content
stringlengths
20
64.1k
विवेक राई सरकारले निषेधाज्ञालाई खुकुलो बनाएको एक साता हुन लाग्दा कोरोना भाइरसको संक्रमण दर स्थिर देखिएको छ।, निषेधाज्ञा खुकुलो बनाउनुअघिको एक साता र यस साताको तथ्यांक हेर्दा संक्रमणदर २१ प्रतिशत छ। , असार १ गतेदेखि ७ गतेसम्मको तथ्यांक अनुसार कुल ८५ हजार ३५९ जनाको परीक्षण गरिएकोमा १८ हजार ८८ जनामा संक्रमण पुष्टि भएको थ...
सेतोपाटी संवाददाता काठमाडौंकै सडक कालोपत्र नभएर अलपत्र रहेपछि सडक विभागमा तालाबन्दी गर्न पुगेका वडाध्यक्ष नै पक्राउ परेका छन्।, बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का अध्यक्ष शम्भु भट्टराईसहितलाई प्रहरीले पक्राउ गरेको छ।, उनीहरू सडक अलपत्र रहेको भन्दै छिटो कालोपत्र गर्न माग गर्दै सडक विभाग बबरमहलमा आइतबार पुगेका थिए।, ...
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकलबाट लडेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, आफैंले चलाएको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर लडेपछि धनगढी-१७ धुर्जन्ना सुकुम्बासी बस्तीका २८ वर्षीय सीताराम चौधरीको आइतबार दिउँसो मृत्यु भएको हो।, केहीबेरअघि गौरीगंगा नगरपालिका-३ कुचैनीमा उनले चलाएको से २ प ६४६७ नम्बरको मोटरसाइकल ...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरू काममा फर्कने भएका छन्।, आन्दोलनरत उनीहरू र प्राधिकरणबीच वार्ता भएपछि काममा फर्कन तयार भएका हुन्।, जसअनुसार ओखलढुंगामा कार्यरत हुँदा निधन भएका ईञ्जिनियर राजा साहको परिवारलाई बीमाको रकम उपलब्ध गराउन केन्द्रीय आयोजना कार्यान्वयन इकाइले पहल गर्ने सहमति भएक...
रासस सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदुरको उपचारको क्रममा मृत्यु भएको छ।, कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका –४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए।, कुटपिटबाट टाउको र शरीरक...
विवेक राई गत जेठ ८ गते सुनसरीको इनरूवा-२ का ६५ वर्षीय रामजी महतोको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो। उनलाई कोरोना संक्रमण भएपछि वैशाख २८ गते अस्पताल भर्ना गरिएको थियो।, महतोको उपचारका लागि उनका परिवारले त्यतिञ्जेल ४ लाख रूपैयाँ खर्चिसकेका थिए। बुवा सिकिस्त भएर अस्पताल भर्ना गर्नुपर्ने भएपछि ...
सेतोपाटी संवाददाता काठमाडौंका सहकारीहरूबाट ४३ लाख बढी नगद तथा सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ९ घर भई जोरपाटी बस्ने २२ वर्षीय दीपक गजुरेललाई शनिबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, उनलाई पर...
सेतोपाटी संवाददाता आइतबार थप १९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, ६ हजार जनामा पिसिआर परीक्षण गरिएकोमा १३५३ र  ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण देखिएको हो।, त्यस्तै थप ३४ जनाको कोरोनाबाट मृत्यु भए...
सेतोपाटी संवाददाता काठमाडौंको न्यूरोडमा ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ।, बलात्कार गरेको आरोपमा शनिबार दिउँसो महानगरीय प्रहरी वृत्त जनसेवाले काठमाडौं महानगरपालिका वडा नम्बर २३ जुद्धशालिक धर्मपथ बस्ने ३५ वर्षीय सूर्य तामाङलाई पक्राउ गरेको छ।, धादिङ धुनिवेशी नगरपालिका वडा न...
रासस कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरूद्ध भएको छ। निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अवरूद्ध भएको हो। , सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए।, ‘कर्णाली राजमार्ग अवरू...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप चार सय २४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।, आइतबार स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार उपत्यका भित्रका तीन जिल्लामा थप ४ सय २४ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका २ सय ९२, ललितपुरका एक सय र भक्तपुरका ३२ जना छन्।, त्यस्तै, काठमाडौं उप...
सेतोपाटी संवाददाता पर्सामा चट्याङ लागेर मंगलबार बिहानै तीन जनाको मृत्यु भएको छ।, चट्याङले अर्का एक जना गम्भीर घाइते र तीन जना सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।, मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका-४ देवरवानाका ५५ वर्षीय रघुवीर यादव, पटेर्वा सुगौली-१ का २७ वर्षीय रसुल आजगदी र जीराभवानी-३ जि...
खिलानाथ ढकाल एमबिबिएस अध्ययनरत् विद्यार्थी रामजी रामसहित चार विद्यार्थीलाई नेसनल मेडिकल कलेज वीरगञ्जले अवैध शुल्क मागेको विषयमा चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिमा छलफल हुने भएको छ।, छात्रवृत्ति कोटामा पढिरहेका उनीहरूलाई नेसनल मेडिकल कलेजले बारम्बार अवैध शुल्क मागी दु:ख दिएपछि चिकित्सा शिक्षा आयोगले त्रिविको कार्...
सेतोपाटी संवाददाता स्याङ्जामा मानिसमाथि आक्रमण गर्ने चितुवा मरेको छ।, सोमबार बिहान गल्याङ नगरपालिका-७ फाँटका खड्कबहादुर गाहाको बंगुर खोरमा पसेको चितुवालाई गोली हानेर मरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।, चितुवाले खोरको तीन वटा बंगुर खाएको थियो।, चितुवा खो...
सेतोपाटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरूद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ।, नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन्। , उनले चाँडै नै कोभिड-१९ विरूद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बत...
सेतोपाटी संवाददाता कोरोना भाइरसविरूद्धको 'भेरोसेल' खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने भएको छ।, खोप शाखाका प्रमुख डा. झलक गौतमले आगामी असार २२ गतेदेखि दोस्रो डोज लगाइने जानकारी दिए। , गौतमले झन्डै ४ लाख मानिसहरूले पहिलो मात्राको खोप लगाएको भन्दै उनीहरूलाई असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने जनाए।, सरकारले चीनबाट ...
सेतोपाटी संवाददाता शुक्रबार थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यस दिन कुल १४ हजार ३५१ जनाको नमूना परीक्षण गरिएको थियो। ९५८६ नमूना परीक्षण गर्दा १७२१ र ४७६५ नमूना परीक्षण गर्दा ७५५ जनामा पोजेटिभ देखिएको थियो।...
सेतोपाटी संवाददाता चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाले दुई जनालाई शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर- १५ स्वयम्भूबाट पक्राउ गरेको हो।, सिन्धुली मरिन गाउँपालिका वडा नम्बर ३ सिरटोलका ३२ वर्षीय सुशिलकुमार वाइबा र घ्याङलेख गाउँपालिका वडा नम्बर १ अमले घर भई स्वयम्भू बस्ने क...
सेतोपाटी संवाददाता एमाले उपाध्यक्ष भीम रावलले राज्यका जिम्मेवार निकायमा रहेकाहरुले जातीय विभेदका घटनालाई बढवा दिनु आपत्तिजनक रहेको बताएका छन्।, सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै एमाले उपाध्यक्ष रावलले कानुन विपरित काम गर्ने जो कोहीलाई कानुन आकर्षित हुने समेत बताए। उनले नेपालको संविधानले जातीय विभेद र छुवाछुतलाई साम...
सेतोपाटी मर्स्याङ्दी नदीको बहाव परिवर्तन हुँदा मनाङको चामे गाउँपालिका-४ का बस्ती क्षेत्र उच्च जोखिममा परेका छन्।, चामे गाउँपालिका-५ स्थित पुलको छेउबाट नदीले दिशा परिर्वतन गर्दै वडा नं ४ तर्फको भागबाट कटान गर्न थालेपछि बस्तीसहित त्यहाँस्थित विद्यालय, होटल, नेपाल रेडक्रस सोसाइटी, वित्तीय संस्था लगायतका दर्जनौं भवन जोखिम...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय २७ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ३०८ जना, ललितपुरका ७६ जना र भक्तपुरका ४३ जना छन्।, थप २ हजार ४७६ जना...
सेतोपाटी संवाददाता एमाले नेता विन्दा पाण्डेले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती गरेकाले माफी माग्नुपर्ने बताएकी छन्।, सेतोपाटीसँग कुराकानी गर्दै एमाले नेता पाण्डेले जिम्मेवार पदमा रहेका व्यक्तिहरु भावनामा भन्दा पनि नियम र कानुन अनुसार चल्नुपर्ने बताइन्।, जातका कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा कोठा भाडा...
सेतोपाटी संवाददाता ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,’ भन्ने नारा दिएर श्रमजीवी-पत्रकार संघ, नेपाल गठन भएकाे छ।, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भएकाे संघकाे नेतृत्व श्रमजीवी पत्रकारका नेता जन्मदेव जैसीले गरेका छन्। २१ सदस्यीय केन्द्रीय कार्यसमित...
निशा भण्डारी दुई साताअगाडि एपिएफ अस्पताल, बलम्बुको कोभिड वार्डमा ५७ वर्षीया महिला र उनका छोरा भर्ना भएका थिए। कोरोनाबाट ग्रसित ती महिलाका श्रीमानको केही दिनअघि मात्र कोरोनाकै कारण मृत्यु भएको थियो।, श्रीमानको निधनले बिथोलिएकी उनका आँखामा छोरा पनि गुमाउनुपर्ने हो कि भन्ने पिर देखिन्थ्यो। चिन्ता बढेसँगै अक्सिजन कम भएर उ...
डा. सविना भट्टराई दुबी एक किसिमको रोग हो। जसले सौन्दर्यमा आघात पुर्‍याउने देखिन्छ। शरीरमा रंग दिने कोषिकाको कमीले दुबी हुन्छ। विभिन्न कारणले कोषिकाहरु नाश हुन्छन्। छालामा हुने एक समस्या हो, दुबी। दुबी आएका व्यक्तिको उमेर र अवस्थाअनुसार ठीक हुने समय निर्धारण गर्न सकिन्छ।, सबै सेतो देखिने रोग दुबी हुँदैन। बायस्पी गरेपछि...
सेतोपाटी संवाददाता मनसुन सक्रिय भएसँगै आज पनि देशभर वर्षा जारी छ। मनसुनी वायुकै प्रभावले शनिबार दिउँसो देशभरका पाँच प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , रातको समयमा पनि सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान छ ।, आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लु...
सेतोपाटी संवाददाता तीनकुनेबाट गणेश मन्दिरसम्मको वाग्मती किनारमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ५०० गुर्जोका बिरुवा रोपिएको छ ।, गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराएको बिरुवा नदी किनारमा क्रियाशील छ वटा उपभोक्ता समितिको सक्रियतामा शुक्रबार रोपिएको हो । आलोकनगर मार्ग टोल सुधार समिति, आलोकनगर म...
सेतोपाटी संवाददाता तेह्रथुमबाट प्रहरीले भरूवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ।, तेह्रथुम लालीगुराँस नगरपालिका-१ भुल्केबाट तीन थान भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय रामबहादुर गुरुङ छन्।, शुक्रबार दिउसो सव...
सेतोपाटी संवाददाता सर्लाहीमा वडाध्यक्षको हत्या भएको छ। इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।, शुक्रबार इश्वरपुर नगरपालिका वडा नम्बर-३ मै रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्नका लागि पुगेको बेला ...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा तीन तले घर बगाएको छ। अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको उक्त घर निरन्तरको वर्षा र कटानका कारण मेलम्ची प्रहरीका प्रहरी निरीक्षक टिकाराम राईले सेतोपाटीलाई जानकारी दिए।, राईका अनुसार मेलम्ची ११ का गोपाल भ...
विनोद सापकोटा आगामी आर्थिक वर्षदेखि पाँचथरको फाल्गुनन्द गाउँपालिकाले लिम्बु भाषालाई स्थानीय सरकारी कामकाजको भाषामा लागू गर्ने भएको छ।, लिम्बु जातिको बाहुल्यता रहेको यस क्षेत्रका लिम्बु समुदायको ऐतिहासिकतालाई सम्मान पुगोस् भन्ने उद्देश्यले लिम्बु भाषालाई सरकारी कामकाजको रूपमा लागू गर्ने घोषणा गरेको हो। साथै पालिकाभित्र...
सेतोपाटी संवाददाता झापाको विरिङ खोलामा एक पुरुषको शव फेला परेको छ।, अर्जुनधारा नगरपालिका १ साधुटार-होक्से सडकखण्ड अन्तर्गत पर्ने खोलामा ४०/४५ वर्षको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ। मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार अर्धनग्न अवस्थामा पुरुषको शव शनिबार बिहान स...
सेतोपाटी संवाददाता पिकअप भेनको ठक्करबाट सुनसरीमा एक जनाको मृत्यु भएको छ।, सुनसरी इटहरी-१२ खनार सोमबारे चोकमा भेनको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो।, मृत्यु हुनेमा इटहरी -११ की ५६ वर्षीया गंगा ढकाल रहेकी छन्।, शनिबार राति ९ बजे इटहरीबाट दुहबीतर्फ जाँदै गरेको को१०च ५५७३ नम्बरको पिकअप भेनले पैदल यात्री ढकाललाई ठक्क...
सेतोपाटी संवाददाता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई एक्कासी साथीहरुले फोन गरेर के समस्या परेको भनेर सोध्न थाले।, शुक्रबार बेलुका लगातार ५/७ जनाले महतोलाई कति रूपैयाँ चाहिएको हो सर भनेर सहयोग दिन फोन गरेका थिए।, महतोको फेसबुक मेसेन्जरमा पनि त्यस्तै खालका मेसेजहरू आएका थिए।, उनले कसैसँग पनि सहयोग मागेका...
सेतोपाटी संवाददाता अविरल वर्षापछि आएको बाढीले जिल्लाका मनाङका विभिन्न विद्यालय बगाएपछि अभिभावक, शिक्षक र विद्यार्थी अन्यौल बनेका छन् । जिल्लामा रहेका चार माध्यमिक विद्यालयमध्ये तीन विद्यालय बाढी पहिरोबाट प्रभावित भएको छ । , सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयको भवन मस्र्याङ्दी नदीको कटानले जोखिममा पुगेको छ ।...
हरि बाँस्तोला पोखरा महानगरपालिका-२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले ६ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दंग छन्। विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा ब्याउने भन्दै ढुक्क बनेका पौडेल जेठको २६ गते राति एकाएक गाईको थुनबाट दूध गोठमा आफैं झरेको देख...
सेतोपाटी संवाददाता पानीको विषयलाई लिएर दुई परिवारबीच हानाहान हुँदा दर्जनबढी घाइते भएका छन्।, रौतहट मौलापुर नगरपालिका-१ मर्यादपुरमा शनिबार बिहान झडप भएको हो।, स्थानीय भुवन साह सोनार र सोही ठाउँका हृदयनारायण यादवको परिवारबीच हानाहान भएको थियो।, इलाका प्रहरी कार्यालय मौलापुरका अनुसार घटनामा एक दर्जनबढी घाइते छन्।, प्रहरी...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको छ।, बोर्डले आगामी असार २० गतेसम्मका लागि रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो ।, यसअघि रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो। चैत मसान्तसम्म फार...
सेतोपाटी संवाददाता जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन्। यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक/एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन्। पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम यो कार्यक्रम ल्याइएको बताइएको छ ...
सेतोपाटी संवाददाता बिहीबार थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यस दिन कुल १२ हजार २३२ जनाको नमुना परीक्षण गरिएको थियो। साथै थप २ हजार ५१८ जना निको भएका छन्।, हालसम्म कोरोना संक्रमण पुष्टि भएर निको भएकाहरुको स...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका २३४ जना, ललितपुरका ६८ जना र भक्तपुरका ३३ जना छन्।, यस्तै, २ हजार ४७४ ...
खिलानाथ ढकाल असार ५ गते २७ वर्षीया सन्तोषी सुब्बा फर्पिङ बजार पुगेकी थिइन्। त्यहाँ गएर उनी पद्मा सम्फभ गेष्ट हाउसमा बसेकी थिइन्।, स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार सुब्बा फर्पिङ-दक्षिणकाली पुगिरहन्थिन्। त्यहाँ जाने जंगलमा घुम्ने उनको स्वभाव थियो।, चराचुरूङ्गी प्रेमी भएकाले त्यो क्षेत्रमा जान्थिन्। जंगलमा चरा...
सेतोपाटी संवाददाता मनाङमा अविरल वर्षापछि आएको बाढीले  पुल बगाएको ठाउँमा काठको पुल बनाइएको छ।, नेपाली सेना र नेपाल प्रहरीले मिलेर चामे गाउँपालिका-३ स्थित नयाँ बजार र चामे बजार जोड्ने घट्टेखोलामा काठे पुल बनाएका हुन्।, काठे पुल निर्माण सम्पन्न गरेपश्चात स्थानीय बासिन्दालाई आवत/जावत गर्न सहज भएको छ।, असार पहिलो साता बाढी...
सेतोपाटी संवाददाता पोखरामा ८ महिनाअघि १६ वर्षीय किशोरी बलात्कृत भएको घटना बिहीबार सार्वजनिक भएको छ।, बलात्कार आरोपीले ती किशोरीको नाममा नक्कली फेसबुक खोलेर बलात्कारको फोटो र भिडिओ सार्वजनिक गरिदिएपछि उक्त घटना सार्वजनिक भएको हो। , बलात्कार भएको ८ महिनापछि बुधबारमात्रै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई अब उपमहानगरपालिका बनाइने भएको छ। नगरपालिकाको बिहीबार बसेको नगरसभाले यो एजेण्डा पारित गरेको छ।, कर्णाली प्रदेश सरकारमार्फत उपमहानगरपालिका बनाउने एजेण्डा संघीय सरकारमा जाने नगरपालिकाका उपमेयर मोहनमाया ढकालले जानकारी दिइन्। ‘अहि...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषास्थित आन्तरिक राजश्व कार्यालयमा कार्यरत् कर अधिकृत रमेश ढकालविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, अन्तशुल्क समायोजनाको रकम फिर्ता गर्ने प्रयोजनमा घुस मागेको आरोपमा पक्राउ परेका ढकालविरूद्ध बिहीबार १ लाख ५० हजार रूपैयाँ बिगो माग गरी अदालतमा मुद्दा दायर गर...
सेतोपाटी संवाददाता मोरङको बुढीगंगा गाउँपालिकाको आठौं गाउँसभाले आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको छ।, बिहीबार सम्पन्न सभामा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी नीति तथा प्रस्तुत गरेका थिए।, त्यसक्रममा गाउँपालिकाले ५६ करोड ३२ लाख १९ हजार ४ सय ८० रूपैयाँ बजेट प्रस्तुत गरेको छ ।, गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी ...
सेतोपाटी संवाददाता प्रहरीले झापाको काँकडभिट्टाबाट ब्राउनसुगरसहित एक युवालाई पक्राउ गरेको छ।, लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले मेचीनगर-५ पीपलचोकबाट २९ वर्षीय रामबहादुर निरौलालाई बिहीबार पक्राउ गरेको हो।, उनको साथबाट ३९ ग्राम ब्राउनसुगर फेला परेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।, शंकास्पद लाग...
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्न अन्तरजिल्ला सुरक्षा समन्वय कायम गरी नेतृत्वदायी भूमिका खेल्दै परिस्थिति अनुसार व्यावसायिक रुपमा तयार भएर काम गर्न निर्देशन दिएका छन्।, हालै सरुवा हुनुभएका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकहरूलाई प्रहरी प्रधान कार्य...
सेतोपाटी संवाददाता कार्गोको आयात गोदामबाट ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-२ घर भएका विष्णु अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, त्...
रासस प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिशमा प्रदेश प्रमुख राजेश झाबाट गरिएको मन्त्रिपरिषद् विस्तार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा रिट दर्ता भएको छ।, उच्च अदालत जनकपुरमा दायर भएको रिट निवेदनमा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री राउत, भौतिक पूर्वाधार...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटको १० वर्ष पुरानो भ्याट छली प्रकरणमा आफैंले गरेको फैसला उल्ट्याउने भएको छ।, डेढ वर्षअघि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले भाटभटेनी सुपरमार्केटले कर छली गरेको ठहर गरेको थियो।, उक्त फैसला नमिलेको भन्दै भाटभटेनीले दिएको पुनरावल...
एजेन्सी अमेरिकाको फ्लोरिडा  राज्यस्थित सर्फसाइड सहरमा एउटा १२ तले भवन अचानक भत्किएको छ।, न्युयोर्क टाइम्सका अनुसार घटनामा परी अहिलेसम्म १ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ९९ जना सम्पर्कविहीन छन्।, स्थानीय समयअनुसार बिहीबार मध्यराति साढे १ बजे भवन भत्किएको थियो। भवनबाट बाहिर निस्केका मानिसहरूले भूकम्प आएजस्तो लागेर ...
सेतोपाटी संवाददाता मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको दक्षिण भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको छ।, त्यसैको प्रभावले आज देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थ...
सेतोपाटी संवाददाता नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुल सचिव पदमा नियुक्तिका लागि नाम सिफारिस समितिले दरखास्त आह्वान गरेको छ।, उपकुलपति हुन प्राध्यापन वा अनुसन्धानको क्षेत्रमा कम्तिमा २० वर्ष काम गरेको हुनुपर्ने भनिएको छ।, यस्तै कुल सचिव पदमा नियुक्तिका लागि प्राध्यापन, अनुसन्धान वा प्रशासनको क्षेत्रमा १५ वर्ष का...
सेतोपाटी संवाददाता इटालीले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ।, युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, छ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ स्वास्थ्य सामग्री सहयोग गरेक...
एजेन्सी चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासादेखि निङ्ची सहरसम्म पहिलो पटक रेल सेवा सुरू भएको छ।, चाइना नेशनल रेलवे कर्पोरेसनका अनुसार फुक्सिङ बुलेट ट्रेनको शुक्रबार उद्घाटन गरिएको छ।, उक्त रेल प्रतिघन्टा १६० किलोमिटरका गतिमा कुद्नेछ। रेलमार्गमा ४७ ठाउँमा टनेल बनाइएको छ भने १२१ वटा पुलहरू निर्माण गरिएका छन्। ...
सेतोपाटी संवाददाता एटिएम चोडफोड गरी नगद चोरी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका-२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन्।, भफमदत्त नगरपालिका-४ स्थित एनआइसी एसिया बैंकको एटिएम तोडफोड गरेको आरोपमा उनलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।, एटिएम...
राजेश घिमिरे कृषि तथा वन विज्ञान विश्वविद्यालय(एएफयू)बाट बाली विज्ञान विषयमा स्नातकोत्तर गरेका तेजनारायण भुसाललाई बाली प्रजननको विषयमा विद्यावारिधी (पिएचडी) गर्न भारतीय दूतावासबाट छात्रवृत्ति मिल्यो। भारतको अहलावादस्थित साम हिगिनवटम युनिभर्सिटी अफ एग्रिकल्चर, टेक्नोलोजी एन्ड साइन्सबाट उनले २०७३ सालमा पिएचडी पूरा गरे।,...
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वरमा टिपरको ठक्करले एक जना साइकल यात्रीको मृत्यु भएको छ।, शुक्रबार बिहान पौने ६ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिपरले ठक्कर दिँदा २६ वर्षीय खुर्बु छिरिङ भोटे गम्भीर घाइते भएका थिए।, संखुवासभा घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ६ बस्दै आएका सा...
सेतोपाटी सिरहाका १२ वटा स्थानीय तहले गाउँ तथा नगरसभामार्फत बजेट पारित गरेका छन्।, पाँच स्थानीय तहको बजेट अन्योलमा परेको छ। यहीअसार १० गतेभित्र नगर तथा गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण बिहीबार अन्तिम दिन सिरहाका पाँच नगरपालिका र एक गाउँपालिकाले एकै दिन सभामार्फत बजेट पारित गरेक...
सेतोपाटी संवाददाता दाङमा कानुन व्यवसायीले कोरोनाविरूद्ध खोप नपाएको भन्दै सेवा बन्द गरेका छन्।, बन्दी-प्रत्येक्षीकरण थुनछेक र कोरोनासम्बन्धी मुद्दाबाहेक अन्य मुद्दा कानुन व्यवसायीले शुक्रबारदेखि हेर्न छोडेका छन्। ,  , उच्च अदालत बार इकाई तुलसीपुरका अध्यक्ष रविन्द्रकुमार धिताल र जिल्ला बार इकाई दाङका अध्यक्ष शिवप्रसाद घ...
सेतोपाटी इटालीले नेपाललाई कोभिड-१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ।, युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, छ हजार आइसोलेसन गाउन र १० हजार प्रोटेक्टिभ स्वास्थ्य सामग्री सहयोग गरेको हो।, त्र...
सेतोपाटी संवाददाता पाँचखाल नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गरेको छ। बिहीबार नगरपालिकाको नवौं नगर सभामार्फत ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ रुपैयाँको बजेट प्रस्तुत गरिएको हो।, 'कृषि सहर पाँचखाल नगर'को नारा लिएको नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को लागि नगरप्रमुख महेश खरेलले पेश गरेका नीति तथा कार्यक्रम सर...
सेतोपाटी डोटीको जोरायल गाउँपालिका-१ घण्टेश्वर सामुदायिक वनको खाली भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ।, मृत्यु हुनेमा बडिकेदार गाउँपालिका-१ का अन्दाजी १८ वर्षीय दीपकबहादुर विक छन्। ,     , जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका बिहीबार आफ्नी दिदीको घर जोरायल–१ झुरकाणा आए...
सेतोपाटी संवाददाता बुधबार थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।, पछिल्लो २४ घण्टामा ७४६१  जनामा पिसिआर परीक्षण गरिएकोमा १५११ पोजेटिभ देखिएको थियो भने ४९५३ को एन्टिजेन परीक्षण गरिएकोमा ९१० मा पोजेटिभ देखिएको थियो।...
विवेक राई अस्पताल भर्ना हुने कोरोना संक्रमणका सिकिस्त बिरामीको संख्या ४३ प्रतिशतले घटेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत जेठ १ गते देशभर एक हजार ३ सय ३१ जना संक्रमित आइसियूमा रहेकोमा असार ८ गते जम्मा ७ सय ६१ जना संक्रमित आइसियूमा उपचाररत छन्। , आइसियूमा उपचाररत ७६१ संक्रमितमध्ये प्रदेश नम्बर १...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ३४६ जना, ललितपुरका ९४ जना र भक्तपुरका ५७ जना छन्।, थप २ हजार ४ सय २१ ज...
खिलानाथ ढकाल काठमाडौं-७ कालोपुलस्थित गुरूङ बस्तीमा बस्ने धनबहादुर तामाङले सन्तोषी सुब्बालाई १८ वर्षअघि चाबहिलमा भेटेका थिए। , धनबहादुर साइकलमा चप्पल बेच्थे। त्यही सिलसिलामा सन्तोषीलाई लुखुरलुखुर डुलिरहेको भेट्टाउँथे।, सन्तोषी धनबहादुरको नजिक आइरहन्थिन्, उनी बेवारिसे थिइन्। धनबहादुर जति चाबहिल जान्थे, त्यतिपटक उनलाई भे...
सेतोपाटी संवाददाता कपिलवस्तु नगरपालिका ८ का विजयबहादुर कुर्मीको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन्। १८ वर्षीय कुर्मीको शव गत असार ७ गते कपिलवस्तु ८ पुर्व डिह बेलौहवास्थित पोखरीमा फेला परेको थियो।, शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले स्थानीय ३२ वर्षीय रमेश कहार, भाइ अनिल कहार र उनकी श्रीमती बास्मती कहारल...
सेतोपाटी संवाददाता सञ्चारकर्मी रूपा सुनारले आफूलाई जातका आधारमा कोठा भाडा नदिएको आरोपमा पक्राउ परेकी घरबेटीलाई लिन सरकार मन्त्री नै प्रहरी चौकी पुगेको कुरा अपेक्षित नै भएको बताएकी छन्।, रूपाले जातका कारण आफूलाई  कोठा नदिएको जाहेरी हालेपछि प्रहरीले बबरमहलकी घरबेटी सरस्वती प्रधान हिरासतमा लिएर अनुसन्धान गरेको थियो।, तीन...
सेतोपाटी संवाददाता दाङमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। , लमही नगरपालिका ३ फल्कापुरका ३० वर्षीय मणिराम चौधरीको स्थानीय खहरे खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए। , खेतमा काम गरी घरतर्फ फर्किंदै गरेका चौधरीलाई बुधबार दिउँसो ४ बजेतिर खोलाले बगाएको थिय...
सेतोपाटी संवाददाता सामाजिक सञ्जालमा 'फेक आइडी' बनाइ महिलालाई अश्लिल शब्द लेखेर पठाउने एक युवक पक्राउ परेका छन्। , जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ का १९ वर्षीय डेबिट पुनलाई नक्कली फेसबुक र टिकटकमा महिलाको फोटो राखेर अश्लिल  शब्दहरु लेखी पठाउने गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।,  , अश्लिल शब्द मह...
अनुषा अधिकारी हात्तीवनका सौरभ रिमाललाई जनावरको खुबै माया लाग्छ। पहिल्यैदेखि बेवारिसे गाई, कुकुर, बाँदरलाई खानेकुरा दिँदै हिँड्थे। पहिलो लकडाउनपछि भने उनी घरै बसेका थिए। मानिसहरू काम नभएपछि भोकै परेका समाचार सुन्न थाले। उनीहरूलाई मनकारीले सहयोग गरेको पनि थाहा पाए।, यसपछि उनी आफ्नो घरबाहिर निस्के र सर्सर्ती नियाले, उनले...
सेतोपाटी संवाददाता लागुऔषध ब्राउनसुगरसहित बर्दिया प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मधुवन नगरपालिका-५ का २२ वर्षीय किरण थापामगर छन्।, इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको टोलीले थापामगरलाई ब्राउनसुगरसहित पक्राउ गरेको बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।, मंगलबार राति खटिएको प्रहरी टोलीले था...
युनिक श्रेष्ठ र शोभा शर्मा दीपा नेपालीलाई थरकै कारण डेराबाट निकालिएको विवाद गृह मन्त्रालय पुगिसकेको थियो। उनी आफूमाथि भएको जातीय विभेदको विवरण सुनाउन मन्त्रालयमा हाजिर भएकी थिइन्।, २०७६ फागुन २६ गते मन्त्रालयमा आफ्ना कुरा सुनाएर निस्किँदै गर्दा दीपालाई कैलालीबाट आमा पार्वतीको फोन आयो।, उनले डेरामा भएको ज्यादतीबारे आमा...
सेतोपाटी संवाददाता हत्या गरेको आरोपमा कपिलवस्तुबाट तीन जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका-८ बेलौहवाका ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया बास्मती काहार छन्। बास्मती अनिलकी श्रीमती हुन् भने रमेश अनिलका दाजु हुन्।, कपिलवस्तु प्रहरीका अनुसार सोही ठाउँका १८ वर्षीय विजयबहादुर कुर्...
रासस चट्याङ लागेर खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ।, आफ्नै घरमा चिया पिइरहेका समयमा बुधबार परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो।, चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जानकारी दिए।...
सेतोपाटी नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नम्बर २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली काठमाडौँ आएको छ।, कोभिड–१९ को संक्रमण जोखिमका कारण आवतजावतमा कठिनाइ पैदा भइरहेकै बेला नेप...
सेतोपाटी संवाददाता दक्षिणकाली मन्दिर परिसरमा क्रुर तरिकाले हत्या गरिएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार राजधानीको महाबौद्ध क्षेत्रबाट एक जनालाई पक्राउ गरिएको हो।, महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले पक्राउ परे...
रासस मनाङमा सडक खुलाउन प्रयोग गरिने उपकरणमा इन्धन अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट इन्धन पठाइने भएको छ।, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार नेपाली सेना, सडक विभाग, सम्बन्धित स्थानका जनप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि सहभागी बैठकमा सडक अवरुद्ध हुँदा स्थान...
एजेन्सी दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएको कुरा झुठो सावित भएको छ।, यसअघि जुन पहिलो साता दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले प्रिटोरियाको एक अस्पताल  सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका थिए।, गाउटेङ प्रान्तको सामाजिक विकास विभागले पनि ती ...
प्रशन्न पोखरेल वन लसुन (हिमाली भेगमा पाइने जडिबुटी) टिप्न जाँदा भिरबाट लडेर बेपत्ता भएका गोरखाको सिर्दिवास पाङसिङका २४ वर्षीय सुरेन्द्र गुरूङको शव पाँच दिनदेखि अलपत्र छ।, बाबु र भाइसँगै वन लसुन टिप्न डेढ दिन हिँडेर रूवीनाला कटेर अजिरकोट,बारपाक-सुलिकोट र सिर्दिवासको सीमानास्थित लेक पुगेका गुरूङ चिप्लेर लडेपछि बेपत्ता थ...
सेतोपाटी संवाददाता दक्षिणकाली मन्दिर परिसरमा हत्या गरिएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख  चन्द्रकुवेर खापुङले बिहीबार पत्रकार सम्मेलन गर्दै सन्तोषीको हत्या बलात्कारको प्रतिकार गर्दा भएको खुलेको जानकारी दिए।, प्रहरीका अन...
सेतोपाटी चितवनको राप्ती नगरपालिकाले आफ्नो नगर क्षेत्रका चेपाङ छात्रालाई बालविवाह रोक्न २० वर्षको उमेरसम्म अध्ययन गर्नेलाई १५ हजार रूपैयाँ नगद दिने भएको छ।, नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा यो व्यवस्था गरिएको हो। यसबाट सानै उमेरमा हुने विवाह रोकिने नगरपालिकाको अपेक्षा छ। , नगरप्रमुख प्रभा बरालले १९/२० वर्षमा ...
सविता बुढा कर्णाली नदीबाट एक आमा डल्फिन आफ्ना बच्चा लिएर पथरैया नदीसम्म पुगेकी छ।, कैलाली र बर्दियाको सिमानामा बग्ने कर्णालीमा उसको बाह्रै महिना बसाइ हुन्छ। यीमध्ये असार, साउन, भदौ र असोजका चार महिना घुमफिर गर्दै र आहारा खोज्दै बच्चा हुर्काउन ऊ कैलालीको पूर्वी दक्षिणी क्षेत्रमा बग्ने पथरैयामा आइपुगेकी हो।, केही डल्फिन...
नारायण खड्का पाँच करोड बढी आर्थिक हिनामिना गरेको आरोपमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरूद्ध मुद्दा परेको छ।, राप्ती गाउँपालिका वडा नं. ८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूले पाँच करोड बढी रकम हिनामिना गरेको भन्दै कर्मचारी र पदाधिकारीविरूद्ध दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दाय...
एजेन्सी बेलायतमा सर्वोच्च पदक भिक्टोरिया क्रस पाएका तुलबहादुर पुनको नाम उल्लेखित रेल सञ्चालनमा आएको छ।, बुधबार लन्डन प्याडिङ्टनमा पुनका छोरा अर्जुन र छोरी मेघकुमारी सहभागी एक कार्यक्रमबीच 'तुलबहादुर पुन' लेखिएको  रेलको उद्घाटन गरिएको थियो।, कार्यक्रममा दोस्रो विश्व युद्धमा पुनका कमान्डिङ अफिसरसमेत रहेका मेजर जेम्स रुथ...
सेतोपाटी भतिजीलाई जबरजस्ती करणी गरेको आरोपमा तनहुँमा काका पक्राउ परेका छन्।, पक्राउ पर्नेमा व्यास नगरपालिका-९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ।, पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।, आमा घरमा नभएका बे...
एजेन्सी दक्षिणी अफ्रिकी मुलुक जाम्बियाको एक टेलिभजनका समाचार वाचकले लाइभ समाचार पढ्दा-पढ्दै आफूहरूले तलब नपाएको बताएपछि अहिले उनको चर्चा भइरहेको छ। , केबिएन टिलिभिजनका समाचार प्रस्तोता कविन्दा कालिमिनाले लाइभ समाचार पढिरहेको बेलामा आफूसहित अन्य सहकर्मीहरूले तलब नपाएको बताएका हुन्। उनले गत शनिबारको समाचार बुलेटिनमा आफू...
सेतोपाटी संवाददाता कोभ्याक्सले एक डोज मात्र लगाए पुग्ने 'जोन्सन एण्ड जोन्सन' को ६ लाख डोज खोप नेपाललाई दिने प्रतिवद्धता जनाएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले कोभ्याक्सले दुई दिनअघि मात्र 'जोन्सन एण्ड जोन्सन' को ६ लाख डोज खोप दिने जानकारी गराएको बताए। , '६ ला...
सेतोपाटी संवाददाता मंगलबार थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।, पछिल्लो २४ घण्टामा १२२०४ जनामा पिसिआर परीक्षण गरिएकोमा ३७०३ पोजेटिभ देखिएको थियो भने ४७०९ को एन्टिजेन परीक्षण गरिएकोमा ८१९ मा पोजेटिभ देखिएको थियो...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ३१० जना, ललितपुरका ९९ जना र भक्तपुरका ६७ जना छन्।, थप ४ हजार ५ सय २२ ...
सेतोपाटी संवाददाता दार्चुलामा ह्युम पाइपभित्र अड्किएर दुई बालकको मृत्यु भएको छ।, मंगलबार महाकाली नगरपालिका–४ बंगाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर व्यास गाउँपालिका –४ का १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ का १२ वर्षीय रमित कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर भट्ट...
सेतोपाटी संवाददाता काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ७ मा एक महिलाको शव फेला परेको छ।, अनुहारमा चोट रहेको शव फेला परेको हो। ढुंगाले अनुहारमा प्रहार गरेर उनको हत्या गरेको हुन सक्ने आशंका गरिएको छ।, उनको पहिचान खुलेको छैन। दक्षिणकाली बसपार्क नजिकै शौचालयमा उनको शव आज फेला परेको अपराध अनुसन्धान महाशाखाका एसएसपी च...
युवराज श्रेष्ठ कास्कीका प्रमुख जिल्ला अधिकारीले थानेश्वर गौतमले सोमबार जारी गरेको ‘स्मार्ट लकडाउन’ले गाडी हुने र नहुनेबीच विभेद गरेको छ।, जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठकपछि जारी गरिएको उक्त विभेदपूर्ण निषेधाज्ञा उल्लङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश...
सेतोपाटी तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रूखमाथि निर्माण गरिएको घरमा सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको छ।, कोरोना कहर र निषेधाज्ञाको बीचमा पनि आकर्षणस्थल बनेको यस ठाउँमा केही समयका लागि सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको हो। , सर्वसाधारणको भीड बढेपछि प्रहरीले त्यहाँ पुगेका सर्वसाधारणलाई फिर्ता प...
सेतोपाटी संवाददाता मुक्का प्रहारबाट एक किशोरको  मृत्यु भएको छ । मृत्यु हुनेमा  रोल्पा नगरपालिका -९ ह्वामाका  १८ वर्षीय अविलाश घर्तीमगर  छन्।, यही असार १ गते २४ वर्षीय धनिमान पुनमगर र  अबिलाशका बीचमा बच्चाका अन्नप्रासनमा मादक पदार्थ सेवन गर्दा विवाद भएको थियो।, सो क्रममा धनिमानले अविलाशलाई पेटको संवेदनशील  भागमा मुक्का...
सेतोपाटी संवाददाता बारा प्रहरीले २५ वर्षीय युवाको हत्या आरोपमा ७२ वर्षीय पुजारीसहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बारा विश्रामपुर गाउँपालिका-२ का ७२ वर्षीय पुजारी वीरबहादुर यादव र फेटा गाउँपालिका-३ का ३५ वर्यीय पारस महतो धानुक रहेका छन्।, गत असार ३ गते बिहान साढे ६ बजे विश्रामपुर गाउँपालिका-२ का २५ वर्यीय...
सेतोपाटी संवाददाता पर्सा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ।, शृंखलावद्ध रूपमा मोटरसाइकल हराउन थालेपछि अनुसन्धानमा जुटेको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा किशोर पनि छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका-१८ का २१ वर्षीय साहेव साह, सोही ठाउँका २६ वर्षीय ...