content
stringlengths
20
64.1k
सेतोपाटी सूर्यविनायक नगरपालिका–१, सिरूटारस्थित चमेली वनमा शंकास्पद अवस्थामा पुरूषको शव फेला परेको छ। , बायाँ हातमा मेडिकलको ब्याण्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाइन जोड्न प्रयोग हुने खालको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा शव जंगलमा फेला परेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। , महानगरीय प्रहरी वृत्त ठिमीले घटना र शवको प्रकृतिअनुसार हरियो ज्याकेट, सुन्तला रङ्गको कट्टु र कालो जुत्ता लगाएको, अन्दाजी ४० देखि ४२ वर्षको देखिने पुरूषको शव जंगलमा आइतबार भेटिएको प्रहरीले आज जानकारी दिएको छ। , अन्दाजी एक साताअघि नै मृत्यु भएकाले शव सड्न थालेको र दुर्गन्धित अवस्थामा भेट्टाइएको हो। पहिचान भने भएको छैन। शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएर अनुसन्धान सुरू गरेको बताएको छ।रासस, सिरूटारको जंगलमा शंकास्पद अवस्थामा पुरूषको शव फेला
सेतोपाटी संवाददाता तुलसीपुर– घोराही सडक खण्डमा पर्ने पत्रे खोलाको कचबे ढलान गरिएको छ ।  आइतबारदेखि सडक खण्डमा यातायात बन्द गरेर भत्किएको कचबे ढलान गरिएको हो। , कचबे निर्माणका लागि असार २० गतेदेखि २२ गते राति १० बजेसम्म सडक बन्द गरिएको छ । , प्रमुख जिल्ला अधिकारीको रुपमा रामबहादुर कुरुम्बाङ आएकै दिन पत्रे खोलाको निरीक्षण गर्न गएका थिए । , खोलाको कचबे भत्किँदा उक्त सडक खण्ड भएर यात्रा गर्न कठिन अवस्था थियो। पत्रे खोलामा सानो बाढी आउँदा यातायातका साधन घन्टौंसम्म ठप्प हुने अवस्था थियो । , मोटरसाईकल डोर्‍याएर तारिदीने स्थानीय युवकहरुले खोलाको अवस्था हेरि एउटा मोटरसाईकलको ५० रूपैंयादेखि अढाई सय रूपैंयाँसम्म असुल्दै आएका थिए।, पत्रे खोलामा ६ बर्षदेखि निर्माणाधिन पुल अझैं पुरा भइनसक्दा सडक खण्ड भएर यात्रा गर्ने सर्वसाधारणले हरेक वर्षातमा सास्ती खेप्नुपरेको छ । , कचबे भत्किएर खाल्डो परेको भागबाट खोलाको भंगालो बग्ने हुँदा साना सवारी साधन सञ्चालन गर्न समस्या हुँदै आएको थियो । , कचबे मर्मतपछि यात्रा सहज बन्ने अपेक्षा गरिएको छ।,  , पत्रे खोलोमा भत्किएको कचबे निर्माण
सेतोपाटी संवाददाता चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीया सुजिता भण्डारीको शव भिरमा फेला परेको छ।, राप्तीकै ब्रम्हस्थानी सामुदायिक वनको भिरालो जमिनमा भण्डारीको शव आइतबार फेला परेको थियो।, उक्त शव सोमबार प्रहरीले पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउँदैछ। सो क्रममा भण्डारीका परिवार र आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध पारेका छन्।, भण्डारी बेपत्ता भएकोबारे प्रहरीलाई खबर गरे पनि समयमै खोजबिन नगरेको आरोप स्थानीयहरूको छ। उनीहरूले पूर्वपश्चिम राजमार्गको गड्यौलीमा ट्रक र ढुंगामुढा तेर्साएर अवरोध गरेका छन्।, उनीहरूले भण्डारीको शव नबुझ्ने बताएका छन्। प्रहरीले घटना सामसुम पार्न खोजेको आरोप स्थानीयको छ।, जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीले भण्डारीको शव भिरालो जमिनको लहरोमा अड्किएको अवस्थामा फेला परेको बताए।, शव भेटिएको स्थान नजिकै स्प्राइटको बोत्तल फेला परेको छ। उक्त बोत्तलमा पतेरालाई मार्न प्रयोग हुने विष फेला परेको छ। भण्डारीले सो विष सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ।, उनी असार ११ देखि हराइरहेकी थिइन्। उनलाई अपहरण गरेको हुन सक्ने परिवारको भनाइ थियो। उनीहरूले प्रहरीमा निवेदन पनि दिएका थिए।, प्रहरीले अपहरण भएको भन्ने पाटोबाट पनि अनुसन्धान जारी राखेको जनाएको छ।, प्रहरी उपरीक्षक अधिकारीका अनुसार शव फेला परेको स्थाननजिकै झोला च्यातिएको अवस्थामा फेला परेको छ।, भण्डारीको चार जना दिदीबहिनी छन्। उनीहरूको पारिवारिक अवस्था कमजोर छ।, हेर्नुस् तस्बिरहरू, सबै तस्बिरहरू: राजेश घिमिरे/सेतोपाटी, भिरमा भेटियो सुजिता भण्डारीको शव, आफन्तले गरे राजमार्ग अवरूद्ध
एजेन्सी पाकिस्तानको इस्लामावादस्थित भारतीय उच्च आयुक्तको कार्यालयको कम्पाउण्डमा ड्रोन देखिएको छ।, शुक्रबार कम्पाउण्डमाथि ड्रोन देखिएपछि सुरक्षाको उल्लंघन गरेको भन्दै भारतले कडा आपत्ति जनाएको एनडिटिभीले जनाएको छ।, गत आइतबार भारतको जम्मु-कास्मिरस्थित भारतीय वायु सेना बेस क्याम्पमा ड्रोन आक्रमण भएको थियो। त्यसको केही दिनपछि नै भारतीय उच्च आयुक्तको कार्यालयमा पनि ड्रोन देखिएपछि भारत सशंकित भएको हो।, भारतीय वायु सेनाको बेस क्याम्पमा भएको आक्रमणमा पाकिस्तानको हात हुन सक्ने भारतीय अधिकारीहरूको आशंका छ। , भारतीय उच्च आयुक्तको कार्यालय परिसरमाभएको सुरक्षाको उल्लंघनले भारत र पाकिस्तानबीचको सम्बन्ध थप बिगार्ने अनुमान गरिएको छ।, इस्लामावादस्थित भारतीय उच्च आयुक्तको कार्यालय कम्पाउन्डमा देखियो ड्रोन, भारतले जनायो आपत्ति
विवेक राई आगामी साता नेपालले कोरोनाविरूद्धको १० लाख डोज खोप चीनबाट ल्याउँदैछ। उक्त खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाँदैछ। , खोप लिएर एयरलाइन्सको जहाज भोलिपल्टै नेपाल आइपुग्ने छ। खोप आइपुग्ने भएपछि सो खोप क-कसलाई लगाउने भनेर टुंगो गर्न अहिले खोप शाखा काम गरिरहेको छ। , खोप शाखाका प्रमुख डा. झलक गौतमले चीनबाट ल्याइने खोप उमेर समूहको प्राथमिकताका आधारमा लगाउने तयारी भएको जानकारी दिए।, 'हामी मूलत: राष्ट्रिय खोप कार्यान्वयन योजना अनुसार नै जाने भन्नेछ। जस अनुसार उमेर समूहको जोखिम हेरेर जान्छौं। यसअघि ६० वर्ष माथिका उमेर समूहलाई लगायौं। अब त्यो भन्दा कम उमेर समूहतिर जान्छौं,' गौतमले भने। , उनले ६० वर्ष माथिका कति व्यक्तिले अझै खोप लगाउन बाँकी रहेको भन्दै पहिलो प्राथमिकतामा ती उमेर समूहका मानिसहरू पर्ने बताए। तर यसअघि ६० वर्ष माथिका झन्डै १४ लाख मानिसले 'कोभिसिल्ड' खोप लगाएका छन्। त्यसैले उनीहरूलाई दोस्रो मात्रा पनि कोभिसिल्ड नै लगाउनुपर्ने भएकाले पहिलो मात्रा लगाउनुपर्ने ६० वर्ष माथिका मानिस धेरै छैनन्। , यद्यपि पहिलो डोजमा 'कोभिसिल्ड' खोप लगाएका व्यक्तिहरूले दोस्रो डोज चीनबाट आउने 'भेरोसेल' खोप लगाउनु हुन्छ कि हुँदैन भनेर सोधेको भन्दै डा. गौतमले त्यसको दोस्रो मात्रा पनि 'कोभिसिल्ड' नै लगाउनुपर्ने वा सोही फर्मुलामा बनेको अर्को खोप लगाउनुपर्ने जनाए। , गौतमका अनुसार खोप पाउने दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका उमेर समूह हो। उनले ५५ वर्ष माथिका उमेर समूहमा कति मानिस छन् भनेर संख्या निकाल्ने काम भइरहेको भन्दै अब ६० वर्ष माथिकालाई पुगेपछि ५५ वर्ष माथिकालाई खोप लगाइने बताए।, यस्तै, अब आउने खोप अत्यावश्यक तथा जोखिम क्षेत्रमा काम गर्ने मानिसहरूलाई समेत प्राथमिकताका आधारमा लगाइने गौतम बताउँछन्। , यसअघि पेट्रोलियम क्षेत्रमा काम गर्ने कर्मचारीहरूले खोपको माग गरेका थिए। उनीहरूले सरकारले खोप उपलब्ध नगराए सेवा नै ठप्प पार्ने समेत चेतावनी दिएका थिए।, डा. गौतमले अब आउने खोप प्राथमिकतामा त्यस्ता जोखिमका क्षेत्रमा काम गर्ने कर्मचारीलाई राखिएको जनाए। , यसअघि चीनबाट दोस्रो चरणमा अनुदानमा आएको खोप पनि सरकारले उमेर समूह अनुसार नै वितरण गरेको थियो। उक्त खोपको पहिलो मात्रा लगाउने काम सकिएको छ भने दोस्रो मात्रा आगामी असार २२ गतेदेखि लगाइने भएको छ।, सो खोप सुरूमा ६० देखि ६४ वर्षकालाई लगाउने भनिए पनि पछि खोप नपुग्ने देखिएपछि अन्तिम समयमा उमेर समूहलाई परिवर्तन गर्दै ६२ देखि ६४ बनाइएको थियो। , चीनबाट अब आउने खोप भने सरकारले खरिद गरेको हो। यसअघि भने भारतबाट २० लाख डोज खोप किनिएको थियो। जसमध्ये १० लाख डोज खोप अझै आएको छैन। भारतबाट थप खोप आउने सम्भावना नदेखिएपछि सरकारले चीनबाट खोप ल्याउन पहल गरेको थियो। सोही अन्तर्गत १० लाख डोज खोप आउन लागेको हो। , तर यो खोप सरकारले 'नन डिस्क्लोजर एग्रिमेन्ट' मार्फत ल्याएकाले खोपको मूल्यलगायत धेरै कुरा खुलाइएको छैन।, सरकारले चीनबाट खोप खरिद गर्ने भनेपछि त्यहाँको कम्पनीले नै 'नन डिस्क्लोजर एग्रिमेन्ट' अनुसार भएमात्र खोप दिने भनेपछि सोही अनुसार नेपालले पनि सहमति जनाएको हो।, क-कसले पाउँछन् अर्को साता बेइजिङबाट ल्याइने खोप?
सेतोपाटी नेपाली सेनाले नेपाल प्रहरीलाई ३०० थान हतियार उपलब्ध गराएको छ।, प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापालाई सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उक्त परिमाणको इन्सास, एसएलआरलगायतका हतियार र सोको गोली एवं आवश्यक पार्टपुर्जा हस्तान्तरण गरेका हुन्। ,       , मन्त्रिपरिषद्को गत जेठ १७ को निर्णयानुसार सेनाले १० हजार ८१८ नाल हरियार तथा १४ लाख ९४ हजार १६ थान गोली र आवश्यक पार्टपुर्जा प्रहरीलाई तीन चरणमा उपलब्ध गराउने छ।, प्रहरीले तालीम, विशिष्ट र अतिविशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा अन्य ठूला कार्यक्रम सञ्चालन गर्ने प्रयोजनका लागि ती हतियार माग गरेको थियो।, उपलब्ध गराइएका हतियारको मर्मत तथा सञ्चालनसम्बन्धी तालिमसमेत सेनाले  प्रहरीलाई प्रदान गर्नेछ। , सेनाले बाँकी हतियार आगामी वैशाखभित्रमा हस्तान्तरण गरिसक्ने जानकारी दिइएको छ।, कार्यक्रममा महासेनानी राजेन्द्रमणि गिरी र वरिष्ठ उपरीक्षक दिपक थापाबीच सहमतिपत्र आदानप्रदान भएको थियो।, मुलुकका रक्षा र सुरक्षाको धरोहरका रूपमा रहेका ती दुई निकायका बीच शान्तिसुरक्षा कायम गर्ने सन्दर्भमा कतिपय समयमा संयुक्त परिचालन समेत हुँदै आएको छ। ,     , शान्तिसुरक्षा कायम गर्ने सन्दर्भमा उत्पन्न हुने अवस्थाको प्रतिकार्यसमेतमा प्रयोग हुने उक्त हतियारले  प्रहरीको क्षमता अभिवृृद्धि गर्नेछ।, प्रहरीको अनुरोधमा सरकारबाट भएको निर्णयबमोजिम सेनासँग भएको जगेडा हतियार प्रहरीलाई उपलब्ध गरिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।, यसअघि सेनाले सशस्त्र प्रहरी बल नेपाललाई सन् २०२० जुलाई २९ मा ६०० थान इन्सास हतियार उपलब्ध गराएको थियो। कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा लगायत उच्च सैनिक अधिकृतको सहभागिता रहेको थियो। रासस , सेनाद्वारा प्रहरीलाई ३०० थान हतियार हस्तान्तरण
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिको बैठकले विद्यार्थी रामजी रामसहित चार विद्यार्थीलाई एमबिबिएस परीक्षामा सामेल गराउन निर्देशन दिने निर्णय गरे पनि त्यो अघि बढेको छैन।, प्रमाणीकरण भइनसकेका कारण उक्त निर्णय आयोगबाट अगाडि बढ्न नसकेको आयोगका अधिकारीले बताए।, चिकित्सा शिक्षा आयोगका अनुसार तीन दिनअघि भएको निर्णय अहिलेसम्म सदर भइसकेको छैन।, आयोग सदस्य भएको नाताले नेसनल मेडिकल कलेजका सञ्चालक बसरूद्दिन अन्सारीलाई मौखिक रूपमा परीक्षा फारमको विषय समाधान गर्न भनिएको आयोगले जनाएको छ।, ‘निर्णय प्रमाणीकरण भइनसकेकाले डिन कार्यालयलाई चिठी काटिएको छैन, आज उपाध्यक्षज्यूले सही गर्नुहुन्छ, त्यसपछि लेखिन्छ,’ आयोगका सदस्य सचिव डिल्ली लुइँटेलले भने।, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी निर्णय प्रमाणीकरण भएपछि मात्रै डिन कार्यालयलाई चिठी लेखिने लुइँटेलले बताए।, गत साल पनि आयोगले डिन कार्यालयमा चिठी लेखेपछि मात्रै उसले नेसनल मेडिकल कलेजलाई परीक्षामा सामेल गराउन ठाडो निर्देशन दिएको थियो।  , कार्यकारी समितिले रामजी रामसहित चार जना विद्यार्थीलाई परीक्षा फारम भर्न कलेजले नदिएको विषयमा सम्बन्धित विश्वविद्यालयलाई चिठी लेखेर आवश्यक कारबाही गर्न निर्देशन दिने निर्णय गरेको थियो।, रामसहित चार जना विद्यार्थीले फारम भर्ने अन्तिम मिति असार २२ गते हो। सरकारी छात्रवृत्तिमा पढिरहेका उनीहरूलाई नेसनल मेडिकल कलेजले अवैध शुल्क माग्दै परीक्षा फारम भर्न दिएको छैन।, चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)ले अहिलेसम्म रामजी रामसहितका विद्यार्थीलाई फारम भर्न नदिएकोबारे परेको निवेदनमा कुनै कारबाही अगाडि बढाएको छैन। असार ७ गते नै फारम भर्न नदिएको विषयमा विद्यार्थीले डिन कार्यालय गुहारेका थिए।, चिकित्सा शिक्षा आयोग र डिन कार्यालय दुबै गुहारेकोमा आयोगले आफ्नो कार्यकारी समिति बैठकमा कुरा लगेको थियो।, परीक्षा फारम भर्नुअघि कलेजले वार्षिक शुल्कबापत् मात्र रामलाई ५ लाख ९८ हजार ५० रुपैयाँ मागेको छ, त्यो उनले तिर्न नपर्ने शुल्क हो।, होस्टल चार्ज भनेर ५५ हजार ४२१, मेस चार्ज भनेर २१ हजार ३९ र इन्टरनेटको भनेर ९ हजार ८ सय रुपैयाँ मागिएको छ। जतिवटा शीर्षकमा मागिएको रकम उनले तिर्न पर्दैन किनभने उनले यी सेवा उपयोग गरेकै छैनन्।, रामजीसहित सरकारले पैसा तिरेर पढाएका पंकजकुमार राम, रूपेशकुमार राम, प्रमोदकुमार रामलाई नेसनल मेडिकल कलेजले परीक्षा आउने बेलामा अवैध शुल्क मागेर फारम भर्न दिएको छैन।, पंकज एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत् छन्। उनलाई नेसनलले वार्षिक शुल्क भनेर ५ लाख ९८ हजार ५०, होस्टल खर्च १५ हजार ८३४, मेस खर्च ३० हजार २५८ र इन्टरनेट खर्च भनेर ७४ हजार रुपैयाँ मागेको छ।, रूकेशकुमार एमबिबिएस चौंथो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्कबापत् २ लाख ४८ हजार ५०, होस्टल खर्च ३ लाख ४२ हजार ५९३ र इन्टरनेट खर्चबापत् ८ हजार ४ सय मागेको छ।, प्रमोदकुमार राम एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्क भनेर ७ लाख ४० हजार, होस्टलको २ लाख ४६ हजार २६१ र इन्टरनेटको ७९ हजार ८ सय मागेको छ।, मेशनल मेडिकल कलेजका सञ्चालक बसरूद्दिन अन्सारीका अनुसार रामजी रामसहित अन्य विद्यार्थीलाई शुक्रबारसम्म परीक्षा फारममा सहभागी गराइएको छैन।, ‘केही हिसाब-किताब बाँकी छ, म बाहिर छु, परीक्षा फारमको विषयमा म छलफल गर्छु,’ उनले भने, ‘चिकित्सा शिक्षा आयोग र डिन कार्यालयले भनेरै पोहोर पनि फारम भराएको हो।’, * चिकित्सा शिक्षा आयोगको हुनुपर्नेमा यसअघि त्रिवि कार्यकारी समितिको निर्णय भनी उल्लेख  हुन गएकोमा सच्याइएको छ। - सम्पादक, , सम्बन्धित समाचार:, रामजी रामलाई फेरि अवैध शुल्कको ताकेता, नेसनल मेडिकल कलेजले माग्यो ६ लाख, रामजी रामको पत्र सात दिनदेखि अलपत्र, आइओएम डिन सिंह भन्छिन्- म के गरूँ त?, रामजी रामलाई परीक्षा फारम भर्न निर्देशन दिने समितिको निर्णय तीन दिनसम्म चिकित्सा शिक्षा आयोगमै
महेन्द्रनगर, १८ असार चार वर्षअघि कञ्चनपुरको पूर्वी क्षेत्र डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको हुलाकी सडक निर्माण आरम्भ भयो।, यहाँको दक्षिण क्षेत्रका नागरिकको यातायात सुविधामा सहजता आउने आशासहित उक्त ६२ किलोमिटर हुलाकी सडकको निर्माण तोकिएको समय सकिँदा पनि ५० प्रतिशतमै सीमित छ।, रु एक अर्ब १२ करोड लागत रहेको सडक निर्माण तीन प्याकेजमा ठेक्का दिइएको भए पनि निर्माण व्यवसायीको ढिलासुस्ती र बीचमा कोरोना भाइरस संक्रमणका कारण ढिलाइ भएको हो।, हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर पदमबहादुर मडैले हालसम्म तीनवटै प्याकेजमा गरी ३२ किलोमिटर सडक कालोपत्र भएको जानकारी दिए।, ‘हामीले अहिलेसम्म तीनपटक म्याद थप भइसकेको छ’, इन्जिनियर मडैले भने, ‘अहिले पहिलो र तेस्रो प्याकेजको म्याद माघ महिना र दोस्रो प्याकेजको म्याद गत जेठमा सकिएको अवस्था छ।’, त्यसैगरी उक्त योजनाअन्तर्गत स–साना पुल निर्माणको ठेक्का गर्न बाँकी छ भने गत वर्ष र चालु आवमा कालोपत्र गर्ने समय (वैशाख र जेठ) मा लकडाउन हुँदा काम गर्न नसकिएको हो।, इन्जिनियर मडैले आगामी आवभित्र सडक निर्माणको काम सकिने जानकारी दिए। तीस महिनाको समयावधि दिएर काम थालिए पनि काम गर्न ढिलाइ भएकाले निर्माण कम्पनीको भुक्तानीसमेत रोकिएको अवस्था छ।, त्यसैगरी कञ्चनपुर र कैलालीका केही भू–भागलाई सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित एक दशकअघि सुरू गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यप्रगति पनि सन्तोषजनक छैन।, चौध किलोमिटरदेखि २५ किलोमिटरको भागमा मूल नहर निर्माणका लागि ठेक्का दिइएको सिँचाइ आयोजनाले लामो समय मुआब्जा विवाद र रूख कटानको झमेलाबाट मुक्त हुन सकेन।, आयोजनाको कार्यालयले काम गर्ने स्थल उपलब्ध गराउन नसक्दा मूल नहरअन्तर्गत अन्य संरचना बनाएर बस्नुको विकल्प नरहेको निर्माण व्यवसायीको दुःखेसो छ।, कञ्चनपुरको ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर नहर निर्माणसहित अघि बढेको आयोजनाअन्तर्गत हालसम्म १३ किलोमिटर मूल नहर मात्रै निर्माण सकिएको छ।, हाल १५ किलोमिटर मूल नहर निर्माणाधीन अवस्थामा रहेको आयोजनाले जनाएको छ।, ‘पन्ध्र किलोमिटर नहर खन्ने काम नभए पनि अरू निर्माण भने यो बीचमा भए’, महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले भने, ‘धेरै समय खर्चेर वनको रूख कटान र ऐलानी जग्गाको क्षतिपूर्तिको विषय समाधान भएको छ।’, उनले नहर निर्माण क्षेत्रमा पर्ने ऐलानी जग्गाको क्षतिपूर्ति दिने विषय टुंगो लागेर मन्त्रालयले बजेट माग गरिरहेको बताए।, ‘ऐलानीको क्षतिपूर्ति दिन रु २५ करोड जति चाहिन्छ’, बमले भने, ‘सोही रकमका लागि अहिले काठमाडौं आएको छु।’, उनले निर्माणका क्रममा यहाँको बेदकोट नगरपालिकामा रहेका चारवटा सामुदायिक वनक्षेत्रको रूख कटानको समस्या पनि हल भइसकेको जानकारी दिए। , ‘तीन प्याकेजमा थालिएका कामको म्याद थप भएर आगामी भदौ महिनासम्म छ’, उनले भने, ‘सम्झौता गर्दा २६ महिनामा सक्ने भए पनि त्यो हुन सकेन।’, पन्ध्र किलोमिटर मूल नहर निर्माणको लागत रु दुई अर्ब ५० करोड रहेको आयोजनाले जनाएको छ।, त्यसैगरी, कञ्चनपुरको अर्को ठूलो योजना महाकाली पुलको चार लेनको पक्की पुल निर्माणको काम अघि बढिरहेको भए पनि बीचमा आउने बाधा व्यवस्थापनसित रुमलिनु परेको छ।, ‘केही दिनअघि आएको बाढीले पुलसम्म पुग्ने पहुँच मार्ग बगाउँदा निर्माणलाई केही असर गरेको पनि काम चलिरहेकै छ’, महाकाली पुल योजना कार्यालयका इन्जिनियर वीरेन्द्र चन्दले भने, ‘पहुँच मार्गको काम पनि द्रुत गतिमै छ।’, उनले २०७४ साल भदौमा सुरू भएको पुलको काम दुईपटक म्याद थप भइसकेको जानकारी दिए।, पुलसँगै बन्ने ठूला तलाउमा तटबन्ध बनाउन करिब एक लाख ८१ हजार घनमिटर ठूला ढुङ्गा आवश्यक पर्ने भए पनि निर्माण कम्पनीले अझै ढुङ्गा पाउन सकेको अवस्था छैन।, ‘ठूला ढुङ्गा विषयको फाइल अहिले विभागमा पुगेको छ’, इन्जिनियर चन्दले भने, ‘अहिले पुलको भौतिक प्रगति ७५ प्रतिशत पूरा भइसकेको छ।’, रु तीन अर्ब २३ करोडको लागतमा बनिरहेको पुलअन्तर्गत ओदालीदेखि गड्डाचौकी र पारि दोधारा चाँदनीको केही भूभागसम्म छ लेनको सडक निर्माणाधीन अवस्थामै छ।, केही समयअघि आएको बाढीले निर्माण कम्पनीको कालोपत्र गर्न राखिएको प्लान्ट नै नदीमा आएको बाढीले बगाउन करिब रु तीन करोडभन्दा बढीको क्षति भएको थियो।, त्यसैगरी यहाँ लामो समयदेखि सञ्चालनमा नरहेको मझगाउँ विमानस्थल पुनर्निर्माणका लागि ठेक्का प्रक्रियामा छ।, भीमदत्त नगरपालिका र दोधारा चादँनी नगरपालिकाका जनप्रतिनिधिका साथै यहाँका नागरिक अगुवा विमानस्थल सञ्चालनका लागि लामो समयदेखि दबाब दिँदै आएका थिए। रासस, समयमा सकिँदैनन् ठूला विकासे आयोजना
सेतोपाटी संवाददाता शुक्रबार थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यस दिन कुल १० हजार ५९६ जनाको नमूना परीक्षण गरिएको थियो।, ६ हजार ५ सय ६६ को पिसिआर विधिबाट परीक्षण गर्दा १३९१ लाई संक्रमण पुष्टि भएको थियो भने ४ हजार ३० मा एन्टिजेन परीक्षण गर्दा ९०८ मा पोजेटिभ देखिएको थियो।  , पछिल्लो २४ घण्टामा ३४५१ जना निको भएका छन्।, हालसम्म कोरोना संक्रमण पुष्टि भएर निको भएकाहरूको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ। यस्तै  निको हुनेको दर ९४  प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। , त्यस्तै थप ३४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ। , थप २ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि, निको भए ३ हजार ४ सय ५१
खिलानाथ ढकाल चिकित्सा शिक्षा ऐनको प्रावधान लागू गर्न नसक्दा सय बढी नर्सिङ कलेज बन्द हुने अवस्थामा पुगेका छन्।, व्यावसायिक शिक्षा तथा तालिम परिषद (सिटिइभिटी) र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नर्सिङ कलेजहरू बन्द हुने अवस्थामा पुगेका हुन्।, चिकित्सा शिक्षा ऐनमा दुई वर्षभित्र नर्सिङ कलेजले अनिवार्य सय शैयाको अस्पताल बनाउनुपर्ने प्रावधान थियो।, तर, यो अवधिमा आफ्नै अस्पताल बनाउन नसकेका कारण अहिले ती कलेजहरूले भर्ना लिन पाएका छैनन्।, चिकित्सा शिक्षा आयोगका अनुसार हाल नियम नपुगेका स्नातक तहका १७ वटा कलेजको सिट संख्या पनि रोकिएको छ।, मापदण्ड पूरा गर्न नसकेका सबैभन्दा बढी सिटिइभिटीका ९० वटा नर्सिङ कलेज छन्। पूर्वाञ्चल विश्वविद्यालयका १९ वटा कलेज छन्। तिनीहरू सबैको भर्ना रोकिएको छ।, डिन डा. शैलेशमणि पोखरेलका अनुसार पूर्वाञ्चल विश्वविद्यालय २० वटा कलेजको आफ्नो अस्पताल छ। अनुगमनमा अस्पताल नदेखिएका १९ वटा कलेजको भर्ना रोकिएको छ।, अहिले भर्ना तथा सिट संख्या आयोग आफैंले तोकिदिने भएका कारण विश्वविद्यालयको अधिकार कटौती भइसकेको छ।, ‘कि त अस्पताल बनाएर एकेडेमिक गतिविधि सञ्चालन गर्नुपर्‍यो, कि बन्द गर्नुपर्‍यो, नर्सिङ कलेजहरू बन्द हुने अवस्थामा पुगेका छन्,’ पोखरेलले भने।, नियमानुसार चार वर्षसम्म भर्ना प्रक्रियामा सहभागी नहुने नर्सिङ कलेजको सम्बन्धन खारेज गर्न सकिने व्यवस्था छ।, चिकित्सा शिक्षा ऐन जारी भएपछि कतिपय कलेजहरूले आफ्नै अस्पताल बनाए भने अधिकांश कलेजहरू अस्पताल बनाउने क्षमतामा छैनन्।, जग्गा खरिद, वातावरण प्रभाव मूल्यांकन, भवन निर्माणमा समय लाग्ने कलेजहरूको भनाइ छ। तर, काम गर्नुपर्ने बेलामा कोरोना महामारी सुरू भएकाले पनि धेरैले आफ्नो अस्पताल बनाउन नपाएको गुनासो गरेका छन्।, ‘कि त ऐनको स्पिरिटमा चल्नुपर्‍यो, कि बन्द गर्नुपर्‍यो वा ऐनको प्रावधान परिवर्तन गर्नुपर्‍यो,’ चिकित्सा शिक्षा आयोगका सदस्यसचिव डिल्ली लुइँटेलले भने, ‘ऐनमा कानुनी उपचार खोज्ने हो भने नर्सिङ कलेजहरू पुन: सञ्चालनमा आउन सक्छन्।’, स्नातक तहमाथिको सिट संख्या आयोग र पिसिएल नर्सिङको सिट सिटिइभिटीले निर्धारण गर्ने गरेको छ।, सिटिइभिटीका अनुसार ऐन जारी भएपछि सिटिइभिटीका अनमी र सिएमए कार्यक्रम चलाउने १२७ वटा कलेज त बन्द नै भए। ती कलेजले २३८ वटा कार्यक्रम चलाउँथे।, बाँकी रहेका १०८ वटा कलेजले सिएमएलाई अपग्रेड गरी एचए र अनमीलाई अपग्रेड गरी नर्सिङ कलेज चलाइरहेका थिए।, तिनीहरूलाई सय शैयाको अस्पताल अनिवार्य गरिएपछि ९० वटा बन्द गर्नुपर्ने अवस्थामा पुगेको सिटिइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी बताउँछन्।, ‘हाम्रा १०८ वटा कलेजहरू सञ्चालन भइरहेका थिए। एउटा कलेजले ४० जना सिट पाउँछ। सय शैयाको अस्पताल सञ्चालन गर्न एक अर्ब खर्च हुन्छ,’ उनले भने, ‘४० सिट पढाउने कलेजले एक अर्ब लगानी गरेर अस्पताल चलाउन सक्दैन। फेरि दुई वर्षभित्रै अस्पताल बनाउन सम्भव पनि हुँदैन।’, यसको असर दुर्गम क्षेत्रका जनतामा पर्ने उनले बताए। ‘अनमी तथा सिएमएको तालिम लिएकाले गाउँ-गाउँमा स्वास्थ्य सेवा गर्ने गर्थे, अहिले त्यो जनशक्ति लोप हुने अवस्थामा पुगेको छ, हामी ऐनमा संशोधन गर्नुपर्छ भन्ने पक्षमा छौं,’ उनले भने।, नेपालमा कलेजहरू बन्द भएको अवस्थामा जनशक्ति विदेशिने र त्यसले देशलाई नै घाटा हुने दाबी उनले गरे।, ‘प्राविधिक शिक्षा लिएको विद्यार्थी बेरोजगार छैन, तर कतिपय मानिस यो जनशक्ति नेपालबाट लोप गराएर सीमित र सहरी क्षेत्रमा मात्रै स्वास्थ्यको पहुँच पुर्‍याउन लागेका छन्,’ उनले आरोप लगाए, ‘नेपालमा पढ्न नपाए जनशक्ति बाहिरिन्छ।’, चिकित्सा शिक्षा ऐन जारी हुनुपूर्व सिटिइभिटीका कार्यक्रम र नर्सिङ कलेजहरूलाई शिक्षा मन्त्रालय मातहत थिए।, सिटिइभिटी र विश्वविद्यालयले जथाभावी सम्बन्धन बाँडेको गुनासो सम्बन्धन गर्न र अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीसँगको सहमतिका आधारमा पनि ती शैक्षिक कार्यक्रम आयोग मातहत राखिएको थियो।, नर्सिङ कलेजको आफ्नै अस्पताल नहुँदा विद्यार्थीहरूले प्रयोगात्मक अभ्यासका लागि अन्यत्र जानुपर्ने अवस्था थियो।, त्यसले प्रयोगात्मक पक्षको कजोर हुँदा दक्ष जनशक्ति विकासमा ह्रास पैदा भयो भन्ने गुनासो थियो। , ‘आफ्नो अस्पताल नहुने, अरूको अस्पताल पठाएर उनीहरूको प्रयोगात्मक कक्षामा निर्भर रहँदा चाहेजस्तो जनशक्ति भएन भन्ने गुनासो बढेपछि ऐनमै अनिवार्य अस्पतालको प्रावधान राखिएको हो,’ आयोगका सदस्य सचिव लुइँटेलले भने।, सिटिइभिटी र पूर्वाञ्चल विश्वविद्यालयका सय बढी नर्सिङ कलेज बन्द हुने अवस्थामा
सेतोपाटी संवाददाता 'क्यानडा पठाइदिन्छु' भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, प्रहरीले ठगी गरेको आरोपमा काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर ७ घर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने २१ वर्षीय प्रजिन अधिकारीलाई पक्राउ गरेको हो।, उनलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको हो।, अधिकारीले सर्लाही लालबन्दी नगरपालिका रानीगञ्ज बस्ने ३० वर्षीया यमुना बस्नेतलाई ठगेका थिए। वर्किङ भिसामा क्यानडा पठाएर राम्रो काममा लगाइदिने आश्वासन दिएर १७ लाख रूपैयाँ लिएका थिए।, तर पछि उनी सम्पर्कविहीन भई फरार भएपछि महाशाखामा गत वैशाख १३ गते जाहेरी परेको थियो।, सोही जाहेरीको आधारमा प्रहरीले बनेपा नगरपालिका वडा नम्बर २ दाहाल गाउँबाट प्रजिन अधिकारीलाई पक्राउ गरेको महाशाखाले जनाएको छ।, अधिकारीले विभिन्न व्यक्तिहरूलाई यसरी नै करिब एक करोड ५० लाखभन्दा बढी रकम ठगेको महाशाखाले बताएको छ।, उनीमाथि थप अनुसन्धान गर्न महाशाखाले महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको छ।, उनीबाट ठगिएका व्यक्तिहरू प्रहरीको सम्पर्कमा आउन समेत अनुरोध गरिएको छ।, 'क्यानडा पठाइदिने' भन्दै १७ लाख ठगेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता शुक्रबार काठमाडौं उपत्यकामा ४२८ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६, ललितपुरमा ७८ र भक्तपुरमा ३४ संक्रमित थपिएका हुन्। , काठमाडौं उपत्यकामा कुल ८ हजार १ सय ४८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। , हाल काठमाडौं जिल्लामा ५ हजार ४०, ललितपुरमा १ हजार ८२५ र भक्तपुरमा १ हजार २८३ सक्रिय संक्रमित छन्।, २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, यस दिन कुल १० हजार ५९६ जनाको नमूना परीक्षण गरिएको थियो।, ६ हजार ५ सय ६६ को पिसिआर विधिबाट परीक्षण गर्दा १३९१ लाई संक्रमण पुष्टि भएको थियो भने ४ हजार ३० मा एन्टिजेन परीक्षण गर्दा ९०८ मा पोजेटिभ देखिएको थियो।  , पछिल्लो २४ घण्टामा ३४५१ जना निको भएका छन्।, काठमाडौं उपत्यकामा थपिए ४२८ संक्रमित, ८ हजार १ सय सक्रिय संक्रमित
सेतोपाटी पहिरोका कारण अवरूद्ध भएको तनहुँको डुम्रे–बेंसीशहर सडकखण्ड आजदेखि पुनः सञ्चालनमा आएको छ।, निरन्तरको वर्षासँगै आएको पहिराको कारण बुधबार रातिदेखि सडक अवरूद्ध भएको थियो।  , भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड अवरूद्ध हुँदा सर्वसाधारण मर्कामा परेका थिए। बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेर अवरूद्ध भएको थियो।, धेरै ठाउँमा पहिरो खसेकाले अवरोध हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।, ‘हिजो दिउँसो पहिरो हटाएर सडक चालु गराइए पनि बिहीबार राति फेरि पहिरो खसेको थियो,’उनले भने, ‘सबै पहिरो हटाएर सडक खण्ड चालू गराइएको छ।’रासस, अवरूद्ध डुम्रे–बेंसीशहर सडकखण्ड सञ्चालनमा
सेतोपाटी तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा कलेस्तीखोलाले बगाएर आज एक वृद्ध बेपत्ता भएका छन्।, घरनजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन्। , खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए। ती वृद्धको खोजीकार्य भइरहेको उनले बताए।रासस, खोलाले बगाएर वृद्ध बेपत्ता
नारायण खड्का दाङबाट महँगा मोटरसाइकल चोरी गरी रोल्पा र प्युठानमा लगेर स्वरूप परिवर्तन गरी बेच्ने गिरोह पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय घोराहीमा  शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दाङबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पा र प्युठान लगायतका जिल्लामा लगेर स्वरूप परिवर्तन गरी विक्री-वितरण कार्यमा संलग्न आठ जनालाई सार्वजनिक गरिएको हो।  , दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले  चोरी कार्यमा  मोटरसाइकल वर्कसप सञ्चालकहरूको मुख्य बदमासी देखिएको बताए। , ‘पहाडी जिल्लामा मोटरसाइकल वर्कसप सञ्चालन गर्नेहरूले नै चोरी कार्यका लागि पैसा दिएर पठाउने र चोरीका मोटरसाइकलहरूको स्वरूप परिवर्तन गरी विक्री गर्ने गरेको तथ्य उजागर भएको छ,’ एसपी काफ्लेले सेतोपाटीलाई भने, ‘चोरीको बाइकसहित एक जना पक्राउ परेपछि अनुसन्धानका क्रममा प्रहरी वर्कसप सञ्चालकको बदमासी पत्ता लगाउन सफल भएको हो।’, उनले मोटरसाइकल चोरी गर्ने गिरोह नै पक्राउ परेको हुँदा अबदेखि दाङ तथा आसपासका जिल्लाहरूमा हुने चोरी रोकिने आशा  व्यक्त गरे।   , असार १५ गते बिहान २ बजेको समयमा घोराही उपमहानगरपालिका वडा नं. १४ निमाहल रोडबाट रा ५ प ४४९६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल चोरी गरी लैजाने क्रममा रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं. ५ का २५ वर्षीय नुमबहादुर रोका क्षत्री र २४ वर्षीय हिराबहादुर विष्ट मोटरसाइकलसहित पक्राउ परेपछि अनुसन्धान गर्दै प्रहरीले चोरी कार्यमा संलग्न गिरोह नै पत्ता लगाउन सफल भएको हो। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले उनीहरू पक्राउ परेपछि अनुसन्धानबाट रोल्पाको सुलिचौरमा ग्लोबल बजार सर्भिस सेन्टर सञ्चालन गर्दै आएका २८ वर्षीय श्रीताज अली पक्राउ परेको जानकारी दिए। , अली चोरीका मोटरसाइकल ५० हजारसम्म मूल्य हालेर खरिद गर्ने र मोटरसाइकल चोरी कार्यका लागि गिरोह समेत परिचालन गर्ने प्रमुख व्यक्ति रहेको डिएसपी रिजालले पत्रकार सम्मेलनमा बताए। , रोल्पाको लुङ्ग्री गाउँपालिका ४ का २६ वर्षीय लेखनाथ विष्टले श्रीताज अलीसँग चोरीका मोटरसाइकलका लागि रकम प्राप्त गरी नाफा खाएर विक्री गर्दै आएको अनुन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ।  , त्यस्तै, लुङ्ग्री ५का २५ वर्षीय टेकेन्द्र विष्टले लेखनाथ विष्टबाट रकम प्राप्त गरी बीचमा नाफा खाएर चोरी कार्यका लागि मानिसहरू परिचालन गर्ने गरेका थिए। , विष्टबाट लुङ्ग्री ६ का २६ वर्षीय नुमबहादुर रोका क्षत्री, २२ वर्षीय हिराबहादुर विष्ट र दाङको गढवा गाउँपालिकाका विवेक भनिने सुरज चौधरीले एउटा मोटरसाइकलका लागि दश हजार रकम लिएर चोरी कार्यमा खटिने गरेको डिएसपी रिजालले बताए।, क्षत्री र विष्ट पक्राउ परे पनि चौधरी भने फरार छन्। , त्यस्तै, असार १४ गते घोराही १५ नापी कार्यालय अगाडि पार्किङ गरिराखेको सुबोध आचार्यको रा ३ प ८५६९ नम्बरको २२० पल्सर मोटरसाइकल चोरी भयो। , उक्त मोटरसाइकल चोरी गरी भाग्दै गरेका एक व्यक्ति कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ शिवपुरमा प्रहरी टोलीले छिमेकी देश भारतको जिल्ला बलरामपुर तुलसीपुर थानाका २२ वर्षीय मोहम्मद रफिक पक्राउ गर्न सफल भयो। , सोधपुछका क्रममा चोरीको मोटरसाइकल भएको तथ्य प्रहरीले फेला पार्‍यो। , अनुसन्धानका क्रममा प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ३ जलुकेमा थापा अटो पार्ट्सका सञ्चालक २४ वर्षीय ठगिराम थापाले नै रफिकलाई चोरी कार्यमा परिचालन गरेको खुल्न आयो। , थापाले चोरीको मोटरसाइकलहरू खरिद विक्री गर्ने गरेको तथ्य फेला परेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको छ।  , रफिकसँगको भेटपछि दाङ घोराही १९ का १९ वर्षीय जोबद खान पनि मोटरसाइकल चोरी कार्यमा संलग्न रहँदै आएका थिए।, उनीहरू मिलेर दाङका विभिन्न स्थानबाट विभिन्न समयमा मोटरसाइकल चोरी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ। , प्रहरीले तीबाहेक थप ११ वटा चोरीका मोटरसाइकल बरामद गरेको भए पनि सवारी साधनको धनी पहिचान नभएको हुँदा सम्पर्क गर्न आग्रह गरेको छ। , मोटरसाइकल नम्बर, इन्जिन नम्बर, च्यासिस नम्बर, कम्पनी र सिसी समेत प्रहरीले सार्वजनिक गरी सम्बन्धित व्यक्तिलाई सम्पर्कमा आउन तथा मोटरसाइकल लैजान आग्रह गरेको छ।, वर्कसप सञ्चालकहरू नै मोटरसाइकल चोरीका मुख्य योजनाकार!
सेतोपाटी पनौती नगरपालिका–८ पाल्पाली गाउँमा विश्वमा दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक भेटिएको छ।, बुधबार राति ९ बजे एक स्थानीयबासीको घर आँगनमा सो सालक भेटिएको धुलिखेलस्थित डिभिजन वन कार्यालयले जनाएको छ। , नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने उक्त सालक बिहीबार पनौती प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमा छाडिएको छ।, पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पाङ्गोलिन’ रहेको वन कार्यालय प्रमुख देवीचन्द्र पोखरेलले बताए। उनका अनुसार नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पाङ्गोलिन’ नै रहेका छन्। , काभ्रेपलाञ्चोकमा भने सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान बजेट अभावका कारण यो वर्ष रोकिएको छ।, बागमती प्रदेश सरकारबाट विगत दुई आवदेखि नियमित आउने बजेट चालु आवमा रोकिएपछि सालकसम्बन्धी थप अनुसन्धान तथा संरक्षण अभियान रोकिएको हो। , संरक्षण अभियानअन्तर्गत डिभिजन वन कार्यालयले सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो।, ‘प्रदेश सरकारबाट चालु आवका लागि बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको छ’, पोखरेलले भने।, उनका अनुसार अघिल्लो आवमा बागमती प्रदेश सरकारले रु दुई लाख बजेट विनियोजन गरेको थियो भने गत आवमा रु पाँच लाख पठाएको थियो। , अभियानकै क्रममा सालकको उपयुक्त बासस्थान भएका क्षेत्रका बासिन्दा सालक ‘गुणी’ जनावर भएको जानकारी पाएपछि यसको संरक्षणमा पनि निकै उत्साहित देखिएका थिए।, जिल्लाको कुनकुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको पोखरेलले बताए।, उनले भने, ‘हामीले सालकबारे पाँच वर्षे योजना बनाउने प्रक्रियामा थियौं, बजेट रोकिँदा यसप्रति थप अनुसन्धान र गतिविधि गर्न सकिएन।’ , सालकको उपयुक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत शृङ्खलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा दुई वर्षअघि पहिलो चरणको चेतनामूलक कार्यक्रम भएको थियो।, जिल्लाको अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता देखिएको छ।, ‘यो मानिसका लागि उपयुक्त जनावर हो, यसले अन्नबालीमा लाग्ने कमिला र धमिरा खान्छ, पर्यावरणलाई जोगाउन मद्दत पुर्‍याउँछ, मानिसलाई भने आक्रमण गर्दैन’, पोखरेलले थपे।, उनका अनुसार सालकमा १५ सेन्टिमिटर टाढाका किरा सासले तानेर खान सक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ। , अध्ययन प्रतिवेदनअनुसार एउटा वयस्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ।, प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वाभावको जनावर सालक विशेषगरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ।, दुर्लभ सालक जिल्लामा कति छ भन्ने कुनै स्पष्ट तथ्याङ्क नभए पनि कालो सालक खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुङ्खर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको उसको बासस्थानबाट देखिएको अनुसन्धानबाट खुलेको छ। , बल्थलीस्थित समुदायमा आधारित चोरी–शिकारी नियन्त्रण इकाइका अध्यक्ष विष्णुप्रसाद हुमागाईंले स्थानीय आठवटा सामुदायिक वनमा अध्ययन गर्दा जमीनमा ५४२ वटा प्वाल भेटिएकामध्ये पुरानो ३२३ र नयाँ २१९ प्वाल रहेको जानकारी दिए।, उनले भने, ‘नयाँ प्वालको सङ्ख्या कमी देखिँदा सालक लोप हुने अवस्थामा जाँदैछ भन्ने बुझिन्छ, हामी सालक तस्करीविरूद्ध विशेष निगरानी गर्दै आएका छौं।’, उनका अनुसार एकाइले गत वर्ष स्थानीय २५० स्कुले विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गराइएको थियो भने एकाइकै पहलमा काठमाडौं विश्वविद्यालयका विद्यार्थीले पनि उक्त क्षेत्रमा सालकको अनुसन्धान गरेका थिए। , विश्वभर एशिया र अफ्रिकामा आठ प्रजातिका सालक पाइन्छन्, त्यसमध्ये चार प्रजातिका सालक एशियामा मात्रै पाइन्छ। एशियामा पाइने चार प्रजातिका सालकमध्ये नेपालमा तामे र कालो सालक पाइने पोखरेलले जानकारी दिए।, उनका अनुसार यसको प्राकृतिक प्रजनन पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा ठूलो सहयोग गरिरहेको छ।, सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेका कारण नेपालबाट यसको तस्करी हुने गरेको घटनाक्रमले देखाएको छ।, वन संरक्षण ऐनअनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, रु पाँचदेखि १० लाखसम्म जरिवाना तथा दुवै सजाय हुन सक्ने व्यवस्था छ। , पाँच वर्षअघि वन विभागको स्वीकृतिमा नेपाल ग्रामीण विकास तथा वातावरण संरक्षण परिषद् भक्तपुरले काभ्रेपलाञ्चोकका सामुदायिक वनमा सालकको अनुसन्धान गरेको थियो।, संरक्षित जनावरमध्येको नेपालमा पाइने कालो सालकको वनमा रहेको प्राकृतिक बासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुन सक्ने अवस्था देखिएको अनुसन्धानकर्ता प्रतिभा कसपाल बताउँछन्। , उनी भन्छन्, ‘नेपालमा दुर्लभ कालो सालक अति सङ्कटापन्न अवस्थाको सूचीमा छ।’रासस, पनौतीमा भेटियो दुर्लभ सालक
सेतोपाटी अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ३४ जनाको मृत्यु भएको छ। अन्य २४ बेपत्ता रहेका र ४४ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, मृत्यु हुनेमा १९ पुरूष, नौ महिला र छ बालबालिका छन्। तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पामा तीन, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुई/दुई तथा ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक/एक जना रहेका प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। , बाढी, पहिरो र डुबानमा परी २४ पुरूष, ११ महिला, छ बालक र तीन बालिका घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, तीमध्ये तनहुँमा १०, सिन्धुपाल्चोक र रोल्पामा पाँच/पाँच, म्याग्दी, सर्लाही, कास्की र डोटीमा तीन/तीन, जुम्ला र गोरखामा दुई/दुई, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा एक/एक जना रहेका छन्।, त्यस्तै, बाढी र पहिरोमा १५ पुरूष, छ महिला, दुई बालक र एक बालिका बेपत्ता भएका छन्। सिन्धुपाल्चोकमा २०, चितवनमा तीन र बाजुरामा एक जना बेपत्ता भएका हुन् छन्। बेपत्ताको खोजी जारी रहेको जनाइएको छ।, बाढी तथा पहिरोमा परेका एक हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ।, उद्धार गरिएकामध्ये मनाङमा ६५६, चितवनमा ४०२, सिन्धुपाल्चोकमा १२३, दोलखामा ३५, लमजुङ र सल्यानबाट आठ/आठ, जाजरकोटमा सात, गोरखा र दाङमा चार/चार र कञ्चनपुरमा तीन जना छन्। , पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सञ्चालनमा आए पनि अझै धेरै सडक अवरूद्ध नै छन्।, वर्षाका कारण ललितपुर, मोरङ, नवलपरासी (पूर्व), चितवन र बाजुरालगायतका जिल्लामा बिहीबार र शुक्रबार बिहान पहिरो गई अवरोध भएको सडक पहिरो हटाई सञ्चालन गराउने कार्य जारी छ।, बाढीका कारण ३९७ घर डुबानमा परेका छन्। चार सय ९१ घर, ८४ वटा गोठ, ३८ वटा पुल, तीन विद्यालय र १० सरकारी कार्यालयमा क्षति पुगेको छ। एक हजार ४३ घरका चार हजार ९५५ जना मानिस विस्थापित भएका छन्।, आठ सय दुई पशु चौपाय मरेका छन्। बाढी पहिराको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको जनाइएको छ। रासस, बाढी, पहिरा र डुबानमा परी ३४ को मृत्यु
सेतोपाटी संवाददाता भक्तपुरमा ६४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ।, शुक्रबार महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजित एक कार्यक्रममार्फत् जडान गरिएका ६४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो।, सो सिसिटिभी क्यामेराको उद्घाटन महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले उद्घाटन गरेका हुन्।, भक्तपुरस्थित अरनिको राजमार्गमा पर्ने जडीबुटीदेखि पलासेसम्मको सडकखण्ड र महानगरीय प्रहरी परिसर भक्तपुर लगायतका स्थानहरूमा स्थानीय तह, विभिन्न बैंक तथा वित्तिय संस्था र उद्योगी व्यवसायीको सहयोगमा उक्त सिसिटिभी जडान गरिएको परिसरले जनाएको छ।, प्रहरी अतिरिक्त महानिरीक्षक पालले कुनै पनि घटनाको सफल अनुसन्धानका लागि सिसिटिभी क्यामेराले सहजता प्रदान गर्ने बताए।, कार्यक्रमका भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई विशेष अतिथि थिए।, भक्तपुरमा ६४ वटा सिसिटिभी क्यामेरा जडान
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको नीति विपरीत रहेको भन्दै रत्नपार्कको आकाशे पुलको पर्खालमा लेखिएको ‘नारा’ मेटिएको छ।, कांग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले लेखेको ‘नारा’ महानगरपालिकाले शुक्रबार मेटेको हो।, ‘विसं २०५८ देखि हामीले कामपा क्षेत्रभित्र भित्तेलेखन, पोष्टर-पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौं,’ महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने।, कोभिड-१९ महामारीको अग्रपङ्क्तिमा खटिएकाहरूको सम्मानमा बनाइएको चित्र बिहीबार कामपाले मेटिदिएको विरोधमा नेविसङ्घले कामपाको प्रमुखको नाममा त्यही भित्तामा ‘नारा’ लेखेर विरोध गरेका थिए।, ‘२०७० मा आएर हामीले होर्डिङ बोर्ड फ्रि काठमाडौं घोषणा गरेका थियौं,’ सापकाटोले भने, ‘त्यसैअनुरुप हामीले सहरी सौन्दर्यलाई प्रतिकूल असर गर्ने कार्यलाई प्रतिबन्ध गर्दै आएका छौं।’, महामारीको अग्रपङ्क्तिमा खटिएकाहरूप्रति सम्मान रहेको भन्दै प्रतिबन्धित स्थानमा त्यस्तो गर्नु उचित नभएको कामपाको ठहर छ।, नगर प्रहरी प्रमुख सापकोटाले भने, ‘सम्मानमा बनाएको चित्र आर्ट ग्यालरी वा अन्य ठाउँमा गएर विभिन्न माध्ययमबाट पनि बाहिर ल्याउन सकिन्छ। त्यही प्रतिबन्धित ठाउँ नै रोज्नुपर्ने कुनै कारण छैन। त्यहाँ मात्रै होइन हामीले अन्य ठाउँमा पनि मेटाएका छौं। कसैप्रति लक्षित भएर हामीले मेटाएका होइनौं। हाम्रो नीतिअनुसार गर्न नहुने काम भएकाले मेटाएका हौं।’, नेविसङ्घले ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौं महानगरपालिका मुर्दावाद’ भन्दै नारा लेखेको थियो। रासस, रत्नपार्कको आकाशे पुलको पर्खालमा नेविसंघले लेखेको नारा ‘अभद्र’ भन्दै महानगरले मेटायो
सेतोपाटी संवाददाता जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा पानी पर्नेछ।, महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुनसक्नेछ। त्यस्तै प्रदेश २ र बागमती  प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।, आज देशका अधिकांश स्थानमा बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने छ । आज राति प्रदेश १, प्रदेश २ र गण्डकी  प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।, शनिबार बिहानैदेखि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ।, आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । त्यस्तै प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।, भोलि आइतबार देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने अति भारी वर्षाको सम्भावना छ ।, त्यस्तै सोमबार देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।, अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुलुकभरका १७ राष्ट्रिय राजमार्गहरू अवरुद्ध भएका छन्। , सडक विभागका अनुसार बाढी पहिरोले क्षति पुर्‍याएर अवरुद्ध भएका ५३ राजमार्गलाई शनिबार विहानसम्ममा एकतर्फी सञ्चालनमा ल्याइएको छ। डुम्रे-बेशीसहर-चामे-मनाङ सडक अवरुद्ध भएको छ। त्यस्तै सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गपनि अवरुद्ध रहेको विभागले जनाएको छ। , बालाजु-त्रिशुली-धुन्चे-स्याफ्रुबेसी सडक खण्डपनि अवरुद्ध रहेको छ। त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत विभिन्न स्थानमा आएको पहिरोका कारण सडक अवरुद्ध बनेको छ। , कान्ति राजपथको जीतपुरमा पहिरोले बाटो अवरुद्ध भएको छ। विभागका अनुसार मुग्लिन- नारायणघाट सडक खण्ड अन्तर्गत ४ किलो, १४ किलो र २० किलोमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ। , त्यस्तै विपी राजमार्ग पनि विभिन्न स्थानमा आएको पहिरो र बाढीका कारण सडक अवरुद्ध रहेको विभागले जनाएको छ।, मुलुकभरका अधिकांश स्थानमा वर्षा हुने, सतर्कता अपनाउन महाशाखाको अनुरोध
सेतोपाटी संवाददाता रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रमसहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिएको हो ।, नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि रु एक अर्ब २६ करोडको बजेट पारित गरेको छ । नीति तथा कार्यक्रम अन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजना समेत पारित गरेको छ । नगरपालिकाले बच्चा दुई वर्ष नहुँदै आमा, बुवा, सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने सहित १७ बुँदे महत्वपूर्ण प्रस्ताब पारित गरेको छ ।, नगरसभाले वाल विवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने, जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइ सराइ तोकिएको समय भित्र गरी पञ्जिकरणलाई व्यवस्थित गर्ने, नगर भित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले नगरपालिकाबाट पूर्व अनुमती लिनु पर्ने प्रस्ताव पारित गरेको छ ।, यस्तै प्रस्तावहरुमा  सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, नगरसभाबाट पारित भएको बजेट शीर्षक र रकम सभाको अनुमतिमा मात्र शीर्षकान्तर गर्ने, पर्यटन प्रहरीको भवन निर्माण गर्न डेढ कठ्ठा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरिएको नगरप्रमुख नारायण वनले जानकारी दिए । , त्यसैगरी नगरपालिकाले पूर्वाधार निर्माण गर्दा भवनले चर्चेको जग्गा नगरपालिकाको नाममा ल्याउन प्रक्रिया शुरु गर्ने, नगरपालिकालाई आवश्यक ऐन, कानुन बनाई पछि अनुमोदन  गराउने गरी लागु गर्ने, आगामी आर्थिक वर्षको काम गर्न कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने, वालमैत्री नगरपालिका घोषणा गर्न बाँकी रहेका वडाको कार्य प्रारम्भ गर्ने, हेरफेर भएका करका दर स्वीकृत गर्ने निर्णय भएको छ । , आगामी आर्थिक वर्षको आर्थिक विधेयक तथा विनियोजन विधेयक पारित गर्ने, कर्मचारीको तलवी प्रतिवेदन पास गरी तलव भत्ता खुवाउने, कर्मचारीको दरबन्दी पुनरावलोकन गर्ने, नियमित गर्नुपर्ने बेरुजु नियमित गर्ने लगायतका प्रस्ताव पारित गरिएको वनले बताए । ,रासस, दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमति नदिइने
डा. लक्ष्मण भुसाल सरकारले जारी निषेधाज्ञा खुकुलो बनाउने कदम लिएको छ। यसको पछाडि हेर्ने हो भने पछिल्लो ६ महिना हामीले निकै गाह्रो अवस्था भोगेका छौं। हिजो आजको दिनमा काठमाडौंमा संक्रमितको संख्या थोरै घटेको छ। तर बाहिरी जिल्लामा २५ देखि ४० प्रतिशतसम्म पोजेटिभ देखिइरहेको छ। , हरेक टोल र घरमा एउटा-एउटा केस बाँकी थियो। विस्तारै निषेधाज्ञा खुल्दै गर्दा केस बढ्न थालेको छ। निषेधाज्ञा खुलेपछि अब विस्तारै संक्रमण बढ्नसक्छ। त्यसैले मास्क, स्यानिटाइजर र भौतिक दुरीमा ध्यान दिनुपर्छ। हामीले अझै सतर्कता अपनाउन जरूरी छ।, हामीसँग भएको अचुक औषधि भ्याक्सिन हो। तर भ्याक्सिन स्वास्थ्यकर्मीलेसमेत लगाउन सकेका छैनन्। ३ करोड जनसंख्यामा १० प्रतिशतलाई पनि भ्याक्सिन दिन सकिएको छैन। ७०,८० प्रतिशतले भ्याक्सिन पाउनुपर्ने थियो। तर आजको दिनमा कहिले भ्याक्सिन आउँछ भनेर सरकारलेसमेत भन्न सकेको छैन।, अमेरिका, बेलायतमा मास्क नलगाई हिँड्ने अवस्था भ्याक्सिनकै कारण भएको हो। भ्याक्सिनको विकल्प लकडाउनत होइन। तर हामीसँग अरू उपाय नभएर त्यस्तो गरेको हो। त्यसैले मास्कको प्रयोग गर्ने, नियमित हात धुने, भिडभाडमा नजानुनै उत्तम उपाय हो।, निषेज्ञाज्ञा चाडै खुलेको हो। वैज्ञानिक रूपमा खोल्ने बेला भएको थिएन। तर मजदुरी गर्नेलाई लकडाउन भन्दा खानाले समस्या पार्ने भयो। हामीले पहिलानै तयारी गर्न नसकेकाले अहिलेको अवस्था आएको हो। अस्पतालमा बेड थप्ने, जनशक्ति थप्ने काम भएन भने अझै अफ्ठ्यारो पर्छ। थर्ड वेभले यो भन्दा बढी समस्या पार्नसक्छ।, एकातिर पोष्ट कोभिडको समस्या देखिन थालेको छ। अर्कोतिर संक्रमित पनि बढ्दै गएका छन्। यसैले हामी सतर्क हुन जरूरी छ।, महामारी हल्ला गरेर आउँदैन। यो आकस्मिक रूपमा आउने हो। त्यसैले यसको तेस्रो वेभ आयो भने हामीलाई अझै धेरै नोक्सान हुनसक्छ। हामीले बेलैमा यसको तयारी गर्नुपर्छ।, वीरेन्द्र सैनिक अस्पताल र ओम अस्पतालमा कार्यरत आकस्मिक उपचार विशेषज्ञ डा लक्ष्मण भुसालसँग हामीले यिनै विषयमा भिडिओ कुराकानी गरेका छौ। हेर्नुहोस् भिडिओ, वैज्ञानिक रूपमा निषेधाज्ञा खोल्ने बेला भएको थिएन- डा. लक्ष्मण भुसाल (भिडिओ)
सेतोपाटी संवाददाता देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ।, महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ।, यस्तै, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भेगमा भू-क्षय, पहिराको जोखिम तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकालै दैनिक जीवन-यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सचेतना अपनाउन सबैमा अनुरोध गरेको छ।, दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ। शनिबार काठमाडौं उपत्यकामा बिहानैदैखि निरन्तर वर्षा भइरहेको छ।, महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ।, आइतबार पनि देशभार सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कतिपय स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।, शनिबार काठमाडौंको अधिकतम् २३ दशमलव ४ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्रि सेल्सियस रहेको छ। काठमाडौं उपत्यकामा गए रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ। महाशाखाको पछिल्लो विवरणमा काठमाडौंमा ४६ मिलिमिटर वर्षा भएको छ। शुक्रबार ४० मिलिमिटर वर्षा मापन गरिएको थियो। सबैभन्दा धेरै विराटनगरमा ८५, सिमरामा ५१, भैरहवामा ५७, तप्लेजुङ ४५ र ओखलढुङ्गामा ४० मिलिमिटर वर्षा भएको छ। रासस, आज यी क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अपिल
सेतोपाटी संवाददाता अविरल वर्षापछि दरौंदी नदिमा आएको बाढीले गोरखाको बारपाक जोड्ने पक्की पुलको एकापट्टी भाग बगाएको छ। , गए राति आएको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने बालुवास्थित पुलको एक भाग बगाएको हो।, अजिरकोट गाउँपालिका बालुवातर्फ पुलको एक भाग बाढीले बगाएको स्थानीय प्रदीप घलेले सेतोपाटीलाई जानकारी दिए।, बाढीले पुलको एक भाग बगाउनु साथै ठाउँठाउँमा पहिरो गएकाले गोरखा-बारपाक सडक अवरुद्ध भएको छ।, केहीदिनदेखि परेको लगातारको वर्षाका कारण नदीमा आएको बाढीले वरपरको खेत लगाइएको धानबालीमा समेत क्षति पुर्‍याएको छ ।, स्थानीयका अनुसार दरौदी नदीमा अहिलेसम्मकै सवै भन्दा ठूलो बाढी आएको हो । ,  , दरौंदीको बाढीले बगायो बारपाक जोड्ने पुल
सेतोपाटी संवाददाता काठमाडौँको गोकर्ण रिसोर्ट नजिक थली ओरालोमा बालुवा बोकेको टिपर एक अस्थायी टहरामा पल्टिँदा दुई जनाको ज्यान गएको छ।, महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बा ५ ख २५११ नम्बरको टिपर शनिबार बिहान सवा ४ बजे साँखु-चाबहिल सडक खण्डको थलीमा पल्टिँदा टहरामा सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो।, मृत्यु हुनेमा नुवाकोट घर भएका साइला तामाङ र जयन्ती तामाङ छन्। , मृतक श्रीमान् श्रीमतीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। टहरामा पल्टिएको टिपर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। , प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ। थली ओरालोमा आफैं अनियन्त्रित भएर टिपर पल्टिएको चालक घलानले बताएका प्रहरीले जनाएको छ।, थलीको एक टहरामा टिपर खस्दा सुतिरहेका श्रीमान् श्रीमतीको मृत्यु
सेतोपाटी अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ।, उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर-घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ।, ढलमा पानी निकास अवरूद्ध हुँदा  भानु, कदम , रामानन्द चोक, सरकारी कार्यालय क्षेत्र तथा प्रादेशिक अस्पताल क्षेत्रका सडक जलमग्न भएको छ।, बगिरहेको सडकका पानीले हुलाक, वन निर्देशनालय, परिवार नियोजन संघ, आन्तरिक राजस्व कार्यालय, राष्ट्रिय समाचार समिति डुबानमा परेको छ। रासस, जलमग्न जनकपुरधाम उपमहानगरपालिका
विनोद सापकोटा कन्काई नदीमा आएको बाढीले झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ५ को एउटा सिङ्गो बस्ती डुबानको जोखिममा परेको छ। सो क्षेत्रका कम्तीमा ५० घर रहेका छन्।, हात्तिसार दक्षिणको भेलामुनि र बाल कल्याण आधारभूत विद्यालय पूर्वको मानव बस्ती बाढीको कटानका कारण उच्च जोखिममा परेको वडाध्यक्ष सत्यनारायण राजवंशीले बताए।, बाढीबाट बस्ती जोगाउनका लागि निर्माण गरिएको बाँध शुक्रबार रातिदेखि परेको वर्षाका कारण आएको बाढीले कटान गर्न थालेपछि सो वडाको मानव बस्ती जोखिममा परेको वडाध्यक्ष राजवंशीले जानकारी दिए।, राजवंशीले भने, ‘बाँधको अग्रभागमा ढुङ्गासहितको जाली निर्माण गरेर बनाइने भए पनि भित्री भाग बालुवा भएका कारण त्यस भित्रबाट पानी पसेर जतिसुकै बेला बाँध भत्किन सक्छ।’, जनताको तटबन्ध कार्यालय गैंडे माइधारले गत वर्ष मात्र बाँध निर्माण गरेको उनले बताए।, कटान र डुबानका कारण शिवसताक्षीको रिङरोड, विद्यालय, मठमन्दिर पनि जोखिममा छ।, ‘हामीले रेडक्रस, जिल्ला प्रशासन कार्यालय झापा र शिवसताक्षी नगरपालिकासहित सुरक्षाका सबै अंङ्गलाई यहाँको वस्तुस्थितिबारे जानकारी गराएका छौं,’ राजवंशीले भने।, सम्भावित खतराबाट हुन सक्ने स्थानीयको व्यवस्थापनका लागि वडा कार्यपालिकाले आवश्यक तयारी सुरू गरेको राजवंशीले बताए।, कनकाईको भंगालोको धार पहिले नै परिवर्तन गर्न सक्ने कुनै पनि उपाय सरकारी पक्षसँग छैन।, नदीमा पानीको बहाव उच्च भएकाले नदीभित्र पसेर काम गर्न वा स्काभेटर प्रयोग गरेर कटान नियन्त्रणको कुनै उपाय अपनाउन नसकिने राजवंशीले बताए। बाढीले कटान नियन्त्रणका लागि बनाइएको बाँसको पाइलिङ बगाएको छ।, उता गौरीगञ्ज गाँउपालिकाको वडा नम्बर १ कुन्जीबारी पूर्वको होकलबाडीमा कनकाईको पानी पस्न थालेको छ। केही घर डुबानमा परेको वडाध्यक्ष कार्तिकलाल राजवंशीले सेतोपाटीलाई बताए।, कनकाईको बाढीले बस्ती नै जोखिममा
सेतोपाटी संवाददाता गोरखाको सिरानचोकमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका वडा नम्बर ७ मा पहिरोले घर भत्काउँदा एक दम्पतीको मृत्यु भएको हो।, गएराति स्थानीय ८६ वर्षका रमण पाण्डे र उनको पत्नी नन्दकुमारी पान्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।, यसैगरी, धादिङमा गुडिरहेको ट्रक माथिबाट झरेको पहिरोमा पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, बेनिघाट रोराङ गाउँपालिका-१० स्थित राजमार्गमा ना८ख ४५४० नम्बरको ट्रकका सहचालक चितवन भण्डाराका वीरवल प्रजाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।, पहिरोमा पुरिएर अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ। मुग्लिनबाट काठमाडौं जाँदै गरेको ट्रकमाथि शनिबार पहिरो खसेको हो।, पहिरोमा परेर अन्य पाँच वटा सवारीसाधनमा क्षति पुगेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।, गोरखामा पहिरोमा परेर दुईको मृत्यु, धादिङमा गुडिरहेको ट्रकमाथि पहिरो खस्यो
सेतोपाटी संवाददाता काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१२ स्थित माम्दी खोलामा बाढी आएपछि सो क्षेत्र भएर सञ्चालन भएको बिपी राजमार्ग अवरुद्ध भएको छ।, शुक्रबारदेखि परेको अविरल वर्षाका कारण खोलाको माथिबाट लेदोसहितको बाढी आएर सडकमा थुप्रेपछि राजमार्ग अवरुद्ध भएको हो।, राति १-२ बजेदेखि लेदो थुप्रिएका कारण नै सडक अवरुद्ध भएपछि अहिले रामेछाप, सिन्धुली र पूर्वी तराई जाने र काठमाडौं आउने सवारी साधनहरु रोकेको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए।, लेदोले पुरिएका कारण गाडी नै फसेपछि त्यसलाई निकालिएको र अवरुद्ध सडक खुलाउने काम भइरहेको उनले बताए।, अवरोध हटाउन सुरू गरिए पनि निरन्तरको वर्षा र खोलाको सतह बढेको कारण केही कठिनाइ भइरहेको बताए। लेदोमा तीन सवारी साधन फसे पनि यात्रुहरूलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ। रासस, माम्दी खोलामा आएको बाढीले बिपी राजमार्ग अवरुद्ध
सेतोपाटी निरन्तरको वर्षातसँगै झरेको पहिरोका कारण अवरूद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। ,     , विभिन्न स्थानमा खसेको पहिरो पन्छाएसँगै आज बिहान ९ः१० बजेदेखि एकतर्फी रूपमा सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, कार्यालयका अनुसार पहिरोका कारण रोकिएका सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाउने क्रम सुरू भएको छ।, चारकिलो, पाँचकिलो, जलबिरे, सेती दोभानमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको हो। , सो सडक क्षेत्रमा बिहीबारदेखि पटक-पटक पहिरो खस्ने र पन्छाउने कार्य जारी छ।, पहिरोका कारण बिहीबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्रै सञ्चालनमा आएको सो सडकखण्ड दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने कार्यालयले जनाएको छ।, नारायणगढ-मुग्लिन सडक खण्डमा पटक-पटक झरेको पहिरोका कारण यातायात सेवा अवरूद्ध हुँदै यात्रुहरू अलपत्र परेका छन्।रासस , नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा
सेतोपाटी संवाददाता झन्डै दुई महिनापछि आज आन्तरिक हवाइ उडान सुरू भएको छ।, कोभिड-१९ महामारीको संक्रमणलाई ध्यान दिँदै सरकारले वैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो। बिहीबारदेखि आन्तरिक उडान फेरि सुरू भएको हो।, आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसहरूलाई काठमाडौं आउन  र काठमाडौंबाहिर जान सहज भएको छ। हवाई यात्रामार्फत् विभिन्न ठाउँबाट काठमाडौं आएका यात्रुले फेसशिल्ड, मास्क र सेनिटाइजरलगायतको व्यवस्थासहित सुरक्षित तवरले विमानस्थलमा आइपुगेको प्रतिक्रिया दिए।, उडान खुलेको पहिलो दिन विमानस्थलमा भीडभाड बढेको देखिएको छ।, स्वास्थ्य सावधानी अपनाउन यात्रुबीच भौतिक दूरीको पालना गराउन सकिएन भने कोरोना संक्रमणको जोखिम बढ्ने देखिन्छ। वर्षाको समयमा स्थलयात्रा गर्न सडकमा बाढी, पहिरो र  दुर्घटनाको जोखिम बढ्ने कारणले यात्रुको रोजाइ हवाई मार्ग हुने गरेको छ। आज पहिलो दिनदेखि नै आन्तरिक टर्मिनल भवनमा यात्रुको चाप अत्याधिक छ। काठमाडौंमा यातायातको साधन जोर-बिजोर प्रणालीमा खुलेर मानिसहरूलाई आवतजावतमा रोक नलगाइँदा विमानस्थलमा मानिसलाई लिन जाने र पुर्‍याउन जानेलाई सहज भएको छ। कोरोना संक्रमणबाट जोगिनका लागि विमानस्थलमा पनि जनस्वास्थ्यको कडा मापदण्ड परिपालना गराउनु पर्ने देखिन्छ।, झन्डै दुई महिनापछि सुरू भयो आन्तरिक हवाई उडान, यात्रुको चाप
सेतोपाटी संवाददाता काठमाडौंकी अनुषा महर्जन 'द डायना अवार्ड' बाट सम्मानित भएकी छन्। सोमबार भर्चुअल कार्यक्रममा बेलायत र विश्वभरका देशहरूबाट झन्डै तीन सयभन्दा बढी युवालाई यो अवार्डबाट सम्मान गरिएको हो। , २३ वर्षीया अनुषालाई सोही दिन डायना अवार्डबाट सम्मान गरिएको हो। यस वर्ष डायना अवार्ड पाउने उनी एक मात्रै नेपाली हुन्।, सामाजिक र मानवीय कार्यहरूमा पुर्‍याएको विशिष्ट योगदानलाई पहिचान गर्दै द डायना अवार्ड च्यारिटीले प्रत्येक वर्ष 'द डायना अवार्ड' बाट दुई दशकदेखि बेलायत र विश्वभरका सबैभन्दा प्रेरणादायी युवालाई सम्मान गर्दै आएको छ। , डायना अवार्ड वेल्सकी पूर्व राजकुमारी डायनाको सम्झनामा दिँदै आएको हो। यसका लागि राजकुमारी डायनाका छोरा विलियम र ह्यारीले समर्थन गर्दै आएका छन्। , यस वर्ष डायना अवार्ड पाउने एक मात्र नेपाली अनुषा आफूले अवार्ड पाएसँगै आत्मबल बढेको बताउँछिन्।, 'मेलै गरिरहेको कामले समाजमा कुनै योगदान पुर्‍याइरहेको छ कि छैन भन्ने अन्यौलमा थिएँ,' उनले भनिन्, 'यो अवार्ड पाएसँगै आत्मबल बढेको छ। समाजप्रति मेरो जिम्मेवारी बढेको महशुस पनि गरेकी छु।', अनुषाका अनुसार उनी सन् २०१६ देखि गैर-सरकारी संगठन 'वी फर चेन्ज'मा आवद्ध भइन्। त्यहाँ उनले एक हजारभन्दा बढी युवालाई आफ्नो नागरिक र राजनीतिक शिक्षाबारे बुझाइन्। उनी वी फर चेन्जकी उप-सभापति समेत हुन्। यो संस्थाले १६ देखि २४ वर्ष उमेर समूहका युवा सक्रिय रूपमा समाजप्रति जिम्मेवार भइ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।, अनुषाले यो संस्थाबाट सन् २०२० सालको सेप्टेम्बरदेखि 'आई क्यान लिड' अर्थात् 'म नेतृत्व गर्न सक्छु' नामक प्रोजेक्टको नेतृत्व गर्दै सञ्चालन गरिन्। यसमार्फत उनले ३० किशोरीहरूलाई राजनीतिक शिक्षा, यौन र प्रजनन शिक्षा, अधिकार, अनुसन्धान र अवसरबारे बुझाइन्। , त्यस्तै उनले सन् २०२० सालको जुनदेखि आफ्नै पोडकास्ट 'वान ओ वान' पनि सञ्चालन गरिरहेकी छन्। यो पोडकास्टले युवा पुस्तालाई द्वन्द्व र मानव अधिकार उल्लंघनबारे शिक्षा दिलाउँछ।, यिनै दुई उल्लेखनीय कार्यको नेतृत्व गरेको भएरै अनुषाले 'द डायना अवार्ड' पाएकोमा उनी विश्वस्त छिन्। अवार्डको आधिकारिक वेबसाइटमा अनुषाबारे लेखिएको छ, 'अनुषा दूरदर्शी छिन्। उनी दिगो दर्शन राख्दै मानव समाज र समुदाय निर्माणमा अथक प्रयास गरिरहेकी छन्।' , अनुषा हिमालयन ह्वाइट हाउस कलेजबाट 'लिबरल आर्ट एन्ड साइन्स'मा स्नातक गर्दैछिन्। पढाइसँगै यतिबेला विभिन्न क्षेत्रमा स्वैच्छिक कार्यमा सक्रिय उनी भविष्यमा मानव अधिकारसम्बन्धित प्रोजेक्टहरूमा काम गर्ने बताउँछिन्।, 'मलाई कविता लेखन र यसले पार्ने प्रभावहरूमा विशेष लगाव छ। भविष्यमा यसैलाई आधार बनाएर मानव अधिकार शिक्षासम्बन्धि प्रोजेक्टहरूमा काम गर्नेछु,' उनले भनिन्। , अनुषाले सन् २०२१ को फेबुअरीमा मात्रै 'द डायना अवार्ड' को लागि निवेदन दिएकी हुन्। उनका अनुसार यसका लागि वर्षभर आवदेन दिन मिल्छ। मार्च महिनामा निवेदन दर्ता बन्द हुन्छ। र, आएको आवदेकको कार्यको मूल्यांकन हुन्छ। यसका लागि विभिन्न क्षेत्रका १२ जना निर्णायक हुन्छन्। सोही मूल्यांकन आधारमा सहभागीमध्ये केहीलाई 'द डायना अवार्ड'बाट सम्मानित गरिन्छ। , नौ वर्षदेखि २५ वर्ष उमेर समूहका व्यक्तिले आफ्नो समाज र मानवको लागि उल्लेखनीय कार्य गरेको खण्डमा डायना अवार्ड च्यारिटीले त्यस्ता व्यक्तिलाई पहिचान गरी अवार्ड वितरण गर्ने हो। , द डायना अवार्डका सिइओ टेसी ओजोले यस वर्षको कार्यक्रममा बोल्दै भनेका छन्, 'सबै अवार्ड विजेतालाई हार्दिक बधाइ। यो अवार्डले तपाईंहरूको समुदायका अन्य युवा पुस्तालाई पनि सामाजिक कार्यमा संलग्न हुन प्रोत्साहन गर्छ भन्नेमा विश्वास राखेका छौं।', यस वर्ष 'डायना अवार्ड' पाउने एक मात्र नेपाली बनिन् अनुषा
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा ४८ लाख रूपैयाँ सजाय पाएका व्यक्ति पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ जोरपाटी बस्ने ४६ वर्षीय सानुकाजी महतलाई पक्राउ गरेको हो।, उनलाई बिहीबार जोरपाटीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।, उनीविरूद्ध रजनी मिश्र र महेश महर्जनले जाहेरी दिएका थिए। उनीहरूको जाहेरीपछि उच्च अदालत पाटनले गत पुस १४ गते र माघ १८ गते फैसला सुनाएको थियो।, अदालतले महतलाई दुई वटा मुद्दा १५ दिन कैद र ३५ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद र १३ लाख गरी जम्मा २० दिन कैद र ४८ लाख जरिवाना सजाय सुनाएको थियो।, महतले आफ्नो खातामा रकम नभएको थाहा भए पनि झुक्याएर नेपाल इन्भेष्टमेन्ट र एनसिसी बैंकको ४८ लाख बराबरको चेक काटेर दिएका थिए।, त्यसरी बैंकिङ कसुर गरेको पाएपछि प्रहरी कार्यालयमा जाहेरी परेको हो।, बैंकिङ कसुरमा ४८ लाख जरिवाना पाएका व्यक्ति पक्राउ
सेतोपाटी संवाददाता बाँकेमा पाटे बाघको छालासहित दुई जना पक्राउ परेका छन्।, बिहीबार बाँके बेजनाथ गाउँपालिका वडा नम्बर ४ तिलकपुरस्थित भित्री सडकबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अछाम मेललेख गाउँपालिका वडा नम्बर ३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र रामरोसन गाउँपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षीय नन्दु बुढालाई पक्राउ गरेको हो।, उनीहरूको झोला हेर्दा प्रहरीले पाटे बाघको दुई वटा छाला बरामद गरेको हो।, प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।, पाटे बाघको छालासहित दुई पक्राउ
सेतोपाटी संवाददाता बिहीबार थप २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ जनामा कोरोना परीक्षण गरिएको थियो।, ७१३० जनामा पिसिआर परीक्षण गरिएकोमा १८५७ र  ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनामा संक्रमण देखिएको हो।, यस्तै कोरोनाबाट ४ हजार १७ जना संक्रमणमुक्त भएका छन्।, त्यस्तै थप ३३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९१४५ पुगेको छ।, यसैगरी निको हुने दर ९३.७ प्रतिशत छ।, ४ हजार १७ जना संक्रमणमुक्त, ३३ को मृत्यु
सेतोपाटी संवाददाता बिहीबार काठमाडौं उपत्यकामा ५७२ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६, ललितपुरमा ७४ र भक्तपुरमा २९ संक्रमित थपिएका हुन्। , काठमाडौं उपत्यकामा कुल ८ हजार ३ सय ५४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। , हाल काठमाडौं जिल्लामा ५ हजार ११, ललितपुरमा १ हजार ९४८ र भक्तपुरमा १ हजार ३९५ सक्रिय संक्रमित छन्।, थप २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ जनामा कोरोना परीक्षण गरिएको थियो।, ७१३० जनामा पिसिआर परीक्षण गरिएकोमा १८५७ र  ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनामा संक्रमण देखिएको हो।, यस्तै कोरोनाबाट ४ हजार १७ जना संक्रमणमुक्त भएका छन्।, त्यस्तै थप ३३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। , काठमाडौं उपत्यकामा थपिए ५७२ संक्रमित
विवेक राई सरकारले उदयपुरको वेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रलाई कबुलियत वन बनाई व्यक्तिलाई ३० वर्ष लिजमा दिने निर्णय गरेपछि त्यहाँका स्थानीय आन्दोलित छन्।  , गत जेठ ६ गते मन्त्रिपरिषद्को बैठकले नगरपालिकाको वडा नम्बर ३ स्थित पौरखी सामुदायिक वन क्षेत्रसँग जोडिएको कोशी नदीको उकास रहेको राष्ट्रिय वन समेत समेटेर १७५.२३ हेक्टर क्षेत्र दुई निजी कम्पनीलाई ३० वर्ष लिजमा दिने निर्णय गरेको थियो। कुल १७५.२३ हेक्टरमध्ये १२५ हेक्टर 'सेफ वे टेक्नोलोजी ललितपुर' ले र बाँकी 'बराह हर्वल एण्ड एग्रो प्रालि' ले पाएको छ।, तर कबुलियत वन बनाउँदा त्यहाँ सयौं परिवार विस्थापित हुने भन्दै सरकारले गरेको निर्णय फिर्ता गर्नुपर्ने मागसहित गत १५ दिनदेखि स्थानीय आन्दोलनरत छन्।, कबुलियत वन बनाउने भनिएको क्षेत्रमा विगत ४० वर्षदेखि मानिसहरू बसोबास गर्दै आएका छन्।, अहिले पनि त्यहाँ झन्डै ८ सय घरधुरी रहेको स्थानीय बताउँछन्। त्यसैले कबुलियत वन बनाएर व्यक्तिलाई लिजमा दिँदा हजारौं मानिस विस्थापित हुने भन्दै उनीहरू त्यसको विरोधमा उत्रिएका हुन्। , हिजो (बुधबार) मात्र स्थानीयले नगरपालिकाको कार्यालय घेराउ गरेका थिए। सो क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा दुबै पक्षका केही व्यक्ति घाइते भएका थिए भने नगरपालिकाको कार्यालयमा समेत क्षति भएको छ। , आन्दोलनमा उत्रिएका स्थानीय भने सरकारले गरेको निर्णयमा नगरपालिकाको समेत मिलोमतो रहेको दाबी छ।, उनीहरूले नगरपालिकाले नै सिफारिस गरेका कारण केन्द्र सरकारले सो निर्णय गरेको बताउँछन्।, आन्दोलनको नेतृत्व गरेको संघर्ष समितिका संयोजक नविन राईले नगरपालिकाको सिफारिसमा सरकारले कोशी टप्पु क्षेत्रलाई कबुलियत वन बनाउने निर्णय गरेकाले आफूहरू सो निर्णय फिर्ताको मागसहित आन्दोलनमा उत्रिएको जानकारी दिए।, उनले विगत १५ दिनदेखि आफूहरू आन्दोलनमा रहेको भन्दै निर्णय फिर्ता नहुन्जेल आन्दोलन जारी रहने बताए।, अहिले उक्त निर्णयविरूद्ध विपक्षी गठबन्धन दलले पनि विरोध जनाउँदै यथाशिघ्र निर्णय फिर्ता गर्न माग गरेको छ।, गठबन्धन दलमध्ये माओवादी केन्द्रका नगर अध्यक्ष मनोज तामाङले कबुलियत वन बनाउने निर्णय फिर्ता गर्न माग गर्दै नगर प्रमुख समक्ष गठबन्धन दलले ज्ञापनपत्र बुझाएको जानकारी दिए।, उनले कबुलियत वनको नाममा कुनै एक व्यक्तिले भोगचलन गर्ने र त्यहाँबाट ठूलो आम्दानी गर्ने जनाए। , वेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले आफूले कबुलियत वन बनाउने भनेर सिफारिस नगरेको दाबी गरेका छन्।, थापाले नगरपालिका पहिल्यैदेखि नै कबुलियत वन बनाउने निर्णयविरूद्ध रहेको भन्दै आफूले त्यो काम नगरेको जिकिर गरे।, 'म आफैं पहिल्यैदेखि कबुलियत वन बनाउनु हुँदैन भनेर आवाज उठाउँदै आएको छु। गत असार १० गतेको नगरसभाले पनि केन्द्र सरकारको निर्णय फिर्ता गर्न माग राख्ने निर्णय गरेको छ,' मेयर थापाले भने, 'आजै पनि म सरकारले उक्त निर्णय फिर्ता लिओस् भनेर पहल गर्न मुख्यमन्त्रीलाई भेट्न जाँदैछु।', उनले कबुलियत वन बनाउने निर्णय जिल्ला डिभिजन वन कार्यालय र प्रदेश-१ क्षेत्रीय वन कार्यालयको सिफारिसमा सरकारले निर्णय गरेको भन्दै त्यसमा नगरपालिकाको कुनै हात नरहेको दाबी गरे।, तर नगरपालिकाले पुस २९ गते कबुलियत वन बनाउन भन्दै जिल्ला डिभिजन वन कार्यालयलाई सिफारिस पठाएको थियो। नगर प्रमुख थापाकै हस्ताक्षर रहेको उक्त सिफारिस पत्रमा नगरको वडा नम्बर ३ मा रहेको नदी उकास, बाझो जग्गामा गठन गरिएको पौरखी सामुदायिक वन र आसपासका क्षतिग्रस्त जग्गा प्रचलित कानुन अनुसार लिजमा लिएर जडिबुटी खेतीका लागि भन्दै बराह हर्वल एण्ड एग्रो प्रालिलाई उपलब्ध गराइदिन भन्दै जिल्ला डिभिजन वन कार्यालयलाई सिफारिस गरेको छ। , गत पुस १७ गते बराह हर्वल एण्ड एग्रो प्रालिका सञ्चालक निलहरी काफ्लेले कबुलियत वनका लागि निवेदन दिएका थिए। काठदेखि विभिन्न व्यवसाय गर्दै आएका निलहरी काफ्ले विवादित व्यक्ति हुन्। यसअघि विराटनगर जुट मिल संचालक समितिका अध्यक्ष भइसकेका काफ्ले त्योबेला पनि विवादमा मुछिएका थिए। , सुनसरी घर भएका काफ्लेले नगरपालिकालाई प्रलोभनमा पारेर कबुलियत वन सञ्चालनको अनुमति लिएको उनलाई नजिकबाट बुझेका स्थानीय नेताहरू बताउँछन्।,  ,  , कबुलियत वनको नाममा १७५ हेक्टर क्षेत्र व्यक्तिलाई ३० वर्ष लिजमा दिने सरकारको निर्णयले वेलकामा चर्कियो आन्दोलन
सेतोपाटी संवाददाता चितवनको राप्ती नगरपालिका-१२ पर्खालमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। अन्य तीन जना बेपत्ता भएका छन्। , पहिरोले २ वटा घर र ती घरमा रहेका ४ जना मानिसलाई बगाएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।, बेपत्ता भएकामध्ये एक पुरूषको शव घटनास्थलभन्दा ५० मिटर तल फेला परेको उनले बताए। पहिरोले एउटा गोठ बगाएको र उक्त गोठमा रहेको १६ वटा गाई, गोरु, दर्जन बढी बाख्रा बगाएको जानकारी पाएको उनले बताए। , त्यस्तै, बिहीबार दिउँसो २ बजेतिर कालिका-११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको छ। आफन्तको घर जाने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएका उनको शव पहिरो झरेको स्थानबाट १ किलोमिटर तल घैयावारी भन्ने स्थानको खोलाको छेउमा फेला परेको थापाले बताए। , राप्ती–९ रसौली स्थित लदरी खोलामा एक्कासि पानीको बहाव बढेपछि केही घर, कटेज र चौपाय बगाएको छ। , त्यसैगरी, राप्ती–९ लालपुरकी ४५ वर्षीया बिजुलीमाया श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको छ।, आफ्नै घर नजिक रहेको खेतमा धान रोप्न जाने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमा मृत्यु भएको थियो।, लगातारको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड पनि अवरूद्ध छ।, उक्त सडकखण्डको केराबारीमा पहिरो खसेपछि सडक अवरूद्ध भइरहेको डिएसपी थापाले जानकारी दिए।, दुइटा डोजर प्रयोग गरेर पहिरो पन्छाउने प्रयास भइरहेको उनले बताए।, यो सडकखण्डमा बिहानैदेखि विभिन्न स्थानमा पहिरो झरिरहेको छ। चारकिलो र पाँचकिलोमा झरेको पहिरो पन्छाएको केही समयमा केराबारीमा पहिरो खसेको हो।, चितवनमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, तीन जना बेपत्ता
सेतोपाटी संवाददाता कालीगण्डकी डाइभर्सन योजना तत्काल रोक्न कालीगण्डकी बचाउ अभियानले माग गरेको छ। गण्डकी सभ्यताको जैविक विविधता र मानवीय सभ्यतामा संकट निम्त्याउने भन्दै ‘कालीगण्डकी डाइभर्सन’ परियोजना सधैंका लागि रोक्न जनस्तरबाट माग गरिएको हो ।, नागरिकस्तरबाट स्वतःस्फूर्त रुपमा अगाडि बढिहरेको कालीगण्डकी बचाउ अभियानले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी कालीगण्डकीको अस्तीत्व नाश गर्दै विनाश निम्त्याउने परियोजना तत्काल रोक्न केन्द्र सरकारलाई ध्यानाकर्षण गराईएको छ।, यसै नदीको नामबाट ‘गण्डकी प्रदेश’ को नामकरण हुनुले पनि नदी र यो सभ्यताको अन्योन्याश्रित सम्बन्धलाई प्रष्ट पार्छ । सिङ्गो नदीलाई अर्कोतर्फ मोड्ने परियोजना गण्डकीवासीको आस्था र संस्कृतिमाथिको खेलबाड हो,’ विज्ञप्तिमा भनिएको छ।, नदी किनारमा ढुंगा र बालुवा उत्खनन गर्ने कार्य तत्काल रोक्न तीनै तहका सरकारसँग माग गरिएको छ । पर्वत, बागलुङ, पाल्पा जिल्लाका स्थानीय युवाले स्वतः स्फुर्त रुपमा अहिले कालीगण्डकी बचाउन समाजिक सञ्जाबाट अभियान सञ्चालन गरिरहेका छन्।, यस्तो छ विज्ञप्ति, प्रेस विज्ञप्ति, २०७८ असार १७, गण्डकी सभ्यताको एउटा विशाल खण्डमा जैविक विविधतामा संकट निम्त्याउने, विभिन्न समुदायको जीविकोपार्जन र संस्कृतिमा गम्भीर असर पार्ने र ठूलो भूभागमा जल संकट निम्त्याउने गरी नेपाल सरकारले ‘कालीगण्डकी डाइभर्सन’ परियोजना अगाडि बढाएकोमा हाम्रो गभ्मीर ध्यानाकर्षण भएको छ। सिङ्गो गण्डकी प्रदेश, प्रस्तावित परियोजना र तल्लो तटका स्थानीय तह तथा बासिन्दाले विरोध जनाइरहँदा नेपाल सरकारका अर्थ एवम् ऊर्जा तथा सिँचाइ मन्त्री विष्णु पौडेलको ढिपीका कारण विनाशकारी परियोजना अगाडि बढाइनु चिन्ताजनक छ।, कालीगण्डकी नदी सभ्यताको जननी मात्रै होइन, जीवन पनि हो। यसै नदीको नामबाट ’गण्डकी प्रदेश’ को नामकरण हुनुले पनि नदी र यो सभ्यताको अन्योन्याश्रित सम्बन्धलाई प्रष्ट पार्छ। गण्डक सभ्याताभित्रको विभिन्न संस्कृति, प्रदेशवासीको आस्था र जीवन कालीगण्डकी नदीसँग जोडिएको छ। यस्तो गम्भीर विषयलाई उपेक्षा गरी सिङ्गो नदीलाई अर्कोतर्फ मोड्ने परियोजना गण्डकीवासीको आस्था र संस्कृतिमाथिको खेलबाड हो। यति मात्रै होइन, नदीमा आश्रित भएर बाँच्ने माझी, बोटे, कुमाल लगायत समुदायका हजारौं मानिसको जीविकोपार्जन र संस्कृतिमाथिको पनि आक्रमण हो।, तिब्बतसँगको सिमानादेखि नै बगेर आउने कालीगण्डकी शालिग्राम पाइने संसारकै एकमात्र नदी हो। हिन्दू धर्मावलम्बीका लागि शालिग्राम आस्थाको एउटा प्रतीक हो भने भौगर्भिक अध्ययनका लागि यो शिला अनुपम उपहार हो। लामो समयदेखि नदीको चरम दोहनका कारण यस्तो अमूल्य शिला ढुंगागिट्टीसँगै बिक्री भइरहेको छ भने यसको अस्तित्व नै हराउने खतरा सिर्जना हुँदै गएको छ।, नदी किनारका ढुंगा र बालुवा उत्खनन गर्दा कालीको आँत र गर्त नै छेदन गर्ने गरी डोजरको प्रयोग गरिएको छ। नदीको दायाँबायाँका किनारी आधार (सुरक्षा कवच) ढुंगा, गिट्टी, बालुवा, माटो, चट्टान आदिको अवैध निकासीले लामो समयदेखि कालीगण्डकीमा पर्यावरणीय जोखिम निम्त्याइरहेको छ। यस्तो विनाशलीला रोक्नु त कता हो कता, नेपाल सरकार उल्टै यो नदीको अस्तित्वमाथि थप खेलबाड गर्न नदीको पानी नै अर्कोतर्फ मोड्ने परियोजना अगाडि सारिरहेको छ।, शालिग्राम पाइने यो पवित्र र अनुपम नदीका किनारमा दर्जनौं धार्मिक स्थल र पवित्र घाटहरु छन्। पूर्वीय सभ्यताको प्रतीक मानिने जप, तप, ध्यान, ज्ञान, स्नान, घाटस्थल आदि यो नदी र यसको पानीसँग जोडिएका छन्। नदीको पानी नै अर्कोतर्फ मोडिएपछि यी धार्मिक स्थल र घाटहरु संकटमा पर्नेछन् । के यो आस्था र सभ्यतामाथि सरकारको प्रहार होइन?, काली तटका तीर्थस्थल धार्मिक पर्यटनसँग पनि जोडिएका छन्, यसले यहाँको आर्थिक गतिविधिमा टेवा दिइरहेको छ। यहाँका धार्मिक स्थलमा संकट परेसँगै धार्मिक पर्यटन पनि संकटमा पर्ने निश्चित छ । कालीमा दुई दशक अघिदेखि नै साहसिक पर्यटन र जलयात्राको अभ्यास भइरहेको छ, तर चरम उत्खननका कारण यहाँ सञ्चालन भइरहेको र्यारफ्टिङ व्यवसाय संकटमा परेको छ। यसमाथि प्रस्तावित डाइभर्सनले र्याङफ्टिङ व्यवसायसँगै यो क्षेत्रको जल–पर्यटनलाई समाप्त पार्नसक्छ।, यो आयोजना बनेमा नदी तटका हजारौँ बासिन्दा विस्थापित हुनुपर्ने अवस्था छ । कालीगण्डकीको बहाव क्षेत्र पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्वका तटीय क्षेत्रमा गम्भीर संकट निम्त्याउनेछ। नदी पथान्तर गरिएको स्थलभन्दा तलको भूभागमा जमिनमुनिको पानीको भण्डारण घट्न जाने र सुक्खा हुने देखिन्छ। यसले उक्त क्षेत्रमा खानेपानी र सिंचाइलाई पूर्णरुपमा नकारात्मक असर पार्ने देखिन्छ।, अर्बौं लगानी गरेर एउटा विशाल सभ्यतामाथि प्रहार गर्ने, संस्कृतिमा नकारात्मक प्रभाव पुर्याउने, अल्पसंख्यकहरुको आर्थिक जीवन खोस्ने र संस्कृति मास्ने, जैविक विविधतामा संकट निम्त्याउने र तल्लो तटमा पानीको भण्डारण समाप्त पार्ने यस्तो परियोजना बनाउन उचित हुन्छ !? हामी नेपाल सरकारलाई यो प्रश्नमा गम्भीर हुन आग्रह गर्छौं।, यो परियोजनामार्फत जलविद्युत् उत्पादन गर्ने र रुपन्देही तथा कपिलवस्तुमा सिंचाइ पुर्याुउने भनिएको छ। नदीको पथान्तरण नगरी उक्त परिणामको जलविद्युत् उत्पादन गर्न सकिने विज्ञहरुले सुझाव दिइरहेका छन्। यस्तै, रुपन्देही र कपिलवस्तुको खेतीयोग्य जमिनमा स–साना परियोजना र नहरबाट सिँचाइको व्यवस्था मिलाउन सकिने सुझाव उनीहरुको छ। जसले यी दुवै जिल्लाका किसानलाई छिटै सिँचाइ पनि पुर्याउँछ भने लागत पनि सयौं गुणा कम हुन जान्छ । कालीगण्डकीबाटै नहर निर्माण गरेर सिँचाइको व्यवस्था मिलाउन पनि सकिन्छ । यी तमाम विकल्प हुँदाहुँदै सरकारले एकोहोरो ‘कालीगण्डकी डाइभर्सन’को रटान लगाइरहेको छ। यसले संघ–प्रदेश तथा प्रदेश–प्रदेशबीच द्वन्द्व सिर्जना गर्ने खतरा बढेको छ।, नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामी अहिले पनि क्रमशः देखिरहेकै छौं । तसर्थ, कालीगण्डकी नदीको वैज्ञानिक र व्यवस्थित उपयोगसँगै नदी सभ्यता जोगाउन एकजुट हुनुको विकल्प छैन । यसका लागि नदी, सभ्यता, पर्यावरणको पक्षमा सबै सचेत नागरिकलाई आवाज बुलन्द गर्न यस अभियान हार्दिक आह्वान गर्दछ।, नेपाल सरकारलाई तत्काल कालीगण्डकी डाइभर्सनको काम सधैंका लागि बन्द गर्न जोडदार माग गर्दछौं। साथै, यस नदीमाथि भइरहेको गैरकानूनी दोहन रोक्न तत्काल प्रभावकारी कदम चाल्न र पानीजहाज सञ्चालनको कुरा रोक्न पनि आग्रह गर्दछौं।, कालीगण्डकी बचाऔँ अभियान, कालीगण्डकी डाइभर्सन योजना रोक्न कालीगण्डकी बचाउ अभियानको माग
सेतोपाटी संवाददाता बारा प्रहरीले अवैध रूपमा सञ्चालित जिल्लाका १७ वटा मदिरा भट्टीमा छापा मारेको छ।, महागढीमाई नगरपालिका, बारागढी गाउँपालिका, आदर्श कोतवाल गाउँपालिकाका भट्टीहरूमा प्रहरीले बिहीबार छापा मारेको हो।, छापा मार्दा घरेलु मदिरा निर्माणमा प्रयोग हुने ९ हजार लिटर कच्चापदार्थ बरामद गरिएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले बताए।, यस्तै, ६ सय लिटर तयारी मदिरा बरामद गरिएको मिश्रले बताए।, ती मदिरा भट्टीबाट उत्पादनमा प्रयोग हुने सामानहरू नष्ट गरिएको छ।, घरेलु मदिराका कारण हुने अपराध रोकथाम तथा नियन्त्रणको प्रयास अनुसार प्रहरीले कारबाही अगाडि बढाएको मिश्रले बताए।, ती भट्टीमा मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ स्वास्थ्यका लागि अत्यन्तै हानिकार देखिएको प्रहरीले जनाएको छ।, बाराका १७ वटा घरेलु मदिरा भट्टीमा प्रहरीको छापा
सेतोपाटी संवाददाता २०७४ साउनमा आएको बाढीले बगाएको मोरङ बेलबारी-५ र ग्रामथान जोड्ने पुल अझै निर्माण भएको छैन।, जसका कारण बाढीको समयमा सर्वसाधरण वारिपारि गर्न बञ्चित बनिरहेको बेला त्यसको विकल्पको रुपमा ग्रामथान-४ मोतिपुरमा ८ करोडबढीको लगानीमा अर्को पुल निर्माण भएको छ।, पूर्वमा बेलबारी-५ र पश्चिममा ग्रामथान-४ मा पर्ने उक्त पुलले दुहबी-तेतरिया-मोतिपुर-चन्द्रगढी जोड्ने रणनीतिक सडक पनि जोड्ने स्थानीय बताउँछन्। संघीय सरकार सडक विभागद्वारा पुल निर्माण भएपछि भद्रपुरदेखि इनरुवासम्म जान तथा नयाँ बजार-मोतिपुर-सिद्रहा हुँदै बेलबारीसम्म जानका लागि पनि उपयुक्क्त मानिन्छ।, धरानको सूर्या एण्ड सन्स प्रा.लि. नामक निर्माण कम्पनीले २०७५ वैशाख १३ गतेदेखि काम सुरू गरेको थियो।, झण्डै ९७ मिटर लामो पुलका लागि सरकारले भ्याटबाहेक ८ करोड ३५ लाख ४५ हजार ७७८ रुपैयाँ लगानी गरेको छ। कसेनीमा बाढीले बगाएको पुलभन्दा झण्डै ७ किलोमिटर दक्षिणमा पर्ने उक्त पुल निर्माण भएपछि आवतजावतमा धेरै सहजता भएको ग्रामथान-४ का स्थानीय खिलेश्वर सुवेदी बताउँछन्।, सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर सुरेश झाका अनुसार अबको डेढ महिनाभित्र शतप्रतिशत पुल निर्माण हुने बताए। हाल ९५ प्रतिशत काम सम्पन्न भइसकेको उनको दाबी छ।, बेलबारी र ग्रामथान गाउँपालिका जोड्ने पुल यसअघि लोहन्द्राको खोलामा आएको बाढीले बगाएको र त्यहाँ बनिनसकेको कारण यो बाटो एकदमै उपर्युक्त रहेको त्यस क्षेत्रका निवर्तमान संघीय सांसद अमनलाल मोदीको भनाइ छ। आफूले निर्वाचनको बेला प्रतिबद्धता जाहेर गरेअनुसार ठूलो मेहनतले पहल गर्दा पुल निर्माण भएको उनको दाबी छ।, पुल बनेपछि किसानलाई धेरै सहज भएको ग्रामथान गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले बताए।, ‘बाढी आयो भने खोलाबाटै तर्नुपर्ने बाध्यता किसानलाई थियो, पुल बनेपछि खेतिपातीमा जान आउनका लागि पनि किसानलाई सहज भएको छ,’ उनले भने, ‘बेलबारी, कसेनी, मोतिपुर जोड्न मात्रै नभएर झापाको भद्रपुरबाट विराटनगरसम्म आउजाउका लागि पनि यो पुल महत्वपूर्ण रहेको छ।’, ‘खेती पारि छ, घर यता छ, एता स्कुल छ उता घर छ, हाटबजार जान आउन पनि असहज अवस्था थियो,’ ग्रामथान-४ का स्थानीय खिलप्रसाद दाहालले बताए, ‘पुल निर्माण भएको छ, यसले हामीलाई धेरै सहज भएको छ।’, सोही पुलको सुरक्षाका लागि बाँध निर्माण पनि धमाधम भइरहेको छ। ४८ लाख रुपैयाँ लागतमा यस वर्ष बाँध निर्माणको काम भइरहेको कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना प्राविधिक शाखाका इन्जिनियर कृष्णप्रसाद खतिवडाले बताए।, आठ करोडको लागतमा बन्यो तीन जिल्ला जोड्ने पुल
सेतोपाटी संवाददाता कास्कीको मादी गाउँपालिका–९ मुग्रीबेंसीका ८३ वर्षीया गोमा अधिकारी बिहीबार सिकिस्त बिरामी परिन्।, उनका घरका अन्य सदस्य कोरोना संक्रमित भएकाले उनलाई पनि कोरोनाको आशंका गरियो। बिरामी अधिकारीलाई उपचार गर्न एम्बुलेन्समा राखेर पोखरा ल्याइँदै थियो। , बिहानैदेखि पानी परिरहेको थियो, बाटोमा खहरे खोला उर्लिएपछि एम्बुलेन्स रोकियो। हेर्दाहेदै खहरेमा लेदोसहित आएको बाढीले एम्बुलेन्स बगाइदियो।, मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरूङ ‘श्याम’का अनुुसार एम्बुलेन्स चालक सुवास अधिकारी र बिरामीका आफन्त भागेर ज्यान जोगाए। बिरामीलाई एम्बुलेन्सबाट निकाल्दानिकाल्दै मृत्यु भएको अध्यक्ष गुरूङले बताए। , उक्त स्थान निर्माणधीन मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्छ। लोकमार्ग बनाउँदा बाटो हिलो र चिप्लो भएकाले पनि एम्बुलेन्स बगाएकोे अध्यक्ष गुरूङले बताए।, मध्यपहाडी लोकमार्गमा बिरामी बोकेको एम्बुलेन्सलाई बगायो बाढीले, बिरामीको मृत्यु, अरूले भागेर जोगाए ज्यान
राजेश घिमिरे सौराहाको पल्लो छेउ राप्ती नदीको नजिकै रहेको होटल नेचर हेरिटेजका सञ्चालक दामोदर रेग्मी वल्लो छेउको चित्रसारी पुलमा दिनभर रोकिए। खोलो बढेमानको भएपछि तरेर पारि जान उनलाई अपरान्हसम्मै कुर्नुपर्‍यो।, चित्रसारीबाट सौराहा प्रवेश गर्ने पुल कटेपछिको सडकमा बिहानैदेखि खोलो बगिरहेकाे छ। लगातारको वर्षाले चितवनको पहाडी क्षेत्र, शक्तिखोर, टाँडी हुँदै आउने कयर खोलो बढेर निकै फराकिलो बनेको छ। खोलाको पानी खेत, बस्ती हुँदै बग्न थालेपछि त्यस क्षेत्रको जनजीवन अस्तव्यस्त हुन पुगेको छ।, ‘कोरोना महामारीले होटल व्यवसाय तहसनहस भएको थियो, अब त निषेधाज्ञा खुल्ला, अवस्था सहज बन्ला भन्ने लागेको थियो फेरि बाढीले समस्या ल्याउन थाल्यो,’ रेग्मीले भने, ‘व्यवसायीलाई तनाबमाथि तनाब आइलागेको छ।’, यसपालि राप्तीले असर नपुर्‍याए पनि बुढीराप्तीले सौराहा क्षेत्रमा ठूलो असर पुर्‍याएको उनले बताए। उनकाअनुसार उक्त खोलो यसअघि २०५० र २०६१ सालमा यस्तैगरी बढेको थियो। २०७२ सालमा पनि यो खोलो बढे पनि यति ठूलो भने भएको थिएन।, ‘बाटोमा खोलो बगिरहेकाे छ, बाटोको अवस्था पनि अब बिग्रने भयो,’ उनले भने, ‘बाढी र पहिरो जोखिमको खबर सुनेपछि निषेधाज्ञा खुलेपनि पर्यटक नआउने होलान्।’, तस्बिर : राधा श्रेष्ठ, बुढी राप्ती खोलामा आएको बाढीले रत्ननगर–८ बाघमारा क्षेत्रमा रहेको रमाइलो बस्तीका २१ घर डुवानमा परेका छन्। त्यहाँका १०० जनालाई नजिकै रहेको ग्रीन सोसाइटी पब्लिक स्कूलमा राखेर व्यवस्थापन गरिएको छ।, सौराहा नजिकैको मालपुर, मैनाहालगायतका गाउँमा पनि बाढी पसेको छ। सौराहाभन्दा केही वर रहेको चौर जलमग्न हुँदा त्यहाँ निर्माणाधीन सभागृह पनि डुवानमा परेको छ।, बाढीले वन्यजन्तु र तिनको बासस्थानमा पनि असर पुगेको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितबहादुर तामाङले बताए। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका साना जनावरहरुलाई बाढीले बगाउने गरेको उनले बताए।, ‘बाघमारा वनको घाँसे मैदानमा खोलो बगिरहेको छ। यहाँ रहेका मृग, चित्तललगायत साना जनावरलाई बाढीले बगाउने चिन्ता छ,’ उनले भने। केही दिनअघि घडियाल गोहीले कोरलेका बच्चाहरुलाई पनि बाढीले बगाएर लगेको उनले बताए।, ‘बाघमारा क्षेत्रमा पनि गोहीको अण्डाबाट बच्चा निस्कने बेला भएको थियो, बाढीले काम नलाग्ने बनाउने भयो,’ उनले भने। सौराहा जान खोज्ने र त्यहाँबाट फर्कनुपर्ने पर्यटकलाई हात्तीले खोलो तारिदिएको छ।, निषेधाज्ञाका कारण लामो समयदेखि बन्द हुँदा सौराहाको पर्यटन व्यवसाय धरासयी बन्दै गएको छ। होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायहरु सञ्चालन गर्न नपाउँदा बैंकको ब्याजसमेत बुझाउन नसकेको भन्दै व्यवसायीहरु निरास देखिन्छन्।, गत वर्षको लकडाउनको ठूलो असर परेको सौराहामा लकडाउन खुलेपछि आन्तरिक पर्यटकको चहलपहल निकै बढेको थियो। कोरोना संक्रमण बढेसँगै पुनः निषेधाज्ञा जारी गरिएपछि व्यवसायीहरु समस्यामा परेका हुन्। भाडामा लिएर होटल, रेष्टुरेन्ट, पसल सञ्चालन गर्न धेरैले छाडिसकेको र कतिपयले बिक्री गरेको पर्यटन व्यवसायी पूर्ण रिजाल बताउँछन्।, ‘पोलेको ठाउँमा उपचार गर्दा करेन्ट लागेजस्तो भयो, अब त केही होला कि भनेको फेरि बाढी आइलाग्यो,’ उनले भने, ‘बाढीले सौराहाको व्यवसायलाई ठूलो असर गरेको छ।’, उनले सौराहाको पर्यटन व्यवसाय उकास्न सरकारले सहयोगको प्याकेज ल्याउनुपर्ने बताए। ‘सरकारले यहाँका सबै व्यवसायीहरुलाई बैंक ऋणको व्याजमा छुट, कर र नवीकरण दस्तुरमा छुट मात्रै गर्न सक्यो भनेपनि धेरै राहत हुन्थ्यो,’ उनले भने, ‘अहिलेको अवस्थाले त अब यहाँको पर्यटन व्यवसाय उभो लाग्न धेरै गाह्रो छ।’  , यहाँका हात्तीपालक व्यवसायीहरुले व्यवसाय ठप्प हुँदा हात्तीलाई पाल्न पनि मुस्किल भइरहेको बताउने गरेका छन्। अघिल्लो पटक लकडाउन हुँदा यहाँका आधा दर्जन बढी हात्तीहरु भारतमा विक्री भएका थिए। गत वर्षसम्म पर्यटकलाई जंगल घुमाउने ६० भन्दा बढी हात्ती रहेको सौराहामा अहिले ३५ मात्रै छन्।  ,  ,  , कोरोनाले थलिएको सौराहामा बाढीले थप आहत (तस्बिरहरू)
सेतोपाटी संवाददाता चौँरीगोठमा सुत्केरी व्यथा लागेकी एक जना महिलालाई नेपाली सेनाले आज उद्धार गरेको छ।, गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङ्पाटीस्थित गोठबाट गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ ठूलोस्याफ्रुकी ३२ वर्षीया बिबिरानी तामाङलाई लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णु दल गणले  स्ट्रेचरमा बोकेर उद्धार गरी रसुवा अस्पताल धुञ्चे पुर्‍याएको हो।, छट्पटीमा परेकी दिदीलाई अस्पताल लाने जनशक्ति नभएपछि उनका भाइ रेञ्जेनले चन्दनबारीस्थित नेपाली सेनाको पोष्टसँग सहयोग मागेका थिए। जङ्गलमा छट्पटीको सूचना पाउँदा करिब १० सैनिक परिचालन गरी तत्काल अस्पताल पुर्‍याइएको सेनाले जनाएको छ।, सैनिकले अस्पताल पुर्‍याएको केही समय उपचारपछि बालिकाको जन्म भएको र  आमा तथा शिशुको स्वास्थ्यावस्थामा सुधार भएको अस्पतालले जनाएको छ। रासस, चौंरीगोठमा व्यथा लागेर अलपत्र परेकी महिलालाई स्ट्रेचरमा राखेर सेनाले लग्यो अस्पताल
एजेन्सी बेलायती राजकुमारहरू विलियम र ह्यारी बिहीबार सँगै थिए। पछिल्लो समय उनीहरूको सम्बन्धमा तिक्तता आएको भनिएका बेला यी दाजुभाइ आफ्नी दिवंगत आमाको सालिक अनावरण गर्न मध्य लन्डनको केन्सिंगटन दरबारमा पुगेका थिए।  , उनीहरूकी आमा युवराज्ञी डायनाको सन् १९९७ अगस्ट ३१ मा फ्रान्सको पेरिसमा कार दुर्घटनामा परी निधन भएको थियो। त्यतिबेला विलियम र ह्यारी १५ र  १२ वर्षका थिए।, अहिलेसम्म बाँचिरहेकी भए बिहीबार डायनाको ६० औं जन्मदिन हुने थियो। उनको ६० औं जन्मजयन्तीको अवसर पारेर सालिक अनावरण गरिएको हो।, सालिक अनावरणमा विलियम र ह्यारी खुलेर कुराकानी गरिरहेका थिए।, ‘बाँचिरहेकी भए आज आमाको ६० औं जन्मदिन हुन्थ्यो। हामी उनको माया, तागत र उनलाई संसारभरि राम्रोको एउटा शक्ति बनाउने विशेषतालाई सम्झिरहेका छौं,’ राजकुमार दाजुभाइले भनेका छन्,‘हरेक दिन हामीलाई आमा हामीसँगै भइदिएको भए हुन्थ्योजस्तो लाग्छ। हामीलाई आशा छ, यो सालिक उनको जीवन र कामको प्रतीक बनेर सधैँ रहिरहने छ।’,  , विलियम र ह्यारीले सँगै अनावरण गरे आमा डायनाको सालिक
राजेश घिमिरे चितवनस्थित नारायणघाट-मुग्लिन सडकखण्डमा ठूलो ढुंगो खसेको छ।, अविरल वर्षापछि पहिरोसँगै ठूलो ढुंगो सडकमा खसेपछि दुई घण्टा सडक नै अवरूद्ध भएको थियो। बिहीबार अपरान्ह खसेको ढुंगो अहिलेसम्म हटाउन सकिएको छैन।, दासढुंगाबाट केही अगाडि १४ किलो भन्ने ठाउँमा ठूलो ढुंगो माथि पहाडबाट सडकमा खसेको थियो। सडकको बीचमा ढुंगो रहेकोले सवारीसाधन सञ्चालनमा समस्या छ।, एक्साभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेका छन्। ढुंगोको दायाँबायाँबाट सवारी साधन सञ्चालन गरिएको छ। पहिरो खस्ने क्रम नरोकिएकोले ढुंगा फुटाउन सकिएको छैन।, सडक डिभिजन कार्यालय भरतपुरका ईञ्जिनियर शिव खनालका अनुसार ढुंगा फोर्ने तयारी छ। डोजर वा एक्साभेटरले धकलेर ढुंगा यताउता सार्न सक्ने अवस्था छैन।, यो ढुंगा खसेको ठाउँ नजिकै एउटा पसल थियो। त्यहाँका मानिस भने सुरक्षित छन्।, अविरल वर्षासँगै नारायणघाट-मुग्लिन सडकखण्डका चारकिलो र पाँचकिलो तथा केराबारीमा पहिरो खसेका थिए। ती पहिरो हटाइसकिएको छ।, हेर्नुस् तस्बिरहरू:, सबै तस्बिरहरू: राजेश घिमिरे/सेतोपाटी।, नारायणघाट-मुग्लिन सडकखण्डमा खसेको भीमकाय ढुंगो (तस्बिरहरू)
सेतोपाटी संवाददाता बालिका बलात्कार आरोपमा रोल्पाका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।, रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर २ का १९ वर्षिय पोखराज वलीले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ।, तुलसीपुर उपमहानगर वडा नम्बर ५ बसपार्कस्थित एक होटलमा बालिकालाई प्रलोभनमा पारेर वलीले बलात्कार गरेको उजुरीपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए।, असार १५ गते राति होटलमा लगेर वलीले ती बालिकालाई बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ। असार १६ मा वलीलाई पक्राउ गरेर दाङ जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।, यस्तै असार १५ गते राति रोल्पाकै गंगादेव २ का २३ वर्षीय देवराज वलीले १६ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोप छ।, उनलाई प्रहरीले असार १६ मा पक्राउ गरेको छ। सात दिनको म्याद थप गरेर अनुसन्धान जारी छ।, उनीहरू दुवै युवकविरूद्ध प्रहरीले जवरजस्ती करणी शीर्षक अन्तर्गत मुद्दा चलाएर अनुसन्धान जारी राखेको जनाएको छ।, बालिका बलात्कार आरोपमा रोल्पाका दुई युवक पक्राउ
एजेन्सी स्क्यान्डिभियन मुलुक डेनमार्कले भुटानलाई साढे दुई लाख डोज कोरोनाविरूद्धको खोप अनुदानमा दिने भएको छ।, बिहीबार एक विज्ञप्ति जारी गर्दै डेनिस विदेश मन्त्रालयले अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको भ्याक्सिन जति सक्यो छिटो भुटानलाई दिने जानकारी गराएको छ।, भुटानमा पनि नेपालमा जस्तै पहिलो डोज लगाएका धेरै मानिसले कोरोनाको दोस्रो खोप लगाउन पाएका छैनन्।, ‘सरकारले झन्डै साढे २ लाख डोज  अष्ट्राजेनेका खोप भुटानलाई दिने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।, Around 250.000 AstraZeneca-vaccines are coming to Bhutan as a donation from the Danish Govt🇧🇹🇩🇰 to help Bhutan combating ,#COVID19, and secure that the citizens get the second jab in time. ,#StrongerTogether, ,#DenmarkStandsWithBhutan, ,@svane_freddy, ,@MStrandgaard1, ,@FMBhutan, — Denmark in India (@DenmarkinIndia) ,July 1, 2021, भारतले कोरोनाविरूद्धको खोप निर्यात बन्द गरिदिएपछि भुटान सरकारले विभिन्न  १८ मुलुकबाट खोप ल्याउन पहल गरेको थियो।, सोही पहलअनुसार डेनमार्क खोप दिन राजी भएको हो।, भुटानमा अहिले दोस्रो चरणको खोप लगाउन ५ लाख डोज खोप आवश्यक  छ।  , डेनमार्कले भुटानलाई अनुदानमा दिने भयो साढे २ लाख डोज भ्याक्सिन
एजेन्सी श्रीलंकाको राजधानी कोलोम्बोको समुद्री तटमा सयौं कछुवा मृत फेला परेका छन्।, गत जुन २ मा कोलोम्बो बन्दरगाहनजिकै पानीजहाजमा आगलागी भएको थियो। पछि उक्त जहाज समुद्रमै डुबेको थियो।  जहाजले बोकेको रसायनिक पदार्थ र तेल समुद्रमा खसेको थियो। त्यही कारणले समुद्रमा भएका जनावहरू मरेको हुन सक्ने रोयटर्सले जनाएको छ।, वातावरण अभियन्ताहरूले १७६ वटा कछुवासँगै २० वटा डल्फिन र चार वटा ह्वेल पनि मृत फेला परेको जनाएका छन्।, जहाज डुब्नु अघि नै त्यसमा भएका रसायन र तेलले उक्त क्षेत्रको सामुद्रिक पारिस्थितिक प्रणालीमा गम्भीर असर पर्ने चिन्ता व्यक्त भएको थियो।, श्रीलंकाका वातावरण विज्ञहरूले यसलाई अहिलेसम्मकै सबैभन्दा नराम्रो समुद्री प्रकोप भएको बताएका छन्।, भारतबाट सिंगापुर जान लागेको पानीजहाजमा मे २०मा भीषण आगलागी भएको थियो। श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स-प्रेस पर्ल मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको थियो।, श्रीलंका नौ सैनिकले पानीजहाजका चालक दलको उद्धार पनि गरेको थियो।, भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो। २५ टन नाइट्रिक एसिड र अरू रसायन पनि बोकेको पानीजहाजको एउटा कन्टेनरमा आगो लागेको थियो। त्यसपछि उक्त जहाज कोलम्बो पोर्टमा रोकिन खोजेको थियो।, जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका २५ जना थिए। तीमध्ये दुई जना घाइते भएका थिए।, आगो निभाउन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट केमिकल फालेको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुद्रमा खसेका थिए।, श्रीलंका र भारतीय नौ सैनिकहरूले जहाजको आगो निभाउन प्रयत्न गरे पनि असफल भएका थिए।, श्रीलंकाली सरकारले पानीजहाजमा भएको क्षतिको आरोप जहाजका क्याप्टेन ट्युटकालो भिटालीसहित १५ जनामाथि लगाएको छ। क्याप्टेन भिटालीलाई अदालतले देश छाड्न प्रतिबन्ध लगाएको छ।, जहाज डुबेर असर गरेको क्षेत्रमा अधिकारीहरूले गत हप्ता नै माछा मार्न अनुमति दिएको थियो। तर विज्ञहरूले त्यसमा खतरा रहेको बताएका छन्।, श्रीलंकाको समुद्री तटमा मृत फेला परे सयौं कछुवा
सेतोपाटी संवाददाता सुर्खेतमा जारी निषेधाज्ञालाई थप खुकुलो बनाइएको छ। , कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि वैशाख १४ गतेदेखि जिल्लाभर जारी निषेधाज्ञा खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए।, आजदेखि जिल्लाभित्र चल्ने सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमार्फत् चल्ने उनले जानकारी दिए। , ‘हामीले अहिले जिल्लाभित्रको सार्वजनिक सवारी साधन मात्र भनेका छौं, बाहिर चल्ने विषयमा कुनै निर्णय भएको छैन,’ उनले भने।, यसअघि शनिबारबाहेक दिउँसो २ बजेसम्म मात्र सञ्चालन हुँदै आएका पसल अब दैनिक बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाइने छ।,  , सुर्खेतमा जारी निषेधाज्ञा थप खुकुलो
सेतोपाटी संवाददाता अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने मर्स्याङ्दी नदीस्थित पुलमा क्षति पुगेको छ।, गोरखा नगरपालिका वडा नम्बर १२ र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ एक्लेफाँट जोड्ने झोलुंगे पुलको एकातर्फ क्षति पुगेको छ।, गोरखा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष रामबहादुर खड्काले पुलको एकातर्फको जिप बगाएको बताए।, पुलको एक्ले फाँटतर्फको जिप भासिएको छ। पुलमा क्षति पुगेपछि मानिसहरू मर्स्याङ्दी नदी पार गरेर पृथ्वीराजमार्गसम्म पुग्न सकेका छैनन्।, पुलमा नदीले बगाएर ल्याएका ढुंगामुढा रोकिएका छन्। यसले आसपासका बस्ती जोखिममा पारेको छ।, गोरखा-तनहुँ जोड्ने झोलुंगे पुलमाथि उर्लियो मर्स्याङ्दी
सेतोपाटी गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ।, तनहुँको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीसहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन्।, बिहान अन्दाजी पाँच बजेको समयमा घरमाथिबाट खसेको पहिराले पुरिँदा सरोज रिमाल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। घाइते दुवैको लमजुङ अस्पतालमा उपचारको लागि पठाइएको छ।रासस,  , तनहुँको पहिरोमा पुरिएका दुईको जीवितै उद्धार
सेतोपाटी गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौंडा–भैंसे सडक खण्ड अवरूद्ध भएको छ।, भीमफेदी गाउँपालिका–१ मा पर्ने बागझोरामा आएको बाढीले गर्दा हेटौंडाबाट जाने र भैंसे हुँदै हेटौंडा आउने यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक निमित्त प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।, उनका अनुसार उक्त बाढीले बगाएको गिट्टी, बालुवा, ठूला–ठूला ढुङ्गा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।,  , त्यस्तै, भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सडक पनि बिहीबारदेखि नै अवरूद्ध छ।, भीमफेदी–६ गढीमा ठूलो पहिरो गएको र अझै पानी नरोकिएका कारण पहिरो हटाउन समस्या भएकाले उक्त सडक खण्डमा पनि यातायत अवरूद्ध भएको उनले बताए। कान्ति लोकपथअन्तर्गत पर्ने  भिमफेदी–८ गगंटेमा पनि पहिरो जाँदा हिजोदेखि नै यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।रासस, त्रिभुवन राजपथको हेटौंडा-भैंसे सडक खण्ड अवरूद्ध
सेतोपाटी पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरूद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।, सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१ घण्टापछि आज बिहान ९ बजेदेखि सवारी साधन एकतर्फी सञ्चालनमा ल्याइएको हो। , बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबार बिहान आएको बाढीले गैंडाकोटको थुम्सीदेखि मुकुन्दपुरसम्मका चार वटा डाइभर्सन बगाएको थियो।, बगेको डाइभर्सनमध्ये तीन स्थानमा पुरानै डाइभर्सन मर्मत गरिएको भए पनि गैंडाकोट-१० को २३ स्मृति पुलमा नयाँ ठाउँबाट डाइभर्सन बनाएर एकतर्फी सवारी साधन सञ्चालन गराइएको इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन्।, बिहीबार बिहान १०ः३० बाट अवरूद्ध सडक साँझ मोटरसाइकल सञ्चालन गर्ने गरी डाइभर्सन गरिएको भए पनि केहीबेरमै पुनः अवरूद्ध बनेको थियो। , सडक विस्तारका क्रममा पुराना पुल भत्काएर नयाँ ठूला पक्की पुल बनाउनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोट क्षेत्रमा सात वडा डाइभर्सन निर्माण गरिएका थिए।, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नारायणगढ बुटवल सडक विस्तार आयोजना मिलेर २३ स्मृति पुलको दक्षिणतर्फ अस्थायी डाइभर्सन बनाई एकतर्फी रुपमा सवारी सञ्चालनमा ल्याइएको खनालले बताए।, पुलको उत्तरतर्फ रहेको पुरानो डाइभर्सनलाई मर्मत गरेपछि मात्रै दुईतर्फी सवारीसाधन सञ्चालन गराउन सकिने उनको भनाइ छ। , नयाँ डाइभर्सन बनाएर एकतर्फी सवारी साधन सञ्चालन गराइएपछि एम्बुलेन्स र साना सवारी साधनलाई प्राथमिकतामा राखिएको उनले बताए।, एकतर्फी रूपमा सवारी साधन सञ्चालनमा आएपछि सडकमा सवारी साधनको चाप विस्तार घट्दै गएको छ।, सडक अवरूद्ध हुँदा नवलपुर हुँदै पश्चिम जाने सवारी साधन गैंडाकोट र पूर्वतर्फ जाने सवारी साधन डण्डामा नै रोकिएका छन्।रासस ,  , नारायणगढ–बुटवल सडक खण्ड एकतर्फी सञ्चालनमा
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दामा दस बर्ष कैद सजाए तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।, घोराही उपमहानगगरपालिका वडा नं. ३ लक्ष्मीपुरका ३८ वर्षीय राजेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरी बुधबार दाङ जिल्ला अदालतमा पेश गरेको छ।, जिल्ला प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार चौधरीलाई २०७३ साल असार २८ गते दाङ जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै दस वर्ष कैद सजाय तोकेको थियो।, त्यसयता फरार रहँदै आएका चौधरीलाई गोप्य सूचनाको आधारमा लक्ष्मीपुरमा लुकिछिपी बस्दै आएको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।, ज्यान मुद्दामा दस वर्ष कैद तोकिएका व्यक्ति पक्राउ
सेतोपाटी संवाददाता झापाबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१५ का २० वर्षीय सुवास मेचे र मेचीनगर-१० का २५ वर्षीय सुरज लामिछाने रहेका छन्।, दुबैलाई झापा कमल गाउँपालिका-३ पूर्वपश्चिम राजमार्गस्थित केरखाबाट बुधबार पक्राउ गरिएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।, उनका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ५९९० नम्बरको भाडाको टेम्पोको पछाडि सवार रहेका मेचे र लामिछानेको साथबाट ८८ ग्राम ब्राउनसुगर बरामद गरिएको छ।, विशेष सूचनाको आधारमा दिउँसो साढे ३ बजे प्रहरीले केरखामा चेक प्वाइन्ट राखेको थियो।, दुबैलाई ब्राउनसुगरसहित पक्राउ गरेपछि हिरासतमा राखेर अनुसन्धान थालिएको एसपी भट्टराईले सेतोपाटीलाई बताए।, राजमार्गमा चेकजाँच गर्दा ७७ ग्राम ब्राउनसुगरसहित झापाबाट दुई जना प्रहरीको फन्दामा
सेतोपाटी हुम्लाको कोभिड-१९ संकट व्यवस्थापन समितिले वैशाख २२ गतेबाट लगाइएको निषेधाज्ञा बिहीबार राति १२ बजेदेखि खुला भएको छ।, असार १० गतेदेखि थप भएर बिहीबार राति १२ बजेसम्म लगाइएको निषेधाज्ञाको समय सकिएको हुँदा जिल्लाका सम्पूर्ण नागरिकले स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर निषेधाज्ञा खुला गरिने भएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए।, जिल्ला कोभिड व्यवस्थापन समितिले हुम्ला खुला गर्ने मौन स्वीकृति दिए पनि स्थानीयबासीले आफ्नो स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरी आफ्नो स्वास्थ्यको ख्याल आफैंले गर्नुपर्नेछ।, आ–आफ्नो व्यवसाय सञ्चालन गर्दा सामाजिक दूरी कायम राख्ने, मुखमा मास्क अनिवार्य लगाउनुपर्ने, साबुनपानीले हात धुनुपर्ने लगायतका काम अनिवार्य गर्नुपर्ने देखिएको छ।, शुक्रबारदेखि नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका निजी हवाई जहाजले यात्रुलाई ओर्सान पाउने भएका छन्। यसअघि हवाई जहाजमा आवतजावत गर्दा जिल्ला प्रशासनको सिफारिस लिनुपर्ने बाध्यता थियो।, जिल्लामा निषेधाज्ञा खुला भए पनि सङ्क्रमित कायमै रहेकाले थप जोखिम बढ्न सक्ने देखिएको छ।, जिल्ला प्रशासनले निषेधाज्ञा खुला हुने जानकारी दिए पनि आवातजावत बढी हुने सदरमुकाम सिमकोटमा सात जना सक्रिय सङ्क्रमित रहेका छन्।, जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ रहेको छ भने एक हजार आठ जनामा परीक्षण गर्दा २५९ सङ्क्रमितमध्ये २२३ कोरोना सङ्क्रमणमुक्त भएर घर गइसकेका छन्। रासस, हुम्लामा खुल्यो निषेधाज्ञा
सेतोपाटी संवाददाता दिदी-बहिनीलाई बन्धक बनाएर सामूहिक बलात्कारको अभियोग खेपेकामध्ये थप एक जना युवक पक्राउ परेका छन्।, असार ६ गते राति लमही नगरपालिका वडा नं. ७ स्थित कमानपुरको जंगलमा दिदी-बहिनीलाई बन्धक बनाई सामूहिक बलात्कारको अभियोग खेपेका लमही-६ देउपुरका २० वर्षीय अरबिन चौधरी बुधबार बेलुका पक्राउ परेका हुन्।, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले लमही-६ स्थित राप्ती नदीको झुलुङ्गे पुल क्षेत्रबाट बेलुका साढे ७ बजेतिर उनलाई पक्राउ गरिएको बताए।, चौधरीलाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी जवानलाई दौडने क्रममा लडेर खुट्टामा चोट लागेको उनले बताए।, प्रहरीका अनुसार घटनामा संलग्नमध्ये अब लमही-७ का २० वर्षीय प्रेम परियार फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।, सम्बन्धित समाचार :,  , मध्यरातमा श्रीमानलाई रूखमा बाँधेर श्रीमती र सालीमाथि सामूहिक बलात्कार, दिदी-बहिनीलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोप लागेका अर्का व्यक्ति पक्राउ
रासस नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ।, एक साताअघि मस्तिष्काघात भई ओम अस्पतालमा उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको हो।, नेपाली साहित्यमा आयामेली आन्दोलनका एक हस्ती, वरिष्ठ कवि एवं मुन्धुम दर्शनका आधिकारिक व्याख्याता काईँलाको स्वास्थ्योवस्था बुझ्न प्रतिष्ठानका प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्य एवं साहित्य (पद्य काव्य) विभाग प्रा.डा.हेमनाथ पौडेललगायत बुधबार अस्पताल पुगेका थिए।, शरीरको दायाँ भाग शुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न नसकेको अवस्थाबाट काइँलाको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आई सामान्यतः शरीर र हात चल्न थालेको तथा बोली पनि प्रस्ट निस्कन थालेको सदस्यसचिव उपाध्यायले बताए।, यसअघि काइँला आईसियुमा रहँदा कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्यसचिव उपाध्यायले अस्पताल पुगी काइँलाकी छोरी नामोती नेम्बाङ, उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूबाट स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।, मस्तिष्काघातपछि अस्पताल भर्ना भएका वैरागी काइँलाको स्वास्थ्यमा सुधार
राजेश घिमिरे चितवन सदरमुकाम भरतपुरबाट नजिकै भएर पनि ठिमुरा ओझेलमा छ। यो त्यही ठाउँ हो जहाँ केही महिनाअघि मात्रै त्रिशूली नदी माथिबाट तनहुँसँग जोड्ने पक्की पुल एकै महिनामा दुई पटक भाँचिएको थियो। निर्माण सकिनुपर्ने समय आइपुग्न केही महिनामात्रै बाँकी हुँदा पुल भाँचिएपछि ठिमुरा बदनाम भयो।, यही पुलभन्दा केही मिटर पर बनेको एउटा घर भने अहिले सामाजिक सञ्जालमा निकै चर्चित भइरहेको छ। नारायणगढ बजारबाट करिब ५ किलोमिटरका दूरीमा छ, ठिमुरा। यहाँ पुग्न नारायणगढ-मुग्लिन सडक खण्डको रामनगरबाट करिब एक सय मिटरअघि बढेपछि बायाँतर्फ लाग्नुपर्छ। बरण्डाभार जंगल हुँदै करिब एक किलोमिटरभित्र त्रिशूली नदीको आडैमा यो सुन्दर घर देख्न सकिन्छ।, हाडजोर्नीको समस्या भएका बिरामीको उपचारका लागि चितवनमा चर्चा कमाएका डाक्टर प्रमोद लामिछानेले बनाएका हुन् यो घर।, डाक्टर लामिछानेको पुर्ख्यौली घर लमजुङको राइनास-८ हर्राबोट हो। २०७२ सालमा आएको भूकम्पले उनकोमात्रै नभएर गाउँका प्रायःको घर भत्कायो।, ‘आफू जन्मे-हुर्केको, पढे-खेलेको त्यो घर गुमाउनुपर्दा मलाई असाध्यै पीडा भएको थियो। बुबाले बनाएको पहाडी मौलिकता झल्कने यति राम्रो घर अब सकियो भनेर साह्रै दुःख लाग्थ्यो,’ उनले भने, ‘कुनै दिन यस्तै घर बनाउँछु भन्ने कल्पना गर्थें।’, गाउँको घर भत्किएको ठाउँमा सरकारले दिएको तीन लाख रुपैयाँ अनुदानमा बुबा कृष्णप्रसादले अर्कै शैलीको घर बनाएपछि उनमा चितवनमै भए पनि पुरानो शैलीको घर बनाउने हुटहुटी बढेको थियो।, अन्ततः उनले उस्तै मौलिक शैलीमा केही नयाँपन दिएर यो घर तयार पारे। घर तयार पार्न इन्जिनियर साजन अधिकारीको सहयोग लिएका थिए। २ महिनामा तयार भएको यो घरमा ७ वटा कोठा छन्। भुइँ तलामा तीन, दोस्रोमा तीन र तेस्रो तलामा एउटा हल कोठा छ।, घरको डिजाइन गरेका इन्जिनियर अधिकारीका अनुसार यो घर हेर्दा ठ्याक्कै पहाडी शैलीको देखिए पनि निर्माणका क्रममा आधुनिक विधि र प्रविधिको पनि प्रयोग गरिएको छ। पिलर, गारोलगायतका संरचना तयार पार्न कंक्रिटकै प्रयोग गरिएको छ।, ‘नदीको नजिकै बनेको भएर घर प्राविधिक रूपले पनि सुरक्षित बनाउनुपर्थ्यो,’ अधिकारीले भने, ‘त्यसैले बलियो बनाउनका लागि आवश्यक सामग्रीको प्रयोग भएको छ।’, घरको बार्दली, भर्‍याङ, दलिन, डाँडा, भाटालगायतको निर्माणमा साल र वन सिसौका काठको प्रयोग गरिएको छ। २० वटा आँखीझ्याल छन्।, तेस्रो तल्लाको चारैतिर राखिएका बार्दली निकै आकर्षक देखिन्छन्।, इन्जिनियर अधिकारी चितवनको इच्छाकामना गाउँपालिकाको शिरमा गाउँपालिका र प्रदेश सरकारको साढे २ करोड रुपैयाँ बजेटमा अहिले बन्दै गरेको इच्छाकामना मन्दिरको पनि डिजाइनर हुन्।, ‘मेरो रूचीको विषय नै परम्परागत कलामा आधुनिक प्रविधि र प्रणालीको प्रयोग गर्ने हो,’ उनले भने, ‘यो घर बनाउँदा, मन्दिर बनाउँदा त्यही सीपको प्रयोग भएको छ।’, घरलाई सेतो, रातो, कालो र चकलेट रङले सिंगारिएको छ। रङ पनि गाउँमा पाइने कमेरो, रातो माटोको प्रयोग गरिएको छ।, ‘त्यसलाई टिकाउ बनाउन अन्य रङ पनि मिसाइएको छ, सकेसम्म गाउँले माटोकै प्रयोग गरेर गाउँले पहिचान दिन खोजेको छु,’ डाक्टर लामिछानेले भने। यो घर तयार पार्न ४० लाख रुपैयाँभन्दा बढी खर्च भएको उनले बताए।, घरको आडैमा ढुंगे धारो छ। त्यो धारोमा मूलको पानी अटुट रूपमा आइरहन्छ। वरपर करेसा बारी, बारीमा मौसमअनुसारको तरकारी। घर नजिकै गाई र हाँस पालेका छन्। बाँसका भाटाले कम्पाउण्ड गरिएको घरको अघिल्तिर लहरै तीन वटा गरामा धान रोपेका छन्। लामो समयदेखि बाँझै रहँदा बिग्रिएको खेतलाई यसपटक डोजर लगाएर मिलाइएको थियो। पाटा मिलेको खेतमा हल गोरुले जोतेपछि खेतालाले बाउसे गर्ने, रोप्ने गरेका थिए।, यो घरमा डाक्टर लामिछाने र उनका छोरा प्रतीक बस्छन्।, ‘बुबा-आमाहरू पहाडमा पनि बस्नुहुन्छ, यता हुँदा यहीँ बस्नुहुन्छ,’ उनले भने, ‘अरू आरसिसी घरमा भन्दा यसैमा आनन्द आउँछ।’ , उनकी श्रीमती डाक्टर बिएम(विष्णुमाया) खरेल डेढ वर्ष अघि बितिन्। दन्त रोग विशेषज्ञ डाक्टर खरेल चितवनमा चिरपरिचत डाक्टर थिइन्। उनको क्यान्सरका कारण निधन भएको थियो।, यो डाक्टर दम्पतीले दस वर्षअघि भरतपुरमा नेपालमै पहिलो ट्रमा सेन्टर सञ्चालनमा ल्याएका थियो। पूर्व-पश्चिम राजमार्गसँगै रहेको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर अहिले हाड जोर्नीको समस्या भएका, दुर्घटनामा चोट-पटक लागेका बिरामीको प्रमुख रोजाइ बन्ने गरेको छ। उनीहरूले पैसाको अभावमा उपचार नभएका कैयौं बिरामीको निःशुल्क उपचार गरिदिएका छन्। , उनीहरू पेशाले डाक्टर भए पनि यत्तिमै अडिन चाहेनन्। पर्यटन क्षेत्रमा पनि केही गर्ने उद्देश्यले ठिमुरामा त्रिशूलीको किनारमा रहेको करिब चार बिघा जमिन खरिद गरे। २०४५ सालदेखि लब्ली रिसोर्ट सञ्चालन भएको ठाउँ केही वर्षदेखि बन्द थियो। भूकम्पले संरचनासमेत भत्काइदिएपछि यसै थन्किएको क्षेत्र खरिद गरेर लामिछाने दम्पतीले रिसोर्ट स्थापना गर्न थाले। ढुंगैढुंगाले बनेको २५ वटा भिल्लासहितको ठिमुरा रिसोर्ट अहिले सञ्चालनको तयारीमा छ।, देशको अवस्था राम्रो हुँदै गए दसैंसम्ममा रिसोर्ट सञ्चालनमा ल्याउने तयारी छ। पहाडी शैलीमा बनाइएको घर ठिमुरा रिसोर्टसँगै जोडिएको छ।, ‘यहाँ बस्न आउने पाहुनाले केही नयाँ कुरा देखून् भन्ने पनि लाग्यो, मेरी श्रीमतीको पनि केही नयाँ गरौं, केही राम्रो काम गरौं भन्ने उद्देश्य थियो,’  ३९ वर्षीय डाक्टर लामिछानेले भने, ‘हामी दुबै जनाको अथक मेहनतले अस्पताल र रिसार्ट यहाँसम्म आइपुगेको छ।’, रिसोर्टलाई दुईतर्फ जंगलले घेरेको छ, एकतर्फ त्रिशूली बग्छ, एकतर्फ चेपाङ समुदायको बस्ती छ। चितवनको काउले, सिद्धी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय केही वर्षदेखि यहाँ स-साना झुप्रा बनाएर बस्दै आएका छन्।, डाक्टर लामिछानेले रिसोर्ट बनाउँदा तिनै चेपाङ समुदायलाई रोजगारी दिएका थिए। ढुंगा, काठ र बाँसलाई जोडेर तयार पारिएको रिसोर्ट निर्माणमा ८० प्रतिशत चेपाङ सहभागी थिए।, ‘हाम्रो रिसोर्टमा बस्न आउनेले शान्त अनि मनोरम वातावरणको महसुस गर्न सकून्। बालकदेखि वृद्धवृद्धासम्म रमाउन सकून् भनेर नेपालको मौलिक शैलीको भरपुर प्रयोग गरेका छौं,’ उनले भने, ‘रिसोर्ट भित्रैबाट बग्ने सानो खोलालाई चिटिक्क बनाएर सजाएका छौं, बगैंचा, आकर्षक स्विमिङ पुल, जंगलको वातावरण, रिसोर्टभित्र राखिएका काठ, ढुंगाका मुर्तिहरूले जो कोहीलाई लोभ्याउन सक्छ।’, २०५७ सालमा डाक्टर बनेका लामिछानेले करिब ५ वर्ष काठमाडौंको बिएन्डबी अस्पतालमा काम गरेका छन्। २०६७ सालमा उनले एमडी, एमएस गरे। सोही वर्ष उनले विवाह गरेका थिए। २०६८ यता उनी चितवनमा अस्पताल सञ्चालक र हाड जोर्नी तथा नसा रोग विषेशज्ञका रूपमा  काम गरिरहेका छन्।, उनले भूकम्पले लमजुङको घर भत्काएपछि त्यस्तै शैलीको घर बनाउने सपना ६ वर्षपछि पूरा भएको बताए।, ‘म त गाउँको परिवेश, रहनसहन मन पराउने मान्छे। यो घरमा यसै पनि रमाउँछु,’ उनी भन्छन्, ‘चितवनमा पहाडी शैलीको घर देखेर खुसी हुने धेरै मान्छे भेटेको छु। उहाँहरूको कुरा सुन्दा अझै खुसी लाग्छ।’       , लमजुङमा उनको घर-खेत मर्स्याङ्दी नदीको नजिकै छ। उनले पहाडकै जस्तो घर बनाउन त्यही मर्स्याङ्दी मिसिएर आउने त्रिशूलीको तिरलाई रोजे। अचेल घरको बार्दलीमा बसेर त्रिशूली हेर्दा उनी कलकल बगेर आउने पानीमा आफ्नो बाल्यकाल बितेको लमजुङको पाखा, पखेरो महसुस गर्छन्।, ‘त्रिशूली कञ्चन भएर बग्दा आनन्द लाग्छ, बाढी आउँदा गाउँतिर केही भयो कि जस्तो लाग्छ, बाढीमा बगेर आएका काठ, दाउरा आफ्नै घर खेतका हुन् किझैं लाग्छ,’ डाक्टर लामिछानेले भने।, केहीदिन अघिको बाढीले बगाएर ल्याएका काठ समातेर उनले एउटा कटेरो तयार पारे। त्यो कटेरोमुनि उनले धान कुट्ने ढिकी तयार पारेका छन्। सँगै रहेको भान्सा र शौचालयलाई पनि काठैले बारेका छन्।, ‘यी हेर्दा त झन् म ठ्याक्कै गाउँ सम्झन्छु। गाउँका पुराना यादहरू ताजा बनेर आउँछन्,’ उनी भन्छन्।, यो घरमा उनकी श्रीमतीको सपना पनि जोडिएको छ।, ‘मेरी श्रीमतीको प्रकृतिसँग ठूलो मोह थियो, उहाँ हुनभएको भए कति खुसी हुनुहुन्थ्यो होला। प्रकृतिको नियमलाई जित्न सकिएन,’ डाक्टर लामिछाने भन्छन्, ‘धेरै कोसिस गर्दा पनि प्रकृतिसँग केही लागेन। अहिले म यही प्रकृतिसँग नजिक हुने, यसैको निकट हुने प्रयास गरिरहेको छु।’, लमजुङबाट चितवन सरेको तीन तले घर
रासस उदयपुरको बेलका नगरपालिका परिसर क्षेत्रमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ।, झडप हुँदा ४ जना प्रहरी सामान्य घाइते भएका छन्। प्रहरीले झडप नियन्त्रणको लागि छ राउण्ड हवाई फायर र बीस राउण्ड अश्रुग्यास प्रहार गरेको छ।, यो बुधबारको घटना हो। जिल्ला प्रहरी कार्यालयका अनुसार नगरपालिका क्षेत्रसहित नगरको वडा नम्बर ३ को झण्डै १२६ हेक्टर जग्गालाई हालै नेपाल सरकारले कबुलियत बन बनाउने निर्णय गरेर वन बनाउन प्रक्रिया शुरु हुँदा सो जग्गामा बसोवास गर्दै आएका जनता नगरपालिका घेर्न आएपछि प्रहरीसँग झडप भएको थियो।, सो सरकारी जग्गामा लामो समयदेखि बसोवास गर्दै आएका जनताले जग्गाको लापूर्जा आफूहरुले पाउनुपर्ने भन्दै नगरपालिकाको कार्यालय घेराउ गरेपछि उनीहरुलाई हटाउने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए।, नगरपालिका घेरेर आन्दोलन गरेका आन्दोलनकारीलाई सम्झाइबुझाई हट्न भनेको र जबरजस्ती गरेपछि सामान्य बल प्रयोग गर्नु परेको प्रहरीले बताएको छ। दुई पक्षीय झडपमा नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई गरी चार प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।, आन्दोलनकारीमध्येका एक रामकुमार भुजेलले आफूहरु लामो समयदेखि सुकुम्बासी भएर उक्त जग्गामा बसोबास गर्दै आएको र उक्त जग्गालाई नगरपालिकाले नेपाल सरकारलाई कबुलिय वन बनाउन सिफारिस गरेपछि आफूहरुको उठिबास हुन पर्ने भएकाले नगरपालिकामा मागहरु राख्न गएको बताए।, नगरपालिकाले भने सो जग्गा पहिलेदेखि नै सरकारी रहेको र मन्त्रिपरिषद्ले नै कबुलियत बन बनाउने निर्णयसहित कार्य अगाडि बढाएको जनाएको छ।, घट्ना लगत्तै अवस्था समान्य बनाउन स्थानीय राजनीतिक दलका नेता र आन्दोलनकारीका अगुवा संयुक्तरुपमा छलफल र बार्तामा जुटेको प्रहरीले बताएको छ।,  , उदयपुरको बेलकामा स्थानीय र प्रहरीबीच झडपमा ६ राउण्ड हवाइ फायर
रासस नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ।, इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ।, पहिरो गए राति २ः१० बजे खसेको हो। यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ।, पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
रासस म्याग्दीको मङ्गला गाउँपालिका–२ मिठौलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।, प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले गए राति भएको दुर्घटनामा मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको बताए।, उनीहरुलाई बेनी अस्पताल ल्याइपुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। छ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ। घाइते र मृतक सबै मङ्गला गाउँपालिका–१ का हुन्।, अस्पतालमा १९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीया एञ्जिता भण्डारी, आठ वर्षीया अदिना नेपाली, ३५ वर्षीया गीता खत्री र २३ वर्षीया अमृता रसाइलीको उपचार भइरहेको छ।, दुर्घटना भएको ठाउँको साँघुरो सडकको घुम्ती र ग्रेड मिलेको छैन। जिप सडकदेखि करिब ५०० मिटर तल खोल्सामा खसेको थियो।, घाइतेको स्थानीयवासी र प्रहरीले उद्धार गरेर बेनी पठाएका थिए। सिमलचौर–मिठौला–पूर्णगाउँ मङ्गलाको केन्द्र बाबियाचौरदेखि वडा नम्बर १ लाई जोड्ने वैकल्पिक सडक हो।, दुर्घटना भएको जिप वडा नम्बर २ को भूगोलमा पर्ने सडक प्रयोग गरेर वडा नम्बर १ को पूर्णगाउँतर्फ जाँदै थियो। दुर्घटनाबारेमा थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक विक्रमराज गुरुङले बताए।, म्याग्दीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
एजेन्सी उत्तर अमेरिकी मुलुक क्यानडामा अहिलेसम्मकै अत्याधिक गर्मी भएको छ। मंगलबार त्यहाँ ४९.६ डिग्री तापक्रम पुगेको थियो, जुन अहिलेसम्मकै बढी हो।, बिबिसीका अनुसार क्यानडाको ब्रिटिस कोलम्बियास्थित लिट्टनमा लगातार तीन दिनसम्म ४५ डिग्रीभन्दा बढी तापक्रमको गर्मी भएको हो।, गर्मी हुँदा क्यानडामा मात्रै शुक्रबारयता एक सय ३० जनाले ज्यान गुमाइसकेको भ्यानकुभर प्रहरीले जनाएको छ। मृत्यु हुनेहरू प्राय: बिरामी वा वृद्ध-वृद्धा छन्।, उनीहरूको मृत्यु हुनुको प्रमुख कारण गर्मी नै भएको बताइएको छ।, त्यस्तै, संयुक्त राज्य अमेरिकाको उत्तर-पश्चिमी क्षेत्रमा पनि गर्मी अत्याधिक बढेको छ। त्यहाँ पनि मानिसहरूले ज्यान गुमाएका छन्।, क्यानडा र अमेरिकाको पश्चिमी भागमा अत्याधिक गर्मी उच्च-दबाब (प्रेसर) सहितको तातो हावाका कारण बढेको विज्ञहरूले बताएका छन्। क्यालिफोर्नियाबाट आर्टिक क्षेत्रहरूमा जाँदै गरेको तातो हावाका कारण गर्मी अत्याधिक बढेको हो।, गत आइतबार अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थिएन।, अहिलेसम्मकै सबैभन्दा गर्मी हप्ताको अनुभव गर्नुपर्दा परिवारहरू तथा समुदायले विनाशकारी परिणाम भोग्न परेको ब्रिटिश कोलम्बिया प्रिमियर जोन होर्गनले बताए।, गर्मीकै कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। भ्यानकुभरमा मात्रै गर्मीकै कारण शुक्रबारयता ६५ जनाले ज्यान गुमाएका छन्।, 'म प्रहरी अधिकारी भएको १५ वर्ष भयो र अहिलेसम्म छोटो समयमा यत्रो संख्यामा एक्कासी मानिसको मृत्यु भएको कहिल्यै अनुभव गरेको थिइनँ,' अधिकारी स्टिभ एडिसनले भने।, शहरहरूमा थप प्रहरीहरू परिचालन गरिएका छन् भने प्रहरीको हेल्पलाइन नम्बरहरूमा निरन्तर फोन आइरहेका छन्।, स्थानीय मेघन फाड्रिचले बाहिर जान असम्भवजस्तै भएको बताएका छन्।, 'यो सहन नसक्ने खालको छ,' उनले भनिन्, 'हामी सकेसम्म भित्रै बस्ने प्रयास गरिरहेका छौं। गर्मीमा बस्ने हाम्रो बानी त छ र यो सुख्खा गर्मी हो, तर ३० डिग्री तापक्रमभन्दा ४७ डिग्री धेरै भिन्न छ।', प्रचण्ड गर्मीको यसरी सामना गरिरहेका छन् क्यानडावासीले (तस्बिरहरू)
सेतोपाटी निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ।, केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ।, बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ।, असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची–११ का दशरथ दनुवारले बताए।, ‘खोलाको बहाव बढिरहेको छ। अस्तिको बाढीले बचेको घर पनि लैजाने भो, ज्यान जोगाउन मुस्किल छ’, दनुवारले भने।, (रासस), मेलम्चीमा फेरि बढ्यो पानीको बहाव
गोपालप्रसाद बराल झम्केर पानी पर्नासाथ महोत्तरी कारागारका कैदीबन्दीको बिजोग हुने गरेको छ। पछिल्लो दुई दिनदेखि लगातार परेको पानीसँगै कारागार परिसरमा फोहर थुप्रिएर दुर्गन्ध बढेपछि कैदीबन्दीको बिजोग भएको हो। कारागारको कैदीथुनुवाकक्ष, सुरक्षाकक्षसहितको कारागार परिसरमा बर्खाको भेलले ल्याएको दुर्गन्धित फोहर जताततै देखिन्छ। , जलेश्वर नगरको गहिरो ठाउँमा अवस्थित कारागारबाट फोहर बाहिर निस्कने ढल नबन्दा प्रत्येक वर्ष बर्खामा कैदीबन्दीको बिजोग हुने गरेको छ। खासमा कारागार परिसर बर्सेनि गहिरिदै जाँदा नगरभरिको फोहर यसै परिसरमा थुप्रिएर दुर्गन्धित हुने गरेको कैदीबन्दी बताउँछन्। कारागार परिसर दुर्गन्धित बन्दै जाँदा कैदीबन्दी बिरामी हुने क्रम बाक्लिएको छ। , ‘साँघुरो कारागारमा दुवैतर्फ (पुरुष र महिलाका छुट्टाछुट्टै कक्ष) गरी ५८३ कैदीबन्दी छौं’, पुरूषकक्षका एक कैदीले भने, ‘जताततै फोहर थुप्रिएर यसको निकास नहुँदा दुर्गन्धले बिरामी हुने क्रम बढेको छ।’ अहिले सघन वर्षा शुरु भएपछि जताततै दुर्गन्धित फोहर हिलाम्य पानीमा तैरिरहेको अवस्थाले महामारी पर्नसक्ने डर बढेको कैदीबन्दी बताउँछन्। कारागार परिसरबाहिर अग्ला–अग्ला संरचना (घर, सडक) बनिँदा बर्सेनि यो ठाउँ झन्झन् गहिरिँदै गएको छ। पानी निकासका लागि स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय) र जलेश्वर नगरपालिकाको बराबर ध्यानाकर्षण गराइए पनि निकासको काम हुन नसकेको कारागार प्रशासनले जनाएको छ। , जम्मा १३५ कैदीबन्दी राख्ने क्षमताको कारागारमा अहिले चौब्बरभन्दा बढी ५८३ जना छन्। साँघुरो ठाउँमा कैदीबन्दी थपिदै जाँदा बसाइ व्यवस्थापन सधैँजसो अस्तव्यस्त हुने गरेको कारागार प्रमुख (जेलर) गणेश मिश्रको गुनासो छ। ‘हामी सम्बद्ध उपल्लो निकायमा ठाउँ छैन, कारागार अस्तव्यस्त छ भन्ने गर्छौं’, मिश्रले भने, ‘न्यायिक निकायले भने दिनहुँ कैदी र थुनुवा पठाउँछन् , हामी के गरौँ?’, कारागारको पुरूषकक्षमा अहिले ५२३ र महिलाकक्षमा पाँच आश्रित बालबालिका (आमासँगै आएका पाँच वर्ष मुनिका बालबालिका) सहित ६० जना गरी ५८३ कैदीबन्दी रहेका कारागार प्रशासनले जनाएको छ। क्षमताभन्दा निकै बढी कैदीबन्दी राख्नुपर्दा औषधोपचार र अन्य व्यवस्थापकीय काममा निकै समस्या पर्ने गरेको कारागार प्रमुख मिश्रको भनाइ छ। , छिमेकको धनुषा जिल्लामा कारागार नहुँदा महोत्तरी कारागारमा कैदीबन्दीको चाप बढेको हो। कारागारमा ६५ प्रतिशत धनुषाकै न्यायिक निकायले पठाएका कैदीबन्दी रहेका कारागारको अभिलेखले देखाएको छ। यसबाहेक न्यायिक निकायले मुद्दा छिन्न गर्ने ढिलाइले थुनुवाको चाप बढेको  कारागार प्रमुख मिश्र बताउँछन्। कारागारमा अहिले पनि ६५ प्रतिशत त थुनुवा नै रहेका छन्। मुद्दा छिनिएर कैद तोकिएका कैदीको सङ्ख्या ३५ प्रतिशतको हाराहारीमात्र रहेको मिश्रको भनाइ छ।, विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका यो कारागार भवनले त्यसयता राम्रो मर्मत सम्भार पाएको छैन। कैदी–थुनुवाकक्षका पर्खालका इँटा झर्ने र छत उप्किएर झर्ने गरेको कैदी–थुनुवा बताउँछन्। ‘हजुर, नापेको दुई हात जग्गामा बस्नु छ, जताततै हिलो पानी र फोहर थुप्रिएको छ’, कारागारको महिलाकक्षकी एक थुनुवाले विरक्तिँदै भने, ‘प्रत्येक दिनजसो पर्खाल र छत उप्किएर इँटा र सिमेन्टका टुक्रा झर्छन्, किचिएर मरिन्छ कि भन्ने त्रासमा बस्नुपरेको छ।’, यसैबीच जिल्लाका सामाजिक सङ्घसंस्था र मानवअधिकारवादी सङ्घसङ्गठनका प्रतिनिधिले कारागारको मर्मतसम्भार, ढल निकासको उचित व्यवस्थापन, छिटोछरितो न्याय सम्पादन र कैदी–थुनुवाका मानवोचित आवश्यकताको परिपूर्तिमा ध्यान दिन स्थानीय प्रशासन र कारागार प्रशासनको ध्यानाकर्षण गराएका छन्। ‘कारागार यातनागृह नभई सुधारगृह हुन्’, कारागारको नियमित निरीक्षण गर्दै आउनुभएका मानवअधिकारवादी संस्था इन्सेकका जिल्ला प्रतिनिधि अजय साहले भने, ‘सम्बद्ध सबै पक्षले समयोचित सुधारमा ध्यान दिनैपर्छ।’, यसैबीच जिल्ला प्रशासन कार्यालय महोत्तरीले कारागारको व्यवस्थापकीय सुधारका लागि विभिन्न निकायबीच समन्वय थालिएको जनाएको छ। ‘हामीले कारागारको अवस्था र सुधारका लागि गरिनुपर्ने आवश्यकताबारे सम्बद्ध उपल्लो निकायमा समन्वय गरिरहेका छौं’, जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले भने, ‘यसअनुसार क्रमशः व्यवस्थापकीय सुधारका काम पनि हुँदै आएका छन्।’ ,रासस, बर्खा लागेपछि कारागारका कैदीबन्दीको बिजोग
रासस तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ।, पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ।, पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए।, सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन्।, पहिरोका कारण चार घर जोखिममा रहेको छ। पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको छ। , पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले जानकारी दिइन्। घटनास्थल जाने बाटोहरु पहिरोले अवरुद्ध भएका छन्। अहिले जनप्रतिनिधिहरु हिँडेर घटनास्थल जाँदै गरेको उपप्रमुख गुरुङले बताइन्।, बन्दिपुरमा पहिरोले २ को मृत्यु, ३ घाइते
सेतोपाटी संवाददाता अविरल वर्षापछि आएको पहिरोले पृथ्वीराजमार्गका विभिन्न ठाउँ अवरूद्ध छ।, राजमार्गको तनहुँ, धादिङ र चितवनका विभिन्न ठाउँमा लेदोसहित बाढीले सडकखण्ड अवरूद्ध छ।, पृथ्वी राजमार्गको तनहुँ-पोखरा सडकखण्ड पनि अवरूद्ध छ। शुक्लागण्डकी वडा नम्बर ५ स्थित कुम्ले खोलामा पहिरो झरेको छ।, यस्तो व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवा र छिर्कनमा पनि पहिरो झरेपछि पृथ्वीराजमार्ग अवरूद्ध रहेको प्रहरीले जनाएको छ।, तनहुँका एसपी युवराज तिमिल्सेनाका अनुसार बिहान ३ बजेदेखि नै राजमार्गमा खसेका पहिरो हटाउने काम भइरहेको छ। बन्दिपुरको गुरदुम र डुम्रेमा पनि पहिरो झरेर राजमार्ग अवरूद्ध छ।, बन्दिपुर वडा नम्बर ४ तामुङमा पहिरोले २ घर बगाउँदा एक जना बेपत्ता छन्।, बाढीले तनहुँमा पुल पनि बगाएको छ। व्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको स्थानीय बासिन्दाले बताएका छन्। , यस्तै नारायणघाट-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ पाँचकिलोमा पहिरो खस्दा अवरूद्ध छ। दुबैतर्फ अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको छ।, साथै लुम्बिनी प्रदेशस्थित बुटवल-पाल्पास्थित सिद्धबाबा सडकखण्ड पनि पहिरोले आज बिहानैदेखि अवरूद्ध छ। पहिरो खुलाउने प्रयास भइरहेका छन्।, बिपी राजमार्गको काभ्रे खण्ड पनि पहिरोले ठाउँठाउँमा अवरूद्ध छ।, बाढीले कोशीमा पानीको बहाब बढेको छ। ५६ वटा ढोकामध्ये बिहीबार बिहानसम्म २२ ढोका खुला गरिएका छन्। कोशीमा पानीको बहाब बढे पनि खतराको तह पार गरिसकेको छैन।, काठमाडौं उपत्यकाभित्र पनि खोलाहरूमा पानीको बहाब बढेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले सेतोपाटीलाई बताए।, केन्द्रका अनुसार प्रदेश नम्बर १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान:, २०७८ असार १७ गते बिहीबार, दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा  मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानमा  मेघ गर्जनसहित भारी वर्षा तथा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।, २०७८ असार १८ गते शुक्रबार, दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानमा  मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।, राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानमा  मेघसहित भारी वर्षाको सम्भावना छ।, २०७८ असार १९ गते शनिबार, दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ।, राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।, अविरल वर्षा: पहिरोले राजमार्गहरू अवरूद्ध, कोशीमा बहाब बढ्यो
सेतोपाटी संवाददाता ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा निवासी टासी फिम्जो शेर्पा गत हप्ता याकहरु जम्मा गर्दै थिए। उनको मात्र होइन याङ्माका  १० घर परिवारको याक जम्मा गरिँदै थियो । चीनले राहतस्वरूप उपलब्ध गराएको खाद्यान्न गाउँमा ल्याउन ढुवानीका लागि याक जम्मा गरिएको हो । , गत हप्ता मात्र चीन र नेपालको सीमा क्षेत्रसम्म चीनले खाद्यन्न सामाग्री ल्याएर छोडिदिएको थियो। कोभिड–१९ सङ्क्रमणका कारणले नेपाली र चिनियाँ समुदायबीच भेटघाट नहुने सर्तमा नाकासम्म चीनले खाद्यान्न पुर्‍याएर छाडिदिएको हो । दुई दिनपछि आलोङचुङगोलाका समुदाय सीमा क्षेत्र टिप्ताला नाका पुगेर याङ्माको घरधुरी सङ्ख्याका आधारमा छुट्याई सीमा क्षेत्रमै राखेर ओलाङचुङगोलामा सोमबारदेखि चीनले दिएको खाद्यान्न ल्याउने काम भइरहेको फक्ताङ्लुङ–७ का वडाध्यक्ष छेतेन भोटेले बताए।, याङ्मा गाउँबाट मङ्गलबार याक लिएर चीनको नाकातर्फ लागेको याङ्माका स्थानीयवासी कान्दे ग्याबु शेर्पाले बताउ। याङमा गाउँदेखि  सीमा क्षेत्र टिप्ताला पुगेर गाउँ फर्केर आइपुग्न दुई हप्ता लाग्ने शेर्पाले बताए। ५ हजार २०० सय मिटर उचाइको भञ्ज्याङमा छिमेकी मुलुक चीनले दिएको खाद्यान्नलगायत सामग्री लिन याङ्मावासी गएका हुन्। हिमाली समूदायमा चौँरी याकमार्फत आवश्यक सामग्रीको ढुवानी गरिन्छ ।, चामल, पिठो, मैदा, तेल र नुन पनि घरधुरी र जनसङ्ख्यालाई आधार मानेर पठाएको भोटे बताए। उनका अनुसार १० किलो प्याकेटको चामल दुई हजार पोका, ५०० पोका मैदा र २०० पोका साम्बा पठाइएको छ। मैदाको एउटा पोका आठ र साम्बाको एउटा पोका १० किलोका छन्। खाने तेल दुई हजार लिटर पठाइने उल्लेख छ। नेपाली ५० लाख बराबरको खाद्य सामग्री आउने भोटेले बताए।, चीनका अधिकारीले द्विदेशीय सिमानासम्म सामान राखेर फर्केपछि ओलाङचुङगोला र याङमा क्षेत्रका समुदाय खाद्यान्न लिन जान थालेका हुन् । सिमाना छेउमा चीनले बनाएको भवनमा सुरक्षित गरेर राखिएको सामान गणना गर्ने र ल्याउने गरिएको भोटेले बताए। टिप्तालादेखि ओलाङचुङगोला बस्तीसम्मको दूरी २४ किलोमिटर छ। विगतदेखि नै सीमा क्षेत्र तथा हिमाली बस्तीमा रहेका समुदायलाई चीनले खाद्यान्न तथा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ। ,रासस, ओलाङचुङगोला र याङ्मामा बासीलाई चीनले पठायो राहत
सेतोपाटी संवाददाता लगातारको वर्षासँगै आएको बाढी र पहिरोले चितवनमा क्षति पुर्‍याउन थालेको छ। यहाँका राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित बन्न थालेको छ।, पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले धुसरी पुल भत्काइदिएको छ। पूर्व-पश्चिम राजमार्गको पर्साबाट २० मिटर भित्रको उक्त पुल भत्किँदा सैनिक आवासीय विद्यालय जाने बाटो अवरुद्ध भएको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले सेतोपाटीलाई जानकारी दिए। , अहिले लदरी खोलो पूर्व-पश्चिम राजमार्गमा पसेको स्थानीयले बताएका छन्। खोला राजमार्ग हुँदै बस्तीतर्फ छिर्न थालेपछि स्थानीय त्रसित छन्।, बुढी राप्ती खोलामा आएको बाढीले सौराहा र आसपासका क्षेत्र प्रभावित बनेका छन्। यो खोलो चित्रसारीबाट सौराहा प्रवेश गर्ने सडकभन्दा परसम्म पुगेको छ। यो खोलोले रत्ननगर-८ बाघमारास्थित रमाइलो बस्तीका २१ घर डुबानमा परेका छन्। त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।, रतननगर-७ का मैनाहा र मालपुरमा पनि बाढी पसेको छ।, बुधबारदेखि नै परेक‍ो वर्षाका कारण रातिदेखि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध छ। उक्त सडकमा आधा दर्जन बढी स्थानमा पहिरो खसेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।, * यसअघि जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले दिएको जानकारी अन्यथा पर्न गएकोमा सच्याइएको छ।, नारायणगढ-मुग्लिन सडक खण्डमा झरेको पहिरोमा परेको गाडी। तस्बिरःविनोद श्रेष्ठ, चितवनको लदरी खोलामा आएको बाढीले पुल भत्कायो*
सेतोपाटी संवाददाता महिलालाई सार्वजनिक ठाउँमा अभद्र व्यवहार गर्ने एक पुरूष पक्राउ परेका छन्।, प्रहरीले रामेछाप सुनापति गाउँपालिका वडा नम्बर ५ रुपाकोट घर भई भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले भक्तपुरको भत्केकोपाटीबाट मंगलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।, कमलविनायक, आदर्श चोक लगायत सार्वजनिक स्थानका भित्री सडकमा हिँडिरहेका महिलाहरूलाई मोटरसाइकलमा आएर चिमोट्ने, धाप मार्ने, संवेदनशील अंगमा समाउने, जिस्काउने, हैरानी दिने,  यौनांग देखाउने गरेको भन्ने उजुरी परेको थियो।, महानगरीय प्रहरी वृत्त जगातीमा पीडित महिलाहरूले गत वैशाख ११, १२, १५ गते, जेठ १० गते, असार १ र १० गते निवेदन दिएका थिए। पीडित महिलाहरूले ती व्यक्तिको हुलियासहित हैरानी दिएको भन्दै निवेदन दिएका थिए।, सोही निवेदनको आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको हो। उनीमाथि अभद्र व्यवहार र सार्वजनिक स्थानमा यौनांग देखाउन नहुने कसुरमा मुद्दा दर्ता गरेको छ।, प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।, उनले यसरी थुप्रै महिलालाई हैरानी दिएको प्रहरीले बताएको छ। उनीविरूद्ध पीडित महिलाहरूले जाहेरी दिन आउन क्रम जारी रहेको प्रहरीले जनाएको छ।, महिलालाई अभद्र व्यवहार गरेको आरोपमा भक्तपुरबाट एक पक्राउ
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली सङ्घले निर्वाचन समिति गठन गरेको छ । , सङ्घका अध्यक्ष कुमार पन्तले आगामी अक्टोवरमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारीको निवार्चन सम्पन्न गर्नका लागि विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गरेका हुन्।, समितिको प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ अधिवक्ता लिलामणी पौड्याल (नेपाल) छन्। त्यस्तै सदस्यहरुमा सङ्घका संरक्षक राम प्रताप थापा (जर्मनी), डा. गणेश गुरुङ (नेपाल), डा. देवकाजी डङ्गोल (कतार), चिरिञ्जवी ढकाल (युके), डा. विष्णुमाया परियार( युएसए) रहेका छन्।, समितिको सदस्य सचिवमा भूषण घिमिरे जापान रहेको सङ्घको सचिवालयले जनाएको छ । , गैरआवासीय नेपाली सङ्घको निर्वाचन समिति गठन
सेतोपाटी अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मर्स्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ। मंगलबारदेखि परेको वर्षाका कारण आज मर्स्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो। , पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लमजुङको घरेढुङ्गा, राइनसटार लगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ। , बाढीले छाब्दीखोला पुल बगायो, अविरल वर्षासँगै आएको बाढीले व्यास-१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ। बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो। , मंगलबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ। पुल बगाएसँगै स्थानीयबासीलाई वारपार गर्न समस्या भएको स्थानीयबासी अमर भण्डारीले जानकारी दिए। रासस, मर्स्याङ्दी नदीले पार गर्‍यो सतर्कता तह
सेतोपाटी प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन लोभलाग्दा नीति तथा योजना अघि सारिएको छ।, नगरको वर्तमान जनप्रतिनिधिको कार्यकालको अन्तिम बजेट भएको हुँदा यसअघिका सबै अधुरा विकासे परियोजना नयाँ आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ विकास निर्माणमा बजेट विनियोजन गरिएका छन्।, निरोगी सहर दमक, दमक नगरपालिकाले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा बजेटमा नगरलाई ‘निरोगी सहर’ बनाउने प्रण गरिएको छ।, पच्चीस शय्यामा सञ्चालन भइरहेको दमक अस्पताललाई आगामी आवमा ५० शय्यामा विस्तार गरिने र त्यसको सञ्चालनमा लाग्ने ११ करोड रूपैयाँ नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने नगर उपप्रमुख गीता अधिकारीले बताइन्।, कोभिड-१९ को संक्रमणबाट नगरबासीलाई जोगाउन विपद् व्यवस्थापन कोषमा रु दुई करोड ५० लाख बजेट छुट्याइएको र अग्रपङ्क्तिमा रही काम गर्दै आएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सुविधा र प्रोत्साहन दिइने उनले बजेटमा उल्लेख गरेकी छन्।, घरमै सुत्केरी गराउने कार्य शून्यमा पुर्‍याउने लक्ष्य लिएर सुत्केरीलाई अस्पताल पुर्‍याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था नगरपालिकाले मिलाउने भएको छ। अशक्त र ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा घरघरमै पुर्‍याइने जनाइएको छ।, महिलाको पाठेघर र स्तन क्यान्सर परीक्षणका लागि निःशुल्क व्यवस्था मिलाइएको र विपन्न, दलित तथा आदिवासी जनजातिका लागि मुटु, मिर्गौला र क्यान्सरसम्बन्धी रोगको उपचारमा नगरपालिकाले आर्थिक सहायता प्रदान गर्ने नीति लिएको उपप्रमुख अधिकारीले बताइन्।, नगरबासीलाई निःशुल्करूपमा कोरोनाविरूद्धको खोप छिटो लगाउन संघीय र प्रदेश सरकारसँग पहल गर्ने तथा नयाँ आवमा ७०० गरिब परिवारको स्वास्थ्य बीमा गराउन लाग्ने शुल्क नगरपालिकाले व्यहोर्ने भएको छ।, महिला स्वास्थ्य स्वयंसेविकालाई ६० वर्षे उमेर हद पूरा गरेपछि एकमुष्ठ रु ६० हजार निवृत्तिभरण उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ।, नगरपालिकाले नगरभित्रका सञ्चार माध्यममा कार्यरत सबै पत्रकारको स्वास्थ्य बीमा गरिदिने र सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराएर मासिक रकम प्रदान गर्ने भएको छ।, ‘कच्ची सडकमुक्त’ नगर दमक , नगरभित्रका सबै कच्ची सडकलाई आउँदो आवभित्रै ग्राभेल गरिसकेर नगरलाई ‘कच्ची सडकमुक्त’ बनाउने नगरपालिकाको महत्वाकांक्षी योजना छ।, नगर प्रोफाइलअनुसार दमक क्षेत्रभित्र अझै पनि १९ दशमलव ४७ प्रतिशत परिवार सहज प्रकारको सडक पहुँचमा छैन। नगरभित्र ग्राभेल सडक ३२० किलोमिटर, पक्की सडक ५५ किलोमिटर र कच्ची सडक १४३ किलोमिटर रहेको छ।, उपप्रमुख अधिकारीका अनुसार आव २०७८/७९ को बजेट कार्यान्वयन भइसक्दा नगरका सबै कच्ची सडक ग्राभेल भइसक्ने छन् भने सहज प्रकारको सडकको पहुँचमा सबै नगरवासीलाई पुर्‍याउने कार्य सम्पन्न हुनेछ।, नयाँ बजेटमा २०० किलोमिटर सडकलाई ग्राभेल, २० किलोमिटर ग्राभेलको मर्मतसम्भार र १० किलोमिटर सडक पक्की तथा कालोपत्र गरिने भनिएको छ।, नगरपालिकाले सडक पूर्वाधार विकासका लागि आव २०७८/७९ का लागि रु ५२ करोड १० लाख ७६ हजार बजेट विनियोजन गरिएको र रु चार करोड वडागत बजेटको व्यवस्था गरिएको छ।, ‘मनमोहन भत्ता’को सुरूआत, संघीय सरकारले सामाजिक सुरक्षा भत्ता दिएजस्तै दमक नगरपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएकालाई वार्षिक रु दुई हजारका दरले ‘मनमोहन अधिकारी स्मृति सामाजिक सुरक्षा भत्ता’ प्रदान गर्ने भएको छ।, ज्येष्ठ नागरिकको मोतियाविन्दु र प्रोस्टेटको उपचार नगरपालिकाले निःशुल्करूपमा गरिदिने भएको छ भने सबै वडामा ज्येष्ठ नागरिकको भेटघाट र बसिबियाँलो गर्ने थलोका रूपमा ज्येष्ठ चौतारी निर्माण गरिने जनाइएको छ।, नगरभित्र सञ्चालित निजी अस्पताल, स्वास्थ्य क्लिनिक, होमियो र आयुर्वेदिक क्लिनिकमा परिचयपत्रका आधारमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण निःशुल्क बनाइने भएको छ। रासस, दमकको बजेटको नारा : ‘निरोगी सहर’देखि ‘मनमोहन भत्ता’सम्म
सेतोपाटी पूर्वी चितवनको कयरखोलाले बगाएका दुई जनाको सकुशल उद्धार गरिएको छ।, भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको स्कुटर कयरखोलाको बाढीले बगाउँदा स्कुटरमा सवार एक पुरूष र एक महिलालाई पनि बगाएको थियो। खोलाले स्कुटरसहित मान्छे बगाएपछि इलाका प्रहरी कार्यालय टाँडीको टोलीले उद्धार गरेको हो।, स्कुटर भने खोलाले बगाएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ। उनीहरूलाई खोलाले आज बिहान ८ः३० बजे बगाएको थियो। खोलाबाट उद्धार गरेसँगै उनीहरू गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ।रासस, १७० परिवारलाई स्थानान्तरण, निरन्तरको वर्षाका कारण पूर्वी चितवनको पंफाखोलामा आएको बाढीका कारण राप्तीका १५० घरधुरी विस्थापित भएका छन्। इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार राप्ती नगरपालिका वडा नं ७ र ८ का भवानीपुर, सुन्दरबस्ती र खुरखुरेलगायत क्षेत्रका बस्तीमा खोला पस्दा ती परिवार विस्थापित भएका हुन्। , बाढीको जोखिममा रहेका उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। त्यहाँ रहेका ४०० जनालाई सुरक्षित ठाउँमा सारिएको हो।, यस्तै, बूढी राप्तीमा आएको बाढीले डुबान गर्दा २० परिवार विस्थापित भएका छन्। इलाका प्रहरी कार्यालय टाँडीका अनुसार रत्ननगर नगरपालिका–८ रमाइलोडाँडामा बाढी पस्दा २० परिवारका १०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।रासस, खोलाले बगाएका दुई जनाको सकुशल उद्धार
सेतोपाटी संवाददाता काठमाडौंबाट हेटौंडा जाने सडकहरू अवरूद्ध भएका छन्।, विभिन्न ठाउँमा पहिरो आएको हुनाले सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।, कान्तिपथ राजमार्गबाट मकवानपुर जाने बाटो भिमफेदी गाउँपालिका वडा नम्बर ८ गंगटे भन्ने ठाउँमा पहिरोका कारण अवरूद्ध छ।, भिमफेदी-कुलेखानीको सडकखण्डको गढी भन्ने ठाउँको सडक बुधबार बेलुकादेखि नै अवरूद्ध रहेको उनले बताए।  , 'ललितपुरको भट्टेडाँडाबाट जाने कान्तिपथको बाटोमा पनि पहिरो गएको छ। भिमफेदी-कुलेखानी सडकखण्ड दक्षिणकाली हुँदै सिस्नेरी निस्किने बाटो पनि अवरूद्ध छ,' प्रहरी निरीक्षक दासले भने।, त्यस्तै भित्री सडकखण्ड कैलाश गाउँपालिका वडा नम्बर १ डाँडाखर्कदेखि पालुङ जाने बाटोमा पनि सडक दुई सय मिटर तल खसेको हो।, अहिले निरन्तर वर्षाका कारण पहिरो हटाउन पनि समस्या आइरहेको प्रहरी निरीक्षक दासले बताए।, काठमाडौंबाट मकवानपुर जाने सडक अवरूद्ध
सेतोपाटी वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु-मुग्लिन क्षेत्रमा बिहीबार राति पहिरो गएर सडकमा अवरोध पुगेपछि राजमार्गमा यातायात साधन गुड्न पाएका छैनन्।, धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङखोला र तिकराङमा सडक माथिबाट पहिरो खसेर राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए।, राजमार्गको सडक माथिबाट ठाउँ-ठाउँमा पहिरो खसेर अवरूद्ध भएको प्रहरीले जनाएको छ।, वर्षा जारी रहेकाले पहिरो हटाउनसमेत समस्या भएको  छ। गल्छी गाउँपालिकाको बेरैनीमा सडक माथिबाट लेदो बगेर बाटो बन्द भएको छ।, राजमार्गमा पहिरो हटाउन ठाउँ-ठाउँमा डोजर राखिएको र पहिरो आउने बित्तिकै हटाउने गरिएको जिल्ला प्रहरी प्रमुख खड्काको भनाइ छ।, अबिरल वर्षाका कारण मलेखु, ताल्ती, बेल्खु खोलामा ठूलो बाढी आएकाले खोला छेउमा बसिरहेका केहीले घर छाडेर सुरक्षित ठाउँमा गएका छन्।रासस,  , पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध
सेतोपाटी मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुबानमा परेका छन्।, असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरूबाट पानीको सहज निकास नहुँदा ती बस्ती डुबानमा परेका हुन्।, वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरूमा पनि पानी छिरेको छ।, प्लाष्टिकजन्य फोहोरहरू सडक र नालामा फाल्ने गरिएको कारण नाला जाम हुने गरेको छ।, अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर बस्ती डुबानमा परेका छन्।, नदी र खोलाको बाढीले केही स्थानमा खेतीयोग्य जमिनसमेत कटान गरेको छ।, वर्षाको भेलका कारण पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रम्हानगर, नयाँबस्ती, निर्मलबस्ती, मिलन चौक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चौक, सुन्दर टोल, टयाङ्ग्रेलाइनलगायत बस्तीहरू डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ।, यसैगरी हालसालै निर्माण भएको हुलाकी सडकभन्दा होचो स्थानमा रहेको उत्तरतर्फका अधिकांश बस्ती डुबानमा परेको भए पनि कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक ब्रहमदेव साहले बताए।, उनले बाढी पहिरोको जोखिममा रहेका बस्तीमा सुरक्षाकर्मीहरूले तदारूकताका साथ खटिने गरेकाले अहिलेसम्म कुनै पनि मानवीय क्षतिको घटना हुन नसकेको बताए।, लगातारको अविरल वर्षाका कारण ओरिया खोलामा आएको बाढीले वीरगञ्ज ठोरी हुलाकी सडकखण्डको गोपी बस्ती नजिकै सडकलाई क्षति पुर्‍याएको छ।, हुलाकी सडक जोगाउन निर्माण गरिएको तटबन्ध बाढीले भत्काएकाले सो क्षति हुन गएको हो।, सो खोलाको बाढीले ठोरी गाउँपालिका-१ देखि ४ सम्ममा क्षति पुर्‍याएको छ भने सडक सम्पर्क विच्छेद भएपछि स्थानीयबासीलाई आवतजावतमा समस्या परेको स्थानीयबासी सञ्जय कुमारको भनाइ छ।, यसैगरी धोबिनी गाउँपालिकाको हरिहरपुर, बखरी, लङ्गडी, आसवारी, जगरनाथपुर गाउँपालिकाको मधुबासा, झाखरा, मसियानी, छिपहरमाई गाउँपालिकाको भिस्वा, जयमङ्गलपुर, झलमैहिया, मिर्जापुर, बघमरी, टिहुकी, बुडगाई, भुलुवाहीलगायत दर्जनौं गाउँ डुबानमा परेको छ भने त्यहाँका स्थानीयबासीलाई एक गाउँबाट अर्को गाउँसम्म जान समस्या परेको छ।, यसैगरी बाढीका कारण पर्साको जीराभवानी गाउँपालिका-१ पिपराका दर्जनौं घर डुबानमा परेका छन्।, अविरल वर्षाका कारण लाटेगाँडा खोलामा आएको बाढी गाउँमा पस्दा स्थानीयबासी शङ्कर दास, किशुन महतो, जङ्गाली राय, खिचड़ी महतो, शिवशङ्कर दासलगायत १६ जनाको घर डुबानमा परेको हो।, पानीले स्थानीयबासी राजकुमार दास, ब्रहमदेव दास, सनोज दास र महेन्द्र शर्माको फुसको घर भत्किएको इलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ।, बाढीबाट पीडित भएकाले स्थानीय सरकार तथा जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गर्नुपर्ने माग गरेका छन्।रासस,  , अविरल वर्षाका कारण पर्साको दर्जनौं बस्ती डुबानमा
सेतोपाटी संवाददाता सरकारले यसअघि भेरोसेलको पहिलो मात्रा खोप लगाएकालाई असार २२ देखि दोस्रो मात्राको खोप दिने भएको छ।, गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन्।, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना निकालेर काठमाडौं महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र शंखरापुर नगरपालिकाका विभिन्न स्थानका खोप केन्द्रबाट खोप दिइने बताएको छ।, काठमाडौं महानगरका १३ अस्पताल तथा स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ भने अन्यत्र पनि स्वास्थ्य केन्द्रबाट खोप दिइने भएको छ। , भेरोसेलको दोस्रो मात्रा लगाउन असार २२ देखि २४ सम्म आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि ४ बजेसम्म पहिलो मात्रा खोप लगाएको कार्ड लिएर जानुपर्नेछ।, हेर्नुस् सूचना:, काठमाडौंमा असार २२ देखि भेरोसेलको दोस्रो मात्रा खोप दिइने, कहाँ-कहाँ छन् खोप केन्द्र?
भगवती पाण्डे ७२ वर्षीया तुल्सा पाण्डे घरभित्र र बाहिर गर्दा दलानमा टांगिएको स्मृति पात्रोमा नजर परिहाल्छ।, इँटाको गारोमाथि जस्ताले छाएको घरमा पाली जोडेर तुल्साले भान्साकोठा बनाएकी छन्। भान्साको ढोकामाथि रातो र सेतो धागोले बुनेको लेससँगै झुण्ड्याइएको छ स्मृति पात्रो।, त्यही पात्रोमा जोडिएका अनेक तस्बिरको बीचमा मुसुक्क हाँसिरहेका छन् उनका छोराहरू।, रूपन्देहीको सैनामैना नगरपालिका-९ बाँसगढी चोकदेखि करिब पाँच सय मिटर पश्चिम पुगेपछि रातो रङले पोतिएको सहिद गेट भेटिन्छ। चाइनिज इँटा लगाएर चिटिक्क बनाइएको गेटको माथिल्लो भागमा दुई जनाको सालिक छ।, ती सालिक तुल्साका छोराहरूका हुन्। त्यो सहिद गेट तुल्साले आफ्नै छोराको सम्झनामा बनाएकी हुन्।, तुल्सा भने सहिद गेटदेखि एक सय मिटर दक्षिणतर्फ सानो थुम्कोमाथि बनाइएको कच्चीघरमा कान्छी छोरी विष्णु खत्रीसँग बस्छिन्।, २०४४ सालमा पति झविन्द्रलाल पाण्डेको मृत्यु भएपछि तुल्सा चार जना छोरी र दुई छोरा लिएर गुल्मीको सिमिचौरबाट बाँसगढी झरेकी थिइन्।, झविन्द्रले बाँसगढीमा ४० सालतिरै एक बिगाहा आठ नम्बरी जग्गा किनेका थिए।, पहाडको चिसोमा जन्मिएर हुर्किँदै गरेका छोराछोरीलाई तातो गर्मीमा औलो लाग्ला भन्ने डरले तराईमा ल्याउने आँट गरेका थिएनन्।, उनको मृत्युपछि भने तुल्सालाई श्रीमानसँगै घरजम सुरू गरेको सिमिचौर उराठ लाग्न थाल्यो।, अनि झरिन् चार छोरी र दुई छोरा लिएर श्रीमानले आर्जन गरी किनेको बाँसगढीमा।, अहिले सबै जग्गा तुल्साले चार जना छोरीहरूलाई बराबर बाँडिदिएकी छिन्।, श्रीमान बिते पनि तुल्साले छोराछोरीको पालनपोषणमा कुनै कमी राखिनन्। उनले छोरीहरूलाई पढाइन् र बिहे गरी पठाइन्। छोराहरू पढ्दै थिए।, उनको परिवारमा २०६० साल आयो। त्यसपछि उनको जिन्दगीमा सोच्दै नसोचेका घटना घट्न थाले।, २०५५ सालतिर तत्कालीन माओवादी द्वन्द्व निकै चर्किएको थियो।, तुल्साका कान्छा छोरा युवराजले भर्खर एसएलसी परीक्षा दिएका थिए। १७ वर्षीय युवराज विद्यालय पढ्दा नै माओवादीप्रति झुकाव राख्थे। २०५५ सालमै एसएलसी परीक्षा दिएपछिको एक दिन युवराज सुटुक्क भूमिगत भए।, युवराज माओवादी सेनामा लागेको थाहा पाएपछि सुरक्षाकर्मीहरू दैनिक घर वरिपरि आउने गर्थे।, उनका दाजु दुर्गालाई केरकार गर्थे।, ‘भाइलाई कहाँ लुकाएको छस् खोजेर ले भन्थे, कान्छो कहाँ गएको हो भन्ने मलाई, दाजु-दिदी कसैलाई थाहा थिएन उसले कहाँबाट ल्याओस् र?,’ तुल्साले ती दिन सम्झिँदै भन्छिन्।, घरमा कोही पुरूष आएको थाहा पाउनेवित्तिकै खानतलासीको लागि प्रहरी घरमा आइपुग्थे।, ‘ठूलो छोरा, ज्वाइँहरू कोही पनि लोग्ने मान्छे घरमा आयो कि प्रहरी आइहाल्थे। कहिले दिदीहरूको काँधमा बन्दुक तेर्स्याएर भाइलाई बोलाउनु भन्थे,’ उनले सम्झिइन्।, भूमिगत भएपछिको पाँच वर्षमा युवराज मुस्किलले ६/७ पटक घरमा आए होलान्। आमालाई भेट्न घरमा आए पनि राति घर बस्दैनथे। गाउँमा साथीहरूको घरमा गएर सुत्थे। भोलिपल्ट बिहानै फेरि भूमिगत भइहाल्थे। भाइ माओवादी युद्धमा लागे पनि दुर्गालाई भने युद्धमा होमिने मन थिएन।, सुरक्षाकर्मीले गर्ने केरकार र खानतलासीबाट वाक्क बनेका दुर्गा दैनिकजसो खेप्नुपर्ने ‘टर्चर’बाट टाढा रहन भन्दै ५८ सालतिर रोजगारीको लागि भारत गए।, रोजगारीभन्दा पनि माओवादी र सुरक्षाकर्मीको बीचमा परेर व्यहोर्नुपर्ने झण्झटबाट मुक्ति खोजेका थिए उनले।, घरमा धेरै मेहनतको काम नगरेका दुर्गाले मुग्लानमा अरूको खटनपटनमा रहेर काम गर्न सकेनन्, भारत गएको ७/८ महिनामै घर फर्किए।, केही महिना गाउँमा नदेखिएका दुर्गा घर आएपछि सुरक्षाकर्मीले लख काटे, माओवादीमा लागेर घर आयो।, घरमा देख्यो कि दैनिकजसो सोधपुछलाई प्रहरी आइहाल्ने तुल्सा बताउँछिन्।, अन्ततः दुर्गा पनि एक दिन माओवादी युद्धमा होमिए।, २०५९ सालमा माओवादी सेनामा होमिएका दुर्गाले युद्ध भने धेरै लड्नु परेन।, युद्धमा होमिएको एक वर्षमै त्यो दिन आयो, त्यसले उनलाई लिएर गयो।, ‘कान्छो भूमिगत भएपछि घर आउनै पाएको छैन, तिमी पनि गयौ भने हामी कसरी बस्ने भनेर धेरै सम्झायौं तर हाम्रो बिन्ती नसुनी गएको थियो,ְ’ माइली दिदी कमला श्रेष्ठले भनिन्।, दुर्गा भूमिगत भएपछिको कुरा हो। गुल्मीको वामी टक्सारमा भएको लडाइँमा गोली लागेर उनका भाइ युवराज गम्भीर घाइते भए। उनी उपचारको लागि भारत गएका थिए।, उपचार गरी नेपाल फर्किएका युवराज २०६० साल असोज १९ गते लुम्बिनी सुन्डिहवाबाट गिरफ्तारमा परेका थिए।, प्रहरीले छोरालाई गिरफ्तार गरेको थाहा पाएपछि तुल्सा भोलिपल्ट जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा पुगिन्।, हिरासतमा रहेका छोरा भेट्न केही खानेकुरा, कपडा र पैसा लिएर पुगेकी तुल्सालाई जिल्ला प्रहरी कार्यालयको गेटबाटै भित्र जान दिइएन।, ‘तपाईंको छोरा र अरू कसैलाई पनि यहाँ ल्याइएको छैन भनेर गेटबाटै भित्र जानै दिएनन्,’ तुल्सा भन्छिन्।, वर्षौंदेखि भेट नभएको छोरा भेट्न गएकी तुल्सा दिनभर प्रहरी कार्यालय बाहिर बसेर साँझ निराश बन्दै घर फर्किएकी थिइन्।, २०६० सालको फागुन १७ गते उनका अर्का छोरा पनि प्रहरीको निसानामा परे।, त्यो साँझ दुर्गा बाँसगढी सेरूवास्थित साथीको घरमा क्यारम बोर्ड खेलिरहेका थिए। दुर्गा गाउँमा आएको सुरक्षाकर्मीले दिउँसो नै थाहा पाएका थिए। राति ९ बजेतिर प्रहरीले क्यारम बोर्ड खेल्दै गरेका दुर्गासहितका चार जनालाई घेरा हाली गोली हान्यो।, घटनास्थल घरदेखि पाँच सय मिटर नजिकै रहे पनि तुल्सा र दिदीहरूले दुर्गाको हत्या भएको भोलिपल्ट बिहान मात्र थाहा पाए।, ‘गोली चलेको आवाज राति सुनिएको थियो तर भाइलाई गोली हानेर हत्या गरेको भन्ने बिहान मात्रै थाहा पायौं, शव इलाका प्रहरी कार्यालय सालझण्डीमा लगेको थाहा पाएपछि प्रहरी कार्यालय गयौं तर शवसमेत देख्न पाएन,’ कमलाले भनिन्। त्यो दिन सम्झेर अहिले पनि कमलाका आँखा भरिन्छन्। मनमा गाँठो पर्छ।, जेठा छोरा मारिए पनि तुल्सालाई कान्छो छोरा त छन् भन्ने थियो। कान्छा छोरा खोज्दै उनी दर्जनौं पटक जिल्ला प्रहरी कार्यालय भैरहवा र रामनगरस्थित नेपाली सेनाको ब्यारेकको गेटमा पुगिन्। तर छोरालाई भेट्न त परैको कुरा अवस्था बुझ्न समेत पाइनन्।, अहिले पनि उनी छोरा टुप्लुक्क घर आइपुग्छन् कि भन्दै हरेक साँझ आँगनको डिलमा उनी नजर डुलाउँछिन्।, ‘१२ वर्षमा त खोला पनि फर्किन्छ भन्छन्, छोरा किन नफर्केला,’ उनको मनले भनिरहन्थ्यो।, आमाले कुरेको बाटोमा कान्छा छोरा कहिल्यै आएनन्। छोरा हराएको १२ वर्षपछि त उनले आश पनि मारिन्। , ‘हिरासतमै मारेको भए पनि मर्‍यो भनिदिए त म मर्दा पनि राम्रोसँग प्राण जाने थियो, न त जेठा छोराको लाश देख्न पाइयो न त कान्छोको,’ तुल्साको गुनासो छ।, कहिलेकाहीँ उने जेठो छोरालाई सपनामा देख्छिन्, कान्छोलाई त सपनामा पनि देख्दिनन्।, ‘कहिलेकाहीँ सपनामा आए पनि त अँगालो मार्ने थिएँ,’ उनले भनिन्, ‘सपनामा पनि नआउने गरी कति माया मारेर गएछौ भन्छु।’, सपनामा नआउने गरी गए पनि तुल्सालाई लाग्थ्यो, कान्छो छोराले ठूलै सपना देखे होलान्। , ‘नभए त यत्तिकै ज्यानको बाजी थापेर किन हिँड्थ्यो? भन्ने लागिरहन्थ्यो नि,’ उनले भनिन्।, कान्छो छोराको सपनाको घानमा ठूला छोरा पनि परे। उनलाई आफ्ना छोराहरू गएको बाटोले मुलुकमा थिति बसाउँछ भन्ने आश थियो।, ‘हेर्दाहेर्दै छोराहरूलाई ठूला सपना देखाउनेहरू कहाँ बिलाए कहाँ,’ उनले भनिन्, ‘उनीहरूका सपनाको बिल्लबाठ भयो। देशको पनि यो हाल छ।’, छोराहरूको पार्टीले गरेका काम देखेर पनि उनी दिक्क बन्दै गइन्।, दुई वटै छोरा जनयुद्धका कारण गुमाएकी तुल्साले सरकारबाट छोराहरूको जीवन गुमेबापत १०/१० लाख क्षतिपूर्ति पाएकी थिइन्। उनलाई लाग्छ, उनीहरूको सपना पूरा भएको भए त्यही सबभन्दा ठूलो क्षतिपूर्ति हुन्थ्यो। अरूले पूरा गरिदिनुपर्ने सपनाको भर उनलाई छैन।, त्यसैले, क्षतिपूर्ति रकममा पाएपछि उनले स्थानीय जनचेतना माविमा अक्षयकोष स्थापना गरिदिइन्। सशस्त्र द्वन्द्वको क्रममा राज्यपक्षबाट मारिएका र बेपत्ता पारिएका दुई छोराहरूकै सम्झनामा सहिद गेट बनाइन्।, ‘छोराहरूले जीवन गुमाएर पाएको पैसाले उनीहरूको नाममा केही चिनो बनाइदिऊँ भन्ने लाग्यो। घर अगाडि सडकमा सहिद गेट र सालिक बनाएँ,’ उनले भनिन्, ‘आफूहरूले धेरै पढ्न पनि पाएनन्, लामो जीवन बाँच्न पनि पाएनन्। अनि उनीहरूको नाममा स्कुलमा अक्षय कोष पनि स्थापना गरें।’, अनि तुल्साले छोराहरूका नाममा सहिद गेट बनाइन्
सेतोपाटी संवाददाता खैरहनी नगरपालिका वडा नम्बर-१ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्‍याएको छ । कयर खोलाले उद्योगमा क्षति पुर्‍याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन् ।, उनले भने, ‘यहाँका सिलिण्डर बगाएर सौराहा सम्म पुगेका छन् । बाढीले उद्योगको संरचनामा नोक्सान पुर्‍याएको छ । उद्योगमा १० देखि १५ हजार सिलिण्डर रहन्छ । के कति सिलिण्डर बगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको छैन ।’, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाले पूर्वी चितवनको खैरहनीसँगै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताए । स्थानीय खोलाहरु बढेर पुलहरु उच्च जोखिममा रहेको उनले बताए । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएको छ ।, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्वी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १,२,३,८ र ९ सँगै रत्ननगर नगरपालिकाको वडा नम्बर ३ शान्ति चोक डुबानमा परेको छ ।, कतिपयलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको उनले बताए । लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले वगाएको छ । लोथर र राप्ती खोलासमेत वढ्दै गएको भन्दै उनले सौराहा पनि डुवानको खतरामा रहेको जानकारी दिए ।, चितवनको बाबा ग्याँस उद्योगमा कयर खोला पस्यो
सेतोपाटी संवाददाता विद्यालय तहका पाठ्यपुस्तकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश नगरेपछि प्रकाशकलाई स्पष्टीकरण सोधिएको छ।, पाठ्यक्रम विकास केन्द्रले असार १ को निर्देशनअनुसार नयाँ नक्सा भएको पुस्तक मात्रै विक्रीवितरण गर्न भनेको थियो।, उक्त निर्देशनको अवज्ञ गरेर पुरानै नक्सा समावेश गरिएका पुस्तक बजारमा ल्याइएको अनुगमनबाट भेटिएकोले केन्द्रले फेरि प्रकाशक तथा विक्री वितरकहरूलाई सचेत गराएको छ।, ‘त्यस्ता पुस्तक, प्रकाशकहरूको नाम सार्वजनिक गरी कारवाहीको प्रक्रिया अगाडि बढाइने व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ,’ केन्द्रले भनेको छ।, अनुगमनका क्रममा कक्षा २, ३ र ६ मा पुरानै पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक विक्री वितरण भएको पाइएको पनि उल्लेख छ।, विद्यालय तहका पाठ्यपुस्तकमा पुरानै नक्सा छाप्नेलाई सोधियो स्पष्टीकरण
सेतोपाटी संवाददाता आन्दोलन गरिरहेकाहरूलाई वार्ता गर्न बोलाएर असान्य गतिविधि देखाएका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी छ घन्टा प्रतिष्ठानबाट बाहिरिएका छन्।, आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीले मापसले गरेर उपकुलपति गिरीले असमान्य गतिविधि देखाएको भन्दै मंगलबार वार्तास्थलमै थुनिदिएका थिए।, आन्दोलनरत पक्षले उपकुलपति गिरीको मापसे चेक गर्नुपर्ने अडान राखेका थिए। तर गिरीले मापसे चेक गर्न मानेनन्।, ‘उहाँले मापसे चेक गर्न मान्नु भएन। छ घन्टापछि यहाँबाट बाहिरिनुभयो,’ स्रोतले भन्यो। गिरी मंगलबार राति अबेर थुनिएको ठाउँबाट बाहिरिएका थिए।, मदिराले गिरी मातिएको भन्दै आन्दोलनरत पक्षले नारावाजी पनि गरेका थिए।, बिपी प्रतिष्ठानमा चिकित्सकलगायत दुई सातादेखि आन्दोलनमा छन्। आन्दोलनरत पक्षलाई गिरीले मंगलबार दिउँसो वार्ताका लागि बोलाए पनि मापसे गरेर लठ्ठ भएको भन्दै वार्ता भाँडिएको थियो।, बिपीमा आन्दोलन भएको १५ दिन भइसकेको छ।, बिपीका उपकुलपति गिरीले मापसे चेक गर्न मानेनन्, ६ घण्टापछि छुटे!
सेतोपाटी संवाददाता मेचीनगर नगरपालिकाले नगरसभाबाट मेचे समुदायलाई ‘पहिलो जाति’ घोषणा गरेकोप्रति धिमाल र राजवंशी समुदायले आपत्ति जनाएका छन्। धिमाल र राजवंशी समुदायले कुनै खोज र अनुसन्धान नगरी मेचीनगर नगरपालिकाले मेचे समुदायलाई प्रथम जाति घोषणा गरेको आरोप लगाएका छन्।, धिमाल समुदायको साझा प्रतिनिधित्व गर्दै आएको धिमाल जातीय विकास केन्द्रले मेचीनगर मात्र नभएर झापा, सुनसरी र मोरङ जिल्लामा जङ्गल फाँडेर पहिलो बस्ती बसाउने जाति  धिमाल भएको दाबी गरेको छ। यही असार १० गते नगरपालिकाको आठौँ नगरसभाले मेचे जातिलाई प्रथम जातिका रूपमा सम्मान दिइने निर्णय गरेको थियो।, धिमाल जातीय विकास केन्द्र र राजवंशी समाज विकास समितिले मेचीनगरले सरोकारवाला कसैसँग समन्वय र अनुसन्धान नगरी गरिएको प्रथम जातिसम्बन्धी निर्णय अमान्य हुने विज्ञप्ति जारी गरेका छन्। राजवंशी समाज विकास समिति झापाका अध्यक्ष दिनेश्वर राजवंशीले प्रथम जाति हुने ऐतिहासिक आधारको पहिचान गर्न नगरपालिकाले तत्काल कार्यदल गठन गर्नुपर्ने माग गरेका छन्।, धिमाल जातीय विकास केन्द्र झापाका इञ्चार्ज खड्ग धिमालले मेचीनगरको निर्णय मान्य नहुने जनाउँदै प्रथम जातिका विषयमा प्रमाण सङ्कलन गर्न एउटा आयोग गठन हुनुपर्ने माग गर्नुभयो। राजवंशी र धिमाल दुवै समुदायको प्रतिनिधित्व गर्दै आएका संस्थाले मेचीनगर नगरप्रमुख विमल आचार्यलाई भेटेर यस विषयमा आफ्ना धारणासहितको ध्यानाकर्षण पत्र बुझाएको छ।, झापा जिल्लामा राजवंशी, धिमाल, मेचे, सन्थाल, किसान, मुण्डा, करुवा, झाँगड, पाहानलगायतका आदिवासीको परापूर्वकालदेखि बसोबास रहँदै आएको छ तर कुन जाति आदिवासी हो भन्ने विषयमा अनुसन्धान भएको छैन। झापामा चार वर्षअघि दमक नगरपालिकाले धिमाल जातिलाई नगरको पहिलो जाति भनेर निर्णय गरेको थियो। दमक नगरपालिकाले प्रथम जातिको प्रतीकका रूपमा नगरपालिकाको प्राङ्गणमा कलात्मक शालिकसमेत स्थापना गरेको छ।, कवि शिरोमणि मावि मेचीनगरका शिक्षक दामोदर ढुङ्गेलले सामाजिक सञ्जालमार्फत आदिवासीहरुको सामाजिक, भाषिक, सांस्कृतिक र आर्थिक पक्षको उन्नयन गर्नुपर्ने मुख्य दायित्वभन्दा पर गएर प्रथम जातिको घोषणामा प्रतिस्पर्धा किन भनेर प्रश्नात्मक टिप्पणी गरेका छन्। मेचीनगरका भाषाभाषीको अनुसन्धान गरिरहेका उनले बसोबासका आधारमा प्रथम जाति घोषणा गरिने हो भने मानवशास्त्रीय, समाजशास्त्रीय र भाषिक दृष्टिले वैज्ञानिक अध्ययन हुनुपर्ने सुझाव दिए। ,रासस, मेचीनगरमा मेचे ‘पहिलो जाति’ घोषणा, राजवंशी र धिमाललाई अमान्य
सेतोपाटी संवाददाता नेपाली शान्ति सैनिकले कङ्गोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ। कङ्गोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो।, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पुल मर्मतपछि स्थानीयवासी र सुरक्षा फौजलाई आफना काम र हर्कतका लागि आवतजावत गर्न सहज भएको छ।, मर्मतपछि त्यहाँ संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि एवं त्यहाँ तैनाथ मिसनका उपप्रमुख खासिम देग्नेले सो पुल स्थानीय सरकारलाई हस्तान्तरण गरेका हुन्। सो अवसरमा उनले नेपाली सेनाले शान्ति स्थापना कार्यमा पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेको बताइएको छ।, जीर्ण पुलको फाइदा उठाउँदै हतियारधारी समूहले स्थानीय बासिन्दालाई बेलाबेलामा दुःख दिने गरेकामा पुल मर्मतपछि सुरक्षा फौज परिचालन र आवतजावत गर्न सहज भएपछि  नागरिकले सुरक्षित महसुस गरेको जानकारी दिइएको छ। पुल सञ्चालनमा आएसँगै व्यापारिक केन्द्र बुनियाँसँगको व्यापारमा समेत सकारात्मक प्रभाव परेको छ। पुलमा दोहोरो आवतजावतसँगै नेपाली शान्ति सैनिकप्रति स्थानीयबासीमा अझ बढी सकारात्मक भावना पैदा भएको सेनाले विश्वास गरेको छ। , नेपाली शान्ति सैनिकद्वारा कङ्गोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत
सेतोपाटी संवाददाता बुधबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ । , मकवानपुरको भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि सो सडकखण्ड अवरुद्ध बनेको हो। सडक अवरुद्धका कारण भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।, लगातार वर्षा भइरहेका कारण तत्कालै पहिरो हटाउन समस्या उत्पन्न भएकोले मौसममा सुधार आउने वित्तिकै सडक खुलाएर यातायात सञ्चालन गर्नका लागि प्राविधिकलाई खटाइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए।, उनका अनुसार हेटौँडा भीमफेदी सडकखण्डको पान्द्राङमा आज बिहान गएको पहिरोलाई हटाएर हेटौँडातर्फको यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ । त्रिभुवन राजपथ र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा रहेको प्रवक्ता रिमालको भनाइ छ । ,रासस, पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध
मनोज सत्याल २०७२ को भुइँचालोपछि १४ जिल्लामा पहिरोको जोखिमबारे अध्ययन गरिएको थियो। उक्त अध्ययनले सिन्धुपाल्चोकमा पहिरोका कारण सबभन्दा धेरै घर असुरक्षित रहेको देखायो।, नभन्दै पछिल्लो पाँच वर्षयता सिन्धुपाल्चोकले पहिरोकै कारण अत्यधिक जनधनको क्षति बेहोर्दै आएको छ।, भुइँचालोमा ३ हजार ६ सय ७३ जनाको ज्यान गुमेको र ६३ हजार घर ध्वस्त भएको सिन्धुपाल्चोकमा त्यसयता पहिरो र बाढीका कारण झन्डै सय जनाको मृत्यु भइसकेको छ। सिँगो गाँवै पहिरोमा पुरिएका घटनासमेत छन्।, सिन्धुपाल्चोकले झेलेको प्रकृतिको कहरलाई फर्केर हेर्ने हो भने भुइँचालोलगत्तै २०७३ साउनमा भोटेकोशीमा आएको बाढीले लिपिङ र तातोपानी बजार क्षेत्रका ८१ घर बगायो। गत वर्ष २०७७ असारमा बाह्रबिसेको जम्बुमा गएको पहिरोले १८ जनाको मृत्यु भयो। लगत्तै साउनमा जुगल गाउँपालिकाको लिदीमा पहिरो जाँदा सुतिरहेकै अवस्थामा ३९ जनाले ज्यान गुमाए। सिँगो गाउँ नै पहिरोले पुरियो। त्यसको एक महिना नबित्दै भदौमा बाह्रबिसे नगरपालिकाको नागपुजेमा गएको पहिरोमा ३१ जनाको ज्यान गयो।, दु:खको सिलसिला यस वर्ष फेरि सुरू भइसकेको छ। असार १ गते मेलम्चीमा आएको भेलबाढीले ७ जनाको ज्यान लियो। मेलम्ची बजारमा तीन तलासम्मका पक्की घर पुरिए। नदी कटानले घरहरू ढल्ने क्रम जारी छ।, मेलम्चीमा असार १ गतेको बाढीले गरेको विनाश। तस्बिर : दिपिन ढुङ्गाना, पछिल्लो पाँच वर्षमा जे-जति विनाश भए, ती कुनै न कुनै रूपले भुइँचालोकै उपज हुन्। भुइँचालोले जमिनको सतह चिरा पारेर कमजोर बनाउँदा पहिरो आउने क्रम बढेको विज्ञहरू बताउँछन्।, त्यसो भन्दैमा भुइँचालोअघि सिन्धुपाल्चोकमा पहिरो नै नजाने होइन। २०७१ को जुरे पहिरोले १५६ को ज्यान लिएको थियो। त्यति बेला पहिरोले भोटेकोसी नदी थुनिँदा ४७ मिटर गहिरो र ३ किलोमिटर लामो ताल बनायो। सडक डुबायो। नदी थुनिएर बनेको ताल फुट्ने त्रासले तटीय क्षेत्रमा बसोबास गर्नेको निद हराम भएको थियो।, अब प्रश्न उठ्छ, सिन्धुपाल्चोकलाई पहिरोजन्य प्रकोपहरूले किन बारम्बार सताउँछ? यसपछाडिको भौगर्भिक कारण के हो?, यसबारे हामीले विभिन्न विशेषज्ञहरूसँग कुराकानी गर्‍यौं।, उनीहरूका अनुसार सिन्धुपाल्चोकको पहाडी भू-भाग अन्य क्षेत्रको दाँजोमा भिरालो छ। भिरालो भू-भागमा औसतभन्दा बढी पानी पर्‍यो भने सतहको माटो सजिलै बग्छ। यसले पहिरोको जोखिम बढाउँछ।, २०७२ को भुइँचालोले त झन् ठाउँ-ठाउँमा जमिनको सतह चिरा परेकाले पहिरो जोखिम अझ बढेको विज्ञहरू बताउँछन्। भुइँचालोपछि ३० डिग्रीभन्दा बढी भिरालो क्षेत्रमा पहिरोका घटना धेरै भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययनले देखाएको छ।, मेलम्चीमा असार १ गतेको बाढीले गरेको विनाश।, 'वैशाख १२ को भुइँचालोको केन्द्रविन्दु गोरखा भए पनि त्यसको १७ दिनपछि सिन्धुपाल्चोक र दोलखाको सीमानामा ६.९ म्याग्निच्युडको परकम्प गयो। त्यो परकम्पले सिन्धुपाल्चोकलाई जर्जर बनायो,' प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, 'परकम्पको केन्द्रविन्दु पहिरोको केन्द्रविन्दु बन्न पुग्यो।', उनका अनुसार यसपालि मेलम्चीमा बाढी आउनुको कारण हेलम्बुको भ्रेमाथाङ पहिरो थियो। यो ठाउँलाई भुइँचालोपछि जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको थियो। प्राधिकरणलाई प्राप्त स्याटलाइट तस्बिरहरूको अध्ययनबाट त्यस क्षेत्रमा थप पहिरोको जोखिम देखिएको उनले बताए।, 'भुइँचालोले जर्जर भइसकेको यो भूभागमा पहिले पनि पहिरो आइसकेको थियो,' उनले भने, 'यस वर्ष अत्यधिक वर्षाले विनाश गरायो।', मेलम्ची बाढीको तीन दिनअघि जेठ २९ गते हेलम्बुको शेर्माथाङमा ११० मिलिमिटर पानी परेको रेकर्ड छ। त्यो असार १ गतेसम्मै जारी थियो। त्यही वर्षाका कारण ३५ सय मिटर उचाइमा पहिरो गएर नदी थुनिएको र नदी विस्तारै खुल्दै जाँदा बाढीको रूप लिएको काठमाडौं विश्वविद्यालयका प्राध्यापक रेजिनभक्त कायस्थ बताउँछन्। उनका अनुसार ११० मिलिमिटर पानी विपत ल्याउन पर्याप्त हुन्छ।, उनको यो भनाइलाई गृह मन्त्रालयको रिपोर्टले पुष्टि गर्छ।, गृहले मेलम्ची बाढीको कारण पहिरोका कारण नदी थुनिनु र पछि त्यही थुनिएको भाग विष्फोट हुनुलाई मानेको छ।, नाकोटेस्थित मेलम्ची नदीको बहाव मापन केन्द्रले दिउँसो १२ बजेर ५५ मिनेटबाट साढे १ बजेसम्म मेलम्ची नदीको बहाव स्वाट्टै घटेको तथ्यांक देखाएको थियो। यसले पहिरोका कारण नदी थुनिएको देखिन्छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार मेलम्चीमा पानीको सतह वैशाख-जेठमा सामान्यतया १.१७ मिटर हुन्छ। २०४७ सालमा सबभन्दा धेरै ३.०१ मिटरसम्म पुगेको रेकर्ड छ। यसपटकको बाढी कति ठूलो थियो भने, त्यसले ६ मिटर उचाइमा रहेको नाकोटेको स्टेसन नै बगाएको थियो।, हेलम्बुमाथिको जर्जर भ्रेमाथाङ क्षेत्र। तस्बिर स्रोत: सतिशमान पति, स्टेसन बगाउनुअघि नाकोटेमा मेलम्ची खोलाले खतराको तह पार गरेको थिएन। जेठ २८ गते ११० मिलिमिटर वर्षा हुँदा पनि मेलम्ची खोलामा पानीको सतह ४ मिटर आसपास मात्र पुगेको थियो।, विभागका अनुसार सामान्यतया खोलाको सतह नाप्ने स्टेसन 'रिभर बेल्ट' भन्दा दुई मिटरमाथि राखिन्छ। तर, स्टेसन नै बगेपछि मेलम्चीको भेलबाढी कत्रो थियो भन्नेमा विभाग आफैं अलमलमा छ।, विभागको तथ्यांक शाखाका इञ्जिनियर सञ्जय साह मेलम्ची विनाशका लागि आधा घन्टा पानी थुनिनु नै पर्याप्त हुने बताउँछन्।आधा घन्टा पानी थुनिँदा १ लाख २३ हजार ६६० क्युबिकमिटर प्रतिसेकेन्डका दरले पानी जम्मा भएको विभागको हिसाब छ।, मेलम्ची बजार क्षेत्रमा तबाही मच्चाउन इन्द्रावती नदीले समेत साथ दिएको छ। अघिल्ला दिनहरूको वर्षाका कारण इन्द्रावती नदीको बहाव बढेको थियो। मेलम्ची बजार क्षेत्रमै इन्द्रावती र मेलम्ची एकअर्कामा मिसिन्छन्। मेलम्ची खोलाले बगाएर ल्याएको गेग्रान इन्द्रावती नदीको पिँधमा पुगेपछि खोलाको उचाइ बढेको विज्ञहरूको भनाइ छ। यसले खोलासँगै बगेर आएको लेदोले मेलम्ची बजार पुरेको देखिन्छ। , पहिलोपटक मेलम्चीको फोटो र भिडिओ देखेका कतिपयलाई मेलम्ची बजार खोला मिचेर बसेको त थिएन भन्ने लागेको थियो। मेलम्चीमा चन्द्रशमशेर राणाको पालादेखि खोलाछेवै बसेको बजारले अहिलेसम्म यति ठूलो बाढी सामना गर्नुपरेको थिएन। यसपटकको भेलबाढीले भने पुरानो बजारभन्दा माथिल्लो क्षेत्रसम्म पुरेको छ।, इसिमोडमा कार्यरत इञ्जिनियर एवं विपद् विज्ञ मन्दिरा श्रेष्ठ वर्षाले मात्र मेलम्चीको हालत खराब पार्न नसक्ने बताउँछिन्। मेलम्ची खानेपानी आयोजना निर्माणअघि माथि मुहानसम्मको भाग निरीक्षण गरेकी उनी भन्छिन्, 'मेलम्चीको फोटो र भिडिओ हेर्दा वर्षाले मात्र यस्तो भयो भनी यकिन गर्न मुश्किल थियो। पछि पहिरोका फोटोहरू देखेपछि माथिल्लो भागमा नदी थुनिएर यस्तो विपद् आएको बुझिन्छ।', वर्षाका कारण पहिले पहिरो जानु र त्यसले नदी थुनिँदा बहुप्रकोप निम्त्याएको उनको तर्क छ। यस्तो समस्या तामाकोसीमा पनि रहेको उनले बताइन्।, तस्बिर सौजन्य : अजिता ढकाल।, मेलम्चीको यो बाढीलाई बुझ्न हामीले मेलम्ची बजार बसेको ठाउँ कसरी बन्यो भन्ने पनि बुझ्नुपर्छ।, काठमाडौं विश्वविद्यालयका प्राध्यापक कायस्थ दसौं हजार वर्षअघि हिमनदीहरूले बगाएर ल्याएको थेग्रिनी जम्मा हुँदै मेलम्चीजस्तो ठाउँ निर्माण भएको बताउँछन्। यसरी थेग्रिनी बगाएर ल्याउने क्रम आज पनि जारी छ।, मेलम्ची खोलाको बहाव ५ हजार ५ सय मिटरबाट सुरू हुन्छ। अहिले पहिरो गएको ठाउँ भ्रेमाथाङ ३ हजार ५ सय मिटर उचाइमा छ। माथिल्लो क्षेत्रमा मेलम्ची ठाडै बग्ने भए पनि चनौटे हुँदै मेलम्चीसम्म आइपुग्दा नदी समथर रूपमा अघि बढ्छ। यसपालि भ्रेमाथाङ पहिरोले खोला थुनिएको र त्यहाँ जम्मा भएको थेग्रिनी ३ हजार ५ सय मिटर उचाइबाट चनौटे, तालामाराङ हुँदै मेलम्चीसम्म भरिन आइपुगेको देखिन्छ।, यसबारे त्रिभुवन विश्वविद्यालयका अध्यापक तथा पहिरोविद् सुबोध ढकाल सिन्धुपाल्चोकको माथिल्लो क्षेत्रमा पुराना पहिरोहरू रहेको र तिनै पहिरो थुप्रिएर मेलम्चीमा लेदो बढेको तर्क गर्छन्।, 'पानीको बहाव तीव्र भएपछि एउटा ढुंगा अर्कोमा ठोक्किँदा स्पिड बढ्छ। यसले किनारका खेत, बोटबिरूवा पनि आफूसँगै बगाएर लैजान्छ। यसरी लेदोका रूपमा बगेको पानी मेलम्ची बजार छिर्दा त्यति ठूलो विनाश भएको हो,' उनले भने, 'बस्ती छेउछाउ मात्र नदीको तट बाँधेर बाढीबाट जोगिन सकिँदैन। जोखिम न्यूनीकरण गर्न हामीले माथिल्लो तटदेखि तल्लो तटसम्मकै योजना बनाउनुपर्छ।', माथिल्लो क्षेत्रमा पहिरो किन गयो भन्नेमा अध्ययन हुनुपर्ने उनको भनाइ छ।, हिमतालबारे अध्ययन गरेका भौगर्भिक प्रकोप विज्ञ श्रीकमल द्विवेदी मेलम्चीको बाढीमा पहिरो कारकका रूपमा देखिए पनि हिमताल पग्लिनुले पनि यो विनाश ल्याएको हुनसक्ने बताउँछन्। , उनका अनुसार मेलम्चीमा देखिएको ग्रेगर सामान्य पहिरोले ल्याउनेजस्तो छैन। हिमताल पग्लिएर आउने बाढीको जस्तै अवस्था मेलम्चीमा देखिएको उनको भनाइ छ। 'मेलम्चीमा देखिएको ग्रेगरबाट पानी निस्किएपछि सिमेन्टजस्तै कडा हुन्छ भनेर स्थानीयले भनेका छन्,' द्विवेदी भन्छन्, 'यो सामान्य बाढीको भन्दा फरक देखिन्छ।', उनले अगाडि भने, 'सिन्धुपाल्चोकको जुरेको पहिरो जाँदा पानी खुलाउन विष्फोट गर्नुपरेको थियो। त्यति बेला सुनकोसी थुनिएको थियो। अहिले मेलम्ची खोला आधा वा एक घन्टा थुनिँदा यत्रो धेरै गेग्रिनी बगाएर आउने सम्भावना रहन्न।', मेलम्चीमा देखिएको सेडिमेन्ट सेती बाढीको जस्तै भएको उनले बताए। सन् २०१२ मा हिमताल पग्लिएर सेतीमा बाढी आएको थियो। उक्त बाढीको अध्ययन गरेका द्विवेदीले भने, 'मेलम्चीमा आएको भेलबाढी पनि त्यस्तै हुनसक्छ।', शेर्माथाङभन्दा माथिको क्षेत्रमा पानी परे-नपरेको नाप्ने मेसिन सरकारले नराखेका कारण अहिले देखिएको समस्या वर्षाकै कारण हो भनेर यकिन गर्न नसकिने द्विवेदीको भनाइ छ। 'हिमाली क्षेत्रमा नयाँ खालको प्रकोप देखिन थालेको छ। भारतको उत्तराखण्डमा पनि पानी परेको देखिन्न, तर बाढी कसरी आयो भन्ने धेरैलाई लागेको छ,' उनले भने।, 'हेलम्बु माथिको पहाडमा ग्लेसियरबाट बन्नेजस्तै साना पोखरी देखिएका छन्,' उनले भने, 'ती पोखरी अहिले मेलम्ची क्षेत्रको जस्तो विपद् ल्याउन सक्ने हैसियतको भने छैन।' , सेती बाढीमा ग्लेसियरबाट बगेर आएको सेडिमेन्ट। , काठमाडौं विश्वविद्यालयका प्राध्यापक कायस्थ भने मेलम्चीको सिरानमा हिमताल नभएको बताउँछन्। हिमताल पग्लिएर यो स्थिति आएको हो कि होइन भन्नेबारे अध्ययन नगरी टिप्पणी गर्न नसकिने उनको तर्क छ। , मेलम्चीको जलाधारबारे पिएचडी गरेका रविन निरौला अधिक वर्षाका कारण भ्रेमाथाङमा गएको ठूलो पहिरो नै मेलम्चीमा विपद् ल्याउन पर्याप्त देख्छन्। अधिक वर्षाका कारण मेलम्चीले धेरै चिज बगाएको र किनारहरू खोतलेको उनको भनाइ छ।, 'पानी परेपछि हेलम्बु क्षेत्रको भ्रेमाथाङमा ठूलो पहिरो गएको छ। त्यहाँ ठूलो मैदानी भू-भाग थियो,' निरौलाले भने, 'यसले मेलम्चीको भेलबाढीमा ढुंगामाटो मिसिएको छ।' , मेलम्चीजस्तै समस्या धेरै ठाउँमा आउन सक्ने विपद् व्यवस्थापन प्राधिकरणको आकलन छ। प्राधिकरणले मेलम्ची बाढीको वास्तविक कारण पत्ता लगाउन पानीविज्ञ, भूकम्पविज्ञ, पहिरोविज्ञ सहितका टोलीमार्फत् अध्ययन गराउने तयारी गरिरहेको पोखरेलले जानकारी दिए।, अध्ययनपछि कस्तो ठाउँमा बस्ती राख्न हुने भन्ने टुंगो गर्न सकिने उनी बताउँछन्।, किन बारम्बार सताउँछ सिन्धुपाल्चोकलाई पहिरोको प्रकोपले?
सेतोपाटी संवाददाता मानव अधिकार आयोगले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठसँग रुपा सुनार प्रकरणमा स्पष्टिकरण सोधेको छ। , मंगलबार कार्यालयमै डाकेर आयोगले उक्त घटनामा श्रेष्ठसँग स्पष्टिकरण लिएको आयोगका आयुक्त सूर्य ढुङ्गेलले जानकारी दिए। , 'रूपा सुनारको घटनामा जुन उहाँ छुटाएर लैजानुभयो। त्यो मावन अधिकारसँग सम्बन्धित विषय भएकाले बुझ्न जरुरी थियो', ढुङ्गेलले सेतोपाटीसँग भने। , मानव अधिकार आयोगले रूपा सुनार प्रकरणको निगरानी गरिरहेको ढुङ्गेलले उल्लेख गरे। 'त्यो सामाजिक विभेदसँग सम्बन्धित घटना भयो। त्यसमा न्यायीक र कानुनी प्रक्रिया सुरु भइसकेपछि मन्त्रीले झण्डा लिएर  जसरी प्रवेश गर्नुभयो। त्यो कानुनको शासन र मानव अधिकार विपरित भयो', ढुङ्गेलले भने, 'के दृष्टिकोण छ भनेर बुझ्न बोलाइएको हो।', मानव अधिकार आयोगले घटनाबारे प्रेस विज्ञप्ती जारी गर्ने तयारी गरिरहेको छ। तर आयोगका अर्का एक आयुक्तले नाम उल्लेख नगर्ने सर्तमा रुपा सुनार प्रकरणमा मन्त्री श्रेष्ठले स्पष्ट शब्दमा माफी नमागेको बताए। 'उहाँले गल्ती महसुस गरेको जस्तो गर्नुभयो', ती आयुक्तले सेतोपाटीसँग भने।, आयुक्त ढुङ्गेलले पनि शिक्षा मन्त्रीले कारगेड र झण्डा लिएर जानु गलत भएको ढंगले विचार आयोगमा व्यक्त गरेको बताए। , 'उहाँले गल्ती भएको मसहुस गर्नुभयो', ढुङ्गेलले भने, 'रुल अफ लको विषयमा हुनु नपर्ने काम भएको महसुस भयो भन्नुभयो।', तनहुँकी रुपा सुनारले थरकै आधारमा आफूलाई काठमाडौंको बबरमहलमा घरबेटीले कोठा नदिएको भन्दै सरस्वती प्रधान विरुद्ध उजुरी दिएकी थिइन्। लगत्तै प्रधान पक्राउ परेकी थिइन्।, सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रधानलाई थुना मुक्त गर्न प्रहरीलाई आदेश दिएको थियो। प्रहरीबाट प्रधानलाई छुटाउन असार ९ गते शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ झण्डा सहितको गाडी लिएर अनामनगर स्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।, रुपा सुनार घटनामा मानव अधिकार आयोगले सोध्यो शिक्षामन्त्री श्रेष्ठलाई स्पष्टीकरण
खिलानाथ ढकाल चिकित्सा शिक्षा आयोगले बिएन्डसी मेडिकल कलेजमा पठाएको टोलीले तयार पारेको प्रतिवेदन अलपत्र परेको छ। संयोजक डा. प्रकाशराज पाण्डेले प्रतिवेदनमा हस्ताक्षर नै नगरेपछि टोलीले तयार पारेको प्रतिवेदन अलपत्र परेको हो।, गत साता नै पाण्डे नेतृत्वको टोली बिएन्डसी मेडिकल कलेज पुगेको थियो। उनको नेतृत्वमा आयोगका सदस्यहरू डा. रमेशप्रसाद र डा. भोजराज अधिकारी थिए।, आर्मी कलेजका कर्णेलसमेत रहेका संयोजक पाण्डेले सदस्य अधिकारीको भूमिकामा प्रश्न उठाउँदै हस्ताक्षर गर्न नमानेको स्रोतले बतायो।, चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले टोली गठन गरेका थिए। त्यो टोलीमा उनको मुद्दामा साक्षी बसेका व्यक्ति सदस्य रहेको खुलेपछि पाण्डेले प्रतिवेदनमा हस्ताक्षर गर्न नमानेको आयोग स्रोतले सेतोपाटीलाई बतायो।, बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं र गिरीबीचको गाली-बेइज्जती मुद्दामा गिरी पक्षबाट अधिकारी साक्षी बसेका थिए।, यो कुरा थाहा पाएपछि पाण्डेले प्रतिवेदन विवादमा आउने भन्दै हस्ताक्षर गर्न नमानेको उनीनिकट स्रोतले बतायो।, ‘उहाँ झगडियाको साक्षी बसेको व्यक्ति हुनुहुँदो रहेछ, त्यो कुरा सुरूमा थाहा भएन, जतिबेला थाहा भयो स्वार्थको द्वन्द्व हुन्छ भनेर मैले हस्ताक्षर गर्न मानिनँ,’ पाण्डेनिकट स्रोतले भन्यो।, तर, पाण्डेले भने यस विषयमा ‍औपचारिक रूपमा प्रतिक्रिया दिन मानेनन्। उनले आयोगमै सबै कुरा सोध्न अनुरोध गरे।, ‘मलाई धेरै पत्रकार साथीहरूले यो विषयमा सोधीखोजी गर्दै फोन गर्नुभएको छ, मैले आयोगमै बुझ्न भनेको छु,’ उनले सेतोपाटीसँग भने।, काठमाडौं विश्वविद्यालयले सम्बन्धन प्रक्रिया अघि बढाउने निर्णय गरेपछि बिएन्डसीको सम्बन्धनबारे चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकमा छलफल भएको थियो।, गिरीको मुद्दामा साक्षी बसेका डा. अधिकारीले पनि प्रतिवेदन र मुद्दामा साक्षी बसेकोबारे आफू केही नबोल्ने बताए।, उपाध्यक्ष गिरीले एक पटक आयोगले नै अनुगमन गरी भौतिक पूर्वाधारलगायत जाँचबुझ गरेपछि मात्रै सम्बन्धन अगाडि बढाउन सकिने भनी चिकित्सा शिक्षा आयोगको बैठकमा प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठसँग अडान लिएका थिए।, तर, आफ्नो पक्षमा रहेका व्यक्ति नै राखेको पाइएपछि उनको भूमिका नै विवादमा आएको छ।, आयोगका सदस्य सचिव तथा प्रवक्ता डिल्ली लुइँटेलले हालसम्म टोलीले प्रतिवेदन नबुझाएको बताए। तर, के कति कारणले प्रतिवेदन नबुझाएको भन्नेबारे आफू बेखबर रहेको बताए।, ‘उपाध्यक्षज्यूले पठाउनुभएको गोप्य टोली हो, मलाई यसबारे केही जानकारी भएन,’ उनले भने।, गिरीले बिएण्डसीमा पठाएको टोलीबारे आफूले केही नभन्ने सबै कुरा प्रवक्तामार्फत् बुझ्नुपर्ने बताए।, बिएन्डसी मेडिकल कलेजमा काठमाडौं विश्वविद्यालयले यसअघि टोली पठाएको थियो। त्यो टोलीले प्रारम्भिक रूपमा प्रतिवेदन दिएको थियो।, त्यो प्रतिवेदनलाई टेकेर चिकित्सा शिक्षा आयोगको बैठकमा प्रधानमन्त्री र शिक्षामन्त्रीले सम्बन्धन अगाडि बढाउन गिरीलाई दबाब दिएका थिए।, तर, आयोगबाट टोली पठाएर मात्रै निर्णय गर्न सक्ने अडान गिरीले राखेपछि एक साताभित्र टोली गठन गरी बिएन्डसी पठाउने सहमति भएको थियो।, सहमतिपछि पूर्ण बैठकको निर्णय लेखिएको थियो।, त्यसको चार नम्बर बुँदामा उल्लेख थियो, ‘प्रस्तावित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर बिर्तामोड झापालाई सम्बन्धनका लागि काडमाडौ विश्वविद्यालयलाई सिफारिस गर्ने सम्बन्धमा चिकित्सा शिक्षा आयोगको नियममा व्यवस्था भए बमोजिम भौतिक पूर्वाधार लगायतका मापदण्ड अध्ययन गरी सो प्रतिवेदनको आधारमा कार्यकारी समितिले सात दिनभित्र सम्बन्धन सम्बन्धी निर्णयका लागि चिकित्सा शिक्षा आयोगमा पेश गर्ने।’ , त्यही निर्णय बमोजिम आयोगले तीन सदस्यीय टोली बिएण्डसीमा पठाएको थियो। , सम्बन्धनका मापदण्ड पुगे नपुगेको हेर्ने मात्रै नभएर चिकित्सा शिक्षा आयोगको नियममा व्यवस्था भए बमोजिम सम्बन्धनको सबै पाटो हेर्ने कार्यादेश पनि टोलीलाई थियो। , बिएन्डसीमा गएको टोलीका संयोजक डाक्टरले हस्ताक्षर गर्न नमानेपछि रोकियो प्रतिवेदन
राजु अधिकारी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा चर्केको आन्दोलन उत्कर्षतिर अघि बढेको छ।, बुधबार बिहान आन्दोलनकारीले प्रतिष्ठानका चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्दै उनीहरुको बहिर्गमनको मागलाई अबको आन्दोलनको मुख्य मुद्दा बनाएका छन् ।, अब प्रतिष्ठानका पदाधिकारीसँग कुनै वार्ता नहुने, प्रधानमन्त्रीको पहलमा वार्ता टोली गठन भएर समस्या समाधानको पहल एक साताभित्र नभए सामूहिक राजीनामा दिने घोषणासमेत चिकित्सकसहितका आन्दोलनकारीले गरेका छन्। असार २३ सम्मको अल्टिमेटम दिँदै प्रतिष्ठानको संयुक्त संघर्ष समितिले त्यसबेलासम्म माग सम्बोधन नभए प्रधानमन्त्री कार्यालय घेर्ने चेतावनी दिएका छन्।, दुई सातादेखि निरन्तर आन्दोलनमा रहेका प्रतिष्ठानका चिकित्सक, विद्यार्थी तथा कर्मचारीले यसपटक तीन वटा माग अघि सारेका छन्। बुधबार पदाधिकारीको कार्यकक्षमा ताला लगाएपछि जारी विज्ञप्तिका अनुसार उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्राध्यापक डा. मोहनचन्द्र रेग्मी, रेक्टर प्राध्यापक डा.  गुरू खनाल र मेडिकल डाइरेक्टर प्राध्यापक डा.  गौरीशंकर साहको बहिर्गमनलाई आन्दोलनकारीले अबको न्यूनतम शर्त बनाएका छन्।, त्यस्तै प्रतिष्ठानमा अब पदाधिकारी नियुक्त गर्दा विभिन्न आयोगले निर्धारण गरेका मापदण्ड पालना गरेर पारदर्शी रूपमा छनोट गर्नुपर्ने माग आन्दोलनकारीको छ। ‘चारै जना पदाधिकारीबाट प्रतिष्ठानको सही नेतृत्व नहुने निष्कर्षमा संयुक्त संघर्ष समितिको ठहर छ’, आन्दोलनकारी चिकित्सक डा. पदम नेपालीले भने, ‘त्यसैले प्रतिष्ठान सुरक्षाका लागि हामी अब उहाँहरुको बहिर्गमनको माग अघि राख्न बाध्य भयौं।’ यस्तो अवस्था पदाधिकारीले निम्त्याएको उनको आरोप छ।, प्रतिष्ठानमा एकपछि अर्को तनावको मुख्य कारक बनेका उपकुलपति गिरीले नै अनियमितताविरुद्ध बोल्ने चिकित्सकलाई प्रष्टीकरण सोधेर आन्दोलनको आधार तयार पारेका थिए। लगत्तै काठमाडौं गएर लामो समय बसेका उनी सोमबार साँझ धरान आएका थिए।, प्रतिष्ठानमा आएपछि वार्ताका लागि आन्दोलनकारीलाई बोलाएर उनले असामान्य गतिविधि गरेपछि मंगलबार वार्ता भाँडिएको थियो। आन्दोलनकारीले उपकुलपति गिरीले मादक पदार्थ सेवन गरेको आरोप लगाउँदै वार्तास्थलमै अन्य पदाधिकारीसहित उनलाई पनि थुनेका थिए।, त्यहीबेला प्रहरी, धरानका मेयरसहितका जनप्रतिनिधिहरुसमेत प्रतिष्ठान पुगेका थिए। त्यसक्रममा उपकुलपति गिरीलाई मापसे चेक गर्न मेयर तिलक राईले पनि आग्रह गरेका थिए। तर, उपकुलपति गिरीले मापसे चेक गर्न मानेनन्। प्रहरीले पनि माथिल्लो निकायले मात्रै त्यसो गर्न सक्ने भन्दै गिरीको जाँच पक्रिया थाल्न अस्वीकार गर्‍यो।, यसमा मुख्य रुपमा उपकुलपतिकै गल्ती रहेको प्रहरी स्रोतको भनाइ छ। ‘हामीले उहाँकै कार्यालयमा गएर मापसे चेक गराउन मिल्दैनथ्यो’, सुनसरी प्रहरीका एक अधिकारीले सेतोपाटीसँग भने, ‘उहाँलाई आन्दोलनकारीले गम्भीर आरोप लगाएका थिए। यदि मापसे थिएन भने चेक गर्न दिएर आफूमाथि लागेको आरोपको खण्डन गर्न सक्नुहुन्थ्यो। उहाँले त्यसो नगरेर आफूले गल्ती गरेको छनक दिनुभयो।’, आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीले मापसले गरेर उपकुलपति गिरीले असमान्य गतिविधि देखाएको भन्दै मंगलबार वार्तास्थलमै थुनिदिएका थिए।, आन्दोलनरत पक्षले उपकुलपति गिरीको मापसे चेक गर्नुपर्ने अडान राखेका थिए। तर गिरीले मापसे चेक गर्न मानेनन्।, ‘उहाँले मापसे चेक गर्न मान्नु भएन। छ घन्टापछि यहाँबाट बाहिरिनुभयो,’ स्रोतले भन्यो। गिरी मंगलबार राति अबेर थुनिएको ठाउँबाट बाहिरिएका थिए।, मदिराले गिरी मातिएको भन्दै आन्दोलनरत पक्षले नारावाजी पनि गरेका थिए।, बिपी प्रतिष्ठानमा चिकित्सकलगायत दुई सातादेखि आन्दोलनमा छन्। आन्दोलनरत पक्षलाई गिरीले मंगलबार दिउँसो वार्ताका लागि बोलाए पनि मापसे गरेर लठ्ठ भएको भन्दै वार्ता भाँडिएको थियो।, बिपीमा आन्दोलन भएको १५ दिन भइसकेको छ।,  , प्रधानमन्त्रीले सात दिनभित्र वार्ता टोली नबनाए बिपीका चिकित्सकले सामूहिक राजीनामा दिने
सविता बुढा गएको पुसमा क्युडी गाउँमा डोजर पुग्यो।, यो गाउँ बाजुराको हिमाली गाउँपालिका-५ मा पर्छ।, गाउँमा डोजर पुगेपछि विकास आयो भनेर गाउँलेहरूले यति खुसी भए कि, खसी नै काटे। माला उनेर चालक र गाउँमा बाटो बनाउन डोजर पुर्‍याउने ठेकेदारलाई पहिर्‍याए। अबिर मालाले स्वागत-सम्मान गरे।, यो सडक प्रदेश सरकारको योजनाअनुसार खन्न सुरू गरिएको थियो।  , ‘डोजर पुगेपछि गाउँका बुढापाका, महिला र बच्चाबच्ची  खुब खुसी भएका थिए। बुढापाकाले गाडी देखेर मर्ने भयौं भनें। हामी पनि मख्ख पर्‍यौं,’ स्थानीय वीरबहादुर बुढाले भने।, क्युडीका बासिन्दाले चामल, दाल, नुन, तेल, कपडा आदि सबै किन्न दिनभरि हिँडेर क्वारी भन्ने ठाउँ जानुपर्थ्यो।, अब नुन, चामल घरकै दैलामा किनेर खान पाइने भयो भन्ने सोच्दा गाउँलेलाई वर्षौंदेखिको दु:ख चौतारोमा बिसाएजस्तै भएको थियो।, क्युडी गाउँको तलबाट घट्टे खोला बग्छ। त्योभन्दा अझै तल प्याउडा खोला।, घट्टेखोलाले गाउँ बसेको जमिनको जग कटान गरिरहेकै थियो। त्यही खोलाको केही माथिबाटै हिउँदमा डोजर हिँड्यो।  खोला र बस्तीबीचमा ५ महिनादेखि डोजरले सडक खनिरहेको छ।, डोजरले विकास ल्यायो भनेर ९७ घरधुरी भएको बस्तीमा आएको रौनक सेलाउन नपाउँदै बर्खा आइपुग्यो।, जब बर्खा आयो जमिन भासिन र चिरा पर्न थाल्यो। वस्तीको माथिदेखि तलै खोलासम्म चिरा परेको गाउँलेहरू बताउँछन्।, तिनै चिरा परेको माटोमा बर्खाको पानी पस्यो पहिरो जान थाल्यो।, असारको सुरूकै दिनदेखि परेको पानीले ६ गते पहिरो आएको थियो।, ५० वर्षका ज्ञानी बुढाको घर त पहिरोले बगाइदियो।, उनी तीन केटाकेटीसहित पाँच जनाको परिवार लिएर लेकमा पाल हालेर बसेका छन्।, बस्तीमुनि र माथिपट्टी नै पहिरो जान थालेपछि गाउँलेहरू आत्तिए।, ‘के गर्ने दुर्गममा सञ्चार छैन। पहिरो आएको ३ दिनसम्म कसैको भेट भएन। प्रहरी चौकीमाका फोन लागेन,’ स्थानीय वीरबहादुर बुढाले भने। उनको ८ जनाको परिवार पनि अहिले लेकमा सरेको छ।, प्रहरीलाई फोन नलागेपछि गाउँपालिकामा फोन गरेर त्यहाँबाट खबर गरिएको थियो। तीन दिनपछि खबर पाएर प्रहरी आए। त्यहाँ जोखिम भएकाले प्रहरीले सुरक्षित ठाउँमा बस्ती सार्न भने।, ‘प्रहरीले आजभन्दा भोलिको डर हुन्छ भने पछि सरेर आयौं,’ वीरबहादुरले भने।, धेरैजसो परिवारले गाउँ छोडेर लेकमा सरेका छन्।, ‘यहाँ त्रिपाल सबैको छैन, एकैमा तीन/चार परिवार मिलेर बसिरहेका छौं, हामी कृष्ण रोकाया, कार्तिके रोकाया र मेरो परिवार एक पालमा छौं,’ उनले भने।, लेकमा रहेको भैंसीगोठमा उनीहरूले खाना बनाउने गरेका छन्।, घरमात्र होइन गाउँलेको खेत पनि पहिरोले बगाएको छ। सुपको खेत र गाउँको खेत गरी आफ्नोमात्र ३ रोपनी जग्गा पहिरोले बगाइदिएको वीरबहादुरले बताए।, ‘गाउँभरिको १६ रोपनी जति जमिन बगेको छ,’ उनले भने।, वडा अध्यक्ष आएर उनीहरूलाई त्रिपाल दिउँला भनेर गएका छन्। ज्यान जोगाउन लेकमा सरे पनि त्रिपालमा बस्न उस्तै समस्या छ।, ‘पानी छैन। पाइप पहिराले लगिहाल्यो। जंगल हुँदै नजिकैको चिप्ल्यानी खोलाको पानी खाने गरेका छौं। जंगलमा बच्चाबच्ची डर मानेर जाँदैनन्, खोला पुग्नै २० मिनेट लाग्छ,’ वीरबहादुरले भने।, पहिरोले गाउँलेको घरबाहिर खाद्यान्न राख्न बनाएको खाल्डो पुरेपछि धान, कोदो र अरू अनाज कुहिएको पनि वीरबहादुर बताउँछन्।, भिजेर नकुहिएको खानेकुरा सुकाएर खाइरहेका उनले बताए।, लेकमा सोलारका पाता भने उनीहरूले लग्न पाएका थिए। जो मोबाइल चार्ज गर्न काम लागेको छ।, ‘पानी नपरेरमात्र यहाँ बसेकै छौं। पानी परे काँ जाने?,’ उनले भने।, उनी हुर्केर जान्ने भएदेखि कहिल्यै गाउँमा पहिरो गएको थिएन। यही वर्ष पहिरो आयो।, ‘हिउँद पानी परेन, वर्षा धेरै भयो, त्यसैले पहिरो गयो कि?,’ उनी अड्कल काट्छन्।, यसबाहेक डोजरले खनेको बाटोका कारण पहिरो गएको कतिपय स्थानीयको भनाइ छ।, 'डोजरले बाटो खन्दा जमिन काँपेको थियो,' वीरबहादुरले भने।   , गाउँमा प्रदेश सरकारले सडकको योजना पारेपछि  गत वर्षबाट उक्त सडक खन्ने काम सुरू भएको थियो।, गाडीमा आवतजावत गर्न पाइने, सुखका दिन आउने अपेक्षा राखेका स्थानीयको त्यही सडकका कारण अहिले उठीवास लागेको छ।, ‘ठेकेदारले जान्नुपर्ने हो, त्यहाँका मान्छे सोझा छन्, गाउँमा रोड आउने भयो भनेर खुसी भए, यस्तो पहिरो आउला भनेर सोचेका थिएनन्,’ हिमाली गाउँपालिका-४ का अध्यक्ष रमेश विकले भने।, रोड बनाउने विषयमा योजना प्रदेशबाट आएकाले स्थानीय तहसँग सल्लाह नभएको उनले बताए।, ‘हामीले रोड बनाउने काममा कुनै पनि हिसाबले प्रश्न गरेको भए विकासविरोधी भनेर ठूलो विषय हुन्थ्यो। प्रदेशले बाटो ल्याएकाले स्थानीय सरकारबाट हस्तक्षेप गर्ने कुरा आएन, अहिले यस्तो जोखिम बढ्यो,’ उनले भने।, गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले त्यो वस्ती पहिलेदेखि नै जोखिममा रहेको बताए।, ‘यसै त माथिबाट पहिरो आउने अवस्था थियो। अहिले गाउँकै तलबाट १० मिटरको सडक डोजरले खनेकाले जोखिम बढेको सही हो,’ उनले भने।, पहिरोको जोखिम छ/छैन। बस्तीलाई कति असर हुन्छ भनेर सडक बनाउनुअघि नै वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने थियो।, तर प्रदेश सरकारले वातावरणीय प्रभाव मूल्यांकन गरेको कुरा स्थानीय सरकारले समेत थाहा पाएको छैन।, सडक खन्ने ठेक्का पाएका बाजुराको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले हो। डोजर उनकै हो।, उनलाई पनि वातावरणीय प्रभाव मूल्याङ्कन भए/नभएको थाहा छैन। उनले पूर्वाधार विकास कार्यालयलाई थाहा हुने बताए।, पूर्वाधार विकास कार्यालय अछामका एक अधिकारीले यस्ता साना योजना कहाँ बन्ने कति बजेट भन्ने पक्का नै नहुने भएकाले वातावरणीय प्रभाव मूल्यांकन गर्ने चलन नभएको बताए। उनका अनुसार यो योजनाको पनि इआइए भएको छैन।, सुदूरपश्चिमका दुर्गम ठाउँमा बन्ने कतिपय सडकहरू वातावरणीय प्रभाव मूल्यांकन नै नगरी डोजर प्रयोग गरिदा यस्तो जोखिम निम्तिने गरेको छ। , सडक खन्न डोजर आउँदा खसी काटेका थिए गाउँलेले, अहिले उठिबास!
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिराले अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको छ। म्याग्दे गाउँपालिका–४ थर्पुमा लेदो माटो खसेर आज बिहानदेखि अवरुद्ध भएको सडक बिहान ८ः०० बजेदेखि पुनः सञ्चालन भएको प्रहरीले जनाएको छ। , लेदो माटोसहितको पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालन भएको प्रहरी चौकी थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए। लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेको थियो। , सोमबार रातिदेखि परेको वर्षाका कारण म्याग्देका केही ठाउँ डुबानमा परेका छन् । जिल्ला प्रशासनले कार्यालयले आजदेखि तीन दिन भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको छ । अहिलेसम्म जिल्लामा वर्षाका कारण क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । , पहिराले अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन
सेतोपाटी संवाददाता ४० किलो गाँजासहित पर्साबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , गए राति करिब १ बजे पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ मकवानी चौरीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले जानकारी दिए।, प्रहरीले मकवानपुर राक्सीराङ गाउँपालिकाका ४० वर्षीय वीरबहादुर प्रजा र २० वर्षीय सोमलाल प्रजालाई पक्राउ गरेको हो।, इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले उनीहरू दुबै जना शंकास्पद रूपमा हिँडिरहेका पाएका थिए। शंका लागेर उनीहरूमाथि जाँच गर्दा गाँजा फेला परेको हो।, उनीहरूले तीन वटा बोरा राखेर बोकिरहेको अवस्थामा ४० किलो गाँजा प्रहरीले फेला पारेको थियो। प्रहरीले लागुऔषध सम्बन्धी कसुरमा उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।, ४० किलो गाँजासहित पर्साबाट दुई जना पक्राउ
सेतोपाटी संवाददाता झण्डै आठ महिनाभन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामा (नाम परिवर्तन) ले नेपाल फर्कन पाउँछु भनेर सोचेकी पनि थिइनन्। नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन् र आँखा टिलपिल पार्दै भनिन्, ‘सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ होला। मैलें कल्पना पनि गरेको थिइँन, म र मेरा बच्चाहरु यसरी आज नेपाल फर्कन पाउँछौँ।  यो सहयोगको लागि एनआरएनएलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।’, फेब्रुअरी ८, २०२० मा त्रिभुवन विमानस्थल हुँदै यूएई गएकी थिईन उनी। उनी सेल्समा काम गर्थिन्। सबैकुरा सोचे अनुरुप नै थियो। तर अचानक डोल्पाको जीवनले फरक मोड लियो। डोल्पाले जसलाई विश्वास गरें उसैले नै धोका दियो। जसोतसो आफूलाई सम्हालेर डोल्मा अघि बढ्दै थिइन्। तर, एकदिन अचानक काममै भएको बेला डोल्मा बिरामी परिन् र उनलाई अस्पताल पुर्‍याइयो। उपचारका क्रममा डोल्मा गर्भवति भएको थाहा भयो। डोल्मालाई यतिसम्मको बज्रपातको अन्दाज थिएन। उनले बच्चाको बाबुको खोजी नगरेकी होइनन् तर उनको खोज असफल रह्यो। अर्कोतर्फ कम्पनीले उनलाई कामबाट पनि निकालिदियो। उनी न त घर फर्कन सक्थिन्, न त दुबईमा बस्ने आधार थियो।, अगस्त २०२० मा दुवई अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिईन्। तर सुत्केरी हुँदा अस्पतालमा लागेको खर्च तिर्ने अवस्था थिएन, डोल्माको। सोही क्रममा उनी गैरआवासीय नेपाली सङ्घको यूएईको सम्पर्कमा आइन्। त्यसपछि सङ्घमार्फत सङ्घको राहत तथा उद्दार कार्यक्रमको टोलीले आवश्यक पहलकदमी लियो। त्यहाँको सरकार र स्वास्थ्य निकायको सहयोगमा उनी सुत्केरी हुँदा अस्पतालमा लागेको ५० हजार दिरामसमेत मिनाहा भयो। डोल्मा भन्छिन्, ‘त्यतिबेला निकै कठिन थियो। अस्पतालले आवश्यक कागजपत्र नभएको भन्दै बच्चालाई तीन महिनासम्म अस्पतालमै राखेको थियो, म भने डेरामा बस्नु परेको थियो, सरहरुले ठूलो सहायता गर्नुभयो, नत्र त के पो गर्न सक्थे र म।’, डोल्माको भिसा सकिसकेको थियो, त्यसैले पनि गैरकानूनी रुपमा बस्न गाह्रो थियो। उनलाई गैर आवासीय नेपाली सङ्घको राहत तथा उद्दार कार्यक्रमअन्तर्गत दुबईको सेल्टरमा राखिएको थियो। त्यसपछि उनलाई नेपाल ल्याउने पहल शुरु गरिएको थियो।, नेपालबाट आवश्यक कागजात झिकाई नेपाली दूतावाससँगको समन्वयमा आमा तथा बच्चाको ट्राभल डकुमेन्ट र अन्य प्रक्रिया पूरा गरेर २८ जुन २०२१ का दिन सकुशल स्वदेश फर्काई परिवारका सदस्य (बहिनीको) को जिम्मा लगाइएको छ। आमा तथा बच्चालाई काठमाडौंस्थित सङ्घको राहत तथा उद्दार कार्यक्रमका स्वयंसेवकले आवश्यक सहजीकरण तथा सहयोग पुर्‍याएका थिए। , यसका लागि उपाध्यक्ष, गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री केसीलगायत परिषद्का पदाधिकारीसहित फिल्डमा कार्यरत टोली, काठमाडौंस्थित कार्यक्रमको टोली तथा राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी लगायतले पहलकदमी लिएका थिए।, उनलाई नेपाल ल्याउन आवश्यक कागजी प्रक्रियाका लागि फिल्डमा खटिएका सङ्घको राहत तथा उद्दार कार्यक्रम यूएईका संयोजक प्रविण पोखरेलले भने, ‘बच्चाको बाबुको कुनै कागजपत्र नहुँदा जन्मदर्ता लगायतका अन्य आवश्यक प्रक्रिया निकै कठिन बनेका थिए, अर्कोतर्फ आमाको पनि भिसा सकिएको रहेछ, त्यसैले सम्पूर्ण कागजात बनाउनै लामो समय लाग्यो र उद्धारमा अलि समय पनि लाग्यो, तर पनि समस्यामा परेका बच्चा र आमाको जीवनरक्षा गर्न पाउँदा खुशी लागेको छ।’, डोल्मा लामा त एक प्रतिनिधि पात्र मात्र हुन्। विशेष गरेर वैदेशिक रोजगारीमा गएका महिलाहरुले यस्तै पीडा भोगेका कैयौं उदाहरणहरु छन्। बैदेशिक रोजगारमा गएका श्रमिकले बेलैमा सचेत नहुने र सम्बन्धित निकायबाट समयमै आवश्यक समन्वय एवं सहयोगमा कमी भएमा आगामी दिनमा यस्ता समस्याहरु जटिल रुपमा देखा पर्ने निश्चित छ। सङ्घको राहत तथा उद्दार कार्यक्रमले कोेभिड–१९ का कारणले समस्यामा परेका मध्यपूर्वका विभिन्न देश तथा मलेसियामा रहेका झण्डै १९ हजारभन्दा बढी नेपाली श्रमिकलाई सम्बन्धित गन्तब्य देशमा खाना तथा सेल्टरको व्यवस्था, जरिवाना तिरिदिने, हवाई टिकट, पिसिआर परीक्षण, स्वास्थ्य सहयोग तथा नेपाल फर्केपछि सकुशल आ–आफ्नो घर सम्म जानका लागि यातायात खर्च समेत ब्यहोरिएका छ। , सङ्घले सम्बन्धित देशका दूतावास, सरोकारवाला निकाय तथा नेपालमा सम्बन्धित निकायसँग समन्वय गरी यस प्रकारको मानवीय कार्यमा सहयोग पु–याउँदै आएको बताइएको छ।  , एनआरएनएद्वारा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्दार
कृष्ण दवाडी स्थानीय तह स्थापनापछि जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्षको अवधिमा पोखरा महानगरपालिकाले १३७ किमी सडक कालोपत्र गरेको छ। सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको महानगरपालिकाले विकटलाई निकट ल्याउने भन्दै ‘कनेक्टिङ रोड’को अवधारणाअनुसार सडक कालोपत्र र ग्राभेलको काम अघि बढाएको हो ।, महानगर प्रमुख मानबहादुर जिसीले हालसम्म १३७ किमी सडक कालोपत्र र २३१ किमी सडक ग्राभेल गरिएको जानकारी दिए। यसैगरी ८३ किमी साना तथा मझौला सडक ढलान र ३७ किमी सडक मर्मत एवं स्तरोन्नति गरिएको उनले बताए।, चार वर्षको अवधिमा वडा तथा महानगरपालिकास्तरका २६८ सडक ढलान योजना, ८२१ सडक कालोपत्र एवं मर्मत योजना, २९१ सडक ग्राभेल तथा स्तरोन्नति र ४१ नयाँ ट्र्याक गरी एक हजार ४२१ सडकका योजना सम्पन्न भएको बताइन्छ। , महानगरको मुख्य शहरी सडकको स्तरोन्नति गर्ने क्रममा महानगरपालिका, सडक विभाग र प्रदेश सरकारको सहकार्यमा ४० करोड लागतमा २२ किमी सडक ‘अस्फाल्ट कङ्क्रिट’ गर्ने काम धमाधम भइरहेको प्रमुख जिसीले जानकारी दिए। विजयपुर बेगनास सडक खण्डमा १४ किमी सडक अस्फाल्ट हुने गरी निर्माण भइरहेको बताइन्छ। , प्राविधिक कारणले रोकिएको मेयर नमूना सडक निर्माणअन्तर्गत पोखरा– १७ को बिरौटादेखि तीनकुनेसम्म (आरटिओ) सडक निर्माण भइरहेको छ भने वडा नं १० को राममार्ग सडक निर्माण कार्य गरिएको महानगरले जनाएको छ ।, यसैगरी नदी नियन्त्रणतर्फ यस अवधिमा नदी तथा खोलाक्षेत्रको जमीन कटान, पहिरो नियन्त्रणलगायतका २७ योजना सञ्चालन गरिएको बताइन्छ । सुइखेत खोला नदी कटान, सेती खोला, फिर्के खोला पहिरो नियन्त्रण, काली खोलालगायत नदी नियन्त्रणका योजना सम्पन्न भएको जनाइएको छ ।, महानगरले वडाका भवन निर्र्माणलाई पनि प्राथमिकतामा राखेर कार्य अघि बढाएको छ । हालसम्म वडा नं २, ७, ११, १२, १९, २२, २८, २९, ३० र ३२ मा नयाँ भवन निर्माण कार्य सम्पन्न भएको तथा केही निर्माण कार्य सम्पन्न हुने चरणमा रहेका छन् ।, वडा नं ३, ४, ९, १०, १३, १५, १६, २४ र ३३ को भवन मर्मत गरिएको तथा वडा नं ५, ६, ८, ९, १४, १७ २०, १८, २६, २७ र ३१ मा नयाँ कार्यालय बन्ने गरी प्रक्रिया अगाडि बढाइएकाले यी भवन निर्माण सकिएपछि नागरिकले वडास्तरबाटै सहज रुपमा सेवा प्राप्त गर्ने प्रमुख जिसीले जानकारी दिए।, यसैगरी ४३ वर्षदेखि सडक चक्लाबन्दी गर्न नसकिएको पृथ्वी राजमार्गदेखि विजयपुर ब्यारेक सिमानासम्मको सडकलाई फराकिलो बनाई १० मिटर कायम गरिएको महानगरले जनाएको छ। महानगरले रणनीतिक सडकका रुपमा अगाडि बढाएका सडकमा बहुवर्षीय ठेक्का प्रक्रिया सकेर निर्माण चलिरहेका र चालु आवमा विजयपुर कालिका हुँदै बेगनास सडकलाई ३२ करोड लागतमा अस्फाल्ट गर्ने कार्य अगाडि बढाइएको बताइन्छ।, यसैगरी  बैदाम, पामे, घाँटीछिना हुँदै दमदमे, सिदाने र मणिपाल, मौजा सडक बहुवर्षीय ठेक्का सम्झौता गरेर काम थालिएको महानगरले जनाएको छ। ,रासस, पोखरा महानगरपालिकाले बनायो १३७ किमी कालोपत्र सडक
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा असुलेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ।, मंगलबारदेखि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्षमता भएका सवारीसाधन चलाउन अनुमति दिएको थियो। लामो दूरीका बस भने चलाउन दिइएको छैन। , केहीले रिजर्भ गरेर गाडी लिने गरेका छन्। , यात्रुहरूसँग तोकिएकोभन्दा बढी भाडा लिएको भन्दै आठ जनालाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।  , उनका अनुसार महाशाखाले यात्रुहरू ठगिन सक्ने भन्दै विशेष टोली खटाएको थियो।, उक्त टोलीले काठमाडौंबाहिर जाने यात्रुहरूसँग तोकिएभन्दा तेब्बर बढी भाडा लिएर ठगी गर्ने छ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको हो।, दाङका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गिमबहादुर गाहा मगर, रूपन्देहीका ३६ वर्षीय दिपनारायण थापा, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे र मोरङका ३१ वर्षीय युवराज ढकाल छन्।, त्यस्तै, काठमाडौंबाट उदयपुरसम्म जाने यात्रुहरू प्रत्येकबाट ३ हजार रुपैयाँ भाडा लिएको आरोपमा कोटेश्वरबाट एक जनालाई पक्राउ गरेको हो।, ट्राफिक प्रहरीले उदयपुरका बा १६ च २१८४ नम्बरको प्राइभेट गाडी चलाउने २९ वर्षीय राकेश रसाइलीलाई पक्राउ गरेको हो।, चाबहिलबाट सोलुखुम्बु जाने यात्रुहरूसँग प्रति व्यक्ति ५ हजारसम्म भाडा लिने २५ वर्षीय झनकबहादुर घिमिरेलाई पनि ट्राफिक प्रहरीले पक्राउ गरेको हो।, घिमिरेले ना १ ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएको आरोपमा पक्राउ गरेको हो।, काठमाडौंबाट बाहिर जाने यात्रुसँग बढी भाडा लिएको आरोपमा ८ जना पक्राउ
रमेश लम्साल 'अरूहरूले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छौं। काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन्। अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन। नेपालमा काम गर्नुपरेपछि यस्ता तर्क गर्नेहरू भने धेरै भेटिन्छन्,' कुराकानीको सुरूआत नै यसरी भयो।, पाइलटको एउटा परिवार। सुरूमा पिता अनि तीन छोरा पनि बुबालाई पछ्याउँदै पाइलट। यस्तो संयोग पनि कमै जुर्छ होला। तेस्रो पुस्तालाई समेत सोही पेसामा लगाउने सोच छ त्यो परिवारको।, यो पाइलट परिवारले झन्डै ६५ हजार घन्टा विमान उडाएको रेकर्ड बनाएको छ। नेपाल वायुसेवा निगमको कामसँग नङमासु जसरी जोडिएको छ रिजाल परिवार।, धनकुटाबाट विराटनगर हुँदै काठमाडौं आइपुगेको रिजाल परिवारका दोस्रो पुस्ताका जेठो सदस्य हुन् सुवास रिजाल। पिता गंगाप्रसाद रिजाल निगमका वरिष्ठ पाइलट थिए। उनी लामो समय सेवा गरेर हाल अवकाश जीवनमा रमाइरहेका छन्। उनका पाइलट छोराहरू पनि वरिष्ठ भइसके।, कुनै समय थाइ एयरलाइन्ससँग जोडिएर आउँथ्यो निगमको नाम। शाही नेपाल वायुसेवा निगमबाट सुरू भएको यात्रा नेपाल वायुसेवासम्म आइपुग्दा झनै खस्किएको छ। विदेशी एयरलाइन्सको धमाधम कमाइका अघिल्तिर निगमको गन्तव्य भने सीमित छ। , देशभित्रै निजी वायुसेवा प्रदायकले दैनिक दर्जनौं उडान भर्दा, निगमका जहाज घाम पानी थापेर विमानस्थलमा ग्राउण्डेड हुन बाध्य छन्। पछिल्लो पटक त निगमले ती जहाज व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरिसकेको छ। निगमलाई धेरै अगाडि बढाउन सकिन्छ, यहाँ त हुँदैन, सकिँदैन भन्ने मान्यताले काम गरेको छ। जसले हुँदैन र सकिँदैन भन्छन् उनीहरूलाई निगमको खास जिम्मेवारी दिइएको आरोप पनि लाग्ने गरेको छ।, नेपालको हवाई उड्डयन व्यवसाय ९५ अर्बभन्दा माथिको छ जसमा नेपालमा स्थापित सबै वायुसेवाको कुल हिस्सा २० देखि २५ अर्ब मात्र  छ। हामी सबैले कसैको पनि कुभलो नचिताई स्वस्थ प्रतिस्पर्धा गरेरै अघि बढ्दा सम्वृद्धि हासिल गर्न सकिने सकारात्मक मत पनि छ।, निगमका वरिष्ठ पाइलट रहेका सुवास भन्छन्, 'उच्च व्यवस्थापनमा रहेकाहरुले जे कुरा सम्भव छैन भनिरहनुभएको छ, त्यो कुरा हामी सम्भव छ भनेर देखाउन सक्छौं। हामीमा आँट छ, गर्ने ल्याकत पनि छ।', सबैतिर बन्द भएको उडान तत्कालीन अवस्थामा सुगतरत्न कंसाकार महाप्रबन्धक भएको समयमा सुरू भएको थियो। सुवासको बुझाइमा सन् २०१६ देखि २०१८ को बीचमा झण्डै ४० गन्तव्यमा उडान सुरू भएको थियो। सो समयमा सुवास निगमको अपरेशन डाइरेक्टर थिए। त्यसपछि झनै गन्तव्य थपिनुपर्ने थियो। नयाँ नयाँ जहाज पनि थपिनुपर्ने थियो।, अवस्था भने ठिक विपरीत भएर गएको छ। आन्तरिक उडानका लागि भनेर ल्याइएका चिनियाँ जहाज घाम तापेर, बर्षा सहेर बसेको छ। भएका दुई वटा ट्वीनअटर जहाजले कुन कुन गन्तव्यमा उडान भरोस्। निजी विमान कम्पनीले धमाधम उडान भरिरहँदा निगमका जहाज भने पखेटा काटिएको चरा जस्तै रहन किन बाध्य भयो त? सुवासको टिप्पणी छ, 'यो पनि सकिँदैन, त्यो पनि सकिँदैन, हुँदैन भन्ने मान्यताले निगममा घर गरेको छ। यो प्रवृत्तिलाई बदलेर, सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरिए सबै कुरा सम्भव छ। हामी सम्भव बनाउन सक्छौँ।', 'जहाज उडाउने भनियो, पाइलट छैन भनिन्छ, इन्जिनियर छैन भनिन्छ, अर्कोलाई दोष लगाउन थालिन्छ तर म यो काम गर्छु, यसरी सम्भव छ भनेर कोही कसैले पनि तयारी गरेको देखिएन। बरू राम्रा काम गरेकालाई हिलो छ्याप्ने काम गरियो', वरिष्ठ क्याप्टेन सुवासले भने, 'जसलाई संस्थाको भन्दा अन्यत्रैको माया छ भने कसरी निगम उँभो लाग्छ।', गुनासै गुनासाका पोका मात्रै होइन, हामीसँग निगमलाई अगाडि बढाउने मास्टर प्लान पनि छ। खुम्चिएर बसेको निगमलाई फुकाउने, व्यावसायिक कार्ययोजनाका साथ अगाडि बढ्ने सोच पनि छ। विगतमा अगाडि बढाइएका सकारात्मक कार्ययोजना पूरा गर्ने हो भने निगमले चोला फेर्न धैरै पर्खनुपर्ने छैन।, सुवासको भनाइ छ, 'जे हुँदैन, सम्भव छैन भनिन्छ त्यो काम सम्भव छ, गर्न सकिन्छ। निगम पनि अन्य व्यावसायिक निजी कम्पनीभन्दा अब्बल बनाउन सकिन्छ। प्रतिस्पर्धी बनाउन सकिन्छ।' हुन पनि हो। काम गर्दाभन्दा नगर्दा नै फाइदा भएपछि किन मानिसले दुःख गरोस्? अहिले निगममा भएको पनि त्यही हो। सायद यसैले हुनसक्छ उनको आक्रोशपूर्ण अभिव्यक्ति देखिन्छ बेलाबखतमा।, कोरोनाको विपदमा उद्धार गर्नुपर्दा निगमको जहाज चाहिएको छ। स्वास्थ्य सामग्री ल्याउनुपरेको छ, जहाज त फेरि पनि निगमको नै चाहिन्छ तर निगमलाई व्यावसायिक बनाऔं भन्ने सन्दर्भ कहीँ कतैबाट आयो भने, कोही जिम्मेवारी लिन तयार नभएको उनको गुनासो छ। किनकि, त्यहाँ जवाफदेही हुनुपर्छ। निगम बनाउँछु भनेर आएका एकाधबाहेक अधिकांशसँग जवाफदेहिता छैन भन्ने आफूले देखेको सुवासको भनाइ छ।, 'आपत विपदको समयमा काम लाग्ने भनेकै आफ्नाहरु हुन्' नेपाली समाजमा यो भनाइ लोकप्रिय छ। कुनै पनि सार्वजनिक संस्था स्थापना गर्नुको पछाडि पनि यही सामाजिक चरित्रले काम गरेको छ तर निगमलाई आम जनताको संस्था बनाउनेतर्फ कोही कसैले सोचेका छैनन् जस्तो देखिनु आफैमा दुःखद छ।, निगमका दुई वाइडबडी जहाजमध्ये एउटालाई जानी बुझीकनै बिरामी बनाइएको छ। बिरामी निगम सुधार्न ठूलै पापड पेल्नुपर्ने बताउने सुवासलाई शुरुमा आमाले छोरो डाक्टर बनोस् भन्ने चाहेका थिए। बुबा पाइलट भइहाले अब छोरो डाक्टर बनोस् भन्ने भए पनि परिस्थितिले पाइलट नै बनाइदियो। पिता गंगाप्रसादका तीन भाइ छोरा नै पाइलट बने।, बनारसमा आइएस्सी सकेपछि सुवास पाइलट पढ्न अमेरिका गए। यो सन् १९८८ मा उनी त्यहाँ पुगेर करीब १० महिनामा १०–१२ हजार अमेरिकी डलर खर्च गरेर अध्ययन गरे र व्यावसायिक पाइलट बनेर फर्किए। उनले नेपाल फर्केपछि जहाज उडाउने सपना बोकेर आएका थिए तर त्यति नै बेला भने निगमसँग पर्याप्त जहाज थिएनन्। त्यसमाथि सरकारी संस्थान भएकाले सजिलै जागिर पाउने कुरा पनि थिएन।, जहाज उडाउन नपाएपछि केही समय शिक्षक भएको स्मरण गर्नुहुन्छ, सुवास। बेरोजगार पाइलट भनेर पहिलो अन्तरवार्ता दिने पनि मै थिएँ, शुरुआती दिनहरुको स्मरण उनी यसरी गर्छन्।, संयोगले तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठसँग भेट्ने अवसर मिल्यो। मरिचमानले विस्तारमा सुवासहरुको कुरा सुने। उनलाई भेटेको केही समय लगत्तै सुवासलाई रोजगारीको खबर आयो।, नेपाल एयरलाइन्सका पाइलट सुवासले ट्वीनअटर, बोइङ हुँदै अहिले एयरबस ३२० उडाइरहेका छन्। उनले आफ्नै पितासँग एउटै ककपिटमा बसेर पनि जहाज उडाएका छन् । सन् १९६७ मा पाइलट बनेका गंगाप्रसाद, सन् २००३ मा अवकाश भए।, कुनै बेला बाबु छोराले जहाज हाँक्ने सुवासका दाजुभाइ पनि बेला बेलामा त्यस्तै संयोग मिलेर आएको हुन्छ। भाइ श्रवणसँगै सुवास एअरबस ३२० उडाउँछन्। अहिले भाइ एअरबस ३३० मा छन् भने सुवास ३२० मा प्रशिक्षक पाइलट हुन्। केही वर्ष पहिले तीनै जना दाजुभाइ एअरबस ३२० उडाउँथे।, क्याप्टेन गंगाप्रसादका तीन भाइ छोरा, तिनै जना पाइलट। बुबाले झण्डै १८ हजार घण्टाभन्दा बढी उडाए। सुवास भन्छन्, 'मेरो नै २१ हजार घण्टा माथि पुग्यो। भाइहरुको १८– १८ हजार घण्टा माथि पुग्यो। यसबाट प्रष्ट हुन्छ हाम्रो परिवारको मात्रै ६५ हजार घण्टाभन्दा माथि जहाज उडाएको  छ।', विभिन्न क्षेत्रमा नयाँ रेकर्ड कायम भएका छन्। चारै जना एउटै एयरलाइन्स राष्ट्रिय ध्वजाबाहकमा काम गरेको पनि विरलै पाइन्छ। एउटै संस्थामा लामो समयसम्म आबद्ध भएर बसेको पनि लामो नै भएको छ।, 'पिताजी ८० पुग्नुभएको छैन। म ५३ वर्ष भएँ। भाइहरू मभन्दा चार वर्ष कान्छा छन्,' सुवासले पारिवारिक पृष्ठभूमि बताए। माइला सुदीप पनि केही पहिले निगमको पाइलट थिए। अहिले उनी संयुक्त राष्ट्रसङ्घमा कार्यरत छन्।, विराटनगर–४ बरगाछी स्थायी ठेगाना भए पनि रिजाल परिवार काठमाडौंमा नै बस्यो। सुवासमात्रै विराटनगरमै जन्मिए हुन्। सुदीप र श्रवण काठमाडौंमै जन्मिए। सुवासले भानुभक्त र ल्याब्रेटरी स्कुल पढेका हुन्।, सुदीप र श्रवण सिद्धार्थ वनस्थलीमा पढे। खासमा सुदीप र श्रवण पाइलट बन्न खोजेका थिएनन् तर पछि उनीहरू पनि अन्तिममा पाइलट बन्न पुगे। सुदीप–श्रवणले इन्जिनियरिङ पढेका हुन्। त्यसमा पनि सुदीपको सफ्टवेयरमा इन्जिनियरिङ हो। श्रवणको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विषय थियो।, इन्जिनियरिङ सकेर दुबै जना नेपाल फर्केर जागिरको खोजी सुरू भयो। तर केही गर्दा पनि पाउन सकिएन। काम गर्ने ठाँउ नै पाउन सकिएन। के गर्ने त भन्ने जिज्ञासाका बीचमा दुबै जनाले पाइलट पढ्ने निधो भयो। पाइलट कोर्सका लागि अमेरिका गए।, बाबु र जेठा छोरा जतिबेला सँगै जहाज उडाउँथेँ भने माइला र कान्छा भने पाइलट कोर्स पढ्दै थिए। सन् १९९७ मा पाइलट कोर्स सकेर आउँदा निगममा नै जागिर खुलेको थियो। बाबु र तीन भाइ छोरा सबै निगमको नै जागिरे पाइलट थिए।, सुवास र श्रवण अनुभवी पाइलटका रुपमा स्थापित थिए। दाजुभाइ नै एकै पटक ककपिटमा रहँदा कस्तो अनुभव हुँदोरहेछ त? 'अरूजस्तै सामान्य' सुवासको छोटो उत्तर थियो। झण्डै अढाई सय हाराहारी उडानमा दाजुभाइ सँगै छन्। प्रायः एकैसाथ उडेका छौँ। दाजुसँगै एउटै ककपिटमा धेरै उडान भरेका सुदीपले भने बुबासँग जहाज उडाउन पाएको अनुभव छैन।, उनलाई बेला बेलामा मलाई त्यो सौभाग्य भने मिलेन भन्ने लाग्छ। एउटै ककपिटमा रहँदा दाजुभाइको नाता कि एउटा व्यावसायिक पाइलटको सम्बन्ध? कुन बढी देखिन्छ? हाम्रो अर्को जिज्ञासा थियो सुवाससँग। उनले भने, 'दाजुभाइभन्दा पनि साथी जस्तो लाग्छ मलाई। उडेपछि हामी साथीभाइ।' श्रवणको पनि उस्तै भनाइ छ, 'ककपिटमा बस्दा दाजुभाइ भन्ने जस्तो नै हुँदैन।', नेपालका अधिकांश विमानस्थलमा उडान भरेको अनुभव छ, सुवाससँग। यस्तै अनुभवको खानी नै छ श्रवणसँग पनि। रूम्जाटारबाट काठमाडौँका लागि उडेको ट्वीनअटर जहाजको एकापट्टिको इन्जिन उड्नेवित्तिकै बन्द भयो। जहाजलाई नियन्त्रण गर्नुको विकल्प थिएन उनीसँग। रुम्जाटारै फर्किन पनि सकिएन। काठमाडौँ सजिलै अवतरण गराउनु ठूलो चुनौती थियो तर बन्द भएको इन्जिन दस मिनेट पछाडि स्टार्ट भयो र सङ्कट टर्यो।, उनीहरूसँगको कुराकानी सुन्दा लाग्छ कि हवाई उडान आफैमा जोखिमपूर्ण हो। त्यो नेपालमा मात्रै नभई संसारभर नै उस्तै हो। मात्रै जोखिम नियन्त्रण गर्ने उपाय खोज्नुपर्छ।, 'उडान मार्ग परिवर्तन गर्दै खराब मौसमलाई चिर्ने हो। आकाशमा समस्या हुन्छ नै अमेरिकाको अलास्कामा यहाँको भन्दा बढी जोखिम छ तर पनि उडान त भइरहन्छ,' सुवासको भनाइ छ।, एयरबस उडाउने १२ जना पाइलटमा वरिष्ठमध्ये एक हुन् सुवास। अफगानिस्तानबाट नेपालीको उद्धारका लागि भएको उडानमा सुवास र श्रवण नै गएका थिए। त्यहाँ अवतरण गरेको केही समयमै विमानस्थलको एक भागमा बम विष्फोट भएको थियो। यस्ता दर्जनौँ उदाहरण छन् उनीहरूसँग।, सन् १९९९ डिसेम्बर २४ मा इन्डियन एयरलाइन्सको एयरबस ए–३०० अपरहणमा परेको थियो। त्यसपछि नेपाल वायुसेवा निगमको जहाज नै काबुलका लागि सोझो उडान भरेको थियो। रिजाल दाजुभाइले पटक पटक आफनो ऐतिहासिक दायित्व पूरा गरेका छन्।, विगतमा अपरशेन डाइरेक्टर भएर ४० गन्तव्यमा नेपाली ध्वजाबाहक जहाज पुर्‍याउने श्रेय सुवासको नाममा छ। व्यावसायिक हितका लागि काम गर्दा निगमको हित नचिताउनेहरुले दुःख दिए पनि त्यसको परवाह नगर्ने स्वभाव छ मेरो, सुवास स्पष्ट भन्छन्।, निगममा पटक पटक प्रमुख व्यवस्थापक परिवर्तन भए। पूर्व सचिव सुशील घिमिरे दोहोर्‍याएर अध्यक्ष बने। मदन खरेल पनि दोहोर्‍यार कमान सम्हाल्न पुगे तर अवस्था जहाँको त्यहीँ  छ। उनीहरू दुवै जना कार्यकाल नै पूरा नगरी राजीनामा दिएर हिँडे। निगमलाई बचाउन सफलता प्राप्त होस् भनी धेरैले दिएको आशीर्वाद, बधाई र सफलताका शुभकामनाहरु फेरि अधुरै रहेको गुनासो उत्तिकै छ। यो नियति दोहोरिरहँदा नेपालको राष्ट्रिय ध्वजावाहकलाई माया गर्नेहरु पटक पटक मर्माहत हुनुपरेको वरिष्ठ क्याप्टेन सुवासले बताए।, आँट गरेर ल्याएको अन्तर्राष्ट्रिय उडान गर्ने चार वटा जहाजको भरमा निगमको साख कति दिन जोगिएला ? धेरैको जिज्ञासा छ। वरिष्ठ क्याप्टेन सुवासको भनाइ छ– मौजुदा अवस्थालाई परिवर्तन गर्न आँट चाहिन्छ। त्यस्तो आँटका लागि प्लान चाहिन्छ। टिम पनि चाहिन्छ। विद्यमान व्यवस्थापनले त्यो काम गर्न सक्दैन।, नयाँ सोचका साथ काम गर्नैपर्छ। निजी सेवा प्रदायकले गर्न सक्छ भने निगमले किन गर्न सक्दैन ?, तपाईले जिम्मेवारी पाए निगमलाई सुधार गर्न सक्नुहुन्छ ? हाम्रो यो प्रश्नको उत्तरमा सुवास धेरै आशावादी देखिए। 'निगमलाई धेरै सुधार गर्न सकिन्छ। छ महिनामा परिणाम दिन सकिन्छ। निगमभित्रका तमाम विकृति पनि हटाउन सकिन्छ। दर्जनभन्दा बढी जहाज पनि किन्न सकिन्छ। गन्तव्य पनि विस्तार गर्न सकिन्छ। नसकिने भन्ने केही पनि छैन। सबै सम्भव छ। गर्न सकिन्छ,' उनले भने।, त्यो काम हामी गर्न सक्छौँ। कुराकानीको बिट मार्दै वरिष्ठ क्याप्टेन सुवासले भने, 'एउटा इतिहास बनेको परिवारको एउटा सदस्य भएकाले पनि मेरो रगतमा नै निगम छ। निगम डुबेको होइन, निगम फैलिएको हेर्ने धोको छ। किनकी मेरो परिवारको रगत पसिना नै यसका लागि बगेको छ। मेरा लागि यसको विकास र विस्तारभन्दा अरु कुनै स्वार्थ छैन।', बुबा र तीनै छोरा पाइलट, एकै ककपिटमा
सेतोपाटी संवाददाता कालीगण्डकी–तिनाउ बहुउद्देश्य डाइभर्सन आयोजना अहिले सर्वाधिक चासोको विषय बनेको छ। यो आयोजनाको सम्बन्धमा संघीय सरकार र प्रदेश सरकारबीच विवाद उत्पन्न भएको छ। , गएको शनिबार संघीय सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बुटवलमा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेपछि यो विषय सतहमा आएको छ।, दुवै सरकारले आ–आफ्नो अडान सार्वजनिक गर्दै आएका छन्। हामीले यो आयोजना तयार गर्ने राष्ट्रिय योजना आयोग र प्रमुख सरोकारवाला प्रदेश सरकारका प्रवक्तालाई किन विवाद भएको हो भनेर सोधेका छौं।, विद्युत, सिचाइँ, रोजगारीका लागि आयोजना महत्वपूर्ण छ,- मिनबहादुर शाही, राष्ट्रिय योजना आयोग सदस्य तथा प्रवक्ता। , राष्ट्रिय योजना आयोगका सदस्य तथा प्रवक्ता मिनबहादुर शाहीले कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनालाई रोक्न नहुने बताएका छन्। , आयोजनाबाट विद्युत उत्पादन, सिचाइँदेखि लिएर रोजगारी सिर्जना समेत भई देशको अर्थतन्त्र विकासका लागि समेत टेवा पुर्‍याउने उनले बताए। , यस आयोजनाबाट आगामी दिनमा बुढीगण्डकीलाई समेत पानी दिनेगरी परिकल्पना गरिएको उनको भनाइ छ। यस्ता आयोजनालाई निर्माण नगर्ने हो भने सरकारले अपेक्षा गरेको दुई अंकको आर्थिक वृद्धिदर सम्भव नहुने पनि उनले बताए। , उनले भने ‘हामी विद्युत उत्पादन गर्छौँ, यसले सवा लाख भन्दा बढी हेक्टरमा सिचाइँ उपलब्ध गराउने छ, रोजगारी सिर्जना गर्नेछ र राष्ट्रिय अर्थतन्त्रको वृद्धिमा सहयोग गर्छ।’ , तल्लो तटीय क्षेत्र र माथिल्लो क्षेत्रबीचको सन्तुलन कायम गर्न समेत यसले मद्दत पुग्ने उनको भनाइ छ। , ‘जुन ठाउँमा अहिले हामी ड्याम बाँध्दैछौँ, भोलि यता बुढीगण्डकी सुख्खा भएको अवस्थामा त्यहाँ पनि यो आयोजनाले पानी पुरा गर्न सक्ने गरी परिकल्पना गरिएको छ।’ ,  प्राकृतिक स्रोत र साधनको उपयोग, सदुपयोग गर्ने सन्दर्भमा स्वभाविक रुपमा यस्ता द्वन्द्वहरु देखिने गरेको उनले बताए।  , उनले आयोजनाबाट पर्ने असर र जोखिमका लागि पनि योजनाहरु बनाइने बताए। आयोजना बन्न नदिनका लागि द्वन्द्व गर्नुभन्दा पनि द्वन्द्वको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ। , ‘यसको विस्तृत अध्ययन हुन बाँकी नै छ, जुन जुन ठाउँमा जस्तो खालको जोखिमको अनुमान, आँकलन गर्छौँ, त्यो ठाउँमा त्यस्तै खालका एडप्टेशन प्लानहरु, वैकल्पिक योजनाहरु बनाउँछौँ’ उनले भने ‘आयोजनाहरु बन्न नदिनेगरी प्रश्न गर्नु भएन, द्वन्द्वलाई व्यवस्थापन कसरी गर्न सकिन्छ, त्यतातिर छलफल गर्नुपर्छ।’, आयोजना सम्पन्न गर्नका लागि तिनै तहको सरकारसँगको समन्वयलाई प्रभावकारी बनाइने उनले बताए। , विद्युत उत्पादनमा ६४ अर्ब रुपैयाँ र सिँचाइ तथा सिञ्चित क्षेत्र विकासमा ७४ अर्ब रुपैयाँ गरी कुल एक खर्ब ३८ अर्ब रुपैयाँको लागत अनुमान रहेको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाले कालीगण्डकी सुकाएर प्राकृतिक विनास गर्न लागेको भन्दै गण्डकी प्रदेश सरकारले विरोध गरेको छ।, गण्डकी प्रदेशको भूगोल, प्राकृतिक सम्पदामाथिको अतिक्रमण सह्य हुँदैन, विरोधमा उत्रिन्छौं-,  कुमार खड्का, मन्त्री सामाजिक विकास तथा प्रवक्ता, गण्डकी प्रदेश।, गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री कुमार खड्काले कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना गण्डकी प्रदेशका जनताको अहितमा रहेकाले रोक्न माग गरेका छन्। , मन्त्री खड्काले यस परियोजनाले गण्डकी प्रदेशको जैविक विविधता, पर्यावरण, पर्यटनमा असर पार्ने भन्दै यसलाई रोक्नुपर्ने उनको भनाइ छ। संघीय सरकारले यस परियोजना निर्माणको लागि प्रदेश तथा स्थानीय सरकारसँग कुनै प्रकारको समन्वय नगरेको उल्लेख गर्दै उनले संघ सरकारले गण्डकी प्रदेशको भूगोल, प्राकृतिक स्रोत र सम्पदामाथि नै अतिक्रमण गरेको बताए। , उनले भने ‘संघ सरकारले गण्डकी प्रदेश सरकारसँग सामान्य सरसल्लाह÷समन्वय समेत नगरिकन कालीगण्डकीलाई डाइभर्ट गरेर तिनाउ खोलामा मिसाएर अगाडि बढाउने भनेर योजनाको शुभारम्भ गर्‍यो, कार्यालय स्थापना गर्‍यो। यसमा गण्डकी प्रदेश सरकारको ठूलो आपत्ति छ।’, तीन तहका सरकारलाई संविधानले अनुसूचीको ५, ६, ७, ८ र ९ मा एकल अधिकार र साझा अधिकार प्रदान गरेको बताउँदै उनले त्यो अनुसार स्थानिय, प्रदेश र संघीय सरकार निर्देशित हुनुपर्ने बताए। , ‘यो परियोजनाको सन्दर्भमा संघ सरकारले आफुमात्र रहेको भनेर निर्णय गरेको छ। यो संविधानको बर्खिलाप छ। संघीयताको बर्खिलाप छ। अझ विस्थापनमा जाने सरकारले दिर्घकालीन महत्वको योजना ल्याउँदा राजनीतिक रुपमा अपराध हो भन्ने हाम्रो ठम्याई हो।’, जैविक विविधता, पर्यावरण, पर्यटन, राजनीति र संघीयतामा यसले असर पार्ने उनले बताए। कालीगण्डकी केवल नदी मात्रै नभई सभ्यता पनि भएको भन्दै उनले सभ्यता र संस्कृति मास्नु नहुने बताए। , कालीगण्डकीको पानी डाइभर्ट गरेर तिनाउमा मिसाउँदा संस्कृतिको धरोहरको रुपमा रहेको देवघाटमा पनि पानीको अभाव हुने र देवघाटको अस्तित्व नै मासिन सक्ने पनि उनले बताए। , त्यस्तै कालिगण्डकी उपत्यकाका १० वटा स्थानीय तह, चितवन राष्ट्रिय निकुञ्ज पनि मरुभुमीमा परिणत हुने उनले उल्लेख गरे। , मन्त्री खड्काले यो परियोजना गण्डकी प्रदेश सरकारको असहमति बिना निर्माण गर्न खोजिएर प्रदेश सरकार विरोधमा मात्रै नभई प्रतिकारमा समेत उत्रिने चेतावनी दिए। , उनले भने ‘गण्डकी प्रदेशको बिनाश गरेर, गण्डकी प्रदेशका जनताको अहित गर्न कसैले खोज्छ भने त्यसको हामीले विरोध मात्रै होइन, प्रतिकार पनि गर्छौं।’ , के हो कालीगण्डकी–तिनाउ बहुउद्देश्य डाइभर्सन आयोजनाको विवाद?
सेतोपाटी संवाददाता बुधबार काठमाडौं उपत्यकामा ५७२ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ संक्रमित थपिएका हुन्। , काठमाडौं उपत्यकामा कुल ८ हजार ५ सय सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। , हाल काठमाडौं जिल्लामा ४ हजार ९१६, ललितपुरमा २ हजार ७ र भक्तपुरमा १ हजार ५७७ सक्रिय संक्रमित छन्।, हालसम्म काठमाडौं जिल्लामा १ हजार ८७८, ललितपुरमा ५४२ र भक्तपुरमा ३६४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ।, पछिल्लो २४ घन्टामा देशभर २८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , मुलुकभर ७१८७ वटा पिसिआर नमुना परीक्षणबाट १८८९ जनामा संक्रमण पुष्टि भएको छ भने ४३८१ नमुना एन्टिजेन परीक्षण गर्दा १००३ जनामा पुष्टि भएको छ।,  ,  , काठमाडौं उपत्यकामा थपिए ५७२ संक्रमित, सक्रिय संख्या ८ हजार ५ सय
विवेक राई गत सोमबार टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले उमेर हदका कारण अवकास पाए। २०४१ सालदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका डा. राजभण्डारी २०७६ फागुन १९ गते टेकु अस्पतालको निर्देशकको भूमिकामा आएका थिए। , उनी जुनबेला टेकु अस्पतालको नेतृत्व सम्हाल्न आए, त्योबेला नेपालमा कोरोना संक्रमण मत्थर भएर पुनः फैलिने क्रममा थियो। अस्पतालमा विस्तारै संकास्पद विरामीहरूको चाप बढ्दै थियो। टेकु अस्पतालमा पनि दिनुहँ त्यस्ता विरामीहरू जाँच गर्न आउने क्रम बढ्दै थियो। सबै अस्पताललाई संक्रमितको उपचारका लागि बेडलगायत आवश्यक पूर्वाधार तयार पार्नुपर्ने थियो। , तर त्यो बेला टेकु अस्पतालमा बेडदेखि, आइसियू, भेन्टिलेटर सबै अभाव थियो। यतिसम्म कि अस्पतालमा राम्रो बिजुली र पानीको सप्लाइ पनि थिएन। डा. राजभण्डारीले ,सेतोपाटी,सँग भने, 'म आउँदा केही पनि थिएन। डेडिकेटेड बिजुली, पानीको सप्लाई थिएन। विरामीका लागि बेडको राम्रो व्यवस्थापन थिएन। त्यसमाथि अक्सिजनको समेत राम्रो व्यवस्थापन थिएन।', टेकु अस्पताल कोरोना संक्रमितको पहिलो उपचार गर्ने अस्पताल भएकाले पनि संक्रमण फैलिएको अवस्थामा सरकारले जुनसुकै बेला पनि अस्पताललाई 'कोभिड डेडिकेटेड' अस्पताल बनाउन सक्थ्यो। तर त्यसका लागि पूर्वाधारको हिसाबले अस्पताल तयार थिएन। यो कुरा नयाँ निर्देशकको रुपमा आएका डा. राजभण्डारीलाई राम्रोसँग थाहा थियो। त्यसैले उनले पहिला बेड र अक्सिजनको राम्रो व्यवस्थापन गर्नुपर्छ भनेर कस्सिए।, उनले भएका बेडहरूलाई व्यवस्थापन गरे र थप बेडहरू विस्तार गरे। सबैभन्दा महत्वपूर्ण कुरा त उनले बेलैमा लिक्विड अक्सिजन ट्यांक जडान गरे। किनभने कोरोनाको सबैभन्दा ठूलो उपचार नै अक्सिजन रहेको डा. राजभण्डारीले बुझेका थिए। त्यसैले उनले तीन महिनाभित्रै अस्पतालमा २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्यांक जडान गरे। नभन्दै कोरोना संक्रमण उत्कृर्षमा पुगेका बेला ठूल्ठूला अस्पतालहरू अक्सिजनको चरम अभावसँग गुज्रिँदा टेकु अस्पतालले त्यो समस्या झेल्नुपरेन। , 'पहिले इमर्जेन्सी र आइसियू वार्डमा ५-६ वटा सिलिण्डर राखेर अक्सिजन चलाइएको रैछ। लिक्विड ट्यांक राख्दा सजिलो र सस्तो पनि हुन्छ भन्ने कुरा मलाई पहिलेदेखि नै थाहा थियो। त्यसैले तीन महिनाभित्र लिक्विड ट्यांक जोड्ने काम गरिहालेँ,' उनले भने। , अक्सिजनको व्यवस्थापन गरेपछि सघन उपचार सेवाका लागि आइसियू र भेन्टिलेटरको व्यवस्थापन गर्नुपर्ने थियो। आफू निर्देशक भएर आउँदा अस्पतालमा जम्मा दुईटा आइसियू र भेन्टिलेटर रहेको भन्दै पछि त्यसलाई विस्तार गरिएको बताए। हुन पनि २०७६ को चैतमा हामी निर्देशक राजभण्डारीलाई भेट्न जाँदा अस्पतालमा आइसियू कक्ष बनाउने काम धमाधम हुँदै थियो। अहिले अस्पतालमा २४ वटा आइसियू र २१ वटा भेन्टिलेटर छन्। , तर गत चैतदेखि जब संक्रमणको दोस्रो लहर भयावह हुन सुरु गर्‍यो त्यसपछि अस्पताललाई संक्रमितको व्यवस्थापन गर्न गाह्रो भयो। अक्सिजन नभएको भन्दै ठूल्ठूला निजी अस्पतालहरूले समेत विरामीको उपचार गर्न नसक्ने भन्दै हात उठाए। त्यसले झन् सरकारी अस्पतालहरूमा विरामीको चाप थामिनसक्नु भयो। टेकु अस्पताल पनि त्यसकै चपेटामा पुग्यो। संक्रमणको पहिलो लहरमा ५०/६० जना विरामीको उपचार गरेको टेकु अस्पतालमा दोस्रो लहरमा विरामी संख्या सय नाघ्यो। अस्पतालमा भएका बेडहरू सबै भरिभराउ भए। , डा. राजभण्डारी अहिले पनि आफूलाई रातभर बेडको खोजीमा तारन्तार फोन आएको सम्झिन्छन्। उनले दिनहुँ पाँच सय बढी फोनहरू बेड सोध्नेको मात्र आउने भन्दै धेरैलाई भर्ना गर्न नसकिएको सुनाए। तर पनि भएका विरामीको उपचारको राम्रो प्रबन्ध गर्न र अस्पताल आँगनमै आइसकेका विरामीलाई जसरी पनि व्यवस्थापन गर्न डा. राजभण्डारी जुटिरहे। यतिसम्म कि अस्पतालको बेडहरू भरिभराउ भएपछि उनले इमर्जेन्सीको ढोका बाहिरै कुर्सी र बेन्चलाई बेड बनाए। त्यहीँ बेडमा कति विरामीहरूले अढेस लागेर उपचार पाए र निको भएर घर फर्किए। , तर विरामीलाई त्यसरी कुर्सी, बेन्च र भुइँमा म्याट ओछ्याएर राख्दा बेलाबेला आउने पानी र जेठको मध्य गर्मीले सकस भयो। त्यसपछि अस्पतालको आँगनमै निर्देशक राजभण्डारीले अस्थायी टहरा बनाए। कुर्सी र बेन्चमा रहेका संक्रमितलाई टहरामा सारे। त्यो बेला संक्रमितको व्यवस्थापन गर्न धेरै समस्या झेलेको सुनाउँदै डा. राजभण्डारीले भने, '१ सय ३८ जना संक्रमित भर्ना भएका थिए। नयाँ विरामीको लागि ठाउँ थिएन, अक्सिजन थिएन। त्यो बेला विरामीलाई परेको दुःख देखेर रोएको छु। मैले ३६ वर्ष यो सेवामा काम गरेँ तर यसरी रोएको पहिलोपटक हो।', डा. राजभण्डारीले लिक्विड अक्सिजन ट्याङ्क त जडान गरेका थिए तर दोस्रो लहरमा संक्रमितलाई यति धेरै अक्सिजन चाहियो कि, त्यसले समेत धान्न सकेन। सरकारले कोटा प्रणालीबाट सय सिलिण्डर अक्सिजन त दिन्थ्यो तर त्यो पनि सहज आपूर्ति नहुँदा अस्पताललाई हम्मेहम्मे पर्थ्यो। एकदिन त भर्ना भएका विरामीलाई समेत अक्सिजन नपुग्ला जस्तो भयो। त्यसपछि आफूले तत्काल दश थान अक्सिजन कन्सन्ट्रेटर किनेर ल्याएको डा. राजभण्डारीले सुनाए। , यसरी दोस्रो लहरमा पनि उनले टेकु अस्पतालमा उपचार चुस्त बनाउन डटेर लागे। विरामीको मनोबल बढाउन बेलाबेला उनीहरूको बेड पुगिरहे। अस्पतालका एक चिकित्सक भन्छन्, 'अघिल्लो निर्देशकभन्दा उहाँले अस्पतालमा राम्रो गर्नुभएको हो। कोरोना अवधिभर सक्रिय रहनुभयो। विरामीसँग आफै कुराकानी गर्नुभयो। पिसीआर परीक्षण गर्न आएका मानिससँग पनि लाइनमै आएर सोधपुछ गर्नुहुन्थ्यो।', तर संकटको बेला राज्यको संयन्त्रहरूले चाँडो रेसपोन्स भने नगर्ने डा. राजभण्डारी बताउँछन्। सरकारकै तीन वर्षअघिदेखिको टेकु अस्पताललाई तीन सय शैय्याको अस्पताल बनाउने योजनालाई आफूले पूरा गर्न हरसम्भव प्रयास गर्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको उनको असन्तुष्टि छ। 'सरकारले नै दुई तीन वर्षदेखि ३ सय शैय्याको अस्पताल बनाउने भनेको थियो। मैले त्यत्रो दुःख गर्दा, यसोउसो गरौं भन्दा मन्त्रालयले कुनै चासो देखाएन। खाली उडाइदियो मात्र,' उनले भने 'म त त्यहाँबाट बिदा भए तर यो काम छिट्टै पूरा होस्।', गत सोमबारबाट अवकास पाएका राजभण्डारी अहिले घरमै बसिरहेका छन्। उनले आफूलाई कोरोना संक्रमण पनि पुष्टि भएको भन्दै अहिले घरमै आराम गरिरहेको बताए। उनले अवकासपछि पनि आफू स्वास्थ्य क्षेत्रमै सक्रिय रहेने बताउँदै भने, 'यहीँ क्षेत्रमा सक्रिय हुन्छु। विरामीको सेवामा खटिन्छु।', टेकु अस्पताललाई कोभिड संकटबाट पार लगाएका डा. राजभण्डारी