content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता लगातारको वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले घर, पुललगायत संरचनामा क्षति पुर्‍याएको छ।, मंगलबार साँझ आएको बाढीले हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ।, बाढीले मेलम्ची बजारमा धेरै क्षति पुर्‍याएको छ। मेलम्ची पुगेर फर्केका पत्रकार आ...
सेतोपाटी संवाददाता पछिल्लो समयमा नेपालमा सक्रिय रहेको मनसुनका कारण केही दिनयता लगातार पानी परिरहेको छ। मंगलबार मनाङ र सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षाका कारण बाढी आएर ठूलो भौतिक क्षति पनि भएको छ।, मौमस पूर्वानुमान महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा अझै एक-दुई दिन भारी वर्षाको सम्भावन...
रासस वाग्मती प्रदेश सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेको छ।, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए।, उनले सरकारले स...
सेतोपाटी संवाददाता अविरल वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ।, प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले सेतोपाटीलाई दिएको जानकारीअनुसार मंगलबार साँझ आएको बाढीले बगाएर ७ जनाको मृत्यु भएको पुष्टि भएको छ।, ‘हेलम्बु गाउँपालिकामा अहिलेसम्मा ७ जनाको मृत्यु भएको पुष्टि ...
सेतोपाटी संवाददाता दाङमा बाढीमा फसेका चार जनाको उद्धारको लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ।, लमही नगरपालिका वडा नम्बर ७ का ४८ बर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका वडा नम्बर २ की ४५ बर्षीया साबित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर ३ का २६ वर्षकै गणेश यादव राप्ती नदीमा आएको बाढीका कारण बीचमा फसेकोले उ...
रासस पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ।, स्थानीयवासी महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको पहिराले घर पुरिँदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।, प्रहरी चौकी हार्थोक र स्थानीयवासीले उद्धार गरी उपचारक...
युवराज श्रेष्ठ मनाङको ङावलमा पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ। बुधबार बिहानै पहिरो झरेर नदी थुनिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले  जानकारी दिए। नदी थुनिएपछि चामे र ताल गाउँलगायत तल्लो तटीय क्षेत्रमा झन् जोखिम बढेको सिडिओ लामिछानेले बताए।, ‘थुनिएको नदी एकै पटक फुट्यो भने उपल्लो मनाङ जोड्ने चामेको पुल ...
सेतोपाटी डोटीमा पहिरामा च्यापिएर आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार पहिरोमा च्यापिएर मृत्यु हुनेमा केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बम छन्।, गाउँको खानेपानीको पानीको मुहानमा गएका बेला बमको खिरण...
भगवती पाण्डे अविरल वर्षापछि खसेको पहिरोले लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सडकहरू अवरूद्ध भएका छन्।, मंगलबार रातिदेखि परेको पहिरोले पाल्पाका एक दर्जन बढी स्थानमा सडक अवरूद्ध छ।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सिद्धार्थ राजमार्गको आधादर्जन बढी स्थानमा पहिरो गएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी नाय...
सेतोपाटी संवाददाता मेलम्चीको बाढीमा फसेर होटलको छतमा पुगेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ।, बुधबार बिहान मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको हो।, उनीहरू मंगलबार आएको बाढीपछि उक्त होटलमै फसेका थिए। बाढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डुबाएको थियो।, बाहि...
सेतोपाटी संवाददाता प्यूठानमा खोलामा आएको बाढीले बगाउँदा एक ब्यक्ति बेपत्ता रहेका छन्।, मंगलबार साँझ साढे ६ बजेतिर मल्लरानी गाउँपालिका वडा नम्बर ३ का करिब ४१ वर्षीय हिराबहादुर बिकलाई स्थानीय छापेखोलाले बगाएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले बताए।, सडक निर्माणको काम गर्ने बिकलाई काम सकेर घर जाने क्रममा मंगलबार ...
युवराज श्रेष्ठ लमजुङको दोर्दीखोलामा मंगलबार साँझ आएको बाढीले हिलेबजारका १३ घर बगाएको छ।, दोर्दी गाउँपालिका-८ मा भर्ने हिलेबजारका स्थानीय क्षितिज लामाका अनुसार मंगलबार साँझ ६ बजेदेखि बजारमा खोला पसेको थियो। रातभरि खोलाले बजारका घरहरू बगाउन थालेको र अहिले पनि जारी रहेको उनले बताए।, ‘कोही त मेला गएका थिए, साँझ घर आउँदा ब...
सेतोपाटी संवाददाता यसपालि असारको पहिलो दिनमै देशका विभिन्न स्थानमा बाढी-पहिरो भौतिक र मानवीय क्षति पुर्‍याएको छ। मनसुन सुरू भएसँगै लगातार परेको पानीले सिन्धुपाल्चोकदेखि  बाजुरासम्म  बाढी-पहिरो आएको छ।, गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म बाजुरामा दुई जना बगेर बेपत्ता भएका...
सेतोपाटी संवाददाता राप्ती नदीको बाढीमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ।, लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरमा भैंसी पाल्नका लागि अस्थायी गोठ बनाएर बसेका स्थानीय ४८ बर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका वडा नम्बर २ की ४५ बर्षीया सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर ३ का २६ वर्षीय गणेश यादव राप...
सेतोपाटी संवाददाता अविरल वर्षापछि घरबारविहीन भएकाहरूलाई सरकारले राहत पठाउने तयारी गरेको छ।, मनाङ र सिन्धुपाल्चोकमा आज राहत लैजाने तयारी गरिएको गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए।, मनाङका ताल गाउँ, चामेलगागत क्षेत्रमा बाढीपहिरोले घरहरूमा क्षति पुगेको छ।, ...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार हालसम्म ९ जना बेपत्ता छन्।, मेलम्चीभन्दा झन्डै १३ किलोमिटर तल इन्द्रावति गाउँपालिका-७ मा एक जना मृतकको शव फेला परेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए। मृतकको पहिचान खुलिनसकेको उनले बताए।, उनका अ...
सेतोपाटी संवाददाता यसपालि असारको पहिलो दिनमै देशका विभिन्न स्थानमा बाढी-पहिरो भौतिक र मानवीय क्षति पुर्‍याएको छ। मनसुन सुरू भएसँगै लगातार परेको पानीले सिन्धुपाल्चोकदेखि  बाजुरासम्म  बाढी-पहिरो आएको छ।, गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म बाजुरामा दुई जना बगेर बेपत्ता भएका...
सेतोपाटी संवाददाता विगत तीन दिनदेखि परेको लगातारको वर्षाले लुम्बिनी प्रदेशका पहाडी जिल्ला पहिरो र तराईका जिल्ला बाढीको डुबानमा परेका छन् ।, सोमबारदेखि परेको अविरल वर्षाले रूपन्देहीको तिनाउ नदि तटका केही घरहरू बगाएको छ। पूर्व-पश्चिम राजमार्गको बुटवल-देवदह खण्डमा निर्माणाधिन सडकको कजवे भत्किएर मंगलबारदेखि आवतजावत ठप्प छ...
सेतोपाटी संवाददाता लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का ९ जना स्थानीयलाई उद्धार गरिएको छ।, मंगलबार खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि बीचमै रोकिएका थिए।, उनीहरूलाई बुधबार बिहान उद्धार गरिएको मेयर रमेशकुमार पाण्डेले जानकारी दिए।, खोलाको बीच भागमा फसेका उनीहरूको उद्धारका लागि हेलिकप्टरलाई बोलाइए ...
सिएनएन सुरूमा जीउ कटकटी खायो।, त्यसपछि सानो केराउको दानाजात्रा गिर्खाहरू देखा परे। विस्तारै ती गिर्खा स्याउजत्रै ठूलो हुँदै छालाको पत्र फुटाएर उछिट्टिएलाझैं भयो। जसै रोग जीउभरि फैलियो, बिरामीहरूले रगत बान्ता गर्न थाले।, अन्तिम चरणमा, रोग लागेकामध्ये धेरै जना मृत्युको मुखमा पुगे।, चौधौं शताब्दीमा युरोपभरि फैलिएको ‘ब्ल्...
सेतोपाटी संवाददाता गृह मन्त्रालयमा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ।, साथै विपद् व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, गैरसरकारी संस्था परिचालन सम्वन्धी कार्यविधि र आगलागी तथा डढेलोबाट क्षति भएक...
सबिना श्रेष्ठ दस दिनअघि जुन ५ मा संसारभरि विश्व वातावरण दिवस मनाइयो। पानी दिवस, सिमसार दिवसका नाममा पनि धेरै देशले आफ्ना प्राकृतिक स्रोतहरूको सरसफाइ र संरक्षण गर्दै आएका छन्।, यस्ता दिवस मनाउन थालेको ४०-५० वर्षभन्दा बढी भएको छैन। तर तपाईंलाई थाहा छ, काठमाडौंका नेवार समुदायले 'सिथि नखः' भन्दै पानी र प्रकृतिका स्रोत पुज...
सविता बुढा सुदूरपश्चिममा दुई दिनको अवधिमा बाढी पहिरोका कारण दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।, मृत्यु हुनेमा बाजुरा एक जना, डोटीका एक जना छन्। बाजुराकै एक जना अझै बेपत्ता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग र बाजुरा जोड्ने साँफेमार्तडी सडक...
सेतोपाटी संवाददाता सोमबारदेखि परेको वर्षाका कारण पहिरो खस्दा बाजुराका मुख्य सडक अवरूद्ध भएका छन्।, जिल्लाको सदरमुकाम जोड्ने साँफे-मार्तडी र सदरमुकामबाट कोल्टी जोड्ने मार्तडी-कोल्टी सडकखण्ड अवरूद्ध भएका हुन्।, जिल्लामा परिरहेको वर्षाले यी सडकखण्डको बीचबीचमा पहिरो क्षति गर्दा सोमबारदेखि सडक अवरूद्ध भएको बाजुराका प्रमुख ...
राजेश घिमिरे बर्डफ्लुको एक किसिम मानिने (एचनाइन एन टु) र रानीखेत नामको जिवाणुको संक्रमणले केही महिनायता नेपालको पोल्ट्री व्यवसाय प्रभावित बन्दै आएको छ। यी रोगका कारण गत फागुनयता छोडुवादेखि व्यवसायिक रूपमा पालिएका पंक्षी ठूलो संख्यामा मरेका छन्।, नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार पछिल्लो चार महिनामा देशभरमा व्यवस...
सेतोपाटी लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ।  , सुर्खेत–जुम्ला सडकका  ठाउँ-ठाउँमा पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको हो। , दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको जनाइएको छ।, आज पहिरो पन्छाए  पनि वर्षा नरोकिएकोले पुनः अवरूद्...
सेतोपाटी संवाददाता निर्माणाधिन सडक भाँसिदा पूर्वपश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ।, बुटवल र देवदह बीचमा पर्ने जंगल क्षेत्रमा निर्माणाधिन सडकमा कल्भर्ट निर्माणको लागि बनाईएको कजवे भासिएपछि आवतजावत बन्द भएको प्रहरीले जनाएको छ।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नाय...
सेतोपाटी खोटाङको रावाबेँसी गाउँपालिकामा सञ्चालन हुन लागेको जलविद्युत् आयोजना र सिँचाइ योजनाबीचको विवादले सिँचाइ आयोजनाको काम अलपत्र परेको छ।, दूधकोशी पावर कम्पनी प्रालिको प्रवर्द्धनमा सञ्चालन हुने ६.५ मेगावाटको रावाखोला जलविद्युत् आयोजना र वडा नं ६ हौँचुरस्थित हौँचुर गरा सिँचाइ आयोजनाबीचको विवादले सिँचाइ आयोजनाको काम ...
सेतोपाटी संवाददाता कैलालीमा आज (मंगलबार) देखि सबै पसलहरू निश्चित समय तोकी खुलेका छन्।, जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो पारी आजदेखि सबै पसल सञ्चालन गर्न अनुमति दिएको हो।, जसमा खाद्य सामग्री, निर्माण सामग्री, हार्डवेयर, इलोक्ट्रिनिक, भाडा वर्तन, पुस्तक पसललगायत पसल बिहान ६ देखि ११ बजेसम्म सञ्चालन हुनेछन्।, य...
युनिक श्रेष्ठ काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञालाई खुकुलो बनाइएको छ।, एक हप्ताका लागि लम्ब्याइएको निषेधाज्ञालाई काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खुकुलो बनाउने निर्णय गरेको थियो।, त्यस निर्णयसँगै योपटक मर्निङवाक र इभिनिङ वाकमा जाने व्यक्तिहरूलाई पनि नरोक्ने भनिएको छ। त्यसमा तीन प्...
नेहा झा सर्लाहीको एक गाउँमा चार दिनमा ३ जना भारतीय नागरिक र ५ नेपाली नागरिकको मृत्यु भएको छ।, ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ५ पडरिया २४ वर्षीय बलिन्द्र दास, ३९ वर्षीय दिनकर दास, ५० वर्षीय रामईश्वर पासवान, ६५ वर्षीय कैलु दास र ५० वर्षीय जुगेश्वर माझीको मृत्यु भएको हो। , यसैगरी उक्त गाउँमा रहेको चन्दन इँटा उद्योग र ने...
सेतोपाटी संवाददाता कञ्चनपुर प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा शुल्लाफाँटा नगरपालिका-१० झलारीका २४ वर्षीय महेश चौधरी र लालझाडी गाउँपालिका-२ का २५ वर्षीय रणबहादुर चौधरी छन्।, सुपप्र ०२-००३प ६७२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बेलौरी नगरपालिका-६ विद्यानगरबाट पक्राउ गरिएको कञ्च...
सेतोपाटी संवाददाता दृष्टिविहीनद्वारा दृष्टिविहीनकै लागि दृष्टिविहीन मैत्री वातावरणमा घरमै बसेर खाना पकाउने तालिम सम्पन्न भएको छ। , ५५ जनाको सहभागिता रहेको जुम तालिममा अधिकांश सहभागी दृष्टिविहीन नै थिए। , मानवताका लागि सहकार्य समाजले आयोजना गरेको तालिम नेपालकै पहिलो भएको समाजकी अध्यक्ष नविना ज्ञवालीले बताइन्।, प्रशिक्ष...
सेतोपाटी संवाददाता नेकपाको पहलकदमीमा कपिलवस्तुस्थित शिवगढीमा निर्माणाधीन जनस्वास्थ्य भवन निर्माणको लागि नेपाली जनप्रगतिशिल मोर्चा यूरोप र अमेरिकाले सहयोग गरेको छ। उक्त निर्माणाधीन भवनको प्रांगणमा आयोजित सभा र यूरोप मोर्चाको प्रायोजनमा संचालित भर्चुअल कार्यक्रमद्वारा निर्माणाधीन जनस्वास्थ्य केन्द्र निर्माण समितिलाई रकम...
सेतोपाटी संवाददाता नाबालिकालाई फेसबुक मेसेन्जरमा अश्लिल तस्वीर पठाउने र तस्वीर भिडिओ बिगारेर हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए।, प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर १७...
सेतोपाटी संवाददाता अन्नपूर्ण पोस्ट दैनिकमा काम गरेका पत्रकारहरूले बाँकी तलबभत्ता भुक्तानी र अवकाशपछिको सेवा सुविधा दिलाइदिन माग गर्दै सूचना तथा प्रशारण विभागमा निवेदन दिएका छन्।, पत्रकारहरू रामकृष्ण अधिकारी, प्रमोदकुमार गिरी, कृष्णप्रसाद मरासिनी, उमा बिष्ट, माधव छिनाल, विनय बञ्जारा, दीपककुमार घिमिरेले सोमबार विभागमा न...
सेतोपाटी संवाददाता अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ ।, पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका-६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो ।, कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च विन्दुमा...
सेतोपाटी संवाददाता धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको अनियमितताबारे आवाज उठाइरहेकाहरूलाई प्रतिष्ठान नेतृत्वले स्पष्टीकरण सोधेको घटनाविरूद्ध आन्दोलन सुरू भएको छ।  , प्रतिष्ठान धरानका फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई प्रतिष्ठानमा भ्रष्टाचार भएको विषय उठाएको भन्दै उपकुलपति...
सेतोपाटी पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ।, सप्तरीको महादेवा गाउँपालिका-२ बस्ने अनील मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।, घर नजिकै रहेको पोखरीमा आफन्तसँग नुहाउन गएकी बालिका पोखरीको डिलमा बसेर नुहाइरहेकी थिइन्।, डलबा चिप्लिएर पोख...
सेतोपाटी संवाददाता गुल्मीको इस्मामा घर भत्किँदा एक जना महिला घाइते भएकी छन्।, दुई दिनदेखि अविरल रूपमा परेको वर्षाको कारण  गाउँपालिकाकाे वडा नम्बर ५ रजस्थल मैदानका राजेश परियारकाे निर्माणाधीन घर भत्किएको हो।, घर भत्किएर च्यापिँदा परियारकी श्रीमती जानुका परियार घाइते भएकी हुन्। , भत्किएको घरले च्यापिएकी जानुकाको गम्भीर ...
युवराज श्रेष्ठ पोखराबाट धौलागिरिको चार जिल्ला जोड्ने भूपी शेरचन राजमार्ग पहिरोले अवरूद्ध भएको छ।, पर्वतको कुश्मा-२ सहस्त्रधारामा पहिरो जाँदा राजमार्ग अवरूद्ध भएको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन्। , सोमबारदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको भन्दै सिडिओ खत्रीले राजमार्ग खुलाउन प्रयास गरे पन...
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले कुनै पनि तहका सरकारहरूले आफूले सञ्चार माध्यम सञ्चालन गर्न नहुने बताएका छन्। , तुलसीपुर उपमहानगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रमका विषय वस्तुबारे सुझाव संकलन गर्न जिल्लाका सञ्चारकर्मीहरूसँग मंगलबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको आरोपमा एउटा व्यापारिक फर्मविरूद्ध मुद्दा दायर गरेको छ। , विभागले प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिसँग एक करोड दुई लाख ६० हजार रूपैयाँ बिगो, जरिवाना र कैद माग गर्दै सोमबार उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको हो। , थापाथलीको सो ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पुरूषलाई प्रहरीले सार्वजनिक गरेको छ। , कृष्णपुर नगरपालिका–४ गुलरियाका ५३ वर्षीय धनबहादुर गुरूङलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।, उनले जेठ २३ गते स्थानीय ११ वर्षीया बालिकालाई फकाएर बलात्कार गरेको भन्दै बालिकाका आफन्तले ३० गते प...
सेतोपाटी संवाददाता वर्षातका कारण पहिरो खस्दा अवरूद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। , सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने उक्त सडकखण्ड पहिरोले आज बिहानदेखि अवरूद्ध भएको थियो।, डोटीको गैरा बजारनजिक खसेको पहिरो डोजर प्रयोग गरेर हटाइएपछि सो सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ।, राजमार्ग अवरूद्ध भएपछि तराईबाट पह...
सेतोपाटी संवाददाता मंगलबार थप  २ हजार ७४५ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।, पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४९ जनामा पिसिआर परीक्षण गरिएकोमा १६८१ लाई पोजेटिभ देखिएको थियो भने ५८४१ को एन्टिजेन परीक्षण गरिएकोमा १०६४ मा पोजेटिभ द...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा मंगलबार ५४५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५४५ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ४५५, ललितपुरका ७४ र भक्तपुरका १६ जना छन्। काठमाडौं उपत्यकामा ७७८३, भक्तपुरमा २३१७ र ललितपुरमा ३२०३...
सेतोपाटी संवाददाता प्रहरीले गुणस्तरहीन ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने गोदाममा प्रहरीले छापा मारेको छ।, महानगरीय अपराध महाशाखा मीनभवनले मंगलबार भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।, मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीमा कार्यरत रामेछाप घर भई काठमाडौं नयाँ बानेश्वर बस्...
सेतोपाटी लगातार परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुबानमा परेको छ।, पर्वत, स्याङ्जा र गुल्मीको सीमानामा पर्ने पर्वतको विहादी गाउँपालिका-६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुबानमा परेको हो। , कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरूपमा ...
युवराज श्रेष्ठ बाढीका कारण मनाङ सदरमुकाम चामेका ६ घर बगाएको छ। चामे बजार क्षेत्रका घट्टेखोला र च्यट्टु खोलामा आएको बाढीले ६ घर पूर्ण रूपमा क्षति गरेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।, चामे बजारका अन्य घरमा पनि क्षति पुर्‍याएको उनले बताएका छन्। यी दुई खोलामा अहिले पनि बाढी आइरहेकाले क्षति बढ्न सक्न...
सेतोपाटी संवाददाता झापामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।, बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ राजाटोल शितल बस्तीकी ४८ वर्षीय विष्णुमाया बाँस्कोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, मंगलबार बिहान खेतमा हात्ती जानबाट रोक्न राखिएको तारमा परी उनको मृत्यु भएको हो।, बिजुलीको नाङ्गो तारमा छुन गई कर...
सेतोपाटी संवाददाता दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलबारदेखि आइसियू बेड सञ्चालनमा ल्याएको छ।, मंगलबारदेखि दश बेडको आइसियू सेवा सञ्चालन गरेको प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले जानकारी दिइन्।   , उनले तत्काल दश बेड थपेर २० शय्याको पुर्‍याउने गरी काम भइरहेको पनि बताइन्। , प्...
सेतोपाटी संवाददाता कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ।, आइतबार दोधारा चाँदनी नगरपालिका–८ का ४९ वर्षीय दुर्गा बहादुर थापालाई खेतमा धान रोपिरहेको बेला करेत सर्पले डसेको थियो। त्यसपछि उनलाई उपचारको लागि महाकाली अस्पतालमा लगिएको थियो।, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै उन...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका खानेपानी लिमिटेडले २ देखि १२ दिनको अन्तरालमा मात्रै घर-घरमा खानेपानी आउने गरी कार्यतालिका प्रकाशित गरेको छ।, कीर्तिपुर क्षेत्रमा २ दिन बिराएर पानी आउनेछ भने ललितपुर क्षेत्रमा १२ दिनको अन्तरमा पानी आउनेछ।, असार १ गतेदेखि मेलम्चीको पानी नआउने भएपछि पानी अभावले गर्दा ठाउँ हेरेर २ देखि ...
युनिक श्रेष्ठ गत साता काठमाडौंको बौद्धमा बोराभित्र भेटिएको खुट्टाको पोष्टमार्टम सकेर काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले प्रहरीलाई रिपोर्ट बुझाएको छ।, शरीरको खुट्टामात्रै भेटिएको हुँदा रिपोर्टमा अहिले 'अनडिटरमाइन्ड' भनिएको छ। यद्यपी यसबाट केही कुरा भने खुलेका छन्।, गत मंगलबार बिहान काठमाडौं महानगरपालिका...
विवेक राई काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या पछिल्लो एक महिनामा ६५ प्रतिशतभन्दा बढीले घटेको छ।, जेठको पहिलो साता दैनिक औसत २ हजार ७ सय जनालाई संक्रमण देखिएकोमा पछिल्लो एक सातायता औसत ९ सय १५ जनामा संक्रमण पुष्टि भएको हो। , संक्रमितको संख्या एक तिहाइले घट्न थालेपछि धेरैले असारदेखि उपत्यकामा निषेधाज्ञा खुल्छ भन...
सेतोपाटी बागलुङमा पाँचौं पटक निषेधाज्ञा जारी गरिएको छ।, जिल्लामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।, कोरोना सङ्क्रमणको दर नघटेपछि कोरोना सङ्कट व्यवस्थापन (डिसिसिएसी)को आइतबार बसेको बैठकले थप एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।, निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था हप्तामा चार दिन आइतबार, मङ्गल...
एजेन्सी भारतको उत्तर प्रदेशको प्रतापगढमा पत्रकार सुलभ श्रीवास्तव मृत अवस्थामा फेला परेका छन्। आइतबार राति एक इँटाभट्टाको छेउमा उनी घाइते फेला परेका थिए।, प्रहरीले यसलाई दुर्घटना भने पनि मृतकका परिवारले हत्याको आशंका गरेका छन्। यो घटनाले अहिले उत्तर प्रदेशको राजनीति पनि तातेको छ। ।, श्रीवास्तव एबिपी न्यूजका संवाददाता थ...
सेतोपाटी संवाददाता रूपन्देहीको देवदहबाट अवैध काठसहित प्रहरीले एक टिपर र तस्करीमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ।, इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलिले देवदह नगरपालिका वडा नम्बर १० चरङ्गेबाट लु २ ख ४५०१ नम्बरको टिप्परसहित चार जनालाई पक्राउ गरेको हो।, सोमबार बिहान ३ बजेतिर पक्राउ पर्नेमा टिपर चालक पाल्पाका ...
नरेन्द्रसिंह कार्की गत वर्ष दार्चुलाको व्यास गाउँपालिकाको मौराभेल क्षेत्रमा नेपाली सेनाले क्याम्प राखेर घोरेटो बाटो निर्माण गर्‍यो।, भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणको क्रममा नेपालको व्यास गाउँपालिका-१ छाङ्गरु तिङ्कर जोड्ने घोरेटो बाटो अवरूद्ध भएको थियो। भारतीय सडक निर्माणको क्रममा महाकाली खोलामा पहाडै...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा सोमबार ६०७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६०७ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ३९६, ललितपुरका १४५ र भक्तपुरका ६६ जना छन्। काठमाडौं उपत्यकामा ८१८२, भक्तपुरमा २४३४ र ललितपुरमा ३४४२...
खिलानाथ ढकाल माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य नेता दीपक पाण्डेको गोली हानी हत्यामा उनकै श्रीमती संलग्न रहेको खुलेको छ। , कपिलवस्तु नगरपालिका-१ का ३४ वर्षीय पाण्डेलाई जेठ ५ गते राति गोली हानिएको थियो। , गोली प्रहारपछि पाण्डेलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि जेठ १० गत...
सेतोपाटी संवाददाता सोमबार थप  २ हजार ९१८ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो। पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ३८ जनामा पिसिआर परीक्षण गरिएकोमा २०४९ पोजेटिभ देखिएको थियो भने ५३८१ को एन्टिजेन परीक्षण गरिएकोमा ८६९ मा पोजेटिभ देखिएको ...
सेतोपाटी संवाददाता नेपाली महिलाहरूले पनि अबदेखि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन्।, नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला सेना प्रहरी (सामान्य प्रहरी) भर्ना हुन पाउने जानकारी दिएको हो।, १० कक्षा पास गरेका, १७ वर्ष ६ महिना देखि २१ वर्षसम्मका महिला...
निर्मला घिमिरे शनिबार दिउँसो साढे दुई बजे। थापाथली चौरमा भोकाहरूको भिड बढ्दै थियो। भोकले रन्थनिएकाहरू मनकारीले बाँड्ने दाल–भातको प्रतीक्षामा थिए। , चौर नजिकै मन्दिर छेउमा सानो समूह थियो। त्यो समूह खाना खानकै लागि भोलढोका, बालकुमारीबाट थापाथली पुगेको रहेछ। पदैल हिँडेर आएका उनीहरू मन्दिर छेउ बसेर थकाइ मारिरहेका थिए। त्य...
सेतोपाटी संवाददाता काठमाडौं महानगरभित्रका विद्यालयहरूले कक्षा ८ को परीक्षाफल प्रकाशित गरेका छन्।, परीक्षा समितिको आज बसेको बैठकले महानगरपालिका अन्तर्गत कक्षा ८ मा सञ्चालित परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको हो।, २०७७ सालमा लिइएको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको महानगरका शिक्षा विभागीय प्रमुख रामप्रसाद सुवेदीले ब...
एजेन्सी सबैभन्दा ठूलो परिवार भएका व्यक्तिको मृत्यु भएको छ।, भारतको उत्तरपूर्वी  मिजोरम राज्यका ७६ वर्षीय वृद्ध जिओना चानाको आइतबार मृत्यु भएको बिबिसीले जनाएको छ।, उनका ३८ श्रीमती, ८९ छोराछोरी र ३६ नाति छन्। चानाको मृत्युको खबर मिजोरमका मुख्यमन्त्री जोरमथाङ्गाले पुष्टि गरेका थिए।, चाना डायबेटिज र उच्च रक्तचापका बिरामी ...
सबिना श्रेष्ठ टिच फर नेपाल (टिएफएन) मा लागेपछि नै हो, मोइन उद्दिनको जीवन स्थिर भएको।, त्यसअघि उनले कहिले रेडियोमा काम गरे, कहिले पत्रपत्रिकामा। विभिन्न संस्थादेखि विभिन्न व्यापारमा समेत हात हाले। टिच फर नेपालमा आएपछि भने उनी सोच्न थालेका छन्, 'अब जे गर्ने, शिक्षामै गर्ने हो।', उनले पहिलोचोटि टिएफएनअन्तर्गत सिन्धुपाल्च...
नारायण खड्का नयाँ वर्ष सुरू भएसँगै कोरोनाको 'हटस्पट' बनेको बाँकेको जनजीवन बिस्तारै सहज बन्दै जान थालेको  छ।, कोरोना भाइरसका संक्रमित हुने बिरामीको दर र मानिसहरूको मृत्युदर घटेसँगै बाँकेमा जनजीवन सहज बन्दै जान थालेको हो।, सोमबार स्थानीय प्रशासनले वैशाख ९ गतेदेखि जारी निषेधाज्ञा थपेर असार ७ गतेसम्म जारी राखे पनि आज पहिल...
सेतोपाटी संवाददाता बाजुरामा बाढीले बगाउँदा दुई जना बेपत्ता  भएको  छन्।, सोमबार किम्नी खोलामा आएको बाढीले त्रिवेणी नगरपालिका- ५ का १२ वर्षका कमल बुढा बेपत्ता भएका छन्।, यस्तै, बड्डीगाड नदीमा आएको बाढीले बुढीनन्दा नगरपालिका-३ कि ३४ वर्षीया मोतिकला लुहार बेपत्ता भएकी छन्।, दुबै जना सोमबार बिहानदेखि बेपत्ता भएका छन्। उनीह...
सेतोपाटी संवाददाता काठमाडौंबाट नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखाले सोमबार नक्कली डिएसपीलाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिए।, तार्केश्वर नगरपालिका वडा नम्बर ६ जरङ्गूस्थित भिक्टोरिया फार्मेसी सञ्चालन गर्ने ४४ वर्षीय कृष्णप्रसाद ढुं...
सेतोपाटी संवाददाता सोमबार तुलसीपुरका एक किशोरविरूद्ध जबरजस्ती करणी उद्योग र अप्राकृतिक मैथुन गरेको अभियोगमा जाहेरी परेका छन्।, जाहेरी परेपछि सोमबार नै तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का १४ वर्षीय किशोरलाई पक्राउ गरि प्रहरीले थुनामा राखेको छ।, ती किशोरविरूद्ध पीडित बालबालिकाकाले अभिभावकको सहयोगमा जाहेरी दिएको प्रहरी...
सेतोपाटी संवाददाता नोबेल शिक्षण अस्पतालमा एक व्यक्तिको शल्यक्रिया गरी पेटबाट दाँत माझ्ने ब्रस निकालिएको छ।, दाँत माझ्ने क्रममा जिब्रोको भित्री भाग सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेका मोरङको मिक्लाजुङ गाउँपालिका-४ का ३५ वर्षीय गंगा मगरको शल्यक्रिया गरी पेटबाट नोबेलका चिकित्सकले ब्रस निकालेका हुन्।, गत बुधबार दाँत माझ्ने...
सेतोपाटी संवाददाता निषेधाज्ञामा जारी हुने सवारी पासको किर्ते गर्ने दुई जना ललितपुरबाट पक्राउ परेका छन्।, प्रहरीले आइतबार बेलुकी ललितपुर महानगरपालिका वडा नम्बर १३ एकान्तकुनाबाट सवारी पास किर्ते गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।, खोटाङ मझु...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ। मनिङवाकमा आउजाउ गर्नेलाई अब प्रहरीले रोक्दैन।, पछिल्लोपटक काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले केही खुकुलो गरी असार ७ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेका थिए, जुन आदेखि कार्यान्वयनमा आएको छ।, आजदेखि खाद्या...
राजेश घिमिरे पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको खुरखुरेबाट करिब तीन किलोमिटर उत्तरतर्फ लागेपछि ग्रुप थ्री भन्ने गाउँ पुगिन्छ। नेपाली सेनाको ग्रुप थ्री ब्यारेक बसेका कारण यो ठाउँको नामै त्यही रह्यो। वरपर सेनाबाट निवृत्त भएकाको बाक्लै बसोबास छ, त्यो क्षेत्रमा।, राप्ती नगरपालिका र कालिका नगरपालिकाका पहाडी गाउँ जाने स...
सेतोपाटी आज बिहानदेखि अवरूद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ।, बिहान साढे ६ः०० बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिराले पूर्णरूपमा अवरूद्ध बनेको सडक झण्डै पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप...
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमणलाई न्यूनीकरण गर्न जारी निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दैछन्।, निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी बैठकमा बस्न लागेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए।, उनक...
सेतोपाटी गएरातिदेखिको लगातारको वर्षातका कारण जोरायल गाउँपालिका-१ गैरामा पहिरो आउँदा अत्तरिया दिपायल जोड्ने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरूद्ध भएको छ।, सडक माथिबाट आएको पहिराका कारण बिहान ६ः०० बजेदेखि राजमार्ग अवरूद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ। , पहिराले राजमार्ग अवरूद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्याव...
सेतोपाटी पर्वतका महाशिला गाउँपालिकाले मातहतका छ वटा मुख्य सडकको डिपिआर तयार गरेको छ।, गाउँपालिकाभित्र बाह्रैमास सडक सुविधा पुर्‍याउने उद्देश्यले सडक स्तरोन्नति तथा कालोपत्र गर्नका लागि छ वटा सडकको डिपिआर तयार गरेको हो।, पालिकाका सबै वडामा पुग्ने गरी ‘एक वडा, एक सडक’अन्तर्गत उक्त सडकको डिपिआर गरिएको गाउँपालिकाका प्रवक्...
सेतोपाटी संवाददाता हिजोआज सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र टिकटकमा ज्ञानेन्द्र शाहीको समूहमाथि कुटपिट भएको भिडिओ भाइरल छ।, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ करे खोलामा शाहीसहित उनको समूहमाथि शुक्रबार बेलुकी करिब ११ बजेतिर कुटपिट भएको थियो।, शाहीका समूहका केही व्यक्तिको टाउकोमा चोट लागेको छ। भिडिओमा शाही रूँ...
विवेक राई शैशव किशोर श्रेष्ठ र आश्ना शाक्य श्रेष्ठको चिनजान फेसबुकबाट भएको थियो। त्यो बेला शैशव काठमाडौंमा फोटोग्राफी गर्थे, आश्ना नेपालगञ्जको एक अस्पतालमा ल्याब टेक्निसियनको काम गर्थिन्। त्यहीबेला उनीहरू आपसमा जोडिएका थिए। , फेसबुकमा कुरा गर्दै जाँदा शैशव र आश्ना दुबै एकअर्कासँग नजिकिए। त्यहीबेला शैशवले आश्नालाई विवा...
शुरबहादुर सिंह अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ। , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको  सपनाले सार्थकता पाएको हो। बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति द...
सेतोपाटी संवाददाता बारा जिल्ला साविक अमलेखगञ्ज गाविसका तत्कालीन सचिव विजयकान्त झाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झासँग दुई लाख ८१ हजार ७३५ रुपैयाँ बिगो माग्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। , झाले आफ्नो गाविसमा आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा विनियोजित बजेटमध्ये...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञालाई अझै एक साता थप गरिने भएको छ।, आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले असार ७ सम्म निषेधाज्ञा जारी नै राख्ने निर्णय गरेका हुन्।, निषेधाज्ञा केही खुकुलो बनाइने भएको छ। विकास निर्माणका काम र कृषिका कामलाई केही सहज बनाइने भएको छ। खा...
सेतोपाटी संवाददाता आइतबार थप  २ हजार ४०७ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङमार्फत पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको जनाएको हो। पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको नमुना परीक्षण गरिएको थियो।, जसमध्ये काठमाडौं उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन्। देशभर पछिल...
खिलानाथ ढकाल काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ। , आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन्। , भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार साबिकको भन्दा आइतबार थप गरिएको निषेधाज्ञा...
सविता बुढा कैलालीको भजनी नगरपालिका-३ पकडीयापुरका रामलाल डगौराले आफ्नो उचाइभन्दा पनि अग्लो हुने गरी धारा, शौचालय र बाख्राका खोर बनाएका छन्।, उनको ठाँटीवाला (टाडे) घर छ। हरेक वर्ष बाढी घरभित्र पस्ने भएपछि उनीहरूले खाद्यान्न र महत्वपूर्ण  कागजपत्र वर्षामा ठाँटीमा राख्ने गर्छन्।, उनले चैतमै धान रोपेर अहिले भित्र्याउँदै छन...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा आइतबार ६५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६५३ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ४८३, ललितपुरका ११२ र भक्तपुरका ५८ जना छन्।, प्रवक्ता...
दीपेन्द्र शर्मा कर्णाली प्रदेशमा रहेको बेरुजुलाई व्यवस्थित बनाउन बेरुजु व्यवस्थापन प्रणाली लागू गरिने भएको छ।, वित्तीय अनुशासन,पारदर्शिता कायम, सुशासन कायम, वित्तीय सूचनामा नागरिकको पहुँच तथा आर्थिक विश्वसनीयता बढाउन बेरुजु व्यवस्थापन प्रणाली लागू गर्न लागिएको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख मानबहादुर बमले जान...
सेतोपाटी संवाददाता झापामा असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गर्दै केही व्यवसाय भने खुकुलो बनाइएको छ।, आइतबार डिसिसिएमसीको बैठकले नागरिकको जीवनलाई सहज बनाउन कृषि, खाद्यान्न, हार्डवेयर, बीउ विजन, वर्कसपमा खुकुलो बनाइएको हो।, आज सम्पन्न बैठकले खाद्यान्न, फलफूल, तरकारी माछामासु, दूध डेरी, पुस्तक पसल, हार्डवेयर पसल बिहान ६ ब...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले ६० देखि ६१ वर्ष उमेर समूहकालाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ।, भेरोसेल खोपको पहिलो मात्रा जेठ ३१ गते र असार १ गते लगाइने भएको छ।, यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएको थियो। खोप अभावपछि उक्त कार्यक्रम स्थगित गरिएकोमा अब सुरू गर्न लागिएको हो।, व...
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ।, काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर अश्विन श्रेष्ठले होटल सञ्चालन गरेको पाइएको हो।, उनले आइतबार बिहान करिब ३ बजे निषेधाज्ञाको उल्लंघन गर्दै भ...
सेतोपाटी संवाददाता अहिले धेरै सर्वसाधारणलाई मुख्य रूपमा खड्किएको विषय छ–  निषेधाज्ञामा मर्निङ वाक गर्न पाइएन।, स्वास्थ्यको दृष्टिकोणले आफूलाई चलायमान राख्न र दिनभरिको कामको बोझलाई हल्का पारी शरीरलाई पर्ने असहजतालाई मुक्ति दिन सर्वसाधारण केहीबेर हिँडडुल गरी शरीरलाई ‘रिफ्रेस’ दिन खोजिरहेका हुन्छन्। , तर, कोरोना संक्रमणद...
सेतोपाटी संवाददाता अमेरिकाको क्यालिफोर्नियामा रहेका नेपालीहरुको संस्था सन्नी सगरमाथा समाजले चितवनको चेपाङ बाहुल्य क्षेत्रमा पुगेर खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ। , राप्ती नगरपालिका १३ स्थित तापाङ पुगेर उक्त संस्थाले सहयोग गरेको हो।, कोरोना संक्रमणपछि जारी गरिएको लकडाउनका कारण रोजगारी गुमाउँदा उक्त समुदायमा अनिकाल ...
सेतोपाटी संवाददाता सात विकसित राष्ट्रको समूह ‘जी– ७’ का नेताहरूले चीनलाई टक्कर दिँदै न्यून र मध्यम आय भएका राष्ट्रहरूलाई पूर्वाधार निर्माणमा सहयोग गर्न योजना बनाउने भएको छ।, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका समर्थित राष्ट्रहरूको सहयोगमा ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार चीनको भन्दा उच्च गुणस्तरको वैकल्पिक योजनामा ...
सेतोपाटी संवाददाता रुपन्देही प्रहरीले कर्तव्य ज्यानमुद्दामा २० वर्षदेखि फरार रहेका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ।, प्रहरीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका-५ का ३० वर्षीय ऋषिकेश जैसवाल र गैडहवा गाउँपालिका-२ का ३९ वर्षीय राजकुमार केवट छन्।, जैसवाल र केवटलाई आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको ज...
सेतोपाटी संवाददाता प्रहरीले कञ्चनपुरबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका-८ का ३० वर्षीय हरिकृष्ण राना र भीमदत्त नगरपालिका-४ सुन्दरा टोलस्थित बाह्रसिंगा होटल एण्ड लजका सञ्चालक भुवन साहू छन्।, पैदल हिँड्दै गरेका रानालाई १३.‍०३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको ...
सेतोपाटी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्यांकनका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ।, राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले ...
सेतोपाटी तनहुँको व्यास नगरपालिका–व्यास ऋषिको तपोभूमि शिव पाञ्चायन मन्दिर परिसर क्षेत्रमा महर्षि वेदव्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माणको लागि आइतबार दुईपक्षीय सम्झौता भएको छ।, व्यास नगरपालिकाका तर्फबाट नगर प्रमुख बैकुण्ठ न्यौपाने, कार्यकारी अधिकृत डिल्लीराम सिग्देल र गौरी पार्वती देव एण्ड शयर तथा ऋषि शक्ति जेभी क...