content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता धनगढीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।, सोमबार बिहान से ५ प २७७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री कैलालीको भजनी नगरपालिका –१ का साधुराम डगौराको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।, उनीहरुको अवस्था गम्भीर रहे...
सेतोपाटी संवाददाता प्रारम्भ सामाजिक संस्था तथा आनी छोइङ डोल्मा फाउण्डेशनले कर्णाली प्रदेशका सबै जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ। , दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाई २/२ थानका दरले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो।, प्रारम्भ र फाउण्डेशनले सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहा...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले ६० देखि ६१ वर्ष उमेर समूहकालाई कोरोनाविरूद्ध आज (सोमबार) र भोलि (मंगलबार) खोप लगाउने भएको छ।, भेरोसेल (चिनियाँ) खोपको पहिलो मात्रा जेठ ३१ गते र असार १ गते लगाइने भएको हो।, यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएको थियो। खोप अभावपछि उक्त कार्यक्रम स्थ...
सेतोपाटी भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ।  , आजसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो।, आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी असार १५ गतेसम्म निषेधाज्ञा थप्...
सेतोपाटी संवाददाता आज देशभर ३ हजार ७५० जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। पिसिआर र एन्टिजेन गरी यस अवधिमा कुल १५ हजार १८२ जनाको नमुना परीक्षण भएको थियो।, यस अवधिमा ५ हजार २ सय २५ जना कोरोनाबाट मुक्त भएका छन्। त्यस्तै थप ६७ जना...
सेतोपाटी संवाददाता सोलुखुम्बुमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।, शुक्रबार बिहान सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ स्थित सेतोमानेमा ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।, पोखरा जाँदै गरेको ग१क ५१७३ नम्बरको ट्रकले बोकेको जेबिसी क्रेनले विद्युतको तारमा छुँदा करेन्...
सेतोपाटी संवाददाता नेपालमा शुक्रबार मनसुनी वायु प्रवेश गरेको छ। पूर्वी नेपाल हुँदै मनसुन शुक्रबार नेपाल पसेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार मनसुन प्रदेश १, २ र वागमतीमा फैलिइसकेको छ भने एक-दुई दिनमै देशभरि फैलिने छ।, यसपालिको मनसुन औसतभन्दा २ दिनअघि नै नेपाल आएको हो।  पछिल्लो समय नेपालमा मनसुन...
एजेन्सी संसारभरका मानिसको ध्यान खिचेको चिनियाँ जंगली हात्तीको समूहबाट एउटा हात्ती छुटेको छ। आफ्नो बासस्थान छाडेर गन्तव्यविहीन यात्रामा निस्केका १५ जंगली हात्तीमध्ये एउटा हात्ती शुक्रबार समूहबाट छुटेको हो। यी हात्तीहरू अहिलेसम्म ५०० किलोमिटर बढी हिँडिसकेका छन्।, चिनियाँ मिडियाका अनुसार एउटा भाले हात्तीलाई १२ किलोमिटर प...
सेतोपाटी संवाददाता धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका-६ लक्ष्मीपुरमा स्थानीय हुलास यादवले पोखरी खन्न थालेका थिए। माछा पाल्ने उद्देश्यले खनेको पोखरीमा शुक्रबार मध्याह्न साढे १२ बजे पाँच बालिका डुबेका थिए।, वर्षाका कारण पोखरीमा पानी जमेको थियो। शुक्रबार अत्यधिक गर्मी भएका कारण बालबालिका पोखरीमा नुहाउन पसेका थिए।, ...
सेतोपाटी संवाददाता निषेधाज्ञा उल्लङ्घनको आरोपमा बिहीबार पक्राउ परेका गणेश लामा दुई हजार तिरेर छुटेका छन्।, वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा रहेका लामालाई प्रहरीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएका थिए।, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले दुई हजार जरिवाना तिराएर लामालाई रिहा गरेका हुन्।...
सेतोपाटी संवाददाता शुक्रबार काठमाडौं उपत्यकामा थप १ हजार १४० जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमध्ये काठमाडौं जिल्लामा ९२१, ललितपुरमा १६३ र भक्तपुरमा ५६ जना नयाँ संक्रमित थपिएका हुन्।, हाल काठमाडौं उपत्यकामा १६ हजार ९९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये ...
सेतोपाटी संवाददाता प्रहरीले इलाममा श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, देउमाई नगरपालिका वडा नम्बर ४ चित्रेमा डेरा गरी बस्ने ४६ वर्षीया सुर्जामाया तामाङको हत्या भएको प्रहरीले जनकारी दिएको छ। उनीमाथि धारिलो हतियार दाउले प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले भोजपुरका ४५ वर्षीय ताकबहादुर तामाङलाई पक्र...
सेतोपाटी संवाददाता दाइजो नदिएको झोंकमा कुटपिट गरेको आराेपपछि सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पीडितका श्रीमान हरिपुर्वा नगरपालिका वडा नम्बर २ का जोगनारायण साह र ससुरा अनुपा साहलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।, गत वैशाख १३ गते ...
सबिना श्रेष्ठ स्कुल पढ्दादेखि नै सुनिरा रेग्मीले ठानिसकेकी थिइन्, 'भविष्यमा जे बन्छु, त्यो गणित विषयसँग जोडिएको हुनेछ।', गणितका अंक र सूत्र मनपरे पनि के बन्ने भनेर सिधा रेखा कोर्न सकिरहेकी थिइनन्। कसैले ठूलो भएर के बन्छौ भनेर सोधे रेडिमेड जवाफ भने थियो- 'पाइलट बन्ने।', उनलाई उचाइसँग डर लाग्थेन। आफ्नो सपनालाई माथि माथि...
सेतोपाटी संवाददाता राउटे समुदायका युवाले आफ्नो समुदायमा खाद्यान्न चामलको उचित व्यवस्था गरिदिन कर्णाली प्रदेश सरकारसँग माग गरेका छन्।, प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग आज भेट गरी उनीहरुले चामल सहित संरक्षणको व्यवस्था गरिदिन माग गरेका हुन्। सो अवसरमा मुख्यमन्त्री शाहीले राउटे समुदायलाई प्रदेश सरकारले आवश्यक ...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाबाट सञ्चालित दुई वटा आइसोलेन केन्द्रका लागि प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेशनले दुई वटा अत्याधुनिक फोग मेसिन सहयोग गरेको छ।, ललितपुर महानगरपालिकाको सभाहलमा शुक्रबार एक कार्यक्रमबीच फाउण्डेशनका सल्लाहकार बिसन्तर शाक्य, अध्यक्ष ईश्वर बज्राचार्य, उपाध्यक्ष प्रविन बहादुर शाक्य तथा सदस...
सेतोपाटी संवाददाता धनुषामा पोखरीमा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई प्रदेश २ सरकारले एक-एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।, धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका-६ बहेडाबेलास्थित कञ्चनपुरमा रहेको पोखरीमा डुबेर मृत्यु भएका पाँच जना बालिकाको परिवारलाई प्रदेश सरकारले उक्त राहत रकम उपलब्ध गराउने घोषणा गरेको ...
सेतोपाटी संवाददाता महोत्तरीमा घरको कुल देउतालाई आ-आफ्नो घरमा लैजाने विषयमा भएको विवादको क्रममा दाजुले भाइको हत्या गरेका छन्।, जिल्लाको लोहरपट्टी नगरपालिका भ्रमरपुरामा कुल देउतालाई लैजाने विषयमा झगडा हुँदा दाजुभाइबीच कुटपिट भएपछि गम्भीर घाइते भएका भाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिने...
सेतोपाटी संवाददाता धनुषामा घुसको रकम फालेर फरार भएका गाउँपालिका अध्यक्ष घर फर्केका छन्।, जिल्लाको बटेश्वर गाउँपालिकाका  अध्यक्ष डम्बरबहादुर राउतले सर्वोच्च अदालतले अख्तियारले गरेको सबै स्टिङ अपरेसन बदर गर्ने फैसला गरेपछि राहत पाएका हुन्।, अध्यक्ष राउत फरार भएको झण्डै तीन महिनापछि शुक्रबार साँझ घर फर्किएका हुन्।, गत फा...
सेतोपाटी संवाददाता कपिलवस्तु नगरपालिका-१ आनन्दबाग कैलाश टोलका एक व्यक्ति पक्राउ परेका छन्।, ३३ वर्षीय पूर्णवीर पाल्पाली(कुम्हाल)लाई एक थान एक नाले कुटुवा पेस्तोल र दुई थान जंगी राउण्ड गोलीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।, कपिलवस्तु नगरपालिका-१ बस्ने दिपक पाण्डेयलाई यही जेठ ५ गते साकिर पाखिन समेतले गोली हानी...
सेतोपाटी संवाददाता इलाममा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।, भोजपुर घर भई हाल इलाम देउमाई नगरपालिका-४ चित्रे डेरा गरी बस्ने ४५ वर्षीय ताकबहादुर तामाङ पक्राउ परेका हुन्।, शनिबार बिहान साढे ८ बजे उनले आफ्नै श्रीमती ४६ वर्षीया सुर्जामाया तामाङलाई दाउले घाँटीमा काटेर हत्या गरेका हुन्।, प्रहरी...
सेतोपाटी संवाददाता प्यूठानको खलंगामा सरकारी जिप दुर्घटना हुँदा शनिबार एक जनाको मत्यु भएको छ ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका अनुसार दुर्घटनामा परी जिप चालक प्रकाश आचार्यको मृत्यु भएको हो।, कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको ध१झ ५ नम्बरको उक्त जिप प्यूठानकै मल्लारानी गाउँपालिका वडा नम्बर ४ खत्रे खोलाम...
सेतोपाटी संवाददाता सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लाग्दा श्रीमान र श्रीमतीको मृत्यु भएको छ।, मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा डेरा गरी बस्ने २६ वर्षीय हेमसेर राई र निजकै श्रीमती २३ वर्षीया शर्मिला राई रहेका छन्।, शनिबार बिहान बिहान ६ ...
सविता बुढा मुक्तकमैया शिविरमा बस्ने रामलखन थारू (नाम परिवर्तन) घर बनाउनेलगायत यताउती जे पाइन्छ त्यही काम गर्छन्। , १५ वर्ष भयो उनी कञ्चनपुर जिल्ला बेदकोट नगरपालिकाको यो शिविरमा बसेको। , त्यसअघि उनी कमैया थिए। उनी जान्ने हुँदा आमा साहूको घरमा खेती, भान्सा, लुगा धुने, केटाकेटी हेरिदिने जस्ता काम गर्ने कमैया थिइन्। , आमा...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा ३३८४ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन्। सोही अवधिमा ६२९५ जना सङ्क्रमणमुक्त भएका छन्। यस्तै मृत्यु हुनेको सङ्ख्या ६१ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।, मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत २४ घण्टामा कुल १४ हजार ४९४ जनाको परीक्षण गरिएको थियो। त...
रासस उदयपुरको ताप्ली गाउँपालिका–४ पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ।, दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार बेलुकी ८ बजेतिर सिराहाको लहानबाट छुटेको बा १८च १५६७ नम्बरको बोलेरोमा सवार चारमध्ये एक जनाको मृत...
सेतोपाटी संवाददाता पहिरोले सिद्धार्थ राजमार्ग आज बिहानैदेखि अवरूद्ध छ।, बिहान करिब ६:३० बजे स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर २ भालुपहाडमा पहिरो खसेको थियो।, अविरल वर्षापछि पहिरो खसेर सडक अवरूद्ध भएको हो। पहिलोले पूर्ण रूपमा सडक अवरूद्ध भएको छ।, सडक विभागलगायतमा खबर गरेर पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको जि...
एजेन्सी अर्बपति जेफ बेजोसको ब्लु ओर्जिन कम्पनीले बनाएको न्यु सेफर्ड स्पेस रकेटमा ११ मिनेट यात्रा गर्न एक जनाले २ करोड ८० लाख डलर तिरेका छन्।, २० जुलाईमा अमेरिकाको टेक्ससबाट उड्ने उक्त रकेटमा यात्रा गर्ने टिकटका लागि शनिबार लिलामी बढाबढ भएको थियो।, २० जनाले उक्त टिकटका लागि भाउ लगाएका थिए। ४८ लाख डलरबाट सुरू भएको बोलकब...
सेतोपाटी संवाददाता बालाजुस्थित सडकमा पैदल हिँडिरहेकी महिलाको घाँटीबाट करिब एक तोला सुनको सिक्री लुटपाट भएको छ।, काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित सडकमा पैदल हिँडिरहेकी २८ वर्षीया महिलाको पौने एक तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा काठमाडौं पकनाजोल बस्ने प्यूठान झिमरुक गाउँपालिका-१ घर भएका २८ वर्षीय नवीन थापाल...
रासस पाँचथरको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।, स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो। , इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ।, घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिकरूपमा...
सेतोपाटी संवाददाता शंकर ग्यास उद्योग प्रा.लि.ले भैरहवामा अक्सिजन लिक्वीडको प्लान्ट निर्माण गर्ने भएको छ।, आइतबार उक्त प्लान्टको प्रधानमन्त्री केपी ओलीले भर्चुअल रूपमा शिलान्यास गर्ने भएका छन्।, नेपालमा पहिलोपटक शंकर ग्यासले लिक्वीड अक्सिजनको प्लान्ट निर्माण गर्न लागेको हो।, प्लान्ट दैनिक ६० टन क्षमताको निर्माण गर्न ला...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जनामा कोरोना पोजेटिभ देखिएको हो।, यो सँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमित १५ हजार ६ सय ८३ जना छन्। जसमध्ये काठमाडौंमा ९२२९, ललि...
शोभा शर्मा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न/नगराउन आदेश गरेको छ। , वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायतले दिएको रिटमाथि सुनुवाई गर्दै संवैधानिक इजलासले भनेको छ- सुविधा सन्तुलनको दृष्टिले हेर्दा अहिले नै अध्यादेश कार्यान्वयन गर्नुको औचित्य देखि...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी विकास समितिले पानी बहाव बढ्न सक्ने भन्दै असार १ गतेबाट बागमती नदी किनारमा नजान अनुरोध गरेको छ।, आयोजनाको सुरूङ परीक्षणका लागि सुरूङभित्र रहेको पानी फाल्नु पर्ने भएकोले बागमतीको बहाव बढ्ने भन्दै नदी किनारामा नजान समितिले भनेको हो।, समितिले बिहीबार विज्ञप्ति जारी गर्दै बागमती नदीसँगै ...
सेतोपाटी संवाददाता प्रहरीले कीर्तिपुरबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ।, बिहीबार बिहान कीर्तिपुर नगरपालिका वडा नम्बर ३ ढल्पा क्षेत्रबाट छालासहित दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका-१ घर भइ पाँगा बसप...
सेतोपाटी संवाददाता सोलिडारिटी फर गोविन्द केसी एलाइन्सका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।, माइतीघर मण्डलामा प्रदर्शनमा गएकाहरूलाई हस्तक्षेप गरी प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा छिरिङ तामाङ, सचिन तिमल्सिना, लोकस कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशीविक्रम कार्की छन्।, बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिइन लाग...
सेतोपाटी संवाददाता चार दिनअघि भएको हत्यामा संलग्न पाँच जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।, जेठ २३ गते रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका-४ का ३५ वर्षीय महेन्द्र यादवको हत्या भएको थियो।, पक्राउ पर्नेमा सोही वडाका २२ वर्षीय बलजित पासी, ३० वर्षीय दुर्गेश पासवान, २४ वर्षीय राकेश यादव, २० वर्षीय सञ्जय पासी र २३ वर्...
सेतोपाटी संवाददाता चौधरी फाउण्डेसनले देशकै जेठो वीर अस्पतालमा आइसियू वार्ड स्थापना गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ। कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पुर्‍याउन फाउण्डेसनले वीर अस्पतालमा आइसियू वार्ड निर्माण गरेको हो।, चौधरी फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले व...
सेतोपाटी संवाददाता कोरोना भाइरसका तीन हजार ७ सय ४९ नयाँ संक्रमित थपिएका छन्।, आज बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ९ हजार ९ सय १ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ८ सय ७४ जना र ५ हजार तीन सय ३७ जनामा एन्टिजेन परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा क...
सेतोपाटी संवाददाता गणेश लामालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ।, निषेधाज्ञाका बेला काठमाडौंबाट अचानक पोखरा आएका लामालाई लेकसाइडको एक रेष्टुरेन्टबाट नियन्त्रणमा लिइएको हो। , लकडाउनका बेला कसरी, किन पोखरा आएको हो भन्ने विषयमा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख (एसपी) जीवन श्रेष्ठले जानकार...
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा १७ लाख ७० हजार रूपैयाँ जरिवाना र दस दिन कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।, झापा मेचीनगर-७ का ४१ वर्षीय पुष्पराज ढुंगानालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो।, उच्च अदालत विराटनग...
सेतोपाटी काठमाडौँ उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने  भएका छन्।, मेलम्ची खानेपानी विकास समितिले असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो।, समितिले बिहीबार सूचना जारी गर्दै मेलम्ची नदी, सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रमा र बाग्मती नदीमा स...
सेतोपाटी संवाददाता प्रदेश आयुर्वेद अस्पताल सुर्खेतमा कार्यरत् दुई जना डाक्टरमाथि हातपात भएको छ।, अस्पतालका इञ्चार्ज समेत रहेका डा. शंकरप्रसाद रिजाल र डाक्टर यादवप्रसाद उपाध्यायमाथि बिहीबार बेलुका हातपात भएको हो।, उनीहरूमाथि हातपात गर्ने तीन जना पक्राउ परेका छन्। ती सबै १८ वर्षमुनिका रहेको जिल्ला प्रहरी कार्यालय सुर्खे...
सेतोपाटी संवाददाता बिहीबार बिहानै बेलबारी नगरपालिका-१० भाउन्नेस्थित जंगलमा एउटा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दियो।, प्रहरीका अनुसार बिहान सवा ६ बजे प्रदेश नं. .१-०२-०४१ प ८८८७ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो।, मोटरसाइकलमा सुन्दरहरैंचा नगरपालिका-९ का चेवनकुमार धमला र खेम भट्टराई सवार दिए।, इलाका...
सेतोपाटी संवाददाता काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको खोप कार्यक्रम स्थगित हुने भएको छ।, गएको मंगलबारदेखि महानगरको ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित हुनपुगेको हो।, काठमाडौं महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले...
सेतोपाटी चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।, निकुञ्जको चोरी शिकार नियन्त्रण एकाइले खड्कबहादुर गुरुङलाई गैंडाकोटबाट पक्राउ गरेको हो।, निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैंडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनीका ३२ वर्षीय मिनबहादुर भनिने खड्कबहादुर गुरुङलाई पक्राउ गरि...
एजेन्सी फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा थप्पड हान्ने युवकलाई अदालतले चार महिना जेल सजाय सुनाएको छ। , २८ वर्षीय दामियन तारेलले मंगलबार एक सार्वजनिक समारोहमा राष्ट्रपति म्याक्रोंको गालामा थप्पड हानेका थिए। थप्पड हान्नासाथ सुरक्षाकर्मीले उनलाई पक्राउ गरेका थिए। , भ्यालेन्सको एक अदालतले बिहीबार उनलाई सार...
सेतोपाटी संवाददाता पाँचथर हिलिहाङ गाउँपालिका-१ मा रहेको अरुण भ्याली हाइड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाइपले लागेर मृत्यु भएको छ।, मृत्यु हुनेमा गुल्मी सत्यवती गाउँपालिका २ का २९ वर्षीय मोहन राहादी मगर रहेका छन्।, बिहीबार बेलुका ५ बजे साढे तीन मिटर गोलाई भएको अन्दाजी चार टन वजन भएको फलामको पाइप बा३क ३८४५ न...
नारायण खड्का एटलस साइकलको पछाडि क्यारियरमा छिटनी छ। त्यो खस्न नपाओस् भनेर साइकलकै ट्युबले बाँधिएको छ।, छिट्नीभरि बोडी छ। भागिराम चौधरीले ल्याएको भिन्डी भने बिक्री भइसकेको रहेछ।, बिहीबार बिहान साढे ८ बजेतिर उनी सदनेवा गाउँमा तरकारी बेच्दै थिए।, तुलसीपुर उपमहानगरपालिका-१६ स्थित सदनेवा गाउँमा आउन उनले झन्डै १६ किलोमिटरक...
सेतोपाटी संवाददाता कञ्चनपुरमा वियर खुवायर १९ वर्षकी किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।, अर्का एकजना फरार रहेका छन्।, बेदकोट नगरपालिका–४ की ती किशोरीलाई बिहीबार अपरान्ह ४ बजेतिर नजिकैको जंगलमा लगेर जवरजस्ती करणी गरेको उजुरी प्रहरीकोमा परेको छ।, त्यसैका आधारमा बेदकोट–६ का २३ बर्षे धनबहादुर ...
सेतोपाटी संवाददाता केही दिनयता चीनमा वासस्थान छोडेर यात्रामा निस्किएका जंगल हात्तीको संसारभरि चर्चा छ। १५ वटा चिनियाँ हात्ती अहिलेसम्म ५ सय किलोमिटरभन्दा बढी हिँडिसकेका छन्।, चिनियाँ हात्तीको चर्चा भइरहेका बेला  नेपालको बर्दियामा पनि हात्तीको त्यस्तै लर्को देखिएको छ।, बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा पर्ने शिव साम...
रासस डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप००१००१च २६१५ नंको महेन्द्रा बोलोरो जीप आज बिहान करिब ४.४५ बजे दुर्घटन...
सेतोपाटी संवाददाता दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा प्रहरीको भ्यानले ठक्कर दिँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।, काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँके ल्याउँदै गरिएको लु अ च ५३३४ नम्बरको प्रहरीको भ्यानले बिहीबार राति करिब १२ बजे भे १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, मोटरसाइकल चाल...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएको छ।, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ।, हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।, ‘कोरोना संक्रमणदर उल्लेखनीय रूपमा ...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन्।, शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले आयोगको बैठक बोलाएको आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले बताए।, यो बैठकमा अरू एजेन्डा नभएका कारण बिएन्डसी प्रस्तावित मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउने नबढाउनेबारे छलफल हुने दाबी गरिएको छ...
सेतोपाटी संवाददाता भेरी नदीमा बगेर बेपत्ता भएकी रुकुम पश्चिमकी १६ वर्षीया दीपा डाँगीको अवस्था २४ घन्टा बित्दा पनि अज्ञात छ।, बुधबार बिहानैदेखि उनको खोजीको लागि जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाका नदी सिमाना क्षेत्रका प्रहरी परिचालन भएका छन्।, जाजरकोट जिल्लाको कुदु प्रहरी चौकी, मटेला प्रहरी चौकी र छेडागाड प्रहरी चौ...
रासस कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको छ।, यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ।, जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक रु ५०० दिनेगरी ‘कृषक पेन्सन’ कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सारेको छ।, ‘गोठालो भत्ता’ कार्यक्र...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले उक्त अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटनसँगै आईसोलेशन सेन्टरको निरीक्षण गरेको हुन् । काठमाडौं लोकन्थलीस्थित मुनरक ईन्...
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका-६ स्थित विष्णु चलचित्र मन्दिरको प्राङ्गणमा एक जना किसान गाई-भैंसी चराइरहेका थिए।, सामान्य समय हुन्थ्यो त यहाँ सिनेमा हेर्न आउने मानिसको चहलपहल हुन्थ्यो। यतिखेर कोभिड-१९ का कारण निषेधाज्ञा छ।, ‘मानिसको उपस्थिति नहुँदा सिनेमा हलको प्राङ्गणभरि झारपात उम्रिएको छ। त्यो घाँसभित्र सर्पलगा...
सेतोपाटी संवाददाता निषेधाज्ञाका बेला मजदुरी गर्न नपाएर भोकै रहेकाहरूलाई खाना खुवाउन काठमाडौंको नयाँ बसपार्क र माछापोखरी क्षेत्रमा नि:शुल्क खाना वितरण गरिएको छ।, हरेक दिन बिहान र साँझमा खाना वितरण गरिएको छ। खानाको व्यवस्थापन नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीलगायतले गरेका छन्। उक्त टिममा ऋषि कोइराला, सुमन गिरी र ...
सेतोपाटी संवाददाता प्रहरीले मोरङ केराबारीबाट पेस्तोल तथा गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा केराबारी गाउँपालिका-९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका-२ लालभित्तीका ४१ वर्षीय पदमकुमार लिम्बु रहेका छन्।, प्रहरीले गणेश लिम्बुको घरबाट प्रहरीले कटुवा पेस्तोल, थ्री नट थ्री राइफलको थोली पाँच...
सेतोपाटी संवाददाता कैलालीमा आफ्नै साथीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, मंगलबार प्रहरीले कैलारी गाउँपालिका वडा नम्बर ४ घर बताउने ३९ वर्षीय सोमबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। , उनीमाथि लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतिपुरस्थित डेरामा बस्ने ३६ वर्षीय वि...
सेतोपाटी संवाददाता तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा अक्षयकोष घोषणा गरिएको छ। रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनको गएको जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो। , स्व. श्रेष्ठको स्वर्गारोहण भएको १३ ...
सेतोपाटी संवाददाता रौतहटबाट प्रहरीले ३० लाख ७६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।, बुधबार बिहान परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, भारतको मोतिहारी घोडासहन बस्ने २२ वर्गीय बान्टीकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको हो।, भा...
सञ्चिता घिमिरे वर्षाका कारण बाढी र पहिराले अवरोध पुर्‍याउँदा सडक तुरुन्त खुलाउन सडक विभागले तयारी शुरु गरेको छ । कोभिड–१९ विरुद्धको खोप, औषधि, अक्सिजनलगायतका स्वास्थ्य सामग्री आउने सडकलाई लामो समय अवरुद्ध हुन नदिने गरी तयारी गरिएको विभागले जनाएको छ । यस वर्ष विगत वर्षभन्दा भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभाग...
सेतोपाटी संवाददाता प्रहरीले ललितपुरबाट जेठ १६ लागुऔषधसहित तीन जनालाई पक्राउ गर्‍यो।, पक्राउ पर्नेमा जावलाखेल भलिबल क्लबका म्यानेजर बताउने अनुप श्रेष्ठ, कोर्तो गुरूङ र अम्रिता खड्का छन्। ललितपुर महानगरपालिका कुमारीपाटीबाट पक्राउ परेका उनीहरू अहिले ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलको हिरासतमा छन्।, पक्राउ पर्नेमध्य...
सेतोपाटी संवाददाता प्रहरीले कञ्चनपुरबाट बिना इजाजतका काठ बरामद गरेको छ।, गैरकानुनी रुपमा फर्निचर उद्योगमा काठको कारोबार हुने गरेको सूचनाका आधारमा प्रहरीले भीमदत्त नगरपालिका-१० को फर्निचर उद्योगबाट काठ बरामद गरेको हो।, रमेश भट्टले सञ्चालन गरिरहेको फर्निचर उद्योगबाट मंगलबार ३४०.४१ क्युबिक फिट आँप, टुडी, मसाला र सिसम जात...
सबिना श्रेष्ठ मान्छेको होहल्ला होइन, जनावर, कीरा, चरा र प्रकृतिको आवाज सुन्दै म सरस्वती मन्दिरबाट स्वयम्भू स्तुपतिर उक्लिएँ।, सुनसान स्वयम्भू परिसर फन्को लगाएर फर्किन मात्र लागेकी थिएँ, दुई जना हरियो र पारदर्शी भाँडोमा खाना लिएर आए। एक जना पछिपछि भिडिओ खिच्दै थिए।, उनीहरू आउनेबित्तिकै कुकुरहरू हुल बाँधेर वरिपरि झुम्मि...
सेतोपाटी संवाददाता ‘एकका लागि एक’ अभियाननले स्थापना गरेको अक्सिजन बैंक झापामा बुधबारदेखि सञ्चालनमा आएको छ। बैंक सहारा नेपालको चारपानेस्थित कार्यालयमा छ।, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले अक्सिजन बैंकको उद्घाटनपछि यसले पूर्णता पाएको हो।, कोरोनाको दोस्रो लहरमा अक्सिजन सिलिन्डर अभावलाई मध्यनजर गर्दै ए...
पूर्णप्रसाद मिश्र गणेशमान सारनाथ नगरपालिका–३ धनुषाका इन्द्रजीत साफीले साहुसँग पाँच लाख ऋण लिएर इन्जिनीयरिङ अध्ययन गरे। अध्ययन पूरा गरेपछि निजीस्तरबाट सञ्चालित जलविद्युत् आयोजनामा काम गर्न शुरु गरेको केही समयमा उनीसँग नागरिकता माग गरियो। नागरिकता पेश गर्न नसकेपछि साफीले पाएको रोजगारीबाट हात धुनुपर्‍यो। अध्ययन गर्न लिएक...
एजेन्सी दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० जना सन्तानलाई जन्म दिएकी छन्।, दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले  ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पताल  सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका छन्।, गाउटेङ प्रान्तको सामाजिक विकास विभागले पनि ती महिलाले १० सन्तान पा...
सेतोपाटी संवाददाता नगरक्षेत्र भित्रका खोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन गर्न बन्द गरेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अन्तबाट ल्याइने नदीजन्य वस्तु घाटगद्दी (संकलन) गर्न समेत रोक लगाएको छ। , नगरपालिका भित्रका खोलाहरुको उत्खनन् बन्द गर्नुको साथै अरु पालिका तथा जिल्लाबाट समेत नदीजन्य पदार्थ नगरक्षेत्र भित्र घाटगद्दी ...
सेतोपाटी संवाददाता प्रहरीले जुवा खेलेको आरोपमा पक्राउ परेका ६ जनाविरूद्ध जबरजस्ती करणीको मुद्दामा पनि अनुसन्धान अघि बढाएको छ। , जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार दिउँसो जुवा खेल्ने पाँच जनालाई नियन्त्रणमा लिएको थियो। , पक्राउ पर्नेमा ४० वर्षीय रुस्तम कोइराला, ५४ वर्षीय अमर प्रधान, ४० वर्षीय प्रकाश मानन्धर, ३३ ...
सेतोपाटी संवाददाता बुधबार थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, यस अवधिमा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गरिएको हो। , त्यस्तै यस अवधिमा ५ हजार ७६८ जना कोरोनाबाट मुक्त ...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने होटल सञ्चालकलाई २५ हजार रूपैयाँ जरिवाना तिराइएको छ।, निषेधाज्ञा अवधिमै होटल सञ्चालन गरेको आरोपमा अर्जुनधारा-११ बुट्टाबारीको सुक्रात होटल तथा लजका सञ्चालक मोहनकुमार प्रसाईंलाई जरिवाना तिराइएको हो। उनलाई इलाका प्रहरी कार्यालय विर्तामोड...
नारायण ढुंगाना मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ।, गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति व्यहोरेको मुलुकसामू सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविदले ...
शरद शर्मा नेपालमा कोभिड–१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआइएस–सी) को सङ्क्रमण देखिएको छ। यो बालबालबालिकामा देखिने कोभिड–१९ को सङ्क्रमणपछिको जलिटलता हो।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको तेस्रो र चौथो लहरमा एमआइएस–सी सङ्क्रमण देखिने जनाएको छ।, ए...
सेतोपाटी संवाददाता काठमाडौं महानगरभित्र दुई दिनमा १८ हजार पाँच सय जनाले कोरोनाविरूद्ध खोप लगाएका छन्।, काठमाडौं महानगरभित्र ३२ ठाउँमा खोप केन्द्र छ। जेठ २५ देखि खोप लगाउन सुरू गरिएकोमा जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्छ।, अहिले ६० देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाइएको छ। महानगरका मेयर विद्यासुन्दर शाक्यले एक लाख जनाल...
सेतोपाटी संवाददाता भेरी नदीमा बगेर बेपत्ता भएकी रूकुम पश्चिमको चौरजहारी नगरपालिका- १२ दुरनेटाकी १६ वर्षीया दीपा डाँगीको शव फेला परेको छ।, चौरजहारी नगरपालिका-३ स्थित भेरी नदीमा बिहीबार बिहान साढे ८ बजेतिर उनको शव फेला परेको जाजरकोटका डिएसपी  मधुकुमार थापाले जानकारी दिए।, मंगलबार दिउँसो भेरीमा रामबहादुर डाँगी  बगेपछि दी...
एजेन्सी पछिल्लो समय दैनिक कोरोना संक्रमित घटिरहेको भारतमा बुधबार एकैदिनमा ६ हजार बढी मानिसको मृत्यु भएको तथ्यांक बिहीबार बिहान सार्वजनिक भयो।, सन् २०१९ को अन्तिमदेखि फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म कुनै पनि देशमा एकैदिन यति धेरै मानिसको मृत्यु भएको छैन।, कोरोनाको दोस्रो लहरबाट तंग्रिन थालेको भारतमा एकैदिन सबै रेक...
रासस भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा: विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ।, भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ। यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ।, मङ्गलबार दिउँसो व्यास गाउँपालिका–२ को कल्जु...
एजेन्सी म्यानमारमा एक सैनिक जहाज दुर्घटना भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बिहीबार बिहान  म्यानमारको दोस्रो ठूलो सहर मन्डालयनजिकै सैनिक जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।, जहाजमा को-को थिए भन्ने खुलिसकेको छैन। १६  सिटे उक्त जहाजमा ६ जना सैनिक अधिकारी पनि सवार थिए। , म्यानमारको सेनाले गत फेब्रुअरी १मा जन...
भगवती पाण्डे गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रवेशद्वारको रूपमा रहेको रुपन्देहीको सिद्धार्थनगर क्षेत्रको सडकमा बुद्धमूर्ति राख्ने काम भईरहेको छ। सडक तथा हवाईमार्गबाट समेत लुम्बिनी आउने पर्यटकलाई सिद्धार्थनगर क्षेत्रमा प्रवेश गर्दा नै बुद्धजन्मस्थलको अनुभूति दिलाउनेगरि मुख्य सडकको डिभाईडरमा बुद्धमूर्ति राखिएको नगरपालिका...
सेतोपाटी संवाददाता काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले असपतालमा नवनियुक्त मेडिकल स्टाफका लागि बेसिक कार्डियाक लाइफ सपोर्ट (बिएलएस) कार्यशाला सञ्चालन गरेको छ ।, अस्पतालको मानव संसाधन विभाग तथा नर्सिङ विभागको नियमित कार्यक्रम सिएनई अन्तर्गत सञ्चालन गरिएको बिएलएस कार्यक्रममा बेसिक लाइफ सपोर्टसँगै क्रिट...
सेतोपाटी संवाददाता वरिष्ठ चिकित्सक गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत सम्बन्धनको प्रक्रिया अघि बढाइए सत्याग्रह गर्ने चेतावनी दिएका छन्। , चिकित्सा शिक्षा आयोगमा बिएन्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया विचाराधीन छ। काठमाडौं विश्वविद्यालयले सम्बन्धन अघि बढाउन सिफारिस गरेपछि त्यसबारे निर्ण...
सेतोपाटी संवाददाता ताप्लेजुङका दुर्गम तथा हिमाली गाउँसहित सबै स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर सहितका स्वास्थ्य सामग्री वितरण गरिएको छ। हिमालयन डेभलपमेन्ट फाउण्नेसन अष्ट्रेलिया लगायतका संस्थाले स्वास्थ्य सामग्रीहरु वितरण गरेको हो। , जिल्लाको नौ वटै स्थानीय तह र दुर्गम हिमाली गाउँहरु ओलाङ्चुङगोला, घुन्सा र पापुङलाई उ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आजबाट सुरू ६० देखि ६४ वर्ष उमेर समूहका करिब १ लाख नागरिकलाई कोरोनाविरूद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने लक्ष्य लिएको बताएका छन्।, ‘काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आजबाट खोप अभियान सञ्चालन भएको छ...
सेतोपाटी संवाददाता विराटनगरमा गत बिहीबार मजदुरको ज्यान लिने गरी भएको कार दुर्घटनाका आरोपी रहेका सांसदका छोरा रविन कार्कीविरुद्ध  सवारी ज्यान मुद्दामा प्रहरीले ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरू गरेको छ।, प्रहरीले सोमबार जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको हो। प्रहरीले ७ दिने म्याद थपको मा...
राजेश घिमिरे चितवनको राप्ती नगरपालिका-१३ कालिटारका शिव चेपाङ भरतपुरमा घरमा रङ लगाउने काम गर्थे। वैशाखको मध्यतिर निषेधाज्ञाको जानकारी पाएपछि हतार-हतार घर फर्किएका उनी काममा फर्कने दिनको प्रतीक्षामा छन्।, ‘त्यही कामले परिवार पाल्दै आएको थिएँ,’ उनले सुनाए, ‘गाउँमा काम छैन, खाने कुरा पनि छैन।’, भर्खरै गेडा लाग्न लागेको हर...
नेहा झा महोत्तरीमा गए राति गोली चलेको छ। अज्ञात समूहले चलाएको गोली लागेर एक जना महिला घाइते छिन्।, लोहारपट्टी नगरपालिका वडा नम्बर ६ मा गोली चलेको हो। स्थानीय रामशरण साहको घरमा करिब ५/६ जनाको समूहमा आएका लुटेराको समूहले गोली चलाएको प्रहरीले जनाएको छ।, उनीहरूले साहको घरमा लुटपाट पनि गरेका छन्। नगदसहित करिब एक लाख बराबरक...
सेतोपाटी संवाददाता मोरङको बेलबारी नगरपालिका-५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङ लागेर मृत्यु भएको छ।, सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा चट्याङ पर्दा चौधरी बेहोस भएका थिए।, उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएक...
भगवती पाण्डे रूपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रादेशिक बस टर्मिनल निर्माण हुने पक्का भएको छ। संघीय सरकार र प्रदेश सरकारको सह-लगानीमा निर्माण गर्ने भनिएको प्रादेशिक बस टर्मिनलको लागि संघीय सरकारले बजेट सुनिश्चित गरेपछि निर्माण हुने पक्का भएको हो।, नगरपालिकाकाको वडा नं. १३ र १४ टिकुलगढमा निर्माण हुने प्रादेशिक बस टर्म...
एजेन्सी अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सोमबार अल्जाइमर्सका बिरामीले प्रयोग गर्न एउटा औषधीलाई ससर्त अनुमति दिएको छ।, अमेरिकाले एडुहेम नामक उक्त औषधीलाई दिएको अनुमति अल्जाइमर्सको उपचारका लागि ब्रेकथ्रुमात्रै होइन यसले संसारभरि करोडौं मानिसलाई नयाँ आशा देखाएको छ। किनकी पछिल्लो समय मस्तिष्कसम्बन्धी यो र...
खिलानाथ ढकाल काठमाडौं महानगरपालिका-६ बौद्धस्थित बौद्ध प्लानिङ क्षेत्रबाट मंगलबार बिहान प्रहरीलाई फोन आएको थियो।, जलेको अवस्थामा एउटा खुट्टा फेला परेको खबर बौद्ध प्रहरीमा गएको थियो।, महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार दुबो टिप्न जाँदा एक महिलाले जलेको खुट्टा देखेकी थिइन्।, फोहोर फाल्ने ठाउँमा बोरामा पोको पारेर खुट्टा...
सेतोपाटी संवाददाता जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।, जर्मन सरकारले पठाएको स्वास्थ्य सामग्री मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  , विमान स्थलमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि जर्मनका राजदूत रोल्यान्ड शेफरले स्वास्थ्य तथा जनसंख्...
सेतोपाटी संवाददाता कोरोना महामारीले धेरैको सक्रियता घटेको छ। मान्छेहरू रोगको डर र सरकारी आदेशका कारण एकै ठाउँ बसेको बस्यै गर्न बाध्य छन्। यो शारीरिक निष्क्रियताले दीर्घकालीन समस्या ल्याउने विभिन्न अध्ययनले देखाएका छन्।, महामारीबारे अध्ययन गरेका विज्ञले यसरी बसेको बस्यै गर्ने प्रवृत्ति र मृत्युको आपसी सम्बन्ध केलाएका थ...
निशा भण्डारी भक्तपुरको सूर्यविनायक नगरपालिकामा खोप लगाउन माग गर्दै युवाहरूले विरोध गरेका छन्। उनीहरूको विरोधपछि केहीबेर सेवा अवरूद्ध भएको छ।, नगरपालिका वडा नम्बर ५ कटुञ्जेस्थित स्वास्थ्य चौकीमा उमेर समूहमा नपरेका युवा पनि लाइनमा बसेर स्वास्थ्यकर्मीमाथि नै दुर्व्यवहार भएपछि सेवा अवरूद्ध भएको हो।, स्वास्थ्यकर्मी, स्वयंम...
सेतोपाटी संवाददाता वैशाख १७ गतेदेखि दाङमा जारी निषेधाज्ञा केही खुकुलो पर्ने निर्णय भएको छ।, मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले असार १ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको भए पनि केही खुकुलो पार्ने निर्णय गरेको हो।, दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले यसअघि हप्तामा दुई दिन आल...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरघरमा राखिएका खाली अक्सिजन सिलिण्डर सम्बन्धित उद्योगलाई फिर्ता गरिदिन अनुरोध गरेको छ।, मन्त्रालयले सूचना जारी गर्दै घरमा, टोलमा र विभिन्न आइसोलेसन सेन्टर तथा अस्पतालहरूमा रहेका खाली सिलिण्डर उद्योगलाई फिर्ता गर्न आग्रह गरेको हो।, मन्त्रालयले अक्सिजन सिलिण्डरहरू दे...
सेतोपाटी संवाददाता पाँचथरमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, मंगलबार बिहान साढे ९ बजे हिलिहाङ गाउँपालिका वडा नम्बर ७ टारीस्थित मेचिराजमार्गमा झापाबाट ताप्लेलुङ जाँदै गरेको पिकअप गाडी दुर्घटनामा परेको हो।, प्रदेश नम्वर १ - ०१-००१ च ७६९१ नम्बरको पिकअप गाडी सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्याल...