content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता बाँकेस्थित भेरी अस्पताल नेपालगञ्जमा कार्यरत डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले बिहीबार बेलुका पनि अस्पताल परिसरमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन्। , १३ गते राति एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरुमाथि आक्रमण गर्नुका साथै अस्पतालभित्र तोडफो... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीले अनावश्यक क्षेत्रमा प्रयोग भएका अक्सिजन सिलिण्डरको खोजी जारी राखेको छ।, मुलुकमा कोभिड१९ सङ्क्रमणका कारण अक्सिजन र त्यसको सिलिण्डरको अभाव भएपछि प्रहरीले गत वैशाख अन्तिम सातादेखि सिलिण्डर सङ्कलन अभियान थालेको थियो।, आजसम्म १० हजार बढी सिलिण्डर सङकलन भइसकेको प्रहरी प्रधान कार्यालयले जनाए... |
सबिना श्रेष्ठ कालिमाटी, टंकेश्वरस्थित विष्णुमती करिडोरमा नदीक्षेत्रको मापदण्ड मिचेर ब्याडमिन्टन हल निर्माण भइरहेको छ।, नदी किनारबाट २० मिटरसम्म कुनै संरचना निर्माण गर्न नपाइने भन्दै सम्पदा संरक्षण अभियन्ताहरूले विरोध गरेका छन्। यसले विष्णुमती नदी क्षेत्रको पर्यावरणमा समेत क्षति गर्ने उनीहरूको भनाइ छ।, यो ब्याडमिन्टन ह... |
सेतोपाटी संवाददाता रुपन्देहीमा आगामी जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ।, जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो।, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार खाद्यान्न पसलहरू स्वास्थ्य मापदण्ड अपनाएर प्रत्येक दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म खोल... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा केही खुकुलो भएको छ।, काठमाडौं, ललितपुर र भक्तपुरमा जेठ ३१ गतेसम्म नै निषेधाज्ञा जारी रहने भए पनि आजदेखि भने केही खुकुलो बनाइएको हो।, गत जेठ १४ बाट एक साता केही पसल खुल्न नदिई निषेधाज्ञा कडा बनाइएकोमा आजदेखि खुकुलो बनाइएको छ।, आजदेखि किराना र डिपार्टमेन्ट स्टोर... |
सेतोपाटी संवाददाता रुपन्देही प्रहरीले गैरकानुनी रुपमा नदीजन्य उत्खननमाथि कारबाही बढाएको छ। यसक्रममा बिहीबार प्रहरीले १४ वटा टिपर र पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। , बुटवल उपमहानगरपालिका-१७ पथ्थरगञ्जस्थित तिनाउ नदी र तिलोत्तमा नगरपालिका-३ मगरघाटस्थित तिनाव नदीबाट टिपर र ट्याक्टर नियन्त्रणमा लिइएको हो।, रुपन्देही... |
सेतोपाटी संवाददाता यसपालिको मनसुन दक्षिणी भारतको केरला आइपुगेको छ। भारतको मौसम विभागले बिहीबार मनसुन केरला आइपुगेको जानकारी दिएको छ।, अनुमान गरेभन्दा मनसुन तीन दिन ढिला मनसुन केरला पुगेको विभागले जनाएको छ।, अब मनसुन त्यहाँबाट बंगालको खाडी हुँदै नेपाल आउने छ। मौसमविद्हरूका अनुसार केरला पुगेको मनसुनलाई नेपाल आइपुग्न सर... |
सेतोपाटी संवाददाता भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८, बोडेमा एक जना पूर्व शिक्षकले हजारौं पुस्तक राखेर निजी पुस्तकालय खोलेका छन्।, ज्ञान बाँडे धर्म हुन्छ भनेर स्थानीय सजीव था श्रेष्ठले ‘जन्मभूमि बोडे पुस्तकालय’ खोलेर निःशुल्क अध्ययन गर्ने वातावरण मिलाएका हुन्। , पुस्तकालयमा साहित्य, संगीत, कला, कम्प्युटर, अर्थतन्त्र... |
सेतोपाटी संवाददाता हुम्लामा एक जना स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ।, शुक्रबार बिहान करिब साढे ८ बजे चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढामाथि कुटपिट भएको हो। उनीमाथि स्थानीय अमृत रोकायले कुटपिट गरेका हुन्।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार रोकाय शिक्षकसमेत हुन्। उनी ग... |
रासस प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय शिवकुमार यादवलाई पक्राउ गरेको छ।, किशोरीको जाहेरीका आधारमा युवकलाई नियन्त्रणमा लिई कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।, विवाहको प्रलोभनमा दलित समुदायकी युवतीमाथि अमानवीय व्यवहार गरेको आरोपमा पक्राउ गरिए... |
निशा भण्डारी काठमाडौंको नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण गर्न सुरू गरिएको छ।, सडक विभागको दुई करोडभन्दा बढी बजेटमा उक्त पुल निर्माणको काम भइरहेको छ। बानेश्वर चोकमा सवारी साधनको भिड हुँदा यात्रुले सडक पार गर्न समस्या भइरहेको छ।, यात्रुलाई सडक पार गर्न सहज बनाउन आकाशे पुल निर्माण गरिएको हो।, सडकका दुबैतर्फ भागमा आर... |
सविता बुढा बाजुरा सदरमुकाम जोड्ने एकमात्र साँफे-मार्तडी सडक बाढी र पहिरोले क्षति पुर्याएपछि गत वर्ष तीन महिना ठप्प भयो।, उक्त सडक खण्डमा पर्ने २ ठूला पुल, एक किलोमिटर सडक र ठाउँठाउँमा पहिरो खसेपछि गत वर्खामा उक्त सडक अवरूद्ध भएको थियो।, त्यसबेला साउन ५ र २६ गतेको बाढी र पहिरोले बुढीगंगा नगरपालिका-२ ताप्प्रेसेरास्थित ... |
सेतोपाटी संवाददाता रौतहटमा एक युवकमाथि कुटपिट भएको छ।, युवतीलाई प्रेम पत्र पठाएको आरोपमा दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय युवकमाथि कुटपिट भएको हो।, यो घटना बिहीबारको हो। , युवकलाई अर्का एक पुरूषले कुटपिट गरिरहेको भिडिओ भाइरल भएपछि यसबारे प्रहरीले सोधखोज गरेको थियो।, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहर... |
सेतोपाटी संवाददाता बैतडीमा पानीको बाल्टीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। , बिहीबार पञ्चेश्वर गाउँपालिका–३ कुलाउ बजारस्थित आफ्नै किराना पसल नजिकै खेलिरहेकी शंकर तिवारीकी १८ महिने छोरी अनुष्का तिवारीको १५ लिटरको पानीको बाल्टीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा स... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न ९३ वटा प्रयोगशालामा गरिएको २० हजार ८ सय १३ परीक्षण मध्ये १४ हजार १८२ जनाको पिसिआर परीक्षणबाट ४६२४ जना र ६६३१ एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्।... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएमा मृतकको परिवारलाई एक लाख रूपैयाँ दिने घोषणा गरेको छ।, शुक्रबार महानगर प्रमुख चिरिबाबु महर्जनले कोरोना भाइरसको संक्रमणबाट नगरबासी कसैले ज्यान गुमाएमा मृतकको परिवारलाई प्रतिव्यक्ति एक लाख रूपैयाँ दिने घोषणा गरेको हो।, उनले स्थानीय सरकार नागरि... |
सेतोपाटी संवाददाता बिएन्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले सम्बन्धनको प्रक्रियामा गइसकेपछि आफूले मनसाय पत्र नवीकरण नगरेको बताएका छन्।, बिएन्डसीले अन्तिमपल्ट २०७३ कात्तिक ११ मा एक वर्षका लागि मनसाय पत्र नवीकरण गरेको थियो।, २०७३ फागुन ११ गते शिक्षा मन्त्रालयले बिएन्डसीलाई सम्बन्धन दिन काठमाडौं विश्ववि... |
रासस संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानमा तैनाथ कालीध्वज गण (शासे) दशौं डफ्फाका सहसेनानी विज्ञान बिष्टलाई जातीय हिंसात्मक झडप रोक्न अदम्य साहस र पहलकदमी लिएकामा कदरस्वरूप प्रशंसापत्र प्रदान गरेको छ। जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको सो मुलुकमा त्यस्ता घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकले पुर... |
एजेन्सी दक्षिण कोरियाको वायु सेनाका प्रमुखले यौन दुर्व्यवहारको घटनापछि राजीनामा दिएका छन्। शुक्रबार सेना प्रमुख ली सियोङ योङले राष्ट्रपति मुन जाइ इनलाई राजीनामा दिएका हुन्। उनको राजीनामा तत्कालै स्वीकृत भएको छ।, गत महिनाको अन्त्यतिर वायु सेनाकी एक जना मास्टर सर्जेन्टले आत्महत्या गरेपछि कोरियाली समाजमा तरंग आएको थियो। ... |
सेतोपाटी संवाददाता निषेधाज्ञाका बेला काठमाडौंको न्युरोडबाट जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।, शुक्रबार दिउँसो न्युरोडस्थित पिपल बोट नजिकैको एक घरमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको हो।, उनीहरूलाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरी... |
रासस कोभिड-१९ महामारीविरूद्धको नेपालको लडाइँमा ऐक्यवद्धता जनाउँदै फ्रान्स सरकारले नेपाललाई चिकित्सा उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ।, नेपालका लागि फ्रान्सका राजदूत फ्रन्स्वाँ जाविये लेजेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी... |
सेतोपाटी संवाददाता काठमाडौंको नैकापमा पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरेर दुई जनाको मृत्यु भएको छ।, बुधबार बिहान पौने ९ बजे चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ नैकापस्थित प्लटिङको पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर लाग्दा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले ज... |
निर्मला घिमिरे कोरोना महामारी छ, घरभित्रै बस्नू- सरकारको आदेश छ।, तर डल्लुमा हरेक दिन तीन-चार बजे भेला हुने भिडलाई न रोगको डर छ, न आदेशको पर्वाह। डर र आदेश पन्छाउँदै सडकमा निस्किएको भिडलाई बाटाभरि प्रहरीले केरकार गर्छन्। , उनीहरू बयान दिन्छन्- हामी भात लिन हिँडेको। , सडकमा भेटेजति प्रहरीलाई यही भन्दै उनीहरू डल्लुको पु... |
सेतोपाटी संवाददाता एक खास नश्लको कुकुरले सुँघेरै कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन सक्ने अध्ययनले देखाएको छ।, ल्याब्रडोर जातको तालिमप्राप्त कुकुरले गरेको कोरोना परीक्षण नतिजा पिसिआर वा एन्टिजेनभन्दा प्रभावकारी पाइएको छ। विभिन्न देशको प्रारम्भिक अध्ययनबाट यस्तो निष्कर्ष निस्केको अमेरिकी अखबार 'द न्यूयोर्क टाइम्स' ले ... |
सेतोपाटी संवाददाता निषेधाज्ञा उल्लंघन गरेको आरोपमा मोरङ प्रहरीले विराटनगरका ४० जना व्यापारीलाई पक्राउ गरेको छ। बुधबार प्रहरीले विराटनगर महानगरपालिकाभित्र व्यापार व्यवसाय गर्ने ४० जना व्यापारीलाई नियन्त्रणमा लिएको हो।, निषेधाज्ञा उल्लंघन गरेर अटेरी गर्ने व्यापारीलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबह... |
भेषराज बस्नेत नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा काममा खटिएका चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि गत बिहीबार राति विरामीका आफन्तबाट आक्रमण भयो । अहिले यो घटना देशव्यापी रुपमा चर्चामा छ । , भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको यो नै पहिलो घटना भने होइन । यहाँको भेरी अस्पतालमा मात्रै पटक–पटक स्वास्थ्यकर्... |
सेतोपाटी संवाददाता दोस्रो लहरको कोरोना संक्रमणपछि सेती प्रादेशिक अस्पतालमा जनशक्ति र स्वास्थ्य उपकरण थपिएका छन्।, संक्रमितको उपचार गर्न अक्सिजन सिलिण्डर, अक्स्जिन कन्सन्ट्रेटर, आइसियू उपकरण र ४४ जना जनशक्ति थप गरिएको हो।, बिरामीको चाप बढेसँगै जनशक्ति र उपकरण थप भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्... |
सविता बुढा खोरीका दर्जनौं परिवार अहिले धपौडको लेकमा यार्सागुम्बा टिप्न आएका छन्।, बझाङको पाथीभेरा हिमालको फेदतिरका बस्तीबाट अधिकांश मान्छेहरू अहिले लेकमा छन्।, लेक हिउँ र कुहिरोले ढाकेको छ। बेला-बेला पानी पर्न खोज्छ। मानिसहरू त्यहीँ यार्सागुम्बा खोज्छन्।, छबिसपाथीभेरा गाउँपालिका-७ खोरीकी सुविना बोहरा र उनकी छोरी दिनभर... |
सेतोपाटी संवाददाता कैलालीमा २ सय ४० रुपैयाँ लुट्न चार जना युवाले एक जनाको हत्या गरेको खुलेको छ।, गत शुक्रबार बिहान धनगढी बसपार्कमा मृत फेला परेका व्यक्तिबाट उक्त रकम लुटेका उनीहरूले हत्या गरेको प्रहरीले जनाएको छ।, प्रहरीले सिसिटिभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। फुटेजमा पक्राउ परेका युवकले स... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ५ पिसीआर परीक्षणबाट ४५२४ र ३०७३ एन्टिजेन परीक्षणबाट ७९२ गरि कुल ५ हजार ३ सय १६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १०१ जनाको ज्या... |
एजेन्सी चीनमा १५ वटा जंगली हात्ती जंगल छाडेर लामो यात्रामा निस्किएका छन्। , युनानको सिसुवाङबन्ना स्वशासित क्षेत्रस्थित जंगल छाडेर निस्किएका ती हात्तीहरू अहिलेसम्म पाँच सय किलोमिटर दूरी पार गरिसकेका छन्। हात्तीको बथान बुधबार प्रान्तको राजधानी कुनमिङनजिक आइपुगेको छ। , हात्तीलाई सहरमा पस्न नदिन अधिकारीहरूले विभिन्न उपाय ... |
सेतोपाटी संवाददाता अर्थ मन्त्रालयले चुरे क्षेत्रको ढुंगा, गिट्टी, बालुवालगायत सामग्रीको दोहन हुन नदिने गरी बजेटमा खानीजन्य उत्खननको व्यवस्था गरिएको प्रष्टोक्ति दिएको छ।, अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को आय-व्यय प्रस्तुत गर्दै व्यापार घाटाका लागि खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा ग... |
सञ्चिता घिमिरे देशभरमा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आइसियु चाहिएर भर्ना भएका सङ्क्रमितको सङ्ख्या कम हुन सकेको छैन। एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै सङ्क्रमण पाइएको भए पनि समस्या भएर अस्पताल भर्ना हुनेको सङ्ख्या कम नभएको हो।, एक स... |
सेतोपाटी संवाददाता स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका वडा नम्बर १०का २४ वर्षीय सौरभ साहलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको भन्दै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्ध... |
सेतोपाटी संवाददाता कैलालीमा निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइएको छ। , वैशाख १६ गतेबाट जारी गरिएको निशेधाज्ञा जेठ ३१ गते राति १२ बजेसम्मका लागि तोकिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जेठ ३१ गते राति १२ बजेसम्म निषेध आदेश जारी गरेको जानकारी दिए।, यस अवधिमा सर्व... |
एजेन्सी श्रीलंकाको कोलम्बो बन्दरगाहनजिकै आगो लागेको एउटा पानीजहाज अब डुब्न थालेको छ। , जहाजमा भएको रसायन र तेलले उक्त क्षेत्रको सामुद्रिक पारिस्थितिक प्रणालीमा गम्भीर असर पर्ने चिन्ता व्यक्त भइरहेका बेला जहाज समुद्रमै डुब्न लागेको हो। , भारतबाट सिंगापुर जान लागेको एउटा पानी जहाजमा दुई साताअघि भीषण आगलागी भएको छ। श्रील... |
सेतोपाटी संवाददाता घाँटीमा लिचीको दाना अड्किएर कञ्चनपुरमा एक शिशुको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–५ का ६ महिने वीरेन्द्र चन्दको आफ्नै घर आँगनमा खल्ने क्रममा लिचीको दाना मुखमा हालेपछि घाँटीमा अड्केर मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले परिवार स्रोतलाई उदृत गर्द... |
सेतोपाटी संवाददाता माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा आगलागी हुँदा ७० लाख रुपैयाँ बराबरको क्षती भएको छ।, रंगेली बडा नम्बर २ घर भएका बद्रि कुमार कार्कीले २० वर्षदेखि सञ्चालनमा रहेको खाजा पसल र रंगेली २ मंगलबारे घर भएका राजेन्द्र शर्माको फर्निचर उद्योगमा आगलागी भएको छ।, काेराेनाकाे समयमा खाजा पसल र फर्न... |
नारायण खड्का बाँकेस्थित नेपालगन्जको भेरी अस्पतालमा गत जेठ १३ गते डाक्टर र नर्समाथि भएको आक्रमण तथा अस्पताल तोडफोड घटनाबारे सत्यतथ्य बुझ्न गठित समितिले ‘सुटुक्क’ प्रतिवेदन सार्वजनिक गरेको छ।, उक्त प्रतिवेदनमा अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार गर्नुपर्नेजस्ता बुँदा पनि समावेश छन्।, प्रमुख जिल्ला अधिकारी शिवराम गेलालक... |
राजेश घिमिरे ७६ वर्षीय शेरबहादुर चेपाङ देख्न सक्दैनन्। उनकी ७४ वर्षीया श्रीमती फूलमाया स्पष्ट सुन्न सक्दिनन्।, चितवनको कालिका नगरपालिकाको पुछारमा पर्ने गाउँ सैपामको एउटा पाटोमा खरले छाएको एक कोठे झुप्रो छ। त्यही झुप्रोमा बस्छ यो दम्पती। झुप्रोको वरिपरि तीन कट्ठा खोरिया छ। त्यहाँ लगाइएको मकैमा बल्ल पात लाग्न थालेका छन्... |
सेतोपाटी संवाददाता भैरहवामा सञ्चालित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा कार्यरत एक चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।, मेडिकल कलेजका प्रशासकीय प्रमुख कमल ढकालका अनुसार अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. पशुपति रजौरियाको कोरोना संक्रमणपछि मृत्यु भएको हो।, ढकालले केही दिन अगाडि डा. रजौरियाको कोरोना रिपोर्ट ... |
एजेन्सी संयुक्त राज्य अमेरिकाको अन्तरिक्ष संस्था नासाले शुक्र ग्रह (भेनस)मा अन्तरिक्ष पठाउन दुई वटा नयाँ मिसन घोषणा गरेको छ।, पृथ्वीको सबैभन्दा नजिक रहेको शुक्र ग्रहबारे अध्ययन गर्न नासाले दुई वटा मिसनको घोषणा गरेको हो। मिसनले शुक्र ग्रह कसरी धेरै तातो छ भन्ने बुझ्ने उद्देश्य राखेको नासाले जनाएको छ। यो ग्रह सौर्यमण्डल... |
सेतोपाटी संवाददाता काठमाडौंको कुलेश्वरमा आगलागी भएको छ।, कुलेश्वरस्थित काठमाडौं महानगरपालिकाको फोहोर राख्ने ठाउँमा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। , उनका अनुसार फोहोर राख्ने नजिकै राखिएको तारहरू जलेर आगलागी भएको हो। , अहिले आगलागी नियन्त्रणमा आइसकेको उनले बताए। ,... |
सेतोपाटी संवाददाता प्रहरीले एक महिलामाथि लाठी हानेको भिडिओ केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको छ। , झन्डै २५ सेकेन्डको उक्त भिडिओमा ती महिलाले तपाईंलाई हान्न सरकारले अधिकार दिएको भन्ने प्रश्न गरेपछि प्रहरीले लाठी हानेको देखिन्छ।, पुरुष प्रहरीले महिलामाथि लाठी हानेको उक्त भिडिओलाई लिएर प्रहरीको चर्को आलोचना भएपछि ... |
सेतोपाटी संवाददाता बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल आजदेखि हटाइएको छ।, नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको छ।, शिल अवधिभर बनेपाले मर्निङवाकसमेत गर्न दिएको थिएन। नगरद्वारा सोमबार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपाई अत्यावश्... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका दुई अस्पताललाई आइसियु भेन्टिलेटर सहयोग गरेको छ । , महानगरले मंगलबार महानगरपालिका भित्रको काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई कोभिड – १९ को रोकथाम र नियन्त्रणमा क्षमता अभिवृद्धिको निम्ति दुई/दुई थान आइसियु भेन्टीलेटर प्रदान गर... |
सेतोपाटी संवाददाता कमला नदीमा बाढी नियन्त्रणका लागि तटवन्ध निर्माण गर्ने काम गरेका उपभोक्ता समितिले पैसा पाएका छैनन्।, काम गरेवापत पैसा नपाएको भन्दै १७ वटा उपभोक्ता समिति र कामदार आन्दोलनमा उत्रिएका छन्।, कमला नदी नियन्त्रण आयोजना कार्यालयले धनुषा, सिरहा र सिन्धुलीका विभिन्न १७ उपभोक्ता समितिले तटबन्ध निर्माणलगायत काम... |
सेतोपाटी संवाददाता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडामा बनाइएको ‘पुन सामुदायिक संग्रहालय’ गण्डकी प्रदेशकै नमुना बनेको छ। पुन समुदायको कला, संस्कृति र जीवनशैली झल्काउने उद्देश्यले करबाकेली बाबा संरक्षण समितिले संग्रहालय बनाएको हो। , ढुङ्गा र काठबाट परम्परागत शैलीमा बनाइएको दुई तले भवनमा पुन समुदायको जन्मदेखि... |
सेतोपाटी संवाददाता मंगलबार थप ६ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, त्यस्तै ६ हजार ८९८ जना यस अवधिमा कोरोनाबाट मुक्त भएका छन् भने ६८ जनाको मृत्यु भएको छ। , हालसम्म कोरोनाबाट ७ हजार ४५४ जनाले ज्यान गुमाएका छन्। , यस अवध... |
सेतोपाटी संवाददाता विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले उनको अन्तिम संस्कारमा सहभागी नहुन आग्रह गरेको छ।, अहिलेको संक्रामक रोगको समयमा थापाको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएको भन्दै सम्भव भएसम्म सहभागी नभइदिन उनको परिवारले अनुरोध गरेको हो।, पारिवारिक स्रो... |
विवेक राई चीनले अनुदान दिएको कोरोनाभाइरसविरूद्धको १० लाख डोज खोप जेठ २५ गतेबाट लगाउन सुरू गर्ने निर्णय भएको छ।, स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले मंगलबार बसेको बैठकले जेठ २५ गतेबाट खोप अभियान सुरू गर्ने निर्णय गरेको जानकारी दिए।, 'स्वास्थ्य मन्त्रालयमा आज बसेको छलफलले आगामी २५ गतेबाट चीन... |
सेतोपाटी संवाददाता ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले धरानबाट एक जनालाई नियन्त्रणमा लिएको छ।, पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ चाँदनी चोक बस्ने ३५ वर्षीय बलबहादुर थापा छन्। प्रहरीले उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।, थापाले ती महिलालाई उनकै घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी... |
सेतोपाटी संवाददाता रुपन्देही प्रहरीले एकैदिन पाँच जना फरार अभियुक्त पक्राउ गरेको छ।, विभिन्न जघन्य अपराधमा संलग्न पाँच जनालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।, पक्राउ पर्नेमा तिनाउ नगरपालिका-११ का ५३ वर्षीय धनबहादुर बुढाथोकी, वडा नम्बर १६ का ५६ वर्षीय कन्हैया कुँवर जोगी, ३६ वर्षीय बेनि... |
सेतोपाटी संवाददाता प्रहरीले गैरकानुनी रुपमा नदीजन्य सामग्री उत्खनन् गरेको आरोपमा तीन वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।, बर्दिया प्रहरीले मंगलबार दिउँसो बारबर्दिया-२ लठुवाघाटबाट तीन वटा टिपर, एउटा एक्साभेटर र एउटा ट्याक्टर नियन्त्रणमा लिएको हो।, निषेधाज्ञाको मौकामा नदीमा हेभीवेट सामग्रीसहित उत्खनन् गरिएको पाइएपछि सवार... |
सेतोपाटी संवाददाता ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले घरघरमा पिसिआर परीक्षण गर्ने भएको छ।, नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ। पछिल्लो समय अस्पतालले घर-घरमा पुगेर बिरामीको स्वाब सङ्कलन गर्न लागेको हो।, अस्पतालका महाप्रबन्धक विकासमान सि... |
रासस कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक मुगुमा एक वृद्धाको मृत्यु भएको छ।, छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए।, उनकाअनुसार ती बृद्धालाई अस्पताल ल्याउने क्रममा: आज बाटोमा नै निधन भएको थियो।, एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्धा अस्पता... |
रासस मानव अधिकारका लागि महिला, एकल महिला समूह डब्लुएचआरले विभिन्न सरकारी अस्पतालमा कोरोना उपचारमा सम्लग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सहयोगी कर्मचारीलाई दैनिक पौष्टिक आहार सेवा सञ्चालन गर्दै आएको छ।, शरीरमा शक्ति आर्जन हुने दैनिक बिहान दुध, केरा, चना, आलु खीर बिस्कुट, पाउरोटी र लोकल अण्डाजस्ता पौष्टिक आहार ख्वाउने ... |
एजेन्सी अमेरिकी अन्तरिक्ष संस्था नासाको पर्सिभिरेन्स अन्तरिक्ष यानले रातो ग्रहको उपनामले चिनिने मंगल ग्रहमा सय दिन बिताएका छ। यो अवधिमा उक्त यानले मंगल ग्रहमा विगतमा जीवको अस्तित्व थियो कि थिएन भनेर अध्ययन गरेको छ। साथै त्यहाँको जलवायु र भू-विज्ञानको अध्ययनका लागि पनि तथ्यांक संकलन गरिरहेको छ।, त्यसका लागि नासाका वैज्... |
एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनले बनाएको अर्को भ्याक्सिनलाई पनि आपतकालीन प्रयोग अनुमति दिएको छ। डब्लुएचओले दुई डोज लगाउनु पर्ने सिनोभ्याक भ्याक्सिनलाई मंगलबार प्रयोग अनुमति दिएको हो।, चीनसहित संसारका धेरै ठाउँमा प्रयोग भइरहेको सिनोभ्याकलाई डब्लुएचओले अनुमति दिएपछि अब कोरोनाभाइरसविरूद्ध चीनका दुईटा खोप ... |
एजेन्सी बंगलादेशको प्रहरीले २० वर्षदेखि 'मोस्ट वान्टेड' को सूचीमा रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।, प्रहरीले मंगलबार ५० वर्षीय टाइगर हबिब उपनामले चिनिने हबिब तालुकदरलाई पक्रिएको हो।, हबिबमाथि लोपोन्मुख अवस्थामा रहेको रोयल बंगाल टाइगर्सको शिकारी र चोरी निकासी गरेको अभियोग छ। उनले ७० वटा बाघ मारेको आरोपमा प्रहरीले ख... |
दिपकजंग शाही कर्णाली प्रदेश अस्पतालको सर्जरी वार्ड, बेड नम्बर ९।, धौ-धौ आफ्नो शरीर धान्दै बेडमा बसेर ‘हटकेस’मा भएको भात खाँदै गरेकी २२ वर्षकी एक युवती। सुरूमा देख्नेहरूलाई लाग्छ उनी युवती होइनन्, त्यस्तै ९-१० उमेरकी बालिका हुन्।, निलो शरीर। मानौं शरीरबाट मासुजति सबै निकालेर हड्डी छोप्न छाला छोडिएको छ। हलचल गर्न नशाहरू... |
सेतोपाटी तनहुँमा एक महिला मृत भेटिएकी छन्।, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेको प्रहरीले जनाएको छ।, उनी तनहुँ शुक्लागण्डकी–२, चुङ्गेडाँडामा बस्दै आएकी थिइन्।, हलेदीस्थित सेती नदीको किनारमा मंगलबार ती महिला मृत फेला परेकी हुन्।, हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेत... |
सेतोपाटी संवाददाता चौधरी ग्रुपको नवलपरासी पूर्वस्थित बियर फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।, देवचुली नगरपालिका-२ स्थित रजरमा रहेको फ्याक्ट्रीको बियर गोदाममा बुधबार बिहान भीषण आगो लागेको हो।, प्रहरीका अनुसार आगो नियन्त्रणबाहिर छ।, जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार तीन वटा दमकलले आगो न... |
सेतोपाटी संवाददाता गैरकानुनी रुपमा खोलानालाबाट ढुंगा-गिट्टी र बालुवा संकलन गरिरहेका टिपर ट्याक्टर र एक्साभेटर मेसिन प्रहरीले नियन्त्रणमा लिएको छ।, रुपन्देही प्रहरीले दुई दिनअघि एकैदिन २२ वटा टिपर, तीन वटा ट्याक्टर र एउटा एक्साभेटर उपकरण नियन्त्रणमा लिएको हो।, मापदण्डविपरीत एक्साभेटर मेसिन नै प्रयोग गरेर नदीजन्य सामग्र... |
सेतोपाटी कोरोना संक्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ।, निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ।,
,
आफ्नै उत्पादन र संकलन गरेर देशैभर अण्डा विक्री गर्दै आएको दाउन्ने ग्रुप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार... |
युनिक श्रेष्ठ काभ्रेको बेथानचोक गाउँपालिका-२ स्थित सामुदायिक वनमा मृगको सेतो पाठो फेला परेको छ।, आइतबार साँझ जनजागृति सामुदायिक वनमा मृगको सेतो पाठो फेला परेको हो।, वनमा घाँस काट्न गएका केही मानिसहरूले सानो मृग देखेका थिए। त्यसको रङ भने सेतो थियो। सेतो रङको मृग देखेपछि अनौठो मानेर उनीहरूले राति नै प्रहरीलाई जिम्मा लगा... |
ध्रुवसागर शर्मा म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुनइेमङ्गलेका दलबहादुर छन्त्याल ८३ वर्षको भए। उमेरले उमेरले आठ दशक पार गरे पनि गाउँले स्वच्छ खानपानले गर्दा उनी अझै हट्टाकट्टा छन्। आफ्नै रहनसहन र भाषा बोल्ने छन्त्याल निकै हँसिलो हुनुहुन्छ। उहाँले जीवनका अधिकांश समय गाईभैँसी र भेडाबाख्राको गोठालो गरेरै बिताए।, उनीसँग ज... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो समय कोरोना प्रकोप बढ्दो छ, त्यही महामारीको चपेटामा ओखलढुंगा जिल्ला पनि परिरहेको छ। यस्तो बेलामा आफ्नो जन्मथलो ओखलढुंगाको अस्पतालले कतिसम्म थेग्न सक्छ?, त्यही कुरालाई मध्यनजर राख्दै जिल्लाका अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न आवश्यक अक्सिजन, भेन्टिलेटर आइसीयूलगायतका मेडिकल सामाग्र... |
युवराज श्रेष्ठ कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका पोखरा-१९ का पुरुषलाई गएको बुधबार बिहान साढे ५ बजेतिर परिवारका अन्य सदस्यले देखेनन्। ज्वरो आएर जेठ ७ गते पोखराको फिस्टेल अस्पताल पुगेका उनलाई त्यही दिन स्वाब लिएर अस्पतालले पिसिआर परीक्षण गर्न पठाएको थियो।, भोलिपल्ट उनको रिपोर्ट पाजेटिभ आएपछि होम आइसोलेसनमा थिए।, ... |
विवेक राई महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्यांक जडान गरिएको छ। ट्यांक जडान गरेसँगै अब बिरामीका लागि अक्सिजन अभाव नहुने अस्पतालले जनाएको छ। , अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले लिक्विड ट्यांक सञ्चालनमा आए पहिले जस्तो अक्सिजनको समस्या नहुने बताए। , ‘लिक्विड ट्यां... |
सेतोपाटी साताको दुई दिन बैंक तथा वित्तीय संस्थालाई खुला गर्न दिइने गरी म्याग्दीमा आजदेखि एक हप्ता निषेधाज्ञा थप गरिएको छ।, जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमस... |
शरद शर्मा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड-१९ संक्रमणको उच्च जोखिममा हुने गरेका छन्। , सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र संक्रमणले पनि फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले जोखिम रहेको हो। , संक्रमणको दोस्रो लहर देखिएपछि अधिकांश बिरामीमा फोक्सो र मुटमा गम्भीर असर पुर्याएको छ। , अहिले स... |
सेतोपाटी संवाददाता ललितपुरको कोटडाँडाबाट तारमा अल्झिएको चितुवाको उद्धार गरिएको छ। , सदर चिडियाखानाको टोलीले आइतबार साँझ ललितपुरको टिकाभैरवबाट चार किलोमिटरमाथि रहेको कोटडाँडाबाट उद्धार गरेको हो।, चितुवा एकदमै दयनीय अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलका प्रमुख चिरञ्जीवी पोखरेलले जान... |
विवेक राई चीनले अनुदानमा दिने भनेको कोरोनाविरूद्धको १० लाख डोज खोपमध्ये ८ लाख डोज भोलि (मंगलबार) नेपाल आइपुग्दैछ।, गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए। यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमै दिएको थियो।... |
सेतोपाटी संवाददाता विश्व बैंक समूह युवा सम्मेलन २०२१ को नेपाली प्रतिनिधिमा युवा वैज्ञानिक निश्चल बानियाँ छनोट भएका छन्।, दुई दिने उक्त कार्यक्रम भचुर्अल माध्यममा जेठ २६ र २७ गते चल्नेछ।, यो सम्मलेन विश्व बैंक समूहको सबभन्दा ठूलो स्वयमसेवीहरूको संस्था युथ-टु-युथ नेटवर्क सम्बद्ध कार्यक्रम हो।, युथ-टु-युथ नेटवर्कले युवाह... |
सेतोपाटी संवाददाता काभ्रेका तीनवटा अस्पताललाई स्वास्थ्य सामग्रीहरू प्राप्त भएको छ।, नेपाल पत्रकार महासंघ काभ्रे शाखाको समन्वयमा प्रारम्भ (सामाजिक संस्था) र आनी छोइङ डोल्मा फाउन्डेसनले धुलिखेल अस्पताल, शीर मेमोरियल अस्पताल र मेथिनकोट अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध भएको हो।, प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष एवं सि... |
सेतोपाटी संवाददाता सोमबार थप ६ हजार ४९१ जना कोरोनाबाट निको भएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना कोरोनामुक्त भएका हुन्।, त्यस्तै यस अवधिमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ११४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हज... |
सेतोपाटी संवाददाता रौतहटमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ।, परोहा नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीया गुडियादेवी पासवानको मृत्यु भएको हो।, उनको आइतबार साँझ पौने ७ बजे घरबाट उत्तरतर्फ मकैबारीमा लगाइएको बिजुलीको नांगो तारले छुँदा करेन्ट लागेर मृत्यु भएको हो।, प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत श्रेष्ठका अनुसार ... |
सेतोपाटी संवाददाता बर्दियामा बाघले फेरि मानिसको ज्यान लिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मधुवन नगरपालिका-५ की नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो।, ७५ वर्षीया नन्दकला सोमबार दिउँसो घर नजिकैको जंगलमा निहुरो टिप्न भनेर गएकी थिइन्। धेरै समयसम्म उनी घर नफर्किएपछि परिवारले प्रहरीलाई ख... |
सेतोपाटी संवाददाता बारबरा फाउन्डेसनले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीलाई १ करोड १ रुपैयाँको सम्मान गर्ने भएको छ।, कोरोना महामारीविरूद्ध अग्रपंक्तिमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारीलगायत एम्बुलेन्स चालकलाई विशेष सम्मान गर्न उक्त रकम छुट्याइएको फाउन्डेसनका अध्य... |
सेतोपाटी संवाददाता नेकपा (एमाले) का नेता एंव अर्थशास्त्री डाक्टर गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ।, डाक्टर थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा मंगलबार बिहान साढे ६ बजे समयमा निधन भएको हो। कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५... |
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाले सोमबारदेखि कोभिड १९को निशुल्क परीक्षण सुरु गरेको छ।, मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा शुरु गरिएको सर्वसाधारणको निशुल्क परिक्षण २१ गतेसम्म जारी रहने छ।, सोमबार ६२ जनाको परीक्षण भएकोमा १४ जनामा कोरोना संक्रमण देखिएको उपमहानगरपालिकाको स्वास्थ्... |
एजेन्सी विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले संसारका विभिन्न देशमा भेटिएका कोरोनाभाइरसका भेरियन्ट (प्रकार) लाई नयाँ नाम दिएको छ।, डब्लुएचओले ग्रिक अल्फाबेटअनुसार ती भेरियन्टको नामाकरण गरेको हो। वैज्ञानिक नाम उच्चारण गर्न कठिन हुने र जुन देशमा भेटिएको हो त्यही देशको नाममा भेरियन्टको नाम राख्दा उक्त देशलाई कलंक लगाएजस्तो... |
रमेश गिरी जंगलको नजिकै शान्त तथा पारिवारिक वातावरण, सिङ्गो गाउँजस्तै आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वस्थवर्धक खानाको उत्कृष्ट पहिचान बनाउन सफल ३२ वर्षे इतिहास बोकेको शुभतारा स्कूल सधैंका लागि बन्द हुने भएको छ।, अभिभावकसँग कुनै समन्वय नै नगरी ललितपुरको महालक्ष्मी नगरपालिका लामाटारमा सञ्चालित यस विद्यालय व्यवस्थापनले अच... |
सेतोपाटी संवाददाता मंगलबार बिहान दुर्घटना हुँदा सुनसरी र इलाममा दुई जनाको मृत्यु भएको छ।, सुनसरी बराहक्षेत्र नगरपालिका-१० दाजुभाइ चौकमा दक्षिणतर्फ जाँदै गरेको को२त ८१८७ नम्बरको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार सहचालक खोटाङ साकेला गाऊपालिका-१ डाँडागाँउका २२ वर्षीय विष्णुकुमार बस्नेतको मृत्यु भए... |
राजु अधिकारी पटक-पटक पिसिआर परीक्षण अनि हरेक पटक पोजिटिभ रिपोर्ट।, शरीरमा कुनै समस्या नभए पनि कोरोनाको ‘नेगेटिभ’ स्वरूप कुर्ने क्रममा धेरै संक्रमित लामो समय तनाव झेल्न बाध्य भएका छन्।, भाइरसको प्रकृति, पिसिआर परीक्षणको विशेषताबारे चिकित्सकले सम्झाउँदा पनि नेगेटिभ रिपोर्ट पर्खिरहेका बिरामी र तिनका परिवार कोरोना पोजिटिभ... |
सेतोपाटी संवाददाता भेरी अस्पताल नेपालगञ्जका डाक्टर र नर्समाथि कुटपिट गरेको घटनाबारे सत्यतथ्य बुझ्न गठित छानविन समितिले प्रतिवेदन बुझाएको छ।, घटनाको चार दिनपछि समितिले ३० पेजको प्रतिवेदन आज बुझाएको हो।, समितिले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई मंगलबार प्रतिवेदन बुझाएका हुन्। यो घटनाबारे सहायक प्रजिअ शंकरबहादुर विष... |
सेतोपाटी संवाददाता जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडानको काम सकिएको छ।, प्रदेश सरकारले दिएको ८० लाख बजेटबाट प्लान्ट जडान गरिएको अस्पतालले जनाएको छ।, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सन्दिप ओखेडाले प्लान्ट जडान गर्ने काम सकिएको बताए।, ‘जडान गर्ने काम पूरा भयो, एकदुई दिनमै उत्पादन सुरु हुन्छ,’ उनले भने। अस्... |
सेतोपाटी संवाददाता मकवानपुरमा आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, प्रहरीले थाहा नगरपालिका वडा नम्बर ६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।, प्रहरीका अनुसार राजुले ती... |
सेतोपाटी संवाददाता डोल्पाको दुनै अस्पताललाई ५ लाख बराबरको औषधि हस्तान्तरण गरिएको छ। पूर्व राज्यमन्त्री धनबहादुर बुढा, पर्यटन ब्यवसायी जितेन्द्र झाँक्री, तापीरिचा माध्यमिक विद्यालयका ब्यवस्थापक सेम्दुक लामा र स्वास्थ्यकर्मी रनलाल कुलालको सहयोगमा दुनै अस्पताललाई स्वास्थ्य सामाग्रा प्रदान गरिएको हो।, कोराना रोकथाम तथा क... |
सेतोपाटी संवाददाता चीन सरकारले अनुदानमा दिने दस लाख डोज कोरोनाभाइरस विरूद्धको खोपमध्ये २ लाख तिब्बत स्वशासित क्षेत्रको सरकारले दिने भएको छ। उक्त खोप युनान प्रान्तको राजधानि कुनमिङबाट हिमालय एयरलाइन्सले नि:शुल्क नेपाल ल्याइदिने भएको छ।, हिमालयले कुनमिङमा गर्ने कार्गो उडानका क्रममा २ लाख डोज खोप ल्याउने छ। चार उडानबाट क... |
निशा भण्डारी चीनले अनुदानमा दिएको कोरोनाविरूद्धको १० लाख डोज खोपमध्ये ८ लाख डोज मंगलबार नेपाल आइपुगेको छ।, गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए। यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमै दिएको थियो।, योपटक ... |
सेतोपाटी संवाददाता काठमाडौंको कालिमाटीमा एक महिलाको हत्या भएको छ।, गत शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर १३ कालिमाटी निलबराहीस्थित एक घरमा महिलाको घाँटी रेटेर हत्या भएको हो।, हत्या आरोपमा प्रहरीले मृतकका श्रीमानलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए।, प... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय माध्ययमबाट अपराध बढेको भन्दै सचेत हुन आग्रह गरेको छ।, आइतबार ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले विज्ञप्ति जारी गर्दै यस्ता अपराधबाट जोगिन अनुरोध गरेका हुन्। , यसका लागि केही आपराधिक समूहहरू नै सक्रिय रहेको ब्यूरोले जनाएको छ।, ती समूहले विभिन्न व्... |
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले सात दिन भित्रमा देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने कानुन ल्याउन माग गरेको छ।, गत बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि कुटपिट गर्नेमाथि कडा कारबाही गर्न भन्दै सात दिन भित्रमा कानुन ल्याउन माग गरेको हो। आइतबार संघले विज्ञप्ति ज... |
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ।, कोरोनाभाइरस संक्रमण कम नभएकोले अहिलेकै अवस्थामा विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराएर परीक्षा लिन असम्भव देखिएकोले वैकल्पिक विधिबाट एसईई गर्नुपर्ने निचोडमा बोर्ड पुगेको छ।, बोर्डका ... |
रासस चितवनको भरतपुर महानगरपालिका– १० स्यालीबजारमा आज ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उहाँका १६ वर्षीय छोरा आयुष आचार्य छन्।, घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले बताए।,... |
सेतोपाटी संवाददाता बर्दियामा माटोमा पुरिएर एक बालकको मृत्यु भएको छ।, गुलरिया नगरपालिका-९ टपरीस्थित सडक निर्माणको लागि खनेको नालामा माथिबाट खसेको माटोले पुरिएर सोही ठाउँका १० वर्षीय बालक इसान्द अलि नाँउको शनिबार दिउँसो मृत्यु भएको हो।, इसान्द लगायतका बालबालिका सोही नालीमा खलिरहेको अवस्थामा अचानक बाटोको माटो खसेर पुरिँद... |
विवेक राई नेपालमा पछिल्ला केही दिनमा कोरोनाभाइरसको संक्रमण घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो साताको तथ्यांक हेर्दा नयाँ संक्रमित थपिने क्रम निरन्तर घटेको देखिन्छ। हिजो (शनिबार) १४ हजार ७ सय ५२ जनाको परीक्षण गर्दा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भयो। अर्थात ३०.४१ प्रतिशतमा संक्रमण देखियो।, अघिल्ल... |
सेतोपाटी संवाददाता कोरोनाभाइरस संक्रमणले त्रिभुवन विश्वविद्यालयका दुई जना सहप्राध्यापकसहित २३ जना कर्मचारीको मृत्यु भएको छ।, आइतबार विज्ञप्ति जारी गर्दै त्रिविले हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको जनाएको छ। , मृत्यु हुनेमा २ जना सहप्राध्यापक, ५ जना उपप्राध्यापक, २ जना शिक्षण साहयक, २ जना आंशिक शिक्षक र... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.