content
stringlengths
20
64.1k
विवेक राई सरकारले निषेधाज्ञालाई खुकुलो बनाएको एक साता हुन लाग्दा कोरोना भाइरसको संक्रमण दर स्थिर देखिएको छ।, निषेधाज्ञा खुकुलो बनाउनुअघिको एक साता र यस साताको तथ्यांक हेर्दा संक्रमणदर २१ प्रतिशत छ। , असार १ गतेदेखि ७ गतेसम्मको तथ्यांक अनुसार कुल ८५ हजार ३५९ जनाको परीक्षण गरिएकोमा १८ हजार ८८ जनामा संक्रमण पुष्टि भएको थियो। जसमा संक्रमण दर २१.१९ प्रतिशत थियो। त्यसपछि यो साताको तथ्यांक हेर्ने हो भने हिजो (शनिबार) सम्म कुल ६५ हजार ४२० जनाको परीक्षण गर्दा १३ हजार ९०९ जनामा संक्रमण पुष्टि भएको छ। त्यो भनेको संक्रमण दर २१.२६ प्रतिशत हो। अर्थात् पछिल्लो एक सातामा निषेधाज्ञालाई खुकुलो बनाइए पनि संक्रमणदर बढेको छैन। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले संक्रमणदर नघटे पनि स्थिर रहनु पनि राम्रो रहेको बताएका छन्।, उनले निषेधाज्ञा खुकुलो बनाइए पनि संक्रमण नबढेको भन्दै यसले राम्रो संकेत गरेको जनाए।, 'निषेधाज्ञा खुकुलो भएपछि कतै संक्रमण बढ्छ कि भन्ने डर थियो तर बढेको पाइएको छैन। त्यसैले संक्रमण नघटेपछि स्थिर रहनु पनि राम्रो कुरा हो,' पौडेलले भने, 'यसरी नै मानिसहरूले नियम पालन गर्नुभयो भने हामी छिट्टै नै राम्रो अवस्थामा पुग्छौं।', यद्यपि संक्रमणदर नघटेका कारण निषेधाज्ञालाई ठ्याक्कै कस्तो बनाउने भनेर अहिले भन्न नसकिने उनी बताउँछन्।, प्रवक्ता पौडेल भन्छन्, 'हामी अहिले पनि 'वेट एन्ड वाच' को अवस्थामा छौं।', काठमाडौं उपत्यकामा पनि गत असार ८ गतेदेखि जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साताको लागि थपिएको थियो। जसमा निजी सवारीसाधनलाई जोरबिजोर प्रणालीबाट चल्न दिइएको छ। उपत्यकाको निषेधाज्ञाको समयावधि सकिन दुई दिनमात्र बाँकी भएपछि आजै तीन वटै जिल्लाका सिडिओ बैठक बस्दैछन्।  , ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसार निरौलाले निषेधाज्ञाबारे थप निर्णय गर्न सम्भवत बैठक आजै बस्ने जनाए।, उनले जारी निषेधाज्ञालाई थप खुकुलो बनाइने बताए।, 'कोरोना संक्रमण जुन अवस्थामा घट्छ भन्ने अपेक्षा गरिएको थियो त्यो घटेन,' ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सेतोपाटीसँग भने, ‘निषेधाज्ञालाई जारी राखिन्छ तर के-के खुल्न दिने भन्ने निर्णय गर्छौं।', यद्यपि निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी भइरहँदा सार्वजनिक यातायातलाई भने अहिले नै नखुलाइने भएको छ।, सरकारले आन्तरिक हवाइ सेवालाई आगामी असार १७ गतेबाट सञ्चालन गर्न दिने भएपछि यातायात व्यवसायीहरूले पनि सार्वजनिक यातायात खोल्न दिनुपर्ने माग राख्दै आएका छन्।, विज्ञहरूले समेत संक्रमणदर नघटे पनि अहिलेको अवस्थामा स्थिर रहनु पनि राम्रो रहेको बताएका छन्।, टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणदर स्थिर रहँदा तत्कालको लागि अर्को समस्या नआउने बरू विस्तारै संक्रमण घट्दै जाने बताए।, 'हुन त निषेधाज्ञा खुकुलो बनाएको पाँच दिनमात्र हुँदैछ। जसले गर्दा अहिले नै संक्रमणको अवस्था केलाउन हतार हुन्छ। किनभने संक्रमण भयो भने त्यसको लक्षण देखिन पाँचदेखि १४ दिन लाग्छ। तर पनि संक्रमण स्थिर रह्यो भने पनि तत्कालका लागि अर्को समस्या आउँदैन भन्ने चाहिँ हो,' उनले भने, 'अझ दुई साता पुगेपछि संक्रमणको अवस्था के हो भनेर भन्न सजिलो हुन्छ।', निषेधाज्ञा खुकुलोको एक साता- कोरोना संक्रमणदर न बढ्यो, न घट्यो
सेतोपाटी संवाददाता काठमाडौंकै सडक कालोपत्र नभएर अलपत्र रहेपछि सडक विभागमा तालाबन्दी गर्न पुगेका वडाध्यक्ष नै पक्राउ परेका छन्।, बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का अध्यक्ष शम्भु भट्टराईसहितलाई प्रहरीले पक्राउ गरेको छ।, उनीहरू सडक अलपत्र रहेको भन्दै छिटो कालोपत्र गर्न माग गर्दै सडक विभाग बबरमहलमा आइतबार पुगेका थिए।, सडक विभागमा तालाबन्दी गर्न लागेको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।, वडाध्यक्षसहित १५ जना स्थानीयलाई नियन्त्रणमा लिइएको थियो। केहीबेरपछि उनीहरूलाई छाडेको प्रहरीले जनाएको छ।, प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले वडाध्यक्षसहितलाई छाडिसकेको बताए।, ‘१५ जनालाई नियन्त्रणमा लिएका थियौं। पछि थप चार जना आउनुभयो। छलफल गरेर उहाँहरूलाई छाडिसकिएको छ,’ उनले सेतोपाटीसँग भने।, वडा नम्बर १२ को कप्पन, खरिबोट सडक क्षेत्रमा २०७२ सालदेखि नै सडक विग्रेको छ। पानी परेपछि सडक हिलाम्मे हुँदा आवतजावतमा कठिनाइ भइरहेको छ।, निर्माण व्यवसायीलाई तत्काल काम थाल्न निर्देशन दिन सडक विभागलाई जनप्रतिनिधिले ध्यानाकर्षण गराएका छन्।, वर्षौंदेखि सडक पिच नभएपछि विभागमा ताला लगाउन पुगे बूढानिलकण्ठका वडाध्यक्ष
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकलबाट लडेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, आफैंले चलाएको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर लडेपछि धनगढी-१७ धुर्जन्ना सुकुम्बासी बस्तीका २८ वर्षीय सीताराम चौधरीको आइतबार दिउँसो मृत्यु भएको हो।, केहीबेरअघि गौरीगंगा नगरपालिका-३ कुचैनीमा उनले चलाएको से २ प ६४६७ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आइरहेकोबेला अनियन्त्रित भएर पोलमा ठोक्किएको प्रहरीले अनुमान गरेको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरूले घाइते भएका चौधरीलाई अत्तरियाको पदमा अस्पताल ल्याइएको बताए।, त्यहाँ उपचार सम्भव नभएर सेती प्रादेशिक अस्पताल रिफर गरिएको केहीबेरमै चौधरीको मृत्यु भएको प्रहरी निरीक्षक गुरूले बताए।, बिजुली पोलमा मोटरसाइकल ठोक्किएर लडेपछि एकको मृत्यु
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरू काममा फर्कने भएका छन्।, आन्दोलनरत उनीहरू र प्राधिकरणबीच वार्ता भएपछि काममा फर्कन तयार भएका हुन्।, जसअनुसार ओखलढुंगामा कार्यरत हुँदा निधन भएका ईञ्जिनियर राजा साहको परिवारलाई बीमाको रकम उपलब्ध गराउन केन्द्रीय आयोजना कार्यान्वयन इकाइले पहल गर्ने सहमति भएको छ।, प्राविधिकहरूलाई सञ्चार र यातायात खर्चलगायत दिने पनि सहमति छ। आयोजनका निर्देशक श्यामकिशोर सिंह र प्राविधिकहरूका तर्फबाट अविनाश अमरलगायत ६ जनाले सहमतिमा हस्ताक्षर गरेका छन्।, उनीहरूले सेवा सुविधालगायत विभिन्न माग राखेर यसअघि सिंहदरबार घेराउ गरेका थिए।, पुनर्निर्माण प्राधिकरणका प्राविधिक काममा फर्कने
रासस सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदुरको उपचारको क्रममा मृत्यु भएको छ।, कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका –४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए।, कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका शाहीको विराटनगरको न्यूरो अस्पतालमा गए राति मृत्यु भएको हो।, गम्भीर घाइते शाहीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर सिफारिस गरिएको थियो।, असार १० गते राति मादक पदार्थ सेवन गरी विवाद बढ्दै गएपछि पटेल इन्जिनियरीङ कम्पनीका पेटी ठेकेदार कालिकोट महाबै गाउँपालिका –२ का ५० वर्षीय अर्जुन सिंहले साइट सुपरभाइजर शाहीलाई हम्बरले टाउकामा हानेर गम्भीर घाइते बनाएका थिए।, कुटपिटमा संलग्न सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, कुटपिटपछि घाइते भएका अरूण तेस्रो आयोजनाका मजदुरको मृत्यु
विवेक राई गत जेठ ८ गते सुनसरीको इनरूवा-२ का ६५ वर्षीय रामजी महतोको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो। उनलाई कोरोना संक्रमण भएपछि वैशाख २८ गते अस्पताल भर्ना गरिएको थियो।, महतोको उपचारका लागि उनका परिवारले त्यतिञ्जेल ४ लाख रूपैयाँ खर्चिसकेका थिए। बुवा सिकिस्त भएर अस्पताल भर्ना गर्नुपर्ने भएपछि छोरा नितेशले छिमेकी दाइबाट दुई लाख ऋण लिएका थिए। उनले त्यो पैसा सर्लक्क अस्पताललाई बुझाएका थिए।, उनीसँग अहिले अस्पतालले उपचारको नाममा ४ लाख ७ हजार ४ सय ६३ रूपैयाँ असुलेको बिल छ। तर विराट मेडिकल कलेजले सरकारसँग कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने भनेर सम्झौता गरेको छ।, स्वास्थ्य मन्त्रालयले सुरूमा ८३ वटा अस्पताल तथा मेडिकल कलेजसँग गरेको सम्झौता पत्रमा विराट मेडिकल कलेजको नाम पहिलो नम्बरमै छ। तर सोही अस्पतालले महतोको परिवारबाट सम्झौताविपरीत शुल्क असुलेको पाइएको हो।, अस्पतालमा नि:शुल्क उपचार हुन्छ भनेर छोरा नितेशले पछि मात्र थाहा पाए। अस्पतालले समेत त्योबारे उनलाई केही बताएन।, बुवाको किरिया सकेर घरमै बसिरहेको बेला उनलाई स्वास्थ्य मन्त्रालयबाट फोन आयो।, 'जेठ २९ गते फोन आयो। बुवाको उपचार नि:शुल्क गर्नुभयो कि पैसा तिर्नुभयो भनेर सोध्नुभयो। मैले पैसा तिर्नुपर्‍यो भनेपछि उताबाट हाम्रो अस्पतालसँग सम्झौता भएको छ तिर्नु पर्दैनथ्यो नि भनेर भन्नुभयो,' नितेशले भने।, मन्त्रालयबाट फोन गर्नेले उनलाई उजुरी गर्न सुझाए।, 'त्यसपछि अब के कारबाही गर्ने तपाईंहरू नै गर्नुस् भनेर मन्त्रालयको मान्छेलाई भनें। उहाँले सम्बन्धित ठाउँमा उजुरी गर्नुस् भन्नुभयो। भोलिपल्टै उजुरी लिएर सिडिओ भएकहाँ पुगें,' उनले भने, 'सिडिओले उजुरी हेर्नुभयो र यसलाई भेरिफाइ गर्नुपर्छ भन्नुभयो।', जिल्ला प्रशासन कार्यालयले पनि सोधपुछ गर्दा अस्पतालले अनावश्यक शुल्क लिएको प्रमाणित भयो।, गत असार ७ गते सिडिओ कार्यालयले अस्पताललाई उपचारमा लागेको बढी शुल्क फिर्ता गर्न निर्देशन दियो।, अस्पतालले गरेको सम्झौतामा बिरामीको उपचार नि:शुल्क गर्ने र  बिरामीका आफन्तले चाहेको अवस्थामा सरकारले तोकेको शुल्कको ५० प्रतिशत नबढ्ने गरी रकम लिन पाउने भनिएको छ। सरकारले गरेको सम्झौतामा सामान्य संक्रमितका उपचारका लागि दैनिक ३ हजार ५ सय, मध्यम अवस्थाका संक्रमितका लागि ७ हजार र गम्भीर संक्रमितका लागि १५ हजार लिन पाउने भनिएको छ।, अस्पतालले महतो परिवारसँग दैनिक आइसियू खर्चमात्र ३५ हजार असुलेको छ। १२ दिन आइसियूमा राखेकोमात्र ४ लाख २० हजार रुपैयाँको बिल छ। जसमा अस्पतालले सरकारसँग सम्झौता गरेअनुसार १५ हजार घटाएर २ लाख ४० हजार रुपैयाँ महतोको परिवारसँग असुलेको छ। तर सम्झौताअनुसार तोकिएको शुल्कमा ५० प्रतिशतमात्र लिनु पर्नेमा दोब्बर बढी शुल्क लिइएको पाइएको हो।, त्यसरी शुल्क लिएर उपचार गर्ने हो भने पनि अस्पतालले एकपटक परिवारलाई सोध्नुपर्ने हुन्छ। तर अस्पतालले त्यसबारे कुनै जानकारी नगराएको छोरा नितेश बताउँछन्।, 'त्यसबारे कुनै कुरा भएन। यो सरासर अस्पतालको सरकारले दिएको सुविधा पनि लिने र बिरामीबाट पनि असुल्ने नीति हो। अस्पतालले दुबै हातमा लड्डु खाने काम गर्‍यो,' उनले भने।, सेतोपाटीले कुरा गर्दा सुरूमा अस्पतालका प्रशासन प्रमुख सन्तोष निरौलाले नि:शुल्क उपचार गर्ने भनेर मन्त्रालयसँग सम्झौता नगरेको दाबी गरे। जबकी मन्त्रालयले पछि निजी अस्पतालसँगको सम्झौता खारेज गरे पनि सरकारी अस्पतालसँगै मेडिकल कलेजहरूसँगको सम्झौतालाई निरन्तरता दिएको छ। एकैछिन अघिमात्र सम्झौता नभएको बताएका निरौलाले फेरि अस्पतालले मन्त्रालयले सोधभर्ना गर्ने रकम बिरामीलाई डिस्चार्ज गर्दा कुल खर्चमा घटाइने गरेको बताए।, 'हामीले हाम्रो रेटबाट तोकिएको सोधभर्नाको रेट डिस्चार्ज हुँदा घटाइदिन्छौं,'उनले भने।, महतोको हकमा भने अब रकम फिर्ता नहुने उल्लेख गर्दै निरौलाले भने, 'हामीले फिर्ता गर्छौं/गर्दैनौं भन्ने हुँदैन। अब उहाँ जुन प्रक्रियामा जानुभएको छ त्यो अगाडि बढ्ला। मन्त्रालयले पनि सम्बोधन गर्छ होला नि,' उनले भने।, नितेश भने आफूलाई अस्पतालको लुटप्रति जति रिस उठेको छ त्योभन्दा बढी स्वास्थ्य मन्त्रालयलसँग उठेको बताउँछन्। उनले मन्त्रालयले गरिब जनतालाई मुर्ख बनाउने काम गरेको भन्दै सेतोपाटीसँग भने, 'मलाई त अस्पतालभन्दा पनि मन्त्रालयसँग बढी रिस उठेको छ। नि:शुल्क उपचार गर्ने भनेर किन सूचना निकाल्नु? किन भिडिओ बनाउनु? किन प्रचार गर्नु? हामीजस्तो गरिब जनतालाई मन्त्रालयले मूर्ख बनाउने काम गरिरहेको छ।',  ,  ,  ,  , कोरोना संक्रमित महतोको मृत्यु, सरकारसँग नि:शुल्क उपचार गर्ने सम्‍झौता गरेको विराटले परिवारसँग असुल्यो चार लाख
सेतोपाटी संवाददाता काठमाडौंका सहकारीहरूबाट ४३ लाख बढी नगद तथा सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ९ घर भई जोरपाटी बस्ने २२ वर्षीय दीपक गजुरेललाई शनिबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, उनलाई परिसर र महानगरीय प्रहरी वृत्त सिंहदरबारको विशेष टोलीले गौशालाबाट पक्राउ गरेको थियो।, शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बस्नेतले बताए।, उनीहरूको साथबाट सिसा काट्ने मेसिन, मास्टर चाबी, कपडा तथा रसिदहरू बरामद गरिएको प्रहरीको भनाइ छ। उनीमाथि आधा दर्जन बढी सहकारीमा चोरी गरेको आरोप छ।, प्रहरी उपरीक्षक बस्नेतका अनुसार गजुरेलले ४३ लाख ९७ हजार ३२६ रुपैयाँ बराबरको नगद चोरी गरेका थिए। त्यस्तै ९ तोला सुन, मोबाइल र ल्यापटप एकेक थान चोरीको आरोप छ।, उनले गत वर्ष माघ १५ गते बानेश्वरको बेबिलोन उपभोक्ता सहकारीबाट ७ लाख नगद चोरी गरेका थिए।, माघ २१ गते शंखमुलको घर संसार उपभोक्ता सहकारी संस्थाबाट दुई लाख २४ हजार नगद, फागुन १३ गते गौशाला मित्रपार्कको पन्च श्री बचत तथा ऋण सहकारीबाट १४ लाख ९८ नगद, फागुन १४ गते कोटेश्वरको सिमश स्वामी बचत तथा ऋण सहकारीबाट २ लाख, चैत ४ गते बानेश्वरको सन्दुक बचत तथा ऋण सहकारीबाट १० लाख १३ हजार नगद चोरी भएको थियो।, त्यसैगरी, गत जेठ १३ गते मैतिदेवीको जेष्ठ आइडोलोजी बचत तथा ऋण सहकारीबाट ५ लाख, एउटा मोबाइल र एउटा ल्यापटप र गैथली बचत तथा ऋण सहकारी संस्थाबाट दुई लाख ५८ र ९ तोला सुन चोरी भएको थियो।, यसरी श्रृंखलाबद्ध रूपमा चोरी भइरहेको भन्ने खबरपछि सिंहदरबार वृत्त र परिसरले विशेष टोली नै खटाएको थियो।, गजुरेमाथि लामो समय निगरानी गरेपछिमात्रै पक्राउ गर्न सकिएको वृत्तका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए।, प्रहरीले उनको पहिलेको आपराधिक पृष्ठभूमीबारे पनि अनुसन्धान गरिरहेको छ।, 'हामीले धेरै समय निगरानी गरेपछि पक्राउ गरेका हौं। यो मान्छे यतिसम्म चलाख छ कि कुनै सवारी साधन प्रयोग गर्दैन,' उनले भने, 'झ्याल ढोका काट्ने, सिसा फोड्ने पनि गर्दैन। त्यसैले फिङ्गर प्रिन्टबाट पनि ट्रेस गर्न गाह्रो भयो।', यसमा उनले आफ्नो शरीरको सहयोग लिएर चोरी गर्ने गरेको उनले बताए। 'भेन्टिलेसनबाट सर्लक्क छिरेर चोरी गर्ने रहेछ। हामी बिस्तृत अनुसन्धान गर्छौं,' उनले भने।, प्रहरीले उनीमाथि जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान गरिरहेको छ।, काठमाडौंका आधा दर्जन सहकारीबाट झण्डै ४४ लाख चोरी आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता आइतबार थप १९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, ६ हजार जनामा पिसिआर परीक्षण गरिएकोमा १३५३ र  ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण देखिएको हो।, त्यस्तै थप ३४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। , आइतबार थपिए १९२० संक्रमित, ३४ को मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको न्यूरोडमा ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ।, बलात्कार गरेको आरोपमा शनिबार दिउँसो महानगरीय प्रहरी वृत्त जनसेवाले काठमाडौं महानगरपालिका वडा नम्बर २३ जुद्धशालिक धर्मपथ बस्ने ३५ वर्षीय सूर्य तामाङलाई पक्राउ गरेको छ।, धादिङ धुनिवेशी नगरपालिका वडा नम्बर १ का उनी न्यूरोड क्षेत्रमा रिक्सा चलाउँछन्। जनसेवा प्रहरीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।, तामाङले धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जमिनमा पार्किङ गरी राखेको गाडी पछाडि ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।, तामाङ मादक पदार्थ सेवान गर्ने खालका व्यक्ति हुन्। यसअघि पनि उनी केही पटक अभद्र व्यवहारको मुद्दामा पक्राउ परिसकेका छन्।, 'पहिला पनि हामीले एक दुई-पटक लफडा गरेर ल्याएका थियौं,' डिएसपी मल्लले भने,' हिजो दिउँसो बालिका खेलेर आफ्नो कोठामा जाँदै थिइन्। त्यसैबेला धर्मपथमा तामाङले बालिकालाई भेट्यो। त्यसपछि बालिकालाई उनले पार्किङमा लगेर जबजस्ती करणी गरिरहेको अवस्थामा मान्छेले देखेपछि प्रहरीलाई खबर भएको थियो।', प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाएको छ। ती बालिकाको मेडिकल चेकअप भइसकेको छ। उनको अवस्था अहिले सामान्य छ। , खेलेर घर फर्किँदै गरेकी आठ वर्षीया बालिकामाथि न्यूरोडमा बलात्कार, रिक्सा चालक पक्राउ
रासस कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरूद्ध भएको छ। निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अवरूद्ध भएको हो। , सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए।, ‘कर्णाली राजमार्ग अवरूद्ध भएको त एक हप्ता बढी भयो’, उनले भने, ‘वर्षातका कारणले धेरै ठाउँमा पहिरो गएको थियो, कर्णाली राजमार्गको भौरेकुनामा सुख्खा पहिरो जाँदा राजमार्गमा ठूलो क्षति गरेको छ।’ , लगातारको वर्षाका कारणले कर्णाली करिडोर एक साताभन्दा बढीदेखि नै अवरूद्ध रहेको छ।, कर्णाली करिडोर कालिकोटको खुलालु–हुम्ला सडकमा वर्षात्का कारणले पहिरो जादाँ अवरूद्ध भएको हो।, कर्णाली करिडोरअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल, कोट, आमतडा, पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुराको करिडोरको सडक खण्डमा पहिरो गएको छ। , पहिराले करिडोर क्षेत्रका विभिन्न ठाउँमा राखिएका बेलिब्रिज भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, करिडोर क्षेत्रका विभिन्न ठाउँमा पहिरो गएका कारणले सडक अवरूद्ध भएको र पहिरो पन्छाउनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए।, ‘पहिरो पन्छाउने साधन नहुँदा समस्या भएको छ’, उनले भने, ‘पहिरो पन्छाउनका लागि पहल थालिएको छ, चाँडै सञ्चालन गर्ने तयारी गरेका छौं।’, कर्णाली करिडोरमा कालिकोटको लालीघाटदेखि हुम्लाको सलिसल्लासम्म यात्रुबाहक सवारी साधन र मालबाहक  सवारी साधन चल्ने गरेका भए पनि अहिले पहिराका कारणले अवरूद्ध भएको यातायात व्यवसायी धनबहादुर बटालाले जानकारी दिए।, ‘करिडोरका विभिन्न ठाउँमा पहिरो जादाँ यातायातका साधन चल्न सकेका छैनन्’, उनले भने, ‘अझै पहिरो पन्छाउन केही हप्ता लाग्ने देखिन्छ।’, करिडोरमा सवारी साधन नचल्दा खाद्यान्न तथा अत्यावश्यक वस्तुको ढुवानी रोकिएको छ । रासस,  , कर्णाली करिडोरमा पहिरो जाँदा अवरूद्ध
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप चार सय २४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।, आइतबार स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार उपत्यका भित्रका तीन जिल्लामा थप ४ सय २४ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका २ सय ९२, ललितपुरका एक सय र भक्तपुरका ३२ जना छन्।, त्यस्तै, काठमाडौं उपत्यकामा अझै आठ हजार ५ सय ८ जना सक्रिय संक्रमित छन्।, काठमाडौंमा मात्रै चार हजार तीन सय ९१, भक्तपुरमा एक हजार सात सय ३२ र ललितपुरमा दुई हजार तीन सय ८५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।, पछिल्लो २४ घण्टामा नेपालभर एक हजार नौ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, ६ हजार जनामा पिसिआर परीक्षण गरिएकोमा एक हजार तीन सय ५३ र तीन हजार आठ सय ३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा पाँच सय ६७ जनामा संक्रमण देखिएको हो।, थप ३४ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।, काठमाडौं उपत्यकाभित्र आइतबार चार सय २४ कोरोना संक्रमित थपिए
सेतोपाटी संवाददाता पर्सामा चट्याङ लागेर मंगलबार बिहानै तीन जनाको मृत्यु भएको छ।, चट्याङले अर्का एक जना गम्भीर घाइते र तीन जना सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।, मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका-४ देवरवानाका ५५ वर्षीय रघुवीर यादव, पटेर्वा सुगौली-१ का २७ वर्षीय रसुल आजगदी र जीराभवानी-३ जितपुरकी ५० वर्षीया असरतोमी देवी थारू छन्।, यादव र आजगदी भैंसी चराइरहेका थिए भने थारू खेलमा काम गरिरहेकी थिइन्।, सखुवाप्रसौनी १ का ४० वर्षीय राजवंशी महरा गम्भीर घाइते रहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, उनलाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ। मंगलबार बिहान ७ बजे चट्याङ परेको थियो।, चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु
खिलानाथ ढकाल एमबिबिएस अध्ययनरत् विद्यार्थी रामजी रामसहित चार विद्यार्थीलाई नेसनल मेडिकल कलेज वीरगञ्जले अवैध शुल्क मागेको विषयमा चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिमा छलफल हुने भएको छ।, छात्रवृत्ति कोटामा पढिरहेका उनीहरूलाई नेसनल मेडिकल कलेजले बारम्बार अवैध शुल्क मागी दु:ख दिएपछि चिकित्सा शिक्षा आयोगले त्रिविको कार्यकारी समितिमा कुरा लैजाने भएको हो।, आयोगका सदस्य सचिव डिल्ली लुइँटेलले रामजी रामसहित चार विद्यार्थीलाई नेसनल मेडिकल कलेजले मागेको अवैध शुल्क र परीक्षा फारम भर्न नदिएकोबारे आज बस्ने कार्यकारी समितिको बैठकमा कुरा लैजाने बताए।, ‘रामजी रामको विषयमा सम्बोधन नगर्ने कुरा भएन, आज आयोगको कार्यकारी समितिको बैठक छ, म त्यहाँ कुरा राख्छु, छलफल हुन्छ,’ लुइँटेलले सेतोपाटीसँग भने।, असार ७ गते रामसहित चार जना विद्यार्थीले चिकित्सा शिक्षा आयोग र चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा निवेदन दिएका थिए। निवेदन परेपछि आयोगले डिन कार्यालयलाई चिठी लेख्नुपर्थ्यो।, गत साल पनि रामलाई परीक्षामा सहभागी हुन नदिएपछि आयोगले डिन कार्यालयलाई चिठी लेखेको थियो।, ‘पटक-पटक एउटै कुरा दोहोरिरहेको र विद्यार्थी वर्षैपिच्छे पैसा मागेर परीक्षा फारम भर्न नदिएको भनी धाइराख्नुपर्ने कुराले सोचनीय बनाएको छ,’ लुइँटेलले भने, ‘त्रिविको कार्यकारी समितिमै छलफल गरी समाधान निकाल्नु पर्ने भयो।’   , परीक्षा फारम भर्नुअघि कलेजले वार्षिक शुल्कबापत् मात्र रामलाई ५ लाख ९८ हजार ५० रुपैयाँ मागेको छ, त्यो उनले तिर्न नपर्ने शुल्क हो।, होस्टल चार्ज भनेर ५५ हजार ४२१, मेस चार्ज भनेर २१ हजार ३९ र इन्टरनेटको भनेर ९ हजार ८ सय रुपैयाँ मागिएको छ। जतिवटा शीर्षकमा मागिएको रकम उनले तिर्न पर्दैन किनभने उनले यी सेवा उपयोग गरेकै छैनन्।, रामजीसहित सरकारले पैसा तिरेर पढाएका पंकजकुमार राम, रूपेशकुमार राम, प्रमोदकुमार रामलाई नेसनल मेडिकल कलेजले परीक्षा आउने बेलामा अवैध शुल्क मागेर फारम भर्न दिएको छैन।, पंकज एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत् छन्। उनलाई नेसनलले वार्षिक शुल्क भनेर ५ लाख ९८ हजार ५०, होस्टल खर्च १५ हजार ८३४, मेस खर्च ३० हजार २५८ र इन्टरनेट खर्च भनेर ७४ हजार रुपैयाँ मागेको छ।, रूकेशकुमार एमबिबिएस चौंथो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्कबापत् २ लाख ४८ हजार ५०, होस्टल खर्च ३ लाख ४२ हजार ५९३ र इन्टरनेट खर्चबापत् ८ हजार ४ सय मागेको छ।, प्रमोदकुमार राम एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्क भनेर ७ लाख ४० हजार, होस्टलको २ लाख ४६ हजार २६१ र इन्टरनेटको ७९ हजार ८ सय मागेको छ।, यो पनि हेर्नुहोस्, रामजी रामलाई फेरि अवैध शुल्कको ताकेता, नेसनल मेडिकल कलेजले माग्यो ६ लाख, रामजी रामको पत्र सात दिनदेखि अलपत्र, आइओएम डिन सिंह भन्छिन्- म के गरूँ त?, रामजी रामलाई नेसनल मेडिकल कलेजले परीक्षा फारम भर्न नदिएको कुरा पुग्यो चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिमा
सेतोपाटी संवाददाता स्याङ्जामा मानिसमाथि आक्रमण गर्ने चितुवा मरेको छ।, सोमबार बिहान गल्याङ नगरपालिका-७ फाँटका खड्कबहादुर गाहाको बंगुर खोरमा पसेको चितुवालाई गोली हानेर मरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।, चितुवाले खोरको तीन वटा बंगुर खाएको थियो।, चितुवा खोरबाट अचानक निस्केर अन्दाजी ५० मिटर टाढा बसिरहेका ३८ वर्षीय लालबहादुर बिकमाथि आक्रमण गरेको थियो।, आक्रमण गरेपछि सब-डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको रोहवरमा गोली चलाइएको थियो।, गोली लागेर घाइते भएको चितुवा केहीबेरमै मरेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। उनका अनुसार चितुवाले थप मानवीय क्षति नहोस् भनेर गोली चलाइएको थियो।, मृत चितुवाको मुचुल्का गरी वन डिभिजन कार्यालयले गल्याङ नगरपालिका वडा नम्बर ३ नर्सरी वन कार्यालयको कम्पाउण्डमा व्यवस्थापन गरेको थियो।, चितुवाको आक्रमणबाट घाइते लालबहादुर बिकको गल्याङ नगर अस्पतालमा उपचार गरिएको थियो। उनी दिउँसै अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।, गोली हानेर मारियो स्याङ्जामा मानिसमाथि आक्रमण गर्ने चितुवा
सेतोपाटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरूद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ।, नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन्। , उनले चाँडै नै कोभिड-१९ विरूद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए।, ‘कोभिड-१९ विरूद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौं’, उनले भने, ‘हामी कुराभन्दा काममा विश्वास गर्दछौं, त्यसैले हल्ला नगरिकन छिट्टै नै खोप ल्याएर चमत्कारी देखाउने छौं।’,     , उनले खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको समेत बताए।, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको समन्वयबाट मात्रै कोरोना भाइरस नियन्त्रण गर्न सकिने भनाइ राखे। ,     , उनले कोभिड-१९ को तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको जानकारी दिए।, उनले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता रहेको भन्दै कोभिड-१९ नियन्त्रण गर्न सके अरू क्षेत्रलाई चलायमान गराउने सकिने धारणा राखे। , यस्तै, उनले तेस्रो लहरबाट बालबालिकालाई बचाउनका लागि स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैङ्किङ एसोसिएसनले उपलब्ध गराउने रु ३३ करोडको स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा निर्णय गरेका छन्।  , यस्तै, उनले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि ६०० सघन उपचार कक्ष (आइसियु), १०० भेन्टिलेटर, एक हजार ४०० हाइडिपेन्डेन्सी युनिट (एचडियु), २५० बालबालिकाका लागि शय्या थप गर्ने निर्णयमा समेत हस्ताक्षर गरेका छन्। रासस,  , बाढीपहिरो प्रभावितलाई कोरोनाविरूद्धको खोप लगाइने
सेतोपाटी संवाददाता कोरोना भाइरसविरूद्धको 'भेरोसेल' खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने भएको छ।, खोप शाखाका प्रमुख डा. झलक गौतमले आगामी असार २२ गतेदेखि दोस्रो डोज लगाइने जानकारी दिए। , गौतमले झन्डै ४ लाख मानिसहरूले पहिलो मात्राको खोप लगाएको भन्दै उनीहरूलाई असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने जनाए।, सरकारले चीनबाट अनुदानमा आएको १० लाख डोज खोपको पहिलो मात्रा गत जेठ २५ गते लगाएको थियो।, 'दुई दिनअघिको तथ्यांक अनुसार ३ लाख ७० हजारले पहिलो मात्रा लगाएका छन्। तर देशभरबाट तथ्यांकहरू आउने क्रम जारी छ। झन्डै ४ लाख जतिले पहिलो मात्रा लगाएको हुनुपर्छ,' गौतमले भने। , चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको यो खोप यसअघि पनि सरकारले ८ लाख डोज लगाएको थियो।, उक्त खोप पनि चीनले अनुदानमै दिएको थियो। चिनियाँ खोप लगाएकाहरूले दोस्रो मात्रा पनि लगाउन पाइरहे पनि भारतमा उत्पादन भएको कोभिसिल्ड खोप भने झन्डै १३ लाख मानिसले दोस्रो डोज लगाउन बाँकी छ। तर खोप आयात हुन नसक्दा दोस्रो डोज पाउने अनिश्चित बनेको हो। , सरकारले खोप खरिद गर्नलाई प्रयास गरिरहे पनि त्यसबाट ठोस सफलता मिलेको छैन।, विभिन्न खोप उत्पादन गर्ने कम्पनीहरूलाई खोप खरिदका लागि पत्राचार गरिए पनि अहिलेसम्म ती कम्पनीबाट खोप उपलब्ध गराउनेबारे कुनै जानकारी आएको छैन।, भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि लगाइने
सेतोपाटी संवाददाता शुक्रबार थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यस दिन कुल १४ हजार ३५१ जनाको नमूना परीक्षण गरिएको थियो। ९५८६ नमूना परीक्षण गर्दा १७२१ र ४७६५ नमूना परीक्षण गर्दा ७५५ जनामा पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा ५४५५ जना निको भएका छन्।, त्यस्तै थप २७ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ। , १४३५१ मा कोरोना परीक्षण गर्दा २४७६ मा संक्रमण, निको भए ५४५५
सेतोपाटी संवाददाता चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाले दुई जनालाई शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर- १५ स्वयम्भूबाट पक्राउ गरेको हो।, सिन्धुली मरिन गाउँपालिका वडा नम्बर ३ सिरटोलका ३२ वर्षीय सुशिलकुमार वाइबा र घ्याङलेख गाउँपालिका वडा नम्बर १ अमले घर भई स्वयम्भू बस्ने कान्छाराम वाइबालाई प्रहरीले पक्राउ गरेको हो।, प्रहरीले उनीहरूबाट एक थान चितुवाको छाला बरामद गरेको हो।, महाशाखाका अनुसार प्रहरीले सुरूमै चितुवाको छाला ६ लाख रूपैयाँमा विक्री-वितरण भइरहेको भन्ने सूचना पाएको थियो।, सो गोप्य सूचनाको आधारमा खटिएको विशेष टोलीले दिउँसो साढे २ बजे उनीहरूलाई पक्राउ गरेको हो।, प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ।,  , चितुवाको छालासहित दुई जना स्वयम्भूबाट पक्राउ
सेतोपाटी संवाददाता एमाले उपाध्यक्ष भीम रावलले राज्यका जिम्मेवार निकायमा रहेकाहरुले जातीय विभेदका घटनालाई बढवा दिनु आपत्तिजनक रहेको बताएका छन्।, सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै एमाले उपाध्यक्ष रावलले कानुन विपरित काम गर्ने जो कोहीलाई कानुन आकर्षित हुने समेत बताए। उनले नेपालको संविधानले जातीय विभेद र छुवाछुतलाई सामान्य नमान्ने स्पष्ट पारे।, जातका कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा कोठा भाडा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न बुधबार शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।, जिल्ला सरकारी वकिलको कार्यालयले अनुसन्धान अपुरो भएको भन्दै थप अनुसन्धान गर्न भनेपछि प्रहरीले उनलाई रिहा गरेको थियो।, ‘देशको मन्त्रीबाट यस्तो हुनु भनेको गम्भीर र संवेदनशील विषय हो। जन्मजात विभेदमा पारिएकाहरुलाई न्याय दिने पहिलो कर्तव्य सरकार र सरकारमा रहनेहरुको हो’ उनले भने, ‘जिम्मेवार व्यक्तिहरु अझै संवेदनशील बन्नुपर्छ। जहाँनेर उलंघन हुन्छ त्यो आपत्तिजनक हुन्छ। सम्बन्धित व्यक्तिले गम्भीर रुपमा महसुस गर्नुपर्ने कुरा हो।’ , जातीय विभेदका घटनालाई मन्त्रीले नै बढवा दिनु आपत्तिजनक- भीम रावल
सेतोपाटी मर्स्याङ्दी नदीको बहाव परिवर्तन हुँदा मनाङको चामे गाउँपालिका-४ का बस्ती क्षेत्र उच्च जोखिममा परेका छन्।, चामे गाउँपालिका-५ स्थित पुलको छेउबाट नदीले दिशा परिर्वतन गर्दै वडा नं ४ तर्फको भागबाट कटान गर्न थालेपछि बस्तीसहित त्यहाँस्थित विद्यालय, होटल, नेपाल रेडक्रस सोसाइटी, वित्तीय संस्था लगायतका दर्जनौं भवन जोखिममा परेका हुन्।, लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएको र गाउँपालिका–५ स्थित मोटरेवल पुलले पानीको बहाव छेक्दा जग्गा कटान गर्न थालेको वडा नं ४ वडाध्यक्ष लब्सन लामाले बताए।, ‘नदीले जग्गा कटान गर्न थालेपछि त्यहाँस्थित लोकप्रिय माध्यमिक विद्यालय,  सिटीजन बैंक, प्रभु बैंक, रोयल गार्डेनसहित तीन वटा होटल र नेपाल रेडक्रस सोसाइटीको भवन जोखिममा परेका छन्’, उनले भने, ‘तत्काल नदी नियन्त्रणको पहल नभए विद्यालयसँगै बस्तीका बासिन्दासमेत प्रभावित हुने देखिएका छन्।’, नदीमा आएको बाढीले मोटरेवल पुललाई डुबाएर बहाव परिवर्तन गरेको उनको भनाइ छ। , मोटरेवल मोटरेवल पुलले पानीको बहाव छेक्दा नदीले धार परिवर्तन गरी बग्न थालेको छ।, लगातारको वर्षाले नदीको बहाव उच्च भएर धार विद्यालय रहेको क्षेत्र भएर बग्नेक्रमसँगै जग्गा कटान गर्न थालेको छ। विद्यालय नजिकै रहेका दर्जनौं भवनसमेत नदीको उच्च जोखिममा परेको स्थानीयबासी बताउँछन्। , नदीमा पानीको बहाव कम नहुँदा मोटरेवल पुल क्षेत्र बढी जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।, ‘बाढीलाई पुलले छेक्दा नदीले बस्तीतर्फ कटान गरेको छ’, उनले भने, ‘पुललाई हटाउन सक्ने अवस्था पनि छैन, हाल नदीमा बाढी कम हुने अवस्था पनि देखिएको छैन, यसले गर्दा जोखिम अझ बढाएको छ।’, पुलको उचाइ कम हुँदा नदीको बहावलाई छेक्दा अझ समस्या थपिएको प्रजिअ लामिछानेको भनाइ छ। , नदीले बस्तीतर्फ कटान गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन्।, ‘नदीले बस्तीतर्फ नै कटान गरेको छ। यसले हामी राति सुत्न पाएका छैनौं, कतिखेर बाढीले बगाएर लग्ने हो भन्ने डरत्रासमा हामी बाँचिरहेका छौं’,  स्थानीयबासी मेलिना गुरूङले भनिन्, ‘बस्ती र विद्यालय संरक्षणका लागि तत्काल नदी नियन्त्रण गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ।’ रासस, नदीको बहाव परिवर्तन हुँदा चामे गाउँपालिका उच्च जोखिममा
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय २७ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ३०८ जना, ललितपुरका ७६ जना र भक्तपुरका ४३ जना छन्।, थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , यस दिन कुल १४ हजार ३५१ जनाको नमूना परीक्षण गरिएको थियो। ९५८६ नमूना परीक्षण गर्दा १७२१ र ४७६५ नमूना परीक्षण गर्दा ७५५ जनामा पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा ५४५५ जना निको भएका छन्।, त्यस्तै थप २७ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ। , काठमाडौं उपत्यकामा थप ४ सय २७ जनामा संक्रमण
सेतोपाटी संवाददाता एमाले नेता विन्दा पाण्डेले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती गरेकाले माफी माग्नुपर्ने बताएकी छन्।, सेतोपाटीसँग कुराकानी गर्दै एमाले नेता पाण्डेले जिम्मेवार पदमा रहेका व्यक्तिहरु भावनामा भन्दा पनि नियम र कानुन अनुसार चल्नुपर्ने बताइन्।, जातका कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न बुधबार शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।, जिल्ला सरकारी वकिलको कार्यालयले अनुसन्धान अपुरो भएको भन्दै थप अनुसन्धान गर्न भनेपछि प्रहरीले उनलाई रिहा गरेको थियो।, ‘जान अन्जानमा गल्ती हुन्छ। माफी माग्दा सानो भइँदैन। यस्तो विषयमा आत्मालोचान गर्दा कसैले पनि कमजोरी मान्नु हुँदैन’ उनले भनिन् ‘जुन तहमा गल्ती हुन्छ त्यही तहमा माफी माग्दा हुन्छ भन्ने हो।’ , आफू कुन पदमा छु भनेर समेत मन्त्री श्रेष्ठले विर्सिएको पाण्डेको बुझाइ छ।, ‘हाम्रो शिक्षा मन्त्री अलि भावनात्मक हुनुहुन्छ। कानुनले के भन्छ म कुन पदमा छु? कुन कुर्सीमा बसेर के गर्न हुन्छ, हुँदैन भन्ने विषय त्यस्ता व्यक्तिले विर्सिन्छन्। त्यो ठाउँमा मन्त्री जानै हुन्थेन’ उनले भनिन्।, आफूले गरेका गतिविधिले समाजमा के कस्ता असर पार्छ, कानुन विपरित गतिविधि हुन्छ कि हुँदैन भनेर सोच्न पर्ने उनको भनाइ छ। , एमाले नेता विन्दा पाण्डे भन्छिन्- शिक्षा मन्त्रीले माफी माग्नुपर्छ
सेतोपाटी संवाददाता ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,’ भन्ने नारा दिएर श्रमजीवी-पत्रकार संघ, नेपाल गठन भएकाे छ।, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भएकाे संघकाे नेतृत्व श्रमजीवी पत्रकारका नेता जन्मदेव जैसीले गरेका छन्। २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा विभिन्न विचार/आस्था राख्ने व्यवसायिक पत्रकारहरु सम्मिलित छन् ।, २०३७ सालमा डा. गाेपाल शिवाकाेटी, गाेपाल बुढाथाेकी, प्रेम कैदीलगायतले सञ्चार क्षेत्रकाे प्रवर्द्धन र संरक्षणका लागि अभियानका रुपमा गठित संघ एकतन्त्रीय पञ्चायती शासकहरुले नेतृत्वलाई गिरफ्तार गरेर गतिविधि नै गर्न दिएन। त्यसपछि निष्कृय भएकाे साे अभियानलाई जैसीसहितकाे नयाँ टिमले संस्थागत रुपमा साे अधुराे अभियानलाई अघि बढाउन संघलाई दर्ता गरेर औपचारिक रुपमा श्रमजीवीका लागि लड्ने उद्देश्य अनुरुप गठन भएकाे जारी विज्ञप्तिमा भनिएकाे छ ।, प्रेस काउन्सिल नेपालका निवर्तमान का. बा. अध्यक्ष  गाेपाल बुढाथाेकीसहित स्थापित पत्रकारहरु बलराम थापा, दीपेन्द्र रावल, नारायण शर्मा र धर्मेन्द्र कुमार कर्ण सल्लाहकार रहेका छन् ।, कार्यसमितिमा पत्रकारहरु अमृत भादगाउँले उपाध्यक्ष, धनञ्जय बुढा महासचिव, डिल्ली आचार्य सचिव र गाेविन्द देवकाेटा काेषाध्यक्ष रहेका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुमा पत्रकारहरु केशव भुल केशरमणि कट्टवाल इश्वर अर्याल सरस्वती कर्माचार्य यदुप्रसाद पोखरेल दीपेश शाही ऋतु विचार धुव्र रिजाल दिया चन्द विष्णुबहादुर बस्नेत श्रीराम वाग्ले कौशिला कुँवर भुवन पौडेल उमेश रिमाल बिक्रम पण्डित रहेका छन् ।, सञ्चार क्षेत्रमा श्रमको मूल्य अझै सुरक्षित नरहेकाे ठहरसहित संघले पत्रकारिता पेशालाई सुरक्षित, मर्यादित र पेशालाई पारदर्शी बनाउन दबाव दिने र पत्रकारिता क्षेत्रका क्रियाशील सम्पूर्ण श्रमजीवीको पक्षमा आवाज बुलन्द गर्ने विशुद्ध साझा संस्था भएकाे विज्ञप्तिमार्फत स्पष्ट गरेकाे छ।, पत्रकारिता क्षेत्रमा काम गर्ने साना लगानीका स्वरोजगारमुखी सञ्चारकर्मीदेखि ठूला कर्पोरेट मिडियामा श्रम गर्नेहरुको हितमा काम गर्ने उद्देश्य खुलाउँदै साे विज्ञपतिमा भनिएकाे छ, "पत्रकारिता क्षेत्रमा सम्बद्ध जुनसुकै राजनीतिक दलमा आस्था राख्ने व्यक्ति याे संगठनमा अटाउन सक्छ । यसको कर्म भनेकै श्रमजीवीले कानूनी हक प्राप्त गर्ने हो ।", श्रमजीवीको सुरक्षाका लागि आवश्यक कानुन निमार्णका लागि राज्यलाई दबाव दिनु र बनिसकेको कानुनी हक प्राप्तिमा खडा रहनु, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति र नागरिकका सार्वभौम अधिकारको रक्षाका लागि आवाज बुलुन्द गर्नु नै यस संस्थाको मूख्य उद्देश्य रहेको उल्लेख छ ।, जैसीकाे नेतृत्वमा श्रमजीवी-पत्रकार संघकाे गठन
निशा भण्डारी दुई साताअगाडि एपिएफ अस्पताल, बलम्बुको कोभिड वार्डमा ५७ वर्षीया महिला र उनका छोरा भर्ना भएका थिए। कोरोनाबाट ग्रसित ती महिलाका श्रीमानको केही दिनअघि मात्र कोरोनाकै कारण मृत्यु भएको थियो।, श्रीमानको निधनले बिथोलिएकी उनका आँखामा छोरा पनि गुमाउनुपर्ने हो कि भन्ने पिर देखिन्थ्यो। चिन्ता बढेसँगै अक्सिजन कम भएर उनको स्वास्थ्य गम्भीर हुँदै गयो। आइसियु लैजान पर्ने भयो। तर उनी मानिनन्।, उपचारमा संलग्न डाक्टर कुन्दु श्रेष्ठसँग बिरामीले भनिन्, 'मेरो छोरा वार्डमा छ। उसलाई छाडेर मलाई कतै जान मन छैन।', ज्यान जोखिममा परेकी सिकिस्त बिरामीले यसो भनेपछि डा. कुन्दुले बुझिहालिन्, उनलाई 'ह्याप्पी हाइपोक्सिया' भइरहेको थियो। अर्थात् आफ्नो शरीरमा जटिलता भएर गाह्रो हुँदाहुँदै पनि बिरामीले हेक्का नराख्ने।, ती महिलाले छोरासँगै बस्न र उनको हेरचाहमा संलग्न हुन दिन बारम्बार आग्रह गरिन्। छोराभन्दा आफ्नो अवस्था गम्भीर भएको उनलाई कुनै पत्तो थिएन। कुन्दु उनलाई सम्झाइरहेकी थिइन्, 'तपाईंलाईं आइसियुको आवश्यकता छ। समयमा उपचार भए तपाईंलाई हामी स्वस्थ बनाएर तपाईंको छोरासँगै डिस्चार्ज गरिदिन्छौं।', उनी मानिरहेकी थिइनन्। अवस्था झन् नाजुक भइसकेको थियो। बल्लतल्ल उनको हेरचाहमा खटिएकी छोरीको सहयोगमा आइसियु लागियो।, छोरासँगै बस्न मरिहत्ते गरिरहेकी उनको बाँच्ने इच्छा श्रीमान बितेसँगै बिस्तारै मर्दै गएको थियो। शाक्य थरकी ती महिला नेवार भाषामा भनिरहेकी थिइन्, 'जित म्वाय म मंत, बरू जि न जिमी बुडा वों वनी।' अर्थात् मलाई बाँच्न मन छैन। मेरो श्रीमान भएको ठाउँ जान्छु।', 'तपाईंको बाँच्ने आधार अझै सकिएको छैन। तपाईंका छोराछोरी छन्। उनीहरूका लागि भए पनि बाँच्नुपर्छ र हामीले भनेको मान्नुपर्छ,' कुन्दु नेवार भाषामै सम्झाउँदै थिइन्।, डा. कुन्दुका अनुसार शाक्य डिप्रेसनको सिकार भइसकेकी थिइन्। उनका अंगहरूले विस्तारै काम गर्न छाड्दै थिए। , अर्को दिन कुन्दु आइसियुका सबै बिरामीको रिपोर्ट जाँच गर्दै थिइन्। प्रायः बिरामीको स्वास्थ्य सुधारिएको देखिन्थ्यो। शाक्य भने झन् गम्भीर हुँदै थिइन्।, कुन्दु मिनेट-मिनेटमा आइसियुभित्र भएको क्यामराको भिडिओ नियाल्दै थिइन्। शाक्य आइसियुभित्र रहेका स्वस्थ्यकर्मीको आग्रह मानिरहेकी थिइनन्। आँखाबाट बर्बर्ती आँशु झार्दै रूँदै थिइन्। कुन्दुले बिहानको चिया पनि खाइसकेकी थिइनन्, हतारिँदै पिपिइ सुट लगाएर भित्र छिरिन्। उनको साथमा अरू डाक्टर र स्वास्थ्यकर्मी पनि गए।, छिर्ने बितिक्कै उनी शाक्यको कान नजिकै गएर बोल्न थालिन्, 'तपाईंलाई धेरै गाह्रो भएको छ हो? हेर्नुस् त, आँखा खोल्नुस् त, बिस्तारै सबै ठीक हुन्छ है।', शाक्यले कुन्दुलाई पुलुक्क हेरिन्। बोल्न भने सकिनन्।, अक्सिजन कम हुँदै गएर अवस्था बिग्रेपछि शाक्यलाई भेन्टिलेटरमा राख्ने निर्णय भयो। कुन्दुले शाक्यकी छोरीलाई फोन गरिन्। उताबाट मलिनो स्वरमा जवाफ आयो, 'तपाईंहरूलाई जे ठीक लाग्छ गर्नुस्। उहाँको जिन्दगी तपाईंहरूको हातमा छ। सकेसम्म बचाइदिनुस्।', कुन्दु फोन राखेर आइसियु छिरिन्। सानो कद भएकी उनलाई शाक्यको मोटो शरीर सम्हाल्न हम्मे पर्‍यो। सबै मिलेर भेन्टिलेटरमा राखे। कुन्दुको दिमागको तनाव अनुहारमा देखिन थालिसकेको थियो।, 'जसरी हुन्छ, उहाँलाई बचाउने कोसिस गरौं,' उनले भनिन्।, यो औषधि, यो सिरिन्ज, फलानो, ढिस्कानो भन्दै नर्सहरू कोठा बाहिर, भित्र गर्न थाले। शाक्यको मुटुको ढुकढुकी पातलिसकेको थियो। पालैपालो स्वास्थ्यकर्मीले शाक्यको छातीमा करिब लगभग ४५ मिनेट जति सिपिआर दिँदा पनि भएन। अनि कार्डियोभर्जन दिइयो, मुटु पुनः सञ्चालनमा ल्याउने अन्तिम प्रक्रिया।, केहीबेरपछि एउटा तिखो आवाज गुञ्जियो, टीँ...। , शाक्य बाँचिनन्।, 'उहाँलाई साँच्चै श्रीमान भएको ठाउँमा जान मन रहेछ,' डा. कुन्दुलाई लाग्यो। उनले लामो सास फेरिन्, खुइय्य गरिन्। उनलाई अझै बोझिलो काम गर्नु थियो, शाक्यकी छोरीलाई फोन गर्ने।, 'माफ गर्नुस्, हामीले हर कोसिस गर्‍यौं, तर उहाँ अब रहनुभएन।', कुराकानी सकेर कुन्दुले फोन राखेकी मात्रै थिइन्, खबर आयो- इमर्जेन्सीमा अर्को बिरामी आउँदै छ। तयार रहनुहोला।, कुन्दुसहितको स्वास्थ्यकर्मीको टोली तुरून्तै अर्को बिरामी हेर्न हिँड्यो।, त्यो दिन बिहान ९ बजेतिर भित्र छिरेकी डा. कुन्दु साँझ ६ बजेतिर बल्ल बाहिर निस्किन्। बिरामी बचाउन नसकेको दिक्दारी उनमा देखिन्थ्यो। दिनभर गुम्सिएको पिपिइ खोल्न जाँगर लागिरहेको थिएन। बिहान चियाको चुस्की छाडेर गएकी उनी बाहिर आएर बल्ल एक कचौरा खाना खान लागिन्। तर खान मन भएन।, फोन निकालेर श्रीमानलाई फोन गरिन्। उनका श्रीमान पनि डाक्टर नै भएकाले मेडिकल भाषा मिसाएर भनिन्, 'आज यस्तो यस्तो भएको बिरामीलाई यस्तो यस्तो गर्दा पनि बचाउन सकिएन।', श्रीमानले उनलाई सधैं सम्झाउँछन्। उनको आत्मबल बढाउँछन्।, भोलिपल्ट बिहान मृतक शाक्यकी छोरी अस्पताल आइन्। डाक्टर कुन्दु उनलाई भेट्न गइन्। सबै वृत्तान्त सुनाइन्। शाक्यकी छोरीले भनिन्, 'म त अब अनाथ भएँ।', डा. कुन्दुलाई त्यो कुराले सताइराख्छ।, उनले कोभिडको पहिलो लहरमा त्यति मृत्युको सामना गर्नु परेको थिएन जति दोश्रो लहरमा पर्‍यो। उनी सम्झिन्छिन्, पहिलो लहरमा प्रायः बिरामीलाई केही समयमै निको हुन्थ्यो।, कोरोना दोश्रो लहरको सुरूआती चरणदेखि नै उनी आइसियु ड्युटीमा खटिन थालेकी थिइन्। दिनको १४ घन्टासम्म। कुनैबेला ड्युटी सकेर पिपिइ फुकाल्दै गर्दा भित्र बिरामीको अवस्था बिग्रिन्थ्यो। फेरि तुरून्तै भित्र जानुपर्थ्यो। ड्युटीमा तिर्खा लागेर घाँटी सुक्दै गर्दा पानी खान पाइन्थेन।, महिनावारीको समयमा अझै गाह्रो, शौचालय जान कठिन हुन्छ। पिपिइ खोल्ने, लगाउने प्रक्रिया दोहोर्‍याउँदा निकै समय खर्चिन्छ। यो समय बिरामीका लागि 'क्रिटिकल' हुन सक्छ। कोभिड सुरू भएदेखि कुन्दु र उनीजस्ता हजारौं स्वास्थ्यकर्मीले आफ्नो व्यक्तिगत शरीर, मन र जिन्दगीलाई एक छेउ पन्छाएर खटिरहेका छन्।, पछिल्लो समय कोरोना अलि मत्थर भएको छ। कुन्दुले पनि एक साता ड्युटीसँगै एक हप्ता आराम पाएकी छन्।, २३ वर्षको उमेरमा नोबेल कलेजबाट एमबिबिएस सकेकी कुन्दु सुरूमा पाटन अस्पतालमा आबद्ध थिइन्। केही समयपछि एपिएफ अस्पताल आएकी हुन्। उनले डाक्टर भएर काम गरेको आठ वर्ष भयो। यहीबीच उनी युएन मिसनमा युद्धग्रस्त क्षेत्र दक्षिण सुडानको जुबामा १६ महिना खटेर फर्किन्।, 'त्यो समय सम्झिँदा एकदम पीडादायक लाग्छ। तर आफ्नो देशभन्दा बाहिर गएर काम गर्दाको अनुभवबाट धेरै सिक्न र बुझ्न पाएँ,' ३१ वर्षीया कुन्दुले भनिन्। सुडानबाट फर्केपछि उनले 'एनेसथेसियोलोजी र क्रिटिकल केयर' उच्च शिक्षा हासिल गरिन्। इन्सपेक्टर पदबाट बढुवा भएर डिएसपी भइन्।, कोरोना बिरामीको ड्युटीमा खटेदेखि उनी साँझ बालाजुस्थित आफ्नो घर नगई माइती, कुलेश्वर जन्छिन्। उनका श्रीमान डाक्टरी पढाइ सिलसिलामा पोखरा बस्छन्।, 'माइतीमा बस्न थालेकै डेढ वर्ष हुन लाग्यो। घरका परिवारमा दीर्घरोगी र पाको उमेरका सदस्य भएकाले सुरक्षाकै लागि भनेर यता बस्न थालेकी हुँ,' उनले भनिन्।, कुन्दुको माइतीमा आमा र बुवा छन्। एकै घरमा बसे पनि आमाबुवासँग नजिकै भएको, अँगालो हालेको यादले कयौं महिना बिताइसके। उनी छुट्टै तलामा बस्छिन्। आमाबुवा माथिल्लो तलाबाट 'छोरी के चाहिन्छ? के खाने? के ल्याइदिऊँ?' भन्छन्। , घरबाट अस्पताल जाने बेला ढोकासम्म बाइबाइ भन्न आइपुग्छन् र अस्पतालबाट घर आउँदा बरन्डाबाट हात हल्लाउँछन्। योबाहेक अरू सबै कुरा फोनमै हुन्छ। एकै घरमा बिरानोजस्तो बनेका उनीहरूलाई यो सबैको बानी भइसकेको छ। , 'हामीसँगै सबै बसेर खान नपाएको कत्ति भइसक्यो। ऊ आउँछे, आफ्नो कोठाभित्र छिरेपछि निस्किन्न। घरमै हुँदा नि हेर्ने भनेको भिडिओ कल गरेर हो। तर पनि मलाई केही दुःख छैन। अझ गर्व गर्छु कि मेरी छोरी डाक्टर हो,' कुन्दुका बुवाले जोसिँदै भने।, उनकी आमा भन्छिन्, 'आफूले हेरिरहेको बिरामीको मृत्यु हुँदा एकदम रून्छे।', डा. कुन्दु एक साता घर बस्दा उनको मन भने आइसियु कोठामै हुन्छ। आफूले हेरिरहेका बिरामीको स्वास्थ्य स्थितिबारे दैनिक आफ्ना सहकर्मीलाई फोन गरेर सोधिरहन्छिन्। सल्लाह गरिरहन्छिन्। उनी बिरामीले बच्चा जसरी आफ्नो हात समातेको सम्झिन्छिन्। त्यसको न्यानोपन सम्झेर मुस्कुराउँछिन्।, कुनै बेला आठ दिन भेन्टिलेटरमा राखेको बिरामी निको भएर निस्केको क्षण याद आउँछ उनलाई। भेन्टिलेटरबाट निस्केको केही समयपछि कुरा गर्दा कुन्दुलाई ती बिरामीले एउटा आग्रह गरेका थिए, 'मलाई तपाईंको अनुहार देखिने एउटा तस्बिर पठाइदिनुस् न।', कुन्दुका बुबाआमा।, 'किन र बुवा?', 'तपाईंलाई जहिले नि यो सेतो लुगामा देख्दा अनुहार थाहा पाउन सकिनँ। म बाहिर गएर सबैलाई तपाईंको तस्बिर देखाएर भन्न चाहन्छु कि यो डाक्टरले मलाई मृत्युबाट फर्काएर ल्याइन्।', यो सुनेपछि कुन्दुका आँखा रसाए, खुसीले।, उनले हाँस्दै भनेकी थिइन्, 'तपाईं अब बाहिर निस्केपछि हामी दुवै जना सँगै बसेर फोटो खिचौं न, हुन्न र?', त्यति भनेर निस्किएपछि उनी आफ्ना सहकर्मीसँग डा. अनूपसँग बसेर कुरा गर्न थालिन्, 'हामीले कहिले पनि बिरामीलाई भेन्टिलेटरबाट निस्किँदा कस्तो महशुस गर्नुहुन्छ, त्यत्रो दिन बेहोस हुँदा केही याद हुन्छ कि हुँदैन भनेर बुझ्ने कोसिस गरेका छैनौं है?', डा. अनूपले भने, 'उहाँलाई अझै सन्चो भइसकेपछि सोधौं न त।', केही दिनपछि कुन्दुले सोधिन्, 'यत्रो दिन भेन्टिलेटरमा बसेको केही याद छ बुवा?', बिरामीले भने, 'केही छैन। तर बेला बेलामा सेता लुगा लगाएका मान्छे मेरो नजिक आउँथे, मलाई समाउँथे।', कुन्दुले पिपिइ लगाएका डाक्टर-नर्स होलान् भन्ने अड्कल गरिन्।, 'होस आउँदा चाहिँ?', 'एकदम उज्यालो लागिरहेको थियो। कसैले मलाई उठ, अब जानुपर्छ भनेझैं लाग्यो। फेरि सेतो लुगा लगाएकाले मलाई उठ्नुस् न, अब धेरै सुत्नुभयो उठ्नुस्, सबै ठीक भइसक्यो भनेको सुनेँ। मलाई जुरुक्क उठ्न मन लाग्यो। आँखा खोल्दा तपाईंहरू देखे। भगवान कस्तो हुन्छ त थाहा पाइनँ, तपाईंहरू नै भगवान हो जस्तो लाग्यो।', बिरामीका कुरा सुनिरहेका डा. कुन्दु र उनका सहकर्मीका आँखा भरिला भए।,  , डाक्टर कुन्दु श्रेष्ठसँग आइसियुमा एक दिन
डा. सविना भट्टराई दुबी एक किसिमको रोग हो। जसले सौन्दर्यमा आघात पुर्‍याउने देखिन्छ। शरीरमा रंग दिने कोषिकाको कमीले दुबी हुन्छ। विभिन्न कारणले कोषिकाहरु नाश हुन्छन्। छालामा हुने एक समस्या हो, दुबी। दुबी आएका व्यक्तिको उमेर र अवस्थाअनुसार ठीक हुने समय निर्धारण गर्न सकिन्छ।, सबै सेतो देखिने रोग दुबी हुँदैन। बायस्पी गरेपछि मात्र दुबीको बारे थाहा हुन्छ। शरीरको जुनसुकै भागमा पनि दुबी देखिन सक्छ। कपाल, मुख, हात, खुट्टा जहाँ पनि हुनसक्छ। कसैको  शरीरमा दुबी नफैलिन सक्छ। तर कसैको शरीरमा भने चाडो फैलिन्छ।, औलाको टुप्पो र ओठमा दुबी देखिएमा उपचार गर्न कठिन हुन्छ। सुरूमै परीक्षण गरेमा उपचार गर्न गाह्रो छैन। कसैले दुबीलाई पूर्व जन्मको पापसमेत भन्छन्। कतिले कुष्ट रोगनै भन्छन्। तर यो पनि एउटा रोग हो भनेर यसलाई बुझ्नुपर्छ।, सामान्य दुबी भएमा मल्हमबाटै उपचार हुन्छ। धेरै फैलिएमा थेरापीबाट यसको उपचार गरिन्छ। विकिरणबाट रंग दिने कोषिका बढाउन सकिन्छ। छाला प्रत्यारोपण गरेर पनि यसको उपचार गर्न सकिन्छ। ८० प्रतिशत भन्दा बढी दुबी फैलिएको छ भने त्यसको लागि मलम र शल्यक्रियाले हुँदैन।, दुबीले धेरै हानी गर्ने भन्ने होइन। तर व्यक्तिको आत्मबल कमजोर बनाउँछ। किनकि, उसलाई अरूको अघि जान असजिलो लाग्ने हुन्छ।, यसको उपचार सम्भव छ त्यसैले धेरै चिन्ता लिनु पर्दैन। दुबी लाग्ने कारण र यसको उपचार प्रक्रियाबारे हामीले लभाना स्कीन एण्ड हेयर क्लिनिक महाराजगन्जमा कार्यरत छालारोग विशेषज्ञ प्रा.डा सविना भट्टराईसँग भिडिओ कुराकानी गरेका छौं।, दुबी किन हुन्छ, यसको उपचार कसरी गर्ने? (भिडिओ)
सेतोपाटी संवाददाता मनसुन सक्रिय भएसँगै आज पनि देशभर वर्षा जारी छ। मनसुनी वायुकै प्रभावले शनिबार दिउँसो देशभरका पाँच प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , रातको समयमा पनि सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान छ ।, आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, आइतबार र सोमबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ। , ‘प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।, यस्तो छ तीन दिनको पूर्वानुमान, असार १२ गते (शनिबार), दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ।, राति:  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र  लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ।, असार १३ गते (आईतबार), दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र  वाग्मती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको छ।, राति:  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र  वाग्मती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको छ।, असार १४ गते (सोमबार), दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राति:  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।,  , आज देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आह्वान
सेतोपाटी संवाददाता तीनकुनेबाट गणेश मन्दिरसम्मको वाग्मती किनारमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ५०० गुर्जोका बिरुवा रोपिएको छ ।, गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराएको बिरुवा नदी किनारमा क्रियाशील छ वटा उपभोक्ता समितिको सक्रियतामा शुक्रबार रोपिएको हो । आलोकनगर मार्ग टोल सुधार समिति, आलोकनगर मन्दिर व्यवस्थापन समिति, आलोकनगर कम्युनिटी, नेपाल आमा सेवा आलोकनगर, जीवन विज्ञान योग साधना केन्द्र मीनभवन, पतञ्जलि योग समिति मीनभवन केन्द्रका पदाधिकारी एवं सदस्यको गुर्जो रोपणमा सक्रियता थियो । , कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले नदी किनारमा महाऔषधि रोप्दा सबैलाई काम लाग्ने बताए।, आलोकनगर मार्ग टोलसुधार समितिका डी आर पोखरेल, आलोकनगर मन्दिर व्यवस्थापन समितिका बोधराज श्रेष्ठ, आलोकनगर कम्युनिटीका ध्रुबराज पोखरेल, नेपाल आमा सेवा आलोकनगरका देवी सुवेदी, स्थानीय समाजसेवी राजेशमोहन प्रधानलगायतले रोपिएको बिरुवा दैनिक अनुगमन गरी संरक्षण गरिने वाचा गरे।, त्यस क्षेत्रको नदी किनारमा गत वर्ष रोपिएका गुर्जोका बिरुवा पनि बढेको अवस्थामा पाइएको अभियानकर्मी राजलवटले जानकारी दिए। विसं २०७६ चैत ११ गते कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि एक लाख ५० गुर्जोका बिरुवा रोप्न निःशुल्क वितरण गरिएको सो अवसरमा उनले सुनाए। यस वर्ष पनि करिब सात हजार बिरुवा रोप्न निःशुल्क वितरण भइसकेको छ ।, निःशुल्क बिरुवा वितरणका अवसरमा गुर्जोबाट बनेको चिया अभियानकर्मीलाई खुवाइएको थियो । सहभागी सबैलाई गुर्जोबाट बनेको चिया र धुलो निःशुल्क वितरणसमेत गरियो । आन्तरिक राजश्व कार्यालय लाहानको प्रमुख कर अधिकृत हुँदा त्यहाँको सरकारी निवासमा बिरुवा उमारेर देशव्यापी रुपमा निःशुल्क वितरण अभियानमा उनी लागेका हुन्। हाल धुलिखेलमा सरुवा भएपछि पनि उनले गुर्जो वितरण र रोपण अभियानलाई निरन्तरता दिइरहेका छन्।, आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् मानिस जुन स्थानमा जन्मन्छ उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा प्रत्येक घरमा एउटा गुर्जोको बिरुवा रोपाउने अभियानमा आफू लागेको उनले बताए। घरसँगै सार्वजनिक स्थलमा पनि गुर्जो रोपेर मानवलाई आवश्यक परेका बेला औषधिका रुपमा उपयोग गर्न सकिने विश्वास लिइएको छ। ,रासस, तीनकुने क्षेत्रको वाग्मती किनारमा ५०० गुर्जो रोपण
सेतोपाटी संवाददाता तेह्रथुमबाट प्रहरीले भरूवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ।, तेह्रथुम लालीगुराँस नगरपालिका-१ भुल्केबाट तीन थान भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय रामबहादुर गुरुङ छन्।, शुक्रबार दिउसो सवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो।, प्रहरीलाई देख्नासाथ भाग्न खोजेका उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ।, तेह्रथुममा भरुवा बन्दुकसहित तीन जना पक्राउ
सेतोपाटी संवाददाता सर्लाहीमा वडाध्यक्षको हत्या भएको छ। इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।, शुक्रबार इश्वरपुर नगरपालिका वडा नम्बर-३ मै रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्नका लागि पुगेको बेला वडाध्यक्ष श्रेष्ठको हत्या भएको इश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटाले जानकारी दिए।, तथापि पोखरीको विषयमा विवाद नभएर आपसी विवाद नै हत्याको कारण रहेको नगरप्रमुख देवकोटाले बताए।, पोखरी सौन्दर्यीकरणको कार्य नगरपालिकाकै बजेटबाट भइरहेको थियो।, सोही पोखरीको सौन्दर्यीकरणको निरीक्षणका लागि वडाध्यक्ष श्रेष्ठ ठेक्केदार प्रेमराज दाहालसँगै पुगेका थिए।, पोखरी निरीक्षणका लागि जाने क्रममा वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक हर्षबहादुर तामाङसँगै खाजा खान पुगेको र त्यहीँ भनाभनबाट विवाद समेत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।, खाजा खाँदासम्म पनि भनाभन जारी नै रहेपछि वडाध्यक्षले चालक तामाङलाई चप्पलले हिर्काएपछि रिसमा जेसिबीको बकेटले प्रहार गरेर वडाध्यक्ष श्रेष्ठको हत्या गरेको कुँवरले बताए।, ‘जेसिबी चालक तामाङले बकेटले वडाध्यक्षको टाउको र छातीमा प्रहार गरेर हत्या गरेको पाइएको छ,’ डीएसपी कुँवरले भने।, हत्यापछि उनको शवलाई ठेकेदार र चालक मिलेर गाडेको र शव रातभरि खोजेपछि मात्रै शनिबार बिहान उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए।, प्रहरीले पोखरी सौन्दर्यीकरण कार्यका इश्वरपुर-३ कै दाहाल र जेसिबी चालक तामाङलाई पक्राउ गरेको छ।, वडाध्यक्ष श्रेष्ठको शवको पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ।, एक्साभेटरको बकेटले हिर्काएर सर्लाहीमा वडाध्यक्षको हत्या
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा तीन तले घर बगाएको छ। अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको उक्त घर निरन्तरको वर्षा र कटानका कारण मेलम्ची प्रहरीका प्रहरी निरीक्षक टिकाराम राईले सेतोपाटीलाई जानकारी दिए।, राईका अनुसार मेलम्ची ११ का गोपाल भनिने महेन्द्र दुलालको तीन तले घर नदी कटानको कारणले ढलेको हो। यसअघि अहिलेसम्म मेलम्चीमा कुनै पनि व्यक्तिको घर ढलेको थिएन।, प्रहरीका अनुसार गोपालका परिवार अन्तै कोठा लिएर बसेकाले सबै सुरक्षित छन्।, असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको छ, दर्जनौ बेपत्ता भएका छन्। त्यस्तै ४०० भन्दा बढी घर बिस्थापित भएका छन्।, निरन्तर वर्षाको कारण नदीमा पानीको बहाब बढिरहेकाले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन इलाका प्रहरी कार्यलय मेलम्चीले आग्रह गरेको छ।, इन्द्रावतीमा आएको बाढीले बगायो मेलम्चीको तीन तले घर
विनोद सापकोटा आगामी आर्थिक वर्षदेखि पाँचथरको फाल्गुनन्द गाउँपालिकाले लिम्बु भाषालाई स्थानीय सरकारी कामकाजको भाषामा लागू गर्ने भएको छ।, लिम्बु जातिको बाहुल्यता रहेको यस क्षेत्रका लिम्बु समुदायको ऐतिहासिकतालाई सम्मान पुगोस् भन्ने उद्देश्यले लिम्बु भाषालाई सरकारी कामकाजको रूपमा लागू गर्ने घोषणा गरेको हो। साथै पालिकाभित्र बोलिने अन्य भाषालाई समेत अगामी दिनमा कामकाजको भाषाको रूपमा मान्यता दिइने कार्यक्रममा उल्लेख भएको छ।, पालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले सो घोषणा गरेका हुन्। ‘गाउँसभाबाट ४९ करोड ९६ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै नीति तथा कार्यक्रम पारित गरिएको हो,’ उनले सेतोपाटीसँग भने।, यस अघिदेखि नै पालिकामा मातृभाषाको रूपमा लिम्बु भाषा पढाइ हुँदै आएको छ। पालिकाले शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै शिक्षा ऐन २०७८ जारी गरी कार्यान्वयनना ल्याउने र मातृभाषाको पठनपाठनलाई संरक्षण र सम्बर्द्धन गर्दै स्थानीय भाषाको पाठ्यक्रमलाई समयसापेक्ष व्यावहारिक रूपमा परिमार्जन गरी प्रयोगमा ल्याउने भएको छ।, १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दको नामबाट नामाकरण गरिएको यो पालिकाभित्र उनको कर्म क्षेत्र तथा समाधीस्थल रहेको हुँदा धार्मिक पर्यटकीयस्थलको रूपमा समेत विकास, प्रवर्द्धन तथा संरक्षण गरिने भएको छ।, यसअघि इलामको माङ्सेबुङ गाउँपालिकाको ५ नम्बर वडाले पनि लिम्बु भाषालाई सरकारी कामकाजी भाषाको रूपमा सञ्चालन गरिसकेको छ।, पाँचथरको फाल्गुनन्द गाउँपालिकामा लिम्बु भाषा सरकारी कामकाजको भाषा
सेतोपाटी संवाददाता झापाको विरिङ खोलामा एक पुरुषको शव फेला परेको छ।, अर्जुनधारा नगरपालिका १ साधुटार-होक्से सडकखण्ड अन्तर्गत पर्ने खोलामा ४०/४५ वर्षको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ। मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार अर्धनग्न अवस्थामा पुरुषको शव शनिबार बिहान स्थानीयले खोलाको बगरमा देखेर प्रहरीलाई खबर गरेका थिए।, उनको शरीरको कम्मरको भागमा डोरी बाँधिएको प्रहरीले बताएको छ। ती पुरुषको शव खोलाले बगाएर ल्याएको हो कि भन्ने आशंका स्थानीयले गरेका छन्।, इलाका प्रहरी कार्यालय विर्तामोडका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।, विरिङ खोलामा पुरूषको शव फेला
सेतोपाटी संवाददाता पिकअप भेनको ठक्करबाट सुनसरीमा एक जनाको मृत्यु भएको छ।, सुनसरी इटहरी-१२ खनार सोमबारे चोकमा भेनको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो।, मृत्यु हुनेमा इटहरी -११ की ५६ वर्षीया गंगा ढकाल रहेकी छन्।, शनिबार राति ९ बजे इटहरीबाट दुहबीतर्फ जाँदै गरेको को१०च ५५७३ नम्बरको पिकअप भेनले पैदल यात्री ढकाललाई ठक्कर दिएको थियो।, ढकालको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राति पौने ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने भेन प्रहरीको नियन्त्रणमा छ।, भेनको ठक्करबाट पैदल यात्रीको मृत्यु
सेतोपाटी संवाददाता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई एक्कासी साथीहरुले फोन गरेर के समस्या परेको भनेर सोध्न थाले।, शुक्रबार बेलुका लगातार ५/७ जनाले महतोलाई कति रूपैयाँ चाहिएको हो सर भनेर सहयोग दिन फोन गरेका थिए।, महतोको फेसबुक मेसेन्जरमा पनि त्यस्तै खालका मेसेजहरू आएका थिए।, उनले कसैसँग पनि सहयोग मागेका थिएनन्। यसबारे तुरुन्त उनले खोजी सुरू गरे।, ‘मेरा साथीहरूसँग मेरो नामको फेसबुकबाट २० देखि ३० हजार रुपैयाँ मागेको थाहा पाएँ। त्यो कसैले मेरो फोटो र नाम राखेर फेक आइडी बनाएर ठग्न खोजेको रहेछ,’ उनले भने।, फेसबुकमा महतोको फोटो प्रोफाइलमा राखिएको थियो। कभरमा जिल्ला प्रशाशन कार्यालय कञ्चनपुरको फोटो थियो।, मेसेन्जरमा पैसा माग्नेले गुगल वा फोन पेबाट मागेको थियो।, ‘मोबाइल नम्बर र खाता नम्बर पनि पठाएको देखिन्छ। मेरा साथीहरूले स्क्रिनसट गरेर पठाएका छन्, नम्बरहरू नेपालका होइनन् जस्तो छ,’ उनले भने।, उनले आफ्नो नामको फेक आइडी देखेपछि त्यो साँचो नभएको भन्दै फेसबुकमै सूचना हाले।, ‘अज्ञात व्यक्तिले मेरो तस्वीर राखी नक्कली फेसबुक अकाउण्ट खोलेको देखिन्छ। यस आइडीलाई ब्लक गर्नुहुन, फ्रेन्ड रिक्वेष्ट आएमा एसेप्ट नगर्नु हुन, अस्वाभाविक व्यवहार देखाएमा भ्रममा नपर्नु हुन अनुरोध गर्दछु,’ उनले लेखेका छन्।, यस अकाउण्ट सम्बन्धमा आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको उनले बताए।, मेसेजमा श्रीमती र साथीलाई समस्या परेर अस्पतालमा छु भन्दै ठग्न खेजेको देखिएको छ।, यो अनुसन्धानको विषय भएकाले प्रहरीले अनुसन्धान गर्ने उनले बताए।, कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा पनि सामाजिक सञ्जालको प्रयोग गरी  पैसा माग्ने गरेको गुनासो आउने गरेका छन्।, कञ्चनपुरका प्रहरी सहायक प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर वमले चिठ्ठा परेको, पैसा हाल भनेर झुक्याउने खालका मेसेजहरू आएका गुनासा प्राप्त भएको बताए।, उनले प्रहरीले सक्दो सहयोग गर्ने र जटिल केसको अनुसन्धानका लागि साइबर ब्युरोमा पठाउने गरिएको बताए।, कञ्चनपुरका सिडिओको नाममा फेसबुक बनाएर पैसा मागेपछि …
सेतोपाटी संवाददाता अविरल वर्षापछि आएको बाढीले जिल्लाका मनाङका विभिन्न विद्यालय बगाएपछि अभिभावक, शिक्षक र विद्यार्थी अन्यौल बनेका छन् । जिल्लामा रहेका चार माध्यमिक विद्यालयमध्ये तीन विद्यालय बाढी पहिरोबाट प्रभावित भएको छ । , सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयको भवन मस्र्याङ्दी नदीको कटानले जोखिममा पुगेको छ । मस्र्याङ्दी नदीमाथिको पक्की पुलले नदीको धार परिवर्तन हुँदा विद्यालयको भवनतर्फ कटान गरी भवन जोखिममा छ । यी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कहिलेदेखि अध्ययन शुरु हुने हो भन्ने चिन्ता थपिएको छ ।  , थोंचेस्थित प्रकाश ज्योति माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत मनोज गुरुङ भन्‍छन्, 'हाम्रो त न गाउँ रहेको छ न त विद्यालय, अब पढ्न पनि आफ्नै जिल्लामा बसेर पढ्न नपाइने भयो ।' बाढीले उहाँले अध्ययन गर्ने विद्यालयको निशान मात्रै रहेको छ । , कक्षा ९ मा अध्ययनरत प्रिया गुरुङ अब जिल्लामा घर नजिकै बसेर पढ्न पाउने अधिकार नै बाढीले छिनेको बताउँछिन् । मनाङका विद्यार्थीले घरबार गुमाउनुका साथै विद्यालय पनि बगाएपछि शिक्षाबाट वञ्चित भएको प्रियाको भनाइ छ । , नासों गाउँपालिका–१ तालगाउँस्थित भानु माध्यमिक विद्यालय मस्र्याङ्दीको बाढीको डुबानमा छ । गाउँ नै डुबानमा रहेकाले विद्यालय जोगिन सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् । जिल्लामा भएको चार माध्यमिक विद्यालयमध्ये एउटामा मात्रै बाढी पहिराले क्षति नभएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायण योगीले जानकारी दिए । , विद्यालयको भौतिक संरचना पूर्णरुपमा क्षति भएकाले मर्मत तथा निर्माणमा समय लाग्न सक्ने योगीले बताए । संरचना र विद्यालयको भवन नभएपछि अध्ययनका लागि नै अन्यत्र पठाउनुपर्ने समस्या मनाङवासीलाई थपिएको छ । मनाङका सबै माध्यमिक विद्यालयमा आवासीय सुविधा रहेको छ । ,रासस, बाढीले विद्यालय बगाएपछि विद्यार्थीलाई पढाइको चिन्ता
हरि बाँस्तोला पोखरा महानगरपालिका-२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले ६ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दंग छन्। विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा ब्याउने भन्दै ढुक्क बनेका पौडेल जेठको २६ गते राति एकाएक गाईको थुनबाट दूध गोठमा आफैं झरेको देख्दा अचम्ममा परे।, साढे दुई वर्षको मिनिजर्सी सो बाच्छीले त्यसयता प्रत्येक दिन बिहान बेलुका दुई/दुई लिटरका दरले दूध दिन थालेपछि यतिखेर उनको घरमा गाई हेर्न छिमेकीहरु पुग्न थालेका छन्। उनले भने, ‘दूध भने कहिल्यै पनि फाटेन। अहिले खाएर बाँकी रहेको दूध दही बनाएर मोथ्दा घ्यू पनि राम्रो लाग्ने गरेको छ।’, गाई नब्याउँदै दूध दिने विषय बिरलै हुने गरेको बताउँदै पशु चिकित्सक डा. मधु तिमिल्सिना हर्मोनको कारण यस्ता दुर्लभ घटना हुने बताउँछन्। उनी भन्छन्, ‘नब्याउँदै गाईले दिएको दूध खाँदा भने कुनै समस्या हुँदैन। उन्नत जातका गाईका बाच्छीले पहिलो बेतमै प्रोजेस्टोन हर्मन वृद्धिले दूध उत्पादन गर्ने भएको कारण नब्याउँदै दूध दिन थालेको हो। यस अवस्थाका गाईमा थुनेलो हुने समस्या आउने भएकाले कल्चौडा सफा राख्ने, थुनमा बेटाडिन लगाउने गर्नु पर्दछ।’ रासस, नब्याउँदै गाईले दूध दिन थालेपछि…
सेतोपाटी संवाददाता पानीको विषयलाई लिएर दुई परिवारबीच हानाहान हुँदा दर्जनबढी घाइते भएका छन्।, रौतहट मौलापुर नगरपालिका-१ मर्यादपुरमा शनिबार बिहान झडप भएको हो।, स्थानीय भुवन साह सोनार र सोही ठाउँका हृदयनारायण यादवको परिवारबीच हानाहान भएको थियो।, इलाका प्रहरी कार्यालय मौलापुरका अनुसार घटनामा एक दर्जनबढी घाइते छन्।, प्रहरी निरीक्षक राकेश यादवका अनुसार सोनारको परिवारमाथि यादव परिवार खनिएका थिए। खाना खाइरहेको अवस्थामा सोनार परिवारमाथि आक्रामण भएको थियो। , सोनारले वर्षाको पानी आफ्नो घरबाट यादवको खेततर्फ पठाएको निहुँमा दुई परिवारबीच विवाद भएको उनले बताए।, ‘सोनारको परिवारका मानिस बढी घाइते छन्,’ उनले भने।, घाइते कसैको स्थानीय अस्पताल तथा कसैलाई वीरगञ्ज पठाइएको छ। यादव पक्षका दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक यादवले बताए।, पानीको विषयमा रौतहटमा दुई परिवारबीच हानाहान, दर्जनबढी घाइते
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको छ।, बोर्डले आगामी असार २० गतेसम्मका लागि रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो ।, यसअघि रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो। चैत मसान्तसम्म फारम बुझाउन छुट भएकाहरुलाई दोब्बर दस्तुर लिने गरी असार २० गतेसम्म म्याद थप गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रध्यापक डा चन्द्रमणि पोखरेलले जानकारी दिए।, बोर्डले जारी गरेको सूचनाअनुसार रजिष्ट्रेशनका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार दुई सय रुपैयाँ लाग्नेछ।, रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम सम्बन्धित विद्यालयहरुले राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुमा बुझाउने व्यवस्था मिलाएको छ।, कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन बुझाउने म्याद थप
सेतोपाटी संवाददाता जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन्। यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक/एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन्। पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम यो कार्यक्रम ल्याइएको बताइएको छ ।, पातारासी गाउँपालिकाले एक जना विद्यार्थीलाई छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ । गाउँपालिकाले सातौं गाउँसभामा एमबिबिएस छात्रवृत्तिमा पढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । ‘शिक्षा, स्वास्थ्य, विद्युत्, सञ्चार र रोजगार हाम्रो सरोकार र कृषि, जडीबुटी, पर्यटन समृद्ध पालिका निर्माणको मूल आधार’ भन्ने मूल नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । पातारासी गाउँपालिका स्वास्थ्य संयोजक रतन बुढ्थापाका अनुसार गाउँपालिकामा एमबिबिएस पढेका एक जना व्यक्ति पनि छैनन् । , छात्रवृत्तिमा भएपनि एमबिबिएस पढाउनुपर्छ भन्ने पाठ कोभिड महामारीले नै सिकाएको प्रमुख प्रशासनिक अधिकृत टेकबहादुर बुढथापाले बताए । ‘गाउँपालिकाले एमबिबिएस पढ्ने एक जनाको सम्पूर्ण खर्च व्यवस्था गर्ने नीति ल्याएको छ । पातारासीमा अहिलेसम्म एमबिबिएस अध्ययन गरेको कोही नभएकाले प्रोत्साहन गर्नका लागि यस्तो नीति लिएका हौँ’, उनले भने । , जिल्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाले पनि स्वास्थ्य र सामाजिक विकासलाई प्रथामिकता दिएर नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । हालै नेपाल सरकार चिकित्सा शिक्षा आयोगले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २० सिट एमबिबिएस अध्ययन अध्यापनको अनुमति पाएसँगै जुम्लाका स्थानीय तहले नीति तथा कार्यक्रममा यो विषयलाई महत्व दिएका छन् । नगर प्रमुख कान्तिका सेजुवालका अनुसार एमबिबिएस पढ्ने विद्यार्थीलाई विशेष छात्रवृत्ति उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटिएको छ । उनले भनिन्, ‘विपन्न, मेहनत जेहन्दार एकजना विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटेका छौँ।’ ,रासस, दुई स्थानीय तहले छात्रवृत्तिमा एमबिबिएस पढाउने
सेतोपाटी संवाददाता बिहीबार थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यस दिन कुल १२ हजार २३२ जनाको नमुना परीक्षण गरिएको थियो। साथै थप २ हजार ५१८ जना निको भएका छन्।, हालसम्म कोरोना संक्रमण पुष्टि भएर निको भएकाहरुको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ। निको भएको यो दर ९०. ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। , त्यस्तै थप २४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको छ। , थपिए २ हजार ४७४ संक्रमित, २४ को मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका २३४ जना, ललितपुरका ६८ जना र भक्तपुरका ३३ जना छन्।, यस्तै, २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा १२ हजार २३२ जनाको नमूना परीक्षण गरिएको थियो। साथै, थप २ हजार ५१८ जना निको भएका छन्। त्यस्तै थप २४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। , काठमाडौं उपत्यकामा थप ३३५ लाई संक्रमण
खिलानाथ ढकाल असार ५ गते २७ वर्षीया सन्तोषी सुब्बा फर्पिङ बजार पुगेकी थिइन्। त्यहाँ गएर उनी पद्मा सम्फभ गेष्ट हाउसमा बसेकी थिइन्।, स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार सुब्बा फर्पिङ-दक्षिणकाली पुगिरहन्थिन्। त्यहाँ जाने जंगलमा घुम्ने उनको स्वभाव थियो।, चराचुरूङ्गी प्रेमी भएकाले त्यो क्षेत्रमा जान्थिन्। जंगलमा चराचुरूङ्गीको आवाज सुन्थिन् र नक्कल गर्न सिक्थिन्।, ‘स्थानीयहरूले उनलाई पटक-पटक फर्पिङ-दक्षिणकाली क्षेत्रमा देखेको बताएका छन्, उनी पशुपन्छीको आवाज निकालेर  सुनाउँथिन् पनि,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक निशान थापा भन्छन्।, कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार ६ गते बिहान करिब ११ बजे उनी सो गेष्ट हाउसबाट निस्किइन्। केही टाढा रहेको एउटा चिया-नास्ता पसलमा पुगिन्।, जहाँ २९ वर्षीय सुरेश तिमल्सिना मदिरा पिउँदै थिए।, सन्तोषीले खाजा मागिन्, खाइन्।, ‘देख्नेहरूले र त्यो चिया-नास्ता पसलका साहुजीले मध्याह्न १२ बजे उनी त्यहाँ पुगेको बताएका छन्,’ पंगेनीले सेतोपाटीसँग भने, ‘त्यही क्रममा तिमल्सिना र सन्तोषी गफिन थाले।’, सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी-१४ घर भएका सुरेश काठमाडौं-फर्पिङ चल्ने बसका कन्डक्टर हुन्।, उनी काठमाडौं- २७ कमलाक्षी असन क्षेत्रमा डेरा गरी बस्थे।, अनुसन्धानका क्रममा उनीहरूबीच पहिले चिनजान नभएको देखिएको पंगेनी बताउँछन्।, गफगाफको शृंखला साँझसम्मै चल्यो। सुरेशले बताएअनुसार गफिने क्रममा चिना-परिचय भयो।, सन्तोषीले आफूले जानेको कलाबारे सुरेशलाई जानकारी गराइन्।, एक रात गेष्ट हाउसमा बसे पनि सन्तोषीसँग अर्को रात बस्नका लागि पैसा थिएन। सुरेशले यही मौका छोपिहाले।, उनले खानाको बन्दोबस्त आफैं मिलाउने र आफू सहचालक रहेको बसमै सुत्दा हुने भन्दै हिँडाएका थिए।, ‘पैसा नभएको बताएपछि सुरेशले मेरो गाडी छ भन्दै दक्षिणकाली बसपार्कसम्म डोर्‍याए,’ पंगेनीले भने, ‘बसपार्कबाट नजिकै रहेको पिकनिक स्पटसम्म पुर्‍याए। त्यहाँभन्दा तल रहेको शौचालय पुर्‍याए।’, यति बेलासम्म त ७ बजिसकेको थियो। झ्याप्प अँध्यारो भइसकेको थियो।, उनीहरूबीच गफिँदै दक्षिणकाली झर्ने क्रममा जिस्किन थालेका थिए। सुरेशले उनीसँग शारीरिक सम्बन्धको प्रस्ताव राखेको बताएका छन्।, ‘सुरूमा उनीहरू सहमतिले नै त्यो प्रयोगविहीन शौचालयसम्म पुगेको देखिन्छ,’ पंगेनीले भने, ‘नभए त बीचमै झगडा भइहाल्थ्यो।’, तर, शौचालय पुगेपछि उनीहरूबीच असहमति चुलिएको देखिन्छ। त्यहाँ दुईबीच घम्साघम्सी भएको प्रष्टै देखिन्छ।, ‘त्यसक्रममा सुरेशले जबरजस्ती करणी गरे वा गरेनन् भन्ने स्वाब परीक्षणबाट रिपोर्ट आइनसकेकाले भन्न सकिएन,’ पंगेनी भन्छन्, ‘तर, हत्याको कारण यही हो।’, किनभने, सन्तोषीको भित्री वस्त्र (पेन्टी) खोलेर फालिएको थियो। सुरेशको पेन्टी पनि त्यहीँ भेटिएको थियो।, असहमति चुलिएर झगडा भएपछि सुरेशले सन्तोषीको घाँटी सलले कस्छन्। बेहोस् भएपछि ढुंगाले अनुहार क्षतविक्षत पार्छन्।, ‘स्थानीयले सन्तोषी र आफूलाई चिन्ने र आफूसँगै हिँडेको देखेको भएर ढुंगाले अनुहार नचिनिने गरी प्रहार गरेको उनले बताएका छन्,’ पंगेनीले भने।, सन्तोषीको हत्यापछि सुरेश बसपार्क पुग्छन्। बसपार्कबाट एउटा ट्याक्सी रिजर्ब गरेर बल्खुसम्म आउँछन्। बल्खुबाट पैदलै कोठासम्म पुग्छन्।, ‘उनी निकै हतास देखिन्थे, बुवा बिरामी भएको भनी ट्याक्सी लिएर हिँडेका थिए,’ ट्याक्सी चालकको बयान उद्धृत गर्दै डिएसपी थापा भन्छन्।, यसरी पक्राउ परे, सन्तोषीको पहिचान खुलेपछि अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले अनुसन्धान अधिकृत खटाएका थिए।  , प्रहरी उपरीक्षक पंगेनीको नेतृत्वमा रहेको टोलीमा डिएसपी निशान थापा, प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठ र अनिश भण्डारी थिए। थापा, श्रेष्ठ र भण्डारी बुधबार सोधीखोजी गर्दै फर्पिङ बजारसम्म पुगे।, त्यसक्रममा सन्तोषी बसेको होटल पत्ता लगायो। त्यहाँबाट निस्केर हिँड्दासम्म सन्तोषीसँग दोस्रो व्यक्ति थिएन।, टोली चिया पसल पुग्यो। त्यहाँका साहुजीसँग कुराकानी गर्दा सुरेश र सन्तोषी लामो समय गफिएको खुल्छ।, सन्तोषीसँग रहेका व्यक्ति कन्डक्टर रहेको भन्ने चाहिँ त्यहीको एउटा वर्कसपबाट थाहा हुन्छ। सुरेश फुर्सदको बेला त्यो वर्कसपमा काम पनि गर्ने गर्थे। सुरेशको मोबाइल नम्बर पत्ता लगाउँदै सुरेश कन्डक्टर रहेको बसको पहिचानसहित अनुसन्धान टोली दक्षिणकाली झरेको थियो।, ‘यसपछि टोली सोधीखोजी गर्दै दक्षिणकाली बसपार्क पुग्यो,’ प्रहरी उपरीक्षक पंगेनी भन्छन्, ‘त्यहाँबाट राति एउटा ट्याक्सी हिँडेको पत्ता लाग्यो।’  , प्रहरीले त्यो ट्याक्सीका चालकलाई फोन गरेर सुरेशलाई छोडेको अन्तिम गन्तव्य सोध्यो। चालकले दक्षिणकालीमा भेटेयता सबै कुरा भनिदिए।, यसपछि प्रहरीले सुरेशको मोबाइल ‘ट्रेस’ गरी लोकेसन पत्ता लगाउन थाल्यो। उनको लोकेसन असनमै फेला पर्‍यो।, ‘यसपछि हामी बिहीबार बिहान उनको कोठामा पुग्यौं,’ प्रहरी उपरीक्षक पंगेनीले भने, ‘त्यहाँ पुग्दा प्रमाण भेटिए।’, ती प्रमाण थिए- सन्तोषीको मोबाइल, मेमोरी कार्ड।, सुरेशले घटना हुँदा लगाएको लुगा पनि फेला पर्‍यो। कपडामा रगतका टाटा थिए।, ‘सुरूमा त उनले इन्कार गरिरहेका थिए, तर उनको विपक्षमा प्रमाण जुट्दै गएपछि घटना स्वीकार गरेका छन्,’ पंगेनीले भने।, सन्तोषीको हत्या आकस्मिक भएको, अहिले भजाइनल स्वाब आइनसकेकाले बलात्कार प्रयासका कारण हत्या भएको भन्न सकिने पंगेनीले बताए।, सन्तोषी काठमाडौं-७ कालोपुल नजिकैको गुरूङ टोलमा बस्थिन्। सानै उमेरमा उनलाई धनबहादुर तामाङले घरमा ल्याएर पालनपोषण गरेका थिए।, सन्तोषी सानै उमेरदेखि चराचुरूङ्गी र पशु बटुलेर घरमा ल्याउँथिन्, तिनीहरूको आवाज निकाल्थिन्।, घटनास्थलमा एउटा बट्टा फेला परेको थियो, जसमा गँगटो थियो।, ‘बट्टामा गँगटो बोकेकी थिइन् भन्ने कुरा त्यो चिया-खाजा पसलका मान्छेले भनेका छन्,’ प्रहरी उपरीक्षक पंगेनीले भने, ‘कतिपयले गँगटो खान्छन्, एकदमै मीठो हुन्छ। सायद उनले खानका लागि गँगटो बोकेकी थिइन्।’    , सुरेशमाथि तत्काल कर्तव्य ज्यानमुद्दामा अनुसन्धान हुने महाशाखाले जनाएको छ। प्रमाण जुट्दै गएपछि उनीमाथि जबरजस्ती करणीजन्य अपराधमा पनि अनुसन्धान हुने बताइएको छ।, सन्तोषीका धर्मपिता धनबहादुरका अनुसार उनी एक्लैदोक्लै हिँड्ने, पशुपन्छी भएका ठाउँमा रम्ने खालकी थिइन्। त्यसैले, उनी फर्पिङसम्म पुगेकी हुन सक्छिन्। , तर, निषेधाज्ञाको बेला सन्तोषी के माध्यमद्वारा फर्पिङसम्म पुगिन् भन्ने ‘रहस्य’ उद्घाटन हुन बाँकी नै छ। , सम्बन्धित समाचार:, वियोगान्त बन्यो १८ वर्षअघि चाबहिलको सडकमा जोडिएको बाबु-छोरीको सम्बन्ध, सानैमा परिवारबाट छुटेकी थिइन् दक्षिणकालीमा हत्या भएकी सन्तोषी, निकाल्थिन् एकसेएक पशुपन्छीको आवाज, सन्तोषीले फर्पिङमा सुरेशसँग सहयोग मागेकी थिइन् तर उनले हत्यासम्म पुर्‍याइदिए
सेतोपाटी संवाददाता मनाङमा अविरल वर्षापछि आएको बाढीले  पुल बगाएको ठाउँमा काठको पुल बनाइएको छ।, नेपाली सेना र नेपाल प्रहरीले मिलेर चामे गाउँपालिका-३ स्थित नयाँ बजार र चामे बजार जोड्ने घट्टेखोलामा काठे पुल बनाएका हुन्।, काठे पुल निर्माण सम्पन्न गरेपश्चात स्थानीय बासिन्दालाई आवत/जावत गर्न सहज भएको छ।, असार पहिलो साता बाढीले मनाङका विभिन्न भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको थियो। , सबै  तस्बिरहरू सौजन्य: नेपाली सेना, चामेमा सेना र प्रहरीले मिलेर बनाए काठे पुल (तस्बिरहरू)
सेतोपाटी संवाददाता पोखरामा ८ महिनाअघि १६ वर्षीय किशोरी बलात्कृत भएको घटना बिहीबार सार्वजनिक भएको छ।, बलात्कार आरोपीले ती किशोरीको नाममा नक्कली फेसबुक खोलेर बलात्कारको फोटो र भिडिओ सार्वजनिक गरिदिएपछि उक्त घटना सार्वजनिक भएको हो। , बलात्कार भएको ८ महिनापछि बुधबारमात्रै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।, पीडितको जाहेरीका आधारमा बलात्कार आरोपी भारतको बिहार प्रदेश अन्तर्गत पश्चिमी चम्पारण जिल्ला फतुछापर घर भई पोखरामा बसेर काम गर्दै आएका २७ वर्षीय ईन्द्रजितकुमार शर्मालाई प्रहरीले बिहीबार नै पक्राउ गरेको थियो। , बलात्कार आरोपमा पक्राउ परेका ईन्द्रजितलाई थप अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।, उनका अनुसार किशोरीलाई विभिन्न प्रलोभन, डर, धम्की दिएर ईन्द्रजितले किशोरीलाई बलात्कार गरेको पीडित परिवारको जाहेरीमा उल्लेख छ। , ईन्द्रजितले किशोरीको नाममा फेसबुक खोलेर अश्लिल फोटो र भिडिओ पोस्ट गर्न थालेपछि पीडित परिवार प्रहरीको शरणमा पुगेका थिए।, बलात्कारको जाहेरी आउनासाथ आरोपीको खोजी गरेर पक्राउ गर्न सफल भएको डिएसपी हमालले बताए। , ईन्द्रजितको मोबाइलबाट किशोरीको अश्लिल फोटो र भिडिओ समेत फेला परेको प्रहरीले जनाएको छ।, किशोरीको नाममा नक्कली फेसबुक बनाएर पोस्ट गरेको नक्कली भिडिओ र फोटो भने तत्काल हटाएको डिएसपी हमालले बताए।, जबरजस्ती करणीको फोटो र भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेपछि...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई अब उपमहानगरपालिका बनाइने भएको छ। नगरपालिकाको बिहीबार बसेको नगरसभाले यो एजेण्डा पारित गरेको छ।, कर्णाली प्रदेश सरकारमार्फत उपमहानगरपालिका बनाउने एजेण्डा संघीय सरकारमा जाने नगरपालिकाका उपमेयर मोहनमाया ढकालले जानकारी दिइन्। ‘अहिले हामीले यो एजेण्डा बनाएर पास गरेका छौं, अब प्रदेशमार्फ संघीय सरकारमा गएर एजेण्डा पारित हुनुपर्छ’ उनले भनिन्।, वीरेन्द्रनगरलाई उपमहागरपालिका बनाउनका लागि आवश्यक मापदण्ड पुग्ने उनले बताइन्। उपमहागरपालिकाका लागि सम्बन्धित क्षेत्रभित्र बसोबास गर्ने जनसंख्या २ लाख, स्थानीय तहको आन्तरिक राजस्व २५ करोड पुगेको आवश्यक प्रशासनिक संरचना तयार हुनुपर्छ।, उपमेयर ढकालका अनुसार अहिले वीरेन्द्रनगर नगरपालिकाभित्र बसोबास गर्ने जनसंख्या झण्डै साढे ३ लाख छ। जसमध्ये स्थायी बसोबास गरेको संख्या १ लाख ३० हजार छ भने अस्थायी बसोबास गरेको संख्या २ लाख बढी छ।, ‘वीरेन्द्रनगरमै बसोबास गरिरहेका तर बसाइँसराइँ कागजात नबनाएका धेरै हुनुहुन्छ, उहाँहरुलाई पनि यो मापदण्डका लागि समावेश गर्न मिल्छ,’ उपमेयर ढकालले भनिन्, ‘मापदण्ड अनुसार चाहिने आन्तरिक राजस्व पनि हाम्रो पर्याप्त छ।’, अहिले वीरेन्द्रनगरको आन्तरिक राजस्व २१ करोड ५० लाख छ। यसमा संघ र प्रदेश सरकारबाट बाँडफाँड भएर आउने राजस्वलाई जोड्ने हो भने २५ करोड पुग्ने ढकालले बताइन्।, प्रशासनिक संरचना पनि अधिकांश भएको र बाँकी आवश्यक पर्ने संरचना निर्माणको सम्भावना पनि पर्याप्त भएकोले वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने प्रस्ताव गरिएको उनले बताइन्।, कर्णाली प्रदेशभर ७९ वटा स्थानीय तह छन । हालसम्म कर्णाली प्रदेशभित्र एउटा पनि उपमहानगरपालिका छैन। अहिले भएका स्थानीय तहमध्ये २५ वटा नगरपालिका छन् भने ५४ वटा गाउँपालिका छन्।,  , वीरेन्द्रनगरलाई अब उपमहानगरपालिका बनाइँदै
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषास्थित आन्तरिक राजश्व कार्यालयमा कार्यरत् कर अधिकृत रमेश ढकालविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, अन्तशुल्क समायोजनाको रकम फिर्ता गर्ने प्रयोजनमा घुस मागेको आरोपमा पक्राउ परेका ढकालविरूद्ध बिहीबार १ लाख ५० हजार रूपैयाँ बिगो माग गरी अदालतमा मुद्दा दायर गरिएको हो।, अनुसन्धानको सिलसिलामा ढकालले सेवाग्राहीसँग घुस लिएको स-प्रमाण पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले बताए।, ढकालसँग भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन माग दाबी लिइएको छ।, धनुषा कर कार्यालयका कर अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा
सेतोपाटी संवाददाता मोरङको बुढीगंगा गाउँपालिकाको आठौं गाउँसभाले आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको छ।, बिहीबार सम्पन्न सभामा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी नीति तथा प्रस्तुत गरेका थिए।, त्यसक्रममा गाउँपालिकाले ५६ करोड ३२ लाख १९ हजार ४ सय ८० रूपैयाँ बजेट प्रस्तुत गरेको छ ।, गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छदारले चालु आर्थिक वर्षको भन्दा कम करिब ५६ करोड ३२ लाख १९ हजार ४ सय ८० रूपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।, आगामी वर्ष चालुतर्फ मालपोत रजिष्ट्रेसन ५ करोड, २ करोड संघीय सरकार समानीकरण, अनुदान १४ करोड ५९ हजार, सशर्त अनुदान १९ करोड ८७ लाख, समपुरक अनुदान ४३ लाख, सशर्त अनुदान पुँजीगततर्फ ४ करोड १३ लाख, राजश्व बाँडफाँड ७ करोड ७६ लाख ८१ हजार, प्रदेश सरकार समानीकरण अनुदान ८५ लाख ९७ हजार, सशर्त अनुदान १९ लाख ४३ हजार, समपुरक अनुदान एक करोड, राजश्व वाँडभाड रु ४७ करोड ९८ लाख, ४ सय ८० रूपैयाँ गरी जम्मा ५६ करोड ३२ लाख १९ हजार ४ सय ८० रुपैयाँ आय हुने गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले बताए।, बुढीगंगा गाउँपालिकाले विगतदेखि नै स्थानीय जनताको चाहना अनुरुप बजेट तर्जुमा गरेको उनले सभामा बताए। गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत डम्बरुवल्लभ बरालले युवाहरूको आर्थिक विकास र स्वास्थ्य क्षेत्र र कृषि क्षेत्रमा प्राथमिकतामा राखेको बताए।, उनले सामुदायिक विद्यालयको पूर्वाधार निर्माण, शैक्षिक गुणस्तर वृद्धि, स्वास्थ्य बिमा कार्यक्रम सडक कल्भर्ट लगायतको पूर्वाधार निर्माण, मठ, मन्दिरका लागि योजना तय भइसकेको बताए। गर्नु  भको थियो।,  सभामा उत्कृष्ट कर्मचारी, कृषक, व्यवसायीलाई सम्मान गरिएको थियो। , बुढीगंगा गाउँपालिकाको बजेट ५६ करोड
सेतोपाटी संवाददाता प्रहरीले झापाको काँकडभिट्टाबाट ब्राउनसुगरसहित एक युवालाई पक्राउ गरेको छ।, लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले मेचीनगर-५ पीपलचोकबाट २९ वर्षीय रामबहादुर निरौलालाई बिहीबार पक्राउ गरेको हो।, उनको साथबाट ३९ ग्राम ब्राउनसुगर फेला परेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।, शंकास्पद लागेर निरौलालाई चेकजाँच गर्दा ब्राउनसुगर र नापतौल गर्न प्रयोग हुने डिजिटल तराजु पनि बरामद गरिएको भट्टराईले बताए।, उनलाई लागुऔषध सम्बन्धी कसुरको मुद्दामा हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।, काँकडभिट्टाबाट ३९ ग्राम ब्राउनसुगरसहित एक पक्राउ
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्न अन्तरजिल्ला सुरक्षा समन्वय कायम गरी नेतृत्वदायी भूमिका खेल्दै परिस्थिति अनुसार व्यावसायिक रुपमा तयार भएर काम गर्न निर्देशन दिएका छन्।, हालै सरुवा हुनुभएका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले त्यस्तो निर्देशन दिएका हुन्। जिल्ला कमान्डरको आधारभूत भूमिका बहन गरी समग्र जिल्लामा सुरक्षाको अनुभूति गराउन पनि उनले निर्देशन दिए।, ‘सौहार्दपूर्ण वातावरण बनाउन विशेष चनाखो भई परिचालित हुनुपर्ने आवश्यकता छ,’ क्षेत्रीले भने।, क्षेत्रीले मनसुनजन्य विपद्, कोभिड-१९ को संक्रमणजस्तो विषम परिस्थितिमा विपद व्यवस्थापन तथा कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा आ-आफ्नो तर्फबाट सक्रिय भई महत्त्वपूर्ण योगदान पुर्‍याउन पनि निर्देशन दिए। आर्थिक अनियमितताविरूद्ध खरो रुपमा प्रस्तुत भई प्रहरी कर्मचारीको मनोबल उच्च राख्न प्रहरी नेतृत्वले व्यवहार, सुविधा, ड्युटी, बिदा र कार्यसम्पादन मूल्यांकन न्यायोचित रुपमा गर्नुपर्ने उनले बताए।, क्षेत्रीले प्रहरी कर्मचारीहरूको आचरण र व्यवहार परिवर्तन गरी आम नागरिकको दैनिकीप्रति व्यावहारिक बन्न र सुख दु:ख बुझ्ने वातारण बनाउन कुशल व्यवहारका साथ प्रस्तुत हुनुपर्ने बताए । जघन्य अपराधका साथै सार्वजनिक सरोकार र चासो लगायतका घटना अनुसन्धानमा सफलता पाउन काम गर्नुपर्ने क्षेत्रीले बताए।, उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले आर्थिक रुपमा चुस्त दुरुस्त भई बेरुजु फर्छ्यौटमा विशेष ध्यान दिनुपर्ने बताए। हरेक प्रहरी कार्यालयले आर्थिक रुपमा पारदर्शीता अपनाई विधि र सीमामा रहेर खर्च गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए।, प्रहरी प्रधान कार्यालयले असार ८ गते ५२ जना प्रहरी उपरीक्षकहरू र ५७ जना प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरेको थियो।, आर्थिक अनियमितताविरूद्ध खरो हुन सरूवा भएका एसपी र डिएसपीलाई आइजिपीको निर्देशन
सेतोपाटी संवाददाता कार्गोको आयात गोदामबाट ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-२ घर भएका विष्णु अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, त्रिभुवन अन्त्रर्राष्ट्रिय विमानस्थल शाखा कार्यालयले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेसको आयात गोदामबाट विभिन्न समयमा १३ थान ल्यापटप चोरी भएको महानगरीय अपराध महाशाखाले जनाएको छ।, महाशाखाबाट खटिएको प्रहरीले विमानस्थल सुरक्षा कार्यालयको समन्वयमा अधिकारीलाई चोरी गरिएको ८ थान ल्यापटप र २ थान चार्जरसहित फेला पारिएको महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालले बताए।, कार्गोको आयात गोदामबाट ल्यापटप चोरी आरोपमा एक पक्राउ
रासस प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिशमा प्रदेश प्रमुख राजेश झाबाट गरिएको मन्त्रिपरिषद् विस्तार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा रिट दर्ता भएको छ।, उच्च अदालत जनकपुरमा दायर भएको रिट निवेदनमा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री राउत, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रकुमार सिंहलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशलगायत अन्य आवश्यक र उपयुक्त आदेश जारी गरी पाउन भनि माग गरिएको छ।, एडभोकेसी फोरमका प्रदेश २ संयोजक समेत रहेका अधिवक्ता राजकुमार महासेठ र अमित कुमार पण्डितले नेपालको संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन एवं सार्वजनिक सरोकारको रुपमा रहेको मौलिक हक समेतको कार्यान्वयनको लागि संविधानका विभिन्न धाराबमोजिम समावेशीताको पालना हुनुपर्ने जिकिर गरिएको छ।, प्रदेशमा गत जेठ २६ गते मन्त्रिमण्डल हेरफर भएको थियो।, प्रदेश नम्बर २ को मन्त्रिपरिषद् समावेशी बनाउन रिट
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटको १० वर्ष पुरानो भ्याट छली प्रकरणमा आफैंले गरेको फैसला उल्ट्याउने भएको छ।, डेढ वर्षअघि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले भाटभटेनी सुपरमार्केटले कर छली गरेको ठहर गरेको थियो।, उक्त फैसला नमिलेको भन्दै भाटभटेनीले दिएको पुनरावलोकन निवेदनमा तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र मनोज शर्माको इजलासले बिहीबार निस्सा हुने आदेश दिएको हो। निस्सा हुने आदेश भनेको पुनरावलोकन गर्ने अनुमति हो।, भाटभटेनीको यो मुद्दाको सुरूवात २०६६ सालमा भएको हो। आन्तरिक राजश्व विभागले त्यो बेला विभिन्न व्यापारिक घरानाले कति कर छलेका छन् भनेर छानविन गरेको थियो।, भाटभटेनी सुपरमार्केटसहित अरू २४ विभिन्न व्यापारिक प्रतिष्ठान र कम्पनीले किन्दै नकिनेको सामानको भ्याट बिल देखाएर अर्बौं कर छली गरेको छानविनले देखाएको थियो। त्यतिबेला दुई अर्ब ७० करोडजति भ्याट छली भएको अनुसन्धानले देखाएको थियो।, तीमध्ये भाटभटेनी सुपरमार्केटले १५२ वटा फर्मबाट नक्कली बिल बनाएर २०६४ सालदेखि २०६७ सालसम्म २२ करोड ६७ लाखको भ्याट छलीको गरेको आरोप  लगाएको थियो।, उक्त रकम तिर्न विभागले भाटभटेनीलाई आदेश दिएको थियो। नक्कली बिल बनाएर भ्याट छलेको भन्दै विभागले कर, त्यसको साँवा-ब्याज र जरिवानासमेत तिर्न पत्र पठाएको थियो। उक्त पत्रविरूद्ध विभागका महानिर्देशकसमक्ष भाटभटेनीका सञ्चालक गुरूङले पुनरावेदन दिए।, महानिर्देशकले पनि उक्त कर तिर्नैपर्ने निर्णय सुनाए। गुरूङले महानिर्देशकको निर्णयविरूद्ध राजस्व न्यायाधीकरणमा मुद्दा हाले। न्यायाधीकरणले पनि गुरूङको भाटभटेनीलाई नै दोषी ठहर्‍यायो। उनी फेरि न्यायाधीकरणको फैसला खारेज गर्न भन्दै साढे दुई वर्षअघि सर्वोच्च अदालत गएका थिए।, भाटभटेनीको पुनरावेदन सुन्दै सर्वोच्चले दोषी ठहर गरेको थियो। अहिले त्यही फैसला पुनरावलोकन हुने भनेको हो।, पुनरावलोकन गर्दा पनि आरोप प्रमाणित भए २२ करोड ६७ लाख छलीको रकममा प्रत्येक वर्ष जरिवाना र ब्याज थपिँदै जान्छ।, भाटभटेनी सुपरमार्केटको कर छली प्रकरणको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति
एजेन्सी अमेरिकाको फ्लोरिडा  राज्यस्थित सर्फसाइड सहरमा एउटा १२ तले भवन अचानक भत्किएको छ।, न्युयोर्क टाइम्सका अनुसार घटनामा परी अहिलेसम्म १ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ९९ जना सम्पर्कविहीन छन्।, स्थानीय समयअनुसार बिहीबार मध्यराति साढे १ बजे भवन भत्किएको थियो। भवनबाट बाहिर निस्केका मानिसहरूले भूकम्प आएजस्तो लागेर आफूहरू भागेको बताएका छन्। कतिले  त भवनमा मिसाइल हानेजस्तो लागेको बताएका छन्।, सन् १९८१ मा बनेको उक्त भवन अचानक किन भत्कियो भन्ने कारण खुलिसकेको छैन। स्थानीयहरूले भवनको पुन:प्रमाणिकरणका लागि केही समयदेखि अनुसन्धान भइरहेको र छेउमै अर्को भवन बनिरहेको बताएका छन्।, उद्धारकर्ताहरूले कुकुर र विद्युतीय उपकरणको सहायताले भवनमा च्यापिएका मानिसहरूको खोजी गरिरहेका छन्। अहिलेसम्म ९९ जना मानिस सम्पर्कविहीन भएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ।, भवनको भत्किन बाँकी भागमा रहेका मानिसहरूलाई पनि उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।, अधिकारीहरूले उद्धार र खोजीको कामसँगै भवन भत्किनुको कारणबारे पनि अनुसन्धान भइरहेको जनाएका छन्।  ,  , अमेरिकामा मध्यराति अचानक भत्कियो १२ तले भवन
सेतोपाटी संवाददाता मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको दक्षिण भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको छ।, त्यसैको प्रभावले आज देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, पूर्वानुमान महाशाखाले आउने २४ घन्टामा प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान          ,            , २०७८ असार ११ गते, दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।, राती:  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बांकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।, २०७८ असार १२ गते, दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।, राती:  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।, २०७८ असार १३ गते, दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राती:  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, तीन दिन पानी पर्ने
सेतोपाटी संवाददाता नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुल सचिव पदमा नियुक्तिका लागि नाम सिफारिस समितिले दरखास्त आह्वान गरेको छ।, उपकुलपति हुन प्राध्यापन वा अनुसन्धानको क्षेत्रमा कम्तिमा २० वर्ष काम गरेको हुनुपर्ने भनिएको छ।, यस्तै कुल सचिव पदमा नियुक्तिका लागि प्राध्यापन, अनुसन्धान वा प्रशासनको क्षेत्रमा १५ वर्ष काम गरेका हुनुपर्नेछ।, योग्य र इच्छुक व्यक्तिले ७ दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा शिक्षा मन्त्रीको सचिवालयमा इमेल गर्न सकिने सूचनामा उल्लेख छ।, हेर्नुस् सूचना:, खुला विश्वविद्यालयले माग्यो उपकुलपति र कुल सचिव
सेतोपाटी संवाददाता इटालीले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ।, युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, छ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ स्वास्थ्य सामग्री सहयोग गरेको हो।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटालीका लागि मानार्थ कन्सुलर प्रतिमा पाण्डे र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा‍. रोशन पोखरेललाई उक्त सामग्रीहरु हस्तान्तरण गरे।, सो अवसरमा राजदूत डेप्रेजले युनियन र यसका सदस्य राष्ट्रसँगले नेपालको वर्तमान विषम परिस्थितिमा विभिन्न सहयोग गरिरहेको उल्लेख गर्दै उक्त सहयोगले कोभिड–१९ को उपचार तथा रोकथाम र नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने धारणा व्यक्त गरे।, प्रमुख विशेषज्ञ डा पोखरेलले युरोपियन युनियनको समन्वयमा नेपालले ठूलो मात्रामा स्वास्थ्य सामग्री प्राप्त गरेकामा मन्त्रालयका तर्फबाट धन्यवाद दिँदै प्राप्त स्वास्थ्य सामग्रीको प्रभावकारी सदुपयोग हुने गरी सबै प्रदेशमा वितरण गरिने जानकारी दिए।, यसअघि युरोपियन युनियनका सदस्य राष्ट्र स्पेन, फिनल्यान्ड, फ्रान्स, बेल्जियम, जर्मनी स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्डले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथाममा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिसकेको युनियनको कार्यालयले जनाएको छ। , इटालीद्वारा नेपाललाई दिएको स्वास्थ्य सामग्री आइपुग्यो
एजेन्सी चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासादेखि निङ्ची सहरसम्म पहिलो पटक रेल सेवा सुरू भएको छ।, चाइना नेशनल रेलवे कर्पोरेसनका अनुसार फुक्सिङ बुलेट ट्रेनको शुक्रबार उद्घाटन गरिएको छ।, उक्त रेल प्रतिघन्टा १६० किलोमिटरका गतिमा कुद्नेछ। रेलमार्गमा ४७ ठाउँमा टनेल बनाइएको छ भने १२१ वटा पुलहरू निर्माण गरिएका छन्। ल्हासा-निङ्चीको ४३५ किलोमिटर दूरी पार गर्न रेललाई ३ घन्टा २९ मिनेट लाग्ने ग्लोबल टाइम्सले जनाएको छ।, रेलमार्गको ९० प्रतिशत भाग  समुद्री सतहदेखि ३ हजार मिटरको उचाइमा रहेको छ। यो रेलमार्ग बनाउने काम सन् २०१४ मा सुरू भएको थियो। ४.८ अर्ब डलर लगानीमा सन् २०२० को अन्त्यमा निर्माण सकिएको रेलमार्गमा केही दिनअघि परीक्षण गरिएको थियो। , चीनमा जुलाई १ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सयौं वार्षिकोत्सव मनाइँदैछ। त्यसको एक साताअघि स्वशासित क्षेत्र तिब्बतमा विद्युतीय रेलको उद्घाटन गरिएको हो। , निङ्ची सहर भारतको अरूणाञ्चल प्रदेशदेखि नजिकै रहेको छ। अरूणाञ्चलबारे भारत र चीनबीच विवाद छ। , सुरू भयो ल्हासा-निङ्ची बुलेट रेल, ४३५ किमी लामो रेलमार्गमा छन् ४७ सुरूङ र १२१ पुल
सेतोपाटी संवाददाता एटिएम चोडफोड गरी नगद चोरी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका-२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन्।, भफमदत्त नगरपालिका-४ स्थित एनआइसी एसिया बैंकको एटिएम तोडफोड गरेको आरोपमा उनलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।, एटिएममा जडान गरिएको सिसी क्यामराको सहायतामा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।, एटिएम मेसिनमा पैसा नभएका कारण नगद भने चोरी हुन नपाएको प्रहरीले जनाएको छ।, कञ्चनपुरमा एनआइसी एसिया बैंकको एटिएम तोडफोड, एक पक्राउ
राजेश घिमिरे कृषि तथा वन विज्ञान विश्वविद्यालय(एएफयू)बाट बाली विज्ञान विषयमा स्नातकोत्तर गरेका तेजनारायण भुसाललाई बाली प्रजननको विषयमा विद्यावारिधी (पिएचडी) गर्न भारतीय दूतावासबाट छात्रवृत्ति मिल्यो। भारतको अहलावादस्थित साम हिगिनवटम युनिभर्सिटी अफ एग्रिकल्चर, टेक्नोलोजी एन्ड साइन्सबाट उनले २०७३ सालमा पिएचडी पूरा गरे।, पिएचडी गर्न पुगेका उनले त्यहाँ बाली प्रजननमा स्नातकोत्तरको कोर्स पनि पूरा गरेका थिए। त्यही आधारमा उनले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट समकक्षताको प्रमाण पत्र पनि प्राप्त गरे।, यिनै प्रमाण पत्रको आधारमा उनले विश्वविद्यालयमा बाली प्रजनन् विषय पढाउन थालेको करिब तीन वर्ष भयो। त्यतिखेर करारमा शिक्षक नियुक्त भएका उनलाई सोही विषय पढाउनका लागि खुलेको स्थायी विज्ञापनले भने अयोग्य बनाइदियो।, २०७५ पुस २० गते विश्वविद्यालय सेवा आयोगले कृषि, पशु र वन विज्ञानका विभिन्न विषय पढाउनका लागि ४६ जना उपप्राध्यापकको विज्ञापन गरेको थियो।, ३५ दिनको मिति रहेको उक्त विज्ञापनमा उपप्राध्यापकका लागि न्यूनतम् योग्यता मान्यताप्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तहमा द्वितीय श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने उल्लेख थियो।, विज्ञापन अनुसार भुसाललगायत पिएचडी गरेका केहीले पनि उपप्राध्यापक पदका लागि आवेदन दिए।, तर, विज्ञापन खुलेको करिब साढे दुई वर्षपछि (गत वैशाख १३ गते) विश्वविद्यालय सेवा आयोगले निकालेको लिखित परीक्षाका लागि योग्य उम्मेदवारको अन्तिम नामावलीमा पिएचडी पूरा गरेका केही व्यक्तिको नाम परेन।, विश्वविद्यालय सेवा आयोगले विज्ञापनमा न्यूनतम् शैक्षिक योग्यता स्नातकोत्तर रहेका कारण सोही योग्यता भएका व्यक्तिमात्र लिखित परीक्षा दिन योग्य हुने उल्लेख गरेको छ।, जबकि, विश्वविद्यालयको शिक्षक नियुक्तिका आधार, कार्यसम्पादन मूल्यांकन तथा कार्य क्षमता अंक विभाजन एवं सिफारिससम्बन्धी कार्यविधि-२०७५ को शैक्षिक योग्यताका सम्बन्धमा अन्य व्यवस्था भन्ने खण्डमा एक तह नाघेर शैक्षिक उपाधि हासिल गरेका उम्मेदवारका लागि बीचको तहको द्वितीय श्रेणीको अंक प्रदान गरिने व्यवस्था गरेको छ।, ‘मैले त विज्ञापनमा तोकिएभन्दा बढी योग्यता हासिल गरेको छु, सम्बन्धित विषयमा एमएसीको कोर्स पूरा गरेका कारण यही विश्वविद्यालयलेसमेत समकक्षताको प्रमाण-पत्र दिएको छ,’ उनले भने, ‘यति हुँदा पनि योग्यता बढी भएकै कारण लिखित परीक्षा दिनबाटै बञ्चित गरिनु त प्रतिशोधबाहेक केही होइन।’, भुसालले पहिले करारमा आवेदन दिँदा यही कुरा उठाएर पन्छाउन खोजेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। पछि अख्तियारकै निर्देशनमा उनले नियुक्ति पाएका थिए।, हाल अमेरिकाको लुजियाना स्टेट युनिभर्सिटीमा पशु प्रजनन् तथा जैविक प्रविधि विषयमा उत्तर विद्यावारिधी (पोष्ट पिएचडी) गरिरहेका दिनेश भट्टराई पनि सेवा आयोगले निकालेको लिखित परीक्षाका लागि योग्य उम्मेद्वारको सूचीमा परेनन्। चीनबाट पिएचडी गरेपछि कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा करारमा पढाउँदै आएका भट्टराईले स्थायी उपप्राध्यापकको विज्ञापन खुलेपछि आवेदन दिएका थिए।, २०७५ सालमा आवेदन दिएलगत्तै उनलाई अमेरिकाबाट पोष्ट पिएचडीका लागि अफर आयो। तर, नेपालमै सेवा गर्ने चाहनाले उनले त्यो अवसरलाई त्यागे। लामो समयसम्म पनि परीक्षा नभएपछि उनले दोस्रो अवसरलाई गुमाउन चाहेनन्।, अमेरिकामै रहेका भट्टराईले नेपालमै सेवा गर्ने चाहना हुँदाहुँदै पनि विश्वविद्यालयले जबरजस्ती आफूलाई पन्छाउन खोजेको गुनासो गरे।, भुसाल र भट्टराईबाहेक अरू पनि सेवा आयोगको निसानामा परेका छन्।, ४६ जना उपप्राध्यापक मागिएकोमा कृषितर्फ ११२, पशु विज्ञानतर्फ ७५ र वन विज्ञानतर्फ ८७ जनाको आवेदन परेको थियो।, लामो समयदेखि विश्वविद्यालय तथा सेवा आयोगका पदाधिकारीको पद रिक्त हुँदा पदपूर्तिमा ढिलाइ हुँदै आएको थियो।, सेवा आयोगकी अध्यक्ष प्राध्यापक डाक्टर कल्याणी मिश्र त्रिपाठीले विज्ञापनले सम्बन्धित विषयमा स्नातकोत्तर गरेकै उम्मेदवार खोजेका कारण यसबाहेकका उम्मेदवार योग्यको सूचीमा नपरेको दाबी गरिन्।, ‘त्यतिखेरको विज्ञापनमा सम्बन्धित विषयमा स्नातकोत्तर वा पिएचडी गरेको उल्लेख हुनुपर्नेमा त्यसो नभई स्नातकोत्तरमात्रै उल्लेख गरिएका कारण आयोगले सम्बन्धित विषयमा स्नातक गरेपछि सिधै पिएचडी गर्नेलाई समेट्न सकेन,’ उनले भनिन्, ‘त्यतिखेरको विज्ञापन कार्यविधि अनुसारको नभएका कारण पनि समस्या भएको हो।’, उक्त निर्णय गर्दा सेवा आयोगले सोही विश्वविद्यालयले दिएको समकक्षताको प्रमाण पत्रलाई पनि लत्याएको छ।, उनले कार्यविधिमा अन्य व्यवस्था भनेर उल्लेख भएको बुँदाले परीक्षामा सहभागी भएकाहरूलाई अंक दिन मात्रै काम गर्ने दाबी गरिन्।, ‘पिएचडी गरेकालाई अयोग्य बनाउन खोजिएको होइन,’ उनले भनिन्, ‘हामीले विज्ञापनमा जे छ त्यसलाई टेकेर निर्णय गर्दा यस्तो भएको हो।’, विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मी स्नातकोत्तरलाई योग्यता मानेर पिएचडी गरेकालाई प्राथमिकतामा नराख्नु कमजोरी भएको स्वीकार्छन्।, उनले विश्वविद्यालयका लागि जनशक्ति छनोट गर्ने कार्यविधि र विज्ञापनमा त्रुटि रहेको भन्दै यसलाई सच्याउने प्रतिवद्धता व्यक्त गरे।, ‘त्यतिखेर विज्ञापन निकाल्दा नै विचार गर्नुपर्ने कुरा थियो। कुन मानसिकता र नियतले त्यसो गरियो म भन्न सक्दिनँ,’ उनले भने, ‘जे सुकै भए पनि यो गलत हो। हामीले त कसरी हुन्छ दक्ष जनशक्ति भित्र्याएर विश्वविद्यालयलाई राम्रो बनाउने काम गर्नुपर्छ।’, उनले यो पटक सेवा आयोगले निर्णय गरिसकेका कारण छिट्टै योग्यता बढी भएकालाई प्राथमिकतामा राख्नेगरी कार्यविधि बनाएर नयाँ जनशक्तिका लागि विज्ञापन निकालिने बताए।, साथै उत्कृष्ट नतिजा ल्याउनेलाई ‘फास्ट ट्रयाक’बाट लिएर काम गर्ने अवस्था बनाउने उनले बताए।, ‘भागबण्डा र राजनीतिले विश्वविद्यालय तहसनहस भइसकेको छ। हामीले यसलाई जोगाउनुछ,’ उनले भने, ‘भएका धरै प्रध्यापकहरू निवृत्त भइसक्नुभयो, विद्यार्थीले क्षमतावान् प्राध्यापक खोजिरहेका छन्। हामीले दिनसक्नुपर्छ।’, विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्यपालन संकायका डिन प्रा.डा. होमबहादुर बस्नेतले उपप्राध्यापकको छनोटमा ‘नहुने कुरा भएको’ बताए।, उनले शैक्षिक संस्थामा तल्लो तहको योग्यता नै चाहिने माथिल्लोले नहुने भन्ने कतै पनि भएको थाहा नपाएको बताए।, ‘मैले यो विषयमा उपकुलतिसँग पनि लामो समय छलफल गरें। यो गलत भयो भन्ने कुरामा हामी दुबै जना सहमत छौं,’ उनले भने, ‘कार्यविधिलाई तोडमोड गरेर निर्णय गरिनु गलत हो।’, उनले निश्चित व्यक्तिको लागि नियमको व्याख्या गरेर संस्थालाई बदनाम गर्न नहुने बताए।, ‘म जिम्मेवार पदमा छु तर बेठिक कुरा छ भने म विरोध गर्छु,’ उनले भने, ‘योग्यता बढी भएको आधारमा दक्ष जनशक्ति पीडित बन्नु हुँदैन। म उनीहरूको पक्षमा छु।’, विश्वविद्यालयको कार्यकारी परिषदले आवश्यक कार्यविधि बनाएर दिएपछि त्यसैको आधारमा सेवा आयोगले आवश्यक पदमा विज्ञापन गरेर पदपूर्ति गर्नुपर्छ।, २०७५ सालअघि एएफयूले त्रिभुवन विश्वविद्यालयको कार्यविधिमा नाम मात्रै परिर्तन गरेर कार्यान्वयन गर्दै आएको थियो। त्यसले काम नचलेपछि २०७५ सालमा एएफयूले आफ्नो अलग कार्यविधि तयार पारेको थियो।, सेवा आयोगकी अध्यक्ष मिश्रले उपकुलपतिसँग यस विषयमा कुरा भएको र आगामी दिनमा विज्ञापन गर्दा यस विषयमा ध्यान दिने बताइन्।, परीक्षाका लागि अयोग्य बनाइएका आवेदकहरूले भने सेवा आयोगको निर्णय त्रुटिपूर्ण भएको भन्दै यसैपटक सुधार गर्नुपर्ने माग गरेका छन्। अन्याथा, उक्त निर्णयको विरोधमा अदालत जाने उनीहरूले बताएका छन्।, नयाँ उपप्राध्यापक छनोटमा पिएचडी गरेकालाई पन्छाएको सेवा आयोगले यसअघि त्यसैगरी पिएचडी गरेकालाई विभिन्न पदमा नियुक्ति तथा बढुवा गरेको थियो।, त्यसैगरी, बढुवा भएका केही अहिले यही विश्वविद्यालयको पदाधिकारी पनि छन्।, विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरूले जिम्मेवार व्यक्तिहरूले भागबण्डा र राजनीतिक कारणले कार्यविधिलाई तोडमोडगरी आफूखुसी व्याख्या गर्दा शैक्षिक गणस्तरमा असर गरिरहेको बताएका छन्।, ‘पिएचडी गरेकालाई परीक्षामा योग्य बनाउँदा आफ्ना आफन्त, अनुकूलको राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई जागिर खुवाउन सकिन्छ कि भन्ने मानसिकताले काम गरेको छ,’ विश्वविद्यालयका एकजना उपप्राध्यापक भन्छन्, ‘यस्तै गरेर सबैतिर आफन्त, नातागोता, दलका कार्यकर्ताहरूले भरिने भए।’, ‘विदेशमा गएर उच्च शिक्षा लिनेहरू अधिकांशको स्नातकोत्तर डिग्री हुँदैन, नेपालमा स्नातकोत्तरमा पढ्ने कोर्स उनीहरूले पिएचडीमा पढेका हुन्छन्,’ डा.भुसालले भने, ‘यो कुरा विश्वविद्यालयका पदाधिकारीलाई थाहा नहुने कुरै छैन। तर कार्यविधिको अपव्याख्या गरी विज्ञापन गर्ने र आफू निकटकालाई भर्ती गर्ने अभियानमा उनीहरू छन्।’, यस्तै, कार्यशैली रहे उच्च शिक्षा लिएकाहरू निरास बन्ने र विश्वविद्यालय नै तहसनहस हुने उनी बताउँछन्।, कृषि विश्वविद्यालयको काइदा: उपप्राध्यापकका लागि स्नातकोत्तर योग्य, पिएचडी गरेका अयोग्य!
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वरमा टिपरको ठक्करले एक जना साइकल यात्रीको मृत्यु भएको छ।, शुक्रबार बिहान पौने ६ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिपरले ठक्कर दिँदा २६ वर्षीय खुर्बु छिरिङ भोटे गम्भीर घाइते भएका थिए।, संखुवासभा घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ६ बस्दै आएका साइकल यात्री खर्बुलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा लगिएको थियो।, उपचारकै क्रममा साढे ६ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक सुरज खड्काले बताए। ‘ओरालो झरिरहेको साइकलमा ब्रेक नलाग्दा दुर्घटना भएको देखिन्छ,’ उनले भने, ‘थप अनुसन्धान जारी छ।’, प्रहरीले रामेछाप घर भई गोकर्णेश्वरको आरूबारी बस्ने ३२ वर्षीय चालक प्रदीप विकलाई नियन्त्रणमा लिएको छ। उकालो बाटोतर्फ गइरहेको टिपरले ओरालो झरिरहेको साइकल यात्रीलाई ठक्कर दिएको थियो।, गोकर्णेश्वरमा टिपरको ठक्करले साइकल यात्रीको मृत्यु
सेतोपाटी सिरहाका १२ वटा स्थानीय तहले गाउँ तथा नगरसभामार्फत बजेट पारित गरेका छन्।, पाँच स्थानीय तहको बजेट अन्योलमा परेको छ। यहीअसार १० गतेभित्र नगर तथा गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण बिहीबार अन्तिम दिन सिरहाका पाँच नगरपालिका र एक गाउँपालिकाले एकै दिन सभामार्फत बजेट पारित गरेका छन्।, जिल्लाको लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, सिरहा नगरपालिका र अर्नमा गाउँपालिकाले बिहीबार एकै दिन नगर तथा गाउँसभामार्फत आव २०७८/७९  को नीति, कार्यक्रम तथा बजेट पारित गरेका हुन्।, बजेट पारित गरेका अधिकांश स्थानीय तहले पुरानै योजनालाई निरन्तरता दिँदै सडक पूर्वाधार, कृषि र शिक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिएका छन्।, गोलबजार नगरपालिकाले रु ८१ करोड पाँच लाख ७५ हजार बराबरको बजेट पारित गरेको छ। सो नगरपालिकाले चालूतर्फ रु ४१ करोड २२ लाख ८८ हजार र पुँजीगततर्फ रु ३९ करोड ८१ लाख ७८ हजार बजेट विनियोजन गरेको नगर प्रवक्ता उमेश बरालले बताए।, नगरसभा सम्पन्न गरेको सिरहा नगरपालिकाले आव २०७८/७९ का लागि रु ७९ करोड ४० लाख १८ हजार बजेट विनियोजन गरेको छ भने सुखीपुर नगरपालिकाले रु ४९ करोड ३३ लाख ६५ हजारको बजेट पारित गरेको जनाएको छ।, त्यस्तै, मिर्चैया नगरपालिकाले रु ६८ करोड ४९ लाख ११ हजारको नीति, कार्यक्रम तथा बजेट पारित गरेको नगरप्रमुख श्रवणकुमार यादवले बताए।, जिल्लाको कल्याणपुर नगरपालिकासहित औरही गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नरहा गाउँपालिका र विष्णुपुर गाउँपालिकाले भने अझै सभा गर्न नसकेको जनाइएको छ।रासस, सिरहाका १२ स्थानीय तहको बजेट पारित, पाँचको अझै भएन
सेतोपाटी संवाददाता दाङमा कानुन व्यवसायीले कोरोनाविरूद्ध खोप नपाएको भन्दै सेवा बन्द गरेका छन्।, बन्दी-प्रत्येक्षीकरण थुनछेक र कोरोनासम्बन्धी मुद्दाबाहेक अन्य मुद्दा कानुन व्यवसायीले शुक्रबारदेखि हेर्न छोडेका छन्। ,  , उच्च अदालत बार इकाई तुलसीपुरका अध्यक्ष रविन्द्रकुमार धिताल र जिल्ला बार इकाई दाङका अध्यक्ष शिवप्रसाद घिमिरेले बिहीबार नै संयुक्तरूपमा विज्ञप्तिमार्फत् खोपको व्यवस्था नहुँदासम्म अत्यावश्यकबाहेक अन्य मुद्दा नहेर्ने जनाएका थिए। , कोरोनाको जोखिम कायमै रहेको अवस्थामा अग्रपंक्तिमा खटिने कानुन व्यवसायीलाई खोपको व्यवस्था नहुँदासम्म न्याय सम्पादन गर्न नसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। , उच्च अदालत तुलसीपुरले जेठ १० गते  जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई खोपको व्यवस्था गर्नु भनी परामादेश जारी गरेको थियो।, अहिलेसम्म उक्त परामेदशप्रति कुनै सुनुवाइ नभएपछि काम रोक्नु परेको कानुन व्यवसायीले प्रतिक्रिया दिएका छन्। , राज्यको तेस्रो अंगको रूपमा रहेको कानुन व्यवसायीप्रति राज्य उदासिन बनेको भन्दै उनीहरूले खोपको अनिवार्य व्यवस्था गर्न माग गर्दै आएका छन्।, कोरोना खोप नपाएपछि दाङमा कानुन व्यवसायीले बन्द गरे सेवा
सेतोपाटी इटालीले नेपाललाई कोभिड-१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ।, युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, छ हजार आइसोलेसन गाउन र १० हजार प्रोटेक्टिभ स्वास्थ्य सामग्री सहयोग गरेको हो।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटालीका लागि मानार्थ कन्सुलर प्रतिमा पाण्डे र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा‍. रोशन पोखरेललाई उक्त सामग्रीहरु हस्तान्तरण गरे।, सो अवसरमा राजदूत डेप्रेले युनियन र यसका सदस्य राष्ट्रसँगले नेपालको वर्तमान विषम परिस्थितिमा विभिन्न सहयोग गरिरहेको उल्लेख गर्दै उक्त सहयोगले कोभिड-१९ को उपचार तथा रोकथाम र नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने धारणा व्यक्त गरे।, प्रमुख विशेषज्ञ डा पोखरेलले युरोपियन युनियनको समन्वयमा नेपालले ठूलो मात्रामा स्वास्थ्य सामग्री प्राप्त गरेकामा मन्त्रालयका तर्फबाट धन्यवाद दिँदै प्राप्त स्वास्थ्य सामग्रीको प्रभावकारी सदुपयोग हुने गरी सबै प्रदेशमा वितरण गरिने जानकारी दिए।, यसअघि युरोपियन युनियनका सदस्य राष्ट्र स्पेन, फिनल्यान्ड, फ्रान्स, बेल्जियम, जर्मनी स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्डले नेपाललाई कोभिड-१९ को उपचार तथा रोकथाममा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिसकेको युनियनको कार्यालयले जनाएको छ। रासस, इटालीले गर्‍यो नेपाललाई स्वास्थ्य सामग्री सहयोग
सेतोपाटी संवाददाता पाँचखाल नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गरेको छ। बिहीबार नगरपालिकाको नवौं नगर सभामार्फत ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ रुपैयाँको बजेट प्रस्तुत गरिएको हो।, 'कृषि सहर पाँचखाल नगर'को नारा लिएको नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को लागि नगरप्रमुख महेश खरेलले पेश गरेका नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। सभामा नगर उपप्रमुख लक्ष्मी दनुवारले ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ को बजेट प्रस्तुत गरेकी हुन्।, विनियोजित बजेटको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकार शसर्त अनुदान २४ करोड ९७ लाख, प्रदेश सरकार शसर्त अनुदान २ करोड १४ लाख, प्रदेश सरकार समपुरक अनुदान ३ करोड, प्रदेश सरकार बिशेष अनुदान ५९ लाख, सामाजिक सुरक्षा १३ करोड, नेपाल सरकार राजश्व बाँडफाँड ८ करोड ४६ लाख गरी बाँडफाँट नहुने रकम ४३ करोड ७० लाख छ।, त्यसैगरी बाँडफाँट गर्न योग्य ३१ करोड ९२ लाख ७८ हजार ५ सय ४३ छ। जसमध्ये बजेटको स्रोत नेपाल सरकार राजश्व बाँडफाँट ८ करोड ४६ लाख, नेपाल सरकार समानिकरण अनुदान १३ करोड २१ लाख, प्रदेश सरकार समानिकरण अनुदान १ करोड १३ लाख ४४ हजार, प्रदेश सरकार राजश्व बाँडफाँट ३ करोड ७० लाख ८४ हजार ५ सय ४३, अल्या स्रोत १ लाख ५० हजार, आन्तरिक स्रोत ५ करोड र सडक बोर्ड ४० लाख समेत गरी ३१ करोड ९२ लाख ७८ हजार ५ सय ४३ बाँडफाँट योग्य बजेट विनियोजन गरिएको छ । त्यसैगरी विविध स्रोतको अनुमान १३ करोड ९३ लाख ५० हजार छ।, त्यसैगरी अनुमानित खर्च तर्फ प्रशासनिक १४ करोड ६ लाख २८ हजार ५ सय ४३ रुपैयाँ, ०७७/०७८ को दायित्व (टेन्डर) ४ करोड, ०७७/०७८ को दायित्व (उपभोक्ता समिति र अन्य) ३ करोड, बिपद व्यवस्थापन कोष १ करोड, नगर स्तरिय आकस्मिक योजना १ करोड, प्रदेश समपुरक योजना ३ करोड, संघीय तथा अन्य समपुरक योजना ५ करोड, कोरोना रोकथाम नियन्त्रण कार्य १ करोड, नगरस्तरिय योजनाको परियोजना अध्ययन प्रतिवेदन ३० लाख, (वडा, नगर, विषयगत) गौरवका योजना तथा कार्यक्रम ७ करोड गरी विषयगत खर्च ६५ करोड छ।, चालु आर्थिक वर्षमा मात्र पाँचखाल नगरपालिकाका विभिन्न वडामा ८.५ किलोमिटर सडक कालोपत्रे भएको छ भने करिब ३० किलोमिटरभन्दा बढी सडक पक्कि नाली सहित स्तरोन्नति भएको नगरपालिकाले जनाएको छ। प्रत्येक वडामा कालोपत्रे सडक पुर्याउने उद्येश्य अनुरुप यसै आर्थिक वर्षमा वडा नं. ४, ५, ६, ७, ९, १०, ११, १२ र १३ मा नगरपालिकाबाट पहिलो पटक कालोपत्रे भएको हो। , वडा नं २, ३ र ८ मा भने यस अघि नै कालोपत्रे सडक पुगेको नगरले जनाएको छ। पाँचखालमा हालसम्म वडा नं १ मा भने कालोपत्रे सडक पुगेको छैन। उक्त वडामा आर्थिक वर्ष ७८/७९ मा कालोपत्रे सडक पुर्योउने लक्ष्य भएको नगरप्रमुख खरेलको भनाइ छ।, त्यस्तै विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रको सहकार्यमा पाँचखाल काठको पोल मुक्त नगर बनेको छ। नगरपालिकाले फोहोर व्यवस्थापनमा पनि विभिन्न निजी क्षेत्रसँग साझेदारी गर्दै काम गरेको छ। , नीति तथा कार्यक्रममा कृषि तथा पशुपंक्षी, स्वास्थ्य, शिक्षा तथा खेलकुद, श्रम तथा रोजगार, संस्कृति तथा पर्यटनलाई प्राथमिकता दिइएको छ। त्यस्तै पाँचखाल नगरले बाल विवाह अन्त्य गर्नका लागि 'पाँचखालको शान, बाल विवाहमुक्त हाम्रो अभियान' सञ्चालन गर्ने भएको छ। नगरपालिकाले जोखिममा परेका बालबालिकाको निम्ति बाल कोष खडा गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।, सभाले नगरको विकास कार्यक्रम तथा सेवा प्रवाहका बारेमा उत्कृष्ट समाचार सम्प्रेषण गरेबापत १ जना पत्रकारलाई पुरस्कृत गर्ने तथा कोभिड–१९ रोकथाम नियन्त्रण एवं उपचारमा प्रत्यक्ष रूपमा खटिएका कर्मचारीहरुको लागि विमा पुरस्कार एवं प्रोत्साहन भत्ता उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ। , त्यस्तै पाँचखाल नगरले २०७८/०७९ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केहि रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न विनियोजन विधेयक २०७८ ल्याइएको छ । त्यसैगरी, एक घर, एक बैंक खाता नीति अनुरुप हरेक परिवारमा एक बैंक खाता खोल्न नगरपालिकाको तर्फबाट आवश्यक सहयोग तथा समन्वय गर्ने उल्लेख गरिएको छ ।, पाँचखालको बजेट ८९ करोड ५६ लाख
सेतोपाटी डोटीको जोरायल गाउँपालिका-१ घण्टेश्वर सामुदायिक वनको खाली भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ।, मृत्यु हुनेमा बडिकेदार गाउँपालिका-१ का अन्दाजी १८ वर्षीय दीपकबहादुर विक छन्। ,     , जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका बिहीबार आफ्नी दिदीको घर जोरायल–१ झुरकाणा आएका विक आज बिहान स्थानीय गोगनपानी बजारबाट खाद्यान्न किनेर दिदीको घर फर्किने बेला चिप्लिएर घण्टेश्वर सामुदायिक वनको ‘खाली’ भन्ने भिरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी गैराले जनाएको छ।रासस, भिरबाट लडेर युवकको मृत्यु
सेतोपाटी संवाददाता बुधबार थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।, पछिल्लो २४ घण्टामा ७४६१  जनामा पिसिआर परीक्षण गरिएकोमा १५११ पोजेटिभ देखिएको थियो भने ४९५३ को एन्टिजेन परीक्षण गरिएकोमा ९१० मा पोजेटिभ देखिएको थियो।, पछिल्लो २४ घण्टामा कूल १२ हजार ४ सय १४ नमूना परीक्षण गरिएको थियो।  , देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोनाबाट निको भएका छन्।, त्यस्तै, ५२ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। अहिलेसम्म ५० हजार ५२० सक्रिय संक्रमित छन्।, बुधबार थपिए कोरोनाका २४२१ संक्रमित, निको भए ३५५८
विवेक राई अस्पताल भर्ना हुने कोरोना संक्रमणका सिकिस्त बिरामीको संख्या ४३ प्रतिशतले घटेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत जेठ १ गते देशभर एक हजार ३ सय ३१ जना संक्रमित आइसियूमा रहेकोमा असार ८ गते जम्मा ७ सय ६१ जना संक्रमित आइसियूमा उपचाररत छन्। , आइसियूमा उपचाररत ७६१ संक्रमितमध्ये प्रदेश नम्बर १ मा ११६, प्रदेश नम्बर २ मा ३५, बागमतीमा ४३४, गण्डकीमा ३९, लुम्बिनीमा ५९, कर्णालीमा १६ र सुदूरपश्चिममा २२ जना छन्। जेठको अन्तिम सातादेखि कोरोना संक्रमण विस्तारै कम हुँदै गएपछि अस्पतालमा सिकिस्त बिरामीको चाप पनि घट्दै गएको हो। , उपत्यकाकै हकमा पनि अहिले अस्पतालका आइसियू बेड खाली हुँदै गएका छन्।, मन्त्रालयले जारी गरेको १६ अस्पतालको तथ्यांक अनुसार अहिले २ सय ६ आइसियू बेड खाली छन्। जम्मा ४ सय २७ आइसियू क्षमता रहेका ती अस्पतालमा अहिले २ सय २१ जना संक्रमित उपचाररत छन्। , साथै,अहिले सरकारी अस्पतालमा समेत संक्रमितको चाप घट्न थालेको छ। जसका कारण मन्त्रालयले निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ।, हिजो (मंगलबार) सूचना जारी गर्दै मन्त्रालयले हिजैबाट लागू हुने गरी निजी अस्पताललाई कोभिडको नि:शुल्क उपचार गर्ने सूचीबाट हटाइएको र अब सरकारी अस्पतालले मात्र संक्रमितको उपचार गरेबापत मन्त्रालयबाट रकम बुझ्न पाउने जनाएको छ। अबदेखि भने सरकारी अस्पताल, मेडिकल कलेज र स्वास्थ्य प्रतिष्ठानले मात्र संक्रमितको उपचार गरेबापत भुक्तानी दाबी गर्न पाउने भनिएको छ। , टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले अहिले संक्रमण कम भइरहेको भन्दै यहीँ बेलामा संक्रमणलाई नियन्त्रणमा ल्याउनुपर्ने बताए।, टेकु अस्पतालमा पनि सिकिस्त संक्रमितको चाप घटेको भन्दै डा. राजभण्डारीले भने, 'अहिलेको अवस्था भनेको संक्रमण उच्च बिन्दुमा पुगेर घट्न थालेको हो। तर संक्रमणलाई यही बेला व्यवस्थापन गर्न सकेनौं भने फेरि बढ्न सक्छ र नियन्त्रणमा आउन लामो समय लाग्न सक्छ।' , उनले काठमाडौं उपत्यकामा संक्रमण कम हुँदै गए पनि गाउँघरमा भने संक्रमण फैलिँदै गएकाले जोखिम हटिनसकेको बताए।, अहिले एउटै गाउँठाउँमा धेरै जनामा संक्रमण देखिएको भन्दै उनले तत्काल स्थानीय तहहरूले आवश्यक रोकथाम र नियन्त्रणको उपाय अवलम्बन गर्नुपर्ने जनाए।, 'उपत्यकामा संक्रमण कम भएको हो तर कतिपय ठाउँमा अझै जोखिम छ। संक्रमण गाउँघरमा देखिएको छ। त्यसैले स्थानीय तहहरूले नियन्त्रणको अगुवाइ गर्नुपर्यो।', यद्यपि अहिलेको अवस्थामा संक्रमणबाट बच्ने उच्चतम उपाय भनेको खोप नै रहेको भन्दै डा. राजभण्डारीले सरकारले यथाशक्य चाँडो खोप व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।, 'फेरि संक्रमणको तेस्रो लहर आउँछ भनेर मान्छेलाई तर्साइरहेको स्थिति छ। उक्त लहरले बालबालिकादेखि सबै उमेर समूहलाई आक्रमण गर्छ भनिएको छ। त्यसैले संक्रमणबाट बच्ने भनेको खोप नै हो,' उनले भने। , अस्पतालमा सिकिस्त संक्रमितको चाप घटेसँगै सरकारले देशभर निषेधाज्ञालाई समेत जेठ ८ गतेबाट खुकुलो बनाएको छ। उपत्यकामा समेत अहिले जोरबिजोर प्रणाली लागू गरी निजी सवारीसाधनलाई चल्न दिइएको छ भने पसलहरू निश्चित समय तोकेर खुलाइएको छ।, सरकारले संक्रमण दरको अवस्था र अस्पतालमा संक्रमितहरूको चापलाई आधार मानेर निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने भनेको छ। , मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातायता संक्रमण दर औसत २० प्रतिशत छ भने अस्पतालहरूमा संक्रमितको चाप पनि आधा कम भएको छ।, अहिले धेरै अस्पतालहरूमा मध्यम लक्षण भएका संक्रमितहरूका लागि छुट्याइएको बेड खाली छन् भने आइसियूमा पनि बिस्तारै चाप घट्दै गएको छ।, एक महिनामा ४३ प्रतिशतले घटे अस्पताल भर्ना हुने कोरोनाका सिकिस्त बिरामी
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ३४६ जना, ललितपुरका ९४ जना र भक्तपुरका ५७ जना छन्।, थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ।, पछिल्लो २४ घण्टामा ७४६१  जनामा पिसिआर परीक्षण गरिएकोमा १५११ पोजेटिभ देखिएको थियो भने ४९५३ को एन्टिजेन परीक्षण गरिएकोमा ९१० मा पोजेटिभ देखिएको थियो।, पछिल्लो २४ घण्टामा कूल १२ हजार ४ सय १४ नमूना परीक्षण गरिएको थियो।  , देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोनाबाट निको भएका छन्।, काठमाडौं उपत्यकामा थपिए ४ सय ९७ संक्रमित
खिलानाथ ढकाल काठमाडौं-७ कालोपुलस्थित गुरूङ बस्तीमा बस्ने धनबहादुर तामाङले सन्तोषी सुब्बालाई १८ वर्षअघि चाबहिलमा भेटेका थिए। , धनबहादुर साइकलमा चप्पल बेच्थे। त्यही सिलसिलामा सन्तोषीलाई लुखुरलुखुर डुलिरहेको भेट्टाउँथे।, सन्तोषी धनबहादुरको नजिक आइरहन्थिन्, उनी बेवारिसे थिइन्। धनबहादुर जति चाबहिल जान्थे, त्यतिपटक उनलाई भेट्थे।, त्यसबेला उनी जम्मा ९ वर्षकी हुँ भन्थिन्। घर कहाँ हो, बुवा-आमा को हुन्, उनी भन्न सक्दिन थिइन्। , यत्ति भन्थिन्- नाम सन्तोषी सुब्बा। , ‘अलि एकोहोरो खालकी थिइन्,’ धनबहादुरले भने, ‘बुवाले सौतेनी आमा ल्याएपछि आफू हिँडेको बताउँथिन्।’  , काभ्रेका धनबहादुर ३३ वर्षदेखि काठमाडौंमा छन्। , रोजगारीको सिलसिलामा काठमाडौं आएर गुरूङ बस्ती पसेका धनबहादुरलाई सन्तोषीको त्यो अवस्था देखेर माया लाग्यो। , धनबहादुर आफैंको सहारा कोही पनि थिएन। श्रीमतीले छोडेपछि उनी एक्लै थिए। , छोराछोरी नभएका उनले ठाने - यिनलाई धर्मपुत्री बनाएर राख्छु। त्यही उद्देश्यले सन्तोषीलाई उनले आफ्नो छाप्रोमा ल्याए। , अहिले ५३ वर्ष पुगेका धनबहादुरले छोरी बनाएर राखेपछि सन्तोषीलाई पढाउन चाहेका थिए। कालोपुलनजिक एउटा असहाय र गरिबलाई नि:शुल्क पढाउने स्कुल थियो। , उनले स्कुल पठाउन थाले। तर, सन्तोषी खाजा खाने समय भएपछि भागेर घर आइपुगिहाल्थिन्। , ‘पढाइमा रूची नै थिएन, कति कोसिस गर्दा पनि मैले उनलाई स्कुलमा अड्याउन सकिनँ,’ हाल प्रहरीकहाँ बयान दिन व्यस्त रहँदैगर्दा धनबहादुरले ,सेतोपाटी,सँग संक्षिप्त कुराकानी हुँदा भने। , स्कुलमा नअडिएकी सन्तोषी पशुपन्छीप्रति त्यतिबेलैदेखि दयालु थिइन्। उनी कहिले भर्खर उड्ने प्रयत्न गरिरहेको तर उड्न पारंगत नभएका काग, रुप्पी र भँगेराका बच्चा घरमा ल्याउँथिन्। , कहिले बिरालो, कहिले कुकुरका छाउरा घरमा ल्याउँथिन्।, ‘सानैदेखि उनी जनावरसँग प्रेमिल थिइन्, उनको रूची यस्तै भएपछि मैले केही भन्न सकिनँ, अलिअलि चराचुरूङ्गीको आवाज निकाल्थिन्,’ धनबहादुरले भने, ‘पढाइमा रूची नराखेपछि मेरो केही लागेन।’ , सन्तोषीको बाल्यकाल त्यसरी नै बित्यो। चार पाँच वर्षअघिबाट भने जनावरहरूको आवाज दुरुस्तै निकालेर सुनाउन थालेपछि वरपरका मान्छेहरू छक्क पर्न थाले। , एक कान-दुई कान गर्दै सन्तोषीको कला युट्युबरहरूको कानमा पुग्यो। उनी युट्युबमा छाउन थालिन्। , ‘म धेरैजसो बाहिर-बाहिर हुन्थेँ, उनी भने भिडिओमा अन्तर्वार्ता दिँदै हिँड्थिन्, मोबाइल चलाउन भने एकदमै मन पराउँथिन्,’ धनबहादुर भन्छन्। , सन्तोषीको माथिपट्टिका दाँत फुकालेको तीन वर्षअघि हो। उनी दाँत माझ्न मान्दै नमान्ने। , ‘दाँत खिइँदै गिजासम्म पुगेपछि मैले वीर अस्पताल लगेर फुकालिदिएको हुँ,’ धनबहादुर भन्छन्, ‘दाँत निकालेपछि त झन् राम्रोसँग पशुपन्छीको आवाज निकाल्न थालिन्।’ , धनबहादुर अहिले पनि साइकलमा चप्पल डुलाउँदै बेच्दै हिँड्छन्। , ‘पहिले-पहिले बिहान-बेलुका खाना पकाएर खुवाउँथिन्, अन्तर्वार्ता दिँदै हिँड्न थालेपछि उनी व्यस्त भइन्, पछिल्लो समय घरको काम खासै गर्दिनन् थिइन्,’ धनबहादुर भन्छन्। , तिनै धर्मपुत्री छोरी असार ५ गते अचानक हराइन्। अपराह्न फोन उनैको आयो - म फर्पिङमा छु, भोलि फर्किन्छु है। यति भनेपछि धनबहादुर ढुक्क भएछन्।, ६ गते फर्किन्छु भनेकी छोरी आइनन्। ८ गते त हत्या भएको खबर धनबहादुरको कानमा पर्‍यो। , बुधबार धनबहादुर आफूले सानैदेखि हुर्काएकी छोरीको मृत शरीर हेर्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए। , ‘अनुहार नै नचिनिने गरेर मारेछन् पापीहरूले, छोरीको त्यस्तो क्षतविक्षत अनुहार हेर्दा गलेर फुत्रक्क भएँ,’ धनबहादुर भावुक भए, ‘खै सर, यस्ती मान्छेलाई लगेर किन यसरी मारियो, म न्याय खोजिरहेको छु, प्रहरी सरहरूसँग छु।’ , बिहान सबेरैदेखि चप्पल डुलाएर हिँड्ने धनबहादुरले पनि सन्तोषीको बारेमा विस्तृत ख्याल राख्न छोडेका रहेछन्। , ‘कहाँ कसरी जान्थिन्, म बाहिर-बाहिरै भएँ थाहा धेरै पाइनँ,’ धनबहादुरले भने। , पछिल्लो फोन वार्तामा पनि सन्तोषीले आफू फर्पिङसम्म पुग्नुको कारण उल्लेख गरिनन्, मात्र भोलि आउँछु भनिन्।, ‘उनी कसरी त्यहाँ पुगिन्, मैले केही सोध्न पनि पाइनँ, बुझ्न पनि,’ धनबहादुरले भने। , मंगलबार बिहान दक्षिणकाली मन्दिर परिसरको एउटा प्रयोगविहीन शौचालयमा सन्तोषीको शव फेला परेको थियो। च्याउ टिप्न गएका महिलाले देखेर आत्तिँदै फोन गरेपछि प्रहरीहरूको जमात नै घटनास्थल पुगेको थियो। , सन्तोषीलाई क्रुर ढंगले हत्या गरिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत र पोस्टमार्टममा संलग्न चिकित्सकले बताएका छन्। , अनुसन्धानकर्मी प्रहरीहरूलाई पनि अहिले पनि लागेको छ- सामान्य युवतीलाई त्यहाँसम्म डोर्‍याएर यति क्रुर ढंगले मारिनुपर्ने कारण के हुनसक्छ?, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङ भन्छन्, ‘साधारणतया धनसम्पत्ति वा यौनजन्य कार्यले यस्तोखाले घटना देखिने गरेका छन्।’ , तर, उनलाई हत्या गर्नुपर्ने कारण अहिले पनि खुलिसकेको छैन। प्रहरीले सन्तोषीले बोक्ने गरेको मोबाइल नम्बर पत्ता लगाएर अनुसन्धान गरिरहेको छ।, ‘अनुसन्धानको घेरा केही साँघुरो भइसकेको छ, शंकास्पद व्यक्ति हाम्रो निगरानीमा छन्,’ अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले भने, ‘हत्या योजनावद्ध नै देखिन्छ। तर, अनुसन्धानले ठ्याक्कै ट्रयाक समातिनसकेको अवस्थामा यही हो भनेर किटान गर्न सक्ने अवस्था छैन। चाँडै नै निचोडमा पुग्छौं।’, अनुसन्धान अधिकृतका अनुसार उनी असार ५ गते फर्पिङस्थित पद्मा सम्भव गेष्ट हाउसमा एक्लै बसेको देखिएको छ।, त्यसदिन उनले बुवा धनबहादुरलाई फोन गरी ६ गते घर आउँछु भनेकी थिइन्। धनबहादुरले पनि यो कुरा भनिसकेका छन्।, ‘फर्पिङबाट दक्षिणकालीसम्म एक्लै गएको देखिएको छ,’ एक अनुसन्धान अधिकृतले भने।  , त्रिवि शिषण अस्पतालको फरेन्सिक टोलीले सन्तोषीको पोस्टमार्टम सकिएको जनाएको छ।, सन्तोषीको भजाइनल स्वाब संकलन गरिएको छ। यसबाट उनीमाथि बलात्कार भए नभएको खुल्ने छ। , त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सक गोपाल चौधरीका अनुसार सुरूमा उनको घाँटी कसेर हत्या गरिएको देखिएको छ। त्यसपछि अनुहार नचिनियोस् भनी ढुंगाले क्षतविक्षत पारिएको छ। , उनको दाहिने छातीतर्फका दुई वटा करङ भाँचिएका छन्। पेटमा बेस्सरी हिर्काएकाले आन्द्रा सुन्निएका थिए। , उनको मृत शरीरमा टु पिस लुगा थियो। उनको भित्री वस्त्र (पेन्टी) घटनास्थलबाट केही टाढा फालिएको थियो। सन्तोषीको शवसँगै छोरा मान्छेले लगाउने पेन्टी फेला परेको थियो। , ‘भजाइनल स्वाब निकाल्दा यौनांगमा नीलो डाम देखिएको छ, बाँकी त्यसको रिपोर्ट आएपछि थाहा हुन्छ,’ फरेन्सिक विज्ञ डा. चौधरीले सेतोपाटीसँग भने।, घटनास्थलमा पुगेका चौधरीले मासुबाट छुट्टिएर फेला परेको दाँतको हड्डी हेरेका थिए। उनले त्यतिबेलै भनेका थिए - मृतकका केही दाँत पहिलेदेखि नै थिएनन्।, सन्तोषीका केही दाँत कसरी थिएनन् भन्ने कुरा उनका धर्मपिता धनबहादुरले पनि खुलाइसकेका छन्।, यो पनि हेर्नुहोस्, सानैमा परिवारबाट छुटेकी थिइन् दक्षिणकालीमा हत्या भएकी सन्तोषी, निकाल्थिन् एकसेएक पशुपन्छीको आवाज, कालोपुलमा धर्मछोरी बसेकी सन्तोषीको दक्षिणकाली मन्दिर परिसरमा क्रुर हत्या, वियोगान्त बन्यो १८ वर्षअघि चाबहिलको सडकमा जोडिएको बाबु-छोरीको सम्बन्ध
सेतोपाटी संवाददाता कपिलवस्तु नगरपालिका ८ का विजयबहादुर कुर्मीको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन्। १८ वर्षीय कुर्मीको शव गत असार ७ गते कपिलवस्तु ८ पुर्व डिह बेलौहवास्थित पोखरीमा फेला परेको थियो।, शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले स्थानीय ३२ वर्षीय रमेश कहार, भाइ अनिल कहार र उनकी श्रीमती बास्मती कहारलाई पक्राउ गरेको हो। , घटना विवरण अनुसार असार ३ गते छिमेकीको विवाहमा गएका अनिल कहार ४ गते विहान घर फर्किँदा कुर्मीलाई कोठामा देखेपछि हत्या गरेका हुन्। , आफू नभएको समयमा कुर्मीलाई कोठामा भेटेपछि आक्रोशित अनिलले भाइ रमेश र श्रीमती बास्मतीको मिलेमतोमा कुटपिट गरी हत्या गरेर पोखरीमा फालिदिएको प्रहरीले जनाएको छ। , कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार कुर्मीले बास्मतीसँग शारीरिक सम्बन्ध राखेको भन्दै १ महिना पहिले पनि अनिलले कुटपिट गरेका थिए।, त्यसपछि पनि आफू नभएको मौका पारेर कोठामा आएका कुर्मीलाई कुटपिट गर्नुको साथै उनैले लगाएको धागोको मालाले घाँटी कँसेर हत्या गरी पोखरीमा फालिदिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।, अहिले पक्राउ परेका तीनै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको भण्डारीले जानकारी दिए।, कुर्मीको हत्या आरोपमा तीन पक्राउ
सेतोपाटी संवाददाता सञ्चारकर्मी रूपा सुनारले आफूलाई जातका आधारमा कोठा भाडा नदिएको आरोपमा पक्राउ परेकी घरबेटीलाई लिन सरकार मन्त्री नै प्रहरी चौकी पुगेको कुरा अपेक्षित नै भएको बताएकी छन्।, रूपाले जातका कारण आफूलाई  कोठा नदिएको जाहेरी हालेपछि प्रहरीले बबरमहलकी घरबेटी सरस्वती प्रधान हिरासतमा लिएर अनुसन्धान गरेको थियो।, तीन दिन हिरासतमा बसेकी उनलाई बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार जमानीमा छाडेको हो। उनका श्रीमान् मुकुन्द प्रधानको रोहबरमा जमानीमा छाडिएको हो।, प्रधान हिरासतमुक्त हुँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ लिन सिंहदरबारस्थित प्रहरी वृत्तमा पुगेका थिए। उनले पछि प्रधानलाई आफ्नै गाडीमा हालेर लगेका थिए।, प्रधानलाई लिन शिक्षा मन्त्री श्रेष्ठ प्रहरी चौकी पुग्दा प्रधानको पक्षमा ठूलो भिड उपस्थित भएको थियो। भिडले प्रधानले आफूलाई जातकै आधारमार कोठा भाडामा नदिएको भनी उजुरी दिएकी रूपा सुनारविरूद्ध नारा लगाएको थियो।, प्रधान छुटेपछि भिडले सिठी बजाउँदै, हो-हल्ला गर्दै ‘रूपा सुनार-मुर्दावाद!’ भन्ने नारा लगाएको थियो।  , मन्त्री नै आरोपित व्यक्तिलाई लिन गएको दृश्य देखेपछि रूपाले शिक्षा मन्त्री आफैं अग्रसर हुने नसोचे पनि सरकारबाट यस्तो काम हुन सक्छ भन्ने आफूले पहिल्यै सोचेको बताइन्।, 'सरकारकै मान्छे गएर आरोपित पीडकलाई लिन जाने कुरा अपेक्षित नै थियो। आँकलन गर्न सकिन्थ्यो। योभन्दा अगाडिका घटनाहरूमा पनि कस्तो भइरहेको छ भन्नेबाट पनि हामी त्यो देख्न सक्छौं,' उनले भनिन्।, उनले अहिले भएको व्यवस्थाबाट पूर्ण रूपमा न्याय पाइन्छ भन्ने कुरामा आफू विश्वस्त नभएको बताइन्।, 'अहिले भएको व्यवस्थाबाट पूर्ण रूपमा न्याय पाइन्छ भन्ने कुरामा म पहिले पनि विश्वस्त थिइनँ। लड्नै पर्छ, संघर्ष गर्नैपर्छ भन्ने तरिकाले नै बाहिर आएकी हुँ। जात व्यवस्था अन्त्यको लागि लड्नुपर्छ भनेर पहिलेदेखि नै हिँडिरहेकै थिएँ,' उनले भनिन्।, त्यसरी हिँड्ने क्रममा आफैंमाथि विभेद भएपछि चुप लागेर बस्न नहुने ठानेको उनले बताइन्।, आफूलाई भएको विभेदलाई काठमाडौंको नेवार समुदायले एउटा व्यक्तिले अर्को व्यक्तिमाथि गरेको विभेदको रूपमा नबुझेर समुदायमाथिको प्रहारका रूपमा बुझेको रूपाले बताइन्।, एउटा व्यक्तिको विरूद्ध सिंगो समुदाय आउनुले जात व्यवस्था कति जगडिएको छ भन्ने कुरा छर्लंगै भएको उनको भनाइ छ।, 'काठमाडौंमा सबभन्दा धेरै जनसंख्या भएको र यहाँका रैथाने, स्थानीयबासीहरूको मस्तिष्कमा कसरी जगडिएको रै'छ त! अरू बेला जातीय विभेद गर्नु हुँदैन भनेर बोले पनि आफ्नो कोही मान्छे एउटाले गर्दा कसरी सडकमै जातीय विभेद गर्नुपर्छ भनेर आन्दोलनमा आउँदो रहेछ भनेर छर्लंगै देखियो,' उनले भनिन्,' सिंगो समुदाय नै आउनु र सरकारवादी मुद्दामा सरकारका मन्त्री आएर उनकै दबाबमा आरोपीलाई छुटाएर लैजानु सामान्य कुरा त होइन।', यसले देशभरि दलित समुदायको हालत कस्तो अवस्था छ प्रष्ट पारेको उनको भनाइ छ।, 'अहिले व्यक्तिगत हिसाबमा मलाई एकदमै ठूलो पीर परेको छ। तर समग्रमा हेर्दा कुटपिट वा मारेकोभन्दा यो विषय सामान्य हो। यसलाई कानुनी प्रक्रिया पुर्‍याएर के-के गर्नुपर्थ्यो त्यसतर्फ लाग्नुको सट्टा पीडकलाई बचाउनको लागि मन्त्री नै यसरी हिँड्नुहुन्छ,' उनले भनिन्,'मन्त्रीका यस्ता कुराको हामी साक्षी हुनुपरेको छ। यो सम्झेर मेरो दिमागमा घन हानेजस्तो भएको छ।’, आफूले पीडा सहन नसकेर बाहिर निकालेको कुराले समाज भाँडेको आरोप लागेको रूपाले बताइन्।  , 'जबसम्म मैले सहेर बसें, त्यत्तिबेलासम्म समाज मिलेर बस्यो। चिच्याएर ऐय्या भनेर बाहिर आएँ भनेचाहिँ समाज भाँडिन्छ भन्ने रहेछ,' उनले थपिन्।, पछिल्लो समय आफूलाई विभिन्न खालका धम्की पनि आएको रूपाले बताइन्।, 'म तयार नै छु। मलाई अनेक खालका धम्की आएका छन्। म त्यो भोग्न तयार नै छु। म यो विभेद अन्त्य गर्छु भनेर हिँडेकी हुँ। त्यसैले जेल परे पनि हार मान्दिनँ,' उनले भनिन्।, आरोपी घरबेटीलाई लिन मन्त्री नै गएपछि रूपाले भनिन्- सरकारले यस्तो गर्छ भन्ने अपेक्षित नै थियो
सेतोपाटी संवाददाता दाङमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। , लमही नगरपालिका ३ फल्कापुरका ३० वर्षीय मणिराम चौधरीको स्थानीय खहरे खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए। , खेतमा काम गरी घरतर्फ फर्किंदै गरेका चौधरीलाई बुधबार दिउँसो ४ बजेतिर खोलाले बगाएको थियो। , स्थानीयले उद्धार गरी लमही अस्पताल पुर्‍याएको भए पनि गम्भीर अवस्थाका चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , मृतकको शव लमही अस्पतालमा राखिएको छ।, खोलाले बगाउँदा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता सामाजिक सञ्जालमा 'फेक आइडी' बनाइ महिलालाई अश्लिल शब्द लेखेर पठाउने एक युवक पक्राउ परेका छन्। , जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ का १९ वर्षीय डेबिट पुनलाई नक्कली फेसबुक र टिकटकमा महिलाको फोटो राखेर अश्लिल  शब्दहरु लेखी पठाउने गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।,  , अश्लिल शब्द महिलालाई पठाउने र पोष्ट गर्नेजस्ता कार्य गरेको लिखित उजुरीको आधारमा पुनलाई पक्राउ गर्नु परेको  जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए। पुनविरुद्ध दुई जना महिलाले जिल्ला प्रहरी कार्यालयमा लिखित रुपमा उजुरी दिएका थिए।,  , अश्लिल शब्द लेख्ने र पोष्ट गर्ने पुनलाई सम्झाउन खोज्दा उल्टै महिलामाथि पुनले हातपात तथा दुव्र्यवहार गरेको पीडितले जाहेरीमा उल्लेख गरेका छन्। , अन्य थप दुई जना महिलाले पनि मौखिक रुपमा प्रहरीमा पुनविरुद्ध जाहेरी दिएको डिएसपी रिजालले जानकारी दिए। पुनलाई असार ६ गते पक्राउ गरी अभद्र  ब्यबहार कसुरमा मुद्दा चलाई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, 'फेक आइडी' बनाई अश्लिल शब्द पठाउने युवक पक्राउ
अनुषा अधिकारी हात्तीवनका सौरभ रिमाललाई जनावरको खुबै माया लाग्छ। पहिल्यैदेखि बेवारिसे गाई, कुकुर, बाँदरलाई खानेकुरा दिँदै हिँड्थे। पहिलो लकडाउनपछि भने उनी घरै बसेका थिए। मानिसहरू काम नभएपछि भोकै परेका समाचार सुन्न थाले। उनीहरूलाई मनकारीले सहयोग गरेको पनि थाहा पाए।, यसपछि उनी आफ्नो घरबाहिर निस्के र सर्सर्ती नियाले, उनले माया गर्ने जनावर पनि भोकभोकै रहेछन्। तिनलाई खाना दिनेहरू कोही थिएनन्।, सौरभ यो सबै हेरेर बस्न सकेनन्। घरमै खाना बनाए र टोल वरिपरिका कुकुरलाई बाँडे। मन भने शान्त भएन। काठमाडौंमा थुप्रै भोका जनावर भएको भन्दै उनले अन्त पनि जाने निधो गरे। एक जना भाइलाई लिएर घरभन्दा अलिपर रिङरोड हुँदै विस्तारै काठमाडौंका थुप्रै स्थान पुगेर खाना बाँड्न थाले। , 'हामी मानिस आफूलाई भोक लागे वा अप्ठ्यारो परे भन्न सक्छौं। जनावरका लागि बोलिदिने कोही छैनन्,' ३४ वर्षीय सौरभले भने, 'त्यसैले तिनलाई खाना खुवाउने जिम्मेवारी लिएर अघि बढेका हौं।', पहिलो लकडाउनदेखि सुरू भएको उनको यो काम आजसम्म रोकिएको छैन। एक वर्षमा उनले बाटोमा भोकै रहेका मानिस र जनावरलाई निरन्तर खाना खुवाइरहेका छन्।, सुरूमा खाना बाँड्न एक्लै हिँडे पनि अचेल सौरभसँग नौ जनाको टोली छ।, सौरभ आफूले गरेको कामको फोटो-भिडिओ सामाजिक सञ्जालमा हालिरहेका हुन्थे। उनको काम देखेर डल्ले रेस्टुरेन्टका आलोक योञ्जनले सहयोगको हात बढाए र खानाको जिम्मा लिए। अहिले रातोपुलस्थित डल्लेको मुख्य अफिसमा खाना पकाएर लगिन्छ। कुकुरका लागि मासुभात, बाँदर र गाईलाई फलफूल दिन्छन्। सिंहदरबार, पुतलीसडक, अनामनगर, बानेश्वर, गोंगबु बसपार्क, भृकुटीमण्डप र भक्तपुरको पेप्सीकोला क्षेत्र उनीहरूको मुख्य गन्तव्य हो।, 'कोही साथी आफ्नै चिनजानको हुनुहुन्छ र कोही हाम्रो काम देखेर हात बढाउन आउनुहुन्छ,' सौरभले भने, 'सबैजना बाँडिएर हिँड्छौं र एकअर्कालाई काम सघाउँछौं।', सडकका जनावरलाई खाना खुवाउँदा सबैले सरहाना भने गर्दैनन्। केही स्थानीयले फोहोर भएको गुनासो गर्ने सौरभ बताउँछन्। उनको टोलीले पत्रिका वा कागजको प्लेटमा खाना राखेर दिन्छन्। पछि सबै कागज बोरामा टिपेर उनीहरू आफैं लैजान्छन्। , 'जनावर भोकै भइरहेको अवस्थामा खानाले गर्दा फोहोर हुने सोच्नु हुँदैन नि,' उनी भन्छन्, 'कुकुरले खाएर बाँकी भएको खाना पछि चरा आएर खाइहाल्छन्।', सौरभ सानैदेखि जनावर प्रेमी थिए। सडकका जनावरको अवस्था देखेर तिनको व्यवस्थापनमा केही गर्ने मन हुन्थ्यो। अहिले यी भोका जनावरलाई खुवाउन पाउँदा निकै खुसी छन्।, 'अहिले त यिनीहरूसँग एक किसिमको भावनात्मक सम्बन्ध गाँसिएको छ,' उनी भन्छन्, 'अहिले हामी सबैलाई चिन्छन्। हाम्रो गाडी आएको थाहा पाउने बित्तिकै टाढाबाट दौडिएर आउँछन्। यिनीहरूसँग यति नजिक भइसक्यौं, अब त खाना दिन नजाने भन्ने सोच पनि आउँदैन।', पानी परेका बेला भने उनीहरू जनावर ओत लाग्ने ठाउँमै गएर खाना दिन्छन्। सौरभ र उनको टोली घामपानी नभनी हरेक दिन पूर्वतयारीका साथ खाना बाँड्न जान्छन्। , भारतको स्ट्राटफोर्ड विश्वविद्यालयबाट बिजनेस विषय अध्ययन गरेका सौरभको आफ्नै 'डिस्कभरी सिटी प्राइभेट लिमिटेड' नामक सूचना-प्रविधि कम्पनी छ। व्यवसाय क्षेत्रका विद्यार्थी भए पनि उनी सामाजिक कार्यमा पहिलेदेखि सक्रिय भएको बताउँछन्।, त्यसैले पहिलो लकडाउनदेखि अहिलेसम्म उनले खाना बाँड्ने काम रोकेका छैनन्। अफिसको काममा पनि ध्यान दिनुपर्ने भएकाले समय मिलाएर खाना बाँड्न जान्थे। दोस्रो लकडाउन हुनु दुई दिनअघि भने सौरभलाई कोरोना देखियो। १६ दिन आइसोलेसन बसे। खाना बाँड्ने सबै जिम्मा आफूले लिएकाले उनी नहुँदा बीचमा रोकियो। , 'त्यसबेला मलाई निकै छट्पटी भएको थियो,' उनले भने, 'कहिले निको होला र जनावरलाई खुवाउन जान पाऊँला भन्ने सोच्थेँ।', आइसोलेसन हुँदा खाना बाँड्न नपाए पनि उनले पछिको काम कसरी गर्ने भनेर योजना बनाइरहे। १७ औं दिनमा कोरोना नेगेटिभ आएपछि फेरि खाना लिएर निस्किए। कोरोनाले शरीर कमजोर बनाएको थियो तर पछि हटेनन्।, दोस्रो लकडाउनकै बीच एक साथीले सौरभलाई गोरखाको चेपाङ बस्तीमा खाद्यान्न अभाव भएको कुरा सुनाए। उनी आफ्नो टोलीसँग खाना र कपडा लिएर इच्छाकामना गाउँपालिकास्थित चेपाङ बस्ती पुगेर सहयोग गरे। काठमाडौं उपत्यकाभित्र मात्रै उनीहरूले अहिलेसम्म पाँच हजार बढी भोका मानिसलाई खाना खुवाइसकेका छन्। , 'कसैलाई सहयोग अरूलाई देखाउन गरिने होइन, आफ्नो मनैबाट भावना आउनुपर्दो रहेछ,' सौरभ भन्छन्, 'सुरूका दिनमा सहयोग गर्न आउनुभएका कतिपयले एक-दुई दिन आएर वास्ता गर्नुभएन। तर पछि आउनुभएका साथीहरू आजसम्म मसँगै खाना बोकेर हिँड्नु हुन्छ।', सौरभसँग जनावरलाई खाना खुवाउन आउनेमध्ये एक हुन् नितिनमणि राजभण्डारी। नितिनले सौरभलाई आफ्ना एक साथीमार्फत् चिनेका हुन्।, 'लकडाउनमा केही काम थिएन। त्यतिबेलै सौरभलाई सहयोगी साथीको खाँचो परेको थाहा पाएँ,' नितिनले भने, 'एक-दुई दिन खाना बाँड्न आएँ। जनावरलाई खुवाउन पाउँदाको खुसी मैले यसअघि कहिल्यै अनुभव गरेको थिइनँ। अहिले सधैं आइरहेको छु। लकडाउन खुलेपछि पनि यो काम नछाड्ने सोच बनाइसकेँ।', सौरभले पनि यो काम नछाड्ने सोच बनाएका छन्। अमेरिकामा रहेका नेपालीद्वारा स्थापित 'के फाउन्डेसन ग्लोबल'को सहयोगमा यो काम भइरहेको छ। फाउन्डेसनकै सहयोगमा बेवारिसे जनावर उद्धार र बालबालिकाको कल्याणमा लागिरहने सौरभले बताए।, 'अरू थुप्रै व्यक्तिले पनि दिनदुःखी र जनावरलाई खाना खुवाइरहनुभएको छ,' उनी भन्छन्, 'यस्तो काम एक-दुई जनाले गरेर पुग्ने होइन। सबैले सहयोग गर्नुपर्छ।', उनले थपे, 'रोग र भोग दुवैलाई मायाले जित्न सकिन्छ। त्यसैले आफ्नो वरिपरि भोका कोहीलाई अलिकति खान दिनसके उनीहरूको भोक मेटिन्छ। आफ्नो मनले पनि सन्तुष्टि पाउँछ।' ,  , एक वर्षदेखि सडक जनावरलाई खाना खुवाइरहेका सौरभ (भिडिओ)
सेतोपाटी संवाददाता लागुऔषध ब्राउनसुगरसहित बर्दिया प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मधुवन नगरपालिका-५ का २२ वर्षीय किरण थापामगर छन्।, इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको टोलीले थापामगरलाई ब्राउनसुगरसहित पक्राउ गरेको बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।, मंगलबार राति खटिएको प्रहरी टोलीले थापामगरको साथबाट १ ग्राम ९४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरी उपरीक्षक कार्कीले बताए।, थापामगरको हाफ पाइन्टको खल्तीबाट ब्राउनसुगर बरामद भएको थियो। उनलाई हिरासतमा लिएर लागुऔषध मुद्दामा अनुसन्धान थालिएको कार्कीले बताए।, ब्राउनसुगरसहित बर्दियाबाट एक पक्राउ
युनिक श्रेष्ठ र शोभा शर्मा दीपा नेपालीलाई थरकै कारण डेराबाट निकालिएको विवाद गृह मन्त्रालय पुगिसकेको थियो। उनी आफूमाथि भएको जातीय विभेदको विवरण सुनाउन मन्त्रालयमा हाजिर भएकी थिइन्।, २०७६ फागुन २६ गते मन्त्रालयमा आफ्ना कुरा सुनाएर निस्किँदै गर्दा दीपालाई कैलालीबाट आमा पार्वतीको फोन आयो।, उनले डेरामा भएको ज्यादतीबारे आमाबालाई केही बताएकी थिइनन्। आमाले आफैं समाचार सुनेर फोन गरेकी थिइन्।, फोनमा आमाले भनिन्, 'समाचार पढेँ, तिमीहरूलाई त त्यस्तो भएको रैछ है?', 'हो,' दीपाले भनिन्, 'हामीलाई भेदभाव गर्नेलाई कारबाही हुनुपर्छ भन्न म अहिले गृह मन्त्रालय आएकी छु।', आमाले सम्झाइन्, 'तिमीहरूलाई थाहा छ नि, हामी यही जातीय भेदभावविरूद्ध लड्दा घर छाडेर तराई झर्नुपरेको हो। आफ्नो पुर्ख्यौली घरबाट विस्थापित हुनुपरेको हो। हामीले जस्तो नियति भोग्नु नपरोस् भनेर नै तिमीहरूलाई पढायौं, लेखायौं, केही बन्न काठमाडौं पठायौं। त्यहाँ पनि तिमीहरूमाथि त्यस्तो भयो?', दीपाले आमाको कुरा चुपचाप सुनिरहिन्।, आमाले अगाडि भनिन्, 'तिमी हाम्री छोरी हौ, लड्नुपर्छ भन्ने थाहा छ नि। कसैगरी पछि नहट्नू है।', दीपाले आफूमाथि भएको जातीय विभेदविरूद्ध घरबेटीसँग लड्न थालेको तीन महिना भइसकेको थियो। एक्लै लड्नुपर्दा दीपाको ऊर्जा मुर्झाउन थालेको थियो। आमाको कुराले उनको मनमा आत्मबलको दीप जल्यो। निभ्न निभ्न आँटेको दियोमा कसैले तेल थपिदिएझैं भयो।, २८ वर्षीया दीपा सानैदेखि आमाबाको संघर्षकथा सुन्दै हुर्किएकी हुन्। कैलालीको मोहोन्याल गाउँपालिकास्थित खिमडीमा उनीहरूको घर थियो। उनका बा भीमबहादुर बाल्यकालदेखि आफूले भोगेको विभेदको कथा सुनाउँथे। कहिले हजुरबुवाको कथा पनि सुनाउँथे।, दीपाका बुवालाई पढ्ने असाध्यै रहर रहेछ। तर, उनले जातकै कारण पढ्न पाएनन्।, भीमबहादुर स्कुलै नगएका होइनन्। सुरू सुरूमा स्कुल जाँदा गाउँभरिका बच्चालाई बस्ने ठाउँ एउटा थियो, उनले भने अरूभन्दा छुट्टै ठाउँमा बस्नुपर्थ्यो। गाउँमा कथित माथिल्लो जातिको घरमा जाँदा जसरी आँगनमा कसैलाई नछोई टुक्रुक्क बस्नुपर्थ्यो, स्कुलमा पनि भीमबहादुरले त्यसरी नै बस्नुपर्यो। , तै पनि उनी पढ्थे होलान्, स्कुल गइरहन्थे होलान्, यदि पढाउने मास्टरले जातकै कारण लगातार मुटु छियाछिया पार्ने गरी विभेद नगरेका भए।, मास्टर ब्राह्मण जातिका थिए। कक्षामा हाकाहाकी भीमबहादुरमाथि छोइछितो गर्थे। भीमबहादुरले कुनै कुरा नबुझेर प्रश्न सोधे भने सिधै 'दमाइको छोरा भएर मलाई प्रश्न सोध्ने?' भन्दै झर्किन्थे।, भीमबहादुर एक कक्षा हुँदाको कुरा हो। कक्षामा नजानेको प्रश्न सोधेकै निहुँमा तिनै मास्टरले उनलाई बेस्कन कुटेछन्। टाउकोमै हिर्काएकाले उनी केही बेर मुर्छै परेछन्। त्यसको भोलिपल्टदेखि उनी स्कुलै गएनन्। यस्तै ताल हो भने कुन दिन मास्टर वा अरू विद्यार्थीले कुटेरै मार्लान् भन्ने डरले भीमबहादुरलाई उनको बुवाले स्कुल पठाउनै मानेनन्।, भीमबहादुरको लेख्ने-पढ्ने इच्छा छुवाछुतको खाडलमा पुरियो। जातकै कारण उनी स्कुलमा अरू विद्यार्थीसरह पढ्ने अवसरबाट वञ्चित भए। कखरासम्म स्कुलमा सिकेका उनले त्यसपछि जति लेखपढ गरे, घरमै गरे।, 'स्कुल मात्र होइन, गाईवस्तु चराउन जाँदा होस् या कुवामा पानी लिन, मेलामा जाँदा होस् या बजार जाँदा- आमाबाले खेपेका विभेदका अनेकौं कथा मैले सानैदेखि सुन्दै आएकी थिएँ,' दीपाले भनिन्, 'मेरी आमाले त झन् स्कुलको मुखधरि देख्न पाउनुभएन।', आमाबाको मुखबाट यस्ता कुरा सुन्दासम्म दीपाले खास अर्थ बुझेकी थिइनन्। जति ठूली हुँदै गइन्, विभेदको सिर्कनो उनीमाथि पनि पर्न थाल्यो।, एकदिन उनी सानो ग्यालिन बोकेर पानी थाप्न गाउँको सार्वजनिक धारामा गएकी थिइन्। जातीय छुवाछुतसँगको उनको पहिलो जम्काभेट त्यही धारामा भयो। उनी जाँदा कथित उपल्लो जातिकाहरू पानी थाप्दै थिए। उनीहरूले आफूले पानी थापुञ्जेल दीपालाई धाराको नजिक आउन पनि दिएनन्। उनीहरू पानी थापेर फर्केपछि मात्र दीपाले धारामा प्रवेश पाउँथिन्। कुनै दिन दीपा पहिले पुगेर पानी थापिरहेकी छन् भने ती कथित उपल्लो जातिकाहरू उनले छोएको धारा र टेकेको भुइँलाई सुनपानी छर्केर चोख्याउँथे। त्यसपछि बल्ल उनीहरू त्यो धारामा पानी थाप्थे।, यसबीच कसैगरी दीपासँग छिसिक्क छोइयो भने पनि उनीहरू बबन्डर मच्चाउँथे। दीपाले ल्याएको पानीको भाँडा नै फ्याँकिदिन्थे।, उता भाँडा कुच्चिन्थ्यो, यता दीपाको कलिलो मन खुम्चिन्थ्यो।, गाउँका ठूलाबडा मात्र होइन, आफ्नै उमेरका साथीले पनि यस्तो व्यवहार गर्दा चाहिँ दीपालाई असह्य हुन्थ्यो। एकदिन त उनले रिस खप्न नसकेर आफ्नो भाँडा कुच्याइदिने एक जनालाई धाराबाटै निकालेर कुटिदिइन्।, त्यो दीपाको पहिलो विद्रोह थियो।, जब दीपा पढ्ने उमेरकी भइन्, उनी कापी-कलम बोकेर स्कुल गइन्। उनका बुवा भीमबहादुरलाई लागेको थियो, एउटा पुस्ता फेरिँदासम्म स्कुलका मास्टरहरूको व्यवहार पनि फेरियो होला। तर, जातीय छुवाछुतले त एउटा पुस्ताबाट अर्को पुस्तासम्म जरो गाडिसकेको रहेछ। जुन विभेद भीमबहादुरले आफ्नो पालामा स्कुलमा भोग्नुपर्यो, त्यस्तै विभेदको शिकार उनकी छोरी दीपा पनि भइन्।, यो जातीय विभेदको कारण के हो, आफू किन तल्लो जात र आफूजस्तै साथी किन माथिल्लो जात भन्ने प्रश्न दीपाको मनमा नआउने होइन। उनी यस्ता प्रश्न सोध्थे पनि। तर, गाउँका ठूलाबडा, गन्यमान्यहरूसँग उनको प्रश्नको जवाफ थिएन। बरू उनीहरू अपत्यारिला कथाहरू सुनाउँथे।, तिनै कथा टिपेर एकदिन स्कुलमा माथिल्लो जातिका सहपाठीले सुनाए, 'तिमीहरू राँगाको मासु खाने भएकाले साना जात हौ।', उनी अचम्म परिन्, किनकि उनको घरमा राँगाको मासु कहिल्यै पाक्दैन थियो।, उनले हरेक दसैं बेला गाउँमा पूजा गरेर राँगा र बोका काट्ने गरेको देखेकी थिइन्। सबै गाउँलेले त्यसमा पैसा हाल्थे। दलितहरूलाई राँगोको मासु छुट्याइन्थ्यो, बाहुन-क्षत्रीले बोकाको मासु लैजान्थे। तर, दलितलाई छुट्याएको राँगोको मासु दीपाका बुवाले कहिल्यै घर ल्याएनन्। त्यो त्यसै छाडिन्थ्यो, पछि सिनो बन्थ्यो।, एउटा दसैंमा भीमबहादुरले गाउँलेहरूसामु प्रस्ताव राखे, 'अब राँगो नकाटम्, हामी खाँदैनम्। हामीलाई पनि बोकाकै मासु दिनुपर्छ, त्यो पनि बराबर!', उनको कुरा गाउँलेले माने। मासुमा विभेदको प्रथा पहिलोचोटि तोडियो।, गाउँमा अर्को पनि प्रथा थियो- बालिघरे प्रथा! वर्षभरि उनका आमाबुवाले विष्टहरूको घरमा लुगा सिउँथे। त्यसबापत वर्षको एकचोटि अन्न पाउँथे।, 'अन्न दिने बेला पनि कस्तो विभेद हुन्थ्यो भने, राम्रो राम्रो अन्न आफू राख्थे, हामीलाई चाहिँ भुस र पपेटासहितको दिन्थे। बुवा त्यो अन्न नलिई खाली हात आउनुहुन्थ्यो। त्यसरी वर्षौंवर्षदेखि हाम्रो पसिनाको कमाइ लुटिँदै आएको थियो,' दीपाले सम्झिइन्, 'बुवा हामीले गरेको परिश्रमको फल पाउनुपर्छ भनेर बोल्नुहुन्थ्यो। समाजले दलित भएर ठूलो कुरा गर्छस् भनेर उहाँलाई चुप लगाउँथ्यो।', जतिसुकै चुप लाग्नुपरे पनि भीमबहादुर आफ्नो कुरा राख्न भने छाड्थेनन्। , यसैबीच माओवादी द्वन्द्व सुरू भएपछि उनको गाउँमा पनि माओवादी पस्यो। २०५७ सालको कुरा हो, माओवादी नेता अहिलेका प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा दीपाको घर पुगेका थिए। उनले दीपाको परिवारसँगै बसेर खाना खाए।, 'त्यो दिन आमाबुवाले आफ्ना कुरा उहाँलाई सुनाउनुभयो। उहाँले पनि महिला, उत्पीडित समुदाय र उत्पीडित वर्गको मुक्ति र जातीय छुवाछुत अन्त्य गर्न माओवादीले हतियार उठाएको कुरा गर्नुभयो,' दीपाले भनिन्।, दीपाका बुवाले पनि गाउँमा भोग्नुपरेको जातीय विभेद र त्यसविरूद्ध आफ्नो संघर्षको कथा सापकोटालाई सुनाए। उनको कुरा सुनेर सापकोटासहितको माओवादी समूहले भनेछन्- अब यो गाउँको नेतृत्व तपाईंहरूले गर्नुपर्छ।, त्यसपछि दीपाका आमाबुवा दुवै माओवादीमा लागे। घरमा भाइ र बहिनी हेर्ने जिम्मेवारी दीपाको काँधमा आयो।, माओवादी लडाकूहरूलाई चाहिने लुगा सिउने काम पनि दीपाका आमाबुवाले नै गर्थे। उनीहरूले आफ्नो श्रम र समय पार्टीलाई दिएका थिए। सेना र राज्यको डर भने भइरहन्थ्यो। यही डरले गाउँमा बस्न सक्ने अवस्था रहेन। २०६० सालमा उनीहरू घरबार छाडेर तराईको घोडाघोडी झरे।, घोडाघोडी चौधरी र साहु-महाजनहरू बस्ने बस्ती थियो। आमाले त्यो गाउँमा आएपछि पनि पार्टीको काम सम्हालिन्। दीपा र उनका भाइ-बहिनी त्यहीँको स्कुल भर्ना भए।, त्यो स्कुलमा कुनै समय एउटै जमिन्दार परिवारको व्यवस्थापन समिति र त्यही परिवारका शिक्षकहरू थिए। स्कुलमा उनीहरूकै हालिमुहाली थियो।, २०६५/६६ तिर दीपाकी आमा पार्वतीले स्कुलमा समावेशीताको कुरा उठाइन्। सात राजनीतिक दलको बैठक बस्यो र स्कुलको नियुक्तिमा समावेशीता हुनुपर्ने नियम बनाइयो।, १७ वर्षको हुँदा दीपा १२ कक्षाको परीक्षाको तयारी गर्दै थिइन्। त्यति बेला गाउँको श्री मेलागट्टी माध्यमिक विद्यालयमा शिक्षक चाहिएको थियो। यसको निम्ति सार्वजनिक सूचना नै जारी गरिएको थियो। पार्वतीले एक जना शिक्षक दलित राखौं भन्ने प्रस्ताव गरिन्। तर समितिले मानेन।, दीपालाई शिक्षक राख्दा ठिकै हुन्छ भन्ने प्रस्ताव पनि आएछ। त्यसबारे बैठक पनि बसेछ। बैठकमा कुरा उठेछ, 'दमाईकी छोरी शिक्षक भएपछि हाम्रा छोराछोरीले नमस्कार गर्नुपर्छ, यो हुँदै हुँदैन।', त्यतिन्जेल दीपाको शिक्षक बन्ने कुनै योजना थिएन। अरूले प्रस्ताव मात्र गरेका थिए। उनका आमाबाले पनि छोरीलाई शिक्षक बनाउनेबारे सोचेका थिएनन्। तर, गैरदलित समुदायका व्यक्तिहरूले सिधै 'दमाईकी छोरीलाई शिक्षक बनाए नमस्कार गर्नुपर्छ' भन्ने कुरा सुनेपछि दीपालाई झोंक चल्यो।, उनले सोचिन्, 'यहाँ शिक्षक बन्न आउने गाउँका कुनै पनि मानिसभन्दा मेरो क्षमता कम छैन। तै पनि यिनीहरू यसो भन्छन् भने मै बन्छु शिक्षक।', उनले स्कुलमा आवेदन दिइन्।, 'व्यवस्थापन समितिका अध्यक्षले त मेरो आवेदन भुइँमै फ्याँकिदिए,' दीपाले सम्झिइन्, 'उनले मलाई शिक्षा नियामावली हेर्नू भने। किन नियमावली हेर्नू भने भन्ने कुरा मैले अहिलेसम्म बुझेकी छैन।', त्यो घटनापछि दीपा आन्दोलनमा ओर्लिइन्। नाराबाजी गरिन्। स्कुलमा ताला लगाइदिइन्। उनलाई विश्वास गर्ने गैरदलितहरूले उनको विरोधमा साथ दिए। जिल्लाका मिडियाले साथ दिए। स्कुलमा दिनहुँ नाराबाजी हुन थाल्यो।, यो दीपाको दोस्रो विद्रोह थियो!, त्यो विद्रोहपछि उनी शिक्षक बनिन्। तर पनि विभेद रोकिएन। शिक्षक भइसकेपछि पनि तीन महिनासम्म उनले तलब पाइनन्।, स्कुलमा पहिले ब्राह्मण जातिका एक सहयोगी थिए। दीपाले काम गर्न थालेपछि दलितलाई पानी, खाजा खुवाउनुपर्छ वा उनले खाएको भाँडा माझ्नुपर्छ भनेर चौधरी समुदायका व्यक्तिलाई सहयोगी राखियो र ती ब्राह्मण सहयोगीलाई शिक्षकमा नियुक्त गरियो।, यी सबै विभेद सामना गर्दै दीपाले सात वर्ष त्यहाँ पढाइन्।, त्यतिञ्जेल उनको स्नातक सकिएको तीन वर्ष भइसकेको थियो। उनी शिक्षकको जागिर छाडेर विश्वविद्यालय पढ्न काठमाडौं आइन्।, केही समय उनी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको छात्रावासमै बसिन्। त्यहीँ बसेर उनको पढाइ चलिरहेको थियो। भाइबहिनी पनि पढ्न काठमाडौं आउने भएपछि उनले डेरा खोज्नुपर्ने भयो। उनी कोठा खोज्न दिनहुँ काठमाडौंको चक्कर काट्न थालिन्। कीर्तिपुरदेखि स्वयम्भू, ठूलो भर्‍याङ, सानो भर्‍याङ हुँदै सामाखुसी, चाबहिल, बौद्ध र जोरपाटीसम्म चहार्दा पनि उनले कोठा पाइनन्।, कोठा नपाएको त होइन, तर दीपाको थर सुन्नेबित्तिकै कोही पनि कोठा दिन राजी हुन्थेनन्। कोठा भेटिन्थ्यो, सबै कुरा मिल्थ्यो अनि घरबेटीले थर सोध्थे। यसरी थर सोध्नेहरू देखेर सुरूमा त दीपा अचम्म पर्थिन्, पछि यो जातीय विभेद हो भन्ने उनले बुझ्दै गइन्।, उनको यस्तो भोगाइ सुन्दा गैरदलित साथीहरू पत्याउँदैनथे। काठमाडौंमा यस्तो कहाँ हुन्छ र भन्थे। दलितहरूले चाहिँ उनलाई थर फेर्न सुझाउँथे। यी दुवै कुराले उनलाई चित्त दुख्थ्यो।, उनी कुनै हालतमा आफ्नो थर फेर्न चाहँदिनन्। उनलाई थर होइन, आफ्नो थरमा खोट देख्ने समाजको आँखा फेर्नुछ।, 'चोट परेको छ नि मनमा। तर, मनमा लागेको चोट कसैलाई देखाउन मिल्दैन। मलाई पो थाहा छ त अपहेलित हुँदाको, विभेद भोग्दाको पीडा, तर त्यो पीडा बाहिर देखाउन मिल्दैन,' उनले भनिन्, 'यस्तोमा साथीहरूले विश्वास नगर्दा त झन् चोट बल्झिन्थ्यो।', एकदिन उनले आफ्नी काकीका साथीहरूलाई यो कुरा भनिन्। उनीहरूले पनि पत्याएनन्। बरू सँगै कोठा खोज्न गइदिन्छौं भनेर भने।, त्यस दिन उनीहरू चाबहिलमा कोठा खोज्न गएका थिए। एक जना वृद्धले उनीहरू कुरा गर्दै हिँडेको सुनेका रहेछन्। उनलाई बोलाएर सोधेछन्, 'कहाँ हिँडेको?', दीपाले भनिछन्, 'कोठा खोज्न।', त्यसपछि ती वृद्धले आफ्नो घरमा कोठा भएको बताए। विद्यार्थीहरूका लागि त झन् राम्रो छ भन्दै घर लगे।, घर नजिकै पुग्न लाग्दा ती वृद्धले सोधे, 'अनि नानी चाहिँ कुन थरीको हो नि?', दीपाले 'परियार थरको' भनेपछि उनको अनुहारको रंग नै बदलियो।, 'सानो जातकी रहिछौ। म साना जातसँग बोल्दा त बोल्दिनँ, कोठामा कसरी राख्छु? मिल्दैन नानी जाऊ,' उनले भने।, दीपा फेरि नि:शब्द भइन्। त्यो दिन उनको कुरा नपत्याउने काकी र काकीका साथीहरूले पनि जातीय विभेदको तस्बिर आफ्नै आँखाले देखे। जातकै कारण कोठा पाउन कति गाह्रो रहेछ भन्ने बुझे। , त्यसपछि उनीहरूले पनि दीपालाई कोठा खोज्न सघाए।, खोज्दा खोज्दै एकदिन तार्केश्वर नगरपालिका वडा नम्बर १० मा कोठा भेटियो। कोठाभाडा पनि मिल्यो। घरबेटीले लामो समयसम्म बस्ने परिवारको खोजी गरेको बताए।, कुरा मिलेपछि घरबेटीले कोठा रंगरोगन गरेर उनीहरूलाई खबर गरे। , दीपालाई अझैसम्म याद छ, त्यो २०७६ मंसिर १३ गतेको दिन थियो। त्यस दिन उनी निकै खुसी थिइन्। कोठा लिँदा कसैले उनीहरूको थर सोधेका थिएनन्।, 'उहाँहरूले मेरो थर सोध्नुभएन। मलाई त्यसैमा यति धेरै खुसी लाग्यो, के भन्नु! आत्मसम्मान नै यहाँ रैछ भन्ने लाग्यो,' दीपाले भनिन्, 'सामान ओसार्न सकेर हामी कोठामा बसेका मात्र थियौं, घरबेटीकी छोरी आएर 'तपाईंहरूसँग परिचय गरौं न' भनिन्।', उनले त्यसो भन्दा दीपा झस्किएकी त थिइन्, तर उनले सामान्य ढंगमा आफ्नो परिचय बताइन्। घरबेटीकी छोरी कुराकानी सकेर गइन्।, उनीहरूले त्यो रात हाँसीखुसी भात पकाएर खाए। बाहिर मानिसहरू सर्‍याकसुरूक गरेको उनीहरूले चाल पाएका थिए। तर, उनीहरूलाई आफ्नो खुसीका अगाडि त्यसको मतलब थिएन।, त्यो रात खाना खाइवरी ओछ्यानमा जानुअघि दीपाले सोचेकी थिइन्- आज त धेरैपछि मस्त निदाइन्छ!, 'हुन पनि त्यो रात मलाई यति मिठो निद्रा लाग्यो, आफ्नै घरमा जस्तो,' उनले भनिन्, 'त्यो निद्रा म कहिल्यै बिर्सिन्नँ।', तर, उनको मिठो निद्रा बिथोल्न कोठाबाहिर हावाहुन्डरी चल्न थालिसकेको थियो।, एकाबिहानै दीपाको निद्रा खल्बल्याउने गरी कसैले जोडजोडसँग ढोका ढक्ढकायो। उनले आँखा मिच्दै चुकुल खोलिन्। बाहिर थिए, घरबेटी।, ती घरबेटी गृह मन्त्रालयका प्रशासकीय अधिकृत कृष्ण बिडारी थिए। ढोका खोल्नेबित्तिकै उनले भने, 'कुरा गर्न आएको। तिमीहरूलाई त मेरी श्रीमतीले परिचय नै नसोधी कोठा दिइछ। तिमीहरूको जात थाहा भएपछि यहाँ अरू पनि बस्दैनन्। त्यसैले अन्तै कोठा खोज्नू, यहाँ बस्न मिल्दैन।', दीपाको मीठो सपना एकै रातमा चकनाचुर भयो।, अब कोठा खोज्न भौंतारिने लफडाबाट मुक्त भएर निर्धक्क पढ्न पाइने भयो भन्ठानेकी दीपालाई घरबेटीको कुरा सुनेर यस्तो लाग्यो, मानौं उड्दा-उड्दै शिकारीको बाण लागेर पन्छी भुइँमा पछारिएको होस्!, त्यति बेला स्नातकोत्तर तेस्रो सेमेस्टरको परीक्षा चल्दै थियो। परीक्षाकै बीचमा बसेको पहिलो दिन नै उनले डेरा सर्न धम्की सहनुपरेको थियो।, 'कोठा त म छोड्न सक्थेँ, तर मेरो थर त छोड्न सक्दिनथेँ। उनीहरूले मलाई थर्काउने र धम्काउने गर्न थाले,' दीपाले भनिन्, 'म त्यो घरमा तीन महिना बसेँ। ती तीन महिनामा कुनै त्यस्तो दिन रहेन, जब हामीले घरबेटीबाट मानसिक यातना खेप्नु नपरेको होस्।', त्यसैबीच दीपा मानव अधिकारसम्बन्धी एक कार्यक्रममा भाग लिन गएकी थिइन्। त्यहाँ उनले आफ्नो समस्या बताइन्। उनीहरूले मुद्दा हाल्न सुझाए। तर, दीपाले मुद्दा हालिनन्।, उनी आफ्नो कुरा सुनाउन विभिन्न राजनीतिक दलका नेताहरूकहाँ पनि पुगिन्। कतिपय नेताले उनको कुरा सुनेको नसुन्यै गरे, कतिले चाहिँ आफैं अघि सरेर उनलाई सहयोग गर्नुको साटो दलित नेताको नम्बर थमाइदिए।, फागुन ४ गते घरबेटी उनको कोठाबाट सामान फ्याँक्न आए। उनको जाने ठाउँ थिएन, जसोतसो त्यहीँ बसिन्।, केही सिप नलागेपछि उनले फागुन १९ गते पत्रकार सम्मेलन गरेर महानगरीय प्रहरी वृत्त बालाजुमा निवेदन दिन गइन्।, उनले सुरूमा ठाडो निवेदन दिइन्, तर प्रहरीले दर्ता गर्न आनाकानी गरे।, त्यसपछि भोलिपल्ट जाहेरी लिएर जाँदा गृहका कर्मचारी बिडारीले जाहेरी दर्ता नगराउनेसम्म कसरत गर्न थालेको उनले बताइन्।, 'म जाहेरी दिन जाँदा त प्रहरी कार्यालयमा ठूल्ठूलो ज्यान भएका १०/१५ जना मानिस थिए। उनीहरूले यहाँ जे पनि हुन्छ भनेर मलाई धम्की दिए। तर, मेरो मनबाट डर हराइसकेको थियो,' उनले भनिन्।, दीपाले त्यस दिन ती सबैसँग आँखा जुधाएरै भनिन्, 'तपाईंहरू जस्तो पढेलेखेको मान्छेले मलाई पहिले जातका आधारमा विभेद गर्ने अनि अहिले धम्काउन आउने? यस्तै भएकोले हाम्रो समाज पछाडि धकेलिँदैछ। तपाईंहरू मलाई मार्न चाहनुहुन्छ भने पनि ठिक छ मलाई मार्नुस्, तपाईंले मलाई मारेको सह्य हुन्छ, तर म विभेद सहदिनँ। मलाई मेरो ज्यानको माया छैन।', त्यो दिन ती मानिसहरू उनको कुरा सुनेर पछि हटे। , महानगरीय प्रहरी वृत्त बालाजुका तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरलाई हामीले उक्त घटनाबारे सोध्दा उनले 'कुनै किसिमको दबाबका कारण जाहेरी दर्ता गर्न ढिलाइ नगरिएको' बताए। , 'त्यति बेला अहिलेजस्तै घरबेटीबाट भेदभाव भयो भन्ने उजुरी आएको थियो। मुद्दा नै चल्यो,' राठौरले भने, 'दबाबका कारण ढिलो भएको होइन। हामीले सुरूमा कुरा बुझ्यौं, उजुरी आउनेबित्तिकै दर्ता गर्ने कुरा भएन। उहाँहरूले पेस गरेको प्रमाण बुझेपछि जाहेरी दर्ता भएको हो। सार्वजनिक पद धारण गरेका व्यक्ति नै भएको हुँदा इस्यू चाहिँ भएको थियो।', उनले यो पनि भने, 'उहाँलाई कोठा सार्न हामीले सुरक्षा नै दिनुपरेको थियो।', यता घरबेटी बिडारीले पनि आफूमाथि गलत आरोप लागेको जिकिर गरिरहेका थिए। यो विवादले सामाजिक सञ्जालमा चर्चा पाएपछि गृह मन्त्रालयले बिडारी र दलित विकास समितिका निर्देशक डा. बुद्धि नेपालीलाई बोलाएर सोधपुछ गरेको थियो।, त्यसपछि फागुन २२ गते साँझ ६ बजे दीपाको जाहेरी दर्ता भयो। तर, बिडारीलाई प्रहरीले पक्राउ गरेको थिएन।, फागुन २६ गते दीपालाई गृह मन्त्रालयबाट फोन आयो। उनी अरू पनि मानिस लिएर त्यहाँ गइन्। आफ्ना कुरा राखिन्। त्यसपछि महान्यायाधीवक्ताकहाँ गइन्। महान्यायाधीवक्ता अग्नी खरेलले उनका कुरा सुनेर न्याय पाउने आश्वासन दिएका थिए।, उनी सिंहदरबारबाट निस्किँदा निस्किँदै यता प्रहरीले घरबेटीसहित उनलाई विभेद गर्ने चार जनालाई पक्रियो।, त्यसै दिन गृह मन्त्रालयमा आफ्नो कुरा राखेर फर्किँदै गर्दा हो, दीपालाई उनकी आमा पार्वतीले फोन गरेको।, आमाले उनलाई भनेकी थिइन्, 'काठमाडौंमा डेरा पाइएन भनेर नफर्किनू। तिमी हाम्री छोरी हौ, लड्नू! तिमी लड्न सक्दिनौ भने मै आउँला।', दीपाले आफूलाई विभिन्न मान्छेहरूले धम्की दिएको कुरा आमालाई सुनाइन्।, आमाले भनिन्, 'धम्कीदेखि नडराउनू, बरू मर्नू। मर्न तयार हुनू, झुक्न चाहिँ नझुक्नू!', त्यसपछि दीपाको मन बलियो भयो।, यो दीपाको तेस्रो विद्रोह थियो, जुन आजसम्म जारी छ।, उनको मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ। घरबेटीसहित चारै जना ३५/३५ हजार रूपैयाँ धरौटीमा रिहा भएका छन्। फैसला आउन बाँकी छ।, 'अहिले रूपा सुनारको घटना सुनेपछि मलाई आफ्नै भोगाइ दोहोरिएजस्तो लाग्दैछ। कतिपयले रूपालाई गाली गरेका छन्। यस्तोमा युवा पुस्ताका मानिसहरू पनि धेरै छन्। उनीहरू हामी होइन, हाम्रा आमाबा जान्दैनन्, विभेद गर्छन् भन्ने तर्क गर्छन्। तर, आफ्ना आमाबालाई विभेद गर्नुहुन्न भनेर सिकाउने युवा पुस्ताको दायित्व होइन र?' दीपाले भनिन्।, उनले यो पनि भनिन्, 'मान्छेहरू समाज विस्तारै फेरिन्छ भन्छन्। विस्तारै भनेको कहिले हो? कहिले फेरिने हो समाज? अनि यो समाज विस्तारै नफेरिएसम्म हामीले यस्तै विभेद भोगिरहने? कहिलेसम्म भोगिरहने?', 'पहिले काठमाडौं आएर पढुँला, लोकसेवा लडुँला, शिक्षिका बनुँला भन्ने मैले सपना देखेकी थिएँ, अब मेरो सपना फेरिएको छ। अब मलाई म पनि आत्मसम्मान भएको मान्छे हुँ भनेर बुझाउनुछ।', सबै तस्बिर: निशा भण्डारी/सेतोपाटी, दीपा नेपालीलाई आमाले भनिन्- बरू मर्न तयार हुनू, तर नझुक्नू!
सेतोपाटी संवाददाता हत्या गरेको आरोपमा कपिलवस्तुबाट तीन जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका-८ बेलौहवाका ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया बास्मती काहार छन्। बास्मती अनिलकी श्रीमती हुन् भने रमेश अनिलका दाजु हुन्।, कपिलवस्तु प्रहरीका अनुसार सोही ठाउँका १८ वर्षीय विजयबहादुर कुर्मीको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।, कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार कुर्मीको असार ७ गते कुर्मीको लाश फेला परेको थियो। सोही ठाउँको एउटा पोखरीमा कुर्मीको लाश फेला परेपछि प्रहरी अनुसन्धानमा लागेको थियो।, अनुसन्धान गर्दै जाँदा उनको असार ४ गते बिहान राति हत्या भएको खुलेको छ।, असार ३ गते अनिल काहारको छिमेकीको बिहे थियो। त्यो बिहेमा अनिल गएका थिए।, बिहेमा सहभागी भएर आफ्नो घर फर्किँदा अनिल काहारले कुर्मीलाई आफ्नो कोठामा देखेका थिए। कुर्मीसँगै उनकी श्रीमती बास्मती पनि थिइन्।, श्रीमतीलाई अर्को पुरूषसँग भेटेपछि अनिलसहित उनका दाजु र श्रीमती बास्मतीले कुटपिट गरी मारेर पोखरीमा फालिदिएका थिए।, ‘हत्याको कारण अनिलकी श्रीमती बास्मतिसँग कुर्मीको अनैतिक सम्बन्ध देखिएको छ,’ भण्डारीले भने।, भण्डारीका अनुसार कुर्मीलाई उनीहरूले सुरूमा घाँटीमामा लगाएको मोटो धागोको मालाले कसेका थिए।, घाँटी कसेसँगै उनीहरूले कुटपिट गरेका थिए। मृत्यु भएपछि नजिकको पोखरीमा लगेर फालेका थिए।, प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार हत्यामा संलग्न तिनै जनालाई कर्तव्य ज्यानमुद्दामा हिरासतमा लिई अनुसन्धान थालिएको छ।, बिहेबाट फर्किँदा कोठामा अर्का पुरूष देखेपछि तीन जना मिलेर कपिलवस्तुमा एक व्यक्तिको हत्या
रासस चट्याङ लागेर खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ।, आफ्नै घरमा चिया पिइरहेका समयमा बुधबार परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो।, चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जानकारी दिए।, घाइते दुवैको सामान्यावस्था रहेको जनाइएको छ।, घटना स्थलमा इलाका प्रहरी कार्यालय खोटाङ बजार र अस्थायी प्रहरी चौकी छितापोखरीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए।, शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी गरिएको जनाइएको छ।, चट्याङको उच्च जोखिममा रहेको खोटाङमा हरेक वर्ष जनधनको क्षति भएपछि नियन्त्रण गर्न स्थानीय तहले विभिन्न ठाउँमा अर्थिङ जडान गरेका गरेका छन्।, चट्याङ लागेर बुवाको मृत्यु, छोरी र नातिनी घाइते
सेतोपाटी नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नम्बर २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली काठमाडौँ आएको छ।, कोभिड–१९ को संक्रमण जोखिमका कारण आवतजावतमा कठिनाइ पैदा भइरहेकै बेला नेपाली सेनाका समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानद्वारा सो कम्पनीको विशेषज्ञ टोली बुधबार काठमाडौँ आएको हो।, सुरुङ डिजाइनको मुख्य कामका लागि आएको टोलीमा कम्पनी परियोजना प्रबन्धक तथा सुरुङ, पुल र सडक इञ्जिनीयर सहितको १४ सदस्यीय विज्ञ समूह संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।, राष्ट्रिय गौरवको प्राथमिकताप्राप्त काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित धेद्रे–लेनडाँडा सुरुङमार्ग रु २८ अर्ब ५३ करोड लागतमा निर्माण गर्न पोली च्याङ्दासँग गत वैशाख ३१ गते सम्झौता भएको थियो।, टोलीले कार्यालय स्थापना गरी डिजाइनको कामलाई तीव्रता दिने छ। कम्पनीको नेपालमा रहेको समूहले स्थानविशेषमा गई यसअघि नै सर्भेको काम शुरु गरिसकेको छ।, सम्झौता भएको छ महिनाभित्र डिजाइनको काम पूरा गर्ने अठोट र तदारुकता देखाएर पोली च्याङ्दाको टोली काठमाडौँ आएको हो। डिजाइन तयार भएको तीन वर्षभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ।, सेनाले द्रुतमार्गको प्याकेज नम्बर १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पाेरेशन लिमिटेड र प्याकेज नम्बर २ का लागि पोली च्याङ्दा इञ्जिनीयरिङ कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो।, पहिलो प्याकेज करीब रु २१ अर्ब तीन करोडमा निर्माण गर्ने सम्झौता भएको छ। पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटाछोटा दुई सुरुङ छन्।, सम्झौता पत्रमा द्रुतमार्गका तर्फबाट प्रमुख सहायकरथी विकास पोखरेल र निर्माण कम्पनीका तर्फबाट प्याकेज नम्बर १ का लागि कार्यकारी निर्देशक सु यान र प्याकेज नम्बर २ का परियोजना प्रबन्धक प्रमुख झु तीनग्यु बारबराले हस्ताक्षर गरेका छन्।, सम्झौता बमोजिम निर्माण कम्पनीलाई छ महिना डिजाइन अवधि र तीन वर्ष निर्माण समय प्रदान गरिएको छ।, आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्न सेनाले बनाएको ११ क्लष्टरमध्ये बाँकी नौ क्लष्टरका ठेक्का अघि बढ्ने क्रममा छ। त्यसपछि समानान्तररुपमा सबै कामले एकै चोटि गति लिने प्रवक्ता पौडेलले बताए।, एशियाली राजमार्गको मापदण्डका आधारमा बनाइन लागेको द्रुतमार्गको निर्माणपछि मध्य र पूर्वी तराईबाट काठमाडौँ उपत्यकामा आवतजावत गर्न सडक यातायातको दूरी उल्लेख्यरुपमा घट्ने छ।, ललितपुरको खोकनाबाट शुरु भई बाराको निजगढमा पूर्वपश्चिम राजमार्गमा पुगेर जोडिने द्रुत राजमार्ग निर्माणले मुलुकको आर्थिक विकास र समृद्धिमा कायपलट ल्याउने अपेक्षा गरिएको छ।, (रासस), फाष्ट ट्रयाकको धेद्रे–लेनडाँडा सुरुङमार्ग डिजाइन गर्न आइपुग्यो चिनियाँ टोली
सेतोपाटी संवाददाता दक्षिणकाली मन्दिर परिसरमा क्रुर तरिकाले हत्या गरिएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार राजधानीको महाबौद्ध क्षेत्रबाट एक जनालाई पक्राउ गरिएको हो।, महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले पक्राउ परेका युवकलाई आजै सार्वजनिक गरिने जानकारी दिए।, दक्षिणकाली मन्दिर परिसरमा मंगलबार बिहानै एक जना महिलाको शव देखेपछि च्याउ टिप्न गएका दुई महिला तर्सिएका थिए।, स्थानीय महिला आत्तिएर त्यहीँ नजिकै रहेको इलाका प्रहरी कार्यालयमा खबर गरेपछि घटनास्थलमा अनुसन्धान गर्न प्रहरी टोली पुगेको थियो।, महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा खटिएको थियो।, वियोगान्त बन्यो १८ वर्षअघि चाबहिलको सडकमा जोडिएको बाबु-छोरीको सम्बन्ध, काठमाडौं-७ कालोपुलस्थित गुरूङ बस्तीमा बस्ने धनबहादुर तामाङले सन्तोषी सुब्बालाई १८ वर्षअघि चाबहिलमा भेटेका थिए। , धनबहादुर साइकलमा चप्पल बेच्थे। त्यही सिलसिलामा सन्तोषीलाई लुखुरलुखुर डुलिरहेको भेट्टाउँथे।, सन्तोषी धनबहादुरको नजिक आइरहन्थिन्, उनी बेवारिसे थिइन्। धनबहादुर जति चाबहिल जान्थे, त्यतिपटक उनलाई भेट्थे।, त्यसबेला उनी जम्मा ९ वर्षकी हुँ भन्थिन्। घर कहाँ हो, बुवा-आमा को हुन्, उनी भन्न सक्दिन थिइन्। , यत्ति भन्थिन्- नाम सन्तोषी सुब्बा। , ‘अलि एकोहोरो खालकी थिइन्,’ धनबहादुरले भने, ‘बुवाले सौतेनी आमा ल्याएपछि आफू हिँडेको बताउँथिन्।’  , काभ्रेका धनबहादुर ३३ वर्षदेखि काठमाडौंमा छन्। , रोजगारीको सिलसिलामा काठमाडौं आएर गुरूङ बस्ती पसेका धनबहादुरलाई सन्तोषीको त्यो अवस्था देखेर माया लाग्यो। , धनबहादुर आफैंको सहारा कोही पनि थिएन। श्रीमतीले छोडेपछि उनी एक्लै थिए। , छोराछोरी नभएका उनले ठाने - यिनलाई धर्मपुत्री बनाएर राख्छु। त्यही उद्देश्यले सन्तोषीलाई उनले आफ्नो छाप्रोमा ल्याए। , अहिले ५३ वर्ष पुगेका धनबहादुरले छोरी बनाएर राखेपछि सन्तोषीलाई पढाउन चाहेका थिए। कालोपुलनजिक एउटा असहाय र गरिबलाई नि:शुल्क पढाउने स्कुल थियो। , उनले स्कुल पठाउन थाले। तर, सन्तोषी खाजा खाने समय भएपछि भागेर घर आइपुगिहाल्थिन्। , ‘पढाइमा रूची नै थिएन, कति कोसिस गर्दा पनि मैले उनलाई स्कुलमा अड्याउन सकिनँ,’ हाल प्रहरीकहाँ बयान दिन व्यस्त रहँदैगर्दा धनबहादुरले ,सेतोपाटी,सँग संक्षिप्त कुराकानी हुँदा भने। , स्कुलमा नअडिएकी सन्तोषी पशुपन्छीप्रति त्यतिबेलैदेखि दयालु थिइन्। उनी कहिले भर्खर उड्ने प्रयत्न गरिरहेको तर उड्न पारंगत नभएका काग, रुप्पी र भँगेराका बच्चा घरमा ल्याउँथिन्। , कहिले बिरालो, कहिले कुकुरका छाउरा घरमा ल्याउँथिन्।, ‘सानैदेखि उनी जनावरसँग प्रेमिल थिइन्, उनको रूची यस्तै भएपछि मैले केही भन्न सकिनँ, अलिअलि चराचुरूङ्गीको आवाज निकाल्थिन्,’ धनबहादुरले भने, ‘पढाइमा रूची नराखेपछि मेरो केही लागेन।’ , सन्तोषीको बाल्यकाल त्यसरी नै बित्यो। चार पाँच वर्षअघिबाट भने जनावरहरूको आवाज दुरुस्तै निकालेर सुनाउन थालेपछि वरपरका मान्छेहरू छक्क पर्न थाले। , एक कान-दुई कान गर्दै सन्तोषीको कला युट्युबरहरूको कानमा पुग्यो। उनी युट्युबमा छाउन थालिन्। , ‘म धेरैजसो बाहिर-बाहिर हुन्थेँ, उनी भने भिडिओमा अन्तर्वार्ता दिँदै हिँड्थिन्, मोबाइल चलाउन भने एकदमै मन पराउँथिन्,’ धनबहादुर भन्छन्। , सन्तोषीको माथिपट्टिका दाँत फुकालेको तीन वर्षअघि हो। उनी दाँत माझ्न मान्दै नमान्ने। , ‘दाँत खिइँदै गिजासम्म पुगेपछि मैले वीर अस्पताल लगेर फुकालिदिएको हुँ,’ धनबहादुर भन्छन्, ‘दाँत निकालेपछि त झन् राम्रोसँग पशुपन्छीको आवाज निकाल्न थालिन्।’ , धनबहादुर अहिले पनि साइकलमा चप्पल डुलाउँदै बेच्दै हिँड्छन्। , ‘पहिले-पहिले बिहान-बेलुका खाना पकाएर खुवाउँथिन्, अन्तर्वार्ता दिँदै हिँड्न थालेपछि उनी व्यस्त भइन्, पछिल्लो समय घरको काम खासै गर्दिनन् थिइन्,’ धनबहादुर भन्छन्। , तिनै धर्मपुत्री छोरी असार ५ गते अचानक हराइन्। अपराह्न फोन उनैको आयो - म फर्पिङमा छु, भोलि फर्किन्छु है। यति भनेपछि धनबहादुर ढुक्क भएछन्।, ६ गते फर्किन्छु भनेकी छोरी आइनन्। ८ गते त हत्या भएको खबर धनबहादुरको कानमा पर्‍यो। , बुधबार धनबहादुर आफूले सानैदेखि हुर्काएकी छोरीको मृत शरीर हेर्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए। , ‘अनुहार नै नचिनिने गरेर मारेछन् पापीहरूले, छोरीको त्यस्तो क्षतविक्षत अनुहार हेर्दा गलेर फुत्रक्क भएँ,’ धनबहादुर भावुक भए, ‘खै सर, यस्ती मान्छेलाई लगेर किन यसरी मारियो, म न्याय खोजिरहेको छु, प्रहरी सरहरूसँग छु।’ , बिहान सबेरैदेखि चप्पल डुलाएर हिँड्ने धनबहादुरले पनि सन्तोषीको बारेमा विस्तृत ख्याल राख्न छोडेका रहेछन्। , ‘कहाँ कसरी जान्थिन्, म बाहिर-बाहिरै भएँ थाहा धेरै पाइनँ,’ धनबहादुरले भने। , पछिल्लो फोन वार्तामा पनि सन्तोषीले आफू फर्पिङसम्म पुग्नुको कारण उल्लेख गरिनन्, मात्र भोलि आउँछु भनिन्।, ‘उनी कसरी त्यहाँ पुगिन्, मैले केही सोध्न पनि पाइनँ, बुझ्न पनि,’ धनबहादुरले भने। , मंगलबार बिहान दक्षिणकाली मन्दिर परिसरको एउटा प्रयोगविहीन शौचालयमा सन्तोषीको शव फेला परेको थियो। च्याउ टिप्न गएका महिलाले देखेर आत्तिँदै फोन गरेपछि प्रहरीहरूको जमात नै घटनास्थल पुगेको थियो। , सन्तोषीलाई क्रुर ढंगले हत्या गरिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत र पोस्टमार्टममा संलग्न चिकित्सकले बताएका छन्। , अनुसन्धानकर्मी प्रहरीहरूलाई पनि अहिले पनि लागेको छ- सामान्य युवतीलाई त्यहाँसम्म डोर्‍याएर यति क्रुर ढंगले मारिनुपर्ने कारण के हुनसक्छ?, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङ भन्छन्, ‘साधारणतया धनसम्पत्ति वा यौनजन्य कार्यले यस्तोखाले घटना देखिने गरेका छन्।’ , तर, उनलाई हत्या गर्नुपर्ने कारण अहिले पनि खुलिसकेको छैन। प्रहरीले सन्तोषीले बोक्ने गरेको मोबाइल नम्बर पत्ता लगाएर अनुसन्धान गरिरहेको छ।, ‘अनुसन्धानको घेरा केही साँघुरो भइसकेको छ, शंकास्पद व्यक्ति हाम्रो निगरानीमा छन्,’ अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले भने, ‘हत्या योजनावद्ध नै देखिन्छ। तर, अनुसन्धानले ठ्याक्कै ट्रयाक समातिनसकेको अवस्थामा यही हो भनेर किटान गर्न सक्ने अवस्था छैन। चाँडै नै निचोडमा पुग्छौं।’, अनुसन्धान अधिकृतका अनुसार उनी असार ५ गते फर्पिङस्थित पद्मा सम्भव गेष्ट हाउसमा एक्लै बसेको देखिएको छ।, त्यसदिन उनले बुवा धनबहादुरलाई फोन गरी ६ गते घर आउँछु भनेकी थिइन्। धनबहादुरले पनि यो कुरा भनिसकेका छन्।, ‘फर्पिङबाट दक्षिणकालीसम्म एक्लै गएको देखिएको छ,’ एक अनुसन्धान अधिकृतले भने।  , त्रिवि शिषण अस्पतालको फरेन्सिक टोलीले सन्तोषीको पोस्टमार्टम सकिएको जनाएको छ।, सन्तोषीको भजाइनल स्वाब संकलन गरिएको छ। यसबाट उनीमाथि बलात्कार भए नभएको खुल्ने छ। , त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सक गोपाल चौधरीका अनुसार सुरूमा उनको घाँटी कसेर हत्या गरिएको देखिएको छ। त्यसपछि अनुहार नचिनियोस् भनी ढुंगाले क्षतविक्षत पारिएको छ। , उनको दाहिने छातीतर्फका दुई वटा करङ भाँचिएका छन्। पेटमा बेस्सरी हिर्काएकाले आन्द्रा सुन्निएका थिए। , उनको मृत शरीरमा टु पिस लुगा थियो। उनको भित्री वस्त्र (पेन्टी) घटनास्थलबाट केही टाढा फालिएको थियो। सन्तोषीको शवसँगै छोरा मान्छेले लगाउने पेन्टी फेला परेको थियो। , ‘भजाइनल स्वाब निकाल्दा यौनांगमा नीलो डाम देखिएको छ, बाँकी त्यसको रिपोर्ट आएपछि थाहा हुन्छ,’ फरेन्सिक विज्ञ डा. चौधरीले सेतोपाटीसँग भने।, घटनास्थलमा पुगेका चौधरीले मासुबाट छुट्टिएर फेला परेको दाँतको हड्डी हेरेका थिए। उनले त्यतिबेलै भनेका थिए - मृतकका केही दाँत पहिलेदेखि नै थिएनन्।, सन्तोषीका केही दाँत कसरी थिएनन् भन्ने कुरा उनका धर्मपिता धनबहादुरले पनि खुलाइसकेका छन्।, यो पनि हेर्नुहोस्, सानैमा परिवारबाट छुटेकी थिइन् दक्षिणकालीमा हत्या भएकी सन्तोषी, निकाल्थिन् एकसेएक पशुपन्छीको आवाज, कालोपुलमा धर्मछोरी बसेकी सन्तोषीको दक्षिणकाली मन्दिर परिसरमा क्रुर हत्या, सन्तोषी सुब्बाको हत्या आरोपमा बौद्धबाट एक युवक पक्राउ
रासस मनाङमा सडक खुलाउन प्रयोग गरिने उपकरणमा इन्धन अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट इन्धन पठाइने भएको छ।, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार नेपाली सेना, सडक विभाग, सम्बन्धित स्थानका जनप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि सहभागी बैठकमा सडक अवरुद्ध हुँदा स्थानीयवासीको जीवन कष्टकर भएकाले चाँडो खुलाउन पहल गर्ने विषयमा छलफल भएको थियो।, झण्डै १० दिनदेखि अवरुद्ध सडक खुलाउने विषयमा सरोकारवाला निकायसँगको छलफलपछि मातहतका निकायलाई निर्देशन दिंदै भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङले बाढीपहिरोका कारण अवरुद्ध सडक तत्काल खुलाउन लाग्नुपर्ने बताए।, सो सडक खण्डमा भएको क्षतिको विस्तृत अध्ययन गर्न नेपाली सेना र सडक विभागको प्राविधिक टोली शुक्रबार पठाउने निर्णय भएको छ।, बाढीपहिरोका कारण बेंसीशहर–चामे सडक अरुद्ध हुँदा मनाङ जिल्ला सडक सञ्जालबाट बिच्छेद भएको छ। जेठ ३१ जेठ रातिदेखि आएको अबिरल वर्षाका कारण बाढीपहिराले सडक भत्काउँदा यातायात अवरुद्ध भएको थियो।, अहिले सडक विभागले बेंसीशहरदेखि १८ किलोमिटरसम्म सडक खुलाएको छ भने बाँकी खण्डको अवरोध हटाउने प्रयास भइरहेको छ।, बाढीपहिराका कारण चामेका ५६ घरमा पूर्ण क्षति पुगेको र २०० भन्दा बढी घर जोखिममा रहेका छन्।, छलफलमा विघटित प्रतिनिधि सभाका सदस्य पोल्देन छोपाङ गुरुङ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल, नेपाली सेनाका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा सहभागी थिए।, मनाङमा अवरूद्ध सडक खुलाउन इन्धन अभाव, सेनाको हेलिकप्टरबाट पठाइँदै
एजेन्सी दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएको कुरा झुठो सावित भएको छ।, यसअघि जुन पहिलो साता दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले प्रिटोरियाको एक अस्पताल  सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका थिए।, गाउटेङ प्रान्तको सामाजिक विकास विभागले पनि ती महिलाले १० सन्तान पाएको पुष्टी गरेको थियो। , थामाराका आफन्तहरूले दिएको विवरणलाई आधार मानेर प्रतिष्ठित अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि यसबारे समाचार छापिएका थिए।, पछिल्लो समय अनुसन्धानबाट ती महिला केही समयअघि गर्भवती पनि नरहेको र उनको शरिरमा शल्यक्रियाबाट बच्चा जन्माएको कुनै खत पनि नदेखिएको खुलेको छ।, एउटा रिटेलस्टोर म्यानेजरको काम गर्ने गोसियामीले यसअघि पनि जुम्ल्याहालाई जन्म दिएकी थिइन्। एकैचोटी जन्मेका १० बच्चालाई आफू र श्रीमानले हुर्काउन नसक्ने भन्दै उनले सहयोगको अपिल गरेकी थिइन्।, उनीहरूका लागि झन्डै ७० हजार अमेरिकी डलर  सहयोग जुटेको थियो।, संसारमै नभएको कुरा आफ्नो देशमा भएपछि दक्षिण अफ्रिकाका अधिकारीहरूले यो घटनामा अनुसन्धान थालेका थिए।, बिबिसीका अनुसार अनुसन्धान गर्दा गाउटेङ प्रान्तका कुनै पनि अस्पतालमा एउटै महिलाले १० बच्चा जन्माएको रेकर्ड भेटिएन।, अधिकारीहरूले अहिले ती महिलाको मानसिक स्वास्थ्य परीक्षण गरिरहेको जनाएका छन्।, उनी र उनका श्रीमानले किन यस्तो झुठो विवरण दिए भन्नेबारे खुलिसकेको छैन।, दक्षिण अफ्रिकाकी महिलाले एकै पटकमा १० बच्चा जन्माएको कुरा झुठो
प्रशन्न पोखरेल वन लसुन (हिमाली भेगमा पाइने जडिबुटी) टिप्न जाँदा भिरबाट लडेर बेपत्ता भएका गोरखाको सिर्दिवास पाङसिङका २४ वर्षीय सुरेन्द्र गुरूङको शव पाँच दिनदेखि अलपत्र छ।, बाबु र भाइसँगै वन लसुन टिप्न डेढ दिन हिँडेर रूवीनाला कटेर अजिरकोट,बारपाक-सुलिकोट र सिर्दिवासको सीमानास्थित लेक पुगेका गुरूङ चिप्लेर लडेपछि बेपत्ता थिए।, बाबु र भाइले केहीबेर खोजे तर उनलाई भेटेनन्। यो घटना गत शनिबार अपरान्ह ३ बजेतिरको हो।, भिरबाट लडेका सुरेन्द्र नभेटिएपछि बाबु र भाइले गाउँमा फोन गरेर गुहार मागे- छोरा भिरबाट लड्यो, हेलिकप्टर बोलाइदेऊ। त्यसदिन पानी परिरहेको र ढिला खबर आएकोले हेलिकप्टर जान सकेन।, भोलिपल्ट सोमबार काठमाडौंबाट घटनास्थलमा हेलिकप्टर पठाइएको थियो। पानी परिरहेको र कुहिरो लागेकोले हेलिकप्टर घटनास्थल नजिक ल्याण्ड गर्न सकेन। बाबु र भाइले खोजिरहे तर उनलाई भेटेनन्।, ‘उद्धार गर्न त्यसदिन सिम्रिक एअरको हेलिकप्टर पठाइएको थियो,’ काठमाडौंबाट हेलिकप्टर पठाउन सहजीकरण गरेका सिर्दिवासका वीरबल घलेले सेतोपाटीसँग भने, ‘त्यसदिन खोजी र उद्धार गर्न सकिएन। दुई लाख ४० हजार हेलिकप्टर भाडा त्यसै खेर गयो।’, उनीहरू घरखर्च चलाउन सजिलो हुन्छ भनेर वन लसुन टिप्न गएका थिए।, ‘उनीहरू गरिब परिवारका हुन्। अलिकति घरखर्च होला भनेर वन लसुन टिप्न गएका थिए। घरखेत बेचेर पनि छोराको शव घर ल्याउँछु भनेर बाबुले हेलिकप्टर बोलाए,’ उनले भने, ‘पहिलो दिनको खर्च परिवारले नै ऋणधन गरेर जुटाएको हो।’, यसबीचमा लाप्राकबाट ११ जना युवालाई सुरेन्द्रको खोजी गर्न पठाइएको थियो।, ‘हिमाल चढ्ने काम गरिरहेका ११ जना शेर्पालाई नै सुरेन्द्रको खोजी गर्न पठाइएको थियो। लडेको ठाउँबाट निकै तल कोप्चेरोमा सुरेन्द्रको शव फेला पर्‍यो,’ उनले भने।, शव फेला परेको खबरपछि बुधबार फेरि हेलिकप्टर मगाइयो तर हेलिकप्टर पठाउने पैसा भएन।, ‘हामीले चुमनुब्री समाजबाट चन्दा उठाएर एअर डाइनेष्टीको हेलिकप्टर पठायौं,’ उनले भने, ‘युवाहरूले शव पहरा/खोंचबाट निकालेर केही माथिसम्म लगेका छन्। मौसम सफा हुन्छ र हेलिकप्टर अवतरण गर्न सकिन्छ भन्ने अनुमान थियो तर हेलिकप्टर अवतरण नै हुन सकेन।’, उनकाअनुसार शव भएको ठाउँमा हेलिकप्टर बुधबार पनि अवतरण हुन सकेन। ‘शव ल्याउन त सकिएन तर बाबु र कान्छा छोरालाई सिर्दिवास ल्याइयो,’ उनले भने, ‘शव उतै अलपत्र छ।’, शव खोज्न गएका लाप्राकका युवा गाउँ फर्कंदैछन्।, ‘सुरेन्द्रको खोजी र उद्धारका लागि पुगेका युवाहरू उतै बस्न सकेनन्। बस्न ओडार पनि छैन, भोकभोकै परे। लगेका खानेकुरा पनि पकाएर खान पाएन छन्। भिरमा बोकेर हिँड्न गाह्रो भएपछि भाँडाकुँडा पनि त्यतै फालेर फर्किएका छन् रे,’ उनले भने।, शव ल्याउन नसके पनि बुधबार हेलिकप्टरलाई थप दुई लाखभन्दा बढी भाडा तिर्नुपर्‍यो। अब हेलिकप्टर पठाउन पैसा पनि नभएको उनी बताउँछन्।, ‘हामीले चन्दा उठाएर हेलिकप्टर पठाएका थियौं तर शव ल्याउन सकिएन,’ उनले भने, ‘फेरि हेलिकप्टर पठाउन पैसा छैन। पहिले हेलिकप्टर पठाएकै पैसा तिर्न बाँकी छ।’, शव बोकेर सिर्दिवास ल्याउन तीन दिन लाग्छ।, ‘हिमाल चढ्ने शेर्पाहरूले त शव बोकेर ल्याउन सकेनन् भने गाउँलेहरूले झन् भिरैभिरको बाटो कसरी ल्याउने?,’ उनले भने, ‘अब परिवारका सदस्य र गाउँलेहरू गएर उतै अन्तिम संस्कार गरेर आउने कि भन्ने कुरा भइरहेको छ।’, सिर्दिवासमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा गत सातादेखि समस्या देखिएको छ अझै मर्मत भइसकेको छैन।, ‘कहिलेकाहीँ मात्र गाउँपालिका भवनमा इन्टरनेट चल्छ त्यही बेला गाउँको खबर सोध्ने हो,’ उनले भने, ‘अन्तिम संस्कार गर्न अब गाउँलेहरू जालान्।’, शव भएको ठाउँमा पुग्न सिर्दिवासबाट डेढ दिन लाग्ने उनले बताए। ‘बिहानै हिँड्यो भने एउटा ओडारमा बास बस्न पुगिन्छ अनि अर्कोदिन बिहान शव भएको ठाउँमा पुगिन्छ,’ उनले भने।, वन लसुनको बजार चीन हो। अहिले नाका वन्द छ। भारतीय बजार हुँदै चीनमा वन लसुन बिक्री गरिँदै आइएको छ।, ‘नाका वन्द भएका बेला पनि गाउँलेहरू वन लसुन टिप्न गएछन् सायद घरखर्च होला भनेर हुनुपर्छ,’ उनले भने।, दुईपटक हेलिकप्टर गयो, ५ लाख रुपैयाँ सकियो तैपनि ल्याउन सकिएन सुरेन्द्रको शव
सेतोपाटी संवाददाता दक्षिणकाली मन्दिर परिसरमा हत्या गरिएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख  चन्द्रकुवेर खापुङले बिहीबार पत्रकार सम्मेलन गर्दै सन्तोषीको हत्या बलात्कारको प्रतिकार गर्दा भएको खुलेको जानकारी दिए।, प्रहरीका अनुसार सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी -१४ घर भई दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिनाले  असार ६ गते उनलाई  बलात्कार प्रयास गरेका थिए।, सन्तोषीले उक्त दिन आफूलाई बस्ने-खाने व्यवस्था नभएको बताएकी थिइन्।, ‘सुरेशले उनलाई आफूले काम गर्ने बसमा बास मिलाइदिन्छु भनेका थिए। बसमा लगेर जबरजस्ती गर्न खोजेपछि सन्तोषीले प्रतिकार गर्दा सलले घाँटी कसेर उनको हत्या भएको देखिन्छ,’ एसएसपी खापुङले भने,‘हत्यापछि अनुहार नचिनियोस् भनेर ढुंगाले हानेर छियाछिया पारेछन्।’  , पक्राउ परेका तिमल्सेना बसमा सहचालकको काम गर्थे। हत्या पछि उनी काठमाडौं आएर लुकीछिपी बसेका थिए। , प्रहरीले उनलाई काठमाडौं-२७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,  , बलात्कारको प्रतिकार गर्दा दक्षिणकालीमा सन्तोषीको हत्या भएको खुलासा
सेतोपाटी चितवनको राप्ती नगरपालिकाले आफ्नो नगर क्षेत्रका चेपाङ छात्रालाई बालविवाह रोक्न २० वर्षको उमेरसम्म अध्ययन गर्नेलाई १५ हजार रूपैयाँ नगद दिने भएको छ।, नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा यो व्यवस्था गरिएको हो। यसबाट सानै उमेरमा हुने विवाह रोकिने नगरपालिकाको अपेक्षा छ। , नगरप्रमुख प्रभा बरालले १९/२० वर्षमा तीन वटासम्म सन्तान बोकेर नगरपालिका आउने गरेको भन्दै बालविवाह रोक्न कार्यक्रम ल्याइएको बताइन्। , उनले भनिन्, ‘यहाँ बच्चाले बच्चा पाउँछन्, यसलाई रोक्न हामीले यो कार्यक्रम ल्याएका हौं।’ , त्यसैगरी रोजगार र उत्पादनमूलक कार्यक्रमका लागि नगरपालिकाले एक करोड रूपैयाँ विनियोजन गरेको छ। , साझेदारी कार्यक्रमका लागि तीन करोड रूपैयाँ र अधुरा कार्यक्रम सम्पन्न गर्न एक करोड रूपैयाँ विनियोजन गरेको छ। , बरालका अनुसार स्वास्थ्य स्वयंसेविकालाई साइकल कार्यक्रम तथा विपन्नहरूका लागि बास कार्यक्रमअन्तर्गत एक करोड रूपैयाँ विनियोजन गरिएको छ। , दूधमा अनुदान दिन रु ५० लाख छुट्याइएको छ भने क्यान्सर र मिर्गौलाको डाइलासिसका लागि रु १० लाख छुट्याइएको छ।, पहाडमा प्राथमिकता हुने गरी कृषक लक्षित कार्यक्रमका लागि रु ३५ लाख तथा चेपाङ, दलित, विपन्न, असहाय, अपाङ्गलाई स्वास्थ्य बीमा कार्यक्रमका लागि रु १० लाख बजेट छुट्याइएको उनले जानकारी दिइन्। , कोभिड र विपत् व्यवस्थानका लागि रु एक करोड विनियोजन गरिएको छ। असहाय आमा, बुबा र टुहुरा छोराछोरी संरक्षण कार्यक्रम सञ्चालन गरिँंदै छ। नगरपालिकाले भण्डारा अस्पताल र आधारभूत स्वास्थ्य चौकीका लागि रु एक करोड बजेट विनियोजन गरेको छ। , नगरपालिकाले विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम, सुत्केरी बिदामा रहेका शिक्षिकाको सट्टा स्वयंसेवी शिक्षिका कार्यक्रम, कक्षा नौदेखि १२ सम्मका लागि छात्रवृत्ति, गरिब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम, बाख्रा, पकेट विकास कार्यक्रम, मागमा आधारित पशु विकास कार्यक्रम गर्नेछ। , यस्तै, पशु शिविर कार्यक्रम, बर्थिङ सेन्टरमाा सुत्केरी हुने महिलालाई रु दुई हजार प्रोत्साहन भत्ता, लैङ्गिक हिंसा कोष स्थापना, बाल कोष स्थापना, महिला तथा बालबालिका आयआर्जन कार्यक्रम, व्यावसायिक महिला समता विकास कार्यक्रम, मागमा आधारित कृषि कार्यक्रम पनि नगरपालिकाले ल्याएको छ। , महिला प्रमुख भएकाले पनि कार्यक्रम महिला, बालबालिका, पिछडिएको वर्गको हितमा बढी केन्द्रित भएको छ। नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि रु ९२ करोड ९७ लाख ३६ हजार ४२९ को बजेट ल्याएको छ। रासस, २० वर्षको उमेरसम्म अध्ययन गर्ने चेपाङ छात्रालाई १५ हजार दिइने
सविता बुढा कर्णाली नदीबाट एक आमा डल्फिन आफ्ना बच्चा लिएर पथरैया नदीसम्म पुगेकी छ।, कैलाली र बर्दियाको सिमानामा बग्ने कर्णालीमा उसको बाह्रै महिना बसाइ हुन्छ। यीमध्ये असार, साउन, भदौ र असोजका चार महिना घुमफिर गर्दै र आहारा खोज्दै बच्चा हुर्काउन ऊ कैलालीको पूर्वी दक्षिणी क्षेत्रमा बग्ने पथरैयामा आइपुगेकी हो।, केही डल्फिन प्रजननका लागि पनि यसबेला बढेको मोहनाको वहावलाई बाटो बनाएर पथरैया र काडा नदीसम्म पुग्छन्।, डल्फिन संरक्षणमा लागेका टीकापुर नगरपालिका-७ का भोजराज ढुंगानाले यस वर्ष असारको सुरूमै पानी परेर नदीहरूमा जलसतह बढेपछि डल्फिन आइपुगेका बताए।, ‘यहाँ भजनी र टीकापुरको सिमानामा बग्ने पथरैया र काडा नदी मिलेको त्रिवेणीनेर अहिले आमा र बच्चा डल्फिन जतिबेला पनि देख्न मिल्छ,’ उनले भने।, यो त्रिवेणीमा आएकी डल्फिन र उसको बच्चा हरेक एक मिनेटमा पानीमाथि निस्केर ‘स्वाँ’ आवाज निकाल्दै सास फालेर फेरि डुब्छन्। हरेक मिनेटमा उनीहरू यस्तो गरिरन्छन्।, डल्फिनले टाउकोको थोरै पछाडि भएको ‘ब्लोहोल’बाट सास फालेको प्रस्ट देख्न सकिन्छ। एक मिनेटभित्र ऊ पानीमाथि उफ्रेर धनुष आकारमा फेरि डुब्छ। पानी नुनिलो नहुनाले समुद्रमा जस्तो पानीको सहतभन्दा माथिसम्मै पुग्ने गरी भने यो उफ्रदैन।, ‘सास फेर्न निस्केका बेला नै डल्फिन पानी बाहिर देखिने हो। कहिलेकाहीँ माछा समातेको बेला पनि पानीभन्दा माथिसम्म उफ्रन्छ,’ ढुंगानाले भने।, डल्फिन देखिने पथरैया र काडा मिलेर बनेको त्रिवेणीनेर १६ देखि २० फिट गहिरो पानी छ। यहाँनेरको ५०० मिटर परिधिभित्र डल्फिन खेलिरहन्छ। पानीको वहाव कम नभएसम्म ऊ त्यहाँबाट कर्णालीमा फर्किँदैन।, यहाँ पुगेको डल्फिन ग्याङ्गेटिक डल्फिन हो। यसले आँखा कम देख्छ। यसले आवाज सुनेका भरमा सिकार र खतरा पहिल्याउँछ।, आमा डल्फिनको तौल एकदेखि डेढ क्विन्टलसम्म र यसको लम्बाइ ८ फिटसम्म रहेको अनुमान गरिएको छ। यसको चुच्चो लामो छ। दाँत तीखा छन्।, पथरैया र काडा नदीको मिलनविन्दु जस्तै भजनी र टीकापुरका अरू तीन विन्दुमा वर्षातको समयमा डल्फिन आइरहन्छन्। गैरीनाला-पथरैयाको दोभान, मोहना-पथरैयाको दोभान र मोहना-रेफ्टिनालाको दोभानमा पनि डल्फिनलाई नजिकैबाट मज्जाले हेर्न मिल्छ।, ‘आजभोलि यी चार विन्दुमा जतिबेला पनि डल्फिन देखिन्छन्, कहिलेकाहीँ उनीहरू खेल्दै तल-माथि गरिरहेका बेला नदीका अरू स्थानमा पनि देखिन्छन्,’ ढुंगानाले भने।, गंगामा प्रशस्त डल्फिन छन्। कर्णाली नदी गंगामा गएर मिसिन्छ। गंगामा पाइने प्रजातिका डल्फिन यहाँ पाइने भएर त्यहाँबाट कर्णालीको बाटो हुँदै आएका हुनसक्ने बताइन्छ।, ‘हुन त भारतले बनाएको ड्यामबाट माथि डल्फिन आउन नसक्लान् पनि तर यी पहिले नै आएका थिए कि अहिले अहिले पनि आउजाउ हुन्छ त्यो अध्ययनको विषय हो,’ ढुंगानाले भने।, कर्णाली, मोहना, पथरैयामा पानी प्रदुषित नभएर डल्फिन आएका हुन्। यहाँ माछा, झिंगेमाछा, लेउ पनि प्रशस्त खान पाइनाले डल्फिन आउने गरेको संरक्षणकर्मीहरू बताउँछन्।, यसबाहेक पछिल्लो समय मानवीय गतिविधिले अवरोध गर्न नपाइने भएर पनि डल्फिनलाई यहाँ आउन सजिलो भएको ढुंगाना बताउँछन्।, ‘मान्छेले जिस्काउने गरिँदैन, यी नदीहरूमा दोभान बढी हुनाले बच्चा हुर्काउन, माछा खान सजिलो भएर यहाँ आउँछन्,’ उनले भने।, वर्षामा डल्फिन देखिने पथरैया नदीको यो विन्दुको छेउछाउमा २०२३ सालतिर मान्छेको वस्ती बसेको बुढापाका बताउँछन्। उनीहरूले त्यसबेला पनि डल्फिन देख्थे।, ‘हामी केटाकेटी हुँदा बुढापाकाहरू यो के हो, मान्छेलाई खाने पो हो कि भनेर डराउँथे, गुलेलीले हान्ने, जिस्काउने भगाउने पनि गरे,’ ढुंगानाले भने।, २०५७ साल पछि डल्फिनको महत्वबारे धेरै स्थानीयले बुझे। यसपछि डल्फिन संरक्षण गर्नुपर्ने भनेर विभिन्न समूह बने।, ‘पछि डल्फिन संरक्षण गर्नुपर्छ, गुलेली हान्ने, ढुंगा हान्ने र जिस्काउन नपाइने भनेर स्कुलमा, गाउँमा सिकाउन थालियो,’ उनले भने।, त्यसबेलादेखि डल्फिन संरक्षणका लागि नदीमा जथाभावी माछा मार्न रोक लगाउने, विषादी हाल्न नदिने, फोहर र मरेका वस्तु नदीमा फाल्न नदिनेजस्ता काम हुन थाले।, पर्यटक भित्र्याउने लक्ष्यले यस क्षेत्रको प्रचारप्रसारका लागि अहिलेसम्म चार पटक डल्फिन महोत्सव आयोजना भएका छन्। २०६३ सालमा भजनी र नारायणपुरमा दुई दिन चलेको महोत्सवले विदेशी पर्यटकसम्म डल्फिन हेर्न मिल्ने कुरा पुगाउन सकेको थियो। त्यसै वर्ष पथरैयामा डल्फिन हेर्न पहिलो विदेशी पर्यटक इंग्ल्याण्डका जोन स्पासेट र उनका साथी आएका थिए।, बर्दिया राष्ट्रिय निकुन्ज आएका उनीहरू डल्फिन हेरेर फर्केका ढुंगानाले बताए।, ‘विदेशी आएर डल्फिन हेरेर रमाए, यहाँका स्थानीय विदेशीलाई हेरेर रमाए,’ उनले ठट्टा गर्दै भने।, त्यसपछि तीज पर्व र विभिन्न दिवसका अवसरमा डल्फिन संरक्षणका बारेमा प्रचार गर्ने गरिएको छ।, उद्योग वाणिज्य  संघ, होटल व्यवसायी संघ, जिल्ला समन्यव समिति र स्थानीय सरकारले डल्फिन संरक्षण, प्रचारप्रसार र पर्यटन विकासका लागि आवाज उठाउँदै आएका छन्। हरेक वर्ष डल्फिन यहाँ आउने गरे पनि बीस वर्षको अवधिमा १५० जना मात्र विदेशी नागरिक डल्फिन हेर्न पुगेका छन्। आन्तरिक पर्यटक भने आइरहन्छन्।, अहिले पथरैया नदीमा राष्ट्रिय गौरवको रानी-जमरा सिंचाइ आयोजनाले जलचर डल्फिनमैत्री तटबन्ध बनाइदिएको छ। टीकापुर  र भजनी नगरपालिकाले २/२ वटा भ्यु टावर बनाएका छन्।, स्थानीयहरूले नदी सरसफाइ, पर्यटकलाई स्वागत, डुंगाबाट अवलोकन गर्ने व्यवस्था गरेका छन्।, ‘डल्फिन संरक्षण क्षेत्रका रूपमा सरकारले घोषणा गरेर यसलाई प्रजनन् केन्द्र स्थापना गर्नुपर्छ भन्ने यहाँका नागरिकको माग छ,’ ढुंगानाले भने।, कर्णालीबाट बच्चा लिएर पथरैया नदीमा पुगी आमा डल्फिन
नारायण खड्का पाँच करोड बढी आर्थिक हिनामिना गरेको आरोपमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरूद्ध मुद्दा परेको छ।, राप्ती गाउँपालिका वडा नं. ८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूले पाँच करोड बढी रकम हिनामिना गरेको भन्दै कर्मचारी र पदाधिकारीविरूद्ध दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्। , उक्त मुद्दा मंगलबार दर्ता भएको थियो। , उजुरीपछि सहकारी संस्थाका सह–लेखापाल २९ वर्षीय विक्रम राना, उनकी २७ वर्षीया श्रीमती उषा राना थापा, ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास न्यौपाने पक्राउ परेका छन्। , सहलेखापालकी श्रीमती हुनुको नाताले उषा राना थापालाई अन्य शीर्षकमा पक्राउ गरिएको छ। , रकम हिनामिना गर्ने मुख्य व्यक्तिमध्ये सह लेखापाल राना देखिएको हुँदा मिलेमतोको आशंकामा श्रीमतीलाई पनि पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ। , जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले पक्राउ परेकाहरूको बयान बुधबारदेखि सुरू भएको सेतोपाटीलाई बताए। , बुधबार दुई जनाको बयान सकिएको र बिहीबारदेखि अन्यको बयान सुरू भएको जिल्ला अदालतका स्रेस्तेदार गिरीले जानकारी दिए। , शुक्रबारदेखि थुनछेक बहस सुरू हुने गिरीले बताए। , सहकारी संस्थामा आबद्ध राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी फरारको सूचीमा राखिएका छन्। सुवेदी सहकारीका लेखा सुपरीवेक्षण समिति अन्तरगत रहेको  हुँदा उनीविरूद्ध पनि मुद्दा परेको हो। , सुवेदी सहकारी मर्ज हुनुभन्दा पहिलेदेखि २०७१ सालदेखि सुपरीवेक्षण समितिमा रहँदै आएका थिए। , कमला पौडेल, युवराज भुसाल, राम पोखरेललगायत सहकारी संस्थाका पदाधिकारी, लेखा परीक्षक, सञ्चालक समितिका पदाधिकारीसहित २५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ। , पक्राउ नपरेका २० जना फरार सूचीमा राखिएको अदालतका सूचना अधिकारी गिरीले जानकारी दिए। , फरारहरूको हकमा अदालतले छिट्टै पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ। , ‘गाउँपालिकाका अध्यक्ष फरार सूचीमा हुनुहुन्छ,’ स्रेस्तेदार गिरीले भने, ‘अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उहाँहरू आफैं हाजिर हुन आउनु हुन्छ कि प्रहरीले पक्राउ गरेर ल्याउँछ त्यो हेर्न बाँकी छ।’, जिल्ला प्रहरी प्रवक्ता मुकुन्द रिजालले प्रतिवादीहरू आफैं अदालतमा हाजिर हुन नआए पक्राउ गरेर ल्याइने जानकारी दिए। , केही समय पहिले मात्रै चार वटा सहकारी मिलाएर  देउखुरी बचत तथा ऋण सहकारी संस्थाको निर्माण गरिएको थियो। , अदालतले बोलाए उपस्थित हुन्छु: अध्यक्ष सुवेदी , राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले आफूविरूद्ध पनि मुद्दा परेकोबारे थाहा भएकी जानकारी दिए। , ‘म पहिला सहकारीको संस्थापक हुने बेलामा लेखा समितिको प्रमुख थिएँ र अरू साथीहरू पनि हुनुहुन्थ्यो,’ अध्यक्ष सुवेदीले भने, ‘पहिलेका विभिन्न चार वटा जति छरिएर रहेका सहकारी मिलाएर एउटै सहकारी बनाएपछि मैले समय दिन पाइनँ र त्यसपछि कर्मचारीको मिलेमतोमा बदमासी भएको देखिन आएको छ।’, उनले अदालतले बोलाउना साथ आफैं उपस्थित हुने स्पष्ट पारे। भने, ‘प्रहरी प्रशासन र न्यायालयप्रति मेरो उच्च सम्मान छ, बोलाउना साथ  म आफैं उपस्थित हुनेछु।’, बदमासी जसले गरेको भए पनि संस्थापकको नाताले आफूलगायत अन्य धेरै निर्दोष साथीका नाममा पनि मुद्दा परेको भन्ने आफूले सुनेको भए पनि त्यसलाई सहजरूपमा लिने उनले बताए। , ‘गल्ती गरेको भए पो डराउनु,’ अध्यक्ष सुवेदीले भने, ‘सहकारीको अनियमितता बारेको अनुसन्धानमा म सतप्रतिशत सघाउने छु।’, न्यायालयमा उपस्थित भएर आफूले सत्यतथ्य जानकारी दिने र दोषी जो कोही भए पनि कानुनी कारबाहीका लागि  सघाउने अध्यक्ष सुवेदीले स्पष्ट पारे। ,  , सहकारीको ५ करोड बढी हिनामिना गरेको आरोपमा  गाउँपालिका अध्यक्षसहित २५ जनाविरूद्ध मुद्दा दायर
एजेन्सी बेलायतमा सर्वोच्च पदक भिक्टोरिया क्रस पाएका तुलबहादुर पुनको नाम उल्लेखित रेल सञ्चालनमा आएको छ।, बुधबार लन्डन प्याडिङ्टनमा पुनका छोरा अर्जुन र छोरी मेघकुमारी सहभागी एक कार्यक्रमबीच 'तुलबहादुर पुन' लेखिएको  रेलको उद्घाटन गरिएको थियो।, कार्यक्रममा दोस्रो विश्व युद्धमा पुनका कमान्डिङ अफिसरसमेत रहेका मेजर जेम्स रुथरफोर्ड लुम्लीकी अभिनेत्री छोरी जोआन्ना पनि सहभागी भएकी थिइन्।, पुन २१ वर्षको हुँदा छैठौं गोर्खा राइफलको तेस्रो बटालियनमा राइफलम्यान भएका थिए। बर्माको मोगाउङ्गमा देखाएको बहादुरीका कारण पुनले बेलायतको सर्वोच्च पदक भिक्टोरिया क्रस पाएका हुन्।, सन् १९४४ जुन २३ मा रेलवे ब्रिजमा भएको युद्धमा उनका कयौं साथीहरू मारिएका थिए। सो आक्रमणमा उनी एक्लै निरन्तर लडिरहे। त्यसैक्रममा उनले तीन जना विपक्षी सेना मारेका थिए भने अन्य पाँच जना भागे।, त्यसैगरी उनले आफ्नो प्लाटुनका अरू साथीहरूलाई ब्रिजसम्म पुर्‍याउन सहयोग गरेका थिए।, यसरी उनको बहादुरीका कारण उनी लेफ्टिनेन्टको पदमा बढुवा भए। बढुवासँगै पुन बर्मा स्टारसहित १० वटा मेडलबाट पुरस्कृत भए।, गत वर्ष दोस्रो विश्व युद्ध सकिएको ७५ औं वर्ष पुगेको अवसरमा ग्रेट वेस्टर्न रेलवेले आफ्ना सात वटा इन्टरसिटी एक्सप्रेस ट्रेनहरूलाई युद्धमा सहभागी मानिसहरूको नाम दिएका थियो।, गोर्खा वेलफेयर ट्रस्टका भाइस प्याट्रोनसमेत रहेकी अभिनेत्री लुम्लेले भनेकी छन्,'म त्यो क्षण कहिल्यै बिर्सिन्नँ, जब मैले लछिमान गुरूङ र तुलबहादुर पुनलाई भेटें, जसले मेरा बुवासँग बर्मामा चिन्दित्सविरूद्ध बहादुरी साथ लडे।', पुनको नामबाट रेललाई नामाकरण गर्न पाउँदा ट्रस्टका सिइओ अल होवार्डले पनि आफ्नो संस्था नै सम्मानित भएको बताए।, 'हामीले एउटै रेजिमेन्टमा सेवा काम गरेका थियौं, त्यसैबीच उहाँलाई भेट्ने एकपल्ट मौका पाएको थिएँ। म कृतज्ञ छु ग्रेट वेस्टर्न रेलवेले तुलको बहादुरीलाई याद गरेर सम्मान दियो,' सिइओ होवार्डले भने,'हामीले कहिल्यै पनि हाम्रो स्वतन्त्रताका लागि २०० वर्षसम्म गोर्खालीहरूले गरेको त्याग, बफादारी र  बहादुरी बिर्सिन हुन्न।', तुलबहादुर पुन भिक्टोरिया क्रस पाउने १३ गोर्खालीमध्ये एक हुन्। सन् १९२३ मा म्याग्दीमा जन्मिएका उनको ८८ वर्षको उमेरमा  सन् २०११मा भएको थियो।, लन्डनमा गुड्यो भिसी तुलबहादुर पुनको नाम लेखिएको रेल
सेतोपाटी भतिजीलाई जबरजस्ती करणी गरेको आरोपमा तनहुँमा काका पक्राउ परेका छन्।, पक्राउ पर्नेमा व्यास नगरपालिका-९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ।, पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।, आमा घरमा नभएका बेला उनले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिविरूद्ध जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।रासस , जबरजस्ती करणी आरोपमा काका पक्राउ
एजेन्सी दक्षिणी अफ्रिकी मुलुक जाम्बियाको एक टेलिभजनका समाचार वाचकले लाइभ समाचार पढ्दा-पढ्दै आफूहरूले तलब नपाएको बताएपछि अहिले उनको चर्चा भइरहेको छ। , केबिएन टिलिभिजनका समाचार प्रस्तोता कविन्दा कालिमिनाले लाइभ समाचार पढिरहेको बेलामा आफूसहित अन्य सहकर्मीहरूले तलब नपाएको बताएका हुन्। उनले गत शनिबारको समाचार बुलेटिनमा आफूहरू पनि मानव नै भएको र तलब पाउनुपर्ने भनेका हुन्।, क्यामेरातिर हेर्दै समाचार पढिरहेका प्रस्तोता कालिमिनाले एक्कासी रोकिन्छन् र भन्छन्,'समाचार बाहेक, लेडिज एन्ड जेन्टलम्यान, हामी पनि मानव हौं। र हामीले पनि तलब पाउनुपर्छ।', 'दुर्भाग्यवश, केबिएनमा हामीलाई तलब दिइएको छैन... श्यारोन र मलगायत अरू सबैलाई तलब दिइएको छैन। हामीले तलब पाउनुपर्छ।', त्यसपछि स्टेशनले लाइभ काटिदिएको थियो।, त्यसरी लाइभ आएपछि केबिएन टिभीले कालिमिनाले गरेको व्यवहारलाई रातारात ख्याति कमाउने स्टन्ट भनेको छ। साथै, प्रस्तोता कालिमिनाले रक्सी खाएर लाइभ गएको आरोप लगाएका छ।, टेलिभिजनले रक्सी खाएर कसरी लाइभमा पसेकोबारे पनि अनुसन्धान गरिने बताइएको छ।, तर कालिमिनाले भने सो आरोप स्वीकारेका छैनन्। आफूले समाचार पढ्नुअघि तीन वटा अरू कार्यक्रम चलाएकाले कति बेला रक्सी खाएँ भनेर प्रश्न गरेका छन्। , उनले उक्त भिडिओ आफ्नो फेसबुक पेजमा लेखेर भनेका छन्, 'हो, मैले लाइभ टेलिभिजनमा त्यस्तो गरें किनकी धेरैजसो पत्रकारहरू बोल्न डराउँछन् भन्नुको अर्थ यो होइन की पत्रकारहरूले बोल्नुहुन्न।', केबिएन टिभीका प्रमुख कार्यकारी केन्नेडी म्यामबीले विज्ञप्ति जारी गर्दै कालिमिनाले रक्सी खाएर गरिएको व्यवहार भनेका छन्।, 'भर्खरको टेलिभिजन स्टेशन हुनुको नाताले हामी धेरै प्रतिभाशाली र व्यावसायिक टिमसँग महान् चरित्रका साथ काम गर्छौं,' विज्ञप्तिमा भनिएको छ।, जब समाचार पढ्दा-पढ्दै पत्रकारले भने- लेडिज एन्ड जेन्टलमेन, हामीले तलब पाएका छैनौं
सेतोपाटी संवाददाता कोभ्याक्सले एक डोज मात्र लगाए पुग्ने 'जोन्सन एण्ड जोन्सन' को ६ लाख डोज खोप नेपाललाई दिने प्रतिवद्धता जनाएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले कोभ्याक्सले दुई दिनअघि मात्र 'जोन्सन एण्ड जोन्सन' को ६ लाख डोज खोप दिने जानकारी गराएको बताए। , '६ लाख डोज दिने भन्ने कुरा भएको छ। यहाँबाट पनि लिने भन्ने कुरा भएको छ,' डा. उप्रेतीले भने। , अमेरिकी कम्पनीले विकास गरेको उक्त खोप एक डोज मात्र लगाए पुग्छ। जबकि हालसम्म नेपालमा लगाइएको सबै खोप दुई डोज लगाउनुपर्ने खालका छन्। अहिलेसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एन्ट्रेजेनेकाले विकास गरेको 'कोभिसिल्ड' र चिनियाँ कम्पनी सिनोफार्मेले विकास गरेको 'भेरोसेल' नामक खोप लगाइएको छ।  , त्यसैले अमेरिकी कम्पनीले विकास गरेको उक्त खोप नेपालमा पहिलोपटक आउन लागेको हो। हालसम्म उक्त खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति नदिइसकेको अवस्थामा डा. उप्रेती भन्छन्, 'डब्लुएचओले मान्यता दिइसकेकोले यहाँ पनि भइहाल्छ। उताबाट खोप आउनुअघि यहाँ अनुमति दिने काम सकिहाल्नुपर्छ।', साथै, कोभ्याक्स कार्यक्रममार्फत् नै यही जुलाइ अन्तिमसम्म एस्ट्रेजेनेकाको ३ लाख ४८ हजार डोज खोप आउने डा. उप्रेतीले जनाए। , उनले यसअघि पनि कोभ्याक्सले पहिलो चरणमा ३ लाख ४८ हजार खोप नै पठाएको भन्दै त्यसैको दोस्रो मात्राका लागि त्यति नै खोप पठाउन लागेको बताए। , त्यसबाहेक सरकारले चीनबाट ४० लाख डोज खोप किन्ने निर्णय गरिसकेको छ। यद्यपि चीनले खोप उपलब्ध गराउनेबारे कुनै जवाफ दिएको छैन। , खोप शाखाका अनुसार १३ लाख बढी मानिसले खोपको दोस्रो मात्रा लगाउन बाँकी छ। १२ सातासम्ममा दोस्रो मात्रा लगाउनुपर्नेमा खोप नहुँदा दोस्रो मात्रा लगाउन सकिएको छैन।, 'जोन्सन एण्ड जोन्सन' को ६ लाख डोज खोप नेपालले पाउने
सेतोपाटी संवाददाता मंगलबार थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।, पछिल्लो २४ घण्टामा १२२०४ जनामा पिसिआर परीक्षण गरिएकोमा ३७०३ पोजेटिभ देखिएको थियो भने ४७०९ को एन्टिजेन परीक्षण गरिएकोमा ८१९ मा पोजेटिभ देखिएको थियो।, पछिल्लो २४ घण्टामा कूल १६ हजार ९ सय १३ नमूना परीक्षण गरिएको थियो।  , देशभर पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना कोरोनाबाट निको भएका छन्।, त्यस्तै, ४१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।, ४ हजार ९ सय ५४ संक्रमणमुक्त, थपिए ४ हजार ५ सय २२
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ३१० जना, ललितपुरका ९९ जना र भक्तपुरका ६७ जना छन्।, थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ।, पछिल्लो २४ घण्टामा १२२०४ जनामा पिसिआर परीक्षण गरिएकोमा ३७०३ पोजेटिभ देखिएको थियो भने ४७०९ को एन्टिजेन परीक्षण गरिएकोमा ८१९ मा पोजेटिभ देखिएको थियो।, पछिल्लो २४ घण्टामा कूल १६ हजार ९ सय १३ नमूना परीक्षण गरिएको थियो।  , देशभर पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना कोरोनाबाट निको भएका छन्।,  , त्यस्तै, ४१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।, काठमाडौं उपत्यकामा थपिए ४ सय ७६ संक्रमित
सेतोपाटी संवाददाता दार्चुलामा ह्युम पाइपभित्र अड्किएर दुई बालकको मृत्यु भएको छ।, मंगलबार महाकाली नगरपालिका–४ बंगाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर व्यास गाउँपालिका –४ का १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ का १२ वर्षीय रमित कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर भट्टले बताए।, उनका अनुसार महाकाली लोकमार्गको दार्चुला तिंकर सडकअन्तर्गत निर्माणाधीन लास्कुखोलाको मोटरेवल पुलभित्र राखिएको ह्युम पाइपमा अड्किएर दुई बालकको मृत्यु भएको हो।, गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युम पाइपभित्र अड्किएका थिए। अड्किएर मृत्यु भएका बालकलाई डोजरको सहयोगमा बाहिएर निकालिएको प्रहरीले जनाएको छ।, दार्चुलामा ह्युम पाइपभित्र अड्किएर दुई बालकको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ७ मा एक महिलाको शव फेला परेको छ।, अनुहारमा चोट रहेको शव फेला परेको हो। ढुंगाले अनुहारमा प्रहार गरेर उनको हत्या गरेको हुन सक्ने आशंका गरिएको छ।, उनको पहिचान खुलेको छैन। दक्षिणकाली बसपार्क नजिकै शौचालयमा उनको शव आज फेला परेको अपराध अनुसन्धान महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए।, उनको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका छ। घटनास्थल वरपर जंगल छ। च्याउ टिप्न आएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।, घटनास्थलमा प्रहरीहरू पुगेका छन्। घटनास्थलमा झोला भेटिएको छ। उक्त झोलामा सिक्री, टप र मेकअपका सामान भेटिएका छन्। , दक्षिणकालीमा शौचालयभित्र महिलाको शव फेला, हत्याको आशंका
युवराज श्रेष्ठ कास्कीका प्रमुख जिल्ला अधिकारीले थानेश्वर गौतमले सोमबार जारी गरेको ‘स्मार्ट लकडाउन’ले गाडी हुने र नहुनेबीच विभेद गरेको छ।, जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठकपछि जारी गरिएको उक्त विभेदपूर्ण निषेधाज्ञा उल्लङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ। , प्रमुख जिल्ला अधिकारी गौतमले मंगलबारदेखि लागू हुने गरी जारी गरेको स्मार्ट लकडाउनको पहिलो बुँदामा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँड्डुल गर्न नपाइने उल्लेख छ।, १८ बुँदे निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेकका अन्य सवारी र पसलहरू खुल्न नपाउने उल्लेख छ।, स्मार्ट लकडाउनमा पोखराका सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, जिमखाना, ब्युटी पार्लर, क्लब, डान्सबारलगायत केही सेवाबाहेक अन्य पसलहरू भने बिहान ५ बजेदेखि १२ बजेसम्म खोल्न अनुमति दिएको छ।, सोमबार जारी भएको निषेधाज्ञाले खुला गर्न दिएका पसल जान र अन्य काममा बाहिर निस्कनुपर्ने व्यक्तिसँग निजी सवारी हुनु अनिवार्य छ। , सिडिओ गौतमले जारी गरेको निषेधाज्ञाको बुँदा नं. ५ मा दुई पाङ्ग्रे र चार पाङ्ग्रे निजी सवारी सधान जोरविजोर प्रणालीमा चल्न दिएको छ।, उक्त बुँदामा अत्यावश्यक व्यक्तिलाई निजी सवारीमा चढाउन नपाउने र चार पाङ्ग्रे सवारीमा ४ जनामात्रै राख्नुपर्ने उल्लेख छ। , निजी सवारीलाई प्रशासनले यसरी खुला गरेपछि पोखराका सडक निजी सवारीले भरिएका छन्।, वैशाख तेस्रो सातादेखि पोखरामा जारी लकडाउन मंगलबारदेखि खुकुलो बनेको छ। तर निजी सवारी नहुने मानिस भने बाहिर निस्कन पाएका छैनन्, निषेधाज्ञाको पहिलो बुँदामा उल्लेख गरिएझैं उनीहरूलाई घरबाहिर निस्कन र हिँड्डुल गर्न निषेध छ। , निषेधाज्ञाको बुँदा नं. ४ मा एम्बुलेन्स, सरकारी गाडी, संचारकर्मीलगायत अत्यावश्यक सेवाका सवारी चल्न दिएको छ भने कास्की जिल्लाभरि संचालन हुने यात्रुबाहक साना तथा ठूला सार्वजनिक र भाडाका सवारी साधन संचालन गर्न रोक लगाइएको छ।  , सार्वजनिक सवारी चल्न नदिएका कारण निजी सवारी साधन नहुने व्यक्ति अत्यावश्यक काममा पनि घर बाहिर निस्कन पाएका छैनन्।, हिँडेर गन्तव्यमा जान खोज्दा प्रहरीले नियन्त्रण गरेर फर्काइदिने भएकाले प्रशासनको पछिल्लो निर्णयले उनीहरू थप समस्यामा परेका छन्। , निजी सवारी साधन खरिद गर्न नसक्ने आयस्रोत कम भएका र मजदुर सार्वजनिक सवारी चढ्छन्।, लकडाउन केही खुकुलो भए पनि काममा जाने मजदुर हिँडेर पनि जान नपाउने र सार्वजनिक सवारी पनि चलाउन नदिने स्थिति बनेको सार्वजनक सवारी संचालकहरू बताउँछन्। , पृथ्वी राजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले सार्वजनिक सवारी र गाडी किन्न नसक्ने व्यक्तिलाई हेर्ने दृष्टिकोण नै नकारात्मक भएको टिप्पणी गरे।, सर्वसाधारणको सवालमा सरकार गैरजिम्मेवार रहेको भन्दै उनले स्वास्थ्य मापदण्ड पालना गरेर सार्वजनिक सवारी चलाउन माग गर्दा समेत प्रशासन नमानेको बताए। , ‘रातो प्लेटको गाडी चढ्दा कोरोना नलाग्ने, कालो प्लेटको गाडी चढ्दा लाग्ने यस्तो पनि हुन्छ’, केसीले सेतोपाटीलाई भने, ‘४० सिटको गाडीमा २० जना राख्छौं, स्यानिटाइजर र मास्क अनिवार्य गरेर चलाउँछौं भन्दा पनि मानेनन्।’, पृथ्वी राजमार्ग बस कम्पनीले असार १६ गते देखि २५ प्रतिशत भाडा बढाएर सवारी चलाउने निर्णय गरेको उनले जानकारी दिए।, ‘सरकारले जे गरे पनि हामी सामना गर्न तयार छौं’, केसीले भने, ‘राज्यले केही दिँदैन, हामी सबै घाटामा छौं, लामो समयदेखि भाडा नबढेकाले बढाउन लागेका हौं, अब मेची महाकाली नै बस चलाउँछौं।’, पोखराका सार्वजनिक यातायातका प्रतिनिधि सिडिओलाई भेटेर सार्वजनिक सवारी संचालन गर्न पाऊँ भनेर माग राखेको उनले बताए। जवाफमा सिडिओ गौतमले माथिबाट आउने कुरा हो, माथिको निर्देशन आउँछ भनेर टारेको उनको भनाइ छ।, कास्कीका प्रमुख जिल्ला अधिकारी गौतमले सार्वजनिक यातायात खुलाउँदा ठेलमठेल हुने भएकाले अहिल्यै खोल्ने बेला नभएको प्रतिक्रिया दिए।, ‘सार्वजनिक यातायात नखोल्दा अलिअलि मर्का पर्छ, विस्तारै खुलाउँदै जाने हो’, उनले भने, ‘अत्यावश्यक मान्छे त जसरी पनि बाहिर आइहाल्छन् नि।’, ट्याक्सीलाई चल्न दिँदा बस पनि चल्न पाउनुपर्ने माग आउने भन्दै सिडिओ गौतमले भने, ‘बिरामी बोकेका ट्याक्सी छोडेका छौं। बस चल्न दिँदा त कोचाकोच हुन्छ। यस्तो बेला अलिअलि मर्का पर्छ।’, पोखराको 'स्मार्ट लकडाउन'को विभेद, गाडी हुनेलाई खुला, नहुनेलाई बन्द !
सेतोपाटी तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रूखमाथि निर्माण गरिएको घरमा सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको छ।, कोरोना कहर र निषेधाज्ञाको बीचमा पनि आकर्षणस्थल बनेको यस ठाउँमा केही समयका लागि सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको हो। , सर्वसाधारणको भीड बढेपछि प्रहरीले त्यहाँ पुगेका सर्वसाधारणलाई फिर्ता पठाएको छ।, केही समयका लागि सर्वसाधारणको आगमन रोक्न प्रहरीले समितिलाई अनुरोध गरेको सव डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जनकारी दिए।, ‘दैनिक रूपमा सर्वसाधारणको आगमन बढेपछि केही समयका लागि बन्द गर्न प्रहरीबाट अनुरोध आएको छ, त्यहाँ थप केही काम पनि बाँकी रहेकाले दश/१५ दिन प्रवेश निषेध गरेका हौं,’ उनले भने।, हरियाली उद्यानसहित निर्माण गरिएको घरमा भर्‍याङ हाल्ने बाँकी छ। साथै उद्यानमा रेलिङको काम पनि बाँकी छ। , रूखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो। डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा सामुदायिक वनमा हरियाली उद्यानसहित रूखमाथि घर बनाइएको छ।     , उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ। त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ।, कूल १५ लाखको लागतमा उद्यान निर्माणको काम गरिएको हो। , डिभिजन वन कार्यालय तनहुँमार्फत् गत आर्थिक वर्षमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरिएको थियो।, भीमाद नगरपालिका–१ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराहमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो। रासस, रूखमाथि बनेको घरमा सर्वसाधारणलाई प्रतिबन्ध
सेतोपाटी संवाददाता मुक्का प्रहारबाट एक किशोरको  मृत्यु भएको छ । मृत्यु हुनेमा  रोल्पा नगरपालिका -९ ह्वामाका  १८ वर्षीय अविलाश घर्तीमगर  छन्।, यही असार १ गते २४ वर्षीय धनिमान पुनमगर र  अबिलाशका बीचमा बच्चाका अन्नप्रासनमा मादक पदार्थ सेवन गर्दा विवाद भएको थियो।, सो क्रममा धनिमानले अविलाशलाई पेटको संवेदनशील  भागमा मुक्का प्रहार गरेका बताइएको छ। , गम्भीर घाइते अविलाशको उपचारका  क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी  नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।  उनले मुक्का प्रहार गर्ने धनिमानलाई पक्राउ गरिएको जानकारी दिए। रासस, पेटमा मुक्का प्रहार गर्दा घाइते भएका युवकको मृत्यु
सेतोपाटी संवाददाता बारा प्रहरीले २५ वर्षीय युवाको हत्या आरोपमा ७२ वर्षीय पुजारीसहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बारा विश्रामपुर गाउँपालिका-२ का ७२ वर्षीय पुजारी वीरबहादुर यादव र फेटा गाउँपालिका-३ का ३५ वर्यीय पारस महतो धानुक रहेका छन्।, गत असार ३ गते बिहान साढे ६ बजे विश्रामपुर गाउँपालिका-२ का २५ वर्यीय वीरेन्द्र बैठाको हत्या भएको थियो। बैठाको कुटपिटबाट मृत्यु भएको खुलेपछि प्रहरी घटना अनुसन्धानमा जुटेको थियो।, अनुसन्धान अनुसार बैठा सानै उमेरदेखि अत्यधिक मात्रामा मदिरा तथा गाँजा सेवन गर्ने गर्थे। गाउँलेहरूले चोरी आरोपमा उनलाई कुटपिट गरिरहन्थे।, अनुसन्धान गर्दै जाँदा सोमबार प्रहरी सोही ठाउँको हनुमान मन्दिर पुगेको थियो।, मन्दिर प्राङ्गणमा बालुवा राखेर थुपारेको सिमेन्टको बोरामा रगतका टाटा देखिए। त्यो कुरालाई प्रहरीले शंकाको रूपमा लियो। तत्कालै पूजारी यादवलाई नियन्त्रणमा लिएपछि अनुसन्धानले गति लिन थाल्यो।, आकस्मिक हत्या, पुजारीसँग लिइएको प्रारम्भिक वयानले बैठाको हत्या रहस्य खुलिहाल्यो। प्रहरी नायब उपरीक्षक मिश्रका अनुसार मन्दिरमा गएर बैठा पटक-पटक गाँजा र पैसा चोरी गर्ने गर्थे।, मिश्रका अनुसार पुजारी गाँजा सेवन गर्थे। बैठा गाँजासँगै पैसा चोरी गर्ने गर्थे। चोरी गरेको बखत पुजारीले पटक-पटक कुटपिट गरी लखेटेका थिए।, असार ३ गते पनि बैठा बिहान २ बजे गाँजा र पैसा चोर्न मन्दिर पुगेका थिए। पुजारी यादवले फेला पारेर साधुले प्रयोग गर्ने फलामको चिम्टाले टाउकोमा प्रहार गरेका थिए।, ‘चिम्टाले टाउकोमा प्रहार गरेपछि बैठा घाइते भएर लडेका थिए, त्यही मन्दिरमा सुत्ने गरेका पारस महोतोले बाँसको भाटाले प्रहार गर्दा उनको मृत्यु हुन पुग्यो,’ मिश्रले भने।, बैठाको मृत्युपछि अपराधबाट बच्न यादव र महतोले घिसारेर लगेर केही पर फालेका थिए।, पक्राउ परेका दुबैलाई कर्तव्य ज्यानमुद्दामा थुनामा राखेर अनुसन्धान थालिएको मिश्रले बताए।  , मन्दिर गएर पुजारीले खाने गाँजा र पैसा चोरेको आरोपमा बारामा युवकको हत्या, ७२ वर्षीय पुजारीसहित दुई पक्राउ
सेतोपाटी संवाददाता पर्सा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ।, शृंखलावद्ध रूपमा मोटरसाइकल हराउन थालेपछि अनुसन्धानमा जुटेको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा किशोर पनि छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका-१८ का २१ वर्षीय साहेव साह, सोही ठाउँका २६ वर्षीय अवधेशप्रसाद पटेल र १५ वर्षीय किशोर छन्। नाबालिग रहेकोले ती किशोरको नाम सार्वजनिक गरिएको छैन।, सोमबार प्रहरी टोलीले वडा नम्बर २२ को जगरनाथपुरस्थित ग्यारेजबाट १२ वटा मोटरसाइकल बरामद गरेको थियो। त्यो अवधेशप्रसाद पटेलले सञ्चालन गर्ने ग्यारेज हो।, पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार चोरी गरी पटेलले आफ्नो ग्यारेजमा लगेर पार्टपूर्जा खोलेर बेच्ने गर्थे।, पछिल्लो समय असार ४ गते एउटा बिहेको पार्किङस्थलबाट ना६२प ९७१७ नम्बरको मोटरसाइकल हराएको थियो। त्यो मोटरसाइकल हराएपछि प्रहरीले अनुसन्धान थालेको थियो।, ‘उनको ग्यारेजबाट प्रहरीले पार्टपूर्जा खोलेर राखेका अन्य ११ वटा चोरीका मोटरसाइकल बरामद गरेको छ,’ खनालले भने।, पटेलसहित पक्राउ पर्ने अरू दुई जना उनकै ग्यारेजमा कार्यरत् थिए। उनीहरू सबैलाई चोरी मुद्दामा थुनामा राखी अनुसन्धान थालिएको खनालले बताए।, मोटरसाइकल चोर्ने, आफ्नै ग्यारेजमा लैजाने र पार्टपूर्जा खोलेर बिक्री गर्ने गिरोहका तीन जना पक्राउ परे