content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता आइतबार थप ६ हजार २०५ जना कोरोनाबाट निको भएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोनामुक्त भएको बताए।, त्यस्तै यस अवधिमा ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा १०९ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित... |
सेतोपाटी संवाददाता सप्तरीबाट प्रहरीले एक जनालाई प्रतिबन्धित भारतीय रूपैयाँसहित पक्राउ गरेको छ। , पक्राउ पर्नेमा महादेवा नगरपालिका-५ का २० वर्षीय दीपककुमार मण्डल छन्। , मण्डललाई हनुमाननगर कंकालिनी नगरपालिका-१४ बेरीयाघाटबाट आइतबार बिहान पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। , उनको साथबाट एक लाख ९८... |
युवराज श्रेष्ठ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गरेको लापारबाहीका विषयमा छानविन गर्न सांसदहरुले माग गरेका छन्। गण्डकी प्रदेश सभाको बजेट अधिवेशनमा बोल्दै सांसदहरुले उक्त माग गरेका हुन्।, अस्पतालले शुक्रबार बेलुकादेखि अक्सिजन आपूर्ति नभएको भन्दै बिरामीलाई अक्सिजन रोकेका थिए। शु... |
सेतोपाटी संवाददाता अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्यन हुनेमा शंका नगर्न आग्रह गरेका छन्।, आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेल कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पक... |
विनोद सापकोटा प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रकी कोरोना संक्रमित ४२ वर्षीया महिलाको उपचार नपाएर आइतबार ज्यान गएको छ।, दमक नगरपालिका-७ संरक्षणटोलकी सोनु तिरुवा श्रेष्ठको उपचार नपाएर ज्यान गएको हो।, शनिबार दिउँसो उनलाई एड्भान्स अस्पतालमा भर्ना गरिएको थियो। तर, स्वास्थ्य अवस्था सामान्य रहको भन्दै अस्पतालले इलामक... |
सेतोपाटी संवाददाता नेपालका विभिन्न क्षेत्रमा केही दिनअघि भारी वर्षा हुँदा ठाउँ-ठाउँमा क्षति पुर्याएको भए पनि आइतबारदेखि त्यो क्रम भने घट्दो रहेको छ।, यद्यपि, हल्कादेखि मध्यम वर्षा भने कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।, ‘भारी वर्षा खासै छैन, हल्का... |
सेतोपाटी संवाददाता कडा निषेधाज्ञाको अवधिमा पनि सीमा क्षेत्रबाट इन्धन तस्करी चलिरहेको पाइएको छ।, सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २४ ड्रम पेट्रोलियम पदार्थ फेला पारेपछि तस्करीबारे खुलेको हो।, विराटनगर र आसपासका क्षेत्रबाट नेपालबाट भारततिर पेट्रोलियम पदार्थको तस्करी लामो समयदेखि चल्दै आएको छ।, केही ... |
सेतोपाटी संवाददाता झापाको दुधेमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा आइतबार राति ८ बजे एक जना युवकको मृत्यु भएको छ।, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय जीवनकुमार दर्नालको मृत्यु भएको हो।, शिवगञ्जबाट दुधेतर्फ आउँदै गरेको मे१२प २... |
सेतोपाटी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम निवासी ९६ वर्षीय वृद्धा कोरोनामुक्त भएकी छन्।, दग्नामको कान्छी गाउँकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरी कोरोनाबाट निको भएकी हुन्।, सात दिनअघि कोरोना सङ्क्रमणको कारण श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि पुनलाई अस्पतालमा भर्ना गरिएको थियो।, ए... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय सिरहा तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ।, ड्युटीमा खटिएका प्रहरी कर्मचारीले मदिरा पसलबाट भोड्का लिएर गएको खुलेपछि सोमबारबाट लागू हुने गरी तीन जना प्रहरीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।, निलम्बनमा पर्नेमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत ... |
हेमन्त केसी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा चारवटा हिउँ चितुवामा ‘स्याटेलाइट जीपीएस कलर’ जडान गरिएको छ।, अघिल्लो वर्ष दुई र यो वर्ष दुई गरी चार हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलर’ जडान गरिएको निकुञ्जले जनाएको छ। वन तथा वातावरण मन्त्रालयको २०७५ भदौ २५ गते मन्त्रिस्तरीय निर्णयानुसार ती हिउँचितुवामा जीपीएस कलर ... |
एजेन्सी कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिएको पूर्वी एसियाली मुलुक भियतनामले देशको सबैभन्दा बढी जनसंख्या भएको सहर हो ची मिन्हका सबै मानिसको कोरोना परीक्षण गर्ने भएको छ।, भियतनामका सरकारी सञ्चारमाध्यमहरूका अनुसार सोमबारदेखि हो ची मिन्हमा दुई हप्ता लागि सामाजिक दूरी कायम गर्नु पर्ने नियम लगाइएको छ। यही बेला सरकारले सबै ना... |
रासस पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।, झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नम्बर १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो।, दुर्घटनामा घाइते भएकी पाँचथरको याङ... |
एजेन्सी भारतमा कोरोनाभाइरसको दोस्रो लहर घट्दै गएको देखिएको छ। पछिल्लो समय संक्रमणसँगै मृत्युदर पनि घटेपछि दोस्रो लहर ओह्रालो लागेको देखिएको हो।, टाइम्स अफ इन्डियाका अनुसार गएको साता भारतमा विगत १२ सातामै कम संक्रमितले ज्यान गुमाएका छन्।, मे २४ देखि ३० सम्म भारतभर २४ हजार ३ सय ७२ संक्रमितले ज्यान गुमाएका छन्। यो संख्या... |
सेतोपाटी संवाददाता औषधी कालोबजारी गरेको आरोपमा प्रहरीले विराटनगर-१५ रानीस्थित जनता मेडिकल स्टोर सञ्चालकलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय रविकुमार रजक छन्। मोरङ प्रहरीको टोलीले रजकलाई आइतबार दिउँसो साढे १ बजे घरैबाट पक्राउ गरेको हो।, उनको घरमा फिजिसियन स्याम्पलका औषधीहरू, मुटु सम्बन्धीका औषधीहरू... |
सेतोपाटी संवाददाता ललितपुर प्रहरीले लागुऔषधसहित जावलाखेल भलिबल टिमका म्यानेजरलाई पक्राउ गरेको छ।, प्रहरीले आइतबार राति ललितपुर महानगरपालिकास्थित कुमारीपाटीबाट अनुप श्रेष्ठलाई पक्राउ गरेको हो।, उनीबाट ५० ग्राम आइस भन्ने लागुऔषध बरामद गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले... |
विनोद सापकोटा झापाको कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले प्रस्तावित कनकाई अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि व्यक्तिगत रुपमा १० लाख रूपैयाँ सहयोग दिएका छन्।, आफूले पाउने पारिश्रमिकबाट पोखरेलले अक्सिजन प्लान्ट निर्माणका लागि सहयोग गरेका हुन्।, १४ औं गणतन्त्र दिवसको अवसर पारेर शनिबार पोखरेलले कोरोनाका ब... |
सेतोपाटी संवाददाता मध्यराति जिउँदै जलाइएकी लक्ष्मी भाटको दिनदिनै पीडा बढिरहेको छ। बर्बर शारीरिक पीडासँगै मानसिक पीडाले पनि उत्तिकै पिरोली रहेको छ। सुजुङ अस्तालमा उपचार गराइरहेकी उनी असह्य पीडामा छिन् । , अस्पतालले भर्ना भएकै दिन यहाँ उपचार सम्भव नभएको जानकारी गराउँदै थप उपचारका लागि अन्यत्र जान सल्लाह दिएको थियो । लक्... |
सेतोपाटी संवाददाता चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। , कालिका नगरपालिका–१ स्थित चतुर्मुखी सामुदायिक वनमा स्थानीय तेजकुमारी सुनुवारलाई गैंडाले आक्रमण गरेको हो। , जंगलमा घाँस, निउरो खोज्न गएको बेलामा ५६ वर्षीया सुनुवारलाई गैंडाले आक्रमण गरेको प्रहरीले जानकारी दियो।, गैंडाको आक्रमणबाट गम्भीर घाइते भएकी उन... |
सेतोपाटी संवाददाता लागुऔषध चरेससहित प्रहरीले बर्दियाबाट तीन जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा खजुरा गाउँपालिका-६ का २६ वर्षीय कमल विश्वकर्मा, ३२ वर्षीय कालीबहादुर चदारा र बढैयाताल गाउँपालिका-८ का ४८ वर्षीय बलबहादुर कामी छन्। , इलाका प्रहरी कार्याय मैनापोखरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार चरेससहित पक्र... |
सेतोपाटी संवाददाता सरकारले महिला स्वास्थ्य स्वयमसेविकाले पाउने भत्ता बढाएको छ। , आगामी वर्षको बजेट मार्फत् सरकारले सतप्रतिशत भत्ता बढाएर १२ हजार पुर्याएको हो। यसअघि वर्षमा ६ हजार भत्ता पाउँदै आएका थिए। ,
,
महिला स्वास्थ्य स्वयम सेविकाको भत्ता बढ्यो |
सेतोपाटी संवाददाता सरकारले आगामी वर्षको बजेट मार्फत् कोरोना भाइरस विरुद्धको खोप खरिद तथा व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ। , अध्यादेश मार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना उपचार तथा नियन्त्रणका लागि थप ३७ अर्ब ५३ करोड बजेट व्यवस्था गरिएको जानकारी दिए। , संक्रमित... |
सेतोपाटी संवाददाता भेरी अस्पताल नेपालगञ्जमा सुरक्षाको लागि २५ जना प्रहरी खटाइएको छ। , शुक्रबारदेखि नै अस्पतालमा बस्ने गरी २५ जना प्रहरी खटाइएको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी रविन्द्र धानुकले सेतोपाटीलाई बताए। , अस्पतालभित्रै डाक्टर, नर्सहरूमाथि आक्रमणका घटना बढ्न थालेपछि अस्पताल प्रशासनको माग बमोजिम शुक्रबार ... |
सेतोपाटी संवाददाता सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ। आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबाट सरकारले भत्ता बढाएको हो। , आज बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भत्ता बढाइएको घोषणा गरेका हुन्। , सरकारले ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ३ बाट ४ हजार पुर्याएको छ। , १० समूहले सामाजिक सुरक्षाको रु... |
सेतोपाटी संवाददाता कोरोना नियन्त्रणका लागि सरकारले जनशक्ति अभाव हुन नदिन १ वर्षको लागि करारमा लिई कर्मचारी खटाउने भएको छ। , तलव र ५० प्रतिशत जोखिम भत्ता दिई १ वर्षका लागि कर्मचारी करारमा लिएर खटाउने व्यवस्था गरिने अर्थमन्त्री विष्णु पौडेलले बताए। , त्यस्तै १ सयभन्दा बढी बेड क्षमताका हरेक अस्पतालले अक्सिजन प्लान्ट जडान... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख ५३ हजार ४ सय २२ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ४ हजार ३११ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै १७६ जनाको एन्टिजेन विधिबाट परीक्ष... |
सेतोपाटी संवाददाता सरकारले ४० वर्ष उमेर माथिका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको नि:शुल्क परीक्षण गर्ने व्यवस्था गरिएको जनाएको छ। , अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अबदेखि ४० वर्ष उमेर समूह माथिका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक नि:शुल्क परीक्षण गर्ने व... |
सेतोपाटी संवाददाता सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोगमुक्त घोषणा गर्ने भएको छ।, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा मलेरिया, क्षयरोग, एड्स तथा एचआइभी र कुष्टरोग नियन्त्रणका लागि एक खर्ब ४६ करोड विनियोजन गरिएको छ। , कोभिड–१९ का सङ्क्रमितको रोकथाममा ... |
सेतोपाटी संवाददाता अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा मानव पुँजीको आधारका रहेको शिक्षालाई दक्ष र गुणस्तरीय बनाउन अनुकूल वातावरण निर्माण गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। , सो बजेटमा नजितामूलक शैक्षिक प्रणाली लागू गर्ने, शैक्षिक नतिजाका आधारमा सामुदायिक विद्यालयलाई... |
सेतोपाटी संवाददाता सरकारले कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसियू, भेन्टिलेटर, एचडियू बेड र परीक्षण किट खरिदका लागि ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। , आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना उपचारका लागि चाहिने पूर्वाधारका लागि आवश्यक बजेको प्रबन्ध गरिएको जनाएको छ। , यस्... |
सेतोपाटी संवाददाता सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय/व्यय विवरण सार्वजनिक गर्दैछ। , सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गर्ने जानकारी दिएका हुन्।, उनले अनुमानित १६ खर्ब २० अर्ब जतिको बजेट स... |
सेतोपाटी संवाददाता अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।, जसअनुसार संघको चालुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो।, त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोज... |
सेतोपाटी संवाददाता सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ।, अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत सो कोष खारेज गरेको घोषणा गरेका हुन्। यसअघि सांसदहरुले आफ्नो क्षेत्रमा विकास रकम खर्च गर्न पाउनेगरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ल्याइएको थियो। , स्थानीय पूर्वाधार विकास साझेदार... |
सेतोपाटी संवाददाता सरकारले काठमाडौंको जाम हटाउन तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउने भएको छ।, काठमाडौंमा सबैभन्दा जाम हुने कोटेश्वरमा सुरूङ मार्ग बनाउन बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसका लागि १ अर्ब ८० करोड बजेट छुट्टाएको जानकारी दिए।, यस्तै सरकारले आर्थिक वर्ष २०७८/७९ मा चक्रपथमा पर्ने राजधानीका व्... |
युवराज श्रेष्ठ गोरखा, बारपाककी २४ वर्षीय युवती विगत एक सातादेखि बिरामी छिन्। उनको शरीर सुन्निएको छ। डाइरिया र निमोनियाले ग्रस्त छिन्।, लामो समयदेखि पिसाब नभएकाले किड्नी पनि खराब भएको हुन सक्ने स्वास्थ्यकर्मीहरूले आशंका गरेका छन्। , स्वास्थ्य निर्देशनालय, गण्डकीका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीका अनुसार उनको अक्सिज... |
सेतोपाटी आगामी आर्थिक वर्षभित्रमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाबाट एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ।, सरकारी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी, रसुवागढी, राहुघाटलगायत आयोजना तथा निजी क्षेत्रले निर्माण गरिरहेका परियोजनाबाट उक्त परिमाणमा बिजुली जाडिनेछ।, अर्थमन... |
सेतोपाटी संवाददाता सरकारले कोरोनाबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई चालु आर्थिक वर्षको आयकरमा छुट दिने घोषणा गरेको छ। , आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २०७७/७८ को आयबाट हुने आयकरमा छुट दिइने घोषणा गरेका हुन्। , जसअनुसार वार्षिक २० लाखसम्मको कारोबार गर्ने उद्योगी व्यवसायीले ९० ... |
एजेन्सी पूर्वी एसियाली मुलुक भियतनाममा कोरोनाभाइरसको नयाँ भेरियन्ट(प्रकार) फेला परेको छ। एक वर्षसम्म कोरोनाभाइरसलाई नियन्त्रणमा राखेका भियतनामका सरकारी अधिकारीहरूले आफ्नो देशमा पछिल्लो समय इन्डियन र युके भेरियन्ट दुबैको विशेषता भएको नयाँ भेरियन्ट फेला परेको बताएका छन्।, भियतनामका स्वास्थ्य मन्त्री एनगुयन थान्ह लोङले उ... |
सेतोपाटी संवाददाता मोरङ सुनवर्षी नगरपालिका-४ स्थित जागीटोलमा पानीको खाल्डोमा डुबेर आठ वर्षीया बालिकाको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही वडाकी सन्तोषी ताजपुरिया छिन्। घर पछाडीको पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, शनिबार बेलुका सवा ६ बजे बालिका पानीको खाल्डोमा डुबेको उनकी आमाले देखेकी थिइन्... |
भगवती पाण्डे जब घरधन्दा सकिन्छ, उनलाई आफ्नो अटोरिक्साको याद आउँछ।, रूपन्देहीको तिलोत्तमा-३ सीमानगरकी जमुना कुमाल अटोरिक्सा ड्राइभर हुन्।, दिनदिनै चलाउन पाए त अटोरिक्साको अवस्था ठिकै हुन्थ्यो। नचलाएर राखिरहँदा यसका पार्टपुर्जा बिग्रिन्छन् कि भन्ने उनलाई चिन्ता छ।, त्यसैले उनी दिनदिनै घरधन्दा सकेपछि ग्यारेजमा थन्काएर रा... |
सेतोपाटी संवाददाता महोत्तरीको एमविएस इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकैघरका दुई जना बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका-९ का ९ वर्षीय बालक प्रेमकुमार मण्डल र उनका दाजु १० वर्षका आशिककुमार मण्डल छन्।, घरबाट झन्डै एक किलोमिटर टाढा रहेको इँटा उद्योगले खनेको खाल्डोमा पानी जमेको थियो... |
सेतोपाटी संवाददाता प्रदेश १ का विपक्षी दलहरूले संसदको बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै आइतबार प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई भेटेका छन्।, प्रदेश सरकारले संसद् छलेर अध्यादेशमार्फत बजेट ल्याउने आशंका गर्दै संसदबाहिरबाट बजेट नल्याउन खबरदारी गर्दै आएका विपक्षीले प्रदेश प्रमुखलाई भेटेर अधिवेशन आह्वानको पहल गरिदिन आग्... |
सेतोपाटी संवाददाता गोरखाको बारपाकमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।, शनिबार २४ जना र शुक्रबार ५८ जनामा कोरोना देखिएको हो।, अझै तीन सय ४२ जनाको रिपोर्ट आउन बाँकी छ।, दुई सातामा १३ जनाको मृत्युपछि गण्डकी प्रदेश, जिल्ला स्वास्थ्य कार्यालय र बारपाक सुलिकोट गाउँपालिकाको छुट्टाछुट्टै स्वास्थ्यकर्मीको टिम परिचालन गर... |
सेतोपाटी संवाददाता भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणबारे छानविन गर्न गठित समितिले आइतबार आफ्नो प्रतिवेदन पेश गर्ने भएको छ।, बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत् डाक्टर र नर्सहरूमाथि कुटपिट गरेका थिए।, घटन... |
सेतोपाटी संवाददाता झापा बुद्धशान्ति गाउँपालिका-३ धाइजन चोकबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय भिमल बस्नेत र २९ वर्षीय विशाल बस्नेत छन्।, शनिबार बेलुका पौने ६ बजे उनीहरूलाई लागुऔषध ब्राउनसुगर २ ग्राम ४०० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जन... |
सेतोपाटी संवाददाता नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटनामा संलग्नलाई कारबाही गर्न नेपाल चिकित्सक संघ कर्णाली प्रदेशले माग गरेको छ। , अध्यक्ष डा. नवराज केसी र महासचिव डा. केएन पौडेलले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै दोषीलाई आवश्यक कारबाहीको माग गरेको हो।, ‘संसारभरि कोरोना महामारीको दोस्रो ... |
सेतोपाटी संवाददाता धनगढी बसपार्कमा एक जना मृत फेला परेका छन्। , धनगढी उपमहानगरपालिका-४ मा रहेको बसपार्कको प्रतिक्षालयमा सुतिरहेको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ। , शुक्रबार बिहान शव फेला परेपछि प्रहरीले पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगेको छ।, मृतकको पहिचान खुल्न सकेको छैन।,
धनगढी बसपार्... |
सेतोपाटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेललाई दिइएको छ। , यसअघिका प्रवक्ता डा जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि मन्त्रालयले आफूलाई आजदेखि प्रव... |
दिपकजंग शाही वीरेन्द्रनगर-४ सुर्खेतका कुलबहादुर रानाले एम्बुलेन्स चलाउन थालेको ६ वर्ष भयो। यो बीचमा उनले कति बिरामी बोके भन्ने हिसाब छैन। उनले बोकेर अस्पताल पुर्याएका कति बिरामी निको भएर घर फर्किए होलान्, कतिपय त्यतिमै सीमित भएका होलान्। त्यो उनले हिसाब राख्ने कुरा पनि भएन।, वर्षौंदेखि बिरामी बोक्ने काम गरेका कुलबहाद... |
सेतोपाटी संवाददाता नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको कुटपिटबारे सत्यतथ्य छानविन गर्न समिति गठन गरिएको छ।, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार घटनाको अनुसन्धान गर्न शुक्रबार छानविन समिति गठन गरिएको हो।, सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा ७ सदस्यीय समिति गठन भएको... |
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिकाले कोरोनाविरूद्धको खोप खरिदका लागि संघीय सरकारसँग अनुमति मागेको छ। , नगरबासीलाई खोप लगाउन नगरप्रमुख नृप बहादुर वडले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै खोप खरिद गर्न अनुमति दिन आग्रह गरेका हुन्। , कोभिड-१९ विरूद्धको खोप चाँडोभन्दा चाँडो उपलब्ध गराउन नगरबासीको... |
सेतोपाटी संवाददाता गोरखाको बारपाकमा रूघाखोकी र ज्वरोका बिरामी बढेपछि कोरोना संक्रमण फैलिएको आशंकामा स्वाब संकलन सुरू गरिएको छ।, दुई साताको अवधिमा बारपाकमा मात्रै १३ जनाको मृत्यु भएको थियो। आज पनि एक जनाको मृत्यु भएको छ।, अधिकांश स्थानीयमा रूघाखोकी र ज्वरो देखिएको थियो। यस्तै लक्षण भएका मानिसहरूको मृत्यु बढेपछि तीनवटा... |
सेतोपाटी संवाददाता भेरी अस्पतालले स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा उपचार नपाएर दुई जनाको मृत्यु भएको जनाएको छ।, अराजक मानिसहरूले आक्रमण गर्दा आइसियूमा अन्य बिरामीको उपचारमा बाधा परेको भन्दै अस्पतालले दुई जनाको मृत्यु भएको जनाएको हो।, अस्पतालका अनुसार बेलुका ९:१५ र १२ बजे मृत्यु भएको हो। ए७ र बी४९ नम्बर बेडमा उपचाररत् ब... |
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको कुटपिटमा खेद व्यक्त गरेकी छन्।, शुक्रबार दिउँसो सामाजिक सञ्जाल ट्वीटर राष्ट्रपति भण्डारीले आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रत... |
एजेन्सी भारतको राजधानी नयाँ दिल्लीमा जारी लकडाउनलाई सोमबारदेखि खुकुलो बनाउन लागिएको छ।, शुक्रबार मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन भएको एक महिना बढी भइसकेको हुँदा अब त्यसलाई 'अनलक' खुकुलो बनाउँदै लैजाने बताएका हुन्।, आफ्ना दिल्लीबासीले जारी लकडाउनलाई समेत समर्थन गरेको उनले बताए।, दिल्ली सरकारले कोरोनाभाइरसको दोस्... |
सेतोपाटी संवाददाता शुक्रबार ६ हजार ९५१ संक्रमित थपिएका छन्।, पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, यसै अवधिमा थप ९ हजार ८४१ जना कोरोनाबाट मुक्त भएका छन्। एकै दिन कोरोनाबाट निको हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो। , थप ९६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जन... |
विवेक राई दुई साताअघि अक्सिजनको हाहाकार भएका बेला काठमाडौंको बालाजुस्थित शंकर ग्यास उद्योगका सञ्चालक शंकर अग्रवालले आफूलाई सरकारले पाँच वटा लिक्विड अक्सिजन बोक्ने ट्यांकर जुटाइदिए देशभर अक्सिजन अभाव हुन नदिने दाबी गरेका थिए।,
,
त्यो बेला शंकरसँग जम्मा दुइटा ट्यांकर थियो। त्यसमा पनि मात्र १५ हजार टन क्षमताका ट्यांकर थ... |
एजेन्सी रूसका नागरिकले कोरोना भाइरसविरूद्धको खोप स्पुतनिक-भी लगाउन अस्वीकार गरेका छन्। कोरोना भाइरसविरूद्धको खोप स्पुतनिक-भी रूसमै बनेको हो।, विभिन्न देशमा खोपको माग बढरहेको बेलामा आफ्नै देशमा बनेको स्पुतनिक-भी लगाउन रूसी नागरिकहरूले अस्वीकार गरेका हुन्। राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई कुनै शंका नगरी खोप... |
सेतोपाटी संवाददाता निषेधाज्ञाको मौका छोपेर नक्सापास विनै घर तथा टहरा निर्माण गर्ने बढेपछि ललितपुर महानगरपालिकाले अनुगमन सुरू गरेको छ।, नियमकानुन विपरीत कुनै प्रकारका संरचना निर्माण हुन नदिन र त्यसरी नियम मिचेर बनाएको पाइए नियमानुसार कारवाही गर्न महानगरका मेयर चिरिबाबु महर्जनले निर्देशन दिएसँगै नगर प्रहरीले महानगर भित्... |
सेतोपाटी संवाददाता बाँकेस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ।, शुक्रबार जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्नेहरूविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले जानकारी दिए।, प्रहरीले अस्पतालमा कुटपिट गर्नेहरू ... |
नारायण अधिकारी कोरोना संक्रमणबाट अकालमा ज्यान गुमाएका सङ्क्रमितको शव व्यवस्थापनलाई सहज बनाइएको छ।, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र कालिबहादुर गणका समन्वयमा शव व्यवस्थापन हुँदै आएको छ।, चितवनसहित छिमेकी जिल्लाका सङ्क्रमितको यहाँका विभिन्न अस्पतालमा उपचार हुन्छ।, महानगरपालिकाको आपतकालीन कार्य सञ्चालन के... |
सेतोपाटी संवाददाता पूर्वडिआइजी रमेश खरेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ। , कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका खरेललाई बिहीबार आइसियूबाट साधारण बेडमा सारिएको हो। , खरेललाई श्वासप्रश्वासमा समस्या भएपछि केही दिन आइसियूमा राखिएको थियो। , साधारण बेडमा सारिएसँगै खरेलको पिसिआर रिपोर्ट पनि नेगेटिभ आइसकेको छ। , ‘उहाँको स... |
सेतोपाटी संवाददाता भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई बिगतको जस्तै उच्च मनोबलका साथ काममा खटिन आग्रह गरिएको छ। , अस्पताल विकास समिति, स्थानीय प्रहरी प्रशासनलगायत सरोकारवालाले अस्पतालमा सुरक्षाको भरपर्दो ब्यवस्थापन मिलाइएको हुँदा निर्भिकताका साथ पहिलेजस्तै उच्च मनोबलका साथ काममा खटिन आ... |
सेतोपाटी संवाददाता आज देशभर बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने छ।, अहिले देशभर बदली भइरहेको र थुप्रै स्थानमा पानी परिरहेको महाशाखाले जनकारी दिएको छ।, आज रात... |
युवराज श्रेष्ठ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले शुक्रबार साँझ विज्ञप्ति निकालेर भने- अक्सिजन अभावका कारण बिरामीको मृत्यु भएको होइन।, कोरोना संक्रमितको उपचारमा अस्पताल अनवरत् खटिरहेको भन्दै उनले अगाडि भनेका छन्, ‘हिजो बिहान केही समय अक्सिजन ... |
अनुषा अधिकारी (आज महिनावारी स्वच्छताको अवसरमा हामीले यो स्टोरी पुनः प्रकाशन गरेका हौं।), महिलाहरूको व्यवहारमा कहिलेकाहीँ असामान्य परिवर्तन आउँछ। छिनमै रिसाउने, छिनमै शान्त हुने।, कहिले भावनात्मक रूपमा कमजोर हुने। कहिले जति खाए पनि नअघाउने, कहिले रूच्दै नरूच्ने। घरि पीरो, अमिलो स्वादको चाहना बढ्ने, घरि टाउको दुख्ने, कब... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले ४५ थान भेन्टिलेटर महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पताललाई उपलब्ध गराइएको जानकारी दिएको छ।, कोभिड–१९ को संक्रमण बढेसँगै अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उदेश्यले ती भेन्टिलेटर विभिन्न अस्पताललाई उपलब्ध गराएको ... |
सेतोपाटी संवाददाता दन्त चिकित्सकले दाँतको समस्या फोनबाटै समाधान गर्ने प्रयास गर्ने भएका छन्।, नेपाल डेन्टल एसोसिएसनले लकडाउनमा घरमै रहेका आम सर्वसाधारणलाई टेलिफोनबाटै मुख तथा दन्त स्वास्थ्यसम्वन्धी समस्यामा निःशुल्क परामर्श गरिदिने भन्दै टोल फ्री नम्बर सञ्चालनमा ल्याएका हुन्।, एसोसिएसनका केन्द्रीय सहसचिव डा विश्व ठाकु... |
एजेन्सी फ्रान्सको समुद्री किनारमा एउटा हम्पब्याक ह्वेल मृत फेला परेको छ। दक्षिणी फ्रान्सको भूमध्यसागरको समुद्री किनारमा बुधबार ह्वेल मृत फेला परेको हो।, विज्ञहरूले यो प्रजातिको ह्वेल उक्त ठाउँमा मृत भेटिनुलाई 'निकै दुर्लभ घटना' भनेका छन्।, 'हामी त्यहाँ पुग्दा ह्वेल मरिसकेको थियो,' ग्राउ-डु-रोइ एक्वेरियमका केयरटेकर इलो... |
रमेश गिरी कोभिड-१९ संक्रमणको महामारीले स्थगित नभएको भए आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरू हुन्थ्यो। , देशव्यापी रूपमा कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जारी भएको निषेधाज्ञा र भाइरसको प्रकोप बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेसँगै परीक्षाको अ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा शुक्रबारदेखि निषेधाज्ञा थप कडा पारिँदैछ।, काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले थप गरिएको एक हप्ताको निषेधाज्ञामा किराना पसलसमेत खोल्न नदिने निर्णय गरेका छन्। माछा-मासु, दूध, तरकारीलगायतका लागि भने बिहान ९ बजेसम्म पसल खोल्न दिइने छ। , प्रशासनले खाद्यान्न पसलहरूमा भीड बढेको ... |
युवराज श्रेष्ठ कोरोना भाइरसको महामारीले मानिसको ज्यान त छाडेन नै, विविधता बोकेको नेपाली संस्कृतिलाई पनि उत्तिकै च्यापेको छ। यो महामारी नआएको भए यतिबेला गण्डकीका गुरुङ गाउँहरूमा शास्त्रीय संगीत घन्किन्थ्यो, पूरै गाउँले त्यहीँ झुम्मिएका हुन्थे।, केही बुढापाका गीति कथा गाउँथे, त्यही कथाको ताल र भाका अनुसार किशोरीहरू नाच्... |
सेतोपाटी संवाददाता पर्सामा प्रहरी नायब उपरीक्षक (डिएसपी) ले सर्जिकल पसलभित्र गएर कर्मचारीमाथि कुटपिट गरेको घटनामा छानबिन हुने भएको छ।, घटना बाहिरिएपछि बिहीबार प्रदेश नम्बर २ प्रहरी कार्यालय, धनुषाले छानबिन गर्न समिति गठन गरेको हो।, बुधबार बिहान सवा १० बजे वीरगन्ज महानगरपालिका-८ स्थित प्याथो सर्जिकल हाउसमा कार्यरत २१ व... |
सेतोपाटी संवाददाता गोरखाको बारपाकमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका विरामीको संख्या बढेपछि बारपाक सुलिकोट गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग सहयोग मागेको छ।, गाउँपालिकाको एकल प्रयासबाट मात्रै यसको नियन्त्रण, रोकथाम तथा व्यवस्थापनमा चुनौती देखा परेकोले महामारी नियन्त्रणका लागि प्रदेश र केन्द्र सरकारसँग सह... |
द न्यूयोर्क टाइम्स इटालीमा प्रसूति कक्षहरू बन्द हुँदैछन्। चीनको उत्तरपूर्वी क्षेत्रका सहरहरू सुनसान देखिँदैछन्। दक्षिण कोरियाका विश्वविद्यालयले पर्याप्त विद्यार्थी पाउनै छाडे र जर्मनीमा दसौं हजार भौतिक संरचना भत्काएर सार्वजनिक पार्क बनाइँदैछ।, यस्ता दृश्यले विश्वको जनसंख्या घट्दै गएको संकेत गर्छ। यति मात्र होइन, यसले ... |
सेतोपाटी संवाददाता कैलालीमा गुम्बाका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि गुम्बा संरक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, बालिकामाथि गलत क्रियाकलाप हुने गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले सोधपुछका लागि गोदावरी नगरपालिका वनखेतस्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षकलाई नियन्त्रणमा लिएको ... |
सेतोपाटी संवाददाता पर्सामा हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, बिहीबार प्रहरीले वीरगञ्ज महानगरपालिका-८ बाट ५३ लाख ८० हजार रकमसहित दुई जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-६ का २६ वर्षीय शिवआनन्द गुप्ता र वीरगञ्ज श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल छन्।, उनीहरूल... |
सेतोपाटी संवाददाता आफ्नै दाइकी छोरी (भतिजी) लाई जबरजस्ती करणी गरेको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन्।, जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ का १९ वर्षीया युवकलाई आफ्नै दाइको १० वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ६९३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख ४२ हजार २ सय ५६ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ७३१ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २०८ जनाको एन्टिजेन विधिबाट परीक्... |
सेतोपाटी संवाददाता भारतीय ट्रकबाट प्रहरीले २७० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, वीरगञ्ज हुँदै भारत जान लागेको एनएल०१ इन ५८६७ नम्बरको ट्रकबाट गाँजासहित चितवन प्रहरीले बिहार पूर्वी चम्पारणका २५ वर्षीय पिन्टु कुमारलाई पक्राउ गरेको हो।, बिहीबार दिउँसो पौने २ बजे राप्ती नगरपालिका-१ बाट उक्त ट्रक नियन्त्रणमा लिइएको... |
सेतोपाटी संवाददाता कञ्चनपुर प्रहरीले भारतबाट चोरी तस्करी गरी लुकाइछिपाइ ल्याएको मलखाद बरामद गरेको छ।, बिहीबार दिउँसो प्रहरीले बेदकोट नगरपालिका-७ झस्पुरका चक्र फार्सवानको घरबाट मलखाद बरामद गरेको हो।, उनले घरको कोठामा ३९१ बोरा डिएपी मल भेटिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।, बरामद गरिएको मलको मू... |
सेतोपाटी संवाददाता कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदम आमजनतामुखी हुन नसकेको भन्दै बृहत् नागरिक आन्दोलनले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।, काठमाडौंको माइतीघरमा भेला भएर उनीहरूले सरकारलाई जनमुखी बनाउन र संविधानविपरिको काम सच्याउन माग गरेका छन्।, कार्यक्रममा सहभागीहरूले 'खोप, भेन्टिलेटर र अक्सिजन चाहिय... |
सेतोपाटी संवाददाता सुनकोशी नदीमा आएको बाढीले पुल बगाएको छ।, ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल बाढीले बगाएको हो।, निर्माणाधीन अवस्थामा रहेको यो पुल २ सय १० मिटर लम्बाइको थियो। पुलको करिब ४० मिटर भाग बिहीबारको बाढीले बगाएको छ।, यो प... |
सेतोपाटी संवाददाता सरकारले यही जेठ १८ देखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ।, मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको पर्यटनमन्त्री भानुभक्त ढकालले सेतोपाटीलाई जानकारी दिए। आन्तरिक उडान खोल्नेबारे भने कुनै निर्णय भएको छैन।, हाल नियमित उडान ... |
सेतोपाटी हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन्।, आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते छन्।, स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा र एक युवती फोनमा ध... |
रासस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरीमध्ये ३७ हजार ९६१ जनाले पहिलो मात्राको खोप लगाएका छन्।, प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म तीमध्ये २४ हजार १६० जनाले दोस्रो मात्राको खोप लगाएका छन्।, विगतमा कोभिसिल्ड पहिलो मात्रा लगाएका प्रहरी लाई दोस्रो मात्रा लगाइएको हो। ६९ हजार बढी प्रहरी छन... |
युवराज श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत कोरोना संक्रमितलाई अक्सिजन अनियमित भएको छ। अस्पतालको आइसोलेसन वार्डमा उपचाररत एक संक्रमितका भाइले जानकारी दिए अनुसार बिरामीले २०–२५ मिनेट अक्सिजन लगाउन पाउँछन्, त्यसपछि आधा घण्टासम्म बिना अक्सिजन बस्नुपरेको छ। , तनहुँको खेरेनीटारबाट बुधबार राती ति संक्रमित प... |
एजेन्सी सन् २०१९ मा संसारभरि ८० लाख मानिसको धुमपानले ज्यान लियो। तर त्यसयता धुमपान गर्नेहरू घटेनन् बरू बढे।, मेडिकल जर्नल लान्सेटमा प्रकाशित नयाँ रिपोर्टका अनुसार अहिले संसारमा १ अर्ब १० करोड मानिसले धुमपान गर्ने गरेका छन्। धुमपान गर्नेहरूको संख्यामा यो नयाँ रेकर्ड हो। विभिन्न मुलुकहरूले धुमपान नियन्त्रणमा गरेका प्रय... |
युवराज श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन नपाएर ७ जना कोरोना संक्रमितको ज्यान गएको छ। ज्यान गुमाउनेहरूमा शनिबार अप्रेसन गरेर सुत्केरी भएकी एक महिला, १ जना डायलोसिस गरिरहेका, १ जना कलेजोमा समस्या आएका र १ जना डायबिटिजको जटिलता भएका बिरामी रहेका छन् भने अन्य संक्रमितमा सामान्य स्वास्थ्य समस्यामात्र रह... |
सेतोपाटी संवाददाता बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको छ।, कोरोना संक्रमणपछि उपचार गराइरहेका बिरामीको मृत्युपछि आफन्तले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात गरेका थिए।, उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए।, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबह... |
सेतोपाटी संवाददाता कोरोना संक्रमित बिरामीको मृत्युपछि आफन्तहरूले डाक्टर र नर्समाथि कुटपिट गरेको विरोधमा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रदर्शन भएको छ।, डाक्टर र नर्सलगायतले आज बिहानैदेखि कुटपिटमा संलग्नलाई कडा कारवाही माग गर्दै प्रदर्शन गरेका छन्।, उनीहरूले सुरक्षा नहुने हो भने काम गर्न नसकिने बताएका छन्।, ‘हा... |
सेतोपाटी संवाददाता मोरङको कानेपोखरी गाउँपालिका-५ शान्ति चोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, बिहीबार साँझ ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२त ९८५८ नम्बरको ट्याक्टरले वितरीत दिशाबाट आउँदै गरेको को३२प ३७६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।, मृत्यु हुनेमा चालक कानेपोखरी गाउँपालिका-... |
सेतोपाटी संवाददाता सप्तकोसी नदीमा हाम्फालेका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ। , कोसी गाउँपालिका-८ स्थितमा रहेको कोसी ब्यारेजबाट पुलबाट हाम्फालेका संखुवासभाका ४० वर्षीय एक पुरुषलाई प्रहरीले उद्धार गरेको हो। , सुन्दरहरैंचामा बसोबास गरिरहेका ती पुरुष बिहीबार अपराह्न ५ बजे कोसी ब्यारेजको १० नम्बर ढोकाबाट हाम्फ... |
सेतोपाटी संवाददाता कोरोना भाइरसविरूद्ध खोप लगाएपछि शरीरमा विकास हुने प्रतिरोधक क्षमता कम्तिमा एक वर्ष रहने र यो समयक्रममा अझ बलियो हुँदै जाने भएकाले सम्भवत: जीवनभर पनि रहन सक्ने दुईवटा नयाँ अध्ययनले देखाएका छन्।, कोरोना खोपले रोगसँग लड्न मद्दत गर्छ कि गर्दैन वा यसले कम समय मात्र काम गर्छ कि भन्ने भ्रम संसारभरि कायम रह... |
युवराज श्रेष्ठ तनहुँ, भानुकी २५ वर्षीया गर्भवतीलाई गत शुक्रबार दिउँसोदेखि नै सुत्केरी व्यथा लागेको थियो।, श्रीमान र उनका भाञ्जाले त्यही दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याएका थिए। अस्पतालमा पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट कोरोना पोजेटिभ आयो।, व्यथाले नछाडेका कारण चिकित्सकले त्यही रात अपरेसन गरेर सुत्केरी गराए। आफ... |
सेतोपाटी गणतन्त्र दिवस २०७८ जेठ १४ गतेदेखि १६ गतेसम्म तीन दिन भव्यताका साथ मनाइने भएको छ। , मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालय र सार्वजनिक महत्वका सम्भाव्य स्थलमा दीप प्रज्ज्वलन गर्ने तथा जिल्लावासी आमनागरिक घरघरमा साँझ दीपावली गर्न, गणतन्त्र दिवसका सन्द... |
सेतोपाटी संवाददाता नेपालमा बढ्दो कोरोनाको महामारीमा अक्सिजनलगायत अन्य मेडिकल सामाग्रीको माग बढ्दै गएको छ।, देशको राजधानी काठमाडौंका अस्पतालमा नै यस्ता मेडिकल सामाग्रीको अभाव देखिइरहेको अवस्थामा अन्य दुर्गम जिल्लाको अवस्था अनुमान मात्रै गर्न सकिन्छ।, सोही कुरालाई ध्यानमा राखेर परदेशबाट आफ्नो जन्मथलोमा मेडिकल सामाग्री ... |
डा.राजु काफ्ले कोरोना भाइरसको दोस्रो लहरमा बालबालिका पनि पीडित छन्। अघिल्लो वर्षको तुलनामा बालबालिकामा संक्रमणदर तीव्र छ।, अभिभावकले भ्याक्सिन लगाएको भए पनि अब कोरोना लाग्दैन भन्ने भ्रम पाल्नु हुन्न। किनकि, भ्याक्सिन लगाउँदैमा कोरोना नलाग्ने भन्ने हुन्न। यसले कुनै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने संक्रमणदर हटाउने ह... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले व्यवहारिक कठिनाई झेलेर ‘होम आइसोलेसन’मा बस्नु स्वस्थकर नहुने भन्दै कोरोना संक्रमितलाई महानगरले सञ्चालन गरेको आइसोलेसनमा बसी स्वास्थ्य लाभ गर्न आग्रह गरेका छन्।, मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘स्वास्थ्य मापदण्ड पुरा गरेर स्वास्थ्य स्थि... |
सेतोपाटी नुवाकोट र धादिङ जिल्लालाई जोड्ने रणनीतिक मानिएको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा नआउँदा धादिङ नीलकण्ठ नगरपालिकाबासीले हैरानी एवम् सास्ती झेल्नु परेको छ। , सडक विभागले धादिङतर्फका फोस्रेटारमा करिa १५ मिटरको एप्रोज सडककको ट्र्याक हालसम्म खुलाउन नसक्दा सो नगरपालिबासी तथा नुवाकोटका तारकेश्र गाउँपालिकाका(तारु... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.