, नभन्दै पछिल्लो पाँच वर्षयता सिन्धुपाल्चोकले पहिरोकै कारण अत्यधिक जनधनको क्षति बेहोर्दै आएको छ।, भुइँचालोमा ३ हजार ६ सय ७३ जनाको ज्यान गुमेको र ६३ हजार घर...
सेतोपाटी संवाददाता मानव अधिकार आयोगले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठसँग रुपा सुनार प्रकरणमा स्पष्टिकरण सोधेको छ। , मंगलबार कार्यालयमै डाकेर आयोगले उक्त घटनामा श्रेष्ठसँग स्पष्टिकरण लिएको आयोगका आयुक्त सूर्य ढुङ्गेलले जानकारी दिए। , 'रूपा सुनारको घटनामा जुन उहाँ छुटाएर लैजानुभयो। त्यो मावन अधिकारसँग सम्बन्धित विषय भ...
खिलानाथ ढकाल चिकित्सा शिक्षा आयोगले बिएन्डसी मेडिकल कलेजमा पठाएको टोलीले तयार पारेको प्रतिवेदन अलपत्र परेको छ। संयोजक डा. प्रकाशराज पाण्डेले प्रतिवेदनमा हस्ताक्षर नै नगरेपछि टोलीले तयार पारेको प्रतिवेदन अलपत्र परेको हो।, गत साता नै पाण्डे नेतृत्वको टोली बिएन्डसी मेडिकल कलेज पुगेको थियो। उनको नेतृत्वमा आयोगका सदस्यहरू ...
राजु अधिकारी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा चर्केको आन्दोलन उत्कर्षतिर अघि बढेको छ।, बुधबार बिहान आन्दोलनकारीले प्रतिष्ठानका चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्दै उनीहरुको बहिर्गमनको मागलाई अबको आन्दोलनको मुख्य मुद्दा बनाएका छन् ।, अब प्रतिष्ठानका पदाधिकारीसँग कुनै वार्ता नहुने, प्रधानमन्...
सविता बुढा गएको पुसमा क्युडी गाउँमा डोजर पुग्यो।, यो गाउँ बाजुराको हिमाली गाउँपालिका-५ मा पर्छ।, गाउँमा डोजर पुगेपछि विकास आयो भनेर गाउँलेहरूले यति खुसी भए कि, खसी नै काटे। माला उनेर चालक र गाउँमा बाटो बनाउन डोजर पुर्‍याउने ठेकेदारलाई पहिर्‍याए। अबिर मालाले स्वागत-सम्मान गरे।, यो सडक प्रदेश सरकारको योजनाअनुसार खन्न सु...
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिराले अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको छ। म्याग्दे गाउँपालिका–४ थर्पुमा लेदो माटो खसेर आज बिहानदेखि अवरुद्ध भएको सडक बिहान ८ः०० बजेदेखि पुनः सञ्चालन भएको प्रहरीले जनाएको छ। , लेदो माटोसहितको पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालन भएको प्रहरी चौकी थर्प...
सेतोपाटी संवाददाता ४० किलो गाँजासहित पर्साबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , गए राति करिब १ बजे पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ मकवानी चौरीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले जानकारी दिए।, प्रहरीले मकवानपुर राक्सीराङ गाउँपालिकाका ४० वर्षीय वीर...
सेतोपाटी संवाददाता झण्डै आठ महिनाभन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामा (नाम परिवर्तन) ले नेपाल फर्कन पाउँछु भनेर सोचेकी पनि थिइनन्। नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन् र आँखा टिलपिल पार्दै भनिन्, ‘सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ होला। मैलें कल्पना पनि गरेको थिइँन, म र मेरा...
कृष्ण दवाडी स्थानीय तह स्थापनापछि जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्षको अवधिमा पोखरा महानगरपालिकाले १३७ किमी सडक कालोपत्र गरेको छ। सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको महानगरपालिकाले विकटलाई निकट ल्याउने भन्दै ‘कनेक्टिङ रोड’को अवधारणाअनुसार सडक कालोपत्र र ग्राभेलको काम अघि बढाएको हो ।, महानगर प्रमुख मानबहा...
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा असुलेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ।, मंगलबारदेखि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्षमता भएका सवारीसाधन चलाउन अनुमति दिएको थियो। लामो दूरीका बस भने चलाउन दिइएको छैन। , केहीले रिजर्भ गरेर गाडी लिने गरेका छन्। , यात्रुहरूसँग तोकिएकोभ...
रमेश लम्साल 'अरूहरूले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छौं। काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन्। अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन। नेपालमा काम गर्नुपरेपछि यस्ता तर्क गर्नेहरू भने धेरै भेटिन्छन्,' कुराकानीको सुरूआत नै यसरी भयो।, पाइलटको एउटा परिवार। सु...
सेतोपाटी संवाददाता कालीगण्डकी–तिनाउ बहुउद्देश्य डाइभर्सन आयोजना अहिले सर्वाधिक चासोको विषय बनेको छ। यो आयोजनाको सम्बन्धमा संघीय सरकार र प्रदेश सरकारबीच विवाद उत्पन्न भएको छ। , गएको शनिबार संघीय सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बुटवलमा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेपछि यो विषय सतहमा आएको छ।, दुवै सरकारले ...
सेतोपाटी संवाददाता बुधबार काठमाडौं उपत्यकामा ५७२ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ संक्रमित थपिएका हुन्। , काठमाडौं उपत्यकामा कुल ८ हजार ५ सय सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। , हाल काठमाडौं जिल्लामा ४ हजार ९१६, ललितपुरमा २ हजार...
विवेक राई गत सोमबार टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले उमेर हदका कारण अवकास पाए। २०४१ सालदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका डा. राजभण्डारी २०७६ फागुन १९ गते टेकु अस्पतालको निर्देशकको भूमिकामा आएका थिए। , उनी जुनबेला टेकु अस्पतालको नेतृत्व सम्हाल्न आए, त्योबेला नेपालमा कोरोना संक्रमण मत्थर भएर पुनः फैलि...