content stringlengths 20 64.1k ⌀ |
|---|
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ।, मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने बताए।, उनकाअनुसार कोभिड–१९ को उपचारका... |
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी उपरीक्षकको सरूवा गरेको छ।, मंगलबार प्रधान कार्यालयले एक वर्ष कार्यअवधि पुगेका जिल्लाहरूमा प्रहरी प्रमुख (एसपी) परिवर्तन गरेको हो।, सरूवा अनुसार महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठको सरूवा भएको छ। उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोग... |
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेको छ।, मंगलबार प्रधान कार्यालयले एक वर्ष कार्यअवधि पुगेका काठमाडौंका वृत्तहरू, जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयका डिएसपीहरूको सरूवा गरेको हो।, महानगरीय प्रहरी वृत्त गौशालामा केशव भट्टराईको सरूवा भएको छ। यसैगरी, ... |
एजेन्सी गत आइतबार बिहान पश्चिमी थ्याइल्यान्डको कैंग क्राचन राष्ट्रिय निकुञ्ज नजिकैको गाउँमा घर भएका कित्तिचाइ बुडचन ठूल्ठूलो आवाजले ब्युँझिए।, के भएको रहेछ भनेर खोज्दै जाँदा उनले एउटा हात्तीले आफ्नो घरको भान्छामा सुँड घुसाएको देखे।, बोन्चुय नामको भाले हात्ती उनको भान्छामा खानेकुरा खोजिरहेको थियो। भान्छामा सुँड घुसाएक... |
सेतोपाटी संवाददाता रोल्पामा पहिरोले घर भत्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप तीन घाइते छन्।, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। , जिल्लाको रोल्पा नगरपालिका ९ होमाको गर्पामा मंगलबार मध्यरातमा घर माथिबाट पहिरो खस्दा ८६ वर्षीया कर्मिता बुढा, उनकी १६ वर्षीया नातिनी स्यामकला बुढा र १८... |
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बसपार्क नजिकै माछापोखरीमा आयोजना गरिएको १८ दिन लामो निःशुल्क खाना वितरण अभियान समापन भएको छ। बीपी स्टडी युथ सर्कलको आयोजनामा भएको बिहान र साँझ खाना वितरण कार्यक्रम सोमबार सम्पन्न भएको हो। , नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजङ शाहीको नेतृत्वमा भएको अभियानमा ऋषि कोइराला, सुमन गिर... |
रासस चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ।, गत आर्थिक वर्षमा दुई वटा पुल निर्माण गरेको यस नगरपालिकाले यो वर्ष थप तीन पुल निर्माण गरेको हो।, वडा नम्बर २ को लदरी खोला, वडा नम्बर ९ को चात्रा खोला तथा वडा नम्बर ७ र ९ लाई जोड्ने पम्फा खोलामा पुल निर्माण गरिएको नगर प्रमुख लालमणि चौधरीले ... |
खिलानाथ ढकाल दक्षिणकाली नगरपालिका-७ स्थित दक्षिणकाली मन्दिरपरिसरभित्र सानो बजार छ। निषेधाज्ञा केही सहज भए पनि गाडी नचलेकाले बजार सुनसान नै छ।, बजारसामुन्ने बसपार्क छ। त्यसको दुई सय मिटर पर खाली मैदान छ। स्थानीयका अनुसार त्यहाँ स्कुटर सिक्ने मानिसहरू जाने गर्छन्। मंगलबार दिउँसो पनि त्यहाँ स्कुटर सिक्नेहरू भेला भएका थिए... |
खिलानाथ ढकाल दक्षिणकाली मन्दिर परिसर जंगलमा हत्या गरिएकी युवती कालोपुलमा बसोबास गरिरहेका धनबहादुर तामाङकी धर्मछोरी भएको पत्ता लागेको छ।, महानगरीय अपराध महाशाखाका अनुसार उनी सन्तोषी सुब्बा हुन्। उनी २७ वर्षकी रहेको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।, सन्तोषीलाई तामाङले सानै उमेरदेखि धर्मछोरी बनाएर राखेको पा... |
नारायण खड्का बीच-बीचमा ह्युमपाइप बिछ्याउन कालोपत्रे सडक चरक्क चिरिएका छन्। सडकमा त्यसरी बनेका खाडल सवारीका लागि धरापजस्तै हुन्। जसका कारण दर्जनौं सवारी दुर्घटना भएको रेकर्ड छ। यही सडकका कारण दुर्घटना हुँदा अंगभंग भएर अपाङ्ग जीवन बिताउनेहरू पनि छन्। कतिले ज्यान पनि यही सडकका कारण गुमाइसके।, यो हो, तुलसीपुर-घोराही र घोर... |
सेतोपाटी खेत जोतेर फर्कंदै गर्दा लडेर गोरखामा एक जनाको मृत्यु भएको छ।, जिल्लाको शहीद लखन गाउँपालिका-८ का ३९ वर्षीय कुमार श्रेष्ठको लडेर मृत्यु भएको वडाध्यक्ष काशीनाथ अंगाईले जानकारी दिए। श्रेष्ठ भीमसेन थापा गाउँपालिका-६ अश्राङमा पर्ने स्थानीय ज्याँदुलखोला फाँटमा खेत जोतेर घर फर्किंदै थिए।, शारीरिक अपांगता भएका बुवासँग... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरूवा गरेको छ। , एक वर्ष कार्य अवधि पुगेका एसएसपीहरूको सोमबार सरूवा गरिएको गृह मन्त्रालय स्रोतले जनायो।, सरूवा सूचीअनुसार प्रहरी प्रधान कार्यालय योजना तथा अन्वेषण शाखामा कार्यरत् कृष्णहरि शर्मा पोखरेलको प्रदेश कार्यालय गण्डकी पोखरा सरूवा भए... |
सेतोपाटी संवाददाता टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन्।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिए। यसअघि ... |
निशा भण्डारी ललितपुर महानगरपालिकाका दुई हजार ५०० व्यक्तिलाई बुधबार दोस्रो मात्राको कोभिड शिल्ड खोप लगाउने भएको छ।, कार्यालयले पहिलो मात्राको कोभिड शिल्ड खोप लगाएकामध्ये दुई हजार २ सय २० जना ७७ वर्ष उमेरमाथिका तथा सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेवक २८० जनालाई बिहान १० देखि अपराह्न ४ बजेसम्म ख... |
सेतोपाटी संवाददाता सप्तरीमा बालिकामाथि यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरी हत्या गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ हटैलका १९ वर्षीय रोहितकुमार यादवलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले भारत भाग्न लाग्दा आइतबार पक्राउ गर... |
सेतोपाटी काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने ओखलढुंगाको लिखु गाउँपालिका-९ का ४२ वर्षीय अङ्कित घिमिरे र गोकर्णेश्वर नगरपालिका–८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका–६ का ४६ वर्षी... |
नारायण अधिकारी वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन्। यी व्यवसायी मात्रै होइन, चितवनमा धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता।, राज्यले विपन्नलाई सहयोग पुगोस् भनेर दिने यस्ता सुविधा ‘... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि ३ करोड रूपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।, आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची ... |
सेतोपाटी भैरहवा-लुम्बिनी-तौलिहवा सडकको स्तरोन्नति कार्य पूरा भएको पाँच महिना नबित्दै भत्किन थालेको छ। , रूपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलवस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी गावर कन्स्ट्रक्सन लिमिटेडले रु एक अर्ब ९३ करोड ६३ लाखको लागतमा निर्माण गर्ने गरी ठेक्का प्राप्त गरेको थिय... |
सेतोपाटी संवाददाता टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई थरका कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटीका पतिले आफूहरूको सोच विभेद गर्ने नभएको बताएका छन्।, ती घरबेटीलाई प्रहरीले जातीय भेदभाव विरूद्धको कानुनअनुसार तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंको अनुमति पाएको छ। अदाल... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आजदेखि कार्यान्वयनमा आएको छ।, उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको संयुक्त बैठकले आजदेखि एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेका थिए।, कोरोनाभाइरस संक्रमण कम हुँदै गइरहेको भन्दै निषेधाज्ञा थप खुकुलो पारिएको छ।, असार १४ गतेसम्म हुने... |
सेतोपाटी संवाददाता सरकारले अन्तर्राष्ट्रिय उडानमा तोकिएको भन्दा बढी भाडा लिएकोबारे छानबिन गर्न समिति गठन गरेको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो।, ट्राभल एजेन्सीले तोकिएको भन्दा चर्को... |
रासस बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।, बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो।, आज बिहान ६ बजे ट्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले बताए... |
निशा भण्डारी झन्डै दुई महिनापछि पसल, ट्याक्सी र निजी सवारी (जोर-बिजोर) चलाउन पाइएपछि काठमाडौं उपत्यकामा मंगलबार चहलपहल बढेको छ। , उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको संयुक्त बैठकले आजदेखि एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेका थिए।, कोरोनाभाइरस संक्रमण कम हुँदै गइरहेको भन्दै निषेधाज्ञा थप खुकुलो पा... |
नारायण खड्का मध्यरातमा दुई महिलालाई बन्धक बनाई जंगलमा लगेर बलात्कार गर्नेमध्येका फरार दुई युवकको खोजी कार्य प्रहरीले तीव्र पारेको छ। , आइतबार रातिको घटनापछि लमही नगरपालिका वडा नं. ७ कमानपुरका अन्दाजी २०/२२ वर्षीय प्रेम परियार र लमही ६ देउपुरका सोही उमेर समूहका अर्जुन चौधरी (अरबिन) फरार छन्। , वडा प्रहरी कार्यालय लमहीक... |
सेतोपाटी संवाददाता मंगलबारदेखि निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौंका सडकमा सवारीसाधनको आवागमन बढेको छ।, तर, ट्राफिक प्रहरीले धराप थापेर मुख्य सडक नै छेक्दा जाम बढेको छ।, ट्राफिकले मुख्य-मुख्य सडकमै धराप (ब्यारिकेड्स) राखेर चेकजाँच गर्दा सर्वसाधारणले दु:ख पाएका छन्।, ट्राफिक प्रहरीले रिङरोड क्षेत्रको बालकुमारीमा टायर राख... |
सेतोपाटी संवाददाता टिपरको ठक्करबाट मोरङ रंगेली नगरपालिका-७ मा मोटरसाइकल चालकको मृत्यु भएको छ।, पश्चिमतर्फ जाँदै गरेको ना४ख ३४९३ नम्बरको ट्रिफरले मंगलबार बिहान मोटरसाइकल चालकलाई ठक्कर दिएको हो।, मृत्यु हुनेमा प्र१-०२-०४३प ८०११ नम्बरको मोटरसाइकल चालक रतुवामाई-६ सौठा का ४२ वर्षीय तिलकराज खड्का रहेको प्रहरीले जनाएको छ।, ब... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई कोरोनाविरूद्ध कोभिसिल्ड खोप लगाउने भएको छ।, महानगरले सूचना जारी गर्दै बुधबारदेखि दोस्रो मात्रामा खोप लगाइने बताएको छ।, बुधबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाइनेछ। , महानगरले ७७ वर्ष माथिका दुई हजार दुई सय २० जना कोभिसिल्डको दोस्रो मात्राको ... |
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ।, सोमबार राति साढे ७ बजे माछापोखरी जाने बाटोमा ना ४ ख ४२२९ नम्बरको बसले बा ७८ प ८३८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, ठक्कर दिँदा मोटरसाइकलमा सवार २५ वर्षीया महिलाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहर... |
सेतोपाटी कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाको मद्क्यु (सिक्लेसको माथिल्लो भाग) देखि मनाङ जिल्लाको पिसाङ जोड्ने सुरूङमार्ग निर्माणको सम्भाव्यता अध्ययन सुरू गर्ने भएको छ।, ‘पर्यटन, कृषि, जलस्रोत, वन र पूर्वाधार, समन्यायिक समृद्धि मादीको मूल आधार’ को दीर्घकालीन लक्ष्यसहित गाउँपालिकाले सोमबार गाउँसभामा प्रस्तुत गरेको आ... |
विमलबहादुर विष्ट डोटीका नौवटै स्थानीय तहमा सडक पुर्याउने नाममा यहाँका गाउँघरमा जथाभावी खनिएका सडकका कारण अहिले पहिराको जोखिम बढ्न थालेको छ।, पछिल्लो समय भइरहेको वर्षातले यहाँका गाउँघरका सडक पूर्णरूपमा बन्द भएका छन्।, डोजर अपरेटरका सनकका भरमा जथाभावी सडकको ट्रयाक खन्दा पहिराको जोखिम बढेको स्थानीयबासीको आरोप छ। विगतका ... |
सेतोपाटी संवाददाता तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषय अहिले चर्चामा छ। यही विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका छन्। , बबरमहलमा कोठा खोज्न पुग्दा आफू 'कामी हुँ' भनेपछि घरबेटीले कोठा नदिएको रूपाको भनाइ छ।, उक्त घटनाबारे रूपाले गत मंगलबार आफ्नो फेसबुकमा भिडिओ पोस्ट ग... |
सेतोपाटी संवाददाता नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षणका लागि बाटो खुलेको छ ।, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेका खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिएसँगै बाटो खुलेको हो । , नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले मन्त्रिपरिषद् ... |
सेतोपाटी संवाददाता दाङ स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई असार १५ गतेसम्म लम्ब्याएको छ। , प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले मंगलबार बसेको बैठकले वैशाख १७ गतेदेखि जारी लकडाउन असार १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको बताए। , ‘यो बीचमा अझै पनि चिया पसल, खाजा घर खोल्न पाइने छैन, तर, होम डेलिभरीको सुविधा बिहान दश... |
सेतोपाटी बागलुङमा निशेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, व्रतबन्ध र चौरासी पूजाजस्ता धार्मिक र साँस्कृतिक कार्य रोकिएका छैनन्।, निश्चित मापदण्ड तोकेर धार्मिक तथा साँस्कृतिक कार्यमा सहभागी हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत् रूपमा चलिरहेका हु... |
सेतोपाटी संवाददाता क्लब हाउसमा प्रहरी अधिकृतहरूको तस्बिर राखेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्।, नेपाल प्रहरी तथा प्रहरी अधिकृतको फोटो दुरूपयोग गरी नक्कली प्रोफाइल बनाउने व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ।, भक्तपुरस्थित चाँगुनारायण नगरपालिका वडा नम्बर ६ खरिबोटका २० वर्षीय ईसान लामिछानेलाई प्रहरीले पक्रा... |
सेतोपाटी संवाददाता म्याग्दीको विकट मालिका गाउँपालिकाका पहिरो पीडितलाई माउन्टेन हर्ट नेपालले खाद्यान्य तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ।, रसुवा ट्रेकका सञ्चालक तथा युवा समाजसेवी गगनराज न्यौपानेका अनुसार माउन्टेन हर्ट नेपालका अध्यक्ष डाक्टर अबन गौतमको विशेष सहयोगमा पहिरोग्रस्त क्षेत्रका ५० घर परिवारलाई प्रतिघर २५ के... |
सेतोपाटी संवाददाता डडेल्धुरामा मृत फेला परेकी स्वास्थ्यचौकी कार्यालय सहयोगीको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। , प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा परशुराम नगरपालिका-८ की २६ वर्षीया अस्मिता धामीको हत्या भएको पाइएको सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवे... |
सेतोपाटी संवाददाता सार्वजनिक यातायातको पास बनाई बिक्रि गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समयमा सवारी साधनको पास दुरूपयोग गरी खरिद बिक्री गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर जरीवाना गराएको हो।, निषेधाज्ञाको क्रममा अत्यावस्यक कामका लागि सहजता होस् भनी जिल्ला प्... |
सेतोपाटी संवाददाता देशका विभिन्न ठाउँमा बाढी पहिरो र डुबानमा परेकाको उद्दार तथा राहत वितरणमा नेपाली सेना सक्रिय भएको छ। , बाढी पहिरोको कारण विस्थापित भएका सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाउँपालिका २ गणेशबगर ईलाकामा बसोवास गर्दै आएका ४३ जना र सुरक्षा गुल्म मेलम्ची वरपर बसोवास गर्दै आएका ६० जना गरी १०३ जनालाई नेपाली सेना... |
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउन तथा यो राष्ट्रिय गौरव सदैव जीवित राख्न प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन्।, अन्तरराष्ट्रिय योग दिवस (जुन२१) का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति‚ समृद्धि तथा ... |
नारायण खड्का नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिटको आरोप खेपेका दाङका तीन जना जनही ५० हजार धरौटी बुझाएर आइतबार छुटेका छन्। , बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टर/नर्समाथि कुटपिट गरेको आभियोगमा थुनामा रहँदै आएका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दाङ त... |
सेतोपाटी संवाददाता सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला पक्राउ परेकी छन्।, महानगरीय प्रहरी परिसर काठमाडौंले संग्रौलालाई काठमाडौंको टेकूबाट आइतबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।, उनीसहित तीन जनालाई प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो।, उनीहरूविरूद्ध खुस्बु घिमिरेले अभद्र... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ।, असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौं नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। तर, उपमेयरसहित काँग्रेस निकटका जनप्रतिनिधिले नीति तथा कार्यक्रमब... |
रासस हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ६ की एक महिलाको प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चाको मृत्यु भएको छ।, २७ वर्षीय जगतमाया रोकायालाई असार १ गतेबाट प्रशव व्यथा लागेको थियो।, प्रतिकूल मौसमका कारण हवाइ मार्गबाट उद्धार हुन नसक्दा बच्चाको पेटभित्रै मृत्यु भएको जनाइएको छ।, आइतबार मौसममा सुधार आए... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ का चार जिल्लामा अक्सिजन कन्सन्ट्रेटर पठाइएको छ।, एनआरएनए र करूणा फाउन्डेसनले उपलब्ध गराएका अक्सिजन कन्सन्ट्रेटर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विभिन्न जिल्लाका लागि उपलब्ध गराउन मेची अभियानलाई हस्तान्तरण गरेका छन्।, शर्माका अनुसार झापा, इलाम, पाँचथर र ताप्लेजुङका अत्या... |
सेतोपाटी संवाददाता सुन्दरहरैंचामा दुर्घटना गराएर टिपर फरार भएको छ।, शनिबार बेलुका साढे ७ बजे नम्बर नखुलेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो।, पश्चिमतर्फ जाँदै गरेको टिपरले को३६प ५९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, ठक्करबाट इटहरी उपमहानरपालिका-४ का ३५ वर्षीय दिपु साह र धनकुटा नगरपालिक... |
रासस पोखरा–बाग्लुङ सडक खण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।, पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००३ क ५१७३ नम्बरको टिपर र पोख... |
सेतोपाटी संवाददाता वीरगञ्जमा नेपाली सेनाको चण्डीप्रसाद गणका एक सिपाहीले आफैंमाथि गोली हानेका छन्।, आइतबार राति करिब साढे ८ बजेको समयमा ड्युटीमै रहेका २२ वर्षीय श्यामबाबुप्रसाद चौहानले गोली प्रहार गरेका हुन्। उनको घर पोखरिया नगरपालिका वडा नम्बर-५ हो।, उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उनले... |
रासस मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।, संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।, भारतीय प्रधानमन्त्री नरेन्द्रदामोद... |
रासस सङ्खुवासभको खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ।, सेप्टिक ट्याङ्की भत्किएर सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो।, गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न जिल्ला अस्पताल सङ्खुवासभा लगिएकोमा आइतबार बेलुकी उपचारका क्रममा मृत्यु भए... |
सेतोपाटी संवाददाता मोरङमा टिपरको ठक्करबाट नेपाली कांग्रेस धनकुटाका सचिव कृष्ण थापाको निधन भएको छ।, धनकुटाबाट झापा जाने क्रममा गएराति ७:४० बजे मोरङको विराटचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा थापासहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उप... |
गोपालप्रसाद बराल उत्तर फर्कंदा चुरे पहाडी शृङ्खलातिर कालो बादल मडारिएको देखेपछि महोत्तरीको भङ्गाहा-४ को पलारस्थित गरिब बस्तीमा कोही सुत्न सक्दैनन्। बाँतर जातिका अति विपन्न समुदायको बाहुल्य रहेको रातु नदी तटको यो बस्तीमा डाँडातिर बादल देखेपछि राति बाढी आउने डरले कोही सुत्न नसकेका हुन्।, ‘हेर्नुस् हजुर, नदी बस्ती छेउमै ... |
तारानाथ आचार्य असारको पहिलो दिन नै घरमा बस्न नसक्ने गरी वर्षा भयो। घर वरिपरि छियाछिया परेको जमिन छ।, आधा भत्केका घर गाउँभरि छन्। गत वर्षको वर्षामा भत्किएको जमिन कहीँ टालिएको छैन।, न जोखिममा परेका घरको व्यवस्थापन भयो। विस्थापित भएका गाउँ छाडेर हिँडे। अरू अवस्था उस्तै छ। समस्या हो बागलुङको निसीखोला गाउँपालिका-१ र २ नम्ब... |
राजेन्द्रप्रसाद पनेरु भीमदत्त नगरपालिका-१२ का ६८ वर्षीया हेमादेवी केसी ऐरीघाट नजिक घर बनाएर बसेको चार दशक बितेको छ।, महाकाली नदीको बाढीले कहिल्यै डुबानमा नपरेको सो बस्ती यो वर्ष वर्षातको सुरूआतमै डुबानमा परेको छ। , बाढीले छिमेकीसहित उनको घर समेत डुबानमा परेको छ।, ‘योभन्दा पहिले हाम्रो बस्तीमा बाढी आउँदैनथ्यो। चार लेनक... |
सेतोपाटी संवाददाता धुलिखेलकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका-८ का २३ वर्षीय जयराम चौलागाईं छन्।, उनलाई सुन्धारा क्षेत्रबाट सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।, बालिकालाई लिएर ती युवा ५ गते भक्तपुर हिँडेका... |
सेतोपाटी संवाददाता मेलम्ची खोलाले कटान गरेर पोल ढाल्दा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ का २८ वर्षीय धर्मराज दुलालको घटनास्थलमै मृत्यु भएको छ।, मेलम्ची खोलामा आएको बाढीले घरजग्गा कटान गरेपछि बाँध लगाउन एक्साभेटर लिन गएका दुलाललाई सोमबार बिहान ११ बजे करेन्ट लागेको हो।, मेलम्ची नगरपालिका वडा नम्बर १० स्थित... |
सेतोपाटी संवाददाता मेलम्ची नदीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने चार वटा मोटरेबल पुल बगाएको छ।, मेलम्ची बजारदेखि हेडवर्क्ससम्म पुग्ने पुल बाढीले बगाएको आयोजनाका प्रवक्ता डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले बताए।, ती चारमध्ये एउटा अम्बाथानको पनि छ। त्यसले सुरूङमा पानी पठाउनका लागि मद्दत गर्थ्यो।, यी चार व... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले महानगरलाई स्वच्छ, सफा र हराभरा बनाउने अभियानलाई तिब्रता दिएको छ।, कोरोना भाइरसको तिब्र संक्रमणसँगै जारी निषेधाज्ञा क्रमशः खुकुलो हुँदै गइरहेको छ। सडकमा सवारीको चाप केही बाक्लो हुन थालेको छ।, यद्यपी महानगरका सडक सफा र चिटिक्क छन्। अनि छेउमा रहेका बिजुलीका पोलहरू हरियो रंगले रंग... |
सेतोपाटी संवाददाता पाँचथर याङवरक गाउँपालिका-२ मा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा याङवरक गाउँपालिका-२ लेखेवा का ५८ वर्षीय टेकनाथ धौराली छन्।, टाउको र शरीरमा ढुंगाले लागेका उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।, पहिरोमा पुरिएर ५२ वर्षीय खड्कबहादुर राई सामान्य घाइते भएका छन्।, सोमबार बिहान ... |
झापा, ७ असार भद्रपुर नगरपालिकाले मेचीनगरको गोकुलमार्गमा खाल्डो खनेर अवरोध पुर्याएपछि मेचीनगरबासी आक्रोशित भएका छन्।, पूर्वीनाका काँकडभिट्टाबाट भद्रपुरको मेची अस्पताल, मेची बहुमुखी क्याम्पस र चन्द्रगढी विमानस्थल पुग्ने सबभन्दा छोटो बाटोको रूपमा स्तरोन्नति भइरहेको गोकुलमार्गमा भद्रपुर नगरपालिकाले स्काभेटरमार्फत ठूला-ठूल... |
नारायण खड्का दाङको लमहीमा तरवार देखाएर श्रीमानलाई रूखमा बाँधेर श्रीमती र सालीमाथि बलात्कार भएको घटना बाहिरिएको छ। , वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले लमही नगरपालिका वडा नम्बर ७ स्थित कमानपुरको जंगलमा तीन जनाको समूहले एउटा टिपर चालक, सहचालकलाई रूखमा बाँधेर चालककी श्रीमती र सालीमाथि बलात्कार... |
सेतोपाटी संवाददाता सोमबार थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।, पछिल्लो २४ घण्टामा ६५८३ जनामा पिसिआर परीक्षण गरिएकोमा १५८४ पोजेटिभ देखिएको थियो भने ४३२१ को एन्टिजेन परीक्षण गरिएकोमा ७१३ मा पोजेटिभ देखिएको थियो।... |
सेतोपाटी संवाददाता बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। , चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जनकौली मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट रत्ननगर–५ मगरटोलकी गीता अधिकारीको मृत्यु भएको हो।, वन भित्र निहुरो टिप्न गएकी ३२ वर्षीया अधिकारीको दिउँसो साढे १ बजेतिर बाघको आक्रमणबाट मृत्यु भएको ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका २८५ जना, ललितपुरका ६१ जना र भक्तपुरका ३३ जना छन्।, थप २ हजार २ सय ९७ ... |
सेतोपाटी संवाददाता सरकारी कार्यालय सञ्चालन र निजी सवारी साधन सञ्चालनलाई केही खुकुलो पार्दै रूपन्देहीमा असार १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। , जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको हो। , समितिको निर्णय अनुसार जिल्लामा निजी सवारी साधनको सञ्चालनलाई जोरबिजोर प्र... |
राजेश घिमिरे 'तिमीलाई धेरै म माया गर्छु है, ए माया, तिमीभन्दा म पहिले मर्छु है...', साम्यक एन सबी नामको टिकटक एकाउन्टमा वैशाख ४ गते एउटा भिडिओ पोष्ट भएको छ। सविता भण्डारीले टिकटकमा अन्तिम पटक पोष्ट गरेको भिडिओ यही हो।, भिडिओ पोष्ट गरेकै दिन साँझ चितवन मेडिकल कलेजले सविताको मृत्यु भएको घोषणा गर्यो।, यो दुई महिनाको अवध... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका बाढीपीडितलाई सोलार र खाद्यान्नलगायत राहत सहयोग उपलब्ध गराइएको छ।, बाढीबाट विस्थापित भएकाहरूलाई हेल्प डेस्क खैरहनी चितवनले शनिबार राहत उपलब्ध गराएको हो।, गत मंगलबार मेलम्चीमा आएको बाढीले हेलम्बुका स्थानीयको घर तथा जग्गा बगाएको छ।, चार सय घर परिवारका लागि सोलार र ख... |
एजेन्सी रूसमा कोरोनाभाइरसको संक्रमण बढ्न फेरि थालेको छ। पछिल्लो समय राजधानी मस्कोलगायत क्षेत्रमा संक्रमित बढ्न थालेका हुन्। संक्रमितमध्ये धेरैलाई भारतमा फेला परेको डेल्टा भेरियन्ट देखिएको अधिकारीहरूले जनाएका छन्।, गत शुक्रबार मस्कोमा ९ हजार ५६ जना संक्रमित थपिएका थिए। मस्कोमा कोरोना महामारी सुरू भएपछि पहिलो पटक एकैदिन... |
रासस महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ।, इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ।, ‘मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो’, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, ‘यो यस वर्... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरू आज निषेधाज्ञाबारे छलफल गरी आवश्यक निर्णय लिन बैठक बस्ने तयारी गरिरहेका छन्।, ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाका अनुसार आज अपरान्ह ३/४ बजेतिर काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको बैठक छ।, उक्त बैठकमा छलफल गरेपछि निषेधाज्ञा थप गर्ने र कुन-कुन क... |
रासस दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्तालाई स्वास्थ्य सेवा कार्यालय जाजरकोटले कारवाही गरेको छ।, अक्सिजन प्लान्ट निर्माण गर्ने ठेक्का सम्झौता गरेको नेपटेक मेडिकल सप्लायर्स काठमाडौँलाई ठेक्का सम्झौता तोड्दै धरौटी जफत गरिएको छ।, सप्लायर्सलाई कालोसूचीमा राख्नका लागि खरिद अनुगमन कार्यालय काठमा... |
सविता बुढा गएको वर्ष कोरोनाभाइरसको महामारीले परदेशमा दु:ख पाएपछि उनी कहिल्यै परदेश नपस्ने वाचा गरेर घर फर्किए। धनगढी उपमहानगरपालिका-११ का राम विक भारतको राजस्थानमा मजदुरी गर्थे।, उनी फर्किएको केही समयपछि प्रदेश सरकारहरूले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याए। सुदुरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित भएर विदेशबाट फर्के... |
सेतोपाटी संवाददाता थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ परेकी छन्।, काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादु... |
सेतोपाटी पर्वतको जलजला गाउँपालिकाले बर्खायाममा पनि नदीजन्य पदार्थ उत्खनन र निकासीका लागि ठेक्का लगाउने भएको छ।, लामाखेतस्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कालीगण्डकी नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा... |
सविता बुढा बझाङको साइपाल गाउँपालिका-५ का गोर्ख धामीका छोरा काम गर्न भारत गएका छन्। उनी ३/४ महिनाको फरकमा घरखर्चका लागि पैसा पठाउँछन्।, छोराले पठाएको पैसा बुझ्न गोर्खलाई भने सजिलो छैन। पैसा ल्याउन तीन दिन हिँडेर सदरमुकाममा जानुपर्छ। आउन-जान लगाएर ६ दिनको यात्रा गर्नुपर्छ।, गत महिना छोराले पठाएको पैसा उनले यसरी नै ल्याए... |
सेतोपाटी सप्तरीको रुपनी गाउँपालिका-३ कटैयामा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आज मृत्यु भएको छ।, ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृत्यु भएको स्थानीयबासी मिठु माझीले बताए।, उनका दाजु सुरेन्द्र लौगी घाइते छन्।, घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइ... |
सेतोपाटी संवाददाता सञ्चार गृहहरूले श्रमजीवि पत्रकारलाई कामबाट हटाउने र पारिश्रमिक नदिने गुनासा आएको नेपाल पत्रकार महासंघले बताएको छ।, कोरोना संक्रमणका कारण उत्पन्न कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन नमिल्ने पनि महासंघको भनाइ छ।, ‘कोरोना संक्रमणलाई बहाना बनाउँदै... |
एजेन्सी चीनले कोरोनाभाइरसविरूद्ध आफ्ना नागरिकलाई १ अर्बभन्दा बढी डोज खोप लगाइएको जनाएको छ।, चिनियाँ स्वास्थ्य मन्त्रालयले शनिबारसम्म १ अर्ब बढी डोज खोप लगाएको जानकारी दिएको हो।, १ अर्ब ४१ करोड जनसंख्या भएको चीनले गत डिसेम्बरदेखि आफ्नै देशमा उत्पादित खोप लगाउन सुरू गरेको थियो।, संसारभरि अहिलेसम्म २ अर्ब ५० करोड डोज कोर... |
सेतोपाटी बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका-३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुंगा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ। , मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।, हिमाली गाउँपालिकाका-४ रुगिन ... |
देवराज सुवेदी यही असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ।, बाढीले विशेष गरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा नोक्सान पुर्यायो।, व्यक्तिगत घ... |
सेतोपाटी संवाददाता पूर्वी पहाडका जिल्लाबाट तराई झारेर भारततर्फ तस्करी गर्न लगिएको गाँजासहित मोरङ प्रहरीले विराटनगरबाट पाँच जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमध्ये तीन जना भारतीय नागरिक छन्। , प्रहरीले भारतको पञ्चायत फार्बिजगन्ज थानाका १९ वर्षीय सोनुकुमार यादव, अररिया पिर्पाघाट पञ्चायत विशनपुरका २८ वर्षीय जयराम याद... |
सेतोपाटी संवाददाता धनगढीमा स्थानीयले सडकमा रोपाइँ गरेका छन्।, हसनपुर-शिवनगर हिलाम्य अवस्थामा रहेको सडकमा स्थानीयले हलोगोरुसहित विरोध गर्न रोपाइँ गरेका हुन्।, उपमहानरपालिकाले सडक स्तरोन्नति गर्ने भनेर सडक भत्काएको तर नबनाएको भन्दै विरोध गरेको स्थानीय दिवाकर भट्टले बताए।, उनीहरूले स्थानीय सरकार मुर्दावाद लेखेको प्लेकार्... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थित बल्खुमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, शनिबार राति नम्बर नखुलेको टिपरले बा ७५ प ८८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए।, टिपरको ठक्करबाट ज्यान ... |
युवराज श्रेष्ठ एउटै कोठामा ४५ जना। बाढी र पहिरो आउँदै गर्दा घरबाट जे-जति खानेकुरा ल्याउन भ्याए, त्यही बाँडिचुँडी खान्छन्, उनीहरू। यी ४५ जनाको एउटै मेस छ, जहाँ सबैका लागि एकैचोटी खाना पाक्छ। घरबाट ल्याएको खानेकुरा सकिँदैछ। फेरि घर गएर ल्याउने अवस्था छैन, गइहाल्यो भने पनि फर्कर आउने हो कि होइन केही टुंगो छैन।, मनाङका बा... |
सविता बुढा डडेल्धुरामा स्वास्थ्य चौकीकी कार्यालय सहयोगी मृत फेला परेकी छन्। , कोरोनाको खोप पुर्याउन हिँडेकी जमरानी स्वास्थ्य चौकीकी कार्यरत अस्मिता धामी शनिबार मृत फेला परेकी हुन्। , उनी बुधबारबाटै हराइरहेकी थिइन्। कोरोनाविरूद्धको खोपको १५ डोज पुर्याउन आफू कार्यरत स्वास्थ्य चौकीबाट हिँडेकी उनी स्थानीय हट्वानी सामुद... |
सेतोपाटी संवाददाता धादिङबाट सहायक वन अधिकृत ४० हजार घुस रकमसहित पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निलकण्ठ सब-डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत तथा कार्यालय प्रमुख कृष्णप्रसाद पौडेललाई घुससहित पक्राउ गरेको हो।, अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार उनले सेवाग्राहीसँग ४० हजार घुस ... |
सेतोपाटी छुट्टाछुट्टै दुई ठाउँमा पहिरा खस्दा अवरूद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ।, राजमार्गको जिल्लाको सतबाँझ-गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर र दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको थियो। , धरमघरमा आज दिउँसो १ः०० बजे र ढिकगाडमा बिहान साढे ८ः०० बजेदेखि सडक ... |
सेतोपाटी संवाददाता आइतबार थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।, पछिल्लो २४ घण्टामा ६६७७ जनामा पिसिआर परीक्षण गरिएकोमा १४२१ पोजेटिभ देखिएको थियो भने ४२४९ को एन्टिजेन परीक्षण गरिएकोमा १०२१ मा पोजेटिभ देखिएको थियो... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ सय २८ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ४५० जना, ललितपुरका ५३ जना र भक्तपुरका २५ जना छन्।, थप २ हजार ४ सय ४२ ज... |
सेतोपाटी संवाददाता मेलम्ची नदीमा शुक्रबार राति फेरि बाढी आएको छ।, असार १ गते आएको भन्दा ठूलो बाढी नदीमा आएको हो।, प्रहरीका अनुसार शुक्रबार राति करिब ८ बजेदेखि मेलम्ची नदीमा बाढी आएको हो।, ‘पानी नपरे पनि बाढी आएको छ, शिरतिर पानी पर्यो कि भन्ने आशंका छ,’ सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले भने।, बाढीले हेलम्... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन सूचित गरेको छ। , शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल-चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको भन्दै कुनै पनि समय तामाकोश... |
सेतोपाटी संवाददाता आज मुलुकभर बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण आज देशका अधिकांश स्थानमा वर्षाका साथै प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भीषण वर्षा हुने सम्भावना ... |
सेतोपाटी संवाददाता जिल्ला अदालत सप्तरीले कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार युवकलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।, हत्याको अभियोग लागेका चारै जनालाई थुनामा राखी अनुसन्धान अघि बढाउन जिल्ला अदालतले आदेश गरेको हो। अदालतको आदेशमा सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ३० वर्षीय बिनय यादव, सोही उमेरका मनोजकुमा... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालय भवन बाढीले बगाएको छ।, असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू शुक्रबार राति आएको बाढीले बगाएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सेतोपाटीलाई जानकारी दिए। भवनहरूमा रहे... |
सेतोपाटी संवाददाता सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ निजी अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो।, मन्त्रालयका अनुसार ग्राण्डी, कान्ति... |
सेतोपाटी संवाददाता केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन्। यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।, ‘यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ’, ... |
सेतोपाटी संवाददाता प्रहरीले मोरङ पथरी-शनिश्चरे नगरपालिकाबाट दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ।, पक्राउ पर्नेमा पथरी-शनिश्चरे नगरपालिका-१ सिनेमा हलछेउ बस्ने ३५ वर्षीय नारायण पनेरू र ३२ वर्षीय कृष्ण दर्नाल छन्।, परियारको घरबाट १३ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबह... |
सेतोपाटी संवाददाता भक्तपुरमा इँटा भट्टाको खाल्डोमा जमेको पानीमा एउटा बालकको शव भेटिएको छ।, महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका १० वर्षे छोरा रोजनको शव भेटिएको हो। , शुक्रबार अन्दाजी ११ः०० बजेको बालक हराएको र आसपास वरिपरि जान सक्ने ठाउँ तथा साथीभाइसँग बुझ्दा समेत फेला नपरे... |
सेतोपाटी संवाददाता लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ।, मितेरी पुलभन्दा करीब दुई सय मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भाँसिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौँ ल्याउन नसकिएको आयातकर्ता विध म... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.