content
stringlengths
20
64.1k
निशा भण्डारी सरकारले आज (मंगलबार) देखि देशैभरी खोप अभियान सञ्चालन गरेको छ। , ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई लक्षित गरी यो खोप अभियान सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ। केही दिन अघि मित्रराष्ट्र चीनले नेपाल सरकारलाई सहयोग स्वरुप दिएको १० लाख डोज खोप उपलब्ध गराएको थियो ।, स्वास्थ्य तथा जनसंख्...
एजेन्सी पछिल्लो समय चीनमा बासस्थान छोडेर हिँडेका हात्तीको चर्चा संसारभरि भइरहेको छ। १५ वटा हात्ती आफ्नो बासस्थान छोडेर अहिलेसम्म ५ सय किलोमिटर हिँडिसकेका छन्।, उनीहरू कहाँ जान हिँडेका हुन् भन्ने पत्तो छैन। पछिल्लो समय भने हिँड्दाहिँड्दै थाकेका हात्ती सुस्ताएको भिडिओ र तस्बिरले चीनभित्र र बाहिर सामाजिक सञ्जाल प्रयोगकर्...
विवेक राई खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई अहिले गाउँमा रहेका संक्रमितलाई आइसोलेसन पुर्‍याउन पिपिई लगाएर आफैं अघि सर्छन्। गाउँका मान्छेहरू पनि अप्ठेरो पर्‍यो कि उनै अध्यक्षलाई फोन गर्छन्।, गत जेठ १४ गते गाउँपालिका-२ डाँडागाउँस्थित होम आइसोलेसनमा रहेकी एकजना संक्रमित महिला बेहोस भइन्। लगत्तै...
सुशीला रेग्मी पाल्पाको रामपुर नगरपालिका–३ गण्डकीढिक बस्ने ९२ वर्षीय नामदेव न्यौपानेले कोरोनालाई परास्त गरी घर फर्केपछि उनका परिवार, इष्टमित्र सबै खुशी छन्। घरमै आइसोलेशनमा करिब २२ दिन उच्च आत्मबल र अनुशासनका साथ बसेका न्यौपानेको अनुभव यतिखेर बालबालिकादेखि बृद्धसम्म सबैका लागि प्रेरणाको स्रोत बनेको छ ।, उमेरले नौ दशक क...
सेतोपाटी संवाददाता प्रहरीले रुपन्देहीका खोलानाला दोहनमा  संलग्न दुई वटा एक्साभेटरसहित टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ।, इलाका प्रहरी कार्यालय बुटवल, रन्यौरा र धकधईबाट खटिएको प्रहरी टोलीले रुपन्देहीका विभिन्न खोलानालाबाट एक्साभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिएको हो।, नियन्त्रणमा लिइएका एक्साभेटरमा बा२क ७४५५ र लु...
नारायण ढुंगाना विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ।, गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि...
सेतोपाटी संवाददाता नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको हो।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४...
एजेन्सी संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र युरोपियन युनियनका अधिकारीहरूले आफैंले बनाएको एप दिएर संसारभरिबाट विभिन्न अपराधमा संलग्न ८ सय बढीलाई पक्राउ गरेका छन्। ।, अमेरिकाको संघीय जाँच ब्युरो(एफबिआइ)ले विभिन्न देशका अपराधीलाई मेसेजहरू गोप्य हुने एएनओएम नामक एप ल्याएको थियो। त्यो एपका मेसेजहरू गोप्य हुने विषेशताका का...
सेतोपाटी संवाददाता बन्दुक, बञ्चरोलगायतका हतियार देखाएर लुटपाट गरेको घटनामा २०४० सालदेखि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। , पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका-३ का ५५ वर्षीय लालबहादुर लुकारलाई प्रहरीले पक्राउ गरेको हो।, राष्ट्रिय वाणिज्य बैंकमा रकम जम्मा गर्न जाने क्रममा लारी डिस्टीलरीका कर्मचारीलाई लु...
सेतोपाटी संवाददाता मंगलबार दिउँसो संसार प्रतिष्ठित मिडिया न्युयोर्क टाइम्स, द गार्डियन, फानान्सिय टाइम्सलगायतका वेबसाइट खुलेनन्। संसारभरि नै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र व्यापारिक तथा सरकारी कार्यालयका वेबसाइट नखुलेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ।, द गार्डियनले आफ्नो ट्विटर ह्यान्डलबाट वेबसाइट र एपमा केही स...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा नेपालमा थप ५१५३ जनामा कोरोना पोजेटिभ देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १७६७६ परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, १२ हजार ६५ वटा पिसीआर परीक्षणबाट ३८७० र ५६११ एन्टिजेन परीक्षणबाट १२८३ जनामा कोरोना पोजेटिभ देखिएको हो।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अधवध...
रासस इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा मृत्यु भएको छ।, ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राईको मंगलबार मृत्यु भएको हो।, दुवैले गत शनिबार इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए।, जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी...
नारायण खड्का रूकुम पश्चिमकी एक बालिकाको भेरी नदीमा डुबेर ज्यान गएको छ। अर्की एक किशोरी बेपत्ता छिन् भने एक किशोर घाइते छन्। , रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. १२ दुरनेटाका अमर डाँगीकी ११ वर्षीया छोरी गीताको नदिमा डुबेर मृत्यु भएको हो। उनकी १६ वर्षिय दिदी दिपा बेपत्ता छिन्।  उनीहरूका १७ वर्षिय दाजु घाइते छन्।,...
एजेन्सी पाकिस्तानमा दुइटा ट्रेन जुध्दा कम्तिमा ३० जनाको मृत्यु भएको छ।, सोमबार घोट्की जिल्लाको धार्की सहर नजिकै यात्रुवाहक ट्रेन आपसमा जुध्दा कम्तिमा ३० जनाको मृत्यु भएको पाकिस्तानी समाचार पत्र डनले जनाएको छ।, दुर्घटनामा परी ५० जनाभन्दा बढी घाइते छन्। पाकिस्तान रेलवेज प्रवक्ताका अनुसार कराचीबाट सरगोधा जाँदै गरेको मिल्...
नारायण खड्का साँझको पाँच बज्दै थियो। दाङको तुलसीपुरमा घाम-पानी परिरहेको छ । त्यही बीचमा  नारायण गौतम अटो चलाएर  वीरेन्द्र चोकतर्फ लागे।, अटोमा गाई गोरूका लागि घाँस र कुकुरको लागि मासु भात राखिएको थियो। दुई तीन जना अटोमा बसे। बाँकी केहीले मोटर साईकलमार्फत अटो पच्छ्याए।, घोराही चोक नकिजै सुनसान सडक पेटीमा खैरो रंगको एउट...
सेतोपाटी संवाददाता नेपाल प्रहरीको साइबर ब्यूरोले फोटो र भिडिओ सम्पादन गरेर दुरूपयोग नगर्न अनुरोध गरेको छ।, सोमबार ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले सूचना जारी गर्दै फोटो/भिडिओलाई सम्पादन गरेर दुरूपयोग नगर्न भनेका हुन्।, पछिल्लोसमय फेसबुक, टिकटक, युट्युब लगायतमा विभिन्न व्यक्तिहरूको फोटो, भिडिओ दुरूपयोग ग...
सेतोपाटी संवाददाता हिजो (आइतबार) डेनमार्कले नेपाललाई कोरोनाभाइरसविरूद्धको १४ लाख डोज खोप अनुदानमा दिने भन्ने खबर बाहिर आयो। स्वास्थ्य सेवा विभागका व्यवस्थापन प्रमुख भीमसिंह तिंकरीले डेनमार्कले नेपाललाई उक्त खोप दिन लागेको जानकारी दिए।, यसबारे स्वास्थ्य मन्त्रालयलाई भने ठोस जानकारी छैन। मन्त्रालयका प्रवक्ता डाक्टर कृष्...
सेतोपाटी संवाददाता नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकले पाएकी छन्।, आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।, यसअघि एमाले संसदीय दलले तत्कालीन प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएर लालबहाद...
सेतोपाटी संवाददाता सरकारले भारतबाट कोरोनाभाइरसविरूद्धको 'कोभिसिल्ड' नामक खोप नआउने भएपछि दोस्रो डोज लगाउन बाँकी नागरिकलाई अष्ट्राजेनेकाकै अन्य देशमा उत्पादित खोप दिने तयारी गरेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै खोप दिने भनेको भारतीय कम्पनी 'सेरम इन्स्टिच्युट' ले खोप उलपब्ध गराउन असर्मथ रहेको पत...
सेतोपाटी संवाददाता चितवनमा मगर गोहीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।, सोमबार चितवन राष्ट्रिय निकुञ्ज भएर बहने राप्ती नदी किनारमा गोहीको आक्रमणबाट अन्दाजी ३५ वर्षका छन्नुराम बोटेको मृत्यु भएको हो। भरतपुर महानगरपालिका-२४ ध्रुवघाट क्षेत्रमा गोहीले बोटेलाई आक्रमण गरेको थियो।, मृत बोटे भरतपुर २५  बस्कट्टा निवासी हुन...
सेतोपाटी संवाददाता सिराहामा गर्भवती श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, धनगढीमाई नगरपालिका वडा नम्बर ३ का करिब २९ वर्षीय दीपेन्द्र चौधरीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।, उनीमाथि श्रीमती ३० वर्षीया पूजा चौधरीलाई जलाएर हत्या गरेको आरोप भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी ...
सेतोपाटी संवाददाता शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पाँच वर्षमा ५ सय शैयाको बन्ने भएको छ।, पाँच वर्षमा प्रत्यारोपण केन्द्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने र त्यसपछि ६ वटै प्रदेशमा विस्तार गर्ने योजना रहेको केन्द्रका निर्देशक मृगौला प्रत्यारोपण सर्जन प्रेम ज्ञवालीले बताए।, उनले जेठ १३ को मन्त्रिपरिषद बैठकले...
दिपकजंग शाही राउटे युवतीमाथि भएको यौन हिंसापछि राउटे वस्ती प्रहरीको प्रत्यक्ष निगारनीमा राखिएको छ।, सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएको राउटे वस्ती नजिक पर्ने प्रहरी चौकीको निगरानीमा राखिएको हो ।, अनाधिकृत रुपमा मानिसहरुको आवतजावत बस्तीमा हुन थालेपछि सुरक्षालाई मध्यनजर गर्दै प्...
भगवती पाण्डे दोस्रो लहरको कोरोना महामारीका कारण रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पछिल्लो पटक थप भएको समयमा पनि सम्पन्न नहुने देखिएको छ।, सन् २०१७ भित्रै सक्नेगरी सन् २०१४ मा सुरू गरिएको विमानस्थलको निर्माणको समय अवधि हालसम्म ५ पटक थपिएको छ।, आयोजना सुरू भएको पहिलो वर्षमै आएको...
सबिना श्रेष्ठ पूजा, शोभा, ज्यास्मिन, टीका र कान्छी- यी ८३ वर्षीय रोबिन मार्सटन र उनकी श्रीमती वेन्डीको परिवारका सदस्य हुन्।, पूजा र ज्यास्मिन गधा हुन्। शोभा भेडा अनि टीका र कान्छी कुकुर। उनीहरूसँगै दुई हाँस र बिराला पनि छन्।, ४३ वर्षदेखि नेपालमा बसिरहेका रोबिन र वेन्डीले विभिन्न समयमा यी जनावरलाई आफ्नो परिवारको हिस्सा...
सेतोपाटी संवाददाता काठमाडौं कोटेश्वरको भाटभटेनी सुपर मार्केटका म्यानेजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, म्यानेजर सागर गुरूङलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।, निषेधाज्ञाका बेला भाटभटेनी खोलेको आरोपमा उनलाई सोमबार दिउँसो १ बजे पक्राउ गरेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जान...
विवेक राई सरकारले भोलि (मंगलबार) बाट ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई खोप दिने भने पनि अन्तिम समयमा उक्त उमेर समूहलाई परिवर्तन गरेको छ।, खोप शाखाका प्रमुख डा. झलक शर्माका अनुसार भोलिदेखि खोप पाउने उमेर समूहलाई परिवर्तन गरी ६२ देखि ६४ बनाइएको हो।, काठमाडौं उपत्यकाको हकमा भने ६० देखि ६४ वर्ष उमेर समूहनै यथावत रहने ग...
सन्जिब बगाले एकता जोगाउन भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई जेठ ३ अगाडि फर्काउन राखेको ६ बुँदे प्रस्तावका सम्बन्धमा खनाल- नेपाल समूहले लिखित धारणा सार्वजनिक गर्ने भएको छ।, ओलीले आइतबार राति गरेको प्रस्तावका सम्बन्धमा छलफल गर्न सोमबार बसेको स्थायी कमिटी बैठकले ओलीको प्रस्तावमा लिखित जवाफ दिने निष्कर्ष...
सेतोपाटी संवाददाता २५ लाख चिठ्ठा परेको भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ का निरजकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ। पर्सा प्रहरीले उनलाई केहि दिन अघि नै पक्राउ गरेको थियो।,...
सेतोपाटी संवाददाता प्रहरीले बाराबाट ४९ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा पर्सा सखुवा प्रसौनी गाउँपालिका १ का ३९ वर्षीय अमिरका पासवान, ५६ रमेश चौधरी र ३७ वर्षीय राजकुमार ठाकुर रहेका छन्। , उनीहरूलाई ना२ह ६१०६ नम्बरको अटोमा लुकाइछिपाइ ल्याएको गाँजासहित बारा महागढीमाई नगरपालिका-२ इनर्वाचोकबाट पक्...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाभित्र मंगलबारदेखि कोरोनाविरूद्ध खोप लगाइने भएको छ।, ६० देखि ६४ वर्ष उमेर समूहमा पहिलो मात्रामा भेरोसेल (चाइनिज) खोप लगाउन लागिएको महानगरले जनाएको छ।, जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्नेछ।, बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म वडाअनुसार तोकिएका खोप केन्द्रमा गएर खोप ल...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत् प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक खड्कालाई कारबाही गरिएको छ।, उनलाई आर्थिक अनियमिततामा नसियत दिइएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले खड्कालाई कारबाहीस्वरूप नसियत दिइएको बताए।, ‘उहाँलाई कार्यरत् स्थानबाट ...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा विभिन्न ६ वटा व्यापारिक फर्ममाथि मुद्दा दायर गरेको छ। , विभागले धरान उपमहानगरपालिका-१२ को ग्लोबल इम्पेक्स इन्टरनेसनल प्रा .लि.सहितका व्यापारिक फर्मविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। , विभागका महानिर्देशक रामप्रसाद आचार्यका अनुसार ग्लोबल...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यान दिदै कोभिशिल्ड खोप खरिदका लागि नेपाल सरकारसँग अनुमति मागेको छ।,  कोभिशिल्ड पहिलो डोज लगाएकालाई धेरै समय रनभुल्लमा राख्न नसक्ने भन्दै महानगरले स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई सोमबार पत्राचार गरी कोभिशिल्ड खोप खरिदका लागि अनुमति मागेको ह...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरिएको १७९०३ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, १२ हजार २ जनाको आरटी–पीसीआर विधिबाट गरिएको नमूना परीक्षणमा ३३७० र ५९०१ जनाको उन्टिजेन परीक्षणमा ...
सेतोपाटी संवाददाता निषेधाज्ञाको समयमा गरिब तथा विपन्न परिवारलाई राहत वितरण नगरिएको भन्दै उच्च अदालत जनकपुरको राजविराज इजलासले प्रदेश दुई सरकारसँग कारण सोधेको छ। , अधिवक्ता धर्मेन्द्र यादवले दायर गरेको रिटमा सोमबार न्यायाधीश बासुदेव आचार्यको एकल इजलासले बाटो म्याद बाहेक १५ दिनभित्र आफै अथवा प्रतिनिधिमार्फत लिखित जवाफ प...
सेतोपाटी संवाददाता दाङको घोराहीको ढोडनीबाट वन मुद्दामा अदालतले दोषी ठहर गरेका चार महिला पक्राउ परेका छन्। , पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १८ ढोडनीकी ३६ वर्षीया शान्ती सुनार, २५ वर्षीया सन्तोषी नेपाली, ३६ की चन्द्रकला सुनार र ३५ वर्षीया ज्योती दमाई छन्।, २०७६ साल वैशाख ३० गते दाङ देउखुरी जिल्ला अदालतले उ...
रमेश गिरी भक्तपुर क्यान्सर अस्पतालमा एक बिरामीका पेटबाट ३५ किलोको मासुको डल्लो (ट्युमर) निकालिएको छ।, एक वर्षदेखि पेटमा समस्या झेल्दै आएकी ३२ वर्षीया कुसुम लामाको पेटबाट शल्यक्रिया गरी आइतबार साँझ ट्युमर निकालिएको हो।, अस्पताल प्रशासन प्रमुख राजाराम तजलेका शल्यक्रियामा चिकित्सकहरु सृष्टि प्रजापति, उषा बादे श्रेष्ठ, अन...
सेतोपाटी संवाददाता निषेधाज्ञाको उल्लंघन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वरस्थित सुपरमार्केट भाटभटेनीलाई चार लाख जरिवाना तिर्न आदेश दिएको छ।, प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भाटभटेनीलाई चार लाख जरिवानाको आदेश दिएको जानकारी दिए।, निषेधाज्ञाको उल्लंघन गर्दै भाटभटेनी खोलेपछि कोटेश्वरका म्या...
एजेन्सी भारतमा कोरोनाभाइरसको संक्रमण दिनदिनै घट्दै गइरहेको छ। अप्रिल र मेमा कोरोनाको दोस्रो लहरले आक्रान्त भएको भारतमा पछिल्लो समय दैनिक संक्रमितसँगै मृत्युदर पनि ओह्रालो लागेको छ।, ६८ दिनपछि सोमबार भारतमा पहिलो पटक १ लाखभन्दा कम संक्रमित थपिएका हुन्। टाइम्स अफ इन्डियाका अनुसार सोमबार ८६ हजार १ सय ६१ जना कोरोना संक्रम...
एजेन्सी दक्षिणी चीनको ग्वान्जाओ सहरमा कोरोनाभाइरसको महामारी रोक्न प्रतिबन्धहरू लगाइएका छन्।, मे २१ यता ६४ जनामा कोरोनाको संक्रमण देखिएपछि गुवाङडोङ प्रान्तको राजधानीसमेत रहेको व्यापारिक केन्द्र ग्वान्जाओका अधिकारीहरूले सहरभरि कोरोना परीक्षण थालेका छन्।, ग्वान्जाओ स्वास्थ्य आयोगकी प्रवक्ता चेन बिनले तीन दिनमा आफूहरूले १...
रासस काठमाडौँको सानो भर्‍याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ।, यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ।, पक्राउ पर्नेमा उक्त कम्पनीका व्यवस्थापक धादिङ नीलकण्ठ नगरपालिका–४ घर भई सोही ठाउँ बस्ने २४...
सेतोपाटी संवाददाता काठमाडौंको बौद्धस्थित नयाँ वस्तीमा बोराभित्र मानिसको शवको भाग फेला परेको छ।, मंगलबार बिहान उक्त बोराभित्र शवको घुँडा र खुट्टाको भाग मात्रै फेला परेको प्रहरीले जनाएको छ। , काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले शवको केही भाग मात्रै फेला परेको जानकारी दिए।, ‘शवको एकभाग मात्रै फेला परेको छ। ...
सेतोपाटी संवाददाता दाङमा होटलमा जुवा खेलिरहेको ६ जना पक्राउ परेका छन्।, शनिबार बेलुका ६ बजेतिर घोराही उपमहानगरपालिका-१५ स्थित गौरीदीप होटलमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरिक्षक मोहनजंग थापाको कमाण्डमा खटिएको प्रहरीले टोलीले छापा मोरर जुवाडे समातेको हो।, होटल साहुसहित ६ जनाबाट एक लाख ३९ हजार सात सय ...
युवराज श्रेष्ठ पोखराका सडकमा अन्यत्रजस्तो फोहोर देखिँदैन। देशका अन्य शहरका तुलनामा सफा र स्वच्छ नै छ, पोखरा। अन्यत्रजस्तै पोखरामा पनि उत्तिकै फोहोर उत्पादन हुन्छ, घरघरबाट निस्केका फोहोर होस् या होटल र रेष्टुरेन्टबाट। महानगरले दिनहुँजसो फोहोर उठाउने गाडी सडकमा गुडाएरमात्रै पनि सफा भएको होइन, पोखरा।, पोखराका सडक सफा देख...
दिपकजंग शाही लोपोन्मुख राउटे समुदायका युवतीहरूलाई होटलमा लिएर मदिरा सेवन गराई भिडिओ बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, सुर्खेतको गुर्भाकोट नगरपालिका-९ बोटे चौरका ३५ वर्षीय *चमनसिंह घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका मिलन पुनलाई आइतबार बिहान ३ बजे प्रहरीले पक्राउ गरेको हो।, पुन होटल सञ्चालक हुन्। उनको...
रासस हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ। आएकै दिन बिक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाई मार्गबाट मासु आयातमा प्रतिबन्ध लगाइएको हो।, कोरोना सङ्क्रमणका कारण हुम्ला जिल्लामा हवाई मार्गबाट आउने मासुलाई प्रतिबन्ध ल...
विवेक राई बजारमा अक्सिजनको माग घट्न थालेपछि शंकर ग्यास उद्योगले भारतबाट भाडामा ल्याएको तीन वटा लिक्विड अक्सिजन बोक्ने ट्यांकर फर्काउने भएको छ।, उद्योगका सञ्चालक शंकर अग्रवालले तीन वटा ट्यांकर फर्काउनेबारे सरकारलाई जानकारी गराएको बताए।, 'अक्सिजनको माग पहिलेभन्दा धेरै कम भइसक्यो। अब भाडा मात्र तिरेर चलाउन सकिँदैन। त्यसै...
सेतोपाटी संवाददाता हुण्डी कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का ३९ वर्षीय अमितकुमार गुप्तालाई शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिए।, गुप्ताले अवैध वित्तीय कारोबार हुण्डी गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।, सोही सूचनाको आधारम...
सेतोपाटी संवाददाता विराटनगरको बाल सुधार गृहमा रहेका २५ जना बालकमा कोरोना संक्रमण पुष्टि भएको छ। ,  ५० जनाको पिसिआर परीक्षण गर्दा आधालाई कोरोना देखिएको विराटनगर महानगरपालिकाले जनाएको छ।, सुधारगृहमा क्षमताभन्दा धेरैलाई राखिएको छ। ५० जना क्षमता भएको सुधार गृहमा १९३ जना बालक छन्। गत जेठ २ गते पहिलो पटक एक बालकमा कोरोना सङ...
सेतोपाटी संवाददाता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत मालपोत कार्यालय काठमाडौंले बालुवाटारस्थित ललिता निवासको सार्वजनिक जग्गा प्रकरणमा मुछिएकाहरूको घर/ठेगाना पत्ता नलागेको भन्दै सूचना जारी गरेको छ।, भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारबाट २१ दिने सूचना जारी गर्दै २९९ रोपनी सार्वजनिक जग्गा प्...
सेतोपाटी संवाददाता कोरोना भारइसविरुद्धको चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइएको छ। औषधि व्यवस्था विभागले उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो। , यसअघि ‘भेरोसेल’ नामक चिनियाँ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइसकिएको छ।, चीनले थप १० लाख डोज दिएको खोप पनि भेरोसेल नै हो। जुन आगा...
दिपकजंग शाही सुर्खेतमा केही युवाहरूले राउटे समुदायकी दुई युवतीलाई होटलमा लिएर यौनहिंसा गरेको खुलेको छ।, सुर्खेतको बोटेचौरस्थित एउटा होटलमा राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओ सार्वजनिक भएको छ।, सार्वजनिक भएको उक्त भिडिओमा एक जना पुरूष अर्धनग्न अवस्थामा छन् भने राउटे युवती ओछ्यानमा पल्टिएका छन्।, ती पुरूषल...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक दीपक खड्का कारबाहीमा परेका छन्।, उनलाई आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं, टेकु तानिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, अहिले उनीमाथि अनुसन्धान भइरहेको बस्नेतले बताए। कमजोर कार्यशैली र आर्थिक प्रलोभनमा परेर काम गरेको पाइएपछि डिए...
सेतोपाटी संवाददाता नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले फास्ट ट्र्याक निर्माणको काम तीन वर्षमा सकाउने सोच रहेको बताएका छन्।, आइतबार एक कार्यक्रम गरी उनले २०८१ सालमा निर्माण कार्य सकाउने सोच रहेको बताए।, विभिन्न मन्त्रालयबाट पाउनुपर्ने आवश्यक बजेट समयमै प्राप्त भएमा कुनै समस्या बिना नै फास्ट ट्र्याकको निर्माण...
सेतोपाटी संवाददाता नेपाली सेनामा अब ४ वटा कमान्ड रहने भएको छ। अहिलेसम्म सेनामा ८ पृतना छन्।, प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार आफ्नो कार्यकालको एक हजार दिन पुगेको अवसरमा कार्यक्रम गरी ८ पृतना हटाएर ४ कमान्ड राख्न लागिएको जानकारी दिए।, उनकाअनुसार अब कमान्डको संख्या ४ वटा मात्रै हुनेछ। साउनदेखि चार मात्रै कमान्ड र...
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले यौन दुर्व्यवहारमा परेका राउटे समुदायका दुई युवतीको भौतिक सुरक्षा दिन माग गरेको छ।, आयोगका सहसचिव तथा प्रवक्ता टीकाराम पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै पीडित दुई युवतीलाई समुदायले अस्वीकार गर्न सक्ने भन्दै भौतिक सुरक्षा गर्न माग गरेको हो।, सुर्खेतको गुर्भाकोट नगरपालिक...
नारायण खड्का कोरोना भाइरसको संक्रमण घटेसँगै बाँके जिल्लाका अस्पतालहरुमा बेड खाली हुन थालेको छ।  , आइतबार बेलुकी साढे चार बजेसम्म बाँकेका विभिन्न अस्पतालहरूमा कूल १५५ बेड खाली रहेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।, बाँकेमा कुल ३६१ कोरोना संक्रमितका लागि छुट्टाइएका बेड छन्। आइतब...
सेतोपाटी संवाददाता आइतबार थपिएका कोरोना संक्रमितभन्दा निको हुनेको संख्या करिब दोब्बर रहेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ३ हजार ४७९ जना संक्रमित थपिएका छन्। पिसिआर परीक्षणमार्फत ३ हजार २४ र एन्टिजेन परीक्षणका क्रममा ४५५ जनामा संक्रमण देखिएको हो। , यस दिन पिसिआर र एन्टिजेनसहित कुल...
सेतोपाटी संवाददाता कार दुर्घटना गराएर फरार रहेका प्रदेश सांसद विन्दिया कार्कीका छोरा रविनलाई प्रहरीले पक्राउ गरेको छ।, राजनीतिक शक्ति केन्द्रको दबाबमा प्रहरीले उनलाई पकाउ गर्न आनाकानी गरेको थियो। तर, चौतर्फी दबाबपछि काँग्रेस सांसद विन्दियाका छोरा रविनलाई प्रहरीले आइतबार पक्रेको हो।, उनले रक्सीले मातेर कार चलाउँदा त्यस...
निर्मला घिमिरे डल्लुको विष्णुमती पुलनिर एक महिलाले दौडिएर सडक पार गरिन्। उनलाई सडकमा हुइँकिएका गाडीको कुनै वास्ता थिएन। नजाने कुन तोडले होला, उनी त्यसरी बेतोडले दौडिएकी!, उनले कालो मास्कले मुख ढाकेकी थिइन्, नाक भने खुल्लै थियो। उनले ओढेको रातो पछ्यौरीको छेउमा सानो पोको थियो। त्यो सानो पोको उनले बडो जतनसाथ सम्हालेकी थि...
प्रकाश सिलवाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ देखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र सुरू गर्न निर्देशन दिएका छन् भने विद्यालय शिक्षाको एक मुख्य पक्ष शिक्षक समुदायले हतार नगर्न आग्रह गरेको छ। , शिक्षामन्त्री श्रेष्ठले असार १ गतेबाट नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह ...
सेतोपाटी संवाददाता कामना सेवा विकास बैंक र सामाजिक संस्था मितेरी फाउण्डेशनले चितवनको चेपाङ बाहुल्य क्षेत्रमा खाद्यान्न सहयोग गरेका छन्।, कोरोना महामारीका कारण ग्रामीण क्षेत्रमा खाद्य अभाव देखिन थालेको खबर सञ्चारमाध्यमहरूमा आएपछि यी संस्थाले राहतस्वरुप खाद्यान्न सहयोग गरेका हुन्।, राप्ती नगरपालिकाको कान्दा, मोराङ, काली...
सेतोपाटी संवाददाता ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले हात्तीलाई हेरचाह गर्न १५ लाख सहयोग पाएको छ।, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले ६९ वर्षको पवनकली हात्तीको हेरचाह गर्न आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानालाई १५ लाख रुपैयाँ दिएको हो।, शनिबार परेको वातावरण दिवसको उपलक्ष्यमा दिने भनिएपनि रकम आइतबार ...
एजेन्सी बेलायती राजपदवी छोडेर अमेरिका गएका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई पुत्रीलाभ भएको छ। मार्कलले शुक्रबार क्यालिफोर्नियाको अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्।, ३.४ किलोग्राम तौल भएकी उनीहरूकी छोरीको नाम 'लिली' राखिएको छ। उनकी जिजु हजुरआमा महारानी एलिजाबेथको उपनाम  लिलिबेट हो। सानोमा उनले आफ्नो नाम...
एजेन्सी भारतमा आइतबार पछिल्लो दुई महिनायताकै सबैभन्दा कम कोरोनाभाइरसका संक्रमित थपिएका छन्।, हिन्दुस्तान टाइम्सका अनुसार आइतबार भारतभर १ लाख १ हजार २ सय २३ जना संक्रमित थपिएका छन् भने २ हजार ४ सय ४६ जना संक्रमितले ज्यान गुमाएका छन्।, आइतबार थपिएका नयाँ संक्रमितको संख्या अप्रिल ४ यताकै सबैभन्दा कम हो भने मृतकको संख्या ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका भित्र मंगलबारदेखि कोरोनाविरूद्ध खोप लगाइने भएको छ।, ६० देखि ६४ वर्ष उमेर समूहमा पहिलो मात्रामा भेसोसेल (चाइनिज) खोप लगाउन लागिएको महानगरले जनाएको छ।, जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्नेछ। बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिन्...
सेतोपाटी उपल्लो डोल्पामा हेलिकप्टरबाट स्वास्थ्य सामग्रीसहित औषधि लगिएको छ।, दुई सातादेखि डोल्पाका तीन गाउँपालिकामा कोरोनाजस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोग मागेको थियो।, आइतबार हेलिकप्टरबाट स्वास्थ्य सामग्रीहरू लगिएको हो।, डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिका भित्रका...
युवराज श्रेष्ठ रेलको बाटो पुग्दैछ रे, तिमी बस्ने शहरमा, हुम्ला कहिले मोटर आउला....।, जिल्ला अस्पताल मनाङमा कार्यरत नर्स उशा महतोले प्रस्तुत गीत पृष्ठभूमिमा राखेर शनिबार टिकटकमा एउटा भिडिओ पोष्ट गरिन्। भिडिओमा एउटा अक्सिजन सिलिन्डर २ जनाका दरले २ वटा सिलिन्डर चार जनाले बोकेका छन्। सिलिन्डरको भारले गलेर एक जनाले रोकिएर ...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाभित्र मंगलबार र बुधबार कोरोना खोप लगाइने भएको छ।, जेठ २५ र २६ गते ६० देखि ६४ वर्ष उमेर समूहकालाई कोरोनाविरूद्ध भेरोसेल खोप लगाउन लागिएको महानगरले जानकारी दिएको छ।, यसअघि खोप लगाइएकै केन्द्रबाट यसपटक पनि खोप लगाइने महानगरको भनाइ छ।, साथै महानगरले तत्काल कोभिशिल खोपको मात्रा भने नल...
सेतोपाटी संवाददाता कोरोनाको तेस्रो र चौथो लहर पनि नेपाल आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।, त्यसका लागि अहिलेदेखि नै रोकथाम र नियन्त्रणका तयारी थाल्नुपर्ने मन्त्रालयको भनाइ छ।, मन्त्रालयले कोरोनाभाइरस संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने भन्दै सबै अस्पतालहरूलाई कम्तिमा २० प्रतिशत शय्या बालबालिकाका...
सेतोपाटी संवाददाता ह्यान्ड स्यानिटाइजर कालोबजारी गरेको आरोपमा प्रहरीले ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ।, शुक्रबार प्रहरीले महालक्ष्मी नगरपालिकाको ग्वार्कोस्थित ओम निरमाया हेल्थ केयर प्रा.लिका दुई जना सञ्चालकलाई पक्राउ गरेको हो।  , उनीहरूले मापदण्ड विपरीत स्यानिटाइजर बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको महानगरीय प्...
सेतोपाटी संवाददाता भक्तपुरमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।, प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीका अनुसार पक्राउ पर्ने दुबै जना शिक्षक हुन्।...
सेतोपाटी संवाददाता नेपाल सरकारले कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश जारी गरेसँगै कोभिड १९ संक्रमणविरुद्ध जुध्न नयाँ प्रशासनिक संरचना बनेको छ।, गत जेठ ६ गते जारी भएको अध्यादेशमा कोभिड १९ संक्रमितको निदान उपचारको लागि केन्द्रीय अस्पताल सञ्चालन गर्ने व्यवस्था गरिएको छ। यसै व्यवस्था अनुसार काठमाडौंको वीर अस्पताललाई अहिले ...
सेतोपाटी संवाददाता मानव बेचबिखन गरेको आरोपमा प्रहरीले श्रीमान-श्रीमतीलाई पक्राउ गरेको छ। , दुई जना महिलालाई पूजा कन्यामा बस्न रकम दिने प्रलोभनमा पारेर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिए।  , पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरि...
सेतोपाटी संवाददाता कोरोना संक्रमित एक महिला बिरामीलाई ताप्लेजुङबाट हेलिकप्टरले बिएन्डसी अस्पतालमा ल्याएको छ।, शुक्रबार साँझ सिम्रिक एयरको हेलिकप्टरले ४४ वर्षीय महिलालाई बिएन्डसीमा ल्याएको हो।, आइसियूसहित भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने भएपछि आफन्तले काठमाडौंबाट हेलिकप्टर चार्टर्ड गरी ती महिलालाई बिएन्डसीमा ल्या...
सेतोपाटी संवाददाता कोरोना महामारी सुरू भएदेखि चितवनको सौराहाका हात्तीहरू कामविहीन छन्। उनीहरूको मुख्य काम पर्यटक घुमाउनु हुन्थ्यो।, तर, विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले गर्दा पर्यटक घुम्न आएका छैनन्। बेकामे हात्ती पाल्न सौराहाका पर्यटन व्यवसायीलाई हम्मे भइरहेको छ।, महिनाकै एक लाख रूपैयाँ भन्दा बढी खर...
सेतोपाटी संवाददाता निषेधाज्ञामा कामविहीन बनेर अनिकालको सामना गरिरहेका चितवनका चेपाङ समुदायले खाद्यान्न सहयोग पाएका छन्।, कालिका नगरपालिका-११ सैपामका ६७ परिवारलाई शुक्रबार खाद्यान्न सहयोग गरिएको हो।  , निषेधाज्ञाको समयमा गाउँमा अनिकाल सुरू भएको समाचार सञ्चारमाध्यमहरूमा आएपछि मारवाडी सेवा केन्द्र नारायणगढ सहयोग सामग्री...
सेतोपाटी संवाददाता नेपालको संघीय सरकारले आर्थिक वर्ष २०७८-७९ को बजेटमार्फत ढुंगा, गिट्टी, बालुवा तेस्रो मुलुकमा निकासी खुला गर्ने निर्णयप्रति हामी नागरिकको ध्यानाकर्षण भएको छ। यो निर्णयको अन्तर्निहित आशय  के हो भन्ने बिषयमा धेरै अन्योल र आशंका उत्पन्न भएका छन्।, शनिबार जागरूक नागरिक समाजको तर्फबाट एक विज्ञप्ति जारी गर...
सेतोपाटी संवाददाता लागुऔषध ब्राउन सुगरसहित कञ्चनपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्त नगरपालिका-१ का २४ वर्षीय श्याम पाल र १९ वर्षीय सुरेन्द्र पाल रहेका छन्।, म१प १७८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पाँच ग्राम पाँच मिलिग्राम ब्राउनसुगरसहित भासीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक उम...
सेतोपाटी संवाददाता पाँचखाल नगरपालिकाले थप सात दिन 'सिल' गर्ने निर्णय गरेको छ। पाँचखाल नगरपालिका कोभिड–१९ निर्देशक समितिको जेठ २१ गते बसेको बैठकले थप सात दिन नगरपालिका सिल गर्ने निर्णय गरेको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।, कोभिड–१९ को संक्रमणको दोस्रो लहर नगरपालिकाभित्र पनि तीव्र रूपमा समुदाय स्तरमा फैलिएको...
सेतोपाटी संवाददाता सार्वजनिक धारामा नुहाउँदै गरेकी एक किशोरीमाथि हातपात गरेको अभियोगमा  रोल्पाका एक ईन्जिनियर पक्राउ परेका छन् । , पक्राउ पर्नेमा दाङको लमही घर भइ हाल रोल्पाको रून्टीगढी गाउँपालिकामा कार्यरत ३६ वर्षीय ईन्जिनियर शेषमणी पौडेल रहेका छन्। , जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज सुवेदीले पीडित किशोरीको लिखित जा...
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बायोमेट्रिक विभाग प्रमुख डा. निर्मल बरालले आफूले कुनै अनुचित काम नगरेको र आफूमाथि गलत आरोप लगाइएको बताएका छन्।, उनले सन् २०१२ मा प्रवेश परीक्षा भएको बेला आफू लण्डनमा रहेको र त्यसबेला भएको प्रश्नपत्र बाहिरिएको घटनामा आफूले जिम्मेवार नहुने बताए।, ‘त्यसब...
नारायण खड्का नेपाली कांग्रेस दाङ निर्वाचन क्षेत्र नम्बर ३ का सचिव खिमबहादुर वलीलाई सञ्चो नभएपछि गत वैशाख १८ गते एम्बुलेन्समार्फत काठमाडौं गए। , दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) का सभापतिसमेत रहेका वलीको रेखदेख र सहयोगका लागि गाउँकै ६४ वर्षीय लक्ष्मण न्यौपाने पनि उनीसँगै काठमाडौं गए। उनीहरू तुलसीपुर उपमहानगरपालिका वडा नं...
नेहा झा कोरोनामा महामारीको संक्रमणका कारण धनुषामा लगभग एक महिनादेखि निषेधाज्ञा जारी छ।, प्रदेश २ का अधिकाशं जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले गत वैशाख २१ गतेदेखि निरन्तर निषेधाज्ञा थपिरहेको छ।, गत सोमबार समेत जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बसेको बैठकले आगामी ७ दिनका लागि निषेध...
किरण पौड्याल केही साताअघि यहाँका युवाको अगुवाइमा जुटेको ‘मलम पट्टी’ अभियानले अहिले गाउँगाउँमा पुगेर सेवा दिँदै आएको छ । कोभिड–१९ को विषम परिस्थितिमा नागरिकलाई स्वास्थ्य सामग्री जुटाउन निर्माण भएको ‘इलामेलीको पीडामा मल्हम पट्टी’ अभियानले उल्लेखनीय काम गरिरहेको छ । , अभियानले खडा गरेको राहतमा इलामेसँगै प्रवासमा रहेकाले ...
नारायण अधिकारी नेपाल पोलिटेक्निक इन्स्टिच्यूट (एनपिआई) को स्वास्थ्यसम्बन्धी प्रयोगात्मकका लागि १५ वर्षअघि यहाँ स्थापना भएको एनपिआई नारायणी सामुदायिक हस्पिटलले सञ्जाल विस्तार गरेको छ । अस्पतालले नवलपरासी, गोरखा र चितवनमा सञ्जाल विस्तार गरेको हो ।, भरतपुरको अस्पतालरोडमा रहेको यस अस्पतालले भरतपुरमै क्यान्सरसहितको उपचार ग...
विजय रावत जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा यतिबेला कोरोना सङ्कटमा जनताको सेवक बनेकी छन्। गाउँपालिकाभित्रका कोरोना सङ्क्रमितको मनोबल उच्च बनाउन घरदैलो अभियानदेखि सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्ने गर्नु हुन्छ। उनले सङ्क्रमितका परिवारलाई सहानुभूति दिंदै आएकी छन्।, कोरोना कहरको पहिलो चरणमा सचेतना कार्यक्...
सेतोपाटी संवाददाता रसुवाको विकट लाङटाङ सामुदायीक अस्पताललाई अमेरिकाको डाइरेक्ट रिलिफ संस्थाले ७ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री दिएको छ।, शनिबार रसुवा ट्रेकका निर्देशक गगनराज न्यौपाने र फिन्जो लामाको अगुवाईमा उक्त मुल्य बराबरको ४ वटा अक्सिजन कन्सेन्ट्रेटर, २ हजार फेस मास्कलगायत अन्य स्वास्थ्य उपकरण हस्तान्तरण गरे...
नारायण ढुंगाना काठमाडौंको बाग्मती नदीलाई नालाका रुपमा प्रयोग गरी घरबाट निस्किएको फोहर पानी सिधै हाल्ने क्रम अहिले पनि जारी छ। यहाँको पानी सफा गर्ने वर्षौंदेखिको प्रयास सफल हुन सकिरहेको छैन।, पानीको उपचार (प्रशोधन) नगरी फ्याँक्दा वाग्मती मरेको नदीका रुपमा परिणत भएको भन्नुहुन्छ जलस्रोत व्यवस्थावनका विज्ञ डा. दिवसबहादुर ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा नेपालमा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२४३ जना संक्रमणमुक्त भएका छन्। , मन्त्रालयका अनुसार १६ हजार ८१४ परीक्षणमध्ये ११४७१ पिसिआरबाट ३५४० र ५३४३ एन्टिजेन परीक्षणबाट १५०२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।, मन्त्रालयका अनुसार...
सेतोपाटी संवाददाता दिवंगत छोराको स्मृतिमा भक्तपुरको एक परिवारले सूर्यविनायक नगरपालिका–४, तर्खगालमा उमेश विनायक मन्दिर बनाएको छ। वि.सं. २०७५ असार ११ गते २८ वर्षको उमेरमा निधन भएका उमेश न्यौपानेको सम्झनामा मन्दिर बनाइएको हो। , चोकको खुला पोखरीलाई व्यवस्थित गरेर त्यस माथि मन्दिर बनाइएको हो। मन्दिरभित्र तीन फिट अग्लो गणेश...
सेतोपाटी संवाददाता एउटा मोटरसाइकल चोरीको घटनामा मोरङबाट सात जना पक्राउ परेका छन्।, सुन्दरहरैंचा नगरपालिका-४ बलिया डेरा गरी बस्ने मदनकुमार चौधरीको प्र-१-०५-००१ प-००६१ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न सात जनालाई चोरी भएको मोटरसाइकलसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपम...
सेतोपाटी संवाददाता नेपाली सेनाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटस्थित कालिका-मालिका मन्दिर परिसरमा निर्माणमा सर्वसाधारणको सुविधाको लागि ट्रष्ट निर्माण गरेको छ। , ऐतिहासिक र धार्मिक महत्वको छिल्लीकोटको पहिचान जोगाइराख्न तथा नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउने दश लाखको लागतमा सौचालयसहित ट्रष्ट निर्माणपछि हस...
सेतोपाटी संवाददाता पर्सा प्रहरीले तीन सय कार्टुन अवैध रक्सीसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।, प्रहरीले बिहीबार बिहान अवैध रूपमा भारत लैजान लागेको तीन सय कार्टुन 'कस्तुरी' रक्सीसहित ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले जानकारी दिए।, छिपहरमाई गाउँपालिका वडा न...
सेतोपाटी संवाददाता प्रहरीले मोरङको केराबारीबाट चार थान बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ ।, केराबारी ३ का ३२ वर्षीय हस्तकुमार राईको हत्या गरि फरार रहेको अभियोग लागेका  चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।, राईसहित १० जना बाँसघारी खोप सरकारी राष्ट्रिय बनतर्फ शिकार खेल्न गएकोबेला  जेठ ८ गते गजेन्द्र राईले प्रहार गरे...
सेतोपाटी संवाददाता रूपन्देहीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्बिएको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले आउँदो जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा बढाएको छ।, जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बिहीबारको बैठकले कोरोनाको प्रभाव बढ्दो अवस्थामा रहेको जनाउँदै  निषेधाज्ञाको अवधि बढाउन सिफारिस गरेको थियो। सोही आधारमा निष...
सेतोपाटी संवाददाता जबरजस्ती करणी मुद्दामा सात वर्ष बढी जेल सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।, घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ८४ वर्षीय रामु केसीलाई प्रहरी बिहीबार बिहान घरबाटै नियन्त्रणमा लिएको हो।, जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार २०७६ मंसिर २६ गते ज...
सेतोपाटी संवाददाता बिहीबार ६ हजार ८ सय २५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।, पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या ५ हजार ९ सय ४ छ।, २१ हजार सात सय ७३ जनामा परीक्षण गर्दा बिहीबार उक्त संख्यामा नयाँ कोरोना संक्रमित थपिएका हुन्।, कोरोनाबाट पछिल्लो २४ घण्टामा ७५ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या...
सेतोपाटी संवाददाता उच्च अदालत तुलसीपुरको आदेशपछि स्थानीय प्रशासनले नदीजन्य पदार्थ व्यवस्थापनसम्बन्धी यसअघि गरेको निर्णय पाँच दिनभित्रै सच्याएको छ।, जिल्ला प्रशासन कार्यालय दाङले जेठ १४ गतेमात्रै ढुंगा, गिट्टी र बालुवाको ढुवानीका लागि  बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्मको समय छुट्याएको थियो। त्यस्तै चुनढुंगा ढुवानीका लाग...