content
stringlengths
20
64.1k
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्जभित्र कार्यरत नेपाली सेनाका हबल्दारको राप्ती नदीमा डुबेर मृत्यु भएको छ। , निकुञ्जभित्र सञ्चालन हुने अपरेसन महाहन्टका लागि खटिएको रेञ्जर बटालियनका पोष्ट कमाण्डरको मृत्यु भएको सेनाले जनाएको छ। , चितवन निकुञ्जको सुरक्षार्थ अहिले खड्गदल गण खटिएको छ। रेञ्जर बटालियन भने निकुञ्जको सुरक्षार...
सेतोपाटी संवाददाता कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप भएको छ।, जिल्ला संकट व्यवस्थान केन्द्र (डिसिसिएमसी)ले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।, कोरोना संक्रमणदर बढेपछि वैशाख १६ गते जिल्लामा निषेधाज्ञा जारी भएको थियो। त्यसपछि निषेधाज्ञा ४ पटक थप भएको छ। , कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञाक...
एजेन्सी अष्ट्रेलियामा लाखौं मुसाले आतंक मच्चाएका छन्। पछिल्लो ६ महिनायता अष्ट्रेलियाको न्यू साउथ वेल्सका मानिसहरूलाई लाखौं मुसाले आतंक मच्चाएका हुन्।, अहिले न्यु साउथ वेल्समा जताततै मुसा देखिन थालेका छन्। घरको सिलिङ, खेत, विद्यालय, अस्पताललगायत ठाउँमा मुसाको बिगबिगी छ। , 'मुसाको महामारी'ले लाखौं डलर क्षति भएको द गार्ड...
सञ्चिता घिमिरे नागढुंगास्थित सुरूङमार्ग निर्माणस्थलभित्र रहेका ३२ जनामा कोरोना संक्रमण देखिएको छ।, निर्माणस्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो।, सङ्क्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेसन क्याम्प) मा राखेर अरू नियमित काम गरिरहेको नागढुंगा सुरूङमार्ग आयोजनाले जनाएको छ।, सङ्क्रमितम...
सञ्जीतकुमार मण्डल महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं ८ बजराही गाउँ बस्ने किसान रामआश्रय मण्डललाई धानखेती कहिले थाल्ने भन्ने चिन्ता सुरू भएको छ।, उनी दुई विगाहामा धानखेती गर्ने किसान हुन्।, प्रत्येक वर्ष धानखेतीबाटै उनले आफ्नो १७ जनाको परिवार पाल्ने गर्दछन्। यसपालि भने उनलाई धानखेतीको लागि कुनै जोरजा...
सेतोपाटी कोभिड-१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) बारे कार्यदलले काम गरिरहेकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले नयाँ शैक्षिक सत्र र परीक्षाबार...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१४  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ६ सय ७७ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै ३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको ...
सेतोपाटी संवाददाता काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा कडाइ गरिए पनि कोही भोकै मर्नुपर्ने अवस्था आउन नदिइने बताएका छन्। , जेठ १४ गतेदेखि २० गतेसम्म काठमाडौं जिल्लामा निषेधाज्ञालाई कडाइ गर्ने आदेश भएको सन्दर्भमा नागरिकहरु खानै नपाइने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको उनले जिकिर ग...
सेतोपाटी संवाददाता बारा प्रहरीले काठमाडौंबाट डिजेल लिन भारत हिँडेको ट्याङ्करबाट २१८ किलो गाँजा बरामद गरेको छ।, बाराको जितपुर-सिमरा उपमहानगरपालिका-१ बाट ना४ख २९७९ नम्बरको ट्यांकरबाट गाँजा बरामद गरेको हो।, प्रहरीले बुधबार दिउँसो १ बजे पथलैयाको एक ग्यारेजबाट ट्यांकरसहित चालक र सहचालकलाई पक्राउ गरेको हो।, बारा प्रहरी प्रम...
सेतोपाटी संवाददाता रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर २ को मैनहियामा अर्घाखाँची सिमेन्ट उद्योग प्रा.लि.को सहयोगमा निर्माण गरिएको स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ। , उक्त भवनको लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ र उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बुधबार संयुक्त रु...
सेतोपाटी संवाददाता पर्सामा सर्जिकल पसलभित्रै पसेर प्रहरी नायब उपरीक्षक (डिएसपी)ले कर्मचारीलाई कुटपिट गरेको घटना बाहिर आएको छ।, बुधबार बिहान १० बजेर २१ मिनेटमा वीरगन्ज महानगरपालिका-८ स्थित पानीट्याङ्की ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसमा पसेर डिएसपी प्रह्लाद कार्कीले सर्जिकल पसलका कर्मचारीलाई कुटेका हुन्।, उनले क...
सेतोपाटी संवाददाता कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदम आम जनतामुखी हुन नसकेको भन्दै नागरिक समूह, बुद्धिजिवि र युवाले काठमाडौंमा प्रदर्शन गरेका छन्।, बुधबार काठमाडौंको किर्तिपुरमा उनीहरुले सामाजिक दुरी कायम गर्दै सरकारलाइ जनमुखि बनाउन प्रदर्शन गरेको जनाएका हुन्। , उनीहरुले गीत गाउँदै र प्ले कार्ड प्रदर्शन गर्दै ...
एजेन्सी भारतमा बुधबार जमिनमा आइपुगेको यास सामुद्रिक आँधीले बितन्डा मच्याएको छ। बुधबार दिउँसो जमिनमा आइपुगेको आँधीका कारण १३०देखि १४० किलोमिटर प्रतिघन्टाको गतिमा चलेको थियो। हावा र भारी वर्षाले पश्चिम बंगाल र उडिसाको जनजीवन अस्तव्यस्त भएको छ।, वर्षा र हावाले कैयौं घर भत्किएका छन्। बिजुलीका पोल ढलेका छन्। सडकमा रूख ढलेक...
सेतोपाटी संवाददाता नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघले कोरोना महामारी र निषेधाज्ञाबीच सेवा दिइरहेकोले कोरोना खोप लगाउने व्यवस्था गरिदिन माग गरेको छ।, संघका महासचिव सुरेशकुमार श्रेष्ठ र अध्यक्ष जनकबहादुर रावलले बुधबार प्रेश विज्ञप्ति जारी गर्दै निषेधाज्ञाबीच पनि पशु स्वास्थ्य सेवाका प्राविधिकहरू काममा खटिइरहेकोले ...
सेतोपाटी कोरोना भाइरसविरूद्ध लगाउने खोप खरिदका लागि स्थानीय तहहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति मागेका छन्।, काभ्रेको पाँचखाल नगरपालिकाले खोप खरिदका लागि मन्त्रालयसँग स्वीकृति मागेको छ।,  नगरले आफ्ना नागरिकका लागि ४० हजार डोज खोप आफैं खरिद गर्ने जनाउँदै मन्त्रालयलाई मंगलबार पत्र पठाएको मेयर महेश खरेलले ...
सेतोपाटी संवाददाता बर्दियामा फेरि बाघले मानिसमाथि आक्रमण गरेको छ। जिल्लाप प्रहरी कार्यालय बर्दियाका अनुसार बुधबार दिउँसो पाटेबाघले एक जना वृद्धमाथि आक्रमण गरेको हो।, साँझ पाँच बजेतिर  मधुवन नगरपालिका १ को औरही सामुदायिक बनमा बाख्रा चराइरहेका सोही नगरपालिकाको इन्द्रपुरका ७४ वर्षीय लालबहादुर थारूलाई बाघले आक्रमण गरेको ह...
एजेन्सी बुधबार राति चन्द्रमा अरू पूर्णिमाको रातभन्दा फरक थियो। नेपालबाट त्यसको अवलोकन गर्न नसकिए पनि संसारका धेरै ठाउँबाट 'सुपर ब्लड मुन' देखिएको थियो। अर्थात् अरू बेलाभन्दा पृथ्वीको नजिक आएको पूर्णिमाको चन्द्रमामा ग्रहण लाग्दा यो रगतजस्तै रातो भएको थियो।  , द गार्डियनका अनुसार उत्तर अमेरिका, दक्षिण अमेरिका र पूर्वी ए...
नारायण खड्का दाङमा एक कारभित्र तीन बालकको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान सकेको छ।, ती बालकहरूको निसासिएर मृत्यु भएको भिसेरा रिपोर्टले देखाउँछ।, गत वैशाख १८ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लटे आर जे ०१ सिसी ०८८५ को कारभित्र तीन बालकको शव फेला परेको थियो।,...
सेतोपाटी संवाददाता नेपाली सेनाका सहायक रथी  दिनेशकुमार केसीको निधन भएको छ। कोरोनाभाइरसको संक्रमण भएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार बिहान निधन भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए।, केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए। एक महिनादेखि अस्पतालमा रहेका उनलाई केही भन्...
सेतोपाटी संवाददाता बिएण्डसी प्रस्तावित मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले वरिष्ठ चिकित्सक गोविन्द केसीले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएका छन्।, केसीले सोमबार विज्ञप्ति निकाल्दै प्रसाईं प्रधानमन्त्रीद्वारा संरक्षित रहेको र उनले त्यसैको आडमा आफ्ना सहकर्मीलाई धम्क्याएको बताएका थिए। केही दिनअघि मिडिया संयोजक प्...
दिपकजंग शाही २७ वर्षका हज्जु अलीको सुर्खेतको वीरेन्द्रनगरमा आफ्नै मोबाइल पसल छ।, त्यतिमात्र होइन उनले अटो रिक्सा किनेर भाडामा चलाउन दिएका छन्।, कोरोना महामारीको दोस्रो लहरपछि वैशाख १४ देखि सुर्खेत प्रशासनले निषेधाज्ञा जारी गर्‍यो, यता उनको पसल बन्द भयो। मान्छे घरभित्रै बस्न थालेपछि अटो रिक्सा चल्ने कुरै भएन।, हज्जु लक...
सेतोपाटी संवाददाता कोरोनाको दोस्रो लहरमा संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा सोमबार यो महिनाकै सबैभन्दा कम भएको छ।, भारतीय ,स्वास्थ्य मन्त्रालय,का अनुसार मे महिनाको पहिलो दिन भारतमा दैनिक संक्रमितको संख्या ३ लाख ९२ हजार ५ सय ७६ जना नयाँ संक्रमित फेला परेका थिए। त्यसपछि क्रमशः बढ्दै गएको संक्रमितक...
सेतोपाटी संवाददाता एम्बुलेन्समा गाँजा ओसारपसा गरेको आरोपमा धरानबाट दुई जना पक्राउ परेका छन्।, धरान उपमहानगरपालिका-१५ का ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटा सहिदभूमि गाउँपालिका-१ का २८ वर्षीय पोशन राईलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो।, भेडेटारबाट धरान आइरहेको को१च ५५५९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले एक सय किलो ...
एजेन्सी भारतमा कोरोनाभाइरसको महामारीलाई नियन्त्रण गर्न लगाएको प्रतिबन्धलाई छल्न एक जोडीले हवाइजहाजमै विवाह गरेका छन्।, सोमबार उक्त जोडीले एउटा प्लेन चार्टर्ड गरेर आकाशमै विवाह गरेका थिए। विवाहित जोडीका १६० जना आफन्त पनि जहाजमा थिए। अहिले यो विवाहको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। यसका तस्वीर तथा भिडिओ भाइरल भएका छन्...
सेतोपाटी संवाददाता बर्दियामा जंगली हात्तीको आक्रमणबाट आमा-छोरीको मृत्यु भएको छ।, सोमबार राति ९ बजे गेरुवा गाउँपालिका वडा नम्बर १ सरखोल खचपुरकी ३७ वर्षीया चन्द्रा विक र उनकी ३ वर्षीया छोरी दिपिका विकमाथि हात्तीले आक्रमण गरेको थियो।, आफ्नै घरमा बसिरहँदा बर्दिया राष्ट्रिय निकुञ्जबाट दुई वटा जंगली हात्ती आएर आमा-छोरीमाथि ...
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बेलहिया बुटवल सिक्सलेन सडकको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरेको छ।, मणिग्राममा जडान गरिएको ट्राफिक लाइट लुम्बिनी प्रदेशमै पहिलो भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बर बहादुर विश्वकर्माले जानकारी दिए।, नगरकै सबैभन्दा बढी सवारी...
रवीन्द्र काफ्ले पाँचथरमा दूरदराजका गाउँ बस्तीहरू कोरोना भाइरस सङ्क्रमणका ‘हटस्पट’ बन्न थालेका छन्।, जिल्लाका आठ वटै स्थानीय तहका दूरदराजका गाउँहरूमा कोरोना भाइरसको संक्रमण निकै तीव्र रूपमा फैलिएको छ। मानवीय उपस्थिति र चहलपहल नै कम हुने गाउँहरूमा सङ्क्रमण तीव्र हुँदा ग्रामीण क्षेत्र पनि प्रभावित बनेको छ।, दूरदराजका गाउ...
भगवती पाण्डे कोरोना महामारीपछि जारी निषेधाज्ञाको कारण सुनसान लुम्बिनी हरियारी मैदान, रंगीचंगी रुपमा फुलेका फुल र चराचुरुङ्गीको चिरविरले मनमोहक बनेको छ ।, फागुन चैत महिनामा पात झरेर सिख्रै बनेका बोटविरुवामा अहिले नयाँ पालुवा पलाएर पात फेरिएका छन् ।, मायादेवी मन्दिर, विभिन्न राष्ट्रले बनाएका मन्दिर र गुम्बा परिसरको मैदा...
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुरमा एक पुरूषको हत्या भएको छ।, गत शनिबार राति ११ बजे कीर्तिपुर नगरपालिका वडा नम्बर ५ स्थित एक गलैंचा फ्याक्ट्रीमा काम गर्ने एक पुरूषको हत्या भएको हो।, हत्या आरोपमा पाँच जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक रुकेश तन्डुकारले जानकारी दिए।, मृत्यु ...
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिकाले वडामै गएर कोरोना परीक्षण गर्न थालेको छ। , टाढाका स्थानीयलाई सहज होस् भनेर वडामै पुगेर कोरोना परीक्षणका लागि स्वाब संकलनको काम सुरू गरिएको नगर प्रमुख नृप बहादुर वडले जानकारी दिए।, उनका अनुसार सोमबारदेखि स्वास्थ्यकर्मीहरूले टाढाका वडामा पुगेर लक्षण देखिएकाहरूको एन्टिजेनमार्फत् क...
सेतोपाटी संवाददाता एम्बुलेन्समा गाँजा ओसार्ने दुई जना पक्राउ परेका छन्।, सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर २ रत्नरोडस्थितबाट प्रहरीले एम्बुलेन्सबाट एक सय किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।, सोमबार बेलुका ७ बजे अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ च ...
एजेन्सी भारतका योग गुरू रामदेवले विवादित अभिव्यक्ति दिएपछि डाक्टरहरूले उनको आलोचना गरेका छन्।, उनले हालसालै कोरोना भाइरसका संक्रमितले आधुनिक औषधिको प्रयोग गर्दा दशौं हजारको मृत्यु भएको र बिरामीहरूका लागि अक्सिजन सिलिन्डर खोज्दै हिँडेको भन्दै व्यंग्यसमेत गरेका थिए।, भारतका स्वास्थ्य मन्त्री डा. हर्ष वर्धनले आलोचना गरेप...
सबिना श्रेष्ठ खुला सडक, त्यसमाथि ओरालो। साइकलमा सररर हावा खाँदै बत्तिन कम्ता मजा आउँदैन!, तर कोटेश्वर–जडिबुटी ओरालोमा साँझ करिब साढे ६ बजे एक युवतीलाई साइकल डोर्‍याउँदै हिँडेको देखेपछि मेरो आफ्नै स्पिड कम भयो।, 'थाक्नुभयो कि क्या हो?', निलो 'लेडिज' साइकल उनले झ्याप्प रोकिन्। अनुहारमा मास्कसँगै फेससिल्ड थियो। हरियो विन...
सेतोपाटी संवाददाता नेपालमा  पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घन्टाभित्रै मुलुकभर १६९ जनाको मृत्यु भएको छ।, मुलुकभरमा बिभिन्न ९१ वटा प्रयोगशालामा गरिएको २२९३६ परीक्षणबाट उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जानकारी द...
युवराज श्रेष्ठ नवलपुरका कोभिड-१९ संक्रमित महिला ४ दिनयता पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा छिन्। उनलाई कुर्न आएका श्रीमानसँग २ जना बच्चा पनि सँगै छन्। घरमा बच्चा हेर्ने मान्छे नभएका कारण श्रीमतीलाई कुर्न आउँदा बच्चा पनि साथै ल्याएको ती पुरूषले बताएका छन्। , कोरोना संक्रमित श्रीमती, आफू र २ जना बच्च...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो। , भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईका अनुसार थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि ...
सेतोपाटी संवाददाता समाचारको विषयलाई लिएर इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृतलाई सोधपुछका लागि सर्वोच्च अदालतले बोलाएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ। , प्रकाशित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्रमा एक हप्ताको लागि पुग्‍ने खाद्यान्न किनेर राख्न अनुरोध गरेको छ।, मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच बसेको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको छ। सो निषेधाज्ञालाई अझ प्रभावकारी बनाउन भन्दै प्रशासन...
सेतोपाटी संवाददाता पाँचखाल नगरपालिकाले कोभिड–१९ (कोरोना) को खोप किन्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वीकृति माग गरेको छ। नगरपालिकाले आफ्नै खर्चमा किन्न लागेको खोपको प्रति डोज कति पर्ने हो, त्यो मूल्य खुलाइदिन पनि अनुरोध गरेको छ।सरकारले नै कोरोना भाइरस विरूद्धको खोप ल्याउन नसकिरहेका बेला पाँचखालले खोप किन...
एजेन्सी भारतबाट सिंगापुर जान लागेको एउटा पानी जहाजमा भीषण आगलागी भएको छ। श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको  एमभी एक्स-प्रेस पर्ल मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको छ। श्रीलंका नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको जनाएको छ।, भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बो...
सेतोपाटी तनहुँमा एक जना वृद्धको शव जंगलमा फेला परेको छ।, गत जेठ ३ गते साँझ ९ बजेदेखि हराइरहेका ६३ वर्षीय पुरुष मृतावस्थामा फेला परेका हुन्।, व्यास नगरपालिका–७ बोटेटार बस्ने नसे बोटे मृत फेला परेका हुन्।, व्यास– ५ स्थित फक्सिङ सामुदायिक जंगलको खोल्सीमा बोटे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक...
विवेक राई अघिल्लो सातासम्म उपत्यकाका सबैजसो अस्पतालहरूमा अक्सिजनको हाहाकार थियो। जसले गर्दा अस्पतालहरूलाई नयाँ बिरामी भर्ना गर्ने त के कुरा भएका बिरामीहरूलाई समेत अक्सिजन पुर्‍याउन हम्मे पर्‍यो।, अक्सिजन अभावको समस्या वैशाख सुरूदेखि नै बढ्दै गएपछि अक्सिजन वितरणलाई सहज बनाउने भन्दै त्यसको जिम्मा कोभिड संकट व्यवस्थापन क...
भगवती पाण्डे आज लुम्बिनीमा २५६५ औं बुद्ध जयन्ती मनाइएको छ।, कोरोनाभाइरस महामारीका कारण पहिलेजस्तो यसवर्ष धुमधामले बुद्धजयन्ती मनाइएन।, पहिले राष्ट्र प्रमुख, सरकार प्रमुख तथा बुद्ध र लुम्बिनीसँग सरोकार राख्ने विभिन्न निकायका प्रमुखहरुको उपस्थितिमा र्‍यालीसहित बुद्ध जयन्ती मनाइन्थ्यो। , यसवर्ष भने धेरै मानिस जमघट भएनन्...
रासस प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ।, बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेका कीर्तिकुमार दूमी राईले बताए।, गर्मी बढ्ने भएकाल...
सेतोपाटी संवाददाता बंगालको खाडी नजिकै बनेको सामुद्रिक आँधी यास बुधबार दिउँसो भारतको जमिनमा आइपुग्दै छ।, भारतीय मौसम विभागले बुधबार दिउँसो पश्चिम बंगाल र ओडिसाको बीचमा यास जमिनमा आइपुग्ने बताएको छ।, मौसम विभागका अनुसार आज दिउँसो यास बालासो र भद्रकको धामरा (पारादीप) को नजिकै भएर जमिनमा आउने छ। जसका कारण १३० देखि १४० किल...
सेतोपाटी संवाददाता काठमाडौंमा बुधबार साँझ ६:५३ देखि ७:३४ सम्म पेनम्ब्रल चन्द्रग्रहण लाग्दैछ। नेपाली पात्रोमा प्राथमिकता नदिइने यो चन्द्रग्रहण वैज्ञानिकहरूका लागि अध्ययनको विषय हो। यो ग्रहण नांगो आँखाले नदेखिने हुँदा यसलाई प्राथमिकता दिइएको छैन।, यसैबीच पश्चिमी मुलुकहरूमा 'सुपर ब्लड मुन' अर्थात चन्द्रमा रगतजस्तो देखिने...
राजु अधिकारी कोरोना संक्रमणको पहिलो लहर झेलिसकेका सर्वसाधारणले दोस्रो लहरलाई पनि त्यत्तिकै सामान्य ठान्ने भूल गर्दा प्रदेश १ मा मृत्युदर ह्वात्तै बढेको छ।, यसबाहेक लक्षण देखिनासाथ कोरोना जाँचमा भन्दा मेलेरिया, टाइफाइडजस्ता रोगको परीक्षणमा संक्रमित व्यस्त हुने र त्यसो गरिरहँदा कडा निमोनियाले आक्रमण गरिसक्ने कारणले पनि ...
एजेन्सी इटालीमा आइतबार एउटा केबलकार दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। तीमध्ये पाँच जना इजरायली नागरिक रहेको खुलेको छ। दुर्घटनामा एक जना बालक गम्भीर घाइते भएका छन्।, इटालीको लेक मागिओएरबाट नजिकैको पहाडको टुप्पोमा पुग्ने केबलकार दुर्घटनामा परेको हो।, स्ट्रेसा-मोत्तारोन केबलकारले विदेशी  पर्यटक र स्थानीयलाई ...
रासस महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-८ स्थित नेपाल-भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन्। मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरूले तोडफोड गरी हटाएका छन्।, बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका...
नारायण खड्का लकडाउनको समयमा गाडी चोरीका घटना बढ्दै गएको पाइएको छ।, दाङमा वैशाख १७ गतेदेखि लकडाउन जारी छ। यो अवधिमा घोराही क्षेत्रबाट मात्रै तीन वटा गाडी चोरी भइसकेका छन्।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द्रप्रसाद रिजालका अनुसार चोरी भएका तीनवटै बोलेरो गाडी देशका विभिन्न स्थानबाट बरामद भइसकेका छन्।, घोराहीबाट चोरी...
सेतोपाटी संवाददाता झापाको प्रस्तावित बीएन्सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले डा गोविन्द केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई धम्की दिएका छन्।, सुवेदीलाई फोन गरेर प्रसाईंले भौतिक आक्रमणको धम्की दिएको सोलिडारिटी फर डा केसी अलायन्सका संयोजक डा जीवन क्षेत्रीले प्रेस विज्ञप्ति निकालेर जानकारी दिएका छन्।, ‘तल...
भगवती पाण्डे बिरामीलाई दिइरहेको अक्सिजन सिलिन्डर जब रित्तिन थाल्छ, स्वर्णिम क्षेत्रीको मुटुको ढुकढुकी बढ्न थाल्छ।, उनी बुटवल धागो कारखानामा रहेको कोरोना अस्पतालकी नर्स हुन्।, जब आफैंले औषधि दिइरहेका बिरामी अक्सिजन अभावमा छटपटिन्छन्  उनका आँखा भरिन्छन्।, 'बिरामी मृत्युको मुखमा जान लाग्दैछन् भन्ने थाहा हुँदाहुँदै पनि के...
सेतोपाटी संवाददाता झापाको शिवसताक्षी नगरपालिकामा आइतबार बिहान राति आगलागी हुँदा दुई वटा काठका घर जलेर नष्ट भएको छ।, २ नम्बर वडास्थित मंगलबारे बजारका नेत्र चिमरिया र उनका छिमेकी नन्दकला राईको घर आगलागी भएको हो।, शिवसताक्षी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कुल बहादुर बस्नेतले राति साढे १ बजे फैलिएको आगोले चिमरिया र ...
सेतोपाटी संवाददाता बाँकेमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। , मृतकमध्ये दुई जना दाङका र बर्दियाका तीन जना छन्। , मृतक सबै पुरूष हुन्।, जिल्ला फोकल पर्सन तेज वलीका अनुसार हालसम्म बाँके जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७३ र बाँके बाहिरका जिल्लाहरूबाट उपचारका लागि लगिएका थप २४५ जनाको मृत्य...
सेतोपाटी संवाददाता दाङको एक कुवामा युवक मृत फेला परेका छन्। , सोमबार बिहान करिब साढे १ बजेतिर कपिलवस्तु चन्द्रौटाका अन्दाजी २७ वर्षीय गोपाल गुरूङको शव कुवामा फेला परेको प्रहरीले बताएको छ।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले घोराही उपमहानगरपालिका वडा नं. ८ स्थित कुलबहादुर चौधरीको घरमा बस्दै आएका उनले च...
प्रकाश मिश्र डा गगन चौधरी राम्ररी सुत्न नपाएको महिना दिनभन्दा बढी भइसक्यो। बिरामीहरूको उपचारमा तल्लीन भएका कारण उनलाई आजभोलि निद्रा पनि खासै लाग्दैन। उनी सुत्नु परे पनि बिरामीको जाँच गर्दागर्दै त्यही आफ्नो टेबलमा बस्दाबस्दै निदाए मात्रै हो नत्र भने अवस्था छैन। उनी कार्यरत प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा कोरोनाका ब...
सेतोपाटी संवाददाता गेटा मेडिकल कलेजमा कोरोना संक्रमितका लागि ९० बेडको कोभिड-१९ केयर सेन्टर सञ्चालनमा आएको छ।, कैलालीको गोदावरी नगरपालिका-५ स्थित निर्माणाधीन मेडिकल कलेजमा अक्सिजनसहित स्वास्थ्यकर्मी खटाएर कोरोना संक्रमितको उपचार गर्ने गरी उक्त केयर सेन्टर सञ्चालनमा ल्याइएको हो।, जिल्ला प्रशासन कार्यालय मातहत रहनेगरी धन...
सेतोपाटी संवाददाता सुनसरी प्रहरीले धरानबाट ३५ किलो गाँजा बरामद गरेको छ।, आइतबार राति धरान उपमहानगरपालिका-६ स्थित सेरा खोला पुलबाट ३५ किलो गाँजा बरामद भएको सुनसरी प्रहरीले जनाएको छ।, प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ नखुलेको मोटरसाइकलमा सवार दुई जना बोरा फालेर भागेका थिए।, प्रहरीले बोरा तलासी गर्दा...
सेतोपाटी संवाददाता नारायणी नदीमा तियारी जाल प्रयोगगरी माछा मार्ने २४ जनालाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ।, निकुञ्जले प्रतिबन्ध लगाएको तियारी जाल प्रयोगगरी रातिको समयमा माछा मार्दै गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ।, चितवन निकुञ्ज सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार भरतपुर म...
सेतोपाटी संवाददाता काभ्रे, मिसल्ले भुम्लु गाउँपालिका-५ जामुनी कालो भिरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, प्रदेश २-०२४ प ९१९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई आइतबार साँझ दुर्घटना भएको हो।, दुरंघटनामा मोटरसाइकलमा सवार भुम्लु गाउँपालिका-१ का २१ वर्षीय सुजन गजमेरको घटनास्थलमै मृत्यु भएको प...
गिरीश गिरी कवि तथा उपन्यासकार वानीरा गिरिको आइतबार राति दस बजे निधन भएको छ। तीन हप्ताअघि कोरोना संक्रमित भए पनि उनको हृदयाघातका कारण निधन भएको परिवारले जनाएको छ। तीन वर्षदेखि अल्जाइमर्स रोगसँग लडिरहेकी लेखक गिरि ७५ वर्षकी थिइन्। , उनका बारेमा हामीले २०७६ सालमा गरेको स्टोरी पढ्नुस्ः, कोठाभित्र पस्नेबित्तिकै एउटा परिचित...
सेतोपाटी संवाददाता बारामा दुई जना नाबालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ।, हत्या गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर बस्नेत २५ वर्षीय फरमुल्लाह अन्सारीलाई पक्राउ गरेको हो।, गत मंगलबार कलैया वडा नम्बर ११ स्थित मदरसा सलफिया कन्जल्मको निर्माणाधीन भवनमा दुई जना बालक मृत...
सेतोपाटी संवाददाता प्रहरीले इन्टरनेट हेरेर स्यानिटाइजर बनाइरहेका एक जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले सोमबार ललितपुर महानगरपालिका वडा नम्बर १० स्थित समिट होटलको ओरालोबाट एक जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-१३ घर भई ललितपुर बस्ने २३ वर्षीय दुर्गा भट्टराई छन्। प्रहरीले व...
सेतोपाटी संवाददाता वरिष्ठ चिकित्सक गोविन्द केसीले आफ्ना मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्की आएको भन्दै ध्यानाकर्षण गराएका छन्। , प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले भौतिक आक्रमणको धम्की दिएको भन्दै केसीले विज्ञप्ति जारी गरी विरोध गरेका छन्। , उनले प्रधानमन्त्री केपी ओलीले चिकित्...
सेतोपाटी सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकी नागरिकको शव भेटिएको छ। , विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ।, मृत्यु भएका समयमा उनको उद्धारका लागि मौसम अनुकूल नहुँदा सोही स्थानमा छाडिएको थियो। बसन्तयाममा आरोहण सकेर फर्कने आरोह...
सेतोपाटी संवाददाता काठमाडौं महानगरले ५ दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा जेठ १४ गतेदेखि परीक्षण हुनेछ। , हरेक दिन १० वडा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना संकलन गरिनेछ। ५ दिनभित्रमा सबै वडाका जोखिमपूर्ण ठाउँमा परीक्षण गरिसकिनेछ। , जनस्वास्थ्य ...
सेतोपाटी सप्तरीमा कुटपिट गरी हत्या गरेको आरोमा चार जना पक्राउ परेका छन्। , रुपनी गाउँपालिका-१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई सोमबार पक्राउ गरेको हो।, धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धानका क्रममा मनोज यादव, विनय यादव, मुकेश यादव र मुके...
सेतोपाटी संवाददाता हिंसात्मक जातव्यवस्था र प्रतिरोधको दिशाबारे छलफल गर्न बृहत् नागरिक आन्दोलनले अन्तर्क्रिया गरेको छ।, रूकुम हत्याकाण्डको एक वर्ष पुगेको अवस्थामा उक्त कार्यक्रम गरेको हो।, कार्यक्रम भर्चुअल रूपमा गरिएको छ।, कार्यक्रममा आहुति, मीरा मिश्र, पछु माझी, मोहन साशंकर, शान्ता विकले बोल्ने कार्यक्रम छ।, भिडिओ:, ...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ७४२५  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख २० हजार ४ सय ६१ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ७ हजार २२० जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २०५ जनाको एन्टिजेन विधिबाट परीक्...
सेतोपाटी संवाददाता प्रहरी नायब उपरीक्षक (डिएसपी) समिरचन्द्र खरेलको कोरोना संक्रमणबाट मृत्यु भएको छ। , महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा दुई सातायता उपचारमा रहेका खरेलको सोमबार अपराह्न मृत्यु भएको हो।, उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो। प्रहरी महानिरीक्षकको सचिवालयले खरेलको मृत्यु भएको पुष्टि गरेको ...
विनोद सापकोटा कोरोना संक्रमण भएर होम आइसोलेसनमा बस्दै आएका बिरामीलाई स्वास्थ्य सामग्रीसहित जनप्रतिनिधिहरूले घरमै पुगेर भेट्ने गरेका छन्।  , सोमबार तातो घामको रापमा पनि शिवसताक्षी नगरपालिकाकाका जनप्रतिनिधि वडा नम्बर २ मा रहेको होम आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका संक्रमितलाई भेटिरहेका थिए। , संक्रमितको स्वास्थ्य अवस्था...
सेतोपाटी संवाददाता मेचीनगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण निधन भएको छ।, शनिबार मध्यान्ह विर्तासिटी हस्पिटल विर्तामोडमा उनको उपचारका क्रममा मृत्यु भएको सो अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए।, कोरोना संक्रमण भएपछि उनी विगत ११ दिनदेखि त्यहाँ उपचाररत थिए।, मेचीनग...
सेतोपाटी संवाददाता चीनको स्वशासित तिब्बत सरकारले अनुदानमा दिएको लिक्विड अक्सिजन तातोपानी भन्सार कार्यालय आएको छ।, ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी पठाएको थियो। लिक्विड अक्सिजनका १५० सिलिण्डर भन्सारमा आइपुगेको प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए।, सामानको तौल ३० मेट्...
सेतोपाटी संवाददाता झापाको गौरादह नपा-४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ।, सङ्क्रमणबाट गौरादह-४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ।, स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार सङ्क्रमित सन्तोषको शुक्रबार राति १२:...
दिपकजंग शाही कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँच वटा जिल्लामा कोभिड-१९ रोकथाम तथा उपचारका लागि जनशक्ति परिचालन गरेको छ।, पहिलो लहरको कोरोना नियन्त्रणका लागि पनि आफ्नो तर्फबाट जनशक्ति परिचालन गरेको प्रतिष्ठानले यो वर्ष पनि सोही कार्य दोहोर्‍याएको हो।, साबिक कर्णालीका पाँच वटा जिल्लाहरू मुगु, कालिकोट, हुम्ला, डो...
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमणविरूद्ध लड्न अमेरिकाले पठाएको सामानहरूमध्ये केही सामान बोकेर पहिलो जहाज काठमाडौं आइपुगेको छ।, शनिबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको उक्त जहाजमा आएको सामान काठमाडौंस्थित अमेरिकी दूतावास र अमेरिकी सहयोग नियोग युएसएडका अधिकारीहरूले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्...
सेतोपाटी संवाददाता कोरोना संक्रमणका कारण बाँकेमा शुक्रबार बेलुकादेखि शनिबार दिउँसोसम्म १४ जनाको मृत्यु भएको छ।, बाँकेका ५, दाङका ४, बर्दियाका ३, सल्यान र कञ्चनपुर जिल्लाका १-१ जनाको मृत्यु भएको हो।, बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार हालसम्म बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५०५ पुगेको छ।, जसमा बाँकेक...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ८९८०  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख ५ हजार ६ सय ४३ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ५९१ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै ३८९ जनाको एन्टिजेन विधिबाट परीक्ष...
राजु अधिकारी प्रदेश १ कै सबैभन्दा ठूलो स्वास्थ्य संस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिडका विरामीलाई आफैं अक्सिजन व्यवस्थापन गरेर मात्रै अस्पताल आउन सूचित गरेको छ।, प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणि पोखरेलले शनिबार सूचना जारी गर्दै प्रतिष्ठानले कोरोनाका नयाँ विरामी भर्ना लिन नसक्ने जानकारी दिए...
सेतोपाटी संवाददाता कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी आफैं चरम असुरक्षाको भयबीच काममा खटिनुपरेको छ। , अस्पतालभित्रै शारीरिक आक्रमणको शिकार बन्नेदेखि गुणस्तरहीन सुरक्षा सामग्रीको भरमा खटिनु पर्ने बाध्यतामा रहेका चिकित्सक स्वास्थ्यकर्मी बेड व्यवस्थापनको दबाबले पनि पिरोलिएका छन्। , विराटनगरस्थित कोशी अस्पताल...
सेतोपाटी संवाददाता प्रदेश १ मा कोरोना परीक्षण गर्ने रिएजेन्ट अभावले पिसिआर परीक्षण गर्ने प्रयोगशाला बन्द हुन थालेका छन्। , प्रदेशमा रिएजेन्ट अभावकै कारण प्रयोगशालामा परीक्षण घटेको छ। झापाको मेची अस्पतालको प्रयोगशालाले परीक्षण बन्द गरेको छ।, मेची अस्पतालले पिसिआर किट रिएजेन्टको अभाव भएको भन्दै शनिबार सूचना जारी गरेर अन...
खिलानाथ ढकाल गृहसचिव महेश्वर न्यौपानेले कोरोना कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा जारी भएको अध्यादेशको कडाइसाथ कार्यान्वयन गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्।, राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दिनघि जारी गरेसँगै अध्यादेश कार्यान्वयन कडाइसाथ गर्न निर्देशन दिइएको हो।, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख, ...
सेतोपाटी संवाददाता गैंडा मारेको अभियोगमा दस वर्ष पहिले कैद फैसला भएका एक फरार व्यक्तिलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ।, चितवनको कालिका नगरपालिकाको सैपाङ घर भएको विन्द्र सिंह भन्ने सागर प्रजालाई शुक्रबार पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।, उनलाई तनहुँको ब्यास नगरपाल...
नारायण खड्का प्यूठानमा घर भत्किँदा बुवा, आमा र छोराको मृत्यु भएको छ।, जिल्लाको नौबहिनी गाउँपालिका वडा नं. १ स्याउलिबाङ चौतारामा घर भत्किँदा ४० वर्षीय बोमबहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमति गमी मल्ल र उनीहरूका ३ वर्षीय छोरा शिशीर मल्लको घटनास्थलमै मृत्यु भएको हो।, जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देविप्रसाद गैरे...
सेतोपाटी संवाददाता बर्दियाको प्रहरी चौकी कालिकामा कार्यरत प्रहरी जवान मृत फेला परेका छन्।, पाल्पा रम्भा गाउँपालिका-३ का २५ वर्षीय प्रहरी जवान कोशलबहादुर खाम्चा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।, उनी बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका चौकी परिसरको अम्बाको रू...
सेतोपाटी संवाददाता सिद्धार्थ राजमार्गको बुटवल-दोभान सडक खण्डमा सुरूङ मार्ग बनाउन सरकारले टेन्डर आह्वान गरेको छ।, भौतिक पूर्वाधार मन्त्रालयले ४५ दिनको समय सीमा तोकेर सूचना प्रकाशित गर्दै टेन्डर आह्वान गरेको हो।, गत वर्ष नै अर्थ मन्त्रालयले सुरूङ मार्ग बनाउन १० अर्ब १५ करोडको बजेट स्वीकृत गर्दै र सोही बजेटको सीमाभित्र र...
युवराज श्रेष्ठ ललितपुर महानगरपालिका-१५ खुमलटारका नुभिव उप्रेतीको मोबाइलबाट वैशाख ४ गते बिहान सवा तीन बजे आमा भगवतीलाई म्यासेज आयो- 'आइ रियल्ली वान्ट टु डिआइइवाइ ...', यो म्यासेज उनले आफू उठेपछिमात्रै देखिन्। उनको मन बिहानै चिसो भयो। , उनले दोहोर्‍याएर पढिन्, म्यासेजमा भन्न खोजेको कुरा बुझिनन्।                         ...
सेतोपाटी संवाददाता रोल्पाको जंगलमा  नौ सय ७० राउन्ड गोली फेला परेको छ।, जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ रामपुर गाउँ नजिकैको एक सामुदायिक वनको बाँस घारीमा प्लाष्टिकले बेरी राखेको अवस्थामा ती गोली फेला परेका हुन्।, जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले एसएमजीमा प्रयोग हुने म्याग्जिन २३ थान, एम १६ को म्या...
सेतोपाटी संवाददाता नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेमाथि गोली प्रहार घटनामा जनता समाजवादी पार्टीका नेता संलग्न भएको थाहा भएको छ।, कपिलवस्तु प्रहरीले सार्वजनिक गरेका दुई जनामध्ये कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ३९ वर्षीय ओमप्रकाश यादव जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्य सहसराम या...
एजेन्सी दुबईका शासक तथा संयुक्त अरब इमिरेट्स (युएई) का उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मकतुमकी छोरी ३५ वर्षीया लतिफा अल मकतुम धेरै समयपछि पहिलो पटक दुबईको एउटा मलमा पुगेको तस्बिर सार्वजनिक भएको छ। , दुई दिनअघि इन्स्टाग्राममा दुई जना महिलाहरूले पोष्ट गरेको एउटा तस्बिरमा लतिफा मल अफ द इमिरेट्सको क्याफेमा बसेको देखि...
सेतोपाटी संवाददाता बाँकेमा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमध्य कैलालीका चार, दाङका दुई, सल्यान र बर्दिया जिल्लाका एक÷ एक जना रहेका छन्। , बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार शनिबार बेलुकादेखि आइतबार बिहानसम्म जिल्लाका भेरी र कोहलपुर अस्पतालहरुमा उनीहरुको मृत्यु भएको थियो। , यो संगै बाँकेम...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङका क्रममा सो जानकारी गराएका हुन्। यस दिन १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , त्यस्तै यस अवधिमा ७ हजार ६६४ जना कोरोनाबाट निको...
सेतोपाटी संवाददाता मानव स्वास्थ्यमा हानिकारक मिथानोल अल्कोहल अत्यधिक प्रयोग गरिएको स्यानिटाइजर कम्पनीमा प्रहरीले छापा मारेको छ। , इमाडोल सितलहाइटमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा महानगरीय अपराध महाशाखा र औषधी व्यवस्था विभागको टोलीले आइतबार छापा मारेको हो। , उक्त कम्पनीले उत्पादन गरिरहेको प्लस ७५ प्रतिशत सेनिटा...
सेतोपाटी संवाददाता ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन्।, आइतबार बिहान ८:५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रा.लि.का प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिए।, दुवै जना हिमालयन...
विवेक राई हिजोआज कोरोना संक्रमितका लागि भन्ने बित्तिकै अस्पतालमा ठाउँ पाइन्नँ। जसकारण अधिकांश बिरामीहरू घरमै बस्नुपर्ने बाध्यता छ।, तर घरमै बसिरहँदा बिरामीको जुनसुकै बेला पनि अक्सिजनको मात्रा घट्न सक्छ र अक्सिजन दिनुपर्ने हुनसक्छ। त्यस्तो बेला बिरामीलाई तुरून्त अक्सिजन दिन नसकिएला किनकि, अहिले बजारमा अक्सिजनको हाहाकार...
सेतोपाटी संवाददाता अघिल्लो साताको तुलनामा यो साता कोभिड संक्रमितको संख्या ५.७ प्रतिशतले कमी आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा अघिल्लो साताभन्दा यो साता संक्रमितको संख्यामा कमी आएको जानकारी गराएको हो।, गत साता  (वैशाख २६-जेठ १) देशभर ६१ हजार ४१४ जनामा संक्रमण देखिँदा यो साता (जेठ २-८) जम...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका ३५ वटा अस्पताललाई आइसियू, भेन्टिलेटर र अक्सिजन प्लान्ट जोड्न झन्डै ३ अर्ब रुपैयाँ विनियोजन गरेको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३५ अस्पताललाई आइसियू, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक जोड्न २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन...
सेतोपाटी संवाददाता गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ।, योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४७४ जना पुगेको छ।, २४ घण्टायता मृत्यु हुनेमा कास्कीका ७ जना, नवलपुरका ५ जना, स्याङ्जाका ४ जना, गोरखाका ३ जना, बागलुङका २ जना र तनहुँका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्...
सेतोपाटी संवाददाता सेती प्रादेशिक अस्पताललाई सोहनलाल रामप्यारी देवी फाउण्डेसनले ४१ लाख रुपैयाँ दिएको छ। , कोरोना रोकथाम तथा उपचारमा कठिनाइ भइरहेका बेला फाउण्डेसनले अस्पतालका नाममा उक्त रकमको चेक प्रदान गरेको हो।, अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डेले जेठ ३ गतेको मितिमा काटिएको चेक प्राप्त भएको बताए।, ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३ हजार २३२ जनामा कोरोना भाइरस पुष्टि भएको छ। , बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३२३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। , काठमाडौंमा मात्रै २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जनामा संक्रमण पुष्टि भएको हो।...