content
stringlengths
20
64.1k
विनोद सापकोटा झापाको मेचीनगर नगरपालिकाले आफ्नो नगरमा रहेका कोभिडका बिरामीलाई नि:शुल्क उपचार गर्ने भएकाे छ।, नगरप्रमुख विमल आचार्यले नगरमा कोभिड संक्रमितहरूलाई नि:शुल्क उपचार गरिने बताएका हुन्।, काेराेनाकाे समयलाई मध्यनजर गर्दै नगरभित्रका जनताकाे सेवाकाे लागि नि:शुल्क एक्स-रे मेसिन सञ्चालनमा ल्याउने पनि उनले जानकारी दि...
युनिक श्रेष्ठ कोरोना भाइरसबाट जोगिन मास्क लगाउनु, पटक-पटक हात धुनु र स्यानिटाइजर दल्नु अनिवार्य नै भएको छ। जब कुनै चिजको माग बढ्छ, त्योसँगै कालोबजारी गर्ने गिरोहहरू मौकाको फाइदा उठाउन सल्बलाउन थाल्छन्। यसको पछिल्लो उदाहरण स्यानिटाइजरमा देखिएको छ।, स्यानिटाइजरको बढ्दो प्रयोगसँगै कालोबजारी गर्ने गिरोहहरू बढेका छन्। बजार...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ८३०५  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार २२७ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै ७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो। , पछिल्लो २४ घण्टामा २२ हजार ८...
सेतोपाटी संवाददाता जानकी नवमीको अवसरमा जानकी मन्दिरमा सवा एक किलो सुन चढाइएको छ। , जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले एक किलो र श्रद्धालु निर्मला देवीले २५० ग्राम सुन जानकी मन्दिरमा चढाएका हुन्।, सीताको जन्मको स्मरणमा प्रत्येक वर्ष जानकी मन्दिरमा धुमधामका साथ जानकी नवमी मनाइए पनि यस वर्ष भने कोरोनाको दोस्रो...
सेतोपाटी संवाददाता झापाको कमल गाउँपालिका-३ मा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-१ का ६२ वर्षीय साने दर्जी छन्।, पूर्व-पश्चिम राजमार्गको केर्खामा बिहीबार राति पौने ९ बजे प्रदेश ३-०१-०२४ च ४५३५ नम्बरको स्कार्पिओले पैदल यात्री दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प...
सेतोपाटी संवाददाता हुण्डी कारोबार गरेको आरोपमा मोरङबाट तीन जना झण्डै २२ लाख रुपैयाँसहित पक्राउ परेका छन्। , मोरङ प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर ११ स्थित रोडशेष चोकबाट तीन जनालाई पक्राउ गरेको हो।, उनीहरूलाई प्रहरीले झण्डै २२ लाख रुपैयाँसहित बिहीबार ३ बजे पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर रा...
सेतोपाटी संवाददाता मोरङको सुन्दरहरैंचा नगरपालिका-३ का एक व्यक्तिको सुतेकै ठाउँमा हत्या गरिएको छ। , ४० वर्षीय विष्णु ऋषिदेवको सुतैकै ठाउँमा शुक्रबार बिहान हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। , घाँटीमा धारिलो हतियार प्रहार गरेर ऋषिदेवको हत्या गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष ख...
सविता बुढा कैलालीको तेघरीमा रहेको भवानी दल गणबाट महिला सैनिकको एक टोली कैलालीमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनको काममा खटिएको छ।, उपसेनानी शशी केसी उक्त सैनिक टोलीको कमान्डर हुन्।, ६ जनाको टोली महिला तथा बालबालिकाको शव व्यवस्थापन गर्ने गरी हरबखत तयारी अवस्थामा रहने केसीले बताइन्।, सेनाको तेघरी ब्यारेकबा...
एजेन्सी भारतमा वायु सेनाको एउटा लडाकु जहाज दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ।, भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जाबको मोगानजिकै बिहीबार राति वायु सेनाको एमआइजी-२१ लडाकु जहाज दुर्घटनामा परेको हो।, तालिमका क्रममा रहेको जहाज  दुर्घटनामा परेको बताइएको छ। दुर्घटनाबारे छानबिन गर्न समिति बनाइएको छ।, यो वर्ष भारतीय वायु सेन...
सेतोपाटी संवाददाता मोरङमा औषधी कालोबजारी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले सिरहा घर भई हाल विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित विराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी सञ्चालन गर्ने २२ वर्षीय रविन्द्र महतोलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) ...
सेतोपाटी संवाददाता मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई तीन वटा जहाजमा सामान पठाउने भएको छ।, अमेरिकी सहयोग नियोग युएसएडले बिहीबार  सर्जिकल मास्क, फेससिल्ड, पञ्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री पठाउन लागेको जानकारी दिएको छ।, तीन वटा जहाजमध्ये पहिलो जहाज काठमाडौंका ला...
सेतोपाटी संवाददाता विराटनगरको कोशी अस्पतालमा भेन्टिलेटरसहितको ६२ शय्याको 'कोभिड अस्पताल' सञ्चालनमा आएको छ।, अस्पतालमा बेड अभाव उच्च रहेका बेला यसले राहत हुने स्वास्थ्यकर्मीले बताएका छन्। , यसअघि विराटनगरमा प्रदेश सरकार मातहत ९६ शय्याको कोशी कोभिड-१९ उपचार केन्द्र सञ्चालनमा थियो। संघीय सरकार मातहतको कोशी अस्पतालले पनि ...
सेतोपाटी संवाददाता बाँकेमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। , मृतकमध्ये बाँके जिल्लाका आठ जना, सल्यान र कैलालीका दुई/दुई जना, प्यूठान, दाङ र बर्दियाका एक/एक जना रहेको बाँके जिल्ला फोकल पर्सन तेज वलीले जानकारी दिए।, बिहीबार बेलुकादेखि शुक्रबार बिहानसम्मको अवधिमा उक्त संख्यामा मृत्यु भएको हो।, भेरी अस्पताल नेप...
सेतोपाटी लगातार दुई दिनयता परेको वर्षातका कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका-२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ।, मृत्यु हुनेमा स्थानीयबासी जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती लक्ष्मी  रहेको जनाइएको छ। , आज बिहान १०ः३० बजेतिर थापाको दुई तले कच्ची घरको अगाडिको बरन्डा भत्किँदा घाइते भएकी लक्ष्मीको उपचारका...
सेतोपाटी नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएका कोरोना सङ्क्रमित बिरामी र कुरूवालाई २० रुपैयाँपैयाँमै खाना उपलब्ध भएपछि राहत मिलेको छ।, अस्पताल परिसरमै प्रतिछाक २० रुपैयाँपैयाँमा खाना उपलब्ध भएपछि बिरामी कुरूवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ।, भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने बिर...
सेतोपाटी संवाददाता मोरङको सुन्दरहरैंचा नगरपालिका-३ का ४० वर्षीय विष्णु ऋषिदेवको हत्यामा संग्लग्न रहेको आरोपमा स्थानीय २३ वर्षीय पुजन राई पक्राउ परेका छन्।, बिहान ६ बजे घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा सुतेकै ठाउँमा ऋषिदेव मृत फेला परेका थिए।, घटना अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले राईला...
सेतोपाटी संवाददाता भक्तपुरमा चार वटा सवारीसाधन आपसमा ठोक्किएका छन्। , शुक्रबार बिहान सूर्यविनायक नगरपालिका-९ स्थित नलिनचोकमा चार वटा सवारीसाधन आपसमा ठोक्किएका हुन्। , सो दुर्घटना हुँदा तीन जना घाइते समेत भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोक जिसीले जानकारी दिए। , बिहान पौने ८ बजे जगाती जाँदै गरेको ...
सेतोपाटी नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण बाजुरामा बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिले एक साता निषेधाज्ञा थप गरेको छ।, बैठकले जेठ १४ गते मध्यराति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। , उनले संक्रमित बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ८६०७  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ४०७ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २०० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो। , पछिल्लो २४ घण्टामा २३ हजार ...
निर्मला घिमिरे बुढ्यौलीका धर्साहरूले मुजा परेको अनुहार। खुइलिएको तालु। पट्पट फुटेका पैताला। छेवैमा खोलेर राखिएका एक जोर चप्पल। कालीमाटी र टेकु जोडिने पुलको नजिकै रूखमुनि टोलाइरहेका थिए उनी।, घरिघरि नजर यताउति डुलाउँदै, केही, कसैलाई खोजिरहेका थिए।, उनी हुन् ५६ वर्षीय पूर्णबहादुर कार्की। महादेववेशी धादिङ घर भएका पूर्णबह...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप दुई हजार ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  , शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। , त्यसमध्ये काठमाडौंमा १७५२, ललितपुरमा ४०० र भक्तपुरमा २९५ जना संक्रमित थपिएका हु...
सेतोपाटी संवाददाता पोखरीमा नुहाउनेक्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ। , शुक्रबार दिउँसो साढे २ बजे सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर १२ कुशाहास्थित एक सार्वजनिक पोखरीमा बालक डुबेका हुन्। , १० वर्षीय रुपेश साह नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ...
सेतोपाटी संवाददाता सरकारले आवश्यक परेको जुनसुकै बेला पनि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने भएको छ।, 'कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८' जारी गर्दै सरकारले कोरोना संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा सोको रोकथाम, नियन्त्रण र निदानका लागि राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा कुनै स्थानमा स्वास्थ्य आपत...
सेतोपाटी संवाददाता कपिलवस्तुका माओवादी नेता दीपक पाण्डे र इयाज अख्तर मुसलमानलाई गोली प्रहार गरेको घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, कपिलवस्तु नगरपालिका-१ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका-२ का ३३ वर्षीय साकिर अलि पाखियालाई प्रहरीले पक्राउ गरेको हो।, दुबैलाई कपिलवस्तु प्रहरीको विशेष अनुसन्धान ट...
दिपकजंग शाही सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पताललाई संघीय सरकारको मातहतमा लिने कसरत गरिएको छ। स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन एवम् विपद व्यवस्थापन इकाइको वैशाख १ गते बसेको बैठकले कर्णाली प्रदेश अस्पताललाई संघ मातहत लिने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ।, वैशाख ३ गते सार्वजनिक भएको यो निर्णय आल...
सेतोपाटी संवाददाता माओवादी (केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले  रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। , अखिल (क्रान्तिकारी) को केन्द्रिय स्वयंसेवक बिभागले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ११ बजे देखि २ बजे सम्म रक्तदान गरेको हो।, बढ्दो महामारीबीच आवश्यक रगत आपुर्तिमा कमी हुन नपाओस भन्ने उद्देश्यले रक्तदान कार्...
सेतोपाटी संवाददाता गत वर्ष आजकै दिन भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले पश्चिम (रुकुम)को चौरजहारी नगरपालिका–८, सोतीगाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगेलगत्तै ६ जनाको मृत्यु भएको आज एक वर्ष भएको छ ।, पीडितले न्याय नपाउँदा मृतकका आफन्तका आँखाबाट आँशुु अझै बग्न छाडेको छैन । उक्त घटनामा १२ जना घाइते भएका थिए ।...
सेतोपाटी मकवानपुरको थाहा नगरपालिकामा प्रत्येक तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा कोरोना महामारीका कारण यस वर्ष पनि स्थगन गरिएको छ।, अघिल्लो जात्रा सकिएको तीन वर्ष पुगेपछि गत वर्ष नै बाराही जात्रा हुनुपर्ने भए पनि कोरोना महामारीका कारण रोकिएको थियो। , नगरमा कोरोना संक्रमण बढिरहेको र जात्रा चलाउँदा थप जोखिम हुने भ...
सेतोपाटी संवाददाता अरब सागरमा बनेको ताउ-ते सामुद्रिक आँधीको प्रभाव सकिएको केही दिन नबित्दै बंगालको खाडी नजिकैबाट अर्को आँधी आउने भएको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार यास नाम दिइएको उक्त आँधी अहिले बन्ने क्रममा छ। मंगलबारसम्म धेरै शक्तिशाली चक्रवातमा परिणत हुने आँधी बुधबार पारादीप र सागर टापुमा ल्यान्ड हुनेछ। १८५ क...
सेतोपाटी तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।, शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरिया खर्चबापत जनही १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।, सम्बन्धित वडाको सिफारिसमा मृत्यु भए...
एजेन्सी अफ्रिकी मुलुक नाइजेरियाका सेना प्रमुखको जहाज दुर्घटनामा मृत्यु भएको छ।, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार सेना प्रमुख  इब्राहिम अत्ताहिरूसहित अन्य उच्च सैन्य अधिकारी चढेको जहाज  उत्तरी राज्य काडुनामा दुर्घटनामा परेको हो। दुर्घटनामा परी अन्य १० उच्च सैनिक अधिकारीको मृत्यु भएको जनाइएको छ।, नाइजेर...
एजेन्सी भारतमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या तीन लाख पार गरेको छ।, सरकारी तथ्यांकअनुसार आइतबारसम्म भारतभरि तीन लाख तीन हजार मानिसले ज्यान गुमाएका छन्। कोरोनाका कारण भएका कतिपय मृत्यु सरकारी रेकर्डमा नभएकाले यो संख्या निकै धेरै हुन सक्ने विज्ञहरूले बताएका छन्।, बितेका २६ दिनमामात्र भारतमा १ लाख कोरोना संक्र...
रासस गोरखाको सिरानचोक गाउँपालिका–१ भीरसिंहमा माटाको ढिस्काले पुरेर दुई जनाको मृत्यु भएको छ।, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङका घरको परिसर निर्माण गर्ने क्रममा ३५ वर्षीय भीमबहादुर गुरुङ र ४८ वर्षीय काले गुरुङको सो दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानका...
एजेन्सी भारतमा ताउ-ते सामुद्रिक आँधीका कारण पश्चिम दक्षिणका केही राज्यहरूको जन-जीवन प्रभावित भएको छ। , सोमबार गुजरातमा जमिनमा आइपुगेको आँधीले मच्चाएको बितन्डामा परी अहिलेसम्म ९० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने कैयौं मानिसहरू अझै हराइरहेका छन्। , आँधीसँगै विभिन्न स्थानमा भारी वर्षा भएको थियो भने समुद्रमा ८ मिटरसम्म...
सेतोपाटी संवाददाता सप्तरीमा पोखरीमा नुहाउन गएकी बालिका र किशोरीको डुबेर मृत्यु भएको छ।, मृत्षु हुनेमा कञ्चनरुप नगरपालिका-९ विष्णुमन्दिर टोलकी २० वर्षीया कुन्ती सरदार र १३ वर्षीया रोशनी सरदार छन्।, सप्तरी प्रहरीका अनुसार उनीहरूलाई दिउँसो २:३० बजे डुबेको अवस्थामा उद्धार गरिएको थियो।, इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोल...
सेतोपाटी संवाददाता प्रदेश २ मा बुधबार ६ सय ८६ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।, बुधबार धनुषामा सबैभन्दा बढी ३ सय ७९ जना कोरोनामुक्त भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिए।, त्यस्तै, रौतहटमा १ सय ५, सिरहामा ७७, पर्सामा ७०, सप्तरीमा ४५ र सर्लाहीमा १० जना कोरोनामुक्त...
नारायण खड्का नेपाल विद्यार्थी संघ दाङका नेता तिलक रावत स्कुटीको अगाडि एउटा प्याक गरेको गत्ताको कार्टुन थियो।, उनी आएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अगाडि आएर रोकिए। बुधबार दिउँसोको एक बज्दै थियो। उनी बिरामी र त्यहाँ कार्यरत चिकित्सक अनि स्वास्थ्यकर्मीका लागि खाने कुरा लिएर आएका थिए।, कोभिड-१९ को महामारीले सर्व...
सेतोपाटी लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ दशमलव ८ रेक्टरको भूकम्पले घर भत्किँदा छ जना घाइते भएका छन्।, घाइते हुनेहरुमा बेँसीशहर नगरपालिका­६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं. ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे र वडा नं. ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपालिका...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार *केसीको निधन भएको छ।, कोरोनाभाइरस संक्रमणपछि उपचार गराइरहेका केसीको आज निधन भएको एक प्रहरी अधिकृतले जानकारी दिए।, उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको थियो। गत वैशाख २२ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। , उ...
रासस लमजुङमा २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ।, जिल्लाको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा ८६ पटक भूकम्पको धक्का महसुस भएको हो।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्ध...
सेतोपाटी संवाददाता कोरोना संक्रमणपछि अस्पताल भर्ना भएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्की निको भएकी छन्।, दुई साताअघि उनलाई कोरोना देखिएको थियो।, बुधबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज बिहानै उनी अस्पतालबाट निस्केकी हुन्।, महानगरका मेयर विजयकुमार सरावगीले उपमेयर कार्कीलाई कोरोना ने...
सेतोपाटी संवाददाता पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ जयचोक जंगलमा बुधबार राति दुई वटा सवारी साधन एक आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।, मृत्यु हुनेमा झापा गाउँपालिका शरणमती बस्ने ६२ वर्षका लक्ष्मी पौडेल र मोरङ रङ्गेली नगरपालिका वडा नम्बर ३ बस्ने ७६ वर्षीय विष्णुमाया शिवाक...
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि गृह मन्त्रालयले घटनाको छानबिन गर्न समिति गठन गरेको छ।, गृह मन्त्रीस्तरीय निर्णयले मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए।, ...
सेतोपाटी संवाददाता सोलुखुम्बु र उदयपुरका छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ।, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-५ का २८ वर्षीय सिताराम बस्नेतको स्थानीय उत्तीसे भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।, बुधबार दिउँसो गाई वस्तु चराउन गएका केही स्थानीयहरूले बस्नेतलाई भीरमुनि मृत अवस्थामा देखेर...
सेतोपाटी संवाददाता कपिलवस्तुमा एक नेपाली र एक भारतीय युवामाथि गोली प्रहार भएको छ। कपिलवस्तु नगरपालिक-६ थुमुवा-तौलिहवा सडक खण्डमा बुधबार राती ११ बजेतिर गोली प्रहार भएको प्रहरीले जनाएको छ।, गोली प्रहारबाट नेकपा माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेय र भारतीय नागरिक ईयाज अख्तर घाइते भएका छन्।, राती ११ बजेतिर मोटरसाइक...
सेतोपाटी संवाददाता एमाले धनुषाका नेता योगनारायण यादवको कोरोना संक्रमणबाट निधन भएको छ।  मिर्गौला रोगबाट पीडित भई काठमाडौंमा उपचार गरिरहेका  ५७ वर्षीय यादवको बिहीबार बिहान निधन भएको हो।  , मेडीसिटी अस्पतालमा उपचाररत् उनलाई १५ दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।, एमाले नेता रामचन्द्र मण्डलका अनुसार कोरोना संक्...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक शंकर सुवेदीको निधन भएको छ।, कोरोना भाइरस संक्रमण देखिएपछि उपचार गराइरहेका उपप्राध्यापक सुवेदीको आज  निधन भएको हो।, सुवेदीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको थियो।, उपप्राध्यापक सुवेदीको निधन भएको विभागीय प्रमुख जीवलाल ...
सेतोपाटी तमोर करिडोरअन्तर्गत निर्माणाधीन मोटरेबल रानीपुलमा कार्यरत एक मजदुरको लडेर मृत्यु भएको छ।, ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-६ तामोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।,...
नारायण अधिकारी दुई दर्जनभन्दा बढी जिल्लाका सङ्क्रमितको व्यवस्थित उपचार गरिरहेको चितवन जिल्लाले प्रशंसा बटुलिरहेको छ।, कोभिडविरूद्धको लडाइँमा स्थानीय प्रशासन र अस्पताल व्यवस्थापनले मात्रै नभई यहाँका सहयोगी हातहरूले काँधमा काँध थापेका कारण यो सम्भव भएको हो। , राजधानी काठमाडौंलगायतका ठूला सहरमा सङ्क्रमितको व्यवस्थित उपचा...
सुदीप श्रेष्ठ रातो मच्छिन्द्रनाथलाई बुधबार बुंगमती फिर्ता लगिँदैछ। दिउँसो ३ देखि ४ बजेभित्र मच्छिन्द्रनाथलाई बुंगमती ल्याउने तयारी गरिएको पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले बताएका छन्।, रातो मच्छिन्द्रनाथलाई छ महिना पाटनको मच्छिन्द्रबहाल र छ महिना बुंगमतीमा राख्ने चलन छ।, पाटनको सबभन्दा ठूलो सांस्कृतिक उत्सव रातो म...
सेतोपाटी बाँकेका विभिन्न अस्पतालमा उपचाररत २८ वर्षीया महिलासहित थप आठ संक्रमितको गएराति मृत्यु भएको छ।, नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र शिक्षण अस्पताल कोहलपुरमा एक गरी आठ संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।, उनका अनुसार भेरी अस्पत...
सेतोपाटी अब बिरामी वा व्यक्तिलाई कोभिड-१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ। , राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो।, जनस्वास्थ्य प्रयोगशालाले घ...
सेतोपाटी संवाददाता खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ मा बिहीआर बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते छन्।, सडक निर्माणको लागी मिक्स्चर बोकेर जाँदै गरेको  प्रदेश नं. १-०२-००३ त ०२८० नम्बरको ट्याक्टर बिहान पौने ९ बजे अचानक रोडबाट २० मिटर तल खसेर दुर्घटना भएको हो।...
सेतोपाटी संवाददाता कोरोना संक्रमित भएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट निको भएका छन्। , गएको वैशाख २७ गते परीक्षण गर्दा संक्रमण रहेको पुष्टि भएका मुख्यमन्त्री भट्ट १० दिमै निको भएका हुन्। , बुधवाबार उनको स्वाब संकलन गरी पिसिआर विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको ...
सेतोपाटी संवाददाता प्रहरीले एक महिलालाई खाल्डो खनेर पुरेको आरोपमा श्रीमान र ससुरालाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय काभ्रेले २२ वर्षीय महिलाको हत्या गरी खाल्डोमा पुरेको आरोपमा महिलाका श्रीमान र ससुरालाई पक्राउ गरेको हो।, प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाका अनुसार बुधबार उनीहरू दुई जनालाई पक्राउ गरेको ...
सेतोपाटी संवाददाता बाँकेमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार बेलुकादेखि बुधबार बिहान ९ बजेसम्म १७ जना संक्रमितको मृत्यु भएको छ।, मृतकमध्ये दुई जना दाङका, एक जना रूकुम पश्चिमका, तीन जना बर्दियाका, दुई जना कैलालीका र नौ जना बाँकेका छन्।, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पतालमा ती संक्रमितको उपचार...
सेतोपाटी संवाददाता काठमाडौंबाट रूकुम पश्चिम गइरहेको यात्रुबाहक बस पश्चिम नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।, ट्राफिक प्रहरी कार्यालय बर्दघाटका प्रहरी नायब निरीक्षक डम्बर गिरीका अनुसार बुधबार बिहान ६ बजेतिर दाउन्ने मन्दिर र दुम्कीबासको बिचमा  ना ५ ख २७१३ नम्बरको बस सडकबाट २ सय मिटर तल...
सेतोपाटी संवाददाता रूपन्देहीका पुराना पत्रकार हिक्मत चौधरीको निधन भएको छ।, कोरोना संक्रमण भएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका चौधरीको आज बिहान पौने तीन बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ।, चौधरीलाई गत वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएपछि तिलोत्तमा नगरपालिकाको शं...
सेतोपाटी संवाददाता लमजुङमा भूकम्प जाँदा चार जना घाइते भएका छन्।, बुधबार बिहान ५ बजेर ४२ मिनेट र ८ बजेर २६ मिनेटमा दुईपटक भुलभुले केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।, सुरूमा ५.८ र पछि ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ।, भुलभुले मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ मा पर्छ। , ब...
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका- १० बन्गैका २६ वर्षीय रोशन खड्कालाई जेठ १ गते कोरोना संक्रमण भयो।, तैपनि उनी आमाको १३ दिने मृत्यु संस्कारमा बसिरहेका छन्।, ५० वर्षीया आमा प्रेमकुमारी खड्काको वैशाख ३१ गते बिहानै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएपछि रोशन किरिया कर्ममा बसे।, आमाको रेखदेखको लागि भनेर रोश...
एजेन्सी कोरोनाभाइरसको दोस्रो लहरसँग जुधिरहेको भारतमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमितको मृत्यु भएको छ।, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ४ हजार ५ सय २९ जना संक्रमितले ज्यान गुमाएका छन्। दैनिक मृत्युको यो संख्या भारतमा मात्र नभएर संसारभरिकै धेरै हो।, यसअघि अमेरिकामा एकैदिनमा ४ हजार ४ सय...
प्रशन्न पोखरेल भूकम्पले घर भत्केपछि लमजुङ वेशीसहर नगरपालिका वडा नम्बर ६ की ३६ वर्षीया उमा गुरूङ घरभित्रै पुरिइन्।, केहीबेरमा छरछिमेकको सहयोगमा उनको उद्धार गरियो। आज बिहान ५:४२ बजे भूकम्प गएकोले निन्द्रामै रहेका मानिसहरू घरबाहिर निस्कन पाएनन्।, ब्युँझिएकाहरू भने घरबाहिर निस्केका थिए।, बुधबार बिहान लमजुङको भुलभुलेलाई के...
सुभानु आचार्य ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई आज बुङ्मती लगिने भएको छ।, मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरियन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार यस वर्ष छिट्टै बुङ्मती लैजान लागिएको ह...
एजेन्सी दक्षिणी चीनको सेन्जेन शहरस्थित एक ७३ तले भवन अचानक हल्लिएको छ। मंगलबार दिउँसो उक्त भवन हल्लिँदा आसपासको क्षेत्रमा भूकम्पका धक्का आएका थिएनन्।, अचानक कम्पनको महसुस भएपछि एसईजी प्लाजा रहेको ७३ तले भवनलाई तुरून्तै खाली गरिएको थियो।, ९८० फिट उचाइको उक्त भवनमा रहेका मानिसहरूले हल्लिएको महसुस गरेका थिए।, मौसमको रिपो...
युवराज श्रेष्ठ लमजुङको बेसीसहर नगरपालिका-६ चनौटेमा भूकम्पले घर भत्किएर पुरिएकी उमा गुरूङ केही दिनयता घरमा छुट्टै बसेकी थिइन्।, रूघा, ज्यान दुख्ने, खाना नरूच्ने लगायत समस्या आएपछि गत सोमबार उनी जिल्ला अस्पताल बेसीसहर गइन्, पिसिआर परीक्षण गर्न स्वाब दिइन्। पिसिआर परीक्षणको रिपोर्ट अहिलेसम्म आएको छैन। कोरोना संक्रमणको आश...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको निधन भएको छ।, बरालको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार ९३ वर्षीय बरालको बुधबार महाराजगञ्जस्थित घरमै निधन भएको हो।, उनको आजै दिउँसो अन्तिम संस्कार गरिने छ।, राजनीतिदेखि कूटनीतिसम्म बराल, बराल नेपालको प्रजातान्त्रिक आन्दोलनमात्र होइन भारतको स्वतन्त्रत...
सेतोपाटी संवाददाता राजधानी काठमाडौंसहित अधिकांश स्वास्थ्य संस्थामा अक्सिजन अभाव हुन थालेपछि नेपाली सेनाले अक्सिजन सिलिन्डर संकलन र वितरणलाई तिब्रता दिएको छ।, नेपाली सेनाले पछिल्लो सात दिनभित्र देशका विभिन्न स्थानमा ९३० थान अक्सिजन सिलिण्डर ढुवानी गरिसकेको छ। सेनाले आफ्नो हवाई तथा सडक सवारी साधनमार्फत् ती सिलिन्डर ढुवा...
भगवती पाण्डे रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी संगीता गुप्ता अस्पताल भर्ना भएको ९ दिन भयो।, उनमा वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भयो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइयो।, पहिले नै बिरामीहरूले खचाखच भरिएको कोभिड इमर्जेन्सीमा संगीता पनि थपिइन्। सीमित बेडमा बिरामीहरूको स...
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीको प्रतापपुरमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन्।, प्रहरीको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राजभर घाइते भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सेतोपाटीलाई बताए।, ´बिहान भारतीय सीमा क्षेत्रतर्फ जाँ...
सेतोपाटी कोरोना भाइरसको नयाँ प्रकारको बढ्दो संक्रमण रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ।  , पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर महामारीका कारण भौतिकरूपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका...
सेतोपाटी संवाददाता उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा आज आइसोलेसन केन्द्र उद्घाटन गरेका छन्।, यो आइसोलेसन केन्द्र कोरोना संक्रमितका लागि हो।, मारवाडी सेवा समितिले नेपाल-भारतमैत्री अस्पतालसँगको सहकार्यमा नि:शुल्क आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो।, यस केन्द्रमा चिकित्सकको निगरानीमा उपचार तथा खानालगा...
सेतोपाटी संवाददाता प्रहरीले अक्सिजन सिलिण्डर कालो बजारी गरेको आरोपमा ललितपुरबाट तीन जनालाई पक्राउ गरेको छ। , मंगलबार राति पाटन अस्पताल वरिपरबाट तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिइन्।, अक्सिजन सिलिण्डर कालोबजारी गरिरहेको भन्ने विशेष सूचना...
सेतोपाटी संवाददाता प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ।, कोरोनाभाइरस संक्रमणपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको आज निधन भएको हो।, नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालका अनुसार डाक्टर कार्की इमान्दार, लगनशील र निष्ठावान तथा प्रतिष्ठित नेत्र रोग विशेषज्ञ थिइन्।, कोरो...
सेतोपाटी संवाददाता सोलुखुम्बुमा ट्रेकिङ गएका एक जनाको हिउँमा चिप्लिएर लड्दा मृत्यु भएको छ। , पासाङल्हामु गाउँपालिका-४ को बेसक्याम्प २ मा पुगेर आधार शिविरतर्फ फर्कने क्रममा हिउँमा चिप्लेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। , मंगलबार बिहान आधार शिविरबाट फर्कंदै गरेका संखुवासभा याफुका २८ वर्षीय पेम्बा टासी शेर्पाको ...
सेतोपाटी संवाददाता मोरङको रंगेलीमा एक महिलाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ।, रंगेली नगरपालिका ३, तिलुवा चोकस्थित नहरमा घाँटी रेटेर हत्या भएको अवस्थामा अनिता यादवको शव फेला परेको रंगेली प्रहरीले जानकारी दिएको छ।, बेचन यादवकी २४ वर्षिया श्रीमती अनिताको शव घरदेखि ८ सय मिटर टाढा नहरमा फेला परेको हो। प्रारम्भिक अन...
सेतोपाटी संवाददाता तनहुँको एक घरमा महिला मृत फेला परेकी छन्। , मंगलबार साँझ करिब ५ बजे व्यास नगरपालिका वडा नम्बर १० स्थित एक घरमा महिला मृत फेला परेकी हुन्।, स्थायी घर रिसिङ गाउँपालिका-७ भई  व्यासमा अस्थायी रूपमा बस्दै गरेकी मृतक २८ वर्षीय मनुमाया थापा हुन्। , प्रहरीले सोही घरबाट एक पुरूषलाई पनि पक्राउ गरेको जिल्ला प्...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले परीक्षण गरेकामध्ये २६ प्रतिशतमा मात्रै कोरोना संक्रमण देखिएको छ। , जेठ १, २ र ३ गते महानगरले विभिन्न वडाहरूमा एक हजार २ सय ९४ जनामा कोरोना परीक्षण गरेको थियो। यी तीन दिनमा गरेको परीक्षणमा ३ सय ४६ जनामा कोरोना देखियो। यो जम्मा २६ प्रतिशत हुन आउँछ। , महानगरका स्वास्थ्य सेवा विभ...
सेतोपाटी कर्णाली प्रदेश सरकारअन्तर्गत रहेको प्रदेश अस्पताल सुर्खेतलाई संघीय सरकारअन्तर्गत राख्न प्रस्ताव गरिएको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको यही जेठ १ गते बसेको बैठकले सो प्रस्ताव मन्त्रिपरिषद् बैठक लैजाने निर्णय गरेको हो।, प्रदेश सरकार मातहत रहेको अस्प...
एजेन्सी अहिले संसारभरिका मुलुकलाई कोरोनाभाइरसविरूद्धको भ्याक्सिन चाहिएको छ। कोरोनाको दोस्रो लहरले आक्रान्तले बनेको भारतमा त झन् खोपको माग धेरै छ। खोप लगाउन चाहने सबैले खोप पाएका छैनन्। केही भारतीय भने खोप लगाउनकै लागि पर्यटक बनेर रूस पुग्न थालेका छन्।, टाइम्स अफ इन्डियाका अनुसार स्पुतनिक भी खोप लगाउन पाइने भएपछि ट्राभ...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ८१७३  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङमार्फत यसबारे जानकारी दिएका हुन्।, गौतमका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ६४ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै १०९ जनाको ए...
विवेक राई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो मंगलबार विज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाको थप दुइटा नयाँ प्रकार (भेरियन्ट) पत्ता लागेको जानकारी गरायो। , देशका विभिन्न भागबाट ३५ वटा नमूनाको भारतमा जिन सिक्वेन्सिङ गर्दा ३४ जनामा बी.१.६.१७.२ र तीन प्रतिशतमा बी.१.६१७.१ भेरियन्ट पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ। योसँग...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २४८६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। , बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार थप २४८६ जनामा संक्रमण पुष्टि भएको हो। , त्यसमध्ये काठमाडौंका १९८८, ललितपुरका २७० र भक्तपुरका २२८ जना छन्।, पछिल्लो...
सेतोपाटी संवाददाता इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड – १९ को तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ।, नेपालमा गत साता कोभिड १९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिग गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि. १. ६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा (१ वटा) बि.१. ६१७. १ पुष्टि भएसँगै नेपालमा कोभिड १९ को तेस...
सेतोपाटी संवाददाता चितवन पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यहाँका अस्पतालमा अहिलेसम्मकै सबभन्दा धेरै संक्रमितको एकैदिनमा मृत्यु भएको हो।, स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा ७ जना, चितवन मेडिकल कलेजमा ५ जना, पुरानो मेडिकल कलेजमा ५ जना र क्यान्सर अस्पतालमा ३ जन...
रासस चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो।, तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन आज ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाण...
सेतोपाटी संवाददाता जिल्ला अस्पताल बैतडीका एक जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। , डडेल्धुरा अस्पतालमा उपचारका क्रममा दशरथचन्द नगरपालिका-४ घर भएका का ४५ वर्षीय पुरूषको बिहीबार दिउँसो मृत्यु भएको हो।, बैतडी जिल्ला अस्पतालमा उनी मेडिकल रेकर्डरका रूपमा कार्यरत थिए।, उनको स्वास्थ्यमा जटिलता देखिएकाले...
दिपकजंग शाही वैशाख २४ गतेदेखि वीरेन्द्रनगर नगरपालिकाले सञ्चालनमा ल्याएको अस्पतालमा काम गर्ने कर्मचारीमध्ये ५० प्रतिशत महिला छन्।  , भवन निर्माण हुनेवित्तिकै कोभिड-१९ को संक्रमण व्यापक रूपमा फैलिएकाले यो अस्पताललाई सुरूमै कोभिड अस्पतालका रूपमा सञ्चालन गरिएको छ।, यो अस्पतालमा सुरक्षा गार्डदेखि डाक्टरसम्मको ‘लेडी टिम’ छ...
सेतोपाटी संवाददाता श्रीमतीको हत्या गरेर फरार भएका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।, बाराको जितपुर सिमरा उपमहानगरपालिका ३ का ५६ वर्षीय हरिबहादुर कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।, सो नगरपालिकाको वडा नम्बर २ मा लुकिछिपी बसिरहेको अवस्थामा कार्कीलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।, ४५ वर्षीया पार्वती कार...
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री धर्म बहादुरलाल श्रीवास्तवलाई कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्यमा समस्या देखिएपछि बुधबार स्वाब परीक्षण गरेका मन्त्री श्रीवास्तवको बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ। , ज्वरोसँगै छातीमा समस्या देखिएपछि एक्सरे गर्दा छातीमा इन्फेक्सन...
सेतोपाटी संवाददाता तिलोत्तमा नगरपालिकामा चालू शैक्षिक सत्रमा बाँकी रहेको  विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ। , कोरोना संक्रमण बढ्न थालेपछि तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १२ गतेबाट पूर्णतः बन्द गरिएका छन्। , नगरपालिकाको निर्देशनअनुसार कक्षा तीनसम्मको परीक्षा विद्यालयले वैशाख १२ गतेअघि नै लिइ...
सेतोपाटी संवाददाता झापाको विर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजले सम्बन्धन प्राप्त गरिसकेको दाबी गरेको छ।, सम्बन्धन प्राप्त गरेसँगै बिएन्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रा.लि.ले स्नातक तहको (एमबिबिएस) कक्षा सञ्चालन गर्ने त्यसका कार्यकारी निर्देशक दुर्था प्रसाईंले दाबी गरे।, उनले सम्बन्धन प्राप्त गरेको दोहोर्‍याउँदै...
हेमन्त केसी नलगाड नगरपालिका-८ की लक्ष्मी केसीको समय दैनिक बिहान-बेलुका बाख्रालाई चरिचरन क्षेत्रमा लैजाने र ल्याउँदैमा बित्छ। उनी अहिले कक्षा १० मा छिन्।, सहर बजारमा अनलाइनबाट कक्षा लिएको कुरा फोनमा थाहा पाएपछि उनको मन भक्कानिएर आउँछ तर लक्ष्मीको घरमा मोबाइल चार्ज गर्नेसम्मको विद्युत् छैन।, गाउँमा सोलारबाट चार्ज गरेर ल...
सेतोपाटी संवाददाता बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार एकैरातमा थप चार जनाको मृत्यु भएको छ।, अस्पतालको कोभिड इमर्जेन्सीमा तीन जना र कोरोना अस्पतालको आइसियूमा दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।, अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा ४ जना पुरूष र एक जना महिला छन्। जसमध्ये कोरोना ...
सेतोपाटी संवाददाता विराटनगरको विराट शिक्षण अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। , मोरङ बुढीगंगास्थित विराट शिक्षण अस्पतालको  आकस्मिक कक्षमा सोमबार राति उनीहरूमाथि कुटपिट भएको हो।  , अस्पताल प्रशासनका अनुसार आकस्मिक कक्षमा छिरेर डाक्टर सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्...
सेतोपाटी चितवनमा अक्सिजन अभाव हुन थालेपछि यहाँका अस्पतालले प्लान्टको क्षमता विस्तार गर्न थालेका छन्।, बाहिरी जिल्लाबाट अक्सिजन आउन छाडेपछि मागअनुसार अक्सिजन पुर्‍‍याउन कठिन भएपछि यहाँका दुई मेडिकल कलेज र भरतपुर अस्पतालले प्लान्ट विस्तार गर्न लागेका हुन्। , जिल्लामा कोरोनाको उपचार गराइरहेका दुई सरकारी र दुई मेडिकल कलेज...
सेतोपाटी कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका-३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ। जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नंको जीप दुर्घटना भएको हो। , जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार जीप आज बिहान दुर्घटनामा परेको हो।, ब्रेक फेल भई जीप कर्णाली...
सेतोपाटी संवाददाता तुलसीपुरबाट बसमा काठ तस्करी गरेको आरोपमा सात जना पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित भगवती टोलबाट रा१ख २३७५ नम्बरको बसबाट प्रहरीले ३६.७२ क्युफिटसहित मंगलबार बिहान सात जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा तुलसीपुर ६ का १८ वर्षीय विजय चौधरी, सोही वडाको बनकट्टा बस्ने २६ वर्षीय...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी हिजोआज मध्यपूर्वको मुलुक यमनमा छन्।, नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा केसी यमनको दुर्गम ठाउँमा स्वास्थ्य सेवा दिइरहेका छन्।, यमन अरेबियन मुलुकहरूको सबैभन्दा गरिब देश हो। त्यहाँ वर्षौंदेखि गृहयुद्ध छ।, विगत डेढ महिनादेखि यमनका वि...
नरेन्द्रसिह कार्की व्यास गाउँपालिका­ १ छाङ्गरुदेखि भारतले अतिक्रमण गरेको कालापानी भूमि पुग्ने गरी घोरेटो बाटो निर्माण सुरू भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको व्यास विशेष कार्यक्रमअन्तर्गत घोरेटो बाटो निर्माण भइरहेको हो।, व्यासको छाङ्गरुबाट कालापानी जाने बाटो ठाउँ-ठाउँमा पहिरो गएर भत्किएपछि अहिले प्रदेशको विशेष कार्यक्...
सेतोपाटी विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-­१९ को संक्रमण दर दिन प्रतिदिन बढ्न थालेपछि सरकारले निषेधाज्ञाको घोषणा गरेको छ। यता नागरिक भने त्यसको अवज्ञा गर्दै आफ्नो दैनिकीलाई पहिला झैं सहज ठानी रहँदा जोखिम झन् बढ्दै गएको छ। ,  , संक्रमण बढ्दै गएपछि प्रशासनले जिल्लामा १० दिनदेखि निषेधाज्ञा गरेको छ।, स्थानीयबासी ...